To view a copy of the CC BY-SA 4.0 license visit
http://creativecommons.org/licenses/by-sa/4.0/
Notices:
You do not have to comply with the license for elements of the material in
the public domain or where your use is permitted by an applicable
exception or limitation.
No warranties are given. The license may not give you all of the
permissions necessary for your intended use. For example, other rights
such as publicity, privacy, or moral rights may limit how you use the
material.
थेसलोनिकीहरूलाई पावलको दोस्रो पत्र
11पावल, सिलास र तिमोथीबाट परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टमा थेसलोनिकीहरूको मण्डलीलाई, 2परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरुलाई अनुग्रह र शान्ति ।3भाइहरू हो, हामीले तिमीहरूका लागि परमेश्वरलाई सधैं धन्यवाद दिनुपर्छ । यो उचित छ किनभने तिमीहरूको विश्वास धेरै बढिरहेको र तिमीहरूमध्ये हरेकको प्रेम एक अर्काप्रति प्रगाढ भइरहेको छ। 4त्यसैले हामीहरू तिमीहरूको धैर्य र विश्वासको बारेमा परमेश्वरका मण्डलीहरूका बिचमा तिमीहरूले सहने सारा सतावटहरू र दुःख भोगाइहरूप्रति गर्व गर्दछौं । 5यो परमेश्वरको धार्मिक न्यायको प्रमाण हो, जसको कारणले तिमीहरू परमेश्वरको राज्यको योग्य ठहरिन्छौ, जुन राज्यको निम्ति तिमीहरू पिडा भोगिरहेका छौ ।6वास्तवमा, तिमीहरूलाई हानि गर्नेहरुलाई हानि गर्नु परमेश्वरको लागि धार्मिक छ, 7र प्रभु येशू स्वर्गबाट उहाँका शक्तिशाली स्वर्गदूतहरूका साथ प्रकट हुनुहुँदा, हामीसँग दुःख भोगेका तिमीहरूलाई छुटकारा मिल्नेछ । 8जसले परमेश्वरलाई चिन्दैनन् र तिनीहरू जसले हाम्रा प्रभु येशूको सुसमाचार पालन गर्दैनन्, उहाँले तिनीहरूलाई बलिरहेको आगोमा बदला लिनुहुनेछ ।9तिनीहरूले प्रभुको उपस्थितिबाट र उहाँको शक्तिको महिमादेखि टाढा रहेर अनन्त विनाशको दण्ड भोग्नेछन्। 10तिमीहरूले हाम्रो यो गवाही विश्वास गरेको कारण उहाँले यो त्यस दिन गर्नुहुनेछ, जब उहाँ आफ्ना पवित्र जातिहरूमा महिमित हुन र उहाँमाथि विश्वास गर्नेहरुलाई अचम्मित पार्न आउनुहुनेछ।11यसको निम्ति हामी निरन्तर तिमीहरूका लागि प्रार्थना गर्छौं, कि हाम्रा परमेश्वरले तिमीहरूलाई तिमीहरूको बोलावटको योग्य ठानून्, र उहाँको शक्तिद्वारा हरेक असल योजना र हरेक विश्वासको काम पुरा गरून् । 12हामी यो प्रार्थना गर्छौं कि हाम्रा परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रहको कारणले येशूको नाउँ तिमीहरूबाट महिमित पारियोस् र तिमीहरू उहाँद्वारा महिमित होऔ ।
21अब भाइहरू हो, हाम्रा प्रभु येशूको आगमन र हाम्रो उहाँसँग एकसाथ भेट गर्ने सम्बन्धमा हामी अनुरोध गर्दछौं, 2कि प्रभुको दिन आइसकेको छ भनी न आत्माद्वारा, न वचन न त हाम्रो पत्रद्वारा तिमीहरूको मन सजिलै विचलित या हतास होस्।3तिमीहरूलाई कसैले कुनै रीतिले छल्न नपाओस् । किनकि पतित, पापमय विनाशको छोरो, अधर्मी मानिस प्रकट नहोऊन्जेलसम्म यो हुन आउनेछैन । 4यो त्यो हो, जसले विरोध गर्छ र परमेश्वर कहलिएका वा पुज्यहरू सबैको विरूद्ध आफैलाई उचाल्छ । जसको कारण त्यो परमेश्वरको मन्दिरमा बस्छ र आफैलाई परमेश्वरको रूपमा प्रस्तुत गर्छ ।5मैले तिमीहरूसँग हुँदा भनेका यी कुराहरू के तिमीहरूले सम्झदैनौ? 6अब तिमीहरू जान्दछौ कि कुनै कुराले त्यसलाई रोक्छ, ताकि त्यो ठिक समयमा मात्र प्रकट हुनेछ । 7किनकि, अधर्मको रहस्यले पहिलेदेखि नै काम गरिरहेको छ, तर केवल एक जना हुनुहुन्छ जसले त्यसलाई त्यसका मार्गबाट नहटाउनुभएसम्म त्यसलाई थामिराख्नुहुन्छ ।8त्यसपछि अधर्मी मानिस प्रकट हुनेछ, जसलाई प्रभु येशूले उहाँको मुखको सासले मार्नुहुनेछ र उहाँका आगमनले त्यसको अन्त हुनेछ । 9शैतानका सबै शक्तिशाली काम, चिन्हहरू र झुटा आश्चर्यकर्महरूको कारण अधर्मी मानिसको आगमन हुनेछ । 10त्यो अधार्मिकताका सबै प्रकारका छलहरु साथ आउनेछ । यी कुराहरू नाश हुनेहरूका निम्ति हुनेछन् किनभने तिनीहरूले बचाइनको लागि परमेश्वरको प्रेमको सत्यतालाई ग्रहण गरेनन् ।11यसकारण तिनीहरूले झुटो विश्वास गरून् भनी परमेश्वरले शक्तिशाली भ्रम पठाउँदै हुनुहुन्छ, 12ताकि अधार्मिकतामा रमाउने तर सत्यतालाई विश्वास नगर्ने सबै दोषी ठहरिऊन् ।13तर प्रभुका प्रिय भाइहरू हो, हामीले प्रभुलाई तिमीहरूका लागि सधैं धन्यवाद दिनुपर्छ किनभने परमेश्वरले आत्माको शुद्धतामा र सत्यताको विश्वासमा उद्धारको पहिलो फलझैं तिमीहरूलाई चुन्नुभयो, 14हाम्रा सुसमाचारद्वारा प्रभु येशू ख्रीष्टको महिमा प्राप्त गर्न सक भनी उहाँले तिमीहरूलाई यसतर्फ बोलाउनुभयो । 15यसैले अब भाइहरू हो, स्थिर रहो, वचन या हाम्रा पत्रद्वारा तिमीहरूलाई सिकाएका परम्पराहरूलाई पक्रिराख ।16अब हामीलाई प्रेम गर्नुहुने र अनुग्रहद्वारा अनन्तको सहाजता र उत्तम आशा दिनुहुने हाम्रा प्रभु येशू ख्रीष्ट आफैले तथा परमेश्वर हाम्रा पिताले, 17हरेक असल काम र वचनमा तिमीहरूका हृदयलाई सहज र बलियो गरुन् ।
31अब भाइहरू हो, हाम्रो निम्ति प्रार्थना गर, ताकि हाम्रा प्रभुको वचन द्रुत गतिमा फैलियोस् र महिमित होस्, जसरी तिमीहरूका माझमा पनि भएको छ । 2र हामी दुष्ट र ईश्वरहीन मानिसहरूबाट छुटकारा हुन सकौं, किनकि सबैसँग विश्वास छैन । 3तर प्रभु विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई बलियो पार्नुहुन्छ र दुष्टताबाट सुरक्षा प्रदान गर्नुहुन्छ ।4हामी तिमीहरूप्रति प्रभुमा विश्वस्त छौं कि तिमीहरू दुवैले हामीले आज्ञा गरेका कामहरू गर्नेछौ र निरन्तरता दिइरहनेछौ । 5प्रभुले तिमीहरूका हृदयलाई परमेश्वरको प्रेम र ख्रीष्टको सहनशीलतातर्फ अगुवाइ गर्नुभएको होस् ।6अब हाम्रा प्रभु येशूको नाउँमा भाइहरूलाई आज्ञा गर्छौं कि, तिमीहरूले अल्छे भाइहरूलाई अलग गर जसले हामीले सिकाएको विधि अनुसार जिउँदैनन् जुन कुरा तिमीहरूले हामीबाट ग्रहण गरेका छौ । 7तिमीहरू आफैलाई थाहा छ, कि तिमीहरूले हाम्रो अनुकरण गर्नु असल कुरा हो किनभने हामीले तिमीहरूका बीचमा अल्छीपना देखाएनौं, 8न त हामीले सित्तैंमा कसैको रोटी नै खायौं, तर त्यसको सट्टामा हामी कसैको भार नबनौं भनेर हामीले कठोर परिश्रम र अप्ठेरोमा रातदिन काम गर्यौं । 9हामीसँग कुनै अधिकार नभएको कारणले हामीले यसो गरेको होइन तर हामी तिमीहरूको निम्ति उदाहरण बन्न यसो गर्यौं ताकि तिमीहरूले हाम्रो अनुकरण गर्न सक ।10हामी तिमीहरूसँग हुँदा आज्ञा गरेका थियौं, “यदि कसैले काम गर्न चाहँदैन भने, त्यसले खाना पनि नखाओस्” । 11किनकि हामीले सुन्यौं कोही-कोही अल्छी भएर काम नगरीकन तिमीहरूको माझमा हिंड्छन्, तिनीहरू काम गर्दैनन् तर व्यर्थै अर्काको काममा हात लगाउनेहरू भएका छन् । 12यस्ताहरूलाई हामी ख्रीष्ट येशूमा आज्ञा र उत्साह दिन्छौं, कि तिनीहरू शान्तसँग काम गरून् र आफ्नै मेहेनतद्वारा जीविकोपार्जन गरून् ।13तर तिमी भाइहरू हो, जे असल छ त्यो गर्नबाट थकित नहोऔ, 14र यदि कसैले यो पत्रमा लेखिएको हाम्रो आज्ञालाई पालना गर्दैन भने त्यसको विषयमा ख्याल गर र त्यससँग कुनै सम्बन्ध नराख ताकि त्यो शर्ममा परोस् । 15तरपनि त्यसलाई शत्रुलाई झैँ व्यवहार नगर तर आफ्नो भाइ सम्झेर सुझाव देओ ।16शान्तिका प्रभु आफैंले तिमीहरूलाई सदासर्वदाका लागि हरेक मार्गमा शान्ति प्रदान गरून् । प्रभु तिमीहरू सबैसँग रहुन्। 17म, पावल, यो मेरो आफ्नै हातले लेखेको हुँ जुन मैले लेख्ने हरेक पत्रहरूमा भएको चिन्ह हो । 18हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरू सबैमा रहोस् । आमेन ।