Nepali: Unlocked Literal Bible for रोमी

Formatted for Translators

©2022 Wycliffe Associates
Released under a Creative Commons Attribution-ShareAlike 4.0 International License.
Bible Text: The English Unlocked Literal Bible (ULB)
©2017 Wycliffe Associates
Available at https://bibleineverylanguage.org/translations
The English Unlocked Literal Bible is based on the unfoldingWord® Literal Text, CC BY-SA 4.0. The original work of the unfoldingWord® Literal Text is available at https://unfoldingword.bible/ult/.
The ULB is licensed under the Creative Commons Attribution-ShareAlike 4.0 International License.
Notes: English ULB Translation Notes
©2017 Wycliffe Associates
Available at https://bibleineverylanguage.org/translations
The English ULB Translation Notes is based on the unfoldingWord translationNotes, under CC BY-SA 4.0. The original unfoldingWord work is available at https://unfoldingword.bible/utn.
The ULB Notes is licensed under the Creative Commons Attribution-ShareAlike 4.0 International License.
To view a copy of the CC BY-SA 4.0 license visit http://creativecommons.org/licenses/by-sa/4.0/
Below is a human-readable summary of (and not a substitute for) the license.
You are free to:
The licensor cannot revoke these freedoms as long as you follow the license terms.
Under the following conditions:
Notices:
You do not have to comply with the license for elements of the material in the public domain or where your use is permitted by an applicable exception or limitation.
No warranties are given. The license may not give you all of the permissions necessary for your intended use. For example, other rights such as publicity, privacy, or moral rights may limit how you use the material.

रोमी

11पावल, येशू ख्रीष्‍टका दास, प्रेरित हुनको निम्ति बोलाइएको र परमेश्‍वरको सुसमाचारको निम्ति अलग गरिएको हो, 2जुन सुसमाचार उहाँले आफ्ना अगमवक्‍ताहरूद्वारा पहिले नै पवित्र धर्मशास्‍‍‍त्रमा प्रतिज्ञा गर्नुभयो, 3यो उहाँको पुत्रको विषयमा हो जो शरीरअनुसार दाऊदको वंश हुनुहुन्थ्यो ।4येशू ख्रीष्‍ट हाम्रा प्रभु मृतकहरूबाट पुनरुत्‍थान हुनुभएर पवित्रताको आत्माद्वारा शक्‍तिसाथ परमेश्‍वरका पुत्र घोषणा गरिनुभएको थियो । 5उहाँको नाउँको खातिर सबै जातिहरूमाझ विश्‍वासको आज्ञाकारिताको निम्ति हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको काम पाएका छौं । 6यी जातिहरूमध्ये तिमीहरू पनि येशू ख्रीष्‍टका हुन बोलाइएका छौ ।यो पत्र रोममा भएका सबैका निम्ति हो, अर्थात् परमेश्‍वरका प्रियहरू जो पवित्र जाति हुन बोलाइएका छौ । 7हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रह र शान्ति तिमीहरूमा रहोस् ।8पहिले, तिमीहरू सबैका निम्ति येशू ख्रीष्‍टद्वारा म परमेश्‍वरलाई धन्यवाद चढाउँछु, किनभने तिमीहरूको विश्‍वास सारा संसारभरि घोषणा गरिएको छ । 9किनकि म तिमीहरूलाई कत्तिको लगातार सम्झन्‍छु भनी परमेश्‍वर मेरो साक्षी हुनुहुन्छ जसलाई म उहाँका पुत्रको सुसमाचारमा मेरो आत्माले सेवा गर्छु । 10परमेश्‍वरको इच्छाद्वारा जसरी भए पनि म तिमीहरूकहाँ आउन सफल हुन सकूँ भनी म सधैं मेरो प्रार्थनामा अनुरोध गर्छु ।11किनकि म तिमीहरूलाई भेट्ने इच्छा गर्छु, ताकि तिमीहरूलाई बलियो बनाउनको लागि म तिमीहरूलाई केही आत्मिक वरदानहरू दिन सकूँ । 12अर्थात् तिमीहरू र मेरो, एक-अर्काका विश्‍वासद्वारा तिमीहरूका माझमा पारस्परिक रूपमा प्रोत्साहित हुन म उत्कट इच्छा गर्छु ।13अब भाइ हो, तिमीहरू अनभिज्ञ होऊ भन्‍ने म चाहन्‍नँ कि मैले प्रायः तिमीहरूकहाँ आउने इच्छा गरें (तर म अहिलेसम्म रोकिएको छु), ताकि मैले बाँकी गैरयहूदीहरूका माझमा झैं तिमीहरूका माझमा पनि केही फल प्राप्‍त गरूँ । 14म ग्रीकहरू र विदेशीहरू, बुद्धिमान्‌हरू र मूर्खहरू दुवैप्रति ऋणी छु । 15त्यसैले मेरो विषयमा भन्‍नुपर्दा, म तिमीहरू रोममा हुनेहरूलाई पनि सुसमाचार घोषणा गर्न तयार छु ।16किनकि म सुसमाचारको निम्ति शर्माउँदिनँ, किनकि यो विश्‍वास गर्ने सबैको निम्ति मुक्‍तिको लागि परमेश्‍वरको शक्‍ति हो, पहिले यहूदी र त्यसपछि ग्रीकहरूका निम्ति । 17किनकि यसैमा परमेश्‍वरको धार्मिकता विश्‍वासबाट विश्‍वासमा प्रकट गरिएको छ, जस्तो लेखिएको छ “धर्मी विश्‍वासद्वारा नै जिउनेछन् ।”18किनकि अधार्मिकताद्वारा सत्यतालाई रोक्ने मानिसहरूका सबै भक्‍तिहीनता र अधार्मिकता विरुद्ध परमेश्‍वरको क्रोध स्वर्गबाट प्रकट भएको छ । 19किनभने परमेश्‍वरको बारेमा जानिएको कुरा तिनीहरूले देख्‍न सक्‍ने भएको छ । किनकि परमेश्‍वरले तिनीहरूलाई प्रकाश दिनुभएको छ ।20किनकि संसारको उत्‍पत्तिदेखि बनाइएका कुराहरूमा उहाँका अद‍ृश्य गुणहरू अर्थात् उहाँको अनन्त शक्‍ति र ईश्‍वरीय स्वभाव, स्पष्‍ट रूपमा देखिने भएका छन् । त्यसैले तिनीहरूलाई कुनै बहाना छैन । 21किनभने तिनीहरूले परमेश्‍वरलाई चिनेर पनि तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा महिमा दिएनन् न त धन्यवाद दिए । बरु तिनीहरू आ-आफ्नै विचारमा मूर्ख भए, र तिनीहरूका अचेत हृदयहरू अँध्यारो भए ।22तिनीहरूले बुद्धिमान्‌ भएको दाबी गरे, तर तिनीहरू मूर्ख भए । 23तिनीहरूले अविनाशी परमेश्‍वरको महिमालाई नाश हुने मानिस, चराचुरुङ्गीहरू, चार खुट्टे जनावरहरू र घस्रने जन्तुहरूको प्रतिमाका रूपसँग साटे ।24त्यसकारण परमेश्‍वरले तिनीहरूलाई अशुद्धताको निम्ति, तिनीहरूका शरीर एकआपसमा अनादर होस् भन्‍नको निम्ति तिनीहरूका हृदयका कामबासनामा नै छाडिदिनुभयो । 25यी तिनीहरू नै हुन् जसले परमेश्‍वरको सत्यतालाई झुटसँग साटे, र सदासर्वदा प्रशंसनीय सृष्‍टिकर्ताको सट्टा सृष्‍टिको पूजा र सेवा गरे । आमेन ।26यसैकारण परमेश्‍वरले तिनीहरूलाई अनादरपूर्ण अभिलाषाहरूमा छाडिदिनुभयो, किनकि तिनीहरूका स्‍‍त्रीहरूले प्राकृतिक सम्बन्धहरूलाई अप्राकृतिक सम्बन्धहरूसँग साटे । 27त्यसै गरी, पुरुषहरूले पनि स्‍‍त्रीहरूसँगको प्राकृतिक सम्बन्धहरूलाई छोडे, र एक-अर्काप्रतिको कामुकतामा जले । यी तिनै पुरुषहरू थिए जसले पुरुषहरूसँग अश्‍लील कार्य गरे र तिनीहरूको त्रुटिको लागि तिनीहरूले पाउनुपर्ने दण्ड तिनीहरू आफैंले पाए ।28तिनीहरू आफ्नो सजगतामा पनि परमेश्‍वर हुनुहुन्छ भनी सहमत नभएका हुनाले उहाँले तिनीहरूलाई अनुचित कुराहरू गर्नलाई भ्रष्‍ट मनमा छोडिदिनुभयो ।29तिनीहरू सारा अधार्मिकता, दुष्‍टता, लालच, र द्वेषले भरिएका छन् । तिनीहरू ईर्ष्या, हत्या, कलह, छल र दुष्‍ट विचारले पूर्ण छन् । तिनीहरू कुरौटे, 30निन्दा गर्ने, र परमेश्‍वरलाई घृणा गर्नेहरू, हिंस्रक, घमण्डी, अहङ्कारी, दुष्‍ट थोकहरूका आविष्कारकहरू हुन्; तिनीहरू आमाबुबाप्रति अनाज्ञाकारी छन् । 31तिनीहरूमा समझविहिन, अविश्‍वासयोग्य, निर्दयी, र कृपारहित छन् ।32यसो गर्नेहरू मृत्युका भागीदार हुन्छन् भन्‍ने परमेश्‍वरका नियमहरूलाई तिनीहरू जान्दछन् । तर तिनीहरू यी थोकहरू गर्ने मात्र होइनन्, तिनीहरू यसो गर्नेहरूसँग सहमत पनि हुन्छन् ।
21यसकारण तिमीहरूलाई कुनै बहाना छैन, ए मानिस, तिमी जसले न्याय गर्छौ, तिमी अर्कालाई जेको निम्ति दोष लगाउँछौ तिमी आफैं पनि त्यसैमा दोषी ठहराइन्छौ । किनकि तिमी न्याय गर्नेले पनि त्यही कुराहरू गर्छौ । 2तर यस्ता कुराहरू गर्नेहरूमाथि परमेश्‍वरको न्याय सत्यताअनुसार हुन्छ भनी हामी जान्दछौं ।3तर यसलाई विचार गर, ए मानिस, तिमी जसले यी कुराहरू गर्नेहरूको न्याय गर्छौ यद्यपि तिमी आफैंले पनि त्यही गर्छौ । के तिमी परमेश्‍वरको न्यायबाट उम्कनेछौ र? 4अथवा के तिमी उहाँको भलाइको प्रशस्तता, उहाँको दण्डको ढिलाइ, र उहाँको धैर्यलाई तुच्छ ठन्छौ? के उहाँको भलाइ तिमीलाई पश्‍चात्तापमा डोर्‍याउनलाई हो भन्‍ने तिमी जान्दैनौ?5तर तिमीहरूको कठोर र अपश्‍चात्तापी हृदयको कारण तिमीहरूले क्रोधको दिन अर्थात् परमेश्‍वरको धार्मिक न्याय प्रकट हुने दिनमा आफ्नो निम्ति क्रोध थुपारिरहेका छौ । 6उहाँले हरेक मानिसलाई त्यसका कर्महरूको नापअनुसार दिनुहुनेछः 7अटुट रूपमा सुकर्म गर्दै प्रशंसा, इज्‍जत र अमरत्वको खोजी गर्नेलाई उहाँले अनन्त जीवन दिनुहुनेछ ।8तर आफ्‍नो लागि मात्रै खोज्‍ने, सत्यताको अवज्ञा गर्ने तर अधार्मिकता पालना गर्नेहरूमाथि क्रोध र भयङ्कर रिस आइपर्नेछ । 9परमेश्‍वरले दुष्‍ट कार्य गर्ने हरेक मानव प्राणमाथि सङ्कट र दुःख ल्याउनुहुनेछ, पहिले यहूदीमाथि, अनि ग्रीकहरूमाथि पनि ।10तर असल काम गर्ने हरेकमाथि प्रशंसा, इज्‍जत र शान्‍ति आउनेछ, पहिले यहूदी र त्‍यसपछि ग्रीकहरूमाथि पनि । 11किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न । 12किनकि जतिले व्यवस्थाविना पाप गरेका छन्, तिनीहरू व्यवस्थाविना नै नष्‍ट पनि हुनेछन्, र जतिले व्यवस्थाको आधारमा पाप गरेका छन्, तिनीहरू व्यवस्थाद्वारा नै न्याय गरिनेछन् ।13किनकि परमेश्‍वरको सामु धर्मी ठहरिनेहरू व्यवस्था सुन्‍नेहरू होइनन्, तर व्यवस्था पालन गर्नेहरू नै धर्मी ठहरिनेछन् । 14किनकि गैरयहूदीहरू जससँग व्यवस्था छैन, तिनीहरूले स्वभावद्वारा नै व्यवस्थाका कुराहरू गर्छन्, तिनीहरू आफ्ना निम्ति आफैं नै व्यवस्था हुन्, यद्यपि तिनीहरूसँग व्यवस्था छैन ।15यसैद्वारा व्यवस्थाले चाहेका कुराहरू तिनीहरूका हृदयमा लेखिएका छन् भन्‍ने तिनीहरूले देखाउँछन् । तिनीहरूको विवेकले पनि तिनीहरूलाई गवाही दिन्छ, र तिनीहरूका आफ्नै विचारले कि तिनीहरूआफैंलाई दोष दिन्छ कि प्रतिरक्षा गर्छ 16अनि परमेश्‍वरप्रति पनि यही कुरो लागु हुन्छ । मेरो सुसमाचारअनुसार, येशू ख्रीष्‍टद्वारा परमेश्‍वरले सबै मानिसहरूको गोप्य कुराहरूको इन्साफ गर्नुहुने दिन त्यो हुनेछ ।17तर यदि तिमी आफैंलाई यहूदी भन्छौ र व्यवस्थामाथि भर परेर , परमेश्‍वरमा गर्व गर्छौ, 18र उहाँको इच्छा जान्दछौ र व्यवस्थाका शिक्षा पाएर असल कुराहरूको मन्जूर गर्दछौ; 19र यदि तिमी विश्‍वस्‍त छौ कि तिमी आफैं अन्धाहरूका अगुवा हौ, अन्धकारमा हुनेहरूका निम्ति ज्योति हौ, 20मूर्खलाई सुधार गर्ने हौ, शिशुहरूका शिक्षक हौ, अनि तिमीसँग ज्ञान र सत्यताको स्वरूप व्यवस्थामा छ भने, यसले तिमीले जिउने तरिकामा कसरी असर पार्छ?21तिमी जसले अरूलाई सिकाउँछौ, के तिमी आफैंलाई चाहिं सिकाउँदैनौ? तिमी जसले चोरीको विरुद्धमा प्रचार गर्छौ, के तिमी नै चोरी गर्छौ? 22तिमी जसले कसैले व्‍यभिचार नगर्नू भन्‍छौ, के तिमीले नै व्‍यभिचार गर्छौ? तिमी जसले मूर्तिहरूलाई घृणा गर्छौ, के तिमी मन्‍दिरहरू लुट्छौ?23तिमी जो परमेश्‍वरको व्‍यवस्‍थामा गर्व गर्छौ, के तिमीले व्‍यवस्‍था उल्‍लङ्घन गरेर परमेश्‍वरको अपमान गर्छौ? 24किनकि यस्तो लेखिएको छ, “तिमीहरूले गर्दा गैरयहूदीहरूका माझमा परमेश्‍वरको नाउँको अनादर भएको छ ।”25किनकि यदि तिमीले व्‍यवस्‍था पालन गर्छौ भने वास्‍तवमा खतनाले तिमीलाई लाभ दिन्‍छ, तर यदि तिमी व्‍यवस्‍था भङ्‌ग गर्छौ भने, तिम्रो खतना बेखतना हुन्‍छ । 26यदि बेखतने व्यक्‍तिले व्यवस्थाले माग गरेका कुराहरूलाई पालन गर्छ भने, के त्‍यसको बेखतना खतना नै ठानिनेछैन र? 27र यदि स्वाभाविक रूपले खतना नभएकाले व्यवस्था पूरा गर्छ भने के त्यसले तिमीलाई दोषी ठहराउँदैन र? तिमीहरूसँग लिखित व्‍यवस्‍था र खतना भएको भए तापनि तिमीहरूले व्यवस्था उल्‍लङ्घन गर्ने भएकाले यसो भएको हो ।28किनकि त्यो यहूदी होइन जो बाहिरी रूपले मात्र यहूदी हो; न त केवल बाहिरी शरीरको खतना नै खतना हो । 29तर त्यही यहूदी हो जो भित्री रूपमा यहूदी हो, र अक्षरमा होइन तर आत्‍माद्वारा हृदयको खतना नै खतना हो । यस्‍तो व्यक्‍तिको प्रशंसा मानिसबाट होइन, तर परमेश्‍वरबाट आउँछ ।
31त्यसो भए यहूदीलाई के फाइदा छ त? अनि खतनाको के फाइदा छ त? 2यो हरतरहले महान् छ । सर्वप्रथम त परमेश्‍वरको प्रकाश यहूदीहरूलाई सुम्पिएको थियो ।3किनकि केही यहूदीहरू विनाविश्‍वासका भए, के भयो त? के तिनीहरूको अविश्‍वासले परमेश्‍वरको विश्‍वासयोग्यतालाई हटाउनेछ र? 4यस्तो कहिल्यै नहोस् । यसको सट्टा, हरेक मानिस झूटा ठहरिए तापनि परमेश्‍वर सत्य भेट्टाइनुभएको होस् । यस्तो लेखिएको छ, “तपाईंलाई आफ्ना वचनहरूमा धर्मी देखाइयोस्, अनि तपाईं न्यायमा आउनुहुँदा तपाईं विजय हुनभएको होस् ।”5तर यदि हाम्रो अधार्मिकताले परमेश्‍वरको धार्मिकतालाई देखाउँछ भने हामी के भन्‍न सक्छौ र? परमेश्‍वरले उहाँको क्रोध हामीमाथि ल्याउनुहुँदा,उहाँ अधर्मी हुनुहुन्छ भनेर के हामीले भन्‍न सक्‍छौं र? (म मानवीय तर्कअनुसार बोलिरहेको छु ।) 6यस्तो कहिल्यै नहोस्! किनकि त्यसो भए त परमेश्‍वरले कसरी संसारको न्याय गर्नुहुन्छ?7तर यदि मेरो झूटद्वारा परमेश्‍वरको सत्यताले उहाँको निम्ति प्रशस्त प्रशंसा प्रदान गर्छ भने, मलाई अझ पनि किन पापीको रूपमा न्याय गरिन्छ त? 8किन नभनौं, जसरी हामीलाई झुटो रूपमा आरोप लगाइन्छ, र केहीले पुष्‍टि गर्छन्, कि हामी भन्छौं, “दुष्‍ट काम गरौं, ताकि असल आओस् ।” तिनीहरूमाथिको न्याय उचित छ ।9त्यसो भए के त? के हामी आफैंले आफ्‍नो सफाइ दिंदैछौं? अवश्य छैनौं! किनकि यहूदीहरू र ग्रीकहरू सबै पापको अधीनमा थिए भनी हामीले पहिले नै दोष लगाइसकेका छौं ।10यस्तो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन ।11बुझ्‍ने कोही पनि छैन । परमेश्‍वरलाई खोज्‍ने कोही पनि छैन । 12तिनीहरू सबै तर्केर गएका छन् । तिनीहरू सबै जना एकैसाथ अनुपयोगी भएका छन् । असल गर्ने कोही पनि छैन, अहँ, एक जना पनि छैन ।"13"तिनीहरूको घाँटी खुल्ला चिहान हो । तिनीहरूका जिब्राले छल गरेका छन् । तिनीहरूका ओठहरूमुनि सर्पको विष छ ।" 14"तिनीहरूका मुखहरू श्राप र तिक्‍तताले भरिएका छन् ।"15तिनीहरूका खुट्टाहरू रगत बगाउनमा द्रूत छन् । 16विनाश र कष्‍ट तिनीहरूका मार्गहरूमा छन् । 17यी मानिसहरूले शान्तिको मार्ग जानेका छैनन् । 18तिनीहरूका आँखाको सामुन्‍ने परमेश्‍वरको डर छैन ।19अब हामी जान्दछौं, कि व्यवस्थाले जे भन्छ, त्यो व्यवस्थाको अधीनमा बस्‍नेहरू कै लागि भन्छ । यो यसको लागि हो कि, हरेक मुख बन्द होस् र सारा संसार परमेश्‍वरप्रति जवाफदेही होस् । 20उहाँको द‍ृष्‍टिमा व्यवस्थाका कामहरूद्वारा कुनै पनि मानिस धर्मी नठहरिने हुनाले यसो भएको हो । किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान आउँछ ।21तर अब व्यवस्थाविना नै परमेश्‍वरको धर्मीकता प्रकट गरिएको छ । व्यवस्था र अगमवक्‍ताहरूद्वारा यसको साक्षी दिइएको छ, 22अर्थात् यो विश्‍वास गर्ने सबैका निम्ति येशू ख्रीष्‍टमा विश्‍वासद्वारा आउने परमेश्‍वरको धार्मिकता हो । किनकि त्यहाँ कुनै भेदभाव छैन ।23किनकि सबैले पाप गरेका छन् र परमेश्‍वरको महिमासम्म पुग्‍न चुकेका छन्, 24र ख्रीष्‍टमा भएको छुटकाराद्वारा तिनीहरू उहाँको अनुग्रहबाट सित्तैंमा धर्मी ठहराइन्छन् ।25किनकि परमेश्‍वरले येशू ख्रीष्‍टको रगतमा विश्‍वासद्वारा प्रायश्‍चित्तको रूपमा उहाँलाई अर्पण गर्नुभयो । उहाँको धैर्यमा विगतका पापहरू बेवास्ता गर्नुभएकोले उहाँले ख्रीष्‍टलाई उहाँको न्यायको प्रमाणको रूपमा अर्पण गर्नुभयो । 26यी सबै कुरा वर्तमान समयमा उहाँको धार्मिकता प्रदर्शन गर्नका निम्ति भएका थिए । उहाँ आफैंलाई न्यायी प्रमाणित गर्न सक्‍नुभएको होस् र उहाँले येशूमाथिको विश्‍वासले जो कोहीलाई धर्मी ठहराउनुहुन्छ भन्‍ने देखाउन यसो भयो ।27तब घमण्ड कहाँ छ? यो त हटाइएको छ । केको आधारमा? कामहरूको? होइन, तर विश्‍वासको आधारमा हो । 28तब हामी निचोडमा आउँछौं, कि कुनै पनि व्यक्‍ति व्यवस्थाका कामहरूविना नै विश्‍वासद्वारा धर्मी ठहरिन्छ ।29अथवा के परमेश्‍वर यहूदीहरूका मात्रै परमेश्‍वर हुनुहुन्छ त? के उहाँ गैरयहूदीहरूका परमेश्‍वर हुनुहुन्‍न र? हो, गैरयहूदीहरूका पनि हुनुहुन्छ । 30यदि वास्तवमै परमेश्‍वर एक हुनुहुन्छ भने उहाँले खतना भएकाहरूलाई विश्‍वासद्वारा र खतना नभएकाहरूलाई विश्‍वासद्वारा नै धर्मी ठहराउनुहुनेछ ।31के हामीले विश्‍वासद्वारा व्यवस्थालाई रद्द गर्छौं त? यस्तो कहिल्यै नहोस्! बरु, हामीले व्यवस्थालाई कायम पो राख्‍छौं ।
41तब हामी के भनौं त? हाम्रा पुर्खा अब्राहामले शरीरअनुसार के पाए त? 2यदि अब्राहाम कामद्वारा धर्मी ठहरिएका भए, तिनले घमण्ड गर्ने कारण हुन्थ्यो, तर परमेश्‍वरको सामु त होइन । 3किनकि धर्मशास्‍‍त्रले के भन्छ? “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, र त्यो तिनको निम्ति धार्मिकता गनियो ।”4अब जसले काम गर्छ, त्यसको ज्यालालाई अनुग्रहको रूपमा गनिँदैन, तर पाउनुपर्ने कुराको रूपमा गनिन्छ । 5तर त्यसको निम्ति जसले काम गर्दैन, तर त्यसको सट्टा अधर्मीलाई धर्मी ठहराउनुहुनेमा विश्‍वास गर्छ, त्यसको विश्‍वासलाई धार्मिकताको रूपमा गनिन्‍छ ।6दाऊदले पनि कामविना नै परमेश्‍वरले धार्मिक गन्‍नुभएको मानिसलाई आशिष्‌‌ घोषणा गर्छन् । 7तिनी भन्छन्, “ती धन्य हुन्, जसका अधर्महरू क्षमा भएका छन्, र जसका पापहरू ढाकिएका छन् । 8त्यो मानिस धन्यको हो, जसको विरुद्धमा परमेश्‍वरले पापको लेखा राख्‍नुहुनेछैन ।”9तब के यो आशिष्‌‌ केवल ती खतना भएकाहरूका लागि मात्रै भनिएको हो, वा ती खतना नभएकाहरूका लागि पनि भनिएको हो? किनकि हामी भन्छौं, “अब्राहामको निम्ति विश्‍वास धार्मिकताको रूपमा गनियो ।” 10त्यसो भए यो कसरी गनियो त? यो तिनको खतना हुनभन्दा अघि वा पछि भएको थियो? यो पछि भएको थिएन, तर अघि!11अब्राहामले धार्मिकताको छाप स्वरुप खतनाको चिन्ह पाए जुन तिनी बेखतना हुँदा नै विश्‍वासद्वारा पाइसकेका थिए ।विश्‍वास गरेका तर खतना नगरेका सबैका पिता तिनलाई बनाउने यसको उद्देश्य थियो ताकि त्यो तिनीहरूको निम्ति धार्मिकता गनियोस् । 12तिनी खतना भएकाहरूका पनि पिता हुन् जसका खतना भएको मात्र होइन तर जो विश्‍वासका कदमहरूमा पनि हिंड्छन् जुन कदमहरूमा हाम्रा पिता अब्राहाम खतना हुन भन्दा अघि हिंडेका थिए ।13किनकि अब्राहाम संसारको उत्तराधिकार हुनेछ भन्‍ने तिनी र तिनका सन्तानहरूलाई दिइएको प्रतिज्ञा व्यवस्थाद्वारा आएको होइन तर विश्‍वासको धार्मिकताद्वारा आएको हो । 14किनकि यदि व्यवस्थाअनुसार जिउनेहरू उत्तराधिकारीहरू हुन् भने, विश्‍वासलाई त रित्तो बनाइन्छ, र प्रतिज्ञालाई रद्द गरिन्छ । 15किनकि व्यवस्थाले क्रोध ल्याउँछ, तर जहाँ व्यवस्था छैन, त्यहाँ कुनै अपराध हुँदैन ।16यसैकारण यो विश्‍वासद्वारा हुन्छ, ताकि प्रतिज्ञा अनुग्रहमा भर परोस् र अब्राहामका सारा सन्तानहरूका निम्ति निश्‍चित होस्—व्यवस्थामुनि भएकाहरूका लागि मात्र होइन, तर अब्राहामको विश्‍वासमा हुनेहरूका निम्ति पनि हो । तिनी हामी सबैका पिता हुन्, 17जस्तो लेखिएको छ, “मैले तिमीलाई धेरै जातिहरूका पिता बनाएको छु ।” अब्राहाम आफूले भरोसा गरेका परमेश्‍वरको उपस्थितिमा थिए, जसले मरेकालाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका थोकहरूलाई बोलाई अस्तित्वमा ल्याउनुहुन्छ ।18“तेरा सन्तानहरू यस्तै हुनेछन्” भनी तिनलाई भनिएअनुसार तिनी धेरै जातिहरूका पिता हुनेछन् भनी तिनले निराशामा आशा राखी विश्‍वास गरे । 19तिनी विश्‍वासमा कमजोर नभईकन तिनले यो मानिलिए कि, तिनको शरीर मरेतुल्य छ (किनकि तिनी करिब एक सय वर्ष पुगेका थिए), र साराको कोख बाँझो छ ।20तर परमेश्‍वरको प्रतिज्ञाका कारण, अब्राहाम अविश्‍वासमा हिचकिचाएनन् । बरु, तिनी विश्‍वासमा बलियो भए र परमेश्‍वरको प्रशंसा गरे । 21परमेश्‍वरले जे कुरा प्रतिज्ञा गर्नुभएको थियो, त्यो उहाँ पूरा गर्न सक्षम पनि हुनुहुन्थ्यो भनी तिनी पूर्ण रूपमा विश्‍वस्त थिए । 22त्यसकारण यो पनि तिनको निम्ति धार्मिकता गनियो ।23तर "तिनको निम्ति गनियो" भन्‍ने यो वचन तिनको निम्ति मात्र लेखिएको होइन । 24यी हाम्रो निम्ति पनि लेखिएका थिए, र यो हाम्रो निम्ति गनिनेछ, हामी जसले हाम्रा प्रभु येशूलाई मृत्युबाट जीवित पार्नुहुनेमाथि विश्‍वास गर्छौं । 25यो उहाँ नै हुनुहुन्छ जसलाई हाम्रा अपराधका लागि सुम्पिएको थियो, र हामीलाई धर्मी ठहराउन जीवित पारिएको थियो ।
51हामी विश्‍वासद्वारा धर्मी ठहरिने हुनाले हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा हामी परमेश्‍वरसँग शान्‍तिमा छौं । 2उहाँद्वारा हामीले पनि यस अनुग्रहमा विश्‍वासद्वारा प्रवेश पाएका छौं जसमा हामी खडा छौं, र हामी परमेश्‍वरको महिमाको आशामा रमाउँछौं ।3यति मात्र होइन, तर हामी हाम्रो कष्‍टमा पनि रमाउँछौं । हामी जान्दछौं, कि कष्‍टले सहनशीलता उत्‍पन्‍न गराउँछ । 4सहनशीलताले चरित्र उत्पन्‍न गराउँछ र चरित्रले आशा उत्पन्‍न गराउँछ । 5यो आशाले निराश पार्दैन, किनभने हामीलाई दिइएका पवित्र आत्‍माद्वारा परमेश्‍वरको प्रेम हाम्रो हृदयमा खन्‍याइएको छ ।6किनकि हामी कमजोर हुँदा नै ख्रीष्‍ट अधर्मीहरूको निम्ति ठिक समयमा मर्नुभयो । 7किनकि एक जना धर्मी मानिसको लागि मुस्‍किलले कोही मर्नेछ, वा एक जना असल मानिसको लागि सायद कोहीले मर्ने साहस गर्नेछ ।8तर परमेश्‍वरले हामीप्रति उहाँको आफ्नो प्रेम प्रमाणित गर्नुहुन्‍छ, किनभने हामी पापी हुँदै ख्रीष्‍ट हाम्रा निम्‍ति मर्नुभयो । 9अहिले हामी उहाँको रगतद्वारा अझ धेरै धर्मी ठहराइएका हुनाले हामी उहाँको क्रोधबाट बचाइनेछौं ।10किनकि हामी शत्रु हुँदा नै हामीलाई उहाँका पुत्रको मृत्‍युद्वारा परमेश्‍वरसँग मिलाप गराइयो, मिलाप भएपछि उहाँको जीवनद्वारा हामी अझ धेरै बचाइनेछौं । 11यति मात्र होइन, तर हामी हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरमा पनि रमाउँछौं, जसद्वारा हामीले यो मिलाप प्राप्‍त गरेका छौं ।12यसकारण एक जना मानिसद्वारा संसारमा पाप प्रवेश गर्‍यो, यसरी पापद्वारा मृत्‍यु प्रवेश गर्‍यो । अनि मृत्यु सबै मानिसमा फैलियो, किनभने सबैले पाप गरे । 13किनकि व्‍यवस्‍था नहुँदा पनि संसारमा पाप थियो, तर व्‍यवस्‍था नहुँदा पापको निम्ति कुनै लेखा हुँदैन ।14तथापि, मृत्‍युले आदमदेखि मोशासम्‍म, आदमले झैं अनाज्ञाकारिताको पाप नगर्नेमाथि पनि राज्‍य गर्‍यो जो आउन लागेको थियो, त्यसको नमूना हो । 15तर सित्तैंको वरदान अपराध जस्‍तो होइन । किनकि एक जनाको अपराधले धेरै जना मरे भने, परमेश्‍वरको अनुग्रहले र एक जना मानिस अर्थात् येशू ख्रीष्‍टको अनुग्रहद्वारा आउने वरदान धेरैका निम्ति प्रशस्त भयो ।16किनकि वरदान एक जना मानिसको पापको परिणामजस्तो होइन । एउटा अपराधपछि न्याय आयो र दण्‍ड ल्यायो, तर धेरै अपराधपछि सित्तैंको वरदान आयो र धर्मीकरण ल्यायो । 17किनकि यदि एक जनाको अपराधले एक जनाद्वारा मृत्‍युले राज्‍य गर्‍यो भने, अनुग्रहको प्रशस्तता र धार्मिकताको सितैंको वरदानको प्राप्‍त गर्नेहरूले एक जना अर्थात् येशू ख्रीष्‍टद्वारा जीवनमा अझ धेरै राज्‍य गर्नेछन् ।18त्यसैले जसरी एउटा अपराधद्वारा सबै मानिसहरूमा दण्ड आयो, त्यसरी नै एउटा धार्मिकताको कामद्वारा सबै मानिसको निम्ति धर्मीकरण र जीवन आयो । 19किनकि जसरी एक जना मानिसको अनाज्ञाकारिताद्वारा धेरै जनालाई पापी बनाइयो, त्यसरी नै एक जनाको आज्ञाकारिताद्वारा धेरै जनालाई धर्मी बनाइनेछ ।20तर अपराध बढोस् भनेर व्‍यवस्‍था आयो । तर जहाँ पाप बढ्‌यो, त्‍यहाँ अनुग्रह झन् बढी बढ्‌यो । 21ताकि जसरी पापले मृत्युमा राज्‍य गर्‍यो, त्यसरी नै अनुग्रहले हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा अनन्‍त जीवनको निम्ति धार्मिकताद्वारा राज्‍य गरोस् ।
61हामी अब के भनौं त? के अनुग्रह प्रशस्त होस् भनेर हामीले पाप गरिरहने त? 2यस्तो कहिल्यै नहोस् । हामी जो पापको निम्ति मर्‍यौं, हामी अझै यसमा कसरी जिउन सक्छौं? 3के तिमीहरू जान्दैनौ कि जतिलाई ख्रीष्‍ट येशूमा बप्‍तिस्मा दिइयो, उहाँकै मृत्युमा बप्‍तिस्मा दिइएको थियो?4तब हामी बप्‍तिस्माद्वारा मृत्युमा उहाँसँगै गाडियौं । ताकि जसरी ख्रीष्‍ट पिताको महिमाद्वारा मृतकहरूबाट जीवित पारिनुभयो, त्यसरी नै हामी जीवनको नवीनतामा हिंड्न सकौं । 5किनकि यदि हामी उहाँको मृत्युको स्वरूपमा एक भएका छौं भने, हामी उहाँको पुनरुत्थानमा पनि एक हुनेछौं ।6हामी जन्दछौं, कि हाम्रो पुरानो मनुष्यत्वलाई उहाँसँगै क्रूसमा टाँगिएको थियो, ताकि पापको शरीरलाई नाश गर्न सकियोस्; ताकि अब उप्रान्त हामी पापको दास बन्‍न नपरोस् । 7जो मरेको छ, पापको सम्बन्धमा त्यसलाई धर्मी घोषित गरिएको छ ।8तर यदि हामी ख्रीष्‍टसँग मरेका छौं भने, हामी विश्‍वास गर्छौं, कि हामी पनि उहाँसँगै जिउनेछौं । 9हामी जान्दछौं, कि ख्रीष्‍ट मृतकबाट जीवित पारिनुभएको छ, उहाँ फेरि मर्नुहुन्‍न; अब मृत्युको उहाँमाथि राज्य हुँदैन ।10किनकि मृत्युको विषयमा उहाँ पापको लागि मर्नुभयो, उहाँ एकैपल्ट सबैका लागि मर्नुभयो । तथापि जुन जीवन उहाँ जिउनुहुन्छ, उहाँले परमेश्‍वरको निम्ति जिउनुहुन्छ । 11त्यसै गरी, तिमीहरूले पनि आफैंलाई पापको निम्ति मरेको, तर ख्रीष्‍ट येशूमा परमेश्‍वरको निम्ति जीवित ठान्‍नुपर्छ ।12त्यसकारण तिमीहरूको मरणशील शरीरमा पापलाई राज्य गर्न नदेओ, ताकि तिमीहरूले त्यसको अभिलाषालाई मान्‍न परोस् । 13आफ्नो शरीरका अङ्गहरूलाई अधार्मिकताका लागि प्रयोग गरिने साधनहरूको रूपमा समर्पण नगर । तर आफैंलाई मृतकबाट जिउँदो पारिएको जस्तै परमेश्‍वरको निम्ति आफैंलाई समर्पण गर अनि आफ्नो शरीरका अङ्गहरूलाई परमेश्‍वरको निम्ति धार्मिकताको लागि प्रयोग गरिने साधनहरूको रूपमा समर्पण गर । 14पापलाई आफूमाथि राज्य गर्न नदेओ । किनकि तिमीहरू व्यवस्थामुनि छैनौ, तर अनुग्रहमुनि छौ ।15त्यसो भए के त? के हामी व्यवस्थामुनि छैनौं, तर अनुग्रहमुनि छौं भनेर हामी पाप गरौं त? यस्तो कहिल्यै नहोस् । 16के तिमीहरू जान्दैनौ, यदि तिमीहरूले आफैंलाई दासहरूको रूपमा समर्पण गर्छौ भने, तिमीहरूले जसको आज्ञा पालन गर्छौ त्यसैका तिमीहरू दास हौ? तिमीहरू या त मृत्युमा पुर्‍याउने पापका दासहरू हौ, या धार्मिकतामा पुर्‍याउने आज्ञाकारिताका दासहरू हौ ।17तर परमेश्‍वरलाई धन्यवाद होस्! किनकि तिमीहरू पापका दासहरू थियौ, तर तिमीहरूले आफूलाई दिइएको शिक्षाको ढाँचालाई आफ्नो हृदयदेखि नै पालन गरेका छौ । 18तिमीहरूलाई पापबाट छुटकारा दिइएको छ, र तिमीहरूलाई धार्मिकताको दासहरू बनाइएको छ ।19म तिमीहरूको शरीरको कमजोरीको कारण म मानिसलेझैं बोल्छु । किनकि जसरी तिमीहरूले आफ्ना शरीरका अङ्गहरूलाई अशुद्धता र दुष्‍टताका निम्ति दासहरूको रूपमा समर्पण गर्‍यौ, त्यसरी नै अब पवित्रीकरणको निम्ति आफ्ना शरीरका अङ्गहरूलाई धार्मिकताको निम्ति दासहरूको रुपमा समर्पण गर । 20किनकि तिमीहरू पापका दासहरू हुँदा, तिमीहरू धार्मिकताबाट स्वतन्‍‍त्र थियौ । 21अहिले तिमीहरू लज्‍जित हुने कुराहरूमा, त्यति बेला ती कुराहरूबाट तिमीहरूले के फल पायौ? किनकि ती कुराहरूको परिणाम मृत्यु हो ।22तर अब तिमीहरूलाई पापबाट मुक्त गराइएको छ, अनि परमेश्‍वरको दास बनाइएको छ र तिमीहरूसित पवित्रीकरणको लागि आफ्नो फल छ । त्यसको परिणाम चाहिं अनन्त जीवन हो । 23किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्‍वरको सित्तैंको वरदानचाहिं हाम्रा प्रभु येशू ख्रीष्‍टमा अनन्त जीवन हो ।
71वा भाइ हो, के तिमीहरूलाई थाहा छैन (किनकि म व्यवस्थाबारे जान्‍ने मानिसहरूसित बोल्दैछु), कि व्‍यवस्थाले मानिस जीवित रहँदासम्म मात्र नियन्‍‍त्रण गर्छ?2किनकि एक विवाहित स्‍‍त्री आफ्नो पति जीवित रहँदासम्म व्यवस्थाद्वारा बाँधिएकी हुन्छे, तर यदि त्यसको पति मर्‍यो भने त्यो त्यस विवाहको व्यवस्थाबाट मुक्त हुन्छे । 3त्यस्तै, त्यसको पति जीवित हुँदा त्यो अर्को पुरुषसँग बसी भने, त्यसलाई व्यभिचारिणी स्‍‍त्री भनिनेछ । तर त्यसको पति मर्‍यो भने, त्यो त्यस व्यवस्थाबाट मुक्त हुन्छे, त्यसैले त्यो अर्को पुरुषसँग बसी भने पनि त्यो व्यभिचारिणी हुँदिन ।4त्यसैले मेरा भाइहरू हो, तिमीहरू पनि ख्रीष्‍टको शरीरद्वारा व्यवस्थाको निम्ति मरेका थियौ । ताकि हामीले परमेश्‍वरको निम्ति फल फलाउन सकौं भनेर तिमीहरू अर्कोसँग अर्थात् मृतकहरूबाट जीवित पारिनुभएकासँग एक हुन सकोस् । 5किनकि जब हामी शरीरमा थियौं, व्यवस्थाद्वारा सक्रिय गराइएका पापमय स्वभावहरू, मृत्युको निम्ति फल फलाउन हाम्रा शरीरका अङ्गहरूमा काम गर्थे ।6तर अब हामी व्यवस्थाबाट स्वतन्‍‍त्र पारिएका छौं । हामीलाई जुन कुराले बाँधेको थियो, त्यसको निम्ति हामी मरेका छौं । हामीले पुरानो विधानमा होइन, तर पवित्र आत्माको नयाँपनमा सेवा गर्न सकौं भनेर यसो भएको हो ।7त्यसो भए, हामीले के भन्‍ने त? के व्यवस्था आफैं पाप हो? यस्तो कहिल्यै नहोस् । तथापि यदि व्यवस्था नभएको भए मैले कहिल्यै पाप जान्‍ने थिइनँ । किनकि यदि व्यवस्थाले, “तैंले लोभ नगर्” नभनेसम्म मैले लोभ के हो भनी जान्‍ने थिइनँ । 8तर पापले यी आज्ञाद्वारा मौका पायो अनि ममा हर किसिमको अभिलाषा ल्यायो । किनकि व्यवस्थाविना पाप मरेको हुन्छ ।9एक समय म व्यवस्थाविना जीवित थिएँ, तर जब आज्ञा आयो, पापले पुनः जीवन पायो, र म मरें । 10जीवन ल्याउनुपर्ने आज्ञा मेरो निम्ति मृत्यु हुनपुग्यो ।11किनकि पापले यी आज्ञाद्वारा मौका छोप्यो र मलाई छल गर्‍यो । आज्ञाद्वारा यसले मलाई मार्‍यो । 12त्यसैले व्यवस्था पवित्र छ, अनि आज्ञा पवित्र, धार्मिक र असल छ ।13त्यसैले के जे असल छ त्यो मेरो निम्ति मृत्यु बन्यो? यस्तो कहिल्यै नहोस् । तर पापलाई पाप नै देखाउन सकियोस् भनी जे असल थियो त्यसद्वारा पापले ममा मृत्यु उत्पन्‍न गरायो, ताकि आज्ञाद्वारा पाप अत्यधिक पापमय बन्‍न सकोस् । 14किनकि हामी जान्दछौं, कि व्यवस्था आत्मिक हो, तर म शारीरिक हुँ । म पापको दासत्वमुनि बेचिएको छु ।15किनकि म जे गर्छु, त्यो म वास्तवमा बुझ्दिनँ । किनकि म जे गर्न चाहन्छु, त्यो म गर्दिनँ, अनि म जेलाई घृणा गर्छु, म त्यही गर्छु । 16तर म जे चाहँदिनँ म त्यही गर्छु भने, व्यवस्था असल हो भनी म व्यवस्थासँग सहमत हुन्छु ।17तर अब यो गर्ने म होइन, तर ममा रहने पाप हो । 18किनकि म जान्दछु, कि ममा अर्थात् मेरो शरीरमा कुनै पनि असल थोक बास गर्दैन । किनकि ममा असल गर्ने इच्छा छ, तर म यो गर्न सक्दिनँ ।19किनकि मैले चाहेको असल थोक म गर्दिनँ, तर म जुन खराब कुरो गर्न चाहन्‍नँ, म त्यही गर्छु । 20अब म जे गर्न चाहँदिनँ त्यही गर्छु भने, यो गरिरहने म होइन, तर ममा बास गर्ने पाप हो । 21त्यसैले म यो व्यवस्था भेट्टाउँछुः जब म असल गर्न चाहन्छु, दुष्‍टता मसँगै उपस्थित हुन्छ ।22किनकि म भित्री मनुष्यत्वसँगै परमेश्‍वरको व्यवस्थामा आनन्द मनाउँछु । 23तर म मेरा शरीरका अङ्गहरूमा फरक व्यवस्था देख्छु । यसले मेरो मनको नयाँ व्यवस्थाको विरुद्धमा लड्छ । मेरा शरीरका अङ्गहरूमा भएको पापको व्यवस्थाद्वारा यसले मलाई कैदी बनाउँछ ।24म दुःखी मानिस हुँ! मलाई यो मृत्युको शरीरबाट कसले छुटकारा दिनेछ? 25तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरलाई धन्यवाद होस्! त्यसैले म आफैंले मेरो मनले परमेश्‍वरको व्यवस्थाको सेवा गर्छु । तापनि शरीरले म पापको व्यवस्थाको सेवा गर्छु ।
81त्यसकारण अब ख्रीष्‍ट येशूमा भएकाहरूलाई दण्डको कुनै आज्ञा छैन । 2किनकि ख्रीष्‍ट येशूमा जीवनको आत्माको व्यवस्थाले तिमीलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्‍‍त्र बनाएको छ ।3किनकि व्यवस्था शरीरद्वारा कमजोर भएको हुनाले जे व्यवस्थाले गर्न असमर्थ थियो, सो परमेश्‍वरले गर्नुभयो । उहाँले आफ्ना पुत्रलाई पापमय शरीरको रूपमा पापको निम्ति बलिदान हुन पठाउनुभयो, र उहाँले पापलाई शरीरमा दण्ड दिनुभयो । 4हामीमा व्यवस्थाका आवश्‍यकताहरू पूरा हुन सकोस् भनेर उहाँले यसो गर्नुभयो, हामी जो शरीरअनुसार होइन, तर आत्माअनुसार चल्छौं। 5जो शरीरअनुसार जिउँछन्, तिनीहरूले शरीरका कुराहरूमा ध्यान दिन्छन्, तर जो आत्माअनुसार जिउँछन्, तिनीहरूले आत्माका कुराहरूमा ध्यान दिन्छन् ।6किनकि शरीरमा मन लगाउनु मृत्यु हो, तर आत्मामा मन लगाउनु जीवन र शान्ति हो । 7शरीरमा मन लगाउनु परमेश्‍वरप्रति शत्रुता हो, किनकि यो परमेश्‍वरको व्यवस्थाको अधीनमा हुँदैन, न त त्यो कहिल्यै हुनसक्छ । 8जो शरीरमा छन्, तिनीहरू परमेश्‍वरलाई खुसी तुल्याउन सक्दैनन् ।9तापनि यदि वास्तवमा परमेश्‍वरका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने, तिमीहरू शरीरमा छैनौ, तर आत्मामा छौ । तर यदि कसैसँग ख्रीष्‍टका आत्मा हुनुहुन्‍न भने, त्यो उहाँको होइन । 10यदि ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्छ भने, पापको कारणले शरीर मृत हुन्छ, तर धार्मिकताको कारणले आत्मा जीवित हुन्छ ।11यदि येशूलाई मृतकहरूबाट जीवित पार्नुहुनेका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने, ख्रीष्‍टलाई मृतकहरूबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा बास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूको मरणशील शरीरलाई जीवन दिनुहुनेछ ।12त्यसकारण भाइ हो, हामी ऋणी छौं, तर शरीरअनुसार जिउन शरीरप्रति ऋणी छैनौं । 13किनकि यदि तिमीहरू शरीरअनुसार जिउँछौ भने, तिमीहरू मर्न लागेका छौ, तर यदि तिमीहरूले आत्माद्वारा शरीरका कामहरूलाई मार्छौ भने तिमीहरू जिउनेछौ ।14किनकि जति परमेश्‍वरका आत्माद्वारा डोर्‍याइएका छन्, तिनीहरू नै परमेश्‍वरका छोराछोरीहरू हुन् । 15तिमीहरू फेरि भयभीत भई जिउनको लागि दासत्वको आत्मा पाएका छैनौ; बरु, तिमीहरूले धर्मपुत्रको आत्मा पाएका छौ जसद्वारा हामी “अब्बा, पिता!” भनी पुकार्छौं ।16हामी परमेश्‍वरका सन्तान हौं भनी आत्मा स्वयम्‌ले हाम्रो आत्मालाई गवाही दिनुहुन्छ । 17यदि हामी सन्तानहरू हौं भने त हामी उत्तराधिकारीहरू पनि हौं अर्थात् परमेश्‍वरका उत्तराधिकारीहरू हौं । अनि हामी ख्रीष्‍टसँगै साझे-उत्तराधिकारीहरू हौं, वास्तवमा हामी उहाँसँगै कष्‍ट भोग्छौं भने हामी पनि उहाँसँगै महिमित हुनसक्छौं ।18किनकि यो वर्तमान समयका कष्‍टहरू हामीलाई प्रकट गरिने महिमासँग तुलना गर्न योग्यका छैनन् भन्‍ने म ठान्छु । 19किनकि सृष्‍टिको उत्कट आशा परमेश्‍वरका पुत्रहरूको प्रकटीकरणको प्रतीक्षामा छ ।20किनकि सृष्‍टिलाई व्यर्थताको वशमा सुम्पिइयो, यसको आफ्नै इच्छामा होइन, तर यसलाई वशमा राख्‍नुहुनेको कारणले, यसै आशामा, 21कि सृष्‍टि स्वयम्‌लाई विनाशको दासत्वबाट मुक्‍त गरिनेछ, र यसलाई परमेश्‍वरका सन्तानहरूका महिमाको स्वतन्‍‍त्रतामा ल्याइनेछ । 22किनकि हामी जन्दछौं, कि सारा सृष्‍टि अहिले पनि एकसाथ क्रन्दन र प्रसव वेदनामा छ ।23यति मात्र होइन, तर पवित्र आत्माको पहिलो फल भएका हामी आफैं पनि भित्र क्रन्दनमा छौं, जसै हामी हाम्रो धर्मपुत्र ग्रहणको प्रतीक्षा अर्थात् हाम्रो शरीरको उद्धारको प्रतीक्षा गर्छौं । 24किनकि हामीलाई यही आशाद्वारा बचाइएको थियो ।अब देखिएको आशा चाहिं आशा होइन । किनकि आफूले देख्‍न सक्ने कुराको लागि कसले आशा गर्छ? 25तर यदि हामी आफूले नदेखेका कुरामा आशा गर्छौं भने, हामी यसको लागि धैर्यसाथ प्रतीक्षा गर्छौं ।26त्यसै गरी, आत्माले पनि हाम्रो कमजोरीमा सहायता गर्नुहुन्छ । किनकि कसरी प्रार्थना गर्ने भनी हामी जान्दैनौं, तर आत्माले व्यक्त गर्न नसकिने क्रन्दनले हाम्रो निम्ति मध्यस्थता गर्नुहुन्छ । 27जसले हृदयको खोजी गर्नुहुन्छ उहाँले आत्माको विचार जान्‍नुहुन्छ, किनभने उहाँले परमेश्‍वरका पवित्र जनहरूको तर्फबाट अन्तरबिन्‍ती गर्नुहुन्छ ।28हामी जान्दछौँ, कि परमेश्‍वरलाई प्रेम गर्नेहरू र उहाँको उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले सबै थोकमा एकसाथ भलाइको निम्ति काम गर्नुहुन्छ । 1 29किनभने जसलाई उहाँले पहिलेदेखि नै जान्‍नुहुन्थ्यो, उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूप समान हुन पहिले नै नियुक्‍ति पनि गर्नुभयो ताकि उहाँ धेरै भाइहरूमध्ये ज्येष्‍ठ होऊन् । 30जसलाई उहाँले पहिले नै नियुक्‍ति गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो । जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई धर्मी पनि ठहर्‍याउनुभयो । जसलाई उहाँले धर्मी ठर्‍याउनुभयो, तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो ।31त्यसो भए, यी कुराहरूको विषयमा हामी के भनौं त? यदि परमेश्‍वर नै हाम्रो पक्षमा हुनुहुन्छ भने, हाम्रो विरुद्धमा को हुन्छ र? 32उहाँ जसले आफ्ना पुत्रलाई पनि बाँकी राख्‍नुभएन तर हामी सबैको तर्फबाट उहाँलाई सुम्पिदिनुभयो, कसरी उहाँले हामीलाई उहाँसँगै सबै थोक पनि सितैंमा दिनुहुन्‍न र?33परमेश्‍वरका चुनिएकाहरूका विरुद्धमा कसले कुनै दोष ल्याउनेछ? धर्मी तुल्याउनुहुने त परमेश्‍वर नै हुनुहुन्छ । 34दण्डको आज्ञा दिनुहुने को हुनुहुन्छ? ख्रीष्‍ट येशू नै हुनुहुन्छ जो मर्नुभयो—अनि त्यसभन्दा बढी जो जीवित भई उठ्नुभयो—जो परमेश्‍वरको दाहिने हाततर्फ हुनुहुन्छ, र जो हाम्रा लागि मध्यस्थता पनि गरिरहनुभएको छ ।35हामीलाई ख्रीष्‍टको प्रेमबाट कसले अलग गर्नेछ? सङ्कष्‍टले, वा दुःखले, वा सतावटले, वा भोकले, वा नग्‍नताले, वा खतराले, वा तरवारले? 36जस्तो लेखिएको छ, “तपाईंको लाभको निम्ति हामी दिनभरि मारिन्छौं । हामीलाई मारिने भेडाहरूझैं ठानियो ।”37यी सबै कुरामा हामी हामीलाई प्रेम गर्नुहुनेद्वारा विजेताहरूभन्दा पनि बढी छौं । 38किनकि म विश्‍वस्त भएको छु, कि न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न शासकहरूले, न वर्तमानका कुराहरूले, न आउने कुराहरूले, 39न उचाइले, न गहिराइले, न सृष्‍टि गरिएको कुनै थोकले हाम्रा प्रभु ख्रीष्‍ट येशूमा भएको परमेश्‍वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछ ।

1केही ग्रीक प्रतिलिपिहरूमा उहाँले सबै थोकमा एकसाथ भलाइको निम्ति काम गर्नुहुन्छ को सट्टामा सबै थोकले एकसाथ भलाइको निम्ति काम गर्छन्

91म ख्रीष्‍टमा साँचो भन्दछु । म ढाँट्‌दिनँ, र मेरो विवेकले पवित्र आत्मामा मसँगै साक्षी दिन्छ, 2कि मेरो लागि मेरो हृदयमा असाध्य शोक र अटुट पीडा छ ।3किनकि म इच्छा गर्थें, कि मेरा भाइहरू अर्थात् शरीरअनुसार आफ्नै जातिका खातिर म आफैंचाहिं श्रापित होऊँ र ख्रीष्‍टबाट अलग गरिऊँ । 4तिनीहरू इस्राएलीहरू हुन् । तिनीहरूसँग धर्मपुत्र हुने अधिकार, महिमा, करारहरू, व्यवस्थाको उपहार, परमेश्‍वरको आराधना र प्रतिज्ञाहरू छन् । 5तिनीहरू ती पुर्खाहरू हुन् जसबाट शरीरअनुसार ख्रीष्‍ट आउनुभएको छ—उहाँ नै सबैमाथिका परमेश्‍वर हुनुहुन्छ । सदासर्वदा उहाँको प्रशंसा भइरहोस् । आमेन ।6तर यो परमेश्‍वरका प्रतिज्ञाहरू चुकेकोजस्तो होइन । किनकि इस्राएलमा भएका सबैजना साँचो रूपमा इस्राएलका होइनन् । 7न त अब्राहामका सबै सन्तानहरू साँचो रूपमा तिनका छोराछोरीहरू नै हुन् । तर, “इसहाकबाट नै तेरा सन्तानहरू भनिनेछन् ।”8अर्थात् शरीरबाट जन्मेका छोराछोरीहरू परमेश्‍वरका छोराछोरीहरू होइनन् । तर प्रतिज्ञाका छोराछोरीहरू नै सन्तानहरूका रूपमा गनिन्छन् । 9किनकि प्रतिज्ञाको वचन यही होः “म यही समयमा आउनेछु, र सारालाई एउटा छोरो दिइनेछ ।”10यति मात्र होइन, तर रिबेका पनि एक जना मानिस अर्थात् हाम्रा पिता इसहाकबाट गर्भवती भएपछि– 11किनकि छोराछोरीहरू अझ जन्मेका थिएनन् र तिनीहरूले कुनै असल वा खराब केही गरेका थिएनन्, ताकि परमेश्‍वरको उद्देश्य कामहरूका कारण होइन, तर बोलाउनुहुनेको कारणले चुनाउअनुसार ठहरियोस्— 12तिनलाई यसो भनियो, “जेठोले कान्छोको सेवा गर्नेछ ।” 13जस्तो लेखिएको थियोः “मैले याकूबलाई प्रेम गरें, तर एसावलाई घृणा गरें ।”14त्यसो हो भने, हामी के भनौं त? के परमेश्‍वरसित अधार्मिकता छ त? यस्तो कहिल्यै नहोस् । 15किनकि उहाँ मोशालाई भन्‍नुहुन्छ, “जसमाथि म दया देखाउन चाहन्छु, त्यसमाथि म दया देखाउनेछु, र जसमाथि म करुणा देखाउन चाहन्छु, त्यसमाथि म करुणा देखाउनेछु ।” 16त्यसैले यो इच्छा गर्नेको कारणले होइन, न त दौड्नेको कारणले नै हो, तर दया देखाउनुहुने परमेश्‍वरको कारणले नै हो ।17किनकि धर्मशास्‍‍त्रले फारोलाई भन्छ, “यही उद्देश्यको निम्ति मैले तँलाई खडा गरें, ताकि मैले तँमा मेरो शक्‍ति प्रदर्शन गर्न सकूँ, र सारा पृथ्वीमा मेरो नाउँ घोषणा गरियोस् ।” 18त्यसैले परमेश्‍वरले जसलाई इच्छा गर्नुहुन्छ त्यसलाई दया गर्नुहुन्छ, र जसलाई इच्छा गर्नुहुन्छ त्यसलाई कठोर पनि बनाउनुहुन्छ ।19तब तिमीहरूले मलाई भन्‍नेछौ, “उहाँले किन अझ पनि गल्ती नै भेट्टाउनुहुन्छ त? किनकि उहाँको इच्छाको सामु को खडा भएको छ?” 20त्यसको विपरीत, हे मानिस, परमेश्‍वरको विरुद्धमा जवाफहरू दिने तिमी को हौ? के आकार दिइएको थोकले आकार दिनेलाई यसो भन्छ, “तिमीले मलाई किन यस्तो बनायौ? ” 21के कुमालेसित उही माटोको डल्लोबाट एउटा भाँडो विशेष प्रयोगको निम्ति र अर्को भाँडो दैनिक प्रयोगको निम्ति बनाउने अधिकार हुँदैन र?22परमेश्‍वरले नै उहाँको क्रोध देखाउने र आफ्नो शक्ति प्रकट गर्ने इच्छा गर्दै, विनाशको निम्ति तयार पारिएका भाँडाहरूलाई निकै धैर्यसाथ सहनुभयो भने के त? 23यदि उहाँले पहिलेबाट नै महिमाको निम्ति तयार पार्नुभएको दयाका भाँडाहरूमाथि उहाँको महिमाको सम्पत्ति प्रकट गर्न यसो गर्नुभयो भने के त? 24यदि उहाँले यो हाम्रो निम्ति पनि गर्नुभयो, जसलाई उहाँले यहूदीहरूबाट मात्र होइन, तर गैरयहूदीहरूबाट पनि बोलाउनुभयो भने के त?25जसरी उहाँ होशेको पुस्तकमा पनि भन्‍नुहुन्छः “जो मेरा मानिसहरू थिएनन्, म तिनीहरूलाई मेरा मानिसहरू भन्‍नेछु, र जो प्रिय थिईनन् तिनलाई प्रिय भन्‍नेछु । 26र यस्तो हुनेछ, कि जहाँ तिनीहरूलाई ‘तिमीहरू मेरा मानिसहरू होइनौ’ भनियो, त्यहाँ तिनीहरूलाई ‘जीवित परमेश्‍वरका छोराहरू’ भनिनेछ ।”27यशैया इस्राएलको विषयमा भन्छन्, “इस्राएलका छोराहरूको सङ्ख्या समुद्रको बालुवाजत्ति भए तापनि बाँकी रहेकाहरू मात्र बचाइनेछन् । 28किनकि प्रभुले आफ्नो वचन पृथ्वीमा पूर्ण रूपमा र ढिला नगरी पूरा गर्नुहुनेछ ।" 29जसै यशैयाले अगाडि भनेका थिए, “यदि सेनाहरूका प्रभुले हाम्रा निम्ति सन्तानहरू छोड्नुभएको थिएन भने, हामी सदोम जस्तै हुनेथियौं र गमोराजस्ता बन्‍नेथियौं ।”30त्यसो भए, हामी के भनौं त? गैरयहूदीहरू जसले धार्मिकतालाई पछ्याइरहेका थिएनन्, तिनीहरूले धार्मिकता अर्थात् विश्‍वासद्वारा आउने धार्मिकता प्राप्‍त गरे । 31तर इस्राएल, जो धार्मिकताको व्यवस्थाको पछि लागे, तिनीहरू त्यसमा आइपुगेनन् ।32किन त? किनभने तिनीहरूले त्यसलाई विश्‍वासद्वारा खोजेनन्, तर कामहरूद्वारा खोजे । तिनीहरू ठेस लाग्‍ने ढुङ्गामा ठेस खाए, 33जस्‍तो लेखिएको छ, “हेर, मैले सियोनमा एउटा ठेस लाग्‍ने ढुङ्गा र ठक्कर लाग्‍ने चट्टान राख्‍दैछु । जसले यसमा विश्‍वास गर्छ त्यो लज्‍जित हुनेछैन ।”
101भाइहरू हो, मेरो हृदयको इच्छा र परमेश्‍वरलाई मेरो बिन्ती तिनीहरूका लागि यही छ कि तिनीहरूले उद्धार पाऊन् । 2किनकि म तिनीहरूको विषयमा गवाही दिन्छु, कि तिनीहरूसँग परमेश्‍वरको निम्ति जोस छ, तर ज्ञानअनुसार छैन । 3किनकि तिनीहरूले परमेश्‍वरबाट आएको धार्मिकता नबुझेर, र आफ्नै धार्मिकता स्थापित गर्न खोजेर, तिनीहरू परमेश्‍वरको धार्मिकताको अधीनमा रहेनन् ।4किनकि विश्‍वास गर्ने सबैको निम्ति ख्रीष्‍ट नै धार्मिकताको निम्ति व्यवस्थाको समाप्‍ति हुनुहुन्छ । 5किनकि मोशा व्यवस्थाबाट आउने धार्मिकताको विषयमा लेख्‍छन्ः “व्यवस्थाको धार्मिकता पालन गर्ने मानिस, यो धार्मिकताद्वारा नै जिउनेछ ।”6तर विश्‍वासद्वारा आउने धार्मिकताले यसो भन्छ: “आफ्नो हृदयमा यसो नभन, ‘स्वर्गमा को उक्लने?’ (अर्थात् ख्रीष्‍टलाई तल ल्याउन); 7र यसो नभन, ‘तल पातालसम्म को ओर्लने ?’" (अर्थात् ख्रीष्‍टलाई मरेकाहरूबाट ल्याउन),8तर यसले के भन्छ? “वचन तिम्रो नजिकै छ, तिम्रो मुखमा र तिम्रो हृदयमा छ ।” त्यो विश्‍वासको वचन हो, जुन हामी घोषणा गर्छौं । 9किनकि यदि तिमीले तिम्रो मुखले येशूलाई प्रभु भनी स्वीकार गर्छौ, र परमेश्‍वरले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्‍वास गर्छौ भने, तिमी बचाइनेछौ । 10किनकि मानिसले आफ्नो हृदयले विश्‍वास गर्छ र त्यससँग धार्मिकता हुन्छ, र त्यसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ ।11किनकि धर्मशास्‍‍त्रले भन्छ, “हरेक जसले उहाँमा विश्‍वास गर्छ, त्यो शर्ममा पारिनेछैन ।” 12किनकि यहूदी र ग्रीकहरूबीच कुनै भिन्‍नता छैन । किनकि उही प्रभु नै सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्ने सबैको लागि उहाँ प्रशस्त हुनुहुन्छ । 13किनकि प्रभुको नाम पुकार्ने सबैले उद्धार पाउनेछन् ।14त्यसो हो भने, जसमाथि तिनीहरूले विश्‍वास गरेका छैनन् उहाँलाई कसरी पुकार्न सक्छन्? जसको विषयमा तिनीहरूले सुनेका छैनन् उहाँमाथि कसरी विश्‍वास गर्न सक्छन्? प्रचारकविना तिनीहरूले कसरी सुन्‍न सक्छन्? 15र जबसम्म तिनीहरू पठाईंदैनन्, तिनीहरूले कसरी प्रचार गर्न सक्छन्?—जस्तो लेखिएको छ, “सुसमाचार प्रचार गर्नेहरूका पाउ कति राम्रा!”16तर तिनीहरू सबैले सुसमाचार पालन गरेनन् । किनकि यशैया भन्छन्, “हे प्रभु, हामीबाट सुनेको कुरा कसले विश्‍वास गरेको छ?” 17त्यसैले विश्‍वास सुनाइबाट आउँछ, र सुनाइ ख्रीष्‍टको वचनद्वारा आउँछ ।18तर म भन्छु, “के तिनीहरूले सुनेनन्?” हो, निश्‍चय नै । “तिनीहरूको आवाज सारा पृथ्वीभरि, र तिनीहरूका वचनहरू पृथ्वीको अन्त्यसम्म पुगेका छन् ।”19यसको अतिरिक्‍त, म भन्छु, “के इस्राएलले बुझेन?” पहिले मोशा भन्छन्, “म तिमीहरूलाई एउटा जाति नै नभएको समूहद्वारा डाही तुल्याउनेछु । समझविनाको जातिद्वारा म तिमीहरूलाई क्रोधित तुल्याउनेछु ।”20तब यशैया निकै साहसी थिए, जब तिनी भन्छन्, “जसले मलाई खोजेनन्, तिनीहरूले मलाई भेट्टाए । जसले मलाई बिन्ती गरेनन्, म तिनीहरूकहाँ देखा परें ।” 21तर इस्राएललाई उहाँ भन्‍नुहुन्छ, “मैले मेरा हात दिनभरि अनाज्ञाकारी र हठी मानिसहरूतिर फैलाएँ ।”
111त्यसो भए म भन्छु, के परमेश्‍वरले आफ्ना मानिसहरूलाई इन्कार गर्नुभयो त? त्यस्तो कहिल्यै नहोस् । किनकि म पनि अब्राहामको सन्तान, बेन्यामीन कुलका एक इस्राएली हुँ । 2परमेश्‍वरले अघिबाटै पहिचान गर्नुभएको आफ्नो मानिसलाई इन्कार गर्नुभएन । एलियाको बारेमा धर्मशास्‍‍त्रले के भन्छ अर्थात् तिनले इस्राएलको विरुद्धमा परमेश्‍वरसँग कसरी बिन्ती गरे भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? 3“हे प्रभु, तिनीहरूले तपाईंका अगमवक्‍ताहरूलाई मारेका छन्, तिनीहरूले तपाईंका वेदीहरूलाई भत्काएका छन् । म एक्लै छोडिएको छु, र तिनीहरूले मेरो ज्यान लिन खोजिरहेका छन् ।”4तर परमेश्‍वरको जवाफले तिनलाई के भन्छ? “बालको सामु आफ्ना घुँडा नटेकेका सात हजार मानिसलाई मैले मेरो निम्ति साँचेर राखेको छु ।” 5त्यसो भएपनि, अनुग्रहको छनोटको कारण वर्तमान समयमा पनि बाँकी रहेकाहरू छन् ।6तर यो अनुग्रहद्वारा हो भने यो कामद्वारा होइन । नत्रता अनुग्रह, अनुग्रह नै हुने थिएन । 1 7त्यसो भए के त? इस्राएलले जे खोजिरहेको थियो, त्यो पाएन, तर चुनिएकाहरूले त्यो पाए, र बाँकी रहेकाहरूलाई चाहिं कठोर बनाइए । 8जस्तो लेखिएको छः “आजको दिनसम्म पनि परमेश्‍वरले तिनीहरूलाई बोधो आत्मा दिनुभएको छ, ताकि तिनीहरूका आँखा छन् र पनि तिनीहरूले देख्‍न नसकून् अनि कान छन् र पनि तिनीहरूले सुन्‍न नसकून् ।”9अनि दाऊद भन्छन्, “तिनीहरूका टेबुल तिनीहरूका निम्ति जाल र पासो, बाधा र प्रतिशोध बनोस् । 10तिनीहरूका आँखा अँध्यारो होस्, ताकि तिनीहरूले नदेखून्, र तिनीहरूका ढाड सधैं कुप्रो भइरहून् ।”11त्यसो भए म भन्छु, “के तिनीहरू पतन हुनका लागि ठक्‍कर खाएका हुन्?” त्यस्तो कहिल्यै नहोस् । बरु, तिनीहरूलाई डाही तुल्याउनको निम्ति, तिनीहरूका असफलताद्वारा गैरयहूदीहरूकहाँ मुक्‍ति आएको छ । 12अब यदि तिनीहरूको असफलता संसारको निम्ति धन हो, र यदि तिनीहरूको नोक्सानी गैरयहूदीहरूका निम्ति धन हो भने, तिनीहरूको पूर्णता झनै कति ठुलो हुनेछ?13तर अहिले म गैरयहूदीहरूसँग बोलिरहेको छु, र जबसम्म म गैरयहूदीहरूको प्रेरित हुन्छु, म मेरो सेवकाईमा गर्व गर्छु । 14सायद मेरा आफ्नैहरूलाई म डाही तुल्याउनेछु । सायद हामीले तिनीहरूमध्ये केहीलाई बचाउनेछौं ।15किनकि यदि तिनीहरूको इन्कार संसारको मिलाप हो भने, तिनीहरूको स्वीकार, मृतकहरूबाट जीवित पारिनुबाहेक के हुनेछ र? 16यदि अगौटे फलहरूलाई बचाएर राखिन्छ भने मुछेको पिठोको ढिक्‍कालाई पनि त्यसै गरिन्छ । यदि जरालाई बचाएर राखिन्छ भने हाँगाहरूलाई पनि त्यसै गरिन्छ ।17तर यदि केही हाँगाहरू भाँचिएका थिए भने तिमी जङ्गली जैतूनको हाँगालाई तिनीहरूसँग कलमी बाँधिएका थियौ भने, र तिमीहरू जैतून रूखको उर्बर जरामा तिनीहरूसँग सहभागी भयौ भने 18हाँगाहरू भएकोमा घमण्ड नगर । तर यदि तिमीले गर्व गर्छौ भने, जरालाई थाम्‍ने तिमी होइनौ, तर जराले तिमीलाई थाम्छ ।19तब तिमीले भन्‍नेछौ, “हाँगाहरू भाँचिएका थिए, ताकि ममा कलमी बाँधियोस् ।” 20त्यो सत्य हो । तिनीहरूको अविश्‍वासको कारण तिनीहरू काटिए, तर तिमीहरू तिमीहरूको विश्‍वासको कारण खडा छौ । आफैंलाई अति उच्‍च नठान, तर भय मान । 21किनकि परमेश्‍वरले प्राकृतिक हाँगाहरूलाई त छोड्नुभएन भने, उहाँले तिमीहरूलाई पनि छोड्नुहुनेछैन ।22तब परमेश्‍वरको दयाका कामहरू र कठोरतालाई हेर: पतन भएका यहूदीहरूमाथि कठोरता आयो, तर यदि तिमीहरू उहाँको भलाइमा लागिरह्‍यौ भने तिमीहरूमाथि परमेश्‍वरको भलाइ आउँछ । नत्रता तिमीहरू पनि काटिनेछौ ।23अनि त्यसरी नै, यदि तिनीहरू आफ्ना अविश्‍वासमा लागिरहँदैनन् भने तिनीहरू पुनः कलमी बाँधिनेछन् । किनकि परमेश्‍वरले तिनीहरूलाई फेरि कलमी बाँध्‍न सक्नुहुन्छ । 24किनकि यदि तिमीहरू स्वभावैले जङ्गली जैतूनको रूख भएर पनि काटियौ, र त्यस स्वभाव विपरीत असल जैतून रूखमा कलमी बाँधियौ भने, यी प्राकृतिक हाँगाहरू आफ्नै जैतूनको रूखमा कति धेरै कलमी बाँधिनेछन्?25किनकि भाइहरू हो, तिमीहरू यो रहस्यबारे अन्जान रहो भन्‍ने म चाहन्‍नँ, ताकि तिमीहरू आफ्‍नै विचारमा बुद्धिमानी नहोऊः गैरयहूदीहरू पूरा संख्यामा नआएसम्म इस्राएलमा आंशिक कठोरता आएको छ ।26त्यसैले सबै इस्राएल उद्धार हुनेछ, जस्तो लेखिएको छ: “सियोनबाट एक जना उद्धारकर्ता आउनुहुनेछ । उहाँले याकूबबाट अधर्म हटाउनुहुनेछ, 27अनि तिनीहरूसँग मेरो करार यही हुनेछ, जब म तिनीहरूका पापहरू उठाई लानेछु ।”28सुसमाचारको सम्बन्धमा भन्‍नुपर्दा, तिमीहरूका खातिर तिनीहरू शत्रु हुन् । तर चुनाउको सम्बन्धमा भन्‍नुपर्दा, तिनीहरूका पुर्खाहरूका कारण तिनीहरू प्रियहरू हुन् । 29किनकि परमेश्‍वरका वरदानहरू र बोलावट अपरिवर्तनशील हुन्छन् ।30किनकि तिमीहरू पहिला परमेश्‍वरप्रति अनाज्ञाकारी थियौ, तर तिनीहरूका अनाज्ञाकारिताले अहिले तिमीहरूले दया प्राप्‍त गरेका छौ । 31त्यसरी नै, अहिले यी यहूदीहरू अनाज्ञाकारी भएका छन् । परिणाम यो हो कि तिमीहरूलाई देखाइएको दयाद्वारा तिनीहरूले पनि दया प्राप्‍त गर्न सकून् । 32किनकि परमेश्‍वरले सबैलाई अनाज्ञाकारिताभित्र बन्द गर्नुभएको छ, ताकि उहाँले सबैलाई दया देखाउन सक्‍नुभएको होस् ।33ओहो! परमेश्‍वरका बुद्धि र ज्ञान दुवैका सम्पत्ति कति गहन! उहाँका न्यायहरू कति अगम्य, र उहाँका मार्गहरू खोज्‍न नै नसकिनेछन्! 34“किनकि परमेश्‍वरको मनलाई कसले जानेको छ अथवा उहाँको सल्लाहकार को भएको छ र?35अथवा कसले परमेश्‍वरलाई पहिले कुनै कुरा दिएको छ, कि परमेश्‍वरले त्यसलाई फिर्ता दिनुपर्छ?” 36किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन् । उहाँलाई नै सदासर्वदा महिमा होस् । आमेन ।

1केही प्राचीन प्रतिलिपिहरूमा तर यदि यो कामहरूद्वारा हो भने यो अनुग्रह हुँदै होइन; नत्रता काम, काम नै हुँदैन छ ।

121यसकारण भाइहरू हो, परमेश्‍वरको कृपाद्वारा म तिमीहरूलाई बिन्‍ती गर्छु, कि आ-आफ्ना शरीरलाई पवित्र र परमेश्‍वरमा ग्रहणयोग्य जिउँदो बलिको रूपमा अर्पण गर । यो नै तिमीहरूको उचित सेवा हो । 2यस संसारको ढाँचाअनुसार नचल, तर आफ्‍नो मनलाई नयाँ बनाई परिवर्तित होओ । परमेश्‍वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो भनी जान्‍न यसो गर ।3किनकि मलाई दिइएको अनुग्रहअनुसार तिमीहरूमध्ये हरेकलाई म भन्छुः तिमीहरूमध्‍ये कसैले पनि आफूलाई जस्तो ठान्‍नुपर्ने हो सोभन्दा बढी नठानोस्, बरु, परमेश्‍वरले तिमीहरूलाई दिनुभएको विश्‍वासको नापबमोजिम बुद्धिमानी ढङ्गले सोच ।4किनकि हाम्रो एउटा शरीरमा धेरै अङ्गहरू छन्, तर सबै अङ्गहरूको एउटै काम हुँदैन । 5त्यसरी नै, हामीहरू जो धेरै छौं, ख्रीष्‍टमा एउटै शरीर हौं, र भिन्‍नाभिन्‍नै एक-अर्काका अङ्गहरू हौं ।6हामीलाई दिइएको अनुग्रहअनुसार हामीसँग फरक-फरक वरदानहरू छन् । यदि कसैको वरदान अगमवाणी हो भने, त्यसको विश्‍वासको परिमाणअनुसार गरियोस् । 7यदि कसैको वरदान सेवाको हो भने, त्यसले सेवा गरोस् । यदि कसैसँग सिकाउने वरदान छ भने, त्यसले सिकाओस् । 8यदि कसैको वरदान उत्साह दिने हो भने, त्यसले उत्साह देओस् । यदि कसैको वरदान दिने छ भने, त्यसले त्यो उदारतासाथ गरोस् । यदि कसैको वरदान अगुवाइ गर्ने हो भने, त्यो होसियारीसाथ गरियोस् । यदि कसैको वरदान दया गर्ने हो भने, त्यो प्रसन्‍नतासाथ गरियोस् ।9प्रेम निष्कपट होस् । जे खराब छ, त्यसलाई घृणा गर; जे असल छ, त्यसमा लागिरहो । 10दाजुभाइहरूबीच हुने प्रेमको सम्बन्धमा चाहिं एक-अर्काप्रति स्‍नेही बन । आदर गर्ने सम्बन्धमा एक-अर्कालाई आदर गर ।11लगनशीलताको सम्बन्धमा नहिच्‌किचाओ । आत्माको सन्बन्धमा उत्सुक होओ । प्रभुको सम्बन्धमा उहाँको सेवा गर । 12आशामा आनन्द मनाओ, दुःखमा धैर्य गर र प्रार्थनामा विश्‍वासयोग्‍य होओ । 13विश्‍वासीहरूका खाँचाहरूमा बाँड-चुँड गर । अतिथि सत्कारको निम्ति धेरै उपायहरूको खोजी गर ।14तिमीहरूलाई सताउनेहरूलाई आशिष्‌‌ देओ; आशिष्‌‌ देओ र श्राप नदेओ । 15आनन्द गर्नेहरूसँग आनन्द मनाओ; रुनेहरूसँग रोओ । 16एक अर्काप्रति एउटै मनका होओ । अभिमानी तरिकाहरूले नसोच, तर नम्र मानिसहरूलाई स्वीकार गर । आफ्नै विचारहरूमा बुद्धिमान्‌ नहोओ ।17खराबीको सट्टा खराबी नगर । सबै मानिसको नजरमा असल कुराहरू गर । 18सम्भव भए, तिमीहरूको हकमा भएसम्म सबै मानिसहरूसँग शान्तिमा बस ।19प्रिय हो, आफैंले बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ । किनकि लेखिएको छ, “'बदला लिने काम मेरो हो; मैले बदला लिनेछु', परमप्रभु भन्‍नुहुन्छ ।" 20“तर तिम्रो शत्रु भोकाएको छ भने, त्यसलाई खान देऊ । त्यो तिर्खाएको छ भने, त्यसलाई पिउन देऊ । किनकि तिमीले यसो गर्‍यौ भने तिमीले त्यसको टाउकोमा आगोको भुङ्ग्रो खन्याउनेछौ ।” 21खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित ।
131हरेक प्राणी उच्‍च अधिकारीहरूको अधीनतामा रहोस्, किनकि परमेश्‍वरबाट आउने अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन । जुन अधिकारीहरू छन्, तिनीहरू परमेश्‍वरद्वारा नियुक्त गरिएका हुन् । 2यसकारण जसले उक्‍त अधिकारीहरूको प्रतिरोध गर्छ, त्यसले परमेश्‍वरको आज्ञाको विरोध गर्छ; र जसले यसलाई विरोध गर्छ, तिनीहरूले आफैंमाथि न्याय ल्याउनेछन् ।3किनकि असल कामहरूका निम्ति होइन, तर दुष्‍ट कामहरूका निम्ति शासकहरूको डर मानिन्छ । के तिमी अधिकारीप्रति निर्भय हुने इच्छा गर्छौ? जे असल छ त्यही गर, र तिमीले तिनीको स्वीकृति पाउनेछौ । 4किनकि भलाइको निम्ति तिनी तिम्रो लागि परमेश्‍वरका सेवक हुन् । तर यदि तिमीले खराबी गर्‍यौ भने भयभीत होऊ; किनकि तिनले विनाकारण तरवार भिर्दैनन् । किनकि तिनी परमेश्‍वरका एक सेवक हुन् अर्थात् खराबी गर्नेमाथि बदला लिने व्यक्‍ति हुन् । 5यसकारण क्रोधको कारणले मात्र होइन, तर विवेकको खातिर पनि तिमीले आज्ञा पालन गर्नुपर्छ ।6यसकारण तिमी कर पनि तिर्छौ । किनकि अधिकारीहरू यिनै कुराहरूको निरन्तर रूपमा हेरचाह गर्ने परमेश्‍वरका सेवकहरू हुन् । 7तिर्नु पर्ने सबैलाई तिरः कर तिर्नुपर्नेलाई कर तिर र महसुल दिनुपर्नेलाई महसुल देऊ, डर मान्‍नुपर्नेको डर मान, इज्‍जत गर्नुपर्नेलाई इज्‍जत गर ।8एकले अर्कोलाई प्रेम गर्नुबाहेक कसैको ऋणी नहोऊ । किनकि जसले आफ्नो छिमेकीलाई प्रेम गर्छ, त्यसले व्यवस्था पालना गरेको हुन्छ । 9आज्ञाहरू, “व्यभिचार नगर, हत्या नगर, नचोर, लालच नगर,” र यदि अरू कुनै आज्ञाहरू छन् भने यसलाई यही वाक्यमा सारांश गरिन्छ, “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर ।” 10प्रेमले छिमेकीलाई हानि गर्दैन । त्यसकारण प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो ।11यसकारण तिमीहरूले समय जान्दछौ, निन्द्राबाट ब्युँझने समय अघि नै आएको छ । किनकि हामीले पहिले विश्‍वास गरेको भन्दा अहिले हाम्रो मुक्‍ति अझ नजिक छ । 12रात बितिसकेको छ, र दिन नजिकै आइपुगेको छ । त्यसकारण अन्धकारका कामहरू त्यागौं, र ज्योतिका हातहतियार धारण गरौं ।13मोजमज्‍जा वा मतवालीपनमा होइन, दिनमा जस्तै उचित तवरले हिडौं; अनि यौन अनैतिकता वा अनियन्त्रित कामवासनामा, र झगडा वा ईर्ष्यामा नहिंडौं । 14तर प्रभु येशू ख्रीष्‍टलाई धारण गर, र शरीरका कामवासनाहरूलाई सन्तुष्‍ट पार्न, शरीरको निम्ति कुनै स्थान नदेऊ ।
141बहसहरूको बारेमा न्याय नगरीकनै विश्‍वासमा कमजोर हुनेलाई ग्रहण गर । 2एक जनासँग कुनै पनि थोक खाने विश्‍वास हुन्छ, अर्को जो कमजोर छ, त्यसले सागसब्जी मात्र खान्छ ।3सबै थोक खानेले सबै थोक नखानेलाई तुच्छ नठानोस्; अनि सबै थोक नखानेले सबै थोक खानेको न्याय नगरोस् । किनकि त्यसलाई परमेश्‍वरले ग्रहण गर्नुभएको छ । 4अरूको सेवकको न्याय गर्ने तिमी को हौ? त्यो त्यसको मालिकको सामु नै खडा हुन्छ वा पतन हुन्छ । तर त्यसलाई खडा गराइनेछ, किनकि प्रभु त्यसलाई खडा गराउन सक्षम हुनुहुन्छ ।5एक जनाले कुनै दिनलाई अर्कोभन्दा मूल्यको मान्छ । अर्कोले हरेक दिनलाई समान रूपमा लिन्छ । प्रत्‍येक व्यक्ति आ-आफ्नै मनमा विश्‍वस्त होस् । 6जसले कुनै दिन पालन गर्छ, त्यसले प्रभुकै निम्ति पालन गर्छ, र जसले खान्छ, त्यसले प्रभुकै निम्ति खान्छ, किनकि त्यसले परमेश्‍वरलाई धन्यवाद दिन्छ । जसले खाँदैन, त्यसले प्रभुकै निम्ति खानबाट आफूलाई रोक्‍छ; त्यसले पनि परमेश्‍वरलाई धन्यवाद दिन्छ ।7किनकि हामी कोही पनि आफ्नै निम्ति जिउँदैनौं, र कोही पनि आफ्नै निम्ति मर्दैनौं । 8किनकि यदि हामी जिउँछौं भने, प्रभुकै निम्ति जिउँछौं, र यदि हामी मर्छौं भने, हामी प्रभुकै निम्ति मर्छौं । त्यसैले हामी चाहे जिऔं वा मरौं, हामी प्रभुकै हौं । 9किनकि यही उद्देश्यको निम्ति ख्रीष्‍ट मर्नुभयो र फेरि जीवित हुनुभयो, ताकि उहाँ मरेका र जीवितहरू दुवैका प्रभु हुन सक्‍नुभएको होस् ।10तर तिमी किन आफ्नो भाइको न्याय गर्छौ? अनि तिमी किन आफ्नो भाइलाई तुच्छ ठान्छौ? किनकि हामी सबै परमेश्‍वरको न्याय आसनको सामु खडा हुनेछौं । 11किनकि यस्तो लेखिएको छ, परमप्रभु भन्‍नुहुन्छ, “जस्तो म जीवित छु, मेरो निम्ति हरेक घुँडा टेक्‍नेछ, र हरेक जिब्रोले परमेश्‍वरलाई स्वीकार गर्नेछ ।”12यसैले हामी प्रत्येकले परमेश्‍वरलाई आफ्नो लेखा दिनेछौ । 13यसकारण हामी एक-अर्काको न्याय नगरौं, बरु यो अठोट गरौं, कि हामी कसैले आफ्‍नो भाइको निम्ति ठेस लाग्‍ने थोक वा पासो राख्‍नेछैनौं ।14म यो जान्दछु र म प्रभु येशूमा विश्‍वस्त गर्छु, कि कुनै पनि थोक आफैं अशुद्ध हुँदैन । जसले कुनै थोकलाई अशुद्ध भनी ठान्छ, त्यसको निम्ति मात्र यो अशुद्ध हुन्छ । 15यदि खानाले गर्दा तिम्रो भाइलाई चोट पुग्छ भने, तिमी अझ प्रेममा चलिरहेका छैनौ । जसको निम्ति ख्रीष्‍ट मर्नुभयो त्यसलाई तिम्रो खानाले नष्‍ट नपार ।16त्यसैले तिमीले असल ठानेको कुरालाई खराब भन्‍न नदेऊ । 17किनकि परमेश्‍वरको राज्य खाने र पिउनेबारे होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्दबारे हो ।18किनकि यसरी ख्रीष्‍टको सेवा गर्ने व्यक्‍ति परमेश्‍वरको निम्ति ग्रहणयोग्य र मानिसहरूद्वारा समर्थन गरिएको हुन्छ । 19यसैले शान्तिका कुराहरूका र एक-अर्कालाई निर्माण गर्ने कुराहरूका पछि लागौं ।20खानाको कारणले परमेश्‍वरको कामलाई नष्‍ट नगर । सबै थोक शुद्ध छन्, तर अरूलाई ठेस पुर्‍याउने कुनै पनि कुरा खानु, त्यस मानिसको निम्ति यो गलत हो । 21मासु नखानु, मद्यपान नगर्नु, र आफ्नो भाइलाई चोट पुर्‍याउने कुनै पनि कुरा नगर्नु असल हो ।22तिमीसँग भएको विश्‍वास, आफू र परमेश्‍वरको बीचमा नै राख । आफूले मञ्‍जुर गरेको कुराले आफैंलाई दोषी नठहराउने मानिस धन्यको हो । 23जसले शङ्का गरेर खान्छ,त्यो दोषी ठहरिन्छ किनभने यो विश्‍वासबाट आएको होइन । अनि जे विश्‍वासबाट आएको होइन, त्यो पाप हो ।
151अब हामी जो बलिया छौं, हामीले दुर्बलहरूका कमजोरीलाई सहनुपर्छ, र आफैंलाई मात्र खुसी पार्नुहुँदैन । 2जे असल छ त्यसको निम्ति आफ्नो छिमेकीलाई निर्माण गर्नको लागि, हामी प्रत्येकले त्यसलाई खुसी पारौं ।3किनकि ख्रीष्‍टले पनि आफैंलाई खुसी पार्नुभएन । बरु, यो लेखिएको जस्तै थियो, “तपाईंलाई अपमान गर्नेहरूको अपमान ममाथि पर्‍यो ।” 4किनकि पहिले जे लेखिएका थिए, ती हाम्रै शिक्षाको निम्ति लेखिएका थिए, ताकि धैर्य र धर्मशास्‍‍त्रको उत्साहद्वारा हामीलाई आशा होस् ।5अब धैर्य र उत्साहका परमेश्‍वरले ख्रीष्‍ट येशूअनुसार तिमीहरू एक-अर्कासँग एकै मनको हुन दिऊन् । 6उहाँले यो गर्नुभएको होस्, ताकि तिमीहरूले एकै मनको भएर एकै मुखले परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टको पिताको प्रशंसा गर्न सक । 7त्यसकारण परमेश्‍वरको प्रशंसाको निम्ति ख्रीष्‍टले तिमीहरूलाई ग्रहण गर्नुभए झैं तिमीहरूले पनि एक-अर्कालाई ग्रहण गर ।8किनकि म भन्छु, कि परमेश्‍वरको सत्यताको तर्फबाट ख्रीष्‍टलाई खतनाको एक सेवक बनाइएको छ, ताकि पुर्खाहरूलाई दिइएका प्रतिज्ञाहरूलाई पक्‍का गरियोस्, 9अनि गैरयहूदीहरूले परमेश्‍वरको दयाको निम्ति उहाँको महिमा गर्न सकून् । यस्तो लेखिएको छ, “यसकारण म गैरयहूदीहरूका माझमा तपाईंको प्रशंसा गर्नेछु, अनि तपाईंको नाउँको स्तुति गाउनेछु ।”10यसले फेरि भन्छ, “हे गैरयहूदीहरू हो, उहाँका मानिसहरूसँग आनन्द मनाओ ।” 11अनि फेरि “हे सबै गैरयहूदीहरू हो, सबै मानिसहरूले उहाँको प्रशंसा गरून् ।”12यशैया फेरि भन्छन्, “यिशैको जराबाट एक जना आउनुहुनेछ, जो गैरयहूदीहरूमाथि शासन गर्न उदाउनुहुन्छ; उहाँमा गैरयहूदीहरूले आशा गर्नेछन् ।13अब आशाका परमेश्‍वरले विश्‍वासमा तिमीहरूलाई सारा आनन्द र शान्तिले भरून्, ताकि पवित्र आत्माको शक्‍तिद्वारा तिमीहरूमा आशा होस् ।14मेरा भाइहरू हो, म आफैं पनि तिमीहरूको बारेमा विश्‍वस्त छु । म विश्‍वस्त छु, कि तिमीहरू आफैं पनि भलाइले पूर्ण र सबै ज्ञानले भरिएका छौ । म विश्‍वस्त छु, कि तिमीहरू एक-अर्कालाई अर्ती दिन पनि समर्थ छौ ।15तर मलाई परमेश्‍वरद्वारा दिइएको अनुग्रहको कारण म तिमीहरूलाई फेरि याद दिलाउनको लागि केही कुराहरूको बारेमा अझ साहससित लेखिरहेको छु । 16यो वरदानचाहिं पूजाहारीको रूपमा परमेश्‍वरको सुसमाचार दिन गैरयहूदीहरूकहाँ पठाइनलाई म ख्रीष्‍ट येशूको सेवक बन्‍नुपर्छ भन्‍ने थियो, ताकि पवित्र आत्माद्वारा चोखो भएर गैरयहूदीहरूको भेटी ग्रहणयोग्य होस् ।17मसँग ख्रीष्‍ट येशूमा परमेश्‍वरको निम्ति मेरो सेवाको गर्व गर्ने कारण छ । 18किनकि गैरयहूदीहरूका आज्ञाकारिताको निम्ति ख्रीष्‍टले मद्वारा पूरा गर्नुभएको कुराबाहेक अरू कुनै कुरामा पनि बोल्न म साहस गर्नेछैनँ । यिनीहरू वचन र कामद्वारा, 19चिन्हहरू र आश्‍चर्यकर्महरूको शक्‍तिद्वारा अनि पवित्र आत्माको शक्‍तिद्वारा गरिएका हुन् । मैले यरूशलेम र वरिपरिको क्षेत्रदेखि इल्लुरिकनसम्म ख्रीष्‍टको सुसमाचार पूर्ण रूपमा प्रचार गर्न सकूँ भनेर यसो भएको हो ।20यसरी सुसमाचार घोषणा गर्ने मेरो इच्छा भएको छ, तर ख्रीष्‍टको नाउँ चिनिएका ठाउँहरूमा होइन, ताकि अरू मानिसहरूले बसालेको जगमाथि मैले निर्माण नगरूँ । 21जस्तो लेखिएको छ, “जसकहाँ उहाँको समाचार आएन तिनीहरूले उहाँलाई देख्‍नेछन्, अनि जसले सुनेका छैनन्, तिनीहरूले बुझ्‍नेछन् ।”22यसकारण पनि तिमीहरूकहाँ आउन म धेरै पल्ट रोकिएको थिएँ । 23तर अब यी क्षेत्रहरूमा मेरो निम्ति कुनै पनि ठाउँ छैन, र धेरै वर्षदेखि म तिमीहरूकहाँ आउने चाह गरिरहेको छु ।24म स्पेन जाँदै गर्दा, म तिमीहरूलाई भेट्ने र केही समयको निम्ति तिमीहरूसँग आनन्द मनाएपछि तिमीहरूद्वारा मलाई मेरो यात्रामा सहायता गरिने आशा गर्छु । 25तर अहिले म परमेश्‍वरका पवित्र जनहरूको सेवा गर्न यरूशलेमतिर गइरहेको छु ।26किनकि यरूशलेममा हुने परमेश्‍वरका पवित्र जनहरूमध्ये गरिबहरूलाई केही योगदान दिने माकेडोनिया र अखैयाको उत्तम आनन्द थियो । 27हो, यो तिनीहरूको उत्तम आनन्द थियो, र वास्तवमै तिनीहरू तिनीहरूका ऋणी छन् । किनकि यदि गैरयहूदीहरू तिनीहरूका आत्मिक कुराहरूमा सहभागी भएका छन् भने तिनीहरूलाई भौतिक थोकहरूमा सेवा गर्न पनि तिनीहरू ऋणी छन् ।28यसकारण जब मैले यो काम पूरा गरेको हुन्छु र सङ्कलन भएका सबै तिनीहरूले पाएको निश्‍चित गर्छु, म तिमीहरूकहाँ भएर स्पेन जानेछु । 29म जान्दछु, कि जब म तिमीहरूकहाँ आउँछु, म ख्रीष्‍टको आशिष्‌को पूर्णतामा‌ आउनेछु ।30भाइहरू हो, अब म तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा र पवित्र आत्माको प्रेमद्वारा बिन्ती गर्छु, कि मेरो निम्ति तिमीहरूको परमेश्‍वरसितको प्रार्थनामा तिमीहरू मसँग एकसाथ प्रयत्‍न गर । 31यो प्रार्थना गर, कि म यहूदियामा भएका अनाज्ञाकारी मानिसहरूबाट जोगिन सकूँ, र यरूशलेमको निम्ति मेरो सेवा परमेश्‍वरका पवित्र जनहरूलाई ग्रहणयोग्य हुन सकोस् । 32प्रार्थना गर, कि म परमेश्‍वरको इच्छाद्वारा तिमीहरूकहाँ आनन्दसित आउन सकूँ र तिमीहरूसँगै विश्राम पाउन सकूँ ।33शान्तिका परमेश्‍वर तिमीहरू सबैसँग रहून् । आमेन!
161किंक्रियामा भएको मण्डलीकी सेविका हाम्री बहिनी फिबीको म तिमीहरू समक्ष प्रशंसा गर्छु, 2ताकि तिमीहरूले तिनलाई प्रभुमा ग्रहण गर्न सक । यो परमेश्‍वरका पवित्र जनहरूलाई सुहाउँदो प्रकारले गर, अनि तिनलाई जे कुरामा तिमीहरूको खाँचो पर्छ, तिनलाई सहायता गर, किनकि तिनी धेरैको साथै मेरो आफ्नै पनि सहयोगी भएकी छन् ।3ख्रीष्‍ट येशूमा मेरा सहकर्मी प्रिस्का र अकिलासलाई अभिवादन गर, 4जसले मेरो जीवनको निम्ति तिनीहरूको जीवन जोखिममा पारे । म तिनीहरूलाई धन्यवाद दिन्छु, मैले मात्र होइन, तर गैरयहूदीहरूका सबै मण्डलीहरूले धन्यवाद दिन्छन् । 5तिनीहरूका घरमा भएको मण्डलीलाई अभिवादन देओ । मेरा प्रिय इपेनितसलाई अभिवादन भनिदेओ, जो ख्रीष्‍टमा एसियाको पहिलो फल हुन् ।6मरियमलाई अभिवादन भनिदेओ, जसले तिमीहरूका निम्ति कडा परिश्रम गरेकी छिन् । 7एन्ड्रोनिकस र युनियस, मेरा आफन्तहरू र मेरा सङ्गी कैदीहरूलाई अभिवादन भनिदेओ । तिनीहरू प्रेरितहरूमध्ये विशिष्‍ट छन्, र तिनीहरू मभन्दा पहिले नै ख्रीष्‍टमा थिए । 8प्रभुमा मेरा प्रिय एम्प्लीआतसलाई मेरो अभिवादन भनिदेओ ।9उर्बानस, ख्रीष्‍टमा हाम्रा सहकर्मी र मेरा प्रिय स्ताखुसलाई अभिवादन भनिदेओ । 10ख्रीष्‍टमा समर्थन गरिएका अपेल्लेसलाई अभिवादन भनिदेओ । अरिस्तोबुलसका घरानाकाहरूलाई अभिवादन भनिदेओ । 11मेरा आफन्त हेरोदियनलाई अभिवादन भनिदेओ । प्रभुमा भएका नर्किससका घरानाकाहरूलाई अभिवादन भनिदेओ ।12प्रभुमा कडा परिश्रम गर्ने त्रुफेना र त्रोफोसालाई अभिवादन देओ । प्रिय परसीसलाई अभिवादन भनिदेओ, जसले प्रभुमा धेरै काम गरेका छन् । 13प्रभुमा चुनिएका रूफस र तिनकी र मेरी आमालाई अभिवादन भनिदेओ । 14असिंक्रितस, फ्लेगन, हर्मेस, पत्रोबास, हर्मास र तिनीहरूसित भएका भाइहरूलाई अभिवादन भनिदेओ ।15फिलोलोगस र युलिया, नेरियस र तिनकी बहिनी, र ओलिम्पास र तिनीहरूसित भएका सबै परमेश्‍वरका पवित्र जनहरूलाई अभिवादन भनिदेओ । 16एक आपसमा पवित्र चुम्बनले अभिवादन गर । ख्रीष्‍टका सबै मण्डलीहरूले तिमीहरूलाई अभिवादन भन्छन् ।17अब भाइहरू हो, जसले विभाजन र बाधा ल्याइरहेका छन्, तिनीहरूको बारेमा विचार गर्न म तिमीहरूलाई आग्रह गर्छु । तिनीहरू तिमीहरूले सिकेका शिक्षाभन्दा बाहिर गइरहेका छन् । तिनीहरूदेखि टाढा बस । 18किनकि यस्ता मानिसहरूले हाम्रा प्रभु ख्रीष्‍टको सेवा गर्दैनन्, तर तिनीहरूको आफ्नै पेटको सेवा गर्छन् । तिनीहरूले आफ्‍ना चिप्ला र चाप्लुसी कुराले निर्दोषहरूको हृदयलाई छल्छन् ।19किनकि तिमीहरूका आज्ञाकारिताको उदाहरण सबैकहाँ पुग्छ । त्यसकारण, तिमीहरूमा म आनन्द मनाउँछु, तर तिमीहरू जुन कुरो असल छ त्यसमा बुद्धिमानी होओ, र जुन कुरा खराब छ त्यसमा निर्दोष होओ भन्‍ने म चाहन्छु । 20शान्तिका परमेश्‍वरले चाँडै नै शैतानलाई तिमीहरूको पैतालामुनि कुच्‍च्याउनुहुनेछ । हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसित रहोस् ।21मेरा सहकर्मी तिमोथी र मेरा आफन्त लुकियस, यासोन र सोसिपात्रोसले तिमीहरूलाई अभिवादन भन्छन् । 22यो पत्र लेख्‍ने म तर्तियसले तिमीहरूलाई प्रभुमा अभिवादन गर्छु ।23गायस जसले मलाई र सम्पूर्ण मण्डलीलाई तिनको घरमा राखेका छन्, तिनले तिमीहरूलाई अभिवादन भन्छन् । सहरका कोषाध्यक्ष इरास्तस र भाइ क्‍वार्टसले तिमीहरूलाई अभिवादन भन्छन् । 24125अब उहाँलाई जसले तिमीहरूलाई मेरो सुसमाचार र येशू ख्रीष्‍टको सन्देशअनुसार अर्थात् धेरै अगाडिदेखि गुप्‍त रहेको रहस्यको प्रकाशअनुसार जो तिमीहरूलाई खडा राख्‍न सक्षम हुनुहुन्छ, 26तर अब सबै जातिहरूका बीचमा विश्‍वासको आज्ञाकारिता ल्याउन, अनन्त परमेश्‍वरको आज्ञाअनुसार अगमवाणीका लेखहरूद्वारा त्यसलाई प्रकट गरिएको र जनाइएको छ ।27एक मात्र बुद्धिमान्‌ परमेश्‍वरलाई, येशू ख्रीष्‍टद्वारा सदासर्वदा महिमा होस् । आमेन!

1उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूमा यो पद छैन (रोमी १६∶२० हेर्नुहोस्) पद २४ हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरू सबैसित रहेको होस् । आमेन !