Nepali: Translation Notes, Translation Questions, Translation Words, Unlocked Literal Bible for Luke

Formatted for Translators

©2022 Wycliffe Associates
Released under a Creative Commons Attribution-ShareAlike 4.0 International License.
Bible Text: The English Unlocked Literal Bible (ULB)
©2017 Wycliffe Associates
Available at https://bibleineverylanguage.org/translations
The English Unlocked Literal Bible is based on the unfoldingWord® Literal Text, CC BY-SA 4.0. The original work of the unfoldingWord® Literal Text is available at https://unfoldingword.bible/ult/.
The ULB is licensed under the Creative Commons Attribution-ShareAlike 4.0 International License.
Notes: English ULB Translation Notes
©2017 Wycliffe Associates
Available at https://bibleineverylanguage.org/translations
The English ULB Translation Notes is based on the unfoldingWord translationNotes, under CC BY-SA 4.0. The original unfoldingWord work is available at https://unfoldingword.bible/utn.
The ULB Notes is licensed under the Creative Commons Attribution-ShareAlike 4.0 International License.
To view a copy of the CC BY-SA 4.0 license visit http://creativecommons.org/licenses/by-sa/4.0/
Below is a human-readable summary of (and not a substitute for) the license.
You are free to:
The licensor cannot revoke these freedoms as long as you follow the license terms.
Under the following conditions:
Notices:
You do not have to comply with the license for elements of the material in the public domain or where your use is permitted by an applicable exception or limitation.
No warranties are given. The license may not give you all of the permissions necessary for your intended use. For example, other rights such as publicity, privacy, or moral rights may limit how you use the material.

Luke

Chapter 1

1 धेरैले हाम्रा बीचमा पूरा भएका घटनाहरूको विवरण लेख्‍ने प्रयास गरेका छन्, 2 जसरी पहिले वचनका प्रत्यक्षदर्शीहरू र सेवकहरूले ती कुराहरू हामीलाई सुम्पिदिए । 3 त्यसैले माननीय थियोफिलस, मैले सुरुदेखि नै सबैकुराहरू ठिकसित अनुसन्धान गरेको हुनाले, ती कुराहरू क्रमबद्ध रूपमा तपाईंलाई लेखिदिन मलाई पनि असल लाग्यो, 4 ताकि तपाईंलाई सिकाइएका कुराहरूको निश्‍चयताबारे तपाईंलाई थाहा होस् । 5 यहूदाका राजा हेरोदको समयमा जकरिया नाउँ गरेका एक जना पूजाहारी थिए जो अबियाको दलका थिए; तिनकी पत्‍नी एलीशिबा पनि हारूनको सन्तान थिइन् । 6 परमेश्‍वरको सामु तिनीहरू दुवै धर्मी थिए, तिनीहरू परमप्रभुका सबै आज्ञाहरू र धार्मिक विधानहरूमा हिँड्थे । 7 तर तिनीहरूको कुनै सन्तान थिएन, किनभने एलीशिबा बाँझी थिइन् र त्यतिबेला तिनीहरू दुवै जना वृद्ध भइसकेका थिए । 8 अब जकरियाले आफ्नो दलको पालोअनुसार परमेश्‍वरको उपस्‍थितिमा पूजाहारी कामहरू गरिरहेका थिए । 9 कुन पूजाहारीले सेवा गर्ने भनेर छनोट गर्ने चलन अनुसार तिनी धूप बाल्‍न परमप्रभुको मन्दिरभित्र पस्‍नला‌ई चिट्ठाद्वारा चुनिएका थिए । 10 धूप बाल्‍ने समयमा मानिसहरूको पूरै भीड बाहिर प्रार्थना गरिरहेको थियो । 11 त्यसै बेला परमप्रभुका एउटा दूत तिनीकहाँ देखा परे र धूप बाल्ने वेदीको दाहिनेपट्टि उभिए । 12 जब जकरियाले स्वर्गदूतलाई देखे, तब तिनी आत्तिए र डराए । 13 तर स्वर्गदूतले तिनलाई भने, “जकरिया, नडराऊ, किनभने तिम्रो प्रार्थनाको सुनाइ भएको छ । तिम्री पत्‍नी एलीशिबाले तिम्रो लागि एउटा छोरो जन्माउनेछिन् । तिमीले तिनको नाउँ यूहन्‍ना राख्‍नेछौ । 14 तिमीमा खुसी र आनन्द हुनेछ, र तिनको जन्ममा धेरै मानिसहरू आनिन्दित हुनेछन् । 15 किनकि परमप्रभुको द‍ृष्‍टिमा तिनी महान् हुनेछन् । तिनले दाखमद्य वा कडा मद्य पिउनु हुँदैन, र तिनी आफ्नी आमाको गर्भदेखि नै पवित्र आत्माले भरिनेछन् । 16 इस्राएलका सन्तानहरूमध्ये धेरैलाई परमप्रभु तिनीहरूका परमेश्‍वरतर्फ फर्काइनेछन् । 17 बुबाहरूको हृदय आफ्ना छोराछोरीतिर फर्काउन र अनाज्ञाकारीहरूलाई धर्मीहरूको बुद्धितिर फर्काउन—परमप्रभुको निम्ति तयार पारिएका मानिसहरूलाई उहाँको निम्ति तयार गर्न तिनी एलियाको आत्मा र शक्तिमा परमप्रभुको अगि अगि जानेछन् ।" 18 जकरियाले स्वर्गदूतलाई भने, “यो मैले कसरी थाहा पाउने? किनकि म बुढो छु र मेरी पत्‍नी पनि धेरै बुढी छिन् ।” 19 स्वर्गदूतले जवाफ दिए र तिनलाई भने, "म गब्रिएल हुँ, जो परमेश्‍वरको उपस्थितिमा उभिन्छु । तिमीसित बोल्न र शुभ खबर दिन म पठाइएको थिए । 20 हेर! यी कुराहरू पूरा हुने दिनसम्‍म तिमी चूप हुनेछौ र बोल्‍न सक्‍ने छैनौ । किनभने तिमीले मेरो वचनमा विश्‍वास गरेनौ, जुन ठिक समयमा पूरा हुनेछ ।” 21 अनि मानिसहरूले जकरियालाई पर्खिरहेका थिए । तिनले लामो समयसम्म मन्दिरमा समय बिताइरहेकोले तिनीहरू अचम्मित थिए । 22 तर जब तिनी बाहिर आए, तब तिनी तिनीहरूसँग बोल्न सकेनन् । तिनले मन्दिरभित्र हुँदा तिनले एउटा दर्शन देखेका थिए भनी तिनीहरूले थाहा गरे । तिनले तिनीहरूलाई इसारा मात्र गरिरहे, र चूप रहिरहे । 23 जब तिनको सेवाको समय पूरा भयो, तब तिनी आफ्नो घरमा फर्किए । 24 यी दिनहरूपछि, तिनकी पत्‍नी एलीशिबा गर्भवती भइन् र पाँच महिनासम्म उनले आफूलाई लुकाइन् । उनले भनिन्, 25 “मानिसहरूका सामु मेरो लाज हटाउनलाई परमप्रभुले मलाई निगाहले हेर्नुहुँदा उहाँले मेरो निम्ति यसो गरिदिनुभएको छ ।" 26 छैठौं महिनामा, परमेश्‍वरद्वारा गब्रिएल स्वर्गदूत गालीलको नासरत नाउँको सहरमा एउटी कन्याकहाँ पठाइए, 27 उनको मगनी दाऊदका सन्तान योसेफ भन्‍ने एउटा मानिससित भएको थियो, र त्यो कन्याको नाउँ मरियम थियो । 28 तिनी उनीकहाँ आए र भने, “अभिवादन, तिमी जसले धेरै निगाह पाएकी छ्‍यौ! परमप्रभु तिमीसँग हुनुहुन्छ । 29 तर उनी तिनका कुराले विचलित भइन् र यो कस्तो प्रकारको अभिवादन हो भनी सोचिन् । 30 स्वर्गदूतले उनलाई भने, “नडराऊ, मरियम, किनकि तिमीले परमेश्‍वरबाट निगाह प्राप्‍त गरेकी छ्‍यौ । 31 हेर, तिमी गर्भवती हुनेछ्‍यौ, र एउटा छोरो जन्माउनेछ्‍यौ । तिमीले उहाँको नाउँ येशू राख्‍नेछ्‍यौ । 32 उहाँ महान् हुनुहुनेछ र उहाँ सर्वोच्‍चका पुत्र कहलाइनुहुनेछ । परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ । 33 उहाँले याकूबको घरानामाथि सदासर्वदा राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त हुनेछैन ।" 34 मरियमले स्वर्गदूतलाई भनिन्, “यो कसरी हुनेछ, जब कि मेरो कुनै मानिससँग सहवास भएको छैन?” 35 स्वर्गदूतले जवाफ दिए, र उनलाई भने, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ र सर्वोच्‍चका शक्‍तिले तिमीलाई ढाक्नेछ । त्यसैले जन्मिन लाग्‍नुभएको पवित्र जन, परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ । 36 हेर, तिम्री नातेदार एलीशिबाले पनि उनको वृद्धावस्थामा एउटा छोरो गर्भधारण गरेकी छिन् । उनी अहिले छैटौं महिनामा छिन् जो बाँझी कहलाइएकी थिइन् । 37 किनकि परमेश्‍वरको लागि कुनै पनि कुरा असम्भव हुनेछैन ।” 38 मरियमले भनिन्, “हेर्नुहोस्, म परमप्रभुकी एक दासी हुँ । तपाईंको वचनअनुसार नै मलाई होस् ।” त्यसपछि स्वर्गदूत उनीबाट बिदा भए । 39 त्यसपछि मरियम ती दिनहरूमा हतारिंदै यहूदियाको पहाडी देशको एउटा सहरमा गइन् । 40 उनी जकरियाको घरमा गइन् र एलीशिबालाई अभिवादन गरिन् । 41 जब एलीशिबाले मरियमको अभिवादन सुनिन्, उनको गर्भमा भएको बालक उफ्रियो र एलीशिबा पवित्र आत्माले भरिइन् । 42 उनले ठुलो आवाजमा यसो भनिन्, “स्‍‍त्रीहरूमा तिमी धन्यकी हौ, र तिम्रो गर्भको फल धन्यको हुनुहुन्छ । 43 मलाई यो किन हुन आयो, कि मेरा प्रभुकी आमा मकहाँ आइन् ? 44 किनकि हेर, जब तिम्रो अभिवादनको आवाज मेरो कानमा पर्‍यो, मेरो गर्भमा भएको बालक आनन्दले उफ्रियो । 45 उनी धन्यकी हुन् जसले परमप्रभुद्वारा उनलाई भनिएका कुराहरू पूरा हुनेछन् भनेर विश्‍वास गरिन् । 46 मरियमले भनिन्, “मेरो प्राणले परमभुको प्रशंसा गर्छ, 47 र मेरो आत्मा परमेश्‍वर, मेरो उद्धारकमा रमाएको छ । 48 किनकि उहाँले आफ्नी दासीको दीन अवस्थामा हेर्नु भएको छ । किनकि हेर, अब उप्रान्त सबै पुस्ताहरूले मलाई धन्यकी भन्‍नेछन् । 49 किनकि सर्वशक्‍तिमान्‌ले मेरो लागि महान् कार्यहरू गर्नुभएको छ, र उहाँको नाउँ पवित्र छ । 50 उहाँको भय मान्‍नेहरूमाथि उहाँको दया पुस्तादेखि पुस्तासम्म रहन्‍छ । 51 उहाँले आफ्नो बाहुलीले आफ्नो शक्ति देखाउनुभएको छ; आफ्नो हृदयमा घमण्ड विचार भएकाहरूलाई उहाँले तितर-बितर पार्नुभएको छ । 52 उहाँले राजकुमारहरूलाई तिनीहरूका सिंहासनबाट खसाल्नुभएको छ अनि दीनहरूलाई उठाउनुभएको छ । 53 उहाँले भोकाहरूलाई असल थोकहरूले तृप्त पार्नुभएको छ, तर धनीहरूलाई रित्तै हात पठाउनु भएको छ । 54 आफ्नो दयालाई सम्झना गरेर, उहाँले आफ्नो दास इस्राएललाई सहायता गर्नुभएको छ, 55 (जसरी उहाँले हाम्रा पुर्खाहरू) अब्राहाम र तिनका सन्तानहरूलाई सदासर्वदाको लागि गर्ने भन्‍नुभयो ।" 56 मरियम लगभग तीन महिना एलीशिबासँग बसिन् र त्यसपछि आफ्नो घरमा फर्किन् । 57 अब एलीशिबाले आफ्नो बालक जन्माउने बेला आयो, र उनले एउटा छोरो जन्माइन् । 58 जब उनका छिमेकी र नातेदारहरूले परमप्रभुले उनीमाथि महान् दया गर्नुभएको कुरा सुने, तब तिनीहरू उनीसँग रमाए । 59 अब आठौं दिनमा तिनीहरू बालकको खतना गर्न आए । तिनीहरूले तिनलाई तिनको आफ्ना पिताको नाउँबाट नै "जकरिया" नाउँ दिन लागेका थिए । 60 तर तिनकी आमाले जवाफ दिएर भनिन्, “होइन, तिनलाई यूहन्‍ना भनेर बोलाइनेछ ।” 61 तिनीहरूले उनलाई भने, “तिम्रा नातेदारहरूका बीचमा यो नाउँ भएको कोही पनि छैन ।” 62 तिनीहरूले बालकको पितालाई बालकको नाउँ के राख्‍न चाहन्थे भनी इसारा गरे । 63 तिनका पिताले लेख्‍ने पाटी मागे, र लेखे, “तिनको नाउँ यूहन्‍ना हो ।” त्यो देखेर तिनीहरू सबै अचम्मित भए । 64 तुरुन्तै तिनको मुख खुल्यो र जिब्रो स्वतन्‍‍त्र भयो । तिनी बोले र परमेश्‍वरको प्रशंसा गरे । 65 तिनीहरूका वरिपरि बस्‍नेहरू सबैमा भय उत्पन्‍न भयो । यी सबै कुराहरू यहूदियाको सारा पहाडी मुलुकभरि नै फैलियो । 66 यी कुरा सुन्‍ने सबैले यसो भन्दै आफ्नो हृदयमा राखे, “त्यसो भए अब यो बालक कस्तो हुनेछ?” किनकि परमप्रभुको हात त्यस बालकसँग थियो । 67 उनका पिता जकरिया पवित्र आत्माले भरिए र यसो भन्दै अगमवाणी गरे, 68 “इस्राएलका परमप्रभु परमेश्‍वरको प्रशंसा होस्, किनकि उहाँले आफ्ना मानिसहरूलाई सहायता गर्न आउनुभएको छ र उद्धारको काम पूरा गर्नुभएको छ । 69 उहाँले हाम्रा निम्ति मुक्‍तिको सिङ्लाई उहाँका दास दाऊदको घरानामा खडा गर्नुभएको छ 70 (प्राचीनकालमा उहाँका पवित्र अगमवक्‍ताहरूका मुखद्वारा उहाँ बोल्नुभए झैँ), 71 उहाँले हाम्रा शत्रुहरू र हामीलाई घृणा गर्नेहरू सबैका हातबाट छुटकारा दिनुहुनेछ । 72 यो उहाँले हाम्रा पुर्खाहरूप्रति दया प्रकट गर्न र उहाँको पवित्र करारलाई स्मरण गर्न गर्नुहुनेछ, 73 जुन शपथ उहाँले हाम्रा पुर्खा अब्राहामसँग खानुभएको थियो, 74 हाम्रा शत्रुहरूका हातबाट मुक्त भएपछि निर्भयतासाथ, 75 उहाँको सम्मुख हाम्रो सारा जीवनभर पवित्रतामा र धार्मिकतामा उहाँको सेवा गरौं भनेर उहाँले शपथ खानुभयो । 76 हो, हे बालक, तिमी सर्वोच्‍चका अगमवक्‍ता कहलाइनेछौ, किनकि तिमी प्रभुको मार्ग तयार पार्न, 77 उहाँका मानिसहरूका पाप-क्षमाद्वारा तिनीहरूलाई मुक्तिको ज्ञान दिन उहाँको अगि-अगि जानेछौ । 78 हाम्रा परमेश्‍वरको कोमल कृपाको कारण स्वर्गबाट बिहानको सूर्य हामीकहाँ हामीलाई सहायता गर्न, 79 अन्धकार र मृत्युको छायामा बस्‍नेहरूमाथि चम्कनलाई आउनेछ । उहाँले हाम्रा गोडाहरूलाई शान्तिको मार्गतिर डोर्‍याउनुहुनेछ ।” 80 त्यसपछि बालक हुर्के र आत्मामा बलियो भए, र तिनी इस्राएलमा देखा नपरेसम्म उजाड-स्थानमा नै बसे ।

लूका ०१ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई दायाँतिर टाढामा राख्छन् । यूएलटीले १:४६-५५, ६८-७९ मा भएको कवितालाई यसो गर्दछ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“उसलाई यूहन्‍ना भनिनेछ”

प्राचीन मध्यपूर्व क्षेत्रमा भएका अधिकांश मानिसहरूले कुनै बालकलाई तिनीहरूकै घरानाहरूमा भएको उही नाम राख्थे । एलीशिबा र जकरियाले तिनीहरूको छोराको नाम यूहन्‍ना राखेकोमा मानिसहरू चकित भएका थिए किनभने त्यो नाम गरेको कोही व्यक्ति तिनीहरूको परिवारमा थिएन ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

लूकाको भाषा सरल र सिधा खालको छ । उनले थुप्रै भाषाका अलङ्कारहरूको प्रयोग गर्दैनन् ।


Luke 1:1

सामान्य जानकारीः

उनले थियोफिलसलाई किन लेख्‍छन् भनेर लूकाले व्याख्या गर्छन् ।

ती कुराहरूको विषयमा जुन हाम्रा माझमा पूरा भएका छन्

“ती कुराहरूको विषयमा जुन हाम्रा माझमा घटेका छन्” वा “ती घटनाहरूको बारेमा जुन हाम्रा माझमा घटेका छन्”

हाम्रा माझमा

थियोफिलस को थिए भनी पक्‍का गरी कसैले पनि जान्दैन । यदि तिनी ख्रीष्‍टिएन थिए भने, “हामी” शब्दले यहाँ तिनलाई समावेश गर्छ र त्यसैले समावेशी हुन्छ, तर यदि थिएनन् भने, त्यो असमावेशी हुन्छ ।

Luke 1:2

जो वचनका प्रत्यक्षदर्शीहरू र सेवकहरू थिए

एउटा “प्रत्यक्षदर्शी” भनेको त्यो व्यक्ति हो जसले केही कुरा भएको देख्यो, र वचको सेवक त्यो व्यक्ति हो जसले मानिसहरूलाई परमेश्‍वरको सन्देश बताएर परमेश्‍वरको सेवा गर्छ । तिनीहरू कसरी वचनका सेवकहरू थिए भनी तपाईंले प्रस्‍ट पार्नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “जे भएको थियो सो देखे र मानिसहरूलाई उहाँको सन्देश बताएर परमेश्‍वरको सेवा गरे”

वचनका सेवकहरू

“वचन” शब्द धेरै शब्दहरूले बनेको सन्देशको लागि एउटा प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “सन्देशका सेवकहरू” वा “परमेश्‍वरको सन्देशका सेवकहरू”

Luke 1:3

छानबिन गरेर

“होशियारीपूर्वक अनुसन्धान गरे ।” यसको मतलब जे भएको थियो, त्यसबारे ठीकसँग पत्ता लगाउन लूका सावधान थिए । सम्भवतः के भएको थियो भनी निश्‍चय गर्नलाई उनले विभिन्‍न मानिसहरूसँग कुराकानी गरे होलान् ताकि उनले यी घटनाहरूबारे लेखेका कुराहरू ठीक होऊन् ।

सम्मानित थियोफिलस

थियोफिलसलाई आदर र सम्मान देखाउनलाई लूकाले यसो भने । यसको अर्थ थियोफिलस एक प्रतिष्‍ठित सरकारी अधिकृत भएको हुन सक्छ । यो खण्‍डले तपाईंले संस्कारमा उच्‍च ओहदाका मानिसहरूलाई सम्बोधन गर्न प्रयोग गरिने शैलीको प्रयोग गर्नुपर्छ । केहीले यो सम्बोधनलाई यसरी सुरुमा पनि राख्‍न चाहन्छन्, “ ... थियोफिलसलाई” वा “प्रिय ... थियोफिलस ।”

सम्मानित

“आदरणीय” वा “माननीय”

थियोफिलस

यसको अर्थ हुन्छ, “परमेश्‍वरका मित्र ।” यसले यी मानिसको चरित्रलाई पनि बताउन सक्छ वा यो उनको वास्तविक नाम पनि हुन सक्छ । अधिकांश अनुवादहरूले यसलाई नामको रूपमा लिएका छन् ।

Luke 1:5

सामान्य जानकारीः

जकरिया र एलीशिबाको परिचय दिइन्छ । यी पदहरूले तिनीहरूको बारेमा पृष्‍ठभूमि जानकारी दिन्छन् ।

जोड्ने कथनः

स्वर्गदूतले यूहन्‍नाको जन्मको भविष्‍यवाणी गर्छन् ।

यहूदाका राजा हेरोदको समयमा

पदावली “समयमा”लाई एउटा नयाँ घटनालाई सङ्केत गर्न प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “यहूदामा हेरोद राजाले शासन गरेको समय अवधिमा”

त्यहाँ एक जना पूजाहारी थिए

“त्यहाँ एकजना खास ... थिए” वा “त्यहाँ एकजना ... थिए ।” यो कथामा एउटा महत्त्वपूर्ण पात्रलाई परिचय गराउने शैली हो । तपाईंको भाषामा यसलाई कसरी व्यक्त गरिन्छ त्यसबारे विचार गर्ननुहोस् ।

दल

यसले पूजाहारीहरूलाई जनाउँछ भनेर बुझिएको छ । वैकल्पिक अनुवादः “पूजाहारीहरूको दल” वा “पूजाहारीहरूको समूह”

अबियाको

“जो अबियाबाट जन्मेका वा अबियाका सन्तान थिए ।” अबिया पूजाहारीहरूको यो समूहको एक पूर्खा थिए र तिनीहरू सबै हारूनका सन्तानहरू थिए, जो इस्राएलीहरूका प्रथम पूजाहारी थिए ।

उनकी पत्‍नी हारून कुलकी छोरी थिइन्

“उनकी पत्‍नी हारूनको सन्तान थिएन ।” यसको अर्थ हो कि तिनी जकरिया जस्तै पूजाहारीहरूको उही वंशबाटकी थिइन् । वैकल्पिक अनुवादः “उनकी पत्‍नी पनि हारूनको वंशबाट आएकी थिइन्” वा “जकरिया र उनकी पत्‍नी एलीशिबा दुवै हारूनको वंशबाट आएका थिए ।”

हारूनका छोरीहरूबाट

“हारूनको वंशबाट”

Luke 1:6

परमेश्‍वरको सामु

“परमेश्‍वरको दृष्‍टिमा” वा “परमेश्‍वरको रायमा”

परमप्रभुका सबै आज्ञाहरू र विधिहरू

“परमप्रभुले आज्ञा गर्नुभएका र खोज्‍नुभएका सबै कुरा”

Luke 1:7

तर

यो भिन्‍नता देखाउने शब्दले यसपछि आउने कुराहरूचाहिँ अपेक्षा गरिएको भन्दा विपरीत छन् भनी देखाउँछ । मानिसहरूले अपेक्षा गरेका थिए कि तिनीहरूले जे ठीक छ त्यो गरे भने परमेश्‍वरले तिनीहरूलाई सन्तान दिनुहुने थियो । तथापि, यो जोडीले जे ठीक थियो त्यही गरेका थिए र पनि तिनीहरूको कुनै सन्तान भएको थिएन ।

Luke 1:8

अब यस्तो हुन आयो

यो वाक्यांशलाई पृष्‍ठभूमि जानकारीबाट सहभागीहरूमा कथा सरेको कुरालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ ।

जब जकरिया परमेश्‍वरको सामु उनको पूजाहारीको काम गर्दै थिए

जकरिया परमेश्‍वरको मन्दिरमा थिए भनी बुझिएको छ र पूजाहारीका यी कामहरू परमेश्‍वरको आराधना गर्ने कुराको हिस्सा थियो ।

उनको दलको पालोमा

“जब त्यो उनको समूहको पालो थियो” वा “जब उनको समूहको सेवा गर्ने समय आयो”

Luke 1:9

धूप बाल्‍नलाई पूजाहारीगिरीको चलेको रीतअनुसार

यो वाक्यले पूजाहारीको कामहरूको बारेमा हामीलाई जानकारी दिन्छ ।

चलेको रीतअनुसार

“पारम्परिक तरिका” वा “तिनीहरूको सामान्य तरिका”

उनी चिट्ठाद्वारा चुनिए

चिट्ठा एउटा चिन्ह लगाइएको ढुङ्गा हो जसलाई कुनै कुरा निर्णय गर्नलाई भुइँमा फ्याँकिन्छ वा गुडाइन्छ । तिनीहरूले कुन पूजाहारी छानेको परमेश्‍वरले चाहनुहुन्छ भनी देखाउन उहाँले चिट्ठालाई प्रयोग गर्नुहुन्छ भन्‍ने पूजाहारीहरूले विश्‍वास गर्थे ।

धूप बाल्‍न

हरेक बिहान र साँझ पूजाहारीहरूले परमेश्‍वरलाई भेटी स्वरूप मन्दिरभित्र एउटा विशेष वेदीमा मिठो बास्ना आउने धूप बाल्‍नुपर्थ्यो ।

Luke 1:10

मानिसहरूको पूरै भीड

“मानिसहरूको एउटा ठूलो सङ्ख्या” वा “धेरै मानिसहरू”

बाहिरपट्टि

चोक मन्दिर वरिपरिको घेरिएको क्षेत्र थियो । वैकल्पिक अनुवादः “मन्दिरको भवन बाहिर” वा “मन्दिर बाहिरको चोकमा”

त्यो घडीमा

“तोकिएको समयमा ।” धूप बालेर भेटी चढाउनलाई यो बिहानको वा साँझको समय थियो भनेर प्रस्‍ट छैन ।

Luke 1:11

जोड्ने कथनः

जब जकरियाले मन्दिरमा उनको काम गर्छन्, एकजना स्वर्गदूत उनलाई सन्देश दिन परमेश्‍वरबाट आउँछन् ।

तब

यो शब्दले कथामा घटनाको सुरुवातलाई अङ्कित गर्छ ।

उनीकहाँ देखा परे

“उनीकहाँ अचानक आए” वा “त्यहाँ अचानक जकरियासँग थिए ।” यसले व्यक्त गर्छ कि स्वर्गदूत जकरियासँग उपस्थित थिए, र सामान्य रूपमा कनै दर्शन थिएन ।

Luke 1:12

जकरिया व्याकुल भएका थिए ... उनीमाथि डर छायो

यी दुई वाक्यांशहरूको एउटै अर्थ हुन्छ, र जकरिया कति डराएका थिए भनी जोड दिन्छ ।

जब जकरियाले तिनलाई देखे

“जब जकरियाले स्वर्गदूतलाई देखे ।” जकरिया डराएका थिए किनभने स्वर्गदूतको रूप डरलाग्‍दो प्रकारको थियो । उनले केही गल्ती गरेका थिएनन्, त्यसैले स्वर्गदूतले दण्‍ड दिनेछन् भनेर उनी डराएका थिएनन् ।

उनीमाथि डर छायो

डरलाई यसरी वर्णन गरिएको छ मानौँ त्यो केही कुरा थियो जसले जकरियालाई आक्रमण गर्‍यो वा ढाक्यो ।

Luke 1:13

डर नमान

“मसँग डराउन छोड” वा “तिमी मसँग डराउन जरुरी छैन”

तिम्रो प्रार्थनाको सुनाइ भएको छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । यो कुरा बुझिएको छ कि परमेश्‍वरले जकरियाले मागेको कुरा उनलाई दिनुहुनेछ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ तिमीले जे मागेका छौ सो तिमीलाई दिनुहुनेछ”

तिमीलाई एउटा छोरो जन्माउनेछिन्

“तिम्रो लागि एउटा छोरो पाउनेछिन्” वा “तिम्रो छोरोलाई जन्म दिनेछिन्”

Luke 1:14

तिमीलाई आनन्द र खुशी हुनेछ

“खुशी” र “आनन्द” शब्दहरूको एउटै अर्थ हुन्छ र त्यो आनन्द कति महान् हुनेछ भनेर जोड दिनलाई प्रयोग गरिएको छ । वैकल्‍पिक अनुवादः “तिमीलाई धेरै आनन्द हुनेछ” वा “तिमी धेरै खुशी हुनेछौ”

उसको जन्ममा

“उसको जन्मको कारणले”

Luke 1:15

किनकि ऊ महान् हुनेछ

“यो ऊ महान् हुने भएको कारणले गर्दा हो” जकरिया र अरू “धेरै” मानिसहरू आनन्द मनाउनेछन् किनभने यूहन्‍ना “प्रभुको दृष्‍टिमा महान् हुनेछन् ।” पद १५ को बाँकीको अंशले यूहन्‍नाले कसरी जिएको परमेश्‍वर चाहनुहुन्छ भनेर बताउँछ ।

प्रभुको दृष्‍टिमा ऊ महान् हुनेछ

“ऊ प्रभुको लागि एउटा धेरै महत्त्वपूर्ण व्यक्ति हुनेछ” वा “परमेश्‍वरले उसलाई धेरै महत्त्वपूर्ण भएको ठान्‍नुहुनेछ”

उनी पवित्र आत्माले भरिनेछन्

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पवित्र आत्माले उसलाई सामर्थी बनाउनुहुनेछ” वा “पवित्र आत्माले उसलाई अगुवाइ गर्नुहुनेछ ।” यो कुरा पक्‍का गर्नुहोस् कि कुनै दुष्‍टात्माले कोही व्यक्तिलाई गर्न सक्‍ने कुरा भनेको जस्तो यो नसुनियोस् ।

उसको आमाको गर्भबाट नै

“ऊ उसको आमाको गर्भमा हुँदाखेरि नै” वा “ऊ जन्मिनुभन्दा अगावै”

Luke 1:16

उनले इस्राएलका धेरै छोराहरूलाई परमप्रभु तिनीहरूका परमेश्‍वरतर्फ फर्काउनेछन्

यहाँ “फर्काइन” भनेको कोही व्यक्ति पश्‍चात्ताप गरेर प्रभुको आराधना गर्ने कुराको लागि एउटा अलङ्कार हो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उनले इस्राएलका धेरै मानिसहरूलाई पश्‍चात्ताप गर्न र परमप्रभु तिनीहरूका परमेश्‍वरको आराधना गर्न लगाउनेछन्”

Luke 1:17

उनी प्रभुको अगाडि एउटा अग्रदूतको रूपमा जानेछन्

प्रभु आउनभन्दा अगाडि, उनी जानेछन् र मानिसहरूलाई घोषणा गर्नेछन् कि प्रभु तिनीहरूकहाँ आउनुहुनेछ ।

प्रभुभन्दा अगाडि

यहाँ कोही व्यक्ति“को मुहार” एउटा उपमा हो जसले सो व्यक्तिको उपस्थितिलाई जनाउँछ । यसलाई कहिलेकाहीँ अनुवादमा हटाइन्छ । वैकल्‍पिक अनुवादः “प्रभु”

एलियाको शक्ति र आत्मामा

“उही आत्मा र शक्तिसँग जुन एलियासँग थियो ।” “आत्मा” शब्दले कि त परमेश्‍वरको पवित्र आत्मालाई जनाउँछ वा एलियाको आचरण वा उनको विचार गर्ने शैलीलाई जनाउँछ । यो कुरा निश्‍चय गर्नुहोस् कि “आत्मा” शब्दको अर्थ भूत वा दुष्‍टात्मा हुँदैन ।

बाबुहरूको हृदय आफ्ना छोराछोरीतिर फर्काउन

“तिनीहरूका छोराछोरीहरूको फेरि वास्ता गर्न बाबुहरूलाई मनाउन” वा “बाबुहरूलाई तिनीहरूका छोराछोरीहरूसँगको सम्बन्ध पुनर्स्थापना गराउन”

हृदयहरू फर्काउन

हृदयको बारेमा यसरी बताइएको छ मानौँ त्यो केही यस्तो कुरा हो जसलाई कुनै फरक दिशमा जान लगाउनलाई फर्काउन सकिन्छ । यसले कसैको केही कुराप्रतिको आचरणलाई बदल्‍ने कुरालाई जनाउँछ ।

अनाज्ञाकारीहरू

यहाँ यसले ती मानिसहरुलाई जनाउँछ जसले प्रभुको आज्ञापालन गर्दैनन् ।

प्रभुको निम्ति मानिसहरू तयार गर्नका लागि

मानिसहरू के गर्नका लागि तयार पारिनेछन् भन्‍ने कुरालाई प्रस्‍टसँग बताउन सकिन्छ । वैकल्पिक अनुवादः “उहाँको सन्देशलाई विश्‍वास गर्न तत्‍पर रहेका मानिसहरू प्रभुको लागि तयार गर्न”

Luke 1:18

मैले यो कुरा कसरी थाहा पाउने ?

“तपाईंले भनेको कुरा निश्‍चय नै हुन्छ भनेर मैले कसरी थाहा पाउन सक्छु ?” यहाँ “थाहा पाउनु” भनेको अनुभवद्वारा सिक्‍नु हो, जसले सुझाव दिन्छ कि जकरियाले प्रमाणको रूपमा चिन्ह मागिरहेका थिए । वैकल्‍पिक अनुवादः “यो कुरा हुनेछ भनेर मलाई प्रमाणित गर्न तपाईं के गर्न सक्‍नुहुन्छ ?”

Luke 1:19

म गब्रिएल हुँ, जो परमेश्‍वरको उपस्थितिमा उभिन्छ

यो जकरियालाई एउटा हप्कीको रूपमा बताइएको छ । परमेश्‍वरबाट सिधै आएर भएको गब्रिएलको उपस्थिति नै जकरियाको लागि पर्याप्‍त प्रमाण हुनुपर्ने थियो ।

जो उभिन्छ

“जसले सेवा गर्छ”

मलाई तिमीसँग कुरा गर्न पठाइएको थियो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले मलाई तिमीसँग कुरा गर्न पठाउनुभयो”

Luke 1:20

हेर

“ध्यान देऊ, किनकि जे मैले तिमीलाई बताउन लागेको छु त्यो दुवै सत्य र महत्त्वपूर्ण छ”

गुंगो, बोल्‍नलाई असक्षम

यिनीहरूको एउटै अर्थ हुन्छ, र उनको गुंगोपनको पूर्णतालाई जोड दिनलाई दोहोर्‍याइएको छ । वैकल्‍पिक अनुवादः “बोल्‍नलाई पूर्ण रूपले असक्षम” वा “बोल्‍नलाई बिल्कुलै असक्षम”

तिमीले मेरो वचनमा विश्‍वास गरेनौ

“मैले जे भनेको छु, त्यसमा विश्‍वास गरेनौ”

तिनीहरूको ठीक समयमा

“तोकिएको समयमा”

Luke 1:21

अब

यसले मन्दिरभित्र के भयो भन्‍ने कुरादेखि बाहिर के भयो भन्‍ने कुरामा कथामा आएको बदलावलाई अङ्कित गर्छ । वैकल्‍पिक अनुवादः “जब त्यो भइरहेको थियो” वा “जब स्वर्गदूत र जकरिया कुरा गरिरहेका थिए”

Luke 1:22

तिनीहरूले चाल पाए कि तिनी मन्दिरभित्र हुँदा तिनले एउटा दर्शन देखेका थिए; र तिनले तिनीहरूलाई इशारा गरिरहे र बोल्‍नलाई असक्षम भइ बसे

यी कुराहरू सम्भवतः एकै समयमा भए, र जकरियाको इशाराहरूले मानिसहरूलाई बुझ्‍नलाई सहायता गर्‍यो कि तिनले दर्शन पाएका थिए । त्यो कुरा देखाउनको लागि क्रमलाई बदल्दा तपाईंका पाठकहरूलाई सहयोगी हुन सक्छ । वैकल्‍पिक अनुवादः “तिनले तिनीहरूलाई इशारा गरिरहे र चुप बसे । त्यसैले तिनीहरूले चाल पाए कि तिनी मन्दिरभित्र हुँदा तिनले दर्शन देखेका थिए”

एउटा दर्शन

अघिल्‍लो विवरणले सङ्केत गर्‍यो कि गब्रिएल वास्तवमै जकरियाकहाँ मन्दिरमा आए । मानिसहरूले सो कुरा थाहा नपाएर अनुमान गरे कि जकरियाले एउटा दर्शन देखेका थिए ।

Luke 1:23

यस्तो हुन आयो

यो वाक्यांशले कथालाई जकरियाको सेवा सकिसकेपछिको समयमा अगाडि बढाउँछ ।

तिनी तिनको घरमा गए

जकरिया यरूशलेममा बस्दैनथे, जहाँ मन्दिर अवस्थित थियो । तिनले तिनको गाउँसम्म यात्रा गरे ।

Luke 1:24

अब यी दिनहरू पछि

“यी दिनहरू” वाक्यांशले त्यो समयलाई जनाउँछ जब जकरियाले मन्दिरमा सेवा गरिरहेका थिए । यसले केलाई जनाउँछ भनेर अझ प्रस्‍टसँग बताउन सम्भव छ । वैकल्‍पिक अनुवादः “जकरियाको मन्दिरमा सेवा गर्ने समयपछि”

तिनकी पत्‍नी

“जकरियाकी पत्‍नी”

आफैँलाई लुकाएर राखिन्

“तिनको घर छोडिनन्” वा “आफूमात्रै एक्लै भित्रै बसिन्”

Luke 1:25

प्रभुले मेरो लागि यो गर्नुभएको छ

यो पदावलीले प्रभुले तिनलाई गर्भवती हुन दिनुभयो भन्‍ने तथ्यलाई जनाउँछ ।

यो ... छ

यो एउटा सकारात्मक उद्‌गार हो । तिनी प्रभुले तिनको लागि गरिदिनुभएको कुराको लागि धेरै खुशी थिइन् ।

ममाथि निगाहले हेर्नुभयो

“ ... माथि हेर्नु” भनेको एउटा उपमा हो जसको अर्थ “व्यवहार गर्नु” वा “... सँग कार्यव्यवहार गर्नु” भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “मलाई दयापूर्वक ध्यान दिनुभयो” वा “ममाथि दया गर्नुभयो”

मेरो शर्म

यसले तिनले सन्तान पाउन नसकेको कारण अनुभव गरेको शर्मलाई जनाउँछ ।

Luke 1:26

सामान्य जानकारीः

गब्रिएल स्वर्गदूतले मरियमलाई घोषणा गर्छन् कि तिनी एकजना व्यक्तिको आमा हुन गइरहेकी थिइन् जो परमेश्‍वरको पुत्र हुनुहुन्छ ।

छैटौँ महिनामा

“एलीशिबाको गर्भावस्थाको छैटौँ महिनामा ।” यदि यसले वर्षको छैटौँ महिनासँग अलमलिन पुर्‍याउँछ भने, यसलाई प्रस्‍टसँग बताउन आवश्‍यक हुन सक्छ ।

गब्रिएल स्वर्गदूत परमेश्‍वरबाट पठाइएका थिए

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले गब्रिएल स्वर्गदूतलाई जानलाई आज्ञा गर्नुभयो”

Luke 1:27

योसेफ नाम गरेका एकजना मानिससँग मगनी भएको एक कन्या

मरियमले योसेफसँग विवाह गर्ने थिइन् भन्‍ने कुरामा मरियमका बुबाआमा सहमत भएका थिए । हुन त तिनीहरूले सहवास गरेका थिएनन्, योसेफले तिनलाई आफ्‍नी पत्‍नीको रूपमा सोचेका वा कुरा गरेका हुन सक्छन् ।

दाऊदको घरानाको

“उनी दाऊदकै कुलबाटका थिए” वा “उनी राजा दाऊदको सन्तान थिए”

कन्याको नाउँ मरियम थियो

यसले मरियमलाई कथामा एउटा नयाँ पात्रको रूपमा परिचय गराउँछ ।

Luke 1:28

अभिवादन

यो एउटा प्रचलित अभिवादन थियो । यसको अर्थ हुन्छ “आनन्द मनाओ” वा “खुसी होओ ।”

कृपापात्र !

“तिमी जसले महान् अनुग्रह पाएकी छ्यौ !” वा “तिमी जसले विशेष दया पाएकी छ्यौ !”

प्रभु तिमीसँग हुनुहुन्छ

“तिमीसँग” एउटा उपमा हो जसले साथ र स्वीकारको अर्थ दिन्छ । वैकल्‍पिक अनुवादः “प्रभु तिमीसँग खुशी हुनुहुन्छ”

Luke 1:29

तिनी उनका वचनहरूले गर्दा धेरै विचलित भइन् र यो कस्तो प्रकारको अभिवादन हो भनी सोच्‍न लागिन्

मरियमले हरेक शब्दको अर्थ बुझिन्, तर स्वर्गदूतले तिनलाई यो अचम्‍मको अभिवादन किन भनेको भन्‍ने कुरा बुझिनन् ।

Luke 1:30

नडराऊ, मरियम

मरियम उनको रूपसँग डराएको स्वर्गदूत चाहँदैनन्, किनभने परमेश्‍वरले उनलाई एउटा सकारात्मक सन्देशसहित पठाउनुभयो ।

तिमीले परमेश्‍वरबाट निगाह प्राप्‍त गरेकी छ्यौ

“निगाह प्राप्‍त गर्नु” भन्‍ने उपमाको अर्थ कसैबाट सकारात्मक ढङ्गले स्वीकार गरिनु भन्‍ने हुन्छ । परमेश्‍वरलाई कर्ताको रूपमा देखाउने गरी यो वाक्यलाई बदल्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीलाई उहाँको अनुग्रह दिने अठोट गर्नुभएको छ” वा “परमेश्‍वरले तिमीलाई उहाँको दया देखाइरहनुभएको छ”

Luke 1:31

तिमीले गर्भधारण गर्नेछ्यौ र एउटा छोरा जन्माउनेछौ ... येशू

मरियमले “एउटा छोरा” जन्माउनेछिन् जसलाई “सर्वोच्‍चको पुत्र” कहलाइनेछ । येशू त्यसैले एउटा मानव पुत्र हुनुहुन्छ जो मानव आमाबाट जन्मिनुभएको हो, र उहाँ परमेश्‍वरको पुत्र पनि हुनुहुन्छ । यी नाउँहरूलाई ध्यानपूर्वक अनुवाद गरिनुपर्छ ।

Luke 1:32

सर्वोच्‍च परमेश्‍वरको पुत्र

मरियमले “एउटा छोरा” जन्माउनेछिन् जसलाई “सर्वोच्‍चको पुत्र” कहलाइनेछ । येशू त्यसैले एउटा मानव पुत्र हुनुहुन्छ जो मानव आमाबाट जन्मिनुभएको हो, र उहाँ परमेश्‍वरको पुत्र पनि हुनुहुन्छ । यी नाउँहरूलाई ध्यानपूर्वक अनुवाद गरिनुपर्छ ।

कहलाइनुहुनेछ

सम्भावित अर्थहरू हुन् १) “मानिसहरूले उहाँलाई ... बोलाउनेछन्” वा २) “परमेश्‍वरले उहाँलाई ... बोलाउनुहुनेछ”

सर्वोच्‍चको पुत्र

यो येशू, परमेश्‍वरको पुत्रको निम्ति एउटा महत्त्वपूर्ण उपाधि हो ।

उहाँलाई उहाँका पूर्खा दाऊदको सिंहासन दिनुहुनेछ

सिंहासनले राजाको शासन गर्ने अधिकारको प्रतिनिधित्व गर्दछ । वैकल्पिक अनुवादः “उहाँलाई उहाँका पूर्खा दाऊदले गरेजस्तै राजाको रूपमा शासन गर्ने अधिकार दिनुहुनेछ”

Luke 1:33

उहाँको राज्यको कुनै अन्त्य हुनेछैन

अकरणमा भएको वाक्यांश “कुनै अन्त्य”ले जोड दिन्छ कि यो सदाको लागि लम्बिरहन्छ । यसलाई सकारात्मक वाक्यांशसहित पनि बताउन सकिन्छ । वैकल्‍पिक अनुवादः “उहाँको राज्य कहिल्यै सकिने छैन”

Luke 1:34

यो कसरी हुनेछ

मरियमले यो कसरी हुन सक्थ्यो भनी नबुझे तापनि यो हुन्छ भन्‍ने कुरामा तिनले शङ्का गरिनन् ।

मैले कुनै पुरुषसँग सहवास गरेको छैन

तिनी कुनै यौन क्रियामा सहभागी भएकी थिइनन् भनेर बताउनलाई मरियमले यो नम्र अभिव्यक्तिको प्रयोग गरिन् । वैकल्‍पिक अनुवादः “म एक कन्या हुँ ।”

Luke 1:35

पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ

मरियमको गर्भधारणको प्रक्रियाको सुरुवात पवित्र आत्मा तिनीमाथि आउनुभएबाट सुरु हुने थियो ।

... माथि आउनुहुनेछ

“ढाक्‍नुहुनेछ”

सर्वोच्‍चको शक्ति

यो परमेश्‍वरको “शक्ति” थियो जसले मरियमलाई तिनी कुमारी अवस्थामा छँदाखेरी नै अलौकिक रीतिले गर्भवति हुन लगाउने थियो । त्यहाँ कुनै शारीरिक वा यौन सम्बन्ध थिएन भन्‍ने कुराप्रति होसियार हुनुहोस्-यो एउटा आश्‍चर्यकर्म थियो ।

तिमीलाई छायाँमा पार्नुहुनेछ

“तिमीलाई छायाँले झैँ ढाक्‍नुहुनेछ”

त्यसैले जो जन्मनुहुनेछ, उहाँलाई परमेश्‍वरको पुत्र कहलाइनेछ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “त्यसैले जन्मनुहुने पवित्र जनलाई तिनीहरूले परमेश्‍वरको पुत्र भनेर बोलाउनेछन्” वा “त्यसैले त्यो बालक जो जन्मनुहुनेछ, उहाँ पवित्र हुनुहुनेछ, र मानिसहरूले उहाँलाई परमेश्‍वरको पुत्र भनी बोलाउनेछन्”

पवित्र जन

“पवित्र बालक” वा “पवित्र शिशु”

परमेश्‍वरको पुत्र

यो येशूको निम्ति एउटा महत्त्वपूर्ण उपाधि हो ।

Luke 1:36

हेर, तिम्री नातेदार

“ध्यान देऊ, किनकि जे मैले तिमीलाई बताउन लागेको छु, त्यो सत्य र महत्त्वपूर्ण दुवै छः तिम्री नातेदार”

तिम्री नातेदार एलीशिबा

यदि खास सम्बन्ध बताउन तपाइंलाई आवश्‍यक हुन्छ भने, एलीशिबा सम्भवतः मरियमकी काकी वा तिनको बाबु वा आमाकी काकी थिइन् ।

उनको वृद्धावस्थामा एउटा छोरा जन्माउन गर्भवती भएकी छिन्

“एलीशिबा पहिल्यै धेरै वृद्धा भइसकेको भएतापनि, ... पनि एक छोरोसँग गर्भवती भएकी छिन्” वा “एलीशिबा, हुन त तिनी वृद्धा हुन्, तिनी पनि गर्भवती भएकी छिन् र एउटा छोरो पाउनेछिन् ।” मरियम र एलीशिबाले गर्भधारण गर्दा दुवै नै वृद्धा थिए भन्‍ने अर्थ नलागोस् भन्‍ने कुराप्रति होसियार हुनुहोस् ।

तिनको ... छैटौँ महिना

“तिनको गर्भावस्थाको छैटौँ महिना”

Luke 1:37

किनकि केही पनि

“किनभने केही पनि” वा “यसले देखाउँछ कि केही पनि”

परमेश्‍वरको लागि कुनै पनि कुरा असम्भव हुनेछैन

परमेश्‍वरले एलीशिबालाई गर्नुभएको कुरा नै परमेश्‍वर कुनै पनि कुरा गर्न सक्षम हुनुहुन्छ भन्‍ने प्रमाण थियो-उहाँले मरियमलाई पनि तिनले कुनै पुरुषसँग शारीरिक सम्बन्ध नराखीकनै तिनलाई गर्भवती बन्‍न सक्षम तुल्याउन सक्‍नुहुन्थ्यो । यस कथनमा भएको युगल अकरणलाई सकारात्मक भनाइहरूमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले कुनै पनि कुरा गर्न सक्‍नुहुन्छ”

Luke 1:38

हेर्नुहोस्, म परमप्रभुकी दासी हुँ

“म यहाँ छु, ... दासी” वा “म दासी हुन पाउँदा खुशी छु ।” तिनले नम्रताका साथ र स्वेच्छाले प्रतिक्रिया जनाउँदै छिन् ।

म परमप्रभुकी दासी हुँ

तिनको परमप्रभुप्रतिको नम्रता र आज्ञाकारिता देखाउने एउटा अभिव्यक्ति छान्‍नुहोस् । तिनले तिनी परमप्रभुकी दासी भएकोमा घमण्ड गरिरहेकी थिइनन् ।

मेरो निम्ति गरिएको होस्

“यो मलाई होस् ।” मरियमले स्वर्गदूतले तिनलाई हुनेछ भनेका कुराहरू तिनको जीवनमा पूरा होस् भनेर तिनको तत्परतालाई अभिव्यक्त गर्दै थिइन् ।

Luke 1:39

जोड्ने कथनः

मरियम तिनकी नातेदार एलीशिबालाई भेट्न जान्छिन् जसले यूहन्‍नालाई जन्म दिन गइरहेकी थिइन् ।

उठिन्

यो उपमाको अर्थ हो कि तिनी केवल उठिनन्, तर त्यसका साथै “तयार भइन्” । वैकल्‍पिक अनुवादः “सुरु गरिन्” वा “तयार भइन्”

पहाडी देश

“पहाडी क्षेत्र” वा “इस्राएलको पहाडी भाग”

Luke 1:40

उनी गइन्

यस्तो आशय दिन खोजिएको छ कि मरियमले जकरियाको घरभित्र जान अगाडि नै तिनको यात्रा सकाइन् । यसलाई प्रस्‍टसँग बताउन सकिन्छ । वैकल्पिक अनुवादः “जब तिनी आइपुगिन्, तिनी गइन्”

Luke 1:41

अब यस्तो भयो कि

यो वाक्यांशलाई कथाको यस भागमा एउटा नयाँ घटनालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ ।

तिनको गर्भमा

“एलीशिबाको गर्भमा”

उफ्रियो

अचानक चल्यो

Luke 1:42

तिनले ठूलो स्वरमा कराइन् र भनिन्

यी दुई वाक्यांशहरूको अर्थ एउटै हो र एलीशिबा कति उत्साहित थिइन् भन्ने कुरामा जोड दिनलाई प्रयोग गरिएको छ । तिनीहरूलाई जोडेर एउटै वाक्यांश बनाउन सकिन्छ । वैकल्‍पिक अनुवादः “जोडले चिच्याइन्”

तिनको आवाज उचालिन्

यो उपमाको अर्थ “तिनको स्वर ठूलो गरिन्” भन्‍ने हो ।

धन्य तिमी नारीहरूको माझमा

“नारीहरू माझमा” भन्‍ने उपमाको अर्थ “अरू कुनै स्‍त्रीभन्दा बढी” भन्‍ने हुन्छ

तिम्रो गर्भको फल

मरियमको बालकको बारेमा यसरी बताइएको छ मानौँ त्यो कुनै बोटले फलाउने फल हो । वैकल्‍पिक अनुवादः “तिम्रो गर्भमा भएको बालक” वा “तिमीले जन्माउने बालक”

Luke 1:43

यो कसरी हुन कि सक्छ मेरा प्रभुकी आमा मकहाँ आउनुभयो ?

एलीशिबाले जानकारीको लागि सोधिरहेकी थिइनन् । बरु प्रभुकी आमा उनको घरमा आएकोमा उनी चकित थिइन् र खुसी छिन् भनी देखाउँदै थिइन् । वैकल्पिक अनुवादः “यो कस्तो अचम्मको कुरा कि मेरा प्रभुकी आमा मकहाँ आउनुभएको छ !”

मेरा प्रभुकी आमा

यो स्पष्‍ट पार्न सकिन्छ कि एलीशिबाले “तिमी” शब्द थपेर मरियमलाई “मेरा प्रभुकी आमा” भनेर बोलाउँदै थिइन् । वैकल्पिक अनुवादः “तिमी, मेरा प्रभुकी आमा”

Luke 1:44

किनकि हेर

यो वाक्यांशले एलीशिबाले यसपछि बताउन लागेको उदेकलाग्‍दो कथनमा ध्यान दिन मरियमलाई सजग गराउँछ ।

जब तिम्रो अभिवादनको आवाज मेरो कानमा आयो

कुनै आवाज सुनेको कुरालाई मानौँ त्यो आवाज कानमा आएको जसरी बताइएको छ । वैकल्‍पिक अनुवादः “जब मैले तिम्रो अभिवादनको आवाज सुनेँ”

आनन्दले उफ्रियो

“अचानक आनन्दले चल्यो” वा “जोडदार तरिकाले पल्ट्यो किनभने ऊ त्यति खुशी थियो”

Luke 1:45

जसले विश्‍वास गरेकी छिन् तिनी धन्यकी हुन् ... जुन तिनलाई परमप्रभुबाट बताइएको थियो

एलीशिबाले मरियमको बारेमा मरियमसँग कुरा गर्दै थिइन् । वैकल्पिक अनुवादः “तिमी धन्यकी हौ जसले विश्‍वास गर्‍यौ ... जुन तिमीलाई परमप्रभुबाट बताइएको थियो”

तिनी धन्यकी हुन् जसले विश्‍वास गरिन्

कर्म वाच्यको क्रियापदलाई कर्तृ वाच्यको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिनलाई आशिष् दिनुहुनेछ किनभने तिनले विश्‍वास गरिन्”

त्यहाँ बताइएका कुराहरूको पूर्ति हुनेछ

“यी कुराहरू वास्तवमै हुने छन्” वा “यी कुराहरू सत्य हुन आउने छन्”

जुन कुराहरू तिनलाई परमप्रभुद्वारा भनिएको थियो

यहाँ “द्वारा”को साटोमा “बाट” शब्द प्रयोग गरिएको छ किनभने ती गब्रिएल स्वर्गदूत थिए जसले बोलेको मरियमले वास्तवमा सुनिन्

Luke 1:46

सामान्य जानकारीः

मरियमले तिनको उद्धारकर्ता प्रभुको लागि प्रशंसाको गीत गाउन थाल्छिन् ।

मेरो प्राणले प्रशंसा गर्दछ

“प्राण” शब्दले व्यक्तिको आत्मिक पाटोलाई जनाउँछ । तिनले भनिरहेकी छिन् कि तिनको आराधना तिनको अन्तस्करणबाट आउँछ । वैकल्‍पिक अनुवादः “मेरो भित्री व्यक्तित्वले प्रशंसा गर्दछ” वा “म प्रशंसा गर्छु”

Luke 1:47

मेरो आत्माले आनन्द मनाएको छ

“प्राण” र “आत्मा” दुवैले व्यक्तिको आत्मिक पाटोलाई जनाउँछ । मरियमले भनिरहेकी छिन् कि तिनको आराधना तिनको भित्री अन्तस्करणबाट आउँछ । वैकल्पिक अनुवादः “मेरो हृदयले आनन्द मनाएको छ” वा “म आनन्द मनाउँछु”

आनन्द मनाएको छ

“धेरै आनन्दित भएको महसुस गर्छ” वा “धेरै खुसी भएको छ”

परमेश्‍वर मेरो उद्धारक

“मलाई बचाउनुहुने परमेश्‍वर” वा “परमेश्‍वर जसले मलाई बचाउनुहुन्छ”

Luke 1:48

किनकि उहाँले ... हेर्नुभएको छ

“यो किनभने उहाँ”

उहाँले हेर्नुभएको छ

“वास्तासहित हेर्नुभयो” वा “वास्ता गर्नुभएको छ”

नीच अवस्था

“दरिद्रता ।” मरियमको परिवार धनी थिएन ।

किनभने हेर

यो वाक्यांशले निम्न कथनमा ध्यान केन्द्रित गराउँछ ।

अहिलेबाट

“अहिले र भविष्यमा”

सबै पुस्ताहरू

“सबै पुस्ताहरूमा भएका मानिसहरू”

Luke 1:49

सर्वशक्तिमान्‌

“परमेश्‍वर, जो शक्तिशाली हुनुहुन्छ”

उहाँको नाउँ

यहाँ “नाउँ” ले परमेश्‍वरको समग्र व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँ”

Luke 1:50

उहाँको दया

“परमेश्‍वरको कृपा”

पुस्तादेखि पुस्तासम्म हो

“एउटा पुस्तादेखि अर्को पुस्तासम्म” वा “हरेक पुस्ता भरी” वा “हरेक समयका मानिसहरूलाई”

Luke 1:51

उहाँका बाहुलीद्वारा शक्तिशाली कार्यहरू गर्नुभएको छ

यहाँ “उहाँको बाहुली” एक प्रतिस्थापन शब्द हो जसले परमेश्‍वरको शक्तिको अर्थ दिन्छ । वैकल्‍पिक अनुवादः “उहाँ धेरै शक्तिलाई हुनुहुन्छ भनेर देखाउनुभएको छ”

तितरबितर पार्नुभएको छ ... तिनीहरूका हृदयहरू

“... तिनीहरूलाई तुल्याउनुभएको छ ... हृदयहरूलाई विभिन्‍न दिशातिर भगाउनु”

जो तिनीहरूका हृदयहरूका विचारहरूमा घमण्‍डी थिए

यहाँ “हृदयहरू” मानिसहरूका भित्री व्यक्तित्त्वको लागि एक प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “जो तिनीहरूका विचारहरूमा घमण्‍डी थिए” वा “जो घमण्‍डी थिए”

Luke 1:52

उहाँले राजकुमारहरूलाई तिनीहरूका सिंहासनबाट खसाल्नुभएको छ

सिंहासन राजा बस्‍ने एउटा कुर्सी हो, र यो उनको अधिकारको एउटा चिन्ह हो । राजालाई उनको सिंहासनबाट निकालियो भने उनीसँग राजाको रूपमा शासन गर्ने अधिकार हुँदैन भन्‍ने हो । वैकल्पिक अनुवादः “उहाँले राजाहरूका अधिकार खोस्‍नुभएको छ” वा “उहाँले शासकहरूलाई शासन गर्न रोक्‍नुभएको छ”

उहाँले तल्लो अवस्थामा भएकाहरूलाई उठाउनुभएको छ

यो शब्द चित्रमा महत्त्वपूर्ण मानिसहरू कम महत्त्वपूर्ण मानिसहरूभन्दा उच्‍च मानिसहरू हुन् । वैकल्पिक अनुवादः “दरिद्रहरूलाई महत्त्वपूर्ण मानिसहरू बनाउनुभएको छ” वा “अरूले इज्जत नदिएका मानिसहरूलाई इज्जत दिनुभएको छ ।”

तल्लो अवस्थाकाहरू

“दरिद्रतामा ।” तपाईंले यसलाई लूका १:४८ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

Luke 1:53

उहाँले भोकाहरूलाई खुवाउनुभएको छ ... धनीलाई उहाँले रित्तै पठाउनुभएको छ

यदि सम्भव छ भने यी दुई विपरीत कार्यहरूको बीचमा भएको भिन्‍नतालाई अनुवादमा प्रस्‍ट बनाउनुपर्छ ।

भोकाहरूलाई असल थोकहरूले भरिदिनुहुन्छ

सम्भावित अर्थहरू हुन् १) “भोकाहरूलाई खानलाई असल खानेकुराहरू दिनुभएको छ ।” वा २) “खाँचोमा परेकाहरूलाई असल थोकहरू दिनुभएको छ ।”

Luke 1:54

सामान्य जानकारीः

इस्राएलको बारेमा भएको जानकारीलाई एकसाथ राख्‍नलाई यूएसटीले यी पदहरूलाई पदको पुल हुने गरेर पुनः मिलाउँदछ ।

उहाँले सहायता दिनुभएको छ

“परमप्रभुले सहायता गर्नुभएको छ ।”

आफ्नो दास इस्राएल

यदि पाठकहरू यसमा इस्राएल भन्‍ने नाम भएको मानिससँग अलमलिन्छन् भने वैकल्पिक अनुवादः “उहाँको दास, इस्राएल जाति” वा “इस्राएलीहरू, जो उहाँका दासहरू हुन् ।”

सम्झँदै

परमेश्‍वरले भुल्न सक्‍नुहुन्‍न । जब परमेश्‍वरले “सम्झनुहुन्छ”, यो एउटा उपमा हो जसको अर्थ हो कि परमेश्‍वर उहाँको अघिल्‍लो प्रतिज्ञामा काम गर्नुहुन्छ ।

Luke 1:55

उहाँले हाम्रा पूर्खाहरूलाई भनेजस्तै

“उहाँले हाम्रा पूर्खाहरूसँग गर्छु भनी प्रतिज्ञा गर्नुभएजस्तै ।” यो वाक्यांशले अब्राहामलाई गरिएको परमेश्‍वरको प्रतिज्ञाको बारेमा पृष्‍ठभूमि जानकारी दिन्छ । वैकल्पिक अनुवादः “किनभने उहाँले हाम्रा पूर्खाहरूसँग उहाँ कृपालु हुनेछु भनी प्रतिज्ञा गर्नुभयो ।”

उनका वंशहरू

“अब्राहामका सन्तानहरू”

Luke 1:56

जोड्ने कथनः

एलीशिबाले तिनको बच्चा जन्माउँछिन् र जकरियाले तिनीहरूको बच्चाको नाउँ राख्छन् ।

तब आफ्नो घरमा फर्किन्

“मरियम तिनको (मरियमको) घरमा फर्किन् ।” वा “मरियम आफ्नै घरमा फर्किन्”

Luke 1:57

अब

यो शब्दले कथामा अर्को घटनाको सुरूवातलाई अङ्कित गर्दछ ।

तिनको बालक जन्माउन

“तिनको बालकलाई जन्म दिन”

Luke 1:58

तिनका छिमेकी र नातेदारहरू

“एलीशिबाका छिमेकीहरू र नातेदारहरू”

उहाँले ठूलो दया तिनलाई देखाउनुभएको

“तिनीप्रति कति दयालु हुनुभएको”

Luke 1:59

अब यस्तो भयो

यो वाक्यांशलाई यहाँ कथाको प्रमुख बहावमा रोकावट आएको कुरालाई अङ्कित गर्न प्रयोग गरिएको छ । यहाँ लूका कथाको एउटा नयाँ भाग बताउन थाल्छन् ।

आठौँ दिनमा

यहाँ “आठौं दिन”ले बच्चाको जन्म भएपछिको समयलाई जनाउँछ, जुन पहिलो दिनबाट गन्ती हुन्छ, जुन ऊ जन्मेको दिन हो । वैकल्पिक अनुवादः “बालकको जीवनको आठौँ दिनमा”

तिनीहरू बालकको खतना गर्न आए

यो प्राय एउटा उत्सव हुन्थ्यो जब एक जनाले बालकको खतना गर्थे र अरूहरू परिवारसँगै उत्सव मनाउनलाई त्यहाँ उपस्थित हुन्थे । वैकल्‍पिक अनुवादः “तिनीहरू बालकको खतनाको उत्सवको लागि आए”

तिनीहरूले उनलाई नाउँ दिने थिए

“तिनीहरू उनको नाम राख्‍न गइरहेका थिए” वा “तिनीहरूले उनको नाम राख्‍न चाहे”

आफ्ना पिताको नाउँबाट

“उनका बुबाको नाम”

Luke 1:61

यो नाउँबाट

“त्यो नामद्वारा” वा “उहि नामद्वारा”

Luke 1:62

तिनीहरूले इशाराहरू गरे

यसले ती मानिसहरूलाई जनाउँछ जो खतनाको उत्सवको लागि त्यहाँ थिए ।

तिनीहरूले इशाराहरू गरे

“हात हल्‍लाए ।” कि त जकरिया सुन्न, र साथसाथै बोल्‍न असमर्थ थिए, वा मानिसहरूले सोचे कि उनले सुन्न सक्दैनन् ।

उनको बुबालाई

“बालकका बुबालाई”

बालकको नाउँ के राख्‍न चाहेका छन् भनेर तिनलाई सोधे

“जकरियाले बालकको नाम के राखेको चाहन्थे”

Luke 1:63

उनको बुबाले एउटा लेख्ने पाटी मागे

जकरियाले बोल्‍न नसकको कारण, उनले कसरी “मागे” भनेर बताउन सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “उनलाई तिनीहरूले लेख्‍ने पाटी दिएको चाहन्छन् भनेर मानिसहरूलाई देखाउन उनले हातले इसारा गरेको हुनुपर्छ”

लेख्‍ने पाटी

“जसमाथि केही कुरा लेख्‍न सकिन्छ”

तिनीहरू धेरै अचम्मित भए

छक्क परेका वा चकित भएका

Luke 1:64

उनको मुख खुल्यो र जिब्रोको बन्धन टुट्यो

यी शब्दहरूको चित्रले उनी अचानक बोल्न सक्षम भए भन्‍ने कुरालाई जोड दिन्छ ।

उनको मुख खुल्यो र जिब्रोको बन्धन टुट्यो

यी वाक्यांशहरूलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले उनको मुख खोल्नुभयो र उनको जिब्रोको बन्धन टुटाइदिनुभयो”

Luke 1:65

तिनीहरूका वरिपरि बस्‍नेहरूको बीचमा भय उत्पन्‍न भयो

“जकरिया र एलीशिबाको वरिपरि बस्नेहरू सबै डराएका थिए ।” तिनीहरू किन भयभीत थिए भनेर स्पष्‍ट रूपमा बताउनु सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “जकरियालाई गर्नुभएको कुराको कारण तिनीहरूका वरिपरि बस्‍नेहरू सबै परमेश्‍वरको भयमा थिए”

सबै जसले यी कुराहरू सुने

यहाँ “सबैजना” शब्द सामान्यकरण हो । वैकल्पिक अनुवादः “उनीहरू जो तिनीहरूको वरिपरि बस्थे” वा “त्यो क्षेत्रमा बस्‍ने धेरैजना”

त्यहाँ भएका कुराहरू यहूदियाको सम्पूर्ण पहाडी गाउँभरी फैलियो

“यी कुराहरू फैलियो” भन्‍ने वाक्यांश मानिसहरूले ती बारेमा कुरा गरेको लागि एक अलङ्कार हो । यहाँ भएको कर्म वाच्यको क्रियापदलाई कर्तृ वाच्यको रूपमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यी सबै कुराहरूको बारेमा यहूदियाको सारा पहाडी गाउँभरी मानिसहरूद्वारा कुरा गरियो” वा “यी सबै कुराहरूको बारेमा यहूदियाको पहाडी गाउँभरीका मानिसहरूले कुरा गरे”

Luke 1:66

सबै जसले यी कुराहरू सुने

“यी कुराहरूका बारेमा सुन्‍ने सबैले”

तिनीहरूका हृदयमा राखे

घटेका कुराहरूको बारेमा धेरै सोच्नुलाई ती कुराहरू तिनीहरूका हृदयमा सुरक्षितसाथ सञ्‍चय गरेको जसरी बताइएको छ । वैकल्‍पिक अनुवादः “यी विषयहरूको बारेमा होशियारीका साथ सोचे” वा “यी घटनाहरूको बारेमा धेरै सोचे”

तिनीहरूका हृदयहरूमा भन्दै

“हृदयहरू । तिनीहरूले सोधे”

अब यो बालक कस्तो हुनेछ ?

“यी बालक बढेर कस्तो किसिमको ठूलो व्यक्ति हुने होलान् ?” यो प्रश्‍न ती बालकबारे मानिसहरूले जे सुनेका थिए त्यसको बारेमा तिनीहरूको आश्‍चर्यलाई प्रकट गर्छ कथन हुन पनि सम्भव छ । वैकल्पिक अनुवादः “ बालक कति ठूलो मानिस हुने होलान् !”

परमप्रभुको हात तिनीसँग थियो

पदावली “परमप्रभुको हात”ले परमप्रभुको शक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमप्रभुको शक्ति उनीसँग थियो” वा “परमप्रभुले उनीभित्र शक्तिशाली ढङगमा काम गरिरहनुभएको थियो”

Luke 1:67

जोड्ने कथनः

जकरियाले उनको छोरो यूहन्‍नालाई के हुनेछ भनेर बताउँछन् ।

उनको बुबा उनको बाबु जकरिया पवित्र आत्माले भरिए र अगमवाणी गरे

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “पवित्र आत्माले उनका बाबु जकरियालाई भर्नुभयो, र जकरियाले अगमवाणी गरे”

उनको बुबा

यूहन्‍नाको बुबा

भन्दै, अगमवाणी गरे

तपाईंको भाषामा प्रत्यक्ष कथनलाई उल्लेख गर्ने स्वाभाविक शैलीबारे विचार गर्नुहोस् । वैकल्पिक अनुवादः “अगमवाणी गरे र भने” वा “र अगमवाणी गरे र उनले यसो भने”

Luke 1:68

इस्राएलका परमेश्‍वर

“इस्राएल”ले यहाँ इस्राएलको जातिलाई जनाउँछ । परमेश्‍वर र इस्राएलको बीचमा भएको सम्बन्धलाई स्पष्‍ट रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “इस्राएलमाथि शासन गर्नुहुने परमेश्‍वर” वा “इस्राएलले आराधना गर्ने परमेश्‍वर”

उहाँका मानिसहरू

“परमेश्‍वरका मानिसहरू”

Luke 1:69

उहाँले हाम्रो लागि एउटा उद्धारको सिङलाई उठाउनुभएको छ

जनावरको सिङ चाहिँ त्यसको आफ्‍नै रक्षा गर्नलाई भएको त्यसको शक्तिको प्रतिक हो । यहाँ उठाउनु भनेको अस्तित्वमा ल्याउनु वा काम गर्न समर्थ बनाउनु हो । मसिहको बारेमा यसरी बताइएको छ मानौँ उहाँ एक सिङ हुनुहुन्छ जससँग इस्राएललाई बचाउने शक्ति छ । वैकल्‍पिक अनुवादः “उहाँले हामीकहाँ हामीलाई बचाउने शक्तिको साथमा कोही व्यक्तिलाई ल्याउनुभएको छ”

उहाँको दास दाऊदको घरमा

यहाँ दाऊदको “घर”ले उनको परिवार, र विशेषगरी उनका सन्तानहरूलाई प्रतिनिधित्व गर्दछ । वैकल्‍पिक अनुवादः “उहाँको दास दाऊदको परिवारमा” वा “जो उहाँको दास दाऊदको सन्तान हो”

Luke 1:70

उहाँले बोल्नुभए झैँ

“ठीक जसरी परमेश्‍वरले बताउनुभयो”

धेरै लामो समय अगाडि उहाँका पवित्र अगमवक्ताहरूका मुखद्वारा उहाँ बोल्नुभयो

जब परमेश्‍वर अगमवक्ताहरूद्वारा बोल्नुभयो, तिनीहरूले आफ्नै बोली प्रयोग गरे तापनि तिनीहरूले जे बोलेको परमेश्‍वरले चाहनुभयो, तिनीहरूलाई त्यहि बोल्न सक्षम तुल्याइए । वैकल्पिक अनुवादः “धेरै लामो समय अगाडि भएका उहाँका पवित्र अगमवक्ताहरूलाई उहाँले बोल्न लगाउनुयो”

Luke 1:71

हाम्रा शत्रुहरूबाट मुक्ति

भाववाचक नामहरू “मुक्ति”लाई “बचाउनु” वा “उद्धार गर्नु” क्रियापदहरूसँग व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ ... प्राचीन कालदेखि नै ... ।) उहाँले हाम्रा शत्रुहरूबाट हामीलाई बचाउनुहुनेछ”

हाम्रा शत्रुहरू ... सबै जसले हामीलाई घृणा गर्छन्

यी दुई वाक्यांशहरूले मूलभूत रूपमा उही अर्थ दिन्छन् र उनीहरूका शत्रुहरू कति कडासँग उनीहरूको विरूद्धमा छन् भनेर जोड दिनलाई दोहोर्‍याइएका छन् ।

हात

हात शक्तिको लागि एक प्रतिस्थापन शब्द हो जुन कुनै व्यक्तिले हातले अभ्यास गर्नलाई प्रयोग गर्छ । वैकल्‍पिक अनुवादः “शक्ति” वा “नियन्त्रण”

Luke 1:72

... लाई दया प्रकट गर्न

“दयालु हुनु” वा “उहाँको दयाबमोजिम गर्नु”

स्मरण गर्नु

यहाँ “स्मरण गर्नु” को अर्थ प्रतिबद्धता पालन गर्नु वा कुनै कुरा पूरा गर्नु भन्‍ने हुन्छ ।

Luke 1:73

उहाँले गर्नुभएको प्रतिज्ञा

यी शब्दहरूले “उहाँको पवित्र करार”लाई जनाउँछन् (पद ७२) ।

हामीलाई प्रदान गर्न

“हाम्रो लागि यसलाई सम्भव तुल्याउन”

Luke 1:74

कि हामी, हाम्रा शत्रुहरूको हातबाट छुटकारा पाएर, उहाँलाई बिना डर सेवा गर्न सकौँ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कि उहाँले हामीलाई हाम्रा शत्रुहरूको हातबाट उद्धार गरिसक्‍नु भएपछि हामी निडर भएर उहाँको सेवा गरौँ”

हाम्रा शत्रुहरूका हातबाट

यहाँ “हात” ले एउटा व्यक्तिले अर्कोमाथि गर्ने नियन्त्रण वा शक्तिलाई जनाउँछ । यसलाई प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हाम्रा शत्रुहरूको नियन्त्रणबाट”

बिना डर

यसले तिनीहरूका शत्रुहरूको डरलाई नै जनाउँदछ । वैकल्‍पिक अनुवादः “हाम्रा शत्रुहरूसँग नडराइकन”

Luke 1:75

पवित्रता र धार्मिकतामा

भाववाचक नामहरू “पवित्रता” र “धार्मिकता”लाई हटाउन यसलाई पुनः व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) हामी पवित्र र धार्मिक तरिकाहरूमा परमेश्‍वरको सेवा गर्न सकौँ । वैकल्पिक अनुवादः “जे पवित्र र धार्मिक छ सोहि गर्दै” वा २) हामी धर्मी र पवित्र होऔँ । वैकल्‍पिक अनुवादः “पवित्र र धर्मी भएर”

उहाँको सम्मुख

यो एउटा उपमा हो जसको अर्थ “उहाँको उपस्थितिमा” भन्‍ने हुन्छ ।

Luke 1:76

र वास्तवमा, तिमी

जकरियाले उनको छोरालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्न सुरु गर्न यो पदावली प्रयोग गर्छन् । तपाईंको भाषामा प्रत्यक्ष भनाइको लागि तपाईंसँग समान तरिका हुन सक्छ ।

तिमी, बालक, अगमवक्ता कहलाइनेछौ

मानिसहरूले उनी अगमवक्ता हुन् भनी थाहा पाउनेछन् । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले तिमी अगमवक्ता हौ भनी चिन्‍नेछन् ।”

सर्वोच्‍चको

यी शब्दहरू परमेश्‍वरको लागि नम्र शब्दहरू हुन् । वैकल्पिक अनुवादः “जसले सर्वोच्‍चको सेवा गर्छन्” वा “जसले सर्वोच्‍च परमेश्‍वरको निम्ति बोल्छन्”

तिमी प्रभुको अगि जानेछौ

प्रभु आउनभन्दा अगाडि, तिनी जानेछन् र मानिसहरूलाई घोषणा गर्नेछन् कि प्रभु तिनीहरूकहाँ आउनुहुनेछ । तपाईंले यसलाई लुका १:१७ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

प्रभुको अगाडि

कसैको “मुहार अगाडि” एउटा उपमा हुन सक्छ जसले त्यो व्यक्तिको उपस्थितिलाई जनाउँछ । यसलाई कहिलेकाहीँ अनुवादमा हटाइन्छ । वैकल्‍पिक अनुवादः “प्रभु” तपाईंले यसलाई [लुका १:१७]

उहाँका मार्गहरू तयार गर्न

यो एउटा अलङ्कार हो जसको अर्थ हो कि यूहन्नाले मानिसहरूलाई प्रभुको सन्देश सुन्न र विश्‍वास गर्न तयार गर्नेछन् ।

Luke 1:77

मुक्तिको ज्ञान दिन ... तिनीहरूका पापहरूको क्षमाद्वारा

“ज्ञान दिन” भन्ने वाक्यांश शिक्षाको लागि एक अलङ्कार हो । भाववाचक नाउँहरू “मुक्ति” र “क्षमा”लाई “बचाउनु”" र “क्षमा दिनु” क्रियापदहरूसँग व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उहाँका मानिसहरूलाई तिनीहरूका पापहरूको क्षमाद्वारा उद्धारको शिक्षा दिन” वा “उहाँका मानिसहरूलाई तिनीहरूका पापहरू क्षमा गर्नुभएर कसरी परमेश्‍वरले मानिसहरूलाई बचाउनुहुन्छ भनेर सिकाउन”

Luke 1:78

परमेश्‍वरको कोमल कृपाको कारणले

यो देखाउन सहयोगी हुन सक्छ कि परमेश्‍वरको कृपाले मानिसहरूलाई मद्दत गर्दछ । वैकल्पिक अनुवादः “किनभने परमेश्‍वर हामीप्रति दयालु र कृपालु हुनुहुन्छ ।”

माथिबाट सूर्योदय

ज्योति धेरैपटक सत्यताको लागि एउटा अलङ्कार हो । यहाँ, मुक्तिदाताले प्रदान गर्नुहुने आत्मिक सत्यता चाहिँ पृथ्वीलाई उज्यालो पार्ने सूर्योदय भए झैँ गरी बताइएको छ ।

Luke 1:79

चम्कन

ज्योति धेरैपटक सत्यताको लागि एउटा अलङ्कार हो । यहाँ, मुक्तिदाताले प्रदान गर्नुहुने आत्मिक सत्यता चाहिँ पृथ्वीलाई उज्यालो पार्ने सूर्योदय भए झैँ गरी बताइएको छ

चम्कन

“… लाई उहाँले ज्ञान दिनुहुनेछ” वा “… लाई उहाँले आत्मिक प्रकाश दिनुहुनेछ”

अन्धकारको छायाँमा बस्‍ने मानिसहरू

यहाँ अन्धकार आत्मिक सत्यताको अनुपस्थितिको लागि एउटा अलङ्कार हो । यहाँ, आत्मिक सत्यताको अभाव भएका मानिसहरू चाहिँ तिनीहरू अन्धकारमा बसिरहेको झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “सत्यता नजान्‍ने मानिसहरू”

अन्धकारमा र मृत्युको छाँयामा

यी दुई वाक्यांशहरूले परमेश्‍वरले कृपा देखाउनु अघिको तिनीहरूको गहिरो आत्मिक अन्धकारलाई जोड दिन एकसाथ काम गर्दछन् ।

मृत्युको छायाँमा

धेरैपटक छाँयाले हुन लागेको केही कुरालाई प्रतिनिधित्व गर्छ । यहाँ, यसले नजिकिँदै गरेको मृत्युलाई जनाउँछ । वैकल्पिक अनुवादः “जो मर्न लागेका छन्”

हाम्रा खुट्टाहरूलाई शान्तिको मार्गतिर डोर्‍याउन

यहाँ “डोहोर्‍याउन” भनेको शिक्षाको लागि एउटा अलङ्कार हो, र “शान्तिको मार्ग” चाहिँ परमेश्‍वरसँग शान्तिमा जिउने कुराको लागि भएको अलङ्कार हो । यहाँ “हाम्रा पाउहरू” एक प्रतिस्थापकीय शब्द हो जसले सम्पूर्ण व्यक्तिलाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरसित कसरी शान्तिमा जिउने भनेर हामीलाई सिकाउन”

Luke 1:80

सामान्य जानकारीः

यसले यूहन्‍नाको हुर्किँदाखेरीको वर्षहरूको बारेमा संक्षिप्‍तमा बताउँछ ।

अब

यो शब्दलाई यहाँ कथाको प्रमुख बहावमा आएको रोकावटलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यूहन्नाको जन्मबाट एक वयस्क व्यक्तिको रूपमा उनको सेवकाइको थालनीमा लूका तुरुन्तै सर्छन् ।

आत्मामा बलियो भए

“आत्मिक रूपमा परिपक्‍व भए” वा “परमेश्‍वरसँगको उनको सम्बन्धमा बलियो भए”

उजाड-स्‍थानमा थिए

“उजाड-स्‍थानमा बस्‍थे ।” लूकाले यूहन्ना कति उमेरदेखि उजाडस्थानमा बस्न थाले भन्ने कुरा बताउँदैनन् ।

... नभएसम्म

यसले कुनै रोक्‍ने विन्दुलाई नै अङ्कित गर्छ भन्‍ने केही जरूरी छैन । यूहन्‍नाले सार्वजनिक रूपमा प्रचार गर्न थालिसकेपछि पनि उनले मरुभूमिमा बस्न निरन्तरता दिए ।

उनी सबै मानिसहरूको माझमा प्रकट हुने दिन

“जब उनले सार्वजनिक रूपमा प्रचार गर्न थाले”

त्यो दिन

यसलाई यहाँ “समय” वा “अवसर”को सामान्य बुझाइमा प्रयोग गरिएको छ ।


Translation Questions

Luke 1:1

लूकाले उल्लिखित गरेका “प्रत्यक्षदर्शी” हरू को थिए ?

ती “प्रत्यक्षदर्शी” हरू ती मानिसहरू थिए जो येशूसँग उहाँको सेवा-कार्यमा सुरुदेखि नै सँगै थिए । [१:१-२]

Luke 1:2

केही प्रत्यक्षदर्शीहरूले येशूले गरेका कामहरू देखेपछि के गरे ?

येशूले जे गर्नुभएको थियो त्यसको बारेमा कथा लेखे वा त्यसको अभिलेख राखे । [१:२]

Luke 1:4

येशूले जे भन्‍नुभयो र गर्नुभयो त्यसलाई लूकाले किन आफ्नै अभिलेखमा लेख्‍ने निर्णय गरे ?

उनले सिकाएका सत्य शिक्षाको बारेमा थियोफिलसले जानेको उनी चाहन्थे । [१:४]

Luke 1:6

किन परमेश्‍वरले जकरिया र एलीशिबालाई धार्मिक हुन् भनी विचार गर्नुभयो ?

परमेश्‍वरले तिनीहरूलाई धार्मिक हुन् भनी विचार गर्नुभयो, किनकि तिनीहरूले परमेश्‍वरका आज्ञाहरू पालन गर्थे । [१:६]

Luke 1:7

किन जकरिया र एलीशिबाका छोराछोरीहरू थिएनन् ?

तिनीहरूसँग छोराछोरीहरू थिएनन्, किनकि एलीशिबा बालक जन्माउँन असक्षम थिइन् । अहिले तिनी र जकरिया निकै वृद्ध भइसकेका थिए । [१:७]

Luke 1:8

जकरियाले यरूशलेमको मन्दिरमा के काम गर्दै थिए ?

जकरियाले पुजारीको रूपमा सेवा गरिरहेका थिए । [१:८]

Luke 1:9

जकरियाले मन्दिरमा के गर्थे ?

उनले परमेश्‍वरलाई धूप बाल्ने काम गर्थे । [१:९]

Luke 1:10

जकरिया मन्दिरमा हुँदा मानिसहरूले के गर्थे ?

मानिसहरू बाहिर चोकमा बस्थे र प्रार्थना गरिरहन्थे । [१:१०]

Luke 1:11

जकरिया मन्दिरमा हुँदा को देखा परे ?

जकरिया मन्दिरमा हुँदा एक जना परमप्रभुका दूत देखा परे । [१:११]

Luke 1:12

स्वर्गदूतलाई देख्दा जकरियाले कस्तो प्रतिक्रिया दिए ?

जब जकरियाले स्वर्ग्दूतलाई देखे, उनी साह्रै भयभीत भए । [१:१२]

Luke 1:13

जकरियालाई स्वर्गदूतले के भने ?

स्वर्गदूतले जकरियालाई नडराउन भने र उनकी पत्‍नी एलीशिबाको एउटा छोरा हुने थियो र तिनको छोराको नाउँ यूहन्‍ना राखिने थियो भने । [१:१३]

Luke 1:16

इस्राएलका छोराहरूलाई यूहन्‍नाले के गर्ने थिए भनी स्वर्गदूतले भने ?

स्वर्गदूतले यूहन्‍नालाई इस्राएलका छोराहरूलाई परमप्रभु तिनीहरूका परमेश्‍वरतिर फर्काउने थिए भने । [१:१६]

Luke 1:17

यूहन्‍नाका सबै कामले कस्ता मानिसहरूलाई तयार पार्नेछन् ?

परमप्रभुका निम्ति एउटा जाति तयार पार्नेछन् । [१:१७]

Luke 1:19

स्वर्गदूतको नाउँ के थियो र सामान्यतया उनी कहाँ बस्थे ?

स्वर्गदूतको नाउँ गब्रिएल थियो र सामान्यतया उनी परमेश्‍वरको उपस्थितिमा उभिन्थे । [१:१९]

Luke 1:21

जकरियाले स्वर्गदूतको वचनलाई विश्‍वास नगरेकाले उनलाई के हुने थियो भनी स्वर्गदूतले भने ?

बालक नजन्मिएसम्म जकरियाले बोल्न सक्‍ने थिएनन् । [१:२१]

Luke 1:27

एलीशिबाको गर्भधारण भएको छैटौँ महिनापछि परमेश्‍वरले गाब्रिएललाई कसकहाँ पठाउनुभयो ?

मरियम नाउँ गरेकी कन्याकहाँ पठाउनुभयो जसको दाऊद वंशका योसेफसँग मगनी भएको थियो । [१:२७]

Luke 1:31

मरियमलाई के हुने थियो भनी स्वर्गदूतले भने ?

स्वर्गदूतले मरियम गर्भवती हुने थिइन् भने । [१:३१]

Luke 1:33

बालकको नाउँ के राखिने थियो र उनले के गर्ने थिए ?

बालकको नाउँ येशू राखिने थियो र उहाँले सदासर्वदा कहिल्यै अन्त्य नहुने गरी याकूबको सन्तानमाथि राज्य गर्नुहुनेछ । [१:३३]

Luke 1:35

मरियम कन्या भएकी कारणले गर्दा स्वर्गदूतले के हुने थियो भने ?

स्वर्गदूतले भने कि मरियममाथि पवित्र आत्मा आउनुहुने थियो र सर्वोच्‍चका शक्‍तिले उनलाई ढाक्‍नुहुने थियो । [१:३५]

यी पवित्र बालक कसका छोरा हुने थियो भनी स्वर्गदूतले भने ?

ती बालक परमेश्‍वरका पुत्र कहलाइनुहुने थियो भनी स्वर्गदूतले भने । [१:३५]

परमेश्‍वरका लागि के असम्भव छ भनी स्वर्गदूतले भने ?

केही छैन । [१:३५]

Luke 1:41

जब मरियमले एलीशिबालाई सम्बोधन गरिन्, तब एलीशिबाको बालकले के गर्‍यो ?

त्यो बालक आनन्दले उनको गर्भमा उफ्रियो । [१:४१]

Luke 1:42

एलीशिबाले को अशिषित छन् भनिन् ?

एलीशिबाले मरियम र उनको बालक आशिषित छन् भनिन् । [१:४२]

Luke 1:54

त्यसपछि मरियमले परमेश्‍वरका यी शक्‍तिशाली कार्यहरू परमेश्‍वरद्वारा गर्नुभएका कुन प्रतिज्ञाहरूद्वारा पुरा हुनेछन् भनिन् ?

यी शक्‍तिशाली कार्यहरू अब्राहाम र उनका सन्तानलाई कृपा देखाउन र तिनीहरूलाई सहायता गर्न परमेश्‍वरले गर्नुभएका प्रतिज्ञाहरू पुरा हुनेछन् । [१:५४]

Luke 1:59

खतनाको दिनमा एलीशिबाका छोरालाई सामान्यता के नाउँ राख्‍न खोजिएको थियो ?

जकरिया । [१:५९]

Luke 1:63

बालकको नाउँ के हुने थियो भनेपछि जकरियाले के लेखे, अनि जकरियालाई के भयो ?

“तिनको नाउँ यूहन्‍ना हो” भनेर जकरियाले लेखे । [१:६३]

Luke 1:64

बालकको नाउँ लेख्‍नासाथ तुरुन्तै जकरियालाई के भयो ?

बालकको नाउँ लेख्‍नासाथ तुरुन्तै जकरियाले बोले र परमेश्‍वरको प्रशंसा गरे । [१:६४]

Luke 1:66

यी सबै घटनाका कारण त्यस बालकको बारेमा हरेकले के महसुस गर्‍यो ?

उनीहरूले परमप्रभुको हात तिनीमाथि रहेको महसुस गरे । [१:६६]

Luke 1:68

जकरियाले परमेश्‍वरको प्रशंसा गरेको कारण के हुनको लागि बाटो बनाउन परमेश्‍वर अहिले आउनुभएको छ ?

परमेश्‍वरले अहिले उहाँका जातिलाई छुटकारा दिन एउटा बाटो बनाउनुभएको छ । [१:६८]

Luke 1:77

उनका बालक यूहन्‍नाले मानिसहरूलाई के जान्‍नलाई सहायता गर्नेछन् भनी जकरियाले अगमवाणी गरे ?

कसरी तिनीहरू पापदेखी बाँच्न सक्छन् भन्‍ने कुरा यूहन्‍नाले मानिसहरूलाई थाहा गर्न सहायता गर्नेछन् । [१:७७]

Luke 1:80

मानिसहरूका बिचमा देखा पर्न सुरु गर्नुअगि यूहन्‍ना कहाँ हुर्केका र बसेका थिए ?

यूहन्‍ना उजाड-स्थानमा नै हुर्के र बसे । [१:८०]


Chapter 2

1 ती दिनहरूमा कैसर अगस्टसले जगत‍्मा बसोबास गर्ने सारा मानिसहरूको जनगणना गर्नू भनी उर्दी जारी गरे । 2 कुरेनियस सिरियाका हाकिम हुँदा गरिएको यो पहिलो जनगणना थियो । 3 त्यसैले सबै जना जनगणनाको लागि नाउँ दर्ता गर्न आ-आफ्ना सहर गए । 4 योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेम भन्‍ने दाऊदको सहरमा गए, किनभने तिनी दाऊदको घराना र वंशका थिए । 5 तिनी नाउँ दर्ता गर्न मरियमसँगै त्यहाँ गए, जसको मगनी तिनीसँग भएको थियो र जो गर्भवती थिइन् । 6 तिनीहरू त्यहीं छँदा मरियमले बालक जन्माउने समय आयो । 7 उनले आफ्नो पहिलो छोरो जन्माइन्, र उनले उहाँलाई लामो कपडाले बेह्रेर डूँडमा राखिन्, किनभने तिनीहरूका निम्ति पौवामा ठाउँ थिएन । 8 त्यस इलाकामा भएका गोठालाहरू राती आ-आफ्ना बगालको रखवाली गर्दै चौरमा बसिरहेका थिए । 9 परमप्रभुका एउटा दूत तिनीहरूकहाँ देखा परे, र तिनीहरूका वरिपरि परमप्रभुको महिमा चम्‍क्यो, र तिनीहरू साह्रै भयभीत भए । 10 तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने मैले तिमीहरूकहाँ सुसमाचार ल्याएको छु, जसले सबै मानिसहरूमा ठुलो आनन्द ल्याउनेछ । 11 आज तिमीहरूका निम्ति दाऊदको सहरमा एउटा मुक्‍तिदाताको जन्म भएको छ! उहाँ ख्रीष्‍ट प्रभु हुनुहुन्छ! 12 तिमीहरूलाई यो चिन्‍ह दिइनेछ: तिमीहरूले एउटा बालकलाई कपडाले बेह्रेको र डूँडमा सुतिरहेको भेट्टाउनेछौ ।” 13 एक्‍कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा ठुलो दल देखा पर्‍यो र तिनीहरूले यसो भन्‍दै परमेश्‍वरको प्रशंसा गरे, 14 “सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा, र पृथ्वीमा उहाँ प्रसन्‍न हुनुभएका मानिसहरूका बीचमा शान्ति होस् ।" ‍+ केही प्रचीन प्रतिलिपीहरूमा भिन्‍नाभिन्‍दै हिज्जेहरू छन् जसले पद १४ "ख" मा दुई सम्भावित सुझाव दिन्छन्, जसमा दोस्रो बढी रुचाइन्छ । ती सुझावहरू हुन्ः मानिसहरूप्रति सद्‍भाव होस् वा उहाँ (परमेश्‍वर) प्रसन्‍न हुनुभएका मानिसहरूका बीचमा शान्ति होस् । 15 जब स्वर्गदूतहरू तिनीहरूबाट स्वर्ग फर्के, तब गोठालाहरूले एक-अर्कालाई भने, “आओ, हामी बेथलेहेमसम्म जाऔं, र घटेको यो घटना गएर हेरौं जुन परमप्रभुले हामीलाई प्रकट गर्नुभएको छ ।” 16 तिनीहरू हतार-हतार गर्दै त्यहाँ गए, अनि मरियम, योसेफ र डूँडमा सुतिरहेको बालकलाई भेट्टाए । 17 तिनीहरूले उहाँलाई देखेपछि, यस बालकको बारेमा तिनीहरूलाई बताइएका कुरा तिनीहरूले बताए । 18 गोठालाहरूद्वारा भनिएका कुरा सुन्‍नेहरू जति सबै जना आश्‍चर्य चकित भए । 19 तर मरियमले सुनेका यी सबै कुराहरू आफ्नो मनमै राख्दै सोचिरहिन् । 20 गोठालाहरूले आफूहरूलाई भनिएअनुसार आफूहरूले सुनेका र देखेका हरेक कुराका निम्ति परमेश्‍वरलाई महिमा दिंदै र प्रशंसा गर्दै तिनीहरू फर्के । 21 आठौं दिनपछि उहाँको खतना हुँदा उहाँको नाउँ येशू राखियो, जुन नाउँ उहाँ गर्भमा आउनुभन्दा अगि स्वर्गदूतद्वारा उहाँलाई दिइएको थियो । 22 मोशाको व्यवस्थाअनुसार तोकिएका शुद्धिकरणका दिनहरू सकिएपछि, तिनीहरूले उहाँलाई परमप्रभुकहाँ हाजिर गराउन यरूशलेमको मन्दिरमा ल्याए । 23 परमप्रभुको व्यवस्थामा लेखिएझैं “पहिलो जन्मेको प्रत्येक पुरुष परमप्रभुको निम्ति अलग गरिनेछ ।” 24 अनि तिनीहरूले परमप्रभुको व्यवस्थामा भनेअनुसार “एक जोड ढुकुर वा दुईवटा परेवाका बचेरा" बलिदान चढाए ।” 25 हेर, यरूशलेममा एक जना सिमियोन नाउँ गरेका मानिस थिए, र यी मानिस धर्मी र ईश्‍वरभक्‍त थिए । तिनले इस्राएलको सान्त्वनाको प्रतीक्षा गरिरहेका थिए, र पवित्र आत्मा तिनीमाथि हुनुहुन्थ्‍यो । 26 पवित्र आत्माद्वारा तिनलाई यो प्रकट गरिएको थियो कि परमप्रभुका ख्रीष्‍टलाई नदेखेसम्म तिनको मृत्यु हुनेछैन । 27 आत्माको अगुवाइमा शिमियोन मन्दिरभित्र आए । जब व्यवस्था अनुसारको विधि गर्नलाई आमाबुबाले बालक येशूलाई मन्दिरमा ल्याए, 28 तब शिमियोनले उहाँलाई हातमा लिएर परमेश्‍वरको प्रशंसा गरे र तिनले भने, 29 "अब हे परमप्रभु, तपाईंको वचनअनुसार आफ्नो दासलाई शान्‍तिसँग बिदा दिनुहोस् ।" 30 किनकि मेरा आँखाले तपाईंको उद्धारलाई देखेका छन्, 31 जुन तपाईंले सबै मानिसहरूको उपस्थितिमा तयार गर्नुभएको छः 32 अन्यजातिहरूका लागि प्रकाशको निम्ति ज्योति, र इस्राएल, तपाईंका मानिसहरूका लागि महिमा" 33 उहाँका बुबा र आमा 1 उहाँको विषयमा भनिएका कुरामा अचम्मित भए । 34 शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए र उहाँकी आमा मरियमलाई भने, “हेर, यो बालक इस्राएलमा भएका धेरै मानिसहरूको पतन र उत्थानका निम्ति र अस्वीकार गरिएको चिन्‍हको निम्ति नियुक्‍त गरिएको छ— 35 र तरवारले तिम्रो आफ्नै प्राण छेड्नेछ— ताकि धेरैका हृदयका विचारहरू प्रकट होऊन् ।” 36 त्यहाँ एक जना हन्‍ना नामकी अगमवादिनी थिइन् । तिनी आशेर कुलकी फनुएलकी छोरी थिइन् । तिनी धेरै वृद्ध थिइन् । तिनी विवाहपछि सात वर्षसम्म आफ्ना पतिसँग बसेकी थिइन्, 37 अनि तिनी चौरासी वर्ष विधवा नै रहिन् । तिनले मन्दिर कहिल्यै छोडिनन् तर प्रार्थना र उपवास गर्दै दिनरात सेवा गर्दै थिइन् । 38 त्यही समयमा तिनी तिनीहरूका नजिक आइन् र परमेश्‍वरलाई धन्यवाद चढाउन थालिन्, र यरूशलेमको उद्धार पर्खिरहेका हरेकलाई तिनले बालकको बारेमा बताइन् । 39 परमप्रभुको व्यवस्थाले बताएबमोजिम जब तिनीहरूले सबै काम सिद्धयाए, तिनीहरू आफ्नै सहर गालीलको नासरतमा फर्के । 40 बालक बढ्दै, बलियो हुँदै र बुद्धिमा परिपूर्ण हुँदै जानुभयो, र परमेश्‍वरको अनुग्रह उहाँमाथि थियो । 41 उहाँका आमाबुबा निस्तार-चाडको निम्ति हरेक वर्ष यरूशलेम जान्थे । 42 जब उहाँ बाह्र वर्षको हुनुभयो, उहाँहरू सधैंझैं चाडको निम्ति फेरि जानुभयो । 43 चाडको निम्ति पूरै दिनहरू त्यहाँ बसेपछि उहाँहरू घर फर्कन थाल्नुभयो । तर बालक येशू यरूशलेममा नै रहनुभयो, र उहाँका आमाबुबाले त्यो थाहा पाएनन् । 44 तिनीहरूले उहाँ तिनीहरूसँगै यात्रा गर्ने दलमा हुनुहुन्छ भनी ठाने, त्यसैले तिनीहरूले एक दिनको यात्रा गरे । त्यसपछि तिनीहरूले उहाँलाई नातेदार र साथीहरूको बीचमा खोज्‍न थाले । 45 जब तिनीहरूले उहाँलाई भेट्टाएनन्, तिनीहरू यरूशलेममा फर्के र त्यहाँ उहाँलाई खोज्‍न थाले । 46 तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूको बिचमा बसेर तिनीहरूलाई सुन्दै र प्रश्‍न गर्दै गरेको भेट्टाए । 47 जतिले उहाँका कुरा सुने, उहाँको समझशक्‍ति र जवाफमा आश्‍चर्य चकित भए । 48 जब तिनीहरूले उहाँलाई देखे, तब तिनीहरू अचम्मित भए । उहाँकी आमाले उहाँलाई भनिन् “छोरा, तिमीले हामीसँग यस्तो किन गर्‍यौ? हेर! तिम्रा बुबा र मैले कति चिन्तित हुँदै तिमीलाई खोजिरहेका थियौं ।” 49 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तपाईंहरूले मलाई किन खोजिरहनुभएको? म मेरा पिताको घरमा हुनुपर्छ भनेर के तपाईंहरूलाई थाहा थिएन?” 50 तर उहाँले तिनीहरूलाई भन्‍नुभएको कुरा तिनीहरूले बुझेनन् । 51 त्यसपछि उहाँ तिनीहरूसँग आफ्नो घर नासरत फर्कनुभयो र तिनीहरूका आज्ञाकारी भई रहनुभयो । उहाँकी आमाले यी सबै कुरा मनमै राखिन् । 52 तर येशू बुद्धिमा, कदमा र परमेश्‍वर अनि मानिसको निगाहमा निरन्तर बढ्दै जानुभयो ।

1केही प्राचीन ग्रीक प्रतिलिपिहरूमा उहाँका बुबा, योसेफ भनेर खण्डमा राखिएको छ; र केहीमा आमालाई उल्लेख गरिएको छैन । अधिक विश्‍वसनीय प्रतिलिपिहरूमा उहाँका बुबा र आमा छ ।

लूका ०२ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउन कविताको हरेक पङ्क्तिलाई बाँकीको पाठ्यसामग्रीभन्दा दायाँतिर सारेर राख्छन् । यूएलटीले २:१४, २९-३२ मा भएका पङ्क्तिहरूसँग यसो गर्छ ।


Luke 2:1

सामान्य जानकारीः

यसले येशूको जन्मको समयमा मरियम र योसेफ किन ठाउँ सर्नुपरेको थियो भनेर देखाउनलाई पृष्‍ठभूमि जानकारी दिन्छ ।

अब

यो शब्दले कथाको नयाँ भागको सुरुवातलाई अङ्कित गर्छ ।

यस्तो हुन आयो कि

यो वाक्यांशलाई यो कुनै नयाँ विवरणको सुरुवात हो भनेर देखाउनलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा कुनै विवरणको थालनीलाई देखाउने तरिका छ भने, तपाईंले त्यसलाई प्रयोग गर्न सक्‍नुहुन्छ । केही संस्करणहरूले यो वाक्यांशलाई समावेश गर्दैनन् ।

कैसर अगस्टस

“राजा अगस्टस” वा “सम्राट अगस्टस ।” अगस्टस रोमी साम्राज्यको पहिलो सम्राट थिए ।

एउटा उर्दी जारी भयो

यो हुकुम साम्राज्यभर शायद सन्देशवाहकहरूद्वारा पुर्‍याइएको थियो । वैकल्‍पिक अनुवादः “सन्देशवाहकहरूलाई एउटा उर्दी सहित पठाए जसमा उनले ... हुकुम गरे”

संसारमा बस्‍ने सबै मानिसहरूको जनाको जनगणना गर्नू

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले संसारका सबै मानिसलाई दर्ता गरून्” वा “तिनीहरूले संसारमा बस्‍ने सबै मानिसहरूको गणना गरून् र तिनीहरूका नाम लेखून्”

संसार

यहाँ “संसार” शब्दले संसारको केवल त्यस भागलाई मात्र प्रतिनिधित्व गर्छ जसलाई कैसर अगस्टसले शासन गर्थे । वैकल्‍पिक अनुवादः “साम्राज्य” वा “रोमी संसार”

Luke 2:2

कुरेनियस

कुरेनियस सिरियाका शासकको रूपमा नियुक्त गरिएका थिए ।

Luke 2:3

सबै जना गए

“सबैजनाले सुरु गरे” वा “सबैजना गइरहेका थिए”

उनको आफ्नै सहर

यसले ती सहरहरूलाई जनाउँछ जहाँ मानिसहरूका पूर्वजहरू बस्थे । मानिसहरू चाहिँ भिन्‍नै सहरमा बसेका हुन सक्छन् । वैकल्‍पिक अनुवादः “त्यो सहर जहाँ पूर्खाहरू बस्थे”

दर्ता गरिन

“खातामा आफ्नो नाम लेख्‍न लगाउन” वा “आधिकारिक विवरणमा समावेश गरिन”

Luke 2:4

सामान्य जानकारीः

यूएसटीले यी दुई पदहरूलाई पदको एउटा पुल हुने गरेर पुनः मिलाएर राख्दछ ताकि वाक्यहरूलाई छोटो बनाउन थप सजिलो बनोस् ।

योसेफ पनि

यसले योसेफलाई कथामा एउटा नयाँ सहभागीको रूपमा परिचय गराउँछ ।

दाऊदको सहरमा जसलाई बेथलेहेम भनिन्छ

“दाऊदको सहर” भन्‍ने वाक्यांश बेथलेहेमको लागि एउटा नाम थियो जसले बेथलेहेम किन महत्त्वपूर्ण थियो भनेर बताउँछ । हुन त त्यो सानो सहर थियो, राजा दाऊद त्यहीँ जन्मेका थिए र मसिह पनि त्यहीँ नै जन्मनुहुने थियो भनी भविष्यवाणी गरिएको थियो । वैकल्‍पिक अनुवादः “बेथलेहेममा, राजा दाऊदको सहर” वा “बेथलेहेममा, त्यो सहर जहाँ राजा दाऊद जन्मेका थिए”

किनकि उनी दाऊदको घराना र कुटुम्बका थिए

“किनकि योसेफ दाऊदका सन्तान थिए”

Luke 2:5

दर्ता गर्न

यसको अर्थ अधिकारीहरूले उनलाई गन्तीमा समावेश गर्न सकून् भनेर तिनीहरूलाई बताउनु भन्‍ने हो । यदि सम्भव हुन्छ भने आधिकारिक सरकारी गणनाको लागि भएको शब्दलाई प्रयोग गर्नुहोस् ।

मरियमसँगै

मरियमले नासरतबाट योसेफसँगै यात्रा गरिन् । स्‍त्रीहरूलाई पनि कर तिर्न लगाइन्थ्यो । त्यसैले, मरियमले पनि यात्रा गर्नुपर्‍यो र दर्ता गर्नुपर्‍यो ।

जससँग उनको मगनी भएको थियो

“उनको मङ्गेतर” वा “उनलाई प्रतिज्ञा गरिएका व्यक्ति ।” मगनी भएको जोडिलाई वैधानिक रूपमा विवाहित नै ठानिन्थ्यो, तर तिनीहरूका बीचमा शारीरिक घनिष्‍ठता भएको हुँदैनथ्यो ।

Luke 2:6

सामान्य जानकारीः

तिनीहरू बसेका ठाउँको बारेमा भएको विस्तृत विवरणलाई एकसाथ राख्‍नको लागि यूएसटीले यी पदहरूलाई पदको एउटा पुल हुने गरेर पुनः मिलाएर राख्दछ ।

जोड्ने कथनः

यसले येशूको जन्म र गोठालाहरूलाई स्वर्गदूतहरूद्वारा भएको घोषणाको बारेमा बताउँछ ।

अब यस्तो हुन आयो कि

यो वाक्यांशले कथामा अर्को घटनाको सुरुवातलाई अङ्कित गर्छ ।

तिनीहरू त्यहीँ छँदा

“मरियम र योसेफ बेथलेहेममा हुँदा”

तिनको बालकको जन्म हुने समय आयो

“तिनको बालक जन्माउने समय आयो”

Luke 2:7

उहाँलाई कपडाका लामा पट्टीहरूले बेह्रिन्

केही संस्कारहरूमा आमाहरूले तिनीहरूका बच्‍चाहरूलाई कपडा वा कम्बलले कसिलो गरेर बेह्रेर न्यानो बनाउँछन् । वैकल्पिक अनुवादः “उहाँको वरिपरि कपडालाई कसिलो गरेर बेह्रिन्” वा “उहाँलाई कसिलो गरेर कम्बलमा बेह्रिन्”

उहाँलाई एउटा डुँडमा सुताइन्

यो पशुहरूले खाऊन् भनेर मानिसहरूले कुँडो वा अन्य खानाहरू हाल्ने एउटा बाकस वा संरचना थियो । सम्भवतः यो सफा थियो र यसमा बालकको निम्ति डस्‍नाको रूपमा काम गर्ने सुख्खा कुँडो र केही नरम कुराहरू थिए । सुरक्षित राख्‍न र खुवाउनलाई सजिलो होस् भनेर पशुहरूलाई प्रायः घर नजिकै राखिन्थ्यो । मरियम र योसेफ पशुहरू राख्‍न प्रयोग गरिने कोठामा बसे ।

तिनीहरूका निम्ति धर्मशालामा कुनै ठाउँ थिएन

पाहुना कोठामा तिनीहरूलाई बस्‍न पुग्‍ने ठाउँ थिएन ।” धेरै मानिस बेथलेहेममा नाम दर्ता गर्न गएका हुनाले सम्भवतः यसो भएको थियो । लूकाले यसलाई पृष्‍ठभूमि जानकारीको रूपमा थप्छन् ।

Luke 2:9

प्रभुका एउटा दूत

“प्रभुबाट आएका एउटा दूत” वा “प्रभुको सेवा गर्ने एउटा दूत”

तिनीहरूकहाँ देखा परे

“गोठालाहरूकहाँ आए”

प्रभुको महिमा

चहकिलो ज्योतिको स्रोत प्रभुको महिमा थियो, जुन स्वर्गदूतहरू आएकै समयमा देखा पर्‍यो ।

Luke 2:10

नडराओ

“डराउन छोड”

महान् आनन्द, जुन सबै मानिसहरूको लागि हुनेछ

“त्यसले सबै मानिसलाई धेरै खुसी तुल्याउनेछ”

सबै मानिसहरू

केहीले यसले यहूदीहरूलाई जनाउँछ भनी बुझ्‍छन् । अरूहरूले यसले सबै मानिसलाई जनाउँछ भनी बुझ्‍छन् ।

Luke 2:11

दाऊदको सहर

यसले बेथलेहेमलाई जनाउँछ ।

Luke 2:12

तिमीहरूलाई चिन्ह चाहिँ यो हुनेछ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई यो चिन्ह दिनुहुनेछ” वा “तिमीहरूले परमेश्‍वरबाट यो चिन्ह देख्‍नेछौ”

चिन्ह

“प्रमाण ।” यो कि त स्‍वर्गदूतले भनिरहेका कुरा सत्य हो भनी प्रमाणित गर्ने एउटा चिन्ह हुन सक्छ, कि त गोठालाहरूलाई बालक पहिचान गर्नलाई सहायता पुर्‍याउने एउटा चिन्ह हुन सक्‍छ ।

कपडाका पट्टीहरूमा बेह्रेर राखिएको

त्यो संस्कृतिमा आमाहरूले तिनीहरूका बच्‍चाहरूलाई सुरक्षा दिने र हेरविचार गर्ने यो सामान्य तरिका थियो । तपाईंले यसलाई [लूका २:७]

डुँडमा सुतिरहेको

यो कुनै प्रकारको बाकस वा संरचना थियो जसमा मानिसहरूले केही परालहरू वा पशुहरूलाई खानको लागि अन्य खानेकुराहरू राख्थे । तपाईंले यसलाई लूका २:७ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

Luke 2:13

स्वर्गीय सेनाको एउटा ठूलो दल

यहाँ “स्वर्गीय दल” शब्दले वास्तविक सेनालाई जनाउन पनि सक्छ वा स्वर्गदूतहरूको एउटा सङ्गठित समूहको लागि एउटा अलङ्कार पनि हुन सक्‍छ । वैकल्‍पिक अनुवादः “स्वर्गबाट स्वर्गदूतहरूको एउटा ठूलो समूह”

परमेश्‍वरको प्रंशसा गर्दै

“परमेश्‍वरलाई प्रशंसा दिँदै”

Luke 2:14

सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा होस्

सम्भावित अर्थहरू हुन् १) “सर्वोच्‍चमा हुनुभएका परमेश्‍वरलाई सम्मान देओ” वा २) “परमेश्‍वरलाई सबैभन्दा उच्‍च सम्मान देओ ।”

पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्छ, तिनीहरूलाई शान्ति

“परमेश्‍वर प्रसन्‍न हुनुभएको पृथ्वीका मानिसहरूसँग शान्ति होस्”

Luke 2:15

यसो हुन आयो कि

यो वाक्यांशलाई स्वर्गदूतहरूले छोडेपछि गोठालाहरूले के गरे भन्‍ने कुरामा कथामा आएको बदलावलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ ।

तिनीहरूबाट

“गोठालाहरूबाट”

एक-अर्कालाई

“एक आपसमा”

हामी जाऔँ ... हामीलाई

गोठालाहरूले आपसमा कुरा गरिरहेका हुनाले बोल्नेलाई पनि समेट्ने गरी “हामीलाई” भन्‍ने शब्दको प्रयोग गर्नुपर्छ ।

हामी ... जाऔँ

“हामी ... पर्छ”

यो कुरा जुन भएको छ

यसले बालकको जन्मलाई जनाउँछ, र स्वर्गदूतहरू देखा परेको कुरालाई होइन ।

Luke 2:16

डुँडमा सुतिरहेको

यो कुनै प्रकारको बाकस वा संरचना थियो जसमा मानिसहरूले केही परालहरू वा पशुहरूलाई खानको लागि अन्य खानेकुराहरू राख्थे । तपाईंले यसलाई लूका २:७ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

Luke 2:17

तिनीहरूलाई बताइएको सन्देश

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “स्‍वर्गदूहरूले गोठालाहरूलाई जे भनेका थिए”

यो बालक

“ती बालक”

Luke 2:18

तिनीहरूलाई गोठालाहरूद्वारा भनिएका कुराहरू

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “गोठालाहरूले तिनीहरूलाई जे भने”"

Luke 2:19

उनले आफ्नो मनमै गुनिन्

कसैले “मनमा गुन्‍नु” भनेको केही कुरा धेरै मूल्यवान् वा बहुमूल्य छ भनेर सोच्‍नु हो । मरियमले आफ्ना छोराको बारेमा भनिएका कुराहरूलाई मूल्यवान् सम्झिन् । वैकल्पिक अनुवादः “तिनलाई होसियारीपूर्वक याद गर्दै” वा “तिनलाई आनन्‍दसाथ सम्झँदै”

Luke 2:20

गोठालाहरू फर्के

“गोठालाहरू भेडाहरू भएकोतिर नै फिर्ता गए”

परमेश्‍वरलाई महिमा र प्रशंसा गर्दै

यिनीहरू धेरै समान छन् र परमेश्‍वरले के गर्नुभएको थियो भन्‍ने बारेमा तिनीहरू कति उत्साहित थिए भनेर जोड दिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरको महान्‌ताको बारेमा कुरा गर्दै र प्रशंसा गर्दै”

Luke 2:21

सामान्य जानकारीः

परमेश्‍वरले यहूदी विश्‍वासीहरूलाई दिनुभएको आज्ञाहरूले छोरा बालकको कहिले खतना गर्ने र बाबुआमाले के बलिदानहरू ल्याउनु पर्ने भनेर तिनीहरूलाई बतायो ।

जब आठ दिन बितेको थियो

यो वाक्यांशले यस नयाँ घटना अगाडिको समय बितेको कुरालाई जनाउँछ ।

आठ दिन बितेको थियो

“उहाँको जीवनको आठौँ दिनको अन्त्य ।” उहाँ जन्मिनुभएको दिनलाई पहिलो दिनको रूपमा गनियो ।

उहाँको नाम ... भनियो

योसेफ र मरियमले उहाँलाई उहाँको नाउँ दिए ।

जुन नाउँ स्वर्गदूतद्वारा उहाँलाई दिइएको थियो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन नामले स्‍वर्गदूतले उहाँलाई बोलाएका थिए”

Luke 2:22

जब तिनीहरूको शुद्धिकरणका दिनहरू पूरा भएको थियो

यो वाक्यांशले यस नयाँ घटना अगाडिको समय बितेको कुरालाई जनाउँछ ।

तिनीहरूको शुद्धिकरणको दिनहरू

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले आवश्यक ठान्‍नुभएका दिनहरूको सङ्ख्या”

तिनीहरूको शुद्धिकरणको

“तिनीहरू विधिपूर्वक रीतिले शुद्ध हुनको निमित्त ।” तपाईंले परमेश्‍वरको भूमिकालाई पनि उल्‍लेख गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनीहरूलाई पुनः शुद्ध ठान्‍नुहुनको लागि”

उहाँलाई परमप्रभुकहाँ देखाउन

“उहाँलाई परमप्रभुकहाँ ल्याउन” वा “उहाँलाई परमप्रभुको उपस्थितिमा ल्याउन ।” यो परमेश्‍वरले पहिलो पुरुष बालकमाथि गर्नुभएको दाबीलाई स्वीकार गर्ने एउटा उत्सव थियो ।

Luke 2:23

जसरी लेखिएको छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मोशाले लेखेको झैँ” वा “तिनीहरूले मोशाले लेखेको हुनाले यसो गरे”

प्रत्येक पुरुष बालक जसले गर्भ खोल्छ

“गर्भ खोल्छ” भनेको गर्भबाट जन्मने पहिलो बालकको निम्ति प्रयोग गरिने एउटा उपमा हो । यो दुवै जनावरहरू र मानिसहरूमा लागु हुन्थ्यो । वैकल्पिक अनुवादः “पहिलो जन्मेको हरेक सन्तान जो पुरुष हो” वा “हरेक पहिलो जन्मेको छोरा”

Luke 2:24

जे परमप्रभुको व्यवस्थामा बताइएको थियो

“त्यो जुन परमप्रभुको व्यवस्थाले पनि भन्छ ।” यो व्यवस्थामा भएको एउटा भिन्‍न स्थान हो । यसले सबै पुरुषहरूलाई जनाउँछ, चाहे ती पहिला जन्मेका होऊन वा नहोऊन् ।

Luke 2:25

जोड्ने कथनः

जब मरियम र योसेफ मन्दिरमा हुन्छन्, तिनीहरूले दुईजना मानिसहरूलाई भेट्छन्ः शिमियोन, जसले परमेश्‍वरको प्रशंसा गर्छन् र बालकको बारेमा एउटा अगमवाणी दिन्छन्, अनि अगमवादिनी हन्‍ना ।

हेर

“हेर” शब्दले हामीलाई कथामा एउटा नयाँ व्यक्तिको विषयमा सचेत बनाउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ ।

धर्मी र ईश्‍वरभक्त थिए

यी भाववाचक शब्दहरूलाई कार्यहरूको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जे ठीक थियो सो गरे र परमेश्‍वरको भय माने” वा “परमेश्‍वरका व्यवस्थाहरूको पालना गरे र परमेश्‍वरको भय माने”

इस्राएलको सान्त्वना

“इस्राएल” शब्द इस्राएलका मानिसहरूका लागि एउटा प्रतिस्थापन शब्द हो । “सहानुभूति दिनु” भनेको तिनीहरूलाई सान्तवना, वा “सहानुभूति” प्रदान गर्नु हो । “इस्राएलको सान्तवना” शब्दहरू इस्राएलका मानिसहरूलाई सान्तवना वा सहानुभूति ल्याउनुहुने ख्रीष्‍ट वा मसिहको लागि एउटा प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “उहाँ जसले इस्राएलका मानिसहरूलाई सान्तवना दिनुहुने थियो”

पवित्र आत्मा उनीमाथि हुनुहुन्थ्‍यो

“पवित्र आत्मा उनीसँग हुनुहुन्थ्यो ।” परमेश्‍वर उनीसँग विशेष प्रकारले हुनुहुन्थ्यो, र उनलाई उनको जीवनमा बुद्धि र मार्गनिर्देशन दिनुभयो ।

Luke 2:26

पवित्र आत्माद्वारा उनलाई यो प्रकट गराइएको थियो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पवित्र आत्माले उनलाई देखाउनुभएको थियो” वा “पवित्र आत्माले उनलाई बताउनुभएको थियो”

परमप्रभुका ख्रीष्‍टलाई नदेखेसम्म उनले मृत्यु देख्‍नेछैनन्

“उनी मर्नभन्दा अगाडि उनले परमप्रभुको ख्रीष्‍टलाई देख्‍नेछन्”

Luke 2:27

उनी आत्मामा आए

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसरी पवित्र आत्माले उनलाई डोहोर्‍याउनुभयो”

उनी आए

केही भाषाहरूले “गए” भन्‍न सक्छन् ।

मन्दिरभित्र

“मन्दिरको प्राङ्गनमा ।” केवल पूरोहितहरू मात्र मन्दिर भवनमा प्रवेश गर्न सक्थे ।

आमाबुबा

“येशूका आमाबुबा”

व्यवस्थाले जे माग गरेको थियो

“परमेश्‍वरले व्यवस्थाले जे माग गरेको थियो”

Luke 2:28

उनले उहाँलाई काखमा लिए

“शिमियोनले बालक येशूलाई आफ्‍नो अङ्गालोमा राखे” वा “शिमियोनले येशूलाई उनको अङ्गालोमा च्यापे”

Luke 2:29

आफ्ना दासलाई शान्‍तिसँग बिदा दिनुहोस्

“म तपाईंका दास हुँ । मलाई शान्तिसित जान दिनुहोस् ।” यहाँ शिमियोनले आफैँलाई सम्बोधन गरिरहेका थिए ।

बिदा दिनुहोस्

यो “मर्नु” को निम्ति प्रयोय गरिने आदरार्थी टुक्‍का हो ।

तपाईंको वचन अनुसार

यहाँ “वचन” चाहिँ “प्रतिज्ञा”को लागि एउटा प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “जसरी तपाईंले प्रतिज्ञा गर्नुभएको छ”

Luke 2:30

मेरा आँखाले देखेका छन्

यो अभिव्यक्तिको अर्थ हुन्छ, “मैले व्यक्तिगत रीतिले देखेको छु” वा “म, आफैँले, देखेको छु”

तपाईंको उद्धार

यो अभिव्यक्तिले त्यो व्यक्तिलाई जनाउँछ जसले उद्धार ल्याउने थियो-बालक येशू-जसलाई शिमियोनले पक्रिरहेका थिए । वैकल्‍पिक अनुवादः “उद्धारकर्ता जसलाई तपाईंले पठाउनुभयो” वा “एकजना जसलाई तपाईंले ... बचाउनलाई पठाउनुभएको छ”

Luke 2:31

जुन तपाईंले तयार गर्नुभएको छ

तपाईंले अघिल्‍लो वाक्यांशलाई कसरी अनुवाद गर्नुहुन्छ भन्‍ने कुरामा भर पर्दै, यसलाई “जसलाई तपाईं” मा बदल्‍नु पर्ने हुन सक्छ ।

तपाईंले तयार गर्नुभएको छ

“योजना बनाउनुभएको छ” वा “हुन लगाउनुभएको छ”

Luke 2:32

अन्यजातिहरूलाई प्रकाशको निम्ति एउटा ज्योति

यो अलङ्कारको अर्थ हुन्छ कि बालकले मानिसहरूलाई परमेश्‍वरको इच्छा बुझ्‍नलाई सहयता गर्नुहुनेछ । अन्यजातिहरूले परमेश्‍वरको इच्छालाई बुझ्‍ने कुरालाई यसरी बताइएको छ मानौँ त्यो भनेको मानिसहरूले कुनै भौतिक वस्तुलाई देख्‍नलाई भौतिक ज्योतिको प्रयोग गरेको हो । अन्यजातिहरूले के कुरालाई देख्‍नेछन् भन्‍ने कुरालाई तपाईंले स्पष्‍ट बनाउनुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “यो बालकले अन्यजातिहरूलाई परमेश्‍वरको इच्छा बुझ्‍नलाई सक्षम बनाउनुहुनेछ जसरी ज्योतिले मानिसहरूलाई स्‍पष्‍टसँग देख्‍न दिन्छ”

प्रकाशको लागि

के प्रकाश पारिनुपर्ने हो भन्‍ने कुरालाई उल्‍लेख गर्न आवश्‍यक हुन सक्छ । वैकल्पिक अनुवादः “जसले परमेश्‍वरको सत्यतालाई प्रकट गर्नुहुनेछ”

तपाईंका जन इस्राएलीहरूलाई महिमा

“तपाईंका मानिसहरू इस्राएलप्रति महिमा ल्याउनको लागि उहाँ कारण हुनुहुनेछ”

Luke 2:33

जे उहाँको बारेमा बताइएको थियो त्यसमा

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “शिमियोनले उहाँको बारेमा भनेका कुराहरू”

Luke 2:34

मरियम उहाँकी आमालाई भने

“बालककी आमा, मरियमलाई भने ।” यो कुरा पक्‍का गर्नुहोस् कि मरियम शिमियोनकी आमा हुन् भनेर नसुनियोस् ।

हेर

शिमियोनले बताउन लागेको कुरा मरियमको लागि अत्यन्तै महत्त्वपूर्ण छ भनेर उनलाई भन्‍नलाई तिनले यो अभिव्यक्ति प्रयोग गरे ।

इस्राएलमा धेरैको पतन र उत्थानका निम्ति यो बालकलाई नियुक्त गरिएको छ

यस अलङ्कारमा परमेश्‍वरबाट तर्केर टाढा जाने र अझ नजिक जाने कुरालाई “उत्थान” र “पतन” को रूपमा व्यक्त गरिएको छ । वैकल्पिक अनुवादः “यो बालकले इस्राएलका धेरै मानिसहरूलाई परमेश्‍वरबाट तर्केर टाढा जान लगाउने वा परमेश्‍वरको अझ नजिक ल्याउने बनाउनेछ”

Luke 2:35

धेरैका हृदयहरूका विचारहरू प्रकट होऊन्

यहाँ “हृदयहरू” भनेको मानिसहरूको भित्री व्यक्तित्वको लागि एउटा प्रतिस्थापन शब्द हो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले धेरै मानिसहरूका विचारहरू प्रकट गर्नुहुनेछ” वा “धेरै मानिसहरूले गोप्य रूपमा सोच्‍ने कुरालाई उहाँले प्रकट गर्नुहुनेछ”

Luke 2:36

हन्ना नाम गरेकी एकजना अगमवादिनी त्यहाँ थिइन्

यसले कथामा एउटा नयाँ सहभागीलाई परिचय गराउँछ ।

फनुएल

यो एउटा मानिसको नाउँ हो ।

सात वर्ष

“७ वर्ष”

तिनको कुमारीत्वपछि

“तिनले उनलाई विवाह गरेपछि”

Luke 2:37

चौरासी वर्ष विधवा नै रहिन्

सम्भावित अर्थहरू हुन् १) तिनी ८४ वर्षसम्म विधवा भइबसेकी थिइन् वा २) तिनी एक विधवा थिइन् र अब ८४ वर्ष पुगेकी थिइन् ।

मन्दिर कहिल्यै छोडिनन्

यो सम्भवतः अतिरञ्‍जित गरिएको अभिव्यक्ति हुन सक्छ । तिनले मन्दिरमा यति धेरै समय बिताउँथिन् कि तिनले कहिल्यै मन्दिर नै नछोडेको जस्तो देखिन्थ्यो । वैकल्पिक अनुवादः “सदैव मन्दिरमा नै रहन्थिन्” वा “प्रायः मन्दिरमा नै हुन्थिन्”

प्रार्थना गर्दै र उपवास बस्दै

“धेरै अवसरहरूमा खानाबाट बञ्‍चित भएर र धेरै प्रार्थनाहरू चढाएर”

Luke 2:38

तिनीहरूको नजिक आइन्

“तिनीहरूको छेउमा गए” वा “मरियम र योसेफकहाँ गए”

यरूशलेमको उद्धार

यहाँ “उद्धार” शब्द त्यो काम गर्ने व्यक्तिलाई जनाउन प्रयोग गरिएको छ । वैकल्‍पिक अनुवादः “उहाँ जसले यरूशलेमलाई उद्धार गर्नुहुने थियो” वा “ती व्यक्ति जसले परमेश्‍वरका आशिष्‌हरू र कृपालाई यरूशलेममा फिर्ता ल्याउनुहुने थियो”

Luke 2:39

जोड्ने कथनः

मरियम, योसेफ, र येशूले बेथलेहेमको सहरलाई छोड्नुहुन्छ र उहाँको बाल्यकालको लागि नासरतको सहरमा फर्किनुहुन्छ ।

जुन परमप्रभुको व्यवस्था अनुसार थियो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे परमप्रभुको व्यवस्थाले तिनीहरूले गरेको खोजेको थियो”

तिनीहरूको आफ्‍नै नासरतको सहर

यो वाक्यांशको अर्थ हो कि तिनीहरू नासरतमा बस्थे । यो निश्‍चय गर्नुहोस् कि नासरतको सहर तिनीहरूको स्वामित्वमा थियो भनेको जस्तो यो नसुनियोस् । वैकल्‍पिक अनुवादः “नासरतको सहर, जहाँ तिनीहरू बस्थे”

Luke 2:40

बुद्धिले भरिएर

“अझ बुद्धिमानी हुँदै” वा “बुद्धिमान् कुराहरू सिक्‍दै”

परमप्रभुको अनुग्रह उहाँमाथि थियो

“परमेश्‍वरले उहाँलाई आशिष् दिनुभयो” वा “परमेश्‍वर उहाँसँग एउटा विशेष तवरले हुनुहुन्थ्यो”

Luke 2:41

जोड्ने कथनः

जब येशू १२ वर्षको हुनुभयो, उहाँ यरूशलेममा उहाँको परिवारसँगै जानुहुन्छ । उहाँ त्यहाँ हुनुभएको बेलामा, उहाँले प्रश्‍नहरू सोध्‍नुहुन्छ र मन्दिरका शिक्षकहरूको प्रश्‍नहरूको उत्तर दिनुहुन्छ ।

उहाँका बाबुआमा गए ... निस्तारको चाड

यो पृष्‍ठभूमि जानकारी हो ।

उहाँका आमाबुबा

“येशूका आमाबुबा”

Luke 2:42

तिनीहरू फेरि माथि गए

यरूशलेम इस्राएलको अन्य कुनै पनि ठाउँभन्दा बढी उचाइमा थियो, त्यसैले इस्राएलीहरूले यरूशलेममा माथि जाने भनेर भन्‍नु सामान्य कुरा थियो ।

चलन अनुसारको समयमा

“सामान्य समयमा” वा “जस्तो तिनीहरूले हरेक वर्ष गर्थे”

पर्व

यो निस्तार चाडको लागि अर्को नाम थियो, किनकि यसमा रीति बमोजिमको खाना खाने कुरा समावेश थियो ।

Luke 2:43

चाडका पूरा दिनहरू त्यहाँ बिताए पछि

“जब चाड मनाउने सबै दिनहरू सिद्धिए” वा “तोकिएका दिनहरूसम्म चाड मनाएपछि”

Luke 2:44

विचार गर्दै

“तिनीहरूले सोचे”

तिनीहरूले एक दिनको यात्रा सिद्धयाए

“तिनीहरूले एक दिन यात्रा गरे” वा “तिनीहरू मानिसहरूले एक दिनमा हिँड्न सक्‍ने जति टाढा गए”

Luke 2:46

यस्तो हुन आयो कि

यहाँ यो वाक्यांशलाई कथामा एउटा महत्त्वपूर्ण घटनालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्नलाई कुनै तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्‍नुहुन्छ ।

मन्दिरमा

यसले मन्दिर वरिपरि भएको प्राङ्गनलाई जनाउँछ । केवल पूरोहितहरूलाई मात्र भित्र प्रवेश गर्न अनुमति थियो । वैकल्पिक अनुवादः “मन्दिरको चोकभित्र” वा “मन्दिरभित्र”

बीचमा

यसको तात्पर्य ठीक केन्द्र होइन । बरु, यसको अर्थ “माझ” वा “सँगै” वा “बाट घेरिएर” भन्‍ने हुन्छ ।

शिक्षकहरू

“धार्मिक शिक्षकहरू” वा “मानिसहरूलाई परमेश्‍वरको बारेमा सिकाउनेहरू”

Luke 2:47

उहाँलाई सुन्‍नेहरू सबै चकित भए

तिनीहरूले बुझ्‍न सकेनन् कि कसरी एउटा बाह्र वर्षको केटोले कुनै धार्मिक शिक्षा बिना त्यति राम्ररी जवाफ दिन सक्छ ।

उहाँको समझशक्तिमा

“उहाँले यति धेरै बुझ्‍नुभएकोमा” वा “उहाँले परमेश्‍वरको बारेमा यति धेरै बुझ्‍नुभएकोमा”

उहाँका जवाफहरू

“उहाँले तिनीहरूलाई यति राम्रो जवाफ दिनुभएकोमा” वा “उहाँले तिनीहरूका प्रश्‍नहरूको त्यति राम्रो जवाफ दिनुभएकोमा”

Luke 2:48

जब उनीहरूले उहाँलाई देखे

“जब मरियम र योसेफले येशूलाई भेट्टाए”

किन तिमीले हामीसँग यस्तो व्यवहार गर्‍यौ ?

यो अप्रत्यक्ष हप्‍की थियो किनभने उहाँ तिनीहरूसँग फर्केर घर जानुभएको थिएन । यसले तिनीहरूलाई उहाँको बारेमा चिन्ता गर्ने बनायो । वैकल्‍पिक अनुवादः “तिमीले हामीलाई यसो गर्नुहुने थिएन !”

हेर्नुहोस्

यो शब्दलाई धेरैपटक कुनै नयाँ वा महत्त्वपूर्ण घटनाको सुरुवातलाई देखाउन प्रयोग गरिएको छ । यसलाई काम कहाँ सुरु हुन्छ भनेर देखाउनलाई पनि प्रयोग गर्न सकिन्छ । यदि तपाईंको भाषामा यस किसिमले प्रयोग हुने कुनै वाक्यांश छ भने, त्यसलाई यहाँ प्रयोग गर्न स्वभाविक हुन्छ वा हुँदैन भनेर विचार गर्नुहोस् ।

Luke 2:49

तपाईंहरूले मलाई किन खोजिरहनुभएको ?

येशूले उहाँका बाबुआमालाई हल्का तवरले हप्‍काउन, र उहाँसँग उहाँको स्वर्गीय पिताबाटको तिनीहरूले बुझ्‍न नसकेका एउटा उद्देश्‍य छ भनेर बताउन सुरु गर्नलाई दुई प्रश्‍नहरूको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “तपाईंहरूले मेरो बारेमा चिन्ता गर्न जरुरी थिएन”

के तपाईंहरूलाई थाहा थिएन ... मेरो पिताको घरमा ?

उहाँको बाबुआमालाई त्यस उद्देश्‍यको बारेमा थाहा हुनुपर्थ्यो जसको लागि उहाँको पिताले उहाँलाई पठाउनुभयो भनेर भन्‍न प्रयास गर्नलाई येशूले यो दोस्रो प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तपाईंहरूले थाहा पाउनुपर्थ्यो ... काम ... ”

मेरो पिताको घरमा

सम्भावित अर्थहरू हुन् १) येशूले उहाँको पिताले उहाँलाई दिनुभएको काम गरिरहनुभएको थियो भनेर सङ्केत गर्नलाई उहाँले यी शब्दहरूको अक्षरशः अर्थ दिन खोज्‍नुभयो, वा २) यी शब्दहरू एउटा उपमा हुन् जसले येशू त्यहाँ हुनुहुन्थ्यो भनेर सङ्केत गर्छन् जुन हो, “मेरा पिताको घरमा ।” तर किनकि अर्को पदले उहाँले उहाँका बाबुआमालाई भनिरहनुभएको कुरा तिनीहरूले बुझेनन् भनेर बताउँछ, यसलाई थप व्याख्या नगर्नु नै उत्तम हुन्छ ।

मेरो पिताको घर

१२ को हुनुहुँदा, येशू, परमेश्‍वरको पुत्रले बुझ्‍नुभयो कि परमेश्‍वर उहाँको साँचो पिता हुनुहुन्थ्यो

Luke 2:51

उहाँ तिनीहरूसँग आफ्नो घर फर्कनुभयो

“येशू मरियम र योसेफसँगै घर जानुभयो”

तिनीहरूका आज्ञाकारी भइ रहनुभयो

“तिनीहरूको आज्ञापालन गर्नुभयो” वा “सदैव तिनीहरूको आज्ञापालन गरिरहनुभयो”

यी सबै कुरा तिनको हृदयमै राखिन्

यहाँ “हृदय” भनेको व्यक्तिको मन वा भित्री व्यक्तित्वको लागि एउटा प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “यी सबै कुरा होसियारीपूर्वक सम्झिन्”

Luke 2:52

बुद्धि र कदमा बढिरहनुभयो

“अझै बुद्धिमान् र बलियो हुनुभयो ।” यसले बौद्धिक र शारीरिक वृद्धिलाई जनाउँछ ।

परमेश्‍वर र मानिसहरूको निगाहमा बढ्नुभयो

यसले आत्मिक र सामाजिक वृद्धिलाई जनाउँछ । यिनीहरूलाई अलग-अलग उल्‍लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले धेरैभन्दा धेरै आशिष् दिनुभयो र मानिसहरूले उहाँलाई धेरैभन्दा धेरै मन पराए ।”


Translation Questions

Luke 2:3

जनगणना गर्नलाई मानिसहरू कहाँ गए ?

जनगणना गर्नलाई मानिसहरू आफ्नै सहर गए । [२:३]

Luke 2:4

योसेफ मरियमसँगै बेथलेहेम गए, कारण उनी कुन कुलका थिए ?

योसेफ र मरियम बेथलेहेम गए किनभने उनी दाऊदको वंशका थिए । [२:४]

Luke 2:7

जब मरियमले उनको बालकलाई जन्माइन्, तिनले उहाँलाई कहाँ राखिन् ?

जब बालक जन्मिए, मरियमले उहाँलाई पशुलाई खुवाउने डुँडमा राखिन् । [२:७]

Luke 2:8

कसकहाँ स्वर्गदूत देखा परे ?

स्वर्गदूत गोठालाहरूकहाँ देखा परे जसले आफ्ना भेडाहरूको बगाललाई चराइरहेका थिए । [२:८-९]

Luke 2:9

स्वर्गदूतलाई देखेपछि गोठालाहरूले कस्तो प्रतिक्रिया दिए ?

गोठालाहरू साह्रै डराएका थिए । [२:९]

Luke 2:11

स्वर्गदूतले गोठालाहरूलाई कस्तो शुभ खबर सुनाए ?

स्वर्गदूतले गोठालाहरूलाई उद्धारकर्ता जन्मिसक्‍नुभएको छ जो ख्रीष्‍ट प्रभु हुनुहुन्छ भने । [२:११]

Luke 2:15

स्वर्गदूतहरूले तिनीहरूलाई छोडेपछि गोठालाहरूले के गरे ?

गोठालाहरू बेथलेहेममा जन्मनुभएका बालकलाई हेर्न गए । [२:१५-१६]

Luke 2:16

स्वर्गदूतहरूले तिनीहरूलाई छोडेपछि गोठालाहरूले के गरे ?

गोठालाहरू बेथलेहेममा जन्मनुभएका बालकलाई हेर्न गए । [२:१५-१६]

Luke 2:21

येशूको खतना कहिले भयो ?

येशू जन्मनुभएको आठौँ दिनपछि उहाँको खतना भयो । [२:२१]

Luke 2:22

यरूशलेमको मन्दिरमा योसेफ र मरियमले बालक येशूलाई किन ल्याए ?

तिनीहरूले उहाँलाई परमप्रभुको सामु उपस्थित गराउन र मोशाको व्यवस्थामा आज्ञा गरेअनुसार बलि चढाउन मन्दिरमा ल्याए । [२:२२-२४]

Luke 2:23

यरूशलेमको मन्दिरमा योसेफ र मरियमले बालक येशूलाई किन ल्याए ?

तिनीहरूले उहाँलाई परमप्रभुको सामु उपस्थित गराउन र मोशाको व्यवस्थामा आज्ञा गरेअनुसार बलि चढाउन मन्दिरमा ल्याए । [२:२२-२४]

Luke 2:24

यरूशलेमको मन्दिरमा योसेफ र मरियमले बालक येशूलाई किन ल्याए ?

तिनीहरूले उहाँलाई परमप्रभुको सामु उपस्थित गराउन र मोशाको व्यवस्थामा आज्ञा गरेअनुसार बलि चढाउन मन्दिरमा ल्याए । [२:२२-२४]

Luke 2:26

शिमियोनलाई पवित्र आत्माले के प्रकट गर्नुभयो ?

परमप्रभुका ख्रीष्‍टलाई तिमीले नदेखेसम्म तिमी मर्नेछैनौ भनी शिमियोनकहाँ पवित्र आत्मा देखा पर्नुभयो । [२:२६]

Luke 2:32

शिमियोनले येशू कस्तो हुनुहुनेछ भनी भने ?

शिमियोनले येशू गैरयहूदीहरूका निम्ति सत्यता प्रकट गर्ने ज्योति र परमेश्‍वरका मानिस इस्राएलका महिमा हुनुहुनेछ भने । [२:३२]

Luke 2:35

येशूको परिणामको कारणले मरियमलाई के हुने थियो भनी शिमियोनले भने ?

एउटा तरवारले तिनको प्राणलाई छोड्ने थियो भनी शिमियोनले भने । [२:३५]

Luke 2:38

अगमवादिनी हन्‍ना मरियम, योसेफ र येशूकहाँ आउँदा उनले के गरिन् ?

हन्‍नाले परमेश्‍वरलाई धन्यवाद दिन थालिन् र बालकको बारेमा सबैलाई भन्‍न लागिन् । [२:३८]

Luke 2:40

बालक येशू नासरतमा फर्कनुभएपछि उहाँलाई के भयो ?

येशू बढ्नुभयो र बलियो हुनुभयो, बुद्धिमा बढ्दै जानुभयो, र परमेश्‍वरको अनुग्रह उहाँमाथि थियो । [२:४०]

Luke 2:43

किन येशूका बुबा आमाले निस्तार-चाडको समयमा यहाँ यरूशलेममा नै छोडिनुभएको महसुस गरेनन् ?

तिनीहरूले त्यो महसुस गरेनन् किनभने उहाँ यात्रीहरूसँगै समूहमा हुनुहुन्छ होला भनी तिनीहरूले ठाने । [२:४३-४४]

Luke 2:44

किन येशूका बुबा आमाले निस्तार-चाडको समयमा यहाँ यरूशलेममा नै छोडिनुभएको महसुस गरेनन् ?

तिनीहरूले त्यो महसुस गरेनन् किनभने उहाँ यात्रीहरूसँगै समूहमा हुनुहुन्छ होला भनी तिनीहरूले ठाने । [२:४३-४४]

Luke 2:46

उहाँका बुबा आमाले येशूलाई कहाँ भेट्टाए र उहाँले के गरिरहनुभएको थियो ?

उहाँका बुबा आमाले उहाँलाई शिक्षकहरूका बिचमा मन्दिरमा बसिरहेको र तिनीहरूलाई प्रश्‍नहरू सोधिरहनुभएको भेट्टाए । [२:४६]

Luke 2:49

चिन्तित भएर तिनीहरूले उहाँलाई खोजिरहेका थिए भनी मरियमले भन्दा उहाँले मरियमलाई के भन्‍नुभयो ?

“म मेरा पिताको घरमा हुनुपर्छ भनेर के तपाईंहरूलाई थाहा छैन ?” । [२:४९]

Luke 2:51

तिनीहरू नासरतमा फर्केपछि उहाँका बुबा आमाप्रति येशूको व्यवहार कस्तो थियो ?

उहाँ तिनीहरूप्रति आज्ञाकारी हुनुहुन्थ्यो । [२:५१]

Luke 2:52

जसरी येशू बढ्दै जानुभयो, कस्तो प्रकारको जवान मानिस उहाँ हुनुहुन्थ्यो ?

उहाँ बुद्धिमा बढ्दै जानुभयो अनि कदमा र परमेश्‍वर र मानिसको निगाहमा बढ्नुभयो । [२:५२]


Chapter 3

1 कैसर तिबेरियसको शासनकालको पन्ध्रौं वर्षमा—जति बेला पन्तियस पिलातस यहूदियाका हाकिम थिए, हेरोद गालीलका शासक, तिनका भाइ फिलिप इतुरिया र त्राखोनितिस क्षेत्रका शासक थिए, र लुसानियास अबिलेनेका शासक थिए । 2 हन्‍नास र कैयाफा प्रधान पूजाहारी भएको समयमा—जकरियाका छोरा यूहन्‍नाकहाँ उजाड-स्थानमा परमेश्‍वरको वचन आयो । 3 तिनी पाप क्षमाका निम्ति पश्‍चातापको बप्‍तिस्माको प्रचार गर्दै यर्दन नदी वरपरिका सबै क्षेत्रहरूमा हिंडे । 4 जसरी यशैया अगमवक्‍ताको वचनको पुस्तकमा लेखिएको छ, “उजाड-स्थानमा एक जना कराउनेको आवाज, 'परमप्रभुको बाटो तयार पार, उहाँका मार्गहरू सोझो बनाओ । 5 हरेक उपत्यका पुरिनेछ, हरेक पहाड र डाँडाहरू समतल पारिनेछ, बाङ्गा बाटाहरू सोझो हुन आउनेछन् र अप्ठेरा बाटाहरू सम्‍म हुन आउनेछन् । 6 सबै प्राणीहरूले परमेश्‍वरको उद्धारलाई देख्‍नेछन् ।” 7 यसकारण यूहन्‍नाले आफूकहाँ बप्‍तिस्‍मा लिन आइरहेका भीडहरूलाई भने, “हे विषालु सर्पका सन्तान हो, कसले तिमीहरूलाई आउँदै गरेको क्रोधबाट भाग्‍नलाई चेताउनी दियो? 8 यसकारण पश्‍चात्ताप योग्यका फल फलाओ, र आफ्नो मनमा "हाम्रा पिता त अब्राहाम हुन्" भन्‍नतिर नलाग, किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरले यी चट्टानहरूबाट अब्राहामको निम्ति सन्तान खडा गर्न सक्‍नुहुन्छ । 9 अहिले रूखहरूको जरामा बन्चरो परिसकेको छ । त्यसैले असल फल नफलाउने हरेक रूख काटिन्छ र आगोमा फालिन्छ ।” 10 तब भीडहरूले यसो भन्दै सोधिरहे, “त्यसो भए हामीले के गर्ने त?” 11 तिनले तिनीहरूलाई जवाफ दिएर भने, “यदि कसैसँग दुई जोर दौरा छन् भने त्यसले नहुने व्यक्तिलाई दिनुपर्छ, र जससँग खानेकुरा छ, त्यसले पनि त्यस्तै गर्नुपर्छ ।” 12 कर उठाउनेहरू पनि बप्‍तिस्मा लिन आए, र तिनीहरूले तिनलाई भने, “गुरुज्यू, हामीले के गर्नुपर्छ नि?” 13 तिनले तिनीहरूलाई जवाफ दिए, “तिमीहरूलाई उठाउन भनिएको भन्दा बढी पैसा नउठाउनू ।” 14 केही सिपाहीहरूले पनि यसो भन्‍दै सोधे, “हाम्रो बारेमा नि? हामीले चाहिं के गर्नुपर्छ?” तिनले तिनीहरूलाई भने, “कसैबाट जबरजस्ती पैसा नलेओ र कसैलाई पनि झुटो दोष नलगाओ ।आफ्ना तलबमा नै सन्तुष्‍ट होओ ।” 15 अब जसै मानिसहरूले ख्रीष्‍ट आउनुहुन्छ भनेर उत्सुकतासाथ प्रतीक्षा गरिरहेका थिए, सबैले मनमा यूहन्‍नाको विषयमा, कतै यिनी नै ख्रीष्‍ट हुन् कि भनेर विचार गरिरहेका थिए । 16 यूहन्‍नाले सबैलाई यसो भन्दै जवाफ दिए, “म त तिमीहरूलाई पानीले बप्‍तिस्मा दिन्छु, तर एकजना आउँदै हुनुहुन्छ जो मभन्दा शक्‍तिशाली हुनुहुन्छ, र म उहाँको जुत्ताको फित्ता फुकाल्न पनि योग्यको छैनँ । उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्मा दिनुहुनेछ । 17 उहाँको खला राम्ररी सफा गर्न र गहूँलाई उहाँको भण्डारमा जम्मा गर्नलाई उहाँको हातमा निफन्‍ने नाङ्लो छ । तर उहाँले भुसलाई चाहिं कहिल्यै ननिभ्ने आगोमा जलाउनुहुनेछ । 18 यूहन्‍नाले मानिसहरूलाई धेरै अर्ती दिंदै सुसमाचार प्रचार गरे । 19 जब शासक हेरोदले आफ्नो भाइकी पत्‍नी हेरोदियासलाई विवाह गरेको निम्ति र तिनले गरेका अन्य खराबीहरूका निम्ति पनि हप्की पाए, 20 यी सबैमा तिनले यो पनि थपे, कि तिनले यूहन्‍नालाई जेलमा हाले । 21 जब सबै मनिसहरूले बप्तिस्मा लिए, येशूले पनि बप्‍तिस्‍मा लिनुभयो र उहाँले प्रार्थना गरिरहनुहुँदा, स्‍वर्ग खुल्यो, 22 र पवित्र आत्मा शारीरिक रूपमा ढुकुर जस्तै उहाँमाथि ओर्लनुभयो, र स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा पुत्र हौ जसलाई म प्रेम गर्छु। म तिमीसँग प्रसन्‍न छु ।” 23 येशूले आफ्नो सेवकाई सुरु गर्नुहुँदा उहाँ तीस वर्षको हुनुहुन्थ्यो । उहाँ योसेफका छोरा (जस्तो सोचिएको थियो) हुनुहुन्थ्यो, एलीका छोरा योसेफ, 24 मत्तातका छोरा एली, लेवीका छोरा मत्तात, मल्कीका छोरा लेवी, यान्‍नाका छोरा मल्की, योसेफका छोरा यान्‍ना थिए । 25 मत्ताथियासका छोरा योसेफ, आमोसका छोरा मत्ताथियास, नहूमका छोरा आमोस, इसलीका छोरा नहूम, नग्गैका छोरा इसली, 26 माथका छोरा नग्गै, मत्ताथियासका छोरा माथ, सेमैनका छोरा मत्ताथियास, योसेखका छोरा सेमैन, योदाका छोरा योसेख थिए । 27 योआनानका छोरा योदा, रेसाका छोरा योआनान, यरुबाबेलका छोरा रेसा, शालतिएलका छोरा यरुबाबेल, नेरीका छोरा शालतिएल, 28 मल्कीका छोरा नेरी, अद्दीका छोरा मल्की, कोसामका छोरा अद्दी, एलमादमका छोरा कोसाम, एर‍्का छोरा एलमादम, 29 यहोशूका छोरा एर्, एलीएजरका छोरा यहोशू, योरीमका छोरा एलीएजर, मत्तातका छोरा योरीम, लेवीका छोरा मत्तात थिए । 30 शिमियोनका छोरा लेवी, यहूदाका छोरा शिमियोन, योसेफका छोरा यहूदा, योनानका छोरा योसेफ, एल्याकीमका छोरा योनान, 31 मलेआका छोरा एल्याकीम, मिन्‍नाका छोरा मलेआ, मत्ताथाका छोरा मिन्‍ना, नातानका छोरा मत्ताथा, दाऊदका छोरा नातान, 32 यिशैका छोरा दाऊद, ओबेदका छोरा यिशै, बोअजका छोरा ओबेद, सल्मोनका छोरा बोअज, नहशोनका छोरा सल्मोन थिए । 33 अम्मीनादाबका छोरा नहशोन, आरामका छोरा अम्मीनादाब, अरनीका छोरा आराम, हेस्रोनका छोरा अरनी, फारेसका छोरा हेस्रोन, यहूदाका छोरा फारेस, 34 याकूबका छोरा यहूदा, इसहाकका छोरा याकूब, अब्राहामका छोरा इसहाक, तेरहका छोरा अब्राहाम, नाहोरका छोरा तेरह, 35 सरूगका छोरा नाहोर रऊका छोरा सरूग, पेलेगका छोरा रऊ, एबेरका छोरा पेलेग, शेलहका छोरा एबेर थिए । 36 केनानका छोरा शेलह, अर्पक्षदका छोरा केनान, शेमका छोरा अर्पक्षद, नोआका छोरा शेम, लेमेखका छोरा नोआ, 37 मतूशेलहका छोरा लेमेख, हनोकका छोरा मतूशेलह, येरेदका छोरा हनोक, महलालेलका छोरा येरेद, केनानका छोरा महलालेल, 38 एनोशका छोरा केनान, शेतका छोरा एनोश, आदमका छोरा शेत, आदम परमेश्‍वरका छोरा थिए ।

लूका ०३ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउन कविताको हरेक पङ्क्तिलाई बाँकीको पाठ्यसामग्रीभन्दा दायाँतिर सारेर राख्छन् । यूएलटीले ३:४-६ मा भएको कवितासँग यसो गर्छ, जुन पुरानो करारबाटको शब्दहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

न्याय

सिपाहीहरू र कर उठाउनेहरूलाई यस अध्यायमा भएका यूहन्‍नाका निर्देशनहरू जटिल छैनन् । तिनीहरू ती कुराहरू हुन् जुन तिनीहरूलाई त्यसै थाहा हुनुपर्ने हो । उनले तिनीहरूलाई धर्मी तवरले जिउनलाई निर्देशन दिए । अनि लूका ३:१२-१५)

वंशावली

वंशावली एउटा सूची हो जसले एउटा व्यक्तिको पूर्खाहरू वा सन्तानहरूको अभिलेख राख्छ । यस्ता सूचीहरू कसको राजा हुने हक थियो भनेर निर्धारण गर्नलाई धेरै महत्त्वपूर्ण हुन्थे, किनभने राजाको अधिकार सामान्यतया उनीभन्दा मुनि सर्थ्यो वा उनका बाबुबाट उत्तराधिकारको रूपमा प्राप्‍त गरिएको हुन्थ्यो । अरू महत्त्वपूर्ण मानिसहरूको पनि अभिलिखित वंशावली हुने कुरा सामान्य कुरा थियो ।

यस अध्यायमा भएका भाषाका महत्त्वपूर्ण अलङ्कारहरू

रूपक

अगमवाणीले धेरैपटक त्यसको अर्थ व्यक्त गर्नलाई रूपकहरूको प्रयोगलाई समावेश गर्छ । अगमवाणीको उचित उल्थाको लागि विभिन्‍न भेद छुट्‌ट्याउने आत्मिक समझदारीको आवश्यकता हुन्छ । यशैयाको अगमवाणी एउटा विस्तारित रूपक हो जसले बप्‍तिस्मा दिने यूहन्नाको सेवकाइलाई वर्णन गर्छ अनि

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“(हेरोद) ले यूहन्नालाई झ्यालखानामा कैदी बनाए”

यो घटनाले अलमल ल्याउन सक्छ किनभने लेखकले बताउँछन् कि यूहन्‍ना कैदमा हालिएका थिए र त्यसपछि उनले भन्छन् कि उनले मानिसहरूलाई बप्‍तिस्मा दिइरहेका थिए । लेखकले सम्भवतः यो वाक्यांश यूहन्नालाई हेरोदले झ्यालखानामा हाल्‍नेछन् भन्‍ने आशामा प्रयोग गर्छन् । यसको अर्थ हुन जान्छ कि यो कथा वर्णनको समयमा यो भनाइ अझै पनि भविष्‍यमा नै छ ।


Luke 3:1

सामान्य जानकारीः

येशूको नातेदार भाइ यूहन्‍नाले उनको सेवकाइको थालनी गर्दा के भइरहेको छ भनेर बताउनलाई यी पदहरूले पृष्‍ठभूमि जानकारी दिन्छन् ।

जोड्ने कथनः

जसरी यशैया अगमवक्ताले पहिल्यै भविष्‍यवाणी गरेका थिए, यूहन्‍नाले मानिसहरूलाई सुसन्देश प्रचार गर्न सुरु गर्छन् ।

फिलिप … लुसानियास

यी मानिसहरूका नामहरू हुन् ।

इतुरिया र त्राखोनितिस … अबिलेने

यी प्रदेशहरूका नाम हुन् ।

Luke 3:2

हन्‍नास र कैयाफा प्रधान पूजाहारी भएको समयमा

“यी दुवैले सँगसँगै प्रधान पूजाहारीको रूपमा सेवा गरिरहेका बेलामा ।” हन्‍नास प्रमुख पूजाहारी थिए, र रोमीहरूले उनको ज्वाइँ, कैयाफालाई उनको ठाउँमा प्रमुख पूजाहारी हुनलाई नियुक्त गरिसकेपछि पनि यहूदीहरूले उनलाई त्यसरी नै पहिचान गर्न निरन्तरता दिए ।

परमेश्‍वरको वचन आयो

लेखकले परमेश्‍वरको सन्देशको विषयमा यसरी बताउँछन् मानौँ त्यो कुनै व्यक्ति हो जुन त्यसलाई सुन्‍नेहरूतर्फ सर्थ्यो । वैकल्पिक अनुवादः “परमेश्‍वरले उहाँको सन्देश बोल्‍नुभयो”

Luke 3:3

पाप क्षमाको बप्‍तिस्मा प्रचार गर्दै

“बप्‍तिस्मा” र “पश्‍चात्ताप” जस्ता शब्दहरूलाई कार्यहरूको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले तिनीहरूका पापको निम्ति पश्‍चात्ताप गरिरहेका छन् भन्‍ने देखाउन मानिसहरूलाई बप्‍तिस्मा दिइनुपर्छ भनी उनले प्रचार गरे”

पाप क्षमाको निम्ति

तिनीहरूले पश्‍चात्ताप गर्ने थिए ताकि परमेश्‍वरले तिनीहरूका पापहरूलाई क्षमा दिनुभएको होस् । “क्षमा” शब्दलाई एउटा कार्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि तिनीहरूका पाप क्षमा गरिऊन्” वा “कि परमेश्‍वरले तिनीहरूका पाप क्षमा गर्नुभएको होस्”

Luke 3:4

सामान्य जानकारीः

लेखक, लूकाले बप्‍तिस्मा दिने यूहन्‍नाको विषयमा भएको यशैया अगमवक्ताको खण्‍डलाई उद्‌धृत गर्छन् ।

जसरी यशैया अगमवक्ताको अगमवाणीका वचनहरूको पुस्तकमा लेखिएको छ

यी शब्दहरूले यशैया अगमवक्ताबाटको एउटा उद्धरणलाई परिचय गराउँछन् । तिनीहरूलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ, र छुटेका शब्दहरूलाई राख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “यो यशैया अगमवक्ताले आफ्नो पुस्तकमा लेखेको जस्तै भयो” वा “यशैया अगमवक्ताले आफ्नो पुस्तकमा लेखेको कुरा यूहन्‍नाले पूरा गरे”

उजाडस्थानमा कराइरहने एकजनाको आवाज

यसलाइ एउटा वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उजाडस्थानमा कराइरहने एकजनाको आवाज सुनिएको छ” वा “तिनीहरूले उजाडस्थानमा कराइरहने कोही एकजनाको स्वर सुन्छन्”

परमप्रभुको बाटो तयार पार, उहाँका मार्गहरू सोझो बनाऊ

दोस्रो आज्ञाले पहिलोलाई व्याख्या गर्छ वा थप विस्तृत विवरण थप्छ ।

प्रभुको मार्ग तयार पार

“परमप्रभुको लागि मार्ग तयार पार ।” यसो गर्नुले प्रभु आउनुहुँदा उहाँको सन्देश सुन्‍नलाई तयार भइ रहने कुरालाई प्रतिनिधित्व गर्छ । मानिसहरूले तिनीहरूका पापहरूको पश्‍चात्ताप गरेर यसो गर्छन् । वैकल्पिक अनुवादः “प्रभुको सन्देश सुन्‍नलाई तयार होओ जब उहाँ आउनुहुन्छ” वा “प्रभु आउनको लागि पश्‍चात्ताप गरेर तयार होओ”

मार्ग

“बाटो” वा “सडक”

Luke 3:5

हरेक उपत्यका पुरिनेछ ... हरेक पहाड र डाँडा समतल पारिनेछ

जब मानिसहरूले कुनै महत्त्वपूर्ण व्यक्तिको लागि बाटो तयार गर्छन् जो आउँदै गरेका हुन्छन्, तिनीहरूले उच्‍चमा रहेका ठाउँहरूलाई काटेर तल झार्छन् र होचा स्थानहरूलाई पुर्छन् ताकि बाटो समतल हुन सकोस् । यो अघिल्‍लो पदमा सुरु गरिएको अलङ्कारको हिस्सा हो ।

हरेक उपत्यका पुरिनेछ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले सडकको हरेक होचो भागलाई पुर्नेछन् ।”

हरेक पहाड र डाँडा समतल पारिनेछ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । “तिनीहरूले हरेक पहाड र डाँडालाई समतल पार्नेछन्” वा “तिनीहरूले सडकका हरेक उच्‍च भागलाई हटाउनेछन्”

Luke 3:6

परमेश्‍वरको उद्धारलाई देख्‍नेछन्

This can be stated as an action. “परमेश्‍वरले मानिसहरूलाई पापबाट कसरी बचाउनुहुन्छ भन्‍नेबारे सिक्‍नेछन् ।”

Luke 3:7

उनीकहाँ बप्‍तिस्‍मा लिन आइरहेको

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यूहन्‍नाद्वारा बप्‍तिस्मा लिन आइरहेको”

हे साँभे सर्पका बच्‍चा हो

यो एउटा अलङ्कार हो । यहाँ “बच्‍चा”को अर्थ “उही गुणहरूले युक्त” भन्‍ने हुन्छ । साँभे सर्पहरू चाहिँ विषालु सर्पहरू हुन् जो खतरनाक हुन्छन् र जसले दुष्‍टतालाई प्रतिनिधित्व गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरू दुष्‍ट विषालु साँपहरू” वा “तिमीहरू विषालु सर्पजस्तै दुष्‍ट छौ”

कसले तिमीहरूलाई आउँदै गरेको क्रोधबाट भाग्‍नलाई चेतावनी दियो ?

उनले वास्तवमा तिनीहरूको जवाफको अपेक्षा गरिरहेका थिएनन् । यूहन्‍नाले मानिसहरूलाई हप्‍काइरहेका थिए किनभने तिनीहरूले उनलाई आफूहरूलाई बप्‍तिस्मा दिनलाई बिन्ती गरिरहेका थिए ताकि परमेश्‍वरले तिनीहरूलाई दण्‍ड नदिनुभएको होस्, तर तिनीहरू पाप गर्नलाई छोड्न चाहँदैनथे । वैकल्पिक अनुवादः “यसरी तिमीहरू परमेश्‍वरको क्रोधबाट भाग्‍न सक्दैनौ !” वा “बप्‍तिस्मा लिएर मात्र परमेश्‍वरको क्रोधबाट उम्कन सक्दैनौ !”

आउँदै गरेको क्रोधबाट

शब्द “क्रोध” परमेश्‍वरको दण्डलाई जनाउनलाई प्रयोग गरिएको छ, किनभने उहाँको क्रोध अगि आउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरले पठाउन लाग्‍नुभएको दण्डबाट” वा “परमेश्‍वरको क्रोधबाट जसमा उहाँले काम गर्न लागिरहनुभएको छ”

Luke 3:8

त्यस्ता फलहरू फलाओ जुन पश्‍चात्ताप सुहाउँदो छन्

यस अलङ्कारमा, कोही व्यक्तिको आचरणलाई फलसँग दाँजिएको छ । जसरी कुनै बोटले त्यस बोटको प्रकारसँग सुहाउँदो फल उत्‍पन्‍न गरेको अपेक्षा गरिन्छ, आफूले पश्‍चात्ताप गरेको छु भनेर बताउने कुनै व्यक्तिले पनि धर्मी तवरले जिएको अपेक्षा गरिन्छ । वैकल्‍पिक अनुवादः “त्यस प्रकारका फलहरू फलाओ जसले देखाउँछ कि तिमीहरूले पश्‍चात्ताप गरेका छौ” वा “ती कुराहरू गर जसले देखाउँछ कि तिमीहरू आफ्‍ना पापबाट तर्किगएका छौ”

तिमीहरू आफैँभित्र भन्‍न

“तिमीहरू आफैँलाई भन्दै” वा “सोच्दै”

हामीसँग पिताको रूपमा अब्राहाम छन्

“अब्राहाम हाम्रा पूर्वज हुन्” वा “हामी अब्राहामका सन्तानहरू हौँ ।” तिनीहरूले कि यसो भन्‍ने थिए भनेर अस्‍पष्‍ट छ भने, तपाईंले अन्तर्निहित जानकारीलाई पनि थप्‍न सक्‍नुहुन्छः “त्यसैले परमेश्‍वरले हामीलाई दण्‍ड दिनुहुने छैन ।”

अब्राहामका लागि सन्तान उत्‍पन्‍न गर्न

“अब्राहामका लागि सन्तान बनाउन”

यी ढुङ्गाहरूबाट

यूहन्‍नाले सम्भवतः यर्दन नदी किनारमा भएका वास्तविक ढुङ्गाहरूलाई नै जनाइरहेका हुन सक्छन् ।

Luke 3:9

रूखहरूको जरामा बन्चरो परिसकेको छ

त्यो बन्चरो जुन रूखको जरालाई त्यसले काट्न सकोस् भनेर ठाउँमा बसिसकेको छ, सुरु हुन लागिरहेको दण्‍डको लागि एउटा अलङ्कार हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वर रूखहरूको जरामा बन्चरो राखिसकेको मानिसजस्तै हुनुहुन्छ”

हरेक रूख ... काटिनेछ र आगोमा फालिनेछ

यहाँ “आगो” दण्‍डको लागि एउटा अलङ्कार हो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले हरेक रूखलाई काटेर ढाल्नुहुन्छ ... र त्यसलाई आगोमा फाल्नुहुन्छ”

Luke 3:10

जोड्ने कथनः

यूहन्‍नाले भीडमा भएका मानिसहरूले उनलाई सोधेका प्रश्‍नहरूको जवाफ दिन थाल्छन् ।

यसो भन्दै सोधिरहे

“उनलाई सोध्दै भने” वा “यूहन्‍नालाई सोध्दै”

Luke 3:11

तिनीहरूलाई जवाफ दिएर भने

“यसो भन्दै जवाफ दिए” वा “तिनीहरूलाई उत्तर दिए” वा “भने”

त्यसै गर्नुपर्छ

“बचेको खानेकुरालाई बाँड जसरी तिमीहरूले बढी भएको खास्टोलाई बाँड्यौ ।” यसले खाँचोमा भएकाहरूलाई खानेकुरा दिने कुरालाई नै जनाउँछ । वैकल्‍पिक अनुवादः “त्यो व्यक्तिलाई खानेकुरा देओ जससँग केही छैन”

Luke 3:12

बप्‍तिस्मा लिन

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यूहन्‍नाद्वारा बप्‍तिस्मा लिन”

Luke 3:13

बढी पैसा नउठाउनू

“धेरै पैसा नमाग” वा “बढी पैसा उठाउन नखोज ।” कर उठाउनेहरूले तिनीहरूले उठाउनुपर्ने भन्दा बढी पैसा उठाइरहेका थिए । यूहन्‍नाले तिनीहरूलाई त्यसो गर्न छोड्नुपर्छ भनेर बताउँछन् ।

जे तिमीहरूलाई गर्नलाई अह्राइएको छ

कर उठाउने व्यक्तिको अधिकार रोमबाट आउँछ भनेर देखाउनको लागि यो कर्म वाच्यमा छ । वैकल्पिक अनुवादः “तिमीहरूलाई रोमीहरूले उठाउनलाई अधिकार दिएका भन्दा”

Luke 3:14

अनि हामीले के गर्नुपर्छ ?

हामी सिपाहीहरूबारे नि ? हामीले चाहिँ के गर्नुपर्छ ? शब्दहरू “हाम्रो” र “हामीले” मा यूहन्‍ना पर्दैनन् । सिपाहीहरूले भन्‍न खोजेका छन् कि यूहन्‍नाले भीड र कर उठाउनेलाई तिनीहरूले के गर्नुपर्छ भनेर बताइसकेका छन् र तिनीहरूले सिपाहीहरूको रूपमा के गर्नुपर्छ भनेर जान्‍न चाहन्छन् ।

कसैलाई पनि झूटो दोष नलगाओ

पैसा असुल्नलाई सिपाहीहरूले मानिसहरूलाई झूटो दोष लगाइरहेका थिए जस्तो देखिन्छ । यसलाई प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसै गरी, तिनीहरूबाट पैसा असुल्नलाई कसैलाई पनि झूटो दोष नलगाओ” वा “कुनै पनि निर्दोष व्यक्तिलाई अवैधानिक काम गरेको छ नभन”

आफ्ना तलबमा नै सन्तुष्‍ट होओ

“तिम्रो तनखामा सन्तुष्‍ट होओ”

Luke 3:15

तब मानिसहरू

“किनकि मानिसहरू” । यसले यूहन्‍नाकहाँ आएका मानिसहरूलाई जनाउँछ ।

यूहन्‍नाको विषयमा, तिनी ख्रीष्‍ट हुन सक्छन् कि भनेर सबैजना तिनीहरूका हृदयहरूमा विचार गर्दै थिए

“यूहन्‍नाको विषयमा के सोच्‍ने भनेर सबैजना अनिश्‍चित थिए; तिनीहरूले आफैँलाई सोधे, ‘के उनी ख्रीष्‍ट हुन सक्छन् ?’” वा “यूहन्‍नाको विषयमा के सोच्‍ने भनेर कोही पनि निश्‍चित थिएन किनभने तिनीहरू सबै उनी ख्रीष्‍ट हुन सक्छन् कि भनेर विचार गर्दै थिए ।”

Luke 3:16

यूहन्‍नाले तिनीहरू सबैलाई ... भनेर जवाफ दिए

अझ महान् व्यक्ति आउँदै गरेको जवाफ यूहन्‍नाले दिँदा स्‍पष्‍टसँग यो अर्थ लाग्छ कि यूहन्‍ना ख्रीष्‍ट होइनन् । यसलाई तपाईंको पाठकहरूको लागि प्रस्‍टसँग व्यक्त गर्न सहयोगी हुन सक्छ । वैकल्‍पिक अनुवादः “यूहन्‍नाले तिनीहरू सबैलाई ... भनेर स्पष्‍ट बनाए कि उनी ख्रीष्‍ट होइनन्”

म तिमीहरूलाई पानीले बप्‍तिस्मा दिन्छु

“म पानीको प्रयोग गरेर बप्‍तिस्मा दिन्छु” वा “म पानीको माध्यमले बप्‍तिस्मा दिन्छु”

जसको जुत्ताको फित्ता फुकाल्न पनि म योग्यको छैन

“उहाँको जुत्ताको फित्ता फुकाल्नलाई पनि म महत्त्वपूर्ण छैन ।” जुत्ताको फित्ता फुकाल्ने कर्तव्य दासको हुन्थ्यो । यूहन्‍नाले भन्दै थिए, कि उहाँ जो आउँदै हुनुहुन्थ्यो, उहाँको दास बन्‍नको लागि पनि उनी पर्याप्‍त मात्रामा योग्य थिएनन् ।

उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्मा दिनुहुनेछ

यो अलङ्कारले एउटा व्यक्तिलाई पानीसँगको स्पर्शमा ल्याएर गर्ने वास्तविक बप्‍तिस्मासँग तिनीहरूलाई पवित्र आत्मा र आगोको सम्बन्धमा ल्याउने आत्मिक बप्‍तिस्मासँग तुलना गर्छ ।

आगो

यहाँ “आगो” शब्दले १) इन्साफ वा २) शुद्धिकरणलाई जनाउन सक्छ । यसलाई “आगो”कै रूपमा छोड्नलाई रुचाइन्छ ।

Luke 3:17

उहाँको हातमा निफन्‍ने नाङ्लो छ

“उहाँले निफन्‍ने नाङलो समाइरहनुभएको छ किनभने उहाँ तयार हुनुहुन्छ ।” यूहन्‍नाले ख्रीष्‍टले मानिसहरूको न्याय गर्न आउनुहुने कुरालाई मानौँ उहाँ एउटा किसान भएर गहुँबाट भुसलाई छुट्याउन तयार भएजसरी बताउँछन् । वैकल्‍पिक अनुवादः “तयार अवस्थामा रहेको किसान जस्तै उहाँ मानिसहरूको इन्साफ गर्नलाई तयार हुनुहुन्छ”

निफन्‍ने नाङ्लो

यो अन्‍नलाई माथि हावामा फ्याँकेर भुसबाट अलग गराउने सामग्री हो । अन्‍नको गह्रौँ दाना तल फर्केर आउँछ र अनावश्‍यक भुसलाई हावाले उडाएर लैजान्छ । यो सुकेको घाँस सोर्ने दाँते जस्तै हो ।

उहाँको खलालाई राम्ररी सफा गर्न

खला भनेको एउटा ठाउँ हो जहाँ गहुँलाई निफन्‍ने तयारी गर्नको लागि थाक लगाएर राखिएको थियो । खलालाई “सफा पार्नु” भनेको अनाज निफन्‍नलाई सकाउनु हो । वैकल्‍पिक अनुवादः “उहाँको अनाजलाई निफन्‍न सकाउनु”

अन्‍नलाई भण्डारमा जम्मा गर्न

गहुँ चाहिँ स्वीकार्य फसल हो जसलाई राखिन्छ र सञ्‍चय गरिन्छ ।

उहाँले भुसलाई जलाउनुहुनेछ

भुस कुनै कुराको निम्ति पनि उपयोगी नहुने हुनाले मानिसहरूले त्यसलाई जलाउँछन् ।

Luke 3:18

सामान्य जानकारीः

कथाले यूहन्‍नालाई के हुन लागिरहेको छ भनेर बताउँछ तर त्यो यस समयमा भइसकेको छैन ।

त्यसकारण, अझ धेरै उत्साह दिँदै

“अरू धेरै कडा अनुरोधहरूसहित”

Luke 3:19

शासक हेरोद

यिनी हेरोद राजा होइन, शासक थिए । उनको शासन गालील क्षेत्रमा मात्र सीमित थिए ।

उनको भाइकी पत्‍नी, हेरोदियासको बारेमा

“किनभने हेरोदले उनका आफ्नै भाइकी पत्‍नी हेरोदियासलाई विवाह गरेका थिए ।” यो दुष्‍ट थियो किनभने हेरोदका भाइ अझै जीवित थिए । यसलाई प्रस्‍टसँग बताउन सकिन्छ । वैकल्‍पिक अनुवादः “उनका भाइ अझै जीवितै हुँदा, उनले आफ्‍नो भाइकी पत्‍नी, हेरोदियासलाई विवाह गरे”

Luke 3:20

उनले यूहन्‍नालाई झ्यालखानामा हालेका थिए

किनकि हेरोद बडाहाकिम थिए, उनले शायद उनका सिपाहीहरूलाई यूहन्‍नालाई थुन्‍नलाई आदेश दिएर यूहन्‍नालाई थुने । वैकल्पिक अनुवादः “उनले उनका सिपाहीहरूलाई यूहन्‍नालाई झ्यालखानामा थुन्‍न लगाए” वा “उनले उनका सिपाहीहरूलाई यूहन्‍नालाई झ्यालखानामा हाल्नलाई भने”

Luke 3:21

सामान्य जानकारीः

अघिल्‍लो पदले बताउँछ कि हेरोदले यूहन्‍नालाई झ्यालखानामा हाले । यो कुरा प्रस्ट बनाउन सहयोगी हुन सक्छ कि पद २१ देखि सुरु भएको विवरण यूहन्‍नाको पक्राउभन्दा अगाडि भएको हो । यूएसटीले पद २१ लाई “तर यूहन्‍ना झ्यालखानामा हालिनुभन्दा पहिले” सँग सुरु गरेर यसो गर्छ ।

जोड्ने कथनः

येशूले उहाँको सेवकाइ उहाँको बप्‍तिस्माबाट सुरु गर्नुहुन्छ ।

अब यस्तो हुन आयो

यो वाक्यांशले कथामा एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्‍नुहुन्छ ।

जब सबै मानिसहरूले बप्‍तिस्‍मा लिए

“यूहन्‍नाले सबै मानिसलाई बप्‍तिस्मा दिँदै गर्दा ।” “सबै मानिसहरू” भन्‍ने पदावलीले यूहन्‍नासँग भएका मानिसहरूलाई जनाउँछ ।

येशूलाई पनि बप्‍तिस्‍मा दिइयो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यूहन्‍नाले येशूलाई पनि बप्‍तिस्मा दिए”

स्वर्ग खुलियो

“आकाश उघ्रियो” वा “आकाश खुल्ला भयो ।” यो साधारण बादल हट्ने कुराभन्दा बढी हो, तर यसको तात्पर्य के हो भनी स्पष्‍ट छैन । सम्भवतः यसको तात्पर्य आकाशमा प्वाल देखा पर्‍यो भन्‍ने हुन सक्‍छ ।

Luke 3:22

पवित्र आत्मा उहाँमाथि शारीरिक रूपमा ढुकुर जस्तो भएर ओर्लनुभयो

“पवित्र आत्मा येशूमाथि भौतिक रूपमा ओर्लिआउनुभयो”

स्वर्गबाट एउटा आवाज आयो

यहाँ “स्वर्गबाट एउटा आवाज आयो” भन्‍ने कुराले पृथ्‍वीमा भएका मानिसहरूले स्वर्गमा हुनुभएको परमेश्‍वर बोलिरहनुभएको सुने भन्‍ने कुरालाई प्रतिनिधित्व गर्छ । परमेश्‍वर येशूसँग बोल्‍नुभयो भन्‍ने कुरालाई प्रस्ट बनाउन सकिन्छ । वैकल्‍पिक अनुवादः “स्वर्गबाट एउटा आवाजले यसो भन्यो” वा “परमेश्‍वर येशूसँग ... भन्दै स्वर्गबाट बोल्‍नुभयो”

मेरा पुत्र

यो येशू, परमेश्‍वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।

Luke 3:23

सामान्य जानकारीः

लूकाले येशूको बाबु मानिएको योसेफको वंशबाट उहाँका पूर्खाहरूको सूची बनाउँछन् ।

अब

यो शब्दलाई यहाँ कथा वर्णनबाट येशूको उमेर र पूर्खाहरूको पृष्‍ठभूमि जानकारीतर्फ आएको बदलावलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ ।

तीस वर्षको

“३० वर्ष”

उहाँ योसेफका छोरा (जस्तो सोचिएको थियो) हुनुहुन्थ्यो

“उहाँलाई योसेफको छोराको रूपमा चिनिन्थ्यो” वा “मानिसहरूले उहाँलाई योसेफको छोरा ठान्थे”

Luke 3:24

एलीका छोरा, मत्तातका छोरा, लेवीका छोरा, मल्कीका छोरा, यान्‍नाका छोरा, योसेफका छोरा

यसले पद २४ मा भएको “उनी ... का छोरा ... एलीका छोरा, योसेफका ... ” शब्दहरूसहित सूचीलाई निरन्तरता दिन्छ । तपाईंको भाषामा मानिसहरूले पूर्खाहरूको सूची कसरी बनाउँछन्, त्यसलाई विचार गर्नुहोस् । तपाईंले सम्पूर्ण सूचीमा उस्तै पदावलीको प्रयोग गर्नुपर्छ । सम्भावित ढाँचाहरू हुन् १) “... उहाँ एलीका छोरा योसेफका छोरा हुनुहुन्थ्यो, जो मत्तातका छोरा थिए, जो लेवीका छोरा थिए, जो मल्कीका छोरा, जो यान्‍नाका छोरा, जो योसेफका छोरा” वा २) “... उहाँ ... योसेफका छोरा हुनुहुन्थ्यो । योसेफ एलीका छोरा थिए । एली मत्तातका छोरा थिए । मत्तात लेवीका छोरा थिए । लेवी मल्कीका छोरा थिए । मल्की यान्‍नाका छोरा थिए । यान्‍ना योसेफका छोरा थिए” वा ३) “उहाँको पिता ... योसेफ थिए । योसेफका पिता एली थिए । एलीका पिता मत्तात थिए । मत्तातका पिता लेवी थिए । लेवीका पिता मल्की थिए । मल्कीका पिता यान्‍ना थिए । यान्‍नाका पिता योसेफ थिए”

Luke 3:25

मत्ताथियासका छोरा, आमोसका छोरा ... नग्‍गै

यो [लूका ३:२३]

Luke 3:26

माथका छोरा ... योदा

यो [लूका ३:२३]

Luke 3:27

योआननका छोरा ... नेरी

यो [लूका ३:२३]

शालतिएलका छोरा

शालतिएल नाउँ शेअलतिएल नामको फरक हिज्‍जे भएको हुन सक्छ (किनकि केही संस्करणहरूमा त्यो छ), तर पहिचान गर्न गाह्रो छ ।

Luke 3:28

मल्कीका छोरा ... एर्

यो [लूका ३:२३]

Luke 3:29

यहोशूका छोरा ... लेवी

यो [लूका ३:२३]

Luke 3:30

शिमियोनका छोरा ... एल्याकीम

यो [लूका ३:२३]

Luke 3:31

मलेआका छोरा ... दाऊद

यो [लूका ३:२३]

Luke 3:32

यिशैका छोरा ... नहशोन

यो [लूका ३:२३]

Luke 3:33

अम्मीनादाबका छओरा ... यहूदा

यो [लूका ३:२३]

Luke 3:34

याकूबका छोरा ... नाहोर

यो [लूका ३:२३]

Luke 3:35

सरूगका छोरा ... शेलह

यो [लूका ३:२३]

Luke 3:36

केनानका छोरा ... लेमेख

यो [लूका ३:२३]

Luke 3:37

मतूशेलहका छोरा ... केनान

यो [लूका ३:२३]

Luke 3:38

एनोशका छोरा ... आदम

यो [लूका ३:२३]

आदम, परमेश्‍वरका छोरा

“आदम, परमेश्‍वरद्वारा सृजिएका” वा “आदम, जो परमेश्‍वरबाट थिए” वा “हामीले आदमलाई परमेश्‍वरका छोरा भन्‍न सक्छौँ”


Translation Questions

Luke 3:3

यूहन्‍नाले यर्दन नदीको वरिपरिको क्षेत्रमा कुनचाहिँ सन्देश प्रचार गरे ?

यूहन्‍नाले पाप-क्षमाको लागि पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गरे । [३:३]

Luke 3:4

यूहन्‍नाले कसको लागि बाटो तयार पार्दै थिए भनी तिनले बताए ?

तिनले प्रभुको निम्ति बाटो तयार पार्दै थिए भनी तिनले बताए । [३:४]

Luke 3:8

अब्राहाम तिनीहरूका पिता थिए भन्ने सत्यतामा भरोसा नगरी मानिसहरूले के गर्नुपर्थ्यो भनी यूहन्‍नाले बताए ?

तिनीहरूले पश्‍चात्ताप सुहाउँदो फल फलाउनुपर्थ्यो भनी यूहन्‍नाले मानिसहरूलाई बताए । [३:८]

Luke 3:9

असल फल नफलाउने रुखलाई के हुन्छ भनी यूहन्‍नाले बताए ?

यसलाई काटेर आगोमा फालिन्छ भनी यूहन्‍नाले बताए । [३:९]

Luke 3:13

साँचो पश्‍चात्तापलाई देखाउन कर उठाउनेहरूले के गर्नुपर्छ भनी यूहन्‍नाले बताए ?

तिनीहरूले जति माग्‍नुपर्ने हो त्योभन्दा बढी माग्‍नुहुँदैन भनी यूहन्‍नाले बताए । [३:१३]

Luke 3:16

यूहन्‍नाले बताए कि तिनले मानिसहरूलाई पानीले बप्‍तिस्मा दिए तर एक जना आउँदै हुनुहुन्थ्यो जसले तिनीहरूलाई केले बप्‍तिस्मा दिनुहुने थियो ?

यूहन्‍नाले बताए कि एक जना आउँदै हुनुहुन्थ्यो जसले तिनीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्मा दिनुहुने थियो । [३:१६]

Luke 3:19

किन यूहन्‍नाले हेरोदलाई हप्काए ?

यूहन्‍नाले हेरोदलाई हप्काए किनकि तिनले आफ्नै भाइकि पत्‍नीसित बिहे गरेका थिए र अन्य धेरै दुष्‍कर्महरू गरेका थिए । [३:१९]

Luke 3:20

कसले यूहन्‍नालाई झ्यालखानामा हाले ?

हेरोदले यूहन्‍नालाई झ्यालखानामा हाले । [३:२०]

Luke 3:21

यूहन्‍नाले येशूलाई बप्‍तिस्मा दिनेबित्तिकै के भयो ?

यूहन्‍नाले येशूलाई बप्‍तिस्मा दिनेबित्तिकै स्वर्ग खुल्यो र पवित्र आत्मा ढुकुरझैँ उहाँकहाँ ओर्लेर आउनुभयो । [३:२१-२२]

Luke 3:22

यूहन्‍नाले येशूलाई बप्‍तिस्मा दिनेबित्तिकै के भयो ?

यूहन्‍नाले येशूलाई बप्‍तिस्मा दिनेबित्तिकै स्वर्ग खुल्यो र पवित्र आत्मा ढुकुरझैँ उहाँकहाँ ओर्लेर आउनुभयो । [३:२१-२२]

स्वर्गबाट आएको आवाजले के भन्यो ?

स्वर्गबाट आएको आवाजले भन्यो, “तिमी मेरा प्रिय पुत्र हौ, म तिमीसँग प्रसन्‍न छु ।” [३:२२]

Luke 3:23

येशूले सिकाउन लाग्‍नुहुँदा उहाँ करिब कति वर्षको हुनुहुन्थ्यो ?

येशूले सिकाउन लाग्‍नुहुँदा उहाँ करिब तिस वर्षको हुनुहुन्थ्यो । [३:२३]


Chapter 4

1 तब येशू पवित्र आत्माले भरिएर यर्दन नदीबाट फर्कनुभयो, अनि आत्माद्वारा उजाड-स्थानमा डोर्‍याइनुभयो, 2 जहाँ उहाँ चालिस दिनसम्म शैतानद्वारा परीक्षामा पर्नुभयो । ती दिनहरूमा उहाँले केही खानुभएन, र त्‍यो समयको अन्त्‍यमा उहाँ भोकाउनुभयो । 3 तब शैतानले येशूलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने यो ढुङ्गालाई रोटी हुन आज्ञा दिनुहोस् ।” 4 येशूले त्यसलाई जवाफ दिनुभयो, “लेखिएको छ, मानिस रोटीले मात्र बाँच्‍दैन ।” 5 त्यसपछि शैतानले उहाँलाई उच्‍च स्थानमा लगेर संसारका सबै राज्यहरूलाई छिनभरमै देखायो । 6 शैतानले उहाँलाई भन्यो, “म यी सबै अधिकार र यिनको गौरव तपाईंलाई दिनेछु, किनकि यी मलाई दिइएको छ, र म जसलाई चाहन्छु यो त्यसलाई दिन सक्छु । 7 यसकारण यदि तपाईंले मलाई दण्डवत् गर्नुभयो र मेरो आराधना गर्नुभयो भने, यी तपाईंकै हुनेछन् ।” 8 तर येशूले जवाफ दिनुभयो र त्‍यसलाई भन्‍नुभयो, “लेखिएको छ, तैंले परमप्रभु आफ्ना परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू ।” 9 त्यसपछि शैतानले येशूलाई यरूशलेममा लग्यो र मन्‍दिरको टुप्‍पामा राख्यो र उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हाम्फाल्नुहोस् । 10 किनकि लेखिएको छ, 'तिम्रो रक्षा गर्न उहाँले आफ्ना स्‍वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ,’ 11 'अनि तिनीहरूले तिमीलाई हात हातै थाम्‍नेछन्, ताकि तिम्रो खुट्टा ढुङ्गामा ठोकिने छैन' ।” 12 त्यसलाई जवाफ दिंदै येशूले भन्‍नुभयो, “यस्तो भनिएको छ, तैंले परमप्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्नू ।” 13 शैतानले येशूको परीक्षा गरिसकेपछि त्यो गयो र अर्को समय सम्मको लागि उहाँलाई छोड्‍यो । 14 त्यसपछि आत्माको शक्‍तिमा येशू गालील फर्कनुभयो र उहाँको विषयको खबर वरिपरिका सबै क्षेत्रहरूमा फैलियो । 15 त्यसपछि उहाँले तिनीहरूका सभाघरहरूमा शिक्षा दिन लाग्‍नुभयो र हरेकले उहाँको प्रशंसा गरे । 16 उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो, र उहाँको रीतिअनुसार उहाँ विश्रामको दिनमा सभाघरमा प्रवेश गर्नुभयो र ठुलो स्‍वरमा पढ्‍नलाई खडा हुनुभयो । 17 उहाँलाई यशैया अगमवक्‍ताको चर्मपत्रको मुट्ठो दिइयो । उहाँले चर्मपत्रको मुट्ठो खोल्नुभयो र यो लेखिएको ठाउँ भेट्टाउनुभयो, 18 “परमप्रभुको आत्मा ममाथि छ, किनभने उहाँले मलाई गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति अभिषेक गर्नुभयो । उहाँले कैदीहरूलाई छुटकाराको घोषणा गर्न, अन्धाहरूलाई द‍ृष्‍टि दिन, अन्यायमा परेकाहरूलाई स्वतन्‍‍त्रता प्रदान गर्न, 19 र परमप्रभुको निगाहको वर्ष घोषणा गर्न मलाई पठाउनुभएको छ ।” 20 त्यसपछि उहाँले चर्मपत्रको मुट्ठो बन्‍द गर्नुभयो, सेवकलाई फिर्ता गर्नुभयो र बस्‍नुभयो । सभाघरमा भएका सबैको नजर उहाँमाथि पर्‍यो । 21 उहाँले तिनीहरूलाई भन्‍न लाग्‍नुभयो, “आज धर्मशास्‍‍त्रको यो वचन तिमीहरूले सुन्दा सुन्दै पूरा भएको छ ।” 22 त्यहाँ भएका सबैजनाले उहाँको सराहना गरे र उहाँको मुखबाट निस्केको अनुग्रही वचनप्रति तिनीहरू आश्‍चर्य चकित भए, र तिनीहरूले सोधे, “के यिनी योसेफका छोरा होइनन् र?" 23 येशूले तिनीहरूलाई भन्‍नुभयो, “निश्‍चय नै तिमीहरूले मलाई यो उखान भन्‍नेछौ, 'ए वैद्य आफैंलाई निको पार । कफर्नहुममा जे-जति कामहरू तिमीले गर्‍यौ भन्‍ने हामीले सुन्‍यौं, तिम्रो आफ्नो सहरमा पनि त्यस्तै गर' ।” 24 तर उहाँले भन्‍नुभयो, "साँच्‍चै म तिमीहरूलाई भन्दछु, कुनै पनि अगमवक्‍तालाई आफ्नै सहरमा स्वीकार गरिंदैन । 25 तर सत्यतामा म तिमीहरूलाई भन्दछु, तीन वर्ष छ महिनासम्म स्वर्गको ढोका बन्द गरी वृष्‍टि रोकिंदा र सारा भूमीमा ठुलो अनिकाल पर्दा एलियाको समयमा इस्राएलमा धेरै विधवाहरू थिए । 26 तर एलियालाई अरू कसैकहाँ नपठाई सिदोन देशको सारपतमा बस्‍ने विधवाकहाँ पठाइयो । 27 अगमवक्‍ता एलीशाको समयमा इस्राएलमा धेरै कुष्‍ठरोगीहरू थिए, तर सिरियाली नामानबाहेक अरू कोही पनि निको पारिएन । 28 जब सभाघरमा भएका सबै मानिसहरूले यी कुराहरू सुने, तब तिनीहरू रिसले चूर भए । 29 तिनीहरू उठे, उहाँलाई सहरको बाहिर निकाले, र पहाड टाकुरामा बसालिएको तिनीहरूको सहरमा लगे, ताकि तिनीहरूले उहाँलाई टाकुराबाट खसाल्न सकून् । 30 तर उहाँ तिनीहरूका बीचबाट निस्कनुभयो र उहाँ अर्को ठाउँ जानुभयो । 31 त्यसपछि उहाँ गालील सहरको कफर्नहुममा ओर्लनुभयो, र विश्रामको दिनमा उहाँले तिनीहरूलाई शिक्षा दिन थाल्नुभयो । 32 तिनीहरू उहाँको शिक्षामा आश्‍चर्य चकित भए, किनभने उहाँले अधिकारसहित बोल्नुभयो । 33 तब सभाघरमा एक जना अशुद्ध भूतात्मा भएको मानिस त्यहाँ थियो, र त्यो ठुलो स्वरले चिच्यायो, 34 “हे नासरतका येशू, हामीहरूको तपाईंसँग के सरोकार? के तपाईं हामीलाई नाश गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी मलाई थाहा छ—तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ!” 35 येशूले दुष्‍टात्मालाई यसो भन्दै हकार्नुभयो, “चुप लाग्! त्यसबाट बाहिर निस्केर आइज!” भूतात्माले त्यसलाई तिनीहरूको बीचमा लडाएपछि त्यो त्यसबाट निस्केर आयो, र त्यसलाई कुनै पनि हानि गरेन । 36 सबै मानिसहरू अति आश्‍चर्य चकित भए, र तिनीहरूले त्यसको बारेमा एक अर्का सित कुराकानी गरिरहे । तिनीहरूले भने, "यी कस्ता वचनहरू हुन्? यिनले अशुद्ध आत्माहरूलाई अधिकार र शक्‍तिसाथ आज्ञा गर्छन् र ती बाहिर निस्केर आउँछन्?” 37 उहाँको विषयमा भएका समाचारहरू वरिपरिका सबै क्षेत्रमा चारैतिर फैलिन लाग्‍यो । 38 त्यसपछि येशू सभाघरबाट निस्कनुभयो र सिमोनको घरमा पस्‍नुभयो । सिमोनकी सासुलाई उच्‍च ज्वरोले सताएको थियो, र तिनीहरूले तिनको निम्ति उहाँसँग बिन्ती गरे । 39 त्यसैले उहाँ तिनको छेउमा उभिनुभयो, र ज्वरोलाई हकार्नुभयो, र त्यसले तिनलाई छोड्‍यो । तिनी तुरुन्तै उठिन् र उहाँहरूको सेवा गर्न थालिन् । 40 सूर्य अस्ताउँदै गर्दा मानिसहरूले धेरै प्रकारका रोग लागेका बिरामीहरू सबैलाई येशूकहाँ ल्याए । उहाँले तिनीहरू हरेकमाथि आफ्नो हात राख्‍नुभयो र तिनीहरूलाई निको पार्नुभयो । 41 तिनीहरूमध्ये धेरैबाट भूतात्माहरू चिच्याउँदै र यसो भन्‍दै बाहिर निस्के, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ!” येशूले भूतात्माहरूलाई हकार्नुभयो र तिनीहरूलाई बोल्न दिनुभएन, किनभने उहाँ ख्रीष्‍ट हुनुहुन्थ्यो भनी तिनीहरूलाई थाहा थियो । 42 जब बिहान भयो, उहाँ निस्‍केर एकान्त ठाउँमा जानुभयो । मानिसका भीडहरूले उहाँलाई खोजी राखेको थिए र उहाँ हुनुभएको ठाउँमा आए । तिनीहरूले उहाँलाई तिनीहरूबाट जानदेखि रोक्‍ने कोसिस गरे । 43 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले अरू धेरै सहरहरूमा पनि परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नैपर्छ, किनभने म यहाँ पठाइनुको कारण यही हो ।” 44 त्यसपछि यहूदियाभरका सभाघरहरूमा उहाँले निरन्तर प्रचार गर्नुभयो ।

लूका ०४ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको पाठ्यसामग्रीभन्दा दायाँतिर सारेर राख्छन् । यूएलटीले ४:१०-११, १८-१९ मा भएको कवितासँग यसो गर्छ, जुन पुरानो करारबाटका शब्दहरू हुन् ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

येशू दुष्‍टद्वारा परीक्षित हुनुभयो

हुन त यो कुरा सत्य हो कि दुष्‍टले साँच्‍चै विश्‍वास गर्‍यो कि त्यसले येशूलाई त्यसको आज्ञापालन गर्नलाई मनाउन सक्थ्यो, यो महत्त्वपूर्ण छ कि येशूले कहिल्यै वास्तवमै त्यसको आज्ञापालन गर्न साँच्‍चै इच्छा गर्नुभयो भनेर अर्थ नलागोस् ।


Luke 4:1

जोड्ने कथनः

येशू ४० दिन उपवास बस्नुहुन्छ, र दुष्‍टले उहाँलाई पाप गर्नलाई मनाउन कोसिस गर्नलाई उहाँलाई भेट्छ ।

तब येशू

यूहन्‍नाले येशूलाई बप्‍तिस्मा दिइसकेपछि ।

आत्माद्वारा डोर्‍याइनुभयो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आत्माले उहाँलाई डोर्‍याउनुभयो”

Luke 4:2

जहाँ उहाँ चालीस दिन परीक्षामा पर्नुभयो

अधिकांश संस्करणहरूले भन्छन् कि परीक्षा चाहिँ पूरा ४० दिनको अवधिभर थियो । यूएसटीले यसलाई प्रस्‍ट बनाउन “जब उहाँ त्यहाँ हुनुहुन्थ्यो, दुष्‍टले उहाँलाई परीक्षा गरिरह्‌यो” भनेर बताउँछ ।

चालीस दिन

“४० दिन”

जहाँ उहाँ दियाबलसद्वारा परीक्षामा पर्नुभयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ, र दुष्‍टले उहाँलाई के गर्ने परीक्षा दियो भनेर तपाईंले स्‍पष्‍ट बनाउन सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “दियाबलसले उहाँलाई परमेश्‍वरको अनाज्ञापालन गर्न मनायो”

उहाँले केही खानुभएन

“उहाँ” शब्दले येशूलाई जनाउँछ ।

Luke 4:3

यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने

दियाबलसले यो आश्‍चर्यकर्म गरेर उहाँ परमेश्‍वरका पुत्र नै भनी प्रमाणित गर्न चुनौती दिन्छ ।

यो ढुङ्गा

दियाबलसले ढुङ्गालाई कि हातमा समाइरहेको थियो कि भने नजिकैको ढुङ्गालाई देखाउँदै थियो ।

Luke 4:4

येशूले त्यसलाई जवाफ दिनुभयो, “यसो लेखिएको छ, ... केवल ... ।’”

दुष्‍टको चुनौतिप्रति येशूको इन्कार उहाँको जवाफमा प्रस्‍टसँग बुझिएको छ । यसलाई तपाईंका पाठकहरूका लागि यसलाई प्रस्‍टसँग व्यक्त गर्न सहयोगी हुन सक्छ, जसरी यूएसटीले गर्छः “येशूले जवाफ दिनुभयो, ‘होइन, म त्यसो गर्ने छैन किनभने यसो लेखिएको छ ... केवल ... ।’”

यसो लेखिएको छ

यो व्यवस्थाको पुस्तकबाट उद्‌धृत गरिएको भनाइ हो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मोशाले धर्मशास्‍त्रमा लेखेका छन्”

मानिस रोटीले मात्र बाँच्दैन

“रोटी” शब्दले सामान्य रूपमा खानालाई जनाउँछ । खानेकुरालाई परमेश्‍वरसँग दाँजेर हेर्दा, त्यो आफैँले, कोही व्यक्तिलाई जीवित राख्‍न पर्याप्‍त छैन । येशूले किन ढुङ्गालाई रोटी बनाउनुभएन भनी धर्मशास्‍त्रबाट भन्‍दै हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “मानिस रोटीले मात्र बाँच्दैन” वा “मानिस खानेकुराले मात्र बाँच्ने होइन” वा “परमेश्‍वर भन्‍नुहुन्छ कि त्यहाँ खानेकुराभन्दा बढी महत्त्वपूर्ण कुराहरू छन्”

Luke 4:5

उहाँलाई माथि डोर्‍यायो

त्यसले येशूलाई माथि पहाडतर्फ डोहोर्‍यायो ।

छिनभरमै

“तुरुन्त” वा “तत्कालै”

Luke 4:6

तिनीहरू मलाई दिइएका छन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् कि “तिनीहरू”ले १) राज्यहरूको अधिकार र वैभव वा २) राज्यहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले मलाई ती दिनुभएको छ”

Luke 4:7

यदि तपाईंले मलाई दण्डवत् गरी आराधना गर्नुभयो भने

यी दुई वाक्यांशहरू धेरै समान हुन् । तिनीहरूलाई जोड्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि तपाईं मलाई दण्डवत् गर्नलाई झुक्‍नुभयो भने”

यी तपाईंकै हुनेछन्

“म यी सबै राज्यहरू, तिनीहरूको वैभवसहित तपाईंलाई दिनेछु”

Luke 4:8

यसो लेखिएको छ

येशूले शैतानले भनेको कुरा गर्न इन्कार गर्नुभयो । यसलाई प्रस्‍टसँग व्यक्त गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “होइन, म तेरो आराधना गर्ने छैन, किनभने यसो लेखिएको छ”

जवाफ दिनुभयो र त्‍यसलाई भन्‍नुभयो

“त्यसलाई जवाफ दिनुभयो” वा “त्यसलाई प्रत्युत्तर दिनुभयो”

यसो लेखिएको छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मोशाले धर्मशास्‍त्रमा लेखेका छन्”

तैँले परमप्रभु तेरा परमेश्‍वरको आराधना गर्नेछस्

उहाँले दियाबलसलाई किन दण्डवत् गर्नुहुन्‍न भनेर बताउन येशूले धर्मशास्‍त्रको खण्डबाट उद्धृत गर्दै हुनुहुन्छ ।

तैँले आराधना गर्नेछस्

यसले पूरानो करारमा परमेश्‍वरको व्यवस्था प्राप्‍त गर्ने मानिसहरूलाई जनाउँछ । तपाईंले “तँ” लाई एकवचनमा पनि प्रयोग गर्न सक्‍नुहुन्छ किनभने यसलाई हरेकले पालन गर्नुपर्थ्यो, वा तपाईंले “तँ” लाई बहुवचनमा पनि प्रयोग गर्न सक्‍नुहुन्छ किनभने यसलाई सबै मानिसले पालन गर्नुपर्थ्यो ।

उहाँलाई

“उहाँलाई” शब्दले परमप्रभु परमेश्‍वरलाई जनाउँछ ।

Luke 4:9

उच्‍च स्थानको टुप्‍पो

यो मन्दिरको छानाको कुना थियो । यदि कोही त्यहाँबाट हाम्फाल्यो भने, त्यो व्यक्ति गम्भीर घाइते हुन्थ्यो वा मर्थ्यो ।

यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने

दियाबलसले येशूलाई उहाँ परमेश्‍वरका पुत्र हुनुहुन्थ्यो भनेर प्रमाणित गर्न चुनौती दिइरहेको छ ।

परमेश्‍वरका पुत्र

यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।

आफैँलाई यहाँबाट तल खसाल्नुहोस्

“तल जमिनमा हाम्फाल्नुहोस्”

Luke 4:10

किनकि यसो लेखिएको छ

भजनको पुस्तकबाटको दुष्‍टको उद्धरणको अर्थ यदि येशू परमेश्‍वरको पुत्र हुनुहुन्छ भने उहाँलाई चोट लाग्‍ने छैन भन्‍ने हुन्छ भनेर त्यसले बताउन खोज्छ । यसलाई प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ, जसरी यूएसटीले गर्छः वैकल्‍पिक अनुवादः “तपाईंलाई चोट लाग्‍ने छैन, किनभने यसो लेखिएको छ”

यसो लेखिएको छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ ।वैकल्पिक अनुवादः “लेखकले लेखेका छन्”

उहाँले आज्ञाहरू दिनुहुनेछ

“उहाँ”ले परमेश्‍वरलाई जनाउँछ । येशूलाई भवनबाट हाम फाल्‍नलाई मनाउने प्रयासमा दुष्‍टले भजनको पुस्तकबाट आंशिक रूपमा उद्धरण गर्‍यो ।

Luke 4:12

यस्तो भनिएको छ

दुष्‍टले उहाँलाई गर्न भनेको कुरा उहाँले किन गर्नुहुने छैन भनेर येशूले दुष्‍टलाई बताउनुहुन्छ । त्यसो गर्नलाई उहाँले गर्नुभएको इन्कारलाई प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “होइन, म त्यसो गर्ने छैन, किनभने यसो भनिएको छ”

यस्तो भनिएको छ

येशूले व्यवस्थामा भएको मोशाका लेखहरूबाट उद्धरण गर्नुहुन्छ । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मोशाले भनेका छन्” वा “मोशाले धर्मशास्‍त्रमा भनेका छन्”

तैँले परमप्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्नू

सम्भावित अर्थहरू हुन् १) मन्दिरबाट हाम फालेर येशूले परमेश्‍वरको जाँच गर्नुहुन्‍न, वा 2) दुष्‍टले येशू परमेश्‍वरको पुत्र हुनुहुन्छ वा हुनुहुन्‍न भनेर उहाँको जाँच गर्नुहुँदैन । यस पदको अर्थलाई व्याख्या गर्ने कोसिस गर्नुभन्दा यसलाई जसरी बताइएको छ त्यसरी नै अनुवाद गर्दा बेस हुन्छ ।

Luke 4:13

अर्को मिलेको समय नआएसम्म

“अर्को मौका नआएसम्म”

हरेक परीक्षा सकाएको थियो

यसको अर्थ यो हुँदैन कि दुष्‍ट त्यसको परीक्षामा सफल भयो-येशूले हरेक प्रयासलाई अवरोध गर्नुभयो । यसलाई प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “येशूलाई परीक्षामा पार्ने कोसिस गर्न सकाएको थियो”

Luke 4:14

जोड्ने कथनः

येशू गालीलमा फर्कनुहुन्छ, सभाघरमा सिकाउनुहुन्छ, र त्यहाँ भएका मानिसहरूलाई बताउनुहुन्छ कि उहाँले यशैया अगमवक्ताको धर्मशास्‍त्रको वचनलाई पूरा गर्दै हुनुहुन्छ ।

तब येशू फर्कनुभयो

यसले कथामा एउटा नयाँ घटनाको सुरुवात गर्छ ।

पवित्र आत्माको शक्तिमा

“र आत्माले उहाँलाई शक्ति दिइरहनुभएको थियो ।” मानिसले सामान्यतया गर्न नसक्‍ने काम गर्न सक्षम गराउनलाई परमेश्‍वर विशेष तरिकाले येशूसँग हुनुहुन्थ्यो ।

उहाँको विषयमा भएको खबर फैलियो

“मानिसहरूले येशूको बारेमा भएको समाचार फैलाए” वा “मानिसहरूले येशूको बारेमा अरू मानिसहरूलाई बताए” वा “उहाँको बारेमा भएको ज्ञान एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलियो” तिनीहरू जसले येशूलाई सुने, तिनीहरूले अरू मानिसहरूलाई भने, र ती अरू मानिसहरूले उहाँको बारेमा झन् अरू मानिसहरूलाई भने ।

वरिपरिका सबै क्षेत्रहरूमा

यसले गालील वरिपरिका क्षेत्र वा ठाउँहरूलाई जनाउँछ ।

Luke 4:15

सबैबाट प्रशंसा गरिँदै

“हरेकले उहाँको बारेमा महान् कुराहरू भन्यो” वा “सबै मानिसहरूले राम्रो किसिमले कुरा गरे”

Luke 4:16

जहाँ उहाँ हुर्कनुभएको थियो

“जहाँ उहाँको आमाबुबाले उहाँलाई हुर्काउनुभएको थियो” वा “जहाँ उहाँ बालक छँदा हुनुहुन्थ्यो” वा “जहाँ उहाँ हुर्कनुभयो”

उहाँको रीति अनुसार

“जसरी उहाँले हरेक विश्रामको दिनमा गर्नुहुन्थ्यो ।” विश्रामको दिनमा सभाघर जानु उहाँको सामान्य क्रियाकलाप थियो ।

Luke 4:17

उहाँलाई यशैया अगमवक्ताको चर्मपत्रको मुट्ठो दिइयो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले उहाँलाई यशैया अगमवक्ताको चर्मपत्रको मुट्ठो दियो”

यशैया अगमवक्ताको चर्मपत्रको मुट्ठो

यसले चर्मपत्रमा लेखिएको यशैयाको पुस्तकलाई जनाउँछ । यशैयाले वर्षौं पहिले वचनहरू लेखेका थिए र त्यसलाई अरू कसैले चर्मपत्रमा सारेको थियो ।

जुन ठाउँमा यो लेखिएको थियो

“चर्मपत्रमा यी वचनहरू भएको ठाउँ ।” यो वाक्य अर्को पदसम्म निरन्तर जान्छ ।

Luke 4:18

परमप्रभुका आत्मा ममाथि छ

“पवित्र आत्मा मसँग विशेष तरिकाले हुनुहुन्छ ।” यसो भन्‍ने कसैले परमेश्‍वरको वचन बोल्ने दाबी गरिरहेको छ ।

उहाँले मलाई अभिषेक गर्नुभयो

पुरानो करारमा, कुनै व्यक्तिलाई कुनै खास काम गर्नलाई शक्ति र अधिकार दिँदा रीतिको तेललाई त्यस व्यक्तिमाथि खनाइन्थ्यो । उहाँलाई उहाँको काम गर्नलाई तयार गर्नको लागि पवित्र आत्मा उहाँमाथि रहनुभएको कुरालाई जनाउन येशूले यो अलङ्कारलाई प्रयोग गर्नुभयो । वैकल्‍पिक अनुवादः “पवित्र आत्मा मलाई सामर्थी बनाउन ममाथि हुनुहुन्छ” वा “पवित्र आत्माले मलाई शक्ति र अधिकार दिनुभयो”

गरिबहरू

“गरिब मानिसहरू”

कैदीहरूलाई छुटकाराको घोषणा गर्न

“कैदमा राखिएकाहरूलाई तिनीहरू स्वतन्त्र भएर जान सक्छन् भनी भन्‍नु” वा “युद्धका बन्दीहरूलाई स्वतन्त्र पार्न”

दृष्‍टिविहीनहरूलाई दृष्‍टि दिन

“दृष्‍टिविहीनहरूलाई दृष्‍टि दिन” वा “दृष्‍टिविहीनहरूलाई फेरि देख्‍न सक्‍ने बनाउन”

अन्यायमा परेकाहरूलाई स्वतन्‍त्रता प्रदान गर्न

“दुर्व्यवहारमा परेकाहरूलाई स्वतन्त्र पार्न”

Luke 4:19

परमप्रभुको निगाहको वर्ष घोषणा गर्न

“परमप्रभु उहाँका मानिसहरूलाई आशिष् दिन तयार हुनुहुन्छ भनी हरेकलाई बताउन” “यो परमप्रभुले उहाँको दया देखाउनुहुने वर्ष हो भनी घोषणा गर्न”

Luke 4:20

उहाँले चर्मपत्रको मुट्ठोलाई बन्‍द गर्नुभयो

चर्मपत्रलाई त्यसभित्रको लेखनलाई सुरक्षित गर्नलाई नली आकारको वस्तुलाई झैँ गरी बेह्रेर बन्द गरेर राखिन्थ्यो ।

सभाघरको मुख्य सेवक

यसले सभाघरमा धर्मशास्‍त्र अभिलिखित चर्मपत्रहरूलाई उचित वास्ता र आदरसाथ बाहिर ल्याइयो वा ल्याइएन र थन्काइयो वा थन्काइएन भनी हेर्ने कामदारलाई जनाउँछ ।

उहाँमाथि परेका थिए

यो उपमाको अर्थ, “उहाँमा नै मग्‍न थिए” वा “उहाँलाई नै हेरिरहेका थिए” भन्‍ने हुन्छ ।

Luke 4:21

तिमीहरूले यी वचनहरू सुन्दा सुन्दै यो पूरा भएको छ

आफ्नो काम र वचनले येशूले त्यो अगमवाणीलाई त्यहि समयमा पूरा गर्नुभएको थियो भनी बताउँदै हुनुहुन्थ्यो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्मशास्‍त्रले जे हुन्छ भनेको छ, त्यो तिमीहरूले अहिले सुन्दासन्दै मैले पूरा गरिरहेको छु ।”

तिमीहरूको सुनाइमा

यो उपमाको अर्थ हुन्छ, “जब तिमीहरूले मलाई सुनिरहेका छौ” ।

Luke 4:22

उहाँको मुखबाट निस्केको अनुग्रही वचनप्रति आश्‍चर्य चकित भए‍

“उहाँले भनिरहनुभएका अनुग्रही वचनबारे छक्‍क परे ।” यहाँ “अनुग्रही”को अर्थ हुन सक्छ १) येशूले राम्ररी बोल्नुभएको कुरा वा उहाँको वाक्पटुतालाई जनाउँछ, वा २) यसको मतलब येशूले परमेश्‍वरको कृपाबारे वचन बोल्नुभएको पनि हुन सक्छ ।

के यी मानिस ‍योसेफका छोरा होइनन् र ?

मानिसहरूले येशूका बाबु योसेफ हुन् भन्ठान्थे । योसेफ धार्मिक अगुवा थिएनन् र त्यसैले, उनका छोराले त्यसरी प्रचार गर्छन् भनी मानिसहरू छक्‍क परे । वैकल्पिक अनुवादः “यिनी योसेफका छोरा त हुन् !” वा “यिनको बाबु योसेफ त हुन् !”

Luke 4:23

सामान्य जानकारीः

नासरत त्यो सहर थियो, जहाँ येशू हुर्कनुभयो ।

पक्‍कै

“निश्‍चय नै” वा “त्यहाँ कुनै शंकै छैन कि”

ए वैद्य, आफैँलाई निको पार्

यदि कुनै कोही व्यक्तिले आफैँसँग भएको रोगलाई निको पार्न सक्छु भनेर दाबी गर्छ भने, ऊ साँच्‍चै वैद्य नै हो भनेर विश्‍वास गर्नलाई त्यहाँ कुनै कारण हुँदैन । येशूले अरू ठाउँहरूमा गर्नुभयो भनी तिनीहरूले सुनेका कुराहरू देखे भने मात्रै तिनीहरूले उहाँ एक अगमवक्ता हुनुहुन्छ भनेर विश्‍वास गर्नेछन् भनेर बताउनलाई मानिसहरूले यो उखान येशूलाई भन्‍ने छन् ।

जे हामीले सुन्यौँ ... ती तिम्रो आफ्नो स्थानीय ठाउँमा पनि गर

येशूको योसेफको छोरोको रूपमा भएको तल्‍लो स्तरको कारणले नासरतका मानिसहरूले उहाँ एक अगमवक्ता हुन सक्नुहुन्थ्यो भनेर विश्‍वास गरेनन् । तिनीहरूले विश्‍वास गर्नेछैनन् जबसम्‍म उहाँले आश्‍चर्यकर्महरू गर्नुभएको तिनीहरूले व्यक्तिगत रीतिले देख्दैनन् ।

Luke 4:24

साँच्‍चै म तिमीहरूलाई भन्दछु

“यो निश्‍चय नै सत्य हो ।” यो यसपछि आउने कुरालाई जोड दिएर भनिएको भनाइ हो ।

कुनै पनि अगमवक्तालाई आफ्नो ठाउँमा स्वीकार गरिँदैन

येशूले मानिसहरूलाई हप्‍काउन यो सामान्य भनाइ बनाउनुहुन्छ । उहाँले भन्‍न खोज्दै हुनुहुन्छ कि तिनीहरूले कफर्नहुममा भएका उहाँका आश्‍चर्यकर्महरूका खबरहरू विश्‍वास गर्न इन्कार गरिरहेका थिए । तिनीहरूले ठाने कि तिनीहरूले अघिबाटै उहाँको बारेमा सबै जानिसकेका छन् ।

आफ्नो ठाउँ

“आफ्नो सहर” वा “जन्मथलो” वा “उहाँ हुर्कनुभएको गाउँ”

Luke 4:25

सामान्य जानकारीः

येशूले सभाघरमा उहाँलाई सुनिरहेका मानिसहरूलाई, एलिया र एलीशा अगमवक्ताहरूको बारेमा सम्झाउनुहुन्छ, जो तिनीहरूले चिनेका अगमवक्ताहरू थिए ।

तर म तिमीहरूलाई सत्य भन्दछु

“म तिमीहरूलाई साँचो भन्दछु ।” यसपछि आउने भनाइको महत्त्व, सत्यता र सच्‍चाइमा जोड दिनलाई यो वाक्यांशको प्रयोग गरिएको हो ।

विधवाहरू

विधवाहरू ती स्‍त्रीहरू हुन जसका पतिहरू मरेका छन् ।

एलियाको समयमा

येशूले कुरा गरिरहनुभएका मानिसहरूले एलिया परमेश्‍वरका अगमवक्ताहरूमध्ये एक थिए भनी जान्दथे । तपाईंका पाठकहरूले यो जान्दैनन् भने तपाईंले युएसटीमा जस्तै अस्‍पष्‍ट कुराहरूलाई स्‍पष्‍ट बनाउन सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “एलियाले इस्राएलमा अगमवाणी गरिरहरका थिए”

जब आकाशको ढोका बन्द गरीयो

यो एउटा अलङ्कार हो । यहाँ आकाशलाई बन्द भएको छतको रूपमा चित्रण गरिएको छ, ताकि त्यहाँबाट केही पानी नपरोस् । वैकल्पिक अनुवादः “जब आकाशबाट पानी परेन” वा “जब त्यहाँ कुनै पानी नै परेको थिएन”

एउटा ठूलो अनिकाल

“गम्भीर रूपमा भएको खानेकुराको कमी ।” अनिकाल भनेको लामो समय अवधि हो जब खेतीपातीले मानिसहरूलाई पर्याप्‍त अन्‍न उत्पादन गर्न सक्दैनन् ।

Luke 4:26

सारपतमा ... एक विधवा स्‍त्रीकहाँ

सारपत सहरमा बस्‍ने मानिसहरू यहूदीहरू नभई गैरयहूदीहरू थिए । येशूले बोल्नुभएको कुरा सुन्‍ने मानिसहरूले सारपतका मानिसहरू गैरयहूदीहरू हुन् भनी बुझेका थिए । वैकल्पिक अनुवादः “सारपतमा बस्‍ने गैरयहूदी विधवा”

Luke 4:27

सिरियाली नामान

सिरियाबाट आएको व्यक्तिलाई सिरियाली भनिन्छ । सिरियाका मानिसहरू यहूदीहरू थिएनन्, तर गैरयहूदीहरू थिए । वैकल्पिक अनुवादः “सिरियाको गैरयहूदी नामान”

Luke 4:28

तब सभाघरमा भएका सबै मानिसहरू क्रोधले भरिए जब तिनीहरूले यी कुराहरू सुने

परमेश्‍वरले यहूदीहरूको साटोमा अन्यजातिहरूलाई सहयोग गर्नुभएको धर्मशास्‍त्रका खण्‍डहरूलाई येशूले उद्‌धृत गर्नुभएकोमा नासरतका मानिसहरूले अत्यन्तै नराम्रो माने ।

Luke 4:29

उहाँलाई सहरबाट बाहिर ठेले

“उहाँलाई सहर छोड्नलाई बलजफती गरे” वा “उहाँलाई सहरबाट बाहिर धकेलिदिए”

पहाडको डिल

“भीरको डिल”

Luke 4:30

तर तिनीहरूका बीचबाट निस्केर

“भीडको बीचबाट” वा “उहाँलाई मार्न खोज्ने मानिसहरूका बीचबाट ।”

उहाँ आफ्नो बाटोमा जानुभयो

“उहाँ लाग्‍नुभयो” वा “उहाँ आफ्नो बाटोमा लाग्‍नुभयो” येशू मानिसहरूले जानलाई बलजफ्ती गरेको ठाउँमा नभइ उहाँले जानलाई योजना गर्नुभएको ठाउँमा नै जानुभयो ।

Luke 4:31

जोड्ने कथनः

येशू तब कफर्नहुममा जानुहुन्छ, त्यहाँ सभाघरमा भएका मानिसहरूलाई सिकाउनुहुन्छ, र एकजना मानिसलाई छोड्नलाई एउटा भूतलाई आज्ञा गर्नुहुन्छ ।

तब उहाँ तल जानुभयो

“तब येशू ।” यसले एउटा नयाँ घटनालाई सङ्केत गर्छ ।

उहाँ तल कफर्नहुममा जानुभयो

यहाँ “तल जानुभयो” वाक्यांशलाई प्रयोग गरिएको छ किनभने कफर्नहुम उचाइमा नासरतभन्दा तल पर्छ ।

गालील सहरको कफर्नहुममा

“गालीलको अर्को सहर कफर्नहुममा”

Luke 4:32

तिनीहरू आश्‍चर्यचकित भए

साह्रै अचम्मित, साह्रै छक्‍क

उहाँको सन्देश अधिकारसहित थियो

“उहाँले एउटा अधिकार भएको व्यक्तिले झैँ बोल्नुभयो” वा “उहाँको वचनहरूमा महान् शक्ति थियो”

Luke 4:33

अब ... त्यहाँ एकजना मानिस थियो

यो वाक्यांशलाई कथामा एउटा नयाँ पात्रको परिचयलाई अङ्कित गर्नलाई प्रयोग गरिन्छ; यहाँ चाहिँ, एउटा भूत लागेको मानिस ।

एक जना अशुद्ध आत्मा भएको मानिस

“जसलाई अशुद्ध आत्मा लागेको थियो” वा “जो दुष्‍ट आत्माद्वारा नियन्‍त्रित थियो”

उसले ठूलो स्वरले चिच्याउँदै भन्यो

“ऊ ठूलो स्वरले करायो”

Luke 4:34

हामीहरूसँग तपाईंको के सरोकार छ

यो युद्धरत जवाफ हो जसको अर्थ यस्तो हुन्छः “हाम्रो साझा कुरा के छ र ?” वा “हामीलाई दुःख दिने तपाईंसँग के अधिकार छ ?”

नासरतको येशू, हामीले तपाईंसँग के गर्नुपर्छ ?

यो प्रश्‍नलाई एउटा कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्‍पिक अनुवादः “नासरतको येशू, तपाईंले हामीसँग से गर्नुपर्छ !” वा “नासरतको येशू, हामीले तपाईंसँग गर्नलाई केही छैन !” वा “नासरतको येशू, तपाईंसँग हामीलाई सताउने कुनै अधिकार छैन !”

Luke 4:35

येशूले दुष्‍टात्मालाई यसो भन्दै हकार्नुभयो

“येशूले यसो भनेर भूतात्मालाई हकार्नुभयो” वा “येशूले भूतात्मालाई कडासँग भन्‍नुभयो”

त्यसबाट बाहिर आइज

उहाँले त्यस मानिसलाई नियन्‍त्रण गर्नलाई बन्द गर्न भूतलाई आज्ञा गर्नुभयो । वैकल्पिक अनुवादः “त्यसलाई छोड्” वा “यस मानिसमा अब नबस्”

Luke 4:36

यो के सन्देश हो

येशूले भूतात्मालाई मानिसबाट छोडेर जानलाई आज्ञा दिनुभएकोमा मानिसहरू कति धेरै चकित परेका थिए भनी तिनीहरूले व्यक्त गर्दै थिए । यसलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “यी त अचम्मका वचनहरू हुन् !” वा “उहाँका वचनहरू अचम्मका छन् !”

उहाँले अशुद्ध आत्माहरूलाई अधिकार र शक्तिसाथ आज्ञा गर्नुहुन्छ

“उहाँसँग अशुद्ध आत्माहरूलाई आज्ञा गर्ने अधिकार र शक्ति छ”

Luke 4:37

उहाँको विषयमा भएका समाचारहरू वरिपरिका क्षेत्रमा फैलिन थाले

कथाभित्रैका घटनाहरूद्वारा हुन पुगेको कथा पछाडि के भयो भन्‍ने बारेमा यो एउटा टिप्‍पणी हो ।

उहाँको विषयमा भएका समाचारहरू फैलिन थाले

“येशूको बारेमा भएका कुराहरू फैलन थाले” वा “मानिसहरूले येशूको बारेमा भएको समाचार फैलाउन लागे”

Luke 4:38

जोड्ने कथनः

येशू अझै पनि कफर्नहुममै हुनुहुन्छ, तर अब सिमोनको घरमा हुनुहुन्छ, जहाँ उहाँले सिमोनको सासु र धेरै मानिसहरूलाई निको पार्नुहुन्छ ।

तब उहाँ जानुभयो

यसले एउटा नयाँ घटनालाई परिचय गराउँछ ।

सिमोनकी सासु

“सिमोनकी पत्‍नीकी आमा”

... ले सताइरहेको थियो

यो एउटा उपमा हो जसको अर्थ हुन्छ, “... बाट तिनी धेरै बिरामी थिइन्”

उच्‍च ज्वरो

“धेरै तातो छाला”

तिनको लागि उहाँसँग बिन्ती गरे

यसको अर्थ हो कि तिनलाई ज्वरोबाट निको पार्नलाई तिनीहरूले येशूलाई बिन्ती गरे । यसलाई प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनलाई ज्वरोबाट निको पार्न येशूलाई बिन्ती गरे” वा “तिनको ज्वरोलाई सन्चो गर्न येशूलाई बिन्ती गरे”

Luke 4:39

त्यसैले उभिँदै

“त्यसैले” शब्दले यो प्रस्‍ट बनाउँछ कि उहाँले सो काम गर्नुभयो किनभने मानिसहरूले सिमोनको सासुलाई निको पार्न उहाँसँग बिन्तीभाउ गरे ।

तिनको छेउमा उभिनुभयो

“तिनीकहाँ जानुभयो र तिनको छेउमा निहुरनुभयो”

उहाँले ज्वरोलाई हकार्नुभयो, र त्यसले तिनलाई छोडेर गयो

“ज्वरोसँग कडा तवरले बोल्नुभयो, र त्यसले तिनलाई छोडेर गयो” वा “ज्वरोलाई तिनलाई छोड्नलाई आज्ञा दिनुभयो, र त्यसले छोड्यो ।”

उहाँले ज्वरोलाई हकार्नुभयो

“तातोपनालाई हप्‍काउनुभयो”

उहाँहरूको सेवा गर्न सुरु गरिन्

यहाँ यसको अर्थ हो कि तिनले येशू र घरमा भएका अरू मानिसहरूको लागि खानेकुरा बनाउन थालिन् ।

Luke 4:40

... माथि उहाँको हात पसारेर

“ ... माथि उहाँको हात राख्‍नुभयो” वा “छुनुभयो”

Luke 4:41

भूतहरू पनि बाहिर निस्के

यो बुझिएको छ कि येशूले भूतहरूलाई भूत लागेका मानिसहरूलाई छोड्ने बनाउनुभयो । यसलाई प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “येशूले भूतहरूलाई बाहिर निस्कन कर पनि लगाउनुभयो”

चिच्याउँदै र भन्दै

यिनीहरूले एउटै कुराको बारेमा अर्थ दिन्छन्, र शायद डर वा क्रोधको चिच्याहटहरूलाई जनाउँछ । केही अनुवादहरूले केवल एउटै शब्दलाई प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “चित्कार निकाल्दै” वा “कराउँदै”

परमेश्‍वरको पुत्र

यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।

उहाँले तिनीहरूलाई हकार्नुभयो

“भूतात्माहरूसँग कडासँग बोल्नुभयो”

तिनीहरूलाई ... अनुमति दिनुभएन

“तिनीहरूलाई ... दिनुभएन”

Luke 4:42

जोड्ने कथनः

हुन त मानिसहरू येशू कफर्नहुममै बस्नुभएको चाहन्थे, उहाँ यहूदियाका अन्य सभाघरहरूमा प्रचार गर्न जानुहुन्छ ।

जब बिहानी आयो

“सूर्योदयमा” वा “प्रभातमा”

एकान्त ठाउँ

“निर्जन स्थान” वा “जहाँ कोही मानिसहरू थिएनन्”

Luke 4:43

अन्य सहरहरूकहाँ

“अन्य धेरै सहरहरूमा भएका मानिसहरूकहाँ”

म यसैको लागि पठाइएको हुँ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसैकारणले परमेश्‍वरले मलाई यहाँ पठाउनुभयो”

Luke 4:44

यहूदिया

किनकि येशू गालीलमा पहिले जानुभएको थियो, यहाँ “यहूदिया” शब्दले शायद समस्त क्षेत्रलाई जनाउँछ जहाँ यहूदीहरू त्यस समयमा बस्थे । वैकल्‍पिक अनुवादः “जहाँ यहूदीहरू बस्थे”


Translation Questions

Luke 4:1

येशूलाई उजाड-स्थानमा कसले डोर्‍याउनुभयो ?

पवित्र आत्माले येशूलाई उजाड-स्थानमा डोर्‍याउनुभयो । [४:१]

Luke 4:2

उजाड-स्थानमा दियाबलसले कति लामो समयसम्म येशूको परीक्षा गर्‍यो ?

दियाबलसले ४० दिनसम्म उजाड-स्थानमा येशूलाई परीक्षा गर्‍यो । [४:२]

Luke 4:3

दियाबलसले येशूलाई भुइँमा भएको ढुङ्गासित के गर्ने चुनौती दियो ?

दियाबलसले येशूलाई ढुङ्गालाई रोटीमा परिणत गर्नुहोस् भन्यो । [४:३]

Luke 4:4

दियाबलसलाई येशूको प्रतिक्रिया कस्तो थियो ?

मानिस रोटीले मात्र बाँच्दैन । [४:४]

Luke 4:5

दियाबलसले येशूलाई उच्‍च स्थानबाट के देखायो ?

दियाबलसले येशूलाई संसारका सबै राज्य देखायो । [४:५]

Luke 4:7

दियाबलस येशूले के गरेको चाहन्थ्यो ?

दियाबलस येशूले ढोगेको र त्यसलाई पुजेको चाहन्थ्यो । [४:७]

Luke 4:8

दियाबलसप्रति येशूको प्रतिक्रिया कस्तो थियो ?

तैँले आफ्ना परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू । [४:८]

Luke 4:9

मन्दिरको माथिल्लो भागमा लगेपछि दियाबलसले येशूलाई के गर्न भन्यो ?

त्यसले येशूलाई त्यहाँबाट हामफाल्नुहोस् भन्यो । [४:९]

Luke 4:12

दियाबलसलाई येशूले दिनुभएको प्रतिक्रिया के थियो ?

तैँले परमप्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्नू । [४:१२]

Luke 4:13

येशूले मन्दिरबाट हामफाल्न नमानेपछि दियाबलसले के गर्‍यो ?

अर्को समय नआएसम्म छोडेर गयो । [४:१३]

Luke 4:17

सभाघरमा उभिएको बेला धर्मशास्‍त्रको कुन पुस्तकबाट येशूले पढ्नुभयो ?

येशूले भविष्यवक्‍ता यशैयाको पुस्तकबाट पढ्नुभयो । [४:१७]

Luke 4:21

येशूले त्यो दिनमा के पुरा भएको थियो भन्‍नुभयो ?

येशूले आफूले भर्खरै पढ्नुभएको धर्मशास्‍त्र यशैयाबाट त्यस दिनमा पुरा भएको थियो भन्‍नुभयो । [४:२१]

Luke 4:24

उसको आफ्नै देशमा एउटा अगमवक्‍ताले कस्तो प्रकारको स्वागत पाउँदछ भनी येशूले भन्‍नुभयो ?

कुनै पनि अगमवक्‍तालाई आफ्नै देशमा स्वीकार गरिँदैन भनी येशूले भन्‍नुभयो । [४:२४]

Luke 4:26

येशूले सभाघरमा दिनुभएको पहिलो उदाहरणमा परमेश्‍वरले कसको उद्धार गर्न एलियालाई कहाँ पठाउनुभयो ?

परमेश्‍वरले एलियालाई सिदोनको सहर नजिक सारपतमा पठाउनुभयो । [४:२६]

Luke 4:27

सभाघरमा भएका मानिसहरूलाई येशूले दिनुभएको दोस्रो उदाहरणमा परमेश्‍वरले एलीशालाई कुन देशको व्‍यक्तिको उद्धार गर्न पठाउनुभयो ?

सिरियाली नामानलाई उद्धार गर्न परमेश्‍वरले एलीशालाई पठाउनुभयो । [४:२७]

Luke 4:28

येशूबाट यी उदाहरणहरू सुनेपछि सभाघरमा भएका मानिसहरूले के गरे ?

तिनीहरू क्रोधले भरिए र उहाँलाई भिरबाट धकेल्न खोजे । [४:२८-२९]

Luke 4:29

येशूबाट यी उदाहरणहरू सुनेपछि सभाघरमा भएका मानिसहरूले के गरे ?

तिनीहरू क्रोधले भरिए र उहाँलाई भिरबाट धकेल्न खोजे । [४:२८-२९]

Luke 4:30

सभाघरका मानिसहरूबाट मारिनदेखि येशू कसरी जोगिनुभयो ?

येशू तिनीहरूको ठिक बिचबाट हिँडेर जानुभयो । [४:३०]

Luke 4:34

सभाघरमा मानिसद्वारा बोलेको दुष्‍ट आत्मालाई येशूको बारेमा के थाहा थियो ?

दुष्‍ट आत्माले येशू परमेश्‍वरका पवित्र जन हुनुहुन्छ भन्‍ने कुरा थाहा छ भन्यो । [४:३४]

Luke 4:36

येशूले भूतात्मलाई निकाल्नुभएपछि मानिसहरूले कस्तो प्रतिक्रिया जनाए ?

मानिसहरू छक्‍क परे र एक-अर्कासँग यस विषयमा कुरा गरिरहे । [४:३६]

Luke 4:40

आफूकहाँ ल्याइएका रोगीहरूका लागि येशूले के गर्नुभयो ?

येशूले तिनीहरू हरेकमाथि आफ्नो हात राख्‍नुभयो र तिनीहरूलाई निको पार्नुभयो । [४:४०]

Luke 4:41

येशूले भूतात्माहरूलाई निकाल्नुभएपछि तिनीहरूले के भने, येशूले तिनीहरूलाई किन बोल्न दिनुभएन ?

भूतहरूले भने कि येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ, र तिनीहरूले उहाँ ख्रीष्‍ट हुनुहुन्छ भनेर थाहा पाएका कारणले गर्दा तिनीहरूलाई येशूले बोल्न दिनुभएन । [४:४१]

Luke 4:43

उहाँलाई पठाइनुको कारण के थियो भनी येशूले भन्‍नुभयो ?

उहाँलाई परमेश्‍वरको राज्यको असल सुसमाचार अरू धेरै सहरमा प्रचार गर्नका निम्ति पठाइएको थियो भनी उहाँले भन्‍नुभयो । [४:४३]


Chapter 5

1 जब मानिसहरू येशूको वरिपरि ठेलमठेल गर्दै र परमेश्‍वरको वचन सुन्‍दै थिए , येशू गनेसरेतको तालमा उभिरहनुभएको थियो । 2 उहाँले तालको किनारमा दुईवटा डुङ्गा राखिएको देख्‍नुभयो । मछुवाहरू बाहिर निस्‍केका र आफ्ना जालहरू धोइरहेका थिए । 3 येशू तीमध्ये एउटा डुङ्गामा चढ्नुभयो जुनचाहिं सिमोनको थियो, र उहाँले तिनलाई जमिनभन्दा पर पानी भएको ठाउँमा त्यसलाई लैजान भन्‍नुभयो । त्यसपछि उहाँ बस्‍नुभयो र डुङ्गाबाटै मानिसहरूलाई शिक्षा दिनुभयो । 4 उहाँले बोलिसक्‍नुभएपछि सिमोनलाई भन्‍नुभयो, “डुङ्गालाई अझै गहिरो पानीतिर लैजाऊ र माछाहरू समात्‍नलाई तिम्रा जाल हान ।” 5 सिमोनले जवाफ दिएर भने, “प्रभु, हामीले रातभरि मेहनत गर्‍यौं, र केहीपनि पक्रन सकेनौं, तरै पनि तपाईं भन्‍नुहुन्छ भने म जाल हान्‍नेछु ।” 6 तिनीहरूले यसो गरेपछि तिनीहरूले धेरै सङ्ख्यामा माछाहरू बटुले, र तिनीहरूका जाल फाटिरहेका थिए । 7 त्यसैले तिनीहरूले अर्को डुङ्गाका साथीहरूलाई सहयोग गर्न आउनको लागि इसारा गरे । तिनीहरू आए र दुवै डुङ्गा भरे, जसको कारण ती डुब्‍न थाले । 8 तर सिमोन पत्रुसले यो देखेर येशूको अगाडि यसो भन्दै घुँडा टेके, “हे प्रभु, मबाट टाढा जानुहोस् किनकि म पापी मानिस हुँ ।” 9 आफूले पक्रेका माछाहरू देखेर तिनी र तिनीसँग भएका सबै जना आश्‍चर्य चकित भए । 10 त्यसै गरी जब्दियाका छोराहरू याकूब र यूहन्‍ना पनि चकित भए, जो सिमोनसँग साझेदार थिए । येशूले सिमोनलाई भन्‍नुभयो, “नडराऊ, किनभने अबदेखि तिमीले मानिसहरू पक्रनेछौ ।” 11 तिनीहरूले आफ्ना डुङ्गालाई जमिनमा ल्याएपछि तिनीहरूले सबै छोडेर उहाँको पछि लागे । 12 जब उहाँ सहरहरूमध्ये एउटामा हुनुहुन्थ्यो, कुष्‍ठरोगले भरिएको एउटा मानिस त्यहाँ थियो । जब त्यसले येशूलाई देख्यो, त्यो घोप्‍टो पर्‍यो र यसो भन्‍दै उहाँलाई बिन्ती गर्‍यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्‍नुहुन्छ ।” 13 त्यसपछि येशूले हात पसार्नुभयो र यसो भन्दै त्यसलाई छुनुभयो, “म इच्छा गर्छु । तिमी शुद्ध होऊ ।” अनि तत्कालै कुष्‍ठरोगले त्यसलाई छोड्‍यो । 14 उहाँले यो कुरा कसैलाई नभन्‍नू भनी आज्ञा गर्नुभयो तर त्यसलाई भन्‍नुभयो, "आफ्नो बाटो लाग र आफैँलाई पूजाहारीकहाँ देखाऊ, र मोशाको व्यवस्थाबमोजिम तिम्रो शुद्धताको लागि तिनीहरूलाई गवाही दिन बलि चढाऊ ।" 15 तर उहाँको विषयमा कुराहरू अझै परसम्म फैलियो, र मानिसका ठुला भीडहरू उहाँको शिक्षा सुन्‍नलाई र आ-आफ्नो बिमारीपनबाट निको हुनलाई एकसाथ आए । 16 तर उहाँ प्रायः एकान्त ठाउँतिर जानुहुन्थ्यो र प्रार्थना गर्नुहुन्थ्यो । 17 एक दिन उहाँले शिक्षा दिइरहनुभएको बेलामा, त्यहाँ फरिसीहरू र व्यवस्‍थाका शिक्षकहरू पनि बसिरहेका थिए, जो गालील र यहूदियाका हरेक गाउँबाट अनि यरूशलेमबाट आएका थिए । निको पार्नका लागि उहाँसँग परमप्रभुको शक्‍ति थियो । 18 अब केही मानिसहरूले एक जना मानिसलाई गुन्‍द्रीमा बोकेर ल्याए जो पक्षाघती थिए, र तिनीहरूले त्यसलाई येशूको अगाडि राख्‍नको लागि भित्र ल्याउने बाटो खोजे । 19 भीडको कारणले गर्दा तिनीहरूले त्यसलाई भित्र ल्याउने बाटो पाएनन्, त्यसैले तिनीहरू छानामाथि चढे र त्यस मानिसलाई छानाबाट तल, त्यसको गुन्द्रीमा, मानिसहरूको माझमा, येशूकै अगाडि झारे । 20 तिनीहरूको विश्‍वासलाई देखेर येशूले भन्‍नुभयो, “हे मानिस, तिम्रा पाप तिमीलाई क्षमा भएका छन् ।” 21 शास्‍‍त्री र फारिसीहरूले यसो भन्दै प्रश्‍न गर्न थाले, “ईश्‍वर-निन्दा गर्ने यो को हो? परमेश्‍वरबाहेक कसले पापको क्षमा दिन सक्छ?” 22 तर येशूले तिनीहरूले के सोचिरहेका थिए भनी जानेर जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आफ्ना हृदयमा किन यस्तो प्रश्‍न गरिरहेका छौ? 23 कुन कुरा भन्‍न सजिलो छ, ‘तिम्रा पाप तिमीलाई क्षमा भएका छन्' भन्‍नु कि 'उठ र हिंड' भन्‍नु? 24 तर तिमीहरूलाई थाहा होस् कि मानिसका पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ,"—उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो—"म तिमीलाई भन्दछु, उठ, तिम्रो गुन्द्री उठाऊ र आफ्नो घर जाऊ ।” 25 त्यो तुरुन्तै तिनीहरूको सामुन्‍ने उठ्‍यो र त्यो सुतिरहेको गुन्द्री उठायो । त्यसपछि त्यो परमेश्‍वरको महिमा गर्दै आफ्नो घरतर्फ लाग्यो । 26 सबै जना अचम्मित भए, र तिनीहरूले परमेश्‍वरलाई महिमा दिए । तिनीहरू डरले भरिएर भने, “आज हामीले असाधारण काम देखेका छौं । 27 यी कुराहरू भएपछि येशू त्यहाँबाट जानुभयो र लेवी नाउँ गरेको कर उठाउनेलाई कर उठाउने पालमा बसिरहेको देख्‍नुभयो । उहाँले तिनलाई भन्‍नुभयो, “मलाई पछ्‍याऊ ।” 28 त्यसैले लेवीले सबै थोक छाडेर उठे अनि उहाँलाई पछ्‍याए । 29 तब लेवीले येशूको निम्ति आफ्नो घरमा एउटा ठुलो भोज दिए । त्यहाँ धेरै जना कर उठाउनेहरू र अरू मानिसहरू थिए, जो टेबुलमा अडेस लगाएर तिनीहरूसँगै खाइरहेका थिए । 30 तर फरिसीहरू र तिनीहरूका शास्‍‍त्रीहरूले उहाँका चेलाहरूसँग यसो भन्दै गुनासो गरिरहेका थिए, “तिमीहरू किन कर उठाउनेहरू र पापीहरूसँग खानपिन गर्छौ?” 31 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “निरोगी मानिसलाई वैद्यको आवश्यकता पर्दैन; तर बिरामीहरूलाई मात्र । 32 म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्‍चात्तापको निम्ति बोलाउन आएको हुँ ।" 33 तिनीहरूले उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू प्रायः उपवास बस्छन् र प्रार्थना गर्छन् अनि फरिसीहरूका पनि त्यसै गर्छन् । तर तपाईंका चेलाहरू खान्छन् र पिउँछन् ।” 34 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के कसैले दुलहा जन्तीको साथमा हुँदा तिनीहरूलाई उपवास बस्‍न लगाउन सक्छ?” 35 तर तिनीहरूबाट दुलहालाई लगिने दिनहरू आउनेछन्, तब तिनीहरू ती दिनहरूमा उपवास बस्‍नेछन् ।” 36 त्यसपछि येशूले तिनीहरूलाई एउटा द‍ृष्‍टान्त पनि भन्‍नुभयो, “कसैले पनि नयाँ कपडाको टुक्रा च्यातेर पुरानो कपडामा टाल्‍नको लागि प्रयोग गर्दैन । यदि त्यसले त्यसो गर्छ भने त्यसले नयाँ कपडाको टुक्रालाई फटाउनेछ, र त्यो नयाँ कपडाको टुक्रा पुरानो कपडासँग मिल्दैन । 37 कसैले पनि पुरानो मशकमा नयाँ दाखमद्य हाल्दैन । यदि त्यसले त्यसो गर्छ भने नयाँ दाखमद्यले पुरानो मशकलाई फुटाउनेछ र दाखमद्य पोखिनेछ र मशक पनि नष्‍ट हुनेछ । 38 तर नयाँ दाखमद्य नयाँ मशकमा नै राख्‍नुपर्छ । 39 पुरानो दाखमद्य पिएर कसैले पनि नयाँ दाखमद्यको चाह गर्दैन, किनकि त्यसले 'पुरानो नै असल छ' भन्छ ।"

लूका ०५ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“तिमीले मानिसहरूलाई पक्रनेछौ”

पत्रुस, याकूब, र यूहन्‍ना माझीहरू थिए । जब येशूले तिनीहरूलाई बताउनुभयो कि तिनीहरूले मानिसहरूलाई पक्रिने थिए, तिनीहरूले मानिसहरूलाई उहाँको बारेमा भएको सुसमाचारलाई विश्‍वास गर्न सहायता गरेको उहाँले चाहनुहुन्छ भनेर तिनीहरूलाई बताउन उहाँले एउटा अलङ्कारको प्रयोग गरिरहनुभएको थियो । अनि

पापीहरू

जब येशूको समयका मानिसहरूले “पापीहरू”को बारेमा कुरा गर्थे, तिनीहरूले ती मानिसहरूको बारेमा कुरा गरिरहेका थिए जसले मोशाको व्यवस्थाको पालना गर्दैनथे र बरु चोरी र यौन सम्बन्धीका पापहरू गर्थे । जब येशूले भन्‍नुभयो कि उहाँ “पापीहरू”लाई बोलाउन आउनुभयो, उहाँको अर्थ यो थियो कि केवल ती मानिसहरू मात्र उहाँको अनुयायीहरू हुन सक्छन् जसले आफूहरू पापीहरू भएको विश्‍वास गर्छन् । यदि अधिकांश मानिसहरूले “पापीहरू” भनेर सोच्‍ने जस्तो तिनीहरू छैनन् भने पनि यो सत्य हो ।

उपवास बस्‍ने र भोज गर्ने

मानिसहरूले तिनीहरू निरास छन् वा तिनीहरू आफ्‍ना पापहरूको लागि क्षमाप्रार्थी छन् भनेर परमेश्‍वरलाई देखाउने बेलामा मानिसहरूले उपवास बस्छन् वा लामो समयसम्‍म खानेकुरा खाँदैनन् । जब तिनीहरू खुशी हुन्छन्, जस्तै विवाहको समयमा, तिनीहरूले भोज, वा खाना खान्छन् जुन समयमा तिनीहरूले धेरै खानेकुरा खान्छन् ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

परिकल्पित परिस्थिति

येशूले फरिसीहरूलाई दोष लगाउन एउटा परिकल्पित परिस्थितिको प्रयोग गर्नुहुन्छ । यस खण्‍डले “असल स्‍वास्थ्यमा भएका मानिसहरू” र “धर्मी मानिसहरू”लाई समावेश गर्छ । यसको अर्थ यो होइन कि त्यहाँ त्यस्ता मानिसहरू छन् जसलाई येशू चाहिँदैन । त्यहाँ कुनै “धर्मी मानिसहरू” छैनन्, सबैलाई येशूको आवश्‍यक छ । (हेर्नुहोस्ः अनि लूका ५:३१-३२)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

अन्तर्निहित जानकारी

यस अध्यायको थुप्रै भागहरूमा लेखकले केही जानकारीलाई अस्‍पष्‍ट नै छोडे जुन उनका मौलिक पाठकहरूले बुझेका वा त्यस बारेमा सोचेका हुन सक्छन् । नयाँ पाठकहरूलाई त्यस्ता केही कुराहरू थाहा नहुन सक्छ, त्यसैले लेखकले प्रवाह गर्न खोजिरहेका सबै कुरा बुझ्‍न तिनीहरूलाई कठिनाइ हुन सक्छ । यूएसटीले धेरैपटक ती जानकारीहरू कसरी प्रस्तुत गर्न सकिन्छ भनेर देखाउँछ ताकि नयाँ पाठकहरू ती खण्‍डहरू बुझ्‍न सक्षम होऊन् ।

बितेका घटनाहरू

यस अध्यायका थुप्रै भागहरू पहिल्यै घटिसकेका घटनाहरूका क्रमहरू हुन् । कुनै दिइएको खण्‍डमा, लूकाले कहिलेकाहीँ केही घटनाहरूलाई पहिल्यै घटिसकेको रूपमा र अन्य घटनाहरू अझै घट्न जाने प्रक्रियामै (ती उनले लेख्‍ने समयमा पूरा भइसकेका भएतापनि) रहेको जसरी लेख्छन् । यसले घटनाहरूको अतार्किक क्रम बनाएर अनुवादमा कठिनाइ पैदा गर्न सक्छ । सबै घटनाहरू पहिल्यै घटिसकेका छन् भनेको जसरी लेखेर यिनीहरूलाई एक अर्कामा मिल्दो बनाउन आवश्‍यक हुन सक्छ ।

“मानिसको पुत्र”

यस खण्‍डमा येशूले आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ अनि


Luke 5:1

जोड्ने कथनः

येशूले गनेसरेतको तालमा सिमोन पत्रुसको डुङ्गाबाट प्रचार गर्नुहुन्छ ।

अब यस्तो भयो कि

यो वाक्यांशलाई यहाँ कथामा एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्‍नुहुन्छ ।

परमेश्‍वरको वचन सुन्दै

सम्भावित अर्थहरू हुन् १) “परमेश्‍वरले तिनीहरूले सुनेको चाहनुभएको सन्देश” वा २) “परमेश्‍वरको बारेमा येशूको सन्देश सुन्दै”

गनेसरेतको ताल

यी शब्दहरूले गालीलको समुद्रलाई जनाउँछ । गालील तालको पश्‍चिम पट्टि थियो, र गनेसरेतको भूमि चाहिँ पूर्व पट्टि थियो, त्यसैले यसलाई दुवै नाउँले बोलाइन्थ्यो । केही अङ्ग्रेजी संस्करणहरूले यसलाई पानीको सङ्ग्रहको उचित नामको रूपमा अनुवाद गर्छन्, “गनेसरेतको ताल ।”

Luke 5:2

तिनीहरूका जालहरू धोइरहेका थिए

तिनीहरूले आफ्ना जाल माछा मार्नका लागि फेरि प्रयोग गर्नलाई सफा गर्दै थिए ।

Luke 5:3

तीमध्ये एउटा डुङ्गा, जुन सिमोनको थियो

“डुङ्गा जुन सिमोनको थियो”

उनलाई जमिनभन्दा थोरै पर पानी भएको ठाउँतिर लैजान भन्‍नुभयो

“पत्रुसलाई डुङ्गा तटबाट अलि पर लानलाई भन्‍नुभयो”

उहाँले डुङ्गामा बसेर भीडहरूलाई सिकाउनुभयो

शिक्षकहरूको निम्ति बस्‍नु एउटा सामन्य आसन थियो ।

डुङ्गाबाट भीडहरूलाई सिकाउनुभयो

“उहाँले डुङ्गा बसेर मानिसहरूलाई सिकाउनुभयो ।” येशू तटबाट अलि पर हुनुहुन्थ्यो र उहाँ तटमा बसेका मानिसहरूसँग बोलिरहनुभएको थियो ।

Luke 5:4

उहाँले बोलिसक्‍नुभएपछि

“जब येशूले मानिसहरूलाई सिकाइसक्‍नुभयो”

Luke 5:5

तर तपाईं भन्‍नुहुन्छ भने

“किनभने तपाईंले मलाई यसो गर्न भन्‍नुभएको छ”

Luke 5:7

तिनीहरूले इसारा गरे

तिनीहरू बोलाउनलाई किनारबाट धेरै टाढा भएका हुनाले सम्भवतः हात हल्लाएर तिनीहरूलाई सङ्केत गरे ।

तिनीहरू डुब्‍न थाले

“डुङ्गाहरू डुब्‍न थाले ।” डुब्‍नुको कारणलाई स्‍पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “डुङ्गाहरू डुब्‍न थाले किनभने माछाले गर्दा निकै गह्रौँ भए”

Luke 5:8

येशूको अगाडि घुँडा टेके

सम्भावित अर्थहरू हुन् १) “येशूको सामु घुँडा टेके” वा २) “येशूको पाउमा झुके” वा

पापी मानिस

यहाँ “मानिस”को लागि भएको शब्दले “वयस्क पुरुष” भन्‍ने अर्थ दिन्छ र अझ सामान्य “मानव प्राणी” भन्‍ने अर्थ दिँदैन ।

Luke 5:9

माछा पक्रेको

“माछाको ठूलो सङ्ख्या”

Luke 5:10

सिमोनसँग साझेदारहरू

“उनको माछा मार्ने काममा सिमोनका साझेदारहरू”

तिमीले मानिसहरू पक्रनेछौ

ख्रीष्‍टलाई पछ्याउन मानिसहरूलाई भेला गर्ने कुराको लागि माछा पक्रने कुराको चित्रणलाई एउटा अलङ्कारको रूपमा प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “तिमीले मानिसहरूको लागि जाल हान्‍नेछौ” वा “तिमीले मेरो लागि मानिसहरू बटुल्नेछौ” वा “तिमीले मानिसहरूलाई मेरा चेलाहरू हुनलाई ल्याउनेछौ”

Luke 5:12

जोड्ने कथनः

येशूले नाउँ नदिइएको कुनै फरक सहरमा एउटा कुष्‍ठरोगीलाई निको पार्नुहुन्छ ।

यस्तो भयो

यो वाक्यांशले कथामा एउटा नयाँ घटनालाई अङ्कित गर्छ ।

कुष्‍ठरोग लागेको मानिस

“एकजना मानिस जो कुष्‍ठरोगले भरिएको थियो ।” यसले कथामा एउटा नयाँ पात्रलाई परिचय गराउँछ ।

त्यो लम्पसार पर्‍यो

यहाँ “त्यो लम्पसार पर्‍यो” भनेको एउटा उपमा हो जसको अर्थ शिर झुकाउनु हो । वैकल्पिक अनुवादः “उसले घुँडा टेकेर मुखले भुइँ छोयो” वा “त्यो भुइँसम्मै निहुर्‍यो” वा

तपाईंले इच्छा गर्नुभयो भने

“तपाईंले चाहनुभयो भने”

तपाईंले मलाई शुद्ध गर्न सक्‍नुहुन्छ

यो बुझिएको छ कि उसले आफूलाई निको पारिदिन येशूलाई बिन्ती गरिरहेको थियो । यसलाई प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कृपया मलाई शुद्ध गर्नुहोस्, किनभने तपाईं सक्षम हुनुहुन्छ”

मलाई शुद्ध गर्नुहोस्

यसले विधिपूर्वक हुने शुद्धतालाई जनाउँछ, तर यो बुझिएको छ कि ऊ कुष्‍ठरोगको कारणले अशुद्ध छ । उसले आफ्‍नो रोगबाट निको पारिदिनलाई येशूलाई साँच्‍चै बिन्ती गरिरहेको थियो । यसलाई प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कुष्‍ठरोगबाट मलाई निको पारिदिनुहोस् ताकि म शुद्ध हुन सकूँ”

Luke 5:13

निको होऊ

यसले विधिपूर्वक हुने शुद्धतालाई जनाउँछ, तर यो बुझिएको छ कि ऊ कुष्‍ठरोगको कारणले अशुद्ध छ । उसले आफ्‍नो रोगबाट निको पारिदिनलाई येशूलाई साँच्‍चै बिन्ती गरिरहेको थियो । यसलाई प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “निको होऊ”

कुष्‍ठरोगले उसलाई छोड्यो

“उससँग कुष्‍ठरोग अझै बढी थिएन”

Luke 5:14

कसैलाई नभन्‍नू भनी

यसलाई प्रत्यक्ष कथनमा पनि अनुवाद गर्न सकिन्छः “अरू कसैलाई नभन्‍नू ।” त्यहाँ एउटा अन्तर्निहित जानकारी छ जसलाई स्‍पष्‍टसँग व्यक्त गर्न सकिन्छ

शुद्धताको लागि बलि चढाऊ

व्यवस्थाअनुसार कुनै पनि मानिस शुद्ध भएपछि उसले तोकिएको बलि चढाउनुपर्थ्यो । यसले त्यो व्यक्तिलाई विधिवत् रूपमा शुद्ध पार्थ्यो र धार्मिक क्रियाकलापहरूमा सहभागी हुन अनुमति दिन्थ्यो ।

गवाहीको निम्ति

“तिम्रो चङ्‍गाइको प्रमाणको रूपमा”

तिनीहरूलाई

सम्भावित अर्थहरू हुन् १) “पूजाहारीहरूलाई” वा २) “सारा मानिसहरूलाई” ।

Luke 5:15

उहाँको बारेको कुरा

“येशूको बारेमा भएको खबर ।” यसको अर्थ “येशूले त्यस कुष्‍ठरोग लागेको मानिसलाई निको पार्नुभएको कुरा” वा “येशूले मानिसहरूलाई निको पार्नुभएको कुरा” मध्येमा जुन पनि हुन सक्छ ।

उहाँको बारेको खबर अझ टाढासम्म फैलियो

“उहाँको बारेको खबर अझ टाढासम्म पुग्‍यो ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले उहाँबारे भएको समाचार अरू ठाउँहरूतिर पनि भनिरहे”

Luke 5:16

उजाड स्थानहरू

“एकान्त स्थानहरू” वा “अरू कोही मानिसहरू नभएका ठाउँहरू”

Luke 5:17

जोड्ने कथनः

एक दिन जब येशूले एउटा घरमा सिकाइरहनुभएको थियो, केही मानिसहरूले एउटा पक्षघात भएको मानिसलाई निको पारिदिनको लागि भित्र ल्याए ।

यस्तो भयो

यो वाक्यांशले कथाको एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्छ ।

Luke 5:18

अब केही मानिसहरू आए

यिनीहरू कथामा नयाँ मानिसहरू हुन् । यिनीहरू नयाँ मानिसहरू हुन् भनेर देखाउनलाई तपाईंको भाषामा कुनै तरिका हुन सक्छ ।

गुन्‍द्रि

सुत्‍ने ओछ्यान वा पलङ वा बिरामी बोक्‍ने खाट

पक्षाघात भएको थियो

“आफैँ चलहन गर्न सक्दैनथ्यो”

Luke 5:19

जब भीडको कारणले गर्दा तिनीहरूले उसलाई येशूकहाँ लैजान सकेनन्

केही भाषाहरूमा यसको संरचनालाई पुनः मिलाउँदा बढी स्वाभाविक देखिन सक्छ । वैकल्पिक अनुवादः “तर मानिसहरूको भीडको कारणले गर्दा तिनीहरूले त्यो मानिसलाई भित्र ल्याउने बाटो पाएनन् । त्यसैले”

भीडको कारणले

यो कुरा स्‍पष्‍ट छ कि तिनीहरू भित्र प्रवेश गर्न नसक्‍नुको कारण यो थियो कि भीड यति धेरै ठूलो थियो कि त्यहाँ तिनीहरूको लागि कुनै ठाउँ थिएन ।

तिनीहरू घरको छानामाथि चढे

घरको छतहरू समतल हुन्थे र केही घरहरूमा त्यसमाथि जानलाई सजिलो पार्नलाई बाहिरबाट भर्‍याङहरू हुन्थे । यसलाई व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरू घरको सम्‍म परेको छानामाथि गए”

येशू हुनुभएको ठाउँको अगाडि

“सोझै येशूको अगाडि” वा “येशूकै अगाडि”

Luke 5:20

तिनीहरूको विश्‍वास देखेर, येशूले भन्‍नुभयो

यो कुरा बुझिएको छ कि येशूले पक्षघात लागेको मानिसलाई निको पार्न सक्‍नुहुन्थ्यो भनेर तिनीहरूले विश्‍वास गर्थे । यसलाई व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जब येशूले थाहा गर्नुभयो कि उहाँले त्यस मानिसलाई निको पार्न सक्‍नुहुन्छ भनेर तिनीहरूले विश्‍वास गर्थे, उहाँले त्यसलाई भन्‍नुभयो”

मानिस

यो मानिसहरूले नाम थाहा नपाएका मानिससँग बोल्दा प्रयोग गर्ने सामान्य शब्द हो । यो रूखो शब्द थिएन, न त यसले विशेष आदर झल्काउँथ्यो । केही भाषाहरूले “साथी” वा “महाशय” शब्द पनि चलाउन सक्छन् ।

तिम्रा पापहरू क्षमा भएका छन्

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीलाई क्षमा गरिएको छ” वा “म तिम्रा पाप क्षमा गर्छु”

Luke 5:21

यो प्रश्‍न गर्नलाई

“यसलाई छलफल गर्नु” वा “यसको बारेमा बहस गर्नु ।” तिनीहरूले के कुरालाई प्रश्‍न गरे भन्‍ने कुरालाई व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूसँग पाप क्षमा गर्ने अधिकार छ वा छैन भनी छलफल गर्न लागे”

यो ईश्‍वर-निन्दा गर्ने को हो ?

यो प्रश्‍नले येशूले भन्‍नुभएका कुरामा तिनीहरू कति चकित भएका र रिसाएका रहेछन् भनी देखाउँछ । यसलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “यो मानिसले परमेश्‍वरको निन्दा गरिरहेछ !” वा “उसले यसो भनेर परमेश्‍वरको निन्दा गर्छ !”

परमेश्‍वर बाहेक कसले पापको क्षमा दिन सक्छ ?

अनुमानित जानकारीचाहिँ यो हो, कि कसैले पाप क्षमा गरेको दाबी गर्छ भने उसले आफू परमेश्‍वर भएको भन्दै छ । यसलाई एउटा प्रस्‍ट कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले बाहेक कसैले पाप क्षमा गर्न सक्दैन !” वा “पाप क्षमा गर्ने परमेश्‍वर मात्र हुनुहुन्छ !”

Luke 5:22

तिनीहरूका विचारहरू जानेर

यो वाक्यांशले सङ्केत गर्छ कि तिनीहरूले मनमनै बहस गरिरहेका थिए, त्यसैले तिनीहरूले के सोचिरहेका थिए भनेर येशूले सुन्‍नुभन्दा पनि चाल पाउनुभयो ।

तिमीहरू आफ्नो हृदयमा किन यस्तो प्रश्‍न गर्दछौ ?

यसलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले आफ्नो हृदयमा यसबारे तर्क गर्नुहुँदैन ।” वा “मसँग पाप क्षमा गर्ने अधिकार छ भन्‍ने बारे तिमीहरूले शङ्का गर्नुहुँदैन ।”

तिमीहरूका हृदयहरूमा

यहाँ “हृदयहरू” भनेको मानिसहरूको दिमाग वा भित्री व्यक्तित्वको लागि प्रतिस्थापन शब्द हो ।

Luke 5:23

कुन कुरा सजिलो छ … हिँड्न ?

आफ्नो क्षमा गर्ने शक्तिलाई आफूले गर्न लाग्‍नुभएको चङ्गाइको आश्‍चर्यकर्मसँग जोड्नलाई येशूले यो प्रश्‍नको प्रयोग गर्दै हुनुहुन्छ । वैकल्पिक अनुवादः “मैले भर्खर भनेँ, ‘तिम्रा पापहरू तिमीलाई क्षमा भएका छन् ।’ तिमीहरूले सोच्न सक्छौ कि ‘उठ र हिँड’ भन्‍न गाह्रो हुन्छ, किनभने मैले निको पार्न सक्छु वा सक्दिन भन्‍ने कुराको प्रमाण ऊ उठेर हिँड्छ वा हिँड्दैन भन्‍ने कुराद्वारा देखाइनेछ ।” वा “तिमीहरूले सोच्न सक्छौ कि ‘उठ र हिँड’ भन्‍नुभन्दा ‘तिम्रा पापहरू तिमीलाई क्षमा भएका छन्’ भन्‍न सजिलो हुन्छ ।”

भन्‍न सजिलो छ

नबताइएको अर्थ यो हो कि एउटा कुरा “बताउनलाई सजिलो छ किनभने कसैले पनि थाहा पाउने छैन”, तर अर्को कुरा “बताउनलाई गाह्रो छ किनभने सबैले जान्‍ने छन् ।” यदि त्यस मानिसको पापहरू माफ भए वा भएनन् भनेर मानिसहरूले देख्‍न सक्दैनथे, तर यदि ऊ उठेर हिँड्यो भने ऊ निको पारिएको थियो भनेर तिनीहरू सबैले थाहा पाउने थिए ।

Luke 5:24

तिमीहरूलाई थाहा होस्

येशू शास्‍त्रीहरू र फरिसीहरूसँग बोलिरहनुभएको थियो । यहाँ “तिमीहरू” बहुवचन हो ।

मानिसको पुत्र

येशूले आफैँलाई भन्दै हुनुहुन्थ्यो ।

म तिमीलाई बताउँछु

येशूले यो कुरा पक्षाघाती मानिसलाई भन्दै हुनुहुन्थ्यो । “तिमी” शब्द एकवचन हो ।

Luke 5:25

त्यो तुरुन्तै उठ्यो

“त्यो एकैपटकमा उठ्यो” वा “त्यो तत्कालै उठ्यो”

ऊ उठ्यो

ऊ निको पारिएको थियो भनेर प्रस्‍टसँग बताउँदा सहयोगी हुन सक्छ । वैकल्‍पिक अनुवादः “त्यो मानिस निको पारिएको थियो ! ऊ उठ्यो”

Luke 5:26

डरले भरिएका थिए

“निकै भएभीत भएका” वा “भयले भरिएका”

असाधारण कुराहरू

“अचम्मका कुराहरू” वा “अनौठा कुराहरू”

Luke 5:27

जोड्ने कथनः

जब येशू घरबाट जानुहुन्छ, उहाँले लेवी, यहूदी कर उठाउनेलाई, उहाँलाई पछ्याउनको लागि बोलाउनुहुन्छ । लेवीले येशूको लागि एउटा ठूलो भोज तयार गर्छन् जसले फरिसीहरू र शास्‍त्रीहरूलाई रीस उठाउँछ ।

यी कुराहरू भएपछि

“यी कुराहरू” वाक्यांशले अघिल्‍ला पदहरूमा भएका कुराहरूलाई जनाउँछ । यसले एउटा नयाँ घटनालाई सङ्केत गर्छ ।

एकजना कर उठाउने व्यक्तिलाई देख्‍नुभयो

“कर उठाउनेलाई ध्यान दिएर हेर्नुभयो” वा “कर उठाउनेलाई होसियारीसाथ हेर्नुभयो”

मलाई पछ्याऊ

कसैलाई “पछ्याउनु” भनेको त्यो व्यक्तिको चेला हुनु हो । वैकल्पिक अनुवादः “मेरो चेला होऊ” वा “आऊ, मलाई तिम्रो शिक्षकको रूपमा पछ्याऊ”

Luke 5:28

सब थोक छाडेर

“उसको कर उठाउने काम छाड्यो”

Luke 5:29

जोड्ने कथनः

खाना खाने बेलामा, येशू फरिसीहरू र शास्‍त्रीहरूसँग बोल्‍नुहुन्छ ।

उसको घरमा

“लेवीको घरमा”

टेबलमा अडेस लगाएर

पलङमा ढल्केर बायाँ पाखुरालाई तकियामा अडेस लगाएर ग्रीकहरूले भोज खाने गर्थे । वैकल्पिक अनुवादः “सँगै खाँदै” वा “टेबलमा बसेर खाँदै”

Luke 5:30

उहाँका चेलाहरूलाई

“येशूका चेलाहरूलाई”

तपाईं किन पापी मानिसहरूसँग ... खानुहुन्छ ?

येशूका चेलाहरूले पापीहरूसँगै खाएको कुराप्रति फरिसीहरू र शास्‍त्रीहरूले असहमति व्यक्त गर्न तिनीहरूले यो प्रश्‍नको प्रयोग गरे । वैकल्पिक अनुवादः “तिमीहरूले पापीहरूसँग खानुहुँदैन !”

पापीहरू

ती मानिसहरू जसले मोशाको व्यवस्थाको पालना गर्दैनथे तर ती कुराहरू गर्थे जुन अरू मानिसहरूले धेरै नराम्रो पाप हो भनी ठान्थे

तिमीहरू पापी मानिसहरूसँग खान्छौ र पिउँछौ

फरिसीहरू र शास्‍त्रीहरूले विश्‍वास गर्थे कि धर्मी मानिसहरूले तिनीहरूले पापीहरू भनी ठानेका मानिसहरूबाट आफूहरूलाई अलग राख्‍नुपर्छ । “तिमीहरू” शब्द बहुवचनमा छ ।

Luke 5:31

जो मानिसहरू स्वस्थ छन् ... जो बिरामी छन्

वैद्यले रोगी मानिसहरूलाई निको पारिनलाई बोलाए झैँ गरी येशूले पापीहरूलाई पश्‍चात्तापको निमित्त बोलाउनुहुन्छ भनेर तिनीहरूलाई बताउनलाई सुरु गर्न उहाँले यो उखानको प्रयोग गर्नुभयो ।

वैद्य

चिकित्सक

तर तिनीहरू जो बिरामी छन्

हटाइएका शब्दहरूलाई तपाईंले थप्‍नलाई जरुरी हुन सक्छ । वैकल्पिक अनुवादः “केवल तिनीहरूलाई वैद्यको खाँचो हुन्छ जो बिरामी छन्”

Luke 5:32

म धर्मीलाई बोलाउनलाई आइन, तर पापीहरूलाई पश्‍चात्तापको निमित्त

कुनै पनि व्यक्ति जसले येशूलाई पछ्याउन चाहन्छ उसले आफैँलाई एक धर्मी मानिसको रूपमा होइन तर एक पापीको रूपमा सोच्‍नुपर्छ ।

धर्मी

यो नामयोगी विशेषणलाई एउटा नामपदको वाक्यांशको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्मी मानिसहरू”

Luke 5:33

तिनीहरूले उहाँलाई भने

“धार्मिक अगुवाहरूले येशूलाई भने”

Luke 5:34

के कसैले तिनीहरूलाई ... लाउन सक्छौ ?

येशूले तिनीहरूलाई पहिले नै थाहा भएको एउटा अवस्थाबारे सोच्‍न लगाउन यो प्रश्‍नको प्रयोग गर्नुभयो । यसलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “दुलहा साथमा नै हुँदा कसैले पनि दुलहाका सेवकहरूलाई उपवास बस्‍न लगाउँदैन”

विवाह भोजमा उपस्थित हुनेहरू

“पाहुनाहरू” वा “साथीहरू ।” यी विवाह गर्ने मानिससँगै उत्सव मनाउने साथीहरू हुन् ।

विवाह भोजमा उपस्थित हुनेहरू ... उपवास बस्छन्

उपवास बस्नु भनेको उदास हुनुको चिन्ह हो । धार्मिक गुरूहरूले बुझे कि जन्तीहरूले दुलहा तिनीहरूको साथमा उपवास बस्ने थिएनन् ।

Luke 5:35

तर दिनहरू साँच्‍चै आउनेछन् जब

“चाँडै” वा “कुनै दिन”

दुलहालाई तिनीहरूबाट लगिनेछ

येशूले आफैँलाई एउटा दुलहासँग, र चेलाहरूलाई जन्तीहरूसँग तुलना गर्दै हुनुहुन्छ । उहाँले रूपकलाई व्याख्या गर्नुभएन, त्यसैले आवश्‍यक परेको बेलामा अनुवादले त्यसलाई व्याख्या गर्नुपर्छ ।

Luke 5:36

सामान्य जानकारीः

येशूले लेवीको घरमा भएका शास्‍त्रीहरू र फरिसीहरूलाई एउटा कथा बताउनुहुन्छ ।

कसैले पनि च्यातिएको ... सँग सिलाउँछ ... उसले त्यसो गर्‍यो भने ... उसले च्यात्‍ने थियो

“कसैले पनि फटाउँदैन ... त्यसलाई प्रयोग गर्छ ... उसले ... उसले” वा “मानिसहरूले कहिल्यै च्यात्दैनन् ... त्यसलाई प्रयोग गर्छन् ... तिनीहरूले ... तिनीहरूले”

त्यसलाई सिलाउँछ

पुनः बनाउनु

उसले त्यसो गर्‍यो भने

त्यो व्यक्तिले त्यो वस्‍त्रलाई किन त्यसरी टाल्‍ने थिएन भन्‍ने कुराको कारणलाई यो परिकल्पित भनाइले व्याख्या गर्छ ।

मिल्दैन

“मेल खाँदैन” वा “उस्‍तै हुँदैन”

Luke 5:37

नयाँ दाखमद्य

“अङ्गुरको रस ।” यसले मर्चाको प्रयोग गरी रासायनिक परिवर्तन नल्याइएको दाखमद्यलाई जनाउँछ ।

मशकहरू

यी झोलाहरू जनावरको छालाबाट बनाइएका थिए । यसलाई “दाखमद्यको झोला” वा “छालाबाट बनेको झोला” पनि भन्‍न सकिन्छ (युडीबी) ।

नयाँ दाखमद्यले मशकलाई फुटाउनेछ

जब नयाँ दाखमद्यमा रासायनिक परिवर्तन ल्याइन्छ तब यसको आयतन वृद्धि हुन्छ, अनि यसले मशकलाई फुटाउँछ किनभने मशक तन्कन सक्दैन । दाखमद्यमा रासायनिक परिवर्तन ल्याइने र आयतन बढ्छ भन्‍ने कुरालाई येशूका श्रोताहरूले बुझेका थिए ।

त्यो बाहिर पोखिनेछ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “दाखमद्य झोलाबाट बाहिर पोखिनेछ”

Luke 5:38

नयाँ दाखमद्य

“नयाँ दाखमद्य” वा “नयाँ दाखमद्यको झोला ।” यसले प्रयोग नगरिएको मशकलाई जनाउँछ ।

Luke 5:39

पुरानो दाखमद्य पिएर नयाँको चाहना गर्दैन

यो अलङ्कारले येशूको नयाँ शिक्षाको विरुद्धमा धार्मिक गुरूहरूको पुरानो शिक्षालाई विपरीत भएको देखाउँछ । भन्‍न खोजिएको कुराचाहिँ के हो भने ती मानिसहरू जो पुरानो शिक्षामा बानी परेका छन्, तिनीहरू येशूले सिकाइरहनुभएको नयाँ कुराहरू सुन्‍नलाई इच्छुक हुँदैनन् ।

किनभने उसले “पुरानो नै असल छ” भन्छ ।

यो कुरा थप्दा सजिलो हुन सक्छः “यसकारण उसले नयाँ दाखमद्य चाख्‍न कोसिस गर्दैन”


Translation Questions

Luke 5:4

मानिसहरूलाई सिकाउनलाई सिमोनको डुङ्गा प्रयोग गर्नुभएपछि येशूले उनको डुङ्गालाई के गर्नू भन्‍नुभयो ?

डुङ्गालाई गहिरो पानी भएतिर लैजान र केही माछा पक्रनलाई जाल हान भन्‍नुभयो । [५:४]

Luke 5:5

पत्रुसले अगिल्लो रात केही नसमाते तापनि उनले के गरे ?

उनी आज्ञाकारी भए र जाल हाने । [५:५]

Luke 5:6

जब तिनीहरूले जाल हाने तब के भयो ?

तिनीहरूले धेरै माछा पक्रे, जसले गर्दा तिनीहरूको जाल च्यातिन लागेका थिए । [५:६]

Luke 5:8

त्यसपछि येशूले के गरिदिएको सिमोन चाहन्थे ? र किन ?

सिमोनले येशू उनीबाट टाढा जानुभएको चाहन्थे किनकि उनी एक पापी मानिस थिए भनी उनलाई थाहा भयो । [५:८]

Luke 5:10

सिमोनको भविष्यमा गर्ने कामको बारेमा येशूले के भन्‍नुभयो ?

अब उसो उनी मानिसहरूका जालहारी हुने थिए भनी येशूले भन्‍नुभयो । [५:१०]

Luke 5:15

त्यस बेला येशूले सिकाउनुभएको सुन्‍न र बिरामीबाट निको हुन कति जना मानिसहरू आइरहेका थिए ?

मानिसहरूको ठुलो भिड येशूकहाँ आइरहेको थियो । । [५:१५]

Luke 5:20

घरको छानाबाट उनका साथीहरूबाट ल्याइएका पक्षाघाती मानिसलाई येशूले के भन्‍नुभयो ?

हे मानिस, तिम्रा पाप क्षमा भएका छन् । [५:२०]

Luke 5:21

शास्‍त्रीहरू र फरिसीहरूले यो भनाइ ईश्‍वर-निन्दा थियो भनी किन विचार गरे ?

किनभने परमेश्‍वरले मात्र पापको क्षमा गर्न सक्‍नुहुन्छ । [५:२१]

Luke 5:24

पक्षाघाती मानिसलाई यस प्रकारले निको पारेर उहाँले यस पृथ्वीमाथि के गर्ने पनि उहाँको अधिकार थियो भन्‍ने कुरा प्रकट गर्नलाई थियो ?

येशूले मानिसलाई निको पारी यस पृथ्वीमा उहाँमा पापको क्षमा गर्ने अधिकार थियो भन्‍ने कुरा प्रकट गर्नलाई थियो । [५:२४]

Luke 5:32

जब येशू लेवीको घरमा खाँदै र पिउँदै हुनुहुन्थ्यो, उहाँ के गर्न आउनुभएको थियो भनी येशूले भन्‍नुभयो ?

उहाँ पापीहरूलाई पश्‍चात्तापका लागि बोलाउन आउनुभएको थियो । [५:३२]

Luke 5:35

उहाँका चेलाहरूले उपवास बस्दछन् भनी येशूले कहिले भन्‍नुभएको थियो ?

तिनीहरूबाट येशूलाई टाढा लगिएपछि उहाँका चेलाहरू उपवास बस्‍नेछन् । [५:३५]

Luke 5:36

येशूको दृष्‍टान्तमा पुरानो कपडा टाल्न यदि नयाँ कपडाको टुक्रा प्रयोग गर्‍यो भने के हुन्छ ?

नयाँ कपडा च्यातिन्छ, र पुरानो कपडामा टाल्दा सुहाउँदैन । [५:३६]

Luke 5:37

येशूको दोस्रो दृष्‍टान्तमा पुरानो मसकमा यदि नयाँ दाखमद्य राख्यो भने के हुन्छ ?

पुरानो मसक फुट्छ र नयाँ दाखमद्य पोखिन्छ । [५:३७]

Luke 5:38

नयाँ दाखमद्यलाई ठिकसित राख्‍नलाई येशूले के गर्नुपर्छ भन्‍नुभयो ?

नयाँ दाखमद्य नयाँ मसकमा राखिनुपर्दछ । [५:३८]


Chapter 6

1 अब विश्रामको दिनमा यस्तो भयो कि येशू अन्‍नको खेत भएर जाँदै हुनुहुन्थ्‍यो, र उहाँका चेलाहरूले अन्‍नका बाला टिप्दै, आफ्ना हातमा त्यसलाई माड्दै, र अन्‍न खाँदै थिए । 2 तर केही फरिसीहरूले भने, “किन तिमीहरू विश्रामको दिनमा जे गर्न उचित छैन त्यो गरिरहेका छौ?" 3 तिनीहरूलाई जवाफ दिंदै येशूले भन्‍नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू भोकाएका बेला दाऊदले के गरे भनी तिमीहरूले पढेका छैनौ? 4 तिनी परमेश्‍वरको भवनभित्र पसे र परमेश्‍वरको उपस्थितिको रोटी लिएर केही खाए र आफूसँग भएका मानिसहरूलाई पनि केही खान दिए जुन पूजाहारीहरूले मात्र खान उचित थियो ।” 5 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसका पुत्र विश्रामको दिनको पनि प्रभु हुन् ।” 6 अर्को विश्रामको दिनमा यसो भयो कि उहाँ सभाघरभित्र जानुभयो र त्यहाँ भएका मानिसहरूलाई शिक्षा दिनुभयो । त्यहाँ दाहिने हात सुकेको एक जना मानिस थियो । 7 उहाँले विश्रामको दिनमा कसैलाई निको पार्नुहुन्छ कि हुन्‍न भनेर शास्‍‍त्रीहरू र फरिसीहरूले नजिकबाट उहाँलाई हेरिरहेका थिए, ताकि तिनीहरूले उहाँलाई दोष लगाउने कारण भेट्टाउन सकून् । 8 तर तिनीहरूले के सोचिरहेका थिए भनी उहाँलाई थाहा थियो, र हात सुकेको मानिसलाई उहाँले भन्‍नुभयो, “उठ र यहाँ सबैका बीचमा खडा होऊ ।” त्यसैले त्यो मानिस उठ्‍यो र त्यहाँ खडा भयो । 9 येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई सोध्छु, विश्रामको दिनमा असल गर्नु वा खराब गर्नु, प्राण बचाउनु वा नाश गर्नु, कुन उचित हो?” 10 तब उहाँले वरिपरि तिनीहरू सबैलाई हेर्नुभयो र त्यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात पसार ।” त्यसले त्यसै गर्‍यो, र त्यसको हात पहिलाको जस्तै भयो । 11 तर तिनीहरू रिसले चूर भए र तिनीहरूले येशूलाई के गर्न सक्छन् भनी एक अर्कामा कुराकानी गरे । 12 ती दिनहरूमा उहाँ डाँडामा प्रार्थना गर्न जानुभयो । उहाँले परमेश्‍वरसँग रातभर निरन्तर प्रार्थना गर्नुभयो । 13 उज्यालो भइसकेपछि उहाँले आफ्‍ना चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो, र उहाँले तिनीहरूमध्येबाट बाह्र जनालाई चुन्‍नुभयो जसलाई उहाँले “प्रेरित” नाउँ पनि दिनुभयो । 14 प्रेरितहरूका नाउँहरू थिएः सिमोन (जसलाई उहाँले पत्रुस नाउँ पनि दिनुभयो), र तिनका दाजु अन्द्रियास, याकूब, यूहन्‍ना, फिलिप, बारथोलोमाइ, 15 मत्ती, थोमा, अल्फयासका छोरा याकूब, सिमोन जसलाई उग्रपन्थी भनिन्थ्यो, 16 याकूबका छोरा यहूदा, र यहूदा इस्करियोत, जो एक धोकेबाज भयो । 17 त्यसपछि येशू तिनीहरूसँगै डाँडाबाट तल ओर्लनुभयो र उहाँका चेलाहरूको ठुलो भीड र यहूदिया, र यरूशलेम, र सिदोन, र टुरोसको समुद्री तटका मानिसहरूको ठुलो भीडसँग उहाँ एउटा समथर ठाउँमा उभिनुभयो । 18 तिनीहरू उहाँका कुरा सुन्‍न र आ-आफ्ना रोगहरूबाट निको हुनलाई आएका थिए । अशुद्ध आत्माले सताइएका मानिसहरू पनि निको भए । 19 भीडमा भएका सबैले उहाँलाई छुन खोजिरहेका थिए, किनभने निको पार्ने शक्ति उहाँबाट निस्‍किरहेको थियो, र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो । 20 तब उहाँले आफ्ना चेलाहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “धन्य तिमीहरू जो दीन छौ, किनकि परमेश्‍वरको राज्य तिमीहरूकै हो । 21 धन्य तिमीहरू जो अहिले भोकाउँछौ, किनकि तिमीहरू तृप्‍त हुनेछौ । धन्य तिमीहरू जो अहिले रुन्छौ, किनकि तिमीहरू हाँस्‍नेछौ । 22 धन्य हौ तिमीहरू, जब मानिसका पुत्रका खातिर मानिसहरूले तिमीहरूलाई घृणा गर्छन् र तिमीहरूलाई निकालिदिन्छन्, तिमीहरूलाई अपमान गर्छन् र दुष्‍ट ठानी तिमीहरूका नाउँ बहिस्कार गर्छन्, 23 त्यस दिन रमाओ र आनन्दले उफ्र, किनभने स्वर्गमा तिमीहरूको इनाम ठुलो हुनेछ, किनकि तिनीहरूका पुर्खाहरूले पनि अगमवक्‍ताहरूलाई त्यसै गरे । 24 तर धिक्‍कार तिमीहरू जो धनी छौ, किनकि तिमीहरूले आफ्ना सान्त्वना पाइसकेका छौ । 25 धिक्‍कार तिमीहरू जो अहिले तृप्‍त छौ, किनकि तिमीहरू पछि भोकाउनेछौ । धिक्‍कार तिमीहरू जो अहिले हाँस्‍छौ, किनकि तिमीहरू शोक गर्नेछौ र रुनेछौ । 26 धिक्‍कार तिमीहरू जब सबै मानिसहरूले तिमीहरूको असल बोल्‍छन्, किनकि तिनीहरूका पुर्खाहरूले झूटा अगमवक्‍ताहरूलाई पनि त्यसै गरे । 27 तर म तिमीहरूलाई भन्दछु जसले सुनिरहेका छौ, आफ्ना शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई घृणा गर्नेहरूको भलाइ गर । 28 तिमीहरूलाई सराप्‍नेहरूलाई आशिष्‌‌ देओ र तिमीहरूलाई दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर । 29 तिम्रो एउटा गालामा जसले हिर्काउँछ त्यसलाई अर्को गाला पनि थापिदेऊ । यदि कसैले तिम्रो खास्‍टो खोस्‍छ भने त्यसलाई दौरा पनि दिन इन्कार नगर । 30 तिमीसँग माग्‍ने सबैलाई देऊ । यदि कसैले तिम्रो केही कुरा लैजान्छ भने त्यससँग त्यो फिर्ता नमाग । 31 मानिसहरूले तिमीहरूलाई जसो गरेको चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यस्तै गर्नुपर्छ । 32 यदि तिमीहरूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने तिमीहरूलाई के लाभ हुन्छ र? किनकि पापीहरूले पनि आफूहरूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छन् । 33 यदि तिमीहरूलाई असल गर्नेहरूलाई मात्र असल गर्छौ भने तिमीहरूलाई के लाभ हुन्छ र? किनकि पापीहरूले पनि त त्यसै गर्छन् । 34 यदि तिमीहरूले ती मानिसहरूलाई मात्र ऋण दिन्छौ जसबाट तिमीहरूले फिर्ता पाउने आशा गर्छौ भने तिमीहरूलाई के लाभ हुन्छ र? उत्ति नै फिर्ता पाउनलाई पापीहरूले पनि पापीहरूलाई ऋण दिन्छन् । 35 तर आफ्‍ना शत्रुहरूलाई प्रेम गर र तिनीहरूको भलाइ गर । फेरि फिर्ता पाउने आशा नगरीकन ऋण देओ, र तिमीहरूको इनाम ठुलो हुनेछ, अनि तिमीहरू सर्वोच्‍चका छोराहरू हुनेछौ, किनकि उहाँ आफैं अधन्यवादी र दुष्‍टहरूप्रति कृपालु हुनुहुन्छ । 36 तिमीहरूका पिता कृपालु हुनुभएझैं तिमीहरू पनि कृपालु होओ । 37 कसैको न्याय नगर र तिमीहरूको पनि न्याय गरिनेछैन । दोष नलगाओ र तिमीहरूलाई पनि दोष लाग्‍ने छैन । अरूहरूलाई क्षमा देओ र तिमीहरूलाई पनि क्षमा दिइनेछ । 38 देओ, र तिमीहरूलाई पनि दिइनेछ । प्रशस्त परिमाणमा— खाँदी-खाँदी, हल्लाई-हल्लाई, र पोखिने गरी—तिमीहरूका पोल्टामा खन्याउनेछन् । किनकि जुन नापले तिमीहरू नाप्‍तछौ, त्यही नापले तिमीहरूका निम्ति पनि नापिनेछ ।” 39 त्यसपछि उहाँले तिनीहरूलाई एउटा द‍ृष्‍टान्त पनि भन्‍नुभयो, “के एक जना अन्धा मानिसले अर्को अन्धा मानिसलाई डोर्‍याउन सक्छ? त्यसले त्यसो गर्‍यो भने के दुवै जना खाल्डोमा खस्दैनन् र? 40 एउटा चेला आफ्नो गुरुभन्दा महान् हुँदैन, तर हरेकले जब पूरा तालिम प्राप्‍त गर्छ, तब त्यो आफ्नो गुरुजस्तै हुनेछ । 41 तिमीले आफ्‍नो भाइको आँखामा भएको सानो कसिङ्गर किन देख्‍छौ, तर आफ्नै आँखामा भएको मुढाचाहिं किन थाहा पाउँदैनौ? 42 तिमीले आफ्नै आँखामा भएको मुढा देख्दैनौ भने, तिमीले आफ्नो भाइलाई, 'भाइ मलाई तिम्रा आँखामा भएको कसिङ्गर निकाल्न देऊ' भनी कसरी भन्‍न सक्छौ? हे पाखण्डी हो! पहिले तिम्रा आँखाबाट मुढा निकाल, र तब तिमीले आफ्‍नो भाइको आँखामा भएको कसिङ्गर निकाल्न स्पष्‍टसँग देख्‍नेछौ । 43 किनकि कुनै असल रूख छैन जसले कुहिएको फल फलाउँछ, न त कुहिएको रूख छ जसले असल फल फलाउँछ। 44 किनकि प्रत्येक रूख त्यसले फलाउने फलबाट नै चिनिन्छ । किनकि काँडाको झाडीबाट मानिसहरूले अञ्‍जीर बटुल्दैनन्, न त तिनीहरूले काँडे पोथ्राबाट अङ्गुर बटुल्‍छन् । 45 असल मानिसले आफ्नो हृदयको भण्डारबाट असल कुरा निकाल्छ, र खराब मानिसले आफ्नो हृदयको भण्डारबाट खराब कुरा नै निकाल्छ । किनकि त्यसको हृदयको प्रशस्तबाट त्यसले आफ्नो मुखले बोल्छ । 46 तिमीहरू मलाई किन 'प्रभु, प्रभु' भन्छौ, जब कि मैले भनेका कुराहरूचाहिं तिमीहरूले पालन गर्दैनौ? 47 हरेक व्यक्‍ति जो मकहाँ आउँछ र मेरा वचनहरू सुन्छ र ती पालन गर्छ, त्यो कोजस्तो हो भनी म तिमीहरूलाई भन्‍नेछु । 48 त्यो एक जना घर बनाउने मानिसजस्तो हो, जसले जमिनमा गहिरो गरी खन्यो र घरको जग बलियो चट्टानमाथि बसाल्यो । जब बाढी आयो, तब जलप्रवाह त्यस घरमाथि ओइरियो, तर त्यसलाई हल्लाउन सकेन, किनभने त्यो राम्ररी बनाइएको थियो । 49 तर एक जना मानिस जसले मेरा वचनहरू सुन्छ र पालन गर्दैन, त्यो एउटा मानिस जस्तो हो जसले जमिनमाथि जगबिना घर बनायो । जलप्रवाह त्यस घरमाथि ओइरिंदा त्यो तुरुन्तै ढलिहाल्यो र त्यस घरको पूर्णरूपमा विनाश भयो ।

लूका ०६ सामान्य टिपोटहरू

संरचना र ढाँचा

लूका ६:२०-४९ मा थुप्रै आशिष्‌हरू र सरापहरू छन् जुन मत्ती ५-७ सँग मिलेको देखिन्छ । मत्तीको यो भागलाई पारम्परिक रूपमा “डाँडाको उपदेश” भनिएको छ । लूकामा, तिनीहरू मत्तीको सुसमाचारमा जस्तो परमेश्‍वरको राज्यको विषयमा भएको शिक्षासँग जोडिएका छैनन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“अनाज खाने”

जब चेलाहरूले विश्रामको दिनमा खेतका अनाजहरू चुँडेर खाए जुन खेतबाट भएर तिनीहरू गइरहेका थिए (लूका ६:१), फरिसीहरूले भने कि तिनीहरूले मोशाको व्यवस्थालाई तोडिरहेका थिए । फरिसीहरूले बताए कि चेलाहरूले अनाजहरू टिपेर काम गरिरहेका थिए र त्यसैले विश्रामको दिनमा आराम गर्नु र काम नगर्नु भन्‍ने परमेश्‍वरको आज्ञालाई अनाज्ञापालन गरिरहेका थिए ।

चेलाहरूले चोरिरहेका थिए भनेर फरिसीहरूले सोचेनन् । त्यो किनभने यात्रुहरूलाई तिनीहरू जुन खेतको नजिकैबाट वा जसबाट भएर यात्रा गरिरहेका थिए त्यहाँबाट थोरै मात्रामा अनाजहरू चुँडेर खानलाई किसानहरूले अनुमति दिनुपर्छ भनी मोशाको व्यवस्थाले आवश्‍यक बनाएको थियो । अनि अनि )

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

अलङ्कार

अलङ्कारहरू दृश्‍य वस्तुहरूको चित्रणहरू हुन् जसलाई वक्ताहरूले अदृश्‍य सत्यतालाई व्याख्या गर्नलाई प्रयोग गर्छन् । येशूले उहाँका मानिसहरूलाई उदार हुनलाई सिकाउन एउटा उदार धनी अनाज व्यापारीको अलङ्कारको प्रयोग गर्नुभयो

आलङ्कारिक प्रश्‍नहरू

आलङ्कारिक प्रश्‍नहरू ती प्रश्‍नहरू हुन् जसको जवाफ वक्तालाई अगाडिबाटै थाहा हुन्छ । फरिसीहरूले एउटा आलङ्कारिक प्रश्‍न येशूलाई सोधेर उहाँलाई गाली गरे जब तिनीहरूले ठाने कि उहाँले विश्रामको दिनको अवज्ञा गरिरहनुभएको थियो

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

अन्तर्निहित जानकारी

वक्ताहरूले धेरैपटक ती कुराहरू बताउँदैनन् जुन तिनीहरूले ठान्छन् कि तिनीहरूका पाठकहरूले पहिल्यै बुझेका छन् । जब लूकाले लेखे कि चेलाहरूले अनाजका बालाहरूलाई तिनीहरूका हातमा माडिरहेका थिए, तिनीहरूले फाल्‍ने भागबाट खान हुने भागलाई अलग गरिरहेका थिए भनेर उनको पाठकले जान्दछन् भनेर उनले अपेक्षा गरे

बाह्र चेलाहरू

निम्‍न दिइएका नामहरू बाह्र चेलाहरूको सूची होः

मत्तीमाः

सिमोन (पत्रुस), अन्द्रियास, जब्दियाका छोरा याकूब, जब्दियाका छोरा यूहन्‍ना, फिलिप, बारथोलोमाइ, थोमा, मत्ती, अल्‍फयसका छोरा याकूब, थेदियस, सिमोन उग्रपन्थी र यहूदा इस्‍करियोत ।

मर्कूसमाः

सिमोन (पत्रुस), अन्द्रियास, जब्दियाका छोरा याकूब, जब्दियाका छोरा यूहन्‍ना (जसलाई उहाँले बोअनर्गेस नाम दिनुभयो, जसको अर्थ हो , गर्जनका पुत्रहरू), फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्‍फयसका छोरा याकूब, थेदियस, सिमोन उग्रपन्थी, र यहूदा इस्‍करियोत ।

लूकामाः

सिमोन (पत्रुस), अन्द्रियास, याकूब, यूहन्‍ना, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्‍फयसका छोरा याकूब, सिमोन (जसलाई उग्रपन्थी भनिन्‍थ्यो), याकूबका छोरा यहूदा, र यहूदा इस्‍करियोत ।

थेदियस सम्भवतः याकूबका छोरा, यहूदा भनिने व्यक्ति नै हुन् ।


Luke 6:1

सामान्य जानकारीः

“तिमीहरू” शब्द यहाँ बहुवचनमा छ, र चेलाहरूलाई जनाउँछ ।

जोड्ने कथनः

येशू र उहाँका चेलाहरू अब एउटा अन्‍नको खेतबाट भएर जान्छन् तर केही फरिसीहरूले चेलाहरूलाई परमेश्‍वरको व्यवस्थामा, परमेश्‍वरको लागि अलग राखिएको विश्रामको दिनमा तिनीहरूले के गरिरहेका छन् भनेर प्रश्‍न गर्न थाल्छन् ।

अब यस्तो भयो कि

यो वाक्यांशलाई यहाँ कथाको एउटा नयाँ भागको सुरुवातलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्‍नुहुन्छ ।

अन्‍नका खेतहरू

यहाँ यो अरू धेरै गहुँ उब्जाउनलाई मानिसहरूले गहुँको बिउ छरेका जमिनको ठूलो भाग हो ।

अन्‍नका बालाहरू

यो गहुँको बिरुवा, जुन एक प्रकारको अग्‍लो घाँस हो, त्यसको सबैभन्दा टुप्‍पोको भाग हो । यसमा बिरुवाको पाकेको, खानहुने बिउ हुन्छ ।

तिनीहरूका हातमा माड्दै

तिनीहरूले अन्‍नका दानाहरूलाई अलग गर्नलाई यसो गरे । यसलाई प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “दानाहरूलाई बोक्राहरूबाट अलग गर्नलाई तिनीहरूले ती हातमा माडे”

Luke 6:2

किन तिमीहरूले विश्रामको दिनमा व्यवस्था अनुसार गर्न नहुने काम गरिरहेका छौ ?

चेलाहरूले व्यवस्था तोडेको आरोप लगाउनलाई तिनीहरूले यो प्रश्‍न गरे । यसलाई एउटा कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “विश्रामको दिनमा अन्‍न टिप्‍नु परमेश्‍वरको व्यवस्था विरुद्ध हो !”

के तिमीहरूले त्यो गरिरहेका छौ जुन

हत्केलाभरी मात्र भएको दाना माड्ने सानो कामलाई पनि फरिसीहरूले व्यवस्थाको विरुद्धमा गरेको कामको रूपमा विचार गरे । यसलाई प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “काम गर्दै”

Luke 6:3

के तिमीहरूले ... पढेका पनि छैनौ ?

धर्मशास्‍त्रबाट नसिकेकोमा येशूले फरिसीहरूलाई हप्काउँदै हुनुहुन्छ । यसलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले पढेका कुराहरूबाट पाठ सिक्‍नुपर्छ !” वा “निश्‍चय नै तिमीहरूले पढेका छौ !”

Luke 6:4

उपस्थितिको रोटी

“पवित्र रोटी” वा “परमेश्‍वरलाई चढाइएको रोटी”

Luke 6:5

मानिसको पुत्र

येशूले आफैँलाई जनाउँदै हुनुहुन्थ्यो । यसलाई यसरी बताउन सकिन्छः वैकल्पिक अनुवादः “म, मानिसको पुत्र”

विश्राम दिनको प्रभु हो

“प्रभु”को उपाधिले यहाँ विश्राममाथि उहाँको अधिकारलाई जोड दिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूलाई विश्रामको दिनमा के गर्नु उचित छ भनी निर्णय गर्ने अधिकार छ !”

Luke 6:6

सामान्य जानकारीः

यो अब अर्को विश्रामको दिन हो र येशू सभाघरमा हुनुहुन्छ ।

जोड्ने कथनः

शास्‍त्रीहरू र फरिसीहरूले येशूलाई हेर्छन् जसै उहाँले एउटा मानिसलाई विश्रामको दिनमा निको पार्नुहुन्छ ।

अभ यसो भयो कि

कथाको नयाँ खण्डको आरम्भलाई देखाउन यो वाक्यांशलाई प्रयोग गरिएको हो ।

त्यहाँ एक जना मानिस थियो

यसले कथामा एउटा नयाँ पात्रलाई परिचय गराउँछ ।

उसको दाहिने हात सुकेको थियो

त्यो मानिसको हात यस्तो प्रकारले बिग्रिएको थियो कि उसले त्यसलाई पसार्न सक्दैनथ्यो । यो सम्भवतः एउटा मुट्ठी जस्तो बनेर बाङ्गिएको थियो, जसले त्यसलाई सानो वा चाउरी परेको जस्तो देखिने बनायो ।

Luke 6:7

नजिकबाट उहाँलाई नियाली राखेका थिए

“येशूलाई होसियारीपूर्वक हेरिरहेका थिए”

ताकि तिनीहरूले … भेट्टाउन सकून्

“किनकि तिनीहरूले पत्ता लगाउन चाहन्थे”

Luke 6:8

हामीहरूको बीचमा

“सबैका अगाडि ।” त्यहाँ भएको हरेकले देख्‍न सक्‍ने गरी त्यो मानिस उभिएको येशूले चाहनुभयो ।

Luke 6:9

तिनीहरूलाई

“फरिसीहरूलाई”

म तिमीहरूलाई सोध्छु, विश्रामको दिनमा असल गर्न कि खराब गर्न, जीवन बचाउन वा त्यसलाई नाश गर्न न्यायोचित छ ?

विश्रामको दिनमा निको पार्नुहुँदा उहाँ ठीक हुनुहुन्थ्यो भनेर फरिसरीहरूलाई स्वीकार गर्न कर लगाउनलाई येशूले यो प्रश्‍न सोध्‍नुभयो । यसकारण यो प्रश्‍नको औचित्य आलङ्कारिक छः जानकारी हासिल गर्नुभन्दा तिनीहरू सबैले सत्य छ भनी जानेका कुरालाई स्वीकार गर्ने बनाउनु । तापनि, येशूले भन्‍नुहुन्छ, “म तिमीहरूलाई सोध्छु”, त्यसैले यो प्रश्‍न अन्य आलङ्कारिक प्रश्‍नहरू जस्तो होइन जसलाई भनाइहरूको रूपमा अनुवाद गर्नु जरुरी हुन सक्छ । यसलाई एउटा प्रश्‍नको रूपमा अनुवाद गर्नुपर्छ ।

असल गर्नु वा हानि गर्नु

“कसैलाई सहायता गर्नु वा कसैलाई हानि गर्नु”

Luke 6:10

तिम्रो हात पसार

“तिम्रो हात सोझो बनाऊ” वा “तिम्रो हात तन्काऊ”

पहिलाको जस्तै भयो

निको भयो

Luke 6:12

सामान्य जानकारीः

सारा रात प्रार्थना गरिसक्‍नुभएपछि येशूले बाह्र प्रेरितहरूलाई छान्‍नुहुन्छ ।

ती दिनहरूमा यसो भयो

कथाको नयाँ खण्डको आरम्भलाई देखाउन यो वाक्यांशलाई प्रयोग गरिएको हो ।

ती दिनहरूमा

“त्यस समयमा” वा “लामो समय बित्‍न नपाउँदै” वा “तीमध्ये कुनै एउटा दिनमा”

उहाँ बाहिर जानुभयो

“येशू बाहिर जानुभयो”

Luke 6:13

जब दिन भयो

“जब बिहान भएको थियो” वा “अर्को दिन”

तिनीहरूमध्येबाट बाह्र जनालाई चुन्‍नुभयो

“उहाँले चेलाहरूमध्ये बाह्र जनालाई छान्‍नुभयो”

जसलाई उहाँले प्रेरित नाउँ पनि दिनुभयो

“जसलाई उहाँले प्रेरित पनि बनाउनुभयो” वा “उहाँले तिनीहरूलाई प्रेरित हुनलाई नियुक्त गर्नुभयो”

Luke 6:14

उनका भाइ अन्द्रियास

“सिमोनका भाइ, अन्द्रियास”

Luke 6:15

उग्रपन्थी

सम्भावित अर्थहरू हुन् १) “उग्रपन्थी” एउटा नाम हो जसले सङ्केत गर्छ कि उनी त्यो समूहको मानिसहरूको हिस्सा थिए जसले यहूदी मानिसहरूलाई रोमी शासनबाट छुटकारा दिलाउन चाहन्थे । वैकल्‍पिक अनुवादः “देशभक्त” वा “राष्‍ट्रवादी” वा २) “एकजना जो जोसिला थिए” भनेको एउटा वर्णन हो जसले सङ्केत गर्छ कि उनी परमेश्‍वरलाई सम्‍मानित बनाउनको लागि जोसिला थिए । वैकल्‍पिक अनुवादः “केही कुरा गर्न दिलोज्यानले लागिपरेको कोही व्यक्ति”

Luke 6:16

धोकेबाज भयो

यो सन्दर्भमा “धोकेबाज”को अर्थ के हुन्छ भनेर व्याख्या गर्न जरुरी हुन सक्छ । वैकल्पिक अनुवादः “उसको साथीलाई विश्‍वासघात गर्‍यो” वा “उसको साथीलाई शत्रुहरूकहाँ सुम्प्यो”

Luke 6:17

जोड्ने कथनः

हुन त येशूले खासगरी उहाँका चेलाहरूलाई सम्बोधन गर्नुहुन्छ, त्यहाँ वरिपरि अरू पनि सुन्‍ने मानिसहरू थिए ।

तिनीहरूसँगै

“उहाँले छान्‍नुभएका बाह्र जनासँगै” वा “उहाँका बाह्र जना प्रेरितसँगै”

Luke 6:18

निको हुनलाई

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले तिनीहरूलाई निको पार्नलाई”

अशुद्ध आत्माले सताइएकाहरू पनि निको भए

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “येशूले अशुद्ध आत्माबाट सताइएका मानिसहरूलाई पनि निको पार्नुभयो”

अशुद्ध आत्माले सताइएकाहरू

“अशुद्ध आत्माहरूबाट पीडा दिइएकाहरू” वा “अशुद्ध आत्माहरूद्वारा नियन्त्रण गरिएकाहरू”

Luke 6:19

शक्ति उहाँबाट बाहिर आइरहेको थियो र निको पारिरहेको थियो

“उहाँसँग मानिसहरूलाई निको पार्ने शक्ति थियो” वा “उहाँले मानिसहरूलाई निको पार्न उहाँको शक्ति प्रयोग गरिरहुभएको थियो”

Luke 6:20

धन्य हौ

यो वाक्यांश तीन पटक दोहोरिएको छ । हरेक पटक यसले परमेश्‍वरले केही मानिसहरूलाई निगाह गर्नुहुन्छ अथवा तिनीहरूको परिस्थिति सकारात्मक वा असल छ भन्‍ने देखाउँछ ।

धन्य तिमीहरू जो दीन छौ

“तिमी दीन हुनेहरूले परमेश्‍वरको निगाह प्राप्‍त गर्छौ” वा “तिमी दीन हुनेहरूले लाभ पाउँछौ”

परमेश्‍वरको राज्य तिमीहरूकै हो

राज्य भन्‍ने शब्द नभएको भाषामा तपाईंले “किनभने परमेश्‍वर तपाईंको राजा हुनुहुन्छ” वा “किनेभने परमेश्‍वर तिम्रो शासक हुनुहुन्छ” भन्‍न सक्‍नुहुन्छ ।

परमेश्‍वरको राज्य तिमीहरूकै हो

“परमेश्‍वरको राज्य तिमीहरूको स्‍वामित्वमा छ ।” यसको अर्थ हुन सक्छः १) “तिमीहरू परमेश्‍वरको राज्यका हौ” वा २) “तिमीहरूले परमेश्‍वरको राज्यमा अधिकार पाउनेछौ ।”

Luke 6:21

तिमीहरू हाँस्‍नेछौ

“तिमीहरू आनन्दले हाँस्‍नेछौ” वा “तिमीहरू आनन्दित हुनेछौ”

Luke 6:22

धन्य हौ तिमीहरू

“तिमीहरूले परमेश्‍वरको निगाह प्राप्‍त गर्छौ” वा “तिमीहरूले लाभ पाउनेछौ” वा “यो तिमीहरूका निम्ति कति असल छ”

तिनीहरूले तिमीहरूलाई निकाल्दछन्

“तिमीहरूलाई इन्कार गर्छन्”

मानिसको पुत्रका खातिर

“तिमीहरूले मानिसको पुत्रसँग मिलजुल गरेकोले गर्दा” वा “तिनीहरूले मानिसको पुत्रलाई इन्कार गरेकाले”

Luke 6:23

त्यस दिनमा

“जब तिनीहरूले ती कुराहरू गर्छन्” वा “जब त्यो हुन्छ”

आनन्दले उफ्र

यो उपमाको अर्थ “अत्यन्तै आनन्दित होओ” भन्‍ने हुन्छ ।

तिमीहरूको इनाम ... ठूलो छ

“एउटा ठूलो भुक्तानी” वा “असल उपहारहरू”

Luke 6:24

धिक्‍कार तिमीहरूलाई

“तिमीहरूका निम्ति यो कति डरलाग्दो छ !” यो पदावली तीन पटकसम्म दोहोरिएको छ । यो “धन्य तिमीहरू” भन्‍ने अभिव्यक्तिको विपरीतमा छ । यसले हरेक पटक मानिसहरूप्रति परमेश्‍वरको रिस निर्देशित छ वा तिनीहरूलाई केही नकारात्मक वा खराब कुराहरूले प्रतीक्षा गरिरहेका छन् भनी देखाउँछ ।

धिक्‍कार तिमीहरू जो धनी छौ

“तिमी धनीहरूका निम्ति कति डरलाग्दो छ” वा “तिमी धनीहरूमाथि कष्‍ट आउनेछ”

तिमीहरूको सान्त्वना

“तिमीहरूलाई जे कुराले सान्त्वना दिन्छ” वा “तिमीहरूलाई सन्तुष्‍टि दिने कुरा” वा “तिमीहरूलाई जे कुराले खुसी पार्छ”

Luke 6:25

जो अहिले तृप्‍त छौ

“जसको पेट अहिले अघाएको छ” वा “जसले अहिले धेरै खान्छौ”

तिमीहरू जो अहिले हाँस्‍छौ

“जो अहिले खुशी छौ”

Luke 6:26

धिक्‍कार तिमीहरूलाई

“तिमीहरूका निम्ति कति डरलाग्दो छ” वा “तिमीहरू कति निराश हुनुपर्छ”

जब सबै मानिसहरू बोल्छन्

यहाँ “मानिसहरू” शब्द मूलभूत बुझाइमा प्रयोग गरिएको छ जसले सबै मानिसहरूलाई समावेश गर्छ । वैकल्पिक अनुवादः “जब सबै मानिसहरूले बोल्छन्” वा “जब हरेकले बोल्छ”

झुटा अगमवक्ताहरूलाई तिनीहरूका पूर्खाहरूले त्यसै गरेका थिए

“तिनीहरूले पनि झुटा अगमवक्ताहरूबारे पनि राम्रो कुरा गरे”

Luke 6:27

जोड्ने कथनः

येशू उहाँका चेलाहरू र भीडसँग कुरा गरिरहनुहुन्छ जसले पनि उहाँलाई सुनिरहेका छन् ।

तिमीहरूलाई जसले सुनिरहेका छौ

आफ्ना चेलाहरूसँग मात्र नभई येशूले पूरै भीडसँग बोल्न थाल्नुभयो ।

प्रेम गर ... भलाइ गर

यी हरेक आज्ञाहरूमध्ये एकचोटि मात्रै होइन, तर निरन्तर रूपमा पालन गर्नुपर्छ ।

तिम्रा शत्रुहरूलाई प्रेम गर

यसको अर्थ यो होइन कि तिनीहरूले केवल शत्रुहरूलाई प्रेम गर्नुपर्थ्यो र मित्रहरूलाई चाहिँ होइन । यसलाई व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिम्रा शत्रुहरूलाई प्रेम गर, तिम्रा मित्रहरूलाई मात्र होइन”

Luke 6:28

आशिष्‌‌ देऊ … प्रार्थना गर

यी हरेक आज्ञाहरूमध्ये एकचोटि मात्रै होइन, तर निरन्तर रूपमा पालन गर्नुपर्छ ।

श्राप दिनेहरूलाई आशिष्‌‌ देऊ

आशिष्‌‌ दिने चाहिँ परमेश्‍वर नै हुनुहुन्छ । यसलाई प्रस्‍ट बनाउन सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूलाई आशिष् दिनलाई परमेश्‍वरलाई बिन्ती गर”

तिमीहरूलाई सराप्‍नेहरू

“जसले तिमीहरूलाई प्राय सरापिरहन्छन्”

तिमीहरूलाई दुर्व्यवहार गर्नेहरू

“जसले तिमीहरूलाई प्राय दुर्व्यवहार गरिरहन्छन्”

Luke 6:29

तिमीलाई हिर्काउनेलाई

“यदि कसैले तिमीलाई हिर्काउँछ भने”

एउटा गालामा

“तिम्रो एकापट्टिको गालामा”

अर्को पनि थापिदेऊ

आक्रमणकारीले त्यो व्यक्तिलाई के गर्नेछ भनेर उल्‍लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “तिम्रो गाला फर्काइदेऊ ताकि अर्को गालामा पनि हिर्काउन सकोस्”

लिएर नराख

“लिनलाई नरोक”

Luke 6:30

तिमीसँग माग्‍ने सबैलाई देऊ

“यदि कसैले तिमीसँग केही कुरा माग्छ भने, त्यो उसलाई देऊ”

त्यससँग फिर्ता नमाग

“उसले देओस् भनेर नखोज” वा “उसलाई दिनलाई माग नगर”

Luke 6:31

मानिसहरूले तिमीलाई जसो गरेको चाहन्छौ, तिमीले पनि तिनीहरूलाई त्यस्तै गर

केही भाषाहरूमा यसको वाक्यको क्रमलाई उल्टाउँदा बढी स्वाभाविक हुन सक्छ । वैकल्पिक अनुवादः “तिमीले मानिसहरूलाई त्यसै गर्नुपर्छ जसो मानिसहरूले तिमीलाई गरेको चाहन्छौ” वा “मानिहरूलाई यसरी व्यवहार गर जसरी तिनीहरूले तिमीलाई व्यवहार गरून् भन्‍ने तिमी चाहन्छौ”

Luke 6:32

तिमीलाई के लाभ भयो र ?

“तिमीले के इनाम पाउँछौ र ?” वा “त्यसो गरेकोमा तिमीले के प्रशंसा पाउनेछौ र ?” यसलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीले त्यसको निम्ति कुनै इनाम पाउँदैनौ ।” वा “परमेश्‍वरले तिमीलाई त्यसको निम्ति कुनै इनाम दिनुहुनेछैन ।”

Luke 6:34

उही परिमाण फिर्ता लिन

मोशाको व्यवस्थाले यहूदीहरूलाई तिनीहरूले एक अर्कालाई दिएका ऋृणमा ब्याज नलिनलाई आज्ञा गर्‍यो ।

Luke 6:35

फिर्तामा केही कुराको पनि आशा नगर्दै

“तिमीले त्यो व्यक्तिलाई दिएको कुरा उसले फिर्ता गर्छ भनेर आशा नगर्दै” वा “तिमीलाई कुनै पनि कुरा दिनलाई आशा नगर्दै”

तिम्रो इनाम ठूलो हुनेछ

“तिमीले ठूलो इनाम पाउनेछौ” वा “तिमीले उत्तम भुक्तानी पाउनेछौ” वा “यसको कारण तिमीले असल उपहारहरू पाउनेछौ”

तिमीहरू सर्वोच्‍चका छोराहरू हुनेछौ

मानव छोरा वा बालकलाई जनाउन तपाईंको भाषाले स्वभाविक रूपमा प्रयोग गर्ने उही शब्दले नै “छोराहरू”लाई अनुवाद गर्दा बेस हुन्छ ।

सर्वोच्‍चका छोराहरू

“छोराहरू” बहुवचन होस् ताकि येशूको उपमा “सर्वोच्‍चका पुत्र” सँग नझुक्‍कियोस् ।

अधन्यवादी र दुष्‍ट मानिसहरू

“उहाँलाई धन्यवाद नदिने मानिसहरू र जो दुष्‍ट हुन्छन्”

Luke 6:36

तिमीहरूका पिता

यसले परमेश्‍वरलाई जनाउँछ । मानव पितालाई जनाउन तपाईंको भाषाले स्वभाविक रूपमा प्रयोग गर्ने उही शब्दले नै “पिता”लाई अनुवाद गर्दा बेस हुन्छ ।

Luke 6:37

न्याय नगर

“मानिसहरूको न्याय नगर” वा “मानिसहरूको रूखो आलोचना नगर”

तिम्रो न्याय गरिनेछैन

येशूले कसले न्याय गर्दैन भन्‍नुहुन्‍न । सम्भावित अर्थहरू हुन् १) “परमेश्‍वरले तिमीहरूको न्याय गर्नुहुनेछैन” वा २) “कसैले तिमीहरूको न्याय गर्नेछैन”

दोष नलगाऊ

“मानिसहरूलाई दोष नलगाऊ”

तिमीलाई दोष लगाइनेछैन

येशूले कसले दोष लगाउँदैन भन्‍नुहुन्‍न । सम्भावित अर्थहरू हुन् १) “परमेश्‍वरले तिमीहरूलाई दोष लगाउनुहुनेछैन” वा २) “कसैले तिमीहरूलाई दोष लगाउनेछैन”

तिमीलाई क्षमा गरिनेछ

येशूले कसले क्षमा दिनेछ भन्‍नुहुन्‍न । सम्भवित अर्थहरू हुन् १) “परमेश्‍वरले तिमीहरूलाई क्षमा गर्नुहुनेछ” वा २) “मानिसहरूले तिमीहरूलाई क्षमा गर्नेछन्”

Luke 6:38

त्यो तिमीहरूलाई दिइनेछ

येशूले ठ्याक्‍कै कसले दिनेछ भनी स्‍पष्‍ट पार्नुहुन्‍न । येशूले ठ्याक्‍कै कसले दिनेछ भनी स्‍पष्‍ट पार्नुभएन । सम्भावित अर्थहरू हुन् १) “त्यो तिमीहरूलाई कसैले दिनेछ” वा २) “त्यो तिमीहरूलाई परमेश्‍वरले दिनुहुनेछ”

प्रशस्त नाप—तल खाँदेर, एकसाथ हल्लाइ-हल्लाइ, पोखिने गरेर-तिनीहरूले तिमीहरूको पोल्टामा खनाइदिनेछन्

येशूले परमेश्‍वर वा मानिसहरूले उदार चित्तले दिने कुरालाई यसरी उल्‍लेख गर्नुभयो मानौँ उहाँहरू उदार मनको अन्‍न व्यापारी हुनुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले प्रचुर मात्रामा खाँदीखाँदी, हल्लाइ-हल्लाइ पोखिने गरी तिमीहरूको पोल्टामा हालिदिनुहुनेछ” वा “एउटा उदात चित्तको अन्‍न व्यापारी झैँ जसले अन्‍नलाई खाँदीखाँदी, हल्लाइ-हल्लाइ यति धेरै खनाउँछ कि त्यो पोखिन थाल्छ, त्यस्तै उदार तरिकाले तिनीहरूले तिमीहरूलाई दिनेछन्”

प्रशस्त परिमाण

“ठूलो परिमाण”

त्यहि नापले तिमीहरू पनि नापिनेछौ

ठ्याक्‍कै कसले दिनेछ भनी येशूले स्‍पष्‍ट पार्नुभएन । सम्भावित अर्थहरू हुन् १) “तिनीहरूले तिमीहरूका निम्ति नाप्‍न त्यहि आकारको नाप प्रयोग गर्नेछन्” वा २) “परमेश्‍वरले त्यसै मापदण्डद्वारा तिमीहरूका निम्ति नाप्नुहुनेछ”

Luke 6:39

जोड्ने कथनः

येशूले उहाँको भनाइ राख्‍न केही उदाहरणहरूलाई समावेश गर्नुहुन्छ ।

के एक जना अन्धा मानिसले अर्को अन्धा मानिसलाई डोर्‍याउन सक्छ ?

येशूले मानिसहरूलाई तिनीहरूले पहिले नै जानेका कुराबारे सोच्न लगाउनलाई यो प्रश्‍नको प्रयोग गर्नुभयो । यसलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “हामी सबैलाई थाहा छ, कि एउटा दृष्‍टिविहीनले अर्को दृष्‍टिविहीनलाई डोर्‍याउन सक्दैन ।”

अन्धो मानिस

त्यो व्यक्ति जो “अन्धो” छ, त्यो एउटा व्यक्तिको लागि अलङ्कार हो जसलाई चेलाको रूपमा सिकाइएको छैन ।

के दुवै जना खाल्डोमा पर्दैनन् र ?

यसलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू दुवै खाल्डोमा पर्नेछन् ।”

Luke 6:40

एउटा चेला आफ्नो गुरुभन्दा महान् हुन सक्दैन

“एउटा चेलाले उसको गुरुलाई उछिन्दैन ।” सम्भावित अर्थहरू हुन् १) “एउटा चेलासित उसको गुरुसित भन्दा बढी ज्ञान हुँदैन” वा (२) “एउटा चेलासित उसको गुरुसँग भन्दा बढी अधिकार हुँदैन ।”

हरेक जना जब ऊ पूर्ण तालिम प्राप्‍त हुन्छ

“राम्ररी तालिम दिइएको हरेक चेला” वा “हरेक चेला जसलाई उसको गुरुले सबैकुराहरू सिकाएको छ”

Luke 6:41

तिमी किन हेर्छौ ... भाइको आँखा, तर तिम्रो आफ्‍नै आँखामा भएको मुढालाई चाहिँ याद गर्दैनौ ?

येशूले यो प्रश्‍न मानिसहरूलाई अर्को व्यक्तिका पापहरूमा ध्यान दिनभन्दा अगाडि तिनीहरूका आफ्‍नै पापहरूमा ध्यान दिनलाई चुनौति दिन यो प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “भाइको आँखा ... नहेर जबकि तिम्रो आफ्‍नै आँखामा भएको मुढालाई तिमी बेवास्ता गर्छौ”

तिम्रो भाइको आँखामा भएको परालको सानो त्यान्द्रो

यो एउटा अलङ्कार हो जसले सङ्गी विश्‍वासीको कम मतलबका त्रुटिहरूलाई जनाउँछ ।

परालको सानो त्यान्द्रो

“सानो दाग” वा “चोइटो” वा “मसिनो धुलो ।” कोही व्यक्तिको आँखामा सामान्यतया परिरहने सबैभन्दा सानो कुराको लागि भएको शब्दलाई प्रयोग गर्नुहोस् ।

भाइ

यहाँ यसले सङ्‍गी यहूदी वा येशूमा विश्‍वास गर्ने साथीलाई जनाउँछ ।

तिम्रो आफ्‍नै आँखामा भएको मुढा

यो कोही व्यक्तिको सबैभन्दा खराब त्रुटिहरूको लागि भएको अलङ्कार हो । एउटा मुढा चाहिँ साँच्‍चिकै कोही व्यक्तिको आँखाभित्र जान सक्दैन । कोही व्यक्तिले अर्को व्यक्तिको कम खराब त्रुटिहरूसँग व्यवहार गर्नुभन्दा पहिला उसको आफ्‍नै अझ बढी खराब त्रुटिमा ध्यान दिनुपर्छ भनेर जोड दिनलाई येशूले अतिरञ्‍जित गर्नुहुन्छ ।

मुढा

“लामो मोटो काठ” वा “फल्याक”

Luke 6:42

कसरी तिमीले भन्‍न सक्छौ ... तिम्रो आफ्‍नै आँखा ... ?

येशूले यो प्रश्‍न मानिसहरूलाई अर्को व्यक्तिका पापहरूमा ध्यान दिनभन्दा अगाडि तिनीहरूका आफ्‍नै पापहरूमा ध्यान दिनलाई चुनौति दिन यो प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “तिमीले ... भन्‍न हुँदैन ... आँखा ... ।”

Luke 6:43

सामान्य जानकारीः

कुनै रूख असल छ वा खराब छ, त्यो कस्तो प्रकारको रूख हो भन्‍ने कुरा त्यसले फलाउने फलबाट मानिसहरूले बताउन सक्छन् । येशूले यसलाई बिना व्याख्याको एउटा अलङ्कारको रूपमा प्रयोग गर्नुभयो-कोही व्यक्ति कस्तो प्रकारको हो भन्‍ने कुरा हामी जान्‍न सक्छौँ जब हामी तिनीहरूको कामहरू हेर्छौँ ।

किनकि त्यहाँ छ

“यो किनभने त्यहाँ छ ।” यसले सङ्केत गर्छ कि यसपछि आउने कुरा हामीले किन हाम्रो भाइको न्याय गर्नुहुन्‍न भन्‍ने कुराको कारण हो ।

असल रूख

“स्वस्‍थ रूख”

कुहिएको फल

सड्दै गरेको वा खराब वा काम नलाग्‍ने फल

Luke 6:44

प्रत्येक रूख चिनिन्छ

मानिसहरूले रूखको प्रकारलाई त्यसले फलाउने फलबाट चिन्छन् । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले रूखको प्रकारलाई जान्दछन्” वा “मानिसहरूले रूखलाई चिन्छन्”

काँडेझार

काँडाहरू भएको बिरुवा वा झाडी

काँडे झाडी

काँडाहरू भएको दाखको बोट वा बिरुवा

Luke 6:45

सामान्य जानकारीः

येशूले व्यक्तिको विचारहरूलाई तिनीहरूको असल वा दुष्‍ट भण्‍डारसँग तुलना गर्नुहुन्छ । जब कोही असल व्यक्तिसँग असल विचारहरू हुन्छ, ऊ असल कार्यहरूमा लाग्छ । जब दुष्‍ट व्यक्तिले दुष्‍ट कुराहरू सोच्छ, ऊ दुष्‍ट कुराहरूमा लाग्छ ।

असल मान्छे

यहाँ “असल”ले धार्मिक वा नैतिक रूपमा असल अवस्थालाई जनाउँछ ।

असल मानिस

यहाँ “मान्छे” शब्दले कुनै एउटा स्‍त्री वा पुरुषलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “असल व्यक्ति”

उसको हृदयको असल भण्डार

यहाँ व्यक्तिको असल विचारहरूलाई यसरी उल्‍लेख गरिएको छ मानौँ ती व्यक्तिको हृदयमा सञ्‍चय गरी राखिएका भण्डार हुन्, “उसको हृदय” चाहिँ त्यो व्यक्ति भित्र भएको केही गहिरो कुराको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “उसले उसको भित्र हृदयमा राखेका असल कुराहरू” वा “उसले असाध्यै मूल्यको ठानेका असल कुराहरू”

असल कुरो निकाल्छ

केही असल कुरा उत्पन्‍न गर्ने भनेको केही असल कुरा गर्नुको लागि अलङ्कार हो । वैकल्‍पिक अनुवादः “जे असल छ सो गर्छ”

दुष्‍ट भण्डार

यहाँ व्यक्तिको दुष्‍ट विचारहरूलाई यसरी उल्‍लेख गरिएको छ मानौँ ती व्यक्तिको हृदयमा सञ्‍चय गरी राखिएका दुष्‍ट कुराहरू हुन्, “उसको हृदय” चाहिँ त्यो व्यक्ति भित्र भएको केही गहिरो कुराको लागि प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “दुष्‍ट कुराहरू जुन उसले आफूभित्र राखेको हुन्छ” वा “दुष्‍ट कुराहरू जसलाई उसले अत्यन्तै मूल्यवान् सम्झन्छ”

हृदयको प्रशस्तताबाट उसको मुखले बोल्दछ

यहाँ “हृदय”ले व्यक्तिको मन वा भित्री व्यक्तित्वलाई प्रतिनिधित्व गर्छ । “उसको मुख” भन्‍ने वाक्यांशले समग्रमा कोही व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “जेको बारेमा उसले हृदयमा सोच्छ, त्यसको मुखले बोल्ने कुरालाई असर गर्छ” वा “एउटा व्यक्तिले त्यही कुरा ठूलो स्वरले भन्छ जसलाई उसले आफ्‍नो हृदयमा साँचो रूपमा मूल्यवान् ठान्छ”

Luke 6:46

सामान्य जानकारीः

येशूले उहाँको शिक्षाको आज्ञापालन गर्ने व्यक्तिलाई एउटा यस्तो मानिससँग तुलना गर्नुहुन्छ जसले आफ्‍नो घरलाई चट्टानमा बनाउँछ जहाँ त्यो बाढीहरूबाट सुरक्षित रहनेछ ।

प्रभु, प्रभु

यी शब्दहरूलाई दोहोर्‍याइ-दोहोर्‍याइ प्रयोग गर्नाले यो सङ्केत गर्छ कि तिनीहरूले येशूलाई नियमित रूपमा “प्रभु” भनेर बोलाए ।

Luke 6:47

सबैजना जो मकहाँ आउँदैछन् ... म तिमीहरूलाई बताउँछु ऊ कस्तो खालको हो

यो वाक्यको क्रमलाई बदल्दा अझ बढी प्रस्‍ट हुन सक्छ । वैकल्‍पिक अनुवादः “म तिमीहरूलाई बताउनेछु कि त्यो हरेक व्यक्ति कस्तो किसिमको हो जो मकहाँ आउँछ र मेरा वचनहरू सुन्छ र तिनीहरूको आज्ञापालन गर्छ”

Luke 6:48

घरको जग बलियो चट्टानमाथि बसाल्यो

“घरको जग बलियो चट्टानको जगसम्म पुग्‍ने गरी गहिरो खन्यो ।” केही ठाउँहरूमा चट्टानमाथि घर बनाउने कुरा प्रचलित पनि नहोला, त्यसैले पक्‍की जगको लागि कुनै अर्को कुराको चित्रण प्रयोग गर्न आवश्‍यक हुन सक्छ ।

जग

घरको त्यो भाग जो त्यसलाई जमिनसँग जोड्छ । येशूको समयका मानिसहरूले कडा चट्टानसम्‍म पुग्‍ने गरी तल खन्थे र चट्टानमाथि निर्माण गर्न थाल्थे । त्यो कडा चट्टान नै जग थियो ।

चट्टान

“जमिनमुनिको चट्टान ।” यो माटोमुनि भएको धेरै ठूलो र कडा चट्टान हो ।

पानीको भल

“छिटो बग्‍ने पानी” वा “नदी”

त्यसमाथि उर्ली आयो

“त्यसमाथि आएर ठोक्‍कियो”

त्यसलाई हल्‍लाउँछ

सम्भावित अर्थहरू हुन् १) “त्यसलाई हल्‍लिने तुल्याउनु” वा २) “त्यसलाई नाश पार्नु ।”

किनभने त्यो राम्ररी बनाइएको थियो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने त्यस मानिसले यसलाई राम्ररी बनाएको थियो”

Luke 6:49

सामान्य जानकारीः

येशूले उहाँको शिक्षालाई सुन्‍ने तर त्यसको आज्ञापालन नगर्ने व्यक्तिलाई एउटा यस्तो मानिससँग तुलना गर्नुहुन्छ जसले जग बिनाको घर बनाउँछ जसले गर्दा त्यो बाढीमा सर्वनाश हुन्छ ।

तर त्यो व्यक्ति

“तर” शब्दले जगसहित निर्माण गर्ने व्यक्तिबाट निकै ठूलो अन्तर भएको देखाउँछ ।

जमिनमाथि बिना जगको

केही संस्कारहरूमा यो थाहा नहुन सक्छ कि जगसहित बनेको घर अझ बढी बलियो हुन्छ । अतिरिक्त जानकारी सहयोगी बन्‍न सक्छ । वैकल्‍पिक अनुवादः “तर उसले तलसम्‍म खनेन र पहिला जग हालेन”

जग

घरको त्यो भाग जो त्यसलाई जमिनसँग जोड्छ । येशूको समयका मानिसहरूले कडा चट्टानसम्‍म पुग्‍ने गरी तल खन्थे र चट्टानमाथि निर्माण गर्न थाल्थे । त्यो कडा चट्टान नै जग थियो ।

जलप्रवाह

“छिटो बग्‍ने पानी” वा “नदी”

त्यसमाथि उर्ली आयो

“त्यसमाथि आएर ठोक्‍कियो”

विनाश भयो

ढल्यो वा तहसनहस भयो

त्यो घरको सर्वनाश भयङ्कर थियो

“त्यो घर पूर्ण रूपले नष्‍ट भयो”


Translation Questions

Luke 6:1

विश्राम दिनमा येशूका चेलाहरूले के गरिरहेका थिए जुन व्यवस्थाको विरुद्धमा थियो भनी फरिसीहरूले भने ?

तिनीहरूले हातले अन्‍नको बाला टिप्दै थिए; तिनीहरूका हातको बिचमा माडिरहेका थिए र अन्‍न खाइरहेका थिए । [६:१]

Luke 6:5

येशूले आफैँलाई कस्तो उपाधिको दाबी गर्नुभयो जसले उहाँलाई विश्रामको दिनमा केही गर्न व्यवस्था पूर्ण छ भन्‍ने अधिकार दियो ?

येशूले दाबी गर्नुभएको उपाधि विश्राम दिनको प्रभु हो । [६:५]

Luke 6:11

जब येशूले विश्राम दिनमा हात सुकेको मानिसलाई निको पार्नुभयो, तब फरिसी र शास्‍त्रीहरूले कस्तो प्रतिक्रिया जनाए ?

तिनीहरू रिसले भरिए अनि तिनीहरूले येशूको बारेमा के गर्न सकिन्छ भनी सल्लाह गरे । [६:११]

Luke 6:13

बाह्र जना मानिसलाई के नाउँ दिइएको थियो जसलाई येशूले पहाडमा चुन्‍नुभयो ?

येशूले तिनीहरूलाई “प्रेरित भनी बोलाउनुभयो” । [६:१३]

Luke 6:20

कस्ता प्रकारका मानिसहरूलाई येशूले धन्यका भन्‍नुभयो ?

गरिबहरू, भोकाहरू, रुनेहरू र मानिसका पुत्रका निम्ति घृणा गरिएकाहरू धन्यका हुन् भन्‍नुभयो । [६:२०-२१]

Luke 6:21

कस्ता प्रकारका मानिसहरूलाई येशूले धन्यका भन्‍नुभयो ?

गरिबहरू, भोकाहरू, रुनेहरू र मानिसका पुत्रका निम्ति घृणा गरिएकाहरू धन्यका हुन् भन्‍नुभयो । [६:२०-२१]

Luke 6:23

येशूका अनुसार यस्ता मानिसहरू किन खुसी हुनपर्छ र आनन्दका लागि उफ्रनुपर्दछ ?

किनभने स्वर्गमा तिनीहरूको इनाम ठुलो हुनेछ । [६:२३]

Luke 6:27

तिनीहरूलाई घृणा गर्नेहरू र तिनीहरूका शत्रुहरूप्रति व्यवहार कसरी गर्नुपर्छ भनी येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो ?

तिनीहरूलाई घृणा गर्नेहरूलाई भलाइ गर्ने र तिनीहरूले आफ्ना शत्रुहरूलाई प्रेम गर्नुपर्छ भनी येशूले भन्‍नुभयो । [६:२७]

Luke 6:35

सर्वोच्‍चका परमेश्‍वर पिताको स्वभाव धन्यवादी नहुने र खराब मानिसहरूप्रति कस्तो हुन्छ ?

तिनीहरूप्रति उहाँ दयालु र करुणामय हुनुहुन्छ । [६:३५-३६]

Luke 6:36

सर्वोच्‍चका परमेश्‍वर पिताको स्वभाव धन्यवादी नहुने र खराब मानिसहरूप्रति कस्तो हुन्छ ?

तिनीहरूप्रति उहाँ दयालु र करुणामय हुनुहुन्छ । [६:३५-३६]

Luke 6:42

हाम्रा भाइको आँखाबाट कसिङ्गर निकाल्नुभन्दा पहिले हामीले के गर्नुपर्छ भनी येशूले भन्‍नुभयो ?

सबैभन्दा पहिले हामीले आफ्नै आँखाबाट मुढा निकाल्नुपर्दछ र हामी पाखण्डीहरू हुँदैनौ । [६:४२]

Luke 6:45

असल मानिसको हृदयको असल भण्डारबाट के आउँदछ ?

असल मानिसको हृदयको भण्डारबाट असलै कुरा आउँदछ । [६:४५]

खराब मानिसको हृदयको खराब भण्डारबाट के आउँदछ ?

खराब मानिसको हृदयको खराब भण्डारबाट खराबै कुरा निस्कन्छ । [६:४५]

Luke 6:47

जसले आफ्नो घर ठोस चट्टानमाथि निर्माण गर्छ उसले येशूका वचनहरूलाई के गर्दछ ?

उसले येशूका वचनहरूलाई सुन्दछ र तिनको पालन गर्दछ । [६:४७]

Luke 6:49

जसले विनाजग आफ्नो घर निर्माण गर्छ उसले येशूका वचनहरूलाई के गर्दछ ?

उसले येशूका वचनहरूलाई सुन्दछ र तिनको पालन गर्दैन । [६:४९]


Chapter 7

1 येशूले सुनिरहेका मानिसहरूलाई सबै कुरा भनिसक्‍नुभएपछि उहाँ कफर्नहुममा प्रवेश गर्नुभयो । 2 एउटा कप्‍तानको दास जो तिनका लागि अति नै महत्त्वपूर्ण थियो, त्यो साह्रै बिरामी थियो र मर्नै आँटेको थियो । 3 जब कप्तानले येशूको बारेमा सुने तब तिनले यहूदीहरूका धर्म-गुरुहरूलाई येशूकहाँ गई उहाँलाई आउन र तिनको दासलाई निको पार्न भन्‍नलाई पठाए । 4 तिनीहरू येशूकहाँ आएपछि उहाँसँग यसो भन्दै व्यग्रताका साथ बिन्ती गरे, "तपाईंले तिनको निम्ति यसो गरिदिनलाई तिनी योग्‍यका छन्, 5 किनभने तिनले हाम्रा जातिलाई प्रेम गर्छन्, र हाम्रा लागि सभाघर निर्माण गरिदिने तिनी नै हुन् ।” 6 त्यसैले येशू तिनीहरूसँगै सरासर आफ्नो बाटो लाग्‍नुभयो । तर उहाँ घरबाट धेरै टाढा नहुँदै कप्‍तानले साथीहरू पठाएर उहाँलाई यसो भन्‍न लगाए, “प्रभु तपाईंले आफैंलाई दुःख नदिनुहोस्, किनकि तपाईं मेरो घरभित्र प्रवेश गर्नलाई म योग्यको छैनँ । 7 यही कारणले मैले आफैंलाई तपाईंकहाँ आउन योग्यको ठानिनँ, तर वचन मात्र बोलिदिनुहोस् र मेरो दास निको हुनेछ । 8 किनकि म पनि एउटा अधिकारमा रहेको मानिस हुँ, र ममुनि सिपाहीहरू छन् । म एउटालाई 'जा' भन्छु, र त्यो जान्छ र अर्कोलाई 'आइज' भन्छु, र त्यो आउँछ, र मेरो नोकरलाई ‘यसो गर' भन्छु, र त्यसले त्यो गर्छ ।” 9 जब येशूले यो सुन्‍नुभयो, उहाँ तिनीसित अचम्मित हुनुभयो, र उहाँलाई पछ्याइरहेको भीडतिर फर्केर उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई भन्दछु, मैले इस्राएलमा पनि यस्तो विश्‍वास भेट्टाएको छैनँ ।” 10 जब ती पठाइएकाहरू घर फर्केर आए, त्यस दासलाई स्वस्थ भएको भेट्टाए । 11 त्यसको केही समयपछि येशू नाइन भन्‍ने सहरमा जानुभयो, र उहाँका चेलाहरू र एउटा ठुलो भीड उहाँसँगै गयो । 12 जसै उहाँ सहरको मूल ढोकानजिक पुग्‍नुभयो, हेर, एउटा मृत मानिसलाई बोकेर लगिंदै थियो, त्यो त्यसकी आमाको (जो एक विधवा थिईन्) एक मात्र छोरो थियो, र सहरको एउटा ठुलो भीड तिनीसँग थियो । 13 जब प्रभुले तिनलाई देख्‍नुभयो, उहाँ तिनीप्रति अति नै दयाले भरिनुभयो र तिनलाई भन्‍नुभयो, “नरोऊ" । 14 तब उहाँ अगाडि जानुभयो र अरथी छुनुभयो जसमाथि तिनीहरूले लास बोकिरहेका थिए, र त्यसलाई बोक्‍नेहरू टक्‍क अडिए । उहाँले भन्‍नुभयो, “जवान मानिस, म तिमीलाई भन्दछु, उठ ।” 15 त्यो मृत मानिस उठ्‍यो र बोल्न थाल्यो, र येशूले त्यसलाई त्यसकी आमालाई सुम्पनुभयो । 16 तब तिनीहरू सबै डराए, र तिनीहरूले यसो भन्दै परमेश्‍वरको प्रशंसा गरिरहे, “हाम्रा बीचमा एउटा महान् अगमवक्‍ता खडा भएका छन्" र "परमेश्‍वरले आफ्ना मानिसहरूलाई हेर्नुभएको छ ।” 17 येशूको बारेमा यो खबर सारा यहूदियाभरि र सबै छिमेकी इलाकाहरूमा फैलियो । 18 यूहन्‍नाका चेलाहरूले उनलाई यी सबै कुराहरूको बारेमा बताइदिए । 19 तब यूहन्‍नाले आफ्ना दुई जना चेलाहरूलाई बोलाए र प्रभुकहाँ यसो भन्‍न तिनीहरूलाई पठाए, "के आउनुहुने तपाईं नै हुनुहुन्छ, कि हामी अरू कसैको प्रतीक्षा गरौं ?" 20 जब तिनीहरू येशूको नजिक आए, तब मानिसहरूले भने, "बप्‍तिस्‍मा-दिने यूहन्‍नाले हामीलाई तपाईंकहाँ यसो भन्‍न पठाएका छन्, 'के आउनुहुने तपाईं नै हुनुहुन्छ, कि हामी अरू कसैको प्रतीक्षा गरौं?'" 21 त्यस घडीमा उहाँले धेरै मानिसहरूलाई बिमारी, दुःखकष्‍ट र दुष्‍टात्माबाट निको पार्नुभयो र उहाँले धेरै अन्धाहरू मानिसहरूलाई द‍ृष्‍टि दिनुभयो । 22 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आफ्नो बाटो लागिसकेपछि तिमीहरूले जे सुनेका र देखेका छौ, सो यूहन्‍नालाई बताइदेओ । अन्‍धाहरू मानिसहरूले द‍ृष्‍टि पाइराखेका छन्, लङ्गडाहरू हिंडिराखेका छन्, कुष्‍ठरोगीहरू शुद्ध भइराखेका छन्, बहिरा मानिसहरूले सुनिराखेका छन्, मृतकहरू जीवित भइराखेका छन्, र खाँचोमा परेकाहरूलाई सुसमाचार सुनाइँदैछ । 23 मेरा कार्यहरूको कारणले मलाई विश्‍वास गर्न नछोड्ने त्यो मानिस धन्यको हो । 24 यूहन्‍नाका समाचार वाहकहरू गइसकेपछि येशूले भीडहरूलाई यूहन्‍नाको बारेमा बताउन थाल्नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्नलाई गयौ? के बतासले हल्लाएको निगालोलाई? 25 तर के हेर्नलाई तिमीहरू बाहिर निस्क्यौ? नरम लुगा लगाएको एउटा मानिसलाई? हेर, महङ्गा लुगा लाउने र भोगविलासमा जिउनेहरू त राजाका दरबारहरूमा हुन्छन् । 26 तर के हेर्नलाई तिमीहरू बाहिर निस्क्यौ? के एउटा अगमवक्‍तालाई? हो, म तिमीहरूलाई भन्दछु, र एउटा अगमवक्‍ताभन्दा पनि महान‍्लाई । 27 यी तिनै हुन्, जसको बारेमा लेखिएको छ, 'हेर, म मेरा सन्‍देशवाहकलाई तिम्रो अगि-अगि पठाउँदै छु जसले तिम्रो अगि तिम्रो बाटो तयार पार्नेछ' । 28 म तिमीहरूलाई भन्दछु, 'स्‍‍त्रीहरूबाट जन्मेकाहरूमध्येमा यूहन्‍नाभन्दा महान् कोही छैन । तापनि जो परमेश्‍वरको राज्यमा सबैभन्दा सानो छ, उनीभन्दा महान् हुन्छ' ।” 29 जब कर उठाउनेहरू लगायत सबै मानिसहरूले यो सुने तब तिनीहरूले परमेश्‍वर धर्मी हुनुहुन्छ भनी घोषणा गरे, किनभने तिनीहरूले यूहन्‍नाबाट बप्‍तिस्‍मा लिएका थिए । 30 तर फरिसीहरू र व्यवस्थाका पण्डितहरूले आफ्ना निम्ति परमेश्‍वरको योजनालाई इन्कार गरे, किनभने तिनीहरूले यहून्‍नाबाट बप्‍तिस्‍मा लिएका थिएनन् । 31 "त्यसैले यस पुस्ताका मानिसहरूलाई म केसित तुलना गरूँ? तिनीहरू केजस्ता छन्? 32 तिनीहरू बजारमा बसिरहेका बालबालिकाहरूजस्तै छन्, जसले एक अर्कालाई यसो भन्दै बोलाउँछन्, 'हामीले तिमीहरूका लागि बाँसुरी बजायौं, तर तिमीहरू नाचेनौ । हामीले विलाप गर्‍यौं, तर तिमीहरू रोएनौ ।' 33 किनकि बप्‍तिस्मा-दिने यूहन्‍ना न त रोटी खाँदै आए न दाखमद्य नै पिउदै आए, र तिमीहरू भन्छौ, 'उनलाई भूत लागेको छ' । 34 मानिसका पुत्र खाँदै र पिउँदै आए, र तिमीहरू भन्छौ, 'हेर, एउटा घिचुवा र पियक्‍कड मानिस, कर उठाउने र पापीहरूका मित्र!' 35 तर बुद्धि तिनका सबै सन्तानहरूद्वारा प्रमाणित भयो ।” 36 अब एक जना फरिसीले येशूलाई आफूसँग भोजन गर्नका लागि निम्तो गर्‍यो । त्यसैले येशू फरिसीको घरभित्र प्रवेश गर्नुभयो, भोजन खानलाई उहाँ टेबुलमा अडेस लगाएर बस्‍नुभयो । 37 हेर, त्यस सहरमा एउटी पापी स्‍‍त्री थिई । जब त्यसले उहाँ फरिसीको घरमा टेबुलमा अडेस लगाएर बस्‍नुभएको छ भनी थाहा पाई, त्यसले सिङ्गमरमरको शीशीमा अत्तर ल्याई । 38 जसै त्यो उहाँको पछाडिपट्टि उहाँका पाउ नजिकै रूँदै उभिई, त्यसले आफ्नो आँसुले उहाँका पाउ भिजाउन थाली, र आफ्‍‍नो टाउकाको कपालले उहाँको पाउ पुछी र उहाँका पाउमा म्वाइ खाई र त्यो अत्तर घसी । 39 जब येशूलाई बोलाउने फरिसीले यो देख्यो, तिनले यसो भन्दै मनमनै विचार गरे, “यदि यी मानिस एउटा अगमवक्‍ता भएको भए, को र कस्ती स्‍‍त्रीले यिनलाई छोइरहेकी छे भनेर यिनले जान्‍ने थिए, कि त्यो एउटी पापी स्‍‍त्री हो।” 40 येशूले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “सिमोन, मैले तिमीलाई केही भन्‍नु छ ।” तिनले भने, “गुरुज्यू, भन्‍नुहोस्!” 41 येशूले भन्‍नुभयो, “एक जना साहुका दुई जना ऋणीहरू थिए । एउटाले पाँच सय दिनार, र अर्कोले पचास दिनार ऋण लिएका थिए । 42 जब तिनीहरूले तिनलाई तिर्न सकेनन्, तिनले ती दुवै जनालाई माफ गरिदिए । त्यसकारण तिनीहरूमध्ये कुनचाहिंले तिनलाई बढी प्रेम गर्नेछ?” 43 सिमोनले उहाँलाई जवाफ दिए र भने, “मेरो विचारमा जसलाई तिनले बढी माफ गरे ।" येशूले तिनलाई भन्‍नुभयो, "तिमीले ठिकसित न्याय गरेका छौ।” 44 येशूले स्‍‍त्रीतिर फर्कनुभयो र सिमोनलाई भन्‍नुभयो, “तिमी यस स्‍‍त्रीलाई देख्छौ । म तिम्रो घरभित्र प्रवेश गरेको छु । तिमीले मेरा पाउको लागि पानी दिएनौ, तर यसले त मेरा पाउ आफ्नो आँसुले भिजाई, र आफ्‍नो कपालले ती पुछी । 45 तिमीले मलाई म्वाइँ खाएनौ, तर म भित्र पसेको समयदेखि यसले मेरा पाउमा म्वाइँ खान छोडिन । 46 तिमीले मेरो शिर तेलले अभिषेक गरेनौ, तर यसले मेरा पाउमा अत्तर घसिन् । 47 यसकारण म तिमीलाई भन्दछु, यसका पापहरू जो धेरै थिए, ती क्षमा भएका छन्—किनकि यसले धेरै प्रेम गरेकी छे । तर जसलाई थोरै क्षमा गरिएको छ, त्यसले थोरै नै प्रेम गर्छ ।” 48 तब उहाँले त्यसलाई भन्‍नुभयो, “तिम्रा पापहरू क्षमा भएका छन् ।” 49 "त्यहाँ एकसाथ अढेस लगाएर बसिरहेकाहरूले एक-अर्कामा भन्‍न थाले, ‘‘पापहरू क्षमा गर्ने यी को हुन् र? 50 तब येशूले त्यस स्‍‍त्रीलाई भन्‍नुभयो, “तिम्रो विश्‍वासले तिमीलाई बचाएको छ । शान्तिसँग जाऊ ।”

लूका ०७ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई बाँकीको पाठ्यसामग्रीभन्दा पृष्‍ठमा दायाँतिर राख्‍छन् । उद्धरण गरिएको सामग्रीसँग यूएलटीले ७:२७ मा यसो नै गर्छ ।

यो अध्यायमा लूकाले थुप्रैपटक बदलावलाई अङ्कित नै नगरिकन उनको विषयलाई फेर्छन् । तपाईंले यी झट्ट भएका फेरबदलहरूलाई एकनासले भएको जस्तो बनाउन खोज्‍नुहुँदैन ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

कप्‍तान

उसको दासलाई निको पारिदिनलाई बिन्ती गर्ने कप्‍तानले अनि )

यूहन्‍नाको बप्‍तिस्मा

यूहन्‍नाले बप्‍तिस्मा दिइरहेका मानिसहरू आफूहरू पापीहरू हौँ भनी जान्दथे र तिनीहरूको पापको लागि क्षमाप्रार्थी थिए भनेर दखाउनलाई तिनले मानिसहरूलाई बप्‍तिस्मा दिए । अनि )

“पापीहरू”

लूकाले मानिसहरूको एक समूहलाई “पापीहरू” भनेर जनाउँछन् । यहूदी अगुवाहरूले यी मानिसहरू मोशाको व्यवस्थाबाट बिल्कुलै अन्जान छन् भनेर ठाने, त्यसैले तिनीहरूलाई “पापीहरू” भने । वास्तवमा, अगुवाहरू नै पापी थिए । यो अवस्‍थालाई एउटा व्यङ्ग्‍यको रूपमा लिन सकिन्छ ।

“पाउहरू”

प्राचीन पूर्व जनिक क्षेत्रमा भएका मानिसहरूका खुट्टाहरू धेरै फोहोरी हुन्थे किनभने तिनीहरूले चप्‍पल लगाउँथे र बाटो चाहिँ निकै धूलाम्‍मे र हिलैहिलो भएको हुन्थ्यो । केवल दाहरूले मात्र अरू मानिसहरुका पाउहरू धुने काम गर्थे । जुन स्‍त्रीले येशूको पाउ धोई त्यसले उहाँलाई महान् सम्मान देखाइरहेकी थिई ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“मानिसको पुत्र”

यस अध्यायमा येशूले आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ अनि


Luke 7:1

सामान्य जानकारीः

येशू कफर्नहुममा प्रवेश गर्नुहुन्छ जहाँ येशूले एकजना कप्‍तानको नोकरलाई निको पार्नुहुन्छ ।

मानिसहरूको सुनाइमा

“सुनाइमा” भन्‍ने उपमाले जोड दिन्छ कि उहाँले बताउनुभएको कुरालाई तिनीहरूले सुनेको उहाँले चाहनुहुन्थ्यो । वैकल्पिक अनुवादः “उहाँलाई सुनिरहेका मानिसहरूलाई” वा “उपस्थित मानिसहरूलाई” वा “मानिसहरूले सुन्‍नका लागि”

उहाँ कफर्नहुममा प्रवेश गर्नुभयो

यसले कथामा एउटा नयाँ घटनालाई सुरुवात गर्छ ।

Luke 7:2

जो उनीद्वारा अति नै सम्मानित थिए

“जसलाई कप्‍तानले मूल्यको ठान्थे” वा “जसलाई उनले आदर गर्थे”

Luke 7:4

तिनीहरूले उहाँलाई व्यग्रताका साथ बिन्ती गरे

“उहाँलाई बिन्तीबाउ गर्‍यो” वा “उहाँसँग माग्यो”

तिनी योग्यका छन्

“कप्‍तान योग्‍यका छन्”

Luke 7:5

हाम्रो जाति

“हाम्रा मानिसहरू ।” यसले यहूदी मानिसहरूलाई जनाउँछ ।

Luke 7:6

उहाँको बाटोमा लाग्‍नुभयो

“सँगै हिँड्नुभयो”

जब उहाँ घरबाट टाढा हुनुहुन्थेन

युगल अकरणलाई प्रतिस्थापित गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “घर नजिकै”

आफैँलाई दुःख नदिनुहोस्

कप्‍तान येशूसँग नम्र भएर बोल्दै थिए । वैकल्पिक अनुवादः “मेरो घरमा आएर आफैँलाई कष्‍ट नदिनिहोस्” वा “म तपाईंलाई कष्‍ट दिने चेष्‍टा गर्दिन”

तपाईं मेरो छानामुनि आउन

यो एउटा उपमा हो जसको अर्थ “मेरो घरभित्र प्रवेश गर्ने” भन्‍ने हुन्छ । यदि तपाईंको भाषामा पनि “मेरो घरभित्र प्रवेश गर्ने” भन्‍ने अर्थ दिने कुनै टुक्‍का छ भने त्यसलाई यहाँ प्रयोग गर्न ठीक हुन्छ कि हुँदैन भन्‍नेबारे विचार गर्नुहोस् ।

Luke 7:7

एउटा वचन बोलिदिनुहोस्

येशूले बोलेर मात्र पनि निको पार्न सक्‍नुहुन्थ्यो भन्‍ने कुरा नोकरले बुझ्यो । यहाँ “वचन”ले आदेशलाई जनाउँछ । वैकल्पिक अनुवादः “आज्ञा मात्र दिनुहोस्”

मेरो दास निको हुनेछ

यहाँ “दास” भनेर अनुवाद गरिएको शब्दलाई सामान्यतया “केटा” भनी अनुवाद गरिन्छ । यसले दास सानै थिए वा उसप्रति कप्‍तानको स्‍नेह थियो भनी देखाउँछ ।

Luke 7:8

म पनि अधिकारमुनिको मानिस हुँ

“ममाथि पनि कोही व्यक्ति हुन्छ जसको मैले आज्ञापालन गर्नुपर्छ”

मेरो मुनि

“मेरो अधिकारमुनि”

मेरो दासलाई

यहाँ “दास” भनेर अनुवाद गरिएको शब्द दासको निम्ति प्रयोग गरिने ठेट शब्द हो ।

Luke 7:9

उहाँ तिनीसँग चकित हुनुभयो

“उहाँ कप्‍तानसँग चकित हुनुभयो”

म तिमीहरूलाई भन्दछु

उहाँले तिनीहरूलाई भन्‍न लाग्‍नुभएको अचम्मलाग्‍दो कुरामा जोड दिनलाई येशूले यसो भन्‍नुभयो ।

इस्राएलमा पनि मैले कसैमा यस्तो विश्‍वास भेट्टाएको छैन ।

यो भन्‍नुको तात्पर्य यसो हो कि येशूले यहूदी मानिसहरूमा पनि यस्तै विश्‍वास भएको चाहनुहुन्थ्यो तर तिनीहरूसँग थिएन । उहाँले गैरयहूदीहरूसँग यस्तो किसिमको विश्‍वास भएको आशा गर्नुभएन, तर यो मानिससँग यस्तो किसिमको विश्‍वास थियो । तपाईंले यो अन्तर्निहित जानकारीलाई थप्‍नु आवश्यक हुन सक्छ । वैकल्‍पिक अनुवादः “मैले कुनै त्यस्तो इस्राएली भेट्टाएको छैन जसले मलाई यस अन्यजातिले जत्तिको विश्‍वास गर्छ !”

Luke 7:10

तिनीहरू जो पठाइएका थिए

यो कुरा बुझिएको छ कि यिनीहरू कप्‍तानले पठाएका मानिसहरू थिए । यसलाई उल्‍लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “रोमी कप्‍तानले येशूकहाँ पठाएका मानिसहरू”

Luke 7:11

जोड्ने कथनः

येशू नाइनको सहरमा जानुहुन्छ, जहाँ उहाँले एकजना मानिसलाई निको पार्नुहुन्छ जो मरेको थियो ।

नाइन

यो एउटा सहरको नाम हो ।

Luke 7:12

हेर, एउटा मानिस जो मरेको थियो

“हेर” शब्दले कथामा मरेको मानिसको परिचयप्रति हामीलाई सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “त्यहाँ एउटा मरेको मानिस थियो जो ... ”

एकजना मानिस जो मरेको थियो उसलाई बाहिर बोकेर लगिँदै थियो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले एकजना मरेको मानिसलाई सहरबाट बोकेर बाहिर लगिरहेका थिए”

बोकेर बाहिर लगिँदै थियो, जो उसकी आमाको एक मात्र छोरो (जो विधवा थिइन्), र एउटा ठूलो भीड थियो

“बोकेर लगियो । ऊ उसकी आमाको एउटा मात्र छोरो थियो, र तिनी विधवा थिइन् । एउटा ठूलो भीड थियो ।” यो मृत मानिस र उसकी आमाको बारेमा पृष्‍ठभूमि जानकारी हो ।

विधवा

पति मरेको एउटी स्‍त्री जसले पुनः विवाह गरेकी थिइनन्

Luke 7:13

तिनीप्रति अति नै दयाले भरिनुभयो

“तिनको निम्ति दुःखित भएको महसुस गर्नुभयो”

Luke 7:14

उहाँ अगिल्तिर जानुभयो

“उहाँ अगाडि जानुभयो” वा “उहाँ त्यस मृत मानिसको नजिक जानुभयो”

लाश बोकेको काठको बाकस

यो मृत शरीरलाई चिहानसम्म लैजानलाई प्रयोग गर्ने स्‍ट्रेचर वा पलङ थियो । यो कुनै त्यस्तो कुरा हुनुपर्दैनथ्यो जसमा शरीरलाई गाडिन्थ्यो । अन्य अनुवादहरूमा “मुर्दा बोक्‍ने बाकस” वा “दफन बाकस” जस्ता कम प्रयोग हुने शब्दहरू हुन सक्छ ।

म तिमीलाई भन्दछु, उठ

येशूले त्यस जवान मानिसले उहाँको आज्ञापालन गर्नुपर्छ भनेर जोड दिनलाई यो कुरा भन्‍नुभयो । “मैले भनेको सुन ! उठ”

Luke 7:15

मृत मानिस

अब त्यो मानिस मृत थिएन; ऊ अब जीवित थियो । यसलाई प्रस्‍टसँग उल्‍लेख गर्न आवश्‍यक हुन सक्छ । वैकल्‍पिक अनुवादः “ती मानिस जो मृत थिए”

Luke 7:16

जोड्ने कथनः

येशूले मरेको मानिसलाई निको पार्नुभएको कुराको फलस्वरूप के भयो भनेर यसले बताउँछ ।

तिनीहरू सबैलाई डरले त्रस्‍त बनायो

“तिनीहरू सबै डरले भरिए ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू सबै डराए”

एउटा महान् अगमवक्तालाई हाम्रा माझमा खडा गरिएको छ

तिनीहरूले कुनै अपरिचित अगमवक्तालाई होइन, येशूलाई भन्दै थिए । यहाँ “खडा गर्नु” भनेको “ ... हुने तुल्याउनु”को लागि एउटा उपमा हो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले हामीमध्येबाट एकजनालाई एउटा महान् अगमवक्ता हुने तुल्याउनुभएको छ”

... माथि हेर्नुभएको छ

यो उपमाको अर्थ “वास्ता गर्नुभयो” भन्‍ने हुन्छ

Luke 7:17

उहाँको बारेको खबर फैलियो

“खबर” ले मानिसहरूले १६ पदमा भनिरहेका कुराहरूलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले येशूको बारेमा भएको यो खबर फैलाए” वा “मानिसहरूले येशूको बारेमा भएको यो खबर अरूहरूलाई बताए”

यो खबर

“यो समाचार” वा “यो सन्देश”

Luke 7:18

जोड्ने कथनः

येशूलाई प्रश्‍न गर्न यूहन्‍नाले उनका दुई चेलाहरूलाई पठाउँछन् ।

यूहन्‍नाका चेलाहरूले उनलाई यी सबै कुराहरूको बारेमा बताए

यसले कथामा एउटा नयाँ घटनालाई परिचय गराउँछ ।

यूहन्‍नालाई खबर दिए

“यूहन्‍नालाई भने”

यी सबै कुराहरू

“येशूले गरिरहनुभएका सबै कुराहरू”

Luke 7:20

मानिसहरूले भने, “बप्‍तिस्मा दिने यूहन्‍नाले हामीलाई यसो भन्‍न पठाएका छन्, ‘आउनुहुने तपाईं नै हुनुहुन्छ ... कि हामी अरू कसैको प्रतिक्षा गरौँ ?’”

यो वाक्यलाई पुनः लेख्‍न सकिन्छ ताकि यसमा केवल एउटा प्रत्यक्ष उद्धरण होस् । वैकल्पिक अनुवादः “मानिसहरूले भने कि बप्‍तिस्मा दिने यूहन्‍नाले तिनीहरूलाई उहाँकहाँ यो कुरा सोध्‍न पठाएका छन्, ‘आउनुहुने तपाईं नै हुनुहुन्छ, कि हामी अरू कसैको प्रतिक्षा गरौँ ?’” वा “मानिसहरूले भने, ‘बप्‍तिस्मा दिने यूहन्‍नाले हामीलाई तपाईं नै आउनुहुने हुनुहुन्छ, कि हामीले अरू कसैको प्रतिक्षा गर्नुपर्छ भनी सोध्‍न पठाएका छन् ।’”

Luke 7:21

त्यस घडीमा

“त्यो समयमा”

दुष्‍टात्माहरूबाट

चङ्गाइलाई पुनः उल्‍लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “उहाँले तिनीहरूलाई दुष्‍ट आत्माहरूबाट निको पार्नुभयो” वा “उहाँले मानिसहरूलाई दुष्‍ट आत्माहरूबाट स्वतन्‍त्र पार्नुभयो”

Luke 7:22

तिनीहरूलाई भन्‍नुभयो

“यूहन्‍नाका सन्देशवाहकहरूलाई भन्‍नुभयो” वा “सन्देशवाहकहरूलाई भन्‍नुभयो जसलाई यूहन्‍नाले पठाएका थिए”

यूहन्‍नालाई बताइदेओ

“यूहन्‍नालाई भनिदेओ”

मृत मानिसहरू पुनः जीवनमा बिउँताइदै छन्

“मृत मानिसहरूलाई फेरि जिउने तुल्याइँदैछ”

गरिब मानिसहरू

“गरिब मानिसहरू”

Luke 7:23

त्यो धन्यको हो जसले मसँग नराम्रो मान्‍नुपर्ने कारण पाउँदैन ।

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरा कामहरूको कारण पनि ममा विश्‍वास गर्न नछोड्ने व्यक्तिलाई परमेश्‍वरले आशिष् दिनुहुन्छ”

धन्य हो त्यो जसले

“मानिसहरू जसले ... धन्यका हुन्” वा “कोही मानिस जसले ... धन्यको हो” वा “ ... नगर्ने जो कोही ... धन्यको हो ।” यो कुनै खास व्यक्ति होइन ।

मसँग नराम्रो मान्‍नु

यस युगल अकरणको अर्थ “ ... का बाबजुद मलाई विश्‍वास गरिरहन्छ” भन्‍ने हुन्छ ।

Luke 7:24

जोड्ने कथनः

येशूले बप्‍तिस्मा-दिने यूहन्‍नाबारे मानिसहरूसँग कुरा गर्न सुरु गर्नुहुन्छ । बप्‍तिस्मा-दिने यूहन्‍ना कस्ता किसिमका मानिस थिए भनी बुझाउनलाई येशूले आलङ्कारिक प्रश्‍नहरू सोध्‍नुहुन्छ ।

के हेर्नलाई गयौ … बतासले हल्लाइराखेको निगालोलाई ?

यसले एउटा नकारात्मक जवाफको अपेक्षा गर्छ । “के तिमीहरू बतासले हल्‍लाएको निगालोलाई हेर्न गयौ ? पक्‍कै होइन !” यसलाई एउटा भनाइको रूपमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “निश्‍चय नै तिमीहरू बतासले हल्लाइराखेको निगालोलाई हेर्न बाहिर गएनौ !”

बतासले हल्लाइराखेको एउटा निगालो

सम्भावित अर्थहरू हुन्ः १) सजिलै मन बदल्ने मानिस, जसरी निगालोलाई बतासले सजिलैसित हल्लाउँछ, वा २) यसले कुनै महत्त्व नभएको धेरै बोल्‍ने मानिसलाई जनाउन सक्छ, जसरी निगालोले बतासले हल्लाउँदा आवाज निकाल्छ ।

Luke 7:25

तर के ... नरम वस्‍त्रहरू पहिरिएको मानिसलाई ... ?

यसले पनि एउटा नकारात्मक जवाफको अपेक्षा गर्छ, किनकि यूहन्‍नाले खस्रा वस्‍त्रहरू पहिरन्थे । “के तिमीहरू नरम वस्‍त्रहरू पहिरिएको मानिसलाई हेर्न बाहिर गयौ ? पक्‍कै होइन !” यसलाई पनि एउटा भनाइको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरू निश्‍चय नै नरम वस्‍त्रहरू पहिरिएका मानिसलाई हेर्न बाहिर गएनौ !”

मलमलको कपडा लगाएको

यसले महँगा कपडाहरूलाई जनाउँछ । सामान्य वस्‍त्र खस्रो थियो । वैकल्पिक अनुवादः “महँगो कपडा पहिरिरहेको”

राजाका दरबारहरू

दरबार राजा बस्‍ने भव्य, महँगो घर हो ।

Luke 7:26

तर के ... अगमवक्ता ... ?

यसले एउटा सकारात्मक जवाफतिर डोहोर्‍याउँछ । “के तिमीहरू एकजना अगमवक्तालाई हेर्न बाहिर गयौ ? निश्‍चय नै तिमीहरू गयौ !” यसलाई पनि एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । वैकल्‍पिक अनुवादः “तर तिमीहरू वास्तवमा एकजना अगमवक्तालाई हेर्न बाहिर गयौ !”

हो, म तिमीहरूलाई भन्दछु

येशूले यसपछि भन्‍न लाग्‍नुभएको कुरालाई जोड दिनलाई यो भन्‍नुभयो ।

एउटा अगमवक्ताभन्दा बढि

यो वाक्यांशको अर्थ हुन्छ कि यूहन्‍ना वास्तवमै एउटा अगमवक्ता थिए, तर उनी कुनै सामन्य अगमवक्ता बढी महान् थिए । वैकल्पिक अनुवादः “साधारण अगमवक्ता होइन” वा “एउटा सामान्य अगमवक्ताभन्दा महत्त्वपूर्ण”

Luke 7:27

यो उहाँ हुनुहुन्छ जसको बारेमा यो लेखिएको छ

“अगमवक्ताहरूले यिनै अगमवक्ताबारे लेखे” वा “अगमवक्ताहरूले लामो समय अगि लखेका अगमवक्ता यूहन्‍ना नै हुन्”

हेर, म पठाउँदैछु

यो पदमा, येशूले मलाकी अगमवक्ताले लेखेको खण्डलाई प्रयोग गर्दै हुनुहुन्छ र मलाकीको पुस्तकको समाचारवाहक यूहन्‍ना नै हुन् भन्दै हुनुहुन्छ ।

तिम्रो अगि-अगि

यो उपमाको अर्थ “तिम्रो अगाडि” वा “तिम्रो अगि जान” भन्‍ने हुन्छ ।

तिम्रो

“तिम्रो” शब्द एकवचन हो, किनभने परमेश्‍वर यस खण्डमा मसिहसँग बोलिरहनुभएको थियो ।

Luke 7:28

म तिमीहरूलाई भन्दछु

येशू भीडसँग बोलिरहनुभएको थियो त्यसैले, यहाँ “तिमीहरू” बहुवचन हुन्छ । येशूले यसपछि भन्‍न लाग्‍नुभएको आश्‍चर्यपूर्ण कुराको सत्यतालाई जोड दिन यो पदावली भन्‍नुभयो ।

स्‍त्रीहरूबाट जन्मेकाहरूमध्येमा

“तिनीहरूमध्येमा जसलाई एउटी स्‍त्रीले जन्म दिएकी हुन् ।” यो सबै मानिसलाई जनाउने आलङ्कारिक भाषा हो । वैकल्पिक अनुवादः “अहिलेसम्म बाँचेका मानिसहरूमध्येमा”

बप्‍तिस्मा-दिने यूहन्‍ना भन्दा महान् कोही छैन

“यूहन्‍ना सबैभन्दा महान् हुन्”

परमेश्‍वरको राज्यमा जो सबैभन्दा सानो हुन्छ

यसले परमेश्‍वरले स्थापना गर्नुहुने राज्यको हिस्‍सा हुने व्यक्तिलाई जनाउँछ ।

उनीभन्दा महान् हुन्छ

परमेश्‍वर राज्यमा मानिसहरूको आत्मिक अवस्था राज्यको स्थापना हुनुभन्दा अगाडिका मानिसहरूको भन्दा बढी उच्‍चको हुनेछ । वैकल्पिक अनुवादः “यूहन्‍नाभन्दा उच्‍चतर आत्मिक दर्जाको हुन्छ”

Luke 7:29

सामान्य जानकारीः

यस पुस्तकका लेखक लूकाले मानिसहरूले यूहन्‍ना र येशूप्रति कस्तो प्रतिक्रिया जनाए भनी टिप्पणी गर्छन् ।

जब सबै मानिसहरू ... परमेश्‍वर धर्मी हुनुहुन्छ ...

बढी प्रस्‍ट बनाउनलाई यो पदको क्रमलाई पुनः मिलाएर राख्‍न सकिन्छ । वैकल्‍पिक अनुवादः “जब यूहन्‍नाको बप्‍तिस्मा लिएका सबै मानिसहरूले, कर उठाउनेहरूसमेत गरेर, यो सुने, तिनीहरूले परमेश्‍वर धर्मी हुनुहुन्छ भनेर घोषणा गरे”

तिनीहरूले यो घोषणा गरे कि परमेश्‍वर धर्मी हुनुहुन्छ

“तिनीहरूले भने कि परमेश्‍वरले आफैँलाई धर्मी देखाउनुभएको थियो” वा “तिनीहरूले परमेश्‍वरले धार्मिक रूपमा काम गर्नुभयो भनी घोषणा गरे”

जसले बप्‍तिस्मा-दिने यूहन्‍नासँगै बप्‍तिस्‍मा लिएका थिए

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने तिनीहरूले यूहन्‍नालाई तिनीहरूलाई बप्‍तिस्मा दिन दिएका थिए” वा “किनभने यूहन्‍नाले तिनीहरूलाई बप्‍तिस्मा दिएका थिए”

Luke 7:30

तिनीहरूका निम्ति परमेश्‍वरको उद्देश्य इन्कार गरे

“परमेश्‍वरले तिनीहरूले गरेको चाहनुभएको कुरा गर्न इन्कार गरे” वा “परमेश्‍वरले तिनीहरूलाई भन्‍नुभएको कुरा अवज्ञा गर्ने अठोट गरे”

जसले यूहन्‍नाबाट बप्‍तिस्‍मा लिएका थिएनन्

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले यूहन्‍नालाई तिनीहरूलाई बप्‍तिस्मा दिन दिएनन्” वा “तिनीहरूले यूहन्‍नाको बप्‍तिस्मा इन्कार गरे”

Luke 7:31

जोड्ने कथनः

येशूले मानिसहरूसँग बप्‍तिस्मा-दिने यूहन्‍नाबारे कुरा गर्न जारी राख्‍नुहुन्छ ।

त्यसोभए, मैले केसित तुलना गरूँ ?

येशूले एउटा तुलनाको परिचय गराउनको निमित्त यी प्रश्‍नहरूको प्रयोग गर्नुहुन्छ । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो पुस्तालाई म ... सँग तुलना गर्छु, तिनीहरू ... जस्ता छन् ।”

तिनीहरू कस्ता खालका छन् ... म तुलना गर्छु

यो तुलना हो भनेर बताउने यिनीहरू दुई तरिकाहरू हुन् ।

यस पुस्ताका मानिसहरू

येशू बोल्नुहुँदा बाँचिरहेका मानिसहरू ।

Luke 7:32

तिनीहरू … जस्ता छन्

यी वचनहरू येशूको तुलनाको सुरुवात हो । यो पुस्ताका मानिसहरू अरू बालकहरूले गर्ने तरिकाप्रति कहिल्यै सन्तुष्‍ट नहुने बालकहरूजस्ता थिए भनी उहाँले भनिरहनुभएको छ ।

बजार क्षेत्र

यो एउटा ठुलो, खुल्ला क्षेत्र हो जहाँ मानिसहरूले तिनीहरूका माल सामानहरू बेच्न आउँछन्

अनि तिमीहरू नाचेनौ

“तर तिमीहरू सङ्गीतमा नाचेनौ”

अनि तिमीहरू रोएनौ

“तर तिमीहरू हामीसँग रोएनौ”

Luke 7:33

न रोटी खाँदै आए

सम्भावित् अर्थहरू हुन् १) “बारम्बार उपवास बसेर” वा २) “सामान्य खाना नखाएर ।”

तिमीहरू भन्छौ, ‘उसलाई भूत लागेको छ ।’

यूहन्‍नाको बारेमा मानिसहरूले भनिरहेका कुरालाई येशूले उद्‌धृत गर्दै हुनुहुन्थ्यो । यसलाई प्रत्यक्ष उद्धरण बिना उल्‍लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उसलाई भूत लागेको छ भनी तिमीहरू भन्छौ ।” वा “तिमीहरू उसलाई भूत लागेको आरोप लगाउँछौ ।”

Luke 7:34

मानिसको पुत्र

येशूले आफैँलाई जनाइरहनुभएको थियो भनेर मानिसहरूले बुझेको येशूले अपेक्षा गर्नुभयो । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र”

तिमीहरू भन्छौ, ‘हेर, ऊ त एउटा घिचुवा हो र पापीहरू ... एउटा पियक्‍कड हो !’

यसलाई अप्रत्यक्ष कथनको रूपमा अनुवाद गर्न सकिन्छ । यदि तपाईंले “मानिसको पुत्रलाई” “म, मानिसको पुत्रको” रूपमा अनुवाद गर्नुहुन्छ भने, तपाईंले यसलाई अप्रत्यक्ष कथनको रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ र पहिलो पुरुषको प्रयोग गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू भन्छौ कि ऊ त एउटा घिचुवा हो र पापीहरू ... एउटा पियक्‍कड हो ।” वा “तिमीहरू उसलाई धेरै खाएको र पिएको आरोप लगाउँछौ र पापीहरू ... ।” वा “तिमीहरू भन्छौ कि म त एउटा घिचुवा हुँ र पापीहरू ... एउटा पियक्‍कड हुँ ।”

घिचुवा मानिस

“ऊ खानमा लोभ गर्ने व्यक्ति हो” वा “उसले निरन्तर अति धेरै खाना खान्छ”

पियक्‍कड

“पिएर मात्तिएको व्यक्ति” वा “उसले नि‍रन्तर साह्रै धेरै रक्सी खान्छ”

Luke 7:35

बुद्धि तिनका सबै सन्तानहरूद्वारा प्रमाणित हुन्छ

यो एउटा उखान जस्तो देखिन्छ जुन येशूले यस अवस्थामा लागु गर्नुभयो, सम्भवतः यो सिकाउन कि मानिसहरूले येशू र यूहन्‍नालाई इन्कार गर्नुहुने थिएन भनेर बुद्धिमान् मानिसहरूले बुझ्‍नेछन् ।

Luke 7:36

सामान्य जानकारीः

त्यो समयमा दर्शकहरूले खाना नखाइ रात्रीभोजमा भाग लिनु चलनचल्तीको कुरा थियो ।

जोड्ने कथनः

एकजना फरिसीले उसको घरमा खानलाई येशूलाई निमन्‍त्रणा गर्छन् ।

अब फरिसीहरूमध्ये एकजना

यसले कथाको एउटा नयाँ भागलाई अङ्कित गर्छ र कथामा फरिसीलाई परिचय गराउँछ ।

उहाँ टेबुलमा ढल्कनुभयो

“खानाको लागि टेबुलमा बस्‍नुभयो ।” यो रात्रीभोज जस्तै आनन्दले खाना खाने बेलामा मानिसहरू टेबुलमा सजिलो गरी ढल्केर खाने प्रचलन थियो ।

Luke 7:37

अब हेर, त्यहाँ एकजना स्‍त्री थिई

“हेर” शब्दले कथामा एउटा नयाँ व्यक्तिप्रति हामीलाई सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ ।

जो पापी थिइन्

“जसले पापूर्ण जीवन जिउँथिन्” वा “जसले पापपूर्ण जीवन जिउँछे भनी जानिएको थियो ।” तिनी वेश्‍या थिइन् होला ।

सिङ्गमरमरको बोतल

“नरम ढुङ्गाको एउटा भाँडो ।” सिङ्गमरमर एउटा नरम, सेतो ढुङ्गा हो । मानिसहरूले बहुमूल्य वस्तुहरू सिङ्गमरमरको भाँडामा राख्‍ने गर्थे ।

अत्तर हालिएको तेल

“त्यसमा अत्तरसहित ।” तेलमा केही राखिएको थियो जसले मिठो बास्‍ना आउने बनायो । मानिसहरूले मिठो बास्‍नाको लागि यसलाई आफ्नो जिउमा घस्‍थे वा तिनीहरूको लुगाहरूमा छर्कन्थे ।

Luke 7:38

तिनको टाउकोको कपालले

“तिनको कपालले”

तिनलाई अत्तर हालिएको तेलले अभिषेक गरी

“तिनमा अत्तर खन्याई”

Luke 7:39

उसले आफूले विचार गर्दै भन्यो

“उसले आफैँलाई भन्यो”

यदि यी मानिस एउटा अगमवक्ता भएको भए, तब उनले जान्‍ने थिए

फरिसीलाई येशू अगमवक्ता हुनुहुन्‍न जस्तो लाग्यो, किनभने उहाँले पापी स्‍त्रीलाई उहाँलाई छुने अनुमति दिनुभयो । वैकल्पिक अनुवादः “येशू एक अगमवक्ता हुनुहुन्‍न जस्तो छ, किनभने यदि उहाँ अगमवक्ता हुनुहुन्थ्यो भने उहाँलाई छोइरहने स्‍त्री एक पापिनी हो भनेर थाहा पाउनुहुन्थ्यो”

कि तिनी एक पापिनी हुन्

सिमोनले अनुमान गरे कि एक अगमवक्ताले कहिल्यै कुनै पापीलाई आफूलाई छुन दिन थिएनन् । अनुमानको यो भागलाई प्रस्‍टसँग उल्‍लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ ... कि तिनी एक पापीनी हो र आफूलाई छुन त्यसलाई अनुमति दिने थिएनन्”

Luke 7:40

सिमोन

यो येशूलाई आफ्नो घरमा बोलाउने फरिसीको नाम थियो । यिनी सिमोन पत्रुस थिएनन् ।

Luke 7:41

सामान्य जानकारीः

उहाँले फरिसी सिमोनलाई भन्‍न गइरहनुभएको कुरालाई जोड दिन येशूले तिनलाई एउटा कथा बताउनुहुन्छ ।

दुई जना मानिसले एक जना साहुबाट ऋृण लिएका थिए

“एउटा ऋृण दिनेका दुईवटा ऋृण तिर्नेहरू थिए”

पाँच सय दिनार

“पाँच सय दिनको ज्याला ।” “दिनार” दिनारिअस” को बहुवचन हो । “दिनारिअस” एउटा चाँदीको सिक्का थियो ।

अरू पचास

“अर्को ऋृणीले उससँग पचास दिनार ऋृण लिएको थियो” वा “पचास दिनको ज्याला”

Luke 7:42

उनले ती दुवै जनालाई माफ गरिदिए

“उनले तिनीहरूका ऋृण क्षमा गरिदिए” वा “उनले तिनीहरूका ऋृण रद्द गरिदिए”

Luke 7:43

म विचार गर्छु

सिमोन उसको जवाफप्रति सावधान थियो । वैकल्पिक अनुवादः “सम्भवतः”

तिमीले ठीकसित न्याय गर्‍यौ

“तिमी सही छौ”

Luke 7:44

उहाँ स्‍त्रीतिर फर्कनुभयो

येशू स्‍त्रीतिर फर्केर सिमोनको ध्यान तिनीतिर लगाउनुभयो ।

तिमीले मेरो पाउ धुनलाई पानीसम्म दिएनौँ

धूलाम्‍मे बाटोमा हिँडेपछि पाहुनाहरूलाई तिनीहरूका पाउ धुन र पुछ्‌नलाई पानी र तौलिया प्रदान गर्ने काम आयोजकको सामान्य जिम्‍मेवारी थियो ।

तिमीले दिएनौ ... तर तिनले

येशूले सिमोनको शिष्‍टाचारको कमी र ती स्‍त्रीको धन्यावादको चरम गतिविधि बीच फरक छुट्‌ट्याउन यी पदावलीहरूको दुई चोटि प्रयोग गर्नुहुन्छ ।

तिनले मेरा पाउहरूलाई तिनका आँशुहरूले भिजाएकी छिन्

स्‍त्रीले नभइरहेको पानीको ठाउँमा तिनको आँशुहरूको प्रयोग गरिन् ।

तिनलाई तिनको केशले पुछी

स्‍त्रीले नभइरहेको तौलियाको ठाउँमा तिनको केशको प्रयोग गरिन् ।

Luke 7:45

तिमीले मलाई चुम्बन गरेनौ

त्यो संस्कृतिमा एउटा असल आयोजकले उसको पाहुनालाई गालामा चुम्बन गरेर अभिवादन गर्ने गर्थे । सिमोनले यसो गरेनन् ।

मेरा पाउमा म्वाइँ खान छोडेकी छैन

“निरन्तर मेरा खुट्टाहरू चुम्बन गरेकी छिन्”

मेरा पाउहरू चुम्दै

स्‍त्रीले अत्यन्त पश्‍चात्ताप र नम्रताको चिन्ह स्वरूप येशूलाई गालामा भन्दा पनि उहाँको पाउहरूमा चुमिन् ।

Luke 7:46

तिमीले अभिषेक गरेनौ ... तर तिनले

येशूले सिमोनको खराब अतिथि-सत्कार र त्यस स्‍त्रीको कार्यहरूको बीचमा भएको भिन्‍नतालाई देखाउन निरन्तरता दिनुहुन्छ ।

मेरो शिर तेलले अभिषेक गर्नु

“मेरो शिरमा तेल हाल्नु ।” यो कुनै सम्‍मानित पाहुनालाई स्वागत गर्ने चलन थियो । वैकल्पिक अनुवादः “तेलले मेरो शिर अभिषेक गरेर स्‍वागत गर्नु”

मेरो पाउलाई अभिषेक गरिन्

ती स्‍त्रीले यसो गरेर येशूलाई अति सम्मान गरिन् । उहाँको शिरको साटोमा उहाँको पाउहरूलाई अभिषेक गरेर तिनले नम्रतालाई प्रदर्शन गरिन् ।

Luke 7:47

म तिमीलाई भन्छु

यसले यसपछि आउने भनाइको महत्त्वलाई जोड दिन्छ ।

तिनका पापहरू, जो धेरै थिए, क्षमा गरिएका छन्

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनका धेरै पापहरू क्षमा दिनुभएको छ”

किनकि धेरै प्रेम गरेकी छिन्

तिनको प्रेम नै तिनका पापहरू माफ भएका थिए भन्‍ने कुराको प्रमाण थियो । केही भाषाहरूले “प्रेम”को कर्मलाई उल्लेख गरेको चाहन्छन् । वैकल्पिक अनुवादः “किनकि तिनलाई क्षमा गर्नेलाई धेरै प्रेम पनि गरेकी छिन्” वा “किनकि तिनले परमेश्‍वरलाई धेरै प्रेम गरेकी छिन्”

जसलाई थोरै मात्र क्षमा गरिएको छ

“जसलाई थोरै कुराहरू मात्र क्षमा गरिन्छ ।” येशूले यस वाक्यमा एउटा सामान्य सिद्धान्त बताउनुहुन्छ । तथापि, सिमोनले येशूलाई कम प्रेम गरेको छ भनेर उसले बुझेको उहाँले अपेक्षा गर्नुभयो ।

Luke 7:48

तब उहाँले तिनलाई भन्‍नुभयो

“तब उहाँले त्यस स्‍त्रीलाई भन्‍नुभयो”

तिम्रा पापहरू क्षमा भएका छन्

“तिमीलाई क्षमा गरिएको छ ।” यसलाई कर्तृ वाच्यमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म तिम्रा पाप क्षमा गर्छु”

Luke 7:49

एकसाथ ढल्कँदै

“टेबुल वरिपरि एकसाथ ढल्कँदै” वा “एकसाथ खाँदै”

यो को हो जसले पापहरू क्षमा पनि गर्छ ?

धार्मिक गुरूहरूलाई थाहा थियो कि केवल परमेश्‍वरले मात्र पाप क्षमा गर्न सक्‍नुहुन्थ्यो, र येशू परमेश्‍वर हुनुहुन्थ्यो भनेर विश्‍वास गरेनन् । यो प्रश्‍न शायद कुनै आरोप जनाउनलाई भनिएको थियो । वैकल्‍पिक अनुवादः “यो मानिसले आफूलाई को हुँ भनी सोच्छ ? केवल परमेश्‍वरले मात्र पाप क्षमा गर्न सक्‍नुहुन्छ !” वा “किन यो मानिसले परमेश्‍वर भएको ढोङ्ग गरिरहेको छ जसले पाप क्षमा गर्न सक्‍नुहुन्छ ?”

Luke 7:50

तिम्रो विश्‍वासले तिमीलाई बचाएको छ

“तिम्रो विश्‍वासको कारणले तिमी बचाइएकी छ्यौ ।” भाववाचक नाउँ “विश्‍वास”लाई एउटा कार्यको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि तिमीले विश्‍वास गर्छ्यौ, तिमी बचाइएकी छ्यौ”

शान्तिसँग जाऊ

यो बिदाबारी गर्नलाई भन्‍ने र त्यसैसाथ आशिष् दिने तरिका हो । वैकल्पिक अनुवादः “तिमी जाँदा कुनै चिन्ता नगर” वा “तिमी जाँदा परमेश्‍वरले तिमीलाई शान्ति दिऊन्”


Translation Questions

Luke 7:3

जब कप्‍तानले यहूदी धर्म-गुरुहरूलाई येशूकहाँ पठाए तब उनले पहिले येशूलाई के गरिदिऊन् भनी बिन्‍ती गरे ?

उनले येशूलाई आफ्नो घरमा आउनुहोस् र उनको दासलाई निको पारिदिनुहोस् भने । [७:३]

Luke 7:6

किन कप्‍तानले येशू उनको घरमा आउनुपर्दैन भनी येशूलाई भन्‍न साथीहरूलाई पठाए ?

येशू उनको घरमा आउनका लागि उनी योग्यका थिएनन् भनी कप्‍तानले भने । [७:६]

Luke 7:7

येशूले दासलाई कसरी निको पारिदिऊन् भनी कप्‍तानले चाहन्थे ?

येशूले वचन मात्र बोलिदिएर भए पनि दासलाई निको पारिदिऊन् भनी कप्‍तानले चाहन्थे । [७:७]

Luke 7:9

कप्‍तानको विश्‍वासको बारेमा येशूले के भन्‍नुभयो ?

यति धेरै विश्‍वास इस्राएलीहरूमा पनि उहाँले नभेट्टाउनुभएको कुरा उहाँले बताउनुभयो । [७:९]

Luke 7:13

येशूले ती विधवाप्रति कस्तो व्यवहार देखाउनुभयो जसको एउटै मात्र छोरा थियो जो मरेको थियो ?

उहाँ दयाले भरिनुभयो । [७:१३]

Luke 7:16

उहाँले विधवाको छोरालाई मृत्युबाट जीवित पार्नुभएपछि मानिसहरूले येशूको बारेमा के भने ?

एउटा महान् अगमवक्‍ता तिनीहरूका माझमा खडा हुनुभयो र परमेश्‍वरले उहाँको जातिप्रति दृष्‍टि राख्‍नुभयो भनी तिनीहरूले भने । [७:१६]

Luke 7:22

यूहन्‍नका चेलाहरूलाई कसरी आउनेवाला उहाँ नै हुनुहुन्थ्यो भनी देखाउनुभयो ?

येशूले दृष्‍टिविहीन, लङ्गडा, कुष्‍ठरोगी, बहिरालाई निको पार्नुभयो र उहाँले मरेकालाई जीवित पार्नुभयो । [७:२२]

Luke 7:26

यूहन्‍ना को हो भनी येशूले भन्‍नुभयो ?

यूहन्‍ना अगमवक्‍ताभन्दा पनि महान् थिए भनेर येशूले भन्‍नुभयो । [७:२६]

Luke 7:30

फरिसीहरू र व्यवस्थाका विद्वान्‌हरूले जब यूहन्‍नाद्वारा बप्‍तिस्मा लिन इन्कार गरे तब तिनीहरू आफैँले के गरे ?

तिनीहरूले आफ्नै लागि परमेश्‍वरको सल्लाह लिनबाट तिनीहरूले इन्कार गरे । [७:३०]

Luke 7:33

बप्‍तिस्मा-दिने यूहन्‍नाले रोटी नखाएको र दाखमद्य नपिएको कारणले उनलाई के दोष लगाए ?

तिनीहरूले भने, “उसलाई भूत लागेको छ” । [७:३३]

Luke 7:34

येशू ख्रीष्‍टले खाँदै र पिउँदै आउनुभयो तब के कारणले उहाँलाई दोष लगाइयो ?

तिनीहरूले भने, “ऊ एक खन्चुवा र पियक्‍कड मानिस हो” । [७:३४]

Luke 7:38

फरिसीको घरमा सहरकी एउटी स्‍त्रीले येशूलाई के गरिन् ?

तिनले येशूका पाउ आँसुले भिजाइन्; केशले पुछिन्; उहाँको पाउमा चुम्बन गरिन् र उहाँका पाउमा अत्तर घसिन् । [७:३८]

Luke 7:47

तिनका धेरै पाप क्षमा गरिएकाले तिनी के गर्न चाहन्थिन् भनी येशूले भन्‍नुभयो ?

तिनले बढी माया गर्न चाहन्थिन् । [७:४७]

Luke 7:49

टेबुलमा ढल्केर बसेकाहरूले येशूले स्‍त्रीका पाप क्षमा भए भनेकोमा कसरी प्रतिक्रिया जनाए ?

तिनीहरूले सोधे, “यो को हो जसले पाप क्षमा गर्दछ ?” । [७:४९]


Chapter 8

1 त्यसपछि छिट्टै येशू वरपरका विभिन्‍न सहरहरू र गाउँहरूमा प्रचार गर्दै र परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्दै भ्रमण गर्न थाल्‍नुभयो । उहाँसँग बाह्रजना चेलाहरू थिए, 2 साथै केही स्‍‍त्रीहरू जो दुष्‍टात्मा र रोगहरूबाट निको भएका थिएः मरियम जसलाई मग्दलनी भनिन्थ्यो, जसबाट सातवटा भूतात्मा निकालिएका थिए; 3 हेरोदका कारिन्दा खुजासकी पत्‍नी योअन्‍ना; सुसन्‍ना; र अरूहरू धेरै, जसले आफ्ना सम्पत्तिहरूबाट उहाँहरूका निम्ति जुटाईदिए । 4 एउटा ठुलो भीड एकसाथ भेला भ‍इरहँदा, र प्रत्येक सहरबाट मानिसहरू उहाँकहाँ आइरहँदा, उहाँले एउटा द‍ृष्‍टान्त भन्‍नुभयो । 5 “एउटा किसान बीउ छर्नलाई निस्क्यो । त्यसले छर्दा केही बीउहरू बाटोको छेउमा परे र ती खुट्टाले कुल्चिए, र आकाशका चराहरूले ती खाए । 6 केही बीउहरू ढुङ्गेनी जमिनमा परे र उम्रने बित्तिकै ती सुकिहाले, किनकि त्यसमा ओस थिएन । 7 केही बीउहरू काँडाहरूका बीचमा परे, र बीउहरू सँगसँगै काँडाहरू पनि बढे र बीउहरूलाई निसासिदिए । 8 तर केही बीउहरू असल जमिनमा परे र सय गुणा फल फलाए ।” येशूले यी कुराहरू भनिसक्‍नुभएपछि उहाँले भन्‍नुभयो, "जसको सुन्‍ने कान छ त्यसले सुनोस् ।" 9 उहाँका चेलाहरूले उहाँलाई यो द‍ृष्‍टान्तको अर्थ के हो भनी सोधे । 10 उहाँले भन्‍नुभयो, “तिमीहरूलाई परमेश्‍वरको राज्यका रहस्यका कुराहरू बुझ्‍ने ज्ञान दिइएको छ, तर अरूहरूका लागि म द‍ृष्‍टान्तमा बोल्छु, ताकि 'हेरेर पनि तिनीहरूले नदेखून्, र सुनेर पनि तिनीहरूले नबुझून् ।’ 11 अब द‍ृष्‍टान्तको अर्थ यही होः बीउ परमेश्‍वरको वचन हो । 12 बाटोको छेउमा परेकाहरू चाहिं ती हुन्, जसले वचन सुन्छन्, तर शैतान आउँछ र तिनीहरूको हृदयबाट वचन खोसेर लैजान्छ, ताकि तिनीहरूले विश्‍वास नगरून् र नबाँचून् । 13 ढुङ्गेनी जमिनमा परेकाहरू चाहिं ती हुन्, जसले वचन सुन्छन्, खुसीसाथ ग्रहण गर्छन् । तर तिनीहरूको जरा हुँदैन; तिनीहरूले केही समयको लागि मात्र विश्‍वास गर्छन्, र परीक्षाको समयमा तिनीहरू पतन भएर जान्छन् । 14 काँडामा परेकाहरू चाहिं ती मानिसहरू हुन्, जसले वचन सुन्छन्, तर जीउने क्रममा जीवनका फिक्री, धन सम्पत्ति, र सुख विलासका कारण निसासिएर परिपक्‍व हुन सक्दैनन् । 15 तर असल जमिनमा परेका बीउचाहिं ती हुन्, जसले इमानदार र असल हृदयसाथ वचन सुनेर यसलाई सुरक्षितसाथ पक्री राख्छन् र धैर्यसाथ फल फलाउँछन् । 16 "बत्ती बालेर कसैले पनि भाँडाले छोप्दैन अथवा खाटमुनि राख्दैन । बरु त्यसलाई त्यसले सामदानमा राख्छ, ताकि भित्र पस्‍ने सबैले उज्यालो देखून् । 17 किनकि प्रकट नहुने गरी कुनै पनि कुरा लुकाइएको छैन, न त प्रकट नहुने र ज्योतिमा नआउने कुनै गोप्य कुरा हुन्छ । 18 त्यसैले ध्यानसित सुन, किनकि जससँग छ त्यसलाई अझै दिइनेछ, तर जससँग छैन त्यसले आफूसँग जे छ भनी ठान्‍छ, त्योसमेत त्यसबाट खोसिनेछ ।” 19 त्यसपछि उहाँकी आमा र भाइहरू उहाँकहाँ आए, तर भीडको कारणले गर्दा उहाँको नजिक आउन सकेनन् । 20 उहाँलाई यसो भनिएको थियो, “तपाईंकी आमा र भाइहरू तपाईंलाई भेट्ने इच्छा गरी बाहिर उभिरहेका छन् ।” 21 तर येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “मेरी आमा र मेरा भाइहरू ती नै हुन्, जसले परमेश्‍वरको वचन सुन्छन् र पालना गर्छन् ।” 22 अब एक दिन उहाँ आफ्ना चेलाहरूसँग डुङ्गामा चढ्नुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आओ, हामी तालको पल्लोपट्टि जाऔं ।” उहाँहरू डुङ्गामा चढेर जानुभयो । 23 तर जसै उहाँहरू डुङ्गामा जानुभयो, उहाँ निदाउनुभयो । त्यस तालमा ठुलो आँधीबेहरी आयो, अनि डुङ्गा पानीले भरिदै थियो र तिनीहरू खतरामा परे । 24 त्यसपछि येशूका चेलाहरू उहाँकहाँ आए र यसो भन्दै उहाँलाई ब्युँझाए, “गुरुज्यू, गुरुज्यू, हामी त मर्नै लाग्यौं!” उहाँ उठ्नुभयो र बतास र पानीको बेगलाई हप्काउनुभयो, र ती थामिए र त्यहाँ शान्‍त भयो । 25 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको विश्‍वास कहाँ छ?” तर तिनीहरू डराए र अचम्मित भए, र एक-अर्कालाई सोधे “यिनी को हुन् जसले बतास र पानीलाई पनि आज्ञा दिन्छन्, र तिनीहरू यिनको आज्ञा मान्छन्?” 26 उहाँहरू गेरासेनसको इलाकामा आइपुग्‍नुभयो, जुन गालीलको पारीपट्टि पर्छ । 27 जब येशू पाखामा उत्रनुभयो, सहरबाट आएको एक जना मानिसले उहाँलाई भेट्‍यो, जसमा भूतात्माहरू थिए । लामो समयदेखि त्यसले कुनै कपडाहरू लगाएको थिएन, र त्यो घरमा बस्दैनथ्यो, तर चिहानहरूमा बस्थ्यो । 28 जब त्यसले येशूलाई देख्यो, त्यो चिच्‍च्‍यायो, र उहाँको सामु घोप्‍टो पर्‍यो र त्यसले उच्‍च स्वरमा भन्यो, “सर्वोच्‍च परमेश्‍वरका पुत्र येशू, मसँग तपाईंको के सरोकार? म तपाईंलाई बिन्ती गर्छु, मलाई नसताउनुहोस् ।” 29 किनकि येशूले त्यस मानिसबाट अशुद्ध आत्मालाई निस्केर आउने आज्ञा गर्नुभएको थियो । किनकि धेरै पटक त्यसले त्यसलाई पक्रेको थियो र त्यसलाई साङ्ग्ला र नेलले बाँधेर पहरामा राखिएको भए तापनि त्यसले ती साङ्ग्लाहरू छिनालेको थियो र त्यस भूतात्माद्वारा त्यो उजाडस्थानतिर डोर्‍याइन्थ्यो । 30 त्यसपछि येशूले त्यसलाई सोध्‍नुभयो, “तेरो नाउँ के हो?” र त्यसले भन्यो, “फौज” । किनकि धेरै भूतात्माहरू त्यसभित्र पसेका थिए । 31 तिनीहरूलाई गहिरो खाडलमा नपठाउनुहोस् भनी तिनीहरूले उहाँलाई निरन्तर बिन्ती गरे । 32 अब त्‍यहाँ नजिकै डाँडामा सुँगुरहरूको एक ठुलो बथान चरिरहेको थियो । भूतात्माहरूले तिनीहरूभित्र पस्‍न दिनुहोस् भनी उहाँलाई बिन्ती गरे, र उहाँले तिनीहरूलाई अनुमति दिनुभयो । 33 त्यसैले त्यस मानिसबाट भूतात्माहरू निस्के र सुँगुरहरूभित्र पसे, र त्यो बथान भिरालोबाट हुर्रिंदै गएर तालमा डुबे । 34 जब सुँगुर चराइरहेका मानिसहरूले जे भएको थियो त्यो देखे, तिनीहरू भागे र त्यसको बारेमा सहर र गाउँमा बताए । 35 त्यसैले जे भएको थियो त्यो हेर्नलाई मानिसहरू निस्केर गए, र तिनीहरू येशूकहाँ आए र त्यस मानिसलाई भेटाए जसबाट भूतात्माहरू निस्केर गएका थिए । त्यो लुगा लगाएर सद्दे मनको भएर येशूको चरणमा बसिरहेको थियो; अनि तिनीहरू डराए । 36 तब त्यो देख्‍नेहरूले भूतात्मा लागेको मानिस कसरी निको भएको थियो, सो तिनीहरूलाई बताइदिए । 37 त्यसपछि गेरासेनसका क्षेत्रका सबै मानिसहरूले येशूलाई तिनीहरूकहाँबाट जान आग्रह गरे, किनकि तिनीहरू साह्रै डराएका थिए । त्यसैले उहाँ डुङ्गामा चढ्नुभयो ताकि उहाँहरू फर्कन सक्नुभएको होस् । 38 भूतात्माहरू निस्केर गएको मानिसले आफूलाई उहाँसँगै लैजान भनी उहाँलाई बिन्ती गर्‍यो, तर येशूले यसो भन्दै त्यसलाई पठाउनुभयो, 39 “आफ्नो घर फर्क र परमेश्‍वरले तिम्रो निम्ति जे गर्नुभएको छ त्यो पूर्णरूपमा वर्णन गर ।” त्यस मानिसले येशूले त्यसको निम्ति जे गर्नुभएको थियो त्यो सारा सहरभरि घोषणा गर्दै आफ्नो बाटो लाग्यो । 40 जब येशू फर्कनुभयो, भीडले उहाँलाई स्वागत गर्‍यो, किनकि तिनीहरू सबैले उहाँलाई पर्खिरहेका थिए । 41 हेर, याइरस नाउँ गरेका एक जना मानिस, जो सभाघरका अगुवाहरूमध्ये एक थिए, तिनी आए र येशूका पाउमा घोप्‍टो परे र आफ्नो घरमा आउन तिनले उहाँलाई बिन्ती गरे । 42 किनभने तिनको एउटै मात्र बाह्र वर्षकी छोरी मर्नै लागेकी थिई । उहाँ जाँदै गर्नुहुँदा मानिसहरूको भीडहरूले उहाँलाई घचेटिरहेका थिए । 43 अब त्यहाँ एउटी स्‍‍त्री थिई जसको बाह्र वर्षसम्म रगत बग्‍ने समस्या थियो र त्यसले आफ्नो सम्पूर्ण पैसा खर्च गरिसकेकी थिई 1 , र कसैद्वारा पनि निको हुन सकेकी थिइन । 44 त्यो येशूको पछिल्तिरबाट आई र उहाँको लुगाको छेउ छोई र तुरुन्तै त्यसको रगत बग्‍ने रोकियो । 45 येशूले भन्‍नुभयो, “मलाई कसले छोयो?” जब सबैले यसलाई इन्कार गरे, पत्रुसले भने, “गुरुज्यू, तपाईंका वरिपरि मानिसहरूका भीडहरू छन् र तिनीहरूले तपाईंलाई घचेट्दै छन् ।” 46 तर येशूले भन्‍नुभयो, “कसैले मलाई छोएकै हो, किनकि शक्‍ति मबाट बाहिर गएको मलाई थाहा छ ।” 47 जब त्यस स्‍‍त्रीले आफू लुक्‍न नसक्‍ने देखी, तब त्यो काँप्दै आई र उहाँको चरणमा घोप्‍टो परी । त्यसले उहाँलाई किन छोएकी थिई र त्यो कसरी तुरुन्तै निको भएकी थिई, सो सबै मानिसहरूका सामु बताइदिई । 48 त्यसपछि उहाँले त्यसलाई भन्‍नुभयो, “छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ । शान्तिसँग जाऊ ।” 49 जब उहाँ अझै बोल्दै हुनुहुन्थ्यो, सभाघरका अगुवाको घरबाट एक जना यसो भन्दै आयो, “तपाईंकी छोरी मरिसकी । अब गुरुज्यूलाई दुःख नदिनुहोस् ।” 50 तर जब येशूले यो सुन्‍नुभयो, उहाँले याइरसलाई जवाफ दिनुभयो, “नडराऊ, विश्‍वास मात्र गर, र त्यो बचाइनेछे ।” 51 जब उहाँ घरमा आउनुभयो, तब पत्रुस, यूहन्‍ना र याकूब, बालिकाका बुबा र आमाबाहेक अरू कसैलाई पनि उहाँसित भित्र आउन दिनुभएन । 52 अब सबै त्यसको निम्ति निम्ति रुँदै र विलाप गर्दै थिए, तर उहाँले भन्‍नुभयो, “नरोओ, त्यो मरेकी छैन, तर निदाएकी मात्र छे ।” 53 तर त्यो मरिसकी भन्‍ने थाहा पाएर तिनीहरू उहाँको गिल्ला गर्दै हाँसे । 54 तर उहाँले त्यसको हातमा समात्‍नुभयो र यसो भनेर बोलाउनुभयो, “नानी उठ!” 55 त्यसको आत्मा फर्क्यो, र त्यो तुरुन्तै उठी । उहाँले त्यसलाई केही खान दिनू भनी तिनीहरूलाई आज्ञा दिनुभयो । 56 त्यसका बुबा-आमा अचम्मित भए, तर जे भएको थियो त्यो कसैलाई नभन्‍नू भनी उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो ।

1यहाँ त्यसले आफ्नो सम्पूर्ण पैसा खर्च गरिसकेकी थिई भन्‍ने वाक्यांश समावेश हुनुपर्छ वा पर्दैन भन्‍ने सन्दर्भमा विद्वान‍्हरूमा भिन्‍न मतहरू छन् ।

लूका ०८ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यो अध्यायमा लूकाले थुप्रैपटक बदलावलाई अङ्कित नै नगरिकन उनको विषयलाई फेर्छन् । तपाईंले यी झट्ट भएका फेरबदलहरूलाई एकनासले भएको जस्तो बनाउन खोज्‍नुहुँदैन ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

आश्‍चर्यकर्महरू

येशूले आँधीबेह्रिलाई त्यससँग बोलेर शान्त पार्नुभयो, उहाँले एक मरेकी ठिटीलाई त्यससँग बोलेर जीवित बनाउनुभयो, र उहाँले दुष्‍ट आत्माहरूलाई तिनीहरूसँग बोलेर एउटा मानिसलाई छोड्न लगाउनुभयो ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

दृष्‍टान्तहरू

दृष्‍टान्तहरू भनेको छोटा कथाहरू हुन् जुन येशूले बताउनुभयो ताकि उहाँले तिनीहरूलाई सिकाउन कोसिस गरिरहनुभएको पाठलाई मानिसहरूले सजिलै बुझून् । उहाँले कथाहरूलाई यस कारणले पनि भन्‍नुभयो ताकि उहाँलाई विश्‍वास गर्न नचाहनेहरूले सत्यतालाई नबुझून् (लूका ८:४-१५) ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

दाजुभाइहरू तथा दिदीबहिनीहरू

अधिकांश मानिसहरूले तिनीहरूलाई “दाजुभाइ” वा “दिदीबहिनी” भन्छन् जसको एउटै बाबुआमा हुन्छ र तिनीहरूलाई आफ्‍नो जीवनको सबैभन्दा महत्त्वपूर्ण मानिसहरू ठान्छन् । धेरै मानिसहरूले उही हजुरबुबा वा हजुरआमा भएकाहरूलाई पनि “दाजुभाइ” वा “दिदीबहिनी” भन्छन् । यस अध्यायमा येशूले भन्‍नुहुन्छ कि उहाँको लागि सबैभन्दा महत्त्वपूर्ण मानिसहरू भनेको तिनीहरू हुन् जसले स्वर्गमा हुनुभएका उहाँको पिताको आज्ञापालन गर्छन् ।


Luke 8:1

सामान्य जानकारीः

यी पदहरूले यात्राको क्रममा येशूले गर्नुभएको प्रचारको बारेमा पृष्‍ठभूमि जानकारी दिन्छन् ।

यस्तो भयो कि

यो वाक्यांशलाई यहाँ कथाको एउटा नयाँ भागलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ ।

Luke 8:2

जो दुष्‍टात्माहरू र रोगहरूबाट निको भएका थिए

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई येशूले दुष्‍ट आत्माहरूबाट स्वतन्‍त्र पार्नुभएको थियो र रोगहरूबाट निको पार्नुभएको थियो”

मरियम

“केही स्‍त्रीहरूमध्ये” एकजना ।

मरियम जसलाई मग्दलिनी भनिन्थ्यो ... सात भूतहरू निस्केका थिए

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मरियम, जसलाई मानिसहरूले मग्दलिनी भनेर बोलाउँथे ... येशूले सात भूतहरू धपाउनुभएको थियो”

Luke 8:3

योअन्‍ना ... सुसन्‍ना

“केही स्‍त्रीहरूमध्ये” दुईजना

हेरोदका कारिन्दा खुजासकी पत्‍नी योअन्‍ना

योअन्‍ना खुजासकी पत्‍नी र खुजास हेरोदका प्रबन्धक थिए । “योअन्‍ना जो हेरोदका प्रबन्धक खुजासकी पत्‍नी थिइन्”

तिनीहरूको लागि जुटाइरहेका थिए

“येशू र उहाँका बाह्र चेलाहरूलाई आर्थिक रूपमा सहयोग गर्थे”

Luke 8:4

सामान्य जानकारीः

येशूले भीडलाई माटोको दृष्‍टान्त बताउनुहुन्छ । उहाँले त्यसको अर्थ उहाँका चेलाहरूलाई व्याख्या गर्नुहुन्छ ।

उहाँकहाँ आउँदै

“येशूकहाँ आउँदै”

Luke 8:5

एउटा किसान केही बिउहरू छर्नलाई निस्क्यो

“एउटा किसान केही बिउ छर्न खेतमा गयो” वा “एउटा किसान केही बिउहरू छर्न खेतमा गयो”

केही ... परे

“केही बिउ ... परे” वा “केही बिउहरू ... परे”

ती खुट्टाले कुल्चिए

यसलाई कर्तृ वाच्यमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरू त्यसमाथि हिँडे” वा “मानिसहरू तिनीहरू माथि हिँडे”

आकाशका पन्क्षीहरू

यो उपमालाई “आकाश”को बुझाइलाई कायम राख्‍न सामान्य रूपमा “चराहरू” वा “चराहरू तल उडे र” भनेर अनुवाद गर्न सकिन्छ ।

ती नष्‍ट पारे

“ती सबै खाए” वा “तिनीहरू सबैलाई खाए”

Luke 8:6

ती सुकिहाले

“हरेक बिरुवा सुख्‍खा भयो र चाउरी पर्‍यो” वा “बिरुवाहरू सुख्‍खा भए र चाउरी परे”

त्यो ओबानो थियो

“ती अति सुख्‍खा थिए” वा “तिनीहरू अति सुक्‍खा थिए ।” कारणलाई उल्‍लेख गर्न पनि सकिन्छ । वैकल्पिक अनुवादः “जमिन अति सुक्‍खा थियो”

Luke 8:7

जोड्ने कथनः

येशूले भीडलाई दृष्‍टान्त भन्‍न सकाउनुहुन्छ ।

त्यसलाई निसासिदियो

काँढाका झाङहरूले सबै पोषण, पानी, र घामको प्रकाश लिन्छन्, त्यसैले किसानका बिरुवाहरू राम्ररी बढ्न सकेनन् ।

Luke 8:8

फल फलाए

“कटनी बढाए” वा “धेरै बिउहरू वृद्धि गराए”

सयौँ गुणा बढी

यसको अर्थ छरिएका बिउहरूभन्दा सयौँ गुणा बढी भन्‍ने हुन्छ ।

जससँग सुन्‍ने कानहरू छन् त्यसले सुनोस्

येशूले जोड दिइरहनुभएको छ कि उहाँले भर्खरै भन्‍नुभएको कुरा महत्त्वपूर्ण छ र बुझ्‍न र अभ्यासमा ल्याउनलाई केही कोसिस चाहिन सक्छ । यहाँ “सुन्‍ने कानहरू” वाक्यांश बुझ्‍न र आज्ञापालन गर्नलाई भएको इच्छुकपनाको लागि एउटा प्रतिस्थापन हो । किनकि येशूले उहाँको कुरा सुन्‍नेहरूलाई प्रत्यक्ष रूपमा भनिरहनुभएको छ, तपाईंले यहाँ दोस्रो व्यक्तिलाई प्रयोग गर्नलाई रोज्‍न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “जो सुन्‍न इच्छुक छ, उसले सुनोस्” वा “जो बुझ्‍नलाई इच्छुक छ, उसले बुझोस् र आज्ञापालन गरोस्” वा “यदि तिमी सुन्‍न चाहिरहेका छौ भने, सुन” वा “यदि तिमी बुझ्‍न चाहिरहेका छौ भने, बुझ र आज्ञापालन गर”

Luke 8:9

जोड्ने कथनः

येशू उहाँका चेलाहरूसँग कुरा गर्न थाल्‍नुहुन्छ ।

Luke 8:10

तिमीहरूलाई परमेश्‍वरको राज्यका रहस्यहरू जान्‍न दिइएको छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई बुझ्ने वरदान दिनुभएको छ” वा “परमेश्‍वरले तिमीहरूलाई बुझ्न सक्‍ने बनाउनुभएको छ”

परमेश्‍वरका राज्यका रहस्यहरू

यी लुकाइएका सत्यताहरू हुन्, तर येशूले तिनीहरूलाई अब प्रकट गरिरहनुभएको छ ।

बाँकीलाई

“अरू मानिसहरूको लागि ।” यसले ती मानिसहरूलाई जनाउँछ जसले येशूको शिक्षालाई इन्कार गरे र उहाँलाई पछ्याएनन् ।

तिनीहरूले हेरेर पनि नदेखून्

“तिनीहरूले देख्छन्, र पनि तिनीहरूले बुझ्नेछैनन् ।” यो यशैया अगमवक्ताबाट लिइएको उद्धरण हो । केही भाषाहरूमा क्रियापदहरूको वस्तुलाई उल्‍लेख गर्न जरुरी हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरूले देखे पनि तिनीहरूले यसलाई बुझ्नेछैनन्” वा “तिनीहरूले घटेका कुराहरू देख्छन्, र पनि तिनीहरूले तिनको अर्थ बुझ्नेछैनन्”

तिनीहरूले सुनेर पनि नबुझून्

“तिनीहरूले सुन्छन्, र पनि तिनीहरूले बुझ्नेछैनन् ।” यो यशैया अगमवक्ताबाट लिइएको उद्धरण हो । केही भाषाहरूमा क्रियापदहरूको वस्तुलाई उल्‍लेख गर्न जरुरी हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरूले शिक्षा सुने पनि तिनीहरूले सत्यता बुझ्नेछैनन्”

Luke 8:11

जोड्ने कथनः

येशूले उहाँका चेलाहरूलाई माटोको दृष्‍टान्तको अर्थ व्याख्या गर्न थाल्‍नुहुन्छ ।

बिउ चाहिँ परमेश्‍वरको वचन हो

“बिउ चाहिँ परमेश्‍वरबाटको सन्देश हो”

Luke 8:12

बाटोमा परेकाहरू ... हुन्

“बाटोमा खसेका बिउहरू ती हुन् ... ।” येशूले बिउहरूलाई के हुन्छ भनेर बताउनुहुन्छ किनकि यो मानिसहरूसँग सम्बन्धित छ । वैकल्पिक अनुवादः “बाटोमा खसेका बिउहरूले ... मानिसहरूलाई प्रतिनिधित्व गर्छ” वा “दृष्‍टान्तमा, बाटोमा खसेका बिउहरूले ... मानिसहरूलाई प्रतिनिधित्व गर्छ”

... तिनीहरू हुन् जो

येशूले बिउहरूले मानिसहरूको बारेमा केही कुरालाई देखाउने विषयमा यसरी बताउनुहुन्छ मानौँ बिउहरू मानिसहरू नै थिए । वैकल्‍पिक अनुवादः “जुन मानिसहरूले ... लाई के हुन्छ भनेर देखाउनु”

दुष्‍ट आउँछ र तिनीहरूको हृदयमा भएका वचन खोसेर लैजान्छ

यहाँ “हृदयहरू” मानिसहरूको मनहरू वा भित्री व्यक्तित्वहरूको लागि एउटा प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “दुष्‍ट आउँछ र परमेश्‍वरको सन्देशलाई तिनीहरूको भित्री सोचाइहरूबाट लैजान्छ”

खोसेर लैजान्छ

दृष्‍टान्तमा यो बिउहरू खोसेर लैजाने चराको अलङ्कार थियो । तपाईंको भाषामा पनि यो रूपकलाई कायम गर्ने शब्दहरूको प्रयोग गर्नुहोस् ।

ताकि तिनीहरूले विश्‍वास नगरून् र नबाँचून्

यो दुष्‍टको उद्देश्‍य हो । वैकल्पिक अनुवादः “किनभने दुष्‍टले सोच्छ, ‘तिनीहरूले विश्‍वास गर्नुहुँदैन र तिनीहरू बचाइनुहुन्‍न’” वा “त्यसैले यस्तो नहोस् कि तिनीहरूले विश्‍वास गरून् र परमेश्‍वरले तिनीहरूलाई बचाउनुभएको होस्”

Luke 8:13

चट्टानमा भएकाहरू

“चट्टाने भूमिमा परेका बिउहरू ती हुन् ... ।” येशूले बिउहरूलाई के हुन्छ भनेर बताउनुहुन्छ किनकि यो मानिसहरूसँग सम्बन्धित छ । वैकल्पिक अनुवादः “चट्टाने भूमिमा खसेका बिउहरूले ... मानिसहरूलाई प्रतिनिधित्व गर्छ” वा “दृष्‍टान्तमा, चट्टाने भूमिमा खसेका बिउहरूले ... मानिसहरूलाई प्रतिनिधित्व गर्छ”

चट्टान

“चट्टाने भूमि”

जाँचको समयमा

“जब तिनीहरूले कठिनाइ भोग्छन्”

तिनीहरू पतन भएर जान्छन्

यो उपमाको अर्थ “तिनीहरूले विश्‍वास गर्न छाड्छन्” वा “तिनीहरू येशूलाई पछ्याउन छाड्छन्” भन्‍ने हुन्छ ।

Luke 8:14

तिनीहरू जो काँडाहरूमा परे, तिनीहरू ... हुन्

“काँडाहरूमा खसेका बिउहरूले ... मानिसहरूलाई प्रतिनिधित्व गर्छ” वा “दृष्‍टान्तमा, काँडाहरूमा खसेका बिउहरूले ... मानिसहरूलाई प्रतिनिधित्व गर्छ”

तिनीहरू निसासिन्छन् ... यस जीवनका सुखचैनहरू

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “फिक्री, धन र यस जीवनको मोजमज्जाले तिनीहरू निसासिए”

फिक्री

मानिहरूले चिन्ता गर्ने कुराहरू

यस जीवनका सुख विलासहरू

“मानिहरूले यस जीवनमा आनन्द मान्‍ने कुराहरू”

तिनीहरू यस जीवनका चिन्ता, धनसम्पत्ति र सुख विलासहरूद्वारा निसासिन्छन्

यस अलङ्कारले झारहरूले कसरी विरुवालाई प्रकाश र पोषणबाट वञ्‍चित गर्छ र तिनीहरूलाई बढ्नबाट रोक्छ भन्‍ने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “जसरी झारहरूले असल विरुवाहरूलाई वृद्धि हुनबाट रोक्छ, यस जीवनको फिक्रि, धनसम्पत्ति, सुखचैनले मानिसहरूलाई परिपक्व हुनबाट रोक्छ”

तिनीहरूले पाकेको फल फलाउँदैनन्

“तिनीहरूले पाकेको फल दिँदैनन् ।” परिपक्व फल चाहिँ असल कार्यहरूको लागि एउटा अलङ्कार हो । वैकल्‍पिक अनुवादः “जसरी एउटा बिरुवाले पाकेको फल फलाउँदैन, त्यसरी नै तिनीहरूले असल कामहरू गर्दैनन्”

Luke 8:15

तिनीहरू जो असल माटोमा परे, तिनीहरू ... हुन्

वैकल्पिक अनुवादः “असल माटोमा खसेका बिउहरूले ... मानिसहरूलाई प्रतिनिधित्व गर्छ” वा “दृष्‍टान्तमा, असल माटोमा खसेका बिउहरूले ... मानिसहरूलाई प्रतिनिधित्व गर्छ”

वचन सुनेर

“सन्देश सुनेर”

एउटा इमान्दार र असल हृदयले

यहाँ “हृदय” व्यक्तिको सोचहरू वा अभिप्रायहरूको लागि एउटा प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “एउटा इमान्दार र असल चाहनाले”

धैर्यसाथ फल फलाउँछन्

“धैर्यसाथ सहन गरेर फल उत्पादन गर्छन्” वा “निरन्तरको प्रयासबाट फल उत्पन्‍न गर्नु ।” फल चाहिँ असल कार्यहरूको लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “असल फल फलाउने स्वस्थ बिरुवाले झैँ तिनीहरूले पनि धैर्यसाथ लागिरहेर असल कामहरू उत्पन्‍न गर्छन्”

Luke 8:16

जोड्ने कथनः

येशूले अर्को दृष्‍टान्त भन्‍नुभएर निरन्तरता दिनुहन्छ र त्यसपछि उहाँले बोल्‍नलाई सिद्ध्याउनुहुन्छ जसै उहाँले आफ्‍नो काममा उहाँको परिवारको भूमिकालाई जोड दिनुहुन्छ ।

कसैले ...

यसले अर्को दृष्‍टान्तको सुरुवातलाई अङ्कित गर्छ ।

Luke 8:17

कुनै पनि कुरालाई प्रकट हुन नसक्‍ने गरी लुकाउन सकिँदैन

यस युगल अकरणलाई एउटा सकारात्मक भनाइको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “लुकाइएको हरेक कुरा प्रकट गरिनेछ”

न त कुनै पनि गोप्य कुरा प्रकट नै हुन नसक्‍ने र ज्योतिमा आउन नसक्‍ने हुन्छ

यस युगल अकरणलाई एउटा सकारात्मक भनाइको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “हरेक गोप्य कुरा थाहा हुनेछ र प्रकाशमा आउनेछ”

Luke 8:18

जससँग छ, त्यसलाई धेरै दिइनेछ

यो कुरा सन्दर्भबाट प्रस्‍ट छ कि येशूले समझ र विश्‍वास गर्ने कुराको बारेमा कुरा गरिरहनुभएको छ । यसलाई प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ र कर्तृ वाच्यमा बदल्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जससँग समझ छ त्यसलाई अझ बढी समझ दिइनेछ” वा “परमेश्‍वरले सत्यता बुझ्‍नेहरूलाई अझ बढी बुझ्‍नलाई सक्षम बनाउनुहुनेछ”

त्यो जससँग ... छैन ... त्यसबाट लगिनेछ

यो कुरा सन्दर्भबाट प्रस्‍ट छ कि येशूले समझ र विश्‍वास गर्ने कुराको बारेमा कुरा गरिरहनुभएको छ । यसलाई प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ र कर्तृ वाच्यमा बदल्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तर जोसँग समझ छैन त्यसले आफूसँग जेजति समझ भनेर सोच्छ, त्यो पनि त्यसले गुमाउनेछ” वा “तर परमेश्‍वरले सत्यतालाई विश्‍वास नगर्नेहरूलाई तिनीहरूले बुझेका छन् भनेर ठानेका थोरै सत्यता पनि नबुझ्‍ने तुल्याउनुहुनेछ”

Luke 8:19

भाइहरू

यी येशूका भाइहरू थिए-मरियम र योसेफका अरू छोराहरू जो येशू पछाडि जन्मेका थिए । किनकि येशूको पिता परमेश्‍वर हुनुहुन्थ्यो, र तिनीहरूका पिता चाहिँ योसेफ थिए, तिनीहरू खासगरी उहाँका सौतेनी भाइहरू थिए । यो विस्तृत विवरणलाई सामान्यतया अनुवाद गरिँदैन ।

Luke 8:20

उहाँलाई भनिएको थियो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले उहाँलाई भने” वा “कसैले उहाँलाई भन्यो”

भेट्ने इच्छा गरिरहेका

“र तिनीहरूले तपाईंलाई भेट्न चाहन्छन्”

Luke 8:21

मेरा आमा र भाइहरू भनेका ती हुन्, जसले परमेश्‍वरको वचन सुन्छन् र पालना गर्छन्

यो अलङ्कारले व्यक्त गर्छ कि ती मानिसहरू जो येशूका कुरा सुन्‍न आइरहेका थिए, तिनीहरू उहाँको लागि उहाँको आफ्‍नो परिवार जत्तिकै महत्त्वपूर्ण थिए । वैकल्पिक अनुवादः “परमेश्‍वरको वचन सुन्‍ने र पालन गर्नेहरू मेरा आमा र भाइहरूजस्ता हुन्”

परमेश्‍वरको वचन

“सन्देश जुन परमेश्‍वरले बोल्‍नुभएको छ”

Luke 8:22

जोड्ने कथनः

तब येशू र उहाँका चेलाहरूले गनेसरेतको ताललाई पार गर्न एउटा डुङ्गाको प्रयोग गर्नुहुन्छ । चेलाहरूले त्यसैबेलामा चलेको आँधीबेह्रीबाट येशूको शक्तिको बारेमा अझ बढी जान्छन् ।

ताल

यो गेनेसरेतको ताल हो जसलाई गालीलको समुद्र पनि भनिन्छ ।

तिनीहरू यात्रा थाल्छन्

यो अभिव्यक्तिको अर्थ हुन्छ कि तिनीहरूले आफ्‍नो डुङ्गामा ग‍नेसरेतको तालको पारि जान यात्रा सुरु गरे ।

Luke 8:23

जसै तिनीहरूले डुङ्गामा यात्रा गरे

“जसै तिनीहरू गए”

उहाँ निदाउनुभयो

“सुत्‍न थाल्नुभयो”

धेरै ठूलो आँधीबेहरी आयो

“शक्तिशाली बतासको आँधीबेहरी चल्न सुरु गर्‍यो” वा “अचानक धेरै शक्तिशाली बतास चल्न सुरु गर्‍यो”

तिनीहरूको डुङ्गा पानीले भरिरहेको थियो

शक्तिशाली बतासहरूले ठूलो छालहरू ल्यायो जसले पानीलाई डुङ्गामाथि सम्‍मै धकेल्यो । यसलाई प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “बतासहरूले उच्‍च छालहरू बनायो जसले तिनीहरूको डुङ्गालाई पानीले भर्न सुरु गर्‍यो”

Luke 8:24

हप्काउनुभयो

कडासित बोल्नुभयो

पानीको चलहल

“भयङ्कर छालहरू”

तिनीहरू थामिए

“बतास र छाल रोकिए” वा “तिनीहरू शान्त भए”

Luke 8:25

तिमीहरूको विश्‍वास कहाँ छ ?

येशूले तिनीहरूलाई नरम प्रकारले हकार्दै हुनुहुन्थ्यो, किनभने तिनीहरूको वास्ता गर्नलाई तिनीहरूले उहाँमा भरोसा गरेनन् । यसलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले विश्‍वास गर्नुपर्थ्यो !” वा “तिमीहरूले मलाई भरोसा गर्नुपर्थ्यो !”

उहाँ को हुनुहुन्छ ... उहाँको आज्ञा मान्छन् ?

“यी कस्ता मानिस हुन् ... उहाँको आज्ञा मान्छन् ?” येशूले कसरी आँधीबेह्रीलाई नियन्‍त्रण गर्न सक्‍नुभयो भन्‍ने कुराप्रति यस प्रश्‍नले आश्‍चर्य र अलमलपनालाई व्यक्त गर्छ ।

यिनी को हुन्, कि उहाँले अह्राउनुहुन्छ ... उहाँलाई मान्छन् ?

यसलाई दुईवटा वाक्यहरूमा बदल्‍न सकिन्छः “त्यसोभए तिनी को हुन् त ? उहाँले आज्ञा गर्नुहुन्छ ... उहाँको आज्ञापालन गर्छन् !”

Luke 8:26

जोड्ने कथनः

येशू र उहाँका चेलाहरू गेरेसाको किनारमा आइपुग्‍नुहुन्छ जहाँ येशूले एउटा मानिसबाट धेरै भूतहरू निकाल्‍नुहुन्छ ।

गेरासेनसको इलाका

गेरासनेस गेरेसा भनिने सहरका मानिसहरू थिए ।

गालीलको पारीपट्टि

“गालीलबाट तालको अर्को किनारापट्टि”

Luke 8:27

सहरबाट आएको एक जना मानिस

“गेरेसा सहरबाट आएको एउटा मानिस”

सहरबाट आएको भूतहरू लागेको एकजना मानिस

त्यस मानिसमा भूतहरू थियो; यो सहर थिएन जसलाई भूतहरू लागेको थियो । वैकल्‍पिक अनुवादः “सहरबाट आएको एकजना मानिस, र यस मानिसलाई भूतहरू लागेको थियो”

जसमा दुष्‍टात्माहरू थिए

“त्यो भूतहरूद्वारा नियन्त्रित थियो” वा “जसलाई भूतहरूले नियन्त्रण गरेको थियो”

लामो समयका लागि उसले कुनै कपडाहरू लगाएको थिएन ... तर चिहानहरू हुँदो

यो भूतहरू लागेको मानिसको बारेमा पृष्‍ठभूमि जानकारी हो ।

उसले केही कपडाहरू लगाएको थिएन

“उसले कपडाहरू लगाएको थिएन”

चिहानहरू

यी ती ठाउँहरू हुन् जहाँ मानिसहरूले मृत शरीरहरूलाई राख्छन्, सम्भवतः गुफाहरू र साना घरहरू जुन कुनै मानिसले वासको रूपमा प्रयोग गर्न सक्दैनथ्यो ।

Luke 8:28

जब उसले येशूलाई देख्यो

“जब भूत लागेको मानिसले येशूलाई देख्यो”

ऊ चिच्‍च्‍यायो

“ऊ करायो” वा “ऊ ठूलो आवाजमा चिच्‍च्यायो”

उहाँको सामु लड्यो

“येशूको अगि भुइँमा लम्पसार पर्‍यो ।” ऊ संयोगवश लडेको होइन ।

उसले उच्‍च स्वरमा भन्यो

“उसले ठूलो स्वरमा भन्यो” वा “ऊ चिच्‍च्यायो”

तपाईं र मेरो बीचमा के छ र

यो उपमाको अर्थ “तपाईंले मलाई किन दुःख दिइरहनुभएको छ ?” भन्‍ने हुन्छ ।

सर्वोच्‍च परमेश्‍वरको पुत्र

यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।

Luke 8:29

धेरै पटक त्यसले उसलाई पक्रेर राखेको थियो

“त्यसले त्यो मानिसलाई धेरै पटक कब्जामा पारेको थियो” वा “धेरैपटक यो त्यसभित्र गएको थियो ।” येशूले त्यस मानिसलाई भेट्न अगि दुष्‍टात्माले धेरै पटक के गरेको थियो भनी यसले बताउँछ ।

ऊ साङ्ग्ला र नेलले बाँधिएर पहरामा राखिएको भए तापनि

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले त्यसलाई साङ्लाले बाँधी नेल लगाएर पहरामा राखे तापनि”

उसलाई भूतद्वारा चलाइन्थ्यो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “भूतले त्यसलाई बाहिर जाने बनाउँथ्यो”

Luke 8:30

फौज

यसलाई धेरै सिपाहीहरू वा मानिसहरूको सङ्‍ख्यालाई जनाउने शब्दले अनुवाद गर्नुहोस् । केही अन्य अनुवादहरूले “सेना” भन्छन् । वैकल्पिक अनुवादः “टोली” वा “दल”

Luke 8:31

उहाँलाई बिन्ती गरिरह्‌यो

“येशूलाई बिन्ती गरिरह्‌यो”

Luke 8:32

डाँडामा सुँगुरको एउटा ठूलो बथान चरिरहेको थियो

यसलाई सुँगुरहरूको परिचय गराउनलाई पृष्‍ठभूमि जानकारीको रूपमा प्रदान गरिएको छ ।

डाँडामा चरिरहेको थियो

“नजिकैको एउटा पहाडमा घाँस खाइरहेको थियो”

Luke 8:33

त्यसैले भूतहरू बाहिर आए

त्यस मानिसबाट भूतहरू बाहिर आउनुको कारण येशूले तिनीहरू सुँगुरहरूभित्र जान सक्छन् भनेर तिनीहरूलाई भन्‍नुभएकोले गर्दा हो भनेर व्याख्या गर्नलाई “त्यसैले” शब्दलाई यहाँ प्रयोग गरिएको छ ।

हुर्रिए

ज्यादै छिटो-छिटो कुदे

... बथान डुब्यो

“ ... बथान डुब्यो ।” एकचोटि पानीमा पुगिसकेपछि कसैले पनि सुँगुरहरूलाई डुब्ल लगाएन ।

Luke 8:35

त्यस मानिस जसबाट दुष्‍ट आत्माहरू निस्केर गएका थिए

“भूतले छाडेका मानिसलाई देखे”

उसको सद्दे दिमागमा

“होसमा” वा “सामान्य तवरले व्यवहार गरिरहेको”

येशूको चरणमा बसिरहेको

“पाउमा बसिरहेको” भनेको एउटा उपमा हो जसको अर्थ “नजिकै नम्र भएर बसिरहेको” वा “अगाडि बसिरहेको” भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “येशूको अगाडि भुइँमा बसिरहेको”

तिनीहरू डराएका थिए

तिनीहरू येशूसँग डराएका थिए भन्‍ने कुरालाई प्रस्‍टसँग व्यक्त गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरू येशूसँग डराए”

Luke 8:36

जुन मानिसहरूले देखेका थिए

“जुन मानिसहरूले घटेको घटना देखेका थिए”

त्यो मानिस जसलाई भूतहरू लागेको थियो, त्यसलाई निको पारिएको थियो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “येशूले त्यस मानिसलाई निको पार्नुभएको थियो जसलाई भूतहरू लागेको थियो” वा “येशूले त्यस मानिसलाई निको पार्नुभएको थियो जसलाई भूतहरूले नियन्‍त्रण गरेका थिए”

Luke 8:37

गेरासेनसको इलाका

“गेरासेनसको त्यो क्षेत्र” वा “गेरासेनसका मानिसहरू बस्‍ने त्यो क्षेत्र”

तिनीहरू साह्रै डराएका थिए

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू अति भयभीत भए”

फर्कन

गन्तव्यलाई उल्‍लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ताल वारि नै फिर्ता जानु”

Luke 8:38

ती मानिस

यी पदहरूमा भएका घटनाहरू येशू डुङ्गामा चढेर जानुभन्दा अगाडि घटेका हुन् । यसलाई सुरुमै उल्‍लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्‍पिक अनुवादः “येशू र उहाँका चेलाहरू जानुभन्दा अगाडि, त्यो मानिस” वा “येशू र उहाँका चेलाहरू डुङ्गामा यात्रा गर्नुभन्दा अगाडि, त्यो मानिस”

Luke 8:39

तिम्रो घर

“तिम्रो घराना” वा “तिम्रो परिवार”

परमेश्‍वरले तिम्रो लागि गरिदिनुभएको सबै कुरालाई वर्णन गर्नु

“परमेश्‍वरले तिम्रो लागि गरिदिनुभएको कुराको बारेमा तिनीहरूलाई सबै बताउनु”

Luke 8:40

सामान्य जानकारीः

यी पदहरूले याइरसको बारेमा पृष्‍ठभूमि जानकारी दिन्छन् ।

जोड्ने कथनः

जब येशू र उहाँका चेलाहरू तालको अर्कोपट्टि भएको गालीलमा फर्कनुहुन्छ, उहाँले सभाघरको शासकको १२ वर्षको छोरीलाई निको पार्नुहुन्छ र साथसाथै १२ वर्षदेखि रक्तस्राव भइरहेकी एक स्‍त्रीलाई पनि निको पार्नुहुन्छ ।

भीडले उहाँलाई स्वागत गर्‍यो

“भीडले उहाँलाई खुसीसाथ अभिवादन गर्‍यो”

Luke 8:41

सभाघरका अगुवाहरूमध्ये एक

“स्थानीय सभाघरका अगुवाहरूमध्ये एक जना” वा “त्यस सहरको सभाघरमा भेला हुने मानिसहरूमध्ये एक जना अगुवा”

येशूका पाउमा घोप्‍टो परे

सम्भावित अर्थहरू हुन् १) “येशूका पाउमा निहुरिए” वा

Luke 8:42

मर्दै थिइन्

“मर्नै लागेकी थिइन्”

जसै येशू बाटोमा हिँडिरहनुभएको थियो

केही अनुवादकहरूले येशू याइरससँग जानलाई राजी हुनुभएको थियो भन्‍नु पर्ला । वैकल्‍पिक अनुवादः “त्यसैले येशू तिनीहरूसँग जान राजी हुनुभयो । जसै उहाँ आफ्‍नो बाटोमा जाँदै हुनुहुन्थ्यो”

मानिसहरूको भीडले उहाँलाई घचेटिरहेको थियो

“मानिसहरू येशूको वरिपरि ठेलमठेला गरिरहेका थिए”

Luke 8:43

एउटा स्‍त्री त्यहाँ थिई

यसले कथामा एउटा नयाँ पात्रलाई परिचय गराउँछ ।

रगत बग्‍ने भइरहँदा

“रक्तस्राव थियो ।” यो सम्भवतः तिनको सामान्य समय नभइकनै तिनलाई रक्तस्राव भइरहेको थियो । केही संस्कारहरूमा यस अवस्थालई जनाउने नम्र शैलीहरू पनि हुन सक्छ ।

तिनीहरूमध्ये कसैले पनि निको पार्न सकेका थिएनन्

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर कसैले पनि तिनलाई निको पार्न सकेनन्”

Luke 8:44

उहाँको कपडाको छेउ छोइन्

“उहाँको लुगाको किनारा छोइन् ।” यहूदीहरूले परमेश्‍वरको व्यवस्थाले आज्ञा गरेअनुसार तिनीहरूको शिष्‍ट पोशाकको अंशको रूपमा तिनीहरूको कपडाको किनारामा झुम्का लगाउँथे । सम्भवतः तिनले यसैलाई छोइन् ।

Luke 8:45

मानिसहरूको भीडले तपाईंलाई घेरेर घचेट्दै छन्

यसो भनेर पत्रुसले येशूलाई जो कोहीले छुन सक्थ्यो भन्‍ने देखाइरहेका छन् । आवश्‍यक परेमा, यो अस्‍पष्‍ट कुरालाई स्‍पष्‍ट पार्न सकिन्छ । वैकल्‍पिक अनुवादः “धेरै मानिसहरू तपाईंको वरिपरि भीड लागिरहेका छन् र तपाईंलाई ठेलमठेला गरिरहेका छन्, त्यसैले तीमध्ये जो कसैले पनि तपाईंलाई छोएको हुन सक्छ !”

Luke 8:46

कसैले मलाई छोएकै हो

यो जानाजानको “छुवाइ”लाई संयोगवश हुन पुगेको भीडको छुवाइहरूबाट भिन्‍न भएको देखाउँदा सहयोगी हुन सक्छ । वैकल्‍पिक अनुवादः “मलाई थाहा छ कि कसैले मलाई जानाजान छोयो”

शक्ति मबाट बाहिर गएको मैले थाहा पाएँ

येशूले शक्ति गुमाउनुभएको थिएन वा उहाँ कमजोर हुनुभएको थिएन, तर उहाँको शक्तिले स्‍त्री निको भइन् । वैकल्पिक अनुवादः “म जान्दछु कि मबाट चङ्गाइको शक्ति बाहिर गयो” वा “मेरो शक्तिले कसैलाई निको पारेको मैले थाहा पाएँ”

Luke 8:47

जब त्यस स्‍त्रीले आफू लुक्न नसक्‍ने देखिन्

“जब त्यस स्‍त्रीले आफूले गरेको कुरा लुकाउन नसक्‍ने देखिन् ।” तिनले के गरिन् भन्‍ने कुरालाई उल्‍लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “येशूलाई छुने तिनी नै हुन् भनी तिनले गोप्य राख्‍न सक्‍ने थिइनन्”

तिनी काँप्दै आइन्

“तिनी डरले काँप्दै आइन्”

उहाँको अगाडि घोप्‍टो परिन्

सम्भावित अर्थहरू हुन् १) “तिनी येशूको अगि घोप्टो परिन्” वा २) “तिनी येशूको पाउमा लम्पसार परिन् ।” तिनी संयोगवश लडेकी थिइनन् । येशूको निम्ति नम्रता र आदरको चिन्हस्वरूप तिनले यसो गरिन् ।

सबै मानिसहरूका सामु

“सबै मानिसहरूका दृष्‍टिमा”

Luke 8:48

छोरी

यो स्‍त्रीलाई दया गरेर बोलाउने तरिका थियो । तपाईंको भाषामा यसरी दया देखाउने तरिका हुन सक्छ ।

तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ

“तिम्रो विश्‍वासको कारण, तिमी निको भएकी छ्यौ ।” भाववाचक नाउँ “विश्‍वास”लाई एउटा कार्यको रूपमा उल्‍लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि तिमी विश्‍वास गर्छ्यौ, तिमी निको भएकी छ्यौ”

शान्तिसँग जाऊ

यो एकै पटकमा “बाईबाई” गर्ने र आशिष् दिने तरिका हो । वैकल्पिक अनुवादः “तिमी जाँदा कुनै चिन्ता नगर” वा “तिमी जाँदा परमेश्‍वरले तिमीलाई शान्ति दिऊन्”

Luke 8:49

जब उहाँ अझै बोल्दै हुनुहुन्थ्यो

“येशू त्यस स्‍त्रीसँग बोलिरहनुहुँदा”

सभाघरका अगुवाको घर

यसले याइरसलाई जनाउँछ । (हेर्नुहोस्ः [लूका ८:४१] (./40.md))

गुरूलाई अरू बढी कष्‍ट नदिनुहोस्

यो भनाइको आशय हुन्छ कि केटी अब मरिसकेकी हुनाले सहायता गर्नलाई येशूले केही पनि गर्न सक्‍नुहुने छैन ।

गुरू

यसले येशूलाई जनाउँछ ।

Luke 8:50

तिनी निको हुनेछिन्

“तिनी राम्रो हुनेछिन्” वा “तिनी फेरि जिउनेछिन्”

Luke 8:51

जब उहाँ घरमा आउनुभयो

“जब तिनीहरू घरमा आए ।” येशू याइरससँग त्यहाँ जानुभयो । साथै येशूका केही चेलाहरू पनि तिनीहरूसँगै गए ।

पत्रुस, यूहन्‍ना र याकूब, र केटीको बुबा र आमाबाहेक उहाँले कसैलाई अनुमति दिनुभएन

यसलाई सकारात्मक रूपमा उल्‍लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले पत्रुस, याकूब, यूहन्‍ना, केटीको बुबा र आमालाई मात्र उहाँसँग भित्र जान दिनुभयो”

बालिकाको बाबु

यसले याइरसलाई जनाउँछ ।

Luke 8:52

सबै मानिसहरू तिनको निम्ति रुँदै र विलाप गर्दै थिए

यो त्यस संस्कृतिमा दुःख देखाउने सामान्य तरिका थियो । वैकल्पिक अनुवादः “सबै मानिसले तिनीहरू कति दुःखित छन् भनी देखाइरहेका थिए र ठूलो स्वरमा रोइरहेका थिए किनभने केटी मरेकी थिइन्”

Luke 8:53

तिनी ... भनी जानेर , तिनीहरूले उहाँको कुरामा हाँसे

“उहाँको कुरामा हाँसे किनभने तिनीहरू जान्दथे कि केटी ... ”

Luke 8:54

उहाँले तिनको हात समातेर

“येशूले त्यस ठिटीको हात पक्रनुभयो”

Luke 8:55

तिनको आत्मा फर्क्यो

“तिनको आत्मा तिनको शरीरमा फर्कियो ।” यहूदीहरूले बुझेका कि जीवन चाहिँ आत्मा कुनै व्यक्तिभित्र आउनुको परिणाम थियो । वैकल्पिक अनुवादः “तिनले फेरि सास फेर्न थालिन्” or “तिनी जीवनमा फर्किन्” वा “तिनी फेरि जीवित भइन्”

Luke 8:56

कसैलाई नभन्‍न

यसलाई फरक तरिकाले व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कसैलाई नबताउन भनेर”


Translation Questions

Luke 8:3

स्‍त्रीहरूको ठुलो समूहले येशू र उहाँका चेलाहरूका निम्ति के गर्‍यो ?

ती स्‍त्रीहरूले आफ्नै भौतिक स्रोतहरूबाट उहाँहरूलाई सहयोग गरे । [८:३]

Luke 8:11

येशूको दृष्‍टान्तमा छरिएको बिउ के हो ?

बिउ परमेश्‍वरको वचन हो । [८:११]

Luke 8:12

बाटोको छेउमा जमिनमा पर्ने बिउहरू को हुन्, र तिनीहरूलाई के हुन्छ ?

यी ती मानिसहरू हुन् जसले वचन सुन्छन्, र तिनीहरूले विश्‍वास नगरून् र बाँच्न नसकून् भनी दुष्‍ट आउँछ यसलाई लिएर जान्छ । [८:१२]

Luke 8:13

ढुङ्गेनी जमिनमा पर्ने बिउहरू को हुन् ?

यी ती मानिसहरू हुन् जसले आनन्दसित वचन ग्रहण गर्छन्, तर परीक्षाको समयमा विश्‍वास गर्न छोड्छन् । [८:१३]

Luke 8:14

काँडाहरूका बिचमा पर्ने बिउहरू को हुन्, अनि तिनीहरूलाई के हुन्छ ?

यी ती मानिसहरू हुन् जसले वचन सुन्छन्, तर यस जीवनको विलाशिता र चिन्ताले निसासिन्छन् र तिनीहरूले परिपक्‍वताको फल फलाउँदैनन् । [८:१४]

Luke 8:15

असल जमिनमा पर्ने बिउहरू को हुन् र तिनीहरूलाई के हुन्छ ?

तिनीहरूले वचन सुन्छन्, त्यसमा लागिरहन्छन् र धैर्यसाथ फल फलाउँछन् । [८:१५]

Luke 8:21

येशूले को उहाँकी आमा र उहाँका भाइहरू हुन् भन्‍नुभयो ?

तिनीहरू जसले परमेश्‍वरको वचन सुन्छन्, र यसलाई पालना गर्छन् । [८:२१]

Luke 8:25

येशूले आँधी र पानीलाई शान्त पार्नुभएपछि चेलाहरूले के भने ?

तिनीहरूले भने, “उहाँ को हुनुहुन्छ, जसले आँधी र पानीलाई हप्काउनुहुन्छ र तिनले उहाँको आज्ञा मान्छन् ?” । [८:२५]

Luke 8:29

गेरासेन प्रान्तको मानिसलाई भूतहरूले के गर्न लगायो ?

तिनीहरूले त्यसलाई विनाकपडाहरू नै चिहानमा बस्‍न लगाए; त्यसलाई नेल र साङ्लाहरू तोड्न लगाए र तिनीहरूले त्यसलाई प्रायः उजाड-स्थानतिर लैजान्थे । [८:२९]

Luke 8:33

येशूले त्यस मानिसलाई छोड्ने आज्ञा दिनुभएपछि भूतहरू कहाँ गए ?

भूतहरू सुँगुरको एउटा बथानमा पसे जो एउटा तालको छेउतिर दौडिए र डुबे । [८:३३]

Luke 8:39

येशूले त्यस मानिसलाई जाऊ र के गर भन्‍नुभयो ?

येशूले त्यसलाई आफ्नो घरमा जाऊ र उसका निम्ति परमेश्‍वरले गर्नुभएको महान् कामहरू बताऊ भन्‍नुभयो । [८:३९]

Luke 8:48

येशूका अनुसार रगत बहने स्‍त्रीलाई केले निको पार्‍यो ?

येशूमा तिनको विश्‍वासको कारणले तिनी निको भइन् । [८:४८]

Luke 8:55

याइरसको घरमा येशूले के गर्नुभयो ?

येशूले याइरसकी छोरीलाई मृतकहरूबाट जीवित पार्नुभयो । [८:५५]


Chapter 9

1 उहाँले बाह्र जनालाई एकैसाथ बोलाउनुभयो र तिनीहरूलाई सबै भूतहरू निकाल्ने र रोगहरू निको पार्ने शक्‍ति र अधिकार दिनुभयो । 2 उहाँले तिनीहरूलाई परमेश्‍वरको राज्यको प्रचार गर्न र बिरामी निको पार्न पठाउनुभयो । 3 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आफ्ना यात्राका निम्ति केही नलैजाओ— न त लौरो, न त थैली, न त रोटी, न त पैसा, न त दुईवटा दौरा । 4 तिमीहरू जुन घरमा पस्छौ, त्यस ठाउँलाई नछोडेसम्म त्यहीं बस । 5 जहाँ तिनीहरूले तिमीहरूलाई ग्रहण गर्दैनन्, तिमीहरूले त्यो सहर छोड्दा तिनीहरूका विरुद्धमा साक्षीका लागि तिमीहरूका खुट्टाको धुलो टकटकाइदेओ ।” 6 तब तिनीहरू बिदा भए र सुसमाचारको घोषणा गर्दै र सबैतिर निको पार्दै गाउँभरि गए । 7 अब जे भइरहेको थियो, त्यो सब शासक हेरोद सुने र तिनी अन्योलमा परे, किनभने यूहन्‍ना जीवित भएका थिए भनी कसैद्वारा भनिएको थियो, 8 र अरूहरूले 'एलिया देखा परेका थिए', र अझै अरूहरूले 'पुराना अगमवक्‍ताहरूमध्ये एक जना फेरि पुनर्जीवित भएका थिए' भनी भनेका थिए । 9 हेरोदले भने, “मैले यूहन्‍नाको टाउको काटें । यिनी को हुन्, जसको बारेमा म यस्ता कुराहरू सुन्दै छु?” र तिनले उहाँलाई हेर्न खोजे । 10 जब प्रेरितहरू फर्केर आए, तिनीहरूले गरेका सबै कुरा उहाँलाई तिनीहरूले बताए । त्यसपछि उहाँले तिनीहरूलाई साथमा लिएर बेथसेदा भनिने सहरमा सुटुक्‍क जानुभयो । 11 तर जब भीडहरूले यसबारे सुने, तिनीहरूले उहाँलाई पछ्याए । उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो, र परमेश्‍वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो, र निको हुन आवश्यक भएकाहरूलाई उहाँले निको पार्नुभयो । 12 अब दिन ढल्किन लागेको थियो, र बाह्रै जना उहाँकहाँ आए र भने, “यस भीडलाई बिदा दिनुहोस्, ताकि तिनीहरूले वरिपरिका बस्तीहरू र गाउँहरूमा गएर बास बस्‍न र खान पाउन सकून्, किनभने हामी यहाँ निर्जन ठाउँमा छौं ।” 13 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई खानलाई देओ ।” तिनीहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुईवटा माछाभन्दा बढी केही छैन, नभए हामी गएर यी सबै मानिसहरूका लागि खानेकुरा किन्‍नुपर्ला ।” 14 (त्यहाँ प्रायः पाँच हजार जति पुरुषहरू थिए ।) उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, "तिनीहरूलाई पचास-पचास जनाको समूहमा बस्‍न लगाओ ।” 15 अनि तिनीहरूले त्यसै गरे, र सबैलाई बस्‍न लगाए । 16 उहाँले पाँचवटा रोटी र दुईवटा माछा लिएर स्वर्गतिर हेर्नुभयो, उहाँले तिनीहरूलाई आशीर्वाद दिनुभयो, र ती भाँचेर टुक्रा-टुक्रा पार्नुभयो, र भीडको सामु राखिदिनलाई उहाँले चेलाहरूलाई ती दिनुभयो । 17 तिनीहरू सबैले खाए र सन्तुष्‍ट भए, र उब्रेका रोटीका टुक्राहरू—बाह्र डाला बटुले । 18 येशू एक्लै प्रार्थना गरिरहनुहुँदा चेलाहरू पनि उहाँसँग थिए । उहाँले तिनीहरूलाई यसो भन्दै प्रश्‍न गर्नुभयो, “भीडहरूले म को हुँ भनी भन्छन्?” 19 तिनीहरूले जवाफ दिए, “बप्‍तिस्मा-दिने यहून्‍ना । तर अरूहरूले एलिया, र अरूहरूले पहिलेका कोही अगमवक्ताहरूमध्ये एक उठेका छन् भनी भन्छन् ।” 20 त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर तिमीहरूचाहिँ म को हुँ भनी भन्छौ?” पत्रुसले जवाफ दिए, “परमेश्‍वरका ख्रीष्‍ट ।” 21 तर यो कसैलाई पनि नभन्‍नू भनी उहाँले तिनीहरूलाई यसो भन्दै कडा चेताउनी दिनुभयो, 22 "मानिसका पुत्रले धेरै कुरा सहनुपर्छ, धर्म-गुरुहरू, र मुख्य पूजाहारीहरू र शास्‍‍त्रीहरूबाट इन्कार हुनुपर्छ, र तिनी मारिनेछन् र तेस्रो दिनमा जीवित हुनेछन् ।" 23 तब उहाँले तिनीहरू सबैलाई भन्‍नुभयो, “यदि कोही मेरो पछि आउन चाहन्छ भने, त्यसले आफैंलाई इन्कार गर्नुपर्छ, र दिनहुँ आफ्नो क्रुस उठाउनुपर्छ र मलाई पछ‍्याउनुपर्छ । 24 जसले आफ्नो जीवन बचाउने प्रयास गर्छ, त्यसले त्यो गुमाउनेछ, तर मेरो खातिर जसले आफ्नो जीवन गुमाउँछ, त्यसले त्यो बचाउनेछ । 25 सारा संसार हात पारेर पनि त्यसले आफैंलाई नाश गर्छ वा गुमाउँछ भने, मानिसलाई के लाभ हुन्छ र? 26 जो म र मेरा वचनहरूसँग शर्माउँछ, मानिसका पुत्र पनि आफ्नो महिमा र पिताको र पवित्र दूतहरूको महिमामा आउनुहुँदा त्यससँग शर्माउनेछन् । 27 तर साँच्चै म तिमीहरूलाई भन्दछु, यहाँ केही उभिनेहरू छन् जसले परमेश्‍वरको राज्य देख्‍नअगि मृत्यु चाख्‍नेछैन । 28 अब यी कुरा भन्‍नुभएको लगभग आठ दिनपछि येशूले पत्रुस, यूहन्‍ना र याकूबलाई सँगै लिएर प्रार्थना गर्न पहाडमा उक्‍लनुभयो । 29 जब उहाँले प्रार्थना गर्दै हुनुहुन्थ्यो, उहाँको अनुहारको रूप परिवर्तन भयो, र उहाँको वस्‍‍त्र सेतो र चम्किलो भयो । 30 हेर, दुई जना मानिस उहाँसँग कुरा गरिरहेका थिए, जो मोशा र एलिया थिए, 31 तिनीहरू महिमित रूपमा देखा परेर उहाँको मृत्युको विषयमा कुरा गरिरहेका थिए, जुन उहाँले यरूशलेममा पुरा गर्न लाग्‍नुभएको थियो । 32 अब पत्रुस र तिनीसँग भएकाहरू निन्द्राले लट्ठ भएका थिए, तर जब तिनीहरू पूर्ण रूपले ब्युँझे, तिनीहरूले उहाँको महिमा र उहाँसँगै उभिरहेका दुई मानिसहरूलाई देखे । 33 तिनीहरू येशूबाट बिदा भएर जान लाग्दा, पत्रुसले उहाँलाई भने, “गुरुज्यू, हामी यहीं बस्‍नु असल छ । हामी तीन वटा टहरा बनाऔं, एउटा तपाईंको लागि, एउटा मोशाको लागि र एउटा एलियाको लागि ।” (आफूले बोलेको कुराको तिनलाई ख्‍यालै थिएन ।) 34 तिनले यो कुरा भन्दै गर्दा बादल आयो र तिनीहरूलाई ढाक्यो, र जसै तिनीहरू बादलभित्र पसे, तिनीहरू डराए । 35 बादलबाट यसो भन्दै एउटा आवाज आयो, “यिनी मेरा चुनिएका पुत्र हुन्; यिनको कुरा सुन ।” 36 त्यो आवाजले बोलिसकेपछि येशू एक्लै हुनुभयो । तिनीहरू चुप भए र तिनीहरूले देखेका कुनै पनि कुराहरू ती दिनमा कसैलाई भनेनन् । 37 अब भोलिपल्ट तिनीहरू पहाडबाट तल ओर्लेर आउँदा एउटा ठुलो भीडले उहाँलाई भेट‍्यो । 38 हेर, भीडबाट एक जना मानिस यसो भन्दै चिच्यायो, “गुरुज्यू, म तपाईंसँग बिन्ती गर्छु, मेरो छोरालाई हेर्नुहोस्, किनकि त्यो मेरो एउटै मात्र छोरा हो । 39 हेर्नुहोस, त्यसलाई आत्माले समात्छ र त्यो अचानक चिच्‍च्‍याउँछ; त्यसले त्यसलाई काम्‍न लगाउँछ जसले गर्दा त्यसले मुखमा फिंज काढ्छ । त्यो त्यसबाट मुस्किलले निस्केर जान्छ र त्यसलाई नराम्रो गरी चोट पार्छ । 40 मैले त्यसलाई निकाल्न भनेर तपाईंका चेलाहरूसँग बिन्ती गरें, तर तिनीहरूले सकेनन् ।” 41 येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “हे अविश्‍वासी र भ्रष्‍ट पुस्ता, म तिमीहरूसँग कति समयसम्म रहुँला र तिमीहरूलाई सहुँला? तिम्रो छोरालाई यहाँ ल्याऊ ।” 42 जब त्यो केटो आउँदै थियो, तब भूतात्माले त्यसलाई भुइँमा पछार्‍यो, र त्यसलाई काम्‍न लगायो । तर येशूले अशुद्ध आत्मालाई हप्काउनुभयो र केटोलाई निको पार्नुभयो, र त्यसको बुबालाई फिर्ता दिनुभयो । 43 तब तिनीहरू सबैजना परमेश्‍वरको महानतामा चकित भए । तिनीहरू सबैजना उहाँले गर्नुभएका यी सबै कुराहरूप्रति चकित भइरहँदा, उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, 44 “यी वचनहरू तिमीहरूका कानका गहिराइसम्म पुगून्ः मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछन् ।” 45 तर तिनीहरूले यस भनाइलाई बुझेनन् । यो तिनीहरूबाट लुकाइएको थियो, ताकि तिनीहरूले यसको अर्थ बुझ्‍न नसकून्, र अझै तिनीहरूले त्यस भनाइबारे उहाँलाई सोध्‍न डराए । 46 तब तिनीहरूमध्ये सबैभन्दा ठुलो को हुने हो भनी तिनीहरूबीच विवाद चल्यो । 47 तर येशूले तिनीहरूका हृदयको विचार थाहा पाएर एउटा सानो बालकलाई लिएर आफ्नो छेउमा राख्‍नुभयो, 48 र तिनीहरूलाई भन्‍नुभयो, “यदि कसैले मेरो नाउँमा यस बालकलाई ग्रहण गर्छ भने त्यसले मलाई ग्रहण गर्छ, र कसैले मलाई ग्रहण गर्छ भने, त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ । किनकि तिमीहरू सबैमध्ये सबैभन्दा सानो जो छ त्यो नै महान् हुन्छ ।” 49 यूहन्‍नाले जवाफ दिए, “गुरुज्यू, हामीले कसैले तपाईंको नाउँमा भूतहरू निकालिरहेको देख्यौं, र त्यसलाई हामीले रोक्यौं, किनभने त्यसले हामीहरूसँग तपाईंलाई पछ‍्याउँदैन ।” 50 येशूले भन्‍नुभयो, “त्यसलाई नरोक, किनभने जो तिम्रो विरुद्धमा हुँदैन, त्यो तिम्रो पक्षमा हुन्छ ।” 51 जब उहाँ स्वर्गतिर जाने समय नजिक आयो, तब उहाँले यरूशलेमतिर जाने अठोट गर्नुभयो । 52 उहाँले आफूभन्दा अगि सन्‍देशवाहकहरूलाई पठाउनुभयो र तिनीहरू गए, र उहाँका निम्ति सबै कुराको तयारी गर्न सामरीहरूको गाउँमा प्रवेश गरे । 53 तर त्यहाँका मानिसहरूले उहाँलाई ग्रहण गरेनन्, किनभने उहाँले यरूशलेमतिर जाने अठोट गर्नुभएको थियो । 54 जब उहाँका चेलाहरू यूहन्‍ना र याकूबले यो देखे, तिनीहरूले भने, “प्रभु, के स्वर्गबाट आगो बर्साएर तिनीहरूलाई नष्‍ट गर्नलाई हामीले आज्ञा गरौं भन्‍ने तपाईं चाहनुहुन्छ?” 55 तर उहाँ फर्केर तिनीहरूलाई हप्काउनुभयो, 56 र उहाँहरू अर्को गाउँतिर जानुभयो । 57 जब उहाँहरू बाटोमा जाँदै हुनुहुन्थ्यो, तब कसैले उहाँलाई भन्यो, “तपाईं जहाँ जानुहुन्छ म तपाईंलाई पछ‍्याउनेछु ।” 58 येशूले त्यसलाई भन्‍नुभयो, “फ्याउराहरूका दुला छन् र आकासका चराहरूका गुँड छन्, तर मानिसका पुत्रको टाउको राख्‍ने ठाउँ पनि छैन ।” 59 तब उहाँले अर्कोलाई भन्‍नुभयो, “मेरो पछि लाग ।” तर त्यसले भन्यो, “प्रभु, मलाई पहिले मेरा बुबालाई गाड्न जान दिनुहोस् ।” 60 तर उहाँले त्यसलाई भन्‍नुभयो, “मुर्दालाई तिनीहरूको आफ्‍नै मुर्दा गाड्‌न देऊ, तर तिमी जाऊ र जताततै परमेश्‍वरको राज्यको घोषणा गर ।” 61 तब अर्कोले पनि भन्यो, “प्रभु म तपाईंलाई पछ‍्याउनेछु, तर पहिले मेरो घरमा भएकाहरूसँग बिदा माग्‍न दिनुहोस् ।” 62 येशूले त्यसलाई भन्‍नुभयो, “हलोमा आफ्नो हात राखेर पछाडि हेर्ने कोही पनि परमेश्‍वरको राज्यको निम्ति योग्य हुँदैन ।”

लूका ०९ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“परमेश्‍वरको राज्य प्रचार गर्न”

“परमेश्‍वरको राज्य” शब्दहरूले यहाँ के कुरालाई जनाउँछ भनेर कसैले पनि जान्दैन । केहीले भन्छन् यसले पृथ्वीमा परमेश्‍वरको राजलाई जनाउँछ, र अरूहरूले भन्छन् कि यसले उहाँका मानिसहरूको पापहरूको मूल्य चुकाउन येशू मर्नुभयो भन्‍ने सुसमाचारको सुसन्देशलाई जनाउँछ । यसलाई “परमेश्‍वरको राज्यको बारेमा प्रचार गर्न” वा “परमेश्‍वरले कसरी आफैँलाई राजाको रूपमा देखाउन लागिरहनुभएको छ भन्‍ने कुराको बारेमा प्रचार गर्न” भनेर अनुवाद गर्दा बेस हुन्छ ।

एलिया

परमेश्‍वरले यहूदीहरूलाई प्रतिज्ञा गर्नुभएको थियो कि मसिह आउनभन्दा अगाडि एलिया अगमवक्ता फर्कने थिए, त्यसैले येशूले आश्‍चर्यकर्महरू गर्नुभएको देखेका केही मानिसहरूले ठाने कि येशू एलिया हुनुहुन्थ्यो अनि अनि )

“परमेश्‍वरको राज्य”

“परमेश्‍वरको राज्य” भन्‍ने वाक्यांशलाई यस अध्यायमा त्यो राज्यलाई जनाउन प्रयोग गरिएको छ जुन यी शब्दहरू बोलिँदाखेरी अझै भविष्‍यमा नै थियो ।

महिमा

धर्मशास्‍त्रले धेरैपटक परमेश्‍वरको महिमालाई एउटा महान्, तेजस्‍वी ज्योतिको रूपमा बताउँछ । जब मानिसहरूले यो ज्योतिलाई देख्छन्, तिनीहरू डराउँछन् । लूकाले यस अध्यायमा बताउँछन् कि येशूका वस्‍त्रहरू यो महिमामय ज्योतिले चम्क्यो त्यसैले गर्दा उहाँका अनुयायीहरूले देख्न सक्थे कि येशू साँच्‍चै परमेश्‍वरको पुत्र हुनुहुन्थ्यो । त्यही समयमा, परमेश्‍वरले तिनीहरूलाई बताउनुभयो कि येशू उहाँको पुत्र हुनुहुन्थ्यो । अनि )

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

विरोधाभासी अलङ्कार

विरोधाभासी अलङ्कार भनेको एउटा साँचो कथन हो जसले केही असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । यस अध्यायमा भएको एउटा उदाहरण होः “जसले आफ्‍नो जीवन बचाउनेछ त्यसले त्यो गुमाउनेछ, तर जसले आफ्‍नो जीवन मेरो खातिर गुमाउँछ, त्यसले त्यो बचाउनेछ ।” (लूका ९:२४)

“मानिसको पुत्र”

यस अध्यायमा येशूले आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ अनि

“प्राप्‍त गर्ने”

यो शब्द यस अध्यायमा धेरैपटक देखा पर्छ र विभिन्‍न कुराहरूको अर्थ दिन्छ । जब येशूले भन्‍नुहुन्छ, “यदि कसैले यो जस्तै एउटा सानो बालकलाई मेरो नाउँमा ग्रहण गर्छ भने, उसले मलाई पनि ग्रहण गरिरहेको छ, र यदि कसैले मलाई ग्रहण गर्छ भने, उसले मलाई पठाउनुहुनेलाई पनि ग्रहण गरिरहेको छ”


Luke 9:1

जोड्ने कथनः

येशूले उहाँका चेलाहरूलाई पैसा र तिनीहरूका थोकहरूमा भर नपर्नलाई याद दिलाउनुहुन्छ, तिनीहरूलाई शक्ति दिनुहुन्छ, र त्यसपछि तिनीहरूलाई विभिन्‍न स्थानहरूमा पठाउनुहुन्छ ।

शक्ति र अधिकार

बाह्र जनासँग मानिसहरूलाई निको पार्ने क्षमता र अधिकार थियो भन्‍ने देखाउन यी दुईवटा शब्दलाई सँगसँगै प्रयोग गरिएको छ । यस वाक्यांशलाई यी दुवै धारणाहरूलाई समावेश गर्ने शब्दहरूको संयोजन गराएर अनुवाद गर्नुहोस् ।

सबै भूतहरू

सम्भावित अर्थहरू हुन् १) “हरेक भूत” वा २) “हरेक खालको भूत ।”

रोगहरू

बिमारहरू

Luke 9:2

तिनीहरूलाई पठाउनुभयो

“तिनीहरूलाई विभिन्‍न ठाउँहरूमा पठाउनुभयो” वा “तिनीहरूलाई जान भन्‍नुभयो”

Luke 9:3

उहाँले तिनीहरूलाई भन्‍नुभयो

“येशूले बाह्र जनालाई भन्‍नुभयो ।” यो उल्‍लेख गर्दा सहयोगी हुन सक्छ कि यो कुरा तिनीहरू बाहिर जानुभन्दा अगाडि भयो । वैकल्‍पिक अनुवादः “तिनीहरू जानभन्दा अगाडि, येशूले तिनीहरूलाई भन्‍नुभयो”

केही नलैजाओ

“तिमीहरूसँग केही नलानू” वा “तिमीहरूसँग केही नलैजानू”

लौरो

लौरो एउटा ठूलो लट्ठी थियो जसलाई उकालो चढ्दा वा अप्ठ्यारो जमिनमा हिँड्दा प्रयोग गरिन्थ्यो, साथै आक्रमणकारीहरूको विरुद्धमा पनि यसको प्रयोग गर्न सकिन्थ्यो

थैली

एक यात्रुले आफूलाई यात्रामा चाहिने चीजहरूलाई बोक्‍ने झोला

रोटी

यसलाई यहाँ सामान्यमा “खानेकुरा”लाई उल्‍लेख गर्नको लागि प्रयोग गरिएको छ ।

Luke 9:4

तिमीहरू जुन घरमा पस्छौ

“तिमीहरू पस्‍ने कुनै पनि घरमा”

त्यहीँ बस

“त्यहाँ रह” वा “त्यस घरमा अस्थायी रूपमा पाहुना भएर बस”

तिमीहरू नहिँडेसम्‍म

“तिमीहरूले त्यो सहर नछोडेसम्‍म” वा “तिमीहरूले त्यो ठाउँ नछोडेसम्‍म”

Luke 9:5

जहाँपनि तिनीहरूले तिमीहरूलाई ग्रहण गर्दैनन्, तिमीहरू बाहिर जाँदा

“तिमीहरूलाई स्वागत नगर्नेहरूलाई के गर्नुपर्छ भन्‍ने कुरा यहाँ छः जब तिमीहरू हिँड्छौ”

तिनीहरूको विरुद्धमा गवाही स्वरूप तिमीहरूको खुट्टाबाट धूलोसम्‍म टक्टकाओ

“खुट्टाबाट धूलोसम्‍म टक्टकाउनु” भनेको त्यो संस्कृतिमा कडा इन्कारलाई जनाउने एउटा अभिव्यक्ति थियो । यसले देखायो कि त्यो सहरको धूलोसम्‍म तिनीहरूमा रहेको तिनीहरूले चाहेनन् ।

Luke 9:6

तिनीहरू गए

“तिनीहरूले येशू हुनुभएको ठाउँ छाडे”

सबैतिर निको पार्दै

“तिनीहरू गएको सबै ठाउँमा निको पार्दै”

Luke 9:7

सामान्य जानकारीः

यी पदहरूले हेरोदको बारेमा जानकारी दिन बीचमा अवरोध गर्छन् ।

अब हेरोद

यो वाक्यांशले मुख्य कथा वर्णनमा आएको रोकावटलाई अङ्कित गर्छ । यहाँ लूकाले हेरोदको बारेमा पृष्‍ठभूमि जानकारी बताउँछन् ।

शासक हेरोद

यसले हेरोद एन्टिपासलाई जनाउँछ, जसले इस्राएलको एक चौथाइ भागमा शासन गर्थे ।

उनी अन्योलमा परे

बुझ्‍नलाई असक्षम, अलमलमा परेको

केहीबाट यसो भनियो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “केही मानिसहरूले भने”

Luke 9:8

तर अरूहरूबाट कि प्राचीन अगमवक्ताहरूमध्ये एकजना बौह्रेका छन्

“भने” शब्द अघिल्‍लो वाक्यांशबाट बुझिएको छ । वैकल्पिक अनुवादः “अझै अरूहरूले भने कि लामो समय अगाडिका अगमवक्ताहरूमध्ये एकजना बिउँतेका छन्”

Luke 9:9

मैले यूहन्‍नाको टाउको काटेँ, तर यो को हो

हेरोदले अनुमान गरे कि यूहन्‍ना मृतकबाट बिउँतेर आउनु असम्भव थियो । यसलाई प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यो यूहन्‍ना हुन सक्दैन किनभने मैले उसको शिर काटेँ । त्यसैले यो मानिस को हो”

मैले यूहन्‍नाको टाउको काटेँ

हेरोदका सिपाहीहरूले प्राणदण्‍ड दिने काम गरेका हुन सक्छन् । वैकल्पिक अनुवादः “मैले मेरा सिपाहीहरूलाई यूहन्‍नाको शिर काट्न आज्ञा दिएँ”

Luke 9:10

जोड्ने कथनः

हुन त चेलाहरू येशूकहाँ फर्कन्छन् र एकसाथ समय बिताउन उहाँहरू बेथसेदामा जानुहुन्छ, भीडहरूले चङ्गाइको लागि र उहाँको शिक्षा सुन्‍नलाई येशूलाई पछ्याउँछन् । उहाँले तिनीहरूलाई सहायता गर्न रोटी र माछाको वृद्धि गर्नुहुन्छ जसै तिनीहरू घर फर्कन्छन् ।

जब प्रेरितहरू फर्के

“प्रेरितहरू येशू हुनुभएको ठाउँमा फर्के”

तिनीहरूले गरेका सबै कुरा

यसले तिनीहरू अरू सहरहरूमा जाँदा सिकाएका र चङ्गाइ गरेका कुराहरूलाई जनाउँछ ।

बेथसेदा

यो एउटा सहरको नाम हो ।

Luke 9:12

अब दिन ढल्किन लागेको थियो

“दिन बित्‍न लागिसकेको थियो” वा “दिन ढल्कनै आँटेको थियो”

Luke 9:13

पाँच रोटीहरू

रोटी भनेको मुछेको पिठो हो जसलाई आकार दिइन्छ र तताएर पकाइन्छ ।

दुई माछा ... हामी गएर खाने कुराहरू यी सबै मानिसहरूका लागि नकिनेसम्म

यदि तपाईंको भाषामा “ ... सम्‍म” कठिन छ भने, तपाईंले यसलाई नयाँ वाक्य बनाउन सक्‍नुहुन्छ । “दुई माछा । तिनीहरू सबैजनालाई खुवाउनको लागि, हामीहरू जानुपर्छ र खानेकुरा किन्‍नुपर्छ”

Luke 9:14

लगभग पाँच हजार मानिस

“५,००० जति मानिस ।” यस सङ्ख्यामा बालबालिकाहरू र स्‍त्रीहरू पर्दैनन् जो पनि त्यहाँ थिए होलान् ।

तिनीहरूलाई बस्‍न लगाओ

“तिनीहरूलाई बस्‍नको लागि भन”

हरेक पचास

“हरेक ५०”

Luke 9:15

अनि तिनीहरूले त्यसै गरे

“यसै”ले येशूले तिनीहरूलाई गर्न भन्‍नुभएको कुरालाई जनाउँछ लूका ९:१४ । तिनीहरूले मानिसहरूलाई पचास-पचासको समूहमा बस्‍नको लागि भने ।

Luke 9:16

तब पाँचवटा रोटीहरू लिएर

“येशूले पाँच रोटीहरू लिनुभयो”

उहाँले माथि स्वर्गतिर हेर्नुभयो

यसले माथि आकाशतिर हेर्ने कुरोलाई जनाउँछ । यहूदीहरूले स्‍वर्ग आकाशमाथि अवस्थित छ भनेर विश्‍वास गर्थे ।

उहाँले तिनीहरूलाई आशिष् दिनुभयो

यसले रोटीहरू र माछालाई जनाउँछ ।

... का अगि राख्‍न

“... लाई सुम्पन” वा “... लाई दिन”

Luke 9:17

सन्तुष्‍ट भए

यो वाक्पद्धतिको अर्थ हुन्छ कि तिनीहरूले प्रशस्त खाए जसले गर्दा तिनीहरू भोका थिएनन् । वैकल्पिक अनुवादः “तिनीहरूसँग खानलाई तिनीहरूले चाहे जति थियो”

Luke 9:18

जोड्ने कथनः

येशू प्रार्थना गर्दै हुनुहुन्छ, केवल उहाँका चेलाहरू उहाँको नजिकमा छन्, र तिनीहरू येशू को हुनुहुन्छ भन्‍ने बारेमा कुरा गर्न थाल्छन् । येशूले तिनीहरूलाई बताउनुहुन्छ कि उहाँ चाँडै मर्नुहुनेछ र बौह्रनुहुनेछ र जस्तै कठिन भएतापनि उहाँलाई पछ्याउन तिनीहरूलाई अह्राउनुहुन्छ ।

यस्तो भयो कि

यो वाक्यांशलाई यहाँ एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्न प्रयोग गरिएको छ ।

आफू मात्रै प्रार्थना गरिरहनुभएको थियो

“एकलै प्रार्थना गरिरहनुभएको थियो ।” चेलाहरू पनि येशूसँग नै थिए, तर उहाँले व्यक्तिगत रूपमा र एकलै प्रार्थना गरिरहनुभएको थियो ।

Luke 9:19

बप्‍तिस्मा-दिने यहून्‍ना

प्रश्‍नको भागलाई यहाँ पुनः उल्‍लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “केहीले तपाईंलाई बप्‍तिस्मा-दिने यूहन्‍ना भन्छन्”

कि लामो समय अगाडिका अगमवक्ताहरूमध्येको एकजना बिउँतेका छन्

येशूको प्रश्‍नसँग यो जवाफ कसरी सम्बन्धित छ भन्‍ने कुरालाई प्रस्‍ट बनाउँदा सहयोगी हुन सक्छ । वैकल्‍पिक अनुवादः “कि तपाईं लामो समय अगाडिका अगमवक्ताहरूमध्येको एक हुनुहुन्छ र बिउँतनुभएको छ”

बौह्रिउठेका छन्

“जीवनमा फर्किआएका छन्”

Luke 9:20

तब उहाँले तिनीहरूलाई भन्‍नुभयो

“तब येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो”

Luke 9:21

तिनीहरूलाई यो कसैलाई पनि नभन्‍नू भनेर

“कसैलाई नभन्‍नू” वा “कि तिनीहरूले कसैलाई भन्‍नुहुँदैन ।” यसलाई प्रत्यक्ष उद्धरणको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैलाई नभन्‍नू”

Luke 9:22

मानिसको पुत्रले धेरै कुरामा दुख सहनै पर्छ

“मानिसहरूले मानिसको पुत्रलाई धेरै कष्‍ट भोग्‍न लगाउनेछन्”

मानिसको पुत्र ... र उहाँ मारिनुहुनेछ

येशूले आफैँलाई जनाउँदै हुनुहुन्छ । वैकल्‍पिक अनुवादः “म, मानिसको पुत्र ... र म ... ”

धर्म-गुरूहरू र मुख्य पूजाहारीहरू र शास्‍त्रीहरूबाट इन्कार हुनुपर्नेछ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “धर्म-गुरूहरू र मुख्य पूजाहारीहरू र शास्‍त्रीहरूले उहाँलाई इन्कार गर्नेछन्”

उहाँ मारिनुहुनेछ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले उहाँलाई मार्नेछन्”

तेस्रो दिनमा

“उहाँ मर्नुभएको तीन दिनपछि” वा “उहाँको मृत्यु पछि तेस्रो दिनमा”

पुनरुत्थान हुनुहुनेछ

“उनलाई ... फेरि जीवित बनाइनेछन् ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले उहाँलाई फेरि जीवित बनाउनुहुनेछ” वा “उहाँ फेरि जिउनुहुनेछ”

Luke 9:23

उहाँले भन्‍नुभयो

“येशूले भन्‍नुभयो”

तिनीहरू सबैलाई

यसले येशूसँग भएका चेलाहरूलाई जनाउँछ ।

मेरो पछि आउन

“मलाई पछ्याउन ।” येशूको पछि आउनुले उहाँका चेलाहरूमध्येको एक हुने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “मेरो चेला हुन” वा “मेरो चेलाहरूमध्ये एक हुन”

उसले आफैँलाई इन्कार गरोस्

“आफ्नै इच्छाहरूमा नलागोस्” वा “उसका आफ्‍ना इच्छाहरू त्यागोस्”

आफ्नो क्रूस उठाओस् र मेरो पछि लागोस्

“उसको क्रूस उठाएर दिनहुँ मलाई पछ्याओस् ।” क्रूसले सतावट र मृत्यिलाई प्रतिनिधित्व गर्छ । क्रूस उठाउनुले सतावट भोग्‍न र मर्नलाई इच्छुक हुने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “सतावट भोग्‍ने र मर्ने अवस्थासम्‍मै हरेक दिन मेरो आज्ञापालन गर्नुपर्छ”

मलाई पछ्याओस्

यहाँ येशूलाई पछ्याउने कुराले उहाँको आज्ञापालन गर्ने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “मेरो आज्ञापालन गर”

मलाई पछ्याओस्

“म सँगसँगै आओस्” वा “मलाई पछ्यान सुरु गरोस् र मलाई पछ्याइरहोस्”

Luke 9:25

मानिसलाई के लाभ हुन्छ र ... आफैँलाई नाश पार्छ वा गुमाउँछ भने ?

यस प्रश्‍नको बुझिएको जवाफ चाहिँ यो असल छैन भन्‍ने हो । वैकल्‍पिक अनुवादः “कसैले सारा संसार हात पारेर उसले आफैँलाई गुमाउँदा उसलाई केही लाभ हुँदैन”

सारा संसार हात पारेर

“संसारको हरेक कुरा प्राप्‍त गर्नु”

आफैँलाई गुमाएर वा त्यागेर

“आफैँचाहिँ खतम बनाउनु वा आफ्नो जीवन दिनु”

Luke 9:26

मेरा वचनहरू

“म के भन्छु” वा “म के सिकाउँछु”

उससँग मानिसको पुत्र शर्माउनेछन्

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसको पुत्र पनि उससँग शर्माउनेछन्”

मानिसको पुत्र ... जब उनी आउँछन्

येशूले आफ्नै बारेमा बोलिरहनुभएको थियो । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र ... जब म आउँछु”

पिता

यो परमेश्‍वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।

Luke 9:27

तर म तिमीहरूलाई साँचो भन्दछु

येशूले अब बताउनुहुने कुराको महत्त्वलाई जोड दिनलाई यो वाक्यांशको प्रयोग गर्नुहुन्छ ।

यहाँ उभिनेहरूमध्ये कोही छन् जसले मृत्युको स्वाद चाख्‍नेछैनन्

“तिमीहरू यहाँ उभिरहेकाहरूमध्ये कोही छन् जसले मृत्युको स्वाद चाख्‍नेछैनन्”

तिनीहरूले देख्‍नभन्दा अगाडि

येशूले ती मानिसहरूसँग कुरा गरिरहनुभएको थियो जसको बारेमा उहाँले कुरा गर्दै हुनुहुन्थ्यो । वैकल्‍पिक अनुवादः “तिमीहरूले देख्‍नभन्दा अगाडि”

जसले परमेश्‍वरको राज्य देख्‍न अगि मृत्युको स्वाद चाख्‍नेछैनन्

“ ... नभएसम्‍म” भएको यो धारणालाई “अगाडि” शब्द प्रयोग गरेर सकारात्मक रूपले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू मर्न अगि परमेश्‍वरको राज्य देख्‍नेछन्” वा “तिमीहरू मर्न अगि परमेश्‍वरको राज्य देख्‍नेछौ”

मृत्युको स्वाद चाख्‍नु

यो वाक्पद्धतिको अर्थ “मर्नु” हुन्छ ।

Luke 9:28

जोड्ने कथनः

परमेश्‍वरको राज्य केही व्यक्तिहरूले नदेखेसम्‍म तिनीहरू मर्नेछैनन् भनेर येशूले उहाँका चेलाहरूलाई बताउनुभएको आठ दिन पश्‍चात, येशू पत्रुस, याकूब, र यूहन्‍नासँग माथि पहाडमा जानुहुन्छ, र तिनीहरू सबै निद्रामा पर्छन् जबकि येशू चाहिँ चम्किलो रूपमा परिवर्तित बन्‍नुहुन्छ ।

यी भनाइहरू

यसले येशूले उहाँका चेलाहरूलाई अगिल्ला पदहरूमा भन्‍नुभएका कुराहरूलाई जनाउँछ ।

Luke 9:30

हेर

“हेर” भन्‍ने शब्दले त्यसपछि आउने आश्‍चर्यपूर्ण कुराहरूप्रति ध्यान दिनलाई सजग गराउँछ । वैकल्पिक अनुवादः “अचानक”

Luke 9:31

जो महिमामा देखिए

यो पदावलीले मोशा र एलिया कस्ता देखिए भन्‍ने बारेमा जानकारी दिन्छ । केही भाषाहरूले यसलाई फरक वाक्यांशको रूपमा अनुवाद गर्न सक्छन् । वैकल्पिक अनुवादः “अनि तिनीहरू महिमामय वैभवमा देखिए” वा “अनि तिनीहरू चहकिलो ढङ्‍गले चम्किरहेका थिए”

उहाँको प्रस्थान

“उहाँको बिदाइ” वा “उहाँले यो संसार कसरी छोड्नुहुने थियो ।” यो उहाँको मृत्युको बारेमा कुरा गर्ने नम्र तरिका थियो । वैकल्पिक अनुवादः “उहाँको मृत्यु”

Luke 9:32

अब

यो शब्दलाई यहाँ मुख्य कथा वर्णनमा आएको रोकावटलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यहाँ लूकाले पत्रुस, याकूब, र यूहन्‍नाको बारेमा जानकारी दिन्छन् ।

निद्राले लट्ठ

यो वाक्पद्धतिको अर्थ “धेरै निद्रा लागेको” भन्‍ने हुन्छ ।

तिनीहरूले उहाँको महिमालाई देखे

यसले तिनीहरूलाई घेरेको उज्ज्वल प्रकाशलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले येशूबाट उज्ज्वल प्रकाश आइरहेको देखे” वा “तिनीहरूले येशूबाट निकै चम्किलो प्रकाश आइरहेको देखे”

उहाँसँगै उभिरहेका दुई जना मानिसहरू

यसले मोशा र एलियालाई जनाउँछ ।

Luke 9:33

जसै तिनीहरू गइरहेका थिए

“जसै मोशा र एलिया गइरहेका थिए”

टहराहरू

सामान्य, अस्थायी स्थानहरू जहाँ बस्न र सुत्‍न सकिन्छ

Luke 9:34

तर जसै तिनले यी कुराहरू भन्दै थिए

“जब पत्रुसले यी कुराहरू भनिरहेका थिए”

तिनीहरू डराए

यी वयस्क चेलाहरू बादलसँग डराएका थिएनन् । यो पदावलीले तिनीहरूमाथि बादलसँगै अनौठो किसिमको डर छायो भन्‍ने देखाउँछ । वैकल्पिक अनुवादः “तिनीहरू भयभीत भए”

तिनीहरू बादलमा पसे

यसलाई बादलले के गर्‍यो भन्‍ने कुरामा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “बादलले तिनीहरूलाई घेर्‍यो”

Luke 9:35

तब बादलबाट एउटा आवाज आयो

यो कुरा बुझिएको छ कि आवाज चाहिँ परमेश्‍वरको मात्र भएको हुन सक्छ । वैकल्पिक अनुवादः “परमेश्‍वर तिनीहरूसँग बादलबाट बोल्नुभयो”

पुत्र

यो येशू, परमेश्‍वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।

चुनिएका जन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई मैले चुनेको छु” वा “मैले उसलाई चुनेको छु”

Luke 9:36

तिनीहरू चुपचाप रहे ... जे तिनीहरूले देखेका थिए

कथाभित्रैका घटनाहरूको परिणाम स्वरूप कथापछाडि के भयो भन्‍ने विषयमा बताउने यो जानकारी हो ।

चुपचाप रहे ... कसैलाई भनेनन्

पहिलो वाक्यांशले तिनीहरूको तत्कालैको प्रतिक्रियालाई जनाउँछ, र दोस्रोले त्यसपछिका दिनहरूमा तिनीहरूले के गरे भन्‍ने कुरालाई जनाउँछ ।

Luke 9:37

जोड्ने कथनः

येशूको चम्किलो रूप परिवर्तन भएपछिको अर्को दिन, येशूले भूत लागेको एउटा केटोलाई निको पार्नुहुन्छ जसलाई चेलाहरूले निको पार्न सकेनन् ।

Luke 9:38

हेर, भीडबाट एक जना मानिस

“हेर” शब्दले हामीलाई कथामा एउटा नयाँ व्यक्तिको परिचयबारे सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ । अङ्ग्रेजीले “त्यहाँ एउटा मानिस थियो जसले भन्यो ...” भनी उल्लेख गर्छ ।

Luke 9:39

तपाईं देख्‍नुहुन्छ, एउटा आत्माले

“तपाईं देख्‍नुहुन्छ” भन्‍ने पदावलीले हामीलाई यस मानिसको कथामा दुष्‍ट आत्माको परिचय गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “त्यहाँ एउटा दुष्‍ट आत्मा थियो ...”

र मुखमा फिँज काढेर

“उसको मुखबाट फिँज आउँछ ।” जब एउटा मानिस ऐँठन पर्छ, उसलाई सास फेर्न वा निल्न कठिन हुन्छ । यसले तिनीहरूको मुखवरिपरि सेतो फिँज काढ्न लगाउँछ ।

Luke 9:41

त्यसैले येशूले जवाफ दिनुभयो र भन्‍नुभयो

“येशूले यसो भनेर जवाफ दिनुभयो”

हे अविश्‍वासी र पतित पुस्ता

येशूले यो कुरा त्यहाँ भेला भएको भीडलाई भन्‍नुभएको हो, चेलाहरूलाई भन्‍नुभएको होइन ।

पतित पुस्ता

“भ्रष्‍ट पुस्ता”

म तिमीहरूसँग कति समयसम्म रहनु र तिमीहरूलाई सहनु ?

यहाँ “तिमीहरू” बहुवचनमा छ । येशूले यी प्रश्‍नहरू मानिसहरूले विश्‍वास नगरेकोमा उहाँको उदासपनालाई व्यक्त गर्न प्रयोग गर्नुहुन्छ । तिनीहरूलाई भनाइहरूको रूपमा लेख्‍न सकिन्छ । वैकल्‍पिक अनुवादः “म तिमीहरूसँग यति लामो समयसम्म बसिसकेको छु र अझै पनि तिमीहरू विश्‍वास गर्दैनौ । मैले तिमीहरूलाई अझै कति लामो समयसम्म सहनुपर्ने हो भनेर म अचम्म मान्छु ।”

तिम्रो छोरालाई यहाँ लेऊ

यहाँ “तिम्रो” एकवचनमा छ । यहाँ येशू उहाँलाई सम्बोधन गर्ने बाबुसँग प्रत्यक्ष रूपमा बोलिरहनुभएको छ ।

Luke 9:43

तिनीहरू सबै परमेश्‍वरको महानतामा चकित भए

येशूले आश्‍चर्यकर्म गर्नुभयो, तर भीडले चङ्गाइको पछाडिको शक्ति परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने कुरा पहिचान गर्‍यो ।

उहाँले गरिरहनुभएका सबै कुरा

“येशूले गरिरहनुभएका सबै कुरा”

Luke 9:44

यी वचनहरू तिमीहरूका कानका गहिराइसम्म पुगून्

यो एउटा वाक्पद्धति हो जसको अर्थ तिनीहरूले ध्यान दिनुपर्छ भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “होसियारीसाथ सुन र सम्झ” वा “यसलाई नभूल”

किनकि मानिसको पुत्रलाई मानिसहरूका हातमा धोकामा सुम्पिइनेछ

यसलाई कर्तृ वाच्यको वाक्यांशसहित व्यक्त गर्न सकिन्छ । यहाँ “हात”ले शक्ति वा नियन्‍त्रणलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिनीहरूले मानिसको पुत्रलाई धोका दिनेछन् र उहाँलाई मानिसहरूको नियन्‍त्रणमा राख्‍नेछन्”

किनकि मानिसको पुत्रलाई मानिसहरूका हातमा धोकामा सुम्पिइनेछ

येशूले तृतीय पुरुषमा आफ्नै बारेमा बोलिरहनुभएको थियो । “हात” शब्द ती मानिसहरूका लागि प्रतिस्थापकीय शब्द हो जसका ती हात हुन् वा ती हातहरूलाई प्रयोग गर्ने शक्तिको लागि एउटा प्रतिस्थापन शब्द हो । तपाईंले यी मानिसहरू को हुन् भनेर प्रस्‍ट बनाउन आवश्‍यक हुन सक्छ । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र मानिसहरूको हातमा धोकामा सुम्पिइनेछु” वा “मानिसको पुत्र उसका शत्रुहरूको शक्तिमा धोकामा दिइनेछ” वा “म, मानिसको पुत्रलाई मेरा शत्रुहरूकहाँ धोकामा दिइनेछ”

Luke 9:45

यो तिनीहरूबाट लुकेको थियो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । “परमेश्‍वरले तिनीहरूबाट अर्थलाई लुकाउनुभयो”

Luke 9:46

सामान्य जानकारीः

चेलाहरू तिनीहरू माझमा को सबैभन्दा शक्तिशाली हुनेछ भन्‍ने बारेमा विवाद गर्न थाल्छन् ।

तिनीहरू बीच

“चेलाहरू बीच”

Luke 9:47

तिनीहरूका हृदयमा के विचार गरिरहेका छन् भनेर थाहा गरेर

यहाँ “हृदय” तिनीहरूको मनको लागि एउटा प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिनीहरूका मनमा भएका तर्कलाई जानेर” वा “तिनीहरूले के सोचिरहेका छन् भन्‍ने जानेर”

Luke 9:48

मेरो नाउँमा

यसले येशूको प्रतिनिधिको रूपमा काम गर्ने व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “मेरो कारणले”

मेरो नाउँमा, स्वागत गर्छ

यो अलङ्कारलाई एउटा उपमाको रूपमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मेरो नाउँमा, यो उसले मलाई स्वागत गरे झैँ हो”

जसले मलाई पठाउनुभयो

“परमेश्‍वर, जसले मलाई पठाउनुभयो” (युडीबी)

उहाँ महान् हुनुहुन्छ

“तिनीहरू जसलाई परमेश्‍वरले सबैभन्दा महत्त्वपूर्ण ठान्‍नुहुन्छ”

Luke 9:49

यूहन्‍नाले जवाफ दिए

“जवाफमा यूहन्‍नाले भने” वा “यूहन्‍नाले येशूलाई जवाफ दिए ।” यूहन्‍नाले येशूले सबैभन्दा महान् हुनेबारे भन्‍नुभएको कुराको जवाफ दिइरहेका थिए । उनले प्रश्‍नको जवाफ दिइरहेका थिएनन् ।

हामीले देख्यौँ

यूहन्‍नाले आफ्‍नै बारेमा कुरा गर्छन् तर येशूको बारेमा होइन, त्यसैले यहाँ “हामी” असमावेशी छ ।

तपाईंको नाउँमा

यसको तात्पर्य हुन्छ, कि त्यो मानिस येशूको शक्ति र अधिकारसहित बोलिरहेको थियो ।

Luke 9:50

उसलाई नरोक

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उसलाई निरन्तरता दिन देओ”

जो तिम्रो विरुद्धमा हुँदैन, त्यो तिम्रो पक्षमा हुन्छ

केही नयाँ भाषाहरूमा त्यही अर्थ दिने भनाइहरू हुन्छन् । वैकल्पिक अनुवादः “यदि एउटा व्यक्तिले तिमीहरूलाई बाधा दिँदैन भने, यो तिमीहरूलाई नै सहायता गरिरहेको जस्तो हो” वा “कसैले तिमीहरूको विरुद्धमा काम गरिरहेको छैन भने, उसले तिमीहरूको पक्षमा नै काम गरिरहेको हुन्छ”

Luke 9:51

सामान्य जानकारीः

यो अब प्रस्‍ट छ कि येशूले यरूशलेममा जाने निर्णय गरिसक्‍नुभएको छ ।

जब उहाँलाई माथि उठाइलैजाने समय नजिक आयो

“उहाँको निम्ति माथि जाने समय आइरहेको थियो” वा “उहाँ माथि जाने समय लगभग भएको थियो”

अठोट लिनुभयो

यो एउटा टुक्‍का हो जसको अर्थ उहाँले “दृढ निश्‍चय गर्नुभयो” भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “निधो गर्नुभयो” वा “निर्णय गर्नुभयो”

Luke 9:52

उहाँको निम्ति सबैथोक तयार गर्न

यसको अर्थ त्यस क्षेत्रमा उहाँको आगमनको लागि सम्भवतः बोल्ने स्थान, बस्‍ने ठाउँ, र खानाहरूको प्रबन्ध गर्न भन्‍ने हुन्छ ।

Luke 9:53

तिनीहरूले उहाँलाई स्वागत गरेनन्

“उहाँ त्यहाँ बस्‍नुभएको चाहेनन्”

किनकि उहाँले यरूशलेममा जाने दृढ विचार गरिसक्‍नुभएको थियो

सामरीहरू र यहूदीहरूले एक अर्कालाई घृणा गर्थे । त्यसैले सामरीहरूले येशूलाई यहूदीहरूको राजधानी, यरूशलेमको उहाँको यात्रामा सहयोग गर्ने थिएनन् ।

Luke 9:54

जब यो देखे

“सामरीहरूले येशूलाई स्वागत नगरेको देखे”

स्वर्गबाट आगो बर्साएर तिनीहरूलाई नष्‍ट गर्नलाई हामी आज्ञा गर्न

न्यायको यो विधि याकूब र यूहन्‍नाले सुझाएका हुन्, किनभने तिनीहरूले थाहा पाएअनुसार परमेश्‍वरलाई इन्कार गर्ने मानिसहरूलाई एलियाजस्ता अगमवक्ताहरूले यसरी नै न्याय गरेका थिए ।

Luke 9:55

उहाँले फर्केर तिनीहरूलाई हप्काउनुभयो

“येशूले फर्केर याकूब र यूहन्‍नालाई हप्काउनुभयो ।” येशूले चेलाहरूले अपेक्षा गरेअनुसार सामरीहरूलाई दोष लगाउनुभएन ।

Luke 9:57

कोही

यो चेलाहरूमध्ये एक थिएन ।

Luke 9:58

फ्याउराहरूका दुला छन् … टाउको लुकाउने ठाउँ पनि छैन

येशूको चेला हुने बारेमा त्यस मानिसलाई सिकाउन येशूले एउटा उखानसहित जवाफ दिनुहुन्छ । त्यो मानिसले उहाँलाई पछ्याउनु पर्थ्यो भने, त्यस मानिसको पनि घर नहुन सक्छ भन्‍ने येशूले देखाउँदै हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “फ्याउराहरूका दुला छन् ... टाउको लुकाउने ठाउँ पनि छैन । त्यसैले, तिम्रो घर हुनेछ भनी आशा नगर ।”

फ्याउराहरू

यी जमिनमा बस्‍ने स-साना कुकुरहरूजस्तै जनावरहरू हुन् । तिनीहरू गुफा वा जमिनका दुलाभित्र सुत्छन् ।

आकाशका चराहरू

“हावामा उड्ने चराहरू”

मानिसको पुत्रसँग उसको ... टाउको

येशूले तृतीय पुरुषमा आफ्नै बारेमा बताइरहनुभएको थियो । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र, मेरो टाउको ... छैन”

उसको टाउको लुकाउने ठाउँ कतै छैन

“मेरो टाउको बिसाउने ठाउँ पनि कहीँ छैन” वा “सुत्‍ने सठाउँ कहीँ पनि छैन ।” उहाँको कुनै स्थायी घर छैन र धेरैपटक मानिसहरूले उहाँलाई तिनीहरूसँग बस्नलाई निमन्‍त्रणा गर्दैनथे भन्‍ने कुरालाई जोड दिन येशूले अतिरञ्‍जन गर्नुहुन्छ ।

Luke 9:59

जोड्ने कथनः

येशू बाटोमा सँगै हिँडिरहेका मानिसहरूसँग कुरा गरिरहनुहुन्छ ।

मेरो पछि लाग

यसो भनेर येशूले त्यो व्यक्तिलाई उहाँको चेला हुन र उहाँसँगै जानलाई भनिरहनुभएको छ ।

पहिला मलाई गएर मेरा बाबुलाई गाड्न अनुमति दिनुहोस्

यो कुरा अस्‍पष्‍ट छ कि त्यस मानिसको बाबु मरेको थियो र उसले तिनलाई तुरुन्तै गाड्ने थिए, वा ऊ लामो समय बस्न चाहन्छ जबसम्‍म उसको बाबु मर्दैनन् ताकि त्यसपछि उसले तिनलाई गाड्न सकून् । मुख्य कुरा के हो भने त्यस मानिसले येशूलाई पछ्याउनभन्दा अगाडि केही अरू कुरा गर्न चाहन्छ ।

पहिला मलाई जान दिनुहोस्

“मैले त्यसो गर्न अगि, मलाई जान दिनुहोस्”

Luke 9:60

मृतकहरूलाई नै तिनीहरूका मृतकहरूलाई गाड्न देऊ

मृतकहरूले अरू मृत मानिसहरूलाई गाड्नेछन् भनेर येशूले साँच्‍चै भन्‍नु खोज्‍नुभएको होइन । “मृत”को सम्भावित अर्थहरू हुन् १) यो छिट्टै मर्न लागिरहेकाहरूको लागि एउटा अलङ्कार हो, वा २) यो येशूलाई नपछ्याउने र आत्मिक रूपले मृत भएकाहरूको लागि एउटा अलङ्कार हो । मुख्य कुरा चाहिँ के हो भने एउटा चेलाले येशूलाई पछ्याउन आफूलाई कुनै कुराले पनि ढिला गर्न दिनु हुँदैन ।

मृतकहरू

यसले सामान्यमा मरेका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “मृत मानिसहरू”

Luke 9:61

म तपाईंलाई पछ्याउनेछु

“म चेलाको रूपमा तपाईंसँग सहभागी हुन्छु” वा “म तपाईंलाई पछ्याउन तयार छु”

पहिले मेरो घरमा भएकाहरूलाई बिदा माग्‍न दिनुहोस्

“मैले यसो गर्न अगि, मेरो घरमा भएका मानिसहरूलाई म जाँदैछु भन्‍न दिनुहोस्”

Luke 9:62

कोही पनि परमेश्‍वरको राज्यको योग्य हुँदैन

उहाँको चेला हुने बारेमा त्यस मानिसलाई सिकाउन येशूले एउटा उखानसहित जवाफ दिनुहुन्छ । यदि कुनै व्यक्ति येशूलाई पछ्याउनुको सट्टा उसका विगतका मानिसहरूतिर केन्द्रित हुन्छ भने ऊ परमेश्‍वरको राज्यको निम्ति योग्य हुँदैन ।

कसैले पनि आफ्नो हात हलोमा राखेर

यहाँ “ ... मा हात राख्‍नु” भनेको एउटा वाक्पद्धति हो जसको अर्थ व्यक्तिले केही गर्न सुरु गर्‍यो भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “आफ्नो खेत जोत्‍न सुरु गरेर कसैले पनि”

पछाडि हेर्दै

हलो जोतिरहेको मानिसले पछाडि फर्केर हेर्दा हलो जानु पर्नेतिर लान सक्दैन । राम्ररी जोत्‍नलाई तिनीहरू अगाडि केन्द्रित हुनुर्छ ।

परमेश्‍वरको राज्यको लागि योग्य

“परमेश्‍वरको राज्यको निम्ति उपयोगी” वा “परमेश्‍वरको राज्यको निम्ति सुहाउँदो”


Translation Questions

Luke 9:2

येशूले बाह्र जनालाई के गर्न पठाउनुभयो ?

येशूले तिनीहरूलाई परमेश्‍वरको राज्यको प्रचार गर्न र रोगीहरूलाई निको पार्न पठाउनुभयो । । [९:२]

Luke 9:7

येशू को हुनुहुन्छ भनी हेरोदले तिनवटा सम्भावित व्याख्यालाई मानिसहरूबाट सुने र ती के-के थिए ?

कसैले भने, कि येशू बप्‍तिस्मा-दिने यूहन्‍ना हुनुहुन्छ जो मृतकहरूबाट जीवित हुनुभयो; कसैले एलिया देखा परेका हुन् भने, त कसैले एक जना प्राचीन अगमवक्‍ता जीवित भएछन् भने । [९:७-८]

Luke 9:8

येशू को हुनुहुन्छ भनी हेरोदले तिनवटा सम्भावित व्याख्यालाई मानिसहरूबाट सुने र ती के-के थिए ?

कसैले भने, कि येशू बप्‍तिस्मा-दिने यूहन्‍ना हुनुहुन्छ जो मृतकहरूबाट जीवित हुनुभयो; कसैले एलिया देखा परेका हुन् भने, त कसैले एक जना प्राचीन अगमवक्‍ता जीवित भएछन् भने । [९:७-८]

Luke 9:13

चेलाहरूले भिडलाई कस्तो प्रकारको भोजन खुवाउनुपर्थ्यो ?

तिनीहरूसँग रोटीका पाँचवटा टुक्रा र दुईवटा माछा थिए । [९:१३]

Luke 9:14

मरुभूमिको ठाउँमा भिडमा कति जना मानिसहरूले येशूलाई पछ्याइरहेका थिए ?

त्यहाँ लगभग पाँच हजार मानिस थिए । [९:१४]

Luke 9:16

पाँचवटा रोटी र दुईवटा माछालाई येशूले के गर्नुभयो ?

उहाँले स्वर्गतिर हेर्नुभयो; आशीर्वाद दिनुभयो र स-साना टुक्राहरूमा भाँच्‍नुभयो र भिडलाई बाँड्नका निम्ति चेलाहरूलाई दिनुभयो । [९:१६]

Luke 9:17

त्यहाँ कति डाला खानेकुराहरू उब्रिएका थिए ?

त्यहाँ बाह्र डालाभरि खानेकुरा उब्रिएका थिए । [९:१७]

Luke 9:20

जब येशूले चेलाहरूलाई “म को हुँ” भनेर सोध्‍नुभयो, तब पत्रुसले के जवाफ दिए ?

तिनले भने, “परमेश्‍वरबाट आउनुभएका ख्रीष्‍ट हुनुहुन्छ” । [९:२०]

Luke 9:23

यदि कोही येशूको पछि आउन चाहन्छ भने, उसले के गर्नुपर्छ भनी उहाँले भन्‍नुभयो ?

उसले आफूलाई इन्कार गर्नुपर्छ; दिनहुँ आफ्नो क्रुस बोकेर येशूलाई पछ्याउनुपर्छ । [९:२३]

Luke 9:29

पर्वतमा येशूको रूप कस्तो भएको थियो ?

उहाँको रूप परिवर्तन भयो र उहाँको वस्‍त्र सेतो र चम्किलो भयो । [९:२९]

Luke 9:30

येशूसँग को-को देखा परे ?

मोशा र एलिया येशूसँग देखा परे । [९:३०]

Luke 9:35

तिनीहरूमाथि छाया परेको बादलबाट के आवाज सुनियो ?

आवाजले भन्यो, “यिनी मेरा छानिएका पुत्र हुन्, यिनको कुरा सुन” । [९:३५]

Luke 9:39

येशूले दुष्‍टात्मालाई निकाल्नअगि त्यसले त्यो मानिसको छोरालाई के गर्न लगायो ?

दुष्‍टले त्यसलाई चिच्‍च्याउन र मुखमा फिँज काढेर जिउ बटार्न लगायो । [९:३९]

Luke 9:44

येशूले चेलाहरूलाई कुन वाक्य भन्‍नुभयो, जुन तिनीहरूले बुझ्‍न सकेनन् ?

उहाँले भन्‍नुभयो, “मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिन लागेका छन्” । [९:४४]

Luke 9:48

येशूले कसलाई चेलाहरूमध्ये महान् भनी भन्‍नुभयो ?

तिनीहरूमध्ये सबैभन्दा सानो जो छ त्यही महान् हुनेछ भन्‍नुभयो । [९:४८]

Luke 9:51

स्वर्ग जाने दिन नजिक आइरहँदा उहाँले के गर्नुभयो ?

उहाँ यरूशलेमतिर जान अठोट गरी अनुहार फर्काउनुभयो । [९:५१]

Luke 9:62

परमेश्‍वरको राज्यका निम्ति योग्य मानिसले एक पटक “हलोमा हात राखेपछि” के गर्नुहुँदैन ?

त्यस व्‍यक्तिले पछाडि फर्केर हेर्नुहुँदैन । [९:६२]


Chapter 10

1 अब यी कुराहरूपछि, प्रभुले अरू सत्तरी 1 जनालाई नियुक्‍त गर्नुभयो, र आफू जान लाग्‍नुभएको हरेक सहर र गाउँमा आफूभन्दा अगाडि तिनीहरूलाई दुई-दुई जना गरी पठाउनुभयो । 2 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन् । यसकारण फसलका प्रभुसँग उहाँको फसलमा खेतालाहरूलाई पठाउनको लागि प्रार्थना गर । 3 तिमीहरूको बाटो लाग । हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेडाका पाठाहरूझैं पठाउँछु । 4 पैसाको थैली, वा यात्राको निम्ति झोला, वा जुत्ता नबोक, र बाटोमा कसैलाई अभिवादन नगर । 5 तिमीहरू जुन घरमा पस्छौ, पहिला यसो भन, “यस घरमा शान्ति होस्!” 6 यदि शान्तिको एउटा मानिस त्यहाँ छ भने, तिमीहरूको शान्ति त्यससँग रहनेछ, तर यदि छैन भने, त्यो तिमीहरूमा नै फर्कनेछ । 7 तिनीहरूले दिएका कुराहरू खादै र पिउँदै त्यही घरमा रहो, किनकि खेताला आफ्नो ज्यालाको योग्य हुन्छ । घर-घरमा नजाओ । 8 तिमीहरू जुन सहरमा जान्छौ, त्यहाँ तिनीहरूले स्वागत गर्छन् भने तिमीहरूका अगि जे राखिएको छ त्यो खाओ 9 र त्यहाँ भएका बिरामीहरूलाई निको पार । तिनीहरूलाई भन, “परमेश्‍वरको राज्य तिमीहरूको नजिक आएको छ ।” 10 जब तिमीहरू सहरमा प्रवेश गर्छौ र तिनीहरूले तिमीहरूलाई स्वागत गर्दैनन् भने, त्यसका सडकहरूमा जाओ र भन, 11 “हाम्रा खुट्टाहरूमा टाँसिएको तिमीहरूको सहरको धुलो समेत हामी तिमीहरूको विरुद्ध टकटकाउँछौं! तर यो जानः परमेश्‍वरको राज्य नजिकै आएको छ ।” 12 म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरलाई भन्दा सदोमलाई बढी सहनीय हुनेछ । 13 खोराजीन तँलाई धिक्‍कार छ! बेथसेदा तँलाई धिक्‍कार छ! यदि तिमीहरूमा गरिएका शक्‍तिशाली कामहरू टुरोस र सिदोनमा गरिएका भए, तिनीहरूले अघि नै भाङ्ग्रा र खरानी लगाएर पश्‍चात्ताप गर्ने थिए । 14 तर न्यायको दिनमा तिमीहरूलाई भन्दा टुरोस र सदोमलाई बढी सहनीय हुनेछ । 15 तँ कफर्नहुम, के तँ स्वर्गतिर उचालिनेछस् जस्तो लाग्छ? होइन, तँलाई नर्कमा खसालिनेछ । 16 जसले तिमीहरूलाई सुन्छ, त्यसले मलाई सुन्छ, जसले तिमीहरूलाई इन्कार गर्छ, त्यसले मलाई इन्कार गर्छ, र जसले मलाई इन्कार गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई इन्कार गर्छ । 17 ती सत्तरी जना आनन्दित भएर यसो भन्दै फर्के, “प्रभु, तपाईंको नाउँमा भूतहरू पनि हाम्रो वशमा आए ।” 18 येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुलीजस्तै खसेको देखिरहेको थिएँ । 19 हेर, मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरूलाई कुल्चने र शत्रुका सबै शक्‍तिमाथि अधिकार दिएको छु, र कुनै कुराले तिमीहरूलाई कुनै पनि तरिकाले हानि पुर्‍याउनेछैन । 20 तथापि आत्माहरू तिमीहरूको वशमा छन् भनेर मात्र नरमाओ, तर तिमीहरूको नाम स्वर्गमा लेखिएका छन् भनेर अझ बढी रमाओ ।” 21 त्यही समय उहाँ पवित्र आत्मामा रमाउनुभयो, र भन्‍नुभयो, “हे पिता, पृथ्वी र स्वर्गका प्रभु, म तपाईंको प्रशंसा गर्छु, किनभने तपाईंले यी कुराहरू बुद्धिमान् र समझदारहरूबाट लुकाउनुभयो र साना बालकहरूजस्ता अन्जानहरूलाई प्रकट गर्नुभयो । हे पिता, किनकि यो नै तपाईंको द‍ृष्‍टिमा असल थियो । 22 सबै कुराहरू पिताबाट मलाई सुम्पिएका छन् र पुत्र को हो भनी पितालेबाहेक कसैले जान्दैन र पिता को हुनुहुन्छ भनी पुत्रले र जसलाई पुत्रले प्रकट गर्ने इच्छा गर्छन्, त्यसले बाहेक कसैले जान्दैन ।” 23 त्यसपछि उहाँ चेलाहरूतिर फर्कनुभयो र गुप्‍तमा भन्‍नुभयो, “तिमीहरूले देखेका कुराहरू देख्‍नेहरू धन्यका हुन् । 24 म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्‍ताहरू र राजाहरूले तिमीहरूले देखेका कुराहरू देख्‍ने इच्छा गरे, र तिनीरूले ती देखेनन्, र तिमीहरूले सुनेका कुराहरू सुन्‍ने इच्छा गरे, र तिनीरूले ती सुनेनन् ।” 25 हेर, एउटा यहूदी व्यवस्थाका एक शिक्षक खडा भए ताकि तिनले यसो भन्दै उहाँको परीक्षा गर्न सकून् “गुरुज्यू, मैले अनन्त जीवन पाउन के गर्नुपर्छ?” 26 येशूले तिनलाई भन्‍नुभयो, “व्यवस्थामा के लेखिएको छ? तिमीहरू यसलाई कसरी पढ्छौ?” 27 तिनले जवाफ दिए र भने, “तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्ना सारा हृदयले, आफ्ना सारा प्राणले, आफ्ना सारा सामर्थ्यले र आफ्ना सारा मनले प्रेम गर्, अनि आफ्नो छिमेकीलाई आफैंलाई जस्तै प्रेम गर् ।” 28 येशूले तिनलाई भन्‍नुभयो, “तिमीले ठिकसँग जवाफ दिएका छौ । यसै गर र तिमी बाँच्‍नेछौ ।” 29 तर आफैंलाई धर्मी ठहराउने इच्छा गर्दै तिनले येशूलाई भने, “मेरो छिमेकी को हो ?” 30 येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, "एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदै थियो । त्यो लुटेराहरूको हातमा पर्‍यो, जसले त्यसका सामानहरू लुटे, र त्यसलाई पिटे, अनि त्यसलाई अर्ध-मृत अवस्थामा छोडे । 31 संयोगले एक जना पूजाहारी त्यही बाटो भएर झरिरहेको थियो र जब त्यसले त्यसलाई देख्यो, त्यो अर्को छेउबाट भएर गयो । 32 यसै गरी एक जना लेवी पनि जब त्यस ठाउँमा आइपुग्यो र त्यसलाई देख्यो, त्यो अर्को छेउबाट भएर गयो । 33 तर एक जना सामरी पनि यात्रा गर्दा त्यो भएको ठाउँमा आइपुग्यो । जब उसले त्यसलाई देख्यो, ऊ दयाले भरियो । 34 ऊ त्यसको नजिक गयो र तेल र दाखमद्य लगाएर त्यसको घाउमा पट्टी बाँधिदियो । उसले आफ्नो जनावरमाथि राखेर त्यसलाई धर्मशालामा ल्यायो, र त्यसको हेरचाह गर्‍यो । 35 अर्को दिन उसले दुई दिनार झिकेर धर्मशालाका मालिकलाई दियो र भन्यो, “यसको हेरचाह गर, र तिमीले जेजति थप खर्च गरौला, पछि म फर्कंदा तिमीलाई तिर्नेछु ।” 36 यी तीनजनामध्ये लुटेराहरूको हातमा पर्नेको छिमेकी कुनचाहिं हो जस्तो तिमीलाई लाग्छ?” 37 तिनले भने, “त्यो जसले त्यसलाई दया देखायो ।” येशूले तिनलाई भन्‍नुभयो, “जाऊ र तिमी पनि त्यसै गर ।” 38 अब उहाँहरू यात्रा गरिरहनुहुँदा उहाँ एउटा गाउँमा पस्‍नुभयो, र मार्था नाउँ गरेकी एउटी स्‍‍त्रीले आफ्‍नो घरमा उहाँलाई स्वागत् गरिन् । 39 मरियम नाउँ गरेकी तिनकी एउटी बहिनी थिइन्, जो प्रभुको चरणमा बसेर उहाँका वचन सुन्थिन् । 40 तर मार्था खाना पकाउने काममा अत्ति नै व्यस्त थिइन् । तिनी येशूकहाँ आइन् र भनिन्, “प्रभु, मेरी बहिनीले मलाई काममा एक्लै छोडेको तपाईंलाई वास्‍ता छैन? त्यसकारण मलाई सहायता गर्न त्यसलाई भनिदिनुहोस् ।” 41 तर प्रभुले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “मार्था, मार्था, तिमी धेरै कुराको बारेमा चिन्ता र फिक्री गर्छ्यौ, 42 तर एउटा मात्र कुरा आवश्यक छ । मरियमले सबैभन्दा असल कुरा चुनेकी छिन् जुन कुरा तिनीबाट खोसिनेछैन ।”

1प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा सत्तरी लेखिएको हुन्छ, तर केहीमा बहत्तर लेखिएको हुन्छ ।

लूका १० सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

कटनी

कटनी भनेको तब हुने हो जब मानिसहरू अनाजहरू लिन बाहिर जान्छन् जुन तिनीहरूले रोपेका हुन्छन् ताकि तिनीहरूले ती आफ्‍ना घरमा ल्याएर त्यसलाई खान सकून् । येशूले उहाँका अनुयायीहरूलाई तिनीहरू जानुपर्छ र अरू मानिसहरूलाई येशूको बारेमा बताउनुपर्छ ताकि ती मानिसहरू परमेश्‍वरको राज्यको एक हिस्सा हुन सकून् भनेर सिकाउनलाई यसलाई एउटा अलङ्कारको रूपमा प्रयोग गर्नुभयो ।

छिमेकी

छिमेकी भनेको कुनै पनि व्यक्ति हुन सक्छ जो नजिकै बस्छ । यहूदीहरूले खाँचोमा परेका तिनीहरूका यहूदी छिमेकीहरूलाई सहायता गर्थे, र तिनीहरूका यहूदी छिमेकीहरूले पनि तिनीहरूलाई सहयता गरेको अपेक्षा गर्थे । येशूले तिनीहरूले यो बुझेको चाहनुभयो कि ती मानिसहरू जो यहूदीहरू होइनन्, उनीहरू पनि तिनीहरूका छिमेकी हुन्, त्यसैले उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्त भन्‍नुभयो


Luke 10:1

सामान्य जानकारीः

येशूले आफूभन्दा अगाडि अरू ७० जनालाई बाहिर पठाउनुहुन्छ । ती ७० जना आनन्दित भएर फर्कन्छन्, र येशूले उहाँको स्वर्गीय पितालाई प्रशंसासहित प्रतिक्रिया जनाउनुहुन्छ ।

अब

यो शब्दलाई यहाँ कथामा एउटा नयाँ घटनालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ ।

सत्तरी

“७० ।” कति अनुवादहरूले “बहत्तर” वा “७२” भन्छन् । तपाईंले यो कुरा बताउने पाद टिप्पणी राख्‍न सक्‍नुहुन्छ ।

तिनीहरूलाई दुई-दुई जना गरेर पठाउनुभयो

“तिनीहरूलाई दुई-दुई जनाको समूह बनाएर पठाउनुभयो” वा “हरेक समूहमा दुई जना मानिस राखेर पठाउनुभयो”

Luke 10:2

उहाँले तिनीहरूलाई भन्‍नुभयो

यो कुरा मानिसहरू वास्तवमै जान अगि हो । वैकल्पिक अनुवादः “उहाँले तिनीहरूलाई भन्‍नुभएको थियो” वा “तिनीहरू बाहिर जान अगि उहाँले तिनीहरूलाई भन्‍नुभयो”

फसल प्रशस्त छन्, तर खेतालाहरू थोरै छन्

“त्यहाँ अन्‍न भव्य छन्, तर यसलाई भित्र्याउने खेतालाहरू पर्याप्‍त छैनन् ।” येशूको अर्थ यो हो कि परमेश्‍वरको राज्यमा प्रवेश गर्नलाई धेरै मानिसहरू तयार छन्, तर ती मानिसहरूकहाँ गएर सिकाउन र सहायता गर्न पर्याप्‍त चेलाहरू छैनन् ।

Luke 10:3

तिमीहरूको बाटो जाओ

“सहरहरूमा जाओ” वा “मानिसहरूकहाँ जाओ”

म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा थुमाहरू जसरी पठाउँदै छु

ब्वाँसोहरूले भेडाहरूलाई आक्रमण गर्छन् र मार्छन् । यसकारण यो अलङ्कारको अर्थ हुन्छ कि त्यहाँ मानिसहरू हुन्छन् जसले येशूले पठाउन लाग्‍नुभएका चेलाहरूलाई चोट पुर्‍याउन सक्‍थे । अरू जनावरहरूको नाउँ पनि राख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “जब म तिमीहरूलाई बाहिर पठाउँछु, मानिसहरूले तिमीहरूलाई ब्वाँसाहरूले भेडाहरूलाई हानि गरेजस्तै हानि गर्न चाहनेछन्”

Luke 10:4

पैसाको थैली नबोक, नता यात्रुको झोला वा चप्पलहरू बोक

“तिमीहरूसँग थैली, यात्रुको झोला वा चप्पलहरू नलैजानू”

बाटोमा कसैलाई अभिवादन नगर

“कसैलाई पनि बाटोमा अभिवादन नगर ।” येशूले तिनीहरू सहरहरूमा चाँडो गएर यो काम गरून् भनी जोड दिइरहनुभएको थियो । उहाँले तिनीहरूलाई अभद्र बन्‍नू भन्‍नुभएको थिएन ।

Luke 10:5

यस घरमा शान्ति होस्

यो अभिवादन र आशिष् दुवै थियो । यहाँ “घर”ले तिनीहरूलाई जनाउँछ जो घरमा बस्छन् । वैकल्पिक अनुवादः “यस घरमा रहेका मानिसहरूले शान्ति पाऊन्”

Luke 10:6

एउटा शान्तिको छोरो

“एउटा शान्तिपूर्ण व्यक्ति ।” यो मानिस जसले परमेश्‍वर र मानिस दुवैसँग शान्ति चाहन्छ ।

तिमीहरूको शान्ति उससँग रहनेछ

“शान्ति”लाई यहाँ जीवित थोकको रूपमा वर्णन गरिएको छ जसले कहाँ बस्ने भनेर छान्‍न सक्छ । वैकल्पिक अनुवादः “उससँग तिमीहरूले आशिष् दिएको शान्ति रहनेछ”

होइन भने

सम्पूर्ण वाक्यांशलाई पुनः उल्‍लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “यदि त्यहाँ शान्तिको मानिस छैन भने” वा “यदि त्यो घरको मालिक शान्तिपूर्ण मानिस होइनरहेछ भने”

त्यो तिमीहरूमा नै फर्कनेछ

“शान्ति”लाई यहाँ जीवित थोकको रूपमा वर्णन गरिएको छ जसले छोडेर जानलाई छान्‍न सक्छ । वैकल्पिक अनुवादः “त्यो शान्ति तिमीहरूले नै पाउनेछौ” वा “तिमीहरूले आशिष् दिएको शान्ति उसले पाउनेछैन”

Luke 10:7

अब त्यही घरमा रहो

येशूले त्यही घरमा दिनभरि बस्‍नुभन्‍नुभएको होइन, तर तिनीहरू त्यहाँ हुँदा हरेक राति त्यही घरमा सुत्‍नुपर्छ भनेर भन्‍नुभएको हो । वैकल्पिक अनुवादः “त्यही घरमा निरन्तर सुत्‍नू”

किनकि खेताला उसको ज्यालाको योग्य हुन्छ

यो येशूले पठाइरहनुभएका मानिसहरूका लागि लागु हुने एउटा साधारण सिद्धान्त हो । तिनीहरूले मानिसहरूलाई सिकाइरहेका र निको पारिरहेको हुनाले मानिसहरूले तिनीहरूलाई बस्‍ने ठाउँ र खानेकुरा दिनुपर्छ ।

एउटा घरबाट अर्को घरमा नजाओ

एउटा घरबाट अर्को घरमा सर्नुको अर्थ विभिन्‍न घरहरूमा जाने भनेको हो । यो कुरा प्रस्‍ट बनाउन सकिन्छ कि उहाँले राति विभिन्‍न घरहरूमा बस्ने बारेमा कुरा गरिरहनुभएको थियो । “हरेक रात विभिन्‍न घरमा सुत्‍नलाई नजानू”

Luke 10:8

त्यहाँ तिनीहरूले ग्रहण गरे भने

“यदि तिनीहरूले तिमीहरूलई स्वगत गरे भने”

तिमीहरूका अगि जे राखिएको छ खाओ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले तिमीहरूलाई जे दिन्छन्, त्यही खानू”

Luke 10:9

बिरामीहरू

यसले सामान्यमा बिरामी मानिसहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “बिरामी मानिसहरू”

परमेश्‍वरको राज्य तिमीहरूको नजिक आएको छ

भाववाचक नाउँ “राज्य”लाई “राज गर्नु” वा “शासन गर्नु” जस्ता क्रियापदहरूले व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) परमेश्‍वरको राज्य चाँडै सुरु हुनेछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले चाँडै सबैठाउँमा राजाको रूपमा शासन गर्नुहुनेछ” वा २) परमेश्‍वरको राज्यका क्रियाकलापहरू तिम्रो वरिपरि सबै ठाउँमा भइरहेका छन् । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूका वरिपरि राज गरिरहनुभएको छ भनी प्रमाण”

Luke 10:10

र तिनीहरूले तिमीहरूलाई ग्रहण गरेनन् भने

“यदि सहरका मानिसहरूले तिमीहरूलाई इन्कार गरे भने”

Luke 10:11

तिमीहरूको सहरबाट हाम्रा खुट्टाहरूमा टाँसिएका धूला पनि तिमीहरूको विरुद्धमा टक्टकाउँछौँ

तिनीहरूले सहरको मानिसहरूलाई इन्कार गर्छन् भनेर देखाउनलाई यो एउटा सङ्केतात्मक कार्य हो । वैकल्पिक अनुवादः “जसरी तिमीहरूले हामीलाई इन्कार गर्‍यौ, हामी पनि तिमीहरूलाई पूर्ण रूपमा इन्कार गर्छौं । हाम्रा खुट्टामा टाँसिएका धुलासमेत हामी इन्कार गर्छौं”

हामी टकटक्याउँछौँ

येशूले यी मानिसहरूलाई दुई जनाको समूहमा पठाउन खोज्नुभएकोले यो कुरा दुई जनाले भनिरहेका हुन्थे । त्यसैले, जुन भाषाहरूमा ‘हामी’का लागि युगल रूप छ, तिनीहरूले सो प्रयोग गर्न सक्छन् ।

तर यो जान कि परमेश्‍वरको राज्य तिमीहरूको नजिक आएको छ

“तर यो जान” भन्‍ने पदावलीले एउटा चेतावनीको परिचय गराउँछ । यसको अर्थ “तिमीहरूले हामीलाई इन्कार गरे तापनि परमेश्‍वरको राज्य नजिक आएको तथ्यलाई यसले बदल्दैन !” भन्‍ने हुन्छ ।

परमेश्‍वरको राज्य नजिक आएको छ

भाववाचक नाउँ “राज्य”लाई “राज गर्नु” वा “शासन गर्नु” जस्ता क्रियापदहरूले व्यक्त गर्न सकिन्छ । तपाईंले यस्तै समान वाक्यलाई [लूका १०:८]

Luke 10:12

म तिमीहरूलाई भन्दछु

येशूले यो कुरा उहाँले पठाउन लागिरहनुभएको ७० जना मानिसलाई भन्दै हुनुहुन्थ्यो । उहाँले निकै महत्त्वपूर्ण कुरा भन्‍न लाग्‍नुभएको छ भन्‍ने देखाउनलाई उहाँले यसो भन्‍नुभयो ।

त्यो दिन

यसले पापीहरूको न्यायको अन्तिम समयलाई जनाउँछ भनी चेलाहरूले बुझेका हुनुपर्छ ।

त्यस सहरलाई भन्दा सदोमका निम्ति ज्यादा सह्‌य हुनेछ

“परमेश्‍वरले सदोमलाई पनि त्यस सहरलाई जत्तिकै कठोर न्याय गर्नुहुने छैन ।” वैकल्पिक अनुवादः “परमेश्‍वरले त्यो सहरका मानिसहरूलाई सदोमका मानिसहरूलाई भन्दा बढी कठोर गरी न्याय गर्नुहुनेछ”

Luke 10:13

खोराजीन, तँलाई धिक्‍कार छ ! बेथसेदा, तँलाई धिक्‍कार छ !

खोराजीन र बेथसेदाका मानिसहरूले त्यहीँ नै बसेर सुनिरहेका थिए जस्तै गरी येशूले बोल्नुभयो, तर तिनीहरू त्यहाँ छैनन् ।

किनकि यदि तिमीहरूमा गरिएका शक्‍तिशाली कामहरू टुरोस र सिदोनमा गरिएका भए

येशूले एउटा परिस्थितिलाई वर्णन गर्दै हुनुहुन्छ जुन विगतमा हुन सक्‍थ्यो तर भएन । वैकल्पिक अनुवादः “यदि मैले तिमीहरूका निम्ति गरेका आश्‍चर्यकर्महरू टुरोस र सिदोनका मानिसहरूका निम्ति कसैले गरिदिएको भए”

तिनीहरूले लामो समय अगाडि नै ... बस्दै पश्‍चात्ताप गरिसक्थे

“त्यहाँ बस्‍ने दुष्‍ट मानिसहरूले तिनीहरू तिनीहरूका पापका निम्ति दुःखित छन् भनेर ... बस्दै देखाइसक्‍ने थिए”

भाङ्ग्रा र खरानी लगाएर बसेर

“भाङ्ग्रा लगाएर र खरानीमा बसेर”

Luke 10:14

तर न्याय हुँदा तिमीहरूलाई भन्दा टुरोस र सदोमलाई बढी सहज हुनेछ

तिनीहरूको न्याय हुने कारणलाई प्रस्‍टसँग उल्‍लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “तर किनभने मैले आश्‍चर्यकर्महरू गरेको देखेर पनि तिमीहरूले पश्‍चात्ताप गरेनौ र ममा विश्‍वास गरेनौ, परमेश्‍वरले तिमीहरूलाई टुरोस र सिदोनका मानिसहरूलाई भन्दा बढी कठोर गरी दण्ड दिनुहुनेछ”

न्यायमा

“त्यस अन्तिम दिनमा जब परमेश्‍वरले हरेकको न्याय गर्नुहुन्छ” (युडीबी)

Luke 10:15

तँ, कफर्नहुम

येशूले अब कफर्नहुमका मानिसहरूले त्यहीँ नै बसेर सुनिरहेका थिए जस्तै गरी बोल्नुहुन्छ, तर तिनीहरू त्यहाँ छैनन् ।

तँ स्वर्गतिर उचालिदैनस्, उचालिन्छस् र ?

येशूले कफर्नहुमका मानिसहरूको घमण्डको निम्ति तिनीहरूलाई हप्काउन एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “तँ निश्‍चय नै माथि स्वर्गमा जानेछैनस् !” वा “परमेश्‍वरले तँलाई सम्‍मान गर्नु हुनेछैन !”

स्वर्गतिर उचालिनु

यो अभिव्यक्तिको अर्थ “धेरै उचालिनु” भन्‍ने हुन्छ ।

तँ तल पातालसम्‍म तल ल्याइनेछस्

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तँ तल पातालमा जानेछस्” वा “परमेश्‍वरले तँलाई पातालमा पठाउनुहुनेछ”

Luke 10:16

जसले तिमीहरूले भनेको सुन्छ, त्यसले मैले भनेको सुन्छ

यो तुलनालाई एउटा उपमाको रूपमा प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब कसैले तिमीहरूले भनेको सुन्छ, त्यो तिनीहरूले मैले भनेको सुन्‍नुजस्तै हो”

जसले तिमीहरूलाई इन्कार गर्छ, त्यसले मलाई इन्कार गर्छ

यो तुलनालाई एउटा उपमाको रूपमा प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब कसैले तिमीहरूलाई इन्कार गर्छ, त्यो तिनीहरूले मलाई इन्कार गरेजस्तै हो”

जसले मलाई इन्कार गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई इन्कार गर्छ

यो तुलनालाई एउटा उपमाको रूपमा प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब कसैले मलाई इन्कार गर्छ, त्यो तिनीहरूले मलाई पठाउनुहुनेलाई इन्कार गरेजस्तै हो”

जसले मलाई पठाउनुभयो

यसले यो विशेष कामको निम्ति येशूलाई नियुक्त गर्नुहुने परमेश्‍वर पितालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वर, जसले मलाई पठाउनुभयो”

Luke 10:17

तब सत्तरी जना फर्के

केही भाषाहरूलाई युडीबीले गरेजस्तै पहिले सत्तरी जना गए भन्‍न आवश्‍यक पर्नेछ । यो अस्‍पष्‍ट जानकारी हो जसलाई स्‍पष्‍ट पार्न सकिन्छ ।

सत्तरी

तपाईंले यसरी पाद टिप्‍पणी राख्‍न सक्‍नुहुन्छः “केही संस्करणहरूमा ‘७०’ को सट्टा ‘७२’ छ ।”

तपाईंको नाउँमा

यहाँ “नाउँ” ले येशूको शक्ति र अधिकारलाई जनाउँछ ।

Luke 10:18

मैले शैतानलाई स्वर्गबाट बिजुलीजस्तै खसेको देखिरहेको थिएँ

उहाँका ७० जना चेलाले सहरहरूमा प्रचार गरिरहँदा परमेश्‍वरले शैतानलाई कसरी हराउँदै हुनुहुन्थ्यो भन्‍ने वर्णन गर्नलाई येशूले एउटा उपमा प्रयोग गर्नुभयो ।

स्वर्गबाट बिजुली झैँ तल झर्नु

सम्भावित अर्थहरू हुन् १) बिजुली हानेको जत्तिकै छिटो खस्यो, वा २) स्वर्गबाट तल झर्‍यो जसरी बिजुलीले तल हान्छ । किनकि दुवै अर्थहरू सम्भव छन्, त्यो चित्रणलाई कायम राख्‍नु बेस हुन सक्छ ।

Luke 10:19

सर्पहरू र बिच्छीहरू माथि कुल्चने अधिकार

“सर्पहरूमाथि टेक्‍ने र बिच्छीहरूलाई कुल्चने अधिकार ।” सम्भावित अर्थहरू हुन् १) सर्प र बिच्छीहरू दुष्‍ट आत्माहरूका निम्ति अलङ्कार हुन् । वैकल्पिक अनुवादः “दुष्‍ट आत्माहरूलाई हराउने अधिकार” वा २) यसले वास्तविक सर्पहरू र बिच्छीहरूलाई जनाउँछ ।

सर्पहरू र बिच्छीहरू माथि कुल्चन

यसको अर्थ तिनीहरूले यसो गर्नेछन् र पनि तिनीहरू घायल हुँदैनन् भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “सर्पहरू र बिच्छीहरूमाथि हिँड्नेछन् तापनि तिनीहरूले कुनै हानि गर्नेछैनन्”

बिच्छीहरू

बिच्छीहरू भनेको दुईवटा पञ्‍जा र पुच्छरमा विषालु खिल भएका साना प्राणीहरू हुन् ।

शत्रुका सबै शक्तिमाथि

“मैले तिमीहरूलाई शत्रुको शक्तिलाई कुल्चने अधिकार दिएको छु” वा “मैले तिमीहरूलाई शत्रुलाई हराउने अधिकार दिएको छु ।” त्यो शत्रु शैतान हो ।

Luke 10:20

केवल यसमा आनन्द नमनाओ, कि आत्माहरू तिमीहरूको वशमा आउँछन्, तर तिमीहरूका नामहरू स्वर्गमा लेखिएका छन् भनेर पनि रमाओ

“आत्माहरू तिमीहरूको वशमा आएकोमा मात्र आनन्द नमनाओ” भन्‍ने कुरालाई सकारात्मक रूपमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “आत्माहरू तिमीहरूको वशमा आउँछन् भन्‍ने कुरामा भन्दा बढी तिमीहरूका नाउँहरू स्वर्गमा लेखिएका छन् भनेर रमाओ !”

तिमीहरूका नामहरू स्वर्गमा लेखिएका छन्

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूका नामहरू स्‍वर्गमा लेख्‍नुभएको छ” वा “तिमीहरूका नामहरू स्वर्गका नागरिकहरू हुने मानिसहरूको सूचीमा छन्”

Luke 10:21

पिता

यो परमेश्‍वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।

स्वर्ग र पृथ्वीका प्रभु

“स्वर्ग” र “पृथ्वी”ले अस्तित्वमा भएका सबैथोकलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “स्‍वर्ग र पृथ्वीमा भएका हरेक मानिस र हरेक चीजका मालिक”

यी कुराहरू

यसले चेलाहरूको अधिकारबारे येशूले अगाडि सिकाउनुभएको कुरालाई जनाउँछ । यसलाई “यी कुराहरू” भनी अनुवाद गरेर पाठकहरूलाई नै यसको अर्थ निधो गर्न लगाउनु उत्तम होला ।

बुद्धिमान् र समझदारहरू

“बुद्धिमान्” र “समझदार” भनेको नामयोगी विशेषणहरू हुन् जसले यी गुणहरू भएको मानिसहरूलाई जनाउँछन् । किनभने परमेश्‍वरले तिनीहरूबाट सत्यतालाई लुकाउनभएको थियो, यी मानिसहरूले आफैँलाई बुद्धिमान् र समझदार सोचे तापनि तिनीहरू वास्तवमा थिएनन् । वैकल्पिक अनुवादः “आफूहरू बुद्धिमान् छु र आफूहरूसँग समझदारी छ भनेर ठान्‍ने मानिसहरूबाट”

साना बालकहरूलाई

यसले तिनीहरूलाई जनाउँछ जससँग धेरै शिक्षा नभएको हुन सक्छ तर येशूका शिक्षाहरूलाई ग्रहण गर्न राजी छन् जसरी साना बालकहरू आफूहरूले भरोसा गरेकाहरूको कुरालाई इच्छुक भएर सुन्‍छन् । वैकल्‍पिक अनुवादः “कम शिक्षा भएका मानिसहरू, तर जसले परमेश्‍वरलाई सुन्छन् जसरी साना बालकहरूले सुन्छन्”

किनभने यो तपाईंको दृष्‍टिमा असल थियो

“किनभने तपाईंले यसो गर्न राम्रो लाग्यो”

Luke 10:22

सबै कुराहरू पिताबाट मलाई सुम्पिएको छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरा पिताले सबै कुरा मलाई सुम्पनुभएको छ”

पिता ... पुत्र

यी महत्त्वपूर्ण पदवीहरू हुन् जसले परमेश्‍वर र येशूको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छ ।

पुत्र को हो भनी कसैले जान्दैन

“जान्‍नु” भनी अनुवाद गरिएको शब्दको अर्थ व्यक्तिगत अनुभवबाट जानेको भन्‍ने हुन्छ । परमेश्‍वर पिताले येशूलाई यसरी जान्‍नुहुन्थ्यो ।

पुत्र

येशूले आफैँलाई तृतीय पुरुषमा उल्लेख गर्दै हुनुहुन्थ्यो ।

पिताले बाहेक

यसको तात्पर्य पुत्र को हो भनी पिताले मात्र जान्‍नुहुन्छ ।

पिता को हो

“जान्‍नु” भनी अनुवाद गरिएको शब्दको अर्थ व्यक्तिगत अनुभवबाट जानेको भन्‍ने हुन्छ । येशूले परमेश्‍वर पितालाई यसरी जान्‍नुहुन्थ्यो ।

पुत्रले बाहेक

यसको तात्पर्य पिता को हो भनी पुत्रले मात्र जान्‍नुहुन्छ ।

पुत्रले उहाँलाई प्रकट गर्ने इच्छा गरेको जो कसैलाई

“जसलाई पुत्रले पिता देखाउने इच्छा गर्छ”

Luke 10:23

त्यसपछि उहाँ चेलाहरूतिर फर्कनुभयो र गोप्य तरिकाले भन्‍नुभयो

“गोप्य तरिकाले” भन्‍ने शब्दले सङ्केत गर्छ कि उहाँ आफ्‍ना चेलाहरूसँग एक्लै हुनुहुन्थ्यो । वैकल्‍पिक अनुवादः “पछि, जब उहाँ आफ्‍ना चेलाहरूसँग एक्लै हुनुहुन्थ्यो, उहाँ तिनीहरूपट्टि फर्कनुभयो र भन्‍नुभयो”

तिमीहरूले देखेका कुरा देख्‍नेहरू धन्यका हुन् !

यसले सम्भवतः येशूले गरिरहनुभएको असल कार्यहरू र आश्‍चर्यकर्महरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूले देखिरहेका कुराहरू देख्‍नेहरूका निम्ति कति असल छ”

Luke 10:24

र तिनीहरूले ती कुराहरू देखेनन्

यसले आशय दिन्छ कि येशूले ती कुराहरू अझै गरिरहनुभएको थिएन । वैकल्‍पिक अनुवादः “तर ती कुराहरू देख्‍न सकेनन् किनभने मैले अझै पनि ती कुराहरू गरिरहेको थिइँन”

जे तिमीहरूले सुन्छौ

यसले सम्भवतः येशूको शिक्षालाई जनाउँछ । वैकल्पिक अनुवादः “मैले भनेका तिमीहरूले सुनेका कुराहरू”

र तिनीहरूले ती कुराहरू सुनेनन्

यसले आशय दिन्छ कि येशूले अझै सिकाइरहनुभएको थिएन । वैकल्‍पिक अनुवादः “तर ती कुराहरू सुन्‍न सकेनन् किनभने मैले अझै पनि सिकाउन थालेको थिइँन”

Luke 10:25

जोड्ने कथनः

उहाँको जाँच गर्न चाहने एक यहूदी शिक्षकलाई येशूले एउटा कथासहित जवाफ दिनुहुन्छ ।

अब हेर, एउटा यहूदी व्यवस्थाका विज्ञ

यसले हामीलाई कथामा एउटा नयाँ घटना र नयाँ व्यक्तिको बारेमा सचेत बनाउँछ ।

उहाँलाई जाँच्‍न

“येशूलाई चुनौती दिन”

उत्तराधिकार गर्न

“ताकि परमेश्‍वरले मलाई दिनुभएको होस्”

Luke 10:26

व्यवस्थामा के लेखिएको छ ? तिमीहरू यसलाई कसरी पढ्छौ ?

येशूले जानकारी खोजिरहनुभएको छैन । उहाँले यहूदी व्यवस्थाका विज्ञको ज्ञानलाई जाँच्‍न यी प्रश्‍नहरू प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “मलाई भन मोशाले व्यवस्थामा के लेखे र त्यसको अर्थ के हो भनी तिमीले सोच्छौ ।”

व्यवस्थामा के लेखिएको छ ?

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मोशाले व्यवस्थामा के लेखेका छन् ?”

तिमी यसलाई कसरी पढ्छौ ?

“तिमीले यसमा के पढ्यौ ?” वा “यसले के भनेको तिमीले बुझ्‍छौ ?”

Luke 10:27

तैँले आफ्‍नो छिमेकी आफैँलाई झैँ प्रेम गर्नेछस्

त्यस मानिसले मोशाले व्यवस्थामा लेखेका कुरालाई उद्धरण गरिरहेका छन् ।

आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, र आफ्नो सारा बलले, र आफ्नो सारा दिमागले

यहाँ “हृदय” र “प्राण” भनेको कोही व्यक्तिको भित्री व्यक्तित्वको लागि प्रतिस्थापन शब्दहरू हुन् । यी चार वाक्यांशहरूलाई “पूर्णतया” र “व्यग्रतासँग” भन्‍ने अर्थ दिनलाई एकसाथ प्रयोग गरिएको छ ।

तेरो छिमेकीलाई आफैँलाई जसरी

यो उपमालाई अझ प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तैँले आफैँलाई प्रेम गरे जत्तिकै तेरो छिमेकीलाई प्रेम गर्”

Luke 10:28

तिमी जिउनेछौ

“परमेश्‍वरले तिमीलाई अनन्त जीवन दिनुहुनेछ”

Luke 10:29

तर उनले, आफैँलाई धर्मी ठहराउने विचारले, यसो भने

“तर ती शिक्षकले आफैँलाई धर्मी बनाउने उपाय खोज्ने चाहना गरे, त्यसैले उनले भने” वा “तर धर्मी देखिन चाहँदै, ती शिक्षकले भने”

मेरो छिमेकी को हो ?

उसले कसलाई प्रेम गर्न आवश्‍यक थियो भनेर त्यो मानिस जान्‍न चाहन्थ्यो । वैकल्‍पिक अनुवादः “कसलाई मैले मेरो छिमेकी मान्‍ने र मैले आफैँलाई प्रेम गरेको झैँ प्रेम गर्ने ?” वा “कुन मानिसहरू मेरा छिमेकीहरू हुन् जसलाई मैले प्रेम गर्नुपर्छ ?”

Luke 10:30

जवाफमा येशूले भन्‍नुभयो

येशूले त्यस मानिसको प्रश्‍नलाई एउटा दृष्‍टान्त बताएर जवाफ दिनुहुन्छ । वैकल्पिक अनुवादः “त्यो मानिसको प्रश्‍नको जवाफमा, येशूले उनलाई यो कथा भन्‍नुभयो”

कोही एउटा मानिस

यसले दृष्‍टान्तमा एउटा नयाँ पात्रलाई परिचय गराउँछ ।

ऊ लुटेराहरूको हातमा पर्‍यो, जसले

“ऊ डाँकाहरूद्वारा घेरियो, जसले” वा “केही डाँकाहरूले उसलाई आक्रमण गरे । तिनीहरूले”

उसलाई लुटेर

“उससँग भएका सबै थोक लगे” वा “उसका सबै कुरा चोरे”

अर्ध मृत

यो वाक्पद्धतिको अर्थ “लगभग मृत” भन्‍ने हुन्छ ।

Luke 10:31

त्यसै बेला

यो कुनै मानिसले योजना गरेको जस्तो थिएन ।

एक जना पूजाहारी

यो अभिव्यक्तिले कथामा एउटा नयाँ व्यक्तिलाई चिनाउँछ, तर उसको नामैद्वारा भने चिनाउँदैन ।

जब उनले त्यसलाई देखे

“जब पूजाहारीले त्यो घाइते मानिसलाई देखे ।” किनकि पूजाहारी एक ज्यादै धार्मिक व्यक्ति हुन्, त्यसैले श्रोताहरूले उनले त सहायता गर्लान् भन्‍ने ठाने । उनले सहायता नगरेकाले यो पदावलीलाई अनपेक्षित परिणामतिर ध्यान खिँच्नको लागि “तर जब उनले त्यसलाई देखे” भनेर उल्‍लेख गर्न सकिन्छ ।

तिनी अर्को छेउबाट भएर गए

यो कुरा बुझिएको छ कि उसले त्यस मानिसलाई सहयोग गरेन । वैकल्‍पिक अनुवादः “उसले घाइते मानिसलाई सहयोग गरेन तर बरु उसबाट तर्केर बाटोको अर्को छेउबाट भएर गयो”

Luke 10:32

एकजना लेवी ... छेउबाट भएर गए

लेवीहरूले मन्दिरमा सेवा गर्थे । उसले आफ्‍नो सङ्गी यहूदी मानिसलाई सहयोग गरेको अपेक्षा गरिन्थ्यो । तर किनकि उसले गरेन, त्यसलाई उल्‍लेख गर्नु सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “एकजना लेवी ... उनले सहायता पनि गरेनन्, तर त्यसको साटोमा छेउबाट भएर गए”

Luke 10:33

तर एक जना सामरी

यसले नाम उल्लेख नगरी कथामा एउटा नयाँ व्यक्तिको परिचय दिन्छ । हामी उनी सामरियाबाट थिए भन्‍ने मात्र जान्दछौँ ।

एक जना सामरी

यहूदीहरूले सामरीहरूलाई घृणा गर्थे र उनले त्यो घाइते यहूदी मानिसलाई सहायता गर्दैनन् भनी ठाने ।

जब उनले त्यसलाई देखे

“जब सामरीले त्यो घाइते मानिसलाई देखे”

उनी दयाले भरिए

“उनी त्यसको निम्ति दुःखित भए”

Luke 10:34

घाउमा पट्टी बाँधिदिए अनि तेल र दाखमद्य लगाइदिए

घाउमा पहिले तेल र दाखमद्य लगाएको हुन सक्छ, र त्यसपछि घाउमा पट्टि बाँधेको हुन सक्छ । वैकल्पिक अनुवादः “उनले घाउमा तेल र दाखमद्य दले र कपडाले बाँधे”

तेल र दाखमद्य लगाउँदै

दाखमद्यलाई घाउ सफा गर्न प्रयोग गरिन्थ्यो, र तेल सम्भवतः संक्रमण नहोस् भनेर प्रयोग गरिन्थ्यो । यसलाई उल्लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूलाई निको पार्नलाई सहायता गर्न तिनीहरूमाथि तेल र दाखमद्य खनाउँदै”

उनले आफ्नो जनावर

“उनको आफ्नै भरिएको जनावर ।” यो उनले गह्रौँ भारी बोक्‍नलाई प्रयोग गर्ने गरेको जनावर थियो । यो सम्भवतः गधा थियो ।

Luke 10:35

दुई दिनार

“दुई दिनको ज्याला ।” “दिनार” “दिनारिअस” को बहुवचन हो ।"

सञ्‍चालक

“धर्मशालाको मालिक” वा “धर्मशालाको देखरेख गर्ने व्यक्ति”

जति पनि बढी तपाईंले खर्च गर्नुहुन्छ, जब म फर्कन्छु, म तपाईंलाई तिरिदिनेछु

यसको क्रमलाई पुनः मिलाएर राख्‍न सकिन्छ । वैकल्‍पिक अनुवादः “जब म फर्कन्छु, तपाईंले गर्नुभएको जति पनि बढी खर्च हुन्छ सो म तपाईंलाई तिरिदिनेछु”

Luke 10:36

यी लुटेराहरूको हातमा पर्नेको छिमेकी यी तीनजनामध्ये कुनचाहिँ हो जस्तो तिमीलाई लाग्छ ?

यसलाई दुई प्रश्‍नहरूको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीलाई कस्तो लाग्छ ? यी तीन जना मानिसमध्ये कुनचाहिँ छिमेकी हो ?”

छिमेकी थियो

“आफैँलाई एउटा साँचो छिमेकी भएको देखायो”

उसलाई जो डाँकूहरूको हातमा परेको थियो

“त्यस मानिसलाई जसलाई डाँकूहरूले आक्रमण गरे”

Luke 10:37

जाऊ र तिमी पनि त्यसै गर

थप जानकारी दिँदा सहयोगी हुन सक्छ । वैकल्‍पिक अनुवादः “त्यसै गरेर, तिमी पनि जानुपर्छ र मानिसहरूलाई तिमीले सकेको जति सहयोग गर्नुपर्छ”

Luke 10:38

सामान्य जानकारीः

येशू मार्थाको घरमा आउनुहुन्छ जहाँ तिनकी बहिनी मरियमले येशूलाई बडो ध्यानपूर्वक सुन्छिन् ।

अब

यो शब्दलाई यहाँ एउटा नयाँ घटनालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ ।

जसै तिनीहरू सँगसँगै यात्रा गरिरहेका थिए

“जब येशू र उहाँका चेलाहरू सँगै यात्रा गरिरहेका थिए”

कुनै एउटा गाउँ

यसले एउटा नयाँ गाउँको परिचय दिन्छ, तर यसको नाम भने उल्लेख गर्दैन ।

मार्था नाउँ गरेकी एउटी स्‍त्री

यसले मार्थालाई नयाँ पात्रको रूपमा चिनाउँछ । तपाईंको भाषामा नयाँ मानिसहरूलाई चिनाउने तरिका हुन सक्छ ।

Luke 10:39

जो प्रभुको चरणमा पनि बसे

त्यस समयमा यो सिक्‍नको लागि सामान्य र आदर व्यक्त गर्ने सामान्य शैली थियो । वैकल्पिक अनुवादः “येशूको नजिकै भुइँमा बसे”

उहाँको वचन सुनिन्

यसले मार्थाको घरमा हुँदा येशूले सिकाउनुभएको सबैकुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “प्रभुले सिकाउनुभएको सुनिन्”

Luke 10:40

अन्त ध्यान खिँचिएको थियो

“धेरै व्यस्त” वा “असाध्यै व्यस्त”

तपाईं वास्ता गर्नुहुन्‍न ... मलाई एक्लै सेवा गर्न ?

त्यहाँ गर्नुपर्ने कामहरू धेरै हुँदा पनि प्रभुले मरियमलाई त्यहाँ बसेर उहाँले भन्‍नुभएका कुरा सुन्‍न दिनुभएकोमा मार्थाले गुनासो गरिरहेकी छिन् । तिनले प्रभुलाई आदर गर्थिन्, त्यसैले तिनले आफ्नो गुनासोलाई आलङ्कारिक प्रश्‍नको प्रयोग गरेर नरम बनाइन् । वैकल्पिक अनुवादः “तपाईंले वास्ता नै गर्नुहुन्‍न जस्तो देखिन्छ ... एक्लै ।”

Luke 10:41

मार्था, मार्था

येशूले जोड दिनको लागि मार्थाको नाउँलाई दोहोर्‍याउनुहुन्छ । वैकल्‍पिक अनुवादः “प्रिय मार्था” वा “तिमी, मार्था”

Luke 10:42

केवल एउटा कुरा जरुरी छ

येशूले मरियमले गरिरहेकी कुरालाई मार्थाले गरिरहेकी कुरासँग भिन्‍न भएको देखाउँदै हुनुहुन्छ । यसलाई प्रस्‍ट बनाउँदा सहयोगी हुन सक्छ । वैकल्‍पिक अनुवादः “साँच्‍चै आवश्‍यक परेको एउटै कुरा भनेको मेरो शिक्षालाई सुन्‍नु हो” वा “मेरो शिक्षालाई सुन्‍न खाना तयार गर्नभन्दा बढी जरुरी छ”

जुन कुरा तिनीबाट खोसिनेछैन

सम्भावित अर्थहरू हुन् १) “म तिनीबाट यो अवसर खोस्‍नेछैन” वा २) “मैले भनेको सुन्दा तिनले पाएकी कुराहरू तिनले गुमाउनेछैनन्”


Translation Questions

Luke 10:4

येशूले सत्तरी जनालाई तिनीहरूसँग के नबोक्‍न भन्‍नुभयो ?

तिनीहरूलाई पैसाको कुनै पनि थैली, यात्राको कुनै झोला अथवा कुनै जुत्ता नबोक्‍न भन्‍नुभयो । [१०:४]

Luke 10:9

येशूले सत्तरी जनालाई हरेक सहरमा के गर्नू भन्‍नुभयो ?

उहाँले तिनीहरूलाई रोगीहरूलाई निको पार्नू अनि मानिसहरूलाई “परमेश्‍वरको राज्य नजिक आउँदै छ” भन्‍नू भन्‍नुभयो । [१०:९]

Luke 10:12

यदि येशूले पठाउनुभएकाहरूलाई कुनै सहरले स्वागत गरेन भने त्यस सहरको न्याय कस्तो हुनेछ भन्‍नुभयो ?

सदोमको भन्दा पनि दर्दनाक न्याय हुनेछ । [१०:१२]

Luke 10:20

जब ती सत्तरी जनाले फर्केर आनन्दसाथ भूतहरूलाई निकालेको कुरा सुनाए, तब येशूले तिनीहरूलाई के भन्‍नुभयो ?

उहाँले भन्‍नुभयो, “तिमीहरूको नाम स्वर्गमा लेखिएका छन् भनेर अझ बढी आनन्दित होओ ।” । [१०:२०]

Luke 10:21

येशूले कसलाई परमेश्‍वरको राज्यको बारेमा प्रकट गरे पिता प्रसन्‍न हुनुहुन्छ भन्‍नुभयो ?

केही नसिकाइएका साना बालक जस्तालाई परमेश्‍वरको राज्यको बारेमा प्रकट गरे पिता प्रसन्‍न हुनुहुन्छ भन्‍नुभयो । [१०:२१]

Luke 10:27

येशूका अनुसार अनन्त जीवन प्राप्‍त गर्न एउटा मानिसलाई यहूदी व्यवस्थाले के भन्छ भन्‍नुभयो ?

“तिमीले आफ्ना सारा हृदयले, आफ्ना सारा प्राणले, आफ्ना सारा सामर्थ्यले र आफ्ना सारा मनले परमेश्‍वरलाई प्रेम गर्नू अनि आफ्नो छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर्नू ।” । [१०:२७]

Luke 10:31

येशूको दृष्‍टान्तमा अर्ध-मृतक मानिसलाई बाटोमा देखेपछि त्यो यहूदी पुजारीले के गर्‍यो ?

त्यो अर्को छेउबाट तर्केर गयो । [१०:३१]

Luke 10:32

लेवीले त्यस मानिसलाई देखेपछि के गर्‍यो ?

ऊ अर्को बाटो तर्केर गयो । [१०:३२]

Luke 10:34

त्यस मानिसलाई देखेपछि सामरीले के गर्‍यो ?

उसका चोटहरूमा पट्टी बाँधेर आफ्नो पशुमाथि राखी उसले पौवामा ल्यायो र उसको हेरचाह गर्‍यो । [१०:३४]

Luke 10:37

दृष्‍टान्त भनिसक्‍नुबएपछि येशूले यहूदी व्यवस्थाको शिक्षकलाई के गर भन्‍नुभयो ?

जाऊ र दृष्‍टान्तमा सामरीले गरेजस्तै दया देखाऊ । [१०:३७]

Luke 10:39

त्यही समयमा मरियमले के गरिन् ?

तिनी येशूको पाउनेर बसिन् र उहाँको वचन सुनिन् । [१०:३९]

Luke 10:40

येशू तिनको घर आएपछि मार्थाले के गरिन् ?

तिनी खानेकुरा तयार गर्नमा अति नै व्यस्त थिइन् । [१०:४०]

Luke 10:42

येशूले कसले असल कुरा छानेकी छन् भन्‍नुभयो ?

येशूले मरियमले असल कुरा छानेकी छन् भन्‍नुभयो । [१०:४२]


Chapter 11

1 एकदिन कुनै एउटा ठाउँमा येशू प्रार्थना गरिरहनुभएको थियो । उहाँले प्रार्थना गरिसक्‍नुभएपछि उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनुहोस् जसरी यूहन्‍नाले आफ्ना चेलाहरूलाई सिकाए ।” 2 येशूले तिनीहरूलाई भन्‍नुभयो, “जब तिमीहरू प्रार्थना गर्छौ यसो भन्‍नू, ‘हे पिता, तपाईंको नाउँ पवित्र गरियोस् । तपाईंको राज्य आओस् । 3 हामीलाई प्रत्येक दिन हाम्रो दैनिक रोटी दिनुहोस् । 4 हाम्रा पापहरू क्षमा गर्नुहोस्, जसरी हामीले हाम्रा ऋणीहरूलाई क्षमा गरेका छौं । हामीलाई परीक्षामा नडोर्‍याउनुहोस् ।’ 5 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्ये कसको एक जना मित्र होला, जसकहाँ मध्यरातमा गएर तिनलाई भन्‍नेछ, 'ए मित्र मलाई तीनवटा रोटी सापटी दिनुहोस्, 6 किनकि मेरो एक जना मित्र यात्राबाट मकहाँ आएका छन्, र तिनलाई दिनका लागि मसित केही पनि छैन ।' 7 त्यसपछि भित्रबाट उनलाई जवाफ दिनेले यसो भन्‍न सक्छन्, 'मलाई दिक्क नबनाउनुहोस् । ढोका बन्द भइसकेको छ, र मेरा छोराछोरीहरू मसँगै ओछ‍्यानमा छन् । म उठेर तपाईंलाई रोटी दिन सक्दिनँ ।' 8 म तिमीहरूलाई भन्दछु, तिमीहरू तिनको मित्र भएकोले तिनले उठेर तिमीहरूलाई रोटी नदिए तापनि, बिना लाज लगातार मागिरहेकोले तिनी उठ्नेछन् र तिमीहरूलाई आवश्यक पर्ने जति दिनेछन् । 9 म तिमीहरूलाई भन्दछु, “माग र तिमीहरूलाई यो दिइनेछ; खोज र तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याऊ, र तिमीहरूका लागि यो उघारिनेछ । 10 किनकि माग्‍ने हरेकले पाउँछ; र खोज्‍ने व्यक्‍तिले भेट्टाउँछ; र ढकढक्याउने व्यक्‍तिका लागि त्यो उघारिनेछ । 11 तिमीहरूमध्ये कुनचाहिं बुबाले आफ्नो छोराले माछा माग्दा, माछाको सट्टा सर्प दिनेछ? 1 12 अथवा त्यसले अण्डा माग्दा, तिमीले त्यसलाई बिच्छी दिनेछ? 13 यसकारण तिमीहरू दुष्‍ट भएर पनि आफ्ना छोराछोरीहरूलाई असल चिजहरू दिन जान्दछौ भने, तिमीहरूका स्वर्गका पिताले उहाँसँग माग्‍नेहरूलाई झन् कति प्रशस्त गरेर पवित्र आत्मा दिनुहुनेछ?” 14 अब येशूले एउटा गूँगोबाट भूतात्मा निकाल्दै हुनुहुन्थ्यो । जब भूतात्मा निस्क्यो, गूँगो बोल्यो, र भीड छक्‍क पर्‍यो । 15 तर केही मानिसहरूले भने, “भूतात्माहरूको शासक बालजिबुलद्वारा त्यसले भूतात्माहरूलाई निकाल्दैछ।” 16 अरूहरूले उहाँको परीक्षा गरे र उहाँबाट स्वर्गबाटको एउटा चिन्‍ह खोजे । 17 तर येशूले तिनीहरूको विचार थाहा पाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, "आफ्‍नै विरुद्धमा विभाजित भएको हरेक राज्‍य उजाड पारिन्छ, र आफ्‍नै विरुद्धमा विभाजित भएको घरको पतन हुन्छ । 18 यदि शैतान आफैंमा विभाजित हुन्छ भने त्यसको राज्य कसरी टिक्नेछ? किनकि तिमीहरू भन्छौ कि म बालजिबुलद्वारा भूतात्माहरू धपाउँछु । 19 यदि मैले बालजिबुलद्वारा भूतात्माहरू धपाउँछु भने तिमीहरूका चेलाहरूले कसद्वारा तिनीहरूलाई धपाउँछन्? यसकारण तिनीहरू तिमीहरूका न्याय गर्नेहरू हुनेछन् । 20 तर यदि मैले परमेश्‍वरको औंलाद्वारा भूतात्माहरू निकाल्छु भने परमेश्‍वरको राज्य तिमीहरूमा आएको छ । 21 जब कुनै बलियो मानिसले हातहतियारसहित आफ्नो घरको रक्षा गर्छ, त्यसका सामानहरू सुरक्षित हुन्छन्, 22 तर जब त्यसभन्दा अझ बलियो मानिसले त्यसलाई हराउँछ, त्यस मानिसले भरोसा गरेका हातहतियारहरू त्यो अझ बलियो मानिसले कब्जा गर्छ र त्यस मानिसका धन सम्पत्तिहरू लुट्छ । 23 मसँग नहुने मेरो विरुद्धमा हुन्छ, र मसँगै जम्मा नगर्नेले छरपष्‍ट पार्छ । 24 "जब अशुद्ध आत्मा मानिसबाट निस्केर जान्छ, तब त्यो पानी नभएको ठाउँ भएर जान्छ र आराम गर्न खोज्छ । केही पनि नपाउँदा, त्यसले भन्‍छ, 'म निस्केर आएको मेरै घरमा फर्किजानेछु' । 25 फर्किसकेपछि त्यसले त्यो घर सफासँग व्यवस्थित पारेर राखेको भेट्टाउँछ । 26 त्यसपछि त्यो जान्छ र आफूभन्दा धेरै दुष्‍ट अरू सातवटा भूतात्मालाई साथमा ल्याउँछ र तिनीहरू सबै आएर त्यहाँ बस्‍छन् । त्यसपछि त्यस मानिसको पछिल्‍लो अवस्था पहिलेको भन्दा अझ खराब हुन्छ ।" 27 उहाँले यी कुराहरू भन्‍नुहुँदा, एउटी स्‍‍त्री भीडबाट कराई र उहाँलाई भनी, “त्यो कोख धन्यको हो जसले तपाईंलाई जन्मायो र ती स्तन जसले तपाईंलाई दूध खुवाए ।” 28 तर उहाँले भन्‍नुभयो, “त्योभन्दा पनि तिनीहरू धन्यका हुन् जसले परमेश्‍वरको वचन सुन्छन् र त्यसलाई पालन गर्छन् ।” 29 भीडहरू बढ्दै गर्दा येशूले भन्‍न लाग्‍नुभयो, “यो पुस्ता दुष्‍ट पुस्ता हो । यसले चिन्‍ह खोज्‍छ तर योनाको चिन्‍ह बाहेक यसलाई कुनै चिन्‍ह दिइनेछैन । 30 किनकि जसरी निनवेका मानिसहरूका लागि योना एक चिन्‍ह थिए, त्यसै गरी यो पुस्ताका लागि मानिसका पुत्र पनि एक चिन्‍ह हुनेछन् । 31 दक्षिणकी रानी यस पुस्ताका मानिसहरूसँग न्यायमा उठ्नेछिन् र तिनीहरूलाई दोष लगाउनेछिन्, किनकि तिनी पृथ्वीको पल्लो कुनाबाट सोलोमनको बुद्धि सुन्‍नलाईआइन्, र हेर, सोलोमनभन्दा पनि महान् यहाँ एकजना छ । 32 निनवेका मानिसहरू यस पुस्ताका मानिसहरूसँग न्यायमा उभिनेछन् र यसलाई दोष लगाउनेछन्, किनकि तिनीहरूले योनाको प्रचारमा पश्‍चात्ताप गरे र हेर, योनाभन्दा पनि महान् यहाँ एकजना छ । 33 कसैले बत्ती बालेर गुप्तमा राख्दैन, वा टोकरीमुनि राख्दैन, तर त्यसलाई सामदानमा राख्छ, ताकि भित्र पस्‍नेहरूले उज्‍यालो देखून्। 34 तिम्रो आँखा शरीरको बत्ती हो । तिम्रो आँखा असल छ भने पूरै शरीर उज्यालो हुन्छ । तर तिम्रो आँखा खराब छ भने तिम्रो शरीर पूरै अँध्यारो हुन्छ । 35 त्यसकारण होसियार होऊ, कि तिमीमा भएको उज्यालो अँध्यारो नहोस् । 36 यदि तिम्रो शरीर उज्यालोले पूर्ण छ, र कुनै पनि भाग अँध्यारोमा छैन भने, बत्ती चम्कँदा त्यसको उज्यालो तिमीमाथि परेजस्तै तिम्रो पूरै शरीर त्यस्तै हुनेछ ।" 37 उहाँ बोलिसक्‍नुभएपछि एक जना फरिसीले उहाँलाई आफ्नो घरमा आफूसँग खाना खान बोलाए, त्यसैले येशू भित्र पस्‍नुभयो र टेबुलमा अडेस लगाएर बस्‍नुभयो । 38 खाना खानुभन्दा पहिले येशूले हात नधुनुभएको देखेर ती फरिसी छक्‍क परे । 39 तर प्रभुले तिनीलाई भन्‍नुभयो, “तिमी फरिसीहरू गिलासहरू र कचौराहरूको बाहिर सफा गर्छौ, तर तिमीहरूको भित्रपट्टि लोभ र दुष्‍ट कुराले भरिएको हुन्छ । 40 तिमी मूर्खहरू मानिसहरू! जसले बाहिरको बनायो के त्यसले भित्रको पनि बनाएको होइन र? 41 भित्रका कुराहरूलाई गरिबलाई देओ, र त्यसपछि सबै कुराहरू तिमीहरूका लागि सफा हुनेछन् । 42 तर तिमी फरिसीहरूलाई धिक्‍कार! किनभने तिमीहरूले पुदिना, आरूद र बगैंचाका हरेक जडीबुटीको दशांश दिन्छौ, तर न्याय र परमेश्‍वरको प्रेमलाई बेवास्ता गर्छौ । यी कामहरू पनि गर्न नचुकिकन न्यायपूर्ण व्यवहार गर्न र परमेश्‍वरलाई प्रेम गर्न आवश्यक छ । 43 तिमी फरिसीहरूलाई धिक्‍कार, किनकि तिमीहरूले सभाघरको मुख्‍य-मुख्‍य आसन र बजारहरूमा आदरपूर्ण सलाम लिन रूचाउँछौ । 44 तिमीहरूलाई धिक्‍कार, किनकि तिमीहरू चिन्ह नलगाइएका चिहानहरूजस्ता छौ, जसमाथि मानिसहरू थाहा नपाईकन हिंड्छन् ।” 45 व्यवस्थाका पण्डितहरूमध्ये एकले उहाँलाई भने, “गुरुज्यू, तपाईंले भन्‍नुभएका कुराहरूले हाम्रो पनि अपमान हुन्छ ।” 46 येशूले भन्‍नुभयो, “तिमी व्यवस्थाका शिक्षकहरूलाई धिक्‍कार! किनकि तिमीहरू मानिसहरूमाथि बोक्न नसक्ने भारीहरू लाद‍्दछौ, तर तिमीहरूले आफ्नो एउटा औंलाले पनि ती भारहरू छुँदैनौ । 47 तिमीहरूलाई धिक्‍कार, किनभने तिमीहरू अगमवक्‍ताहरूका निम्ति चिहानहरू बनाउँछौ, र तिनीहरूलाई मार्ने तिमीहरूकै पुर्खाहरू थिए । 48 त्यसैले तिमीहरू साक्षीहरू हौ र तिम्रा पुर्खाहरूका कामहरूमा सहमति जनाउँछौ, किनकि तिनीहरूले साँच्‍चै तिनीहरूलाई मारे र तिमीहरू तिनीहरूका चिहानहरू बनाउँछौ । 49 किनकि यसैकारणले परमेश्‍वरको बुद्धिले भन्छ, 'म तिनीहरूकहाँ अगमवक्‍ताहरू र प्रेरितहरू पठाउनेछु, र तिनीहरूमध्ये कोहीलाई तिनीहरूले सताउनेछन् र मार्नेछन् ।' 50 तब संसारको सुरूदेखि भएको सबै अगमवक्ताहरूको रक्तपातको जिम्मेवार यस पुस्ता हुनेछ, 51 हाबिलको रगतदेखि वेदी र पवित्र स्थानमा मारिएका जकरियाको रगतसम्म । हो, म तिमीहरूलाई भन्दछु, यसको जिम्मेवार यस पुस्ता हुनेछ । 52 तिमी व्यवस्थाका पण्डितहरूलाई धिक्‍कार, किनभने तिमीहरूले ज्ञानको साँचो टाढा लग्‍यौ; तिमीहरू आफैं पनि भित्र पसेनौ, र पस्‍नेहरूलाई पनि तिमीहरूले रोक्यौ । 53 येशू त्यहाँबाट गइसक्‍नुभएपछि शास्‍‍त्रीहरू र फरिसीहरूले उहाँको विरोध गरे र उहाँसँग धेरै कुराहरूमा बहस गरे, 54 र उहाँका आफ्नै वचनहरूमा उहाँलाई फसाउन खोजे ।

1प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा छोटो गरी लेखिएको छ । केही प्राचीन प्रतिलिपिहरूमा लामो गरी लेखिएको छ, जुन मत्ती ७ः९ मा पनि यसरी लेखिएको पाइन्छः तिमीहरूमध्ये कसले आफ्नो छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा दिनेछ? वा माछा माग्दा सर्प दिनेछ?

लूका ११ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यूएलटीले ११:२-४ मा भएका पङ्क्तिहरूलाई बाँकीको पाठ्यसामग्रीभन्दा पृष्‍ठमा दायाँतिर राख्छन् किनभने तिनीहरू एउटा विशेष प्रार्थना हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

प्रभुको प्रार्थना

जब येशूका अनुयायीहरूले उहाँलाई प्रार्थना कसरी गर्ने भनेर उहाँलाई सोधे, उहाँले तिनीहरूलाई यो प्रार्थना सिकाउनुभयो । तिनीहरूले हरेक पटक प्रार्थना गर्दा उही शब्दहरू दोहोर्‍याएको उहाँले अपेक्षा गर्नुभएन, तर तिनीहरूले केको बारेमा प्रार्थना गरेको परमेश्‍वरले चाहनुहुन्छ भन्‍ने बारेमा तिनीहरूले जानेको उहाँले इच्छा गर्नुभयो ।

योना

योना पुरानो करारको एक अगमवक्ता थिए जसलाई निनवेको अन्यजाति सहरमा त्यहाँ भएकाहरूलाई पश्‍चात्ताप गर्नलाई भन्‍न पठाइएको थियो । जब उनले तिनीहरूलाई पश्‍चात्ताप गर्नलाई भने, तिनीहरूले पश्‍चात्ताप गरे । अनि अनि )

ज्योति र अन्धकार

बाइबलले धेरैपटक अधर्मी मानिसहरू, परमेश्‍वरलाई प्रसन्‍न पार्ने कुराहरू नगर्ने मानिसहरूको बारेमा यसरी बताउँछ मानौँ तिनीहरू अन्धकारमा रुमल्‍लिरहेका थिए । यसले ज्योतिको बारेमा यसरी बताउँछ मानौँ ती पापी मानिसहरूलाई धर्मी हुन, तिनीहरूले गरिरहेका कुराहरू गलत छन् भनी बुझ्‍न र परमेश्‍वरको आज्ञापालन गर्न सुरु गर्नलाई सक्षम पार्ने कुरा ज्योति नै हो ।

धुने

फरिसीहरूले आफ्‍ना हातहरू र आफूले खान प्रयोग गर्ने भाँडालाई धुन्थे । तिनीहरूले फोहोर नभएका कुराहरू पनि धुन्थे । मोशाको व्यवस्थाले तिनीहरूलाई यी कुराहरू धुनलाई भनेको थिएन, तर जे भएपनि तिनीहरूले ती धुन्थे । यस्तो किन भन्दा तिनीहरू ठान्थे कि यदि तिनीहरूले परमेश्‍वरले बनाउनुभएको र परमेश्‍वरले नबनाउनुभएको दुवै नियमहरूको पालना गरे भने परमेश्‍वरले तिनीहरूलाई अरूभन्दा श्रेष्‍ठ मानिसहरू ठान्‍नुहुने थियो । अनि )


Luke 11:1

सामान्य जानकारीः

यो कथाको अर्को भागको सुरुवात हो । येशूले उहाँका चेलाहरूलाई प्रार्थना गर्न सिकाउनुहुन्छ ।

अब यसो भयो कि

यो वाक्यांश कथाको नयाँ भागको सुरुवातलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्‍नुहुन्छ ।

जब येशू प्रार्थना गरिरहनुभएको थियो ... एकजना

त्यो चेलाले प्रश्‍न सोध्नुभन्दा अगाडि येशूले प्रार्थना गर्न सिद्ध्याउनुभयो भन्‍ने कुरालाई उल्‍लेख गर्नु अझ बढी स्वभाविक हुन सक्छ । वैकल्‍पिक अनुवादः “कि येशूले कुनै एक स्थानमा प्रार्थना गरिरहनुभएको थियो । जब उहाँले प्रार्थना गरेर सकाउनुभयो, एकजना”

Luke 11:2

त्यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो

“येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो”

पिता

येशूले परमेश्‍वर पितालाई प्रार्थना गर्दा उहाँलाई “पिता” भनेर सम्बोधन गरेर उहाँको नामलाई सम्‍मान गर्नलाई येशूले आज्ञा गरिरहनुभएको छ । यो परमेश्‍वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।

तपाईंको नाउँ पवित्र गरियोस्

“सबैजनालाई तपाईंको नाउँको आदर गर्न लगाउनुहोस् ।” “नाम”ले धेरैपटक सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबै मानिसहरूले तपाईंलाई आदर गरून्”

तपाईंको राज्य आओस्

परमेश्‍वरले सबैमाथि शासन गर्नुहुने कार्यलाई यसरी बताइएको छ मानौँ त्यो परमेश्‍वर आफैँ नै हुनुहुन्छ । वैकल्पिक अनुवादः “तपाईं आउनुहोस् र सबै मानिसहरूमाथि शासन गर्नुहोस्”

Luke 11:3

जोड्ने कथनः

येशूले आफ्ना चेलाहरूलाई कसरी प्रार्थना गर्ने भनी निरन्तर रूपमा सिकाउनुहुन्छ ।

हामीलाई दिनुहोस्

यो आज्ञाकारी भनाइ हो, तर त्यसलाई आदेश जसरीभन्दा पनि अनुरोधको रूपमा अनुवाद गरिनुपर्छ । तिनीहरूलाई यो प्रस्‍ट बनाउनलाई “कृपया” जस्तो केही कुरा थप्दाखेरी सहयोगी हुन सक्छ । वैकल्‍पिक अनुवादः “कृपया हामीलाई दिनुहोस्”

हाम्रो प्रत्येक दिनको रोटी

रोटी मानिसहरूले दैनिक खाने सस्‍तो खाना थियो । यहाँ सामान्य खानालाई जनाउन यसलाई प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “हामीलाई हरेक दिन आवश्यक पर्ने खाना”

Luke 11:4

हामीलाई क्षमा गर्नुहोस् ... हामीलाई नडोहोर्‍याउनुहोस्

यिनीहरू आज्ञाकारी भनाइहरू हुन्, तर तिनीहरूलाई आदेश जसरीभन्दा पनि अनुरोधको रूपमा अनुवाद गरिनुपर्छ । तिनीहरूलाई यो प्रस्‍ट बनाउनलाई “कृपया” जस्तो केही कुरा थप्दाखेरी सहयोगी हुन सक्छ । वैकल्‍पिक अनुवादः “कृपया हामीलाई माफ गर्नुहोस् ... कृपया हामीलाई नडोहोर्‍याउनुहोस्”

हामीलाई हाम्रा पापहरू क्षमा गर्नुहोस्

“तपाईंको विरुद्धमा पाप गरेकोमा हामीलाई क्षमा दिनुहोस्” वा “हाम्रा पापहरू क्षमा गर्नुहोस्”

किनकि हामी पनि क्षमा गर्छौँ

“किनभने हामी पनि क्षमा गर्छौं”

जो हाम्रा ऋृणीहरू हुन्

“जसले हाम्रो विरुद्धमा पाप गरेका छन्” वा “जसले हाम्रो विरुद्धमा खराबी गरेका छन्”

हामीलाई परीक्षामा नडोहोर्‍याउनुहोस्

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीलाई परीक्षाबाट टाढा राख्‍नुहोस्”

Luke 11:5

जोड्ने कथनः

येशूले आफ्ना चेलाहरूलाई प्रार्थनाबारे निरन्तर रूपमा सिकाउनुहुन्छ ।

मलाई तीनवटा रोटी सापट दिनुहोस्

“मलाई तीनवटा रोटी सापटी लिन देऊ” वा “मलाई तीनवटा रोटी देऊ र म तिमीलाई पछि दिनेछु ।” सत्कार गर्नेसँग उसको पाहुनालाई दिनलाई कुनै खानेकुरा तयार छैन ।

तीनवटा रोटी

रोटीलाई धेरैपटक सामान्य रूपमा खानेकुरालाई प्रतिनिधित्व गर्न प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “खानाको लागि पर्याप्‍त हुनेगरी पकाएको खाना” वा “एउटा व्यक्तिलाई खानलाई पुग्‍नेगरी तयार पारिएको खाना”

Luke 11:6

जोड्ने कथनः

येशूले एउटा प्रश्‍नलाई सोध्‍न सकाउनुहुन्छ जुन पद ५ मा सुरु हुन्छ ।

किनकि एउटा साथी ... उसको अगाडि राख्‍न ... ’ ?

येशूले चेलाहरूलाई सिकाउन एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “मानौँ, तिमीहरूमध्ये कोहीसँग छ ... उसलाई खान दिन केही छैन ।” वा “मानौँ, तिमीसँग छ ... उसलाई खान दिन केही छैन ।”

यात्राबाट भर्खरै मकहाँ आइपुग्‍नुभयो

यो आशय दिइएको छ कि पाहुना चाहिँ उसको घरबाट धेरै टाढा आएका छन् । वैकल्पिक अनुवादः “यात्रा गर्दै थियो र भर्खर मेरो घरमा आएको छ”

उसलाई दिनका लागि केही पनि छैन

“उसलाई दिन केही खानेकुरा तयार छैन”

Luke 11:7

म उठ्न सक्दिनँ

“मलाई उठ्न सहज छैन”

Luke 11:8

म तिमीहरूलाई भन्दछु

येशू उहाँका चेलाहरूसँग बोलिरहनुभएको थियो । “तिमीहरू” शब्द बहुवचन हो ।

उसलाई दिन किनभने ऊ ... हो ... उसको ... उसको ... उसलाई ... उसलाई चाहिन्छ

रोटी माग्‍ने तिनीहरू नै थिए जस्तै गरी येशूले चेलाहरूलाई सम्बोधन गर्नुहुन्छ । वैकल्पिक अनुवादः “उसलाई रोटी दिन किनभने ऊ ... हो ... उसको ... ऊ ... उसलाई चाहिन्छ”

तिम्रो बिना लाजको खुरन्धारीको कारणले

भाववाचक नाउँ “खुरन्धारी”लाई हटाउन यो वाक्यांशलाई अरू शब्दहरूमा लेख्‍न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनकि तिमी लाजै नमानी खुरन्धार गर्छौ” वा “किनकि तिमी साहसी भएर उनलाई मागिरहन्छौ”

Luke 11:9

माग … खोज … ढकढक्याऊ

उहाँका चेलाहरूले निरन्तर रूपमा प्रार्थना गरून् भनी उत्साह दिनलाई येशूले यी आज्ञाहरू दिनुभयो । केही भाषाहरूलाई यी पदहरूसँगै थप जानकारी चाहिन पनि सक्छ । यस सन्दर्भमा “तिमी” को सबैभन्दा उपयुक्त हुने रूपलाई प्रयोग गर्नुहोस् । यस सन्दर्भमा “तिमी” को सबैभन्दा उपयुक्त हुने रूपलाई प्रयोग गर्नुहोस् । वैकल्‍पिक अनुवादः “तिमीलाई चाहिएको कुरा मागिराख ... तिमीलाई परमेश्‍वरबाट चाहिएको कुरा खोजिराख ... त्यसलाई खोज ... ढोकामा ढक्ढक्याइराख”

तिमीलाई त्यो दिइनेछ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले यो तिमीलाई दिनुहुनेछ” वा “तिमीले यो पाउनेछौ”

ढकढक्याऊ

ढकढकाउनु भनेको घरभित्र भएको व्यक्तिलाई तपाईं बाहिर उभिरहनुभएको छ भनी जानकारी दिनलाई ढोकामा केही समय हिर्काउनु हो । यसलाई तपाईंको संस्कारमा मानिसहरूले तिनीहरू आइपुगिसकेका छन् भनी दर्शाउने तरिकालाई प्रयोग गरेर अनुवाद गर्न सक्‍नुहुन्छ, जस्तै “बोलाउनु” वा “खोक्‍नु” वा “ताली बजाउनु ।” यहाँ, यसको अर्थ कुनै व्यक्तिले परमेश्‍वरले जवाफ नदिउञ्‍जेल उहाँलाई प्रार्थना गरिरहनुपर्छ भन्‍ने हुन्छ ।

तिम्रो लागि यो उघारिनेछ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिम्रो निम्ति ढोका खोलिदिनुहुनेछ” वा “परमेश्‍वरले तिमीलाई भित्र स्वागत गर्नुहुनेछ”

Luke 11:11

जोड्ने कथनः

येशूले उहाँका चेलाहरूलाई प्रार्थनाको बारेमा सिकाउनलाई सकाउनुहुन्छ ।

तिमीहरूमध्ये कसले माछा ... सर्प देला ?

येशूले उहाँका चेलाहरूलाई सिकाउनलाई प्रश्‍नहरूको प्रयोग गर्नुहुन्छ । यसलाई एउटा कथनको रूपमा पनि लेख्‍न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूमध्ये कुनै पनि बाबुले ... माछा ... ”

Luke 11:12

अथवा यदि उसले ... माग्यो ... उसलाई बिच्छी दिनेछ ?

येशूले उहाँका चेलाहरूलाई सिकाउनलाई प्रश्‍नहरूको प्रयोग गर्नुहुन्छ । यसलाई एउटा कथनको रूपमा पनि लेख्‍न सकिन्छ । वैकल्‍पिक अनुवादः “र तिमीले उसलाई कहिल्यै पनि उसले अण्‍डा माग्‍दा बिच्छी दिने थिएनौ”

बिच्छी

बिच्छी माकुराजस्तै हुन्छ, तर यसमा विषालु खिल भएको पुच्छर हुन्छ । यदि तपाईं बस्‍ने ठाउँका मानिसहरूलाई बिच्छी भनेको थहा छैन भने, तपाईंले यसलाई “विषालु माकुरा” वा “डस्‍ने माकुरा” भनी अनुवाद गर्न सकिन्छ ।

Luke 11:13

तिमीहरू दुष्‍ट भएर पनि जान्दछौ भने

“तिमीहरू दुष्‍ट हुँदा पनि जान्दछौ भने” वा “तिमीहरू पापीहरू भएर पनि जान्दछौ भने”

तिमीहरूका स्वर्गका पिताले कति बढी गरेर उहाँसँग ... पवित्र आत्मा दिनुहुनेछ ?

“तिमीहरूका स्वर्गमा बस्‍नुहुने पिताले कति बढी निश्‍चयतासाथ उहाँसँग ... पवित्र आत्मा दिनुहुनेछ ?” येशूले उहाँका चेलाहरूलाई सिकाउनलाई फेरि एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । यसलाई एउटा कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू निर्धक्‍क हुनसक्छौ कि स्‍वर्गबाट तिमीहरूका पिताले उहाँसँग ... पवित्र आत्मा दिनुहुनेछ”

Luke 11:14

सामान्य जानकारीः

येशूले एउटा गुँगो मानिसबाट भूतात्मा निकाल्‍नुभएपछि उहाँलाई प्रश्‍न सोधिन्छ ।

अब

लेखकले यो शब्दलाई एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्नलाई प्रयोग गर्छन् ।

येशूले एउटा भूतात्मा निकालिरहनुभएको थियो

अतिरिक्त जानकारी थप्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “येशूले एउटा व्यक्तिबाट भूतात्मा निकाल्दै हुनुहुन्थ्यो” वा “येशूले एउटा भूतात्मालाई एकजना मानिसबाट जान लगाउँदै हुनुहुन्थ्यो”

गुँगो भूतात्मा

भूतात्मासँग मानिसलाई बोल्न निषेध गर्ने शक्ति हुन्छ । वैकल्पिक अनुवादः “भूतात्माले त्यो मानिसलाई बोल्न असक्षम तुल्यायो”

अब

यो शब्दलाई यहाँ क्रियाकलाप सुरु हुने ठाउँलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्‍नुहुन्छ । जब भूतात्मा मानिसबाट बाहिर आउँछ, केही मानिसहरूले येशूको आलोचना गर्छन्, जुन कुराले येशूले दुष्‍टात्माहरूको बारेमा सिकाउने कुरातर्फ डोहोर्‍याउँछ ।

जब भूतात्मा बाहिर गइसकेको थियो

अतिरिक्त जानकारी थप्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “जब भूतात्मा त्यस मानिसबाट बाहिर गइसकेको थियो” वा “जब भूतात्माले मानिसलाई छोड्यो”

गुँगो भइरहेको मानिस बोल्न थाल्यो

“त्यो बोल्न नसक्‍ने मानिस अब बोल्यो”

Luke 11:15

भूतहरूका मालिक, बालजिबुलद्वारा, उसले भूतात्माहरूलाई निकालिरहेछ

“यसले भूतहरूका शासक, बालजिबुलको शक्तिद्वारा भूतहरू धपाइरहेको छ”

Luke 11:16

सामान्य जानकारीः

येशूले भीडलाई जवाफ दिन थाल्‍नुहुन्छ ।

अरूहरूले उहाँको परीक्षा गरे

“अरू मानिसहरूले येशूलाई जाँचे ।” तिनीहरूले उहाँको अधिकार परमेश्‍वरबाट नै आएको थियो भनी उहाँले प्रमाणित गर्नुभएको चाहे ।

स्वर्गबाट कुनै एउटा चिन्ह खोजे

“र स्वर्गबाट एउटा चिन्ह दिन उहाँसँग अनुरोध गरे” वा “उहाँले स्वर्गबाट एउटा चिन्ह दिनुभएको होस् भनेर माग गरे ।” तिनीहरूले उहाँको शक्ति परमेश्‍वरबाट आएको हो या होइन भनी यसरी प्रमाणित गर्न खोजे ।

Luke 11:17

आफ्‍नै विरुद्धमा विभाजित भएको हरेक राज्य उजाड बनाइन्छ

“राज्य”ले यहाँ त्यसमा भएका मानिसहरूलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यदि कुनै राज्यका मानिसहरू आफू-आफूमा लड्छन् भने, तिनीहरूले तिनीहरूको राज्यलाई ध्वस्त पार्छन्”

आफ्‍नै विरुद्धमा विभाजित भएको घरको पतन हुन्छ

यहाँ “घर”ले परिवारलाई जनाउँछ । वैकल्पिक अनुवादः “यदि परिवारभित्रका सदस्यहरू एकआपससँग लड्छन् भने, तिनीहरूले तिनीहरूको परिवारलाई नाश पार्नेछन्”

पतन हुन्छ

“भत्किन्छ र नष्‍ट पारिन्छ ।” यो विनाश भइरहेको घरको रूपकले सदस्यहरू आपसमा लड्दा आइपर्ने परिवारको विनाशलाई जनाउँछ ।

Luke 11:18

यदि शैतान उसको आफ्नै विरुद्धमा विभाजित हुन्छ भने

“शैतान”ले यहाँ शैतानलाई पछ्याउने भूतहरूलाई र साथै शैतान आफैँलाई जनाइरहेको छ । वैकल्पिक अनुवादः “यदि शैतान र त्यसको राज्यका सदस्यहरू तिनीहरूबीच आपसमा लडिरहन्छन् भने”

यदि शैतानले ... कसरी त्यसको राज्य टिक्‍न सक्दछ ?

येशूले मानिसहरूलाई सिकाउनलाई एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । यसलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यदि शैतानले ... त्यसको राज्य टिक्‍न सक्दैन ।” वा “यदि शैतानले ... त्यसको राज्य नष्‍ट हुनेछ ।”

किनकि तिमीहरू भन्छौ कि मैले बालजिबुलद्वारा भूतात्माहरू धपाउँछु

“किनकि तिमीहरूले भन्छौ कि मैले बालजिबुलको शक्तिद्वारा मानिसहरूबाट भूतहरू जान लगाउँछु ।” उहाँको तर्कको अर्को पक्षलाई स्‍पष्‍टसँग बताउन सकिन्छः वैकल्पिक अनुवादः “किनकि तिमीहरूले भन्छौ कि मैले बालजिबुलको शक्तिद्वारा मानिसहरूबाट भूतहरू जान लगाउँछु । त्यसको तात्पर्य शैतान आफ्नै विरुद्धमा विभाजित भएको छ भन्‍ने हुन्छ”

Luke 11:19

अब यदि मैले ... तिमीहरूका चेलाहरूले कसबाट तिनीहरूलाई धपाउँछन् त ?

“यदि मैले ... तिमीहरूका चेलाहरूले कसको शक्तिद्वारा भूतहरूलाई मानिसहरूलाई छोड्न लगाउँछन् ?” येशूले मानिसहरूलाई सिकाउनलाई एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । येशूको प्रश्‍नको अर्थलाई स्पष्‍ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “यदि मैले ... हामी सहमत हुनुपर्छ कि तिमीहरूका चेलाहरूले बालजिबुलको शक्तिद्वारा भूतहरू धपाउँछन् । तर तिमीहरू यो सत्य हो भनी विश्‍वास गर्दैनौ ।”

तिनीहरू तिमीहरूका न्यायकर्ताहरू हुनेछन्

“मैले बालजिबुलको शक्तिद्वारा भूतहरू निकाल्छु भनेकोमा परमेश्‍वरको शक्‍तिद्वारा भूतहरू धपाउने तिमीहरूका चेलाहरूले नै तिमीहरूलाई न्याय गर्नेछन्”

Luke 11:20

परमेश्‍वरको औँलाद्वारा

“परमेश्‍वरको औँला”ले परमेश्‍वरको शक्तिलाई जनाउँछ ।

त्यसोभए परमेश्‍वरको राज्य तिमीहरूकहाँ आइसकेको छ

“यसले देखाउँछ कि परमेश्‍वरको राज्य तिमीहरूकहाँ आएको छ”

Luke 11:21

जब कुनै बलियो मानिसले ... मानिसका सम्पत्तिहरू सुरक्षित छन्

येशूले शैतान र त्यसका भूतहरूलाई हराउनुभएको कुराको बारेमा यसले यसरी बताउँछ मानौँ येशू एक बढी बलियो मानिस हुनुहुन्थ्यो जसले ती कुराहरू लिन्छ जुन कम बलियो मानिसका हुन् ।

उसका सामानहरू सुरक्षित छन्

“कसैले उसका चीजहरू चोर्न सक्दैन”

Luke 11:22

जब कोही उसभन्दा बढी मानिस ... उसका सम्पत्तिहरू बाँड्न

येशूले शैतान र त्यसका भूतहरूलाई हराउनुभएको कुराको बारेमा यसले यसरी बताउँछ मानौँ येशू एक बढी बलियो मानिस हुनुहुन्थ्यो जसले ती कुराहरू लिन्छ जुन कम बलियो मानिसका हुन् ।

उसको हातहतियार लैजान्छ

“मानिसका हतियारहरू र सुरक्षा हटाउँछ”

उसका सम्पत्तिहरू बाँड्न

“उसको सम्पत्ति चोर्छ” वा “उसले चाहेको जति कुराहरू लान्छ”

Luke 11:23

जो मसँग छैन त्यो मेरो विरुद्धमा छ, र जसले मसँग बटुल्दैन त्यसले छरपष्‍ट पार्छ

यसले कुनै पनि व्यक्ति वा कुनै पनि समूहका मानिसहरूलाई जनाउँछ । “जो कोही जो मसँग छैन त्यो मेरो विरुद्धमा छ, र जो कोही जसले मसँग बटुल्दैन त्यसले छरपष्‍ट पार्छ” वा “तिनीहरू जो मसँग छैनन् तिनीहरू मेरो विरुद्धमा छन्, र तिनीहरू जसले मसँग बटुल्दैनन् तिनीहरूले छरपष्‍ट पार्छन्”

जो मसँग छैन

“जसले मलाई समर्थन गर्दैन” वा “जसले मसँग काम गर्दैन”

मेरो विरुद्धमा हुन्छ

“मेरो विरुद्धमा काम गर्छ”

जसले मसँग बटुल्दैन त्यसले छरपष्‍ट पार्छ

येशूले उहाँलाई पछ्याउने चेलाहरूलाई भेला गर्ने कुरालाई जनाइरहनुभएको छ । यसलाई स्पष्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “त्यो जो कोही जसले मानिसहरूलाई आउने र मलाई पछ्याउने बनाउँदैन त्यसले तिनीहरूलाई मबाट टाढा जाने बनाउँछ”

Luke 11:24

पानी नभएका ठाउँहरू

यसले “उजाड-स्थान”लाई जनाउँछ जहाँ दुष्‍ट आत्माहरू भौँतारिन्छन् ।

कतै नपाएर

“यदि दुष्‍ट आत्माले त्यहाँ कुनै आराम पाएन भने”

मेरो घर जहाँबाट म आएँ

यसले ऊ बस्‍ने गरेको मानिसलाई जनाउँछ । वैकल्पिक अनुवादः “म बस्‍ने गरेको व्यक्तिमा”

Luke 11:25

आफ्नो घर सफासँग व्यवस्थित पारेर राखिएको देख्यो

यो अलङ्कारले व्यक्तिको बारेमा यसरी बताउँछ मानौँ ऊ एउटा घर हो जसलाई बडारेर सफा बनाइएको छ र मालसामानलाई तिनीहरूको ठीक ठाउँमा राखिएको छ । यो आशय दिइएको छ कि घर चाहिँ अझै पनि खाली नै छ । त्यस जानकारीलाई स्पष्‍ट बनाउँदै यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो व्यक्तिलाई कसैले कुच्चो लगाएर सफा बनाएको र हरेक थोक जहाँ हुनुपर्ने त्यहीँ राखेको, तर रीत्तो छोडेको घरको रूपमा पाउँछ” वा वा “त्यो व्यक्तिलाई सफा र सुव्यवस्थित बनाएर राखिएको घरजस्तै भएको, तर रीत्तै रहेको पाउँछ”

Luke 11:26

पहिलाको भन्दा खराब

“पहिलो” शब्दले अशुद्ध आत्माले त्यस मानिसलाई छोड्नभन्दा अगाडि उससँग अशुद्ध आत्मा भएको अवस्थालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “आत्माले छोड्नभन्दा अगाडिको उसको अवस्थाभन्दा बढी खराब”

Luke 11:27

सामान्य जानकारीः

यो येशूका शिक्षाहरूमा आएको छोटो रोकावट हो । एउटी स्‍त्रीले आशिष्‌को वचन बोल्छिन् र येशूले जवाफ दिनुहुन्छ ।

अब यसो भयो कि

यो वाक्यांशलाई यहाँ कथामा एउटा महत्त्वपूर्ण घटनालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्‍नुहुन्छ ।

भीडबाट कराएर भनी

यो उपमाको अर्थ “भीडको हल्लाभन्दा पनि चर्को स्वरले चिच्‍च्‍याई” भन्‍ने हुन्छ ।

तपाईंलाई जन्माउने कोख र तपाईंलाई दूध खुवाउने स्तनहरू धन्यका हुन्

स्‍त्रीका अङ्गहरूलाई समग्र स्‍त्रीलाई जनाउन प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “तपाईंलाई जन्माउने र दूध चुसाउने स्‍त्रीका निम्ति यो कति असल छ” वा “तपाईंलाई जन्माउने र दूध चुसाउने स्‍त्री कति खुशी होलिन्”

Luke 11:28

बरू, धन्यका हुन् तिनीहरू जसले सुन्छन्

“यो तिनीहरूको लागि झन् असल छ”

तिनीहरू जसले परमेश्‍वरको वचन सुन्छन्

“परमेश्‍वरले बोल्‍नुभएको सन्देश सुन्‍नु”

Luke 11:29

जोड्ने कथनः

येशूले भीडलाई सिकाइरहनुहुन्छ ।

जसै भीडहरू बढिरहेका थिए

“जसै अरू बढी मानिसहरू भीडमा सम्मिलित भइरहेका थिए” वा “जसै भीड ठूलो भइरहेको थियो”

यो पुस्ता एउटा दुष्‍ट पुस्ता हो । यसले ... खोज्छ

यहाँ “पुस्ता”ले त्यसमा भएका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यस समय जिइरहेका मानिसहरू दुष्‍ट मानिसहरू हुन् । तिनीहरूले ... खोज्छन् ... तिनीहरूलाई ... ” वा “यस समयमा जिइरहेका तिमी मानिसहरू दुष्‍ट मानिसहरू हौ । तिमीहरू ... खोज्छौ ... तिमीहरूलाई ... ”

यसले एउटा चिन्ह खोज्‍छ

यसले कस्तो किसिमको चिन्ह खोज्‍छ भन्‍ने बारेमा भएको जानकारीलाई स्‍पष्‍ट पार्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यसले म परमेश्‍वरबाट आएको हुँ भन्‍ने कुराको प्रमाणको रूपमा मैले कुनै आश्‍चर्यकर्म गरेको चाहन्छ”

तर यसलाई कुनै चिन्ह दिइनेछैन

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले यसलाई कुनै चिन्ह दिनुहुनेछैन”

योनाको चिन्ह

“योनालाई के भयो” वा “परमेश्‍वरले योनाको लागि गर्नुभएको आश्‍चर्यकर्म”

Luke 11:30

किनकि जसरी योना चिन्ह बने ... त्यसै गरी ... यो पुस्ता

यसको तात्पर्य हुन्छ कि जसरी योनाले निनवेवासीहरूका निम्ति चिन्हको काम गरेका थिए, त्यसरी नै येशूले पनि त्यस बेलाका यहूदीहरूका निम्ति चिन्हको काम गर्नुहुने थियो ।

मानिसको पुत्र

येशूले आफैँलाई जनाउँदै हुनुहुन्थ्यो ।

यो पुस्ता

“आज जिइरहेका मानिसहरू”

Luke 11:31

दक्षिणकी रानी

यसले शेबाकी रानीलाई जनाउँछ । शेबा इस्राएलको दक्षिणपट्टि पर्ने एउटा राज्य थियो ।

यस पुस्ताका मानिसहरूसँग न्यायमा खडा हुनेछिन्

“खडा हुनेछिन् र यो समयका मानिसहरूलाई न्याय गर्नेछिन्”

उनी पृथ्वीको पल्लो कुनाबाट आएकी थिइन्

यो टुक्‍काको अर्थ तिनी धेरै टाढाबाट आइन् भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “तिनी निकै लामो दूरी आइन्” वा “तिनी धेरै टाढाको ठाउँबाट आइन्”

सोलोमनभन्दा महान् कोही यहाँ छ

येशूले आफ्‍नै बारेमा कुरा गरिरहनुभएको छ । वैकल्पिक अनुवादः “म, जो सोलोमनभन्दा महान् छु, यहाँ छु”

सोलोमनभन्दा पनि महान् कोही

येशूले आफ्‍नै बारेमा कुरा गरिरहनुभएको छ । वैकल्पिक अनुवादः “म सोलोमनभन्दा महान् हुँ”

Luke 11:32

निनवेका मानिसहरू

यो कुरा स्पष्‍टसँग उल्‍लेख गर्दा सहोयगी हुन सक्छ कि यसले निनवेको प्राचीन सहरलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “ती मानिसहरू जो निनवेको प्राचीन सहरमा बस्थे”

मान्छेहरू

यसले पुरुष र स्‍त्रीहरू दुवैलाई समावेश गर्छ । वैकल्‍पिक अनुवादः “ती मानिसहरू”

यो पुस्ता

“यस समयका मानिसहरू”

किनकि तिनीहरूले पश्‍चात्ताप गरे

“किनकि निनवेका मानिसहरूले पश्‍चात्ताप गरे”

योनाभन्दा महान् कोही यहाँ छ

येशूले आफ्‍नै बारेमा कुरा गरिरहनुभएको छ । तिनीहरूले येशूलाई सुनेका छैनन् भन्‍ने कुरालाई प्रस्‍टसँग व्यक्त गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “म योनाभन्दा महान् भएतापनि, तिमीहरूले अझै पश्‍चात्ताप गरेका छैनौ”

Luke 11:33

सामान्य जानकारीः

३३-३६ पदहरू एउटा अलङ्कार हुन् जहाँ येशूले उहाँको शिक्षालाई “ज्योति”को रूपमा बताउनुहुन्छ जसलाई उहाँका चेलाहरूले आज्ञापालन गरेको र अरूहरूसँग बाँडेको चाहनुहुन्छ । उहाँले उहाँको शिक्षालाई ग्रहण नगर्ने मानिसहरूलाई तिनीहरू “अन्धकार”मा भइरहेको झैँ गरी बताउनुहुन्छ ।

जोड्ने कथनः

येशूले भीडलाई सिकाउन सिद्ध्याउनुहुन्छ ।

त्यसलाई कुनै लुकेको स्थानमा डालामुनि राख्दछ

“त्यसलाई लुकाउँछ वा कुनै डालामुनि राख्दछ”

तर सामदानमा

यस वाक्यांशमा बुझिएको कर्ता र क्रियापदलाई उल्‍लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तर त्यो व्यक्तिले त्यसलाई कुनै सामदानमा राख्दछ” वा “तर त्यो व्यक्तिले त्यसलाई कुनै टेबुलमाथि राख्दछ”

Luke 11:34

शरीरको ज्योति तिम्रो आँखा हो

अलङ्कारको यस भागमा, तिनीहरूले येशूले गर्नुभएका देखेका कुराहरूले समझ प्रदान गर्‍यो जसरी आँखाले शरीरको लागि ज्योति प्रदान गर्छ । वैकल्पिक अनुवादः “तिम्रो आँखा शरीरको ज्योति झैँ हो”

तिम्रो आँखा

आँखा दर्शनको लागि प्रतिस्थापन हो ।

शरीर

शरीर व्यक्तिको जीवनको एउटा समग्रता बुझाउने अलङ्कार हो ।

जब तिम्रो आँखा असल छ

यहाँ “आँखा” दर्शनको लागि प्रतिस्थापन हो । वैकल्पिक अनुवादः “जब तिम्रो हेराइ असल हुन्छ” वा “जब तिमीले राम्ररी देख्छौ”

तिम्रो पूरै शरीर ज्योतिले भरिन्छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ज्योतिले तिम्रो सारा शरीरलाई भर्नेछ” वा “तिमीले सबैकुरा प्रस्‍टसँग देख्‍न सक्‍ने हुनेछौ”

जब त्यो खराब छ

यहाँ “आँखा” दर्शनको लागि प्रतिस्थापन हो । वैकल्पिक अनुवादः “जब तिम्रो हेराइ खराब हुन्छ” वा “जब तिमीले धमिलोसँग देख्‍छौ”

तिम्रो शरीर पनि अन्धकारले पूरै भरिन्छ

“तिमीले केही कुरा पनि देख्‍न सक्‍नेछैनौ”

Luke 11:35

होशियार होऊ कि तिमीमा भएको ज्योति अन्धकार नहोस्

“पक्‍का गर कि तिमीले जे ज्योति हो भनेर सोच्छौ त्यो वास्तवमा अन्धकार होइन” वा “पक्‍का गर कि के ज्योति हो र के अन्धकार हो भनेर तिमी जान्दछौ”

Luke 11:36

त्यो ज्योतिले पूर्ण हुनेछ जसरी जब कुनै बत्तीले त्यसको उज्यालोपन तिमीमा चम्काउँछ

येशूले उही सत्यतालाई एउटा उपमाको रूपमा व्यक्त गर्नुहुन्छ । उहाँले सत्यताले भरिपूर्ण भएका मानिसहरूको विषयमा यसरी कुरा गर्नुहुन्छ मानौँ तिनीहरू कुनै बत्ती हुन् जो चम्किलो गरी बल्छन् ।

Luke 11:37

सामान्य जानकारीः

येशूलाई एउटा फरिसीको घरमा खानलाई निम्त्याइएको छ ।

अब जब उहाँले कुरा गर्न सकाउनुभएको थियो

लेखकले यी शब्दहरू एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्नलाई प्रयोग गर्छन् ।

टेबुलमा ढल्केर बस्‍नुभयो

यो जस्तै आरामदायी तवरले खाने भोजनको बेलामा मानिसहरू टेबुलको वरिपरि सजिलोसँग ढल्केर खाने चलन थियो । मानिसहरूले खाने बेलामा तिनीहरूको शरीर कस्तो तरिकाले ढल्काउँछन् त्यसलाई वर्णन गर्न तपाईंको भाषाले प्रयोग गर्ने शब्दको प्रयोग गर्दै अनुवाद गर्न तपाईंलाई इच्छा हुन सक्छ । वैकल्पिक अनुवादः “टेबुलमा बस्‍नुभयो”

Luke 11:38

उहाँले पहिले धुनुभएन

परमेश्‍वरको सामु रीतिपूर्वक शुद्ध हुनको लागि मानिसहरूले तिनीहरूका हातहरू धुनुपर्छ भन्‍ने फरिसीहरूको नियम थियो । वैकल्‍पिक अनुवादः “उहाँको हात धुनु” वा “विधिपूर्वक रूपमा शुद्ध हुनलाई उहाँको हातहरू धुन”

Luke 11:39

सामान्य जानकारीः

येशूले एउटा अलङ्कारले प्रयोग गर्दै फरिसीसँग कुरा गर्न थाल्नुहुन्छ । तिनीहरूले कचौराहरू र थालहरू सफा गर्ने तरिकालाई तिनीहरूले आफैँलाई कसरी शुद्ध गराउँछन् भन्‍ने कुरासँग उहाँले तुलना गर्नुहुन्छ ।

गिलास र कचौराको बाहिरपट्टि

भाँडाहरूको बाहिरपट्टि धुने फरिसीहरूको विधिको एउटा भाग थियो ।

तर तिमीहरू भित्रपट्टि लोभ र खराब कुराले भरिएका छौ

यो अलङ्कारले तिनीहरूले भाँडाको बाहिरी भागलाई ध्यान दिएर सफा गर्ने र तिनीहरूले आफ्‍नै आन्तरिक अवस्थालाई बेवास्ता गर्ने कुराको बीचमा भएको भिन्‍नतालाई देखाउँछ ।

Luke 11:40

तिमी मूर्खहरू !

हुन त येशूले यहाँ कुरा गरिरहनुभएको सबै फरिसीहरू पुरुषहरू थिए, यो अभिव्यक्तिले पुरुषहरू वा स्‍त्रीहरू दुवैलाई जनाउन सक्छ ।

जसले बाहिर बनायो के उसले भित्र पनि बनाउँदैन र ?

तिनीहरूका हृदयमा भएको कुरा नै परमेश्‍वरले मतलब गर्नुहुने कुरा हो भन्‍ने नबुझेकोमा फरिसीहरूलाई हप्‍काउन येशूले एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । यसलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसले बाहिरको बनाउनुभयो उहाँले भित्रको पनि बनाउनुभयो !”

Luke 11:41

जे भित्र छ सो दानको रूपमा देओ

यसले तिनीहरूले आफ्‍ना कचौराहरू र थालहरूसँग के गरिरहेको हुनुपर्थ्यो भन्‍ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूका गिलासहरू र कचौराहरू भित्र भएका कुराहरू गरिबहरूलाई देओ” वा “गरिबहरूप्रति दयावान् होओ”

सबै कुराहरू तिम्रो लागि शुद्ध हुनेछन्

“तिमी पूर्णतया शुद्ध हुनेछौ” वा “तिमी भित्र र बाहिर दुवैतिर शुद्ध हुनेछौ”

Luke 11:42

पुदिना, सुप र बगैँचाको हरेक जडीबुटी

“तिमीहरूले पुदिना, सुप र तिमीहरूको बगैँचाबाट उत्पादन हुने चीजहरूको दश भागमा एक भाग परमेश्‍वरलाई दिन्छौ ।” येशूले फरिसीहरू आफ्नो आय स्रोतको दशांश दिनमा कति उग्र थिए भन्‍ने उदाहरण दिइरहनुभएको थियो ।

पुदिना, सुप र बगैँचाको हरेक जडीबुटी

यी जडीबुटीहरू हुन् । मानिसहरूले तिनीहरूका खानेकुरामा स्वादको लागि तिनलाई थोरै हाल्छन् । यदि मानिसहरूलाई पुदिना र सुप भन्‍ने थाहा छैन भने, तपाईंले उनीहरूलाई थाहा भएको जडीबुटीहरूका नाम वा “जडीबुटी” जस्ता साधारण अभिव्यक्तिलाई प्रयोग गर्न सक्‍नुहुन्छ ।

बगैँचाको हरेक जडीबुटी

सम्भावित अर्थहरू हुन् १) “अन्य हरेक सागपात” २) “ बगैँचाका अन्य हरेक जडीबुटी” वा ३) “बगैँचाको अन्य हरेक बोटबिरुवा ।”

परमेश्‍वरको प्रेम

“परमेश्‍वरलाई प्रेम गर्न” वा “परमेश्‍वरको लागि प्रेम ।” परमेश्‍वर नै हुनुहुन्छ जसलाई प्रेम गरिन्छ ।

र ती कुराहरूको उपेक्षा नगर्न

“नचुकाइकन”ले जोड दिन्छ कि यो सधैँ गरिनुपर्छ । यसलाई सकारात्मक कथन

Luke 11:43

जोड्ने कथनः

येशूले फरिसीसँग कुरा गर्न सकाउनुहुन्छ ।

उत्तम आसनहरू

“उत्तम आसनहरू”

सम्मानजनक अभिवादनहरू

“मानिसहरूले तिमीहरूलाई विशेष सम्मानले अभिवादन गरेको तिमीहरू मन पराउँछौ”

Luke 11:44

तिमीहरू चिन्ह नलगाइएको चिहानजस्तै छौ जसमाथि मानिसहरूले पत्तो नपाईकन हिँड्छन्

फरिसीहरू चिनो नलगाइएका चिहानहरूजस्ता थिए किनभने तिनीहरू रीतिअनुसार शुद्ध देखिन्थे, तर तिनीहरूले आफ्नो वरिपरि रहेकाहरूलाई अशुद्ध बनाउँथे ।

चिन्ह नलगाइएका चिहानहरू

यो चिहान मृत लाशलाई गाड्नलाई जमिनमा खनिएको खाडल थियो । यसमा अरूहरूले देखून् भनेर मानिसहरूले सामान्यतया चिहानमा राख्‍ने सेतो ढुङ्गा हुँदैन थियो ।

थाहा नपाईकन

जब मानिसहरू चिहानमाथि हिँड्थे, तिनीहरू विधिअनुसार अशुद्ध हुन्थे । यी चिन्ह नलगाइएका चिहानहरूले तिनीहरूलाई अन्जानमा त्यसो गर्न लगायो । यसलाई प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “त्यो पत्तो नपाइकन र विधिपूर्वक रूपमा अशुद्ध भएर”

Luke 11:45

सामान्य जानकारीः

येशूले एक यहूदी शिक्षकलाई जवाफ दिन थाल्‍नुहुन्छ ।

व्यवस्थाका शिक्षकहरूमध्ये एकजना

यसले कथामा एउटा नयाँ पात्रलाई परिचय गराउँछ ।

यी कुराहरू भनेर, तपाईंले हामीलाई पनि अपमान गर्नुहुन्छ

फरिसीहरूको बारेमा भएका येशूका टिप्‍पणीहरू यहूदी नियमहरूका शिक्षकहरूलाई पनि लागु भए झैँ देखियो ।

Luke 11:46

धिक्‍कार तिमीहरूलाई, व्यवस्थाका शिक्षकहरू !

येशूले यो प्रस्‍ट बनाउनुहुन्छ कि उहाँले फरिसीहरूको साथसाथै व्यवस्थाका शिक्षकहरूको कामहरूलाई पनि दोष लगाउने अभिप्राय गर्नुभयो ।

तिमीहरू मानिसहरूलाई बोक्‍न कठिन हुने व्यवस्थाको भारमुनि राख्‍दछौ

“तिमीहरूले मानिसहरूमाथि तिनीहरूले बोकून् भनेर अति गह्रौँ भार राखिदिन्छौ र तिनीहरूले ती बोक्‍न सक्दैनन् ।” कसैले मानिसहरूलाई धेरै नियमहरू दिनुलाई तिनीहरूलाई बोक्‍नलाई गह्रौँ हुने थोकहरू बोक्‍न दिएको हो जस्तै गरी येशूले बताउनुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले मानिसहरूलाई तिनीहरूले पालन गरून् भनेर अति धेरै नियमहरू दिएर भार बोकाउँछौ”

तर तिमीहरूले आफ्नो एउटा औँलाले पनि त्यस्तो भारलाई छुँदैनौ

सम्भावित अर्थहरू हुन् १) “तर तिमीहरूले मानिसहरूलाई ती बोझहरू बोक्‍नलाई केही सहायता गर्दैनौ” वा २) “ती बोझहरू तिमीहरू आफैँ बोक्‍न कुनै पनि प्रयास गर्दैनौ ।”

Luke 11:48

त्यसैले तिमीहरू गवाहीहरू हौ र तिमीहरूले सहमति जनाउँछौ

येशूले फरिसीहरू र व्यवस्थाका शिक्षकहरूलाई हप्‍काउँदै हुनुहुन्छ । तिनीहरूलाई अगमवक्ताहरूका हत्याबारे थाहा थियो, तर तिनीहरूलाई मारेकोमा तिनीहरूका पुर्खाहरूको तिनीहरूले निन्दा गरेनन् । वैकल्पिक अनुवादः “त्यसैले, तिनीहरूको आलोचना गर्नुको साटोमा, तिमीहरू पुष्‍टि गर्छौ र सहमत हुन्छौ”

Luke 11:49

त्यसैकारणले गर्दा

यसले व्यवस्थाका शिक्षकहरूले मानिसहरूलाई नियमहरूसँग लदाएको बारेमा भएको अघिल्‍लो भनाइलाई जनाउँछ ।

परमेश्‍वरको विवेकले भन्यो

“बुद्धि”को विषयमा यसरी बताइएको छ मानौँ त्यसले परमेश्‍वरको लागि बोल्‍न सक्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले उहाँको बुद्धिमा भन्‍नुभयो” वा “परमेश्‍वरले बुद्धिमानीपूर्वक भन्‍नुभयो”

म तिनीहरूकहाँ अगमवक्ताहरू र प्रेरितहरूलाई पठाउनेछु

“म मेरा मानिसहरूकहाँ अगमवक्ताहरू र प्रेरितहरू पठाउनेछु ।” येशूले कुरा गरिरहनुभएको यहूदी मानिसहरूको पूर्खाहरूलाई परमेश्‍वरले अगाडिबाट नै घोषणा गर्नुभएको थियो कि उहाँले अगमवक्ताहरू र प्रेरितहरू पठाउनुहुने थियो ।

तिनीहरूले उनीहरूलाई सताउनेछन् र उनीहरूमध्ये कतिलाई मार्नेछन्

“मेरा मानिसहरूले केही अगमवक्ताहरू र प्रेरितहरूलाई सताउनेछन् र मार्नेछन् ।” येशूले कुरा गरिरहनुभएको यहूदी मानिसहरूको पूर्खाहरूले अगमवक्ताहरू र प्रेरितहरूलाई मार्नेछन् भनेर परमेश्‍वरले अगाडिबाट नै घोषणा गर्नुभएको थियो ।

Luke 11:50

तब यो पुस्तालाई बगाइएको सबै अगमवक्ताहरूको रगतको लागि जिम्‍मेवार ठहराइनेछ

ती मानिसहरू जससँग येशू कुरा गरिरहनुभएको थियो, तिनीहरूलाई तिनीहरूका पूर्खाहरूद्वारा भएको अगमवक्ताहरू हत्याको लागि जिम्‍मेवार बनाइनेछ । वैकल्‍पिक अनुवादः “त्यसैकारण, परमेश्‍वरले यस पुस्तालाई मानिसहरूले मारेका अगमवक्ताहरूको सबै मृत्युहरूको लागि जिम्‍मेवार ठहराउनुहुनेछ”

अगमवक्ताहरूको बगाइएको सबै रगत जुन बगाइएको थियो

“रगत बहाइएको” भन्‍नाले तिनीहरूलाई मार्दा रगत बगेको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “अगमवक्ताहरूको हत्या”

Luke 11:51

जकरिया

यिनी सम्भवतः पुरानो करारमा भएका एक पूजाहारी थिए जसले इस्राएलका मानिसहरूलाई मूर्तिपूजाको ‍लागि हप्‍काए । यिनी बप्‍तिस्मा-दिने यूहन्‍नाका बुबा थिएनन् ।

जो मारिएका थिए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसलाई मानिसहरूले मारे”

Luke 11:52

जोड्ने कथनः

येशूले यहूदी शिक्षकलाई जवाफ दिन सकाउनुहुन्छ ।

तिमीहरूले ज्ञानको साँचोलाई टाढा लगेका छौ ... प्रवेश गरिरहेकाहरूलाई बाधा दिन्छौ

येशूले परमेश्‍वरको सत्यताको बारेमा यसरी बताउनुहुन्छ मानौँ त्यो कुन घरमा थियो जहाँ शिक्षकहरू प्रवेश गर्न इन्कार गर्छन् र अरूहरूलाई पनि भित्र प्रवेश गर्ने साँचो लिन दिँदैनन् । यसको अर्थ हुन्छ कि शिक्षकहरूले परमेश्‍वरलाई साँचो रूपमा जान्दैनन्, र तिनीहरूले अरूहरूलाई पनि उहाँलाई राम्ररी चिन्‍नबाट रोक्छन् ।

साँचो

यसले घर वा भण्डार कोठामा पस्‍ने माध्यमको प्रतिनिधित्व गर्छ ।

तिमीहरू आफैँ पनि प्रवेश गर्दैनौ

“तिमीहरू आफैँ पनि ज्ञान पाउनलाई भित्र पस्दैनौ”

Luke 11:53

सामान्य जानकारीः

यो कथाको त्यस भागको अन्त्य हो जहाँ येशू फरिसीको घरमा खानुहुन्छ । यी पदहरूले कथाको मुख्य भाग सकिएपछि के हुन्छ भन्‍ने विषयमा बताउँछ ।

उहाँ त्यहाँबाट गइसक्‍नुभएपछि

“येशू फरिसीको घरबाट जानुभएपछि”

धेरै कुराहरूको विषयमा उहाँसँग विवाद गरे

शास्‍त्रीहरू र फरिसीहरूले तिनीहरूको दृष्‍टिकोणको बचाउ गर्नको लागि विवाद गरेनन्, तर येशूलाई फसाउनको लागि ताकि तिनीहरूले उहाँलाई परमेश्‍वरको व्यवस्था तोड्नुभएको आरोप लगाउन सकून् ।

Luke 11:54

उहाँको मुखबाट निस्केको केही कुराको कारण उहाँलाई पासोमा पार्न

यसको अर्थ हुन्छ कि येशूले कुनै गलत कुरा भनेको तिनीहरू चाहन्थे ताकि तिनीहरूले उहाँलाई दोष लगाउन सकून् । शास्‍त्रीहरू र फरिसीहरूले तिनीहरूको दृष्‍टिकोणको बचाउ गर्नको लागि विवाद गरेनन्, तर येशूलाई फसाउनको लागि ताकि तिनीहरूले उहाँलाई परमेश्‍वरको व्यवस्था तोड्नुभएको आरोप लगाउन सकून् ।


Translation Questions

Luke 11:3

येशूले आफ्ना चेलाहरूलाई कुनचाहिँ प्रार्थना गर्न सिकाउनुभयो ?

उहाँले प्रार्थना गर्नुभयो, “हे पिता, तपाईंको नाउँ पवित्र गरियोस् । तपाईंको राज्य आओस् । हामीलाई हाम्रो प्रत्येक दिनको रोटी दिनुहोस् । हाम्रा पापहरू क्षमा गर्नुहोस्, जसरी हामीले हाम्रा ऋणीहरूलाई क्षमा गरेका छौँ । हामीलाई परीक्षामा नडोर्‍याउनुहोस्” । [११:३-४]

Luke 11:4

येशूले आफ्ना चेलाहरूलाई कुनचाहिँ प्रार्थना गर्न सिकाउनुभयो ?

उहाँले प्रार्थना गर्नुभयो, “हे पिता, तपाईंको नाउँ पवित्र गरियोस् । तपाईंको राज्य आओस् । हामीलाई हाम्रो प्रत्येक दिनको रोटी दिनुहोस् । हाम्रा पापहरू क्षमा गर्नुहोस्, जसरी हामीले हाम्रा ऋणीहरूलाई क्षमा गरेका छौँ । हामीलाई परीक्षामा नडोर्‍याउनुहोस्” । [११:३-४]

Luke 11:8

येशूको दृष्‍टान्तमा किन मानिस मध्य रातमा उठ्छ र उसको साथीलाई रोटी दिन्छ ?

साथीले विनालाज खुरन्धार मागिरहेको कारणले गर्दा । [११:८]

Luke 11:13

स्वर्गमा हुनुहुने पिताले उहाँसँग माग्‍नेहरूलाई के दिनुहुन्छ ?

उहाँले पवित्र आत्मा दिनुहुनेछ । [११:१३]

Luke 11:15

जब तिनीहरूले भूतात्माहरूलाई भगाएको देखे, केहीले येशूलाई के दोष लगाए ?

भूतात्माहरूलाई भगाइरहेको देखेर तिनीहरूले उहाँलाई भूतात्महरूका शासक बालजिबुल हो भनी दोष लगाए । [११:१५]

Luke 11:20

येशूले जवाफ दिनुभयो, कि उहाँले केको शक्‍तिले भूतहरूलाई भगाउनुभयो ?

उहाँले परमेश्‍वरको शक्‍तिले भूतहरूलाई भगाउनुभयो । [११:२०]

Luke 11:26

यदि अशुद्ध आत्माले मानिसलाई छोड्छ तर पछि फर्कन्छ भने, मानिसको अन्तिम स्थिति के हुनेछ ?

मानिसको अन्तिम स्थिति पहिलेको भन्दा झन् खराब हुन्छ । [११:२६]

Luke 11:28

येशूकी आमालाई आशीर्वाद दिँदै गर्दा जब ती स्‍त्री कराइन् तब को धन्यको भयो भनी येशूले भन्‍नुभयो ?

जसले परमेश्‍वरका वचन सुन्दछन् र यसलाई पालन गर्दछन् । [११:२८]

Luke 11:32

येशूले भन्‍नुभयो, कि पुरानो करारमा भएका कुन-कुन दुई जना मानिसभन्दा उहाँ महान् हुनुहुन्छ ?

सोलोमन र योना । [११:३२]

Luke 11:39

फरिसीहरूको भित्र केले भरिएका छन् भनी येशूले भन्‍नुभयो ?

तिनीहरू लालसा र दुष्‍टताले भरिएका हुन्छन् भनी उहाँले भन्‍नुभयो । [११:३९]

Luke 11:42

फरिसीहरूले के बेवास्ता गरेका छन् भनी येशूले भन्‍नुभयो ?

तिनीहरूले न्याय र परमेश्‍वरको प्रेमलाई बेवास्ता गरेका छन् भन्‍नुभयो । [११:४२]

Luke 11:46

व्यवस्थाका गुरुहरूले अरू मानिसहरूलाई के गरेका थिए भनी येशूले भन्‍नुभयो ?

तिनीहरूले मानिसहरूलाई उनीहरूले बोक्‍नै नसक्‍ने बोझ बोकाइरहेका थिए, तर उनीहरू आफैँ भने ती बोझहरूलाई छुँदैनथे । [११:४६]

Luke 11:50

के कुराको लागि यो पुस्ता जवाफदेही हुनेछ भनी येशूले भन्‍नुभयो ?

संसारको सुरु देखिको अगमवक्ताहरूले बगाएका रगतका निम्ति तिनीहरू जिम्मेवार हुनेछन् । [११:५०]

Luke 11:54

येशूका वचनहरू सुनेपछि शास्‍त्रीहरू र फरिसीहरूले के गरे ?

तिनीहरूले उहाँको विरोध गरे; उहाँसँग विवाद गरे, र उहाँको आफ्नै वचनहरूद्वारा उहाँलाई पासोमा पार्ने कोसिस गरे । [११:५४]


Chapter 12

1 त्यसै बेला जब हजारौं हजार मानिस अत्यधिक मात्रामा जम्मा भएको कारण एउटाले अर्कोलाई कुल्चे, तब सबैभन्दा पहिले उहाँले आफ्ना चेलाहरूलाई भन्‍न लाग्‍नुभयो, “फरिसीहरूको खमिरदेखि सावधान रहो, जुनचाहिं पाखण्डीपना हो । 2 तर ढाकिएको केही छैन जुन प्रकट हुनेछैन, र लुकेको केही छैन जुन थाहा लाग्‍नेछैन । 3 त्यसैले तिमीहरूले जे कुराहरू अन्धकारमा भनेका छौ, त्यो ज्योतिमा सुनिनेछ र जे कुरा तिमीहरूले भित्री कोठामा कानमा भनेका छौ, त्यो घरको धुरीबाट घोषणा गरिनेछ । 4 मेरा मित्रहरू, म तिमीहरूलाई भन्दछु, तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन् र त्यसपछि केही गर्न सक्दैनन् । 5 तर कोसँग डराउने भनी म तिमीहरूलाई चेताउनी दिनेछु । त्यो व्यक्‍तिसँग डराओ जससित मारेपछि नरकमा फालिदिने अधिकार छ । हो, म तिमीहरूलाई भन्दछु, तिनीसित डराओ । 6 के पाँचवटा भङ्गेरा दुई साना सिक्‍कामा बेचिंदैनन् र? तरै पनि परमेश्‍वरको द‍ृष्‍टिमा तीमध्ये एउटै पनि बिर्सिएको हुँदैन । 7 तर तिमीहरूका शिरका सबै केशहरू समेत गणना गरिएका छन् । नडराओ, तिमीहरू धेरै भङ्गेराहरूभन्दा पनि मूल्यवान् छौ । 8 म तिमीहरूलाई भन्दछु, हरेक जसले मानिसहरूका अगि मलाई स्वीकार गर्छ, परमेश्‍वरका दूतहरूका अगि मानिसका पुत्रले पनि त्यसलाई स्वीकार गर्नेछन्, 9 तर जसले मलाई मानिसहरूका सामु इन्कार गर्छ, परमेश्‍वरका दूतहरूले पनि त्यसलाई इन्कार गर्नेछन् । 10 हरेक जसले मानिसका पुत्रको विरुद्धमा बोल्छ, त्यसलाई क्षमा गरिनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्छ, त्यसलाई क्षमा गरिनेछैन । 11 जब तिनीहरूले तिमीहरूलाई सभाघरहरू,शासकहरू र अधिकारीहरूको अगि ल्याउनेछन्, तब तिमीहरूले कसरी प्रतिकार गर्ने र के बोल्ने भन्‍ने बारेमा चिन्तित नहोओ । 12 किनकि पवित्र आत्माले तिमीहरूलाई त्यही घडी के भन्‍नुपर्ने हो भनी सिकाउनुहुनेछ ।" 13 त्यसपछि भीडबाट एक जनाले उहाँलाई भन्यो, “गुरुज्यू, मेरो दाजुलाई सम्पत्तिको भागबन्डा गर्नू भनी बताइदिनुहोस् ।” 14 येशूले त्यसलाई भन्‍नुभयो, “हे मानिस, कसले मलाई तिमीहरूमाथि न्यायधीश वा मध्यस्तकर्ता बनायो?” 15 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हेर आफैंलाई सबै लोभी इच्छाबाट अलग राख, किनभने कुनै व्यक्तिको जीवन त्यसको धन सम्पत्तिको प्रशस्ततामा रहँदैन ।” 16 तब येशूले तिनीहरूलाई यसो भन्दै एउटा द‍ृष्‍टान्त भन्‍नुभयो, “धनी मानिसको भूमिले प्रशस्त उब्जनी दियो, 17 र त्यसले मनमनै यसो भन्‍यो, ‘म के गरूँ?, किनभने मेरो अन्‍न भण्डार गर्ने ठाउँ छैन!‘ 18 त्यसले भन्यो, 'म यसो गर्नेछु । म आफ्ना भकारीहरू भत्काउनेछु र झन् ठुला ठुला बनाउनेछु, र त्यहीं नै मेरा सबै अन्‍नहरू र अन्य सामग्रीहरू भण्डार गर्नेछु ।’ 19 म मेरो प्राणलाई भन्‍नेछु, ‘हे प्राण, तेरो लागि प्रशस्तै असल चिजहरू धेरै वर्षको लागि भण्डारण गरिएको छ । आराम गर्, खा, पी र आनन्दित हो ।’ 20 तर परमेश्‍वरले त्यसलाई भन्‍नुभयो, ‘मूर्ख मानिस, आजको राती नै तेरो प्राण चाहिएको छ, र तैंले तयार गरेको ती सब चिजहरू कसको हुनेछ?’ 21 आफ्नै लागि धन सम्पत्तिको संचय गरेर राख्‍ने, र परमेश्‍वरमा चाहिं धनी नहुने मानिस त्यस्तै हुन्छ ।" 22 येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनको विषयमा के खाऔंला वा शरीरको विषयमा के पहिरौंला भनी चिन्ता नगर । 23 किनकि जीवन खानेकुराभन्दा र शरीर लुगाभन्दा ठुलो हो । 24 कागहरूलाई विचार गर, तिनीहरूले न त छर्छन् न बटुल्छन् । तिनीहरूका न त भण्डारहरू छन्, न भकारी छन्, तर परमेश्‍वरले तिनीहरूलाई खुवाउनुहुन्छ । तिमीहरू चराहरूभन्दा कति धेरै मूल्यवान् छौ! 25 र तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो जीवनको आयुमा एकपल थप्‍न सक्छ? 26 तिमीहरू यस्तो सानो काम पनि गर्न सक्दैनौ भने अरू कुराको किन चिन्ता गर्छौ? 27 लिली फूलहरूलाई विचार गर—कसरी तिनीहरू बढ्छन् । तिनीहरूले न त परिश्रम गर्छन्, न कात्छन् । तर म तिमीहरूलाई भन्दछु, सोलोमन पनि आफ्ना सबै महिमामा यिनीहरूझैं आभूषित थिएनन् । 28 यदि आज अस्तित्वमा भएको, र भोलि आगोमा फालिने जमिनका घाँसलाई परमेश्‍वरले आभूषित गर्नुहुन्छ भने, हे अल्प विश्‍वासी हो, तिमीहरूलाई कति बढी आभूषित गर्नुहुनेछ । 29 तिमीहरू के खाऔंला र के पिऔंला भनी खोजी नगर र चिन्ता नगर । 30 किनकि संसारभरका सबै मानिसहरूले यी कुराहरूको खोजी गर्छन्, र तिमीहरूका पिताले ती सबै तिमीहरूलाई आवश्‍यक छ भनी जान्‍नुहुन्छ । 31 तर उहाँको राज्यको खोजी गर, र यी थोकहरू तिमीहरूलाई थपिनेछन् । 32 सानो बगाल हो, नडराओ, किनभने तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता अति खुसी हुनुहुन्छ । 33 आफ्ना धन सम्पत्ति बेच र गरिबहरूलाई देओ । आफ्ना निम्ति थोत्रो नहुने थैलीहरू बनाओ—स्वर्गमा कहिल्यै नसकिने धन संचय गर, जहाँ चोर नजिक आउँदैन, र किराले हानि पुर्‍याउँदैन । 34 किनकि जहाँ तिम्रो धन छ, त्यहीं नै तिम्रो मन पनि हुनेछ । 35 तिमीहरूका लामा पोसाक कम्मरको पेटीमा कसिएका, र तिमीहरूका बत्तीहरू बलिरहेका होऊन्, 36 र आफ्नो मालिक विवाहको भोजबाट फर्केर आउने प्रतीक्षामा रहेका मानिसहरूझैं तिमीहरू होओ, जसले मालिक फर्केर आउँदा र ढकढकाउँदा तिनको निम्ति तुरुन्तै ढोका खोलिदिन्छन् । 37 धन्य हुन् ती सेवकहरू, जसलाई तिनीहरूका मालिक फर्केर आउँदा जागा रहेको भेट्टाउनेछन् । साँच्चै म तिमीहरूलाई भन्दछु, कि तिनले लामा पोसाक कम्मरको पेटीमा कस्‍नेछन् र तिनीहरूलाई टेबुलमा अडेस लगाएर बसाउनेछन्, र तिनी आएर तिनीहरूलाई खाना दिनेछन् । 38 यदि मालिक रातको दोस्रो पहरमा आउँछन् वा तेस्रो पहरमा आउँछन् र तिनीहरूलाई जागा भेट्टाउँछन् भने ती सेवकहरू धन्यका हुन् । 39 तर यो जान, कि यदि घरको मालिकलाई चोर कुन घडी आउँछ भन्‍ने थाहा भएको भए, तिनले आफ्नो घर फोर्न दिनेथिएनन् । 40 तिमीहरू पनि तयार रहो, किनभने तिमीहरूलाई मानिसका पुत्र कुन घडीमा आउँछन् भन्‍ने कुरा थाहा छैन ।" 41 पत्रुसले भने, “प्रभु, के तपाईंले यो द‍ृष्‍टान्त हामीलाई मात्रै भन्‍नुभएको हो, कि सबैलाई पनि?” 42 प्रभुले भन्‍नुभयो, “त्यसो भए विश्‍वासयोग्य र बुद्धिमान् व्यवस्थापक को हो? जसलाई मालिकले आफ्ना सेवकहरूलाई ठिक समयमा खाना दिन खटाएका हुन्छन् । 43 धन्य हो त्यो सेवक, जसलाई त्यसका मालिक फर्कंदा त्यसै गरिरहेको भेट्टाउनेछन् । 44 साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिनले आफ्नो सबै सम्पत्तिको हक त्यसलाई दिनेछन् । 45 तर यदि सेवकले आफ्नो हृदयमा 'मेरो मालिक फर्की आउन ढिलो गर्नुहुन्छ' भन्छ र पुरुष तथा स्‍‍त्री सेवकहरूलाई कुटपिट गर्न अनि खान, पिउन र दाखमद्यले मात्‍न लाग्यो भने, 46 त्यस सेवकले नचिताएको दिन र थाहै नभएको घडीमा त्यसका मालिक आउनेछन् र त्यसलाई टुक्रा-टुक्रा गरी काट्नेछन् र अविश्‍वासीहरूसँग त्यसको लागि एउटा ठाउँ नियुक्त गर्नेछन् । 47 त्यस सेवकले आफ्नो मालिकको इच्छा थाहा हुँदाहुँदै पनि तयार नगरेको वा तिनको इच्छाअनुसार नगरेको कारण त्यसलाई धेरै मुक्‍का हानिनेछ । 48 तर जसलाई थाहै थिएन र मुक्‍का पाउने योग्यको काम गर्‍यो, त्यसलाई थोरै मात्र मुक्‍काहरू हानिनेछ । तर हरेक जसलाई धेरै दिइएको छ, तिनीहरूबाट धेरै नै लिइनेछ, र जसलाई धेरै जिम्मा दिइएको छ त्यसबाट धेरै नै मागिनेछ । 49 म पृथ्वीमा आगो वर्षाउन आएको हुँ, र यो अघि नै सल्किसकेको होस् भनेर म चाहना गर्छु । 50 तर मैले बप्‍तिस्‍मा लिनुपर्ने एउटा बप्तिस्मा छ, र यो पूरा नहुन्जेलसम्म म अति व्याकुल छु । 51 के म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी तिमीहरू सोच्छौ ? होइन, म तिमीहरूलाई भन्दछु, बरु म विभाजन ल्याउन आएँ । 52 किनकि अब उप्रान्त एउटा घरका पाँच जना विभाजित हुनेछन्—दुई जनाको विरुद्धमा तीन जना, र तीन जनाको विरुद्धमा दुई जना हुनेछन् । 53 तिनीहरू विभाजित हुनेछन्, बुबा छोराको विरुद्धमा, र छोरा बुबाको विरुद्धमा हुनेछ; आमा छोरीको विरुद्धमा , र छोरी आमाको विरुद्धमा, सासू आफ्नी बुहारीको विरुद्धमा, र बुहारी सासूको विरुद्धमा हुनेछे ।" 54 येशूले भीडलाई पनि यसो भनिरहनुभएको थियो, “जब तिमीहरूले पश्‍चिम दिशामा बादल उठिरहेको देख्छौ र तुरुन्तै तिमीहरू भन्दछौ, ‘वृष्‍टि हुन्छ' र त्यस्तै हुन्छ । 55 जब दक्षिणी बतास बहन्छ, तिमीहरू भन्छौ, ‘एकदमै गर्मी हुनेछ' र त्यस्तै हुन्छ । 56 पाखण्डीहरू हो, तिमीहरू पृथ्वी र आकाशको रूपको अर्थ लाउन जान्दछौ, तर तिमीहरू वर्तमान समयको अर्थ लाउन किन जान्दैनौ? 57 तिमीहरू आफ्नै लागि कुन कुरा ठिक हो भनेर किन निर्णय गर्दैनौ? 58 तिमी आफ्नो विरोधीसँग न्यायीक अधिकारीकहाँ जाँदा, बाटोमा त्योसँग नै मुद्दा मिलाउने कोसिस गर ताकि त्यसले तिमीलाई न्यायधीशकहाँ नडोर्‍याओस्, र न्यायधीशले तिमीहरूलाई अधिकारीकहाँ नसुम्पोस्, र अधिकारीले तिमीलाई झ्यालखानामा नहालोस् । 59 म तिमीलाई भन्दछु, “तिमीले आखिरी पैसा चुक्‍ता नगरेसम्म तिमी कहिल्यै पनि त्यहाँबाट मुक्‍त भएर आउनेछैनौ ।”

लूका १२ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“आत्माको विरुद्धको ईश्‍वरनिन्दा”

कसैले पनि निश्‍चय गरी जान्दैन मानिसहरूले त्यस्तो के काम गर्छन् वा के शब्दहरू भन्छन् जब तिनीहरूले यो पाप गर्छन् । तर जे होस्, तिनीहरूले सम्भवतः पावित्र आत्मा र उहाँको कामलाई अपमान गर्छन् । पवित्र आत्माको कामको एउटा भाग चाहिँ मानिसहरूलाई तिनीहरू पापी हुन् र तिनीहरूलाई क्षमा गर्न तिनीहरूलाई परमेश्‍वरको खाँचो छ भनी बुझाउनु हो । त्यसैकारण, जो कोही जसले पाप गर्नलाई बन्द गर्ने कोसिस गर्दैन, उसले सम्भवतः आत्माको विरुद्धमा ईश्‍वरनिन्दा गरिरहेको छ । अनि )

सेवकहरू

परमेश्‍वरले उहाँका मानिसहरूले यो सम्झेको अपेक्षा गर्नुहुन्छ कि संसारमा भएका सबै कुराहरू परमेश्‍वरका हुन् । परमेश्‍वरले उहाँका मानिसहरूलाई विभिन्‍न चीजहरू दिनुहुन्छ ताकि तिनीहरूले उहाँको सेवा गर्न सकून् । उहाँले तिनीहरूलाई दिनुभएको सबै कुराबाट उहाँले चाहनुभएको कुरा गरेर तिनीहरूले उहाँलाई प्रसन्‍न बनाएको उहाँ चाहनुहुन्छ । उहाँले तिनीहरूलाई प्रयोग गर्न दिनुभएको सबैकुराबाट तिनीहरूले के गरेका छन् भनेर एक दिन येशूले उहाँका सेवकहरूलाई सोध्‍नुहुनेछ । उहाँले तिनीहरूलाई इनाम दिनुहुनेछ जसले उहाँले चाहनुभएको कुरा गरेका छन्, र तिनीहरूलाई दण्‍ड दिनुहुनेछ जसले गरेका छैनन् ।

विभाजन

येशू जान्‍नुहुन्थ्यो कि तिनीहरू जसले उहाँलाई पछ्याउन रोज्दैनन्, तिनीहरूले उहाँलाई पछ्याउन रोज्‍नेहरूलाई घृणा गर्नेछन् । उहाँले यो पनि जान्‍नुहुन्थ्यो कि अधिकांश मानिसहरूले अरू कसैलाई भन्दा पनि तिनीहरूका परिवारहरूलाई प्रेम गर्छन् । त्यसैले उहाँलाई पछ्याउनेहरूले यो बुझेको उहाँ चाहनुहुन्थ्यो कि तिनीहरूलाई तिनीहरूको परिवारले प्रेम गरेको चाहनुभन्दा पनि उहाँलाई पछ्याउने र प्रसन्‍न तुल्याउने कुरा चाहिँ तिनीहरूको लागि बढी महत्त्वपूर्ण हुनुपर्थ्यो (लूका १२:५१-५६) ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“मानिसको पुत्र”

यस अध्यायमा येशूले आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ अनि


Luke 12:1

सामान्य जानकारीः

येशूले उहाँका चेलाहरूलाई हजारौँ मानिसहरूको अगाडि सिकाउन थाल्‍नुहुन्छ ।

त्यसै बेला

यो सम्भवतः शास्‍त्रीहरू र फरिसीहरूले उहाँलाई जालमा पार्ने कुनै उपाय खोजिरहेको बेलामा हो । लेखकले यी शब्दहरू नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्नलाई प्रयोग गर्छन् ।

जब धेरै हजारौँ मानिसहरूले एकसाथ भेला भएका थिए

यो पृष्‍ठभूमि जानकारी हो जसले कथाको परिवेशको विषयमा बताउँछ ।

धेरै हजारौँ मानिसहरू

“एउटा धेरै ठुलो भीड”

एउटाले अर्कोलाई कुल्चिरहेको थियो

त्यहाँ यति धेरै मानिसहरूको भीड लागेको थियो कि तिनीहरूले एकअर्कालाई कुल्चन सक्थे भनी व्यक्त गर्नको लागि यो एउटा अतिशयोक्ति हो । वैकल्पिक अनुवादः “तिनीहरूले एउटाले अर्कालाई टेकिरहेका थिए” वा “तिनीहरूले एकअर्काको खुट्टामा टेकिरहेका थिए”

उहाँले आफ्ना चेलाहरूलाई यसो भन्‍न सुरु गर्नुभयो

“येशूले पहिले आफ्ना चेलाहरूसँग कुरा गर्न सुरु गर्नुभयो, र तिनीहरूलाई भन्‍नुभयो”

फरिसीहरूको खमिरदेखि आफैँलाई जोगाऊ, जुन पाखण्‍डीपन हो

जसरी खमिर रोटीको पिठोको डल्लाभरी फैलिन्छ, त्यसरी नै तिनीहरूको पाखण्डीपन पनि सारा समुदायभरी फैलँदै थियो । वैकल्पिक अनुवादः “तिमीहरू आफैँलाई फरिसीहरूको पाखण्डीपनबाट सुरक्षित राख, जुन खमिर जस्तै हो” वा “होशियार रहो कि तिमीहरू पनि फरिसीहरूजस्तै पाखण्डी नहोओ । जसरी खमिरले पिठोको पूरै डल्लोलाई असर पार्छ, त्यसरी नै तिनीहरूको व्यवहारले हरेकलाई प्रभाव पार्छ”

Luke 12:2

तर केही पनि

“तर” शब्दले यस पदलाई फरिसीहरूको पाखण्‍डीपनको बारेमा भएको अघिल्‍लो पदसँग जोड्छ ।

कुनै पनि कुराहरू गुप्‍त छैनन् जुन प्रकट हुनै सक्दैनन्

“लुकाइएको हरेक कुरा प्रकट गरिनेछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले गोप्य रीतिले गर्ने सबैकुराहरूको बारेमा मानिसहरूले थाहा पाउनेछन्”

कुनै पनि कुराहरू लुकेका छैनन् जुन कुरा थाहा नहोस्

वाक्यको सत्यतालाई जोड दिनलाई यसले वाक्यको पहिलो खण्‍डले जस्तै उही अर्थ दिन्छ । यसलाई कर्तृ वाच्यमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले ती सबै कुराहरूको बारेमा जान्‍नेछन् जुन अरूहरूले लुकाउन कोसिस गर्छन्”

Luke 12:3

तिमीहरूले अन्धकारमा जे पनि भनेका छौ त्यो ज्योतिमा सुनिनेछ

यहाँ “अन्धकार” भनेको “रात”को लागि प्रतिस्थापन शब्द हो जुन चाहिँ “गोप्य”को लागि प्रतिस्थापन शब्द हो । अनि “ज्योति”चाहिँ “दिन”को लागि प्रतिस्थापन शब्द हो जुन चाहिँ “सार्वजनिक”को लागि प्रतिस्थापन शब्द हो । “सुनिनेछ” भन्‍ने वाक्यांशलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले जे पनि राती गोप्यमा भनेका छौ, मानिसहरूले त्यो दिनको उज्यालोमा सुन्‍ने छन्”

तिमीहरूले कानमा भनेका

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अर्को व्यक्तिलाई कानेखुसी गरेको”

भित्री कोठाहरूमा

“बन्द गरिएको कोठामा ।” यसले गोप्य कुराकानीलाई जनाउँछ । वैकल्पिक अनुवादः “गोप्यतामा” वा “गोप्य तवरले”

घोषणा गरिनेछ

“ठूलो स्वरमा भनिनेछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले घोषणा गर्नेछन्”

घरको धुरीहरूबाट

इस्राएलमा घरको छत समतल परेको हुन्थ्यो, त्यसैले मानिसहरू त्यसमाथि गएर उभिन सक्‍थे । यदि घरको छानामाथि कसरी जाने भनी सोचेर पाठकहरू भ्रममा पर्छन् भने, यसलाई “मानिसहरूले सुन्‍न सक्‍ने अग्ला ठाउँहरूबाट” भन्‍नेजस्ता सामान्य अभिव्यक्तिसँगै अनुवाद गर्न सकिन्छ ।

Luke 12:4

म तिमीहरूलाई भन्छु मेरा मित्रहरू

उहाँको प्रवचन एउटा नयाँ विषयमा फेरिएको कुरालाई अङ्कित गर्नलाई येशूले उहाँका चेलाहरूलाई पुनः सम्बोधन गर्नुहुन्छ, अहिले चाहिँ, नडराउने विषयमा कुरा गर्न ।

त्यसपछि तिनीहरूले केही गर्न सक्दैनन्

“तिनीहरूले अरू कुनै हानि गर्न सक्‍दैनन्”

Luke 12:5

त्यो व्यक्तिसँग डराओ जससित ... अधिकार हुन्छ

“एक परमेश्‍वर” वाक्यांशले परमेश्‍वरलाई जनाउँछ । यसलाई फरक शब्दहरूमा उल्‍लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरको भय मान जससित ... अधिकार हुन्छ” वा “परमेश्‍वरको भय मान, किनभने ... अधिकार हुन्छ”

उहाँले मार्नुभएपछि

“उहाँले तिमीहरूलाई मारेपछि”

नरकमा फालिदिने अधिकार छ

मानिसहरूलाई न्याय गर्नलाई परमेश्‍वरको अधिकारको बारेमा यो एउटा सामान्य कथन हो । यसको अर्थ यो होइन कि यो कुरा चेलाहरूलाई हुनेछ । वैकल्पिक अनुवादः “मानिसहरूलाई नरकमा फ्याँक्‍ने अधिकार छ”

Luke 12:6

के पाँचवटा भङ्गेरा दुई सिक्‍कामा बेचिँदैनन् र ?

येशूले चेलाहरूलाई सिकाउन एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू जान्दछौ कि केवल दुईवटा स-साना सिक्‍कामा पाँचवटा भङ्गेराहरू बेचिन्छन् ।”

भङ्गेराहरू

धेरै साना, बिउ खाने चराहरू

परमेश्‍वरको दृष्‍टिबाट तीमध्ये एउटा पनि बिर्सिएको हुँदैन

यसलाई कर्तृ वाच्यमा र सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनीहरू कसैलाई कहिल्यै बिर्सनुहुन्‍न” वा “परमेश्‍वरले वास्तवमा हरेक भङ्गेरालाई सम्झनुहुन्छ”

Luke 12:7

तिम्रो शिरको कपालका सबै रौँहरूको पनि गणना भएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूको शिरमा कतिवटा केश छन् भनेर पनि परमेश्‍वर जान्‍नुहुन्छ”

नडराओ

डरको कारणलाई उल्‍लेख गरिएको छैन । सम्भावित अर्थहरू हुन् १) “तिमीहरूलाई के हुनेछ भनी नडराओ” वा २) “त्यसैले तिमीहरूलाई चोट पुर्‍याउन सक्‍ने मानिसहरूदेखि नडराओ ।”

तिमीहरू धेरै भङ्गेराहरूभन्दा पनि मूल्यवान् छौ

“परमेश्‍वरले धेरै भङ्गेरालाई भन्दा तिमीहरूलाई बढी मूल्यको ठान्‍नुहुन्छ”

Luke 12:8

तर म तिमीहरूलाई भन्छु

उहाँको प्रवचन एउटा नयाँ विषयमा फेरिएको कुरालाई अङ्कित गर्नलाई येशूले उहाँलाई सुनिरहेका मानिसहरूलाई पुनः सम्बोधन गर्नुहुन्छ, अहिले चाहिँ, स्वीकार गर्ने विषयमा कुरा गर्न ।

हरेक जसले मानिसहरूका अगि मलाई स्वीकार गर्दछ

के कुरा स्वीकार गरिएको हो भनेर प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले ऊ मेरो चेला हो भनी अरूलाई भन्छ” वा “ऊ मप्रति बफादार छ भनी अरूको सामु स्वीकार गर्ने जो कोही पनि”

मानिसको पुत्र

येशूले आफैँलाई जनाउँदै हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र”

Luke 12:9

तर जसले मलाई मानिसहरूका सामु इन्कार गर्दछ

“जसले मलाई मानिसहरूका सामु अस्वीकार गर्छ ।” के कुरा इन्कार गरिएको हो भनेर प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले ऊ मेरो चेला हो भनी अरूहरूका सामु स्वीकार गर्न इन्कार गर्छ” वा “यदि कसैले ऊ मप्रति बफादार छ भनी भन्‍न इन्कार गर्छ भने”

इन्कार गरिनेछ

“अस्वीकार गरिनेछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसको पुत्रले उसलाई इन्कार गर्नेछन्” वा “ऊ मेरो चेला हो भनी म इन्कार गर्नेछु”

Luke 12:10

अनि हरेक जसले मानिसको पुत्रको विरुद्धमा केही वचन बोल्दछ

“हरेक जसले मानिसको पुत्रको बारेमा कुनै खराब कुरा भन्‍छ”

त्यो उसलाई क्षमा गरिनेछ

“उसलाई माफ गरिनेछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले उसलाई त्यसको निम्ति क्षमा गर्नुहुनेछ”

जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्दछ

“पवित्र आत्माको विरुद्धमा खराबी बोल्छ”

तर उसलाई ... त्यो क्षमा गरिनेछैन

यसलाई कर्तृ वाच्यको कृयापदसँग व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तर उसलाई ... परमेश्‍वरले उसलाई क्षमा गर्नुहुनेछैन” वा “तर उसलाई ... परमेश्‍वरले उसलाई सधैँको लागि दोषी ठान्‍नुहुनेछ”

Luke 12:11

त्यसैले जब तिनीहरूले तिमीहरूलाई ल्याउँछन्

तिनीहरूलाई कसले न्यायमा ल्याउँछन् भन्‍ने कुरालाई उल्‍लेख गरिएको छैन ।

सभाघरहरूको अगि

“धार्मिक अगुवाहरूको अगि सभाघरहरूभित्र तिमीहरूलाई प्रश्‍न सोध्‍न” (युडीबी)

शासकहरू, र अधिकारीहरू

यिनीहरूलाई एउटै भनाइमा जोडेर राख्‍न जरुरी हुन सक्छ । वैकल्पिक अनुवादः “देशमा शक्ति भएका अरू मानिसहरू”

Luke 12:12

त्यही घडीमा

“त्यो समयमा” वा “तब”

Luke 12:13

सामान्य जानकारीः

यो येशूका शिक्षाहरूमा आएको छोटो रोकावट हो । एउटा मानिसले येशूलाई केही गरिदिनको लागि भन्छ र येशूले जवाफ दिनुहुन्छ ।

मसँग अंश बाँड्न

त्यस संस्कृतिमा अंश चाहिँ, सामान्यतया बाबु मरेपछि उनीबाट आउँथ्यो । भन्‍ने मान्छेको बाबु सम्भवतः मरेका थिए भनेर स्पष्‍ट बनाउन तपाईंलाई आवश्‍यक हुन सक्छ । वैकल्पिक अनुवादः “मेरा बाबुको जायजेथा मसँग बाँड्न किनकि हाम्रा बाबुको अब मृत्यु भएको छ”

Luke 12:14

हे मानिस

सम्भावित अर्थहरू हुन् १) यो एउटा नचिनेको मानिसलाई बोलाउने सामान्य शैली हो वा २) येशूले त्यो मानिसलाई हप्काइरहनुभएको थियो । तपाईंको भाषामा यीमध्ये कुनै एउटा किसिमले मानिसहरूलाई बोलाउने तरिका हुनसक्छ । केहीले यो शब्दलाई अनुवाद नै गर्दैनन् ।

कसले मलाई तिमीहरूमाथि न्यायाधीश र मध्यस्तकर्ता बनायो ?

येशूले त्यस मानिसलाई हप्‍काउन एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । केही भाषाहरूले “तिमी” वा “तिम्रो” लाई बहुवचनमा पनि प्रयोग गर्न सक्छन् । वैकल्पिक अनुवादः “म तिम्रो न्यायाधीश वा मध्यस्थकर्ता होइन ।”

Luke 12:15

तब उहाँले तिनीहरूलाई भन्‍नुभयो

यहाँको “तिनीहरू” ले सम्भवतः सारा भीडलाई जनाउँछ । वैकल्पिक अनुवादः “र येशूले भीडलाई भन्‍नुभयो”

तिमीहरूले आफैँलाई सबै लोभी इच्छाहरूबाट अलग राख

“हरेक किसिमको लोभबाट तिमीहरूले आफैँलाई सुरक्षित राख ।” वैकल्पिक अनुवादः “कुनै थोकलाई पाउनलाई आफैँलाई मोहित हुन नदेओ” वा “अझ बढी थोकहरू प्राप्‍त गर्ने लालसालाई तिमीहरूलाई नियन्त्रण गर्न नदेओ”

एउटा व्यक्तिको जीवन

यो तथ्यको एउटा सामान्य कथन हो । यसले कुनै तोकिएको व्यक्तिलाई जनाउँदैन । केही भाषाहरूको त्यसलाई व्यक्त गर्ने एउटा तरिका हुन्छ ।

उसको धन सम्पत्तिको प्रशस्तता

“उससँग कति धेरै थोकहरू छन्” वा “उससँग कति धेरै सम्पत्ति छ”

Luke 12:16

जोड्ने कथनः

येशूले एउटा दृष्‍टान्त भन्‍नुभएर उहाँको शिक्षालाई निरन्तरता दिनुहुन्छ ।

तब उहाँले तिनीहरूलाई भन्‍नुभयो

सम्भवतः येशू अझै समग्र भीडसँग नै बोल्दै हुनुहुन्थ्यो ।

प्रशस्त उब्जनी दियो

“फसल निकै राम्ररी बढ्यो”

Luke 12:17

म के गरूँ, किनभने मेरो अनाजलाई भण्‍डारण गर्न मसँग ठाउँ छैन ?

यस प्रश्‍नले त्यस मानिसले मनमनै आफैँ सोचिरहेको कुरालाई झल्काउँछ । वैकल्‍पिक अनुवादः “के गर्ने भनेर म जान्दिन, किनभने मसँग मेरा सबै अनाजलाई भण्डारण गर्न पर्याप्‍त ठूलो ठाउँ छैन !”

Luke 12:18

भकारीहरू

भकारीहरू किसानले फसल उठाएपछि अन्‍न र खानाहरू भण्डारण गर्ने ठाउँहरू

अन्य सामग्रीहरू

सम्‍पत्तिहरू

Luke 12:19

म मेरो प्राणलाई भन्‍नेछु, “प्राण, तँसँग ... छ ... धेरै वर्षहरू ... । आनन्दले आराम गर् ... मोज गर् ।”

“म आफैँलाई भन्‍नेछु, ‘मसँग ... वर्षहरू ... छ । आराम गर् ... मोज ... ।’” वा “म आफैँलाई भन्‍नेछु कि मसँग ... वर्षहरू छ, त्यसैले म आराम गर्न ... मोज गर्न सक्छु ।”

Luke 12:20

जोड्ने कथनः

परमेश्‍वरले त्यस धनी मानिसलाई कसरी जवाफ दिनुहुन्छ भनेर येशूले उद्‌धृत गर्नुहुन्छ, जसै उहाँले उहाँको दृष्‍टान्त भन्‍न सकाउनुहुन्छ ।

आजको यही रात नै तेरो प्राण फिर्ता चाहिएको छ

“प्राण”ले व्यक्तिको जीवनलाई जनाउँछ । वैकल्पिक अनुवादः “तँ आज राती नै मर्नेछस्” वा “म आज राती नै तेरो जीवन तँबाट लिनेछु”

र तैँले तयार गरेका थोकहरू … यी कसको हुनेछ ?

“तैँले भण्डारण गरेका थोकहरू कसको हुनेछ ?” वा “तैँले तयार पारेका थोक कसले पाउनेछ ?” ती कुनै पनि कुरा मानिसको स्वामित्वमा हुनेछैन भन्‍ने महसुस गराउन परमेश्‍वरले एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “तैँले तयार पारेका कुराहरू अरू कसैको हुनेछ !”

Luke 12:21

जसले धन सञ्‍चय गरेर राख्दछन्

“मूल्यवान् थोकहरू वचत गर्छन्”

परमेश्‍वरको अगाडि धनी हुँदैन

परमेश्‍वरलाई महत्त्वपूर्ण लाग्‍ने कुराहरूमा उसको समय र धनको प्रयोग गरेको छैन

Luke 12:22

जोड्ने कथनः

येशूले उहाँका चेलाहरूलाई भीडको अगाडि सिकाउन निरन्तरता दिनुहुन्छ ।

यसकारण

“त्यसैले” वा “यस कथाले जे कुरा सिकाएको हुनाले”

म तिमीहरूलाई भन्दछु

“म तिमीहरूलाई केही महत्त्वपूर्ण कुराहरू भन्‍न चाहन्छु” वा “तिमीहरूले यसलाई होसियारीपूर्वक सुन्‍नुपर्छ”

तिम्रो शरीरको बारेमा, तिमीहरूले के लगाउने भनेर

“तिमीहरूको शरीरको बारेमा र तिमीहरूले के लगाउनेछौ भनेर” वा “तिम्रो शरीरमा लगाउनलाई पर्याप्‍त कपडाहरू पाउने बारेमा”

Luke 12:23

किनकि जीवन खानेकुराभन्दा बढी हो

यो मूल्यमान्यताको विषयमा सामान्य कथन हो । वैकल्‍पिक अनुवादः “जीवन तिमीले खाने खानेकुराभन्दा बढी महत्त्वपूर्ण हो”

शरीर चाहिँ वस्‍त्रहरूभन्दा बढी हो

“तिम्रो शरीर तिमीले त्यसमा लगाउने वस्‍त्रहरूभन्दा बढी महत्त्वपूर्ण हो”

Luke 12:24

कागहरू

यसले यी कुराहरूलाई जनाएको हुनसक्छ १) कागहरू, प्रायः अन्‍न खाने एक किसिमको चरा, वा २) गिद्धहरू, मरेको जनावरको मासु खाने एक किसिमको चरा । यहूदीहरूले यस्ता किसिमका चराहरूहरू खान नहुने हुनाले येशूका श्रोताहरूले कागहरूलाई मूल्यहीन ठानेका हुनसक्छन् ।

सामान राख्‍ने कोठा ... भण्‍डार

यिनीहरू खानेकुरा सञ्‍चय गरेर राख्‍ने स्थानहरू हुन् ।

तिमीहरू चराहरूभन्दा कति धेरै मूल्यवान् छौ !

यो आश्‍चर्यबोधक भनाइ हो, प्रश्‍न होइन । येशूले मानिसहरू परमेश्‍वरलाई ती चराहरूभन्दा ज्यादै मूल्यवान् छन् भन्‍ने तथ्यलाई जोड दिनुहुन्छ ।

Luke 12:25

तिमीहरूमध्ये कसले ... उसको जीवनको आयुमा एक क्युबिट थप्‍न सक्छ ?

येशूले उहाँका चेलाहरूलाई सिकाउन एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूमध्ये कसैले पनि चिन्ता गरेर तिनीहरूको जीवनलाई अलिकति पनि लम्बाउन सक्दैनौ !”

उसको जीवनमा एक क्युबिट थप्‍न

यो एउटा अलङ्कार हो, किनभने क्युबिट समयको भन्दा पनि लम्बाइको नाप हो । यो एउटा व्यक्तिको जीवनलाई एउटा पाटि, एउटा डोरी, वा केही अन्य भौतिक वस्तुलाई जस्तैगरी तन्काइएको चित्रण हो ।

Luke 12:26

यदि त्यसोभए तिमीहरू त्यति सानो कुरा पनि गर्न सक्दैनौ भने, तिमीहरू बाँकी कुराको बारेमा किन चिन्ता लिन्छौ ?

येशूले उहाँका चेलाहरूलाई सिकाउन अर्को प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “किनकि तिमीहरूले यति सानो कुरा पनि गर्न सक्दैनौ, तिमीहरूले अन्य कुराहरूको विषयमा चिन्ता लिनुहुँदैन”

Luke 12:27

लिली फूलहरूलाई विचार गर-तिनीहरू कसरी बढ्छन्

“लिली फूलहरू कसरी बढ्छन् भन्‍ने बारेमा सोच”

लिली फुलहरू

लिली फुलहरू मैदानमा अत्यधिक बढ्ने सुन्दर फुलहरू हुन् । यदि तपाईंको भाषामा लिली फुलको निम्ति शब्द छैन भने तपाईंले त्यो जस्तै कुनै अरू फुलको नाम वा “फुलहरू” भनेर अनुवाद गर्न सक्‍नुहुन्छ ।

न त तिनीहरूले कात्छन्

कपडाको लागि धागो वा धागोको डल्‍लो बनाउने प्रकृयालाई “कात्ने” भनिन्छ । यसलाई प्रस्‍ट बनाउँदा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “न त तिनीहरूले कपडा बुन्‍नलाई धागो बनाउँछन्” वा “र तिनीहरूले धागो बनाउँदैनन्”

सोलोमन पनि आफ्ना सबै महिमामा

“सोलोमन, जससित धेरै सम्पत्ति थिए” वा “सोलोमन, जसले सुन्दर पोशाकहरू लगाउँथे”

Luke 12:28

यदि परमेश्‍वरले जमिनका घाँस ... लाई सुशोभित पार्नुहुन्छ भने

“यदि परमेश्‍वरले मैदानमा भएका घाँसहरूलाई यसरी पहिर्‍याउनुहुन्छ भने” वा “यदि परमेश्‍वरले मैदानमा भएका घाँसहरूलाई यति सुन्दर पोशाकहरू दिनुहुन्छ भने ।” परमेश्‍वरले घाँसलाई सुन्दर बनाउनुभएको विषयमा यसरी बताइएको छ मानौँ परमेश्‍वरले घाँसलाई सुन्दर वस्‍त्रहरू पहिराइरहनुभएको हो । वैकल्पिक अनुवादः “यदि परमेश्‍वरले मैदानमा भएका घाँसहरूलाई सुन्दर बनाउनुहुन्छ भने”

... लाई अगेनोमा फालिन्छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कसैले त्यसलाई आगोमा फालिदिन्छ”

तिमीहरूलाई कति धेरै सुशोभित गर्नुहुनेछ

यो आश्‍चर्यबोधक भनाइ हो, प्रश्‍न होइन । उहाँले घाँसलाई भन्दा पनि बढी मानिसहरूलाई निश्‍चय नै वास्ता गर्नुहुन्छ भन्‍ने कुरालाई येशूले जोड दिनुहुन्छ । यसलाई प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उहाँले निश्‍चय पनि तिमीहरूलाई अझ राम्ररी वस्‍त्र पहिराउनुहुनेछ”

Luke 12:29

के खाऔँला र के पिऔँला भनी चिन्ता नगर

“तिमीहरूले के खानेछौ र के पिउनेछौ भन्‍ने कुराहरूमा ध्यान नदेओ” वा “खाने र पिउने कुराहरूको धेरै चाह नगर”

Luke 12:30

संसार भरका सबै जातिहरू

यहाँ “जातिहरू”ले “अविश्‍वासीहरू”लाई जनाउँछ । वैकल्पिक अनुवादः “अरू जातिका सबै मानिसले” वा “संसारका सबै अविश्‍वासीले”

तिमीहरूका पिता

यो परमेश्‍वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।

Luke 12:31

उहाँको राज्यको खोजी गर

“परमेश्‍वरको राज्यमा ध्यान देओ” वा “परमेश्‍वरको राज्यको धेरै चाह गर”

यी सबै थोकहरू तिमीलाई थपिनेछन्

“यी कुराहरू पनि तिमीलाई दिइनेछन् ।” “यी कुराहरू” ले खाना र पोशाकलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई यी कुराहरू दिनुहुनेछ”

Luke 12:32

सानो बगाल

येशूले उहाँका चेलाहरूलाई एउटा बगाल भन्दै हुनुहुन्छ । बगाल भनेको एउटा गोठालाले हेरचाह गर्ने भेडाहरू वा बाख्राहरूको समूह हो । जसरी गोठालाले उसका भेडाहरूको हेरचाह गर्छ, त्यसरी नै परमेश्‍वरले येशूका चेलाहरूको वास्ता राख्‍नुहुन्छ । वैकल्पिक अनुवादः “सानो समूह” वा “प्रिय समूह”

तिमीहरूका पिता

यो परमेश्‍वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।

Luke 12:33

गरिबहरूलाई देओ

तिनीहरूले पाउने कुरालाई उल्‍लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “र तिमीहरूले बेचेर कमाएको पैसा गरिब मानिसहरूलाई देओ”

तिमीहरू आफ्नो लागि स्वर्गमा धन संचय गर

स्वर्गमा थैलीहरू र धन भनेको उस्तै हुन् । यी दुवैले स्वर्गमा परमेश्‍वरको आशिष्‌को प्रतिनिधित्व गर्छन् ।

आफ्नो लागि तयार गर

यो गरिबहरूलाई दिने कामको परिणाम हो । वैकल्पिक अनुवादः “यसरी तिमीहरूले आफ्नो निम्ति … बनाउनेछौ”

खल्तीहरू जुन फाटेर जाने छैनन्

“पैसाका थैलीहरू जसमा प्वाल पर्ने छैन”

जो सकिएर जाँदैन

“मत्थर हुँदैन” वा “कम हुँदैन”

कोही चोर नजिक आउँदैन

“चोरहरू नजिक आउँदैनन्”

कुनै कीराले नष्‍ट पार्दैन

“कीराहरूले नाश पार्दैनन्”

कीरा

“कीरा” भनेको एउटा सानो फट्याङ्ग्रो हो जसले कपडाहरू खाएर त्यसमा प्वाल पार्छ । तपाईंलाई अर्कै कुनै फट्याङ्ग्रोको प्रयोग गर्न आवश्‍यक हुन सक्छ, जस्तै कमिला वा धमिरा ।

Luke 12:34

जहाँ तिम्रो धन हुन्छ, त्यहाँ तिम्रो मन पनि हुनेछ

“तिम्रो मन तिमीले तिम्रो सम्पत्ति सञ्‍चय गरेर राखेको ठाउँमा नै केन्द्रित हुनेछ”

तिम्रो मन

यहाँ “मन”ले व्यक्तिको विचारहरूलाई जनाउँछ ।

Luke 12:35

सामान्य जानकारीः

येशूले एउटा दृष्‍टान्त भन्‍न सुरु गर्नुहुन्छ ।

तिम्रो लामो पोसाक कम्मरको पेटीमा कसिएको होस्

मानिसहरूले लत्रने लामा कपडाहरू लगाउँथे । तिनीहरूले काम गर्दा तानिनबाट बचाउन तिनीहरूलाई तिनीहरूको पेटीमा बाँध्थे । वैकल्पिक अनुवादः “सेवा गर्न तयार हुनलाई तिमीहरूको लुगा पेटीमा बाँधिराख” वा “लुगा लगाऊ र सेवा गर्न तयार होओ”

तिम्रा बत्तीहरू बलिरहून्

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूका बत्ती बालिराख”

Luke 12:36

आफ्ना मालिकका प्रतीक्षामा रहेका मानिसहरू झैँ होओ

आफ्ना मालिक फर्कनका लागि तयार रहेका सेवकहरू झैँ येशूले उहाँका चेलाहरूलाई उहाँको लागि तयार रहन आज्ञा गर्नुहुन्छ ।

उनी विवाहको भोजबाट फर्केर आउँछन्

“विवाहको भोजबाट घर फर्केर आउँछन्”

उसको लागि ढोका खोलिदिन

यसले मालिकको घरको ढोकालाई जनाउँछ । उसको लागि ढोका खोलिदिने काम उसका सेवकहरूको जिम्‍मेवारी थियो ।

Luke 12:37

धन्य हो

“… का निम्ति कति असल”

जसलाई मालिक फर्केर आउँदा उसले जागा रहेको भेट्टाउनेछ

“जसको मालिकले ऊ फर्कँदा तिनीहरूले उसलाई पर्खिरहेको भेट्टाउँछ” वा “मालिक फर्कँदा जो तयारी अवस्थामा हुन्छन्”

उसले आफ्नो लामो वस्‍त्रलाई पेटीमा कसेर राख्छ, र तिनीहरूलाई टेबुलमा ढल्कन लगाउँछ

नोकरहरू इमानदार भएका र तिनको सेवा गर्नलाई तयार रहेका कारण, मालिकले अब तिनीहरूको सेवा गरेर तिनीहरूलाई इनाम दिनेछन् ।

Luke 12:38

दोस्रो पटक रातको समयमा

यो राती ९ बजे र मध्यरात बिचको समय थियो । वैकल्पिक अनुवादः “राती अबेला” वा “ठीक मध्यरात अगि”

वा तेस्रो चोटि पनि

यो मध्यरात र राती ३ बजे बिचको समय थियो । वैकल्पिक अनुवादः “वा यदि ऊ राती अति ढिलो आउँछ”

Luke 12:39

कुन घडी भनेर जानेको भए

“कहिले भनेर थाहा पाएको भए”

उसले उसको घर फोरिन दिने थिएन

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उसले चोरलाई उसको घर फोरेर आउन दिने थिएन”

Luke 12:40

किनभने तिमीहरूलाई मानिसको पुत्र तिमीहरूले नसोचेको घडीमा आउँदैछन्

चोर र मानिसको पुत्र बिचको एउटा मात्र समानता मानिसहरूले तिनीहरू दुवै कतिखेर आउँछन् भनेर जान्दैनन्, त्यसैले तिनीहरू तयार हुनुपर्छ ।

तिमीहरूले अपेक्षा नगरेको घडीमा

“कुन समयमा भनेर जान्दैनौ”

मानिसको पुत्र कहिले आउँछन् भनेर

येशूले आफ्नैबारे कुरा गरिरहनुभएको थियो । वैकल्पिक अनुवादः “जब म, मानिसको पुत्र, आउनेछु”

Luke 12:41

सामान्य जानकारीः

पद ४१ मा, त्यहाँ कथा वर्णनमा छोटो रोकावट आएको छ जसै पत्रुसले येशूलाई अघिल्‍लो दृष्‍टान्तको बारेमा एउटा प्रश्‍न सोध्छन् ।

जोड्ने कथनः

पद ४२ मा, येशूले अर्को दृष्‍टान्त बताउन थाल्‍नुहुन्छ ।

Luke 12:42

तब ... को हो ... तिनीहरूको भागको भोजन ठीक समयमा ... ?

येशूले पत्रुसको प्रश्‍नलाई अप्रत्यक्ष ढङ्‌गले जवाफ दिनलाई एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । उहाँले जो इमानदार प्रबन्धक बन्‍न चाहन्थ्यो यो दृष्‍टान्त तिनीहरूको बारेमा नै हो भनी बुझेको अपेक्षा गर्नुभयो । वैकल्पिक अनुवादः “मैले यो हरेकको निम्ति भनेको हुँ जो ... ।”

विश्‍वासयोग्य र बुद्धिमान् व्यवस्थापक

आफ्ना मालिकको पर्खाइमा नोकरहरू कसरी इमानदार बन्‍ने भन्‍नेबारे येशूले अर्को दृष्‍टान्त पनि भन्‍नुभयो ।

जसलाई उसको मालिकले उसका अन्य सेवकहरूभन्दा माथि राख्‍नेछ

“जसलाई उसको मालिकले अरू नोकरहरूमाथि प्रमुख बनाउँछ”

Luke 12:43

धन्य हो त्यो सेवक

“त्यो नोकरको लागि कति असल”

जसले आफ्नो मालिक फर्कंदा यी कार्यहरू गरिरहेको भेट्टाउँछ

“यदि त्यसको मालिकले ऊ फर्केर आउँदा त्यसलाई त्यो काम गरिरहेको भेट्टाउँछ”

Luke 12:44

साँच्‍चै म तिमीहरूलाई भन्दछु

यो अभिव्यक्तिको अर्थ हुन्छ कि उहाँले भन्‍न लाग्‍नुभएको कुरामा तिनीहरूले विशेष ध्यान दिनुपर्छ ।

उसलाई उसको सारा सम्पत्तिमाथि राख्‍नेछ

“उसलाई आफ्‍नो सारा सम्पत्तिमाथि अधिकार दिनेछ”

Luke 12:45

त्यो सेवक

यसले मालिकले अरू नोकरहरूमाथि प्रमुख बनाएको नोकरलाई जनाउँछ ।

आफ्नो हृदयमा यसो भन्दछ

यहाँ “हृदय” व्यक्तिको दिमाग वा भित्री व्यक्तित्वको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “मनमनै सोच्छ”

मेरो मालिकले फर्कि आउन लामो समय लिइराख्‍नुभएको छ

“मेरो मालिक चाँडै फर्कनुहुनेछैन”

पुरुष तथा स्‍त्री सेवकहरू

यहाँ “पुरुष तथा स्‍त्री सेवकहरू” भनी अनुवाद गरिएका शब्दहरूलाई सामान्यतया “केटाहरू” र “केटीहरू” भनी अनुवाद गरिन्छ । तिनीहरूले सङ्केत गरेको हुन सक्छ कि सेवकहरू कम उमेरका थिए वा तिनीहरू आफ्‍ना मालिकका लागि प्यारा थिए ।

Luke 12:46

उसले अपेक्षा नगरेको दिनमा, र उसले नजानेको घडीमा

“दिन” र “घडी” शब्दहरूले समयको पूर्णतालाई जनाउने वाक्यांशको निर्माण गर्छ जसले कुनै पनि समयलाई जनाउन सक्छ, र “अपेक्षा गर्नु” र “जान्‍नु” शब्दहरूको पनि उस्तै अर्थहरू हुन्छन्, त्यसैले प्रभुको आगमन सेवकको लागि पूर्ण रूपमा आश्‍चर्यको विषय हुनेछ भनेर जोड दिनलाई यहाँ दुई वाक्यांशहरू समान किसिमको संरचनामा छन् । तैपनि, तपाईंको भाषामा “जान्‍नु” र “अपेक्षा गर्नु” वा “दिन” र “घडी”को लागि फरक शब्दहरू नभएसम्‍म वाक्यांशहरूलाई एकसाथ जोड्नु हुँदैन । वैकल्पिक अनुवादः “सेवकले उसलाई अपेक्षा नगरिरहेको समयमा”

उसलाई टुक्राटुक्रा पारेर काट्नेछ र उसको लागि अविश्‍वासीहरूसँगै एउटा ठाउँ नियुक्त गर्नेछ

सम्भावित अर्थहरू हुन् 1) मालिकले दासलाई कठोर सजाय दिने विषयमा यो एउटा अतिरञ्‍जन हो वा २) यसले त्यो तवरलाई वर्णन गर्छ जसरी सजाय स्वरूप त्यो सेवक मारिनेछ र गाडिनेछ ।

Luke 12:47

जोड्ने कथनः

येशूले दृष्‍टान्त भन्‍न सकाउनुहुन्छ ।

तर त्यो सेवकलाई, जसले मालिकको इच्छा जानेको हुन्छ, र उसको इच्छा अनुसार तयार नगरेको वा काम नगरेको हुनाले, धेरैचोटि मुक्‍का हानेर पिटिनेछ

यसलाई कर्तृ वाच्यमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर त्यस सेवकलाई जसले उसको मालिकको इच्छा जान्दछ तर त्यस अनुसार तयार गर्दैन वा काम गर्दैन, मालिकले त्यसलाई धेरै मुक्‍का हानेर पिट्नेछन्”

उसको मालिकको इच्छा ... उसको इच्छा अनुसार

“उसले के गरेको उसको मालिकले चाहन्थे”

Luke 12:48

तर जसले ... कम मुक्‍काहरू ...

दुवै सेवकहरूले, जसले मालिकको इच्छा जान्दछ र जसले मालिकको इच्छा जान्दैन, दण्‍ड पाउँछन्, तर “त्यस सेवक” (पद ४७) बाट सुरु भएका शब्दहरूले देखाउँछन् कि जानाजान आफ्‍नो मालिकको अनाज्ञापालन गरेका सेवकलाई अर्को सेवकलाई भन्दा बढी कठोर तवरले दण्‍ड दिइयो ।

जसलाई तिनीहरूद्वारा धेरै जिम्मा दिइएका छन् उसबाट धेरै नै फिर्ता मागिनेछ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले बढी पाएको छ, तिनीहरूले उसबाट धेरै माग्‍नेछन्” वा “मालिकले तिनीहरू सबैबाट धेरै माग्‍नेछ जसलाई उसले धेरै दिएको छ”

जसलाई ... दिइएको छ, त्यसबाट धेरै नै मागिनेछ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । “मालिकले त्यसबाट अझ बढी माग्‍नेछन् ... धेरै ... ” वा “मालिकले त्यसबाट अझ बढी खोज्‍नेछन् ... धेरै ... ”

जसलाई धेरै जिम्मा दिइएको छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई मालिकले धेरै सम्पत्ति हेरचाह गर्न दिएका छन्” वा “जसलाई मालिकले धेरै जिम्मेवारी दिएका छन्”

Luke 12:49

जोड्ने कथनः

येशूले उहाँका चेलाहरूलाई सिकाउन निरन्तरता दिनुहुन्छ ।

म पृथ्वीमा आगो वर्षाउन आएँ

“म पृथ्वीमा आगो फ्याँक्‍न आएँ” वा “म पृथ्वीमा आगो लगाउन आएँ ।” सम्भावित अर्थहरू हुन् १) येशू मानिसहरूको न्याय गर्न आउनुभएको छ वा २) येशू विश्‍वासीहरूलाई शुद्ध पार्न आउनुभएको छ वा ३) येशू मानिसहरूको माझमा विभाजन ल्याउन आउनुभएको छ ।

यो अगि नै सल्किसकेको होस् भनेर म कति चाहन्छु

उहाँले यो भएको होस् भनी कति धेरै चाहना गर्नुहुन्छ भनेर यो आश्‍चर्यबोधक भनाइले जोड दिन्छ । वैकल्पिक अनुवादः “यो अगि नै जलिसकेको होस् भनेर म कति चाहन्छु” वा “यो अगि नै सुरु भइसकेको होस् भनेर म कति चाहन्छु”

Luke 12:50

तर मैले एउटा बप्‍तिस्‍मा लिनुपर्नेछ

यहाँ “बप्‍तिस्मा”ले येशूले सहनुपर्ने कष्‍टलाई जनाउँछ । जसरी बप्‍तिस्माको समयमा एउटा व्यक्तिलाई पानीले ढाक्छ, त्यसरी नै कष्‍टले येशूलाई सताउनेछ । वैकल्पिक अनुवादः “म भयानक कष्‍टको बप्‍तिस्माद्वारा भएर जानुपर्छ” वा “जसरी बप्‍तिस्मा लिने व्यक्तिलाई पानीले ढाक्छ, त्यसरी नै म कष्‍टद्वारा व्याकुल बनाइनुपर्छ”

तर

उहाँले बप्‍तिस्मा नलिनुभएसम्म उहाँले पृथ्वीमा आगो फ्याँक्‍न सक्‍नुहुन्‍न भन्‍ने देखाउनलाई “तर” शब्द प्रयोगको गरिएको हो ।

यो पूरा नहुन्जेलसम्म म कति चिन्तामा छु !

यो आश्‍चर्यले उहाँ कति पीडामा हुनुहुन्थ्यो भन्‍ने जोड दिन्छ । वैकल्पिक अनुवादः “म चिन्तामा छु र भइरहनेछु जबसम्म मैले यो कष्‍टको बप्‍तिस्मा पूरा गर्दिन”

Luke 12:51

के म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी तिमीहरू सोच्दछौ ? होइन, म तिमीहरूलाई भन्छु, बरु म एउटा विभाजन ल्याउन आएँ

उहाँले तिनीहरूको गलत बुझाइलाई सच्याउन गइरहनुभएको छ भनेर थाहा गराउनलाई येशूले एउटा प्रश्‍न सोध्‍नुहुन्छ । दोस्रो वाक्यमा हटाइएका “म आएँ” भन्‍ने शब्दहरूलाई तपाईंले राख्‍नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “तिमीहरू सोच्छौ कि म पृथ्वीमा शान्ति ल्याउन आएँ, तर म तिमीहरूलाई भन्छु कि म त्यसको लागि आइँन । बरु, म त विभाजन ल्याउन आएँ”

विभाजन

“शत्रुता” वा “झगडा”

Luke 12:52

एक घरमा पाँच जना हुनेछन्

यसले मानिसहरूलाई जनाउँछ भनेर उल्‍लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्‍पिक अनुवादः “त्यहाँ एउटा घरमा पाँचजना मानिसहरू हुनेछन्”

विरुद्धमा ... विरुद्धमा

“ ... विरोध गर्नेछन् ... विरोध गर्नेछन्”

Luke 12:53

विरुद्धमा

“ ... विरोध गर्नेछन्”

Luke 12:54

सामान्य जानकारीः

येशू भीडसँग कुरा गर्न सुरु गर्नुहुन्छ ।

जब तिमीहरूले बादल उठिरहेको देख्छौ ... त्यस्तै हुन्छ

इस्राएलमा यो अवस्थाले सामान्यतया पानी पर्दैछ भन्‍ने अर्थ दिन्थ्यो ।

वृष्‍टि आउँदैछ

“झरी पर्दै छ” वा “पानी पर्न गइरहेको छ”

Luke 12:55

जब दक्षिणी बतास चलिरहेको हुन्छ

इस्राएलमा यो अवस्थाले सामान्यतया तातो मौसम आउँदैछ भन्‍ने अर्थ दिन्थ्यो ।

Luke 12:56

आकाशको र पृथ्वीको

“पृथ्वी र आकाश”

तर यो कसरी हो कि अहिलेको वर्तमान समयलाई कसरी व्याख्या गर्ने भनेर तिमीहरू जान्दैनौँ ?

येशूले भीडलाई हप्‍काउन एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । येशूले तिनीहरूलाई गल्तीको अनुभव गराउन यो प्रश्‍नको प्रयोग गर्नुहुन्छ । यसलाई एउटा कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले वर्तमान समयलाई कसरी व्याख्या गर्ने हो भनी जान्‍नुपर्छ ।”

Luke 12:57

र तिमीहरू आफ्ना लागि के कुरा ठीक छ भनी किन न्याय गर्दैनौ ?

येशूले भीडलाई हप्‍काउन एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । यसलाई एउटा कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “के ठीक हो भनी तिमीहरू आफैँले छुट्याउनुपर्छ ।”

तिमीहरू आफ्नै लागि

“तिमीहरूको आफ्नै अग्रसरतामा”

Luke 12:58

किनकि जब तिमी जान्छौ ... झ्यालखानामा

येशूले भीडलाई सिकाउन एउटा काल्पनिक परिस्थितिको प्रयोग गर्नुहुन्छ । उहाँको भनाइ के हो भने तिनीहरूले आफूहरूले सुल्झाउन सक्‍ने मामिलाहरूलाई सार्वजनिक अदालतहरूलाई संलग्‍न नगराइकनै सुल्झाउनुपर्छ । यो कुरा नहुन सक्छ भनेर प्रस्‍ट बनाउन यसलाई पुनः उल्‍लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनकि यदि तिमीहरू ... जान पर्‍यो ... झ्यालखानामा ... ”

जब तिमी गइरहेका छौ

येशूले भीडसँग कुरा गरिरहनुभएको भए तापनि, उहाँले प्रस्तुत गरिरहनुभएको परिस्थिति भनेको कुनै व्यक्ति एक्लै जानुपर्ने कुराको हो । त्यसैले केही भाषाहरूमा “तिमी” शब्द एकवचन हुन्छ ।

उससँग तिम्रो मुद्दा मिलाउन

“तिम्रो विरोधीसँग मिलाप गर”

न्यायाधीश

यसले बडाहाकिमलाई जनाउँछ, तर यहाँ यो शब्द बढी विशिष्‍ट र खतराको सङ्केत दिने किसिमको छ ।

तिमीलाई जिम्‍मा लाउनु

“तिमीलाई लिँदैन”

Luke 12:59

म तिमीहरूलाई भन्छु ... तिमीले एक-एक पैसा नतिरुञ्‍जेल

यो काल्पनिक परिस्थितिको अन्त्यो हो, जुन पद ५८ मा सुरु हुन्छ, जुन येशूले भीडलाई सिकाउन प्रयोग गर्नुहुन्छ । उहाँको भनाइ के हो भने तिनीहरूले आफूहरूले सुल्झाउन सक्‍ने मामिलाहरूलाई सार्वजनिक अदालतहरूलाई संलग्‍न नगराइकनै सुल्झाउनुपर्छ । यो कुरा नहुन सक्छ भनेर प्रस्‍ट बनाउन यसलाई पुनः उल्‍लेख गर्न सकिन्छ ।

अन्तिम पैसा

“रकमको सम्पूर्ण परिमाण जुन तिम्रो विरोधीले खोज्छ”


Translation Questions

Luke 12:3

येशूका अनुसार तिमीहरूले अँध्यारोमा भनेका हरेक कुरा के हुन्छ ?

त्यो उज्यालोमा सुनिनेछ । [१२:३]

Luke 12:5

येशूले तिमीहरूले कसको डर मान्‍नू भन्‍नुभयो ?

तिमीहरूले उहाँकै डर मान्‍नुपर्छ जोसँग तिमीहरूलाई नरकमा फाल्ने अधिकार छ । [१२:५]

Luke 12:8

मानिसको अगाडि येशूको नाउँ स्वीकार गर्ने हरेकलाई येशूले के गर्नुहुन्छ ?

येशूले त्यस व्‍यक्तिको नाउँ परमेश्‍वरका दूतहरूको सामु स्वीकार गर्नुहुनेछ । [१२:८]

Luke 12:15

येशूका अनुसार हाम्रो जीवनमा के अडिएको छैन ?

हाम्रो जीवन हाम्रो धन सम्पत्तिको प्रशस्ततामा अडिएको छैन । [१२:१५]

Luke 12:18

येशूको दृष्‍टान्तमा आफ्नो खेतमा प्रशस्त अन्‍न उब्जेको कारण त्यो धनी मानिस के गर्ने विचारमा थियो ?

ऊ आफ्ना भकारीहरूलाई फुटाएर ठुलो बनाएपछि आनन्दसित खाने, पिउने र मोजमज्जा गर्ने विचारमा थियो । [१२:१८-१९]

Luke 12:19

येशूको दृष्‍टान्तमा आफ्नो खेतमा प्रशस्त अन्‍न उब्जेको कारण त्यो धनी मानिस के गर्ने विचारमा थियो ?

ऊ आफ्ना भकारीहरूलाई फुटाएर ठुलो बनाएपछि आनन्दसित खाने, पिउने र मोजमज्जा गर्ने विचारमा थियो । [१२:१८-१९]

Luke 12:20

परमेश्‍वरले त्यस धनी मानिसलाई के भन्‍नुभयो ?

उहाँले भन्‍नुभयो, “मूर्ख मानिस, आजको रात नै तेरो प्राण फिर्ता लिइयो भने, तैँले तयार गरेको ती सब चिजहरू कसको हुनेछ ?” । [१२:२०]

Luke 12:31

जीवनका कुराहरूको बारेमा चिन्ता नगर, हामीले के गर्नुपर्छ भनी येशूले भन्‍नुभएको छ ?

हामीले परमेश्‍वरको राज्यको खोजी गर्नुपर्छ । [१२:३१]

Luke 12:33

येशूले हामीले आफ्नो सम्‍पत्ति कहाँ थुपार्नुपर्छ भन्‍नुभयो र किन ?

हामीले हाम्रो धन सम्‍पत्ति स्वर्गमा थुपार्नुपर्दछ, किनकि त्यहाँ चोर आउँदैन र कुनै किराले नष्‍ट पार्दैन । [१२:३३]

Luke 12:37

येशूका अनुसार परमेश्‍वरका कुन-कुन सेवकहरू धन्यका हुन् ?

ती धन्यका हुन् जो जागा भेट्टाइन्छन् र येशू आउनुहुँदा तयार रहन्छन् । [१२:३७]

Luke 12:40

येशू कहिले आउनुहुनेछ भन्‍ने समय के हामीलाई थाहा छ ?

थाहा छैन । [१२:४०]

Luke 12:46

अरू सेवकहरूलाई घृणा गर्ने र उसको मालिक आउँदा तयार नहुने सेवकलाई के हुन्छ ?

मालिकले उसलाई टुक्रा-टुक्रा पारी काट्नेछ र उसलाई अविश्‍वासीहरूको ठाउँमा राख्‍नेछ । [१२:४६]

Luke 12:48

जसलाई धेरै दिइएको हुन्छ तिनीहरूबाट के आशा राखिन्छ ?

तिनीहरूबाट अझ धेरैको आशा राखिन्छ । [१२:४८]

Luke 12:52

येशूका अनुसार उहाँले कस्ता किसिमका विभाजनहरू पृथ्वीमा ल्याउनुहुन्छ ?

एउटै घरमा रहने मानिसहरूमा पनि विभाजन हुनेछ र एक अर्काको विरुद्धमा उठ्नेछन् । [१२:५२-५३]

Luke 12:53

येशूका अनुसार उहाँले कस्ता किसिमका विभाजनहरू पृथ्वीमा ल्याउनुहुन्छ ?

एउटै घरमा रहने मानिसहरूमा पनि विभाजन हुनेछ र एक अर्काको विरुद्धमा उठ्नेछन् । [१२:५२-५३]

Luke 12:58

येशूका अनुसार हामी न्यायलयमा पुग्‍नुभन्दा अगि हाम्रो विरोधीसँग हामीले के गर्नुपर्छ ?

त्यो समस्यालाई हातमा पुग्‍नुभन्दा अगि नै हामीले मिलाउने प्रयत्‍न गर्नुपर्दछ । [१२:५८]


Chapter 13

1 त्यस बेला त्यहाँ भएका केही मानिसहरूले उहाँलाई गालीलीहरूको बारेमा बताए, जसका रगत पिलातसले तिनीहरूको आफ्नै बलिदानहरूसँग मिसाइदिए । 2 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “के ती गालीलीहरूले यस्तो शासना भोगेकाले तिनीहरू अरू सबै गालीलीहरूभन्दा पापी थिए भन्‍ने तिमीहरू सोच्छौ? 3 होइन, म तिमीहरूलाई भन्दछु । तर यदि तिमीहरूले पश्‍चात्ताप गरेनौ भने तिमीहरू सबै त्‍यसरी नै नष्‍ट हुनेछौ । 4 वा सिलोआमका ती अठार जना मानिसहरू, जसमाथि धरहरा ढल्यो र तिनीहरूलाई मार्‍यो, के तिमीहरू सोच्छौ कि तिनीहरू यरूशलेमका अरू मानिसहरूभन्दा बढी पापी थिए? 5 म भन्‍दछु, होइन । तर यदि तिमीहरूले पश्‍चात्ताप गरेनौ भने, तिमीहरू सबै पनि यसरी नै नष्‍ट हुनेछौ । 6 येशूले यो द‍ृष्‍टान्त भन्‍नुभयो, “कसैले आफ्नो दाखबारीमा अञ्‍जीर रूख रोपेको थियो र त्यो आयो र त्यसले त्यसमा फल खोज्यो, तर केही पनि पाएन । 7 त्यस मानिसले मालीलाई भन्यो, ‘हेर, म तीन वर्षदेखि आएर यस अञ्‍जीरको रूखमा फल भेट्टाउने कोसिस गरेको छु, तर केही पनि पाइनँ । यसलाई काटेर ढालिदे । यसले जमिन किन ओगट्ने?' 8 मालीले त्यसलाई जवाफ दिएर भन्यो, ‘हजुर, 'यसलाई यो वर्ष रहन दिनुहोस् । म यसको वरिपरि खनेर मल हाल्नेछु । 9 यसले अर्को वर्ष फल फलाउँछ भने, ठिकै छ; तर यदि फलाउँदैन भने त्यसलाई ढालिदिनुहोस्!’” 10 यस बेला येशू विश्रामको दिनमा सभाघरहरूमध्ये एउटामा शिक्षा दिंदै हुनुहुन्थ्यो । 11 हेर, त्यहाँ अठार वर्षदेखि दुर्बलताको आत्मा लागेकी एउटी स्‍‍त्री थिई । त्यो कुप्रो थिई र पूर्ण रूपमा उभिन सक्दिन थिई । 12 जब येशूले त्यसलाई देख्‍नुभयो, उहाँले त्यसलाई बोलाउनुभयो र भन्‍नुभयो, “ए नारी! तिमीले आफ्नो दुर्बलताबाट छुटकारा पायौ ।” 13 उहाँले त्यसमाथि हात राख्‍नुभयो र त्यो तत्कालै सीधा उभिई र परमेश्‍वरको महिमा गरी । 14 तर सभाघरका शासक क्रूद्ध भए, किनभने येशूले विश्रामको दिनमा निको पार्नुभएको थियो । त्यसैले शासकले जवाफ दिए र भीडलाई भने, “काम गर्नको निम्ति छ दिन छन् । ती दिनमा आओ र निको होओ, विश्रामको दिनमा होइन ।” 15 प्रभुले तिनलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “पाखण्डीहरू हो! के तिमीहरू प्रत्‍येकले विश्रामको दिनमा आफ्ना गोरू कि गधालाई गोठबाट फुकाएर पानी पियाउन लाँदैनौ र? 16 त्यसैले यी अब्राहामकी छोरी पनि, जसलाई अठार वर्षदेखि शैतानले बन्धनमा पारेको छ, के त्यसको बन्धन विश्रामको दिनमा फुकाउनु पर्दैन र?” 17 जब उहाँले यी कुराहरू भन्‍नुभयो, उहाँका विरोध गर्नेहरू सबै लज्‍जित भए, तर सम्पूर्ण भीड उहाँले गर्नुभएका यी सबै महिमामय कार्यहरूमा आनन्दित भए । 18 तब येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्य के जस्तो छ, र म यसलाई केसँग तुलना गर्न सक्छु? 19 यो एउटा रायोको बीउजस्तो हो, जसलाई एउटा मानिसले लगेर आफ्नो बारीमा छर्‍यो र यो बढेर एउटा ठुलो बिरुवा भयो र आकाशका चराहरूले यसका हाँगाहरूमा गुँड बनाए ।” 20 उहाँले फेरि भन्‍नुभयो, “परमेश्‍वरको राज्यलाई म केसँग तुलना गर्न सक्छु? 21 यो एउटा खमीरजस्‍तो हो, जसलाई एउटी स्‍‍त्रीले लिई र तीन भाँडो पिठोमा यो सबैतिर नफैलिएसम्म‍ मिसाई ।" 22 तब येशू सहरहरू र गाउँहरूतिर यात्रा गर्दै र शिक्षा दिंदै यरूशलेमतिर जानुभयो । 23 कसैले उहाँलाई भन्यो, “प्रभु, के बचाइने मानिसहरू थोरै मात्र छन्?” त्यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो, 24 “साँगुरो ढोका भएर पस्‍ने कोसिस गर, किनभने म तिमीहरूलाई भन्दछु, धेरैले पस्‍न प्रयास गर्नेछन्, तर पस्‍न सक्‍नेछैन । 25 एक पटक घरको मालिक उठेर ढोका थुनेपछि, तिमीहरू बाहिर उभिनेछौ र ढोका ढक्ढक्याउनेछौ र भन्‍नेछौ, ‘प्रभु, प्रभु हामीलाई भित्र आउन दिनुहोस्’। "उनले जवाफ दिनेछन् र तिमीहरूलाई भन्‍नेछन्, ‘‘म तिमीहरूलाई चिन्दिनँ वा तिमीहरू कहाँबाट आएका हौ" 26 तब तिमीहरूले भन्‍नेछौ, ‘हामीले तपाईंको सामुन्‍ने खायौं, पियौं र तपाईंले हाम्रा गल्लीहरूमा शिक्षा दिनुभयो ।’ 27 तर उनले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई भन्दछु, तिमीहरू कहाँबाट आएका हौ, म चिन्दिनँ । दुष्‍ट काम गर्नेहरू हो, मबाट गइहाल ।’ 28 जब तिमीहरूले अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्‍ताहरूलाई परमेश्‍वरको राज्यभित्र देख्‍छौ, तर आफैलाई चाहिं बाहिर फालिएको देख्‍छौ, तब त्यहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ । 29 तिनीहरू पूर्व, पश्‍चिम, उत्तर र दक्षिणबाट आउनेछन् र परमेश्‍वरको राज्यमा टेबुलमा बस्‍नेछन् । 30 यो जान, तिनीहरू जो पछिल्ला छन् पहिला हुनेछन्, र पहिलाचाहिं पछिल्ला हुनेछन् । 31 यस लगत्तै केही फरिसीहरू आए र उहाँलाई भने, “यहाँबाट निस्‍केर गइहाल्‍नुहोस्, किनभने हेरोदले तपाईंलाई मार्न चाहन्छन् ।” 32 येशूले भन्‍नुभयो, “जाऊ र त्यो स्याललाई भन, 'हेर, म आज र भोलि भूतहरू निकाल्छु र निको पार्ने काम गर्छु, र तेस्रो दिन मेरो लक्ष्य पूरा गर्नेछु । 33 तापनि आज, भोलि र पर्सि मैले निरन्तरता दिनु आवश्यक छ, किनभने यरूशलेमबाट टाढामा एउटा अगमवक्‍तालाई मार्नु ग्रहणयोग्य हुँदैन । 34 यरूशलेम, ए यरूशलेम! तँ जो अगमवक्‍ताहरूलाई मार्ने र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्‍ने! जसरी एउटी पोथीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुल्छ, त्यसरी नै कतिपटक मैले तेरा सन्तानहरूलाई बटुल्न इच्छा गरें, तर तैंले त्यो मानिनस् । 35 हेर, तिमीहरूको घर त्यागिएको छ । म तिमीहरूलाई भन्दछु, तिमीहरूले 'परमप्रभुको नाउँ धन्यको हो' नभनेसम्म तिमीहरूले मलाई देख्‍नेछैनौ ।”

लूका १३ सामान्य टिपोटहरू

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

नजानिएका घटनाहरू

मानिसहरू र येशूले एउटा घटनाको बारेमा कुरा गर्नुहुन्छ जसको बारेमा उहाँहरूलाई थाहा थियो तर आजको दिनमा लूकाले लेखेको भन्दा बाहेक केही पनि कसैले जान्दैन (लूका १३:१-५) । तपाइंको अनुवादले त्यो मात्र भन्‍नुपर्छ जुन लूकाले बताउँछन् ।

विरोधाभासी अलङ्कार

विरोधाभासी अलङ्कार भनेको एउटा साँचो कथन हो जसले केही असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । यस अध्यायमा एउटा विरोधाभासी अलङ्कार आउँछः “सबैभन्दा कम महत्त्वपूर्ण रहेकाहरू पहिला हुनेछन्, र सबैभन्दा धेरै महत्त्वपूर्ण रहेकाहरू अन्तिम हुनेछन्” (लूका १३:३०) ।


Luke 13:1

जोड्ने कथनः

येशू अझै पनि भीडको अगाडि बोलिरहनुभएको छ । भीडमा भएका केही मानिसहरूले उहाँलाई एउटा प्रश्‍न सोध्छन् र उहाँले जवाफ दिन थाल्नुहुन्छ । यो कथाको उही खण्‍ड हो जुन लूका १२:१ मा सुरु हुन्छ ।

त्यस बेलामा

यो पदावलीले यो कुरालाई येशूले १२ अध्यायको अन्त्यतिर मानिसहरूको एउटा भीडलाई सिकाउँदै गर्नुभएको कुरासँग जोड्छ ।

जसको रगत पिलातसले तिनीहरूको आफ्नै बलिदानसँग मिसाइदिए

यहाँ “रगत”ले गालीलीहरूको मृत्युलाई जनाउँछ । तिनीहरू सम्भवतः तिनीहरूले तिनीहरूको बलि चढाउँदै गर्दा मारिएका थिए । यसलाई यूएसटीमा झैँ गरी प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ ।

जसको रगत पिलातसले तिनीहरूकै बलिहरूसँग मिसाए

पिलातसले आफैँले नगरी सम्भवतः उनका सिपाहीहरूलाई मानिसहरूलाई मार्न आज्ञा गरे । वैकल्‍पिक अनुवादः “जसलाई पिलातसका सिपाहीहरूले मारे जसै तिनीहरूले पशुहरूको बलि चढाइरहेका थिए”

Luke 13:2

के ती गालीलीहरूले यस किसिमले कष्‍ट भोगे भनेर अरू गालीलीहरूभन्दा बढी पापी थिए भन्‍ने तिमीहरू सोच्छौ ?

“के यी गालीलवासीहरू अझ बढी पापी थिए ?” वा “के यसले ती गालीलवासीहरू बढी पापी थिए भन्‍ने प्रमाणित गर्छ र ?” मानिसहरूको बुझाइलाई चुनौति दिनलाई येशूले यो प्रश्‍नको प्रयोग गर्नुहुन्छ ।

Luke 13:3

होइन, म तिमीहरूलाई भन्छु । तर यदि तिमीहरूले पश्‍चात्ताप गरनौ भने, तिमीहरू पनि यसरी नै नष्‍ट हुनेछौ

येशूले मानिसहरूको बुझाइलाई चुनौति दिन यो प्रश्‍नको प्रयोग गर्नुहुन्छ, जुन यी शब्दहरूबाट सुरु हुन्छ, “के यी गालीलीहरू बढी पापी थिए भनेर तिमीहरू सोच्छौ ... त्यसरी नै ... ?”

होइन, म तिमीहरूलाई भन्छु

यहाँ “म तिमीहरूलाई भन्छु”ले “होइन” लाई जोड दिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू निश्‍चय पनि बढी पापीहरू थिएनन्” वा “तिनीहरूको कष्‍टले तिनीहरू बढी पापीहरू थिए भनी प्रमाणित गर्छ भनेर सोचेकोमा तिमीहरू गलत छौ”

तिमीहरू सबै पनि यसरी नै नष्‍ट हुनेछौ

“तिमीहरू सबै पनि मर्नेछौ ।” “यसरी नै” भन्‍ने वाक्यांशको अर्थ तिनीहरूले पनि उही परिणाम भोग्‍नेछन् भन्‍ने हुन्छ, त्यही तरिकाले तिनीहरू पनि मर्नेछन् भन्‍ने चाहिँ होइन ।

तिमीहरू नष्‍ट हुनेछौ

मर्नु

Luke 13:4

अथवा तिनीहरू

यो येशूको दोस्रो उदाहरण हो जसमा मानिसहरूले कष्‍ट भोगेका छन् । वैकल्पिक अनुवादः “अथवा तिनीहरूलाई विचार गरे” वा “तिनीहरूको बारेमा सोच”

अठार जना मानिस

“१८ जना मानिस”

सिलोआम

यो यरूशलेममा भएको एउटा क्षेत्रको नाम हो ।

के तिनीहरू बढी खराब पापीहरू थिए भनी तिमीहरू सोच्छौ ... यरूशलेम ... ?

“के यसले तिनीहरू बढी पापी थिए भन्‍ने प्रमाणित गर्छ ?” मानिसहरूको बुझाइलाई चुनौति दिनलाई येशूले यो प्रश्‍नको प्रयोग गर्नुहुन्छ ।

तिनीहरू बढी खराब पापीहरू थिए

भीडले अनुमान गर्‍यो कि तिनीहरू यस्तो भयानक तरिकाले मरे किनभने तिनीहरू अन्यभन्दा बढी पापी थिए । यसलाई स्पष्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरू मरे किनभने तिनीहरू बढी खराब पापीहरू थिए”

Luke 13:5

होइन, म भन्छु

येशूले मानिसहरूको बुझाइलाई चुनौति दिन यो प्रश्‍नको प्रयोग गर्नुहुन्छ, जुन यी शब्दहरूबाट सुरु हुन्छ, “के तिनीहरू बढी खराब पापीहरू थिए भनेर तिमीहरू सोच्छौ ... यरूशलेम ... ?” “तिमीहरू सोच्छौ कि तिनीहरू बढी पापी थिए ... यरूशलेम, तर म तिमीहरूलाई भन्छु कि तिनीहरू थिएनन्” वा “म भन्छु कि तिमीहरूले तिनीहरू बढी पापीहरू थिए भनेर सोच्‍नुहुँदैन ... यरूशलेम ... ” वा “तिनीहरू बढी पापी भएका कारण निश्‍चय पनि मरेनन्” वा “तिनीहरूको कष्‍टले तिनीहरू बढी पापी थिए भनी प्रमाणित गर्छ भनेर सोचेकोमा तिमीहरू गलत छौ”

नष्‍ट हुनेछौ

मर्नु

Luke 13:6

सामान्य जानकारीः

“तर तिमीहरूले पश्‍चात्ताप गरनौ भने, तिमीहरू सबै पनि नष्‍ट हुनेछौ” भन्‍ने उहाँको अगिल्लो पदको भनाइलाई वर्णन गर्न उहाँले भीडलाई यो दृष्‍टान्त बताउन सुरु गर्नुभयो ।

कसैले उसको दाखबारीमा अञ्‍जीरको रूख रोप्यो

दाखबारीको मालिकले अर्को व्यक्तिलाई दाखबारीमा अञ्‍जीरको रूख रोप्‍न लगायो ।

Luke 13:7

यसलाई जमिनलाई खेर फाल्न पनि किन दिने ?

रूख बेकामको छ र मालीले त्यसलाई काटेर फाल्नुपर्छ भनेर जोड दिनलाई त्यस मानिसले एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “यसलाई जमिनलाई खेर फाल्न नदेऊ”

Luke 13:8

जोड्ने कथनः

येशूले उहाँको दृष्‍टान्त भन्‍न सकाउनुहुन्छ । यो लूका १२:१ मा सुरु भएको कथाको खण्‍डको अन्त्य हो ।

यसलाई छोडिदेऊ

“यो रूखलाई केही नगर्नुहोस्” वा “यसलाई नकाट्नुहोस्”

यसमा मल हाल्न

“माटोमा मल हाल्नेछु ।” मल जनावरको गोबर हो । मानिसहरूले बिरुवाहरू र रूखहरूको लागि माटोलाई राम्रो बनाउन यसलाई जमिनमा हाल्छन् । वैकल्‍पिक अनुवादः “त्यसमा मल हाल्‍नु”

Luke 13:9

यदि यसले अर्को वर्ष फल फलाउँछ भने, राम्रो

के हुनेछ भन्‍ने कुरालाई उल्‍लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्‍पिक अनुवादः “यदि यसमा अर्को वर्ष अञ्‍जीरहरू छन् भने, हामीले यसलाई बढ्न दिन सक्छौँ”

तपाईंले यसलाई काटेर ढाल्नुहोस्

नोकरले सुझाव दिइरहेका थिए; उसले मालिकलाई आज्ञा दिइरहेको थिएन । वैकल्पिक अनुवादः “तपाईंले मलाई काट्न भन्‍नुहोस्” वा “म यसलाई काट्नेछु”

Luke 13:10

सामान्य जानकारीः

यी पदहरूले कथाको परिवेश र यस कथामा परिचय गराइएको एउटा कुप्री परेकी स्‍त्रीको बारेमा पृष्‍ठभूमि जानकारी दिन्छन् ।

अब

लेखकले यो शब्द एउटा नयाँ घटनालाई अङ्कित गर्न प्रयोग गर्छन् ।

विश्रामको समयमा

“एउटा विश्रामको दिनमा ।” केही भाषाहरूमा “एउटा विश्राम” भन्‍न पनि सकिन्छ किनभने यो खास कुन विश्राम दिन थियो भनी हामीलाई थाहा छैन ।

Luke 13:11

त्यहाँ एकजना स्‍त्री थिइन्

यहाँ “हेर” शब्दले हामीलाई कथामा एउटा नयाँ व्यक्तिबारे सचेत गराउँछ ।

अठार वर्ष

“१८ वर्ष”

दुर्बलताको आत्मा

“तिनलाई दुर्बल बनाउने एउटा दुष्‍ट आत्मा”

Luke 13:12

नारी, तिम्रो दुर्बलताबाट छुटकारा पाऊ

“नारी, तिमीलाई तिम्रो रोगबाट निको पारीएको छ ।” यसलाई कर्तृ वाच्यको क्रियापदसँग उल्‍लेख गर्न सकिन्छः वैकल्‍पिक अनुवादः “नारी, मैले तिमीलाई तिम्रो कमजोरीबाट मुक्त गरिदिएको छु”

नारी, तिमी तिम्रो दुर्बलताबाट मुक्त भएकी छौ

यसो भन्‍नुभएर, येशूले तिनलाई निको पार्नुभयो । त्यसैले उहाँले त्यसो हुन लगाउँदै हुनुहुन्थ्यो भनेर देखाउने कुनै वाक्य वा कुनै आदेशद्वारा यसलाई व्यक्त गर्न सकिन्छः “नारी, म अब तिमीलाई तिम्रो दुर्बलताबाट मुक्त गर्दछु” वा “नारी, तिम्रो दुर्बलताबाट मुक्त होऊ”

Luke 13:13

उहाँले तिनीमाथि उहाँको हात राख्‍नुभयो

“उहाँले तिनलाई छुनुभयो”

तिनलाई सोझो बनाइयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनी सीधा भएर उभिन्”

Luke 13:14

क्रुद्ध भएर

“धेरै रिसाएका थिए”

जवाफ दिएर र भने

“भने” वा “जवाफ दिए”

त्यतिखेर निको होओ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले तिमीहरूलाई ती छ दिनमा निको बनाओस्”

विश्रामको दिनमा

“एउटा विश्रामको दिनमा ।” केही भाषाहरूमा “एउटा विश्राम” भन्‍न पनि सकिन्छ किनभने यो खास कुन विश्राम दिन थियो भनी हामीलाई थाहा छैन ।

Luke 13:15

तर प्रभुले उसलाई जवाफ दि‍नुभयो

“प्रभुले सभाघरको शासकलाई जवाफ दिनुभयो”

कपटीहरू

येशूले सभाघरको शासकसँग सीधै कुरा गर्नुहुन्छ, तर बहुवचनको प्रयोगले अन्य शासकहरूलाई पनि समावेश गर्छ । यसलाई प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमी र तिम्रा सङ्गी धर्म-गुरूहरू पाखण्‍डीहरू हौ”

के तिमीहरूमध्ये हरेकले विश्रामको दिनमा आफ्‍नो गोरू वा गधालाई तबेलाबाट फुकाएर पानी खुवाउनलाई लैजादैनौ ?

तिनीहरूलाई पहिल्यै थाहा भएको केही कुराको बारेमा तिनीहरूलाई सोच्‍न लगाउन येशूले एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरू हरेकले विश्रामको दिनमा आफ्‍नो गोरू वा गधालाई तबेलाबाट फुकाउँछौ र त्यसलाई पानी खुवाउन लैजान्छौ ।”

उसको गोरू ... उसको गधा

यी ती जनावरहरू हुन् जसलाई पानी दिएर मानिसहरूले हेरविचार गर्छन् ।

विश्रामको दिनमा

“एउटा विश्रामको दिनमा ।” केही भाषाहरूमा “एउटा विश्राम” भन्‍न पनि सकिन्छ किनभने यो खास कुन विश्राम दिन थियो भनी हामीलाई थाहा छैन ।

Luke 13:16

अब्राहामकी छोरी

यो एउटा उपमा हो जसको अर्थ, “अब्राहामको सन्तान” भन्‍ने हुन्छ ।

जसलाई शैतानले बन्धनमा पार्‍यो

मानिसहरूले पशुहरूलाई बाँध्‍ने तरिकालाई शैतानले त्यस स्‍त्रीलाई त्यस रोगले बन्धनमा पारेको कुरासँग येशूले तुलना गर्नुहुन्छ । वैकल्पिक अनुवादः “जसलाई शैतानले तिनको रोगले लङ्गडा बनायो” वा “जसलाई शैतानले यो रोगले बाँध्यो”

अठार वर्षको लामो समय

“१८ वर्षको लामो समय ।” यहाँ “लामो” शब्दले ती स्‍त्रीले अठार वर्षसम्म कष्‍ट भोग्‍नु निकै लामो समय थियो भनी जोड दिन्छ । अरू भाषाहरूमा यसलाई जोड दिने अन्य तरिकाहरू हुन सक्‍छन् ।

के तिनको बन्धनबाट तिनलाई विश्रामको दिनमा स्वतन्त्र पार्नुहुँदैन ?

येशूले सभाघरका शासकहरूलाई तिनीहरू गलत छन् भनी बताउन एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । येशूले त्यस स्‍त्रीको रोगको विषयमा यसरी कुरा गर्नुहुन्छ मानौँ तिनीहरू डोरीहरू थिए जसले तिनलाई बाँधे । यसलाई कर्तृ वाच्यमा बोलिएको भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनलाई यस रोगको बन्धनबाट छुटकारा दिनु ठीक हो ... दिन ... ।”

Luke 13:17

जब उहाँले यी कुराहरू भन्‍नुभयो

“जब येशूले यी कुराहरू भन्‍नुभयो”

उहाँद्वारा भइरहेका महिमामय कार्यहरू

“येशूले गरिरहनुभएका महिमित कुराहरू”

Luke 13:18

जोड्ने कथनः

येशूले सभाघरमा भएका मानिसहरूलाई एउटा दृष्‍टान्त भन्‍न सुरु गर्नुहुन्छ ।

परमेश्‍वरको राज्य केजस्तो छ ... म यसलाई केसँग तुलना गर्न सक्छु ?

येशूले उहाँले सिकाउन गइरहनुभएको कुराको परिचय दिन दुईवटा प्रश्‍नहरूको प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “परमेश्‍वरको राज्य केजस्तो छ भनी म तिमीहरूलाई बताउनेछु ... म यसलाई केसँग तुलना गर्न सक्छु ।”

म यसलाई केसँग तुलना गर्न सक्छु ?

यो मूलभूत रूपमा अगिल्‍लो प्रश्‍नजस्तै हो । केही भाषाहरूले दुवैलाई प्रयोग गर्न सक्छन् भने केहीले एउटा मात्र प्रयोग गर्छन् ।

Luke 13:19

यो एउटा रायोको बिउ जस्तै हो

येशूले राज्यलाई एउटा रायोको बिउसँग तुलना गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको राज्य एउटा रायोको बिउ जस्तै हो”

एउटा रायोको बिउ

रायोको बिउहरू धेरै साना बिउहरू हुन् जुन बढेर ठूला बिरुवाहरू हुन्छन् । यदि यसबारे थाहा छैन भने यसलाई यस्तै अरू बिउहरूको नामले वा “सानो बिउ” भनेर अनुवाद गर्न सकिन्छ ।

करेसाबारीमा लगेर छरे

“आफ्नो बगैँचाम रोपे ।” मानिसहरूले केही प्रकारका बिउहरूलाई छरेर रोप्थे जसले गर्दा तिनीहरू बारीमा जताततै छरिन्थे ।

रूख

“ठूलो” शब्द एउटा अतिरञ्‍जन हो जसले रूखलाई मसिनो बिउबाट भिन्‍न भएको देखाउँछ । वैकल्‍पिक अनुवादः “एउटा धेरै ठूलो बोट”

स्वर्गका चराहरू

“आकाशका चराहरू ।” वैकल्पिक अनुवादः “आकाशमा उड्ने चराहरू” वा “चराहरू”

Luke 13:20

जोड्ने कथनः

येशूले सभाघरमा भएका मानिसहरूसँग कुरा गर्न सकाउनुहुन्छ । यो कथाको यस खण्‍डको अन्त्य हो ।

परमेश्‍वरको राज्यलाई म केसँग तुलना गर्न सक्छु ?

येशूले उहाँले सिकाउन गइरहनुभएको कुराको परिचय दिन अर्को प्रश्‍नको प्रयोग गर्नुभयो । वैकल्‍पिक अनुवादः “म तिमीहरूलाई अर्को कुराको बारेमा बताउँछु जसलाई म परमेश्‍वरको राज्यसँग तुलना गर्न सक्छु ।”

Luke 13:21

यो खमिर जस्तो हो

येशूले परमेश्‍वरको राज्यलाई रोटीको पिठोमा भएको खमिरसँग तुलना गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको राज्य खमिर जस्तो हो”

खमिर जस्तो

धेरै पिठोको डल्‍लोलाई फुलाउन थोरै खमिर मात्र आवश्‍यक पर्छ । यसलाई युडीबीमा जस्तै स्‍पष्‍ट पार्न सकिन्छ ।

तीन डाला पिठो

यो ठूलो परिमाणको पिठो हो किनकि हरेक नापमा लगभग १३ लिटर थियो । तपाईंले पिठोको परिमाण नाप्‍नलाई तपाईंको संस्कारमा प्रयोग गरिने शब्दको प्रयोग गर्नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “धेरै ठूलो परिमाणको पिठो”

Luke 13:22

सामान्य जानकारीः

परमेश्‍वरको राज्यमा प्रवेश गर्ने बारेमा एउटा अलङ्कारको प्रयोग गर्नुहुँदै येशूले एउटा प्रश्‍नको जवाफ दिनुहुन्छ ।

Luke 13:23

के थोरै मानिसहरूले मात्र उद्धार पाउने हो र ?

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “के परमेश्‍वरले थोरै मानिसहरूलाई मात्र बचाउनुहुनेछ ?”

Luke 13:24

साँघुरो ढोका भएर पस्‍ने कोसिस गर

“साँघुरो ढोका भएर जानलाई कडा परिश्रम गर ।” येशूले परमेश्‍वरको राज्यतर्फको प्रवेशद्वारलाई कुनै घरको साँघुरो ढोका भए जसरी बताइरहनुभएको छ । किनकि येशू कुनै समूहसँग कुरा गरिरहनुभएको थियो, यो आज्ञामा सङ्‍केत गरीएको “तिमीहरू” शब्द बहुवचन हो ।

साँघुरो ढोका

ढोका साँघुरो छ भन्‍ने कुराले यो आशय दिन्छ कि त्यसबाट भएर जान कठिन छ । यो प्रतिबन्धनको अर्थलाई कायम राख्‍ने तरिकाले यसलाई अनुवाद गर्नुहोस् ।

धेरै प्रवेश गर्न चाहने छन्, तर प्रवेश गर्न सक्‍नेछैनन्

यो आशय दिइएको छ कि प्रवेश गर्नुको कठिनाइले गर्दा तिनीहरू प्रवेश गर्न सक्षम हुनेछैनन् । अर्को पदले कठिनाइलाई व्याख्या गर्छ ।

Luke 13:25

जोड्ने कथनः

येशूले परमेश्‍वरको राज्यमा प्रवेश गर्ने बारेमा कुरा गर्न निरन्तरता दिनुहुन्छ ।

एकपटक जब मालिक ...

“मालिकले ... पछि”

घरको मालिक

यसले अघिल्‍ला पदहरूमा भनिएको साँघुरो ढोका भएको घरको मालिकलाई जनाउँछ । यो परमेश्‍वरलाई राज्यको शासकको रूपमा जनाउनको लागि एउटा अलङ्कार हो ।

तिमीहरू बाहिर उभिन सुरु गर्नेछौ

येशू भीडसँग बोलिरहनुभएको थियो । “तिमी” को रूप बहुवचन हुन्छ । उहाँले तिनीहरू त्यो ढोका भएर राज्यभित्र पस्‍नेछैनन् जस्तै गरी बोलिरहनुभएको थियो ।

ढोकामा ढकढकाउनु

“ढोकामा हिर्काउनु ।” यो मालिकको ध्यान खिँच्‍नलाई गरिएको प्रयास हो ।

Luke 13:27

मबाट गइहाल्

“मबाट दूर जाओ”

Luke 13:28

जोड्ने कथनः

येशूले परमेश्‍वरको राज्यमा प्रवेश गर्ने बारेमा कुरा गर्न निरन्तरता दिनुहुन्छ । यो यस संवादको अन्त्य हो ।

विलाप गर्ने र दाह्रा किट्ने

यी सङ्केतात्मक कार्यहरू हुन् जसले घोर पछुतो र निरासापनलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूको ठूलो पछुतोको कारण विलाप गर्ने र दाह्रा किट्ने”

जब तिमीहरूले देख्छौ

तिनीहरू स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् जस्तै गरी येशूले भीडसँग कुरा गर्नलाई निरन्तरता दिनुहुन्छ ।

तर तिमीहरूलाई बाहिर फ्याँकिन्छ

“तर तिमीहरू आफैँ नै बाहिर फ्याँकिनेछौ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तर परमेश्‍वरले तिमीहरूलाई बाहिर धकेल्नुहुनेछ”

Luke 13:29

पूर्व र पश्‍चिमबाट, अनि उत्तर र दक्षिणबाट

यसको अर्थ “हरेक दिशाबाट” भन्‍ने हुन्छ ।

परमेश्‍वरको राज्यमा टेबुलमा बसेका

परमेश्‍वरको राज्यमा भएको आनन्दलाई कुनै भोजको रूपमा कुरा गर्नु सामान्य कुरा थियो । वैकल्‍पिक अनुवादः “तिनीहरू परमेश्‍वरको राज्यमा भोज गर्नेछन्”

Luke 13:30

पहिलो हुनेछ ... अन्तिम हुनेछ

पहिलो हुनुले महत्त्वपूर्ण हुनु र सम्मानित हुनुलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “सबैभन्दा बढी महत्त्वपूर्ण हुनेछन् ... सबैभन्दा कम महत्त्वपूर्ण हुनेछन्” वा “परमेश्‍वरले तिनीहरूलाई सम्मान गर्नुहुनेछ ... परमेश्‍वरले तिनीहरूलाई शर्ममा पार्नुहुनेछ”

Luke 13:31

जोड्ने कथनः

यो कथाको यस खण्‍डमा भएको अर्को घटना हो । येशू अझै पनि यरूशलेमतर्फको उहाँको बाटोमै हुनुहुन्छ, जब केही फरिसीहरूले उहाँसँग हेरोदको बारेमा कुरा गर्छन् ।

त्यहि समयमा

“येशूले बोलिसक्‍नुभएपछि चाँडै”

जानुहोस् र यो ठाउँलाई छोड्नुहोस् किनभने हेरोदले तपाईंलाई मार्न चाहन्छन्

यसलाई येशूलाई चेतावनी दिएको जसरी अनुवाद गर्नुहोस् । तिनीहरूले उहाँलाई अरू कतै गएर सुरक्षित रहनलाई सल्लाह दिँदै थिए ।

हेरोदले तपाईंलाई मार्न चाहन्छन्

हेरोदले येशूलाई मार्न मानिसहरूलाई आज्ञा दिने थिए । वैकल्पिक अनुवादः “हेरोदले तपाईंलाई मार्न मानिसहरूलाई पठाउन चाहन्छन्”

Luke 13:32

त्यो फ्याउरो

येशूले हेरोदलाई फ्याउरो भन्दै हुनुहुन्थ्यो । फ्याउरो एउटा सानो जङ्गली कुकुर हो । सम्भावित अर्थहरू हुन् १) हेरोद त्यति ठुलो खतरा थिएन

Luke 13:33

जे भएपनि

“जे भएपनि” वा “तापनि” वा “जेसुकै होस्”

यरूशलेमबाट टाढामा एउटा अगमवक्तालाई मार्नु ग्रहणयोग्य हुँदैन

यहूदी धर्म-गुरूहरूले परमेश्‍वरको सेवा गरेको दाबी गरे । तापनि यहूदी अगुवाहरूले परमेश्‍वरका धेरै अगमवक्ताहरूलाई यरूशलेममा मारे र येशूलाई थाहा थियो तिनीहरूले उहाँलाई पनि त्यहिँ नै मार्थे । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरूले परमेश्‍वरका समाचारवाहकहरूलाई यरूशलेममा नै मार्छन्”

Luke 13:34

जोड्ने कथनः

येशूले फरिसीहरूलाई जवाफ दिन सकाउनुहुन्छ । यो कथाको यस खण्‍डको अन्त्य हो ।

यरूशलेम, यरूशलेम

यरूशलेमका मानिसहरूले त्यहिँ नै सुनिरहेका छन् जस्तै गरी येशू बोल्नुहुन्छ । येशू तिनीहरूका निम्ति कति दुःखित हुनुहुन्छ भनी देखाउनलाई येशूले यो दुई पटक भन्‍नुभयो ।

जसले अगमवक्ताहरूलाई मार्छ, र आफूकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्‍छ

यदि सहरलाई सम्बोधन गर्नु असजिलो भयो भने, येशूले वास्तवमा सहरका मानिसहरूलाई सम्बोधन गरिरहनुभएको थियो भन्‍ने कुरालाई स्‍पष्‍ट पार्न सक्‍नुहुन्छः “अगमवक्ताहरूलाई मार्ने र तिमीहरूकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्‍ने तिमी मानिसहरू”

तिमीहरूकहाँ पठाइएकाहरू

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरू जसलाई परमेश्‍वरले तिमीहरूकहाँ पठाउनुभएको छ”

मैले कतिपटक चाहना गरेँ

“मैले कतिचोटि चाहेँ ।” यो एउटा आश्‍चर्यबोधक भनाइ हो र प्रश्‍न होइन ।

तेरा सन्तानहरूलाई बटुल्न

यरूशलेमका मानिसहरूलाई तिनका “छोराछोरी”को रूपमा वर्णन गरिएको छ । वैकल्पिक अनुवादः “तिम्रा मानिसहरूलाई बटुल्न” वा “यरूशलेमका मानिसहरूलाई बटुल्न”

एउटा पोथीले आफ्ना चल्लाहरूलाई आफ्नो पखेटामुनि बटुले झैँ

यसले कसरी एउटा पोथीले त्यसका चल्लाहरूलाई आफ्नो पखेटाले ढाकेर हानि हुनबाट सुरक्षा गर्छ भन्‍ने कुराको वर्णन गर्छ ।

Luke 13:35

तेरो घर त्यागिएको छ

यो चाँडै हुन गइरहेको घटनाको बारेमा भएको एउटा भविष्‍यवाणी हो । यसको तात्पर्य हुन्छ कि परमेश्‍वरले यरूशलेमका मानिसहरूलाई सुरक्षा दिन छोड्नुभएको छ, त्यसैले शत्रुहरूले तिनीहरूलाई आक्रमण गर्न सक्‍नेछन् र तिनीहरूलाई लखेट्न सक्छन् । सम्भावित अर्थहरू हुन् १) परमेश्‍वरले तिनीहरूलाई त्याग्‍नुहुनेछ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई त्याग्‍नुहुनेछ” वा २) तिनीहरूको सहर रित्तो हुनेछ । वैकल्पिक अनुवादः “तिमीहरूका घरहरू त्यागिनेछन्”

तिमीहरूले यसो नभनेसम्म तिमीहरूले मलाई देख्‍नेछैनौ

“जबसम्म तिमीहरूले यसो भन्‍ने समय आउँदैन तबसम्म तिमीहरूले मलाई देख्‍नेछैनौ” वा “अर्को पटक तिमीहरूले मलाई देख्दा तिमीहरूले भन्‍नेछौ”

प्रभुको नाम

यहाँ “नाम”ले प्रभुको शक्ति र अधिकारलाई जनाउँछ ।


Translation Questions

Luke 13:3

पिलातसद्वारा मारिएका गालीलीहरूले जुन प्रकारले दुःख भोगे के तिनीहरू अरू गालीलीहरूभन्दा धेरै पापी थिए ?

थिएनन् । [१३:३]

Luke 13:8

येशूको दृष्‍टान्तमा तिन वर्षसम्म फल नदिने नेभाराको रुखलाई के गरिएको थियो ?

एक वर्षसम्म फल फलोस् भनेर मलजल गरेर पर्खियो । यसो गर्दा पनि फल दिएन भने यसलाई काटिनेछ । [१३:८-९]

Luke 13:9

येशूको दृष्‍टान्तमा तिन वर्षसम्म फल नदिने नेभाराको रुखलाई के गरिएको थियो ?

एक वर्षसम्म फल फलोस् भनेर मलजल गरेर पर्खियो । यसो गर्दा पनि फल दिएन भने यसलाई काटिनेछ । [१३:८-९]

Luke 13:11

सभाघरमा एउटी स्‍त्रीलाई अठार वर्षसम्म के कारणले कुप्रो पारेको थियो ?

शैतानबाट एउटा कमजोर दुष्‍टात्माले त्यस स्‍त्रीलाई कुप्रो पारेको थियो । [१३:११]

Luke 13:14

येशूले त्यस स्‍त्रीलाई निको पारेकोमा सभाघरका शासक किन क्रोधित भए ?

किनभने येशूले तिनलाई विश्राम दिनमा निको पार्नुभएको थियो । [१३:१४]

Luke 13:15

येशूले सभाघरका शासक कपटी थिए भनी कसरी देखाउनुभयो ?

येशूले उनलाई विश्राम दिनमा आफ्ना पशु छोडेको याद दिलाउनुभयो, तर येशूले त्यस स्‍त्रीलाई छुटकारा दिनुभएकोमा उनी क्रोधित भए । [१३:१५]

Luke 13:19

परमेश्‍वरको राज्य कसरी एउटा रायोको दानाजस्तै हो ?

किनभने यो एउटा सानो बिउजस्तै सुरु हुन्छ, तर त्यसपछि ठुलो भएर धेरै ठाउँमा बढ्दै जान्छ । [१३:१९]

Luke 13:24

धेरै मानिस बचाइनेछन् भनी सोध्‍नेलाई येशूले के जवाफ दिनुभयो ?

उहाँले भन्‍नुभयो, “साँगुरो ढोका भएर पस्‍ने कोसिस गर, किनभने धेरैले प्रयास गर्नेछन्, तर पस्‍न सक्षम हुनेछैनन् ।” । [१३:२४]

Luke 13:28

बाहिर फ्याँकिएका मानिसहरूले के गर्नेछन् जो परमेश्‍वरको राज्यमा प्रवेश गर्न सकेका छैनन्, तिनीहरूलाई के हुनेछ ?

तिनीहरू कराउनेछन् र दाह्रा किट्नेछन् । [१३:२८]

परमेश्‍वरको राज्यको भोजको टेबुलमा आनन्द गर्न को-को जम्मा हुनेछन् ?

अब्राहाम, इसहाक, याकूब, अगमवक्‍ताहरू र पूर्व, पश्‍चिम, उत्तर, दक्षिणबाट धेरै जना । [१३:२८-२९]

Luke 13:29

परमेश्‍वरको राज्यको भोजको टेबुलमा आनन्द गर्न को-को जम्मा हुनेछन् ?

अब्राहाम, इसहाक, याकूब, अगमवक्‍ताहरू र पूर्व, पश्‍चिम, उत्तर, दक्षिणबाट धेरै जना । [१३:२८-२९]

Luke 13:33

येशू आफू कुन ठाउँमा मारिनुपर्छ भनी भन्‍नुभयो ?

उहाँ यरूशलेममा मारिनुपर्छ । [१३:३३]

Luke 13:34

यरूशलेमका मानिसहरूसँग येशूले के गर्ने इच्छा गर्नुभयो ?

एउटा कुखुरीले आफ्ना चल्लाहरूलाई जम्मा गरेझैँ उहाँले तिनीहरूलाई जम्मा गर्ने इच्छा गर्नुभयो । [१३:३४]

यरूशलेमका मानिसहरूले येशूप्रति तिनीहरूको इच्छालाई कस्तो जवाफ दिए ?

तिनीहरूले यसलाई इन्कार गरे । [१३:३४]

Luke 13:35

यसकारण, येशूले यरूशलेम र त्यहाँका मानिसहरूको बारेमा के अगमवाणी गर्नुभयो ?

तिनीहरूका घरहरू छोडिएका छन्, र तिनीहरूले येशूलाई यस्तो नभनुन्जेल उहाँलाई देख्‍नेछैनन्, “प्रभुको नाउँमा आउने धन्यका हुन्” । [१३:३५]


Chapter 14

1 एउटा विश्रामको दिनमा जब उहाँ फरिसीहरूका अगुवाहरूमध्ये एक जनाको घरमा रोटी खान जानुभयो, तिनीहरूले उहाँलाई नजिकबाट हेरिराखेका थिए । 2 हेर, त्यहाँ उहाँको अगाडि एउटा मानिस थियो जो जलग्रह रोगबाट ग्रसित थियो । 3 येशूले यहूदी व्यवस्थाका पण्डितहरू र फरिसीहरूलाई सोध्‍नुभयो, “विश्रामको दिनमा निको पार्नु उचित छ वा छैन?" 4 तर तिनीहरू मौन रहे । त्सैले येशूले त्यसलाई समातेर निको पार्नुभयो र त्यसलाई पठाइदिनुभयो । 5 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्ये कसले आफ्नो छोरा अथवा गोरुलाई विश्रामको दिनमा इनारमा खस्दा तुरुन्तै बाहिर निकाल्दैन?” 6 तिनीहरूले ती कुराहरूको जवाफ दिन सकेनन् । 7 जब येशूले निम्तोमा बोलाइएकाहरूले आदरको आसन छानेको देख्नुभयो, उहाँले तिनीहरूलाई यसो भन्दै एउटा द‍ृष्‍टान्त भन्‍नुभयो, 8 “जब तिमीहरूलाई कसैले विवाह भोजमा निम्तो दिन्छ, आदरको स्थानमा नबस, किनभने तिमीभन्दा अझै आदरको मानिसलाई निम्तो दिएको हुन सक्छ । 9 जब तिमीहरू दुवै जनालाई निम्तो दिने व्यक्ति आउँछ, त्यसले तिमीलाई भन्‍नेछ, ‘तपाईंको स्थान यिनलाई छोडिदिनुहोस्', र लाजकासाथ तिमी तल्लो स्थानमा बस्‍नुपर्ने हुनेछ । 10 तर जब तिमीले निम्तो पाउँछौ, गएर तल्‍लो स्थानमा बस, ताकि तिमीलाई निम्तो दिनले आएर तिमीलाई यसो भन्‍न सक्छ, 'साथी माथिल्लो स्थानमा गएर बस्‍नुहोस्' । तब तिम्रो टेबुलमा बस्‍नेहरूका सबैका बीचमा तिम्रो आदर हुनेछ । 11 किनकि हरेक जसले आफूलाई उचाल्छ, त्यसलाई होच्याइनेछ, र जसले आफूलाई होच्याउँछ त्यो उच्‍च पारिनेछ । 12 येशूले आफूलाई निम्तो दिनेलाई पनि भन्‍नुभयो, “जब तिमीले बिहानको अथवा बेलुकीको भोजमा बोलाउँछौ, तब आफ्ना साथीहरू वा आफ्ना दाजुभाइहरू वा आफ्ना नातेदारहरू वा आफ्ना धनी छिमेकीहरूलाई नबोलाऊ, किनकि तिनीहरूले पनि तिमीलाई त्यसको साटो निम्तो दिन सक्छन् र तिम्रो गुण फेरि तिरिनेछ । 13 तर जब तिमीले भोज दिन्छौ, गरिब, लुला-लङ्गडा, र अन्धाहरूलाई बोलाऊ, 14 र तिमी आशिषित् हुनेछौ, किनभने तिनीहरूले तिम्रो गुण फेरि तिर्न सक्दैनन् । किनकि धर्मीहरूको पुनरुत्थानमा तिम्रो गुण फेरि तिरिनेछ ।” 15 येशूसँगै टेबुलमा बस्‍नेहरूमध्ये एक जनाले जब यी कुराहरू सुन्यो तब त्यसले उहाँलाई भन्यो, “त्यो धन्यको हो जसले परमेश्‍वरको राज्यमा रोटी खानेछ ।” 16 तर येशूले त्यसलाई भन्‍नुभयो, “एक जना मानिसले बेलुकीको ठुलो भोजको तयार गर्‍यो र धेरैलाई निम्तो दियो । 17 जब भोज तयार भयो, त्यसले आफ्नो सेवकलाई निम्तो गरिएकाहरूलाई यसो भन्‍न पठायो, ‘आउनुहोस् सबै कुरा तयार भइसक्यो ।’ 18 तिनीहरू सबैले उस्तै-उस्तै बहाना बनाउन थाले । पहिलोले त्यसलाई भन्यो, ‘मैले एउटा खेत किनेको छु, र मैले गएर त्यो हेर्नुपर्छ । कृपया मलाई माफ गर्नुहोस् ।’ 19 अर्कोले भन्यो, ‘मैले पाँच हल गोरु किनेको छु र मैले तिनीहरूलाई जाँच्‍नु लागेको छु । कृपया मलाई माफ गर्नुहोस् ।’ 20 र अर्को मानिसले भन्यो, ‘मैले पत्‍नी विवाह गरेको छु, यसकारण म आउन सक्दिनँ ।’ 21 त्यो सेवक फर्केर आएर आफ्ना मालिकलाई ती कुराहरू सुनाइदियो, तब त्यस घरका मालिक रिसाए र आफ्नो सेवकलाई भन्यो, ‘सहरका सडकहरू र गल्लीहरूमा छिटो जा, र गरिब, लुला-लङ्गडा, अन्धाहरूलाई यहाँ भित्र ले ।’ 22 तब सेवकले भन्यो, ‘मालिक, तपाईंको आदेशअनुसार सबै कुरा भएको छ, र पनि त्यहाँ अझै ठाउँ बाँकी छ ।’ 23 मालिकले सेवकलाई भन्यो, ‘राजमार्गहरू र गल्लीहरूमा गएर मानिसहरूलाई भित्र आउन कर गर्, ताकि मेरो घर भरिएको होस् । 24 किनकि म तिमीहरूलाई भन्दछु, निम्तो पाएकाहरूमध्ये कसैले पनि मेरो भोज चाख्‍न पाउने छैन ।’" 25 अब ठुला भीडहरू उहाँसँग गइराखेका थिए, र उहाँ फर्कनुभयो र तिनीहरूलाई भन्‍नुभयो, 26 “यदि कोही मेरो पछि आउँछ र आफ्नो बुबा, आमा, पत्‍नी, छोराछोरी, दाजुभाइ र दिदी-बहिनी, र आफ्नै जीवनलाई समेत तुच्छ ठान्दैन भने, त्यो मेरो चेला हुन सक्दैन । 27 जसले आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो चेला हुन सक्दैन । 28 किनकि तिमीहरूमध्ये कसले एउटा धरहरा बनाउने इच्छा गर्दा, पहिला बसेर निर्माण सम्पन्‍न गर्न सक्‍ने रुपियाँ-पैसा छ कि छैन भनेर त्यसको हिसाब गर्दैन? 29 नत्रभने त्यसले जग बसालिसकेपछि निर्माण सम्पन्‍न गर्न सकेन भने, त्यो देख्‍ने सबैले यसो भन्दै त्यसको गिल्ला गर्नेछन्, 30 ‘यस मानिसले निर्माण गर्न त सुरु गर्‍यो तर सिद्धयाउन सकेन ।’ 31 अथवा कुन राजाले आफूसँग भएको दस हजार मानिसका साथ, अर्को बिस हजार मानिससहित आएको राजाको विरूद्ध लडाईं गर्न सक्छु कि सक्दिनँ भनी पहिले बसेर सल्लाह लिंदैन? 32 र यदि सक्दैन भने, अरू सेना टाढै हुँदा त्यसले राजदूत पठाएर शान्तिको शर्त राख्‍छ । 33 यसकारण तिमीहरूमध्ये कसैले आफूसँग भएको सबै कुरा त्याग्दैन भने, त्यो मेरो चेला हुन सक्दैन । 34 नुन असल हो, तर यदि नुनले आफ्नो स्वाद गुमायो भने त्यसलाई कसरी फेरि नुनिलो बनाउने? 35 यो जमिनको लागि काम लाग्दैन वा मलको थुप्रोको लागि पनि । त्यसलाई मिल्काइदिइन्छ । जसको सुन्‍ने कान छ, त्यसले सुनोस् ।”

लूका १४ सामान्य टिपोटहरू

संरचना र ढाँचा

पद ३ ले भन्छ, “येशूले यहूदी व्यवस्थामा विज्ञ भएकाहरू र फरिसीहरूलाई सोध्‍नुभयो, ‘विश्रामको दिनमा निको पार्न न्यायसंगत छ कि छैन ?’” धेरैपटक, विश्रामको दिनमा निको पार्नुभएको कारण फरिसीहरू येशूसँग रिसाए । यस खण्‍डमा, येशूले फरिसीहरूलाई मूर्ख तुल्याउनुहुन्छ । यो सामान्यतया फरिसीहरू थिए जसले येशूलाई जालमा पार्न कोसिस गरे ।

विषयको फेरबदलहरू

यस अध्यायमा लूकाले धेरैपटक फेरबदलहरूलाई अङ्कित नगरिकनै एक विषयबाट अर्को विषय परिवर्तन गर्छन् ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

दृष्‍टान्त

परमेश्‍वरको राज्य भनेको सबैले रमाहट गर्न सक्‍ने कुरा हुनेछ भनेर सिकाउनलाई येशूले [लूका १४:१५-२४]

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

विरोधाभासी अलङ्कार

विरोधाभासी अलङ्कार भनेको एउटा साँचो कथन हो जसले केही असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । यस अध्यायमा एउटा विरोधाभासी अलङ्कारको प्रयोग भएको छः “किनकि हरेक जसले आफैँलाई उचाल्छ त्यो होचिनेछ, र जसले आफैँलाई होच्याउँछ त्यो उचालिनेछ” (लूका १४:११) ।


Luke 14:1

सामान्य जानकारीः

यो विश्रामको दिन हो र येशू फरिसीको घरमा हुनुहुन्छ । पद १ ले यसपछि घट्ने घटनाको विषयमा पृष्‍ठभूमि जानकारी दिन्छ ।

अब यसो भयो ... विश्रामको दिनमा

यसले नयाँ घटनालाई सङ्केत गर्छ ।

रोटी खान

“खानको लागि” वा “खानाको निम्ति ।” रोटी भोजनको एउटा महत्त्वपूर्ण भाग हो र यस वाक्यमा खानालाई बुझाउनलाई नै यसको प्रयोग गरिएको हो ।

तिनीहरूले उहाँलाई नजिकबाट हेरिराखेका थिए

तिनीहरूले उहाँलाई कुनै खराबीको दोष लगाउन सकिन्छ कि भन्‍ने हेर्न चाहे ।

Luke 14:2

हेर, अब त्यहाँ उहाँको अगाडि एउटा मानिस थियो

“हेर” शब्दले हामीलाई कथामा एउटा नयाँ व्यक्तिबारे सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ । अङ्ग्रेजीले “त्यहाँ एक जना मानिस थियो” भनी उल्लेख गर्छ ।

जो जलग्रह रोगबाट ग्रसित थियो

जलग्रह रोग शरीरका अङ्गहरूमा पानी जमेर सुनिने रोग हो । केही भाषाहरूमा यस अवस्थालाई जनाउने नाम हुन सक्छ । वैकल्पिक अनुवादः “जो शरीरका भागहरूमा पानी जम्‍ने रोगबाट ग्रसित थियो”

Luke 14:3

विश्रामको दिनमा निको पार्नु उचित छ वा छैन

“व्यवस्थाले हामीलाई विश्रामको दिनमा निको पार्न अनुमति दिन्छ, कि यसलाई बन्देज गर्छ”

Luke 14:4

तर तिनीहरू मौन रहे

धार्मिक अगुवाहरूले येशूको प्रश्‍नको जवाफ दिन इन्कार गरे ।

त्यसैले येशूले त्यसलाई समात्‍नुभयो

“येशूले त्यस मानिसलाई पक्रनुभयो जो जलग्रह रोगबाट ग्रसित थियो”

Luke 14:5

तिमीहरूमध्ये कसले आफ्नो छोरा अथवा गोरुलाई … तुरुन्तै बाहिर निकाल्दैन र ?

येशूले एउटा प्रश्‍नको प्रयोग गर्नुभयो किनभने तिनीहरूले विश्रामको दिनमा नै भए पनि तिनीहरूको छोरा वा गोरुलाई सहायता गर्छन् भन्‍ने कुरा स्वीकार गरेको उहाँले चाहनुभयो । त्यसकारण, उहाँले विश्रामको दिनमा पनि मानिसहरूलाई निको पार्नु उचित थियो । वैकल्पिक अनुवादः “यदि तिमीहरू कसैको छोरा वा गोरु ... तिमीहरूले निश्‍चय नै तत्काल बाहिर तानेर निकाल्ने थियौ ।”

Luke 14:6

तिनीहरूले जवाफ दिन सकेनन्

तिनीहरूलाई जवाफ थाहा थियो र येशू ठीक हुनुहुन्थ्यो भनेर जान्दथे, तर तिनीहरू उहाँ ठीक हुनुहुन्थ्यो भनेर स्वीकार्न चाहँदैनथे । वैकल्पिक अनुवादः “तिनीहरूसित भन्‍ने कुरा केही पनि थिएन”

Luke 14:7

जोड्ने कथनः

येशूलाई खाना खान निम्तो दिने फरिसीको घरमा भएका पाहुनाहरूसँग कुरा गर्न उहाँले निरन्तरता दिनुहुन्छ ।

जो निम्त्याइएका थिए

यी मानिसहरूलाई पहिचान गर्दा, र यसलाई कर्तृ वाच्यमा उल्‍लेख गर्नाले सहयोगी बन्‍न सक्छ । वैकल्‍पिक अनुवादः “तिनीहरू जसलाई फरिसीहरूका अगुवाले खानाको लागि निम्तो दिएका थिए”

आदरका आसनहरू

“सम्मानित मानिसहरूका लागि भएका आसनहरू” वा “महत्त्वपूर्ण मानिसहरूका लागि भएका आसनहरू”

Luke 14:8

जब तिमीलाई कोहीबाट निम्तो गरिन्छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जब कसैले तिमीलाई निम्तो दिन्छ”

जब तिमी ... तिमीभन्दा

यहाँ भएका “तिमी”का प्रयोगहरू एकवचन हुन् । एक-एक व्यक्तिसँग छुट्टाछुट्टै कुरा गर्नुभए झैँ गरेर येशूले समूहसँग कुरा गरिरहनुभएको छ ।

अथवा शायद तिमीभन्दा बढी सम्‍मानको लायक कोही व्यक्तिलाई उसद्वारा निमन्‍त्रणा गरिएको हुन सक्छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनभने आयोजकले तिमीभन्दा बढी महत्त्वपूर्ण कोही व्यक्तिलाई निम्ताएका हुन सक्छन्”

Luke 14:9

उसले तिमीलाई भन्‍नेछ ... तिमी अगि जानेछौ

यहाँ गरिएका “तिमी” र “तिम्रो”का प्रयोगहरू एकवचन हुन् । एक-एक व्यक्तिसँग छुट्टाछुट्टै कुरा गर्नुभए झैँ गरेर येशूले समूहसँग कुरा गरिरहनुभएको छ ।

लाजका साथ

“तब तिमीहरू लज्जित हुनेछौ र”

अन्तिम स्थान

“सबभन्दा कम महत्त्वको स्थान” “सबभन्दा कम महत्त्वपूर्ण व्यक्तिको निम्ति राखिएको स्थान”

Luke 14:10

जोड्ने कथनः

येशूले फरिसीको घरमा भएका मानिसहरूसँग कुरा गर्न निरन्तरता दिनुहुन्छ ।

जब तिमीलाई निम्तो दिइन्छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जब तिमीलाई निम्तो दिन्छ”

अन्तिम स्थान

“सबभन्दा कम महत्त्वपूर्ण व्यक्तिको निम्ति राखिएको आसन”

माथिल्लो स्थानमा आउनुहोस्

“अझ महत्त्वपूर्ण व्यक्तिको लागि भएको आसनमा जानुहोस्”

तब तिमी सम्‍मानित हुनेछौ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तब तिमीलाई निम्तो दिनेले तिमीलाई सम्‍मान गर्नेछ”

Luke 14:11

जसले आफूलाई उचाल्दछ

“महत्त्वपूर्ण देखिने प्रयास गर्छ” वा “जसले महत्त्वपूर्ण ठाउँ लिन्छ”

होच्याइनेछ

“महत्त्वपूर्ण छैन भन्‍ने देखाइनेछ” वा “महत्त्वपूर्ण नभएको स्थान दिइनेछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले होच्याउनुहुनेछ”

आफूलाई होच्याउँछ

“जसले महत्त्व नभएको देखाउँछ” वा “जसले महत्त्वपूर्ण नभएको स्थान लिन्छ”

उच्‍च पारिनेछ

“महत्त्वपूर्ण देखाइनेछ” वा “महत्त्वपूर्ण स्थान दिइनेछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले उच्‍च पार्नुहुनेछ”

Luke 14:12

जोड्ने कथनः

येशूले फरिसीको घरमा कुरा गर्न निरन्तरता दिनुहुन्छ, तर उहाँको आयोजकलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्नुहुन्छ ।

तिनी जसले उहाँलाई निम्तो दिएका थिए

“ती फरिसी जसले उहाँलाई उनको घरमा खानाको लागि निम्तो दिएका थिए”

जब तिमीले दिन्छौ

“तिमी” बहुवचनमा छ किनभने येशू उहाँलाई निम्तो दिने फरिसीसँग प्रत्यक्ष रूपमा कुरा गरिरहनुभएको छ ।

निम्तो नगर

तिनीहरूले यी मानिसहरूलाई कहिल्यै निम्तो गर्दैनन् भन्‍ने अर्थ सम्भवतः यसले दिएको होइन । यसको बढी सम्भाव्य अर्थ चाहिँ तिनीहरूले अरूहरूलाई पनि निम्तो दिनुपर्छ भन्‍ने हो । वैकल्‍पिक अनुवादः “केवल ... लाई मात्र निम्तो नदेऊ” वा “सधैँ ... मात्र निम्तो नदेऊ”

नत्रता तिनीहरूले पनि साटोमा तिमीलाई निम्तो दिन सक्छन्

“किनभने तिनीहरूले ... सक्छन्”

साटोमा तिमीलाई निम्तो दिन सक्छन्

“तिनीहरूको बेलुकीको खाना वा भोजमा तिमीलाई निमन्‍त्रणा दिनु”

तिमीलाई तिरिनेछ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यस किसिमले तिनीहरूले तिमीलाई तिर्नेछन्”

Luke 14:13

जोड्ने कथनः

येशूले उहाँलाई आफ्‍नो घरमा निम्तो गर्ने फरिसीसँग कुरा गर्न निरन्तरता दिनुहुन्छ ।

गरिबहरूलाई निम्तो देऊ

“पनि” शब्द थप्दा सहयोगी हुन सक्छ किनकि यो भनाइ सम्भवतः असमावेशी होइन । वैकल्‍पिक अनुवादः “गरिबहरूलाई पनि निम्तो देऊ”

Luke 14:14

तिमी आशिषित हुनेछौ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीलाई आशिष् दिनुहुनेछ”

तिनीहरूले तिमीलाई फिर्ता दिन सक्दैनन्

“तिनीहरूले बदलामा तिमीलाई भोजमा बोलाउन सक्दैनन्”

तिमीलाई तिरिनेछ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीलाई तिर्नुहुनेछ”

धर्मीहरूको पुनरुत्थानमा

यसले अन्तिम न्यायलाई जनाउँछ । वैकल्पिक अनुवादः “जब परमेश्‍वरले धर्मी मानिसहरूलाई फेरि जीवनमा ल्याउनुहुन्छ”

Luke 14:15

सामान्य जानकारीः

टेबुलमा भएका मानिसहरूमध्ये एकजनाले येशूसँग कुरा गर्छन् र येशूले एउटा दृष्‍टान्त भन्‍नुभएर उसलाई जवाफ दिन थाल्‍नुहुन्छ ।

तिनीहरूमध्ये एकजना जो टेबुलमा ढल्केका थिए

यसले एउटा नयाँ व्यक्तिलाई परिचय गराउँछ ।

त्यो धन्यको हो

त्यो मानिसले कुनै खास व्यक्तिको बारेमा कुरा गरिरहेको थिएन । वैकल्पिक अनुवादः “धन्य हो त्यो जो कोही पनि” वा “यो हरेकको निम्ति कति असल हुन्छ”

ऊ जसले रोटी खानेछ

“रोटी” शब्द समग्र खानालाई जनाउन प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “जसले भोजमा खान्छ”

Luke 14:16

तर येशूले उसलाई भन्‍नुभयो

येशूले एउटा दृष्‍टान्त बताउन थाल्‍नुहुन्छ ।

कोही एउटा मानिसले ठूलो भोज तयार गर्‍यो र धेरैलाई निम्तो दियो

पाठकले बुझ्‍नुपर्छ कि ती मानिसले सम्भवतः उनका सेवकहरूलाई खाना तयार पार्न र पाहुनाहरूलाई निम्तो दिन लगाए ।

कोही एउटा मानिस

यो कुनै मानिसको परिचयको बारेमा केही खास जानकारी नदिइकन उसलाई जनाउने एउटा तरिका हो ।

धेरैलाई निम्तो दिए

“धेरै मानिसहरूलाई निम्तो दिए” वा “धेरे पाहुनाहरूलाई निम्तो दिए”

Luke 14:17

बेलुकीको खानाको बखत

“बेलुकीको खाना खाने समयमा” वा “जब बेलुकीको खाना खान सुरु हुन लागेको थियो”

जसलाई निम्तो गरिएको थियो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उसले निमन्त्रणा गरेकाहरू”

Luke 14:18

सामान्य जानकारीः

निम्तो पाएका सबै मानिसहरूले तिनीहरू किन भोजमा आउन सक्ने थिएनन् भनेर सेवकलाई बहानाहरू दिए ।

जोड्ने कथनः

येशूलाई उहाँको दृष्‍टान्त भनिरहनुहुन्छ ।

बहानाहरू बनाउन

“तिनीहरू बेलुकीको खानामा आउन सकेनन् भनी बताउन”

पहिलोले उसलाई भन्यो

पाठकले बुझ्‍नुपर्छ कि यी मानिसहरूले सेवकसँग प्रत्यक्ष रूपमा कुरा गरे जसलाई मालिकले पठाएका थिए

कृपया मलाई माफ गर्नुहोस्

“कृपया मलाई क्षमा गर्नुहोस्” वा “कृपया मेरो याचनालाई स्वीकार गर्नुहोस्”

Luke 14:19

अर्कोले भन्यो

पाठकले बुझ्‍नुपर्छ कि यी मानिसहरूले सेवकसँग प्रत्यक्ष रूपमा कुरा गरे जसलाई मालिकले पठाएका थिए

पाँच हल गोरु

गोरुहरू खेतीकिसानीका सामग्रीहरू तान्‍न जोडिमा प्रयोग गरिन्छ । वैकल्‍पिक अनुवादः “मेरो खेतहरूमा काम गर्नलाई १० गोरूहरू”

Luke 14:20

अझै अर्कोले भन्यो

पाठकले बुझ्‍नुपर्छ कि यी मानिसहरूले सेवकसँग प्रत्यक्ष रूपमा कुरा गरे जसलाई मालिकले पठाएका थिए

मैले श्रीमती विवाह गरेको छु

तपाईंको भाषामा स्वाभाविक हुने अभिव्यक्ति प्रयोग गर्नुहोस् । केही भाषाहरूले “विवाह गरेको छ” वा “पत्‍नी ल्याएको छ” भनेर व्यक्त गर्न सक्छन् ।

Luke 14:21

रिसाएर

“आफूले निमन्त्रणा गरेक मानिसहरूसँग रिसाए”

यहाँभित्र ल्याऊ

“खाना खान यहाँभित्र निमन्त्रणा देऊ”

Luke 14:22

तब सेवकले भन्यो

नोकरले मालिकले आज्ञा गरेबमोजिम गर्‍यो भनेर अस्‍पष्‍ट कुराहरूलाई स्‍पष्‍ट रूपमा उल्लेख गर्नु आवश्‍यक हुन सक्छ । वैकल्पिक अनुवादः “नोकरले गएर त्यो काम गरेपछि, ऊ फर्केर आयो र भन्यो”

जे तपाईंले आज्ञा गर्नुभयो सो भएको छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तपाईंले आज्ञा गर्नुभएको कुरा मैले गरेको छु”

Luke 14:23

जोड्ने कथनः

येशूले उहाँको दृष्‍टान्त सकाउनुहुन्छ ।

राजमार्गहरू र गल्लीहरू

यसले सहर बाहिरका सडकहरू र बाटोहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सहर बाहिरका मुख्य सडकहरू र बाटाहरू”

तिनीहरूलाई भित्र आउन कर लगाऊ

“तिनीहरू भित्र आउनुपर्छ भनेर अह्राऊ”

तिनीहरूलाई कर लगाऊ

“तिनीहरू” शब्दले सेवकहरूले भेट्टाउने जो कोही पनि व्यक्तिलाई जनाउँछ । “तिमीले भेट्टाउने जुनै पनि व्यक्तिलाई भित्र आउन कर लगाऊ”

ताकि मेरो घर भरिओस्

“ताकि मानिसहरूले मेरो घर भरून्”

Luke 14:24

किनकि म तिमीहरूलाई भन्छु

“तिमीहरू” शब्द बहुवचनमा छ, त्यसैले यो कसलाई सम्बोधन गरिएको हो भनेर अस्‍पष्‍ट छ ।

ती मानिसहरू

यहाँ “मानिसहरू” ले सामान्य मानिसहरूलाई नभई “वयस्क पुरुषहरू” लाई जनाउँछ ।

जसलाई निमन्त्रणा गरिएको थियो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । “जसलाई मैले पहिला निमन्त्रणा गरेँ”

मेरो खाना चाख्नेछ

“मैले तयार पारेको खानामा रमाउनेछ”

Luke 14:25

सामान्य जानकारीः

येशूले उहाँसँगै यात्रा गरिरहेको भीडलाई सिकाउन थाल्‍नुहुन्छ ।

Luke 14:26

यदि कोही मेरो पछि आउँछ भने र आफ्नो बाबुलाई घृणा गर्दैन भने ... ऊ मेरो चेला हुन सक्दैन

यहाँ “घृणा” भनेको मानिसहरूले येशूभन्दा बाहेकका मानिसहरूलाई देखाउनुपर्ने कम प्रेमको लागि अतिशयोक्ति हो । वैकल्पिक अनुवादः “यदि कोही मकहाँ आउँछ र उसले आफ्नो बाबुलाई भन्दा मलाई बढी प्रेम गर्दैन भने ... ऊ मेरो चेला बन्‍न सक्दैन” वा “यदि कोही मकहाँ आउँछ र उसले मलाई आफ्नो बुबालाई भन्दा बढी प्रेम गर्छ भने मात्र ... ऊ मेरो चेला बन्‍न सक्छ”

Luke 14:27

जसले आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, ऊ मेरो चेला हुन सक्दैन

यसलाई सकारात्मक क्रियापदहरूसँग उल्‍लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि कोही मेरो चेला बन्‍न चाहन्छ भने, उसले आफ्नो क्रूस बोक्‍नुपर्छ र मलाई पछ्याउनुपर्छ”

उसको आफ्नो क्रूस बोक्‍न

हरेक ख्रीष्‍टिएन क्रूसमा मारिनुपर्छ भन्‍ने येशूको अर्थ होइन । रोमीहरूले धेरैपटक मानिसहरूलाई रोमप्रतिको तिनीहरूको समर्पणताको चिन्ह स्वरूप तिनीहरूलाई क्रूसमा झूण्‍डाउनुभन्दा अगाडि तिनीहरूको आफ्‍नै क्रूस बोक्‍न लगाउँथे । यो अलङ्कारको अर्थ हुन्छ कि तिनीहरूले आफूलाई परमेश्‍वरकहाँ सुम्पिनुपर्छ र येशूका चेलाहरू हुनलाई हर किसिमले सतावट भोग्‍न इच्छुक हुनुपर्छ ।

Luke 14:28

सामान्य जानकारीः

चेला हुनुको मूल्य हिसाब गर्न महत्त्वपूर्ण छ भनेर येशूले भीडलाई व्याख्या गर्न निरन्तरता दिनुहुन्छ ।

किनकि तिमीहरूमध्ये कसले, जसले एउटा धरहरा बनाउन चाहन्छ, पहिला बस्दैन र त्यसलाई पूरा गर्न चाहिने कुरा आफूसँग छ कि छैन भनेर हिसाब गर्न मूल्यको विचार गर्दैन ?

मानिसहरूले कुनै पनि आयोजना थाल्‍नभन्दा अगाडि मूल्य हिसाब गर्छन् भनेर प्रमाणित गर्न येशूले यो प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “यदि तिमीहरूमध्ये कसैले धरहरा बनाउन चाह्‍यौ भने, तिमीहरूले पहिला बसेर त्यसलाई पूरा गर्न आफूसँग पर्ताप्‍त रकम छ कि छैन भनी हिसाब गर्ने थियौ ।”

धरहरा

यो कुनै सुरक्षाकर्मी बस्ने धरहरा भएको हुन सक्छ । “अग्लो भवन” वा “रखवारी गर्ने अग्लो स्थानमा भएको मञ्‍च”

Luke 14:29

नत्रभने

थप जानकारी दिँदा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “यदि उसले पहिले नै मूल्य हिसाब गरेन भने”

जब उसले जग बसालिसकेको हुन्छ

“जब उसले जग बनाइसकेको हुन्छ” वा “जब उसले भवनको पहिलो भाग सकाइसकेको हुन्छ”

पूरा गर्न सक्षम हुँदैन

यो कुरा बुझिएको छ कि उससँग पर्ताप्‍त पैसा नभएको कारणले उसले पूरा गर्न सकेन । यसलाई उल्‍लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “पूरा गर्नलाई सक्षम हुन पर्ताप्‍त पैसा छैन”

Luke 14:31

सामान्य जानकारीः

चेला हुनुको मूल्य हिसाब गर्न महत्त्वपूर्ण छ भनेर येशूले भीडलाई व्याख्या गर्न निरन्तरता दिनुहुन्छ ।

अथवा

येशूले अर्को परिस्थितिको परिचय दिनलाई यो शब्दको प्रयोग गर्नुभयो जहाँ मानिसहरूले निर्णय गर्नु अघि मूल्य हिसाब गर्छन् ।

त्यो कस्तो राजा हो, … पहिला बसेर निधो गर्दैन ... बीस हजार मानिसहरू ?

मूल्य हिसाब गर्ने बारेमा भीडलाई सिकाउन येशूले अर्को प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरू जान्दछौ कि कुनै राजाले ... पहिला बस्छ र सल्लाह लिन्छ ... मानिसहरू”

निधो गर्नु

सम्भावित अर्थहरू हुन् १) “ ... बारे होसियारीपूर्वक सोच्‍नु” वा २) “उसका सल्लाहकारहरूले भनेको सुन्‍नु ।”

दस हजार … बीस हजार

“१०,००० ... २०,०००”

Luke 14:32

तर यदि सक्दैन भने

थप जानकारी उल्‍लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “यदि उसले अर्को राजालाई हराउन सक्‍नेछैन भन्‍ने महसुस गर्‍यो भने”

शान्तिका शर्तहरू

“युद्धलाई अन्त गर्न शर्तहरू” वा “युद्धलाई अन्त गर्न अर्का राजाले उसले के गरेको चाहन्छन्”

Luke 14:33

तिमीहरूमध्ये कसैले आफूसँग भएको सबै कुरा त्याग्‍न सक्‍दैन भने, ऊ मेरो चेला हुन सक्दैन

यसलाई सकारात्मक क्रियापदहरूसँग उल्‍लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूसँग भएका सबै थोक त्याग्‍न सक्‍नेहरू मात्र मेरा चेलाहरू हुन सक्छौ”

आफूसँग भएको सबै कुरा त्याग्‍न

“आफूसँग भएका सबै थोक पछि छोड्न”

Luke 14:34

जोड्ने कथनः

येशूले भीडलाई सिकाउन सकाउनुहुन्छ ।

त्यसैले नुन असल हो

“नुन उपयोगी हुन्छ ।” येशूले उहाँको चेला हुन चाहनेहरूको बारेमा एउटा पाठ सिकाइरहनुभएको छ ।

यसलाई कसरी फेरि नुनिलो बनाउने ?

येशूले भीडलाई सिकाउन एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “यसलाई फेरि नुनिलो बनाउन सकिँदैन” वा “यसलाई कसैले फेरि नुनिलो बनाउन सक्दैन ।”

Luke 14:35

मलको थुप्रो

मानिसहरूले मल बगैँचा र खेतहरूलाई मलिलो बनाउनलाई प्रयोग गर्छन् । स्वाद गुमाएको नुन यति अनुपयोगी हुन्छ कि त्यसलाई मलसँग मिसाउन पनि सकिँदैन । वैकल्‍पिक अनुवादः “मलखाँद” वा “माटोलाई उत्पादनशील बनाउने कुरा”

तिनीहरूले त्यसलाई फाल्‍छन्

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कसैले त्यसलाई फालिदिन्छ”

जसको सुन्‍ने कान छ, त्यसले सुनोस्

येशूले जोड दिइरहनुभएको छ कि उहाँले भर्खरै भन्‍नुभएको कुरा महत्त्वपूर्ण छ र त्यसलाई बुझ्‍न र अभ्यासमा ल्याउन केही प्रयत्‍न चाहिन सक्छ । यहाँ “सुन्‍ने कानहरू” भन्‍ने वाक्यांश बुझ्‍न र आज्ञापालन गर्न भएको इच्छुकपनाको लागि एउटा प्रतिस्थापन शब्द हो । तपाईंले यस वाक्यांशलाई [लूका ८:८]

जसले ... उसले

किनकि येशूले उहाँलाई सुनिरहेका मानिसहरूसँग प्रत्यक्ष रूपमा कुरा गरिरहनुभएको छ, तपाईंले यहाँ द्वितीय पुरुषलाई प्रयोग गर्नलाई रोज्‍न सक्‍नुहुन्छ । तपाईंले यस वाक्यांशलाई [लूका ८:८]


Translation Questions

Luke 14:3

जलग्रह रोगबाट ग्रसित मानिस येशूको अगाडि उभिँदा उहाँले व्यवस्थाका पण्डितहरू र फरिसीहरूलाई के सोध्‍नुभयो ?

विश्राम दिनमा निको पार्नु न्यायसङ्गत छ कि छैन ? । [१४:३]

Luke 14:4

पण्डितहरू र फरिसीहरूको जवाफ के थियो ?

तिनीहरू चुप रहे । [१४:४]

Luke 14:5

त्यस मानिसलाई निको पार्नुभएपछि येशूले पण्डितहरू र फरिसीहरू कपटीहरू हुन् भनी कसरी देखाउनुभयो ?

येशूले तिनीहरूलाई सम्झना दिलाउनुभयो कि तिनीहरूका आफ्नै छोरो वा गोरु विश्राम दिनमा इनारमा खसेको भए तिनीहरूले सहायता गर्ने थिए । [१४:५]

Luke 14:11

जसले आफैँलाई उचाल्छ त्यसलाई के हुनेछ भनी येशूले भन्‍नुभयो ?

उसलाई नम्र पारिनेछ । [१४:११]

जसले आफैँलाई होच्याउँछ त्यसलाई के हुनेछ भनी येशूले भन्‍नुभयो ?

उसलाई उच्‍च पारिनेछ । [१४:११]

Luke 14:14

येशूको भनाइ अनुसार गरिब, लङ्गडा, लुला र दृष्‍टिविहीनहरूलाई तिनीहरूको घरमा लाने व्‍यक्तिहरूले कसरी इनाम पाउनेछन् ?

धर्मी जनको पुनरुत्थान हुँदा तिनीहरूले त्यसको फिर्ता पाउनेछन् । [१४:१४]

Luke 14:18

येशूले भन्‍नुभएको भोजको दृष्‍टान्तमा वास्तविक रूपमा बोलाइएका मानिसहरूले के गरे ?

तिनीहरूले किन भोजमा आउन नसक्‍ने भन्‍ने कुराको बारेमा क्षमा माग्‍न सुरु गरे । [१४:१८]

Luke 14:21

तब मालिकले उनको भोजमा कसलाई बोलाए ?

गरिब, लुला, दृष्‍टिविहीन र लङ्गडाहरूलाई बोलाए । [१४:२१]

Luke 14:24

मालिकले पहिले नै भोजमा बोलाइएकाहरूलाई के भने ?

तिनीहरू कसैले पनि उनको भोजको स्वाद चाख्‍नेछैन । [१४:२४]

Luke 14:26

येशूको भनाइअनुसार उहाँका चेलाहरूले के गर्नुपर्छ ?

तिनीहरूले आफ्नै परिवार र जीवनलाई घृणा गर्नुपर्छ; आफ्नो क्रुस आफैँ बोकेर आफूसँग भएका सबै थोकलाई त्यागेर उहाँको पछि लाग्‍नुपर्छ । [१४:२६-२७,३३]

Luke 14:27

येशूको भनाइअनुसार उहाँका चेलाहरूले के गर्नुपर्छ ?

तिनीहरूले आफ्नै परिवार र जीवनलाई घृणा गर्नुपर्छ; आफ्नो क्रुस आफैँ बोकेर आफूसँग भएका सबै थोकलाई त्यागेर उहाँको पछि लाग्‍नुपर्छ । [१४:२६-२७,३३]

Luke 14:28

येशूलाई पछ्याउनुपर्ने उदाहरणको बारेमा धरहरा निर्माण गर्न इच्छा गर्ने एउटा व्‍यक्तिले के गर्नुपर्छ ?

त्यस व्‍यक्तिले मूल्यको हिसाब गर्नुपर्छ । [१४:२८]

Luke 14:33

येशूको भनाइअनुसार उहाँका चेलाहरूले के गर्नुपर्छ ?

तिनीहरूले आफ्नै परिवार र जीवनलाई घृणा गर्नुपर्छ; आफ्नो क्रुस आफैँ बोकेर आफूसँग भएका सबै थोकलाई त्यागेर उहाँको पछि लाग्‍नुपर्छ । [१४:२६-२७,३३]

Luke 14:35

यदि नुनले आफ्नो स्वाद गुमायो भने त्यसलाई के गरिन्छ ?

त्यसलाई टाढा फालिनेछ । [१४:३५]


Chapter 15

1 अब सबै कर उठाउनेहरू र पापीहरू उहाँकहाँ वचन सुन्‍नलाई आउँदै थिए । 2 फरिसीहरू र शास्‍‍त्रीहरू दुवै एक-अर्कासँग यसो भन्दै गनगन गरे, “यस मानिसले पापीहरूलाई स्वागत गर्छ र तिनीहरूसँग खान्छ पनि ।” 3 येशूले तिनीहरूलाई यसो भन्दै द‍ृष्‍टान्त भन्‍नुभयो, 4 “तिमीहरूमध्ये कुन मानिस होला, जसको सयवटा भेडा छन् र त्यसमध्ये एउटा हराउँदा उनान्‍सयवटा भेडालाई उजाड-स्थानमा छोडेर हराएको एउटा भेडाको पछि लागेर त्यसलाई नभेट्टाउन्जेल खोज्दैन? 5 त्यसपछि जब उसले भेट्टाउँछ, उसले त्यसलाई आफ्नो काँधमा राख्‍छ र रमाउँछ । 6 जब ऊ घर आउँछ, उसले आफ्ना साथीहरू र छिमेकीहरूलाई एकसाथ यसो भन्दै बोलाउँछ, ‘मसँग आनन्दित होओ, किनकि मैले मेरो हराएको भेडालाई भेट्टाएको छु ।’ 7 त्यसै गरी म तिमीहरूलाई भन्दछु, उनान्सय जना पश्‍चात्ताप गर्न नपर्ने धर्मी मानिसहरूभन्दा पश्‍चात्ताप गर्ने एक जना पापीको खातिर स्वर्गमा ठुलो रमाहट हुनेछ । 8 अथवा कुन स्‍‍त्री होली जसका दसवटा चाँदीका सिक्‍काहरूमध्ये एउटा हराउँदा, बत्ती बालेर, घर बढारेर र सिक्‍का नभेट्टाइन्जेल दिलोज्यानसाथ खोज्दिन र? 9 अनि त्यसले भेट्टाएपछि त्यसले आफ्ना सबै साथीहरू र छिमेकीहरूलाई एकसाथ यसो भन्दै बोलाउँछे, ‘मसँग रमाओ, किनकि मैले हराएको सिक्‍का भेट्टाएकी छु ।’ 10 त्यसै गरी म तिमीहरूलाई भन्दछु, एक जना पश्‍चात्ताप गर्ने पापीका खातिर परमेश्‍वरका दूतहरूका उपस्थितिमा स्वर्गमा आनन्द हुनेछ ।” 11 त्यसपछि येशूले भन्‍नुभयो, “एक जना मानिसका दुई जना छोरा थिए, 12 र तिनीहरूमध्ये कान्छाले आफ्नो बुबालाई भन्यो, ‘बुबा मैले पाउनुपर्ने सम्पत्तिको अंश मलाई दिनुहोस् ।’ त्यसैले तिनीहरूका बीचमा तिनले सम्पत्ति बाँडिदिए । 13 धेरै दिन नबित्दै कान्छा छोराले आफ्ना सबै सामानहरू जम्मा गरेर टाढा देशमा गयो, र त्यसले त्यहाँ जथाभावी जिएर आफ्ना सबै रुपियाँ-पैसा खर्च गर्‍यो । 14 जब त्यसले सबै खर्च गरी सिध्यायो, त्यहाँ देशभरि ठुलो अनिकाल पर्‍यो, र त्यो खाँचोमा पर्न थाल्यो । 15 त्यो गएर त्यस देशका नागरिकहरूमध्ये एउटाकहाँ काममा लाग्यो जसले त्यसलाई आफ्नो खेतमा सुँगुरहरू चराउन पठायो । 16 सुँगुरहरूले खाने दानाले त्यसले खुसीसाथ खान चाहन्थ्यो किनभने त्यसलाई कसैले केही पनि दिंदैनथियो । 17 तर जब कान्छा छोराको चेत खुल्यो, त्यसले भन्‍यो, ‘मेरा बुबाका कति धेरै सेवकहरूसँग प्रशस्त खानेकुरा छ, तर म भने यहाँ भोकभोकै मरिरहेको छु! 18 म यस ठाउँलाई छोडेर मेरो बुबाकहाँ जानेछु, र उहाँलाई भन्‍नेछु, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेको छु । 19 अब उप्रान्त म तपाईंको छोरा भनिने योग्यको छैनँ; मलाई तपाईंका सेवकहरूमध्ये एउटासरह बनाउनुहोस् ।’ 20 तब कान्छो छोराले त्यस ठाउँ छाड्‍यो र आफ्नो बुबाकहाँ गयो । त्यो टाढै छँदा त्यसका बुबाले त्यसलाई देखे र दयाले भरिएर, र दौडेर अँगालो हालेर म्वाँइ खाए । 21 छोराले तिनलाई भन्यो, ‘बुबा, मैले स्वर्गको विरूद्धमा र तपाईंको विरूद्धमा पाप गरेको छु । अब उप्रान्त म तपाईंको छोरा भनिने योग्यको छैनँ ।’ 22 बुबाले आफ्ना सेवकहरूलाई भने, ‘तुरुन्तै उत्तम वस्‍‍त्रहरू ल्याओ र यसलाई लगाइदेओ, यसको हातमा औंठी, र खुट्टामा जुत्ता लगाइदेओ । 23 त्यसपछि मोटो बाछा ल्याओ र त्यसलाई मार । हामी भोज खाएर उत्सव मनाऔं! 24 किनकि मेरो छोरो मरेको थियो, र अब त्यो जीवित भएको छ । त्यो हराएको थियो, र अब त्यो भेट्टाइएको छ ।' अनि तिनीहरूले उत्सव मनाउन सुरु गरे । 25 अब तिनको जेठो छोरो खेतमा थियो । त्यो घरको नजिकै आइपुग्दा त्यसले नाचगानको आवाज सुन्यो । 26 त्यसले सेवकहरूमध्ये एक जनालाई बोलाएर के भइरहेको होला भनेर सोध्यो । 27 सेवकले त्यसलाई भन्यो, तपाईंको भाइ आइपुग्‍नुभएको छ, र तपाईंको बुबाले मोटो बाछा मार्नुभएको छ, किनभने उहाँ सुरक्षितसाथ फर्कनुभएको छ। 28 जेठो छोरो रिसाएको थियो र भित्र पसेन, र त्यसको बुबा बाहिर गएर त्यसलाई मनाउन थाले । 29 तर जेठो छोरोले जवाफ दियो र त्यसको बुबालाई भन्‍यो, ‘हेर्नुहोस्, यति धेरै वर्ष मैले तपाईंको सेवा गरे, र मैले कहिल्यै तपाईंको एउटा आज्ञा पनि उल्लङ्‍घन गरिनँ, र तपाईंले मलाई कहिल्यै मेरा साथीहरूसँग उत्सव मनाउन एउटा पाठो पनि दिनुभएन, 30 तर तपाईंको सम्पत्ति वेश्याहरूसँग सखाप पार्ने छोरो आउँदा चाहिं तपाईंले त्यसको लागि मोटो बाछा मार्नुभयो ।’ 31 बुबाले त्यसलाई भने, ‘छोरा, तँ त मसँग सधैंभरि छस् र मसँग भएका सबै थोक तेरै हुन् । 32 तर हामीले भोज खानु र खुसी हुनु उचित छ, किनकि यो तेरो भाइ मरेको थियो, र अब जीवित भएको छ; र त्यो हराएको थियो, र अब भेट्टाइएको छ ।'”

लूका १५ सामान्य टिपोटहरू

संरचना र ढाँचा

उडन्त पुत्रको दृष्‍टान्त

[लूका १५:११-३२] अनि अनि

यस अध्यायमा भएका विशेष अवधारणाहरू

पापीहरू

जब येशूका समयका मानिसहरूले “पापीहरू”को विषयमा कुरा गर्थे, तिनीहरूले ती मानिसहरूको बारेमा कुरा गरिरहेका थिए जसले मोशाको व्यवस्थाको आज्ञापालन गर्दैनथे र बरु चोर्ने वा यौनसँग सम्बन्धित भएका जस्ता पापहरू गर्थे । तर ती मानिसहरू जसले आफूहरू पापी छौँ भनी विश्‍वास गर्छन् र पश्‍चात्ताप गर्छन्, तिनीहरूले चाहिँ साँचो रूपमा परमेश्‍वरलाई खुशी बनाउँछन् भनेर मानिसहरूलाई सिकाउन येशूले तीनवाट दृष्‍टान्तहरू बताउनुभयो अनि अनि


Luke 15:1

सामान्य जानकारीः

यो कहाँ भएको हो भनेर हामी जान्दैनौँ; यो सामान्य रूपमा कुनै एक दिनमा हो जब येशूले सिकाइरहनुभएको थियो ।

अब

यसले कथाको नयाँ भागको सुरुवातलाई अङ्कित गर्छ ।

सबै कर उठाउनेहरू

त्यहाँ तिनीहरू धेरै जना थिए भनेर जोड दिनलाई यो एउटा अतिरञ्‍जन हो । वैकल्‍पिक अनुवादः “थुप्रै कर उठाउनेहरू”

Luke 15:2

यस मानिसले ... स्वागत गर्छ

“यस मानिसले पापीहरूलाई उसको उपस्थितिमा आउन दिन्छ” वा “यस मानिसले पापीहरूसँग घुलमिल गर्छ”

यस मानिस

तिनीहरूले येशूको बारेमा कुरा गरिरहेका थिए ।

साथै तिनीहरूसँग खान्छ

“साथै” शब्दले देखाउँछ कि येशूले पापीहरूलाई उहाँकहाँ आउन दिनु नै निकै खराब कुरा थियो, तर उहाँ तिनीहरूसँगै खानुचाहिँ झन् खराब थियो भनेर तिनीहरूले ठाने ।

Luke 15:3

सामान्य जानकारीः

येशूले थुप्रै दृष्‍टान्तहरू बताउन थाल्नुहुन्छ । यी दृष्‍टान्तहरू कुनै पनि व्यक्तिले अनुभव गर्नसक्‍ने कुराको बारेमा भएका परिकल्पित परिस्थितिहरू हुन् । यी कुनै खास मानिसहरूको बारेमा होइनन् । पहिलो दृष्‍टान्त चाहिँ कुनै व्यक्तिले आफ्‍नो भेडाहरूमध्ये कुनै एउटा हरायो भने के गर्ने थियो भन्‍ने बारेमा हो ।

तिनीहरूलाई

यहाँ “तिनीहरूलाई” ले धार्मिक अगुवाहरूलाई बुझाउँछ ।

Luke 15:4

तिमीहरूमध्ये कुनचाहिँ होला ... छोड्दैन ... नभेट्टाउन्जेल खोज्दैन ?

यदि तिनीहरूले तिनीहरूका भेडाहरूमध्ये एउटा भेडा हराए भने, तिनीहरू यसलाई खोज्दै जानेछन् भनी मानिसहरूलाई सम्झाउन येशूले एउटा प्रश्‍नको प्रयोग गर्नुभयो । वैकल्‍पिक अनुवादः “तिमीहरू हरेक ... पक्‍कै छोड्ने थियौ ... जबसम्‍म त्यसलाई पाउँदैन”

तिमीहरूमध्ये कुनचाहिँ होला, यदि उसका सयवटा भेडा छन् भने

यो दृष्‍टान्त “तिमीहरूमध्ये कुनचाहिँ होला” भन्‍ने पदावलीबाट सुरु भएकोले केही भाषाहरूले यो दृष्‍टान्तलाई द्वितीय पुरुषमा अगाडि बढाउँछन् । वैकल्पिक अनुवादः “तिमीहरूमध्ये कुनचाहिँ होला, यदि तिमीहरूसँग एक सयवटा भेडा छन् भने”

सय ... उनान्‍सय

“१०० ... ९९”

Luke 15:5

उसको काँधमा राख्‍छ

यो गोठालोहरूले भेडा बोक्‍ने तरिका थियो । यसलाई उल्‍लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “त्यसलाई घर लैजान उसको काँधमा राख्छ”

Luke 15:6

जब ऊ घरमा आउँछ

“जब भेडाको मालिक घरमा आउँछ” वा “जब तिमी घरमा आउँछौ” (युडीबी) । तपाईंले अगिल्लो पदमा गरेजस्तै भेडाको मालिकलाई जनाउनुहोस् ।

Luke 15:7

त्यहि किसिमले

“त्यसै गरी” वा “जसरी गोठालो, उसका साथीहरू र छिमेकीहरू रमाउँछन्”

त्यहाँ स्वर्गमा रमाहट हुनेछ

“स्वर्गमा बस्‍ने हरेक रमाउनेछ”

उनान्सय जना पश्‍चात्ताप गर्न नपर्ने धर्मी मानिसहरू

आफूहरूले पश्‍चात्ताप गर्न जरुरी छैन भनेर फरिसीहरूले ठानेकोमा तिनीहरू गलत छन् भनी भन्‍न येशूले व्यङ्ग्‍यको प्रयोग गर्नुहुन्छ । यो धारणालाई व्यक्त गर्न तपाईंको भाषामा फरक तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “तिमीहरू जस्तै उनान्सय जना मानिसहरू जसले तिनीहरू धर्मी छन् र पश्‍चात्ताप गर्नुपर्दैन भनी सोच्छन्”

उनान्सय

“९९”

Luke 15:8

जोड्ने कथनः

येशूले अर्को दृष्‍टान्त बताउन थाल्‍नुहुन्छ । यो एक स्‍त्रीको बारेमा हो जससँग १० चाँदीका सिक्‍काहरू थिए ।

अथवा कुन स्‍त्री होला ... बत्ती बाल्दिनन् ... नभेट्टाइन्जेल दिलोज्यानसाथ खोज्दिनन् र ?

यदि तिनीहरूमध्ये कुनैले एउटा चाँदीको सिक्‍का हरायो भने, तिनीहरूले निश्‍चय नै यत्‍नपूर्वक खोज्छन् भनी मानिसहरूलाई सम्झाउन येशूले एउटा प्रश्‍नको प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “कुनै पनि स्‍त्रीले ... निश्‍चय नै बत्ती बाल्‍नेछिन् ... तिनले नपाएसम्म दिलोज्यानले खोज्छिन् ।”

यदि तिनले हराइन् भने

यो एउटी वास्तविक स्‍त्रीको कथा होइन, तर एउटा काल्पनिक परिस्थिति हो । केही भाषाहरूमा यसलाई देखाउने तरिकाहरू छन् ।

Luke 15:10

त्यसरी नै

“उही किसिमले” वा “जसरी मानिसहरू त्यस स्‍त्रीसँग रमाउने थिए”

एक जना पश्‍चात्ताप गर्ने पापीका खातिर

“जब कुनै एक पापीले पश्‍चात्ताप गर्छ”

Luke 15:11

जोड्ने कथनः

येशूले अर्को दृष्‍टान्त बताउन थाल्‍नुहुन्छ । यो एउटा जवान मानिसको बारेमा हो जसले आफ्‍नो बाबुसँग उसको भागको अंश माग्‍छ ।

एक जना मानिस

यसले दृष्‍टान्तमा एउटा नयाँ पात्रलाई परिचय गराउँछ । केही भाषाहरूले “त्यहाँ एउटा मानिस थियो जसले” भन्लान् ।

Luke 15:12

मलाई दिनुहोस्

छोराले उसको बुबाले उसलाई तत्काल देओस् भन्‍ने चाहना गर्‍यो । आज्ञार्थक रूप भएको भाषाले तिनीहरूले त्यो तत्काल गरियोस् भन्‍ने चाहना गरेको अर्थ भएको रूपको प्रयोग गर्नुपर्छ ।

मेरो भागमा पर्ने सम्पत्तिको अंश

“तपाईं मर्ने बेलामा मलाई दिने योजना बनाउनुभएको तपाईंको सम्पत्तिको अंश”

तिनीहरूको बीचमा

“उसका दुई छोराहरूको बीचमा”

Luke 15:13

उसका सबै सामानहरू जम्‍मा गर्‍यो

“उसका सामानहरू पोको पार्‍यो” वा “उसका सामानहरू उसको झोलामा राख्‍यो”

जथाभावी किसिमले रहँदै

“उसका क्रियाकलापहरूका परिणामहरूको बारेमा नसोची जिइरहेको” वा “लापार्वाही तरिकाले जिइरहेको”

Luke 15:14

अब

यो शब्‍द प्रमुख कथावर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यहाँ येशूले व्याख्या गर्नुहुन्छ कि कसरी कान्छो छोरो चाहिँ सम्‍पन्‍नताबाट खाँचो परिरहेको अवस्थामा पुग्‍यो ।

त्यो देशभर ठूलो अनिकाल पर्‍यो

“त्यहाँ एउटा खडेरी पर्‍यो र सारा देशसँग पर्याप्‍त खाना भएन”

खाँचोमा पर्नु

“उसलाई आवश्‍यक पर्ने थोकहरूको कमी हुनु” वा “पर्याप्‍त नहुनु”

Luke 15:15

त्यसैले ऊ गयो

“ऊ” शब्दले कान्छो छोरोलाई जनाउँछ ।

उसले काम खोज्‍यो

“... लाई एउटा काम लिए” वा “... को निम्ति काम गर्न सुरु गरे”

त्यो देशको एक जना नागरिक

“त्यो देशको एउटा मानिस”

सुँगुरहरू चराउन

“त्यस मानिसका सुँगुरहरूलाई चारो दिन”

Luke 15:16

उसले खान चाहिरहेको थियो

“उसले खान पाए पनि हुन्थ्यो भनेर धेरै चाहना गरे ।” यो कुरा बुझिएको छ कि यस्तो उसलाई धेरै भोक लागेकोले कारणले थियो । यसलाई उल्‍लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ऊ यति भोको थियो कि उसले खुशीसँग खाने थियो”

क्यारबका बोक्राहरू

यी क्यारबको रूखमा फल्ने बिउका दानाका छिल्काहरू हुन् । वैकल्पिक अनुवादः “क्यारबको चारो” वा “दानाका छिल्काहरू”

Luke 15:17

जब ऊ होसमा आयो

यो वाक्पद्धतिको अर्थ उसले सत्यता के हो र उसले भयङ्कर भूल गरेको थियो भनेर थाहा गर्‍यो भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “स्‍पष्‍ट रूपमा उसको परिस्थिति बुझ्यो”

कसरी मेरा बुबाका कति धेरै सेवकहरूसँग प्रशस्त खानेकुरा छन्

यो एउटा आश्‍चर्यको अंश हो र प्रश्‍न होइन । वैकल्पिक अनुवादः “मेरा पिताका ज्यालामा काम गर्नेहरूलाई चाहिएभन्दा बढी खानेकुराहरू मिल्छ”

भोकभोकै मरिरहेको छु

यो सम्भवतः अतिशयोक्ति होइन । निश्‍चय नै, ती जवान भोकले व्याकुल नै परिरहेका हुन सक्छन् ।

Luke 15:18

मैले स्वर्गको विरुद्धमा पाप गरेको छु

यहूदीहरूले कहिलेकाहीँ “परमेश्‍वर” शब्द प्रयोग नगरी “स्‍वर्ग” शब्द प्रयोग गर्थे । वैकल्पिक अनुवादः “मैले परमेश्‍वरको विरुद्धमा पाप गरेको छु”

Luke 15:19

म तपाईंको छोरा भनिन योग्य छैन

“म तपाईंको छोरा कहलिन लायकको छैनँ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तपाईंले मलाई छोरा भनेर बोलाउनलाई म योग्‍यको छैन”

मलाई तपाईंका सेवकहरूमध्ये एक नोकर बनाउनुहोस्

“मलाई काम गर्नेको रूपमा ज्यालामा राख्‍नुहोस्” वा “मलाई ज्यालामा राख्‍नुहोस् र म तपाईंका नोकरहरूमध्ये एउटा हुनेछु ।” यो एउटा अनुरोध हो, कुनै आदेश होइन । यूएसटीले गरेको जस्तै “कृपया” शब्द थप्दा सहयोगी हुन सक्छ ।

Luke 15:20

त्यसैले उसले त्यस ठाउँ छोड्यो र आफ्ना बुबाको घरतर्फ लाग्‍यो

“त्यसैले उसले त्यो देश छोड्यो र उसको बाबुकहाँ जान हिँड्यो ।” “त्यसैले” शब्दले एउटा घटनालाई अङ्कित गर्दछ जुन अरू कुनै कुरा पहिले भएको हुनाले घट्यो । यहाँ चाहिँ, जवान मानिस खाँचोमा थियो र घर जाने निर्णय गरेको थियो ।

तर जब ऊ अझै टाढै थियो

“जब ऊ अझै आफ्‍नो घरबाट टाढै थियो” वा “जब ऊ उसको बाबुको घरबाट अझै टाढै थियो”

दयाले भरिए

“उसलाई दया गरे” वा “उसलाई आफ्नो हृदयको गहिराइदेखि नै प्रेम गरे”

अँगालो हाले र उसलाई म्वाँइ खाए

आफ्नो छोरो आएकोमा बाबु खुसी थिए र तिनले उनलाई प्रेम गर्थे भनी देखाउनलाई यसो गरे । यदि मानिसहरूले आफ्नो छोरालाई अँगालो हाल्नु र म्वाँइ गर्नु अनौठो वा गलत सोच्छन् भने, तपाईंले तपाईंको संस्कारमा मानिसहरूले तिनीहरूका छोराहरूलाई प्रेम देखाउँदा के गर्छन्, त्यसलाई प्रयोग गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “उसलाई स्‍नेहपूर्वक स्वागत गरे”

Luke 15:21

मैले स्वर्गको विरुद्धमा पाप गरेको छु

यहूदीहरूले कहिलेकाहीँ “परमेश्‍वर” शब्द प्रयोग नगरी “स्‍वर्ग” शब्द प्रयोग गर्थे । तपाईंले यसलाई [लूका १५:१८]

म तपाईंको छोरा कहलिन योग्यको छैन

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । तपाईंले यसलाई [लूका १५:१८]

Luke 15:22

उत्तम वस्‍त्र

“घरमा भएका उत्तम पोशाक ।” वैकल्पिक अनुवादः “उत्तम कोट” वा “उत्तम लुगा”

उसको हातमा औँठी लगाइदेओ

औँठी मानिसहरूले अधिकारको सङ्केतको रूपमा तिनीहरूको एउटा औँलामा लगाउँथे ।

जुत्ताहरू

त्यस समयका धनी मानिसहरूले चप्‍पलहरू लगाउँथे । तापनि, धेरै समाजहरूमा त्यसको अहिलेको बराबरी चाहिँ “जुत्ताहरू” हुने थियो ।

Luke 15:23

मोटो पारिएको पशु

बाछो भनेको कलिलो गाई हो । मानिसहरूले तिनीहरूका कुनै एउटा बाछोलाई विशेष खानेकुरा दिन्थे ताकि त्यो राम्ररी बढोस्, र जब तिनीहरूलाई कुनै विशेष भोज राख्‍न मन हुन्थ्यो, तिनीहरूले त्यस समयमा त्यसलाई खान्थे । वैकल्पिक अनुवादः “उत्तम पशु” वा “हामीले मोटो बनाउँदै आएको जवान पशु”

त्यसलाई मार

तिनीहरूले मासुलाई पकाउनु पर्थ्यो भनेर आशय दिइएको जानकारीलाई स्‍पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “यसलाई मारेर पकाऊ”

Luke 15:24

मेरो यो छोरो मरेको थियो, अब जीवित भएको छ

यस अलङ्कारले छोरो गएको कुरालाई ऊ मृत भए झैँ गरी बताउँछ । वैकल्पिक अनुवादः “मेरो छोरा मरेसरह थियो, तर ऊ अहिले जीवित भएको छ” वा “मलाई मेरो छोरा मरेको जस्तै लागेको थियो, तर अब ऊ जीवित भएको छ”

ऊ हराएको थियो, तर अब ऊ भेटिएको छ

यस अलङ्कारले छोरो गएको कुरालाई ऊ हराएको थियो भने झैँ गरेर बताउँछ । वैकल्पिक अनुवादः “मेरो छोरा हराएसरह थिए र अहिले मैले उसलाई भेट्टाएको छु” वा “मेरा छोरा हराएको थियो र घर फर्केको छ”

Luke 15:25

अब

यो शब्द मुख्य कथावर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यहाँ येशूले जेठो छोरोको बारेमा भएको कथाको नयाँ भाग बताउन थाल्‍नुहुन्छ ।

खेतमा

ऊ त्यहाँ काम गरिरहेको हुनाले ऊ बाहिर खेतमा थियो भन्‍ने आशय दिइएको छ ।

Luke 15:26

सेवकहरूमध्ये एकजना

यहाँ “सेवक” भनी अनुवाद गरिएको शब्दलाई सामान्यतया “केटा” भनेर अनुवाद गरिन्छ । यसले नोकर धेरै सानो थियो भनी देखाउँछ ।

यी कुराहरू के हुन् भनेर

“के भइरहेको थियो” (युडीबी)

Luke 15:27

मोटो पारिएको पशु

बाछो भनेको कलिलो गाई हो । मानिसहरूले तिनीहरूका कुनै एउटा बाछोलाई विशेष खानेकुरा दिन्थे ताकि त्यो राम्ररी बढोस्, र जब तिनीहरूलाई कुनै विशेष भोज राख्‍न मन हुन्थ्यो, तिनीहरूले त्यस समयमा त्यसलाई खान्थे । तपाईंले यो वाक्यांशलाई [लूका १५:२३]

Luke 15:29

यी धेरै सालहरू

“धेरै वर्षसम्‍म”

म तपाईंको दासत्वमा काम गरेँ

“मैले तपाईंको लागि असाध्यै मिहिनेत गरेर काम गरेँ” वा “मैले तपाईंको लागि कुनै दासले झैँ गरेर मिहिनेतका साथ काम गरेँ”

मैले कहिल्यै तपाईंको एउटा नियम पनि तोडिनँ

“म कहिल्यै पनि तपाईंप्रति अनाज्ञाकारी भइनँ” वा “मैले सदैव तपाईंले गर्नू भन्‍नुभएको हरेक कुरा गरेँ” (युडीबी)

एउटा कलिलो बाख्रो

कलिलो बाख्रो चाहिँ मोटाएर राखिएको पशुभन्दा अलि सानो र कम महँगो हुन्थ्यो । वैकल्‍पिक अनुवादः “एउटा कलिलो बाख्रो पनि”

Luke 15:30

यो तपाईंको छोरा

“तपाईंको त्यो छोरा ।” ऊ कति रिसाएको छ भन्‍ने देखाउन दाजुले उसको भाइलाई यसरी भन्छ ।

जसले तपाईंको सम्पत्ति सखाप पारेको छ

खानेकुरा पैसाको लागि अलङ्कार हो । कसैले खानेकुरा खाइसकेपछि, त्यहाँ कुनै खानेकुरा हुँदैन र त्यहाँ खानलाई केही हुँदैन । भाइले पाएको रकम अब त्यहाँ थिएन र खर्च गर्नलाई अब अरू बढी केही थिएन । वैकल्पिक अनुवादः “तपाईंका सबै धन खेर फाल्यो” वा “तपाईंका सबै पैसा उडायो”

वेश्याहरूसँग

सम्भावित अर्थहरू हुन् १) उसको भाइले यसरी नै पैसा खर्च गर्‍यो भनेर उसले अनुमान गर्‍यो वा २) “टाढाको देशमा” उसको भाइको क्रियाकलापहरूको पापपूर्णतालाई अतिरञ्‍जन गर्न उसले वेश्याहरूको विषयमा कुरा गर्छ

मोटो पारिएको पशु

बाछो भनेको कलिलो गाई हो । मानिसहरूले तिनीहरूका कुनै एउटा बाछोलाई विशेष खानेकुरा दिन्थे ताकि त्यो राम्ररी बढोस्, र जब तिनीहरूलाई कुनै विशेष भोज राख्‍न मन हुन्थ्यो, तिनीहरूले त्यस समयमा त्यसलाई खान्थे । तपाईंले यसलाई [लूका १५:२३]

Luke 15:31

तब बाबुले उसलाई भने

“उसलाई” शब्दले जेठो छोरालाई जनाउँछ ।

Luke 15:32

यो तिम्रो भाइ

भर्खर आएका यी व्यक्ति उनका भाइ थिए भनी बाबुले ठुलो छोरालाई सम्झाउँदै छ ।

यो तिम्रो भाइ मरेका थिए र अहिले जीवित भएका छन्

यो अलङ्कारमा भाइले लामो समयसम्म घर छोड्नुलाई मरेकोसँग तुलना गरिएको छ । तपाईंले यसलाई [लूका १५:२४]

उनी हराएका थिए र अहिले भेट्टिएका छन्

यो अलङ्कारमा छोराले लामो समयसम्म घर छोड्नुलाई हराएकोसँग तुलना गरिएको छ । तपाईंले यसलाई [लूका १५:२४]


Translation Questions

Luke 15:4

येशूको दृष्‍टान्तमा एक सय भेडाबाट हराएको एउटा भेडालाई गोठालाले के गर्छ ?

उसले उनान्सयलाई छोडेर खोज्‍न जान्छ र हराएको भेडालाई भेट्टाउँछ, अनि रमाउदै यसलाई फर्काएर ल्याउँछ । [१५:४-५]

Luke 15:5

येशूको दृष्‍टान्तमा एक सय भेडाबाट हराएको एउटा भेडालाई गोठालाले के गर्छ ?

उसले उनान्सयलाई छोडेर खोज्‍न जान्छ र हराएको भेडालाई भेट्टाउँछ, अनि रमाउदै यसलाई फर्काएर ल्याउँछ । [१५:४-५]

Luke 15:8

येशूको दृष्‍टान्तमा दसवटा चाँदीका सिक्‍का भएकी स्‍त्रीले एउटा सिक्‍का हराउँदा के गर्छिन् ?

तिनले हराएको सिक्‍कालाई नभेट्टाएसम्म मेहनतसाथ खोज्दछिन्, र भेटेपछि तिनका साथी र छिमेकीहरूसँग खुसी बाँड्‌छिन् । [१५:८-९]

Luke 15:9

येशूको दृष्‍टान्तमा दसवटा चाँदीका सिक्‍का भएकी स्‍त्रीले एउटा सिक्‍का हराउँदा के गर्छिन् ?

तिनले हराएको सिक्‍कालाई नभेट्टाएसम्म मेहनतसाथ खोज्दछिन्, र भेटेपछि तिनका साथी र छिमेकीहरूसँग खुसी बाँड्‌छिन् । [१५:८-९]

Luke 15:10

जब एउटा पापीले पश्‍चात्ताप गर्छ तब स्वर्गमा के हुन्छ ?

परमेश्‍वरका स्वर्गदूतहरूका बिचमा आनन्द हुन्छ । [१५:१०]

Luke 15:12

येशूको दृष्‍टान्तमा कान्छ छोराले उसका बुबालाई के माग्यो ?

मेरो अंशमा पर्ने मेरो सम्‍पत्तिको हिस्सा अहिले नै मलाई दिनुहोस् । [१५:१२]

Luke 15:13

कान्छो छोराले उसको सम्‍पत्तिलाई के गर्‍यो ?

उसले सांसारिक मोजमज्जामा सम्‍पत्ति उडायो । [१५:१३]

Luke 15:15

कान्छो छोराले पैसा सकेपछि बाँच्‍नलाई के गर्‍यो ?

ऊ आफैँले अर्को मानिसका सुँगुरहरू चराउने काम गर्‍यो । [१५:१५]

Luke 15:18

जब उसले राम्ररी विचार गर्न थाल्यो, तब कान्छो छोराले के गर्ने निर्णय गर्‍यो ?

आफ्ना बुबाको अगि गएर उसका बुबासँग आफ्ना पापको क्षमा माग्‍ने र बुबालाई उहाँका नोकरहरूमध्ये एक हुने निर्णय गर्‍यो । [१५:१८-१९]

Luke 15:19

जब उसले राम्ररी विचार गर्न थाल्यो, तब कान्छो छोराले के गर्ने निर्णय गर्‍यो ?

आफ्ना बुबाको अगि गएर उसका बुबासँग आफ्ना पापको क्षमा माग्‍ने र बुबालाई उहाँका नोकरहरूमध्ये एक हुने निर्णय गर्‍यो । [१५:१८-१९]

Luke 15:20

बुबाले कान्छो छोरा घरमा फर्केर आउँदै गरेको देखेर के गरे ?

तिनी दौडेर गए र अँगालो हालेर चुम्बन गरे । [१५:२०]

Luke 15:22

चाँडै नै कान्छो छोराका लागि बुबाले के गरे ?

बुबाले तिनलाई लुगा, औँठी र जुत्ता लगाइदिए र एउटा भोज तयार गरे । [१५:२२-२३]

Luke 15:23

चाँडै नै कान्छो छोराका लागि बुबाले के गरे ?

बुबाले तिनलाई लुगा, औँठी र जुत्ता लगाइदिए र एउटा भोज तयार गरे । [१५:२२-२३]

Luke 15:28

जेठो छोरालाई भाइको निम्ति भोजको तयार गरेको छ भन्‍ने बारेमा बताउँदा उसको प्रतिक्रिया कस्तो थियो ?

ऊ रिसाएर भोजमा गएन । [१५:२८]

Luke 15:29

आफ्नो बुबासँग जेठो छोराको गुनासो के थियो ?

जेठो छोराको गुनासो यही थियो कि उसले आफ्नो बुबाका सबै आज्ञा पालन गरेको थियो, तर उसका साथीहरूसित भोज गर्न उसलाई कहिल्यै पनि एउटा पाठोसम्म पनि दिनुभएन । [१५:२९]

Luke 15:31

जेठो छोराप्रति बुबाको प्रतिक्रिया कस्तो थियो ?

तिनले भने, “छोरा, तिमी त मसँग सधैँ छौ र मसँग भएका सबै थोक तिम्रै हुन्” । [१५:३१]

Luke 15:32

किन बुबाले कान्छो छोराका निम्ति भोज तयार गर्न उचित छ भने ?

किनभने कान्छो छोरा हराएको थियो र अहिले भेट्टाइएको छ । [१५:३२]


Chapter 16

1 येशूले आफ्ना चेलाहरूलाई पनि भन्‍नुभयो, “एक जना धनी मानिसको एउटा व्यवस्थापक थियो र त्यस व्यवस्थापकलाई तिनको धन फजुल खर्च गरिरहेको छ भन्‍ने दोष लागेको थियो । 2 तब ती धनी मानिसले त्यसलाई बोलाएर भने, ‘तेरो बारेमा म यो के सुन्दैछु? तेरो व्यवस्थापनको बारेमा हिसाब दे, किनकि अब उप्रान्त तँ व्यवस्थापक हुन सक्दैनस् ।’ 3 त्यो व्यवस्थापकले आफ्नो मनमा भन्यो, ‘ म के गरूँ? किनकि मेरा मालिकले अब मलाई व्यवस्थापकको कामबाट हटाउँदै छन् । मेरो खन्‍ने तागत छैन, र मलाई भीख माग्‍न लाज लाग्छ । 4 मैले के गर्नेछु भन्‍ने कुरा मलाई थाहा छ, ताकि मलाई व्यवस्थापकको कामबाट हटाइएपछि मानिसहरूले मलाई तिनीहरूका घरमा निम्त्याऊन् ।’ 5 तब त्यस व्यवस्थापकले त्यसका मालिकका ऋणीहरू प्रत्येकलाई बोलायो, र पहिलोलाई सोध्यो, ‘तिमीले मेरा मालिकलाई कति तिर्नु छ? ’ 6 त्यसले भन्यो, ‘एक सय माना जैतूनको तेल ।’ त्यसले त्यसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ, तुरुन्तै बसेर पचास लेख ।’ 7 तब त्यस व्यवस्थापकले अर्कोलाई भन्यो, ‘तिम्रोचाहिं ऋण कति छ?’ त्यसले भन्यो, ‘एकसय कोर गहुँ ।’ त्यसले त्यसलाई भन्यो, ‘तिम्रो तमसुक ल्याऊ, र असी लेख ।’ 8 तब ती मालिकले त्यस अधर्मी व्यवस्थापकको प्रशंसा गरे किनभने त्यसले चतुर्‍याइँसँग काम गरेको थियो । किनकि आफ्ना मानिसहरूसँग व्यवहार गर्दा ज्योतिका सन्तानभन्दा यस संसारका सन्तानहरू बढी चतुर हुन्छन् । 9 म तिमीहरूलाई भन्दछु, अधर्मको धनले तिमीहरूले आफ्ना लागि मित्रहरू बनाओ, ताकि जब त्यो धन सकिन्छ, तिनीहरूले तिमीहरूलाई अनन्त वासस्थानमा स्वागत गरून् । 10 जो अति थोरै कुरामा विश्‍वासयोग्य हुन्छ, त्यो धेरै कुरामा पनि विश्‍वासयोग्य हुन्छ र जो अति थोरै कुरामा अधर्मी हुन्छ, त्यो धेरै कुरामा पनि अधर्मी हुन्छ । 11 यदि तिमीहरू अधर्मको धन प्रयोग गर्ने कुरामा विश्‍वासयोग्य भएका छैनौ भने साँचो धनमा तिमीहरूलाई कसले भरोसा गर्ला र? 12 यदि तिमीहरू अरू मानिसहरूको सम्पत्ति प्रयोग गर्ने कुरामा विश्‍वासयोग्य भएका छैनौ भने, तिमीहरूको आफ्नै सम्पत्ति तिमीहरूलाई कसले देला र? 13 कुनै पनि सेवकले दुई जना मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले एउटालाई घृणा गर्नेछ, र अर्कोलाई प्रेम गर्नेछ अथवा एउटाप्रति भक्‍ति देखाउनेछ र अर्कोलाई तुच्छ ठान्‍नेछ । तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्दैनौ ।” 14 अब सम्पत्तिका प्रेमी फरिसीहरूले यी सबै कुरा सुने, र तिनीहरूले उहाँको गिल्ला गरे । 15 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसहरूको द‍ृष्‍टिमा तिमीहरू आफैंलाई धर्मी ठहर्‍याउँछौ, तर परमेश्‍वरले तिमीहरूका हृदयहरू जान्‍नुहुन्छ । मानिसहरूका माझमा जे उच्‍च हुन्छ, त्यो परमेश्‍वरको द‍ृष्‍टिमा घृणित हुन्छ । 16 यूहन्‍ना नआउन्जेल व्यवस्था र अगमवक्ताहरूको प्रभाव थियो । त्यस समयदेखि परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरिएको छ, र यसमा सबै जना बलजफ्तीसँग प्रवेश गर्न कोसिस गर्छन् । 17 तर व्यवस्थाको अक्षरको एक मात्रा पनि रद्द हुनुभन्दा स्वर्ग र पृथ्वीलाई बितेर जान बढी सजिलो छ । 18 हरेक जसले आफ्नी पत्‍नीलाई छोडपत्र दिन्छ र अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्छ, र आफ्नो पतिबाट छोडपत्र पाएकीलाई जसले विवाह गर्छ, त्यसले पनि व्यभिचार गर्छ । 19 अब वैजनी रङ्गको र मसिनो मलमलको वस्‍‍त्र पहिरिएको एक जना धनी मानिस थियो, र आफ्नो प्रशस्त धन सम्पत्तिमा हरेक दिन आनन्द गरिरहेको थियो । 20 लाजरस नाम गरेको, घावैघाउ भएको एक जना भिखारीलाई ल्याएर उसको ढोकामा राखिन्थ्यो, 21 र धनी मानिसको टेबुलबाट झरेका टुक्राटाक्रीले आफ्नो पेट भर्ने इच्छा गर्थ्‍यो । कुकुरहरूले पनि आएर त्यसका घाउहरू चाट्थे । 22 यसपछि त्यो भिखारी मर्‍यो र स्वर्गदूतहरूद्वारा त्यसलाई उठाएर अब्राहामको छेउमा लगियो । त्यो धनी मानिस पनि मर्‍यो र गाडियो, 23 र नरकमा कष्‍ट भोगिरहेको बेला उसले आफ्ना आँखा उठाएर हेर्‍यो र टाढामा अब्राहामलाई र तिनको छेउमा लाजरसलाई देख्यो । 24 अनि उसले कराएर भन्यो, ‘पिता अब्राहाम, ममाथि कृपा गर्नुहोस् र लाजरसलाई पठाइदिनुहोस्, ताकि त्यसले आफ्नो औंलाको टुप्पा पानीमा चोपेर मेरो जिब्रोलाई शितल पारिदेओस्, किनकि म यस ज्वालामा पीडामा छु ।’ 25 तर अब्राहामले भने, ‘बाबु, याद गर कि तिमीले आफ्नो जीवनकालमा असल कुराहरू पायौ, र त्यसै गरी लाजरसले खराब कुराहरू पायो । तर अहिले त्यो यहाँ आराममा छ, र तिमी पीडामा छौ । 26 यी सबै बाहेक, एउटा ठुलो खाडल राखिएको छ ताकि यताबाट तिमीकहाँ आउन चाहनेहरू आउन नसकून् र त्यहाँबाट हामीहरूकहाँ कोही आउन नसकून् ।’ 27 धनी मानिसले भन्यो, ‘पिता अब्राहाम, म तपाईंलाई बिन्ती गर्छु, तपाईंले त्यसलाई मेरा बुबाको घरमा पठाइदिनुहोस् । 28 किनकि मेरा पाँच जना भाइ छन्—त्यसले तिनीहरूलाई चेताउनी देओस्, ताकि तिनीहरू यस कष्‍टको ठाउँमा नआउन् ।’ 29 तर अब्राहामले भने, ‘तिनीहरूसँग मोशा र अगमवक्‍ताहरू छन्; तिनीहरूले उनीहरूका कुरा सुनून् ।’ 30 धनी मानिसले उत्तर दियो, ‘होइन पिता अब्राहाम, यदि मरेकाहरूबाट कोही तिनीहरूकहाँ गयो भने तिनीहरूले पश्‍चात्ताप गर्नेछन् ।’ 31 तर अब्राहामले उसलाई भने, ‘यदि तिनीहरूले मोशा र अगमवक्‍ताका कुरा सुन्दैनन् भने कोही मृत्युबाट उठे पनि तिनीहरूले मान्‍ने छैनन्' ।"

लूका १६ सामान्य टिपोटहरू


Luke 16:1

जोड्ने कथनः

येशूले अर्को दृष्‍टान्त बताउन थाल्‍नुहुन्छ । यो एउटा मालिक र उसका ऋृणीहरूको व्यवस्थापकको विषयमा हो । यो अझै पनि कथाको उही भाग र उही दिन हो जुन [लूका १५:३]

अब येशूले चेलाहरूलाई यसो पनि भन्‍नुभयो

अन्तिम खण्‍ड फरिसीहरू र शास्‍त्रीहरूलाई लक्षित थियो, तथापि येशूका चेलाहरू पनि सुन्‍नेहरूको भीडमा थिए ।

त्यहाँ कोही एउटा धनी मानिस थियो

यसले दृष्‍टान्तमा एउटा नयाँ पात्रलाई परिचय गराउँछ ।

तिनलाई सुनाइयो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले धनी मानिसलाई भने”

उसको धनको फजुल खर्च गरिरहेको

“धनी मानिसको धन मूर्खतापूर्वक खर्च गरिरहेको”

Luke 16:2

तिम्रो बारेमा म यो के सुन्दै छु ?

धनी मानिसले ती व्यवस्थापकलाई गाली गर्न एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिमीले गरिरहेको कुरा मैले सुनेको छु ।”

तिम्रो व्यवस्थापनको बारेमा हिसाब देऊ

“अरू कसैलाई जिम्मा लगाउनलाई तिम्रा हिसाबहरू तयार गर” वा “तिमीले मेरो रुपियाँ-पैसाबारे लेखेका विवरणहरू तयार पार”

Luke 16:3

म के गरूँ ... मबाट व्यवस्थापनको काम लगिइसकेपछि ?

व्यवस्थापकले उसका विकल्पहरूलाई पुनः विचार गर्नलाई आफैँलाई प्रश्‍न सोध्छन् । वैकल्‍पिक अनुवादः “मैले के गर्नुपर्छ भनेर मैले विचार गर्न जरुरी छ ... काम ... ”

मेरा मालिक

यसले धनी मासिनलाई जनाउँछ । व्यवस्थापक नोकर थिएनन् । वैकल्पिक अनुवादः “मलाई काम लगाइदिनुहुने”

मेरो खन्‍ने तागत छैन

“खेत खन्‍नलाई म पर्याप्‍त मात्रामा बलियो छैन” वा “म खन्‍न सक्षम छैन”

Luke 16:4

जब म मेरो व्यवस्थापकको कामबाट हटाइन्छु

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब मैले मेरो व्यवस्थापकको काम गुमाउँछु” वा “जब मेरा मालिकले मेरो व्यवस्थापनको काम खोस्छन्”

मानिसहरूले मलाई तिनीहरूका घरहरूमा स्वागत गर्नेछन्

यसले ती मानिसहरूले कुनै जागिर, वा उसलाई बाँच्‍नलाई खाँचो पर्ने कुराहरू जुटाइदिनेछन् भन्‍ने आशय दिन्छ ।

Luke 16:5

उसका मालिकका ऋृणीहरू

“उसका मालिकबाट ऋृण लिएका मानिसहरू” वा “उसका मालिकप्रति केही कुराको ऋृणी भएका मानिसहरू ।” यस कथामा ऋृणीहरूले जैतूनको तेल र गहुँ लिएका थिए ।

Luke 16:6

उसले भन्यो ... उनले तिनलाई भने

“ऋृणीले भन्यो ... व्यवस्थापकले ऋृणीलाई भने”

एक सय माना जैतूनको तेल

यो झण्डै ३,००० लिटर जतिको जैतूनको तेल थियो ।

एक सय … पचास

“१०० … ५०”

तिम्रो रसिद लेऊ

“रसिद” भनेको कागजको एउटा टुक्रा हो जसले कसैले कति तिर्नुपर्छ भनेर बताउँछ ।

Luke 16:7

तब व्यवस्थापकले अर्कोलाई भने ... उसले भन्यो ... उनले तिनलाई भने

“व्यवस्थापकले अर्का ऋृणीलाई भने ... ऋृणीले भन्यो ... व्यवस्थापकले ऋृणीलाई भने”

एक सय कोर गहुँ

तपाईंले यसलाई आद्युनिक नापमा बदल्‍न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “झण्डै २०,००० लिटर जतिको गहुँ” वा “गहुँका हजार डालाहरू”

असी लेख

“असी कोर गहुँ ।” तपाईंले यसलाई आद्युनिक नापमा बदल्‍न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “सोह्र हजार लिटर लेख” वा “आठ सय डालाहरू लेख”

असी

“८०”

Luke 16:8

जोड्ने कथनः

येशूले मालिक र उसका ऋृणीहरूको व्यवस्थापकको बारेमा भएको दृष्‍टान्त भन्‍न सकाउनुहुन्छ । पद ९ मा, येशूले उहाँका चेलाहरूलाई सिकाउन निरन्तरता दिनुहुन्छ ।

तब मालिकले प्रशंसा गरे

मालिकले व्यवस्थापकको कामको बारेमा कसरी थाहा गरे भनेर पाठ्यखण्‍डले बताउँदैन ।

प्रशंसा गरे

“तारिफ गरे” वा “... बारेमा राम्रो भने” वा “स्वीकार गरे”

उसले चतुर्‍याइँसँग काम गरेको थियो

“उसले चलाख भएर काम गरेको थियो” वा “उसले बुद्धिमानीपूर्ण काम गरेको थियो”

यस संसारका छोराहरू

यसले परमेश्‍वरलाई नचिन्‍ने वा वास्ता नगर्ने अधर्मी व्यवस्थापकजस्ता मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यस संसारका मानिसहरू” वा “सांसारिक मानिसहरू”

ज्योतिका छोराहरू

यहाँ “ज्योति”ले ईश्‍वरहीन रहेका सबै कुराको लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “परमेश्‍वरका मानिसहरू” वा “ईश्‍वरीय मानिसहरू”

Luke 16:9

म तिमीहरूलाई भन्दछु

“म” ले येशूलाई जनाउँछ । “म तिमीहरूलाई भन्दछु” भन्‍ने वाक्यांशले कथाको अन्त्यलाई जनाउँछ र अब येशूले मानिसहरूलाई सो कथालाई तिनीहरूको जीवनमा कसरी लागु गर्ने भनी बताउनुहुन्छ ।

अधार्मिक पैसाको माध्यमद्वारा तिमीहरू आफ्‍ना लागि मित्रहरू बनाओ

यहाँ ध्यान चाहिँ पैसा अरू मानिसहरूलाई सहयोग गर्न प्रयोग गर्ने विषयमा हो । वैकल्‍पिक अनुवादः “सांसारिक सम्पत्तिले तिनीहरूलाई सहायता गरेर मानिसहरूलाई तिमीहरूको मित्रहरू बनाओ”

अधर्मी धनको माध्यमद्वारा

सम्भावित अर्थहरू हुन् १) येशूले पैसालाई “अधार्मिक” भन्‍नुहुँदा अतिशयोक्तिको प्रयोग गर्नुहुन्छ किनभने त्यसको कुनै अनन्त मूल्य हुँदैन । वैकल्‍पिक अनुवादः “पैसाको प्रयोग गरेर, जसको कुनै अनन्त मूल्य हुँदैन” वा “सांसारिक रुपैँया-पैसाको प्रयोग गरेर” वा २) येशूले पैसालाई “अधार्मिक” भन्‍नुहुँदा प्रतिस्थापन शब्दको प्रयोग गर्नुहुन्छ किनभने कहिलेकाहीँ मानिसहरूले अधार्मिक तरिकाले पैसा कमाउँछन् वा त्यसलाई प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “तिमीहरूले बेइमानीसँग कमाएको पैसा पनि प्रयोग गरेर”

तिनीहरूले ग्रहण गरून्

यसले जनाउन सक्छ १) स्वर्गमा हुनुभएको परमेश्‍वर, जो तिमीहरूले मानिसहरूलाई सहयोग गर्न पैसाको प्रयोग गरेकोमा खुशी हुनुहुन्छ, वा २) ती मित्रहरू जसलाई तिमीहरूले आफ्‍नो पैसाले सहयोग गर्‍यौ ।

अनन्त वासस्थानहरू

यसले स्वर्गलाई जनाउँछ, जहाँ परमेश्‍वर बस्‍नुहुन्छ ।

Luke 16:10

ऊ जो विश्‍वासयोग्‍य हुन्छ ... पनि विश्‍वासयोग्‍य हुन्छ ... ऊ जो अधर्मी छ ... पनि अधर्मी हुन्छ

“ती मानिसहरू जो विश्‍वासयोग्‍य छन् ... पनि विश्‍वासयोग्‍य हुन्छन् ... ती मानिसहरू जो अधर्मी छन् ... पनि अधर्मी हुन्छन्” यसमा स्‍त्रीहरू पनि समेटिएका छन् ।

एकदम कममा विश्‍वासयोग्‍य छ

“साना कुराहरूमा पनि विश्‍वासयोग्‍य ।” यो कुरा पक्‍का गर्नुहोस् कि तिनीहरू धेरै विश्‍वासयोग्‍य छैनन् भनेको जस्तो नसुनियोस् ।

धेरै कममा अधर्मी

“साना कुराहरूमा पनि अधर्मी ।” यो कुरा पक्‍का गर्नुहोस् कि तिनीहरू धेरैपटक अधर्मी छैनन् भनेको जस्तो नसुनियोस् ।

Luke 16:11

अधर्मी सम्पत्ति

तपार्इंले यसलाई [लूका १६:०९]

साँचो सम्पत्तिमा तिमीहरूलाई कसले भरोसा गर्ला र ?

येशूले मानिसहरूलाई सिकाउन एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूलाई कसैले पनि साँचो धनको निम्ति भरोसा गर्नेछैन ।” वा “तिमीहरूलाई साँचो धनको व्यवस्थापन गर्नलाई कसैले दिनेछैन ।”

साँचो धन

यसले त्यो धनलाई जनाउँछ जुन बढी साँचो, वास्तविक, वा पैसाभन्दा बढी रहने हुन्छ ।

Luke 16:12

तिमीहरूको आफ्नै सम्पत्ति तिमीहरूलाई कसले देला र ?

येशूले मानिसहरूलाई सिकाउन एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “कसैले पनि तिमीहरूलाई तिमीहरूको सम्पत्ति दिँदैन ।”

Luke 16:13

कुनै पनि सेवकले … सक्दैन

“एउटा नोकरले … गर्न सक्दैन”

दुई मालिकहरूको सेवा गर्नु

यो आशय दिइएको छ कि उसले “एकै समयमा दुई मालिकहरूको सेवा गर्न” सक्दैन ।

किनकि कि त उसले ... घृणा गर्नेछ ... वा ऊ ... समर्पित हुनेछ

यी दुई वाक्यांशहरू मूलभूत रूपमा एउटै हुन् । एउटै प्रमुख भिन्‍नता भनेको यो हो कि पहिलो वाक्यांशमा पहिलो मालिकलाई घृणा गरिन्छ, तर दोस्रो वाक्यांशमा चाहिँ दोस्रो मालिकलाई घृणा गरिन्छ ।

त्यसले घृणा गर्नेछ

“त्यो नोकरले घृणा गर्नेछ”

ऊ एउटाप्रति समर्पित हुनेछ

“एउटालाई गहिरो रूपमा प्रेम गर्नेछ”

अर्कोलाई तुच्छ ठान्‍नेछ

“अर्कोलाई हेला गर्छ” वा “अर्कोको अवहेलना गर्छ”

तुच्छ ठान्‍नु

यसले मूलभूत रूपमा अघिल्‍लो वाक्यांशमा “घृणा गर्नु” भनेको झैँ उही अर्थ दिन्छ ।

तिमीहरूले सेवा गर्न सक्दैनौ

येशूले मानिसहरूको समूहसँग कुरा गरिरहनुभएकोले “तिमी” को बहुवचन रूप भएका भाषाहरूले त्यसैलाई प्रयोग गर्नुपर्छ ।

Luke 16:14

सामान्य जानकारीः

यो येशूका शिक्षाहरूमा आएको छोटो रोकावट हो, जसै पद १४ ले फरिसीहरूले येशूलाई कसरी गिल्‍ला गरे भन्‍ने बारेमा पृष्‍ठभूमि जानकारी बताउँछ । पद १५ मा, येशूले सिकाउन निरन्तरता दिनुहुन्छ र फरिसीहरूलाई जवाफ दिनुहुन्छ ।

अब

यो शब्दले पृष्‍ठभूमि जानकारीतर्फ कुरा फर्केकोलाई अङ्कित गर्छ ।

जो सम्पत्तिका प्रेमी थिए

“जसले पैसा भएको मन पराउँथे” वा “जो पैसाका लागि धेरै लोभी थिए”

तिनीहरूले उहाँको गिल्ला गरे

“फरिसीहरूले येशूको खिल्ली उडाए”

Luke 16:15

त्यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो

“र येशूले फरिसीहरूलाई भन्‍नुभयो”

तिमीहरू तिनीहरू हौ जसले मानिसको दृष्‍टिमा आफैँलाई धर्मी ठहर्‍याउँछौ

“तिमीहरू आफैँले आफैँलाई मानिसहरूप्रति असल देखाउने कोसिस गर्छौ”

तर परमेश्‍वरले तिमीहरूका हृदयहरू जान्‍नुहुन्छ

यहाँ “हृदयहरू”ले मानिसहरूका चाहनाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूको साँचो इच्छाहरू बुझ्‍नुहुन्छ” वा “परमेश्‍वरले तिमीहरूका आकाङ्क्षाहरू जान्‍नुहुन्छ”

मानिसहरूका माझमा जे उच्‍च हुन्छ त्यो परमेश्‍वरको नजरमा घृणित हुन्छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती कुराहरू जसलाई मानिसहरूले धेरै महत्त्वपूर्ण ठान्‍छन्, तिनीहरूलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ”

Luke 16:16

व्यवस्था र अगमवक्ताहरू

यसले त्यस बेलासम्म लेखिएको परमेश्‍वरको सबै वचनलाई जनाउँछ ।

... सम्‍म चालु थियो

“अधिकार थियो” वा “मानिसहरूले आज्ञापालन गर्न जरुरी कुराहरू थिए”

यूहन्‍ना

यसले बप्‍तिस्मा दिने यूहन्‍नालाई जनाउँछ । वैकल्पिक अनुवादः “बप्‍तिस्मा-दिने यूहन्‍ना आए”

परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरिएको छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म मानिसहरूलाई परमेश्‍वरको राज्यको सुसमाचारबारे सिकाइरहेको छु”

सबै जना बलजफतीसँग प्रवेश गर्न कोसिस गर्छन्

यसले येशूको शिक्षालाई सुन्‍ने र स्वीकार गर्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “धेरै मानिसले यसभित्र प्रवेश गर्नलाई तिनीहरूले गर्न सक्‍ने हरेक कुरा गरिरहेका छन्”

Luke 16:17

तर व्यवस्थाको अक्षरको एक मात्रा पनि रद्द हुनुभन्दा स्वर्ग र पृथ्‍वीलाई बितेर जान बढी सजिलो छ

यो अन्तरलाई उल्‍टो क्रममा उल्‍लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “व्यवस्थाको अक्षरको सबैभन्दा सानो मात्रा पनि स्वर्ग र पृथ्वीभन्दा बढी लामो समय रहनेछन्”

एउटा अक्षरको थोप्लो पनि

“मात्रा” भनेको अक्षरको सबैभन्दा सानो भाग हो । यसले व्यवस्थामा भएको केही कुरालाई जनाउँछ जुन महत्त्वहीन रहेको जस्तो देखिन सक्छ । वैकल्पिक अनुवादः “व्यवस्थाको सबैभन्दा सानो विवरण पनि”

रद्द हुनु

“हराउनु” वा “अस्तित्वमा रहन बन्द गर्नु”

Luke 16:18

प्रत्येक जसले आफ्नी पत्‍नीलाई छोडपत्र दिन्छ

“उसकी पत्‍नीसँग विवाह विच्छेद गर्ने जो कोही” वा “उसकी पत्‍नीसँग विवाह विच्छेद गर्ने कुनै पनि मानिस”

व्यभिचार गर्छ

“व्यभिचारको दोषी हुन्छ”

जसले छोडपत्र गरिएकीसँग विवाह गर्छ

“हरेक मानिस जसले … स्‍त्रीलाई विवाह गर्छ”

Luke 16:19

सामान्य जानकारीः

यी पदहरूले येशूले धनी मानिस र लाजरसको बारेमा बताउन सुरु गर्नुभएको कथाको बारेमा पृष्‍ठभूमि जानकारी दिन्छन् ।

जोड्ने कथनः

जसै येशूले मानिसहरूलाई सिकाउन थाल्‍नुहुन्छ, उहाँले एउटा कथा बताउन थाल्‍नुहुन्छ । यो एउटा धनी मानिस र लाजरसको विषयमा हो ।

अब

यसले येशूको प्रवचनमा आएको बदलावलाई अङ्कित गर्छ जसै उहाँले एउटा कथा भन्‍न सुरु गर्नुहुन्छ जसले मानिसहरूलाई उहाँले तिनीहरूलाई के सिकाइरहनुभएको थियो भनेर बुझ्‍नलाई सहायता गर्नेछ ।

एक जना धनी मानिस

यस वाक्यांशले येशूको कथामा एउटा व्यक्तिलाई परिचय गराउँछ । यो एउटा वास्तविक मानिस हो या येशूले पाठको लागि भन्‍नुभएको केवल एउटा कथा हो भन्‍ने कुरा स्‍पष्‍ट छैन ।

उसले वैजनी रङ्गको नरम मलमलको वस्‍त्र पहिरन्थ्यो

“जसले वैजनी र नरम मलमलले बनेको कपडा लगाउँथ्यो” वा “जसले धेरै महँगो कपडा लगाउँथ्यो ।” वैजनी र नरम मलमलको कपडा धेरै महँगो हुन्थ्यो ।

हरेक दिन वैभवमा मनाउँथ्यो

“हरेक दिन महँगो खाना खाएर आनन्द मनाउँथ्यो” वा “धेरै पैसा खर्च गर्थ्यो र उसले इच्छा लागेको कुरा किन्थ्यो”

Luke 16:20

लाजरस नाम गरेको एकजना गरिब मानिसलाई उसको ढोकामा राखिदिन्थे

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले लाजरस नामको एकजना भिखारीलाई उसको ढोकामा राख्‍थे”

लाजरस नाम गरेको एकजना गरिब मानिस

यस वाक्यांशले येशूको कथामा अर्को व्यक्तिलाई परिचय गराउँछ । यिनी वास्तविक व्यक्ति थिए, वा यो सामान्य रूपमा कुनै भनाइ राख्‍न येशूले बताउनुभएको कथा थियो भनेर स्‍पष्‍ट छैन ।

उसको ढोकामा

“धनी मानिसको घरको ढोकामा” वा “धनी मानिसको जायजेथाको प्रवेशद्वारमा”

घावैघाउले भरिएको थियो

“उसको शरीरभरि घाउहरू थियो”

Luke 16:21

खसिरहेका कुराहरूबाट पेट भर्ने इच्छा गर्थ्‍यो

“खसेको खानाका टुक्राहरू उसलाई खान दिइयोस् भनी इच्छा गर्थ्यो”

कुकुरहरू पनि आइरहेका थिए

“पनि” शब्दले देखाउँछ कि यसपछि जे आउँछ त्यो लाजरसको बारेमा अगिबाटै भनिएको कुराभन्दा बढी खराब छ । वैकल्‍पिक अनुवादः “त्यसमाथि, कुकुरहरू आए” वा “अझै नराम्रो, कुकुरहरू आए”

कुकुरहरू

यहूदीहरूले कुकुरहरूलाई अशुद्ध जनावर मान्थे । लाजरस आफ्ना घाउ कुकुरहरूलाई चाट्न दिन नसक्‍ने गरी अति बिरामी र कमजोर थियो ।

Luke 16:22

अब यस्तो हुन आयो कि

यहाँ यो वाक्यांशलाई कथामा एउटा घटनालाई अङ्कित गर्न प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्‍नुहुन्छ ।

स्वर्गदूतहरूद्वारा उठाएर लगियो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “स्वर्गदूतहरूले उसलाई उठाएर लगे”

अब्राहामको छेउमा

यसको मतलब अब्राहाम र लाजरस ग्रीकहरूको भोज खाने शैलीअनुसार भोजमा एक अर्कामा ढेसिएर बसिरहेका थिए भन्‍ने हुन्छ । स्वर्गमा हुने आनन्दलाई धर्मशास्‍त्रमा धेरैपटक भोजको धारणाद्वारा प्रतिनिधित्व गरिएको छ ।

गाडियो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले उसलाई गाडे”

Luke 16:23

उनको छेउमा

यसको मतलब अब्राहाम र लाजरस ग्रीकहरूको भोज खाने शैलीअनुसार भोजमा एक अर्कामा ढेसिएर बसिरहेका थिए भन्‍ने हुन्छ । स्वर्गमा हुने आनन्दलाई धर्मशास्‍त्रमा धेरैपटक भोजको धारणाद्वारा प्रतिनिधित्व गरिएको छ ।

पातालमा, कष्‍ट भोगिरहेको

“ऊ पातालमा गयो, जहाँ कठोर पीडा भोग्‍दै”

उसले आफ्ना आँखा उठाएर हेर्‍यो

यो अलङ्कारको तात्पर्य “उसले माथि हेर्‍यो” भन्‍ने हुन्छ ।

Luke 16:24

उसले कराएर भन्यो

“र धनी मानिसले ... भन्‍नलाई बोलायो” वा “उसले अब्राहामलाई पुकार्‍यो”

पिता अब्राहाम

अब्राहाम ती धनी मानिस समेत गरेर सबै यहूदीहरूका पुर्खा थिए ।

ममाथि कृपा गर्नुहोस्

“कृपया, ममाथि दया गर्नुहोस्” वा “कृपया, ममाथि कृपालु हुनुहोस्”

र लाजरसलाई पठाइदिनुहोस्

“लाजरसलाई पठाएर” वा “र लाजरसलाई मकहाँ आउनलाई भनिदिनुहोस्”

उसको औँलाको टुप्‍पोलाई चोपोस्

यसले माग गरिएको परिमाणको सानोपनलाई सङ्केत गर्छ । वैकल्पिक अनुवादः “उसले आफ्नो औँलाको टुप्पो भिजाओस्”

यस यस ज्वालामा पीडामा छु

“म ज्वालामा भयानक पीडामा छु” वा “म यो आगोमा भयानक पीडा भोगिरहेको छु”

Luke 16:25

बाबु

धनी मानिस पनि अब्राहामका सन्तानहरूमध्येको एक थियो ।

असल कुराहरू

“राम्रा थोकहरू” वा “आनन्ददायक कुराहरू”

त्यसै गरी खराब कुराहरू

“त्यसै गरी खराब थोकहरू प्राप्‍त गर्‍यो” वा “त्यसै गरीउसलाई कष्‍ट दिने थोकहरू प्राप्‍त गर्‍यो”

त्यसै गरी

यसले त्यो तथ्यलाई जनाउँछ कि तिनीहरू दुवैले पृथ्‍वीमा हुँदा केही कुरा प्राप्‍त गरे । यसले भनिरहेको छैन कि तिनीहरूले पाएका कुरा एउटै थियो । वैकल्‍पिक अनुवादः “ऊ बाँचिरहेको बेलामा ... पायो”

उसलाई यहाँ आराम दिइएको छ

“उसलाई यहाँ सजिलो छ” वा “ऊ यहाँ खुशी छ”

पीडामा छौ

“कष्‍ट भोगिरहेको”

Luke 16:26

र यी सबै बाहेक

“यसको अतिरिक्त”

ठूलो खाडल राखिएको छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरू र हाम्रा बीचमा एउटा ठुलो गल्छी राख्‍नुभएको छ”

ठूलो खाडल

“भिरालो, गहिरो र फराकिलो उपत्यका” वा “ठुलो विभाजन” वा “ठुलो गल्छी” (युडीबी)

तिनीहरू जो नाघ्‍न चाहन्छन् ... नसकून्

“ती मानिसहरू जो त्यो धाँदो नाघ्‍न चाहन्छन् ... नसकून्” वा “यदि कसैले नाघ्‍न चाहन्छ भने ... उसले नसकोस्”

Luke 16:28

उसले तिनीहरूलाई चेताउनी दिनलाई

“ताकि लाजरसलाई तिनीहरूलाई चेतवनी देओस्”

यो कष्‍टको ठाउँ

“यो ठाउँ जहाँ हामीले कष्‍ट भोग्छौँ” वा “यो ठाउँ जहाँ हामीले भयानक पीडा भोग्छौँ”

Luke 16:29

जोड्ने कथनः

येशूले धनी मानिस र लाजरसको बारेमा कथा भन्‍न सकाउनुहुन्छ ।

तिनीहरूसँग मोशा र अगमवक्ताहरू छन्

यो आशय दिइएको छ कि अब्राहामले लाजरसलाई धनी मानिसका भाइहरूकहाँ पठाउन इन्कार गरे । यसलाई उल्‍लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अहँ, म त्यसो गर्नेछैन, किनकि तिम्रा भाइहरूसँग मोशा र अगमवक्ताहरूले लामो समय अगाडि लेखेका वचनहरू छन्”

मोशा र अगमवक्ताहरू

यसले तिनीहरूको लेखनहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “जे मोशा र अगमवक्ताहरूले लेखे”

तिनीहरूले उनीहरूका कुरा सुनून्

“तिम्रा भाइहरूले मोशा र अगमवक्ताहरूलाई नै ध्यान दिनुपर्छ”

Luke 16:30

मरेकाहरूबाट कोही तिनीहरूकहाँ गयो भने

यसले एउटा परिस्थितिलाई वर्णन गर्छ जुन भएको छैन, तर धनी मानिसले त्यो भइदिए हुन्थ्यो भनी चाहन्छन् । वैकल्पिक अनुवादः “यदि कोही मरेको मानिस नै तिनीहरूकहाँ गयो भने” वा “यदि कोही मरेको मानिस नै गयो र तिनीहरूलाई चेतावनी दियो भने”

मृतकहरूबाट

ती सबैको माझबाट जो मरिगएका छन् । यो अभिव्यक्तिले तलको संसारमा (पातालमा) भएका सबै मृत मानिसहरूलाई एकसाथमा वर्णन गर्छ ।

Luke 16:31

यदि तिनीहरूले मोशा र अगमवक्ताका कुरा सुनेनन् भने

यहाँ “मोशा र अगमवक्ताहरू”ले तिनीहरूले लेखेको कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “यदि तिनीहरूले मोशा र अगमवक्ताहरूले लेखेका वचनहरूमा ध्यान दिँदैनन् भने”

नता तिनीहरूले कोही मृतकहरूबाट बिउँतिने हो भने विश्‍वास गर्नेछन्

यदि त्यो परिकल्पित परिस्थिति भयो भने के हुने थियो भनेर अब्राहामले उल्‍लेख गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “नता मृतकबाट फर्केर आउने कोही व्यक्तिले तिनीहरूलाई मनाउन सक्नेछ” वा “यदि कोही व्यक्ति मृतकबाट फर्केर आयो भने पनि तिनीहरूले विश्‍वास गर्ने छैनन्”

मृतकहरूबाट बिउँतिने हो भने

“मृतकहरूबाट” भन्‍ने शब्दहरूले तलको संसारमा (पातालमा) भएका मृत मानिसहरूको विषयमा कुरा गर्छ । तीमध्येबाट बिउँतनु भनेको पुनः जीवित हुनु हो ।


Translation Questions

Luke 16:1

धनी मानिसले उसको व्यवस्थापकको बारेमा के खबर प्राप्‍त गर्‍यो ?

उसले त्यस धनी मानिसको सम्‍पत्तिलाई उडाइरहेको छ भन्‍ने खबर प्राप्‍त गर्‍यो । [१६:१]

Luke 16:5

त्यस व्यवस्थापकले आफ्नो काम छोड्न जोड दिनुभन्दा अगि के गर्‍यो ?

उसले त्यस धनी मानिसको प्रत्येक ऋणीलाई बोलायो र तिनीहरूको ऋणलाई कम गरिदियो । [१६:५-७]

Luke 16:6

त्यस व्यवस्थापकले आफ्नो काम छोड्न जोड दिनुभन्दा अगि के गर्‍यो ?

उसले त्यस धनी मानिसको प्रत्येक ऋणीलाई बोलायो र तिनीहरूको ऋणलाई कम गरिदियो । [१६:५-७]

Luke 16:7

त्यस व्यवस्थापकले आफ्नो काम छोड्न जोड दिनुभन्दा अगि के गर्‍यो ?

उसले त्यस धनी मानिसको प्रत्येक ऋणीलाई बोलायो र तिनीहरूको ऋणलाई कम गरिदियो । [१६:५-७]

Luke 16:8

उसको व्यवस्थापकको कामप्रति धनी मानिसको प्रतिक्रिया कस्तो थियो ?

उसले त्यस व्यवस्थापकको प्रशंसा गर्‍यो किनभने त्यसले चलाखीपूर्ण कार्य गरेको थियो । [१६:८]

Luke 16:9

यस कथाको आधारमा येशूले अरूहरूलाई के गर्नुभएको छ ?

उहाँले भन्‍नुभयो, “संसारको धनद्वारा तिमीहरूका निम्ति मित्रहरू बनाओ, त्यसकारण जब त्यो समाप्‍त हुनेछ, तब बाँकी तिनीहरूले तिमीहरूलाई अनन्तको वासस्थानमा स्वागत गर्न सकून् ।” [१६:९]

Luke 16:10

येशूले भन्‍नुभयो कि जो सानो कुरामा विश्‍वासयोग्य हुन्छ त्यो अरू कुन कुरामा पनि विश्‍वासयोग्य हुन्छ ?

त्यो मानिस धेरै कुरामा पनि विश्‍वासयोग्य हुनेछ । [१६:१०]

Luke 16:13

येशूले कुन-कुन दुई मालिकको बिचमा सेवा गर्न हामीले छान्‍नैपर्छ भन्‍नुभयो ?

हामीले परमेश्‍वर र धनको बिचमा छान्‍नैपर्छ । [१६:१३]

Luke 16:16

येशूको भनाइ अनुसार बप्‍तिस्मा-दिने यूहन्‍ना आउँदासम्म कसको प्रभाव थियो ?

व्यवस्था र अगमवक्ताहरूको प्रभाव थियो । [१६:१६]

येशूको भनाइअनुसार अहिले केको प्रचार गरिएको छ ?

अहिले परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरिएको छ । [१६:१६]

Luke 16:18

येशूको भनाइअनुसार जसले आफ्नी पत्‍नीलाई विच्छेद गर्दछ र अर्कीसँग विवाह गर्दछ भने त्यो कस्तो व्यक्‍ति हो ?

यो व्यक्‍ति एक व्यभिचारी हो । [१६:१८]

Luke 16:22

येशूको कथामा भिख माग्‍ने लाजरस मरेपछि ऊ कहाँ गयो ?

स्वर्गदूतहरूद्वारा लाजरसलाई अब्राहामको साथमा राखियो । [१६:२२]

Luke 16:23

धनी मानिस मरेपछि ऊ कहाँ गयो ?

कष्‍टको लागि नरकमा गयो । [१६:२३]

Luke 16:24

त्यस धनी मानिसले अब्राहामसँग गरेको पहिलो अनुरोध के थियो ?

उसले भन्यो, “ममाथि कृपा गर्नुहोस् र लाजरसलाई पठाइदिनुहोस् । उसको औँलाले पानीको थोपा चुहाई देओस् र मेरो जिब्रो शितल हुनेछ किनभने म यस ज्वालाको पीडामा छु” । [१६:२४]

Luke 16:26

त्यस धनी मानिसप्रति अब्राहामको उत्तर के थियो ?

उनले भने, “तिम्रो र हाम्रो बिचमा र मानिसहरू यताबाट उता र उताबाट यता आउन नसकून् भनेर ठुलो खाडल राखिएको छ” । [१६:२६]

Luke 16:27

अब्राहामसँग त्यस धनी मानिसले अर्को दोस्रो के बिन्‍ती गर्‍यो ?

उसले भन्यो, “कृपा गरी लाजरसलाई यस स्थानको बारेमा मेरा दाजुभाइहरूलाई चेतावनी दिनको निम्ति पठाइदिनुहोस्” । [१६:२७-२८]

Luke 16:28

अब्राहामसँग त्यस धनी मानिसले अर्को दोस्रो के बिन्‍ती गर्‍यो ?

उसले भन्यो, “कृपा गरी लाजरसलाई यस स्थानको बारेमा मेरा दाजुभाइहरूलाई चेतावनी दिनको निम्ति पठाइदिनुहोस्” । [१६:२७-२८]

Luke 16:29

त्यस धनी मानिसप्रति अब्राहामको जवाफ के थियो ?

उसले भन्यो, “तिनीहरूसँग मोशा र अगमवक्‍ताहरू छन् । तिनीहरूले उनीहरूका कुरा सुनून्” । [१६:२९]

Luke 16:31

अब्राहामले भने कि यदि तिनीहरूले मोशा र अगमवक्‍ताहरूलाई सुनेनन् भने, तिनीहरूलाई कुन कुराले मनाउन सक्थ्यो ?

यदि तिनीहरूले यी कुरामा विश्‍वास गर्दैनन् भने मृतकहरूबाट कोही जीवित भए पनि विश्‍वास गर्नेछैनन् । [१६:३१]


Chapter 17

1 येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “पाप गर्न लगाउने कुराहरू निश्‍चय नै हुनेछन्, तर त्यस व्यक्‍तिलाई धिक्‍कार छ जसद्वारा ती आउँछन्! 2 त्यसले यी सानाहरूमध्ये एक जनालाई ठेस लगाउनुभन्दा त त्यसको घाँटीमा जाँतोको एउटा ढुङ्गा झुन्डाएर त्यसलाई समुद्रमा फालिदिएको भए त्यसको लागि असल हुने थियो । 3 आफ्नो बारेमा होसियार रहो । यदि तिम्रो भाइले पाप गर्छ भने त्यसलाई हप्काऊ, र त्यसले पश्‍चात्ताप गर्छ भने त्यसलाई क्षमा गर । 4 यदि त्यसले तिम्रो विरुद्धमा दिनमा सात पटकसम्म पाप गर्छ भने, र सातै पटक ‘म पश्‍चात्ताप गर्छु’ भन्दै तिमीकहाँ फर्की आउँछ भने तिमीले त्यसलाई क्षमा गर्नुपर्छ ।" 5 प्रेरितहरूले प्रभुलाई भने, “हाम्रो विश्‍वास बढाइदिनुहोस् ।” 6 प्रभुले भन्‍नुभयो “यदि तिमीसँग रायोको बीउजत्रो विश्‍वास भएको भए किम्बुको रूखलाई ‘यहाँबाट उखेलिएर समुद्रमा रोपिन जा’ भन्यौ भने त्यसले तिम्रो आज्ञा मान्‍ने थियो । 7 तर तिमीहरूमध्ये को होला जसको जोत्‍ने वा भेडा चराउने सेवक खेतबाट आउँदा त्यसलाई 'तुरुन्तै आएर खाना खान बस्' भनी भन्‍नेछ? 8 के उसले त्यसलाई भन्‍नेछैन र? 'मेरो लागि केही खानेकुरा तयार पार्, र कम्मरमा पटुका कस् र मैले खानपिन गरी नसकुन्जेल मेरो सेवा गर् । त्यसपछि तैंले खानेछस् र पिउनेछस् ।' 9 उसले आफ्‍नो सेवकलाई अह्राएअनुसार त्यसले काम गरेको हुनाले, के उसले त्यसलाई धन्यवाद दिन्छ र? 10 त्यसरी नै जब तिमीहरूले पनि आफूलाई अह्राएको सबै कुराहरू गरिसकेका हुन्छौ, तब तिमीहरूले 'हामी अयोग्य सेवकहरू हौं । हामीले त आफूले गर्नुपर्ने कुरा मात्र गरेका छौं' भनी भन्‍नुपर्छ ।” 11 अब येशू यरूशलेमतिर यात्रा गर्नुहुँदा उहाँ सामरिया र गालीलको बीचबाट भएर जानुभयो । 12 उहाँ एउटा गाउँमा पस्‍नुहुँदा, त्यहाँ दस जना कुष्‍ठरोग लागेका मानिसहरूले उहाँलाई भेटे । तिनीहरू उहाँबाट टाढा उभिए 13 र तिनीहरूले यसो भन्दै आफ्ना स्वर उचाले, “येशू गुरुज्यू, हामीमाथि दया गर्नुहोस् ।” 14 जब उहाँले तिनीहरूलाई देख्नुभयो, उहाँले भन्‍नुभयो, “जाओ र आफैंलाई पूजाहारीहरूकहाँ देखाओ ।" तिनीहरू जाँदाजाँदै शुद्ध भए । 15 तिनीहरूमध्ये एक जनाले आफू निको भएको देखेर चर्को स्वरले परमेश्‍वरको महिमा गर्दै फर्कियो । 16 त्यो येशूलाई धन्यवाद दिंदै उहाँको चरणमा घोप्‍टो पर्‍यो । त्यो एक सामरी थियो । 17 तब येशूले भन्‍नुभयो, “के दस जना शुद्ध भएका होइनन्? नौ जना कहाँ छन्? 18 के यो परदेशीबाहेक फर्केर परमेश्‍वरलाई महिमा दिने अरू कोही भएनन् ? 19 उहाँले त्यसलाई भन्‍नुभयो, “उठ, र जाऊ । तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।” 20 परमेश्‍वरको राज्य कहिले आउँछ भनी फरिसीहरूले सोध्दा येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “परमेश्‍वरको राज्य देखिने गरी आउँदैन, 21 न त तिनीहरूले ‘हेर, यहाँ छ!' वा 'त्यहाँ छ!’ भन्‍नेछन् । किनकि हेर, परमेश्‍वरको राज्य तिमीहरूकै माझमा छ ।” 22 उहाँले चेलाहरूलाई भन्‍नुभयो, “ती दिनहरू आउँदैछन् जब तिमीहरूले मानिसका पुत्रका दिनहरूमध्ये कुनै एक दिन हेर्ने इच्छा गर्नेछौ तर तिमीहरूले त्यो देख्‍नेछैनौ । 23 तब तिनीहरूले तिमीहरूलाई ‘हेर, त्यहाँ छ!' वा 'हेर, यहाँ छ!’ भन्‍नेछन् । तर तिमीहरू बाहिर नजाओ वा तिनीहरूका पछि पछि नदौड, 24 किनकि जसरी बिजुली आकाशको एउटा कुनाबाट अर्को कुनामा चम्कँदा उज्यालो हुन्छ मानिसका पुत्र पनि आफ्नो दिनमा त्यस्तै हुनेछन् । 25 तर उनी पहिले विभिन्‍न थोकहरूबाट सताइनुपर्छ र यो पुस्ताद्वारा अस्वीकार गरिनुपर्छ । 26 जस्तो नोआका दिनहरूमा भयो, मानिसका पुत्रका दिनहरूमा पनि त्यस्तै हुनेछ । 27 नोआ जहाजभित्र नपसुन्जेलसम्म तिनीहरूले खाए, पिए, र विवाह गरे र तिनीहरूलाई विवाहमा दिइयो—र बाढी आयो र तिनीहरू सबैलाई नाश गर्‍यो । 28 लोतका दिनहरूमा पनि त्यस्तै भयो—तिनीहरू खाँदै र पिउँदै, किन्दै र बेच्दै, रोप्दै र निर्माण गर्दै थिए । 29 तर त्यो दिन जब लोत सदोम छोडेर गए, आकाशबाट आगो र गन्धक बर्सियो र तिनीहरू सबैलाई नष्‍ट गर्‍यो । 30 मानिसका पुत्र प्रकट हुने दिनमा पनि त्यस्तै हुनेछ । 31 त्यस दिनमा घरको माथिल्लो तल्‍लामा हुनेले आफ्नो घरभित्रको मालमत्ता लिनको लागि तल नआओस्, र कोही खेतमा छ भने त्यो नफर्कोस् । 32 लोतकी पत्‍नीलाई सम्झ । 33 जसले आफ्नो प्राण बचाउन खोज्छ त्यसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण गुमाउँछ त्यसले त्यो बचाउनेछ । 34 म तिमीहरूलाई भन्‍दछु, त्यस रात दुई जना मानिस एउटै खाटमा हुनेछन् । एक जना लगिनेछ, र अर्को छोडिनेछ । 35 दुईजना स्‍‍त्रीहरू एकैसाथ पिंधिरहेका हुनेछन् । एक जना लगिनेछ, र अर्को छोडिनेछ । 36 1 37 तिनीहरूले उहाँलाई सोधे, “कहाँ प्रभु?” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू पनि एकसाथ जम्मा हुन्छन् ।” 37 तिनीहरूले उहाँलाई सोधे, “कहाँ प्रभु?” र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू जम्मा हुनेछन् ।”

1लूका १७ः३६, प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा पद ३६ छैन- दुई जना खेतमा हुनेछन्; एक जना लगिनेछ र अर्को छोडिनेछ ।

लूका १७ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

पुरानो करारका उदाहरणहरू

येशूले उहाँका अनुयायीहरूलाई सिकाउन नोआ र लोतको जीवन प्रयोग गर्नुभयो । जलप्रलय आउँदा नोआ त्यसको लागि तयार थिए, र तिनीहरू उहाँ फर्किनुहुने समयको लागि तयार हुनुपर्थ्यो, किनभने उहाँ आउनुहुँदा उहाँले तिनीहरूलाई खबर गर्नुहुने थिएन । लोतकी पत्‍नीले तिनी बसोबास गरिरहेकी त्यस दुष्‍ट सहरलाई यति धेरै प्रेम गर्थिन् कि परमेश्‍वरले त्यस सहरलाई नाश पार्नुहुँदा तिनलाई पनि दण्‍ड दिनुभयो, र तिनीहरूले पनि येशूलाई अन्य कुनै पनि कुराभन्दा बढी प्रेम गर्न आवश्‍यक थियो ।

तिनीहरू जसले तपाईंको अनुवादलाई पढ्छन्, तिनीहरूलाई सहायताको खाँचो पर्न सक्छ ताकि येशूले त्यहाँ सिकाइरहनुभएको कुरा बुझ्‍न सकून् ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

परिकल्पित परिस्थितिहरू

परिकल्पित परिस्थितिहरू भनेको ती परिस्थितिहरू हुन् जुन वास्तवमै भएका छैनन् । अरूहरूलाई पाप गर्न लगाउनेहरूलाई जे हुनेछ सो डुबेर मर्नुभन्दा बढी खराब हुनेछ भनेर सिकाउनलाई येशूले एउटा विशेष प्रकारको परिकल्पित परिस्थितिको प्रयोग गर्नुभयो

आलङ्कारिक प्रश्‍नहरू

येशूले उहाँलाई असल तरिकाले सेवा गर्नेहरू पनि उहाँको अनुग्रहको कारण मात्रै धर्मी ठहरिन्छन् भनेर उहाँका चेलाहरूलाई सिकाउन तिनीहरूलाई तीनवटा प्रश्‍नहरू सोध्‍नुभयो अनि )

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“मानिसको पुत्र”

येशूले आफैँलाई यस अध्यायमा “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ अनि

विरोधाभासी अलङ्कार

विरोधाभासी अलङ्कार भनेको एउटा साँचो कथन हो जसले कुनै असम्भव कुरालाई वर्णन गरिरहेको जस्तो देखिन्छ । यस अध्यायमा एउटा विरोधाभासी अलङ्कारको प्रयोग भएको छः “हरेक जसले आफ्‍नो जीवनलाई बचाउन खोज्छ त्यसले त्यो गुमाउनेछ, तर हरेक जसले आफ्‍नो जीवन गुमाउँछ त्यसले त्यो बचाउनेछ” (लूका १७:३३) ।


Luke 17:1

जोड्ने कथनः

येशूले सिकाउन त निरन्तरता दिनुहुन्छ, तर अब उहाँले आफ्‍नो ध्यान फेरि उहाँका चेलाहरूतर्फ लगाउनुहुन्छ । यो अझै पनि कथाको उही भाग हो र उही दिन हो जुन लूका १५:३ मा सुरु भयो ।

ठेस खान लगाउने कुराहरू निश्‍चय नै हुनेछन्

“मानिसहरूलाई पाप गर्न परीक्षामा पार्ने थोकहरू निश्‍चय नै आउनेछन्”

धिक्‍कार तिनीहरूलाई जसद्वारा यी आउँदछन् !

“जसले परीक्षाहरू आउन लगाउँछ” वा “मानिसहरूलाई परीक्षित गर्न लगाउने कुनै पनि व्यक्ति”

Luke 17:2

त्यसले यी सानाहरूमध्येमा कोही एउटालाई ठेस लाग्‍न लगाउनुभन्दा त्यसको घाँटीमा जाँतोको एउटा ढुङ्गा झुण्‍डाएर त्यसलाई समुद्रमा फालिदिएको भए त्यसको निम्ति बेस हुन्थ्यो

तपाईंले यसलाई स्‍पष्‍ट बनाउनुपर्ने हुन सक्छ कि यो मानिसहरूलाई पाप गर्न लगाउने कुराको लागि भएको दण्‍ड हो जसलाई येशूले समुद्रमा फालिने कुरासँग तुलना गरिरहनुभएको छ । वैकल्पिक अनुवादः “म त्यसलाई घाँटीमा जाँतो झुण्‍डाएर समुद्रमा फालिदिएर कम सजाय दिनेछैन । बरु, म त्यसलाई बढी सजाय दिनेछु । यो यसकारणले हो कि त्यसले यी सानाहरूमध्ये एकजनालाई ठेस खान लगायो ।”

उसको लागि असल हुने थियो यदि

यसले एउटा परिकल्‍पित परिस्थितिलाई परिचय गराउँछ । यसको अर्थ हुन्छ कि मानिसहरूलाई पाप गर्न लगाएको कारण यो व्यक्तिले पाउने दण्‍ड समुद्रमा डुबाइदिएकोभन्दा बढी कठोर हुनेछ । कसैले पनि त्यसको घाँटीमा जाँतो झुण्‍डाएको छैन, र कसैले त्यसो गर्नेछ भनेर पनि येशूले भनिरहनुभएको छैन ।

उसको घाँटीमा जाँतो झुण्‍डाएर उसलाई ... फालिदिएको भए

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले उसको घाँटीमा जाँतो बाँधेर उसलाई फ्याँकिदिए पनि हुन्थ्यो” वा “कसैले उसको घाँटीमा जाँतो बाँधेर घचेडिदिए पनि हुन्थ्यो”

त्यसको लागि ... त्यसको घाँटी ... त्यसलाई ... त्यसले ... ठेस लाग्‍न लगाउनुभन्दा

यी शब्दहरूले स्‍त्रीहरू साथसाथै पुरुषहरू गरेर जो कसैलाई पनि जनाउन सक्छ ।

जाँतो

यो गहुँलाई पिसेर पिठो बनाउन प्रयोग गरिने ठूलो, गह्रौँ वृत्ताकार ढुङ्गा हो । वैकल्पिक अनुवादः “एउटा गह्रौँ ढुङ्गा”

यी सानाहरू

यसले यहाँ ती मानिसहरूलाई जनाउँछ जसको विश्‍वास अझै कमजोर छ । वैकल्पिक अनुवादः “यी मानिसहरू जसको विश्‍वास सानो छ”

उसले तिनीहरूलाई ठेस लगाउन

यो अन्जानमा हुने पापलाई जनाउने एउटा तरिका हो । वैकल्पिक अनुवादः “पाप गर्न लगाउनु”

Luke 17:3

यदि तिम्रो भाइले पाप गर्छ भने

यो सम्भवतः भविष्यमा हुने घटनाबारे बताउने सर्तसहितको वाक्य हो ।

तिम्रो भाइ

“भाइ”लाई यहाँ एउटै विश्‍वास भएको कोही व्यक्ति भन्‍ने बुझाइमा प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “सङ्गी विश्‍वासी”

उसलाई हप्काऊ

“उसले गरेको कुरा गलत थियो भनी कडासँग भन” वा “उसलाई सच्‍च्याऊ”

Luke 17:4

यदि उसले तिम्रो विरुद्धमा सात पटकसम्म पाप गर्दछ भने

यो भविष्यको काल्पनिक परिस्थिति हो । यस्तो कहिल्यै हुन नसक्‍ला, तर यदि यस्तो भए पनि, येशू मानिसहरूलाई क्षमा गर्नू भन्‍नुहुन्छ ।

दिनमा सात पटकसम्म, र सात पटक

बाइबलमा अङ्क सात पूर्णताको सङ्केत हो । वैकल्पिक अनुवादः “एक दिनमा धेरै पटक, र हरेक पटक”

Luke 17:5

सामान्य जानकारीः

त्यहाँ येशूका शिक्षाहरूमा छोटो रोकावट आएको छ किनकि चेलाहरूले उहाँसँग कुरा गर्न थाल्छन् । त्यसपछि येशूले सिकाउन निरन्तरता दिनुहुन्छ ।

हाम्रो विश्‍वास बढाइदिनुहोस्

“कृपया, हामीलाई अझ बढी विश्‍वास दिनुहोस्” वा “कृपया, हाम्रो विश्‍वासमा अझ अरू विश्‍वास थपिदिनुहोस्”

Luke 17:6

यदि तिमीहरूसँग रायोको बिउजत्रो विश्‍वास थियो भने, तिमीहरूले भन्‍ने थियौ

रायोको बिउ भनेको धेरै मसिनो दाना हो । येशूले तिनीहरूसँग रायोको दानाजत्रो विश्‍वास पनि थिएन भन्‍ने अर्थ दिनुहुन्छ । वैकल्पिक अनुवादः “यदि तिमीसँग रायोको दाना जति सानो हुन्छ, त्यति नै सानो विश्‍वास छ भने, तिमीहरूले” वा “तिमीहरूको विश्‍वास रायोको दाना जति पनि ठूलो छैन, यदि भइदिएको भए, तिमीहरूले”

नेभाराको रूख

यदि यसको किसिमको रूख चिनिएको छैन, अर्को किसिमको रूखलाई त्यसको ठाउँमा राख्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “अञ्‍जीरको रूख” वा “रूख”

उखेलिएर समुद्रमा रोपि

यिनीहरूलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आफैँ उखेल् र आफैँलाई समुद्रमा रोप्” वा “तेरा जराहरूलाई जमिन बाहिर निकाल् र तेरा जराहरूलाई महासागरभित्र गाड्”

त्यसले तिमीहरूको आज्ञा मान्‍नेछ

“त्यो रूखले तिमीहरूको आज्ञा मान्‍नेछ ।” यो सर्तसहितको परिणाम हो । यो तिनीहरूसँग विश्‍वास भए मात्र भए हुने थियो ।

Luke 17:7

तर तिमीहरूमध्ये को होला ... उसलाई भन्‍नेछ ... टेबुलमा ढल्कि’?

आफ्‍ना चेलाहरूलाई एउटा सेवकको भूमिकाको बारेमा सोच्‍नलाई सहायता गर्न येशूले तिनीहरूलाई एउटा प्रश्‍न सोध्‍नुहुन्छ । यसलाई एउटा कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर तिमीहरूमध्ये कोही ... उसलाई भन्‍नेछैन ... खान बस् ।’”

जोत्दै वा भेडा चराउँदै गरेको एउटा नोकर

“तिमीहरूको खेत जोत्‍ने वा भेडाहरू हेर्ने नोकर”

Luke 17:8

के उसले त्यसलाई भन्‍नेछैन ... तँ खान बस्’ ?

चेलाहरूले एउटा सेवकलाई वास्तवमा कसरी व्यवहार गर्ने थिए भनेर व्याख्या गर्न येशूले दोस्रो प्रश्‍नको प्रयोग गर्नुहुन्छ । यो एउटा कथन हुन सक्छ । वैकल्‍पिक अनुवादः “उसले त्यसलाई निश्‍चय नै भन्‍नेछ ... खान बस्’”

तिमीहरूको लुगालाई पटुकाले कस र मेरो सेवा गर

“तिम्रो कम्मरमा तिम्रो लुगा बाँध र मेरो सेवा गर” वा “राम्ररी लुगा लगाऊ र मेरो हेरचाह गर ।” मानिसहरूले काम गर्दा तिनीहरूको लुगा नतानियोस् भनेर तिनीहरूको लुगालाई तिनीहरूको कम्मर वरिपरि बाँध्थे ।

र यी कुराहरूपछि

“तब मेरो सेवा गरेपछि”

Luke 17:9

जोड्ने कथनः

येशूले शिक्षा दिन सकाउनुहुन्छ । यो कथाको यस भागको अन्त्य हो ।

अह्राएको कुरामा ... उसले नोकरलाई धन्यवाद दिँदैन, उसले दिन्छ र ?

मानिसहरूले नोकरहरूलाई कसरी व्यवहार गर्छन् भनेर देखाउन येशूले यो प्रश्‍नको प्रयोग गर्नुहुन्छ । यो एउटा कथन हुन सक्छ । वैकल्‍पिक अनुवादः “उसले नोकरलाई अह्राइएका कुराहरू ... धन्यवाद दिनेछैन ।”

अह्राइएका कुराहरू

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले उसलाई आज्ञा गरेका कुराहरू”

... दिँदैन ... उसले दिन्छ र ?

“ठिक ?” वा “के यो सत्य होइन ?”

Luke 17:10

तिमीहरू पनि

येशूले उहाँका चेलाहरूसँग कुरा गरिरहनुभएको हुनाले “तिमी” को बहुवचनको रूप भएको भाषाहरूमा त्यसैलाई प्रयोग गर्नुहोस् ।

तिमीहरूलाई अह्राइएका कुराहरू

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जुन परमेश्‍वरले तिमीहरूलाई अह्राउनुभएको छ”

हामी अयोग्य नोकरहरू हौँ

तिनीहरूले कुनै पनि प्रशंसाको योग्‍य काम गरेका हुँदैनन् भनेर व्यक्त गर्नको लागि यो एउटा अतिरञ्‍जन हो । वैकल्पिक अनुवादः “हामी साधारण नोकरहरू हौँ” वा “हामी तपाईंको प्रशंसा पाउन लायकका छैनौँ”

Luke 17:11

सामान्य जानकारीः

यो कथाको अर्को भाग हो । येशूले १० जना मानिसहरूलाई कुष्‍ठरोगबाट निको पार्नुहुन्छ । पदहरू ११ र १२ ले पृष्‍ठभूमि जानकारी र घटनाको परिवेश बताउँछन् ।

अब यसो हुन आयो कि

यो वाक्यांशलाई यहाँ कथाको नयाँ भागको सुरुवातलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्‍नुहुन्छ ।

जसै उहाँले यरूशलेमको यात्रा गर्नुभयो

“जसै येशू र उहाँका चेलाहरू यरूशलेमतिर यात्रा गरिरहनुभएको थियो”

Luke 17:12

कुनै एउटा गाउँ

यो वाक्यांशले गाउँको पहिचान गराउँदैन ।

त्यहाँ दस जना कुष्‍ठरोग लागेका मानिसहरूले उहाँलाई भेटे

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “दस जना मानिसहरू जो कुष्‍ठरोगीहरू थिए, तिनीहरूले उहाँलाई भेटे” वा “कुष्‍ठरोग भएका दस जना मानिसहरूले उहाँलाई भेटे”

तिनीहरू उहाँबाट टाढै उभिए

यो एउटा आदरपूर्ण स्वभाव थियो, किनभने कुष्‍ठरोगीहरूलाई अरू मानिसहरूको नजिक जान अनुमति दिइएको थिएन ।

Luke 17:13

तिनीहरूले तिनीहरूको आवाजलाई उचाले

“कसैले स्वर उचाल्‍नु” भन्‍ने वाक्पद्धतिको अर्थ ठूलो स्वरले बोल्‍नु भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले ठूलो स्वरले बोलाए” वा “तिनीहरूले उच्‍च स्वरमा बोलाए”

हामीमाथि दया गर्नुहोस्

तिनीहरूले मुख्य गरी निको पारिनकै लागि बिन्ती गरिरहेका थिए । वैकल्पिक अनुवादः “कृपया, हामीलाई निको पारेर दया देखाउनुहोस्”

Luke 17:14

आफैँलाई पूजाहारीकहाँ देखाओ

कुष्‍ठरोगीहरूले पूरोहितहरूबाट तिनीहरूको कुष्‍ठरोग निको भएको कुरा पक्‍का गराउनुपर्थ्यो । वैकल्‍पिक अनुवादः “आफैँलाई पूरोहितहरूकहाँ देखाओ ताकि तिनीहरूले तिमीहरूको जाँच गर्न सकून्”

तिनीहरू शुद्ध पारिए

जब मानिसहरू निको हुन्थे, तिनीहरू अरू बढी समय विधिपूर्वक रूपमा अशुद्ध हुँदैनथे । यसलाई स्‍पष्‍ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “जब तिनीहरू आ-आफ्ना कुष्‍ठरोगबाट निको पारिए, तिनीहरू शुद्ध भए” वा “तिनीहरू आ-आफ्ना कुष्‍ठरोगबाट निको पारिए”

Luke 17:15

आफू निको भएको थाहा पाएर

“ऊ निको भएको महसुस गर्‍यो” वा “महसुस गर्‍यो कि येशूले उसलाई निको पार्नुभएको थियो”

पछाडि फर्कियो

“ऊ येशूकहाँ फर्केर गयो”

चर्को स्वरले परमेश्‍वरको महिमा गर्दै

“र ठूलो स्वरले परमेश्‍वरको महिमा गर्‍यो”

Luke 17:16

ऊ येशूको चरणमा पर्दै घोप्‍टो पर्‍यो

“उसले घुँडा टेक्यो र उसको शिर येशूको पाउ नजिक लग्यो ।” उसले येशूलाई आदर गर्नलाई यसो गर्‍यो ।

Luke 17:17

जोड्ने कथनः

यो येशूले १० कुष्‍ठरोगीहरूलाई निको पार्नुभएको विषयमा भएको कथाको भागको अन्त्य हो ।

तब येशूले जवाफ दिनुभयो र भन्‍नुभयो

येशूले त्यस मानिसले गरेको कुराको जवाफ दिनुभयो, तर उहाँ आफ्नो वरिपरि भएको भीडसँग बोलिरहनुभएको थियो । वैकल्पिक अनुवादः “त्यसैले, येशूले भIडलाई भन्‍नुभयो”

के दसै जना निको भएका होइनन् र ?

यो तीनवटा आलङ्कारिक प्रश्‍नमध्ये पहिलो हो । दस जनामध्ये एक जना मात्र परमेश्‍वरलाई महिमा दिन आएकोमा उहाँ कति चकित र निराश हुनुहन्थ्यो भनी येशूले आफ्ना वरिपरिका मानिसहरूलाई देखाउनलाई यी आलङ्कारिक प्रश्‍नहरूको प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “दस जना मानिस निको पारिएका थिए ।” वा “परमेश्‍वरले दस जना मानिसलाई निको पार्नुभयो ।”

अरू नौ जना कहाँ गए ?

“अरू नौ जना किन फर्केर आएनन् ?” यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “अरू नौ जना मानिस पनि फर्केर आउनुपर्थ्यो ।”

Luke 17:18

के यो परदेशीबाहेक, के त्यहाँ अरू कोही थिएनन् जो परमेश्‍वरलाई महिमा दिनलाई फर्केर आए ?

यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “यो विदेशीबाहेक अरू कोही पनि परमेश्‍वरलाई महिमा दिन आएन !” वा “परमेश्‍वरले दस जना मानिसहरूलाई निको पार्नुभयो, तरै पनि यो एउटा विदेशी मात्र परमेश्‍वरलाई महिमा दिन फर्केर आयो !”

यो परदेशी

सामरीका पुर्खाहरू गैरयहूदीहरू थिए र तिनीहरूले परमेश्‍वरको आराधना यहूदीहरूले जस्तो गर्दैनथे ।

Luke 17:19

तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ

“तिम्रो विश्‍वासको कारणले तिमी निको भएका छौ ।” “विश्‍वास”को धारणालाई “विश्‍वास गर्नु” भन्‍ने क्रियापदले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि तिमी विश्‍वास गर्छौ, तिमी फेरि राम्रो भएका छौ”

Luke 17:20

सामान्य जानकारीः

यो कहाँ भएको हो भनेर हामी जान्दैनौँ; यो सामान्य रूपमा येशूले फरिसीहरूसँग कुरा गरिरहनुभएको कुनै एक दिनमा हो ।

अब परमेश्‍वरको राज्य कहिले आउँछ भनी फरिसीहरूबाट सोधिनुभएर,

यो एउटा नयाँ घटनाको सुरुवात हो । केही अनुादहरूले यसलाई “एक दिन” वा “एकचोटि” भनेर सुरु गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एकदिन फरिसीहरूले येशूलाई सोधे, ‘परमेश्‍वरको राज्य कहिले आउनेछ ?’”

परमेश्‍वरको राज्य ध्यानपूर्वक अवलोकन गरेर आउँदैन

मानिसहरुले ठाने कि तिनीहरूले राज्यको आगमन भइरहेको कुराको चिन्हहरू देख्‍न सक्नेछन् । चिन्हहरूको धारणालाई प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको राज्य चाहिँ मानिसहरूले देख्‍न सक्‍ने चिन्हहरूको साथमा आउँदैन”

Luke 17:21

परमेश्‍वरको राज्य तिमीहरूकै माझमा छ

नामपद शब्द “राज्य”को धारणालाई “शासन गर्नुहुन्छ” भन्‍ने क्रियापद शब्दले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूकै माझमा शासन गर्नुहुन्छ”

परमेश्‍वरको राज्य तिमीहरूकै माझमा छ

येशू धार्मिक अगुवाहरूसँग कुरा गरिरहनुभएको थियो जो उहाँको विरुद्धमा थिए । सम्भावित अर्थहरू हुन् १) “तिमीहरू” शब्दले मूलभूत रूपमा मानिसहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको राज्य मानिसहरूभित्रै छ” वा २) “भित्रै” भनेर अनुवाद गरिएको शब्दको अर्थ “माझमा” भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको राज्य तिमीहरूकै माझमा छ”

Luke 17:22

जोड्ने कथनः

येशूले उहाँका चेलाहरूलाई सिकाउन थाल्‍नुहुन्छ ।

ती दिनहरू आउनेछन् जब

आउँदै गरेका दिनहरू भन्‍ने अवधारणाले केही कुरा चाँडै हुन लागेको कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “एउटा समय आउँदैछ जब” वा “चाँडै”

तिमीहरूले हेर्ने इच्छा गर्नेछौ

“तिमीहरूले हेर्ने निकै चाहना गर्नेछौ” वा “तिमीहरूले अनुभव गर्ने इच्छा गर्नेछौ”

मानिसको पुत्रको दिनहरूमध्ये एक

यसले परमेश्‍वरको राज्यलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “त्यो एक दिन जब मानिसको पुत्रले राजाको रूपमा शासन गर्नेछन्”

मानिसको पुत्र

येशूले आफ्‍नै बारेमा कुरा गरिरहनुभएको छ ।

तर तिमीहरूले त्यो देख्‍नेछैनौ

“तिमीहरूले त्यसको अनुभव गर्नेछैनौ”

Luke 17:23

‘हेर त्यहाँ !’ वा ‘हेर यहाँ !’

यसले मसिहलाई खोज्‍ने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “हेर, मसिह त्यहाँ हुनुहुन्छ ! उहाँ यहाँ हुनुहुन्छ !”

बाहिर नजाओ वा तिनीहरूको पछि नदौड

बाहिर जानुको उद्देश्‍यलाई प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो हेर्नलाई तिनीहरूसँगै नजाओ”

Luke 17:24

किनकि जसरी बिजुली उज्यालो हुने गरेर चम्कन्छ

मानिसको पुत्रको आगमन बिजुली देखा परेको जस्तो प्रस्‍ट र अचानक हुने खालको हुनेछ । वैकल्पिक अनुवादः “जब बिजुली चम्किन्छ सबैले यसलाई देख्‍न सक्छन्” वा “जसरी अचानक बिजुली चम्कन्छ”

मानिसको पुत्र पनि त्यस्तै हुनुहुनेछ

यसले परमेश्‍वरको भविष्‍यको राज्यलाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसको पुत्र शासन गर्न आउनुहुने दिनमा त्यस्तै हुनेछ”

Luke 17:25

तर उहाँले पहिले दुःख भोग्‍नुपर्छ

“तर पहिले मानिसको पुत्रले पहिले कष्‍ट भोग्‍नुपर्छ ।” येशूले आफ्नै बारेमा तृतीय पुरुषमा बोल्दै हुनुहुन्थ्यो ।

यस पुस्ताबाट इन्कार गरिनु

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यस पुस्ताका मानिसहरूले उहाँलाई इन्कार गर्नुपर्छ”

Luke 17:26

जसरी ... भयो, त्यसरी नै ... पनि हुनेछन्

“जसरी मानिसहरूले ... कुराहरू गरिरहेका थिए ... त्यसै गरी मानिसहरूले उही कुराहरू गरिरहेका हुनेछन्”

नोआका दिनहरूमा

“नोआको समय” ले नोआको जीवनकालमा परमेश्‍वरले संसारका मानिसहरूलाई न्याय गर्नुभन्दा अगिको समयलाई जनाउँछ । वैकल्पिक अनुवादः “जब नोआ बाँचिरहेका थिए”

मानिसको पुत्रको दिनमा

“मानिसको पुत्रको समय” ले मानिसको पुत्र आउनुभन्दा अगिको समयलाई जनाउँछ । वैकल्पिक अनुवादः “जब मानिसको पुत्र आउन लाग्‍नुभएको हुन्छ”

Luke 17:27

तिनीहरूले खाए, तिनीहरूले पिए, तिनीहरूले विवाह गरे, र तिनीहरू विवाहमा दिइए

मानिसहरूले सामान्य कुराहरू गरिरहेका थिए । तिनीहरूले परमेश्‍वरले तिनीहरूलाई न्याय गर्न लाग्‍नुभएको छ भन्‍ने कुरा चाल पाएनन् वा वास्ता गरेनन् ।

तिनीहरू विवाहमा दिइए

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “बाबुआमाहरूले तिनीहरूका छोरीहरूलाई मानिसहरूसँग विवाह गर्न दिइरहेका थिए”

जहाज

“पानी जहाज” वा “नौका”

तिनीहरू सबैलाई नाश पार्‍यो

यसले नोआ र उसको परिवारलाई समावेश गर्दैन जो डुङ्गामा थिए । वैकल्‍पिक अनुवादः “तिनीहरू सबैलाई नाश पार्‍यो जो डुङ्गामा थिएनन्”

Luke 17:28

तिनीहरूले खाँदै थिए, तिनीहरूले पिउँदै थिए

“सदोमका मानिसहरूले खाँदै र पिउँदै थिए”

Luke 17:29

स्वर्गबाट आगो र गन्धक बर्सियो

“आकाशबाट आगो र जलिरहेको गन्धक झरी झैँ बर्स्यो”

तिनीहरू सबैलाई नाश पार्‍यो

यसले लोत र तिनको परिवारलाई समावेश गर्दैन । वैकल्‍पिक अनुवादः “तिनीहरू सबैलाई नाश पार्‍यो जो सहरमा बसे”

Luke 17:30

त्यसैगरी ... यो हुनेछ

“यो त्यस्तै हुनेछ ।” वैकल्पिक अनुवादः “त्यसै गरेर मानिसहरू तयार हुनेछैनन्”

त्यो दिनमा जब मानिसको पुत्र प्रकट हुनेछ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब मानिसको पुत्र देखा पर्छन्” वा “जब मानिसको पुत्र आउँछन्”

मानिसको पुत्र प्रकट हुन्छ

Jesus is speaking about himself. वैकल्पिक अनुवादः “म, मानिसको पुत्र, प्रकट हुन्छु”

Luke 17:31

जो घरको कौशीमा छ, उसलाई तल जान नदेओ

“घरको माथिल्लो तल्‍लामा भएकाहरू कोही पनि तल जानुहुँदैन” वा “यदि कोही घरको माथिल्लो तल्‍लामा छ भने, ऊ तल जानुहुँदैन”

घरको माथिल्लो तल्‍लामा

तिनीहरूका घरका माथिल्ला भागहरू सम्‍म परेका हुन्थे र मानिसहरू त्यसमा हिँड्न वा बस्न सक्थे ।

उसका सामानहरू

“उसका सम्पत्तिहरू” वा “उसका थोकहरू”

उसलाई फर्कन ...

तिनीहरू कुनै पनि थोक लिन घरमा फर्केर जान हुने थिएन । तिनीहरू चाँडो भाग्‍नुपर्थ्यो ।

Luke 17:32

लोतकी पत्‍नीलाई सम्झ

“लोतकी पत्‍नीलाई के भयो सम्झ !” यो एउटा चेतावनी हो । तिनले सदोमतिर फर्केर हेरिन् र परमेश्‍वरले तिनलाई सदोमका मानिसहरूसँगै दण्ड दिनुभयो । वैकल्पिक अनुवादः “लोतकी पत्‍नीले गरेजस्तो नगर”

Luke 17:33

जसले आफ्नो प्राण बचाउन खोज्ला उसले त्यो गुमाउनेछ

“आफ्नो जीवन बचाउन कोसिस गर्ने मानिसहरूले त्यो गुमाउनेछन्” “जसले आफ्नो पुरानो जीवनको तरिकालाई बचाउने कोसिस गर्छ, त्यसले आफ्नो जीवन गुमाउनेछ”

तर जसले त्यो गुमाउँछ, उसले त्यो बचाउनेछ

“तर मानिसहरू जसले तिनीहरूका जीवन गुमाउँछन्, तिनीहरूले ती बचाउनेछन्” वा “तर जसले आफ्नो जीवनको पुरानो शैलीलाई त्याग्‍छ, उसले आफ्नो जीवन बचाउनेछ”

Luke 17:34

म तिमीहरूलाई भन्छु

जसै येशूले उहाँका चेलाहरूलाई सम्बोधन गर्न निरन्तरता दिनुहुन्छ, उहाँले तिनीहरूलाई बताइरहनुभएको कुराको महत्त्वलाई उहाँले जोड दिनुहुन्छ ।

त्यो रातमा

यसले यदि उहाँ, मानिसको पुत्र, रातको समयमा आए भने के हुनेछ भनी देखाउँछ ।

दुई जना मानिस एकै खाटमा हुनेछन्

जोड यी दुई मानिसहरूमा छैन, तर केही मानिसहरू लगिनेछन् र अरूहरू चाहिँ छोडिनेछन् भन्‍ने तथ्यमा चाहिँ जोड छ ।

पलङ्ग

“बस्‍ने ठाउँ” वा “सानो खाट”

एक जना लगिनेछ, र अर्को छोडिनेछ

“एउटा मानिस लगिनेछ र अर्को मानिस पछाडि छोडिनेछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले एउटा मानिसलाई लानुहुनेछ र अर्कोलाई छोड्नुहुनेछ” वा “स्वर्गदूतहरूलेले एकजनालाई लानेछन् र अर्कोलाई छोड्नेछन्”

Luke 17:35

दुई स्‍त्रीहरू एकै ठाउँमा जाँतो पिँधिरहेका हुनेछन्

यी दुई स्‍त्रीहरू वा तिनीहरूका क्रियाकलापमा जोड दिइएको छैन, तर केही मानिसहरू लगिनेछन् र अरूहरू चाहिँ छोडिनेछन् भन्‍ने तथ्यमा चाहिँ जोड छ ।

एकसाथ जाँतो पिँधिरहेका

“एकसाथ अनाज पिसिरहेका”

Luke 17:37

सामान्य जानकारीः

चेलाहरूले येशूलाई उहाँको शिक्षाको बारेमा एउटा प्रश्‍न सोध्छन् र उहाँले तिनीहरूलाई जवाफ दिनुहुन्छ ।

कहाँ, प्रभु ?

“प्रभु, यो कहाँ हुनेछ ?”

जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू पनि जम्मा हुनेछन्

यो “यो प्रत्यक्ष हुनेछ” वा “यो जब हुन्छ तब तिमीहरूले थाहा पाउनेछौ” भन्‍ने अर्थ दिने उक्ति हो जस्तो देखिन्छ । वैकल्पिक अनुवादः “जसरी गिद्धहरूको उपस्थितिले त्यहाँ मृत शरीर छ भन्‍ने देखाउँछ, यी कुराहरूले मानिसको पुत्र प्रकट हुन लाग्‍नुभएको छ भनी देखाउँछन्”

गिद्धहरू

गिद्धहरू एकसाथ उड्ने ठूला चराहरू हुन् र तिनीहरूले भेट्टाएका मरेका जनावरहरूका मासुहरू खान्छन् । तपाईंले यी चराहरूलाई यसरी वर्णन गर्न सक्‍नुहुन्छ वा यसो गर्ने कुनै स्थानीय चरालाई जनाउने नाम पनि प्रयोग गर्न सक्‍नुहुन्छ ।


Translation Questions

Luke 17:4

यदि हाम्रा भाइले हाम्रो विरुद्धमा पाप गर्‍यो र फर्किएर “म पश्‍चात्ताप गर्छु” भन्यो भने, हामीले के गर्नुपर्छ भनी येशूले भन्‍नुभएको छ ?

हामीले क्षमा गर्नैपर्छ । [१७:४]

Luke 17:10

दास भएकोले हामीले के भन्‍नुपर्छ जो हाम्रा मालिकले हामीलाई आज्ञा दिनुभएको छ र हामीले सबै गरिसकेपछि हामीले के भन्‍नैपर्छ ?

“हामी अयोग्य नोकरहरू हौँ, हामीले गर्नुपर्ने मात्र गरेका छौँ ।” । [१७:१०]

Luke 17:12

सामरिया र गालीलको सिमानामा पर्ने गाउँमा येशूले कसलाई भेट्नुभयो ?

उहाँले दस कुष्‍ठ रोगीलाई भेट्नुभयो । [१७:१२]

Luke 17:13

तिनीहरूले येशूलाई के भने ?

तिनीहरूले भने, “येशू गुरुज्यू, हामीमाथि दया गर्नुहोस् ।” [१७:१३]

Luke 17:14

येशूले तिनीहरूलाई के गर्न भन्‍नुभयो ?

उहाँले तिनीहरूलाई “जाओ” र पुजारीहरूकहाँ आफैँलाई देखाओ भन्‍नुभयो । [१७:१४]

जसै कुष्‍ठरोगीहरू गए तब के भयो ?

तिनीहरू शुद्ध भए । [१७:१४]

Luke 17:15

दस जना कुष्‍ठ रोगीमध्ये येशूलाई धन्यवाद दिन कति जना फर्किए ?

एक जना मात्रै फर्किए । [१७:१५]

Luke 17:16

येशूलाई धन्यवाद दिन फर्किएको कुष्‍ठरोगी कहाँको थियो ?

ऊ सामरियाको थियो । [१७:१६]

Luke 17:21

जब आउँदै गरेको राज्यको विषयमा सोधियो, तब परमेश्‍वरको राज्य कहाँ छ भनी येशूले सोध्‍नुभयो ?

परमेश्‍वरको राज्य तिमीहरूभित्रै छ । [१७:२१]

Luke 17:24

जब उहाँ फेरि प्रकट हुनुहुन्छ, तब उहाँको दिनमा त्यसलाई केसँग तुलना गर्न सकिन्छ भनी येशूले भन्‍नुभयो ?

त्यो आकाशको एक भागदेखि अर्को भागसम्म बिजुलीको चमकजस्तै हुनेछ । [१७:२४]

Luke 17:25

पहिले के हुनैपर्छ भनी येशूले भन्‍नुभयो ?

उहाँले धेरै कष्‍ट भोग्‍नैपर्छ र त्यस पुस्ताद्वारा तिरस्कृत हुनुपर्नेछ । [१७:२५]

Luke 17:27

नोआ र लोतको दिनमा जस्तै मानिसका पुत्रको दिन पनि के हुनेछ ?

धेरैले खाँदै गरेका, पिउँदै गरेका, विवाह गर्दै गरेका, किनबेच गर्दै गरेका, रोप्दै गरेका र भवन निर्माण गर्दै गरेका र विनाशको दिन आएको छ भन्‍ने थाहा नपाएका हुनेछन् । [१७:२७]

Luke 17:32

हामी कसरी लोतकी पत्‍नीजस्तो हुनुहुँदैन ?

हामीले हाम्रो संसारिक जीवनलाई त्यो दिनमा पछाडि फर्केर हेर्ने कोसिस गर्नुहुँदैन । [१७:३२]

Luke 17:37

“कहाँ, प्रभु” भन्‍ने चेलाहरूको प्रश्‍नको जवाफ दिन येशूले कुनचाहिँ स्वाभाविक दृश्यको प्रयोग गर्नुभयो ?

जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू भेला हुन्छन् । [१७:३७]


Chapter 18

1 तब तिनीहरूले कसरी सधैं प्रार्थना गर्नुपर्छ र निरुत्साहित हुनुहुँदैन भन्‍ने बारेमा उहाँले तिनीहरूलाई यसो भन्दै द‍ृष्‍टान्त भन्‍नुभयो, 2 “कुनै एउटा सहरमा एक जना न्यायाधीश थिए जसले परमेश्‍वरको भय मान्दैनथे र मानिसको आदर गर्दैनथे । 3 त्यस सहरमा एक जना विधवा थिई, र त्यो तिनीकहाँ यसो भन्दै बारम्बार आउँथिई, ‘मेरो वादीको विरुद्ध न्याय पाउन मलाई सहायता गर्नुहोस् ।’ 4 लामो समयसम्म तिनले त्यसलाई सहायता गर्न मानेनन्, तर केही समयपछि तिनले मनमनै भने, ‘म परमेश्‍वरको भय मान्दिनँ वा मानिसको पनि आदर गर्दिनँ, 5 तर यस विधवाले मलाई हैरान पारेकी हुनाले यसले न्याय पाउन म सहायता गर्नेछु, ताकि यसले मलाई बारम्बार आएर दिक्क नपारोस् ।" 6 तब प्रभुले भन्‍नुभयो, “ती अधर्मी न्यायाधीशले के भन्छन्, सुन । 7 के परमेश्‍वरले पनि उहाँलाई दिनरात पुकारा गर्ने आफ्ना चुनिएका मानिसहरूको निम्ति न्याय गरिदिनुहुन्‍न र? के उहाँले तिनीहरूको निम्ति लामो समय बियाँलो गर्नुहुनेछ? 8 म तिमीहरूलाई भन्दछु, उहाँले तिनीहरूलाई तुरुन्तै न्याय दिलाउनुहुनेछ । तर जब मानिसका पुत्र आउनेछन्, के उनले पृथ्वीमा विश्‍वास भेट्टाउनेछन् र?” 9 त्यसपछि उहाँले आफू धर्मी छु भनी आफैंलाई विश्‍वस्त तुल्याउनेहरू र अरू मानिसहरूलाई तुच्छ ठान्‍नेहरू कोही-कोहीलाई यो द‍ृष्‍टान्त पनि भन्‍नुभयो, 10 “दुई जना मानिस मन्दिरमा प्रार्थना गर्न उक्ले–एक जना फरिसी र अर्को कर उठाउने । 11 फरिसी उभियो र आफ्नो बारेमा यसरी प्रार्थना गर्‍यो, ‘हे परमेश्‍वर, म तपाईंलाई धन्यवाद दिन्छु कि म अरू मानिसहरू—चोरहरू, अधर्मीहरू, व्यभिचारीहरू—वा यही कर उठाउनेजस्तो पनि छैनँ । 12 म हरेक हप्‍ता दुई पटक उपवास बस्छु । म आफूले पाएका सबै थोकको दशांश दिन्छु ।’ 13 तर कर उठाउने मानिसले टाढैबाट उभिएर, स्वर्गतिर पनि नहेरीकन यसो भन्दै आफ्नो छाती पिट्‍यो, ‘हे परमेश्‍वर म पापीमाथि कृपा गर्नुहोस् ।’ 14 म तिमीहरूलाई भन्दछु, यो मानिस अर्को मानिसभन्दा धर्मी ठहरिएर आफ्नो घर फर्क्यो, किनभने हरेक जसले आफूलाई उचाल्छ त्यो होच्याइनेछ, तर हरेक जसले आफैंलाई होच्याउँछ त्यो उचालिनेछ । 15 उहाँले बालबालिकाहरूलाई छोइदिऊन् भनी मानिसहरूले तिनीहरूलाई पनि उहाँकहाँ ल्याए, तर यो देखेर चेलाहरूले तिनीहरूलाई हकारे । 16 तर येशूले तिनीहरूलाई यसो भन्दै आफूकहाँ बोलाउनुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई नरोक। किनकि परमेश्‍वरको राज्य यस्तैहरूको हो । 17 साँच्‍चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्‍वरको राज्यलाई बालकले झैं ग्रहण गर्दैन त्यो कुनै रीतिले त्यहाँ प्रवेश गर्नेछैन ।” 18 एक जना शासकले यसो भन्दै उहाँलाई सोधे, “हे असल गुरु, अनन्त जीवन प्राप्‍त गर्न मैले के गर्नुपर्छ?” 19 येशूले तिनलाई भन्‍नुभयो, “तिमी मलाई किन असल भन्छौ, एक परमेश्‍वरबाहेक कोही पनि असल छैन । 20 तिमीलाई आज्ञाहरू थाहा छ—व्यभिचार नगर्नू, हत्या नगर्नू, नचोर्नू, झूटो गवाही नदिनू, आफ्ना आमाबुबाको आदर गर्नू ।” 21 ती शासकले भने, “यी सब कुराहरू त मैले आफ्नो जवान अवस्थादेखि नै पालन गरेको छु ।” 22 जब येशूले यो सुन्‍नुभयो, उहाँले तिनलाई भन्‍नुभयो, “तिमीमा अझै एउटा कुराको कमी छ । तिमीले आफ्नो सारा सम्पत्ति बेच्‍नुपर्छ र गरिबहरूलाई बाँड्‍नुपर्छ अनि तिम्रो धन स्वर्गमा हुनेछ—र आऊ, मेरो पछि लाग ।” 23 तर जब शासकले यी कुराहरू सुने, तिनी अति नै दुःखित भए, किनकि तिनी धेरै धनी थिए । 24 तब येशूले तिनलाई हेरेर दुःखित हुँदै 1 भन्‍नुभयो, “धनीहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न कति गाह्रो छ! 25 किनकि धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ ।” 26 त्यो सुन्‍नेहरूले भने, “त्यसो भए को बचाइनेछ त?” 27 येशूले जवाफ दिनुभयो, “मानिसको निम्ति जुन कुरा असम्भव छ, त्यो परमेश्‍वरमा सम्भव छ ।” 28 पत्रुसले जवाफ दिए, “हेर्नुहोस्, हामीले आफ्ना सबै कुराहरू त्यागेर तपाईंको पछि लागेका छौं ।” 29 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्‍वरको राज्यको खातिर घर, वा पत्‍नी, वा दाजुभाइ, वा आमाबुबा, वा छोराछोरीलाई त्यागेको छ, 30 त्यसले यस संसारमा अझ धेरै, अनि आउने संसारमा अनन्त जीवन पाउनेछ ।” 31 उहाँले बाह्र जनालाई आफूकहाँ भेला गरेपछि तिनीहरूलाई भन्‍नुभयो, “हेर, हामी यरूशलेमतर्फ जाँदैछौं, र मानिसका पुत्रको बारेमा अगमवक्‍ताहरूले लेखेका सबै कुरा पूरा हुनेछन् । 32 किनकि उनी अन्यजातिहरूका हातमा सुम्पिइनेछन्, र गिल्ला गरिनेछन्, र अपमान गरिनेछन्, र थुकिनेछन् । 33 उनलाई कोर्रा लगाएपछि तिनीहरूले उनलाई मार्नेछन्, र तेस्रो दिनमा उनी फेरि जीवित भई उठ्नेछन् ।” 34 तिनीहरूले यी कुनै पनि कुराहरू बुझेनन्, र यो वचन तिनीहरूबाट लुकाइएको थियो, र भनिएका कुनै पनि कुराहरू तिनीहरूले बुझेनन् । 35 येशू यरीहो नजिक आउनुहुँदा एक जना अन्धो मानिस बाटोको छेउमा बसेर भीख मागिरहेको थियो, 36 र एउटा भीड गइरहेको सुनेर के हुँदैछ भनी त्यसले सोध्यो । 37 तिनीहरूले नासरतका येशू जाँदै हुनुहुन्छ भनी त्यसलाई भने । 38 त्यसैले त्यो अन्धो मानिस यसो भन्दै चिच्यायो, “हे दाऊदका पुत्र येशू, ममाथि दया गर्नुहोस् ।” 39 अगिअगि हिंडिरहेकाहरूले त्यो अन्धो मानिस चूप लागोस् भनेर त्यसलाई हकारे । तर त्यो झन् चर्को स्वरले करायो, “हे दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् ।” 40 येशू टक्‍क अडिनुभयो र त्यस मानिसलाई आफूकहाँ ल्याउन आज्ञा गर्नुभयो । जब त्यो अन्धो मानिस येशूको नजिक आयो, येशूले त्यसलाई सोध्‍नुभयो, 41 “मैले तिम्रो निम्ति के गरेको तिमी चाहन्छौ?” त्यसले भन्यो, “प्रभु, म देख्‍न चाहन्छु ।” 42 येशूले त्यसलाई भन्‍नुभयो, “तिमी देख्‍ने भइजाऊ । तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।” 43 तुरुन्तै त्यसले देख्‍न सक्यो र परमेश्‍वरको महिमा गर्दै उहाँलाई पछ‍्‍यायो । यो देखेर सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरे ।

1अधिकांश प्राचीन ग्रीक प्रतिलिपिहरूमा निम्‍न पदावली छः दुःखित हुँदै तर केही प्राचीन ग्रीक प्रतिलिपिहरूमा उक्त पदावली छैन ।

लूका १८ सामान्य टिपोटहरू

संरचना र ढाँचा

येशूले दुई दृष्‍टान्तहरू भन्‍नुभयो (लूका १८:१-८ अनि लूका १८:९-१४) र त्यसपछि उहाँका अनुयायीहरू नम्र हुनुपर्छ भनेर सिकाउनुभयो (लूका १८:१५-१७), तिनीहरूसँग भएका सबैकुरा गरिबहरूलाई सहायता गर्न प्रयोग गर्नलाई भन्‍नुभयो (लूका १८:१८-३०), र उहाँ चाँडै मर्नुहुने कुराको अपेक्षा गर्न भन्‍नुभयो (लुका १८:३१-३४), त्यसपछि तिनीहरू सबै यरूशलेमतर्फ हिँड्न लागे, र येशूले एउटा अन्धो मानिसलाई निको पार्नुभयो (लूका १८:३५-४३) ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

न्यायधीशहरू

न्यायधीशहरूले परमेश्‍वरको नजरमा जे ठीक छ सो गरेको र अरू मानिसहरूले जे ठीक छ सो गर्छन् भनेर पक्‍का गरेको मानिसहरूले अपेक्षा गरे । तर केही मानिसहरूले ठीक काम गर्नमा वा अरूहरूले पनि ठीक काम नै गर्छन् भनेर पक्‍का गर्ने कुराको वास्ता गर्दैनथे । येशूले यस प्रकारको न्यायधीशलाई अधर्मी भन्‍नुभयो ।

फरिसीहरू र कर उठाउनेहरू

फरिसीहरूले ठाने कि तिनीहरू आफैँ चाहिँ असल धर्मी मानिसहरूका उत्कृष्‍ट उदाहरणहरू थिए, र तिनीहरूले ठाने कि कर उठाउनेहरू चाहिँ सबैभन्दा अधर्मी पापीहरू थिए । अनि अनि )

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“मानिसको पुत्र”

येशूले आफैँलाई यस अध्यायमा “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ अनि


Luke 18:1

जोड्ने कथनः

येशूले उहाँका चेलाहरूलाई सिकाउन जारी राख्‍नुहुँदा एउटा दृष्‍टान्‍त बताउनुहुन्छ । यो कथाको उही भाग हो जुन [लूका १७:२०]

तब उहाँले भन्‍नुभयो

“त्यसपछि येशूले”

Luke 18:2

भन्‍दै

यहाँ एउटा नयाँ वाक्य सुरु हुन सक्छः “उहाँले भन्‍नुभयो”

कुनै एउटा सहर

यहाँ “कुनै सहर”ले सुन्‍ने व्यक्तिलाई यसपछि आउने कथा कुनै एउटा सहरमा हुने कुरा हो, तर सहरको नाम आफैँ चाहिँ महत्त्वपूर्ण कुरा होइन कुराको जानकारी दिने एउटा तरिका हो ।

मानिसहरूको आदर गरेनन्

“अरू मानिसहरूको बारेमा वास्ता गरेनन्”

Luke 18:3

अब त्यहाँ एकजना विधवा थिइन्

येशूले यो वाक्यांशलाई कथामा एउटा नयाँ पात्रलाई परिचय गराउनको लागि प्रयोग गर्नुहुन्छ ।

एक विधवा

विधवा पति मरेकी स्‍त्री हुन् र जसले पुनः विवाह गरेकी छैनन् । येशूका श्रोताहरूले तिनलाई खराबी गर्नेहरूबाट रक्षा गर्नलाई कोही नभएको व्यक्तिको रूपमा सोचेका हुन सक्छन् ।

तिनी धेरैपटक उसकहाँ आउँथिन्

“उसकहाँ” भन्‍ने शब्‍दले न्यायकर्तालाई जनाउँछ ।

... विरुद्ध मलाई न्याय पाउन सहायता गर्नुहोस्

“ ... को विरुद्ध मलाई न्यायपूर्ण फैसला दिनुहोस्”

मेरो वादी

“मेरो शत्रु” वा “मलाई हानि पुर्‍याउन कोसिस गरिरहेको व्यक्ति ।” यो मुद्दाको एउटा प्रतिवादी हो । यहाँ ती विधवाले त्यस मानिसलाई मुद्दा हालिन् वा त्यो मानिसले ती विधवालाई मुद्दा हालेको हो भन्‍ने कुरा स्‍पष्‍ट छैन ।

Luke 18:4

मानिस

यहाँ यसले साधारण “मानिसहरू” लाई जनाउँछ ।

Luke 18:5

मलाई सताउँछे

“मलाई हैरान पार्छे”

त्यसले मलाई दिक्‍क पार्नेछे

“मलाई थकित बनाउनु”

तिनी सधैँ आइराखेर

“मकहाँ निरन्तर आएर”

Luke 18:6

सामान्य जानकारीः

येशूले उहाँको दृष्‍टान्त बताउन सकाउनुभएको छ र अब त्यसको बारेमा उहाँका चेलाहरूलाई टिप्‍पणी गर्दै हुनुहुन्छ ।

जोड्ने कथनः

यी पदहरूलाई लूका १८:१-५ मा भएको दृष्‍टान्तको एउटा व्याख्याको रूपमा लिइनुपर्छ ।

ती अन्यायी न्यायाधीशले के भन्छन्, सुन

“अधर्मी न्यायाधीशले भर्खर भनेको कुराबारे सोच ।” न्यायाधीशले के भने भनेर येशूले पहिला नै भनिसक्‍नुभएको छ भनेर मानिसहरूले बुझ्‍ने तरिकाले अनुवाद गर्नुहोस् ।

Luke 18:7

अब

यो शब्दले सङ्केत गर्छ कि येशूले दृष्‍टान्तलाई अन्त गर्नुभएको छ र त्यसको अर्थलाई व्याख्या गर्न सुरु गर्नुभएको छ ।

के परमेश्‍वरले पनि ... गरिदिनुहुन्‍न र ?

येशूले चेलाहरूलाई सिकाउनलाई एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । यसलाई एउटा भनाइ बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले निश्‍चय नै ... !”

उहाँको चुनिएकाको लागि

“उहाँले चुन्‍नुभएका मानिसहरू”

के उहाँले तिनीहरूको निम्ति लामो समय बियाँलो गर्नुहुनेछ ?

येशूले चेलाहरूलाई सिकाउन एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । यो एउटा कथन हुन सक्छ । वैकल्‍पिक अनुवादः “उहाँले निश्‍चय नै तिनीहरूको निम्ति लामो समय बियाँलो गर्नुहुनेछैन !”

Luke 18:8

जब मानिसको पुत्र आउनेछन्, के उनले पृथ्‍वीमा विश्‍वास पाउनेछन् ?

उहाँलाई न्यायको लागि पुकारा गर्नेहरूलाई सहायता गर्न परमेश्‍वर ढिला हुनुहुन्छ भनेर उहाँलाई सुन्‍नेहरूले सोच्‍न छोडून् र वास्तविक समस्या भनेको तिनीहरूसँग परमेश्‍वरमाथि साँचो प्रकारको विश्‍वास नहुनु हो भनेर तिनीहरूले बुझ्‍नेछन् भनेर येशूले यो प्रश्‍न सोध्‍नुहुन्छ । वैकल्पिक अनुवादः “जब मानिसको पुत्र आउनुहुन्छ, तिमीहरू यसमा निश्‍चित हुन जरुरी छ कि तिमीहरूसँग उहाँमाथि साँचो प्रकारको विश्‍वास छ भनेर उहाँले पाउनुहुनेछ ।” वा “जब मानिसको पुत्र आउनुहुन्छ, उहाँले विश्‍वास गर्नेहरू पृथ्‍वीमा थोरै मात्र पाउनुहुनेछ ।”

मानिसको पुत्र आउनेछन्, के उनले ... पाउनेछन् ?

येशूले आफैँलाई जनाउँदै हुनुहुन्छ । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र आउँदा, के मैले ... पाउनेछु”

Luke 18:9

सामान्य जानकारीः

तिनीहरू आफैँ धर्मी थिए भनेर विश्‍वास गर्ने केही अरू मानिसहरूलाई येशूले अर्को दृष्‍टान्त बताउन थाल्‍नुहुन्छ ।

त्यसपछि उहाँले भन्‍नुभयो

“त्यसपछि येशूले”

केहीलाई

“केही मानिसहरूलाई”

जो तिनीहरू आफैँमा विश्‍वस्त थिए कि तिनीहरू धर्मी थिए

“जसले तिनीहरू धर्मी थिए भनेर आफैँलाई विश्‍वस्त बनाइसकेका थिए” वा “जसले तिनीहरू धर्मी थिए भनी सोच्थे”

तुच्छ माने

तीव्र तवरले मन पराएनन् वा हेला गरे

Luke 18:10

मन्दिरमा

“मन्दिरको चोक भित्र”

Luke 18:11

फरिसीले उभिएर यसो भनेर आफ्नै बारेमा प्रार्थना गर्‍यो

यो वाक्यांशको ग्रीक खण्‍डको अर्थ स्‍पष्‍ट छैन । सम्भावित अर्थहरू हुन् १) “फरिसी उभिएर आफ्नै बारेमा यस किसिमले प्रार्थना गर्‍यो” वा २) “फरिसी आफैँ उभिएर प्रार्थना गर्‍यो ।”

लुटेराहरू

लुटेराहरू भनेका ती मानिसहरू हुन् जसले मानिसहरूलाई बलजफ्ती गरेर वा लुटेराहरूले मागेका कुरा नदिएमा उनीहरूलाई हानी गर्ने धम्की दिएर उनीहरूका चीजहरू तिनीहरूलाई दिन लगाएर उनीहरूबाट चोर्छन् ।

अथवा यो कर उठाउने जस्तो पनि

फरिसीहरूले विश्‍वास गर्थे कि कर उठाउनेहरू लुटेराहरू, अधर्मी मानिसहरू, र व्यभिचारीहरू जत्तिकै पापपूर्ण थिए । यसलाई स्पष्‍ट बनाउन सकिन्छ । वैकल्‍पिक अनुवादः “र म निश्‍चय नै यो पापी कर उठाउने जस्तो छैन जसले मानिसहरूलाई ठग्‍छ”

Luke 18:12

मैले पाउने सबै कुराहरूको

“मैले कमाउने सबै कुराहरू”

Luke 18:13

जोड्ने कथनः

येशूले उहाँको दृष्‍टान्त भन्‍न सकाउनुभएको छ । पद १४ मा, दृष्‍टान्तले के सिकाउँछ भन्‍ने बारेमा उहाँले टिप्‍पणी गर्नुहुन्छ ।

टाढामा उभिएर

“फरिसीबाट पर रहेर उभियो ।” यो नम्रताको चिन्ह थियो । उसले फरिसीको नजिकै हुन आफैँलाई योग्‍यको सम्झेन ।

स्वर्गतिर उसका आँखा उचाल्नु

“उसको आँखा उचाल्‍नु”को अर्थ केही कुरालाई हेर्नु भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “स्वर्गतिर हेरेर” वा “माथितिर हेरेर”

आफ्नो छाती पिट्यो

यो ठूलो कष्‍टको मूर्त अभिव्यक्ति हो, र यसले यो मानिसको पश्‍चात्ताप र नम्रतालाई झल्काउँछ । वैकल्‍पिक अनुवादः “उसको दुःख देखाउन आफ्‍नो छाती पिट्यो”

हे परमेश्‍वर, म पापीमाथि कृपालु हुनुहोस्

“हे परमेश्‍वर, ममाथि दयालु हुनुहोस् । म पापी हुँ” वा “हे परमेश्‍वर, मैले धेरै पटक पाप गरेको भएतापनि ममाथि दया गर्नुहोस्”

Luke 18:14

यो मानिस धर्मी भएर उसको घरमा फर्कियो

उसलाई धर्मी ठहराइयो किनभने परमेश्‍वरले उसको पाप क्षमा गरिदिनुभयो । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले कर उठाउनेलाई माफ गर्नुभयो”

अर्को मानिसभन्दा

“अर्को व्यक्तिभन्दा” वा “र अर्को मानिस होइन ।” वैकल्‍पिक अनुवादः “तर परमेश्‍वरले फरिसीलाई माफ गर्नुभएन”

किनभने हरेक जसले आफूलाई उचाल्दछ

यो वाक्यांशसँगै येशू यो कथाले भन्‍न खोजेको चित्रलाई व्यक्त गर्ने साधारण सिद्धान्त बताउनतिर लाग्‍नुहुन्छ ।

होच्याइनेछ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले होच्याउनुहुनेछ”

उचालिनेछ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले भव्य आदर गर्नुहुनेछ”

Luke 18:15

जोड्ने कथनः

यो लूका १७:२० मा सुरु भएको कथाको भागमा भएको अर्को घटना हो । येशूले बालबालिकाहरूलाई स्वागत गर्नुहुन्छ र तिनीहरूको बारेमा कुरा गर्नुहुन्छ ।

तिनीहरूलाई छोइदिऊन्, तर

यसलाई छुट्टै वाक्यको रूपमा पनि अनुवाद गर्न सकिन्छः “तिनीहरूलाई छोइदिऊन् । तर”

तिनीहरूले उनीहरूलाई हकारिरहेका थिए

“चेलाहरूले बाबुआमाहरूलाई तिनीहरूका छोराछोरीहरू येशूकहाँ ल्याउनबाट रोक्‍न कोसिस गरे”

Luke 18:16

तर येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो

“येशूले मानिसहरूलाई तिनीहरूका बालकहरू उहाँकहाँ ल्याउनलाई भन्‍नुभयो”

साना बालकहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई नरोक

यी दुई वाक्यहरूको समान अर्थ हुन्छ र जोड दिनका लागि तिनीहरूलाई जोडिएको छ । केही भाषाहरूले फरक तरिकाले जोड दिन्छन् । वैकल्‍पिक अनुवादः “तिमीहरूले निश्‍चय पनि बालकहरूलाई मकहाँ आउन दिनुपर्छ”

किनकि ... यस्तैहरूको हो

यसलाई एउटा उपमाको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो साना बालकहरूजस्ता मानिसहरूको नै हो”

Luke 18:17

साँच्‍चै म तिमीहरूलाई भन्दछु

“निश्‍चय नै, म तिमीहरूलाई भन्छु ।” येशूले यो अभिव्यक्तिलाई उहाँले भन्‍न लाग्‍नुभएको कुराको महत्त्वमा जोड दिनलाई प्रयोग गर्नुभयो ।

परमेश्‍वरको राज्यलाई बालकले झैँ ग्रहण नगर्ने जो कोहीले त्यसभित्र निश्‍चय नै प्रवेश गर्नेछैन

मानिसहरूले उहाँको शासन तिनीहरूमाथि भरोसा र नम्रताको साथमा ग्रहण गरेको परमेश्‍वरले खोज्‍नुहुन्छ । वैकल्पिक अनुवादः “जो परमेश्‍वरको राज्यमा प्रवेशमा गर्न चाहन्छ, त्यसले बालकले झैँ भरोसा र नम्रतामा यसलाई ग्रहण गर्नुपर्छ”

Luke 18:18

जोड्ने कथनः

यो लूका १७:२० मा सुरु भएको कथाको भागमा भएको अर्को घटना हो । येशूले स्वर्गको राज्यमा प्रवेश गर्ने बारेमा एकजना शासकसँग कुरा गर्न थाल्‍नुहुन्छ ।

कोही एक शासक

यसले कथामा एउटा नयाँ पात्रलाई परिचय गराउँछ । यसले उसलाई उसको ओहदाद्वारा मात्र पहिचान गराउँछ ।

मैले के गर्नुपर्छ

“मैले के गर्न आवश्‍यक छ” वा “मबाट के कुराको खोजी हुन्छ”

अनन्त जीवन उत्तराधिकार गर्नु

“अन्त नहुने जीवन प्राप्‍त गर्नु ।” “उत्तराधिकार गर्नु” भन्‍ने कुराले सामान्यतया त्यो जायजेथालाई जनाउँछ जुन कुनै मानिसले आफू मरेपछि आफ्‍ना छोराछोरीलाई छोड्छ । त्यसैकारण, यो अलङ्कारको अर्थ हुन सक्छ कि उसले आफैँलाई परमेश्‍वरको बालकको रूपमा बुझ्‍यो र परमेश्‍वरले उसलाई अनन्त जीवन दिनुभएको चाहना गर्‍यो ।

Luke 18:19

तिमी मलाई किन असल भन्छौ ? एक परमेश्‍वरबाहेक कोही पनि असल छैन

येशूले प्रश्‍न सोध्‍नुहुन्छ किनभने उहाँ जान्‍नुहुन्छ कि शासकले पद १८ मा सोधेको प्रश्‍नको निमित्त येशूको जवाफ शासकलाई मन पर्नेछैन । शासकले येशूको प्रश्‍नको जवाफ दिएको येशूले अपेक्षा गर्नुहुन्‍न । शासकले यो कुरा बुझेको येशू चाहनुहुन्छ कि शासकको प्रश्‍नको निमित्त येशूको जवाफ परमेश्‍वरबाट आउँछ, जो मात्र असल हुनुहुन्छ । वैकल्पिक अनुवादः “तिमी जान्दछौ कि परमेश्‍वर बाहेक कोही पनि असल छैन, त्यसैले मलाई असल भनेर बोलाउनु भनेको मलाई परमेश्‍वरसँग तुलना गर्नु हो”

Luke 18:20

हत्या नगर्नू

“नमार्नू”

Luke 18:21

यी सब कुराहरू

“यी सबै आज्ञाहरू”

Luke 18:22

जब येशूले यो सुन्‍नुभयो

“जब येशूले ती मानिसले भनेको सुन्‍नुभयो”

उहाँले तिनलाई भन्‍नुभयो

“उहाँले तिनलाई जवाफ दिनुभयो”

तिमीमा अझै एउटा कुराको कमी छ

“तिमीले अझ अर्को एउटा कुरा गर्नुपर्छ” वा “तिमीले अझ नगरेको एउटा कुरा बाँकी छ”

तिमीले तिमीसँग भएको सबैकुरा बेच्‍नुपर्छ

“तिम्रा सबै सम्पत्तिहरू बेच” वा “तिम्रो स्वामित्वमा भएको हरेक कुरा बेच”

गरिबहरूलाई बाँडिदेओ

“गरिब मानिसहरूलाई पेसा देओ”

आऊ, मलाई पछ्याऊ

“मेरा चेलाको रूपमा मसँग आऊ”

Luke 18:24

परमेश्‍वरको राज्य ... कति कठिन छ !

यो एउटा विस्मयादिबोधक कथन हो र प्रश्‍न होइन । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको राज्य ... कति गाह्रो छ !”

Luke 18:25

एउटा उँटलाई सियोको नाथ्रीबाट छिर्नु

ऊँटलाई सियोको नाथ्रीबाट छिर्न असम्भव हुन्छ । धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न असाध्यै कठिन हुन्छ भन्‍ने अर्थ दिन येशूले सम्भवतः अतिशयोक्तिको प्रयोग गर्दै हुनुहुन्थ्यो ।

सियोको नाथ्री

सियोको नाथ्री भनेको सिलाउने सियोको प्वाल हो जसबाट धागो छिराइन्छ ।

Luke 18:26

त्यो सुन्‍नेहरू

“येशूलाई सुनिरहेका मानिसहरूले भने”

त्यसो भए को बचाइनेछ त ?

यो सम्भव छ कि तिनीहरूले एउटा जवाफको माग गरिरहेका थिए । तर यो बढी सम्भाव्य छ कि तिनीहरूले यो प्रश्‍न येशूले भन्‍नुभएको कुरामा तिनीहरूको आश्‍चर्यलाई जोड दिनलाई प्रयोग गरे । वैकल्पिक अनुवादः “त्यसोभए कसैलाई पनि पापबाट बचाउन सकिँदैन !” वा कर्तृ वाच्यमाः “तब परमेश्‍वरले कसैलाई पनि बचाउनुहुनेछैन !”

Luke 18:27

मानिसहरूको लागि असम्भव भएको कुरा परमेश्‍वरको लागि सम्भव छ

“मानिसहरूले गर्न नसकेको कुरा परमेश्‍वरले गर्न सम्भव छ” वा “मानिसहरूले गर्न सक्दैनन्, परमेश्‍वरले गर्न सक्‍नुहुन्छ”

Luke 18:28

जोड्ने कथनः

यो स्वर्गको राज्यमा प्रवेश गर्ने बारेमा भएको कुराकानीको अन्त्य हो ।

हेर्नुहोस् हामीले ...

यो वाक्यांशले केवल चेलाहरूलाई जनाउँछ, र तिनीहरूलाई धनी शासकबाट भिन्‍न भएको देखाउँछ ।

हामीले छोडेका छौँ

“हामीले त्यागेका छौँ” वा “हामीले पछाडि छोडेका छौँ”

सबैकुरा

“हाम्रा सबै धन” वा “हाम्रा सबै सम्पत्तिहरू”

Luke 18:29

साँच्‍चै म तिमीहरूलाई भन्दछु

आफूले भन्‍न लाग्‍नुभएको कुराको महत्त्वमा जोड दिनलाई येशूले यो अभिव्यक्ति प्रयोग गर्नुभयो ।

त्यहाँ कोही छैन जसले

यो अभिव्यक्ति चेलाहरूलाई समावेश गर्न भन्‍न खोजिएको हो, तर तिनीहरू सबैलाई पनि समावेश गर्न भनिएको हो जसले त्यस्तै त्यागहरू गरेका थिए ।

Luke 18:30

जसले प्राप्‍त गर्नेछैन

यो त्यस वाक्यको अन्त्य हो जुन “त्यहाँ कोही छैन जसले ... परमेश्‍वरको राज्य ... छोडेको छ” शब्दहरूसँग सुरु हुन्छ

अनि आउने संसारमा अनन्त जीवन

“आउने संसारमा अनन्त जीवन पनि”

Luke 18:31

जोड्ने कथनः

यो लूका १७:२० मा सुरु भएको कथाको भागमा भएको अर्को घटना हो । येशू उहाँका चेलाहरूसँग एक्लै कुरा गरिरहनुभएको छैन ।

तब बाह्रजनालाई एकतिर लगिसक्‍नुभएपछि

येशूले बाह्र जना चेलाहरूलाई अरू मानिसहरू नभएको कुनै एक ठाउँमा लानुभयो जहाँ उहाँहरू एक्लै हुन सक्‍नुहुन्थ्यो ।

हेर

यसले उहाँको सेवा-कार्यको एउटा महत्त्वपूर्ण परिवर्तनलाई सङ्केत गर्छ, जब येशू अन्तिम समयको लागि यरूशलेम जानुहुन्छ ।

जुन अगमवक्ताहरूद्वारा लेखिएको छन्

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जुन अगमवक्ताहरूले लेखेका छन्”

अगमवक्ताहरू

यसले पुरानो करारका अगमवक्ताहरूलाई जनाउँछ ।

मानिसको पुत्र

येशूले आफैँलाई “मानिसको पुत्र” को रूपमा उल्लेख गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “म, मानिसको पुत्र”

पूरा हुनेछन्

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हुनेछ” वा “घट्नेछ”

Luke 18:32

किनकि उहाँलाई अन्यजातिहरूको जिम्‍मा लगाइनेछ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनकि यहूदी अगुवाहरूले उहाँलाई अन्यजातिहरूको हातमा सुम्पनेछन्”

उहाँलाई ... जिम्‍मा लगाइनेछ

येशूले आफ्‍नै बारेमा “मानिसको पुत्र”को रूपमा कुरा गर्नुहुन्छ । वैकल्पिक अनुवादः “म”

गिल्‍ला गरिनेछ, लज्‍जास्पद तरिकाले व्यवहार गरिनेछ, र थुकिनेछ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले उहाँलाई गिल्‍ला गर्नेछन्, उहाँलाई लज्‍जास्पद तरिकाले व्यवहार गर्नेछन्, र उहाँलाई थुक्‍नेछन्”

Luke 18:33

उहाँलाई ... उहाँ फेरि बिउँतनुहुनेछ

येशूले आफ्‍नै बारेमा “मानिसको पुत्र”को रूपमा कुरा गर्नुहुन्छ । वैकल्पिक अनुवादः “मलाई ... मलाई ... म”

तेस्रो दिनमा

यसले उहाँको मृत्युपछिको तेस्रो दिनलाई जनाउँछ । तापनि, चेलाहरूले यो कुरालाई अझै बुझेका थिएनन्, त्यसैले यस पदलाई अनुवाद गर्दा यो व्याख्यालाई नथप्‍नु नै उत्तम हुन्छ ।

Luke 18:34

सामान्य जानकारीः

यो पद प्रमुख कथावर्णनको भाग होइन, तर बरु कथाको यस भागको बारेमा एउटा टिप्‍पणी हो ।

तर उनीहरूले यी कुनै पनि कुराहरू बुझेनन्

“तिनीहरूले यी कुराहरूमध्ये केही पनि बुझेनन्”

यी कुराहरू

यसले येशूले यरूशलेममा कसरी कष्‍ट भोग्‍नुहुन्छ र मर्नुहुन्छ, अनि मृत्युबाट जीवित भई उठ्नुहुन्छ भन्‍ने उहाँको वर्णनलाई जनाउँछ ।

यो वचन उनीहरूबाट लुकाइएका थिए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ, तर तिनीहरूबाट वचनलाई लुकाउनुहुने परमेश्‍वर हुनुहुन्थ्यो वा येशू हुनुहुन्थ्यो भनेर प्रस्‍ट छैन । वैकल्पिक अनुवादः “येशूले उहाँको सन्देश तिनीहरूबाट लुकाउनुभयो” वा “येशूले भनिरहनुभएको कुराको अर्थ बुझ्न परमेश्‍वरले तिनीहरूलाई रोक्‍नुभयो”

भनिएका कुराहरू

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले भन्‍नुभएका कुराहरू”

Luke 18:35

सामान्य जानकारीः

येशूले एउटा धनी मानिसलाई निको पार्नुहुन्छ जसै उहाँ यरीहोको नजिक आउनुहुन्छ । यी पदहरूले पृष्‍ठभूमि जानकारी र कथाको परिवेशको विषयमा जानकारी दिन्छन् ।

अब यसो भयो कि

यो वाक्यांशलाई यहाँ कथाको नयाँ भागको सुरुवातलाई अङ्कित गर्न प्रयोग गरिएको छ ।

एक जना दृष्‍टिविहीन मानिस बसिरहेको थियो

“त्यहाँ एउटा दृष्‍टिविहीन मानिस बसिरहेको थियो ।” यहाँ “एक जना” को अर्थ त्यो मानिस कथामा नयाँ महत्त्वपूर्ण सहभागी हो भन्‍ने हो, तर लूकाले तिनको नाम भने दिएका छैनन् । ऊ कथामा नयाँ सहभागी हो ।

Luke 18:36

अब ... सुनेर

यहाँ एउटा नयाँ वाक्य सुरु गर्दा सहयोगी हुन सक्छ । वैकल्‍पिक अनुवादः “जब उसले सुन्यो”

Luke 18:37

त्यसैले तिनीहरूले उनलाई भने

“भीडका भएका मानिसहरूले दृष्‍टिविहीन मानिसलाई भने”

नासरतका येशू

येशू गालीलस्थित नासरतको सहरबाट आउनुभयो ।

... भएर जाँदै हुनुहुन्छ

“उसको नजिक भएर हिँड्दै हुनुहुन्छ”

Luke 18:38

त्यसैले

यो शब्दले एउटा घटनालाई अङ्कित गर्छ जुन पहिला घटेको केही अरू कुराको कारणले गर्दा हुन पुग्‍यो । यहाँ चाहिँ, भीडले अन्धो मानिसलाई येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्थ्यो भनेर बताएको थियो ।

ऊ चिच्‍यायो

“बोलायो” वा “करायो”

दाऊदको पुत्र

येशू, इस्राएलका सबैभन्दा महत्त्वपूर्ण राजा, दाऊदका सन्तान हुनुहुन्थ्यो ।

ममाथि दया गर्नुहोस्

“मलाई दया देखाउनुहोस्” वा “मलाई कृपा गर्नुहोस्”

Luke 18:39

तिनीहरू जो अगाडि हिँडिरहेका थिए

“ती मानिसहरू जो भीडमा अगाडि हिँडिरहेका थिए”

चुप लाग्‍न

“शान्त रहन” वा “नकराउन”

ऊ झन् चर्को स्वरले कराइरह्‌यो

यसको अर्थ हुन्छ, कि ऊ अझ ठूलो स्वरमा करायो वा ऊ निरन्तर कराइरह्‌यो ।

Luke 18:40

उसलाई उहाँकहाँ ल्याइन

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले अन्धो मानिसलाई उहाँकहाँ ल्याउनलाई”

Luke 18:41

म फेरि देख्‍न चाहन्छु

“देख्‍नलाई सक्षम हुन”

Luke 18:42

तिम्रो दृष्‍टि प्राप्‍त गर

यो एउटा आज्ञा हो, तर येशूले त्यस मानिसलाई केही गर्न लगाइरहनुभएको चाहिँ छैन । येशूले त्यस मानिसलाई निको हुनलाई आदेश दिनुभएर उसलाई निको पारिरहनुभएको छ । वैकल्पिक अनुवादः “तिमीले अब तिम्रो दृष्‍टि पाउनेछौ”

तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ

यी शब्दहरू प्रतिस्थापन शब्द हुन् । यो त्यस मानिसको विश्‍वासको कारणले थियो कि येशूले उसलाई निको पार्नुभयो । वैकल्पिक अनुवादः “मैले तिमीलाई निको पारेको छु किनभने तिमीले ममा विश्‍वास गर्‍यौ”

Luke 18:43

परमेश्‍वरको महिमा गर्दै

“परमेश्‍वरलाई महिमा दिँदै” वा “परमेश्‍वरको प्रशंसा गर्दै” (युडीबी)


Translation Questions

Luke 18:1

यो दृष्‍टान्तबाट प्रार्थनाको बारेमा येशूले चेलाहरूलाई के सिकाउन चाहनुहुन्थ्यो ?

उहाँले तिनीहरूलाई निरन्तर प्रार्थना गर्न र निरुत्साहित नहुन सिकाउन चाहनुहुन्थ्यो । [१८:१]

Luke 18:3

अधर्मी न्यायाधीशसँग विधवाले के मागिरहेकी थिइन् ?

तिनले तिनका विरोधीको विरुद्धमा न्याय मागिन् । [१८:३]

Luke 18:5

केही समयपछि अधर्मी न्यायाधीशले आफैँलाई के भन्‍यो?

उसले भन्‍यो, “मकहाँ बारम्बार आएर यसले मलाई नसताओस् भनेर, म उसलाई न्याय दिलाउनेछु” । [१८:५]

Luke 18:8

परमेश्‍वरले प्रार्थनाको बारेमा उत्तर दिनुहुन्छ भन्‍ने बारेमा येशूले यस दृष्‍टान्तबाट उहाँका चेलाहरूलाई कसरी सिकाउन चाहनुहुन्थ्यो ?

उहाँलाई पुकार्नेहरूलाई परमेश्‍वरले न्याय दिनुहुनेछ भनी उहाँले तिनीहरूलाई सिकाउन चाहनुहुन्थ्यो । [१८:८]

Luke 18:9

आफ्नै र अरू मानिसहरूको धार्मिकताबारे फरिसीको कस्तो धारणा थियो ?

उसले अरू मानिसहरूभन्दा बढी ऊ धर्मी छु भनी विचार गर्‍यो । [१८: ९, ११,१२]

Luke 18:10

येशूको दृष्‍टान्तमा को-को दुई जना मानिस मन्दिरमा प्रार्थना गर्न गए ?

एक जना फरिसी र अर्को कर उठाउने मानिस मन्दिरमा प्रार्थना गर्न गए । [१८:१०]

Luke 18:11

आफ्नै र अरू मानिसहरूको धार्मिकताबारे फरिसीको कस्तो धारणा थियो ?

उसले अरू मानिसहरूभन्दा बढी ऊ धर्मी छु भनी विचार गर्‍यो । [१८: ९, ११,१२]

Luke 18:12

आफ्नै र अरू मानिसहरूको धार्मिकताबारे फरिसीको कस्तो धारणा थियो ?

उसले अरू मानिसहरूभन्दा बढी ऊ धर्मी छु भनी विचार गर्‍यो । [१८: ९, ११,१२]

Luke 18:13

मन्दिरमा कर उठाउनेको प्रार्थना कस्तो थियो ?

उसले प्रार्थना गर्‍यो, “हे परमेश्‍वर, म पापीमाथि दया गर्नुहोस्” । [१८:१३]

Luke 18:14

कुनचाहिँ मानिस परमेश्‍वरको सामु धर्मी ठहरिएर आफ्नो घर फर्केर गयो ?

परमेश्‍वरको सामु कर उठाउने मानिस धर्मी ठहरियो । [१८:१४]

Luke 18:16

परमेश्‍वरको राज्य कसको हो भनी येशूले भन्‍नुभयो ?

यो बालकहरूजस्तैका लागि हो भन्‍नुभयो । [१८:१६-१७]

Luke 18:17

परमेश्‍वरको राज्य कसको हो भनी येशूले भन्‍नुभयो ?

यो बालकहरूजस्तैका लागि हो भन्‍नुभयो । [१८:१६-१७]

Luke 18:22

आफ्नो युवावस्थादेखि नै परमेश्‍वरका आज्ञाहरू पालन गरेको शासकलाई येशूले के एउटा कुरा गर्नुपर्छ भन्‍नुभयो ?

येशूले आफूसँग भएका सबै थोक बेचेर गरिबहरूलाई बाँड भन्‍नुभयो । [१८:२२]

Luke 18:23

येशूको भनाइप्रति शासकले कस्तो प्रतिक्रिया जनायो र किन ?

ऊ साह्रै निराश भयो, किनभने ऊ अति नै धनी थियो । [१८:२३]

Luke 18:30

परमेश्‍वरको राज्यको खातिर संसारका थोकहरू छोड्नेहरूलाई येशूले के प्रतिज्ञा गर्नुभयो ?

येशूले तिनीहरूलाई यस संसारमा अझ धेरै पाउने र आउने संसारमा अनन्त जीवनको प्रतिज्ञा गर्नुभयो । [१८:३०]

Luke 18:32

येशूको भनाइ अनुसार मानिसका पुत्रको बारेमा पुरानो करारका अगमवक्‍ताहरूले के लेखेका छन् ?

उहाँलाई गैरयहूदीहरूको हातमा सुम्पिदिनेछ, गिल्ला गर्नेछन् र लाज मर्दो व्यवहार गर्नेछन्, कोर्रा लगाउनेछन् र मार्नेछन्, तर तेस्रो दिनमा उहाँ फेरि जीवित हुनुहुनेछ । [१८:३२-३३]

Luke 18:33

येशूको भनाइ अनुसार मानिसका पुत्रको बारेमा पुरानो करारका अगमवक्‍ताहरूले के लेखेका छन् ?

उहाँलाई गैरयहूदीहरूको हातमा सुम्पिदिनेछ, गिल्ला गर्नेछन् र लाज मर्दो व्यवहार गर्नेछन्, कोर्रा लगाउनेछन् र मार्नेछन्, तर तेस्रो दिनमा उहाँ फेरि जीवित हुनुहुनेछ । [१८:३२-३३]

Luke 18:38

बाटोको छेउमा बस्‍ने दृष्‍टिविहीन मानिसले येशूलाई के भन्दै करायो ?

उसले भन्यो, “हे येशू दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्” । [१८:३८-३९]

Luke 18:39

बाटोको छेउमा बस्‍ने दृष्‍टिविहीन मानिसले येशूलाई के भन्दै करायो ?

उसले भन्यो, “हे येशू दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्” । [१८:३८-३९]

Luke 18:43

दृष्‍टिविहीन मानिस निको भएपछि मानिसहरूले कस्तो प्रतिक्रिया जनाए ?

तिनीहरूले महिमा गरे र परमेश्‍वरलाई प्रशंसा दिए । [१८:४३]


Chapter 19

1 येशू यरीहोमा प्रवेश गरेर त्यहाँबाट जाँदै हुनुहुन्थ्यो । 2 हेर, त्यहाँ जखायस नाउँ गरेका एक जना मानिस थिए । तिनी कर उठाउनेहरूका मुख्य र धनी मानिस थिए । 3 तिनले येशू को हुनुहुन्छ भनी हेर्न कोसिस गरिरहेका थिए, तर भीडको कारणले गर्दा हेर्न सकेनन्, किनकि तिनी होचा थिए । 4 त्यसैले तिनी मानिसहरूभन्दा अगाडि दौडे र उहाँलाई हेर्नको लागि नेभाराको रूखमा चढे, किनभने येशू त्यही बाटो भएर जान लाग्‍नुभएको थियो । 5 जब येशू त्यस ठाउँमा आइपुग्‍नुभयो, उहाँले मास्तिर हेरेर तिनलाई भन्‍नुभयो, “जखायस छिटो ओर्ली आऊ, किनकि आज मलाई तिम्रो घरमा बस्‍नु छ ।” 6 त्यसैले तिनी हतार-हतार ओर्ली आए र उहाँलाई खुसीसाथ स्वागत गरे । 7 जब तिनीहरू सबैले यो देखे, तब तिनीहरूले यसो भन्दै गनगन गरे, “उनी पापी मानिसकहाँ बस्‍नको लागि गए ।” 8 जखायस खडा भएर प्रभुलाई भने, “हेर्नुहोस् प्रभु, म आफ्‍नो सम्पत्तिको आधा भाग गरिबहरूलाई दिन्छु, र यदि मैले ठगेर कसैबाट केही कुरा लिएको छु भने म त्यसको चार गुणा फिर्ता दिनेछु ।” 9 येशूले तिनलाई भन्‍नुभयो, “आज यस घरमा मुक्‍ति आएको छ, किनभने यिनी पनि अब्राहामका छोरा हुन् । 10 किनकि मानिसका पुत्र हराएकाहरूलाई खोज्‍न र बचाउनको लागि आएका हुन् ।” 11 तिनीहरूले यी कुरा सुन्दै गर्दा उहाँ निरन्तर बोल्‍नुभयो र एउटा द‍ृष्‍टान्त भन्‍नुभयो, किनभने उहाँ यरूशलेमको नजिक हुनुहुन्थ्यो, र तिनीहरूले परमेश्‍वरको राज्य तुरुन्तै देखा पर्न लागेको छ भन्‍ने सोचे । 12 त्यसकारण उहाँले भन्‍नुभयो, “एउटा खानदानी मानिस आफ्नो निम्ति राज्य प्राप्‍त गर्न र फर्कनलाई एउटा टाढा देशमा गए । 13 तिनले आफ्ना दस जना सेवकलाई बोलाए र तिनीहरूलाई दस सिक्‍का दिए र तिनीहरूलाई भने, ‘म फर्की नआउँदासम्म यसलाई व्यापारमा लगाओ ।’ 14 तर तिनका नागरिकहरूले तिनलाई घृणा गर्थे र तिनीहरूले तिनका पछिपछि दूतहरूलाई यसो भन्दै पठाए, ‘यो मानिसलाई हामीमाथि शासन गर्न दिनेछैनौं ।’ 15 तब तिनीले राज्य प्राप्‍त गरेर फेरि फर्केर आएपछि तिनले सिक्‍का दिएका सेवकहरूलाई आफूकहाँ बोलाउन आदेेश दिए, ताकि तिनीहरूले व्यापारबाट कति नाफा कमाए भनेर तिनले जान्‍न सकून् । 16 पहिलो सेवक तिनको अगाडि यसो भन्दै आयो, ‘मालिक, मैले तपाईंको सिक्‍काबाट अरू दस सिक्‍का कमाएको छु ।’ 17 ती खानदानी मानिसले त्यसलाई भने, ‘स्याबास् असल सेवक । किनभने तँ अति सानो कुरामा विश्‍वासयोग्य भइस्, तैंले दसवटा सहरमाथि अधिकार पाउनेछस् ।’ 18 दोस्रो सेवक यसो भन्दै आयो, ‘मालिक, तपाईंको सिक्‍काबाट मैले पाँच सिक्‍का कमाएको छु ।’ 19 ती खानदानी मानिसले त्यस सेवकलाई भने, ‘तैंले पाँचवटा सहरमाथि अधिकार गर्नेछस् ।’ 20 अर्को सेवक यसो भन्दै आयो, ‘मालिक हेर्नुहोस्, तपाईंको सिक्‍का यहाँ छ, जसलाई मैले सुरक्षितसाथ कपडाभित्र राखेको थिएँ । 21 किनकि म तपाईंसित डराएँ, किनभने तपाईं कठोर मानिस हुनुहुन्छ । तपाईंले जे राख्‍नुभएन त्यो लिनुहुन्छ, र जे छर्नुभएन त्यही कटनी गर्नुहुन्छ ।’ 22 ती खानदानी मानिसले त्यसलाई भने, ‘ए दुष्‍ट सेवक, म तँलाई तेरो आफ्नै वचनले न्याय गर्नेछु । जहाँ राखिनँ त्यहाँबाट लिन खोज्‍ने र जहाँ छरिनँ त्यहाँबाट कटनी गर्न खोज्‍ने म कठोर मानिस हुँ भनी तँलाई थाहा थियो । 23 त्यसो भए तैंले मेरो सिक्‍का किन बैङ्कमा राखिनस्, ताकि म फर्की आउँदा ब्याजसहित मैले यो रकम पाउने थिएँ?' 24 ती खानदानी मानिसले त्यहाँ उभिएकाहरूलाई भने, ‘योसँग भएको सिक्‍का खोस, र जससँग दस सिक्‍का छ त्यसलाई देओ ।’ 25 तिनीहरूले तिनलाई भने, ‘मालिक त्यससँग त दस सिक्‍का छ ।’ 26 ‘म तिमीहरूलाई भन्दछु, जससँग छ त्यसलाई अझ धेरै दिइनेछ, तर जससँग छैन त्यससँग भएको पनि खोसिनेछ । 27 तर मैले तिनीहरूमाथि शासन गरेको नचाहने मेरा ती शत्रुहरूलाई यहाँ ल्याओ र तिनीहरूलाई मेरो अगाडि मार ।'” 28 यी कुराहरू भनिसक्‍नुभएपछि उहाँ यरूशलेमतर्फ बढ्नुभयो । 29 बेथफागे र बेथानिया नजिक जैतून भनिने डाँडातिर पुग्‍नुभएपछि उहाँले आफ्ना दुई जना चेलालाई यसो भनेर पठाउनुभयो, 30 “नजिकैको गाउँमा जाओ । त्यहाँ पस्दै गर्दा, तिमीहरूले कोही पनि नचढेको एउटा बछेडो भेट्टाउनेछौ । त्यसलाई फुकाओ र मकहाँ ल्याओ । 31 यदि कसैले तिमीहरूलाई, ‘यसलाई किन फुकाउँदै छौ?’ भनेर सोध्छ भने यसो भन्‍नू, ‘प्रभुलाई यसको खाँचो छ ।'” 32 पठाइएकाहरू गए र तिनीहरूले येशूले भन्‍नुभएजस्तै बछेडो पाए । 33 तिनीहरूले बछेडालाई फुकाल्दै गर्दा त्यसका मालिकले तिनीहरूलाई भने, “तिमीहरूले यस बछेडालाई किन फुकाउँदै छौ?” 34 तिनीहरूले भने, “प्रभुलाई यसको खाँचो छ ।” 35 तिनीहरूले त्यसलाई येशूकहाँ ल्याए र तिनीहरूले त्यस बछेडामाथि आफ्ना कपडाहरू राखे र त्यसमाथि येशूलाई बसाले । 36 उहाँ जाँदै गर्नुहुँदा तिनीहरूले बाटोमा कपडा ओछ्याए । 37 उहाँ जैतून डाँडाको ओरालो नजिकै आइपुग्‍नुहुँदा उहाँका चेलाहरूको सारा भीडले उहाँले गर्नुभएका शक्‍तिशाली कार्यहरू देखेको कारण आनन्दित हुँदै चर्को स्वरले परमेश्‍वरको प्रशंसा गर्न लागे । 38 तिनीहरूले यसो भन्‍न लागे, “परमप्रभुको नाउँमा आउने राजा धन्यका हुन्! स्वर्गमा शान्ति र सर्वोच्‍चमा महिमा!” 39 त्यो भीडमा भएका केही फरिसीहरूले उहाँलाई यसो भने, “गुरुज्यू, तपाईंका चेलाहरूलाई हप्काउनुहोस् ।” 40 येशूले जवाफ दिंदै भन्‍नुभयो, “म तिमीहरूलाई भन्दछु, तिनीहरू चूप लागे भने, यी ढुङ्गाहरू नै कराउनेछन् ।” 41 जब येशू सहरको नजिक आइपुग्‍नुभयो, उहाँ सहरलाई देखेर यसो भन्दै रुनुभयो, 42 “यदि तैंले यो दिनमा तँलाई शान्ति दिने कुराहरूको बारेमा जानेको भए! तर अहिले ती तेरो नजरबाट लुकाइएका छन् । 43 किनकि तेरो लागि यस्ता दिनहरू आउनेछन्, जब तेरा शत्रुहरूले तेरो विरुद्धमा वरिपरि पर्खाल निर्माण गर्नेछन् र तँलाई घेर्नेछन् र चारैतिरबाट आक्रमण गर्नेछन् । 44 तिनीहरूले तँलाई र तँसँग भएका तेरा सन्तानलाई आक्रमण गरेर लडाउनेछन्; तिनीहरूले एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोड्नेछैनन्, किनभने परमेश्‍वरले तँलाई बचाउनका लागि गर्नुभएका प्रयत्‍नलाई तैंले बुझिनस् । 45 येशू मन्दिरभित्र छिर्नुभयो र त्यहाँ व्यापार गरिरहेका मानिसहरूलाई यसो भन्दै खेद्नुभयो, 46 “यसो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले त यसलाई डाँकूहरूको अड्‍डा बनाएका छौ ।” 47 येशूले मन्दिरमा दिनहुँ शिक्षा दिंदैहुनुहुन्थ्यो । मुख्य पूजाहारीहरू, शास्‍‍त्रीहरू र मानिसहरूका अगुवाहरूले उहाँलाई मार्न चाहन्थे । 48 तर तिनीहरूले त्यसो गर्ने कुनै उपाय भेट्टाउन सकेनन्, किनभने सबै मानिसहरूले उहाँको वचन ध्यानसित सुनिरहेका थिए ।

लूका १९ सामान्य टिपोटहरू

संरचना र ढाँचा

येशूले जखायस नाम गरेका मानिसलाई उनका पापहरूबाट पश्‍चात्ताप गर्न सहायता गर्नुभएपछि अनि

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“पापी”

फरिसीहरूले मानिसहरूको एक समूहलाई “पापीहरू” भनेर जनाउँछन् । यहूदी अगुवाहरूले यी मानिसहरू पापपूर्ण छन् भनी सोच्थे, तर वास्तवमा अगुवाहरू पनि पापपूर्ण थिए । यसलाई एउटा व्यङ्ग्‍यको रूपमा लिन सकिन्छ । अनि

दासहरू

संसारमा भएका सबै कुराहरू परमेश्‍वरका हुन् भनेर उहाँका मानिसहरूले सम्झेको परमेश्‍वरले अपेक्षा गर्नुहुन्छ । परमेश्‍वरले उहाँका मानिसहरूलाई विभिन्‍न थोकहरू दिनुहुन्छ ताकि तिनीहरूले उहाँको सेवा गर्न सकून् । उहाँले तिनीहरूलाई दिनुभएका सबैकुराले उहाँले चाहनुभएको कुरा गरेर तिनीहरूले उहाँलाई प्रसन्‍न बनाएको उहाँ चाहनुहुन्छ । उहाँले तिनीहरूलाई प्रयोग गर्न दिनुभएको सबैकुरासँग तिनीहरूले के गरेका छन् भनेर एक दिन येशूले उहाँका सेवकहरूलाई सोध्‍नुहुनेछ । उहाँले चाहनुभएको कुरा गर्नेहरूलाई उहाँले इनाम दिनुहुनेछ, र नगर्नेहरूलाई उहाँले दण्‍ड दिनुहुनेछ ।

गधा र बछेडा

येशू एउटा पशुमाथि सवार हुनुभएर यरूशलेममा आउनुभयो । यस किसिमले उहाँ एक राजा झैँ हुनुहुन्थ्यो जो एउटा महत्त्वपूर्ण युद्ध जितेपछि सहरमा फर्केका थिए । साथै, पुरानो करारमा इस्राएलका राजाहरू गधाहरूमा चढ्थे । अन्य राजाहरू घोडाहरूमा चढ्थे । त्यसरी येशूले देखाइरहनुभएको थियो कि उहाँ इस्राएलको राजा हुनुहुन्थ्यो र उहाँ अन्य राजाहरू झैँ हुनुहुन्‍नथ्यो ।

मत्ती, मर्कूस, लूका, र यूहन्‍ना सबैले यो घटनाको बारेमा लेखे । मत्ती र मर्कूसले लेखे कि चेलाहरूले येशूलाई एउटा गधा ल्याइदिए । यूहन्‍नाले लेखे कि येशूले एउटा गधा पाउनुभयो । लूकाले लेखे कि तिनीहरूले उहाँलाई एउटा बछेडा ल्याइदिए । केवल मत्तीले लेखे कि त्यहाँ एउटा गधा र एउटा बछेडा दुवै थिए । येशू गधामा चढ्नुभयो वा बछेडामा चढ्नुभयो भनेर कसैले पनि पक्‍का गरी जान्दैन । यी प्रत्येक विवरणहरू सबैलाई ठ्याक्‍कै एउटै कुरा भन्‍ने बनाउने कोसिस नगरिकन यूएलटीमा देखिएको जसरी नै अनुवाद गर्दा बेस हुन्छ (हेर्नुहोस्ः मत्ती २१:१-७ अनि मर्कूस ११:१-७ अनि लूका १९:२९-३६ अनि यूहन्‍ना १२:१४-१५) ।

वस्‍त्रहरू र हाँगाहरू बिछ्याउने

जब कुनै राजा तिनीहरूले शासन गरेका सहरमा प्रवेश गर्थे, मानिसहरूले रूखहरूबाट हाँगाहरू काट्थे र चिसो मौसममा न्यानो हुन तिनीहरूले लगाएका वस्‍त्रहरू फुकाल्थे र ती सबैलाई बाटोमा बिछ्याउँथे ताकि राजा तीमाथि भएर चढेर जाऊन् । तिनीहरूले यसो चाहिँ राजालाई सम्‍मान देखाउन र तिनीहरूले उनलाई प्रेम गर्थे भनेर देखाउनलाई गर्थे । अनि

मन्दिरमा भएका व्यापारीहरू

येशूले मन्दिरमा पशुहरू बेचिरहेका मानिसहरूलाई त्यहाँबाट बाहिर धकेल्‍नुभयो । उहाँसँग मन्दिरमाथि अधिकार थियो र केवल तिनीहरू जो धर्मी छन्, जसले परमेश्‍वरले असल भन्‍नुभएका कुराहरू मात्र गर्छन्, तिनीहरूमात्र मन्दिरभित्र हुन सक्छन् भनेर सबैलाई देखाउन उहाँले यसो गर्नुभयो ।


Luke 19:1

सामान्य जानकारीः

पदहरू १-२ ले यसपछिका घटनाहरूको बारेमा पृष्‍ठभूमि जानकारी दिन्छन् ।

Luke 19:2

अब त्यहाँ एक जना मानिस थिए

“हेर” शब्दले कथामा एउटा नयाँ व्यक्तिबारे सजग गराउँछ । तपाईंको भाषामा यसो गर्ने शैली हुन सक्छ । वैकल्‍पिक अनुवादः “त्यहाँ एक जना मानिस थिए जो ... ।”

ऊ एउटा कर उठाउने व्यक्ति थियो र धनी थियो

यो जखायसको बारेमा पृष्‍ठभूमि जानकारी हो ।

Luke 19:3

सामान्य जानकारीः

पद ३ ले यसपछिका घटनाहरूको बारेमा [लूका १९:१-२]

उनले कोसिस गरिरहेका थिए

“जखायसले कोसिस गरिरहेका थिए”

किनभने उनी उचाइमा कम थिए

“किनकि उनी होचा थिए”

Luke 19:4

त्यसैले ऊ दौड्यो

लेखकले घटनाको विषयमा पृष्‍ठभूमि दिन सकाएका छन् र अब घटनालाई नै वर्णन गर्न सुरु गर्छन् ।

नेभाराको रूख

“अञ्‍जीरको रूख ।” यसले वरदेखि परसम्‍म २.५ सेन्टिमिटर जतिको लम्बाइ भएको गोलाकारको सानो फल उत्‍पादन गर्छ । वैकल्‍पिक अनुवादः “अञ्‍जीरको रूख” वा “एउटा रूख”

Luke 19:5

त्यो ठाउँ

“त्यो रूख” वा “जहाँ जखायस थिए”

Luke 19:6

त्यसैले ऊ हतारियो

“त्यसैले जखायसले हतारियो”

Luke 19:7

तिनीहरू सबैले विरोध गरे

यहूदीहरूले कर उठाउनेहरूलाई घृणा गर्थे र कुनै पनि असल व्यक्तिले तिनीहरूसँग हिमचिम गर्नुहुन्छ भनेर ठान्दैनथे ।

उहाँ त्यो मानिसकहाँ बस्‍नको लागि जानुभयो जो एक पापी हो

“येशू पापी मानिसलाई भेट्न उसको घरमा जानुभएको छ”

एक पापी मानिस

“स्‍पष्‍ट पापी” वा “वास्तविक पापी”

Luke 19:8

प्रभु

यसले येशूलाई जनाउँछ ।

म चार गुणा बढी फर्काउनेछु

“मैले तिनीहरूबाट लिएकोभन्दा चार गुणा बढी तिनीहरूलाई फिर्ता दिनु”

Luke 19:9

यो घरमा मुक्ति आएको छ

यो कुरा बुझिएको थियो कि उद्धार परमेश्‍वरबाट आउँछ । वैकल्‍पिक अनुवादः “परेमश्‍वरले यो घरलाई बचाउनुभएको छ”

यो घर

“घर” शब्दले त्यस घरमा बसेका मानिसहरू वा परिवारलाई जनाउँछ ।

यिनी पनि

“यी मानिस पनि” वा “जखायस पनि”

अब्राहामका पुत्र

सम्भावित अर्थहरू हुन् १) “अब्राहामका सन्तान” र २) “अब्राहामको जस्तो विश्‍वास भएका व्यक्ति”

Luke 19:10

मानिसको पुत्र आउनुभयो

येशूले आफ्‍नै बारेमा कुरा गरिरहनुभएको छ । वैकल्‍पिक अनुवादः “म, मानिसको पुत्र आएँ”

हराएकाहरू

“परमेश्‍वरबाट भड्‌किएका मानिसहरू” वा “पाप गरेर परमेश्‍वरबाट टाढिएकाहरू”

Luke 19:11

सामान्य जानकारीः

येशूले भीडलाई एउटा दृष्‍टान्त बताउन थाल्‍नुहन्छ । पद ११ ले येशूले किन दृष्‍टान्त भन्‍नुहुन्छ भन्‍ने बारेमा पृष्‍ठभूमि जानकारी दिन्छ ।

कि परमेश्‍वरको राज्य तुरुन्तै देखा पर्न लागेको छ

मसिहले यरूशलेममा आउने बित्तिकै राज्यको स्थापना गर्नुहुनेछ भनेर यहूदीहरूले विश्‍वास गर्थे । वैकल्‍पिक अनुवादः “कि येशूले तुरुन्तै परमेश्‍वरको राज्यमा शासन गर्न सुरु गर्नुहुन्छ”

Luke 19:12

कोही एउटा भलादमी मानिस

“कोही मानिस जो शासक वर्गको एक सदस्य थिए” वा “महत्त्वपूर्ण परिवारबाट आएका कोही मानिस”

आफ्नो लागि एउटा राज्य प्राप्‍त गर्न

यो कुनै सानो राजा आफूभन्दा बढी महान् राजाकहाँ गएको कुराको चित्रण हो । सानो राजाभन्दा महान् राजाले सानो राजालाई उसको आफ्‍नै देशमा शासन गर्न हक र अधिकार दिने थियो ।

Luke 19:13

जोड्ने कथनः

येशूले लूका १९:११ मा सुरु गर्नुभएको दृष्‍टान्तलाई भन्‍न निरन्तरता दिनुहुन्छ ।

उनले ... बोलाए

“भलादमी मानिसले बोलाए ।” यो कुरा उल्‍लेख गर्दा सहयोगी हुन सक्छ कि ती मानिसले यो कुरा उनको राज्य प्राप्‍त गर्नलाई जानभन्दा अगाडि गरे । वैकल्‍पिक अनुवादः “उनी जानभन्दा अगाडि, उनले बोलाए”

तिनीहरूलाई दस सिक्‍का दिए

“तिनीहरू हरेकलाई एउटा सुनको सिक्‍का दिए”

दश सुनका सिक्‍काहरू

एउटा सिक्‍का ६०० ग्रामको हुन्थ्यो, जुन सम्भवत चाँदीको हुन्थ्यो । हरेक सिक्‍का १०० दिनको ज्याला बराबर थियो, जुन मानिसहरूलाई यस्तै चार महिनाको कामको लागि दिइन्थ्यो, त्यसैले दश सिक्‍काहरू चाहिँ यस्तै तीन वर्षको ज्याला जति हुन्थ्यो । वैकल्‍पिक अनुवादः “दशवटा मूल्यवान् सिक्‍का” वा “ठूलो परिमाणमा रुपियाँ-पैसा”

व्यापार गर

“यो पैसाले व्यापार गर्नू” वा “यो पैसा अरू पैसा कमाउन प्रयोग गर्नू”

Luke 19:14

उनका नागरिकहरू

“उनको देशका मानिसहरू”

प्रतिनिधि मण्‍डल

“तिनीहरूलाई प्रतिनिधित्व गर्न मानिहरूको एक समूह” वा “थुप्रै समाचारवाहकहरू”

Luke 19:15

अब यसो भयो कि

यहाँ यो वाक्यांशलाई कथामा भएको एउटा महत्त्‍वपूर्ण घटनालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्‍नुहुन्छ ।

राज्य प्राप्‍त गरिसकेर

“उनी राजा बनेपछि”

उनीकहाँ बोलाइन

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उनीकहाँ आउन”

तिनीहरूले कति नाफा गरेका थिए

“तिनीहरूले कति पैसा कमाएका थिए”

Luke 19:16

जोड्ने कथनः

येशूले दृष्‍टान्त भन्‍नलाई निरन्तरता दिनुहुन्छ जुन उहाँले लूका १९:११ मा सुरु गर्नुभयो ।

पहिलो

“पहिलो सेवक”

उनको अगाडि आयो

“भलादमी मानिसको अगाडि आयो”

तपाईंको सिक्‍काले अरू दश सिक्‍का बनाएको छ

यस्तो आशय दिइएको छ कि यो सेवकले नाफा निकालेको थियो । वैकल्‍पिक अनुवादः “मैले तपाईंको सिक्‍का अरू दश सिक्‍काको नाफा निकाल्‍नलाई प्रयोग गरेँ”

सिक्‍का

एउटा सिक्‍का ६०० ग्रामको हुन्थ्यो, जुन सम्भवत चाँदीको हुन्थ्यो । हरेक सिक्‍का १०० दिनको ज्याला बराबर थियो, जुन मानिसहरूलाई यस्तै चार महिनाको कामको लागि दिइन्थ्यो । तपाईंले यसलाई [लूका १९:१३]

Luke 19:17

स्याबास

“तिमीले राम्रो गरेका छौ ।” तपाईंको भाषामा काम लगाउने व्यक्तिले उसको खुशी व्यक्त गर्ने तरिका हुन सक्छ, जस्तै “राम्रो काम” ।

धेरै कम

यसले एउटा सिक्‍कालाई जनाउँछ, जसलाई भलादमी मानिसले धेरै ठूलो रकमको रूपमा नलिएको देखिन्छ ।

Luke 19:18

जोड्ने कथनः

येशूले दृष्‍टान्त भन्‍नलाई निरन्तरता दिनुहुन्छ जुन उहाँले लूका १९:११ मा सुरु गर्नुभयो ।

दोस्रो

“दोस्रो सेवक”

मालिक, तपाईंको सिक्‍काबाट मैले पाँच सिक्‍का कमाएँ

यस्तो आशय दिइएको छ कि यो सेवकले नाफा निकालेको थियो । वैकल्‍पिक अनुवादः “मालिक, तपाईंले दिनुभएको सिक्‍काले मैले थप पाँच सिक्‍काहरू कमाएको छु”

सिक्‍का

एउटा सिक्‍का ६०० ग्रामको हुन्थ्यो, जुन सम्भवत चाँदीको हुन्थ्यो । हरेक सिक्‍का १०० दिनको ज्याला बराबर थियो, जुन मानिसहरूलाई यस्तै चार महिनाको कामको लागि दिइन्थ्यो । तपाईंले यसलाई [लूका १९:१३]

Luke 19:19

तिमी पाँचवटा सहरहरूमाथि राज गर

“तिमीले पाँचवटा सहरमाथि अधिकार गर्नेछौ”

Luke 19:20

जोड्ने कथनः

येशूले दृष्‍टान्त भन्‍नलाई निरन्तरता दिनुहुन्छ जुन उहाँले लूका १९:११ मा सुरु गर्नुभयो ।

अर्को आयो

“अर्को सेवक आयो”

सिक्‍का

एउटा सिक्‍का ६०० ग्रामको हुन्थ्यो, जुन सम्भवत चाँदीको हुन्थ्यो । हरेक सिक्‍का १०० दिनको ज्याला बराबर थियो, जुन मानिसहरूलाई यस्तै चार महिनाको कामको लागि दिइन्थ्यो । तपाईंले यसलाई [लूका १९:१३]

मैले कपडामा हालेर टाढा राखेँ

“कपडामा बेह्रेर कतै अन्त राखिएको”

Luke 19:21

कठोर मानिस

“कडा मिजासको मानिस” वा “उनका नोकरहरूबाट धेरै अपेक्षा गर्ने मानिस” (युडीबी)

तपाईंले जे राख्‍नुभएको छैन, त्यो कुरा लिनुहुन्छ

यो सम्भवतः कुनै एउटा उखान थियो । भण्‍डारबाट वा बैङ्कबाट आफूले नराखेको कुरा झिक्‍ने व्यक्ति भनेको अरू मानिसहरूको कठिन परिश्रमबाट फाइदा उठाउने व्यक्तिको लागि अलङ्कार हो । वैकल्‍पिक अनुवादः “तपाईं त्यो कुरा बाहिर निकाल्नुहुन्छ जुन तपाईंले भित्र राख्‍नुभएन” वा “तपाईं त्यो व्यक्ति झैँ हुनुहुन्छ जसले अरू मानिसहरूले राखेको कुरा झिक्छ”

तपाईंले जे छर्नुभएको छैन, त्यही कटनी गर्नुहुन्छ

यो सम्भवतः कुनै एउटा उखान थियो । अरू कसैले रोपेको अन्‍नबालीको कटनी गर्ने व्यक्ति भनेको अरू मानिसहरूको कठिन परिश्रमबाट फाइदा उठाउने कुनै व्यक्तिको लागि अलङ्कार हो । वैकल्‍पिक अनुवादः “तपाईं त्यो व्यक्ति झैँ हुनुहुन्छ जसले अरू मानिसहरूले रोपेको रूखको फलको कटनी गर्छ”

Luke 19:22

जोड्ने कथनः

येशूले दृष्‍टान्त भन्‍नलाई निरन्तरता दिनुहुन्छ जुन उहाँले लूका १९:११ मा सुरु गर्नुभयो ।

तेरै मुखले

उसका “वचनहरू”ले ती सबै कुराहरूलाई जनाउँछ जुन उसले भनेको थियो । वैकल्‍पिक अनुवादः “तैँले भनेको कुराको आधारमा”

म कठोर मानिस हुँ भनी के तँ जान्दथिस्

ती भलादमी मानिसले त्यो नोकरले उनलाई भनेको कुरा दोहोर्‍याउँदै थिए । उनले त्यो सत्य हो भनिरहेका थिएनन् । वैकल्‍पिक अनुवादः “तँ भन्छस् कि म कठोर मानिस हुँ”

Luke 19:23

तैँले किन ... पैसालाई ... राखिनस् ... म त्यसलाई ब्याजसहित जम्‍मा गर्ने थिएँ ?

दुष्‍ट सेवकलाई गाली गर्न भलादमी मानिसले एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “तैँले मेरो पैसा ब्याजमा लगाउनुपर्ने थियो ।”

मेरो पैसा बैङ्कमा राख्‍न

“मेरो पैसा बैङ्कलाई उधारो दिएको ।” बैङ्कको चलन नभएको संस्‍कारमा “मेरो पैसा कसैलाई उधारो लिन दिन” भनेर अनुवाद गर्न सकिन्छ ।

बैङ्क

बैङ्क एउटा व्यापार हो जसले मानिसहरूका पैसा सुरक्षितसाथ राख्छ । बैङ्कले नाफाको निम्ति त्यो पैसा अरूहरूलाई ऋृण दिन्छ । त्यसैले, बैँङ्कमा पैसा राख्‍ने मानिसहरूलाई यसले अतिरिक्त रकम वा ब्याज दिन्छ ।

ब्याजसहित मैले यो रकम पाउने थिएँ

“मैले त्यो रकम र त्यसले कमाएको थप ब्याजसहित जम्मा गर्ने थिएँ” वा “मैले त्यसबाट नाफा पाउने थिएँ”

ब्याज

ब्याज भनेको बैँङ्कमा पैसा राख्‍ने मानिसहरूलाई बैँङ्कले तिर्ने पैसा हो ।

Luke 19:24

जोड्ने कथनः

येशूले दृष्‍टान्त भन्‍नलाई निरन्तरता दिनुहुन्छ जुन उहाँले लूका १९:११ मा सुरु गर्नुभयो ।

उनले भने

ती भलादमी मानिस राजा भएका थिए । तपाईंले यसलाई लूका १९:१२ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

उभिरहेका मानिसहरूलाई

“तिनीहरूको नजिक उभिरहेका मानिसहरूलाई”

सिक्‍का

एउटा सिक्‍का ६०० ग्रामको हुन्थ्यो, जुन सम्भवत चाँदीको हुन्थ्यो । हरेक सिक्‍का १०० दिनको ज्याला बराबर थियो, जुन मानिसहरूलाई यस्तै चार महिनाको कामको लागि दिइन्थ्यो । तपाईंले यसलाई [लूका १९:१३]

Luke 19:25

उससँग दश सिक्‍काहरू छ

“उससँग अगिबाटै दश सिक्‍काहरू छन् !”

Luke 19:26

जोड्ने कथनः

येशूले दृष्‍टान्त भन्‍नलाई निरन्तरता दिनुहुन्छ जुन उहाँले लूका १९:११ मा सुरु गर्नुभयो ।

म तिमीहरूलाई भन्दछु

यो राजाले बोलिरहेका थिए । केही अनुवादकहरूले यो पदलाई यसरी सुरु गर्न सक्छन्, “र राजाले जवाफ दिए, ‘म तिमीहरूलाई भन्छु’” वा “तर राजाले भने, ‘म तिमीहरूलाई यो भन्छु’” ।

हरेक जससँग छ उसलाई बढी दिइनेछ

यस्तो आशय दिइएको छ कि उससँग भएको कुरा चाहिँ उसले आफ्‍नो सिक्‍कालाई विश्‍वासयोग्‍यताका साथ प्रयोग गरेर कमाएको पैसा हो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हरेक जसले उसलाई दिइएका चीजहरू राम्ररी प्रयोग गर्छ, म उसलाई अझ बढी दिनेछु” वा “हरेक जसले मैले उसलाई दिएका चीजहरू राम्ररी प्रयोग गर्छ, म उसलाई अझ बढी दिनेछु”

जोसँग छैन त्यसबाट

यस्तो आशय दिइएको छ कि उससँग पैसा नहुनुको कारण उसले आफ्‍नो सिक्‍कालाई विश्‍वासयोग्‍यताका साथ प्रयोग नगरेकोले गर्दा हो । वैकल्‍पिक अनुवादः “त्यस व्यक्तिबाट जसले मैले उसलाई दिएको कुरा राम्ररी प्रयोग गर्दैन”

... बाट लगिनेछ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । Alternate translation: "I will take away from him"

Luke 19:27

मेरा यी शत्रुहरू

किनकि शत्रुहरू त्यहाँ थिएनन्, केही भाषाहरूले यसो भन्‍न सक्छन्, “मेरा ती शत्रुहरू” ।

Luke 19:28

जोड्ने कथनः

यो जखायसको बारेमा भएको कथाको भागको अन्त्य हो । कथाको यस भागपछि येशूले के गर्नुहुन्छ भनेर यस पदले हामीलाई बताउँछ ।

जब उनले यी कुराहरू भनिसकेका थिए

“जब येशूले यी कुराहरू भनिसक्‍नुभएको थियो”

माथि यरूशलेमतिर गएर

यरूशलेम यरीहोभन्दा बढी उचाइमा अवस्थित छ, त्यसैले इस्राएलीहरूले माथि यरूशलेमतिर जाने भन्‍नु सामान्य कुरा थियो ।

Luke 19:29

सामान्य जानकारीः

येशू यरूशलेमको नजिक आउनुहुन्छ ।

अब यसो हुन आयो कि

यो वाक्यांशलाई यहाँ कथामा एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्‍नुहुन्छ ।

जब उहाँ नजिक आइपुग्‍नुभयो

“उहाँ” शब्दले येशूलाई जनाउँछ । उहाँका चेलाहरू पनि उहाँसँगै यात्रा गरिरहेका थिए ।

बेथफागे

बेथफागे यरूशलेमबाट किद्रोन उपत्यकाको पारिपट्टि पर्ने जैतून डाँडा माथिको एउटा गाउँ थियो

जैतून भनिने डाँडा

“जैतूनको डाँडा भनिने पहाड” वा “जैतून रूखको डाँडा भनिने पहाड”

Luke 19:30

बछेडा

“एउटा कलिलो गधा” वा “एउटा कलिलो पशु जसमा सवार हुन मिल्छ”

जसमाथि कोही मानिस कहिल्यै चढेको छैन

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसमा कोही कहिल्यै चढेको छैन”

Luke 19:31

यदि कसैले तिमीहरूलाई सोध्यो भने ... यसको खाँचो छ

येशूले चेलाहरूलाई प्रश्‍नको जवाफ कसरी दिने भनेर बताउनुहुन्छ जुन अहिलेसम्‍म सोधिएको चाहिँ छैन । तापनि, गाउँमा भएका मानिसहरूले छिट्टै सो प्रश्‍न सोध्‍नेछन् ।

यदि कसैले तिमीहरूलाई सोध्छ, ‘तपाईंहरूले किन यसलाई फुकाइरहनुभएको छ ?’, तिमीहरूले यसो भन्‍नेछौ

भित्रपट्टिको उद्धरणलाई एउटा अप्रत्यक्ष उद्धरणको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यदि कसैले तिमीहरूलाई यसलाई किन फुकाइरहनुभएको छ भनेर सोध्यो भने, ... भन”

Luke 19:32

तिनीहरू जसलाई पठाइएको थियो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “येशूले पठाउनुभएका दुई जना चेलाहरू”

Luke 19:33

मालिकहरू

“बछेडाका मालिकहरू”

Luke 19:35

तिनीहरूले त्यस बछेडामाथि आफ्ना लबेदाहरू फ्याँके

“तिनीहरूका वस्‍त्रहरू बछेडामाथि राखे ।” लबेदाहरू बाहिरी लुगाहरू हुन् ।

तिनीहरूले त्यसमा येशूलाई बसाए

“येशूलाई माथि चढ्न र बछेडामा सवार हुन सहयोग गरे”

Luke 19:36

तिनीहरूले आफ्‍ना कपडाहरू ओछ्याए

“मानिसहरूले ओड्ने कपडाहरू फिँजाए ।” यो कसैलाई सम्‍मान दिएको जनाउने चिन्ह हो ।

Luke 19:37

जसै उहाँ अघि नै नजिकै आइरहनुभएको थियो

“जसै येशू नजिक गइरहनुभएको थियो ।” येशूका चेलाहरू पनि उहाँसँगै यात्रा गरिरहेका थिए ।

जैतुनको पहाड ओरालो लाग्‍ने ठाउँतिर

“जहाँबाट बाटो जैतूनको पहाडदेखि तल्तिर लाग्छ”

तिनीहरूले देखेका शक्तिशाली कार्यहरू

“महान् कुराहरू जुन येशूले गर्नुभएको तिनीहरूले देखेका थिए”

Luke 19:38

राजा धन्यका हुन्

तिनीहरूले यो येशूको बारेमा भनिरहेका थिए ।

प्रभुको नाउँमा

यहाँ “नाउँ”ले शक्ति र अधिकारलाई जनाउँछ । साथै, “प्रभु”ले परमेश्‍वरलाई जनाउँछ ।

स्वर्गमा शान्ति

“स्वर्गमा शान्ति होस्” वा “हामी स्वर्गमा शान्ति भएको देख्‍न चाहन्छौँ”

सर्वोच्‍चमा महिमा

“सर्वोच्‍चमा महिमा होस्” वा “हामी सर्वोच्‍चमा महिमा भएको देख्‍न चाहन्छौँ” “सर्वोच्‍च” शब्दले स्वर्गलाई जनाउँछ, जुन स्वर्गमा बस्‍नुहुने परमेश्‍वरको लागि प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “सबैजनाले सर्वोच्‍च स्वर्गमा हुनुभएको परमेश्‍वरलाई महिमा देऊन्”

Luke 19:39

भीडबाट

“ठूलो भीडमा”

तपाईंका चेलाहरूलाई हप्काउनुहोस्

“तपाईंका चेलाहरूलाई यी कुराहरू गर्नलाई रोक्‍न भन्‍नुहोस्”

Luke 19:40

म तिमीहरूलाई भन्दछु

येशूले यसपछि भन्‍ने कुराहरूलाई जोड दिन यो भन्‍नुभयो ।

तिनीहरू चुप लागे भने, यी ढुङ्गाहरू कराउनेछन्

यो एउटा काल्पनिक परिस्थिति हो । केही अनुवादकहरूले येशूले यसो भन्‍नुहुँदा के सङ्केत गरिरहनुभएको थियो भन्‍ने कुरा स्‍पष्‍ट पार्नुपर्छः “होइन, म तिनीहरूलाई हप्‍काउँदिनँ, किनभने यदि यी मानिसहरू चुप रहे भने ... कराउनेछन्”

ढुङ्गाहरू नै कराउनेछन्

“ढुङ्गाहरूले पनि प्रशंसा गर्नेछन्”

Luke 19:41

सहर

यसले यरूशलेमलाई जनाउँछ ।

उहाँ त्यसको निम्ति रुनुभयो

“त्यस” शब्दले यरूशलेम सहरलाई जनाउँछ, तर यसले त्यस सहरमा बस्‍ने मानिसहरूको प्रतिनिधित्व गर्छ ।

Luke 19:42

... तँलाई शान्ति ल्याउँछ ... यदि तैँले थाहा मात्रै पाएको भए

यरूशलेमले परमेश्‍वरसँग शान्तिमा हुने अवसरलाई गुमाएको थियो भनेर येशूले आफ्‍नो निराशा व्यक्त गर्नुभयो ।

तैँले जानेको भए

“तँ” शब्द एकवचन हो किनभने येशू सहरसँग बोलिरहनुभएको थियो । तर यदि तपाईंको भाषामा यो स्वाभाविक हुँदैन भने त्यस सहरका मानिसहरूलाई जनाउन बहुवचन “तिमीहरू”लाई प्रयोग गर्न सक्‍नुहुन्छ ।

ती तेरो नजरबाट लुकाइएका छन्

“तेरा नजरहरू”ले देख्‍ने क्षमतालाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तैँले अब उप्रान्त तिनीहरूलाई देख्‍न सक्दैनस्”

Luke 19:43

जोड्ने कथनः

येशू बोलिरहनुहुन्छ ।

किनकि

अब आउने कुराहरूचाहिँ येशूको निराशाको कारण हुन् ।

त्यस्ता दिनहरू तँमाथि आउनेछन् जब तेरा शत्रुहरूले ... बनाउनेछन्

यसले सङ्केत गर्छ कि तिनीहरूले कठिन समयहरू अनुभव गर्नेछन् । केही भाषाहरूले “आउँदै” गरेको समयको बारेमा कुरा गर्दैनन् । वैकल्‍पिक अनुवादः “भविष्यमा तँलाई यी कुराहरू हुन आउनेछन् । तेरा शत्रुहरूले” वा “चाँडै तैँले कष्‍टदायक समयहरू भोग्‍नुपर्नेछ । तेरा शत्रुहरूले”

तँलाई ... तेरो

“तँलाई” शब्द एकवचन हो किनभने येशू कोही एक स्‍त्रीसँग झैँ गरेर त्यस सहरसँग बोलिरहनुभएको थियो । तर यदि तपाईंको भाषामा यो स्वाभाविक हुँदैन भने त्यस सहरका मानिसहरूलाई जनाउन बहुवचन शब्द “तिमीहरू”लाई प्रयोग गर्न सक्‍नुहुन्छ ।

पर्खाल

यो मानिसहरूलाई सहरबाट बाहिर जानदेखि रोक्‍ने छेकबार हो ।

Luke 19:44

तिनीहरूले तँलाई र तँसँग भएका तेरा छोराछोरीहरूलाई आक्रमण गरेर लडाउनेछन्

येशूले सहरका मानिसहरूसँग यसरी कुरा गरिरहनुभएको छ मानौँ उहाँले कुनै स्‍त्रीसँग कुरा गरिरहनुभएको जसरी सहर आफैँसँग कुरा गरिरहनुभएको छ । उहाँले सहरमा बस्‍ने मानिसहरूको विषयमा यसरी कुरा गर्नुहुन्छ मानौँ तिनीहरू स्‍त्रीका सन्तानहरू हुन्, र त्यसरी सहरका सन्तानहरू हुन् । कुनै सहरलाई लडाउनु भनेको त्यसको पर्खालहरू र भवनहरूलाई नाश पार्नु हो, र त्यसका सन्तानहरूलाई प्रहार गरेर लडाउनु भनेको त्यसका वासिन्दाहरूलाई मार्नु भनेको हो । वैकल्‍पिक अुनवादः “तिनीहरूले पूर्णरूपले तँलाई नाश पार्नेछन् र तँमा वास गर्नेहरू सबैलाई मार्नेछन्” वा “तिनीहरूले पूर्णरूपले तेरो सहरलाई नाश गर्नेछन् र तिमीहरू सबैलाई मार्नेछन्”

तिनीहरूले एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोड्नेछैनन्

“तिनीहरूले कुनै पनि ढुङ्गालाई ठाउँमा छोड्नेछैनन् ।” यो ढुङ्गाले बनेको सहरलाई शत्रुहरूले कसरी पूर्ण रूपमा नष्‍ट गर्नेछन् भनी व्यक्त गर्ने एउटा अतिशयोक्ति हो ।

तैँले चिनिनस्

“तैँले स्वीकार गरिनस्”

Luke 19:45

जोड्ने कथनः

यो कथाको यस भागमा भएको अर्को घटना हो । येशू यरूशलेममा भएको मन्दिरमा प्रवेश गर्नुहुन्छ ।

तब मन्दिरमा प्रवेश गर्नुभएर

यरूशलेम, जहाँ मन्दिर अवस्थित थियो, उहाँ पहिले त्यहाँ प्रवेश गर्नुभयो भनेर तपाईंले स्‍पष्‍ट बनाउनुपर्ने हुन सक्छ । वैकल्‍पिक अनुवादः “येशू यरूशलेममा प्रवेश गर्नुभयो र त्यसपछि मन्दिरको चोकतिर जानुभयो”

मन्दिरमा प्रवेश गर्नुभयो

केवल पूरोहितहरूलाई मात्र मन्दिर भवनमा प्रवेश गर्न अनुमति थियो । वैकल्‍पिक अनुवादः “मन्दिरको चोकतिर जानुभयो”

बाहिर खेद्‌नलाई

“बाहिर धपाउनुभयो” वा “बाहिर लखेट्नुभयो”

Luke 19:46

यसो लेखिएको छ

यो यशैया अगमवक्ताको पुस्तकबाट लिइएको खण्ड हो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “धर्मशस्‍त्रले भन्छ” वा “एउटा अगमवक्ताले धर्मशास्‍त्रमा यी वचनहरू लेखे”

मेरो घर

“मेरो” शब्दले परमेश्‍वरलाई जनाउँछ र “घर” शब्दले मन्दिरलाई जनाउँछ ।

प्रार्थनाको घर

“मानिसहरूले मलाई प्रार्थना गर्ने ठाउँ”

डाँकुहरूको अड्डा

येशूले मन्दिरको विषयमा यसरी कुरा गर्नुहुन्छ मानौँ त्यो कुनै स्थान हो जहाँ चोरहरू एकसाथ आउँछन् । वैकल्‍पिक अनुवादः “डाँकाहरू लुक्‍ने ठाउँ”

Luke 19:47

जोड्ने कथनः

यो कथाको यस भागको अन्त्य हो । यी पदहरूले कथाको प्रमुख भागको अन्त्य भइसकेपछि निरन्तर भइरहने क्रियाकलापको विषयमा कुरा गर्छन् ।

मन्दिरमा

“मन्दिरको चोकभित्र” वा “मन्दिरको हातामा”

Luke 19:48

सुनिरहेका थिए, उहाँलाई वचनहरूलाई ध्यान दिइरहेका थिए

“येशूले भनिरहनुभएका कुराहरूमा विशेष ध्यान दिइरहेका थिए”


Translation Questions

Luke 19:2

येशूलाई हेर्न को रुखमा चढे र तिनको पेसा के थियो अनि समाजमा तिनको अवस्था कस्तो थियो ?

तिनी जखायस थिए जो धनी कर उठाउने व्यक्‍ति थिए । [१९:२]

Luke 19:7

येशू जखायसको घरमा जानुहुँदा हरेकले के गुनाको गर्‍यो ?

तिनीहरूले भने, “उहाँ पापी मानिसकहाँ बस्‍नको लागि जानुभयो ।” [१९:७]

Luke 19:9

जखायसले आफ्ना चीजहरू गरिबहरूलाई दिन्थे भनेर तिनले घोषणा गरेपछि येशूले के भन्नुभयो ?

उहाँले भन्‍नुभयो, “आज यो घरमा मुक्‍ति आएको छ ।” [१९:९]

Luke 19:11

येशू यरूशलेम पुग्‍नुभएपछि के हुने थियो भनी मानिसहरूले अपेक्षा गरे ?

परमेश्‍वरको राज्य तुरुन्तै देखा पर्ने थियो भनी तिनीहरूले ठाने । [१९:११]

Luke 19:12

येशूको दृष्‍टान्तमा भलादमी मानिस कहाँ जाँदै थिए ?

तिनी राज्य प्राप्‍त गरी फर्केर आउन टाढाको देशमा जाँदै थिए । [१९:१२]

Luke 19:16

स-साना कुराहरूमा विश्‍वासयोग्य भएका नोकरहरूलाई येशूले के भन्‍नुभयो ?

उहाँले तिनीहरूले सहरहरूमाथि अधिकार दिनुभयो । [१९:१६,१७,१८,१९]

Luke 19:17

स-साना कुराहरूमा विश्‍वासयोग्य भएका नोकरहरूलाई येशूले के भन्‍नुभयो ?

उहाँले तिनीहरूले सहरहरूमाथि अधिकार दिनुभयो । [१९:१६,१७,१८,१९]

Luke 19:18

स-साना कुराहरूमा विश्‍वासयोग्य भएका नोकरहरूलाई येशूले के भन्‍नुभयो ?

उहाँले तिनीहरूले सहरहरूमाथि अधिकार दिनुभयो । [१९:१६,१७,१८,१९]

Luke 19:19

स-साना कुराहरूमा विश्‍वासयोग्य भएका नोकरहरूलाई येशूले के भन्‍नुभयो ?

उहाँले तिनीहरूले सहरहरूमाथि अधिकार दिनुभयो । [१९:१६,१७,१८,१९]

Luke 19:21

भलादमी मानिस कस्ता थिए भनी दुष्‍ट मानिसले विचार गर्‍यो ?

भलादमी मानिस कठोर थिए भनी दुष्‍ट मानिसले विचार गर्‍यो । [१९:२१]

Luke 19:24

भलादमी मानिसले दुष्‍ट नोकरलाई के गरे ?

तिनले दुष्‍ट नोकरको सिक्‍का खोसे । [१९:२४]

Luke 19:27

ती मानिसहरू जसले भलादमी मानिसद्वारा तिनीहरूमाथि शासन गरिएको चाहँदैनथे, तिनीहरूले तिनले के गरे ?

भलादमी मानिसले तिनकै सामु तिनीहरूलाई मार्न लगाए । [१९:२७]

Luke 19:30

येशू यरूशलेममा प्रवेश गर्नुहुँदा उहाँ कस्तो किसिमको जनावरमाथि सवार हुनुभयो ?

कहिल्यै नचढिएको बछेडा । [१९:३०]

Luke 19:38

येशू जैतून पर्वतबाट ओर्लंदै गर्नुहुँदा भिड के भनेर चिच्‍च्यायो ?

तिनीहरूले भने, “परमप्रभुको नाउँमा आउने राजा धन्यका हुन् !” [१९:३८]

Luke 19:40

मानिसहरू रमाउँदै नचिच्‍च्याए भने के हुने थियो भनी येशूले भन्‍नुभयो ?

ढुङ्गाहरू बोल्ने थिए भनी उहाँले बताउनुभयो । [१९:४०]

Luke 19:41

येशू सहर नजिक पुग्‍नुहुँदा उहाँले के गर्नुभयो ?

उहाँ रुनुभयो । [१९:४१]

Luke 19:44

तब मानिसहरू र सहरलाई के हुने थियो भनी येशूले भविष्‍यवाणी गर्नुभयो ?

मानिसहरूलाई आक्रमण गरिने थियो र एउटा ढुङ्गा अर्को ढुङ्गामाथि छोडिने थिएन भनी उहाँले भन्‍नुभयो । [१९:४४]

Luke 19:47

येशूले मन्दिरमा सिकाइरहनुहुँदा कसले उहाँलाई मार्न चाहन्थे ?

मुख्य पुजारीहरू र शास्‍त्रीहरू अनि मानिसहरूका अगुवाहरूले येशूलाई मार्न चाहन्थे । [१९:४७]

Luke 19:48

यस समयमा किन तिनीहरूले उहाँलाई मार्न सकेनन् ?

किनकि मानिसहरूले उहाँको वचन ध्यानसित सुनिरहेका थिए । [१९:४८]


Chapter 20

1 त्यसैबेला एकदिन येशूले मन्दिरमा मानिसहरूलाई शिक्षा दिइरहनुहुँदा र सुसमाचार प्रचार गरिरहनुहुँदा मुख्य पूजाहारीहरू र शास्‍‍त्रीहरू, धर्म-गुरूहरूका साथमा येशूकहाँ आए । 2 यसो भन्दै तिनीहरूले उहाँसित कुरा गरे, “हामीलाई बताऊ, कुन अधिकारद्वारा तिमी यी कामहरू गर्छौ? अथवा कसले तिमीलाई यो अधिकार दियो?” 3 उहाँले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्छु, र तिमीहरूले मलाई बताओ । 4 यूहन्‍नाको बप्‍तिस्‍मा स्वर्गबाट थियो कि मानिसहरूबाट?” 5 अनि तिनीहरूले आपसमा यसो भन्दै बहस गरे, “यदि हामीले 'स्वर्गबाट' भन्यौं भने, ‘त्यसो भए तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ?’ भनेर तिनले भन्‍नेछन् । 6 तर यदि हामीले 'मानिसहरूबाट' भन्यौं भने, सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्‍नेछन्, किनभने तिनीहरूले यूहन्‍नालाई अगमवक्‍ता भनी विश्‍वास गरेका छन् ।” 7 यसकारण तिनीहरूले यसो भनेर उत्तर दिए, “त्यो कहाँबाट भयो भनी हामीलाई थाहा छैन ।” 8 येशूले तिनीहरूले भन्‍नुभयो, “म पनि तिमीहरूलाई मैले कुन अधिकारले यी कामहरू गर्छु भनी बताउँदिनँ ।” 9 उहाँले मानिसहरूलाई यो द‍ृष्‍टान्त भन्‍नुभयो, “एक जना मानिसले दाखबारी लगाएर खेतालाहरूलाई जिम्मा दिएर आफू लामो समयको लागि अर्को देशमा गए । 10 तोकिएको समयमा तिनीहरूले आफ्नो हिस्साको फल दिऊन् भनी तिनले आफ्नो एक जना नोकरलाई ती खेतालाहरूकहाँ पठाए । तर ती खेतालाहरूले त्यसलाई पिटेर रित्तो हात पठाइदिए । 11 तिनले अझै अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि पिटेर बेइज्‍जत गरी रित्तै हात पठाए । 12 तिनले तेस्रो नोकरलाई पनि पठाए, तर तिनीहरूले त्यसलाई पनि घाइते बनाएर निकालिदिए । 13 त्यसकारण, दाखबारीका मालिकले भने, ‘अब म के गरूँ? म आफ्नो प्यारो छोरालाई पठाउनेछु सायद उसलाई त तिनीहरूले आदर गर्लान् कि ।’ 14 तर खेतालाहरूले उसलाई देखेर आपसमा कुरा गरे, ‘यो त हकवाला हो । हामी यसलाई मारौं र सम्पत्तिको हक हाम्रो हुनेछ ।’ 15 अनि तिनीहरूले उसलाई दाखबारीको बाहिर लगेर मारे । अब दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान्? 16 तिनी आएर ती खेतालाहरूलाई मार्नेछन् र दाखाबरी अरूहरूलाई दिनेछन् ।” यो सुनेर तिनीहरूले भने, “यस्तो कहिल्यै नहोस्!” 17 तर येशूले तिनीहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “लेखिएको यो भनाइको अर्थ के हो? ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले इन्कार गरे त्यही नै कुने-ढुङ्गो बनेको छ ।’ 18 त्यस ढुङ्गामाथि खस्‍ने हरेक चकनाचुर हुनेछ, तर जसमाथि त्यो खस्छ त्यो धूलोपिठो हुनेछ ।” 19 त्यसकारण, शास्‍‍त्रीहरू र मुख्य पूजाहारीहरूले त्यति नै बेला उहाँलाई पक्रन खोजे । किनकि तिनीहरूलाई थाहा भयो कि उहाँले यो द‍ृष्‍टान्त तिनीहरूकै विरुद्धमा भन्‍नुभएको थियो । तर तिनीहरू मानिसहरूसँग डराउँथे । 20 तिनीहरूले मौका हेर्न लागे र येशूले भन्‍नुभएको कुरामा केही गलत साबित भए उहाँलाई फसाएर अधिकारीहरूको हातमा सुम्पिदिने नियतले तिनीहरूले धर्मी भई टोपल्ने जासुसहरूलाई उहाँकहाँ पठाए । 21 तिनीहरूले उहाँलाई यसो भनेर सोधे, “गुरुज्यू, हामी जान्दछौं कि तपाईं ठिक बोल्नुहुन्छ र सिकाउनुहुन्छ र कसैको पक्षपात गर्नुहुन्‍न, तर तपाईंले परमेश्‍वरको मार्गको बारेमा भएको सत्यता सिकाउनुहुन्छ । 22 हामीले कैसरलाई कर तिर्नु उचित छ कि छैन?” 23 तर येशूले तिनीहरूको धूर्त्याइँलाई बुझेर तिनीहरूलाई भन्‍नुभयो, 24 “मलाई एउटा सिक्‍का देखाओ, यसमा कसको चित्र र नाम खोपिएको छ?” तिनीहरूले भने, “कैसरको ।” 25 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “त्यसो भए जे कैसर को हो कैसरलाई देओ, र जे परमेश्‍वरको हो परमेश्‍वरलाई देओ ।” 26 मानिसहरूको सामुन्‍ने तिनीहरूले उहाँले बोल्नुभएका कुरामा उहाँलाई फसाउन सकेनन् । तर उहाँको जवाफमा तिनीहरू छक्‍क परेर चूप रहे । 27 त्यसपछि पुनरुत्थान हुँदैन भन्‍ने सदुकीहरूमध्ये कोही उहाँकहाँ आए, 28 र उहाँलाई यसो भनेर सोधे, “गुरुज्यू, मोशाले हामीलाई लेखिदिएका थिए, कि कुनै मानिसको पत्‍नी भएका दाजु मर्‍यो भने र त्यो निस्सन्तान भएमा भाइचाहिंले दाजुको सन्तान खडा गर्नको लागि दाजुकी पत्‍नी लैजानुपर्छ । 29 सात भाइ थिए । जेठोले एउटी पत्‍नी ल्यायो र निस्सन्तान भई मर्‍यो 30 अनि माहिलो पनि । 31 साहिंलोले पनि त्यसलाई विवाह गर्‍यो अनि त्यसरी नै ती सातै जना निस्सन्तान भई मरे । 32 पछिबाट त्यो स्‍‍त्री पनि मरी । 33 यसकारण पुनरुत्थान हुँदा त्यो स्‍‍त्री तिनीहरूमध्ये कसकी पत्‍नी हुनेछे? किनकि ती सातै जनाले त्यसलाई पत्‍नीको रूपमा लिएका थिए ।” 34 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यस संसारका मानिसहरू विवाह गर्छन् र विवाह गरेर पठाइन्छन् । 35 तर त्यस युगमा मृतकबाट पुनरुत्थान प्राप्त गर्न योग्य ठहरिएकाहरूले न विवाह गर्दछन् न त विवाह गरेर पठाइन्छन् । 36 तिनीहरू फेरि मर्न सक्दैनन्, किनभने तिनीहरू स्वर्गदूतहरू समान हुन् र पुनरुत्‍थानका सन्तान भएकाले परमेश्‍वरका सन्तान हुन् । 37 तर मृतकहरू जीवित भई उठ्नेछन् भन्‍ने कुरा मोशाले पनि पोथ्राको विवरणमा परमप्रभुलाई अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर भनेर पुकार्दा देखाइदिए । 38 उहाँ मृतकहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ, किनकि सबै उहाँकै निम्ति जिउँछन् ।” 39 अनि शास्‍‍त्रीहरूमध्ये कुनै-कुनैले भने, “गुरुज्यू, तपाईंले सही जवाफ दिनुभयो ।” 40 त्यसपछि तिनीहरू कसैले पनि उहाँलाई फेरि प्रश्‍न सोध्‍ने आँट गरेनन् । 41 येशूले तिनीहरूलाई भन्‍नुभयो, “ख्रीष्‍ट दाऊदका पुत्र हुन् भनेर तिनीहरूले कसरी भन्दछन्? 42 किनकि भजनको पुस्तकमा दाऊद आफैंले भन्दछन्, परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, ‘तिमी मेरो दाहिने हातपट्टि बस, 43 जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ ।’ 44 यसकारण दाऊदले ख्रीष्‍टलाई प्रभु भन्दछन् भने फेरि उनी कसरी दाऊदका पुत्र हुन्छन्?” 45 सबै मानिसहरूले सुन्‍ने गरी उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, 46 “शास्‍त्रीहरूदेखि होसियार रहो जो लामा वस्‍त्रहरूमा सजिएर बजारमा अभिवादन गरिएको मन पराउँछन् अनि सभाघर र भोजहरूमा प्रमुख स्थान चाहन्छन् । 47 तिनीहरूले विधवाहरूको घर हडप्छन् र लामो-लामो प्रार्थना गरेर देखाउँछन् । तिनीहरूले नै अझै ठुलो दण्ड पाउनेछन् ।”

लूका २० सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई बाँकीको पाठ्यखण्‍डभन्दा दायाँतिर राख्छन् । यूएलटीले २०:१७, ४२-४३ मा भएको कवितालाई यसै गर्छ जुन पुरानो करारबाटका शब्दहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

मानिसहरूलाई फसाउन प्रश्‍नहरू प्रयोग गर्ने

जब येशूले फरिसीहरूलाई यूहन्‍नालाई बप्‍तिस्मा दिने अधिकार कसले दियो भनेर सोध्‍नुभयो (लूका २०:४), तिनीहरूले जवाफ दिन सकेनन् किनभने तिनीहरूले दिने कुनै पनि जवाफले मानिसहरूलाई तिनीहरू गलत थिए भन्‍ने कारण दिने थियो (लूका २०:५-६) । तिनीहरूले ठानेका थिए कि कैसरलाई कर तिर्नुपर्छ कि पर्दैन भनेर तिनीहरूले येशूलाई सोधे भने तिनीहरूले येशूलाई गलत हुनुहुन्थ्यो भनेर भन्‍न सक्‍ने थिए (लूका २०:२२), तर येशूले तिनीहरूले नसोचेको जवाफ दिनुभयो ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

विरोधाभासी कथन

विरोधाभासी कथन भनेको एउटा सत्य भनाइ हो जसले कुनै असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । यस अध्यायमा, येशूले एउटा भजनलाई उद्‌धृत गर्नुहुन्छ जसले दाऊदले आफ्‍नो छोरालाई “प्रभु”, अर्थात “मालिक” भनेर बोलाएको कुराको अभिलेख राख्छ । तापनि, यहूदीहरूको लागि पूर्खाहरू भनेको तिनीहरूका सन्तानहरूभन्दा महान् हुन्थे । यो खण्‍डमा, येशूले उहाँलाई सुन्‍नेहरूलाई मसिह आफैँ ईश्‍वरीय हुनुहुनेछ, र यो कि उहाँ आफैँ मसिह हुनुहुन्छ भन्‍ने साँचो बुझाइतर्फ डोहोर्‍याउने कोसिस गर्दै हुनुहुन्छ (लूका २०:४१-४४) ।


Luke 20:1

जोड्ने कथनः

मुख्य पूजाहारीहरू, शास्‍त्रीहरू, र धर्मगुरूहरूले येशूलाई मन्दिरमा प्रश्‍न गर्छन् ।

अब यसो भयो कि

यो वाक्यांशलाई यहाँ कथाको नयाँ भागलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ ।

मन्दिरमा

“मन्दिर चोकमा” वा “मन्दिरनिर”

Luke 20:3

सामान्य जानकारीः

येशूले मुख्य पूजाहारीहरू, शास्‍त्रीहरू, र धर्मगुरूहरूलाई जवाफ दिनुहुन्छ ।

त्यसैले उहाँले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो

“येशूले जवाफ दिनुभयो”

म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍छु, र तिमीहरू मलाई बताऊ

“म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍छु” भन्‍ने शब्दहरू एउटा कथन हुन् । “तिमीहरू मलाई बताऊ” भन्‍ने शब्दहरू एक आज्ञा हुन् ।

Luke 20:4

यो स्वर्गबाट थियो कि मानिसहरूबाट ?

येशू जान्‍नुहुन्छ कि यूहन्‍नाको अधिकार स्वर्गबाट आउँछ, त्यसैले उहाँले जानकारीको लागि सोधिरहनुभएको छैन । यहूदी अगुवाहरूले सबै सुनिरहेकाहरूलाई तिनीहरूले ठान्‍ने कुरा भन्‍न परोस् भनेर उहाँले प्रश्‍न सोध्‍नुहुन्छ । यो प्रश्‍न आलङ्कारिक छ, तर तपाईंले यसलाई सम्भवतः एक प्रश्‍नको रूपमा अनुवाद गर्नुपर्ने हुन सक्छ । वैकल्‍पिक अनुवादः “यूहन्‍नाले मानिसहरूलाई बप्‍तिस्मा दिने अधिकार स्वर्गबाट पाएका थिए कि मानिसहरूबाट ?” वा “मानिसहरूलाई बप्‍तिस्मा दिनलाई परमेश्‍वरले यूहन्‍नालाई भन्‍नुभएको हो कि मानिसहरूले उनलाई भनेका हुन् ?”

स्वर्गबाट

“परमेश्‍वरबाट ।” यहूदीहरूले परमेश्‍वरलाई उहाँको नाउँ “यहवे” द्वारा पुकार्दैनथे । तिनीहरूले उहाँलाई जनाउन प्रायः “स्वर्ग” शब्दको प्रयोग गर्थे ।

Luke 20:5

तिनीहरूले तर्क गरे

“तिनीहरूले छलफल गरे” वा “तिनीहरूले आफ्नो जवाफबारे विचार गरे”

तिनीहरूको माझमा

“तिनीहरूको माझमा” वा “एक अर्कासँग”

यदि हामीले भन्यौँ, ‘स्वर्गबाट’, उनले भन्‍नेछन्

केही भाषाहरूले अप्रत्यक्ष उद्धरणलाई रुचाउन सक्छन् । वैकल्‍पिक अनुवादः “यदि हामीले यूहन्‍नाको अधिकार स्वर्गबाट हो भन्‍यौँ भने, उनले”

स्वर्गबाट

“परमेश्‍वरबाट ।” यहूदीहरूले परमेश्‍वरलाई उहाँको नाउँ “यहवे” द्वारा पुकार्दैनथे । तिनीहरूले उहाँलाई जनाउन प्रायः “स्वर्ग” शब्दको प्रयोग गर्थे । यी शब्दहरूलाई [लूका २०:४]

उसले भन्‍नेछन्

“येशूले भन्‍नेछन्”

Luke 20:6

यदि हामीले भन्यौँ, ‘मानिसहरूबाट’

केही भाषाहरूले अप्रत्यक्ष उद्धरणलाई रुचाउन सक्छन् । वैकल्‍पिक अनुवादः “यदि हामीले यूहन्‍नाको अधिकार मानिसहरूबाट हो भन्‍यौँ भने”

हामीलाई ढुङ्गाले हान्‍नेछन्

“हामीलाई ढुङ्गाले हानेर मार्नेछन् ।” परमेश्‍वरको व्यवस्थाले आज्ञा दिएको थियो कि उहाँका मानिसहरूमध्येमा उहाँलाई वा उहाँका अगमवक्ताहरूलाई खिसी गर्नेहरूलाई उहाँका मानिसहरूले ढुङ्गाले हान्‍नुपर्छ ।

Luke 20:7

त्यसैले तिनीहरूले उत्तर दिए कि

“त्यसैले मुख्य पूजाहारीहरू, शास्‍त्रीहरू र धर्म-गुरुहरूले जवाफ दिए ।” “त्यसैले” भन्‍ने शब्दले पहिला भएको केही अरू कुराको कारण घटेको घटनालाई अङ्कित गर्छ । यहाँ चाहिँ, तिनीहरूले आपसमा तर्क गरेका थिए लूका २०:५-६, र तिनीहरूले भन्‍न चाहेको जवाफ तिनीहरूसँग थिएन ।

त्यो कहाँबाटको थियो भनी तिनीहरूलाई थाहा थिएन भनेर तिनीहरूले जवाफ दिए

यसलाई एउटा प्रत्यक्ष उद्धरणको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले भने, ‘हामी जान्दैनौँ त्यो कहाँबाट आयो’”

त्यो कहाँबाट थियो

“यूहन्‍नाको बप्‍तिस्मा कहाँबाट आयो ।” वैकल्‍पिक अनुवादः “यूहन्‍नाको बप्‍तिस्मा दिने अधिकार कहाँबाट आयो” वा “मानिसहरूलाई बप्‍तिस्मा दिन यूहन्‍नालाई कसले अधिकार दियो”

Luke 20:8

म पनि तिमीहरूलाई बताउँदिन

“र म पनि तिमीहरूलाई भन्दिन ।” येशू जान्‍नुहुन्थ्यो कि तिनीहरू उहाँलाई जवाफ दिन चाहँदैनथे, त्यसैले उहाँले पनि त्यही किसिमले जवाफ दिनुभयो । वैकल्‍पिक अनुवादः “तिमीहरूले नभनेजस्तै, म पनि तिमीहरूलाई भन्‍नेछैन”

Luke 20:9

सामान्य जानकारीः

येशू मन्दिरमा भएका मानिसहरूलाई एउटा दृष्‍टान्त बताउन थाल्‍नुहुन्छ ।

दाख फलाउनेहरूलाई जिम्मा दिए

“केही दाख उत्पादन गर्नेहरूलाई पैसामा चलाउनलाई दिए” वा “केही दाख उत्पादन गर्नेहरूलाई त्यो चलाउन र पछि उसलाई पैसा तिर्न भनी दिए ।” भुक्तानी पैसाको रूपमा पनि हुन सक्छ, वा कटनीको अंशको रूपमा पनि हुन सक्छ ।

दाख फलाउनेहरू

यिनीहरू दाखबारी हेरचाह गर्ने र दाख उत्पादन गर्नेहरू हुन् । वैकल्‍पिक अनुवादः “दाखका किसानहरू”

Luke 20:10

नियुक्त गरिएको समय

“उनलाई तिर्नलाई तिनीहरू सहमत भएको समय ।” यो कटनीको समयमा भएको हुन सक्छ ।

दाखबारीको फलको

“केही दाखहरू” वा “तिनीहरूले दाखबारीमा उत्पादन गरेका केही कुराहरू ।” यसले तिनीहरूले दाखबाट बनाएका केही थोकहरू वा तिनीहरूले दाख बेचेर पाएको पैसालाई पनि बुझाउन सक्‍छ ।

त्यसलाई रित्तो हात पठाइदिए

रित्तो हात भनेको “शून्यता”को लागि अलङ्कार हो । वैकल्‍पिक अनुवादः “उसलाई नतिरीकन नै पठाए” वा “उसलाई दाखविना नै पठाए”

Luke 20:11

उसलाई पनि कुटे

“त्यो सेवकलाई कुटे”

तिनको बेइज्‍जत गरेर

“तिनको अपमान गरे”

त्यसलाई रित्तो हात पठाइदिए

रित्तो हात हुनु भनेको केही पनि नहुनुको लागि अलङ्कार हो । वैकल्‍पिक अनुवादः “उसलाई नतिरीकन नै पठाए” वा “उसलाई दाखविना नै पठाए”

Luke 20:12

तेस्रो

“एउटा तेस्रो सेवक पनि” वा “अझै अर्को सेवक ।” जमिनको मालिकले दोस्रो सेवकलाई पठाउन आवश्‍यक हुनुपर्ने थिएन, तर उनले त त्यसभन्दा उता गएर तेस्रो सेवकलाई पठाए भन्‍ने तथ्यतिर “अझै” शब्दले सङ्केत दिन्छ ।

उसलाई चोट लगाए

“त्यस नोकरलाई घाइते बनाए”

उसलाई बाहिर फ्याँके

“उसलाई दाखबारीबाट बाहिर फ्याँके”

Luke 20:13

म के गरूँ ?

यस प्रश्‍नले जोड दिन्छ कि उनले अब के गर्न गइरहेका थिए भनेर दाखबारीको मालिकले होशियारीपूर्वक सोचे । वैकल्‍पिक अनुवादः “म यसो गर्नेछुः”

Luke 20:14

जब दाख फलाउनेहरूले उसलाई देखे

“जब किसानहरूले मालिकको छोरालाई देखे”

हामी उसलाई मारौँ

तिनीहरूले अनुमति मागिरहेका थिएनन् । उत्तराधिकारलाई मार्नको निमित्त एक अर्कालाई उत्साहित गर्न तिनीहरूले यसो भने ।

Luke 20:15

जोड्ने कथनः

येशूले भीडलाई उहाँको दृष्‍टान्त भन्‍न सकाउनुहुन्छ ।

तिनीहरूले उसलाई दाखबारीको बाहिर हुत्ताए

“दाख फलाउनेहरूले त्यस छोरालाई दाखबारीबाट बलजफ्तीसँग बाहिर निकाले”

अब दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान् ?

येशूले यो प्रश्‍न उहाँका श्रोताहरूले दाखबारीको मालिकले तिनीहरूलाई के गर्छन् भन्‍ने कुरालाई ध्यान देऊन् भनेर प्रयोग गर्नुभयो । वैकल्‍पिक अनुवादः “त्यसैले, अब, दाखबारीको मालिकले तिनीहरूलाई के गर्नेछन् भनी सुन ।”

Luke 20:16

यस्तो कहिल्यै नहोस् !

“त्यस्तो कहिल्यै नहोस् !”

Luke 20:17

जोड्ने कथनः

येशू भीडलाई सिकाउन निरन्तरता दिनुहुन्छ ।

तर येशूले तिनीहरूलाई हेर्नुभयो

“तर येशूले तिनीहरूलाई एकटकले हेर्नुभयो” वा “तर उहाँले तिनीहरूलाई सोझै हेर्नुभयो ।” उहाँले भनिरहनुभएको कुरा बुझ्नलाई जवाफदेही बनाउनलाई उहाँले यसो गर्नुभयो ।

यो भनाइको अर्थ के हो जुन लेखिएको छः ‘ ... ढुङ्गो ... कुने-ढुङ्गो ... ’

येशूले भीडलाई सिकाउन निरन्तरता दिनुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू यो भनाइको अर्थ बुझ्न सक्षम हुनुपर्थ्यो जुन लेखिएको छः ‘ ... ढुङ्गो ... कुने-ढुङ्गो ... ।’

जे लेखिएको छ

“यो वचन”

जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले इन्कार गरे त्यही नै कुने-ढुङ्गो बन्यो

यो भजनसंग्रहको पुस्तकबाट लिइएको अगमवाणीमा भएको तीनवटा अलङ्कारहरूमध्ये पहिलो हो । यसले मसिहलाई उहाँ कुनै ढुङ्गा हुनुभए झैँ गरी उल्‍लेख गर्छ जसलाई भवन निर्माणकर्ताहरूले प्रयोग गर्न छानेनन्, तर परमेश्‍वरले त्यसलाई सबैभन्दा महत्त्वपूर्ण ढुङ्गा बनाउनुभयो ।

जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले इन्कार गरे

“भवन निर्माण गर्नेहरूले जुन ढुङ्गालाई निर्माणको लागि प्रयोग गर्न पर्याप्‍त असल छैन भने ।” ती दिनहरूमामा मानिसहरूले घरका पर्खाल र अन्य भवनहरू ढुङ्गाको बनाउँथे ।

निर्माणकर्ताहरू

यसले धार्मिक शासकहरूलाई जनाउँछ जसले येशूलाई मसिहको रूपमा इन्कार गरिरहेका छन् ।

कुने-ढुङ्गो

“भवनको सबैभन्दा मुख्य ढुङ्गा” वा “भवनको सबैभन्दा महत्त्वपूर्ण ढुङ्गा”

Luke 20:18

... माथि खस्‍ने हरेक ... चकनाचुर हुनेछ

यो दोस्रो अलङ्कारले मसिहलाई इन्कार गर्ने मानिसहरूको विषयमा यसरी कुरा गर्छ मानौँ तिनीहरू ढुङ्गामाथि खस्छन् र घाइते हुन्छन् ।

चकनाचुर हुनेछ

यो ढुङ्गामाथि खस्दाको परिणाम हो । It can be stated in active form. वैकल्‍पिक अनुवादः “टुक्रा-टुक्रा भएर भाँचिनेछ”

तर जसमाथि त्यो खस्छ

“तर त्यो ढुङ्गा जसमाथि खस्छ ।” यो तेस्रो अलङ्कारले मसिहले उहाँलाई इन्कार गर्ने मानिसहरूको न्याय गरिरहनुभएको विषयमा यसरी कुरा गर्छ मानौँ उहाँ कुनै ठूलो ढुङ्गा हुनुहुन्छ जसले तिनीहरूलाई चकनाचुर पार्ने थियो ।

Luke 20:19

उहाँलाई पक्रन खोजे

यस पदमा कसै“माथि हात हाल्‍नु” भनेको त्यस व्यक्तिलाई पक्रिनु हो । वैकल्‍पिक अनुवादः “येशूलाई गिरफ्तार गर्नलाई उपाय खोजे”

त्यति नै बेला

“तुरुन्तै”

तिनीहरू मानिसहरूसँग डराउँथे

यहि कारण हो जसले गर्दा तिनीहरूले येशूलाई त्यसै बेला गिरफ्तार गरेनन् । मानिसहरूले येशूलाई आदर गर्थे, र धार्मिक अगुवाहरूले उहाँलाई गिरफ्तार गर्दा मानिसहरूले उनीहरूलाई के गर्लान् भनेर तिनीहरू डराए । वैकल्‍पिक अनुवादः “तर तिनीहरूले उहाँलाई गिरफ्तार गरेनन् किनभने तिनीहरू मानिसहरूसँग डराउँथे”

Luke 20:20

तिनीहरूले जासुसहरूलाई पठाए

“शास्‍त्रीहरू र प्रधान पूजाहारीहरूले येशूको चेवा गर्न जासुसहरू पठाए”

ताकि तिनीहरूले उहाँले भन्‍नुभएको कुरामा केही गलत भट्टाउन सकून्

“किनभने तिनीहरूले येशूलाई केही खराब कुराहरू भन्‍नुभएको दोष लगाउन चाहन्थे”

बडाहाकिमको शासन र अधिकारमा

“शासन” र “अधिकार” भनेको बडाहाकिमले येशूको न्याय गरेको तिनीहरू चाहन्थे भनेर बताउने दुई तरिकाहरू हुन् । यसलाई एउटा वा दुवै अभिव्यक्तिहरूसँग अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ताकि बडाहाकिमले येशूलाई दण्‍ड देऊन्”

Luke 20:21

जोड्ने कथनः

यो कथाको यस भागमा अर्को घटनाको सुरुवात हो । येशूलाई मन्दिरमा मुख्य पूजाहारीहरूबाट प्रश्‍न गरिएपछि केही समय बितिसकेको छ । अब जासूसहरूले येशूलाई प्रश्‍न गरिरहेका छन् ।

तिनीहरूले उहाँलाई सोधे

“जासूसहरूले येशूलाई सोधे”

गुरू, हामी जान्दछौँ तपाईंले ... सत्यतामा परमेश्‍वरको मार्ग सिकाउनुहुन्छ

जासूसहरूले येशूलाई छल्‍न खोजिरहेका थिए । तिनीहरूले येशूको बारेमा यी कुराहरू विश्‍वास गर्दैनथे ।

हामी जान्दछौँ

“हामी”ले जासूसहरूलाई मात्र जनाउँछ ।

पक्षपात देखाउनुहुन्‍न

सम्भावित अर्थहरू हुन् १) “प्रमुख मानिसहरूले मन नपराएपनि तपाईं सत्य बताउनुहुन्छ” वा २) “तपाईं एक व्यक्तिलाई अर्को व्यक्तिको उपर निगाह गर्नुहुन्‍न”

तर तपाईंले परमेश्‍वरको मार्गको बारेमा भएको सत्यता सिकाउनुहुन्छ

यो तिनीहरूलाई येशूको बारेमा थाहा थियो भनेर जासूसहरूले भनिरहेका कुराको भाग हो ।

Luke 20:22

... उचित छ कि छैन ?

तिनीहरूले सोचेका थिए कि येशूले कि त “छ” वा “छैन” भन्‍नुहुनेछ । यदि उहाँले “छ” भन्‍नुभएको भए उहाँले विदेशी सरकारलाई कर तिर्नु भनेकोमा यहूदीहरू रिसाउने थिए । यदि उहाँले “छैन” भन्‍नुभएको भए धार्मिक अगुवाहरूले येशूले मानिसहरूलाई रोमी कानुन तोड्नलाई सिकाइरहनुभएको छ भनेर रोमीहरूलाई भन्‍न सक्थे ।

के यो उचित छ

तिनीहरूले परमेश्‍वरको व्यवस्थाको बारेमा सोधिरहेका थिए, कैसरको कानूनको बारेमा होइन । वैकल्‍पिक अनुवादः “के हाम्रो व्यवस्थाले हामीलाई ... अनुमति दिन्छ”

कैसर

किनकि कैसर रोमी सरकारको शासक थिए, तिनीहरूले रोमी सरकारलाई कैसरको नामद्वारा जनाउन सक्थे ।

Luke 20:23

तर उहाँले तिनीहरूको धूर्त्याइँलाई बुझ्‍नुभयो

“तर येशूले तिनीहरू कति छली छन् भनी बुझ्‍नुभयो” वा “तर तिनीहरूले उहाँलाई पासोमा पार्न खोजिरहेका थिए भनी येशूले देख्‍नुभयो ।” The word "their" refers to the spies.

Luke 20:24

एक दिनारी

यो चाँदीको रोमी सिक्‍का हो जुन एक दिनको ज्याला बराबर हुन्छ ।

त्यसमा कसको चित्र र खोपाइ छ ?

येशूले उहाँलाई छल्‍न खोजिरहेकाहरूलाई जवाफ दिनलाई एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ ।

चित्र र खोपाइ

“तस्बिर र नाम”

Luke 20:25

जोड्ने कथनः

यो जासूसहरूको बारेमा भएको घटना र लूका २०:१ मा सुरु भएको कथाको भागको अन्त्य हो ।

तब उहाँले उनीहरूलाई भन्‍नुभयो

“तब येशूले तिनीहरूलाई भन्‍नुभयो”

कैसरलाई

यहाँ “कैसर”ले रोमी सरकारलाई जनाउँछ ।

परमेश्‍वरलाई

“देओ” शब्दलाई अघिल्‍लो वाक्यांशबाट बुझिएको छ । त्यसलाई यहाँ दोहोर्‍याउन पनि सकिन्छ । वैकल्पिक अनुवादः “र परमेश्‍वरलाई देओ”

Luke 20:26

त्यसैले तिनीहरूले उहाँले बोल्नुभएको कुरामा उहाँलाई फसाउन सकेनन्

“जासूसहरू उहाँले भन्‍नुभएको कुरामा केही गल्ती भेट्टाउन सकेनन्”

तर उहाँको जवाफमा चकित हुँदै तिनीहरू चुपचाप रहे

“तर तिनीहरू उहाँको जवाफमा अचम्‍मित थिए र केही पनि भनेनन्”

Luke 20:27

सामान्य जानकारीः

यो कहाँ भएको हो भनेर हामी जान्दैनौँ, तैपनि यो सम्भवतः मन्दिरको प्राङ्गनमा भएको हो । येशू केही सदूकीहरूसँग कुरा गरिरहनुभएको छ ।

तिनीहरू जसले मृतकहरूबाट पुनरुत्थान हुँदैन भन्‍छन्

यो वाक्यांशले सदूकीहरूलाई यहूदीहरूको त्यो समूहको रूपमा चिनाउँछ जसले कोही पनि मृतकहरूबाट जीवित हुँदैन भन्छन् । यसले कोही सदूकीहरूले पुनरुत्थानमा विश्‍वास गर्छन् र कोहीले गर्दैनन् भन्‍ने अर्थ दिँदैन ।

Luke 20:28

यदि कोही मानिसको विवाहित दाजु निस्‍सन्तान भएर मर्‍यो भने

“यदि कोही मानिसको दाजु पत्‍नी हुँदा कुनै बालबच्‍चा नभई मर्छ भने”

कि उसको भाइले उसको पत्‍नीलाई लिनुपर्छ

“त्यो मानिसले उसको मरेको दाज्यूको विधवालाई विवाह गर्नुपर्छ”

दाजुको लागि सन्तान खडा गरिदिनुपर्छ

कुनै स्‍त्रीले आफ्‍नो मरेका पतिको भाइसँग विवाह गरेर जन्माएको पहिलो छोरोलाई त्यस स्‍त्रीको पहिलो पतिको छोरा भए जसरी यहूदीहरूले मान्थे । यो छोराले आफ्‍नी आमाको पहिलो पतिको जायजेथाको अंश लिन्थ्यो र उसको नामलाई बोक्थ्यो ।

Luke 20:29

सामान्य जानकारीः

पदहरू २९-३२ मा सदुकीहरूले येशूलाई एउटा छोटो कथा बताउँछन् । उदाहरणको रूपमा भन्‍नलाई यो तिनीहरूले बनाएर भनेको कथा हो । पद ३३ मा, तिनीहरूले बताएको कथाको बारेमा तिनीहरूले येशूलाई एउटा प्रश्‍न सोध्छन् ।

जोड्ने कथनः

सदुकीहरूले येशूलाई तिनीहरूको प्रश्‍न सोध्‍न सकाउँछन् ।

त्यहाँ सात भाइ थिए

यसो भएको पनि होला, तर सम्भवतः यो तिनीहरूले येशूलाई जाँच्नलाई बनाएको कथा हो ।

पहिलो

“पहिलो सङ्ख्याको भाइ” वा “सबैभन्दा जेठो”

निस्‍सन्तान मर्‍यो

“कुनै बालबच्‍चा नपाई मर्‍यो” वा “मर्‍यो, तर कुनै बालबच्‍चा थिएन”

Luke 20:30

र दोस्रोले

धेरैजसो विस्तृत विवरणलाई नदोहोर्‍याउनुभएर येशूले कथालाई छोटो राख्‍नुभयो । वैकल्‍पिक अनुवादः “दोस्रोले त्यसलाई विवाह गर्‍यो र त्यस्तै भयो” वा “दोस्रो भाइले त्यसलाई विवाह गर्‍यो र कुनै बालबच्‍चा नभई मर्‍यो”

दोस्रो

“दोस्रो सङ्ख्याको भाइ” वा “सबैभन्दा जेठा भाइ जो अझै जीवितै थिए”

Luke 20:31

तेस्रोले त्यसलाई लियो

“तेस्रोले त्यसलाई विवाह गर्‍यो”

तेस्रो

“तेस्रो सङ्ख्याको भाइ” वा “सबैभन्दा जेठा भाइ जो अझै जीवितै थिए”

त्यसरी नै ती सातै जना कुनै सन्तान छोडेनन्, र मरे

कथालाई छोटो बनाउन धेरैजसो विस्तृत विवरणलाई तिनीहरूले दोहोर्‍याएनन् । वैकल्‍पिक अनुवादः “त्यसै गरी, बाँकी सातै जनाले त्यसलाई विवाह गरे र कुनै बालबच्‍चा भएन र ती सबै मरे”

सातजना

“सबै सात भाइहरू” वा “सात भाइहरूमा हरेक”

Luke 20:33

पुनरुत्थानमा

“जब मानिसहरू मृतकबाट उठाइन्छन्” वा “जब मृत मानिसहरू फेरि जीवित हुन्छन्” (युडीबी) । केही भाषाहरूमा सदूकीहरूले पुनरुत्थानमा विश्‍वास गर्दैनन् भन्‍ने देखाउने तरिकाहरू छन्, जस्तै “ठानिएको पुनरुत्थानमा” वा “जब मृत मानिसहरू मृतकहरूबाट उठाइन्छन् भनी ठानिन्छ ।”

Luke 20:34

जोड्ने कथनः

येशूले सदुकीहरूलाई जवाफ दिन थाल्‍नुहुन्छ ।

यस युगका व्यक्तिहरू

“यस संसारका मानिसहरू” वा “यो समयका मानिसहरू ।” यो स्वर्ग वा पुनरुत्थानपछि जिउने मानिसहरूबाट भिन्‍नै छ ।

विवाह गर्छन् र विवाहमा दिइन्छन्

त्यस संस्कारमा पुरुषहरूले स्‍त्रीहरूलाई विवाह गर्ने र स्‍त्रीहरूलाई तिनीहरूको पतिलाई विवाहमा दिइने भनिन्थ्यो । यसलाई कर्तृ वाच्यमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “विवाह गर्नु”

Luke 20:35

त्यस युगमा योग्‍यका ठहरिनेहरू

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले योग्य ठानेर विचार गर्नुभएको त्यस युगका मानिसहरू”

पुनरुत्थानको जुन मृतकहरूबाटको हो

“मृतकहरूबाट फेरि उठाइन” वा “मृत्युबाट उठ्न”

मृतकहरूबाट

तिनीहरूसबैको माझबाट जो मरिगएका छन् । यो अभिव्यक्तिले तलको संसारमा (पातालमा) भएका सबै मृत मानिसहरूलाई एकसाथमा वर्णन गर्छ । तिनीहरूसबैको माझबाट पुनरुत्थान प्राप्‍त गर्नुले पुनः जीवित हुने विषयमा कुरा गर्छ ।

न त विवाह गर्नेछन् न त विवाहमा दिइनेछन्

त्यस संस्कारमा पुरुषहरूले स्‍त्रीहरूलाई विवाह गर्ने र स्‍त्रीहरूलाई तिनीहरूको पतिलाई विवाहमा दिइने भनिन्थ्यो । यसलाई कर्तृ वाच्यमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “विवाह गर्नेछैनन्” वा “विवाहित हुनेछैनन् ।” यो पुनरुत्थानपछिको कुरो हो ।

Luke 20:36

तिनीहरू फेरि मर्न सक्छन्

यो पुनरुत्थानपछिको कुरो हो । वैकल्‍पिक अनुवादः “तिनीहरू मर्न सक्‍नेछैनन् ।”

पुनरुत्‍थानका सन्तान भएकाले तिनीहरू परमेश्‍वरका सन्तान हुन्

“ ... परमेश्‍वरका सन्तान हुन् किनभने उहाँले तिनीहरूलाई मृतकहरूबाट फिर्ता ल्याउनुभएको छ”

Luke 20:37

जोड्ने कथनः

येशूले सदुकीहरूलाई जवाफ दिन सकाउनुहुन्छ ।

तर मृतकहरू जीवित भई उठ्नेछन् भन्‍ने कुरा मोशाले पनि देखाइदिए

यहाँ “पनि” शब्द छ किनभने सदूकीहरूले धर्मशास्‍त्रको केही भागले मृतकहरूबाट उठाइन्छन् भनेकोमा अचम्म मान्दैनथे, तर तिनीहरूले मोशाले नै यस्ता कुराहरू लेखेका छन् भन्‍ने अपेक्षा गरेका थिएनन् । वैकल्‍पिक अनुवादः “तर मृत मानिसहरू मृत्युबाट उठाइनेछन् भनेर मोशाले पनि देखाए”

मृतकहरू उठाइन्छन्

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले मृतकहरूलाई पुनः जिउने तुल्याउनुहुन्छ”

पोथ्रामा

“धर्मशास्‍त्रको त्यो खण्डमा जहाँ उनले बलिरहेको पोथ्राको बारेमा लेखे” वा “जलिरहेको पोथ्राको बारेमा भएको धर्मशास्‍त्रमा”

जहाँ उनले प्रभुलाई पुकार्छन्

“जब मोशाले परमप्रभुलाई पुकारे”

अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर

“अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर ।” तिनीहरू सबैले एउटै परमेश्‍वरको आराधना गरे ।

Luke 20:38

अब

यो शब्दलाई यहाँ प्रमुख शिक्षामा आएको छोटो रोकावटलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । मानिसहरू मृतकबाट बिउँतन्छन् भनेर यो कथाले कसरी प्रमाणित गर्छ भनेर येशूले यहाँ व्याख्या गर्नुहुन्छ ।

उहाँ मृतकहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका

यी दुई वाक्यहरूको समान अर्थ हुन्छ र जोड दिनको लागि दुईपटक भनिएको छ । केही भाषाहरूको जोड दिएको देखाउने भिन्‍नै तरिकाहरू हुन्छन् । वैकल्‍पिक अनुवादः “परपप्रभु चाहिँ जीवित मानिसहरूको मात्रै परमेश्‍वर हुनुहुन्छ”

तर जीवितहरूका

“तर जीवित मानिसहरूको परमेश्‍वर ।” किनकि यी मानिसहरू शारीरिक रूपमा मरे, तिनीहरू अझै पनि आत्मिक रूपमा जीवित भएको हुनुपर्छ । वैकल्‍पिक अनुवादः “तर ती मानिसहरूका परमेश्‍वर जसका शरीरहरू मरिसकेको हुनसके तापनि आत्माहरू अझै जीवित छन्”

किनकि उहाँको निम्ति सबै जिउँदै छन्

“किनभने परेमश्‍वरको दृष्‍टिमा तिनीहरू सबै अझ जीवित छन्” वा “किनभने परमेश्‍वरको उपस्थितिमा तिनीहरूका आत्माहरू जीवित छन्”

Luke 20:39

शास्‍त्रीहरूमध्ये कुनै-कुनैले जवाफ दिए

“शास्‍त्रीहरूमध्ये केहीले येशूलाई भने ।” सदुकीहरूले येशूलाई प्रश्‍न गरिरहँदा त्यहाँ शास्‍त्रीहरू पनि उपस्थित थिए ।

Luke 20:40

किनकि तिनीहरूले आँट गरेनन्

यसले शास्‍त्रीहरू, वा सदुकीहरूलाई जनाउँछ, वा दुवैलाई जनाउँछ भनेर स्‍पष्‍ट छैन । यो अभिव्यक्तिलाई सामान्य रूपमै राख्‍नु बेस हुन्छ ।

तिनीहरूले उहाँलाई केही सोध्‍ने आँट गरेनन्

“तिनीहरू उहाँलाई प्रश्‍नहरू सोध्‍न डराए” वा “तिनहरूले उहाँलाई प्रश्‍नहरू सोधेर खतरा मोलेनन् ।” तिनीहरू बुझे कि तिनीहरूलाई येशूलाई जति थाहा थिएन, तर तिनीहरूले त्यो कुरा बताउन चाहेनन् । यस कुरालाई स्‍पष्‍ट पार्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले कुनै छली प्रश्‍नहरू उहाँलाई सोधेनन् किनभने उहाँको बुद्धिमतापूर्ण जवाफले तिनीहरूलाई फेरि पनि मूर्ख देखाउने छ भनी तिनीहरू डराए”

Luke 20:41

सामान्य जानकारीः

येशू शास्‍त्रीहरूलाई एउटा प्रश्‍न सोध्‍नुहुन्छ ।

... दाऊदका पुत्र ... तिनीहरूले कसरी भन्दछन् ?

“ ... पुत्र ... तिनीहरूले किन भन्दछन् ?” मसिह को हुनुहुन्छ भनेर सोच्‍ने बनाउन येशूले एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले ... पुत्र ... भनेका कुराहरूको बारेमा सोचौँ ।” वा “म तिनीहरूले ... पुत्र ... भनेका कुराको बारेमा बताउनेछु”

तिनीहरू भन्छन्

अगमवक्ताहरू, धार्मिक शासकहरू, र यहूदी मानिसहरूलाई मूलभूत रूपमा थाहा थियो कि मसिह चाहिँ दाऊदको पुत्र हुनुहुन्थ्यो । वैकल्‍पिक अनुवादः “सबैले भन्छन्” वा “मानिसहरूले भन्छन्”

दाऊदका पुत्र

“राजा दाऊदका सन्तान ।” यहाँ “पुत्र” शब्द सन्तानलाई जनाउन प्रयोग गरिएको छ । यस खण्‍डमा यसले परमेश्‍वरको राज्यमाथि शासन गर्ने व्यक्तिलाई जनाउँछ ।

Luke 20:42

परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो

यो भजनसंग्रहबाट लिइएको खण्ड हो जसले भन्छ, “येहोवेले मेरा प्रभुलाई भन्‍नुभयो” । तर यहूदीहरूले “येहोवे” भन्‍न छोडे र त्यसको सट्टामा प्रायः “परमप्रभु” भन्थे । वैकल्‍पिक अनुवादः “परमप्रभु परमेश्‍वरले मेरा प्रभुलाई भन्‍नुभयो” वा “परमेश्‍वरले मेरा प्रभुलाई भन्‍नुभयो”

मेरा प्रभु

दाऊदले ख्रीष्‍टलाई “मेरा प्रभु” भनी जनाउँदै थिए ।

मेरो दाहिने हातमा बस

“परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नु” भनेको परमेश्‍वरबाट महान् सम्‍मान र अधिकार प्राप्‍त गर्ने कुराको लागि सङ्केतात्मक कार्य हो । वैकल्पिक अनुवादः “मेरो छेउमा सम्‍मानको स्थानमा बस”

Luke 20:43

जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टाको निम्ति पाउदान तुल्याउँदिन

मसिहका शत्रुहरूको विषयमा यसरी बताइएको छ मानौँ तिनीहरू काठका सामग्रीहरू हुन् जहाँ उहाँले आफ्‍नो पाउ राख्‍नुहुने थियो । यो एउटा समर्पणको चित्रण हो । वैकल्‍पिक अनुवादः “मैले तिम्रा शत्रुहरूलाई तिम्रो पाउदानजस्तो नबनाएसम्म” वा “मैले तिम्रा शत्रुहरूलाई तिम्रो निम्ति नजितेसम्म”

Luke 20:44

त्यसैले दाऊदले उहाँलाई ‘प्रभु’ भन्छन्

त्यो समयको चलनमा, कुनै बाबुलाई उसको छोराभन्दा बढी आदर गरिन्थ्यो । दाऊदले ख्रीष्‍टको लागि प्रयोग गरेको ‘प्रभु’ शीर्षकले यो आशय दिन्छ कि उहाँ दाऊदभन्दा बढी महान् हुनुहुन्थ्यो ।

त्यसोभए उनी कसरी उनका पुत्र भए ?

“त्यसैले, ख्रीष्‍ट कसरी दाऊदका पुत्र हुन सक्‍नुहुन्छ ?” यो एउटा कथन हुन सक्छ । वैकल्‍पिक अनुवादः “यसले देखाउँछ, कि ख्रीष्‍ट दाऊदका सन्तान मात्र हुनुहुन्‍न”

Luke 20:45

जोड्ने कथनः

अब उहाँका चेलाहरूतिर येशूले आफ्‍नो ध्यान मोड्नुहुन्छ र विशेषगरी तिनीहरूसँग कुरा गर्नुहुन्छ ।

Luke 20:46

... देखि होशियार रहो

“ ... को विरुद्धमा सावधान रहो”

जो लामा वस्‍त्रहरूमा हिँड्न मन पराउँछन्

लामा वस्‍त्रहरूले तिनीहरू महत्त्वपूर्ण थिए भन्‍ने देखाउँथ्यो । वैकल्‍पिक अनुवादः “जो तिनीहरूका महत्त्वपूर्ण वस्‍त्रहरू लगाएर हिँड्न मन पराउँछन्”

Luke 20:47

तिनीहरूले विधवाहरूको घर हडप्छन्

“तिनीहरूले विधवाहरूका घरहरू खान्छन् ।” शास्‍त्रीहरूको विषयमा यसरी कुरा गरिएको छ मानौँ तिनीहरू भोका पशुहरू थिए जसले विधवाहरूका घरहरू खान्छन् । “घरहरू” शब्द विधवा बस्‍ने ठाउँ र तिनले आफ्‍नो घरमा राख्‍ने तिनका सबै धनसम्पत्तिहरू दुवैलाई जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्‍पिक अनुवादः “तिनीहरूले विधवाहरूबाट तिनीहरूका सबै सम्पत्ति पनि लान्छन्”

लामो-लामो प्रार्थना गरेर नाटक देखाउँछन्

“तिनीहरू धर्मी भएको बहाना गर्छन् र लामो-लामो प्रार्थना गर्छन्” वा “तिनीहरूले मानिसहरूले देखून् भनेर लामो-लामो प्रार्थना गर्छन्”

तिनीहरूले अझै ठूलो दण्ड पाउनेछन्

“तिनीहरूको अझ बढी कठोर इन्साफ हुनेछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिनीहरूलाई निश्‍चय नै बढी कठोर तवरले दण्ड दिनुहुनेछ”


Translation Questions

Luke 20:4

जब यहूदी धर्म-गुरुहरूले येशूलाई सोधे, “तिमीले कुन अधिकारले यो सिकायौ ?” तब येशूले तिनीहरूलाई के प्रश्‍न सोध्‍नुभयो ?

उहाँले भन्‍नुभयो, “यूहन्‍नाको बप्‍तिस्‍माको बारेमा मलाई बताओ । यो स्वर्गबाट थियो कि मानिसहरूबाट ?” । [२०:४]

Luke 20:5

यदि तिनीहरूले “स्वर्गबाट” भने भने येशूले यहूदी अगुवाहरूलाई के भन्‍नुहुने थियो भनी तिनीहरूले सोचे ?

तब यहूदी अगुवाहरूले येशूले यस्तो भन्‍नुहुने थियो भनी सोचे, “त्यसो भए तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ ?” । [२०:५]

Luke 20:6

यदि तिनीहरूले “मानिसबाट” भने भने मानिसहरूले तिनीहरूलाई के गर्लान् भनी तिनीहरूले सोचे ?

मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हान्लान् भनी तिनीहरूले सोचे । [२०:६]

Luke 20:11

येशूले भन्‍नुभएको दृष्‍टान्तमा जब मालिकले उनका नोकरहरूलाई दाखको फल लिन पठाउँछन्, तब दाखबारीमा काम गर्ने व्यक्‍तिहरूले के गर्छन् ?

तिनीहरूले दासहरूलाई पिट्नेछन्; तिनीहरूलाई दुर्व्यवहार गर्नेछन् र रित्तो हात पठाउनेछन् । [२०:११-१२]

Luke 20:12

येशूले भन्‍नुभएको दृष्‍टान्तमा जब मालिकले उनका नोकरहरूलाई दाखको फल लिन पठाउँछन्, तब दाखबारीमा काम गर्ने व्यक्‍तिहरूले के गर्छन् ?

तिनीहरूले दासहरूलाई पिट्नेछन्; तिनीहरूलाई दुर्व्यवहार गर्नेछन् र रित्तो हात पठाउनेछन् । [२०:११-१२]

Luke 20:13

अन्त्यमा, दाखबारीमा काम गर्ने मालिकले कसलाई पठाउन्छन् ?

उनले आफ्ना प्रिय छोरालाई पठाउँछन् । [२०:१३]

Luke 20:15

जब दाखबारीमा मालिकका छोरा आए, तब दाखबारीमा काम गर्नेहरूले कस्तो व्यवहार गरे ?

तिनीहरूले उनलाई दाखबारी बाहिर फ्याँकिदिए र उनलाई मारे । [२०:१५]

Luke 20:16

दाखबारीका मालिकले ती दाखबारीमा काम गर्नेहरूलाई कस्तो व्यवहार गर्लान् ?

उनले दाखबारीमा काम गर्नेहरूलाई नष्‍ट गर्नेछन् र त्यो दाखबारी अरूलाई दिनेछन् । [२०:१६]

Luke 20:19

येशू ख्रीष्‍टले यो दृष्‍टान्त कसको विरुद्धमा भन्‍नुभएको थियो ?

येशू ख्रीष्‍टले यो दृष्‍टान्त शास्‍त्रीहरू र मुख्य पुजारीहरूका विरुद्धमा भन्‍नुभएको थियो । [२०:१९]

Luke 20:25

कैसरलाई कर तिर्ने वा नतिर्ने कुरो व्यवस्थाअनुसार छ कि छैन भन्‍ने विषयमा सोधिएको प्रश्‍नमा येशूले कसरी जवाफ दिनुभयो ?

उहाँले कैसरका थोकहरू कैसरलाई नै देओ र प्रभुका थोकहरू प्रभुलाई नै देओ भनी जवाफ दिनुभयो । [२०:२५]

Luke 20:27

कुन घटनामा सदुकीहरूले विश्‍वास गरेनन् ?

तिनीहरूले मृतकहरूको पुनरुत्थान हुन्छ भन्‍ने कुरामा विश्‍वास गरेनन् । [२०:२७]

Luke 20:34

येशू ख्रीष्‍टले विवाहको बारेमा यस संसारमा र अनन्तकालको विषयमा के भन्‍नुभयो ?

यस संसारमा विवाह हुन्छ, तर अनन्तको राज्यमा भने विवाह हुनेछैन । [२०:३४-३५]

Luke 20:35

येशू ख्रीष्‍टले विवाहको बारेमा यस संसारमा र अनन्तकालको विषयमा के भन्‍नुभयो ?

यस संसारमा विवाह हुन्छ, तर अनन्तको राज्यमा भने विवाह हुनेछैन । [२०:३४-३५]

Luke 20:37

येशूले पुरानो करारको कुन कथा बताएर पुनरुत्थानको सत्यताबारे प्रमाणित गर्नुभयो ?

उहाँले मोशा र पोथ्राको कथाबाट अनि अब्राहाम, याकूब, इसहाकका परमेश्‍वर भनी मोशाले बोलाउँछन् भनी बताउनुभयो । [२०:३७]

Luke 20:42

येशूले पुरानो करारको कुन कथा बताएर पुनरुत्थानको सत्यताबारे प्रमाणित गर्नुभयो ?

उहाँले मोशा र पोथ्राको कथाबाट अनि अब्राहाम, याकूब, इसहाकका परमेश्‍वर भनी मोशाले बोलाउँछन् भनी बताउनुभयो । [२०:३७]

Luke 20:43

येशूले शास्‍त्रीहरूलाई प्रश्‍न गर्नुहुँदा उहाँले दाऊदको कुन भजन खण्डबाट उल्लेख गर्नुभयो ?

उहाँले उल्लेख गर्नुभयो, “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ” । [२०:४२-४३]

Luke 20:47

ती शास्‍त्रीहरूको न्याय कसरी हुनेछ भनी येशूले भन्‍नुभयो ?

तिनीहरूले ठुलो दण्ड पाउनेछन् । [२०:४७]


Chapter 21

1 येशूले माथि हेर्नुहुँदा धनी मानिसहरूलाई दानपत्रमा तिनीहरूका भेटीहरू हालेकी देख्‍नुभयो । 2 उहाँले एक जना गरीब विधवाले दुई पैसा भेटी हालेकी देख्‍नुभयो । 3 यसैले उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिनीहरू सबैले भन्दा यस विधवाले बढी हालेकी छे । 4 यिनीहरू सबैले प्रशस्तताबाट भेटीहरू दिए, तर यस विधवाले आफ्नो दरिद्रताबाट आफू बाँच्‍नका लागि जे-जति थियो सबै दिई ।” 5 जसै कोही कोहीले दानहरू र सुन्दर-सुन्दर ढुङ्गाहरूले सजाइएको मन्दिरको बारेमा कुरा गर्न लागे, उहाँले भन्‍नुभयो, 6 “जसरी यी सबै थोकहरू तिमीहरू देख्छौ, यस्ता दिनहरू आउनेछन् जुन बेला एकमाथि अर्को ढुङ्गा रहनेछैन, सबै भत्किनेछन् ।” 7 त्यसकारण तिनीहरूले उहाँलाई यसो भन्दै सोधे, “गुरुज्यू, यी कुराहरू कहिले हुनेछन्? र यी कुराहरू हुन लाग्दा के-कस्ता चिन्‍हहरू हुनेछन्?” 8 येशूले जवाफ दिनुभयो, “होसियार रहो ताकि तिमीहरूलाई धोकामा नदिइयोस् । किनकि धेरै जना मेरो नाउँमा यसो भन्दै आउनेछन्, ‘म उही हुँ र समय नजिक आएको छ ।’ तिमीहरू तिनीहरूका पछि नजाओ । 9 जब तिमीहरूले लडाइँ र झैझगडाहरू सुन्‍नेछौ, तब भयभीत नहोओ, किनकि यी कुराहरू पहिले हुनैपर्छ, तर अन्त्य भने तुरुन्तै हुनेछैन ।” 10 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “ जाति जातिको विरुद्धमा र राज्य राज्यको विरुद्धमा उठ्नेछन् । 11 त्यहाँ धेरै भूकम्पहरू जानेछन्, र धेरै ठाउँमा अनिकाल र महामारी हुनेछन् । त्यहाँ डरलाग्दा घटनाहरू हुनेछन् र आकाशबाट ठुला-ठुला चिन्‍हहरू हुनेछन् । 12 तर यी सबै कुरा हुन अगाडि, तिनीहरूले तिमीहरूमाथि हात हाल्‍नेछन् र तिमीहरूलाई सताउनेछन्, सभाघरमा सुम्पिदिनेछन् र झ्यालखानामा हाल्नेछन्, तिमीहरूलाई मेरो नाउँको कारण राजाहरू र हाकिमहरूका अगाडि ल्याउनेछन् । 13 यसले तिमीहरूको गवाहीका लागि अवसरतिर डोर्‍याउनेछ । 14 त्यसकारण तिमीहरूले बचाउको लागि के भन्‍ने भनेर अगिबाटै हृदयमा नसोच । 15 किनकि म तिमीहरूलाई वचन र बुद्धि दिनेछु ताकि तिमीहरूका सबै विरोधीहरूले प्रतिरोध वा खण्डन गर्न सक्‍नेछैनन् । 16 तर तिमीहरूलाई तिमीहरूका आमा बुबा र दाजुभाइहरू, नातेदारहरू र साथीभाइहरूले सुम्पिदिनेछन् र तिनीहरूले तिमीहरूमध्ये कोहीलाई मृत्युका लागि सुम्पिनेछन् । 17 मेरो नाउँको कारण सबैबाट तिमीहरू घृणित हुनेछौे । 18 तर तिमीहरूको शिरको एउटै कपाल पनि नष्‍ट हुनेछैन । 19 तिमीहरूको सहनशीलतामा तिमीहरूले आफ्ना प्राण प्राप्‍त गर्नेछौ । 20 जब तिमीहरूले यरूशलेमलाई सेनाले घेरेको देख्‍छौ, तब त्यसको विनाश नजिकै छ भनी जान । 21 तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्, र जो सहरभित्र छन् तिनीहरू त्यहाँबाट बाहिर भागून्, र बाहिर गाउँमा हुनेहरू सहरभित्र नपसून् । 22 किनकि यी बदला लिने दिनहरू हुन्, ताकि लेखिएका सबै कुराहरू पूरा हुनेछन् । 23 हाय! ती दिनमा गर्भवती र दूध चुसाउने स्‍‍त्रीहरू! किनकि त्यस देशमा ठुलो सङ्कष्‍ट आउनेछ, र यी मानिसहरूमाथि क्रोध आइपर्नेछ । 24 तिनीहरू तरवारले मारिनेछन् र सबै देशहरूमा तिनीहरू कैदी बनाएर लगिनेछन्, र गैरयहूदीहरूको समय पूरा नभएसम्म यरूशलेम गैरयहूदीहरूबाट कुल्चिइनेछ । 25 सूर्य, चन्द्रमा र ताराहरूमा चिन्‍हहरू देखा पर्नेछन् । अनि समुद्रका गर्जनहरू र छालहरूका कारण पृथ्वीमा भएका जातिहरू चिन्तित र व्याकुल हुनेछन् । 26 संसारमा आइपर्न लागेका घटनाहरूका डर र आशङ्काले मानिसहरू मूर्छित हुनेछन्, किनकि आकाशका शक्‍तिहरू डग्मगाउनेछन् । 27 त्यसपछि तिनीहरूले मानिसका पुत्रलाई ठुलो शक्‍ति र महामहिमाका साथ बादलमा आउँदै गरेको देख्‍नेछन् । 28 तर जब यी कुरा हुन आउनेछन्, तब उठ र आफ्ना शिरहरू ठाडो पारेर हेर, किनभने तिमीहरूको उद्धार नजिकै आउँदैछ ।” 29 येशूले तिनीहरूलाई एउटा द‍ृष्‍टान्त भन्‍नुभयो, “नेभाराको रुखलाई हेर र सबै रुखहरूलाई पनि । 30 जब तिनीहरूले पालुवा फेरेको तिमीहरूले देख्छौ, तब गृष्म ऋतु नजिकै छ भनी तिमीहरू आफैंले थाहा पाउँछौ । 31 त्यसैगरी जब तिमीहरूले पनि यी थोकहरू भएको देख्‍छौ, परमेश्‍वरको राज्य नजिकै छ भन्‍ने कुरा तिमीहरूले थाहा पाउँछौ । 32 साँच्‍चै म तिमीहरूलाई भन्दछु, यी सब कुराहरू पुरा नभइन्जेलसम्म यो पुस्ता बितेर जानेछैन । 33 आकाश र पृथ्वी टलेर जानेछ, तर मेरा वचनहरू कहिल्यै टल्नेछैनन् । 34 तर तिमीहरू आफ्‍नो विषयमा होसियार रहो, ताकि तिमीहरूको हृदय मतवालापन र उन्मत्तता र जिवनको चिन्ताले नभरियोस् । नत्रभने त्यो दिन तिमीहरूमाथि पासोझैं अचानक आइपर्ला । 35 किनकि यसरी नै सारा पृथ्वी भरि जिउने हरेकमाथि त्यो आइपर्नेछ । 36 तर हुन आउने सम्पूर्ण कुराहरूबाट उम्कन र मानिसका पुत्रका अगाडि खडा हुनलाई बलियो हुन प्रार्थना गर्दै हर समय सतर्क रहो ।” 37 दिउँसोको समयमा उहाँले मन्दिरमा सिकाउनुहुन्थ्यो, र साँझमा उहाँ बाहिर जानुहुन्थ्यो, र जैतुनको डाँडामा रात बिताउनुहुन्थ्यो । 38 सबै मानिसहरू उहाँका कुरा सुन्‍न बिहान सबेरै मन्दिरमा आउँथे ।

लूका २१ सामान्य टिपोटहरू

संरचना र ढाँचा

उहाँ फर्किनुभन्दा अगाडि के-के हुनेछन् भन्‍ने बारेमा येशूले चेलाहरूलाई धेरै बताउनुहन्छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“किनकि धेरैजना मेरो नाउँमा यसो भन्दै आउनेछन्, ‘म उहाँ नै हुँ’”

येशूले सिकाउनुभयो कि उहाँ फर्कनुभन्दा अगाडि, धेरै मानिसहरूले आफूहरू फर्केर आउनुभएको उहाँ नै हौँ भनेर झूटो दाबी गर्नेछन् । यो यस्तो एउटा समय पनि हुनेछ जब मानिसहरूले येशूका अनुयायीहरूलाई घृणा गर्नेछन् र तिनीहरूलाई मार्न पनि चाहनेछन् ।

“जबसम्‍म अन्यजातिहरूको समय पूरा हुँदैन”

यहूदीहरूका पूर्खाहरूलाई बेबिलोनीहरूले बेबिलोनमा जानलाई कर लगाएको समय र मसिह आउनुहुने समयको बीचको अवधिलाई तिनीहरूले “अन्यजातिहरूको समय” भने, त्यो समय जब अन्यजातिहरूले यहूदीहरूमाथि शासन गर्ने थिए ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“मानिसको पुत्र”

येशूले आफैँलाई यस अध्यायमा मानिसको पुत्रको रूपमा जनाउनुहुन्छ अनि


Luke 21:1

जोड्ने कथनः

यो कथामा भएको अर्को घटना हो । कि त येशूलाई सदुकीहरूद्वारा प्रश्‍न सोधिएकै दिनमा

उपहारहरू

उपहारहरू के थिए भनेर तपाईंले स्‍पष्‍ट बनाउनुपर्ने हुन सक्छ । वैकल्‍पिक अनुवादः “पैसाका उपहारहरू”

भण्‍डार

मन्दिरको चोकमा भएको एउटा बाकस थियो जसमा मानिसहरूले परमेश्‍वरलाई उपहारस्‍वरूप पैसा राख्‍थे

Luke 21:2

कोही एउटा गरिब विधवा

यो कथामा कुनै नयाँ पात्रलाई परिचय गराउने तरिका हो ।

दुई पैसा

“दुईवटा साना सिक्‍का” वा “दुईवटा साना काँसाका सिक्‍का ।” यी त्यस बेला मानिसहरूले प्रयोग गर्ने सिक्‍काहरूमा सबै भन्दा कम मूल्यका सिक्‍काहरू थिए । वैकल्‍पिक अनुवादः “दुई सिक्‍काहरू” वा “कम मूल्य बराबरको दुई साना सिक्‍काहरू”

Luke 21:3

साँच्चै म तिमीहरूलाई भन्दछु

यसको अर्थ येशूले भन्‍न लाग्‍नुभएको कुरा धेरै महत्त्वपूर्ण थियो भन्‍ने हुन्छ ।

म तिमीहरूलाई भन्दछु

येशू उहाँका चेलाहरूसँग कुरा गरिरहनुभएको थियो । “तिमीहरू” शब्द बहुवचन हो ।

यो गरिब विधवाले तिनीहरू सबैले भन्दा बढी चढाइन्

परमेश्‍वरले तिनको उपहार, पैसाको एउटा सानो रकमलाई मानिसहरूले दिएका ठूला रकमका पैसाभन्दा बढी महत्त्वको ठान्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “यस विधवाको सानो उपहार धनी मानिसहरूका झन् ठूला उपहारहरूभन्दा बढी मूल्यवान् थियो”

Luke 21:4

तिनीहरूको प्रशस्तताबाट भेटीहरू दिए

“प्रशस्त पैसा थिए र त्यसको सानो अंश मात्र दिए”

तिनको दरिद्रताबाट

“जोसँग अति थोरै पैसा थियो”

Luke 21:5

जोड्ने कथनः

येशू विधवाको वियषमा कुरा गर्नबाट मन्दिरको विषयमा सिकाउनतिर लाग्‍नुहुन्छ ।

दानहरू

मानिसहरूले परमेश्‍वरलाई दिएका थोकहरू

Luke 21:6

यी कुराहरू जुन तिमीहरूले देख्‍छौ

यसले सुन्दर मन्दिर र त्यसका सजावटहरूलाई जनाउँछ ।

दिनहरू आउनेछन् जब

“एउटा समय आउनेछ जब” वा “कुनै दिन”

एकमाथि अर्को ढुङ्गा छोडिनेछ जुन टुक्रा-टुक्रा पारिनेछैन

यहाँ एउटा नयाँ वाक्यलाई सुरु गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ ... अर्कोमाथि छोडिनेछैन । तिनीहरू सबैलाई भत्काइनेछ” वा “ ... अर्कोमाथि छोडिनेछैन । शत्रुहरूले हरेक ढुङ्गा टुक्रा-टुक्रा पार्नेछन्”

कुनै पनि ढुङ्गालाई ... छोडिनेछैन ... भत्काइनेछैन

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हरेक ढुङ्गा त्यसको स्थानबाट हटाइनेछ र तिनीहरू सबै टुक्रा-टुक्रा पारिनेछन्”

एकमाथि अर्को ढुङ्गा छोडिनेछ जुन टुक्रा-टुक्रा पारिनेछैन

यहाँ एउटा नयाँ वाक्यलाई सुरु गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ ... अर्कोमाथि छोडिनेछैन । तिनीहरू सबैलाई भत्काइनेछ” वा “ ... अर्कोमाथि छोडिनेछैन । शत्रुहरूले हरेक ढुङ्गा टुक्रा-टुक्रा पार्नेछन्”

Luke 21:7

तिनीहरूले उहाँलाई सोधे

“चेलाहरूले येशूलाई सोधे” वा “येशूका चेलाहरूले उहाँलाई सोधे”

यी कुराहरू

यसले येशूले भर्खरै शत्रुहरूले मन्दिरलाई नाश गर्ने बारेमा भन्‍नुभएको कुरालाई जनाउँछ ।

Luke 21:8

... तिमीहरू धोकामा नपर

येशू उहाँका चेलाहरूसँग कुरा गरिरहनुभएको थियो । “तिमीहरू” शब्द बहुवचनमा छ । वैकल्‍पिक अनुवादः “कि तिमीहरूले झुटमा विश्‍वास नगर” वा “कि तिमीहरूलाई कसैले नछलोस्”

मेरो नाउँमा

उहाँको नाउँ लिएर आइरहेका मानिसहरूले उहाँलाई प्रतिनिधित्व गरेको दाबी गर्छन् । वैकल्‍पिक अनुवादः “म हुँ भनेर दाबी गर्दै” वा “मेरो अधिकार छ भन्‍ने दाबी गर्दै”

म उहाँ नै हुँ

“म ख्रीष्‍ट हुँ” वा “म मसिह हुँ”

तिनीहरूको पछि नलाग

“तिनीहरूलाई विश्‍वास नगर” वा “तिनीहरूका चेलाहरू नबन”

Luke 21:9

युद्धहरू र हुलदङ्गाहरू

यहाँ “युद्धहरू”ले सम्भवतः देशहरूको बीचको लडाइँलाई जनाउँछ, र “हुलदङ्गाहरू”ले सम्भवतः मानिसहरूले तिनीहरूको आफ्‍नै अगुवाहरूको विरुद्धमा वा तिनीहरूको देशमा भएका अरूहरूको विरुद्धमा लड्ने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “युद्धहरू र विद्रोहहरू” वा “युद्धहरू र क्रान्तिहरू”

भयभीत नहोओ

“यी कुराहरूले तिमीहरूलाई भयभीत बनाउन नदेओ” वा “नडराओ”

अन्त्य भने तुरुन्तै हुनेछैन

यसले अन्तिम न्यायलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “युद्धहरू र दङ्गाहरू पछि तुरुन्तै संसारको अन्त्य हुनेछैन” वा “ती कुराहरू भएपछि तुरुन्तै संसारको अन्त्य हुनेछैन”

अन्त्य

“सबैथोकको अन्त्य” वा “यस युगको अन्त्य”

Luke 21:10

तब उहाँले तिनीहरूलाई भन्‍नुभयो

“तब येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो ।” यो अगिल्लो पददेखिको निरन्तरता भएकोले केही भाषाहरूले “तब उहाँले तिनीहरूलाई भन्‍नुभयो” भन्‍न नरुचाउलान् ।

जाति जातिको विरुद्धमा उठ्नेछ

यहाँ “जाति” भनेको त्यस जातिका मानिसहरूको लागि प्रतिस्थापन शब्द हो, र “विरुद्धमा उठ्नु” भनेको आक्रमणको लागि प्रतिस्थापन शब्द हो । “जाति” शब्दले सामान्य रूपमा जातिहरूलाई जनाउँछ, कुनै एक खास जातिलाई मात्र होइन । वैकल्‍पिक अनुवादः “एउटा जातिका मानिसहरूले अर्को जातिका मानिसहरूलाई आक्रमण गर्नेछन्” वा “केही जातिका मानिसहरूले अरू जातिका मानिसहरूलाई आक्रमण गर्नेछन्”

जाति

यसले देशलाई भन्दा मानिसहरूको जातीय समूहहरूलाई जनाउँछ ।

राज्य विरुद्धमा राज्य

“विरुद्धमा उठ्नु” शब्दहरूलाई अघिल्‍लो वाक्यांशबाट बुझिएको छ र त्यसको अर्थ आक्रमण हुन्छ । वैकल्‍पिक अनुवादः “राज्यको विरुद्धमा राज्य उठ्नेछ” वा “केही राज्यहरूका अरू राज्यहरूका मानसिहरूलाई आक्रमण गर्नेछन्”

Luke 21:11

विभिन्‍न स्थानहरूमा अनिकालहरू र विपत्तिहरू

“त्यहाँ ... हुनेछन्” शब्दहरूलाई अघिल्‍लो वाक्यांशबाट बुझिएको छ । वैकल्‍पिक अनुवादः “त्यहाँ थुप्रै ठाउँहरूमा अनिकाल र महामारीहरू हुनेछन्” वा “त्यहाँ विभिन्‍न स्थानहरूमा भोक र रोगहरू लाग्‍ने समयहरू हुनेछन्”

डरलाग्दा घटनाहरू

“मानिहरूलाई भयभीत पार्ने घटनाहरू” वा “मानिसहरूलाई अति नै भयभीत गराउने घटनाहरू”

Luke 21:12

यी कुराहरू

यसले येशूले पछि हुनेछन् भनी भन्‍नुभएको भयानक कुराहरूलाई जनाउँछ ।

तिनीहरूका हात तिमीहरूमाथि पर्नेछन्

“तिनीहरूले तिमीहरूलाई समात्‍नेछन् ।” यो अभिव्यक्तिले मानिसहरूले चेलाहरूमाथि अधिकार चलाएको कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिनीहरूले तिमीहरूलाई गिरफ्तार गर्नेछन्”

तिनीहरूले ... हाल्‍नेछन्

“मानिसहरूले ... ” वा “शत्रुहरूले ... ”

तिमीहरू

येशूले आफ्ना चेलाहरूसँग कुरा गरिरहनुभएको थियो । त्यसैले “तिमीहरू” शब्द बहुवचन हुन्छ ।

तिमीहरूलाई सभाघरहरूमा सुम्पिदिनेछन्

“सभाघरहरू” शब्द सभाघरहरूमा भएका मानिसहरूको लागि, र विशेषगरी अगुवाहरूको लागि प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “तिमीहरूलाई सभाघरका अगुवाहरूकहाँ सुम्पनेछन्” वा “तिमीहरूलाई सभाघरहरूमा लानेछन् ताकि त्यहाँ भएका मानिसहरूले तिनीहरूले चाहेका कुराहरू तिमीहरूलाई गर्न सकून्”

र झ्यालखानाहरू

“र तिमीहरूलाई जेलहरूमा थुन्‍नेछन्” वा “र तिमीहरूलाई जेलहरूमा राख्‍नेछन्”

मेरो नामको कारण

यहाँ येशू आफैँलाई जनाउन “नाम” शब्दलाई प्रयोग गरिएको छ । वैकल्‍पिक अनुवादः “मेरो कारण” वा “किनकि तिमीहरू मलाई पछ्याउँछौ”

Luke 21:13

गवाहीको लागि

“किनभने तिमीहरूले मेरो बारेमा तिनीहरूलाई तिमीहरूको गवाही बताउनेछौ”

Luke 21:14

त्यसैकारण

“यसको कारण”, यसले [लूका २१:१०]

तिमीहरूका हृदयहरूमा पक्‍का गर

यहाँ “हृदयहरू” भनेको मानिसहरूको दिमागको लागि प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “निधो गर्नु” वा “दृढ निर्णय लिनु”

अगाडिबाटै तिमीहरूको बचाउको लागि तयारी नगर्न

“तिनीहरूले लगाएको दोषको विरुद्धमा तिमीहरूको प्रतिरक्षा गर्नको लागि तिमीहरूले के भन्‍ने भनेर अगाडिबाटै नसोच्‍न”

Luke 21:15

बुद्धि जुन तिमीहरूका सारा शत्रुहरूले प्रतिरोध गर्न वा खण्‍डन गर्न सक्‍नेछैनन्

“बुद्धि जुन तिमीहरूका कुनै पनि शत्रुहरूले प्रतिरोध गर्न वा खण्‍डन गर्न सक्‍नेछैनन्”

म तिमीहरूलाई वचनहरू र बुद्धि दिनेछु

“कस्ता बुद्धिमानी कुरा भन्‍नुपर्छ भनी म तिमीहरूलाई बताउनेछु”

वचनहरू र बुद्धि

यिनीहरूलाई जोडेर एउटै वाक्यांश बनाउन सकिन्छ । वैकल्‍पिक अनुवादः “बुद्धिका वचनहरू” वा “बुद्धिमानी वचनहरू”

Luke 21:16

तिमीहरू बाबुआमा, दाजुभाइहरू, नातेदारहरू र मित्रहरूबाट पनि सुम्पिइनेछौ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूका बाबुआमा, दाजुभाइहरू, नातेदारहरू, र मित्रहरूले पनि तिमीहरूलाई अधिकारीहरूको हातमा सुम्पिदिनेछन्”

तिनीहरूले तिमीहरूमध्ये केहीलाई मृत्युदण्‍ड दिनेछन्

“तिनीहरूले तिमीहरूमध्ये केहीको मार्नेछन् ।” सम्भावित अर्थहरू हुन् १) “अधिकारीहरूले तिमीहरूमध्ये केहीलाई मार्नेछन्” वा २) “तिमीहरूलाई सुम्‍पनेहरूले तिमीहरूमध्ये कतिलाई मार्नेछन् ।” पहिलो अर्थ बढी सम्भाव्य छ ।

Luke 21:17

तिमीहरू सबैबाट घृणित हुनेछौ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । “सबैजना” शब्दले कति धेरै मानिसहरूले चेलाहरूलाई घृणा गर्नेछन् भनेर जोड दिन्छ, कि त १) अतिरञ्‍जनद्वारा वैकल्‍पिक अनुवादः “तिमीहरू सबैबाट घृणित छौ जस्तो देखिनेछ” वा “सबैजनाले तिमीहरूलाई घृणा गरेको जस्तो देखिनेछ” वा २) सामान्यकरणद्वारा वैकल्‍पिक अनुवादः “तिमीहरू अधिकांश मानिसहरूद्वारा घृणित हुनेछौ” वा “अधिकांश मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन्”

मेरो नाउँको खातिर

यहाँ “मेरो नाम”ले येशूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “मेरो कारणले” वा “तिमीहरूले मलाई पछ्याएको कारणले”

Luke 21:18

तर तिमीहरूको शिरको एउटै कपाल पनि नष्‍ट हुनेछैन

येशूले व्यक्तिको सबैभन्दा सानो भागको बारेमा कुरा गर्नुहुन्छ । उहाँले सम्पूर्ण व्यक्ति विनाश हुनेछैन भनेर जोड दिइरहनुभएको छ । येशूले पहिले नै भनिसक्‍नुभएको छ कि तिनीहरू कतिलाई मारिनेछ ।, त्यसैले, कतिले यसको तात्पर्य तिनीहरूलाई आत्मिक रूपमा हानि गरिनेछैन भनेर बुझ्छन् । वैकल्‍पिक अनुवादः “तर यी कुराहरूले तिमीहरूलाई साँच्‍चै हानि गर्नेछैनन् ।” वा “तिमीहरूको शिरमा रहेको हरेक कपाल पनि सुरक्षित रहनेछ”

Luke 21:19

तिमीहरूको सहनशीलताद्वारा

“दृढ भएर ।” यसलाई उल्‍टो तरिकाले व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यदि तिमीहरूले छोडेनौ भने”

तिमीहरूले तिमीहरूको प्राण प्राप्‍त गर्नेछौ

“प्राण”ले व्यक्तिको अनन्त भागलाई प्रतिनिधित्व गर्छ भनेर बुझिएको थियो । वैकल्‍पिक अनुवादः “तिमीहरूले जीवन पाउनेछौ” वा “तिमीहरूले आफैँलाई बचाउनेछौ”

Luke 21:20

यरूशलेम सेनाहरूद्वारा घेरिएको

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “सेनाहरूले यरूशलेम घेरिरहेको”

कि त्यसको विनाश नजिकै छ

“कि त्यसलाई चाँडै नाश पारिनेछ” वा “कि तिनीहरूले त्यसलाई चाँडै नाश पार्नेछन्”

Luke 21:21

भाग्‍नु

खतरादेखि टाढा दौडनु

बाहिर देशमा

यसले यरूशलेम बाहिर रहेका दुर्गम क्षेत्रहरूलाई जनाउँछ, र राष्‍ट्रलाई होइन । वैकल्‍पिक अनुवादः “सहर बाहिर”

त्यसमा प्रवेश गर्नु

“यरूशलेममा प्रवेश गर्नु”

Luke 21:22

यी बदला लिने दिनहरू हुन्

“यी दण्डका दिनहरू हुन्” वा “यो त्यो समय हुनेछ जब परमेश्‍वरले यस सहरलाई दण्ड दिनुहुनेछ”

लेखिएका सबै कुराहरू

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “अगमवक्ताहरूले धर्मशास्‍त्रमा लामो समय अगाडि लेखेका कुराहरू”

पूरा गर्न

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हुनेछ”

Luke 21:23

तिनीहरूलाई जसले दूध खुवाइरहेका छन्

“ती आमाहरूलाई जसले तिनीहरूका शिशुहरूलाई दूध खुवाइरहेका छन्”

देशमाथि महासङ्कष्‍ट आउनेछ

सम्भावित अर्थहरू हुन् १) देशका मानिसहरू पीडामा हुनेछन् र २) देशमा भौतिक प्रकोपहरू हुनेछन् ।

मानिसहरूमाथि क्रोध आइपर्नेछ

“त्यो समयमा मानिसहरूलाई क्रोध खन्याइनेछ ।” परमेश्‍वरले यो क्रोध ल्याउनुहुनेछ । वैकल्‍पिक अनुवादः “यी मानिसहरूले परमेश्‍वरको रीसको अनुभव गर्नेछन्” वा “परमेश्‍वर निकै रिसाउनुहुनेछ र यी मानिसहरूलाई दण्ड दिनुहुनेछ”

Luke 21:24

तिनीहरू तरवारले मारिनेछन्

“तिनीहरू तरवारको धारद्वारा मारिनेछन् ।” यहाँ “तरवारको धारले मार्नु” भन्‍ने कुराले शत्रुका सिपाहीहरूद्वारा मारिने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “शत्रुका सिपाहीहरूले तिनीहरूलाई मार्नेछन्”

तिनीहरू सबै देशहरूमा कैदी भएर जानेछन्

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूका शत्रुहरूले तिनीहरूलाई पक्रनेछन् र तिनीहरूलाई अरू देशहरूमा लानेछन्”

सबै राष्‍ट्रहरूमा

तिनीहरूलाई थुप्रै देशहरूमा लगिनेछ भन्‍ने कुरालाई जोड दिनको लागि “सबै” शब्द अतिरञ्‍जन हो । वैकल्‍पिक अनुवादः “थुप्रै अरू देशहरूमा”

यरूशलेम गैरयहूदीहरूद्वारा कुल्चिइनेछ

सम्भावित अर्थहरू हुन् १) गैरयहूदीहरूले यरूशलेमलाई जित्‍नेछन् र ओगट्नेछन् वा २) गैरयहूदीहरूले यरूशलेमको सहरलाई नाश गर्नेछन् वा ३) गैरयहूदीहरूले यरूशलेमका मानिसहरूलाई नाश पार्नेछन् ।

गैरयहूदीहरूद्वारा कुल्चिएको

यस अलङ्कारले यरूशलेमको विषयमा यसरी कुरा गर्छ कि मानौँ अरू जातिका मानिसहरू त्यसमाथि हिँडिरहेका थिए र त्यसलाई तिनीहरूका पाउले कुल्चिरहेका थिए । यसले दमनलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “अन्यजातिहरूद्वारा पराजित भएको” वा “अरू जातिहरूद्वारा नाश पारिएको”

अन्यजातिहरूको समय पूरा नहोउञ्‍जेलसम्‍म

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “अन्यजातिहरूको अवधिको अन्त हुन नआएसम्‍म”

Luke 21:25

राष्‍ट्रहरू कष्‍टमा पर्नेछन्

यहाँ “राष्‍ट्रहरू”ले तिनमा भएका मानिसहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “राष्‍ट्रका मानिसहरू सङ्कष्‍टमा पर्नेछन्”

समुद्रका गर्जनहरू र छालहरूबाट चिन्तित र अत्तालिएको

“किनभने तिनीहरू समुद्र र त्यसका छालहरूका गर्जनद्वारा आत्तिनेछन्” वा “र समुद्रको ठूलो हल्ला र त्यसका उग्र चालहरूले तिनीहरूलाई भयभीत बनाउनेछ ।” यसले समुद्रहरूमा आउने असाधारण आँधीबेह्रि वा प्रकोपहरूलाई जनाएको जस्तो देखिन्छ ।

Luke 21:26

संसारमा आइपर्न लागेका कुराहरू

“संसारमा घट्ने कुराहरू” वा “संसारलाई हुने कुराहरू”

आकाशका शक्तिहरूलाई हल्‍लाइनेछ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) आकाशमा भएका थोकहरू जस्तै, सूर्य, चन्द्र र ताराहरू तिनीहरूका सामान्य मार्गमा चल्नेछैनन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले स्वर्गमा भएका शक्तिशाली थोकहरूलाई हल्लाउनुहुनेछ” वा २) स्वर्गमा भएका शक्तिशाली आत्माहरू कष्‍टमा पर्नेछन् । पहिलोलाई प्रयोग गर्न सुझाव दिइन्छ ।

Luke 21:27

मानिसको पुत्र आउँदै गर्नुभएको

येशूले आफैँलाई जनाउँदै हुनुहन्छ । वैकल्‍पिक अनुवादः “म, मानिसको पुत्रलाई, आउँदै गरेको”

बादलमा आउँदै गरेको

“बादलमा तल आइरहेको”

शक्ति र महान् महिमाका साथ

यहाँ “शक्ति”ले सम्भवतः संसारलाई न्याय गर्ने उहाँको अधिकारलाई जनाउँछ । यहाँ “महिमा”ले कुनै चम्किलो प्रकाशलाई जनाउन सक्छ । परमेश्‍वरले कहिलेकाहीँ असाध्यै चम्किलो प्रकाशद्वारा आफ्नो महानता देखाउनुहुन्छ । वैकल्‍पिक अनुवादः “शक्तिशाली रूपमा र महिमामय तवरले” वा “र उहाँ शक्तिशाली र धेरै महिमामय हुनुहुनेछ”

Luke 21:28

उठ

कहिलेकाहीँ मानिसहरू डराएको बेलामा तिनीहरू नदेखिन वा हानिबाट बच्‍नलाई झुक्छन् । जब तिनीहरू डराएका हुँदैनन्, तिनीहरू खडा हुन्छन् । वैकल्‍पिक अनुवादः “दृढतासाथ खडा होओ”

तिमीहरूका शिरहरू उठाऊ

शिर उचाल्‍नु भनेको माथि हेर्नुको लागि प्रतिस्थापन शब्द हो । तिनीहरूले माथि हेर्नलाई शिर उचाल्दा, तिनीहरूका उद्धारक तिनीहरूतिर आइरहनुभएको देख्‍न सक्षम हुनेछन् । वैकल्‍पिक अनुवादः “माथि हेर”

किनभने तिमीहरूको छुटकारा नजिक आउँदै छ

परमेश्‍वर, जसले छुटकारा दिलाउनुहुन्छ, उहाँको विषयमा यसरी कुरा गरिएको छ कि मानौँ उहाँले ल्याउनुहुने छुटकारा उहाँ आफैँ हुनुहन्छ । “छुटकारा” शब्द एउटा भाववाचक नामपद हो जसलाई क्रियापदको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनभने परमेश्‍वरले तिमीहरूलाई चाँडै छुटकारा दिनुहुनेछ”

Luke 21:29

जोड्ने कथनः

जसै येशूले उहाँका चेलाहरूलाई सिकाउनलाई निरन्तरता दिनुहुन्छ, उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्त बताउनुहुन्छ ।

Luke 21:30

जब तिनीहरूले पालुवा हाल्छन्

“जब नयाँ पातहरू बढ्न सुरु गर्छन्”

ग्रीष्म ऋतु नजिकै छ

“ग्रीष्म सुरु हुन लागेको छ ।” इस्राएलमा ग्रीष्म ऋतु अञ्‍जीरको रूखको पात पलाउन थालेपछि आउँछ र यो त्यो समय हो जब अञ्‍जीरहरू पाक्छन् । वैकल्‍पिक अनुवादः “फसलको समय सुरु हुन लागेको छ”

Luke 21:31

त्यसरी नै, जब तिमीहरूले यी कुराहरू भइरहेका देख्‍छौ

येशूले भर्खरै वर्णन गर्नुभएको चिन्हहरू देखापर्ने कुराले परमेश्‍वरको राज्यको आगमनलाई सङ्केत गर्छ जसरी अञ्‍जीरको रूखको पातहरूको देखापर्ने कुराले ग्रीष्मलाई सङ्केत गर्छ ।

परमेश्‍वरको राज्य नजिकै छ

“परमेश्‍वरले चाँडै उहाँको राज्य स्थापित गर्नुहुनेछ ।” वैकल्‍पिक अनुवादः “परमेश्‍वरले चाँडै राजाको रूपमा शासन गर्नुहुनेछ”

Luke 21:32

जोड्ने कथनः

येशूले उहाँका चेलाहरूलाई सिकाउन निरन्तरता दिनुहुन्छ ।

साँच्‍चै, म तिमीहरूलाई भन्दछु

यो अभिव्यक्तिले येशूले भन्‍न लाग्‍नुभएको कुराको महत्त्वलाई जोड दिन्छ ।

यो पुस्ता

सम्भावित अर्थहरू हुन् १) येशूले भन्‍नुभएका चिन्हहरूमध्ये पहिलो सुरुकाहरू देख्‍ने पुस्ता वा २) जुन पुस्तासँग येशू बोलिरहनुभएको थियो । पहिलोचाहिँ बढी सम्भाव्य छ ।

... सम्‍म बितेर जानेछैन

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ ... बेलामा अझै जीवित हुनेछ जब”

Luke 21:33

स्वर्ग र पृथ्वी टलेर जानेछ

“स्वर्ग र पृथ्वीको अस्तित्व मेटिनेछ ।” यहाँ “स्वर्ग” शब्दले आकाश र यसभन्दा उताको ब्रह्‌माण्‍डलाई जनाउँछ ।

मेरा वचनहरू कहिल्यै टल्नेछैनन्

“मेरा वचनहरूको अस्तित्व कहिल्यै पनि मेटिनेछैन” वा “मेरा वचनहरू कहिल्यै चुक्‍नेछैनन् ।” उहाँले भन्‍नुभएका सबै कुराहरूलाई जनाउन येशूले यहाँ “वचनहरू”लाई प्रयोग गर्नुहुन्छ ।

कहिल्यै बितेर जानेछैन

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “सधैँ रहनेछ”

Luke 21:34

ताकि तिमीहरूको हृदयलाई बोझ नहोस्

यहाँ “हृदय”ले व्यक्तिको दिमाग र विचारहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “ताकि तिमीहरू ... ले नभरिऊ”

ताकि ... बोझ नहोस्

येशूले यहाँ निम्‍न बताइएका पापहरूको विषयमा यसरी कुरा गर्नुहुन्छ मानौँ तिनीहरू कुनै भौतिक वजन हुन् जुन कुनै व्यक्तिले बोक्‍नु परेको थियो ।

पिउनुको असरहरू

“धेरै मद्य पिउनाले तपाईंलाई जे गर्नेछ” वा “उन्मत्तता”

जीवनको चिन्ता

“यस जीवनबारे अत्यधिक फिक्री गर्ने”

त्यो दिन तिमीहरूमाथि अचानक आइपर्नेछ

जसरी पासोले कुनै पशुलाई त्यसले नसोचिरहेको बेलामा पक्रन्छ, त्यो दिन पनि तब हुनेछ जब मानिसहरूले त्यसको अपेक्षा गर्दैनन् । वैकल्‍पिक अनुवादः “जसरी पासो जनावरमाथि अचानक आइपर्छ, त्यसरी नै त्यो दिन तिमीहरूले आशा नगरिरहेको बेलामा हुनेछ”

त्यो दिन तिमीहरूमाथि अचानक आइपर्नेछ

तयारी नहुने र त्यसलाई नहेर्नेहरूका लागि त्यो दिनको आगमन अकस्मात् र अनपेक्षित रूपमा देखा पर्नेछ । वैकल्‍पिक अनुवादः “किनभने तिमीहरू तयार छैनौ भने, त्यो दिन तिमीहरूमाथि अकस्मात् आइपर्नेछ”

त्यो दिन

यसले त्यो दिनलाई जनाउँछ जब मसिह फर्कनुहुन्छ । वैकल्‍पिक अनुवादः “मानिसको पुत्र आउने दिन”

Luke 21:35

त्यो हरेकमाथि आइपर्नेछ

“यसले हरेकलाई असर गर्नेछ” वा “त्यस दिनको घटनाहरूले हरेकलाई प्रभाव पार्नेछ”

सारा पृथ्वीभरी

पृथ्‍वीको सतहको विषयमा यसरी बताइएको छ मानौँ त्यो कुनै व्यक्तिको अनुहारको बाहिरी भाग हो । वैकल्‍पिक अनुवादः “सारा पृथ्वीको सतहमा” वा “सम्‍पूर्ण पृथ्वीमा”

Luke 21:36

जोड्ने कथनः

येशूले उहाँका चेलाहरूलाई शिक्षा दिन सकाउनुहुन्छ ।

सचेत होओ

“मेरो आगमनको लागि तयार होओ”

तिमीहरू यी सबै कुराहरूबाट उम्कनलाई बलियो हुन सक

सम्भावित अर्थहरू हुन् १) “यी कुराहरू सहन सक्‍ने गरी पर्याप्‍त मात्रामा बलियो” वा २) “यी सबै कुराहरूलाई छ्ल्न सक्षम”

यी सबै कुराहरू जुन घट्न लागेका छन्

“यी कुराहरू जुन हुन आउनेछन् ।” येशूले तिनीहरूलाई भर्खरै मात्र पछि हुन आउने भयानक कुराहरूको बारेमा बताउनुभएको थियो जस्तै सतावट, युद्ध, र कैद ।

मानिसको पुत्रको अगाडि खडा हुन

“मानिसको पुत्रको अगि दृढतासाथ खडा हुन ।” यसले सम्भवतः मानिसको पुत्रले हरेकलाई न्याय गर्ने समयलाई जनाउँछ । तयारी नहुने व्यक्ति मानिसको पुत्रसँग डराउनेछ र दृढतासाथ खडा हुन सक्‍नेछैन ।

Luke 21:37

जोड्ने कथनः

यो कथाको त्यस भागको अन्त्य हो जुन [लुका २०:१]

दिनको समयमा उहाँले सिकाइरहनुभएको हुन्थ्यो

“दिनको समयमा उहाँले सिकाउनुहुन्थ्यो” वा “उहाँले हरेक दिन सिकाउनुहुन्थ्यो ।” तलका पदहरूले येशू मर्नअगि उहाँ र मानिसहरूले हप्‍ताभरी हरेक दिन गरेका कुराहरूबारे बताउँछन् ।

मन्दिरमा

केवल पूरोहितहरूलाई मात्र मन्दिरमा प्रवेश-अनुमति थियो । वैकल्‍पिक अनुवादः “मन्दिर क्षेत्रमा” वा “मन्दिरको चोकमा”

साँझमा उहाँ बाहिर जानुहुन्थ्यो

“बेलुका उहाँ सहरबाहिर जानुहुन्थ्यो” वा “उहाँ हरेक रात बाहिर जानुहुन्थ्यो”

Luke 21:38

सबै मानिसहरू

भीड धेरै ठूलो थियो भनेर जोड दिनलाई यहाँ “सबै” शब्द सम्भवतः अतिरञ्‍जन हो । वैकल्‍पिक अनुवादः “सहरमा भएका मानिसहरूको धेरै ठूलो सङ्ख्या” वा “लगभग सहरका सबै जना”

बिहान सबेरै आउँथे

“हरेक बिहान सबेरै आउँथे”

उहाँका कुरा सुन्‍न

“उहाँले सिकाउनुभएका कुरा सुन्‍न”


Translation Questions

Luke 21:4

दानपात्रमा ती गरिब विधवाले अरू सबैले भन्दा बढी भेटी हालिन् भनेर येशूले किन भन्‍नुभयो ?

किनभने तिनले आफ्नो गरिबीबाट सबै दिइन्, तर अरूले आफ्नो प्रशस्तताबाट दिए । [२१:४]

Luke 21:6

यरूशलेममा भएको मन्दिरलाई के हुनेछ भनी येशूले भन्‍नुभयो ?

एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि रहनेछैन र एक-एक गरी टुक्रा-टुक्रा पारिनेछ भनी उहाँले भन्‍नुभयो । [२१:६]

Luke 21:7

मानिसहरूले मन्दिरको विषयमा कुन-कुन दुईवटा प्रश्‍न येशूलाई सोधे ?

“यी कुराहरू कहिले हुनेछन् ? र यी सबै घटनाहरू हुँदा के-कस्ता चिह्नहरू हुनेछन् ?” भनी तिनीहरूले सोधे । [२१:७]

Luke 21:8

धेरै धोकेबाज आउनेछन् भनी येशूले चेतावनी दिनुभयो । ती धोकेबाजहरूले के भन्‍नेछन् ?

‘म उही हुँ र समय नजिक आएको छ’ भनी तिनीहरूले भन्‍नेछन् । [२१:८]

Luke 21:10

अन्त्य आउनुभन्दा अगाडि कुनचाहिँ डरलाग्दो घटनाको विषयमा येशूले जानकारी गराउनुभयो ?

युद्धहरू, भूकम्पहरू, भोकमारीहरू, विपत्तिहरू र स्वर्गबाट ठुला-ठुला चिह्नहरू हुनेछन् । [२१:१०-११]

Luke 21:11

अन्त्य आउनुभन्दा अगाडि कुनचाहिँ डरलाग्दो घटनाको विषयमा येशूले जानकारी गराउनुभयो ?

युद्धहरू, भूकम्पहरू, भोकमारीहरू, विपत्तिहरू र स्वर्गबाट ठुला-ठुला चिह्नहरू हुनेछन् । [२१:१०-११]

Luke 21:13

विश्‍वासीहरूमाथि आइपर्ने सतावटले कस्तो अवसरको सृजना गर्छ ?

यसले तिनीहरूको गवाहीका निम्ति अवसर सृजना गर्नेछ । [२१:१३]

Luke 21:16

येशूका अनुयायीहरूलाई कसले घृणा गर्नेछ ?

आमा-बुबा, दाजुभाइ, आफन्तहरू, मित्रहरू र “हरेकले” तिनीहरूलाई घृणा गर्नेछन् । [२१:१६-१७]

Luke 21:17

येशूका अनुयायीहरूलाई कसले घृणा गर्नेछ ?

आमा-बुबा, दाजुभाइ, आफन्तहरू, मित्रहरू र “हरेकले” तिनीहरूलाई घृणा गर्नेछन् । [२१:१६-१७]

Luke 21:20

यरूशलेमको विनाश नजिकै छ भनी कस्तो घटनाले सङ्केत दिन्छ ?

जब यरूशलेम सेनाहरूद्वारा घेरिएको हुन्छ, तब यसको विनाश नजिकै हुन्छ । [२१:२०]

Luke 21:21

यरूशलेमको विनाश नजिक छ भनेर देख्‍ने मानिसहरूलाई येशूले के गर्नू भन्‍नुभयो ?

उहाँले तिनीहरूलाई पहाडहरूमा भाग्‍नू, सहर छोड्नू र सहरमा फेरि नपस्‍नू भन्‍नुभयो । [२१:२१]

Luke 21:22

येशूले यरूशलेमको विनाशको दिनलाई के भनी बोलाउनुभयो ?

उहाँले त्यस दिनलाई बदलाको दिन र लेखिएका सबै कुरा पुरा हुने दिनको रूपमा उल्लेख गर्नुभयो । [२१:२२]

Luke 21:24

गैरयहूदीहरूले यरूशलेमलाई कहिलेसम्म कुल्चेर राख्‍नेछन् ?

गैरयहूदीहरूको समय पुरा नहुन्जेलसम्म तिनीहरूले यरूशलेमलाई कुल्चेर राख्‍नेछन् । [२१:२४]

Luke 21:25

शक्‍तिसँग र ठुलो महिमाकासाथ उहाँको आगमन हुदाँ के-कस्ता चिह्नहरू देखा पर्नेछन् भनी येशूले भन्‍नुभयो ?

उहाँले भन्‍नुभयो, कि सूर्य, चन्द्र, र ताराहरूमा चिह्नहरू देखा पर्नेछन् र पृथ्वीका जातिहरूमा सङ्कष्‍ट आइपर्नेछ । [२१:२५]

Luke 21:30

उहाँका श्रोतहरूले थाहा पाउने गरी समय आएको हुनेछ भन्‍नाका लागि येशूले केको उदाहरण दिनुभयो ?

उहाँले खजुरको बोटलाई देखाउनुभयो । जब यसमा पालुवाहरू लाग्छन्, तब तिनीहरूले ग्रीष्‍म ऋतु नजिकै छ भनी जान्‍नेछन् । [२१:३०]

Luke 21:33

येशूले के बितेर जानेछ भन्‍नुभयो ?

स्वर्ग र पृथ्वी बितेर जानेछन् । [२१:३३]

के कहिल्यै बितेर जानेछैन ?

येशूका वचन कहिल्यै बित्‍नेछैनन् । [२१:३३]

Luke 21:34

त्यो दिन अचानक आउने भएको हुनाले येशूले आफ्ना श्रोताहरूलाई के कुराको चेतावनी दिनुभयो ?

तिनीहरू भोग विलास, पियक्‍कडपन र सबै प्रकारका चिह्नद्वारा लादिएको नहोस् भनी उहाँले चेतावनी दिनुभयो । [२१:३४]

Luke 21:36

त्यो दिन अचानक आउने भएकोले आफ्ना श्रोताहरूलाई उहाँले के गर्न सुझाव दिनुभयो ?

उहाँले तिनीहरूलाई जागा रहेर प्रार्थना गरिरहन आज्ञा दिनुभयो । [२१:३६]


Chapter 22

1 अखमिरी रोटीको चाड नजिक आइरहेको थियो, जसलाई निस्तार-चाड भनिन्छ । 2 मुख्य पुजारीहरू र शास्‍‍त्रीहरूले येशूलाई कसरी मार्ने भनी छलफल गरे, किनकि तिनीहरू मानिसहरूसँग डराएका थिए । 3 बाह्र जनामध्ये एक यहूदा इस्करियोतमा शैतान पस्यो । 4 यहुदा मुख्य पूजाहारीहरू र कप्‍तानहरू कहाँ गयो र यशूलाई तिनीहरूकहाँ कसरी सुम्पन सकिन्छ भन्‍ने बारेमा तिनीहरूसँग छलफल गर्‍यो । 5 तिनीहरू खुसी भए र त्यसलाई पैसा दिन सहमत भए । 6 त्यो राजी भयो र त्यसले उहाँ भीडबाट टाढा हुनुहुँदा उहाँलाई तिनीहरूकहाँ सुम्पने उचित अवसर खोज्‍न लाग्यो । 7 अखमिरी रोटीको चाडको दिन आयो जुन दिन निस्तार-चाडको थुमा बलिदान चढाउनै पर्थ्यो । 8 येशूले पत्रुस र यूहन्‍नालाई यसो भनेर पठाउनुभयो, “जाओ र हाम्रो निम्ति निस्तार-चाडको भोज तयार पार, ताकि हामीले खान सकौं ।” 9 तिनीहरूले उहाँलाई सोधे, “हामीले कहाँ तयार परेको तपाईं चाहनुहुन्छ?” 10 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “हेर, जब तिमीहरू सहरभित्र पस्तछौ, तिमीहरूले एउटा पानीको गाग्रो बोकिरहेको मानिस भेट्टाउनेछौ । त्यो जाने घरभित्र त्यसलाई तिमीहरूले पछ्याओ । 11 तब घरको मालिकलाई भन, 'गुरुले तपाईंलाई भन्‍नुहुन्छ, ‘पाहुना कोठा कहाँ छ, जहाँ मैले मेरा चेलाहरूसँग निस्तार-चाड खानेछु?'' 12 त्यसले तिमीहरूलाई एउटा सजाइएको माथिल्लो तलाको ठुलो कोठा देखाउनेछ । त्यहीं तयारी गर ।” 13 त्यसैले तिनीहरू गए र उहाँले तिनीहरूलाई भनेझैं हरेक थोक भेट्टाए । तब तिनीहरूले निस्तार-चाडको भोज तयार पारे । 14 जब समय आयो, उहाँ प्रेरितहरूसँगै बस्‍नुभयो । 15 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले कष्‍ट भोग्‍नअगि तिमीहरूसँग निस्तार-चाड खाने ठुलो इच्छा गरेको छु । 16 किनकि म तिमीहरूलाई भन्दछु, यो परमेश्‍वरको राज्यमा पूरा नभएसम्म मैले फेरि खानेछैनँ ।” 17 तब येशूले कचौरा लिनुभयो, र धन्यवाद दिनुभएपछि उहाँले भन्‍नुभयो, “यो लेओ, र तिमीहरूका बीचमा बाँड । 18 किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्य नआएसम्म म फेरि अङ्गुरको फलको रस पिउनेछैनँ ।” 19 तब उहाँले रोटी लिनुभयो, र धन्यवाद दिनुभएपछि उहाँले रोटी भाँच्‍नुभयो, र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “यो मेरो शरीर हो, जुन तिमीहरूका निम्ति दिइएको छ । मेरो सम्झनामा यो गर्ने गर ।” 20 त्यसै गरी भोज खानुभएपछि उहाँले यसो भन्दै कचौरा लिनुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जुन तिमीहरूका निम्ति बगाइन्छ । 21 तर ध्यान देओ । मलाई धोका दिनेचाहिं मसँगै यही टेबुलमा छ । 22 किनकि मानिसका पुत्र त ठहरिए बमोजिम निश्‍चय नै जानुपर्छ । तर त्यो मानिसलाई धिक्‍कार होस् जसद्वारा उनलाई विश्‍वासघात गरिन्छ ।” 23 र तिनीहरूमध्ये यसो गर्ने को होला भनेर तिनीहरू आपसमा छलफल गर्न लागे । 24 तब तिनीहरूमध्ये को सबैभन्दा ठुलो गनिने हो भन्‍नेबारे तिनीहरूबीच झगडा उब्जियो । 25 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “गैरयहूदीहरूका राजाहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्, र तिनीहरूमाथि अधिकार हुनेहरूलाई उपकारी भनिन्छ । 26 तर तिमीहरूमा यस्तो हुनुहुँदैन । बरु, तिमीहरूमध्ये सबैभन्दा ठुलोचाहिं सबैभन्दा सानोजस्तो होस्, र जो सबैभन्दा महत्त्‍वपूर्ण छ, त्यो सेवा गर्नेजस्तो होस् । 27 किनकि कुनचाहिं ठुलो हो? टेबुलमा खान बस्‍ने, कि सेवा गर्ने? के टेबलमा खान बस्‍ने होइन र? तर म त तिमीहरूका बीचमा एक सेवा गर्नेजस्तै छु । 28 तर मेरो परीक्षामा निरन्तर मसँग रहने तिमीहरू नै हौ । 29 जसरी मेरा पिताले मलाई एउटा राज्य दिनुभएको छ, म तिमीहरूलाई एउटा राज्य दिन्छु, 30 ताकि मेरो राज्यमा तिमीहरूले मसँगै मेरो टेबुलमा खान र पिउन सक्‍नेछौ । र इस्राएलका बाह्रै कुलको न्याय गरेर सिंहासनमा बस्‍नेछौ । 31 सिमोन, हे सिमोन, होसियार होऊ, शैतानले तिमीलाई गहुँलाई जस्तै निफन्‍ने अनुमति माग्यो । 32 तर मैले तिम्रो निम्ति प्रार्थना गरेको छु, ताकि तिम्रो विश्‍वास नचुकोस् । तिमी फेरि फर्केपछि तिम्रा भाइहरूलाई बलियो बनाऊ । 33 पत्रुसले उहाँलाई भने, “प्रभु, म तपाईंसँग झ्यालखाना र मृत्युसम्म पनि जान तयार छु ।” 34 येशूले जवाफ दिनुभयो, “पत्रुस, म तिमीलाई भन्दछु, तिमीले मलाई चिन्दिनँ भनेर तीन पटक इन्कार नगरेसम्म, आज भाले बास्‍नेछैन ।” 35 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “जब मैले तिमीहरूलाई पैसाको थैलो, खानेकुराको झोला, वा जुत्ताहरूबिना पठाउँदा, के तिमीहरूलाई केही कुराको खाँचो पर्‍यो र?” र तिनीहरूले जवाफ दिए, “खाँचो परेन ।” 36 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर अहिले जोसँग पैसाको थैलो छ, त्यसले त्यो बोकोस् र खानेकुराको झोला पनि । जससँग तरवार छैन, त्यसले आफ्नो ओढ्ने बेचेर एउटा किनोस् । 37 किनकि म तिमीहरूलाई भन्दछु, मेरो बारेमा जे लेखिएको छ त्यो पूरा हुनेछ, ‘उनी अपराधीहरूसित गनिए ।' किनकि मेरो बारेमा जे अगमवाणी गरिएको छ त्यो पूरा भइरहेको छ ।” 38 तब तिनीहरूले भने, “प्रभु, हेर्नुहोस! यहाँ दुईवटा तरवार छन् ।” र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो पर्याप्‍त छ ।” 39 सधैंझैं येशू जैतूनको डाँडातिर जानुभयो, र चेलाहरूले उहाँलाई पछ्याए । 40 उहाँहरू पुग्‍नुभएपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “प्रार्थना गर ताकि तिमीहरू परीक्षामा नपरोस् ।” 41 उहाँ तिनीहरूबाट टाढा ढुङगा फ्याक्‍न सकिने दूरीमा जानुभयो, र उहाँले घुँडा टेकी यसो भनेर प्रार्थना गर्नुभयो, 42 “हे पिता, यदि तपाईं चाहनुहुन्छ भने, यो कचौरा मबाट हटाइदिनुहोस् । तथापि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस् ।” 43 तब स्वर्गबाट एउटा स्वर्गदूत उहाँकहाँ देखा परे र उहाँलाई बलियो बनाए । 44 पीडामा परेर पनि उहाँले अझ जोसिलो प्रकारले प्रार्थना गर्नुभयो, अनि उहाँका पसिना रगतको ठुला-ठुला थोपाजस्तै भूइँमा खसिरहेका थिए । 45 उहाँ प्रार्थना गरी उठेर चेलाहरूकहाँ आउनुभयो, र तिनीहरूलाई आफ्ना दुःखको कारणले गर्दा निदाइरहेका भेट्टाउनुभयो, 46 र उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “किन तिमीहरू निदाइरहेका छौ? उठ र प्रार्थना गर, ताकि तिमीहरू परीक्षामा नपरोस् ।” 47 हेर, उहाँ बोलिरहनुहुँदा, बाह्र जनामध्ये एक अर्थात् यहूदाको अगुवाइमा एउटा भीड देखा पर्‍यो । त्यो येशूलाई चुम्बन गर्न उहाँको नजिक आयो, 48 तर येशूले त्यसलाई भन्‍नुभयो, “यहूदा, के तिमीले मानिसका पुत्रलाई एउटा चुम्बनले विश्‍वासघात गर्छौ?” 49 जब येशूको वरिपरि भएकाहरूले जे भइरहेको थियो, त्यो देखे, तिनीहरूले भने, “प्रभु, के हामीले तरवारले प्रहर गर्नुपर्छ? ” 50 तिनीहरूमध्ये एक जनाले प्रधान पूजाहारीको नोकरलाई प्रहार गरे, र त्यसको दाहिने कान काटिदिए । 51 येशूले भन्‍नुभयो, “भयो! यति नै हुनदेऊ ।” र उहाँले त्यसको कान छुनुभयो, र त्यसलाई निको पार्नुभयो । 52 येशूले उहाँ विरुद्ध आएका मुख्य पूजाहारीहरू, मन्दिरका कप्‍तानहरू र धर्म-गुरुहरूलाई भन्‍नुभयो, “के तपाईंहरू एउटा लुटेराको विरुद्धमा जस्तै तरवारहरू र लाठीहरू लिएर आउनुहुन्छ? 53 म तपाईंहरूसँगै मन्दिरमा दिनहुँ हुँदा तपाईंहरूले ममाथि हात हाल्‍नुभएन । तर यो तपाईंहरूको समय र अन्धकारको अधिकारको समय हो ।” 54 तिनीहरूले उहाँलाई गिरफ्तार गरेर प्रधान पूजाहारीको घरभित्र ल्याए । तर पत्रुसले टाढैबाट उहाँलाई पछ्याए । 55 तिनीहरूले आँगनको बीचमा आगो बालेर सँगै बसेपछि पत्रुस पनि तिनीहरूसँगै बसे । 56 पत्रुस आगोको उज्यालोमा बस्दा एउटी नोकर्नीले तिनलाई सोझै हेरेर भनी, “यी मानिस पनि उनीसँगै थिए ।” 57 तर पत्रुसले यसो भनेर इन्कार गरे, “नारी, म उहाँलाई चिन्दिनँ ।” 58 केही बेरपछि अरू कसैले तिनलाई देखेर भन्यो, “तिमी पनि तिनीहरूमध्ये एक हौ ।” तर पत्रुसले भने, “हे मानिस, म होइनँ ।” 59 लगभग एक घण्टापछि अर्को मानिसले जोड दिंदै भन्‍यो, “साँच्‍चै यी मानिस पनि उनीसँगै थिए, किनभने यिनी पनि एक गालीलबासी हुन् ।” 60 तर पत्रुसले भने, “हे मानिस, तिमीले के भनिरहेछौ, म जान्दिनँ ।” र तिनले बोल्दै गर्दा तुरुन्तै भाले बास्यो । 61 प्रभुले पत्रुसतिर फर्केर हेर्नुभयो, र उहाँले तिनलाई “आज भाले बास्‍नअगि तिमीले मलाई तीन पटक इन्कार गर्नेछौ ।” भनेर भन्‍नुभएको प्रभुको वचन पत्रुसले सम्झे, 62 पत्रुस बाहिर गएर धुरुधुरु रोए । 63 तब येशूलाई पहरा दिने मानिसहरूले उहाँलाई गिज्याए र कुटे । 64 उहाँका आँखामा पट्टी बाँधेर, तिनीहरूले उहाँलाई यसो भन्दै सोधे, “अगमवाणी गर्! तँलाई कुट्ने को हो?” 65 येशूको विरुद्धमा तिनीहरूले अरू धेरै कुराहरू बोले र उहाँलाई ईश्‍वर-निन्दाको दोष लगाए । 66 बिहान हुनेबित्तिकै दुवै मुख्य पूजाहारीहरू र शास्‍‍त्रीहरू अर्थात् मानिसहरूका धर्म-गुरुहरू एकसाथ भेला भए । तिनीहरूले उहाँलाई परिषद्‍मा लगे र 67 भने, “यदि तँ ख्रीष्‍ट होस् भने हामीलाई भन् ।” तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि मैले तपाईंहरूलाई भने पनि तपाईंहरूले विश्‍वास गर्नुहुनेछैन, 68 र मैले तपाईंहरूलाई सोधें भने, तपाईंहरूले जवाफ दिनुहुनेछैन । 69 तर अहिलेबाट मानिसका पुत्र परमेश्‍वरको शक्‍तिको दाहिने हातपट्टि विराजमान हुनेछन् ।” 70 तिनीहरू सबैले भने, “त्यसो भए, के तँ परमेश्‍वरका पुत्र होस्?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “तपाईंहरू नै भन्‍नुहुन्छ कि म हुँ ।” 71 तिनीहरूले भने, “हामीलाई किन अझै साक्षीको आवश्यक पर्छ र? किनकि हामी आफैंले त्यसको आफ्नै मुखबाट सुनेका छौं ।”

लूका २२ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

देह र रगत खाने कुरा

लूका २२:१९-२० ले उहाँका चेलाहरूसँगको येशूको अन्तिम भोजनलाई वर्णन गर्छ । यही समयमा, येशूले तिनीहरूलाई भन्‍नुभयो कि तिनीहरूले खाइरहेका र पिइरहेका कुराहरू उहाँको देह र रगत थियो । झण्‍डै सबै ख्रीष्‍टिएन मण्‍डलीहरूले यो भोजनको सम्झना गर्नको लागि “प्रभु-भोज”, “यूखरिष्‍ट”, वा “पवित्र संगति”को उत्सव मनाउँछन् ।

नयाँ करार

केही मानिसहरूले सोच्‍छन् कि येशूले यस रात्रीभोजको समयमा नयाँ करारको स्थापित गर्नुभयो । अरूहरूले सोच्‍छन् कि उहाँले स्वर्गमा चढिजानुभएपछि त्यसलाई स्थापित गर्नुभयो । अरूहरूले सोच्‍छन् कि येशू पुनः फर्केर नआउनुभएसम्‍म त्यो स्थापित हुनेछैन । तपाईंको अनुवादले यसको बारेमा यूएलटीले बताएको भन्दा बढी भन्‍नु हुँदैन ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“मानिसको पुत्र”

येशूले यस अध्यायमा आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ अनि


Luke 22:1

सामान्य जानकारीः

यहूदा येशूलाई धोका दिन सहमत हुन्छ । यी पदहरूले कथाको यस घटनाको बारेमा पृष्‍ठभूमि जानकारी दिन्छन् ।

अब

यहाँ यो शब्द कथाको नयाँ भागलाई परिचय गराउनलाई प्रयोग गरिएको छ ।

अखमिरी रोटीको चाड

यो चाडलाई यो नामद्वारा चिनिन्थ्यो किनभने यहूदीहरूले यो चाडभरी खमिर मिसाइएको रोटी खाँदैनथे । वैकल्‍पिक अनुवादः “तिनीहरूले अखमिरी रोटी खाने चाड”

नजिक आइरहेको थियो

“सुरु हुनै लागेको थियो”

Luke 22:2

तिनीहरूले उहाँलाई कसरी मार्ने भनेर

पूजाहारीहरू र शास्‍त्रीहरू आफैँसँग येशूलाई मार्ने अधिकार थिएन, तर तिनीहरूले अरूहरूलाई उहाँलाई मार्न लगाउने आशा गरे । वैकल्‍पिक अनुवादः “तिनीहरूले येशूलाई कसरी मार्न सक्छन् भनेर” वा “तिनीहरूले कसरी कसैलाई येशूलाई मार्न लगाउन सक्थे भनेर”

तिनीहरू मानिसहरूसँग डराएका थिए

सम्भावित अर्थहरू हुन् १) “मानिसहरूले के गर्लान् भनी डराए” वा २) “मानिसहरूले येशूलाइ राजा बनाउलान् भनी डराए ।”

Luke 22:3

सामान्य जानकारीः

यो कथाको यस भागमा भएको कार्यको सुरुवात हो ।

यहूदा इस्करियोतभित्र शैतान पस्यो

यो सम्भवतः भूत लागेको अवस्थाजस्तै हो ।

Luke 22:4

मुख्य पूजाहारीहरू

“पूजाहारीहरूका अगुवाहरू”

कप्‍तानहरू

“मन्दिरका रक्षकहरूका अधिकारीहरू”

येशूलाई कसरी तिनीहरूकहाँ सुम्पेर धोका दिन सकिन्छ भन्‍ने बारेमा

“उसले तिनीहरूलाई येशूलाई गिरफ्तार गर्न कसरी सहायता गर्न सक्‍थे भनेर”

Luke 22:5

तिनीहरूले खुशी थिए

“मुख्‍य पूजाहारीहरू र कप्‍तानहरू खुशी थिए”

उसलाई पैसा दिन

“यहूदालाई पैसा दिन”

Luke 22:6

ऊ सहमत भयो

“ऊ सहमत भयो”

उहाँ भीडबाट टाढा हुनुहुँदा तिनीहरूको जिम्‍मामा उहाँलाई सुम्पने अवसर हेर्न थाल्यो

यो एउटा अगाडि बढिरहने कार्य हो जुन कथाको यस भागको अन्तपछि निरन्तर भइरहन्छ ।

उहाँलाई सुम्पन

“उहाँलाई लान”

भीडबाट टाढा

“गोप्य तवरले” वा “उहाँको वरिपरि भीड नभएको बेलामा”

Luke 22:7

सामान्य जानकारीः

येशूले निस्तार चाडको भोजको तयारी गर्न पत्रुस र यूहन्‍नालाई पठाउनुहुन्छ । पद ७ ले घटनाको विषयमा पृष्‍ठभूमि जानकारी दिन्छ ।

अखमिरी रोटीको चाडको दिन

“खमिर बिनाको रोटीको दिन ।” यो दिन यहूदीहरूले खमिर हालेका सबै रोटी आ-आफ्नो घरबाट निकाल्थे । तब तिनीहरूले अखमिरी रोटीको चाड सात दिनसम्म मनाउँथे ।

निस्तार-चाडको थुमाको बलिदान चढाउन आवश्‍यक थियो

हरेक परिवार वा समूहले एउटा थुमा मार्थे र सँगसँगै खान्थे, त्यसैले धेरै थुमाहरू मारिन्थे । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले तिनीहरूको निस्तारको खानाको लागि थुमा मार्नुपर्थ्यो”

Luke 22:8

तयार पार

यो एउटा सामान्य शब्द हो जसको अर्थ “तयार गर्नु” हुन्छ । येशूले सबै पकाउने काम पत्रुस र यूहन्‍नाले गर्नुपर्छ भनेर जरुरी रूपमा भनिरहनुभएको थिएन ।

ताकि हामीले त्यसलाई खान सकौँ

येशूले “हामी” भन्‍नुहुँदा उहाँले पत्रुस र यूहन्‍नालाई समावेश गराइरहनुभएको थियो । पत्रुस र यूहन्‍ना भोज खाने चेलाहरूको समूहको भाग हुने थिए ।

Luke 22:9

हामीले ... तयार पारेको तपाईं चाहनुहुन्छ

यहाँ “हामी” शब्दमा येशू पर्नुहुन्‍न । येशू त्यो खाना तयार पार्ने समूहमा पर्नुहुन्‍नथ्यो ।

तयारीहरू गर्न

“भोजको लागि तयारीहरू गर्न” वा “भोज तयार गर्न”

Luke 22:10

उहाँले तिनीहरूलाई जवाफ दिनुभयो

“येशूले पत्रुस र यूहन्‍नालाई जवाफ दिनुभयो”

हेर

तिनीहरूले विशेष ध्यान दिन र उहाँले भन्‍नुभएको कुरालाई ठ्याक्‍कै गर्न भनेर तिनीहरूलाई भन्‍नको लागि येशूले यो शब्‍द प्रयोग गर्नुभयो ।

पानीको गाग्रो बोकिरहेको मानिसले तिमीहरूलाई भेट्नेछ

“तिमीहरूले पानीको गाग्रो बोकिरहेको मानिस देख्‍नेछौ”

पानीको गाग्रो बोकिरहेको

“पानी भरेको भाँडा बोकिरहेको ।” सम्भवतः उसले भाँडालाई उसको काँधमाथि बोकेको हुने थियो ।

ऊ जाने घरभित्र उसलाई पछ्याओ

“उसलाई पछ्याओ, र घरभित्र पस”

Luke 22:11

गुरूले तपाईंलाई भन्‍नुहुन्छ, “पाहुना कोठा कहाँ छ, जहाँ म मेरा चेलाहरूसँग निस्तार चाडको भोज खानेछु ?”

“पाहुना कोठा कहाँ छ” भनेर सुरु हुने भनाइ येशू, गुरूज्यूले उनको घरको मालिकलाई भन्‍न चाहनुभएको कुराको प्रत्यक्ष उद्धरण हो । यसलाई एउटा अप्रत्यक्ष उद्धरणको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हाम्रा गुरूले पाहुना कोठा कहाँ छ भनी सोध्‍नुहुन्छ जहाँ उहाँले आफ्‍ना चेलाहरूसँग निस्तार चाडको भोज खानुहुनेछ ।” वा “हामीलाई पाहुना कोठा देखाउन भनेर हाम्रा गुरूले भन्‍नुहुन्छ जहाँ उहाँले हामीसँग र आफ्‍ना बाँकी चेलाहरूसँग निस्तार चाडको भोज खानुहुनेछ ।”

गुरु

यसले यशूलाई जनाउँछ ।

म निस्तार-चाड खानेछु

“निस्तारको खाना खानेछु”

Luke 22:12

जोड्ने कथनः

येशूले पत्रुस र यूहन्‍नालाई निर्देशन दिन निरन्तरता दिनुहुन्छ ।

उनले तिमीहरूलाई देखाउनेछन्

“घरको मालिकले तिमीहरूलाई देखाउनेछन्”

माथिल्‍लो कोठा

“माथिल्लो तलामा भएको कोठा ।” यदि तपाईंको समुदायमा तलाको माथि कोठाहरू छैनन् भने, सहरका भवनहरूलाई कसरी वर्णन गर्ने भनी तपाईंले विचार गर्न आवश्‍यक हुन सक्छ ।

Luke 22:13

त्यसैले, तिनीहरू गए

“त्यसैले, पत्रुस र यूहन्‍ना गए”

Luke 22:14

जोड्ने कथनः

यो निस्तार चाडको बारेमा रहेको कथाको भागमा भएको अर्को घटना हो । येशू र उहाँका चेलाहरू निस्तारको भोज खानलाई बसिरहनुभएको छ ।

अब जब घडी आयो

“जब खाना खाने समय भयो”

उहाँ टेबुलमा ढल्कनुभयो

“येशू बस्‍नुभयो”

Luke 22:15

मैले ठूलो इच्छा गरेको छु

“मैले अति चाहना गरेको छु”

मैले दुःख भोग गर्नभन्दा अगाडि

येशूले उहाँको मृत्युपूर्व हुने कुरालाई जनाइरहनुभएको छ । यहाँ “दुःख भोग्‍नु” भन्‍ने शब्दहरूले असामान्य रूपमा कठिन वा पीडापूर्ण अनुभवलाई जनाउँछ ।

Luke 22:16

किनभने म तिमीहरूलाई भन्दछु

येशूले यो वाक्यांशलाई उहाँले भन्‍नुहुने अर्को कुराको महत्त्वलाई जोड दिनलाई प्रयोग गर्नुहुन्छ ।

यो पूरा नभएसम्म

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) निस्तार चाडको उद्देश्य पुरा नभएसम्म । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले यसलाई पुरा नगरुञ्‍जेलसम्म” वा “परमेश्‍वरले निस्तार चाडको उद्देश्‍य पुरा नगरुञ्‍जेलसम्म” वा २) “हामीले अन्तिम निस्तार चाडलाई नमनाएसम्म”

Luke 22:17

उहाँले एउटा कचौरा लिनुभयो

“दाखमद्यको कचौरा लिनुभयो”

जब उहाँले धन्यवाद दिनुभयो

“जब उहाँले परमेश्‍वरलाई धन्यवाद दिनुभएको थियो”

उहाँले भन्‍नुभयो

“उहाँले आफ्ना प्रेरितहरूलाई भन्‍नुभयो”

यसलाई तिमीहरूका बीचमा बाँड

तिनीहरूले कचौरामा भएको कुराकाई बाँड्नुपर्ने थियो, कचौरा नै चाहिँ होइन । वैकल्‍पिक अनुवादः “कचौरामा भएको दाखमद्यलाई तिमीहरूका बीचमा बाँड” वा “तिमीहरू हरेकले कचौराबाट केही दाखमद्य पिओ”

Luke 22:18

किनकि म तिमीहरूलाई भन्दछु

यो वाक्यांशलाई येशूले भन्‍नुहुने अर्को कुराको महत्त्वलाई जोड दिनलाई प्रयोग गरिएको छ ।

दाखको रस

यसले अङ्गुरको लहराहरूमा फल्‍ने अङ्गुरलाई निचोरेर निकालेको रसलाई जनाउँछ । दाखमद्य खमिर हालिएको अङ्गुरको रसबाट बनाइन्छ ।

परमेश्‍वरको राज्य नआएसम्म

“परमेश्‍वरको उहाँको राज्य स्थापित नगर्नुभएसम्म” वा “परमेश्‍वरले उहाँको राज्यमा शासन नगर्नुभएसम्म”

Luke 22:19

रोटी

यो रोटीमा खमिर थिएन, त्यसैले यो फुलेको थिएन ।

उहाँले त्यसलाई भाँच्‍नुभयो

“उहाँले त्यसलाई भाग लगाउनुभयो” वा “उहाँले त्यसलाई टुक्रा पार्नुभयो ।” उहाँले यसलाई धेरै टुक्रा बनाउनुभएको हुन सक्छ वा त्यसलाई दुई टुक्रा बनाएर तिनीहरू आफैँले आफूहरूबीच बाँड्नलाई तिनीहरूलाई दिनुभएको हुन सक्छ । सम्भव भए, दुईवटै परिस्थितिमा मिल्ने अभिव्यक्ति प्रयोग गर्नुहोस् ।

यो मेरो शरीर हो

सम्भावित अर्थहरू हुन् १) “यो रोटी मेरो शरीर हो” र २) “यो रोटीले मेरो शरीरको प्रतिनिधित्व गर्छ ।”

मेरो शरीर जुन तिमीहरूका निम्ति दिइएको छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मेरो शरीर जुन म तिमीहरूका लागि दिनेछु” वा “मेरो शरीर म तिमीहरूका लागि बलि चढाउनेछु”

यो गर

“यो रोटी खाओ”

मेरो सम्झनामा

“मलाई सम्झनको लागि”

Luke 22:20

यो कचौरा

“कचौरा” शब्दले कचौरामा भएको दाखमद्यलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “यस कचौरामा भएको दाखमद्य” वा “यो दाखमद्यको कचौरा”

मेरो रगतमा भएको नयाँ करार

यो नयाँ करार उहाँले आफ्‍नो रगत बगाउनुहुने बित्तिकै लागु हुनेछ । वैकल्‍पिक अनुवादः “नयाँ करार जसलाई मेरो रगतद्वारा मान्यता दिइनेछ”

जुन तिमीहरूका निम्ति बगाइन्छ

येशूले उहाँको मृत्युको बारेमा उहाँको रगत बगेको कुरालाई जनाएर बताउनुहुन्छ । वैकल्‍पिक अनुवादः “जसलाई मृत्युमा तिमीहरूका निम्ति बगाइनेछ” वा “जुन तिमीहरूका निम्ति म मर्दा मेरो घाउबाट बग्‍नेछ”

Luke 22:21

जोड्ने कथनः

येशूले उहाँका प्रेरितहरूसँग कुरा गर्न निरन्तरता दिनुहुन्छ ।

जसले मलाई धोका दिन्छ

“जसले मलाई दिनेछ”

Luke 22:22

किनभने मानिसको पुत्र त निश्‍चय नै जानुपर्छ

“किनभने, वास्तवमा, मानिसको पुत्र त जानेछन्” वा “किनभने मानिसको पुत्र मर्नेछन्”

मानिसको पुत्र त निश्‍चय नै जानुपर्छ

येशूले आफ्‍नो बारेमा तृतीय पुरुषमा कुरा गरिरहनुभएको छ । वैकल्‍पिक अनुवादः “म, मानिसको पुत्र, निश्‍चय नै जानेछु”

जसरी त्यो तय गरिएको छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसरी परमेश्‍वरले निधो गर्नुभएको छ” वा “जसरी परमेश्‍वरले योजना गर्नुभएको छ”

तर त्यो मानिसलाई धिक्‍कार होस् जसद्वारा उनलाई विश्‍वासघात गरिन्छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तर मानिसको पुत्रलाई विश्‍वासघात गर्ने त्यो मानिसलाई धिक्‍कार छ !” वा “मानिसको पुत्रलाई विश्‍वासघात गर्ने मानिसमाथि कति भयानक कुरा आइपर्नेछ !”

Luke 22:24

तब तिनीहरू बीचमा झगडा उब्जियो

“तब प्रेरितहरूले तिनीहरूका बीचमा तर्क गर्न थाले”

सबैभन्दा ठूलो मानिएको

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “सबैभन्दा महत्त्वपूर्ण थियो” वा “सबैभन्दा महत्त्वपूर्ण थियो भनी मानिसहरूले ठान्‍ने थिए”

Luke 22:25

त्यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो

“येशूले प्रेरितहरूलाई भन्‍नुभयो”

तिनीहरूमाथि मालिक हुन्छन्, तिनीहरूमाथि प्रभुत्व जमाउँदछन्

“तिनीहरूमाथि बलजफ्‍तीसँग शासन गर्छन्”

... भनिन्छ

मानिसहरूले यी शासकहरूलाई सम्भवतः आफ्‍ना मानिसहरूलाई भलो गर्ने मानिसहरूको रूपमा ठान्दैनथे । वैकल्‍पिक अनुवादः “बोलाइन मन पराउँछन्” वा “तिनीहरूले आफैँलाई भन्छन्”

Luke 22:26

जोड्ने कथनः

येशूले उहाँका प्रेरितहरूलाई सिकाइरहनुहुन्छ ।

तिमीहरू यस्तो हुनुहुँदैन

“तिमीहरूले त्यसरी व्यवहार गर्नुहुँदैन”

सबैभन्दा सानो

त्यस संस्कारमा वृद्ध उमेरका मानिसहरूलाई आदर गरिन्थ्यो । अगुवाहरू प्रायः पाका मानिसहरू हुन्थे र तिनीहरूलाई “एल्डरहरू” भनिन्थ्यो । सबैभन्दा सानोले अगुवाइ गर्ने सम्भावना अति कम थियो, र सबैभन्दा कम महत्त्वपूर्ण हुन्थ्यो । वैकल्‍पिक अनुवादः “सबैभन्दा कम महत्त्वपूर्ण”

जसले सेवा गर्छ

“एक नोकर”

Luke 22:27

किनभने

यसले येशूले पद २६ मा आज्ञा गर्नुभएको कुरालाई पद २७ का सबै कुरासँग जोड्ने काम गर्छ । यसको अर्थ हो कि तिनीहरूका बीचमा सबैभन्दा महत्त्वपूर्ण व्यक्तिले सेवा गर्नुपर्छ किनभने येशू एक सेवक हुनुहुन्छ ।

किनभने कुनचाहिँ ठूलो हो ... सेवा गर्छ ?

“कोचाहिँ बढी महत्त्वपूर्ण हो ... सेवा गर्छ ?” को साँच्‍चै महान् छ भनेर प्रेरितहरूलाई व्याख्या गर्न सुरु गर्नलाई येशूले यो प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “कोचाहिँ बढी ठूलो भन्‍ने बारेमा तिमीहरूले सोचेको म चाहन्छु ... सेवा गर्छ ।”

जो टेबुलमा ढल्‍कन्छ

“जसले भोजन गरिरहेको छ”

के त्यो टेबुलमा बस्‍ने होइन र ?

येशूले चेलाहरूलाई सिकाउन अर्को प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “अवश्‍य पनि टेबुलमा बस्‍ने नै नोकरभन्दा बढी महत्त्वपूर्ण हो !”

तर म त तिमीहरूका बीचमा एक सेवा गर्नेजस्तै छु

“तर म त एक सेवक हुनलाई तिमीहरूसँग छु” वा “तर म त एक सेवकले कसरी काम गर्छ भनेर तिमीहरूलाई देखाउनलाई तिमीहरूसँग छु ।” यहाँ “तर” उल्लिखित छ किनभने येशू कस्तो हुनुपर्छ भनी मानिसहरूले जे आशा गरेका थिए र उहाँ वास्तवमा जस्तो हुनुहुन्थ्यो, ती कुराहरूको बीचमा भिन्‍नता छ ।

Luke 22:28

मेरो परीक्षामा निरन्तर मसँग रहेकाहरू

“मेरा सङ्घर्षभरी मसँग बसेका छन्”

Luke 22:29

म तिमीहरूलाई दिन्छु, जसरी मेरा पिताले पनि मलाई दिनुभएको छ, एउटा राज्य

केही भाषाहरूले शब्दक्रमलाई बदल्‍नुपर्ने हुन सक्छ । वैकल्‍पिक अनुवादः “जसरी मेरा पिताले मलाई एउटा राज्य दिनुभएको छ, त्यसै गरी म तिमीहरूलाई एउटा राज्य दिन्छु”

म तिमीहरूलाई एउटा राज्य दिन्छु

“म तिमीहरूलाई परमेश्‍वरको राज्यमा शासकहरू बनाउनेछु” वा “म तिमीहरूलाई राज्यमा शासन गर्ने अधिकार दिन्छु” वा “म तिमीहरूलाई राजाहरू बनाउनेछु”

जसरी मेरा पिताले मलाई दिनुभएको छ

“जसरी मेरा पिताले मलाई उहाँको राज्यमा राजाको रूपमा शासन गर्ने अधिकार दिनुभएको छ”

Luke 22:30

तिमीहरू सिंहासनहरूमा बस्‍नेछौ

राजाहरू सिंहासनहरूमा बस्छन् । सिंहासनमा बस्‍नु भनेको शासन गर्नुको प्रतीक हो । वैकल्‍पिक अनुवादः “तिमीहरूले राजाको रूपमा काम गर्नेछौ” वा “तिमीहरूले राजाहरूको काम गर्नेछौ”

Luke 22:31

सामान्य जानकारीः

येशू सिमोनसँग प्रत्यक्ष रूपमा बोल्नुहुन्छ ।

सिमोन, सिमोन

उहाँले जे भन्‍न लाग्‍नुभएको थियो त्यो धेरै महत्त्वपूर्ण थियो भन्‍ने देखाउन येशूले उनको नाम दुई पटक भन्‍नुभयो ।

तिमीहरू

“तिमी” शब्दले सबै प्रेरितहरूलाई जनाउँछ । “तिमी”का विभिन्‍न रूप भएका भाषाहरूले बहुवचनलाई प्रयोग गर्नुपर्छ ।

तिमीलाई गहुँलाई जस्तै निफन्‍न

यसको अर्थ हो कि शैतानले केही गलत कुरा भेट्टाउनलाई चेलाहरूको जाँच गर्न चाहन्थ्यो । वैकल्‍पिक अनुवादः “कसैले अन्‍नलाई चाल्नामा राखेर निफनेको जस्तै गरी तिमीहरूलाई जाँच्‍न”

Luke 22:32

तर मैले तिम्रो निम्ति प्रार्थना गरेको छु

यहाँ “तिमी” शब्दले विशेषगरी सिमोनलाई जनाउँछ । तिमीका विभिन्‍न रूप भएका भाषाहरूले एकवचनलाई प्रयोग गर्नुपर्छ ।

ताकि तिम्रो विश्‍वास नचुकोस्

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ताकि तिमीले निरन्तर विश्‍वास गर्न सक” वा “ताकि तिमीले मलाई निरन्तर भरोसा गर्न सक”

जब तिमी फर्केको हुन्छौ

यहाँ “पुनः फर्कनु” भनेको कसैमाथि फेरि विश्‍वास गर्न थाल्‍नुको लागि भएको एक अलङ्कार हो । वैकल्‍पिक अनुवादः “तिमीले फेरि ममा विश्‍वास गर्न सुरु गरेपछि” वा “तिमीले फेरि मेरो सेवा गर्न सुरु गरेपछि”

तिम्रा भाइहरूलाई बलिया बनाऊ

“तिनीहरूका विश्‍वासमा बलिया हुनलाई तिम्रा भाइहरूलाई प्रेरणा देऊ” वा “ममा विश्‍वास गर्नको निमित्त तिम्रा भाइहरूलाई सहायता गर”

तिम्रा भाइहरू

यसले अरू चेलाहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिम्रा सङ्गी विश्‍वासीहरू” वा “अरू चेलाहरू”

Luke 22:34

तिमीले मलाई चिन्दछौ भनेर तीन पल्‍ट इन्कार नगरेसम्‍म, आज भाले बास्‍नेछैन

यस पदको भागहरूको क्रमलाई उल्‍टो पार्न सकिन्छ । वैकल्‍पिक अनुवादः “आज भाले बास्‍नभन्दा अगाडि तिमीले मलाई चिन्दछौ भनेर तीन पल्‍ट इन्कार गर्नेछौ”

तिमीले … इन्कार नगरेसम्म, आज भाले बास्‍नेछैन

यसलाई सकारात्मक तवरले उल्लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीले इन्कार गरेपछि मात्र आज भाले बास्‍नेछ” वा "before the rooster crows today, you will deny

भाले बास्‍नेछैन

यहाँ, भाले बास्नुले दिनको कुनै निश्‍चित समयलाई जनाउँछ । प्रायः बिहान घाम झुल्कन अगि भाले बास्‍ने गर्छ । यसैकारण, यसले उषाकाललाई जनाउँछ ।

भाले

एक पन्‍क्षी जसले सूर्य उदाउने बेलातिर चर्को स्वरले कराउँछ

आज

यहूदीहरूको दिन घाम अस्ताएपछि सुरु हुन्छ । येशू घाम अस्ताएपछि बोलिरहनुभएको थियो । भाले बिहान हुनअगि बास्थ्यो । बिहानी “यो दिन” को अंश थियो । वैकल्‍पिक अनुवादः “आज राती” वा “बिहान”

Luke 22:35

जोड्ने कथनः

येशूले उहाँका सबै चेलाहरूसँग कुरा गर्नमा पुनः उहाँको ध्यान लगाउनुहुन्छ ।

तब उहाँले तिमीहरूलाई भन्‍नुभयो, “जब ... के तिमीहरूलाई केही कुराको खाँचो पर्‍यो र ?” तिनीहरूले जवाफ दिए, “भएन ।”

प्रेरितहरू यात्रामा जाँदा मानिसहरूले कति राम्ररी तिनीहरूलाई दिएका थिए भनी तिनीहरूलाई सम्झनलाई सहायता गर्न येशूले एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । हुन त यो एउटा आलङ्कारिक प्रश्‍न हो र येशूले पनि जानकारी पाउनको लागि सोधिरहनुभएको छैन, तपाईंले यसलाई तब मात्रै एक प्रश्‍नको रूपमा अनुवाद गर्नुपर्छ जब कथनको रूपमा भन्दाखेरी चेलाहरूले तिनीहरूलाई केही कुराको अभाव भएको थिएन भनेर जवाफ दिने बनाउँछ ।

जब मैले तिमीहरूलाई बाहिर पठाएँ

येशू आफ्ना प्रेरितहरूसँग बोलिरहनुभएको थियो । त्यसैले, “तिमी”को विभिन्‍न रूप भएका भाषाहरूले बहुवचनको प्रयोग गर्नुपर्छ ।

थैलो

थैलो पैसा राख्‍ने एउटा झोला हो । यहाँ यसलाई “पैसा”लाई जनाउन प्रयोग गरिएको छ ।

खानेकुरा राख्‍ने झोला

“यात्रुहरूको झोला” वा “खानेकुराको झोला”

भएन

केही पाठकहरूलाई संवादको बारेमा भएका थप कुराहरू समेटेर बताउँदा सहयोगी हुन सक्छ । वैकल्‍पिक अनुवादः “हामीलाई कुनै कुराको कमी भएन” वा “हामीलाई खाँचो परेको सबैथोक हामीसँग थियो”

Luke 22:36

जससँग तरवार छैन, त्यसले आफ्नो ओढ्ने बेचोस्

येशूले तरवार नभएको कुनै निर्दिष्‍ट व्यक्तिलाई जनाउँदै हुनुहुन्थ्यो । वैकल्‍पिक अनुवादः “यदि कोहीसँग तरवार छैन भने, उसले उसको ओढ्ने बेच्‍नुपर्छ”

ओढ्ने

“कोट” वा “बाहिरी वस्‍त्र”

Luke 22:37

जोड्ने कथनः

येशूले उहाँका चेलाहरूसँग कुरा गर्न सकाउनुहुन्छ ।

जे लेखिएको छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “अगमवक्ताले धर्मशास्‍त्रमा मेरो बारेमा जे लेखेका छन्”

त्यो पूरा हुनैपर्छ

प्रेरितहरूले बुझेका हुन सक्छन् कि परमेश्‍वरले धर्मशास्‍त्रमा लेखिएका सबै कुराहरू हुन लगाउनुहुनेछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले पूरा गर्नुहुनेछ” वा “परमेश्‍वरले हुन लगाउनुहुनेछ”

उसलाई अपराधीहरूसँग गनियो

यहाँ येशूले धर्मशास्‍त्रको खण्‍डहरूलाई उद्‍धृत गर्दै हुनुहुन्छ । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले उहाँलाई अपराधीहरूको समूहको एउटा सदस्य ठाने”

व्यवस्थाहीन भएकाहरू

“व्यवस्था भङ्ग गर्नेहरू” वा “अपराधीहरू”

किनकि मेरो बारेमा भएका कुराहरू पूरा भइरहेका छन्

सम्भावित अर्थहरू हुन् १) “किनकि अगमवक्ताले मेरो बारेमा भविष्‍यवाणी गरेको कुरा पूरा हुन लागेको छ” वा २) “मेरो जीवनको अन्त्य आउँदै छ”

Luke 22:38

तिनीहरूले भने

यसले कम्तीमा पनि येशूका दुई जना प्रेरितहरूलाई जनाउँछ ।

यो पर्याप्‍त छ

सम्भावित अर्थहरू हुन् १) तिनीहरूसँग पर्याप्‍त तरवारहरू छन् । “हामीसँग अब पर्याप्‍त तरवारहरू छन् ।” वा २) तिनीहरूले तरवारहरूको बारेमा कुरा गर्न छोडेको येशू चाहनुहुन्छ । “तरवारको बारेमा अब अरू कुरा नगरौँ ।” येशूले तिनीहरूले तरवारहरू किन्‍नुपर्छ भन्‍नुहुँदा उहाँले मुख्यतः तिनीहरू सबैले सामना गर्नुपर्ने खतराबारे बताइरहनुभएको थियो । तिनीहरूले वास्तवमै तरवार किनेर लडेको उहाँले चाहनुभएको नहुन सक्छ ।

Luke 22:39

सामान्य जानकारीः

येशू जैतूनको पहाडमा प्रार्थना गर्न जानुहुन्छ ।

Luke 22:40

तिमीहरू परीक्षामा नपर भनी प्रार्थना गर

“कि तिमीहरूलाई परीक्षा नगरियोस्” वा “कि तिमीहरूलाई केही कुराले परीक्षामा नपारोस् र पाप गर्न नलगाओस्”

Luke 22:41

ढुङ्गा फ्याँक्‍न सकिने ठाउँसम्म

“कसैले एउटा ढुङ्गा फ्याँक्‍न सक्‍ने जतिको दूरी ।” वैकल्‍पिक अनुवादः “छोटो दूरी” वा अनुमानित नाप जस्तै “झण्डै ३० मिटर”

Luke 22:42

पिता, यदि तपाईं इच्‍छा गर्नुहुन्छ भने

येशूले हरेक व्यक्तिको पापको दोषलाई क्रूसमा बोक्‍नुहुनेछ । यदि त्यहाँ अरू कुनै बाटो थियो कि भनेर सोध्दै उहाँले आफ्‍नो पितासँग प्रार्थना गर्नुहुन्छ ।

पिता

यो परमेश्‍वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।

यो कचौरा मबाट हटाइदिनुहोस्

येशूले आफूले चाँडै भोग्‍न लाग्‍नुभएको कुरालाई नमिठो कुराले भरिएको कचौराको रूपमा जनाउनुहुन्छ जुन उहाँले पिउनु पर्ने थियो । वैकल्‍पिक अनुवादः “मलाई यो कचौरा नपिउन अनुमति दिनुहोस्” वा “जे हुन लागेको छ सो अनुभव नगर्न मलाई अनुमति दिनुहोस्”

तथापि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पुरा होस्

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तापनि, मेरो इच्छा अनुसारभन्दा पनि तपाईंको इच्छा अनुसार गर्नुहोस्”

Luke 22:45

जब उहाँ प्रार्थना गरेर उठ्नुभयो, उहाँ ... आउनुभयो

“जब येशू प्रार्थना गरेपछि उभिनुभयो, उहाँले” वा “प्रार्थना गरिसकेपछि, येशू उठ्नुभयो र उहाँले”

तिनीहरूका दुःखको कारणले गर्दा तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो

“ … देख्‍नुभयो कि तिनीहरू सुतिरहेका थिए किनभने तिनीहरू आफ्‍ना निराशाले गर्दा धेरै थाकेका थिए”

Luke 22:46

किन तिमीहरू निदाइरहेका छौ ?

सम्भावित अर्थहरू हुन् १) “म चकित भएको छु कि तिमीहरू अहिले सुतिरहेका छौ” वा २) “तिमीहरू अहिले सुतिरहनुहुँदैन !”

ताकि तिमीहरू परीक्षामा नपर

“ताकि तिमीहरू परीक्षित नहोओ” वा “ताकि तिमीहरूलाई केही कुराले परीक्षामा नपारोस् र पाप गर्न नलगाओस्”

Luke 22:47

हेर, एउटा भीड देखा पर्‍यो

“हेर” शब्दले हामीलाई कथामा एउटा नयाँ समूहको परिचयबारे सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ । वैकल्‍पिक अनुवादः “त्यहाँ एउटा भिड देखा पर्‍यो”

तिनीहरूलाई डोहोर्‍याइरहेको थियो

येशू कहाँ हुनुहुन्छ भनी यहूदाले देखाउँदै थियो । उसले भीडलाई के गर्नुपर्छ भनेर बताइरहेको थिएन । वैकल्‍पिक अनुवादः “तिनीहरूलाई येशूकहाँ लैजाँदै”

उहाँलाई चुम्बन गर्न

“उहाँलाई चुम्बनले अभिवादन गर्न” वा “उहाँलाई चुम्बन गरेर अभिवादन गर्न ।” जब मानिसहरूले अरू मानिसहरूलाई अभिवादन गर्थे जो तिनीहरूका परिवार वा साथीहरू हुन्थे, तिनीहरूले तिनीहरूलाई एउटा वा दुईवटै गालामा चुम्बन गर्थे । यदि तपाईंका पाठकहरूलाई एउटा पुरुषले अर्को परुषलाई चुम्बन गर्नु भन्‍ने कुरा असजिलो लाग्छ भने यसलाई सामान्य तरिकाले अनुवाद गर्न सकिन्छः “उहाँलाई मित्रवत् अभिवादन दिन ।”

Luke 22:48

के तिमी मानिसको पुत्रलाई एउटा चुम्बनले विश्‍वासघात गर्दैछौ ?

यहूदाले उहाँलाई एउटा चुम्बनले धोका दिएकोमा उसलाई हप्काउन येशूले एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । सामान्यतया चुम्बन भनेको प्रेमको चिन्ह हो । वैकल्‍पिक अनुवादः “तिमीले मानिसको पुत्रलाई विश्‍वासघात गर्न चुम्बनको प्रयोग गरिरहेका छौ !”

मानिसको पुत्र

येशूले आफैलाई जनाउन यो शब्दलाई प्रयोग गरिरहनुभएको छ । वैकल्‍पिक अनुवादः “म, मानिसको पुत्र”

Luke 22:49

जो येशूका वरिपरि थिए

यसले येशूका चेलाहरूलाई जनाउँछ ।

जे हुन लागिरहेको थियो

यसले पूजाहारीहरू र सिपाहीहरू येशूलाई गिरफ्तार गर्न आइरहेको कुरालाई जनाउँछ ।

के हामी तरवारले प्रहार गरौँ ?

प्रश्‍न चाहिँ तिनीहरू हुम्‍मिन पर्ने लडाइँको किसिमको विषयमा हो

Luke 22:50

तिनीहरूमध्ये एकजना

“चेलाहरूमध्ये एकजना”

प्रधान पूजाहारीको नोकरलाई प्रहार गर्‍यो

“प्रधान पुजाहारीको नोकरलाई तरवारले प्रहार गर्‍यो”

Luke 22:51

यो कुरा अझै होइन !

“अब अरू त्यस्‍तो नगर”

उसको कान छुनुभएर

“उसको कान काटिएको ठाउँमा नोकरलाई छुनुभयो”

Luke 22:52

के तिमीहरू एउटा लुटेराको विरुद्धमा जस्तै तरवारहरू र लाठीहरू लिएर आउँछौ ?

“के मलाई डाँका सोचेर तिमीहरू तरवार र लाठाहरू लिएर आउँछौ ?” येशूले यहूदी अगुवाहरूलाई गाली गर्नलाई यो प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूलाई थाहा छ कि म डाँका होइन, तरै पनि तिमीहरू मकहाँ तरवारहरू र लाठाहरू लिएर आउँछौ ।”

Luke 22:53

जब म तिमीहरूसँग दिनहुँ थिएँ

“म हरेक दिन तिमीहरूका माझमा थिएँ”

मन्दिरमा

केवल पूरोहितहरूलाई मात्र मन्दिरमा प्रवेशाज्ञा थियो । वैकल्‍पिक अनुवादः “मन्दिरका चोकहरूमा” वा “मन्दिरमा”

तिमीहरूले ममाथि हात हालेनौँ

यस पदमा, कसैमाथि हात हाल्‍नु भनेको त्यो व्यक्तिलाई गिरफ्तार गर्नु हो । वैकल्‍पिक अनुवादः “मलाई गिरफ्तार गर्नु”

यो तिमीहरूको घडी हो

“यो तपाईंहरूको लागि तपाईंहरूले जे चाहनुहुन्छ सो गर्ने समय हो”

अन्धकारको अधिकार

समयलाई गरिएको उल्‍लेखलाई दोहोर्‍याउँदा सहयोगी हुन सक्छ । “अन्धकार” शैतानको लागि प्रतिस्थापन हो । वैकल्‍पिक अनुवादः “अन्धकारको अधिकारको समय” वा “त्यो समय जब परमेश्‍वरले शैतानलाई त्यसले चाहेको कुराहरू गर्न दिनुहुन्छ”

Luke 22:54

तिनीहरूले उहाँलाई लगे

“तिनीहरूले येशूलाई बगैँचाबाट लगे जहाँ तिनीहरूले उहाँलाई गिरफ्तार गरेका थिए”

प्रधान पूजाहारीको घरमा

“प्रधान पूजाहारीको घरको आँगनमा”

Luke 22:55

तिनीहरूले आगो बालेका थिए

“केही मानिसहरूले आगो बालेका थिए ।” आगो चाहिँ चिसो रातको समयमा मानिसहरूलाई न्यानो राख्‍नको लागि थियो । वैकल्‍पिक अनुवादः “केही मानिसहरूले न्यानो बनाउन आगो बाले”

आँगनको बीचमा

यो प्रधान पूजाहारीको घरको आँगन थियो । यसको वरिपरि पर्खाल थियो, तर छानो थिएन ।

तिनीहरूका माझमा

“तिनीहरूसँग एकसाथ”

Luke 22:56

जसै उनी आगोको राप आउने ठाउँमा बसे

उनी आगो नजिकै बसे र त्यसको राप उनीमाथि पर्‍यो ।

र उनीतिर सोझै हेर्दै, भनी

“र त्यसले पत्रुसलाई सोझो हेरी र आँगनमा भएका अरू मानिसहरूलाई भनी”

यी मानिस पनि उनीसँगै थिए

स्‍त्रीले पत्रुस पनि येशूसँग भएको कुरा बताउँदै थिई । सम्भवतः उसलाई पत्रुसको नाम थाहा थिएन ।

Luke 22:57

तर पत्रुसले यसलाई इन्कार गरे

“तर पत्रुसले त्यो सत्य थिएन भने”

नारी, म उहाँलाई चिन्दिन

पत्रुसलाई त्यो स्‍त्रीको नाम थाहा थिएन । उनले “नारी” भनेर तिनलाई अपमान गरिरहेका थिएनन् । यदि मानिसहरूले उनले तिनलाई अपमान गरिरहेका थिए भनी सोच्छन् भने, कुनै पुरुषले आफूले नचिनेको कुनै स्‍त्रीलाई बोलाउँदा सम्बोधन गर्ने तरिकालाई तपाईंले प्रयोग गर्न सक्‍नुहुन्छ जुन सांस्कृतिक रूपमा स्वीकार्य छ वा तपाईंले यो शब्दलाई त्यसै छाड्न पनि सक्‍नुहुन्छ ।

Luke 22:58

तिमी पनि तिनीहरूमध्येको एक हौ

“तिमी पनि येशूसँग भएकाहरूमध्येको एक हौ”

हे मानिस, म होइन

उनले “हे मानिस” भनेर उसलाई अपमान गरिरहेका थिएनन् । यदि मानिसहरूले उनले उसलाई अपमान गरिरहेका थिए भनी सोच्छन् भने, कुनै मानिसले आफूले नचिनेको कुनै मानिसलाई बोलाउँदा सम्बोधन गर्ने तरिकालाई तपाईंले प्रयोग गर्न सक्‍नुहुन्छ जुन सांस्कृतिक रूपमा स्वीकार्य छ वा तपाईंले यो शब्दलाई त्यसै छाड्न पनि सक्‍नुहुन्छ ।

Luke 22:59

यसो भन्दै जिद्दी गर्‍यो

“जिद्दीका साथ भन्यो” वा “ठूलो स्वरले भन्यो” (युडीबी)

साँच्‍चै यी मानिस

यहाँ “यी मानिस”ले पत्रुसलाई जनाउँछ । सम्भवतः बोल्ने व्यक्तिलाई पत्रुसको नाम थाहा थिएन ।

उनी एक गालीलवासी हुन्

सम्भवतः पत्रुसको बोलाइबाट नै उनी गालीलवासी हुन् भनी ती मानिसले बताउन सक्थे ।

Luke 22:60

हे मानिस

पत्रुसलाई त्यो मानिसको नाम थाहा थिएन । उनले “हे मानिस” भनेर उसलाई अपमान गरिरहेका थिएनन् । यदि मानिसहरूले उनले उसलाई अपमान गरिरहेका थिए भनी सोच्छन् भने, कुनै मानिसले आफूले नचिनेको मानिसलाई बोलाउँदा सम्बोधन गर्ने तरिकालाई तपाईंले प्रयोग गर्न सक्‍नुहुन्छ जुन सांस्कृतिक रूपमा स्वीकार्य छ वा तपाईंले यो शब्दलाई त्यसै छाड्न पनि सक्‍नुहुन्छ । तपाईंले यसलाई लूका २२:५८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

तिमीले के भनिरहेछौ, म जान्दिन

“तिमीले के कुरा गरिरहेका छौ सो म जान्दिन ।” यो अभिव्यक्तिको अर्थ पत्रुस त्यस मानिससँग पूर्ण रूपले असहमत भए भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “तिमीले भनेको कुरा सत्य होइन” वा “तिमीले भनेको कुरा पूर्ण रूपले झुटो हो”

जब उनी बोलिरहेका नै थिए

“जब पत्रुस बोलिरहेका नै थिए”

एउटा भाले बास्यो

भालेहरू प्रायः बिहान घाम झुल्‍किनभन्दा अगाडि बास्छन् । तपाईंले यस्तै समान वाक्यांशलाई लूका २२:३४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

Luke 22:61

प्रभुले फर्केर पत्रुसलाई हेर्नुभयो

“प्रभु फर्कनुभयो र पत्रुसलाई हेर्नुभयो”

प्रभुको वचन

“जे येशूले भन्‍नुभएको थियो” जब येशूले भन्‍नुभयो कि पत्रुसले येशूलाई धोका दिने थिए

एउटा भाले बास्छ

भालेहरू प्रायः बिहान घाम झुल्‍किनभन्दा अगाडि बास्छन् । तपाईंले यस्तै समान वाक्यांशलाई लूका २२:३४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

आज

यहूदी दिन सूर्यास्तमा सुरु हुन्थ्यो र अर्को साँझसम्‍म रहन्थ्यो । बिहान झिसमिसे उज्यालो हुनुभन्दा अलिकति अगाडि वा झिसमिसे उज्यालो भइरहेकै समयमा के हुने थियो भन्‍ने विषयमा येशूले अघिल्‍लो साँझमा भन्‍नुभएको थियो । वैकल्‍पिक अनुवादः “आज राती”

मलाई तीन पल्ट इन्कार गर्नेछौ

“तिमीले मलाई चिन्छौ भनेर तीन पल्ट इन्कार गर्नेछौ”

Luke 22:62

उनी बाहिर गए

“पत्रुस आँगन बाहिर गए”

Luke 22:64

तिनीहरूले उहाँलाई पट्टी बाँधिदिए

“तिनीहरूले उहाँका आँखालाई छोपे ताकि उहाँले देख्‍न नसक्‍नुभएको होस्”

भविष्यवाणी गर् ! तँलाई कुट्ने को हो ?

येशू अगमवक्ता हुनुहुन्थ्यो भनी सुरक्षाकर्मीहरूले विश्‍वास गरेनन् । बरु, साँचो अगमवक्ताले देख्‍न नसके तापनि उनलाई कसले कुट्यो भनी जान्‍ने थिए भनेर तिनीहरूले विश्‍वास गर्थे । तिनीहरूले येशूलाई अगमवक्ता भनी बोलाए, तर तिनीहरूले उहाँलाई गिज्याइरहेका थिए र उहाँ एक अगमवक्ता हुनुहुन्थ्यो भनेर तिनीहरूले किन विचार गर्दैनथे भनेर उहाँलाई देखाइरहेका थिए । वैकल्पिक अनुवादः “तँ अगमवक्ता हो भन्‍ने प्रमाणित गर् । तँलाई कसले कुट्यो भनी हामीलाई भन् !” वा “हे अगमवक्ता, तँलाई कसले कुट्यो ?”

भविष्यवाणी गर् !

“परमेश्‍वरबाटका वचनहरू बोल् !” यहाँ बताउन खोजिएको जानकारी यो हो कि येशूलाई कसले हिर्कायो भनेर परमेश्‍वरले भन्‍नुपर्ने थियो किनकि येशूलाई आँखामा पट्टि बाँधिएको थियो र देख्‍न सक्‍नुहुँदैनथ्यो ।

Luke 22:66

सामान्य जानकारीः

यो अब अर्को दिन हो र येशूलाई परिषद्को अगाडि ल्याइएको छ ।

अब जब उज्यालो भयो

“अर्को बिहान झिसमिसे उज्यालो मात्र भएको बेलामा”

तिनीहरूले उहाँलाई तिनीहरूको परिषद्‍मा लगे

सम्भावित अर्थहरू हुन् १) “धर्म-गुरुहरूले येशूलाई परिषद्‌भित्र ल्याउन लगाए” वा २) “सुरक्षाकर्मीहरूले येशूलाई धर्म-गुरुहरूको परिषद्‍मा लगे ।” केही भाषाहरूले “तिनीहरू” सर्वनामको प्रयोग गरेर वा कर्म वाच्यको प्रयोग गरेर उहाँलाई कसले लगे भन्‍ने कुरालाई नबताउन सक्छन्ः “येशूलाई परिषद्‌मा लगियो”

Luke 22:67

भन्दै

यसलाई एउटा नयाँ वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “धर्म-गुरूहरूले येशूलाई भने”

यदि तिमी ख्रीष्‍ट हौ भने, हामीलाई भन

“तिमी ख्रीष्‍ट हौ भने हामीलाई भन”

यदि मैले तपाईंहरूलाई भनेँ भने, तपाईंहरूले निश्‍चय नै विश्‍वास गर्नुहुनेछैन

येशूले भन्‍नुभएका दुईवटा परिकल्पित कुराहरूमध्ये यो पहिलो हो । यो उहाँलाई ईश्‍वर-निन्दाको दोष लगाउने कारण तिनीहरूलाई नदिइकन येशूको प्रत्युत्तर दिने एउटा तरिका थियो । तपाईंको भाषामा त्यो काम वास्तवमा भएको थिएन भनेर सङ्केत गर्ने कुनै तरिका हुन सक्छ ।

Luke 22:68

मैले तपाईंहरूलाई सोधेँ भने, तपाईंहरूले जवाफ दिनुहुनेछैन

यो दोस्रो परिकल्पित कथन हो । यो उहाँको दोष देखाउने कारण तिनीहरूलाई नदिइकन येशूको तिनीहरूलाई हप्‍काउने तरिका थियो । यी शब्दहरूले, “यदि मैले तपाईंहरूलाई भनेँ भने, तपाईंहरूले विश्‍वास गर्नुहुनेछैन”

Luke 22:69

जोड्ने कथनः

येशूले परिषद्सँग कुरा गर्न निरन्तरता दिनुहुन्छ ।

अबदेखि

“यो दिनबाट” वा “आजबाट सुरु गरेर”

मानिसको पुत्र ... हुनेछ

येशूले यो पदावली आफैँलाई जनाउन प्रयोग गर्नुभयो । वैकल्‍पिक अनुवादः “म, मानिसको पुत्र, ... हुनेछु”

परमेश्‍वरको शक्तिको दाहिने हातपट्टि बसेको

“परमेश्‍वरको दाहिने हातपट्टि” बस्‍नु भनेको परमेश्‍वरबाट महान् सम्‍मान र अधिकार प्राप्‍त गर्ने कुराको प्रतीकात्मक कार्य हो । वैकल्पिक अनुवादः “परमेश्‍वरको शक्तिको छेउमा सम्‍मानको स्थानमा बसेको”

परमेश्‍वरको शक्ति

“सर्वशक्तिमान् परमेश्‍वर ।” यहाँ “शक्ति” ले उहाँको सर्वोच्‍च अधिकारलाई जनाउँछ ।

Luke 22:70

त्यसोभए तिमी परमेश्‍वरका पुत्र हौ ?

येशूले उहाँ परमेश्‍वरका पुत्र हुनुहुन्थ्यो भनेर भनिरहनुभएको थियो भनी तिनीहरूको बुझाइलाई स्‍पष्‍ट रूपमा पक्‍का गर्नुभएको तिनीहरूले चाहेका हुनाले परिषद्ले यो प्रश्‍न सोध्यो । वैकल्‍पिक अनुवादः “त्यसोभए जब तिमीले त्यसो भन्यौ, के तिमीले आफू परमेश्‍वरका पुत्र हुँ भन्‍न खोजेका हौ ?”

परमेश्‍वरका पुत्र

यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।

तपाईंहरू नै भन्दै हुनुहुन्छ कि म हुँ

“हो, यो तपाईंहरूले भने जस्तै हो” (युडीबी)

Luke 22:71

हामीलाई साक्षीको थप के आवश्यकता छ र ?

तिनीहरूले जोड दिनलाई एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “हामीलाई साक्षीहरूको थप आवश्‍यक छैन !”

हामीले उसको आफ्नै मुखबाट सुन्यौँ

“उसको आफ्‍नै मुख” भन्‍ने वाक्यांशले उहाँले भन्‍नुभएको कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “उसले आफू परमेश्‍वरको पुत्र हुँ भनेर विश्‍वास गर्छ भनेर उसले भनेको सुन्यौँ”


Translation Questions

Luke 22:1

त्यति बेला यहूदीहरूको कुन चाड नजिकिँदै थियो ?

अखमिरे रोटीको चाड जसलाई निस्तार-चाड पनि भनिन्छ । [२२:१]

Luke 22:6

यहूदाले कुन परिस्थितिमा येशूलाई मुख्य पुजारीहरूकहाँ सुम्पिदिने मौका खोजिरहेको थियो ?

उसले येशू भिडबाट टाढा हुने बेलाको मौका खोजिरहेको थियो । [२२:६]

Luke 22:10

येशू र चेलाहरूले निस्तार-चाडको भोज कहाँ खानुभयो ?

उहाँहरूले यरूशलेमको एक पाहुना कोठामा यसलाई खानुभएको थियो । [२२:१०-११]

Luke 22:11

येशू र चेलाहरूले निस्तार-चाडको भोज कहाँ खानुभयो ?

उहाँहरूले यरूशलेमको एक पाहुना कोठामा यसलाई खानुभएको थियो । [२२:१०-११]

Luke 22:16

येशूले त्यो निस्तार-चाडको भोजन फेरि कहिले खान्छु भन्‍नुभयो ?

जब यो फेरि परमेश्‍वरको राज्यमा पुरा हुन्छ, तब येशूले यो निस्तार-चाडको भोजन खानुहुनेछ । [२२:१६]

Luke 22:19

जब उहाँले रोटी भाँच्नुभयो र आफ्ना चेलाहरूलाई दिनुभयो तब येशूले के भन्‍नुभयो ?

उहाँले भन्‍नुभयो, “यो मेरो शरीर हो, जुन तिमीहरूका निम्ति दिइएको छ । मेरो सम्झनामा यो गर्ने गर” । [२२:१९]

Luke 22:20

जब येशूले चेलाहरूलाई कचौरा दिनुभयो तब उहाँले के भन्‍नुभयो ?

उहाँले भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जुन तिमीहरूका निम्ति बगाइन्छ” । [२२:२०]

Luke 22:22

येशू धोकामा पर्नु के परमेश्‍वरको योजना थियो ?

थियो । [२२:२२]

Luke 22:23

कसले येशूलाई धोका दिनै लागेको थियो भन्‍ने कुरा के चेलाहरूलाई थाहा थियो ?

थिएन । [२२:२३]

Luke 22:26

आफ्ना चेलाहरूका बिचमा येशूले कसलाई महान् भन्‍नुभयो ?

महान् त्यही हो जसले सेवा गर्छ । [२२:२६]

Luke 22:27

येशू आफ्ना चेलाहरूका बिचमा कसरी जिउनुभयो ?

एक जना सेवा गर्ने सरह उहाँ जिउनुभयो । [२२:२७]

Luke 22:30

उहाँका चेलाहरू कहाँ बस्‍नेछन् भनी येशूले प्रतिज्ञा गर्नुभयो ?

इस्राएलका बाह्र कुललाई न्याय गर्दै तिनीहरू सिंहासनहरूमा बस्‍नेछन् भनी उहाँले भन्‍नुभयो । [२२:३०]

Luke 22:34

पत्रुसले के गर्ने थिए भनी येशूले भन्‍नुभयो ?

येशूलाई चिनेर पनि चिन्दिनँ भनी भाले बास्‍नुभन्दा पहिले पत्रुसले तिन पटकसम्म येशूलाई इन्कार गर्ने थिए भनी उहाँले भन्‍नुभयो । [२२:३४]

Luke 22:37

यी घटनाहरूमा येशूको बारेमा लेखिएको भविष्यको कुनचाहिँ कुरा पुरा हुँदै थियो ?

धर्मशास्‍त्रमा भनिएको छ , “र उसलाई दुष्‍टलाई जस्तै व्यवहार गरिनेछ” । [२२:३७]

Luke 22:40

जैतून पर्वतमा येशूले आफ्ना चेलाहरूलाई के कुराको लागि प्रार्थना गर्नू भन्‍नुभयो ?

तिनीहरू परीक्षामा नपरून् भनी तिनीहरूले प्रार्थना गरेको उहाँ चाहनुहुन्थ्यो । [२२:४०]

Luke 22:42

जैतून पहाडमा येशूले के प्रार्थना गर्नुभयो ?

“हे पिता, यदि तपाईं चाहनुहुन्छ भने, यो कचौरा मबाट हटाइदिनुहोस् । तथापि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पुरा होस्” भनी उहाँले प्रार्थना गर्नुभयो । [२२:४२]

Luke 22:45

येशू प्रार्थना गरेर फर्कंदै गर्नुहुँदा उहाँका चेलाहरूले के गर्दै थिए ?

तिनीहरू सुतिरहेका थिए । [२२:४५]

Luke 22:47

भिडको सामने येशूलाई यहूदाले कसरी धोका दियो ?

उसले चुम्बनले येशूलाई धोका दियो । [२२:४७-४८]

Luke 22:48

भिडको सामने येशूलाई यहूदाले कसरी धोका दियो ?

उसले चुम्बनले येशूलाई धोका दियो । [२२:४७-४८]

Luke 22:51

जसको कान काटिएको थियो त्यस व्यक्‍तिलाई येशूले के गर्नुभयो ?

उहाँले उसको कान छुनुभयो, र निको पार्नुभयो । [२२:५१]

Luke 22:53

उहाँ सधैँ मुख्य पुजारीहरूसँग कहाँ हुनुहुन्थ्यो भनी येशूले भन्‍नुभयो ?

उहाँ मन्दिरमा हुनुहुन्थ्यो । [२२:५३]

Luke 22:54

उहाँलाई पक्रिएपछि तिनीहरूले येशूलाई कहाँ लिएर गए ?

तिनीहरूले उहाँलाई प्रधान पुजारीको घरमा लिएर गए । [२२:५४]

Luke 22:57

एउटी नोकर्नीले पत्रुस पनि येशूसँगै थिए भन्दा पत्रुसले के भने ?

उनले भने, “नारी, म उहाँलाई चिन्दिनँ” । [२२:५७]

Luke 22:60

पत्रुसले तेस्रो पटक येशूलाई चिन्दिनँ भनेर इन्कार गर्ने बित्तिकै के भयो ?

भाले बास्यो । [२२:६०]

Luke 22:62

येशूले पत्रुसलाई हेर्नुभएपछि उनले के गरे ?

उनी बाहिर निस्केर धुरुधुरु रोए । [२२:६२]

Luke 22:63

येशूलाई सुरक्षा दिने मानिसहरूले उहाँलाई के गरे ?

तिनीहरूले गिल्ला गरे र उहाँलाई पिटे, अनि उहाँलाई दोष लगाए । [२२:६३-६५]

Luke 22:64

येशूलाई सुरक्षा दिने मानिसहरूले उहाँलाई के गरे ?

तिनीहरूले गिल्ला गरे र उहाँलाई पिटे, अनि उहाँलाई दोष लगाए । [२२:६३-६५]

Luke 22:65

येशूलाई सुरक्षा दिने मानिसहरूले उहाँलाई के गरे ?

तिनीहरूले गिल्ला गरे र उहाँलाई पिटे, अनि उहाँलाई दोष लगाए । [२२:६३-६५]

Luke 22:67

परिषद्ले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा येशूले बताउनुपर्छ भनी माग गर्दा उहाँले तिनीहरूलाई बताउनुभए पनि तिनीहरूले के गर्ने थिएनन् ?

तिनीहरूले विश्‍वास गर्ने थिएनन् । [२२:६७]

Luke 22:71

येशूले आफू ख्रीष्‍ट हुँ भनी दाबी गर्नुभएको कुरा प्रमाणित गर्न तिनीहरूलाई साक्षीको आवश्यकता पर्दैन भनी परिषद्ले किन भन्यो ?

किनकि तिनीहरूले येशूको आफ्नै मुखबाट यो कुरा सुनेका थिए । [२२:७१]


Chapter 23

1 तिनीहरूका सबै दल उठे, र येशूलाई पिलातसका सामु ल्याए । 2 तिनीहरूले उहाँलाई यसो भन्दै दोष लगाउन सुरु गरे, “हामीले यस मानिसलाई हाम्रो जातिलाई भाँड्दै गरेको, कैसरलाई कर तिर्न मनाही गरेको र ऊ आफैंलाई ख्रीष्‍ट राजा भन्दै गरेको भेट्टायौं ।” 3 पिलातसले उहाँलाई यसो भन्दै सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले तिनलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “तपाईं नै त्यसो भन्‍नुहुन्छ ।” 4 पिलातसले मुख्य पूजाहारीहरू र भीडलाई भने, “यी मानिसमा म कुनै पनि दोष भेट्टाउँदिनँ ।” 5 तर तिनीहरूले जोड दिंदै यसो भनिरहेका थिए, “यसले गालीलबाट सुरु गरेर सारा यहूदाभरि यस ठाँउसम्म शिक्षा दिंदै मानिसहरूलाई भड्काउँछ ।” 6 त्यसकारण जब पिलातसले यो सुने, तब तिनले यो मानिस गालीली हुन् कि होइनन् भनी सोधे । 7 जब तिनले उहाँ त हेरोदको अधिकारमुनि हुनुहुन्छ भन्‍ने थाहा पाए, तिनले येशूलाई हेरोदकहाँ पठाए जो ती दिनहरूमा यरूशलेममा नै थिए । 8 जब हेरोदले येशूलाई देखे, तिनी धेरै खुसी भए, किनकि तिनले उहाँलाई धेरै अगाडिदेखि हेर्ने इच्छा गरेका थिए । तिनले उहाँको बारेमा सुनेका थिए र उहाँद्वारा केही आश्‍चर्यकर्महरू गरिएको हेर्न चाहन्थे । 9 हेरोदले येशूलाई धेरै शब्दहरूमा प्रश्‍न गरे, तर येशूले तिनलाई कुनै पनि जवाफ दिनुभएन । 10 मुख्य पूजाहारीहरू र शास्‍‍त्रीहरूले येशूलाई आक्रोशित हुँदै दोष लगाउँदै खडा भए । 11 हेरोदले आफ्ना सिपाहीहरूसँग मिली उहाँको अपमान गरे र उहाँलाई गिल्ला गरे अनि असल पोशाक पहिर्‍याएर येशूलाई पिलातसकहाँ फर्काइदिए । 12 किनभने हेरोद र पिलातस त्यसै दिनदेखि एक-अर्काका साथी भएका थिए, किनकि त्यस अगि तिनीहरू एक-अर्काका शत्रु थिए । 13 तब पिलातसले मुख्य पूजाहारीहरू र शासकहरू र मानिसहरूका भीडलाई एकसाथ हुनलाई बोलाए, 14 र तिनीहरूलाई भने, “मानिसहरूलाई खराब काम गर्न अगुवाइ गर्ने मानिसको रूपमा तिमीहरूले यी मानिसलाई मकहाँ ल्यायौ, र हेर, तिमीहरूकै सामुन्‍ने यी मानिसलाई मैले प्रश्‍न गर्दा, तिमीहरूले लगाएको आरोपको दोष मैले यी मानिसमा भेट्टाइनँ ।” 15 हेरोदले पनि दोषी भेट्टाएनन्, किनकि तिनले यिनलाई हामीकहाँ फिर्ता पठाए र हेर, यिनले मृत्युदण्ड पाउने योग्य कुनै काम गरेका छैनन् । 16 यसकारण म यिनलाई सजाय दिनेछु र छोडिदिनेछु ।” 17 1 18 तर तिनीहरू सबै यसो भन्दै एकसाथ कराए “यस मानिसलाई हाम्रा बीचबाट हटाउनुहोस् र हाम्रा निम्ति बारब्बालाई छोडिदिनुहोस् ।” 19 बारब्बा सहरमा भएको कुनै विद्रोह र हत्याको कारण झ्यालखानमा राखिएको एक मानिस थिए । 20 येशूलाई छोड्ने इच्छा गरी फेरि पिलातसले तिनीहरूलाई सम्बोधन गरे । 21 तर तिनीहरू यसो भन्दै चिच्‍च्‍याए, “त्यसलाई क्रूसमा झुन्ड्याउनुहोस्, त्यसलाई क्रूसमा झुन्ड्याउनुहोस् ।” 22 तिनले तेस्रो पटक तिनीहरूलाई भने, “किन? यो मानिसले के दुष्‍ट काम गरेको छ र? मैले यिनमा मृत्युदण्ड दिने कुनै दोष पाइनँ । यसकारण म यिनलाई सजाय दिएर छोडिदिनेछु ।” 23 तर तिनीहरूले येशूलाई क्रुसमा टाँग्‍ने माग गर्दै उच्‍च स्वरमा जिद्दी गरे । र तिनीहरूका आवाजले पिलातसलाई राजी गरायो । 24 त्यसकारण पिलातसले तिनीहरूका माग पूरा गरिदिने निर्णय गरे । 25 त्यसैले तिनीहरूले माग गरेअनुसार सहरमा आतङ्क र हत्याको कारण झ्यालखानामा राखिएकोलाई तिनले छोडिदिए, तर येशूलाई तिनीहरूको इच्छामा तिनले सुम्पिदिए । 26 तिनीहरूले उहाँलाई लजाँदै गर्दा गाउँबाट आउँदै गरेको कुरेनीका सिमोनलाई समातेर तिनीहरूले त्यसलाई येशूलाई पछ्याउदै क्रूस बोक्‍न लगाए । 27 मानिसहरूको एउटा ठुलो भीड र उहाँका लागि विलाप गर्ने र दुःखित हुने स्‍‍त्रीहरूले पनि उहाँलाई पछ्याइरहेका थिए । 28 तर तिनीहरूतिर फर्केर येशूले भन्‍नुभयो, “यरूशलेमका छोरीहरू हो, मेरो लागि नरोओ, तर आफ्नै निम्ति र आफ्ना छोराछोरीहरूका निम्ति रोओ । 29 किनभने हेर, दिनहरू आउँदैछन् जसमा तिनीहरूले भन्‍नेछन्, ‘बाँझीहरू र गर्भधारण नगर्ने कोखहरू, दूध नचुसाउने स्तनहरू धन्यका हुन् ।’ 30 त्यसपछि तिनीहरूले पहाडहरूलाई भन्‍न थाल्नेछन्, ‘हामीमाथि खस्,’ र डाँडाहरूलाई भन्‍नेछन्, ‘हामीलाई छोप् ।’ 31 किनकि यदि रुख हरियो हुँदै तिनीहरूले यस्ता कुराहरू गर्छन् भने, सुख्खा हुँदा के गर्लान्?” 32 उहाँसँगै अरू दुई जना अपराधीलाई पनि मृत्युदण्ड दिनलाई लगिएका थिए । 33 जब तिनीहरू खप्परे भन्‍ने ठाँउमा आए, त्यहाँ तिनीहरूले उहाँलाई र ती अपराधीहरूमध्ये एउटालाई उहाँको दायाँतर्फ र अर्कालाई उहाँको बायाँतर्फ क्रूसमा टाँगे । 34 येशूले भन्‍नुभयो, “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनभने तिनीहरूले के गर्दैछन् सो जान्दैनन् ।” र तिनीहरूले उहाँका वस्‍‍त्रहरू भाग गरेर चिट्ठा हाले । 35 मानिसहरूले उभिएर हेरिरहेका थिए, जहाँ शासकहरूले पनि उहाँलाई यसो भन्दै गिल्ला गरिगहेका थिए, “यसले अरूलाई त बचायो । यदि यो परमेश्‍वरका ख्रीष्‍ट, चुनिएका जन हो भने, आफैंलाई बचाओस् ।” 36 अनि सिपाहीहरूले पनि नजिक आएर उहाँलाई सिर्का दिँदै यसो भन्दै गिल्ला गरे, 37 “यदि तँ यहूदीहरूका राजा होस् भने, आफैंलाई बचा ।” 38 “यो यहूदीहरूको राजा हो" भन्‍ने एउटा चिन्‍ह पनि उहाँको माथि थियो । 39 क्रूसमा टाँगिएका अपराधीहरूमध्ये एक जनाले यसो भन्‍दै उहाँको गिल्ला गर्‍यो , “के तिमी ख्रीष्‍ट होइनौ? आफैंलाई र हामीलाई बचाऊ ।” 40 तर अर्कोले त्यसलाई हप्काउँदै जवाफ दियो, “के तँ परमेश्‍वरको डर मान्दैनस्, किनकि तैंले पनि उही दण्ड भोगिरहेको छस्? 41 हामी वास्तवमा यहाँ न्यायोचित रूपले छौं, किनकि यहामीले हाम्रो कामको उचित परिणाम पाइरहेका छौं । तर यी मानिसले त कुनै गल्ती काम गरेका छैनन् ।” 42 र त्यसले भन्‍यो, “येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा, मलाई सम्झनुहोस् ।” 43 येशूले त्यसलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्दछु, आजै तिमी मसँगै स्वर्गलोकमा हुनेछौ ।” 44 यो छैठौं घडीको बेला थियो, र नवौं घडीसम्म सारा देशभरि अन्धकारले ढाक्यो । 45 सूर्यले प्रकाश दिन छोड्‍यो । त्यसपछि मन्दिरको पर्दा बीचबाट च्यातियो । 46 येशूले उच्‍च स्वरमा कराएर भन्‍नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु । यसो भनेर उहाँले प्राण त्याग्‍नुभयो ।” 47 जब कप्‍तानले यो भएको देखे, तिनले यसो भन्दै परमेश्‍वरको महिमा गरे, “निश्‍चय नै यिनी एक धार्मिक मानिस थिए ।” 48 यो द‍ृश्‍य हेर्न आएका सबै भीडले त्यहाँ भएका घटनाहरू देखेपछि तिनीहरू आफ्नो छाती पिट्दै फर्के । 49 तर उहाँलाई चिन्‍ने सबै मानिसहरू र गालीलबाट उहाँलाई पछ्याउने स्‍‍त्रीहरू टाढै उभिएर यी कुराहरू हेरिरहेका थिए । 50 हेर, त्यहाँ एक जना योसेफ नाउँ गरेका मानिस थिए, जो परिषद्का एक सदस्य थिए । तिनी एक असल र धार्मिक मानिस थिए । 51 तिनी परिषद्का निर्णय र तिनीहरूका क्रियाकलापसँग सहमत थिएनन् । तिनी यहूदियाको अरिमाथिया सहरबाटका थिए, जसले परमेश्‍वरको राज्यको प्रतिक्षा गरिरहेका थिए । 52 यी मानिसले पिलातसकहाँ गएर येशूको शरीर मागे । 53 तिनले त्यो तल झारे र सफा मलमलको कपडामा बेह्रेर चट्टानमा कपेर बनाइएको चिहानमा राखे, जहाँ कहिल्यै कसैलाई राखिएको थिएन । 54 यो तयारीको दिन थियो, र विश्रामको दिन सुरु हुनै लागेको थियो । 55 गालीलदेखि येशूको साथमा आएका स्‍‍त्रीहरूले पछ्याउँदै आएका स्‍‍त्रीहरूले पछ्याए र त्यो चिहान हेरे र उहाँको शरीर कसरी राखिएको थियो, त्यो देखे । 56 तिनीहरू फर्के र सुगन्धित द्रव्य र अत्तरहरू तयार पारे । त्यसपछि आज्ञाअनुसार विश्रामको दिनमा तिनीहरूले विश्राम गरे ।

1प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा लूका २३ः१७ छैन । अब चाडको समयमा पिलातसले यहूदीका निम्ति एक जना कैदीलाई छोडिदिनुपर्थ्यो ।

लूका २३ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यूएलटीले यस अध्यायको अन्तिम पङ्क्तिलाई अलग राख्छ किनकि त्यो अध्याय २३ सँगभन्दा बढी अध्याय २४ सँग जोडिएको छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

आरोप लाउनु

मुख्य पूजाहारीहरू र शास्‍त्रीहरूले येशूले दुष्‍ट काम गर्नुभएको आरोप लगाए किनभने तिनीहरू पिलातसले येशूलाई मारेको चाहन्थे । तर तिनीहरूले उहाँलाई झूटो आरोप लगाइरहेका थिए, किनभने येशूले ती कुराहरू कहिल्यै गर्नुभएको थिएन जुन तिनीहरूले उहाँले गर्नुभएको आरोप लगाए ।

“मन्दिरको पर्दा दुई भाग भएर च्यातियो”

मन्दिरमा भएको पर्दा एउटा महत्त्वपूर्ण प्रतीक थियो जसले देखाउँथ्यो कि मानिसहरूको लागि बोलिदिन तिनीहरूलाई कसैको खाँचो थियो । तिनीहरूले परमेश्‍वरसँग प्रत्यक्ष रूपमा कुरा गर्न सक्दैनथे किनभने सबै मानिसहरू पापपूर्ण हुन्छन् र परमेश्‍वरले पापलाई घृणा गर्नुहुन्छ । येशूले आफ्‍ना मानिसहरूका पापहरूको लागि मूल्य चुकाइसक्‍नुभएको हुनाले तिनीहरूले अब परमेश्‍वरसँग सीधै कुरा गर्न सक्‍छन् भनेर देखाउनको लागि परमेश्‍वरले पर्दालाई दुई भाग गर्नुभयो ।

चिहान

येशू गाडिनुभएको चिहान (लुका २३:५३) त्यो प्रकारको चिहान थियो जसमा धनाढय यहूदी परिवारहरूले तिनीहरूका मृतहरूलाई गाड्थे । यो चट्टानमा खोपेर बनाइएको वास्तविक कोठा थियो । त्यसको एक छेउमा फराकिलो स्थान थियो जहाँ तिनीहरूले शरीरलाई तेल र मसालाहरू लगाएर कपडाले बेह्रिसकेपछि त्यसलाई राख्‍न सक्थे । तिनीहरूले चिहानको अगाडि एउटा ठूलो ढुङ्गा गुडाइदिन्थे ताकि कसैले पनि भित्रपट्टि देख्‍न वा प्रवेश गर्न नसकोस् ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“म यस मानिसमा कुनै भूल पाउँदिन ।”

पिलातसले भनिरहेका थिए कि उनले येशूलाई दण्‍ड दिनुपर्ने कुनै कारणको बारेमा उनलाई थाहा थिएन किनभने येशूले कुनै कानून तोड्नुभएको थिएन । पिलातसले येशू सिद्ध हुनुहुन्थ्यो भनेर भनिरहेका थिएनन् ।


Luke 23:1

सामान्य जानकारीः

येशूलाई पिलातसको अगाडि ल्याइन्छ ।

तिनीहरूका सबै दल

“सबै यहूदी अगुवाहरू” वा “परिषद्का सबै सदस्यहरू”

उठे

“खडा भए” वा “तिनीहरूका गोडामा उभिए”

पिलातसका सामु

कसैको अगाडि देखा पर्नुको अर्थ त्यस व्यक्तिको अधिकारभित्र प्रवेश गर्नु भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “पिलातसद्वारा इन्साफ हुन”

Luke 23:2

हामीले ... पायौँ

“हामी” ले परिषद्का सदस्यहरूलाई मात्र जनाउँछ, र पिलातस वा नजिकैका अन्य मानिसहरूलाई जनाउँदैन ।

हाम्रो देश भाँड्दै गरेको

“हाम्रा मानिसहरूलाई बेठीक कुराहरू गर्न लगाइरहेको” वा “हाम्रा मानिसहरूलाई झूटा कुराहरू बताउँदै समस्या उत्‍पन्‍न गरिरहेको”

कर तिर्न मनाही गरेको

“तिनीहरूलाई कर नतिर्न भनिरहेको” (युडीबी)

कैसरलाई

कैसरले रोमको सम्राटलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “सम्राटलाई”

Luke 23:3

त्यसैले पिलातसले उहाँलाई सोधे

“पिलातसले येशूलाई सोधे”

तपाईं नै त्यसो भन्‍नुहुन्छ

सम्भावित अर्थहरू हुन् १) यसो भन्‍नुभएर, येशूले उहाँ यहूदीहरूका राजा हुनुहुन्छ भन्‍ने आशय दिनुभयो । वैकल्‍पिक अनुवादः “हो, जस्तो तपाईंले भन्‍नुभयो, म हुँ” वा “हो । यो तपाईंले मलाई भन्‍नुभएको जस्तो नै हो” वा २) यसो भन्‍नुभएर, येशूले भनिरहनुभएको थियो कि येशू होइन तर पिलातसले उहाँलाई यहूदीहरूका राजा भनिरहेका थिए । वैकल्‍पिक अनुवादः “तपाईं आफैँले त्यसो भन्‍नुभएको छ”

Luke 23:4

भीडहरू

मानिसहरूका ठूला समूहहरू

यी मानिसमा म कुनै पनि दोष भेट्टाउँदिन

“म यी मानिसलाई केही कुराको दोषी पाउँदिन”

Luke 23:5

उसले भड्काउँछ

“ ... माझमा समस्या ल्याउँछ”

सारा यहूदिया, र गालीलबाट सुरु गरेर यस ठाँउसम्म

यसलाई एउटा नयाँ वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “सारा यहूदिया । उसले गालीलमा दुःख दिन सुरु गर्‍यो र अहिले यहाँ पनि कष्‍ट दिँदै छ”

Luke 23:6

जब यो सुने

“येशूले गालीलमा सिकाउन सुरु गर्नुभयो भन्‍ने कुरा सुने”

उहाँ गालीली हुनुहुन्थ्यो कि भनेर उनले सोधे

पिलातसले येशू कुन क्षेत्रबाटको हुनुहुन्थ्यो भनेर जान्‍न चाहे ताकि उनीभन्दा तल्‍लो दर्जाको सरकारी अधिकारीले येशूको इन्साफ गरेको उनी चाहन्थे । यदि येशू गालीलबाटको हुनुहुन्थ्यो भने, पिलातसले हेरोदलाई येशूको न्याय गर्न लगाउन सक्थे किनभने गालीलमाथि हेरोदको अधिकार थियो ।

मानिस

यसले येशूलाई जनाउँछ ।

Luke 23:7

जब उनले थाहा पाए

“पिलातसले पत्ता लगाए”

उहाँ त हेरोदको अधिकारमुनि हुनुहुन्थ्यो

यो खण्‍डले हेरोद गालीलका शासक थिए भनेर बुझिएको तथ्यलाई उल्‍लेख गर्दैन । वैकल्‍पिक अनुवादः “येशू हेरोदको अधिकारको मातहतमा हुनुहुन्थ्यो किनभने हेरोदले गालीलमा शासन गर्थे”

उनले पठाए

“पिलातसले पठाए”

जो आँफै ... थिए

यसले हेरोदलाई जनाउँछ ।

ती दिनहरूमा

“त्यो समयमा”

Luke 23:8

उनी धेरै खुसी थिए

“हेरोद अति खुसी थिए”

उनले उहाँलाई हेर्ने इच्छा गरेका थिए

“हेरोदले येशूलाई देख्‍न चाहेका थिए”

उनले उहाँको बारेमा सुनेका थिए

“हेरोदले येशूको बारेमा सुनेका थिए”

उनले आशा गरिरहेका थिए

“हेरोदले आशा गरे”

उहाँद्वारा केही आश्‍चर्यकर्महरू गरिएको

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उहाँले कुनै किसिमको आश्‍चर्यकर्म गरेको”

Luke 23:9

त्यसैले उनले उहाँलाई धेरै शब्दहरूमा प्रश्‍न गरे

“हेरोदले येशूलाई धेरै प्रश्‍नहरू सोधे”

उनलाई कुनै पनि जवाफ दिनुभएन

“जवाफ दिनुभएन” वा “हेरोदलाई उत्तर दिनुभएन”

Luke 23:10

शास्‍त्रीहरू उभिए

“शास्‍त्रीहरू त्यहाँ उभिरहेका थिए”

उहाँलाई जोडदार दोष लगाउँदै

“उग्र रूपले येशूलाई दोष लगाइरहेका” वा “उहाँलाई हर किसिमका अपराधहरूको आरोप लगाइरहेका”

Luke 23:11

हेरोद र उनका सिपाहीहरू

“हेरोद र उनका सिपाहीहरू”

उहाँलाई असल पोशाकहरू पहिराइदिँदै

“उहाँलाई सुन्दर पोशाकहरू लगाइदिए ।” अनुवादले यो येशूलाई आदर गरेर वा वास्ता गरेकोले यसो गरेको हो भन्‍ने सङ्केत दिनुहुँदैन । तिनीहरूले येशूलाई खिसी गर्न र उहाँको खिल्ली उडाउनलाई यसो गरेका थिए ।

Luke 23:12

हेरोद र पिलातस दुवैजना त्यसै दिनदेखि एक-अर्कासँग साथी भएका थिए

अव्यक्त जानकारीचाहिँ यो हो कि तिनीहरू साथी भए किनभने पिलातसले हेरोदलाई येशूको न्याय गर्न दिएको कुरालाई उनले मन पराए । वैकल्‍पिक अनुवादः “हेरोद र पिलातस त्यसै दिन एक अर्कासँग साथी भए किनभने पिलातसले येशूको न्याय गर्नलाई हेरोदकहाँ पठाएका थिए”

किनकि योभन्दा अगाडि तिनीहरूका बीचमा शत्रुता थियो

यो पृष्‍ठभूमि जानकारी हो भनेर देखाउन यस जानकारीलाई कोष्‍ठकमा राखिएको छ । तपाईंको पाठकले बुझ्‍नसक्‍ने ढाँचालाई प्रयोग गर्नुहोस् ।

Luke 23:13

मुख्य पूजाहारीहरू र शासकहरू र मानिसहरूका भीडलाई एकसाथ हुनलाई बोलाए

“मुख्‍य पूजाहारीहरू र शासकहरू र मानिसहरूका भीडलाई सँगै भेट्न आउन बोलाए”

मानिसहरू

पिलातसले भीडलाई आउन बोलाएको कुरा सम्भाव्य छैन । भीड सम्भवतः येशूलाई के हुने थियो भनेर हेर्नलाई त्यहीँ कुरिरहेको थियो । वैकल्‍पिक अनुवादः “भीड अझै पनि त्यहीँ थियो”

Luke 23:14

यी मानिस

यसले येशूलाई जनाउँछ ।

भ्रष्‍ट बनाइरहेको

“उसले ... भन्दै”

तिमीहरूकै सामुन्‍ने यी मानिसलाई मैले प्रश्‍न गरेर

“मैले तिमीहरूको उपस्थितिमा नै येशूलाई प्रश्‍न गरेको छु, र ।” यो आशय दिइएको छ कि तिनीहरू केरकारको प्रक्रियाको लागि साक्षीहरू थिए । वैकल्‍पिक अनुवादः “तिमीहरूलाई यहाँ साक्षीको रूपमा राखेर मैले येशूलाई प्रश्‍न सोधेको छु, र”

म यस मानिसमा कुनै दोष भेट्टाउँदिन

“उनी दोषी छन् जस्तो लाग्‍दैन”

Luke 23:15

जोड्ने कथनः

पिलातस यहूदी अगुवाहरू र भीडसँग कुरा गरिरहन्छन् ।

तर नता हेरोदले

छोटो भनाइमा नसमेटिएको जानकारीलाई थप्दा सहयोगी हुन सक्छ । वैकल्‍पिक अनुवादः “हेरोदलाई पनि उनी दोषी छन् जस्तो लाग्‍दैन” वा “हेरोदले पनि उनी निर्दोष छन् भनी ठान्छन्”

नता हेरोदले दोषी ठान्छन्, किनकि

“नता हेरोदले दोषी ठान्छन्, किनभने” वा “नता हेरोदले दोषी ठान्छन् । हामी यो जान्दछौँ किनभने”

उनले यिनीलाई हामीकहाँ फिर्ता पठाए

“हेरोदले येशूलाई हामीकहाँ नै फर्कन पठायो ।” “हामी” शब्दले पिलातस, उनका सिपाहीहरू, र पूजाहारीहरू र शास्‍त्रीहरूलाई जनाउँछ, तर तिनीहरूलाई जनाउँदैन जसले पिलातसलाई सुनिरहेका थिए ।

यिनले मृत्युदण्ड पाउन योग्य कुनै काम गरेका छैनन्

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उनले मृत्युदण्डको योग्य कुनै कुरा गरेका छैनन्”

Luke 23:16

यसकारण म यिनलाई सजाय दिनेछु

पिलातसले येशूमा कुनै दोष नभेट्टाएकाले उनले उहाँलाई दण्ड बिना नै छोड्नुपर्थ्यो । यो कथनलाई अनुवादमा तार्किक रूपमा अटाउने कोसिस गर्नु जरुरी छैन । पिलातस भीडसँग डराएको कारणले मात्र उनले येशू निर्दोष हुनुहुन्छ भनी जानेर पनि उहाँलाई दण्ड दिए ।

Luke 23:18

सामान्य जानकारीः

पद १९ ले बारब्‍बा को थिए भन्‍ने बारेमा हामीलाई पृष्‍ठभूमि जानकारी बताउँछ ।

तिनीहरूले एकसाथ कराए

“भीडमा भएका सबै मानिस चिच्‍च्याए”

यस मानिसलाई हटाउनुहोस्, तर ... छोड्नुहोस्

“यो मानिसलाई लैजानुहोस् ! ... छोड्नुहोस् ।” तिनीहरूले येशूलाई उनका सिपाहीहरूद्वारा मार्न लाउनलाई उनीसँग मागिरहेका थिए । वैकल्‍पिक अनुवादः “यो मानिसलाई लैजानुहोस् र प्राणदण्ड दिनुहोस् ! ... छोड्नुहोस्”

हाम्रो लागि छोडिदिनुहोस्

“हामीलाई”ले भीडलाई मात्र जनाउँछ, र पिलातस र उनको सिपाहीहरूलाई जनाउँदैन ।

Luke 23:19

त्यो हत्याको ... झ्यालखानामा हालिएको थियो

यो बारब्‍बा को थियो भन्‍ने बारेमा लूकाले दिएको पृष्‍ठभूमि जानकारी हो ।

त्यसलाई झ्यालखानामा हालिएको थियो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसलाई रोमीहरूले झ्यालखानामा हालेका थिए”

सहरमा भएको कुनै विद्रोह

“सहरका मानिसहरूलाई रोमी सरकारको विरुद्धमा विद्रोह गर्नलाई मनाउन कोसिस गरिरहेको”

Luke 23:20

फेरि तिनीहरूलाई सम्बोधन गरे

“फेरि तिनीहरूसँग बोले” वा “फेरि पनि भीडका मानिसहरूसँग र धर्मगुरुहरूसँग बोले”

येशूलाई छोड्ने इच्छा गर्दै

“किनभने उनले येशूलाई छुटाउन चाहन्थे”

Luke 23:22

तब उनले तेस्रो पटक तिनीहरूलाई भने

“पिलातसले भीडलाई तेस्रो पटक फेरि भने”

यो मानिसले के दुष्‍ट काम गरेको छ ?

येशू निर्दोष हुनुहुन्थ्यो भनेर भीडलाई बुझ्‍न लगाउनको लागि पिलातसले यो प्रश्‍नको प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “यी मानिसले कुनै गलत काम गरेका छैनन् !”

मैले यिनीमा मृत्युदण्‍डको सजाय पाउन लायकको केही पाएको छैन

“उनले त्यस्तो केही गरेका छैनन् जसको लागि उनले प्राणदण्‍ड पाउनुपर्छ”

उनलाई सजाय दिइसकेपछि, म उनलाई छोडिदिनेछु

लूका २३:१६ मा जस्तै, पिलातसले येशूलाई दण्‍ड नदिइकन छोडिदिनुपर्थ्यो किनभने उहाँ निर्दोष हुनुहुन्थ्यो । तापनि, भीडलाई शान्त पार्नको लागि उनले येशूलाई दण्‍ड दिने प्रस्ताव राखे ।

म उनलाई छोडिदिनेछु

“म उनलाई स्‍वतन्‍त्र बनाउनेछु”

Luke 23:23

तिनीहरूले जिद्दी गरे

“भीडले जिद्दी गर्‍यो”

उच्‍च स्वरले

“कराउँदै”

उहाँलाई क्रूसमा टाँग्‍न

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “पिलातसले येशूलाई उनका सिपाहीहरूद्वारा क्रूसमा टाँग्‍न लगाउन”

तिनीहरूका आवाजहरूले जित्यो

“तिनीहरूले पिलातसलाई नमनाउञ्‍जेलसम्‍म भीड कराइरह्‌यो”

Luke 23:24

उनीहरूका माग पूरा गरिदिन

“भीडले बिन्ती गरेको कुरा गरिदिनलाई”

Luke 23:25

तिनीहरूले माग गरेको व्यक्तिलाई उनले छोडिदिए

पिलातसले बारब्‍बालाई झ्यालखानाबाट छोडिदिए । वैकल्‍पिक अनुवादः “पिलातसले बारब्बालाई छोडिदिए जसलाई भीडले छोडिदिनलाई मागेको गरेको थियो”

जसलाई हुलदङ्गा गरेको र हत्याको अभियोगमा झ्यालखानामा हालिएको थियो

यो त्यस समयमा बारब्बा कहाँ थियो भन्‍ने बारेमा पृष्‍ठभूमि जानकारी हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसलाई रोमीहरूले हत्याको ... झ्यालखानामा हालेका थिए”

तर उनले येशूलाई तिनीहरूको इच्छाअनुसार सुम्पिदिए

“भीडले जे गर्न चाहेका थिए त्यही गर्नको लागि येशूलाई तिनीहरूकहाँ ल्याउन पिलातसले सिपाहीहरूलाई आदेश दिए”

Luke 23:26

जसै तिनीहरूले उहाँलाई लगे

“जब सिपाहीहरूले येशूलाई पिलातस भएको ठाउँबाट लगे”

तिनीहरूले समाते

रोमी सिपाहीहरूसँग मानिसहरूलाई तिनीहरूका भारी बोक्‍न कर लगाउने अधिकार थियो । यसलाई सिमोनलाई गिरफ्तार गरिएको वा उसले कुनै गलत काम गरेको देखाउने जस्तो गरी अनुवाद नगर्नुहोस् ।

एकजना कुरेनीका सिमोन

“कुरेनीको सहरबाट, एकजना सिमोन नाम गरेका मानिस”

गाउँबाट आउँदै गरेको

“ऊ गाउँबाट यरूशलेमतिर आउँदै थियो” (युडीबी)

उसलाई क्रूस बोक्‍न लगाएर

“उसको काँधमाथि क्रूस राखिदिए”

येशूको पछि

“र ऊ येशूको पछि-पछि आयो”

Luke 23:27

एउटा ठुलो भीड

“एउटा विशाल भीड”

पुरुषहरू, र स्‍त्रीहरूको ठूलो भीड

स्‍त्रीहरू पनि त्यस ठूलो भीडको हिस्सा थिए, र एउटा फाल्‍टो भीड थिएनन् ।

उहाँका लागि विलाप गरे

“येशूको निम्ति विलाप गरे”

उहाँलाई पछ्याइरहेका थिए

यसको अर्थ यो होइन कि तिनीहरू येशूका सिपाहीहरू थिए । यसले तिनीहरू उहाँको पछि-पछि हिँडिरहेका थिए भन्‍ने सामान्य अर्थ दिन्छ ।

Luke 23:28

तिनीहरूतिर फर्केर

यसले सङ्केत गर्छ कि येशू स्‍त्रीहरूतिर फर्कनुभयो र तिनीहरूलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्नुभयो ।

यरूशलेमका छोरीहरू हो

सहरको “छोरी”को अर्थ सहरका स्‍त्रीहरू भन्‍ने हुन्छ । यो रुखो बोली थिएन । यो कुनै स्थानबाटका स्‍त्रीहरूको समूहको निमित्त गरिने सामान्य रूपको सम्बोधन थियो । वैकल्‍पिक अनुवादः “यरूशलेमबाट आएका स्‍त्रीहरू हो”

मेरो लागि नरोओ, तर आफ्नै निम्ति र आफ्ना छोराछोरीहरूका निम्ति रोओ

व्यक्ति चाहिँ त्यस व्यक्तिलाई हुन जाने कुरालाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “मलाई हुने खराब कुराहरूको बारेमा नरोओ । बरु, रोओ किनभने तिमीहरू र तिमीहरूका छोराछोरीहरूलाई झन् खराब कुराहरू हुनेछन्” वा “मलाई भइरहेको खराब कुराहरूको कारण तिमीहरू रोइरहेका छौ, तर तिमीहरू झन् बढी रुनेछौ जब तिमीहरू र तिमीहरूका छोराछोरीहरूलाई झन् खराब कुराहरू हुनेछन्”

Luke 23:29

जोड्ने कथनः

येशूले भीडसँग कुरा गर्न सकाउनुहुन्छ ।

किनभने हेर

यरूशलेमका स्‍त्रीहरूले तिनीहरू आफूहरूका लागि किन विलाप गर्नुपर्छ भन्‍ने कारणलाई यसले परिचय गराउँछ ।

दिनहरू आउँदैछन्

“त्यहाँ छिटै त्यो समय हुनेछ”

जसमा तिनीहरूले भन्‍नेछन्

“जब मानिसहरूले भन्‍नेछन्”

बाँझीहरू

“बच्‍चा नजन्माएका स्‍त्रीहरू”

नजन्माएका गर्भहरू, र दूध नखुवाएका स्तनहरू

यी वाक्यांशहरू “बाँझीहरू”लाई अझ पूर्ण तरिकाले वर्णन गर्नलाई प्रयोग गरिएको छ । ती स्‍त्रीहरूले नता जन्म दिए नता सन्तानलाई दूध खुवाए । यी कुराहरूलाई “बाँझीहरू” शब्दसँग जोडेर लेख्दा सहयोगी हुन सक्छ । वैकल्‍पिक अनुवादः “ती स्‍त्रीहरू जसले कहिल्यै सन्तान जन्माएनन् वा शिशुहरूलाई दूध खुवाएनन्”

तिनीहरूले भन्‍नेछन्

यसले रोमीहरू वा यहूदी अगुवाहरूलाई जनाएको हुन सक्छ, अथवा खास रूपमा कसैलाई पनि नजनाएको हुन सक्छ ।

Luke 23:30

त्यसपछि

त्यस बेलामा

पहाडहरूलाई

वाक्यांशलाई छोटो राख्‍नको लागि शब्दहरूलाई हटाइएको छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले पहाडहरूलाई भन्‍नेछन्”

Luke 23:31

यदि रूख हरियो हुँदै तिनीहरूले यस्ता कुराहरू गर्छन् भने, सुख्खा हुँदा के होला ?

असल समयमा त मानिसहरूले खराब थोकहरू गरिरहेका भने तिनीहरूले भविष्यमा आउने खराब समयहरूमा निश्‍चित रूपमा अझ धेरै खराब थोकहरू गर्नेछन् भन्‍ने कुरा भीडलाई बुझ्‍न सहायता गराउनलाई येशूले एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरू देख्छौ कि रूख हरियो हुँदा त तिनीहरूले यी खराब थोकहरू गरिरहेका छन् भने रूख सुक्‍दा तिनीहरूले अझ धेरै खराब कुराहरू गर्नेछन् भन्‍ने कुरामा तिमीहरू निश्‍चित हुन सक्छौ ।”

रूख हरियो छ

हरियो रूख केही असल कुराको निम्ति एउटा अलङ्कार हो । यदि तपाईंको भाषामा यस्तै अलङ्कार छ भने तपाईंले यसलाई यहाँ प्रयोग गर्नुपर्छ ।

यो सुख्खा छ

सुक्खा काठ भनेको केही त्यस्तो कुराको लागि अलङ्कार हो जुन केवल बाल्नलाई मात्र उपयोगी छ ।

Luke 23:32

अब अरू दुई जना अपराधीहरूलाई पनि उहाँसँगै मारिनलाई लगिँदै थियो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “सिपाहीहरूले येशूसँगै अरू दुई जना अपराधीहरूलाई पनि मार्नलाई लगे”

अरू दुई जना अपराधीहरू

“अन्य दुई मानिसहरू जो अपराधीहरू थिए” वा “दुई अपराधीहरू ।” लूकाले “अरू अपराधीहरू” भनेर भन्‍दैनन् किनभने उहाँलाई एक अपराधी झैँ व्यवहार गरिएपनि येशू निर्दोष हुनुहुन्थ्यो । लूकाले अरू दुई मानिसहरूलाई अपराधीहरू भन्छन्, तर येशूलाई होइन । लूकाले “अरू अपराधीहरू” भनेर भन्‍दैनन् किनभने उहाँलाई एक अपराधी झैँ व्यवहार गरिएपनि येशू निर्दोष हुनुहुन्थ्यो । लूकाले अरू दुई मानिसहरूलाई अपराधीहरू भन्छन्, तर येशूलाई होइन ।

Luke 23:33

जब तिनीहरू आए

“तिनीहरू” शब्दले सिपाहीहरू, अपराधीहरू र येशूलाई समावेश गर्छ ।

तिनीहरूले उहाँलाई क्रूसमा टाँगे

“रोमी सिपाहीहरूले येशूलाई क्रूसमा टाँगे”

एउटालाई उहाँको दायाँपट्टि र अर्कालाई उहाँको बायाँपट्टि

“तिनीहरूले एउटा अपराधीलाई येशूको दाहिनेपट्टि क्रूसमा टाँगे र अर्को अपराधीलाई येशूको बायाँपट्टि क्रूसमा टाँगे”

Luke 23:34

तिनीहरूले चिट्ठा हाले

सिपाहीहरू एक किसिमको जुवामा सहभागी भए । वैकल्‍पिक अनुवादः “तिनीहरूले जुवा खेले”

उहाँका वस्‍त्रहरू भाग गरेर, तिनीहरूले चिट्ठा हाले

“सिपाहीहरू माझमा कसले येशूको हरेक लुगा घर लाने भनी निर्णय गर्न चिट्ठा हाले”

Luke 23:35

मानिसहरू छेउमा उभिए

“मानिसहरू त्यहाँ उभिरहेका थिए”

उसले ...

यसले येशूलाई जनाउँछ ।

उसले अरूहरूलाई बचायो । उसले आफैँलाई बचाओस्

लूकाले शासकहरूका व्यङ्गात्मक वचनहरूको अभिलेख राख्छन् । येशूले अरूहरूलाई बचाउन सक्‍ने एउटै मात्र उपाय भनेको उहाँले आफैँलाई बचाउनको साटोमा मर्नुभएर थियो ।

उसले आफैँलाई बचाओस्

“येशू आफैँलाई बचाउन सक्षम हुनुपर्छ ।” तिनीहरूले येशूलाई गिज्याउन यसो भने । उहाँले आफैँलाई बचाउन सक्‍नुहुन्थ्यो भनेर तिनीहरूले विश्‍वास गर्दैनथे । वैकल्‍पिक अनुवादः “उसले आफैँलाई क्रूसबाट बचाएर ऊ को हो भनी प्रमाणित गरेको हामी हेर्न चाहन्छौँ”

चुनिएको जन

“एक जना जसलाई परमेश्‍वरले चुन्‍नुभयो”

Luke 23:36

उहाँ

येशू

नजिक आउँदै

“येशूको छेउमा आउँदै”

सिर्का दिँदै

“येशूलाई पिउनलाई सिर्का दिँदै ।” सिर्का भनेको सस्तो पेय पदार्थ हो जुन साधारण मानिसहरूले पिउँछन् । सिपाहीहरूले सस्तो मूल्यको पेय पदार्थ आफू राजा भएको दाबी गर्ने कोही व्यक्तिलाई दिएर येशूको गिल्‍ला गरिरहेका थिए ।

Luke 23:37

यदि तँ यहूदीहरूको राजा होस् भने, आफैँलाई बचा

सिपाहीहरूले येशूलाई खिसी गरिरहेका थिए । वैकल्‍पिक अनुवादः “तँ यहूदीहरूको राजा होस् भनेर हामी विश्‍वास गर्दैनौँ, तर यदि तँ होस् भने, आफैँलाई बचाएर हामीलाई गलत प्रमाणित गर् !”

Luke 23:38

उहाँ माथि एउटा चिन्ह

“येशूको क्रूसमाथि एउटा पाटी जसमा लेखिएको थियो”

यो यहूदीहरूको राजा हो

येशूको माथिल्तिर यो चिन्ह राख्‍ने मानिसहरूले उहाँको गिल्‍ला गरिरहेका थिए । उहाँ राजा हुनुहुन्थ्यो भनेर तिनीहरूले वास्तवमै ठान्दैनथे ।

Luke 23:39

उहाँको अपमान गर्‍यो

“येशूको अपमान गर्‍यो”

के तिमी ख्रीष्‍ट होइनौ ? आफैँलाई बचाऊ

त्यो अपराधीले येशूको गिल्‍ला गर्न एउटा प्रश्‍नको प्रयोग गर्छ । वैकल्‍पिक अनुवादः “तिमी ख्रीष्‍ट भएको दाबी गर्छौ । आफैँलाई बचाऊ” वा “यदि तिमी साँच्‍चै ख्रीष्‍ट हौ भने, तिमीले आफैँलाई बचाउने थियौ”

आफैँलाई र हामीलाई बचाऊ

येशूले तिनीहरूलाई क्रूसबाट उद्धार गर्न सक्‍नुहुन्थ्यो भनेर त्यस अपराधीले वास्तवमै ठान्दैनथ्यो ।

Luke 23:40

अर्कोले त्यसलाई हप्कायो

“अर्को अपराधीले त्यसलाई हप्कायो”

के तँ परमेश्‍वरको डर मान्दैनस्, किनकि तैँले पनि उही दण्ड भोगिरहेछस् ?

त्यो अपराधीले अर्को अपराधीलाई हप्‍काउनलाई एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “तैँले परमेश्‍वरको डर मान्‍नुपर्छ किनभने तिनीहरूले तँलाई त्यही तरिकाले दण्‍ड दिइरहेका छन् जुन तरिकाले तिनीहरूले उहाँलाई दण्‍ड दिइरहेका छन्” वा “तँसँग परमेश्‍वरको डर नभएको हुनुपर्छ, किनकि तँ उहाँ जस्तै क्रूसमा टाँगिइरहँदा पनि उहाँको गिल्‍ला गर्छस्”

Luke 23:41

हामी त ... हामीले पाइरहेका छौँ ... हामीले ... गर्‍यौँ

“हामी” शब्दको यी प्रयोगहरूले केवल ती दुई अपराधीहरूलाई मात्र जनाउँछ, र येशू वा अरू मानिसहरूलाई जनाउँदैन ।

हामी वास्तवमा ... न्यायोचित रूपले ...

“साँच्‍चै, हामी यो दण्डको योग्य छौँ”

यी मानिस

यसले येशूलाई जनाउँछ ।

Luke 23:42

तब उसले भन्यो

“त्यो अपराधीले यसो पनि भन्यो”

मलाई सम्झनुहोस्

“मेरो बारेमा सोच्‍नुहोस् र मलाई असल व्यवहार गर्नुहोस्”

जब तपाईं आफ्‍नो राज्यमा आउनुहुन्छ

कुनै राज्य “भित्र आउनु”ले शासन गर्न सुरु गर्ने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “राजाको रूपमा शासन गर्न थाल्नुहुँदा”

Luke 23:43

साँच्‍चै म तिमीलाई भन्दछु, आज

“साँच्‍चै” शब्दले येशूले भनिरहनुभएको कुरामा जोड थप्छ । वैकल्‍पिक अनुवादः “तिमीले जानेको म चाहन्छु कि आज”

स्वर्गलोक

यो धर्मी मानिसहरू मरेपछि तिनीहरू जाने ठाउँ हो । येशूले त्यस मानिसलाई ऊ परमेश्‍वरसँग हुने थियो र परमेश्‍वरले उसलाई स्वीकार गर्नुहुने थियो भनी विश्‍वस्त पार्दै हुनुहुन्थ्यो । वैकल्‍पिक अनुवादः “धर्मी मानिसहरू बस्‍ने ठाउँ” वा “मानिसहरू राम्ररी बस्‍नसक्‍ने ठाउँ”

Luke 23:44

छैटौँ घडीको बेलातिर

“मध्यान्‍न हुन लागेको बेलामा ।” यसले त्यस बेलाको समय मापन गर्ने चलनलाई देखाउँछ जुन बिहानको ६ बजे सुरु हुन्थ्यो ।

सारा देशलाई अन्धकारले ढाक्यो

“सम्पूर्ण मुलुक अन्धकार भयो”

नवौँ घडीसम्म

“दिउँसोको तिन बजेसम्म ।” यसले त्यस बेलाको समय मापन गर्ने चलनलाई देखाउँछ जुन बिहानको ६ बजे सुरु हुन्थ्यो ।

Luke 23:45

जसै सूर्य अँध्यारो भयो

यसले सूर्यास्तलाई जनाउँदैन । बरु, सूर्यको उज्यालो मध्य दिनमै अँध्यारो भयो । सूर्य अस्ताइरहेको भन्दा पनि सूर्य अँध्यारो भइरहेको भनेर वर्णन गर्ने कुनै शब्दको प्रयोग गर्नुहोस् ।

मन्दिरको पर्दा

“मन्दिर भित्रको पर्दा ।” यो त्यो पर्दा थियो जसले महापवित्र स्थानलाई बाँकीको मन्दिरबाट अलग गर्थ्यो ।

मन्दिरको पर्दा बीचबाट दुई भाग भएर च्यातियो

“मन्दिरको पर्दा दुई टुक्रा भएर च्यातियो ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले मन्दिरको पर्दालाई माथिदेखि तलसम्म दुई भाग बनाएर च्यात्‍नुभयो”

Luke 23:46

ठूलो स्वरमा चिच्‍च्याउनुभएर

“ठूलो स्वरले कराउनुहुँदै ।” यो कसरी अघिल्‍ला पदहरूका घटनाहरूसँग सम्बन्धित छ भन्‍ने कुरालाई देखाउँदा सहयोगी हुन सक्छ । वैकल्‍पिक अनुवादः “जब त्यो भयो, येशू ठूलो स्वरले कराउनुभयो”

पिता

यो परमेश्‍वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।

म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु

“तपाईंको हातमा” भन्‍ने वाक्यांशले परमेश्‍वरको रेखदेखलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “म मेरा आत्मालाई तपाईंको हेरचाहमा सुम्पन्छु” वा “तपाईंले हेरचाह गर्नुहुन्छ भन्‍ने जानेर म मेरो आत्मा तपाईंलाई दिँदै छु”

अब यसो भनेर

“येशूले यो भन्‍नुभएपछि”

उहाँले आफ्‍नो अन्तिम सास फेर्नुभयो

“येशू मर्नुभयो”

Luke 23:47

कप्‍तान

यो रोमी अधिकारीको लागि भएको एउटा उपाधि हो जसले रोमी सिपाहीहरूलाई खटन गर्थे । उनले क्रूसमा टँगाउने कामको पर्यवेक्षण गरेका थिए ।

जे भयो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ती सबै कुराहरू जे भएका थिए”

यी मानिस धर्मी थिए

“यी मानिसले त्यस्तो केही गरेका छैनन् जुन गलत छ” वा “यी मानिसले कुनै गलत काम गरेका छैनन्”

Luke 23:48

भीडहरू

मानिसहरूका ठूला समूहहरू

जो सँगै आएका थिए

“जो सँगै भेला भएका थिए”

यो दृश्‍यको लागि

“यो घटना हेर्न” वा “के भइरहेको थियो भनेर अवलोकन गर्न”

ती कुराहरू जुन भएका थिए

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जे भएका थिए”

... पिट्दै फर्के

“ ... पिट्दै तिनीहरूका घर फर्के” (युडीबी)

तिनीहरूका छाती पिट्दै

यो दुःख र पछुतोको चिन्ह थियो । वैकल्‍पिक अनुवादः “तिनीहरू कति शोकमा छन् भनी देखाउनलाई आफ्नो छाती पिट्दै”

Luke 23:49

जसले उहाँलाई पछ्याउँथे

“येशूसँगै यात्रा गर्थे”

टाढै उभिएर

“येशूबाट केही पर रहेर”

यी कुराहरू

“जे भयो”

Luke 23:50

सामान्य जानकारीः

योसेफले पिलातससँग येशूको शरीर माग्छन् । यी पदहरूले योसेफ को थिए भन्‍ने बारेमा हामीलाई पृष्‍ठभूमि जानकारी दिन्छन् । यूएसटीले गरेको जस्तै गरी केही जानकारीको क्रमलाई पुनः मिलाएर पदको पुलसँग राख्दा सहयोगी हुन सक्छ ।

अब त्यहाँ एउटा मानिस थियो

“हेर” शब्दले हामीलाई कथामा एउटा नयाँ व्यक्तिबारे सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ । वैकल्‍पिक अनुवादः “त्यहाँ एउटा मानिस थियो जो”

एकजना परिषद्को सदस्य

“यहूदी परिषद्”

Luke 23:51

उनी परिषद्को निर्णय र तिनीहरूका कार्यसँग सहमत थिएनन्

निर्णय के थियो भन्‍ने कुरालाई प्रस्‍टसँग उल्‍लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कि त येशूलाई मार्ने परिषद्को निर्णयसँग वा उहाँलाई मार्नमा तिनीहरूको कार्यसँग”

उनी अरिमाथियाबाटका थिए

यहाँ “यहूदिया सहर”को अर्थ यो यहूदियामा अवस्थित थियो भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “अरिमाथिया भनिने सहर, जुन यहूदियामा छ”

Luke 23:52

येशूको शरीर माग्‍नलाई उनी पिलातसकहाँ गए

“यी मानिस पिलातसकहाँ गए र येशूको शरीरलाई गाड्नको लागि त्यो पाउन अनुरोध गरे”

Luke 23:53

उनले त्यसलाई तल ल्याए

“योसेफले येशूको शरीरलाई क्रूसबाट लगे”

त्यसलाई सफा मलमलको कपडामा बेह्रे

“शरीरलाई मलमलको राम्रो कपडामा बेह्रे ।” यो त्यस समयको दफन गर्ने सामान्य चलन थियो ।

जुन चट्टानमा कपेर बनाइएको थियो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “एउटा चिहान जसलाई कसैले चट्टानको पहरामा काटेर बनाएको थियो”

जहाँ कहिल्यै कसैलाई राखिएको थिएन

यसलाई एउटा नयाँ वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “त्यस चिहानमा पहिले कसैले पनि लाशलाई राखेको थिएन”

Luke 23:54

तयारीको दिन

“त्यो दिन जब मानिसहरू शबाथ भनिने यहूदी विश्रामको दिनको लागि तयार हुन्थे”

विश्राम दिन सुरु हुनै लागेको थियो

यहूदीहरूको लागि, दिन चाहिँ सूर्यास्तमा सुरु हुन्थ्यो । वैकल्‍पिक अनुवादः “चाँडै घाम अस्ताउँदै थियो, अर्थात् विश्राम दिनको सुरुवात”

Luke 23:55

जो गालीलदेखि येशूसँगै आएका थिए

“जसले गालीलको क्षेत्रदेखि येशूसँगै यात्रा गरेका थिए”

पछ्याए र चिहान अनि उहाँको शरीरलाई कसरी राखिएको थियो भनेर हेरे

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुावदः “योसेफ र उनीसँग भएका मानिसहरूसँगै तिनीहरूको पछाडि-पछाडि हिँडे; स्‍त्रीहरूले चिहान अनि मानिसहरूले उहाँको शरीरलाई चिहानभित्र कसरी राखेका थिए भनेर देखे”

Luke 23:56

तिनीहरू फर्के

“ती स्‍त्रीहरू तिनीहरू बस्‍ने घरहरूतिर गए”

सुगन्धित द्रव्य र अत्तरहरू तयार गरे

किनकि तिनीहरूसँग उहाँको शरीरमा सुगन्धित द्रव्य र अत्तरहरू लगाएर येशूलाई सम्‍मान गर्ने कुनै समय थिएन, तिनीहरूले सो कुरा हप्‍ताको पहिलो दिनको बिहानै गर्न गइरहेका थिए । वैकल्‍पिक अनुवादः “येशूको शरीरमा लाउनलाई सुगन्धित द्रव्य र अत्तरहरू तयार पारे”

तिनीहरूले विश्राम गरे

“ती स्‍त्रीहरूले कुनै काम गरेनन्”

आज्ञा अनुसार

“यहूदी व्यवस्था अनुसार” वा “यहूदी व्यवस्थाले माग गरेअनुरूप ।” व्यवस्था अनुसार तिनीहरूले उहाँको शरीरलाई विश्रामको दिनमा तयारी गर्न मिल्दैनथ्यो ।


Translation Questions

Luke 23:2

येशूको विरुद्धमा यहूदी अगुवाहरूले पिलातसको सामु कस्तो दोष लगाए ?

तिनीहरूले यसो भने, कि येशूले तिनीहरूको देश भाँड्दै गरेको, कैसरलाई कर तिर्न मनाही गरेको र ऊ आफैँलाई ख्रीष्‍ट राजा भनेको भेट्टाए । [२३:२]

Luke 23:4

येशूलाई प्रश्‍न गरिसकेपछि पिलातसले उहाँको बारेमा के भने ?

उनले भने, “यी मानिसमा म कुनै पनि दोष भेट्टाउँदिनँ” । [२३:४]

Luke 23:8

किन हेरोदले येशूलाई हेर्न चाहन्थे ?

येशूले आश्‍चर्यकर्म गरेको हेरोदले हेर्न चाहन्थे । [२३:८]

Luke 23:9

हेरोदको प्रश्‍नको जवाफ येशूले कसरी दिनुभयो ?

उहाँले उनलाई कुनै पनि जवाफ दिनुभएन । [२३:९]

Luke 23:14

जब येशू पिलातसकहाँ फर्कनुभयो, तब येशूको बारेमा पिलातसले त्यो भिडलाई के भने ?

उनले भने, “तिमीहरूले लगाएको आरोपको दोष मैले यी मानिसमा भेट्टाइनँ” । [२३:१४]

Luke 23:18

निस्तार-चाडको बेलामा भिडले कैदबाट कसलाई छोडियोस् भनी चाहना गर्‍यो ?

तिनीहरूले एक जना अपराधी बारब्बालाई चाहन्थे । [२३:१८]

Luke 23:21

येशूलाई के गर्नैपर्छ भन्दै भिड चिच्‍च्‍यायो ?

“त्यसलाई क्रुसमा झुन्ड्याओ, क्रुसमा झुन्ड्याओ” भन्दै तिनीहरू चिच्‍च्‍याए । [२३:२१]

Luke 23:22

तेस्रो पटक पिलातसले येशूको बारेमा भिडलाई के भने ?

पिलातसले भने, “मैले यिनमा मृत्युदण्ड दिने कुनै दोष पाइनँ” । [२३:२२]

Luke 23:24

अन्तमा भिडले माग गरेअनुसार येशूलाई क्रुसमा टाँग्‍न पिलातसले किन अनुमति प्रदान गरे ?

किनकि तिनीहरूले ठुलो स्वरले जिद्दी गरिरहे । [२३:२४]

Luke 23:26

येशूको क्रुस कसले बोक्यो, र येशूको पछाडि को हिँड्यो ?

कुरेनीका सिमोनले येशूको क्रुसलाई बोके । [२३:२६]

Luke 23:28

यरूशलेमकी स्‍त्रीहरूलाई उहाँको सट्टामा रोओ भनेर येशूले कसलाई भन्‍नुभयो ?

तिनीहरू तिनीहरूका छोराछोरी र आफ्नै निम्ति रुनुपर्थ्यो । [२३:२८]

Luke 23:32

येशूसँगै क्रुसमा कसलाई टाँगियो ?

येशूसँगै दुई जना अपराधीलाई क्रुसमा टाँगियो । [२३:३२]

Luke 23:34

उहाँलाई क्रुसमा टाँगिरहेकाहरूका निम्ति येशूले के भनेर क्रुसबाटै प्रार्थना गर्नुभयो ?

उहाँले प्रार्थना गर्नुभयो, “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनभने तिनीहरूले के गर्दै छन् सो जान्दैनन् ।” । [२३:३४]

Luke 23:35

ती मानिसहरू, सिपाहीहरू र ती अपराधीहरूमध्ये एक जनाले पनि ख्रीष्‍ट हो भन्‍ने कुराको दाबी गर्नलाई सबै जनाले येशूलाई के गर्न चुनौती दिए ?

आफैँलाई बचाऊ भनी तिनीहरूले चुनौती दिए । [२३:३५,३७,३९]

Luke 23:37

ती मानिसहरू, सिपाहीहरू र ती अपराधीहरूमध्ये एक जनाले पनि ख्रीष्‍ट हो भन्‍ने कुराको दाबी गर्नलाई सबै जनाले येशूलाई के गर्न चुनौती दिए ?

आफैँलाई बचाऊ भनी तिनीहरूले चुनौती दिए । [२३:३५,३७,३९]

Luke 23:38

येशूको शिरमाथि टाँगिएको चिह्नमा के लेखिएको थियो ?

“यो यहूदीहरूका राजा हो” भनेर लेखिएको थियो । [२३:३८]

Luke 23:39

ती मानिसहरू, सिपाहीहरू र ती अपराधीहरूमध्ये एक जनाले पनि ख्रीष्‍ट हो भन्‍ने कुराको दाबी गर्नलाई सबै जनाले येशूलाई के गर्न चुनौती दिए ?

आफैँलाई बचाऊ भनी तिनीहरूले चुनौती दिए । [२३:३५,३७,३९]

Luke 23:42

दोस्रो अपराधीले येशूलाई के बिन्ती गर्‍यो ?

उसले भर्‍यो, “येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा, मलाई सम्झनुहोस्” । [२३:४२]

Luke 23:43

दोस्रो अपराधीले येशूलाई के बिन्ती गर्‍यो ?

उसले भर्‍यो, “येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा, मलाई सम्झनुहोस्” । [२३:४३]

Luke 23:44

येशूको मृत्यु हुनुभन्दा अगाडि तुरुन्तै कस्तो खालको आश्‍चर्य घटना घट्यो ?

त्यस ठाउँमा अँध्यारो भयो र मन्दिरमा भएको पर्दा बिचबाट तलसम्मै च्यातियो । [२३:४४-४५]

Luke 23:45

येशूको मृत्यु हुनुभन्दा अगाडि तुरुन्तै कस्तो खालको आश्‍चर्य घटना घट्यो ?

त्यस ठाउँमा अँध्यारो भयो र मन्दिरमा भएको पर्दा बिचबाट तलसम्मै च्यातियो । [२३:४४-४५]

Luke 23:47

येशूको मृत्युपछि येशूको बारेमा ती कप्‍तानले के भने ?

उनले भने, “निश्‍चय नै यिनी एक धार्मिक मानिस थिए” । [२३:४७]

Luke 23:52

येशूको मृत्युपछि अरिमाथियाका योसेफले के गरे ?

उनले पिलातससँग येशूको शरीर मागे र यसलाई एउटा चिहानमा राखे । [२३:५२-५३]

Luke 23:53

येशूको मृत्युपछि अरिमाथियाका योसेफले के गरे ?

उनले पिलातससँग येशूको शरीर मागे र यसलाई एउटा चिहानमा राखे । [२३:५२-५३]

Luke 23:54

जब येशूलाई गाडियो कुनचाहिँ दिन सुरु हुनै लागेको थियो ?

विश्राम दिन सुरु हुनै लागेको थियो । [२३:५४]

Luke 23:56

विश्राम दिनमा येशूसँगै भएका स्‍त्रीहरूले के गरे ?

परमेश्‍वरको आज्ञाअनुसार तिनीहरूले आराम गरे । [२३:५६]


Chapter 24

1 हप्‍ताको पहिलो दिन सबेरै आफूले तयार गरेको सुगन्धित मसला लिएर तिनीहरू चिहानमा आए । 2 तिनीहरूले चिहानबाट ढुङ्गा हटाइएको भेट्टाए । 3 तिनीहरू भित्र पसे, तर प्रभु येशूको शरीरलाई भेट्टाएनन् । 4 जब तिनीहरू यस विषयमा अन्योलमा परिरहेका थिए, तुरुन्तै चम्किलो वस्‍‍त्र लगाएका दुई जना मानिस तिनीहरूको छेउमा उभिए । 5 ती स्‍‍त्रीहरू डरले भरिएर आफ्नो अनुहार भुइँतिर निहुराइरहेका थिए, तिनीहरूले स्‍‍त्रीहरूलाई भने, “किन तिमीहरू जीवितलाई मृतकहरूका बीचमा खोज्छौ? 6 उहाँ यहाँ हुनुहुन्‍न, तर जीवित हुनुभएको छ! उहाँ गालीलमा नै हुनुहुँदा तिमीहरूलाई यसो भन्‍नुभएको सम्झ, 7 मानिसका पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु, र क्रूसमा टाँगिनु, र तेस्रो दिनमा फेरि जीवित हुन आवश्यक छ ।” 8 तब ती स्‍‍त्रीहरूले उहाँका वचनलाई सम्झे 9 र चिहानबाट फर्के, र ती सबै कुराहरू एघार जना र बाँकी सबैलाई बताइदिए । 10 अब मरियम मग्दलिनी, योअन्‍ना, याकूबकी आमा मरियम र तिनीहरूसँग भएका अरू स्‍‍त्रीहरूले प्रेरितहरूलाई ती सबै कुराहरूको जानकारी गराए । 11 तर यो सन्‍देश प्रेरितहरूलाई बेकारको कुराजस्तो लाग्यो, र तिनीहरूले ती स्‍‍त्रीहरूलाई विश्‍वास गरेनन् । 12 यद्यपि पत्रुस उठे, र चिहानतिर दौडेर गए, र निहुरेर भित्र हेर्दा सूती कपडाको पट्टीलाई देखे । तब पत्रुस जे भएको थियो त्यसमा अचम्म मान्दै आफ्नो घर तर्फलागे । 13 हेर, तिनीहरूमध्ये दुई जना त्यही दिन इम्माउस नाउँ भएको गाउँतिर गइराखेका थिए, जुन यरूशलेमबाट साठी स्टेडिया टाढा थियो । 14 जे भएको थियो, ती सबै कुराको विषयमा तिनीहरूले एक-अर्कामा छलफल गरे । 15 तिनीहरू छलफल र एकसाथ प्रश्‍न गरिरहेका बेलामा येशू आफैं तिनीहरूको नजिक आउनुभयो र तिनीहरूसँगै जानुभयो । 16 तर तिनीहरूका आँखा उहाँलाई नचिन्‍ने बनाइएका थिए । 17 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू दुवै जना हिंड्दै गर्दा के को विषयमा कुरा गरिरहेछौ?” उदास भएर तिनीहरू त्यहाँ उभिए । 18 तिनीहरूमध्ये क्लेओपास नाउँ गरेका एक जनाले उहाँलाई जवाफ दिए, ”यी दिनहरूमा यरूशलेममा भएका कुराहरू थाहा नपाउने व्यक्‍ति के तपाईं मात्रै एक हुनुहुन्छ?” 19 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के कुराहरू ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “येशू नासरीसँग सम्बन्धित कुराहरू, जो एक अगमवक्‍ता हुनुहुन्थ्यो, परमेश्‍वर र सबै मानिसहरूको अगाडि काम र वचनमा शक्‍तिशाली हुनुहुन्थ्यो, 20 र कसरी मुख्य पूजाहारीहरू र हाम्रा शासकहरूले उहाँलाई दोष लगाएर मृत्युदण्ड दिए र उहाँलाई क्रूसमा टाँगे । 21 तर इस्राएललाई उद्धार गर्न गइरहेको एक जना उहाँ ने हुनुहुन्थ्यो भनी हामीले आशा राखेका थियौं । यी सबै कुराबाहेक, यी सबै कुरा हुन आएको आज तेस्रो दिन भइसक्यो । 22 तरै पनि, बिहान सबेरै उहाँको चिहानमा गएर, हाम्रो समूहका केही स्‍‍त्रीहरूले हामीलाई आश्‍चर्यचकित पारे, । 23 तिनीहरूले उहाँको शरीरलाई नभेट्टाउँदा, तिनीहरू यसो भन्दै आए कि, तिनीहरूले स्वर्गदूतहरूको दर्शन पनि पाए, जसले उहाँ जीवित हुनुहुन्‍थ्यो भने । 24 हामीसँग भएका केही मानिसहरू चिहानमा गए, र थाहा पाए कि स्‍‍त्रीहरूले भनेजस्तै भएको थियो । तर तिनीहरूले उहाँलाई देखेनन् ।” 25 येशूले तिनीहरूलाई भन्‍नुभयो, “हे मूर्ख मानिसहरू र अगमवक्‍ताहरूले भनेका सबै कुराहरूमा विश्‍वास गर्न सुस्त हृदय भएकाहरू हो! 26 के ख्रीष्‍टले यी कुराहरू भोग्‍न र आफ्नो महिमामा प्रवेश गर्न आवश्यक थिएन र?” 27 तब मोशादेखि लिएर सबै अगमवक्‍ताहरूद्वारा सबै धर्मशास्‍‍त्रमा आफ्नो विषयमा भनिएका कुराहरू येशूले तिनीहरूलाई व्याख्या गरिदिनुभयो । 28 तिनीहरू जुन गाउँतिर गइरहेका थिए, तिनीहरू त्यसको नजिकै पुग्दा येशूले अझै पर जानेजस्तै गर्नुभयो । 29 तर तिनीहरूले उहाँलाई यसो भन्दै कर गरे, “हामीसँगै बस्‍नुहोस्, किनकि साँझ पर्न लाग्यो र लगभग दिन बितिसक्यो ।” त्यसैले येशू तिनीहरूसँगै बस्‍न भित्र जानुभयो । 30 जब उहाँ तिनीहरूसँग खान बस्‍नुभयो, तब उहाँले रोटी लिनुभयो, आशिष्‌‌ दिनुभयो र त्यसलाई भाँचेर तिनीहरूलाई दिनुभयो । 31 तब तिनीहरूका आँखा खुले, र तिनीहरूले उहाँलाई चिने, र उहाँ तिनीहरूका द‍ृष्‍टिबाट हराउनुभयो । 32 तिनीहरूले एक अर्कालाई भने, "उहाँ हामीसँग बाटोमा बोल्नुहुँदा, उहाँले हामीलाई धर्मशास्‍‍त्रको अर्थ खोलिदिनुहुँदा के हाम्रो हृदय प्रज्वलित भइरहेको थिएन र?" 33 त्यसै घडी तिनीहरू उठे, र यरूशलेममा फर्के । तिनीहरूले एघार जना र उनीहरूसँग भएकाहरूलाई जम्मा भएर यसो भनिरहेका भेट्टाए, 34 “साँच्‍चै प्रभु जीवित हुनुभएको रहेछ, र सिमोनकहाँ देखा पर्नुभएको रहेछ ।” 35 त्यसकारण बाटोमा भएका कुराहरू तिनीहरूले बताए र येशूले रोटी भाँच्‍ने बेलामा आफूलाई तिनीहरूकहाँ कसरी प्रकट गर्नुभयो, सो पनि बताए । 36 जसै तिनीहरूले ती कुराहरू भन्दै थिए, येशू आफैं तिनीहरूका बीचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस् ।” 37 तर तिनीहरू भयभीत भए र डरले भरिए, र तिनीहरूले एउटा आत्मा देखे भनी ठाने । 38 येशूले तिनीहरूलाई भन्‍नुभयो, “किन तिमीहरू दुःखित हुन्छौ? किन तिमीहरूका हृदयमा प्रश्‍नहरू उठ्छन्? 39 मेरा हात र खुट्टा हेर, यो म आफैं हुँ । मलाई छोएर हेर । किनकि आत्माको मासु र हड्डी हुँदैन, जसरी तिमीहरूले ममा भएको देखेका छौ ।” 40 जब उहाँले यो भनी सक्‍नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हात र खुट्टा देखाउनुभयो । 41 तर तिनीहरू खुसीले पत्यार गर्न नसकी अचम्मित भइरहेकै बेला येशूले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूसँग केही खानेकुरा छ?” 42 तिनीहरूले उहाँलाई पकाएको माछाको एक टुक्रा दिए, 43 र उहाँले त्यो लिनुभयो, र तिनीहरूकै सामु खानुभयो । 44 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जब म तिमीहरूसँग थिएँ, मैले तिमीहरूलाई भनेको थिएँ कि मोशाको व्यवस्था, अगमवक्‍ताहरूको पुस्तक र भजनसङ्ग्रहको पुस्तकमा लेखिएका सबै कुराहरू पूरा हुनैपर्छ ।” 45 तब तिनीहरूले धर्मशास्‍‍त्र बुझ्‍न सकून् भनेर उहाँले तिनीहरूको विवेक खोली दिनुभयो । 46 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसो लेखिएको छ, ख्रीष्‍टले कष्‍ट भोग्‍नुपर्छ, र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नुपर्छ । 47 यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पश्‍चात्ताप र पाप क्षमाको बारेमा प्रचार गर्नुपर्छ । 48 तिमीहरू यी कुराहरूका साक्षी छौ । 49 हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूका लागि पठाउँदैछु । तर माथिबाट शक्‍ति प्राप्‍त नगरेसम्म तिमीहरू यही सहरमा बस ।” 50 त्यसपछि तिनीहरू बेथानी नपुगेसम्म येशूले तिनीहरूलाई अगुवाइ गर्नुभयो । उहाँले आफ्ना हात उचालेर तिनीहरूलाई आशिष्‌‌ दिनुभयो । 51 त्यसपछि उहाँले तिनीहरूलाई आशिष्‌‌ दिँदै गर्नुहुँदा उहाँ तिनीहरूलाई छोडेर स्वर्गतिर उचालिनुभयो । 52 त्यसैले तिनीहरूले उहाँको आराधना गरे र बडो आनन्दसाथ यरूशलेम फर्के । 53 तिनीहरू निरन्तर परमेश्‍वरलाई धन्यको भन्दै मन्दिरमा रहे ।

लूका २४ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

चिहान

येशू गाडिनुभएको चिहान (लूका २४:१) त्यो प्रकारको चिहान थियो जसमा धनाढय यहूदी परिवारहरूले तिनीहरूका मृतहरूलाई गाड्थे । यो चट्टानमा खोपेर बनाइएको वास्तविक कोठा थियो । त्यसको एक छेउमा फराकिलो स्थान थियो जहाँ तिनीहरूले शरीरलाई तेल र मसालाहरू लगाएर कपडाले बेह्रिसकेपछि त्यसलाई राख्‍न सक्थे । तिनीहरूले चिहानको अगाडि एउटा ठूलो ढुङ्गा गुडाइदिन्थे ताकि कसैले पनि भित्रपट्टि देख्‍न वा प्रवेश गर्न नसकोस् ।

स्‍त्रीहरूको विश्‍वास

अधिकांश लूकाका मूल पाठकहरूले स्‍त्रीहरूलाई पुरुषहरूभन्दा कम महत्त्वपूर्ण भएको ठानेका हुन सक्छन्, तर लूकाले होशियारीका साथ देखाउँछन् कि केही स्‍त्रीहरूले येशूलाई धेरै ज्यादा प्रेम गर्थे र बाह्र चेलाहरूले भन्दा बढी विश्‍वास गर्थे ।

पुनरुत्थान

लूकाले उनका पाठकहरूले यो बुझेको चाहन्छन् कि येशू भौतिक शरीरमा पुनः जीवित भएर आउनुभयो (लूका २४:३८-४३) ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“मानिसको पुत्र”

यस अध्यायमा येशूले आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ अनि

“तेस्रो दिनमा”

येशूले उहाँका अनुयायीहरूलाई भन्‍नुभयो कि उहाँ “तेस्रो दिनमा” पुनः जीवित हुनुहुने थियो (लूका १८:३३) । उहाँ शुक्रबार दिउँसो मर्नुभयो (सूर्यास्तभन्दा अगाडि) र फेरि आइतबारको दिनमा बिउँतनुभयो, त्यसैले उहाँ “तेस्रो दिनमा” पुनः जीवित हुनुभयो किनभने दिन चाहिँ सूर्यास्तमा सुरू हुन्थ्यो र अन्त हुन्थ्यो भनेर यहूदीहरू भन्थे, तिनीहरूले दिनको कुनै पनि समयलाई दिनकै रूपमा गन्थे । शुक्रबार पहिलो दिन थियो, शनिबार दोस्रो दिन थियो, र आइतबार चाहिँ तेस्रो दिन थियो ।

उज्यालो चम्किने वस्‍त्रहरूमा दुई मानिसहरू

मत्ती, मर्कूस, लूका, र यूहन्‍ना सबैले येशूको चिहानमा स्‍त्रीहरूकहाँ सेता वस्‍त्रहरूमा देखा परेका स्वर्गदूतहरूको बारेमा लेखे । दुईजना लेखकहरूले तिनीहरूलाई पुरुषहरू भनेर बोलाए, तर यस्तो चाहिँ स्वर्गदूतहरू मानव रूपमा भएको कारणले गर्दा मात्र थियो । दुईजना लेखकहरूले दुई स्वर्गदूतहरूको बारेमा लेखे, तर अरू दुई लेखकहरूले तिनीहरूमध्ये केवल एकजनाको बारेमा मात्र लेखे । सबै खण्‍डहरूलाई ठ्याक्‍कै एउटै कुरा भन्‍न लगाउने कोसिस नगरिकन यी हरेक खण्‍डहरूलाई यूएलटीमा भएको जसरी नै अनुवाद गर्दा बेस हुन्छ । (हेर्नुहोस्ः मत्ती २८:१-२ अनि मर्कूस १६:५ अनि लूका २४:४ अनि यूहन्‍ना २०:१२)


Luke 24:1

सामान्य जानकारीः

स्‍त्रीहरू (लूका २३:५५) येशूको शरीरमा अत्तर घस्‍नको लागि चिहानमा फर्कन्छन् ।

अब हप्‍ताको पहिलो दिन निकै सबेरै

“आइतबार झिसमिसेमा”

तिनीहरू चिहानमा आए

“स्‍त्रीहरू चिहानमा आइपुगे ।” यी ती स्‍त्रीहरू हुन् जसको बारेमा लूका २३:५५ बताइएको थियो ।

चिहान

यो पहराको चट्टानमा काटिएको चिहान थियो ।

अत्तर ल्याउँदै

यी तिनै अत्तरहरू थिए जुन तिनीहरूले लूका २३:५६ मा तयार पारेका थिए ।

Luke 24:2

तिनीहरूले ढुङ्गा भेट्टाए

“तिनीहरूले देखे कि ढुङ्गा ... ”

ढुङ्गा हटाइएको

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कि कसैले ढुङ्गा गुडाएको थियो”

ढुङ्गा

चिहानभित्र पस्‍ने प्रवेशद्वारलाई पूर्ण रूपमा ढाक्‍न सक्‍ने गरी भएको यो एउटा ठूलो, काटिएको गोलो ढुङ्गा थियो । यसलाई गुडाउन धेरै मानिसको आवश्‍यकता पर्थ्यो ।

Luke 24:3

तिनीहरूले प्रभु येशूको शरीर पाएनन्

त्यो त्यहाँ नभएको कारण तिनीहरूले त्यो पाएनन् भनेर तपाईंले स्‍पष्‍टसँग व्यक्त गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “प्रभु येशूको शरीर त्यहाँ थिएन !”

Luke 24:4

सामान्य जानकारीः

दुई स्वर्गदूतहरू देखा पर्छन् र स्‍त्रीहरूसँग कुरा गर्न सुरु गर्छन् ।

यसो भयो कि

यो वाक्यांशलाई यहाँ कथामा भएको एउटा महत्त्वपूर्ण घटनालाई अङ्कित गर्नको लागि प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्‍नुहुन्छ ।

Luke 24:5

तिनीहरू डरले भरिए

“भयभीत भए”

तिनीहरूको अनुहार भुइँतिर फर्काए

“तल भुइँतिर झुकाए ।” यो अभिव्यक्तिले तिनीहरूको नम्रता र ती मानिसहरूप्रतिको तिनीहरूको समर्पणलाई जनाउँछ ।

तिमीहरूले जीवितलाई मृतकहरूका बीचमा किन खोज्छौ ?

जीवित व्यक्तिलाई चिहानमा खोजेका कारण ती मानिसहरूले ती स्‍त्रीहरूको मन्द किसिमले आलोचना गर्नको लागि एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “तिमीहरूले जीवित मानिसलाई मृत मानिसहरूका बीचमा खोजिरहेका छौ !” वा “तिमीहरूले कोही जीवित मानिसलाई मृत मानिसहरू गाड्ने ठाउँमा खोज्नु हुँदैन !”

तिमीहरूले ... किन खोज्छौ ?

यहाँ “तिमीहरू” बहुवचन हो जसले त्यहाँ आएका स्‍त्रीहरूलाई जनाउँछ ।

Luke 24:6

जोड्ने कथनः

स्वर्गदूतहरूले ती स्‍त्रीहरूसँग कुरा गर्न सकाउँछन् ।

तर बिउँताइनुभएको छ !

“तर उहाँलाई पुनः जीवित बनाइएको छ !” यहाँ “बिउँताउनु” भनेको “पुनः जीवित हुने बनाउनु”को लागि एउटा वाक्पद्धति हो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनभने परमेश्‍वरले उहाँलाई पुनः जीवित बनाउनुभएको छ”

... कसरी ... सम्झ

“ ... के ... सम्झ”

तिमीहरूलाई

“तिमीहरू” बहुवचन हो । यसले ती स्‍त्रीहरू र थप अरू चेलाहरूलाई जनाउँछ ।

Luke 24:7

... कि मानिसका पुत्र

यो अप्रत्यक्ष उद्धरणको सुरुवात हो । यसलाई युडीबीमा जस्तै प्रत्यक्ष कथनमा पनि अनुवाद गर्न सकिन्छ ।

मानिसको पुत्रलाई पापी मानिसहरूको हातमा सुम्पिइनुपर्छ र क्रूसमा टँगाइनुपर्छ

“ ... हुनैपर्छ” भन्‍ने पदावलीको अर्थ हुन्छ कि यो त्यस्तो कुरो हो जुन निश्‍चय नै हुनेछ किनभने परमेश्‍वरले यो हुनेछ भनी अगि नै निर्णय गर्नुभएको थियो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यो जरुरी थियो कि तिनीहरूले मानिसको पुत्रलाई पापी मानिसहरूको हातमा सुम्पिऊन् जसले उहाँलाई क्रूसमा टाँग्‍ने थिए”

... का हातमा

यहाँ “हात” ले शक्ति वा नियन्त्रणलाई जनाउँछ ।

तेस्रो दिनमा

यहूदीहरूले दिनको कुनै पनि अंशलाई एक दिनकै रूपमा गन्थे । यसैकारण, येशू बिउँताइनुभएको दिन “तेस्रो दिन” थियो किनभने त्यो उहाँको दफनको दिन र विश्रामको दिनपछि भएको थियो ।

Luke 24:8

जोड्ने कथनः

तिनीहरूले चिहानमा के देखेका थिए भन्‍ने बारेमा प्रेरितहरूलाई बताउनलाई स्‍त्रीहरू जान्छन् ।

तिनीहरूले उहाँका वचनलाई सम्झे

यहाँ “वचनहरू”ले येशूले बोल्‍नुभएको कथनलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “येशूले भन्‍नुभएका कुराहरू सम्झे”

Luke 24:9

एघार जनालाई र बाँकी सबैलाई

“एघार जना प्रेरितहरू र बाँकी सबै चेलाहरू जो तिनीहरूसँग थिए”

एघार जना

यो एघार जनाको विषयमा लूकाले गरेको पहिलो उल्‍लेख हो, एघार चाहिँ किनभने यहूदाले बाह्र जनालाई छोड्यो र येशूलाई धोका दियो ।

Luke 24:10

अब

यो शब्दलाई यहाँ प्रमुख कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नको निमित्त प्रयोग गरिएको छ । यहाँ लूकाले ती केही स्‍त्रीहरूको नाम दिन्छन् जो चिहानबाट आए र त्यहाँ भएका कुराहरू प्रेरितहरूलाई बताए ।

Luke 24:11

तर यी वचनहरू प्रेरितहरूलाई बेकारको कुराजस्तो लाग्यो

“तर प्रेरितहरूले ती स्‍त्रीहरूले भनेका कुराहरू मूर्ख कुरा हुन् भनी ठाने”

Luke 24:12

तैपनि पत्रुस

यस वाक्यांशले पत्रुसलाई अन्य प्रेरितहरूबाट भिन्‍न भएको देखाउँछ । उनले स्‍त्रीहरूले भनेका कुरालाई इन्कार त गरेनन्, तर त्यो आफैँले हेर्नको लागि चिहानतर्फ दौडेर गए ।

उठे

यो एउटा टुक्‍का हो जसको अर्थ “काम गर्न सुरु गरे” भन्‍ने हुन्छ । पत्रुसले कार्य गर्ने निर्णय गर्दा उनी बसिरहेका थिए वा उभिरहेका थिए भन्‍ने कुरा महत्त्वपूर्ण छैन । वैकल्‍पिक अनुवादः “थाले”

तल निहुरेर

। चिहानभित्र हेर्नको लागि पत्रुसले निहुरनु परेको थियो किनभने कडा चट्टानमा खोपिएका चिहानहरू धेरै होचा हुन्थे । वैकल्‍पिक अनुवादः “आफैँलाई कम्‍मरसम्‍म निहुराउँदै”

सूती कपडा मात्र

“सूती कपडा मात्र ।” “सूती कपडा मात्र” । यसले त्यो कपडालाई जनाउँछ जुन येशूको शरीरको वरिपरि बेह्रिएको थियो जब उहाँलाई [लूका २३:५३]

उनको घरमा गए

“उनको घरमा गए”

Luke 24:13

सामान्य जानकारीः

दुई चेलाहरू इम्माउसतर्फको तिनीहरूको बाटोमा छन् ।

हेर

एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्नलाई लेखकले यो शब्दको प्रयोग गर्छन् ।

तिनीहरूमध्ये दुईजना

“चेलाहरूमध्ये दुईजना”

त्यही दिनमा

“त्यसै दिन ।” यसले त्यो दिनलाई जनाउँछ जब स्‍त्रीहरूले चिहानलाई रित्तो भएको पाएका थिए ।

इम्माउस

यो एउटा सहरको नाम हो ।

साठी स्टेडिया

“एघार किलोमिटर ।” एक “स्टेडियम”मा १८५ मिटर हुन्छ ।

Luke 24:15

यसो भयो कि

यो वाक्यांशलाई यहाँ क्रियाकलाप कहाँबाट सुरु हुन्छ भन्‍ने कुरालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । येशू तिनीहरूको छेउमा जानुभएपछि त्यो सुरु हुन्छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्‍नुहुन्छ ।

येशू आफैँ

“आफैँ” शब्दले त्यही येशू जसको बारेमा तिनीहरूले कुरा गरिरहेका थिए उहाँ तिनीहरूकहाँ देखा पर्नुभयो भन्‍ने तथ्यलाई जोड दिन्छ । अहिलेसम्म ती स्‍त्रीहरूले स्वर्गदूतहरूलाई देखेका थिए, तर येशूलाई कसैले देखेको थिएन ।

Luke 24:16

तिनीहरूका आँखा उहाँलाई नचिन्‍ने बनाइएका थिए

“तिनीहरूका आँखालाई येशूलाई चिन्‍नबाट रोकिएको थियो ।” मानिसहरूले येशूलाई पहिचान गर्ने क्षमतालाई तिनीहरूका आँखाले उहाँलाई पहिचान गर्ने क्षमताको रूपमा बताइएको छ । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । यो बढी सम्भाव्य छ कि येशूलाई चिन्‍नबाट तिनीहरूलाई रोक्‍नुहुने चाहिँ परमेश्‍वरले नै हुनुहुन्थ्यो । वैकल्‍पिक अनुवादः “केही कुराले तिनीहरूलाई केही कुरा भयो त्यसैले तिनीहरूले उहाँलाई चिन्‍न सकेनन्” वा “उहाँलाई चिन्‍नबाट परमेश्‍वरले तिनीहरूलाई रोक्‍नुभयो”

Luke 24:17

उहाँले तिनीहरूलाई भन्‍नुभयो

“येशूले ती दुई मानिसहरूलाई भन्‍नुभयो”

Luke 24:18

क्लेओपास

यो एउटा मानिसको नाम हो ।

घुमेर आउने ... यी दिनहरूमा त्यहाँ ... के तपाईं मात्रै एउटा व्यक्ति हुनुहुन्छ ?

यरूशलेममा भएका कुराहरूको बारेमा यी मानिसलाई थाहा नभएको जस्तो देखिएकोमा आफ्‍नो आश्‍चर्यलाई व्यक्त गर्न क्लेओपासले यो प्रश्‍नको प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “ ... दिनहरूमा ... तपाईं मात्र एउटा व्यक्ति हुनुपर्छ”

के तपाईं

यहाँ “तपाईं” एकवचनमा छ ।

Luke 24:19

के कुराहरू ?

“के कुराहरू भएका छन् ?” वा “के-के घटनाहरू घटेका छन् ?”

एकजना अगमवक्ता, परमेश्‍वर र सारा मानिसहरूको अगाडि काम र वचनमा शक्तिशाली

यसको अर्थ हुन्छ कि परमेश्‍वरले येशूलाई शक्तिशाली हुन लगाउनुभयो र मानिसहरूले देखे कि उहाँ शक्तिशाली हुनुहुन्थ्यो । वैकल्‍पिक अनुवादः “एकजना अगमवक्ता जसलाई परमेश्‍वरले महान् कुराहरू गर्न र सिकाउनलाई शक्ति दिनुभयो जुन सारा मानिसहरूको लागि चकित पार्ने किसिमका थिए”

Luke 24:20

उहाँलाई जिम्‍मा लगाए

“उहाँलाई सुम्पिए”

मृत्युको दण्‍ड पाउन र उहाँलाई क्रूसमा टँगाउन

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “बडाहाकिमले येशूलाई क्रूसमा टँगाउन लगाएर उहाँलाई मृत्युदण्‍ड दिनलाई”

Luke 24:21

जोड्ने कथनः

ती दुई मानिसहरूले येशूलाई प्रतिक्रिया जनाउन निरन्तरता दिन्छन् ।

एकजना जसले इस्राएललाई स्वतन्‍त्र गर्न गइरहनुभएको थियो

रोमीहरूले यहूदीहरूमाथि शासन गर्थे । वैकल्‍पिक अनुवादः “जसले इस्राएललाई हामीहरूका शत्रु रोमीहरूबाट स्वतन्त्र पार्नुहुने थियो”

तर यी सबै कुराहरूको थपमा

येशूले इस्राएललाई स्वतन्‍त्र पार्नुहुने थिएन भनेर तिनीहरूले किन ठाने भन्‍ने विषयमा यसले अर्को कारणलाई परिचय गराउँछ । वैकल्‍पिक अनुवादः “अब त्यो सम्भव देखिँदैन किनभने”

तेस्रो दिन

यहूदीहरूले दिनको कुनै पनि अंशलाई एक दिनकै रूपमा गन्थे । यसैकारण, येशू बिउँताइनुभएको दिन “तेस्रो दिन” थियो किनभने त्यो उहाँको दफनको दिन र विश्रामको दिनपछि भएको थियो । तपाईंले यसलाई [लूका २४:७]

यी सबै कुराहरू भएको

“येशूको मृत्यु हुन डोहोर्‍याउने ती सबै थुप्रै क्रियाकलापहरू भएदखि”

Luke 24:22

जोड्ने कथनः

ती दुई मानिसहरूले येशूलाई जवाफ दिन सकाउँछन् ।

तर पनि

येशूको विषयमा भएका कुराहरू ती मानिसहरूले किन बुझेनन् भन्‍ने विषयमा यसले अर्को कारणलाई परिचय गराउँछ ।

हाम्रा माझमा

“हाम्रो समूहमा”

चिहानमा गएर

यो स्‍त्रीहरू नै थिए जो चिहानमा गएका थिए ।

Luke 24:23

स्वर्गदूतहरूको दर्शन

“स्वर्गदूतहरूलाई एउटा दर्शनमा”

Luke 24:24

तर तिनीहरूले उहाँलाई देखेनन्

“तिनीहरूले येशूलाई देखेनन्”

Luke 24:25

येशूले तिनीहरूलाई भन्‍नुभयो

येशू ती दुई चेलाहरूसँग कुरा गरिरहनुभएको छ ।

विश्‍वास गर्न सुस्त हृदयको

यहाँ “हृदय” भनेको व्यक्तिको दिमागको लागि प्रतिस्थापान शब्द हो । वैकल्‍पिक अनुवादः “विश्‍वास गर्नलाई तिमीहरूका मन सुस्त छन्” वा “तिमीहरू विश्‍वास गर्नमा ढिला छौ”

Luke 24:26

... उहाँको महिमामा ... आवश्यक थिएन र ?

अगमवक्ताहरूले भनेका कुराहरूको बारेमा चेलाहरूलाई सम्झना दिलाउनको लागि येशूले एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “ ... महिमामा ... आवश्‍यक थियो ।”

उहाँको महिमामा प्रवेश गर्न

यसले येशूले शासन गर्न सुरु गर्नुहुने र उहाँले आदर र महिमा पाउनुहुने कुरालाई जनाउँछ ।

Luke 24:27

मोशादेखि सुरु गरेर

मोशाले बाइबलको पहिला पुस्तकहरू लेखे । वैकल्‍पिक अनुवादः “मोशाका लेखहरूदेखि सुरु गरेर”

उहाँले तिनीहरूलाई उल्था गरिदिनुभयो

“येशूले तिनीहरूलाई व्याख्या गरिदिनुभयो”

Luke 24:28

उहाँले अझै टाढा जानेजस्तै गरी व्यवहार गर्नुभयो

ती दुई मानिसले उहाँका क्रियाकलापहरूबाट बुझे कि उहाँ अर्को गन्यव्यतिर जाँदै हुनुहुन्थ्यो । शायद तिनीहरू गाउँको प्रवेशद्वारमा पस्‍नलाई मोडिँदा पनि उहाँ बाटोमा अगाडि हिँडिरहनुभयो । येशूले तिनीहरूलाई शब्दहरूद्वारा छल्‍नुभयो भन्‍ने कुराको कुनै सङ्केत छैन ।

Luke 24:29

तिनीहरूले उहाँलाई कर गरे

तिनीहरूले उहाँलाई के गर्न कर लगाए भन्‍ने विषयमा तपाईंले स्‍पष्‍ट बनाउनुपर्ने हुन सक्छ । तिनीहरूले उहाँको विचार बदल्‍न सक्‍नभन्दा अगाडि तिनीहरूले उहाँसँग लामो समय कुरा गरिरहनुपर्‍यो भनेर देखाउनको लागि यो सम्भवतः एउटा अतिशयोक्ति हो । “कर लगाउनु”ले शारीरिक बलको प्रयोग गर्नु भन्‍ने अर्थ दिन्छ, तर यस्तो देखिन्छ कि तिनीहरूले उहाँलाई बोलेकै भरले मात्रै मनाए । वैकल्‍पिक अनुवादः “तिनीहरूले उहाँलाई बस्‍नलाई मनाउन सके”

साँझ हुन लागेको छ र दिन ढल्नै लागेको छ

यहूदी दिन सूर्यास्तमा अन्त हुन्थ्यो ।

उहाँ भित्र जानुभयो

“येशू घर भित्र पस्‍नुभयो”

तिनीहरूसँगै बस्‍न

“दुई चेलाहरूसँग बस्‍न”

Luke 24:30

यसो भयो कि

यस वाक्यांशलाई यहाँ कथामा भएको एउटा महत्त्वपूर्ण घटनालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्‍नुहुन्छ ।

रोटी

यसले खमिरविना तयार पारिएको रोटीलाई जनाउँछ । यसले सामान्य खानेकुरालाई जनाउँदैन ।

त्यसलाई आशिष्‌‌ दिनुभयो

“त्यसको लागि धन्यवाद दिनुभयो” वा “त्यसको लागि परमेश्‍वरलाई धन्यवाद दिनुभयो”

Luke 24:31

तब तिनीहरूका आँखा खुले

तिनीहरूका “आँखाहरू”ले तिनीहरूको बुझाइलाई प्रतिनिधित्व गर्छ । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तब तिनीहरूले बुझे” वा “तब तिनीहरूले चाल पाए”

तिनीहरूले उहाँलाई चिने

“तिनीहरूले उहाँलाई चिने ।” यी चेलाहरूले उहाँलाई उहाँको मृत्युपूर्व नै चिनेका थिए ।

उहाँ तिनीहरूका दृष्‍टिबाट हराउनुभयो

यसको तात्पर्य हुन्छ कि उहाँ अचानक त्यहाँ हुनुहुन्‍नथ्यो । यसको मतलब उहाँ अदृश्‍य हुनुभयो भनेको होइन ।

Luke 24:32

... धर्मशास्‍त्र ... के हाम्रा हृदय हामीभित्रै प्रज्वलित भइराखेको थिएन र ?

येशूसँगको तिनीहरूको भेटघाटको बारेमा तिनीहरू कति अचम्‍मित भएका थिए भन्‍ने बारेमा जोड दिनको लागि तिनीहरूले एउटा प्रश्‍नको प्रयोग गर्छन् । तिनीहरूले येशूसँग कुरा गरिरहँदा तिनीहरूलाई आएको तीव्र भावनाहरूलाई यसरी बताइएको छ मानौँ ती तिनीहरूभित्र बलिरहेको आगो थिए । वैकल्‍पिक अनुवादः “ ... धर्मशास्‍त्र ... हाम्रा हृदय हामीभित्र प्रज्वलित भइरहेको थियो ।”

उहाँले हामीलाई धर्मशास्‍त्र खोलिदिनुहुँदा

येशूले कुनै पुस्‍तक वा चर्मपत्र खोल्नुभएन । “खोल्‍नुभयो”ले तिनीहरूको बुझाइलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “जब उहाँले हामीलाई धर्माशास्‍त्र व्याख्या गर्नुभयो” वा “जब उहाँले हामीलाई धर्मशास्‍त्र बुझ्‍नलाई सक्षम तुल्याउनुभयो”

Luke 24:33

जोड्ने कथनः

ती दुई मानिसहरू एघार चेलाहरूलाई येशूको बारेमा बताउनको लागि यरूशलेममा तिनीहरूकहाँ जान्छन् ।

त्यसैले तिनीहरू उठे

“तिनीहरू”ले ती दुई जना मानिसहरूलाई जनाउँछ ।

तिनीहरू उठे

“उभिए” वा “खडा भए”

एघार जना

यसले येशूका प्रेरितहरूलाई जनाउँछ । यहूदालाई अब तिनीहरूसँग समावेश गरिएको थिएन ।

Luke 24:34

भन्दै

“र ती मानिसहरूले ती दुई मानिसहरूलाई बताए”

Luke 24:35

तब तिनीहरूले बताए

“तब ती दुई मानिसहरूले तिनीहरूलाई बताए”

बाटोमा जे कुराहरू भएका थिए

यसले तिनीहरू इम्माउस गाउँको बाटोमा जाँदै गर्दा तिनीहरूकहाँ येशू देखा पर्नुभएको कुरालाई जनाउँछ ।

कसरी येशू तिनीहरूलाई प्रकट गराइएको थियो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले येशूलाई कसरी चिने”

रोटी भाँच्दाखेरी

“जब येशूले रोटी भाँच्‍नुभयो” वा “जब येशूले रोटीलाई टुक्रा पार्नुभयो”

Luke 24:36

सामान्य जानकारीः

येशू चेलाहरूकहाँ देखा पर्नुहुन्छ । जब ती दुई मानिसहरू एघारजना भएका घरमा आइपुगेका थिए, येशू तिनीहरूसँग त्यहाँ हुनुहुन्थेन ।

येशू आफैँले

“आफैँ” शब्दले येशू र वास्तवमै येशू तिनीहरूकहाँ देखा पर्नुभएको कुराको आश्‍चर्यलाई जोड दिन्छ । धेरैजसोले उहाँको पुनरुत्थानपछि उहाँलाई देखेका थिएनन् ।

तिनीहरूका बीचमा

“तिनीहरूका माझमा”

शान्ति तिमीहरूसँग होस्

“तिमीहरूलाई शान्ति होस्” वा “परमेश्‍वरले तिमीहरूलाई शान्ति दिऊन् !” “तिमी” शब्द बहुवचन हो ।

Luke 24:37

तर तिनीहरू भयभीत भएका थिए

“तर” शब्दले एउटा ठूलो भिन्‍नतालाई सङ्केत गर्छ । येशूले तिनीहरूलाई शान्तिमा हुनलाई भन्‍नुभयो, तर त्यसको साटोमा तिनीहरू धेरै डराएका थिए ।

तिनीहरू भयभीत भए, र धेरै डराए

“अचम्मित र डराएका ।” यी दुई वाक्यांशहरूले एउटै कुराको अर्थ दिन्छ, र तिनीहरूको डरलाई जोड दिनको लागि एकसाथ प्रयोग गरिएको छ ।

तिनिहरूले कुनै आत्मालाई देखे भनेर सोच्दै

“तिनीहरूले प्रेतलाई देखिरहेका थिए भनेर सोचे ।” येशू वास्तवमै जीवित हुनुभएको थियो भनी तिनीहरूले साँचो रूपमा अझै बुझेनन् ।

एउटा आत्मा

यहाँ यसले मरेको व्यक्तिको आत्मालाई जनाउँछ ।

Luke 24:38

तिमीहरू किन विचलित हुन्छौ ?

येशूले तिनीहरूलाई सान्त्वना दिन एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “भयभीत नहोओ ।”

तिमीहरूका हृदयमा किन शंकाहरू उब्जिन्छन् ?

येशूले तिनीहरूलाई नरम लवजमा हप्‍काउन एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । येशूले तिनीहरूलाई उहाँ जीवित हुनुहुन्थ्यो भन्‍ने कुरामा शङ्का नगर्न भनिरहनुभएको थियो । “हृदय” शब्द व्यक्तिको दिमागको लागि प्रतिस्थापान शब्द हो । वैकल्‍पिक अनुवादः “तिमीहरूको मनमा शङ्का गर्न छोड !” वा “शङ्का गरिरहन छोड !”

Luke 24:39

मलाई छोओ र हेर ... मसँग भएको देख्छौ

उहाँ प्रेत हुनुहुन्‍न भनेर छुवाइबाट पक्‍का गर्नको लागि येशूले तिनीहरूलाई भन्‍नुहुन्छ । यी दुई वाक्यहरूलाई जोडेर तिनीहरूको क्रमलाई पुनः मिलाउँदा सहयोगी हुन सक्छ । वैकल्‍पिक अनुवादः “मलाई छोओ र महसुस गर कि मसँग मासु र हाडहरू छन् जुन भूतसँग हुँदैनन्”

मासु र हड्डी

यो भौतिक शरीरलाई जनाउने एउटा तरिका हो ।

Luke 24:40

उहाँका हातहरू र उहाँका पाउहरू

यो बुझिएको छ कि उहाँका हातहरू र पाउहरूमा उहाँको क्रूसको मरणबाटको काँटीका निसानहरू रहेका थिए र जसले उहाँ साँच्‍चै येशू हुनुहुन्थ्यो भनेर प्रमाणित गर्ने थियो । यसलाई स्‍पष्‍ट बनाउन सकिन्छ । वैकल्‍पिक अनुवादः “उहाँका हातहरू र पाउहरूमा भएका चोटहरू”

Luke 24:41

अब जब तिनीहरूले खुसीले गर्दा अझै पत्यार गर्न सकेनन्

“तिनीहरू यति आनन्दले भरिएका थिए कि यो वास्तवमै सत्य थियो भनेर तिनीहरूले अझै विश्‍वास गर्न सकेनन्”

Luke 24:43

तिनीहरूको सामु त्यो खानुभयो

येशूले उहाँसँग भौतिक शरीर थियो भनेर प्रमाणित गर्नको लागि यसो गर्नुभयो । आत्माहरूले खानेकुरा खान सक्‍ने थिएनन् ।

तिनीहरूको सामु

“तिनीहरूको अगाडि” वा “जब तिनीहरूले हेरिरहेका थिए”

Luke 24:44

जब म अझै तिमीहरूसँग थिएँ

“जब म पहिले तिमीहरूसँग थिएँ”

मोशाको व्यवस्था, अगमवक्ताहरूको पुस्तक र भजनसङ्ग्रहको पुस्तकमा लेखिएका सबै कुराहरू पूरा हुनैपर्थ्यो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “... भजनका ... लेखेका सबै कुराहरू परमेश्‍वरले पूरा गर्नुहुने थियो” वा वैकल्‍पिक अनुवादः “... भजनका ... लेखेका सबै कुराहरू परमेश्‍वरले हुन लगाउनुहुने थियो”

मोशाको व्यवस्था, अगमवक्ताहरूको पुस्तक र भजनसङ्ग्रहको पुस्तकमा लेखिएका सबै कुराहरू

“मोशाको व्यवस्था”, “अगमवक्ताहरू”, र “भजनहरू” जस्ता शब्दहरू भनेको हिब्रू बाइबलका खण्‍डहरूका लागि उचित नाउँहरू हुन् । यसलाई कर्तृ वाच्यमा र साधारण नामपदहरूको प्रयोग गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरो बारेमा भएका ती सबै कुराहरू जुन मोशाले लेखे, ती सबै कुराहरू जुन अगमवक्ताहरूले लेखे, र ती सबै कुराहरू भजनका लेखकहरूले लेखे”

Luke 24:45

तब धर्मशास्‍त्रलाई बुझ्‍नलाई उहाँले तिनीहरूको समझ खोलिदिनुभयो

“समझ खोल्‍नु” भनेको एउटा वाक्पद्धति हो जसको अर्थ कसैलाई बुझ्‍नलाई सक्षम तुल्याउनु हुन्छ । वैकल्‍पिक अनुवादः “तब उहाँले तिनीहरूलाई धर्मशास्‍त्र बुझ्नलाई सक्षम तुल्याउनुभयो”

Luke 24:46

यसो लेखिएको छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले लामो समयअगि यस्‍तो लेखे”

मृतकहरूबाट पुनः बिउँतन

यस पदमा, “बिउँतनु” भनेको पुनः जीवित भएर आउनु हो । “मृतकहरूबाट” शब्दले तल्‍लो संसारमा (पातालमा) भएका सबै मरेका मानिसहरूको विषयमा समग्रमा बताउँछ ।

तेस्रो दिन

यहूदीहरूले दिनको कुनै पनि अंशलाई एक दिनकै रूपमा गन्थे । यसैकारण, येशू बिउँताइनुभएको दिन “तेस्रो दिन” थियो किनभने त्यो उहाँको दफनको दिन र विश्रामको दिनपछि भएको थियो । तपाईंले यसलाई [लूका २४:७]

Luke 24:47

सबै जातिहरूलाई उहाँको नाममा पापको क्षमाको लागि पश्‍चात्तापको विषयमा प्रचार गरिने थियो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ख्रीष्‍टका अनुयायीहरूले सबै जातिहरूमा भएका मानिसहरूलाई प्रचार गर्नुपर्छ कि तिनीहरूले पश्‍चात्ताप गर्न जरुरी छ र तिनीहरूको पापहरूलाई येशूद्वारा क्षमा गर्नको लागि तिनीहरूलाई परमेश्‍वरको खाँचो छ”

उहाँको नाममा

उहाँको “नाम”ले उहाँको अधिकारलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “ख्रीष्‍टको अधिकारद्वारा”

सबै जातिहरू

“सबै जातिय समुदायहरू” वा “सबै मानिस समूहहरू”

यरूशलेमदेखि सुरु गरेर

“यरूशलेमबाट थालनी गरेर”

Luke 24:48

जोड्ने कथनः

येशू उहाँका चेलाहरूसँग कुरा गरिरहनुहुन्छ ।

तिमीहरू साक्षीहरू हौ

“तिमीहरूले मेरो बारेमा देखेका कुराहरू सत्य हो भनी अरूहरूलाई बताउनुपर्छ ।” चेलाहरूले येशूको जीवन, मृत्यु र पुनरुत्थान देखेका थिए र उहाँले के गर्नुभयो भनी तिनीहरूले अरू मानिसहरूलाई वर्णन गर्न सक्थे ।

Luke 24:49

म मेरा पिताको प्रतिज्ञा तिमीहरूमाथि पठाउँदैछु

“मेरा पिताले तिमीहरूलाई जे दिने प्रतिज्ञा गर्नुभएको थियो, सो म तिमीहरूलाई दिनेछु ।” परमेश्‍वरले पवित्र आत्मा दिने प्रतिज्ञा गर्नुभएको थियो । यूएसटीले यसलाई स्‍पष्‍ट बनाउँछ ।

पिता

यो परमेश्‍वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।

तिमीहरू शक्तिले सुसम्‍पन्‍न ...

तिनीहरूलाई परमेश्‍वरको शक्तिले कुनै व्यक्तिलाई लुगाले ढाके झैँ गरी ढाक्‍नेछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूले शक्ति प्राप्‍त ... ”

उच्‍चबाट

“माथिबाट” वा “परमेश्‍वरबाट”

Luke 24:50

उहाँले तिनीहरूलाई बाहिर लानुभयो

“येशूले चेलाहरूलाई सहर बाहिर लानुभयो”

आफ्‍ना हातहरू माथि उचाल्‍दै

यो पूजाहारीहरूले मानिसहरूलाई आशिष्‌‌ दिने बेलामा गर्ने कार्य थियो ।

Luke 24:51

अब यसो भयो कि

“यस्तो हुन आयो ।” यसले कथामा एउटा नयाँ घटनालाई परिचय गराउँछ ।

जब उहाँले तिनीहरूलाई आशिष्‌‌ दिइरहनुभएको थियो

“जब परमेश्‍वरले तिनीहरूलाई भलो गरिदिनुहुनको लागि येशूले मागिरहनुभएको थियो”

माथि उचालिनुभयो

किनकि येशूलाई कसले माथि उचाल्यो भनेर लूकाले निर्दिष्‍ट जानकारी दिँदैनन्, हामी जान्दैनौँ कि यो परमेश्‍वर आफैँ हुनुहुन्थ्यो वा एक वा बढी स्वर्गदूतहरू थिए । यदि तपाईंको भाषामा उचाल्‍ने काम कसले गरेको हो भनेर बताउन जरुरी छ भने, यूएसटीले गरेको झैँ त्यसको साटोमा “जानुभयो” शब्दलाई प्रयोग गर्न बेस हुनेछ ।

Luke 24:52

सामान्य जानकारीः

यी पदहरूले हामीलाई कथा अन्त हुँदैगर्दा चेलाहरूले पछि गरिरहने कार्यहरूको बारेमा बताउँछन् ।

तिनीहरूले उहाँको आराधना गरे

“चेलाहरूले येशूको आराधना गरे”

र फर्के

“र त्यसपछि फर्के”

Luke 24:53

निरन्तर मन्दिरमा

तिनीहरू हरेक दिन मन्दिरको चोकमा गए भन्‍ने कुरालाई व्यक्त गर्नको लागि यो एउटा अतिशयोक्ति हो ।

मन्दिरमा

केवल पूरोहितहरूलाई मात्र मन्दिरको भवनभित्र प्रवेश अनुमति थियो । वैकल्‍पिक अनुवादः “मन्दिरको चोकमा”

परमेश्‍वरलाई धन्यको भन्दै

“परमेश्‍वरको प्रशंसा गर्दै”


Translation Questions

Luke 24:1

स्‍त्रीहरू कहिले येशूको चिहानमा आए ?

तिनीहरू हप्‍ताको पहिलो दिन झिसमिसे उज्यालो हुँदा आए । [२४:१]

Luke 24:2

चिहानमा स्‍त्रीहरूले के भेट्टाए ?

तिनीहरूले चिहानको ढुङ्गा हटाइएको र येशूको शरीर त्यहाँ नभएको भेट्टाए । [ २४:२-३]

Luke 24:3

चिहानमा स्‍त्रीहरूले के भेट्टाए ?

तिनीहरूले चिहानको ढुङ्गा हटाइएको र येशूको शरीर त्यहाँ नभएको भेट्टाए । [ २४:२-३]

Luke 24:6

चम्किलो वस्‍त्रमा देखा परेका स्वर्गदूतहरूले येशूलाई के भएको छ भने ?

येशू जीवित भई उठनुभएको छ भनी तिनीहरूले भने । [२४:६]

Luke 24:11

जब स्‍त्रीहरूले चिहानमा भएका तिनीहरूको अनुभवलाई बताए तब प्रेरितहरूको प्रतिक्रिया कस्तो थियो ?

तिनीहरूले त्यसलाई वाहियात कुरा भनी खारेज गरिदिए । [२४:११]

Luke 24:12

जब पत्रुसले चिहानमा हेरे तब उनले के देखे ?

तिनले मलमलको कपडा देखे । [२४:१२]

Luke 24:16

इम्माउसको बाटोमा हिँड्दै गरेका येशूका दुई जना चेलाले उहाँसँगै कुरा गर्दै हिँड्दा तिनीहरूले उहाँलाई किन चिन्‍न सकेनन् ?

तिनीहरूका आँखा उहाँलाई चिन्‍न नसक्‍ने तुल्याइएका थिए । [२४:१६]

Luke 24:21

जब येशू पुनर्जीवित हुनुभयो, तब येशूले के गर्नुहुने थियो भनी चेलाहरूले आशा राखेका थिए ?

उहाँले इस्राएलीहरूलाई तिनीहरूका शत्रुहरूबाट स्वतन्‍त्र गर्नुहुनेछ भन्‍ने कुरा तिनीहरूले आशा गरेका थिए । [२४:२१]

Luke 24:27

येशूले धर्मशास्‍त्रबाट ती दुई जनालाई केको बारेमा व्याख्या गर्नुभयो ?

उहाँको विषयमा धर्मशास्‍त्रले के भन्दछ भन्‍ने कुरा बताउनुभयो । [२४:२७]

Luke 24:30

अन्तमा कुन बेला येशूलाई दुई जना मानिसले चिने ?

जब उहाँले रोटीलाई आशिष्‌‌ दिनुभयो र यसलाई भाँचेर तिनीहरूलाई दिनुभयो, तब तिनीहरूले उहाँलाई चिने । [२४:३०-३१,३५]

Luke 24:31

अन्तमा कुन बेला येशूलाई दुई जना मानिसले चिने ?

जब उहाँले रोटीलाई आशिष्‌‌ दिनुभयो र यसलाई भाँचेर तिनीहरूलाई दिनुभयो, तब तिनीहरूले उहाँलाई चिने । [२४:३०-३१,३५]

जब तिनीहरूले उहाँलाई चिने तब येशूले के गर्नुभयो ?

तिनीहरूको दृष्‍टिबाट उहाँ अल्पिनुभयो । [२४:३१]

Luke 24:35

अन्तमा कुन बेला येशूलाई दुई जना मानिसले चिने ?

जब उहाँले रोटीलाई आशिष्‌‌ दिनुभयो र यसलाई भाँचेर तिनीहरूलाई दिनुभयो, तब तिनीहरूले उहाँलाई चिने । [२४:३०-३१,३५]

Luke 24:36

जब उहाँ यरूशलेममा चेलाहरूकहाँ देखा पर्नुभयो तब येशूले पहिले के भन्‍नुभयो ?

उहाँले भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस्” । [२४:३६]

Luke 24:39

उहाँ केवल आत्मा मात्र हुनुहुन्‍न भनेर येशूले कसरी प्रमाणित गर्नुभयो ?

उहाँ चेलाहरूकहाँ देखा पर्नुभयो, र उहाँले तिनीहरूलाई आफ्ना हात र खुट्टा देखाउनुभयो । [२४:३९-४०]

Luke 24:40

उहाँ केवल आत्मा मात्र हुनुहुन्‍न भनेर येशूले कसरी प्रमाणित गर्नुभयो ?

उहाँ चेलाहरूकहाँ देखा पर्नुभयो, र उहाँले तिनीहरूलाई आफ्ना हात र खुट्टा देखाउनुभयो । [२४:३९-४०]

Luke 24:45

तब कसरी चेलाहरू धर्मशास्‍त्र बुझ्‍न सक्‍ने भए ?

तिनीहरूले बुझ्‍न सकून् भनेर येशूले तिनीहरूको समझशक्‍ति खोलिदिनुभयो [२४:४५]

Luke 24:47

सारा संसारमा गएर येशूले के प्रचार गर भन्‍नुभयो ?

सारा संसारमा पापको क्षमा र पश्‍चत्तापका निम्ति प्रचार गर्नैपर्छ । [२४:४७]

Luke 24:49

केको लागि चेलाहरूलाई येशूले पर्खनू भन्‍नुभयो ?

माथिबाट शक्‍ति नपाउञ्‍जेलसम्म उहाँले तिनीहरूलाई पर्खिरहनू भन्‍नुभयो । [२४:४९]

Luke 24:51

बेथानीको नजिकै उहाँले चेलाहरूलाई आशिष्‌‌ दिनुभएपछि येशूलाई के भयो ?

उहाँ माथि स्वर्गतिर लगिनुभयो । [२४:५१]

Luke 24:53

तब चेलाहरूले कहाँ समय बिताए र तिनीहरूले के गरे ?

लगातार परमेश्‍वरको प्रशंसा गर्दै तिनीहरू मन्दिरमा बसे । [२४:५३]


Translation Words

अखमिरी रोटी

परिभाषा:

पदावली “अखमिरी रोटी” ले खमिर वा खमिरसित सम्बन्धित अन्य कुनै पदार्थ नहाली पकाएको रोटीलाई जनाउँछ । अखमिरी रोटी फुल्दैन, यो चेप्‍टो हुन्छ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः निस्तार-चाड, सोडा, खमिर)

बाइबलका सन्दर्भहरूः

अगमवक्‍ता, अगमवाणी, अगमवाणी गर्नु, दर्शी, अगमवादिनी

परिभाषा:

“अगमवक्‍ता” परमेश्‍वरको सन्देश मानिसहरुलाई भन्‍ने एक मानिस हुन । यसो गर्ने महिलालाई “अगमवादिनी” भानिन्छ ।

अनुवादका निम्ति सुझावहरुः

(हेर्नुहोस्ः जोखना, जोखना हेर्ने, ज्योतिष, ज्योतिषी, झुटा अगमवक्‍ता, पुराहुनु) बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट उदाहरणहरूः

अचम्म, छक्‍क, दङ्ग परेको, आश्‍चर्यचकित परेको

परिभाषा:

यी सबै शब्दहरूले “केही अद्भूत कुरो भएकोले ज्यादै चकित” परेको अवस्थालाई जनाउँछन् ।

अधर्म

परिभाषा:

“अधर्म” एउटा शब्द हो जुन शब्द “पाप” सित अर्थमा निकै समान छ । तर यसले गलत काम वा महा-दुष्‍टताको सचेत कार्यहरूलाई जनाउन सक्छ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः पाप, पापिष्‍ठ, पापी, पाप गर्नु, उल्लङ्घन गर्नु, उल्लङ्घन, अपराध)

बाइबलका सन्दर्भहरूः

अधर्मी, अधार्मिकता

परिभाषा:

“अधर्मी” शब्दको अर्थ हुन्छ‒ पापिष्‍ठ र नैतिक रूपमा भ्रष्‍ट हुनु । “अधार्मिकता” ले पाप वा पापिष्‍ठ हुने अवस्थालाई जनाउँछ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः धर्मी, धार्मिकता, पाप, पापिष्‍ठ, पापी, पाप गरिरहने, अवैधानिक)

बाइबलका सन्दर्भहरूः

अधिकार

परिभाषा:

“अधिकार” शब्दले कसैमाथि कसैको नियन्‍त्रण वा प्रभाव पार्ने शक्‍तिलाई जनाउँछ ।

अनुवादका लागि सुझावहरूः

बाइबलका सन्दर्भहरूः

अनिकाल

परिभाषा:

अनिकाल धेरै क्षेत्रफल ओगट्ने विपत्ति हो जसको कारण त्यस देशमा वा क्षेत्रमा खानेकुराको चरम अभाव हुने गर्छ ।

अनुग्रह, अनुग्रहमय

परिभाषा:

“अनुग्रह” शब्दले कसैलाई दिइने सहायता वा आशिष्लाई जनाउँछ जुन ऊ आफैले कमाएको हुँदैन । “अनुग्रहमय” शब्दले अरूहरूप्रति अनुग्रह देखाउने व्यक्‍तिको बयान गर्छ ।

अनुवादका लागि सुझावहरूः

बाइबलका सन्दर्भहरूः

अनुहार

परिभाषा:

टाउकोको अगाडिको भागलाई “अनुहार” भनिन्छ । यो शब्दका अनेकौं आलंकारिक अर्थ पनि छन् ।

अन्द्रियास

परिभाषा:

येशूले आफ्ना सबैभन्दा नजिकका चेलाहरू (जसलाई पछि प्रेरितहरू भनियो) बन्‍न छान्‍नुभएका बाह् मानिसमध्ये अन्द्रियास एक थिए ।

अन्धकार

परिभाषा:

“अन्धकार” शब्दको शाब्दिक अर्थ उज्यालोको अनुपस्थिति हो । यसका अन्य थुप्रै आलंकारिक अर्थहरू पनि छन् ।

अन्‍न

परिभाषा:

“अन्‍न” शब्दले साधारणतया गहुँ, जौँ, मकै वा धानजस्ता खाना उत्पादन गर्ने बिरुवाहरूको बिउलाई जनाउँछ । यसले पुरै बिरुवालाई पनि जनाउन सक्छ ।

अपमान, अपमानजनक

परिभाषा:

मान र सम्मान हराउनुलाई “अपमान” भानिन्छ ।

अपराध

परिभाषा:

“अपराध” गर्नुको अर्थ हुन्छ‒ नियम भङ्ग गर्नु वा अर्को व्यक्‍तिको अधिकारको विपरीत काम गर्नु ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः अनाज्ञाकारी हुनु, अनाज्ञाकारी, अनाज्ञाकारिता, अधर्म, पाप, पापिष्‍ठ, पापी, पाप गरिरहने, उल्लङ्घन गर्नु, उल्लङ्घन)

बाइबलका सन्दर्भहरूः

अपराध, अपराधी

परिभाषा:

“अपराध” शब्दले साधारणतया त्यस्तो पापलाई जनाउँछ, जसमा देश वा राज्यको कानुन उल्लङ्घन गर्ने कुरा पर्छ । अपराध गर्ने व्‍यक्‍तिलाई “अपराधी” भनिन्छ ।

अबिया

परिभाषा:

अबिया यहूदाका राजाको नाउँ थियो, जसले ९१५-९१३ ख्रीष्‍टपूर्वसम्म शासन गरे । तिनी रहबामका छोरा थिए । पुरानो करारमा अरू केही मानिसहरूका नाउँ पनि अबिया थियो ।

अब्राहाम, अब्राम

परिभाषा:

अब्राम ऊर सहरका मानिस थिए, जो एक कल्दी थिए । परमेश्‍वरले तिनलाई इस्राएलीहरूका पुर्खा बन्‍न चुन्‍नुभयो । परमेश्‍वरले तिनको नाउँ परिवर्तन गरी “अब्राहाम” राख्‍नुभयो ।

अभिषेक गर्नु, अभिषिक्‍त

परिभाषा:

“अभिषेक गर्नु” को अर्थ हुन्छः व्यक्‍ति वा वस्तुमाथि तेल खन्याउनु । कहिले काहीँ तेलमा अन्य मसलाहरू मिसाइन्थे, जसले मिठो, अत्तरको सुवासना दिन्थ्यो । कसैलाई छानी उसलाई सक्षम तुल्याउन पवित्र आत्मालाई जनाउनका लागि पनि यस शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः ख्रीष्‍ट, मसीह, अर्पण गर्नु, प्रधान पूजाहारी, यहूदीहरूका राजा, पूजाहारी, पूजाहारीको पद, अगमवक्‍ता, भविष्यवाणी, भविष्यवाणी गर्नु, दर्शी, अगमवादिनी)

बाइबलका सन्दर्भहरूः

अविश्‍वासी, अविश्‍वास

परिभाषा:

विश्‍वास नभएकोलाई “अविश्‍वासी” भनिन्छ ।

अविश्‍वासी, अविश्‍वास

परिभाषा:

“अविश्‍वास” शब्दले कुनै व्यक्‍ति वा वस्तुमाथि विश्‍वास नगर्ने कुरोलाई जनाउँछ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः विश्‍वासी, विश्‍वास गर्नु, मा विश्‍वास गर्नु, भरोसा, भरोसायोग्य, भरोसायोग्यता)

बाइबलका सन्दर्भहरूः

अशुद्ध

परिभाषा:

बाइबलमा परमेश्‍वरका मानिसहरूका लागि छुन, खान र बलिदान चढाउन उहाँले अयोग्य भन्‍नुभएका कुराहरूलाई जनाउन यस शब्द “अशुद्ध” लाई प्रयोग गरिएको छ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः शुद्ध, शुद्ध पार्नु, दूषित पार्नु, दूषित, भूतात्मा, दुष्‍टात्मा, अशुद्ध आत्मा, पवित्र, पवित्रता, बलिदान, भेटी, अपवित्र)

बाइबलका सन्दर्भहरूः

असल, उत्तमता

परिभाषा:

सन्दर्भमा आधारित रहेर शब्द “असल” का विभिन्‍न अर्थहरू छन् । यी विभिन्‍न शब्दहरूलाई अनुवाद गर्न धेरै भाषाहरूले विभिन्‍न शब्दहरूको प्रयोग गर्छन् ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः दुष्‍ट्याइँ, दुष्‍ट, दुष्‍टता, पवित्र, पवित्रता, लाभ, लाभदायक, धार्मिक, धार्मिकता)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

आँगन, चोक

परिभाषा:

शब्दहरू “आँगन” र “चोक” ले बन्द नगरिएको क्षेत्रलाई जनाउँछ । यसको आकाश भने खुला हुन्छ, तर वरिपरि पर्खाहरूद्वारा घेरिएको हुन्छ ।

आगो

परिभाषा:

कुनै कुरा जलाउँदा उत्पन्‍न हुने ताप, प्रकाश र ज्वालालाई आगो भनिन्छ ।

आज्ञा, आज्ञा दिनु, निर्देश

परिभाषा:

क्रियापद “आज्ञा दिनु” को अर्थ हुन्छ‒ कुनै काम गर्न कसैलाई आदेश दिनु । आज्ञा कुनै काम गर्न व्‍यक्‍तिलाई दिइने आदेश हो ।

आतङ्क, आतङ्‍कित पार्नु

परिभाषा:

“आतङ्क” शब्दले कुनै कुरो वा कसैको अत्यधिक डर, त्रास वा गहन भयको भावनालाई जनाउँछ ।

(हेर्नुहोस्ः डर, भय)

बाइबलका सन्दर्भहरूः

आत्मा, आत्मिक

परिभाषा:

“आत्मा” ले देख्‍न नसकिने मानिसको अभौतिक भागलाई जनाउछ । मानिस मर्दा उसको आत्माले उसको शरीर छोड्छ ।

अनुवादका निम्ति सुझावहरूः

(हेर्नुहोस्ः स्वर्गदूत, प्रधा स्वर्गदूत, भूत, दुष्‍ट आत्मा, अशुद्ध आत्मा, पवित्र आत्मा, परमेश्‍वरको आत्मा, परमप्रभुको आत्मा, प्राण) बाइबल खण्डहरूः

बाइबलका कथाहरूबाट उदाहरणहरूः

आदम

परिभाषा:

आदम प्रथम व्‍यक्‍ति थिए, जसलाई परमेश्‍वरले सृष्‍टि गर्नुभयो । तिनी र तिनकी पत्‍नी हव्वा परमेश्‍वरको स्वरूपमा बनाइए ।

आदर, आदर गर्नु

परिभाषा:

शब्दहरू “आदर” र “आदर गर्नु” ले कसैलाई सम्मान, इज्जत वा प्रतिष्‍ठा दिनु भनी उल्लेख गर्छन् ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः अनादर, अनादरयोग्य, महिमा, महिमित, महिमा गर्नु, प्रशंसा गर्नु, अन्य)

बाइबलका सन्दर्भहरूः

आनन्द

परिभाषा:

“आनन्द” शब्दले धेरै प्रसन्‍नता वा आनन्द उत्पन्‍न गर्ने (गराउने ? ) कुरालाई जनाउँछ ।

आनन्द, आनन्दित

परिभाषा:

आनन्द परमेश्‍वरबाट आउने हर्ष वा गहन सन्तुष्‍टिको अनुभूति हो । सम्बन्धित शब्द “आनन्दित” ले त्यस्तो व्यक्‍तिको बयान गर्दछ जसले ज्यादै खुसी र गहन प्रसन्‍नताको भरपुरलाई महसुस गरेको हुन्छ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः आनन्द गर)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

आमोस

परिभाषा:

आमोस एक इस्राएली अगमवक्ता थिए, जो यहूदाका राजा उज्जियाहको समयमा जिए ।

आराधना

परिभाषा:

“आराधना गर्नु” को अर्थ मान गर्नु, प्रशंसा गर्नु वा कसैको, विशेष गरी परमेश्‍वरको आज्ञा पालन गर्नु हो ।

अनुवाद सुझावहरूः

बाइबलीय कथाहरूबाट उदाहरणहरूः

आवाज

परिभाषा:

व्यक्‍तिले बोल्न आफ्नो आवाजलाई प्रयोग गर्छ । त्यसैले, बोलीवचन वा कुनै कुरोको सञ्‍चारको लागि “आवाज” शब्दलाई अक्सर आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।

बाइबलका सन्दर्भहरूः

आशा

परिभाषा:

आधुनिक अङ्ग्रेजीमा साधारणतया “आशा” शब्दको अर्थ हुन्छ‒ कुनै कुरा हुनेछ वा हुनेछैन भनी निश्‍चित नभईकन त्यो कुरो होस् भन्‍ने इच्छा गर्नु ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः निश्‍चितता, निश्‍चित)

बाइबलका सन्दर्भहरूः

आशेर

परिभाषा:

आशेर याकूबका आठौँ छोरा थिए । तिनका सन्तानहरूबाट इस्राएलका बाह् कुलमध्ये एउटा कुलको रचना भयो, जसलाई “आशेर” भनिन्थ्यो ।

आश्‍चर्यकर्म, चमत्कार, चिन्ह

परिभाषा:

“आश्‍चर्यकर्म” भनेको यस्तो अचम्मको केही कुरा हो जुन चाँहि परमेश्‍वरबाट मात्र सम्भव छ, र उहाँ भन्दा बाहेक अरूबाट सम्भव छैन ।

अनुवादका लागि सुझावहरू

बाइबलीय कथाहरूबाट उदाहरणहरू

इनाम

परिभाषा:

“इनाम” ले कुनै व्यक्‍तिले असल वा खराब कुरा गरे बापत प्राप्‍त गर्ने कुरालाई जनाउछ । कसैलाई “इनाम दिनु” भनेको कसैलाई उनलाई सुहाउँदो कुरा दिनु हो ।

अनुवादका निम्ति सुझावहरूः

(हेर्नुहोस्ः दण्ड दिनु, दण्ड) बाइबलका खण्डहरूः

इनार, ट्याङ्की

परिभाषा:

“इनार” र “ट्याङ्की” भन्‍ने शब्दहरूले बाइबलको समयमा पानीका दुई भिन्‍न किसिमका स्रोतहरूलाई जनाउँथे ।

अनुवाद सुझावहरूः

इन्कार गर्नु

परिभाषा:

कसैलाई वा कुनै थोकलाई “इन्कार गर्नु” भनेको त्यो व्यक्‍ति वा त्यो कुरालाई स्वीकार गर्न इन्कार गर्नु हो । परमेश्‍वरलाई इन्कार गर्नु भनेको उहाँको आज्ञापालन गर्न इन्कार गर्नु हो ।

अनुवादका निम्ति सुझावहरूः

(हेर्नुहोस्ः आदेश, आज्ञा गर्नु, आज्ञा, अवज्ञा गर्नु, अनाज्ञाकारी, अनाज्ञाकारिता, आज्ञा पालन गर्नु, आज्ञाकारी, आज्ञाकारिता) बाइबलका खण्डहरूः

इसहाक

परिभाषा:

इसहाक अब्राहाम र साराका एक मात्र पुत्र थिए । तिनीहरू धेरै वृद्धवृद्धा भइसकेका भए तापनि परमेश्‍वरले तिनीहरूलाई एउटा छोरो दिने प्रतिज्ञा गर्नुभएको थियो ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अब्राहाम, अब्राम, सन्तान, सदासर्वदा, पुरा गर्नु, याकूब, इस्राएल, सारा, साराई, इस्राएलका बार्‍ह कुल)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

इस्राएल, इस्राएलीहरू, इस्राएल जाति

परिभाषा:

“इस्राएल” परमेश्‍वरले याकूबलाई दिनुभएको नाउँ हो । यसको अर्थ हुन्छ, “तिनी परमेश्‍वरसित लड्छन् ।”

(हेर्नुहोस्ः याकूब, इस्राएल, इस्राएल राज्य, यहूदा राज्य, यहूदा, जाति, इस्राएलका बार्‍ह कुल)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

उच्‍च, उच्‍च ओहदाको व्‍यक्‍ति

परिभाषा:

“उच्‍च” भन्‍ने शब्दले कुनै उत्कृष्‍ट वा उच्‍च स्तरको कुरालाई जनाउँछ । “उच्‍च ओहदाको व्‍यक्‍ति” भनेको त्यस्तो व्‍यक्‍ति हो जो उच्‍च राजनैतिक वा सामाजिक समूहमा पर्छ ।

उठाउनु, उठेर खडा हुनु, उठेर खडा भएको, उठ्नु, उठ्यो

परिभाषा:

उठाउनु, माथि उठाउनु सामान्यतयाः “उठाउनु” को अर्थ “उचाल्नु” वा “उच्‍च पार्नु” हुन्छ ।

उठेर खडा हुनु, उठ्नु “उठेर खडा हुनु” वा “उठ्नु” भनेको “माथि जानु” वा “खडा हुनु” हो ।” उठेर खडा भएको”, “उठेर खडा भयो” र “उठ्यो” भूतकाल जनाउने अभिव्यक्‍कि हुन् ।

अनुवादका निम्ति सुझावहरूः

(हेर्नुहोस्ः पुरुत्थान, नियुक्‍त गर्नु, नियुक्‍त गरिएको, उच्‍च पार्नु, उच्‍च\प्रशंसा) बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट उदाहरणहरूः

उद्धार, उद्धारकर्ता

परिभाषा:

कसैलाई “उद्धार गर्नु” भनेको उसलाई बचाउनु हो । “उद्धारकर्ता” भनेको मानिसहरूलाई दासत्व, अत्याचार, वा अन्य खतराबाट बचाउने मानिस हो ।

उपवास

परिभाषा:

एक दिन वा त्योभन्दा बढी समयसम्म खाना नखाई वा कुनै विशेष किसिमको खाना वा पेय पदार्थ नखाई बस्‍ने प्रक्रियालाई उपवास बस्‍नु भनिन्छ ।

उर्दी

परिभाषा:

उर्दी सबै मानिसहरूको लागि सार्वजनिक रूपमा गरिएको घोषणा वा कानुन हो ।

एलिया

परिभाषा:

एलिया याहोवेका धेरै महत्त्वपूर्ण अगमवक्ताहरू मध्ये एक थिए । एलियाले आहाब उत्तरी इस्राएलका राजा भएको बेला भविष्यवाणी गरे ।

एलीशा

परिभाषा:

एलीशा आहाब, अहज्याह, यहोराम, येहू, यहोआहाज र येहोआश राजाहरूको पालामा इस्राएलका अगमवक्ता थिए ।

एलीशिबा

परिभाषा:

एलीशिबा बप्‍तिस्‍मा दिने यूहन्‍नाकी आमाको नाम थियो । उनका श्रीमानको नाम जकरिया थियो ।

एल्याकीम

परिभाषा:

बाइबलमा एल्याकीम नाम गरेका दुई जना मानिसहरू छन् ।

कटनी

परिभाषा:

“कटनी” शब्दले बोटमा उम्रिरहेका पाकेका फलफुल वा सागसब्जीलाई जम्मा पार्ने कुरोलाई जनाउँछ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः पहिलो फल, चाड, अन्य)

बाइबलका सन्दर्भहरूः

कटनी गर्नु, कटनी गर्ने

परिभाषा:

कटनी गर्नु भनेको अन्‍नबाली भित्र्याउनु हो । अन्‍नबाली भित्र्याउने व्यक्‍तिलाई कटानी गर्ने भनिन्छ ।

(हेर्नुहोस्ः कटनी) बाइबलका खण्डहरूः

कडा, कठोरता

परिभाषा:

सन्दर्भमा आधारित रहेर “कडा” शब्दका विभिन्‍न अर्थहरू छन् । यसले साधारणतया त्यस्तो कुरोलाई बयान गर्छ, जुन कठिन, दृढ वा नझुक्‍नेवाला छ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः अनाज्ञाकारी हुनु, अनाज्ञाकारी, अनाज्ञाकारिता, दुष्‍ट्याइँ, दुष्‍ट, दुष्‍टता, ह्दय, प्रसूति वेदना, परिश्रममा)

कन्या

परिभाषा:

यौन सम्बन्ध नराखेकी स्‍त्रीलाई कन्या भनिन्छ ।

(हेर्नुहोस्ः यशैया, ख्रीष्‍ट, मसीह, मरियम, येशूकी आमा, येशू, येशू ख्रीष्‍ट, ख्रीष्‍ट येशू)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

कप्‍तान

परिभाषा:

कप्‍तान एक रोमी सेनाका अधिकारी हुन्थे, जसको अधीनमा १०० जना सिपाहीको समूह हुन्थ्यो ।

कफर्नहुम

परिभाषा:

कफर्नहुम गालील समुद्रको उत्तर-पश्‍चिमी तटमा अवस्थित एउटा माछा मार्ने गाउँ थियो ।

कम्मर

परिभाषा:

“कम्मर” ले तल्लो करङ तथा हिपको हाडहरूबीच रहेको भागलाई बुझाउँछ र यो पशुहरू वा मानिसहरू दुवैमा हुन्छ । यसलाई तल्लो पेट भनेर पनि भन्‍ने गरिन्छ । बाइबलमा मानिसको सन्तानको स्रोतका रूपमा प्रजनन् अंगहरूलाई साङ्केतिक तथा अप्रत्यक्ष रूपमा “कम्मर” भनेर प्रायः देखाइन्छ । “कम्मर कस” भन्‍ने वाक्यले कठोर परिश्रमको निम्ति तयार रह भन्‍ने कुरालाई सङ्केत गर्छ । सजिलैसँग कुद्न वा हिँड्नको लागि आफ्नो वस्‍त्रको छेऊलाई कम्मरमा भएको पेटी वा डोरीमा अड्काउने प्रचलनबाट नै यो अभिव्‍यक्‍ति आएको थियो । कम्मरहरूलाई शक्तिको स्रोतका रूपमा हेरिन्छ । “कम्मर” भन्‍ने शब्दलाई बाइबलमा प्रायः बलिदानमा चढाइने पशुहरूको तल्लो ढाडलाई सङ्केत गर्नको लागि प्रयोग गरिएको छ । “तिम्रो कम्मरबाट आउनेछु,” भन्‍ने वाक्याँशलाई “तिम्रो सन्तान हुनेछु,” भनी अनुवाद गर्न सकिन्छ । वा “तिम्रो बिऊबाट जन्मिनेछु,” वा “तिमीबाट परमेश्‍वरले जन्माउनुहुनेछ,” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

कर, करहरू

परिभाषा:

शब्दहरू “कर” र “करहरू” ले जनताहरूद्वारा सरकारको अधीनमा रहेका मानिसहसहरूलाई तिरिने रुपियाँ-पैसा वा सरसामानहरूलाई जनाउँछन् ।

(हेर्नुहोस्ः कर उठाउनेहरू)

बाइबलका सन्दर्भहरूः

कर उठाउने

परिभाषा:

कर उठाउनेहरूको काम जनताहरूले सरकारलाई तिर्नुपर्ने रुपियाँ-पैसा लिई त्यसलाई सरकारलाई दिनु थियो ।

(हेर्नुहोस्ः रोमी, रोम, यहूदी, यहूदीहरू)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

करार

परिभाषा:

करार दुई पक्षबिच बाँधिएको औपचारिक सम्झौता हो जसलाई दुईमध्ये एउटा पक्षले पुरा गर्नैपर्छ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः नयाँ करार, प्रतिज्ञा)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

कष्‍ट, कष्‍टहरू, कष्‍टमा परेको

परिभाषा:

“कष्‍ट” शब्दले जीवनमा यस्ता अनुभवहरूलाई जनाउँछ जुन निकै कठिन र बेचैन तुल्याउने हुन्छन् । “कष्‍टमा परेको” पदावलीको अर्थ हुन्छः केही कुरोबारे दुःख वा बैचनको अनुभव गर्नु ।

अनुवादका लागि सुझावहरूः

बाइबलका सन्दर्भहरूः

कष्‍ट भोग्‍नु, कष्‍ट

परिभाषा:

“कष्‍ट भोग्‍नु” वा “कष्‍ट” ले बिरामी, पीडा वा अन्य कठिनाइ जस्ता केही धेरै अप्रिय कुराको अनुभवलाई जनाउछ ।

अनावदका निम्ति सुझावहरूः

बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट उदाहरणहरूः

काँडा, सिउँडी

परिभाषा:

काँडाका घारीहरू र सिउँडीहरू त्यस्ता बिरुवाहरू हुन्, जसमा स-साना काँडाका हाँगाहरू लाग्छन् र फुलहरू फल्छन् । यी बिरुवाहरूले फल फलाउँदैनन् न त कुनै उपयोगी कुरो उत्पादन गर्छन् ।

(हेर्नुहोस्ः मुकुट, मुकुट पहिराउनु)

बाइबलका सन्दर्भहरूः

कार्यहरू, कामहरू, कार्य, व्यवहारहरू

परिभाषा:

बाइबलमा, “कार्यहरू” “कामहरू” र “व्यवहारहरू” भन्‍ने शब्दहरू परमेश्‍वर वा मानिसहरूले गर्ने कुराहरूलाई जनाउन प्रयोग गरिन्छ ।

अनुवादका लागि केही सुझावहरू

कुने-ढुङ्गो

परिभाषा:

शब्द “कुने-ढुङ्गो” ले विशेष तवरले काटेर तयार पारी भवनको जगको कुनामा राखिने ढुङ्गोलाई जनाउँछ ।

अनुवादका लागि सुझावहरूः

बाइबलका सन्दर्भहरूः

कुरेनी

परिभाषा:

कुरेनी भूमध्य सागरमा अफ्रिकाको उत्तरी तटमा पर्ने एउटा ग्रिक सहर थियो । यो क्रेट टापुको सिधै दक्षिणमा पथ्र्यो ।

कुल

परिभाषा:

कुल मानिसहरूको समूह हो, जो साधारणतया एउटै पुर्खाका सन्तानहरू हुन्छन् ।

(हेर्नुहोस्ः कुटुम्ब, जाति, मानिसहरूको समूह, मानिसहरू, इस्राएलका बार्‍ह कुल) बाइबलका सन्दर्भहरूः

कुष्‍ठरोग, कुष्‍ठरोगी, कुष्‍ठरोग

परिभाषा:

बाइबलमा “कुष्‍ठरोगी” भन्‍ने शब्द विभिन्‍न किसिमको छालाको रोगको निम्ति प्रयोग गरिएको छ । जब कुनै व्‍यक्‍तिलाई यस्ता किसिमको छालाको रोग लाग्दछ, उसलाई अशुद्ध व्‍यक्‍ति भनेर हेरिन्छ । कुष्‍ठरोगी भनेको कुष्‍ठरोग लागेको व्‍यक्‍ति हो । अनि कुष्‍ठरोग भन्‍ने शब्दले कुष्‍ठरोग लागेको व्‍यक्‍ति वा कुष्‍ठरोग लागेको अंशलाई सङ्केत गर्छ । बाइबलीय समयमा, यस्ता रोग लागेका मानिसहरूलाई शिविर वा सहरबाट बाहिर राखिन्थ्यो । अनुवाद सुझावहरू बाइबलमा “कुष्‍ठरोग” भन्‍ने शब्दलाई “छालाको रोग” वा “डरलाग्दो चर्म रोग” भनी अनुवाद गरिएको छ । त्यसैले “कुष्‍ठरोग” लाई “कुष्‍ठरोगले भरिएको,” “छालाको रोग लागेको” वा “चर्म रोगमले भरिएको” भनी अनुवाद गर्न सकिन्छ ।

कृपा, अनुकूल, पक्षपात

परिभाषा:

“कृपा” शब्दले सकारात्मक रुपले लिइएको कुनै व्‍यक्‍तिको भलाईको लागि गरिने कामलाई जनाउँछ । “अनुकूल” भन्‍नाले सकारात्मक, मन्जुरी भएको” वा “फाइदाजनक” कुरालाई जनाउँछ ।

कृपा, कृपालु

परिभाषा:

“कृपा” र “कृपालु” भन्‍ने शब्दले खाँचोमा परेका मानिसहरूलाई सहायता गर्ने कामलाई जनाउँछ, विशेष गरी उनीहरू निम्‍न वा नम्र अवस्थामा भएको खण्डमा ।

अनुवादका लागि सुझावहरू

बाइबलीय कथाहरूबाट उदाहरणहरू

कैद, कैदी

परिभाषा:

“कैद” शब्दले अपराधीहरूलाई तिनीहरूका अपराधको दण्ड स्वरूप राखिने ठाउँलाई जनाउछ । कैदा राखिएको व्‍यक्‍ति नै कैदी हो ।

अनुवादका निम्ति सुझावहरुः

बाइबलका खण्डहरूः

कैयाफा

परिभाषा:

बप्‍तिस्मा-दिने यूहन्‍ना र येशूको समयमा कैयाफा इस्राएलका प्रधान पूजाहारी थिए ।

कैसर

परिभाषा:

“कैसर” रोमी साम्राज्यका अधिकांश शासकहरूद्वारा प्रयोग गरिएको नाउँ वा उपाधि थियो । बाइबलमा यस नाउँले तिन बेग्लाबेग्लै रोमी शासकलाई उल्लेख गर्छ ।

क्रुस

परिभाषा:

बाइबलको समयमा क्रुस जमिनमा ठडाइएको काठको ठाडो खम्बा थियो जसको माथिल्लो भागनेर तेस्रो काठ तेर्साइएको हुन्थ्यो ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः क्रुसमा टाँग्‍नु, रोम, रोमी)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

क्रोध, रिस

परिभाषा:

क्रोध भनेको गहिरो रिस हो जुन कहिलेकाँही लामो समय सम्म पनि रहन सक्छ । यसले विशेष गरी पापको विरुद्ध परमेश्‍वरको धार्मिक इन्साफ र वहाँको विरुद्ध विद्रोह गर्ने मानिसहरूको दण्डलाई जनाउँछ ।

अनुवाद सुझावहरूः

क्रोध

परिभाषा:

क्रोध नियन्‍त्रण भन्दा बाहिरको रिस हो । जब कोही क्रोधित हुन्छ, यसको आशय त्यो व्यक्‍तिले रिसलाई विनाशक तरिकाले व्यक्‍त गरिरहेको हुन्छ ।

बाइबलका खण्डहरूः

खप्पर

परिभाषा:

खप्पर भनेको मानिसको टाउकाको हड्‍डी अर्थात् कङ्कालको संरचना हो ।

(हेर्नुहोस्ः गलगथा) बाइबलमा खण्डहरूः

खमिर, दाउन

परिभाषा:

खमिर रोटीको पिठोलाई फुलाउने तत्व हो । यसलाई कहिले काहीँ दाउन(खमिर) पनि भनिन्छ ।

अनुवादका निम्ति केही सुझावहरू

बाइबल खण्डहरूः

खरानी, खरानीहरू, धुलो

परिभाषा:

“खरानी” वा “खरानीहरू” ले मसिनो पदार्थलाई जनाउँछन् । काठलाई जलाएपछि खरानी बन्छ । अर्थहीन वा बेकम्मा कुरोलाई जनाउन यसलाई कहिले काहीँ आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।

खाडल

परिभाषा:

खाडल जमिनमा खनिएको एउटा गहिरो खाल्डो ।

(हेर्नुहोस्ः पाताल, कैद, कैदी, नरक, आगोको तलाउ) बाइबलका खण्डहरूः

ख्रीष्‍ट, मसीह

परिभाषा:

शब्दहरू “मसीह” र “ख्रीष्‍ट” को अर्थ हुन्छः “अभिषिक्‍त जन ।” यसले येशू अर्थात् परमेश्‍वरका पुत्रलाई जनाउँछ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः परमेश्‍वरका पुत्र, पुत्र, दाऊद, येशू, येशू ख्रीष्‍ट, ख्रीष्‍ट येशू, अभिषेक गर्नु, अभिषिक्‍त)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

गधा, खच्‍चर

परिभाषा:

गधा कामका लागि प्रयोग गरिने चार-खुट्टे जनावर हो । यो घोडाजस्तै तर केही लामा कान भएको र सानो जनावर हो ।

गन्धक

परिभाषा:

“गन्धक” भनेको आगोमा बल्दा ज्वलनशील तरल बन्‍ने पहेँलो रङ हुने एउटा पदार्थको नाउँ हो ।

अनुवादका निम्ति सुझावहरूः

(हेर्नुहोस्ः सदोम, गमोरा) बाइबलका खण्डहरूः

गब्रिएल

परिभाषा:

गब्रिएल परमेश्‍वरका एक स्वर्गदूतको नाउँ हो । केही ठाउँमा नामै तोकेर तिनको उल्लेख गरिएको छ । पुरानो र नयाँ करार दुवैमा तिनको उल्लेख भएको पाइन्छ ।

गर्भ

परिभाषा:

“गर्भ” भन्‍ने शब्दले आमा भित्र शिशुको विकास हुने स्थानलाई जनाउँछ ।

गलत, गलत व्यवहार, चोट पुर्याउनु

परिभाषा:

गल्ति गर्नु, गलत व्यवहार गर्नु वा चोट पुर्याउनु भनेको कसैलाई शारीरिक, भावनात्मक, वा कानूनी चोट पुर्याउनु हो ।

गवाही, गवाही दिनु

परिभाषा:

शब्दहरू “गवाही” र “गवाही दिनु” ले कुनै कुरो साँचो हो भन्‍ने कथनलाई जनाउँछ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः करारको सन्दुक, करारका सन्दुकका आदेशहरू, गवाहीको सन्दुक, यहोवेको सन्दुक, अगमवक्‍ता, अगमवाणी, अगमवाणी गर्नु, दर्शी, अगमवादिनी, साक्षी, प्रत्यक्षदर्शी)

बाइबलका सन्दर्भहरूः

गहुँ

परिभाषा:

गहुँ भनेको एक प्रकारको घाँस, वा अन्‍न हो, जुन भोजनका निम्ति मानिसले उब्जाउँछन् ।

गात

परिभाषा:

गात पलिश्तीहरूका पाँचवटा मुख्य सहरमध्ये एउटा थियो । यो एक्रोनको दक्षिण अनि अश्दोद र अश्कलोनको पूर्वमा पथ्र्यो ।

गालील, गालीली

परिभाषा:

गालील इस्राएलको निकै उत्तर र सामरियाको उत्तरमा पर्ने ठाउँ थियो । गालीलमा बसोबास गर्ने व्‍यक्‍तिलाई “गालीली” भनिन्थ्यो ।

गिबा

परिभाषा:

गिबा एउटा सहरको नाउँ हो, जुन यरूशलेमको पश्‍चिम र बेथेलको दक्षिणमा पथ्र्यो ।

गोठाला, गोठाला गर्नु

परिभाषा:

गोठाला भेडाको हेरचाह गर्ने एउटा व्यक्‍ति हो ।” गोठाला गर्नु” को अर्थ भेडाको हेर्चाह गर्नु वा वास्त गर्नु भन्‍ने हुन्छ ।

अनुवादका निम्ति सुझावहरू

(हेर्नुहोस्ः विश्‍वासी, पास्टर, भेडा, साँढ) बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट उदाहरणहरूः

गोरू, गोरूहरू

परिभाषा:

गोरू भनेको एक प्रकारको जनावर हो जुन खेतीको कामको लागि तयार पारिएको हुन्छ । गोरूको बहुवचन गोरूहरू हो । प्राय गरेर गोरूहरू भाले प्रजाति हुन्छन्र र तिनीहरू सन्तान उत्पादन गर्न नसक्‍ने बनाइएका हुन्छन् ।

घडी

परिभाषा:

कुनै कुरो कहिले र कति लामो समयम्म भयो भनी जनाउन प्रयोग गर्नुका अतिरिक्‍त यस “घडी” शब्दलाई केही आलङ्कारिक अर्थहरूमा पनि प्रयोग गरिन्छ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः समय)

बाइबलका सन्दर्भहरूः

घर

परिभाषा:

बाइबलमा “घर” शब्दलाई अक्सर आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः दाऊद, सन्तान, घराना, इस्राएल राज्य, पवित्र वासस्थान, मन्दिर, यहोवे)

बाइबलका सन्दर्भहरूः

घराना

परिभाषा:

“घराना” शब्दले एउटा घरमा सँगसँगै बस्‍ने सबै मानिसहरूलाई जनाउँछ । यसमा परिवारका सदस्यहरूसाथै घरका नोकरहरू पनि पर्छन् ।

(हेर्नुहोस्ः घर)

बाइबलका सन्दर्भहरूः

चाँदी

परिभाषा:

चाँदी सिक्‍का, गहना, भाँडा र सजावटका सधनहरू बनाउनलाई प्रयोग गरिने चम्किलो र सेतो-खैरो बहुमूल्य धातु हो ।

बाइबलका खण्डहरूः

चाड

परिभाषा:

सामन्यतया कुनै एक समुदायका मानिसहरू मिलेर मनाउने उत्सवलाई चाड भनिन्छ ।

चिन्ह, प्रमाण, स्मरणपत्र

परिभाषा:

चिन्ह एउटा विशेष अर्थ दिने एउटा वस्तु, घटना वा कार्य हो ।

अनुवादका निम्ति सुझावहरूः

(हेर्नुहोस्ः आश्‍चर्यकर्म, चमत्कार, चिन्ह, प्रेरित, प्रेरिरत्व, ख्रीष्‍ट, मसीह, करार, खतना गर्नु, खतना) बाइबल खण्डहरूः

चिहान, गाड्ने ठाउँ

परिभाषा:

“चिहान” शब्दले मरेको मानिसको शरीर राखिने ठाउँलाई जनाउँछ । “गाड्ने ठाउँ” अझै सामान्य पदावली हो जसले उही कुरोलाई जनाउँछ ।

(हेर्नुहोस्ः मृत्यु, मर्नु, मृत, गाड्नु, गाडिएको, गाड्ने)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

चुम्बन

परिभाषा:

चुम्बन भनेको स्‍नेह अभिव्‍यक्‍ति हो र एउटा व्‍यक्‍तिले आफ्नो ओठलाई अर्को व्‍यक्‍तिको ओठ वा गालामा स्पर्श गरेर यसलाई प्रकट गरिन्छ ।

चेला

परिभाषा:

“चेला” शब्दले शिक्षकको चरित्रबाट र शिक्षाबाट सिक्दै लामो समय बिताउने व्‍यक्‍तिलाई जनाउँछ ।

चोर, चोरहरू, डाँकु

परिभाषा:

“चोर” वा “डाँकु” त्यो व्यक्‍ति हो जसले अरू मानिसबाट रुपियाँ-पैसा वा सम्पत्ति चोर्छ । “चोर” को बहुवचन “चोरहरू” हो ।

(हेर्नुहोस्ः आशिष् दिनु, धन्य, आशिष्, अपराध, नष्‍ट गर्नु, शैतान, दुष्‍ट जन)

बाइबलका सन्दर्भहरूः

छर्नु, छर्ने

परिभाषा:

छर्नुको अर्थ बिरुवाहरू बढाउनलाई जमिनमा बिउ राख्‍नु हो । छर्ने भनेको बिउ छर्ने व्यक्‍ति हो ।

अनुवादका निम्ति सुझावहरूः

बाइबलका खण्डहरूः

छाया

परिभाषा:

“छाया” शब्दले प्रकाशलाई कुनै कुराले छेक्दाको अँध्यारोलाई जनाउँछ । यसको धेरै आलङकारिक अर्थहरू छन् ।

बाइबल अनुवादः

छिमेकी

परिभाषा:

छिमेकी भनेको सामान्यतया हाम्रा नजीक बस्‍ने मानिसहरू हुन् । यसले सामान्यतया त्यस्तो व्‍यक्‍तिलाई पनि जनाउँछ जो एउटै समुदाय वा समूहमा बसोबास गर्दछन् ।

छोरा, का छोरा

परिभाषा:

“छोरा” शब्दले उनको आमाबुबाको सम्बन्धमा एउटा केटा वा पुरुषलाई जनाउँछ । यसले कसैको पुरुष सन्तान वा धर्मपुत्र ग्रहण गरेको छोरालाई जनाउँछ ।

अनुवादका निम्ति सुझावहरूः

(हेर्नुहोस्ः सन्तान, पुर्खा, पिता, पितापुर्खा, परमेश्‍वरका पुत्र, पुत्र, छोरा, परमेश्‍वरका छोराछोरीहरू) बाइबल खण्डहरूः

बाइबलका कथाहरूबाट उदाहरणः

जखायस

परिभाषा:

जखयास यरीहोका एक कर उठाउने मानिस थिए, जो येशूलाई हेर्न रूखमा चढे ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः कर उठाउने) बाइबलका खण्डहरूः

जग, स्थापित

परिभाषा:

कुनै कुरालाई आधार बनाएर केही कुरा निर्माण गर्ने कामलाई “स्थापित” भनिन्छ । जग भन्‍नाले कुनै कुरा निर्माण गर्नको लागि तयार गरिएको आधार हो ।

जनगणना

परिभाषा:

“जनगणना” शब्दले देश वा साम्राज्यमा मानिसहरूको औपचारिक गणनालाई जनाउँछ ।

जब्दिया

परिभाषा:

जब्दिया गालीलका एक मछुवा थिए । उनका छोराहरू, याकूब र यूहन्‍नाले उनीसँगै काम गर्थे । त्यसपछि तिनीहरूले काम छोडेर येशूको दुई जना प्रेरितहरू भए । (अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः याकूब (जब्दियाका छोरो), यूहन्‍ना (प्रेरित)) बाइबलका खण्डहरूः

जस्तै, उस्तै

परिभाषा:

“उस्तै” किसिमका मानिसहरू तथा कुराहरूको एकआपसी मिल्दोजुल्दो कुराहरू हुने गर्दछन् । “कुनै कुरा जस्तै” हुनु भनेको त्यसअनुसार मिल्दोजुल्दो हुनु तथा उस्तै किसिमका गुणहरू एकआपसमा रहनु हो । मानिसहरूलाई परमेश्‍वरको स्वरूपमा उहाँजस्तै सृष्‍टि गरियो । उहाँको “स्वरूपमा” तथा उहाँको जस्तै गुणहरू र स्वभावहरू हुने गरी सृष्‍टि गरियो ।

अनुवाद सुझावहरू “उहाँको मृत्युमा झैँ,” भन्‍ने वाक्याँशलाई “उहाँको मृत्युको अनुभव गर्ने गरी,” वा “उहाँसँगै उहाँको मृत्युलाई अनुभव गर्ने गरी” भनेर पनि अनुवाद गर्न सकिन्छ । “पापी देहजस्तै,” भन्‍ने वाक्याँशलाई “पापी मानिस झैँ” वा “मानिस हुनु” भनेर पनि अनुवाद गर्न सकिन्छ । यो वाक्यांशलाई यस्तो प्रकारले अनुवाद गर्नुहोस् कि जसले येशू पापी हुनुहुन्थ्यो भन्‍ने कदापि पनि अभिव्यक्त नहोस् । “नष्‍ट भएर जाने मानिस, चराचुरुगी, चार खुट्टे जनावर वा घस्रने पशुहरूजस्तै” भन्‍ने अभिव्‍यक्‍तिलाई “नष्‍ट भएर जाने मानिसहरू झैँ वा पशुहरू झैँ जस्तै कि चराचुरुगी, पशुहरू वा घस्रने जीवहरू झैँ देखिने मूर्तिहरू,” भनी अनुवाद गर्न सकिन्छ ।

जाँच

परिभाषा:

शब्द “जाँच” ले कठिन वा दर्दनाक अनुभवलाई जनाउँछ, जसले व्यक्‍तिको ताकत र कमजोरीलाई प्रकट गर्छ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः परीक्षा गर्नु, परीक्षा)

बाइबलका सन्दर्भहरूः

जान्‍नु, ज्ञान, परिचित गराउनु

परिभाषा:

कुनै कुरा “जान्‍नु” भनेको कुनै कुरालाई बुझ्‍नु वा यथार्थबारे सचेतन हुनु हो । “परिचित गराउनु,” भन्‍ने वाक्याँश भनेको टुक्‍का हो र यसले जानकारी बताउनु भन्‍ने अर्थ दिन्छ ।

अनुवाद सुझावहरू

जिब्रो

परिभाषा:

बाइबलमा “जिब्रो” का केही आलङ्कारिक अर्थहरू छन् ।

अनुवादका लागि सुझावहरूः

बाइबलका सन्दर्भहरूः

जीवन, जिउनु, बाँच्‍नु, जीवित

परिभाषा:

यी सबै शब्दहरूले मरेका नभई जीवित भएको कुरालाई बुझाउँछ । यी शब्दहरूलाई आत्मिक रूपले जीवित भएको कुरालाई बुझाउनको लागि पनि प्रयोग गरिन्छ । निम्‍नलिखित छलफलले “भौतिक जीवन” तथा “आत्मिक जीवन” भनेको के हो भन्‍ने चर्चा गरेको छ ।

  1. भौतिक जीवन
  1. आत्मिक जीवन

अनुवाद सुझावहरू

बाइबलीय घटनाहरूबाट उदाहरणहरू

जैतून

परिभाषा:

जैतून भनेको जैतूनको रूखको सानो, अन्डा आकारको जस्तो फल हो, जुन भूमध्य सगरको वरिपरीको क्षेत्रमा पाइन्छ ।

झगडा

परिभाषा:

“झगडा” शब्दले मानिसहरू बिचको शरीरिक वा संवेगात्मक विवादलाई जनाउछ ।

बाइबलका खण्डहरूः

टुरोस

परिभाषा:

टुरोस भूमध्य सागरको तटमा अवस्थित प्राचीन कनानी सहर थियो, जुन अहिले लेबनान देशमा पर्छ । यो सहरको एउटा भाग टापु थियो जुन तटबाट करिब एक किलोमिटर टाढा पर्थ्यो ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अन्यजाति/गैरयहूदी, कनान, कनानी, सीडोन, सीदोनीहरू)

बाइबलका सन्दर्भहरूः

टोकरी

परिभाषा:

“टोकरी” शब्दले बुनिएको सामग्रीबाट निर्मित भाँडोलाई जनाउँछ ।

ढाल

परिभाषा:

ढाल वाण र अन्य किसिमका शत्रुहरूका आक्रमणबाट बचाउन एउटा सिपाहीले लडाइँमा समात्‍ने एउटा साधन हो ।

बाइबलका खण्डहरूः

ढुकुर, परेवा

परिभाषा:

ढुकुर र परेवाहरू एकै प्रकारका गुण भएका दुई किसिमका खैरो रङ्गका चराहरू हुन् । ढुकुर परेवाभन्दा फिक्‍का रङ्गको लगभग सेतो हुन्छ ।

ढुङ्गा, ढुङ्गाले हान्‍ने काम

परिभाषा:

ढुङ्गा सानो चट्टान हो । ढुङ्गाले हान्‍ने काम भनेको कसैलाई मार्नलाई उसलाई ढुङ्गाले हान्‍नु हो ।

बाबलका खण्डहरूः

तरवार

परिभाषा:

तरवार काट्न वा घोच्‍न प्रयोग हुने चेप्‍टो धार भएको धातुको हतियार हो । यसको समात्‍ने ठाउँ र लामो र काट्ने धारिलो धार हुन्छ ।

अनुवादका निम्ति सुझावहरूः

(हेर्नुहोस्ः अज्ञातहरूलाई कसरी अनुवाद गर्ने) बाइबलका खण्डहरूः

तेरह

परिभाषा:

तेरह नोआका छोरा शेमका सन्तान थिए । तिनी अब्राम, नाहोर र हारानका पिता थिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अब्राहाम, अब्राम, मेसोपोटामिया, अराम-नहराइम, शेम, ऊर, कनान, कनानी)

बाइबलका सन्दर्भहरूः

तेल

परिभाषा:

तेल बाक्लो तरल पदार्थ हो जुनकुरा केही बिरूवा वा फलबाट निकाल्न सकिन्छ । बाइबलमा, तेल बिशेष गरेर जैतूनबाट निकालिन्थ्यो ।

त्याग्‍नु, त्यागिएको

परिभाषा:

“त्याग्‍नु” भन्‍नाले कसैलाई वा कुनै कुरालाई छाड्नु भन्‍ने बुझिन्छ । “त्यागिएको” व्‍यक्‍ति भन्‍नाले अरूकोहीद्वारा एकलै छोडिएको व्‍यक्‍ति हो ।

थुमा, परमेश्‍वरका थुमा

परिभाषा:

“थुमा” भन्‍ने शब्दले भेडाको पाठोलाई बुझाउँछ । भेडाहरू भनेका चार खुट्टे प्रशस्त भुत्ला भएका पशुहरू हुन् र परमेश्‍वरको निम्ति बलिदान चढाउनको लागि ती प्रयोग गरिन्छन् । अनि मानिसहरूका पापहरूका ज्याला तिर्नको लागि येशू बलिदान हुनुभएको हुनाले उहाँलाई “परमेश्‍वरका थुमा” भनेर पनि चिनिन्छ ।

अनुवाद सुझावहरू

बाइबलीय घटनाहरूबाट उदाहरणहरू

थोमा

परिभाषा:

थोमा बार्‍ह जनामध्ये एक थिए जसलाई येशूले उहाँका चेलाहरू (अर्थात् प्रेरितहरू) हुन बोलाउनुभयो ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

बाइबलका सन्दर्भहरूः

दया, दयालु

परिभाषा:

“दया” शब्दले खास गरी दुःखकष्‍ट पाइरहेका मानिसहरूप्रति देखाइने फिक्रीको महसुसलाई जनाउँछ । “दयालु” व्यक्‍तिले अरू मानिसहरूको वास्ता गरी तिनीहरूलाई मदत गर्छ ।

अनुवादका लागि सुझावहरूः

बाइबलका सन्दर्भहरूः

दरबार

परिभाषा:

“दरबार” शब्दले राजा आफ्ना परिवार र नोकरहरू बस्‍ने घर वा भवनलाई जनाउछ ।

बाइबलका खण्डहरूः

दर्शन

परिभाषा:

“दर्शन” शब्दले व्यक्‍तिले देख्‍ने कुनै कुरोलाई जनाउँछ । यसले खास गरी मानिसहरूलाई सन्देश दिन परमेश्‍वरले तिनीहरूलाई देखाउनुहुने असाधारण वा अलौकिक कुरोलाई जनाउँछ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः सपना)

बाइबलका सन्दर्भहरूः

दाऊद

परिभाषा:

दाऊद इस्राएलका दोस्रो राजा थिए र उनले परमेश्‍वरलाई प्रेम गर्थे र उहाँकै सेवा गर्थे । उनी भजनसँग्रहका एक प्रमुख लेखक थिए ।

दाऊदको घराना

परिभाषा:

पदावली “दाऊदको घराना” ले राजा दाऊका परिवार वा सन्तानहरूलाई जनाउँछ ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः दाऊद, सन्तान, घर, येशू, येशू ख्रीष्‍ट, ख्रीष्‍ट येशू, राजा)

बाइबलका सन्दर्भहरूः

दाऊदको सहर

परिभाषा:

पदावली “दाऊदको सहर” यरूशलेम र बेथलेहेम दुवैको लागि अर्को नाउँ हो ।

दाखबारी

परिभाषा:

दाखबारी बगैँचा वा उद्यान हो, जहाँ दाखका बोटहरू रोपिन्छन् र दाखहरू उमारिन्छन् ।

(हेर्नुहोस्ः दाखको बोट, अङ्गुर)

बाइबलका सन्दर्भहरूः

दाखमद्य

परिभाषा:

दाखमद्य एउटा खमिर (मर्चा) मिसाइएको पेय पदार्थ हो जसलाई दाख (अङ्गुर) भन्‍ने फलको रसबाट बनाइन्छ । यो शब्दलाई खमिर नहालिएको दाखको रसलाई जनाउन पनि प्रयोग गरिन्थ्यो ।

दान

परिभाषा:

दान याकूबका पाँचौँ छोरा थिए । यो इस्राएलका बाह्र कुलहरूमध्ये एक कुल पनि थियो । कनानको उत्तरी भागमा दानका कुलहरूले बसोबास गरेको भूभागलाई पनि दान भन्‍ने गरिन्थ्यो ।

दान

परिभाषा:

“दान” ले गरिब मानिसहरूलाई सहयोग गर्न दिइने रुपियाँ-पैसा, खाना वा अन्य थोकहरूलाई जनाउँछ ।

दाहिने हात

परिभाषा:

“दाहिने हात” ले आलङ्कारिक रूपमा शासक वा अन्य महत्त्वपूर्ण व्यक्‍तिको दाहिने हाततर्फको सम्मानको स्थानलाई जनाउछ ।

अनुवादका निम्ति सुझावहरूः

(हेर्नुहोस्ः दोष लगाउनु, दोषारोपण, दोष लागउने, सम्मान, सम्मान गर्नु, दण्ड दिनु, दण्ड, विद्रोह गर्नु, विद्रोही, खराब, दुष्‍ट, दुष्‍टता) बाइबलका खण्डहरूः

दिदी-बहिनी

परिभाषा:

दिदी-बहिनी भनेको एउटै शरीरिक बाबु-आमा भएको अर्को महिला व्यक्‍ति हो ।

अनुवादका निम्ति सुझावहरूः

(हेर्नुहोस्ः ख्रिष्‍टमा, येशूमा, प्रभुमा, आत्मामा, आत्मिक भाइ) बाइबलका खण्डहरूः

दुलहा

परिभाषा:

दुलहा विवाह समारोहमा दुलहीलाई बिहे गर्ने पुरुष हो ।

दुष्‍ट, अधर्मी, दुष्‍टता

परिभाषा:

“दुष्‍ट” र “अधर्मी” शब्दहरूले परमेश्‍वरको पवित्रता र इच्छाको विरोध गर्ने कुनै पनि कुरालाई जनाउँछ ।

दोष, दोषी

परिभाषा:

शब्द “दोष” ले पाप वा अपराध गरेको सत्यतालाई जनाउँछ ।

अनुवादका लागि सुझावहरूः

युएलबीका उदाहरणहरूः तपाईंको पापको दोष लैजानुहोस्, तपाईंको दोष लैजानुहोस्, दोषबलि, तपाईंको दोषलाई दण्ड दिनुहोस्, उसलाई हत्याको दोष लाग्‍नेछैन, उसले आफ्नै दोष बोक्‍छ, आफ्नो दोष धुनेछ, दोषी हुन्छ, हाम्रा दोष स्वर्गसम्म पुग्छ ।

(हेर्नुहोस्ः निर्दोष, अपराध, दण्ड दिनु, दण्ड, पाप, पापिष्‍ठ, पापी)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

दौरा

परिभाषा:

दौरा कुमदेखि कम्मर वा घुँडासम्म आउने एउटा वस्‍त्र हो ।

बाइबलका सन्दर्भहरूः

धर्मी, धार्मिकता

परिभाषा:

“धर्मी” र “धार्मिकता” ले परमेश्‍वरको पूर्ण भलाइ, न्याय, विश्‍वासयोग्यता र प्रेमलाई जनाउछ । परमेश्‍वर धर्मी हुनुभएको हुनाले, उहाँले पापको निन्दा गर्नुपर्छ ।

अनुवादका निम्ति सुझावहरूः

(हेर्नुहोस्ः असल, भलाइ, पवित्र, पवित्रता, खराब, दुष्‍ट, दुष्‍टता, न्यायी, न्याय, न्यायपूर्वक, विश्‍वासयोग्‍य, विश्‍वासयोग्‍यता) बाइबलका खण्डहरूः

बइबलका कथाहरूबाट उदहरणहरूः

धिक्‍कार

परिभाषा:

“धिक्‍कार” शब्दले घोर दरिद्रताको भावलाई जनाउँछ । कसैले गम्भीर समस्या भोग्‍नेछ भन्‍ने कुराको चेतावनी पनि यसले दिन्छ ।

अनुवादका लागि केही सुझावहरू

धूप

परिभाषा:

शब्द “धूप” ले मसिना अत्तरहरूको मिश्रणलाई जनाउँछ जसलाई सुगन्ध उत्पादन गर्न बालिन्छ ।

(हेर्नुहोस्ः धूपको वेदी, होमबलि, आगोको बलि, रेसिन)

बाइबलका सन्दर्भहरूः

धूर्त

परिभाषा:

“धूर्त” ले व्यवहारिक रूपमा बुद्धिमानी र चलाख व्यक्‍तिलाई दर्शाउँछ ।

बाइबलका खण्डहरूः

धैर्य, धैर्यता

परिभाषा:

“धैर्य” र “धैर्यता” ले कठिन परिस्थितिहरूमा सहनु वा दृढ रहनुलाई जनाउछ । प्रायः धैर्यतामा प्रतिक्षा पर्छ ।

(हेर्नुहोस्ः क्षमा गर्नु, क्षमा, खप्‍नु, खपाइ, सहनु, सहशीलता) बाइबलका खण्डहरूः

नयाँ करार

परिभाषा:

“नयाँ करार” भन्‍ने शब्दले परमेश्‍वरले आफ्नो पुत्र येशू ख्रीष्‍टको बलिदानबाट उहाँको मानिस र परमेश्‍वर बीच भएको सम्झौतालाई बुझिन्छ ।

अनुवाद सुझावहरू

बाइबलीय कथाहरूबाट उदाहरणहरू

नरक, अग्‍नि-कुण्ड

परिभाषा:

नरक अन्त्यहीन पीडा र दुःखकष्‍टको ठाउँ हो, जहाँ उहाँको विरुद्धमा जाने र येशूको बलिदानमार्फत मानिसहरूलाई बचाउने उहाँको उद्धारको योजनालाई इन्कार गर्ने हरेकलाई उहाँले दण्ड दिनुहुनेछ । यसलाई “अग्‍नि-कुण्ड” भनेर पनि उल्लेख गरिएको छ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः स्वर्ग, आकाश, आकाशहरू, स्वर्गीय, मृत्यु, मर्नु, मृत, हेडिस, सिओल, अगाद-खाँद)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

नहूम

परिभाषा:

नहूम एउटा अगमवक्ता थिए, र उनले यहूदाको राज्यमा राजा मनास्सेको पालामा प्रचार गर्दथे ।

नागरिक

परिभाषा:

नागरिक भनेको कुनै विशेष सहर, देश वा साम्राज्यमा बस्‍ने व्‍यक्‍ति हो । यसले खास गरी त्यस्तो व्‍यक्‍तिलाई जनाउँछ, जो त्यस ठाउँको कानुनी रूपमा मान्यता प्राप्‍त बासिन्दा हुन्छ ।

नातान

परिभाषा:

नातान, दाऊद इस्राएलको राजा हुने समयका परमेश्‍वरका विश्‍वासयोग्य अगमवक्ता थिए ।

बाइबलीय कथाहरूबाट उदाहरणहरूः

नातेदार

परिभाषा:

नातेदार भनेको रगतको सम्बन्ध भएको व्‍यक्‍ति हो । “पुरुष नातेदार,” भन्‍ने शब्दले विशेष गरी पुरुष नातेदारलाई सङ्केत गर्दछ ।

नाम

परिभाषा:

बाइबलमा नामलाई धेरै सांकेतिक रुपमा प्रयोग गरेको पाइन्छ ।

अनुवाद सुझावहरू

नामान

परिभाषा:

नामान इस्राएली सेनाहरूको शत्रु सैनिकको सेनापति थियो ।

बाइबलीय कथाहरूबाट उदाहरणहरू

नाश, निर्जन

परिभाषा:

कुनै कुरालाई नाश गर्नुको अर्थ त्यसलाई वास्ता नगरी फ्याँक्‍नु वा त्यसलाई अबुद्धिमतापूर्वक प्रयोग गर्नु हो । “नाश गरिएको कुरा” ले बर्बाद वा नष्‍ट भएको अवस्थालाई जनाउँछ ।

नाहोर

परिभाषा:

निनवे, निनवेका मानिस

परिभाषा:

निनवे अश्शूरको राजधानी सहर हो । निनवेमा बस्‍ने मानिसलाई निनवेको मानिस भनिन्छ ।

निन्दा, निन्दा गर्नु

परिभाषा:

बाइबलमा “निन्दा” शब्दले परमेश्‍वर वा मानिसहरूलाई गहन अनादर देखाउने गरी बोल्ने कुरोलाई जनाउँछ । कसैको “निन्दा गर्नु” भनेको अरू मानिसहरूले उसको बारेमा गलत वा खराब विचार गरोस् भनी उसको विरुद्धमा बोल्नु हो ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः अनादर गर्नु, अनादरयोग्य, बदख्वाइँ, बदख्वाइँ गर्ने)

बाइबलका सन्दर्भहरूः

नियुक्‍त गर्नु, नियुक्‍त गरिएको

परिभाषा:

शब्दहरू “नियुक्‍त गर्नु” र “नियुक्‍त गरिएको” ले विशेष कार्य वा भूमिका पुरा गर्नका लागि कसैलाई छान्‍ने कामलाई जनाउँछ ।

अनुवादका लागि सुझावहरूः

बाइबलका सन्दर्भहरूः

नोआ

परिभाषा:

नोआ एउटा मानिस थिए, जो ४००० बर्ष पहिले यो पृथ्वीमा बस्दथे जुन समयमा परमेश्‍वरले यस संसारका सबै दुष्‍ट मानिसहरूलाई नष्‍ट गर्नको निम्ति जल प्रलय ल्याउनुभयो । परमेश्‍वरले नोआलाई एउटा ठुलो जहाज बनाउन भन्‍नुभयो जहाँ उनी र उनका परिवारका सदस्यहरू त्यो जल प्रलयबाट बच्‍नको निम्ति बस्‍न सक्दथे ।

बाइबलका कथाहरूबाट उदाहरणहरूः

नोकर, दास, दासत्व

परिभाषा:

नोकर भनेको अर्को व्यक्‍तिको निम्ति आफ्नै इच्छाले वा बलजफ्तिले काम गर्ने हो ।” दास” को अर्थ पनि “नोकर” हुन सक्छ । त्यो सन्दर्भमा कुन शब्द बढी मिल्छ भन्‍ने वरिपरिका खण्डहरूले स्पष्‍ट पार्छन् ।

(हेर्नुहोस्ः सेवा गर्नु) बाइबल खण्डहरूः

बाइबलका कथाहरूबाट उदाहरणहरूः

न्यायको दिन

परिभाषा:

पदावली “न्यायको दिन” ले भविष्यको एउटा समयलाई उल्लेख गर्छ जुन बेला परमेश्‍वरले हरेक व्यक्‍तिको न्याय गर्नुहुनेछ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः न्याय गर्नु, न्याय, येशू, येशू ख्रीष्‍ट, ख्रीष्‍ट येशू, स्वर्ग, आकाश, आकाशहरू, स्वर्गीय, नरक, अग्‍नि-कुण्ड)

बाइबलका सन्दर्भहरूः

न्यायी, न्याय, न्यायपूर्वक

परिभाषा:

यी शब्दहरूले परमेश्‍वरको व्यवस्थामुताबिक मानिसहरूलाई उचित तवरले गर्ने व्यवहारलाई जनाउँछन् । अरू मानिसहरूप्रति गरिने सही व्यवहारबारे परमेश्‍वरको मापदण्डको प्रतिबिम्बित गर्ने मानवीय नियमहरू पनि न्यायी नै हुन्छन् ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः न्याय गर्नु, न्याय, धर्मी, धार्मिकता, सोझो, सोझोपन)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

पठाउनु, बाहिर पठाउनु

परिभाषा:

“पठाउनु” भनेको कसैलाई वा कुनै थोकलाई कहीँ जान लगाउनु हो ।” बाहिर पठाउनु” भनेको कसैले त्यो व्यक्‍तिलाई काम वा मिशनमा जानलाई भन्‍नु हो ।

(हेर्नुहोस्ः अन्य) बाइबलका खण्डहरूः

पत्र, प्रेरितीयपत्र

परिभाषा:

सामान्यतया लेखकबाट टाढा रहेका व्‍यक्‍ति वा समूहलाई लेखिएको लिखित सन्देशलाई पत्र भनी भनिन्छ । तर प्रेरितीयपत्र भनेको विशेष किसिमको अधिकार भएको पत्र हो र यस्ता पत्रहरू औपचारिक रूपले राम्रोसँग शैलीबद्ध ढंगले विशेष उद्देश्यसाथ लेखिन्छ; जस्तैः सिकाउनको लागि । नयाँ नियमको समयमा, यस्ता पत्रहरूलाई पशुका छालाहरू वा पातहरूमा लेखिन्थ्यो । रोमी साम्राज्यका विभिन्‍न सहरहरूमा भएका प्रारम्भिक इसाईहरूलाई उत्साह तथा हौसला दिनको लागि, नयाँ नियमको समयमा पावल, यूहन्‍ना, यहूदा तथा पत्रुसले यस्ता पत्रहरू लेखेका थिए ।

पत्रुस, सिमोन पत्रुस, केफास

परिभाषा:

यी नाउँहरू येशूका बाह्र चेलाहरूमध्येका पत्रुसलाई जनाउने विभिन्‍न तरिकाहरू हुन् । उनी प्रारम्भिक मण्डलीका महत्त्वपूर्ण अगुवा थिए ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः चेलाहरू, प्रेरित, प्रेरिरत्व) बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट उदाहरणहरूः

परमेश्‍वर

परिभाषा:

बाइबलमा शब्द “परमेश्‍वर” ले शून्यताबाट सारा विश्‍वको सृष्‍टि गर्नुहुने अनन्त अस्तित्वलाई जनाउँछ । परमेश्‍वर पिता, पुत्र र पवित्र आत्माको रूपमा अस्तित्वमा हुनुहुन्छ । परमेश्‍वरको व्यक्‍तिगत नाउँ “यहोवे” हो ।

अनुवादका लागि सुझावहरूः

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः सृष्‍टि गर्नु, सृष्‍टि, सृष्‍टिकर्ता, झुटो देवता, देवता, परमेश्‍वर पिता, स्वर्गीय पिता, पवित्र आत्मा, परमेश्‍वरका आत्मा, प्रभुका आत्मा, मूर्ति, परमेश्‍वरका पुत्र, पुत्र येशू, यहोवे)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

परमेश्‍वरका पुत्र, पुत्र

परिभाषा:

“परमेश्‍वरका पुत्र” ले मानवको रूपमा संसारमा आउने येशू अर्थात् परमेश्‍वरको वचनलाई जनाउँछ । उहाँलाई प्रायः “पुत्र” को रूपमा पनि उल्लेख गरिन्छ ।

अनुवादका निम्ति सुझावहरूः

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने ) (हेर्नुहोस्ः ख्रीष्‍ट, मसीह, पुर्खा, पिता, पितापुर्खा, परमेश्‍वर, पिता परमेश्‍वर, स्वर्गीय पिता, पिता, पवित्र आत्मा, परमेश्‍वरका आत्मा, परमप्रभुका आत्मा, [[rc://ne/obe/kt/jesus]], पुत्र, को पुत्रहरू परमेश्‍वरका पुत्रहरू) बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट उदाहरणहरूः

परमेश्‍वरको राज्य, स्वर्गको राज्य

परिभाषा:

यी शब्दहरूले आफ्नो सृष्‍टि तथा आफ्ना मानिसहरूमाथि रहेको परमेश्‍वरको अख्तियार तथा शासनलाई सङ्केत गर्दछन् ।

अनुवाद सुझावहरू

बाइबलका घटनाहरूबाट उदाहरणहरू

परमेश्‍वरको वचन, यहोवेको वचन, परमप्रभुको वचन, धर्मशास्‍त्र

परिभाषा:

बाइबलमा “परमेश्‍वरको वचन” भन्‍ने वाक्यांशले परमेश्‍वरले मानिसहरूलाई बताउनुभएको सबै कुरालाई जनाउँछ । यसमा परमेश्‍वरले बोलेर वा लेखेर दुवै तरिकाले दिनुभएका सन्देशहरू समावेश हुन्छन् । येशूलाई “पर्मेश्‍वरको वचन” पनि भनिन्छ ।

अनुवादका लागि केही सुझावहरू

बाइबलीय कथाहरूबाट उदाहरणहरूः

परिषद्

परिभाषा:

परिषद् महत्त्वपूर्ण विषयहरूबारे छलफल गर्न, सरसल्लाह गर्न र निर्णय लिन जम्मा हुने मानिसहरूको समूह हो ।

पर्दा

परिभाषा:

बाइबलमा “पर्दा” शब्दले पवित्र वासस्थान र मन्दिर निर्माणमा प्रयोग गरिएको ज्यादै बाक्लो, गर्‍हुङ्गो सामग्रीको टुक्रालाई जनाउँछ ।

पवित्र, पवित्रता

परिभाषा:

शब्दहरू “पवित्र” र “पवित्रता” ले परमेश्‍वरको त्‍यस चरित्रलाई जनाउँछन् जुन हरेक पापिष्‍ठ र असिद्ध कुराबाट पूर्णतः अलग र पृथक् छ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः पवित्र आत्मा, परमेश्‍वरका आत्मा, प्रभुका आत्मा, अर्पण गर्नु, पवित्र तुल्याउनु, शुद्धिकरण, अलग गर्नु)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

पवित्र

परिभाषा:

“चढाइएको” शब्दले परमेश्‍वरलाई आदर गर्नलाई अलग गरिएको र पवित्र केही त्यस्तै कुरालाई जनाउछ ।

अनुवादका निम्ति सुझावहरूः

(हेर्नुहोस्ः पवित्र, पवित्रता, अर्पण गर्नु)

पवित्र आत्मा, परमेश्‍वरका आत्मा, प्रभुका आत्मा

परिभाषा:

यी सबै पदावलीहरूले पवित्र आत्मालाई जनाउँछन् जो परमेश्‍वर हुनुहुन्छ । एक मात्र साँचो परमेश्‍वर अनन्त कालदेखि पिता, पुत्र र पवित्र आत्माको रूपमा अस्तित्वमा हुनुहुन्छ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः पवित्र, पवित्रता, आत्मा, आत्मिक, परमेश्‍वर, प्रभु, पिता परमेश्‍वर, स्वर्गीय पिता, पिता, परमेश्‍वरका पुत्र, पुत्र, पुत्र येशू, उपहार)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

पवित्र जन

परिभाषा:

बाइबलमा पदावली “पवित्र जन” प्रायः सधैँ परमेश्‍वरलाई जनाउने पद हो ।

अनुवादका लागि सुझावहरूः

(पवित्र, पवित्रता, परमेश्‍वर)

बाइबलका सन्दर्भहरूः

पाउदान

परिभाषा:

बसेको बेलामा खुट्टा राख्‍नको लागि प्रयोग गरिने सामग्रीलाई “पाउदन” भनिन्छ । कुनै तल्लो तहको कुरा र समर्पणलाई जनाउनको लागि पनि यसको आलंकारिक प्रयोग गरिन्छ ।

पाउनु

परिभाषा:

सामान्यतयाः “पाउनु” को अर्थ कुनै पनि दिइएको, प्रस्ताव गरिएको वा प्रस्तुत गरिएको कुरालाई स्वीकार गर्नु हो ।

अनुवादका निम्ति सुझावहरूः

(हेर्नुहोस्ः पवित्र आत्मा, परमेश्‍वरका आत्मा, प्रभुका आत्मा, येशू, येशू ख्रीष्‍ट, ख्रीष्‍ट येशू, प्रभु, मालिक, महाशय, बाचाउनु, सुरक्षा) बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट उदाहरणहरूः

पाखण्डी, पाखण्ड

परिभाषा:

“पाखण्डी” शब्दले त्यस्तो व्यक्‍तिलाई जनाउँछ जसले धार्मिक कुराहरू गरेको जस्तो देखिन्छ, तर गोप्य रूपमा दुष्‍ट कुराहरू गर्छ । “पाखण्ड” शब्दले त्यस्तो व्यवहारलाई जनाउँछ जसले त्यस्तो व्यवहार गर्ने व्यक्‍ति धार्मिक छ भनी मानिसहरूलाई सोच्‍न लगाई ठग्‍ने काम गर्छ ।

अनुवादका लागि सुझावहरूः

बाइबलका सन्दर्भहरूः

पानी, पानीहरू

परिभाषा:

“पानी” शब्दको मूल अर्थ भन्दा अतिरिक्त, यसले प्रायः पानीबाट बनेको आकृति जस्तै सागर, समुद्र, ताल, वा नदीलाई जनाउँछ ।

अनुवाद सुझावहरूः

पाप, पापूर्ण, पापी, पाप गर्दै

परिभाषा:

“पाप” शब्दले परेश्‍वरको इच्‍छा र व्यवस्थाविरुद्धका कार्यहरू, विचारहरू र वचनहरूलाई जनाउँछ । पापले परमेश्‍वरले हामीले गरेको चाहनुभएको कुरा नगर्नुलाई पनि जनाउँछ ।

अनुवादका निम्ति सुझावहरू

(हेर्नुहोस्ः अनाज्ञाकारी हुनु, अनाज्ञाकारिता, दुष्‍ट, दुष्‍ट(व्‍यक्‍ति), दुष्‍टता, शरीर, कर उठाउने) बाइबल खण्डहरूः बाइबलका कथाहरूबाटका उदाहरणहरूः

पाल

परिभाषा:

पाल ओसारपसार गर्न सकिने आश्रय-स्थल हो । यसलाई बुनेको बाक्लो कपडाबाट बनाइएको हुन्छ, जसले खम्बाहरूको संरचनालाई ढाक्‍नुका साथै यसलाई तिनैमा अड्काइएको हुन्छ ।

(हेर्नुहोस्ः पर्दा, पवित्र वासस्थान, अब्राहाम, अब्राम, सीनै, सीनै पर्वत)

पासो, जाल

परिभाषा:

“जाल” र “पासो” जनावरहरूलाई पक्रेर भग्‍न नदिनलाई प्रयोग गरिने साधन हो । सामान्यतयाः जाल वा पासोलाई लुकाएर राखिन्छ ताकि यो यसको सिकारमाथि अचानक आइपरोस् ।

(हेर्नुहोस्ः परिक्षा गर्नु, परिक्षा, शैतान, दियाबलस, दुष्‍ट) बाइबलका खण्डहरूः

पिता, पूर्वज

परिभाषा:

शाब्दिक अर्थमा “पिता” शब्दले पुरुष अभिभावकलाई जनाउँछ । यो शब्दका अनेकौं आलंकारिक प्रयोगहरू पनि छन् ।

पिलातस

परिभाषा:

पिलातस येशूलाई मृत्युदण्ड दिने रोमी राज्यपाल थिए ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने (हेर्नुहोस्ः रोम, रोमी, क्रुसम टाँग्‍नु, दोष, दोषी, राज्यपाल, शासन गर्नु) बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट उदाहरणहरूः

पुनरुत्थान

परिभाषा:

“पुनरुत्थान” ले मरेपछि फेरि जीवित हुने कार्यलाई जनाउछ ।

अनुवादका निम्ति सुझावहरूः

(हेर्नुहोस्ः जीवन, जिउनु, जिउँदो, जीवित, मृत्यु, मृत, उठाउनु, उठ्नु, उठेको) बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट उदाहरणहरूः

पुस्ता

परिभाषा:

यो “पुस्ता” शब्दले उही समय अवधितिर जन्मेका मानिसहरूको समूहलाई जनाउँछ ।

पूजाहारी, पूजाहारीगिरी

परिभाषा:

बाइबलमा, परमेश्‍वरका मानिसहरुका तर्फबाट परमेश्‍वरलाई बलिदानहरू चढाउन छानिएको व्यक्‍ति पूजाहारी हुन्थ्यो ।” पुजाहारीगिरी” पूजाहारी हुनुको कार्य वा अवस्थाको लागि दिइएको नाउँ थियो ।

अनुवादका निम्ति सुझावहरुः

(हेर्नुहोस्ः हारून, मुख्या पूजाहारी, प्रधान पूजाहारी, मध्यस्थकर्ता, बलिदान, बलि) बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट उदाहरणहरूः

पृथ्वी

परिभाषा:

“पृथ्वी” का धेरै अर्थहरू छन् ।

प्रकट गर्नु, प्रकाश

परिभाषा:

“प्रकट गर्नु” भनेको कुनै थोकलाई परिचित गराउनु हो ।” प्रकाश” भनेको कुनै परिचित गराइएको थोक हो ।

अनुवादका निम्ति सुझावहरूः

(हेर्नुहोस्ः शुभ खबर, सुसमाचार, सपाना, दर्शन अन्य) बाइबलका खण्डहरूः

प्रकाश

परिभाषा:

बाइबलमा प्रकाश भन्‍ने शब्दलाई विभिन्‍न प्रकारले साङ्केतिक अर्थमा प्रयोग गरिएको पाउँछौँ । यसलाई प्रायः धार्मिकताको, पवित्रताको तथा सत्यताको रूपकको रूपमा पनि प्रयोग गरिन्छ । (जस्तैः)

अनुवाद सुझावहरू

प्रचार गर्नु

परिभाषा:

मानिसहरूको समूहलाई परमेश्‍वरको बारे सकाउँदै र उहाँको आज्ञा पालन गर्नलाई आग्रह गर्दै तिनीहरूसित बोल्नु ।

(हेर्नुहोस्ः यूहन्‍ना (बप्‍तिस्मा दिने), येशू, येशू ख्रीष्‍ट, ख्रीष्‍ट येशू, परमेश्‍वरको राज्य, स्वर्गको राज्य) बाइबलाक खण्डहरूः

बाइबलका कथाहरूबाट उदाहरणहरूः

प्रतिज्ञा

परिभाषा:

प्रतिज्ञा कुनै थोक गर्ने कबुल हो । जब कसैले कुनै थोक गर्ने प्रतिज्ञा गर्छ, यसको अर्थ उनले कुनै कुरा गर्न कबुल गरिरहेको हुन्छ ।

अनुवादका निम्ति सुझावहरूः

(हेर्नुहोस्ः करार, शपथ, वाचा गर्नु, द्वारा वाचा गर्नु, भाकल गर्नु) बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट उदाहरणहरूः

प्रधान पूजाहारी

परिभाषा:

पदावली “प्रधान पूजाहारी” ले विशेष पूजाहारीलाई जनाउँछ जसलाई एक वर्षसम्म अन्य सबै इस्राएली पूजाहारीहरूको अगुवा भई सेवा गर्न नियुक्‍त गरिन्थ्यो ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः हन्‍नास, कैयाफा, मूख्य पूजाहारीहरू, पूजाहारी, पूजाहारीको पद, मन्दिर)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

प्रभु, मालिक र गुरु

परिभाषा:

“प्रभु” भन्‍ने शब्दले अन्य मानिसहरूमाथि प्रभुत्व वा अख्तियार भएको व्‍यक्‍तिलाई पनि संकेत गर्छ ।

अनुवाद सुझावहरू

बाइबलीय घटनाहरूबाट उदाहरणहरूः

प्रभु

परिभाषा:

“प्रभु” भन्‍ने शब्दले त्यो व्‍यक्‍तिलाई बुझाउँछ जसको अधीनता वा अख्तियारमा अन्य मानिसहरू रहेका हुन्छन् । अग्रेजी शब्दको पहिलो हिज्जे ठुलो लेखिएको खण्डमा, त्यसले परमेश्‍वरलाई सङ्केत गर्छ ।

अनुवाद सुझावहरू

प्रभुत्व

परिभाषा:

कुनै मानिस, जनावरहरू वा जमिनमाथि शक्‍ति चलाउनु, नियन्‍त्रण गर्नु वा अधिकार चलाउनुलाई “प्रभुत्व” भनिन्छ ।

प्रशंसा

परिभाषा:

कसैको प्रशंसा गर्नु भनेको त्यो व्‍यक्‍तिको तारिफ र सम्मान व्यक्‍त गर्नु हो ।

(हेर्नुहोस्ः आराधना) बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट उदाहरणहरूः

प्राण

परिभाषा:

प्राण एउटा व्यक्‍तिको भित्री, अदृश्य र अनन्त भाग हो । यसले एउटा व्यक्‍तिको अभौतिक भागलाई जनाउँछ ।

अनुवादका सुझावहरूः

(हेर्नुहोस्ः आत्मा, आत्मिक) बाइबल खण्डहरूः

प्राणी

परिभाषा:

“प्राणी” शब्दले परमेश्‍वरले सृष्‍टि गर्नुभएका सबै जीवित प्राणीहरू (मानिससाथै जनावर दुवै) लाई जनाउँछ ।

प्रान्त, प्रान्तीय

परिभाषा:

प्रान्त एउटा राष्‍ट्रको जिल्ला वा खण्ड हो । प्रान्तसँग सम्बधित कुनै पनि कुरालाई “प्रान्तीय” भनिन्छ ।

बाइबलका खण्डहरूः

प्रार्थना गर्नु, प्रार्थना

परिभाषा:

प्रार्थना गर्नु भनेको परमेश्‍वरसँग कुरकानी गर्नु हो ।

बाइबलका खण्डहरूः

बाइबलका कथाहरुबाट उदाहरणहरूः

प्रेम

परिभाषा:

कसैलाई प्रेम गर्नु भनेको उक्त व्‍यक्‍तिलाई वास्ता गर्नु तथा उसलाई फाइदा हुने काम गर्नु हो । “प्रेम” को निम्ति विभिन्‍न शब्दहरू प्रयोग गरी विभिन्‍न भाषामा अभिव्‍यक्‍ति गरिन्छ ।

  1. परमेश्‍वरबाट आउने प्रेम भनेको अरूको भलाइमा केन्द्रित हुन्छ र त्यो वास्तवमा आफ्नो भलाइको निम्ति नभए तापनि देखाइने गरिन्छ । यस किसिमको प्रेमले अरूको वास्ता गर्छ, चाहे उनीहरूले जेसुकै किन नगरुन । परमेश्‍वरस्वयम नै प्रेम हुनुहुन्छ र साँचो प्रेमको स्रोत पनि ।
  1. नयाँ नियममा भएको अर्को शब्दले भातृप्रेम वा साथीहरू वा परिवारको सदस्यलाई गरिने प्रेमलाई संकेत गर्छ ।
  1. “प्रेम” भन्‍ने शब्दले पुरुष तथा स्‍त्री बीचको रोमाञ्‍चकारी प्रेमलाई पनि बुझाउन सक्छ ।
  2. यस आलंकारिक वाक्य, “याकूबलाई मैले प्रेम गरेँ, तर एसावलाई मैले घृणा गरेँ,” ले परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको सम्बन्धमा वहाँसंग हुनलाई याकूबलाई चुन्‍नुभएको थियो भन्‍ने कुरा जनाउँछ । यसलाई “चुनेँ” भनेर पनि अनुवाद गर्न सकिन्छ । एसाव पनि परमेश्‍वरबाट आशिषित भएता पनि, त्यस प्रतिज्ञाको सम्बन्धमा रहने अवसर उनलाई दिइएको थिएन । यहाँ “घृणा” भन्‍ने शब्दले आलंकारिक रूपमा “इन्कार गरिएको” वा “नचुनिएको” भन्‍ने अर्थ दिन्छ । अनुवाद सुझावहरू

बाइबलीय घटनाहरूबाट उदाहरणहरूः

प्रेमी

परिभाषा:

“प्रेमी” भन्‍ने शब्दले शाब्दिक अर्थमा, “प्रेम गर्ने व्‍यक्‍ति” भन्‍ने बुझाउँछ । सामान्यतया एकअर्कासँग यौनसम्बन्ध राख्‍न सक्‍ने व्‍यक्‍तिलाई यो शब्दले बुझाउने गर्छ । पति र पत्‍नीबीच यौनसम्बन्ध राख्‍नु भनेको परमेश्‍वरको इच्छा हो । जब बाइबलमा प्रेमी भन्‍ने शब्दलाई प्रयोग गरिन्छ, तब यसले अविवाहित व्‍यक्‍तिले अविवाहित व्‍यक्‍तिसँग राखेको यौनजन्य सम्बन्धलाई संकेत गर्छ । इस्राएलीहरूले मूर्तिपूजा गरेर परमेश्‍वरको अनाज्ञाकारी रहेको कुरालाई देखाउनको निम्ति बाइबलले यस प्रकारको गलत यौनसम्बन्धलाई संकेत गरेको छ । त्यसरी नै “प्रेमीका” भन्‍ने शब्दलाई पनि इस्राएलीहरूले आराधना गरेका मूर्तिहरूलाई संकेत गर्नको लागि पनि सांकेतिक रूपमा प्रयोग गरिएको पाइन्छ । यी प्रसंगहरूमा, यो शब्दलाई “अनैतिक साथीहरू” वा “व्यभिचार गर्ने साथीहरू” वा “मूर्तिहरू” भनी अनुवाद गरिएको छ । पैसालाई प्रेम गर्नेहरू भनेका तिनै हुन् जसले पैसा कमाउने र धनी हुने कुरालाई जोड दिन्छन् । पुरानो नियमको श्रेष्‍ठ गीतमा, “प्रेमीका” भनी सकारात्मक अर्थमा प्रयोग गरिएको पाइन्छ ।

प्रेरित, प्रेरितको काम

परिभाषा:

“प्रेरितहरू” परमेश्‍वर र उहाँको राज्यबारे प्रचार गर्न येशूद्वारा पठाइएका मानिसहरू थिए । पदावली “प्रेरितको काम” ले प्रेरितहरूको रूपमा चुनिएका मानिसहरूको पद र अधिकारलाई जनाउँछ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः अधिकार, चेला, याकूब (जब्दियाका छोरा), पावल, शाऊल, बार्‍ह, एघार)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

फरिसी

परिभाषा:

फरिसीहरू येशूको समयमा इस्राएलका धार्मिक अगुवाहरूका महत्त्वपूर्ण समूह थिए । तिनीहरूमध्ये धेरै मध्यम वर्गीय व्यापारीहरु थिए र तिनीहरूमध्ये केही पूजाहारीहरु पन थिए ।

(हेर्नुहोस्ः यहूदी अगुवाहरू, यहूदी अधीकारीहरू, धार्मिक अगावहरू, व्यवस्था, मोशाको व्यवस्था, परमेश्‍वरको व्यवस्था, याह्वेको व्यवस्था, सदुकी, परिषद) बाइबलका खण्डहरूः

फर्कनु, अस्वीकार गर्नु, छोडेर जानु

परिभाषा:

“फर्कनु/फर्काउनु” को अर्थ हुन्छ‒ शारीरिक रूपमा दिशा परिवर्तन गर्नु वा कसैलाई दिशा परिवर्तन गर्न लगाउनु ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः मूर्ति, कुष्‍ठ रोग, कुष्‍ठ रोगी, आराधना)

बाइबलका सन्दर्भहरूः

फल, फलदायी

परिभाषा:

सामान्यतया “फल” शब्दले कुनै पनि रूखको खान मिल्ने भागलाई बुझाउँछ । बाइबलमा कुनै पनि मानिसको भित्री स्वभावलाई बाहिर प्रकट गर्ने कामलाई आलंकारिकरूपमा फल भनिएको छ ।

बगाल, बथान

परिभाषा:

बाइबलमा “बगाल” शब्दले भेडा वा बाख्राहरूको समूहलाई जनाउँछ र “बथान” शब्दले गाईवस्तु, गोरु वा सुँगुरहरूको समूहलाई जनाउँछ ।

बचाउनु, सुरक्षित

परिभाषा:

“बचाउनु” शब्दले कसैलाई खराब वा हानिकारक कुरो भोग्‍नुबाट सुरक्षित राख्‍नु भन्‍ने हुन्छ । “सुरक्षित हुनु” को अर्थ हानि वा खतराबाट सुरक्षित हुनु हो ।

अनुवादका निम्ति सुझावहरूः

(हेर्नुहोस्ः क्रुस, छुटकारा दिनु, छुटकारा दिने, दण्ड दिनु, दण्ड, मुक्‍ति, पाप, पापपूर्ण, पापी, पाप गरिरहने) बाबइबल खण्डहरूः

बाइबलका कथाहरूबाट उदाहरणहरूः

बत्ती

परिभाषा:

बाइबलीय समयमा प्रयोग गरिने बत्ती भनेको दियो बत्ती हुने गर्दथ्यो र त्यसमा तेल हालेर सलेदो बाल्ने गरिन्थ्यो । यस्ता दियोहरू भनेका प्रायः माटोबाट बनेका हुन्थे । धर्मशास्‍त्रमा, बत्तीलाई प्रकाश र जीवनको सङ्केतका रूप प्रयोग गरिन्छ ।

बप्‍तिस्मा दिनु, बप्‍तिस्मा

परिभाषा:

नयाँ करारमा “बप्‍तिस्मा दिनु” र “बप्‍तिस्मा” शब्दहरूले साधारणतया एउटा ख्रीष्‍टियान पापबाट शुद्ध भई ख्रीष्‍टसित एक भएको छ भनी देखाउन उसलाई विधिपूर्वक पानीले नुहाइन्छ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः बप्‍तिस्मा-दिने यूहन्‍ना, पश्‍चात्ताप गर्नु, पश्‍चात्ताप, पवित्र आत्मा, परमेश्‍वरका आत्मा, प्रभुका आत्मा)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

बल, बलियो बनाउनु

परिभाषा:

” बल” ले शारीरिक रूपमा, संवेगात्मक रूपमा र आत्मिक रूपमा बलियो भएको अवस्थालाई जनाउछ ।” बलियो बनाउनु” को कसैलाई वा केहीलाई अझ बलियो पार्नु भन्‍ने अर्थ लाग्‍छ ।

अनुवादका निम्ति सुझावहरूः

(हेर्नुहोस्ः इमानदार, इमानदारिता) बाइबलका खण्डहरूः

बलिदान, भेटी

परिभाषा:

“भेटी” शब्द परमेश्‍वरलाई वा मूर्तीलाई दिइएको कुनै पनि कुरालाई जनाउने सामान्य शब्द हो । बलिदान उस्तै शब्द हो, तर यसले सामान्यतयाः मारेर परमेश्‍वरलाई वा मूर्तीलाई चढाउनुलाई जनाउछ ।

अनुवादका निम्ति सुझावहरूः

बाइबल खण्डहरूः

बाइबलका कथाहरूबाट उदाहरणहरूः

बाँसुरी, मुरली

परिभाषा:

बाइबलको समयमा बाँसुरीहरू हाडहरू वा काठबाट बनेका हुन्थे र आवाज बाहिर आउनको लागि प्वालहरू बनाइएका हुन्थे । धेरैजसो बाँसुरीहरूमा नर्कट जोडिएको हुन्थ्यो र फुक्दा खेरी यसमा कम्पन उत्पन्‍न हुन्थ्यो ।

बाढी

परिभाषा:

सम्पूर्ण जमिनलाई ढाक्‍नेगरी आएको पानीलाई “बाढी” भनिन्छ । कुनै कुरा अचानक र धेरै मात्रामा हुन्छ भने यसलाई जनाउनको लागि आलंकारिक रुपले पनि यसको प्रयोग गरिन्छ ।

बाबेल

परिभाषा:

बाबेल मेसोपोटामियाको दक्षिणी भागमा पर्ने शिनार क्षेत्रको मुख्य सहर थियो । शिनारलाई पछि बेबिलोन भनियो ।

बारथोलोमाइ

परिभाषा:

बारथोलोमाइ येशूका बाह् प्रेरितमध्ये एक थिए ।

बारब्बा

परिभाषा:

येशू पक्राउ पर्नुभएको बेलामा बारब्बा यरूशलेममा एक कैदी थियो ।

बाल

परिभाषा:

“बाल” को अर्थ “प्रभु” वा “मालिक” हुन्छ । बाल कनानीहरूद्वारा पूजिने मुख्य झुटो देवताको नाउँ थियो ।

बालजिबुल

परिभाषा:

बालजिबुल शैतानको अर्को नाउँ हो । यसको हिज्जेमा कहिले काहीँ “बालजिबब” लेखिन्छ ।

बीउ

परिभाषा:

बीउ त्यस्तै किसिमका अरू बिरुवाहरू सत्पादन गर्नलाई जमिनमा रोपिने बिरुवाको हिस्सा हो । यसको धेरै आलङकारिक अर्थहरू पनि छन् ।

अनुवादका निम्ति सुझावहरूः

(हेर्नुहोस्ः सन्तान, सन्तति) बाइबल खण्डहरूः

बेथलेहेम, एप्राता

परिभाषा:

बेथलेहेम इस्राएल देशमा भएको एउटा सानो नगर थियो, जुन यरूशलेम सहर नजिकै थियो । यसलाई “एप्राता” भनेर पनि चिनिन्थ्यो, जुन सम्भवतः यसको मौलिक नाउँ थियो ।

बेथानिया

परिभाषा:

बेथानिया नगर यरूशलेमबाट करिब २ माइल पूर्वमा जैतून पर्वतको पूर्वीय भिरको आधारमा अवस्थित थियो ।

बोअज

परिभाषा:

बोअज एक इस्राएली मानिस थिए । तिनी रूथका पति र राजा दाऊदका हजुरबुबासाथै येशू ख्रीष्‍टका पुर्खा थिए ।

बोलाउनु, बोलावट, बोलाइएको, डाक्‍नु

परिभाषा:

शब्दहरू “बोलाउनु” र “डाक्‍नु” को शाब्दिक अर्थ हुन्छ‒ नजिकै नभएको व्यक्‍तिलाई ठुलो सोरले भन्‍नु । यी शब्दहरूका केही आलङ्कारिक अर्थहरू पनि छन् ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः प्रार्थना गर्नु, प्रार्थना)

बाइबलका सन्दर्भहरूः

भजन

परिभाषा:

भजन एउटा पवित्र गीत अर्थात् प्रायः सङ्गीतबद्ध गरिएको कविता हो । पुरानो करारमा भजनसंग्रहको पुस्तकमा इस्राएलीहरूले लेखेका यी गीतहरूका सङ्गालो छ ।

(हेर्नुहोस्ः मोशा, दाऊद, इस्राएल, इस्राएलीहरू, इस्राएल राज्य) बाइबलका खण्डहरूः

भय, डर, याहोवेको भय

परिभाषा:

“भय” र “डर” शब्दले कुनै हानि वा आपत् आइपर्दा कुनै मानिसले अनुभव गर्ने नराम्रो अनुभूतिलाई जनाउँछ ।

भय, भययोग्य

परिभाषा:

“भय” शब्दले कुनै महान्, शक्तिशाली र वैभवशाली कुरोलाई देख्दा आउने आश्‍चर्यको अनुभूति र गहन आदरलाई जनाउँछ ।

भरोसा, भरोसायोग्य, भरोसायोग्यता

परिभाषा:

शब्द “भरोसा” ले कुनै व्यक्‍ति वा वस्तु सत्य छ वा भरपर्दो छ भनी विश्‍वास गर्ने कुरालाई जनाउँछ । ठिक र सत्य कुरा गर्छ र बोल्छ भनी “भरोसायोग्य” व्यक्‍तिमाथि भर पर्न सकिन्छ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः विश्‍वास गर्नु, मा विश्‍वास गर्नु, विश्‍वास, निश्‍चितता, निश्‍चित, विश्‍वासयोग्य, विश्‍वासयोग्यता, सत्य, सत्यता)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणरूः

भाइ

परिभाषा:

“भाइ” शब्दले साधारणतया एउट बुबा आमाबाट जन्मेका दुईमध्ये कान्छो व्यक्‍तिलाई जनाउँछ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः प्रेरित, बार्‍ह, एघार, परमेश्‍वर पिता, स्वर्गीय पिता, बहिनी, आत्मा, आत्मिक)

बाइबलका सन्दर्भहरूः

भाङ्ग्रा

परिभाषा:

भङ्ग्रा बाख्रा वा उँटको रौँले बनेको एउटा लुगा थियो । यो लुगा धेरै खस्रो र घोच्‍ने खालको हुन्थ्यो ।

अनुवादका निम्ति सुझावहरूः

(हेर्नुहोस्ः अज्ञातलाई कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः बाख्रा,पाठो, उँट, विलाप गर्नु, विलाप, पश्‍चताप गर्नु, पश्‍चताप, चिन्ह, प्रमाण, याद दिलाउने, नम्र, नम्रता) बाइबल खण्डहरूः

भुस

परिभाषा:

भुस अन्‍नको गेडाको रक्षा गर्ने सुक्खा ढकनी हो । भुस भोजनको लागि उचित छैन । त्यसैले, मानिसहरूले यसलाई गेडाबाट अलग गरी फ्याँकिदिन्छन् ।

भूतात्मा, दुष्‍ट आत्मा, अशुद्ध आत्मा

परिभाषा:

यी सबै शब्दहरूले भूतात्माहरूलाई जनाउँछन् । यिनीहरू परमेश्‍वरको इच्छा विरुद्ध लाग्‍ने आत्मा हुन् ।

भूतात्मा लागेको

परिभाषा:

भूतात्मा लागेको मानिसको काम र सोचाइलाई भूतात्मा वा दुष्‍टात्माले नियत्रण गरेको हुन्छ ।

भेडा, साँढ, भेडी

परिभाषा:

भेडा जिउभरि रौं\उन भएको एउटा मध्यम आकारको जनावर हो । भाले भेडालाई साँढ भनिन्छ । पोथी भेडालाई भेडी भनिन्छ ।

(हेर्नुहोस्ः भेडा, थुमा, परमेश्‍वरको थुमा) बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट उदाहरणहरूः

भेला, भेला हुनु

परिभाषा:

“भेला” शब्दले साधारणतया समस्याहरूको छलफल गर्न, सरसल्लाह दिन र निर्णयहरू लिन एकै ठाउँमा जम्मा हुने मानिसहरूको समूहलाई जनाउँछ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः परिषद्)

बाइबलका सन्दर्भहरूः

भोज

परिभाषा:

मानिसहरू भेला भएर उत्सव मनाउँदै खाने कार्यक्रमलाई भोज भनिन्छ । “भोज खानु” भन्‍नाले धेरै विशेष किसिमको भोजन प्रशस्‍त मात्रामा खाने कामलाई जनाउँछ ।

भोज

परिभाषा:

भोज एउटा ठुलो, औपचारिक भोजन हो, जसमा साधारणतया खानाका विभिन्‍न परिकारहरू समावेश हुन्छन् ।

भ्रष्‍ट, भ्रष्‍टाचार

परिभाषा:

शब्दहरू “भ्रष्‍ट” र “भ्रष्‍टाचार” ले कामकाजको त्यस अवस्थालाई जनाउँछन् जसमा मानिसहरू अनैतिक, बेइमान र दूषित भएका हुन्छन् ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः दुष्‍ट्याइँ, दुष्‍ट, दुष्‍टता)

बाइबलका सन्दर्भहरूः

म, यहोवे; मलाई यहोवे

परिभाषा:

पुरानो करारमा धेरै पटक परमेश्‍वर आफ्नै बारेमा बोल्नुहुँदा उहाँले सर्वनामको साटो आफ्नै नाउँको प्रयोग गर्नुहुन्छ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः यहोवे)

बाइबलका सन्दर्भहरूः

मत्ती, लेवी

परिभाषा:

मत्ती अल्फयसका छोरा लेवीलाई दिइएको नाम थियो । प्रेरित हुन येशूले चुन्‍नुभएका बाह्र जनामध्ये मत्ती एक थिए ।

मन

परिभाषा:

“मन” भन्‍ने शब्दले व्यक्त्तिको सोच्‍ने र निर्णय गर्ने भागलाई जनाउँछ ।

अनुवादका लागि सुझावहरू

मन्दिर

परिभाषा:

मन्दिर पर्खाल लगाइएका चोकहरूबाट घेरिएको भवन थियो, जहाँ इस्राएलीहरू प्रार्थना गर्न र परमेश्‍वरका निम्ति बलिदानहरू चढाउन आउँथे । यो यरूशलेम सहरमा पर्ने मोरीयाह डाँडामा अवस्थित थियो ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः बलिदान, भेटी, सोलोमन, बेबिलोन, बेबिलोनी, पवित्र आत्मा, परमेश्‍वरका आत्मा, प्रभुका आत्मा, पवित्र वासस्थान, चोक, सियोनको चोक, सियोन पर्वतको घर)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

मरियम, येशूकी आमा

परिभाषा:

मरियम येशूकी आमा र योसेफकी पत्‍नी थिइन् ।

बाइबलका कथाहरूबाट उदाहरणहरूः

मरियम मग्दलिनी

परिभाषा:

येशूले तिनीबाट सात वटा भूत निकाल्नु भएपछि मरियम मग्दलिनीले उहाँलाई पछ्याउन सुरू गरिन् ।

मह, माहुरीको चाका

परिभाषा:

मह गुलियो, टाँसिने, खानयोग्य वस्तु हो, जसलाई माहुरीहरूले पुष्परसबाट बनाउँछन् । माहुरीको चाका मैनजस्तो चिल्लो संरचना हो, जहाँ माहुरीहरूले मह भण्डारण गर्छन् ।

(हेर्नुहोस्ः बप्‍तिस्मा-दिने यूहन्‍ना, जोनाथन, पलिश्तीहरू, शिमशोन)

बाइबलका सन्दर्भहरूः

महिमा, महिमित

परिभाषा:

सामान्यतया “महिमा” शब्दको अर्थ हुन्छ‒ आदर, वैभव र अत्यधिक महानता । “महिमा” भएको कुनै पनि कुरोलाई “महिमित” भनिन्छ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः महिमा दिनु)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

माका

परिभाषा:

माका नाहोर र तिनकी भित्रिनी रूमाका छोरा थिए । पूरानो नियममा अरू धेरै मानिसहरूका पनि यही नाम थियो ।

मार्था

परिभाषा:

मार्था बेथानीमा बसोबास गर्ने स्‍त्री थिइन् जसले येशूलाई पछ्याइन् ।

मासु, देह

परिभाषा:

बाइबलमा “मासु” शब्दको शाब्दिक अर्थ मानिस र जनावरको शरीरमा भएको नरम तन्तु हो ।

मुक्ति

परिभाषा:

“मुक्ति” शब्दले दुष्‍ट वा खतराबाट उद्धार वा छुटकारा गरिएको कुरालाई जनाउछ ।

अनुवादका निम्ति सुझावहरुः

(हेर्नुहोस्ः बचाउनु, सुरक्षा, मुक्‍ति) बाइबलका खण्डहरूः

मुक्‍तिदाता

परिभाषा:

“मुक्‍तिदाता” शब्दले अरूलाई खतराबाट बचाउने वा छुटकारा दिने व्यक्‍तिलाई जनाउछ । यसले अरूहरूलाई सामर्थ्य दिने वा उपलब्ध गराउने कसैलाई जनाउँछ ।

अनुवादका निम्ति सुझावहरूः

(हेर्नुहोस्ः छुटकारा दिनु, येशू, येशू ख्रिष्‍ट, ख्रीष्‍ट येशू, मुक्‍ति, वचाउनु, सुरक्षित) बाइबल खण्डहरूः

मुख्य

परिभाषा:

“मुख्य” शब्दले कुनै विशेष समूहको सबैभन्दा शक्तिशाली वा सबैभन्दा महत्त्वपूर्ण अगुवालाई जनाउँछ ।

मुख्य पूजाहारीहरू

परिभाषा:

येशू पृथ्वीमा बाँच्‍नुभएको बेलामा मुख्य पूजाहारीहरू महत्त्वपूर्ण यहूदी अगुवाहरू थिए ।

मूर्ख, बुद्धिहीन, मूर्खता

परिभाषा:

गलत निर्णय गर्ने र विशेष गरी आज्ञा पालन नगर्ने व्‍यक्‍तिलाई जनाउनको लागि “मूर्ख” शब्दको प्रयोग गरिन्छ । बुद्धिमानी व्यवहार नगर्ने मानिसलाई “बुद्धिहीन” भनिन्छ ।

मृत्यु, मर्नु, मृत

परिभाषा:

यो शब्दले शारीरिक र आत्मिक मृत्यु दुवैलाई जनाउँछ । शारीरिक मृत्युले कुनै व्‍यक्‍तिको भौतिक शरीर जिउन छोड्नुलाई जनाउँछ । आत्मिक मृत्युले पापीहरू उनीहरूको पापको कारण पवित्र परमेश्‍वरबाट अलग हुनुलाई जनाउँछ ।

मोशा

परिभाषा:

मोशा ४० वर्ष भन्दा बढी समयसम्म इस्राएलीहरूका अगमवक्त्ता र अगुवा थिए ।

बाइबलीय कथाहरूबाट उदाहरणहरूः

यरीहो

परिभाषा:

यरीहो कनानको प्रतिज्ञात देशमा एउटा शक्‍तिशाली सहर थियो ।

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

यरुबाबेल

परिभाषा:

यरुबाबेल पुरानो नियममा दुई इस्राएली मानिसहरूका नाम थियो ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः यहूदा, बेबिलोन, बेबिलोनी, कैदी, कैद, फारस, एज्रा, फारस, फारसी, प्रधान पूजाहारी, यहोयाकीम, यहोशू, नहेम्याह, सिदकियाह) बाइबलका खण्डहरूः

यरूशलेम

परिभाषा:

सुरुमा यरूशलेम एउटा कनानी सहर थियो जुन पछि इस्राएलमै सर्वाधिक महत्त्वपूर्ण सहर बन्यो । यो अहिले पनि वर्तमान इस्राएलको राजधानी सहर हो ।

(हेर्नुहोस्ः दाऊद, सोलोमन, ख्रीष्‍ट, मसीह, येशू, येशू ख्रीष्‍ट, ख्रीष्‍ट येशू, यबूसीहरू, यबूस, सियोन, सियोन पर्वत)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

यर्दन नदी

परिभाषा:

यर्दन नदी उत्तरदेखि दक्षिणतर्फ बहने नदी हो र यसले कनान देशको पूर्वी सिमानाको काम गर्छ ।

(हेर्नुहोस्ः कनान, कनानी)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

यशैया

परिभाषा:

यशैया परमेश्‍वरका एक अगमवक्‍ता थिए जसले यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज र हिजकियाका शासनकालमा अगमवाणी बोले ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः आहाज, अश्शूर, अश्शूरी, अश्शूरी साम्राज्य, ख्रीष्‍ट, मसीह, हिजकिया, योताम, यहूदा, यहूदा राज्य, अगमवक्‍ता, अगमवाणी, अगमवाणी बोल्नु, दर्शी, अगमवादिनी, उज्जियाह, अजर्याह)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

यहूदा

परिभाषा:

यहूदा याकूबका बार्‍ह छोरामध्ये एक थिए । तिनकी आमा लेआ थिइन् ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः यहूदा, यहूदा राज्य, यहूदी, यहूदीहरू, यहूदिया, याकूब, इस्राएल)

बाइबलका सन्दर्भहरूः

यहूदा, यहूदाको राज्य

परिभाषा:

इस्राएलको बाह्र कुलहरूमध्ये यहूदा चाँहि सबै भन्दा ठुलो थियो । सोलोमन राजा मरिसकेपछि, इस्राएलीहरू दुईवटा राज्यमा विभाजन भएः इस्राएल र यहूदा । यहूदा राज्य चाँहि दक्षिणी राज्य थियो, र यसमा यहूदा र बेन्यामीनका जातिहरू थिए ।

बाइबलीय कथाहरूबाट उदाहरणहरूः

यहूदा, याकूबका छोरा

परिभाषा:

याकूबका छोरा यहूदा येशूका बार्‍ह जना नजिकका चेलाहरूमध्ये एक थिए । यिनी र यहूदा स्करियोत उही मानिस होइनन् भनी ख्याल गर्नुहोस् ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस् । )

(हेर्नुहोस्ः याकूब (जब्दियाका छोरा), यहूदा इस्करियोत, बार्‍ह प्रेरित, एघार)

बाइबलका सन्दर्भहरूः

यहूदा इस्करियोत

परिभाषा:

यहूदा इस्करियोत येशूका बार्‍ह जना प्रेरितमध्ये एक थियो । येशूलाई यहूदी अगुवाहरूकहाँ पक्राइदिने त्यही नै थियो ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस् । )

(हेर्नुहोस्ः प्रेरित, प्रेरितको काम, धोका दिनु, धोकेबाज, यहूदी अगुवाहरू, धार्मिक अगुवाहरू, याकूबका छोरा यहूदा)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

यहूदिया

परिभाषा:

“यहूदिया” शब्द यहूदा नाउँबाट आउँछ, जो इस्राएलका बार्‍ह कुलमध्ये एक थिए । यसलाई साँघुरो र फराकिलो दुवै अर्थमा प्रयोग गरिन्छ ।

अनुवादकहरूले भिन्‍नतालाई प्रस्ट पार्न चाहन्छन् भने फराकिलो अर्थमा प्रयोग गरिने यहूदिया (जस्तैः लूका १:५) लाई “यहूदिया देश” भनी अनुवाद गर्न सकिन्छ र साँघुरो अर्थमा प्रयोग गरिने यहूदियालाई “यहूदिया प्रान्त” भनी अनुवाद गर्न सकिन्छ, किनकि यो प्राचीन इस्राएल देशको एउटा भाग थियो जहाँ सुरुमा यहूदा कुल बस्‍ने गर्थ्यो ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः यहूदा)

बाइबलका सन्दर्भहरूः

यहूदी, यहूदीहरू

परिभाषा:

यहूदीहरू अब्राहामका नाति याकूबका सन्तानहरू हुन् ।

(हेर्नुहोस्ः अब्राहाम, अब्राम, याकूब, इस्राएल, इस्राएलीहरू, इस्राएल जाति, बेबिलोन, बेबिलोनी, यहूदी अगुवाहरू, धार्मिक अगुवाहरू)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

यहूदीहरूका राजा

परिभाषा:

“यहूदीहरूका राजा” भन्‍ने शब्द उपाधि हो र त्यसले येशू तथा मसीहलाई सङ्केत गर्दछ ।

अनुवाद सुझाव

“का राजा” भन्‍ने वाक्यांशलाई अन्यत्र कसरी अनुवाद गरिएको छ, त्यो पनि हेर्नुहोस् । बाइबलका घटनाहरूबाट उदाहरणहरू

यहोशू

परिभाषा:

बाइबलमा यहोशे नाउँ गरेका केही इस्राएली मानिसहरू थिए । तीमध्ये सबैभन्दा परिचित नूनका छोरा यहोशू हुन्, जो मोशाका सहायक थिए । पछि तिनी नै परमेश्‍वरको जातिको महत्त्वपूर्ण अगुवा बने ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः मोशा, प्रतिज्ञात देश, यरीहो, कनान, कनानी)

बाइबलका सन्दर्भहरूः बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

याकूब, इस्राएल

परिभाषा:

इसहाक र रिबेकाबाट जन्मेका जुम्ल्याहा छोराहरूमध्ये याकूब कान्छाचाहिँ थिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः करार, एसाव, इसहाक, इस्राएल, इस्राएलीहरू, इस्राएल जाति, रिबेका, इस्राएलका बार्‍ह कुल)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

यिशै

परिभाषा:

यिशै बोअजका नाति र राजा दाऊदका पिता थिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः राजा, सन्तान, येशू, येशू ख्रीष्‍ट, ख्रीष्‍ट येशू)

बाइबलका सन्दर्भहरूः

येशू, येशू ख्रीष्‍ट, ख्रीष्‍ट येशू

परिभाषा:

येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ । “येशू” नामको अर्थ हुन्छ‒ “यहोवेले बचाउनुहुन्छ ।” “ख्रीष्‍ट” शब्द एउटा पद हो जसको अर्थ हुन्छ‒ “अभिषिक्‍त जन ।” यो मसीहको लागि अर्को शब्द हो ।

अनुवादका लागि सुझावहरूः

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः ख्रीष्‍ट, मसीह, परमेश्‍वर, परमेश्‍वर पिता, स्वर्गीय पिता, प्रधान पूजाहारी, परमेश्‍वरको राज्य, स्वर्गको राज्य, मरियम, मुक्‍तिदाता, परमेश्‍वरका पुत्र, पुत्र येशू)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

योग्य, लायक, अयोग्य, मूल्यहीन

परिभाषा:

“योग्य” भन्‍ने शब्दले इज्जत र मानको लायक कोहीलाई वा केहीलाई वर्णन गर्छ । “मूल्य हुनु” भनेको मूल्यवान वा महत्त्वपूर्ण हुनु हो । “मूल्यहीन” भनेको कुनै मोलको नहुनु हो ।

अनुवाद सुझावहरूः

योना

परिभाषा:

योना पुरानो करारमा एक हिब्रू अगमवक्‍ता थिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः निनवे, निनवेबासी)

बाइबलका सन्दर्भहरूः

रक्तपात

परिभाषा:

“रक्तपात” शब्दले हत्या, युद्ध वा अन्य हिंसात्मक क्रियाकलापको कारणले मानवीय प्राणीको मृत्युलाई जनाउँछ ।

रगत

परिभाषा:

“रगत” शब्दले व्यक्‍तिको छालामा चोट लाग्दा वा घाउ हुँदा त्यसबाट आउने रातो तरल पदार्थलाई जनाउँछ । रगतले नै व्यक्‍तिको सारा शरीरमा जीवन दिने पोषणहरू ल्याउने काम गर्छ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः देह)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

रथ

परिभाषा:

प्राचीन समयमा रथ हलुङ्गो, दुई-पाङ्ग्रे गाडा थियो, जसलाई घोडाहरूले तान्थे ।

रब्बा

परिभाषा:

रब्बा अम्मोनीहरूका एउटा धेरै महत्त्वपूर्ण शहर थियो ।

(हेर्नुहोस्ः दाऊद, अम्मोन, अम्मोनीहरू, अम्मोनी महिलाहरू) बइबलका खण्डहरूः

रहस्य, लुकेको सत्य

परिभाषा:

बाइबलमा, “रहस्य” भन्‍ने शब्दले यस्तो कुरालाई जनाउँछ जुन अज्ञात वा बुझ्‍न कठिन छ र जसलाई अब परमेश्‍वरले व्याख्या गर्दै हुनुहुन्छ ।

राजकुमार, राजकुमारी

परिभाषा:

“राजकुमार” राजाका छोरो हो । यो शब्द अरू किसिमका अगुवाहरूलाई अलङ्कारिक रूपमा जनाउन पनि प्रयोग गरिन्छ ।” राजकुमारी” राजाकी छोरी हुन् ।

अनुवादका निम्ति सुझावहरुः

(हेर्नुहोस्ः स्वर्गदूत, प्रधान स्वर्गदूत, अधिकार, ख्रीष्‍ट, मसीह, दियाबलस, दुष्‍ट आत्मा, अशुद्ध आत्मा, प्रभु, मालिक, महाशय, शक्‍ति, शासक, शासकहरू, मुक्‍तिदाता, आत्मा, आत्मिक) बाइबलका खण्डहरूः

राजदूत, प्रतिनिधि

परिभाषा:

विदेशी मुलुकहरूको सम्बन्धमा आफ्नो मुलुकको प्रतिनिधित्व गर्न औपचारिक रूपमा चुनिएका व्‍यक्‍ति नै राजदूत हुन् । यसलाई आलङ्कारिक अर्थमा पनि प्रयोग गरिन्छ, र यसलाई कहिले काहीँ अझै सामान्य तवरले “प्रतिनिधि” भनी अनुवाद गरिन्छ ।

राजा

परिभाषा:

राजा भनेको एउटा स्वतन्‍त्र सहर, प्रान्त वा देशमाथि शासन गर्ने व्‍यक्‍ति हो ।

बाइबलीय कथाहरूबाट उदाहरणहरू

राज्य

परिभाषा:

राज्य भनेको एउटा राजाद्वारा शासन गरिएको मानिसहरूको समूह हो । यसले राजा वा अन्य शासनकर्ता तथा अख्तियारद्वारा नियन्‍त्रणमा राखिएको क्षेत्र वा राजनैतिक परिसरलाई पनि सङ्केत गर्छ ।

अनुवाद सुझावहरू

बाइबलीय कथाहरूबाट उदाहरणहरूः

राज्य गर्नु

परिभाषा:

राज्य गर्नु भनेको एउटा कुनै देश वा राज्य, र यसमा रहेका मानिसहरूमाथि राजाको रूपमा शासन गर्नु हो । राजाले शासन गरिरहेने समय अवधि नै राजाको शासन हो ।

(हेर्नुहोस्ः राजा) बाइबलका खण्डहरूः

रानी

परिभाषा:

रानी देशकी महिला शासक हुन् वा राजाकी पत्‍नी हुन् । (हेर्नुहोस्ः राजा) बाइबलका खण्डहरूः

रामा

परिभाषा:

रामा गिबोन नजिक बेन्यामीनमा रहेको यरूशलेमको ८ किलोमीटर उत्तरमा पर्ने एउटा इस्राएली प्राचीन सहर थियो ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः शमूएल, बेबिलोन, बेबिलोनी, राहेल) बाइबलका खण्डहरूः

रिसाएको, रिस

परिभाषा:

“रिसाउनु” वा “रिस गर्नु” को अर्थ हुन्छ, कुनै कुराको बारेमा वा व्‍यक्‍तिको विरुद्धमा ज्यादै बेखुसी हुनु, चिढिनु वा चित्त दुखाउनु ।

रुनु, चिच्‍च्याउनु,

परिभाषा:

“रुनु” को अर्थ हुन्छ‒ आँसु बगाउनु वा शोकमा ठुलो सोर निकालेर कराउनु ।

रोटी

परिभाषा:

रोटी एउटा खाना हो । मुछेको डल्लो बनाउन पिठोमा पानी र तेलको मिश्रण गरी यसको तयार पारिन्छ । त्यस डल्लोलाई पातलो बनाई तताइन्छ ।

रोम, रोमी

परिभाषा:

तत्कालीन, रोम इटालीको राजधानी सहर हो ।

(हेर्नुहोस्ः पिलातस, पावल, शाऊल, शुभ खबर, सुसमाचार) बाबलका खण्डहरूः

बाइबलका कथाहरूबाट उदाहरणहरूः

लाज, लज्‍जास्पद, लज्‍जित

परिभाषा:

लाज उसले वा कसैले गरेको अनादर्निय वा अनुचित कुराले अपमानित गरिएको व्यक्‍तिको पीडादायी भावना हो ।

बाइबलका खण्डहरूः

लाजरस

परिभाषा:

लाजरस येशूको साथी थिए र उनलाई मृत्युबाट जीवित बनाइएको थियो । लाजरसका दुईवटा दिदीहरू थिए जसका नाउँ मरियम र मार्था थिए र उनीहरूले येशूमा विश्‍वास राख्दथे । येशूले लाजरसलाई मृत्युबाट जीवित पारिसक्‍नुभएपछि, यहूदी अगुवाहरू उहाँसँग रिसाए र उनीहरू दुवैलाई मार्ने प्रयास गरे । बाइबलका घटनाहरूबाट उदाहरणहरूः

लाभ, लाभदायक

परिभाषा:

सामान्यतयाः “लाभ” शब्दले प्राप्‍त गरेको कुनै असल कुरालाई जनाउछ । यदि यसले तिनीहरूलाई राम्रो थोक ल्याउँछ वा यसले तिनीहरूलाई अरु मानिसहरूका लागि राम्रो थोक ल्याउन सहायता गर्छ भने केही थोक कसैका लागि “लाभदायक” हुन्छ ।

अनुवादका निम्ति सुझावहरुः

बाइबलका खण्डहरूः

लूका

परिभाषा:

लूका नयाँ नियमको दुईवटा पुस्तकहरूको लेखक थिएः लूकाको पुस्तक तथा प्रेरितको पुस्तक । कलस्सीको पत्रमा, पावलले लूका चिकित्सक भएको बताएका छन् । पावलले लूकाबारे अन्य दुईवटा पत्रहरूमा पनि उल्लेख गरेका छन् । पावलको दुईवटा मिसनरी यात्रामा लूका सँगै गएका थिए र उनलाई सहायता गरेका थिए । कतिपय प्रारम्भिक मण्डलीका साहित्यहरूमा, लूका सिरियाको एन्टिओखिया सहरमा जन्मिएको बताइएको छ ।

लेखिएको

परिभाषा:

“जस्तो लेखिएको छ” वा “के लेखिएको छ” भन्‍ने वाक्यांश नयाँ नियममा धेरै पटक प्रयोग भएको छ र यसले हिब्रू धर्मशास्‍त्रहरूमा लेखिएका आज्ञाहरू र अगमवाणीहरूलाई जनाउँछ ।

लेवी, लेवीहरू

परिभाषा:

लेवीहरू भनेका इस्राएली कुलका सदस्यहरू हुन् जो लेवी वंशबाट आएका थिए । मन्दिर तथा त्यसमा हुने धार्मिक विधिविधानहरूलाई हेर्ने जिम्मा लेवीहरूले पाएका थिए । सबै यहूदी पूजाहारीहरू भनेका लेवीहरूसँग सम्बन्धित व्‍यक्‍तिहरू थिए । (जेहोस्, सबै लेवीहरू पूजाहारीहरू थिएनन्) ।

वंश

परिभाषा:

धेरै अगाडिको कुनै मानिसको सिधा रगतको नाता पर्ने मानिसलाई वंश भनिन्छ ।

वचन

परिभाषा:

“वचन” ले अरू कसैले भनेको केही कुरालाई जनाउँछ ।

अनुवाद सुझावहरूः

वर्ष

परिभाषा:

“वर्ष” ले व्‍यक्‍ति बाँचेको सालहरूको सङ्ख्यालाई जनाउँछ । साधारणतया समय अवधिलाई उल्लेख गर्न पनि यसको प्रयोग गरिन्छ ।

विवेक

परिभाषा:

विवेक व्‍यक्‍तिको सोचाइको भाग हो, जसद्वारा उसले पापपूर्ण काम गरिरहेको छ भनी परमेश्‍वरले उसलाई सचेत तुल्याउनुहुन्छ ।

विश्राम

परिभाषा:

“विश्राम गर्नु” को शाब्दिक अर्थ आराम गर्नु वा पुनः बल पाउनको लागि काम गर्न रोक्‍नु हो ।” बाँकी रहेका” ले कुने थोकको शेष अंशलाई जनाउछ ।

अनुवादका निम्ति सुझावहरूः

(हेर्नुहोस्ः बाँकी रहेकाहरू, विश्राम) बाइबलका खण्डहरूः

विश्‍वास

परिभाषा:

सामान्यतया “विश्‍वास” शब्दले कसैमाथि वा केहीकुरा माथि गरिने भरोसा वा आत्मविश्‍वासलाई जनाउँछ ।

विश्‍वास गर्नु, मा विश्‍वास गर्नु, विश्‍वास

परिभाषा:

शब्दहरू “विश्‍वास गर्नु” र “मा विश्‍वास गर्नु” सामीप्य रूपमा सम्बन्धित छन्, तर तिनका अर्थमा सुक्ष्म भिन्‍नताहरू छन् ।

  1. विश्‍वास गर्नु
  1. मा विश्‍वास गर्नु

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः विश्‍वास, विश्‍वासी)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

विश्‍वासयोग्य, विश्‍वासयोग्यता

परिभाषा:

निरन्तर रूपमा परमेश्‍वरको शिक्षाअनुसार जिउने कामलाई “विश्‍वासयोग्य” हुनु भनिन्छ । यसले उहाँको आज्ञा पालन गरेर उहाँप्रति इमान्दार हुने कुरालाई बुझाउँछ । विश्‍वासयोग्य हुने अवस्थालाई “विश्‍वासयोग्यता” भनिन्छ ।

विश्‍वासी

परिभाषा:

बाइबलमा “विश्‍वासी” शब्दले येशू ख्रीष्‍टलाई मुक्‍तिदाताको रूपमा विश्‍वास गरी उहाँमाथि भरोसा गर्ने व्यक्‍तिलाई जनाउँछ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः प्रेरित, प्रेरितको काम, विश्‍वास गर्नु, माथि विश्‍वास गर्नु, ख्रीष्‍टियान, चेला)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

वेदी

परिभाषा:

वेदी एउटा उठाइएको संरचना थियो, जसमाथि इस्राएलीहरूले परमेश्‍वरका लागि बलिदानस्वरूप जनावरहरूसाथै अन्‍नहरूलाई जलाउने गर्थे ।

वेश्या, नगरनायिका

परिभाषा:

“वेश्या” र “नगरनायिका” दुवै शब्दले पैसा वा धार्मिक विधिका लागि यौन कृयाकलाप गर्ने व्यक्‍तिलाई जनाउछ । वेश्या वा नगरनायिकाले सामान्यतयाः महिलाहरू हुन्थे, तर केही पुरुषहरू पनि थिए ।

(हेर्नुहोस्ः व्यभिचार, व्यभिचारपूर्ण, व्यभिचारी, व्यभिचारिनी, यौन अनैतिकता) बाइबलका खण्डहरूः

व्यभिचार, व्यभिचारी, व्यभिचारिणी

परिभाषा:

“व्यभिचार” शब्दले विवाहित व्यक्‍तिले आफ्नो पति वा पत्‍नीबाहेक अन्य व्यक्‍तिसित यौन सम्बन्ध राख्‍ने पापलाई जनाउँछ । यस किसिमको पाप गर्ने व्यक्‍तिलाई व्यभिचारी भनिन्छ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः गर्नु, गरेको, प्रतिबद्धता, करार, यौनसम्बन्धी अनैतिकता, सम्भोग गर्नु, सम्बन्ध राख्‍नु, सँग सुत्‍नु, प्रेम-क्रिडा, अविश्‍वासयोग्य)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

व्यभिचार, यौन अनैतिकता

परिभाषा:

कुनै पुरुष वा स्‍त्रीले आफ्नो विवाहबाहिर अरू कसैसँग यौन सम्बन्ध राख्‍ने कामलाई “व्यभिचार” भनिन्छ । यो अनैतिक र परमेश्‍वरको योजना विरुद्धको कुरा हो । यसलाई “यौन अनैतिकता” पनि भनिन्छ ।

व्यवस्था, मोशाको व्यवस्था, परमेश्‍वरको व्यवस्था, यहोवाको व्यवस्था

परिभाषा:

यी सबै शब्दहरूले परमेश्‍वरले मोशाद्वारा इस्राएलीहरू आज्ञाकारी रहनको लागि दिनुभएका आज्ञाहरू तथा निर्देशनहरूलाई सङ्केत गर्दछ । “व्यवस्था” तथा “परमेश्‍वरको व्यवस्था,” ले ती सबै कुराहरूलाई बुझाउँछन् जुन परमेश्‍वरका जनहरूले मानून् भनि उहाँले सामान्यतौरमा अह्रयाउनुभयो ।

अनुवाद सुझावहरू

बाइबलीय घटनाहरूबाट उदाहरणहरू

व्यवस्था, सिद्धान्त

परिभाषा:

व्यवस्था भनेको अख्तियारमा भएको व्‍यक्‍तिद्वारा लेखिएको तथा कार्यान्वयन गराइएको कानूनी नियम हो । सिद्धान्त भनेको निर्णय गर्नको निम्ति मार्गनिर्देशन वा मापदण्ड हो । “व्यवस्था,” तथा “सिद्धान्त” दुवैले एउटा व्‍यक्‍तिको व्यवहारलाई मार्गनिर्देशन गर्ने सामान्य नीति वा विश्‍वासलाई सङ्केत गर्दछ । “व्यवस्था” को अर्थ भनेको मोशाको व्यवस्थाभन्दा फरक रहेको छ । जब सामान्य व्यवस्थालाई सङ्केत गरिन्छ, तब “व्यवस्था” लाई “सिद्धान्त” वा “सामान्य नीति” भनी अनुवाद गर्न सकिन्छ ।

व्यवस्थापक, भण्डारे

परिभाषा:

बाइबलमा “व्यवस्थापक” वा “भण्डारे” भन्‍ने शब्दले आफ्नो मालिकको सम्पत्ति र व्यावसायिक कारोवार सम्हाल्ने जिम्मा पाएको नोकरलाई जनाउँछ ।

अनुवादका लागि सुझावहरू

शक्‍ति, शक्‍तिहरू

परिभाषा:

“शक्ति” शब्दले महान् सामर्थ्य प्रयोग गरेर केही गर्नु वा केही हुन लगाउने क्षमतालाई जनाउछ ।” शक्‍तिहरू” ले कुनै थोक गराउने महान् क्षमता भएका मानिस वा आत्माहरूलाई जनाउछ ।

अनुवादका निम्ति सुझावहरुः

(हेर्नुहोस्ः पवित्र आत्मा, परमेश्‍वरको आत्मा, प्रभुको आत्मा, येशू, येशू ख्रीष्‍ट, आश्‍चर्यकर्म, चमत्कार, चिन्ह) बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट उदाहरणहरूः

शत्रु, वैरी

परिभाषा:

कुनै मानिस वा वस्तुको विरोध गर्ने व्‍यक्‍ति वा समूह नै “शत्रु” हो ।

शपथ, कसम, को कसम

परिभाषा:

बाइबलमा, शपथ भनेको केही कुरा गर्नको लागि औपचारिक प्रतिज्ञा हो । शपथ लिने व्‍यक्‍तिले आफ्नो प्रतिज्ञालाई पुरा गर्न आवश्यक हुन्छ ।

अनुवाद सुझावहरू

शरीर

परिभाषा:

शब्द “शरीर” ले शाब्दिक रूपमा व्यक्‍ति वा जनावरको देहलाई जनाउँछ । वस्तु वा कुनै समुदायमा भएका व्यक्‍तिहरूको पुरै समूहलाई जनाउन पनि यस शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गरिन्छ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः शिर, आत्मा, आत्मिक)

बाइबलका सन्दर्भहरूः

शान्ति, शान्तिपूर्ण

परिभाषा:

शान्ति कुनै पनि विवाद, डर, वा धम्कीरहित हुनु हो ।

बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट उदाहरणहरूः

शासक, शासकहरू, शासन गर्नु

परिभाषा:

शासक एउटा देश, राज्य वा धार्मिक समूहको अगुवाको रूपमा अरू मानिसहरूमाथि अधिकार भएको कसैको निम्ति चलाइने एउटा सामान्य शब्दावली हो ।

(हेर्नुहोस्ः राजा, राज्यपाल, शासन गर्नु, सभाघर, अधिकार) बाइबलका खण्डहरूः

शास्‍त्री, यहूदी व्यवस्थमा पोख्त

परिभाषा:

शास्‍त्रीहरू धार्मिक वा महत्त्वपूण सरकारी दस्तावेजहरू हातले लेख्‍नु वा हातले प्रतिलिपी बनाउनलाई जिम्मेवार अधिकृतहरू थिए ।

(हेर्नुहोस्ः व्यवस्था, मोशाको व्यस्था, परमेश्‍वरको व्यवस्था, याह्वेको व्यवस्था) बाइबलका खण्डहरूः

शिक्षक, गुरु

परिभाषा:

अरू मानिसहरूलाई नयाँ जानकारी दिने व्यक्‍ति नै शिक्षक हो । शिक्षकहरूले अरूलाई ज्ञान प्राप्‍त गरी ज्ञान र सिपलाई प्रयोग गर्न मदत गर्छन् ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः चेला, प्रचार गर्नु)

बाइबलका सन्दर्भहरूः

बाइबलका उदाहरणहरूबाट लिइएका कथाहरूः

शिर

परिभाषा:

बाइबलमा “शिर” शब्दलाई केही आलङ्कारिक अर्थसहित प्रयोग गरिएको छ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः अन्‍न)

बाइबलका सन्दर्भहरूः

शुद्ध, शुद्ध पार्नु, शुद्धिकरण

परिभाषा:

“शुद्ध” हुनु भनेको कुनै दोष नभएको वा त्यहाँ नहुनु पर्ने कुनै पनि कुरा नमिसाइएको । शुद्ध पार्नु भनेको यसलाई सफा गर्नु र यसलाई दुषित र अशुद्ध बनाउने कुनै पनि कुरालाई हटाउनु हो ।

अनुवादका निम्ति सुझावहरुः

(हेर्नुहोस्ः प्रायश्‍चित्त, प्रायश्‍चित्त गर्नु, सफा गर्नु, सफा पार्नु, आत्मा, आत्मिक) बाइबलका खण्डहरूः

शुभ खबर, सुसमाचार

परिभाषा:

“सुसमाचार” को शाब्दिक अर्थ हुन्छ‒ “शुभ खबर ।” यसले त्यस्तो सन्देश वा घोषणालाई जनाउँछ, जसलाई सुन्दा मानिसहरूलाई फाइदा मिल्छ वा तिनीहरूलाई खुसी पार्छन् ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः राज्य, बलिदान, भेटी, उद्धार)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

शेत

परिभाषा:

शेतलाई बाइबलमा आदम र हव्वाको तेस्रो छोरोको रूपमा उल्लेख गरिएको छ ।

(अनुवादका निम्ति सुझावहरूः नाउँहरू कसरी अनुवाद गर्ने) बाइबलका खण्डहरूः

शेम

परिभाषा:

शेम उत्पतिको पुस्तकमा वर्णन गरिएको विश्‍वव्यापी बाढीको समयमा नोआसँगै जहाजभित्र जाने उनका तिन छोराहरूमध्ये एक हुन् ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः नोआ, जहाज) बाइएबलका खण्डहरूः

शैतान, दियाबलस, दुष्‍ट

परिभाषा:

दियाबलस पइरमेश्‍वरले सृष्‍टि गर्नुभएको आत्मिक प्राणी हो, तर त्यसले परमेश्‍वरको विरुद्ध विद्रोह गरेर उहाँको शत्रु बन्यो । दियाबलसलाई “शैतान” र दुष्‍ट” भनिन्छ ।

अनुवादका निम्ति सुझावहरूः

(हेर्नुहोस्ः अज्ञातहरूलाई कसरी अनुवाद गर्ने) (अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः भूत, दुष्‍ट आत्मा, अशुद्ध आत्मा, दुष्‍ट(संज्ञा), दुष्‍ट(विशेषण), दुष्‍टपन, परमेश्‍वरको राज्य, स्वर्गको राज्य, परिक्षा गर्नु, परिक्षा) बाइबल खण्डहरूः

बाइबलका कथाहरूबाट उदाहरणहरूः

संसार, सांसारिक

परिभाषा:

“संसार” भन्‍ने शब्दले यस जगतमा मानिसहरू बसोबास गर्ने स्थान, पृथ्वीलाई जनाउँछ । “सांसारिक” भन्‍ने शब्दले यस संसारमा बस्‍ने मानिसहरूका दुष्‍ट मूल्यहरू र व्यवहारहरूलाई वर्णन गर्छ ।

अनुवाद सुझावहरूः

सङ्कष्‍ट

परिभाषा:

“सङ्कष्‍ट” शब्दले कठिनाइ, दुःखकष्‍ट र विपत्तिको समयलाई जनाउँछ ।

(हेर्नुहोस्ः क्रोध, झोँक)

बाइबलका सन्दर्भहरूः

सताउनु, सातवट

परिभाषा:

कसैलाई सताउनु भनेको उसलाई बार-बार आक्रमण गर्नु वा उससँग क्रूर व्यवहार गर्नु हो ।

(हेर्नुहहोस्ः यहूदी अगुवाहरू, यहूदी अधिकारीहरू, धार्मिक अगुवाहरू, रोम, रोमी, ख्रीष्‍टियन, मण्डली) बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट उदाहरणहरूः

सत्य, सत्यता

परिभाषा:

शब्दहरू “सत्य” र “सत्यता” ले साँचो अवधारणा, वास्तवमै घटेका घटनाहरू र वास्तवमै भनिएका भनाइहरूलाई जनाउँछन् ।

अनुवादका लागि सुझावहरूः

बाइबलका सन्दर्भहरूः बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

सदस्य

परिभाषा:

“अङ्ग” भन्‍ने शब्दले कुनै जटिल वस्तु वा समूहको एक अंशलाई जनाउँछ ।

सदासर्वदा

परिभाषा:

बाइबलमा “सदासर्वदा” भन्‍ने शब्दले कहिल्‍यै अन्त नहुने समयलाई जनाउँछ । कहिले काहीँ “धेरै लामो समय” जनाउनलाई यसको आलंकारिक प्रयोग गरिन्छ ।

सदुकी

परिभाषा:

सदुकीहरू येशूको समयमा रोमीहरूलाई समर्थन गर्ने र पुनरुत्थानमा विश्‍वास नगर्ने येहूदी पूजाहारीको एउटा राजनीतिक समूह थिए ।

(हेर्नुहोस्ः यहूदी अगुवाहरू, यहूदी आधिकारीहरू, ‍धार्मिक अगुवाहरू, फरिसी, पूजाहारी, पूजाहारीगिरी) बाइबल खण्डहरूः

सदोम

परिभाषा:

सदोम लनानको दक्षिणी भागमा रहेको एउटा सहर थियो, जहाँ लोत तिनका पत्‍नी र छोराछोरीहरूसँग बस्थे ।

(हेर्नुहोस्ः कनान, कनानी) बाइबलका खण्डहरूः

सन्तान

परिभाषा:

सन्तान भनेको सामान्यतया मानिस वा प्राणीहरूको जैविक वंशलाई जनाउने शब्द हो ।

सन्तानहरू, सन्तान

परिभाषा:

बाइबलमा जवान वा शिशुलाई जनाउन साधारणतया “सन्तान” शब्दलाई अक्सर प्रयोग गरिएको छ । “सन्तानहरू” बहुवचन रूप हो र यसका केही आलङ्कारिक प्रयोगहरू छन् ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः सन्तति, प्रतिज्ञा, पुत्र, आत्मा, आत्मिक, विश्‍वासी, प्रिय, अन्य)

बाइबलका सन्दर्भहरूः

सभाघर

परिभाषा:

सभाघर यहूदीहरू परमेश्‍वरको आराधना गर्न भेला हुने ठाउँ हो । प्रचीन समय देखि नै सभाघरको सेवामा प्रार्थना, धर्माशस्‍त्र पढ्ने र धर्मशास्‍त्रबारे सिकाउने समय हुन्थ्यो ।

(हेर्नुहोस्ः प्रार्थना गर्नु, प्रार्थना, मन्दिर, यहूदी, यहूदीका, यहूदीहरू) बाइबलका खण्डहरूः

समय

परिभाषा:

बाइबलमा कुनै निश्‍चित घटना भएको समय अवधिलाई जनाउन “समय” शब्दलाई अक्सर साङ्केतिक रूपमा प्रयोग गरिएको छ । “युग” वा “काल” वा “ऋतु” सित यसको उस्तै अर्थ छ ।

(हेर्नुहोस्ः युग, बाइबलीय समयः प्रकाशनको लागि होइन, महासङ्कष्‍ट)

बाइबलका सन्दर्भहरूः

समुद्र, विशाल समुद्र, पश्‍चिमी समुद्र, भूमध्यसागर

परिभाषा:

बाइबलमा, “विशाल समुद्र” वा “पश्‍चिमी समुद्र” ले वर्तमान समयको भूमध्यसागरलाई जनाउँछ, जुन बाइबलको समयका मानिसहरूलाई थाहा भएको एक मात्र विशाल पानीको संकलन थियो ।

सम्झना, सम्झनाको भेटी

परिभाषा:

“सम्झना” भन्‍ने शब्दले कसैको वा केही कुराको सम्झना गराउने कुनै कार्य वा वस्तुलाई बुझाउँछ ।

अनुवादका लागि सुझावहरू

सर्वशक्‍तिमान्

परिभाषा:

“सर्वशक्‍तिमान्” शब्दको शाब्दिक अर्थ हुन्छः सर्वशक्‍तिशाली । बाइबलमा यसले सधैँ परमेश्‍वरलाई जनाउँछ ।

अनुवादका लागि सुझावहरूः

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः परमेश्‍वर, प्रभु, मालिक, गुरु, शक्‍ति, शक्‍तिहरू)

बाइबलका सन्दर्भहरूः

सर्वोच्‍च

परिभाषा:

“सर्वोच्‍च” भन्‍ने शब्द परमेश्‍वरका लागि प्रयोग गरिने उपमा हो । यसले उहाँको महानता वा अख्तियारलाई जनाउँछ ।

अनुवादका लागि सुझावहरू

सहनु, सहनशीलता

परिभाषा:

सहनुलाई “धैर्य गर्नु” वा “विश्‍वास गरिरहनु” वा “परमेश्‍वरले तपाईंले जे गरेको चाहनुहुन्छ त्यही गर्नु” वा “अडिग रहनु” भनेर अनुवाद गर्न सकिन्छ ।

साँचो

परिभाषा:

साँचो भनेको काठ, धातु, वा माटोको खोक्रो टुक्रा हो जसलाई सुन, चाँदी, वा नरम बनाउन सकिने अन्य वस्तुबाट कुनै आकृति बनाउन प्रयोग गरिन्छ ।

अनुवादका लागि सुझावहरू

साक्षी, प्रत्यक्षसाक्षी

परिभाषा:

“साक्षी” भन्‍ने शब्दले कुनै घटनालाई व्‍यक्‍तिगत रूपमा अनुभव गरेको मानिसलाई जनाउँछ । प्रायः साक्षी भनेको त्यो व्‍यक्‍ति पनि हो जसले कुनै कुरा सत्य हो भनी गवाही दिन्छ । “प्रत्यक्षसाक्षी” भन्‍ने शब्दले त्यो मानिस त्यस घटनाको समयमा त्यही थियो र उसले सबै कुरा प्रत्यक्ष देखेको छ भन्‍ने कुरालाई जोड दिन्छ ।

अनुवादका लागि केही सुझावहरू

बाइबलीय कथाहरूबाट उदाहरणहरूः

सान्त्वना, सान्त्वना दिने

परिभाषा:

“सान्त्वना” र “सान्त्वना दिने” शब्दहरूले शारीरिक वा भावनात्मक दर्द भोग्‍ने व्‍यक्‍तिलाई दिइने सहायतालाई जनाउँछन् ।

सामदान

परिभाषा:

बाइबलमा, “सामदान,” भन्‍ने शब्दले सामान्यतौरमा काठ वा धातुबाट बनाइएका संरचनालाई बुझिन्छ जसमा दियोहरू राखिएका हुन्छन् र कोठामा प्रकाशको लागि बालिन्छन् । विशेष प्रकारको सुनको सामदानलाई मन्दिरमा राखिन्थ्यो र त्यसमा सात दियोहरू हुने गर्दथे । बाइबलीय समयमा त्यस्ता दियोहरू भनेका माटोको हुने गर्दथे र त्यसमा जैतुनको तेल वा बोसो हालेर सलेदोको सहायतामा बालिन्थ्यो र उज्यालो होस् भनी खुल्ला ठाउँमा बालेर छोडिन्थ्यो । अनुवाद सुझावहरू यो शब्दलाई “बत्ती अड्याउने सामदान,” वा “बत्ती अड्याउने संरचना,” वा “बत्ती राख्‍ने स्ट्याण्ड,” भनी अनुवाद गर्न सकिन्छ । मन्दिरको सामदानको लागि, “सात बत्तीहरू भएको सामदान,” वा “सात बत्तीहरू भएको सुनको सामदान,” भनी अनुवाद गर्न सकिन्छ । त्यसरी नै अनुवादित बाइबलमा प्रत्येक प्रकारको सामदानको फोटो वा चित्रलाई समावेश गरेमा राम्रो हुनेछ ।

सामरिया, सामरी

परिभाषा:

सामरिया इस्राएलको उत्तरी भागको एउटा सहर र यस वरिपरिका क्षेत्रको नाम हो । यो क्षेत्र पश्‍चिममा शारोनको मैदान र पुर्वमा यर्दन नदीको बीचमा अवस्थित थियो ।

(हेर्नुहोस्ः अश्शूर, अश्शूरी, अश्शूरी साम्रज्य, गालील, गालीली, यहूदिया, शारोन, शारोनको मैदान, इस्राएल राज्य) बाइबलका खण्डहरूः

बाइलका कथाहरूबाट उदाहरणहरूः

सारा, साराई

परिभाषा:

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः अब्राहाम, अब्राम, इसहाक) बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट उदाहरणहरूः

सिंह

परिभाषा:

सिंह भनेको ठूलो, चार खुट्टे जंगली जनावर हो र त्यसको तीखा दाँतहरू तथा पंजाहरूले आफ्ना शिकारलाई मार्ने र च्यात्‍ने काम गर्दछ । सिंहहरूका शक्तिशाली शरीरहरू तथा तीब्र गतिले आफ्ना शिकारलाई समात्‍न प्रयोग गर्छन् । भाले सिंहको शिरमा घुमाउरो किसिमको कपाल हुन्छ र त्यसले शिरलाई ढाक्‍ने गर्दछ । सिंहहरूले अन्य पशुहरूलाई मार्छन् र खाने गर्छन् र ती मानिसहरूका निम्ति पनि खतरा साबित हुन सक्छन् । जब राजा दाऊद ठीटो थिए, तब आफ्ना भेडाहरूलाई बचाउनको निम्ति उनले सिंहलाई मारेका थिए ।

सिंहासन

परिभाषा:

सिंहासन अक्सर महत्त्वपूर्ण विषयहरूबारे निर्णय गर्न राजा बस्‍ने विशेष कुर्सी हो ।

(हेर्नुहोस्ः शासन, राजा)

(बाइबलका सन्दर्भहरूः

सिकाउनु, शिक्षा, शिक्षक

परिभाषा:

शब्दहरू “सिकाउनु” र “शिक्षा” ले मानिसहरूले पहिले नजानेका जानकारी तिनीहरूलाई बताउने कुरारालाई जनाउँछन् । साधारणयता जानकारी औपचारिक वा व्यवस्थित तरिकाले दिइन्छ ।

(हेर्नुहोस्ः शिक्षक, परमेश्‍वरको वचन, यहोवेको वचन, प्रभुको वचन, धर्मशास्‍त्र, निर्देशन दिनु, निर्देशन)

बाइबलका सन्दर्भहरूः

सिङ, सिङहरू

परिभाषा:

सिङहरू गाईबस्तु, भेडा, बाख्रा र मृगजस्ता जनावरहरूको टाउकामा उम्रने स्थायी, कडा र चुच्‍चा भाग हुन् ।

(हेर्नुहोस्ः अधिकार, गाई, बाछो/बाछी, साँढे, गाईबस्तु, मृग, मृगिणी, हरिण, हरिणको बच्‍चा, बाख्रा, पाठो, शक्ति, शक्तिहरू, भेडा, बरुवाल, भेडी, तुरही)

बाइबलका सन्दर्भहरूः

सिदोन, सिदोनीहरू

परिभाषा:

सिदोन कनानका जेठो छोरो थिए । सिदोन भन्‍ने कनानी सहर पनि थियो ।

(अनुवादका निम्ति सुजावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः कनान, कनानी, नोआ, टुरोस) बाइबलका खण्डहरूः

सिद्ध

परिभाषा:

बाइबलमा, “सिद्ध” शब्दको अर्थ हाम्रो ख्रीष्‍टियन जीवनमा परिपक्‍क हुनु हो । कुनै थोकलाई सिद्ध बनाउनुको अर्थ यो उत्कृष्‍ट र दागरहित नभएसम्म यसमा काम गर्नु हो ।

अनुवादका निम्ति सुझावहरुः

बाइबलका खण्डहरूः

सिमियोन

परिभाषा:

बाइबलमा सिमियोन धेरै पुरुषहरूका नउँहरू हुन् ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः याकूब, इस्राएल, कनान, काननी, यहूदा) बाइबलका खण्डहरूः

सिरिया

परिभाषा:

सिरिया इस्राएलको उत्तरपूर्वीमा रहेको देश हो । नयाँ करारको समयमा यो रोमी साम्राज्यको एउटा प्रान्त थियो ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) बाइबलका खण्डहरूः

सील

परिभाषा:

“सीलले” समुद्रमा पाइने घाँस र अन्य झारपात खाने ठुलो समद्री जनावरलाई जनाउछ ।

(हेर्नुहोस्ः अज्ञातहरूको कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः गाई, बाछो, साँढे, गाईवस्तु, गोरु, गोरुहरू) बाइबल खण्डहरूः

सुँगुर, खसी पारेको सुँगुर

परिभाषा:

सुँगुर वा खसी पारेको सुँगुर मासु खनालाई पालिएको खुर भएको चार खुट्टे जनावर हो । यसको मासुलाई सुँगुरको मासु भनिन्छ ।

बाइबलका खण्डहरूः

सुन

परिभाषा:

सुन पहेँलो रङको उच्‍च गुणस्तरीय धातु हो, जसलाई गरगहना र धार्मिक रूपमा महत्त्वपूर्ण वस्तुहरू बनाउनको लागि प्रयोग गरिन्थ्यो । प्राचीन समयमा यो सर्वाधिक महत्त्वपूर्ण धातु थियो ।

सोझो, सोझोपन

परिभाषा:

शब्दहरू “सोझो” र “सोझोपन” ले परमेश्‍वरको व्यवस्थाको अनुसरण गर्ने तरिकाले क्रियाकलाप गर्ने कुरोलाई जनाउँछन् ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः सत्यनिष्‍ठ, व्यवस्था, सिद्धान्त, मोशाको व्यवस्था, परमेश्‍वरको व्यवस्था, यहोवेको व्यवस्था, आज्ञाकारी हुनु, आज्ञाकारी, आज्ञाकारिता, शुद्ध, शुद्ध पार्नु, शुद्देइँ, धर्मी, धार्मिकता)

बाइबलका सन्दर्भहरूः

सोलोमन

परिभाषा:

सोलोमन दाऊदका छोराहरूमध्येका एक जना राजा थिए । उनका आमाको बतशेबा थिए ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः दाऊद, बतशेबा, मन्दिर, इस्राएल, यहूदा) बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट उदाहरणहरूः

स्वर्ग, आकाश, आकाशहरू, स्वर्गीय

परिभाषा:

“स्वर्ग” भनी अनुवाद गरिएको शब्दले परमेश्‍वरको वासस्थानलाई जनाउँछ । सन्दर्भमा आधारित रहेर यही शब्दको अर्थ आकाश पनि हुन सक्छ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः परमेश्‍वरको राज्य, स्वर्गको राज्य)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

स्वर्गदूत, प्रधान स्वर्गदूत

परिभाषा:

स्वर्गदूत परमेश्‍वरद्वारा सृजित एक शक्‍तिशाली आत्मिक प्राणी हो । परमेश्‍वरले स्वर्गदूतहरूलाई गर्नू भनेका कुराहरू गरी तिनीहरू परमेश्‍वरको सेवा गर्न अस्तित्वमा छन् । पदावली “प्रधान स्वर्गदूत” ले अन्य सबै स्वर्गदूतहरूमाथि शासन गर्ने वा तिनीहरूलाई अगुवाइ गर्ने स्वर्गदूतलाई जनाउँछ ।

अनुवादका लागि सुझावहरूः

(हेर्नुहोस्ः अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः मुख्य, प्रमुख, सन्देशवाहक, मिखाएल, शासक, शासकहरू, सेवक, दास, दासत्व)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

हटाउनु, पन्छाउनु

परिभाषा:

कुनै व्‍यक्‍ति वा वस्तुलाई “हटाउनु” वा “पन्छाउनु” को अर्थ हुन्छ‒ त्यस व्‍यक्‍ति वा वस्तुलाई जबरजस्ती सार्नु ।

हतियार

परिभाषा:

“हतियार” शब्दले सिपाहीले युद्धमा लडाइँको लागि र शत्रुहरूको आक्रमणबाट आफ्नो रक्षा गर्न प्रयोग गर्ने साधनलाई जनाउँछ । आत्मिक हतियारलाई जनाउन यसलाई आङ्कारिक तवरले पनि प्रयोग गरिएको छ ।

हनोक

परिभाषा:

हनोक पुरानो करारमा धेरै पटक प्रयोग गरिएको शब्द हो । उनी मतूशेलहका पिता र नोआका बाजे थिए ।

हन्‍नास

परिभाषा:

हन्‍नास १० वर्ष (ख्रीष्‍टाब्द ६ देखि १५ ख्रीष्‍टपूर्व) सम्म यरूशलेममा यहूदी प्रधान पूजाहारी बनेका थिए । त्यसपछि तिनलाई रोमी सरकारद्वारा प्रधान पूजाहारीको पदबाट हटाइयो, यद्यपि यहूदीहरूका बिचमा तिनी अझै पनि एक प्रभावशाली अगुवा बनिरहे ।

हप्काउनु

परिभाषा:

हप्काउनु भनेको त्यो व्यक्‍तिलाई पापबाट फर्कन सहायता गर्नलाई कडा मौखिक सुधार गर्नु हो ।

बाइबलका खण्डहरूः

हलो

परिभाषा:

“हलो” खेतमा कुनै कुरा रोप्‍नलाई तयार पार्न माटो जोतेर फोर्नलाई प्रयोग हुने कृषीको औजार हो ।

(हेर्नुहोस्ः गोरु, गोरुहरू) बाइबलका खण्डहरूः

हाकिम, हाकिमहरू

परिभाषा:

हाकिम भनेको न्यायाधीशको रूपमा काम गर्न नियुक्त्त गरिएको अधिकृत हो जसले कानुनका विषयमा निर्णय गर्छ ।

हात, दाहिने हात, सुम्पनु

परिभाषा:

बाइबलमा “हात” लाई कति पटक आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।

अनुवादका लागि सुझावहरू

(हेर्नुहोस्ः वैरी, शत्रु, निर्वासित, निर्वासन, सम्मान, सम्मान गर्नु, शक्ति, शक्तिहरू)

बाइबलका सन्दर्भहरूः

हाबिल

परिभाषा:

हाबिल आदम र हव्वाका माहिला छोरा थिए । तिनी कयिनका भाइ थिए ।

हाम

परिभाषा:

हाम नोआका तिन जना छोरामध्ये माहिला थिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः नोआको जहाज, कनान, अनादर, अनादरयोग्य)

बाइबलका सन्दर्भहरूः

हारून

परिभाषा:

हारून मोशाका दाजु थिए । परमेश्‍वरले हारूनलाई इस्राएलका मानिसहरूका लागि पहिलो प्रधान पूजाहारी हुन चुन्‍नुभयो ।

हेरोदियास

परिभाषा:

हेरोदियास हेरोद एन्टिपासकी पत्‍नी थिई, जो बप्‍तिस्मा-दिने यूहन्‍नाको समयमा यहूदियामा बाँचेकी थिई ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः हेरोद एन्टिपास, बप्‍तिस्मा-दिने यूहन्‍ना)

बाइबलका सन्दर्भहरूः