Nepali: Unlocked Literal Bible for यहूदा

Formatted for Translators

©2022 Wycliffe Associates
Released under a Creative Commons Attribution-ShareAlike 4.0 International License.
Bible Text: The English Unlocked Literal Bible (ULB)
©2017 Wycliffe Associates
Available at https://bibleineverylanguage.org/translations
The English Unlocked Literal Bible is based on the unfoldingWord® Literal Text, CC BY-SA 4.0. The original work of the unfoldingWord® Literal Text is available at https://unfoldingword.bible/ult/.
The ULB is licensed under the Creative Commons Attribution-ShareAlike 4.0 International License.
Notes: English ULB Translation Notes
©2017 Wycliffe Associates
Available at https://bibleineverylanguage.org/translations
The English ULB Translation Notes is based on the unfoldingWord translationNotes, under CC BY-SA 4.0. The original unfoldingWord work is available at https://unfoldingword.bible/utn.
The ULB Notes is licensed under the Creative Commons Attribution-ShareAlike 4.0 International License.
To view a copy of the CC BY-SA 4.0 license visit http://creativecommons.org/licenses/by-sa/4.0/
Below is a human-readable summary of (and not a substitute for) the license.
You are free to:
The licensor cannot revoke these freedoms as long as you follow the license terms.
Under the following conditions:
Notices:
You do not have to comply with the license for elements of the material in the public domain or where your use is permitted by an applicable exception or limitation.
No warranties are given. The license may not give you all of the permissions necessary for your intended use. For example, other rights such as publicity, privacy, or moral rights may limit how you use the material.

यहूदा

11येशू ख्रीष्‍टका एक सेवक र याकूबका भाइ यहूदाबाट, बोलाइएकाहरू र परमेश्‍वर पितामा प्रिय अनि येशू ख्रीष्‍टको निम्ति राखिएकाहरूलाई: 2दया, शान्ति र प्रेम तिमीहरूका निम्ति प्रशस्त हुँदै जाओस् ।3प्रियहरू, हाम्रो साझा मुक्तिको विषयमा मैले तिमीहरूलाई लेख्‍न हरेक प्रयत्‍न गर्दा, परमेश्‍वरका पवित्र जनहरूलाई एकै चोटी सधैंको निम्ति दिइएको विश्‍वासको लागि साँचो रूपमा सङ्घर्ष गर्न उपदेश दिनलाई तिमीहरूलाई यो लेख्‍न मलाई आवश्यक भयो । 4किनकि तिमीहरूका माझमा कोही मानिसहरू गुप्‍त रूपमा घुसेका छन् । यी ती मानिसहरू हुन् जो दण्डको निम्ति चिन्ह लगाइएका थिए । तिनीहरू अधर्मी मानिसहरू हुन् जसले हाम्रा परमेश्‍वरको अनुग्रहलाई कामुकतामा परिणत गरेका छन्, र हाम्रा एक मात्र मालिक र प्रभु येशू ख्रीष्‍टलाई इन्कार गर्छन् ।5अब म तिमीहरूलाई यो सम्झना दिलाउन चाहन्छु—तिमीहरूले एक पटक यसलाई पूर्ण रूपमा जानेका भएतापनि— कि परमप्रभुले मिश्र देशबाट मानिसहरूलाई बचाउनुभयो, तर पछिबाट विश्‍वास नगर्नेहरूलाई उहाँले नष्‍ट गर्नुभयो । 6साथै,आफ्नो अधिकारको स्थानमा कायम नरहेका तर आफ्नो उचित वासस्थानलाई त्यागेका स्वर्गदूतहरूलाई—परमेश्‍वरले त्यस महान् दिनमा न्यायको निम्ति पूर्ण अन्धकारमा अनन्त साङ्लाहरूमा राख्‍नुभएको छ ।7त्यसरी नै सदोम र गमोरा र तिनका वरपरका सहरहरूले आफैंलाई यौन अनैतिकतामा र अस्वाभाविक यौन क्रियाकलापहरूमा संलग्‍न गराए । तिनीहरू अनन्त आगोको दण्ड भोग्‍नेहरूको उदाहरणको रूपमा प्रकट हुन्छन् । 8तर यस्तै प्रकारले, यी सपना देख्‍नेहरूले पनि आ-आफ्ना शरीरहरूलाई दूषित गर्छन् । तिनीहरूले अधिकारलाई इन्कार गर्छन्, र महिमितहरूका विरुद्धमा निन्दा गर्ने कुराहरू भन्छन् ।9तर प्रधान दूत मिखाएलले पनि दुष्‍टसँग बहस गरिरहँदा र मोशाको शरीरको विषयमा त्यससँग विवाद गरिरहँदा, त्यसको विरुद्धमा निन्दापूर्ण इन्साफ ल्याउने साहस गरेनन् । बरु तिनले भने, “परमप्रभुले तँलाई हप्काऊन्!” 10तर यी मानिसहरूले आफूले नबुझ्‍ने कुराहरूको निन्दा गर्छन्; र विवेकहीन पशुहरूले जस्तै जुन कुराहरू यिनीहरू स्वाभाविक रूपमा बुझ्छन्, ती कुराहरूले नै यिनीहरूलाई नष्‍ट गर्छन् । 11धिक्‍कार तिनीहरूलाई! किनकि तिनीहरू कयिनको मार्गमा हिंडेका छन्, र लाभको निम्ति बालामले गरेको भूलमा फसेका छन् । तिनीहरू कोरहको विद्रोहमा नष्‍ट भएका छन् ।12तिमीहरूका प्रेम भोजहरूमा यी मानिसहरू कलङ्कहरू हुन्, जो तिमीहरूसँग निर्लज्‍ज रूपमा भोज खान्छन्—गोठालाहरू जसले आफैंलाई मात्र पोस्छन् । तिनीहरू पानी नभएका बादलहरू हुन्, जसलाई हुरीले उडाएर लैजान्छन्; शरद ऋतुका निष्फल रुखहरू हुन्—जो दुई पटक मरिसकेका छन्, र जराहरूसितै उखेलिएका छन् । 13तिनीहरू समुद्रका भयङ्कर छालहरू हुन्, जसले आफ्ना निर्लज्‍जताको फिंज निकाल्छन्; तिनीहरू बत्तिएका ताराहरू हुन्, जसको निम्ति अनन्तको लागि अँध्यारोको घोर अन्धकार साँचेर राखिएको छ ।14आदमदेखि सातौं पुस्ताका हनोकले तिनीहरूको विषयमा यसो भन्दै अगमवाणी गरे, “हेर! परमप्रभु उहाँका हजारौं हजार पवित्र जनसँग आउँदै हुनुहुन्छ । 15उहाँ सबैको न्याय गर्न आउँदै हुनुहुन्छ । सबै अधर्मीहरूले अधर्म तरिकाले गरेका सबै कामहरू, र अधर्मी पापीहरूले उहाँको विरुद्धमा बोलेका सबै कठोर बोलीको दोष लगाउन उहाँ आउँदै हुनुहुन्छ ।” 16यिनीहरू गनगन गर्नेहरू, गुनासो गर्नेहरू हुन् जसले आफ्ना दुष्‍ट अभिलाषाहरूलाई पछ्‍याउँछन् । यिनीहरू ठुला-ठुला शेखी गर्नेहरू हुन् जसले आफ्नै फाइदाको निम्ति अरूहरूको चापलुसी गर्छन् ।17तर प्रियहरू हो, तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्‍टका प्रेरितहरूले पहिले बोलेका वचनहरूलाई स्मरण गर । 18तिनीहरूले तिमीहरूलाई भने, “अन्त्यको समयमा गिल्ला गर्नेहरू हुनेछन् जसले आफ्नै अधर्मी अभिलाषाहरूलाई पछ्‍याउनेछन् ।” 19यी फुट ल्याउने मानिसहरू हुन्; तिनीहरू सांसारिक छन् र तिनीहरूसँग पवित्र आत्मा छैन ।20तर मेरा प्रियहरू, तिमीहरू आफैंलाई आफ्नो सबैभन्दा पवित्र विश्‍वासमा निर्माण गर, र पवित्र आत्मामा प्रार्थना गर । 21आफैंलाई परमेश्‍वरको प्रेममा राख, र हाम्रा प्रभु येशू ख्रीष्‍टको दयाको निम्ति प्रतिक्षा गर जसले तिमीहरूकहाँ अनन्त जीवन ल्याउँछ ।22शङ्का गर्नेहरूसँग दयालु होओ । 23अरूहरूलाई आगोबाट बाहिर निकालेर बचाओ । अरूहरूसँग भयका साथ दयालु होओ । शरीरद्वारा कलङ्‌कित भएको वस्‍‍त्रलाई समेत घृणा गर ।24अब तिमीहरूलाई ठक्कर खानदेखि जोगाउन सक्‍नुहुने र उहाँको महिमामय उपस्थितिको सामु निष्कलङ्क र बडो रमाहटसँग तिमीहरूलाई खडा हुन सक्षम बनाउनुहुने, 25हाम्रा उद्धारक एक मात्र परमेश्‍वरलाई हाम्रा प्रभु येशू ख्रीष्‍टबाट महिमा, गरिमा, प्रभुत्व र शक्‍ति, सारा समयभन्दा पहिलेदेखि, अहिले र अनन्तसम्म रहिरहोस् । आमेन ।