Nepali: Unlocked Literal Bible for १ यूहन्‍ना

Formatted for Translators

©2022 Wycliffe Associates
Released under a Creative Commons Attribution-ShareAlike 4.0 International License.
Bible Text: The English Unlocked Literal Bible (ULB)
©2017 Wycliffe Associates
Available at https://bibleineverylanguage.org/translations
The English Unlocked Literal Bible is based on the unfoldingWord® Literal Text, CC BY-SA 4.0. The original work of the unfoldingWord® Literal Text is available at https://unfoldingword.bible/ult/.
The ULB is licensed under the Creative Commons Attribution-ShareAlike 4.0 International License.
Notes: English ULB Translation Notes
©2017 Wycliffe Associates
Available at https://bibleineverylanguage.org/translations
The English ULB Translation Notes is based on the unfoldingWord translationNotes, under CC BY-SA 4.0. The original unfoldingWord work is available at https://unfoldingword.bible/utn.
The ULB Notes is licensed under the Creative Commons Attribution-ShareAlike 4.0 International License.
To view a copy of the CC BY-SA 4.0 license visit http://creativecommons.org/licenses/by-sa/4.0/
Below is a human-readable summary of (and not a substitute for) the license.
You are free to:
The licensor cannot revoke these freedoms as long as you follow the license terms.
Under the following conditions:
Notices:
You do not have to comply with the license for elements of the material in the public domain or where your use is permitted by an applicable exception or limitation.
No warranties are given. The license may not give you all of the permissions necessary for your intended use. For example, other rights such as publicity, privacy, or moral rights may limit how you use the material.

१ यूहन्‍ना

11त्यस जीवनको वचनको बारेमा—जुन सुरुदेखि थियो, जुन हामीले सुनेका छौं, जुन हामीले आफ्नै आँखाले देखेका छौं, जसमा हामीले हेरेका छौं र हाम्रा हातहरूले छोएका छन् । 2अनि जीवन प्रकट गरियो, र हामीले यसलाई देखेका छौं, र यसको गवाही दिन्छौं । हामी तिमीहरूलाई अनन्त जीवन घोषणा गर्दैछौं, जुन पितासँग थियो, र हामीलाई प्रकट गरिएको छ ।3जुन हामीले देखेका र सुनेका छौं, हामी तिमीहरूलाई पनि घोषणा गर्छौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस् । हाम्रो सङ्गति पिता र उहाँको पुत्र येशू ख्रीष्‍टसँग हुन्छ । 4साथै, हाम्रो आनन्‍द पूरा होस् भनेर हामी यी कुराहरू तिमीहरूलाई लेख्दैछौं । 15हामीले उहाँबाट सुनेको वचन यही हो र हामी तिमीहरूलाई घोषणा गर्दैछौंः परमेश्‍वर ज्योति हुनुहुन्छ, र उहाँमा कुनै अन्धकार छैन । 6हामीले उहाँसँग सङ्ग‌ति गर्छौं भनी भन्‍छौं र अन्धकारमा हिंड्छौं भने, हामीले झुट बोलिरहेका छौं र सत्यता अभ्यास गरिरहेका छैनौं । 7तर उहाँ ज्योतिमा हुनुभएझैं हामी ज्योतिमा हिंड्छौं भने, हाम्रो एक अर्कासँग सङ्‌गति हुन्छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ ।8यदि हामीले हामीसँग पाप छैन भन्‍छौं भने, हामीले आफैंलाई धोका दिइरहेका हुन्छौं, र हामीसँग सत्य हुँदैन । 9तर यदि हामीले आफ्ना पापहरू स्वीकार‍ गर्छौं भने उहाँ हामीलाई हाम्रा पापहरू क्षमा गर्न र सबै अधर्मबाट हामीलाई शुद्ध पार्न विश्‍वासयोग्य र धर्मी हुनुहुन्छ । 10यदि हामीले पाप गरेका छैनौं भन्छौं भने हामी उहाँलाई झूटा तुल्‍याउँछौं, र उहाँको वचन हामीमा हुँदैन ।

1केही महत्वपूर्ण प्राचीन ग्रीक प्रतिलिपिहरूमा र तिमीहरूको आनन्‍द पूरा होस् भनेर हामी यी कुराहरू तिमीहरूलाई लेख्दैछौं छ ।

21बालकहरू हो, तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्‍दैछु । तर यदि कसैले पाप गर्छ भने हाम्रो निम्‍ति पितासँग वकालत गर्ने एक जना अर्थात् धर्मी येशू ख्रीष्‍ट हुनुहुन्छ । 2उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्‍चित्त हुनुहुन्छ, र हाम्रो लागि मात्र होइन, तर सारा संसारको लागि पनि हो । 3यदि हामीले उहाँका आज्ञाहरू पालन गर्छौं भने यसैद्वारा हामी जान्दछौं कि हामी उहाँलाई चिन्‍छौं ।4जसले “म परमेश्‍वरलाई चिन्छु “ भन्‍छ, तर उहाँका आज्ञाहरू पालन गर्दैन भने त्‍यो झूटो हो, र त्‍यसमा सत्‍य हुँदैन । 5तर जसले उहाँको वचन पालन गर्छ, साँच्‍चै त्यसमा परमेश्‍वरको प्रेम सिद्ध भएको हुन्छ । हामी उहाँमा छौं भन्‍ने हामी यसैद्वारा थाहा पाउँछौंः 6जसले परमेश्‍वरमा रहन्छु भन्छ त्यो आफैं पनि उहाँ हिंड्नु भएझैं हिंड्नुपर्छ ।7प्रिय हो, मैले तिमीहरूलाई नयाँ आज्ञा लेखिरहेको छैनँ, तर तिमीहरूसँग सुरुदेखि भएको पुरानो आज्ञा नै हो । तिमीहरूले सुनेको वचन पुरानो आज्ञा नै हो । 8तापनि म तिमीहरूलाई नयाँ आज्ञा लेखिरहेको छु, जुन ख्रीष्‍टमा र तिमीहरूमा सत्‍य छ, किनभने अन्‍धकार बितिरहेको छ, र साँचो ज्‍योति अगिदेखि नै चम्किरहेको छ ।9जसले आफू ज्‍योतिमा छु भन्छ र आफ्नो भाइलाई घृणा गर्छ, त्यो अझ पनि अन्‍धकारमा नै छ । 10जसले आफ्नो भाइलाई प्रेम गर्छ त्‍यो ज्‍योतिमा रहन्‍छ, र त्यसमा ठेस लाग्‍ने कुनै कारण हुँदैन । 11तर जसले आफ्नो भाइलाई घृणा गर्छ, त्यो अन्‍धकारमा नै हुन्छ र अन्‍धकारमा हिँड्छ; त्यो कहाँ गइरहेको छ भनी त्यसले थाहा पाउँदैन, किनभने अन्‍धकारले त्यसका आँखा अन्‍धो तुल्‍याएको छ ।12बालकहरू हो, म तिमीहरूलाई लेख्दैछु, किनभने तिमीहरूका पाप उहाँको नाउँको खातिर क्षमा गरिएका छन् । 13बुबाहरू हो, म तपाईंहरूलाई लेख्दैछु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तपाईंहरू चिन्‍नुहुन्छ । जवानहरू हो, म तिमीहरूलाई लेख्दैछु, किनभने तिमीहरूले दुष्‍टलाई जितेका छौ । बालकहरू हो, मैले तिमीहरूलाई लेखेको छु, किनभने तिमीहरू पितालाई चिन्छौ । 14बुबाहरू, मैले तपाईंहरूलाई लेखेको छु, किनभने तपाईंहरूले सुरुदेखि हुनुहुनेलाई चिन्‍नुहुन्छ । जवानहरू, मैले तिमीहरूलाई लेखेको छु, किनभने तिमीहरू बलिया छौ, र परमेश्‍वरको वचन तिमीहरूमा रहन्‍छ, र तिमीहरू दुष्‍टमाथि विजय भएका छौ ।15संसारलाई प्रेम नगर, न त संसारमा भएका थोकहरूलाई नै । कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्‍यसमा हुँदैन । 16किनकि संसारमा भएका सबै थोकहरू—शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको शेखी—पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन् । 17संसार र यसका इच्‍छाहरू बितेर जाँदैछन् । तर जसले परमेश्‍वरको इच्‍छाअनुसार गर्छ, त्‍यो सदासर्वदा रहिरहन्‍छ ।18बालकहरू हो, यो आखिरी घडी हो । तिमीहरूले ख्रीष्‍ट विरोधी आइरहेको छ भनी सुनेझैं, अहिले धेरै ख्रीष्‍ट विरोधीहरू आएका छन् । यसद्वारा नै यो आखिरी घडी हो भन्‍ने हामी जान्दछौं । 19तिनीहरू हामीबाट बाहिर गए, तर तिनीहरू हामीबाटका थिएनन्‌ । किनकि यदि तिनीहरू हामीबाटका भएका भए तिनीहरू हामीहरूसँगै रहिरहने थिए । तर जब तिनीहरू हामीबाट बाहिर गए, यसले तिनीहरू हामीबाटका होइनन् भन्‍ने देखायो ।20तर तिमीहरूसँग पवित्र हुनुहुनेबाटको अभिषेक छ, र तिमीहरू सबै कुरा जान्दछौ । 21तिमीहरूले सत्‍य जानेका छैनौ भनेर मैले तिमीहरूलाई लेखेको होइनँ, तर तिमीहरूले यो जानेका हुनाले र कुनै पनि झूट सत्यबाट नआउने हुनाले हो ।22येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने इन्‍कार गर्नेबाहेक झूटा अर्को को हुन्छ? त्यो व्‍यक्‍ति नै ख्रीष्‍ट विरोधी हो, किनभने त्‍यसले पिता र पुत्रलाई इन्‍कार गर्छ । 23पुत्रलाई इन्‍कार गर्ने कोहीसँग पनि पिता हुनुहुन्‍न । पुत्रलाई स्वीकार गर्नेसँग पिता पनि हुनुहुन्छ ।24तिमीहरूका हकमा, तिमीहरूले सुरुदेखि सुनेका कुरा तिमीहरूमा रहोस् । तिमीहरूले सुरुदेखि सुनेका कुरा तिमीहरूमा रहन्छ भने तिमीहरू पनि पिता र पुत्रमा रहन्‍छौ । 25उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा अर्थात् अनन्‍त जीवन यही हो । 26तिमीहरूलाई बहकाउनेहरूको बारेमा मैले यी कुराहरू तिमीहरूलाई लेखिसकेको छु ।27तिमीहरूका हकमा, तिमीहरूले उहाँबाट पाएका अभिषेक तिमीहरूमा रहन्‍छ, र तिमीहरूलाई सिकाउन कसैको आवश्‍यक पर्दैन । तर उहाँको अभिषेकले नै तिमीहरूलाई सबै थोकहरूबारे सिकाउनुहुन्छ अनि त्‍यो सत्‍य हो र झुटो होइन, र त्यसले तिमीहरूलाई सिकाएअनुसार, उहाँमा रहो । 28अब बालकहरू हो, उहाँमा रहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा साहस होस्‌ र उहाँको आगमनमा उहाँको सामु लज्‍जित हुनु नपरोस्‌ । 29यदि उहाँ धर्मी हुनुहुन्‍छ भनी तिमीहरूले जान्दछौ भने धार्मिक व्यवहार गर्ने हरेक उहाँबाट जन्मेको हो भन्‍ने तिमीहरूले जान्दछौ ।
31हेर, पिताले हामीलाई कस्तो किसिमको प्रेम दिनुभएको छ, कि हामीलाई परमेश्‍वरको सन्तान भनिनुपर्छ, र हामी यही हौं । यसैकारण संसारले हामीलाई चिन्दैन, किनभने यसले उहाँलाई चिनेन । 1 2प्रिय हो, अब हामी परमेश्‍वरका सन्तानहरू हौं, र हामी के हुनेछौं भन्‍ने अझ पनि प्रकट गरिएको छैन । हामी जान्दछौं, कि जब ख्रीष्‍ट देखा पर्नुहुनेछ, हामी उहाँजस्तै हुनेछौं, किनकि उहाँजस्तो हुनुहुन्छ त्‍यस्तै हामी उहाँलाई देख्‍नेछौं । 3उहाँमा यो आशा राख्‍ने हरेकले आफूलाई उहाँ जस्तो शुद्ध हुनुहुन्छ त्यस्तै शुद्ध पार्छ ।4पाप गर्ने हरेकले दुष्‍ट कार्यहरू गर्दैछन्, किनकि पाप दुष्‍टता हो । । 5पापहरू हटाई लानलाई नै ख्रीष्‍ट प्रकट हुनुभयो भन्‍ने तिमीहरू जान्दछौ, र उहाँमा कुनै पाप छैन । 6उहाँमा रहने कसैले पाप गरिरहँदैन । पाप गरिरहने कसैले उहाँलाई न देखेको छ न त चिनेको नै छ ।7बालकहरू हो, कसैलाई पनि तिमीहरूलाई बहकाउन नदेओ । जस्तो ख्रीष्‍ट धर्मी हुनुहुन्छ त्यसरी नै धार्मिकताको काम गर्ने धर्मी हुन्छ । 8जसले पाप गर्छ, त्यो शैतानको हो, किनकि शैतानले सुरुदेखि नै पाप गरेको छ । यसैकारण परमेश्‍वरका पुत्र प्रकट हुनुभयो, ताकि उहाँले शैतानका कामहरू नष्‍ट गर्नुभएको होस् ।9जो परमेश्‍वरबाट जन्मेको छ गरिरँहदैन, किनभने परमेश्‍वरको बीउ त्यसमा रहन्छ । त्यसले पाप गरिरहन सक्दैन, किनभने त्यो परमेश्‍वरबाट जन्मेको हो । 10यसैमा परमेश्‍वरका सन्तानहरू र शैतानका सन्तानहरू प्रकट गरिन्छन्ः जसले धार्मिकताको काम गर्दैन त्यो परमेश्‍वरको होइन, न त आफ्नो भाइलाई प्रेम नगर्ने नै हो ।11किनकि तिमीहरूले सुरुदेखि सुनेको सन्देश यही नै होः हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ । 12हामी कयिनजस्तो हनुहुँदैन जो दुष्‍टको थियो र आफ्नो भाइको हत्या गर्‍यो । त्यसले आफ्नो भाइलाई किन मार्‍यो? किनभने त्यसका कामहरू दुष्‍ट थिए र त्यसको भाइका धार्मिक थिए ।13मेरा भाइहरू, यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने अचम्म नमान । 14हामी जान्दछौं, कि हामी मृत्यु पार गरेर जीवनमा सरेका छौं, किनभने हामी दाजुभाइहरूलाई प्रेम गर्छौं । जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहन्छ । 15जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो हत्यारा हो । तिमीहरू जान्दछौ, कि कुनै पनि हत्यारासँग अनन्त जीवन हुँदैन ।16यसैद्वारा हामी प्रेम थाहा पाउँछौं, किनभने ख्रीष्‍टले हाम्रो निम्ति आफ्नो जीवन दिनुभयो । हामीले पनि हाम्रा दाजुभाइहरूका निम्ति हाम्रो जीवन दिनुपर्छ । 17तर जससँग संसारका थोकहरू छन्, जसले आफ्नो भाइ खाँचोमा परेको देखेर पनि त्यसबाट आफ्नो दयाको हृदय बन्द गर्छ भने कसरी परमेश्‍वरको प्रेम त्यसमा रहन्छ? 18मेरा बालकहरू हो, हामी वचन र मुखले मात्र प्रेम नगरौं, तर कामले र सत्यताले प्रेम गरौं ।19यसैद्वारा हामी सत्यका हौं भन्‍ने जान्दछौं र हाम्रो हृदयलाई उहाँको सामुन्‍ने निश्‍चय गर्छौं । 20किनकि यदि हाम्रो हृदयले हामीलाई दोष दिन्छ भने परमेश्‍वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सबै थोक जान्‍नुहुन्छ । 21प्रिय हो, यदि हाम्रो हृदयले हामीलाई दोष दिंदैन भने हामी परमेश्‍वरप्रति द‍ृढ छौं । 22हामीले जे माग्छौं त्यो हामी उहाँबाट पाउँछौं, किनभने हामीले उहाँका आज्ञाहरू पालन गर्छौं र उहाँको द‍ृष्‍टिमा असल हुने थोकहरू गर्छौं ।23यो उहाँको आज्ञा होः कि हामीले उहाँका पुत्र येशू ख्रीष्‍टको नाउँमा विश्‍वास गर्नुपर्छ र एक अर्कोलाई प्रेम गर्नुपर्छ, जस्तो उहाँले हामीलाई यो आज्ञा दिनुभयो । 24जसले परमेश्‍वरका आज्ञाहरू पालन गर्छ, त्यो उहाँमा रहन्छ, र परमेश्‍वर त्यसमा रहनुहुन्छ । यसैद्वारा हामी जान्दछौ, कि उहाँले हामीलाई दिनुभएको पवित्र आत्माद्वारा उहाँ हामीमा रहनुहुन्छ ।

1केही महत्वपूर्ण र प्राचीन प्रतिलिपिहरूमा हामी यही हौं छैन ।

41प्रिय हो, हरेक आत्मालाई विश्‍वास नगर । बरु, ती आत्माहरू परमेश्‍वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर, किनभने धेरै झूटा अगमवक्‍ताहरू संसारमा निस्कि आइसकेका छन् । 2यसैद्वारा तिमीहरूले परमेश्‍वरको आत्मालाई चिन्‍नेछौ—येशू ख्रीष्‍ट शरीरमा आउनुभयो भनी स्वीकार गर्ने हरेक आत्मा परमेश्‍वरबाटको हो, 3अनि येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्‍वरबाटको होइन । यो ख्रीष्‍ट विरोधीको आत्मा हो, जुन तिमीहरूले आउँदैछ भनी सुनेका छौ, र अब त्यो यस संसारमा अगिदेखि नै छ ।4बालकहरू हो, तिमीहरू परमेश्‍वरबाटका हौ, र तिनीहरूलाई जितेका छौ, किनभने तिमीहरूमा जो हुनुहुन्छ उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ । 5तिनीहरू संसारबाटका हुन्; यसकारण तिनीहरूले भनेका कुराहरू संसारबाटकै हुन्, र संसारले तिनीहरूको कुरा सुन्छ । 6हामी परमेश्‍वरबाटका हौं । जसले परमेश्‍वरलाई चिन्छ, त्यसले हाम्रो कुरा सुन्छ । जो परमेश्‍वरबाटको होइन, त्यसले हाम्रो कुरा सुन्दैन । यसैद्वारा हामी सत्यको आत्मा र झूटको आत्मालाई चिन्छौं ।7प्रिय हो, हामी एकले अर्कालाई प्रेम गरौं, किनकि प्रेम परमेश्‍वरबाटको हो, र हरेक जसले प्रेम गर्छ, त्यो परमेश्‍वरबाट जन्मेको हो र त्यसले परमेश्‍वरलाई चिन्छ । 8जसले प्रेम गर्दैन, त्यसले परमेश्‍वरलाई चिन्दैन, किनकि परमेश्‍वर प्रेम हुनुहुन्छ ।9यसैकारण परमेश्‍वरको प्रेम हामीहरूमाझ प्रकट भएको छ, कि परमेश्‍वरले आफ्नो एक मात्र पुत्र संसारमा पठाउनुभएको छ ताकि हामी उहाँको कारणले जिउन सकौं । 10प्रेम यसैमा छ, हामीले परमेश्‍वरलाई प्रेम गरेकाले होइन, तर उहाँले हामीलाई प्रेम गर्नुभएको छ, अनि हाम्रा पापहरूका लागि प्रायश्‍चित्त हुनलाई उहाँले आफ्नो पुत्र पठाउनुभयो ।11प्रिय हो, परमेश्‍वरले हामीलाई यति धेरै प्रेम गर्नुभयो भने हामीले पनि एक अर्कालाई प्रेम गर्नुपर्छ । 12परमेश्‍वरलाई कसैले कहिल्यै देखेको छैन । यदि हामी एक अर्कालाई प्रेम गर्छौं भने परमेश्‍वर हामीमा रहनुहुन्छ, र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ । 13यसैद्वारा हामी जान्दछौं, कि हामी उहाँमा रहन्छौं र उहाँ हामीमा रहनुहुन्छ, किनभने उहाँले हामीलाई उहाँका आत्माको केही भाग दिनुभएको छ । 14साथै, हामीले देखेका छौं र गवाही दिएका छौं, कि पिताले संसारको मुक्‍तिदाता हुन पुत्रलाई पठाउनुभएको छ ।15जसले येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ, परमेश्‍वर त्यसमा रहनुहुन्छ र त्यो परमेश्‍वरमा रहन्छ । 16साथै हामीप्रति परमेश्‍वरले गर्नुभएको प्रेमलाई हामीले जानेका छौं र विश्‍वास गरेका छौं । परमेश्‍वर प्रेम हुनुहुन्छ, र जो यस प्रेममा रहन्छ, त्यो परमेश्‍वरमा रहन्छ, र परमेश्‍वर त्यसमा रहनुहुन्छ ।17यसैकारण न्यायको दिनमा हामीमा द‍ृढता होस् भनेर प्रेम हामीमाझ सिद्ध बनाइएको छ, किनभने उहाँ जस्तो हुनुहुन्छ, हामी यस संसारमा त्यस्तै छौं । 18प्रेममा कुनै डर हुँदैन । बरु सिद्ध प्रेमले डरलाई हटाउँछ, किनभने डरले दण्डसँग सरोकार राख्छ । तर जो डराउँछ, त्यो प्रेममा सिद्ध बनाइएको हुँदैन ।19हामी प्रेम गर्छौं, किनभने परमेश्‍वरले हामीलाई पहिले प्रेम गर्नुभयो । 20कसैले “म परमेश्‍वरलाई प्रेम गर्छु” भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने, त्यो झूटा हो । किनकि जसले देखेको आफ्नो भाइलाई प्रेम गर्दैन भने त्यसले नदेखेको परमेश्‍वरलाई प्रेम गर्न सक्दैन । 21साथै, उहाँबाटको यो आज्ञा हामीसँग छः कि जसले परमेश्‍वरलाई प्रेम गर्छ, त्यसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ ।
51जसले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी विश्‍वास गर्छ, त्यो परमेश्‍वरबाट जन्मेको हुन्छ, र जसले पितालाई प्रेम गर्छ, त्यसले उहाँबाट जन्मने बालकलाई पनि प्रेम गर्छ । 2यसैद्वारा हामी जान्दछौं कि परमेश्‍वरका सन्तानहरूलाई प्रेम गर्छौंः जब हामी परमेश्‍वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं । 3किनकि परमेश्‍वरको निम्ति प्रेम यही नै होः कि हामी उहाँका आज्ञाहरू पालना गर्छौ । अनि उहाँका आज्ञाहरू बोझिला छैनन् ।4किनकि परमेश्‍वरबाट जन्मेको हरेकले संसारलाई जित्छ । अनि यो संसारलाई जित्‍ने विजय हाम्रो विश्‍वास हो । 5संसारमाथि विजय हासिल गर्ने को हो? त्यही हो, जसले येशू नै परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी विश्‍वास गर्छ ।6उहाँ उही हुनुहुन्छ जो पानी र रगतद्वारा आउनुभयोः येशू ख्रीष्‍ट । उहाँ पानीद्वारा मात्र होइन, तर पानी र रगतद्वारा आउनुभयो । 7किनकि गवाही दिनेहरू तीन छन्ः 8आत्मा, पानी र रगत अनि यी तीनै सहमत हुन्छन् ।19हामीले मानिसहरूको गवाही स्वीकार गर्छौं भने परमेश्‍वरको गवाही त झनै महान् हुन्छ । किनकि परमेश्‍वरको गवाही यही हो, कि उहाँले आफ्ना पुत्रको बारेमा गवाही दिनुभएको छ । 10जसले परमेश्‍वरका पुत्रमा विश्‍वास गर्छ त्यो आफैँसँग गवाही हुन्छ । जसले परमेश्‍वरलाई विश्‍वास गर्दैन, त्यसले उहाँलाई झूटा बनाएको छ, किनभने परमेश्‍वरले उहाँका पुत्रको विषयमा दिनुभएको गवाहीलाई त्यसले विश्‍वास गरेको छैन ।11अनि गवाही यही हो: परमेश्‍वरले हामीलाई अनन्त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ । 12जससँग पुत्र छ, त्यससँग जीवन छ। जससँग परमेश्‍वरका पुत्र हुनुहुन्‍न, त्यससँग जीवन हुँदैन ।13मैले यी कुराहरू तिमीहरूलाई लेखेको छु, ताकि तिमीहरूसित अनन्त जीवन छ भन्‍ने तिमीहरूले जान्‍न सक—तिमीहरू जसले परमेश्‍वरका पुत्रको नाउँमा विश्‍वास गर्छौ । 14साथै, उहाँको सामुन्‍ने हामीसँग भएको द‍ृढता यही हो कि यदि हामीले उहाँको इच्छाअनुसार कुनै पनि कुरा माग्यौं भने, उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ । 15साथै, यदि हामीले उहाँसँग जे मागे पनि उहाँले हाम्रो बिन्ती सुनुहुन्छ भनी हामी जान्दछौं भने हामीले उहाँसँग मागेका कुराहरू हामीसँग छन् भनेर पनि हामी जान्दछौं ।16यदि कसैले आफ्नो भाइले मृत्युमा नपुर्‍याउने पाप गरेको देख्छ भने त्यसले प्रार्थना गर्नुपर्छ, र परमेश्‍वरले त्यसलाई जीवन दिनुहुनेछ । अर्थात्, तिनीहरूलाई जसको पापले मृत्युमा पुर्‍याउँदैन । मृत्युमा पुर्‍याउने पाप छ; त्यसले त्यसबारे बिन्ती चढाउनुपर्छ भनी म भन्दिनँ । 17सबै अधार्मिकता पाप हो, तर मृत्युमा नपुर्‍याउने पाप पनि हुन्छ ।18हामी जान्दछौं, कि जो परमेश्‍वरबाट जन्मेको छ त्यसले पाप गर्दैन । तर जो परमेश्‍वरबाट जन्मेको छ, परमेश्‍वरले त्यसलाई सुरक्षित राख्‍नुहुन्छ, र दुष्‍टले त्यसलाई हानि गर्न सक्दैन । 19हामी जान्दछौं, कि हामी परमेश्‍वरबाटका हौं, र सारा संसार दुष्‍टको नियन्‍‍त्रणमा परेको छ ।20तर हामी जान्दछौं, कि परमेश्‍वरका पुत्र आउनुभएको छ र हामीलाई समझशक्‍ति दिनुभएको छ, ताकि जो सत्य हुनुहुन्छ हामी उहाँलाई चिन्‍न सकौं । साथै हामी उहाँमा छौं जो सत्य हुनुहुन्छ अर्थात् उहाँका पुत्र येशू ख्रीष्‍ट । उहाँ साँचो परमेश्‍वर र अनन्त जीवन हुनुहन्छ । 21बालकहरू हो, तिमीहरू आफैंलाई मूर्तिहरूबाट अलग राख ।

1केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरूमा किनकि स्वर्गमा गवाही दिनेहरू तीन छन्ः पिता, वचन र पवित्र आत्मा। यी तीनै एक हुन्; अनि पृथ्वीमा गवाही दिनेहरू तीन छन्ःआत्मा, पानी र रगत; अनि यी तीनै एक जस्तै हुन् छ । तर पनि उत्कृष्‍ट प्रतिलिपिहरूमा यी कुराहरू छैनन् ।