Nepali: Unlocked Literal Bible for फिलेमोनलाई पावलको पत्र

Formatted for Translators

©2022 Wycliffe Associates
Released under a Creative Commons Attribution-ShareAlike 4.0 International License.
Bible Text: The English Unlocked Literal Bible (ULB)
©2017 Wycliffe Associates
Available at https://bibleineverylanguage.org/translations
The English Unlocked Literal Bible is based on the unfoldingWord® Literal Text, CC BY-SA 4.0. The original work of the unfoldingWord® Literal Text is available at https://unfoldingword.bible/ult/.
The ULB is licensed under the Creative Commons Attribution-ShareAlike 4.0 International License.
Notes: English ULB Translation Notes
©2017 Wycliffe Associates
Available at https://bibleineverylanguage.org/translations
The English ULB Translation Notes is based on the unfoldingWord translationNotes, under CC BY-SA 4.0. The original unfoldingWord work is available at https://unfoldingword.bible/utn.
The ULB Notes is licensed under the Creative Commons Attribution-ShareAlike 4.0 International License.
To view a copy of the CC BY-SA 4.0 license visit http://creativecommons.org/licenses/by-sa/4.0/
Below is a human-readable summary of (and not a substitute for) the license.
You are free to:
The licensor cannot revoke these freedoms as long as you follow the license terms.
Under the following conditions:
Notices:
You do not have to comply with the license for elements of the material in the public domain or where your use is permitted by an applicable exception or limitation.
No warranties are given. The license may not give you all of the permissions necessary for your intended use. For example, other rights such as publicity, privacy, or moral rights may limit how you use the material.

फिलेमोनलाई पावलको पत्र

11ख्रीष्‍ट येशूको कैदी पावल र हाम्रा भाइ तिमोथीबाट हाम्रा प्रिय साथी तथा सङ्गी-सहकर्मी फिलेमोनलाई, 2अनि हाम्री बहिनी अप्फिया र हाम्रा सङ्गी-सिपाही अर्खिप्पस र तिम्रो घरमा भेला हुने मण्डलीलाई, 3हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति!4तिमीलाई प्रार्थनामा सम्झंदा म सधैँ परमेश्‍वरलाई धन्यवाद दिन्छु, 5किनभने प्रभु येशूप्रति तिम्रो विश्‍वास र उहाँका सबै पवित्र मानिसहरूप्रति भएको तिम्रो प्रेमको बारेमा मैले सुनें । 6म प्रार्थना गर्छु, कि तिम्रो विश्‍वासको सहभागिता प्रभावकारी हुन सकोस्, ताकि ख्रीष्‍टमा हामीसँग भएको हरेक असल कुराको पुर्ण समझ तिमीमा हुनेछ । 7किनकि तिम्रो प्रेमले गर्दा मैले ज्यादै आनन्द र सान्त्वना पाएको छु, किनभने भाइ, तिमीद्वारा परमेश्‍वरका मानिसहरू हृदयहरू ताजा भएका छन् ।8यसकारण, तिमीले के गर्नुपर्छ भनेर तिमीलाई आज्ञा दिने मसँग ख्रीष्‍टमा सबै साहस भएतापनि, 9प्रेमको कारण म वृद्ध पावल, येशू ख्रीष्‍टको निम्ति एक कैदी, म तिमीलाई बिन्ती गर्छु ।10म मेरा छोरा ओनेसिमसको निम्ति बिन्ती गर्दैछु, जसको निम्ति कैद अवस्थामा म बुबा बनेको छु । 11किनकि एक समयमा ऊ तिम्रो निम्ति बेकाम्कोमा थियो, तर अहिले ऊ तिमी र म दुवैको निम्ति काम लाग्‍ने भएको छ । 12मैले उसलाई, जो मेरो मुटु हो, तिमीकहाँ फिर्ता पठाएको छु । 13मैले उसलाई मेरो आफ्नै साथमा राख्‍न पाए हुन्थ्यो, ताकि सुमसमाचारको खातिर म कारागारमा हुँदा तिम्रो सट्टामा उसले मेरो सेवा गर्न सक्थ्यो ।14तर म तिम्रो सहमतिविना केही गर्न चाहन्‍नँ । म तिमीलाई असल काम गर्न जबरजस्ती गर्दिनँ, तर तिमी आफैंले राजीखुसीले गरेको म चाहन्छु । 15सायद यसैको निम्ति ऊ केहि समयको लागि तिमीबाट अलग भएको थियो, ताकि तिमीले सदाको निम्ति उसलाई फिर्ता पाउन सक । 16अब ऊ दास हुनेछैन, तर दासभन्दा पनि राम्रो, एक प्रिय भाइ हुनेछ । विशेष गरी ऊ मेरो लागि प्रिय छ, र तिम्रो लागि त शरीर अनि प्रभु दुवैमा झन धेरै प्रिय छ ।17त्यसैले यदि तिमीले मलाई सहकर्मीको रूपमा लिन्छौ भने उसलाई मलाई जस्तै गरी स्वीकार गर । 18यदि उसले तिमीलाई अन्याय गरेको छ वा तिमीलाई केहि तिर्नुपर्ने छ भने त्यो मेरो हिसाबमा राखिदेऊ । 19म पावल, मेरो आफ्नै हातले यो लेख्‍दै छु । म आफैं त्यो तिर्नेछु—यो भनिरहनुपर्दैन होला कि तिमी आफ्नै निम्ति मेरो ऋणी छौ । 20हो, भाइ, प्रभुमा तिमीबाट लाभ लिन पाऊँ; ख्रीष्‍टमा मेरो हृदयलाई ताजा पारिदेऊ ।21तिम्रो आज्ञाकारिताको बारेमा विश्‍वस्त भएर म तिमीलाई यो पत्र लेख्दै छु । मलाई थाहा छ कि तिमीले मैले भनेको भन्दा पनि बढी गर्नेछौ । 22साथै, मेरो निम्ति एउटा पाहुना-कोठा तयार गर, किनकि म आशा गर्दछु कि तिम्रो प्रार्थनाद्वारा म तिमीकहाँ फर्किनेछु ।23येशू ख्रीष्‍टमा कैदि मेरो सङ्गि इपाफ्रासले तिमीलाई अभिवादन पठाएका छन् । 24साथै मेरा सहकर्मीहरू मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि अभिवादन पठाएका छन् । 25हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिम्रो आत्मासित रहोस् । आमेन ।