Nepali: Unlocked Literal Bible for १ तिमोथी

Formatted for Translators

©2022 Wycliffe Associates
Released under a Creative Commons Attribution-ShareAlike 4.0 International License.
Bible Text: The English Unlocked Literal Bible (ULB)
©2017 Wycliffe Associates
Available at https://bibleineverylanguage.org/translations
The English Unlocked Literal Bible is based on the unfoldingWord® Literal Text, CC BY-SA 4.0. The original work of the unfoldingWord® Literal Text is available at https://unfoldingword.bible/ult/.
The ULB is licensed under the Creative Commons Attribution-ShareAlike 4.0 International License.
Notes: English ULB Translation Notes
©2017 Wycliffe Associates
Available at https://bibleineverylanguage.org/translations
The English ULB Translation Notes is based on the unfoldingWord translationNotes, under CC BY-SA 4.0. The original unfoldingWord work is available at https://unfoldingword.bible/utn.
The ULB Notes is licensed under the Creative Commons Attribution-ShareAlike 4.0 International License.
To view a copy of the CC BY-SA 4.0 license visit http://creativecommons.org/licenses/by-sa/4.0/
Below is a human-readable summary of (and not a substitute for) the license.
You are free to:
The licensor cannot revoke these freedoms as long as you follow the license terms.
Under the following conditions:
Notices:
You do not have to comply with the license for elements of the material in the public domain or where your use is permitted by an applicable exception or limitation.
No warranties are given. The license may not give you all of the permissions necessary for your intended use. For example, other rights such as publicity, privacy, or moral rights may limit how you use the material.

१ तिमोथी

11हाम्रा मुक्तिदाता परमेश्‍वर र हाम्रो आशा ख्रीष्‍ट येशूको आज्ञा अनुसार ख्रीष्‍ट येशूको प्रेरित पावल, 2विश्‍वासमा साँचो पुत्र तिमोथीलाईः परमेश्‍वर पिता र हाम्रा प्रभु ख्रीष्‍ट येशूबाट अनुग्रह, कृपा र शान्ति ।3मैले म्‍याकेडोनिया जाँदै गर्दा तिमीलाई आग्रह गरेजस्तै एफिससमा नै बस ताकि तिमीले केही मानिसहरूलाई भिन्‍न सिद्धान्त नसिकाउनलाई आज्ञा दिन सक। 4नत तिनीहरूले कथाहरू र अनन्त वंशावलीहरूतिर ध्यान दिऊन् । यसले विश्‍वासद्वारा आउने परमेश्‍वरको योजनालाई सहायता पुर्‍याउनुको साटो विवादहरू उत्पन्‍न गर्छ ।5तर आज्ञाको लक्ष्यचाहिं शुद्ध हृदय, असल विवेक र निष्‍कपट विश्‍वासबाट आउने प्रेम हो । 6केही मानिसहरू यसबाट बरालिएर खोक्रा कुराहरूतिर फर्केका छन् । 7तिनीहरू व्यवस्थाको शिक्षकहरू बन्‍न चाहन्छन्, तर तिनीहरूले जे भनिरहेका छन् वा तिनीहरूले जे कुरामा निश्‍चयतासाथ पक्का गर्छन्, तिनीहरूले नै बुझ्दैनन् । 8तर यदि कसैले न्यायसंगत तवरले प्रयोग गर्छ भने व्यवस्था असल छ भन्‍ने हामीलाई थाहा छ ।9हामी यो पनि जान्दछौं कि व्यवस्था धर्मी मानिसको निम्ति बनाइएको होइन, तर व्‍यावस्‍थाविहीन र विद्रोही मानिसहरूको निम्ति, अधर्मी मानिसहरू र पापीहरूको निम्ति, र ईश्‍वरहिन र अपवित्र हुनेहरूको निम्ति, आफ्ना बाबुहरू र आमाहरूलाई मार्नेहरूको निम्ति, हत्याराहरूका निम्ति, 10अनैतिक यौनसम्‍बन्‍ध राख्‍ने मानिसहरूका निम्ति, समलिंगीहरूका निम्ति, दास बनाउनको लागि अपहरण गर्नेहरूका निम्ति, झूट बोल्नेहरूका निम्ति, झूटो गवाही दिनेहरूका निम्ति, र सत्य शिक्षाको विरूद्धमा हुनेहरूको निम्ति हो । 11यो मलाई विश्‍वाससाथ सुम्पिएको, धन्य परमेश्‍वरको महिमित सुसमाचार अनुसार छ ।12म ख्रीष्‍ट येशू हाम्रो प्रभुलाई धन्यवाद दिन्छु । उहाँले मलाई शक्ति दिनुभयो, किनकि उहाँले मलाई विश्‍वासयोग्य ठानेर सेवामा नियुक्‍त गर्नुभयो । 13म पहिला ईश्‍वरनिन्दा गर्ने, सताउने र एउटा हिंस्रक मानिस थिएँ । तर ती मैले अन्‍जानमा र अविश्‍वासमा गरेको कारण मैले कृपा प्राप्‍त गरें । 14र हाम्रो प्रभुको अनुग्रह, ख्रीष्‍ट येशूमा भएको विश्‍वास र प्रेमको साथ पोखिने गरी उर्लिआयो।15यो सन्‍देश विश्‍वासयोग्य र सर्वस्वीकारयोग्य छ, कि ख्रीष्‍ट येशू पापीहरूलाई बचाउनलाई यस संसारमा आउनुभयो । म यी सबैभन्दा तुच्छ हुँ । 16तर यही कारणको निम्ति मलाई दया गरियो ताकि पहिला, ख्रीष्‍ट येशूले आफ्नो सारा धैर्यता प्रकट गर्न सक्‍नुभएको होस् ।उहाँले यो अनन्त जीवनको लागि उहाँमाथि विश्‍वास गर्नेहरूको निम्ति एउटा उदाहरणस्‍वरूप गर्नुभयो । 17अब युगहरूका राजा, अविनाशी, अद‍ृश्य, एकमात्र परमेश्‍वरलाई सदासर्वदा आदर र महिमा होस् । आमेन ।18मेरो छोरो तिमोथी, तिम्रो बारेमा पहिला गरिएका अगमवाणीहरूअनुसार, तिमीलाई म यो आज्ञा दिंदैछु ताकि तिमी असल लडाइँ लड्‍न सक, 19विश्‍वास र असल विवेक कायम गर । केही मानिसहरूले यी कुराहरूलाई इन्कार गरेर विश्‍वासको जहाज डुबाएका छन् । 20ती हुमेनियस र अलेक्जेन्डर हुन् जुनहरूलाई मैले शैतानको हातमा सुम्पें ताकि निन्दा गर्नुहुँदैन भनेर तिनीहरूलाई सिकाइन सकियोस् ।
21त्यसकारण, सर्वप्रथम म आग्रह गर्छु कि अनुरोधहरू, प्रार्थनाहरू, अन्तरबिन्तीहरू र धन्यवादज्ञापनहरू सबै मानिसहरूका लागि, 2राजाहरूका लागि र अधिकारमा हुनेहरूका लागि चढाइऊन्, ताकि हामीले हरप्रकारले धार्मिक र मर्यादापूर्वक, शान्तिपूर्ण र शान्ति जीवन जिउन सकौं । 3यो परमेश्‍वर हाम्रा मुक्तिदाताको सामु असल र ग्रहणयोग्य छ । 4उहाँले सबै मानिसहरू बाचून् र सत्यताको ज्ञानमा आऊन् भन्‍ने चाहनुहुन्छ ।5किनकि परमेश्‍वर एकमात्र हुनुहुन्छ,अनि मानिस र परमेश्‍वरको बीच केवल एकमात्र मध्यस्तकर्ता, मानिस ख्रीष्‍ट येशू हुनुहुन्छ । 6ठीक समयमा गवाहीको रूपमा, उहाँले आफैंलाई सबैका छुटकाराको मोल स्वरूप दिनुभयो । 7यसै उद्देश्यको लागि म एक सन्‍देशवाहक र एक प्रेरितको रूपमा नियुक्त भएको थिएँ—म साँचो बोल्दैछु; मैले ढाँटिरहको छैनँ—म विश्‍वास र सत्यतामा अन्यजातिहरूको शिक्षक हुँ ।8त्यसकारण म सबै ठाउँमा पुरुषहरूले विना क्रोध र विवाद, पवित्र हातहरू उचालेर प्रार्थना गरेको चाहन्छु । 9यसैगरी स्‍‍त्रीहरूले भद्रता र आत्मसंयमताकासाथ सुहाउँदो वस्‍‍त्र पहिरुन्, कपालको सृंगारपटार वा सुन वा मोती वा बहुमूल्य वस्‍‍त्र पहिरेर होइन, 10तर भक्ति देखाउने स्‍‍त्रीहरूलाई सुहाउने असल कामहरूद्वारा सुसज्जित होऊन् ।11एउटा स्‍‍त्रीले सारा समर्पणका साथ चुपचापसित सिकून् । 12म स्‍‍त्रीलाई सिकाउन र पुरुषमाथि अधिकार गर्न अनुमति दिन्‍नँ तर तिनी चुपचाप रहून् ।13किनकि आदम पहिले सृष्‍टि भएका थिए त्यसपछि हव्वा । 14आदम छलिएका थिएनन् तर स्‍‍त्री छलिएकी थिइन् र अपराधी भइन् । 15तरैपनि, यदि तिनीहरू विश्‍वास र प्रेम र मनको स्वस्थतामा पवित्रीकरणमा लागि रहे भने बालक जन्माउँदा तिनी बचाइनेछिन् ।
31यो भनाइ भरोसायोग्य छः यदि कसैले बिशप हुने इच्छा गर्छ भने तिनले असल कामको इच्छा गर्छन् । 2तसर्थ, बिशपचाहिं दोषरहित हुनुपर्छ । तिनी एउटा पत्‍नीको पति हुनुपर्छ । तिनी संयमी, समझदार, व्‍यवस्‍थित, र अथिति सत्कार गर्ने हुनुपर्छ। तिनी सिकाउन सक्‍ने हुनुपर्छ । 3तिनी मतवाला र झगडा गर्ने हुनुहुँदैन तर त्यसको सट्टा भद्र, नम्र, शान्तिपूर्ण हुनुपर्छ । तिनी रूपैयाँपैसाको लोभ गर्ने हुनुहुँदैन।4तिनले आफ्नो घरबार राम्रोसँग व्यवस्थापन गर्नुपर्छ, र तिनका छोराछोरीले तिनको आज्ञापालन पूरा आदरका साथ गर्नुपर्छ । 5किनकि यदि एउटा मानिसले आफ्नो घरलाई राम्रोसँग व्यवस्थापन गर्न जान्दैन भने तिनले कसरी परमेश्‍वरको मण्डलीको वास्‍ता गर्न सक्छ?6तिनी नयाँ विश्‍वासी हुनुहुँदैन ताकि तिनी घमण्डी भएर शैतानझैं दण्डमा नपरून् । 7तिनी बाहिरका मानिसहरूको द‍ृष्‍टिकोणमा पनि प्रतिष्‍ठित हुनुपर्छ, ताकि तिनी शर्ममा र दुष्‍टको पासोमा नपरून् ।8त्‍यसैगरी डिकनहरू पनि प्रतिष्‍ठित हुनुपर्छ, दुई-जिब्रे हुनुहुँदैन। तिनीहरूले धेरै मद्य पिउनुहुँदैन, वा लोभी हुनुहुँदैन। 9तिनीहरूले प्रकट गरिइएको विश्‍वासको सत्यतालाई शुद्ध विवेकले कायम राख्‍नुपर्छ । 10तिनीहरू पहिले स्‍वीकृत हुनुपर्छ, र त्यसपछि तिनीहरूले सेवामा गर्नुपर्छ किनभने तिनीहरू दोषरहित छन् ।11त्‍यसैगरी तिनीहरूका पत्‍नीहरू पनि प्रतिष्‍ठित हुनुपर्छ, निन्‍दा गर्नेहरू होइन, तर नम्र र सबै कुरामा विश्‍वासयोग्‍य हुनुपर्छ । 12डिकनहरू एउटा पत्‍नीको पति हुनुपर्छ । तिनीहरूले आफ्ना छोराछोरीहरू र घरलाई राम्रोसँग व्‍यवस्‍थापान गर्ने हुनुपर्छ । 13किनभने तिनीहरू जसले असल सेवा गरेका छन्, तिनीहरूले आफ्नो निम्ति प्रतिष्‍ठा र ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा ठुलो भरोसा पाउँछन् ।14मैले तिमीलाई यी कुराहरू लेख्दै गर्दा, म तिमी कहाँ चाँडै आउने आशा गर्छु । 15तर यदि मैले ढिलो गरें भने परमेश्‍वरको घराना जुन जीवित परमेश्‍वरको मण्डली, सत्यताको खाँबो र आड हो, त्‍यसमा कसरी व्यवहार गर्नुपर्छ भनेर तिमीले थाहा गर्न सक भन्‍ने हेतुले म तिमीलाई लेख्‍दैछु ।16हामी सबै सहमत छौं कि भक्तिको रहस्य महान् छः "उहाँ शरीरमा प्रकट हुनुभयो, पवित्र-आत्माद्वारा धर्मी ठहरिनुभयो, स्वर्गदूतहरूबाट देखिनुभयो, जाति-जातिहरूको माझमा घोषणा गरिनुभयो, संसारमा विश्‍वास गरिनुभयो, र महिमामा माथि लगिनुभयो ।”
41अहिले आत्माले प्रष्‍टसँग भन्‍नुहुन्छ कि पछि आउने समयमा केही मानिसहरूले विश्‍वासलाई त्याग्‍नेछन् र छली आत्माहरू र भूतप्रेतका शिक्षाहरूतिर ध्यान दिनेछन् । 2झूट बोल्ने कपटीपनमा, तिनीहरूका आफ्नै विवेकहरू तातो फलामले दामिनेछन् ।3तिनीहरूले विवाह गर्न र खाना खान मनाही गर्नेछन् जुन कुरा, सत्यलाई जान्‍ने विश्‍वासीहरूको बीचमा धन्यवाद दिएर ग्रहण गर्नलाई परमेश्‍वरले सृष्‍टि गर्नुभयो । 4किनकि परमेश्‍वरले सृष्‍टि गर्नुभएको हरेक चिज असल छ । हामीले धन्यवाद दिएर लिएका कुनै कुराहरू इन्कार गरिनुपर्दैन। 5किनकि यो परमेश्‍वरको वचन र प्रार्थनाद्वारा पवित्र गरिएको छ ।6यदि तिमीले यी कुराहरू दाजुभाइहरूको अगाडि राखिदियौ भने, तिमी येशू ख्रीष्‍टको असल सेवक हुनेछौ । किनकि तिमी विश्‍वासको वचन र तिमीले पछ्‍याएको असल शिक्षाद्वारा पोषित हुनेछौ । 7तर वृद्ध स्‍‍‍त्रीहरूबाट प्रेम गरिएका संसारिक कथाहरू अस्वीकार गर । बरू आफैंलाई भक्तिमा तालिम देऊ । 8किनकि शारीरिक तालिम केही उपयोगी हुन्छ तर भक्तिचाहिं सबै कुराको लागि उपयोगी हुन्छ । यसमा यो अहिलेको जीवन र आउने जीवनको लागि प्रतिज्ञा रहेको हुन्छ ।9यो सन्‍देश भरोसायोग्य र पूरा स्वीकारको योग्य छ । 10किनकि यसैको लागि हामी संघर्ष र कठिन परिश्रम गर्छौं । किनकि हामी जीवित परमेश्‍वरमा भरोसा गर्छौं, जो सबै मानिसहरू, विशेष गरी विश्‍वासीहरूका उद्धारकर्ता हुनुहुन्छ ।11यी कुराहरू घोषणा गर र सिकाऊ । 12कसैले पनि तिम्रो जवानीलाई तुच्‍छ नठानोस् । बरू, तिमी विश्‍वास गर्नेहरूको लागि वचनमा, व्यवहारमा, प्रेममा, विश्‍वासमा, र पवित्रतामा उदाहरण होऊ । 13म नआउँदासम्म वचन पढाइमा, अर्ती दिने कुरामा, र शिक्षा दिने कुरामा ध्‍यान देऊ ।14तिमीमा भएको वरदानलाई हेला नगर, जुन वरदान एल्‍डरहरूले हात राखेर अगमवाणीद्वारा तिमीलाई दिइएको थियो । 15यी कुराहरूको ख्याल राख । तिनीहरूमा लागिबस, ताकि तिम्रो प्रगति सबै मानिसहरूको सामु प्रकट होस् । 16आफैँलाई र आफ्‍नो शिक्षालाई होसियारीसाथ ध्यान देऊ । यी कुराहरूमा निरन्तर ध्यान देऊ । किनकि यसो गर्नाले तिमीले आफुलाई र तिम्रो वचन सुन्‍नेहरूलाई बचाउने छौ ।
51वृद्धमानिसलाई नहप्काऊ । बरू आफ्नै बाबुलाई झैं सम्‍झाऊ । जवानहरूलाई आफ्नै भाइहरूझैं, 2वृद्ध स्‍‍‍त्रीहरूलाई आमालाई झैं, र जवान स्‍‍‍त्रीहरूलाई सारा शुद्धतामा दिदीबहिनीलाई झैं सम्‍झाऊ ।3जो साँचो विधवाहरू हुन्, तिनीहरूको आदर गर । 4तर यदि कुनै विधवाको छोराछोरी वा नातिनातिनीहरू छन् भने तिनीहरूको घरानामा नै पहिला तिनीहरूले आदर देखाउन सिकून । तिनीहरूले आफ्ना आमाबाबुहरूको ऋण चुकाऊन्, किनभने यो चाहिं परमेश्‍वरलाई खुसी तुल्‍याउने कुरा हो ।5तर वास्तविक विधवा, जो एक्लै छोडिइन्, तिनले आफ्नो भरोसा परमेश्‍वरमा राखेकी छिन् र रातदिन बिन्ती र प्रार्थनामा निरन्तर लागिरहन्‍छिन् । 6तैपनि मोजमस्तीको लागि जिउने स्‍‍‍त्री जिउँदै मरेकी जस्‍तै हुन्‍छिन् ।7यी निर्देशनहरू पनि देऊ, ताकि तिनीहरू दोषरहित होऊन् । 8तर यदि कसैले आफ्ना नातेदारहरू विशेषगरी आफ्नै घरानाहरूको लागि जुटाउँदैन भने त्यसले विश्‍वासलाई इन्कार गरेको हुन्छ र एउटा विश्‍वास नगर्ने भन्दा पनि खराब हुन्छ ।9साठी वर्षभन्दा कम उमेर नभएकी, एउटै पतिको पत्‍नी भएर बसेकी स्‍‍‍त्रीलाई मात्र विधवाको सूचीमा राख्‍नू । 10तिनी असल कामहरूले चिनिएकी हुनुपर्छ चाहे तिनले छोराछोरीहरूको वास्ता गरेकी हुन् वा परदेशीहरूको सत्कार गरेकी हुन्, वा परमेश्‍वरका पवित्र जनहरूका खुट्टा धोएकी हुन् वा सबै असल काममा समर्पित भएकी हुन् ।11तर जवान विधवाहरुलाई सूचीमा लेख्‍न इन्कार गर । किनकि जब तिनीहरूले ख्रीष्‍ट विरूद्ध शारीरिक अभिलाषाको अघि हार खान्‍छन्, तिनीहरूले विवाह गर्ने इच्छा गर्छन् । 12यसरी तिनीहरूले पहिलेको प्रतिबद्धता तोडेर दोषको वशमा पर्छन् । 13त्यस्तै तिनीहरू अल्छी गर्ने पनि हुन्छन् र घर-घर चहार्ने हुन्छन् । तिनीहरू अल्छी गर्ने मात्र होइन तर तिनीहरूले भन्‍न नहुने कुरा भन्दै कुरौटे र अर्काको काममा हस्‍तक्षेप गर्ने पनि बन्‍छन् ।14यसकारण म चाहन्छु जवान स्‍‍‍‍त्रीहरूले विवाह गरून्, बालबच्‍चा जन्माउन्, घरबार चलाऊन्, र हाम्रा विरोधीहरूलाई हामीमाथि दोष लगाउने मौका नदिऊन् । 15किनकि कोही त अघि नै शैतानको पछि लागिसकेका छन् । 16यदि कोही विश्‍वासी स्‍‍त्रीसँग विधवाहरू छन् भने तिनले तिनीहरूलाई सहायता गरून्, ताकि मण्डलीलाई बोझ नहोस्, ताकि यसले वास्तविक विधवाहरूको सहायता गर्न सकोस् ।17असल तरिकाले प्रशासन चलाउने एल्डरहरू दोब्बर आदरकायोग्य ठानिऊन्, विशेषगरी उहाँहरू जसले वचन र शिक्षा दिने काम गर्नुहुन्छ । 18किनकि पवित्रशास्‍‍त्र भन्छ, “तिमीहरूले दाँइ गर्दै गरेको गोरुको मुखमा मोहोलो नलगाऔ” र “कामदार त्यसको ज्यालाको योग्य हुन्छ ।”19दुई वा तीन जना साक्षीहरू बिना एउटा एल्डरको विरूद्ध लगाइएको आरोप स्वीकार नगर । 20पापीहरूलाई सबैको सामु सुधार गर ताकि बाँकी रहेकाहरू पनि डराऊन् ।21परमेश्‍वरको, ख्रीष्‍ट येशूको र चुनिएको स्वर्गदूतहरूको सामु म तिमीलाई निष्‍ठापूर्वक आज्ञा दिन्छु कि यी नियमहरू बिना भेदभाव पालना गर र तिमीले कुनै पनि कुरामा पक्षपात नगर । 22कसैमाथि पनि हात राख्‍न हतार नगर । अरूको पापमा सहभागी नहोऊ । तिमीले आफैंलाई पवित्र राख्‍नुपर्छ ।23तिमीले पानी मात्र नपिउनू । बरू त्‍यसको सट्टा पेट र तिम्रो घरिघरि हुने बिमारीको निम्ति थोरै दाखमद्य खाने गर । 24केही मानिसहरूका पापहरू स्पष्‍ट थाहा हुन्छन् र ती पापहरू तिनीहरू अघि नै न्यायमा जान्छन् । तर केही पापहरू पछि मात्र जान्छन् । 25त्यसैगरी केही असल कामहरू स्पष्‍ट थाहा हुन्छन्, तर अरूहरूलाई पनि लुकाएर राख्‍न सकिंदैन।
61दासहरूको रूपमा जुवामुनि भएका सबैले आफ्‍ना मालिकहरूलाई पूरा सम्मानको योग्य सम्‍झून् । तिनीहरूले त्‍यसो गर्नुपर्छ ताकिे परमेश्‍वरको नाउँ र शिक्षा निन्‍दित नहोस् । 2विश्‍वास गर्ने मालिक भएका दासहरूले तिनीहरू दाजुभाइ हुन् भन्‍दैमा अवहेलना गर्नुहुँदैन । बरू तिनीहरूले अझ बढी सेवा गर्नुपर्छ । किनकि तिनीहरूका कामद्वारा सहयोग पाउने मालिकहरू विश्‍वासीहरू र प्रियहरू हुन् । यी कुराहरू सिकाऊ र घोषणा गर ।3यदि कसैले झुटो शिक्षा सिकाउँछ र हाम्रो प्रभु येशू ख्रीष्‍टको उचित वचन र ईश्‍वरीय शिक्षासँग सहमत हुँदैन भने 4त्‍यो घमण्डी हो र केही पनि जान्दैन । त्यसको विवादास्पद कुराहरूमा र शब्दहरूको बारेमा भएका तर्क वितर्कमा अस्वस्थ रुची हुन्छ जसको परिणाम डाह, कलह, बदनामी, खराब शंकाहरू र, 5भ्रष्‍ट वुद्धि भएका मानिसहरूले बीचमा वादविवाद हुन्छ । तिनीहरूले सत्यतालाई गुमाएका छन् र तिनीहरू भक्तिलाई धनी हुने बाटो सम्‍झन्‍छन् । 16अब सन्तुष्‍टिसहितको भक्ति नै ठूलो लाभ हो, 7किनकि हामीले संसारमा केही ल्‍याएनौं र यहाँबाट केही लान सक्‍दैनौं । 8बरू हामी खानेकुरा र कपडाहरूमा सन्तुष्‍ट होऔं ।9अब धनी हुन चाहनेहरू परिक्षामा पर्छन्, पासोमा फस्‍छन् । तिनीहरू धेरै मूर्ख र हानिकारक वासनाहरूमा, र मानिसलाई बर्वादी र विनाशमा डुबाउने अरू जुनसुकै कुराहरूमा फस्छन् । 10किनकि रूपैयाँ पैसाको मोह नै सबै किसिमको खराबीहरूको जड हो । यसको चाह गर्ने केही मानिसबाट विश्‍वासबाट टाढा भडकाइएका छन् र धेरै पीडाले आफैंलाई घोचेको छन् ।11तर तिमी, परमेश्‍वरका जन, यी कुराहरूबाट भाग । धार्मिकता, भक्ति, विश्‍वासयोग्यता, प्रेम, धैर्यता र नम्रताको पछि लाग । 12विश्‍वासको उत्तम लडाई लड । अनन्त जीवनलाई पक्री राख जसका लागि तिमी बोलाइएका थियौ, र जसको बारेमा धेरै गवाहहरूको सामु तिमीले असल गवाही दियौ।13सबै कुराहरूलाई अस्‍तित्वमा ल्‍याउनु हुने परमेश्‍वर र पन्‍तियस पिलातसको अघि असल गवाही दिनुहुने ख्रीष्‍ट येशूको अगाडि म तिमीलाई यी आज्ञाहरू दिन्छु कि 14यस आज्ञालाई हाम्रा प्रभु येशू ख्रीष्‍ट देखा नपरुन्जेल खोटरहित र दोषरहित राख ।15परमेश्‍वरले उपयुक्त समयमा ख्रीष्‍टको आगमनलाई प्रकट गर्नुहुनेछ जो परमेश्‍वर, धन्य र सर्वशक्‍तिमान्, राज्‍य गर्ने राजा, शासन गर्ने परमप्रभु हुनुहुन्छ। 16केवल उहाँ मात्र अमर हुनुहुन्छ र कोही पनि जान नसक्‍ने ज्योतिमा वास गर्नुहुन्छ । नत उहाँलाई कसैले देखेको छ नत देख्‍न सक्छ । उहाँलाई नै आदर र अनन्त शक्‍ति होस् । आमेन ।17यस संसारका धनीहरूलाई, घमण्ड नगर्न र अनिश्‍चित सम्पत्तिमा आशा नगर्न भन । बरु तिनीहरूले परमेश्‍वरमा आशा राख्नुपर्छ । उहाँले हामीलाई सबै साँचो सम्पत्तिहरू आनन्दका लागि दिनुहुन्छ । 18तिनीहरूलाई असल काम गर्न, असल काममा धनी हुन, उदार हुन र बाँडचुड गर्ने इच्छा गर्न भन । 19यसरी तिनीहरूले आउने कुराको लागि असल जग आफ्नो लागि भण्‍डार गर्नेछन् ताकि तिनीहरूले साँचो जीवनलाई पक्रिराखून् ।20तिमोथी, तिमीलाई दिइएको कुरा सुरक्षित राख । मूर्खतापूर्ण बातचित र विरोधाभाषपूर्ण विचारहरू जुन झुटो ज्ञान हो, तीबाट अलग बस । 21कोही मानिसहरू यी कुराहरूको घोषणा गर्छन् र यसरी तिनीहरू विश्‍वासबाट चुकेका छन् । तिमीसँग अनुग्रह रहिरहोस् ।

1केही पुराना प्रतिलिपिमा यो उपदेश थपिएको छ यस्ता कुराहरूबाट टाढै बस । तर मुख्य प्राचीन प्रतिलिपिमा यो छैन ।