To view a copy of the CC BY-SA 4.0 license visit
http://creativecommons.org/licenses/by-sa/4.0/
Notices:
You do not have to comply with the license for elements of the material in
the public domain or where your use is permitted by an applicable
exception or limitation.
No warranties are given. The license may not give you all of the
permissions necessary for your intended use. For example, other rights
such as publicity, privacy, or moral rights may limit how you use the
material.
२ पत्रुस
11येशू ख्रीष्टका दास र प्रेरित सिमोन पत्रुसबाट, हाम्रा परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको धार्मिकतामा, हाम्रो जस्तै मूल्यवान् विश्वास प्राप्त गरेकाहरूलाई, 2परमेश्वर र हाम्रा प्रभु येशूको ज्ञानद्वारा तिमीहरूमा अनुग्रह र शान्ति प्रशस्त हुँदै जाओस् ।3आफ्नै महिमा र सद्गुणद्वारा हामीलाई बोलाउनुहुने परमेश्वरको ज्ञानद्वारा हामीलाई ईश्वरीय शक्तिको जीवन र धार्मिकताको निम्ति आवश्यक पर्ने सबै कुरा दिइएको छ । 4यी कुराहरूद्वारा उहाँले हामीलाई बहुमूल्य र महान् प्रतिज्ञाहरू दिनुभयो ताकि तिमीहरू संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर ईश्वरीय स्वभावमा सहभागी हुन सक ।5यसैकारण, तिमीहरूको विश्वासमा सद्गुण, सद्गुणमा ज्ञान, 6ज्ञानमा आत्मसंयम, आत्मसंयममा सहनशीलता, सहनशीलतामा ईश्वरभक्ति, 7ईश्वरभक्तिमा भातृ-स्नेह, र भातृ-स्नेहमा प्रेम थप्न सक्दो प्रयत्न गर ।8यदि यी कुरा तिमीहरूमा छन्, र तिमीहरूमा प्रशस्त हुँदै जान्छन् भने हाम्रा प्रभु येशू ख्रीष्टको ज्ञानमा तिमीहरू बाँझो वा निष्फल हुनेछैनौ । 9तर जोसँग यी कुराहरूको घटी छ र नजिकको वस्तु मात्र देख्छ भने, त्यो अन्धो हो जसले पुरानो पापबाट धोइएको कुरालाई बिर्सेको हुन्छ ।10त्यसकारण भाइ हो, आफ्नो बोलावट र चुनाउ निश्चित गर्नको लागि सक्दो प्रयास गर किनकि तिमीहरूले त्यो गर्यौ भने, तिमीहरू लोट्नेछैनौ । 11यसरी हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनन्त राज्यमा तिमीहरूलाई प्रशस्त गरी प्रवेश दिइनेछ।12त्यसैले तिमीहरूलाई यी कुराहरू थाहा छ र अहिले तिमीहरूमा भएको सत्यतामा तिमीहरू बलियो छौ भनेतापनि म तिमीहरूलाई यी कुराहरू सम्झाउन सधैं तयार हुनेछु । 13जबसम्म म यस पालमा छु तिमीहरूलाई सम्झना दिलाउँदै जागा राख्नु मेरो निम्ति असल हुन्छ भन्ने मलाई लाग्छ । 14किनकि मैले यो पाललाई चाँडै त्याग्दैछु भन्ने मलाई थाहा छ किनभने हाम्रा प्रभु येशू ख्रीष्टले यो कुरा मलाई प्रकट गर्नुभएको छ । 15मेरो प्रस्थानपछि पनि तिमीहरूले यी कुराहरू सधैं सम्झन सक भनेर म सक्दो प्रयास गर्नेछु ।16किनकि हामीले हाम्रा प्रभु येशू ख्रीष्टको शक्ति र आगमनको बारेमा तिमीहरूलाई बताउँदा धूर्ततासँग रचिएका दन्त्यकथाहरूलाई पछ्याएनौं, तर हामी उहाँको वैभवको प्रत्यक्ष साक्षी थियौं । 17उहाँले परमेश्वर पिताबाट आदर र महिमा प्राप्त गर्नुभयो, जब वैभवपूर्ण महिमाबाट यो स्वर आएको थियोः “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसित म धेरै खुसी छु ।” 18हामी उहाँसित पवित्र डाँडामा हुँदा हामीले स्वर्गबाट आएको त्यो आवाज सुन्यौं ।19किनकि हामीसँग भएको अगमवाणीको वचन अझ निश्चित भएको छ, जसलाई तिमीहरू पालना गर्न उत्तम प्रयास गर्छौ । यो उज्यालो नहुञ्जेल र तिमीहरूका हृदयमा बिहानको तारा नआउञ्जेल अन्धकारमा चम्कने बत्तीजस्तै छ । 20सबैभन्दा पहिले, तिमीहरूले यो बुझ्नुपर्छ कि कुनैपनि अगमवाणी कसैको आफ्नै तर्कबाट आउँदैन । 21किनकि कुनै पनि अगमवाणी मानिसहरूको इच्छाबाट आएन, तर तर परमेश्वरको तर्फबाट बोल्ने, पवित्र आत्माद्वारा डोर्याइएका मानिसहरूबाट आयो ।
21मानिसहरूकहाँ झुटा अगमवक्ताहरू आए, अनि तिमीहरूकहाँ पनि झुटा शिक्षकहरू आउनेछन् । तिनीहरूले आफूसँग गोप्य रूपमा विनाशकारी झुटा शिक्षाहरू ल्याउनेछन् र तिनीहरूलाई उद्धार गर्नुहुने गुरुलाई पनि इन्कार गर्नेछन् । तिनीहरूले आफूमाथि चाँडै विनाश ल्याउँदैछन् । 2धेरैले तिनीहरूको कामुकताको अनुसरण गर्नेछन् र तिनीहरूद्वारा सत्यताको मार्ग निन्दित हुनेछ । 3तिनीहरूको लोभमा तिनीहरूले छलपूर्ण कुरा गरेर तिमीहरूको शोषण गर्नेछन् । तिनीहरूको दण्डाज्ञा लामो समयदेखि भइरहेको छ, र तिनीहरूको विनाश निदाएको छैन ।4किनकि परमेश्वरले पाप गर्ने स्वर्गदूतहरूलाई पनि छोड्नुभएन । बरु इन्साफ नहुन्जेलसम्म घोर अन्धकारको साङ्लाले बाँधेर राख्नको लागि उहाँले तिनीहरूलाई तल पातालमा सुम्पिदिनुभयो । 5अनि उहाँले प्राचीन संसारलाई पनि बाँकी राख्नुभएन । बरु, धार्मिकताका दूत नोआको साथै अरू सात जनालाई बचाउनुभयो जब उहाँले अधर्मीहरूको संसारमा जल प्रलय ल्याउनुभयो । 6अनि अधर्मीहरूमाथि के आइपर्नेछ भन्ने कुराको उदाहरणको निम्ति परमेश्वरले सदोम र गमोरा सहरहरूलाई खरानीमा परिणत गरिदिनुभयो र तिनीहरूलाई विनाशको निम्ति दोषी ठहराउनुभयो ।7तर धर्मी लोतको बारेमा भन्नुपर्दा, तिनी व्यवस्थाहीन मानिसहरूको कामुक व्यवहारका कारण निकै दुःखी थिए । 8त्यसैले ती धर्मी मानिस जो तिनीहरूसँग दिनदिनै बस्दैथिए, तिनीहरूका बीचमा देखेका र सुनेका कुराहरूको कारण तिनी आफ्ना धर्मी आत्मामा व्याकुल भएका थिए । 9धर्मी मानिसहरूलाई परीक्षाबाट कसरी बचाउनुपर्छ र अधर्मी मानिसहरूलाई न्यायको दिनमा सजायको निम्ति कसरी तयारी राख्नुपर्छ भनी प्रभु जान्नुहुन्छ ।10यो विशेष गरी शरीरका भ्रष्ट इच्छाहरूमा जिउने र अधिकारलाई तुच्छ ठान्नेहरूको निम्ति सत्य हो । हठी र स्वेच्छाचारी, तिनीहरू महिमितहरूको निन्दा गर्न डराउँदैनन् । 11स्वर्गदूतहरूसँग धेरै बल र शक्ति छ, तर तिनीहरूले प्रभुको अगाडि तिनीहरूको विरुद्धमा निन्दापूर्ण न्याय ल्याउँदैनन् ।12तर यी मानिसहरू, अज्ञानी पशुहरूजस्तै स्वाभाविक रूपमा नियन्त्रण र नाशको निम्ति बनाइएका हुन् । तिनीहरूले जे कुराको निन्दा गर्छन् त्यो जान्दैनन् । तिनीहरू नष्ट पारिनेछन् । 13आफैंले गरेका गलत कामहरूका परिणाम तिनीहरूले पाउनेछन् । तिनीहरू सोच्छन् कि दिनमा हुने विलासिता आनन्द हो । तिनीहरू धब्बा र दागहरू हुन् । तिमीहरूसँग भोजमा बस्दा तिनीहरू आफ्ना छलपूर्ण कार्यहरूमा रमाउँछन् । 14तिनीहरूका आँखा व्यभिचारले भरिएका हुन्छन्; तिनीहरू पाप गरेर कहिल्यै अघाउँदैनन् । तिनीहरूले अस्थिर प्राणलाई नराम्रो काममा लोभ्याउँछन्; तिनीहरूका मनले लोभमा तालिम पाएका हुन्छन् र तिनीहरू श्रापित सन्तान हुन्!15तिनीहरूले सही मार्गलाई त्यागेका छन् र तिनीहरू बरालिएर अधार्मिक कामको ज्याला लिन मन पराउने बोअरको छोरा बालामको पछि लागेका छन् । 16तर त्यसले आफ्नै अपराधको निम्ति हप्की पायो । एउटा नबोल्ने गधाले मानिसको आवाजमा बोलेर अगमवक्ताको पागलपनलाई रोकिदियो ।17यी मानिसहरू मूलविनाको पानीजस्ता छन् र आँधीले उडाई लैजाने कुइरोजस्ता छन् । तिनीहरूको निम्ति घोर अन्धकार साँचिएको छ । 18तिनीहरू खोक्रो अहङ्कारसाथ बोल्छन् । तिनीहरू शारीरिक वासनाद्वारा मानिसहरूलाई प्रलोभनमा पार्छन् । खराबी गर्नेहरूदेखि भाग्न खोज्नेहरूलाई तिनीहरू प्रलोभनमा पार्छन् । 19तिनीहरूले तिनीहरूलाई छुटकारा दिने प्रतिज्ञा गर्छन्, तर तिनीहरू आफैं भ्रष्टताका दास हुन् । किनकि मान्छेलाई जुन कुराले जित्छ, त्यो त्यसैको दास बन्छ ।20यदि तिनीहरूले प्रभु र मुक्तिदाता येशू ख्रीष्टलाई चिनेर यस संसारका दूषित गराउने कुराबाट उम्किसकेपछि पनि फेरि त्यहीं अल्झिन्छ र फर्कन्छ भने त्यसको अन्तिम अवस्था पहिलेको भन्दा खराब हुन्छ । 21धार्मिकताको मार्गलाई जानेर तिनीहरूलाई दिइएको पवित्र आज्ञाहरूबाट फर्कनुभन्दा त तिनीहरूले धार्मिकताको मार्ग नै नजानेको भए असल हुने थियो । 22तिनीहरूका निम्ति यो उखान सत्य छः “कुकुर आफ्नै बान्तामा फर्किन्छ, र नुहाइदिएको सुँगुर हिलैमा फर्किन्छ ।”
31प्रिय हो,यो अहिले दोस्रो पत्र हो जुन मैले तिमीहरूका लागि लेखेको छु, र यी दुवैमा तिमीहरूका निष्कपट मनलाई सम्झना गराएर म उत्साहित तुल्याउँछु, 2ताकि तिमीहरूले विगतमा पवित्र अगमवक्ताहरूले बोलेका वचनहरू र तिमीहरूका प्रेरितहरूद्वारा हाम्रा प्रभु र मुक्तिदाताका आज्ञाहरूको याद गर्न सक ।3पहिले यो कुरा जान कि अन्तिम दिनहरूमा गिल्ला गर्नेहरू आउनेछन् । तिनीहरूले गिल्ला गर्नेछन् र आफ्नै इच्छामा अगाडि बढ्नेछन् । 4तिनीहरूले भन्नेछन्, “उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो? जबदेखि हाम्रा पुर्खाहरू बितेर गए, सृष्टिको सुरुदेखि, नै सबै कुराहरू उस्तै छन् ।”5तिनीहरू स्वेच्छाले बिर्सन्छन् कि धेरै वर्षअघि परमेश्वरको वचनद्वारा नै आकाशहरू र पृथ्वी पानीबाट र पानीद्वारा अस्तित्वमा आए 6अनि त्यहीद्वारा त्यस बेलाको संसार जल प्रलयद्वारा नष्ट भयो 7अनि त्यही वचनद्वारा न्यायको निम्ति र दुष्ट मानिसहरूको विनाशको लागि साँचिराखेर आकाशहरू र पृथ्वी आगोको निम्ति सुरक्षित राखिएको छ ।8प्रिय हो, यो कुरा नभुल कि प्रभुको लागि एक दिन एक हजार वर्ष र एक हजार वर्ष एक दिनझैं हुन्छ । 9अरूले सोचेजस्तै परमेश्वर आफ्नो प्रतिज्ञाको बारेमा ढिलो गर्नुहुन्न । बरु तिमीहरूको निम्ति उहाँ धैर्यवान् हुनुहुन्छ । उहाँ तिमीहरूमध्ये कोही पनि नाश होस् भन्ने चाहनुहुन्न, तर उहाँ सबैलाई पश्चात्तापको लागि ठाउँ बनाउन चाहनुहुन्छ ।10तर प्रभुको दिन चोरजस्तै गरी आउनेछः ठुलो आवाजसहित आकाशहरू बितेर जानेछन् । आगोले तत्त्वहरू पगाल्नेछ र पृथ्वी अनि यसमा भएका कामहरू खुल्ला राखिनेछ ।11सबै कुरा यसरी नै नाश गरिनेछन् भने तिमीहरू कस्ता मानिसहरू हुनुपर्ने हो? तिमीहरूले पवित्र र धर्मी जीवन जिउनुपर्छ । 12तिमीहरूले व्यग्रतासाथ परमेश्वरको आगमनको लागि आशा गर्नुपर्छ । त्यस दिन आकाशहरू आगोद्वारा नष्ट गरिनेछ र तत्त्वहरूलाई प्रचण्ड तापले पगाल्नेछन् । 13तर उहाँको प्रतिज्ञाअनुसार हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको पर्खाइमा छौं, जहाँ धार्मिकताले बास गर्नेछ ।14त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरूको आशा गरेका हुनाले शान्तिमा उहाँको सामु दागरहित र खोटरहित हुनको निम्ति सक्दो प्रयास गर । 15र हाम्रा प्रभुको धैर्यलाई मुक्ति ठान, जसरी हाम्रा प्रिय भाइ पावलले तिनलाई दिइएको ज्ञानद्वारा तिमीहरूलाई लेखे । 16पावलले तिनका सबै पत्रहरूमा यी कुराहरूको बारेमा उल्लेख गरेका छन्, जहाँ बुझ्न कठिन हुने कुराहरू पनि छन् । अशिक्षित र अस्थिर मानिसहरूले यी कुराहरूलाई बङ्ग्याउँछन् जसरी तिनीहरूले आफ्नो विनाश निम्त्याउन धर्मशास्त्रका अरू वचनहरूलाई पनि बङ्ग्याउँछन् ।17त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू पहिले नै जानेको हुनाले आफैंलाई सुरक्षित राख ताकि व्यवस्थाहीन मानिसहरूको छलले तिमीहरूलाई टाढा नलैजाओस्, र तिमीहरूले आफ्नो विश्वासयोग्यतालाई नगुमाओ । 18तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढेर जाओ । उहाँलाई अहिले र सदासर्वदा महिमा होस् । आमेन!