Nepali: Unlocked Literal Bible for पत्रुसको पहिलो पत्र

Formatted for Translators

©2022 Wycliffe Associates
Released under a Creative Commons Attribution-ShareAlike 4.0 International License.
Bible Text: The English Unlocked Literal Bible (ULB)
©2017 Wycliffe Associates
Available at https://bibleineverylanguage.org/translations
The English Unlocked Literal Bible is based on the unfoldingWord® Literal Text, CC BY-SA 4.0. The original work of the unfoldingWord® Literal Text is available at https://unfoldingword.bible/ult/.
The ULB is licensed under the Creative Commons Attribution-ShareAlike 4.0 International License.
Notes: English ULB Translation Notes
©2017 Wycliffe Associates
Available at https://bibleineverylanguage.org/translations
The English ULB Translation Notes is based on the unfoldingWord translationNotes, under CC BY-SA 4.0. The original unfoldingWord work is available at https://unfoldingword.bible/utn.
The ULB Notes is licensed under the Creative Commons Attribution-ShareAlike 4.0 International License.
To view a copy of the CC BY-SA 4.0 license visit http://creativecommons.org/licenses/by-sa/4.0/
Below is a human-readable summary of (and not a substitute for) the license.
You are free to:
The licensor cannot revoke these freedoms as long as you follow the license terms.
Under the following conditions:
Notices:
You do not have to comply with the license for elements of the material in the public domain or where your use is permitted by an applicable exception or limitation.
No warranties are given. The license may not give you all of the permissions necessary for your intended use. For example, other rights such as publicity, privacy, or moral rights may limit how you use the material.

पत्रुसको पहिलो पत्र

11येशू ख्रीष्‍टका प्रेरित पत्रुसबाट पोन्टस, गलातिया, कापाडोकिया, एसिया र बिथिनियाभरि छरिएर रहेका परदेशीहरूलाई, 2येशू ख्रीष्‍टप्रतिको आज्ञाकारिता र उहाँको रगतको छिट्काइको निम्ति परमेश्‍वर पिताको पूर्वज्ञानअनुसार पवित्र आत्माको शुद्धिकरणद्वारा चुनिएकाहरू, तिमीहरूमा अनुग्रह होस् र तिमीहरूको शान्तिको वृद्धि होस् ।3परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टका पिताको प्रशंसा होस्! उहाँको महान् दयामा, मृतकहरूबाट येशू ख्रीष्‍टको पुनरुत्थानद्वारा जीवित आशाको निश्‍चयताको लागि उहाँले हामीलाई नयाँ जन्म दिनुभएको छ । 4यो उत्तराधिकारको लागि हो जुन नष्‍ट हुने छैन, दाग लाग्‍ने छैन, र बिलाएर जाने छैन। यो तिमीहरूका निम्ति स्वर्गमा संरक्षित छ । 5अन्तिम समयमा प्रकट हुने उद्धारको निम्ति तिमीहरू विश्‍वासद्वारा परमेश्‍वरको शक्‍तिबाट सुरक्षित राखिएका छौ ।6अहिले तिमीहरूले धेरै विभिन्‍न किसिमका कष्‍टमा उदास अनुभव गर्न जरुरी भए तापनि तिमीहरू यसमा धेरै रमाउँछौ । 7तिमीहरूको विश्‍वास जाँचियोस् भनेर यो भएको हो, जुन विश्‍वास आगोमा नष्‍ट भएर जाने सुनभन्दा धेरै बहुमूल्य छ । येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा तिमीहरूको विश्‍वास स्थापित भएर यसले प्रशंसा, महिमा र आदर उत्पन्‍न गरोस् भनेर यसो भएको हो ।8तिमीहरूले उहाँलाई देखेका छैनौ, तर तिमीहरू उहाँलाई प्रेम गर्छौ । तिमीहरू अहिले उहाँलाई देख्‍दैनौ, तर तिमीहरू उहाँमा विश्‍वास गर्छौ र व्यक्त गर्न नसकिने महिमाले भरिपूर्ण आनन्दमा तिमीहरू धेरै खुसी छौ । 9अहिले तिमीहरूले आफ्नै निम्ति तिमीहरूको विश्‍वासको प्रतिफल पाइरहेका छौ, जुनचाहिं तिमीहरूका प्राणको मुक्ति हो । 10यही मुक्तिको विषयमा, तिमीहरूका निम्ति हुन आउने अनुग्रहको बारेमा अगमवाणी गर्ने अगमवक्ताहरूले लगनशीलतापूर्वक खोजतलास र ध्यानसित जाँच गरे,11यो जाँच गर्दै कुन व्यक्ति वा समयको बारेमा, तिनीहरूमा भएको ख्रीष्‍टको आत्माले अघि नै ख्रीष्‍टको कष्‍टहरू र त्यसपछि हुन आउने महिमाहरूको बारेमा साक्षी दिंदै हुनुहुन्थ्यो भनेर तिनीहरूले खोजी गरे । 12यो तिनीहरूलाई प्रकट गरिएको थियो कि तिनीहरू आफ्नै लागि होइन तर तिमीहरूका लागि सेवा गरिरहेका थिए जब तिनीहरूले स्वर्गबाट पठाइनुभएका पवित्र आत्माबाट तिमीहरूलाई सुसमाचार प्रचार गर्नेहरूद्वारा तिमीहरूलाई बताइएको कुराहरू भने—जुन स्वर्गदूतहरूले हेर्न इच्छा गर्छन् ।13त्यसकारण, तिमीहरूका मनलाई बाँध । सचेत होओ । येशू ख्रीष्‍ट तिमीहरूकहाँ प्रकट हुनुहुँदा तिमीहरूकहाँ ल्याइने अनुग्रहमा पूर्ण आशा राख । 14आज्ञाकारी छोराछोरीहरूजस्तै तिमीहरू अन्जान हुँदा तिमीहरूले पछ्‍याएका इच्छाहरूमा आफैलाई नसुम्‍प ।15तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू पनि आ-आफ्ना सबै व्यवहारमा पवित्र होओ । 16किनकि यस्तो लेखिएको छ, “तिमीहरू पवित्र होओ किनभने म पवित्र छु ।” 17प्रत्येक व्‍यक्तिलाई त्यसको कामअनुसार भेदभाव नगरी न्याय गर्नुहुनेलाई तिमीहरू “पिता” भन्छौ भने, आफ्नो यात्राको समय आदरमा बिताओ ।18तिमीहरूलाई थाहा छ, कि नष्‍ट भएर जाने चाँदी वा सुनबाट तिमीहरूले तिमीहरूका पितापुर्खाहरूबाट सिकेका मूर्ख बानीहरूबाट छुटकारा पाएका होइनौ । 19बरु तिमीहरूले ख्रीष्‍टको अनमोल रगतद्वारा छुटकारा पाएका छौ, जो दोषरहित र दागरहित थुमा हुनुहुन्थ्यो ।20येशू संसारको जग बसालिनुभन्दा पहिले नै छानिनुभएको थियो, तर यी अन्तिम समयहरूमा उहाँ तिमीहरूका निम्ति प्रकट गरिनुभएको छ । 21तिमीहरू उहाँद्वारा परमेश्‍वरमा विश्‍वास गर्छौ, जसलाई तिमीहरूका विश्‍वास र आशा परमेश्‍वरमा रहून् भनेर परमेश्‍वरले मृतकहरूबाट पुनर्जीवित पार्नुभयो र उहाँलाई महिमा दिनुभयो ।22सत्यताप्रतिको आज्ञाकारिताद्वारा तिमीहरूले आफ्नो प्राण शुद्ध बनायौ । यो निष्कपट भातृ-प्रेमको निम्ति थियो; त्यसैले हृदयबाट एक-अर्कालाई गहिरो प्रेम गर ।1 23तिमीहरू नयाँ गरी जन्मेका छौ, त्यो नाशवान् वीर्यबाट होइन, तर जीवित र रहिरहने परमेश्‍वरको वचनको अविनाशी वीर्यबाट ।24किनकि “सबै देह घाँसजस्तै हुन् र तिनका सबै महिमा घाँसका जंगली फुलजस्तै हुन् । घाँस सुक्छ र फुल ओइलाउँछ, 25तर प्रभुको वचन सदासर्वदा रहिरहन्छ ।" यही वचन सुसमाचार हो जसलाई तिमीहरूकहाँ घोषणा गरिएको थियो ।

1केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरूमा पाउँछौं, आत्माद्वारा सत्यताप्रतिको आज्ञाकारिताद्वारा तिमीहरूले आफ्नो प्राण शुद्ध बनायौ

21त्यसकारण सबै दुष्‍ट्‍याइँ, छल, पाखण्डीपन, डाहा र बदख्वाइँलाई टाढै राख । 2नवजात शिशुहरूले जस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर ताकि तिमीहरू त्यसबाट मुक्तिमा बढ्न सक, 3यदि तिमीहरूले प्रभु भला हुनुहुन्छ भनी चाखेका छौ भने,4उहाँमा आओ, जो मानिसहरूद्वारा इन्कार गरिनुभएका जीवित पत्थर हुनुहुन्छ, तर त्यही पत्थर परमेश्‍वरबाट बहुमूल्य पत्थरको रूपमा चुनिएको छ । 5तिमीहरू पनि येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको निम्ति ग्रहणयोग्य आत्मिक बलिदानहरू चढाउने पवित्र पूजाहारीहरू हुनको निम्ति आत्मिक भवन निर्माण गर्ने जीवित पत्थरहरूजस्तै हौ ।6धर्मशास्‍‍त्रमा यो पाउँछौं, “हेर म सियोनमा चुनिएको र बहुमूल्य एउटा कुने-ढुङ्गो बसाल्दैछु । जसले उहाँमाथि विश्‍वास गर्छ, त्यो शर्ममा पर्नेछैन ।”7त्यसैले तिमीहरू जसले विश्‍वास गर्छौ तिमीहरूको निम्ति आदर छ । तर जसले विश्‍वास गर्दैन, “त्यो नै कुनाको शिर-ढुङ्गा भएको छ जुन ढुङ्गालाई निर्माणकर्ताहरूले इन्कार गरे ,” 8र “एउटा ठक्‍कर लाग्‍ने ढुङ्गा र तिनीहरूलाई लडाउने एउटा चट्टान ।” वचन उल्लङ्घन गरेको कारण तिनीहरू ठक्‍कर खान्छन् जसको निम्ति तिनीहरू नियुक्त गरिएका थिए ।9तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ ताकि तिमीहरूलाई अन्धकारबाट बोलाई उहाँको उदेकको ज्योतिमा ल्याउनुहुनेका आश्‍चर्यकर्महरूको घोषणा गर्न सक । 10तिमीहरू एक समय परमेश्‍वरका थिएनौ, तर अब परमेश्‍वरका प्रजाहरू हौ । तिमीहरूले कृपा पाएका थिएनौ, तर अहिले कृपा पाएका छौ ।11प्रिय हो, तिमीहरूका प्राणको विरुद्धमा लडाइँ गर्ने सांसारिक इच्छाबाट टाढा रहनको निम्ति परदेशीहरू र प्रवासीहरूलाई झैं म तिमीहरूलाई बोलाउँछु । 12गैर-यहूदीहरूका बीचमा तिमीहरूको व्यवहार असल होस् ताकि तिमीहरूले दुष्‍ट काम गरेका छौ भनेर तिनीहरूले भने तापनि तिमीहरूका राम्रा कामहरू देखेर तिनीहरूले उहाँको आगमनमा परमेश्‍वरको महिमा गरून् ।13प्रभुको खातिर सबै मानवीय अधिकारको आज्ञापालन गर । सर्वोच्‍चको रूपमा राजालाई, 14र शासकहरूलाई, जो नराम्रो काम गर्नेहरूलाई सजाय दिन र असल काम गर्नेहरूको प्रशंसा गर्न पठाइएका हुन्छन्, ती दुवैको आज्ञापालन गर । 15किनकि परमेश्‍वरको इच्छा यही हो कि असल काम गरेर तिमीहरूले मूर्ख मानिसहरूका अज्ञानतालाई चुप लगाउनुपर्छ । 16स्वतन्‍‍त्र मानिसहरूझैं तिमीहरूको स्वतन्‍‍त्रता दुष्‍टतालाई ढाक्‍नको निम्ति प्रयोग नगर, तर परमेश्‍वरका सेवकहरूजस्तै बन । 17सबै मानिसको आदर गर । भातृत्वलाई प्रेम गर । परमेश्‍वरको भय मान । राजाको आदर गर ।18सेवकहरू हो, सम्पूर्ण आदरसाथ आफ्ना मालिकहरूको अधीनमा बस । असल र भला मालिकहरूको मात्र होइन, तर दुष्‍ट मालिकहरूको पनि अधीनमा बस । 19किनकि कोही व्यक्‍ति त्यसको परमेश्‍वरप्रतिको सचेतताको कारण अन्यायमा परेको बेला पनि कष्‍ट सहन्छ भने त्यो प्रशंसनीय कुरो हो । 20किनकि यदि तिमीहरूले पाप गरेर सजाय पाउँदा सहन्छौ भने त्यो कुन ठुलो कुरा भयो र? तर यदि तिमीहरूले असल गरेर पनि सजाय पाउँदा सहन्छौ भने त्यो परमेश्‍वरमा प्रशंसनीय हुन्छ ।21यसैको निम्ति तिमीहरू बोलाइएका थियौ, किनभने ख्रीष्‍टले पनि तिमीहरूका निम्ति दुःख भोग्‍नुभयो । तिमीहरूले उहाँका पाइला पछ्‍याओ भनेर तिमीहरूका निम्ति उदाहरण छोड्नुभयो । 22उहाँले कुनै पाप गर्नुभएन, न उहाँका मुखमा कुनै छलको कुरो पाइयो । 23उहाँको अपमान हुँदा उहाँले त्यसको बदला लिनुभएन तर उहाँले उचित न्याय गर्नुहुनेकहाँ आफैलाई सुम्पिनुभयो ।24हामी पापको भागीदार नबनौं र धार्मिकताको खातिर जिऔं भनेर उहाँले हाम्रा सबै पाप आफ्नो शरीरमा बोकी क्रूसमा चढ्नुभयो । उहाँका चोटहरूले तिमीहरू निको भएका छौ । 25तिमीहरू सबै हराएका भेडाझैं भौतारिंदै थियौ, तर अब तिमीहरू आफ्ना प्रणका गोठालो र अभिभावककहाँ फर्किएका छौ ।
31यसरी नै पत्‍नीहरू हो, तिमीहरूका आ-आफ्ना पतिको अधीनमा रहो, ताकि यदि कोही वचनमा आज्ञाकारी छैन भने तापनि तिनीहरूका पत्‍नीहरूको आचरणको कारण तिनीहरूलाई वचनैविना जित्‍न सकिन्छ । 2किनकि तिनीहरूले तिमीहरूका शुद्ध आचरणलाई सम्मानसाथ हेर्नेछन् ।3यो केशको श्रङ्गार, सुनका गरगहनाहरू वा श्रङ्गारका वस्‍‍त्रहरूजस्ता बाहिरी सजावटद्वारा नगर । 4बरु हृदयको भित्री व्यक्तिद्वारा र भलो र शान्त आत्माको सदैव रहने सौन्दर्यद्वारा यसो गर जुन परमेश्‍वरको सामु अनमोल छ ।5किनकि पहिले यसरी नै परमेश्‍वरमा आशा राख्‍ने पवित्र स्‍‍त्रीहरूले आफ्ना पतिहरूका अधीनमा रहेर आफ्नो श्रङ्गार गर्थे । 6यसरी नै सारा अब्राहामप्रति आज्ञाकारी हुन्थिन् र तिनलाई “स्वामी” भनेर बोलाउँथिन् । अब यदि तिमीहरूले जे असल छ त्यही गर्‍यौ र समस्याहरूसँग डराएनौ भने तिमीहरू तिनकै छोरीहरू ठहरिन्छौ ।7त्यसरी नै पतिहरू हो, तिमीहरू आफ्ना पत्‍नीहरूलाई कमजोर भाँडाजस्तै भएकी एक स्‍‍त्री सम्झेर तिनीहरूसँग बस्‍नुपर्छ । तिमीहरूले जीवनको अनुग्रह प्राप्‍त गर्ने सङ्गी साझेदारजस्तै तिनीहरूलाई आदर दिनुपर्छ । यसो गर ताकि तिमीहरूका प्रार्थनामा अवरोध नहोस् ।8अन्त्यमा, तिमीहरू सबै एकै मनका, दयावान्, दाजुभाइहरूजस्तै प्रेमिलो, कोमल हृदयका र नम्र होओ । 9खराबीको बदला खराबी र अपमानको बदला अपमान नगर । त्यसको विपरीत निरन्तर आशीर्वाद देओ किनभने तिमीहरू यसैको निम्ति बोलाइएका हौ कि तिमीहरूले आशिष् प्राप्‍त गर्न सक ।10“जसले आफ्नो जीवनलाई प्रेम गर्न र असल दिनहरू देख्‍ने इच्छा गर्छ त्यसले आफ्नो जिब्रोलाई खराबबाट र त्यसका ओठहरूलाई छली कुरा बोल्नबाट रोक्नुपर्छ । 11त्यो खराब कुराहरूबाट फर्की जे असल छ त्यही गरोस् । त्यसले शान्तिको खोजी गरोस् र त्यसैमा लागिरहोस् । 12प्रभुका आँखाहरूले धर्मीलाई देख्छन्, उहाँका कानहरूले तिनीहरूका निवेदनहरू सुन्छन् । तर प्रभुको मुहार खराबी गर्नेहरूको विरुद्धमा हुन्छ ।”13तिमीहरूले असल गर्ने चाहना गर्दा तिमीहरूलाई कसले खराबी गर्छ? 14तर यदि तिमीहरू धार्मिकताको लागि सताइन्‍छौ भने तिमी आशिषित् छौ । तिनीहरू डराउने कुरादेखि नडराओ । हतास नहोओ ।15बरु, प्रभु येशूलाई पवित्र मानेर तिमीहरूका हृदयमा राख । तिमीहरूसँग भएको आशाको बारेमा सोध्‍ने हरेकलाई जवाफ दिन सधैं तयार बस । यो नम्रता र आदरपूर्वक गर । 16असल विवेक कायम राख ताकि ख्रीष्‍टमा तिमीहरूका असल जीवनको निन्दा गर्नेहरू लाजमा परून्, किनभने तिनीहरूले तिमीहरूको विरुद्धमा कुरा गरिरहेका छन् मानौं तिमीहरू दुष्‍ट मानिसहरू थियौ । 17यदि परमेश्‍वरले इच्छा गर्नुहुन्छ भने तिमीहरूले खराब काम गरेर दुःख भोग्‍नुभन्दा असल काम गरेर दुःख भोग्‍नु, त्यो असल हो ।18ख्रीष्‍टले पनि पापहरूका निम्ति एकै पटक दुःख भोग्‍नुभयो । धर्मी भएर पनि उहाँले हामीलाई परमेश्‍वरमा ल्याउनको निम्ति हामी अधर्मीहरूका लागि दुःख भोग्‍नुभयो । उहाँले शारीरिक रूपमा मृत्यु वरण गर्नुभयो, तर उहाँ पवित्र आत्मामा जीवित पारिनुभयो । 19पवित्रआत्माद्वारा उहाँ जानुभयो र कैदमा परेका आत्माहरूलाई प्रचार गर्नुभयो । 20नोआको समयमा जहाज बनाइँदै गरेका दिनहरूमा परमेश्‍वरले धैर्य गरेर पर्खिरहेको बेला तिनीहरू आज्ञाकारी भएनन्, र परमेश्‍वरले केही मानिसहरू—आठ आत्माहरूलाई— पानीबाट बचाउनुभयो ।21यो अहिले तिमीहरूलाई बचाउने बप्‍तिस्माको एउटा सङ्केत हो—जुनचाहिं शरीरबाट फोहोर सफा गरेजस्तो नभई—येशू ख्रीष्‍टको पुनरुत्थानद्वारा परमेश्‍वरमा असल विवेकको निवेदनको रूपमा हो । 22ख्रीष्‍ट परमेश्‍वरको दाहिने हातपट्टि हुनुहुन्छ । उहाँ स्वर्गमा जानुभयो । स्वर्गदूतहरू, अधिकारहरू र शक्‍तिहरू उहाँमा झुक्‍नुपर्छ ।
41यसैकारण, जसरी ख्रीष्‍टले शरीरमा दुःख भोग्‍नुभयो, तिमीहरूले पनि त्यस्तै उद्देश्य धारण गर । किनकि जसले शरीरमा दुःख भोगेको छ त्यसले पाप गर्न छोडेको हुन्छ । 2परिणामस्वरूप त्यो व्यक्‍ति शरीरमा हुँदाको बाँकी समय, मानवीय अभिलाषाको निम्ति होइन, तर परमेश्‍वरको इच्छाको निम्ति जिउँछ ।3गैर-यहूदीहरूले इच्छा गरेजस्तो कामुकता, कुवासना, मद्यपान, मद्यले मातेर मनाइएका उत्सवहरू, असभ्य भोजहरू अनि घृणित मूर्तिपूजाहरूमा तिमीहरूले धेरै समय खर्च गरेका छौ । 4तिमीहरू यी लापर्वाह व्यवहारको बाढीहरूमा तिनीहरूसँग सहमत नभएको कारण तिनीहरू अचम्म मान्छन्, त्यसैले तिनीहरूले तिमीहरूको बारेमा खराब कुरा गर्छन् । 5तिनीहरूले जीवित र मरेकाहरूको न्याय गर्न तयार हुनुहुनेलाई लेखा दिनेछन् । 6त्यसैले मरिसकेकाहरूलाई पनि यो सुसमाचार प्रचार गरिएको थियो ताकि शरीरमा मानिसको रूपमा तिनीहरूको न्याय गरिएको भए तापनि आत्मामा तिनीहरू परमेश्‍वर जसरी आत्मामा जिऊन् ।7सबै कुराको अन्त्य आउँदैछ । त्यसैले मन ठिक ठाउँमा लगाओ र प्रार्थनाका खातिर आफ्नो विचारमा सचेत रहो । 8सबै कुराभन्दा बढी एक-अर्कालाई उत्कट प्रेम गर, किनकि प्रेमले धैरै पापहरूलाई ढाक्छ । 9गनगन नगरी एक-अर्काको अतिथि सत्कार गर ।10जसरी तिमीहरू प्रत्येकले वरदान पाएका छौ, यसको विभिन्‍न रूपहरूमा परमेश्‍वरको अनुग्रहको विश्‍वासयोग्यताका साथ व्यवस्थापन गर्दै, यसलाई एक-अर्काको सेवाको लागि प्रयोग गर । 11यदि कोही बोल्‍छ भने त्यसले परमेश्‍वरको वचनद्वारा बोलोस् । यदि कसैले सेवा गर्छ भने त्यसले परमेश्‍वरले दिनुहुने शक्‍तिमा गरोस् ।यी कुराहरू गर ताकि सबै कुरामा येशू ख्रीष्‍टद्वारा परमेश्‍वर महिमित हुनुभएको होस् । येशू ख्रीष्‍टलाई नै महिमा र शक्‍ति सदासर्वदा होस् । आमेन ।12प्रिय हो, तिमीहरूलाई केही अनौठो कुरा भइरहेजस्तै तिमीहरूलाई परेको अग्‍निमय परीक्षालाई अनौठो नसम्झ । 13बरु जति धेरै तिमीहरू ख्रीष्‍टको दुःख भोग्‍छौ, त्यति रमाओ ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि रमाउन र आनन्द मनाउन सक्‍नेछौं । 14तिमीहरू ख्रीष्‍टको नाउँको कारण अपमानित हुन्छौ भने तिमीहरू धन्यका हौ, किनभने महिमाका आत्मा र परमेश्‍वरका आत्मा तिमीहरूमाथि रहनुहुन्छ ।15तर तिमीहरू कसैले पनि हत्यारा, चोर, खराबी गर्ने अथवा अर्काको कुरामा हात हाल्ने व्यक्‍तिको रूपमा दुःख भोग्‍नु नपरोस् । 16तरै पनि ख्रीष्‍टियान भएको कारणले कसैले पीडा भोग्छ भने त्यसले लाज नमानोस्; बरु त्यही नाममा परमेश्‍वरको महिमा गरोस् ।17किनकि यो परमेश्‍वरको घरानाबाट न्याय सुरु हुने समय हो । अनि यदि न्याय हामीबाट सुरु हुन्छ भने, परमेश्‍वरको सुसमाचार नमान्‍नेको अवस्था कस्तो होला? 18अनि “धर्मी जनको उद्धार हुनु नै कठिन छ भने, अधर्मी र पापीको अवस्था के होला?” 19त्यसैले परमेश्‍वरको इच्छामा दुःख भोग्‍नेहरूले असल काम गर्दै आफ्नो प्राण विश्‍वासयोग्य सृष्‍टिकर्तालाई सुम्पून् ।
51सङ्गी-एल्डर र ख्रीष्‍टका कष्‍ट अनि प्रकट हुने महिमामा सहभागी भएको व्यक्‍तिको हैसियतले म तिमीहरूका माझमा भएका एल्डरहरूलाई आग्रह गर्दैछुः 2तिमीहरूको हेरचाहमा रहेको परमेश्‍वरको बगालको गोठालो होओ, निरीक्षकको रूपमा सेवा गर्दै—करले होइन तर तिमीहरूका आफ्नै र परमेश्‍वरको इच्छाअनुसार—बेइमानीपूर्वक कमाइने पैसाको लागि होइन, तर स्वेच्छाले । 3तिमीहरूको हेरचाहमा रहेका मानिसहरूमाथि मालिकजस्तो व्यवहार नगर । बरु, बगालको लागि उदाहरण बन । 4तब मुख्य गोठालो प्रकट हुनुहुँदा तिमीहरूले कहिल्यै नाश नहुने महिमित मुकुट पाउनेछौ ।5त्यसैगरी, तिमी युवकहरू, वृद्धहरूको अधीनमा बस । तिमीहरू सबैले, विनम्रताको वस्‍‍त्र धारण गर र एक-अर्काको सेवा गर । किनकि परमेश्‍वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई उहाँले अनुग्रह गर्नुहुन्छ । 6त्यसकारण उहाँको शक्‍तिशाली बाहुलीमुनि आफैंलाई नम्र तुल्याओ, ताकि उहाँले उचित समयमा तिमीहरूलाई उच्‍च पार्नुहुनेछ । 7तिम्रा सबै चिन्ता-फिक्री उहाँलाई सुम्पिदेओ किनभने उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ ।8सचेत रहो, जागा रहो । तिमीहरूको शत्रु दियाबलस कसैलाई भेटेर निल्नको निम्ति गर्जने सिंहझैं खोजिरहेको छ । 9त्यसको विरुद्धमा खडा होओ । तिमीहरूको विश्‍वासमा दह्रिलो बन । तिमीहरू जान्दछौ कि संसारमा भएका तिमीहरूका समुदायका विश्‍वासीहरू पनि यस्तै कष्‍टहरू भोगिरहेका छन् ।10तिमीहरूको केही समयको कष्‍टपछि, तिमीहरूलाई ख्रीष्‍टमा उहाँको महिमामा बोलाउनुहुने सबै अनुग्रहका परमेश्‍वरले तिमीहरूलाई सिद्ध, स्थापित र बलियो बनाउनुहुनेछ । 11उहाँलाई नै सबै शक्‍ति सदासर्वदा भइरहोस् । आमेन ।12म सिलासलाई विश्‍वासयोग्य भाइको रूपमा लिन्छु र तिनीबाट मैले तिमीहरूलाई केही कुरा छोटकरीमा लेखेको छु । म तिमीहरूलाई आग्रह गर्दैछु र तिमीहरूलाई साक्षी दिंदैछु कि मैले लेखेको कुरा परमेश्‍वरको साँचो अनुग्रह हो । त्यसमा खडा होओ । 13बेबिलोनमा भएकी, तिमीहरूसँगै चुनिएकी स्‍‍त्रीले र मेरो छोरो मर्कूसले पनि तिमीहरूलाई अभिवादन पठाएका छन् । 14प्रेमको पवित्र चुम्बनले एक-अर्कालाई अभिवादन गर । ख्रीष्‍टमा हुने तिमीहरू सबैलाई शान्ति होस् ।