Nepali: Unlocked Literal Bible for कलस्सीहरूलाई पावलको पत्र

Formatted for Translators

©2022 Wycliffe Associates
Released under a Creative Commons Attribution-ShareAlike 4.0 International License.
Bible Text: The English Unlocked Literal Bible (ULB)
©2017 Wycliffe Associates
Available at https://bibleineverylanguage.org/translations
The English Unlocked Literal Bible is based on the unfoldingWord® Literal Text, CC BY-SA 4.0. The original work of the unfoldingWord® Literal Text is available at https://unfoldingword.bible/ult/.
The ULB is licensed under the Creative Commons Attribution-ShareAlike 4.0 International License.
Notes: English ULB Translation Notes
©2017 Wycliffe Associates
Available at https://bibleineverylanguage.org/translations
The English ULB Translation Notes is based on the unfoldingWord translationNotes, under CC BY-SA 4.0. The original unfoldingWord work is available at https://unfoldingword.bible/utn.
The ULB Notes is licensed under the Creative Commons Attribution-ShareAlike 4.0 International License.
To view a copy of the CC BY-SA 4.0 license visit http://creativecommons.org/licenses/by-sa/4.0/
Below is a human-readable summary of (and not a substitute for) the license.
You are free to:
The licensor cannot revoke these freedoms as long as you follow the license terms.
Under the following conditions:
Notices:
You do not have to comply with the license for elements of the material in the public domain or where your use is permitted by an applicable exception or limitation.
No warranties are given. The license may not give you all of the permissions necessary for your intended use. For example, other rights such as publicity, privacy, or moral rights may limit how you use the material.

कलस्सीहरूलाई पावलको पत्र

11पावल, परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूका एक प्रेरित र हाम्रा भाइ तिमोथीबाट 2कलस्सेमा ख्रीष्‍टमा भएका परमेश्‍वरका पवित्र जनहरू र विश्‍वासयोग्य भाइहरू, परमेश्‍वर हाम्रा पिताबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।1 3हामी परमेश्‍वर,हाम्रा प्रभु येशू ख्रीष्‍टका पितालाई धन्यवाद दिन्छौं र तिमीहरूका निम्ति सधैं प्रार्थना गर्छौं ।4येशू ख्रीष्‍टमा भएको तिमीहरूको विश्‍वास तथा परमेश्‍वरका पवित्र जनहरू सबैका लागि तिमीहरूमा भएको प्रेमको बारेमा हामीले सुनेका छौं । 5स्वर्गमा तिमीहरूका लागि सुरक्षित रहेको आशाको कारण तिमीहरूमा यो प्रेम छ । यो आशाको बारेमा तिमीहरूले सत्यको वचन, अर्थात् सुसमाचारभन्दा पहिले सुन्यौ, 6जुन तिमीहरूकहाँ आयो । यस सुसमाचारले फल फलाउँदैछ र यो सारा संसारभरि फैलिंदै छ । अनि तिमीहरूले यसलाई सुनेका तथा सत्यतामा परमेश्‍वरको अनुग्रहलाई जानेका दिनदेखि नै तिमीहरूमा पनि यो बढिरहेको छ ।7यो सुसमाचार तिमीहरूले इपाफ्रासबाट सिकेको जस्तै हो, जो हाम्रा प्रिय संगी- सेवक तथा हाम्रो निम्ति ख्रीष्‍टको विश्‍वासयोग्य सेवक हुन् ।2 8इपाफ्रासले हामीलाई पवित्र आत्मामा तिमीहरूको प्रेमको विषयमा थाहा दिएका छन् ।9यस प्रेमको कारणले गर्दा, हामीले यो सुनेको दिनदेखि नै तिमीहरूका निम्ति प्रार्थना गर्न हामी रोकिएका छैनौं । सबै ज्ञान र आत्मिक समझमा, तिमीहरू उहाँको इच्छाअनुसारको ज्ञानमा पूर्ण होओ भनेर हामीले बिन्ती गरिरहेका छौं । 10हामीले प्रार्थना गरिरहेका छौं, कि तिमीहरू परमप्रभुलाई प्रसन्‍न पार्न योग्य चालमा चल्न सक । हरेक असल कार्यमा तिमीहरूले फल फलाउनेछौ र परमेश्‍वरको ज्ञानमा तिमीहरू अगि बढ्नेछौ भनी हामीले प्रार्थना गरिरहेका छौं ।11सबै सहनशीलता र धैर्यमा, उहाँको महिमाको शक्‍तिले हरेक दक्षतामा तिमीहरू बलिया होओ भनी हामी प्रार्थना गर्छौं । 12हामी यो प्रार्थना गर्छौं, कि तिमीहरूले आनन्दसाथ पितालाई धन्यवाद दिनेछौ, जसले तिमीहरूलाई ज्योतिमा परमेश्‍वरका पवित्र जनहरूको उत्तराधिकारमा सहभागी हुनको लागि योग्य बनाउनुभएको छ ।313उहाँले हामीलाई अन्धकारको शक्‍तिबाट छुटकारा दिनुभएको छ र हामीलाई उहाँका प्रिय पुत्रको राज्यमा सार्नुभएको छ, 14जसमा हामीले उद्धार अर्थात् पापको क्षमा पाएका छौं ।415उहाँ अद‍ृश्य परमेश्‍वरका प्रतिरूप हुनुहुन्छ, सबै सृष्‍टिमा जेष्‍ठ हुनुहुन्छ । 16किनकि स्वर्गमा तथा पृथ्वीमा भएका सबै द‍ृश्य र अद‍ृश्य कुराहरू उहाँमा सृष्‍टि गरिएका थिए । चाहे सिंहासनहरू वा प्रभुत्वहरू वा प्रधानताहरू वा अधिकारहरू, सबै थोक उहाँद्वारा उहाँकै लागि सृष्‍टि गरिएका थिए । 17उहाँ सबैथोकहरूभन्दा अघि हुनुहुन्छ र उहाँमा सबै कुराहरू एकसाथ रहेका छन् ।18र उहाँ शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ । उहाँ नै सुरुआत हुनुहुन्छ र मरेकाहरूबाट जीवित हुनेमा जेष्‍ठ हुनुहुन्छ, यसैले सबै कुराहरूमा उहाँको प्रथम स्थान रहेको छ । 19किनकि आफ्ना सारा पूर्णता पुत्रमा बास गरेकोमा, 20अनि पुत्रद्वारा सबै कुराहरू उहाँमा पुनर्मिलापमा ल्‍याउनको निम्ति परमेश्‍वर प्रसन्‍न हुनुभयो । उहाँको क्रूसको रगतद्वारा परमेश्‍वरले शान्ति ल्याउनुभयो । चाहे पृथ्‍वीका कुराहरू होऊन् वा स्‍वर्गका कुराहरू, सबैलाई परमेश्‍वरले उहाँमा पुनर्मिलापमा ल्याउनुभयो ।21अनि एकसमय तिमीहरू पनि परमेश्‍वरका निम्ति बिरानाहरू थियौ र मनमा र आफ्ना दुष्‍ट कामहरूमा तिमीहरू उहाँका शत्रुहरू थियौ । 22तर अब उहाँले तिमीहरूलाई ख्रीष्‍टको शरीरले मृत्युद्वारा मिलापमा ल्याउनुभएको छ । तिमीहरूलाई परमेश्‍वरले आफ्नो अघि पवित्र, दोषरहित तथा निर्दोष साबित गर्नको निम्ति यो गर्नुभयो, 23तिमीहरू स्थापित र बलियो हुँदै, तिमीहरूले सुनेका सुसमाचारको निश्‍चित आशाबाट टाढा नगई विश्‍वासमा निरन्तर अगाडि बढ्नुपर्छ । यो त्यही सुसमाचार हो जुन स्वर्गमुनि सृष्‍टि गरिएका सबै व्यक्‍तिलाई घोषणा गरिएको थियो । यो त्यही सुसमाचार हो, जसको म, पावल, दास भएको छु ।24तिमीहरूका लागि मेरो कष्‍टमा म अब आनन्द मनाउँछु । ख्रीष्‍टका कष्‍टहरूको कमीलाई उहाँको शरीर अर्थात् मण्डलीको खातिर म मेरो शरीरमा पूरा गर्छु । 25परमेश्‍वरको वचनलाई पूरा गर्नको लागि तिमीहरूका खातिर मलाई परमेश्‍वरबाट दिइएको जिम्मेवारीअनुसार म यसै मण्डलीको एक सेवक हुँ । 26यो युगौं र पुस्तौंसम्म लुकाइएको गुप्‍त सत्यता हो तर अहिले उहाँका पवित्र जनहरूको लागि यो प्रकट गरिएको छ । 27यो तिनीहरूका निम्ति हो जसलाई परमेश्‍वरले गैरयहूदीहरूका बीचमा यस रहस्यको महिमाको सम्पत्ति के हो, सो थाहा गराउन चाहनुभयो । यो रहस्य त्यही हो, कि महिमाको आशा, ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्छ ।28सम्पूर्ण बुद्धिसाथ हामी सबैलाई सल्लाह र शिक्षा दिंदै उहाँलाई घोषणा गर्छौं ताकि प्रत्येक व्यक्‍तिलाई ख्रीष्‍टमा परिपक्‍व प्रस्तुत गर्न सकियोस् । 29यसैको लागि ममा शक्‍तिशाली रूपमा काम गर्ने उहाँको सामर्थ्यअनुसार म परिश्रम गर्छु र प्रयत्‍न गर्छु।

1केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरूमा पाउँछौं, र प्रभु येशू ख्रीष्‍ट
2केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरूमा पाउँछौं, तिमीहरूको निम्ति
3केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरूमा पाउँछौं, जसले हामीलाई ...सहभागी हुनको लागि योग्य बनाउनुभएको छ
4केही प्राचीन ग्रीक प्रतिलिपिहरूमा पाउँछौं, जसमा हामीले उहाँको रगतद्वारा उद्धार अर्थात् पापको क्षमा पाएका छौं । यो एफिसी १:७ को लागि सहयोगी हुनसक्छ ।

21किनकि मैले तिमीहरू अर्थात् लाउडिकियामा भएकाहरू र शरीरमा मेरो अनुहार नदेखेकाहरू सबैका निम्ति गरेको धेरै ठुलो सङ्घर्षबारे तिमीहरूले जानेको म चाहन्छु । 2प्रेम र समझको पूर्ण निश्‍चयताको प्रशस्ततामा र परमेश्‍वरको गुप्‍त सत्यताको ज्ञान अर्थात् ख्रीष्‍टमा तिनीहरूका हृदयहरू एक साथ ल्याइएर तिनीहरू उत्साहित होऊन् भनेर म काम गर्छु । 3ज्ञान र बुद्धिका सबै सम्पत्तिहरू उहाँमा लुकाइएका छन् ।4म यो भन्छु, कि बहकाउने बोलीले कसैले पनि तिमीहरूलाई नछलोस् । 5म तिमीहरूसँग शरीरमा नभए तापनि म तिमीहरूसँग आत्मामा छु । म तिमीहरूका सुव्यवस्था र ख्रीष्‍टमा तिमीहरूका विश्‍वासको शक्‍तिलाई देखेर आनन्दित हुन्छु ।6जसरी तिमीहरूले ख्रीष्‍ट प्रभुलाई प्राप्‍त गर्‍यौ, त्यसरी नै उहाँमा हिंड । 7तिमीहरूलाई सिकाइएको जस्तैगरी उहाँमा बलियोसँग जरा गाड, उहाँमा निर्माण हुँदै जाओ, विश्‍वासमा स्थापित होओ, र प्रशस्तसँग धन्यवाद देओ ।8तिमीहरूलाई कसैले पनि दर्शनशास्‍‍त्रद्वारा र ख्रीष्‍टअनुसार नभई यस संसारका मौलिक आत्माहरूअनुसार मानिसहरूका परम्पराले रित्तो धोकाबाट वशमा पार्न नदेओ । 9किनकि उहाँमा परमेश्‍वरको सारा पूर्णता शरीरमा वास गर्छ ।10तिमीहरू उहाँमा भरिएका छौ, जो सबै शक्‍ति र अधिकारमाथि शिर हुनुहुन्छ । 11उहाँमा नै तिमीहरूको खतना भएको थियो, जुन खतना मानिसहरूद्वारा मासुको शरीरमा गरिएको थिएन, तर यो ख्रीष्‍टमा गरिएको थियो । 12तिमीहरू उहाँसँगै बप्‍तिस्मामा गाडिएका थियौ । र उहाँलाई मृतकहरूबाट जीवित पार्नुहुने परमेश्‍वरको शक्‍तिमा विश्‍वासद्वारा तिमीहरू उहाँमा जीवित पारिएका थियौ ।13र जब तिमीहरू आफ्ना अपराध र शरीरको बेखतनामा मरेका थियौ, उहाँले तिमीहरूलाई उहाँसँग जीवित पार्नुभयो र हाम्रा सबै अपराधहरूलाई क्षमा गर्नुभयो ।1 14उहाँले हाम्रो विरुद्धमा लगाइएका ऋणका लिखित अभियोगहरूलाई त्यसका विनियमहरूसहित हटाइदिनुभयो । उहाँले त्यसलाई क्रूसमा टाँगेर हटाउनुभयो । 15उहाँले शासकहरू र अधिकारीहरूलाई हटाउनुभयो र क्रूसद्वारा तिनीहरूमाथि विजय हासिल गरेर तिनीहरूलाई खुल्ला रूपमा प्रकट गर्नुभयो ।16यसैकारण, अब कसैले तिमीहरूलाई खानेकुरा वा पिउनेकुरा वा चाडको दिनको बारेमा वा औंसी वा शबाथ-दिनको विषयमा दोष लगाउन नदेओ । 17यिनीहरू आउनेवाला थोकहरूका छायाँ मात्र हुन् तर वास्तविकता ख्रीष्‍ट हुनुहुन्छ ।18नम्रता र स्वर्गदूतहरूको आराधना चाहने कसैले पनि तिमीहरूलाई तिम्रो इनाम गुमाउने नतुल्याओस्। यस्तो व्यक्‍तिले त्यसले देखेका कुराहरूमा मन लगाउँछ र त्यसको शारीरिक विचारद्वारा घमण्डले फुल्छ । 19त्यसले शिरलाई पक्रिराख्दैन । शिरबाट नै जोर्नीहरू र ग्रन्थिहरू हुँदै सम्पूर्ण शरीरमा आवश्यक तत्त्वहरू पूर्ति गरिन्छ र तिनीहरूलाई एकसाथ राखिन्छ; र त्यो परमेश्‍वरले दिनुभएको वृद्धिअनुसार बढ्छ ।20यदि यस संसारका तत्त्वहरूप्रति तिमीहरू ख्रीष्‍टसँगै मरेका छौ भने, किन तिमीहरू यस संसारमा समर्पित भएर जिउँछौ? 21“नसमात, नचाख, नछोऊ ।” 22मानिसहरूका निर्देशनहरू र शिक्षाहरूअनुसार, यी सबै कुराहरू प्रयोगसँगै नष्‍ट हुन्छन् । 23यी नियमहरूमा मानिस आफैंले बनाएका धर्म र नम्रता र शरीरको कठोरताका ज्ञान छन् । तर शरीरको विलासिताको विरुद्धमा यिनीहरूको कुनै मोल छैन ।

1केही प्राचीन ग्रीक प्रतिलिपिहरूमा पाउँछौं, र तिम्रा सबै अपराधहरूलाई क्षमा गर्नुभयो

31यदि परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टसँगै उठाउनुभएको छ भने माथिका कुराहरूलाई खोज, जहाँ ख्रीष्‍ट परमेश्‍वरको दाहिने बाहुलीतर्फ बसिरहनुभएको छ । 2माथिका कुराहरूका बारेमा विचार गर, पृथ्वीका कुराहरूका बारेमा होइन । 3किनकि तिमीहरू मरेका छौ, र तिमीहरूका जीवन परमेश्‍वरमा ख्रीष्‍टसँगै लुकाइएको छ । 4जब ख्रीष्‍ट प्रकट हुनुहुन्छ जो तिमीहरूका जीवन हुनुहुन्छ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ । 15त्यसकारण, संसारका स्वभावहरू अर्थात् कामुक अनैतिकता, अशुद्धता, कामवासना, खराब इच्छा र लोभलाई मार, जुन मूर्तिपूजा हो । 6यी कुराहरूका लागि अनाज्ञाकारीका छोराहरूमाथि परमेश्‍वरको क्रोध आउँदैछ । 2 7तिमीहरू पनि यी कुराहरूमा जिउँदा एक समय यसरी नै हिंड्थ्यौ । 8तर अब यी सबै कुराहरू तिमीहरूले त्याग्‍नुपर्छ– रिस, क्रोध, खराब इच्छा, अपमान, तिम्रो मुखबाट निस्कने फोहोर बोली ।9एक अर्कालाई नढाँट, कारण तिमीहरूले पुरानो मनुष्यत्वलाई त्यसको व्यवहारसमेत त्यागेका छौ, 10र तिमीहरूले नयाँ मनुष्यत्व धारण गरेका छौ, जुन त्यसलाई सृष्‍टि गर्नुहुनेको प्रतिरूप अनुसारको ज्ञानमा नवीकरण गरिएको छ । 11यस ज्ञानमा, कोही ग्रीक वा यहूदी, खतना वा बेखतनाका, अशिक्षित, असभ्य, कमारा, फुक्‍का हुँदैन, तर ख्रीष्‍ट नै सबथोक हुनुहुन्छ र सबै थोकमा हुनुहुन्छ ।12त्यसकारण, परमेश्‍वरका चुनिएका, पवित्र र प्रियहरूको रूपमा करुणामय हृदय, दया, नम्रता, दीनता, र धैर्य धारण गर । 13एक अर्कालाई सहने गर । एक अर्कासँग कृपालु होओ । यदि कसैको विरुद्धमा कसैको उजुरी भएमा, प्रभुले तिमीहरूलाई क्षमा गर्नुभए जसरी क्षमा गर । 14यी सबै कुराहरूभन्दा माथि प्रेम धारण गर, जुनचाहिं सिद्धताको बन्धन हो ।15तिमीहरूका हृदयमा ख्रीष्‍टको शान्तिले राज्य गरोस् । यही शान्तिको निम्ति तिमीहरू एक शरीरमा बोलाइएका थियौ, र धन्यवादी होओ । 16ख्रीष्‍टको वचन तिमीहरूमा प्रशस्त मात्रामा रहोस् । सारा बुद्धिले एक अर्कालाई भजन, गीत र आत्मिक गानहरूले शिक्षा र अर्ती देओ । तिमीहरूका हृदयमा परमेश्‍वरका निम्ति धन्यवादका गीतहरू गाओ । 17जे तिमीहरूले वचन वा काममा गर्छौ, ती सबै प्रभु येशूको नाउँमा गर । परमेश्‍वर पितालाई उहाँद्वारा धन्यवाद देओ ।18पत्‍नीहरू, पतिहरूका अधीनमा बस जुन कुरा प्रभुमा सुहाउँदो छ । 19पतिहरू, आफ्ना पत्‍नीहरूलाई प्रेम गर र तिनीहरूप्रति कठोर नहोओ । 20छोराछोरीहरू, सबै कुरामा आफ्ना बाबुआमाप्रति आज्ञाकारी होओ, किनकि यो कुराले प्रभुलाई खुसी बनाउँछ । 21बुबाहरू, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, ताकि तिनीहरू हतोत्साहित नहोऊन् ।22दासहरू, शरीरअनुसार आफ्ना मालिकहरूप्रति सबै कुराहरूमा आज्ञाकारी होओ, मानिसहरूलाई खुसी तुल्याउनेहरूजस्तो गरी आँखाको अगाडि मात्र होइन, तर इमानदार हृदयसाथ गर । प्रभुको भय मान । 23तिमीहरूले जे-जे गर्छौ, मानिसको निम्ति गरेजस्तो गरी होइन, तर प्रभुको निम्ति गरेजस्तो गरी आत्मादेखि नै गर । 24तिमीहरू जान्दछौ, कि तिमीहरूले प्रभुबाट उत्तराधिकारको इनाम पाउनेछौ । तिमीहरूले जसको सेवा गर्छौ, उहाँ प्रभु ख्रीष्‍ट हुनुहुन्छ । 25किनकि अधार्मिकता गर्नेले त्यसले गरेको अधार्मिकताको कारण दण्ड पाउनेछ, र त्यसमा कुनै पक्षपात हुनेछैन ।

1केही प्राचीन ग्रीक प्रतिलिपिहरू र केही प्राचीन अनुवादहरूमा पाउँछौं, जब ख्रीष्‍ट प्रकट हुनुहुन्छ जो हामीहरूका जीवन हुनुहुन्छ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ
2केहीमा पाउँछौं, यी कुराहरूका लागि परमेश्‍वरको क्रोध आउँदैछ

41मालिक हो, आफ्ना दासहरूलाई जे सही र उचित छ त्यही देओ, यो जानेर कि तिमीहरूका पनि मालिक स्वर्गमा हुनुहुन्छ ।2स्थिर भई निरन्तर प्रार्थनामा लागिरहो । धन्यवादसाथ यसमा जागा रहो । 3हाम्रो निम्ति पनि सँगसँगै प्रार्थना गर, ताकि ख्रीष्‍टको गुप्‍त सत्यताको वचन बोल्नको निम्ति परमेश्‍वरले ढोका खोलिदिनुभएको होस् । यसैकारण, म बाँधिएको छु । 4जसरी मैले बोल्नुपर्ने हो, त्यसरी नै मैले यसलाई स्पष्‍ट पार्न सकूँ भनेर प्रार्थना गर ।5बाहिरकाहरूसँग बुद्धिमानीपूर्वक व्यवहार गर्दै हिंड, अनि समयलाई ठिकसँग प्रयोग गर । 6तिमीहरूका वचनहरू सधैं अनुग्रहसहित होस् । तिनीहरू नुनले स्वादिलो पारिएको जस्तै होऊन्, ताकि प्रत्येक मानिसलाई तिमीहरूले कसरी जवाफ दिनुपर्छ, सो तिमीहरूले जान्‍न सक ।7तुखिकसले मेरो बारेमा सबै कुराहरू तिमीहरूलाई बताउनेछन् । तिनीचाहिं मेरा प्रिय भाइ, विश्‍वासयोग्य सेवक र प्रभुमा सङ्गी दास हुन् । 8यही कार्यको निम्ति मैले तिनलाई तिमीहरूकहाँ पठाएको छु, ताकि तिमीहरूले हामीहरूको विषयमा जान्‍न सक, र तिनले तिमीहरूका हृदयलाई प्रोत्साहन दिन सकून् । 1 9तिमीहरूमध्येका एक, विश्‍वासयोग्य र प्रिय भाइ ओनेसिमससँगै मैले तिनलाई पठाएको छु । तिनीहरूले यहाँ भएका सबै कुराहरू तिमीहरूलाई बताउँनेछन् ।10मेरा सङ्गी कैदी अरिस्तार्खसले तिमीहरूलाई आफ्नो अभिवादन गर्छन्, र बारनाबासका भानिज मर्कूसको पनि अभिवादन छ, जसको बारेमा तिमीहरूले आदेश पाइसकेका छौ, “यदि तिनी तिमीहरूकहाँ आए भने तिनलाई स्वागत गर,” 11र युस्तस भनिने येशूले पनि अभिवादन गर्छन् । परमेश्‍वरको राज्यका निम्ति खतनाका मेरा सहकर्मीहरू यिनीहरू मात्रै हुन् । तिनीहरू मेरा निम्ति सान्त्वना भएका छन् ।12इपाफ्रास तिमीहरूलाई अभिवादन गर्छन् । तिनी पनि तिमीहरूमध्येकै एक जना हुन् र ख्रीष्‍ट येशूका दास हुन् । तिनी तिमीहरूका निम्ति सधैं प्रार्थनामा परिश्रमसाथ लागिरहन्छन्, ताकि परमेश्‍वरको इच्छाअनुसार तिमीहरू सम्पूर्ण रूपले निश्‍चित भई खडा हुन सक । 13यो कुरामा म तिनको साक्षी दिन सक्छु, कि तिनी तिमीहरूका लागि, लाउडिकियामा भएकाहरूका लागि अनि हिरापोलिसमा भएकाहरूका लागि कडा परिश्रम गर्छन् । 14प्रिय चिकित्सक लूका र डेमासले तिमीहरूलाई अभिवादन गर्छन् ।15लाउडिकियामा भएका भाइहरू, र नुम्फास, र तिनको घरमा भएको मण्डलीलाई पनि अभिवादन गर । 16जब यो पत्र तिमीहरूका बीचमा पढिएको हुनेछ, त्यसपछि लाउडिकियाको मण्डलीमा पनि यो पढ्नू र हेर, लाउडिकियाबाट आउने पत्र पनि तिमीहरूले पढ्नू । 17अर्खिप्पसलाई भन, “तिमीले प्रभुमा पाएको सेवा-कार्यलाई ध्यान देऊ जुन तिमीले पुरा गर्नुपर्छ।”18यो अभिवादनको पत्र म पावलको आफ्नै हातले लेखेको हुँ । मेरा साङ्लाहरूलाई याद गर । तिमीहरूसँग अनुग्रह होस् ।

1केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरूमा साथै केही प्राचीन अनुवादहरूमा पाउँछौं, यही कार्यको निम्ति मैले तिनलाई तिमीहरूकहाँ पठाएँ, ताकि तिनले तिमीहरूको विषयमा जान्‍न सकून्, र तिनले तिमीहरूका हृदयलाई प्रोत्साहन दिन सकून्