Nepali: Unlocked Literal Bible for यूहन्‍नाले लेखेको सुसमाचार

Formatted for Translators

©2022 Wycliffe Associates
Released under a Creative Commons Attribution-ShareAlike 4.0 International License.
Bible Text: The English Unlocked Literal Bible (ULB)
©2017 Wycliffe Associates
Available at https://bibleineverylanguage.org/translations
The English Unlocked Literal Bible is based on the unfoldingWord® Literal Text, CC BY-SA 4.0. The original work of the unfoldingWord® Literal Text is available at https://unfoldingword.bible/ult/.
The ULB is licensed under the Creative Commons Attribution-ShareAlike 4.0 International License.
Notes: English ULB Translation Notes
©2017 Wycliffe Associates
Available at https://bibleineverylanguage.org/translations
The English ULB Translation Notes is based on the unfoldingWord translationNotes, under CC BY-SA 4.0. The original unfoldingWord work is available at https://unfoldingword.bible/utn.
The ULB Notes is licensed under the Creative Commons Attribution-ShareAlike 4.0 International License.
To view a copy of the CC BY-SA 4.0 license visit http://creativecommons.org/licenses/by-sa/4.0/
Below is a human-readable summary of (and not a substitute for) the license.
You are free to:
The licensor cannot revoke these freedoms as long as you follow the license terms.
Under the following conditions:
Notices:
You do not have to comply with the license for elements of the material in the public domain or where your use is permitted by an applicable exception or limitation.
No warranties are given. The license may not give you all of the permissions necessary for your intended use. For example, other rights such as publicity, privacy, or moral rights may limit how you use the material.

यूहन्‍नाले लेखेको सुसमाचार

11सुरुमा वचन हुनुहुन्‍थ्‍यो, र वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो, र वचन परमेश्‍वर हुनुहुन्‍थ्‍यो । 2उहाँ सुरुमा परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो । 3सबै थोकहरू उहाँद्वारा बनिए, र बनिएको कुनै एक थोक पनि उहाँबिना बनिएन ।4उहाँमा जीवन थियो,र त्‍यो जीवन मानिसहरूको ज्‍योति थियो । 5ज्‍योति अन्धकारमा चम्‍किन्छ, र अन्धकारले त्यसलाई जितेन ।6परमेश्‍वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्‍ना थियो । 7तिनीद्वारा सबैले विश्‍वास गरून् भनेर तिनी ज्‍योतिको बारेमा गवाही दिन साक्षीको रूपमा आए । 8यूहन्‍ना ज्‍योति थिएनन्, तर तिनी ज्‍योतिको बारेमा गवाही दिन सकियोस् भनेर आए ।9साँचो ज्‍योति जसले सबै मानिसहरूलाई ज्योति दिन्छ, उहाँ संसारमा आउँदै हुनुहुन्थ्यो ।10उहाँ संसारमा हुनुहुन्थ्यो, र संसार उहाँद्वारा बनियो, र संसारले उहाँलाई चिनेन । 11उहाँ आफ्नैहरूकहाँ आउनुभयो, र उहाँका आफ्नैहरूले उहाँलाई स्‍वीकार गरेनन् ।12तर जतिले उहाँलाई स्‍वीकार गरे, जसले उहाँको नाउँमा विश्‍वास गरे, उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्तानहरू हुने अधिकार दिनुभयो । 13यिनीहरू रगतद्वारा जन्मेका थिएनन्, न शारीरिक इच्छाद्वारा, न मानिसको इच्छाद्वारा, तर परमेश्‍वरद्वारा जन्‍मेका थिए ।14वचन देहधारी हुनुभयो र हाम्रा बिचमा बास गर्नुभयो । हामीले उहाँको महिमा देखेका छौं, महिमा जुन पिताबाट आउनुभएका एक मात्रको जस्तो, अनुग्रह र सत्यताले पूर्ण थियो । 15यूहन्‍नाले उहाँको बारेमा गवाही दिए, र यसो भन्दै ठूलो सोरले कराए, “उहाँ त्यही व्‍यक्‍ति हुनुहुन्‍छ जसको बारेमा मैले भनेको थिएँ, 'मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ, किनकि उहाँ मभन्दा अगि हुनुहुन्थ्यो।'”16किनकि उहाँको पूर्णताबाट हामीले सबै अनुग्रहमाथि अनुग्रह पाएका छौं । 17किनकि व्‍यवस्‍था मोशाद्वारा दिइयो । अनुग्रह र सत्‍यता येशू ख्रीष्‍टद्वारा आए । 18कसैले पनि परमेश्‍वरलाई कहिल्‍यै देखेको छैन; एक मात्र परमेश्‍वर जो पिताको छेउमा हुनुहुन्छ, उहाँले परमेश्‍वरलाई चिनाउनुभएको छ ।19यूहन्‍नाको गवाही यही हो, जब यहूदीहरूले यरूशलेमबाट पूजाहारीहरू र लेवीहरूलाई तिनीकहाँ “तिमी को हौ?” भनी सोध्‍न पठाए । 20तिनले स्वीकारे—तिनले इन्कार गरेनन्, तर स्वीकारे—“म ख्रीष्‍ट होइनँ ।” 21त्‍यसकारण तिनीहरूले तिनलाई सोधे, “त्‍यसो भए तिमी को हौ त? के तिमी एलिया हौ?” तिनले भने, “ म होइनँ ।” तिनीहरूले भने, “के तिमी अगमवक्‍ता हौ?” तिनले जवाफ दिए, “होइनँ ।”22तब तिनीहरूले तिनलाई भने, “तिमी को हौ, ताकि हामीलाई पठाउनेहरूलाई हामीले जवाफ दिन सकौं? तिमी आफ्नै बारेमा के भन्‍छौ?” 23तिनले भने, “यशैया अगमवक्‍ताले भने जस्तै, म मरुभूमिमा कराइरहेको एउटा आवाज हुँः ‘परमप्रभुको बाटो सोझो बनाओ’ ।”24अब फरिसीहरूबाट ती पठाइएकाहरू थिए, 25र तिनीहरूले तिनलाई सोधे र भने, “तिमी न ख्रीष्‍ट, न एलिया, न अगमवक्‍ता हौ भने तिमी किन बप्‍तिस्‍मा दिन्‍छौ?”26यूहन्‍नाले तिनीहरूलाई यसो भन्दै जवाफ दिए, “म पानीले बप्‍तिस्‍मा दिन्‍छु । तर तिमीहरूका माझमा तिमीहरूले नचिनेको कोही खडा हुनुहुन्‍छ, 27उहाँ जो मपछि आउनुहुन्‍छ, म उहाँको जुत्ताको फित्ता खोल्‍न लायकको छैनँ ।” 28यर्दनको पारिपट्टि बेथानियामा यी कुराहरू गरिएका थिए, जहाँ यूहन्‍नाले बप्‍तिस्‍मा दिइरहेका थिए ।29अर्को दिन यूहन्‍नाले येशू आफूकहाँ आइरहनुभएको देखे र भने, “हेर, संसारको पाप उठाइलानुहुने परमेश्‍वरका थुमा! 30उहाँ उही हुनुहुन्छ जसको बारेमा मैले भनें, ' मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ, किनकि उहाँ मभन्दा अगि हुनुहुन्थ्यो । 31म उहाँलाई चिन्‍दिनथें, तर उहाँलाई इस्राएलमा प्रकट गर्न सकियोस् भनी म पानीले बप्‍तिस्‍मा दिंदै आएँ ।”32यूहन्‍नाले यसो भन्दै गवाही दिए, “मैले आत्‍मा स्‍वर्गबाट ढुकुरझैं ओर्लिरहनुभएको र उहाँमाथि बस्‍नुभएको देखें । 33मैले उहाँलाई चिनिनँ, तर पानीमा बप्‍तिस्‍मा दिन पठाउनुहुनेले मलाई भन्‍नुभयो, ‘तिमीले जसमाथि आत्‍मा ओर्लिरहनुभएको र उहाँमाथि बस्दै गर्नुभएको देख्‍नेछौ, पवित्र आत्‍माले बप्‍तिस्‍मा दिनुहुने उहाँ नै हुनुहुन्छ ।’ 34मैले दुवै देखेको, र गवाही दिएको छु कि उहाँ परमेश्‍वरका पुत्र हुनुहुन्‍छ ।”35फेरि, अर्को दिन, यूहन्‍ना आफ्ना दुई जना चेलासँग उभिरहँदा, 36तिनीहरूले येशू त्यही बाटो भएर हिंडिरहनुभएको देखे, र यूहन्‍नाले भने, “हेर, परमेश्‍वरका थुमा!”37तिनका दुई चेलाले तिनले यसो भनेका सुने, र तिनीहरूले येशूलाई पछ्‍याए । 38तब येशू फर्कनुभयो र तिनीहरूले उहाँलाई पछ्‍याइरहेका देख्‍नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू के चाहन्‍छौ?” तिनीहरूले जवाफ दिए, “रब्बी (जसको अर्थ हो, गुरुज्यू), तपाईं कहाँ बस्दै हुनुहुन्छ?” 39उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आओ र हेर ।” तब तिनीहरू आए र उहाँ कहाँ बसिरहनुभएको थियो भनी देखे; त्‍यस दिन तिनीहरू उहाँसँगै बसे, किनकि दसौं घडी हुन लागेको थियो ।40यूहन्‍नाले भनेको सुन्‍ने र त्यसपछि येशूलाई पछ्‍याउने यी दुई जनामध्‍ये एक जना सिमोन पत्रुसका दाजु अन्‍द्रियास थिए । 41अन्‍द्रियासले पहिले आफ्ना भाइ सिमोनलाई भेट्टाए र तिनलाई भने, “हामीले मसीह (जसको अर्थ हो, ख्रीष्‍ट) लाई भेट्टाएका छौं।” 42तिनले तिनलाई येशूकहाँ ल्‍याए । अनि येशूले तिनलाई हेर्नुभयो र भन्‍नुभयो, “तिमी यूहन्‍नाका छोरा सिमोन हौ । तिमीलाई केफास (जसको अर्थ हो, पत्रुस ) भनिनेछ ।43अर्को दिन, जब येशूले गालीलतिर जान त्यस ठाउँलाई छोड्न चाहनुभयो, उहाँले फिलिपलाई भेट्टाउनुभयो र तिनलाई भन्‍नुभयो, “मलाई पछ्‍याऊ ।” 44अब फिलिप बेथसेदाका थिए जुन अन्‍द्रियास र पत्रुसको सहर थियो । 45फिलिपले नथानेललाई भेट्टाए र तिनलाई भने, “जसको विषयमा मोशाले व्‍यवस्‍थामा र अगमवक्‍ताहरूले लेखे, हामीले उहाँलाई भेट्टाएका छौंः योसेफका पुत्र, नासरतका येशूलाई ।”46नथानेलले तिनलाई भने, “के नासरतबाट कुनै असल कुरा आउन सक्‍छ र?” फिलिपले तिनलाई भने, “आएर हेर!” 47येशूले नथानेललाई आफूकहाँ आइरहेको देख्‍नुभयो र तिनको बारेमा भन्‍नुभयो, “हेर, एक सच्चा इस्राएली, जसमा कुनै छल छैन!” 48नथानेलले उहाँलाई भने, “तपाईं मलाई कसरी चिन्‍नुहुन्‍छ?” येशूले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “फिलिपले तिमीलाई बोलाउनुभन्‍दा पहिले, तिमी नेभाराको रुखमुनि हुँदा, मैले तिमीलाई देखें ।”49नथानेलले जवाफ दिए, “रब्‍बी, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ! तपाईं इस्राएलका राजा हुनुहुन्‍छ!” 50येशूले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “‘मैले तिमीलाई नेभाराको रुखमुनि देखेँ भनेको कारण, के तिमी मलाई विश्‍वास गर्छौ? तिमीले योभन्‍दा ठुला-ठुला कुराहरू देख्‍नेछौ ।” 51त्यसपछि उहाँले भन्‍नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्‍दछु, “तिमीहरूले स्‍वर्ग उघ्रिएको, अनि परमेश्‍वरका स्‍वर्गदूतहरू मानिसका पुत्रमाथि ओर्लिरहेका र उक्‍लिरहेका देख्‍नेछौ ।”
21तीन दिनपछि गालीलको कानामा एउटा विवाह थियो, र येशूकी आमा त्यहाँ थिइन् । 2विवाहमा येशू र उहाँका चेलाहरूलाई निम्तो दिइएको थियो ।3जब दाखमद्य सकियो, येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसित दाखमद्य छैन ।” 4येशूले तिनलाई भन्‍नुभयो, “हे नारी, तपाईं किन मकहाँ आउनुहुन्छ? मेरो समय अझ आइसकेको छैन ।” 5उहाँकी आमाले सेवकहरूलाई भनिन्, “उहाँले तिमीहरूलाई जे भन्‍नुहुन्छ, त्यही गर ।"6अब त्यहाँ यहूदीको शुद्ध हुने विधिको लागि प्रत्येकमा झण्डै एक सय लिटर अटाउने छवटा ढुङ्गाका भाँडाहरू थिए । 7येशूले तिनीहरूलाई भन्‍नुभयो, “भाँडाहरूमा पानी भर ।” त्यसैले तिनीहरूले पानी मुखसम्मै भरिदिए । 8तब उहाँले सेवकहरूलाई भन्‍नुभयो, “अब अलिकति लगेर भोजका मुखियाकहाँ लैजाओ ।" तिनीहरूले त्यसै गरे ।9भोजका मुखियाले दाखमद्य बनेको त्यो पानी चाखे, तर यो कहाँबाट आएको भन्‍ने तिनलाई थाहा थिएन (तर पानी भर्ने सेवकहरूलाई थाहा थियो) । तब तिनले दुलहालाई बोलाए 10र तिनलाई भने, “हरेक मानिसले असल दाखमद्य पहिले बाँड्छ, र तिनीहरू मातेपछि सस्तो दाखमद्य बाँड्छन् । तर तिमीले त असल दखमद्य अझसम्म राखिछोडेका छौ ।”11गालीलको कानामा येशूले गर्नुभएको यो पहिलो चिन्‍ह थियो, र उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो, र उहाँका चेलाहरूले उहाँलाई विश्‍वास गरे ।12यसपछि येशू, उहाँकी आमा, उहाँका भाइहरू, र उहाँका चेलाहरू कर्फनहुममा झरे, र त्यहाँ तिनीहरू केही दिनसम्म बसे ।13अब यहूदीहरूको निस्तार-चाड नजिकै थियो, र येशू यरूशलेममा जानुभयो । 14उहाँले मन्दिरमा गोरुहरू, भेडाहरू र परेवाहरू बेच्‍नेहरूलाई भेट्टाउनुभयो, र पैसा साट्नेहरू त्यहाँ बसिरहेका थिए ।15त्यसैले उहाँले डोरीहरूको एउटा कोर्रा बनाउनुभयो र दुइटै भेडाहरू र गोरुहरूसहित तिनीहरू सबैलाई मन्दिरबाट बाहिर खेद्नुभयो । उहाँले पैसा साट्नेहरूका पैसा छरपष्‍ट पारिदिनुभयो र तिनीहरूका टेबुलहरू पल्टाइदिनुभयो । 16परेवा बेच्‍नेहरूलाई उहाँले भन्‍नुभयो, “यी कुराहरूलाई यहाँबाट लैजाओ । मेरा पिताको घरलाई बजार बनाउन छोड ।”17उहाँका चेलाहरूले यस्तो लेखिएको कुरा सम्झे, “तपाईंको घरको जोशले मलाई जलाउनेछ ।” 18तब यहूदीहरूका अधिकारीहरूले उहाँलाई प्रत्युत्तर दिए, र भने, “तपाईंले यी कुराहरू गरिरहनुभएको हुनाले तपाईंले हामीलाई के चिन्ह देखाउनुहुनेछ?” 19येशूले जवाफ दिनुभयो, “यो मन्दिरलाई भत्काओ र तीन दिनमा म यसलाई खडा गर्नेछु ।”20तब यहूदी अधिकारीहरूले भने, “यो मन्दिर छयालिस वर्षमा बनाइयो, र तपाईं यसलाई तीन दिनमा खडा गर्नुहुनेछ?” 21तर उहाँले आफ्नो शरीरको मन्दिरबारे बताइरहनुभएको थियो । 22उहाँ मृत्युबाट जीवित भई उठ्नुभएपछि, उहाँका चेलाहरूले उहाँले यो भन्‍नुभएको थियो भनी सम्‍झे, र तिनीहरूले धर्मशास्‍‍त्र र येशूले भन्‍नुभएको यो भनाइमाथि विश्‍वास गरे ।23अब उहाँ निस्तार-चाडको बेलामा यरूशलेममा हुनुहुँदा जब धेरै जनाले उहाँले गर्नुभएका चिन्‍हहरू देखे, तिनीहरूले उहाँको नाउँमा विश्‍वास गरे । 24तर येशूले तिनीहरूलाई भरोसा गर्नुभएन, किनभने उहाँले तिनीहरू सबैलाई चिन्‍नुहुन्थ्यो, 25किनभने मानिसको बारेमा उहाँलाई कसैले गवाही दिनुपर्दैनथ्यो, किनकि मानिसभित्र के छ भन्‍ने उहाँ जान्‍नुहुन्थ्यो ।
31अब त्यहाँ निकोदेमस नाउँ गरेका एक जना यहूदी अगुवा थिए । 2यी मानिस राति येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौं, कि तपाईं परमेश्‍वरबाट आउनुभएका एक जना शिक्षक हुनुहुन्छ, किनकि तपाईंले गर्नुभएका यी चिन्‍हहरू परमेश्‍वर त्यससँग नभईकन कसैले पनि गर्न सक्दैन ।”3येशूले तिनलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कोही फेरि नजन्मिएसम्म, त्यसले परमेश्‍वरको राज्य देख्‍न सक्दैन ।” 4निकोदेमसले उहाँलाई भने “मानिस वृद्ध भएपछि कसरी जन्मन सक्छ? ऊ फेरि दोस्रो पल्ट उसकी आमाको गर्भमा पस्‍न, र जन्मन सक्दैन, सक्छ त?5येशूले जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कोही पनि पानी र आत्माबाट नजन्मेसम्म ऊ परमेश्‍वरको राज्यमा पस्‍न सक्दैन । 6शरीरबाट जन्मेको शरीर हो, र पवित्र आत्माबाट जन्मेको आत्मा हो ।7मैले तिमीलाई, ‘तिमी फेरि जन्मनुपर्छ’ भनेकोमा अचम्म नमान । 8हावा जता चाहन्छ त्यतै बहन्छ; तिमीले यसको आवाज सुन्छौ; तर यो कहाँबाट आउँछ, र कतातिर गइरहेको छ तिमी जान्दैनौ । पवित्र आत्माबाट जन्मेका सबै त्यस्तै हुन्छन् ।”9निकोदेमसले जवाफ दिए, र उहाँलाई भने, “यी कुराहरू कसरी हुन सक्छन्”? 10येशूले तिनलाई जवाफ दिनुभयो, “के तिमी इस्राएलका शिक्षक भएर पनि यी कुराहरू बुझ्दैनौ? 11साँचो, साँचो म तिमीलाई भन्दछु, कि हामी जे जान्दछौं, त्यहीँ भन्छौं, र हामीले जे देखेका छौँ, त्यसैको गवाही दिन्‍छौँ । तापनि तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ ।12यदि मैले तिमीलाई पृथ्‍वीको कुरा भनें भने तिमीहरू विश्‍वास गर्दैनौ, यदि मैले स्वर्गका कुराहरू भनें भने तिमीले कसरी विश्‍वास गर्छौ? 13स्वर्गबाट ओर्लिआउनुभएका मानिसका पुत्रबाहेक कोही पनि स्वर्गमा उक्लेको छैन ।14जसरी मोशाले उजाड-स्थानमा सर्पलाई उचाले, त्यसै गरी मानिसका पुत्र पनि उचालिनुपर्छ, 15ताकि उहाँमा विश्‍वास गर्ने सबैले अनन्त जीवन पाऊन् ।16किनभने परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमा ‍विश्‍वास गर्ने कोही पनि नमरोस्, तर उसले अनन्त जीवन पाओस् । 17किनकि परमेश्‍वरले यस संसारलाई दण्ड दिन होइन, तर उहाँद्वारा संसारलाई बचाउन आफ्ना पुत्र पठाउनुभयो । 18उहाँमा विश्‍वास गर्ने दण्डित हुँदैन, तर उहाँमा विश्‍वास नगर्ने अगि नै दण्डित भइसकेको छ, किनभने त्यसले परमेश्‍वरका एक मात्र पुत्रको नाउँमा विश्‍वास गरेको छैन ।19न्यायको कारण यही होः ज्योति संसारमा आउनुभएको छ, र मानिसहरूले ज्योतिभन्दा अन्धकारलाई नै रुचाए, किनभने तिनीहरूका कामहरू दुष्‍ट थिए । 20किनकि दुष्‍ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, र त्यो ज्योतितर्फ आउँदैन, ताकि त्यसका कार्यहरू प्रकट नहोऊन् । 21तापनि सत्य काम गर्ने ज्योतिमा आउँछ, ताकि परमेश्‍वरमा गरिएका त्यसका कामहरू प्रकट होऊन् ।22त्यसपछि येशू र उहाँका चेलाहरू यहूदियामा जानुभयो । त्यहाँ उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो र बप्‍तिस्मा दिनुभयो । 23अहिले यूहन्‍नाले पनि सालीम नजिकैको एनोनमा बप्‍तिस्मा दिइरहेका थिए, किनभने त्यहाँ धेरै पानी थियो । मानिसहरू उनीकहाँ आइरहेका थिए, र तिनीहरूले बप्‍तिस्मा लिँदै थिए । 24किनकि यूहन्‍ना यस बेलासम्म झ्यालखानामा परेका थिएनन् ।25त्यहाँ यूहन्‍नाका केही चेलाहरू र एक जना यहूदीबिच विधिवत् शुद्धिकरणको विषयमा विवाद भयो । 26तिनीहरू यूहन्‍नाकहाँ गए, तिनलाई भने “गुरुज्यू, हेर्नुहोस्, यर्दन नदीको पारिपट्टि तपाईंसँग हुनुहुने र तपाईंले गवाही दिनुभएको व्यक्‍तिले बप्‍तिस्मा दिइरहनुभएको छ र तिनीहरू सबै उहाँकहाँ गइरहेका छन् ।”27यूहन्‍नाले जवाफ दिए “मानिसलाई स्वर्गबाट नदिएसम्म त्यसले कुनै पनि कुरा प्राप्‍त गर्न सक्दैन । 28तिमीहरू आफैं गवाही दिन सक्‍छौ, कि मैले भनें, ‘म ख्रीष्‍ट होइनँ,’ तर बरु ‘म उहाँभन्दा अगि पठाइएको हुँ ।’29दुलहीचाहिं दुलहाको नै हो । दुलहाको छेउमा खडा हुने र उहाँको आवाज सुन्‍ने साथी दुलहाको आवाज सुनेर धेरै आनन्दित हुन्छ । तब मेरो आनन्द पुरा हुनेछ । 30उहाँ बढ्नुपर्छ र म घट्नुपर्छ ।31माथिबाट आउनुहुने सबैभन्दा माथि हुनुहुन्छ । जो पृथ्‍वीबाटको हो त्यो पृथ्वीकै हो, र त्यसले पृथ्‍वीका कुराहरू बोल्दछ । जो स्वर्गबाट आउनुहुन्छ, उहाँ सबैभन्दा माथि हुनुहुन्छ । 32उहाँले जे देख्‍नु र सुन्‍नुभएको छ, त्यसको गवाही दिनुहुन्छ, तर उहाँको गवाही कसैले स्वीकार गर्दैन । 33उहाँको गवाही ग्रहण गर्नेले परमेश्‍वर सत्य हुनुहुन्छ भन्‍ने पुष्‍टि गरेको छ ।34किनकि परमेश्‍वरले जसलाई पठउनुभएको छ, त्यसले उहाँको वचन बोल्छ । किनकि उहाँले पवित्र आत्मा नापतौल गरेर दिनुहुन्‍न । 35पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँले सबै कुरा उहाँको हातमा दिनुभएको छ । 36पुत्रमा विश्‍वास गर्नेसँग अनन्त जीवन हुन्छ, तर पुत्रको अवाज्ञा गर्नेले जीवन देख्‍नेछैन, तर त्यसमाथि परमेश्‍वरको क्रोध पर्नेछ ।”
41जब यूहन्‍नाले भन्‍दा येशूले धेरै चेलाहरू बनाउँदै हुनुहुन्‍थ्‍यो र बप्‍तिस्‍मा दिँदै हुनुहुन्‍थ्‍यो भनी फरिसीहरूले सुने भन्‍ने उहाँले थाहा गर्नुभयो, 2(यद्यपि येशू आफैंले बप्‍तिस्‍मा दिंदै हुनुहुन्‍नथ्यो, तर उहाँका चेलाहरूले बप्‍तिस्‍मा दिंदै थिए) 3उहाँले यहूदिया छोड्नुभयो र फेरि गालीलतिर फर्केर जानुभयो ।4तर उहाँ सामरिया भएर जानु आवश्‍यक थियो । 5त्‍यसैले उहाँ याकूबले आफ्नो छोरा योसेफलाई दिएका जग्‍गाको टुक्रा नजिक रहेको सामरियाको सुखार भनिने एउटा सहरमा आउनुभयो ।6त्यहाँ याकूबको इनार थियो । येशू आफ्नो यात्राले थाक्‍नुभएको थियो र इनारको छेउमा बस्‍नुभयो । प्रायः छैठौं घडी भएको थियो । 7एक जना सामरी स्‍‍त्री पानी लिन आई, र येशूले त्यसलाई भन्‍नुभयो, “मलाई पिउन थोरै पानी देऊ ।” 8किनकि उहाँका चेलाहरू खानेकुरा किन्‍न सहरतिर गएका थिए ।9त्‍यसपछि सामरी स्‍‍त्रीले उहाँलाई भनी, “तपाईं एक जना यहूदी भएर पनि म एउटी सामरी स्‍‍त्रीसँग कसरी केही पिउने कुरा मागिरहनुभएको छ?” किनकि यहूदीहरूले समारीहरूसँग केही सम्बन्ध राख्दैनन्। 10येशूले त्यसलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “यदि तिमीले परमेश्‍वरको वरदानलाई र ‘मलाई पिउन देऊ’ भनी तिमीलाई भनिरहने को हो भनी चिनेकी भए, तिमीले उनीसँग माग्‍ने थियौ, र उनले तिमीलाई जिउँदो पानी दिनेथिए ।”11स्‍‍त्रीले उहाँलाई जवाफ दिई, “महाशय, तपाईंसित उघाउने भाँडो छैन, र इनार गहिरो छ । तब तपाईंसँग जिउँदो पानी कहाँ छ त? 12के तपाईं हाम्रा पुर्खा याकूबभन्‍दा महान् हुनुहुन्‍छ जसले हामीलाई इनार दिनुभयो र आफैंले पनि यही इनारबाट पिउनुभयो र उहाँका सन्‍तानहरू र उहाँका गाईवस्‍तुहरूले पनि पिए?”13येशूले त्यसलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “हरेक जस‍ले यो पानी पिउँछ, त्यो फेरि तिर्खाउनेछ, 14तर जसले मैले दिने पानी पिउँछ, त्यो फेरि कहिल्यै तिर्खाउनेछैन । बरु, मैले दिने त्यो पानी त्‍यसमा अनन्‍त जीवनसम्‍मै उम्रिरहने पानीको फोहरा बन्‍नेछ ।”15स्‍‍त्रीले उहाँलाई भनी, “महाशय, मलाई यो पानी दिनुहोस्, ताकि म तिर्खाउनेछैनँ र यहाँ पानी लिन आउनुपर्नेछैनँ ।” 16येशूले त्यसलाई भन्‍नुभयो, “जाऊ, तिम्रो लोग्‍नेलाई बोलाऊ, र यहाँ फर्केर आऊ ।”17स्‍‍त्रीले उहाँलाई जवाफ दिई र भनी, “मेरो लोग्‍ने छैन ।” येशूले जवाफ दिनुभयो, “‘मेरो लोग्‍ने छैन’ भनी तिमीले साँचो भन्‍यौ । 18किनकि तिम्रा पाँच जना लोग्‍ने भइसकेका छन्, र अहिले जो तिमीसँग छन्, त्यो तिम्रो लोग्‍ने होइन । तिमीले जे भनेकीछ्‍यौ, त्यो साँचो हो ।”19स्‍‍त्रीले उहाँलाई भनी, “महाशय, तपाईं अगमवक्‍ता हुनुहुन्छ भनी म देख्छु । 20हाम्रा पुर्खाहरूले यही पर्वतमा आराधना गरे, तर मानिसहरूले आराधना गर्नुपर्ने स्‍थान यरूशलेम नै हो भनी तपाईंहरू भन्‍नुहुन्छ ।”21येशूले त्यसलाई भन्‍नुभयो, “हे नारी, मलाई विश्‍वास गर । त्यो बेला आउँदैछ जब तिमीहरूले पितालाई न यो पर्वतमा न त यरूशलेममा नै आराधना गर्नेछौ । 22तिमीहरूले जे जान्दैनौ, त्यसैको आराधना गर्छौ । हामी जे जान्दछौं, त्यसैको आराधना गर्छौं, किनकि उद्धार यहूदीहरूबाट आउँछ ।23तापनि, त्यो बेला आउँदैछ र त्यो अहिले नै हो जब साँचा आराधकहरूले पितालाई आत्‍मा र सत्‍यतामा आराधना गर्नेछन् , किनकि पिताले आफ्ना आराधकहरू हुन यस्‍ता मानिसहरूको खोजी गर्दै हुनुहुन्‍छ । 24परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ, र उहाँलाई आराधना गर्ने मानिसहरूले आत्‍मा र सत्‍यतामा आराधना गर्नुपर्छ ।”25स्‍‍त्रीले उहाँलाई भनी, “(ख्रीष्‍ट भनिने) मसीह आउँदै हुनुहुन्‍छ भन्‍ने मलाई थाहा छ। जब उहाँ आउनुहुन्‍छ, उहाँले हामीलाई सबै कुरा बताउनुहुनेछ ।” 26येशूले त्यसलाई भन्‍नुभयो, “तिमीसँग कुराकानी गरिरहने, म उही हुँ ।”27त्‍यही बेला उहाँका चेलाहरू फर्किआए । अब उहाँ स्‍‍त्रीसित किन कुराकानी गर्दै हुनुहुन्‍थ्यो भनी तिनीहरू चकित भइरहेका थिए, तर “तपाईं के चाहनुहुन्‍छ?” वा “किन तपाईं त्‍यससँग कुराकानी गर्दै हुनुहुन्‍छ?” भनी कसैले भनेन ।28त्‍यसैले त्यस स्‍‍त्रीले आफ्नो गाग्रो छोडी, सहरतिर फर्केर गई र मानिसहरूलाई भनी, 29“आओ, एकजना मानिसलाई हेर जसले मैले गरेका सबै कुराहरू मलाई बताइदिनुभयो । उहाँ ख्रीष्‍ट हुन सक्दैन, हुन सक्छ त?” 30तिनीहरू सहरबाट निस्के र उहाँकहाँ आए ।31त्‍यसैबेला चेलाहरूले उहाँलाई यसो भन्‍दै अनुरोध गरिरहेका थिए, “रब्‍बी, खानुहोस् ।” 32तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मसँग खानेकुरा छ जसको बारे तिमीहरू जान्दैनौ ।” 33त्‍यसैले चेलाहरूले एक आपसमा भने, “उहाँलाई कुनै खानेकुरा कसैले ल्‍याएको छैन, ल्‍याएको छ र?”34येशूले तिनीहरूलाई भन्‍नुभयो, “जसले मलाई पठाउनुभयो, उहाँको इच्‍छाअनुसार गर्नु र उहाँको काम पुरा गर्नु नै मेरो खानेकुरा हो । 35के तिमीहरू भन्‍दैनौ, 'अझ चार महिना छ र त्‍यसपछि कटनी गर्ने समय आउँछ'? म तिमीहरूलाई भन्‍दैछु, आँखा उचाल र खेतलाई हेर किनकि तिनीहरू कटनीको निम्‍ति अगि नै पाकिसकेका छन् । 36जसले कटनी गर्दैछ, त्यसले ज्याला पाउँछ र अनन्‍त जीवनको निम्‍ति फल बटुल्‍छ, ताकि छर्ने र कटनी गर्ने सँगसँगै रमाउन सकून् ।37किनकि 'एउटाले छर्छ र अर्काले कटनी गर्छ' भन्‍ने यो भनाइ यसैमा साँचो छ । 38मैले तिमीहरूलाई त्यो कटनी गर्न पठाएँ जसको लागि तिमीहरूले काम गरेका छैनौ। अरूहरूले काम गरेका छन्, र तिमीहरू तिनीहरूका श्रममा प्रवेश गरेका छौ ।”39“मैले गरेका सबै कुरा उहाँले मलाई भन्‍नुभयो” भनी ती स्‍‍त्रीले दिएको गवाहीले गर्दा त्‍यस सहरका धेरै सामरीहरूले उहाँमा विश्‍वास गरे । 40त्यसैले जब सामरीहरू उहाँकहाँ आए, तिनीहरूले उहाँलाई आफूहरूसँग बस्‍न आग्रह गरे, र उहाँ त्‍यहाँ दुई दिन बस्‍नुभयो ।41उहाँको वचनको कारणले गर्दा धेरै जनाले विश्‍वास गरे । 42तिनीहरूले ती स्‍‍त्रीलाई भने, “ अब तिमीले भनेका कुराले गर्दा हामी विश्‍वास गरेका होइनौं , किनकि हामी आफैंले सुनेका छौं र हामी जान्दछौं, कि उहाँ नै संसारका उद्धारकर्ता हुनुहुन्‍छ ।”43त्यसको दुई दिनपछि उहाँ त्‍यहाँबाट गालील प्रस्थान गर्नुभयो । 44किनकि येशू आफैंले घोषणा गर्नुभयो, कि अगमवक्‍तालाई त्यसको आफ्नै गाउँमा आदर हुँदैन । 45जब उहाँ गालीलमा आउनुभयो, गालीलीहरूले उहाँलाई स्‍वागत गरे । यरूशलेमको चाडमा उहाँले गर्नुभएका सबै कुराहरू तिनीहरूले देखेका थिए, किनकि तिनीहरू पनि चाडमा गएका थिए ।46अब उहाँ गालीलको काना सहरमा फेरि आउनुभयो, जहाँ उहाँले पानीलाई दाखमद्य बनाउनुभएको थियो। त्यहाँ एक जना राजकीय अधिकारी थिए जसको छोरा कर्फनहुममा बिरामी थियो । 47जब येशू यहूदियाबाट गालील आउनुभएको तिनले सुने, तिनी येशूकहाँ गए र उहाँ आएर तिनको मर्न लागेको छोरोलाई निको पारिदिनुहोस् भनी उहाँलाई बिन्‍ती गरे ।48तब येशूले तिनलाई भन्‍नुभयो, “चिन्‍हहरू र आश्‍चर्यकर्महरू नदेखेसम्‍म तिमीहरूले विश्‍वास गर्नेछैनौ ।” 49ती अधिकारीले उहाँलाई भने, “हजुर, मेरो छोरो मर्नुअगावै आउनुहोस् ।” 50येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिम्रो छोरो बाँच्‍छ ।” येशूले तिनलाई भन्‍नुभएको वचन ती मानिसले विश्‍वास गरे, र तिनी आफ्नो बाटो लागे ।51तिनी जाँदै गर्दा, तिनका सेवकहरूले तिनको छोरो बाँच्यो भन्दै तिनलाई भेटे । 52त्यसैले कुन घडीदेखि त्यसको सुधार हुनथाल्यो भनी तिनले तिनीहरूलाई सोधे । तिनीहरूले तिनलाई जवाफ दिए, “हिजो सातौं घडीमा त्यसलाई ज्‍वरोले छोड्‍यो ।”53त्‍यसपछि ती बुबाले महसुस गरे कि यो त्यही घडी थियो जब येशूले तिनलाई “तिम्रो छोरो बाँच्‍छ” भन्‍नुभएको थियो । त्यसैले तिनीले र तिनका सम्‍पूर्ण घरानाले विश्‍वास गरे । 54येशू यहूदियाबाट गालीलमा आउनुहुँदा उहाँले गर्नुभएको यो दोस्रो चिन्‍ह थियो ।
51यसपछि यहूदीहरूको चाड थियो, र येशू यरूशलेम जानुभयो । 2अब यरूशलेममा भेडा-ढोका नजिकै एउटा तलाउ छ जसलाई आरमेइक भाषामा बेथस्दा भनिन्छ, र यसका पाँचवटा छानासहितका दलान छन् । 3त्यहाँ ठुलो सङ्ख्यामा बिरामीहरू, अन्धा, लङ्गडा वा पक्षाघातीहरू पडिरहेका थिए । 1 425त्यहाँ अठ्तिस वर्षदेखि रोगले ग्रसित भएको कुनै एक जना मानिस थियो । 6जब येशूले त्यसलाई त्यहाँ पल्टिरहेको देख्‍नुभयो र उहाँले त्यो मानिस त्यहाँ धेरै समयदेखि रहेको थियो भनी महसुस गर्नुभएपछि, उहाँले त्यसलाई भन्‍नुभयो, “के तिमी स्वस्थ हुन चाहन्छौ?”7त्यो बिरामी मानिसले जवाफ दियो, “महाशय, पानी छचल्किँदा मलाई तलाउमा राखिदिने मेरो कोही पनि छैन । म आउँदा मभन्दा अगि अर्को पसिहाल्छ ।” 8येशूले त्यसलाई भन्‍नुभयो, “उठ, आफ्नो ओछ्‍यान लेऊ, र हिंड ।”9त्यो मानिस तुरुन्तै निको भयो, र त्यसले आफ्नो ओछ्‍यान उठायो, र हिंड्‍यो । अब त्यो विश्रामको दिन थियो ।10त्यसैले यहूदीहरूले त्यो निको भएको मानिसलाई भने, “यो विश्रामको दिन हो, र तिमीलाई तिम्रो ओछ्‍यान बोकेर हिंड्ने अनुमति छैन ।” 11त्यसले जवाफ दियो, “जसले मलाई स्वस्थ बनाउनुभयो, उहाँले मलाई भन्‍नुभयो, ‘तिम्रो ओछ्‍यान उठाऊ र हिंड’।”12तिनीहरूले त्यसलाई भने, “तिमीलाई ‘यो उठाऊ र हिंड’ भन्‍ने त्यो मानिस को हो?” 13तापनि येशू सुटुक्‍क गइसक्‍नुभएकोले जो निको भएको थियो, त्यसलाई उहाँ को हुनुहुन्थ्यो भन्‍ने थाहा थिएन, किनकि त्यस ठाउँमा भीड लागेको थियो ।14पछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्टाउनुभयो र त्यसलाई भन्‍नुभयो, “हेर, तिमी स्वस्थ भएका छौ! अब फेरि पाप नगर, ताकि तिमीमाथि झन् खराबी आइनपरोस् ।” 15त्यो मानिस गयो र त्यसलाई स्वस्थ बनाउने येशू हुनुहुन्थ्यो भनी त्यसले यहूदीहरूलाई बतायो ।16अब यी कुराहरूका कारणले यहूदीहरूले येशूलाई सताए, किनभने उहाँले यी कुराहरू विश्रामको दिनमा गर्नुभयो । 17येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मेरा पिताले अहिले पनि काम गरिरहनुभएको छ, र म पनि काम गरिरहेको छु ।” 18यसले गर्दा यहूदीहरूले उहाँलाई झनै मार्न खोजे, किनभने उहाँले विश्रामको दिन मात्र तोड्नुभएन, तर आफैंलाई परमेश्‍वर समान तुल्याएर परमेश्‍वरलाई उहाँको आफ्नै पिता पनि भन्‍नुभयो ।19येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, पिताले गरिरहनुभएको देख्‍नु बाहेक पुत्र आफैंले केही गर्न सक्दैन, किनकि पिताले जे गरिरहनुभएको छ पुत्रले पनि त्यही कुराहरू गर्छ । 20किनकि पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र उहाँ आफूले गर्नुहुने सबै कुरा पुत्रलाई देखाउनुहुन्छ, र उहाँले उनलाई यी कुराहरूभन्दा पनि ठुला कुराहरू देखाउनुहुनेछ, ताकि तिमीहरू अचम्मित हुनेछौ ।21किनकि पिताले जसरी मृतकलाई जीवित पार्नुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई चाहन्छन् त्यसलाई जीवन दिन्छन् । 22किनकि पिताले कसैको न्याय गर्नुहुन्‍न, तर उहाँले न्याय गर्ने सबै काम पुत्रलाई दिनुभएको छ, 23ताकि तिनीहरूले पितालाई आदर गरेझैं, सबैले पुत्रलाई आदर गर्नेछन् । जसले पुत्रलाई आदर गर्दैन, त्यसले उनलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन ।24साँचो, साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्‍वास गर्छ त्यससँग अनन्त जीवन हुन्छ र त्यो दोषी ठहराइनेछैन, तर त्यो मृत्युबाट जीवनमा सरेको छ ।25साँचो, साँचो म तिमीहरूलाई भन्दछु, समय आइरहेको छ, र यो अहिले नै हो, जब मृतकहरूले परमेश्‍वरका पुत्रको सोर सुन्‍नेछन्, र सुन्‍नेहरू बाँच्‍नेछन् ।26किनकि जसरी पिता आफैंसँग जीवन छ, त्यसरी नै उहाँले पुत्रलाई पनि दिनुभएको छ, ताकि उनी आफैंसँग जीवन होस्, 27र पिताले पुत्रलाई न्याय गर्ने अधिकार दिनुभएको छ किनभने उनी मानिसका पुत्र हुन् ।28यसमा अचम्म नमान, किनकि समय आउँदैछ जब चिहानमा हुनेहरू सबैले उनको सोर सुन्‍नेछन्, 29र बाहिर आउनेछन्ः असल गरेकाहरू जीवनको पुनरुत्थानको निम्ति, र दुष्‍ट काम गरेकाहरू न्यायको पुनरुत्थानको निम्ति ।30म आफैंले केही गर्न सक्दिनँ । म जस्तो सुन्छु त्यस्तै न्याय गर्छु र मेरो न्याय धार्मिक हुन्छ, किनभने मैले आफ्नो इच्छा खोजिरहेको छैनँ, तर मलाई पठाउनुहुनेको इच्छा खोजिरहेको छु । 31यदि म आफैंले आफ्नै बारेमा गवाही दिने हो भने मेरो गवाही सत्य हुँदैन । 32मेरो बारेमा गवाही दिनुहुने अर्कै हुनुहुन्छ, र म जान्दछु, कि उहाँले मेरो विषयमा दिनुहुने गवाही सत्य हुन्छ ।33तिमीहरूले यूहन्‍नाकहाँ पठाएका छौ र उनले सत्यको गवाही दिएका छन् । 34तर मैले प्राप्‍त गर्ने त्यो गवाही मानिसबाटको होइन । तिमीहरूलाई बचाइयोस् भनी म यी कुराहरू भन्दछु । 35यूहन्‍ना बलिरहेका र चम्किरहेका बत्ती थिए र तिमीहरू उनको ज्योतिमा केही क्षणका लागि आनन्द मनाउन तत्पर थियौ ।36तैपनि मसँग भएको गवाही यूहन्‍नाको भन्दा पनि महान् छ, किनकि जुन कामहरू पिताले मलाई पूरा गर्न दिनुभएको छ, मैले गर्ने ती कामहरूले नै, मलाई पिताले पठाउनुभएको हो भनी मेरो विषयमा गवाही दिन्छन् । 37मलाई पठाउनुहुने पिता आफैंले मेरो विषयमा गवाही दिनुभएको छ । तिमीहरूले न उहाँको सोर सुनेका छौ न उहाँको रूप नै कहिल्यै देखेका छौ । 38तिमीहरूमा उहाँको वचन रहेको छैन, किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गरिरहेका छैनौ ।39तिमीहरू धर्मशास्‍‍त्रहरूमा खोज्छौ, किनभने तिनीहरूमा तिमीहरूको निम्ति अनन्त जीवन छ भनी तिमीहरू सोच्छौ, र यी नै धर्मशास्‍‍त्रहरूले मेरो विषयमा गवाही दिन्छन्, 40र तिमीहरू जीवन पाउन मकहाँ आउन तत्पर छैनौ।41म मानिसहरूबाट महिमा ग्रहण गर्दिनँ, 42तर म जान्दछु, तिमीहरू आफैंमा परमेश्‍वरको प्रेम छैन ।43म मेरा पिताको नाउँमा आएको छु, र तिमीहरू मलाई ग्रहण गर्दैनौ । यदि आफ्नै नाउँमा अर्को कोही आउने हो भने तिमीहरूले त्यसलाई ग्रहण गर्छौ । 44तिमीहरूले कसरी विश्‍वास गर्न सक्छौ, तिमीहरू जसले एक अर्कोबाट महिमा स्वीकार गर्छौ तर एक मात्र परमेश्‍वरबाट आउने महिमा खोजिरहेका छैनौ?45पिताको सामु तिमीहरूलाई म आफैंले दोष लगाउँनेछु भन्‍ने नसोच । तिमीहरूलाई दोष लगाउने त मोशा हुन् जसमा तिमीहरूले आशा राखेका छौ । 46यदि तिमीहरूले मोशामा विश्‍वास गर्थ्यौ भने तिमीहरूले ममा पनि विश्‍वास गर्ने थियौ, किनभने तिनले मेरो विषयमा लेखे । 47यदि तिमीहरूले तिनले लेखेका कुराहरूमा विश्‍वास गर्दैनौ भने तिमीहरूले मेरा वचनहरूमा कसरी विश्‍वास गर्छौ?”

1उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूमा यो वाक्यांश छैन पानी छचल्किनुको प्रतिक्षा गर्दैथिए
2उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूमा पद ४ छैन, किनकि परमेश्‍वरका स्वर्गदूत तल ओर्लिएर निश्‍चित समयमा पानी हल्लाइदिन्थे र जो कोही पानी छचल्किरहँदा पानीमा पस्थ्यो, त्यो जस्तोसुकै रोगले ग्रसित भए तापनि निको भइहाल्थ्यो ।

61यी कुराहरूपछि येशू गालीलको समुद्रको पारिपट्टि जानुभयो जसलाई तिबेरियासको समुद्र पनि भनिन्थ्यो। 2एउटा ठुलो भीडले उहाँलाई पछ्‍याइरहेको थियो, किनभने बिरामी मानिसहरूमा उहाँले गरिरहनुभएका चिन्‍हहरू तिनीहरूले देखे । 3येशू पर्वतमाथि जानुभयो, र त्यहाँ उहाँ आफ्ना चेलाहरूसँग बस्‍नुभयो ।4(अब यहूदीहरूको निस्तार-चाड नजिकै थियो । ) 5जब येशूले माथितिर हेर्नुभयो र एउटा ठुलो भीड आफूतर्फ आइरहेको देख्‍नुभयो, उहाँले फिलिपलाई भन्‍नुभयो, “हामीले कहाँ रोटी किन्‍ने ताकि यिनीहरूले खान सकून्?” 6(तर येशूले फिलिपलाई जाँच्‍न यसो भन्‍नुभयो, किनकि उहाँले के गर्न गइरहनुभएको थियो सो उहाँ आफैंलाई थाहा थियो ।)7फिलिपले उहाँलाई जवाफ दिए, “दुई सय चाँदीका सिक्‍काको रोटी पनि प्रत्येकलाई थोरै-थोरै दिनलाई पर्याप्‍त हुँदैन ।” 8चेलाहरूमध्ये एक जना, सिमोन पत्रुसका दाजु अन्द्रियासले येशूलाई भने, 9“यहाँ एक जना केटो छ, जससँग जौका पाँचवटा रोटी र दुईवटा माछा छन्, तर यत्ति धेरैका बीचमा यी के हुन् र?”10येशूले भन्‍नुभयो, “मानिसहरूलाई बस्‍न लगाऊ ।” अब त्यस ठाउँमा धेरै घाँस थियो । त्यसैले झण्डै पाँच हजार जति सङ्ख्यामा मानिसहरू बसे । 11तब येशूले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि उहाँले त्यो त्यहाँ बसेकाहरूलाई दिनुभयो । उहाँले माछा पनि त्यसै गर्नुभयो, जति जति तिनीहरूले चाहना गरे । 12जब मानिसहरू भर पेट भए, उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “बाँकी रहेका टुक्रा-टाक्री बटुल, ताकि कुनै पनि थोक खेर नजाओस् ।”13यसैले तिनीहरूले ती बटुले र खानेहरूले उबारेका जौका ती पाँचवटा रोटीका टुक्रा-टाक्रीहरू बार्‍ह डाला भरे । 14त्यसपछि जब मानिसहरूले उहाँले गर्नुभएका यी चिन्‍हहरू देखे, तिनीहरूले भने, “उहाँ साँच्‍चै यस संसारमा आउनुहुने अगमवक्‍ता हुनुहुन्छ ।” 15जब उहाँलाई पक्रेर बलजफतीसँग राजा बनाउन तिनीहरू आउन लागेका थिए भन्‍ने येशूले थाहा गर्नुभयो, उहाँ फेरि पनि एक्लै डाँडातर्फ लाग्‍नुभयो ।16जब साँझ पर्‍यो, उहाँका चेलाहरू समुद्रतिर झरे । 17तिनीहरू एउटा डुङ्गामा चढे, र समुद्रको पारि कफर्नहुममा गइरहेका थिए । यस बेला अँध्यारो भइसकेको थियो र अझसम्म पनि येशू तिनीहरूकहाँ आउनुभएको थिएन । 18र ठुलो आँधीबेहरी चलिरहेको थियो र समुद्रका छालहरू उर्लंदै थिए ।19जब तिनीहरू डुङ्गा खियाएर करिब पाँच किलोमिटर टाढा पुगेका थिए, तिनीहरूले येशूलाई समुद्रमा हिंडिरहनुभएको र डुङ्गाको नजिक आइरहनुभएको देखे, अनि तिनीहरू डराए । 20तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म नै हुँ! नडराओ ।” 21तब तिनीहरू उहाँलाई डुङ्गामा ल्याउन तत्पर भए, र डुङ्गा जमिनमा तुरुन्तै पुग्यो जहाँ तिनीहरू गइरहेका थिए ।22अर्को दिन, समुद्रको पारिपट्टि उभिरहेको भीडले त्यहाँ त्यो एउटा डुङ्गाबाहेक अरू कुनै पनि डुङ्गा देखेन, र त्यसमा येशू उहाँका चेलाहरूसँग नचढ्नुभएको तर उहाँका चेलाहरू मात्रै त्यहाँबाट गएका थिए भन्‍ने देख्यो । 23तैपनि त्यहाँ तिबेरियासबाट त्यस ठाउँ नजिक आएका केही डुङ्गाहरू थिए जहाँ प्रभुले धन्यवाद चढाएपछि तिनीहरूले रोटी खाएका थिए ।24जब त्यस भीडले न येशू न उहाँका चेलाहरू नै त्यहाँ थिए भन्‍ने कुरा पत्ता लगाए, तिनीहरू आफैं डुङ्गा चढे र येशूलाई खोज्दै कफर्नहुमतिर गए । 25तिनीहरूले उहाँलाई त्यस समुद्रको पारिपट्टि भेटेपछि उहाँलाई भने “रब्बी, तपाईं यहाँ कहिले आउनुभयो?”26येशूले तिनीहरूलाई यसो भनेर जवाफ दिनुभयो, “साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, तिमीहरूले चिन्हहरू देखेको कारणले तिमीहरूले मलाई खोजेका होइनौ, तर तिमीहरूले केही रोटी खाएर अघाएकाले गर्दा हो । 27नष्‍ट हुने खानाको निम्ति काम नगर, तर मानिसका पुत्रले तिमीहरूलाई दिने अनन्त जीवनसम्म रहने खानाको निम्ति काम गर, किनकि परमेश्‍वर पिताले आफ्नो मोहोर उहाँमा लगाउनुभएको छ ।”28तब तिनीहरूले उहाँलाई भने, “परमेश्‍वरका कामहरू गर्न हामीले के गर्नुपर्छ?” 29येशूले जवाफ दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वरको काम यही होः उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गर्नू ।”30यसैले तिनीहरूले उहाँलाई भने, “तपाईंले कस्तो किसिमको चिन्‍ह गर्नुहुनेछ, ताकि हामीले देख्‍न र तपाईंलाई विश्‍वास गर्न सकौं? तपाईंले के गर्नुहुनेछ? 31हाम्रा पिताहरूले उजाडस्थानमा मन्‍न खाए जसरी यसो लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानको निम्ति स्वर्गबाट रोटी दिनुभयो।'”32तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, स्वर्गबाट तिमीहरूलाई रोटी दिने मोशा थिएनन्, तर स्वर्गबाट तिमीहरूलाई साँचो रोटी दिइरहनुहुने मेरा पिता हुनुहुन्छ । 33किनकि परमेश्‍वरको रोटी त्यही हो, जो स्वर्गबाट आउँछ र संसारलाई जीवन दिंदछ ।” 34यसैले तिनीहरूले उहाँलाई भने, “महाशय, हामीलाई यो रोटी सदैव दिनुहोस् ।”35येशूले तिनीहरूलाई भन्‍नुभयो, “म जीवनको रोटी हुँ; जो मकहाँ आउँछ, त्यो कहिल्यै भोकाउनेछैन, र जसले मलाई विश्‍वास गर्छ, त्यो कहिल्यै तिर्खाउनेछैन । 36तर मैले तिमीहरूलाई भनें कि वास्तवमा तिमीहरूले मलाई देखेका छौ र पनि तिमीहरू विश्‍वास गर्दैनौ । 37पिताले मलाई दिनुभएका सबै मकहाँ आउनेछन्, र जो मकहाँ आउँछ, म निश्‍चय नै त्यसलाई बाहिर फ्याँक्‍नेछैनँ ।38किनकि म स्वर्गबाट आएको छु, मेरो आफ्नो इच्छा पुरा गर्नलाई होइन, तर मलाई पठाउनुहुनेको इच्छा पुरा गर्नलाई हो । 39मलाई पठाउनुहुनेको इच्छा यही हो, कि उहाँले मलाई दिनुभएका सबैमध्ये एक जना पनि मैले नगुमाऊँ, तर तिनीहरूलाई अन्त्यको दिनमा जीवित पारूँ । 40किनकि मेरा पिताको इच्छा यही हो, कि पुत्रलाई देख्‍ने र उहाँमा विश्‍वास गर्ने सबैले अनन्त जीवन पाऊन् र अन्तिम दिनमा म त्यसलाई जीवित पार्नेछु ।”41तब यहूदीहरूले उहाँको बारेमा गनगन गरे, किनभने उहाँले यसो भन्‍नुभएको थियो, “म स्वर्गबाट ओर्लिआएको रोटी हुँ ।” 42तिनीहरूले भने, “के यिनी योसेफका छोरा येशू होइनन्, जसका बुबा र आमालाई हामी चिन्छौं? तब ‘म स्वर्गबाट ओर्लिआएको हुँ’ भनी अहिले यसले कसरी भन्‍न सक्छ?”43येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आपसमा गनगन गर्न छोड ।” 44मलाई पठाउनुहुने पिताले नखिंचेसम्म कोही पनि मकहाँ आउन सक्दैन, र त्यसलाई अन्तिम दिनमा म जीवित पार्नेछु । 45अगमवक्‍ताहरूका पुस्तकहरूमा यस्तो लेखिएको छ, ‘सबैलाई परमेश्‍वरद्वारा सिकाइनेछ ।’ जसले सुनेका छन् र पिताबाट सिकेका छन्, सबै मकहाँ आउँछन् ।46कसैले परमेश्‍वरलाई देखेको छैन, केवल जो परमेश्‍वरबाटको हो—उसैले पितालाई देखेको छ । 47साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, जसले विश्‍वास गर्छ, त्यससँग अनन्त जीवन छ ।48म जीवनको रोटी हुँ । 49तिमीहरूका पिताहरूले उजाड-स्थानमा मन्‍न खाए, र तिनीहरू मरे ।50यो स्वर्गबाट ओर्लिआउने रोटी हो, ताकि एक व्यक्‍तिले यसको केही भाग खाओस्, र त्यो नमरोस् । 51स्वर्गबाट ओर्लिआएको जीवित रोटी म नै हुँ । यदि कसैले यो रोटीको केही भाग खान्छ भने, त्यो सदासर्वदा जिउनेछ । जुन रोटी म संसारको जीवनको निम्ति दिनेछु, त्यो मेरो देह हो ।”52यहूदीहरू आपसमा रिसाए र यसो भन्दै वादविवाद गर्न थाले, “यो मानिसले कसरी हामीलाई आफ्नो देह खान दिन सक्छ?” 53तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसका पुत्रको देह नखाएसम्म र उसको रगत नपिएसम्म, तिमीहरू आफैंमा जीवन हुनेछैन ।54मेरो शरीर खाने र रगत पिउनेसँग अनन्त जीवन छ, र त्यसलाई अन्त्यको दिनमा म जीवित पार्नेछु । 55किनकि मेरो देह साँचो खाना हो, र मेरो रगत साँचो पिउने कुरा हो । 56मेरो देह खाने र मेरो रगत पिउने ममा रहन्छ, र म त्यसमा रहन्छु ।57जसरी जीवित पिताले मलाई पठाउनुभयो र म जसरी पिताको कारणले जिउँछु, यसरी नै मलाई खाने पनि मेरो कारणले जिउनेछ । 58स्वर्गबाट ओर्लिआएको रोटी यो हो, जसरी पिताहरूले खाए र मरे, त्यस्तो होइन । यो रोटी खाने सदासर्वदा जिउनेछ ।” 59तर येशूले यी कुराहरू सभाघरमा भन्‍नुभयो जब उहाँ कफर्नहुममा शिक्षा दिंदै हुनुहुन्थ्यो ।60त्यसपछि यो सुन्‍ने जति उहाँका धेरै चेलाहरूले भने, “यो एउटा कठिन शिक्षा हो; यसलाई कसले स्‍वीकार गर्न सक्छ?” 61उहाँका चेलाहरू यसमा गनगन गरिरहेका थिए भन्‍ने कुरा येशूले थाहा पाउनुभएकोले तिनीहरूलाई भन्‍नुभयो, “के यसले तिमीहरूलाई अप्रसन्‍न तुल्याउँछ?”62त्यसो भए यदि तिमीहरूले मानिसका पुत्रलाई उनी पहिला भएकैतिर गइरहेका देख्‍यौ भने नि? 63जीवन दिनुहुने त आत्मा नै हुनुहुन्छ; देहले त कुनै पनि लाभ दिंदैन । मैले तिमीहरूलाई बोलेका वचनहरू आत्मा हुन्, र तिनीहरू जीवन हुन् ।64तैपनि तिमीहरूमध्ये कति जना छौ, जसले विश्‍वास गर्दनौं ।” किनकि क-कसले विश्‍वास गर्दैनथे र उहाँलाई धोका दिने को हो भन्‍ने येशूलाई सुरुदेखि नै थाहा थियो । 65उहाँले भन्‍नुभयो, “यही कारणले मैले तिमीहरूलाई भनें कि पिताले कसैलाई नदिएसम्म कोही पनि मकहाँ आउन सक्दैन।”66यसले गर्दा उहाँका धेरै जना चेलाहरू गए र उहाँसँग कहिल्यै पनि हिंडेनन् । 67तब येशूले ती बाह्र जनालाई भन्‍नुभयो, “तिमीहरूचाहिं जान चाहँदैनौ, चाहन्छौ त?” 68सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जानु? अनन्त जीवनको वचन तपाईंसँग छ, 69र हामीले विश्‍वास गरेका छौं र तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ भनी हामीले जानेका छौं ।” 170येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू बाह्र जनालाई मैले नै चुनिनँ? र पनि तिमीहरूमध्ये एक जनाचाहिं दुष्‍ट छ ।” 71अब उहाँले सिमोन इस्करियोतका छोरा यहूदाको बारेमा भन्‍नुभयो, किनकि येशूलाई धोका दिने बाह्र जनामध्ये एक जना उही नै थियो ।

1उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूमा परमेश्‍वरका पवित्र जन वाक्यांश छ । केही पछिल्ला प्रतिलिपिहरूले यस्तो थप वर्णन थप्छन्, ख्रीष्‍ट, परमेश्‍वरका पवित्र जन

71अनि यी कुराहरू पछि येशू गालीलमा यात्रा गर्नुभयो, किनकि यहूदीहरूले उहाँलाई मार्न खोजिरहेका हुनाले उहाँ यहूदियामा जान चाहनुभएन । 2अब यहूदीहरूको छाप्रो-वास चाड नजिकै आएको थियो ।3यसकारण उहाँका भाइहरूले उहाँलाई भने, “यो ठाउँ छोडेर यहूदियामा जानुहोस्, ताकि तपाईंका चेलाहरूले पनि तपाईंले गर्नुहुने कामहरू देख्‍न सकून् । 4यदि कसैले आफैंलाई खुला रूपमा चिनाउन चाहन्छ भने त्यसले कुनै कुरा गुप्‍तमा गर्दैन । यदि तपाईंले यी कुराहरू गर्नहुन्छ भने आफूलाई संसारमा प्रकट गर्नुहोस् ।”5किनकि उहाँका भाइहरूले पनि उहाँलाई विश्‍वास गरेनन् । 6त्यसकारण येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरो समय अझै आएको छैन, तर तिमीहरूको समय सधैं तयार छ । 7संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर यसले मलाई घृणा गर्छ, किनभने यसका कामहरू खराब छन् भनेर यसको बारेमा म गवाही दिन्छु ।8तिमीहरू चाडमा जाओ; म यो चाडमा जाँदिनँ, किनभने मेरो समय अहिलेसम्म पुरा भएको छैन ।” 9उहाँले तिनीहरूलाई यी कुराहरू भन्‍नुभएपछि उहाँ गालीलमा नै बस्‍नुभयो ।10तर जब उहाँका भाइहरू चाडमा गए, तब उहाँ पनि खुलमखुल्ला होइन, तर गोप्य तरिकाले जानुभयो । 11यहूदीहरूले उहाँलाई चाडमा खोजिरहेका थिए र भने, “उनी कहाँ छन्?”12त्यहाँ भीडहरूमा उहाँको बारेमा धेरै बहस भएको थियो । कसैले भने, “उनी असल मानिस हुन् ।” अरूहरूले भने, “होइन, यसले भीडहरूलाई बहकाउँछ ।” 13तैपनि यहूदीहरूको डरको कारणले कसैले पनि खुलमखुल्ला बोलेन ।14जब चाड आधा सिद्धिएको थियो, येशू मन्दिरमा जानुभयो र शिक्षा दिन सुरु गर्नुभयो । 15तब यहूदीहरू यसो भन्दै अचम्मित भए, “यो मानिसले कसरी यति धेरै जान्दछ? यसलाई त कहिल्यै पनि शिक्षा दिइएको छैन ।” 16येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “मैले दिएको शिक्षा मेरो होइन, तर उहाँको हो जसले मलाई पठाउनुभयो ।17यदि कसैले उहाँको इच्छा पालन गर्न चाहन्छ भने यस शिक्षाको विषयमा त्यसले यो जान्‍नेछ, कि यो परमेश्‍वरबाट आएको हो, वा म आफ्नैतर्फबाट बोल्छु । 18जसले आफ्नै तर्फबाट बोल्छ, त्यसले आफ्नै महिमा खोज्छ, तर जसले आफूलाई पठाउनुहुनेको महिमा खोज्छ, त्यो व्‍यक्‍ति सत्य हो, र त्यसमा कुनै अधार्मिकता हुँदैन ।19के मोशाले तिमीहरूलाई व्यवस्था दिएनन् र? तैपनि तिमीहरू कसैले व्यवस्था पालन गर्दैनौ । तिमीहरू मलाई किन मार्न चाहन्छौ?” 20भीडले जवाफ दियो, “तिमीलाई भूत लागेको छ । तिमीलाई कसले मार्न खोज्छ?”21येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “मैले एउटा काम गरें, र यसको कारण तिमीहरू सबै चकित हुन्छौ । 22मोशाले तिमीहरूलाई खतनाको रीति दिए (यो मोशाबाट आएको होइन, तर पुर्खाहरूबाट आएको हो), अनि तिमीहरूले मानिसलाई विश्रामको दिनमा खतना गर्छौ ।23मोशाको व्यवस्था भङ्ग नहोस् भनेर यदि एक जना मानिसले विश्रामको दिनमा खतना गर्न स्‍वीकार गर्छ भने, मैले विश्रामको दिनमा एक जना मानिसलाई पूर्ण रूपमा स्वस्थ बनाएकोमा तिमीहरू मसँग किन रिसाउँछौ?” 24बाहिरी रूप हेरेर न्याय नगर, तर धार्मिकतापूर्वक न्याय गर ।25यरूशलेमबाट आएकाहरूमध्ये केहीले भने, “के तिनीहरूले मार्न खोजेका यिनी नै होइनन्? 26हेर, यिनी खुलमखुल्ला बोल्छन्, र तिनीहरू यिनलाई केही पनि भन्दैनन् । वास्तवमा शासकहरूले यिनी नै ख्रीष्‍ट हुन् भन्‍ने जानेको हुन सक्दैनन्, सक्छन् त? 27तापनि यिनी कहाँबाटका हुन् हामी जान्दछौं । तर जब ख्रीष्‍ट आउनुहुन्छ, उहाँ कहाँबाटका हुनुहुन्छ कसैले पनि जान्‍नेछैन ।”28त्यसपछि येशू मन्दिरमा सिकाउँदै र यसो भन्दै कराउनुभयो, “तिमीहरूले मलाई र म कहाँबाट आएको भनी दुवै जान्दछौ । म आफ्नै तर्फबाट आएको होइन, तर जसले मलाई पठाउनुभयो उहाँ सत्य हुनुहुन्छ, र तिमीहरू उहाँलाई चिन्दैनौं । 29म उहाँलाई चिन्दछु, किनभने म उहाँबाट आएको हुँ र उहाँले मलाई पठाउनुभयो ।”30तिनीहरूले उहाँलाई पक्रन कोसिस गरिरहेका थिए, तर उहाँमाथि कसैले पनि हात हालेन, किनभने उहाँको समय अझ पनि आएको थिएन । 31तर भीडका धेरैले उहाँमाथि विश्‍वास गरे, र तिनीहरूले भने, “के ख्रीष्‍ट आउनुहुँदा उहाँले यिनले गरेको भन्दा धेरै चिन्‍हहरू गर्नुहुनेछ र?” 32भीडले येशूको बारेमा यी कुराहरूबारे खासखुस गरेको फरिसीहरूले सुने, अनि मुख्य पूजाहारीहरू र फरिसीहरूले उहाँलाई पक्रन अधिकारीहरूलाई पठाए ।33त्यसपछि येशूले भन्‍नुभयो, “म अझै केही समयसम्म तिमीहरूसँगै हुन्छु, र त्यसपछि म मलाई पठाउनुहुनेकहाँ जान्छु । 34तिमीहरूले मलाई खोज्‍नेछौ, तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ; म जहाँ जान्छु, तिमीहरू त्यहाँ आउन सक्‍नेछैनौ ।”35त्यसकारण यहूदीहरूले आपसमा भने, “यी मानिस कहाँ जानेछन्, कि हामी यिनलाई भेट्न सक्नेछैनौं? के यिनी ग्रीकहरूका बीचमा छरपष्‍ट भएकाहरूकहाँ जानेछन् र ग्रीकहरूलाई शिक्षा दिनेछन्?” 36यिनले भनेको यो वचन के हो? ‘तिमीहरूले मलाई खोज्‍नेछौ, तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ; म जहाँ जान्छु, तिमीहरू त्यहाँ आउन सक्‍नेछैनौ ।’”37अब चाडको अन्तिम अर्थात् महान् दिनमा येशू खडा हुनुभयो र यसो भन्दै कराउनुभयो , “यदि कोही तिर्खाएको छ भने त्यो मकहाँ आओस् र पिओस् । 38धर्मशास्‍‍त्रले भनेझैं जसले मलाई विश्‍वास गर्छ त्यसको पेटबाट जीवित पानीका नदीहरू बग्‍नेछन् ।”39तर उहाँले यो आत्माको बारेमा भन्‍नुभएको थियो जसलाई उहाँमा विश्‍वास गर्नेहरूले प्राप्‍त गर्थे; आत्मा अझ पनि दिइएको थिएन किनभने येशू अझ पनि महिमित हुनुभएको थिएन ।40जब भीडका केहीले यी वचनहरू सुने, तिनीहरूले भने, “यिनी साँच्‍चै अगमवक्‍ता नै हुन् ।” 41अरूहरूले भने, “यिनी ख्रीष्‍ट हुन् ।” तर कोहीले भने, “के ख्रीष्‍ट गालीलबाट आउँछन् त? 42के धर्मशास्‍‍त्रले भनेको छैन कि ख्रीष्‍ट दाऊदका सन्तानहरूबाट आउनेछन् र बेथलेहम अर्थात् दाऊद बसेका गाउँबाट आउनेछन्?”43त्यसैले त्यहाँ उहाँको कारणले भीडहरूमा विभाजन आयो । 44तिनीहरूमध्ये कतिले उहाँलाई पक्रने मन गरे, तर कसैले पनि उहाँमाथि हात हालेन ।45त्यसपछि अधिकारीहरू मुख्य पूजाहारीहरू र फरिसीहरूकहाँ फर्केर आए, जसले तिनीहरूलाई भने, “तिमीहरूले त्यसलाई किन ल्याएनौ?” 46अधिकारीहरूले जवाफ दिए, “कसैले पनि कहिल्यै यसरी बोलेको छैन ।”47त्यसकारण फरिसीहरूले तिनीहरूलाई जवाफ दिए, “के तिमीहरू पनि छलियौ? 48के कुनै शासकहरू वा फरिसीहरू कसैले त्यसमाथि विश्‍वास गरेका छन्? 49तर यो भीड जसले व्यवस्था जान्दैन, तिनीहरू श्रापित हुन् ।”50निकोदेमसले (पहिला नै येशूकहाँ आउने फरिसीहरूमध्ये एक) तिनीहरूलाई भने, 51“के हाम्रो व्यवस्थाले एउटा मानिसलाई त्यसबाट सुन्‍न र त्यसले के गर्छ भनी जान्‍न अगि न्याय गर्छ र?” 52तिनीहरूले जवाफ दिए र तिनलाई भने, “के तिमी पनि गालीलबाट आएका हौ? खोज र हेर कि गालीलबाट कुनै अगमवक्‍ता आउँदैन ।”531 [तब सबै जना आ-आफ्नो घरतिर गए । ]

1उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूमा यूहन्‍ना ७:५३-८:११ छैन ।

81येशू जैतून डाँडामा जानुभयो । 2बिहान सबेरै उहाँ फेरि मन्दिरमा आउनुभयो, र सबै मानिसहरू आए; उहाँ बस्‍नुभयो, र तिनीहरूलाई शिक्षा दिनुभयो । 3शास्‍‍त्री र फरिसीहरूले व्यभिचारको काममा पक्राउ परेकी एउटी स्‍‍त्री ल्याए । तिनीहरूले त्यसलाई बीचमा राखे ।4त्यसपछि तिनीहरूले उहाँलाई भने, “गुरुज्यू, यो स्‍‍त्री व्यभिचारको काममा पक्राउ परेकी छे । 5अब व्यवस्थामा मोशाले हामीलाई यस्ता मानिसहरूलाई ढुङ्गाले हान्‍ने आज्ञा दिएका छन्; यसको विषयमा तपाईं के भन्‍नुहुन्छ?” 6तिनीहरूले उहाँलाई फसाउनलाई यसो भने, ताकि तिनीहरूसित उहाँलाई दोस लगाउने केही कुरा हुन सकोस्, तर येशू निहुरेर आफ्नो औंलाले भुइँमा लेख्‍नुभयो ।7जब तिनीहरूले उहाँलाई निरन्तर प्रश्‍नहरू सोधिरहे, उहाँ खडा हुनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्ये जो पापरहित छौ, त्यसलाई ढुङ्गाले हान्‍ने त्यही नै पहिलो होस् ।” 8उहाँ फेरि निहुरनुभयो र आफ्नो औंलाले भुइँमा लेख्‍नुभयो ।9जब तिनीहरूले यो सुने, ठुलादेखि सुरु गरेर एक-एक गर्दै तिनीहरू गए । अन्तमा माझमा राखिएकी ती स्‍‍त्रीसँग येशू एक्‍लै छोडिनुभएको थियो । 10येशू खडा हुनुभयो र त्यसलाई भन्‍नुभयो, “हे नारी, तिमीलाई दोष लगाउनेहरू कहाँ छन्? के कसैले तिम्रो निन्दा गरेनन्?” 11त्यसले भनी, “कसैले गरेनन् प्रभु ।” येशूले भन्‍नुभयो, “न त म तिमीलाई निन्दा गर्छु । जाऊ, र कुनै पाप नगर ।” ]12फेरि येशूले तिनीहरूलाई यसो भन्‍नुभयो, “म संसारको ज्योति हुँ; जसले मलाई पछ्‍याउँछ, त्यो अन्धकारमा हिंड्‌डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ ।” 13फरिसीहरूले उहाँलाई भने, “तिमी आफैं आफ्नो बारेमा गवाही दिन्छौ; तिम्रो गवाही सत्य होइन ।”14येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “मैले आफ्नै बारेमा गवाही दिए तापनि मेरो गवाही सत्य छ । म जान्दछु, कि म कहाँबाट आएँ र म कहाँ जाँदैछु भनेर, तर म कहाँबाट आएँ र कहाँ जाँदैछु, तिमीहरू जान्दैनौ । 15तिमीहरू शरीरअनुसार न्याय गर्छौ; म कसैको न्याय गर्दिनँ । 16तैपनि मैले न्याय गरें भने मेरो न्याय सत्य हुन्छ, किनभने म एक्‍लै छैनँ, तर म मलाई पठाउनुहुने पितासँग छु ।17हो, र दुई जना मानिसको गवाही सत्य हुन्छ भनी तिमीहरूको व्यवस्थामा लेखिएको छ । 18मेरो बारेमा गवाही दिने म नै हुँ, र मलाई पठाउनुहुने मेरा पिताले मेरो बारेमा गवाही दिनुहुन्छ ।”19तिनीहरूले उहाँलाई भने, “तिम्रा पिता कहाँ छन्?” येशूले जवाफ दिनुभयो, “तिमीहरूले न त मलाई न मेरा पितालाई चिन्छौ; यदि तिमीहरूले मलाई चिनेका भए तिमीहरूले मेरा पितालाई पनि चिन्‍नै थियौ ।” 20उहाँले मन्दिरमा शिक्षा दिनुहुँदा यी वचनहरू ढुकुटीमा भन्‍नुभयो, र कसैले उहाँलाई पक्रेन, किनभने उहाँको समय अझै आएको थिएन ।21त्यसैले उहाँले फेरि तिनीहरूलाई भन्‍नुभयो, “म जाँदैछु; तिमीहरूले मलाई खोज्‍नेछौ र आफ्ना पापमा मर्नेछौ । जहाँ म जाँदैछु, तिमीहरू आउन सक्दैनौ ।” 22यहूदीहरूले भने, “के यिनले आफैंलाई मार्नेछन्? के त्यसैले यिनले ‘म जहाँ जाँदैछु, त्यहाँ तिमीहरू आउन सक्दैनौ’ भन्छन्?”23येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू तलका हौ; म माथिको हुँ । तिमीहरू यस संसारका हौ; म यस संसारको होइनँ । 24यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्ना पापहरूमा मर्नेछौ । किनकि "म हुँ" भनी तिमीहरूले विश्‍वास नगरेसम्म तिमीहरू आफ्ना पापहरूमा मर्नेछौ ।”25यसकारण तिनीहरूले उहाँलाई भने “तिमी को हौ?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “जे मैले तिमीहरूलाई सुरुदेखि भनेको छु। 26मैले तिमीहरूका बारेमा धेरै भन्‍नु र न्याय गर्नु छ । तापनि मलाई पठाउनुहुने सत्य हनुहुन्छ; र मैले उहाँबाट सुनेका यी कुराहरू नै म संसारलाई भन्‍दछु ।” 27उहाँले पिताको बारेमा कुरा गर्दै हुनुहुन्‍थ्यो भनी तिनीहरूले बुझेनन् ।28येशूले भन्‍नुभयो, “जब तिमीहरूले मानिसका पुत्रलाई माथि उचालेका हुन्छौ "म हुँ", र म आफैं केही पनि गर्दिनँ भन्‍ने तिमीहरूले जान्‍नेछौ । जसरी पिताले मलाई सिकाउनुभयो, त्यसरी नै म यी कुराहरू बोल्दछु । 29मलाई पठाउनुहुने मसँग हुनुहुन्छ, र उहाँले मलाई एक्लै छाड्नुभएको छैन, किनभने म सदैव उहाँलाई प्रसन्‍न पार्ने काम गर्दछु ।” 30येशूले यी कुराहरू भन्दै गर्नुहुँदा धेरैले उहाँमा विश्‍वास गरे ।31येशूले उहाँमा विश्‍वास गरेका यहूदीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू मेरो वचनमा रहिरह्‍यौ भने तिमीहरू साँच्‍चै मेरा चेलाहरू हौ; 32र तिमीहरूले सत्य जान्‍नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्‍‍त्र पार्नेछ ।” 33तिनीहरूले उहाँलाई जवाफ दिए, “हामी अब्राहामका सन्तानहरू हौं र कहिल्यै कसैको दास भएका छैनौं; ‘तिमीहरू स्वतन्‍‍त्र पारिनेछौ’ भनी तिमीले कसरी भन्‍न सक्‍छौ?”34येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो साँचो म तिमीहरूलाई भन्‍दछु, हरेक जसले पाप गर्छ, त्यो पापको दास हो । 35दास सधैंभरि घरमा रहँदैन; पुत्र भने सधैंभरि रहन्छ । 36यसकारण पुत्रले तिमीहरूलाई स्वतन्‍‍त्र पार्छ भने तिमीहरू साँच्‍चै स्वतन्‍‍त्र हुनेछौ ।37म जान्दछु, कि तिमीहरू अब्राहामका सन्तानहरू हौ; तिमीहरू मलाई मार्न खोज्छौ, किनभने तिमीहरूमा मेरो वचनको निम्ति ठाउँ छैन । 38मैले मेरा पितासँग जे देखेको छु म त्यही भन्‍दछु, र तिमीहरू पनि तिमीहरूका पिताबाट जे सुन्यौ त्यही गर्छौ ।”39तिनीहरूले उहाँलाई जवाफ दिए र भने, “हाम्रा पिता अब्राहाम हुन् ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू अब्राहामका सन्तानहरू हुँदा हौ त, तिमीहरूले अब्राहामका कामहरू गर्ने थियौ । 40तैपनि अहिले तिमीहरू मलाई अर्थात् तिमीहरूलाई परमेश्‍वरबाट सुनेको सत्य बताउने मानिसलाई मार्न खोज्दछौ । अब्राहामले यस्तो गरेनन् । 41तिमीहरू आफ्ना पिताका कामहरू गर्छौ ।” तिनीहरूले उहाँलाई भने, “हामीहरू व्यभिचारमा जन्मिएका थिएनौं; हाम्रा एक पिता हुनुहुन्छः परमेश्‍वर ।”42येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि परमेश्‍वर तिमीहरूका पिता हुनुहुन्थ्यो भने, तिमीहरूले मलाई प्रेम गर्ने थियौ, किनकि म परमेश्‍वरबाट आएँ र यहाँ छु; किनकि म आफ्नै तर्फबाट आएको होइनँ, तर उहाँले मलाई पठाउनुभयो । 43तिमीहरू मेरा वचन किन बुझ्दैनौ? किनभने तिमीहरू मेरो वचन सुन्‍न सक्दैनौ । 44तिमीहरू आफ्ना पिता अर्थात् शैतानका हौ, र तिमीहरू आफ्ना पिताको इच्छा पूरा गर्ने इच्छा गर्छौ । त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यमा खडा हुँदैन, किनभने त्यसमा सत्य छैन । जब त्यसले झूट बोल्छ, त्यो आफ्नै स्वभावबाट बोल्छ, किनभने त्यो झूटो र झूटको पिता हो ।45म सत्य बोल्दछु, तापनि तिमीहरू मलाई विश्‍वास गर्दैनौ । 46तिमीहरूमध्ये कसले मलाई पापको दोष लगाउँछ? यदि म सत्य बोल्दछु भने, तिमीहरू मलाई किन विश्‍वास गर्दैनौ? 47जो परमेश्‍वरको हो त्यसले परमेश्‍वरका वचन सुन्छ; तिमीहरू ती सुन्दैनौ, किनभने तिमीहरू परमेश्‍वरका होइनौ ।”48यहूदीहरूले जवाफ दिए, र उहाँलाई भने, “‘तिमी सामरी हौ, र तिमीलाई भूत लागेको छ’ भनेर के हामी ठिकै भन्दैनौं?” 49येशूले जवाफ दिनुभयो, “मलाई भूत लागेको छैन, तर म मेरा पितालाई आदर गर्दछु, र तिमीहरू मलाई अनादर गर्छौ ।50म आफ्नो महिमा खोज्दिनँ; खोज्‍ने र न्याय गर्ने एक जना हुनुहुन्छ । 51साँचो, साँचो म तिमीहरूलाई भन्दछु, यदि कसैले मेरो वचन पालन गर्छ भने त्यसले कहिल्यै मृत्यु देख्‍नेछैन ।”52यहूदीहरूले उहाँलाई भने, “अब हामीले थाहा पायौं, कि तिमीलाई भूत लागेको छ । अब्राहाम र अगमवक्‍ताहरू मरे; तर तिमी भन्छौ ‘यदि कसैले मेरो वचन पालन गर्छ भने त्यसले कहिल्यै मृत्यु चाख्‍नेछैन ।’ 53तिमी हाम्रा मरेका पिता अब्राहामभन्दा महान् होइनौ, हौ त? अगमवक्‍ताहरू पनि मरे । तिमी आफैंचाहिं को हुँ भनी ठान्छौ?”54येशूले जवाफ दिनुभयो, “यदि म आफैंले आफ्नो महिमा गर्दछु भने मेरो महिमा केही होइन; मलाई महिमित पार्नुहुने मेरा पिता हुनुहुन्छ—जसलाई तिमीहरू आफ्ना परमेश्‍वर भन्छौ । 55तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्दछु । यदि मैले ‘म उहाँलाई चिन्दिनँ’ भन्दछु भने म तिमीहरूजस्‍तै झूटा हुनेछु । तापनि म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु । 56तिमीहरूका पिता अब्राहाम मेरा दिन देखेर रमाए; तिनले यो देखे, र खुसी भए ।"57यहूदीहरूले उहाँलाई भने, “तिमी पचास वर्ष पनि भएका छैनौ, र तिमीले अब्राहामलाई देखेका छौ?” 58येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, अब्राहाम हुनुभन्दा अगिदेखि नै म छँदैछु ।” 59तब तिनीहरूले उहाँलाई हान्‍नलाई ढुङ्गाहरू टिपे, तर येशू आफैं लुक्‍नुभयो, र मन्दिरबाट बाहिर जानुभयो ।
91अब येशू त्यही बाटो हुँदै जानुहुँदा उहाँले जन्मैदेखिको एक जना अन्धो मानिसलाई देख्‍नुभयो । 2उहाँका चेलाहरूले उहाँलाई सोधे, “रब्बी, कसले पाप गर्‍यो, यो मानिसले, कि यसका आमाबुबाले, जसको कारण यो अन्धो जन्मियो?”3येशूले जवाफ दिनुभयो, “न त यो मानिसले पाप गर्‍यो, न यसका आमाबुबाले, तर परमेश्‍वरका कामहरू त्यसमा प्रकट होस् भनेर यसो भएको हो । 4मलाई पठाउनुहुनेका कामहरू हामीले दिन हुँदै गर्नुपर्छ । रात आउँदैछ, जब कसैले पनि काम गर्न सक्‍नेछैन । 5म संसारमा हुँदा म संसारको ज्योति हुँ ।”6येशूले यी कुराहरू भनिसक्‍नुभएपछि उहाँले भुइँमा थुक्‍नुभयो र ‍थुकले माटोको हिलो बनाउनुभयो, अनि त्यो हिलो त्यसका आँखामा पोतिदिनुभयो । 7उहाँले त्यसलाई भन्‍नुभयो, “जाऊ, सिलोआमको तलाउमा धोऊ (जसको अर्थ हुन्छ, ‘पठाइएको’) ।" त्यसैले त्यो मानिस गयो, धोयो र देख्‍ने भएर आयो ।8त्यसपछि त्यस मानिसका छिमेकीहरू र त्यसलाई पहिला भिखारीको रूपमा देख्‍नेहरूले यसो भन्दै थिए, “बसेर भिख माग्‍ने के यही होइन?” 9केहीले भने, “यो त्यही हो ।” अरूहरूले भने, “होइन, तर यो त्यहीजस्तो छ ।” तर त्यसले भन्यो, “म त्यही हुँ ।”10तिनीहरूले त्यसलाई भने, “अनि तिम्रा आँखा कसरी खोलिए त?” 11त्यसले जवाफ दियो, “येशू भनिने मानिसले माटोको हिलो बनाउनुभयो र त्यो मेरो आँखामा पोतिदिनुभयो र मलाई भन्‍नुभयो, ‘सिलोआममा जाऊ र धोऊ ।’ त्यसकारण म गएँ र धोएँ, अनि मैले मेरो द‍ृष्‍टि पाएँ ।” 12तिनीहरूले त्यसलाई भने, “तिनी कहाँ छन्? ” त्यसले जवाफ दियो, “मलाई थाहा छैन ।”13तिनीहरूले पहिले अन्धो भएको त्यो मानिसलाई फरिसीहरूकहाँ ल्याए । 14अब येशूले माटोको हिलो बनाएर त्यसको आँखा खोल्नुभएको दिन विश्रामको दिन थियो । 15तब त्यसले आफ्नो द‍ृष्‍टि कसरी प्राप्‍त गरेको थियो भनी फरिसीहरूले फेरि त्यसलाई सोधे । त्यसले तिनीहरूलाई भने, “उहाँले मेरा आँखामा माटोको हिलो लगाइदिनुभयो, मैले धोएँ र अहिले म देख्‍न सक्‍छु ।”16केही फरिसीहरूले भने, “यो मानिस परमेश्‍वरबाट आएको होइन, किनभने यसले विश्रामको दिन पालना गर्दैन ।” अरूहरूले भने, “एउटा पापी मानिसले यस्ता चिन्‍हहरू कसरी गर्न सक्छ?” त्यसैले तिनीहरूका बीचमा विभाजन आयो । 17त्यसकारण तिनीहरूले त्यो अन्धो मानिसलाई फेरि सोधे, “उसको विषयमा तिमी के भन्छौ, किनकि उसले तिम्रा आँखा खोलिदियो?” अन्धो मानिसले भन्यो, “उहाँ एक अगमवक्‍ता हुनुहुन्छ ।” 18अब आफ्नो द‍ृष्‍टि प्राप्‍त गर्नेका आमाबुबालाई नबोलाएसम्म त्यो अन्धो थियो, र त्यसले द‍ृष्‍टि प्राप्‍त गरेको थियो भन्‍ने त्यसको विषयमा यहूदीहरूले अझै विश्‍वास गरेनन् ।19तिनीहरूले आमाबुबालाई सोधे, “तिमीहरूले जन्मिंदै अन्धो थियो भनेका तिमीहरूका छोरो के यही हो? अनि अहिले यसले कसरी देख्‍छ त?” 20त्यसैले त्यसका आमाबुबाले तिनीहरूलाई जवाफ दिए, “यो हाम्रो छोरो हो, र यो जन्मिंदै अन्धो थियो भनी हामी जान्दछौं । 21अहिले यसले कसरी देख्‍छ, हामी जान्दैनौं, र यसका आँखा कसले खोलिदियो सो हामी जान्दैनौं । यसैलाई सोध्‍नुहोस्, यो वयस्क मानिस हो । यसले आफ्नो विषयमा आफैं बोल्न सक्छ ।22त्यसका आमाबुबाले यी कुराहरू भने, किनभने तिनीहरू यहूदीहरूसँग डराएका थिए । किनकि यदि कसैले उहाँलाई ख्रीष्‍ट भनी स्वीकार गर्‍यो भने त्यसलाई सभाघरबाट बाहिर निकालिनेछ भनी यहूदीहरू अगिबाटै सहमत भएका थिए । 23त्यसैले गर्दा त्यसका आमाबुबाले “यो वयस्क मानिस हो, त्यसैलाई सोध्‍नुहोस्” भने ।24त्यसैले जो अघि अन्धो थियो त्यो मानिसलाई तिनीहरूले दोस्रो पटक बोलाए, र त्यसलाई भने, “परमेश्‍वरलाई महिमा दे । हामी जान्दछौं यो मानिस पापी हो ।” 25तब त्यस मानिसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्‍न, म जान्दिनँ । म एउटा कुरो जान्दछुः म अन्धो थिएँ र अहिले म देख्‍छु ।”26तब तिनीहरूले त्यसलाई भने, “उसले तिम्रो निम्ति के गर्‍यो? उसले तिम्रा आँखा कसरी खोलिदियो?” 27त्यसले जवाफ दियो, “मैले तपाईंहरूलाई पहिले नै बताइसकें, अनि तपाईंहरूले सुन्‍नुभएन! तपाईंहरू यसलाई फेरि किन सुन्‍न चाहनुहुन्छ? तपाईंहरू त उहाँका चेलाहरू बन्‍न चाहनुहुन्‍न, चाहनुहुन्छ त?"28तिनीहरूले त्यसलाई अपमान गरे, र भने, “तँ पो उसको चेला होस्, तर हामी त मोशाका चेलाहरू हौं । 29हामी जान्दछौं, कि परमेश्‍वर मोशासँग बोल्नुभएको छ, तर त्यो कहाँबाट आएको हो, हामी जान्दैनौं ।”30त्यो मानिसले तिनीहरूलाई जवाफ दिए, र भने, “यो त अचम्म भो, कि उहाँ कहाँबाट आउनुभएको तपाईंहरू जान्‍नुहुन्‍न, तरै पनि उहाँले मेरा आँखा खोलिदिनुभो । 31हामी जान्दछौं, कि परमेश्‍वरले पापीहरूको कुरा सुन्‍नुहुन्‍न, तर यदि कसैले परमेश्‍वरको आराधना गर्छ, र उहाँको इच्छा पूरा गर्छ भने उहाँले त्यसको कुरा सुन्‍नुहुन्छ ।32संसारको सुरु भएदेखि नै अन्धो जन्मिएको मानिसका आँखा कसैले खोलिदिएको कुरो कहिल्यै सुनिएको छैन । 33यदि यो मानिस परमेश्‍वरबाट आएको होइन भने उहाँले केही पनि गर्न सक्‍नुहुन्‍नथ्यो ।” 34तिनीहरूले जवाफ दिए र त्यसलाई भने, “तँ पूर्ण रूपमा पापमा जन्मेको थिइस् र हामीलाई सिकाउँदैछस्?” त्यसपछि तिनीहरूले त्यसलाई बाहिर निकालिदिए ।35तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए भन्‍ने येशूले सुन्‍नुभयो । उहाँले त्यसलाई भेट्टाउनुभयो र भन्‍नुभयो, “के तिमी मानिसका पुत्रमा विश्‍वास गर्छौ?” 36त्यसले जवाफ दियो, र भन्यो, “प्रभु, उहाँ को हुनुहुन्छ, कि मैले विश्‍वास गर्न सकूँ?” 37येशूले त्यसलाई भन्‍नुभयो, “तिमीले उनलाई देखेका छौ, तिमीसँग बोल्दै गर्ने उही नै हो ।” 38त्यो मानिसले भन्यो, “प्रभु, म विश्‍वास गर्छु” तब त्यसले उहाँको आराधना गर्‍यो ।39येशूले भन्‍नुभयो, “न्यायको निम्ति म यस संसारमा आएँ, ताकि जसले देख्‍दैनन् तिनीहरूले देखून् र जसले देख्‍छन् तिनीहरू अन्धा होऊन् ।” 40उहाँसँग हुने केही फरिसीहरूले यी कुराहरू सुने र उहाँलाई सोधे, “के हामी पनि अन्धा हौं त?” 41येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू अन्धा भएका भए तिमीहरूमा कुनै पाप हुने थिएन, तर अब तिमीहरू ‘हामीले देख्छौं’ भन्छौ, त्यसैले तिमीहरूमा पाप रहिरहन्छ ।"
101“साँचो, साँचो म तिमीहरूलाई भन्दछु, जो भेडाको खोरको ढोकाबाट प्रवेश गर्दैन, तर अरू नै मार्गहरूबाट चढ्छ, त्यो मानिस चोर र डाँकु हो । 2ढोकाबाट प्रवेश गर्ने नै भेडाको गोठालो हो ।3ढोकाको पालेले उसको निम्ति ढोका खोलिदिन्छ । भेडाहरूले उसको सोर सुन्छन् र उसले आफ्ना भेडाहरूलाई नाउँ काढेर बोलाउँछ र बाहिर लान्छ । 4जब उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकाल्छ, ऊ तिनीहरूको अगिअगि जान्छ र भेडाहरूले उसलाई पछ्‍‍याउँछ्न्, किनकि तिनीहरूले उसको सोर चिन्‍छन् ।”5तिनीहरूले अपरिचित मानिसलाई पछ्‍याउनेछैनन्, बरु तिनीहरू त्योदेखि टाढिनेछन्, किनकि तिनीहरूले अपरिचितहरूका सोर चिन्दैनन् ।” 6येशूले यो द‍ृष्‍टान्त तिनीहरूलाई सुनाउनुभयो, तर उहाँले तिनीहरूलाई बताइरहनुभएका कुराहरू के थिए भनी तिनीहरूले बुझेनन् ।7त्यसपछि येशूले तिनीहरूलाई फेरि भन्‍नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, म नै भेडाहरूको ढोका हुँ ।” 8मभन्दा अगि आउनेहरू सबै चोर र डाँकु हुन्, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन् ।9म ढोका हुँ । यदि कोही मद्वारा भएर भित्र पस्छ भने, त्यो बचाइनेछ; त्यो भित्र र बाहिर जानेछ र त्यसले चर्ने खर्क भेट्टाउनेछ । 10चोरले चोर्न र मार्न र नष्‍ट गर्न बाहेक अरू हेतुले आउँदैन । म आएको छु, ताकि तिनीहरूले जीवन पाऊन् र यो प्रशस्त मात्रामा पाऊन् ।11म असल गोठालो हुँ । असल गोठालोले भेडाहरूका लागि आफ्नो ज्यान दिन्छ । 12भाडाको सेवक गोठालो हुँदैन, र त्यसका भेडाहरू हुँदैनन् । त्यसले ब्वाँसो आउँदै गरेको देख्छ, अनि भेडाहरूलाई छोड्छ, र भाग्छ । अनि ब्‍वाँसोले तिनीहरूलाई पक्रन्छ र तिनीहरूलाई तितरबितर पार्छ । 13त्यो भाडाको सेवक भएको हुनाले भाग्छ र त्यसले भेडाहरूको वास्‍ता गर्दैन ।14म असल गोठालो हुँ र मैले मेरा आफ्नालाई चिन्छु र मेरा आफ्नाले मलाई चिन्छ्न् । 15पिताले मलाई चिन्‍नुहुन्छ र म पितालाई चिन्छु र मेरा भेडाहरूका लागि म मेरो ज्यान पनि दिन्छु । 16मेरा अरू भेडाहरू छन् जो यो भेडाको खोरका होइनन् । मैले तिनीहरूलाई पनि ल्याउनुपर्छ र तिनीहरूले मेरो सोर सुन्‍नेछन्, ताकि त्यहाँ एउटै बगाल र एउटै गोठालो हुनेछ ।17यसैकारण पिताले मलाई प्रेम गर्नुहुन्छः म मेरो ज्यान दिन्छु, ताकि मैले यसलाई फेरि लिन सकूँ । 18यसलाई मबाट कसैले खोसेर लान सक्दैन, तर यसलाई म आफैं अर्पण गर्छु । यसलाई अर्पण गर्ने अधिकार मसँग छ, र यसलाई फेरि लिने अधिकार मसँग छ । यो आज्ञा मैले मेरा पिताबाट पाएको छु ।”19यी वचनहरूका कारण फेरि यहूदीहरू माझ विभाजन देखियो । 20तिनीहरूमध्ये धेरैले भने, “यसलाई भूत लागेको छ र यो पागल हो । तिमीहरू यसको कुरा किन सुन्छौ?” 21अरूहरूले भने, “यी वचनहरू भूत लागेका मानिसका होइनन् । के भूतले अन्धाका आँखा खोलिदिन सक्छ र?”22त्यसपछि यरूशलेममा समर्पणको चाडको समय थियो । 23यो हिउँदको समय थियो र येशू मन्दिरमा सोलोमनको दलानमा हिंडिरहनुभएको थियो । 24तब यहूदीहरूले उहाँलाई घेरे र भने, “तपाईंले हामीलाई कहिलेसम्म दोधारमा राख्‍नुहुनेछ? यदि तपाईं ख्रीष्‍ट हुनुहुन्छ भने हामीलाई खुल्लमखुल्ला बताउनुहोस् ।”25येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनें, तर तिमीहरू विश्‍वास गर्दैनौ । मैले मेरा पिताको नाउँमा गरेका यी कामहरूले मेरो विषयमा गवाही दिन्‍छन् । 26तरै पनि तिमीहरू विश्‍वास गर्दैनौ, किनभने तिमीहरू मेरा भेडाहरू होइनौ ।27मेरा भेडाहरूले मेरो सोर सुन्‍छन्; म तिनीहरूलाई चिन्‍छु र तिनीहरूले मलाई पछ्‍याउँछन् । 28म तिनीहरूलाई अनन्‍त जीवन दिन्‍छु; तिनीहरू कहिल्‍यै मर्नेछैनन् र मेरो हातबाट तिनीहरूलाई कसैले खोसेर लैजानेछैन ।29मेरा पिता, जसले तिनीहरू मलाई दिनुभएको छ, अरूहरू सबैभन्‍दा महान् हुनुहुन्‍छ, र कोही पनि तिनीहरूलाई मेरा पिताको हातबाट खोसेर लैजान सक्षम छैन । 30म र पिता एक हौं ।” 31तब यहूदीहरूले उहाँलाई हान्‍न फेरि ढुङ्गाहरू टिपे ।32येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले पिताबाट धेरै असल कामहरू तिमीहरूलाई देखाएको छु । किनकि ती कुनचाहिं कामहरूका लागि तिमीहरू मलाई ढुङ्गाले हान्‍दैछौ?” 33यहूदीहरूले उहाँलाई जवाफ दिए, “हामी तिमीलाई कुनै पनि असल कामको लागि ढुङ्गाले हानिरहेका छैनौं, तर ईश्‍वर-निन्दाको निम्ति हो, किनभने तिमी मानिस भएर आफैंलाई परमेश्‍वर बनाइरहेका छौ ।”34येशूले तिनीहरूलाई जवाफ दिनुभयो, "के तिमीहरूका व्यवस्थामा लेखिएको छैन, 'मैले भनें, तिमीहरू ईश्‍वरहरू हौ?'” 35यदि उहाँले तिनीहरूलाई ईश्‍वरहरू भन्‍नुभयो भने परमेश्‍वरको वचन कसकहाँ आयो (अनि धर्मशास्‍‍त्रलाई भङ्ग गर्न सकिंदैन)? 36जसलाई पिताले अलग गर्नुभयो, र संसारमा पठाउनुभयो के तिमीहरू उसलाई, ‘तैंले ईश्‍वर-निन्दा गरिरहेको छस्’ भन्छौ? किनभने मैले भनें ‘म परमेश्‍वरको पुत्र हुँ ।’37यदि मैले मेरा पिताका कामहरू गरिरहेको छैनँ भने मलाई विश्‍वास नगर । 38तर यदि मैले ती गरिरहेको छु भने, तिमीहरूले मलाई विश्‍वास नगरे तापनि कामहरूमा त विश्‍वास गर, ताकि पिता ममा हुनुहुन्छ र म पितामा छु भन्‍ने तिमीहरूले जान्‍न र बुझ्‍न सक ।” 39तिनीहरूले उहाँलाई फेरि पनि पक्रने प्रयास गरे, तर उहाँ तिनीहरूका हातबाट फुत्कनुभयो ।40उहाँ फेरि यूहन्‍नाले पहिलो पटक बप्‍तिस्‍मा दिएको ठाउँ यर्दनको पारिपट्टि जानुभयो, र उहाँ त्यहीं रहनुभयो । 41धेरै मानिसहरू उहाँकहाँ आए, र तिनीहरूले भने, “वास्तवमा यूहन्‍नाले चिन्‍हहरू गरेनन्, तर तिनले यी मानिसबारे भनेका सबै कुराहरू सत्य रहेछन् ।” 42त्यहाँ धेरै मानिसहरूले उहाँमाथि विश्‍वास गरे ।
111अब लाजरस नाम गरेका एक जना मानिस बिरामी थिए । तिनी मरियम र तिनकी दिदी मार्थाको गाउँ बेथानियाका थिए । 2यिनी तिनै मरियम थिइन् जसले प्रभुलाई मूर्रले अभिषेक गरिन् र उहाँका खुट्टा आफ्नो कपालले पुछिन्, जसका भाइ लाजरस बिरामी थिए ।3त्यसपछि यी दिदीहरूले येशूकहाँ यसो भनी पठाए “प्रभु, हेर्नुहोस्, तपाईंले जसलाई माया गर्नुहुन्छ तिनी बिमारी छन् ।” 4जब येशूले यो सुन्‍नुभयो, उहाँले भन्‍नुभयो, “यस बिमारीले मृत्युमा पुर्‍याउँदैन, तर बरु यो परमेश्‍वरको महिमाको निम्ति हो, ताकि परमेश्‍वरका पुत्र यसद्वारा महिमित हुन सकून् ।”5अब येशूले मार्था र तिनकी बहिनी अनि लाजरसलाई माया गर्नुहुन्थ्यो । 6त्यसैले जब येशूले लाजरस बिरामी भएको सुन्‍नुभयो, येशू अरू दुई दिन त्यही ठाउँमा बस्‍नुभयो जहाँ उहाँ हुनुहुन्थ्यो । 7यसपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “हामी फेरि यहूदियातिर जाऔं ।”8चेलाहरूले उहाँलाई भने, “रब्बी, अहिले यहूदीहरूले तपाईंलाई ढुङ्गा हान्‍न खोजिरहेका छन् र तपाईं फेरि त्यहीं फर्केर जाँदै हुनुहुन्छ?” 9येशूले जवाफ दिनुभयो, “के दिनमा बाह्र घण्टा उज्यालो हुँदैन र? यदि कोही दिनको समयमा हिंड्छ भने त्यसलाई ठेस लाग्‍नेछैन, किनभने त्यसले यस संसारको ज्योतिले देख्छ ।10यद्यपि त्यो राति हिंड्छ भने त्यसलाई ठेस लाग्‍नेछ, किनभने त्यसमा उज्यालो हुँदैन ।” 11उहाँले यी कुराहरू भन्‍नुभयो, र त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हाम्रा साथी लाजरस निद्रामा परेका छन्, तर म जाँदैछु, ताकि म तिनलाई निद्राबाट बिउँझाउन सकूँ ।”12यसकारण चेलाहरूले उहाँलाई भने, “प्रभु, यदि तिनी निद्रामा परेका छन् भने तिनी निको हुनेछन् ।” 13अहिले येशूले तिनको मृत्युको बारेमा बोल्नुभएको थियो, तर उहाँ आरामको निद्राको बारेमा बोलिरहनुभएको थियो भन्‍ने तिनीहरूले सोचे । 14त्यसपछि येशूले तिनीहरूलाई स्पष्‍ट रूपमा भन्‍नुभयो, “लाजरस मरेका छन् ।15म त्यहाँ नभएकोमा तिमीहरूका खातिर म खुसी छु, ताकि तिमीहरूले विश्‍वास गर्न सक । हामी तिनीकहाँ जाऔं ।” 16दिदुमस भनिने थोमाले तिनका सङ्गी चेलाहरूलाई भने, “हामी पनि जाऔं, ताकि हामी येशूसँगै मर्न सकौं ।”17जब येशू आउनुभयो, लाजरसलाई चिहानमा राखेको चार दिन भइसकेको उहाँले पाउनुभयो । 18अब बेथानिया यरूशलेमबाट नजिकै करिब तीन किलोमिटर दूरीमा पर्थ्यो । 19धेरै यहूदीहरू मार्था र मरियमकहाँ तिनीहरूका भाइको बारेमा तिनीहरूलाई सान्त्वना दिन आएका थिए । 20त्यसपछि जब मार्थाले येशू आउँदै हुनुहुन्थ्यो भन्‍ने सुनिन्, तिनी उहाँलाई भेट्न गइन्, तर मरियमचाहिं घरमा नै बसिरहेकी थिइन् ।21त्यसपछि मार्थाले येशूलाई भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन । 22अहिले पनि म जान्दछु, कि तपाईंले परमेश्‍वरसँग जे माग्‍नुहुन्छ सो उहाँले तपाईंलाई दिनुहुनेछ ।” 23येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो भाइ फेरि जीवित हुनेछ ।”24मार्थाले उहाँलाई भनिन्, “म जान्दछु, कि त्यो अन्त्यको दिनको पुनरुत्थानमा फेरि जीवित हुनेछ” । 25येशूले तिनलाई भन्‍नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ; जसले मलाई विश्‍वास गर्छ, त्यो मरे तापनि जीवित हुनेछ; 26र जो जिउँछ र ममा विश्‍वास गर्छ त्यो कहिल्यै मर्नेछैन । के तिमी यो विश्‍वास गर्‍छ्‍यौ?”27तिनले उहाँलाई भनिन्, “हो प्रभु, म विश्‍वास गर्छु कि तपाईं ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र हुनुहुन्छ, जो संसारमा आउँदै हुनुहुन्छ ।” 28जब तिनले यो भनिन्, तिनी त्यहाँबाट गइन् र आफ्नी बहिनी मरियमलाई सुटुक्‍क बोलाइन् । तिनले भनिन्, “गुरुज्यू यहाँ हुनुहुन्छ र तिमीलाई बोलाउँदै हुनुहुन्छ ।” 29जब तिनले यो सुनिन्, तिनी झट्टै उठिन् र उहाँकहाँ गइन् ।30अब येशू अझै पनि त्यस गाउँभित्र आउनुभएको थिएन, तर उहाँ त्यही ठाउँमा हुनुहुन्थ्यो जहाँ मार्थाले उहाँलाई भेटेकी थिइन् । 31त्यसैले तिनीसँग घरमा भएका र तिनलाई सान्त्वना दिइरहेका यहूदीहरूले जब मरियम झट्टै उठेर बाहिर गइरहेकी देखे, तिनी चिहानमा रुन जाँदै थिइन् भन्‍ने सोचेर तिनीहरू तिनको पछि लागे । 32जब मरियम येशू हुनुभएको ठाउँमा आइन् र उहाँलाई देखिन्, तिनी उहाँको पाउमा घोप्‍टो परिन्, र उहाँलाई भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन ।”33जब येशूले तिनीलाई रोइरहेकी र तिनीसँग आएका यहूदीहरू पनि रोइरहेका देख्‍नुभयो, उहाँ आत्मामा अति विचलित हुनुभयो, र दुःखित हुनुभयो; 34उहाँले भन्‍नुभयो, “तिमीहरूले तिनलाई कहाँ राखेका छौ?” तिनीहरूले उहाँलाई भने, “प्रभु आउनुहोस्, र हेर्नुहोस् ।” 35येशू रुनुभयो ।36त्यसपछि यहूदीहरूले भने, “हेर, उहाँले लाजरसलाई कति माया गर्नुहुन्थ्यो!” 37तर तिनीहरूमध्ये केहीले भने, “के अन्धाका आँखा खोल्ने यी मानिसले यस मानिसलाई पनि मर्नदेखि रोक्न सक्दैनथ्यो र?”38त्यसपछि फेरि येशू आत्मामा आफैंभित्र अति विचलित भएर चिहानमा जानुभयो । अब यो एउटा गुफा थियो, र यसलाई एउटा ढुङ्गाले ढाकेको थियो । 39येशूले भन्‍नुभयो, “ढुङ्गा हटाऊ ।” लाजरस जो मरेका थिए, तिनकी दिदी मार्थाले येशूलाई भनिन्, “प्रभु, अहिलेसम्म त शरीर कुहिसकेको हुनेछ, किनकि त्यो मरेको चार दिन भइसक्यो ।” 40येशूले तिनलाई भन्‍नुभयो, “के मैले तिमीलाई भनिनँ, कि यदि तिमीले विश्‍वास गर्‍यौ भने तिमीले परमेश्‍वरको महिमा देख्‍नेछौ?”41त्यसैले तिनीहरूले ढुङ्गा हटाए । येशूले आफ्ना आँखा माथितिर उठाउनुभयो, र भन्‍नुभयो, “हे पिता, म तपाईंलाई धन्यवाद दिन्छु कि तपाईंले मेरो बिन्ती सुन्‍नुभयो । 42म जान्दथें कि तपाईंले मेरो बिन्ती सधैं सुन्‍नुहुन्छ, तर मेरो वरिपरि उभिरहेका यो भीडको कारण मैले यो भनें, ताकि तपाईंले मलाई पठाउनुभएको छ भन्‍ने तिनीहरूले विश्‍वास गर्न सकून् ।”43उहाँले यी कुराहरू भन्‍नुभएपछि उहाँले ठुलो सोरमा भन्‍नुभयो, “लाजरस, बाहिर आऊ!” 44मरेको मानिस बाहिर आयो, त्यसका हात र खुट्टाहरू कपडाले बाँधिएका थिए, र त्यसको अनुहार कपडाले बेह्रिएको थियो । येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्यसलाई खोलिदेओ, र त्यसलाई जान देओ ।”45त्यसपछि मरियमकहाँ आएका र येशूले जे गर्नुभयो सो देखेका धेरै यहूदीहरूले उहाँमा विश्‍वास गरे । 46तर तिनीहरूमध्ये केही फरिसीहरूकहाँ गए र येशूले गर्नुभएका ती कुराहरू तिनीहरूलाई बताइदिए ।47त्यसपछि मुख्य पूजाहारीहरू र फरिसीहरूले परिषद्‌का सदस्यहरूलाई भेला पारे, र भने, “हामीले के गर्ने? यस मानिसले धेरै चिन्‍हहरू गर्छन् । 48यदि हामीले यसलाई यसरी नै छोडिदियौं भने सबैले यसलाई विश्‍वास गर्नेछन्; रोमीहरू आउनेछन् अनि हाम्रो ठाउँ र हाम्रो जाति दुवै लिनेछन् ।”49यद्यपि तिनीहरूमध्ये कैयाफा नामका एक जना मानिस, जो त्यस वर्ष प्रधान पूजाहारी थिए, तिनले तिनीहरूलाई भने, “तिमीहरू केही पनि जान्दैनौ । 50सम्पूर्ण जाति नै नष्‍ट हुनुभन्दा मानिसहरूका निम्ति एक जना मानिस मर्नु नै तिमीहरूका निम्ति उत्तम हो भन्‍ने तिमीहरू ठान्दैनौ ।”51अब यो तिनले आफ्नै तर्फबाट भनेनन् । बरु तिनी त्यस वर्षका प्रधान पूजाहारी भएको कारणले येशू जातिको निम्ति मर्नुपर्छ भनी तिनले अगमवाणी गरे; 52र जातिको निम्ति मात्र होइन, तर छरपष्‍ट भएका परमेश्‍वरका सन्तानहरूसँगै एक होऊन् भनेर हो । 53त्यसैले त्यस दिनदेखि तिनीहरूले येशूलाई कसरी मार्ने भनी योजना बनाए ।54येशू अब यहूदीहरू माझ खुल्लमखुल्ला हिंड्‍डुल गर्नुभएन, तर उहाँ त्यहाँबाट उजाड-स्थान नजिकैको गाउँमा रहेको एफ्राइम भनिने सहरमा जानुभयो । त्यहाँ उहाँ चेलाहरूसँग बस्‍नुभयो । 55अब यहूदीहरूको निस्तार-चाड नजिकै थियो, र धेरै जना आफैंलाई शुद्ध पार्न गाउँहरूबाट निस्तार-चाड अगि नै यरूशलेम गए ।56तिनीहरूले येशूलाई खोजिरहेका थिए, र तिनीहरू मन्दिरमा खडा भइरहँदा एक-अर्कासित यसो भन्दै थिए, “तिमीहरूलाई कस्तो लाग्छ? उनी चाडमा आउने छैनन् र?” 57अहिले मुख्य पूजाहारीहरू र फरिसीहरूले यो उर्दी जारी गरेका थिए, कि यदि कसैले येशू कहाँ हुनुहुन्थ्यो भनी थाहा पाए भने, त्यसले त्यो भन्‍नुपर्छ ताकि तिनीहरूले उहाँलाई पक्रन सकून् ।
121निस्तार-चाडको छ दिन अगाडि येशू बेथानिया आउनुभयो, जहाँ उहाँले मृत्युबाट जीवित पार्नुभएका लाजरस थिए । 2त्यसैले तिनीहरूले उहाँको लागि बेलुकीको खाना तयार पारे, मार्थाले सेवा-सत्कार गरिरहेकी थिइन्, तर येशूसँगै टेबुलमा ढल्किरहेकाहरूमध्ये लाजरस एक थिए । 3तब मरियमले आधा लिटर जति शुद्ध जटामसीले बनेको बहुमूल्य अत्तर लिइन्, त्यसले येशूको पाउ अभिषेक गरिन्, अनि तिनको आफ्नो कपालले उहाँको पाउ पुछिन् । त्यो घर अत्तरको सुगन्धले भरियो ।4उहाँका चेलाहरूमध्ये एक जना यहूदा स्करियोत जसले उहाँलाई विश्‍वासघात गर्ने थियो, त्यसले भन्यो, 5“यो अत्तर तिन सय चाँदीका सिक्‍कामा बेचेरे गरिबहरूलाई किन दिइएन?” 6अब त्यसले यो कुरा गरिबहरूको वास्ता गरेर भनेको थिएन, तर त्यो चोर भएकोले यसो भन्यो । त्यससँग पैसाको थैलो थियो र यसमा राखिएकोबाट चोर्ने गर्थ्यो ।7येशूले भन्‍नुभयो, “तिनीसँग मेरो दफनको दिनको लागि जे छ, त्यो राख्‍न देऊ । 8गरिबहरू त तिमीहरूसँग सधैं हुनेछन् । तर म तिमीहरूसँग सधैं हुनेछैनँ ।”9अब यहूदीहरूको ठुलो भीडले येशू त्यहाँ हुनुहुन्छ भन्‍ने थाहा पायो र तिनीहरू येशूको निम्ति मात्र होइन, तर लाजरसलाई हेर्न पनि आए, जसलाई येशूले मृत्युबाट जीवित पार्नुभएको थियो । 10मुख्य पूजाहारीहरूले एकसाथ षड्‍यन्‍‍त्र रचे, ताकि तिनीहरूले लाजरसलाई पनि मार्न सकून्; 11किनकि तिनको कारण धेरै यहूदीहरू भड्‌किएर येशूमा विश्‍वास गरे ।12अर्को दिन चाडमा ठुलो भीड आयो । जब येशू यरूशलेममा आउँदै हुनुहुन्छ भन्‍ने तिनीहरूले सुने, 13तिनीहरूले खजुरको बोटका हाँगाहरू लिए र उहाँलाई भेट्न गए, अनि उच्‍च सोरमा यसो भने, “होसन्‍ना! परमप्रभुको नाउँमा आउनुहुने इस्राएलका राजा धन्यको हुनुहुन्छ ।”14येशूले एउटा गधाको बछेडा भेट्टाउनुभयो र त्यसमाथि चढ्नुभयो; जस्तो लेखिएको थियो, 15“सियोनकी छोरी नडराऊ; हेर, तिम्रा राजा गधाको बछेडामा चढेर आउँदै हुनुहुन्छ ।”16उहाँका चेलाहरूले सुरूमा यी कुराहरू बुझेनन्; तर जब येशू महिमित हुनुभयो, तब उहाँको विषयमा यी कुराहरू लेखिएका थिए र यी कुराहरू तिनीहरूले उहाँकै निम्ति गरेका थिए भनी तिनीहरूले सम्झे ।17अब उहाँले लाजरसलाई चिहानबाट बाहिर बोलाउनुहुँदा र तिनलाई मृत्युबाट जीवित पार्नुहुँदा उहाँसँग भएको भीडले गवाही दियो । 18यही कारणले गर्दा पनि भीड उहाँलाई भेट्न गयो, किनभने उहाँले यो चिन्‍ह गर्नुभएको थियो भन्‍ने तिनीहरूले सुने । 19यसकारण फरिसीहरूले एक-आपसमा भने, “हेर, तिमीहरू केही पनि गर्न सक्दैनौ; हेर, संसारै त्यसको पछि लागेको छ ।”20अब चाडमा आराधना गर्न माथि गइरहेका तिनीहरूमध्ये केही ग्रीकहरू पनि थिए । 21तिनीहरू फिलिपकहाँ गए जो गालीलको बेथसेदाका थिए, र तिनलाई यसो भन्दै बिन्ती गरे, “महाशय, हामी येशूलाई भेट्न चाहन्छौं ।” 22फिलिपले गएर अन्द्रियासलाई भने; अन्द्रियास फिलिपसँग गए, र तिनीहरूले येशूलाई भने ।23येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “मानिसका पुत्रको निम्ति महिमित हुने घडी आएको छ । 24साँचो, साँचो म तिमीहरूलाई भन्दछु, गहुँको दाना जबसम्म माटोमा झरेर मर्दैन, त्यो आफैं एक्लो रहन्छ; तर यदि त्यो मर्छ भने यसले धेरै फल फलाउनेछ ।25जसले आफ्नो जीवनलाई प्रेम गर्छ त्यसले त्यो गुमाउनेछ; तर जसले यस संसारमा आफ्नो जीवनलाई घृणा गर्छ त्यसले त्यो अनन्त जीवनको लागि जोगाइराख्‍नेछ । 26यदि कसैले मेरो सेवा गर्छ भने, त्यसले मलाई पछ्‍याओस्; र म जहाँ हुन्छु त्यहाँ मेरो सेवक पनि हुनेछ । यदि कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको आदर गर्नुहुनेछ ।27अब मेरो प्राण दुःखित भएको छ र म के भनूँ? 'हे पिता, मलाई यस घडीबाट बचाउनुहोस्'? तर यही कारणको निम्ति म यस घडीमा आएँ । 28हे पिता, तपाईंको नाउँ महिमित पार्नुहोस् ।” तब स्वर्गबाट एउटा आवाज आयो, र भन्‍यो, “मैले त्यो महिमित पारेको छु र म फेरि महिमित पार्नेछु ।” 29तब उहाँको छेउमा उभिने भीडले यो आवाज सुने, र तिनीहरूले मेघ गर्जेको हो भने । अरूहरूले भने, “स्वर्गदूत तिनीसँग बोलेका हुन् ।”30येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “यो आवाज मेरो निम्ति आएको होइन, तर तिमीहरूका निम्ति हो ।” 31अब यो संसारको न्याय हुन्छः अब यस संसारको शासक बाहिर फ्याँकिनेछ ।32अनि जब म पृथ्वीबाट उचालिन्छु, म सबैलाई आफूतिर खिंच्‍नेछु ।” 33उहाँ कस्तो किसिमको मृत्यु मर्नुहुनेछ भन्‍ने सङ्केत गर्न उहाँले यो कुरा भन्‍नुभएको थियो ।34भीडले उहाँलाई जवाफ दियो, “हामीले व्यवस्थाबाट सुनेका छौं, कि ख्रीष्‍ट सधैं रहनुहुनेछ । तपाईं कसरी भन्‍नसक्‍नुहुन्छ, ‘मानिसका पुत्र उचालिनुपर्छ?’ यो मानिसका पुत्र को हुन्?” 35तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “केही समयको निम्ति ज्योति तिमीहरूसँग अझै हुनेछ । तिमीहरूसँग ज्योति हुँदा हिंड, ताकि अन्धकारले तिमीहरूलाई नढाकोस् । जो अन्धकारमा हिंड्छ त्यो कहाँ जाँदैछ भनी त्यसलाई थाहा हुँदैन । 36तिमीहरूसँग ज्योति हुँदा नै त्यो ज्योतिमा विश्‍वास गर, ताकि तिमीहरू ज्योतिका सन्तान हुन सक ।”37तिनीहरूको सामु येशूले धेरै चिन्‍हहरू गर्नुभएतापनि तिनीहरूले उहाँमाथि अझै पनि विश्‍वास गरेनन् 38ताकि यशैया अगमवक्‍ताको वचन पूरा होस्, जसमा तिनले भने, “परमप्रभुको, हाम्रो समाचार कसले विश्‍वास गरेको छ, र परमप्रभुको बाहुली कसलाई प्रकट गरिएको छ?”39यसैकारण तिनीहरूले विश्‍वास गर्न सकेनन्, किनकि यशैयाले यसो पनि भनेका थिए, 40“उहाँले तिनीहरूका आँखा अन्धो तुल्याइदिनुभएको छ, र उहाँले तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ, नत्रता तिनीहरूले आफ्ना आँखाले देख्‍नेछन् र आफ्ना हृदयले बुझ्‍नेछन् र फर्किनेछन्, अनि म तिनीहरूलाई निको पार्नेछु ।”41यशैयाले यी कुराहरू भने, किनभने तिनले येशूको महिमा देखे र उहाँको विषयमा बोले । 42तरै पनि शासकहरूमध्ये धेरैले येशूमा विश्‍वास गरे; तर फरिसीहरूको कारणले गर्दा तिनीहरूले यसलाई स्वीकार गरेनन्, ताकि तिनीहरूलाई सभाघरमा रोक नलगाइयोस् । 43तिनीहरूले परमेश्‍वरबाट आउने महिमाभन्दा मानिसहरूबाट आउने महिमा बढी रुचाए ।44येशूले ठुलो सोरमा भन्‍नुभयो, “जसले ममाथि विश्‍वास गर्छ त्यसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेमाथि पनि विश्‍वास गर्छ, 45र जसले मलाई देख्‍छ त्यसले मलाई पठाउनुहुनेलाई देख्‍छ ।”46म संसारमा ज्योतिको रूपमा आएको छु ताकि जसले मलाई विश्‍वास गर्छ त्यो अन्धकारमा नरहोस् । 47यदि कसैले मेरा वचन सुन्छ, तर ती पालना गर्दैन भने म त्यसको न्याय गर्दिनँ; किनकि म संसारको न्याय गर्न आएको होइनँ, तर संसारलाई बचाउन आएको हुँ ।48जसले मलाई इन्कार गर्छ, र मेरा वचन ग्रहण गर्दैन, त्यसको न्याय गर्ने एक जना हुनुहुन्छ । मैले बोलेको मेरो वचनले नै अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ । 49किनकि म मेरो आफ्नै तर्फबाट बोलिनँ, तर मलाई पठाउनुहुने पिता नै हुनुहुन्छ, जसले के भन्‍ने र के बोल्ने विषयमा मलाई आज्ञा दिनुभएको छ । 50म जान्दछु कि उहाँको आज्ञा अनन्त जीवन हो, त्यसैले म त्यही भन्छु— पिता मसँग जस्तो बोल्नुभएको छ, म त्यस्तै बोल्दछु ।"
131अब यो निस्तार-चाड अगिको समय थियो । येशू जान्‍नुहुन्थ्यो, कि उहाँ यस संसारबाट पिताकहाँ जाने उहाँको समय आएको थियो । यस संसारमा भएका उहाँका आफ्नाहरूलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त्यसम्मै प्रेम गर्नुभयो । 2अब बेलुकीको भोजन हुँदा शैतानले सिमोनको छोरा यहूदा इस्करियोतको हृदयमा येशूलाई विश्‍वासघात गर्ने कुरा अगि नै हालिदिएको थियो ।3येशूले जान्‍नुहुन्थ्यो, कि पिताले सबै थोक उहाँको हातमा दिनुभएको थियो र उहाँ परमेश्‍वरबाट नै आउनुभएको थियो र फेरि परमेश्‍वरकहाँ नै फर्केर जाँदै हुनुहुन्थ्यो । 4उहाँ बेलुकीको खाना खाएर उठ्नुभयो र उहाँको बाहिरी वस्‍‍त्र फुकाल्नुभयो । त्यसपछि उहाँले एउटा तौलिया लिनुभयो, र आफ्नो कम्मरमा बेर्नुभयो । 5त्यसपछि उहाँले बाटामा पानी हाल्नुभयो र चेलाहरूका गोडा धुन थाल्नुभयो, अनि उहाँको कम्मरमा बेर्नुभएको तौलियाले तिनीहरूका गोडा पुछ्नुभयो ।6उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, र पत्रुसले उहाँलाई भने, “प्रभु, के तपाईं मेरा गोडा धुन लाग्दै हुनुहुन्छ?” 7येशूले जवाफ दिनुभयो, र तिनलाई भन्‍नुभयो, “म के गरिरहको छु, तिमी अहिले बुझ्दैनौ, तर तिमीले यो पछि बुझ्‍नेछौ ।” 8पत्रुसले उहाँलाई भने, “तपाईंले मेरा गोडा कहिल्यै पनि धुनुहुनेछैन ।” येशूले तिनलाई जवाफ दिनुभयो, “यदि मैले तिमीलाई धोइनँ भने तिम्रो मसित केही हिस्सा हुनेछैन ।” 9सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, मेरा गोडा मात्र होइन तर मेरा हात र शिर पनि धोइदिनुहोस् ।”10येशूले तिनलाई भन्‍नुभयो, “जो नुहाएको छ, त्यसका गोडाबाहेक अरू केही धुनुपर्दैन, तर त्यो पूर्ण रूपमा शुद्ध छ; तिमीहरू शुद्ध छौ, तर सबै त छैन ।” 11(किनकि कसले उहाँलाई विश्‍वासघात गर्नेछ भन्‍ने येशूलाई थाहा थियो; त्यसैले उहाँले भन्‍नुभयो, “तिमीहरू सबै शुद्ध छैनौ ।” )12त्यसैले जब येशूले तिनीहरूका गोडा धुनुभयो र आफ्नो लुगा लगाउनुभयो, र फेरि बस्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूका निम्ति के गरेको छु भन्‍ने के तिमीहरू जान्दछौ? 13तिमीहरू मलाई ‘गुरुज्यू’ र ‘प्रभु’ भन्छौ र तिमीहरू ठिकै बोलिरहेका छौ, किनभने म त्यही हुँ । 14तब म प्रभु र गुरुले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक अर्काको गोडा धुनुपर्छ । 15किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, ताकि तिमीहरूले पनि मैले तिमीहरूका निम्ति गरेजस्तै गर्न सक ।16साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, सेवक आफ्नो मालिकभन्दा ठुलो हुँदैन; न त समाचारवाहक त्यसलाई पठाउनेभन्दा ठुलो हुन्छ । 17यदि तिमीहरूले यी कुराहरू जान्दछौ, र ती गर्छौ भने तिमीहरू धन्यका हौ । 18म तिमीहरू सबै जनाको बारेमा बोलिरहेको छैनँ; मैले जसलाई छानेको छु म तिनीहरूलाई चिन्छु— तर यो यसैले हो, कि धर्मशास्‍‍त्र पूरा होस्ः 'मेरो रोटी खानेले ममाथि आफ्नो लात उठायो ।'19अब यो हुन अगि म तिमीहरूलाई भन्दछु, ताकि जब यो हुन आउँछ, म उही हुँ भनी तिमीहरूले विश्‍वास गर्न सक । 20साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, मैले जसलाई पठाउँछु त्यसलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्छ, र मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ ।"21जब येशूले यो भन्‍नुभयो, उहाँ आत्मामा विचलित हुनुभयो । उहाँले गवाही दिनुभयो र भन्‍नुभयो, “साँ‍चो, साँचो, म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई विश्‍वासघात गर्नेछौ ।” 22उहाँले कसको बारेमा कुरा गर्दै हुनुहुन्थ्यो भनेर छक्‍क पर्दै चेलाहरूले एक आपसमा हेराहेर गरे ।23उहाँका चेलाहरूमध्ये एक जना, जसलाई येशूले प्रेम गर्नुहुन्थ्यो, तिनी टेबुलमा येशूको छातीमा अडेस लागेर ढल्किरहेका थिए । 24सिमोन पत्रुसले त्यस चेलालाई इसारा गरे र भने, “उहाँले कसको बारेमा भन्दै हुनुहुन्छ उहाँलाई सोध।” 25त्यसैले तिनी येशूको छातीमा अडेस लागेर ढल्किए र उहाँलाई भने, “प्रभु, त्यो को हो?”26त्यसपछि येशूले जवाफ दिनुभयो, “त्यो त्यही हो, जसलाई म यो रोटीको टुक्रा चोपेर दिन्छु ।” त्यसैले उहाँले रोटीको टुक्रा चोप्‍नुभएपछि त्यो सिमोन इस्करियोतको छोरा यहूदालाई दिनुभयो । 27तब रोटी पाएपछि शैतान त्यसभित्र पस्यो, त्यसैले येशूले त्यसलाई भन्‍नुभयो, “तिमीले जे गरिरहेका छौ, सो छिटो गरी हाल ।”28अब उहाँले त्यसलाई किन यसो भन्‍नुभयो भनी त्यहाँ टेबुलमा ढल्किरहेका कसैलाई पनि थाहा भएन । 29केहीले यहूदासँग पैसाको थैलो भएको हुनाले येशूले त्यसलाई, “चाडको निम्ति हामीलाई आवश्‍यक पर्ने सामानहरू किन” वा त्यसले गरिबहरूलाई केही दिनुपर्छ भन्‍नुभएको भन्‍ने सोचे । 30यहूदाले रोटी पाएपछि, त्यो तुरुन्तै बाहिर निस्कियो । यो रातको समय थियो ।31जब यहूदा गयो, येशूले भन्‍नुभयो, “अब मानिसका पुत्र महिमित हुनुभएको छ, र उनमा परमेश्‍वरको महिमा भएको छ । 32यदि परमेश्‍वर उनमा माहिमित हुनुहुन्छ भने, परमेश्‍वरले आफैंमा पुत्रलाई पनि महिमित पार्नुहुनेछ, र उहाँले उनलाई तुरुन्तै महिमित पार्नुहुनेछ । 33साना बालकहरू हो, म तिमीहरूसँग अझ केही समयसम्म हुनेछु । तिमीहरूले मलाई खोज्‍नेछौ, र मैले यहूदीहरूलाई भनेझैं, अहिले म तिमीहरूलाई पनि यो भन्दछु, ‘जहाँ म गइरहेको छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।’34म तिमीहरूलाई नयाँ आज्ञा दिइरहेको छु, कि तिमीहरू एकले अर्कोलाई प्रेम गर्नुपर्छ; जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरूले पनि एकले अर्कालाई प्रेम गर्नुपर्छ । 35यदि तिमीहरूले एकले अर्कालाई प्रेम गरेका छौ भने यसैद्वारा तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले जान्‍नेछन् ।36सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ?” येशूले जवाफ दिनुभयो, “म जहाँ जाँदैछु, तिमी मलाई अहिले पछ्‍याउन सक्दैनौ, तर तिमीले पछि पछ्‍याउनेछौ ।” 37पत्रुसले उहाँलाई भने, “प्रभु, मैले तपाईंलाई अहिले नै किन पछ्‍याउन सक्दिनँ? म तपाईंको लागि मेरो ज्यान पनि दिनेछु ।” 38येशूले जवाफ दिनुभयो, “के तिमीले मेरो निम्ति आफ्नो ज्यान नै दिनेछौ त? साँचो, साँचो, म तिमीलाई भन्दछु, कि तिमीले मलाई तीन पल्ट इन्कार नगरेसम्‍म भाले बास्‍नेछैन ।”
141“तिमीहरूको हृदय विचलित नहोस् । तिमीहरूले परमेश्‍वरमाथि विश्‍वास गर्छौ, ममाथि पनि विश्‍वास गर । 2मेरा पिताको घरमा बस्‍ने धेरै कोठाहरू छन् । यदि त्यसो नहुँदो हो त, मैले तिमीहरूलाई भन्‍ने थिएँ, किनकि म तिमीहरूका लागि ठाउँ तयार पार्न गइरहेको छु । 3यदि म जान्छु र तिमीहरूका लागि ठाउँ तयार पार्छु भने, म फेरि आउनेछु र तिमीहरूलाई आफैंसँग लानेछु, ताकि जहाँ म हुन्छु तिमीहरू पनि त्यहाँ हुनेछौ ।4तिमीहरूले म जहाँ गइरहेको छु त्यो बाटो चिन्छौ ।” 5थोमाले येशूलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ, हामी जान्दैनौं, हामीले बाटो कसरी चिन्‍न सक्छौं?” 6येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन । 7यदि तिमीहरूले मलाई चिनेका भए, तिमीहरूले मेरा पितालाई पनि चिन्‍नेथियौ । अबदेखि उसो तिमीहरूले उहाँलाई चिन्छौ र उहाँलाई देखेका छौ ।”8फिलिपले येशूलाई भने, “प्रभु, हामीलाई पिता देखाउनुहोस्, र त्यो नै हामीलाई पर्याप्‍त हुनेछ ।” 9येशूले तिनलाई भन्‍नुभयो, “म तिमीहरूसँग यति लामो समयदेखि रहेको छु, र पनि फिलिप, अझै तिमी मलाई चिन्दैनौ? जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ । तिमीहरू कसरी ‘हामीलाई पिता देखाउनुहोस्’ भन्‍न सक्‍छौ?”10म पितामा छु र पिता ममा हुनुहुन्छ भनी के तिमीहरू विश्‍वास गर्दैनौ? मैले तिमीहरूलाई भनेका वचनहरू, म आफ्नै अधिकारले बोल्दिनँ, तर ममा रहनुहुने पिताले नै आफ्नो काम गरिरहनुभएको छ । 11म पितामा छु, र पिता ममा हुनुहुन्छ भनी विश्‍वास गर, नत्रभने यी कामहरूकै खातिर विश्‍वास गर ।12साँचो साँचो, म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्‍वास गर्छ त्यसले मैले गर्ने कामहरू गर्नेछ, र त्यसले यीभन्दा पनि ठुल्ठुला कामहरू गर्नेछ किनभने म पिताकहाँ गइरहेको छु । 13तिमीहरूले मेरो नाउँमा जे माग्छौ, सो म गर्नेछु, ताकि पुत्रमा पिता महिमित हुनुभएको होस् । 14यदि तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यौ भने सो म गर्नेछु ।15यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नेछौ, 16अनि म पितासँग प्रार्थना गर्नेछु, अनि उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, ताकि उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ— 17सत्यका आत्मा । संसारले उहाँलाई ग्रहण गर्न सक्दैन किनभने यसले उहाँलाई देख्‍दैन वा उहाँलाई चिन्दैन । तर तिमीहरू उहाँलाई चिन्दछौ, किनकि उहाँ तिमीहरूसँग रहनुहुन्छ र तिमीहरूमा हुनुहुनेछ ।18म तिमीहरूलाई एक्लै छोड्नेछैनँ; म तिमीहरूकहाँ फर्किआउनेछु । 19तैपनि केही समय मात्र हो, अनि अब उप्रान्त संसारले मलाई देख्‍नेछैन, तर तिमीहरू मलाई देख्‍छौ । किनभने म जिउँछु, तिमीहरू पनि जिउनेछौ । 20त्यस दिन तिमीहरूले म पितामा छु, अनि तिमीहरू ममा छौ र म तिमीहरूमा छु भनी जान्‍नेछौ ।21जोसँग मेरा आज्ञाहरू छन् र ती पालन गर्छन्, मलाई प्रेम गर्ने त्यही हो, अनि जसले मलाई प्रेम गर्छ त्यसलाई मेरा पिताद्वारा प्रेम गरिनेछ, र म त्यसलाई प्रेम गर्नेछु र म आफैं त्यसकहाँ देखा पर्छु ।” 22यहूदाले (स्करियोत होइन) येशूलाई भने, “प्रभु, किन यस्तो, हामीकहाँ तपाईं आफैंलाई प्रकट गर्नुहुनेछ र संसारकहाँ चाहिं होइन?”23येशूले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, त्यसले मरो वचन पालन गर्नेछ । मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, अनि हामी त्यसकहाँ आउनेछौं र त्यससँग हामी हाम्रो बासस्‍थान बनाउनेछौं ।” 24जसले मलाई प्रेम गर्दैन, त्यसले मेरा वचनहरू पालन गर्दैन । तिमीहरूले सुनेका वचन मबाट आएको होइन, तर पिताबाट आएको हो जसले मलाई पठाउनुभयो ।25म तिमीहरूसँग रहिरहँदा नै मैले तिमीहरूलाई यी कुराहरू भनेको छु । 26तापनि सल्लाहकार—पवित्र आत्मा जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ—उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ । 27म तिमीहरूलाई शान्ति छोड्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु । संसारले जसरी दिन्छ त्यसरी म यो तिमीहरूलाई दिन्‍नँ । तिमीहरूका हृदय विचलित नहोस्, र भयभीत नहोस् ।28मैले तिमीहरूलाई “म गइरहेछु, अनि म तिमीहरूकहाँ फेरि आउनेछु ।” भनेको तिनीहरूले सुन्यौ । यदि तिमीहरूले मलाई प्रेम गरेका भए, तिमीहरू खुसी हुनेथियौ, किनभने म पिताकहाँ गइरहेको छु, किनकि पिता मभन्दा महान् हुनुहुन्छ । 29अहिले मैले तिमीहरूलाई यो हुन अगाडि नै बताएको छु, ताकि जब यो हुन आउँछ तिमीहरूले विश्‍वास गर्न सक ।30म तिमीहरूसँग अब धेरै बोल्नेछैनँ, किनकि यस संसारको शासक आउँदैछ । ममाथि त्यसको केही शक्‍ति छैन, 31तर म पितालाई प्रेम गर्छु भनी संसारले जानोस् भनेर पिताले मलाई जस्तो आज्ञा गर्नुभएको छ म त्यसै गर्छु । उठौं, र यहाँबाट जाऔं ।”
151म साँचो दाखको बोट हुँ, र मेरा पिता किसान हुनुहुन्छ । 2ममा भएका फल नफलाउने हरेक हाँगालाई उहाँले छाँट्नुहुन्छ, र उहाँले फल फलाउने हरेक हाँगालाई पनि छिंवल्नुहुन्छ, ताकि त्यसले धेरै फल फलाओस् ।3मैले तिमीहरूलाई भनेको सन्देशले तिमीहरू अगि नै शुद्ध भइसकेका छौ । 4ममा रहो, र म तिमीहरूमा रहन्छु । जसरी हाँगा दाखको बोटमा नरहेसम्म आफैंले फल फलाउन सक्दैन, त्यसरी नै तिमीहरू पनि ममा नरहेसम्म फल फलाउन सक्दैनौ ।5म दाखको बोट हुँ, र तिमीहरू त्यसका हाँगाहरू हौ । जो ममा रहन्छ र म त्यसमा रहन्छु, त्यसले धैरै फल फलाउँछ, किनकि मबिना तिमीहरू केही पनि गर्न सक्दैनौ । 6यदि कोही ममा रहँदैन भने, त्यसलाई हाँगालाई झैं फालिन्छ र त्यो सुक्‍छ, अनि तिनीहरूले हाँगाहरू बटुल्छन् र ती आगोमा फालिदिन्छन्, अनि ती जलाइन्छन् । 7यदि तिमीहरू ममा रहन्छौ र मेरा वचनहरू तिमीहरूमा रहन्छन् भने, तिमीहरू जे इच्छा गर्छौ सो माग, र त्यो तिमीहरूका निम्ति गरिनेछ ।”8मेरा पिता यसमा महिमित हुनुहुन्छ कि तिमीहरू धेरै फल फलाउँछौ र तिमीहरू मेरा चेलाहरू हौ भनी प्रमाणित गर्छौ । 9जसरी पिताले मलाई प्रेम गर्नुभएको छ, त्यसरी नै मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। मेरो प्रेममा रहो ।10तिमीहरूले मेरा आज्ञाहरू पालन गर्छौ भने जसरी मैले मेरा पिताको आज्ञा पालन गरेको छु र उहाँको प्रेममा रहेको छु, त्यसरी नै तिमीहरू मेरो प्रेममा रहनेछौ । 11मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि मेरो आनन्द तिमीहरूमा होस् र तिमीहरूको आनन्द पूर्ण होस् ।12यो मेरो आज्ञा हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरेको छु तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर । 13यो भन्दा महान् प्रेम कसैको हुँदैन—कि कसैले आफ्ना मित्रहरूको लागि आफ्नो जीवन अर्पण गरिदियोस् ।14यदि तिमीहरूले मैले आज्ञा गरेका कुराहरू गर्छौ भने तिमीहरू मेरा मित्रहरू हौ । 15अबदेखि म तिमीहरूलाई सेवकहरू भन्‍दिनँ, किनकि त्यसका मालिकले के गरिरहेछ सो सेवकले जान्दैन । मैले तिमीहरूलाई मित्रहरू भनेको छु, किनकि मैले मेरा पिताबाट सुनेका सबै कुरा मैले तिमीहरूलाई प्रष्‍ट पारेको छु ।16तिमीहरूले मलाई चुनेनौ, तर मैले तिमीहरूलाई चुनें, र तिमीहरूलाई नियुक्‍त गरें, ताकि तिमीहरू जाओ, र फल फलाओ, अनि तिमीहरूका फल रहनुपर्छ । त्यसैले तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्छौ, सो उहाँले तिमीहरूलाई दिनुहुनेछ । 17म तिमीहरूलाई यी कुराहरू आज्ञा गर्छु, ताकि तिमीहरूले एक अर्कालाई प्रेम गर ।18यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने, जान कि यसले तिमीहरूलाई घृणा गर्नुअगि मलाई घृणा गरेको छ । 19यदि तिमीहरू संसारका थियौ त, संसारले तिमीहरूलाई आफ्नै झैं प्रेम गर्ने थियो । तर तिमीहरू संसारका होइनौ, र मैले तिमीहरूलाई संसारबाट चुनें, यसकारण संसारले तिमीहरूलाई घृणा गर्छ ।20मैले तिमीहरूलाई भनेको वचन याद राख, ‘सेवक त्यसको मालिकभन्दा महान् हुँदैन ।’ यदि तिनीहरूले मलाई सताए भने, तिनीहरूले तिमीहरूलाई पनि सताउनेछन्; यदि तिनीहरूले मेरो वचन पालन गरे भने, तिनीहरूले तिमीहरूको पनि पालन गर्नेछन् । 21तिनीहरू मेरो नाउँको कारणले तिमीहरूलाई यी सबै कुराहरू गर्नेछन्, किनभने मलाई पठाउनुहुनेलाई तिनीहरूले चिन्दैनन् । 22यदि म नआएको, र तिनीहरूसँग नबोलेको भए त, तिनीहरूले पाप गर्ने थिएनन्, तर अब त तिनीहरूसित आफ्नो पापको लागि कुनै बहाना छैन ।23जसले मलाई घृणा गर्छ, त्यसले मेरा पितालाई पनि घृणा गर्छ । 24यदि मैले तिनीहरू माझ कसैले नगरेका कामहरू नगरेको भए, तिनीहरूमा कुनै पाप हुने थिएन, तर अहिले तिनीहरूले म र मेरा पिता दुवैलाई देखेका छन्, र घृणा गरेका छन् । 25तर यो तिनीहरूको व्यवस्थामा लेखिएको वचन पूरा हुनलाई हो, ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे ।’26जब सल्लाहकार आउनुहुन्छ—जसलाई म तिमीहरूको निम्ति पिताको तर्फबाट पठाउनेछु अर्थात्, सत्यको आत्मा जो पिताबाट निस्की आउनुहुनेछ—उहाँले मेरो बारेमा गवाही दिनुहुनेछ । 27तिमीहरूले पनि गवाही दिनुपर्छ, किनभने तिमीहरू मसँग सुरुदेखि नै छौ ।
161तिमीहरू पछि नहटोस् भनेर मैले तिमीहरूलाई यी कुराहरू भनेको छु । 2तिनीहरूले तिमीहरूलाई सभाघरहरूबाट बाहिर निकाल्नेछन् । तर यस्तो घडी आउँदैछ, जब तिमीहरूलाई मार्ने हरेकले आफूले परमेश्‍वरको सेवा गरिरहेको छु भनी ठान्‍नेछन् ।3तिनीहरूले यी कुराहरू गर्नेछन्, किनभने तिनीहरूले न त पितालाई न मलाई नै चिनेका छन् । 4मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि त्यो घडी आउँदा मैले तिमीहरूलाई तिनीहरूको बारेमा भनेको कुरा तिमीहरूले सम्झन सक । मैले तिमीहरूलाई यी कुराहरू पहिले नै भनिनँ, किनभने म तिमीहरूसँगै नै थिएँ ।5तर अहिले म मलाई पठाउनुहुनेकहाँ जान्छु, तर पनि तिमीहरू कसैले पनि ‘तपाईं कहाँ जाँदै हुनुहन्छ?’ भनी मलाई सोध्दैनौ । 6तर मैले तिमीहरूलाई यी कुराहरू भनेको कारण, तिमीहरूको हृदय निराशाले भरिएको छ । 7तर म तिमीहरूलाई साँच्चै भन्दछु, म जानु नै तिमीहरूको निम्ति असल छ । किनकि म गइनँ भने सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन, तर यदि म गएँ भने, म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु ।8जब सल्लाहकार आउनुहुन्छ, उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको बारेमा गलत साबित गर्नुहुनेछ– 9पापको बारेमा, किनभने तिनीहरूले ममाथि विश्‍वास गर्दैनन्; 10धार्मिकताको बारेमा, किनभने म पिताकहाँ जाँदैछु, र अब उप्रान्त तिमीहरूले मलाई देख्‍नेछैनौ; 11अनि न्यायको बारेमा, किनभने यस संसारको शासकको न्याय गरिएको छ ।12मैले तिमीहरूलाई धेरै कुरा भन्‍नु छ, तर तिमीहरू अहिल्यै ती कुराहरू बुझ्दैनौ । 13तर जब उहाँ अर्थात् सत्यको आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्‍याउनुहुनेछ, किनकि उहाँ आफ्नो तर्फबाट बोल्नुहुनेछैन । तर उहाँले जे सुन्‍नुहुन्छ, त्यही बोल्नुहुनेछ, र हुन आउने कुराहरू उहाँले तिमीहरूलाई बताउनुहुनेछ । 14उहाँले मलाई महिमित तुल्याउनुहुनेछ, किनभने उहाँले जे मेरो हो त्यहीबाट लिनुहुन्छ, र उहाँले ती तिमीहरूलाई बताउनुहुनेछ ।15पितासँग भएका सबै थोक मेरा हुन् । यसकारण मैले भनें कि आत्माले जे मेरो हो त्यहीबाट लिनुहुनेछ र उहाँले यो तिमीहरूलाई बताउनुहुनेछ । 16अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ ।17तब उहाँका चलाहरूमध्ये केहीले एक आपसमा भने “उहाँले हामीलाई यो के भन्‍नुभएको हो? 'अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ ।’ र ‘किनकि म पिताकहाँ जाँदैछु' ।" 18यसकारण तिनीहरूले भने, “उहाँले ‘केही बेरमा’ भनेर यो के भन्‍नुभएको हो? उहाँले केको बारेमा बताउँदै हुनुहुन्छ, सो हामी जान्‍दैनौ ।”19तिनीहरूले येशूलाई सोध्‍न चाहेको उहाँले देख्‍नुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “'अब उप्रान्त तिमीहरूले मलाई केही बेरपछि देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ’ भनेर मैले के भन्‍न खोजेको हो भनी के तिमीहरूले एक आपसमा सोधिरहेका छौ?” 20साँचो साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसार खुसी हुनेछ । तिमीहरू निराशाले भरिनेछौ, तर तिमीहरूको दुःख आनन्दमा बद्‌लिनेछ । 21जब स्‍‍त्रीले जन्म दिन्छिन्, तिनी निराश हुन्छिन्, किनभने तिनको समय आएको छ, तर जब तिनले बच्‍चा जन्माउँछिन्, संसारमा एक बालक जन्मिएको छ भन्‍ने आनन्दले तिनलाई अब पीडाको सम्झना हुँदैन ।22त्यसैले तिमीहरू अहिले निराश हुन्छौ, तर म तिमीहरूलाई फेरि भेट्नेछु, अनि तिमीहरूको हृदय खुसी हुनेछ, र तिमीहरूको आनन्द तिमीहरूबाट कसैले लैजान सक्‍नेछैन । 23त्यस दिन तिमीहरूले मलाई कुनै पनि कुरा माग्‍नेछैनौ । साँचो साँचो म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले मेरो नाउँमा मेरा पितासँग कुनै पनि कुरा माग्यौ भने यो उहाँले त्यो तिमीहरूलाई दिनुहुनेछ । 24अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ । माग र तिमीहरूले पाउनेछौ, ताकि तिमीहरूको आनन्द पूर्ण होस् ।25मैले तिमीहरूलाई यी कुराहरू आलङ्कारिक भाषामा भनेको छु, तर त्यस घडी आउँदै छ जब म अब उप्रान्त आलङ्कारिक भाषामा बोल्‍नेछैन, बरु म तिमीहरूलाई पिताको बारेमा स्पष्‍ट रूपमा बताउनेछ ।26त्यस दिन तिमीहरूले मेरो नाउँमा माग्‍नेछौ, र म तिमीहरूको निम्ति पितासँग प्रार्थना गर्नेछु भनेर म तिमीहरूलाई भन्दिनँ, 27किनकि पिता आफैंले तिमीहरूलाई प्रेम गर्नुहुन्छ, किनभने तिमीहरूले मलाई प्रेम गरेका छौ र म पिताबाट आएँ भनी तिमीहरूले विश्‍वास गरेका छौं । 28म पिताबाट आएँ, र म संसारमा आएको छु । फेरि म संसार छोड्दैछु, र म पिताकहाँ जाँदैछु ।”29उहाँका चेलाहरूले भने, “हेर्नुहोस्, अहिले तपाईं स्पष्‍ट रूपमा बोल्दैहुनुहुन्छ अनि तपाईंले आलङ्कारिक भाषा प्रयोग गरिरहनुभएको छैन । 30अब हामी जान्दछौं, कि तपाईं सबै थोक जन्‍नुहुन्छ, अनि कसैले पनि तपाईंलाई प्रश्‍नहरू सोध्‍नु आवश्यक छैन । यही कारणले हामी विश्‍वास गर्छौं, कि तपाईं परमेश्‍वरबाट आउनुभएको हो ।” 31येशूले जवाफ दिनुभयो, “के तिमीहरू अब विश्‍वास गर्छौ?32हेर, त्यस घडी आउँदै छ, हो वास्तवमा आइसकेको छ, जब तिमीहरू छरपष्‍ट भई सबै आ-आफ्नो घरतिर जानेछौ र मलाई एक्लै छोड्नेछौ । तरै पनि म एक्लो हुन्‍नँ, किनभने पिता मसँग हुनुहुन्छ । 33मैले तिमीहरूलाई यी कुरा भनेको छु, ताकि तिमीहरूलाई ममा शान्ति मिलोस् । संसारमा तिमीहरूलाई कष्‍ट हुन्छ, तर साहस गर, मैले संसारलाई जितेको छु ।
171येशूले यी कुराहरू भनिसक्‍नुभएपछि उहाँले स्वर्गतिर आफ्ना आँखा उचाल्नुभयो र भन्‍नुभयो, “पिता, समय आएको छ, आफ्ना पुत्रलाई महिमित पार्नुहोस् ताकि पुत्रले तपाईंलाई महिमित पार्नेछन्— 2जसरी तपाईंले पुत्रलाई सारा शरीरमाथि अधिकार दिनुभयो ताकि जसलाई तपाईंले उनलाई दिनुभएको छ, तिनीहरू सबैलाई उनले अनन्त जीवन दिऊन् ।3यो अनन्त जीवन होः तिनीहरूले तपाईंलाई अर्थात् एक मात्र साँचो परमेश्‍वर, र जसलाई तपाईंले पठाउनुभयो अर्थात् येशू ख्रीष्‍टलाई चिनून् । 4मैले पृथ्वीमा तपाईंलाई महिमित तुल्याएँ । तपाईंले मलाई गर्न दिनुभएको काम मैले सिद्‌ध्याएको छु । 5अब, हे पिता, संसार बनिनुभन्दा अगि नै मसँग तपाईंमा भएको महिमाले मलाई तपाईंसँगै महिमित पार्नुहोस् ।6तपाईंले मलाई संसारबाट दिनुभएका मानिसहरूकहाँ मैले तपाईंको नाउँ प्रकट गरें । तिनीहरू तपाईंका थिए, र तपाईंले तिनीहरू मलाई दिनुभयो, अनि तिनीहरूले तपाईंको वचन पालन गरेका छन् । 7अब तपाईंले मलाई दिनुभएका सबै थोक तपाईंबाट नै आउँछन् भनी तिनीहरू जान्दछन्, 8किनकि मैले सबै वचनहरू तिनीहरूलाई दिएको छु जुन तपाईंले मलाई दिनुभयो । तिनीहरूले ती ग्रहण गरे र म तपाईंबाटै आएँ भनेर तिनीहरूले साँच्‍चै जाने, र तपाईंले नै मलाई पठाउनुभयो भनी तिनीहरूले विश्‍वास गरे ।9म तिनीहरूका लागि प्रार्थना गर्दछु । म संसारको निम्ति प्रार्थना गर्दिनँ तर तपाईंले मलाई दिनुभएकाहरूका निम्ति प्रार्थना गर्दछु, किनकि तिनीहरू तपाईंका हुन् । 10सबै जो मेरा हुन्, ती तपाईंका हुन् र तपाईंका मेरा हुन्, र म तिनीहरूमा महिमित हुन्छु । 11अब उप्रान्त म संसारमा हुन्‍नँ, तर यी मानिसहरू संसारमा छन् र म तपाईंकहाँ आउँदैछु । हे पवित्र पिता, यिनीहरूलाई तपाईंको नाउँमा सुरक्षित राख्‍नुहोस् जसलाई तपाईंले मलाई दिनुभएको छ, ताकि जसरी हामी एक छौं त्यसरी नै तिनीहरू एक होऊन् ।12म तिनीहरूसँग हुँदा मैले तिनीहरूलाई तपाईंको नाउँमा सुरक्षित राखें, जसलाई तपाईंले मलाई दिनुभएको छ । मैले तिनीहरूलाई सुरक्षा दिएँ, र विनाशको पुत्रबाहेक तिनीहरूमध्ये कोही पनि नष्‍ट भएन, ताकि धर्मशास्‍‍त्र पूरा होस् । 13अब म तपाईंकहाँ आउँदैछु, तर म यी कुराहरू संसारमा भनिरहेको छु, ताकि तिनीहरूले मेरो आनन्द तिनीहरूमा पूरा भएको पाउनेछन् । 14मैले तिनीहरूलाई तपाईंको वचन दिएको छु, र संसारले तिनीहरूलाई घृणा गरेको छ किनभने जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन् ।15तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस् भनेर होइन, तर तिनीहरूलाई दुष्‍टबाट बचाउनुहोस् भनी म तपाईंसँग बिन्ती गर्दछु । 16जस्तो म संसारको होइन, तिनीहरू पनि संसारका होइनन् । 17सत्यले तिनीहरूलाई अलग गर्नुहोस्। तपाईंको वचन सत्य छ ।18जसरी तपाईंले मलाई संसारमा पठाउनुभयो, त्यसरी नै मैले तिनीहरूलाई संसारमा पठाएको छु । 19तिनीहरूका खातिर मैले आफैंलाई अलग गरेको छु, ताकि तिनीहरू आफैं पनि सत्यतामा अलग होऊन् ।20म यिनीहरूका लागि मात्र होइन तर तिनीहरूका लागि पनि प्रार्थना गर्दछु जसले यिनीहरूको वचनद्वारा मलाई विश्‍वास गर्नेछन्, 21ताकि जसरी तपाईं अर्थात् पिता ममा हुनुहुन्छ, र म तपाईंमा छु त्यसरी नै तिनीहरू सबै एक होऊन् । तिनीहरू पनि हामीमा होऊन् ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी संसारले विश्‍वास गर्नेछ ।22तपाईंले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझैं तिनीहरू पनि एक हुनेछन्ः 23म तिनीहरूमा छु, र तपाईं ममा हुनुहुन्छ—ताकि तिनीहरू पूर्णरूपले एक होऊन्, ताकि तपाईंले मलाई पठाउनुभयो भनी संसारले जान्‍नेछ, अनि तपाईंले मलाई प्रेम गर्नुभएजस्तै तिनीहरूलाई पनि तपाईंले प्रेम गर्नुभएको छ ।24हे पिता, जसलाई तपाईंले मलाई दिनुभएको छ, तिनीहरू म जहाँ छु त्यहीं होऊन्, र तपाईंले मलाई दिनुभएको मेरो महिमा देखून् भन्‍ने म चाहन्छु किनभने संसारको सृष्‍टिअगि देखि नै तपाईंले मलाई प्रेम गर्नुभयो ।25हे धर्मी पिता, यो संसारले तपाईंलाई चिनेन, तर म तपाईंलाई चिन्दछु; र तपाईंले मलाई पठाउनुभयो भनी यिनीहरू जान्दछन् । 26मैले तपाईंको नाउँलाई तिनीहरूका बीचमा परिचित तुल्याए र म यसलाई परिचित तुल्याउनेछु, ताकि जुन प्रेमले तपाईंले मलाई प्रेम गर्नुभएको छ, त्यो तिनीहरूमा रहनेछ र म तिनीहरूमा रहनेछु ।
181यी कुराहरू बोलिसक्‍नुभएपछि येशू आफ्ना चेलाहरूसित किद्रोन उपत्यकाको अर्कोपट्टि जानुभयो । त्यहाँ एउटा बगैंचा थियो जसमा उहाँ र उहाँका चेलाहरू प्रवेश गर्नुभयो । 2अब उहाँलाई विश्‍वासघात गर्ने यहूदालाई पनि त्यो ठाउँ थाहा थियो, किनकि येशू आफ्ना चेलाहरूसित प्रायः त्यस बगैंचामा जानुहुन्थ्यो । 3अनि मुख्य पूजाहारीहरू र फरिसीहरूले पठाएका सिपाहीहरूको एक समूह र केही अधिकारीहरू लिएर यहूदा लालटिन, राँको र हतियारहरूसहित त्यहाँ आए ।4तब आफूमाथि भइरहेका सबै कुराहरू जान्‍नुहुने येशू अगाडि आउनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ?” 5तिनीहरूले उहाँलाई जवाफ दिए, “नासरतका येशूलाई ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “म हुँ ।” उहाँलाई विश्‍वासघात गर्ने यहूदा पनि सिपाहीहरूसँगै उभिरहेको थियो ।6त्यसैले जब येशूले “म हुँ” भन्‍नुभयो तिनीहरू पछाडि हटे अनि जमिनमा ढले । 7अनि उहाँले तिनीहरूलाई फेरि सोध्‍नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ?” तिनीहरूले फेरि भने, “नासरतका येशूलाई ।”8येशूले जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनें कि म हुँ । त्यसैले यदि तिमीहरू मलाई खोजिरहेका छौ भने, यिनीहरूलाई जान देओ ।” 9यो “तपाईंले मलाई दिनुभएकाहरूमध्‍ये, मैले कसैलाई पनि गुमाइनँ” भनी उहाँले भन्‍नुभएको वचन पूरा हुनको निम्ति थियो ।10तब सिमोन पत्रुस जससँग तरवार थियो, तिनले त्यो थुतेर प्रधान पूजाहारीका सेवकलाई प्रहार गरे र उसको दाँया कान काटिदिए । त्यस सेवकको नाम माल्‍खस थियो । 11येशूले पत्रुसलाई भन्‍नुभयो, “तरवारलाई त्यसको म्यानमा राख । के पिताले मलाई दिनुभएको कचौरा मैले पिउनुपर्दैन र?”12त्यसैले सिपाहीहरूको समूह र कप्‍तान, र यहूदी अधिकारीहरूले येशूलाई पक्रे र बाँधे । 13तिनीहरूले पहिले उहाँलाई हन्‍नासकहाँ लगे, किनकि तिनी कैयाफाका ससुरा थिए जो त्यस वर्षका प्रधान पूजाहारी थिए । 14अब मानिसहरूको निम्ति एउटा मानिस मर्नु उत्तम हुन्छ भनी यहूदीहरूलाई सल्लाह दिने व्यक्‍ति कैयाफा नै थिए ।15सिमोन पत्रुस येशूको पछिपछि लागे, र अर्को चेलाले पनि त्यसै गरे । अब ती चेलाको प्रधान पूजाहारीसँग चिनजान थियो, र तिनी येशूसँगै प्रधान पूजाहारीको आँगनभित्र पसे; 16तर पत्रुसचाहिं बाहिर बाहिर ढोकामा उभिरहेका थिए । त्यसैले प्रधान पूजाहारीसँग चिनजान भएको अर्को चेला बाहिर गए र ढोकामा पालो बस्‍ने ठिटीसँग कुरा गरे, र तिनले पत्रुसलाई भित्र ल्याए ।17तब महिला सेवक अर्थात् ढोकामा पालो बस्‍ने ठिटीले पत्रुसलाई भनी, “के तिमी पनि यी मानिसका चेलाहरूमध्ये एक जना होइनौ र?” तिनले भने, “म होइनँ ।” 18अब सेवकहरू र अधिकारीहरू त्यहाँ उभिरहेका थिए, र तिनीहरूले आगोको भुङ्‌ग्रो बनाएका थिए, किनकि जाडो थियो, अनि तिनीहरूले आफैंलाई न्यानो बनाइराखेका थिए । पत्रुस पनि आफूलाई न्यानो पार्दै तिनीहरूसँगै उभिरहेका थिए ।19तब प्रधान पूजाहारीले येशूलाई उहाँका चेलाहरू र उहाँको शिक्षाको बारेमा सोधपुछ गरे । 20येशूले तिनलाई जवाफ दिनुभयो, “मैले संसारसँग खुल्लमखुल्ला बोलेको छु । मैले सधैं सभाघरहरूमा र मन्दिरमा शिक्षा दिइरहेको थिएँ जहाँ सबै यहूदीहरूसँगै आउँछन् । मैले कुनै पनि कुरा गुप्‍तमा भनिनँ । 21तपाईंहरूले मलाई किन सोध्‍नुभयो? तिनीहरूलाई नै सोध्‍नुहोस् जसले मैले भनेको सुनेका छन् । हेर, मैले भनेका कुरा यी मानिसहरूले जान्दछन् ।”22जब येशूले यो कुरा भन्‍नुभएको थियो, त्यहाँ उभिरहेका अधिकारीहरूमध्ये एक जनाले येशूलाई एक मुक्‍का हाने र भने, “के प्रधान पूजाहारीलाई जवाफ दिने तेरो तरिका त्यही हो?” 23येशूले त्यसलाई जवाफ दिनुभयो, “यदि मैले गलत तवरले बोलें भने, त्यो गलत कुराको गवाही देऊ, तर यदि ठिकै हो भने तिमी मलाई किन हिर्काउँछौ?” 24अनि हन्‍नासले उहाँलाई बाँधेकै अवस्थामा प्रधान पूजाहारी कैयाफाकहाँ पठाए ।25अब सिमोन पत्रुसचाहिं उभिएर आफूलाई न्यानो पार्दै थिए । अनि मानिसहरूले तिनलाई भने, “के तिमी पनि उनका चेलाहरूमध्येका एक जना होइनौ?” तिनले यो इन्कार गरे र भने, “म होइनँ ।” 26अनि प्रधान पूजाहारीका सेवकहरूमध्ये पत्रुसले कान काटिदिएका सेवकका एक जना नातेदारले भने, “के मैले तिमीलाई बगैंचामा उनीसित देखिनँ र?” 27तब पत्रुसले फेरि इन्कार गरे; र तुरुन्तै भाले बास्यो ।28त्यसपछि तिनीहरूले येशूलाई कैयाफाबाट सरकारी मुख्यालयतिर लगे । बिहान सबेरै थियो, तिनीहरू सरकारी मुख्यालयमा पसेनन्, ताकि तिनीहरूले अशुद्ध नहोऊन् तर निस्तार-चाड खान सकून् । 29त्यसैले पिलातस तिनीहरूकहाँ बाहिर गए र भने, “तिमीहरूले यी मानिसको विरुद्धमा के आरोप ल्याउँदैछौ?” 30तिनीहरूले तिनलाई जवाफ दिए, र भने, “यदि यो मानिस अपराधी नभएको भए हामीले यसलाई तपाईंकहाँ सुम्‍पने थिएनौं ।”31त्यसकारण पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैंले यिनलाई लैजाओ, र आफ्नो व्यवस्थाअनुसार यिनको न्याय गर ।” यहूदीहरूले तिनलाई भने, “कुनै मानिसलाई मृत्युदण्ड दिनु हाम्रो लागि न्यायसङ्गत छैन ।" 32उहाँको मृत्यु कस्तो किसिमले हुनेछ भनी येशूले सङ्केत गरेर भन्‍नुभएको उहाँको वचन पूरा होस् भनेर तिनीहरूले यसो भने ।33त्यसपछि पिलातस फेरि सरकारी मुख्यालयभित्र पसे अनि येशूलाई बोलाए र तिनले उहाँलाई भने, “के तिमी यहूदीहरूका राजा हौ?” 34येशूले जवाफ दिनुभयो, “तपाईं आफैंले भन्‍नुभएको हो वा तपाईंलाई मेरो बारेमा अरू कसैले भन्यो?” 35पिलातसले जवाफ दिए, “म यहूदी होइनँ, हुँ र? तिम्रा आफ्‍नै मानिसहरू र मुख्य पूजाहारीहरूले तिमीलाई मकहाँ सुम्‍पे । तिमीले के गर्‍यौ?”36येशूले जवाफ दिनुभयो, “मेरो राज्य यस संसारको होइन । यदि मेरो राज्य यस संसारको हिस्सा थियो भने, मेरा सेवकहरू लड्ने थिए, ताकि मलाई यहूदीहरूको हातमा नसुम्पियोस् । तर अब मेरो राज्य यहाँको होइन ।” 37तब पिलातसले उहाँलाई भने, “त्यसो भए तिमी राजा नै हौ त?” येशूले जवाफ दिनुभयो, “तपाईं नै मलाई राजा भन्‍नुहुन्छ । म यही उद्देश्‍यको निम्ति जन्मिएको हुँ, अनि म यही उद्देश्‍यको निम्ति म यस संसारमा आएको छु, ताकि मैले सत्यको गवाही दिऊँ । सबै जो सत्यका हुन्, तिनीहरूले मेरो आवाज सुन्छन् ।”38पिलातसले उहाँलाई भने, “सत्य के हो?” जब तिनले यसो भने, तिनी फेरि यहूदीहरूकहाँ बाहिर गए र तिनीहरूलाई भने, “म यस मानिसमा कुनै अपराध पाउँदिनँ ।” 39तर निस्तार-चाडमा मैले तिमीहरूका निम्ति एक जना व्यक्तिलाई छोडिदिने तिमीहरूको प्रचलन छ । त्यसैले के म तिमीहरूका निम्ति यहूदीहरूका राजालाई छोडिदिऊँ भन्‍ने तिमीहरू चाहन्छौ?” 40तब तिनीहरू फेरि कराए र भने, “यस मानिसलाई होइन, तर बारब्बालाई ।” बारब्बाचाहिं एक विद्रोही थियो ।
191तब पिलातसले येशूलाई लगे र उहाँलाई कोर्रा लगाए । 2सिपाहीहरूले काँढाको मुकुट बनाए । तिनीहरूले यसलाई येशूको शिरमा लगाइदिए, अनि उहाँलाई बैजनी रङको वस्‍‍त्र पहिर्‍याइदिए । 3तिनीहरू उहाँकहाँ आए, र भने, “यहूदीहरूका राजाको जय होस् !” अनि तिनीहरूले उहाँलाई मुक्‍का हाने ।4तब पिलातस फेरि बाहिर गए, र तिनीहरूलाई भने, “हेर, मैले यिनलाई तिमीहरूकहाँ बाहिर ल्याउँदैछु, ताकि मैले यिनमा कुनै दोष पाउँदिनँ भन्‍ने तिमीहरूले जान्‍न सक ।” 5त्यसैले काँढाको मुकुट र बैजनी रङको वस्‍‍त्र लगाएर येशू बाहिर आउनुभयो । पिलातसले तिनीहरूलाई भने, “यी मानिसलाई हेर!” 6जब मुख्य पूजाहारीहरू र अधिकारीहरूले येशूलाई देखे, तिनीहरू उच्‍च सोरले कराए, र भने, “त्यसलाई क्रूसमा टाँग्‍नुहोस्, त्यसलाई क्रूसमा टाँग्‍नुहोस्!” पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैंले लैजाओ र यिनलाई क्रूसमा टाँग, किनकि म यिनमा कुनै दोष भेट्टाउँदिनँ ।”7यहूदीहरूले तिनलाई जवाफ दिए, “हामीसँग व्यवस्था छ, अनि त्यो व्यवस्थाअनुसार यो मर्नुपर्छ, किनभने यसले परमेश्‍वरका पुत्र हुँ भनी दाबी गर्‍यो ।” 8जब पिलातसले यो भनाइ सुने, तिनी झन् डराए, 9अनि तिनी फेरि सरकारी मुख्‍यालयभित्र पसे र येशूलाई भने, “तिमी कहाँबाट आएका हौ?” तर येशूले तिनलाई जवाफ दिनुभएन ।10तब पिलातसले उहाँलाई भने, “के तिमी मसँग बोल्दैनौ? मसित तिमीलाई छोडिदिने र क्रूसमा टाँग्‍ने शक्‍ति छ भन्‍ने के तिमीलाई थाहा छैन?” 11येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट दिइएको बाहेक तपाईंसँग ममाथि कुनै शक्‍ति छैन । यसकारण जसले मलाई तपाईंको हातमा सुम्‍प्‍यो त्यसको पाप अझ ठुलो हुन्छ ।”12यस जवाफमा पिलातसले उहाँलाई छोड्ने कोसिस गरे, तर यहूदीहरू यसो भन्दै कराए, “तपाईंले यो मानिसलाई छोड्नुभयो भने तपाईं कैसरको मित्र हुनुहुन्‍न । हरेक जसले आफैंलाई राजा तुल्याउँछ, त्यो कैसरको विरुद्ध बोल्छ ।” 13जब पिलातसले यी कुराहरू सुने, तिनले येशूलाई बाहिर ल्याए, र “ढुङ्गाको पेटी” तर आरमेइक भाषामा “गब्बथा” भनिने ठाउँको न्याय आसनमा बसे ।14अब निस्तार-चाडको तयारीको दिन, करिब छैठौं घडी भएको थियो । पिलातसले यहूदीहरूलाई भने, “हेर, तिमीहरूका राजा यहाँ हुनुहुन्छ!” 15तिनीहरू ठुलो सोरमा कराए, “यसलाई लानुहोस्, यसलाई लानुहोस्, यसलाई क्रूसमा टाँग्‍नुहोस्!” पिलातसले तिनीहरूलाई भने, “के तिमीहरूका राजालाई मैले क्रूसमा टाँग्‍नुपर्ने हो?” मुख्य पूजाहारीहरूले जवाफ दिए, “हामीसँग कैसरबाहेक अरू कुनै राजा छैन ।” 16तब पिलातसले क्रूसमा टाँग्‍नको लागि येशूलाई तिनीहरूकहाँ सुम्पे ।17तब तिनीहरूले येशूलाई लगे, अनि उहाँ आफ्‍नो क्रूस आफैं बोकी, “खप्परे ठाउँ” भन्‍ने ठाउँतिर जानुभयो, जसलाई आरमेइक भाषामा “गलगथा” भनिन्छ । 18त्यहाँ तिनीहरूले येशूलाई क्रूसमा टाँगे, र येशूलाई बीचमा पारेर, उहाँसँगै अरू दुई जना मानिसलाई पनि, दुवैपट्टि एक-एक जना गरी क्रूसमा टाँगे ।19पिलातसले एउटा चिन्ह पनि लेखे र त्यो क्रूसमाथि राखे । त्यहाँ यस्तो लेखिएको थियोः 'नासरतका येशू, यहूदीहरूका राजा ।' 20यहूदीहरूमध्ये धेरैले यो चिन्ह पढे, किनभने येशूलाई टाँगिएको ठाउँ सहरको नजिकै थियो । यो चिन्ह आरमेइक, ल्याटिन, र ग्रीकमा लेखिएको थियो ।21तब यहूदीहरूका मुख्य पूजाहारीहरूले पिलातसलाई भने,"'यहूदीहरूका राजा' नलेख्‍नुहोस्, बरु 'यसले म यहूदीहरूका राजा हुँ भन्यो' भनी लेख्‍नुहोस् ।” 22पिलातसले जवाफ दिए, “मैले जे लेखें सो लेखें ।”23सिपाहीहरूले येशूलाई क्रूसमा टाँगेपछि तिनीहरूले उहाँका वस्‍‍त्र लिए, प्रत्‍येक सिपाहीको लागि एक-एक भाग हुने गरी त्यसलाई चार भागमा बाँडे; र लबेदा पनि । अब लबेदाचाहिं सिउनीविनाको माथिदेखि पूरै बुनेको थियो । 24तब तिनीहरूले एक आपसमा भने, “यसलाई नच्यातौं, बरु यो कसको हुनेछ भनी निर्णय गर्न चिट्ठा हालौं ।” धर्मशास्‍‍‍त्रको वचन पूरा होस् भनेर यसो भयो, “तिनीहरूले मेरो वस्‍‍त्र आपसमा भाग लगाए र मेरो वस्‍‍त्रको लागि चिट्ठा हाले ।” सिपाहीहरूले यसो गरे ।25अब येशूकी आमा, उहाँकी आमाकी बहिनी, क्लोपासकी पत्‍नी मरियम र मरियम मग्दलिनी येशूको क्रूसको छेउमा उभिरहेका थिए । 26जब येशूले आफ्नी आमा र आफूले माया गर्नुभएका चेलालाई नजिकै उभिरहेका देख्‍नुभयो, उहाँले आफ्नी आमालाई भन्‍नुभयो, “हे नारी, हेर्नुहोस्, तपाईंको छोरो!” 27तब उहाँले ती चेलालाई भन्‍नुभयो, “हेर, तिम्री आमा!” त्यस बेलादेखि ती चेलाले तिनलाई आफ्नो घरमा लगे ।28यसपछि येशूले सबै कुरा अब सिद्धिए भन्‍ने जान्‍नुभयो र त्यसैले धर्मशास्‍‍त्र पूरा होस् भनेर उहाँले भन्‍नुभयो, “मलाई तिर्खा लाग्यो ।” 29अमिलो दाखमद्यले भरिएको एउटा भाँडा त्यहाँ राखिएको थियो, त्यसैले तिनीहरूले अमिलो दाखमद्यले भरिएको स्पन्जलाई हिसपको हाँगामा चोपेर उहाँको मुखमा पुर्‍याइदिए । 30जब येशूले अमिलो दाखमद्य लिनुभयो, उहाँले भन्‍नुभयो, “अब सिद्धियो ।” उहाँले आफ्नो शिर झुकाउनुभयो र आफ्नो आत्‍मा त्याग्‍नुभयो ।31यो तयारीको दिन भएकोले, र विश्रामको दिनको अवधिमा शरीरहरू क्रूसमा नरहोस् भन्‍ने हेतुले (किनकि त्यो विश्रामको दिन विशेष महत्त्‍वपूर्ण थियो), यहूदीहरूले पिलातसलाई तिनीहरूका खुट्टा भाँचेर तिनीहरूलाई हटाउनलाई आग्रह गरे । 32तब सिपाहीहरू आए र येशूसँगै क्रूसमा टाँगिएका पहिलो र दोस्रो मानिसका खुट्टा भाँचिदिए । 33जब तिनीहरू येशूकहाँ आए, तिनीहरूले उहाँको मृत्यु अगि नै भइसकेको देखे, त्यसैले तिनीहरूले उहाँका खुट्टा भाँचेनन् ।34तापनि सिपाहीहरूमध्ये एक जनाले उहाँको कोखमा भालाले घोचे, र तत्कालै रगत र पानी निस्क्यो । 35जसले यो देखे तिनले यो गवाही दिएका छन्, र तिनको गवाही सत्य छ । तिनले भनेको सत्य हो भनी तिनी जान्‍दछन्, ताकि तिमीहरूले पनि विश्‍वास गर्न सक ।36किनकि “उहाँको एउटै पनि हड्डी भाँचिनेछैन" भन्‍ने धर्मशास्‍‍त्र पूरा होस् भन्‍ने हेतुले यी कुराहरू भए । 37फेरि, अर्को ठाउँमा धर्मशास्‍‍त्र भन्छ, “तिनीहरूले उहाँलाई हेर्नेछन् जसलाई तिनीहरूले घोचे ।”38यी कुराहरूपछि अरिमाथियाका योसेफ, येशूका चेला भएका हुनाले (तर यहूदीहरूको डरले तिनी गुप्‍तमा मात्र चेला थिए), तिनले येशूको शरीरलाई लान पाऊँ भनी पिलातससँग अनुरोध गरे । पिलातसले तिनलाई अनुमति दिए । त्यसकारण योसेफ आए र उहाँको शरीर लगे । 39निकोदेमस पनि आए जो पहिले येशूकहाँ राति आएका थिए । तिनले झण्डै तेत्तिस किलो मूर्र र एलवाको मिश्रण ल्याए ।40त्यसैले तिनीहरूले येशूको शरीरलाई लगे र दफनको निम्ति यहूदीहरूको चलनअनुसार मसलासहित सुती कपडाले बेह्रे । 41अब उहाँलाई क्रूसमा झुण्ड्‍याइएको ठाउँमा एउटा बगैंचा थियो; र त्यो बगैंचामा एउटा नयाँ चिहान थियो जसमा अहिलेसम्म कसलाई गाडिएको थिएन । 42यो दिन यहूदीहरूका निम्ति तयारीको दिन भएको हुनाले र चिहान पनि नजिकै भएको हुनाले तिनीहरूले येशूलाई त्यसैमा राखे ।
201अब हप्‍ताको पहिलो दिन सबेरै अँध्यारो छँदै मरियम मग्दलिनी चिहानमा आइन्, र तिनले चिहानबाट ढुङ्गा हटाइएको देखिन् । 2यसकारण तिनी दौडिन्, अनि सिमोन पत्रुस र येशूले माया गर्नुभएका अर्का चेलाकहाँ आइन्, र तिनले तिनीहरूलाई भनिन्, “तिनीहरूले प्रभुलाई चिहानबाट निकालेर लगे, अनि तिनीहरूले उहाँलाई कहाँ राखेका छन्, हामी जान्दैनौं ।”3तब पत्रुस र ती अर्का चेला बाहिर निस्के र तिनीहरू चिहानतिर जाँदै थिए । 4तिनीहरू दुवै जना सँगसँगै दौडे, र अर्का चेला चाँडै पत्रुसभन्दा अगि दौडे, अनि चिहानमा पहिले आइपुगे । 5तब तिनले निहुरिएर हेरे, तिनले सुतीका कपडाहरू पडिरहेको देखे, तर तिनी भित्र पसेनन् ।6सिमोन पत्रुस तिनीपछि आइपुगे र चिहानभित्र गए । तिनले त्यहाँ सुतीका कपडाहरू पडिरहेका देखे 7अनि उहाँको शिरमा भएको कपडा पनि देखे । यो पडिरहेका कपडाहरूसँग थिएन, तर अलग्‍गै एक ठाउँमा पट्‌याइएको थियो ।8त्यसपछि चिहानमा पहिला आइपुग्‍ने ती अर्का चेला पनि भित्र गए, अनि तिनले देखे र विश्‍वास गरे । 9किनकि त्यसबेलासम्म पनि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुपर्छ भन्‍ने धर्मशास्‍‍त्र तिनीहरूले अझै पनि जानेनन् । 10यसकारण चेलाहरू फेरि घर गए ।11तर मरियमचाहिं रुँदै चिहानबाहिर उभिएरहेकी थिइन् । तिनले रुँदै निहुरिएर चिहानभित्र हेरिन् । 12तिनले सेतो पहिरनमा दुई जना स्वर्गदूतलाई, एउटा शिरपट्टि र अर्को पाउपट्टि बसिरहेका देखिन् जहाँ येशूको शरीर राखिएको थियो । 13तिनीहरूले तिनलाई भने, “हे नारी, तिमी किन रोइरहेकी छ्यौ?” तिनले तिनीहरूलाई भनिन्, “किनभने तिनीहरूले मेरा प्रभुलाई लगे, अनि मलाई थाहा छैन तिनीहरूले उहाँलाई कहाँ राखेका छन् ।”14जब तिनले यसो भनिन्, तिनी फर्किन्, अनि तिनले त्यहाँ येशू उभिरहनुभएको देखिन्, तर उहाँ येशू नै हुनुहुन्छ भनी तिनले चिनिनन् । 15येशूले तिनलाई भन्‍नुभयो, “ए नारी! तिमी किन रोइरहेकी छ्यौ? तिमी कसलाई खोज्दैछ्यौ?” तिनले उहाँलाई माली भनी ठानिन्, त्यसैले तिनले उहाँलाई भनिन्, “महाशय, यदि तपाईंले उहाँलाई लानुभएको छ भने मलाई बताउनुहोस् तपाईंले उहाँलाई कहाँ राख्‍नुभएको छ, र म उहाँलाई लिएर जानेछु ।”16येशूले तिनलाई भन्‍नुभयो, “मरियम!” तिनी फर्किन्, र आरमेइक भाषामा उहाँलाई भनिन्, “रब्बोनी” (जसको अर्थ “गुरुज्यू” भन्‍ने हुन्छ ) । 17येशूले तिनलाई भन्‍नुभयो, “मलाई नछोऊ, किनकि म अझै पिताकहाँ गएको छैनँ, तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, कि म मेरा पिता र तिमीहरूका पिता, अनि मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ जानेछु ।” 18मरियम मग्दलिनी चेलाहरूकहाँ आइन्, र भनिन् “मैले प्रभुलाई देखेको छु ” र उहाँले तिनलाई यी कुराहरू भन्‍नुभएको थियो भनी बताइन् ।19हप्‍ताको पहिलो दिनको साँझपख यहूदीहरूको डरले चेलाहरू ढोकाहरू बन्द गरेर बसेको अवस्थामा, येशू आउनुभयो र तिनीहरूका बीचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति!” 20उहाँले यसो भन्‍नुभएपछि, उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा देखाउनुभयो । चेलाहरूले प्रभुलाई देखेपछि तिनीहरू खुसी भए ।21तब येशूले तिनीहरूलाई फेरि भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस् । जसरी पिताले मलाई पठाउनुभएको छ त्यसरी नै म तिमीहरूलाई पठाउँदैछु ।” 22जब येशूले यसो भन्‍नुभयो उहाँले तिनीहरूमाथि सास फुक्‍नुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “पवित्र आत्मा लेओ । 23तिमीहरूले जसका पापहरू क्षमा गर्छौ, तिनीहरूलाई क्षमा गरिन्छन्; जसका पापहरू तिमीहरू रहनदिन्छौ, ती रहनदिइन्छन् ।”24येशू आउनुहुँदा बाह्र जना चेलामध्ये दिदुमस भनिने थोमाचाहिं तिनीहरूसँग थिएनन् । 25पछि अरू चेलाहरूले तिनलाई भने, “हामीले प्रभुलाई देखेका छौ ।" तिनले तिनीहरूलाई भने, “मैले उहाँका हातमा काँटीहरूका डोब नदेखेसम्म, र मेरो औंला काँटीहरूका डोबमा नहालेसम्म, र उहाँको कोखमा मेरो हात नहालेसम्म म विश्‍वास गर्नेछैनँ ।”26आठ दिनपछि उहाँका चेलाहरू फेरि भित्रै थिए, र थोमा पनि तिनीहरूसँगै थिए । ढोकाहरू बन्द गरिएको अवस्थामा नै येशू तिनीहरूकहाँ आउनुभयो र तिनीहरूका बीचमा उभिनुभयो, र भन्‍नुभयो, “तिमीहरूलाई शान्ति!” 27त्यसपछि उहाँले थोमालाई भन्‍नुभयो, “तिम्रो औंला यहाँ हाल, र मेरा हातहरू हेर । तिम्रो हात यहाँ मेरो कोखामा हाल ।अविश्‍वासी नहोऊ, तर विश्‍वास गर ।”28थोमाले जवाफ दिए, र उहाँलाई भने, “मेरा प्रभु र मेरा परमेश्‍वर ।” 29येशूले तिनलाई भन्‍नुभयो, “तिमीले मलाई देखेको कारणले विश्‍वास गरेका छौ । धन्य हुन् तिनीहरू जसले देखेका छैनन्, र विश्‍वास गरे ।”30अब येशूले चेलाहरूको उपस्थितिमा अरू धेरै चिन्हहरू गर्नुभयो, जुन चिन्‍हहरू यस पुस्तकमा लेखिएका छैनन् । 31तर यीचाहिं लेखिएका छन्, ताकि येशू नै ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी तिमीहरूले विश्‍वास गर्न सक, र विश्‍वास गरेर उहाँको नाउँमा तिमीहरूले जीवन पाउन सक ।
211यी कुराहरूपछि फेरि येशूले आफैंलाई तिबेरियासको समुद्रमा चेलाहरूकहाँ प्रकट गर्नुभयो । उहाँले आफैंलाई यसरी प्रकट गर्नुभयोः 2सिमोन पत्रुस, दिदुमस भनिने थोमा, गालीलको कानाका नथानेल, जब्दियाका छोराहरू, र येशूका अरू दुई चेलासँगै थिए । 3सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जाँदैछु ।” तिनीहरूले तिनलाई भने, “हामी पनि तिमीसँगै आउनेछौं ।” तिनीहरू गए, र डुङ्गामा चढे, तर रातभरिमा तिनीहरूले केही पक्रेनन् ।4अब बिहान सबेरै येशू समुद्रको किनारमा खडा हुनुभयो, तर उहाँ येशू हुनुहुन्थ्यो भनी चेलाहरूले चिनेनन् । 5त्यसैले येशूले तिनीहरूलाई भन्‍नुभयो, “ए जवान मानिसहरू, के तिमीहरूसँग कुनै खानेकुरा छ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “छैन ।” 6उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको जाल डुङ्गाको दाहिनेपट्टि हान, अनि तिमीहरूले केही भेट्टाउनेछौ ।” त्यसैले तिनीहरूले आफ्नो जाल हाने, तर माछाहरू अति धेरै भएकोले तिनीहरूले त्यो तान्‍न सकेनन् ।7तब येशूले प्रेम गर्नुभएका चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु हुनुहुन्छ ।” जब सिमोन पत्रुसले उहाँ प्रभु हुनुहुन्छ भन्‍ने सुने, तिनले तिनको बाहिरी वस्‍‍त्र बाँधे (किनकि तिनले त्यो फुकालेका थिए), र समुद्रमा हामफाले । 8अरू चेलाहरू डुङ्गामा चढे (किनकि तिनीहरू जमिनबाट धेरै टाढा थिएनन्, करिब सय मिटर टाढा मात्र थिए), र तिनीहरूले माछाले भरिएको जाल तानिरहेका थिए । 9जब तिनीहरू जमिनमा उत्रे, तिनीहरूले आगोको भुङ्ग्रो र त्यसमा रोटीसँगै माछा राखेको देखे ।10येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले भर्खरै पक्रेका केही माछाहरू ल्याओ ।” 11तब सिमोन पत्रुस गए, र १५३ ठुला-ठुला माछाले भरिएको त्यो जाल जमिनमा ल्याए, तर यति धैरै भए तापनि जाल च्यातिएन ।12येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, र खाजा खाओ ।” कुनै पनि चेलाले “तपाईं को हुनुहुन्छ?” भनी उहाँलाई सोध्‍ने साहस गरेन । तिनीहरूले उहाँ प्रभु हुनुहुन्थ्यो भनी जान्दथिए । 13येशू आउनुभयो, रोटी लिनुभयो, र त्यो तिनीहरूलाई दिनुभयो र माछा पनि दिनुभयो । 14मृत्युबाट जीवित हुनुभएपछि येशूले आफूलाई चेलाहरूकहाँ प्रकट गर्नुभएको यो तेस्रो पटक थियो ।15तिनीहरूले खाजा खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमीले मलाई यिनीहरूभन्दा पनि बढी प्रेम गर्छौ?” पत्रुसले उहाँलाई भने, “हो प्रभु, तपाईं जान्‍नुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा पाठाहरूलाई खुवाऊ ।” 16उहाँले तिनलाई फेरि दोस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुसले उहाँलाई जवाफ दिए, “हो प्रभु, तपाईं जानुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूको हेरचाह गर ।”17उहाँले तिनलाई तेस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुस निराश भए, किनभने येशूले तिनलाई “के तिमी मलाई प्रेम गर्छौ?” भनी तेस्रो पटक सोध्‍नुभएको थियो । तिनले उहाँलाई भने, “प्रभु, तपाईं सबै थोक जान्‍नुहुन्छ, कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूलाई खुवाऊ ।” 18साँचो साँचो म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ, तिमी आफैं कपडा लगाउँथ्यौ र जहाँ चाहन्थ्यौ त्यतै हिंड्डुल गर्थ्यौ, तर जब तिमी वृद्ध हुन्छौ, तिमीले आफ्ना हात पसार्नेछौ र कसैले तिमीलाई कपडा लगाइदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ तिमीलाई बोकेर लैजानेछ ।19अब पत्रुसले कस्तो किसिमको मृत्युले परमेश्‍वरलाई महिमा गर्नेछन् भनी सङ्केत गर्न येशूले यसो भन्‍नुभयो । उहाँले यो बताउनुभएपछि पत्रुसलाई भन्‍नुभयो, “मलाई पछ्‍याऊ ।”20पत्रुस फर्के र तिनले येशूले प्रेम गर्नुभएका चेला अर्थात् भोजमा येशूको छातीमा अडेस लगाएर बसेका र उहाँलाई, “प्रभु, तपाईंलाई विश्‍वासघात गर्ने को हो?” भनी सोधेका चेला उहाँहरूको पछिपछि आइरहेको देखे । 21पत्रुसले तिनलाई देखे, र त्यसपछि येशूलाई भने, “प्रभु, यी मानिसले चाहिं के गर्नेछन्?”22येशूले तिनलाई भन्‍नुभयो, “यदि म नआउञ्‍जेलसम्म तिनी रहेको चाहें भने पनि तिमीलाई के भयो त? मलाई पछ्‍याऊ ।” 23त्यसैले ती चेला मर्नेछैनन् भन्‍ने यो भनाइ भाइहरूमाझ फैलियो । तरै पनि येशूले पत्रुसलाई अर्का चेला मर्दैनन् भन्‍नुभएन, तर “यदि म नआउञ्‍जेलसम्म तिनी रहेको चाहें भने पनि तिमीलाई के भयो त?” भन्‍नुभयो ।24यी कुराहरूको गवाही दिने, र यी कुराहरू लेख्‍ने यिनै चेला हुन्, र हामी जान्‍दछौं कि तिनको गवाही सत्य छ । 25येशूले गर्नुभएका अरू पनि धेरै कुराहरू छन् । यदि ती प्रत्‍येक लेखिएका भए, मलाई लाग्छ, ती लेखिने पुस्तकहरू संसारमा पनि अटाउने थिएनन् ।