To view a copy of the CC BY-SA 4.0 license visit
http://creativecommons.org/licenses/by-sa/4.0/
Notices:
You do not have to comply with the license for elements of the material in
the public domain or where your use is permitted by an applicable
exception or limitation.
No warranties are given. The license may not give you all of the
permissions necessary for your intended use. For example, other rights
such as publicity, privacy, or moral rights may limit how you use the
material.
तीतस
11परमेश्वरका सेवक र येशू ख्रीष्टका प्रेरित पावल, परमेश्वरद्वारा चुनिएका मानिसहरूको विश्वासकाे लागि र सत्यताको ज्ञानकाेलागि स्थापित गर्न जुन भक्तिसित सहमत हुँदछ, 2अनन्त जीवनको आशामा, झुटरहित परमेश्वरले समयका सबै युगभन्दा पहिले प्रतिज्ञा गर्नुभयो । 3ठिक समयमा, हाम्रा मुक्तिदाता परमेश्वरको आदेशअनुसार मलाई प्रचार गर्न सुम्पिएको सन्देशद्वारा उहाँले आफ्नो वचन प्रकट गर्नुभयो ।4हाम्रो साझा विश्वासमा साँचाे छोरा तीतसलाई, पिता परमेश्वर र हाम्रा मुक्तिदाता ख्रीष्ट येशूबाट अनुग्रह, र शान्ति । 5किनकि अझै पूरा नभएका कुराहरूलाई तिमीले व्यवस्थित गर्न सक र मैले तिमीलाई निर्देशन गरेबमोजिम हरेक सहरमा एल्डरहरू नियुक्त गर्न सक भन्ने उद्देश्यले मैले तिमीलाई क्रेटमा छोडें ।6एल्डर दोषरहित, एकै पत्नीका पति, दुष्ट वा अनुशासनहीनको दोष नलागेका विश्वासयोग्य छोराछोरीहरू भएको हुनुपर्छ । 7परमेश्वरको घरानाका व्यवस्थापकको रूपमा बिशपका लागि दोषरहित हुनु आवश्यक छ । तिनी नझर्कने, छिटाे क्रोधित नहुने, मद्यको लत नलागेको, झैंझगडा नगर्ने र लोभ नगर्ने मानिस हुनुपर्छ ।8बरू तिनी अतिथि सत्कार गर्ने र जे असल छ सोको मित्र हुनुपर्छ । तिनी संवेदनशील, धर्मी, पवित्र र आत्मसंयमी हुनुपर्छ । 9तिनी सिकाइएकाे भरोसायोग्य वचनमा दह्रोसँग लाग्नुपर्छ, ताकि तिनले अरूहरूलाई उचित शिक्षाले उत्साह दिन सकून् र तिनको विरोध गर्नेहरूलाई सुधार्न सकून् ।10किनकि त्यहाँ धेरै अनुशासनहीन मानिसहरू , खाली कुरा गर्नेहरू र छल गर्नेहरू, विशेष गरी ती खतना गरेकाहरू यस्तै छन् । 11तिनीहरूलाई रोक्न आवश्यक छ । तिनीहरूले निर्लज्ज लाभका निम्ति सिकाउनु नहुने कुरा सिकाउँदै सम्पूर्ण परिवारलाई बर्वाद पारिरहेका छन् ।12तिनीहरूका आफ्नै अगमवक्ताहरूमध्येएकजनाले भनेका छन्, “क्रेटका मानिसहरू सधैं झूटो बोल्नेहरू, खराब जनावरहरू, अल्छी घिवुवाहरू हुन् ।” 13यो भनाइ सत्य छ । त्यसैकारण तिनीहरूलाई कडाइका साथ सुधार ताकि तिनीहरू विश्वासमा ठिक हुन सकून्, 14र यहूदी झूटा कहानीहरू वा सत्यबाट टाढा हुने मानिसहरूका आदेशहरूमा कुनै ध्यान नदेऊन् ।14यहूदीहरूका दन्त्य कथामा र सत्यताबाट तर्केर गएका मानिसहरूका आदेशहरूमा समय खेर नफाल ।15शुद्ध हुनेहरूका निम्ति सबै थोक शुद्ध हुन्छन् । तर भ्रष्ट र विश्वास नगर्नेहरूका निम्ति भने केही पनि शुद्ध हुँदैन, बरु तिनीहरूका मन र विवेक दुवै भ्रष्ट भएका हुन्छन् । 16तिनीहरूले परमेश्वरलाई चिनेको छु त भन्छन्, तर तिनीहरूका कामले उहाँलाई इन्कार गर्छन् । तिनीहरू घृणित र अनाज्ञाकारी हुन्छन् अनि कुनै पनि असल कामका लागि योग्यका ठहरिंदैनन् ।
21तर तिमीले विश्वासयोग्य सिद्धान्तसँग मिल्ने कुरो बाेल। 2वृद्ध पुरुषहरूलाई संयम, प्रतिष्ठित, समझदार, विश्वासमा, प्रेममा र धैर्यमा पक्का हुन सिकाऊ।3त्यसैगरी वृद्ध स्त्रीहरूलाई आदरणीय प्रस्तुत हुन सिकाऊ, कुरौटे होइन, वा धेरै मद्य पिइरहने होइन तर असल कुराको शिक्षकहरू बन्न सिकाऊ, 4र जवान स्त्रीहरूलाई आफ्ना पतिहरू र बालबालिकाहरूलाई प्रेम गर्न , 5समझदार हुन, शुद्ध, असल गृहिणी र तिनीहरूका आफ्ना पतिहरूका आज्ञा पालन गर्न सिकाऊ ताकि परमेश्वरको वचनको निन्दा नगरियोस् ।6त्यसैगरी जवान पुरुषहरूलाई समझदार हुनलाई प्रोत्साहान गर । 7सबै कुरामा आफैलाई असल कामहरूको एउटा नमूनाको रूपमा प्रस्तुत गर । तिमीले सिकाउँदा इमान्दारीता, प्रतिष्ठा र निन्दा गर्न नसक्ने सही सन्देश देखाऊ, 8ताकि तिम्रो विरोध गर्न प्रयास गर्नेसँग हाम्राे बारेमा भन्ने कुनै पनि खराब कुरा नभएकोले त्याे शर्ममा पराेस् ।9दासहरूलाई हरेक कुरामा तिनीहरूका मालिकहरूका आज्ञा पालन गर्न, तिनीहरूलाई खुसी पार्न र तिनीहरूसँग विवाद नगर्न, 10र तिनीहरूबाट चोरी नगर्न सिकाऊ, तर यसको सट्टा सबै असल विश्वास प्रकट गर्न सिकाऊ , ताकि तिनीहरूले हाम्रा मुक्तिदाता परमेश्वरबारेको हाम्रो शिक्षालाई हरतरहले आकर्षक बनाऊन् ।11किनकि सबै मानसहरूकाे मुक्तिको लागि परमेश्वरको अनुग्रह देखा परेको छ। 12यसले हामीलाई अधार्मिकता र संसारिक इच्छाहरूलाई इन्कार गर्न, र यस युगमा आत्मासंयमी, धार्मिक र ईश्वरीय जीवन जिउन तालिम दिन्छ, 13जब हामी धन्यको आशा अर्थात् हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमा प्रकट हुने कुराको प्रतिक्षा गर्छौं ।14हामीलाई सबै अधार्मिकताबाट स्वतन्त्र पार्न, र आफ्नै निम्ति असल काम गर्न इच्छुक महत्वपूर्ण मानिसहरूलाई शुद्ध बनाउन येशूले आफैंलाई हाम्रो निम्ति दिनुभयो ।15यी कुराहरू भन, र मानिसहरुलाई यो गर्न उत्साह देऊ, र सारा अधिकारसहित सच्याऊ । तिमीलाई कसैले अनादर नगरोस् ।
31शासकहरू र अधिकारीहरूका अधिनमा रहन, तिनीहरूका आज्ञा मान्न र हरेक असल कामका लागि तयार बस्न, 2कसैको निन्दा नगर्न, झैंझगडा गर्न उत्सुक नहुन, र सबै मानिसहरूप्रति नम्रता देखाउँदै कोमल हुन याद दिलाऊ ।3किनकि एक पटक हामीहरू पनि लापरवाह र अनाज्ञाकारी थियौं । हामी बरालिएका र धेरै प्रकारका खराब इच्छाहरू र विलासिताको दासत्वमा थियौं । हामी दुष्टता र ईर्ष्यामा जिउँथ्यौं । हामी घृणित र एक अर्कालाई घृणा गर्ने मानिस थियौं ।4तर जब परमेश्वर हाम्रा उद्धारकको दया र मानवजातिप्रति उहाँको प्रेम देखा पर्यो, 5त्याे हामीले धार्मिकतामा गरेका कामहरूद्वारा होइन, तर उहाँको कृपाअनुसार नयाँ जन्मको स्नान र पवित्र आत्माको नविकरणद्वारा उहाँले हामीलाई बचाउनुभयो ।6परमेश्वरले हाम्रा उद्धारक येशू ख्रीष्टद्वारा हामीमाथि पवित्र आत्मा प्रशस्त मात्रामा खन्याउनुभयो, 7ताकि उहाँको अनुग्रहद्वारा धर्मी ठहरिएर हामी अनन्त जीवनको आशामा उत्तराधिकारीहरू हुन सकौं ।8यी वचनहरू विश्वासयोग्य छन् । तिमी यी कुराहरूबारे दृढतासाथ बाेलेको म चाहन्छु, ताकि परमेश्वरमा विश्वास गर्नेहरूले असल कामहरूतिर तिनीहरूका मन लगाऊन् । यी कुराहरू सबै मानिसहरूका लागि असल र फाइदाजनक छन् ।9तर व्यवस्थाबारेको मूर्खतापूर्ण वादविवादहरू, वंशावलीहरू, झगडा र द्वन्दबाट अलग रहनू । ती कुराहरू बेफाइदाका र मूल्यहीन छन् । 10एक या दुई पटकको चेतावनी पश्चात् तिमीहरूका बीचमा विभाजन गराउने जो-कोहीलाई इन्कार गर, 11याे जानेर कि यस्तो मानिस सही मार्गबाट भड्केको छ, पाप गर्दैछ र आफैलाई दोष्याउँछ ।12जब म अर्तिमास वा तुखिकसलाई तिमीकहाँ पठाउँछु, चाँडो गर, र निकोपोलिसमा आऊ, जहाँ मैले हिउँद बिताउने निर्णय गरेको छु । 13वकिल जेनास र अपोल्लोसलाई तिनीहरूकाे यात्रामा पठाउनलाई तिमीले गर्न सक्ने सबै थोक गर ताकि तिनीहरूलाई कुनै कुराकाे अभाव नहाेस्।14हाम्रा मानिसहरू अत्यावश्यक खाँचाहरू पूरा गर्ने असल कामहरूमा आफैं लाग्न सिक्नुपर्छ, ताकि तिनीहरू निष्फल नहोऊन् ।15मसँग भएका सबैले तिमीलाई अभिवादन पठाएका छन् । विश्वासमा हामीलाई प्रेम गर्नेहरूलाई अभिवादन भनिदेऊ । तिमीहरू सबैसँग अनुग्रह रहोस् ।