To view a copy of the CC BY-SA 4.0 license visit
http://creativecommons.org/licenses/by-sa/4.0/
Notices:
You do not have to comply with the license for elements of the material in
the public domain or where your use is permitted by an applicable
exception or limitation.
No warranties are given. The license may not give you all of the
permissions necessary for your intended use. For example, other rights
such as publicity, privacy, or moral rights may limit how you use the
material.
याकूबको पत्र
11परमेश्वर र प्रभु येशू ख्रीष्टका सेवक याकूबबाट, छरपष्ट भएका बाह्र कुललाई अभिवादन! 2मेरा भाइहरू हो, तिमीहरूले अनेकौं किसिमका समस्याहरूको अनुभव गर्दा त्यसलाई पूर्ण रूपमा आनन्द सम्झ, 3तिमीहरू जान्दछौ, कि तिमीहरूको विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ ।4धैर्यलाई पूर्ण रूपमा काम गर्न देओ, ताकि तिमीहरू सम्पूर्ण रूपमा सुधारिएको र पूर्ण हुन सक र तिमीहरूमा कुनै कुराको कमी नहोस् । 5तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने, माग्ने जति सबैलाई उदारतासँग र नहप्काइकन दिनुहुने परमेश्वरसँग त्यसले मागोस् र उहाँले त्यसलाई त्यो दिनुहुनेछ ।6तर त्यसले शङ्का नगरी विश्वाससाथ मागोस् । किनकि शङ्का गर्नेचाहिं बतासले हुत्त्याउने र यताउता पल्टाउने समुद्रको छालजस्तो हुन्छ । 7त्यस्तो व्यक्तिले प्रभुबाट कुनै पनि कुरा पाउनेछु भनी नसोचोस्, 8त्यस्तो व्यक्ति दोहोरो मनको हुन्छ, र आफ्ना सबै चालमा अस्थिर हुन्छ ।9दीन भाइले आफ्नो उच्च अवस्थामा गर्व गरोस्, 10तर धनी मानिसले आफ्नो दीनतामा गर्व गरोस्, किनभने त्यो घाँसमा फलेको जङ्गली फुलझैं ओइलाएर बितिजानेछ । 11किनकि प्रचण्ड तापसहित सूर्य उदाउँछ र घाँसलाई सुकाइदिन्छ । फुल झर्छ, र त्यसको सौन्दर्य नष्ट हुन्छ । त्यसैगरी, धनी मानिस आफ्नो यात्राको बीचमा नै बिलाएर जानेछ ।12त्यो मानिस धन्यको हो जो परीक्षामा स्थिर रहन्छ । किनकि परीक्षामा सफलता प्राप्त गरिसकेपछि त्यसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति प्रतिज्ञा गरिएको छ । 13परीक्षामा पर्दा “म परमेश्वरबाट परीक्षामा परेको छु” भनी कसैले पनि नभनोस् किनभने दुष्टबाट परमेश्वरको परीक्षा हुँदैन न त उहाँ आफैंले पनि कसैको परीक्षा गर्नुहुन्छ ।14तर प्रत्येक व्यक्ति आफ्नै अभिलाषाद्वारा परीक्षामा पर्छ, जसले त्यसलाई बहकाउँछ र प्रलोभनमा पार्छ । 15अभिलाषाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ, अनि पाप पूर्ण रूपमा बढेपछि त्यसले मृत्यु ल्याउँछ । 16मेरा प्रिय भाइहरू हो, धोकामा नपर ।17हरेक असल वरदान र हरेक सिद्ध वरदान माथिबाटको हो । ज्योतिका पिताबाट त्यो तल आउँछ । उहाँमा कुनै परिवर्तन हुने वा बदली हुने छाँया हुँदैन। 18उहाँले सृष्टि गर्नुभएका सबै कुरामध्ये हामी पहिलो फलझैं हुन सकौं भनेर परमेश्वरले सत्यको वचनद्वारा हामीलाई जीवन दिनलाई चुन्नुभयो ।19मेरो प्रिय भाइहरू हो, तिमीहरू यो जान्दछौः हरेक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा होस् । 20किनकि मानिसको रिसले परमेश्वरको धार्मिकता पूरा गर्दैन । 21यसकारण, सबै पापमय घिनलाग्दा कुरा र दुष्टताको प्रचुरतालाई मिल्काइदेओ । रोपिएको वचनलाई विनम्रतामा धारण गर जसले तिमीहरूका प्राणलाई बचाउन सक्छ ।22आफैंलाई धोका दिने गरी वचन सुन्ने मात्र होइन, तर पालन पनि गर । 23किनकि यदि कोही वचन सुन्ने मात्र व्यक्ति हो, तर पालन गर्ने व्यक्ति होइन भने त्यो ऐनामा आफ्नो स्वाभाविक अनुहार जाँच्ने मानिसजस्तै हो । 24त्यसले आफैंलाई जाँच्छ र गइहाल्छ र त्यो कस्तो थियो भन्ने कुरा तुरुन्तै बिर्सिहाल्छ । 25तर सुनेर बिर्सने व्यक्ति मात्र नभई स्वतन्त्रताको सिद्ध व्यवस्थालाई होसियारीपूर्वक ध्यान दिने र निरन्तर त्यस्तै गरिरहने व्यक्तिचाहिँ त्यसले गर्ने कामहरूमा आशिषित हुनेछ ।26यदि कसैले आफैंलाई धार्मिक ठान्छ, तर त्यसले आफ्नो जिब्रोलाई नियन्त्रण गर्दैन भने त्यसले आफ्नो हृदयलाई धोका दिन्छ र त्यसको धर्म व्यर्थको हुन्छ । 27हाम्रा परमेश्वर र पिताको सामु पवित्र र निष्कलङ्क धर्म यही होः अनाथ र विधवाहरूको कष्टमा तिनीहरूलाई सहायता गर्नु, अनि आफैंलाई संसारबाट दोषरहित राख्नु ।
21मेरा भाइहरू हो, केही मानिसहरूप्रति पक्षपात गर्दै महिमाका प्रभु हाम्रा प्रभु येशू ख्रीष्टमा तिमीहरूले विश्वास नगर । 2मानोें कि कोही मानिस तिमीहरूको सभामा सुनका औंठीहरू र राम्रा-राम्रा लुगाहरू लगाएर प्रवेश गर्यो र त्यहाँ एउटा गरिब मानिस पनि फोहोर पहिरनमा प्रवेश गर्यो । 3यदि तिमीहरूले त्यस राम्रा-राम्रा लुगा लगाएको मानिसतर्फ हेर्छौ र “कृपया यहाँ यस राम्रो स्थानमा बस्नुहोस्” भनेर भन्छौ, तर तिमीहरूले त्यस गरिब मानिसलाई “तँ यहीं उभी” वा “मेरो पाउनेर बस्” भनेर भन्छौ भने, 4के तिमीहरूले आफ्नै बीचमा न्याय गरिरहेका छैनौ र? के तिमीहरू दुष्ट विचारहरू भएका न्यायकर्ताहरू बनेनौ र?5मेरा प्रिय भाइहरू हो, सुन, के परमेश्वरले संसारका गरिबहरूलाई विश्वासमा धनी हुनको निम्ति र उहाँलाई प्रेम गर्नेहरूका निम्ति उहाँले प्रतिज्ञा गर्नुभएको राज्यको उत्तराधिकारीहरू हुनलाई चुन्नुभएन र? 6तर तिमीहरूले गरिबहरूलाई अनादर गरेका छौ! के तिमीहरूमाथि दमन गर्ने धनीहरू नै होइनन् र? तिमीहरूलाई अदालतमा तानेर लैजाने तिनीहरू नै होइनन् र? 7तिमीहरूलाई जुन असल नामद्वारा बोलावट भएको छ त्यसको तिनीहरूले अपमान गर्दैनन् र?8तथापि, यदि तिमीहरूले धर्मशास्त्रअनुसार “आफ्ना छिमेकीलाई आफूलाई झैं प्रेम गर” भन्ने राजकीय व्यवस्थालाई पूरा गर्छौ भने, तिमीहरूले असलै गर्छौ । 9तर यदि तिमीहरूले कोही मानिसहरूप्रति भेदभाव देखायौ भने, तिमीहरूले पाप गरिरहेका हुन्छौ, र तिमीहरू व्यवस्थाद्वारा अपराधीको रूपमा दोषी ठहरिन्छौ ।10किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्छ, तर एउटै कुरामा मात्र ठक्कर खान्छ भने, त्यो सम्पूर्ण व्यवस्थाको उल्लङ्घन गरेकोमा दोषी ठहरिन्छ । 11किनकि जसले “व्यभिचार नगर” भनेर भन्नुभयो उहाँले “हत्या नगर” पनि भन्नुभयो । यदि तिमीहरूले व्यभिचार गर्दैनौ, तर हत्या गर्छौ भने तिमीहरू व्यवस्थाको अपराधी भएका छोे ।12यसकारण, स्वतन्त्रताको व्यवस्थाद्वारा न्याय हुनेहरूझैं गरी बोल र व्यवहार गर । 13किनकि कृपा नदेखाउनेहरूमाथि कृपाविना नै न्याय आउँछ । कृपा न्यायमाथि विजयी हुन्छ ।14मेरा भाइहरू हो, यदि कोही मानिसले त्यससित विश्वास छ भनी भन्छ तर त्यसले कुनै काम गर्दैन भने, त्यसबाट के लाभ? के त्यस विश्वासले त्यसलाई बचाउन सक्छ र? 15मानोें कि कोही भाइ वा बहिनीको पहिरन राम्रो छैन र त्यसको निम्ति दैनिक भोजनको अभाव छ । 16मानोें कि तिमीहरूमध्ये कसैले त्यसलाई “शान्तिसँग जाऊ, न्यानो गरी बस र पेटभरि खाऊ” भनेर भन्छौ । यदि तिमीहरूले शरीरलाई आवश्यक पर्ने कुराहरूचाहिं तिनीहरूलाई दिंदैनौ भने, त्यसबाट के लाभ भयो र? 17त्यसेेगरी यदि विश्वास पनि कामबिनाको छ भने त्यो मरेतुल्य हुन्छ ।18तर पनि कसैले यसो भन्ला, “तिमीहरूसँग विश्वास छ, र मसँग कामहरू छन् ।” कामविना तिमीहरूको विश्वास मलाई देखाऊ र मैले मेरा कामहरूद्वारा आफ्नो विश्वास तिमीहरूलाई देखाउनेछु । 19परमेश्वर एउटै हुनुहुन्छ भनेर तिमीहरू विश्वास गर्छौ; तिमीहरूले त्यो असल गर्छौ । तर भूतात्माहरूले पनि विश्वास गर्छन्, र तिनीहरू थरथर काम्छन् । 20मूर्ख मानिस हो, के तिमी यो जान्न चाहन्छौ, कि कामविनाको विश्वास व्यर्थ हुन्छ? 21जब हाम्रा पिता अब्राहामले वेदीमा आफ्ना पुत्र इसहाकलाई अर्पण गरे, के तिनी कामद्वारा नै धर्मी ठहरिएका थिएनन् र? 22तिमीहरू देख्छौ, कि तिनका कामहरूसँगै विश्वासले कार्य गर्यो, र कामहरूद्वारा नै तिनको विश्वास पूर्ण भयो । 23धर्मशास्त्रको यस्तो भन्ने वचन पूरा भयो, “अब्राहामले परमेश्वरमा विश्वास गरे, र त्यो तिनको निम्ति धार्मिकता गनियो ।” र तिनी परमेश्वरको मित्र कहलिए । 24तिमीहरू देख्छौ, कि कामद्वारा मानिस धर्मी ठहरिन्छ, विश्वासद्वारा मात्र होइन ।25त्यसैगरी, राहाब वेश्याले पनि गुप्तचरहरूलाई स्वागत गरेर अर्कै बाटोबाट पठाइदिंदा, के तिनी कामद्वारा नै धर्मी ठहरिएकी थिइनन् र? 26जसरी आत्मादेखि अलग हुँदा शरीर मर्छ, त्यसै गरी कामबाट अलग हुँदा विश्वास पनि मर्छ ।
31मेरा भाइहरू हो, धेरै जना शिक्षक बन्नु हुँदैन । हामी यो जान्दछोे, कि हामी, शिक्षा दिनेहरूको अझ धेरै कडा इन्साफ हुनेछ । 2किनकि हामी धेरै किसिमले ठेस खान्छौं। यदि कोही वचनमा ठक्कर खाँदैन भने, त्यो पूर्ण रूपमा परिपक्व मानिस हो, जसले त्यसको सारा शरीरलाई नै नियन्त्रण गर्न सक्छ ।3आज्ञा पालन गराउनको निम्ति अब यदि हामीले घोडाहरूका मुखमा लगाम लगायौं भने, हामीले त्यसका सारा शरीरलाई नै नियन्त्रण गर्न सक्छौं । 4पानी जहाजहरूलाई ख्याल गर, तिनीहरू धेरै ठुला हुन्छन् र तिनीहरू तेज बतासले चलाइँदा पनि धेरै सानो पतवारद्वारा चालकले जहाँ लैजान चाहन्छ त्यो त्यहीं लगिन्छ ।5त्यसै गरी, जिब्रो पनि शरीरको एउटा सानो अङ्ग हो, तरै पनि त्यसले ठुला कुराहरूको शेखी गर्छ । ख्याल गर, एउटा सानो आगोको झिल्कोले कसरी ठुलो जङ्गलमा डढेलो लगाउँछ । 6जिब्रो पनि आगो नै हो, हाम्रा शरीरका अङ्गहरूमध्ये यो अधर्मको दुनियाँ नै हो । जिब्रोले सम्पूर्ण शरीरलाई अशुद्ध तुल्याउँछ र जीवनको मार्गमा आगो लगाउँछ । नरकद्वारा यो आफैं आगोले सल्किएको छ ।7किनकि सबै किसिमका जङ्गली जनावरहरू, चराचुरुङ्गीहरू, घस्रने जन्तुहरू, र समुद्रमा भएका प्राणीहरूलाई वंशमा राखिएको छ र ती मानव-जातिद्वारा नै वशमा राखिएको छ । 8तर कुनै मानिसले पनि जिब्रोलाई वशमा राख्न सक्दैन । यो घातक विषले भरिएको र नियन्त्रण गर्न नसकिने दुष्ट हो ।9यही जिब्रोले हामी प्रभु र पिताको प्रशंसा गर्छौं, र यसैले हामी परमेश्वरको स्वरूपमा बनाइएका मानिसहरूलाई सराप्छौं । 10एउटै मुखबाट आशिष् र सराप निस्किन्छन् । मेरा भाइहरू हो, यस्ता कुराहरू हुनुहुँदैन ।11के एउटा छहराको मुखबाट त्यसले मिठो र तितो पानी दुवै निकाल्छ र? 12मेरा भाइहरू हो, के अन्जीरको बोटले जैतून फलाउँछ र? वा दाखको बोटले अन्जीर फलाउँछ? न त नुनिलो पानीले मिठो पानी निकाल्न सक्छ ।13तिमीहरूका माझमा बुद्धिमान् र समझदार को छ? त्यस व्यक्तिले बुद्धिको नम्रतामा आफ्ना कामहरूद्वारा एउटा असल जीवन जिएर देखाओस् । 14तर यदि तिमीहरूको हृदयमा तितो ईर्ष्या र अभिलाषा छ भने, सत्यको विरुद्धमा शेखी नगर र झुटो नबोल ।15यो माथिबाट तल आउने विवेक होइन । बरु, यो त सांसारिक, अनात्मिक र शैतानिक हो । 16किनकि जहाँ ईर्ष्या र अभिलाषा हुन्छ, त्यहाँ भ्रम र हरेक किसिमको दुष्ट काम हुन्छ । 17तर स्वर्गबाट आउने विवेकचाहिं सर्वप्रथम शुद्ध हुन्छ, त्यसपछि शान्तिप्रिय, कोमल, प्रतिक्रियाशील, कृपा र असल फलले पूर्ण, निष्पक्ष र निष्कपट हुन्छ । 18अनि धार्मिकताको फलचाहिं शान्ति कायम गर्नेहरूका माझमा शान्तिमा छरिएको छ ।
41तिमीहरूका माझमा झगडा र विवाद कहाँबाट आउँछ? के त्यो तिमीहरूका सदस्यहरूका बीचमा लडन्त गर्ने तिमीहरूका अभिलाषाहरूबाट आउँदैनन् र? 2तिमीहरू इच्छा गर्छौ, र तिमीहरूसँग हुँदैन । तिमीहरू हत्या गर्छौ र लालच गर्छोे, र तिमीहरू प्राप्त गर्न सक्षम हुँदैनौ । तिमीहरू लड्छौ र झगडा गर्छौ । तिमीहरूसँग छैन किनभने तिमीहरू माग्दैनौ । 3तिमीहरू माग्छौ र पाउँदैनौ किनभने तिमीहरूले आफ्ना अभिलाषाको निम्ति प्रयोग गर्न सकियोस् भनेर खराब नियतले माग्छौ ।4तिमी व्यभिचारीहरू हो! संसारसितको मित्रता परमेश्वरको विरुद्धमा भएको शत्रुता हो भनी के तिमीहरूलाई थाहा छैन? त्यसकारण जसले संसारको मित्र हुने इच्छा गर्छ, त्यसले आफैंलाई परमेश्वरको शत्रु बनाउँछ । 5वा के तिमीहरू ठान्छौ कि धर्मशास्त्रले व्यर्थमा भन्छ, “उहाँले हामीमा बास गर्न लगाउनुभएका आत्मा अत्यन्तै डाही हुनुहुन्छ।”6तर परमेश्वरले अझ बढी अनुग्रह दिनुहुन्छ, यसैकारण धर्मशास्त्रले भन्छ, “परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ ।” 7त्यसकारण परमेश्वरमा आफैंलाई समर्पण गर । शैतानको विरोध गर, र त्यो तिमीहरूबाट भाग्नेछ ।8परमेश्वरको नजिक आओ, र उहाँ तिमीहरूको नजिक आउनुहुनेछ । ए पापीहरू हो, तिमीहरूका हात सफा पार, र ए दोमनका मानिसहरू हो, तिमीहरूका हृदय शुद्ध पार । 9दुःखी होओ; विलाप गर; र रोओ! तिमीहरूका हाँसो दुःखमा र तिमीहरूको आनन्द निराशामा परिणत होस् । 10प्रभुको सामु आफैंलाई विनम्र तुल्याओ, र उहाँले तिमीहरूलाई माथि उठाउनुहुनेछ ।11भाइहरू हो, एक अर्काको विरुद्धमा नबोल । कुनै एक जना भाइको विरुद्धमा बोल्ने वा आफ्नो भाइको न्याय गर्ने व्यक्तिले व्यवस्थाको विरुद्धमा बोल्छ र व्यवस्थाको न्याय गर्छ । यदि तिमीहरू व्यवस्थाको न्याय गर्छौ भने, तिमीहरू व्यवस्थालाई पालन गर्नेहरू हुँदैनौ, तर न्यायकर्ता पो हुन्छौ । 12व्यवस्था दिने र न्यायकर्ता एक जना मात्र हुनुहुन्छ । बचाउन र नाश गर्न सक्नुहुने उहाँ मात्र एक हुनुहुन्छ । आफ्नो छिमेकीको इन्साफ गर्ने तिमीहरू को हौ?13अब सुन, तिमीहरू जसले भन्छौ, “आज वा भोलि हामी यो सहरभित्र प्रवेश गर्नेछौं, र त्यहाँ एक वर्ष बिताउनेछौं र व्यापार गरेर नाफा कमाउनेछौं। " 14भोलि के हुनेछ, र तिम्रो जीवन कस्तो छ भन्ने कुरा कसलाई थाहा छ? किनकि तिमीहरू त तुवाँलो हौ जुन केही समय देखा पर्छ र त्यसपछि हराइहाल्छ ।15यसको साटो तिमीहरूले यस्तो भन्नुपर्छ, “यदि प्रभुले इच्छा गर्नुभयो भने, हामी जिउनेछौं र यो वा त्यो गर्नेछौं ।” 16तर अहिले तिमीहरू आफ्ना अभिमानी योजनाहरूका विषयमा शेखी गरिरहेका छौ । यस्ता सबै शेखी खराब हुन् । 17त्यसकारण जसले भलाइ गर्न जानेर पनि भलाइ गर्दैन भने त्यो त्यसको निम्ति पाप हुन्छ ।
51अब आओ, तिमीहरू जो धनी छौ, तिमीहरूमा आइरहेको कष्टहरूको कारण रोओ र विलाप गर । 2तिमीहरूका धनहरू सडेका छन् र तिमीहरूका पोसाकहरू किराले खाएका छन् । 3तिमीहरूका सुन र चाँदीहरूमा कस लागेको छ र तिनीहरूमा लागेको कस तिमीहरूको विरुद्ध साक्षी हुनेछ । त्यसले तिमीहरूका शरीरलाई आगोले झैं नाश पार्नेछ । तिमीहरूले आफ्ना धन सम्पत्तिलाई अन्तिम दिनका निम्ति थुपारिराखेका छौ ।4हेर, ती खेतालाहरूको ज्याला जुन तिमीहरूका खेतहरूमा कटनी गर्नेहरूलाई दिन तिमीहरूले रोक लगायोे, त्यो तिमीहरूको विरुद्धमा कराइरहेको छ। ती खेतालाहरूको चित्कार सेनाहरूका प्रभुका कानसम्म पुगेको छ । 5तिमीहरू पृथ्वीमा सुख विलासमा बसेका छौ र आफैंलाई तृप्त पारेका छौ । तिमीहरूले आफ्ना हृदयलाई बलिको दिनको निम्ति हृष्टपुष्ट पारेका छौ । 6तिमीहरूले धर्मी जनलाई दोष लगाएका छौ र हत्या गरेका छौ । त्यसले तिमीहरूको विरोध गर्दैन ।7त्यसकारण, भाइहरू हो, प्रभुको आगमनसम्म धैर्य धारण गर । किसानले जमिनबाट मूल्यवान् फसल पाउनलाई प्रतीक्षा गरेको हेर । त्यसले अगिल्लो र पछिल्लो वर्षा नपाएसम्म उसले त्यो धैर्यसँग प्रतीक्षा गरिरहन्छ । 8तिमीहरू पनि धैर्य धारण गर । तिमीहरूको हृदयलाई बलियो बनाओ, किनभने प्रभुको आगमन नजिकै छ ।9भाइहरू हो, एक अर्काको विरुद्धमा गनगन नगर ताकि तिमीहरू दोषी नठहरिओस् । हेर, न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ । 10भाइहरू हो, प्रभुको नाममा बोल्ने अगमवक्ताहरूको कष्ट र धैर्यबाट एउटा उदाहरण लेओ । 11हेर, जसले धैर्य धारण गरे हामी तिनीहरूलाई आशिषित मान्छौं । तिमीहरूले अय्यूबको धैर्यको बारेमा सुनेका छौ, र प्रभु कति धेरै दयालु र कृपालु हुनुहुन्छ भन्ने विषयमा प्रभुको उद्देश्य तिमीहरूलाई थाहा छ ।12यी सबै कुराभन्दा माथि, मेरा भाइहरू हो, स्वर्गद्वारा वा पृथ्वीद्वारा वा कुनै पनि कुराद्वारा शपथ नखाओ । बरु, तिमीहरू इन्साफमा नपर्नको निम्ति तिमीहरूको “हो” को अर्थ चाहिं “हो” र “होइन” को अर्थ चाहिं “होइन” नै होस् ।13के तिमीहरूका माझमा कसैले कष्ट भोगिरहेको छ? त्यसले प्रार्थना गरोस् । के कोही आनन्दित छ? त्यसले प्रशंसाको गीत गाओस् । 14के तिमीहरूका माझमा कोही बिरामी छ? त्यसले मण्डलीका एल्डरहरूलाई बोलाओस्, अनि तिनीहरूले त्यसलाई प्रार्थना गरून् । प्रभुको नाममा तिनीहरूले त्यसलाई तेलले अभिषेक गरून् । 15विश्वासको प्रार्थनाले त्यस बिरामी मानिसलाई निको पार्नेछ, र प्रभुले त्यसलाई माथि उठाउनुहुनेछ । यदि त्यसले पाप गरेको छ भने, परमेश्वरले त्यसलाई क्षमा गर्नुहुनेछ ।16त्यसकारण एक अर्कामा आफ्ना पापहरू मानिलेओ, र एक अर्काका निम्ति प्रार्थना गर, ताकि तिमीहरू निको हुन सक । धर्मी मानिसको प्रार्थना आफ्नो काममा धेरै शक्तिशाली हुन्छ । 17एलिया पनि हामीजस्तै मानिस थिए । पानी नपरोस् भनी तिनले नम्रतापूर्वक प्रार्थना गरे, र देशमा तीन वर्ष र छ महिनासम्म पानी परेन । 18अनि एलियाले फेरि प्रार्थना गरे । आकाशले पानी दियो र पृथ्वीले त्यसको फल उब्जायो ।19मेरा भाइहरू हो, यदि तिमीहरूमध्ये कोही सत्यबाट तर्किएर जान्छ, र कसैले त्यसलाई फर्काएर ल्याउँछ भने, 20त्यस व्यक्तिले यो थाहा गरोस्, कि जसले कुनै पापीलाई त्यसको भड्किएको मार्गबाट फर्काउँछ, त्यसले त्यसलाई मृत्युबाट बचाउनेछ, र असङ्ख्य पापलाई ढाक्नेछ ।