To view a copy of the CC BY-SA 4.0 license visit
http://creativecommons.org/licenses/by-sa/4.0/
प्रेरित
11थियोफिलस, मैले लेखेको पहिलो पुस्तकमा, येशूले गर्न र सिकाउन थाल्नुभएका सबै कुरा बताए, 2त्यस दिनसम्मको, जब उहाँले चुन्नुभएका प्रेरितहरूलाई पवित्र आत्माद्वारा उहाँले आज्ञा दिनुभएपछि उहाँ उचालिनुभयो । 3उहाँको कष्टभोगपछि उहाँले धेरै विश्वसनीय प्रमाणसहित आफैंलाई तिनीहरूकहाँ जीवित प्रस्तुत गर्नुभयो । उहाँ चालिस दिनसम्म तिनीहरूकहाँ देखा पर्नुभयो, र परमेश्वरको राज्यको बारेमा बताउनुभयो ।4उहाँले तिनीहरूसँग भेटघाट गरिरहनुहुँदा, उहाँले तिनीहरूलाई यरूशलेम नछोड्न, तर पिताको प्रतिज्ञाको प्रतीक्षा गर्नलाई आज्ञा दिनुभयो, जसको बारेमा उहाँले भन्नुभयो, “तिमीहरूले मबाट सुन्यौ 5कि वास्तवमा यूहन्नाले पानीले बप्तिस्मा दिए, तर केही दिनमा नै तिमीहरूको पवित्र आत्मामा बप्तिस्मा हुनेछ ।6तिनीहरू एकसाथ भेलाहुँदा, तिनीहरूले उहाँलाई सोधे, “प्रभु, के तपाईंले इस्राएल राज्य पुनर्स्थापना गर्नुहुने समय यही हो?” 7उहाँले तिनीहरूलाई भन्नुभयो, “पिताले उहाँको अधिकारद्वारा तोक्नुभएको समय वा ऋतुहरू जान्ने काम तिमीहरूको होइन । 8तर जब पवित्र आत्मा तिमीहरूमाथि आउनुहुन्छ, तिमीहरूले शक्ति प्राप्त गर्नेछौ, अनि तिमीहरू यरूशलेममा र सारा यहूदियामा र सामरियामा, र पृथ्वीको अन्तिम छेउसम्मै मेरा साक्षीहरू हुनेछौ ।”9येशूले यी कुराहरू भनिसक्नुभएपछि, तिनीहरूले माथि हेरिरहँदा, उहाँ माथि उचालिनुभयो, र बादलले उहाँलाई तिनीहरूका आँखाबाट छेक्यो । 10उहाँ जाँदै गर्नुहुँदा तिनीहरूले स्वर्गतिर उत्कटतापूर्वक हेरिररहेका बेला, सेतो वस्त्र पहिरेका दुई जना मानिस अचानक तिनीहरूका छेउमा खडा भए । 11तिनीहरूले भने, “हे गालीलका मानिसहरू हो, तिमीहरू किन स्वर्गतिर हेरेर यहाँ उभिरहेका छौ? स्वर्गारोहण हुनुभएका यी येशूलाई तिमीहरूले जसरी स्वर्गतिर गइरहेका देखेका छौ, उहाँ त्यसरी नै फर्कनुहुनेछ ।12त्यसपछि तिनीहरू यरूशलेम नजिकै पर्ने जैतून डाँडाबाट यरूशलेमतिर फर्के, जुन एक विश्राम दिनको यात्रा जति टाढा थियो । 13जब तिनीहरू आइपुगे, तब तिनीहरू आफू बसिरहेको माथिल्लो कोठामा गए । तिनीहरू पत्रुस, यूहन्ना, याकूब, अन्द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ती, अल्फयसका छोरा याकूब, उग्रवादी सिमोन र याकूबका छोरा यहूदा थिए । 14तिनीहरू सबै, अन्य महिलाहरू, र येशूकी आमा मरियम, र उहाँका भाइहरूसहित एकै मनको भएर समर्पित भई प्रार्थनामा लागिरहन्थे ।15ती दिनहरूमा झण्डै १२० जना भाइका माझमा पत्रुस खडा भए र भने, 16“भाइहरू हो, येशूलाई पक्राऊ गर्नलाई अगुवाइ गर्ने यहूदाको बारे दाऊदको मुखबाट पवित्र आत्माले पहिला नै बोल्नुभएको धर्मशास्त्र पूरा हुनु आवश्यक थियो ।17किनकि त्यो हामीमध्ये एक जना थियो र त्यसले यही सेवकाइको हिस्सा प्राप्त गर्यो ।” 18(अब त्यस मानिसले त्यसको दुष्ट कर्मको कमाइबाट एउटा खेत किन्यो, त्यसको टाउको तल पारेर खस्यो, त्यसको शरीर फुट्यो, र त्यसको सबै आन्द्रा-भुँडी निस्क्यो । 19यो कुरा यरूशलेममा बस्ने सबैले सुने, त्यसैले तिनीहरूले आफ्नो भाषामा त्यस खेतको नाम "अखेल्दमा" राखे जसको अर्थ “रगतको खेत” हुन्छ । )20“किनकि भजनसंग्रहको पुस्तकमा यसो लेखिएको छ, ‘त्यसको खेत उजाड बनाइयोस्, र त्यहाँ कोही एक जना पनि नबसोस्’; ‘त्यसको नेतृत्वको पद अरू कसैले लिओस् ।’21यसकारण यो आवश्यक छ, कि प्रभु येशू हाम्रो माझमा भित्र-बाहिर गर्नुहुँदा सधैँभरि, 22अर्थात् यूहन्नाको बप्तिस्माको दिनदेखि उहाँलाई हामीबाट माथि लगिएको दिनसम्म, हामीलाई साथ दिने मानिसहरूमध्येबाट एक जना, हामीसँगै उहाँको पुनरुत्थानको साक्षी भएको हुनुपर्छ ।” 23तिनीहरूले दुई जना अर्थात् बारसाबास भनिने योसेफ जसको नाउँ युस्तस पनि थियो र मतियासलाई अगि सारे ।24तिनीहरूले प्रार्थना गरे र भने, “तपाईं प्रभुले सबै मानिसहरूको हृदय जान्नुहुन्छ, त्यसैले यी दुई जनामध्ये कसलाई चुन्नुभएको छ प्रकट गर्नुहोस् 25तिनले यो सेवकाइ र प्रेरितको पद लिऊन् जसबाट यहूदा भड्केर आफ्नो निज ठाउँमा गयो ।” 26उनीहरूले तिनीहरूको निम्ति चिट्ठा हाले, र चिट्ठा मतियासको नाममा पर्यो, र तिनलाई एघार जना प्रेरितसँगै गनियो ।
21जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै जना एकैसाथ एकै ठाउँमा थिए । 2एक्कासि स्वर्गबाट जोडसँग शक्तिशाली हावाको झोक्का जस्तै आवाज आयो र त्यसले तिनीहरू बसिरहेको पूरै घर भरियो । 3भागभाग भएका आगोका जस्ता जिब्राहरू तिनीहरूकहाँ देखा परे, र ती तिनीहरू प्रत्येकमाथि बसे । 4तिनीहरू सबै जना पवित्र आत्माले भरिए र आत्माले तिनीहरूलाई दिनुभएअनुसार अरू भाषाहरूमा बोल्न थाले ।5अब स्वर्गमुनि भएका हरेक जातिबाटका ईश्वरभक्त यहूदीहरू यरूशलेममा बसिरहेका थिए । 6जब यो आवाज सुनियो, मानिसहरूका भीड एकसाथ आयो र अन्योलमा पर्यो किनभने हरेकले आ-आफ्ना भाषामा तिनीहरू बोलिरहेका सुन्यो । 7तिनीहरू छक्क र चकित भए; तिनीहरूले भने, “साँच्चै, के यी सबै बोलिरहनेहरू गालीलीहरू होइनन्?8त्यसो भए किन तिनीहरू प्रत्येकले हाम्रो आफ्नै मातृभाषामा नै बोलिरहेका हामी सुनिरहेका छौं? 9पार्थीहरू र मादीहरू र एलामीहरू र मेसोपोटामिया, यहूदिया र कापाडोकिया, पोन्टस र एसिया 10फ्रिगिया र पामफिलिया, मिश्र र कुरेनी नजिकका लिबियाका भागहरूका बासिन्दाहरू, र रोमका आगन्तुकहरू, 11यहूदीहरू र यहूदी मत मान्नेहरू, क्रेट निवासी र अरबीहरू, तिनीहरूले परमेश्वरका महान् कामहरूका बारेमा हाम्रै भाषामा बताइरहेका हामीले सुन्छौं ।”12तिनीहरू सबै जना चकित र जिल्ल परे; तिनीहरूले एकअर्कालाई भने, “यसको तात्पर्य के हो?” 13तर अरूले चाहिं गिज्याए र भने, “तिनीहरू नयाँ मद्यले टन्न भएका छन् ।”14तर पत्रुस एघार जनासँगै खडा भएर उच्च स्वरले तिनीहरूलाई भने, “यहूदिया र यरूशलेममा बस्ने सबै मानिसहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस्; मेरा कुराहरू ध्यान दिएर सुन्नुहोस् । 15किनकि तपाईंहरूले ठान्नुभएजस्तो यी मानिसहरू मातेका छैनन्, कारण अहिले दिनको तेस्रो घडी मात्र भएको छ ।16तर अगमवक्ता योएलद्वारा यो कुरा बोलिएको थियोः 17‘परमेश्वर भन्नुहुन्छ, “अन्त्यका दिनहरूमा यस्तो हुनेछ, म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु । तिमीहरूका छोराहरू र छोरीहरूले अगमवाणी बोल्नेछन्, तिमीहरूका जवानहरूले दर्शन देख्नेछन्, र तिमीहरूका वृद्ध मानिसहरूले सपनाहरू देख्नेछन् ।18निश्चय नै, ती दिनहरूमा मेरा दास र दासीहरूमाथि म मेरो आत्मा खन्याउनेछु, र तिनीहरूले अगमवाणी बोल्नेछन् । 19म माथि आकाशमा अचम्मका कुराहरू र तल पृथ्वीमा रगत, आगो, र धूवाँको मुस्लोका चिन्हहरू देखाउनेछु ।20परमप्रभुको महान् र उल्लेखनीय दिन आउनअघि सूर्य अँध्यारोमा र चन्द्रमा रगतमा परिणत हुनेछ । 21यस्तो हुनेछ कि परमप्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ ।22हे इस्राएलका मानिसहरू हो, यी कुराहरू सुन्नुहोस्∶ नासरतका येशू मानिस हुनहुन्थ्यो जसलाई परमेश्वरले शक्तिशाली कामहरू, आश्चर्यकर्महरू र चिन्हहरूद्वारा तपाईंहरूमा मान्यता दिनुभयो जुन कामहरू परमेश्वरले येशूद्वारा तपाईंहरूको माझमा गर्नुभएको तपाईंहरूलाई थाहै छ । 23परमेश्वरको अठोट गरिएको योजना र पूर्वज्ञानले गर्दा, उहाँ सुम्पिइनुभयो; र तपाईंहरू, अधर्मी मानिसहरूको हातद्वारा क्रूसमा टाँगेर मार्नुभयो । 24तर उहाँलाई मृत्युका पीडाहरूबाट छुटाएर परमेश्वरले उहाँलाई जीवित पार्नुभयो किनभने उहाँ यसको अधीनमा रहिरहन सम्भव थिएन ।25किनकि दाऊदले उहाँको बारेमा भन्छन्, ‘परमप्रभुलाई मैले सधैं मेरो मुहार अगाडि देखें, किनकि म नडगमगाऊँ भनेर उहाँ मेरो दाहिने हातको छेउमा हुनुहुन्छ । 26यसकारण मेरो हृदय आनन्दित भयो र मेरो जिब्रोले आनन्द मनायो । साथै मेरो शरीर पनि आशामा जिउनेछ ।27किनकि तपाईंले मेरो प्राणलाई पातालमा त्याग्नुहुनेछैन न त तपाईंले आफ्ना पवित्रजनलाई कुहिन दिनुहुनेछ । 28तपाईंले मलाई जीवनका मार्गहरू प्रकट गर्नुभयो; तपाईंले आफ्नो मुहारले मलाई खुसीले भरिपूर्ण बनाउनुहुनेछ ।29हे भाइहरू हो, म हाम्रा पुर्खा दाऊदका बारेमा दृढतासाथ बोल्न सक्छु, कि तिनी मरे र गाडिए, र तिनको चिहान आजको दिनसम्म हामीसँग छ । 30यसकारण तिनी एक अगमवक्ता थिए र परमेश्वरले तिनकै सन्तानहरूमध्येबाटै एक जनालाई तिनको सिंहसानमा बसाल्नुहुनेछ भनी उहाँले तिनीसँग शपथ खानुभएको कुरा तिनलाई थाहा थियो । 31तिनले भविष्यमा हुन लागेको कुरा पहिला नै देखे र ख्रीष्टको पुनरुत्थानको बारेमा बताए कि उहाँ न पातालमा त्यागिनुभयो न त उहाँको शरीर नै कुहियो ।32यी नै येशू—परमेश्वरले उहाँलाई जीवित पार्नुभयो जसको हामी सबै जना साक्षी छौं । 33यसकारण उहाँ परमेश्वरको दाहिने हातपट्टि उठाइनुभएर र पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा पाउनुभएर, उहाँले यो खन्याउनुभएको छ जुन तपाईंहरू देख्नु र सुन्नुहुन्छ ।34किनकि दाऊद स्वर्ग चढेनन् तर तिनी भन्छन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, “मेरो दाहिने हातपट्टि बस, 35जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउँदिनँ ।”’ 36यसकारण इस्राएलका सबै घरानाले यो निश्चयसाथ जानून् कि यही येशू जसलाई तपाईंहरूले क्रूसमा टाँग्नुभयो, परमेश्वरले उहाँलाई प्रभु र ख्रीष्ट दुवै बनाउनुभएको छ ।37अब तिनीहरूले यो सुनेपछि, तिनीहरूको हृदय छिया-छिया भयो, र पत्रुस र अरू बाँकी प्रेरितहरूलाई तिनीहरूले भने, “भाइहरू हो, हामी के गरौं?” 38अनि पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर र तिमीहरू प्रत्येकले तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेओ र तिमीहरूले पवित्र आत्माको वरदान प्राप्त गर्नेछौ । 39किनकि यो प्रतिज्ञा तिमीहरूका लागि र तिमीहरूका सन्तानहरूका लागि र टाढा-टाढा भएका सबैका लागि हो जस-जसलाई परमप्रभु हाम्रा परमेश्वरले बोलाउनुहुनेछ ।”40अरू धेरै कुराहरूद्वारा तिनले गवाही दिए र तिनीहरूलाई यसो भन्दै आग्रह गरे, “यो दुष्ट पुस्ताबाट बच ।” 41तब तिनीहरूले तिनको कुरा ग्रहण गरे र बप्तिस्मा लिए, र झन्डै तीन हजार प्राणहरू त्यस दिन थपिए । 42तिनीहरू प्रेरितहरूको शिक्षा र सङ्गति, रोटी भाँच्ने कार्य र प्रार्थनामा लागिरहे ।43हरेक प्राणमाथि डर छायो, र प्रेरितहरूद्वारा धेरै अचम्मका कार्यहरू र चिन्हहरू भए । 44विश्वास गर्नेहरू सबै जना सँगसँगै बस्थे र तिनीहरूका सबै चिज साझा थिए, 45र तिनीहरूले आफ्ना सम्पत्ति र स्वामित्वमा भएका कुराहरू बेचे र कसैको आवश्यकता अनुसार ती सबैलाई बाँडचुँड गरे ।46यसरी तिनीहरू दिनहुँ एकै मनको भएर समर्पित भई मन्दिरमा लागिरहन्थे । तिनीहरूले घरघरमा रोटी भाँच्थे, र आनन्द र नम्र हृदयका साथ भोजन बाँडचुँड गर्थे । 47तिनीहरूले परमेश्वरको प्रशंसा गर्दै र सबै मानिसहरूमाझ शुभेच्छा पाउँदै बस्थे, र प्रभुले उद्धार पाइरहेकाहरूलाई दिनदिनै तिनीहरूका माझमा थप्नुहुन्थ्यो ।
31अब पत्रुस र यूहन्ना प्रार्थना गर्ने समयको नवौं घडीमा मन्दिरतिर जाँदै थिए । 2त्यहाँ एक जना जन्मैदेखि लङ्गडो मानिसलाई बोकेर मन्दिरको सुन्दर नाउँको ढोकामा ल्याइन्थ्यो । तिनीहरूले त्यसलाई हरेक दिन त्यहाँ राख्थे ताकि त्यसले त्यस मन्दिरमा जाँदै गरेका मानिसहरूसँग भिक्षा माग्न सकून् । 3जब त्यसले पत्रुस र यूहन्नालाई त्यस मन्दिरमा पस्न लागेका देखे, त्यसले तिनीहरूसँग भिक्षा मागे ।4यूहन्नासित पत्रुसले त्यसतर्फ नजर अडाएर भने, “हामीलाई हेर ।” 5त्यस लङ्गडा मानिसले तिनीहरूबाट केही चीज प्राप्त गर्ने आशा राखेर तिनीहरूलाई हेरे । 6तर पत्रुसले भने, “मसँग सुन र चाँदी छैन, तर जे मसँग छ त्यो म तिमीलाई दिनेछु । नासरतका येशू ख्रीष्टको नाउँमा हिंड ।”7पत्रुसले त्यसको दाहिने हात समाएर त्यसलाई उठाए, र तुरुन्तै त्यस मानिसको गोडा र गोलिगाँठोमा बल प्राप्त भयो । 8त्यो लङ्गडो मानिस उफ्रँदै उठ्यो र हिंड्नलाई सुरु गर्यो, अनि पत्रुस र यूहन्नासँगै हिंड्दै, उफ्रँदै र परमेश्वरको प्रशंसा गर्दै मन्दिरभित्र प्रवेश गर्यो ।9सबै मानिसहरूले त्यसलाई हिंडिरहेको र परमेश्वरको प्रशंसा गरिरहेको देखे । 10तिनीहरूले देखे कि त्यो त्यही मानिस थिए जो त्यस मन्दिरको सुन्दर ढोकामा भिक्षा माग्नलाई बस्दै आइरहेको थियो र त्यसमाथि भएका कुराले तिनीहरू आश्चर्य र विस्मयले भरिएका थिए ।11त्यसले पत्रुस र यूहन्नाको हात समाइरहँदा, सबै मानिसहरू अति चकित हुँदै तिनीहरू भएका सोलोमनको दलानतर्फ दगुरे । 12जब पत्रुसले यो देखे, तब तिनले मानिसहरूलाई जवाफ दिए, “हे इस्राएलका मानिसहरू हो, तपाईंहरू किन चकित हुनुभएको छ? किन तपाईंहरूले त्यसलाई हामीले आफ्नै शक्ति वा धार्मिकताले हिंड्ने बनाएको जस्तै गरी हामीलाई एक टकले हेर्नुहुन्छ?13अब्राहाम, इसहाक र याकूबका परमेश्वर, हाम्रा पूर्खाका परमेश्वरले आफ्ना सेवक येशूलाई महिमित पार्नुभएको छ । उहाँ नै हुनुहुन्छ जसलाई तपाईंहरूले पक्राइदिनुभयो र पिलातसले उहाँलाई छोड्ने निर्णय गर्दा पनि तपाईंहरूले तिनको सामु उहाँलाई इन्कार गर्नुभयो । 14तपाईंहरूले पवित्र र धर्मी जनलाई इन्कार गर्नुभयो, र उहाँको सट्टामा तपाईंहरूले एउटा हत्यारालाई छोडिदिन आग्रह गर्नुभयो ।15तपाईंहरूले जीवनका कर्ताको हत्या गर्नुभयो जसलाई परमेश्वरले मृत्युबाट उठाउनुभयो, र हामी यसको साक्षी छौं । 16उहाँको नाउँमाथिको विश्वासले गर्दा उहाँकै नाउँले यी मानिसलाई बलियो बनायो, जसलाई तपाईंहरूले देख्नु र जान्नुहुन्छ । येशूप्रति त्यसको विश्वासले त्यसलाई तपाईंहरू सबैको सामुन्ने पूर्ण स्वास्थ्य प्रदान गरेको छ ।17अब भाइहरू हो, म जान्दछु कि तपाईंहरूले अज्ञानतामा कार्य गर्नुभयो, जसरी तपाईंका शासकहरूले पनि गरे। 18तर उहाँका ख्रीष्टले दु∶ख भोग्नुपर्छ भनी परमेश्वरले पहिले नै ती सबै अगमवक्ताहरूका मुखबाट बताउनुभएको कुराहरू उहाँले अहिले पूरा गर्नुभएको छ ।19त्यसकारण पश्चाताप गर्नुहोस्, र फर्कनुहोस् ताकि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट ताजा बनाउने समय आओस्; 20र उहाँले नियुक्त भइसक्नुभएका ख्रीष्ट येशूलाई तपाईंहरूका निम्ति पठाउनुभएको होस् ।21उहाँ नै हुनुहुन्छ जसलाई सबै कुराहरूको पुनर्स्थापना नभएसम्म स्वर्गले ग्रहण गर्नुपर्छ, जसको बारेमा परमेश्वरले उहाँका पवित्र अगमवक्ताहरूद्वारा धेरै पहिलेदेखि बोल्नुभयो । 22वास्तवमा मोशाले भने, ‘परमप्रभु परमेश्वेरले तिमीहरूका दाजुभाइहरूका बीचबाट मजस्तै अगमवक्तालाई खडा गर्नुहुनेछ । उहाँले तिमीहरूलाई भन्नुहुने सबै कुराहरू तिमीहरूले सुन्नुपर्नेछ । 23यसो हुनेछ कि ती अगमवक्तालाई नसुन्ने हरेक व्यक्ति मानिसहरूका बीचबाट पूर्ण रूपमा नाश हुनेछ ।’24हो, शमूएलदेखिका र तिनीपछि आएका सबै अगमवक्ताहरूले यी दिनहरूका बारेमा घोषणा गरे । 25तपाईंहरू अगमवक्ताका र परमेश्वरले तपाईंहरूका पुर्खाहरूसँग गर्नुभएको करारका पुत्रहरू हुनुहुन्छ, जसरी उहाँले अब्राहामलाई भन्नुभयो, ‘तिम्रो सन्तानद्वारा नै यस पृथ्वीका सबै परिवारहरू आशिषित हुनेछन् ।’ 26परमेश्वरले आफ्ना सेवकलाई उठाउनु भएपछि तपाईंहरूमध्ये हरेकलाई तपाईंहरूको दुष्टताबाट फर्काएर तपाईंहरूलाई आशिष् दिनलाई उहाँलाई पहिला तपाईंहरूकहाँ पठाउनुभयो ।”
41जसै पत्रुस र यूहन्ना मानिसहरूसँग बोलिरहेका थिए, पूजाहारीहरू, मन्दिरका कप्तान र सदुकीहरू तिनीहरूकहाँ आए । 2पत्रुस र यूहन्नाले मानिसहरूलाई सिकाइरहेका र येशू मृत्युबाट पुनरुत्थान हुनुभएको घोषणा गरिरहेका कारण उनीहरू साह्रै विचलित भएका थिए । 3उनीहरूले तिनीहरूलाई पक्रे र अर्को बिहानसम्मका लागि झ्यालखानामा हालिदिए, किनभने त्यतिबेला साँझ परिसकेको थियो । 4तर सन्देश सुनेका मानिसहरूमध्ये धेरै जनाले विश्वास गरे; र विश्वास गर्ने मानिसहरूको सङ्ख्या करिब पाँच हजार थियो ।5अर्को दिन तिनीहरूका शासकहरू, धर्म-गुरुहरू र शास्त्रीहरू यरूशलेममा जम्मा भए । 6प्रधान पूजाहारी हन्नास, कैयाफा, यूहन्ना, अलेक्जेन्डर र प्रधान पूजाहारीका सबै आफन्तहरू त्यहाँ थिए । 7जब उनीहरूले पत्रुस र यूहन्नालाई उनीहरूका माझमा राखे तब उनीहरूले तिनीहरूलाई सोधे, “तिमीहरूले कुन शक्तिबाट वा कुन नाउँमा यसो गरेका हौ?”8अनि पवित्र आत्माले भरिएर पत्रुसले उनीहरूलाई भने, “हे मानिसहरूका शासकहरू र धर्म-गुरुहरू हो, 9यदि यस बिरामी मानिसलाई गरेको असल कामको बारेमा, र यस मानिसलाई कसरी ठिक पारियो भनी आज हामीलाई प्रश्न गरिदैंछ भने, 10तपाईंहरू सबै र इस्राएलका सबै मानिसहरूलाई यो थाहा होस् कि तपाईंहरूले क्रूसमा टाँग्नुभएका तर परमेश्वरले मृत्युबाट जीवित पार्नुभएका नासरतका येशू ख्रीष्टको नाउँमा यो मानिस तपाईंहरूको बीचमा स्वस्थ भएर उभिएको छ ।11येशू ख्रीष्ट त्यो ढुङ्गा हुनुहुन्छ जसलाई तपाईं घर निर्माणकर्ताहरूले इन्कार गर्नुभयो तर अहिले मुख्य कुनेढुङ्गा बनाइएको छ । 12अरू कुनै व्यक्तिमा मुक्ति छैन, किनकि हामी बचाइनका लागि स्वर्गमुनि मानिसहरूका माझमा अर्को कुनै नाउँ दिइएको छैन ।”13जब उनीहरूले पत्रुस र यूहन्नाको साहस देखे र महसुस गरे कि तिनीहरू साधारण र आशिक्षित मानिसहरू थिए, तब पत्रुस र यूहन्ना येशूसँगै रहने गर्थे भन्ने कुरा थाहा पाएर उनीहरू छक्क परे । 14उनीहरूले त्यो निको भएको मानिस तिनीहरूसँगै उभिरहेको देखेको कारण त्यस विरुद्ध उनीहरूले केही बोल्न सकेनन् ।15तर प्रेरितहरूलाई परिषद् बैठक छोड्न आज्ञा दिएपछि उनीहरू एकआपसमा कुरा गर्न थाले । 16उनीहरूले भने, “यी मानिसहरूलाई हामी के गरौं? किनकि तिनीहरूद्वारा गरिएको उल्लेखनीय आश्चर्यकर्मको वास्तविकता यरूशलेममा बस्ने सबैलाई थाहा छ; हामी यसलाई इन्कार गर्न सक्दैनौं । 17तर यो कुरा अझ बढी मानिसहरू बीचमा नफैलियोस् भनेर तिनीहरूलाई यस नाउँमा अब उसो कसैसँग पनि नबोल्नू भनी चेताउनी दिऔं ।” 18तब उनीहरूले पत्रुस र यूहन्नालाई भित्र बोलाए र येशूको नाउँमा बोल्दै नबोल्नू वा शिक्षा कदापि नदिनू भनी आज्ञा दिए ।19तर पत्रुस र यूहन्नाले उनीहरूलाई जवाफ दिए र भने, “परमेश्वरको नजरमा उहाँको भन्दा बढी तपाईंहरूको आज्ञापालन गर्नु उचित हो कि होइन, तपाईंहरू नै न्याय गर्नुहोस् । 20हामीले देखेका र सुनेका कुराहरूको बारेमा हामी नबोली रहन सक्दैनौं ।”21पत्रुस र यूहन्नालाई अझ बढी चेताउनी दिएपछि उनीहरूले तिनीहरूलाई जान दिए । उनीहरूले तिनीहरूलाई दण्ड दिनको निम्ति कुनै पनि दोष भेट्टाउन सकेनन्, किनभने जे गरिएको थियो त्यसको निम्ति सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरिरहेका थिए । 22यो चंगाइको आश्चर्यकर्म अनुभव गर्ने मानिस चालिस वर्षभन्दा माथिको थियो ।23तिनीहरूलाई स्वतन्त्र छोडेपछि, पत्रुस र यूहन्ना आफ्ना मानिसहरूकहाँ आए र मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूले तिनीहरूलाई भनेका सबै कुरा बताए । 24तिनीहरूले यो सुनेपछि आफ्ना आवाज परमेश्वरमा एकसाथ उचाले र भने, “हे प्रभु, तपाईं जसले स्वर्ग र पृथ्वी र समुद्र र त्यसमा भएका सबै थोक बनाउनुभयो, 25तपाईंले पवित्र आत्माद्वारा तपाईंका सेवक हाम्रा पिता दाऊदको मुखद्वारा बोल्नुभयो, ‘गैरयहूदीहरू किन क्रोधित भए, र मानिसहरूले अर्थहीन कुराहरू कल्पना गरे?26तपाईंले भन्नुभयो, 'परमप्रभु र उहाँका ख्रीष्टको विरुद्धमा पृथ्वीका राजाहरू एक मत भए, र शासकहरू एकसाथ भेला भए ।'27वास्तवमा, हेरोद र पन्तियस पिलातस दुवै, गैरयहूदीहरू र इस्राएलका मानिसहरूसँगै यो शहरमा तपाईंले अभिषेक गर्नुभएका तपाईंका पवित्र सेवक येशूको विरुद्धमा भेला भए । 28तपाईंको बाहुलीबाट र तपाईंको योजनाबाट पहिले नै निर्णय भएको सबै कुरा गर्नलाई तिनीहरू सँगसँगै भेला भए ।29हे प्रभु, अब तिनीहरूका चेताउनीलाई हेर्नुहोस् र तपाईंका सेवकहरूलाई तपाईंको वचन पूरा साहससित बोल्न दिनुहोस् । 30तपाईंले निको पार्न र तपाईंका पवित्र सेवक येशूको नाउँद्वारा चिन्हहरू र आश्चर्यकर्महरू गर्न आफ्नो हात पसार्नुहोस् ।” 31तिनीहरूले प्रार्थना गरेर सिध्याएपछि तिनीहरू भेला भएको ठाउँ हल्लियो, र तिनीहरू सबै पवित्र आत्माले भरिए र तिनीहरूले परमेश्वरको वचन साहससित बोले ।32विश्वास गर्नेहरूको त्यो ठुलो समूह एउटै हृदय र प्राणका थिए । कसैले पनि आफूसँग भएको कुनै पनि थोक त्यसको आफ्नो हो भनेनन्, तर तिनीहरूका सबै थोक साझा थिए । 33ठुलो शक्तिसाथ प्रेरितहरूले प्रभु येशूको पुनरुत्थानको बारेमा गवाही घोषणा गर्दैथिए र तिनीहरू सबैमाथि ठुलो अनुग्रह थियो ।34तिनीहरूमध्ये कुनै थोकको अभाव भएको कुनै व्यक्ति थिएन किनकि जति जनासँग जग्गाहरू र घरहरू थिए, तिनीहरूले ती बेच्थे र बेचेर आएको पैसा ल्याउँथे 35र प्रेरितहरूका पाउमा राखिदिन्थे, र आवश्यकतापरेअनुसार प्रत्येकलाई ती वितरण गरिन्थ्यो ।36साइप्रसबाट आएका योसेफ नाउँका एक जना मानिस थिए जो लेवी कुलका थिए जसलाई प्रेरितहरूले बारनाबास (जसको अर्थ उत्साहको पुत्र हुन्छ) नाउँ राखिदिएका थिए, 37तिनले आफूसँग भएको जमिन बेचे र त्यसको पैसा ल्याएर प्रेरितहरूको पाउमा राखिदिए ।
51अब एक जना हननिया नाउँ गरेका मानिसले आफ्नी पत्नी सफिरासँग मिलेर एक टुक्रा जमिन बेचे, 2र उनले त्यो पैसाको केही अंश आफूसँगै राखे (यो कुरा उनकी पत्नीलाई पनि थाहा थियो) र यसको बाँकी अंश ल्याएर प्रेरितहरूको पाउमा राखिदिए ।3तर पत्रुसले भने, “हननिया, पवित्र आत्मालाई झूट बोल्न र त्यस जमिनको मूल्यको केही अंश राख्नलाई शैतानले किन तिम्रो हृदयलाई भरिदियो? 4यसलाई बिक्री नगर्दा के यो तिम्रो आफ्नो थिएन र, अनि यसलाई बेचिसकेपछि, यो तिम्रो आफ्नै नियन्त्रणमा थिएन र? तिमीले आफ्नो हृदयमा यस्तो कुरा कसरी सोच्यौ? तिमीले मानिसहरूलाई होइन तर परमेश्वरलाई झुट बोलेका छौ ।" 5यी कुराहरू सुनेर हननिया भुइँमा लडे र अन्तिम सास फेरे, र यो कुरा सुन्नेहरू सबैमा ठुलो डर छायो । 6जवान मानिसहरू अगाडि आए र उनलाई कपडाले बेह्रे र तिनीहरूले उनलाई बोकेर बाहिर लगे र गाडे ।7त्यसको झण्डै तिन घण्टापछि उनकी पत्नी त्यहाँ के भएको थियो भन्ने थाहै नपाई भित्र आइन् । 8पत्रुसले उनलाई भने, “तिमीहरूले सो जमिनलाई त्यत्ति नै मूल्यमा बेचेका हौ या होइनौ, मलाई बताऊ ।” उनले भनिन्, “हो, त्यत्तिमा नै हो ।”9तब पत्रुसले उनलाई भने, “तिमीहरू परमप्रभुको आत्मालाई जाँच गर्न कसरी सँगै सहमत भयौ? हेर, तिम्रो पतिलाई गाड्नेहरूका पाउ ढोकामा नै छन्, र तिनीहरूले तिमीलाई पनि बोकेर बाहिर लानेछन् ।" 10तिनी तुरुन्तै उनको पाउमा लडिन् र तिनले अन्तिम सास फेरिन् । जब ती जवान मानिसहरू भित्र आए र तिनलाई मृत भेट्टाए, तिनीहरूले तिनलाई बोकेर बाहिर लगे र तिनलाई तिनको पतिको नजिकै गाडिदिए । 11पूरै मण्डलीमा र यी कुराहरू सुन्ने सबैमा ठुलो डर छायो ।12प्रेरितहरूको हातद्वारा मानिसहरूका बीचमा धेरै चिन्ह र आश्चर्यकर्महरू भइरहेका थिए । तिनीहरू सबै सोलोमनको दलानमा सँगै थिए । 13तिनीहरूलाई मानिसहरूद्वारा उच्च सम्मान मिलेको भए तापनि कसैले पनि तिनीहरूसँगै सामेल हुन साहस गरेनन् ।14अझ धेरै विश्वासीहरू अर्थात् असङ्ख्य पुरुषहरू र स्त्रीहरू प्रभुमा थपिंदै थिए । 15पत्रुस त्यहाँबाट भएर आउँदा तिनको छाया तिनीहरूमध्ये कोहीमाथि परोस् भनेर तिनीहरूले बिरामीहरूलाई गल्लीहरूमा बोकेर ल्याए र तिनीहरूलाई खाट र पलङहरूमा राखे । 16त्यहाँ यरूशलेम वरिपरिका सहरहरूबाट पनि बिरामी र अशुद्ध आत्माले सताइएका मानिसहरू ठुलो संख्यामा आए र तिनीहरू सबै निको भए ।17तर प्रधान पूजाहारी र तिनीसँग रहनेहरू सबै जना (जुन सदूकीहरूको सम्प्रदाय हो) उठे र तिनीहरू ईर्ष्याले भरिए 18र तिनीहरूले प्रेरितहरूमाथि हात हाले, र तिनीहरूलाई सार्वजनिक झ्यालखानामा थुनिदिए ।19रातको समयमा परमप्रभुका एउटा दूतले झ्यालखानाका ढोकाहरू खोलिदिए र तिनीहरूलाई बाहिर लगे, र भने, 20“जाओ र त्यस मन्दिरमा खडा होओ र यस जीवनका सबै वचनहरू मानिसहरूलाई बताओ ।” 21जब तिनीहरूले यो कुरा सुने तब तिनीहरू सबेरै मन्दिरभित्र प्रवेश गरे र शिक्षा दिए । तर प्रधान पूजाहारी र तिनीसँग भएकाहरू आए, र परिषद्लाई इस्राएलका मानिसहरूका धर्म-गुरुहरूसँगै बोलाए, र प्रेरितहरूलाई ल्याउन झ्यालखानामा पठाए ।22तर ती गएका अधिकारीहरूले तिनीहरूलाई झ्यालखानामा भेट्टाएनन् र तिनीहरू फर्केर आए र खबर दिए । 23“हामीले झ्यालखाना राम्ररी बन्द गरिएको र पहरेदारहरू ढोकामा उभिरहेका पायौं, तर त्यसलाई खोल्दा हामीले भित्र कोही पनि भेट्टाएनौं ।”24जब मन्दिरका कप्तान र मुख्य पूजाहारीहरूले यी कुराहरू सुने, के हुने होला भनी तिनीहरू धेरै अन्योलमा परे । 25तब कोही आए र तिनीहरूलाई भने, “तपाईंहरूले झ्यालखानामा राख्नुभएका ती मानिसहरू, मन्दिरमा खडा भएर मानिसहरूलाई शिक्षा दिइरहेका छन् ।”26त्यसैले कप्तान अधिकारीहरूसँगै गए र उनीहरूलाई हिंसाविना नै फर्काएर ल्याए, किनकि तिनीहरू मानिसहरूले उनीहरूलाई ढुङ्गाले हान्लान् भनी डराए । 27तिनीहरूले उनीहरूलाई ल्याएपछि, तिनीहरूले उनीहरूलाई परिषद्को अगि राखे । प्रधान पूजाहारीले उनीहरूलाई यसो भनेर सोधपुछ गरे, 28“हामीले तिमीहरूलाई यस नाउँमा शिक्षा नदिनलाई कडा आज्ञा दियौं, तर पनि तिमीहरूले आफ्नो शिक्षाले यरूशलेम भरिसकेका छौ र त्यस मानिसको रगत हामीमाथि ल्याउने इच्छा गर्छौ ।”29तर पत्रुस र प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा पालन गर्नुपर्छ । 30हाम्रा पितापुर्खाका परमेश्वरले येशूलाई मृत्युबाट उठाउनुभयो, जसलाई तपाईंहरूले रूखमा झुण्ड्याएर मार्नुभयो । 31परमेश्वरले इस्राएललाई पश्चात्ताप गर्न र पापको क्षमा प्रदान गर्न उहाँलाई राजकुमार र मुक्तिदाता हुनलाई आफ्नो दाहिने हाततर्फ उचाल्नुभयो । 32हामीहरू यी कुराहरूका साक्षी छौं र पवित्र आत्मा पनि यसको साक्षी हुनुहुन्छ जसलाई परमेश्वरले उहाँको आज्ञा पालन गर्नेहरूलाई दिनुभएको छ ।”33जब परिषद्का सदस्यहरूले यो सुने तब तिनीहरू क्रुद्ध भए र प्रेरितहरूलाई मार्ने चाहना गरे । 34तर गमलिएल नाउँ गरेका फरिसी, व्यवस्थाका एक जना शिक्षक जो सबै मानिसहरूद्वारा सम्मानित थिए, तिनी उभिए र केही समयको लागि प्रेरितहरूलाई बाहिर लानलाई आज्ञा गरे ।35तब तिनले तिनीहरूलाई भने, “इस्राएलका मानिसहरू हो, तपाईंहरूले यी मानिसहरूलाई जे गर्नलाई प्रस्ताव गर्नुभएको छ, त्यसमा राम्ररी ध्यान दिनुहोस् । 36किनकि केही समयअगि, थूदास केही हुँ भन्ने दाबी गर्दै खडा भयो, र झण्डै चार सय जना मानिस त्योसँगै लागे । त्यो मारियो र त्यसका आज्ञा पालन गर्नेहरू सबै तितरबितर भए र त्यो सब व्यर्थ भयो । 37त्यो मानिसपछि जनगणनाको समयमा गालीलको यहूदा खडा भयो र कतिपय मानिसहरूलाई आफ्नो पछि खिँच्यो । त्यो पनि नष्ट भयो र त्यसका आज्ञा पालन गर्दै आइरहेकाहरू सबै तितरबितर भए ।38अब म तपाईंहरूलाई भन्छु कि यी मानिसहरूबाट टाढै रहनुहोस् र यिनीहरूलाई छोडिदिनुहोस् किनकि यदि यो योजना वा काम मानिसहरूको हो भने, यो पतन हुनेछ । 39तर यदि यो परमेश्वरको हो भने, तपाईंहरूले तिनीहरूलाई पतन गराउन सक्नुहुन्न; तपाईंहरूले आफैंलाई परमेश्वरको विरुद्धमा लडिरहेको पनि पाउनुहुनेछ ।” यसरी तिनीहरूले तिनको कुरा माने ।40तब तिनीहरूले प्रेरितहरूलाई भित्र बोलाए र उनीहरूलाई कुटे र येशूको नाउँमा नबोल्नलाई आज्ञा गरे र उनीहरूलाई जान दिए । 41उनीहरू त्यस नाउँको निम्ति अपमान भोग्न योग्यका गनिएकामा उनीहरूले आनन्दित हुँदै त्यो परिषद् छाडे । 42त्यसपछि हरेक दिन मन्दिर र घर-घरमा, उनीहरूले निरन्तर येशूलाई नै ख्रीष्टको रूपमा सिकाइरहेका र प्रचार गरिरहेका थिए ।
61अब ती दिनमा जब चेलाहरूको सङ्ख्या बढ्दै गयो ग्रीक-यहूदीहरूले हिब्रूहरूका विरुद्धमा गनगन गर्न थाले किनभने तिनीहरूका विधवाहरूलाई दैनिक खाद्य वितरणमा वेवास्ता गरिंदै थियो ।2बाह्र प्रेरितले चेलाहरूको समूहलाई बोलाएर भने, “खुवाउने-पियाउने सेवाको लागि हामीले परमेश्वरको वचनलाई छोड्नु उपयुक्त हुँदैन । 3यसकारण भाइ हो, तपाईंहरूमध्येबाट सात जना मानिसलाई छान्नुहोस् जो नाउँ चलेका, पवित्र आत्मा र बुद्धिले भरिएका होऊन् जसलाई हामी यस कामको लागि नियुक्त गर्न सकौं । 4हाम्रो सम्बन्धमा भन्नुपर्दा, हामी सधैं निरन्तर रूपमा प्रार्थना र वचनको सेवामा लागिरहनेछौं ।”5तिनीहरूको भनाइ पूरै समुदायलाई मन पर्यो । त्यसैले, तिनीहरूले विश्वास र पवित्र आत्माले भरिएका स्तिफनस भन्ने, र फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्टिओखियाका यहूदी मत मान्ने निकोलाउसलाई छाने । 6विश्वासीहरूले यी मानिसहरूलाई प्रेरितहरूका सामु ल्याए जसले प्रार्थना गरे र तिनीहरूमाथि आफ्ना हात राखे ।7यसरी परमेश्वरको वचन फैलिंदै गयो, र यरूशलेममा चेलाहरूको सङ्ख्या धेरै वृद्धि भयो, र पूजाहारीहरूको ठुलो सङ्ख्या यस विश्वासमा आज्ञाकारी भए ।8अब अनुग्रह र शक्तिले भरिएर स्तिफनसले मानिसहरूका बीचमा महान् आश्चर्यकर्म र चिन्हहरू देखाउँदै थिए । 9तर त्यहाँ स्वतन्त्र दल नामक सभाघरका केही मानिसहरू, कुरेनीहरू र अलेक्ज्यान्ड्रियाका मानिसहरू, र किलिकियासाथै एसियाका केही मानिसहरू खडा भए । यी मानिसहरू स्तिफनससित वादविवाद गर्दै थिए ।10तर स्तिफनसले जुन बुद्धि र आत्माले बोले तिनीहरूले त्यसको सामना गर्न सकेनन् । 11त्यसपछि तिनीहरूले केही मानिसहरूलाई घुस दिएर यसो भन्न लगाए, “हामीले स्तिफनसले मोशा र परमेश्वरको विरुद्धमा ईश्वरनिन्दक वचनहरू बोलेका सुनेका छौं ।”12तिनीहरूले मानिसहरू, धर्म-गुरुहरू, र शास्त्रीहरूलाई उक्साए, अनि स्तिफनससित मुकाबला गरे र तिनलाई पक्रे र परिषद्को सामु ल्याए । 13तिनीहरूले झूटा साक्षीहरू पेस गरे जसले भने, “यो मानिसले यस पवित्रस्थान र व्यवस्थाको विरुद्धमा बोल्न छाड्दैन । 14किनकि नासरतको यो येशूले यस स्थानलाई नष्ट पार्नेछ र मोशाले हामीलाई सुम्पेका चलनहरूलाई बद्लनेछ भनी त्यसले बोलेको हामीले सुनेका छौं ।” 15परिषद्मा जम्मा भएका हरेकले आफ्नो आँखा तिनमा केन्द्रित गरे र तिनको मोहोडा स्वर्गदूतको मोहोडा झैं देखे ।
71प्रधान पूजाहारीले भने, “के यी कुराहरू साँचा हुन्?” 2स्तिफनसले भने, “दाजुभाइ तथा पिताहरू हो, मेरो कुरा सुन्नुहोस्ः हाम्रा पिता अब्राहाम हारानमा बस्नुअगि महिमाका परमेश्वर मेसोपोटामियामा तिनीकहाँ देखा पर्नुभयो; 3उहाँले तिनलाई भन्नुभयो, 'तिम्रो देश र तिम्रा नातेदारहरूलाई छोड, र मैले देखाउने देशमा जाऊ ।'4त्यसपछि तिनी कल्दीहरूको देश छोडे अनि तिनी हारानमा आएर बसे; त्यहाँ तिनका पिताको मृत्यु भएपछि परमेश्वरले तिनलाई यस देशमा ल्याउनुभयो जहाँ अहिले तपाईंहरू बस्नुहुन्छ । 5उहाँले तिनलाई यसको कुनै पनि कुरा पैत्तृक सम्पत्तिको रूपमा दिनुभएन, यहाँसम्म कि पर्याप्त पाइला राख्ने ठाउँ पनि दिनुभएन । तर अब्राहामको कुनै सन्तान नहुँदा पनि उहाँले त्यो देश तिनलाई सम्पत्तिको रूपमा दिनुहुनेछ र तिनीपछि तिनका सन्तानहरूलाई दिनुहुनेछ भनी तिनीसित प्रतिज्ञा गर्नुभयो ।6परमेश्वरले तिनलाई भन्दै हुनुहुन्थ्यो कि तिनका सन्तानहरू विदेशी भूमिमा केही समयको लागि बस्नेछ र त्यहाँका बासिन्दाहरूले तिनीहरूलाई कमारा तुल्याउनेछ र चार सय वर्षसम्म तिनीहरूलाई थिचोमिचो गर्नेछ । 7'तर तिनीहरू जुन जातिको कमारा हुनेछन् म तिनीहरूको न्याय गर्नेछु', परमेश्वरले भन्नुभयो, 'र त्यसपछि तिनीहरू त्यहाँबाट बाहिर निस्कनेछन् र यस ठाउँमा मेरो आराधना गर्नेछन् ।' 8अनि परमेश्वरले अब्राहामसित खतनाको करार बाँध्नुभयो, त्यसैले अब्राहाम इसहाकका पिता बने र तिनले आठौं दिनमा उनको खतना गरे; इसहाक याकूबका पिता बने, र याकूब बाह्र कुलका पिता बने ।9कुलपतिहरूले योसेफसँग डाह गरे र तिनलाई मिश्रमा बेचिदिए । तर परमेश्वर तिनीसित हुनुहुन्थ्यो 10र तिनलाई सबै दुःखकष्टबाट छुटाउनुभयो । उहाँले मिश्रका राजा फारोको सामने तिनलाई कृपा र बुद्धि दिनुभयो जसले तिनलाई मिश्र र तिनका सारा घरानाका हाकिम बनाए ।11त्यस बेला सारा मिश्र र कनानभरि अनिकाल पर्यो, र ठुलो सङ्कष्ट आइपर्यो । हाम्रा पुर्खाहरूले कुनै खानेकुरा पाएनन् । 12तर जब मिश्रमा अन्न पाईंदोरहेछ भनी याकूबले सुने तिनले पहिलो पटक हाम्रा पुर्खाहरूलाई त्यहाँ पठाए । 13दोस्रो पटकको भेटघाटमा योसेफले आफूलाई आफ्ना दाजुहरूकहाँ प्रकट गरे, र योसेफको परिवार फारोकहाँ परिचित भए ।14आफ्ना पिता याकूब र तिनका सबै नातेदारहरू अर्थात् पचहत्तर प्राणीलाई मिश्रमा आउनुहोस् भनी योसेफले आफ्ना दाजुहरूमार्फत खबर पठाए । 15त्यसैले याकूब मिश्रमा गए, र त्यहाँ तिनको मृत्यु भयो, र हाम्रा पुर्खाहरू पनि त्यहीं नै मरे । 16तिनीहरूका मृत शरीर शकेममा लगिए र अब्राहामले शकेममा हमोरका छोराहरूबाट चाँदीको मूल्यमा किनेको चिहानमा राखिए ।17परमेश्वरले अब्राहामसित प्रतिज्ञा गर्नुभएको समय नजिकिंदै गर्दा मानिसहरू मिश्रमा बढ्दै गए, 18जबसम्म मिश्रमा अर्का राजाको उदय भएन, जसले योसेफलाई चिन्दैनथ्ये । 19ती राजाले हाम्रा मानिसहरूलाई छल गरे र हाम्रा पुर्खाहरूलाई आफ्ना शिशुहरूलाई बाहिर फाल्न कर लगाए ताकि तिनीहरू नबाँचून् ।20त्यही बेला मोशाको जन्म भयो; तिनी परमेश्वरको सामु सुन्दर थिए र तीन महिनासम्म तिनका पिताको घरमा तिनको स्याहार गरियो । 21जब तिनलाई फ्याँकियो, फारोकी छोरीले तिनलाई उठाइन् र तिनलाई आफ्नै छोरासरह हुर्काइन् ।22मोशालाई मिश्रका सारा विद्यामा शिक्षा दिइयो, र तिनी आफ्ना वचन र कर्ममा शक्तिशाली बने । 23तर जब तिनी करिब चालिस वर्ष पुगे, तिनलाई आफ्ना दाजुहरू अर्थात् इस्राएलका सन्तानहरूलाई भेट गर्न मन लाग्यो । 24एक जना इस्राएलीमाथि अन्याय भएको देखेर मोशाले त्यसको रक्षा गरे र त्यस मिश्रीलाई मारेर अन्यायमा पर्नेको बदला लिएः 25परमेश्वरले तिनका हातद्वारा तिनका दाजुभाइहरूको छुट्कारा गर्न खोज्दै हुनुहुन्थ्यो भन्ने कुरा तिनीहरूले बुझ्लान् भनी तिनले सोचे, तर तिनीहरूले त्यो कुरा बुझेनन् ।26अर्को दिन तिनीले दुई जना मानिसहरुलाई झगडा गरिरहेका देखे र तिनले यसो भन्दै तिनीहरूको झगडा मिलाउन खोजे, “ए मानिसहरू हो, तपाईंहरू दाजुभाइ हुनुहुन्छ; किन तपाईंहरू एकअर्कालाई चोट पुर्याउँदै हुनुहुन्छ?” 27तर जसले आफ्नो छिमेकीलाई हानि पुर्याएको थियो त्यसले तिनलाई धकेलेर भन्यो, “तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता तुल्यायो? 28हिजो तिमीले त्यस मिश्रीलाई मारेझैं के तिमी मलाई पनि मार्न चाहन्छौ?”29यो सुनेर मोशा भागे; तिनी मिद्यान देशमा परदेशी बने जहाँ तिनी दुई छोराका पिता बने । 30चालिस वर्ष बितेपछि सीनै पर्वतको उजाड-स्थानमा जलिरहेको आगोको पोथ्रामा एउटा स्वर्गदूत तिनीकहाँ देखा परे ।31जब मोशाले ज्वालालाई देखे, यो दृश्य देखेर तिनी छक्क परे; र त्यसलाई हेर्न तिनी नजिक जाँदा त्यहाँ यसो भन्दै परमप्रभुको आवाज आयो, 32'तिम्रा पुर्खाहरू अब्राहाम, इसहाक र याकूबका परमेश्वर मै हुँ ।' मोशा काँपे र तिनले हेर्ने साहस गरेनन् ।33परमप्रभुले तिनलाई भन्नुभयो, 'तिम्रा खुट्टाबाट जुत्ता फुकाल किनकि तिमी उभिएको ठाउँ पवित्र भूमि हो । 34निश्चय नै मैले मिश्रमा भएका मेरा मानिसहरूको दुःखकष्टलाई देखेको छु; मैले तिनीहरूको क्रन्दन सुनेको छु, र म तिनीहरूलाई छुट्कारा दिन तल ओर्लिआएको छु; अब आऊ, म तिमीलाई मिश्रमा पठाउनेछु ।'35यी मोशा जसलाई तिनीहरूले इन्कार गरे, जसलाई तिनीहरूले भनेका थिए, 'कसले तिमीलाई शासक र न्यायकर्ता तुल्यायो?', तिनैलाई परमेश्वरले शासक र उद्धारकर्ता दुवै बनाएर पठाउनुभयो । पोथ्रामा मोशाकहाँ देखा पर्ने स्वर्गदूतका हातद्वारा परमेश्वरले तिनलाई पठाउनुभयो । 36मिश्र, लाल समुद्रसाथै उजाड-स्थानमा चालिस वर्षसम्म आश्चर्यकर्म र चिन्हहरू गरेर मोशाले तिनीहरूलाई मिश्रबाट बाहिर ल्याए । 37'यी तिनै मोशा थिए जसले इस्राएलका मानिसहरूलाई भनेका थिए, “परमेश्वरले तिमीहरूका दाजुभाइहरूकै बीचबाट मजस्तै एक जना अगमवक्ता खडा गर्नुहुनेछ ।'38यी तिनै मानिस हुन् जो उजाड-स्थानमा भएको समुदायसित स्वर्गदूतसँगै थिए जो सीनै पर्वतमा तिनीसित बोलेका थिए, जो हाम्रा पुर्खाहरूसित थिए, र जसले हामीलाई दिन जीवित वचनहरू प्राप्त गरे । 39तर हाम्रा पुर्खाहरूले तिनको आज्ञापालन गर्न इन्कार गरे; तिनीहरूले तिनलाई आफूहरूबाट पन्छाए, र तिनीहरू आफ्ना हृदयमा मिश्रमा फर्के । 40त्यस बेला तिनीहरूले हारूनलाई भने, 'हाम्रो निम्ति हामीलाई अगुवाइ गर्ने देवताहरू बनाउनुहोस् । हामीलाई मिश्र देशबाट अगुवाइ गरेर ल्याउने यी मोशालाई के भयो हामीलाई थाहा छैन ।'41ती दिनमा तिनीहरूले एउटा बाछो बनाए र तिनीहरूले त्यस मूर्तिमा बलिदान चढाए, र तिनीहरूआफ्ना हातका काममा रमाए । 42तर परमेश्वर तर्कनुभयो र तिनीहरूलाई आकाशका ताराहरूको पूजा गर्न छाडिदिनुभयो, जस्तो अगमवक्ताका पुस्तकहरूमा लेखिएको छ, 'इस्राएलका घराना हो, के तिमीहरूले मलाई चालिस वर्षसम्म उजाड-स्थानमा पशुबलि र बलिदानहरू चढायौ र?43तिमीहरूले मोलोखको पवित्र वासस्थान र रेफन देवताको तारा, र आफूले पूजा गर्न बनाएका मूर्तिहरूलाई स्वीकार गर्यौ: र म तिमीहरूलाई बेबिलोनभन्दा पर लैजानेछु ।'44उजाड-स्थानमा हाम्रा पुर्खाहरूको गवाहीको पवित्र वासस्थान थियो जुन मोशाले देखेको नमुना जस्तै बनाउनुपर्छ भनी परमेश्वरले मोशासँग बोल्नुहुँदा तिनलाई आज्ञा गर्नुभयो । 45पछि हाम्रा पूर्खाहरूले, यहोशूको अगुवाइमा, त्यो पवित्र वासस्थान प्राप्त गरे र यस देशलाई अधिकारमा ल्याउँदा त्यसलाई तिनीहरूसँगै ल्याए । परमेश्वरले ती जातिहरूबाट देश लिनुभयो र तिनीहरूलाई हाम्रा पुर्खाहरूको उपस्थितिमा धपाउनुभयो । दाऊदको समयसम्म पवित्र वासस्थान यस देशमा रह्यो, 46जसले परमेश्वरको दृष्टिमा निगाह पाए, र तिनले याकूबका परमेश्वरको निम्ति एउटा वासस्थान निर्माण गर्नका निम्ति अनुरोध गरे ।47तर परमेश्वरको निम्ति एउटा भवन बनाउने सोलोमन थियो । 48तथापि सर्वोच्च परमेश्वर हातले बनाएका घरहरूमा बस्नुहुन्न, जस्तो अगमवक्ताले भनेका छन्, 49‘स्वर्ग मेरो सिंहासन हो, र पृथ्वी मेरा खुट्टाको पाउदान । तिमीहरूले मेरो निम्ति कस्तो किसिमको घर बनाउन सक्छौ?’ परमप्रभु भन्नुहुन्छ, वा मेरो विश्रामको स्थान कुन हो? 50के यी सबै कुराहरू मेरै हातले बनाएका होइनन् र?’51हे हठी मानिसहरू हो, हृदय र कानको खतना नभएकाहरू, तपाईंहरू सधैं पवित्र आत्माको विरोध गर्नुहुन्छ; तपाईंहरूका पुर्खाहरूले जस्तो गरे तपाईंहरू पनि त्यस्तै गर्नुहुन्छ । 52तपाईंहरूका पुर्खाहरूले कुनचाहिं अगमवक्तालाई सताएनन्? तिनीहरूले अगमवक्ताहरूलाई मारे जो धर्मी जनको आगमनअगि देखा परे; र अहिले तपाईंहरू उहाँका विश्वासघाती र हत्यारा पनि बन्नु भएको छ, 53तपाईंहरूले स्वर्गदूतहरूद्वारा स्थापित व्यवस्था पाउनुभयो तर त्यसको पालना गर्नुभएन ।”54जब परिषद्का सदस्यहरूले यी कुराहरू सुने, तिनीहरूका मुटु छेडियो र तिनीहरूले स्तिफनसमाथि दाह्रा किटे । 55तर तिनले पवित्र आत्माले भरिएर एकटकले स्वर्गतिर हेरे र परमेश्वरको महिमा देखे; साथै येशूलाई परमेश्वरको दाहिने हातपट्टि उभिरहनुभएको देखे । 56स्तिफनसले भने, “हेर्नुहोस्, म स्वर्ग उघ्रेको र मानिसका पुत्रलाई परमेश्वरको दाहिने हातपट्टि उभिरहनुभएको देख्छु ।”57परिषद्का सदस्यहरूले आफ्ना कान थुने, र ठुलो सोरले चिच्च्याए, तिनीहरू एकै मनका भएर तिनीमाथि जाइलागे । 58तिनीहरूले तिनलाई सहरबाहिर ल्याए र तिनीमाथि ढुङ्गा बर्साउन थाले । साक्षीहरूले शाऊल नाउँ गरेका जवान मानिसको खुट्टानेर आफ्ना बाहिरी वस्त्रहरू खोलेर राखे ।59तिनीहरूले स्तिफनसमाथि ढुङ्गा बसाईरहँदा तिनले निरन्तर रूपमा यसो भन्दै प्रभुको पुकारा गरे, “हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस् ।” 60तिनले घुँडा टेकी ठुलो सोरले चिच्च्याए, “हे प्रभु, तिनीहरूलाई यो पापको दोष नलागोस् ।” यति भनेपछि तिनले आफ्नो प्राण त्यागे ।
81तिनको हत्यामा शाऊल सहमत थिए । त्यसैले त्यस दिन त्यहँ यरूशलेमको मण्डलीको विरुद्धमा ठुलो सतावट सुरु भयो; र प्रेरितहरूबाहेक विश्वासीहरू सबैजना यहूदिया र सामारियाका क्षेत्रहरूमा तितर-बितर भएर गए । 2ईश्वरभक्त मानिसहरूले स्तिफनसलाई गाडे र तिनको लागि बेसरी विलाप गरे । 3तर शाऊलले मण्डलीलाई हानि पुर्याउन कोसिस गरे । तिनी घरैपिच्छे जान्थे, तिनले पुरुष र स्त्रीहरूलाई घिसारेर ल्याउँथे र तिनीहरूलाई झ्यालखानामा हालिदिन्थे ।4तथापि तितर-बितर भएका विश्वासीहरूले चारैतिर वचन प्रचार गर्दै गए । 5फिलिप सामरियाको सहरमा ओर्ले र तिनीहरूलाई ख्रीष्टको प्रचार गरे ।6मानिसहरूका भीडले फिलिपले भनेका कुरा ध्यान दिएर सुनिरहेका थिए; एकै मनको भएर तिनीहरूले तिनलाई सुने, र तिनीहरूले तिनले गरेका चिन्हहरू देखे । 7भूत लागेका धेरै जनाबाट अशुद्ध आत्माहरू ठुलो सोरले चिच्च्याउँदै निस्किआए, र धेरै पक्षाघाती र लङ्गडाहरू निको भए । 8त्यसैले त्यस सहरमा बडो आनन्द भयो ।9तर त्यस सहरमा सिमोन नाउँ गरेको एक जना मानिस थियो जसले पहिले जादुगरी गर्ने गर्थ्यो; त्यसले आफूलाई एक महत्त्वपूर्ण मानिस हुँ भनी दाबी गर्दै तिनले सामरियाका मानिसहरूलाई छक्क पार्ने गर्थ्यो । 10सबैभन्दा सानादेखि सबैभन्दा ठुलासम्मका सबै सामरीहरूले त्यसका कुरा ध्यान दिएर सुन्थे; तिनीहरूले भन्थे, “यी मानिस परमेश्वरका ती शक्ति हुन् जसलाई महान् भनिन्छ ।” 11तिनीहरूले त्यसका कुरा सुन्थे किनभने त्यसले आफ्नो जादुगरीद्वारा लामो समयदेखि तिनीहरूलाई चकित पार्दै आएको थियो ।12तर फिलिपले परमेश्वरको राज्य र येशू ख्रीष्टको नाउँको सुसमाचारको बारेमा प्रचार गर्दा जब तिनीहरूले तिनीमाथि विश्वास गरे, तब तिनीहरू, पुरुष र स्त्रीहरू दुवैले बप्तिस्मा लिए । 13सिमोन आफैंले पनि विश्वास गर्यो, र त्यसले बप्तिस्मा लिएपछि त्यो फिलिपसँगै लागिरह्यो । चिन्हहरू र उदेकका कामहरू देखेर त्यो छक्क पर्यो ।14अब सामरियाका मानिसहरूले परमेश्वरको वचनलाई ग्रहण गरे भन्ने कुरा जब यरूशलेमका प्रेरितहरूले सुने, तिनीहरूले पत्रुस र यूहन्नालाई उनीहरूकहाँ पठाए । 15तिनीहरू तल आएपछि उनीहरूले पवित्र आत्मा पाउन सकून् भनी उनीहरूका निम्ति तिनीहरूले प्रार्थना गरे । 16किनकि त्यस बेलासम्म पवित्र आत्मा उनीहरूमध्ये कसैमाथि पनि आउनुभएको थिएन; प्रभु येशूको नाउँमा मात्र उनीहरूको बप्तिस्मा भएको थियो । 17त्यसपछि पत्रुस र यूहन्नाले उनीहरूमाथि आफ्ना हात राखे र उनीहरूले पवित्र आत्मा पाए ।18अब प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाइँदोरहेछ भनी जब सिमोनले देख्यो त्यसले तिनीहरूलाई रूपैयाँ-पैसा दिन लाग्यो । 19त्यसले भन्यो, “मलाई पनि यो शक्ति दिनुहोस् ताकि मैले जो कसैमाथि हात राख्दा उसले पवित्र आत्मा पाओस् ।”20तर पत्रुसले त्यसलाई भने, “तेरो चाँदी तैंसित नष्ट होस् किनभने तैंले परमेश्वरको वरदानलाई रूपैयाँ-पैसाले प्राप्त गर्ने विचार गरिस् । 21यस विषयमा तेरो कुनै हिस्सा वा भाग छैन किनभने तेरो हृदय परमेश्वरसित ठिक छैन । 22त्यसकारण तेरो दुष्टताको लागि पश्चात्ताप गर्, र प्रभुलाई प्रार्थना चढा, कतै उहाँले तेरो हृदयको विचारको लागि तँलाई क्षमा गरिदिनुहुन्छ कि । 23किनकि म देख्छु कि तँ तिक्ताको विष र पापको बन्धनमा छस् ।”24सिमोनले जवाफ दियो र भन्यो, “मेरो निम्ति प्रभुसँग प्रार्थना गरिदिनुहोस् ताकि तपाईंले भन्नुभएको कुनै पनि कुरा ममाथि आइनपरोस् ।”25पत्रुस र यूहन्नाले साक्षी दिई प्रभुको वचन बोलेपछि सामरियाका धेरै गाउँहरूमा सुसमाचार प्रचार गर्दै तिनीहरू यरूशलेम फर्के ।26अब प्रभुका एउटा दूतले फिलिपलाई भने, “उठ र दक्षिणतिर यरूशलेमदेखि गाजासम्म जाने बाटो जाऊ (यो बाटो उजाड-स्थानमा पर्छ) ।” 27तिनी उठे र गए । हेर, त्यहाँ इथियोपियाका एक जना नपुंसक थिए जो इथियोपिया देशकी रानी कन्दाकीका पदाधिकारी थिए । तिनी उनका सारा सम्पत्तिको कोषाध्यक्ष थिए । तिनी आराधनाको लागि यरूशलेम आएका थिए । 28तिनी फर्किरहेका थिए र आफ्नो रथमा यशैया अगमवक्ताको पुस्तक पढिरहेका थिए ।29आत्माले फिलिपलाई भन्नुभयो, “माथि जाऊ र त्यस रथको साथ लाग ।” 30त्यसैले फिलिप तिनीकहाँ दौडेर गए, र तिनले यशैया अगमवक्ताको पुस्तक पढेको सुने र तिनले सोधे, “के तपाईंले पढिरहनुभएको कुरा बुझ्नुहुन्छ?” 31तब इथियोपियालीले भने, “कसैले मलाई नबुझाएसम्म म कसरी बुझ्न सक्छु र?” तिनले फिलिपलाई रथमा चढेर तिनीसँगै बस्न अनुरोध गरे ।32अब इथियोपियालीले पढेको धर्मशास्त्रको खण्ड यो थियो, “काटिने थुमाजस्तै उसलाई लगियो; जसरी थुमा ऊन कत्रनेको सामु मौन हुन्छ त्यसै गरी उसले आफ्नो मुख खोल्दैन ।” 33उसको अपमानमा उसको न्याय खोसियो । कसले उसको पुस्ताको पूर्ण रूपमा बयान गर्ने? किनकि उसको जीवन यस पृथ्वीबाट हरण गरियो ।”34त्यसैले नपुंसकले फिलिपलाई सोधे, “म तपाईंलाई बिन्ती गर्छु, मलाई बताइदिनुस् कि अगमवक्ताले कसको बारेमा भन्दै छन्, आफ्नै बारेमा वा अरू कसैको बारेमा?” 35फिलिपले बताउन थाले, र धर्मशास्त्रको यसै खण्डबाट सुरु गरेर तिनले तिनलाई येशूको सुसमाचार बताइदिए ।36तिनीहरू बाटोमा जाँदै गर्दा तिनीहरू केही पानी भएको ठाउँमा आइपुगे र नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी छ । मलाई बप्तिस्मा लिनदेखि केले रोक्छ?” 37 38त्यसैले ती इथियोपियालीले रथ रोक्न आज्ञा दिए । फिलिप र नपुंसक दुवै जना पानी भएको ठाउँमा ओर्ले, र फिलिपले तिनलाई बप्तिस्मा दिए ।39तिनीहरू पानीबाट बाहिर आएपछि प्रभुका आत्माले फिलिपलाई लैजानुभयो, र नपुंसकले तिनलाई फेरि देखेनन् तर तिनी रमाउँदै आफ्नो बाटो लागे । 40तर फिलिप अश्दोदमा देखा परे र तिनी कैसरिया नपुगुञ्जेलसम्म तिनी त्यस क्षेत्रबाट भएर सबै सहरहरूमा सुसमाचार सुनाउँदै गए ।
91तर शाऊल अझै प्रभुका चेलाहरूको विरुद्धमा हत्याको धम्की दिंदै प्रधान पूजाहारीकहाँ गए 2र त्यस मार्गका पुरुष होस् या स्त्रीहरू जोसुकैलाई फेला पारे पनि तिनीहरूलाई बाँधेर यरूशलेममा ल्याउन पाऊँ भनी तिनले दमस्कसका सभाघरहहरूको नाउँमा पत्र मागे ।3जसै तिनी यात्रा गरिरहेका थिए, तिनी दमस्कस नजिकै आइपुग्दा, अकस्मात् तिनको वरिपरि स्वर्गबाट आएको ज्योति चम्क्यो; 4र तिनी भुइँमा ढले र तिनलाई यसो भन्दै गरेको आवाज सुने, “ए शाऊल, ए शाऊल, किन तिमी मेरो खेदो गर्दैछौ?”5शाऊलले जवाफ दिए, “प्रभु, तपाईं को हुनुहुन्छ?” प्रभुले भन्नुभयो, “म येशू हुँ जसको तिमी खेदो गर्दैछौ; 6तर उठ, र सहरमा जाऊ, र तिमीले के गर्नुपर्छ भनी तिमीलाई बताइनेछ ।” 7शाऊलसँगै यात्रा गर्ने मानिसहरूले आवाजचाहिं सुने तर कसैलाई नदेखेर अवाक भई उभिरहे ।8शाऊल भुइँबाट उठे, र तिनले आफ्ना आँखा खोल्दा तिनले केही देखेनन्; त्यसैले तिनीहरूले हात समातेर तिनलाई दमस्कस पुर्याए । 9किनकि तिनी तीन दिनसम्म नदेख्ने भए, र तिनले न त खाए न पिए ।10अब दमस्कसमा हननिया नाउँ गरेका चेला थिए । प्रभुले दर्शनमा तिनलाई भन्नुभयो, “ए हननिया!” तिनले भने, “हेर्नुहोस्, प्रभु, म यहीं छु ।” 11प्रभुले तिनलाई भन्नुभयो, “उठ, र सोझो भनिने गल्लीमा जाऊ, र त्यहाँ यहूदाको घरमा टार्ससका शाऊल नाउँ गरेका मानिसको खोजी गर किनकि तिनी प्रार्थना गर्दैछन् । 12तिनले दर्शनमा हननिया नाउँ गरेका मानिस भित्र आएर तिनले फेरि देख्न सकून् भनेर तिनीमाथि हात राखेको देखेका छन् ।”13तर हननियाले जवाफ दिए, “प्रभु, यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कति धेरै हानि पुर्याएका छन् भनी यस मानिसको बारेमा मैले धेरै जनाबाट सुनेको छु । 14तपाईंको नाउँ लिने हरेकलाई गिरफ्तार गर्न तिनले मुख्य पूजाहारीहरूबाट अधिकार पाएका छन् ।” 15तर प्रभुले तिनलाई भन्नुभयो, “जाऊ, किनकि गैरयहूदीहरू र राजाहरू र इस्राएलका सन्तानहरूको सामु मेरो नाउँ प्रचार गर्न तिनी छानिएका एक पात्र हुन्; 16किनकि मेरो नाउँको खातिर तिनले कति धेरै दुःख भोग्नुपर्नेछ भनी म तिनलाई देखाउनेछु ।”17त्यसैले हननिया गए, र त्यस घरभित्र प्रवेश गरे । तिनीमाथि आफ्ना हात राख्दै तिनले भने, “भाइ शाऊल, तिमीले आफ्नो दृष्टि पाउन सक र पवित्र आत्माले भरिन सक भनी तिमी आउँदा बाटोमा देखा पर्नुहुने प्रभु येशूले मलाई पठाउनुभएको छ ।” 18तुरुन्तै शाऊलका आँखाबाट पाप्राजस्ता केही खसे, र तिनले दृष्टि पाए; तिनी उठे र बप्तिस्मा लिए; 19र तिनले केही खाए र बल पाए । तिनी केही दिनसम्म दमस्कसका चेलाहरूसँगै बसे ।20तुरुन्तै येशू नै परमेश्वरका पुत्र हुनुहुन्छ भन्दै तिनले सभाघरहरूमा उहाँको प्रचार गरे । 21तिनका कुरा सुन्नेहरू सबै छक्क परे र भने, “यरूशलेममा यो नाउँ लिनेहरूलाई नष्ट गर्ने मानिस यिनी नै होइनन् र? तिनीहरूलाई बाँधेर मुख्य पूजाहारीहरूकहाँ लैजान तिनी यहाँ आएका हुन् ।” 22तर शाऊल झन्झन् शक्तिशाली बने र येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने प्रमाण दिएर दमस्कसमा बस्ने यहूदीहरूलाई तिनले अकमक्क पारिदिए ।23धेरै दिनपछि यहूदीहरूले आपसमा तिनलाई मार्ने षड्यन्त्र रचे । 24तर शाऊलले तिनीहरूको षड्यन्त्र थाहा पाए । तिनलाई मार्नको लागि तिनीहरू दिनरात ढोकाहरूमा चेवा गरे । 25तर तिनका चेलाहरूले तिनलाई राती नै पर्खालबाट टोकरीमा हालेर ओह्रालिदिए ।26शाऊल यरूशलेममा आएपछि तिनी चेलाहरूसँग मिल्न खोजे, तर तिनी चेला हुन् भन्ने कुरा नपत्याएर तिनीहरू सबै तिनीदेखि डराए । 27तर बारनाबासले तिनलाई समाते र प्रेरितहरूकहाँ ल्याए, र कसरी शाऊलले बाटोमा प्रभुलाई देखे र प्रभु तिनीसित बोल्नुभयो अनि दमस्कसमा कसरी तिनले साहसपूर्वक येशूको नाउँ प्रचार गरे भनी तिनले तिनीहरूलाई बताए ।28यरूशलेममा भित्र-बाहिर गर्दा तिनी तिनीहरूसित थिए । तिनले साहसपूर्वक प्रभु येशूको नाउँमा बोले 29र तिनले ग्रीक-यहूदीहरूसित वादविवाद गरे; तर तिनीहरूले तिनलाई मार्न खोजिरहे । 30जब भाइहरूले यो कुरा थाहा पाए, तिनीहरूले तिनलाई कैसरिया ल्याए र त्यहाँबाट तिनलाई टार्सस पठाइदिए ।31यसरी सारा यहूदिया, गालील र सामरियाभरिका मण्डलीमा शान्ति छायो र मण्डली मजबुत भयो; प्रभुको भयमा र पवित्र आत्माको सान्त्वनामा मण्डली सङ्ख्यामा बढ्दै गयो । 32अब पत्रुस पूरै इलाकामा जाने क्रममा तिनी लुड्डा नगरमा बस्ने परमेश्वरका विश्वासीहरूकहाँ पनि आइपुगे ।33तिनले त्यहाँ एनियास नाउँका एक जना मानिसलाई भेट्टाए, जो आठ वर्षसम्म ओछ्यानमा थिए किनकि तिनलाई पक्षाघात भएको थियो । 34पत्रुसले तिनलाई भने, “ए एनियास, येशू ख्रीष्टले तिमीलाई निको पार्नुहुन्छ । उठ र तिम्रो ओछ्यान मिलाऊ,” र तिनी तुरुन्तै उठे । 35त्यसैले लुड्डा र शारोनमा बस्ने सबैले ती मानिसलाई देखे र तिनीहरू प्रभुतिर फर्के ।36अब योप्पामा तबीता (जसको अर्थ डोरकास) नाउँकी एक जना चेली थिइन् । यी स्त्री असल काम र कृपापूर्ण कार्यले भरिएकी थिइन् जुन तिनले गरिबहरूको लागि गरिन्। । 37ती दिनमा तिनी बिरामी परिन् र मरिन्; तिनीहरूले तिनको मृत शरीरलाई धोएर माथिल्लो कोठामा राखे ।38लुड्डा योप्पाबाट नजिकै भएकोले र पत्रुस त्यहाँ थिए भनी चेलाहरूले सुनेकाले तिनीहरूले यस्तो अनुरोध गर्दै तिनीकहाँ दुई जना मानिस पठाए, “विलम्ब नगरीकन हामीकहाँ आइदिनुहोस् ।” 39पत्रुस उठे र तिनीहरूसँगै गए । तिनी आइपुगेपछि तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे, र पत्रुसको नजिकै उभिएका सबै विधवाहरू रुँदै, डोरकास तिनीहरूसँग छँदा तिनले बनाएका वस्त्र र अरू पोशाकहरू तिनलाई देखाउँदै थिए ।40पत्रुसले तिनीहरू सबैलाई कोठाबाट बाहिर पठाए, घुँडा टेके र प्रार्थना गरे; त्यसपछि मृतकपट्टि फर्केर तिनले भने, “ए तबीता, उठ ।” तब तिनले आफ्ना आँखा खोलिन् र पत्रुसलाई देखेपछि तिनी उठेर बसिन् । 41त्यसपछि पत्रुसले तिनलाई आफ्ना हात दिए र तिनलाई उठाए; र जब तिनले परमेश्वरका विश्वासीहरू र विधवाहरूलाई डाके, तिनीहरूको उपस्थितिमा तिनलाई जीवित प्रस्तुत गरे । 42यो खबर सारा योप्पाभरि फैलियो र धेरै मानिसहरूले प्रभुमा विश्वास गरे । 43पत्रुस धेरै दिनसम्म योप्पामा सिमोन नाउँ गरेका चर्मकारसँग बसे ।
101अब कैसरिया सहरमा कर्नेलियस नाउँका एक जना मानिस थिए जो इटालिया नामक पल्टनका कप्तान थिए । 2तिनी ईश्वरभक्त मानिस थिए जो आफ्ना सारा घरानासहित परमेश्वरको भय मान्थे । तिनले खाँचोमा परेकाहरूलाई धेरै रूपैयाँ-पैसा दिन्थे, र सधैं परमेश्वरलाई प्रार्थना चढाइरहन्थे ।3नवौं घडीतिर तिनले दर्शनमा परमेश्वरका एक स्वर्गदूत आफूतिर आइरहेको देखे । स्वर्गदूतले तिनलाई भने, “ए कर्नेलियस!” 4कर्नेलियसले एकटक लगाएर स्वर्गदूतलाई हेरे र धेरै भयभीत भएर भने, “हजुर, भन्नुहोस् ।” स्वर्तदूतले तिनलाई भने, “तिम्रा प्रार्थना र तिमीले गरिबहरूलाई दिएका दान सम्झनायोग्य बलिको रूपमा परमेश्वरको उपस्थितिमा पुगेका छन् । 5अब पत्रुस भनेर चिनिने सिमोन नाउँ गरेको मानिसलाई ल्याउन योप्पा सहरमा मानिसहरू पठाऊ । 6तिनी सिमोन नामक चर्मकारसित बसिरहेका छन् जसको घर समुद्रको छेउमा छ ।”7आफूसित बोल्ने स्वर्गदूत गएपछि कर्नेलियसले आफ्नो घरका दुई जना सेवक, र तिनको सेवा गर्ने सिपाहीहरूमध्ये परमेश्वरलाई पुज्ने एक जना सिपाहीलाई बोलाए । 8कर्नेलियसले तिनीहरूलाई सबै कुरा बताएर तिनीहरूलाई योप्पा पठाए ।9अब भोलिपल्ट लगभग छैटौं घडीमा, तिनीहरू यात्रा गरेर सहरको नजिक आइपुग्दा पत्रुस प्रार्थनाको लागि घरको माथिल्लो कौसीमा उक्ले । 10तब तिनी भोकाए र तिनले केही खाने मन गरे, तर मानिसहरूले केही खानेकुरा पकाइरहँदा तिनीलाई एउटा दर्शन दिइयो, 11र तिनले आकाश खुलेको र चारै कुनामा बाँधिएको एउटा ठुलो तन्नाजस्तो एउटा वस्तु पृथ्वीतिर खसिरहेको देखे । 12त्यसमा सबै किसिमका चारखुट्टे प्राणीहरू र पृथ्वीमा घस्रने जन्तुहरू, र आकाशका चराचुरुङ्गीहरू थिए ।13त्यसपछि एउटा आवाजले तिनलाई भन्योः “ पत्रुस उठ, मार र खाऊ ।” 14तर पत्रुसले भने, “हुँदैन प्रभु; किनकि मैले कहिल्यै अशुद्ध र अपवित्र कुराहरू खाएको छैनँ ।” 15तर त्यो आवाज दोस्रो पटक पनि तिनीकहाँ आयोः “परमेश्वरले जे शुद्ध पार्नुभएको छ तिमीले त्यसलाई अशुद्ध भन्न हुँदैन ।” 16तीन पटकसम्म यसै भयो; त्यसपछि त्यो वस्तु तुरुन्तै आकाशतिर लगियो ।17अब आफूले देखेको दर्शनको अर्थ के होला भनेर पत्रुस साह्रै अन्योलमा परिरहँदा, हेर, कर्नेलियसद्वारा पठाइएका मानिसहरू त्यस घरको बाटो खोज्दै ढोकाको सामु खडा भए । 18पत्रुस भनिने सिमोन त्यहाँ बसिरहेका छन् कि छैनन् भनी तिनीहरूले बोलाएर सोधे ।19पत्रुसले दर्शनको बारेमा अझै सोचिरहेकै बेला पवित्र आत्माले तिनलाई भन्नुभयो, “हेर, तीन जना मानिसले तिम्रो खोजी गर्दैछन् । 20उठ र तल जाऊ अनि तिनीहरूसँगै लाग । तिनीहरूसँगै जान नहिचकिचाऊ, किनभने मैले नै तिनीहरूलाई पठाएको हुँ ।” 21त्यसैले पत्रुस ती मानिसहरूकहाँ ओर्ले र भने, “तपाईंहरूले खोजिरहनुभएको व्यक्ति मै हुँ । तपाईंहरू किन आउनुभएको?”22तिनीहरूले भने, “कर्नेलियस नाउँ गरेका कप्तान, एक धर्मी मानिस र परमेश्वरको भय मान्ने, र सारा यहूदी जातिद्वारा असल कहलिएका मानिसलाई, तपाईंलाई बोलाएर उहाँको घरमा ल्याऊ भनी उहाँलाई परमेश्वरका पवित्र स्वर्गदूतद्वारा भनिएको थियो ताकि उहाँले तपाईंको सन्देश सुन्न सकून् ।” 23त्यसैले पत्रुसले तिनीहरूलाई भित्र आई तिनीसित बस्न निमन्त्रणा दिए । भोलिपल्ट बिहान पत्रुस उठे र तिनीहरूसँगै गए, र योप्पाका केही भाइहरू पनि तिनीसँगै लागे ।24अर्को दिन तिनीहरू कैसरिया आइपुगे । कर्नेलियसले तिनीहरूको प्रतीक्षा गर्दै थिए; तिनले आफ्ना नातेदारहरूसाथै घनिष्ठ मित्रहरूलाई पनि बोलाएका थिए ।25पत्रुस भित्र पसेपछि कर्नेलियसले तिनलाई भेटे र तिनका पाउ परी दण्डवत् गरे । 26तर पत्रुसले तिनलाई यसो भन्दै उठाए, “उठ्नुहोस्! म पनि मानिस नै हुँ ।”27पत्रुस तिनीसित बातचित गरिरहँदा तिनी भित्र प्रवेश गरे र धेरै मानिसहरू जम्मा भएका देखे । 28तिनले तिनीहरूलाई भने, “तपाईंहरू आफैंलाई थाहा छ कि एउटा यहूदीले अर्को जातिका मानिसहरूसित सङ्गत गर्नु वा तिनीहरूलाई भेटघाट गर्नु अनुचित कार्य हो । तर मैले कुनै पनि मानिसलाई अशुद्ध वा अपवित्र भन्नु हुँदैन भनी परमेश्वरले मलाई देखाउनुभएको छ । 29त्यसकारण मलाई बोलाइँदा म गनगन नगरीकन आएँ । तपाईंहरूले मलाई किन बोलाउनुभएको हो भनी मलाई भन्नुहोस् ।30कर्नेलियसले भने, “चार दिनअगि यही घडीमा म मेरो घरमा नवौं घडीमा प्रार्थना गरिरहेको थिए; र हेर, चहकिलो पोशाक लगाएका एक जना मानिस मेरो सामु खडा भए । 31तिनले भने, ‘हे कर्नेलियस, परमेश्वरले तिम्रो प्रार्थना सुन्नुभएको छ र तिमीले गरीबहरूलाई दिएको दानहरूले परमेश्वरलाई तिम्रो सम्झना गराएको छ । 32त्यसैले कसैलाई योप्पामा पठाऊ र पत्रुस भनिने सिमोनलाई डाकेर ल्याऊ । तिनी समुद्रको छेउमा सिमोन भनिने चर्मकारको घरमा बसिरहेका छन् ।’ 33त्यसैले तुरुन्तै मैले तपाईंलाई बोलाउन पठाएँ । तपाईं दया गरीकन आइदिनुभयो । अब प्रभुले तपाईंलाई निर्देशन दिनुभएका सबै कुरा सुन्न हामी सबै परमेश्वरको सामुन्ने यहाँ उपस्थिति छौं ।” 34तब पत्रुसले आफ्नो मुख खोले र भने, “साँच्चै म जान्दछु कि परमेश्वरले कसैको पक्षपात गर्नुहुन्न । 35बरु, हरेक जातिमा उहाँको भय मान्ने र धार्मिक कामहरू गर्ने व्यक्ति उहाँको अगि स्वीकारयोग्य हुन्छ ।36परमेश्वरले इस्राएलका मानिसहरूलाई पठाउनुभएको सन्देश तपाईंहरूलाई थाहै छ, जब उहाँले सबैका प्रभु अर्थात् येशू ख्रीष्टद्वारा शान्तिको बारेमा सुसमाचार प्रचार गर्नुभयो, 37तब यूहन्नाले प्रचार गरेको बप्तिस्मापश्चात् गालीलबाट सुरु गरेर सारा यहूदियाभरि भएका घटनाहरूको बारेमा तपाईंहरूलाई थाहै छ; 38ती घटनाहरू नासरतका येशूको बारेमा हुन् कि कसरी परमेश्वरले पवित्र आत्मा र शक्तिले उहाँलाई अभिषेक गर्नुभयो । उहाँले असल कामहरू गर्नुभयो र शैतानद्वारा पीडितहरू सबैलाई निको पार्दै जानुभयो किनकि परमेश्वर उहाँसित हुनुहुन्थ्यो ।39यहूदीहरूको देश र यरूशलेम दुवैमा येशूले गर्नुभएका सबै कुराहरूका हामी साक्षी हौं । तिनीहरूले उहाँलाई काठमा झुण्ड्याएर मारे, 40तर परमेश्वरले उहाँलाई तेस्रो दिनमा बिउँताउनुभयो र उहाँलाई प्रकट गराउनुभयो, 41सबैकहाँ होइन, तर परमेश्वरले पहिले नै छान्नुभएका साक्षीहरूकहाँ—हामीकहाँ जसले उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएपछि उहाँसँगै खायौं र पियौं ।42परमेश्वरले उहाँलाई नै जिउँदा र मरेकाहरूको न्यायकर्ता हुन चुन्नुभएको छ भनी मानिसहरूलाई प्रचार गर्न र गवाही दिन उहाँले हामीलाई आज्ञा दिनुभयो । 43सबै अगमवक्ताहरूले उहाँको निम्ति गवाही दिएका छन् ताकि उहाँमाथि विश्वास गर्ने हरेकले उहाँको नाउँद्वारा पापको क्षमा पाओस् ।”44पत्रुसले यी कुराहरू बताइरहँदा तिनको सन्देश सुन्नेहरू सबैमाथि पवित्र आत्मा ओर्लनुभयो । 45खतनाको समूहका विश्वासी मानिसहरू—पत्रुससँगै आएका ती सबै—छक्क परे, किनभने पवित्र आत्माको वरदान गैरयहूदीहरूमाथि पनि खन्याइएको थियो ।46किनकि तिनीहरूले यी गैरयहूदीहरूले अन्य भाषाहरूमा बोलेका र परमेश्वरको प्रशंसा गरिरहेका सुने । तब पत्रुसले जवाफ दिए, 47"हामीले जस्तै पवित्र आत्मा प्राप्त गरेका यी मानिसहरूले पानीको बप्तिस्मा नलिऊन् भनेर के कसैले यिनीहरूदेखि पानी रोक्न सक्छ?" 48तब तिनले तिनीहरूलाई येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लिनू भनी आज्ञा दिए । तिनीहरूले तिनलाई केही दिन तिनीहरूसँगै बस्न अनुरोध गरे ।
111अब यहूदीयामा भएका प्रेरितहरू र भाइहरूले गैरयहूदीहरूले पनि परमेश्वरको वचन ग्रहण गरेका थिए भन्ने सुने । 2जब पत्रुस यरूशलेममा आए, खतनाको समूहका मानिसहरूले तिनको आलोचना गरे; 3तिनीहरूले भने, “तपाईं बेखतनाका मानिसहरूसँग बस्नुभयो र तिनीहरूसँग खानुभयो!”4तर पत्रुसले तिनीहरूलाई त्यो कुरा विस्तृत रूपमा यसो भन्दै वर्णन गर्न सुरु गरे, 5"म योप्पा सहरमा प्रार्थना गरिरहेको थिएँ, र मैले चारै कुनामा बाँधिएको एउटा ठुलो तन्नाजस्तो एउटा वस्तु स्वर्गबाट खसिरहेको दर्शन देखें । यो मकहाँ आयो । 6मैले यसलाई एक टक लगाएर हेरें र यस बारे सोचें । मैले पृथ्वीको चारखुट्टे जनावरहरू, जङ्गली जन्तुहरू, घस्रने जन्तुहरू, र आकाशका चराचुरुङ्गीहरू देखें।7त्यसपछि मैले एउटा आवाजले मलाईं भनेको सुने, 'पत्रुस उठ; मार र खाऊ!' 8मैले भने, 'प्रभु, यसो होइन; किनकि अहिलेसम्म अपवित्र वा अशुद्ध थोक मेरो मुखमा परेकै छैन ।' 9तर त्यस आवाजले स्वर्गबाट फेरि उत्तर दियो, 'परमेश्वरले जुन कुराहरूलाई शुद्ध घोषणा गर्नुभएको छ, तिमीले अशुद्ध भन्नुहुँदैन ।' 10यो तीन पल्टसम्म भयो, र त्यसपछि सबै कुरा स्वर्गतिर फेरि लगियो ।11हेर्नुहोस्, हामी भएको घर अगाडि तीन जना मानिस उभिरहेका थिए; तिनीहरूलाई कैसरियाबाट मकहाँ पठाइएको थियो । 12आत्माले मलाईं तिनीहरूसँग जानू र मैले तिनीहरूको सम्बन्धमा कुनै विभेद गर्नुहुँदैन भनी आज्ञा दिनुभयो । यी छ जना भाइहरू मसँग गए, र हामी त्यो मानिसको घरभित्र गयौं । 13तिनले हामीलाई बताए कि तिनले कसरी स्वर्गदूत आफ्नो घरमा उभिरहेको र यसो भनिरहेको तिनले देखेका थिए, 'योप्पामा मानिसहरूलाई पठाऊ र पत्रुस भनिने सिमोनलाई फर्काएर ल्याऊ । 14उनले तिम्रो लागि एउटा सन्देश बताउने छन् जसद्वारा तिमी बचाइनेछौ—तिमी र तिम्रो सबै घराना ।'15जसै म तिनीहरूसँग बोल्न थालें, तिनीहरूमाथि पवित्र आत्मा आउनुभयो, जसरी सुरुमा हामीमाथि आउनुभएको थियो । 16मैले प्रभुका वचनहरू सम्झें कि कसरी उहाँले भन्नुभएको थियो, ‘यूहन्नाले निश्चय नै पानीले बप्तिस्मा दिए; तर तिमीहरूलाई पवित्र आत्मामा बप्तिस्मा दिइनेछ ।’17त्यसो भए यदि हामीले प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्दा परमेश्वरले हामीलाई दिनुभएको त्यही वरदान उहाँले तिनीहरूलाई दिनुभयो भने, परमेश्वरको विरोध गर्ने म को थिएँ र?’’ 18जब तिनीहरूले यी कुराहरू सुने, तिनीहरूले कुनै पनि प्रतिकृया जनाएनन्, तर तिनीहरूले परमेश्वरको प्रशंसा गरे र भने, ‘‘परमेश्वरले गैरयहूदीहरूलाई पनि जीवनको निम्ति पश्चात्ताप दिनुभएको छ ।’’19अब स्तिफनसको विषयमा भएको सतावटले गर्दा छरपस्ट भएकाहरू, यहूदीहरूलाई मात्र वचन प्रचार गर्दै फोनेसिया, साइप्रस र एन्टिओखियासम्म फैलिए । 20तर तिनीहरूमध्ये केही मानिसहरू, साइप्रस र कुरेनीबाटका, एन्टिओखियामा आए र प्रभु येशूको प्रचार गर्दै ग्रीकहरूसँग पनि बोले । 21तिनीहरूसँग प्रभुको हात थियो; ठुलो संख्यामा मानिसहरूले विश्वास गरे र प्रभुतिर फर्के ।22तिनीहरूको बारेको खबर यरूशलेमको मण्डलीको कानमा आइपुग्यो, र तिनीहरूले बारनाबासलाई एन्टिओखियासम्म पठाए । 23जब तिनी आए र परमेश्वरको अनुग्रहलाई देखे, तब तिनी खुसी भए, र तिनीहरू सबैलाई आफ्नो सम्पूर्ण हृदयले प्रभुसँगै रहिरहन तिनले उत्साह दिए । 24किनकि तिनी एक असल र पवित्र आत्माले भरिएका, र विश्वासमा परिपक्व मानिस थिए, र प्रभुमा धेरै मानिसहरू थपिए ।25तब बारनाबास शाऊललाई खोज्नका निम्ति टार्ससतिर गए । 26जब उनले तिनलाई भेटाए, तब उनले तिनलाई एन्टिओखियामा ल्याए । तिनीहरू पूरै वर्षभरि नै मण्डलीसँगै भेला भए र धेरै मानिसहरूलाई सिकाए । एन्टिओखियामा नै पहिलोपल्ट चेलाहरूलाई ख्रीष्टियान भनियो ।27अब यी दिनहरूमा केही अगमवक्ताहरू यरूशलेमबाट तल एन्टिओखियामा आए । 28तिनीहरूमध्ये एक जना अगाबस नाउँ गरेका उभिए र संसारभरि नै ठुलो अनिकाल आउन लागेको छ भनी आत्माद्वारा सङ्केत दिए । क्लाउडियसका दिनहरूमा यस्तो भयो ।29त्यसैले सक्ने जति प्रत्येक चेलाहरूले यहूदियामा भएका भाइहरूलाई सहायता पठाउने निर्णय गरे । 30तिनीहरूले यसो गरे; तिनीहरूले शाऊल र बारनाबासको हातमा धर्म-गुरुहरूकहाँ पैसा पठाए ।
121अब त्यसै समयमा हेरोद राजाले मण्डलीका केही मानिसहरूलाई दुर्व्यवहार गर्न तिनीहरूमाथि हात हाले । 2तिनले यूहन्नाको भाइ याकूबलाई तरवारले मारे ।3यस कुराले यहूदीहरूलाई प्रसन्न पारेको तिनले देखेपछि, तिनी पत्रुसलाई पनि पक्रन अगि बढे । यो अखमिरी रोटीको चाडको समय थियो । 4उनलाई पक्रेपछि, तिनले उनलाई झ्यालखानामा हाले र उनलाई सुरक्षा गर्न चारवटा सैनिक दललाई खटाए; निस्तार चाडपछि उनलाई मानिसहरूका बीचमा ल्याउने तिनले विचार गरिरहेका थिए ।5त्यसैले पत्रुस झ्यालखानामा हालिए, तर उनको निम्ति मण्डलीले यत्नपूर्वक परमेश्वरसँग प्रार्थना गरेका थिए । 6हेरोदले उनलाई सोधपूछ गर्न बाहिर ल्याउन खोजेको अघिल्लो रात, पत्रुस दुई जना सिपाहीका बीचमा दुईवटा साङ्लाले बाँधिएर सुतिरहेका थिए । ढोकाको अगाडि पहरेदारहरूले झ्यालखानाको सुरक्षा दिइरहेका थिए ।7हेर, अचानक उनको छेउमा प्रभुका दूत देखा परे, र त्यस कोठामा ज्योति चम्क्यो । तिनले पत्रुसको कोखामा हिर्काएर उनलाई उठाए र भने, “छिटो उठ,” त्यसपछि उनका हातहरूबाट साङ्लाहरू झरे । 8स्वर्गदूतले उनलाई भने, “तिमी आफैंले कपडाहरू र चप्पलहरू लगाऊ ।” पत्रुसले त्यसै गरे । स्वर्गदूतले उनलाई भने, “आफ्ना बाहिरी वस्त्र लगाऊ र मलाई पछ्याऊ ।’’9त्यसैले पत्रुसले स्वर्गदूतलाई पछ्याए र बाहिर गए । स्वर्गदूतले जुन काम गरेका थिए त्यो वास्तविक थियो भन्ने कुरा पत्रुसलाई थाहा नै थिएन । उनले दर्शन देखिरहेको छु भनी विचार गरे। 10पहिलो र दोस्रो पहरेदारलाई पारगरि सकेपछि, तिनीहरू सहरतिर डोर्याउने फलामे ढोकामा आइपुगे; यो तिनीहरूका निम्ति आफैं खोलियो । तिनीहरू बाहिर गए र तलतिरको गल्लीमा गए, र ठिक त्यही समयमा स्वर्गदूतले उनलाई छाडेर गए ।11जब पत्रुस आफ्नो होशमा आए, उनले भने, “अब मलाई साँच्चै थाहा भयो कि प्रभुले आफ्ना स्वर्गदूत पठाउनुभएको छ र हेरोदको हातबाट र यहूदी मानिसहरूले आशा गरिरहेका सबै कुराबाट मलाई छुटकारा दिनुभएको छ ।” 12जब उनले यो महसुस गरे, उनी मर्कूस पनि भनिने यूहन्नाकी आमा मरियको घरमा गए, जहाँ धेरै विश्वासीहरू भेला भएर प्रार्थना गरिरहेका थिए ।13जब उनले ढोका ढकढक्याए, तब रोधा नाउँ गरेकी एकजना सेविका ढोका खोल्न आई । 14जब त्यसले पत्रुसको आवाज चिनी, तब आनन्दले भरिएर ढोका खोल्नै भुली; बरु कुद्दै कोठाभित्र आई; पत्रुस ढोकामा उभिरहेका थिए भनी सुनाई । 15त्यसैले तिनीहरूले त्यसलाई भने, “तँ बहुलाईस् ।” तर त्यसले त्यस्तै नै थियो भनी जिद्दी गरी । तिनीहरूले भने, “यो उनको स्वर्गदूत हो ।”16तर पत्रुसले निरन्तर ढोका ढकढक्याइरहे, र जब तिनीहरूले ढोका खोले, तिनीहरूले उनलाई देखे र चकित भए । 17पत्रुसले तिनीहरूलाई चुप रहन हातले इसारा गरे, र प्रभुले उनलाई कसरी झ्यालखानामाबाट बाहिर ल्याउनुभयो तिनीहरूलाई भने । उनले भने, “याकूब र भाइहरूलाई यी कुराहरू बताइदेओ ।” त्यसपछि उनी निस्के र अर्को ठाउँतिर गए ।18तब उज्यालो भएपछि, पत्रुसलाई के भयो होला भनी त्यहाँ सिपाहीहरूको माझमा कम्ति हलचल थिएन । 19हेरोदले उनलाई खोजे र भेटाउन नसकेपछि, तिनले पहरेदारहरूलाई प्रश्न गरे र तिनीहरूलाई मृत्युदण्डको हुकुम दिए । त्यसपछि तिनी यहूदियाबाट कैसरियामा झरे र त्यहीं बसे ।20अब हेरोद सीदोन र टुरोसका मानिसहरूसँग साह्रै रिसाएका थिए । तिनीहरू एक मनका भई तिनीकहाँ गए, र तिनीहरूलाई सहयोग गर्नका निम्ति राजाका सहायक बलस्तसलाई मनाइसकेपछि तिनीहरूले शान्तिको लागि बिन्ती गरे किनभने तिनीहरूको देशले राजाको देशबाट खाद्यान्न प्राप्त गर्ने गर्दथ्यो । 21एउटा तोकिएको दिनमा हेरोदले राजकीय पहिरन पहिरिए र सिंहासनमा बसे; तिनले तिनीहरूलाई भाषण दिए ।22मानिसहरू चिच्च्याए “यो त ईश्वरको आवाज हो, मानिसको होइन!” 23तिनले परमेश्वरलाई महिमा नदिएका हुनाले तुरुन्तै प्रभुका एउटा दूतले तिनलाई प्रहार गरे; तिनी किराहरूद्वारा खाइए र मरे ।24तर परमेश्वरको वचन बढ्दै र वृद्धि गयो । 25त्यसैले जब बारनाबास र शाऊलले यरूशलेमको तिनीहरूको कार्यलक्ष्य पूरा गरे, तिनीहरूले आफूसँगै मर्कूस पनि भनिने यूहन्नालाई लिएर तिनीहरू यरूशलेमबाट फर्के ।
131अब एन्टिओखियाको मण्डलीमा त्यहाँ केही अगमवक्ताहरू र शिक्षकहरू थिए । तिनीहरूमा बारनाबास, सिमियोन (जसलाई नाइजर भनिन्थ्यो), कुरेनीका लुसियस, मनेन (प्रान्तीय शासक हेरोदसँगै हुर्किएका भाइ) र शाऊल थिए । 2तिनीहरू प्रभुलाई आराधना गरिरहेका र उपवास बसिरहेका बेला, पवित्र आत्माले भन्नुभयो, “बारनाबास र शाऊललाई मेरो निम्ति अलग गर, जुन काम गर्नका निम्ति मैले तिनीहरूलाई बोलाएको छु ।” 3तिनीहरूले उपवास बसे, प्रार्थना गरे, र यी मानिसहरूमाथि आफ्ना हातहरू राखेपछि उनीहरूलाई पठाइदिए ।4त्यसैले पवित्र आत्माको आज्ञा बारनाबास र शाऊलले माने र तल सिलुसियामा गए; त्यहाँबाट तिनीहरू जहाज चढी साइप्रसको टापुतिर गए । 5तिनीहरू सलामिस सहरमा हुँदा, तिनीहरूले यहूदीहरूको सभाघरमा परमेश्वरको वचन घोषणा गरे । तिनीहरूको सहायको रूपमा यूहन्ना मर्कूस पनि तिनीहरूसँगै थिए ।6जब तिनीहरू पूरै टापुदेखि पाफोस पुगे, तिनीहरूले एक जना जादुगर अर्थात् यहूदी झुटा अगमवक्तालाई भेट्टाए, जसको नाउँ बार येशू थियो । 7त्यहाँको प्रान्तीय शासक सर्गियस पौलससँग सम्बन्धित यो जादुगर, एक विद्वान मानिस थिए । यस मानिस बारनाबास र शाऊललाई बोलाए, किनभने त्यसले परमेश्वरको वचन सुन्न चाहन्थे । 8तर एलुमास, ‘‘जादुगर’’ (यसरी नै त्यसको नाउँ अनुवाद गरिन्छ) ले तिनीहरूको विरोध गर्यो; त्यसले प्रान्तीय शासकलाई विश्वासबाट फर्काउन प्रयास गर्यो ।9तर शाऊल जसलाई पावल पनि भनिन्छ, पवित्र आत्माले भरिएर, त्यसलाई एकटक लाएर हेरे 10र भने, "तँ शैतानको छोरो, तँ सबै प्रकारको छल र दुष्टताले भरिएको छस् । तँ हरेक प्रकारको धार्मिकताको शत्रु होस् । तैंले प्रभुको सोझो बाटोलाई बङ्ग्याउन कहिल्यै छोड्दैनस्, छोड्छस् र?11अब हेर्, प्रभुको हात तँमाथि परेको छ, र तँ अन्धो हुनेछस् । केही समयका लागि तैंले घाम देख्नेछैनस् ।’’ तुरुन्तै त्यहाँ तुवाँलो र अन्धकारले एलुमासलाई ढाक्यो; हात समातेर डोर्याइदिन भनी मानिसहरूलाई आग्रह गर्न त्यो यताउति जान थाल्यो । 12प्रान्तीय शासकले जे भएको थियो त्यो देखेपछि तिनले विश्वास गरे, किनभने तिनी प्रभुको शिक्षाबारे चकित भएका थिए ।13अब पावल र तिनका साथीहरू पाफोसबाट जहाजमा चढी पाम्फिलियाको पर्गामा आए । तर यूहन्नाले तिनीहरूलाई छोडेर यरूशलेमतिर फर्के । 14पावल र तिनका साथीहरू पर्गाबाट यात्रा गर्दै पिसिदियाको एन्टीओखियामा आइपुगे। त्यहाँ तिनीहरू विश्राम दिनमा सभाघरमा गए र बसे । 15व्यवस्था र अगमवक्ताहरूका पुस्तक पढिसकेपछि सभाघरका अगुवाहरूले तिनीहरूलाई यसो भन्दै सन्देश पठाए, “भाइहरू हो, यदि तपाईंहरूसँग यहाँ भएका मानिसहरूको निम्ति कुनै उत्साहको सन्देश छ भने भन्नुहोस् ।”16त्यसैले पावल उठे र आफ्नो हातले इसारा गरे; तिनले भने, “इस्राएलका मानिसहरू र तपाईंहरू जसले परमेश्वरलाई आदर गर्नुहुन्छ, सुन्नुहोस् । 17इस्राएलका यी मानिसहरूका परमेश्वरले हाम्रा पितापुर्खाहरूलाई चुन्नुभयो र मिश्रदेशमा रहँदा मानिसहरूको संख्या बढाउनुभयो, र आफ्नो उचालिएको बाहुलीद्वारा तिनीहरूलाई त्यहाँबाट बाहिर निकाल्नुभयो ।” 18उहाँले झण्डै चालिस वर्षसम्म तिनीहरूलाई उजाड-स्थानमा सहनुभयो। 19कनान देशमा भएका सातवटा जातिहरूलाई उहाँले नाश गर्नुभएपछि, तिनीहरूको भूमि हाम्रा मानिसहरूलाई उत्तराधिकारका लागि दिनुभयो । 20४५० वर्षको अवधिमा यी सबै घटनाहरू घटे । यी सबै कुरापछि परमेश्वरले शमूएल अगमवक्ताको समयसम्म तिनीहरूलाई न्यायकर्ताहरू दिनुभयो ।21त्यसपछि मानिसहरूले एउटा राजाको माग गरे, र परमेश्वरले बेन्यामिन कुलको किशका छोरा शाऊललाई चालिस वर्षसम्मको निम्ति राजा हुनलाई दिनुभयो । 22परमेश्वरले शाऊललाई राजाबाट हटाउनुभएपछि, उहाँले दाऊदलाई तिनीहरूको राजा हुनलाई खडा गर्नुभयो । परमेश्वरले यी नै दाऊदको बारेमा भन्नुभएको थियो, ‘यिशैका छोरा दाऊद मेरो हृदयअनुसारका मानिस भएको पाएको छु जसले मैले तिनले गरून् भनी चाहेका सबै काम गर्छन् ।’23यिनै मानिसका सन्तानहरूबाट परमेश्वरले गर्नेछु भनी प्रतिज्ञा गर्नुभएअनुसार उहाँले इस्राएलमा मुक्तिदाता येशू ल्याउनुभएको छ । 24येशू आउनुभन्दा अगाडि, यूहन्नाले इस्राएलका सबै मानिसहरूलाई पश्चात्तापको बप्तिस्माको बारेमा घोषणा गरे । 25जसै यूहन्नाले आफ्नो काम पूरा गर्दै थिए, तिनले भने, ‘तिमीहरू म को हुँ भनी विचार गर्छौ? म त्यो होइनँ । तर सुन, मपछि एकजना आउँदैहुनुहुन्छ, जसको खुट्टाको जुत्ता फुकाल्न म योग्यको छैनँ ।’26"भाइहरू, अब्राहामका वंशका सन्तानहरू, र तपाईंहरूमध्ये जसले परमेश्वरको भय मान्नुहुन्छ, यो मुक्तिबारेको सन्देश हामीहरूलाई नै पठाइएको छ । 27किनकि यरूशलेममा बस्नेहरू, र तिनीहरूका शासकहरूले उहाँलाई चिनेनन्, र तिनीहरूले यसरी उहाँलाई दण्डको आज्ञा दिएर अगमवक्ताको वचनहरू पूरा गरे जुन हरेक विश्राम दिनमा पढिन्छ ।28उहाँलाई मृत्यु दण्डका निम्ति कुनै पनि दोष नभेट्टाए तापनि तिनीहरूले पिलातससँग उहाँलाई मार्न बिन्ती गरे । 29जब तिनीहरूले उहाँको बारेमा लेखिएका यी सबै कुराहरू पूरा गरे, तिनीहरूले उहाँलाई काठबाट ओराले र चिहानमा राखे ।30तर परमेश्वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो । 31गालीलदेखि यरूशलेमसम्म उहाँसँगै आएका मानिसहरूकहाँ उहाँ धेरै दिनसम्म देखापर्नुभयो । अहिले यिनीहरू नै मानिसहरूका लागि उहाँका साक्षी भएका छन् ।32त्यसैले हाम्रा पितापुर्खाहरूलाई परमेश्वरले प्रतिज्ञा गर्नुभएको सुसमाचार हामी तपाईंहरूलाई भन्दैछौ 33जुन उहाँले येशूलाई मृत्युबाट जीवित पार्नुभएर, हामी, तिनीहरूका सन्तानहरूका निम्ति पूरा गरिदिनुभयो । जसरी दोस्रो भजनमा लेखिएको छः ‘तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु ।’ 34उहाँको शरीर नकुहोस् भनी उहाँले येशूलाई मृत्युबाट जीवित पार्नुभयो भन्ने तथ्यबारे परमेश्वर यसरी बोल्नुभएको छः ‘म तिमीहरूलाई दाऊदलाई दिएको पवित्र र निश्चित आशिष्हरू दिनेछु ।’35यसैकारणले गर्दा उहाँले अर्को भजनमा पनि यसरी भन्नुहुन्छ, ‘तपाईंले आफ्नो पवित्र जनलाई कुहिएको देख्न दिनुहुनेछैन ।’ 36किनकि दाऊदले तिनको पुस्तामा परमेश्वरको इच्छाअनुसार सेवा गरेपछि, तिनको मृत्य भयो; तिनलाई तिनका पितापुर्खाहरूसँगै राखियो र तिनको शरीर कुहियो । 37तर जसलाई परमेश्वरले जीवित पार्नुभयो उहाँको शरीर कुहिएन ।38त्यसैले भाइहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस् कि यिनै मानिसद्वारा तपाईंहरूलाई पाप क्षमाको घोषणा गरिन्छ । 39विश्वास गर्ने हरेक उहाँद्वारा सबै थोकहरूबाट धर्मी ठहरिइन्छ, जुन कुरामा मोशाको व्यवस्थाले तपाईंहरूलाई धर्मी ठहराउन सकेको थिएन ।40त्यसैले होसियार हुनुहोस्, अगमवक्ताहरूले बोलेको यो कुरा तपाईंहरूमाथि आइनपरोस्: 41‘घृणा गर्नेहरू हो, हेर, र छक्क पर र त्यसपछि नष्ट भइजाओ; किनकि तिमीहरूको समयमा मैले काम गरिरहेको छु, जुन कामबारे यदि कसैले तिमीहरूलाईं घोषणा गरे पनि तिमीहरूले त्यसमा कहिल्यै विश्वास गर्ने छैनौ ।’”42जसै पावल र बारनाबास त्यहाँबाट गए, मानिसहरूले फेरि अर्को विश्राम दिनमा यी नै वचनहरू बोलिदिनुहोस् भनी तिनीहरूलाई बिन्ती गरे । 43जब सभाघरको सभा अन्त्य भयो, तब यहूदीहरू र यहूदी मत मान्ने भक्तहरूमध्ये धेरै जना पावल र बारनाबासको पछि लागे जसले तिनीहरूसँग बोले र परमेश्वरको अनुग्रहमा निरन्तर रहिरहन तिनीहरूलाई आग्रह गरे ।44अर्को विश्राम दिनमा, लगभग पूरै सहर नै प्रभुको वचन सुन्नलाई सँगसँगै भेला भएको थियो । 45जब यहूदीहरूले भीडलाई देखे, तिनीहरू डाहले भरिए र पावलले भनेका कुराहरूको बिरुद्धमा बोले र तिनको अपमान गरे।46तर पावल र बारनाबासले साहससित बोले र भने, “परमेश्वरको वचन पहिले तपाईंहरूकहाँ बोल्नु नै आवश्यक थियो । तपाईंहरूबाट यसलाई धकेलिएको देखेर र आफूले आफैंलाई अनन्त जीवनको अयोग्य तुल्याउनुभएको हुनाले, हेर्नुहोस्, हामी गैरयहूदी तर्फ फर्केनेछौं । 47किनकि प्रभुले यसो भन्दै हामीलाई आज्ञा गर्नुभएको छ, ‘मैले तिमीलाई गैरयहूदीहरूका निम्ति ज्योतिको रूपमा राखेको छु, ताकि पृथ्वीको अन्तिम छेउसम्म तिमीहरूले मुक्ति ल्याउनुपर्छ ।”48जब गैरयहूदीहरूले यो सुने, तिनीहरू खुसी भए र प्रभुको वचनको प्रशंसा गरे । अनन्त जीवनका लागि नियुक्त गरिएका जतिले विश्वास गरे । 49प्रभुको वचन सम्पूर्ण क्षेत्रभरि नै फैलियो ।50तर यहूदीहरूले भक्त र महत्त्वपूर्ण स्त्रीहरू र सहरका मुख्य मानिसहरूलाई उक्साए । तिनीहरूले पावल र बारनाबासको विरुद्धमा सतावट ल्याउन उक्साए र उनीहरूलाई तिनीहरूको सिमाना बाहिर कटाइदिए । 51तर पावल र बारनाबासले आफ्नो खुट्टामा लागेको धुलो तिनीहरूका विरुद्धमा टकटक्याए । त्यसपछि तिनीहरू आइकोनियन सहरमा गए । 52अनि चेलाहरू आनन्द र पवित्र आत्माले भरपुर भए ।
141आइकोनियनमा आइसकेपछि पावल र बारनाबास सँगसँगै यहूदीहरूको सभाघरमा प्रवेश गरे र यसरी बोले कि यहूदीहरू र ग्रीकहरू दुवैका ठुलो भीडले विश्वास गरे । 2तर अनाज्ञाकारी यहूदीहरूले गैरयहूदीहरूका मनहरूलाई खल्बल्याइदिए र दाजुभाइहरूको विरुद्धमा तितो बनाइदिए ।3त्यसैले उहाँले आफ्नो अनुग्रहको सन्देशको बारेमा प्रमाण दिंदा प्रभुको शक्तिमा सहासपूर्वक बोल्दै तिनीहरू लामो समयसम्म त्यहाँ बसे । उहाँले यो पावल र बारनाबासका हातहरूद्वारा चिन्हहरू र अचम्मका कामहरू गर्न दिएर गर्नुभयो । 4तर सहरका मानिसहरू विभाजित भए; कोही यहूदीहरूका पक्षमा, कोही प्रेरितहरूका पक्षमा लागे ।5यहूदीहरू र गौरयहूदीहरू दुवैले (तिनीहरूका अगुवाहरूसहित) उनीहरूलाई दुर्व्यवहार गर्न र ढुङ्गाले हान्ने प्रयास गरे, 6तर यो कुरा थाहा पाएपछि तिनीहरू लुकोनियाका सहरहरू लुस्त्रा, र डर्बी र वरिपरिका क्षेत्रतिर भागेर गए 7जहाँ तिनीहरूले सुसमाचार प्रचार गरिरहे ।8लुस्त्रामा एकजना मानिस बसेको थियो जसको खुट्टा शक्तिहीन र आमाको गर्भमै लङ्गडो थियो र ऊ कहिलै हिंडेको थिएन । 9पावलले बोलिरहेको त्यो मानिसले सुन्यो । पावलले आफ्ना आँखाले त्यसलाई एकटक लगाएर हेरे र त्यो मानिसमा निको हुनसक्ने विश्वास भएको देखे । 10त्यसैले तिनले ठुलो स्वरमा त्यसलाई भने, “आफ्नो खुट्टामा उठ ।” अनि त्यो मानिस उफ्रियो र वरिपरि हिंड्यो ।11जब भीडले पावलले गरेका काम देखे, तब तिनीहरूले आफ्ना स्वर उच्चालेर यसो भन्दै लुकोनियाको भाषामा कराए, “देवहरू मानिसहरूका रूपमा हामीकहाँ तल ओर्लिआएका छन् ।” 12तिनीहरूले बारनाबासलाई “जिउस,” र पावललाई “हर्मेस” भने, किनभने तिनी चाहिं प्रमुख वक्ता थिए । 13जिउसका पूजाहारी, जसको मन्दिर सहरको बाहिरपट्टि थियो, उनले ढोकामा गोरुहरू र फूलका मालाहरू ल्याए; र उनले र भीडले बलिदान चढाउन चाहन्थे ।14तर जब प्रेरित, बारनाबास र पावलले यो सुने, तिनीहरूले आफ्ना लुगा च्याते र झट्टै यसरी कराउँदै मानिसहरूका भीडतिर गए, 15“ए मानिसहरू हो, यी कुराहरू तपाईंहरूले किन गरिरहनुभएको छ? हामी पनि तपाईंहरूजस्तै भावना भएका मानव जाति हौं । हामीले तपाईंहरूलाई व्यर्थका कुराहरूबाट जीवित परमेश्वरतिर फर्कनू भन्नलाई सुसमाचार सुनाउँदै छौ, जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका हरेक थोक बनाउनुभयो । 16विगतका समयहरूमा, उहाँले सबै जातिहरूलाई आ-आफ्ना मार्गमा हिंड्न अनुमति दिनुभयो ।17तर अझै उहाँले आफैंलाई गवाहीबिना छोड्नुभएन, त्यस कुरामा उहाँले असल गर्नुभयो र तपाईंहरूलाई स्वर्गबाट वर्षा र फलदायी ऋतुहरू दिएर भोजन र आनन्दले तपाईंहरूका हृदयलाई भर्नुभयो ।’’ 18यी वचनहरूले पनि, पावल र बारनाबासले तिनीहरूका निम्ति भीडलाई बलिदान गर्नबाट बढो मुस्किलले रोके ।19तर एन्टिओखिया र आइकोनियनबाट केही यहूदीहरू आए र भीडहरूलाई मनाए । तिनीहरूले पावललाई ढुङ्गाले हाने र तिनी मरेछन् भनी विचार गरेर घिसार्दै सहरबाट बाहिर निकाले । 20तर पनि चेलाहरू तिनको वरिपरि उभिरहँदा, तिनी उठे र सहरभित्र पसे । अर्को दिन बारनाबाससँग तिनी डर्बीतिर गए ।21सहरमा तिनीहरूले सुसमाचार प्रचार गरेर धेरैलाई चेलाहरू बनाएपछि तिनीहरू लुस्त्रा, आइकोनियन र एन्टिओखियामा फर्किए । 22तिनीहरूले यसो भन्दै चेलाहरूको मनलाई दह्रिलो बनाउँदै र विश्वासमा रहिरहनका निम्ति उत्साह दिइरहे, "धेरै सतावटहरूबाट भएर नै हामी परमेश्वरको राज्यमा पस्नुपर्छ ।"23जब तिनीहरूले आफ्ना निम्ति हरेक मण्डलीमा धर्म-गुरुहरू नियुक्त गरे, र उपवाससहित प्रार्थना गरे, तिनीहरूले आफूले विश्वास गरेका प्रभुमा उनीहरूलाई सुम्पिदिए । 24त्यसपछि तिनीहरू पिसिदिया हुँदै पाम्फिलिया आए । 25पर्गामा वचन बोलेपछि तिनीहरू अटालियातिर झरे । 26त्यहाँबाट तिनीहरू जहाजमा चढेर एन्टिओखियातिर गए जहाँ तिनीहरूले भर्खरै पूरा गरेका कामको निम्ति परमेश्वरको अनुग्रहमा तिनीहरू समर्पण गरिएका थिए ।27जब तिनीहरू एन्टिओखियामा आइपुगे र मण्डलीलाई भेला गरे, तब तिनीहरूले परमेश्वरले तिनीहरूसँग गर्नुभएका कामहरू, र गैरयहूदीहरूका बीचमा कसरी उहाँले विश्वासको ढोका खोलिदिनुभएको थियो भनी सबै कुरा बताए । 28तिनीहरू चेलाहरूसँग लामो समयसम्म बसे ।
151यहूदियाबाट केही मानिसहरू एन्टिओखियामा आए र भाइहरूलाई यसो भन्दै सिकाए, “जबसम्म तपाईंहरूले मोशाको विधिअनुसार खतना गर्नुहुन्न, तबसम्म तपाईंहरूको उद्धार हुन सक्दैन ।” 2यस कुराले पावल र बारनाबासको तिनीहरूसँग अति मतभेद र विवाद भयो । त्यसैले यस प्रश्नलाई लिएर पावल र बारनाबास र तिनीहरूमध्येबाटका केही मानिस यरूशलेममा प्रेरित र धर्म-गुरुहरूकहाँ जानलाई नियुक्त गरे ।3त्यसकारण तिनीहरू मण्डलीद्वारा पठाइएपछि, फोनिसिया र सामरिया दुवै भएर गए र गैरयहूदीहरू विश्वासमा आएका कुरा घोषणा गरे । तिनीहरूले सबै दाजुभाइहरूमा ठुलो आनन्द ल्याए । 4जब तिनीहरू यरूशलेममा आए, तिनीहरूलाई मण्डली, प्रेरितहरू र धर्म-गुरुहरूद्वारा स्वागत गरियो, र तिनीहरूसँग परमेश्वरले गर्नुभएका सबै कामहरूको बारेमा तिनीहरूले सुनाए ।5तर फरिसी दलबाट विश्वास गरेका केही मानिसहरू उठे र भने, “तिनीहरूलाई खतना गर्न र मोशाको व्यवस्था पालन गर्न आज्ञा दिनु आवश्यक छ ।” 6त्यसैले यस विषयमा विचार गर्न प्रेरितहरू र धर्म-गुरुहरू एकसाथ भेला भए ।7धेरै छलफलपछि, पत्रुस उठे र तिनीहरूलाई भने, “भाइहरू, तपाईंहरूलाई थाहै छ कि केही समय अगाडि परमेश्वरले तपाईंहरूको माझमा एउटा छनौट गर्नुभएको थियो, कि मेरो मुखद्वारा गैरयहूदीहरूले सुसमाचारको वचन सुन्नपर्छ र विश्वास गर्नुपर्छ । 8मानिसहरूका हृदय जान्नुहुने परमेश्वरले हामीलाई जस्तै तिनीहरूलाई पवित्र आत्मा दिएर तिनीहरूलाई गवाही दिनुहुन्छ । 9विश्वासद्वारा तिनीहरूका हृदय शुद्ध गर्नुभएर उहाँले हामीहरू र तिनीहरूका बीचमा कुनै भेदभाव गर्नुभएन ।10अब यसकारण चेलाहरूको घाँटीमा जुवा राख्नुपर्छ भनी तपाईंहरू किन परमेश्वरको परीक्षा गर्नुहुन्छ? जुन जुवा न त हाम्रा पिताहरूले न हामीहरूले बोक्न सक्यौं । 11तर हामी विश्वास गर्छौं कि हामीहरू प्रभु येशूको अनुग्रहद्वारा बचाइनेछौं, जसरी तिनीहरू पनि बचाइए ।’’12बारनाबास र पावलद्वारा गैरयहूदीहरूका माझमा परमेश्वरले गर्नुभएका चिन्ह र आश्चर्यकर्महरूको बारे तिनीहरूले भनेको सुनिरहँदा सारा भीड चुपचाप रह्यो ।13तिनीहरूले बोल्न छोडेपछि, याकूबले यसो भन्दै जवाफ दिए, “भाइहरू हो, मेरा कुरा सुन्नुहोस् । 14परमेश्वरले आफ्नो नाउँको खातिर तिनीहरूबाटै मानिसहरू लिनलाई कसरी पहिले गैरयहूदीहरूलाई कृपादृष्टिकासाथ सहायता गर्नुभयो भनी सिमोनले बताएका छन् ।15यससँग अगमवक्ताका वचनहरू सहमत छन्, यसरी लेखिएको छ, 16'यी कुराहरूपछि म फर्कनेछु, र म दाऊदको ढलेको पाल फेरि निर्माण गर्नेछु; यसका भग्नावशेषहरूलाई म उठाउनेछु र फेरी पुनर्स्थापित गर्नेछु, 17ताकि बाँकी रहेका मानिसहरू लगायत मेरो नाउँद्वारा बोलाइएका सबै गैरयहूदीहरूले प्रभुलाई खोज्न सकून्।' 18प्रभुले यसो भन्नुहुन्छ, जसले प्राचीन समयदेखि थाहा भएका यी कुराहरू गर्नुभएको छ । 19त्यसकारण मेरो विचार यो छ कि परमेश्वरतिर फर्कने गैरयहूदीहरूलाई हामीले दुःख दिनुहुँदैन । 20तर हामीले तिनीहरूलाई यो लेख्नेछौं कि तिनीहरू मूर्तिहरूको अशुद्धताबाट, व्यभिचारबाट र घाँटी अठ्याएर मारेको मासु, र रगतबाट अलग रहनुपर्छ । 21किनकि प्राचीन समयदेखि हरेक सहरमा मोशा प्रचारिएका छन् र हरेक शबाथमा तिनलाई पढिन्छ ।”22त्यसपछि बरसाबास भनिने यहूदा र सिलास जो मण्डलीका अगुवाहरू थिए, तिनीहरूलाई छानेर पावल र बारनाबासकहाँ एन्टिओखियामा पठाउन प्रेरितहरू र धर्म-गुरुहरू र सारा मण्डलीसहितलाई असल लाग्यो । 23तिनीहरूले यो लेखे, “एन्टिओखिया, सिरिया र किलिकियामा भएका गैरयहूदी भाइहरूलाई प्रेरितहरू र धर्म-गुरुहरू अर्थात् तपाईंका भाइहरूको अभिवादन ।24किनभने हामीले सुनेका छौं कि हामीले आज्ञा नगरेका केही मानिसहरू हाम्रो बीचबाट गएका छन् र तपाईंहरूको आत्मालाई दु:खित पार्ने खालका शिक्षाहरूले तपाईंहरूलाई दुःख दिएका छन् । 25हाम्रा प्रिय बारनाबास र पावलका साथमा कोही मानिसहरूलाई छानेर तपाईंहरूकहाँ पठाउन हामी सहमत भयौं र यो हामी सबैलाई असल लाग्यो, 26बारनाबास र पावल जसले हाम्रा प्रभु येशू ख्रीष्टको नाउँको खातिर आफ्नो जीवनलाई जोखिममा पारेका छन् ।27त्यसकारण हामीले यहूदा र सिलासलाई पठाउँदैछौं, जसले तिमीहरूलाई त्यही कुराहरू आफ्नै शब्दहरूमा बताउनेछन् । 28किनकि यी आवश्यक कुराहरूभन्दा बढी ठुलो भार तपाईंहरूमाथि नबोकाउन पवित्र आत्मा र हामीलाई असल लाग्यो, 29जस्तैः तपाईंहरू मूर्तिहरूलाई चढाइएका बलिदानका कुराहरू, रगत, घाँटी अठ्याएर मारेको थोकहरू, र यौन अनैतिकताबाट अलग रहनुपर्छ । यदि तपाईंहरूले आफैंलाई यी कुराहरूबाट अलग राख्नुभयो भने तपाईंहरूलाई भलो हुनेछ । बिदा ।”30जब उनीहरू बिदा भएर एन्टिओखियामा आए; उनीहरूले भीडलाई एकसाथ भेला पारेपछि पत्र दिए । 31जब तिनीहरूले यसलाई पढे, उत्साहको कारण तिनीहरू आनन्दित भए । 32यहूदा र सिलास पनि अगमवक्ताहरू भएकोले धेरै वचनहरूद्वारा भाइहरूलाई उत्साह दिए र तिनीहरूलाई बलियो पारे ।33उनीहरूले त्यहाँ केही समय बिताइसकेपछि भाइहरूको बीचबाट उनीहरूलाई पठाउनेहरूकहाँ शान्तिसाथ पठाइयो । 34 35तर पावल र बारनाबास (अरु धेरैकासाथ) प्रभुको वचन सिकाउँदै र प्रचार गर्दै एन्टिओखियामा बसे ।36केही दिनपछि पावलले बारनाबासलाई भने, “अहिले हामी फर्केर जाऔं र हामीले प्रभुको वचन घोषणा गरेको हरेक सहरका भाइहरूलाई भेटौं, र तिनीहरू कस्ता छन् हेरौं ।" 37बारनाबासले मर्कूस भनिने यूहन्नालाई पनि उनीहरूसँगै लैजान चाहन्थे । 38तर पावलले मर्कूसलाई लिएर जान ठिक छैन भनी विचार गरे । किनभने पाम्फिलियामा हुँदा तिनी उनीहरूबाट छुट्टिएर गएका थिए र उनीहरूसँग काममा अगाडि गएा थिएनन् ।39तब त्यहाँ कडा असहमति उत्पन्न भयो । त्यसैकारण उनीहरू एकअर्काबाट छुट्टिए, अनि बारनाबासले मर्कूसलाई आफूसँगै लिएर साइप्रसतिर समुद्रयात्रा गरे । 40तर भाइहरूद्वारा पावललाई प्रभुको अनुग्रहमा सुम्पिएपछि तिनले सिलासलाई छाने र त्यहाँबाट बिदा भए । 41त्यसपछि तिनी मण्डलीहरूलाई बलियो पार्दै सिरिया र किलिकिया भएर गए ।
161पावल डर्बी र लुस्त्रामा पनि आए, र हेर, त्यहाँ तिमोथी नाउँ गरेका एक जना चेला थिए, तिनी एउटी विश्वासी यहूदी स्त्रीका छोरा थिए, तर तिनका बाबुचाहिं ग्रीक थिए । 2लुस्त्रा र आइकोनियनमा भएका भाइहरूले तिमोथीका बारेमा असल कुरा भन्थे । 3पावलले तिमोथीलाई आफूसँगै यात्रामा लान चाहन्थे, यसकारण पावलले तिनलाई आफूसँगै लगे र ती इलाकाहरूमा रहने यहूदीहरूको कारणले गर्दा तिनको खतना गरे, किनकि तिनका बाबु ग्रीक हुन् भनेर तिनीहरू सबैलाई थाहा थियो ।4ती सहरहरूको यात्रा गर्दैजाँदा तिनीहरूले मण्डलीहरूलाई उनीहरूले पालन गर्नुपर्ने निर्देशनहरू दिए, जुन निर्देशनहरू प्रेरितहरूले र धर्म-गुरुहरूले यरूशलेममा लेखेका थिए । 5यसरी मण्डलीहरू विश्वासमा बलियो भए र दिन प्रतिदिन संख्यामा वृद्धि भए ।6एसियाको प्रान्तमा वचन प्रचार गर्न तिनीहरूलाई पवित्र आत्माले मनाही गर्नुभएको हुँदा, पावल र तिनका साथीहरू फ्रिगिया र गलातियाका क्षेत्रहरू हुँदै गए । 7जब तिनीहरू माइसियाको नजिक आइपुगे तिनीहरूले बिथिनिया जान प्रयास गरे, तर येशूका आत्माले तिनीहरूलाई रोक्नुभयो । 8त्यसैले माइसिया हुँदै तिनीहरू त्रोआस सहरमा झरे ।9रातको समयमा पावलले एउटा दर्शन देखेः माकेडोनियाका एक जना मानिस उभिएर तिनलाई बिन्ती गरेर यसो भनिरहेका थिए, “माकेडोनिया आउनुहोस् र हामीलाई सहायता गर्नुहोस् ।” 10पावलले त्यो दर्शन देखेपछि, परमेश्वरले हामीलाई तिनीहरूलाई सुसमाचार प्रचार गर्न बोलाउनुभएको हो भन्ने निष्कर्ष निकालेर हामीहरू तुरुन्तै माकेडोनियाको बाटोतर्फ लाग्यौं ।11त्यसकारण हामी त्रोआसबाट जहाजमा चढेर सोझै सामोथ्रेकको बाटो लाग्यौं, र अर्को दिन हामी नियापोलिस पुग्यौं । 12त्यहाँबाट फिलिप्पी गयौं, जुनचाहिं माकेडोनियाको एउटा सहर, जिल्लाको एकदमै महत्त्वपूर्ण सहर र रोमी उपनिवेश हो, र हामी त्यस सहरमा केही दिन बस्यौं । 13विश्राम दिनमा हामी सहरको ढोकाबाट बाहिर नदी किनारमा पुग्यौं जहाँ प्रार्थना गर्ने ठाउँ होला भन्ने हामीले ठान्यौं । हामी बस्यौं र जम्मा भएका स्त्रीहरूसँग कुरा गर्यौं ।14थिआटिरा सहरकी, वैजनी रङको वस्त्रको व्यापारी, परमेश्वरको आराधना गर्ने, लिडिया नाउँ गरेकी एउटी स्त्रीले हाम्रो कुरा सुनिन् । पावलले भनेका कुरा तिनले ध्यानपूर्वक सुनून् भनेर प्रभुले तिनको हृदय खोलिदिनुभयो । 15तिनी र तिनका घरानाले बप्तिस्मा लिएपछि, तिनले हामीलाई यसो भन्दै आग्रह गरिन्, “यदि तपाईंहरूले मलाई प्रभुप्रति विश्वासयोग्य ठान्नुहुन्छ भने मेरो घरमा आएर बस्नुहोस् ।” र तिनले हामीलाई मनाइन् ।16हामीहरू प्रार्थना गर्ने स्थानतर्फ जाँदै गर्दा, जोखना हेर्ने आत्मा भएकी एउटी जवान स्त्रीसँग हाम्रो सामना भयो । त्यसले जोखना हेरेर आफ्ना मालिकहरूका निम्ति धेरै धन कमाइदिन्थी । 17त्यो स्त्री यसो भन्दै पावल र हाम्रो पछि लागी, “यी मानिसहरू सर्वोच्च परमेश्वरका सेवकहरू हुन् । यिनीहरूले तपाईंहरूलाई मुक्तिको बाटो घोषणा गर्छन् ।” 18त्यसले धेरै दिनसम्म त्यसो गरिरही । तर त्यसबाट धेरै झिजो मानेर पावलले पछाडितिर फर्केर त्यो आत्मालाई भने, “येशू ख्रीष्टको नाउँमा म तँलाई यसबाट निस्केर जाने आज्ञा दिन्छु ।” र त्यो तुरुन्तै निस्केर गयो ।19जब त्यसका मालिकहरूले आफ्नो कमाइको आशा गुम्यो भन्ने देखे, उनीहरूले पावल र सिलासलाई समातेर घिसार्दै बजारमा अधिकारीहरूका अगि लगे । 20जब उनीहरूले पावल र सिलासलाई न्यायाधीशहरूकहाँ ल्याए, उनीहरूले भने, “यी मानिसहरू हाम्रो सहरमा एकदम हलचल मच्याइरहेका छन्। यिनीहरू यहूदीहरू हुन् 21यिनीहरूले यस्ता-यस्ता प्रथाहरू सिकाइरहेका छन्, जुन रोमीहरूका लागि ग्रहण गर्न वा पालन गर्न न्यायसङ्गत छैनन् ।”22त्यसपछि भीड पावल र सिलास माथि खनियो; न्यायाधीशहरूले तिनीहरूका कपडा च्यातिदिए र तिनीहरूलाई लहुराले हिर्काउने आदेश दिए । 23उनीहरूले तिनीहरूलाई धेरै पिटेपछि उनीहरूले पावल र सिलासलाई झ्यालखानामा हालिदिए र तिनीहरूमाथि कडा निगरानी राख्न झ्यालखानाका हाकिमलाई आदेश दिए । 24तिनले यस्तो आदेश पाएपछि, झ्यालखानाका हाकिमले तिनीहरूलाई भित्री झ्यालखानामा हाले र तिनीहरूका खुट्टाहरू ठिंगुरामा ठोकेर बाँधे ।25मध्यराततिर पावल र सिलास परमेश्वरसँग प्रार्थना गर्दै र भजन गाउँदै थिए र अरू कैदीहरूले तिनीहरूलाई सुनिरहेका थिए । 26अचानक त्यहाँ एउटा ठुलो भूकम्प गयो जसले गर्दा झ्यालखानाका जगहरू हल्लिए; र तुरुन्तै सबै ढोकाहरू खोलिए, अनि सबैका साङ्लाहरू खोलिए ।27झ्यालखानाका हाकिम आफ्नो निद्राबाट ब्युँझिए र झ्यालखानाका ढोकाहरू खुल्ला देखे; कैदीहरू भागिसके भन्ने ठानेर तिनले आफ्नो तरवार निकालेर आफूलाई मार्नै लागेका थिए । 28तर पावलले यसो भन्दै चर्को सोरले कराए, “आफूलाई हानि नगर्नुहोस् किनभने हामी सबैजना यहीं छौं ।”29झ्यालखानाका हाकिमले बत्ती बाल्न लगाए र दौडेर भित्र पसे अनि डरले काम्दै पावल र सिलासको सामु घोप्टो परे । 30अनि तिनीहरूलाई बाहिर निकाले र भने, “हजुर, उद्धार पाउनका निम्ति मैले के गर्नुपर्छ?” 31तिनीहरूले भने, “प्रभु येशूमा विश्वास गर्नुहोस् अनि तपाईंले उद्धार पाउनुहुनेछ, तपाईं र तपाईंको घरानाले ।”32तिनीहरूले प्रभुको वचन तिनलाई र तिनका घरानाका सबैलाई सुनाए । 33तब रातको त्यही घडी झ्यालखानाका हाकिमले तिनीहरूलाई निकालेर लगे अनि तिनीहरूका घाउचोटहरू सफा गरिदिए र तिनी र तिनका सबै घरानालाई तुरुन्तै बप्तिस्मा दिइयो । 34तब जसै तिनले पावल र सिलासलाई आफ्नो घरमा लिएर गए र तिनीहरूका सामु खाना राखे, तिनी तिनका घरानासहित निकै रमाए किनभने तिनीहरू सबैले परमेश्वरमा विश्वास गरेका थिए ।35अब उज्यालो भएपछि न्यायाधीशहरूले सिपाहीहरूलाई यसो भन्दै आदेश पठाए, “ती मानिसहरूलाई छोडिदेओ ।” 36झ्यालखानाका हाकिमले पावललाई यसो भन्दै सुनाए, “न्यायाधीशहरूले तपाईंहरूलाई छोडिदिनू भनेर मलाई आदेश दिनुभएको छ, त्यसैले तपाईंहरू बाहिर आउनुहोस्, र शान्तिसँग जानुहोस् ।”37तर पावलले तिनीहरूलाई भने, “हामी रोमी नागरिक भए तापनि दोषी नै नठहराईकन, तिनीहरूले हामीलाई सार्वजनिक स्थलमा पिटे—र तिनीहरूले हामीलाई झ्यालखानामा हाले । अहिले तिनीहरू हामीलाई सुटुक्क पठाउन खोज्छन्? होइन! तिनीहरू आफैं आऊन् र हामीलाई छुटाएर लैजाऊन् ।” 38सिपाहीहरूले न्यायाधीशहरूलाई यी कुरा सुनाए, अनि तिनीहरूले पावल र सिलास रोमी हुन् भन्ने थाहा पाएपछि न्यायाधीशहरू डराए । 39न्यायाधीशहरू आए र तिनीहरूसँग क्षमा मागे र तिनीहरूलाई सहर छाडेर जान आग्रह गर्दै तिनीहरूलाई बाहिर लगे ।40त्यसैले पावल र सिलास झ्यालखानाबाट निस्केर लिडियाको घरमा गए । जब पावल र सिलासले दाजुभाइहरूलाई देखे, तिनीहरूले उनीहरूलाई प्रोत्साहन दिए र त्यसपछि त्यस सहरबाट आफ्नो बाटो लागे ।
171अब तिनीहरू अम्फिपोलिस र अपोल्लोनियाका सहरहरू हुँदै यहूदीहरूको सभाघर भएको थेसलोनिकेको सहरमा आइपुगे । 2पावलले आफ्नो आदतअनुसार उनीहरूकहाँ गए र तीनवटा विश्राम दिनसम्म त्यहाँका मानिसहरूसँग धर्मशास्त्रबाट तर्क गरे ।3तिनले धर्मशास्त्र खोल्दै र ख्रीष्टले दुःख भोग्नु र मृत्युबाट फेरि जीवित हुनु आवश्यक थियो भनी व्याख्या गर्दै थिए । तिनले भने, “यिनै येशू जसलाई मैले तपाईंहरूका बीचमा घोषणा गरेको छु, उहाँ नै ख्रीष्ट हुनुहुन्छ ।” 4केही यहूदीहरूले साथै ठुलो संख्यामा ईश्वरभक्त ग्रीकहरू, र धेरै अगुवा स्त्रीहरू पावल र सिलासको कुरामा विश्वास गरेर तिनीहरूसँग लागे ।5तर अविश्वासी यहूदीहरू ईर्ष्याले भरिएर बजारबाट केही दुष्ट मानिसहरूलाई जम्मा गरे र ठुलो भीड बनाएर सहरमा होहल्ला मच्चाए । तिनीहरूले यासोनको घरमा आक्रमण गरेर पावल र सिलासलाई मानिसहरूका बीचमा बाहिर ल्याउन चाहन्थे । 6तर जब तिनीहरूले पावल र सिलासलाई भेटाएनन्, तब यासोन र केही भाइहरूलाई यसो भन्दै कराउँदै घिसारेर सहरका अधिकारीहरूकहाँ ल्याए, “संसारलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आइपुगेका छन् । 7यासोनले स्वागत गरेका यी मानिसहरूले कैसरको आदेश विपरित काम गर्छन्; येशू भन्ने अर्को एक जना राजा पनि छन् भनेर तिनीहरू भन्छन् ।”8यी कुराहरू सुनेर भीड र सहरका हाकिमहरू आत्तिए । 9तर तिनीहरूले यासोन र बाँकीकाहरूलाई जरिवानाको रकम तिर्न लगाएपछि तिनीहरूलाई जान दिए ।10त्यही रात भाइहरूले पावल र सिलासलाई बेरियामा पठाइदिए । त्यहाँ आइपुगेपछि तिनीहरू यहूदीहरूको सभाघरमा पसे । 11अब थेसलोनिकेमा भएका मानिसहरूभन्दा यहाँका मानिसहरू अझ असल थिए किनकि यिनीहरूले सिकाइएका कुराहरू त्यस्तै हुन् कि होइनन् भनी दैनिक रूपमा धर्मशास्त्रबाट जाँच्दै परमेश्वरको वचनलाई उत्सुकतासाथ ग्रहण गर्थे । 12यसकारण केही प्रभावशाली ग्रीक स्त्रीहरू र धेरै पुरुषहरूसहित, तिनीहरूमध्ये धेरैले प्रभुमा विश्वास गरे ।13तर जब पावलले परमेश्वरको वचन बेरियामा पनि घोषणा गर्दैछन् भनी थेसलोनिकेका यहूदीहरूले थाहा पाए, तिनीहरू त्यहाँ गएर भीडहरूलाई उक्साए र खलबल मच्चाउन लगाए । 14त्यसपछि भाइहरूले पावललाई तुरुन्तै समुद्रतिर पठाइदिए, तर सिलास र तिमोथी त्यहीं बसे । 15पावललाई डोर्याइरहेका मानिसहरूले तिनलाई एथेन्स सहरसम्म लगे । पावललाई त्यहाँ छोड्दा, सिलास र तिमोथीलाई जतिसक्दो छिटो तिनीकहाँ आउनू भनेर तिनीबाट तिनीहरूले निर्देशन पाए ।16अब पावलले सिलास र तिमोथीलाई एथेन्समा पर्खंदै गर्दा, त्यो सहर मूर्ति नै मूर्तिले भरिएको देखेर तिनको आत्मा तिनीभित्र वेचैन भयो । 17त्यसैले तिनले यहूदीहरू र परमेश्वरको आराधना गर्नेहरूसँग सभाघरहरूमा साथै बजारमा भेट्नेहरूसँग पनि यसको बारेमा बहस गरे ।18तर त्यहाँ कतिजना एपिक्युरी र स्तोइकी दार्शनिकहरूसँग पनि तिनको जम्का भेट भयो । केहीले भने, “यो बकबकेले के भन्न खोज्दैछ?” अरूहरूले भने, “त्यो त विदेशी देवताहरूलाई पछ्याउन मानिसहरूलाई बोलाउने जस्तो देखिन्छ,” किनभने तिनले येशू र पुनरुत्थानको बारेमा सुसमाचार प्रचार गर्दै थिए ।19तिनीहरूले पावललाई अरिओपागसमा यसो भन्दै ल्याए, “के तपाईंले बताइरहनुभएको यो नयाँ शिक्षाको बारेमा हामी जान्न सक्छौं? 20किनकि तपाईंले केही अनौठा कुराहरू हाम्रा कानमा ल्याउनुहुन्छ । त्यसकारण हामी यी कुराहरूको अर्थ के हो भनी जान्न चाहन्छौं ।” 21(अब सबै एथेन्सबासीहरू र त्यहाँ बस्ने परदेशीहरूले केही नयाँ कुराहरू बताउँदै वा सुन्दै गर्नु बाहेक अन्य केही कुरामा समय बिताउँदैनथे । )22त्यसैले पावल अरिओपागसको बीचमा उभिए र भने, “एथेन्सका मानिसहरू हो, तपाईंहरू हरेक कुरामा अति धार्मिक हुनुहुन्छ भन्ने कुरा म देख्छु । 23किनकि यहाँ हिंड्दै गर्दा मैले तपाईंहरूले पुज्ने वस्तुहरू देखें, मैले यस्तो एउटा वेदी पनि देखें, जसमा ʻअज्ञात ईश्वरका निम्तिʼ भन्ने कुँदिएको थियो । यसकारण जसलाई तपाईंहरूले नजानिकन पुज्नुहुन्छ, उहाँकै बारेमा म तपाईंहरूलाई बताउँछु ।24परमेश्वर जसले संसार र त्यसमा भएका सबै थोक बनाउनुभयो, उहाँ स्वर्ग र पृथ्वीका प्रभु हुनुभएको कारण उहाँ मानिसका हातहरूले बनाएका मन्दिरहरूमा बस्नुहुन्न । 25न त उहाँलाई केही कुराको खाँचो परेजस्तै मानिसका हातद्वारा सेवा गरिन्छ, किनकि उहाँले नै मानिसहरूलाई जीवन, सास र सबै थोक दिनुहुन्छ ।26उहाँले निश्चित ऋतुहरू र मानिसहरू बस्ने क्षेत्रका सिमानाहरू निर्धारण गरेर पृथ्वीको सतहमाथि रहनको लागि एउटा मानिसबाट सबै जातिका मानिसहरूलाई बनाउनुभयो, 27ताकि तिनीहरूले परमेश्वरलाई खोजून् र सायद तिनीहरूले उहाँतर्फ आफ्नो बाटो भएको महसुस गरून् र उहाँलाई भेट्टाऊन् । तापनि उहाँ हामीमध्ये कसैबाट टाढा हुनुहुन्न ।28किनकि हामी उहाँमा नै जिउँछौं र हिँडडुल गर्छौं र उहाँमै हाम्रो अस्तित्व छ, जसरी तपाईंहरूका आफ्नै कविहरूमध्ये एक जनाले भनेका छन्: ʻकिनकि हामीहरू पनि उहाँकै सन्तान हौं ।ʼ 29यसकारण हामी परमेश्वरका सन्तान भएका हुनाले परमेश्वरलाई मानिसको कला वा विचारअनुसार सुन वा चाँदी वा ढुङ्गाबाट खोपेर बनाइएको चीज हो भनी ठान्नुहुँदैन ।30यसकारण परमेश्वरले अज्ञानताको समयलाई ध्यान दिनुभएन, तर अहिले उहाँले सबै ठाउँका सारा मानिसहरूलाई पश्चात्ताप गर्ने आज्ञा दिनुहुन्छ । 31किनभने उहाँले एक दिन निश्चित गर्नुभएको छ, जुन दिन आफूले चुन्नुभएको मानिसद्वारा उहाँले धार्मिकतामा संसारलाई न्याय गर्नुहुनेछ । परमेश्वरले यी मानिसलाई मृत्युबाट जीवित पार्नुभएर सबै मानिसहरूलाई उहाँको बारेमा प्रमाण दिनुभएको छ ।”32जब एथेन्सका मानिसहरूले मृत व्यक्तिको पुनरुत्थानको बारेमा सुने, कसै-कसैले पावललाई गिज्याए; तर अरूहरूले भने, “हामी यो विषयमा तपाईंबाट फेरि सुन्नेछौं ।” 33त्यसपछि पावलले तिनीहरूलाई छोडेर गए । 34तर अरियोपागसका डायनोसियस, दामारिस नाउँ गरेकी एक स्त्री र तिनीहरूसित भएका अरूहरू पावलका साथ लागे र विश्वास गरे ।
181यी कुराहरूपछि पावल एथेन्स छोडेर कोरिन्थमा गए । 2त्यहाँ तिनले इटालीबाट आएका अकिला नाउँ गरेका पोन्टस निवासी एक यहूदी र तिनकी पत्नी प्रिस्किलालाई भेटे, किनभने क्लाउडियसले सबै यहूदीहरूलाई रोम छोड्न आदेश दिएका थिए । पावल तिनीहरूकहाँ गए, 3किनभने तिनको पेसा तिनीहरूसँग मिल्दथ्यो, तिनी तिनीहरूसँगै बसे र काम गरे, किनकि तिनीहरू पेसाले पाल बनाउनेहरू थिए ।4त्यसैले पावलले हरेक विश्राम दिनमा सभाघरमा गएर ग्रीक र यहूदी दुवैलाई मनाउने प्रयास गर्दै बहस गरे । 5जब सिलास र तिमोथी माकेडोनियाबाट तल आए, पावलले येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा यहूदीहरूलाई बताउँदै, आफैंलाई वचनप्रति समर्पित गरे । 6तर जब यहूदीहरूले पावलको विरोध गरे र तिनको अपमान गरे, तब पावलले आफ्नो कपडा टकटक्याए र तिनीहरूलाई भने, “तिमीहरूको रगत तिमीहरूकै शिरमाथि परोस्; म निर्दोष छु । अबदेखि म गैरयहूदीहरूकहाँ जानेछु ।”7तब तिनी त्यो ठाउँ छाडेर तीतस युस्तसको घरमा गए जसले परमेश्वरको आराधना गर्थे । तिनको घर सभाघरको छेउमा पर्दथ्यो । 8सभाघरका अगुवा क्रिस्पस र तिनका घरमा बस्ने सबैले प्रभुमा विश्वास गरे; र यो सुन्ने कोरिन्थीहरूमध्ये धेरै जनाले विश्वास गरे र बप्तिस्मा लिए ।9राति दर्शनमा प्रभुले पावललाई भन्नुभयो, “नडराऊ, तर बोल र चुप नलाग । 10किनकि म तिमीसँग छु, र तिमीलाई कसैले हानि गर्ने कोसिस गर्नेछैन किनकि यस सहरमा मेरा थुप्रै मानिसहरू छन् ।” 11त्यस ठाउँमा तिनीहरूका बीचमा परमेश्वरको वचन सिकाउँदै पावल एक वर्ष छ महिनासम्म बसे ।12तर जब गालियो अखैयाका हाकिम बने, तब यहूदीहरू एक मनका भई पावलको विरुद्धमा उठे र तिनलाई न्याय आसनको सामु ल्याए; 13तिनीहरूले भने, “यस मानिसले व्यवस्थाको विपरित परमेश्वरको आराधना गर्न मनाउँछ ।”14तर जब पावलले बोल्नै लागेका थिए, गालियोले यहूदीहरूलाई भने, “तिमी यहूदीहरू, यदि यो कुनै गल्ती वा अपराधको विषय भएको भए यस विषयमा तिमीहरूसँग बोल्नु तर्कपूर्ण नै हुनेथियो । 15तर यी प्रश्नहरू त शब्दहरू र नाउँहरू र तिमीहरूका आफ्नै व्यवस्थाको विषयमा भएकाले तिमीहरू आफैं मिलाऊ । यी विषयहरूमा म न्यायधीश हुन चाहन्नँ ।”16गालियोले तिनीहरूलाई न्याय आसन छोड्न लगाए । 17त्यसैले तिनीहरू सबैले सभाघरका शासक सोस्थेनसलाई समातेर न्याय आसनको अगाडि नै पिटे । तर गालियोले तिनीहरूले गरेका कुराको वास्तै गरेनन् ।18धेरै दिन त्यहाँ बसेपछि पावलले भाइहरूलाई छोडे अनि प्रिस्किला र अकिलालाई साथमा लिएर सिरियातिरजहाज चढी गए । बन्दरगाह छोड्नुभन्दा पहिले, आफूले भाकल गरेको हुनाले पावलले किंक्रियामा आफ्नो कपाल खौरे । 19जब तिनीहरू एफिससमा आइपुगे तब पावलले प्रिस्किला र अकिलालाई त्यहीं छोडे, तर तिनी आफैंचाहिं सभाघरमा गए र यहूदीहरूसँग बहस गरे ।20जब तिनीहरूले पावललाई अझै केही समय बस्न अनुरोध गरे, तब तिनले इन्कार गरे । 21तर तिनीहरूसँग बिदा लिंदै तिनले भने, “यदि परमेश्वरको इच्छा भएमा म तपाईंहरूकहाँ फेरि फर्किआउनेछु ।” त्यसपछि तिनी जहाज चढेर एफिससतर्फ लागे ।22जब पावल कैसरियामा जहाजबाट उत्रे, तिनी उक्लेर गई यरूशलेमका मण्डलीलाई अभिवादन गरे अनि त्यसपछि एन्टिओखियातर्फ झरे । 23त्यहाँ केही समय बिताएपछि पावल त्यहाँबाट निस्केर गलातिया र फ्रिगिया क्षेत्रहरू भएर गए र सबै चेलाहरूलाई बलियो बनाए ।24अब अपोल्लोस नाउँ गरेका एक जना यहूदी जो जन्मका आधारमा एलेक्जेन्ड्रियाका थिए, तिनी एफिससमा आए । तिनी बोल्नमा दक्ष र धर्मशास्त्रीय ज्ञानमा पोख्त थिए । 25अपोल्लोस प्रभुको वचनका बारेमा ज्ञान पाएका थिए । आत्मामा जोशिलो हुँदै येशूको बारेमा ठिक कुराहरू बोल्थे र सिकाउँथे, तर तिनलाई यूहन्नाको बप्तिस्माको बारेमा मात्र थाहा थियो । 26अपोल्लोसले सभाघरमा साहसका साथ बोल्न थाले । तर जब प्रिस्किला र अकिलाले तिनले बोलेको सुने, तब तिनीहरू तिनको साथ लागे र तिनलाई परमेश्वरको मार्गको बारेमा अझै ठिकसँग बताइदिए ।27जब तिनले अखैया हुँदै जाने इच्छा गरे, भाइहरूले तिनलाई प्रोत्साहन दिए र अखैयाका चेलाहरूले तिनलाई ग्रहण गरून् भनेर पत्र लेखे । त्यहाँ आइपुगेपछि तिनले अनुग्रहद्वारा विश्वास गर्नेहरूलाई ठूलो मद्दत गरे । 28धर्मशास्त्रद्वारा येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने देखाएर, अपोल्लोसले सार्वजनिक बहसमा यहूदीहरूलाई शक्तिशाली रूपमा गलत ठहराए ।
191अपोल्लोस कोरिन्थमा भएको बेला पावल माथिल्लो भूभाग हुँदै एफिसस सहर आइपुगे, र त्यहाँ कतिपय चेलाहरूलाई भेटे । 2पावलले तिनीहरूलाई भने, “के तिमीहरूले विश्वास गर्दा पवित्र आत्मा पायौ त?” तिनीहरूले तिनलाई भने, “होइन, हामीले त पवित्र आत्माको बारेमा सुनेका समेत छैनौं ।”3पावलले भने, “त्यसो भए तिमीहरूले केमा बप्तिस्मा लियौ त?” तिनीहरूले भने, “यूहन्नाको बप्तिस्मामा ।” 4त्यसैले पावलले जवाफ दिए, “यूहन्नाले दिने बप्तिस्माचाहिं पश्चात्तापको बप्तिस्मा थियो । तिनले मानिसहरूलाई भनेका थिए कि तिनीहरूले तिनीभन्दा पछि आउनुहुनेमाथि अर्थात् येशूमाथि विश्वास गर्नुपर्छ ।”5मानिसहरूले यो कुरा सुनेपछि तिनीहरूले प्रभु येशूको नाउँमा बप्तिस्मा लिए । 6त्यसपछि जब पावलले तिनीहरूमाथि हात राखे, पवित्र आत्मा तिनीहरूमाथि आउनुभयो अनि तिनीहरूले अन्यभाषाहरूमा बोले र अगमवाणी गरे । 7तिनीहरू जम्मा बाह्र जना जति मानिसहरू थिए ।8पावल सभाघरमा गए र परमेश्वरको राज्यको बारेमा बहस गर्दै र मानिसहरूलाई मनाउँदै, तीन महिना साहससाथ बोले । 9तर जब केही यहूदीहरूले हृदय कठोर पारे र अनाज्ञाकारी भए, तिनीहरूले यस मार्गको विरुद्धमा भीडको सामु दुष्ट कुरा बोल्न थाले । त्यसैले पावलले तिनीहरूलाई छोडे र चेलाहरूलाई लिएर गई तिनले टुरान्नसको प्रवचन कक्षमा हरेक दिन बहस गर्न थाले । 10यो प्रक्रिया दुई वर्षसम्म चल्यो, जसले गर्दा एसियामा बसोबास गर्ने सबै अर्थात्, यहूदी र ग्रीकहरू दुवैले प्रभुको वचन सुने ।11पावलको हातबाट परमेश्वरले महान् कामहरू गर्दै हुनुहुन्थ्यो, 12यतिसम्म कि तिनलाई छुवाइएका रुमाल र कपडालाई बिरामीहरूकहाँ लगिन्थ्यो र तिनीहरूका बिमारीले तिनीहरूलाई छोड्थ्यो र दुष्ट आत्माहरू तिनीहरूबाट निस्कन्थे ।13तर यहूदी झारफुकहरू त्यस इलाका भएर यात्रा गर्दै थिए । दुष्ट आत्माहरूमाथि शक्ति प्राप्त गर्न तिनीहरूले प्रभु येशूको नाउँलाई लिएर यसो भने, “पावलले प्रचार गरेको येशूको नाउँमा निक्ली जान म तँलाई आज्ञा गर्छु ।” 14स्केवाका नाउँ भएका एक जना यहूदी प्रधान पूजाहारीका सातजना छोराहरू थिए जसले यसो गर्दै थिए ।15एउटा दुष्ट आत्माले तिनीहरूलाई जवाफ दियो, “येशूलाई म चिन्छु, र पावललाई म चिन्छु; तर तिमीहरूचाहिं को हौ?” 16त्यो मानिसभित्र भएको दुष्ट आत्माले तिनीहरूलाई झम्ट्यो र तिनीहरूलाई पिट्यो । तब तिनीहरू त्यस घरबाट नाङ्गै र घाइते भएर भागे । 17यो कुरा एफिससमा बस्ने सबै अर्थात्, यहूदी र ग्रीक दुवैले थाहा पाए । तिनीहरूमा धेरै भयभीत भए, र प्रभु येशूको नाउँको ठूलो सम्मान भयो ।18साथै विश्वासीहरूमध्ये धेरै जना आए र आफूले गरेका दुष्ट कामहरू स्वीकार गरे । 19टुनामुना गर्नेहरू धेरै जनाले आफ्ना पुस्तकहरू एकसाथ ल्याए र सबैको सामुन्ने ती जलाए । तिनीहरूले ती सबैको मूल्याङ्कन गर्दा, त्यो पचास हजार चाँदीका सिक्का बराबर थियो । 20त्यसैले प्रभुको वचन शक्तिशाली तरिकाले व्यापक रूपमा फैलियो ।21अब पावलले एफिससमा आफ्नो सेवा-कार्य पूरा गरिसकेपछि तिनले माकेडोनिया र अखैया हुँदै यरूशलेमतर्फ जान आत्मामा निर्णय गरे; तिनले भने, “त्यहाँ पुगेपछि म रोममा पनि जानै पर्छ ।” 22पावलले आफ्ना दुई जना सहयोगीहरू तिमोथी र एरास्तसलाई माकेडोनिया पठाए । तर पावल आफैंचाहिं केही समय एसियामै बसे ।23त्यसैबेला एफिससमा यो मार्गको विषयमा ठुलो खैलाबैला मच्चियो । 24डायनाको चाँदीका मूर्तिहरू बनाउने चाँदीका शिल्पकार डेमेत्रियसले कारीगरहरूलाई धेरै व्यापार जुटाइदिन्थ्यो । 25त्यसैले त्यसले ती मानिसहरूलाई भेला गरे र भने, “साथीहरू, यो व्यापारबाट हामीले धेरै पैसा कमाउँछौं ।26तिमीहरू देख्छौ र सुन्छौ कि एफिससमा मात्र नभएर एसियाका लगभग सबै ठाउँहरूमा यस पावलले धेरै मानिसहरूलाई मनाएको छ र यी कुराहरूबाट फर्काएको छ । त्यसले हातले बनाएका कुराहरूलाई ईश्वरहरू होइनन् भनिरहेछ । 27त्यसले गर्दा हाम्रो व्यापार अनावश्यक हुने जोखिम मात्र होइन तर महान् देवी डायनाको मन्दिरलाई समेत मूल्यहीन ठानिन सक्छ । तब तिनले आफ्नो महानता पनि गुमाउनेछिन्, जसलाई सारा एसिया र संसारले पुज्छ ।”28यो कुरा सुनेपछि, तिनीहरू रिसले भरिए र यसो भन्दै चिच्याए, “एफिसीहरूकी देवी डायना महान् छिन् ।” 29सारा सहर अलमलमा परे, र मानिसहरू एकैमनका भएर रङ्गशालाभित्र दौडे । तिनीहरूले पावलसँग यात्रा गर्ने, माकेडोनियाबाट आएका, गायस र अरिस्तार्खसलाई समाते ।30पावल मानिसहरूको भीडमा प्रवेश गर्न चाहन्थे, तर चेलाहरूले तिनलाई रोके । 31साथै केही एशिया प्रान्तका अधिकारीहरू जो पावलका मित्र थिए तिनीहरूले तिनलाई रङ्गशालामा प्रवेश नगर्न अनुरोध गर्दै खबर पठाए । 32केही मानिसहरू एउटा कुरा, र कोही अर्कै कुरा गरी चिच्याउँदै थिए, किनकि भीड अलमलमा थियो । तिनीहरूमध्ये धेरैलाई त तिनीहरू त्यहाँ किन भेला भएका थिए भन्ने कुरा समेत थाहा थिएन ।33भीडका केहीले एलेक्जेन्डरलाई सल्लाह दिए जसलाई यहूदीहरूले अगाडि धकेलिरहेका थिए । त्यसैले एलेक्जेन्डरले आफ्नो बचाउमा सभालाई जवाफ दिने इच्छा गर्दै आफ्ना हातद्वारा इशारा गरे । 34तर जब तिनीहरूले अलेक्जेन्डर यहूदी थिए भन्ने थाहा पाए, तब तिनीहरू सबैले एउटै स्वरमा दुई घण्टासम्म यसो भन्दै चिच्याए, “एफिसीहरूकी देवी डायना महान् छिन् ।”35जब नगर-सचिवले भीडलाई शान्त गराए, तिनले भने, “एफिससका मानिसहरू हो, एफिसीहरूको सहर महान् डायनाको मन्दिर र आकाशबाट खसेको तिनको मूर्तिको रक्षक हो भन्ने कुरा कुन मानिसलाई थाहा छैन र? 36तब यी कुराहरूलाई इन्कार गर्न सकिँदैन भन्ने देखेर, तपाईंहरू शान्त रहनुपर्छ र हतारमा केही गर्नुहुँदैन । 37किनकि तपाईंहरूले यी मानिसहरूलाई यस अदालतमा ल्याउनुभएको छ, जसले न त मन्दिर लुटेका छन् न त हाम्री देवीको विरुद्धमा ईश्वरनिन्दा नै गरेका छन् ।38त्यसकारण यदि डेमेत्रियस र त्यसका साथमा भएका कारीगरहरूसँग कसैको विरुद्धमा केही दोष छ भने, अदालतहरू खुल्ला छन् र त्यहाँ न्यायाधीशहरू छन् । तिनीहरूले एक अर्काको विरुद्ध उजुरी दिऊन् । 39तर यदि अरू विषयमा कुनै कुरा खोजी गर्नुहुन्छ भने, त्यसको नियमित सभामा निर्णय लिइनेछ । 40किनकि आजको यस खैलाबैलाको दोष हामीलाई लाग्ने खतरा छ । यो गडबडीको कुनै कारण छैन, र हामीले यसको व्याख्या गर्न सक्नेछैनौं ।” 41यति भनेपछि तिनले सभालाई विसर्जन गरे ।
201खैलाबैला सकिएपछि, पावलले चेलाहरूलाई बोलाए र तिनीहरूलाई उत्साह दिएपछि, तिनी बिदा भएर माकेडोनिया जानका लागि हिंडे । 2तिनी ती क्षेत्रहरू भएर गई तिनीहरूलाई धेरै उत्साहका वचनहरू दिएपछि, तिनी ग्रीसमा आए । 3तिनले त्यहाँ तीन महिना बिताइसकेपछि, तिनले जहाज चढेर सिरिया जान लाग्दा, यहूदीहरूले तिनको विरुद्धमा एउटा षडयन्त्र रचे, त्यसैले तिनी माकेडोनिया भएर फर्कने निर्णय गरे ।4तिनलाई एसियासम्म बेरियाको पुरोसका छोरा सोपात्रोस; थेसलोनिकेका विश्वासीहरूबाट दुई जना, अरिस्तार्खस र सिकन्दस; डर्बीका गायस; तिमोथी; अनि एसियाबाट तुखिकस र त्रोमिफसले साथ दिए । 5तर यी मानिसहरू हामीभन्दा अगि गएका थिए र त्रोआसमा हामीलाई पर्खिरहेका थिए । 6अखमिरी रोटीको चाडपछि हामी फिलिप्पीबाट जहाजमा चढेर गयौं र पाँच दिनमा हामी त्रोआसमा तिनीहरूकहाँ आयौं । त्यहाँ हामी सात दिनसम्म बस्यौं ।7हप्ताको पहिलो दिन जब हामी रोटी भाँच्नलाई एकसाथ भेला भएका थियौं, तब पावल विश्वासीहरूसँग बोले । तिनले त्यहाँबाट अर्को दिन हिंड्ने योजना गरिरहेकाले तिनी मध्यरातसम्मै बोलिरहे । 8हामीहरू एकसाथ भेला भएको माथिल्लो कोठामा धेरै बत्तीहरू थिए ।9युटिकस नाउँको एक जना जवान मानिस झ्यालमा बसिरहेको थियो, र त्यो गहिरोमा निद्रामा पर्यो । पावलले अझै बोल्दै जाँदा निद्रामा परेको त्यो जवान मानिस तेस्रो तल्लाबाट खस्यो र मृत अवस्थामा उठाइयो । 10तर पावल तल गएर त्यसमाथि लम्पसार परे र त्यसलाई अँगालो हाले । त्यसपछि तिनले भने “अब चिन्तित नहुनुहोस् किनकि त्यो जीवितै छ ।”11त्यसपछि तिनी फेरि माथिल्लो तल्लामा गए र रोटी भाँचे र खाए । झिसमिसे उज्यालो हुदाँसम्म तिनीहरूसँग कुराकानी गरेपछि, तिनी त्यहाँबाट हिंडे । 12तिनीहरूले ती ठिटालाई जीवितै ल्याए र धेरै सान्त्वना पाए ।13हामी पावलभन्दा अगि जहाजमा चढेर आस्सोसतिर लाग्यौं, जहाँबाट पावललाई जहाजमा ल्याउने हामीले योजना गर्यौं । तिनी आफैंले यस्तो चाहना गरे किनभने तिनले जमिनको बाटो भएर जाने योजना गरेका थिए । 14तिनले हामीलाई आस्सोसमा भेटेपछि, हामीले तिनलाई जहाजमा चढायौं अनि मिटिलेनेमा गयौं ।15त्यसपछि हामी त्यहाँबाट जाहजमा यात्रा गरेर अर्को दिन खियोस टापुको सामुन्ने आइपुग्यौं । भोलिपल्ट सामोस टापुमा पुग्यौं अनि अर्को दिन हामी मिलेटस सहरमा आयौं । 16किनकि सम्भव भएसम्म पावल पेन्तिकोसको दिनमा यरूशलेममा पुग्नलाई हतार गरिरहेका थिए, त्यसैले तिनले एसियामा कुनै समय नबिताउन एफिसस भएर यात्रा गर्ने निर्णय गरे ।17मिलेटसबाट तिनले एफिससमा मानिसहरूलाई पठाए अनि मण्डलीका धर्म-गुरुहरूलाई आफूकहाँ बोलाए । 18तिनीहरू तिनीकहाँ आएपछि, तिनले तिनीहरूलाई भने, “तपाईंहरू आफैं जान्नुहुन्छ कि एसियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले सधैं तपाईंहरूसँग आफ्नो समय कसरी बिताएँ । 19यहूदीहरूका षड्यन्त्रहरूको कारण ममा आईपरेका कष्टहरूमा, र आँसुसहित मनको सारा नम्रतामा, मैले प्रभुको सेवा गरिरहें । 20कुनै पनि भलाइको कुरा तपाईंहरूको बीचमा घोषणा गर्नदेखि मैले आफैंलाई रोकिनँ, अनि सार्वजनिक रूपमा र घर-घरमा गएर मैले तपाईंहरूलाई शिक्षा दिएँ, 21र यहूदी र ग्रीकहरू दुवैलाई परमेश्वरतिर फर्कन पश्चात्ताप गर्नुपर्ने र हाम्रा प्रभु येशूमा विश्वास गर्नुपर्ने कुराको बारेमा चेताउनी दिइरहेको तपाईंहरूलाई थाहै छ ।22अब हेर्नुहोस्, म आत्मामा बाध्य भएर यरूशलेममा जाँदैछु, त्यहाँ मलाई के-कस्तो हुन आउने हो त्यो मलाई थाहा छैन । 23केवल पवित्र आत्माले मलाई यो गवाही दिनुहुन्छ कि हरेक सहरमा साङ्लाहरू र कष्टहरूले मलाई पर्खिरहन छन् । 24तर म आफ्नो जीवनलाई कुनै मूल्यको ठान्दिनँ, परमेश्वरको अनुग्रहको सुसमाचारको दिनको निम्ति मेरो दौड र प्रभु येशूबाट मलाई प्राप्त भएको सेवा-कार्य पूरा गर्न सकूँ ।25अब हेर्नुहोस्, मलाई थाहा छ कि तपाईंहरू सबै जसलाई मैले राज्यको प्रचार गरिरहें, तपाईंहरूले अब उसो मेरो मुहार कहिल्यै देख्नुहुनेछैन । 26त्यसकारण तपाईंहरूलाई आजको दिन म यो गवाही दिन्छु कि म कुनै पनि मानिसको रगतदेखि निर्दोष छु । 27किनकि मैले तपाईंहरूलाई परमेश्वरको सम्पूर्ण इच्छा घोषणा गर्नेदेखि आफैंलाई रोकिनँ ।28त्यसकारण तपाईंहरू आफ्नै निम्ति र सारा बगालको बारेमा होसियार हुनुहोस्, जुन बगालका लागि पवित्र आत्माले तपाईंहरूलाई रेखदेख गर्ने तुल्याउनुभयो । परमेश्वरको मण्डलीको हेरचाह गर्न होसियार हुनुहोस् जसलाई उहाँले आफ्नै रगतले किन्नुभयो । 29मलाई थाहा छ कि म यहाँबाट गएपछि, खतरनाक ब्वाँसाहरू तपाईंहरूका बीचमा प्रवेश गर्नेछन् र बगाललाई बाँकी राख्ने छैनन् । 30मलाई थाहा छ कि तपाईंहरूमध्येबाटै केही मानिसहरू आउनेछन् र चेलाहरूलाई आफ्नोपछि तान्नका लागि सत्यलाई भ्रष्ट पार्नेछन् ।31त्यसैले होसियार हुनुहोस् । यो सम्झना गर्नुहोस् कि तीन वर्षसम्म दिन र रात आँसु बगाउँदै तपाईंहरू हरेकलाई निर्देशन दिन म रोकिनँ । 32अब म तपाईंहरूलाई परमेश्वरमा र उहाँको अनुग्रहको वचनमा सुम्पिदिन्छु, जुन तपाईंहरूलाई निर्माण गर्न र पवित्र भएकाहरू सबैका माझमा तपाईंहरूलाई उत्तराधिकार दिन सक्षम छ ।33मैले कुनै मानिसको सुन, चाँदी वा कपडाको लोभ गरिनँ । 34तपाईंहरू आफैं जान्नुहुन्छ कि यी हातहरूले मेरा आफ्नै र मसँग भएकाहरूका आवश्यकताहरू पूरा गरें । 35सबै कुरामा मैले तपाईंहरूलाई कसरी काम गरेर कमजोरहरूको सहायता गर्नुपर्छ र प्रभु येशूका वचनहरूको सम्झना गर्नुपर्छ भन्ने उदाहरण दिएँ, उहाँ आफैंले यी वचनहरू भन्नुभयो, ʻलिनुभन्दा दिनु अझ आशिष्को कुरो हो ।ʼ”36तिनले यसरी बोलिसकेपछि तिनले घुँडा टेके र तिनीहरू सबै जनासँग प्रार्थना गरे । 37त्यहाँ धेरै रुवाबासी भयो र तिनीहरूले पावललाई अँगालो हाले र चुम्बन गरे । 38तिनीहरूले तिनको मुहार फेरि कहिल्यै पनि देख्ने छैनन् भनी तिनले भनेका हुनाले तिनीहरू धेरै जना दु:खित भए । तब तिनीहरूले तिनलाई जहाजसम्म पुर्याए ।
211जब हामी तिनीहरूबाट छुट्टिएर जहाजमा यात्रा सुरु गर्यौं, हामी सिधै कोस सहरतिर लाग्यौं, र अर्को दिन रोडस सहरतिर र त्यहाँबाट पटारा सहरतिर लाग्यौं । 2जब हामीले फोनिकेतिर जाँदै गरेको एउटा जहाज भेट्यौं, हामी त्यही जहाजमा चढेर यात्रा सुरु गर्यौं ।3साइप्रस देखापरेपछि, त्यसलाई बायाँतर्फ पारेर हामी जहाजबाट सिरियातर्फ लाग्यौं, र टुरोसमा उत्र्यौं, जहाँ त्यस जहाजले ल्याएको मालसमान झार्नुपर्थ्यो । 4हामीले चेलाहरूलाई भेट्टाएपछि हामी त्यहाँ सात दिनसम्म बस्यौं । ती चेलाहरूले आत्माद्वारा पावललाई यरूशलेममा नजान भनिरहे ।5जब हाम्रा ती दिन पूरा भए, हामी त्यहाँबाट बिदा भयौं र हाम्रो बाटो लाग्यौं र तिनीहरू सबै, आफ्ना पत्नीहरू र छोराछोरीहरू सहित हामीसँगै सहरबाहिर आए । त्यसपछि हामीले समुद्रको किनारमा घुँडा टेकेर प्रार्थना गर्यौं, 6र एक अर्कासँग बिदा भयौं । त्यसपछि हामी जहाजमा चढेर अगाडि बढ्यौं, र तिनीहरू आफ्ना घरतर्फ लागे ।7जब हामीले टुरोसबाटको जलयात्रा सिध्याएका थियौं, हामी टोलेमाइसमा आइपुग्यौं । त्यहाँ हामीले भाइहरूलाई अभिवादन गर्यौं, र तिनीहरूसँगै त्यहाँ एक दिन बस्यौं । 8अर्को दिन हामी बिदा भयौं, र कैसरियातिर लाग्यौं । हामी सुसमाचार प्रचारक फिलिपको घरमा गयौं, जो सात जना मध्येका एक जना थिए । हामी तिनीसँगै बस्यौं । 9अब यी मानिसका चार जना कन्ये छोरीहरू थिए, जसले अगमवाणी गर्थे ।10हामी त्यहाँ केही दिन बस्दा, त्यहाँ यहूदियाबाट अगाबस नाउँको कोही एक जना अगमवक्ता आए । 11तिनी हामीकहाँ आए, र पावलको पेटी लिए । त्यो पेटीले तिनले आफ्ना हात र खुट्टा बाँधे, र भने, “पवित्र आत्मा यसो भन्नुहुन्छ, ʻयरूशलेमका यहूदीहरूले यस पटुकाको मालिकलाई यसरी नै बाँध्नेछन्, र तिनीहरूले त्यसलाई गैरयहूदीहरूका हातमा सुम्पिदिनेछन्ʼ ।”12जब हामीले यस्ता कुराहरू सुन्यौं, हामी र त्यस ठाउँमा बस्ने मानिसहरू दुवैले पावललाई यरूशलेममा नजान बिन्ती गर्यौं । 13त्यसपछि पावलले जवाफ दिए, “तिमीहरू रुँदै र मेरो हृदयलाई तोड्दै के गरिरहेका छौ? किनकि म प्रभु येशूको नाउँको खातिर बाँधिन मात्र होइन, यरूशलेममा मर्न पनि तयार छु ।” 14पावललाई मनाउन नसकिने भएकोले हामी चूप लाग्यौं र त्यसपछि हामीले भन्यौं, “प्रभुको इच्छा पूरा होस् ।”15ती दिनपछि हामीले आफ्ना झोलाहरू लियौं, र यरूशलेमतर्फ लाग्यौं। 16कैसरियाबाट केही चेलाहरू पनि हामीसँगै गए । तिनीहरूले साइप्रसका मनासोन नाउँका एक जना पुराना चेलालाई ल्याए, जससँग हामी बस्नुपरेको थियो ।17जब हामी यरूशलेममा आइपुग्यौं, दाजुभाइहरूले हामीलाई खुसीसाथ स्वागत गरे । 18अर्को दिन पावल हामीसँगै याकूबकहाँ पुगे, जहाँ सबै धर्म-गुरुहरू उपस्थित थिए । 19जब पावलले तिनीहरूलाई अभिवादन गरे, तिनले आफ्नो सेवकाइद्वारा परमेश्वरले गैरयहूदीहरूका माझमा गर्नुभएका कुराहरू एक-एक गरेर बताए ।20तिनीहरूले यो सुनेपछि तिनीहरूले परमेश्वरको प्रशंसा गरे, र तिनीहरूले तिनलाई भने, “हेर भाइ, यहूदीका बीचमा कति हजारौंले विश्वास गरेका छन् । तिनीहरू सबै व्यवस्था पालना गर्नमा दृढ छन् । 21तपाईंले गैरयहूदीहरूका माझमा बस्ने सारा यहूदीहरूलाई मोशालाई त्याग्न भनी सिकाउनुहुन्छ, र आफ्ना बालकहरूको खतना नगर्नू, र पुराना रीतिरिवाज नमान्नू भन्नुहुन्छ भनी तपाईंको बारेमा तिनीहरूलाई भनिएको छ ।22हामीले के गर्नुपर्छ? अवश्य, तिनीहरूले तपाईं आउनुभएको छ भन्ने सुन्नेछन् । 23त्यसैले हामीले जे भन्छौं तपाईंले त्यही गर्नुहोस् । हामीसँग भाकल गरेका चार जना मानिस छन् । 24यी मानिसहरूलाई लैजानुहोस् र तिनीहरूसँगै आफैंलाई शुद्धिकरण गर्नुहोस्, र तिनीहरूको खर्च तिरिदिनुहोस् ताकि तिनीहरूले आफ्नो कपाल खौरिऊन् । यसरी तपाईंको बारेमा भनिएका कुराहरू झूटा हुन् भनी सबैले थाहा पाउनेछन् । तपाईंले पनि व्यवस्था पालना गर्नुहुन्छ भनी तिनीहरूले जान्नेछन् ।25तर विश्वास गर्ने गैरयहूदीहरूको सम्बन्धमा, तिनीहरूले आफैंलाई मूर्तिहरूलाई बलि चढाएका कुराहरू, रगत, घाँटी निमोठेर मारेको कुरा, र व्यभिचारबाट अलग रहनुपर्छ भनी हामीले लेख्यौं, र निर्देशन दियौं ।” 26त्यसपछि पावलले ती मानिसहरूलाई लिए, र अर्को दिन तिनीहरूसँगै आफैंलाई शुद्ध पारे । त्यसपछि तिनीहरू प्रत्येकको निम्ति भेटी चढाउने र शुद्धिकरण पूरा हुने दिनको सूचना दिंदै तिनीहरू मन्दिरभित्र पसे ।27सात दिनको समय पूरा हुन लाग्दा, एसियाबाट आएका केही यहूदीहरूले पावललाई मन्दिरमा देखेर सबै भीडलाई नै उत्तेजित बनाए, र तिनीमाथि हात हाले । 28तिनीहरू चिच्च्याउँदै थिए, “हे इस्राएलका मानिसहरू हो, हामीलाई सहायता गर्नुहोस् । मानिसहरू, व्यवस्था र यस ठाउँको विरुद्धका कुराहरू जताततै सबै मानिसहरूलाई सिकाउने मानिस यिनै हुन् । साथै यिनले ग्रीकहरूलाई पनि मन्दिरभित्र ल्याएका छन्, र यो पवित्र ठाउँलाई अशुद्ध तुल्याएका छन् ।” 29किनकि तिनीहरूले पहिले एफिससका त्रोफिमसलाई तिनीसँग सहरमा देखेका थिए, र पावलले नै त्यसलाई मन्दिरभित्र ल्याएका थिए भन्ने तिनीहरूले सोचे ।30सारा सहर नै उत्तेजित भयो, र मानिसहरू सँगै दौडे, र पावललाई समाते । तिनीहरूले तिनलाई घिसार्दै मन्दिर बाहिर ल्याए, र ढोकाहरू तुरुन्तै थुनिए । 31तिनीहरूले तिनलाई मार्न कोसिस गरिरहँदा, सारा यरूशलेम नै खलबलिएको थियो भन्ने खबर सुरक्षाकर्मीहरूका प्रमुख कप्तानकहाँ आयो ।32तुरुन्तै सिपाहीहरू र कप्तानहरू लिएर तिनी त्यस भीडतिर दौडे । जब मानिसहरूले प्रमुख कप्तान र सिपाहीहरूलाई देखे, तिनीहरूले पावललाई कुट्न छोडे । 33त्यसपछि प्रमुख कप्तान नजिक गए र पावललाई समाते, र तिनलाई दुईवटा सिक्रीले बाँध्न आदेश दिए । त्यसपछि तिनले तिनी को थिए, र तिनले के गरेका थिए भनी सोधे ।34भीडमा केही मानिसहरू एउटा कुरा र अरूहरू अर्कै कुरा भनी चिच्च्याउँदै थिए । यी सबै हल्लाले गर्दा कप्तानले केही पनि भन्न नसकेको हुनाले तिनले पावललाई किल्लामा ल्याउनलाई आदेश दिए । 35जब पावल सिंढीमा आए, भीडको हिंसाले गर्दा तिनी सेनाहरूद्वारा बोकेर लगिए । 36किनकि मानिसहरूको भीड पछि-पछि लाग्यो, र तिनीहरू यसरी चिच्च्याइ रहे, “त्यसलाई सिद्ध्याइदेऊ!”37पावललाई किल्लाभित्र ल्याउन लाग्दा, तिनले मुख्य कप्तानलाई भने, “के म तपाईंलाई केही कुरा भनूँ?” कप्तानले सोधे, “के तिमी ग्रीक बोल्छौ? 38के तिमी त्यही मिश्री होइनौ र जसले पहिले विद्रोह सुरु गरी चार हजार हत्याराहरूलाई उजाड-स्थानतिर लग्यौ?”39पावलले भने, “म किलिकियाको टार्सस सहरको एक यहूदी हुँ । म एउटा महत्त्वपूर्ण सहरको नागरिक हुँ । म तपाईंलाई आग्रह गर्छु कि, मलाई यी मानिसहरूसँग बोल्न दिनुहोस् ।” 40जब कप्तानले पावललाई अनुमति दिए, पावल सिँढीमाथि चढे, र तिनले मानिसहरूतिर हात हल्लाए । जब त्यहाँ गहन मौनता छायो, तिनले तिनीहरूसँग हिब्रूमा बोले । तिनले भने,
221"भाइहरू र बुबाहरू हो, मेरो बचाउको कुरा सुन्नुहोस्, जुन म अहिले तपाईंहरूलाई बताउनेछु ।” 2जब पावलले तिनीहरूसँग हिब्रू भाषामा बोलेको भीडले सुने, तिनीहरू चुप लागे । तिनले भने,3“म किलिकियाको टार्ससमा जन्मेको एक यहूदी हुँ, तर यही सहरमा गमलिएलको चरणमा शिक्षा पाएको व्यक्ति हुँ । मलाई हाम्रा पुर्खाहरूको व्यवस्थाको कडा नियमहरूअनुसार शिक्षा दिइएको थियो । आज तपाईंहरूजस्तै म पनि परमेश्वरको निम्ति जोसिलो छु । 4मैले स्त्रीहरू र पुरुषहरू दुवैलाई बाँध्दै र तिनीहरूलाई झ्यालखानामा सुम्पदै, यस मार्गलाई मृत्युसम्मै सताएँ, 5जुन प्रधान पूजाहारी र सबै धर्म-गुरुहरूले गवाही दिन सक्छन् । मैले दमस्कसका भाइहरूका लागि उहाँहरूबाट पत्र प्राप्त गरे, र तिनीहरूलाई दण्ड दिनको लागि यरूशलेममा बाँधेर ल्याउन म त्यहाँ गएँ ।6म यात्रा गर्दै दमस्कसको नजिकै पुग्दा, मध्यान्हतिर अचानक स्वर्गबाट एउटा विशाल ज्योति मेरो वरिपरि चम्किन लाग्यो । 7म भुइँमा लडें, र मलाई यस्तो भनेको आवाज सुनें, ʻए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँदैछौ?ʼ 8मैले जवाफ दिएँ, 'तपाईं को हुनुहुन्छ, प्रभु?' उहाँले मलाई भन्नुभयो, ʻम नासरतको येशू हुँ, जसलाई तिमी सताउँदैछौ ।ʼ9मसँग भएकाहरूले त्यो ज्योति त देखे, तर मसँग बोल्नुहुनेको आवाजलाई भने बुझेनन् । 10मैले भनें, ʻप्रभु, मैले के गर्नुपर्छ?ʼ प्रभुले मलाई भन्नुभयो, ʻउठ, र दमस्कसमा जाऊ । त्यहाँ तिमीले गर्नुपर्ने सबै कुरा तिमीलाई बताइनेछ ।' 11मैले त्यो ज्योतिको चमकले गर्दा देख्न सकिनँ, र मसँग भएकाहरूका हातबाट डोर्याइएर म दमस्कस आएँ ।12मैले त्यहाँ व्यवस्थाअनुसार भक्तिपूर्ण जीवन जिएका र त्यहाँ बस्ने सबै यहूदीहरूबाट सम्मान पाएका हननिया नाउँ गरेका मानिसलाई भेटें । 13तिनी मकहाँ आए, मेरो छेउमा उभिए, र भने, ʻभाइ शाऊल, तिम्रो दृष्टि प्राप्त गर ।ʼ त्यत्तिखेरै, मैले तिनलाई देखें ।14तब तिनले भने, ʻहाम्रा पितापुर्खाहरूका परमेश्वरले उहाँको इच्छा जान्नको लागि, धार्मिक जनलाई देख्न, र उहाँको आफ्नै मुखबाट निस्केको आवाजलाई सुन्न तपाईंलाई छान्नुभएको छ । 15किनकि तपाईंले देखेका र सुनेका कुराहरूको बारेमा तपाईं सबै मानिसहरूका सामु उहाँको लागि गवाही बन्नुहुनेछ । 16अब तपाईं किन पर्खिंदै हुनुहुन्छ? उठ्नुहोस्, बप्तिस्मा लिनुहोस्, र उहाँको नाउँ पुकारेर आफ्ना पापहरू पखाल्नुहोस् ।17म यरूशलेम फर्केपछि मैले मन्दिरमा प्रार्थना गरिरहँदा, यसो भयो कि मलाई एउटा दर्शन दिइयो । 18उहाँले मलाई यसो भन्नुभएको मैले देखें, ʻछिटो गर, र चाँडै यरूशलेम छोड, किनभने तिनीहरूले मेरोबारे तिम्रो गवाही ग्रहण गर्नेछैनन् ।ʼ19मैले भनें, ʻहे प्रभु, मैले हरेक सभाघरमा तपाईंमा विश्वास गर्नेहरूलाई जेलमा हालेको र पिटेको तिनीहरू आफैंलाई थाहा छ । 20तपाईंका साक्षी स्तिफनसको रगत बगाइँदा, म पनि नजिकै उभिएर सहमत हुँदै थिएँ, र तिनलाई मार्नेहरूको कपडा कुरिरहेको थिएँ । 21तर उहाँले मलाई भन्नुभयो, ʻगइहाल, किनभने म तिमीलाई गैरयहूदीहरूकहाँ टाढा-टाढासम्म पठाउनेछुʼ ।”22तिनले यतिसम्म बोलेको मात्र तिनीहरूले सुने । त्यसपछि तिनीहरू चिच्च्याए र भने, “यस्ता मानिसलाई पृथ्वीबाट हटाइदओस्, किनकि त्यो बाँच्नु ठिक छैन ।” 23तिनीहरू कराउँदै, आफ्ना लुगाहरू फाल्दै, र हावामा धुलो उडाउँदै गर्दा, 24मुख्य कप्तानले पावललाई किल्लाभित्र ल्याउन आज्ञा गरे । उनले तिनलाई कोर्रा लगाउँदै सोधपुछ गर्न आदेश दिए, ताकि तिनीहरू तिनको विरुद्ध किन त्यसरी चिच्च्याइरहेका थिए भनी तिनी आफैंले थाहा पाउन सकून् ।25जब तिनीहरूले पावललाई डोरीले बाँधे, तब पावलले नजिकै उभिरहेका कप्तानलाई भने, “के एक रोमी नागरिक र दोषी नठहराइएको मानिसलाई कोर्रा लगाउनु तपाईंको निम्ति न्यायसङ्गत छ र?” 26जब कप्तानले यो सुने, तब उनी मुख्य कप्तानकहाँ गए, र उनलाई भने, “तपाईंले के गर्न लाग्दै हुनुहुन्छ? किनकि यी मानिस त रोमी नागरिक हुन् ।”27मुख्य कप्तान आए र तिनलाई भने, “मलाई भन, के तिमी रोमी नागरिक हौ?” पावलले भने, “हुँ ।” 28मुख्य कप्तानले जवाफ दिए, “मैले धेरै ठुलो धनराशी खर्च गरेर मात्र नागरिकता पाएँ ।” तर पावलले भने, “म त रोमी नागरिक भएरै जन्मेको हुँ ।” 29त्यसपछि पावललाई सोधपुछ गर्न गइरहेका मानिसहरूले तुरुन्तै तिनलाई छोडेर गए । पावल रोमी नागरिक रहेछन् भनी थाहा पाएपछि मुख्य कप्तान पनि डराए, किनभने उनले तिनलाई बाँधेका थिए ।30भोलिपल्ट मुख्य कप्तानले पावलको विरुद्धमा यहूदीहरूले लगाएको अभियोगको सत्यता जान्न चाहे । त्यसैले उनले तिनको बन्धन फुकाइदिए र मुख्य पूजाहारीहरूसाथै सबै परिषद्हरूलाई भेला हुनलाई आदेश दिए । त्यसपछि उनले पावललाई तल ल्याए र तिनलाई तिनीहरूका बीचमा राखे ।
231पावलले परिषद्का मानिसहरूलाई सिधा हेरे र भने, “भाइहरू हो, आजको दिनसम्म म परमेश्वरको अगि सबै असल विवेकमा जिएको छु ।" 2प्रधान पूजाहारी हननियाले आफ्ना नजिकमा उभिरहेकाहरूलाई पावलको मुखमा हिर्काउन आज्ञा दिए । 3त्यसपछि पावलले उनलाई भने, “परमेश्वरले तिमी चुन पोतेको पर्खाललाई प्रहार गर्नुहुनेछ । तिमी व्यवस्थाद्वारा मेरो न्याय गर्न बसिरहेको छौ, र पनि व्यवस्थाको विरुद्धमा गएर मलाई हिर्काउने आज्ञा दिन्छौ?”4ती नजिकमा उभिरहेकाहरूले भने, “के तँ परमेश्वरका प्रधान पूजाहारीको यसरी निन्दा गर्छस्?” 5पावलले भने, “भाइहरू हो, उहाँ प्रधान पूजाहारी हुनुहुन्छ भन्ने मलाई थाहा थिएन । किनकि यस्तो लेखिएको छ, तैंले आफ्ना मानिसहरूका शासकबारे खराब कुरा बोल्नुहुँदैन ।”6जब पावलले परिषद्को एक भाग सदूकीहरू र अर्को भाग फरिसीहरू रहेछन् भनी देखे, तब तिनले परिषद्मा ठुलो सोरले भने, “भाइहरू हो, म फरिसीको छोरा एक फरिसी हुँ । मृतकहरूको पुनरुत्थानमा दृढ आशा भएकै कारणले मेरो न्याय गरिंदैछ ।” 7तिनले यो भनेपछि सदूकी र फरिसीहरूका बीचमा वादविवाद सुरु भयो, र भीड विभाजित भयो । 8किनकि सदूकीहरूले पुनरुत्थान हुँदैन, स्वर्गदूतहरू छैनन्, र आत्माहरू छैनन् भन्छन्, तर फरिसीहरूले यी सबै कुराहरू मान्छन् ।9त्यसैले त्यहाँ ठुलो होहल्ला भयो, अनि कतिपय फरिसीहरूमध्येका शास्त्रीहरू उठे र यसो भन्दै तर्क गरे, “यी मानिसमा हामी कुनै गल्ती भेट्टाउँदैनौं । यदि आत्मा वा स्वर्गदूतले नै तिनीसँग बोलेका हुन् भने, के गर्ने त?” 10जब त्यहाँ अझै ठुलो विवाद उठ्यो, तिनीहरूले पावललाई टुक्रा-टुक्रा पार्लान् कि भनेर मुख्य कप्तान डराए । त्यसैले उनले तल गएर परिषद्का सदस्यहरूका बीचबाट पावललाई जबरजस्ती किल्लामा ल्याउन सिपाहीहरूलाई आदेश दिए ।11अर्को रात प्रभु तिनको छेउमा उभिनुभयो र भन्नुभयो, “नडराऊ, किनकि जसरी तिमीले मेरो बारेमा यरूशलेममा गवाही दिएका छौ, त्यसरी नै तिमीले रोममा पनि गवाही दिनुपर्छ ।”12जब उज्यालो भयो, केही यहूदीहरूले षड्यन्त्र गरे, र तिनीहरूले पावललाई नमारेसम्म न केही खानेछन्, न त पिउनेछन् भनी शपथ खाएर आफैंमाथि श्राप ल्याए । 13यसरी षड्यन्त्र गर्नेहरू चालिस जनाभन्दा बढी थिए ।14तिनीहरू मुख्य पूजाहारीहरू र धर्म-गुरुरूकहाँ गएर भने, “हामीले पावललाई नमारेसम्म केही नखाने भनी शपथ खाएर आफैंमाथि ठुलो श्राप ल्याएका छौं । 15त्यसैले अब तिनको मुद्दालाई अझ ठिक प्रकारले निर्णय गर्ने भनी मुख्य कप्तानलाई पावललाई तल ल्याउनलाई परिषद्ले भनोस् । हामीचाहिं तिनी यहाँ आउनुअगावै तिनलाई मार्न तयार हुन्छौं ।”16तर तिनीहरूले तिनलाई मार्न पर्खिरहेका थिए भनी पावलको भान्जाले सुने । त्यसैले ऊ किल्लाभित्र प्रवेश गरी पावललाई त्यो कुरा बताइदियो । 17पावलले कप्तानहरूमध्ये एक जनालाई बोलाएर भने, “यो जवान केटालाई मुख्य कप्तानकहाँ लगिदिनुहोस्, किनकि ऊसँग उहाँलाई भन्ने केही कुरा छ ।”18त्यसैले कप्तानले जवान केटोलाई मुख्य कप्तानकहाँ लगे, र भने, “कैदी पावलले मलाई बोलाए, र यो जवान केटोलाई तपाईंकहाँ लैजान भने । ऊसँग तपाईंलाई भन्ने केही कुरा छ ।” 19मुख्य कप्तानले त्यो केटोलाई हातले समातेर एकान्त ठाउँमा लगेर उसलाई सोधे, “तिमीले मलाई के भन्नु छ?”20त्यो जवान मानिसले भन्यो, “ती यहूदीहरूले तिनको मुद्दालाई अझ ठिकसँग सोधपुछ गर्ने भनी तिनीहरू भोलि पावललाई तल परिषद्मा ल्याउनका लागि तपाईंलाई अनुरोध गर्न सहमत भएका छन् । 21तर तपाईंले तिनीहरूको कुरा नमान्नुहोला, किनभने त्यहाँ चालिसभन्दा बढी मानिस तिनलाई मार्न पर्खेर बसिरहेका छन् । तिनीहरूले पावललाई नमारेसम्म न त खाने न पिउने भनी शपथ खाएर आफैंमाथि श्राप ल्याएका छन् । तिनीहरू अहिले पनि तपाईंको सहमति पर्खिंदै तयारीमा छन् ।"22त्यसैले मुख्य कप्तानले त्यो जवान मानिसलाई यस्तो निर्देशन दिएर जान दिए, “तिमीले मलाई यी कुराहरू भनेका छौ भनी अरू कसैलाई नभन्नू ।” 23त्यसपछि तिनले दुई जना कप्तानलाई बोलाए र भने, “कैसरियासम्म जानको लागि दुई सय जना सिपाही, साथै सत्तरी जना घोडचढी र दुई सय जना भालाधारी सिपाही तयार पार । तिमीहरू रातको तेस्रो घडीमा हिंड्नुपर्नेछ ।” 24उनले पावलले चढ्न सक्ने जनावरहरू उपलब्ध गराउन र तिनलाई शासक फेलिक्सकहाँ सुरक्षित पुर्याउन पनि आज्ञा गरे ।25त्यसपछि उनले यस्तो चिट्ठी लेखे । 26“क्लाउडियस लुसियसबाट, माननीय बडा हाकिम फेलिक्सलाई अभिवादन । 27यी मानिस यहूदीहरूबाट पक्रिएका थिए र तिनीहरूबाट मारिन लागेका थिए तर यिनी रोमी नागरिक रहेछन् भन्ने कुरा थाहा पाउँदा सैन्यदलसहित म तिनीहरूकहाँ गएँ र यिनको उद्धार गरें ।28तिनीहरूले यी मानिसलाई किन दोष लगाए भनी मैले जान्न चाहे, त्यसैलेे मैले यिनलाई तिनीहरूको परिषद्मा ल्याएँ । 29मैले थाहा पाएँ कि तिनीहरूको आफ्नै व्यवस्थाको विरुद्धमा यिनलाई दोष लगाइएको रहेछ, तर मृत्युदण्ड दिनुपर्ने वा झ्यालखानामा हाल्नुपर्ने त्यस्तो दोष मैले यिनको विरुद्धमा देखिनँ । 30तब मलाई यो जानकारी गराइयो कि त्यहाँ यी मानिसको विरुद्ध षड्यन्त्र गरिएको थियो, त्यसैले मैले तुरुन्तै यिनलाई तपाईंकहाँ पठाए, र यिनलाई दोष लगाउनेहरूलाई पनि यिनको विरुद्धमा जे-जे छ तपाईंकै उपस्थितिमा राख्नू भनी निर्देशन दिएको छु । बिदा !”31त्यसैले सिपाहीहरूले तिनीहरूलाई दिइएको आज्ञा पालन गरे । तिनीहरूले पावललाई लगे र तिनलाई राती नै एन्टिपाट्रिस ल्याए । 32अर्को दिन धेरैजसो सिपाहीहरूले घोडचढीहरूलाई तिनीसँग छोडे र तिनीहरू आफूचाहिं किल्लामा फर्के । 33जब घोडचढीहरू कैसरिया पुगे र हाकिमलाई पत्र हस्तान्तरण गरे, तिनीहरूले पावललाई पनि तिनीकहाँ हाजिर गराए ।34जब हाकिमले चिट्ठी पढे, तिनले पावल कुन प्रान्तबाट आएका हुन् भनी सोधे । पावल किलिकियाबाट आएको कुरा थाहा पाएर 35तिनले भने, “तिमीलाई दोष लगाउने मानिसहरू यहाँ आएपछि म पूर्ण रूपमा तिम्रो कुरा सुन्नेछु ।” तब तिनले पावललाई हेरोदको दरबारमा राख्ने आज्ञा गरे ।
241पाँच दिनपछि, मुख्य पूजाहारी हननिया, केही धर्म-गुरुहरू, र तर्तुलस नाउँ गरेका कुशलवक्ता त्यहाँ गए । यी मानिसहरूले हाकिमकहाँ पावलको विरुद्धमा दोष लगाए । 2जब पावल हाकिमका अगाडि उभिए, ततुर्लसले तिनलाई दोष लगाउन थाल्यो र हाकिमलाई भन्यो, “तपाईंको कारणले हामीलाई ठूलो शान्ति मिलेको छ, र तपाईंको दूरदृष्टिले हाम्रो जातिमा असल सुधार ल्याउँछ; 3त्यसैले अति माननीय फेलिक्स, सबै धन्यवादका साथ तपाईंले गर्नुभएको हरेक कुरालाई हामी स्वागत गर्छौं ।4त्यसैले म तपाईंलाई अल्झाउँदिनँ, दया गरी मेरो कुरा छोटकरीमा सुनिदिनलाई आग्रह गर्छु । 5किनकि हामीले यस मानिसलाई दु:ख दिने र संसारभरिका सारा यहूदीहरूलाई विद्रोह गर्न लगाउने व्यक्तिको रूपमा पाएका छौं । ऊ नाजरी सम्प्रदायको एउटा अगुवा हो । 6उसले मन्दिरलाई अशुद्ध पार्न पनि प्रयास गर्यो, त्यसैले हामीले उसलाई पक्रियौं । 7 8जब तपाईंले यी सबै कुराहरू बारे पावललाई प्रश्न गर्नुहुन्छ, हामीले उसको विरुद्धमा लगाएका यी दोषहरूको बारेमा तपाईंले थाहा पाउनुहुनेछ ।" 9यहूदीहरूले यी दोषहरू सत्य हुन् भन्दै दोषारोपणमा एकसाथ जोडिए ।10तर जब हाकिमले पावललाई बोल्नका लागि इशारा गरे, पावलले जवाफ दिए, “म बुझ्छु कि तपाईं यस जातिको निम्ति धेरै वर्षदेखि न्यायकर्ता हुनुभएको छ, र यसैले म आफैंलाई तपाईंको सामु खुसीसाथ बयान गर्छु । 11तपाईंले थाहा पाउनु हुनेछ कि म यरूशलेममा आराधना गर्न गएको बाह्र दिनभन्दा बढी भएको छैन । 12जब तिनीहरूले मलाई मन्दिरमा भेट्टाए, मैले कसैसँग विवाद गरिनँ, र मैले सभाघरहरू वा सहरहरूमा भीडलाई उक्साइनँ । 13तिनीहरूले अहिले मेरो विरुद्धमा जुन दोष लगाइरहेका छन् त्यो तिनीहरूले तपाईंको अगाडि प्रमाणित गर्न सक्दैनन् ।14तर तपाईंसामु म यो स्वीकार गर्छु कि तिनीहरूले पन्थ भन्ने गरेको मार्गअनुसार नै म मेरा पुर्खाहरूका परमेश्वरको सेवा गर्छु । व्यवस्थामा भएका सबै कुराप्रति र अगमवक्ताहरूले लेखेका पुस्तकहरूप्रति म विश्वासयोग्य छु । 15यी मानिसहरूको आशा परमेश्वरमा भएजस्तै ममा पनि त्यस्तै छ, कि दुवै धर्मी र अधर्मीहरूको पुनरुत्थानको हुनेछ। 16त्यसैले परमेश्वर र मानिसहरूको सामु शुद्ध विवेक राख्न म सधैं प्रयत्न गर्छु ।17अहिले धेरै वर्षपछि म मेरो जातिलाई सहायता गर्न र पैसाको उपहारहरू ल्याउन आएँ । 18जब मैले यो गरें, एसियाका केही यहूदीहरूले मलाई शुद्धिकरणको समारोहमा मन्दिरमा भेट्टाए, जहाँ कुनै भीडभाड वा होहल्ला थिएन । 19ती मानिसहरू अहिले तपाईंको अगाडि हुनुपर्दथ्यो अनि यदि मेरो विरुद्धमा तिनीहरूको केही थियो भने भन्नुपर्दथ्यो ।20नत्र भने म यहूदी परिषद् अगि खडा हुँदा तिनीहरूले ममा के गल्ती भेट्टाए, यिनै मानिसहरूले भन्नुपर्छ, 21केवल यहीं एक कुरा मात्र हो जुन मैले तिनीहरूको माझमा खडा भएर ठुलो स्वरमा कराएँ, ʻमृतकहरूको पुनरुत्थान बारेको कुराले नै आज तपाईंद्वारा मेरो मुद्धा चलिरहेछ ।'”22त्यसपछि फेलिक्स जो यो मार्गको बारेमा जानकार थिए, तिनले सुनुवाइ पछि सारे । तिनले भने “यरूशलेमबाट सेनापति लुसियस तल आएपछि म तिम्रो मुद्दाको फैसला गर्नेछु ।” 23त्यसपछि तिनले कप्तानलाई पावललाई पहरामा राख्नू, तर तिनलाई स्वतन्त्रता दिनू ताकि तिनका कुनै साथीहरूलाई तिनको आवश्यकताहरू पूरा गर्न नरोकून् भनी आज्ञा दिए ।24केही दिनपछि, फेलिक्स आफ्नी श्रीमती द्रूसिल्लासँग फर्के, तिनी यहूदी थिईन्, अनि उनले पावललाई बोलाए, र तिनीबाट ख्रीष्ट येशूप्रतिको विश्वासको बारेमा सुने । 25तर जब पावलले उनलाई धार्मिकता, संयमता र आउँदै गरेको न्यायको बारे उनीसँग बहस गरे, फेलिक्स भयभीत भए अनि उनले भने, “अहिलेलाई जाऊ । तर जब मलाई पछि समय मिल्छ, म तिमीलाई बोलाउनेछु ।”26त्यही समयमा, पावलले उनलाई पैसा दिन्छन् कि भनी उनले आशा गरेका थिए, त्यसैले उनले पावललाई प्रायः बोलाउँथे र तिनीसँग कुरा गर्थे । 27तर जब दुई वर्ष बित्यो, फेलिक्सपछि पर्सिअस फेस्तस हाकिम बने, तर फेलिक्सले यहूदीहरूको समर्थन प्राप्त गर्न चाहन्थे, त्यसैले उनले पावललाई निरन्तर पहरामा नै छोडिराखे ।
251अब, फेस्तस त्यस प्रान्तमा प्रवेश गरे, र तीन दिनपछि, उनी कैसरियाबाट यरूशलेममा पुगे । 2मुख्य पूजाहारी र विशिष्ट यहूदीहरूले पावलका विरुद्ध आरोपहरू प्रस्तुत गरे, र तिनीहरूले फेस्तसलाई आग्रह गरे, 3र पावललाई यरूशलेममा ल्याउन तिनको विरुद्धमा निगाहको निम्ति तिनीहरूले अनुरोध गरे ताकि तिनीहरूले तिनलाई बाटोमा नै लुकेर मार्न सकून् ।4तर पावल कैसरियाका कैदी थिए, र फेस्तस आफैं पनि चाँडै त्यहाँ जाँदै थियो भनी तिनले जवाफ दिए । 5तिनले भने “यसकारण जान सक्नेहरू हामीसँगै त्यहाँ जानुपर्छ । यदि त्यो मानिसमा कुनै गल्ती छ भने, तिमीहरूले त्यसलाई दोष लगाउनुपर्छ ।”6फेस्तस आठ वा दश दिन भन्दा बढी बसेनन् र त्यसपछि तिनी कैसरियातिर गए, र अर्को दिन तिनी न्यायको आसनमा बसे र पावललाई तिनीकहाँ ल्याइयोस् भनी आदेश दिए । 7जब उनी आइपुगे, यरूशलेमका यहूदीहरू नजिकै उभिए, र तिनीहरूले साबित नै गर्न नसक्ने गम्भीर आरोपहरू लगाए । 8पावलले आफ्नो बचाउ गरे र भने, “मैले यहूदीहरूको व्यवस्थाको विरुद्धमा वा मन्दिरको विरुद्धमा वा कैसरको विरुद्धमा केही गल्ती गरेको छैनँ ।”9तर फेस्तसले यहूदीहरूको समर्थन पाउन चाहन्थे, र त्यसैले तिनले पावललाई जवाफ दिए र भने, “के तिमी यरूशलेम गएर यी कुराहरूको इन्साफ मद्वारा गरिएको चाहन्छौ?” 10पावलले भने, “म कैसरको न्यायको आसनको सामु खडा छु, जहाँ मेरो इन्साफ गरिनुपर्छ । तपाईंलाई पनि राम्ररी थाहा छ कि मैले कुनै पनि यहूदीलाई खराबी गरेको छैनँ ।11तैपनि यदि मैले गल्ती गरेको छु र यदि मैले मृत्युको योग्य केही कुरा गरेको छु भने, म मर्नलाई इन्कार गर्दिनँ । तर यदि तिनीहरूका आरोपहरू केही पनि होइनन् भने, कसैले पनि मलाई तिनीहरूको हातमा सुम्पन सक्दैन । म कैसरलाई गुहार्छु । 12फेस्तसले परिषद्मा कुरा गरेपछि तिनले जवाफ दिए, “तिमीले कैसरसँग गुहार मागेका छौ । तिमी कैसरकहाँ नै जानेछौ!”13अब केही दिनपछि राजा अग्रिपास र बर्निकी कैसरियामा फेस्तसलाई कामकाजी भेटघाट गर्न आइपुगे । 14तिनीहरू त्यहाँ धेरै दिनसम्म बसेपछि, फेस्तसले पावलको मुद्दा राजाका अघि प्रस्तुत गरे; तिनले भने, “फेलिक्सले एक जना मानिसलाई कैदीको रूपमा छोडेका थिए । 15जब म यरूशलेममा थिएँ, मुख्य पूजाहारी र यहूदीहरूका धर्म-गुरुहरूले यो मानिसको विरुद्ध मकहाँ आरोपहरू लगाए, र तिनीहरूले उसको विरुद्ध दण्डको लागि अनुरोध गरे । 16मैले तिनीहरूलाई जवाफ दिएँ, कि आरोप लगाइएको मानिसले त्यसलाई आरोप लगाउनेहरूको सामना नगरेसम्म र आफूमाथिका आरोपहरू विरुद्ध आफैंलाई बचाउ गर्ने मौका नदिएसम्म कसैलाई सुम्पने रोमीहरूको प्रचलन छैन ।17यसकारण जब तिनीहरू सँगै यहाँ आए, मैले पर्खिनँ, तर अर्को दिन म न्याय आसनमा बसें र त्यो मानिसलाई भित्र ल्याउने आदेश दिएँ । 18जब आरोप लगाउनेहरू उठे र उसलाई आरोप लगाए, तिनीहरूले उसको विरुद्ध लगाएको कुनै पनि आरोपहरू मलाई गम्भीर लागेन । 19यसको सट्टामा, तिनीहरूको आफ्नै धर्म सम्बन्धी र पावलले जीवित छन् भनी दावी गरेका कोही मरेको येशूको बारे तिनीहरूको विवाद थियो । 20म यो कुरामा कसरी अनुसन्धान गर्ने भनी अन्योलमा परें, र त्यसैले यी आरोपहरूको बारेमा इन्साफ गरिनको निम्ति ऊ यरूशलेम इच्छुक छ कि भनी मैले उसलाई सोधें ।21तर जब पावलले सम्राटको फैसला कुरुन्जेल, हिरासतमा राखिनलाई इच्छा गरे, मैले उसलाई कैसरकहाँ नपठाएसम्म हिरासतमा राख्नलाई आदेश दिएँ ।” 22अग्रिपासले फेस्तससँग भने, “म पनि यो मानिसका कुराहरू सुन्न चाहन्छु ।” फेस्तसले भने, “भोलि तपाईंले उसको कुरा सुन्नुहुनेछ ।”23यसरी अर्को दिन अग्रिपास र बर्निकी भव्य समारोहसँग आए; तिनीहरू सैनिक अधिकारीहरू र सहरका विशिष्ट व्यक्तिहरूसँग भवनभित्र आए । फेस्तसले आदेश दिएपछि पावललाई तिनीहरूकहाँ ल्याइयो । 24फेस्तसले भने, “राजा अग्रिपास, र यहाँ हामीसँग हुनुभएका सबै मानिसहरू, तपाईंहरूले यो मानिसलाई देख्नुहुन्छ; यरूशलेममा र यहाँ पनि यहूदीहरूका सारा भीडले मसँग छलफल गरे, र ऊ जीवित रहनुहुँदैन भनी तिनीहरू मसँग कराए ।25मैले थाहा पाएँ कि यो मानिसले मृत्युको लायकको त्यस्तो कुनै गल्ती गरेको छैन; तर उसले सम्राटकहाँ जाने अपिल गरेकोले, मैले उसलाई पठाउने निर्णय गरें । 26तर मसँग सम्राटलाई लेख्ने कुनै निश्चित कुराहरू छैन । यसकारण मैले उसलाई तपाईंहरूकहाँ ल्याएको छु, विशेषगरी राजा अग्रिपासकहाँ, ताकि मसँग मुद्दाको बारेमा लेख्ने केही कुराहरू होस् । 27किनकि एउटा कैदीलाई पठाउनु र उसको विरुद्धमा भएका आरोपहरू उल्लेख नगर्नु मलाई अनुपयुक्त जस्तो लाग्छ ।”
261त्यसैले अग्रिपासले पावललाई भने, “तिमी आफ्नो निम्ति बोल्न सक्छौ ।” तब पावलले आफ्ना हातहरू पसारे, र आफ्नो बचाउ गरे । 2“यी यहूदीहरूले लगाएका सबै आरोपहरूको विरुद्धमा मेरो मुद्दालाई राजा अग्रिपास तपाईंको आगाडि राख्न पाउँदा म आफैंलाई धन्यको ठान्छु, 3खास गरी, किनभने तपाईं यी सबै यहूदी रीतिरिवाजहरू र प्रश्नहरूबारे ज्ञाता हुनुहुन्छ । त्यसैले तपाईंले मेरो कुरा धैर्यपूर्वक सुनिदिनुहोस् भनेर म बिन्ती गर्छु ।4साँच्चै, यी सबै यहूदीहरूले जान्दछन्, कि म कसरी मेरो जवानीदेखि मेरो आफ्नै जातिको बीचमा र यरूशलेममा जिएँ । 5तिनीहरूले मलाई सुरुबाट नै जान्दथे र मैले फरिसीको रूपमा जिएको कुरा तिनीहरूले स्वीकार गर्नुपर्छ, जुन हाम्रो धर्मको अति कठोर सम्प्रदाय हो ।6अब परमेश्वरले हाम्रा पुर्खाहरूलाई दिनुभएको प्रतिज्ञाको आशाको कारण म यहाँ न्याय गरिनको लागि उभिन्छु । 7यो त्यहीं प्रतिज्ञा हो जुन हाम्रा बाह्र कुलले उत्कटतासाथ दिन र रात परमेश्वरको सेवा गरेर प्राप्त गर्न आशा गर्छन् र त्यहीं आशाको निम्ति हे राजा, यहूदीहरू मलाई आरोप लगाइरहेका छन् । 8परमेश्वरले मृतकहरूलाई जीवित बनाउने कुरा अपत्यारिलो छ भनेर तपाईंहरूमध्ये कोही किन विचार गर्नुहुन्छ?9अब वास्तवमा, येशू नासरीको नाउँको विरुद्धमा धेरै कुराहरू गर्नुपर्छ भन्ने म आफैंले पनि विचार गरें । 10मैले यरूशलेममा यी कामहरू गरें । मैले मुख्य पूजाहारीहरूबाट अधिकार पाएर परमेश्वरका सन्तहरूमध्ये धेरैलाई झ्यालखानामा थुनें; र जब तिनीहरू मारिए, मैले तिनीहरूका विरुद्धमा मेरो मत जाहेर गरें । 11मैले तिनीहरूलाई सबै सभाघरहरूमा बारम्बार सजाय दिएँ र मैले तिनीहरूलाई ईश्वरको निन्दा गर्ने बनाउन कोसिस गरें । म तिनीहरूसित अति नै रिसाएको थिएँ र तिनीहरूलाई विदेशका सहरहरूमा पनि खेदो गरें ।12यसो गर्ने क्रममा मुख्य पूजाहारीहरूबाट अधिकार र आज्ञा पाएर म दमस्कसमा गएँ; 13अनि त्यहाँ बाटोमा, मध्यदिनमा, हे राजा, मैले स्वर्गबाट आएको ज्योति देखें, जुन सूर्यभन्दा पनि चम्किलो थियो, र त्यो म र मसँग यात्रा गर्ने मानिसहरू दुवैका वरिपरि चम्कियो । 14जब हामीहरू सबै जना भुइँमा लड्यौं, मैले हिब्रू भाषामा मसँग यसो भनेर बोलिरहेको एउटा आवाज सुनें, 'ए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँछौ? सुइरोमा लात हान्नु तिमीलाई कठिन हुन्छ ।'15तब मैले भनें, ʻतपाईं को हुनुहुन्छ, प्रभु? ʼ प्रभुले जवाफ दिनुभयो, ʻम येशू हुँ, जसलाई तिमी सताउँछौ । 16अब उठ, र आफ्नो पाउमा खडा होऊ; किनभने तिमीलाई सेवक बनाउने र अहिले तिमीले मेरो बारेमा जानेका कुराहरू र पछि मैले तिमीलाई देखाउने कुराहरूको गवाही बनाउने उद्देश्यले म तिमीकहाँ देखा परें; 17र म तिमीलाई मानिसहरूबाट र गैरयहूदीहरूबाट उद्धार गर्नेछु, जसकहाँ मैले तिमीलाई पठाइरहेको छु, 18तिनीहरूका आँखा खोल्न र तिनीहरूलाई अन्धकारबाट ज्योतिमा फर्काउन र शैतानको शक्तिबाट परमेश्वरमा फर्काउनको लागि, ताकि तिनीहरूले परमेश्वरबाट पापको क्षमा र ममाथिको विश्वासद्वारा शुद्ध पारिएकाहरूले मैले दिने उत्तराधिकार प्राप्त गर्न सकून् ।19त्यसकारण राजा अग्रिपास, मैले त्यो स्वर्गीय दर्शनको अवाज्ञा गरिनँ; 20तर पहिले दमस्कसमा भएकाहरूकहाँ, त्यसपछि यरूशलेममा र यहूदियाको सारा देशमा, र गैरयहूदीहरूकहाँ मैले तिनीहरूलाई सन्देश दिए कि तिनीहरूले पश्चात्ताप गर्नुपर्छ र पश्चात्ताप योग्यका कार्यहरू गरेर परमेश्वरतर्फ फर्कनुपर्छ । 21यसैकारण यहूदीहरूले मलाई मन्दिरमा पक्राउ गरे र मलाई मार्ने प्रयास गरे ।22परमेश्वरले अहिलेसम्म मलाई सहायता गर्नुभएको छ, त्यसैले म खडा भएर साधारण मानिसहरू र ठुला मानिसहरूलाई अगमवक्ताहरू र मोशाले जे हुने थियो भनेका थिए ती कुराहरूभन्दा बढी कुनै पनि कुराको गवाही दिन्नँ— 23कि ख्रीष्टले दु:ख भोग्नुपर्छ, र उहाँ मृतकहरूबाट जीवित हुनेहरूमा पहिलो हुनुहुन्छ, र यहूदीहरूसाथै गैरयहूदीहरूमा ज्योतिको घोषणा गर्ने जन हुनुहुनेछ ।"24पावलले आफ्ना बचाउका कुराहरू पूरा गरिसकेपछि फेस्तसले उच्च सोरमा भने, “पावल, तिमी पागल भएका छौ; तिम्रो धेरै विद्याले तिमीलाई पागल बनाएको छ ।” 25तर पवालले भने, “म पागल होइनँ, अति माननीय फेस्तस, तर मैले भनेका कुराहरू सत्य र गम्भीर छन् ।” 26किनकि राजाले यी कुराहरूको बारेमा जान्नुहुन्छ; र त्यसैले म उहाँसँग खुलेर बोल्छु, किनकि मलाई विश्वास छ, कि यीमध्ये कुनै पनि कुराहरू उहाँबाट लुकेका छैनन्; किनकि यो कुरा गुपचुपमा गरिएको छैन ।27राजा अग्रिपास, के तपाईं अगमवक्ताहरूमा विश्वास गर्नुहुन्छ? म जान्दछु, कि तपाईंले विश्वास गर्नुहुन्छ ।” 28अग्रिपासले पवाललाई भने, “के तिमी छोटो समयमा मलाई फकाएर ख्रीष्टियान बनाउन चाहन्छौ?” 29पावलले भने, “चाहे छोटो समयमा होस्, या लामो समयमा होस्, तपाईं मात्र होइन तर आज मेरो कुरा सुन्ने जति सबै यी झ्यालखानाका साङ्लाहरूबाहेक अरू कुरामा म जस्तै होऊन् भनी म परमेश्वरमा प्रार्थना गर्छु ।”30त्यसपछि राजा उठे, र हाकिम, साथै बरनिकी र तिनीहरूसँग बसिरहेकाहरू पनि उठे; 31जब तिनीहरू सभा भवनबाट निस्के, तिनीहरूले एक अर्कामा कुराकानी गरे, र भने, “यी मानिसले मृत्यु वा कैदमा पर्न लायक कुनै कुरो गरेका छैनन् ।” 32अग्रिपासले फेस्तसलाई भने, “यदि यी मानिसले कैसरकहाँ अपील नगरेको भए उसलाई छाड्न सकिन्थ्यो ।”
271जब हामीले इटालीको यात्रा गर्नुपर्छ भन्ने कुराको निर्णय गरियो, तिनीहरूले पावल र केही अरु कैदीहरूलाई सम्राट अगस्टसको फौजको कप्तान युलियसको जिम्मा लगाइदिए । 2हामी एड्रामिटेनोसबाट जहाजमा चढ्यौं, जुन एसियाको समुद्रीतट भएर जान लाग्दै थियो । त्यसैले हामी समुद्रतिर गयौं । माकेडोनियामा पर्ने थेसेलोनिकेका अरिस्तार्खस हामीसँगै गए ।3अर्को दिन हामी जहाजबाट सिदोन सहरमा उत्रियौं, जहाँ युलियसले पावललाई दयापूर्ण व्यवहार गरे, र तिनलाई तिनका साथीहरूकहाँ जान अनुमति दिए ताकि तिनले तिनीहरूबाट वास्ता पाउन सकून् । 4त्यहाँबाट हामी समुद्रतिर लाग्यौं, अनि बतास हामी विपरीत चलेको हुनाले टापु नजिकैको साइप्रसको आड लिएर जहाजमा यात्रा गर्यौं । 5किलिकिया र पामफिलियाको नजिकैबाट समुद्रमा जहाज यात्रा गरेपछि हामी लुकिया सहरको माइरा आइपुग्यौं। 6त्यहाँ ती कप्तानले इटाली जान लागेको अलेक्जेन्ड्रियाको एउटा जहाज भेट्टाए । तिनले हामीलाई त्यसमा चढाइदिए ।7जब हामीले धेरै दिन बिस्तारै यात्रा गर्दै कष्टसाथ अन्तमा क्निडस नजिकै आइपुग्यौं र बतासले हामीलाई त्यताबाट अगाडि बढ्न दिएन, हामीले सल्मोनको सामुन्ने रहेको क्रेटको छेउमा आड लिएर यात्रा गर्यौं । 8हामीले कष्टसाथ समुद्रीतट भएर, लासिया सहरको नजिकै रहेको सुन्दर बन्दरगाह भन्ने ठाउँमा नपुगेसम्म यात्रा गर्यौं ।9अब हामीले धेरै समय लगाएका थियौं, यहूदी उपवासको समय पनि बितिसकेको थियो, र अब समुद्री यात्रा गर्न खतरनाक भएको थियो । त्यसैले पावलले तिनीहरूलाई चेताउनी दिए, 10र भने, “मानिसहरू हो, हामीले सुरु गर्न लागेको समुद्री यात्रामा हाम्रा सामानहरू र जहाज मात्र होइन, तर हाम्रो ज्यानमा समेत चोट र हानि हुनेछ भन्ने म देख्छु ।” 11तर कप्तानले पावलले बोलेका कुरामा भन्दा जहाजका चालक र जहाजको मालिकको कुरामा बढ्ता ध्यान दिए ।12किनभने जाडो समयमा यो बन्दरगाहमा समय बिताउन सजिलो थिएन, त्यसैले जहाज चालकहरूमध्ये धेरै जनाले जसरी भएपनि फोनिक्स सहरमा पुगेर जाडो बिताउनको लागि त्यहाँबाट यात्रा गर्न सल्लाह दिए । फोनिक्स क्रेटको एउटा बन्दरगाह हो, जुन उत्तर-पूर्व र दक्षिण-पूर्वपट्टि फर्केको छ । 13जब दक्षिणी बतास मन्द रूपले बहन थाल्यो, तब जहाज चालकहरूले आफूहरूले जे चाहेका थिए त्यो प्राप्त गरे भनी सोचे । त्यसैले तिनीहरूले लङ्गर निकाली र क्रेटको किनार हुँदै यात्रा गरे ।14तर त्यसको केही समयपछि उत्तर-पूर्वी नामक तुफानी बतास त्यो टापुबाट बज्रन थाल्यो । 15जब जहाजलाई आँधीले पक्रियो र बतासबाट भएर अगाडि बढ्न सकेन, हामी आँधीअनुसार चल्नुपर्यो र बतासले जता लग्यो त्यतै गयौं । 16हामी क्लौडा नाउँ गरेको एउटा सानो टापुको आडमा जहाजमा यात्रा गर्यौं , अनि बडो कष्टका साथ पानी जहाजमा रहेको सानो डुङ्गालाई जोगाउन सक्षम भयौं ।17जब तिनीहरूले सानो डुङ्गालाई माथि उचाले, त्यसका डोरीहरू जहाजको मुख्य भागलाई बाँध्नको लागि प्रयोग गरे । तिनीहरू सिरटिसको बलौटे धापमा फस्छन् कि भनेर तिनीहरू डराएका थिए, त्यसैले तिनीहरूले लङ्गरहरू झारिदिए, र जहाज आफैं तैरन थाल्यो । 18हामी आँधीद्वारा यसरी डरलाग्दो तरिकाले पिटियौं कि अर्को दिन तिनीहरूले जहाजमा राखिएका समानहरू समुद्रमा फाल्न लागे ।19तेस्रो दिन जहाज चालकहरूले जहाजका सामानहरू आफ्नै हातले जहाजबाट पानीमा फ्याके । 20जब धेरै दिनसम्म सूर्य र ताराहरू हाम्रामाझ चम्किएनन्, र ठुलो आँधी हामीमाथि बज्रिरह्यो, तब हामी बच्न सक्छौं कि भन्ने आशा नै त्यागेका थियौं ।21जब तिनीहरूले खानाबिना धेरै दिन बिताइसकेका थिए, त्यसपछि पावल जहाज चालकहरूका माझमा खडा भए र भने, “मानिसहरू हो, मेरो कुरा सुनेर क्रेटबाट यात्रा नगरेको भए यो चोट र हानि भोग्नुपर्ने थिएन । 22अब म तपाईंहरूलाई साहसी बन्न उत्साह दिन्छु, किनकि तपाईंहरूका माझमा कुनै पनि मानवीय क्षति हुनेछैन, तर जहाजको मात्रै क्षति हुनेछ ।23किनकि गएको रात मैले आराधना गर्ने परमेश्वर जसको म हुँ—उहाँका एक स्वर्गदूत मेरो छेउमा उभिए 24र भने, “नडराऊ, पावल । तिमी कैसरको अगाडि उभिनुपर्छ, र हेर, परमेश्वरले आफ्नो कृपामा तिमीसँग यो जहाजमा यात्रा गरिरहेका सबैलाई तिम्रो हातमा दिनुभएको छ । 25त्यसकारण मानिसहरू, प्रसन्न हुनुहोस्! किनकि म परमेश्वरलाई भरोसा गर्छु, कि मलाई जे भनिएको छ त्यस्तै हुनेछ । 26तर हामी कुनै टापुमा बजारिनुपर्छ ।”27जब चौधौं रात आयो, जसै हामी एड्रियाटिक समुद्रमा यताउता भइरहेका थियौं, मध्यरातमा जहाज चालकहरूले आफूहरू कुनै जमिन नजिक पुगिरहेको भन्ने विचार गरे । 28तिनीहरूले गहिराइ नापे र गहिराइ बीस फ्याथम भएको पत्ता लगाए, केही समय पछि फेरि तिनीहरूले नाप लिए र गहिराइ पन्ध्र फ्याथम भएको पत्ता लगाए । 29हामीहरू चट्टानहरूमा ठोकिन्छौं कि भनेर तिनीहरू डराए, त्यसैले तिनीहरूले जहाजको पछाडि पट्टिबाट चारवटा लङ्गर तल खसाले र चाँडै बिहान होस् भनेर प्रार्थना गरे ।30जहाज चालकहरूले त्यो जहाजलाई त्याग्नको लागि बाटो खोजिरहेका थिए र सानो डुङ्गा समुद्रमा तल झारेका थिए, अनि जहाजको अगाडिको भागबाट लङ्गरहरू तल खसाल्छौं भनी बहाना बनाएका थिए । 31तर पावलले कप्तान र सिपाहीहरूलाई भने, “यी मानिसहरू यस जहाजमा बसेनन् भने तपाईंहरू बच्न सक्नुहुनेछैन ।” 32त्यसपछि सिपाहीहरूले त्यो डुङ्गाको डोरी काटिदिए र त्यसलाई पानीमा नै बगेर जान दिए ।33जब उज्यालो हुनै लागेको थियो, पावलले तिनीहरू सबैलाई केही खाना खान बिन्ती गरे । तिनले भने, “तपाईंहरूले खाना नखाई निरन्तर अलमल्लमा परेको आज यो चौधौं दिन हो— तपाईंहरूले केही पनि खानुभएको छैन । 34त्यसैले तपाईंहरूले केही खाना खानुहोस् भनी बिन्ती गर्छु, किनकि यो तपाईंहरूलाई बाँच्नको लागि चहिन्छ । किनकि तपाईंहरूमध्ये कसैको टाउकोको एउटै रौं पनि नष्ट हुन पाउनेछैन ।” 35तिनले त्यति भनिसकेपछि, तिनले रोटी लिए र सबैको सामु परमेश्वरलाई धन्यवाद दिए । त्यसपछि तिनले त्यो रोटी भाँचे अनि खान सुरु गरे ।36त्यसपछि तिनीहरू सबै उत्साहित भए र खाना पनि खाए । 37हामी जहाजमा २७६ जना मानिस थियौं । 38जब तिनीहरूले पर्याप्त खाना खाए, तिनीहरूले गहुँलाई समुद्रमा फ्याँकेर जहाजलाई हलुका बनाए ।39जब उज्यालो भयो, तिनीहरूले जमिनलाई चिन्न सकेनन्, तर तिनीहरूले समुद्रबाट बलौटे किनारा भएको खाडी देखे, अनि तिनीहरूले जहाजलाई त्यहाँ लैजान सक्छन् कि सक्दैनन् भनी छलफल गरे । 40त्यसैले तिनीहरूले लङ्गरहरू काटेर समुद्रमा नै छोडिदिए । त्यही समयमा तिनीहरूले जहाजमा भएका पतवारको डोरीहरू फुकाइदिए अनि बतासतिर जहाजका पालहरू फर्काए; र त्यसपछि तिनीहरू समुद्र किनारतिर अगि बढे । 41तर जहाज बलौटे धापमा ठोकियो र बजारियो । जहाजको अगाडिको भाग त्यहीं अड्कियो र हलचल गर्न सकेन, र छालहरूका झोक्काले जहाजको पछाडिको भाग भाँचियो ।42कैदीहरू पौडेर नाभागून् भनेर सिपाहीहरूले तिनीहरूलाई मार्ने योजना गरे l 43तर कप्तानले पावललाई बचाउने चाहना गरे, त्यसैले तिनले तिनीहरूको योजनालाई रोके; र जसलाई पौडी खेल्न आउँछ तिनीहरूले पहिले जहाजबाट हाम फालेर उत्रून् र जमिनमा जाऊन् भन्ने तिनले आदेश दिए । 44त्यसपछि तिनले बाँकी मानिसहरू, कोही काठका तख्ताहरूमा र कोही जहाजका अन्य सामानहरूमा चढेर जाऊन् भने । यसरी हामी सबै जना जमिनमा सुरक्षित आइपुग्यौं ।
281जब हामीलाई सुरक्षित तरिकाले ल्याइयो, टापुको नाम माल्टा रहेछ भन्ने कुरा हामीले जान्यौं । 2ती स्थानीय मानिसहरूले सामान्य खालको दया मात्र देखाएनन्, तर निरन्तर पानी परेर जाडो भएको हुनाले तिनीहरूले आगो बालेर हामी सबै जनालाई स्वागत पनि गरे ।3तर जब पावलले एक बिटा दाउरा जम्मा गरे, र त्यसलाई आगोमा हाले, तापले गर्दा एउटा विषालु सर्प निस्केर तिनको हातमा बेरियो । 4जब त्यहाँको स्थानीय मानिसहरूले तिनको हातमा त्यो प्राणी झुण्डिरहेको देखे, तब तिनीहरूले एक आपसमा यसो भने, “यो मानिस पक्का पनि हत्यारा हो, जो समुद्रबाट उम्किएतापनि इन्साफले त्यसलाई जिउन दिएन ।5तर तिनले त्यो प्राणीलाई आगोमा झट्कारिदिए र कुनै हानि भोगेनन् । 6तिनीहरूले तिनलाई हनहनी ज्वरो आउँछ वा तिनी अचानक मर्छन् भनेर पर्खिरहेका थिए । तर तिनीहरूले तिनलाई लामो समयसम्म हेरिसकेपछि, तिनलाई कुनै पनि असामान्य कुरा नभएको देखे, तिनीहरूले आफ्नो विचारलाई परिवर्तन गरे र तिनी त ईश्वर रहेछन् भने ।7अब त्यसको नजिकैको स्थानमा, पब्लियस नाम गरेको त्यस टापुको मुख्य मानिसको जमिन थियो । तिनले हामीलाई स्वागत गरे, र दयाका साथ हामीलाई तीन दिनसम्म बन्दोबस्त गरिदिए । 8पब्लियसका बुबा ज्वरो र आउँले गर्दा बिरामी परेका थिए । जब पावल उनी भएको ठाउँमा गए, तिनले प्रार्थना गरे, उनी माथि हात राखे, र उनलाई निको पारे । 9यस्तो घटना भइसकेपछि, त्यस टापुमा रहेका बिरामी मानिसहरू पनि तिनीकहाँ आए र निको पारिए । 10ती मानिसहरूले पनि धेरै सम्मानका साथ हाम्रो आदर गरे । जब हामीले जहाजको यात्राको लागि तयारी गरिरहेका थियौं, तिनीहरूले हामीलाई खाँचो परेका थोकहरू दिए ।11तीन महिनापछि यसै टापुमा हिउँद काटेको, अलेक्जेन्ड्रियाको जहाज, जसमा "जुम्ल्याहा देव" को प्रतिमा थियो, त्यहीं जहाजमा हामीले यात्रा सुरू गर्यौं । 12साइराक्युस सहरमा पुगिसकेपछि त्यहाँ हामी तीन दिन बस्यौं ।13हामी त्यहाँबाट यात्रा गरेर रेगीयमको सहरमा आइपुग्यौं । त्यसको एक दिनपछि दक्षिणी बतास चल्यो, र त्यसको दुई दिनपछि पटेओली भन्ने सहरमा आइपुग्यौं । 14त्यहाँ हामीले केही भाइहरूलाई भेट्टायौं, जसले हामीलाई सात दिनसम्म तिनीहरूसँग रहनको लागि निमन्त्रणा दिए । यसरी हामी रोम आइपुग्यौं । 15हाम्रो बारेमा सुनेर त्यहाँ रहेका भाइहरू हामीलाई भेट्न आप्पियासको बजार र तीन भट्टीसम्म आए । जब पावलले ती भाइहरूलाई देखे, तिनले परमेश्वरलाई धन्यवाद दिए र साहस पाए ।16जब हामी रोममा प्रवेश गर्यौं, पावललाई एक जना सिपाहीको रेखदेखमा एक्लै बस्ने अनुमति दिइयो । 17तब यसको तीन दिनपछि, पावलले यहूदीहरूका माझ भएका अगुवाहरूलाई एकसाथ बोलाए । जब तिनीहरू एकसाथ आइपुगे तिनले तिनीहरूलाई भने, “भाइहरू हो, यद्यपि मैले मानिसहरूको विरुद्धमा वा पितापुर्खाको रितीरिवाजको विरुद्धमा कुनै पनि गलत काम गरेको छैन, मलाई एक जना कैदीको रूपमा यरूशलेमबाट रोमीहरूको हातमा सुम्पिएको छ । 18तिनीहरूले मलाई प्रश्न गरिसकेपछि, तिनीहरूले मलाई स्वतन्त्र गर्न चाहे, किनभने ममा मृत्युदण्डको सजाय पाउनु पर्ने कुनै पनि कारण थिएन ।19तर जब यहूदीहरूले तिनीहरूको चाहना विरुद्धमा बोले, तब कैसरकहाँ अपिल गर्न म बाध्य भएँ, तथापि यो मैले मेरो जातिको विरुद्धमा कुनै पनि दोष लगाइरहेको जस्तो होइन । 20त्यसैले यही कारणले गर्दा मैले तपाईंहरूलाई भेट्न, र कुराकानी गर्न सकूँ भनेर मैले तपाईंहरूलाई बोलाएको हुँ, किनभने इस्राएलको आशाको कारणले म अहिले साङ्लाले बाँधिएको छु ।21तब तिनीहरूले तिनलाई भने, “हामीले न त तपाईंको बारेमा यहूदाबाट कुनै पत्र नै प्राप्त गर्यौं, न त कुनै भाइहरू आएर तपाईंको बारेमा कुनै नराम्रो प्रतिवेदन दिए वा कुनै नराम्रो कुरा गरे । 22तर यस पन्थको बारेमा तपाईं के विचार गर्नुहुन्छ भन्ने कुरा हामी तपाईंबाट सुन्न चाहन्छौं, किनभने सबैतिर यसको विरुद्धमा बोलिन्छ भनेर हामी जन्दछौं ।23जब तिनीहरूले तिनको निम्ति एक दिन तोकिदिए, तब तिनको बासस्थानमा धेरै मानिसहरू आए । तिनले त्यस विषयलाई तिनीहरूको सामु प्रस्तुत गरे, र परमेश्वरको राज्यको बारेमा गवाही दिए । तिनले तिनीहरूलाई येशू ख्रीष्टको बारेमा मोशाको व्यवस्था र अगमवक्ताहरूको पुस्तक दुवैबाट बिहानदेखि बेलुकासम्म विश्वस्त पार्ने कोसिस गरे । 24कति जना भनिएको कुरामा विश्वस्त भए भने कतिले विश्वास गरेनन् ।25जब तिनीहरू एक अर्कामा सहमत भएनन् तब पावलले यो एउटा वचन बोलिसकेपछि तिनीहरू गएः “पवित्र आत्माले यशैया अगमवक्ताद्वारा तिनीहरूका पितापुर्खाहरूसँग ठिकै कुरा बोल्नुभयो । 26तिनले भने, “यी मानिसहरूकहाँ जा, र भन्, ‘ सुन्न त तिमीहरू सुन्नेछौ, तर तिमीहरूले बुझ्नेछैनौ; हेर्नु त हेर्नेछौ, तर तिमीहरूले देख्नेछैनौ ।27किनकि यी मानिसहरूका हृदय सुस्त भएका छन्, र तिनीहरूको कानले मुश्किलसाथ सुन्छन्, र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन् । नत्रता तिनीहरूले आफ्नो आँखाले देख्नेथिए, र तिनीहरूका कानले सुन्नेथिए, र तिनीहरूका हृदयले बुझ्नेथिए, र फर्कनेथिए, र म तिनीहरूलाई निको पार्ने थिएँ ।’28त्यसकारण तिमीहरूले जान्नुपर्ने हुन्छ, कि परमेश्वरको यो मुक्ति गैरयहूदीहरूका निम्ति पठाईएको छ, र तिनीहरूले सुन्नेछन् ।" 2930पावल आफैले भाडामा लिएको घरमा पूरा दुई वर्षसम्म बसे, र तिनीकहाँ आउने सबैलाई तिनले स्वागत गरे । 31तिनले विना रोकटोक ठुलो साहसका साथ परमेश्वरको राज्यको प्रचार गरिरहेका थिए र प्रभु येशू ख्रीष्टको बारेमा शिक्षा दिइरहेका थिए ।