Nepali: Unlocked Literal Bible for कोरिन्थीहरूलाई पावलको पहिलो पत्र

Formatted for Translators

©2022 Wycliffe Associates
Released under a Creative Commons Attribution-ShareAlike 4.0 International License.
Bible Text: The English Unlocked Literal Bible (ULB)
©2017 Wycliffe Associates
Available at https://bibleineverylanguage.org/translations
The English Unlocked Literal Bible is based on the unfoldingWord® Literal Text, CC BY-SA 4.0. The original work of the unfoldingWord® Literal Text is available at https://unfoldingword.bible/ult/.
The ULB is licensed under the Creative Commons Attribution-ShareAlike 4.0 International License.
Notes: English ULB Translation Notes
©2017 Wycliffe Associates
Available at https://bibleineverylanguage.org/translations
The English ULB Translation Notes is based on the unfoldingWord translationNotes, under CC BY-SA 4.0. The original unfoldingWord work is available at https://unfoldingword.bible/utn.
The ULB Notes is licensed under the Creative Commons Attribution-ShareAlike 4.0 International License.
To view a copy of the CC BY-SA 4.0 license visit http://creativecommons.org/licenses/by-sa/4.0/
Below is a human-readable summary of (and not a substitute for) the license.
You are free to:
The licensor cannot revoke these freedoms as long as you follow the license terms.
Under the following conditions:
Notices:
You do not have to comply with the license for elements of the material in the public domain or where your use is permitted by an applicable exception or limitation.
No warranties are given. The license may not give you all of the permissions necessary for your intended use. For example, other rights such as publicity, privacy, or moral rights may limit how you use the material.

कोरिन्थीहरूलाई पावलको पहिलो पत्र

11परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूका प्रेरित हुन बोलाइएका पावल र हाम्रा भाइ सोस्थेनसबाट । 2कोरिन्थमा भएको परमेश्‍वरको मण्डलीलाई, ख्रीष्‍ट येशूमा समर्पित गरिएका र पवित्र जनहरू हुनको लागि बोलाइएकाहरूलाई, हामी हरेक ठाउँमा प्रभु येशू ख्रीष्‍टको नाउँ लिनेहरू सबैलाई पनि लेखिरहेका छौं, जो तिनीहरू र हाम्रा प्रभु हुनुहुन्छ । 3हाम्रा परमेश्‍वर पिता र ख्रीष्‍ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।4ख्रीष्‍ट येशूले तिमीहरूलाई दिनुभएको परमेश्‍वरको अनुग्रहको निम्ति म परमेश्‍वरलाई सधैं धन्यवाद दिन्छु । 5उहाँले तिमीहरूलाई सबै बोली र ज्ञानमा हर प्रकारले धनी बनाउनुभएको छ । 6ख्रीष्‍टको विषयमा भएको गवाही सत्य छ भनेर तिमीहरूका माझमा पुष्‍टि भएको छ ।7यसकारण तिमीहरूले उत्सुकतासाथ हाम्रा प्रभु येशू ख्रीष्‍ट प्रकट हुने कुराको प्रतीक्षा गर्दा तिमीहरूमा आत्मिक वरदानहरूको अभाव नहोस् । 8तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्‍टको दिनमा निर्दोष हुन सक भन्‍ने हेतुले उहाँले तिमीहरूलाई अन्तिमसम्म नै बलियो राख्‍नुहुनेछ । 9परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई उहाँका पुत्र येशू ख्रीष्‍ट, हाम्रा प्रभुको सङ्गतिमा बोलाउनुभयो ।10अब भाइहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँद्वारा म तिमीहरूलाई आग्रह गर्छु, कि तिमीहरू सबै सहमत होओ र तिमीहरूका माझमा फाटो नहोस् । म आग्रह गर्छु कि तिमीहरू एकै मनको र एउटै उद्देश्यका साथ एकजुट होओ । 11किनकि तिमीहरूका माझमा गुटबन्दी छ भन्‍ने कुरा क्लोएका मानिसहरूले मलाई बताएका छन् ।12मेरो भनाइको अर्थ यही हो कि तिमीहरूमध्ये कसैले “म पावलको हुँ”, कसैले “म अपोल्लोसको हुँ”, कसैले “म केफासको हुँ” र कसैले “म ख्रीष्‍टको हुँ” भन्छौ । 13के ख्रीष्‍ट बाँडिनुभएको छ ? के पावल तिमीहरूका निम्ति क्रूसमा टाँगिए ? के तिमीहरूले पावलको नाउँमा बप्‍तिस्मा लियौ ?14म परमेश्‍वरलाई धन्यवाद दिन्छु कि मैले क्रिस्पस र गायसबाहेक अरू कसैलाई पनि बप्‍तिस्मा दिइनँ । 15तिमीहरूले मेरो नाउँमा बप्‍तिस्मा लियौ भनी कसैले भन्‍न सक्दैनन् । 16(मैले स्तिफनसको परिवारलाई पनि बप्‍तिस्मा दिएँ । त्योभन्दा बढी अरू व्यक्‍तिलाई मैले बप्‍तिस्मा दिएको मलाई सम्झना छैन ।)17किनकि येशूले मलाई बप्‍तिस्मा दिनलाई होइन, तर प्रचार गर्नलाई पठाउनुभयो । चतुर बोलीले होइन, ताकि ख्रिष्टको क्रूस यसको शक्तिबाट खाली नहोस् ।18किनकि क्रूसको सन्देश नष्ट भइरहेकाहरूका निम्ति मूर्खता हो, तर परमेश्‍वरले बचाइरहनुभएका मानिसहरूका लागि शक्‍ति हो । 19किनकि यस्तो लेखिएको छ, “म बुद्धिमान्‌हरूको बुद्धिलाई नष्‍ट गर्नेछु । म चतुरहरूको समझलाई बेकम्मा तुल्याउनेछु ।”20बुद्धिमान् कहाँ छ ? शिक्षित कहाँ छ ? यो संसारको तर्क गर्ने कहाँ छ ? के परमेश्‍वरले संसारको ज्ञानलाई मूर्खतामा परिणत गर्नुभएको छैन र ? 21संसारले आफ्नो बुद्धिले परमेश्‍वरलाई चिनेन । यसको ज्ञानले उहाँलाई चिन्‍न नसकेको हुनाले विश्‍वास गर्नेहरूलाई प्रचारको मूर्खताद्वारा बचाउन परमेश्‍वरलाई उचित लाग्यो ।22किनकि यहूदीहरू चिन्ह माग्छन्, र ग्रिकहरू ज्ञानको खोजी गर्छन् । 23तर हामीचाहिँ क्रूसमा मर्नुभएका येशूको प्रचार गर्छौ, जुन यहूदीहरूका निम्ति ठेस लाग्‍ने ढुङ्गो हो, र ग्रिकहरूका निम्ति मूर्खता हो ।24तर तिनीहरू अर्थात् यहूदी र ग्रीक दुवै जसलाई परमेश्‍वरले बोलाउनुभएको छ, तिनीहरूका माझमा हामी ख्रीष्‍टलाई परमेश्‍वरको शक्‍ति र बुद्धिको रूपमा प्रचार गर्छौं । 25किनकि परमेश्‍वरको मूर्खता मानिसभन्दा बुद्धिमानी छ, र परमेश्‍वरको दुर्बलता मानिसभन्दा शक्‍तिशाली छ ।26भाइहरू हो, आफ्नो बोलावटलाई हेर । तिमीहरूमध्ये धेरै जना शरीर अनुसार बुद्धिमान् थिएनौ । तिमीहरूमध्ये धेरै जना शक्‍तिशाली थिएनौ । तिमीहरूमध्ये धेरै जनाको जन्म महान् थिएनन् । 27तर परमेश्‍वरले बुद्धिमान्‌हरूलाई शर्ममा पार्नको लागि संसारका मूर्ख कुराहरूलाई छान्‍नुभयो । संसारमा भएका बलियालाई शर्ममा पार्नको निम्ति परमेश्‍वरले दुर्बल कुरालाई छान्‍नुभयो ।28परमेश्‍वरले संसारमा भएको नीच र तुच्छ ठहरिएको कुरालाई छान्‍नुभयो । उहाँले नगण्य कुराहरू मूल्यवान् ठहरिऊन् भनेर नगण्य कुराहरूलाई छान्‍नुभयो । 29उहाँको अगि कसैले पनि घमण्ड नगरोस् भनेर नै उहाँले यसो गर्नुभयो ।30परमेश्‍वरले जे गर्नुभयो, त्यसैको कारण तिमीहरू अहिले ख्रीष्‍ट येशूमा छौ, जो हाम्रा निम्ति परमेश्‍वरबाट आउनुभएका बुद्धि बन्‍नुभयो । उहाँ हाम्रो धार्मिकता, पवित्रता र छुटकारा बन्‍नुभयो । 31यसैले धर्मशास्‍त्र भन्दछ, “गर्व गर्नेले प्रभुमा नै गर्व गरोस् ।”
21भाइहरू हो, जब म तिमीहरूकहाँ आएँ, परमेश्‍वरका गुप्‍तमा रहेका सत्यताहरूको घोषणा गर्न म कुशल वाक्य र बुद्धिका साथमा आएको होइन। 1 2किनकि म तिमीहरूका माझमा हुँदा येशू ख्रीष्‍ट र उँहालाई क्रूसमा टाँगिएकाे कुरा बाहेक मैले केही नजान्‍ने निर्णय गरे ।3र म तिमीहरूसित कमजोरीमा, डरमा र ज्यादै कम्पमा थिएँ । 4र मेराे सन्देश र मेराे घोषणा ज्ञानको आकर्षक वचनहरूमा थिएनन्, तर ती पवित्र आत्मा र शक्‍तिको प्रदर्शनमा थिए, 5ताकि तिमीहरूको विश्‍वास मानिसहरूको बुद्धिमा होइन, तर परमेश्‍वरको शक्‍तिमा भएको होस् ।6अब, हामी परिपक्‍वहरूका बीचमा बुद्धिका कुरा गर्छौं, तर यस संसारका वा यस युगका शासकहरूको बुद्धि होइन, जो बितेर जाँदैछन् । 7बरु, लुकेकाे सत्यतामा हामी परमेश्‍वरको बुद्धिको प्रचार गर्छाैं, लुकेको बुद्धि जो परमेश्‍वरले हाम्रो महिमाको निम्ति युगको अगिबाटै नियुक्‍त गर्नुभयो ।8यस युगका कुनै पनि शासकहरूले यो जानेनन्, तर तिनीहरूले यो कुरा बुझेका भए, तिनीहरूले महिमाको प्रभुलाई क्रूसमा टाँग्‍ने थिएनन् । 9तर यसो लेखिएको छ, “आँखाले नदेखेका, कानले नसुनेका, मानिसको हृदयले विचारै नगरेका कुराहरू परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ ।”10किनकि परमेश्‍वरले हामीलाई यी कुराहरू पवित्र आत्माद्वारा प्रकट गर्नुभएको छ । किनकि पवित्र आत्माले सबै कुराको खोजी गर्नुहुन्छ, परमेश्‍वरका गहिरा कुराहरूको पनि। 2 11किनकि मानिसमा भएको आत्माबाहेक कसले मानिसका विचारहरू बुझ्‍न सक्छ? यसरी नै, परमेश्‍वरका आत्माबाहेक कसैले पनि परमेश्‍वरका गहिरा कुराहरू बुझ्दैन ।12तर हामीले संसारको आत्मा पाएका छैनौं, तर परमेश्‍वरबाटका पवित्र आत्मा पाएका छौं, ताकि परमेश्‍वरले हामीलाई सित्तैंमा दिनुभएका कुराहरू हामी जान्‍न सकौं । 13हामी यी कुराहरू मानिसको बुद्धिले सिकाएको होइन, तर पवित्र आत्माले सिकाउनुहुने शब्दहरुमा, आत्मिक मानिसहरुलाई आत्मिक कुराहरुको व्याख्या गर्दै बोल्छौं ।14परमेश्‍वरका आत्माका कुराहरू आत्मिक नभएको व्यक्‍तिले ग्रहण गर्दैन, किनकि ती त्यसका लागि मूर्खता हुन्। त्यसले तिनीहरूलाई बुझ्‍न सक्दैन किनभने तिनीहरू आत्मिक रूपमा जाँचिन्छन् । 15जो आत्मिक छ त्यसले सबै कुराहरू जाँच गर्छ, तर त्यो चाहिं अरूद्वारा जाँचिदैन । 16“किनकि कसले परमेश्‍वरको मनलाई जान्दछ, कि त्यसले उहाँलाई अर्ती दिन सकाेस्?” तर हामीसँग ख्रीष्‍टको मन छ ।

1केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिमा पाउँछाैं, परमेश्‍वरकाे बारेमा गवाही घोषणा गर्न म
2केही प्राचीन ग्रीक प्रतिलिपिमा पाउँछाैं, तर परमेश्‍वर तर हाम्रो ग्रीक स्रोतलाई पछ्‍याउँदा, यो पाउँछाैं, किनकि परमेश्‍वर

31अनि भाइहरू हो, मैले तिमीहरूसँग आत्मिक मानिसहरूसित बोलेझैं बोल्न सकिनँ, तर शारीरिक मानिसहरू अर्थात् ख्रीष्‍टमा बालकहरूसित बोलेझैं बोलें । 2मैले तिमीहरूलाई दूध खुवाएँ, ठोस खाना होइन, किनकि तिमीहरू त्यसको लागि तयार थिएनाै, र अहिले पनि तिमीहरू तयार छैनौ ।3किनकि तिमीहरू अझै शारीरिक नै छौ । किनकि जहाँ तिमीहरूमा ईर्ष्या र झगडा छ, के तिमीहरु शरीरअनुसार बाँचिरहेका छैनौ,र के तिमीहरू मानवीय मापदण्डहरुअनुसार जिइरहेका छैनौ? 4किनकि जब एक जनाले “म पावललाई पछ्‍याउँछु” भन्छ, र अर्कोले “म अपोल्लोसलाई पछ्‍याउँछु” भन्छ, भने के तिमीहरु मानिसहरु मात्र होइनौ? 5त्यसो भए, अपोल्लोस को हो? पावल को हो? जुन सेवकहरूद्वारा तिमीहरुले विश्‍वास गर्‍याै, जसरी प्रभुले प्रत्येकलाई कार्यहरु दिनुभयो ।6मैले रोपें, र अपोल्लोसले पानी हाले, तर परमेश्‍वरले नै बढाउनुभयो । 7त्यसैले, रोप्‍ने र पानी हाल्ने केही होइन । तर बढाउने परमेश्‍वर नै हुनुहुन्छ ।8अब रोप्‍ने र पानी हाल्ने एकै हुन् र प्रत्‍येकले आफ्नो कामको परिश्रमअनुसार आफ्नो ज्याला पाउनेछ । 9किनकि हामीहरू परमेश्‍वरका सहकर्मीहरु हौं । तिमीहरू परमेश्‍वरका बगैंचा, परमेश्‍वरका भवन हौ ।10परमेश्‍वरले मलाई दिनुभएको अनुग्रहअनुसार, निपुर्ण कारिगरले झैं मैले जग बसालें, र अर्कोले त्यसमाथि भवन बनाउँदै जान्‍छ । तर प्रत्येक मानिसले त्यसमाथि कसरी बनाउने भन्‍ने बारेमा सावधान रहोस् । 11किनकि बसालिएको जगबाहेक, जो येशू ख्रीष्‍ट हुनुहुन्‍छ, अरू कसैले जग बसाल्न सक्दैन ।12अब यदि त्यस जगमाथि कसैले सुन, चाँदी, बहुमूल्य पत्थरहरु, काठ, घाँस वा परालको प्रयोग गरेर निर्माण गर्छ भने 13त्‍यसको काम प्रकट हुनेछ, किनकि दिनले त्यो प्रकट गर्नेछ । किनकि त्यो आगोमा प्रकट हुनेछ । प्रत्‍येकले गरेको कामको गुणस्तरलाई आगोद्वारा जाँचिनेछ ।14यदि कसैले गरेको काम बाँकी रह्‍यो भने त्यसले इनाम प्राप्‍त गर्नेछ, 15तर यदि कसैको काम जल्‍यो भने, त्यसले नोक्सानी भोग्‍नुपर्नेछ, तर त्‍यो आगोबाट फुत्केझैं आफैंचाहिं बाँच्‍नेछ ।16के तिमीहरूलाई थाहा छैन, कि तिमीहरू परमेश्‍वरका मन्दिर हौ, र पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ? 17यदि कसैले परमेश्‍वरको मन्दिरलाई नाश गर्छ भने, परमेश्‍वरले त्‍यस मानिसलाई नाश गर्नुहुनेछ । किनकि परमेश्‍वरको मन्दिर पवित्र छ, र तिमीहरू पनि त्यस्तै छौ ।18कसैले आफैलाई धोका नदेओस् । यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगमा बुद्धिमान् सम्झन्छ भने त्यसले आफूलाई “मूर्ख” बनोस्, र त्यो बुद्धिमान् हुनेछ । 19किनकि संसारको बुद्धि परमेश्‍वरको निम्ति मूर्खता हो । किनकि यस्तो लेखिएको छ, “उहाँले बुद्धिमान् मानिसहरूलाई तिनीहरूकै चलाखीमा पक्रनुहुन्छ ।” 20र फेरि, “परमेश्‍वर जान्‍नुहुन्छ कि संसारमा भएका ज्ञानीहरूको तर्क व्‍यर्थ छ ।”21यसैकारण तिमीहरू मानिसहरूमा घमण्ड नगर । सबै कुराहरू तिमीहरूकै हुन्, 22चाहे पावल वा अपोल्लोस वा केफास वा संसार वा जीवन वा मृत्यु वा वर्तमानका कुराहरू वा आउने कुराहरू । सबै कुराहरू तिमीहरूकै हुन्, 23अनि तिमीहरूचाहिं ख्रीष्‍टका हौ, र ख्रीष्‍टचाहि‍ं परमेश्‍वरका हुनुहुन्छ ।
41यसरी कुनै व्यक्‍तिले हामीलाई ख्रीष्‍टका सेवकहरू र परमेश्‍वरको लुकाइएकाे सत्यताको भण्डारे ठान्‍नुपर्छ । 2अब भण्डारेहरूको सम्बन्धमा तिनीहरू विश्‍वासयोग्य हुन आवश्‍यक छ ।3तर म तिमीहरूबाट वा कुनै मानिसको अदालतबाट जाँचिनु मेरो निम्ति अति सानो कुरा हो । किनकि म आफैं पनि मेरो जाँच गर्दिनँ । 4मेरो विरुद्धमा कुनै अभियोग भएको मलाई थाहा छैन, तर यसले मलाई न्यायोचित ठहराउँदैन। । प्रभुले नै मेरो न्याय गर्नुहुन्छ ।5त्यसकारण समय आउनुभन्दा अघि वा प्रभु आउनुभन्दा अघि कुनै पनि कुराको बारेमा न्याय नगर । उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई ज्योतिमा ल्याउनुहुनेछ, र हृदयका उद्देश्‍यहरू प्रकट गर्नुहुनेछ । त्यसपछि प्रत्येकले परमेश्‍वरबाट आफ्नो प्रशंसा पाउनेछ ।6अब भाइहरू हो, तिमीहरूका खातिर मैले र अपोल्‍लोसले यी सिद्धान्तहरू प्रयोग गर्‍यौं, ताकि हामीबाट तिमीहरूले “जे लेखिएको छ, त्योभन्दा बाहिर नजाऊ” भन्‍ने भनाइको अर्थ सिक्न सकौला । 7किनकि कसले तिमीहरू र अरूहरूका बीचमा फरक देख्छ? तिमीहरुसँग के छ जुन तिमीहरूले पाएको छैनौं? तिमीहरूले त्यो पाएका छौ भने तिमीहरूले त्यसरी नपाएको झैं गरेर किन घमण्ड गर्छौ?8तिमीहरूले चाहने सबै कुराहरू अघि नै तिमीहरूसँग छ! तिमीहरू अघिबाटै धनी भएका छौ! तिमीहरूले हामीबिना नै शासन गर्न सुरु गरेका छौ! वास्तवमा, तिमीहरूले शासन गर भन्‍ने म चाहन्छु ताकि हामी पनि तिमीहरूसँगै शासन गर्न सकौं। 9किनकि मलाई यस्तो लाग्छ कि परमेश्‍वरले हामी प्रेरितहरूलाई मृत्युदण्ड पाउन लागेका मानिसहरूलाई जस्तै भीडको पछिल्लो लहरमा प्रदर्शनमा राख्‍नुभएको छ । हामी संसार, स्वर्गदूतहरू र मानिसहरूका बीचमा तमाशा भएका छौं।10हामी ख्रीष्‍टको निम्ति मूर्ख छौं, तर तिमीहरू ख्रीष्‍टमा बुद्धिमानी छौ । हामी दुर्बल छौं, तर तिमीहरू बलिया छौ। तिमीहरूले आदर पाएका छौ, तर हामीले अनादर पाएका छौं 11यो वर्तमान घडीमा हामी भोकाएका र तिर्खाएका छौं, हाम्रा कपडाहरू फाटिएका छन्, हामी कुटिएका छौं, हामी घरवारविहीन भएका छौं।12हामी आफ्नै हातले कडा परिश्रम गर्छौं। हामीलाई गिल्ला गर्दा हामी आशिष्‌‌ दिन्छौं । हामी सतावटमा पर्दा हामी सहन्छौं। 13हामीलाई गिल्ला गर्दा हामी दयापूर्वक बोल्‍छौं । हामी संसारले इन्‍कार गरिएका कुराहरू र सबैभन्दा घिनलाग्दा कुराहरू जस्‍ता भएका छौं र अझ पनि हामीलाई यस्तै ठानिन्छ ।14तिमीहरूलाई शर्ममा पार्न मैले यो कुरा लेखेको होइनँ, तर मेरा प्रिय बालकहरूको रूपमा तिमीहरूलाई चेतावनी दिन । 15किनकि ख्रीष्‍टमा तिमीहरूका दस हजार अभिभावक भए तापनि, तिमीहरूका धेरै जना पिता छैनन् । किनकि सुसमाचारद्वारा म ख्रीष्‍ट येशूमा तिमीहरूका पिता बनें । 16त्यसैले मेरो अनुकरण गर्ने होओ भनी म तिमीहरूलाई आग्रह गर्छु ।17यसकारण मैले तिमीहरूकहाँ मेरा प्रिय र प्रभुमा विश्‍वासयोग्य बालक तिमोथीलाई पठाएँ । मैले हरेक स्थान र हरेक मण्डलीमा सिकाएबमोजिम ख्रीष्‍टमा मेरो जीवन कस्तो छ सो तिनले तिमीहरूलाई सम्झना गराउनेछन् । 18अब म फेरि तिमीहरूकहाँ आउँदिनँ भन्‍ने ठानेर तिमीहरूमध्ये कोही अहङ्कारी भएका छन् ।19तर यदि प्रभुको इच्छा भयो भने म तिमीहरू कहाँ चाँडै नै आउनेछु । त्यसपछि म ती अहङ्कारीहरूको कुरा मात्र होइन, तर तिनीहरूको शक्‍ति हेर्नेछु । 20किनकि परमेश्‍वरको राज्य कुरामा होइन, तर शक्‍तिमा छ । 21तिमीहरू के चाहन्छौ? म तिमीहरूकहाँ कसरी आऊँ, छडी लिएर वा प्रेम र नम्रताको आत्मामा?
51तिमीहरूका बीचमा व्यभिचार छ भन्‍ने हामीले खबर पाएका छौं, यस्तो खालको व्यभिचार त अन्यजातिहरूमा पनि स्वीकार्य हुँदैनः एक जना आफ्‍नै बुबाकी पत्‍नीसँग सुतिरहेको छ। 2तिमीहरू यति अहङ्कारी छौ! के तिमीहरूले शोक गर्नुपर्ने होइन र? ताकि यस्तो काम गर्ने मानिसलाई तिमीहरूका माझबाट हटाइयोस्?3किनकि शरीरमा म अनुपस्थित भए तापनि आत्मामा म उपस्थित छु। त्यस्तो काम गर्नेलाई म त्यहीं भएजस्तै गरेर मैले अघिबाटै न्याय गरिसकेको छु । 4जब तिमीहरू हाम्रा प्रभु येशूको नाउँमा एक साथ भेला हुन्छौ, म आत्मामा तिमीहरूसँग हुन्छु, र हाम्रा प्रभु येशूको शक्ति उपस्थित हुन्छ, 5शरीरको विनाशको निम्ति त्यस मानिसलाई शैतानको हातमा सुम्‍पियोस्, ताकि प्रभुको दिनमा त्यस मानिसको आत्माचाहिं बाँचोस्।6तिमीहरूको घमण्ड ठिक होइन । के तिमीलाई थाहा छैन कि थोरै खमिरले सम्पूर्ण रोटीलाई खमिरी बनाउँछ? 7पुराना खमिरबाट आफैलाई शुद्ध गर ताकि तिमीहरू नयाँ मुछेको पिठो बन्‍न सक, अखमिरी, जसरी तिमीहरू साँच्चै छाै‌ । किनकि हाम्रा निस्तार-चाडको थुमा ख्रीष्‍टको बलिदान भइसकेको छ । 8त्यसैकारण, पुरानो खमिर अर्थात् खराब तथा दुष्‍टता आचरणसाथ होइन, बरु इमानदार तथा सत्यताको अखमिरी रोटीका साथ चाड मनाऔं।9मेरो पत्रमा मैले तिमीहरूलाई व्यभिचारी मानिसहरूसँग घुलमिल नहुनु भनेर लेखें । 10त्यसको अर्थ, संसारमा भएका अनैतिक मानिसहरू वा लोभीहरू वा ठगाहाहरू वा मूर्तिपूजकहरूसँग बिल्कुलै सङ्गत नगर्नू भनेको होइन, किनभने तिनीहरूबाट टाढा रहनको निम्ति तिमीहरू यस संसारबाट नै निस्केर जानुपर्ने हुन्छ ।11तर अहिले आफैलाई प्रभुमा भाइ ठान्‍ने तर व्यभिचारी वा लोभी वा मूर्तिपूजक वा गालीगलौज गर्ने वा पियक्‍कड वा ठगाहासँग सङ्गत नगर्नू भनेर लेखिरहेछु । यस्ता मानिसहरूसँग बसेर खाना समेत नखाओ । 12किनकि म किन मण्डली बाहिरकाहरूको न्याय गर्ने काममा संलग्‍न हुनु? बरु, के तिमीहरूले नै मण्डलीभित्र हुनेहरूको न्याय गर्नुपर्ने होइन र? 13तर बाहिरकाहरूको न्याय परमेश्‍वरले गर्नुहुन्छ। “तिमीहरूका माझबाट दुष्‍ट व्यक्‍तिलाई हटाओ।”
61तिमीहरूमध्ये एक जनाको अर्को भाइसँग झगडा छ भने के त्यसले न्यायको लागि परमेश्‍वरका पवित्र जनहरूको अगाडि नगएर अधर्मीको अगाडि जाने आँट गर्छ? 2परमेश्‍वरका पवित्र जनहरूले संसारको न्याय गर्नेछन् भन्‍ने के तिमीहरूलाई थाहा छैन? यदि तिमीहरूले संसारको न्याय गर्ने हो भने कम महत्त्वका कुराहरूलाई के तिमीहरू मिलाउन सक्दैनौ र? 3के हामीले स्वर्गदूतहरूको न्याय गर्नेछौं भन्‍ने तिमीहरूलाई थाहा छैन? त्यसो भए, यस जीवनका मामिलाहरूलाई हामीले कति बढी न्याय गर्न सक्छौं?4यदि तिमीहरूले नै दैनिक जीवनसित सम्बन्धित कुराहरूको न्याय गर्ने हो भने त्यस्ता मुद्दाहरू किन ती मानिसहरूका अगाडि राख्छौ?, जसको मण्डलीमा कुनै प्रतिष्‍ठा छैन। 5तिमीहरूलाई शर्ममा पार्न म यसो भन्छु । के तिमीहरूको माझमा भाइहरुका बीचमा भएका झगडाहरू मिलाउन सक्‍ने बुद्धिमान् मानिस कोही छैन? 6तर यस्‍तो भएको छ, एक भाइले अर्को भाइको विरुद्धमा अदालत जान्‍छ र अविश्‍वासी न्‍यायाधीशको अघि मुद्दा राख्‍छ।7वास्तवमा तिमीहरूका बीचमा कुनै पनि मुद्दा हुनु नै तिमीहरूको हार हो। बरु, किन अन्याय नसहनु? बरु, किन आफैंलाई ठगिन नदिनु? 8तर तिमीहरू आफैले अन्याय गरेका र ठगेका छौ, र तिमीहरुले आफ्नै भाइहरुलाई यो गर्छौ!9अधर्मीहरूले परमेश्‍वरको राज्यमा उत्तराधिकार पाउँदैनन् भनेर के तिमीहरूलाई थाहा छैन? धोकामा नपरः अनैतिक यौन-सम्बन्धहरू, मूर्तिपूजकहरू, व्यभिचारीहरू, पुरुषगामीहरू, समलिङ्गीहरू, 10चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, र ठगहरू कोही पनि परमेश्‍वरको राज्यको उत्तराधिकारी हुनेछैनन्। 11अनि तिमीहरूमध्ये कोही यस्तै थियौ । तर तिमीहरू शुद्ध पारिएका छौ, तिमीहरू परमेश्‍वरमा पवित्र गरिएका छौ, प्रभु येशू ख्रीष्‍टको नाउँमा र हाम्रा परमेश्‍वरको आत्माद्वारा तिमीहरू परमेश्‍वरमा धर्मी ठहराइएका छौ।12“सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन्”, तर सबै कुरा फाइदाजनक छैनन्। “सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन्”, तर म तिनीहरूमध्ये कुनै कुराको अधीनमा हुन्‍नँ। 13“खाना पेटको निम्ति हो, र पेट खानको निम्ति हो”, तर परमेश्‍वरले ती दुवैलाई नाश गर्नुहुनेछ। शरीर व्यभिचारको लागि होइन। बरु, शरीर प्रभुको लागि हो, र प्रभुले शरीरको लागि जुटाउनुहुनेछ।14परमेश्‍वरले प्रभुलाई जीवित पार्नुभयो र हामीलाई पनि उहाँको शक्‍तिद्वारा जीवित पार्नुहुनेछ। 15तिमीहरूका शरीरहरू ख्रीष्‍टका अङ्गहरू हुन् भन्‍ने के तिमीहरूलाई थाहा छैन? तब के मैले ख्रीष्‍टका अङ्गहरूलाई छुटाएर तिनीहरूलाई वेश्यासँग जोडूँ? त्यसो नहोस्!16वेश्यासँग जोडिने व्यक्‍ति त्यससँग एउटै शरीर हुन्छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? धर्मशास्‍‍त्रले भन्‍छ, “दुई जना एउटै शरीर हुनेछन्।” 17तर प्रभुसित जोडिने व्यक्‍ति उहाँसँग आत्मामा एउटै हुन्छ ।18व्यभिचारदेखि भाग! कुनै पनि व्यक्‍तिले गरेका अरु सबै पापहरू शरीरदेखि बाहिर गर्छ, तर व्यभिचारको पाप गर्नेले त्यसको आफ्नै शरीरको विरुद्धमा पाप गर्छ ।19तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन, जो तिमीहरूभित्र बास गर्नुहुन्छ, जसलाई तिमीहरूले परमेश्‍वरबाट पाएका छौ? तिमीहरू आफ्नै होइनौ भन्‍ने के तिमीहरूलाई थाहा छैन? 20किनकि तिमीहरू मोल तिरेर किनिएका थियौ। त्यसकारण, तिमीहरूको शरीरले अनि आत्मामा परमेश्‍वरलाई महिमा देओ, जुन परमेश्‍वरको हो ।
71अब तिमीहरूले लेखेका यी कुराहरूका विषयमा भन्‍नुपर्दा "पुरुषको लागि स्‍‍त्रीलाई नछुनु नै असल हो ।" 2तर धेरै अनैतिक कामहरूका परीक्षाहरूको कारणले गर्दा प्रत्येक पुरुषको आफ्नै पत्‍नी होस् र प्रत्येक स्‍‍त्रीको आफ्नै पति होस् ।3पतिले आफ्नी पत्‍नीसँग यौनसम्बन्ध राख्‍ने आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, र त्यसरी नै पत्‍नीले आफ्नो पतिलाई । 4पत्‍नीको आफ्नो शरीरमाथि अधिकार हुँदैन, पतिको हुन्छ । यसरी नै पतिको आफ्नो शरीरमाथि अधिकार हुँदैन, तर पत्‍नीको हुन्छ ।5पारस्परिक सहमतिमा केही समयको निम्ति बाहेक एक अर्कालाई वञ्‍चित नगर, ताकि तिमीहरू प्रार्थनामा लागिरहन सक । त्यसपछि तिमीहरू फेरि एकसाथ हुनुपर्छ, ताकि तिमीहरूका आत्मसंयमको अभावको कारणले शैतानले तिमीहरूलाई परीक्षामा पार्न नसकोस्। 6तर म तिमीहरूलाई यी कुराहरू अनुमतिको रूपमा भन्दछु आज्ञाको रूपमा होइन। 7सबै जना मजस्तै भएको म इच्छा गर्छु। तर प्रत्येकले परमेश्‍वरबाट आ-आफ्नो वरदान पाएको छ। एक जनाले एक प्रकारको वरदान र अर्कोले अर्कै प्रकारको पाएको छ।8अविवाहित र विधवाहरूलाई म भन्दछु कि तिनीहरू मजस्तै अविवाहित रहन्छन् भने यो तिनीहरूका लागि असल हुन्छ । 9तर यदि तिनीहरूले आफूलाई वशमा राख्‍न सक्दैनन् भने तिनीहरूले विवाह गरून् । किनकि कामुकतामा जल्नुभन्दा तिनीहरूका निम्ति विवाह गर्नु असल हो ।10अब विवाहितका निम्ति म यो आज्ञा दिन्छु—मैले होइन, तर प्रभुले दिनुहुन्छ—पत्‍नी आफ्नो पतिबाट अलग हुनुहुँदैन। 11(तर यदि तिनी आफ्‍नो पतिबाट अलग हुन्छिन् भने, तिनी विवाह नगरी बसून् ‍वा आफ्‍नो पतिसँग मिलाप गरून्), अनि पतिले आफ्नी पत्‍नीसँग सम्बन्ध विच्‍छेद गर्नुहुँदैन ।12तर बाँकीलाई म भन्दछु - मैले होइन तर प्रभुले भन्‍नुहुन्छ - कि यदि कुनै भाइसँग अविश्‍वासी पत्‍नी छ, र तिनी त्यससँग बस्‍नलाई सन्तुष्‍ट छिन् भने त्यसले तिनीसँग सम्बन्ध विच्छेद नगरोस्। 13यदि स्‍‍त्रीसँग अविश्‍वासी पति छ भने र त्यो तिनीसँग सन्तुष्‍ट छ भने, तिनले त्यससँग सम्बन्ध विच्छेद नगरुन्। 14किनकि अविश्‍वासी पति, पत्‍नीद्वारा पवित्र ठहरिन्छ र अविश्‍वासी पत्‍नी, पतिद्वारा पवित्र ठहरिन्छे, नत्रता तिमीहरूका छोराछोरीहरू अपवित्र हुनेछन्, तर वास्तवमा तिनीहरू पवित्र छन् ।15तर यदि अविश्‍वासी छुट्टिन्छ भने, त्यसलाई जान देऊ । यस्तो अवस्थामा भाइ वा बहिनी तिनीहरूका प्रतिज्ञामा बाँधिनेछैन। परमेश्‍वरले हामीलाई शान्तिमा बस्‍न बोलाउनुभएको छ । 16किनकि स्‍‍त्री हो, तिमीलाई के थाहा, सायद तिमीले आफ्नो पतिलाई बचाउनेछौ कि? अथवा पुरुष हो, तिमीलाई के थाहा, सायद तिमीले आफ्नी पत्‍नीलाई बचाउनेछौ कि?17यद्यपि, प्रभुले प्रत्येकलाई आफ्नो भाग दिनुभएको छ, परमेश्‍वरले बोलाउनुभएबमोजिम प्रत्येक हिंडोस् । सबै मण्डलीहरूका निम्ति मेरो नियम यही हो । 18के विश्‍वासको लागि बोलावट हुँदा कसैको खतना भएको थियो? त्यसले आफूलाई खतना नभएको जस्तो नदेखाओस् । विश्‍वासको निम्‍ति बोलावट हुँदा खतना नगर्ने कोही थियो? त्यसले खतना नगरोस् । 19किनकि न खतना केही हो न त बेखतना नै । प्रमुख कुरा परमेश्‍वरका आज्ञाहरू पालन गर्नु नै हो ।20परमेश्‍वरले विश्‍‍वास गर्न बोलाउनुहुँदा कुनै व्यक्‍ति जस्तो अवस्थामा थियो, प्रत्येक त्यही बोलावटमा रहोस् । 21के परमेश्‍वरले बोलाउनुहुँदा तिमी कमारा थियौ? यसको बारेमा तिमी फिक्री नगर । तर तिमी स्वतन्‍‍त्र हुन सक्छौ भने यसको फाइदा उठाऊ । 22किनकि दासको रूपमा हुँदा प्रभुले कसैलाई बोलाउनुभएको छ भने त्यो प्रभुको स्वतन्‍‍त्र मानिस हो । यसरी नै कसैलाई बोलाउँदा कोही स्वतन्‍‍त्र थियो भने त्यो ख्रीष्‍टको दास हो । 23तिमीहरू दाम तिरी किनिएका हौ, त्यसैले मानिसहरूको दास नबन। 24भाइहरू हो, विश्‍वास गर्न बोलावट हुँदा त्यो जस्तो अवस्थामा भएपनि, प्रत्येक त्यही अवस्थामा परमेश्‍वरसँग रहोस् ।25अब कहिल्यै विवाह नगरेकाहरूको सम्बन्धमा मसँग प्रभुबाट केही पनि आज्ञा छैन । तर प्रभुको कृपाद्वारा विश्‍वासयोग्य ठहरिएको व्यक्‍तिको रूपमा म मेरो राय दिन्छु । 26त्यसकारण, मेरो विचारमा आउन लागेको सङ्कष्‍टको कारणले गर्दा मानिस जस्तो अवस्थामा छ, त्यही अवस्थामा बस्‍नु असल हुन्छ ।27के तिमी कुनै पत्‍‍नीसँग वैवाहिक बन्धनमा बाँधिएका छौ? तिनीबाट विवाह वि‍च्‍‍छेद गर्न नखोज । यदि तिमी पत्‍‍नीबाट मुक्त छौ भने, पत्‍‍नीको खोजी नगर । 28तर तिमीले विवाह गर्‍यौ भने पनि तिमीले पाप गर्दैनौ र कुनै कन्या केटीले विवाह गर्छे भने तिनले पाप गरेकी हुँदिन । तापनि विवाह गर्नेहरूले धेरै किसिमका संसारिक दुःखकष्‍ट भोग्‍नेछन् र म तिमीहरूलाई तीबाट बचाउन चाहन्छु ।29तर भाइहरू हो, म यो भन्छुः समय छोटो छ। अब उप्रान्त पत्‍नी हुनेहरू पत्‍नी नभएजस्तो गरी जिऊन् । 30रुनेहरू नरोएको जस्तै गरी बसून्, खुसी हुनेहरू खुसी नभएझैं गरी बसून् र किनमेल गर्नेहरूले तिनीहरूसँग केही नभएझैं गरून्, 31अनि संसारसित व्यवहार गर्नेहरूले यसलाई पूर्ण रूपमा प्रयोग गरिरहे जस्तो व्यवहार नगरून् । किनकि संसार यसको वर्तमान अवस्‍‍थामा अन्त्य हुँदैछ ।32तिमीहरू निस्फिक्री होओ भन्‍ने म चाहन्छु । अविवाहित पुरुषले प्रभुलाई कसरी खुसी पार्ने भनी उहाँका कुराहरूमा ध्यान दिन्छ। 33तर विवाहित पुरुषले आफ्नी पत्‍नीलाई कसरी प्रसन्‍न पार्ने भनी संसारका कुराहरूमा ध्यान दिन्छ । 34तिनको ध्यान विभाजित हुन्छ । अविवाहित स्‍‍त्री वा कन्याले शरीरमा र आत्मामा कसरी पवित्र हुन सक्छु भनी प्रभुका कुराहरूमा ध्यान दिन्छिन् । तर विवाहित स्‍‍त्रीले आफ्नो पतिलाई कसरी प्रसन्‍न पार्ने भनी संसारका कुराहरूमा ध्यान दिन्छिन् ।35म तिमीहरूको आफ्नै भलाइका निम्ति भन्‍छु र तिमीहरूलाई प्रतिबन्ध लगाउनलाई होइन । जे ठिक छ म त्यही भन्छु, ताकि तिमीहरू बाधाबिना एक चित्तका भई प्रभुमा लागिरहन सक ।36कसैले मगनी भएकी आफ्नी कन्यासँग राम्रो व्यवहार गरिरहेको छैन भनी त्यसले ठान्छ र तिनको विवाह गर्ने उमेर बितिसकेको छ भने चाहेबमोजिम त्यसले गरोस् । त्यसले पाप गरिरहेको छैन। तिनीहरूले विवाह गर्नुपर्छ । 37तर यदि त्यो हृदयमा पक्‍का छ, त्यो कुनै करकापमा परेको छैन तर त्यसले आफ्नो इच्छा वशमा राख्‍न सक्छ, र त्यसले आफ्नो हृदयमा यसो गर्ने अर्थात् आफ्नी मगनी भएकी कन्यालाई कुमारी नै राख्‍ने निर्णय गरिसकेको छ भने त्यसले असल नै गर्नेछ । 38त्यसैले, जसले आफ्नी कन्यासँग विवाह गर्छ त्यसले असल नै गर्छ, र जसले विवाह नगर्ने इच्छा गर्छ भने त्यसले अझ बढी राम्रो गर्नेछ ।39स्‍‍त्री तिनको पति बाँचुञ्‍जेलसम्म बन्धनमा बाँधिएकी हुन्छिन् । तर तिनको पतिको मृत्यु भयो भने तिनी जोसँग विवाह गर्न चाहन्छिन् त्यससँग विवाह गर्न स्वतन्‍‍त्र हुन्छिन्, तर त्यो व्यक्‍ति प्रभुमा हुनुपर्छ । 40तापनि मेरो विचारमा यदि तिनी त्यस्तै अवस्थामा बस्छिन् भने तिनी अझ धेरै प्रसन्‍न रहन्छिन् । अनि मसँग पनि परमेश्‍वरको आत्मा छ भनी म ठान्छु ।
81मूर्तिलाई बलिदानको रूपमा चढाइएको खानेकुराको बारेमा भन्‍नुपर्दा हामीलाई थाहा छ कि हामी सबैसँग ज्ञान छ । ज्ञानले घमण्ड ल्याउँछ, तर प्रेमले उन्‍‍नति गराउँछ । 2यदि कसैले केही जान्छु भनी विचार गर्छ भने त्यो व्यक्‍तिले जति जान्‍नुपर्ने हो त्यति जानेको हुँदैन । 3तर यदि कसैले परमेश्‍वरलाई प्रेम गर्छ भने त्यो व्यक्‍ति उहाँद्वारा चिनिएको हुन्छ ।4त्यसकारण, मूर्तिलाई बलिदानको रूपमा चढाइएको खानेकुराको बारेमा: हामीलाई थाहा छ कि यस संसारमा भएको मूर्ति केही पनि होइन र एक मात्र परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ । 5किनकि धेरै देवताहरू र प्रभुहरू भएजस्तै आकाशमा वा पृथ्‍वीमा नाम मात्रका देवताहरू भएतापनि, 6हाम्रा निम्ति परमेश्‍वर पिता एक मात्र हुनुहुन्छ, जसबाट सबै कुरा हुन आए, र जसका निम्ति हामी जिउँछौं; र एउटै प्रभु येशू ख्रीष्‍ट जसद्वारा सबै कुरा अस्तित्वमा आउँछन् र जसद्वारा नै हामी अस्तित्वमा छौं ।7तापनि यो ज्ञान सबैमा हुँदैन । बरु कति जनाले पहिले मूर्तिपूजा गर्थे र तिनीहरूले यो खानेकुरा मूर्तिलाई नै चढाइएको मानेर खान्छन् । तिनीहरूको विवेक कमजोर भएको कारण भ्रष्‍ट भएको छ ।8तर खानेकुराले हामीलाई परमेश्‍वरमा स्वीकारयोग्य बनाउँदैन । हामीले यो खाँदैमा असल हुँदैनौं र नखाँदैमा खराब पनि हुँदैनौं । 9तर होसियार होओ, तिमीहरुको स्वतन्‍‍त्रता कमजोर विश्‍वास भएकाहरूलाई ठेसको कारण नबनोस् । 10मानौं, जो कोही ज्ञान भएको व्यक्‍तिले तिमीले मन्दिरमा बसेर खानेकुरा खाइरहेको देख्यो भने के त्‍‍यसको कमजोर विवेकले त्‍‍यसलाई मूर्तिलाई चढाइएको खानेकुरा खान आँट नदेला?11मूर्तिहरूको वास्तविक प्रकृतिको बारेमा तिमीहरूको समझको कारणले गर्दा कमजोर भाइ नष्‍ट हुन्छ, जसको निम्ति ख्रीष्‍ट मर्नुभयो । 12त्यसैले, जब तिमीले आफ्ना भाइहरूको विरुद्धमा पाप गरेर तिनीहरूको कमजोर विवेकलाई चोट पुर्‍याउँछौ, तिमीले ख्रीष्‍टको विरुद्धमा पाप गर्छौ । 13त्यसकारण, यदि मैले खाएको खाना मेरो भाइलाई ठेसको कारण बन्छ भने, म फेरि कहिल्यै मासु खानेछैनँ, ताकि म मेरो भाइको पतनको कारण नबनूँ ।
91के म स्वतन्‍‍‍त्र छैनँ? के म प्रेरित होइनँ? के मैले येशू हाम्रा प्रभुलाई देखेको छैनँ? के तिमीहरू प्रभुमा मेरा काम होइनौ? 2म अरूको लागि प्रेरित नभए तापनि कमसेकम तिमीहरूको लागि त हुँ । किनकि तिमीहरू नै प्रभुमा मेरो प्रेरितको कामको छाप हौ ।3यो मलाई जाँच्‍‍न खोज्‍‍नेहरूलाई जवाफ होः 4के हामीलाई खाने र पिउने अधिकार छैनँ? 5के अरू प्रेरितहरू, प्रभुका भाइहरू र केफासले गरेजस्तै हामीले पनि आफूसँग विश्‍वासी पत्‍नी लिएर हिंड्ने अधिकार छैनँ? 6अथवा के मलाई र बारनाबासलाई मात्र व्‍‍यापारको काम नगर्ने अधिकार छैन?7आफ्नै खर्चमा सिपाहीको रूपमा कसले सेवा गर्छ? कसैले दाखबारी लगाएर त्यसको फल खाँदैन? वा कसले गाईवस्तु पालेर तिनीहरूबाट दूध पिउँदैन? 8के म यी कुराहरू मानवीय अधिकारको आधारमा भन्छु‍‍? के व्यवस्थाले पनि यही भन्दैन र?9किनकि मोशाको व्यवस्थामा यस्तो लेखिएको छ, “दाइँ गरिरहेको गोरुलाई मोहोला नलगाओ ।” के परमेश्‍वरले साँच्‍चै गोरुहरूको मात्र वास्ता गर्नुहुन्छ? 10के उहाँले हामीहरूका बारेमा बोलिरहनुभएको छैन? यो हाम्रो निम्ति लेखिएको थियो, किनभने खेत जोत्‍नेले बालीको आशा राखेर नै जोत्‍नुपर्छ र बाली चुट्नेले पनि हिस्‍‍सा पाउने आशाले नै चुट्नुपर्छ । 11यदि हामीले तिमीहरूका बीचमा आत्मिक कुराहरू छर्‍यौं भने तिमीहरूबाट हामीले भौतिक कुराहरूको कटनी गर्नु अति भयो र?12यदि तिमीहरूबाट अरूहरूले हकको दाबी गर्छन् भने के हामीलाई त्योभन्दा बढ्ता हक छैनँ? तापनि हामीले यो हकको दाबी गरेनौं । बरु ख्रीष्‍टको सुसमाचारमा बाधा नबनौं भनेर हामीले सबै सह्‍यौं । 13के मन्दिरमा सेवा गर्नेले मन्दिरबाट नै खानेकुरा पाउँछन् भन्‍ने तिमीहरूलाई थाहा छैन? वेदीमा सेवा गर्नेले वेदीमा चढाइएको कुराको हिस्सा पाउँछ भन्‍ने तिमीहरूलाई थाहा छैन? 14त्यसरी नै सुसमाचार प्रचार गर्नेले सुसमाचारबाट नै जीविका चलाओस् भनेर प्रभुले आज्ञा गर्नुभयो ।15तर मैले यी कुनै पनि हकहरूको दाबी गरेको छैनँ । र मेरो लागि केही गरियोस् भनेर म यो लेख्दिनँ । यो गर्व गर्ने कुरादेखि कसैले मलाई वञ्‍चित गर्छ भने म बरु मर्न तयार छु! 16किनाकि मैले सुसमाचार प्रचार गरें भनेर मैले घमण्ड गर्ने कारण छैनँ, किनभने मैले यो गर्नुपर्छ । यदि मैले सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्‍कार छ!17किनकि यदि मैले आफूखुसी यसो गर्छु भने मैले इनाम पाउँछु । तर यो आफूखुसी होइन भने मलाई सुम्पिएको जिम्मेवारी अझै मसँग छ । 18त्यसो भए मेरो इनाम के हो? यही हो कि जब म प्रचार गर्छु, सित्तैंमा सुसमाचार प्रचार गरूँ र सुसमाचरमा मेरो हकको पूर्ण प्रयोग नगरूँ ।19किनकि म सबै कुरामा स्वतन्‍‍त्र भए तापनि धेरैलाई जित्‍न सकौं भनेर म सबैको दास भएँ । 20यहूदीहरूलाई जित्‍नको लागि म यहूदीजस्तै बनें । व्यवस्थाको अधीनमा भएकाहरूलाई जित्‍नको निम्ति म व्यवस्थाको अधीनमा भएको जस्तै बनें । म आफैं व्यवस्थाको अधीनमा नभए तापनि मैले यसो गरें । 121म आफैं परमेश्‍वरको व्यवस्थाबाट बाहिर नभएर ख्रीष्‍टको व्यवस्थामा भए तापनि व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्‍नको निम्ति म व्यवस्थाबाट बाहिर भएजस्तै बनें । व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्‍न सकूँ भनेर मैले यसो गरें । 22कमजोरहरूलाई जित्‍न सकूँ भनेर कमजोरहरूको लागि म कमजोर बनें । सबै उपायहरूद्वारा केहीलाई बचाउन सकूँ भनेर म सबै मानिसहरूका लागि सबै कुरा बनेको छु । 23सुसमाचारको खातिर म सबै कुराहरू गर्छु ताकि यसका आशिष्‌हरूमा म सहभागी हुन सकूँ ।24दौडमा सबै मानिसहरू दौडिन्छन्, तर एक जनाले मात्र पुरस्कार पाउँछ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? त्यसैले पुरस्कार पाउने गरी दौड । 25हरेक खेलाडी सबै तालिमहरूमा आत्मसंयमी हुन्छ । तिनीहरूले नाश हुने मुकुट पाउनको लागि यसो गर्छन्, तर हामी नाश नहुने मुकुट पाऔं भनेर दौडन्छौं। 26त्यसैले म बिना उद्देश्‍‍य दगुर्दिनँ ; हावामा हाने जस्‍‍तै मुक्‍‍का हान्दिनँ । 27तर म आफ्‍नो शरीरलाई वशमा राख्छु र यसलाई दास बनाउँछु, ताकि अरूलाई प्रचार गरेपछि म आफैंचाहिं अयोग्य नबनूँ ।

1ULB मा पाउँछाैः म आफैं व्यवस्थाको अधीनमा नभए तापनि मैले यसो गरें । । केही महत्‍‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरू साथै अरू प्राचीन अनुवादहरूमा यो वाक्य छैन ।

101भाइहरू हो, तिमीहरूले यो नजान भनी म चाहन्‍नँ कि हाम्रा पिता पुर्खाहरू सबै बादलमुनि थिए र सबै समुद्रको बीचबाट भएर गए । 2सबैले बादल र समुद्रमा मोशामा बप्‍तिस्मा पाएका थिए, 3र सबैले एकै आत्मिक भोजन खाए । 4सबैले एकै आत्मिक पानी पिए । किनकि तिनीहरूले आफ्नो पछि लागेकाे एउटा आत्मिक चट्टानबाट पिए, अनि त्यो चट्टान ख्रीष्‍ट हुनुहुन्थ्यो ।5तर तिनीहरूमध्ये धेरै जनासित परमेश्‍वर प्रसन्‍न हुनुभएन, र तिनीहरूका लासहरु उजाड-स्थानमा छरिए । 6अब यी कुराहरू हाम्रा लागि उदाहरणहरू थिए, त्यसैले हामी तिनीहरूले जस्तै नहोऊ, जोहरु दुष्‍ट कुराहरूको लालसा गर्छन् ।7तिनीहरूमध्ये कोही झैं तिमीहरू पनि मूर्तिपूजकहरू नहोओ । यस्तो लेखिएको छ, “मानिसहरू खान र पिउन बसे अनि खेल्नलाई उठे ।” 8तिनीहरू धेरैले गरेझैं हामीले यौन अनैतिक कार्य नगरौं, जुन कारणले गर्दा एकै दिनमा तिनीहरूमध्‍ये तेइस हजार मरे ।9न ता हामीले ख्रीष्‍टको परीक्षा गराैं, जसरी तिनीहरूमध्ये धेरैले गरे र सर्पहरूद्वारा नष्‍ट भए । 10गनगन पनि नगर जसो तिनीहरूमध्ये धेरै गरे र मृत्युको दूतद्वारा नष्‍ट भएका थिए ।11अब हाम्रो निम्ति उदाहरणहरुको रुपमा तिनीहरूलाई यी कुराहरू भए । यी हाम्रा निर्देशनका निम्ति लेखिएका थिए, हाम्रो निम्ति, जसमा युगको अन्त्य आएको छ । 12त्यसैकारण कसैले म खडा छु भनी सोच्छ भने होसियार रहोस् ताकि त्याे नलडोस् । 13सबै मानव-जातिमा आउने परीक्षाभन्दा तिमीहरू फरक परीक्षामा परेका छैनौं । तर परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ । उहाँले तिमीहरूलाई तिमीहरूको क्षमता बाहिरको परीक्षामा पर्न दिनुहुन्‍न । तिमीहरूले त्यसलाई सहन सक भनेर उहाँले परीक्षाको साथमा त्यसबाट उम्किने बाटाे पनि प्रदान गर्नुहुनेछ ।14त्यसकारण, मेरा प्रियहरू हो, मूर्तिपूजाबाट टाढा भाग । 15म समझदार मानिसहरूसित बोलेजस्तै तिमीहरूसित बोल्छु, ताकि तिमीहरूले मैले भनेको कुरा जाँच गर्न सक । 16हामीले आशिष् दिने आशिष्‌को कचौरा ख्रीष्‍टको रगतमा भएको सहभागिता होइन र? हामीले भाँच्‍ने रोटी ख्रीष्‍टको शरीरमा भएको सहभागिता होइन र? 17किनभने रोटी एउटै भएकोले हामी धेरै भए तापनि एउटै शरीर हौं। हामी सबैले एकसाथ एउटै रोटीबाट खान्छौं।18शरीरअनुसारका इस्राएललाई हेर, के बलिदान खानेहरू वेदीका सहभागी होइनन् र? 19त्यसो भए, म के भन्दैछु? के त्यो मूर्ति कुनै कुरा हो? अथवा मूर्तिमा चढाइएको बलिदान केही कुरा हो?20तर म तिनीहरूले चढाउने बलिदानका थाेकहरुकाे बारेमा भन्छु, कि तिनीहरूले यी कुराहरू भूतहरूलाई चढाउँछन्, परमेश्‍वरलाई होइन! तिमीहरू भूतहरूसँग सहभागी होओ भन्‍ने म चाहन्‍नँ । 21तिमीहरूले प्रभुको कचौरा र भूतहरूको कचौराबाट पिउन सक्दैनौ । तिमीहरूले प्रभुको टेबुलमा र भूतहरूको टेबुलमा सहभागी हुन सक्दैनौ । 22अथवा के हामीले प्रभुलाई डाही बनाउने? के हामी उहाँभन्दा बलिया छौं?23“सबै कुरा न्यायसङ्गत छ”, तर सबै कुरा फाइदाजनक छैन । “सबै कुरा न्यायसङ्गत छ”, तर सबै कुराले मानिसको निर्माण गर्दैन। 24कसैले पनि आफ्नै भलाइ मात्र नखोजोस् । बरु, प्रत्येकले आफ्नो छिमेकीको भलाइ खोजोस् ।25बजारमा बेचिएका सबै कुरा विवेकका खातिर प्रश्‍न नगरी खाओ । 26किनकि “पृथ्‍वी र त्यसमा भएका सबै कुरा प्रभुकै हुन् ।” 27यदि विश्‍वास नगर्ने व्यक्‍तिले तिमीहरुलाई खानामा निम्तो दिन्छ र तिमीहरू जान इच्छा गर्छौ भने तिमीहरूको अगाडि खानलाई राखिएको कुरा विवेकको खातिर प्रश्‍नहरु नसोधी खाओ ।28तर यदि कसैले तिमीहरूलाई “यो मूर्तिपूजामा चढाइएको हो” भन्यो भने त्यो नखाओ । यो चाहिं दुवै, जानकारी दिने र विवेकको खातिर हो ।1 29मैले तिमीहरूको विवेकको बारेमा भनेको होइनँ, तर अरूको विवेकको बारेमा भनेको हुँ । किनकि अरूको विवेकद्वारा मेरो स्वतन्‍‍त्रताको न्याय किन हुन दिने? 30 यदि म कृतज्ञतासाथ खानामा सहभागी हुन्छु भने मैले धन्यवाद दिएको कुरामा म किन निन्दित हुने?31त्यसकारण, तिमीहरूले जे खान्छौ वा पिउँछौ वा तिमीहरू जे गर्छौ, सबै परमेश्‍वरको महिमाको निम्ति गर । 32तिमीहरू यहूदीहरू र ग्रीकहरू दुवै, र परमेश्‍वरको मण्डलीप्रति दाेष रहित रहाे । 33त्यसरी नै म सबै मानिसहरूलाई सबै कुराहरूमा खुसी पार्ने कोसिस गर्छु । म आफ्नो भलाइ खोज्दिनँ, तर धेरैको भलाइ खोज्छु । तिनीहरूले उद्धार पाऊन् भनेर म यो गर्छु ।

1केही ग्रीक लेखका प्राचीन प्रतिलिपिहरुले थप्छ किनकि “पृथ्‍वी र त्यसमा भएका सबै कुरा प्रभुकै हुन् तर ग्रीक लेखका उत्कृष्‍ट प्रतिलिपिहरुमा याे छैन। धेरै विद्वान्‌हरूले याे थप गर्नुलाई पद २६काे नक्कलकाे रूपमा हेर्छन्

111मेरो अनुकरण गर्नेहरू होओ, जसरी म ख्रीष्‍टको अनुकरण गर्दछु । 2अब म तिमीहरूको प्रशंसा गर्दछु किनकि तिमीहरूले हरेक कुरामा मलाई सम्झन्छौ । म तिमीहरूको प्रशंसा गर्दछु, किनकि मैले सिकाएका शिक्षा तिमीहरूले कायम राख्छौ । 3अब म तिमीहरूले यो बुझ भन्‍ने चाहन्छु कि येशू ख्रीष्‍ट हरेक मानिसको शिर हुनुहुन्छ, पुरुष स्‍‍त्रीको शिर हो, र परमेश्‍वरचाहिं ख्रीष्‍टको शिर हुनुहुन्छ । 4कुनै पुरुषले आफ्नो शिर ढाकेर प्रार्थना गर्छ अथवा अगमवाणी बोल्छ भने उसले परमेश्‍वरको अपमान गर्छ ।5तर यदि कुनै स्‍‍त्रीले आफ्नो शिर नढाकी प्रार्थना गर्छे वा अगमवाणी बोल्छे भने त्यसले आफ्नो शिरको अपमान गर्छे । किनकि यसो गर्नु भनेको त्यसले आफ्नो केश खौरेको जस्तै हो । 6यदि स्‍‍त्रीले आफ्नो शिर ढाक्दिन भने, त्यसले आफ्नो केश छोटो गरी काटोस् । यदि स्‍‍त्रीको लागि केश काट्नु वा खौरनु त्यसको लागि शर्मको कुरा हो भने त्यसले आफ्नो शिर ढाकोस् ।7पुरुषले आफ्नो शिर नढाकोस् किनकि त्यो परमेश्‍वरको प्रतिरूप र गौरव हो । तर स्‍‍त्रीचाहिं पुरुषको गौरव हो । 8किनकि पुरुष स्‍‍त्रीबाट बनिएको थिएन, बरू स्‍‍त्री पुरुषबाट बनिएकी थिई।9किनकि पुरुष स्‍‍त्रीको निम्ति सृष्‍टि गरिएको थिएन, बरू स्‍‍त्री पुरुषको निम्ति सृष्‍टि गरिएकी थिई । 10यसैकारणले स्वर्गदूतहरूका खातिर स्‍‍त्रीले आफ्नो शिरमा अधिकारको चिन्ह लगाउनुपर्छ ।11तापनि प्रभुमा स्‍‍त्री पुरुषबाट स्वतन्‍त्र हुन्‍न न त पुरुष स्‍‍त्रीबाट नै । 12किनकि जसरी स्‍‍त्री पुरुषबाट आउँछे, त्यसरी नै पुरुष पनि स्‍‍त्रीबाट आउँछ र सबै कुरा परमेश्‍वरबाट आउँछन् ।13तिमीहरू आफैं विचार गर, के स्‍‍त्रीले आफ्नो शिर नढाकी परमेश्‍वरसँग प्रार्थना गर्नु उपयुक्त हो? 14कुनै पुरुषले लामो केश पाल्नु त्यसको निम्ति शर्मको कुरो हो भन्‍ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र? 15कुनै स्‍‍त्रीको लामो केश हुनु, त्यसको निम्ति गौरवको कुरो हो भन्‍ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र? सो त्यसको शिर ढाक्नका लागी दिइएको हो । 16तर यदि कोही यस विषयमा बहस गर्न चाहन्छ भने हामीसँग अर्को कुनै प्रथा छैन, न परमेश्‍वरको मण्डलीसँग छ ।17तर यी निर्देशनहरू दिंदा म तिमीहरूको प्रशंसा गर्दिनँ । किनकि तिमीहरू असलको निम्ति होइन तर खराबको निम्ति भेला हुन्छौ । 18किनकि पहिलो कुरा त तिमीहरू मण्डलीमा भेला हुँदा, तिमीहरूमा फाटो हुन्छ भन्‍ने म सुन्छु र केही हदसम्म म विश्‍वास पनि गर्छु । 19तिमीहरूका माझमा स्वीकृत भएकाहरू चिनिनको लागि पनि तिमीहरूका माझमा मतभेद हुनु आवश्यक छ ।20किनकि तिमीहरू भेला भएर खाएको कुरा प्रभु-भोज होइन । 21जब तिमीहरू खान्छौ, अरूले आफ्नो भोजन खानुअघि प्रत्येकले आफ्नो खाना खान्छ । एकजना भोकै हुन्छ र अर्को मातेको हुन्छ । 22के खान र पिउनको लागि तिम्रो आफ्नै घर छैन र? के तिमीहरू परमेश्‍वरको मण्डलीलाई तुच्छ ठान्छौ र केही नभएकाहरूलाई अपमान गर्छौ? म तिमीहरूलाई के भनूँ? के म तिमीहरूको प्रशंसा गरूँ? यसको निम्ति म तिमीहरूको प्रशंसा गर्दिनँ ।23किनकि मैले जे प्रभुबाट पाएँ, त्यो मैले तिमीहरूलाई सुम्पिदिएँ, कि प्रभु येशूले धोका पाएको त्यो रात रोटी लिनुभयो । 24धन्यवाद दिनुभएपछि उहाँले रोटी भाँच्‍नुभयो र भन्‍नुभयो, “यो मेरो शरीर हो, जुन तिमीहरूको निम्ति हो । मेरो सम्झनाको निम्ति यो गर ।”25त्यसरी नै खाइसक्‍नुभएपछि उहाँले कचौरा लिनुभयो र उहाँले भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो । जब जब तिमीहरू पिउँछौ, मेरो सम्झनामा यो गर्ने गर ।” 26किनकि हरेकपल्ट जब तिमीहरूले यो रोटी खान्छौ र कचौराबाट पिउँछौ, उहाँ नआउञ्‍जेलसम्म प्रभुको मृत्युको घोषणा गर्छौ ।27यसकारण जसले अयोग्य रीतिले रोटी खान्छ वा कचौराबाट पिउँछ, त्यो प्रभुको शरीर र रगतको दोषी हुनेछ । 28कुनै व्यक्‍तिले पहिले आफैंलाई जाँचोस् र यसरी रोटी खाओस् र कचौराबाट पिओस् । 29किनकि जसले शरीरको वास्ता नराखिकन रोटी खान्छ र कचौराबाट पिउँछ, त्यसले खाएको र पिएको कारण आफूमाथि न्यायको दण्ड ल्याउँछ । 30त्यसकारण, तिमीहरूमध्ये धेरै जना कमजोर र रोगी छन् र कोही त मरिसकेका छन् ।31तर यदि हामीले आफैंलाई जाँच गर्‍यौं भने हामी न्यायमा पर्नेछैनौँ । 32तर जब हामी प्रभुबाट जाँचिन्छौं हामी अनुशासित हुन्छौं ताकि संसारसँगै हामी दोषी ठहरिनेछैनौं।33यसकारण मेरा भाइहरू हो, जब तिमीहरू खानको लागि भेला हुन्छौ, एकले अर्कालाई पर्ख । 34यदि कोही भोकाएको छ भने त्यसले घरैमा खाओस्, ताकि तिमीहरू भेला हुँदा, त्यो न्यायको लागि नहोस् । र तिमीहरूले लेखेका अन्य विषयहरूको बारेमा, म आएपछि निर्देशनहरू दिनेछु ।
121भाइहरू हो, आत्मिक वरदानहरूको बारेमा तिमीहरू अनभिज्ञ रहेको म चाहन्‍नँ । 2तिमीहरूलाई थाहै छ कि कुनै बेला तिमीहरू मूर्तिपूजक थियौ, तिमीहरू बोल्न नसक्‍ने मूर्तिहरूतिर बहकाइएका थियौ, कुनै न कुनै प्रकारले तिमीहरू तिनीहरूद्वारा डोहोर्‍याइएका थियौ 3त्यसकारण, तिमीहरूले यो जान भन्‍ने म चाहन्छु कि परमेश्‍वरका आत्माद्वारा बोल्ने कसैले पनि “येशू श्रापित हुनुहुन्छ” भन्‍न सक्दैन । पवित्र आत्माद्वारा बाहेक कसैले पनि “येशू नै प्रभु हुनुहुन्छ” भन्‍न सक्दैन ।4अब वरदानहरू फरक छन्, तर पवित्र आत्मा त्यही हुनुहुन्छ । 5सेवाका कार्यहरू फरक छन्, तर प्रभु त्यही हुनुहुन्छ; 6र कामहरू फरक किसिमका छन्, तर सबैमा सबै कामहरु गर्नुहुने परमेश्‍वर त्यही हुनुहुन्छ ।7अब सबैको भलाइको निम्ति प्रत्येकलाई पवित्र आत्माको बाहिर देखिने चिन्‍ह दिइएको छ । 8किनकि एउटालाई पवित्र आत्माद्वारा बुद्धिको कुरा दिइएको छ भने त्यही पवित्र आत्माद्वारा अर्कोलाई ज्ञानको कुरा।9अर्कोलाई त्यही पवित्र आत्माद्वारा विश्‍वास दिइएको छ भने अर्कोलाई एकै पवित्र आत्माद्वारा निको पार्ने वरदान दिइएको छ । 10एउटालाई आश्‍चर्यको कामहरू दिइएको छ र अर्कोलाई अगमवाणीको । अर्कोलाई आत्माहरू छुट्‍याउने क्षमता दिइएको छ भने अर्कोलाई विभिन्‍न किसिमका भाषाहरू बोल्ने, अनि कसैलाई भाषाहरूको अर्थ खोलिदिने । 11यी सबै एकै र त्यही पवित्र आत्माका काम हुन्, उहाँको इच्छाबमोजिम उहाँले प्रत्येकलाई व्यक्‍तिगत रूपमा वरदानहरू दिनुहुन्छ ।12किनकि जसरी शरीर एउटा हुन्छ र अङ्गहरू धेरै हुन्छन् र सबै अङ्ग एउटै शरीरको भएझैं, ख्रीष्‍टमा पनि त्यस्तै हुन्छ । 13किनकि एउटै पवित्र आत्माद्वारा हामीहरू सबैको एउटै शरीरमा बप्‍तिस्मा भएको थियो, चाहे यहूदी वा ग्रीक, चाहे दास वा स्वतन्‍‍त्र, र सबैलाई एउटै पवित्र आत्माबाट पिउन दिइएको छ ।14किनकि शरीर एउटै अङ्गले मात्र होइन, तर धेरै अङ्गहरूले बनेको हुन्छ । 15यदि खुट्टाले “म हात होइन, त्यसैले म शरीरको अङ्ग होइन” भन्छ भने पनि त्यो शरीरको कुनै पनि अङ्गभन्दा कम ठहरिंदैन । 16र यदि कानले “ किनकि म आँखा होइन, म शरीरको अङ्ग होइन” भन्छ भने पनि त्यो शरीरको कुनै पनि अङ्गभन्दा कम ठहरिंदैन । 17यदि सम्पूर्ण शरीर नै आँखा हुँदो हो त सुन्‍ने कहाँबाट? यदि सम्पूर्ण शरीर कान भइदिएको भए सुँघ्‍ने कहाँबाट?18तर परमेश्‍वरले प्रत्येक अङ्गहरू, उहाँको इच्छाअनुसार ती प्रत्येकलाई शरीरमा नियुक्त गर्नुभएकाे छ । 19यदि ती सबै एउटै अङ्ग भइदिएको भए शरीर कहाँ हुन्थ्‍यो र? 20यसकारण अब ती अङ्गहरू धेरै छन् तर केवल शरीर एउटै छ ।21आँखाले हातलाई, “मलाई तिम्रो खाँचो छैन” भन्‍न सक्दैन । न टाउकोले खुट्टालाई “मलाई तिम्रो खाँचो छैन” भन्छ । 22तर कमजोर ठानिएका शरीरका अङ्गहरू अत्यावश्यक हुन्छन् , 23र हामीले कम आदरका ठान्‍ने शरीरका अङ्गहरूलाई हामी झन् बढी नै आदर गर्छाैं र देखाउन नमिल्ने अङ्गहरूलाई झनै बढी भद्रतासाथ राख्छौं। 24अब हाम्रा देखाउन मिल्ने अङ्गहरूलाई ती आवश्यक छैन बरू कम आदर पाएका अङ्गहरूलाई झन् बढ्ता आदर दिएर परमेश्‍वरले शरीरलाई बनाउनुभएकाे छ ।25शरीरमा कुनै विभाजन नहोस्, बरु हरेक अङ्गले उही स्‍नेहसाथ एक अर्कोलाई वास्ता गरून् भनेर उहाँले यसो गर्नुभयो । 26त्यसकारण जब कुनै एउटा अङ्गले दुःख पाउँछ, सबै अङ्गहरूले सँगै दुःख भोग्छन्, अथवा जब कुनै एउटा अङ्गको आदर हुन्छ, सबै अङ्गहरू सँगै आनन्दित हुन्छन् । 27अब तिमीहरू ख्रीष्‍टका शरीर हौ, र व्यक्‍तिगत रूपले यसका अङ्गहरू हौ ।28र परमेश्‍वरले मण्डलीमा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, त्यसपछि ती जो आश्‍चर्यकर्म गर्नेहरू, त्यसपछि निको पार्ने वरदान पाएकाहरू, मद्दत गर्नेहरू, प्रशासनका काम गर्नेहरू र विभिन्‍न भाषा बाेल्नेहरू नियुक्‍त गर्नुभएको छ । 29के तिनीहरू सबै प्रेरितहरू हुन्? के सबै अगमवक्‍ताहरू हुन्? के सबै शिक्षकहरू हुन्? के सबैले आश्‍चर्यकर्महरू गर्छन्?30के तिनीहरू सबैसँग निको पार्ने वरदान छ? के तिनीहरू सबै अन्य भाषाहरूमा बोल्छन्? के तिनीहरू सबैले भाषाहरूको अर्थ खोल्छन्? 31जोसिलो भई अझ ठुला वरदानहरूको खोजी गर र अब म तिमीहरूलाई अझ उत्तम मार्ग देखाउनेछु ।
131मानाैं, म मानिसहरू र स्वर्गदूतहरूको भाषामा बोल्छु, तर यदि मसँग प्रेम छैन भने म हल्ला मच्‍चाउने घण्टा र झ्याइँ-झ्याइँ गर्ने झ्याली मात्र हुन्छु । 2मानौं, मसँग अगमवाणी गर्ने वरदान छ र म सबै लुकेका सत्यहरु र ज्ञान बुझ्‍न सक्छु र मसँग पहाडहरू हटाउन सक्‍ने सम्मको सम्पुर्ण विश्‍वास छ, तर यदि मसँग प्रेम छैन भने म केही पनि होइनँ । 3तर मानौं, मसँग भएका सबै सम्पत्तिहरू गरिबहरूलाई खुवाउनको लागि दिन्छु र मेरो शरीरलाई जलाउन दिन्छु, तर यदि मसँग प्रेम छैन भने मलाई केही फाइदा हुँदैन । 14प्रेम सहनशील र दयालु हुन्छ । प्रेमले डाह वा घमण्ड गर्दैन । यो अहङ्कारी हुँदैन 5वा रुखो हुन्छ । यसले आफ्नै स्वार्थ खोज्दैन । यो सजिलै रिसाउँदैन न त यसले खराबीहरूको हिसाब राख्छ । 6यो अधार्मिकतामा खुसी हुँदैन । बरु, यो सत्यतामा रमाउँछ । 7प्रेमले सबै कुराहरु सहन्छ; सबै कुराहरुमा विश्‍वास गर्छ, सबै कुराहरुमा आशा गर्छ, र सबै कुराहरुमा स्थिर रहन्छ ।8प्रेमको कहिल्यै अन्त्य हुँदैन । यदि अगमवाणीहरू छन् भने ती बितेर जानेछन् । यदि भाषाहरू छन् भने ती बन्द हुनेछन् । यदि ज्ञान छ भने त्याे बितेर जानेछ । 9किनकि हामी थोरै जान्दछौं र थोरै अगमवाणी बोल्छौं । 10तर जब सिद्ध आउँछ, तब जे अपूर्ण छ, त्याे बितेर जानेछ ।11जब म बालक थिएँ, मैले बालकले जस्तै बोलें र मैले बालकले जस्तै सोचें, मैले बालकले जस्‍तै तर्कहरू गरें । जब म वयस्क भएँ मैले बालकका चालहरू छोडिदिएँ । 12किनकि अहिले हामी ऐनामा अप्रत्यक्ष देख्छौं, तर त्यसबेला आमने-सामने देख्‍नेछौं । अहिले म थोरै जान्दछु, तर त्यस बेला म पूर्ण रूपमा चिन्‍नेछु, जसरी म पूर्ण रूपमा चिनिएको छु । 13तर अब यी तीन कुरा रहन्छन्, विश्‍वास, आशा र प्रेम । तर यी सबैमा सर्वोत्तमचाहिं प्रेम नै हो ।

1धेरैजसाे महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरू, र प्राचीन अनुवादहरूमा पाउँछाैं, म मेरो शरीरलाई जलाउन दिन्छु केही महत्वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरू र केही प्राचीन अनुवादहरूमा पाउँछाैं, म मेराे शरीरलाई दिन्छु ताकि म घमण्ड गर्न सकूँ

141प्रेममा लागि रहो र आत्मिक वरदानहरूका लागि जोसिलो होओ, विशेष गरी तिमीहरू अगमवाणी बोल्नकाे निम्ति । 2किनकि अन्य भाषामा बोल्नेले मानिसहरूसँग होइन, तर परमेश्‍वरसँग बोल्छ । किनकि त्यसको कुरा कसैले पनि बुझ्‍न सक्दैन, किनभने त्यसले गुप्‍त कुराहरूलाई आत्मामा बोल्छ । 3तर अगमवाणी गर्नेले, मानिसहरूसँग बोलेर तिनीहरूलाई निर्माण गर्ने, उत्साह प्रदान गर्ने र सान्त्वना दिने काम गर्छ । 4जसले अन्य भाषामा बोल्छ, त्यसले आफैंलाई निर्माण गर्छ तर जसले अगमवाणी गर्छ, त्यसले मण्डलीलाई निर्माण गर्छ ।5अब तिमीहरू सबै जना अन्य भाषाहरू बोल भन्‍ने म चाहन्छु। तर त्योभन्दा पनि अझ बढी अगमवाणी गर भन्‍ने म चाहन्छु।(मण्डली सुधार होस् भनेर कसैले त्यसको अर्थ नखोलेसम्म) अन्य भाषा बोल्नेभन्दा पनि अगमवाणी गर्ने महान् हुन्छ । 6तर अब, भाइहरू हो, यदि म तिमीहरूकहाँ अन्य भाषाहरूमा बोल्दै आएँ भने मैले तिमीहरूलाई कसरी फाइदा पुर्‍याउँछु र? जबसम्म म प्रकाश वा ज्ञानमा वा अगमवाणी वा शिक्षामा तिमीहरूसँग बोल्दिनँ तबसम्म फाइदा पुर्‍याउँदिनँ ।7त्यसैगरी जब, आवाजहरू निकाल्ने मुरली वा वीणाजस्ता निर्जीव साधनहरूले फरक खालका धुनहरू निकाल्दैनन् भने कसैले मुरली वा वीणामा के बजाइरहेको छ भनेर कसरी जान्‍न सक्छ? 8किनकि यदि तुरहीलाई नचिनिने आवाजमा बजाउने हो भने लडाइँको लागि तयार हुने समय हो भनेर कसैले कसरी जान्‍ने? 9तिमीहरूका लागि पनि अन्य भाषाहरू त्यस्तै हो । यदि तिमीहरूले नबुझिने तरिकाले बोल्यौ भने के भनियाे भनी कसरी बुझ्‍ने? तिमीहरूले हावामा बोलिरहेका हुनेछाै ।10संसारमा निःशन्‍देह धेरै भाषाहरू छन् र कुनै पनि अर्थ बिनाका छैनन् । 11तर यदि मैले भाषाको अर्थ बुझिनँ भने म बाेल्ने व्यक्‍तिको लागि विदेशी हुनेछु र त्यो बाेल्ने व्यक्‍ति मेरो लागि विदेशी हुनेछ ।12त्यस्तै तिमीहरूमा पनि यो हुन्छ । तिमीहरू पवित्र आत्माको प्रकटीकरणको लागि उत्सुक भएझैं मण्डलीलाई सुधारकाे खाेजी गर ताकि तिमीहरू प्रशस्‍त हाेओ । 13त्यसैले अन्य भाषामा बोल्ने व्यक्‍तिले त्यसको अर्थ खोल्न सकोस् भनेर प्रार्थना गरोस् । 14किनकि यदि मैले अन्य भाषामा प्रार्थना गर्छु भने मेरो आत्माले प्रार्थना गर्छ तर मेरो दिमागचाहिं निष्फल हुन्छ ।15मैले के गर्ने त? म मेरो आत्माले प्रार्थना गर्नेछु, तर म मेरो दिमागले पनि प्रार्थना गर्नेछु । म मेरो आत्माले गाउनेछु र म मेरो दिमागले पनि गाउनेछु । 16नत्रता तिमीले धन्यवाद दिंदा, यदि तिमीले आत्मामा परमेश्‍वरलाई धन्य भन्छाै ‌भने बाहिरकाहरूले कसरी "आमेन" भन्‍ने जब कि तिमीले के भनिरहेका छाै तिनीहरूले बुझ्‍दैनन् ।17किनकि तिमीले त निश्‍चय नै प्रशस्‍त मात्रामा धन्यवाद दिन्छौ, तर त्यसले अर्को व्यक्‍ति बन्दैन । 18म परमेश्‍वरलाई धन्‍यवाद दिन्छु कि म तिमीहरू सबैले भन्दा बढी नै अन्य भाषाहरूमा बोल्छु । 19तर मण्डलीमा अन्य भाषामा दस हजारवटा शब्द बोल्नुको साटो अरूलाई निर्देशन दिन म आफ्नै समझमा पाँचवटा शब्द बोल्न चाहन्छु ।20भाइहरू हो, आफ्नो सोचाइमा बालकहरू नबन । बरू खराबीको निम्ति शिशुहरू बन । तर आफ्नो सोचाइमा परिपक्‍व बन । 21व्‍यवस्थामा यस्तो लेखिएको छ “अनौठो भाषाहरूमा बोल्ने मानिसहरूद्वारा र विदेशीहरूका ओठद्वारा म यी मानिसहरूसँग बोल्नेछु, तापनि तिनीहरूले मलाई सुन्‍नेछैनन्”।22त्यसाेभए, अन्य भाषाहरू विश्‍वासीहरूको लागि होइन तर विश्‍वास नगर्नेहरूको लागि चिन्‍ह हो । तर अगमवाणीचाहिं विश्‍वास नगर्नेहरूका लागि होइन तर विश्‍वासीहरूका लागि चिन्‍ह हो । 23त्यसकारण, यदि सम्पूर्ण मण्डली भेला हुन्छ, र सबैले अन्य भाषाहरूमा बोल्छन् भने, र बाहिरकाहरू र विश्‍वास नगर्नेहरू त्यहाँ आउँदा तिनीहरूले तिमीहरू पागल हौ भनेर भन्दैनन्?24तर यदि तिमीहरू सबै जनाले नै अगमवाणी गरिरहँदा र कोही विश्‍वास नगर्ने वा बाहिरको व्यक्‍ति भित्र आयो भने त्यसले सुनेको कुराले त्यसलाई पापको बोध हुनेछ । भनिएका सबै कुराहरूद्वारा त्याे जाँचिनेछ । 25त्यसका हृदयका गोप्य कुराहरू प्रकट हुनेछन् । परिणामस्वरूप, त्याे परमेश्‍वरको सामु घोप्‍टाे पर्नेछ र आराधना गर्नेछ । त्यसले परमेश्‍वर साँच्‍चै तिमीहरूका बीचमा हुनुहुन्छ भनेर घोषणा गर्नेछ ।26भाइहरू हो, अब के त? जब तिमीहरू भेला हुन्छौ, तब प्रत्येकसँग भजन, शिक्षा, प्रकाश, अन्य भाषा वा अर्थ खोल्ने काम हुन्छ । सबै कुरा मण्डलीको वृद्धिको लागि गर । 27यदि कसैले अन्य भाषामा बोल्छ भने दुई वा बढीमा तीनजनाले पालैपालो बोलून् र कसैले बोलिएको कुराको अर्थ खोलोस् । 28तर यदि त्यहाँ अर्थ खोल्ने कोही पनि छैन भने तिनीहरूमध्ये प्रत्येक मण्डलीमा चुप बसोस् । प्रत्येकले आफैं र परमेश्‍वरसँग एक्लै बोलोस् ।29दुई वा तीन जना अगमवक्‍ताहरू बोलून् र अरूले त्यो भनिएको कुरालाई ध्यानसँग त्यसको जाँच गर्दै सुनून् । 30तर यदि बसिरहेको कसैलाई अन्‍तर्द‍ृष्‍टि प्राप्‍त भयो भने बोलिरहेको पहिलाे व्यक्‍ति चुप लागोस् ।31किनकि तिमीहरू एक-एक गरेर प्रत्येकले अगमवाणी गर्न सक्छौ ताकि हरेकले सिक्‍न सकोस् र सबै नै उत्साहित बनून् । 32किनकि अगमवक्‍ताका आत्माहरू अगमवक्‍ताहरूकै नियन्‍‍त्रणमा हुन्छन् । 33किनकि परमेश्‍वर अन्योलका होइन तर शान्तिका परमेश्‍वर हुनुहुन्छ । याे परमेश्‍वरका पवित्र जनहरूका सबै मण्डलीहरूमा भएकाे नियम हाे ।34स्‍‍त्रीहरू मण्डलीहरूमा चुपचाप रहून् । किनकि तिनीहरूलाई बोल्ने अनुमति दिइएको छैन । बरु, तिनीहरू व्यवस्थाले पनि भनेअनुसार समर्पित हुनुपर्छ । 35यदि तिनीहरूले केही सिक्‍ने चाहना गर्छन् भने तिनीहरूले घरमा तिनीहरूका पतिहरूलाई सोधून् । किनकि स्‍‍त्रीहरू मण्डलीमा बोल्नु शर्मको कुरो हो । 36के परमेश्‍वरको वचन तिमीहरूबाट आएको थियो? के यो तिमीहरूकहाँ मात्र आएको थियो?37यदि कोही आफैंलाई अगमवक्‍ता वा आत्मिक सम्झन्छ भने मैले तिमीलाई लेखेका कुराहरू परमप्रभुका आज्ञाहरू हुन् भनी त्यसले स्वीकार गर्नुपर्छ । 38तर यदि कसैले त्यसलाई स्वीकार गर्दैन भने त्यसलाई पनि स्वीकार नगरियोस् ।39यसैले भाइहरू हो, अगमवाणी गर्ने द‍ृढ चाहना गर र कसैलाई पनि अन्यभाषा बोल्नदेखि नरोक । 40तर सबै कुराहरू उचित तरिकाले र व्यवस्थित रूपमा गरियोस् ।
151अब भाइहरू हो, तिमीहरूका माझमा मैले घोषणा गरेको सुसमाचार तिमीहरूलाई म स्मरण गराउँछु जुन तिमीहरूले पायौ र जसमा तिमीहरू रहन्छौ, 2र यदि तिमीहरू मैले प्रचार गरेको वचनमा अटल रह्‍यौ भने यसबाट तिमीहरू बचाइन्छौ, नत्रता तिमीहरूले व्यर्थमा विश्‍वास गर्‍यौ ।3किनकि मैले जे पाएँ ती तिमीहरूलाई पहिलाे महत्त्वका साथ सुम्पिदिएँ, धर्मशास्‍‍त्रअनुसार ख्रीष्‍ट हाम्रा पापहरूका लागि मर्नुभयो, 4उहाँ गाडिनुभयो, र धर्मशास्‍‍त्रअनुसार नै तेस्रो दिनमा जीवित पारिनुभयो ।5ख्रीष्‍ट केफासकहाँ देखा पर्नुभयो, र त्यसपछि बाह्र जनाकहाँ, 6त्यसपछि उहाँ एकसाथ पाँचसय भाइहरूकहाँ देखा पर्नुभयो । तीमध्ये धेरै जना अहिलेसम्म जीवित छन्, तर कतिचाहिं मरिसके । 7त्यसपछि उहाँ याकूबकहाँ देखिनुभयाे र त्यसपछि सबै प्रेरितहरूकहाँ ।8अन्त्यमा, उहाँ समयभन्दा अघि जन्मेको बालककहाँ जस्तै गरी मकहाँ देखा पर्नुभयो । 9किनकि म प्रेरितहरूमध्ये सबैभन्दा सानो हुँ । म प्रेरित कहलाइन अयोग्य छु, किनकि मैले परमेश्‍वरको मण्डलीलाई सताएँ ।10तर म जे छु परमेश्‍वरको अनुग्रहमा छु र ममा भएको उहाँको अनुग्रह व्यर्थमा थिएन । बरु, मैले तिनीहरू सबैले भन्दाबढी परिश्रम गरें। तरै पनि त्यो मैले होइन, तर ममा हुनुहुने परमेश्‍वरको अनुग्रहले हाे । 11त्यसैकारण म वा तिनीहरू जसले भए पनि हामी प्रचार गर्छौं र तिमीहरूले विश्‍वास गर्‍यौ ।12अब यदि ख्रीष्‍ट मृतकहरूबाट जीवित पारिनुभएको हो भनी घोषणा गरिन्छ भने कसरी तिमीहरूमध्ये कतिपयले मृतकहरूको पुनरुत्थान हुँदैन भन्‍न सक्छौ? 13तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भने ख्रीष्‍ट पनि जीवित पारिनुभएन, 14र यदि ख्रीष्‍ट जीवित पारिनुभएको होइन भने हाम्रो प्रचार व्यर्थ हुन्छ र तिमीहरूको विश्‍वास पनि व्यर्थ हुन्छ ।15हामी पनि परमेश्‍वरकाे बारेमा झुटा गवाहहरू ठहरिन्छाैं, किनभने परमेश्‍वरले ख्रीष्‍टलाई मरेकाबाट जीवित पार्नुभयो भनेर हामी गवाही दिन्छाैं, तर यदि मरेकाहरू जीवित पारिंदैनन् भने उहाँले उहाँलाई जीवित पार्नुभएन । 16किनकि यदि मरेकाहरू जीवित पारिंदैनन् भने ख्रीष्‍ट पनि जीवित पारिंनुभएन, 17र यदि ख्रीष्‍ट जीवित पारिनुभएको होइन भने तिमीहरूको विश्‍वास व्यर्थ हुन्छ र तिमीहरू अझै पनि तिमीहरूका पापहरूमा नै छौ ।18तब ख्रीष्‍टमा मर्नेहरू पनि नष्‍ट भएका छन् । 19यदि यस जीवनको लागि मात्र हामीले ख्रीष्‍टमा आशा गर्छौं भने त सबै मानिसहरूभन्दा बढी हामीहरू दयनीय हुन्छौं।20तर अब ख्रीष्‍ट मरेकाहरूबाट जीवित भई उठ्नेमा पहिलो फल झैं मृतकबाट जीवित पारिनुभएको छ । 21किनकि मृत्यु एक जना मानिसबाट आयो र मृतकहरूको पुनरुत्थान पनि एक जना मानिसबाट नै आयो ।22किनकि जसरी आदममा सबै मरे, त्यसरी नै ख्रीष्‍टमा सबै जीवित परिनेछन् । 23तर प्रत्येक कुरा आफ्नै क्रमअनुसार हुनेछ, ख्रीष्‍ट, जो पहिलो फल हुनुहुन्छ र त्यसपछि ख्रीष्‍टमा भएकाहरू उहाँको आगमनमा जीवित पारिनेछन् ।24त्यसपछि अन्त्य आउनेछ, जुन बेला ख्रीष्‍टले राज्यलाई परमेश्‍वर पिताको हातमा सुम्पिदिनुहुनेछ, जुन बेला उहाँले सबै शासन, सबै अधिकार र शक्तिलाई निर्मूल पारिदिनुहुनेछ । 25किनकि उहाँले आफ्ना सबै शत्रुहरूलाई आफ्ना खुट्टामुनि नराख्‍नुभएसम्म उहाँले शासन गर्नुपर्छ । 26नष्‍ट गर्नुपर्ने अन्तिम शत्रु मृत्यु हो ।27किनकि “उहाँले सबै कुरालाई उहाँको पाउमुनि राख्‍नुभएको छ ।” तर “उहाँले सबै कुरा राख्‍नुभएको छ” भन्‍नाले यसले स्पस्ट हुन्छ कि सबै कुरा उहाँको अधीनमा राख्‍नेचाहिं यसमा पर्नुहुन्‍न । 28जब सबै कुरा उहाँको अधीनमा हुन्छ, तब पुत्र आफैं सबै कुराहरू अधीनमा राखिदिनेको अधीनमा आउनुहुनेछ, ताकि परमेश्‍वर नै सर्वेसर्वा हुनुभएको होस् ।29वा नत्रता मरेकाहरूको निम्ति बप्‍तिस्मा लिनेहरूले के गर्ने त ? यदि मरेकाहरू जीवित नपारिने हो भने किन तिनीहरूका निम्ति तिनीहरूले बप्‍तिस्मा लिन्छन्? 30त्यसोभए किन हामी हरपल खतरामा छौं?31म प्रतिदिन मर्छु! यसमा म त्यतिनै पक्का छु, जति म तिमीहरूमा गर्व गर्छु, जुन मैले ख्रीष्‍ट येशू , हाम्रा प्रभुमा पाएको छु । 32यदि मरेकाहरू जीवित भई उठ्दैनन् भने एफिससमा मैले जङ्गली जनावरहरूसँग गरेको लडाइँले मानवीय द‍ृष्‍टिबाट मलाई के लाभ हुन्छ र? “हामी खाऔं र पिऔं किनकि भोलि त हामी मरिहाल्छौं।”33भ्रममा नपर: “खराब सङ्गतले असल चरित्रलाई बिगार्छ ।” 34धोका नखाओ! धार्मिकतामा जिओ ! पाप गरी नरहो । किनकि तिमीहरूमध्ये कतिलाई त परमेश्‍वरको कुनै ज्ञानै छैन । तिमीहरूलाई लज्जित पार्न म यो भन्दछु ।35तर कसैले भन्‍नेछ, “मरेकाहरू कसरी जीवित पारिन्छन् र कस्तो किसिमका शरीर लिएर तिनीहरू आउनेछन्?” 36तिमी मूर्खहरू! तिमीहरू जे रोप्छौ सो नमरेसम्म उम्रनेछैन ।37तिमीहरूले जे रोप्छौ त्यो पछि हुने शरीर होइन, तर बीउ मात्र हो । त्यो गहुँ या अन्य कुनै कुरा बन्‍न सक्छ । 38तर परमेश्‍वरले चाहेअनुसारको शरीर त्यसलाई दिनुहुनेछ र प्रत्येक बीउलाई त्यसको आफ्नै शरीर दिनुहुनेछ । 39सबै शरीर उस्तै हुँदैनन् । बरू मानवीय शरीर एक किसिमको हुन्छ र पशुहरूको शरीर अर्को किसिमको र चराहरू अर्कै किसिमको र माछाहरूको अर्कै किसिमको हुन्छ ।40त्यसरी नै स्वर्गीय शरीरहरू तथा पार्थिव शरीरहरू हुन्छन् । तर स्वर्गीय शरीरको महिमा एक किसिमको र पार्थिव शरीरको महिमा अर्कै हुन्छ । 41सूर्यको महिमा एक किसिमको हुन्छ र चन्द्रमाको महिमा अर्कै र ताराहरूको महिमा अर्कै हुन्छ । किनकि एउटा ताराको महिमा अर्को ताराको भन्दा फरक हुन्छ ।42मृतकहरूको पुनरुत्थान पनि त्यस्तै हो । जे रोपिन्छ त्याे कुरा नष्‍ट भएर जान्छ र उठाइएको कुरा नष्‍ट हुँदैन । 43अनादरमा त्याे रोपिन्छ र महिमामा त्याे उठाइन्‍छ । कमजोरीमा त्याे रोपिन्छ र शक्‍तिमा त्याे उठाइनेछ । 44प्राकृतिक शरीरमा त्याे रोपिन्छ र आत्मिक शरीरमा त्याे उठाइन्छ । यदि प्राकृतिक शरीर छ भने आत्मिक शरीर पनि छ ।45त्यसैले यस्तो पनि लेखिएको छ, “पहिलो मानिस आदम जीवित प्राण बन्यो ।” अन्तिम आदम जीवन दिने आत्मा बन्‍नुभयो । 46तर पहिले आएकोचाहिं आत्मिक होइन, तर प्राकृतिक थियो र त्यसपछि आत्मिक आयो ।47पहिलो मानिस पृथ्वीको हाे, माटोबाट बनाइएको । दोस्रो मानिस स्वर्गबाट आएको हो । 48माटोबाट बनेको मानिसजस्तो छ, माटोबाट बनिएकाहरू पनि त्यस्तै हुन्छन् र स्वर्गको मानिस जस्तो छ, स्वर्गकाहरू पनि त्यस्तै हुन्छन् । 49जसरी हामीहरूले माटोबाट बनेको मानिसको रूप धारण गरेका छौं, त्यसरी नै हामीहरूले पनि स्वर्गकाे मानिसको रूपलाई धारण गर्नेछौं ।50अब, भाइहरू हो म याे भन्छु कि, मासु र रगत परमेश्‍वरको राज्यको हकदार हुन सक्‍नेछैन, न त विनाशी, अविनाशीसँग हकदार हुनसक्छ । 51हेर ! म तिमीहरूलाई रहस्य बताउँछु, हामी सबै मर्नेछैनौं, तर हामी सबै परिवर्तन हुनेछौं।52हामीहरू एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको अन्तिम आवाजमा परिवर्तन हुनेछौं । किनकि तुरही बज्‍नेछ र मरेकाहरू अविनाशी भई जीवित पारिनेछन् र हामी परिवर्तन हुनेछौं। 53किनकि याे विनाशी शरीरले अविनाशी शरीरलाई धारण गर्नुपर्छ र यो मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ ।54तर जब, यो विनाशी शरीरले अविनाशीलाई धारण गर्छ र यो मरणशील शरीरले अमरत्व धारण गरेपछि यसरी लेखिएको वचन पूरा हुन आउनेछः “मृत्युलाई विजयले निलेको छ ।” 55“मृत्यु तेरो विजय कहाँ छ? मृत्यु तेरो खील कहाँ छ?”56मृत्युको खील पाप हो र पापको शक्‍ति व्यवस्था हो । 57तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा हामीलाई विजय दिने परमेश्‍वरलाई धन्यवाद होस्!58त्यसैकारण, मेरा प्रिय भाइहरू हो, स्थिर र अटल रहो । सधैं प्रभुको काममा सधैं बढ्दैजाओ, किनकि प्रभुमा तिमीहरूको काम व्यर्थ हुँदैन ।
161अब परमेश्‍वरका पवित्र जनहरूका भेटीको बारेमा गलातीका मण्डलीहरूलाई मैले निर्देशन दिएअनुसार तिमीहरूले गर्नू । 2हप्‍ताको पहिलो दिन आफ्नो प्रशस्तताअनुसार तिमीहरू प्रत्येकले केही छुट्टाएर, एक ठाउँमा जम्मा गर । यसो गर्नु, ताकि म आउँदा भेटी उठाउन नपरोस् ।3र जब म आइपुग्छु, तिमीहरूले समर्थन गरेका मानिसहरूलाई म परिचय पत्र दिनेछु र तिनीहरूलाई, तिमीहरूको भेटीसहित यरूशलेममा पठाइदिनेछु । 4 यदि म पनि जान उचित भयो भने, तिनीहरू मसँगै जानेछन् ।5तर माकेडोनियाको यात्रा गरिसकेपछि म तिमीहरूकहाँ आउनेछु, किनकि म माकेडोनिया भएर जानेछु । 6सायद म तिमीहरूसँगै बस्‍नेछु अथवा हिउँद पनि बिताउनेछु, ताकि म जहाँगए पनि, तिमीहरूले मेरो यात्रामा सहायता गर्न सक ।7किनकि अब म छोटो समयको निम्ति मात्र तिमीहरूलाई भेट्न चाहन्‍नँ । यदि परमेश्‍वरबाट अनुमति भयो भने मैले तिमीहरूसँग धेरै समय बिताउने आशा राखेको छु । 8तर म पेन्तिकोससम्म एफिससमा बस्‍नेछु, 9किनकि मेरो निम्ति फराकिलो ढोका खोलिएको छ र त्यहाँ धेरै विरोधीहरू छन् ।10अब तिमोथी त्यहाँ आउँदा तिनलाई तिमीहरूसँग बिनाडर बस्‍न देओ, किनकि तिनी पनि मैले जस्तै परमेश्‍वरको सेवा गर्दैछन् । 11कसैले पनि तिनको अवहेलना नगरोस् । शान्तिसँग तिनको यात्रामा सहायता गर, ताकि तिनी मकहाँ आउन सकून् । किनकि तिनी अरू भाइहरूसँगै आउनेछन् भनी मैले आशा गरिरहेको छु । 12अब हाम्रा भाइ अपोल्लोसको बारेमा भन्‍नुपर्दा मैले तिनलाई भाइहरूका साथ तिमीहरूकहाँ भेटघाटमा जानको निम्ति धेरै आग्रह गरें। तर तिनलाई अहिले आउन केही गरी मन भएन । तापनि ठिक समयमा तिनी आउनेछन् ।13सतर्क रहो, विश्‍वासमा द‍ृढ बस, पुरूषार्थी हाेओ, सामर्थी बन । 14तिमीले जे गर्छौ, सबै प्रेममा गर ।15स्तिफनसको घरानालाई तिमी जान्दछौ जो अखैयाका पहिलो विश्‍वासी हुन् र तिनीहरूले प्रभुका पवित्र जनहरूको सेवाको निम्ति आफैंलाई समर्पित गरेका छन् । अब भाइहरू हो, म तिमीहरूलाई आग्रह गर्छु कि 16त्यस्ता मानिसहरू र सबै सहायता गर्ने र हामीसँग परिश्रम गर्नेहरूको अधीनमा रहो ।17स्तिफनास, फोर्टुनाटस र अखाइकसको आगमनमा म आनन्दित छु । तिनीहरूले तिमीहरूको अनुपस्थितिलाई पूरा गरिदिए । 18किनकि तिनीहरूले मेरो र तिमीहरूको आत्मालाई ताजा पारिदिएका छन् । त्यसैले तिनीहरूजस्ता मानिसहरूको कदर गर ।19एसियाका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् । अकिलास र प्रिस्किलाका साथै तिनीहरूको घरमा भएको मण्डलीले पनि तिमीहरूलाई प्रभुमा अभिवादन पठाएका छन् । 20सबै भाइहरूले अभिवादन पठाएका छन् । एकले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर ।21म, पावल, मेरो आफ्नै हातले यो पत्र लेख्छु । 22यदि कसैले प्रभुलाई प्रेम गर्दैन भने त्याे श्रापित होस् । हाम्रा प्रभु, आउनुहोस्, 23प्रभु येशूको अनुग्रह तिमीहरूसँग रहोस् । 24ख्रीष्‍ट येशूमा तिमीहरू सबैलाई मेरो प्रेम छ । 1

1केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरू र केही प्राचीन अनुवादहरूमा आमेन पद 24 को अन्तमा पाइन्छ । तर धेरै महत्‍वपूर्ण प्राचीन ग्रीक प्रतिलिपिहरू, साथै धेरै प्राचीन अनुवादहरूमा आमेन अन्तमा पाइँदैन ।