मत्तीको सुसमाचार नयाँ करारमा भएका चार पुस्तकहरूमध्ये एउटा हो जसले येशू ख्रीष्टको जीवनका केही अंशलाई वर्णन गर्छन् । येशू को हुनुहुन्थ्यो र उहाँले के गर्नुभयो भन्ने बारेमा सुसमाचारका लेखकहरूले भिन्नभिन्न पक्ष समेटेर लेखे । येशू नै मसिह हुनुहुन्थ्यो, र परमेश्वरले उहाँद्वारा इस्राएललाई बचाउनुहुने थियो भनेर मत्तीले देखाए । पुरानो करारका ख्रीष्टसम्बन्धी भएका भविष्यवाणीहरूलाई येशूले पूरा गर्नुभयो भनी मत्तीले धैरैपटक व्याख्या गरे । उनका पाठकहरू धेरैजसो यहूदीहरू हुन्छन् भन्ने उनको अपेक्षालाई यसले सङ्केत गर्न सक्छ ।
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक नाम, “मत्तीको सुसमाचार,” वा “मत्तीको अनुसार रहेको सुसमाचार” भनेर अनुवाद गर्न छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी प्रस्ट हुने शीर्षक छान्न सक्छन्, जस्तै कि, “येशूको बारेमा भएको सुसमाचार जुन मत्तीले लेखे ।”
यस पुस्तकले लेखकको नाम दिएको छैन । तापनि, ख्रीष्टिएनहरूको सुरुको समयदेखि नै धेरैजसो ख्रीष्टिएनहरूले प्रेरित मत्ती नै यसका लेखक थए भनेर विचार गरेका छन् ।
अन्य सुसमाचारका पुस्तकका लेखकहरूले परमेश्वरको राज्यको बारेमा जसरी लेखेका छन्, मत्तीले स्वर्गको राज्यको बारेमा ठीक त्यसरी नै बताएका छन् । स्वर्गको राज्यले परमेश्वरले सारा मानिसहरू र सारा सृष्टिलाई सबै ठाउँमा शासन गर्नुहुने कुराको प्रतिनिधित्व गर्दछ । परमेश्वरले आफ्नो राज्यमा स्वीकार गर्नुहुने मानिसहरू आशिषित् हुनेछन् । तिनीहरू सदासर्वदा परमेश्वरसँग वास गर्ने छन् ।
मानिसहरूले येशूलाई एक रब्बीको रूपमा मान्थे । रब्बी भनेको परमेश्वरको व्यवस्थाको शिक्षक हो । इस्राएलका अरू धर्मगुरुहरूले सिकाउने तरिकाले नै येशूले पनि सिकाउनुहुन्थ्यो । उहाँसँग विद्यार्थीहरू थिए जसले उहाँलाई उहाँ जता जानुभयो त्यता पछ्याउँथे । ती विद्यार्थीहरूलाई चेलाहरू भनियो । उहाँले धेरैपटक दृष्टान्तहरू भन्नुभयो । दृष्टान्तहरू नैतिक पाठहरू सिकाउने कथाहरू हुन् । अनि अनि )
मत्ती, मर्कूस र लूकाको सुसमाचारलाई सिनोप्टिक अर्थात् समरूप सुसमाचारहरू भनिन्छ, किनभने तिनमा धेरैवटा मिल्दाजुल्दा खण्डहरू छन् । “सिनप्टिक” शब्दको अर्थ “एकसाथ हेर्नु” हो ।
जब दुई वा तीन सुसमाचारहरूमा भएका पाठ्य खण्डहरू दुरुस्तै एउटै वा लगभग उस्तै हुन्छ, तिनीहरूलाई “समानान्तर” प्रतिलिपि भएको मानिन्छ । समानान्तर खण्डहरूको अनुवाद गर्दा अनुवादकहरूले उही शब्दहरूका प्रयोग गर्नुपर्छ र तिनलाई सकेसम्म मिल्दोजुल्दो बनाउनुपर्छ ।
सुसमाचारहरूमा, येशूले आफैँलाई “मानिसको पुत्र” भन्नुहुन्छ । यो दानिएल ७:१३-१४ लाई गरिएको उल्लेख हो । यस खण्डमा “मानिसको पुत्र” भनेर वर्णन गरिएका त्यहाँ एकजना व्यक्ति हुनुहुन्छ । त्यसको अर्थ ती व्यक्ति कुनै मानिस झैँ देखिनुहुने कोही हुनुहुन्थ्यो । जातिजातिमाथि सदासर्वदा शासन गर्ने अधिकार परमेश्वरले ती मानिसको पुत्रलाई दिनुभयो । अनि सबै मानिसहरूले सदासर्वदा उहाँकै आराधना गर्नेछन् ।
येशूको समयका यहूदीहरूले कसैको नामको रूपमा “मानिसको पुत्र” भन्ने प्रयोग गर्दैनथे । यसकारण, येशू साँचो रूपमा को हुनुहुन्थ्यो भनी तिनीहरूले बुझ्न सकून् भनेर उहाँले यो नाम आफ्नो लागि प्रयोग गर्नुभयो ।
“मानिसको पुत्र” भन्ने नामको अनुवाद गर्ने काम धेरैवटा भाषामा कठिन हुन सक्छ । शाब्दिक रूपमा गरिएको अनुवादलाई पाठकहरूले गलत बुझ्न सक्छन् । अनुवादकहरूले “मानव व्यक्ति” जस्ता विकल्पहरूलाई विचार गर्न सक्छन् । यस नामलाई व्याख्या गर्न एउटा पादटिप्पणी समावेश गर्दा पनि सहयोगी हुन सक्छ ।
बाइबलका पुराना संस्करणहरूमा निम्न दिइएका पदहरू पाइन्छन् तर अधिकांश नयाँ संस्करणहरूमा समावेश गरिएका छैनन्ः
यी खण्डहरूलाई समावेश नगर्न अनुवादकहरूलाई सुझाव दिइन्छ । तापनि, यदि अनुवादकहरूको क्षेत्रमा, यी खण्डहरूमध्ये कुनै एउटा वा बढीलाई समावेश गर्ने बाइबलका पुराना संस्करणहरू पाइन्छन् भने, अनुवादकहरूले तिनलाई समावेश गर्न सक्छन् । यदि तिनीहरूलाई समावेश गरियो भने, तिनीहरू सम्भवतः मत्तीको सुसमाचारबाट लिइएका मौलिक कुरा होइनन् भनेर सङ्केत दिनको लागि तिनीहरूलाई ठूला कोष्ठकहरूभित्र
1 दाऊदका पुत्र अब्राहामका पुत्र येशू ख्रीष्टको वंशावलीको पुस्तक । 2 अब्राहाम इसहाकका पिता थिए, र इसहाक याकूबका पिता थिए, र याकूब यहूदा र तिनका दाजुभाइहरूका पिता थिए । 3 यहूदा तामारद्वारा फारेस र जाहेरका पिता थिए, फारेस हेस्रोनका पिता, र हेस्रोन आरामका पिता थिए । 4 आराम अम्मीनादाबका पिता, अम्मीनादाब नहशोनका पिता, र नहशोन सल्मोनका पिता थिए । 5 सल्मोन राहाबद्वारा बोअजका पिता, बोअज रूथद्वारा ओबेदका पिता, ओबेद यिशैका पिता थिए, 6 यिशै दाऊद राजाका पिता थिए । दाऊद उरियाहकी पत्नीद्वारा सोलोमनका पिता थिए । 7 सोलोमन रहबामका पिता, रहबाम अबियाका पिता, अबिया आसाका पिता थिए । 8 आसा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, र यहोराम उज्जियाहका पिता थिए । 9 उज्जियाह योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाका पिता थिए । 10 हिजकिया मनश्शेका पिता, मनश्शे अमोनका पिता, अमोन योशियाहका पिता थिए । 11 बेबिलोनमा निर्वासनको समयमा योशियाह यकोनियास र तिनका दाजुभाइहरूका पिता भए । 12 र बेबिलोनमा निर्वासनपछि यकोनियास शालतिएलका पिता भए, शालतिएल यरुबाबेलका पूर्वज थिए । 13 यरुबाबेल अबिउदका पिता, अबिउद एल्याकीमका पिता, र एल्याकीम आजोरका पिता थिए । 14 आजोर सादोकका पिता, सादोक आखिमका पिता, र आखिम एलिउदका पिता थिए । 15 एलिउद एलाजारका पिता, एलाजार मत्तानका पिता, र मत्तान याकूबका पिता थिए । 16 याकूब तिनै मरियमका पति योसेफका पिता थिए, जसबाट येशू जन्मनुभयो, जसलाई ख्रीष्ट भनिन्छ । 17 अब्राहामदेखि दाऊदसम्म जम्मा पुस्ता चौध पुस्ता, दाऊददेखि बेबिलोनको निर्वासनसम्म चौध पुस्ता र बेबिलोनको निर्वासनदेखि येशू ख्रीष्टसम्म चौध पुस्ता थिए । 18 येशू ख्रीष्टको जन्म यस प्रकारले भयो । उहाँकी आमा मरियमको योसेफसँग विवाहको निम्ति मगनी भएको थियो, तर उनीहरूको सहवास हुनुभन्दा अगाडि तिनी पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा हुन आयो । 19 तिनका पति योसेफ धर्मी मानिस थिए र उनले तिनलाई सबैका सामु शर्ममा पार्न चाहेनन् । यसैले, उनले गोप्य प्रकारले तिनीसँगको मगनीलाई रद्द गर्ने निर्णय गरे । 20 जसै उनले यी कुराहरूको बारेमा विचार गरे, सपनामा परमप्रभुका एक जना स्वर्गदूत उनको सामु देखा परे र यसो भने, “हे दाऊदका पुत्र योसेफ, मरियमलाई आफ्नी पत्नीको रूपमा स्वीकार्न नडराऊ, किनकि जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माद्वारा गर्भधारण हुनुभएको हो । 21 तिनले एक जना पुत्र जन्माउनेछिन् र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ ।” 22 अगमवक्ताद्वारा परमप्रभुले बोल्नुभएको यस्तो भनाइ पुरा हुनलाई यी सबै भए, 23 “हेर, कन्या गर्भवती हुनेछिन् र एक जना पुत्र जन्माउनेछिन्, र तिनीहरूले उहाँको नाउँ इम्मानुएल राख्नेछन्”, जसको अर्थ हुन्छ, “परमेश्वर हामीसँग ।” 24 योसेफ निद्राबाट ब्युँझे र उनले परमप्रभुका दूतले आज्ञा गरेअनुसार गरे र उनले तिनलाई उनकी पत्नीको रूपमा स्वीकारे । 25 तर, तिनले पुत्रलाई जन्म नदिएसम्म उनले तिनीसँग शारीरिक सम्बन्ध राखेनन् । र उनले उहाँको नाउँ येशू राखे ।
केही अनुवादहरूले पुरानो करारबाटको कुनै उद्धरणलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले १:२३ मा उद्धृत गरेर ल्याइएका सामग्रीको लागि यसै गर्छ ।
कुनै व्यक्तिको पूर्खा वा सन्तानका अभिलेख राख्ने सूची नै वंशावली हो । ठीक व्यक्तिलाई राजा बनाउन छनोट गर्नका लागि यहूदीहरूले वंशावलीहरूको प्रयोग गर्थे । राजाको छोरा मात्र राजा बन्न सक्ने नियम भएको हुनाले तिनीहरूले त्यसो गर्थे । अधिकांश महत्त्वपूर्ण मानिसहरूसँग तिनीहरूका वंशावलीको अभिलेख हुन्थ्यो ।
मरियमको अरू पुरुषसँग यौन सम्पर्क भएको थिएन भनेर जनाउनका लागि मत्तीले यस अध्यायमा निकै उद्देश्यका साथै कर्म वाच्यको प्रयोग गर्दछन् । पवित्र आत्माले आश्चर्यपूर्ण कार्य गर्नुभएको हुनाले तिनले येशूलाई गर्भधारण गरिन् । धेरैवटा भाषामा कर्म वाच्य हुँदैन, त्यसैले ती भाषामा अनुवाद गर्नेहरूले सोही सत्यतालाई प्रस्तुत गर्नका लागि अन्य उपायहरू खोज्नुपर्दछ ।
येशू राजा दाऊद र अब्राहामका सन्तान हुनुहुन्छ भनेर दर्शाउनका लागि लेखकले उहाँको वंशावलीसँग सुरु गर्दछन् । वंशावली मत्ती १:१७ भर अगाडि बढिरहन्छ ।
यसलाई तपाईंले एउटा पूर्ण वाक्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यो येशू ख्रीष्टको पूर्खाहरूका सूची हो”
येशू, दाऊद, र अब्राहामका बीचमा त्यहाँ थुप्रै पुस्ताहरू थिए । यहाँ “पुत्र”को अर्थ “सन्तान” हुन्छ । वैकल्पिक अनुवादः “येशू ख्रीष्ट, दाऊदका सन्तान, जो अब्राहामका सन्तान थिए”
कहिलेकाहीँ “दाउदका पुत्र” भन्ने वाक्यांशलाई नामको रूपमा प्रयोग गरिएको छ, तर यहाँ भने येशूको पुर्ख्यौली चिनाउनका लागि मात्र प्रयोग भएको जस्तो छ ।
“अब्राहाम इसहाकका पिता भए” वा “अब्राहामसँग इसहाक छोरा थियो” वा “अब्राहामसँग इसहाक नाम गरेका एक छोरा थिए ।” तपाईंले यसलाई अनुवाद गर्नलाई विभिन्न तरिकाहरू छन् । तपाईंले यहाँ जुन तरिकाले अनुवाद गर्नुभए पनि, येशूका पूर्खाहरूका सुचीभर त्यही तरिकाले नै अनुवाद गरेको खण्डमा सर्वोत्तम हुनेछ ।
यहाँ “थिए” भन्ने बुझिएको छ । वैकल्पिक अनुवादः “इसहाक ... का पिता थिए, याकूब ... का पिता थिए”
यिनीहरू पुरुषहरूका नाउँहरू हुन् ।
यहाँ “थिए” भन्ने बुझिएको छ । वैकल्पिक अनुवादः “फारेस ... का पिता थिए, हेस्रोन ... का पिता थिए”
यहाँ “थिए” भन्ने बुझिएको छ । वैकल्पिक अनुवादः “अम्मीनादाब ... का पिता थिए, नहशोन ... का पिता थिए”
“सल्मोन बोअजका पिता थिए, र बोअजकी आमा राहाब थिइन्” वा “सल्मोन र राहाब बोअजका बाबुआमा थिए”
यहाँ “थिए” भन्ने बुझिएको छ । वैकल्पिक अनुवादः “बोअज ... का पिता थिए, ओबेद ... का पिता थिए”
“बोअज ओबेदका पिता थिए, र ओबेदकी आमा रूथ थिइन्” वा “बोअज र रूथ ओबेदका बाबुआमा थिए”
यहाँ “थिए” भन्ने बुझिएको छ । “दाऊद सोलोमनका पिता थिए, र सोलोमनकी आमा उरियाहकी पत्नी थिइन्” वा “दाऊद र उरियाहकी पत्नी सोलोमनका बाबुआमा थिए”
“उरियाहकी विधवा ।” सोलोमन उरियाहको मृत्यु भएपछि जन्मेका थिए ।
यी दुवै वाक्यांशहरूमा “थिए” शब्दलाई बुझिएको छ । वैकल्पिक अनुवादः “रहबाम अबियाका पिता थिए, र अबिया आसाका पिता थिए”
कहिलेकाहीँ यसलाई “आमोस” भनेर अनुवाद गरिन्छ ।
“पूर्खा”को लागि अझ बढी खास शब्दलाई प्रयोग गर्न सकिन्छ, खासगरी तब जब “पूर्खा” शब्द कोही व्यक्तिको हजुरबुबा वा हजुरआमाभन्दा अगाडिका कोही व्यक्तिको लागि मात्र प्रयोग गरिन्छ । वैकल्पिक अनुवादः “योशियाह यकोनियासका हजुरबुबा थिए”
“जब तिनीहरूलाई बेबिलोनमा सर्नलाई कर लगाइएको थियो” वा “जब बेबिलोनीहरूले तिनीहरूलाई पराजित गरे र तिनीहरूलाई बेबिलोनमा गएर बस्न लगाए ।” यदि तपाईंको भाषामा को बेबिलोनमा गयो भनेर खुलाउनुपर्छ भने, तपाईंले “इस्राएलीहरू” वा “इस्राएलीहरू जो यहूदामा बस्थे” भनेर भन्न सक्नुहुन्छ ।
यहाँ यसको अर्थ बेबिलोनको मुलुक भन्ने हुन्छ, बेबिलोनको सहर मात्रै होइन ।
तपाईंले मत्ती १:११ मा प्रयोग गर्नुभएका शब्दहरूलाई नै प्रयोग गर्नुहोस् ।
शालतिएल यरुबाबेलका हजुरबुबा थिए ।
लेखकले येशूको वंशावलीलाई टुङ्ग्याउँछन्, जुन मत्ती १:१ मा सुरु भयो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मरियम, जसले येशूलाई जन्म दिइन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई मानिसहरूले ख्रीष्ट भन्छन्”
“१४”
तपाईंले मत्ती १:११ मा प्रयोग गर्नुभएका शब्दहरूलाई नै प्रयोग गर्नुहोस् ।
यहाँबाट कथाको नयाँ भागको सुरु हुन्छ, जसमा लेखकले येशूको जन्मसम्मका घटनाहरूका बारेमा वर्णन गर्दछन् ।
“उहाँकी आमा मरियमले योसेफसँग विवाह गर्न लागेकी थिइन् ।” सामान्यतया बाबुआमाले छोराछोरीका विवाहको प्रबन्ध मिलाइदिन्थे । वैकल्पिक अनुवादः “येशूकी आमा मरियमका बाबुआमाले तिनलाई विवाहमा योसेफलाई दिने प्रतिज्ञा गरेका थिए”
योसेफसँग मरियमको मगनी भएको समयमा येशूको अघि नै जन्म भइसकेको थिएन भन्ने कुरा प्रस्ट बनाउने गरेर अनुवाद गर्नुहोस् । वैकल्पिक अनुवादः “मरियम, जो येशूकी आमा हुने थिइन्, तिनको मगनी भएको थियो”
“तिनीहरू विवाहित हुनभन्दा अगाडि ।” यसले मरियम र योसेफको सहवासलाई जनाएको हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरू सहवास गर्नभन्दा अगाडि”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले चाल पाए कि तिनले एउटा बालकलाई जन्म दिन लागेकी थिइन्” वा “तिनी गर्भवती भइन्”
पवित्र आत्माको शक्तिले मरियमलाई कुनै पुरुषसँग सुत्नु अगावै गर्भवती हुन सक्षम बनाएको थियो ।
योसेफले अझैसम्म मरियमलाई विवाह गरेका थिएनन्, तर जब एक जना पुरुष र स्त्रीले एकआपसमा विवाह गर्ने प्रतिज्ञा गर्दथे, तब तिनीहरू सँगसँगै नबसे तापनि यहूदीहरूले तिनीहरूलाई पति र पत्नी ठान्दथे । वैकल्पिक अनुवादः “योसेफ, जसले मरियमलाई विवाह गर्नुपर्दथ्यो”
“तिनीहरूको विवाह गर्ने योजनालाई रद्द गर्न”
“जसै योसेफले विचार गरे”
“योसेफले सपना देखिरहँदा उनीकहाँ आए”
यहाँ “पुत्र”को अर्थ “सन्तान” हुन्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पवित्र आत्माले मरियमलाई यस बालकसँग गर्भवती हुने तुल्याउनुभयो”
किनभने परमेश्वरले नै स्वर्गदूतलाई पठाउनुभएको थियो, शिशु चाहिँ एउटा छोरा हुने थियो भनेर स्वर्गदूतलाई थाहा थियो ।
“तिमीले उहाँको नाउँ ... राख्नुपर्छ” वा “तिमीले उहाँलाई ... नाउँ दिनुपर्छ ।” यो एउटा आज्ञा हो ।
अनुवादकले एउटा पादटिप्पणी थप्न सक्छन् जसले भन्दछ, “‘येशू’ नाउँको अर्थ ‘परमप्रभुले बचाउनुहुन्छ’ भन्ने हुन्छ ।”
यसले यहूदीहरूलाई जनाउँछ ।
येशूको जन्म धर्मशास्त्रअनुसार थियो भनी दर्शाउनका लागि लेखकले यशैया अगमवक्ताको खण्डलाई उद्धृत गर्दछन् ।
अब स्वर्गदूत बोलिरहेका छैनन् । ती स्वर्गदूतले भनेका कुराको महत्त्वको बारेमा अब मत्तीले व्याख्या गर्दै छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे परमप्रभुले अगमवक्तालाई लामो समयअघि लेख्न भन्नुभएको थियो”
त्यहाँ थुप्रै अगमवक्ताहरू थिए । मत्तीले यशैयाको विषयमा कुरा गरिरहेका थिए । वैकल्पिक अनुवादः “यशैया अगमवक्ता”
यहाँ मत्तीले यशैया अगमवक्तालाई उद्धृत गर्छन् ।
“ध्यान देऊ, किनभने मैले तिमीहरूलाई भन्न लागेको कुरा सत्य र महत्त्वपूर्ण दुवै छः कन्या”
यो एक पुरुषको नाम हो ।
यो यशैयाको पुस्तकमा छैन । मत्तीले “इम्मानुएल” नामको अर्थलाई व्याख्या गर्दै छन् । तपाईंले यसलाई एउटा अलग वाक्यको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यो नाउँको अर्थ ‘परमेश्वर हामीहरूसँग’ भन्ने हुन्छ ।”
लेखकले येशूको जन्मसम्मका घटनाहरूका उनको विवरणलाई टुङ्ग्याउँछन् ।
मरियमलाई उनकी पत्नीको रूपमा ल्याउन र बालकको नाम येशू राख्नलाई स्वर्गदूतले योसेफलाई भनेका थिए ।
“उनले मरियमलाई विवाह गरे”
यो मृदुभाषा हो । वैकल्पिक अनुवादः “उनले तिनीसँग यौन सम्बन्ध राखेनन्”
“एउटा पुरुष बालकलाई” वा “तिनको छोरालाई ।” यो पक्का गर्नुहोस् कि योसेफलाई वास्तविक बाबुको रूपमा चित्रण गरिएको छैन भनेर प्रस्ट छ ।
“योसेफले बालकलाई येशू नाउँ दिए”
1 यहूदियाको बेथलेहेममा राजा हेरोदको समयमा येशूको जन्म भएपछि पूर्वबाट ज्ञानी मानिसहरू यरूशलेममा आएर यसो भन्न लागे, 2 “यहूदीहरूका राजा भई जन्मनुभएका उहाँ कहाँ हुनुहुन्छ ? हामीले उहाँको तारा पूर्वमा देख्यौँ र उहाँलाई दण्डवत् गर्न आएका छौँ ।” 3 जब हेरोद राजाले यो सुने, उनी र उनीसँगै सारा यरूशलेम बेचैन भए । 4 हेरोदले सबै मुख्य पुजारी र मानिसहरूका शास्त्रीहरूलाई भेला गराए, र उनले तिनीहरूलाई सोधे, “जन्मने भनिएका ख्रीष्ट कहाँ छन् ?” 5 तिनीहरूले उनलाई भने, “यहूदियाको बेथलेहेममा किनकि अगमवक्ताद्वारा यस्तै लेखिएको थियो, 6 ‘र यहूदाको देशमा, ए बेथलेहम, यहूदाका शासकहरूभन्दा तँ कुनै कम छैनस्, किनकि तँबाट एक जना शासक आउनुहुनेछ जसले मेरा मानिस इस्राएलको हेरचाह गर्नुहुनेछ’ ।” 7 त्यसपछि ठिक कुन समयमा तारा देखा परेको थियो भनी सोध्न हेरोदले गुप्त रूपमा ती ज्ञानी मानिसहरूलाई बोलाए । 8 उनले तिनीहरूलाई यसो भन्दै बेथलेहेम पठाए, “जाओ र राम्रोसँग त्यस बालकलाई खोज । जब उनलाई भेट्टाउनेछौ, मलाई खबर गर ताकि म पनि गएर उनलाई दण्डवत् गर्न सकूँ ।” 9 तिनीहरूले राजाले भनेका कुरा सुनेपछि तिनीहरू आफ्नो बाटो लागे अनि तिनीहरूले पूर्वमा देखेका तारा तिनीहरूका अगि-अगि गए, र सानो बालक भएको ठाउँमा आइपुग्दा त्यो तारा त्यही ठाउँमाथि रोकियो । 10 जब तिनीहरूले त्यो तारा देखे, तिनीहरू हर्षले अति आनन्दित भए । 11 तिनीहरू घरभित्र पसे र सानो बालकलाई उहाँकी आमा मरियमको साथमा देखे । तिनीहरूले दण्डवत् गरे र उहाँको आराधना गरे । तिनीहरूले आफ्ना बहुमूल्य कुराहरू निकाले र उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका उपहारहरू चढाए । 12 परमेश्वरले तिनीहरूलाई हेरोदकहाँ फर्की नजानू भनी सपनामा चेतावनी दिनुभयो । त्यसैले, तिनीहरू अर्कै बाटो भएर आ-आफ्नै देशमा गए । 13 तिनीहरू गइसकेपछि परमप्रभुका एउटा दूत योसेफकहाँ सपनामा देखा परे र भने, “उठ, सानो बालक र उहाँकी आमालाई लिएर मिश्र देशमा भागेर जाऊ । मैले नभनेसम्म त्यहीँ बस, किनकि हेरोदले सानो बालकलाई मार्न उहाँलाई खोज्नेछ ।” 14 त्यो रात योसेफ उठे र सानो बालक र उहाँकी आमालाई लिए अनि मिश्रदेशतर्फ प्रस्थान गरे । 15 हेरोदको मृत्यु नभएसम्म उनी त्यहीँ बसे । अगमवक्ताद्वारा परमप्रभुले भन्नुभएको कुरा यसरी पुरा भयो, “मैले आफ्ना पुत्रलाई मिश्रदेशबाट बोलाएको छु ।” 16 त्यसपछि जब हेरोदले आफू ती ज्ञानी मानिसहरूबाट छलिएको कुरा थाहा पाए, उनी औधी रिसाए । ती ज्ञानी मानिसहरूबाट उनले निर्धारण गरेका समयअनुसार त्यस क्षेत्रका दुई वर्ष पुगेका र त्योभन्दा मुनिका बालकहरूलाई र बेथलेहेमका सबै पुरुष बालकलाई मानिसहरू पठाएर मार्न लगाए । 17 यसरी यर्मिया अगमवक्ताद्वारा जे भनिएको थियो, त्यो पुरा भयो, 18 “रामामा एउटा आवाज सुनियो, रोदन र ठुलो विलाप, बालकहरूका निम्ति राहेलको रोदन, र सान्त्वना तिनले इन्कार गरिन्, किनकि तिनका बालकहरू अब रहेनन् ।” 19 जब हेरोद मरे, हेर, परमप्रभुका एक जना दूत मिश्रमा योसेफकहाँ सपनामा देखा परे अनि उनलाई भने, 20 “उठ, अनि बालक र उहाँकी आमालाई लिएर इस्राएल देशमा जाऊ, किनकि जसले बालकलाई मार्न चाहेका थिए, तिनीहरू मरिसकेका छन् ।” 21 योसेफ उठे, अनि बालक र उहाँकी आमालाई लिएर इस्राएल देशमा आए । 22 तर जब यहूदियामा आफ्ना बुबा हेरोदको ठाउँमा अर्खिलाउसले शासन गरिरहेका उनले सुने, उनी त्यहाँ जान डराए । परमप्रभुले सपनामा चेतावनी दिनुभएपछि उनी गालीलको क्षेत्रतिर लागे, 23 र नासरत भनिने सहरमा गएर बसे । “उहाँलाई नासरी भनिनेछ” भनेर अगमवक्ताहरूद्वारा बोलिएको वचन यसरी पुरा भयो ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । ६ र १८ पदहरूमा भएका कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट ल्याइएका शब्दहरू हुन् ।
यी शब्दहरूले शायद त्यो तारालाई जनाउँछ जुन इस्राएलका नयाँ राजाको चिन्ह हो भनेर ज्ञानी मानिसहरूले विश्वास गरे ।
यस वाक्यांशलाई अनुवाद गर्न अङ्ग्रेजी अनुवादहरूले थुप्रै विभिन्न शब्दहरूको प्रयोग गर्दछन् । तिनमा “मागी” र “बुद्धिमान् मानिसहरू” पर्छन् । यी मानिसहरू वैज्ञानिकहरू वा ज्योतिषीहरू भएका हुन सक्छन् । यदि तपाईंले सक्नुहुन्छ भने, यसलाई “विद्वान मानिसहरू” भनेर साधारण शब्दहरूसँग अनुवाद गर्नुपर्छ ।
यहाँ कथाको नयाँ भाग सुरु हुन्छ र त्यो यस अध्यायको अन्त्यसम्म निरन्तर अगि बढ्छ । यहूदीहरूका नयाँ राजालाई मार्ने हेरोदको प्रयासका बारेमा मत्तीले बताउँछन् ।
“यहूदियाको प्रान्तमा रहेको बेथलेहेमको सहर”
“जब हेरोद त्यहाँ राजा थिए”
यसले महान् हेरोदलाई जनाउँछ ।
“पूर्वबाटका मानिसहरू जसले ताराहरूको अध्ययन गर्थे”
“यहूदियाको सुदूरपूर्वको मुलुकबाट”
ती मानिसहरूलाई ताराहरूको अध्ययन गरेर थाहा भएको थियो कि राजा बन्नुहुने व्यक्ति चाहिँ जन्मिसक्नुभएको थियो । तिनीहरू उहाँ कहाँ हुनुहुन्छ भनेर जान्न कोसिस गरिरहेका थिए । वैकल्पिक अनुवादः “पछि यहूदीहरूको राजा बन्नुहुने एक बालकको जन्म भएको छ । उहाँ कहाँ हुनुहुन्छ ?”
तिनीहरूले बालक चाहिँ त्यस ताराको न्यायोचित हकदार थिए भनेर भनिरहेका थिएनन् । वैकल्पिक अनुवादः “त्यस तारा जसले उहाँको बारेमा बताउँछ” वा “त्यो तारा जुन उहाँको जन्मसँग सम्बन्धित छ”
“जसरी त्यो पूर्वमा देखा पर्यो” वा “जब हामी आफ्नो मुलुकमा थियौँ”
सम्भावित अर्थहरू हुन् १) तिनीहरूले बालकलाई ईश्वरीय हुनुभएको रूपमा आराधना गर्न अभिप्राय राखे वा २) तिनीहरूले उहाँलाई एक मानवीय राजाको रूपमा सम्मान गर्न चाहन्थे । यदि तपाईंको भाषामा कुनै त्यस्तो शब्द छ जसले यी दुवै कुराहरूलाई समावेश गर्छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्नुपर्छ ।
“तिनी चिन्तित थिए ।” त्यस बालकले उनलाई राजाको रूपमा भएको उनको ओहदाबाट हटाउनेछन् भनेर हेरोद डराएका थिए ।
यहाँ “यरूशलेम”ले मानिसहरूलाई जनाउँछ । साथै, साथै “सारा” को अर्थ “धेरैजना” भन्ने हुन्छ । कति धेरै मानिसहरू बेचैन भएका थिए भन्ने कुरालाई जोड दिनका लागि मत्तीले यहाँ अतिरञ्जन गरिरहेका छन् । वैकल्पिक अनुवादः “यरूशलेममा भएका धेरैजसो मानिसहरू”
पद ६ मा, ख्रीष्टको बेथलेहेममा जन्मनुहुनेछ भनी दर्शाउनका लागि मुख्य पूजाहारीहरू र मानिसहरूका शास्त्रीहरूले मीका अगमवक्ताको खण्डलाई उद्धृत गर्छन् ।
“यहूदियाको प्रान्तमा रहेको बेथलेहेमको सहरमा”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अगमवक्ताले धेरै समय पहिले लेखेका कुरा यही हो”
मीकाले बेथलेहेमका मानिसहरूसँग तिनीहरू उनीसँगै भएका जसरी कुरा गरिरहेका थिए, तर तिनीहरू उनीसँग थिएनन् । साथै, “तुच्छ छैनस्” भन्ने कुरालाई सकारात्मक वाक्यांशसहित अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू, बेथलेहेमका मानिसहरू, तिमीहरूको सहर ... यहूदामा भएका सबैभन्दा बढी महत्त्वपूर्ण सहरहरूमध्ये एउटा हो”
मीकाले यी शासकको विषयमा एक गोठालोको रूपमा कुरा गर्नुहुन्छ । यसको अर्थ हो कि उहाँले मानिसहरूलाई डोहोर्याउनुहुनेछ र तिनीहरूको वास्ता गर्नुहुनेछ । वैकल्पिक अनुवादः “जसले मेरा मानिसहरू इस्राएललाई एक गोठालोले आफ्ना भेडाहरूलाई डोहोर्याए झैँ गरेर डोहोर्याउनुहुनेछ”
यसको अर्थ हो कि हेरोदले अरू मानिसहरूलाई थाहा नगराइकन ज्ञानी मानिसहरूसँग कुरा गरे ।
यसलाई प्रत्यक्ष उद्धरणको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरू ... , र उनले तिनीहरूलाई सोधे, ‘यो तारा ठ्याक्कै कहिले देखा पर्यो ?’”
त्यो तारा कति बेला देखा पर्यो भनी ती ज्ञानी मानिसहरूले उनलाई बताए भनेर बुझिएको छ । वैकल्पिक अनुवादः “ ... तारा कुन समयमा देखा परेको थियो ... । त्यो तारा पहिले कति बेला देखा पर्यो भनी ती ज्ञानी मानिसहरूले हेरोदलाई बताए”
यसले येशूलाई जनाउँछ ।
“मलाई जानकारी देओ” वा “मलाई भन” वा “आएर मलाई खबर देओ”
तपाईंले यसलाई मत्ती २:२ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
“ज्ञानी मानिसहरूले ... ”
“तिनीहरूले पूर्वमा माथि आउँदै गरेको देखेका थिए” वा “तिनीहरूले आफ्नो मुलुकमा देखेका थिए”
“तिनीहरूलाई मार्गनिर्देशन गर्यो” वा “तिनीहरूलाई डोहोर्यायो”
“ ... माथि रोकियो”
“साना बालक बसिरहेको ठाउँमा”
यहाँ मरियम, योसेफ, र साना बालक येशू बसिरहनुभएका घरतर्फ परिवेश बदलन्छ ।
“ज्ञानी मानिसहरू गए”
“तिनीहरूले घुँडा टेके र तिनीहरूका अनुहारहरूलाई भुइंसम्म झुकाए ।” तिनीहरूले येशूलाई सम्मान गर्न यसो गरे ।
यहाँ “कन्तुरहरू”ले तिनीहरूले आफ्ना धनसम्पत्तिहरूलाई बोक्नलाई प्रयोग गर्ने बाकसहरू वा झोलाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “ती भाँडाहरू जसमा तिनीहरू धनसम्पत्तिहरू राखिन्थे”
“त्यसपछि, परमेश्वरले ज्ञानी मानिसहरूलाई चेतावनी दिनुभयो ।” परमेश्वर जान्नुहुन्थ्यो कि हेरोदले बालकलाई हानी गर्न चाहन्थे ।
यसलाई एउटा प्रत्यक्ष उद्धरणको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “भन्दै सपनामा ... , ‘राजा हेरोदकहाँ फर्केर नजानू’, त्यसैले”
पद १५ मा, ख्रीष्टले मिश्रमा समय बिताउनुहुनेछ भनी दर्शाउनका लागि मत्तीले होशे अगमवक्ताबाट उद्धरण गर्छन् ।
“ज्ञानी मानिसहरू गइसकेका थिए”
“योसेफले सपना देखिरहेका बेलामा उनीकहाँ आए”
परमेश्वर योसेफसँग कुरा गरिरहनुभएको छ, त्यसैले यिनीहरू सबै एकवचनको रूपमा भएको हुनुपर्छ ।
यो भनाइको पूर्ण अर्थलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “फर्केर आउनलाई सुरक्षित छ भनेर मैले तिमीलाई नभनेसम्म”
यहाँ “म” शब्दले परमेश्वरलाई जनाउँछ । स्वर्गदूतले परमेश्वरको तर्फबाट बोलिरहेका छन् ।
यो बुझिएको छ कि योसेफ, मरियम, र येशू मिश्रमा नै रहनुभयो । वैकल्पिक अनुवादः “तिनीहरू रहे”
हेरोद मत्ती २:१९ नआएसम्म मर्दैनन् । यो कथनले तिनीहरूको मिश्रवासको अवधिलाई वर्णन गर्छ, र हेरोद त्यो समयमा मरे भनेर यसले भन्दैन ।
“मैले मेरो पुत्रलाई मिश्रबाट बोलाएको छु”
यसले होशेमा इस्राएलका मानिसहरूलाई जनाउँछ । यो कुरा परमेश्वरको पुत्र, येशूको बारेमा सत्य हो भनी भन्नलाई मत्तीले उद्धरण गरे । एकमात्र छोरा वा पहिलो छोरालाई जनाउने शब्दको प्रयोग गरेर यसलाई अनुवाद गर्नुहोस् ।
यी घटनाहरू हेरोदको मृत्यु हुनुभन्दा पहिला घट्छन्, जुन मत्तीले [मत्ती २:१५]
यहाँ परिवेश पुनः हेरोदतर्फ फर्किन्छ र ज्ञानी मानिसहरूले उनलाई छक्याएको कुरा चाल पाएपछि उनले के गरे भनेर बताउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ज्ञानी मानिसहरूले उनलाई छक्याएर शर्ममा पारेका थिए”
हेरोद आफैँले ती बालकहरूलाई मारेनन् । वैकल्पिक अनुवादः “उनले सबै केटाहरूलाई मार्नलाई आफ्ना सिपाहीहरूलाई आदेश दिए” वा “त्यहाँ भएका सबै नर शिशुहरूलाई मार्नलाई उनले सिपाहीहरू पठाए”
“२ वर्षका अनि तीभन्दा साना”
“त्यो समयको आधारमा”
बेथलेहेम क्षेत्रका सबै पुरुष बालकहरूको मृत्यु धर्मशास्त्रमा लेखिएअनुसार हुन आएको थियो भनी दर्शाउनका लागि मत्तीले यर्मिया अगमवक्ताबाट उद्धरण गर्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसले पूरा गर्यो” वा “हेरोदका कार्यहरूले पूरा गरे”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे परमप्रभुले यर्मिया अगमवक्ताद्वारा धेरै अघि भन्नुभएको थियो”
मत्तीले यर्मिया अगमवक्तालाई उद्धरण गरिरहेका छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले एउटा आवाज सुने” वा “त्यहाँ एउटा ठूलो आवाज भयो”
राहेल यो समयभन्दा धेरै वर्ष पहिले जिउँथिन् । यो अगमवाणीले राहेल, जो मरिसकेकी छिन्, आफ्ना सन्तानहरूका लागि रुँदै गरेकी देखाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले पनि तिनलाई सन्त्वना दिन सकेन”
“किनभने बालकहरू गएका थिए र फेरि कहिलै फर्कने थिएनन् ।” यहाँ “अब रहेनन्” भन्नु भनेको तिनीहरू मरेका थिए भन्नलाई नरम किसिमको भनाइ हो । वैकल्पिक अनुवादः “किनभने तिनीहरू मरेका थिए”
यहाँ योसेफ, मरियम, र साना बालक येशू रहिरहनुभएको मिश्रतर्फ परिवेश बदलन्छ ।
यसले अझ ठूलो कथामा भएको अर्को घटनाको सुरुवातलाई अङ्कित गर्छ । यसले अघिका घटनाहरूमा भएकोभन्दा भिन्नै मानिसहरूलाई समावेश गर्न सक्छ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ ।
यहाँ “बालकको जीवन लिन खोज्थे” भनेको तिनीहरूले बालकलाई मार्न चाहन्थे भन्ने एउटा तरिका हो । वैकल्पिक अनुवादः “तिनीहरू जसले बालकलाई मार्न उहाँलाई खोजिरहेका थिए”
यसले राजा हेरोद र उनका सल्लाहकारहरूलाई जनाउँछ ।
यहूदीहरूका नयाँ राजालाई मार्ने हेरोदको प्रयासको बारेमा मत्ती २:१ मा सुरु भएको कथाको भाग यो अन्त हो ।
“तर जब योसेफले सुने”
यो हेरोदको छोराको नाम हो ।
“योसेफ डराए”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे परमप्रभुले अगमवक्ताहरूद्वारा धेरै समय पहिले भन्नुभयो”
यहाँ “उहाँ”ले येशूलाई जनाउँछ । येशूको समयभन्दा पहिलेका अगमवक्ताहरूले उहाँलाई मसिह अथवा ख्रीष्ट भनेर जनाएका हुन सक्छन् । वैकल्पिक अनुवादः “मानिसहरूले ख्रीष्ट एक नासरी हुनुहुन्छ भनेर भन्ने थिए”
1 ती दिनमा बप्तिस्मा-दिने यूहन्ना यहूदियाको उजाड-स्थानमा यसो भनेर प्रचार गर्दै आए, 2 “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिकै छ ।” 3 किनभने यी मानिस तिनै हुन् जसको बारेमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो, “उजाड-स्थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका मार्गहरू सोझा बनाओ’ ।” 4 अब यूहन्नाले उँटको रौँका वस्त्र र कम्मरको वरिपरि छालाको पेटी लगाउँथे । उनका खानेकुरा सलह र वन-मह थिए । 5 त्यसपछि यरूशलेम, सारा यहूदिया र यर्दन नदी वरपरका सबै क्षेत्रका मानिसहरू उनीकहाँ आए । 6 तिनीहरूले आ-आफ्ना पाप स्वीकार गर्दै यर्दन नदीमा बप्तिस्मा लिए । 7 तर जब तिनले धेरै फरिसीहरू र सदुकीहरू बप्तिस्माको निम्ति तिनीकहाँ आएको देखे, तब तिनले तिनीहरूलाई भने, “विषालु सर्पका सन्तान हो, आउन लागेको क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेतावनी दियो ? 8 पश्चात्तापको निम्ति सुहाउँदो फल फलाओ । 9 र आफ्नै बिचमा यस्तो विचार नगर, ‘अब्राहाम नै हाम्रा पिता हुन् ।’ किनकि म तिमीहरूलाई यो भन्दछु, कि अब्राहामका निम्ति परमेश्वरले यी ढुङ्गाहरूबाट पनि सन्तान उत्पन्न गराउन सक्नुहुन्छ । 10 रुखहरूको फेदमा बन्चरो अगि नै परिसकेको छ । यसकारण, असल फल नफलाउने हरेक रुख काटी ढालिनेछ, र आगोमा फ्याँकिनेछ । 11 म तिमीहरूलाई पश्चात्तापको निम्ति पानीले बप्तिस्मा दिन्छु । तर मपछि आउनुहुनेचाहिँ मभन्दा शक्तिशाली हुनुहुन्छ, र म उहाँका चप्पलहरू बोक्न पनि योग्यको छैनँ । उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ । 12 उहाँको खलालाई राम्ररी सफा गर्न र धनसारमा उहाँको गहुँ थुपार्न उहाँको निफन्ने नाङ्लो उहाँको हातमा छ । तर उहाँले भुसलाई चाहिँ कहिल्यै निभाउन नसकिने आगोले डढाइदिनुहुनेछ ।” 13 त्यसपछि यूहन्नाबाट बप्तिस्मा लिनको निम्ति येशू गालीलबाट यर्दन नदीमा आउनुभयो । 14 तर यूहन्नाले यसो भन्दै उहाँलाई रोक्न खोजिरहे, “मैले पो तपाईंबाट बप्तिस्मा लिनुपर्नेमा के तपाईंचाहिँ म कहाँ आउनुहुन्छ ?” 15 येशूले जवाफ दिँदै तिनलाई यसो भन्नुभयो, “अहिलेलाई यस्तै हुन देऊ, किनकि सबै धार्मिकता पुरा गर्नु हाम्रो निम्ति उपयुक्त छ ।” तब यूहन्नाले उहाँलाई बप्तिस्मा लिन दिए । 16 उहाँको बप्तिस्मा भइसकेपछि येशू तुरुन्तै पानीबाट बाहिर निस्केर आउनुभयो, र हेर, उहाँको निम्ति स्वर्ग उघारियो । उहाँले परमेश्वरका आत्मा ढुकुरजस्तै गरी तल झर्दै आफूमाथि आइरहनुभएको देख्नुभयो । 17 हेर, स्वर्गबाट यसो भन्ने एउटा आवाज आयो, “यिनी मेरा अति प्रिय पुत्र हुन् । म यिनीसँग अत्यन्त प्रसन्न छु ।”
केही अनुवादहरूले पुरानो करारबाटका उद्धरणहरूलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले पद ३ मा उद्धरण गरेर ल्याइएको सामग्रीसँग यसै गर्छ ।
फल चाहिँ धर्मशास्त्रमा चित्रण गर्नलाई धेरै प्रयोग भएको शब्द हो । असल वा खराब व्यवहारका परिणामहरूलाई वर्णन गर्नका लागि लेखकहरूले यसको प्रयोग गर्छन् । यस अध्यायमा, असल फल भनेको परमेश्वरले अह्राउनुभएको अनुसार जिउनुको परिणाम हो ।
यूहन्नाले यी वचनहरू बोल्दा “स्वर्गको राज्य” आइसकेको थियो वा आउँदै थियो भनेर कसैलाई पनि पक्का गरी थाहा छैन । अङ्ग्रेजी अनुवादहरूले धेरैपटक “नजिकै” भन्ने वाक्यांशको प्रयोग गर्छन्, तर यी शब्दहरू अनुवाद गर्नलाई कठिन हुन सक्छन् । अन्य संस्करणहरूले “नजिक आउँदै छ” र “नजिक आएको छ” जस्ता वाक्यांशहरूलाई प्रयोग गर्छन् ।
यो कथाको नयाँ भागको सुरुवात हो जहाँ मत्तीले बप्तिस्मा दिने यूहन्नाको सेवकाइको विषयमा बताउँछन् । पद ३ मा, येशूको सेवकाइको लागि तयारी गर्नका लागि बप्तिस्मा दिने यूहन्ना परमेश्वरले नियुक्त गर्नुभएको सन्देशवाहक थिए भनी देखाउन मत्तीले यशैया अगमवक्ताबाट उद्धरण गर्छन् ।
यो योसेफ र उनको परिवारले मिश्र छोडेर नासरतमा गएको धेरै वर्षपछिको समय हो । यो सम्भवतः येशूले उहाँको सेवकाइ सुरु गर्न लाग्नुभएको समयको छेउछाउमा हो । वैकल्पिक अनुवादः “केही समयपछि” वा “केही वर्षपश्चात”
यो बहुवचनमा छ । यूहन्ना भीडहरूसँग कुरा गर्दैछन् ।
“स्वर्गको राज्य” भन्ने वाक्यांशले परमेश्वरले राजाको रूपमा शासन गर्नुहुने कुरालाई जनाउँछ । यो वाक्यांश मत्तीको पुस्तकमा मात्र पाइन्छ । सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई प्रयोग गर्नुहोस् । वैकल्पिक अनुवादः “स्वर्गमा हुनुभएको परमेश्वरले आफैँलाई राजाको रूपमा चाँडै देखाउनुहुनेछ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि यशैया अगमवक्ताले बप्तिस्मा दिने यूहन्नाको बारेमा बोलिरहेका थिए जब तिनले भने”
यसलाई एउटा वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उजाडस्थानमा कराइरहने एकजनाको आवाज सुनिएको छ” वा “तिनीहरूले उजाडस्थानमा कराइरहने एकजनाको आवाज सुन्छन्”
यी दुई वाक्यांशहरूको अर्थ एउटै हुन्छ ।
“परमप्रभुको लागि बाटो तयार गर ।” यसो गर्ने कुराले प्रभु आउनुहुँदा उहाँको सन्देश सुन्नलाई तयार हुने कुरालाई प्रतिनिधित्व गर्छ । मानिसहरूले तिनीहरूका पापहरूको लागि पश्चात्ताप गरेर यसो गर्दछन् । वैकल्पिक अनुवादः “प्रभु आउनुहुँदा उहाँको सन्देश सुन्नलाई तयारी गर” वा “पश्चात्ताप गर र प्रभुको आगमनको लागि तयार होओ”
यहाँ “अब” शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यहाँ मत्तीले बप्तिस्मा दिने यूहन्नाको पृष्ठभूमिको बारेमा बताउँछन् ।
यस्तो वस्त्रले यूहन्ना धेरै समय पहिलेका अगमवक्ताहरू, विशेष गरी एलिया अगमवक्ता जस्तै अगमवक्ता नै हुन् भन्ने कुराको सङ्केत दिन्छ ।
“यरूशलेम”, “यहूदिया” र “क्षेत्र” भन्ने शब्दहरू त्यस भेगबाटका मानिसहरूका लागि प्रतिस्थापन शब्दहरू हुन् । “सबै” शब्द चाहिँ थुप्रै धेरै मानिसहरू बाहिर गए भनेर जोड दिनका लागि अतिरञ्जन हो । वैकल्पिक अनुवादः “त्यसपछि यरूशलेम, यहूदिया, र त्यस क्षेत्रबाटका थुप्रै धेरै मानिसहरू”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यूहन्नाले तिनीहरूलाई बप्तिस्मा दिए”
यसले यरूशलेम, यहूदिया र यर्दन नदी वरपरका क्षेत्रबाट आएका मानिसहरूलाई जनाउँछ ।
बम्तिस्मा दिने यूहन्नाले फरिसी र सदुकीहरूलाई हप्काउन सुरु गर्छन् ।
यो एउटा अलङ्कार हो । यहाँ “सन्तान”को अर्थ “त्यसको गुण भएको” भन्ने हुन्छ । यी सर्पहरू खतरनाक किसिमका सर्पहरू हुन् र दुष्टतालाई प्रतिनिधित्व गर्छ । यसलाई अलग वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू दुष्ट विषालु सर्पहरू ! जसले” वा “तिमीहरू विषालु सर्पहरू जस्तै दुष्ट छौ ! जसले”
यस आलङ्कारिक प्रश्नद्वारा बप्तिस्मा दिने यूहन्नाले फरिसीहरू र सदूकीहरूलाई हप्काइरहेका थिए किनभने परमेश्वरले तिनीहरूलाई दण्ड नदिऊन् भनेर तिनीहरूलाई बप्तिस्मा दिन तिनीहरूले उनलाई बिन्ती गरिरहेका थिए, तर तिनीहरूले पाप गर्न छोड्न चाहेनन् । वैकल्पिक अनुवादः “यसरी तिमीहरू परमेश्वरको क्रोधबाट भाग्न सक्दैनौ ।” वा “मैले तिमीहरूलाई बप्तिस्मा दिएकोले मात्रै तिमीहरू परमेश्वरको क्रोधबाट भाग्न सक्छौ भनेर नसोच ।”
“क्रोध” शब्दलाई परमेश्वरको दण्डलाई जनाउनको निम्ति प्रयोग गरिएको छ किनभने दण्डभन्दा अगाडि उहाँको क्रोध आउँछ । वैकल्पिक अनुवादः “आउन लागेको दण्डबाट भाग्न” वा “उम्कनलाई किनभने परमेश्वरले तिमीहरूलाई दण्ड दिनै लाग्नुभएको छ”
“फल फलाओ” भन्ने वाक्यांश व्यक्तिका कार्यहरूलाई जनाउने एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “तिमीहरूले साँच्चै नै पश्चात्ताप गरेका छौ भनेर तिमीहरूका कामहरूले देखाऊन्”
“अब्राहाम हाम्रा पूर्खा हुन्” वा “हामीहरू अब्राहामका सन्तान हौँ ।” यहूदी अगुवाहरूले विचार गरे कि तिनीहरू अब्राहामका सन्तान भएका हुनाले परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुने थिएन ।
यसले यूहन्नाले बताउन लागेको कुरामा जोड थप्छ ।
“परमेश्वरले यी ढुङ्गाहरूबाट पनि शारीरिक सन्तानहरू बनाएर तिनीहरूलाई अब्राहामको निम्ति दिन सक्नुहुन्छ”
फरिसी र सदूकीहरूलाई हप्काउने कुरालाई बप्तिस्मा दिने युहन्नाले निरन्तरता दिन्छन् ।
यो अलङ्कारको अर्थ परमेश्वर पापीहरूलाई दण्ड दिन तयार हुनुहुन्छ भन्ने हुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरसँग उहाँको बन्चरो छ, र खराब फल फलाउने कुनै पनि रूखलाई काटेर ढाल्न र जलाउन उहाँ तयार हुनुहुन्छ” वा “जसरी कुनै मानिसले खराब फल फलाउने रूखलाई काट्न अनि जलाउनलाई आफ्नो बन्चरोलाई तयारी अवस्थामा राख्छ, त्यसरी नै तिमीहरूका पापहरूको कारण तिमीहरूलाई दण्ड दिनलाई परमेश्वर तयार हुनुहुन्छ”
“तिमिहरूले पश्चात्ताप गरेका छौ भनी देखाउनका लागि”
यूहन्नापछि आउनुहुने व्यक्ति चाहिँ येशू हुनुहुन्छ ।
“मभन्दा बढी महत्त्वपूर्ण हुनुहुन्छ”
यस अलङ्कारले यूहन्नाको पानीले दिने बप्तिस्मालाई भविष्यको आगोले दिने बप्तिस्मासँग तुलना गर्छ । यसको अर्थ हो कि यूहन्नाको बप्तिस्माले मानिसहरूलाई तिनीहरूका पापबाट केवल प्रतीकात्मक रूपमा मात्र शुद्ध पार्दछ । पवित्र आत्मा र आगोको बप्तिस्माले मानिसहरूलाई तिनीहरूका पापबाट साँचो रूपमा शुद्ध पार्दछ । सम्भव भएमा, यूहन्नाको बप्तिस्मासँगको तुलनालाई कायम राख्नलाई तपाईंको अनुवादमा “बप्तिस्मा दिनु” शब्दलाई प्रयोग गर्नुहोस् ।
ख्रीष्टले धर्मी मानिसहरूलाई अधर्मी मानिसहरूबाट अलग गर्नुहुने तरिकालाई यस अलङ्कारले कुनै मानिसले गहुँको दानालाई भुसबाट अलग गर्ने तरिकासँग तुलना गर्दछ । वैकल्पिक अनुवादः “ख्रीष्ट त्यो मानिसजस्तै हुनुहुन्छ जसको हातमा निफन्ने नाङ्लो छ”
यहाँ “उहाँको हातमा” भन्नुको अर्थ त्यो व्यक्ति काम गर्न तयार छ भन्ने हुन्छ । वैकल्पिक अनुवादः “ख्रीष्टले आफ्नो हातमा निफन्ने नाङ्लो लिनुभएको छ किनभने उहाँ तयार हुनुहुन्छ”
गहुँलाई हावामा उफारी गहुँको दानालाई भुसबाट अलग गर्नको निम्ति प्रयोग गरिने यो एउटा सामग्री हो । गह्रौँ गहुँका दानाहरू चाहिँ फेरि तल नै खस्छन् भने नचाहिएको भुसलाई चाहिँ हावाले उडाएर लैजान्छ । यसको आकार पराल उठाउन प्रयोग हुने काँटा भएको एउटा सामग्रीको जस्तै हुन्छ, तर यसका काँटाहरू फराकिला र काठले बनेका हुन्छन् ।
ख्रीष्ट चाहिँ निफन्ने नाङ्लो हातमा लिएको मानिस जस्तै हुनुहुन्छ जो आफ्नो खलालाई सफा गर्न तयार हुनुहुन्छ ।
“उहाँको स्थल” वा “त्यो स्थल जहाँ उहाँले गहुँका दानाहरूलाई भुसबाट अलग राख्नुहुन्छ”
यो एउटा अलङ्कार हो जसले दुष्ट मानिसहरूबाट धर्मी मानिसहरूलाई परमेश्वरले कसरी अलग गर्नुहुन्छ भन्ने कुरालाई देखाउँछ । किसानको धनसारमा गहुँलाई राखेको झैँ गरी धर्मीहरू स्वर्गमा जानेछन्, र परमेश्वरले भुसजस्ता मानिसहरूलाई कहिल्यै ननिभ्ने आगोले जलाउनुहुनेछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कहिल्यै निभ्ने छैन”
यहाँ परिवेश केही पछिल्लो समयतर्फ जान्छ, जब बप्तिस्मा दिने यूहन्नाले येशूलाई बप्तिस्मा दिन्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि यूहन्नाले उहाँलाई बप्तिस्मा दिन सकून्”
यूहन्नाले येशूको अनुरोधप्रति उनको आश्चर्यलाई देखाउन एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तपाईं मभन्दा बढी महत्त्वपूर्ण हुनुहुन्छ । मैले तपाईंलाई बप्तिस्मा दिन हुँदैन । तपाईंले मलाई बप्तिस्मा दिनुपर्छ ।”
यहाँ “हाम्रो”ले येशू र यूहन्नालाई जनाउँछ ।
यो बप्तिस्मा दिने यूहन्नाको बारेमा भएको कथाको भागको अन्त हो । यसले येशूलाई उनले बप्तिस्मा दिएपछि के भयो भन्ने कुरालाई वर्णन गर्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यूहन्नाले येशूलाई बप्तिस्मा दिएपछि”
“हेर” शब्दले यसपछि आउने आश्चर्यपूर्ण जानकारीमा ध्यान दिन हामीलाई सजग तुल्याउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले आकाश उघ्रेको देख्नुभयो” वा “परमेश्वरले येशूको लागि स्वर्ग उघारिदिनुभयो”
सम्भावित अर्थहरू हुन् १) पवित्र आत्मा एउटा ढुकुरको रूपमा हुनुहुन्थ्यो भनेर बताउने यो एउटा सामान्य कथन हो वा २) यो एउटा उपमा हो जसले येशूमाथि पवित्र आत्मा बिस्तारै आउँदै गर्नुभएको कुरालाई एउटा ढुकुर तल आउने तरिकासँग तुलना गर्छ ।
“येशूले स्वर्गबाट एउटा आवाज सुन्नुभयो ।” यहाँ “आवाज”ले परमेश्वरले बोलिरहनुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वर स्वर्गबाट बोल्नुभयो”
यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ ।
1 त्यसपछि दुष्टबाट परीक्षित हुनलाई पवित्र आत्माद्वारा येशू उजाड-स्थानमा डोर्याइनुभयो । 2 चालिस दिन र चालिस रात उहाँ उपवासमा रहनुभएपछि उहाँ भोकाउनुभयो । 3 परीक्षा गर्ने आएर उहाँलाई भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यी ढुङ्गाहरूलाई रोटी हुने आज्ञा गर्नुहोस् ।” 4 तर येशूले उत्तर दिनुभयो र त्यसलाई भन्नुभयो, “यसो लेखिएको छ, ‘मानिस केवल रोटीले मात्र बाँच्दैन, तर परमेश्वरको मुखबाट निस्कने हरेक वचनद्वारा बाँच्छ’ ।” 5 त्यसपछि दुष्टले उहाँलाई पवित्र सहरमा लग्यो अनि उहाँलाई मन्दिरको सबैभन्दा अग्लो ठाउँमा राख्यो, 6 अनि उहाँलाई भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, तल हाम फाल्नुहोस्, किनकि यसो लेखिएको छ, ‘तपाईंको हेरचाह गर्न उहाँले आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ,’ अनि, ‘तपाईंका खुट्टा ढुङ्गामा नबजारिऊन् भनेर तिनीहरूले तपाईंलाई आफ्ना हातले माथि उठाउनेछन्’ ।” 7 येशूले त्यसलाई भन्नुभयो, “फेरि यस्तो लेखिएको छ, ‘तैँले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्’ ।” 8 फेरि, त्यो दुष्टले उहाँलाई एउटा अग्लो स्थानमा लग्यो र संसारका सबै वैभवसहित त्यहाँका राज्यहरू देखायो । 9 त्यसले उहाँलाई भन्यो, “यदि तपाईंले घोप्टो परेर मलाई दण्डवत् गर्नुभयो भने, यी सबै थोक म तपाईंलाई दिनेछु ।” 10 त्यसपछि येशूले त्यसलाई भन्नुभयो, “शैतान, यहाँबाट गइहाल् ! किनकि यसो लेखिएको छ, ‘तैँले परमप्रभु आफ्ना परमेश्वरको मात्र आराधना गर्नेछस्, र तैँले उहाँको मात्र सेवा गर्नेछस्’ ।” 11 अनि त्यो दुष्ट उहाँको सामुबाट गयो, र हेर, स्वर्गदूतहरू आएर उहाँको सेवा गरे । 12 अनि जब यूहन्ना पक्राउमा परेको येशूले सुन्नुभयो, उहाँ गालीलमा फर्कनुभयो । 13 उहाँले नासरत छोड्नुभयो र उहाँ कफर्नहुममा जानुभयो र त्यहाँ बस्नुभयो, जुन जबूलून र नप्तालीका क्षेत्रहरूमा, गालील समुद्रको छेवैमा थियो । 14 यशैया अगमवक्ताद्वारा भनिएका कुराहरू पुरा हुनको निम्ति यस्तो भयो, 15 “गैरयहूदीहरूको गालील, यर्दनपारि, समुद्रतर्फ, जबूलूनको भूमि र नप्तालीको भूमि ! 16 अन्धकारमा बसेका मानिसहरूले महान् ज्योति देखेका छन्, र त्यस क्षेत्रमा र मृत्युको छायामा बसेकाहरूमाथि एउटा ज्योति उदाएको छ ।” 17 त्यस समयदेखि येशूले प्रचार गर्न थाल्नुभयो अनि भन्नुभयो, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ ।” 18 जब उहाँ गालीलको समुद्र छेउमा हिँड्दै हुनुहुन्थ्यो, उहाँले दुई दाजुभाइ पत्रुस भनिने सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेका देख्नुभयो, किनकि उनीहरू मछुवाहरू थिए । 19 येशूले तिनीहरूलाई भन्नुभयो, “आओ, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु ।” 20 तुरुन्तै उनीहरूले जाल छाडे र उहाँको पछि लागे । 21 जब येशू त्यहाँबाट जाँदै हुनुहुन्थ्यो उहाँले अर्का दुई दाजुभाइलाई देख्नुभयो । उनीहरू जब्दियाका छोरा याकूब र उनका भाइ यूहन्ना थिए । उनीहरू आफ्ना पिता जब्दियासँग डुङ्गामा जालहरूको मर्मत गर्दै थिए । उहाँले तिनीहरूलाई बोलाउनुभयो, 22 र उनीहरूले तुरुन्तै उनीहरूका डुङ्गा र बुबालाई छोडी उहाँको पछि लागे । 23 येशूले गालीलका सभाघरहरूमा सिकाउँदै, परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूका बिचमा हर प्रकारका रोग र बिमारीहरूलाई निको पार्दै गालीलका सबै ठाउँमा जानुभयो । 24 उहाँको बारेमा भएको समाचार सिरियाभरि फैलियो, र उहाँको अगि मानिसहरूले तिनीहरू सबैलाई ल्याए जो बिरामी थिए, विभिन्न रोगहरू र दुःखाइले ग्रस्त थिए, र जो भूतहरूद्वारा वशमा पारिएका थिए र तिनीहरू जो छारे रोग लागेका थिए र पक्षाघातीहरू थिए । 25 गालील, डेकापोलिस, यरूशलेम, यहूदिया र यर्दन पारिबाट आएको ठुलो भिड उहाँको पछि लाग्यो ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यस अध्यायका पद ४ र १०-१८ का पदहरूसँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् । ६, १५ र १६ पदहरूमा भएका कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाटका शब्दहरू हुन् ।
केही अनुवादहरूले पुरानो करारबाटका उद्धरणहरूलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले पद १० मा भएको उद्धरणसँग यसै गर्छ ।
येशूले यी वचनहरू बोल्नुहुँदा “स्वर्गको राज्य” आइसकेको थियो वा आउँदै थियो भनेर कसैलाई पनि पक्का गरी थाहा छैन । अङ्ग्रेजी अनुवादहरूले धेरैपटक “नजिकै” भन्ने वाक्यांशको प्रयोग गर्छन्, तर यी शब्दहरू अनुवाद गर्नलाई कठिन हुन सक्छन् । अन्य संस्करणहरूले “नजिक आउँदै छ” र “नजिक आएको छ” जस्ता वाक्यांशहरूलाई प्रयोग गर्छन् ।
पदहरू ३ र ६ मा भएका शब्दहरूलाई येशू परमेश्वरका पुत्र हुनुहुन्थ्यो वा हुनुहुन्थेन भनेर शैतानलाई थाहा थिएन भन्ने अर्थ दिएको जसरी पाठकले बुझ्नुहुँदैन । येशू परमेश्वरको पुत्र हुनुहुन्छ भनी परमेश्वरले पहिले नै भनिसक्नुभएको थियो अनि )
यहाँ मत्तीले कथाको नयाँ भागलाई सुरु गर्छन् जसमा येशूले ४० दिन उजाडस्थानमा बिताउनुहुन्छ, जहाँ शैतानले उहाँलाई परीक्षा गर्छ । पद ४ मा, येशूले व्यवस्थाको पुस्तकबाटको एउटा उद्धरणद्वारा शैतानलाई हप्काउनुहुन्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आत्माले येशूलाई डोहोर्याउनुभयो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि दुष्टले येशूलाई परीक्षा गर्न सकोस्”
यिनीहरूले येशूलाई जनाउँछन् ।
“४० दिन र ४० रात ।” यसले २४ घन्टे अवधिलाई जनाउँछ । वैकल्पिक अनुवादः “४० दिनहरू”
यी शब्दहरूले “दुष्ट” भनेको जस्तै एउटै व्यक्तिलाई जनाउँछन् (पद १) । तपार्इंले यी दुवैलाई अनुवाद गर्न एउटै शब्दको प्रयोग गर्नुपर्ने हुन सक्छ ।
येशू परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने कुरा शैतानलाई थाहा थियो भनेर मानिलिनु सम्भवतः उत्तम हुन्छ । सम्भावित अर्थहरू हुन् १) यो येशूको आफ्नै फाइदाको निम्ति आश्चर्यकर्महरू गर्नलाई एउटा परीक्षा हो । वैकल्पिक अनुवादः “तपार्इं परमेश्वरका पुत्र हुनुभएको कारण, तपार्इंले आज्ञा दिन सक्नुहुन्छ” वा २) यो एउटा चुनैती वा अभियोग हो । वैकल्पिक अनुवादः “आज्ञा दिनुभएर तपार्इं परमेश्वरका पुत्र हुनुहुन्छ भनी प्रमाणित गर्नुहोस्”
यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ ।
तपाईंले यसलाई एउटा प्रत्यक्ष उद्धरणसहित अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “‘रोटी बन्’ भनेर यी ढुङ्गाहरूलाई भन्नुहोस् ।”
यहाँ “रोटी”ले सामान्य रूपमा खानेकुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “खानेकुरा”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धेरै समय पहिले मोशाले यसलाई धर्मशास्त्रमा लेखे”
यसले जीवनमा खानेकुराभन्दा बढी महत्त्वपूर्ण कुरा केही छ भन्ने अर्थ दिन्छ ।
यहाँ “वचन” र “मुख”ले परमेश्वरले भन्नुहुने कुरालाई जनाउँछन् । वैकल्पिक अनुवादः “तर परमेश्वरले भन्नुहुने हरेक कुरा सुनेर”
पद ६ मा, येशूको परीक्षा गर्नका लागि शैतानले भजनसंग्रहबाट उद्धरण गर्छ ।
येशू परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने कुरा शैतानलाई थाहा थियो भनेर मानिलिनु सम्भवतः उत्तम हुन्छ । सम्भावित अर्थहरू हुन् १) यो येशूको आफ्नै फाइदाको निम्ति आश्चर्यकर्म गर्नलाई एउटा परीक्षा हो । वैकल्पिक अनुवादः “तपार्इं परमेश्वरका पुत्र हुनुभएको कारण, तपार्इंले तल हामफाल्न सक्नुहुन्छ” वा २) यो एउटा चुनैती वा अभियोग हो । वैकल्पिक अनुवादः “तल हामफालेर तपार्इं साँच्चै परमेश्वरका पुत्र हुनुहुन्छ भनी प्रमाणित गर्नुहोस्”
यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ ।
“आफैँलाई तल जमिनमा खसाल्नुहोस्” वा “हामफाल्नुहोस्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि लेखकले धर्मशास्त्रमा लेखेका छन्” वा “किनकि धर्मशास्त्रमा यसो भनिएको छ”
“तपार्इंको ख्याल गर्न परमेश्वरले आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ, र” यसलाई प्रत्यक्ष उद्धरणसहित अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले आफ्ना स्वर्गदूतहरूलाई यस्तो भन्नुहुनेछ, ‘यिनको ख्याल गर्नू’, र ।”
“स्वर्गदूतहरूले तपाईंलाई पक्रनेछन्”
पद ७ मा, व्यवस्थाको पुस्तकबाटको अर्को उद्धरण लिएर येशूले शैतानलाई हप्काउनुहुन्छ ।
येशूले फेरि पनि धर्मशास्त्रलाई उद्धरण गरिरहनुभएको छ भनेर बुझिएको छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मोशाले धर्मशास्त्रमा के लेखे भनेर म फेरि पनि तँलाई भन्नेछु”
यहाँ “तैँले” भन्ने शब्दले कुनै पनि व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “कोही व्यक्तिले परीक्षा गर्नुहुँदैन” वा “कुनै पनि व्यक्तिले परीक्षा गर्नुहुँदैन”
“त्यसपछि, दुष्ट”
“दुष्टले येशूलाई भन्यो”
“म तपार्इंलाई यी सबै कुराहरू दिनेछु ।” परीक्षा गर्नेले यहाँ तीमध्ये केही कुराहरू मात्रै होइन तर “यी सबै कुराहरू” दिनेछु भनेर जोड दिइरहेको छ ।
“तपाईंको मुहार भुइँसम्म झुकाउनुहोस् ।” त्यस व्यक्तिले आराधना गरिरहेको थियो भनेर देखाउनलाई यो सामान्य चलन थियो ।
पद १० मा, व्यवस्थाको पुस्तकबाटको अर्को उद्धरण लिएर येशूले शैतानलाई हप्काउनुहुन्छ ।
शैतानले कसरी येशूको परीक्षा गर्यो भन्ने बारेमा भएको कथाको खण्डको यो अन्त हो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि मोशाले पनि धर्मशास्त्रमा लेखे”
प्रयोग गरिएका “तैँले”का दुवै शब्दहरू एकवचनमा छन्, जुन सुन्ने कुनै पनि व्यक्तिको लागि आज्ञा हो ।
यहाँ प्रयोग गरिएको “हेर” शब्दले यसपछि आउने महत्त्वपूर्ण नयाँ जानकारीको बारेमा ध्यान केन्द्रित गर्न हामीलाई सतर्क गराउँदछ ।
यो कथाको नयाँ भागको सुरुवात हो जसमा येशूले गालीलको सेवकाइको सुरुवातलाई मत्तीले वर्णन गर्छन् । यी पदहरूले येशू कसरी गालीलमा आइपुग्नुभयो भन्ने कुरालाई व्याख्या गर्छन् ।
यहाँ यो शब्दलाई प्रमुख कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको नयाँ भाग बताउन सुरु गर्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “राजाले यूहन्नालाई गिरफ्तार गरेका थिए”
“जबूलून” र “नप्ताली” भनेका ती कुलहरूका नाउँहरू हुन् जुन विदेशीहरूले इस्राएलको भूमि कब्जा गर्नुभन्दा धेरै वर्ष पहिला यी क्षेत्रहरूमा बस्थे ।
पदहरू १५ र १६ मा, गालीलमा भएको येशूको सेवकाइ अगमवाणी पूरा भएको कुरा थियो भनेर देखाउनलाई मत्तीले यशैया अगमवक्ताको खण्डलाई उद्धरण गर्छन् ।
यसले येशूले कफर्नहुममा बस्न जानुभएको कुरालाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे परमेश्वरले भन्नुभयो”
यी क्षेत्रहरूले त्यही इलाकालाई वर्णन गर्छन् ।
यो गालीलको समुद्र हो ।
यी शब्दहरूलाई “जबूलूनको मुलुक” (पद १५) भनेर सुरु हुने वाक्यसँग जोड्न सकिन्छ । वैकल्पिक अनुवादः “जबूलून र नप्तालीको क्षेत्रमा ... जहाँ धेरै अन्यजातिहरू बस्छन्, ती मानिसहरू जो ... बस्थे”
यहाँ “अन्धकार” भनेको परमेश्वरको बारेमा थाहा नहुनुलाई जनाउने अलङ्कार हो । अनि “ज्योति” भनेको परमेश्वरको सत्य सन्देशको लागि अलङ्कार हो जुन सन्देशले मानिसहरूलाई तिनीहरूको पापबाट बचाउँछ ।
वाक्यको पहिलो भाग जस्तै यसको मूलभूत रूपमा उही अर्थ हुन्छ । यहाँ “मृत्युको क्षेत्र र छायाँमा बस्नेहरू” भनेको एउटा अलङ्कार हो । यसले तिनीहरूलाई प्रतिनिधित्व गर्छ जसले परमेश्वरलाई चिनेका थिएनन् । यी मानिसहरू मरेर परमेश्वरबाट सदाको लागि अलग हुने खतरामा थिए ।
“स्वर्गको राज्य” भन्ने वाक्यांशले परमेश्वरले राजाको रूपमा शासन गर्नुभएको कुरालाई जनाउँछ । यो वाक्यांश मत्तीको पुस्तकमा मात्रै छ । सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग”को अर्थ दिने शब्दलाई समावेश गर्नुहोस् । तपार्इंले यसलाई [मत्ती ३:२]
यसले येशूको गालीलको सेवकाइको बारेमा भएको कथाभित्रै एउटा नयाँ परिवेशलाई सुरु गर्छ । यहाँ उहाँले मानिसहरूलाई उहाँको चेलाहरू हुनलाई भेला गर्न सुरु गर्नुहुन्छ ।
यसको पूर्ण अर्थलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “माछा पक्रनको निम्ति पानीमा जाल फ्याँकिरहेका”
येशूले सिमोन र अन्द्रियासलाई उहाँलाई पछ्याउन, उहाँसँग बस्न, र उहाँको चेला हुनको निम्ति बोलाउनुहुन्छ । वैकल्पिक अनुवादः “मेरा चेलाहरू बन”
यो अलङ्कारको अर्थ हो कि सिमोन र अन्द्रियासले मानिसहरूलाई परमेश्वरको सत्य सन्देश सिकाउनेछन्, ताकि अरूहरूले पनि येशूलाई पछ्याऊन् । वैकल्पिक अनुवादः “म तिमीहरूलाई मकहाँ मानिसहरू बटुलेर ल्याउनलाई सिकाउनेछु जसरी तिमीहरूले माछा जम्मा गर्ने गर्थ्यौ”
येशूले अझ अरू मानिसहरूलाई उहाँका चेलाहरू हुनलाई बोलाउनुहुन्छ ।
“येशूले यूहन्ना र याकूबलाई बोलाउनुभयो ।” यो वाक्यांशले यो पनि अर्थ दिन्छ कि येशूले तिनीहरूलाई उहाँलाई पछ्याउन, उहाँसँग बस्न, र उहाँका चेलाहरू हुनको निम्ति बोलाउनुभयो ।
“तिनीहरूले त्यही क्षणमा नै छोडे”
यो एउटा जीवन परिवर्तन हो भनेर स्पष्ट हुनुपर्छ । यी मानिसहरू अब उप्रान्त मछुवाहरू हुन गइरहेका थिएनन् र तिनीहरूका बाँकी जीवनभरी येशूलाई पछ्याउन पारिवारिक व्यवसाय त्यागिरहेका छन् ।
गालीलमा येशूको सेवकाइको सुरुवातको बारेमा भएको कथाको भागको यो अन्त हो । यी पदहरूले उहाँले के गर्नुभयो र मानिसहरूले कसरी प्रतिउत्तर जनाए भन्ने कुराको सारांश दिन्छन् ।
“गालीलीहरूको सभाघरहरूमा सिकाउँदै” वा “ती मानिसहरूका सभाघरहरूमा सिकाउँदै”
यहाँ “राज्य”ले राजाको रूपमा परमेश्वरको राजलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले आफैँलाई राजाको रूपमा प्रकट गर्नुहुनेछ भन्ने सुसमाचार प्रचार गर्दै”
“रोग” र “बिमारी” शब्दहरू एक आपसमा निकै सम्बन्धित छन्, तर सम्भव भएसम्म यी शब्दहरूलाई दुई भिन्न शब्दहरूको रूपमा अनुवाद गर्नुपर्छ । “रोग” त्यो हो जसले व्यक्तिलाई बिरामी बनाउँछ ।
त्यो भनेको रोग भएको कारणले आएको शारीरिक दुर्बलता वा कष्ट हो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसलाई भूतहरूले अधीनमा राखेका थिए”
यसले छारे रोग लागेको कुनै पनि व्यक्तिलाई जनाउँछ जो त्यहाँ थियो, छारे रोग लागेको कोही खास व्यक्तिलाई होइन । वैकल्पिक अनुवादः “तिनीहरू जसलाई कहिलेकाहीँ अनियन्त्रित रूपमा काम्ने हुन्थ्यो” वा “तिनीहरू जो कहिलेकाहीँ बेहोश हुन्थे र अनियन्त्रित रूपमा काम्थे”
यसले पक्षघात भएको कुनै पनि व्यक्तिलाई जनाउँछ जो त्यहाँ थियो, पक्षघात भएको कोही खास व्यक्तिलाई होइन । वैकल्पिक अनुवादः “र कोही पनि जसलाई पक्षघात भएको थियो” वा “र तिनीहरू जो हिँड्न सक्दैनथे”
यो नामको अर्थ “दशवटा सहरहरू” भन्ने हुन्छ । यो गालील समुद्रको दक्षिणपूर्वमा रहेको एउटा क्षेत्रको नाम हो ।
1 जब येशूले भिडलाई देख्नुभयो, उहाँ डाँडामाथि जानुभयो । उहाँ तल बस्नुभएपछि उहाँका चेलाहरू उहाँकहाँ आए । 2 उहाँले आफ्नो मुख खोल्नुभयो र तिनीहरूलाई यसो भन्दै सिकाउनुभयो, 3 “धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो । 4 धन्य हुन् तिनीहरू जसले शोक गर्दछन्, किनभने तिनीहरूले सान्त्वना पाउनेछन् । 5 धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन् । 6 धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त पारिनेछन् । 7 धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन् । 8 धन्य आत्मामा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन् । 9 धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरका सन्तान कहलाइनेछन् । 10 धन्य धार्मिकताका निम्ति सताइएकाहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो । 11 तिमीहरू धन्यका हौ, जब मानिसहरूले तिमीहरूको अपमान गर्दछन् र तिमीहरूलाई दुःख कष्ट दिन्छन्, वा मेरो खातिर तिमीहरूका विरुद्धमा झुटो रूपमा सबै किसिमका दुष्ट कुराहरू भन्दछन् । 12 आनन्दित होओ र निकै खुसी होओ, किनकि स्वर्गमा तिमीहरूका इनाम ठुलो हुनेछ । किनभने यसरी नै तिमीहरूभन्दा अगिका अगमवक्ताहरूलाई मानिसहरूले सताएका थिए । 13 तिमीहरू यस पृथ्वीका नून हौ । तर यदि नूनले आफ्नो स्वाद गुमायो भने, यसलाई फेरि कसरी नुनिलो बनाउने ? यसलाई बाहिर फ्याँक्न र मानिसहरूका खुट्टाले कुल्चनबाहेक अरू कुनै पनि कामको निम्ति त्यो उपयोगी हुँदैन । 14 तिमीहरू यस संसारका ज्योति हौ । डाँडामाथि बसालिएको सहर कहिल्यै पनि लुक्न सक्दैन । 15 न त मानिसहरूले बत्ती बालेर डालोमुनि राख्दछन्, बरु त्यसलाई सामदानमाथि राख्दछन्, र घरमा भएका प्रत्येकको निम्ति त्यसले उज्यालो दिन्छ । 16 मानिसहरूका बिचमा तिमीहरूको ज्योति यसरी चम्कियोस्, कि तिनीहरूले तिमीहरूका असल कामहरूलाई देखून् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको प्रशंसा गरून् । 17 म अगमवक्ताहरू वा व्यवस्थालाई नष्ट गर्न आएको हुँ भनी नसोच । म तिनलाई नष्ट गर्न होइन, तर पुरा गर्न आएको हुँ । 18 किनकि म तिमीहरूलाई साँचो रूपमा भन्दछु, कि स्वर्ग र पृथ्वी टलेर नगएसम्म र सबै कुरा पुरा नभएसम्म, व्यवस्थाको एउटै पनि कुरा वा बिन्दु बितेर जानेछैन । 19 त्यसकारण, जसले यी आज्ञाहरूका सानाभन्दा साना कुरालाई भङ्ग गर्दछ र अरूलाई पनि त्यसो गर्न सिकाउँदछ, त्यो स्वर्गको राज्यमा सबैभन्दा तुच्छ ठहरिनेछ । तर जसले यी कुराहरूलाई मान्दछ र त्यही गर्न सिकाउँदछ, ऊ स्वर्गको राज्यमा सबैभन्दा उच्च ठहरिनेछ । 20 किनकि म तिमीहरूलाई भन्दछु, कि तिमीहरूको धार्मिकता फरिसी र शास्त्रीहरूको भन्दा बढी भएन भने, तिमीहरू कुनै रीतिले परमेश्वरको राज्यमा प्रवेश गर्नेछैनौ । 21 प्राचीन समयमा तिनीहरूलाई यसो भनिएको तिमीहरूले सुनेका छौ, ‘हत्या नगर’ र ‘हत्या गर्नेचाहिँ इन्साफको जोखिममा पर्नेछ ।’ 22 तर म तिमीहरूलाई भन्दछु, आफ्नो भाइसँग रिसाउने जो कोही इन्साफको जोखिममा पर्नेछ । र जो कसैले आफ्नो भाइलाई ‘तँ काम नलाग्ने मानिस !’ भनेर भन्छ भने, त्यो न्यायालयमा उभ्याइने जोखिममा पर्नेछ । र जो कसैले ‘तँ मूर्ख !’ भन्दछ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ । 23 त्यसकारण, यदि तिमीले वेदीमा आफ्नो भेटी चढाउँदै गर्दा तिम्रो भाइसँग तिम्रो विरुद्धमा केही कुरा छ भन्ने कुरा तिमीलाई याद आयो भने, 24 तिम्रो भेटी त्यही वेदीको अगाडि छोड र आफ्नो बाटो लाग । पहिले आफ्नो भाइसँग मिलाप गर, र तब आऊ र आफ्नो भेटी चढाऊ । 25 तिमीलाई दोष लगाउनेसँग अदालतको बाटोमा तिनीसँगै जाँदै गर्दा नै छिट्टै मिलाप गर, नत्रता तिमीलाई दोष लगाउनेले तिमीलाई न्यायकर्ताको हातमा सुम्पिदेला, र न्यायकर्ताले अधिकारीको हातमा सुम्पिदेलान्, र तिमीलाई झ्यालखानामा फ्याँकिदेलान् । 26 साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूको ऋणको एक-एक पैसा चुक्ता नगरुन्जेलसम्म तिमीहरू त्यहाँबाट कहिल्यै बाहिर आउनेछैनौ । 27 तिमीहरूले यसरी भनिएको सुनेका छौ, ‘व्यभिचार नगर ।’ 28 तर म तिमीहरूलाई भन्दछु, कि यदि कसैले एउटी स्त्रीलाई अभिलाषाको दृष्टिले हेर्दछ भने, त्यसले आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ । 29 र यदि तिम्रो दाहिने आँखाको कारण तिमी ठोकर खान्छौ भने, त्यसलाई निकलिदेऊ र तिमीबाट टाढा फ्याँकिदेऊ । किनकि सम्पूर्ण शरीर नरकमा फ्याँकिनुभन्दा आफ्नो शरीरको कुनै एउटा भाग गुमाउनु नै तिम्रो लागि असल हुन्छ । 30 र यदि तिम्रो दाहिने हातको कारण तिमी ठोकर खान्छौ भने, त्यसलाई काटिदेऊ र तिमीबाट टाढा फ्याँकिदेऊ । किनकि सम्पूर्ण शरीर नरकमा जानुभन्दा आफ्नो शरीरको कुनै एउटा भाग गुमाउनु नै तिम्रो लागि असल हुन्छ । 31 यसो पनि भनिएको थियो, ‘जसले आफ्नी पत्नीलाई त्याग्दछ, उसले तिनलाई पारपाचुकेको प्रमाण पत्र देओस् ।’ 32 तर म तिमीहरूलाई भन्दछु, कि कामुक अनैतिकताको कारणबाहेक आफ्नी पत्नीलाई त्याग्नेले तिनलाई व्यभिचारिणी तुल्याउँदछ । र तिनको पारपाचुकेपछि तिनीसँग विवाह गर्नेले व्यभिचार गर्दछ । 33 फेरि, तिमीहरूले प्राचीन समयमा भएकाहरूलाई यसो भनिएको सुनेका छौ, ‘झुटो शपथ नखा, तर परमप्रभुमा ती शपथहरू पुरा गर् ।’ 34 तर म तिमीहरूलाई भन्दछु, कि शपथ खाँदै नखाओ, न त स्वर्गको, किनकि त्यो परमेश्वरको सिंहासन हो; 35 न त पृथ्वीको, किनकि त्यो उहाँको निम्ति पाउदान हो; न त यरूशलेमको, किनकि त्यो महान् राजाको सहर हो; 36 न त आफ्नो शिरको शपथ खाओ, किनकि तिमीहरूले एउटै केशलाई पनि सेतो वा कालो बनाउन सक्दैनौ । 37 तर तिमीहरूको बोली ‘होलाई हो नै’, वा ‘होइनलाई होइन नै’ भन्ने होस् । त्योभन्दा बढी जुनसुकै कुरा पनि दुष्टबाट आएको हुन्छ । 38 तिमीहरूले यसो भनिएको सुनेका छौ, ‘आँखाको सट्टामा आँखा, र दाँतको सट्टामा दाँत ।’ 39 तर म तिमीहरूलाई भन्दछु, जो दुष्ट छ त्यसलाई प्रतिरोध नगर । त्यसको सट्टामा, जसले तिम्रो दाहिने गालामा हिर्काउँछ, उसलाई तिम्रो अर्को गाला पनि थापिदेऊ । 40 र यदि कसैले तिमीसँग अदालतमा जान चाहन्छ, र तिम्रो दौरा लिएर जान्छ भने, त्यसलाई तिम्रो खास्टो पनि देऊ । 41 र जसले तिमीलाई एक किलोमिटर जानको लागि बाध्य गराउँछ, उसँग दुई किलोमिटर जाऊ । 42 तिमीहरूसँग माग्ने जो कोहीलाई देओ, र तिमीहरूसँग उधारो माग्न चाहनेहरूलाई इन्कार नगर । 43 तिमीहरूले यसो भनिएको सुनेका छौ, ‘आफ्नो छिमेकीलाई तिमीहरूले प्रेम गर र शत्रुलाई घृणा गर ।’ 44 तर म तिमीहरूलाई भन्दछु, तिम्रा शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर, “तिमीहरूलाई सराप्नेहरूलाई आशिष् देओ, र तिमीहरूलाई घृणा गर्नेहरूका निम्ति असल काम गर” 45 ताकि तिमीहरू स्वर्गमा हुनुहुने तिमीहरूका पिताका छोराहरू कहलाइन सक । किनकि उहाँले असल र दुष्ट दुवैका लागि आफ्नो घामलाई उदाउन लगाउनुहुन्छ अनि धर्मी र अधर्मी दुवैका लागि झरी पठाइदिनुहुन्छ । 46 किनकि यदि तिमीलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने तिमीहरूले के इनाम पाउँछौ र ? के कर उठाउनेहरूले पनि त्यसै गर्दैनन् र ? 47 र यदि तिमीहरूले आफ्ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्दछौ भने, अरूहरूले भन्दा तिमीहरूले के बढी गर्यौ र ? के गैरयहूदीहरूले पनि त्यस्तै गर्दैनन् र ? 48 त्यसकारण, जसरी तिमीहरूका स्वर्गीय पिता सिद्ध हुनुहुन्छ, त्यसरी नै तिमीहरू पनि सिद्ध हुनुपर्दछ ।
मत्ती ५-७ मा भएको शब्दहरूलाई धेरै मानिसहरूले डाँडाको उपदेश भन्छन् । यो येशूले सिकाउनुभएको एउटा लामो पाठ हो । बाइबलले यो पाठलाई ती भागमा विभाजन गर्छ, तर यसले कहिलेकाहीँ पाठकलाई अलमल्याउन सक्छ । यदि तपाईंको अनुवादले खण्डलाई विभिन्न भागहरूमा विभाजन गर्छ भने, यो पक्का गर्नुहोस् कि यो सम्पूर्ण उपदेश चाहिँ एउटा ठूलो खण्ड हो भनेर पाठकले बुझेको होस् ।
धन्यका वचनहरू वा आशिष्हरू भनी जानिएको मत्ती ५:३-१० लाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सारेर सलग राखिएको छ, जसमा हरेक पङ्क्ति “धन्यका” शब्दबाट सुरु भएको छ । पृष्ठमा यस किसिमले शब्दहरूलाई राख्ने कुराले यस शिक्षाको साहित्यिक स्वरूपलाई महत्त्व दिन्छ ।
यस उपदेशमा येशूले थुप्रै विभिन्न विषयहरूको बारेमा कुरा गर्नुभयो, त्यसैले येशूले विषय बदल्नुभएको समयमा खण्डमा एउटा खाली पङ्क्तिलाई राखेर तपाईंले पाठकलाई सहयोग गर्ने इच्छा गर्न सक्नुहुन्छ ।
येशूलाई पछ्याउने जो कोही पनि व्यक्तिलाई एक अनुयायी वा चेला भनी जनाउन सम्भव छ । येशूले उहाँका बाह्र अनुयायीहरूलाई उहाँका सबैभन्दा नजिकैका चेलाहरू, “बाह्र चेलाहरू” हुनलाई छान्नुभयो । तिनीहरू पछि गएर प्ररितहरू भनी जानिने थिए ।
पद ३ मा, येशूले धन्यका भएका मानिसहरूका गुणहरूलाई वर्णन गर्न सुरु गर्नुहुन्छ ।
यहाँ कथाको नयाँ भागको सुरुवात हो जसमा येशूले उहाँका चेलाहरूलाई सिकाउन सुरु गर्नुहुन्छ । यो भाग अध्याय ७ सम्म लगातार अगि बढ्छ र बारम्बार डाँडाको उपदेश भनी बोलाइएको छ ।
यो एउटा वाक्पद्धति हो । वैकल्पिक अनुवादः “येशूले बोल्न थाल्नुभयो”
“तिनीहरू” शब्दले उहाँका चेलाहरूलाई जनाउँछ ।
यसले नम्र भएको कोही व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरू जसले जान्दछन् कि तिनीहरूलाई परमेश्वरको खाँचो छ”
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको राजलाई जनाउँछ । यो वाक्यांश मत्तीको पुस्तकमा मात्रै छ । यदि सम्भव भएमा, “स्वर्ग”लाई तपाईंको अनुवादमा राख्नुहोस् । वैकल्पिक अनुवादः “किनकि स्वर्गमा हुनुभएको परमेश्वर तिनीहरूको राजा हुनुहुनेछ”
तिनीहरू निरास हुनुमा सम्भावित कारणहरू हुन् १) संसारको पापपूर्णता वा २) तिनीहरूका आफ्नै पापहरू वा ३) कसैको मृत्यु । तपाईंको भाषामा खाँचो नपरेसम्म तिनीहरूको शोक गर्नुको कारणलाई प्रस्ट नगर्नुहोस् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई सान्तवना दिनुहुनेछ”
“विनम्र भएकाहरू” वा “तिनीहरू जो आफ्नै शक्तिमा भर पर्दैनन्”
“परमेश्वरले तिनीहरूलाई समस्त पृथ्वी दिनुहुनेछ”
यो अलङ्कारले ती मानिसहरूलाई वर्णन गर्छ जसले ठीक कुरा गर्नलाई उत्कट इच्छा गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरू जसले खान र पिउन चाहे जत्तिकै ठीक तरिकाले जिउन चाहना गर्छन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई भर्नुहुनेछ” वा “परमेश्वरले तिनीहरूलाई सन्तुष्ट पार्नुहुनेछ”
“ती मानिसहरू जसका हृदयहरू शुद्ध छन् ।” यहाँ “हृदय” भनेको व्यक्तिको भित्री व्यक्तित्व वा अभिप्रायहरूको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिनीहरू जसले परमेश्वरको मात्र सेवा गर्न चाहन्छन्”
यहाँ “देख्नु”को अर्थ तिनीहरू परमेश्वरको उपस्थितिमा जिउनेछन् भन्ने हो । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई उहाँसँगै जिउन दिनुहुनेछ”
यी ती मानिसहरू हुन् जसले अरूहरूलाई एक अर्कासँग शान्तिमा रहनलाई सहयोग गर्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि परमेश्वरले तिनीहरूलाई उहाँका छोराछोरीहरू भन्नुहुनेछ” वा “तिनीहरू परमेश्वरका छोराछोरीहरू हुनेछन्”
यहाँ “छोराहरू” भन्ने शब्दलाई तपाईंको भाषामा कुनै मानिसको छोरा वा बालकको लागि स्वभाविक रूपमा प्रयोग गरिने शब्दसँग नै अनुवाद गर्दा बेस हुन्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती मानिसहरू जसलाई अरूहरूले अन्यायपूर्ण रीतिले व्यवहार गर्छन्”
“किनभने तिनीहरू परमेश्वरले तिनीहरूले गरेको चाहनुभएको कुरा गर्छन्”
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको राजलाई जनाउँछ । यो वाक्यांश केवल मत्तीको पुस्तकमा मात्रै पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग”लाई राख्नुहोस् । तपाईंले यसलाई [मत्ती ५:३]
येशूले धन्यका भएका मानिसहरूको विशेषताहरूलाई वर्णन गर्नलाई सकाउनुहुन्छ ।
“तिमीहरू” शब्द बहुवचनमा छ ।
“तिमीहरूको विरुद्धमा सबै किसिमका खराब झूटहरू भन्नु” वा “तिमीहरूका विरुद्धमा खराब कुराहरू भन्नु जुन सत्य होइनन्”
“किनभने तिमीहरू मलाई पछ्याउँछौ” वा “किनभने तिमीहरूले मलाई विश्वास गर्छौ”
“आनन्द मनाउनु” र “धेरै खुशी हुनु” लगभग एउटै अर्थ हुन्छ । येशूले उहाँलाई सुन्नेहरू केवल आनन्द मनाएको मात्र चाहनुहुँदैनथ्यो तर सम्भव भएमा आनन्द मनाउनेभन्दा पनि बढी गरेको चाहनुहुन्थ्यो ।
येशूले उहाँका चेलाहरू कसरी नून र ज्योति जस्ता छन् भनेर सिकाउन सुरु गर्नुहुन्छ ।
सम्भावित अर्थहरू हुन् १) जसरी नूनले खानालाई स्वादिलो बनाउँछ, येशूका चेलाहरूले संसारका मानिसहरूलाई प्रभावित पार्छन् ताकि तिनीहरू असल बनून् । वैकल्पिक अनुवादः “तिमीहरू संसारको मानिसहरूका लागि नून झैँ हौ” वा 2) जसरी नूनले खानेकुरालाई कुहिन नदिई राख्छ, येशूका चेलाहरूले मानिसहरूलाई पूर्ण रूपमा भ्रष्ट हुनबाट रोक्छन् । वैकल्पिक अनुवादः “जसरी नून खानेकुराको लागि हो, तिमीहरू संसारको लागि हौ”
सम्भावित अर्थहरू हुन् १) “यदि नूनले आफूले गर्ने कुराहरू गर्ने त्यसको शक्ति गुमाएको छ भने” वा २) “यदि नूनले त्यसको स्वाद गुमाएको छ भने ।”
“त्यसलाई फेरि कसरी उपयोगी बनाउन सकिन्छ ?” येशूले चेलाहरूलाई सिकाउनका लागि एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “त्यो पुनः उपयोगी बन्ने त्यहाँ अरू कुनै उपाय हुँदैन”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले त्यसलाई बाहिर सडकमा फ्याँकेर त्यसमाथि हिँड्न बाहेक”
यसको अर्थ हो कि येशूका अनुयायीहरूले परमेश्वरलाई नचिनेका सारा मानिसहरूलाई परमेश्वरको सत्यताको सन्देश ल्याउँछन् । वैकल्पिक अनुवादः “तिमीहरू संसारका मानिसहरूका लागि ज्योति जस्तै हौ”
रातको समयमा जब अँध्यारो हुन्छ, मानिसहरूले सहरका बत्तीहरू बलिरहेको देख्न सक्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “रातको अवधिमा, डाँडामा भएको सहरबाट चम्किने ज्योतिलाई कसैले पनि लुकाउन सक्दैन” वा “सबैले डाँडामा भएको सहरको बत्तीहरूलाई देख्छन्”
“मानिसहरूले बत्ती बाल्दैनन्”
“बत्तीलाई डालोमुनि राख्नु ।” मानिसहरूले बत्तीको ज्योति नदेखून् भनेर केवल लुकाउनलाई बत्ती बाल्नु भनेको मूर्खता हो भनेर यसले भनिरहेको छ ।
यसको अर्थ हो कि अरूहरूले परमेश्वरको सत्यताको बारेमा थाहा गर्न सकून् भन्ने तवरमा येशूको एक चेलाले जीवन जिउनुपर्छ । वैकल्पिक अनुवादः “तिमीहरूका जीवन मानिसहरूका सामु चम्कने ज्योति जस्तो होस्”
“पिता” शब्दलाई तपाईंको भाषामा कुनै मानिसको बाबुको लागि स्वभाविक रूपमा प्रयोग गरिने शब्दसँग अनुवाद गर्दा बेस हुन्छ ।
येशूले उहाँ कसरी पुरानो करारको व्यवस्थालाई पूरा गर्न आउनुभएको छ भन्ने बारेमा सिकाउन थाल्नुहुन्छ ।
यसले अगमवक्ताहरूले धर्मशास्त्रमा लेखेका कुराहरूलाई जनाउँछ ।
“म तिमीहरूलाई सत्यता भन्दछु ।” यस वाक्यांशले येशूले त्यसपछि भन्नुभएको कुरामा जोड थप्छ ।
यहाँ “स्वर्ग” र “पृथ्वी”ले समस्त ब्रह्माण्डलाई जनाउँछन् । वैकल्पिक अनुवादः “जबसम्म ब्रह्माण्ड रहिरहन्छ”
मात्रा भनेको सबैभन्दा सानो हिब्रू अक्षर थियो, र विन्दु भनेको सानो चिन्ह थियो जुन चाहिँ दुई हिब्रू अक्षरहरूको बीचमा भएको भिन्नता थियो । वैकल्पिक अनुवादः “सबैभन्दा सानो लिखित अक्षर वा अक्षरको सबैभन्दा सानो अंश पनि होइन”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबै कुराहरू भएका छन्” वा “परमेश्वरले सबै कुराहरू हुन लगाउनुहुन्छ”
“सबै कुराहरू” भन्ने वाक्यांशले व्यवस्थामा भएको सबैकुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “व्यवस्थामा भएको सबैकुरा” वा “ती सबै कुराहरू जुन व्यवस्थामा लेखिएका छन्”
“जसले अनाज्ञापालन गर्छ” वा “जसले बेवास्ता गर्छ”
“यी आज्ञाहरूमध्ये कुनै एउटा, सबैभन्दा कम महत्त्वपूर्ण पनि”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि कसैले ... त्यसो गर्न सिकाउँछ भने, परमेश्वरले त्यस व्यक्तिलाई ... भन्नुहुनेछ”
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको राजलाई जनाउँछ । यो वाक्यांश केवल मत्तीको पुस्तकमा मात्रै पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग”लाई राख्नुहोस् । वैकल्पिक अनुवादः “उहाँको स्वर्गीय राज्यमा सबैभन्दा कम महत्त्वपूर्ण” वा “स्वर्गमा हुनुभएको हाम्रा परमेश्वरको शासनमुनि भएको सबैभन्दा कम महत्त्वपूर्ण”
“यी आज्ञाहरूको पालना गर्छ र त्यसै गर्न अरूहरूलाई सिकाउँछ”
सबैभन्दा बढी महत्त्वपूर्ण
यसले येशूले यसपछि भन्नुहुने कुरामा जोड थप्छ ।
यी बहुवचनमा छन् ।
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू ... प्रवेश गर्नलाई तिमीहरूको धार्मिकता फरिसीहरू ... भन्दा बढी हुनैपर्छ”
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमीहरूले सुनेका छौ” र “म तिमीहरूलाई भन्दछु”मा “तिमीहरू” बहुवचनमा छ । “नमार्नू” भन्ने कुरामा “तिमी” भनेर बुझिएको शब्द एकवचनमा छ, तर केही भाषाहरूमा त्यो बहुवचनमा हुन आवश्यक भएको हुन सक्छ ।
येशू कसरी पुरानो करारको व्यवस्थालाई पूरा गर्न आउनुभएको हो भन्ने बारेमा सिकाउनलाई उहाँले निरन्तरता दिनुहुन्छ । यहाँ उहाँले हत्या र रीसको बारेमा कुरा गर्न सुरु गर्नुहुन्छ ।
यसलाई कर्तृ वाच्यमा भएको क्रियापदसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई भन्नुभयो जो लामो समय अगाडि बस्थे” वा “मोशाले तिमीहरूका पूर्खाहरूलाई लामो समय अगाडि भने”
यहाँ “इन्साफ”को अर्थ न्यायाधीशले त्यस व्यक्तिलाई मृत्युदण्डको आदेश दिनेछन् भन्ने हुन्छ । वैकल्पिक अनुवादः “अर्को व्यक्तिको हत्या गर्ने कुनै पनि व्यक्तिलाई न्यायाधीशले मृत्युदण्डको आदेश दिनेछन्”
यो शब्दले हत्यालाई जनाउँछ, मार्ने कामको सबै किसिमहरूलाई होइन ।
यस्तो देखिन्छ कि येशूले यहाँ कुनै मानव न्यायधीशलाई जनाइरहनुभएको छैन तर परमेश्वरले आफ्नो भाइसँग रिसाएको व्यक्तिलाई दण्डको भागीदार ठहराइरहनुभएको कुरालाई जनाइरहनुभएको छ ।
येशू परमेश्वर र उहाँको वचनसँग सहमत बन्नुहुन्छ, तर धार्मिक अगुवाहरूले परमेश्वरको वचनलाई लागु गरेको तरिकासँग उहाँ सहमत हुनुहुन्न । “म” जोडदार छ । यसले सङ्केत गर्छ कि येशूले भन्नुहुने कुरा परमेश्वरबाटका सुरुका आज्ञाहरूसँग बराबर रूपमा महत्त्वपूर्ण छ । त्यस किसिमको जोडलाई देखाउने तरिकाले यस वाक्यांशलाई अनुवाद गर्ने कोसिस गर्नुहोस् ।
यसले सङ्गी विश्वासीलाई जनाउँछ, साक्खै भाइ वा छिमेकीलाई होइन ।
यो भनेको राम्ररी सोच्न नसक्ने मानिसहरूलाई गरिने अपमानहरू हुन् । “व्यर्थको व्यक्ति” भनेको लगभग “दिमाग नभएको” भन्नु जत्तिकै हो जहाँ “मूर्ख” शब्दले परमेश्वरप्रतिको अनाज्ञापालनको विचारलाई थप्छ ।
यो सम्भवतः एक स्थानीय परिषद थियो, यरूशलेममा भएको प्रमुख महासभा (स्यानहेड्रिन) होइन ।
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमी” र “तिम्रो”का सबै प्रयोगहरू एकवचनमा छन्, तर केही भाषाहरूमा ती बहुवचनमा हुन आवश्यक भएको हुन सक्छ ।
“तिम्रो उपहार दिँदै” वा “तिम्रो उपहार ल्याउँदै”
यो यरूशलेमको मन्दिरमा भएको परमेश्वरको वेदी हो भनेर बुझिएको छ । वैकल्पिक अनुवादः “मन्दिरको वेदीमा परमेश्वरलाई”
“तिमी वेदीमा खडा भइरहेकै बेलामा तिमीले याद गर्यौ”
“तिमीले गरेको केही कुराको कारण अर्को व्यक्ति तिमीसँग रिसाएको छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पहिला त्यस व्यक्तिसँग शान्ति बनाऊ”
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमी” र “तिम्रो”का सबै प्रयोगहरू एकवचनमा छन्, तर केही भाषाहरूमा ती बहुवचनमा हुन आवश्यक भएको हुन सक्छ ।
यो त्यो व्यक्ति हो जसले कसैलाई केही खराब काम गरेकोमा दोष लगाउँछ । गल्ती गर्नेलाई न्यायाधीशको सामु दोष लगाउनका लागि उसले त्यसलाई अदालतमा लैजान्छ ।
यहाँ “तिमीलाई सुम्पनु” भन्नुको अर्थ कसैलाई कोही व्यक्तिको नियन्त्रणमा दिनु हो । वैकल्पिक अनुवादः “न्यायधीशलाई तिमीसँग व्यवहार गर्न दिनेछ”
यहाँ “तिमीलाई सुम्पनु” भन्नुको अर्थ कसैलाई कोही व्यक्तिको नियन्त्रणमा दिनु हो । वैकल्पिक अनुवादः “न्यायधीशले तिमीलाई अधीकारीको हातमा सुम्पनेछ”
एक व्यक्ति जससँग न्यायधीशको निर्णयहरूलाई कार्यान्वयन गर्ने अधिकार हुन्छ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अधिकारीले तिमीलाई झ्यालखानामा हालिदेलान्”
“म तिमीलाई सत्यता भन्दछु ।” यस वाक्यांशले येशूले यसपछि भन्नुहुने कुरामा जोड थप्छ ।
“झ्यालखानाबाट”
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमीहरूले सुनेका छौ” र “म तिमीहरूलाई भन्दछु” भन्ने कुराहरूमा “तिमीहरू” बहुवचनमा छ । “व्यभिचार नगर्नू” भन्ने आज्ञामा बुझिएको सर्वनाम “तिमी” एकवचनमा छ, तर केही भाषाहरूमा ती बहुवचनमा हुन आवश्यक भएको हुन सक्छ ।
येशू कसरी पुरानो करारको व्यवस्थालाई पूरा गर्न आउनुभएको हो भन्ने बारेमा सिकाउनलाई उहाँले निरन्तरता दिनुहुन्छ । यहाँ उहाँले व्यभिचार र कामवासनाको बारेमा कुरा गर्न सुरु गर्नुहुन्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि परमेश्वरले भन्नुभयो” वा “कि मोशाले भने”
यो शब्दको अर्थ केही कुरालाई व्यवहारमा ल्याउनु वा गर्नु भन्ने हुन्छ ।
येशू परमेश्वर र उहाँको वचनसँग सहमत बन्नुहुन्छ, तर धार्मिक अगुवाहरूले परमेश्वरको वचनलाई लागु गरेको तरिकासँग उहाँ सहमत हुनुहुन्न । “म” जोडदार छ । यसले सङ्केत गर्छ कि येशूले भन्नुहुने कुरा परमेश्वरबाटका सुरुका आज्ञाहरूसँग बराबर रूपमा महत्त्वपूर्ण छ । त्यस किसिमको जोडलाई देखाउने तरिकाले यस वाक्यांशलाई अनुवाद गर्ने कोसिस गर्नुहोस् । तपाईंले यसलाई मत्ती ५:२२ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
यो अलङ्कारले सङ्केत गर्छ कि त्यो मानिस जसले कुनै स्त्रीप्रति कामवासनाको भावनाले भरिन्छ, त्यो व्यक्ति व्यभिचारको कार्य वास्तवमै गर्ने कुनै मानिस झैँ दोषी हुन्छ ।
“र त्यसलाई कामवासनाको चाहनाले विचार गर्छ” वा “र त्यससँग सुत्ने चाहना गर्छ”
यहाँ “हृदय” भनेको व्यक्तिको सोचाइहरूको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “उसको दिमागमा” वा “उसका सोचाइहरूमा”
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमी” र “तिम्रो”का सबै प्रयोगहरू एकवचनमा छन्, तर केही भाषाहरूमा ती बहुवचनमा हुन आवश्यक भएको हुन सक्छ ।
यहाँ “आँखा” शब्दले व्यक्तिले हेर्ने कुरालाई जनाउँछ । अनि, “ठेस खानु” भनेको चाहिँ “पाप”को लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “यदि तिमीले देखेको कुराले तिमीलाई ठेस खान लगाउँछ भने” वा “यदि तिमीले देखेको कुराको कारण तिमीलाई पाप गर्न मन लाग्छ भने”
यसको अर्थ चाहिँ बाँया आँखाको विपरीतमा सबैभन्दा महत्त्वपूर्ण आँखा भन्ने हुन्छ । तपाईंले “दाहिने” लाई “अझ राम्रो” वा “बढी बलियो” भनेर अनुवाद गर्नुपर्ने हुन सक्छ ।
पाप गर्नलाई रोक्नका लागि एक व्यक्तिले गर्नलाई आवश्यक परेको कुनै पनि कुरा गर्नलाई यो अतिरञ्जित गरिएको आदेश हो । यसको अर्थ “त्यसलाई बलजफ्तीपूर्ण रूपमा हटाउनु” वा “त्यसलाई नाश पार्नु” भन्ने हुन्छ । यदि दाहिने आँखा भनेर किटेर भनिएको छैन, तपाईंले यसलाई “तिम्रा आँखाहरूलाई नाश गर” भनेर अनुवाद गर्नुपर्ने हुन सक्छ । यदि आँखाहरूलाई उल्लेख गरिएको छ भने, तपाईंले यसलाई “तिनीहरूलाई नाश पार” भनेर अनुवाद गर्नुपर्ने हुन सक्छ ।
“त्यसबाट छुटकारा पाऊ”
“तिमीले तिम्रो शरीरको एउटा भागलाई गुमाउनुपर्छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिम्रो सम्पूर्ण शरीरलाई नरकमा फाल्नुभन्दा”
प्रतिस्थापन शब्दको यस किसिमको प्रयोगमा, हातले सम्पूर्ण व्यक्तिका कार्यहरूको अर्थ दिन्छ ।
यसको अर्थ बाँया हातको विपरीतमा सबैभन्दा महत्त्वपूर्ण हात भन्ने हुन्छ । तपाईंले “दाहिने” लाई “अझ राम्रो” वा “बढी बलियो” भनेर अनुवाद गर्नुपर्ने हुन सक्छ ।
पाप गर्नलाई रोक्नका लागि एक व्यक्तिले गर्नलाई आवश्यक परेको कुनै पनि कुरा गर्नलाई यो अतिरञ्जित गरिएको आदेश हो ।
येशू कसरी पुरानो करारको व्यवस्थालाई पूरा गर्न आउनुभएको हो भन्ने बारेमा सिकाउनलाई उहाँले निरन्तरता दिनुहुन्छ । यहाँ उहाँले सम्बन्धविच्छेदको बारेमा कुरा गर्न सुरु गर्नुहुन्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले यसो पनि भन्नुभयो” वा “मोशाले यसो पनि भने”
यो सम्बन्धविच्छेदको लागि मृदुभाषी बोली हो ।
“उसले दिनुपर्छ”
येशू परमेश्वर र उहाँको वचनसँग सहमत बन्नुहुन्छ, तर धार्मिक अगुवाहरूले परमेश्वरको वचनलाई लागु गरेको तरिकासँग उहाँ सहमत हुनुहुन्न । “म” जोडदार छ । यसले सङ्केत गर्छ कि येशूले भन्नुहुने कुरा परमेश्वरबाटका सुरुका आज्ञाहरूसँग बराबर रूपमा महत्त्वपूर्ण छ । त्यस किसिमको जोडलाई देखाउने तरिकाले यस वाक्यांशलाई अनुवाद गर्ने कोसिस गर्नुहोस् । तपाईंले यसलाई मत्ती ५:२२ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
यसमा पुरुष हो जसले स्त्रीसँग अनुचित किसिमले सम्बन्धविच्छेद गर्छ जसले “तिनलाई व्यभिचार गर्ने तुल्याउँछ” । धेरै संस्कृतिहरूमा त्यस स्त्रीले पुनः विवाह गर्नु भनेको सामान्य कुरा हुन्छ, तर यदि सम्बन्धविच्छेद अनुचित छ भने, त्यस किसिमको पुनर्विवाह चाहिँ व्यभिचार हो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनको पतिले तिनीसँग सम्बन्धविच्छेद गरिसकेपछि” वा “सम्बन्धविच्छेद गरिएकी स्त्री”
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमीहरूले सुनेका छौ” र “म तिमीहरूलाई भन्दछु” भन्ने कुराहरूमा “तिमीहरू” शब्द बहुवचनमा छ । “शपथ नखाऊ” र “तिम्रा भाकलहरूलाई पूरा गर” भन्ने कुराहरूमा “तिमी” र “तिम्रा” शब्दहरू एकवचनमा छन्, तर केही भाषाहरूमा ती बहुवचनमा हुन आवश्यक भएको हुन सक्छ ।
येशू कसरी पुरानो करारको व्यवस्थालाई पूरा गर्न आउनुभएको हो भन्ने बारेमा सिकाउनलाई उहाँले निरन्तरता दिनुहुन्छ । यहाँ उहाँले शपथ खाने बारेमा कुरा गर्न सुरु गर्नुहुन्छ ।
“साथै, तिमीहरू” वा “यहाँ अर्को एउटा उदाहरण छ । तिमीहरू”
यसलाई कर्तृ वाच्यमा प्रयोग हुने क्रियापदको साथमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले लामो समय अगाडि जिएका मानिसहरूलाई भन्नुभयो” वा “मोशाले तिमीहरूका पूर्खाहरूलाई लामो समय अगाडि भने”
“तैँले केही कुरा गर्नेछस् भनी शपथ खाएर पछि त्यो नगर्ने काम नगर् । बरु तैँले गर्नेछस् भनी परमप्रभुलाई तैँले शपथ हालेको कुनै पनि कुरा गर्”
येशू परमेश्वर र उहाँको वचनसँग सहमत बन्नुहुन्छ, तर धार्मिक अगुवाहरूले परमेश्वरको वचनलाई लागु गरेको तरिकासँग उहाँ सहमत हुनुहुन्न । “म” जोडदार छ । यसले सङ्केत गर्छ कि येशूले भन्नुहुने कुरा परमेश्वरबाटका सुरुका आज्ञाहरूसँग बराबर रूपमा महत्त्वपूर्ण छ । त्यस किसिमको जोडलाई देखाउने तरिकाले यस वाक्यांशलाई अनुवाद गर्ने कोसिस गर्नुहोस् । तपाईंले यसलाई मत्ती ५:२२ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
“शपथ खाने कामै नगर” वा “केही कुराको शपथ नखाओ”
किनभने परमेश्वरले स्वर्गबाट राज गर्नुहुन्छ, येशूले स्वर्गको विषयमा त्यो कुनै सिंहासन भए झैँ गरी बताउनुहुन्छ । वैकल्पिक अनुवादः “त्यो यहाँबाट हो कि परमेश्वरले शासन गर्नुहुन्छ”
मानिसहरूलाई शपथ नखानलाई भन्दै पद ३४ देखिका उहाँका वचनहरूलाई येशूले सकाउनुहुन्छ ।
यहाँ येशूको अर्थ यो हो कि जब मानिसहरूले कुनै शपथ खान्छन् वा केही कुरा सत्य हो भनी जब तिनीहरूले भन्छन्, तिनीहरूले केही कुराको नाउँ लिएर शपथ खानु हुँदैन । केही मानिसहरूले सिकाइरहेका थिए कि यदि कोही व्यक्तिले परमेश्वरको नाउँ लिएर केही कुरा गर्नेछु भनी शपथ खान्छ भने त्यसले त्यो गर्नैपर्छ, तर अरू केही कुराको नाउँ लिएर शपथ खान्छ भने, जस्तो कि स्वर्ग वा पृथ्वीको, तब उसले शपथ हालेको कुरा केही गरी गरेन भने त्यो कम अपमानजनक हुन्छ । येशूले भन्नुहुन्छ कि स्वर्ग वा पृथ्वी वा यरूशलेम कसैको पनि नाउँमा शपथ खानु चाहिँ परमेश्वरको नाउँ लिएर शपथ खानु जत्तिकै गम्भीर हो किनभने ती सबै कुराहरू परमेश्वरकै हुन् ।
यो अलङ्कारको अर्थ पृथ्वी पनि परमेश्वरको हो भन्ने हुन्छ । वैकल्पिक अनुवादः “यो एउटा पाउदान जस्तै हो जहाँ राजाले आफ्ना पाउहरूलाई राख्छन्”
“किनकि यो त्यो सहर हो जुन परमेश्वर, महान् राजाको हो”
परमेश्वरको सिंहासन, पाउदान र पृथ्वीको वासस्थानको नाउँमा शपथ खानका लागि ती तिनीहरूका होइनन् भनेर येशूले यस अघि आफ्ना श्रोताहरूलाई भन्नुभयो । यहाँ उहाँले भन्नुहुन्छ कि तिनीहरूले आफ्नै शिरका नाउँमा पनि शपथ खान हुँदैन ।
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । यी शब्दहरूका सबै प्रयोगहरू एकवचनमा छन्, तर तपाईंले तिनीहरूलाई बहुवचनमा भएको रूपमा अनुवाद गर्नुपर्ने हुन सक्छ ।
यसले भाकल हाल्ने कुरालाई जनाउँछ । तपाईंले यसलाई मत्ती ५:३४ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
“यदि तिम्रो अर्थ ‘हो’ भने ‘हो’ भन, र यदि तिम्रो अर्थ ‘होइन’ भने ‘होइन’ भन ।
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । यी शब्दहरूका सबै प्रयोगहरू एकवचनमा छन्, तर तपाईंले तिनीहरूलाई बहुवचनमा भएको रूपमा अनुवाद गर्नुपर्ने हुन सक्छ । “तिमीहरूले सुनेका छौ” र “म तिमीहरूलाई भन्दछु” भन्ने कुराहरूमा “तिमीहरू” शब्द बहुवचनमा छ । “जसले तिमीलाई हिर्काउँछ” मा भएको “तिमी” शब्द र “उसलाई ... फर्काइदेऊ” मा बुझिएको “तिमी” शब्द दुवै एकवचनमा छन्, तर केही भाषाहरूमा ती बहुवचनमा हुन आवश्यक भएको हुन सक्छ ।
येशू कसरी पुरानो करारको व्यवस्थालाई पूरा गर्न आउनुभएको हो भन्ने बारेमा सिकाउनलाई उहाँले निरन्तरता दिनुहुन्छ । यहाँ उहाँले कुनै शत्रुको विरुद्धमा बदला लिने कुराको बारेमा कुरा गर्न सुरु गर्नुहुन्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । तपाईंले यसलाई [मत्ती ५:२७]
मोशाको व्यवस्थाले कुनै व्यक्तिले अर्को व्यक्तिलाई त्यही तरिकाले हानि गर्न दिन्थ्यो जुन किसिमले त्यसले उसलाई हानि गरेको थियो, तर त्योभन्दा बढी हानि गर्न भने दिँदैनथ्यो ।
येशू परमेश्वर र उहाँको वचनसँग सहमत बन्नुहुन्छ, तर धार्मिक अगुवाहरूले परमेश्वरको वचनलाई लागु गरेको तरिकासँग उहाँ सहमत हुनुहुन्न । “म” जोडदार छ । यसले सङ्केत गर्छ कि येशूले भन्नुहुने कुरा परमेश्वरबाटका सुरुका आज्ञाहरूसँग बराबर रूपमा महत्त्वपूर्ण छ । त्यस किसिमको जोडलाई देखाउने तरिकाले यस वाक्यांशलाई अनुवाद गर्ने कोसिस गर्नुहोस् ।
“एउटा दुष्ट व्यक्ति” वा “कोही जसले तिमीलाई हानि गर्छ”
येशूको समाजमा कुनै मानिसको गालामा झापट हान्नु भनेको चाहिँ अपमानको कुरा थियो । आँखा र हातको कुरा जस्तै, दाहिने गाला भनेको बढी महत्त्वपूर्ण हो, र त्यो गालामा हान्नु भनेको धेरै नराम्रो अपमान थियो ।
खुला हातको हत्केलाले हान्छ
“त्यसलाई तिम्रो अर्को गाला पनि हान्न देऊ”
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “फर्काइदेऊ”, “जाऊ”, “देऊ”, र “इन्कार नगर” भन्ने आज्ञाहरूमा बुझिएको “तिमी” शब्द समेत गरी “तिमी” र “तिम्रो” का सबै प्रयोगहरू एकवचनमा छन् । केही भाषाहरूमा ती बहुवचनमा हुन आवश्यक भएको हुन सक्छ ।
“दौरा” चाहिँ गह्रौँ शर्ट वा स्वेटर जस्तै जिउमा लगाइन्थ्यो । “खास्टो”, जुन दुईमध्येमा बढी महत्त्वपूर्ण थियो, न्यानोपनको लागि “दौरा”माथि लगाइन्थ्यो र रातको समयमा कम्बलको रूपमा पनि प्रयोग गरिन्थ्यो ।
“त्यस व्यक्तिलाई ... पनि देऊ”
“जो कोही जसले ।” उहाँले एक रोमी सिपाहीको बारेमा कुरा गरिरहनुभएको छ भनेर सन्दर्भले अर्थ लगाउँछ ।
यो भनेको एक हजार हिँडाइको दूरी हो, जुन हिँडाइको दूरी चाहिँ कुनै रोमी सिपाहीले कसैलाई उसको लागि केही कुरा बोक्नलाई कानुनी रूपमा नै बलजफ्तीसँग कर लाउन मिल्ने दूरी हो । यदि “माइल” भनेको अलमल्याउने किसिमको हुन्छ भने, त्यसलाई “एक किलोमिटर” वा “एक दूरी” भनेर अनुवाद गर्न सकिन्छ ।
यसले तपाईंलाई जानलाई कर लगाउने व्यक्तिलाई जनाउँछ ।
“उसले तिमीलाई कर लगाएको एक माइल जाऊ, र त्यसपछि अर्को माइल जाऊ ।” यदि “माइल” भनेको अलमल्याउने किसिमको हुन्छ भने, त्यसलाई “दुई किलोमिटर” वा “दोब्बर” भनेर अनुवाद गर्न सकिन्छ ।
“ ... लाई सापट दिनलाई इन्कार नगर ।” यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ ... लाई सापट देऊ”
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । यी शब्दहरूका सबै प्रयोगहरू एकवचनमा छन्, तर तपाईंले तिनीहरूलाई बहुवचनमा भएको रूपमा अनुवाद गर्नुपर्ने हुन सक्छ । “तिमीहरूले सुनेका छौ” र “म तिमीहरूलाई भन्दछु” भन्ने कुराहरूमा “तिमीहरू” शब्द बहुवचनमा छ । “तिमीले तिम्रो छिमेकीलाई प्रेम गर्नुपर्छ र तिम्रो शत्रुलाई घृणा गर्नुपर्छ” भन्ने कुरामा भएको “तिमी” र “तिम्रो” शब्दहरू एकवचनमा छन्, तर केही भाषाहरूमा ती बहुवचनमा हुन आवश्यक भएको हुन सक्छ । त्यसपछिका “तिमीहरू” र “तिमीहरूका” शब्दहरूका सबै प्रयोगहरू बहुवचनमा छन् ।
येशू कसरी पुरानो करारको व्यवस्थालाई पूरा गर्न आउनुभएको हो भन्ने बारेमा सिकाउनलाई उहाँले निरन्तरता दिनुहुन्छ । यहाँ उहाँले शत्रुहरूलाई प्रेम गर्ने बारेमा कुरा गर्न सुरु गर्नुहुन्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । तपाईंले यसलाई [मत्ती ५:२७]
यहाँ “छिमेकी” शब्दले कुनै खास छिमेकीलाई जनाउँदैन, तर कुनै व्यक्तिको समुदाय वा मानव समूहको कुनै पनि सदस्यलाई जनाउँछ । यी ती मानिसहरू हुन् जसलाई कोही व्यक्तिले सामान्य रूपमा दयालु तवरले व्यवहार गर्न चाहन्छ अथवा कम्तीमा पनि उसले दयालु तवरले व्यवहार गर्नुपर्छ भनेर विश्वास गर्छ । वैकल्पिक अनुवादः “तिम्रा गाउँलेहरू” वा “तिनीहरू जो तिम्रो मानव समूहका हुन्”
येशू परमेश्वर र उहाँको वचनसँग सहमत बन्नुहुन्छ, तर धार्मिक अगुवाहरूले परमेश्वरको वचनलाई लागु गरेको तरिकासँग उहाँ सहमत हुनुहुन्न । “म” जोडदार छ । यसले सङ्केत गर्छ कि येशूले भन्नुहुने कुरा परमेश्वरबाटका सुरुका आज्ञाहरूसँग बराबर रूपमा महत्त्वपूर्ण छ । त्यस किसिमको जोडलाई देखाउने तरिकाले यस वाक्यांशलाई अनुवाद गर्ने कोसिस गर्नुहोस् । तपाईंले यसलाई मत्ती ५:२२ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
“छोराहरू”लाई तपाईंको भाषामा कुनै मानिसका छोराहरू वा सन्तानहरूका लागि स्वभाविक रूपमा प्रयोग गरिने शब्दले अनुवाद गर्दा बेस हुन्छ ।
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमीहरू” र “तिमीहरूका” शब्दहरूका सबै प्रयोगहरू बहुवचनमा छन् ।
येशू कसरी पुरानो करारको व्यवस्थालाई पूरा गर्न आउनुभएको हो भन्ने बारेमा सिकाउनलाई उहाँले सकाउनुहुन्छ । यो खण्ड मत्ती ५:१७ मा सुरु भयो ।
तिनीहरूलाई प्रेम गर्नेहरूलाई प्रेम गर्ने कुरा चाहिँ त्यस्तो कुनै खास कुरा होइन जसको लागि परमेश्वरले तिनीहरूलाई इनाम दिनुहुनेछ भनेर मानिसहरूलाई सिकाउनका लागि येशूले यो प्रश्नको प्रयोग गर्नुहुन्छ । यस आलङ्कारिक प्रश्नलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले केही इनाम पाउनेछैनौ ।”
यस आलङ्कारिक प्रश्नलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कर उठाउनेहरूले पनि त्यसै गर्छन् ।”
यस प्रश्नलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले अरूहरूले भन्दा केही बढी गर्दैनौ ।”
यो चाहिँ सुन्ने मानिसको सकुशलताको खबर सुन्ने चाहना देखाउनलाई प्रयोग हुने साधारण शब्द हो ।
यस प्रश्नलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अन्यजातिहरूले पनि त्यसै गर्छन् ।”
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो ।
1 तिमीहरूले आफ्ना धार्मिक कार्यहरूलाई मानिसहरूको सामुन्ने तिनीहरूले देखून् भनेर नगर्न सावधान रहो, नत्रता स्वर्गमा हुनुहुने पिताबाट तिमीहरूले कुनै इनाम पाउनेछैनौ । 2 त्यसैले, जब तिमीहरूले कसैलाई केही दान दिन्छौ, तब मानिसहरूबाट प्रशंसा पाउनको निम्ति पाखण्डीहरूले सभाघरहरू र सडकहरूमा गरेजस्तै आफ्नैअगि तुरही नफुक । साँच्चै म तिमीहरूलाई भन्दछु, कि तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् । 3 तर जब तिमीहरू केही दान दिन्छौ, तब तिमीहरूको दाहिने हातले जे गर्दै छ, त्यो तिमीहरूको देब्रे हातले थाहा नपाओस्, 4 ताकि तिमीहरूको दान गुप्तमा होस् । त्यसपछि गुप्तमा देख्नुहुने पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ । 5 अनि जब तिमीहरू प्रार्थना गर्छौ, तब पाखण्डीहरूजस्ता नहोओ, किनकि मानिसहरूले उनीहरूलाई देखून् भनेर उनीहरू सभाघरहरू र बाटोका छेउमा उभिएर प्रार्थना गर्न मन पराउँछन् । साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् । 6 तर जब तिमीहरू प्रार्थना गर्छौ, तब आफ्नो भित्री कोठामा जाओ । ढोका बन्द गर र आफ्ना पितासँग प्रार्थना गर जो गुप्तमा रहनुहुन्छ । त्यसपछि गुप्तमा देख्नुहुने पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ । 7 अनि जब तिमीहरू प्रार्थना गर्छौ, व्यर्थमा नबरबराओ, जसरी गैरयहूदीहरूले गर्छन्, किनकि धेरै बोल्नाले तिनीहरूको सुनाइ हुन्छ भनी तिनीहरू ठान्दछन् । 8 त्यसैकारण, तिनीहरू जस्ता नहोओ, किनकि तिमीहरूले माग्नुभन्दा अगि नै तिमीहरूलाई के कुराको खाँचो छ भनी तिमीहरूका पिता जान्नुहुन्छ । 9 त्यसैले, यसरी प्रार्थना गरः ‘हे हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाउँ पवित्र गरियोस्, 10 तपाईंको राज्य आओस् । तपाईंको इच्छा स्वर्गमा जस्तै यस पृथ्वीमा पुरा होस् । 11 हामीलाई आज दिनभरिको भोजन दिनुहोस् । 12 हाम्रा पाप क्षमा गरिदिनुहोस्, जसरी हामीले हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौँ । 13 र हामीलाई परीक्षामा नडोर्याउनुहोस्, तर दुष्टबाट छुटकारा दिनुहोस् । किनकि राज्य र पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन् । आमेन ।’ 14 किनकि यदि तिमीहरूले मानिसहरूका पापलाई क्षमा गर्यौ भने, तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूलाई क्षमा दिनुहुनेछ । 15 तर यदि तिमीहरूले उनीहरूका पापलाई क्षमा गरेनौ भने, तिमीहरूका पिताले पनि तिमीहरूका पाप क्षमा गर्नुहुनेछैन । 16 साथै, जब तिमीहरू उपवास बस्दछौ, तब पाखण्डीहरूले गरेजस्तै उदास अनुहार नबनाओ, किनकि तिनीहरू मानिसहरूका अगि उपवास बसेको जस्तो देखिन सकियोस् भनेर तिनीहरूले आफ्ना अनुहारलाई बिगार्छन् । साँच्चै म तिमीहरूलाई भन्दछु, कि तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् । 17 तर तिमीहरू जब उपवास बस्छौ, आफ्ना अनुहार पखाल र आफ्ना शिरलाई अभिषेक गर । 18 यसरी मानिसहरूका नजरमा तिमीहरू उपवास बसिरहेका जस्तो देखिँदैनौ, तर गुप्तमा हुनुहुने तिमीहरूका पितालाई मात्र त्यो थाहा हुन्छ । अनि गुप्तमा देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ । 19 पृथ्वीमा आफ्नो निम्ति धन सम्पत्ति नथुपार, जहाँ किरा र खियाले त्यसलाई नष्ट गर्छन्, र जहाँ चोरहरूले घर फोरेर चोर्छन् । 20 बरु, आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार, जहाँ न त खिया वा किराले नष्ट गर्दछ, न त चोरले चोरेर लैजान्छ । 21 किनकि जहाँ तिमीहरूको धन सम्पत्ति हुन्छ, त्यहाँ तिमीहरूको मन पनि हुनेछ । 22 आँखा शरीरको निम्ति बत्ती हो । त्यसैकारण, यदि तिमीहरूका आँखा असल छन् भने, सम्पूर्ण शरीर नै प्रकाशले भरिनेछ । 23 तर यदि तिमीहरूका आँखा खराब छन् भने, तिमीहरूका सम्पूर्ण शरीर नै अँध्यारोले भरिन्छ । त्यसैकारण, यदि तिमीहरूमा भएको ज्योति वास्तवमा अँध्यारो भयो भने, त्यो अन्धकार कति ठुलो होला ! 24 कसैले पनि दुई जना मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले कि त एउटालाई घृणा गर्छ र अर्कोलाई प्रेम गर्दछ, वा एउटाप्रति समर्पित हुन्छ र अर्कोको उपेक्षा गर्दछ । तिमीहरूले परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ । 25 त्यसैकारण, म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्ना जीवनको बारेमा के खाउँला वा के पिउँला भनेर वा आफ्नो शरीरको बारेमा के लगाउँला भनेर चिन्ता नगर । के जीवन भोजनभन्दा र शरीर वस्त्रभन्दा मूल्यवान् हुँदैन र ? 26 आकाशका चराहरूलाई हेर ! तिनीहरूले न त छर्छन् वा कटनी गर्छन् वा भकारीमा बटुल्छन्, तरै पनि तिमीहरूका स्वर्गीय पिताले तिनीहरूलाई खुवाउनुहुन्छ । के तिमीहरू तीभन्दा धेरै बहुमूल्य छैनौ र ? 27 अनि तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छ र ? 28 अनि तिमीहरू किन लगाउने लुगाको लागि चिन्ता गर्छौ ? मैदानका लिली फुलहरूलाई हेर, ती कसरी उम्रन्छन् । तिनीहरूले न त काम गर्छन्, न कपडा नै बुन्छन् । 29 र पनि म तिमीहरूलाई भन्छु, सोलोमन पनि आफ्नो सम्पूर्ण गौरवमा यिनीहरूले जस्तै गरी आभुषित थिएनन् । 30 यदि परमेश्वरले आज हुने र भोलि भट्टीमा फ्याँकिने मैदानका घाँसहरूलाई समेत पहिराउनुहुन्छ भने, तिमीहरूलाई त झन् कति बढी पहिराउनुहुनेछ, ए अल्प-विश्वासीहरू हो ? 31 त्यसैकारण, चिन्तित भएर यसरी नभन, ‘हामी के खाउँला ?’ वा ‘हामी के पिउँला ?’ वा ‘हामी के लगाउँला ?’ 32 किनकि यी सबै कुरा त गैरयहूदीहरूले खोज्छन् र यी कुराहरू तिमीहरूलाई आवश्यक छ भन्ने कुरा तिमीहरूका स्वर्गीय पिताले जान्नुहुन्छ । 33 तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर अनि यी सबै थोक तिमीहरूलाई दिइनेछ । 34 त्यसैकारण, भोलिको निम्ति चिन्ता नगर, किनकि भोलिको चिन्ता त्यो आफैँले गर्नेछ । हरेक दिनको आफ्नै पर्याप्त चिन्ता रहेको छ ।
मत्ती ६ ले “डाँडाको उपदेश” भनी जानिएको येशूको विस्तारित शिक्षालाई निरन्तरता दिन्छ ।
६:९-११ मा भएको प्रार्थनालाई तपाईंले बाँकीको खण्डभन्दा पृष्ठमा अझै दायाँतर्फ सारेर अलग गर्न सक्नुहुन्छ ।
यो प्रवचनमा येशूले विभिन्न विषयहरूको बारेमा बताउनुभयो, त्यसैले येशूले हरेक पटक विषय बदल्नुभएको बेलामा पाठ्यखण्डमा एउटा खाली पङ्क्ति राखेर पाठकलाई सहयोग गर्ने इच्छा गर्न सक्नुहुन्छ ।
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमीहरू” र “तिमीहरूका” शब्दहरूका सबै प्रयोगहरू बहुवचनमा छन् ।
येशूले मत्ती ५:३ मा सिकाउन सुरु गर्नुभएको उहाँको डाँडाको उपदेशमा आफ्ना चेलाहरूलाई सिकाउनलाई उहाँले निरन्तरता दिनुहुन्छ । यस खण्डमा, येशूले दान, प्रार्थना र उपवास जस्ता “धार्मिकताका कार्यहरू”लाई सम्बोधन गर्नुहुन्छ ।
त्यो व्यक्तिलाई देख्नेहरूले उसलाई आदर गर्नेछन् भन्ने अर्थ बुझिएको छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूका सामु ताकि तिनीहरूले तिमीहरूलाई देख्न सकून् र तिमीहरूले जे गरेका छौ, त्यसका लागि तिमीहरूलाई आदर गर्न सकून्”
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो ।
यो अलङ्कारको अर्थ मानिसहरूका ध्यान तान्ने उद्देश्यसहित केही कुरा गर्नु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “भीडमा ठूलो तुरही बजाउने कोही व्यक्ति सरह तिमीहरू आफैँतर्फ ध्यान तान्ने काम नगर”
“म तिमीहरूलाई साँचो भन्दछु ।” येशूले यसपछि भन्नुहुने कुरामा यस वाक्यांशले जोड थप्छ ।
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमीहरू” र “तिमीहरूका” शब्दहरूका सबै प्रयोगहरू बहुवचनमा छन् ।
दानको सम्बन्धमा येशूले आफ्ना चेलाहरूलाई सिकाउन निरन्तरता दिनुहुन्छ ।
यो चाहिँ पूर्ण गोप्यताको लागि अलङ्कार हो । ठीक जसरी हातहरूले सामान्यतया एकसाथ काम गर्छन् र सबै समयहरूमा एउटाले के गरिरहेको छ भनेर अर्कोले “थाहा” पाउँछ भनेर भन्न सकिन्छ, तपाईंले गरिबहरूलाई दिइरहनुभएको समयमा तपाईंले आफ्नो सबैभन्दा नजिकै भएकाहरूलाई पनि थाहा पाउन दिनुहुँदैन ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले अरू मानिसहरूलाई थाहा नगराइकन गरिबहरूलाई दिन सक्छौ”
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । पदहरू ५ र ७ मा भएका “तिमीहरू” र “तिमीहरूका” शब्दहरूका सबै प्रयोगहरू बहुवचनमा छन्; पद ६ मा ती एकवचनमा छन्, तर केही भाषाहरूमा ती बहुवचनमा हुन आवश्यक भएको हुन सक्छ ।
येशूले प्रार्थनाको बारेमा सिकाउन थाल्नुहुन्छ ।
तिनीहरूलाई देख्नेहरूले तिनीहरूलाई आदर गर्नेछन् भन्ने अर्थ बुझिएको छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि मानिसहरूले तिनीहरूलाई देखून् र तिनीहरूलाई सम्मान देऊन्”
“म तिमीहरूलाई साँचो भन्दछु ।” येशूले यसपछि भन्नुहुने कुरामा यस वाक्यांशले जोड थप्छ ।
“कतै गोप्य स्थानमा जाओ” वा “त्यहाँ जाओ जहाँ तिमीहरू एक्लै हुन सक्छौ”
सम्भावित अर्थहरू हुन् १) परमेश्वरलाई कसैले पनि देख्न सक्दैन । वैकल्पिक अनुवादः “पिता, जो अदृश्य हुनुहुन्छ” वा २) परमेश्वर प्रार्थना गर्ने व्यक्तिको साथमा त्यस गोप्य स्थानमा हुनुहुन्छ । वैकल्पिक अनुवादः “पिता, जो गुप्तमा तिमीहरूको साथमा हुनुहुन्छ”
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो ।
“तिम्रो पिताले तिमीले गुप्तमा के गर्छौ भनेर देख्नुहुनेछ र”
सम्भावित अर्थहरू हुन् १) दोहोर्याएर भन्नु बेकार छ । वैकल्पिक अनुवादः “ती नै कुराहरूलाई बेकारमा भनेको भन्यै नगर” वा २) शब्दहरू वा वाक्यहरू अर्थहीन छन् । वैकल्पिक अनुवादः “अर्थहीन शब्दहरूलाई दोहोर्याइ नराख”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूका झूटा देवताहरूले तिनीहरूलाई सुन्नेछन्”
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले कसरी प्रार्थना गर्नुपर्छ भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । पहिलो वाक्यमा भएका “तिमीहरू” र “तिमीहरूका” शब्दहरू बहुवचनमा छन् । प्रार्थनाभित्र नै, “तपाईं” र “तपाईंको” शब्दहरू एकवचनमा छन् र परमेश्वर, “स्वर्गमा हुनुहुने हाम्रा पिता”लाई जनाउँछन् ।
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो ।
यो प्रार्थनाको सुरु हो र येशूले मानिसहरूलाई परमेश्वरलाई कसरी सम्बोधन गर्नुपर्छ भनेर सिकाउनुहुन्छ ।
यहाँ “तपाईंको नाउँ”ले परमेश्वर आफैँलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबैलाई तपाईंलाई सम्मान गर्ने बनाउनुहोस्”
यहाँ “राज्य”ले राजाको रूपमा परमेश्वरले शासनलाई जनाउँछ । वैकल्पिक अनुवादः “तपाईंले सबैमाथि र सबैथोकमाथि पूर्णतया राज गर्नुभएको होस्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पृथ्वीमा सबैकुरा तपाईंको इच्छाअनुसार होओस् जसरी स्वर्गमा भएका सबैकुरा हुन्छ”
यो येशूले मानिसहरूलाई सिकाइरहनुभएको प्रार्थनाको भाग हो । “हामी”, “हामीलाई”, र “हाम्रो” शब्दहरूका सबै प्रयोगहरूले केवल तिनीहरूलाई जनाउँछ जसले यो प्रार्थना गर्ने थिए । साथै ती शब्दहरूले परमेश्वरलाई जनाउँदैनन्, जसलाई तिनीहरूले प्रार्थना गरिरहेका हुने थिए ।
यहाँ “रोटी”ले सामान्य रूपमा खानेकुरालाई जनाउँछ ।
ऋृण भनेको कुनै व्यक्तिले कोही अरूलाई तिर्नुपर्ने कुरा हो । यो पापहरूको लागि अलङ्कार हो ।
ऋृणी भनेको त्यो व्यक्ति हो जसले अर्को व्यक्तिलाई ऋृण तिर्नुपर्छ । यो चाहिँ हाम्रा विरुद्धमा पाप गर्नेहरूको लागि भएको अलङ्कार हो ।
“परीक्षा” शब्द चाहिँ भाववाचक नाम हो, जसलाई क्रियापदका रूपमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीलाई केही कुराले परीक्षा गर्न नदिनुहोस्” वा “केही कुरालाई पनि हामीलाई पाप गर्ने इच्छा गर्ने तुल्याउन नदिनुहोस्”
“तिमीहरू” र “तिमीहरूका” सबै प्रयोगहरू बहुवचनमा छन् । तापनि, यदि कुनै व्यक्तिले अरूहरूलाई क्षमा दिएन भने तिनीहरूलाई के हुनेछ भनेर येशूले तिनीहरूलाई भनिरहनुभएको छ ।
भाववाचक नामपद शब्द “अपराधहरू”लाई क्रियापदको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब तिनीहरूले तिमीहरूको विरुद्धमा अपराध गर्छन्”
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो ।
भाववाचक नामपद शब्द “अपराधहरू”लाई क्रियापदको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब तिनीहरूले तिमीहरूको विरुद्धमा अपराध गर्छन् ... जब तिमीहरूले परमेश्वरको विरुद्धमा अपराध गर्छौ” वा “जब तिनीहरूले तिमीहरूलाई हानि गर्ने कुराहरू गर्छन् ... जब तिमीहरूले तिमीहरूका पितालाई रीस उठाउने कुराहरू गर्छौ”
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । पद १६ मा भएका “तिमीहरू” शब्दका सबै प्रयोगहरू बहुवचनमा छन् । पदहरू १७ र १८ मा जहाँ येशूले तिनीहरूलाई उपवास बस्दा कसरी व्यवहार गर्ने भन्ने बारेमा सिकाउनुहुन्छ, “तिमी” र “तिम्रो” शब्दहरूका सबै प्रयोगहरू एकवचनमा छन् । केही भाषाहरूमा “तिमी” शब्दका ती प्रयोगहरू बहुवचनमा हुन आवश्यक पर्न सक्छ ।
येशूले उपवासको बारेमा सिकाउन सुरु गर्नुहुन्छ ।
पाखण्डीहरूले आफ्ना अनुहारहरू धुने वा आफ्नो कपाल कोर्ने गर्दैनथे । आफूहरूतिर जानाजान ध्यान आकर्षित गर्ने उद्देश्यले तिनीहरूले यसो गर्थे ताकि मानिसहरूले तिनीहरूलाई हेरून् र उपवास बसेकोमा तिनीहरूलाई आदर गरून् ।
“म तिमीहरूलाई साँचो भन्दछु ।” येशूले यसपछि भन्नुहुने कुरामा यस वाक्यांशले जोड थप्छ ।
“तिम्रो कपालमा तेल लगाऊ” वा “तिम्रो कपाल कोर ।” यहाँ शिरलाई “अभिषेक गर्नु”ले कसैले आफ्नो कपालको सामान्य रूपमा हेरविचार गर्ने कार्यलाई जनाउँछ । यसले “ख्रीष्ट” अर्थात् “अभिषिक्त जन”सँग कुनै सरोकार राख्दैन । मानिसहरूले उपवास बसेका होऊन् वा नहोऊन्, तिनीहरू एकसमान देखिनुपर्दछ भन्ने येशूको भनाइको अर्थ हो ।
सम्भावित अर्थहरू हुन् १) परमेश्वरलाई कसैले पनि देख्न सक्दैन । वैकल्पिक अनुवादः “पिता, जो अदृश्य हुनुहुन्छ” वा २) परमेश्वर गोप्य तवरमा उपवास बस्ने व्यक्तिको साथमा हुनुहुन्छ । वैकल्पिक अनुवादः “पिता, जो गुप्तमा तिमीहरूको साथमा हुनुहुन्छ ।” तपाईंले यसलाई मत्ती ६:६ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो ।
“तिमीले गुप्तमा के गर्छौ भनेर जसले देख्नुहुन्छ ।” तपाईंले यसलाई मत्ती ६:६ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमीहरू” र “तिमीहरूका” शब्दहरूका सबै प्रयोगहरू बहुवचनमा छन्, जसमा पद २१ अपवाद हो, जहाँ ती एकवचनमा छन् । केही भाषाहरूमा “तिमी” र “तिम्रो” शब्दहरूका यी प्रयोगहरू बहुवचनमा हुन आवश्यक पर्न सक्छ ।
येशूले रुपैयाँ-पैसा र धनसम्पत्तिका बारेमा सिकाउन सुरु गर्नुहुन्छ ।
सम्पत्तिहरू, ती कुराहरू जसलाई एक व्यक्तिले सबैभन्दा बढी मूल्य दिन्छ
“जहाँ कीरा र खियाले धनसम्पत्तिलाई नष्ट गर्छन्”
लुगालाई नष्ट गर्ने सानो उड्ने फट्याङग्रो
फलामे द्यातुहरूमा बन्ने खेरो रङ्गको पदार्थ
यो अलङ्कार हो जसको अर्थ पृथ्वीमा असल कुराहरू गर्नु भन्ने हुन्छ ताकि स्वर्गमा परमेश्वरले तपाईंलाई इनाम दिनुभएको होस् ।
यहाँ “हृदय”को अर्थ व्यक्तिका विचारहरू र चासोहरू हुन् ।
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमी” र “तिम्रो” शब्दहरूका प्रयोगहरू एकवचनमा छन्, तर केही भाषाहरूमा ती बहुवचनमा हुन आवश्यक पर्न सक्छ । हेर्नुहोस्ः
यसले व्यक्तिलाई देख्न सहायता पुर्याउने स्वस्थ आँखालाई व्यक्तिलाई दृष्टिविहीन तुल्याउने बिरामी आँखासँग तुलना गर्छ । यो आत्मिक स्वास्थ्यलाई जनाउने अलङ्कार हो । लोभलाई जनाउनका लागि यहूदी मानिसहरूले प्रायः “खराब आँखा” भन्ने वाक्यांशलाई प्रयोग गर्थे । यसको अर्थ चाहिँ यदि कोही व्यक्ति परमेश्वरमा पूर्ण रूपमा समर्पित छ र परमेश्वरले झैँ गरी विभिन्न कुराहरूलाई देख्छ वा लिन्छ भने उसले जे ठीक छ त्यही गरिरहेको हुन्छ । यदि कोही व्यक्ति बढी पाउनका लागि लोभी छ भने, उसले जे खराब छ त्यही गरिरहेको हुन्छ ।
यो अलङ्कारको अर्थ जसरी बत्तीले कुनै व्यक्तिलाई अँध्यारोमा हेर्न सहायता गर्छ, त्यसरी नै आँखाले व्यक्तिलाई देख्न सहायता गर्छ । वैकल्पिक अनुवादः “बत्तीले झैँ गरी, आँखाले तिमीलाई चीजहरूलाई प्रस्टसँग देख्नलाई सहायता गर्छ”
तपाईंले यसलाई बहुवचनको रूपमा अनुवाद गर्नुपर्ने हुन सक्छ, “आँखाहरू” ।
यसले व्यक्तिलाई देख्न सहायता पुर्याउने स्वस्थ आँखालाई व्यक्तिलाई दृष्टिविहीन तुल्याउने बिरामी आँखासँग तुलना गर्छ । यो आत्मिक स्वास्थ्यलाई जनाउने अलङ्कार हो । लोभलाई जनाउनका लागि यहूदी मानिसहरूले प्रायः “खराब आँखा” भन्ने वाक्यांशलाई प्रयोग गर्थे । यसको अर्थ चाहिँ यदि कोही व्यक्ति परमेश्वरमा पूर्ण रूपमा समर्पित छ र परमेश्वरले झैँ गरी विभिन्न कुराहरूलाई देख्छ वा लिन्छ भने उसले जे ठीक छ त्यही गरिरहेको हुन्छ । यदि कोही व्यक्ति बढी पाउनका लागि लोभी छ भने, उसले जे खराब छ त्यही गरिरहेको हुन्छ ।
यसले जादूलाई जनाउँदैन । कोही लोभी व्यक्तिलाई जनाउनका लागि यहूदी मानिसहरूले प्रायः यसलाई अलङ्कारको रूपमा प्रयोग गर्थे ।
“यदि तिम्रो शरीरमा ज्योति ल्याउनुपर्ने कुराले नै अन्धकार ल्यायो भने, तब तिम्रो शरीर पूर्ण अन्धकारमा हुनेछ”
यी दुवै वाक्यांशहरूले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् । तिनीहरूले जोड दिन्छन् कि एउटा व्यक्तिले एकै समयमा परमेश्वर र पैसा दुवैलाई प्रेम गर्न र दुवैप्रति समर्पित हुन सक्दैन ।
“तिमीहरूले परमेश्वर र पैसालाई एकै समयमा सेवा गर्न सक्दैनौ”
यहाँ भएका “तिमीहरू” र “तिमीहरूका” शब्दहरूका प्रयोगहरू बहुवचनमा छन् ।
येशूले यसपछि भन्नुहुने कुरामा यस वाक्यांशले जोड थप्छ ।
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ ।
येशूले मानिसहरूलाई सिकाउनका लागि एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “प्रस्ट छ कि जीवन तिमीहरूले खाने कुराभन्दा ठूलो हो, र तिमीहरूको शरीर तिमीहरूले लगाउने कुराभन्दा ठूलो हो ।” वा “प्रस्ट रूपमा जीवनमा त्यहाँ ती कुराहरू छन् जुन खानेकुराभन्दा ठूला छन्, र शरीरको विषयमा त्यहाँ ती कुराहरू छन् जुन लत्ता कपडाहरूभन्दा ठूला छन् ।”
अन्नबालीहरूलाई थुपार्ने ठाउँहरू
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो ।
येशूले मानिसहरूलाई सिकाउनका लागि एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “प्रस्ट छ कि तिमीहरू चराचुरुङ्गीहरूभन्दा बढी मूल्यवान् छौ ।”
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमीहरू” र “तिमीहरूका” शब्दहरूका सबै प्रयोगहरू बहुवचनमा छन् ।
येशूले मानिसहरूलाई सिकाउनका लागि एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । यहाँ “उसको आयुमा एक घडी थप्नु” भनेको एक व्यक्तिको जीवन जिउने समयावधिमा समय थप्ने कुराको लागि भएको अलङ्कार हो । वैकल्पिक अनुवादः “चिन्ता मात्रै गरेर, तिमीहरूमध्ये कसैले पनि, तिमीहरूका जीवनमा वर्षहरू थप्न सक्दैनौ । तिमीहरूले तिमीहरूको जीवनमा एक मिनेट पनि थप्न सक्दैनौ ! त्यसैले तिमीहरूलाई आवश्यक पर्ने कुराहरूको लागि तिमीहरूले चिन्ता गर्नुहुँदैन ।”
एक क्युबिट भनेको आधा मिटरभन्दा अलिकति कम नापको लम्बाइ हो ।
येशूले मानिसहरूलाई सिकाउनका लागि एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले के लगाउने होला भनी तिमीहरूले चिन्ता गर्नुहुँदैन ।”
“मान”
येशूले लिलीहरूको विषयमा यसरी बताउनुहुन्छ कि मानौँ ती मानिसहरू थिए जसले लुगा लगाउँथे । लिलीहरूलाई वस्त्र पहिराइएको भनेको बिरुवाहरूको सुन्दर र रङ्गी विरङ्गी फूलहरू हुने कुराको लागि एउटा अलङ्कार हो ।
लिली भनेको एक खालको जङ्गली फूल हो ।
येशूले लिलीहरूको विषयमा यसरी बताउनुहुन्छ कि मानौँ ती मानिसहरू थिए जसले लुगा लगाउँथे । लिलीहरूलाई वस्त्र पहिराइएको भनेको बिरुवाहरूको सुन्दर र रङ्गी विरङ्गी फूलहरू हुने कुराको लागि एउटा अलङ्कार हो ।
येशूले यसपछि भन्नुहुने कुरामा यस वाक्यांशले जोड थप्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यस्ता वस्त्रहरू पहिरेनन् जुन यी लिलीहरू जत्तिकै सुन्दर थिए”
येशूले लिलीहरूको विषयमा यसरी बताउनुहुन्छ कि मानौँ ती मानिसहरू थिए जसले लुगा लगाउँथे । लिलीहरूलाई वस्त्र पहिराइएको भनेको बिरुवाहरूको सुन्दर र रङ्गी विरङ्गी फूलहरू हुने कुराको लागि एउटा अलङ्कार हो ।
यदि तपाईंको भाषामा “घाँस” र अघिल्लो पदमा तपाईंले “लिलीहरू”को लागि प्रयोग गर्नुभएको शब्दलाई समावेश गर्ने कुनै शब्द छ भने, तपाईंले त्यसलाई यहाँ प्रयोग गर्न सक्नुहुन्छ ।
त्यस समयका यहूदीहरूले खाना पकाउनका लागि तिनीहरूको आगोमा घाँसलाई प्रयोग गर्थे । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले त्यसलाई आगोमा फालिदिन्छ” वा “कसैले त्यसलाई बालिदिन्छ”
तिनीहरूलाई खाँचो परेका कुराहरू परमेश्वरले जुटाउनुहुनेछ भनेर सिकाउनका लागि येशूले यस प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “ ... विश्वास ... , उहाँले तिमीहरूलाई निश्चय नै पहिराउनुहुनेछ ।”
“तिमीहरू जससँग त्यस्तो कम विश्वास छ ।” येशूले मानिसहरूलाई यस किसिमले सम्बोधन गर्नुहुन्छ किनभने लत्ता कपडाहरूको लागि भएको तिनीहरूको चिन्ताले तिनीहरूसँग परमेश्वरमाथि थोरै मात्र विश्वास छ भनेर देखाउँछ ।
“यो सबैकुराहरूको कारण”
यस वाक्यमा, “कपडाहरू” भनेको भौतिक सम्पत्तिहरूको लागि प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “हामीसँग के सम्पत्तिहरू हुनेछ”
“किनकि अन्यजातिहरू तिनीहरूले के खाने, पिउने, र लगाउने भनेर चिन्तित रहन्छन्”
परमेश्वरले तिनीहरूका आधारभूत खाँचोहरू पूरा भएका छन् भन्ने कुरालाई पक्का गर्नुहुनेछ भन्ने अर्थ येशूले दिनुहुन्छ ।
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो ।
यहाँ “राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वर, जो तिमीहरूका राजा हुनुहुन्छ, उहाँको सेवा गर्न र ठीक कुरा गर्नलाई तिमीहरू आफूलाई लगाऊ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूका लागि यी सबैकुराहरू जुटाउनुहुनेछ”
“यो सबैकुराहरूको कारण”
येशूले “भोलि”को विषयमा त्यो कुनै चिन्ता गर्न सक्ने व्यक्ति भए झैँ गरी कुरा गर्नुहुन्छ । येशूको भनाइको अर्थ हो कि एक व्यक्तिसँग चिन्ता गर्नलाई प्रशस्त कुराहरू हुनेछन् जब अर्को दिन आउँछ ।
1 इन्साफ नगर, र तिमीहरूको पनि इन्साफ हुनेछैन । 2 किनकि जुन इन्साफले तिमीहरूले इन्साफ गर्छौ, त्यही इन्साफले तिमीहरूको पनि इन्साफ हुनेछ । जुन नापले तिमीहरूले नाप्छौ, त्यही नापले तिमीहरू पनि नापिनेछौ । 3 र किन तिमीहरूले आफ्नो भाइका आँखामा भएको परालको सानो टुक्रालाई देख्छौ, तर आफ्नै आँखामा भएको मुढालाई तिमीहरू ख्याल गर्दैनौ ? 4 तिमीले आफ्नो भाइलाई, ‘मलाई तिम्रो आँखामा भएको परालको टुक्रा निकाल्न देऊ’ भनेर कसरी भन्न सक्छौ, जब कि मुढाचाहिँ तिम्रो आफ्नै आँखामा छ ? 5 ए कपटी, पहिले तिम्रो आफ्नै आँखामा भएको मुढालाई निकाल, र तिमीले आफ्नो भाइको आँखामा भएको परालको टुक्रा निकाल्न तिमीले स्पष्टसँग देख्न सक्छौ । 6 जे कुरा पवित्र छ त्यो कुकुरहरूलाई नदेऊ, र आफ्ना मोतीहरू सुङ्गुरहरूको अगाडि नफाल । नत्रता तिनीहरूले त्यसलाई खुट्टाले कुल्चेलान्, र फर्केर तिमीहरूलाई आक्रमण गर्लान् । 7 माग, र त्यो तिमीहरूलाई दिइनेछ । खोज, र तिमीहरूले भेट्टाउनेछौ । ढकढक्याऊ, र तिमीहरूका निम्ति उघारिनेछ । 8 किनकि माग्ने सबैले पाउँछन् । र खोज्ने सबैले भेट्टाउँछन् । र ढकढक्याउने व्यक्तिको निम्ति त्यो उघारिनेछ । 9 वा, तिमीहरूमध्ये यस्तो मानिस कोही छ जसले आफ्नो छोराले उसलाई रोटी माग्दा ढुङ्गा देला ? 10 वा, उसले माछा माग्दा उसलाई सर्प देला ? 11 यसकारण, तिमीहरू दुष्ट भएर पनि आफ्ना छोराछोरीलाई कसरी असल थोक दिने भनी जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ्ता गरेर दिनुहुन्छ ? 12 त्यसकारण, मानिसहरूले तिमीहरूको निम्ति जस्तो गरेको चाहन्छौ, तिमीहरूले तिनीहरूसँग त्यस्तै गर्नुपर्छ । त्यो नै व्यवस्था र अगमवक्ताहरूको शिक्षा हो । 13 साँघुरो ढोकाबाट भित्र पस । किनभने विनाशमा पुर्याउने ढोका र बाटो फराकिलो हुन्छन्, र त्यस बाटोबाट जाने मानिसहरू धेरै छन् । 14 किनकि जीवनमा डोर्याउने ढोका र बाटो साँघुरो हुन्छन्, र त्यो भेट्टाउने थोरै मात्र छन् । 15 झुटा अगमवक्ताहरूदेखि होसियार बस, जो भेडाको भेषमा आउँदछन्, तर वास्तवमा तिनीहरू भोका ब्वाँसाहरू हुन् । 16 तिनीहरूका फलहरूद्वारा तिमीहरूले तिनीहरूलाई चिन्नेछौ । के मानिसहरूले काँडाको झाडीबाट अङ्गुर बटुल्छन्, वा काँडाको बिरुवाबाट अन्जीर टिप्छन् र ? 17 यसरी नै, हरेक असल रुखले असलै फल फलाउँछ, तर खराब रुखले खराबै फल फलाउँछ । 18 एउटाअ सल रुखले खराब फल फलाउन सक्दैन, न त खराब रुखले असल फल नै फलाउन सक्छ । 19 हरेक रुख जसले असल फल फलाउँदैन, त्यो काटिनेछ र आगोमा फालिनेछ । 20 यसकारण, तिनीहरूका फलहरूद्वारा नै तिमीहरूले तिनीहरूलाई चिन्नेछौ । 21 ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्, तर स्वर्गमा हुनुहुने मेरा पिताको इच्छालाई पालन गर्ने मात्र स्वर्गको राज्यमा प्रवेश गर्नेछ । 22 त्यस दिन धेरै मानिसले मलाई भन्नेछन्, ‘हे प्रभु, हे प्रभु, के तपाईंको नाउँमा हामीले अगमवाणी बोलेका थिएनौँ र ? के तपाईंको नाउँमा भूतहरू धपाएनौँ र ? र तपाईंको नाउँमा धेरै शक्तिशाली कामहरू गरेका थिएनौँ र ?’ 23 तब म खुलमखुला तिनीहरूलाई घोषणा गर्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै पनि चिनेको थिइनँ ! ए दुष्ट काम गर्नेहरू हो, मबाट टाढा गइहाल् !’ 24 त्यसकारण, हरेक जसले मेरा वचन सुन्छ र ती पालन गर्छ, त्यो बुद्धिमान् मानिसजस्तै हुनेछ जसले आफ्नो घर चट्टानमाथि बनायो । 25 पानी पर्यो, बाढी आयो, र हुरी आयो र त्यस घरलाई हान्यो, तर त्यो घर ढलेन, किनकि त्यो घर चट्टानमाथि बनाइएको थियो । 26 तर हरेक जसले मेरा वचन सुन्छ र पालन गर्दैन, त्यो मूर्ख मानिसजस्तै हो जसले आफ्नो घर बालुवामाथि बनायो । 27 पानी पर्यो, बाढी आयो, र हुरी आयो र त्यस घरलाई हान्यो । र त्यो ढल्यो र पूर्ण रूपमा नष्ट भयो ।” 28 जब येशूले यी वचन भनेर सक्नुभयो, भिड उहाँको शिक्षा सुनेर साह्रै अचम्मित भयो, 29 किनकि उहाँले तिनीहरूका शास्त्रीहरूले जस्तो गरी होइन, तर तिनीहरूलाई अधिकारसहित सिकाउनुभयो ।
यो प्रवचनमा येशूले विभिन्न विषयहरूको बारेमा बताउनुभयो, त्यसैले येशूले हरेक पटक विषय बदल्नुभएको बेलामा पाठ्यखण्डमा एउटा खाली पङ्क्ति राखेर पाठकलाई सहयोग गर्ने इच्छा गर्न सक्नुहुन्छ ।
मत्ती ५-७ मा भएको शब्दहरूलाई धेरै मानिसहरूले डाँडाको उपदेश भन्छन् । यो येशूले सिकाउनुभएको एउटा लामो पाठ हो । बाइबलले यो पाठलाई ती भागमा विभाजन गर्छ, तर यसले कहिलेकाहीँ पाठकलाई अलमल्याउन सक्छ । यदि तपाईंको अनुवादले खण्डलाई विभिन्न भागहरूमा विभाजन गर्छ भने, यो पक्का गर्नुहोस् कि यो सम्पूर्ण उपदेश चाहिँ एउटा ठूलो खण्ड हो भनेर पाठकले बुझेको होस् ।
फल चाहिँ धर्मशास्त्रमा प्रयोग गरिएको सामान्य चित्रण हो । असल वा खराब कार्यहरूका प्रतिफलहरूलाई वर्णन गर्नका लागि यसको प्रयोग गरिएको छ । यस अध्यायमा, असल फल भनेको परमेश्वरले अह्राउनुभएको अनुसार जीवन जिउनुको परिणाम हो ।
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमीहरू” शब्दका प्रयोगहरू बहुवचनमा छन् ।
येशूले मत्ती ५:३ मा सिकाउन सुरु गर्नुभएको उहाँको डाँडाको उपदेशमा आफ्ना चेलाहरूलाई सिकाउनलाई उहाँले निरन्तरता दिनुहुन्छ ।
यहाँ “इन्साफ गर्नु” भन्ने कुरामा “कठोर रूपमा दण्डाज्ञा दिनु” वा “दोषी ठहराउनु” भन्ने किसिमको कडा अर्थ छ । वैकल्पिक अनुवादः “मानिसहरूलाई कठोर रूपमा दण्डाज्ञा नदेओ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई पनि कठोर रूपमा दण्डाज्ञा दिनुहुनेछैन”
येशूले ७:१ मा जे भन्नुभयो, त्यसैको आधारमा ७:२ को वाक्य रहेको छ भन्ने कुरालाई पाठकले बुझेको छ भन्ने कुरामा निश्चित हुनुहोस् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई त्यही तरिकाले दोषी ठहराउनुहुनेछ जुन तरिकाले तिमीहरूले अरूहरूलाई दोषी ठहराउँछौ”
सम्भावित अर्थहरू हुन् १) यो दण्ड दिइएको परिमाण हो वा २) यो इन्साफको लागि प्रयोग गरिएको मापदण्ड हो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई त्यसैले नाप्नुहुनेछ”
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमी” र “तिम्रो” शब्दहरूका प्रयोगहरू सबै एकवचनमा छन्, तर केही भाषाहरूमा ती बहुवचनमा हुन आवश्यक पर्न सक्छ ।
अरू मानिसहरूका पापहरूतर्फ ध्यान लगाउने र तिनीहरू आफ्नैलाई बेवास्ता गर्ने गरेकामा मानिसहरूलाई हप्काउनका लागि येशूले यो प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमी ... भाइको आँखामा ... हेर्छौ, तर तिम्रो आफ्नै आँखामा भएको मूढालाई तिमी ख्याल गर्दैनौ ।” वा “ ... भाइको आँखा ... नहेर र तिम्रो आफ्नै आँखामा भएको मूढालाई बेवास्ता नगर ।”
यो एउटा अलङ्कार हो जसले सङ्गी विश्वासीको कम्ती महत्त्व राख्ने त्रुटिहरूलाई जनाउँछ ।
“थोप्लो” वा “छेस्को” वा “धूलोको कण ।” कुनै व्यक्तिका आँखामा परिराख्ने सबैभन्दा सानो कुरालाई जनाउने शब्दलाई प्रयोग गर्नुहोस् ।
७:३-५ मा भएका “भाइ” शब्दका सबै प्रयोगहरूले एक सङ्गी विश्वासीलाई जनाउँछन्, साक्खै भाइ वा कुनै छिमेकीलाई होइन ।
यो अलङ्कार कुनै व्यक्तिको ज्यादै महत्त्व राख्ने त्रुटिहरूका लागि हो । मूढा व्यक्तिको आँखाभित्र साँच्चै पस्न सक्दैन । एक व्यक्तिले अर्को व्यक्तिका कम्ती महत्त्व राख्ने त्रुटिहरूमा ध्यान दिनभन्दा पहिले उसको आफ्नै ज्यादा महत्त्व राख्ने त्रुटिहरूमा ध्यान दिनुपर्छ भन्ने कुरालाई जोड दिनका लागि येशूले अतिरञ्जन गरिरहनुभएको छ ।
कसैले काटेर राखेको रूखको सबैभन्दा ठूलो भाग
मानिसहरूले अर्को व्यक्तिका पापमा ध्यान दिनुभन्दा पहिले तिनीहरूले आफ्नै पापमा ध्यान दिनका लागि चनौति दिनलाई येशूले यो प्रश्न सोध्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीले ... भन्नुहुँदैन ... तिम्रो आफ्नै आँखामा छ ।”
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमीहरू” र “तिमीहरूका” शब्दहरूका प्रयोगहरू सबै बहुवचनमा छन् ।
यहूदीहरूले यी पशुहरूलाई घृणित सम्झन्थे, र तिनको मासु नखानलाई परमेश्वरले यहूदीहरूलाई भन्नुभएको थियो । तिनीहरू दुष्ट मानिसहरूका लागि अलङ्कारहरू हुन् जुन मानिसहरूले पवित्र थोकहरूलाई मान्यता गर्दैनन् । यी शब्दहरूलाई अक्षरशः अनुवाद गर्दा बेस हुन्छ ।
यिनीहरू गोला, मूल्यवान् पत्थरहरू वा दानाहरू जस्तै हुन् । तिनीहरू परमेश्वरको ज्ञान वा सामान्य अर्थमा बहुमूल्य थोकहरूको लागि अलङ्कार हुन् ।
“सुँगुरहरूले कुल्चन सक्छन्”
“कुकुरहरू त्यसपछि फर्कनेछन् र लुछ्नेछन्”
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमीहरू” र “तिमीहरूका” शब्दहरूका प्रयोगहरू सबै बहुवचनमा छन् ।
यी कुराहरू परमेश्वरसँग प्रार्थना गर्ने कुराको लागि अलङ्कारहरू हुन् । उहाँले जवाफ नदिउञ्जेलसम्म हामीले प्रार्थना गरिरहनुपर्छ भन्ने कुरालाई क्रियापदले दर्शाउँछ । यदि तपाईंको भाषामा केही कुरालाई दोहोर्याइ-दोहोर्याइ निरन्तर गरिरहने कुरालाई जनाउने कुनै संरचना छ भने, त्यसलाई यहाँ प्रयोग गर्नुहोस् ।
कसैबाट चीजहरूको लागि अनुरोध गर्नु, यहाँ चाहिँ परमेश्वरबाट
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूलाई जे खाँचो छ सो परमेश्वरले तिमीहरूलाई दिनुहुनेछ”
कसैलाई खोज्नु, यहाँ चाहिँ परमेश्वरलाई
ढोकामा ढकढक्याउनु भनेको घर वा कोठाभित्र भएको व्यक्तिलाई ढोका खोलिदिनका लागि अनुरोध गर्ने नम्र तरिका हो । यदि ढोकामा ढकढक्याउनु भनेको तपाईंको समाजमा रुखो हो त्यसो गरिँदैन भने, त्यो शब्दलाई प्रयोग गर्नुहोस् जसले मानिसहरूले कसरी ढोकाहरू खोलिदिनका लागि विनम्रतापूर्वक अनुरोध गर्छन् भनेर वर्णन गर्छ । वैकल्पिक अनुवादः “परमेश्वरलाई भन कि उहाँले ढोका खोलिदिनुभएको तिमी चाहन्छौ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यो तिमीहरूका लागि खोलिदिनुहुनेछ”
येशूले मानिसहरूलाई सिकाउनका लागि एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूको माझमा त्यहाँ कोही त्यस्तो व्यक्ति छैन ... ढुङ्गा ... ।”
यसले सामान्य अर्थमा खानेकुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “केही खानेकुरा”
यस नामपद शब्दलाई अक्षरशः अनुवाद गर्नुपर्छ ।
यी नामपद शब्दहरूलाई अक्षरशः अनुवाद गर्नुपर्छ ।
येशूले मानिसहरूलाई सिकाउनका लागि अर्को प्रश्नको प्रयोग गर्नुहुन्छ । यो कुरा बुझिएको छ कि येशूले अझै पनि कुनै मानिस र त्यसको छोरालाई जनाइरहनुभएको छ । वैकल्पिक अनुवादः “अनि तिमीहरूमध्ये एकजना पनि त्यस्तो व्यक्ति छैन, यदि उसको छोराले माछा माग्यो भने, उसलाई सर्पो दिनेछ ।”
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमीहरू” र “तिमीहरूका” शब्दहरूका प्रयोगहरू बहुवचनमा छन् ।
येशूले मानिसहरूलाई सिकाउनका लागि एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तब तिमीहरूका स्वर्गमा हुनहुने पिताले ... निश्चय पनि उसलाई दिनुहुनेछ ।”
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो ।
“अरूहरूले तिमीहरूलाई जे-जस्तो तरिकाले व्यवहार गरून् भनी तिमीहरू चाहन्छौ”
यहाँ “व्यवस्था” र “अगमवक्ताहरू”ले मोशा र अगमवक्ताहरूले लेखेका कुराहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “किनकि मोशा र अगमवक्ताहरूले धर्मशास्त्रमा यही कुरा सिकाउँछन्”
विनाशतर्फको फराकिलो ढोकाबाट भित्र पस्ने वा जीवनतर्फको साँघुरो ढोकाबाट भित्र पस्ने कुराको चित्रणले मानिसहरू कसरी जिउँछन् भन्ने कुरालाई र तिनीहरूले जीवन जिउने तरिकाको प्रतिफलहरूलाई प्रतिनिधित्व गर्छ । जब तपाईंले अनुवाद गर्नुहुन्छ, दुई प्रकारका ढोकाहरू र बाटाहरूको बीचमा भएको भिन्नतालाई जोड दिनका लागि “चौडा” र “फराकिलो”को लागि उचित शब्दहरूको प्रयोग गर्नुहोस् जुन शब्दहरू सम्भव भएसम्म “साँघुरो” शब्दबाट भिन्न होस् ।
यो चाहिँ मानिसहरू बाटोमा यात्रा गरिरहेका र एउटा ढोकाबाट भित्र पसेर कुनै राज्यमा जाँदै गरेका कुराको एउटा चित्रण हो । एउटा राज्यमा प्रवेश गर्न सजिलो छ; अर्कोमा भने प्रवेश गर्न कठिन छ ।
तपाईंले यसलाई पद १४ को अन्त्यतिर लैजानुपर्ने हुन सक्छः “त्यसकारण, साँघुरो ढोकाबाट भित्र पस ।”
सम्भावित अर्थहरू हुन् १) “बाटो”ले राज्यको ढोकासम्म पुर्याउने सडकलाई जनाउँछ, वा २) “ढोका” र “बाटो” दुवैले राज्यको प्रवेशद्वारलाई जनाउँछ ।
भाववाचक नामपद शब्दलाई क्रियापदको साथमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यस स्थानतर्फ जहाँ मानिसहरू मर्छन्”
मानिसहरूले तिनीहरू कसरी जिउन गइरहेका थिए भन्ने कुरालाई छान्ने भनेको चाहिँ मानौँ तिनीहरूले एउटा बाटोबाट जाने कि अर्को बाटोबाट जाने भनेर छानिरहेका भए झैँ गरी कुरा गर्न येशूले निरन्तरता दिनुहुन्छ ।
भाववाचक नामपद शब्द “जीवन”लाई “जीउनु” क्रियापदलाई प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यस स्थानतर्फ जहाँ मानिसहरू बाँच्छन्”
“ ... को विरुद्धमा चनाखो रहो”
यो अलङ्कारको अर्थ हो कि झूटा अगमवक्ताहरूले तिनीहरू असल भएको र मानिसहरूलाई सहायता गर्न चाहेको बहाना बनाउनेछन्, तर वास्तवमा तिनीहरू दुष्ट हुन् र मानिसहरूलाई हानि गर्नेछन् ।
यस अलङ्कारले एक व्यक्तिका कार्यहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “जसरी तिमीहरूले एउटा रूखलाई त्यसमा फल्ने फलद्वारा चिन्दछौ, तिमीहरूले झूटा अगमवक्ताहरूलाई तिनीहरूले गर्ने व्यवहारहरूद्वारा चिन्नेछौ”
येशूले मानिसहरूलाई सिकाउनका लागि एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । जवाफ चाहिँ बटुल्दैनन् भन्नुपर्छ भनेर मानिसहरूलाई थाहा भएको हुनुपर्छ । वैकल्पिक अनुवादः “मानिसहरूले ... सिउँडीबाट ... बटुल्दैनन् ।”
असल कामहरू वा वचनहरू दिने असल अगमवक्ताहरूलाई जनाउनका लागि येशूले फलको अलङ्कारलाई प्रयोग गर्न निरन्तरता दिनुहुन्छ ।
दुष्ट कामहरू गर्ने खराब अगमवक्ताहरूलाई जनाउनका लागि येशूले फलको अलङ्कारलाई प्रयोग गर्न निरन्तरता दिनुहुन्छ ।
येशूले झूटा अगमवक्ताहरूलाई जनाउनका लागि फल दिने रूखहरूलाई अलङ्कारको रूपमा प्रयोग गर्नलाई निरन्तरता दिनुहुन्छ । यहाँ, उहाँले खराब रूखहरूलाई के हुनेछ भनेर मात्र भन्नुहुन्छ । झूटा अगमवक्ताहरूलाई पनि त्यही नै कुरा हुनेछ भनेर बुझिएको छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले काट्छन् र बाल्छन्”
“तिनीहरूका” शब्दले कि त अगमवक्ताहरू वा कि रूखहरूलाई जनाउन सक्छ । यो अलङ्कारले रूखहरूका फल र अगमवक्ताहरूका कामहरू दुवैले तिनीहरू असल वा खराब छन् भन्ने कुरा प्रकट गर्छन् भन्ने अर्थ दिन्छ । यदि सम्भव भएमा, यसलाई रूखहरू र अगमवक्ताहरू दुवैलाई जनाउन सक्ने गरी अनुवाद गर्नुहोस् ।
यहाँ “स्वर्गको राज्य” भन्ने कुराले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । वैकल्पिक अनुवादः “स्वर्गमा हुनुभएको परमेश्वरसँग जिउनेछ जब उहाँले आफैँलाई राजाको रूपमा प्रकट गर्नुहुन्छ”
“जो कोही पनि जसले स्वर्गमा हुनुभएको मेरा पिताले चाहना गर्नुभएको कुरा गर्छ”
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो ।
उहाँले इन्साफको दिनलाई जनाइरहनुभएको थियो भनेर उहाँलाई सुन्नेहरूले बुझ्नेछन् भनी जान्नुभएर येशूले “त्यस दिन” भन्नुभयो । तपाईंका पाठकहरूले बुझ्नेछैनन् भने मात्रै तपाईंले “इन्साफको दिन”लाई समावेश गर्नुपर्छ ।
मानिसहरूले यी कुराहरू गरे भनी जोड दिनका लागि तिनीहरूले एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामीले अगमवाणी बोल्यौँ ... हामीले भूतहरू धपायौँ ... हामीले थुप्रै शक्तिशाली कामहरू गर्यौँ ।”
यो “हामी” शब्दले येशूलाई समावेश गर्दैन ।
सम्भावित अर्थहरू हुन् १) “तपाईंको अधिकारद्वारा” वा “तपाईंको शक्तिद्वारा” वा २) “किनभने हामीले जे गरेको तपाईंले चाहनुभयो सो गरिरहेका थियौँ” वा ३) “किनभने हामीले त्यो गर्नका लागि तपाईंसँग शक्ति माग्यौँ”
“आश्चर्यकर्महरू”
यसको अर्थ त्यो व्यक्ति येशूको हुँदैन भन्ने हुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू मेरा चेला होइनौ” वा “तिमीहरूसँग मेरो कुनै सरोकार छैन”
“त्यसले गर्दा”
यहाँ “वचनहरू”ले येशूले भन्नुभएको कुरालाई जनाउँछ ।
येशूले उहाँका वचनहरूको पालना गर्नेहरूलाई त्यस्तो एउटा व्यक्तिसँग तुलना गर्नुहुन्छ जसले उसको घरलाई केही कुराले नोक्सान गर्न नसक्ने ठाउँमा बनाउँछ ।
यो माथि सतहमा रहेको माटोभन्दा धेरैमुनि जमिनको पिँधमा रहेको चट्टान हो, माथि जमिनमा भएको ठूलो ढुङ्गा होइन ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उसले त्यसलाई ... बनायो”
यो येशूको डाँडाको उपदेशको अन्त्य हो, जुन मत्ती ५:३ मा सुरु भएको थियो ।
येशूले अघिल्लो पदबाटको उपमालाई निरन्तरता दिनुहुन्छ । उहाँका वचनहरूलाई पालना नगर्नेहरूलाई उहाँले मूर्ख घर-निर्माणकर्ताहरूसँग तुलना गर्नुहुन्छ । केवल एउटा मूर्खले मात्रै बलौटे स्थानमा घर बनाउने थियो जहाँ पानी, बाढी, र बतासले बालुवालाई बगाएर लैजान सक्छ ।
तपाईंको भाषामा भएको साधारण शब्दलाई प्रयोग गर्नुहोस् जसले घर भत्कँदा हुने कुरालाई वर्णन गर्छ ।
पानी, बाढी, र बतासले त्यस घरलाई पूर्ण रूपमा नाश गरिदियो ।
भीडमा भएका मानिसहरूले डाँडाको उपदेशको येशूको शिक्षाप्रति कसरी प्रतिक्रया जनाए भन्ने कुरालाई यी पदहरूले वर्णन गर्छन् ।
यस वाक्यांशले कथालाई येशूको शिक्षाहरूबाट त्यसपछि के भयो भन्नेतर्फ लैजान्छ । वैकल्पिक अनुवादः “जब” वा “ ... पछि”
येशूले सिकाउनुभएको कुरामा मात्र होइन, तर उहाँले सिकाउनुभएको तरिकामा समेत तिनीहरू अचम्ममा परेका थिए भनेर ७:२९ मा प्रस्ट हुन्छ । वैकल्पिक अनुवादः “उहाँले सिकाउनुभएको तरिकासँग तिनीहरू अचम्मित भएका थिए”
1 जब येशू डाँडाबाट तल ओर्लनुभएको थियो, ठुलो भिडले उहाँलाई पछ्यायो । 2 हेर, एक जना कुष्ठरोगी उहाँको नजिक आयो र उहाँको अगि घोप्टो पर्यो, र भन्यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने, मलाई शुद्ध पार्न सक्नुहुन्छ ।” 3 येशूले आफ्नो हात पसार्नुभयो र उसलाई छुनुभयो, र भन्नुभयो, “म चाहन्छु । तिमी शुद्ध होऊ ।” तब तुरून्तै आफ्नो कुष्ठरोगबाट ऊ शुद्ध भयो । 4 येशूले उसलाई भन्नुभयो, “हेर, कुनै पनि मानिसलाई केही नभन्नू । आफ्नो बाटो लाग; आफैँलाई पुजारीकहाँ प्रकट गराऊ र तिनीहरूको अगि गवाही होस् भनेर मोशाले आज्ञा गरेअनुसार भेटी चढाऊ ।” 5 जब येशू कर्फनहुममा प्रवेश गर्नुभएको थियो, एक जना कप्तान उहाँकहाँ आएर उहाँलाई सोधे, 6 “हे प्रभु, मेरो एक जना नोकर पक्षाघातले ग्रसित भएर घरमा पल्टिरहेको छ र ऊ भयानक पीडामा छ ।” 7 येशूले तिनलाई भन्नुभयो, “म आएर उसलाई निको पार्नेछु ।” 8 कप्तानले जवाफ दिए र भने, “प्रभु, तपाईं मेरो घरको छानामुनि आउनको निम्ति म योग्यको छैनँ । तपाईंले केवल वचन मात्र बोलिदिनुहोस् र मेरो नोकर निको हुनेछ । 9 किनकि म पनि एउटा यस्तो मानिस हुँ जो अधिकारको मुनि राखिएको छु, र मेरो मुनि पनि सिपाहीहरू छन् । म एक जनालाई ‘जाऊ’ भन्छु र ऊ जान्छ, र अर्कोलाई ‘आऊ’ भन्छु र ऊ आउँछ, अनि मेरो नोकरलाई ‘त्यो गर’ भन्छु र उसले त्यो गर्छ ।” 10 जब येशूले यो सुन्नुभयो, उहाँ छक्क पर्नुभयो र उहाँलाई पछ्याउनेहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, इस्राएलमा पनि मैले यस्तो विश्वास भएको कोही पाएको थिइनँ । 11 म तिमीहरूलाई भन्छु, धेरै जना पूर्व र पश्चिमबाट आउनेछन्, अनि तिनीहरू अब्राहाम, इसहाक र याकूबसँग स्वर्गीय राज्यको भोजमा बस्नेछन् । 12 तर राज्यका छोराहरू बाहिर अन्धकारमा फालिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।” 13 येशूले त्यस कप्तानलाई भन्नुभयो, “जाऊ । तिमीले विश्वास गरेजस्तै तिम्रो निम्ति गरियोस् ।” अनि त्यही घडी तिनको नोकर निको भयो । 14 जब येशू पत्रुसको घरमा आउनुभयो, उहाँले पत्रुसकी सासू ज्वरोले बिरामी भई थला परिरहेकी देख्नुभयो । 15 येशूले तिनको हातमा छुनुभयो, अनि ज्वरोले तिनलाई छोड्यो । त्यसपछि तिनी उठिन् र उहाँको सेवा गर्न थालिन् । 16 जब साँझ पर्यो, मानिसहरूले भूतात्मा लागेका धेरै मानिसहरूलाई येशूकहाँ ल्याए । उहाँले एउटै वचनबाट भूतात्माहरूलाई बाहिर निकाल्नुभयो र सबै बिरामीलाई निको पार्नुभयो । 17 यसरी यशैया अगमवक्ताद्वारा भनिएको यस्तो वचन पुरा भयो, “उहाँ आफैँले नै हाम्रा बिमारीहरू लिनुभयो र हाम्रा रोगहरू वहन गर्नुभयो ।” 18 जब येशूले भिडलाई आफ्नो वरिपरि देख्नुभयो, उहाँले गालील समुद्रको अर्कोपट्टि जानको निम्ति निर्देशन दिनुभयो । 19 त्यसपछि एक जना शास्त्री आएर उहाँलाई भने, “गुरुज्यू, तपाईं जहाँ जानुहुन्छ म तपाईंलाई त्यहीँ पछ्याउनेछु ।” 20 येशूले तिनलाई भन्नुभयो, “स्यालहरूका दुला छन्, र आकाशका चराचुरूङ्गीहरूका गुँडहरू छन्, तर मानिसका पुत्रको त आफ्नो शिर राख्ने ठाउँ कहीँ छैन ।” 21 चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “प्रभु, पहिले मलाई गएर मेरो बुबालाई गाड्न दिनुहोस् ।” 22 तर येशूले तिनलाई भन्नुभयो, “मलाई पछ्याऊ, र मुर्दाले नै मुर्दालाई गाड्न छोडिदेऊ ।” 23 जब येशू डुङ्गामा चढ्नुभएको थियो, उहाँका चेलाहरूले पनि उहाँलाई भित्रसम्म पछ्याए । 24 हेर, समुद्रमा प्रचण्ड आँधीबेहरी चल्यो, अनि त्यो डुङ्गा समुद्रको छालद्वारा छोपियो । तर येशू सुतिरहनुभएको थियो । 25 चेलाहरू उहाँकहाँ आए र उहाँलाई यसो भनी उठाउन लागे, “हे प्रभु, हामीलाई बचाउनुहोस्, हामी मर्नै लागेका छौँ !” 26 येशूले तिनीहरूलाई भन्नुभयो, “ए अल्पविश्वासीहरू, तिमीहरू किन डराउँछौँ ?” त्यसपछि उहाँ उठ्नुभयो अनि आँधी र समुद्रलाई हकार्नुभयो । त्यसपछि त्यहाँ पुरै शान्ति छायो । 27 ती मानिसहरू छक्क परे र भने, “उहाँ कस्तो मानिस हुनुहुन्छ, कि समुद्र र आँधीले पनि उहाँको आज्ञा मान्छन् ?” 28 जब येशू समुद्रको पारिपट्टि र गदरिनीहरूको देशमा आउनुभएको थियो, दुई जना भूतात्मा लागेका मानिसले उहाँलाई भेटे । तिनीहरू चिहानबाट निस्केर आइरहेका थिए र धेरै हिंसात्मक थिए । त्यसकारण, त्यो बाटो भएर कोही पनि यात्रु जान सक्दैन थियो । 29 हेर, तिनीहरूले ठुलो स्वरले कराए र भने, “हे परमेश्वरका पुत्र, तपाईंसँग हाम्रो के सरोकार ? के तोकिएको समयभन्दा पहिले नै तपाईं यहाँ हामीलाई दुःख दिन आउनुभएको हो ? 30 त्यहाँ नजिकै धेरै सुँगुरहरूको एउटा बथान चरिरहेको थियो । 31 ती भूतात्माहरूले उहाँलाई बिन्ती गरिरहे र भने, “यदि तपाईंले हामीलाई बाहिर निकाल्नुहुन्छ भने, हामीलाई सुँगुरहरूको बथानमा पठाइदिनुहोस् ।” 32 येशूले तिनीहरूलाई भन्नुभयो, “जा !” ती भूतात्माहरू बाहिर निस्के र सुँगुरहरूभित्र पसे । अनि हेर, सबै सुँगुर त्यो भिरालो पहाडको तल दौडे र समुद्रमा खसे अनि तिनीहरू पानीमा डुबेर मरे । 33 सुँगुरहरू चराइरहेका मानिसहरू त्यहाँबाट दौडेर गए । अनि जब तिनीहरू सहरमा गए, तिनीहरूले सबै कुरा बताइदिए, र विशेष गरी भूतात्मा लागेका मानिसहरूलाई के भएको थियो सो बताइदिए । 34 हेर, पुरै सहर येशूलाई भेट्न आयो । जब तिनीहरूले उहाँलाई देखे, तिनीहरूले उहाँलाई तिनीहरूको इलाका छोडेर त्यहाँबाट जान अनुरोध गरे ।
यो अध्यायले एउटा नयाँ खण्डलाई सुरु गर्छ ।
अरू कुनै मानिसहरूले नियन्त्रण गर्न नसक्ने कुराहरूलाई येशूले नियन्त्रण गर्न सक्नुहुन्थ्यो भनी दर्शाउनका लागि उहाँले आश्चर्यकर्महरू गर्नुभयो । उहाँले आश्चर्यकर्महरू गर्नुभएको कारणले उहाँको आराधना गर्नु उचित छ भनेर पनि उहाँले देखाउनुभयो ।
यो कथाको नयाँ भागको सुरुवात हो जसमा येशूले मानिसहरूलाई निको पार्नुभएको थुप्रै विवरणहरू छन् । यो विषयवस्तु [मत्ती ९:३५]
“येशू डाँडाबाट तल आइसक्नुभएपछि, एउटा ठूलो भीडले उहाँलाई पछ्यायो ।” त्यस भीडमा उहाँसँग माथि डाँडा भएका मानिसहरू र उहाँसँग त्यहाँ नभएका मानिसहरू दुवै हुन सक्छन् ।
“हेर” शब्दले हामीलाई कथामा एउटा नयाँ व्यक्तिप्रति सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ ।
“कुष्ठरोग लागेको मानिस” वा “छालाको रोग भएको मानिस”
यो येशूको सामु देखाइएको नम्र आदरको चिन्ह हो ।
“यदि तपार्इंले चाहनुभयो भने” वा “यदि तपार्इंले इच्छा गर्नुहुन्छ भने ।” येशूसँग निको पार्ने शक्ति थियो भन्ने कुरा त्यस कुष्ठरोगीलाई थाहा थियो, तर येशूले उसलाई छुन चाहनुहुन्छ कि हुँदैन भन्ने कुरा भने उसलाई थाहा थिएन ।
यहाँ “शुद्ध पार्नु” भनेको निको हुनु र फेरि पनि समुदायमा बस्न सक्षम हुनु हो । वैकल्पिक अनुवादः “तपार्इंले मलाई निको पार्न सक्नुहुन्छ” वा “कृपया मलाई निको पारिदिनुहोस्”
यसो भनेर येशूले त्यस मानिसलाई निको पार्नुभयो ।
“त्यही समयमा ऊ शुद्ध भयो”
येशूले “शुद्ध होऊ” भन्नुभएको कुराको नतिजा चाहिँ त्यो मानिस निको हुनु थियो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ऊ राम्रो भयो” वा “कुष्ठरोगले उसलाई छोड्यो” वा “कुष्ठरोग सकियो”
यसले येशूले भर्खरै निको पार्नुभएको मानिसलाई जनाउँछ ।
“कसैलाई पनि कुनै कुरा नबताउनू” वा “मैले तिमीलाई निको पारेको कुरा कसैलाई पनि नभन्नू”
यहूदीहरूको व्यवस्थाअनुसार निको भएको व्यक्तिले आफ्नो छालालाई पूजाहारीलाई देखाउनुपर्थ्यो, जसले त्यसपछि उसलाई वा उनलाई समुदायमा अरू मानिसहरूसँगै हुनलाई अनुमति दिन्थे ।
मोशाको व्यवस्थाअनुसार कुष्ठरोगबाट निको भएको व्यक्तिले पूजाहारीलाई धन्यवादको भेटी चढाउनु पर्थ्यो । जब पूजाहारीले त्यो भेटी ग्रहण गर्थे, तब त्यो व्यक्ति निको भएको थियो भन्ने कुरा मानिसहरूलाई थाहा हुन्थ्यो । कुष्ठरोगीहरूलाई तिनीहरूको चङ्गाइको प्रमाण तिनीहरूसँग नभएसम्म समाजबाट बहिष्कार गरिन्थ्यो, समुदायबाट प्रतिबन्ध लगाइन्थ्यो ।
यसले सम्भवतः १) पूजाहारीहरूलाई वा २) सबै मानिसहरू वा ३) येशूका आलोचकहरूलाई जनाएको हुन सक्छ । यदि सम्भव भएमा, यी समूहहरूमध्ये जुनलाई पनि जनाउन सक्ने सर्वनामको प्रयोग गर्नुहोस् ।
यहाँ दृश्य फरक समय र स्थानमा सर्छ र येशूले अर्को व्यक्तिलाई निको पार्नुभएको विषयमा बताउँछ ।
यहाँ “उहाँ”ले येशूलाई जनाउँछ ।
रोग वा झड्काको कारणले चल्न नसक्ने भएको
“येशूले त्यस कप्तानलाई भन्नुभयो”
“म तिम्रो घरमा आउनेछु र तिम्रो नोकरलाई निको पार्नेछु”
यो एउटा वाक्पद्धति हो जसले घरको भित्रपट्टिलाई जनाउँछ । वैकल्पिक अनुवादः “मेरो घरभित्र”
यहाँ “वचन”ले कुनै आज्ञालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “आज्ञा गर्नुहोस्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “राम्रो हुनेछ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जो अरू कसैको अधिकारमुनि छ”
कसैको मुनि” हुनुको अर्थ कम महत्त्वको हुनु र बढी महत्त्व भएको व्यक्तिका आज्ञाहरू पालन गर्नुपर्ने हुनु हो ।
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले येशूले यसपछि भन्नुहुने कुरामा जोड थप्छ ।
आफूहरू परमेश्वरको सन्तान हौँ भनेर दाबी गर्ने इस्राएलमा भएका यहूदीहरूसँग अरू कसैसँगभन्दा बढी महान् विश्वास हुन्छ भनेर येशूलाई सुन्नेहरूले सोचेका हुन सक्छन् । तिनीहरू गलत छन् र त्यस कप्तानको विश्वास बढी महान् थियो भनेर येशूले भन्दै हुनुहुन्छ ।
यहाँ “तिमीहरू” शब्द बहुवचनमा छ र [मत्ती ८:१०]
“पूर्व” र “पश्चिम” भनेर एक आपसमा विपरीतमा रहेका कुराहरूलाई प्रयोग गर्नु भनेको “सबैठाउँ”बाट भन्ने एउटा तरिका हो । वैकल्पिक अनुवादः “सबैठाउँबाट” वा “सबै दिशामा भएका धेरै टाढाका ठाउँहरूबाट”
त्यस समाजका मानिसहरू खाने बेलामा टेबुलको छेउमा ढल्कन्थे । यो वाक्यांशले सङ्केत गर्छ कि टेबुलमा भएकाहरू सबै परिवार र नजिकका मित्रहरू हुन् । परमेश्वरको राज्यमा भएको रमाहटको विषयमा त्यहाँ भएका मानिसहरूले भोज मनाइरहेका थिए भने झैँ गरेर बारम्बार बताइएको छ । वैकल्पिक अनुवादः “परिवार र साथीहरूको रूपमा बस्छन्”
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । वैकल्पिक अनुवादः “जब स्वर्गमा हुनुहुने हाम्रा परमेश्वरले उहाँ राजा हुनुहुन्छ भनी देखाउनुहुन्छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले राज्यका छोराहरूलाई ... फाल्नुहुनेछ”
“ ... का छोराहरू” भन्ने वाक्यांश प्रतिस्थापन शब्दहरू हुन्, जसले यहूदिया राज्यका यहूदीहरूलाई जनाउँछ । त्यहाँ एउटा व्यङ्ग्य पनि छ किनभने “छोराहरू” बाहिर फालिनेछन् तर अपरिचितहरूलाई स्वागत गरिनेछ । वैकल्पिक अनुवादः “तिनीहरू जसले परमेश्वरलाई तिनीहरूमाथि शासन गर्नलाई अनुमति दिनुपर्ने थियो”
यहाँ “बाहिरी अन्धकार” भनेको परमेश्वरले उहाँलाई इन्कार गर्नेहरूलाई फाल्नुहुने स्थानको लागि प्रतिस्थापन शब्द हो । यो त्यस्तो ठाउँ हो जुन सदाको लागि परमेश्वरबाट पूर्ण रूपमा अलग गरिएको छ । वैकल्पिक अनुवादः “परमेश्वरबाट टाढा रहेको अँध्यारो ठाउँ”
यहाँ “दारा किटाइ” चाहिँ प्रतीकात्मक कार्य हो, जसले घोर निराशा र कठोर यातनालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “रुने र तिनीहरूको कठोर कष्टलाई देखाउने”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म तिम्रो निम्ति त्यस्तै गर्नेछु”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले त्यस नोकरलाई निको पार्नुभयो”
“येशूले त्यस नोकरलाई निको पार्नेछु भनी भन्नुभएको ठीक समयमा”
यहाँ दृश्य फरक समय र स्थानमा सर्छ र येशूले अर्को व्यक्तिलाई निको पारिरहनुभएको विषयमा बताउँछ ।
सम्भवतः चेलाहरू पनि येशूसँगै थिए, तर कथाको ध्यान चाहिँ येशूले भन्नुभएको र गर्नुभएको कुरामा छ, त्यसकारण गलत अर्थ आउन नदिनका लागि आवश्यक परेमा मात्र चेलाहरूको परिचय गराउनुहोस् ।
“पत्रुसकी पत्नीकी आमा”
यहाँ प्रयोग गरिएको व्यक्तित्वकरणको कारण यदि तपार्इंको भाषामा ज्वरोले आफैँ सोच्न र काम गर्न सक्छ भन्ने अर्थ आउँछ भने, यसलाई “तिनी निको भइन्” वा “येशूले तिनलाई निको पार्नुभयो” भनेर अनुवाद गर्न सकिन्छ ।
“ओछ्यानबाट उठिन्”
पद १७ मा, येशूको चङ्गाइको सेवकाइ चाहिँ अगमवाणीको पूरा भएको कुरा थियो भनी देखाउनलाई मत्तीले यशैया अगमवक्ताको खण्डलाई उद्धरण गर्छन् ।
यहाँ दृश्य पछि साँझको समयमा सर्छ र येशूले अरू धेरै मानिसहरूलाई निको पार्नुभएको र भूतहरू धपाउनुभएको विषयमा बताउँछ ।
किनभने यहूदीहरूले विश्रामको दिनमा काम वा यात्रा गर्दैनन्, “साँझ”को अर्थ विश्राम दिनपछि भन्ने हुन सक्छ । तिनीहरूले मानिसहरूलाई येशूकहाँ ल्याउनको निम्ति साँझसम्म पर्खे । गलत अर्थ आउन नदिन तपाईंलाई आवश्यक नपरेसम्म तपाईंले विश्रामको दिनलाई उल्लेख गर्न पर्दैन ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धेरै मानिसहरू जसलाई भूतहरूले अधीनमा लिएका थिए” वा “धेरै मानिसहरू जसलाई भूतहरूले नियन्त्रण गरेका थिए”
यहाँ “वचन”ले आज्ञालाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँले भूतात्माहरूलाई छाडेर जानलाई आदेश दिनुभयो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यशैया अगमवक्ताले इस्राएलका मानिसहरूलाई भनेका अगमवाणीलाई येशूले पूरा गर्नुभयो”
मत्तीले यशैया अगमवक्ताबाटको खण्डलाई उद्धरण गर्दैछन् । यी दुई वाक्यांशहरूका मूलभूत रूपमा एउटै अर्थ हुन्छ र उहाँले हाम्रा सबै रोगहरूलाई निको पार्नुभयो भन्ने कुरालाई जोड दिन्छन् । वैकल्पिक अनुवादः “बिरामी भएकाहरूलाई निको पार्नुभयो र तिनीहरूलाई सन्चो बनाउनुभयो”
यहाँ दृश्य परिवर्तन हुन्छ र उहाँलाई अनुसरण गर्न चाहने केही मानिसहरूलाई दिइएको येशूको जवाफको बारेमा बताउँछ ।
यहाँ यो शब्दलाई प्रमुख कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको एउटा नयाँ भाग बताउन थाल्छन् ।
“उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो”
यसको अर्थ येशूले “निर्देशनहरू दिनुभए”पछि तर उहाँ डुङ्गामा चढ्नुभन्दा अगाडि भन्ने हुन्छ ।
कुनै पनि ठाउँमा
येशूले यस उखानको साथमा जवाफ दिनुहुन्छ । यसको अर्थ हो कि जङ्गली जनावरहरूको पनि विश्राम गर्ने ठाउँ कतै छ ।
स्यालहरूचाहिँ कुकुरहरूजस्तै जनावरहरू हुन् । तिनीहरूले गुँडका चराहरू र अरू स-साना जनावरहरूलाई खान्छन् । यदि तपार्इंको क्षेत्रमा स्यालहरू अपरिचित छन् भने, कुकुरहरू जस्तै देखिने जनावरहरू वा अरू रौँदार पशुहरूलाई जनाउने कुनै साधारण शब्दको प्रयोग गर्नुहोस् ।
स्यालहरूले बस्नको निम्ति जमिनमा दुला पार्दछन् । “स्यालहरू”को साटोमा तपार्इंले प्रयोग गर्नुभएको जनावर बस्ने ठाउँको निम्ति उचित शब्द प्रयोग गर्नुहोस् ।
येशू आफ्नै बारेमा कुरा गर्दै हुनुहुन्छ ।
यसले सुत्ने ठाउँलाई जनाउँछ । वैकल्पिक अनुवाद: “सुत्नको निम्ति उहाँको आफ्नै कुनै ठाउँ छैन”
ती मानिसको बाबु मरिसकेका छन् र उनले तिनलाई तत्कालै गाडिदिनेछन्, अथवा ती मानिस आफ्नो बाबुको मृत्यु नहोउञ्जेलसम्म लामो समयसम्म बस्न चाहन्छन् ताकि पछि उनले तिनलाई तब गाड्न सकून् भन्ने कुरा अस्पष्ट छ । मुख्य कुरा यो हो कि ती मानिस येशूलाई पछ्याउनु भन्दा पहिले अरू नै केही गर्न चाहन्छन ।
मुर्दाहरूले अन्य मुर्दाहरूलाई गाड्नेछन् भनेर येशूले शाब्दिक रूपमा भन्न खोज्नुभएको होइन । “मुर्दा”का सम्भावित अर्थहरूः १) चाँडै मर्नेहरूका लागि यो एउटा अलङ्कार हो, वा २) यो येशूको अनुसरण नगर्ने र आत्मिक रूपमा मरेकाहरूको लागि अलङ्कार हो । मुख्य कुरा यो हो कि चेलाले कुनै कुराले उसलाई येशूको पछि लाग्नलाई ढिलाइ गर्न दिनुहुँदैन ।
यहाँ दृश्य येशू र उहाँका चेलाहरूले गालील समुद्र पार गर्दा उहाँले आँधीलाई शान्त पार्नुभएको विवरणतर्फ सर्छ ।
“एउटा डुङ्गामा चढ्नुभयो”
तपार्इंले (मत्ती ८:२१-२) मा “चेला” र “पछ्याउनु”का लागि प्रयोग गर्नुभएका शब्दहरूलाई नै प्रयोग गर्ने कोसिस गर्नुहोस् ।
यसले ठूलो कथाभित्रै अर्को घटनाको सुरुवातलाई अङ्कित गर्छ । तपाईंको भाषामा यसलाई देखाउने तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “अचानक” वा “बिना कुनै चेतावनी”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “समुद्रमा एउटा शक्तिशाली आँधी चल्यो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले गर्दा डुङ्गालाई छालहरूले ढाकिदियो”
सम्भावित अर्थहरू हुन् १) तिनीहरूले पहिले येशूलाई उठाए र त्यसपछि तिनीहरूले भने, “हामीलाई बचाउनुहोस्” वा २) जसै तिनीहरूले येशूलाई उठाइरहेका थिए, तिनीहरूले “हामीलाई बचाउनुहोस्” भनिरहेका थिए ।
यदि तपाईंले यी शब्दहरूलाई समावेशी वा असमावेशी शब्दको रूपमा अनुवाद गर्न आवश्यक पर्छ भने, तब समावेशी शब्द सर्वोत्तम हो । चेलाहरूको भनाइको अर्थ सम्भवतः येशूले चेलाहरू र उहाँ आफैँलाई डुब्नबाट बचाउनुभएको तिनीहरूले चाहन्थे भन्ने हो ।
“हामी मर्न लागिरहेका छौँ”
“चेलाहरूलाई”
येशूले चेलाहरूलाई यस आलङ्कारिक प्रश्नद्वारा हप्काइरहनुभएको थियो । वैकल्पिक अनुवाद: “तिमीहरू डराउनुहुँदैन, ... विश्वास ... !” वा “तिमीहरू डराउनुपर्ने कुनै कारण छैन, ... विश्वास ... !”
“तिमीहरू जससँग त्यति कम विश्वास छ ।” येशूले उहाँका चेलाहरूलाई यसरी सम्बोधन गर्नुहुन्छ किनभने आँधीको कारण तिनीहरूलाई लागेको डरले देखाउँछ कि त्यसलाई उहाँले नियन्त्रण गर्न सक्नुहुन्छ भनेर तिनीहरूको उहाँमाथि थोरै मात्र विश्वास छ । तपाईंले यसलाई मत्ती ६:३० मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
“बतासहरू र समुद्रले पनि उहाँको आज्ञा मान्दछन् ! उहाँ कस्तो प्रकारको मानिस हुनुहुन्छ ?” यस आलङ्कारिक प्रश्नले चेलाहरू आश्चर्यचकित भएका थिए भन्ने कुरालाई देखाउँछ । वैकल्पिक अनुवादः “अहिलेसम्म हामीले देखेका मानिसहरूभन्दा यी मानिस फरक हुनुहुन्छ ! बतासहरू र छालहरूले पनि उहाँको आज्ञा मान्दछन् !”
मानिसहरू वा जनावरहरूले आज्ञा मान्नु वा नमान्नु अचम्मको कुरा होइन, तर बतास र पानीले आज्ञा मान्नु भनेको ज्यादै अचम्मको कुरा हो । यस व्यक्तित्वकरणले प्राकृतिक तत्त्वहरूले मानिसहरूले जस्तै गरी सुन्न र प्रतिक्रिया दिन सक्षम भएका रूपमा वर्णन गर्छ ।
यहाँ लेखक येशूले मानिसहरूलाई निको पार्नुहुने कुराको विषयवस्तुमा फर्कन्छन् । येशूले भूत लागेका दुईजना मानिसहरूलाई निको पार्नुभएको विवरणलाई यसले सुरु गर्छ ।
“गालील समुद्रको पारिपट्टि”
गदरिनीहरूलाई गदरा सहरबाट नाम राखिएको थियो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती दुई मानिसहरू जसलाई भूतहरूले अधीनमा लिएका थिए” वा “दुई मानिसहरू जसलाई भूतहरूले नियन्त्रण गरिरहेका थिए”
ती दुई जना मानिसहरूलाई नियन्त्रण गरिरहेका भूतहरू यति धेरै खतरनाक थिए कि कोही पनि त्यस क्षेत्रबाट भएर जान सक्दैनथ्यो ।
यसले ठूलो कथाभित्रै अर्को घटनाको सुरुवातलाई अङ्कित गर्छ । तपाईंको भाषामा यसलाई देखाउने तरिका हुन सक्छ ।
भूतहरूले एउटा प्रश्नको प्रयोग गर्छन् तर तिनीहरू येशूप्रति शत्रुतापूर्ण भइरहेका छन् । वैकल्पिक अनुवादः “हे परमेश्वरको पुत्र, हामीलाई दुःख नदिनुहोस् !”
यो येशूको लागि एउटा महत्त्वपूर्ण नाउँ हो, जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ ।
फेरि पनि, भूतहरूले शत्रुतापूर्ण ढङ्गले एउटा प्रश्नको प्रयोग गर्दै छन् । वैकल्पिक अनुवादः “एउटा खास समय जब परमेश्वरले हामीलाई दण्ड दिनुहुन्छ, त्यसभन्दा अगि नै हामीलाई दण्ड दिनुभएर तपार्इंले परमेश्वरको आज्ञालाई उल्लङ्घन गर्नुहुँदैन !”
मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि यो शब्दलाई यहाँ प्रयोग गरिएको छ । यहाँ मत्तीले एक हुल सुँगुरहरूको बारेमा पृष्ठभूमि जानकारी बताउँछन् जुन येशू आइपुग्नुभन्दा अगिबाट नै त्यहाँ थिए ।
भूतहरूलाई येशूले तिनीहरूलाई बाहिर निकाल्न लाग्नुभएको थियो भनेर थाहा थियो भन्ने कुरा बुझिएको छ । वैकल्पिक अनुवादः “किनकि तपार्इंले हामीलाई बाहिर निकाल्न लाग्नुभएको छ”
यो असमावेशी हो जसमा भूतहरू मात्र पर्छन् ।
यसले मानिसहरूभित्र भएको भूतहरूलाई जनाउँछ ।
“ती भूतात्माहरूले त्यस मानिसलाई छोडे र सुँगुरहरूभित्र प्रवेश गरे”
यसपछि आउने आश्चर्यलाग्दो जानकारीलाई ध्यान दिनका लागि यसले हामीलाई सचेत गराउँछ ।
“भिरालो पहाडबाट तल्तिर छिटो-छिटो दौडे”
“तिनीहरू पानीमा खसे र डुबे”
येशूले भूत लागेका दुईजना मानिसहरूलाई निको पार्नुभएको घटनाको विवरणलाई यसले अन्त गर्दछ ।
“सुँगुरहरूको हेरचाह गरिरहेका”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “भूतात्माहरूले वशमा राखेका मानिसहरूलाई सहायता गर्न येशूले के गर्नुभएको थियो”
यसले ठूलो कथाभित्रै अर्को घटनाको सुरुवातलाई अङ्कित गर्छ । यसले अगाडिका घटनाहरूमा भएकाभन्दा फरक मानिसहरूलाई समावेश गर्न सक्छ । तपाईंको भाषामा यसलाई देखाउने तरिका हुन सक्छ ।
“सहर” शब्द चाहिँ त्यस सहरका मानिसहरूका लागि प्रतिस्थापन शब्द हो । “सारा” शब्द चाहिँ कति धेरै मानिसहरू बाहिर आए भन्ने कुरालाई जोड दिनका लागि सम्भवतः अतिरञ्जन गरिएको कुरा हो । प्रत्येक व्यक्ति नै बाहिर आएको हुनुपर्छ भन्ने जरुरी छैन ।
“तिनीहरूको क्षेत्र”
1 येशू एउटा डुङ्गाभित्र प्रवेश गर्नुभयो, पारिपट्टि जानुभयो, र आफ्नो सहरमा आइपुग्नुभयो । 2 हेर, तिनीहरूले उहाँकहाँ ओछ्यानमा सुतिरहेको एउटा पक्षाघातीलाई ल्याए । तिनीहरूको विश्वास देखेर येशूले त्यो पक्षाघात भएको व्यक्तिलाई भन्नुभयो, “छोरा आनन्दित होऊ । तिम्रा पाप क्षमा भएका छन् ।” 3 हेर, त्यहाँका केही शास्त्रीहरूले तिनीहरूका माझमा यसो भने, “यो मानिसले ईश्वर-निन्दा गरिरहेको छ ।” 4 येशूले तिनीहरूको विचारलाई थाहा पाउनुभयो र भन्नुभयो, “किन तिमीहरू आफ्ना हृदयमा दुष्ट विचार गरिरहेका छौ ? 5 कुन कुराचाहिँ भन्न सजिलो छ, ‘तिम्रा पाप क्षमा भएका छन् भन्न कि उठ र हिँड भन्न ?’ 6 तर मानिसका पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भन्ने कुरा तिमीहरूले जान्न सक ।” उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो, “उठ, आफ्नो ओछ्यान उठाऊ र आफ्नो घर जाऊ ।” 7 त्यसपछि त्यो मानिस उठ्यो र आफ्नो घरतर्फ गयो । 8 जब भिडले यो देख्यो, तिनीहरू छक्क परेर मानिसहरूलाई यस्तो अधिकार दिनुभएको परमेश्वरको प्रशंसा गरे । 9 येशू त्यहाँबाट जाँदै गर्नुहुँदा उहाँले मत्ती नाउँ गरेको व्यक्तिलाई देख्नुभयो, जो कर उठाउने ठाउँमा बसिरहेका थिए । उहाँले तिनलाई भन्नुभयो, “मलाई पछ्याऊ ।” तिनी उठे र उहाँको पछि लागे । 10 जब येशू खाना खान घरमा बस्नुभयो, हेर, धेरै कर उठाउने र पापी मानिसहरूले येशू र उहाँका चेलाहरूसँगै खाना खाए । 11 जब फरिसीहरूले यो देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने, “किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापीहरूसँग बसेर खान्छन् ?” 12 जब येशूले यो सुन्नुभयो, उहाँले भन्नुभयो, “शरीरमा बलियो भएकाहरूलाई वैद्यको खाँचो पर्दैन, केवल तिनीहरूलाई मात्र खाँचो हुन्छ जो बिरामी छन् ।” 13 जाओ र यसको अर्थ के हो सिक, ‘म दया चाहन्छु, तर बलिदान होइन ।’ किनकि म, धर्मीहरूलाई पश्चात्ताप गर्नलाई बोलाउन आएको होइनँ, तर पापीहरूका लागि आएको हुँ । 14 त्यसपछि बप्तिस्मा-दिने यूहन्नाका चेलाहरू उहाँकहाँ आए, र भने, “किन हामी र फरिसीहरू प्रायः उपवास बस्तछौँ, तर तपाईंका चेलाहरू उपवास बस्दैनन् ?” 15 येशूले तिनीहरूलाई भन्नुभयो, “के विवाहमा आएकाहरू, दुलहा तिनीहरूका साथमा हुँदा-हुँदै दुःखी हुन्छन् र ? तर ती दिन आउनेछन्, जब दुलहा तिनीहरूबाट टाढा लगिनेछ, र तिनीहरू उपवास बस्नेछन् । 16 कसैले पनि पुरानो वस्त्रमा नयाँ कपडाको टुक्रा जोड्दैन, किनकि त्यो टुक्रा वस्त्रबाट च्यातिनेछ, र त्यहाँ झन् नराम्रो दुलो हुनेछ । 17 न त कसैले पुरानो मद्यको मशकमा नयाँ दाखमद्य राख्दछ । तिनीहरूले त्यसो गरे भने, त्यो मशक फुट्नेछ र सबै दाखमद्य पोखिनेछ, र मद्यको मशक नष्ट हुनेछ । त्यसको सट्टामा, तिनीहरूले नयाँ दाखमद्यलाई नयाँ मद्यको मशकमा रख्दछन्, र दुवै सुरक्षित रहन्छन् ।” 18 जब येशूले तिनीहरूलाई यो कुरा भनिरहनुभएको थियो, हेर, एउटा अधिकारी आए र येशूलाई दण्डवत् गरे । तिनले भने, “मेरी छोरी भर्खरै मरेकी छन्, तर आएर तपाईंले तिनको शिरमाथि हात राखिदिनुहोस् र तिनी फेरि जीवित हुनेछिन् ।” 19 त्यसपछि येशू उठ्नुभयो र तिनको पछि लाग्नुभयो र उहाँका चेलाहरू पनि पछि लागे । 20 हेर, बाह्र वर्षदेखि धेरै रगत बग्ने एक जना स्त्री येशूको पछाडि आइन्, र उहाँको वस्त्रको छेउ छोइन् । 21 किनकि तिनले आफैँलाई यसो भनेकी थिइन्, “मैले उहाँको वस्त्र मात्र छोएँ भने पनि, म निको पारिनेछु ।” 22 तर येशू पछाडि फर्कनुभयो र तिनलाई देख्नुभयो, र भन्नुभयो “छोरी, साहस गर । तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।” अनि ती स्त्री तुरुन्तै निको भइन् । 23 जब येशू त्यस अधिकारीको घरमा आउनुभयो, उहाँले बाँसुरी बजाउनेहरू र भिडले ठुलो हल्ला गरिरहेका देख्नुभयो । 24 उहाँले भन्नुभयो, “पर जाओ, किनकि यी युवती मरेकी छैनन्, तर यिनी निदाएकी छन् ।” तर तिनीहरू उहाँको गिल्ला गरेर हाँसे । 25 जब भिडलाई बाहिर पठाइएको थियो, उहाँ कोठाभित्र जानुभयो र उहाँले तिनका हात समात्नुभयो, र ती युवती उठिन् । 26 यो खबर त्यस क्षेत्रको चारैतिर फैलियो । 27 जब येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्थ्यो, दुई जना दृष्टिविहीनले उहाँलाई पछ्याए । तिनीहरू ठुलो स्वरले कराइरहे र यसो भनिरहे, “दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस् ।” 28 जब येशू घरभित्र आउनुभयो, ती दृष्टिविहीनहरू उहाँकहाँ आए । येशूले तिनीहरूलाई भन्नुभयो, “म यो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्छौ ?” तिनीहरूले उहाँलाई भने “ज्यू, प्रभु ।” 29 त्यसपछि येशूले तिनीहरूका आँखा छोएर भन्नुभयो, “तिमीहरूले विश्वास गरेअनुसार तिमीहरूका निम्ति यो गरियोस् ।” 30 अनि तिनीहरूका आँखा खोलिए । त्यसपछि येशूले तिनीहरूलाई कडासाथ आज्ञा गर्नुभयो र भन्नुभयो, “ख्याल गर, कि यो कुराबारे कसैलाई पनि थाहा नहोस् ।” 31 तर ती दुई जना मानिस बाहिर निस्के र यो खबर त्यो क्षेत्रभरि नै फैलाए । 32 जब ती दुई जना मानिस जाँदै थिए, हेर, एक जना भूतात्मा लागेको बोल्न नसक्ने व्यक्तिलाई येशूकहाँ ल्याइयो । 33 जब त्यो भूतात्मा धपाइयो, तब त्यो व्यक्ति बोल्यो । भिडहरू छक्क परे र भने, “इस्राएलमा यस्तो कहिल्यै देखिएको थिएन !” 34 तर फरिसीहरूले यसो भनिरहेका थिए, “यसले भूतहरूको मालिकद्वारा भूतहरू निकाल्दछ ।” 35 येशू सारा सहरमा र गाउँहरूमा जानुभयो । उहाँले राज्यको सुसमाचार प्रचार गर्दै र सबै किसिमका रोग र बिमारीहरूलाई निको पार्दै तिनीहरूका सभाघरहरूमा सिकाइरहनुभयो । 36 जब उहाँले भिडलाई देख्नुभयो, उहाँ तिनीहरूका निम्ति दयाले भरिनुभयो, किनभने तिनीहरू विचलित र निराश थिए । तिनीहरू गोठालाविनाका भेडाहरूजस्तै थिए । 37 उहाँले चेलाहरूलाई भन्नुभयो, “फसल त प्रशस्त छन्, तर खेतालाहरू थोरै छन् । 38 यसकारण फसलका प्रभुलाई चाँडै प्रार्थना गर, ताकि उहाँले आफ्नो फसलका निम्ति खेतालाहरू पठाइदिनुभएको होस् ।”
जब येशूको समयका मानिसहरूले “पापीहरू”को विषयमा कुरा गर्थे, तिनीहरूले मोशाको व्यवस्था पालन नगर्ने र बरु चोरी गर्ने वा यौन समबन्धीका पापहरू गर्ने मानिसहरूका बारेमा कुरा गरिरहेका हुन्थे । जब येशूले भन्नुभयो कि उहाँ “पापीहरू”लाई बोलाउन आउनुभयो, उहाँले भन्न खोज्नुभएको कुरा चाहिँ आफूहरूलाई पापीहरू हौँ भनी विश्वास गर्ने मानिसहरू मात्र उहाँका अनुयायीहरू हुन सक्छन् भन्ने हो । यो कुरा धेरै मानिसहरूले तिनीहरूलाई “पापीहरू”को रूपमा नठाने तापनि सत्य हो ।
यस अध्यायमा भएका थुप्रै वाक्यहरूले कुनै व्यक्तिमाथि घटेको कुरा कसले गराएको थियो भन्ने जानकारी नदिइकनै त्यस व्यक्तिलाई भएको केही कुराको बारेमा बताउँछन् । तपाईंले त्यस वाक्यलाई अनुवाद गर्नुपर्ने हुन सक्छ ताकि त्यो घटनाको कर्ता को थियो भनी त्यसले पाठकलाई बताउँछ ।
यस अध्यायका वक्ताहरूले त्यस्ता प्रश्नहरू सोधे जसका जवाफ तिनीहरूलाई पहिले नै थाहा थियो । तिनीहरू आफ्ना श्रोताहरूसँग खुशी थिएनन् भनेर दर्शाउनका लागि वा तिनीहरूलाई सिकाउनका लागि वा तिनीहरूलाई विचार गर्ने तुल्याउनका लागि तिनीहरूले प्रश्नहरू सोधे । तपाईंको भाषामा यसो गर्ने अरू कुनै तरिका हुन सक्छ ।
उखानहरू धेरै छोटा वाक्यहरू हुन् जसले मूलभूत रूपमा सत्य रहेका कुराहरूको बारेमा भन्नलाई ती शब्दहरू प्रयोग गर्छन् जुन सम्झनलाई सजिला हुन्छन् । उखान बुझ्ने मानिसहरूमा सामान्यतया वक्ताको भाषा र संस्कृतिको बारेमा राम्रो ज्ञान हुनुपर्छ । जब तपाईंले यस अध्यायमा भएका उखानहरूलाई अनुवाद गर्नुहुन्छ, तपाईंले वक्ताले प्रयोग गरेकाभन्दा थुप्रै बढी शब्दहरूको प्रयोग गर्नुपर्ने हुन सक्छ ताकि तपाईंले ती श्रोताहरूलाई थाहा भएका तर तपाईंको पाठकलाई थाहा नभएको हुन सक्ने जानकारी थप्न सक्नुभएको होस् ।
मत्ती विषयवस्तुतर्फ फर्कन्छन्, जुन उनले मत्ती ८:१ मा सुरु गरेका थिए, जुन येशूले मानिसहरूलाई चङ्गाइ गर्नुभएको सम्बन्धमा छ । येशूले एक पक्षाघाती मानिसलाई निको पार्नुभएको कुराको विवरणलाई यसले सुरु गर्छ ।
चेलाहरू पनि येशूसँगै थिए भनेर बुझिएको छ ।
यो सम्भवतः मत्ती ८:२३ मा उल्लेख गरिएको डुङ्गा नै हो । अस्पष्टतालाई हटाउन आवश्यक परेको खण्डमा मात्रै तपाईंले यसलाई प्रस्ट बनाउन जरुरी हुन्छ ।
“त्यस सहरमा जहाँ उहाँ बस्नुहुन्थ्यो ।” यसले कफर्नहुमलाई जनाउँछ ।
यसले ठूलो कथाभित्रै अर्को घटनाको सुरुवातलाई अङ्कित गर्छ । यसले अगाडिका घटनाहरूमा भएकाभन्दा फरक मानिसहरूलाई समावेश गर्न सक्छ । तपाईंको भाषामा यसलाई देखाउने तरिका हुन सक्छ ।
“सहरबाटका केही मानिसहरू”
यसले ती मानिसहरूको विश्वासलाई जनाउँछ र पक्षाघात भएको मानिसको विश्वासलाई पनि समेटेको हुन सक्छ ।
त्यो मानिस येशूको वास्तविक छोरा थिएन । येशू उससँग नम्र प्रकारले बोलिरहनुभएको थियो । यदि यो अलमल्याउने किसिमको हुन्छ भने, यसलाई “मेरो मित्र” वा “हे जवान मानिस” भनेर पनि अनुवाद गर्न सकिन्छ वा हटाउन पनि सकिन्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले तिम्रा पापहरू क्षमा गरेको छु”
यसले ठूलो कथाभित्रै अर्को घटनाको सुरुवातलाई अङ्कित गर्छ । यसले अगाडिका घटनाहरूमा भएकाभन्दा फरक मानिसहरूलाई समावेश गर्न सक्छ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ ।
सम्भावित अर्थहरू हुन् १) हरेकले मनैमन सोचिरहेको थियो, वा २) तिनीहरू एक आपसमा कुरा गरिरहेका थिए ।
येशूले ती कुराहरू गर्नलाई सक्षम हुनुभएको दाबी गर्दै हुनुहुन्थ्यो जुन परमेश्वरले मात्र गर्न सक्नुहुन्छ भनेर शास्त्रीहरूले विचार गरे ।
तिनीहरूले के सोचिरहेका थिए भनेर येशूले कि त अलौकिक रीतिले थाहा गर्नुभयो कि तिनीहरूले एक अर्कासँग कुरा गरिरहेका देख्नुभएको कारणले थाहा गर्नुभयो ।
येशूले शास्त्रीहरूलाई हप्काउनका लागि यो प्रश्नको प्रयोग गर्नुभयो ।
यो नैतिक खराबी वा दुष्टता हो, तथ्यमा भएको सामान्य त्रुटि मात्र होइन ।
यहाँ “हृदय”ले तिनीहरूको दिमाग वा विचारलाई जनाउँछ ।
उहाँले पापहरू माफ गर्न सक्नुहुन्थ्यो वा हुन्थेन भन्ने कुरालाई के कुराले प्रमाणित गर्न सक्छ भन्ने बारेमा शास्त्रीहरूलाई विचार गर्ने बनाउनका लागि येशूले यो प्रश्नको प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “मैले भर्खर भनेँ, ‘तिम्रा पापहरू क्षमा भएका छन् ।’ भन्नु अझ बढी कठिन हुन्छ भनेर तिमीहरूले सोच्न सक्छौ किनभने मैले कुनै मानिसलाई निको पार्न सक्छु वा सक्दिन भन्ने कुराको प्रमाण ऊ उठेर हिँड्छ वा हिँड्दैन भन्ने कुराद्वारा देखाइनेछ ।” वा “‘उठ र हिँड’ भन्नुभन्दा ‘तिम्रा पापहरू क्षमा भएका छन्’ भन्नु बढी सजिलो हुन्छ भनेर तिमीहरूले सोच्न सक्छौ ।”
यी उद्धरणहरूलाई अप्रत्यक्ष उद्धरणहरूको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कुन चाहिँ बढी सजिलो छ, कसैलाई उसका पापहरू क्षमा भएका छन् भन्न, वा उसलाई उठ र हिँड भन्न ?” वा “कसैलाई उठ र हिँड भन्नुभन्दा उसका पापहरू क्षमा भएका छन् भन्नु बढी सजिलो हुन्छ भनी तिमीहरूले सोच्न सक्छौ ।”
यहाँ “तिम्रा” शब्द एकवचनमा छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेले तिम्रा पापहरू क्षमा गरेको छु”
“म तिमीहरूलाई प्रमाणित गरिदिनेछु ।” “तिमीहरू” शब्द बहुवचनमा छ ।
यहाँ “तिमी” शब्द एकवचनमा छ ।
येशूले त्यस मानिसलाई अन्त जानलाई मनाही गरिरहनुभएको छैन । उहाँले ती मानिसलाई घर जाने मौका दिइरहनुभएको छ ।
येशूले पक्षाघाती मानिसलाई निको पार्नुभएको घटनाको विवरणलाई यस खण्डले अन्त गर्दछ । त्यसपछि येशूले एकजना कर उठाउने व्यक्तिलाई उहाँको चेला हुनको निम्ति बोलाउनुहुन्छ ।
“किनभने उहाँले दिनुभएको थियो”
यसले पापहरू क्षमा भएको घोषणा गर्ने अधिकारलाई जनाउँछ ।
यस वाक्यांशले कथाको नयाँ भागको सुरुवातलाई अङ्कित गर्छ । यदि तपाईंको भाषामा यसो गर्ने कुनै तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्नुहुन्छ ।
“ ... लाई छोड्दै हुनुहुन्थ्यो” वा “गइरहनुभएको थियो”
मण्डलीको परम्पराले भन्छ कि यी मत्ती नै यस सुसमाचारका लेखक हुन्, तर यस खण्डले “तिनलाई” र “तिनी” भन्ने सर्वनामहरूलाई “मलाई” र “म” भन्ने सर्वनामहरूमा परिवर्तन गर्ने कुनै कारण दिँदैन ।
“येशूले मत्तीलाई भन्नुभयो”
“मत्ती उठे र येशूको पछि लागे ।” यसको अर्थ मत्ती येशूको चेला बने भन्ने हुन्छ ।
यी घटनाहरू कर उठाउने मत्तीको घरमा भएका हुन् ।
यो सम्भवतः मत्तीको घर हो, तर यो येशूको घर पनि हुन सक्छ । अस्पष्टता हटाउन आवश्यक परेको खण्डमा मात्रै त्यसलाई प्रस्ट गर्नुहोस् ।
यसले ठूलो कथाभित्रै अर्को घटनाको सुरुवातलाई अङ्कित गर्छ । यसले अगाडिका घटनाहरूमा भएकाभन्दा फरक मानिसहरूलाई समावेश गर्न सक्छ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ ।
ती मानिसहरू जसले मोशाको व्यवस्थालाई पालन गर्दैनथे तर अरूहरूले धेरै नराम्रो पापहरू भनी ठानेका कुराहरू गर्थे
“जब फरिसीहरूले येशू कर उठाउनेहरू र पापी मानिसहरूसँग बसेर खाइरहनुभएको देखे”
येशूले गरिरहनुभएको कुराको आलोचना गर्न फरिसीहरूले यो प्रश्नको प्रयोग गर्छन् ।
यी घटनाहरू कर उठाउने मत्तीको घरमा भएका हुन् ।
यहाँ “यो” शब्दले येशूले कर उठाउनेहरू र पापी मानिसहरूसँग बसेर खानुभएको सम्बन्धमा फरिसीहरूले सोधेका प्रश्नलाई जनाउँछ ।
येशूले एउटा उखानबाट जवाफ दिनुहुन्छ । उहाँको तात्पर्य यो हो कि उहाँ यस्ता खालका मानिसहरूसँग खानुहुन्छ किनभने उहाँ पापीहरूलाई सहयोग गर्न आउनुभएको हो ।
“स्वस्थ मानिसहरू”
वैद्य
“चिकित्सकको आवश्यकता हुन्छ” भन्ने वाक्यांश बुझिएको छ । वैकल्पिक अनुवादः “बिरामी मानिसहरूलाई चिकित्सकको आवश्यकता हुन्छ”
येशूले धर्मशास्त्रलाई उद्धरण गर्न लाग्नुभएको छ । वैकल्पिक अनुवाद: “परमेश्वरले धर्मशास्त्रमा भन्नुभएको कुराको अर्थ तिमीहरूले सिक्नुपर्छ ।”
यहाँ “तिमीहरू” शब्द बहुवचनमा छ र फरिसीहरूलाई जनाउँछ ।
होशे अगमवक्ताले धर्मशास्त्रमा लेखेका कुराहरूलाई येशू उद्धरण गर्दै हुनुहुन्छ । यहाँ, “म”ले परमेश्वरलाई जनाउँछ ।
यहाँ “म”ले येशूलाई जनाउँछ ।
येशूले व्यङ्ग्यको प्रयोग गर्दै हुनुहुन्छ । उहाँ मान्नुहुन्न कि त्यहाँ कोही त्यस्ता मानिसहरू छन् जो धर्मी छन् र जसलाई पश्चाताप गर्न आवश्यकता छैन । वैकल्पिक अनुवादः “तिनीहरू जसले आफूहरूलाई धर्मी ठान्छन्”
येशूका चेलाहरूले उपवास बस्दैनन् भन्ने सम्बन्धमा भएको तथ्यको बारेमा बप्तिस्मा दिने यूहन्नाका चेलाहरूले प्रश्न गर्छन् ।
“निरन्तर खाइरहन्छन्”
येशूले यूहन्नाको चेलाहरूलाई जवाफ दिन एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । तिनीहरू सबैलाई थाहा थियो कि विवाह उत्सवमा मानिसहरू शोक मनाउँदैनन् र उपवास बस्दैनन् । उहाँ अझै पनि उहाँका चेलाहरूसँग त्यहाँ हुनुभएका कारण उहाँका चेलाहरूले शोक मनाउँदैनन् भनेर देखाउनका लागि येशूले यस उखानलाई प्रयोग गर्नुहुन्छ । यस उखानलाई आफ्ना चेलाहरू शोक गर्दैनन् भनेर देखाउन प्रयोग गर्नुभयो किनभने उहाँ अझै तिनीहरूसँग हुनुहुन्छ ।
यो भविष्यमा भएको कुनै समयलाई जनाउने तरिका हो । वैकल्पिक अनुवादः “त्यो समय आउनेछ जब” वा “कुनै दिन”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “दुलहा तिनीहरूसँग अरू बढी भइरहन सक्नेछैनन्” वा “कसैले दुलहालाई तिनीहरूबाट टाढा लानेछ”
येशूले सम्भवतः उहाँको आफ्नै मृत्युलाई जनाइरहनुभएको छ, तर यसलाई यहाँ अनुवादमा प्रस्ट बनाइनुहुँदैन । विवाहको चित्रणलाई बनाइराख्नका लागि, दुलहा त्यहाँ अरू बढी हुनेछैनन् भनेर मात्र उल्लेख गर्नु बेस हुन्छ ।
यूहन्नाका चेलाहरूले सोधेका प्रश्नको जवाफ दिनलाई येशूले निरन्तरता दिनुहुन्छ । मानिसहरूले एकसाथ नराख्ने पुरानो र नयाँ कुराहरूका दुई उदाहरणहरू दिनुभएर उहाँले यसो गर्नुभयो ।
“कसैले पनि पुरानो वस्त्रमा नयाँ कपडाको टुक्रा सिलाउँदैन” वा “मानिसहरूले पुरानो वस्त्रको फाटेको ठाउँमा छोप्नलाई टालोको रूपमा नयाँ कपडाको टुक्रा सिलाउदैनन्”
“पुरानो लुगा ... लुगा”
यदि कसैले त्यस कपडालाई धुने हो भने, नयाँ कपडाको टालो खुम्चिनेछ, तर पुरानो कपडा खुम्चिनेछैन । यसले टालोलाई वस्त्रबाट फटाउनेछ र झन् ठूलो प्वाल छोड्नेछ ।
“नयाँ कपडाको टुक्रा ।” यो पुरानो वस्त्रमा भएको प्वाललाई छोप्नका लागि प्रयोग गरिने कपडाको टुक्रा हो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसले फटाइलाई झन् खराब बनाउनेछ”
यूहन्नाका चेलाहरूले सोधेका प्रश्नको जवाफ दिनलाई येशूले निरन्तरता दिनुहुन्छ ।
यूहन्नाका चेलाहरूलाई जवाफ दिनका लागि येशूले अर्को उखानको प्रयोग गर्नुहुन्छ । यो उखानको अर्थ मत्ती ९:१६ मा भएको उखानको जस्तै हो ।
“नता कसैले ... खन्याउँछ” वा “मानिसहरूले कहिल्यै पनि ... राख्दैनन्”
यसले खमिर नमिसाइएको मद्यलाई जनाउँछ । यदि तपार्इंको क्षेत्रमा अङ्गुरहरूको बारेमा थाहा छैन भने, फलफुलको लागि भएको साधारण शब्दलाई प्रयोग गर्नुहोस् । वैकल्पिक अनुवादः “अङ्गुरको रस”
यसले ती मद्यका मशकहरूलाई जनाउँछ जुन पहिल्यैबाट नै तन्किसकेका र सुकिसकेका छन् किनभने तिनीहरू दाखमद्यमा खमिर मिसाउन पहिले नै प्रयोग गरिएका थिए ।
“दाखमद्य राख्ने झोलाहरू” वा “छालाका झोलाहरू ।” यी जनावरका छालाहरूबाट बनाइएका थैलीहरू थिए ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अनि यसले मशकहरूलाई नष्ट गर्नेछ र दाखमद्य पोखाउनेछ”
जब नयाँ दाखमद्यमा खमिर मिसाइएपछि त्यो फैलिन्छ, छालाहरू च्यातिनेछन् किनभने ती अब अरू बढी तन्कन सक्दैनन् ।
“दाखमद्य राख्ने नयाँ मशकहरू” वा “दाखमद्य राख्ने नयाँ झोलाहरू ।” यसले कसैले प्रयोग नगरेको मशकलाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसले दाखमद्यको मशक र दाखमद्य दुवैलाई सुरक्षित राख्नेछ”
यस खण्डले येशूले एक यहूदी अधिकारीकी छोरीलाई तिनी मरिसकेपछि जीवनमा फिर्ता ल्याउनुभएको घटनाको विवरणलाई सुरु गर्छ ।
यसले यूहन्नाका चेलाहरूलाई येशूले उपवासको बारेमा दिनुभएको जवाफलाई जनाउँछ ।
“हेर” शब्दले कथामा आएका एउटा नयाँ व्यक्तिप्रति हामीलाई सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ ।
यो चाहिँ यहूदी संस्कृतिमा कुनै व्यक्तिले आदर देखाउने एउटा तरिका हो ।
तिनकी छोरीलाई फेरि जीवनमा फर्काउने शक्ति येशूसँग छ भनेर त्यस यहूदी अधिकारीले विश्वास गर्थे भन्ने कुरालाई यसले देखाउँछ ।
“येशूका चेलाहरू”
येशू ती यहूदी अधिकारीको घरतर्फको बाटोमा जाँदै गर्नुहुँदा उहाँले कसरी अर्की एक स्त्रीलाई निको पार्नुभयो भन्ने कुरालाई यस खण्डले वर्णन गर्छ ।
“हेर” शब्दले कथामा आएका एउटा नयाँ व्यक्तिप्रति हामीलाई सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ ।
“जसलाई रगत बग्ने भइरहेको थियो” वा “जसलाई बारम्बार रगत जाने भइरहेको थियो ।” तिनलाई सम्भवतः ठीक समय नभए तापनि तिनको गर्भबाट रगत बग्ने भइरहेको थियो । केही संस्कृतिहरूमा यस अवस्थालाई जनाउने नम्र शैली हुन सक्छ ।
“१२ वर्ष”
“उहाँको पोशाक” वा “जे उहाँले लगाइरहनुभएको थियो”
तिनले येशूको वस्त्रलाई छुनु अगाडि आफैँलाई यसो भनिन् । तिनले येशूको वस्त्रलाई किन छोइन् भनेर यसले भन्छ ।
यहूदी व्यवस्थाअनुसार, तिनलाई रक्तस्राव भइरहेको कारण तिनले कसैलाई छुन हुँदैनथ्यो । येशूको शक्तिले तिनलाई निको पारोस् भनेर तिनले उहाँका वस्त्रहरूलाई छोइन् र त्यस गर्दा पनि
“त्यस स्त्रीले गोप्य तवरमा उहाँलाई छुने आश गरिरहेकी थिइन्, तर येशू”
ती स्त्री येशूकी वास्तविक छोरी थिइनन् । येशूले तिनीसँग नम्रतापूर्वक बोलिरहनुभएको थियो । यदि यो अलमल्याउने हुन्छ भने, यसलाई “हे जवान स्त्री” भनेर अनुवाद गर्न सकिन्छ वा यसलाई हटाउन पनि सकिन्छ ।
“किनभने तिमी ममाथि विश्वास गर्यौ, म तिमीलाई निको पार्नेछु”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले तिनलाई त्यति नै खेर निको पार्नुभयो”
यस खण्डले येशूले त्यस यहूदी अधिकारीकी छोरीलाई जीवनमा फिर्ता ल्याउनुभएको घटनाको विवरणतर्फ फर्काउँछ ।
यो चाहिँ कोही मरेको व्यक्तिको लागि शोक गर्नलाई चलेको चलन थियो ।
“बाँसुरी बजाउने मानिसहरू”
येशू धेरै मानिसहरूसँग कुरा गरिरहनुभएको थियो, त्यसैले यदि तपार्इंको भाषामा बहुवचनको छुट्टै शब्द छ भने बहुवचनमा भएको शब्दलाई प्रयोग गर्नुहोस् ।
येशू शब्दहरूमा भएको खेललाई प्रयोग गर्दै हुनुहुन्छ । येशूको समयमा मृत व्यक्तिलाई “निदाएको” कोही व्यक्तिको रूपमा जनाउनु चाहिँ सामान्य कुरा थियो । तर यहाँ मरेकी केटी उठ्नेछिन्, मानौँ तिनी सुतिरहेकी मात्र थिइन् ।
पद २६ चाहिँ सारांश दिने कथन हो जसमा येशूले त्यस ठिटीलाई मृतकबाट बिउँताउनुभएको कुराको परिणामलाई वर्णन गरिएको छ ।
यस खण्डले येशूले ती अधिकारीकी छोरीलाई जीवनमा फिर्ता ल्याउनुभएको घटनाको विवरणलाई अन्त गर्दछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले भीडलाई बाहिर पठाउनुभएपछि” वा “परिवारले भीडलाई बाहिर पठाइसकेपछि”
“ओछ्यानबाट उठिन् ।” यसको अर्थ मत्ती ८:१५ मा भएको जस्तै हो ।
“त्यस सारा क्षेत्रका मानिसहरूले यस खबरको बारेमा सुने” वा “ती ठिटी जीवित भएकी देख्ने मानिसहरूले त्यो कुराको बारेमा सारा क्षेत्रका मानिसहरूलाई भन्न थाले”
यस खण्डले येशूले दुई दृष्टिविहीन मानिसहरूलाई निको पार्नुभएको घटनाको विवरणलाई सुरु गर्छ ।
जसै येशू त्यस क्षेत्रलाई छोडेर जाँदै हुनुहुन्थ्यो
“छोडेर जाँदै हुनुहुन्थ्यो” वा “गइरहनुभएको थियो”
यसको अर्थ तिनीहरू येशूको पछाडि हिँडिरहेका थिए भन्ने हुन्छ, तिनीहरू उहाँका चेलाहरू नै बनेका हुन आवश्यक छैन ।
येशूले तिनीहरूलाई निको पार्नुभएको तिनीहरू चाहन्थे भन्ने अर्थलाई बुझिएको छ ।
येशू दाऊदका वास्तविक पुत्र हुनुहुन्नथ्यो, त्यसैले यसलाई “दाऊदका सन्तान” भनेर अनुवाद गर्न सकिन्छ । तापनि, “दाऊदका पुत्र” भनेको मसिहको लागि एउटा नाउँ पनि हो, र मानिसहरूले सम्भवतः येशूलाई यस नाउँद्वारा बोलाइरहेका थिए ।
यो कि त येशूको आफ्नै घर हुन सक्छ वा मत्ती ९:१० मा उल्लेख गरिएको घर हुन सक्छ ।
तिनीहरूको पूरा जवाई उल्लेख गरिएको छैन, तर बुझिएको छ । वैकल्पिक अनुवादः “ज्यू, प्रभु, हामी विश्वास गर्छौँ कि तपाईंले हामीलाई निको पार्न सक्नुहुन्छ”
उहाँले ती दुवै मानिसहरूका आँखाहरूलाई एकै पटकमा छुनुभयो वा दाहिने हात प्रयोग गर्नुभएर पहिले एउटालाई अनि त्यसपछि अर्कोलाई छुनुभयो भन्ने कुरा स्पष्ट छैन । किनकि परम्परागत रूपमा देब्रे हात चाहिँ अशुद्ध कार्यहरूका लागि प्रयोग गरिन्थ्यो, उहाँले आफ्नो दाहिने हातलाई मात्र प्रयोग गर्नुभएको हुने सम्भावना धेरै प्रबल छ । उहाँले तिनीहरूलाई छुँदै गर्दा बोल्नुभयो वा तिनीहरूलाई पहिला छुनुभयो अनि त्यसपछि तिनीहरूसँग बोल्नुभयो भन्ने कुरा पनि प्रस्ट छैन ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले विश्वास गरेअनुसार म गर्नेछु” वा “किनभने तिमीहरू विश्वास गर्छौ, म तिमीहरूलाई निको पार्नेछु”
यसको अर्थ तिनीहरू देख्न सक्ने भए भन्ने हुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूका आँखाहरूलाई निको पार्नुभयो” वा “ती दुई दृष्टिविहीन मानिसहरू देख्न सक्षम भए”
यहाँ “ख्याल गर्नु” भनेको “पक्का हुनु” हो । वैकल्पिक अनुवादः “यस बारेमा कसैले पनि पत्ता लगाउँदैन भनेर पक्का होऊ” वा “मैले तिमीहरूलाई निको पारेँ भनेर कसैलाई पनि नभन”
“ती दुई मानिसहरूले येशूले तिनीहरूलाई भन्नुभएको कुरा गरेनन् । तिनीहरूले”
“तिनीहरूलाई के भएको थियो भनेर धेरै मानिसहरूलाई बताए”
यो चाहिँ भूत लागेको एउटा मानिस जो बोल्न सक्दैनथ्यो, येशूले त्यसलाई निको पार्नुभएको घटना र मानिसहरूले कसरी प्रतिक्रिया जनाए भन्ने बारेमा भएको विवरण हो ।
“हेर” शब्दले कथामा आएका एउटा नयाँ व्यक्तिप्रति हामीलाई सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले बोल्न नसक्ने एउटा मानिस ... येशूकहाँ ... ”
बोल्न नसक्ने
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई एउटा भूतले अधीनमा राखेको थियो” वा “जसलाई भूतले नियन्त्रण गरिरहेको थियो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले भूतलाई बाहिर निस्कन कर लगाउनुभएपछि” वा “येशूले भूतलाई छोडेर जान अह्राउनु भइसकेपछि”
“गूँगो मानिस बोल्न थाल्यो” वा “गूँगो अवस्थामा रहेको मानिस बोल्यो” वा “त्यो मानिस, जो अब गूँगो थिएन, बोल्यो”
“मानिसहरू अचम्मित भए”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यस्तो पहिला कहिल्यै भएको छैन” वा “कसैले पनि यस्तो कुरा पहिला कहिल्यै गरेको छैन”
“उहाँले भूतहरूलाई बाहिर निस्कन कर लगाउनुहुन्छ”
“उहाँ” सर्वनामले येशूलाई जनाउँछ ।
पद ३६ ले कथाको नयाँ भागलाई सुरु गर्छ जहाँ येशूले आफ्ना चेलाहरूलाई सिकाउनुहुन्छ र तिनीहरूलाई प्रचार गर्न र उहाँले जस्तै गरी निको पार्न पठाउनुहुन्छ ।
पद ३५ चाहिँ गालीलमा भएको येशूको चङ्गाइको सेवकाइको बारेमा भएको कथाको भागको अन्त हो जुन [मत्ती ८:१]
येशू कति धेरै सहरहरूमा जानुभयो भनेर जोड दिनका लागि “सबै” भन्ने शब्द चाहिँ अतिशयोक्ति हो । उहाँ तिनीहरू हरेकमा नै जानुभएको हुन आवश्यक छैन । वैकल्पिक अनुवाद: “धेरैजसो सहरहरू”
“ठूला गाउँहरू ... साना गाउँहरू” वा “ठूला सहरहरू ... साना सहरहरू”
यहाँ “राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । तपाईंले यसलाई [मत्ती ४:२३]
“हरेक रोग र हरेक बिमारी ।” “रोग” र “बिमारी” भन्ने शब्दहरू धेरै सम्बन्धित छन्, तर सम्भव भएमा यी दुई शब्दहरूलाई भिन्न शब्दहरूको रूपमा अनुवाद गर्नुपर्छ । “रोग” चाहिँ मानिसलाई “बिमारी” बनाउने कुरा हो । “बिमारी” भनेको शारीरिक कमजोरी वा कष्ट हो जुन रोगको कारणले उत्पन्न हुन्छ ।
यो उपमाको अर्थ तिनीहरूलाई डोहोर्याउने कुनै पनि अगुवा तिनीहरूसँग थिएनन् भन्ने हुन्छ । वैकल्पिक अनुवादः “मानिसहरूसँग कुनै अगुवा थिएन”
अघिल्लो खण्डमा उल्लेख गरिएका भीडहरूका खाँचोहरूप्रति चेलाहरूले कसरी प्रतिक्रिया जनाउनुपर्छ भनेर तिनीहरूलाई बताउनका लागि येशूले फसल सम्बन्धीको एउटा उखानको प्रयोग गर्नुहुन्छ ।
येशूले आफूले देखिरहनुभएको कुराप्रति प्रतिक्रिया जनाउनका लागि एउटा उखानको प्रयोग गर्नुहुन्छ । येशूको भनाइको अर्थ यो हो कि त्यहाँ धेरै मानिसहरू छन् जो परमेश्वरलाई विश्वास गर्न तयार छन् तर तिनीहरूलाई परमेश्वरको सत्यता सिकाउनका लागि थोरै मात्र मानिसहरू छन् ।
“सबैजनाले सङ्कलन गर्नका लागि पाकेको बाली त्यहाँ टन्नै छ”
“कामदारहरू”
“परमेश्वरलाई प्रार्थना गर, किनभने उहाँसँग फसलमाथि अधिकार छ”
1 येशूले आफ्ना बाह्र जना चेलालाई एकै ठाउँमा बोलाउनुभयो र तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने अधिकार दिनुभयो अनि हर प्रकारका रोग र बिमारीहरूलाई निको पार्ने अधिकार पनि दिनुभयो । 2 यी बाह्र जना प्रेरितका नाम यस प्रकार छ । पहिलो, सिमोन (जसलाई उहाँले पत्रुस पनि भनेर बोलाउनुहुन्थ्यो), र तिनका भाइ अन्द्रियास; जब्दियाका छोरा याकूब, र तिनका भाइ यूहन्ना; 3 फिलिप र बारथोलोमाइ; थोमा र कर उठाउने मत्ती, अल्फयसका छोरा याकूब र थेदियस; 4 सिमोन कनानी र यहूदा इस्करियोत, जसले येशूलाई पक्राइदिने थियो । 5 यी बाह्रै जनालाई येशूले बाहिर पठाउनुभयो । उहाँले तिनीहरूलाई निर्देशन दिनुभयो र भन्नुभयो, “गैरयहूदीहरू बस्ने कुनै पनि ठाउँमा नजाओ, र सामरीहरूको कुनै पनि सहरमा प्रवेश नगर ।” 6 यसको सट्टा, इस्राएलको घरानाको हराएको भेडाकहाँ जाओ । 7 अनि जसै तिमीहरू जान्छौ, ‘स्वर्गको राज्य नजिकै आइसकेको छ’ भनी प्रचार गर । 8 रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवित बनाओ, कुष्ठरोगीहरूलाई शुद्ध पार र भूतात्माहरूलाई धपाओ । तिमीहरूले सित्तैँमा पाएका छौ, सित्तैँमा देओ । 9 तिमीहरूका थैलीमा कुनै पनि सुन, चाँदी वा पित्तल नबोक । 10 तिमीहरूका यात्राको निम्ति झोला वा फाल्तु दौरा वा जुत्ता वा लौरो नबोक, किनकि खेतालाले आफ्नो भोजन पाउनुपर्छ । 11 तिमीहरू जुनसुकै सहर वा गाउँमा प्रवेश गर्छौ, त्यहाँ को योग्यको छ भनी पत्ता लगाओ र नगइन्जेलसम्म तिमीहरू त्यहीँ बस । 12 जब तिमीहरू घरमा पस्छौ, तब त्यसलाई अभिवादन गर । 13 यदि त्यो घर योग्यको छ भने, तिमीहरूको शान्ति त्यसमाथि आओस् । तर यदि त्यो योग्यको छैन भने, तिमीहरूका शान्ति तिमीहरूकहाँ नै फर्केर आओस् । 14 जसले तिमीहरूलाई ग्रहण गर्दैन वा तिमीहरूका वचन सुन्दैन, तिमीहरू त्यस सहर वा गाउँबाट निस्केर जाँदा, तिमीहरूका खुट्टाबाट धुलो टकटक्याइदेओ । 15 साँच्चै म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरको भन्दा सदोम र गमोराको इन्साफ बढी सहनीय हुन्छ । 16 हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बिचमा भेडाझैँ पठाउँदै छु । यसकारण, सर्पझैँ चनाखो र ढुकुरझैँ सोझो होओ । 17 मानिसहरूदेखि होसियार बस ! तिनीहरूले तिमीहरूलाई परिषद्हरूमा सुम्पिदिनेछन् र तिनीहरूले आफ्ना सभाघरहरूमा तिमीहरूलाई कोर्रा लगाउनेछन् । 18 अनि शासकहरू र राजाहरू र अन्यजातिहरूका निम्ति गवाहीको रूपमा मेरो खातिर तिमीहरू तिनीहरूका सामु ल्याइनेछौ । 19 जब तिनीहरूले तिमीहरूलाई सुम्पिदिनेछन्, तब तिमीहरूले कसरी वा के बोल्ने भन्ने विषयमा चिन्ता नगर, किनकि तिमीहरूलाई बोल्नुपर्ने कुरा सोही घडी दिइनेछ । 20 किनकि बोल्ने तिमीहरू होइनौ, तर तिमीहरूमा बोल्नुहुने तिमीहरूका पिताका आत्मा हुनुहुन्छ । 21 दाजुले भाइलाई मृत्युको निम्ति पक्राइदिनेछ, र बुबाले आफ्नो छोरालाई । छोराछोरीहरू आफ्ना बुबा-आमाका विरुद्धमा उठ्नेछन् र मृत्युका निम्ति तिनीहरूलाई सुम्पिदिनेछन् । 22 मेरो नाउँको खतिर तिमीहरू सबैबाट घृणित हुनेछौ । तर जसले अन्तिम घडीसम्म सहन्छ, त्यस व्यक्तिको उद्धार हुनेछ । 23 जब तिनीहरूले यस सहरमा तिमीहरूलाई सताउँछन्, अर्को सहरमा भाग, किनकि साँच्चै म तिमीहरूलाई भन्दछु, मानिसका पुत्र नआउञ्जेलसम्म तिमीहरू इस्राएलका सहरहरू पनि घुमिसकेका हुनेछैनौ । 24 चेला आफ्नो गुरुभन्दा श्रेष्ठ हुँदैन, न त नोकर आफ्नो मालिकभन्दा ठुलो हुन्छ । 25 चेला आफ्नो गुरु र नोकर आफ्नो मालिकजस्तो हुनु नै उसको निम्ति पर्याप्त हुन्छ । यदि तिनीहरूले घरका मालिकलाई नै बालजिबुल भनेका छन् भने, तिनीहरूले उनका घरानालाई झन् कति बढी बदनाम गर्लान् ! 26 त्यसकारण, तिनीहरूसँग नडराओ, किनकि कुनै कुरा पनि ढाकिएको छैन जुन प्रकट हुनेछैन, र कुनै कुरा पनि लुकाइएको छैन जुन थाहा हुनेछैन । 27 जे म तिमीहरूलाई अँध्यारोमा भन्दछु, त्यो उज्यालोमा भनिदेओ र जे तिमीहरूले आफ्नो कानमा मधुर रूपमा सुन्छौ, त्यो घरको धुरीबाट घोषणा गर । 28 तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्दछन्, तर आत्मालाई मार्न सक्दैनन् । बरु, आत्मा र शरीर दुवैलाई नरकमा नष्ट गर्न सक्नुहुनेसँग डराओ । 29 के सानो सिक्कामा दुईवटा भङ्गेरा बिक्दैनन् र ? तापनि तिमीहरूका पिताको इच्छाविना तीमध्ये एउटा पनि भुइँमा खस्दैन । 30 तर तिमीहरूका शिरका केशहरू पनि गन्ती भएका छन् । 31 नडराओ । तिमीहरू धेरै भङ्गेराभन्दा बढी मूल्यवान् छौ । 32 यसकारण, जसले मलाई मानिसहरूका सामुन्ने ग्रहण गर्दछ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु ग्रहण गर्नेछु । 33 तर जसले मानिसहरूका सामुन्ने मलाई इन्कार गर्दछ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु इन्कार गर्नेछु । 34 म पृथ्वीमा शान्ति ल्याउन आएँ भनी विचार नगर । म शान्ति ल्याउन होइन, तर तरवार चलाउन आएँ । 35 किनकि म मानिसलाई उसको पिताको विरुद्ध र छोरीलाई उसकी आमाको विरुद्ध र बुहारीलाई उसकी सासूको विरुद्ध गराउन आएँ । 36 मानिसका शत्रुहरू उसको आफ्नै घरानाभित्रका हुनेछन् । 37 जसले मलाई भन्दा आफ्नो बुबा वा आमालाई प्रेम गर्छ, त्यो मेरो निम्ति योग्यको हुँदैन । र जसले आफ्नो छोरा वा छोरीलाई मलाई भन्दा बढी प्रेम गर्छ, ऊ मेरो निम्ति योग्यको हुँदैन । 38 जसले आफ्नो क्रुस उठाएर मेरो पछि लाग्दैन, ऊ मेरो निम्ति योग्यको हुँदैन । 39 जसले आफ्नो जीवन भेट्टाउँछ, उसले त्यो गुमाउनेछ । तर जसले मेरो खतिर आफ्नो जीवन गुमाउँछ, उसले जीवन पाउनेछ । 40 जसले तिमीहरूलाई स्वागत गर्दछ, उसले मलाई स्वागत गर्दछ र जसले मलाई स्वागत गर्दछ, उसले मलाई पठाउनुहुनेलाई पनि स्वागत गर्दछ । 41 जसले अगमवक्तालाई तिनी अगमवक्ता भएको कारणले स्वागत गर्दछ, उसले अगमवक्ताको इनाम पाउनेछ । अनि जसले धर्मी मानिसलाई तिनी धर्मी भएको कारणले स्वागत गर्दछ, उसले धर्मी मानिसको इनाम पाउनेछ । 42 जसले यी सानाहरूमध्ये कसैलाई चेला भएको कारणले एक कचौरा चिसो पानी मात्र पनि पिउन देला, साँच्चै म तिमीहरूलाई भन्दछु, उसले कुनै रीतिले आफ्नो इनाम गुमाउनेछैन् ।
येशूले कसरी बाह्र चेलाहरूलाई पठाउने कार्य गर्नुभयो भनी यस अध्यायका धेरै पदहरूले वर्णन गर्छन् । स्वर्गको राज्यको बारेमा भएको उहाँको सन्देश भन्नका लागि उहाँले तिनीहरूलाई पठाउनुभयो । तिनीहरूले इस्राएलमा मात्र उहाँको सन्देश सुनाउनुपर्थ्यो र अन्यजातिहरूलाई सुनाउनुहुने थिएन ।
बाह्र चेलाहरूका सूचीहरू निम्नानुसार छन्ः
मत्तीमाः
सिमोन (पत्रुस), अन्द्रियास, जब्दियाका छोरा याकूब, जब्दियाका छोरा यूहन्ना, फिलिप, बारथोलोमाइ, थोमा, मत्ती, अल्फयसका छोरा याकूब, थेदियस, सिमोन उग्रपन्थी र यहूदा इस्करियोत ।
मर्कूसमाः
सिमोन (पत्रुस), अन्द्रियास, जब्दियाका छोरा याकूब र जब्दियाका छोरा यूहन्ना (जसलाई उहाँले बोअनर्गेस नाम दिनुभयो, जसको अर्थ हो , गर्जनका पुत्रहरू), फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, थेदियस, सिमोन उग्रपन्थी, र यहूदा इस्करियोत ।
लूकामाः
सिमोन (पत्रुस), अन्द्रियास, याकूब, यूहन्ना, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, सिमोन (जसलाई उग्रपन्थी भनिन्थ्यो), याकूबका छोरा यहूदा, र यहूदा इस्करियोत ।
यो कुरा सम्भाव्य छ कि थेदियस र याकूबका छोरा, यहूदा एउटै व्यक्तिका दुई नामहरू हुन् ।
यूहन्नाले यी वचनहरू बोल्दा “स्वर्गको राज्य” आइसकेको थियो वा आउँदै थियो भनेर कसैलाई पनि पक्का गरी थाहा छैन । अङ्ग्रेजी अनुवादहरूले धेरैपटक “नजिकै” भन्ने वाक्यांशको प्रयोग गर्छन्, तर यी शब्दहरू अनुवाद गर्नलाई कठिन हुन सक्छन् । अन्य संस्करणहरूले “नजिक आउँदै छ” र “नजिक आएको छ” जस्ता वाक्यांशहरूलाई प्रयोग गर्छन् ।
येशूले उहाँको कार्य गर्नको निम्ति आफ्ना बाह्र चेलाहरूलाई पठाउनुभएको घटनाको विवरणलाई यस खण्डले सुरु गर्छ ।
“१२ चेलाहरूलाई डाक्नुभयो”
पक्का गर्नुहोस् कि यो अधिकार १) अशुद्ध आत्माहरूलाई धपाउन र २) रोग र बिमारीलाई निको पार्नका लागि थियो भनेर खण्डले प्रस्टसँग बताउँछ ।
“अशुद्ध आत्माहरूलाई छोडेर जाने बनाउन”
“हरेक रोग र हरेक बिमारी ।” “रोग” र “बिमारी” भन्ने शब्दहरू धेरै सम्बन्धित छन्, तर सम्भव भएमा यी दुई शब्दहरूलाई भिन्न शब्दहरूको रूपमा अनुवाद गर्नुपर्छ । “रोग” चाहिँ मानिसलाई “बिमारी” बनाउने कुरा हो । “बिमारी” भनेको शारीरिक कमजोरी वा कष्ट हो जुन रोगको कारणले उत्पन्न हुन्छ ।
यहाँ लेखकले पृष्ठभूमि जानकारीको रूपमा बाह्र प्रेरितहरूका नाउँहरू प्रदान गर्छन् ।
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले बाह्र प्रेरितहरूका बारेमा पृष्ठभूमि जानकारी बताउँछन् ।
यो समूह मत्ती १०:१ मा भएको “बाह्र चेलाहरू”को समूह नै हो ।
यो क्रममा पहिलो भनेको हो, पदमा होइन ।
“मत्ती, जो एक कर उठाउने व्यक्ति थिए”
सम्भावित अर्थहरू हुन् १) “उग्रपन्थी” भनेको एउटा नाउँ हो जसले देखाउँछ कि तिनी मानिसहरूको त्यो समूहको भाग थिए जुन समूहले यहूदी मानिसहरूलाई रोमी शासनबाट छुटाउन चाहन्थे । वैकल्पिक अनुवादः “देशभक्त” वा “राष्ट्रवादी” वा २) ““उग्रपन्थी” भनेको एउटा वर्णन हो जसले देखाउँछ कि तिनी परमेश्वरलाई सम्मानित गराउनका लागि जोशिला थिए । वैकल्पिक अनुवादः “जोशिलो व्यक्ति” वा “शोख भएका व्यक्ति”
“जसले येशूलाई धोका दिने थियो”
हुन त पद ५ उहाँले बाह्रजनालाई पठाउनुभयो भनेर सुरु हुन्छ, येशूले यी निर्देशनहरू तिनीहरूलाई बाहिर पठाउनुभन्दा पहिले दिनुभयो ।
यहाँ येशूले आफ्ना चेलाहरूलाई तिनीहरू प्रचार गर्न जाँदा तिनीहरूले के गर्नुपर्छ र के कुरालाई अपेक्षा गर्नुपर्छ भनेर निर्देशनहरू दिन थाल्नुहुन्छ ।
“येशूले यी बाह्रजना मानिसहरूलाई पठाउनुभयो” वा “यी नै ती बाह्र मानिसहरू थिए जसलाई येशूले पठाउनुभयो”
येशूले तिनीहरूलाई एउटा खास उद्देश्यको निम्ति बाहिर पठाउनुभयो ।
“तिनीहरूले के गर्नुपर्छ भनेर उहाँले तिनीहरूलाई भन्नुभयो” वा “उहाँले तिनीहरूलाई आज्ञा गर्नुभयो”
यो एउटा अलङ्कार हो जसले समस्त इस्राएल देशलाई गोठालोबाट बरालिएका भेडाहरूसँग तुलना गर्छ ।
यसले इस्राएल जातिलाई जनाउँछ । वैकल्पिक अनुवादः “इस्राएलका मानिसहरू” वा “इस्राएलका सन्तानहरू”
यहाँ “तिमीहरू” शब्द बहुवचनमा छ र बाह्र प्रेरितहरूलाई जनाउँछ ।
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । यो वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । तपाईंले यसलाई [मत्ती ३:२]
येशूले उहाँका चेलाहरूलाई तिनीहरू प्रचार गर्न जाँदा तिनीहरूले के गर्नुपर्छ भनेर निर्देशन दिनलाई निरन्तरता दिनुहुन्छ ।
यी क्रियापदहरू र सर्वनामहरूले बाह्र प्रेरितहरूलाई जनाउँछन् ।
यो एउटा वाक्पद्धति हो । वैकल्पिक अनुवादः “मरेकाहरूलाई फेरि जीवित हुने तुल्याउनु”
चेलाहरूले के प्राप्त गरेका थिए वा तिनीहरूले दिनुपर्थ्यो भनेर येशूले उल्लेख गर्नुभएन । केही भाषाहरूको लागि यो जानकारी वाक्यमा दिइनु जरुरी हुन सक्छ । यहाँ “सित्तैमा”को अर्थ त्यहाँ कुनै रकमको भुक्तानी थिएन भन्ने हुन्छ । वैकल्पिक अनुवादः “सित्तैमा तिमीहरूले यी कुराहरू प्राप्त गरेका छौ, सित्तैमा अरूहरूलाई देओ” वा “तिमीहरूले पैसा नतिरी यी कुराहरू प्राप्त गरेका छौ, त्यसैले अरूहरूलाई पनि पैसा तिर्न नलगाइकन तिनीहरूलाई देओ”
यहाँ “प्राप्त गर्यौ” भनेको एउटा अलङ्कार हो जसले विभिन्न कुराहरू गर्नलाई सक्षम बनाइएको कुरालाई प्रतिनिधित्व गर्छ, र “देओ” भनेको एउटा अलङ्कार हो जसले अरूहरूको लागि विभिन्न कुराहरू गर्नुलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिमीहरूले यी कुराहरू गर्ने क्षमता सित्तैमा पाएका छौ, ती कुराहरू अरूहरूको लागि सित्तैमा गर” वा “तिमीहरूलाई यी कुराहरू गर्न मैले सित्तैमा सक्षम तुल्याएको छु, ती कुराहरू अरूहरूको लागि सित्तैमा गर”
यसले बाह्र प्रेरितहरूलाई जनाउँछ र त्यसैले बहुवचनमा छ ।
यी धातुहरू हुन् जसबाट सिक्काहरू बनाइन्थे । यो सूची पैसाको निम्ति प्रयोग गरिएको प्रतिस्थापन शब्द हो, त्यसैले यदि तपार्इंको क्षेत्रमा यी धातुहरू अपरिचित छन् भने, यस सूचीलाई “पैसा” भनेर अनुवाद गर्नुहोस् ।
यसको अर्थ “पटुकाहरू” वा “पैसा राख्ने पटुकाहरू” भन्ने हुन्छ, तर यसले पैसा बोक्नको निम्ति प्रयोग हुने जुनसुकै कुरालाई पनि जनाउन सक्छ । पटुका भनेको कम्मरको वरिपरि बाँधिने लामो कपडा वा छालाको पट्टी हो । प्रायजसो त्यो फराकिलो हुने गर्थ्यो ताकि त्यसलाई पट्याउन सकियोस् र पैसा राख्नलाई प्रयोग गर्न सकियोस् ।
यो कि त यात्रामा जाँदा चिजबिजहरू बोक्नलाई प्रयोग गरिने कुनै पनि झोला हो, वा कसैले खानेकुरा वा पैसा जम्मा गर्नलाई प्रयोग गर्ने झोला हो ।
तपाईंले मत्ती ५:४० मा “दौरा”को लागि प्रयोग गर्नुभएको शब्दलाई नै प्रयोग गर्नुहोस् ।
कामदार
यहाँ “भोजन”ले एक व्यक्तिलाई चाहिने कुनै पनि कुरालाई जनाउँछ । वैकल्पिक अनुवाद: “जे उसलाई चाहिन्छ”
येशूले आफ्ना चेलाहरूलाई तिनीहरू प्रचार गर्न जाँदा तिनीहरूले के गर्नुपर्छ भनेर निर्देशन दिनलाई निरन्तरता दिनुहुन्छ ।
“जब पनि तिमीहरू कुनै सहर वा गाउँमा प्रवेश गर्छौ” वा “जब तिमीहरू कुनै सहर वा गाउँमा जान्छौ”
“ठूलो गाउँ ... सानो गाउँ” वा “ठूलो सहर ... सानो सहर ।” तपाईंले यसलाई मत्ती ९:३५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यो बहुवचनमा छ र बाह्र प्रेरितहरूलाई जनाउँछ ।
एक “योग्य” व्यक्ति चाहिँ त्यो व्यक्ति हो जो चेलाहरूलाई स्वागत गर्न इच्छुक छ ।
यो भनाइको पूर्ण अर्थलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले त्यो सहर वा गाउँ नछोडुञ्जेलसम्म त्यही व्यक्तिको घरमा नै बस”
“त्यसलाई अभिवादन गर” भन्ने वाक्यांशको अर्थ घरलाई अभिवादन गर भन्ने हुन्छ । ती दिनहरूमा एउटा चलेको अभिवादन भनेको “यस घरलाई शान्ति होस् !” भन्ने हो । यहाँ “घर”ले त्यस घरमा बस्ने मानिसहरूलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “जसै तिमीहरू त्यो घरमा पस्छौ, त्यस घरमा बस्ने मानिसहरूलाई अभिवादन गर”
यो बहुवचनमा छ र बाह्र प्रेरितहरूलाई जनाउँछ ।
यी बहुवचनमा छन् र बाह्र प्रेरितहरूलाई जनाउँछन् ।
यहाँ “घर”ले त्यस घरमा बस्नेहरूलाई प्रतिनिधित्व गर्छ । एक “योग्य” व्यक्ति चाहिँ त्यो व्यक्ति हो जो चेलाहरूलाई स्वागत गर्न इच्छुक छ । येशूले यस व्यक्तिलाई “योग्यको नभएको” व्यक्तिसँग तुलना गर्नुहुन्छ, एउटा व्यक्ति जसले चेलाहरूलाई स्वागत गर्दैन । वैकल्पिक अनुवादः “त्यस घरमा बस्ने मानिसहरूले तिमीहरूलाई खुशीसाथ ग्रहण गर्छन्” वा “त्यस घरमा बस्ने मानिसहरूले तिमीहरूलाई राम्रो व्यवहार गर्छन्”
“त्यस” शब्दले घरलाई जनाउँछ, जसले त्यस घरमा बस्ने मानिसहरूलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिनीहरूले तिमीहरूको शान्ति पाऊन्” वा “तिमीहरूले अभिवादन गरेको शान्ति तिनीहरूले पाऊन्”
“त्यस” शब्दले घरलाई जनाउँछ । यहाँ “घर”ले त्यस घरमा बस्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यदि तिनीहरूले तिमीहरूलाई खुशीसाथ ग्रहण गर्दैनन् भने” वा “यदि तिनीहरूले तिमीहरूलाई राम्रो व्यवहार गर्दैनन् भने”
सम्भावित अर्थहरू हुन् १) यदि त्यो घराना योग्यको थिएन भने, परमेश्वरले उहाँको शान्ति वा आशिष्लाई त्यस घरानाबाट रोक्नुहनेछ वा २) यदि त्यो घराना योग्यको थिएन भने, तब प्रेरितहरूले केही गर्नुपर्थ्यो, जस्तै कि तिनीहरूले शान्तिको निम्ति गरेको अभिवादनलाई परमेश्वरले पुरा नगर्नुभएको होस् भनेर उहाँसँग अनुरोध गर्नुपर्थ्यो । यदि तपार्इंको भाषामा अभिवादन वा त्यसको प्रभावलाई फिर्ता लिने अर्थ दिने कुनै तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गरिनुपर्छ ।
येशूले आफ्ना चेलाहरूलाई तिनीहरू प्रचार गर्न जाँदा तिनीहरूले के गर्नुपर्छ भनेर निर्देशन दिनलाई निरन्तरता दिनुहुन्छ ।
“यदि त्यस सहरका कुनै पनि मानिसहरूले तिमीहरूलाई ग्रहण गर्दैनन् वा ... सुन्दैनन् भने”
यो बहुवचनमा छ र बाह्र प्रेरितहरूलाई जनाउँछ ।
यहाँ “वचनहरू”ले चेलाहरूले भन्ने कुराहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूको सन्देशलाई सुन्नु” वा “तिमीहरूले भन्नुपर्ने कुराहरूलाई सुन्नु”
तपाईंले यसलाई मत्ती १०:११ मा गर्नुभएको जस्तै गरी अनुवाद गर्नुपर्छ ।
“तिमीहरू जाँदा तिमीहरूका पाउमा लागेका धूलो टकटक्याओ ।” परमेश्वरले त्यो घर वा त्यस सहरका मानिसहरूलाई इन्कार गर्नुभएको छ भन्ने कुराको निम्ति यो एउटा चिन्ह हो ।
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
“कष्ट कम हुनेछ”
यसले सदोम र गमोरामा बस्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवाद: “सदोम र गमोराका सहरहरूमा बस्ने मानिसहरू”
यसले त्यस सहरका मानिसहरूलाई जनाउँछ जसले प्रेरितहरूलाई ग्रहण गर्दैनन् वा तिनीहरूको सन्देशलाई सुन्दैनन् । वैकल्पिक अनुवादः “त्यस सहरका मानिसहरू जसले तिमीहरूलाई ग्रहण गर्दैनन्”
येशूले उहाँका चेलाहरूलाई निर्देशन दिन निरन्तरता दिनुहुन्छ । यहाँ उहाँले तिनीहरू प्रचार गर्न जाँदा तिनीहरूले भोग्नुपर्ने सतावटको बारेमा तिनीहरूलाई बताउन सुरु गर्नुहुन्छ ।
“हेर” शब्दले त्यसपछि आएको कुरामा जोड थप्छ । वैकल्पिक अनुवादः “हेर, म ... पठाउँछु” वा “सुन, ... पठाउँछु” वा “मैले तिमीहरूलाई भन्न लागेको कुरामा ध्यान देओ । म ... पठाउँछु”
येशूले तिनीहरूलाई विशेष उद्देश्यको निम्ति बाहिर पठाउँदै हुनुहुन्छ ।
भेडाहरू प्रतिरोध गर्ने क्षमता नभएका जनावरहरू हुन् जसलाई ब्वाँसाहरूले प्रायः आक्रमण गर्छन् । मानिसहरूले चेलाहरूलाई हानि गर्न सक्छन् भनेर येशूले भन्दै हुनुहुन्छ । वैकल्पिक अनुवादः “खतरनाक ब्वाँसाहरू जस्तै मानिसहरूको माझमा भेडाहरू झैँ गरी” वा “खतरनाक जनावरहरूको जस्तो व्यवहार गर्ने मानिसहरूको माझमा भेडाहरू झैँ गरी”
येशूले चेलाहरूलाई तिनीहरू मानिसहरूको माझमा सतर्क र अहानिकारक किसिमको हुनुपर्छ भनेर भनिरहनुभएको छ । यदि चेलाहरूलाई सर्पहरू वा ढुकुरहरूसँग तुलना गर्ने कुरा अलमल्याउने किसिमको छ भने, यी उपमाहरूलाई उल्लेख नगर्दा बेस हुनेछ । वैकल्पिक अनुवादः “समझदारी र सावधानीसँग व्यवहार गर, साथसाथै निर्दोषपना र नैतिकतासँग पनि”
तपाईंले यी दुई कथनहरू कसरी सम्बन्धित छन् भनेर देखाउनका लागि “किनभने” शब्द प्रयोग गरेर अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “मानिसहरूदेखि सतर्क रहो किनभने तिनीहरूले ... ”
“तिमीहरूलाई ... का अधीनमा राख्नेछन्”
स्थानीय धार्मिक अगुवाहरू वा एल्डरहरू जसले सँगै मिलेर समुदायमा शान्ति कायम राख्छन्
“तिमीहरूलाई कोर्राले हिर्काउनु”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले तिमीहरूलाई ... ल्याउनेछन्” वा “तिनीहरूले तिमीहरूलाई ... घिसार्नेछन्”
“किनभने तिमीहरू मेरा हौ” वा “किनभने तिमीहरू मलाई पछ्याउँछौ”
The pronoun “तिनीहरूलाई” सर्वनामले कि त “बडाहाकिमहरू र राजाहरू”लाई जनाउँछ वा यहूदी आरोप लगाउनेहरूलाई जनाउँछ ।
येशूले उहाँका चेलाहरूलाई तिनीहरू प्रचार गर्न जाँदा तिनीहरूले भोग्नुपर्ने सतावटको बारेमा निर्देशन दिनलाई निरन्तरता दिनुहुन्छ ।
“जब मानिसहरूले तिमीहरूलाई परिषद्हरूमा लैजान्छन् ।” यहाँ भएका “मानिसहरू” मत्ती १०:१७ मा भएका “मानिसहरू” नै हुन् ।
यी बहुवचनमा छन् र बाह्र प्रेरितहरूलाई जनाउँछन् ।
“फिक्री नगर”
“तिमीहरूले कसरी बोल्नेछौ वा तिमीहरूले के भन्नुपर्छ ।” यी दुईवटै अवधारणाहरूलाई एकसाथ जोड्न सकिन्छः “तिमीहरूले के भन्नुपर्ने हो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि के भन्नुपर्छ भनेर पवित्र आत्माले तिमीहरूलाई बताउनुहुनेछ”
यहाँ “घडी”को अर्थ “त्यति नै समयमा” भन्ने हुन्छ । वैकल्पिक अनुवादः “त्यति नै समयमा” वा “त्यो समयमा”
यी बहुवचनमा छन् र बाह्र प्रेरितहरूलाई जनाउँछन् ।
यदि आवश्यक परेमा, यसलाई “तिमीहरूका स्वर्गीय पिता परमेश्वरको आत्मा” भनेर अनुवाद गर्न सकिन्छ वा यसले पवित्र आत्मा परमेश्वरलाई जनाउँछ र यस पृथ्वीको बाबुको आत्मालाई होइन बनेर प्रस्ट बनाउने कुनै पादटिप्पणी राख्न सकिन्छ ।
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो ।
“तिमीहरूद्वारा”
येशूले उहाँका चेलाहरूलाई तिनीहरू प्रचार गर्न जाँदा तिनीहरूले भोग्नुपर्ने सतावटको बारेमा निर्देशन दिनलाई निरन्तरता दिनुहुन्छ ।
“एउटा भाइले उसको भाइलाई मृत्युको निम्ति सुम्पिदिनेछ” वा “भाइहरूले तिनीहरूका भाइहरूलाई मृत्युको निम्ति सुम्पिदिनेछन् ।” येशूले धेरैपटक हुने केही कुराको बारेमा बताउनुहुन्छ ।
भाववाचक नामपद शब्द “मृत्यु”लाई एक क्रियापदकको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “भाइलाई अधिकारीहरूको हातमा सुम्पिदिनेछ जसले उसलाई मार्नेछन्”
यी शब्दहरूलाई पूर्ण वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बाबुहरूले तिनीहरूका सन्तानहरूलाई मृत्युको लागि सुम्पिदिनेछन्”
“ ... को विरुद्धमा विद्रोह गर्नु” वा “ ... को विरुद्धमा फर्कनु”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई मृत्युदण्ड दिन लगाउनु” वा “अधिकारीहरूले तिनीहरूलाई मृत्युदण्ड दिन लगाउनु”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबैले तिमीहरूलाई घृणा गर्नेछन्” वा “सबै मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन्”
यो बहुवचनमा छ र बाह्र प्रेरितहरूलाई जनाउँछ ।
यहाँ “नाउँ”ले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “मेरो कारण” वा “किनभने तिमीहरू ममा भरोस गर्छौ”
“जो विश्वासयोग्य रहन्छ”
“अन्त”को अर्थ एक व्यक्तिको मृत्यु हुँदा हो, सतावट समाप्त हुँदा हो, वा परमेश्वरले युगको अन्त्यमा आफैँलाई राजाको रूपमा देखाउनुहुँदा हो भनेर स्पष्ट छैन । मुख्य कुरा यो हो कि तिनीहरूले आवश्यक परेसम्म सहन्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यस व्यक्तिलाई छुटकारा दिनुहुनेछ”
यहाँ “यस” शब्दले कुनै खास सहरलाई जनाउँदैन । वैकल्पिक अनुवादः “कुनै एक सहरमा”
“अर्को सहरमा भाग”
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
येशूले आफ्नै बारेमा बताइरहनुभएको छ ।
“आइपुग्छ”
येशूले उहाँका चेलाहरूलाई तिनीहरू प्रचार गर्न जाँदा तिनीहरूले भोग्नुपर्ने सतावटको बारेमा निर्देशन दिनलाई निरन्तरता दिनुहुन्छ ।
येशूले आफ्ना चेलाहरूलाई एउटा मूलभूत सत्यता सिकाउनका लागि एउटा उखानको प्रयोग गर्दै हुनुहुन्छ । येशूले जोड दिँदै हुनुहुन्छ कि मानिसहरूले येशूलाई गरेको व्यवहारभन्दा उत्तम व्यवहार मानिसहरूले चेलाहरूलाई गर्नेछन् भनेर तिनीहरूले अपेक्षा गर्नु हुँदैन ।
“एक चेला सधैँ नै आफ्नो गुरुभन्दा कम महत्त्वपूर्ण हुन्छ” वा “एक गुरु सधैँ नै आफ्नो चेलाभन्दा बढी महत्त्वपूर्ण हुन्छ”
“र एक चेला सधैँ नै आफ्नो मालिकभन्दा कम महत्त्वपूर्ण हुन्छ” वा “र एक गुरु सधैँ नै आफ्नो नोकरभन्दा बढी महत्त्वपूर्ण हुन्छ”
“चेला आफ्नो गुरु जस्तै हुन सकेकोमा नै सन्तुष्ट हुनुपर्छ”
यदि यदि आवश्यक परेमा, चेला कसरी गुरु जस्तै हुन्छ भन्ने कुरालाई तपाईंले स्पष्ट बनाउन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “आफ्नो गुरुले जानेको जत्तिकै जान्नु”
यदि आवश्यक परेमा, नोकर कसरी मालिक जस्तै हुन्छ भन्ने कुरालाई तपाईंले स्पष्ट बनाउन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “नोकर आफ्नो मालिक जत्तिकै महत्त्वपूर्ण भएकोमा नै सन्तुष्ट हुनुपर्छ”
फेरि पनि येशूले जोड दिइरहनुभएको छ कि किनकि मानिसहरूले उहाँलाई दुर्व्यवहार गरेका छन्, उहाँका चेलाहरूले आफूहरूलाई पनि त्यस्तै वा झन् खराब गर्नेछन् भनेर अपेक्षा गर्नुपर्छ ।
“उनको घरका सदस्यहरूलाई तिनीहरूले बोलाउने नामहरू निश्चित रूपमा झन् खराब हुनेछ” वा “तिनीहरूले पक्कै पनि उनको घरका सदस्यहरूलाई झन् धेरै नराम्रो नामहरूले बोलाउनेछन्”
“किनकि मानिसहरूले ... भनेका छन्”
येशूले यसलाई आफ्नै लागि एउटा अलङ्कारको रूपमा प्रयोग गर्दै हुनुहुन्छ ।
यो नामलाई १) कि त सीधै “बालजिबुल” भनेर लेख्न सकिन्छ वा २) त्यसको मूल अर्थमा भन्न खोजिएको नाम, “शैतान” भनेर अनुवाद गर्न सकिन्छ ।
यो येशूका चेलाहरूका लागि भएको अलङ्कार हो ।
येशूले उहाँका चेलाहरूलाई तिनीहरू प्रचार गर्न जाँदा तिनीहरूले भोग्नुपर्ने सतावटको बारेमा निर्देशन दिनलाई निरन्तरता दिनुहुन्छ ।
यहाँ “तिनीहरू” शब्दले येशूका अनुयायीहरूलाई दुर्व्यवहार गर्ने मानिसहरूलाई जनाउँछ ।
यी दुवै भनाइहरूको एउटै अर्थ हुन्छ । ढाकिनु वा लुकाइनुले गोप्या राखिनुलाई प्रतिनिधित्व गर्छ, र प्रकट गरिनुले थाहा गराइनुलाई प्रतिनिधित्व गर्छ । परमेश्वरले सबैकुराहरू थाहा हुने बनाउनुहुनेछ भनेर येशूले जोड दिँदै हुनुहुन्छ । यसलाई कर्तृ वाक्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले लुकाउने कुराहरूलाई परमेश्वरले प्रकट गर्नुहुनेछ”
यी दुवै भनाइहरूको एउटै अर्थ हुन्छ । येशूले जोड दिँदै हुनुहुन्छ कि उहाँले चेलाहरूलाई गोप्यमा भन्नुभएका कुराहरूलाई चेलाहरूले सबैलाई भन्नुपर्छ । वैकल्पिक अनुवादः “जे कुरा मैले तिमीहरूलाई अन्धकारमा भन्दछु, त्यो तिमीहरूले मानिसहरूलाई दिनको उज्यालोमा बताओ, र तिमीहरूले आफ्नो कानमा मधुर रूपमा सुनेका कुराहरूलाई घरका धुरीहरूबाट घोषणा गर”
यहाँ “अन्धकार” भनेको “रात”को लागि प्रतिस्थापन शब्द हो जुन रात चाहिँ फेरि “गोप्य”को लागि प्रतिस्थापन शब्द हो । यहाँ “दिनको उज्यालो” भनेको “सार्वजनिक”को लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “जे म तिमीहरूलाई राती गोप्य रूपमा भन्दछु, दिनको उज्यालोमा सार्वजनिक रूपमा भन”
यो चाहिँ कानेखुसी गर्ने कुरालाई जनाउने एउटा तरिका हो । वैकल्पिक अनुवादः “जे म तिमीहरूलाई कानेखुसी गरेर भन्छु”
येशू बस्नुभएका घरका धुरीहरू सम्म हुन्थे, र ठूलो स्वरले बोल्ने कुनै पनि व्यक्तिलाई टाढाका मानिसहरूले पनि सुन्न सक्थे । यहाँ “घरका धुरीहरू”ले कुनै पनि स्थानलाई जनाउँछ जहाँबाट सबै मानिसहरूले सुन्न सक्छन् । वैकल्पिक अनुवादः “सबैले सुन्ने गरी चर्को आवाजमा सार्वजनिक स्थानमा भन”
यहाँ येशूले आफ्ना चेलाहरूलाई तिनीहरूले अनुभव गर्न सक्ने सतावटसँग किन डराउनुपर्दैन भनेर कारणहरू दिन पनि थाल्नुहुन्छ ।
येशूले उहाँका चेलाहरूलाई तिनीहरू प्रचार गर्न जाँदा तिनीहरूले भोग्नुपर्ने सतावटको बारेमा निर्देशन दिनलाई निरन्तरता दिनुहुन्छ ।
यो आत्मालाई मार्न नसक्ने मानिसहरू र आत्मालाई मार्न सक्ने मानिसहरूका बीचमा गरिएको भेद होइन । आत्मालाई कुनै पनि व्यक्तिले मार्न सक्दैन । वैकल्पिक अनुवादः “मानिसहरूसँग नडराओ । तिनीहरूले शरीरलाई त मार्न सक्दछन्, तर तिनीहरूले आत्मालाई मार्न सक्दैनन्”
यसले शारीरिक मृत्यु ल्याउनुलाई जनाउँछ । यदि यी शब्दहरू असहज लाग्दो हुन्छन् भने, तिनीहरूलाई “तिमीहरूलाई मार्छन्” वा “अरू मानिसहरूलाई मार्दछन्” भनेर अनुवाद गर्न सकिन्छ ।
व्यक्तिको त्यो भाग जसलाई छुन सकिन्छ, जुन प्राण वा आत्मालाई गर्न मिल्दैन
यसको अर्थ चाहिँ मानिसहरूलाई तिनीहरू शारीरिक रूपमा मरिसकेपछि तिनीहरूलाई हानि गर्नु हो ।
व्यक्तिको त्यो भाग जसलाई छुन सकिँदैन र जुन भौतिक शरीर मरेपछि पनि बाँचिरहन्छ
मानिसहरू किन परमेश्वरसँग डराउनुपर्छ भनेर प्रस्ट पार्नलाई तपाईंले “किनभने” शब्द थप्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरसँग डराओ किनभने उहाँ ... सक्षम हुनुहुन्छ”
येशूले उहाँका चेलाहरूलाई सिकाउनका लागि यस उखानलाई एउटा प्रश्नको रूपमा व्यक्त गर्नुहुन्छ । वैकल्पिक अनुवादः “भङ्गेराहरूका बारेमा विचार गर । तिनीहरूको मूल्य यति कम हुन्छ कि तिमीहरूले केवल एउटा सानो सिक्कामा दुईवटा किन्न सक्छौ ।”
यी धेरै साना, बिउ खाने चराहरू हुन् । वैकल्पिक अनुवादः “साना चराहरू”
यसलाई प्रायः तपाईंको देशमा भएको सबैभन्दा कम महत्त्वको सिक्काको रूपमा अनुवाद गरिन्छ । यसले तामाको सिक्कालाई जनाउँछ जसको मूल्य एक मजदूरले एक दिनमा कमाउने ज्यालाभन्दा सोह्र गुणा कम हुन्छ । वैकल्पिक अनुवादः “अति नै थोरै पैसा”
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एउटा भँगेरा मर्यो र भुँइमा खस्यो भने पनि तिमीहरूका पितालाई थाहा हुन्छ”
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूको शिरमा कतिवटा केशहरू छन् भन्ने कुरा पनि परमेश्वरलाई थाहा छ”
“गनिएका”
“परमेश्वरले तिमीहरूलाई धेरै भङ्गेराहरूभन्दा बढी मूल्यवान् सम्झनुहुन्छ”
येशूले आफ्ना चेलाहरूलाई तिनीहरूले अनुभव गर्न सक्ने सतावटसँग डराउनु नपर्ने कारणहरूको बारेमा निर्देशन दिनलाई निरन्तरता दिनुहुन्छ ।
“जसले मलाई ... ग्रहण गर्छ ... म पनि मेरो पिताको सामु ग्रहण गर्नेछु” वा “यदि कसैले मलाई ... ग्रहण गर्छ भने ... म पनि उसलाई मेरो पिताको सामु ग्रहण गर्नेछु”
“ऊ मेरो चेला हो भनेर अरूहरूलाई भन्छ” वा “ऊ मप्रति बफादार छ भनेर अरू मानिसहरूको सामु स्वीकार गर्छ”
बुझिएको जानकारीलाई तपाईंले स्पष्ट बनाउन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “म पनि उसलाई स्वर्गमा हुनुहुने मेरो पिताको सामु त्यो व्यक्ति मेरो हो भनेर स्वीकार गर्नेछु”
“मेरो स्वर्गीय पिता”
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो ।
“जसले मलाई ... इन्कार गर्छ ... म पनि मेरो पिताको सामु इन्कार गर्नेछु” वा “यदि कसैले मलाई ... इन्कार गर्छ भने ... म पनि उसलाई मेरो पिताको सामु इन्कार गर्नेछु”
“ऊ मप्रति बफादार छ भनेर अरू मानिसहरूको सामु इन्कार गर्छ” वा “ऊ मेरो चेला हो भनेर अरूहरूको सामु स्वीकार गर्नलाई इन्कार गर्छ”
बुझिएको जानकारीलाई तपाईंले स्पष्ट बनाउन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “म उसलाई स्वर्गमा हुनुहुने मेरो पिताको सामु त्यो व्यक्ति मेरो हो भनेर स्वीकार गर्नलाई इन्कार गर्नेछु”
येशूले आफ्ना चेलाहरूलाई तिनीहरूले अनुभव गर्न सक्ने सतावटसँग डराउनु नपर्ने कारणहरूको बारेमा निर्देशन दिनलाई निरन्तरता दिनुहुन्छ ।
“नमान” वा “तिमीहरूले सोच्नुहुँदैन”
यसले पृथ्वीमा बस्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “पृथ्वीका मानिसहरूलाई” वा “मानिसहरूलाई”
यो विभाजन, लडाइँ, र मानिसहरूको माझमा मारामारलाई जनाउँछ ।
“ ... को विरुद्धमा लड्न लगाउनु”
“एक छोरा उसको बाबुको विरुद्धमा”
“एक व्यक्तिका शत्रुहरू” वा “एक व्यक्ति सबैभन्दा खराब शत्रुहरू”
“उसको आफ्नै परिवारका सदस्यहरू”
येशूले आफ्ना चेलाहरूलाई तिनीहरूले अनुभव गर्न सक्ने सतावटसँग डराउनु नपर्ने कारणहरूको बारेमा निर्देशन दिनलाई निरन्तरता दिनुहुन्छ ।
यहाँ “ऊ” शब्दले सामान्य अर्थमा कुनै पनि व्यक्तिलाई जनाउछँ । वैकल्पिक अनुवादः “तिनीहरू जसले ... प्रेम गर्छन् ... योग्यका हुँदैनन्” वा “यदि तिमीहरूले ... प्रेम गर्छौ भने, तिमीहरू ... योग्यका हुँदैनौ”
यहाँ “प्रेम” शब्दले “भातृ प्रेम” वा “मित्रको प्रेम”लाई जनाउँछ । वैकल्पिक अनुवादः “ ... को लागि वास्ता गर्छ” वा “ ... प्रति समर्पित छ” वा “ ... को चाह गर्छ”
“मेरो हुनलाई लायक हुनु” वा “मेरो चेला बन्नलाई योग्य”
“उसको क्रूस बोकेर मलाई पछ्याउनु ।” क्रूसले कष्ट र मृत्युलाई प्रतिनिधित्व गर्छ । क्रूस उठाउनुले दुःख भोग्न र मर्नलाई राजी हुने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “दुःखभोग गर्न र मृत्युको विन्दुसम्म पनि मेरो आज्ञापालन गर्नु”
“माथि बोक्नु” वा “उठाउनु र बोक्नु”
येशूले आफ्ना चेलाहरूलाई सिकाउनका लागि एउटा उखानको प्रयोग गर्नुहुन्छ । यी शब्दहरूलाई सम्भव भएसम्म थोरै शब्दहरूको प्रयोग गरी अनुवाद गर्नुपर्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसले आफ्नो जीवन प्राप्त गर्छन् तिनीहरूले सो गुमाउनेछन् । तर तिनीहरू जसले तिनीहरूका जीवन गुमाउँछन् ... त्यो पाउनेछन्” वा “यदि तिमीले आफ्नो जीवन प्राप्त गर्यौ भने तिमीले त्यो गुमाउनेछौ । तर यदि तिमीले आफ्नो जीवन गुमायौ भने ... तिमीले त्यो प्राप्त गर्नेछौ”
यो “राख्छ” वा “बचाउँछ”का लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “राख्ने कोसिस गर्छ” वा “बचाउने कोसिस गर्छ”
यसको अर्थ त्यो व्यक्ति मर्छ भन्ने होइन । यो एउटा अलङ्कार हो जसको अर्थ त्यो व्यक्तिले परमेश्वरसँगको आत्मिक जीवन अनुभव गर्ने छैन हुन्छ । वैकल्पिक अनुवादः “साँचो जीवन हुनेछैन”
यसको अर्थ मर्नु हुँदैन । यो एउटा अलङ्कार हो जसको अर्थ कुनै व्यक्तिले उसको आफ्नो जीवनभन्दा येशूको आज्ञापालन गर्ने कुरालाई बढी महत्त्वपूर्ण सम्झन्छ भन्ने हुन्छ । वैकल्पिक अनुवादः “जसले आफैँलाई इन्कार गर्छ”
“किनभने उसले मलाई भरोसा गर्छ” वा “मेरो लेखि” वा “मेरो कारण ।” यो मत्ती १०:१८ मा भएको “मेरो खातिर” भनेको जस्तै हो ।
यसको अर्थ त्यस व्यक्तिले परमेश्वरसँगको आत्मिक जीवन अनुभव गर्नेछ भन्ने हुन्छ । वैकल्पिक अनुवादः “साँचो जीवन पाउनेछ”
येशूले आफ्ना चेलाहरूलाई तिनीहरूले अनुभव गर्न सक्ने सतावटसँग डराउनु नपर्ने कारणहरूको बारेमा निर्देशन दिनलाई निरन्तरता दिनुहुन्छ ।
“ऊ” शब्दले सामान्य अर्थमा कुनै पनि व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “जो कोही पनि” वा “जो पनि जसले” वा “ऊ जसले”
यसको अर्थ कसैलाई पाहुनाको रूपमा ग्रहण गर्नु भन्ने हुन्छ ।
यो बहुवचनमा छ र बाह्र प्रेरितहरूलाफ जनाउँछ जससँग येशू बोलिरहनुभएको छ ।
येशूको अर्थ हो कि जब कसैले तिमीहरूलाई स्वागत गर्छ, त्यो चाहिँ उहाँलाई स्वागत गरेको जस्तै हो । वैकल्पिक अनुवादः “जब कसैले तिमीहरूलाई स्वागत गर्छ, त्यो चाहिँ उसले मलाई स्वागत गरेको जस्तै हो” वा “यदि कसैले तिमीहरूलाई स्वागत गर्छ भने, त्यो चाहिँ उसले मलाई स्वागत गरेको जस्तै हो”
येशूको अर्थ हो कि जब कसैले येशूलाई स्वागत गर्छ, त्यो चाहिँ परमेश्वरलाई स्वागत गरेको जस्तै हो । वैकल्पिक अनुवादः “जब कसैले मलाई स्वागत गर्छ, त्यो चाहिँ उसले मलाई पठाउनुहुने परमेश्वर पितालाई स्वागत गरेको जस्तै हो” वा “यदि कसैले मलाई स्वागत गर्छ भने, त्यो चाहिँ उसले मलाई पठाउनुहुने परमेश्वर पितालाई स्वागत गरेको जस्तै हो”
यहाँ “ऊ” शब्दले स्वागत गर्ने व्यक्तिलाई जनाउँदैन । यसले स्वागत गरिएको व्यक्तिलाई जनाउँछ ।
यसले परमेश्वरले अगमवक्तालाई दिनुहुने इनामलाई जनाउँछ, अगमवक्ताले अर्को व्यक्तिलाई दिने इनामलाई होइन ।
यहाँ “ऊ” शब्दले स्वागत गर्ने व्यक्तिलाई जनाउँदैन । यसले स्वागत गरिएको व्यक्तिलाई जनाउँछ ।
यसले परमेश्वरले धर्मी मानिसलाई दिनुहुने इनामलाई जनाउँछ, धर्मी मानिसले अर्को व्यक्तिलाई दिने इनामलाई होइन ।
येशूले उहाँका चेलाहरूलाई तिनीहरू प्रचार गर्न जाँदा तिनीहरूले के गर्नुपर्छ र के कुरालाई अपेक्षा गर्नुपर्छ भन्ने बारेमा निर्देशन दिनलाई सिद्ध्याउनुहुन्छ ।
“जो कोही जसले ... दिन्छ”
“यी तुच्छहरूमध्ये कुनै एक” वा “यीमध्ये सबैभन्दा कम महत्त्वपूर्ण ।” यहाँ “यिनीहरूमध्ये”ले येशूका चेलाहरूमध्ये कुनै एकलाई जनाउँछ ।
“किनभने ऊ मेरो चेला हो ।” यहाँ “ऊ” शब्दले दिने व्यक्तिलाई जनाउँदैन तर महत्त्वको नभएको व्यक्तिलाई जनाउँछ ।
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
यहाँ ऊ” र “उसको” शब्दले दिने व्यक्तिलाई जनाउँछ ।
“परमेश्वरले उसलाई इन्कार गर्नुहुनेछैन ।” भएको कुनै सम्पत्ति लगिनुसँग यसको कुनै सरोकार छैन । यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उसलाई निश्चय नै दिनुहुनेछ”
1 येशूले आफ्ना बाह्र जना चेलालाई शिक्षा दिइसक्नुभएपछि तिनीहरूका सहरहरूमा सिकाउन र प्रचार गर्न उहाँ त्यहाँबाट जानुभयो । 2 अनि जब यूहन्नाले झ्यालखानाबाट ख्रीष्टले गर्नुभएका कामहरूको बारेमा सुने, उनले आफ्ना चेलाहरूद्वारा एउटा खबर पठाए, 3 र उनलाई भने, “के आउनुहुनेवाला तपाईं नै हुनुहुन्छ, वा कोही अर्कै मानिस हुनुहुन्छ जसको हामीले प्रतीक्षा गर्नुपर्छ ?” 4 येशूले उत्तर दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले जे देखेका र सुनेका छौ, गएर यूहन्नालाई बताइदेओ । 5 दृष्टिविहीनहरूले दृष्टि पाइरहेका छन्; लङ्गडा मानिसहरू हिँडिरहेका छन्; कुष्ठरोगीहरू शुद्ध पारिएका छन्; बहिरा मानिसहरूले फेरि सुनिरहेका छन्; मरेका मानिसहरूलाई फेरि जीवनमा फर्काइएको छ, अनि खाँचोमा परेका मानिसहरूलाई सुसमाचार सुनाइँदै छ । 6 अनि तिनीहरू धन्यका हुन् जसले मलाई तिनीहरूका निम्ति कुनै बाधा सम्झँदैनन् ।” 7 जसै यी मानिसहरू आफ्नो बाटो लागे, येशूले भिडहरूलाई यूहन्नाको बारेमा बताउन थाल्नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न गयौ– हावाले हल्लाइरहेको निगालोलाई ? 8 तिमीहरू के हेर्न बाहिर गयौ– मलमलको लुगा लगाउने मानिसलाई ? वास्तवमा मलमलको कपडा लगाउने व्यक्ति त राजाहरूका दरबारहरूमा बस्छ । 9 तर तिमीहरू के हेर्न बाहिर गयौ– के अगमवक्तालाई ? हो, म तिमीहरूलाई भन्दछु, अगमवक्ताभन्दा पनि महान् व्यक्तिलाई । 10 उनी तिनै हुन् जसको बारेमा यस्तो लेखिएको छ, ‘हेर, म तिमीहरूको अगि-अगि मेरा समाचारवाहकलाई पठाउँदै छु, जसले म आउनुभन्दा अगाडि तिमीहरूका निम्ति बाटो तयार पार्नेछन् ।’ 11 साँच्चै म तिमीहरूलाई भन्दछु, स्त्रीबाट जन्मेकाहरूमा बप्तिस्मा-दिने यूहन्नाभन्दा महान् अरू कोही छैन । तरै पनि स्वर्गको राज्यमा सबैभन्दा कम महत्त्वको मानिस उनीभन्दा महान् हुन्छन् । 12 बप्तिस्मा-दिने यूहन्नाको दिनदेखि अहिलेसम्म स्वर्गको राज्यले तीव्रता भोगिरहेको छ, र उग्र मानिसहरूले यसलाई बलपूर्वक पक्रन्छन् । 13 किनकि यूहन्ना नआन्जेलसम्म सबै अगमवक्ता र व्यवस्थाले अगमवाणी गरिरहेका थिए । 14 अनि यदि तिमीहरूले एलियालाई पाउने इच्छा गरिरहेका छौ भने, आउनुपर्ने एलिया उनी नै हुन् । 15 जससँग सुन्ने कान छ, त्यसले सुनोस् । 16 यस पुस्तालाई म केसँग तुलना गरूँ ? यो त बजारमा खेलिरहेका बालकहरूजस्तै छ, जो बस्दछ र एक अर्कालाई बोलाउँदछ, 17 र भन्दछ, ‘हामीले तिमीहरूका निम्ति बाँसुरी बजायौँ, अनि तिमीहरू नाचेनौ । हामीले शोक गर्यौँ, र तिमीहरू रोएनौ ।’ 18 किनकि यूहन्ना रोटी खाँदै अथवा दाखमद्य पिउँदै आएनन्, अनि तिनीहरू भन्छन्, ‘त्यसलाई भूत लागेको छ ।’ 19 मानिसका पुत्र खाँदै र पिउँदै आए र तिनीहरू भन्छन्, ‘हेर, ऊ एउटा घिचुवा मान्छे हो अनि पियक्कड, कर उठाउनेहरू र पापीहरूको मित्र हो !’ तर बुद्धिचाहिँ तिनको कामहरूले सिद्ध हुन्छ ।” 20 तब येशूले ती सहरहरूलाई हकार्न थाल्नुभयो जहाँ उहाँका धेरैजसो शक्तिशाली कार्यहरू भएका थिए, किनकि तिनीहरूले पश्चात्ताप गरेका थिएनन् । 21 “धिक्कार तँलाई, ए खोराजीन ! धिक्कार तँलाई, ए बेथसेदा ! यदि तँमा गरिएका शक्तिशाली कार्यहरू टुरोस र सीदोनमा गरिएका भए, तिनीहरूले धेरै पहिले नै भाङ्ग्रा र खरानी लगाएर पश्चात्ताप गरिसकेका हुने थिए । 22 न्यायको दिनमा तिमीहरूका निम्ति भन्दा टुरोस र सीदोनको निम्ति इन्साफ अझ बढी सहनीय हुनेछ । 23 तँ कफर्नहुम, के तँ स्वर्गमा उचालिनेछस् भनी सम्झन्छस् । होइन, तँलाई तल पातालमा झारिनेछ । किनकि यदि तँमा गरिएका शक्तिशाली कार्यहरू सदोममा गरिएका भए, त्यो आजसम्म पनि रहिरहने थियो । 24 तर म तिमीहरूलाई भन्दछु, कि इन्साफको दिनमा तेरो निम्ति भन्दा सदोम मुलुकको निम्ति सजिलो हुनेछ ।” 25 त्यस बेला येशूले भन्नुभयो, “पिता, म तपाईंको प्रशंसा गर्दछु । हे स्वर्ग र पृथ्वीका मालिक, किनभने तपाईंले यी कुराहरू बुद्धिमानी र समझदारहरूबाट लुकाउनुभयो, र ती अनपढलाई प्रकट गराउनुभयो जो साना बालकहरूजस्ता छन् । 26 हो, पिता, किनकि तपाईंको दृष्टिमा यही नै मनपर्दो थियो । 27 मेरा पिताद्वारा सबै कुरा मलाई सुम्पिएको छ । अनि पिताबाहेक पुत्रलाई कसैले चिन्दैन, अनि पुत्र र पुत्रले प्रकट गराउन इच्छा गरेको व्यक्तिले बाहेक पितालाई कसैले चिन्दैन । 28 मकहाँ आओ, तिमीहरू सबै जसले परिश्रम गर्दछौ र गह्रौँ बोझले लादिएका छौ, अनि म तिमीहरूलाई विश्राम दिनेछु । 29 मेरो जुवा तिमीहरूमाथि लेओ र मबाट सिक, किनकि म नम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्नो आत्माको निम्ति विश्राम पाउनेछौ । 30 किनकि मेरो जुवा सजिलो छ र मेरो बोझ हलुको छ ।”
केही अनुवादहरूले सामान्यतया पुरानो करारबाटका उद्धरणहरूलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले ११:१० मा उद्धृत गरेर राखिएको सामग्रीसँग यसै गर्छ ।
इस्राएलले ख्रीष्टलाई इन्कार गरेको कारणले मत्ती ११:२० बाट उहाँको सेवाकार्यको एउटा नयाँ चरणको सुरु हुन्छ भनेर केही विद्वानहरूले विश्वास गर्दछन् ।
येशूले मत्ती ११:२० पछि उहाँ आफ्नै बारेमा र पिता परमेश्वरको योजनाको बारेमा प्रकट गर्न सुरु गर्नुहुन्छ (../../mat/11/20.md)। साथसाथै उहाँलाई इन्कार गर्नेहरू (मत्ती ११:२५) बाट भने यो जानकारी लुकाएर राख्नुहुन्छ ।
यूहन्नाले यी वचनहरू बोल्दा “स्वर्गको राज्य” आइसकेको थियो वा आउँदै थियो भनेर कसैलाई पनि पक्का गरी थाहा छैन । अङ्ग्रेजी अनुवादहरूले धेरैपटक “नजिकै” भन्ने वाक्यांशको प्रयोग गर्छन्, तर यी शब्दहरू अनुवाद गर्नलाई कठिन हुन सक्छन् । अन्य संस्करणहरूले “नजिक आउँदै छ” र “नजिक आएको छ” जस्ता वाक्यांशहरूलाई प्रयोग गर्छन् ।
यहाँ कथाको नयाँ भाग सुरु हुन्छ, जहाँ बप्तिस्मा दिने यूहन्नाका चेलाहरूलाई येशूले कसरी जवाफ दिनुभयो भनी लेखकले भन्दछन् ।
येशूले शिक्षा दिइसकेपछि के भयो भन्ने कुरामा यो वाक्यांशले कथालाई लैजान्छ । वैकल्पिक अनुवादः “तब” वा “त्यसपछि”
“शिक्षा दिन सकाउनुभएको थियो” वा “आज्ञा दिन सकाउनुभएको थियो ।”
यसले येशूका चुनिएका बाह्र प्रेरितहरूलाई जनाउँछ ।
यहाँ “तिनीहरू”शब्द ले सामान्य रूपमा सबै यहूदीहरूलाई जनाउँछ ।
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको नयाँ भाग भन्न सुरु गर्दछन् ।
“यूहन्ना झ्यालखानामा हुँदा जब उनले ... को बारेमा सुने” वा “जब कुनै व्यक्तिले झ्यालखानामा भएका यूहन्नालाई ... को बारेमा भन्यो ।” हुन त मत्तीले पाठकहरूलाई भनेका छैनन् कि राजा हेरोदले बप्तिस्मा दिने यूहन्नालाई जेलमा हालेका थिए, तर मूल श्रोता यस कथासँग परिचित भएको हुनुपर्छ र यहाँको अन्तर्निहित जानकारी बुझ्न सकेको हुनुपर्छ । मत्तीले बप्तिस्मा दिने यूहन्नाको बारेमा पछि थप जानकारी दिनेछन, त्यसैले यहाँ यसलाई स्पष्ट नबनाउन उत्तम हुन्छ ।
बप्तिस्मा दिने यूहन्नाले एउटा सन्देशसहित आफ्नै चेलाहरूलाई येशूकहाँ पठाए ।
“उहाँ” सर्वनामले येशूलाई जनाउँछ ।
“के तपार्इं नै हुनुहुन्छ जो आउनुहुनेछ भनेर हामीले आशा गरिरहेका छौँ ।” यो मसीह वा ख्रीष्टलाई जनाउने अर्को तरिका हो ।
“कि हामीले अरू कसैलाई आशा गर्नुपर्छ ।” “हामी” सर्वनामले यूहन्नाका चेलाहरूलाई मात्र होइन, सबै यहूदीहरूलाई जनाउँछ ।
“यूहन्नालाई भन”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म कुष्ठरोगीहरूलाई निको पार्दैछु”
यहाँ बिउँताउनु भनेको मरिगएको कोही व्यक्तिलाई पुनः जीवित बनाउने कुरालाई जनाउने वाक्पद्धति हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मरेका मानिसहरूलाई फेरि जीवित हुने तुल्याइँदै छ” वा “म मरेका मानिसहरूलाई फेरि जीवित हुने तुल्याइरहेको छु”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले गरिबहरूलाई सुसमाचार सुनाउँदै छु”
यस नामाकरण गरिएको क्रियापदलाई नामपद वाक्यांशको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “गरिब मानिसहरू”
येशूले बप्तिस्मा दिने यूहन्नाको बारेमा भीडका मानिसहरूलाई बताउन सुरु गर्नुहुन्छ ।
येशूले बप्तिस्मा दिने यूहन्ना कस्ता व्यक्ति हुन् भनेर मानिसहरूलाई सोच्न लगाउन एउटा प्रश्नको प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “निश्चय नै तिमीहरू मरुभूमिमा बतासले ... हेर्नलाई बाहिर निस्केनौ !”
सम्भावित अर्थहरू हुन् १) येशूले यर्दन नदी छेउमा भएका वास्तविक बोटहरू भन्न खोज्नुभएको हो वा २) येशूले एक प्रकारको व्यक्तिको अर्थ दिनका लागि एउटा अलङ्कारको प्रयोग गर्दै हुनुहुन्छ । वैकल्पिक अनुवादः “एउटा मानिस जसले सजिलैसँग उसको मन परिवर्तन गर्छ र बतासमा यताउता हल्लिने निगालो झैँ छ”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बतासमा लहलहाउँदै” वा “बतासमा बहँदै”
येशूले बप्तिस्मा दिने यूहन्ना कस्ता व्यक्ति हुन् भनेर मानिसहरूलाई सोच्न लगाउन एउटा प्रश्नको प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “अनि, निश्चय नै तिमीहरू ... लुगा ... मानिसलाई हेर्न मरुभूमिमा बाहिर निस्केनौ !”
“महँगो लुगा लगाएका ।” धनी मानिसहरूले यस्तो प्रकारको वस्त्र लगाउँथे ।
यो शब्दले यसपछि आउने कुरामा जोड थप्छ । वैकल्पिक अनुवादः “साँच्चै”
“राजाहरूका दरबारहरू”
बप्तिस्मा दिने यूहन्नाको जीवन र सेवाकार्यले अगमवाणी पूरा गर्यो भनी दर्शाउनका लागि पद १० मा येशूले मलाकी अगमवक्ताबाट उद्धृत गर्नुहुन्छ ।
येशूले बप्तिस्मा दिने यूहन्नाको बारेमा भीडहरूलाई बताउन निरन्तरता दिनुहुन्छ ।
येशूले बप्तिस्मा दिने यूहन्ना कस्ता व्यक्ति हुन् भनेर मानिसहरूलाई सोच्न लगाउन एउटा प्रश्नको प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “तर निश्चय नै तिमीहरू अगमवक्तालाई हेर्न मरुभूमिमा बाहिर निस्क्यौ !”
“म तिमीहरूलाई भन्छु हो,”
यसलाई एउटा पूर्ण वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उनी एक साधारण अगमवक्ता होइनन्” वा “उनी एक साधारण अगमवक्ताभन्दा धेरै महत्त्वपूर्ण छन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बप्तिस्मा दिने यूहन्नाका बारेमा मलाकी अगमवक्ताले धेरै पहिले यो कुरा लेखे”
“म” र “मेरो” सर्वनामहरूले परमेश्वरलाई जनाउँछन् । परमेश्वरले जे भन्नुभयो त्यही कुरा मलाकीले उद्धरण गरिरहेका छन् ।
यहाँ “तिम्रो” एकवचनमा छ, किनभने उद्धरणमा परमेश्वर मलाकीसँग कुरा गरिरहनुभएको थियो । साथै, “मुहार”ले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिम्रो सामु” वा “तिम्रो अगि जान”
यो एउटा अलङ्कार हो जसको अर्थ मसिहको सन्देश ग्रहण गर्न समाचारवाहकले मानिसहरूलाई तयार पार्नेछन् भन्ने हुन्छ ।
येशूले बप्तिस्मा दिने यूहन्नाको बारेमा भीडहरूलाई बताउन निरन्तरता दिनुहुन्छ ।
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
हुन त आदम स्त्रीबाट जन्मेका होइनन्, यो सबै मानव प्राणीहरूलाई जनाउने तरिका हो । वैकल्पिक अनुवादः “ती सबै मानिसहरूको माझमा जो संसारमा जिएका थिए”
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बप्तिस्मा दिने यूहन्ना सबैभन्दा महान् छन्” वा “बप्तिस्मा दिने यूहन्ना सबैभन्दा महत्त्वपूर्ण हुन्”
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । वैकल्पिक अनुवादः “स्वर्गमा हुनुहुने हाम्रा परमेश्वरको शासनमुनि भएको सबैभन्दा कम महत्त्वपूर्ण व्यक्ति”
“यूहन्नाभन्दा बढी महान् हुन्छन्”
“यूहन्नाले आफ्नो सन्देश प्रचार गर्न सुरु गरेको समयदेखि ।” यहाँ “दिनहरू” शब्दले शायद महिनौ अथवा वर्षौँको समयावधिलाई जनाउँछ ।
यो पदका सम्भाव्य व्याख्याहरू धेरै छन् । कोही मानिसले परमेश्वरको राज्यलाई तिनीहरूका आफ्नै स्वार्थी उद्देश्यका लागि प्रयोग गर्न चाहन्छन्, र यो कुरा हासिल गर्न अरू मानिसका विरुद्धमा तिनीहरू शक्ति प्रयोग गर्नसमेत इच्छुक हुन्छन् भन्ने अर्थ यूएसटी लगाउँदछ । अन्य संस्करणहरूले, परमेश्वरको राज्यमा प्रवेश गर्ने बोलावट अति जरुरी छ, र त्यो बोलावटको जवाफ दिन र फेरि पाप गर्ने परीक्षाको विरोध गर्न मानिसहरूले कठोर किसिमले काम गर्नुपर्दछ भनेर सकारात्मक व्याख्या गर्दछ । तेस्रो अर्थ, हिंस्रक मानिसहरूले परमेश्वरका मानिसहरूलाई हानि पुर्याउँछन् र परमेश्वरलाई राज्य गर्न नदिन खोज्दछन् ।
येशूले बप्तिस्मा दिने यूहन्नाको बारेमा भीडहरूलाई बताउन निरन्तरता दिनुहुन्छ ।
यहाँ “अगमवक्ता र व्यवस्था”ले अगमवक्ताहरू र मोशाले धर्मशास्त्रमा लेखेका कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “किनभने बप्तिस्मा दिने यूहन्नाको समयसम्म अगमवक्ताहरू र मोशाले अगमवाणी अगमवाणी गरेका कुराहरू यी नै हुन्”
यहाँ “तिमीहरू” बहुवचन हो र भीडलाई जनाउँछ ।
“उनी” शब्दले बप्तिस्मा दिने यूहन्नालाई जनाउँछ । बप्तिस्मा दिने यूहन्ना नै एलिया हुन् भनेर यसले भनिरहेको छैन । बप्तिस्मा दिने यूहन्नाले “एलिया, जो आउनुपर्नेछ” अथवा अर्को एलियाको बारेमा गरिएको भविष्यवाणीलाई पूरा गर्दछन् भनेर येशूले भन्न खोज्नुभएको हो । वैकल्पिक अनुवादः “जब मलाकी अगमवक्ताले एलिया फर्किनेछन् भनेर भने, उनले बप्तिस्मा दिने यूहन्नाको बारेमा कुरा गरिरहेका थिए”
येशूले जोड दिइरहनुभएको छ कि जे उहाँले भर्खर भन्नुभयो सो महत्त्वपूर्ण छ र त्यसलाई बुझ्न र अभ्यासमा ल्याउनलाई केही प्रयत्न चाहिन सक्छ । यहाँ “सुन्नलाई कानहरू” भन्ने वाक्यांश चाहिँ बुझ्न र आज्ञापालन गर्नेलाई इच्छुकपनालाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “जसले सुन्न चाहना गरिरहेको छ, सुनोस्” वा “बुझ्न मन गरिरहेको व्यक्तिले बुझोस् र आज्ञापालन गरोस्”
किनकि येशू यहाँ उहाँका श्रोताहरूसँग सीधै बोलिरहनुभएको छ, तपाईंले यहाँ द्वितीय पुरुषलाई प्रयोग गर्नलाई रोज्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यदि तिमीहरू सुन्न चाहिरहेका छौ भने, सुन” वा “यदि तिमीहरू बुझ्न चाहिरहेका छौ भने, तब बुझ र आज्ञापालन गर”
येशूले बप्तिस्मा दिने यूहन्नाको बारेमा भीडहरूलाई बताउन निरन्तरता दिनुहुन्छ ।
त्यस समयका मानिसहरू र बजारमा खेल्ने केटाकेटीहरूले भन्न सक्ने कुराको बीचको तुलनालाई परिचित गराउनलाई येशूले एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “यो पुस्ता ... जस्तो छ”
“अहिले जीवित भएका मानिसहरू” वा “यी मानिसहरू” वा “तिमीहरू, यस पुस्ताका मानिसहरू”
एउटा ठूलो, खुला क्षेत्र जहाँ मानिसहरूले सामानहरू किन्छन् र बेच्छन्
पद १६ मा “यो ... जस्तो छ” शब्दहरूसँग सुरु भएको दृष्टान्तलाई येशूले निरन्तरता दिनुहुन्छ ।
त्यसबेला जीवित मानिसहरूका वर्णन गर्न येशूले एउटा दृष्टान्त चलाउनुहुन्छ । उहाँले उनीहरूलाई बच्चाहरूको एउटा समूहसँग तुलना गर्नुहुन्छ जसले अरू बच्चाहरूलाई उनीहरूसँग खेलाउन खोज्दै छन् । तर, तिनीहरू जे गरे पनि, अरू केटाकेटीहरू उनीहरूसँग सामेल हुने छैनन् । येशूको भनाइको तात्पर्य यो हो कि यदि परमेश्वरले बप्तिस्मा दिने यूहन्नालाई पठाउनुभयो भने पनि, जो मरुभूमिमा वास गर्छन् र उपवास बस्छन्, वा येशू जस्तो कोही, जो पापीहरूसँग उत्सव मनाउनुहुन्छ र उपवास बस्नुहुन्न, त्यसले केही फरक पार्दैन । मानिसहरू, विशेष गरी फरिसीहरू र धार्मिक अगुवाहरू, अझै पनि हठी रहन्छन् र परमेश्वरको सत्यतालाई स्वीकार गर्नलाई इन्कार गर्छन् ।
“हामी” सर्वनामले बजारमा भएका बालबालिकाहरूलाई जनाउँछ । यहाँ “तिमीहरू” बहुवचनमा छ र केटाकेटीहरूको अर्को समूहलाई जनाउँछ ।
“तर तिमीहरू त्यस हर्षोल्लासको सङ्गीतमा नाचेनौ”
यसको अर्थ मृत्यु संस्कारको समयमा स्त्रीहरूले झैँ तिनीहरूले दुःखका गीत गाए ।
“तर तिमीहरू हामीहरूसँग रोएनौ”
येशूले भीडसँग बप्तिस्मा दिने यूहन्नाको बारेमा कुरा गर्न समापन गर्नुहुन्छ ।
यहाँ “रोटी” ले भोजनलाई जनाउँछ । यसको अर्थ यूहन्नाले कहिल्यै खाँदै खाएनन् हुँदैन । यसको अर्थ तिनले प्रायः गरी उपवास बस्दथे, र जब तिनले खान्थे, तब तिनले असल र महङ्गा भोजन खाँदैनथे । वैकल्पिक अनुवादः “बारम्बार उपवास बस्दै र मद्य नपिउँदै” वा “मिठा खानेकुरा नखाँदै र दाखमद्य नपिउँदै”
यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उनलाई भूत लागेको छ भनेर तिनीहरू भन्छन्” वा “तिनीहरूले उनलाई भूत लागेको छ भनेर दोष लगाउँछन्”
“तिनीहरू” शब्दका सबै प्रयोगहरूले त्यस पुस्ताका मानिसहरू, र विशेषगरी फरिसीहरू र धार्मिक अगुवाहरूलाई जनाउँछन् ।
येशूले आफैँलाई जनाउँदै हुनुहुन्छ । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र, आएँ”
यो यूहन्नाको भन्दा उल्टो व्यवहार हो । यसको अर्थ भोजन र पेयको समान्य मात्राभन्दा धेरै उपभोग गर्ने हुन्छ । यसको अर्थ येशूले खुशी मनाउनुभयो र अरू मानिसहरूले झैँ असल भोजन र पेयको उपभोग गर्नुभयो ।
यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ऊ एउटा घिचुवा मानिस हो भनेर तिनीहरू भन्छन् र मतवाला ... पापीहरू ।” वा “उसले धेरै खान्छ र पिउँछ र पापीहरू ... भनेर तिनीहरूले दोष लगाउँछन् ।” “मानिसको पुत्र” लाई तपाईंले “म, मानिसको पुत्र,” भनी अनुवाद गरेको भए, तपाईंले यसलाई अप्रत्यक्ष कथनका रूपमा लेख्न र प्रथम पुरुषको प्रयोग गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरू भन्छन्, म घिचुवा मानिस र पियक्कड ... पापीहरूका मित्र हो ।”
“ऊ एउटा लोभी घिचुवा हो” वा “उसले निरन्तर रूपमा ज्यादै धेरै खान्छ”
“मद्यपान गरेर मातेको” वा “उसले निरन्तर धेरै मद्य पिउँछ”
यो एउटा उखान हो जसलाई येशूले यस अवस्थामा लागु गर्नुहुन्छ, किनभने उहाँ र यूहन्ना दुवैलाई इन्कार गर्ने मानिसहरू बुद्धिमान् भइरहेका थिएनन् । येशू र बप्तिस्मा दिने यूहन्ना बुद्धमान्हरू हुनुहुन्थ्यो, र उहाँहरूका कामहरूले त्यसलाई प्रमाणित गर्छन् ।
यहाँ “बुद्धि”लाई एक स्त्रीको रूपमा वर्णन गरिएको छ, जो तिनले गरेका कार्यद्वारा ठीक प्रमाणित हुन्छिन् । येशूले भन्न खोज्नुभएको यो हो कि कुनै व्यक्तिका कार्यहरूका परिणामहरूले त्यो व्यक्ति साँच्चै बुद्धिमान् हो भनी प्रमाणित हुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कुनै व्यक्तिका कार्यहरूका परिणामहरूले ऊ बुद्धिमान् हो भनी प्रमाणित गर्छ”
येशूले पहिले आफूले आश्चर्यकर्महरू गर्नुभएका सहरहरूका मानिसहरूलाई हप्काउन सुरु गर्नुहुन्छ ।
यहाँ “सहरहरू”ले त्यहाँ बस्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “ती सहरहरूका मानिसलाई हप्काउनु”
“नगरहरू”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जहाँ उहाँले धेरैजसो शक्तिशाली कार्यहरू गर्नुभएको थियो”
“शक्तिशाली कामहरू” वा “शक्तिका कामहरू” वा “आश्चर्यकर्महरू”
खोराजीन सहर र बेथसेदा सहरका मानिसहरूले येशूलाई सुनिरहे झैँ गरी उहाँले तिनीहरूलाई भनिरहनुभएको छ, तर तिनीहरूले सुनिरहेका थिएनन् ।
“तेरो लागि यो कति डरलाग्दो हुनेछ ।” यहाँ “तेरो” एकवचनमा छ र सहरलाई जनाउँछ । यदि तपाईंको लागि सहरको साटोमा मानिसहरूलाई जनाउन बढी स्वभाविक हुन्छ भने, तपाईंले बहुवचनमा भएको शब्द “तिमीहरू” प्रयोग गरेर अनुवाद गर्न सक्नुहुन्छ ।
यी सहरका नामहरू तिनमा बसोबास गर्ने मानिसहरू जनाउने लक्षणा शब्दहरू हुन् ।
विगतमा हुन सक्ने, तर नभएका काल्पनिक परिस्थितिको बारेमा येशूले वर्णन गर्दै हुनुहुन्छ ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि मैले तँमा गरेका शक्तिशाली कार्यहरू टुरोस र सिदोनमा गरेको भए”
यहाँ “तिमीहरू” बहुवचनमा छ र यसले खोराजीन र बेथसेदालाई जनाउँछ । यदि तपाईंको भाषामा बढी स्वभाविक लाग्छ भने यी दुई सहरलाई जनाउन तपाईंले “तँ” दुईपल्ट प्रयोग गर्न, अन्यथा, सहरका मानिसहरूलाई जनाउन बहुवचन “तिमीहरू” प्रयोग गर्न सक्नुहुन्छ ।
सर्वनाम “तिनीहरू”ले टुरोस र सिदोनका मानिसहरूलाई जनाउँछ ।
“आफ्ना पापहरूका निम्ति तिनीहरू दुःखी छन् भनेर तिनीहरूले देखाउँथे”
यहाँ “टुरोस र सिदोन”ले त्यहाँ बसोबास गर्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “न्यायको दिनमा तिमीहरूलाई भन्दा टुरोस र सिदोनका मानिसहरूलाई परमेश्वरले धेरै दया देखाउनुहुनेछ” वा “परमेश्वरले न्यायको दिनमा टुरोस र सिदोनका मानिसहरूलाई भन्दा तिमीहरूलाई अति कडा दण्ड दिनुहुनेछ”
यहाँ “तिमीहरू” बहुवचनमा छ र यसले खोराजीन र बेथसेदालाई जनाउँछ । यदि तपाईंको भाषामा बढी स्वभाविक लाग्छ भने यी दुई सहरलाई जनाउन तपाईंले “तँ” दुईपल्ट प्रयोग गर्न, अन्यथा, सहरका मानिसहरूलाई जनाउन बहुवचन “तिमीहरू” प्रयोग गर्न सक्नुहुन्छ । अन्तर्निहित जानकारीलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “किनभने तिमीहरूले मैले गरेका आश्चर्यकर्महरू देखेर पनि पश्चात्ताप गरेनौ, र मलाई विश्वास गरेनौ”
येशूले यी सहरका मानिसहरूलाई निरन्तर रूपमा हप्काउनुहुन्छ, जहाँ उहाँले पहिले आश्चर्यकर्महरू गर्नुभयो ।
कफर्नहुम सहरका मानिसहरूले येशूलाई सुनिरहेजस्तै गरी उहाँले तिनीहरूसँग बोलिरहनुभएको छ, तर तिनीहरूले सुनिरहेका थिएनन् । यी दुईवटा पदमा प्रयोग भएका सर्वनाम “तँ” एकवचन हो र यसले कफर्नहुमलाई जनाउँछ ।
यहाँ प्रयोग “तँ” जति सबै एकवचन हुन् । ती सहरका मानिसहरूलाई जनाउनु बढी स्वभाविक हुन्छ भने, तपाईंले बहुवचन “तिमीहरू” गरी अनुवाद गर्न सक्नुहुन्छ ।
यी सहरहरूका नामहरू हुन् जसलाई कफर्नहुम र सदोममा बस्ने मानिसहरूलाई जनाउनको निम्ति प्रयोग गरिएका छन् ।
“के स्वर्ग जानका लागि तेरो पुनरुत्थान हुने छ भनी विचार गर्छस् ?” येशूले कफर्नहुमका मानिसहरूलाई तिनीहरूको घमण्डको लागि हप्काउनलाई एउटा आलङ्कारिक प्रश्नको प्रयोग गर्नुहुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छः वैकल्पिक अनुवादः “स्वर्ग जानका लागि तिमीहरूले आफैँलाई पुनरुत्थान गराउन सक्दैनौ !” वा “अरू मानिसहरूले प्रशंसा गरेर तिमीहरू स्वर्ग जानका लागि पुनरुत्थान हुनेछैनौ !” वा “परमेश्वरले तिमीहरूले सोचेको जस्तो गरी तिमीहरूलाई स्वर्गमा लानुहुनेछैन !”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तँलाई तल पातालमा झार्नुहुनेछ”
विगतमा हुन सक्ने, तर नभएका काल्पनिक परिस्थितिको बारेमा येशूले वर्णन गर्दै हुनुहुन्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि मैले तँमा गरेका शक्तिशाली कार्यहरू सदोममा गरेको भए”
“शक्तिशाली कामहरू” वा शक्तिका कामहरू” वा “आश्चर्यकर्महरू”
सर्वनाम “त्यो”ले सदोम सहरलाई जनाउँछ ।
यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
यहाँ “सदोम” ले त्यहाँ बसोबास गरेका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “न्यायको दिनमा तिमीहरूलाई भन्दा सदोम मुलुकलाई परमेश्वरले धेरै दया देखाउनुहुनेछ” वा “परमेश्वरले न्यायको दिनमा सदोमको मुलुकलाई भन्दा तिमीहरूलाई अति कडा दण्ड दिनुहुनेछ”
अन्तर्निहित जानकारीलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “किनभने मैले गरेका आश्चर्यकर्महरू तिमीहरूले देखे, तापनि तिमीहरूले पश्चात्ताप गरेनौ, र मलाई विश्वास गरेनौ”
२५ र २६ पदहरूमा येशूले भीडको अगाडि नै उहाँको स्वर्गीय पितासँग प्रार्थना गर्नुहुन्छ । पद २७ मा, उहाँले फेरि मानिसहरूलाई सम्बोधन गर्न थाल्नुहुन्छ ।
यो परमेश्वरको लागि महत्त्वपूर्ण नाउँ हो ।
“स्वर्ग र पृथ्वीमा राज गर्नुहुने प्रभु ।” “स्वर्ग र पृथ्वी” वाक्यांश ब्रह्माण्डमा भएका सबै मानिस र थोकहरू जनाउने विपरितार्थ अलङ्कार हो । वैकल्पिक अनुवादः “सारा ब्रह्माण्डमा शासन गर्नुहुने मालिक”
“यी कुराहरू”को अर्थ के हो भनेर प्रस्ट छैन । यदि तपाईंको भाषामा के भन्न खोजेको हो भनेर प्रस्ट पार्न जरुरी छ भने, कुनै वैकल्पिक अनुवाद बेस हुन सक्छ । वैकल्पिक अनुवादः “तपाईंले यी सत्यताहरू लुकाउनुभयो... र तिनीहरूलाई प्रकट गर्नुभयो”
“तपाईंले यी कुराहरू ... बाट लुकाउनुभयो” वा “तपाईंले यी कुराहरूलाई थाहा हुन दिनुभएन ।” यो क्रियापद “प्रकट” को विपरितार्थ हो ।
यी नामिक विशेषणलाई विशेषणका रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती मानिसहरूबाट जो बुद्धिमान् र समझदार छन्”
येशूले व्यङ्ग प्रयोग गर्दै हुनुहुन्छ । यी मानिस साँच्चै बुद्धिमान् छन् भनी उहाँले विचार गर्नुहुन्न । वैकल्पिक अनुवादः “ती मानिसहरू जसले आफूलाई बुद्धिमान् र समझदार सम्झन्छन्”
“तिनीहरूलाई थाहा गराउनुभयो ।” सर्वनाम “तिनीहरू” ले यही पदमा पहिले नै उल्लेख गरिएको “यी कुराहरू” भन्ने वाक्यांशलाई जनाउँछ ।
अन्जान व्यक्तिलाई येशूले सानो बालकसँग तुलना गर्नुहुन्छ । येशूले यो कुरामा जोड दिंदै हुनुहुन्छ कि, उहाँमाथि विश्वास गर्नेहरूमध्ये धेरै जना शिक्षित छैनन् वा आफैँलाई बुद्धिमान् भएको विचार गर्दैनन् ।
“तपाईंको दृष्टिमा” भन्ने वाक्यांश लक्षणा हो जसको अर्थ कुनै व्यक्तिले कुनै विषयमा कसरी विचार गर्दछ भन्ने हुन्छ । वैकल्पिक अनुवादः “किनकि तपार्इंले त्यसो गर्नु असल थियो भनेर देख्नुभयो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरा पिताले मलाई सबै कुरा सुम्पिदिनुभएको छ” वा “मेरा पिताले सबै कुरा मेरो जिम्मामा दिनुभएको छ”
सम्भावित अर्थहरू हुन् १) परमेश्वर पिता आफैँले र उहाँको राज्यको बारेमा सबै कुरा येशूमा प्रकट गर्नुभयो वा २) परमेश्वरले येशूलाई सबै अधिकार दिनुभयो ।
यो परमेश्वरको लागि महत्त्वपूर्ण शीर्षक हो जुन परमेश्वर र येशूबीचको सम्बन्धको वर्णन गर्दछ ।
“केवल पिताले मात्रै पुत्रलाई चिन्नुहुन्छ”
यहाँ “चिन्नु” शब्दको अर्थ कसैसँग परिचित हुनु मात्र होइन । यसको अर्थ व्यक्तिहरू आपसमा विशेष सम्बन्ध भएको हुनाले घनिष्ठ रूपले चिन्ने कुरा हो ।
येशूले तृतीय पुरुषमा आफैँलाई जनाउँदै हुनुहुन्थ्यो ।
यो परमेश्वरको पुत्र, येशूको लागि एक महत्त्वपूर्ण उपाधि हो ।
“पुत्रले मात्रै पितालाई चिन्दछ”
येशूले भीडसँग बोल्नलाई सकाउनुहुन्छ ।
“तिमीहरू”का सबै प्रयोगहरू बहुवचनमा छन् ।
येशूले मानिसहरू सारा व्यवस्थालाई पालन गर्नका लागि तिनीहरूको प्रयासमा निरुत्साहित भएको कुराको विषयमा यसरी कुरा गर्नुहुन्छ कि मानौँ ती नियमहरू गह्रौँ वजनहरू थिए र मानिसहरू ती बोक्नलाई परिश्रम गरिरहेका छन् । वैकल्पिक अनुवादः “जो धेरै कठिन परिश्रम गरेर निरुत्साहित भएका छन्” वा “जो धेरै कठिन परिश्रम गरेर व्यवस्थालाई सिद्ध रूपमा पालना गर्नलाई निरुत्साहित भएका छन्”
“म तिमीहरूलाई तिमीहरूको परिश्रम र बोझबाट विश्राम दिनेछु”
येशूले निरन्तर अलङ्कार प्रयोग गर्नुहुन्छ । मानिसहरूलाई आफ्नो चेलाहरू हुन र आफ्नो पछि हिंड्नका लागि येशूले निमन्त्रणा दिंदै हुनुहुन्छ ।
यहाँ “नम्र” र “कोमल” को आधारभूत रूपमा एउटै अर्थ हुन्छ । येशू आफैँचाहिं धार्मिक अगुवाहरूभन्दा धेरै नै दयावान् हुनुहुन्छ भनेर जोड दिनका लागि उहाँले यी शब्दलाई एकसाथ प्रयोग गर्गुहुन्छ । वैकल्पिक अनुवादः “म भद्र र नम्र छु” वा “म धेरै कोमल छु”
यहाँ “हृदय” भनेको व्यक्तिको भित्री व्यक्तित्वको लागि प्रतिस्थापन शब्द हो । “नम्र हृदयको” भनेको “विनम्र”लाई जनाउने वाक्पद्धति हो । वैकल्पिक अनुवादः “विनम्र”
यहाँ “आत्मा” शब्दले सम्पूर्ण व्यक्तत्वलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूले आफ्ना लागि विश्राम प्राप्त गर्ने छौ” वा “तिमीहरूले विश्राम गर्न सक्षम हुनेछौ”
यी दुवै वाक्यांशको अर्थ एउटै हो । यहूदी व्यवस्था पालन गर्नुभन्दा येशूका आज्ञा पालन गर्न सजिलो छ भन्ने कुरामा उहाँले जोड दिनुहुन्छ । वैकल्पिक अनुवादः “किनभने जुन भारी तिमीहरूमाथि म राख्दछु, त्यो हलुका हुनाले तिमीहरूले त्यसलाई बोक्न सक्नेछौ”
यहाँ उल्लेख गरिएको शब्द “हलुको” गह्रौँको विपरीतार्थक शब्द हो, अँध्यारो को विपरीत हैन ।
1 त्यति बेला शबाथको दिनमा येशू अन्नका खेतहरू हुँदै जानुभयो । उहाँका चेलाहरू भोकाए र तिनीहरूले अन्न टिप्दै खान लागे । 2 तर जब फरिसीहरूले त्यो देखे, उनीहरूले येशूलाई भने, “हेर्नुहोस्, जे शबाथमा गर्न अनुचित छ तपाईंका चेलाहरूले त्यही गर्छन् ।” 3 तर येशूले तिनीहरूलाई भन्नुभयो, “के दाऊदले उनीसँग भएका मानिसहरूले भोकाएको बेलामा के गरे भन्ने कुरा तिमीहरूले कहिल्यै पढेका छैनौ ? 4 कसरी उनी परमेश्वरको भवनमा पसेर उहाँको उपस्थितिको रोटी खाए, जुन उनी र उनीसँग भएकाहरूका निम्ति खानु अनुचित थियो तर त्यो पुजारीहरूका लागि मात्रै उचित थियो ? 5 र शबाथमा पुजारीहरूले त्यस दिनलाई अपवित्र गर्छन्, तरै पनि उनीहरू दोषरहित हुन्छन् भन्ने कुरा के तिमीहरूले व्यवस्थामा पढेका छैनौ र ? 6 तर म तिमीहरूलाई भन्दछु, मन्दिरभन्दा महान् एक जना यहाँ हुनुहुन्छ । 7 ‘म कृपा चाहन्छु र बलिदान होइन’ भन्ने कुराको अर्थ यदि तिमीहरूले बुझेका भए तिमीहरूले निर्दोषको निन्दा गर्ने थिएनौ । 8 किनभने मानिसका पुत्र शबाथका प्रभु हुन् ।” 9 त्यसपछि येशू त्यहाँबाट अलग्गिनुभयो र तिनीहरूका सभाघरहरूमा जानुभयो । 10 हेर, त्यहाँ एक जना हात सुकेको व्यक्ति थियो । येशूलाई पापको दोष लगाउन फरिसीहरूले उहाँलाई सोधे, “के शबाथमा निको पार्नु उचित छ ?” 11 येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूका बिचमा यस्तो व्यक्ति होला जोसँग एउटा मात्र भेडा छ, र यदि शबाथमा त्यो भेडा गहिरो खाल्डोमा खस्यो भने, उसले त्यसलाई समातेर बाहिर ननिकाल्ला ? 12 त्यसो भए, एउटा मानिसको मूल्य त्यो भेडाभन्दा कति बढी छ ! त्यसैले, शबाथमा असल गर्नु न्यायसङ्गत छ ।” 13 अनि येशूले त्यस व्यक्तिलाई भन्नुभयो, “तिम्रो हात पसार ।” उसले आफ्नो हात पसार्यो, र उसको त्यो हात अर्को हातजस्तै निको भयो । 14 तर ती फरिसीहरू बाहिर गए र षड्यन्त्र रच्न थाले । तिनीहरूले उहाँलाई कसरी मार्न सकिन्छ भनेर मौका खोज्न थाले । 15 अनि जब येशूले यो थाहा पाउनुभयो, उहाँ त्यहाँबाट निस्कनुभयो । धेरै मानिसले उहाँलाई पछ्याए र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो । 16 उहाँको बारेमा अरूहरूलाई नभन्नू भनी उहाँले तिनीहरूलाई आदेश दिनुभयो, 17 ताकि यशैया अगमवक्ताद्वारा यसो भनिएको कुरा सत्य साबित होस्, 18 “हेर, मेरो दास जसलाई मैले छानेको छु; मेरा अति प्रिय, जसमा मेरो प्राण प्रसन्न छ । म उनमा मेरा आत्मा खन्याउनेछु, अनि उनले गैरयहूदीहरूलाई न्यायको घोषणा गर्नेछन् । 19 उनले सङ्घर्ष गर्नेछैनन्, न त ठुलो स्वरले कराउनेछन्, न त कसैले गल्लीहरूमा उनको स्वर सुन्नेछ । 20 उनले कुनै फुटेको नरकटलाई भाँच्नेछैनन्; उनले न्यायलाई विजयमा नपुर्याएसम्म उनले कुनै पनि धिपधिप बलिरहेको सलेदोलाई निभाउनेछैनन् । 21 अनि उनको नाउँमा गैरयहूदीहरूले विश्वास गर्नेछन् ।” 22 अनि भूतात्माले सताएको एक जना अन्धो र बोल्न नसक्ने व्यक्ति येशूकहाँ ल्याइयो । उहाँले त्यसलाई निको पार्नुभयो र फलस्वरूप त्यो बोल्न नसक्ने व्यक्ति बोल्न सक्ने र देख्न सक्ने भयो । 23 सबै भिड छक्क परे र भने, “के यी मानिस दाऊदका पुत्र हुन सक्छन् ?” 24 तर जब फरिसीहरूले यस आश्चर्यकर्मको बारेमा सुने, तिनीहरूले भने, “यो मानिसले अरू केही होइन, तर भूतात्माहरूको राजकुमार बालजिबुलद्वारा भूतहरू निकाल्दछ ।” 25 तर येशूले तिनीहरूको विचार जान्नुभयो र तिनीहरूलाई भन्नुभयो, “आफैँमा विभाजित भएको हरेक राज्यलाई उजाड पारिनेछ, अनि आफैँमा विभाजित भएको हरेक सहर वा घराना टिक्नेछैन ।” 26 यदि शैतानले नै शैतानलाई निकाल्दछ भने, त्यो आफैँमा विभाजित हुन्छ । त्यसको राज्य कसरी टिक्ला ? 27 अनि म बालजिबुलद्वारा भूतात्माहरू निकाल्छु भने, तिमीहरूलाई पछ्याउनेहरूले कोद्वारा तिनीहरूलाई निकाल्छन् त ? यसकारण, तिनीहरू तिमीहरूका न्यायाधीश हुनेछन् । 28 तर यदि म परमेश्वरको आत्माद्वारा भूतात्माहरू निकाल्छु भने, परमेश्वरको राज्य तिमीहरूमा आएको छ । 29 र कुनै मानिसले एक बलियो व्यक्तिलाई पहिले नबाँधेसम्म उसको घरमा छिरेर उसका सामानहरू कसरी चोर्न सक्छ ? त्यस बलियो व्यक्तिलाई बाँधेपछि उसको घरका सामानहरू त्यसले चोर्छ । 30 जो मसित छैन ऊ मेरो विरुद्धमा हुन्छ, अनि जसले मसित बटुल्दैन उसले छरपष्ट पार्छ । 31 त्यसैले म भन्दछु, मानिसले गरेको हरेक पाप र ईश्वर-निन्दा क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुनेछैन । 32 अनि जसले परमेश्वरका पुत्रको विरुद्धमा कुनै वचन बोल्छ भने उसलाई क्षमा गरिनेछ । तर जो कोहीले पवित्र आत्माको विरुद्धमा बोल्छ त्यसलाई न यो संसारमा न त आउने संसारमा क्षमा गरिनेछ । 33 कि त रुखलाई असल बनाओ र त्यसको फललाई पनि असल बनाओ, वा कि त त्यो रुखलाई खराब बनाओ र त्यसको फललाई पनि खराब बनाओ, किनकि रुख त्यसको फलद्वारा चिनिनेछ । 34 ए सर्पका सन्तानहरू, तिमीहरू दुष्ट छौ त कसरी असल कुरा बोल्न सक्छौ ? किनकि हृदयमा जे छ, त्यही मुखबाट निस्कन्छ । 35 एउटा असल व्यक्तिले आफ्नो हृदयमा रहेको असल कुराले जे असल छ त्यो नै बाहिर ल्याउँछ, अनि एउटा दुष्ट व्यक्तिले आफ्नो हृदयमा रहेको दुष्ट कुराले जे दुष्ट छ त्यो नै बाहिर ल्याउँछ । 36 र म तिमीहरूलाई भन्दछु, कि न्यायको दिनमा मानिसहरूले आफूले बोल्ने हरेक व्यर्थ वचनको निम्ति लेखा दिनेछन् । 37 किनकि तिमीहरूका वचनद्वारा नै तिमीहरूको न्याय हुनेछ, अनि तिमीहरूकै वचनद्वारा तिमीहरू दोषी ठहरिनेछौ ।” 38 त्यसपछि केही शास्त्रीहरू र फरिसीहरूले येशूलाई उत्तर दिँदै भने, “गुरु, हामी तपाईंबाट केही चिन्हहरू हेर्न चाहन्छौँ ।” 39 तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्नुभयो, “एउटा दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्छ । तर त्यसलाई योना अगमवक्ताको चिन्हबाहेक अरू चिन्ह दिइनेछैन । 40 किनकि जसरी योना तिन दिन र तिन रात माछाको पेटमा थिए, त्यसरी नै मानिसका पुत्र तिन दिन र तिन रात पृथ्वीको गर्भभित्र रहनेछन् । 41 निनवेका मानिसहरू न्यायको दिनमा यस पुस्तासँग खडा हुनेछन् र यस जातिको निन्दा गर्नेछन् । किनकि योनाको सन्देश सुनेर तिनीहरूले पश्चात्ताप गरेका थिए, र हेर, योनाभन्दा अझै महान् कोही यहाँ छन् । 42 दक्षिणकी रानी यस पुस्ताका मानिसहरूसँग न्यायको दिनमा उठ्नेछिन् र यसको निन्दा गर्नेछिन् । तिनी पृथ्वीका कुनाबाट सोलोमनका ज्ञानका कुराहरू सुन्न आइन्, तर हेर, सोलोमनभन्दा महान् कोही यहाँ छन् । 43 जब कुनै अशुद्ध आत्माले मानिसलाई छोड्छ, त्यो पानी नभएको ठाउँ हुँदै जान्छ र त्यसले आराम खोज्छ, तर त्यसले त्यो भेट्टाउँदैन । 44 अनि त्यसले भन्छ, ‘म मेरो घरमा फर्कनेछु जहाँबाट म आएँ ।’ फर्किएपछि त्यसले आफ्नो घर सफा गरिएको र मिलाएर राखिएको भेट्टाउँछ । 45 त्यसपछि त्यो गएर आफूभन्दा दुष्ट अरू सात आत्मालाई बटुल्छ अनि तिनीहरू सबै त्यहाँभित्र बस्न आउँछन् । अनि त्यस मानिसको पछिल्लो अवस्था पहिलेको भन्दा अझ खराब हुन्छ । यस दुष्ट पुस्ताको निम्ति ठिक यस्तै हुनेछ ।” 46 जब येशू भिडसँग बोल्दै हुनुहुन्थ्यो, हेर, उहाँकी आमा र उहाँको भाइ उहाँसँग बोल्नको निम्ति बाहिर पर्खिरहे । 47 कसैले उहाँलाई भन्यो, “हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू तपाईंसँग बोल्न बाहिर पर्खिरहनुभएका छन् ।” 48 तर येशूले उत्तर दिनुभयो र त्यसो भन्ने व्यक्तिलाई भन्नुभयो, “मेरी आमा को हुन् ? र मेरा भाइहरू को हुन् ?” 49 अनि उहाँले आफ्नो हात उहाँका चेलाहरूतर्फ पसारेर भन्नुभयो, “हेर, मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन् ! 50 किनकि जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छाअनुसार गर्दछ, त्यो मानिस नै मेरो भाइ, मेरी बहिनी र मेरी आमा हुन् ।”
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । १२:१८-२१ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
परमेश्वरका मानिसहरूले विश्रामको दिनको पालन कसरी गर्नुपर्छ भन्ने बारेमा यस अध्यायले धेरै कुरा भनेको छ । येशूले भन्नुभयो कि फरिसीहरूले बनाएका नियमहरूले मानिसहरूलाई विश्राम दिनको पालना गर्न सहायता गरेन जुन तरिकाले तिनीहरूले पालना गरेको परमेश्वरले चाहनुभएको थियो ।
मानिसहरूले यो पाप गर्दा तिनीहरूले के-के कार्यहरू गर्दछन् वा के-के वचनहरू बोल्दछन् भनी कसैलाई थाहा छैन । तापनि तिनीहरूले पवित्र आत्मा र उहाँको कामलाई अपमान गर्दछन् । मानिसहरू पापीहरू हुन् र तिनीहरूले क्षमा पाउनका लागि तिनीहरूले परमेश्वरमा पुकारा गर्नुपर्दछ भनेर मानिसहरूलाई बुझाउनु पवित्र आत्माको कामको एक हिस्सा हो । यसकारण, शायद पाप गर्न छोड्नलाई कोसिस नगर्ने कुनै पनि व्यक्तिले पवित्र आत्माको निन्दा गरिरहेको हुन्छ । अनि )
धेरैजसो मानिसहरूले एउटै आमाबुबा भएका मानिसहरूलाई “दाजुभाइ” तथा “दिदीबहिनी” भन्दछन्, र तिनीहरूका जीवनमा ती मानिस नै सबैभन्दा बढी महत्त्वपूर्ण हुन् भनी विचार गर्दछन् । धेरैजसो मानिसहरूले एउटै हजुरबुबा र हजुरआमा भएका मानिसहरूलाई पनि “दाजुभाइ” तथा “दिदीबहिनी” भन्दछन् । यस अध्यायमा येशू भन्नुहुन्छ, स्वर्गमा हुनुहुने उहाँको पिताको आज्ञा पालन गर्ने मानिसहरू नै उहाँको लागि सबैभन्दा बढी महत्त्वपूर्ण मानिसहरू हुन् ।
यहाँ कथाको नयाँ भाग सुरु हुन्छ, जहाँ येशूको सेवाकार्यको बारेमा मानिसहरूबाट विरोध बढेर गएको कुरा लेखकले भनेका छन् । यहाँ, विश्रामको दिनमा दाना टिपेकामा फरिसीहरूले उहाँका चेलाहरूको आलोचना गर्छन् ।
यसले कथाको नयाँ भाग सुरु भएको सङ्केत गर्दछ । वैकल्पिक अनुवादः “अलि पछि”
अन्नबाली रोप्ने ठाउँ । यदि गहुँको बारेमा ज्ञात छैन भने र “अन्नबाली” चाहिँ केही ज्यादै नै मूलभूत हुन जान्छ भने, त्यस्तो अवस्थामा तपाईंले “ती बिरुवाका खेतहरू जसबाट तिनीहरूले रोटी बनाउँछन्” भन्ने वाक्यांशलाई प्रयोग गर्न सक्नुहुन्छ ।
अरूहरूका खेतहरूमा भएका अन्नका दानाहरू टिप्नु र खानुलाई चोरी मानिँदैनथ्यो । अरू समयहरूमा नियमसङ्गत नै भएपनि कुनै व्यक्तिले सो काम विश्रामको दिनमा गर्न हुन्थ्यो वा हुँदैनथ्यो भन्ने चाहिँ प्रश्न हो ।
“केही गहुँ टिपे र त्यो खाए” वा “केही अन्न टिपे र त्यो खाए”
यो गहुँको बिरुवाको सबैभन्दा टुप्पोको भाग हो । यसमा बिरुवाको पाकेको अन्न वा बिउ हुन्छ ।
अरूहरूका खेतहरूमा भएका अन्नका दानाहरू टिप्नु र खानुलाई चोरी मानिँदैनथ्यो । अरू समयहरूमा नियमसङ्गत नै भएपनि कुनै व्यक्तिले सो काम विश्रामको दिनमा गर्न हुन्थ्यो वा हुँदैनथ्यो भन्ने चाहिँ प्रश्न हो ।
यसले फरिसी सबैलाई जनाउँदैन । वैकल्पिक अनुवादः “केही फरिसीहरू”
“हेर्नुहोस्, तपाईंका चेलाहरू ।” चेलाहरूले जे गरिरहेका थिए, त्यसमा ध्यान खिच्नका लागि फरिसीहरूले यो शब्द प्रयोग गरे ।
फरिसीहरूका आलोचनालाई येशूले जवाफ दिनुहुन्छ ।
“फरिसीहरूलाई”
फरिसीहरूका आलोचनाको जवाफ दिन येशूले एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । तिनीहरूले पढेका धर्मशास्त्रको अर्थलाई विचार गर्न येशूले तिनीहरूलाई चुनौति दिनुहुन्छ । वैकल्पिक अनुवादः “मलाई थाहा छ, यो कुराको बारेमा तिमीहरूले पढेका छौ ... उनीसँग भएका”
दाउदको समयमा मन्दिर निर्माण भएकै थिएन । वैकल्पिक अनुवादः “पवित्र वासस्थान” वा “परमेश्वरको आराधना गर्ने ठाउँ”
पवित्र वासस्थानमा पूजाहारीले परमेश्वरको उपस्थितिमा राखेको पवित्र रोटी । वैकल्पिक अनुवादः “पूजाहारीले परमेश्वरको सामुमा राख्ने रोटी” वा “पवित्र रोटी”
“ती मानिसहरू जो दाऊदसँगै थिए”
“तर, व्यवस्थाअनुसार, केवल पूजाहारीले मात्र त्यो खान सक्थे”
येशूले फरिसीहरूलाई निरन्तर जावाफ दिनुहुन्छ ।
फरिसीहरूका आलोचनाको जवाफ दिन येशूले एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । तिनीहरूले पढेका धर्मशास्त्रको अर्थलाई विचार गर्न येशूले तिनीहरूलाई चुनौति दिनुहुन्छ । वैकल्पिक अनुवादः “पक्कै पनि तिमीहरूले व्यवस्थामा पढेका छौ कि ... तर निर्दोष रहन्छन् ।” वा “तिमीहरूलाई थाहा हुनुपर्छ कि व्यवस्थाले सिकाउँछ कि ... तर निर्दोष रहन्छन् ।”
“तिनीहरूले अरू दिनहरूमा गर्ने कुराहरू विश्रामको दिनमा गर्नु”
“परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुनेछैन” वा “परमेश्वरले तिनीहरूलाई दोषी ठान्नुहुन्न”
यसले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
“कोही एकजना जो मन्दिरभन्दा बढी महत्त्वपूर्ण छन् ।” येशूले आफैँलाई बढी महान् व्यक्तिको रूपमा जनाउँदै हुनुहुन्थ्यो ।
पद ७ मा, फरिसीहरूलाई हप्काउनका लागि येशूले होसे अगमवक्ताबाट उदधृत गर्नुहुन्छ ।
येशूले फरिसीहरूलाई निरन्तर जावाफ दिनुहुन्छ ।
यहाँ येशूले धर्मशास्त्रबाट उदधृत गर्नुहुन्छ । वैकल्पिक अनुवादः “होशे अगमवक्ताले धेरै पहिले यो कुरा लेखेः ‘म कृपा चाहन्छु र बलिदान होइन ।’ यसको अर्थ के हो भनी तिमीहरूले बुझेका भए, तिमीहरूले निर्दोष मानिसलाई दोष लगाउने थिएनौ”
मोशाको व्यवस्थामा, परमेश्वरले इस्राएलीहरूलाई बलिदान चढाउने आज्ञा दिनुभयो । यसको अर्थ परमेश्वरले बलिदानलाई भन्दा कृपालाई धेरै महत्त्व दिनुहुन्छ ।
“म” सर्वनामले परमेश्वरलाई जनाउँछ ।
यसलाई विशेषणको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जो दोषी छैनन्”
येशूले आफैँलाई जनाउँदै हुनुहुन्छ ।
“विश्राम दिनमाथि प्रभुत्व गर्नुहुन्छ” वा “मानिसहरूले विश्राम दिनको दिनमा के-के गर्न सक्छन् भनी नियमहरू बनाउनुहुन्छ”
यहाँ परिवेश त्यसभन्दा पछिको समयमा सर्छ जुन समयमा येशूले एकजना मानिसलाई विश्रामको दिनमा निको पार्नुभएकोमा उहाँको आलोचना गर्छन् ।
“येशू अन्नबालीका खेतहरूबाट हिँड्नुभयो” वा “त्यसपछि येशू जानुभयो”
सम्भावित अर्थहरू हुन् १) “तिनीहरूको” शब्दले त्यस सहरका यहूदीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सभाघर” वा २) “तिनीहरूको” शब्दले येशूले भर्खरै कुरा गर्नुभएको यहूदीहरूलाई जनाउँछ, र यो नै त्यो सभाघर थियो जहाँ तिनीहरू र त्यस सहरका अन्य यहूदीहरू भेला हुन्थे । “तिनीहरूको” शब्दको अर्थ सभाघर फरिसीहरूको नै हो भन्ने चाहिँ होइन । वैकल्पिक अनुवादः “तिनीहरू जाने सभाघर”
“हेर” शब्दले कथामा आएका एउटा नयाँ व्यक्तिप्रति हामीलाई सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ ।
“एक जना मानिस जसको हात पक्षाघात भएको थियो” वा “लङ्गडा हात भएको एक जना मानिस”
“फरिसीहरूले येशूलाई पाप गरेको दोष लगाउन चाहान्थे, यसैले तिनीहरूले उहाँलाई सोधे, ‘के विश्राम दिनमा निको पार्नु विधिवत् कुरा हो ?’”
“मोशाको व्यवस्थाअनुसार, के एक व्यक्तिले अर्को व्यक्तिलाई विश्राम दिनमा निको पार्न सक्दछ”
फरिसीहरूले येशूलाई मानिसहरूका सामु दोष लगाउने इच्छा मात्र गरेनन् । तिनीहरूले येशूलाई मोशाको व्यवस्थासँग बाझिने किसिमको जवाफ पनि दिन खोजे, र यसरी तिनीहरूले उहाँलाई न्यायाधीशका सामु लैजान र उहाँलाई व्यवस्था भङ्ग गरेको भनेर विधिवत् रूपले आरोप लगाउन सक्दथे ।
येशूले फरिसीहरूको आलोचनालाई जावाफ दिनुहुन्छ ।
फरिसीहरूलाई जवाफ दिन येशूले एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । विश्राम दिनमा तिनीहरूले के-के काम गर्न सक्दछन् भनी विचार गर्न येशूले तिनीहरूलाई चुनौति दिनुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूमध्ये हरेकले, यदि तिमीहरूको एउटा भेडा ... त्यस भेडालाई पक्रने थियौ र त्यसलाई बाहिर तान्ने थियौ ।”
“कति बढी” भन्ने वाक्यांशले भनाइमा जोड दिन्छ । वैकल्पिक अनुवादः “स्पष्ट रूपमा, एक जना मानिस एउटा भेडाभन्दा बढी मूल्यवान् हुन्छ !” वा “एक जना मानिस एउटा भेडाभन्दा कति बढी मूल्यवान् हुन्छ सो विचार गर”
“विश्रामको दिनमा असल गर्नेहरूले व्यवस्थाको पालना गरिरहेका छन्”
यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसपछि येशूले त्यो मानिसलाई उसको हात पसार्ने आदेश दिनुभयो”
“पक्षाघाती हात भएको मानिसलाई” वा “अपाङ्ग हात भएको मानिसलाई”
“तिम्रो हात बाहिर निकाल” वा “तिम्रो हात फैलाऊ”
“त्यस मानिसले ... पसार्यो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो फेरि सद्दे भयो” वा “त्यो पुनः असल भयो”
“येशूलाई हानि गर्ने योजना बनाए”
“तिनीहरूले येशूलाई कसरी मार्न सक्छन् भनेर छलफल गरिरहेका थिए”
येशूका कार्यहरूले यशैयाका अगमवाणीहरूमध्ये एउटालाई कसरी पूरा गर्यो भनेर यस विवरणले व्याख्या गर्छ ।
“फरिसीहरूले के योजना गरिरहेका थिए भनेर येशू जानकार हुनुभयो, त्यसैले उहाँ”
“ ... बाट बिदा हुनुभयो” वा “जानुभयो”
“उहाँको बारेमा अरू कसैलाई पनि नभन्न भनी”
“ताकि ... सो सत्य हुन आओस्” भन्ने वाक्यांशलाई एउटा नयाँ वाक्यको सुरुवातको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो चाहिँ ... पूरा हुनलाई थियो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे परमेश्वरले यशैया अगमवक्ताद्वारा लामो समय अघि भन्नुभयो”
येशूको सेवाकार्यले धर्मशास्त्र पूरा गर्यो भनी दर्शाउनका लागि यहाँ मत्तीले यशैया अगमवक्ताबाट उद्धृत गर्नुभयो ।
“हेर” वा “सुन” वा “मैले तिमीहरूलाई बताउन लागेको कुरामा ध्यान देऊ”
यी शब्दहरूका सबै प्रयोगहरूले परमेश्वरलाई जनाउँछन् । परमेश्वरले आफूलाई भन्नुभएको कुरालाई यशैयाले उद्धरण गर्दै छन् ।
“तिनी मेरो प्रिय हुन्, म तिनीसँग धेरै प्रसन्न छु”
यहाँ “प्राण” शब्दले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “जससँग म धेरै खुशी छु”
यसको अर्थ हुन्छ कि परमेश्वरको सेवकले अन्यजातिहरूलाई न्याय हुनेछ भनेर भन्नेछन् । यसलाई प्रस्ट गरेर भन्न सकिन्छ कि परमेश्वर नै हुनुहुन्छ जसले न्याय ल्याउनुहुनेछ, र भाववाचक नामपद शब्द “न्याय”लाई “जे ठीक छ” भनेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनले जातिहरूलाई घोषणा गर्नेछन् कि परमेश्वरले तिनीहरूको लागि जे ठीक छ सो गर्नुहुनेछ”
मत्तीले अगमवक्ता यशैयाबाट निरन्तर उद्धृत गर्दछन् ।
यहाँ मानिसहरूले तिनको स्वर नसुन्ने कुराले तिनले ठूलो स्वर गरी नबोल्ने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिनले ठूलो स्वरले बोल्नुहुनेछैन”
यी शब्दहरूका सबै प्रयोगहरूले परमेश्वरको चुनिएको सेवकालाई जनाउँछन् ।
यो लक्षाणको रूपमा प्रयोग शब्द हो जसको अर्थ “सार्वजनिक रूपमा” भन्ने हुन्छ । वैकल्पिक अनुवादः “सहरहरू र गाउँहरूमा”
“तिनी” शब्दका सबै प्रयोगहरूले परमेश्वरको चुनिएको सेवकालाई जनाउँछन् ।
यी दुवै वाक्यका अर्थ एउटै हुन्छ । परमेश्वरले चुन्नुभएको सेवक नम्र र दयालु हुन्छन् भनी जोड दिनका लागि ती अलङ्कारहरू हुन् । “फुटेको निगालो” र “धिपधिप बलिरहेको सलेदो” दुवैले कमजोर र चोट पुग्न सक्ने मानिसलाई जनाउँछन् । यदि यो अलङ्कारले अलमलमा पार्दछ भने, तपाईंले यसलाई शाब्दिक अर्थ दिने गरी अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः“कमजोर मानिसहरूप्रति तिनी दयालु हुनेछन्, र चोट पुग्न सक्नेहरूप्रति तिनी नम्र हुनेछन्”
“बिगार भएको बिरुवा”
“तिनले धिपधिप भइरहेको सलेदोको आगोलाई मार्नेछैनन्” वा “तिनले धिपधिप भइरहेको कुनै पनि सलेदोलाई बल्नबाट रोक्नेछैनन्”
यसले बत्ती निभेर धुवाँ आउनै लागेको कमजोर दियोलाई जनाउँछ, र यो धुवाउने अवस्था हो ।
यसलाई नयाँ वाक्यमा यसरी अनुवाद गर्न सकिन्छः “सलेदो । सम्म उहाँले यो काम गर्नुहुनेछ”
कसैलाई विजयमा पुर्याउने कुराले उसलाई विजयी तुल्याउने कुरालाई प्रतिनिधित्व गर्छ । न्यालाई विजयी तुल्याउने कुराले अनुचित कुराहरूलाई ठीक बनाउने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिनले सबैकुराहरूलाई ठीक बनाउँछन्”
यहाँ “नाउँ” शब्दले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनमा”
यहाँ दृश्य घटना पछिको समयमा पुग्दछ, जति बेला येशूले शैतानको शक्तिले मानिसलाई निको पारेको भनी फरिसीहरूले उहाँलाई दोष लगाउँछन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अनि भूतात्माले नियन्त्रण गरेको हुनाले अन्धो भएको र बोल्न नसक्ने व्यक्तिलाई कसैले येशूकहाँ लिएर आयो”
“कोही व्यक्ति जसले देख्न सक्दैनथ्यो र बोल्न सक्दैनथ्यो”
“त्यस मानिसलाई येशूले निको पार्नुभएको देख्ने सबै मानिसहरू ज्यादै अचम्मित भएका थिए”
यो ख्रीष्ट वा मसिहको नाउँ हो ।
यहाँ यसको अर्थ “ ... को सन्तान” हुन्छ ।
पद २५ मा, येशूले शैतानको शक्तिले त्यो मानिसलाई निको पारेको भन्ने फरिसीहरूले दोष लगाएको कुरामा उहाँले जवाफ दिन सुरु गर्नुहुन्छ ।
यसले अन्धो, बहिरो, र भूतात्मा लागेको मानिसलाई निको पारेको आश्चर्यकर्मलाई जनाउँछ ।
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । “यस मानिसले आफू बालजिबुलको सेवक भएकोले मात्र भूतहरू निकाल्न सक्दछ”
तिनीहरूले येशूलाई इन्कार गर्दछन् भनेर देखाउन फरिसीहरूले येशूलाई उहाँको नामद्वारा सम्बोधन गर्दैनन् ।
“भूतात्माहरूको प्रमुख”
फरिसीहरूलाई जावफ दिन येशूले उखानको प्रयोग गर्नुहुन्छ । यी दुवै वाक्यका अर्थ एउटै हो । यी वाक्यले जोड दिन्छन् कि बालजिबुलले अरू भूतात्माहरूसित युद्ध गर्नका लागि आफ्नो शक्ति खर्च गर्ने भन्ने कुराको कुनै अर्थ हुँदैन ।
यहाँ “राज्य” शब्दले राज्यमा बसोबास गर्ने मानिसहरूलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब राज्यका मानिसहरू एकआपसमा झगडा गर्दछन्, तब त्यो राज्य टिक्ने छैन”
यहाँ “सहर” शब्दले त्यसमा बसोबास गर्ने मानिसहरूलाई जनाउँछ, अनि “घर” शब्दले परिवारलाई जनाउँछ । “आफैँमा विभाजित भएको” हुनुले त्यसका मानिसहरू एक आपसमा लडिरहेका कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “जब मानिसहरू एक आपसमा झगडा गर्दछन्, तब त्यस कुराले सहर वा परिवारलाई नष्ट पार्दछ”
शैतानको शक्तिद्वारा येशूले त्यो मानिसलाई निको पार्नुभयो भनेर फरिसीहरूले भनेका कुरालाई येशूले निरन्तर जवाफ दिनुहुन्छ ।
शैतानको दोस्रो प्रयोगले शैतानको सेवा गर्ने भूतात्माहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यदि शैतानले त्यसको आफ्नै भूतात्माहरूको विरुद्धमा काम गर्छ भने”
फरिसीहरूले भनिरहेका कुरा तार्किक छैन भनेर तिनीहरूलाई देखाउनका लागि येशूले यो प्रश्न चलाउनुहुन्छ । वैकल्पिक अनुवादः “यदि आफैँमा विभाजित भएको भए, त्यसको राज्य खडा हुन सक्दैन !” वा “यदि शैतान आफ्ना भूतात्माहरूको विरुद्धमा लड्ने हो भने, त्यसको राज्य टिक्न सक्दैन !”
यस नामले “शैतान” (पद २६) भन्ने व्यक्तिलाई नै जनाउँछ ।
फरिसीहरूलाई लाई चुनौति दिनका लागि येशूले अर्को प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “त्यसो भए तिमीहरूले भन्नुपर्छ, तिमीहरूलाई पछ्याउनेहरूले पनि बालजिबुलको शक्तिले भूतात्माहरू निकाल्दछन् । तर यो कुरा सत्य होइन भन्ने तिमीहरूलाई थाहा छ ।”
येशूले फरिसीहरूसँग कुरा गर्दै हुनुहुन्थ्यो । “तिमीहरूका छोराहरू” भन्ने वाक्यांशले तिनीहरूका अनुयायीहरू जनाउँछ । गुरु वा अगुवाको पछि लाग्नेहरूलाई जनाउने यो एउटा प्रचलित तरिका थियो । वैकल्पिक अनुवादः “तिमीहरूका अनुयायीहरू”
“तिमीहरूका चेलाहरूले परमेश्वरको शक्तिले भूतात्माहरू निकाल्ने हुनाले, मेरो बारेमा तिमीहरूले भनेका कुरा गलत हुन् भनी तिनीहरूले नै प्रमाणित गर्दछन् ।”
येशूले निरन्तर फरिसीहरूलाई जवाफ दिनुहुन्छ ।
यहाँ “यदि” शब्दले येशूले आफैँले भूतात्मालाई उहाँले भूतात्माहरूलाई कसरी बाहिर निलाल्नुहुन्छ भनेर प्रश्न गरेको अर्थ लाग्दैन । यहाँ साँचो कथनको परिचय गराउन येशूले यहाँ यो शब्द प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तर किनभने म”
“तब परमेश्वरको राज्य तिमीहरूका बीचमा आएको छ ।” यहाँ “राज्य” शब्दले राजाको रूपमा परमेश्वरले गर्नुहुने शासनलाई जनाउँछ । वैकल्पिक अनुवादः “यसको अर्थ तिमीहरूका बीचमा परमेश्वरले आफ्नो शासनको स्थापना गर्नुभएको छ”
यहाँ “तिमीहरू” शब्द बहुवचन हो र इस्राएलका मानिसहरूलाई जनाउँछ ।
फरिसीहरूलाई निरन्तर जवाफ दिनका लागि येशूले एउटा उखानको प्रयोग गर्नुहुन्छ । येशूका कुराको अर्थ, उहाँ शैतानभन्दा बढी बलियो हुनुभएको हुनाले उहाँले भूतात्मालाई बाहिर निकाल्न सक्नुहुन्छ ।
फरिसीहरू र भीडलाई सिकाउनका लागि येशूले प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “बलियो व्यक्तिलाई पहिले नबाँधीकन ... कोही पनि भित्र छिरेर चोर्न सक्दैन ।” वा “यदि कुनै मानिस भित्र छिर्न चाहन्छ भने ... उसले पहिले बलियो मानिसलाई बाँध्नुपर्छ ।”
“बलियो व्यक्तिलाई पहिले नियन्त्रणमा नलिएसम्म”
“त्यसपछि उसले चोर्न सक्छ” वा “त्यसपछि ऊ चोर्न सक्षम हुन्छ”
“जसले मलाई समर्थन गर्दैन” वा “जसले मसँगै काम गर्दैन”
“मेरो विरोध गर्दछ” वा “मेरो विरुद्धमा काम गर्छ”
भेडाका बगाललाई गोठालोकहाँ भेला पार्ने वा तिनलाई गोठालोको साथबाट छरपष्ट पार्ने व्यक्ति जनाउने अलङ्कार येशूले प्रयोग गर्नुहुन्छ । येशूको अर्थ हो कि कुनै व्यक्तिले मानिसहरूलाई येशूका चेलाहरू हुन सहायता पुर्याउँछ, वा मानिसहरूले येशूलाई इन्कार गर्ने उसले तुल्याउँछ ।
येशूले निरन्तर फरिसीहरूलाई जवाफ दिनुहुन्छ ।
यसले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
यहाँ “तिमीहरूलाई” बहुवचन हो । येशू प्रत्यक्ष रूपमा फरिसीहरूसँग बोल्दै हुनुहुन्छ, तर उहाँले भीडलाई सिकाउँदै पनि हुनुहुन्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले गरेका हरेक पाप र तिनीहरूले भनेका हरेक दुष्ट कुराहरू परमेश्वरले क्षमा गर्नुहुनेछ” वा “परमेश्वरले ती हरेक व्यक्तिहरूलाई क्षमा दिनुहुनेछ, जसले पाप गर्दछन् वा दुष्ट कुराहरू भन्दछन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले पवित्र आत्माको बारेमा दुष्ट कुराहरू भन्ने व्यक्तिलाई क्षमा गर्नुहुनेछैन”
यहाँ “वचन” शब्दले कसैले भन्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “जसले मानिसको पुत्रको बारेमा कुनै खराब वचन बोल्छ”
येशूले आफ्नै बारेमा कुरा गरिरहनुभएको छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले एक व्यक्तिलाई त्यसको लागि क्षमा गर्नुहुनेछ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यो व्यक्तिलाई क्षमा गर्नुहुनेछैन”
यहाँ “यो संसार” र “आउने संसार”ले वर्तमान् जीवन र त्यसपछिको जीवनलाई जनाउँछ । वैकल्पिक अनुवादः “यो जीवनमा वा यसपछिको जीवनमा” वा “अहिले वा कहिल्यै पनि”
येशूले निरन्तर फरिसीहरूलाई जवाफ दिनुहुन्छ ।
सम्भावित अर्थहरू हुन् १) “यदि तिमीहरूले रूखलाई असल बनाउछौ भने, त्यसको फल पनि असल हुने छ, र यदि रूखलाई खराब बनायौ भने, त्यसको फल पनि खराब हुने छ” वा २) “यदि तिमीहरूले कुनै रूख असल छ भनी मान्यौ भने, त्यसको फल असल भएको कारणले हो, र यदि तिमीहरूले कुनै रूख खराब छ भनी मान्यौ भने, त्यसको फल खराब भएको कारणले हो ।” यो एउटा उखान थियो । कुनै व्यक्ति असल कि खराब कस्तो भनी मानिसहरूले थाहा पाउन तिनीहरूले यो सत्यताको प्रयोग गर्नुपर्दछ ।
“स्वस्थ ... रोगी”
यहाँ “फल” चाहिँ कुनै व्यक्तिले गर्ने कामको लागि अलङ्कार हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले रूखको फल हेरेर त्यो रूख असल छ वा खराब छ भन्ने कुरा थाहा पाउँदछन्” वा “मानिसहरूले कोही व्यक्तिको कामका प्रतिफलहरू हेरेर त्यो व्यक्ति असल छ वा खराब छ भन्ने कुरा थाहा पाउँदछन्”
यहाँ “सन्तानहरू” ले “को विशेषता भएका,” भन्ने अर्थ लाग्दछ । सर्पहरू विषालु सर्पहरू हुन् जो खतरनाक हुन्छन् र खराबलाई प्रतिनिधित्व गर्छन् । तपाईंले यस्तै वाक्यांशलाई [मत्ती ३:७]
यी बहुवचन हुन् र फरिसीहरूलाई जनाउँछन् ।
फरिसीहरूलाई हप्काउन येशूले एउटा प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू असल कुरा बोल्न सक्दैनौ ।” वा “तिमीहरू खराब कुरा मात्र बोल्न सक्छौ ।”
यहाँ “हृदय”ले व्यक्तिको दिमागमा भएका विचारहरूलाई जनाउँछ । यहाँ “मुख”ले व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “कुनै व्यक्तिले उसको मुखबाट बोल्ने कुराले उसको दिमागमा भएको कुरालाई प्रकट गर्छ”
येशूले “हृदय”लाई एउटा भाँडो भएजस्तो गरी कुरा गर्नुहुन्छ, जसमा मानिसले असल वा खराब कुरा भर्दछ । व्यक्तिले जे भन्दछ, त्यो कुराले ऊ साँच्चै कस्तो किसिमको व्यक्ति हो भनी प्रकट गर्दछ, भन्ने यो अलङ्कारको अर्थ हो । यदि तपाईंले यो बिम्ब राख्न चाहनुहुन्छ भने, यूएसटीलाई हेर्नुहोस् । तपाईंले शब्दिक अर्थमा पनि अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “साँच्चै नै असल मानिसले असलै कुरा बोल्ने छ, र साँच्चै नै खराब मानिसले खराबै कुरा बोल्ने छ”
येशूले शैतानको शक्तिद्वारा मानिसलाई निको पारेको भनेर फरिसीहरूले उहाँलाई दोष लगाएका कुरामा उहाँले जवाफ दिएर सिद्ध्याउनुहुन्छ ।
यसले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
“परमेश्वरले तिनीहरूलाई ... को बारेमा सोध्नुहुनेछ” वा “मानिसहरूले परमेश्वरलाई स्पष्टिकरण दिनुपर्नेछ”
यहाँ “वचन”ले कुनै मानिसले भन्ने केही कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले बोल्ने हरेक हानि गर्ने वचन”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई धर्मी ठहराउनुहुनेछ ... परमेश्वरले तिमीहरूलाई दोषी ठहराउनुहुनेछ”
पद ३९ मा, येशूले शास्त्रीहरू र फरिसीहरूलाई हप्काउन सुरु गर्नुहुन्छ ।
येशूले सैतानको शक्तिद्वारा मानिसलाई निको पारेको भनेर फरिसीहरूले उहाँलाई दोष लगाएका कुरामा उहाँले जवाफ दिएपछि तुरुन्तै यी पदमा उल्लेखित कुराकानी हुन्छन् ।
“हामी इच्छा गर्छौं”
तिनीहरूले किन एउटा चिन्ह हेर्न चाहन्थे भनेर तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तपाईंबाट एउटा चिन्ह हेर्न ... , जसले तपाईंले भन्नुभएका कुरा साँचो हुन भनी प्रमाणित हुन्छ”
येशूले आफ्नो वर्तमान् पुस्तासँग कुरा गर्दै हुनुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू दुष्ट र व्यभिचारी पुस्ता हौ जसले मबाट चिन्ह माग गर्दछ ... तिमीहरूलाई दिइन्छ”
यहाँ “व्यभिचारी” शब्द परमेश्वरमा विश्वासयोग्य नहुने मानिसहरूलाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “अविश्वासी पुस्ता” वा “ईश्वरहीन पुस्ता”
येशूले तिनीहरूलाई कुनै चिन्ह दिनुहुने थिएन किनभने, उहाँले थुप्रै आश्चर्यकर्महरू गर्नुभएको भएतापनि, तिनीहरूले उहाँलाई विश्वास गर्न इन्कार गरे । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म यसलाई चिन्ह दिनेछैन” वा “परमेश्वरले तिमीहरूलाई चिन्ह दिनुहुनेछैन”
“परमेश्वरले योना अगमवक्तालाई दिनुभएको चिन्ह बाहेक”
यहाँ “दिन” र “रात” को अर्थ पूरै २४ घण्टाको अवधि हो । वैकल्पिक अनुवादः “तीन दिन पूरा”
येशू आफ्नो बारेमा कुरा गर्दै हुनुहुन्छ ।
यसको अर्थ भौतिक चिहानभित्र भन्ने हुन्छ ।
येशूले शास्त्रीहरू र फरिसीहरूलाई हप्काउन निरन्तरता दिनुहुन्छ ।
“निनवेका नागरिकहरू”
“इन्साफको दिनमा” वा “जब परमेश्वरले मानिसहरूको इन्साफ गर्नुहुन्छ”
यसले येशूले प्रचार गरिरहनुभएको समयमा बाँचिरहेका मानिसहरूलाई जनाउँछ ।
सम्भावित अर्थहरू हुन् १) यहाँ “दोषी ठहराउनु”ले आरोप लगाउने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “र यस पुस्ताका मानिसहरूलाई आरोप लगाउनेछन्” वा २) परमेश्वरले यस पुस्ताका मानिसहरूलाई दोषी ठहराउनुहुनेछ किनभने तिनीहरूले निनवेका मानिसहरूले झैँ गरेर पश्चात्ताप गरेनन् । वैकल्पिक अनुवादः “र परमेश्वरले यस पुस्तालाई दोषी ठहराउनुहुनेछ”
“र हेर ।” यसले यसपछि येशूले भन्नुहुने कुरामा जोड दिन्छ ।
“बढी महत्त्वपूर्ण कोही”
येशूले आफ्नै बारेमा कुरा गर्दै हुनुहुन्छ ।
येशूको वाक्यमा भएको अस्पष्ट अर्थलाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “योनाभन्दा अझै महान् कोही यहाँ छन्, तापनि तिमीहरूले अझै पनि पश्चाताप गरेका छैनौ, जुन कारणले गर्दा परमेश्वरले तिमीहरूलाई दोषी ठहराउनुहुन्छ”
येशूले शास्त्रीहरू र फरिसीहरूलाई हप्काउन निरन्तरता दिनुहुन्छ ।
यसले शेबाकी रानीलाई जनाउँछ । शेबा इस्राएलबाट दक्षिणमा रहेको देश हो ।
“इन्साफमा खडा हुनेछिन्”
“इन्साफको दिनमा” वा “जब परमेश्वरले मानिसहरूको इन्साफ गर्नुहुन्छ ।” तपाईंले यसलाई मत्ती १२:४१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यसले येशूले प्रचार गरिरहनुभएको समयमा बाँचिरहेका मानिसहरूलाई जनाउँछ ।
यस्तै वाक्यलाई [मत्ती १२:४१]
यहाँ “पृथ्वीका कुना” लक्षणा हो, जसको अर्थ “टाढा” हुन्छ । वैकल्पिक अनुवादः “तिनी धेरै टाढाबाट आइन्”
दक्षिणकी रानीले किन येशूको पुस्तालाई दोषी ठहराउनेछिन् भनेर यो वाक्यले स्पष्ट पार्दछ । वैकल्पिक अनुवादः “किनकि तिनी ... आइन्”
“अनि हेर ।” यसले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
“बढी महत्त्वपूर्ण कोही”
येशूले आफ्नै बारेमा कुरा गर्दै हुनुहुन्छ ।
येशूको वाक्यमा भएको अस्पष्ट अर्थलाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “सोलोमनभन्दा महान् कोही यहाँ छन्, तापनि तिमीहरू वचन सुन्दैनौ । त्यसकारण परमेश्वरले तिमीहरूलाई दोषी ठहराउनुहुने छ”
येशूले शास्त्रीहरू र फरिसीहरूलाई हप्काउन निरन्तरता दिनुहुन्छ । उहाँले एउटा दृष्टान्त बताउन थाल्नुहुन्छ ।
“सुक्खा ठाउँहरू” वा “त्यस्ता ठाउँहरू जहाँ कोही मानिसहरू बस्दैनन्”
यहाँ “त्यो” शब्दले विश्रामलाई जनाउँछ ।
यसलाई उद्धरणको साटोमा एउटा वाक्यजस्तो गरी अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसैले, अशुद्ध आत्माले घरमा फर्किने निर्णय गर्दछ, जसबाट त्यो आएको थियो”
यो अलङ्कार हो, जसले त्यो अशुद्ध आत्माले वास गरिरहेको व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “मैले छाडेको ठाउँमा”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले त्यो घर सफा गरेको र सबै कुरालाई जहाँ हुनुपर्ने त्यहीँ राखिदिएको त्यो अशुद्ध आत्माले भेट्टाउँछ”
फेरि पनि यो अलङ्कार हो, जसले त्यो अशुद्ध आत्माले वास गरिरहेको व्यक्तिलाई जनाउँछ । यहाँ “सफा गरिएको र मिलाएर राखिएको” कुराले त्यो घरमा कोही पनि बसेका छैनन् भन्ने जनाउँछ । येशूले भन्न खोज्नुभएको चाहिं, जब अशुद्ध आत्माले कुनै व्यक्तिलाई छाडेर जान्छ, तब त्यो व्यक्तिले पवित्र आत्मालाई आफूमा वास गर्न निम्त्याउनुपर्दछ, अन्यथा, त्यो भूतात्मा फर्केर आउनेछ ।
येशूले पद ४३ मा “जब कुनै अशुद्ध आत्मा” शब्दहरूबाट सुरु गर्नुएको दृष्टान्तलाई सकाउनुहुन्छ ।
येशूले उहाँलाई विश्वास नगर्नुको खतराको विषयमा मानिसहरूलाई चेतावनी दिनलाई एउटा दृष्टान्त बताउन थाल्नुहुन्छ ।
यसको अर्थ हो, येशूको पुस्ताले उहाँलाई विश्वास गर्दैनन् र उहाँका चेला बन्दैनन् भने तिनीहरूको अवस्था उहाँ आउनुअघिको भन्दा झन् खराब हुनेछ ।
येशूकी आमा र उहाँका भाइहरूको आगमनचाहिँ उहाँको निम्ति उहाँको आत्मिक परिवारलाई व्याख्या गर्ने एउटा मौका बन्दछ ।
“हेर” शब्दले कथामा आएका नयाँ मानिसहरूप्रति हामीलाई सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ ।
यिनी मरियम हुन्, येशूको मानवीय आमा ।
यिनीहरू सम्भवतः मरियमबाट जन्मेका अरू छोराछोरी हुन्, तर यो सम्भव छ कि यहाँ “भाइहरू” शब्दले येशूका नातेदार भाइहरूलाई पनि जनाएको हुन सक्छ ।
“बोल्न चाहिरहेका”
यसलाई अप्रत्यक्ष उद्धरणका रूपमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूका आमा र भाइहरू बाहिर थिए र उहाँसँग कुरा गर्न चाहन्थे भनी कसैले उहाँलाई भन्यो”
यो कथाको त्यस भागको अन्त हो जुन मत्ती १२:१ सुरू भएको थियो, जहाँ मत्तीले येशूको सेवकाइको बढ्दो विरोधको बारेमा बताउँछन् ।
त्यो व्यक्तिले येशूलाई भनेको खबरको कुरा बुझिएका छन् र यहाँ दोहोर्याइएका छैनन् । वैकल्पिक अनुवादः “जसले येशूलाई उहाँकी आमा र भाइहरू उहाँसँग बोल्न चाहन्थे भनेर बतायो”
येशूले मानिसहरूलाई सिकाउनका लागि यी प्रश्नहरूको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “वास्तवमै मेरी आमा र मेरा भाइहरू को हुन् भन्ने कुरा म तिमीहरूलाई भन्नेछु”
“हेर” वा “सुन” वा “मैले तिमीहरूलाई भन्न लागेको कुरामा ध्यान देओ”
येशूका चेलाहरू नै उहाँका आत्मिक परिवारका सदस्यहरू हुन् भनी जनाउने यो एउटा अलङ्कार हो । उहाँको शारीरिक परिवारभन्दा यो झन् धेरै महत्त्वपूर्ण छ ।
“कुनै व्यक्ति जसले ... गर्छ”
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो ।
परमेश्वरको आज्ञा पालन गर्ने मानिसहरू नै येशूका आत्मिक परिवारका सदस्यहरू हुन् भनी जनाउने यो एउटा अलङ्कार हो । उहाँको शारीरिक परिवारभन्दा यो झन् धेरै महत्त्वपूर्ण छ ।
1 त्यस दिन येशू घरबाट बाहिर निस्केर जानुभयो र समुद्रको छेउमा बस्नुभयो । 2 उहाँको वरिपरि एउटा ठुलो भिड जम्मा भयो । त्यसैले, उहाँ एउटा डुङ्गाभित्र जानुभयो र त्यहाँ बस्नुभयो । सबै भिड समुद्रको किनारमा उभियो । 3 तब येशूले दृष्टान्तहरूमा उनीहरूलाई धेरै कुरा भन्नुभयो । उहाँले यसो भन्नुभयो, “हेर, एक जना बिउ छर्ने मान्छे बिउ छर्न निस्क्यो । 4 जसै उनले छरे, केही बिउहरू बाटोको छेउमा परे, अनि चराहरू आएर ती बिउलाई निलिदिए । 5 अरू बिउहरूचाहिँ ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन । ती तुरुन्तै उम्रे, किनकि त्यहाँ माटो गहिरो थिएन । 6 तर जब चर्को घाम लाग्यो, ती डढे किनकि तिनका जरा थिएनन्, अनि ती सुकिहाले । 7 अरू बिउहरू काँडाघारी माझमा परे । ती काँडाका बोटहरू बढेर आए र तिनलाई निसासिदिए । 8 अरू बिउहरू असल माटोमा परे र केहीले सय गुणा, केहीले साठी गुणा र केहीले तिस गुणा अन्न उब्जाए । 9 जोसँग कान छ, उसले सुनोस् ।” 10 चेलाहरू आएर येशूलाई भने, “तपाईं भिडहरूसँग किन दृष्टान्तहरूमा बोल्नुहुन्छ ?” 11 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई स्वर्गको राज्यका रहस्यहरू बुझ्ने मौका दिइएको छ, तर तिनीहरूलाई यो दिइएको छैन । 12 किनकि जोसँग छ, उसलाई अझ धेरै दिइनेछ, अनि ऊसँग प्रशस्त हुनेछ । तर जोसँग छैन, ऊसँग भएको पनि उसबाट लिइनेछ । 13 त्यसैले, तिनीहरूसँग म दृष्टान्तमा बोल्दछु, किनकि तिनीहरूले देखे तापनि तिनीहरूले वास्तवमा देख्दैनन् । अनि तिनीहरूले सुने तापनि वास्तवमा तिनीहरूले सुन्दैनन्, न त तिनीहरूले बुझ्दछन् । 14 तिनीहरूका निम्ति यशैया अगमवक्ताको अगमवाणी पुरा हुन्छ, जसले यसो भन्छन्, ‘सुनिरहेका हुँदा त तिमीहरूले सुन्छौ, तर तिमीहरूले कुनै रीतिले बुझ्दैनौ; हेरिरहेका हुँदा त तिमीहरूले हेर्छौ, तर तिमीहरूले कुनै रीतिले देख्दैनौ । 15 किनकि यी मानिसहरूका हृदय सुस्त भएका छन्, र तिनीहरू सुन्नलाई कठोर भएका छन्, र तिनीहरू फेरि फर्केलान्, र मैले तिनीहरूलाई निको पार्ने थिए भनेर तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन् । यसैले, तिनीहरूले आफ्ना आँखाले देख्दैनन्, वा तिनीहरूले आफ्ना कानले सुन्दैनन्, वा तिनीहरूले आफ्ना हृदयले बुझ्दैनन् ।’ 16 तर धन्यका हुन तिम्रा आँखा, किनकि तिनले देख्छन्; र तिम्रा कान, किनकि तिनले सुन्दछन् । 17 साँच्चै म तिमीहरूलाई भन्दछु, कि तिमीहरूले जे देखेका छौ धेरै अगमवक्ताहरू र धर्मी मानिसहरूले ती हेर्ने इच्छा गरे, र तिनीहरूले ती देखेनन् । तिमीहरूले जे सुनेका छौ तिनीहरूले ती सुन्ने इच्छा गरे, तर तिनीहरूले ती सुनेनन् । 18 तब बिउ छर्नेको दृष्टान्त सुन । 19 जब कसैले राज्यको वचन सुन्छ तर त्यसलाई बुझ्दैन, तब दुष्ट आउँछ र उसको हृदयमा जे छरिएको थियो, त्यो खोसेर लैजान्छ । योचाहिँ त्यो बिउ हो जुन बाटोको छेउमा छरिएको थियो । 20 ढुङ्गेनी माटोमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्छ र तुरुन्तै खुसीसाथ त्यसलाई ग्रहण गर्छ । 21 तर ऊ आफैँमा जरा हुँदैन र केही बेरसम्म मात्र टिकिरहन्छ । तर जब वचनको कारण सतावट वा कष्ट आउँछ, उसले तुरुन्तै ठेस खान्छ । 22 काँडाघारीमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ, तर संसारको वास्ता र धनीहरूको कपटले वचनलाई निसासिदिन्छ, अनि ऊ निष्फल हुन्छ । 23 असल माटोमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ र त्यसलाई बुझ्छ । त्यसले नै साँचो रूपमा फल फलाउँछ र केहीले सय गुणा, केहीले साठी गुणा, र केहीले तिस गुणा फल फलाउँछ ।” 24 येशूले तिनीहरूलाई अर्को दृष्टान्त प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, “स्वर्गको राज्य यस्तो मानिसजस्तो हो जसले आफ्नो जमिनमा असल बिउ छर्यो । 25 तर जब मानिसहरू सुते, उसको शत्रु आयो, र गहुँ बारीमा सामा पनि छारिदिएर गयो । 26 जब बोट देखा पर्यो र तिनीहरूले अन्न फलाउन थाले, तब सामाहरू पनि देखा परे । 27 त्यस जग्गाका मालिकका दासहरू आए र तिनलाई भने, ‘हजूर, के तपाईंको बारीमा असल बिउ मात्र छर्नुभएको थिएन र ? अहिले यिनमा सामाहरू कसरी आए ?’ 28 तिनले उनीहरूलाई भने, ‘यो एउटा शत्रुले गरेको हो ।’ ती दासहरूले तिनलाई भने, ‘के हामी गएर त्यसलाई उखालेको तपाईं चाहनुहुन्छ ?’ 29 त्यस जमिनका मालिकले भने, ‘होइन, जब तिमीहरूले सामाहरूलाई उखेल्छौ, तिमीहरूले तीसँगै गहुँलाई पनि उखेलौला । 30 कटनी गर्ने समयसम्म यी दुवैलाई सँगै हुर्कन देओ । कटनीको समयमा फसल कटनी गर्नेहरूलाई म भन्नेछु, “पहिले सामाहरूलाई उखेल र त्यसलाई जलाउनलाई मुठाहरूमा बाँध, तर गहुँलाई मेरो ढुकुटीमा जम्मा गर’ ।” 31 त्यसपछि येशूले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो । उहाँले भन्नुभयो, “स्वर्गको राज्यचाहिँ रायोको दानाजस्तो हो जुन एउटा मानिसले लियो र आफ्नो बारीमा छर्यो । 32 यो बिउ अरू सबै बिउभन्दा सानो हुन्छ । तर जब यो हुर्कन्छ, यो बगैँचामा भएका सबै बोटभन्दा ठुलो हुन्छ । यो एउटा रुख बन्छ, अनि आकाशका चराहरू आउँछन् र यसका हाँगाहरूमा गुँड बनाउँछन् ।” 33 त्यसपछि येशूले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो, “स्वर्गको राज्यचाहिँ खमिरजस्तो हो जुन एउटी स्त्रीले लिइन् र तिन कचौरा पिठोमा त्यो नफुलेसम्म मिसाइन् ।” 34 येशूले यी सबै कुरा भिडलाई दृष्टान्तहरूमा भन्नुभयो । अनि दृष्टान्तहरूमा बाहेक उहाँले तिनीहरूलाई केही पनि भन्नुभएन । 35 योचाहिँ अगमवक्ताहरूले जे भनेका थिए, ती कुरा सत्य ठहरिऊन् भनेर हुन आयो, जब उहाँले भन्नुभयो, “म मेरो मुख दृष्टान्तहरूमा खोल्नेछु । म यस संसारको सुरुदेखि लुकाइएका कुराहरूलाई प्रकट गर्नेछु ।” 36 तब येशूले भिडलाई छोड्नुभयो र घरभित्र जानुभयो । उहाँका चेलाहरू उहाँकहाँ आएर भने, “खेतका सामाहरूको बारेमा भनिएको दृष्टान्त हामीलाई व्याख्या गरिदिनुहोस् ।” 37 येशूले जवाफ दिनुभयो र भन्नुभयो, “जसले बारीमा असल बिउ छरे उनीचाहिँ मानिसका पुत्र हुन् । 38 बारीचाहिँ संसार हो; अनि असल बिउचाहिँ राज्यका पुत्रहरू हुन् । अनि सामाहरूचाहिँ दुष्टका छोराहरू हुन्, 39 र त्यो शत्रु जसले ती सामाहरू छरे, त्योचाहिँ दुष्ट हो । फसलको कटनी संसारको अन्त हो, र कटनी गर्नेहरूचाहिँ स्वर्गदूतहरू हुन् । 40 त्यसैले, जसरी सामाहरू बटुलिन्छन् र आगोमा जलाइन्छन्, यो संसारको अन्तमा यस्तै हुनेछ । 41 मानिसका पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछन्, र तिनीहरूले उनको राज्यबाट पाप ल्याउने सबै थोक र पाप गर्ने सबै जनालाई बटुल्नेछन् । 42 तिनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ । 43 तब धर्मी मानिसहरू उनीहरूका पिताको राज्यमा सूर्यझैँ चम्कनेछन् । जससँग कान छ, उसले सुनोस् । 44 स्वर्गको राज्यचाहिँ जमिनमा लुकाइएको धनजस्तै हो । एक जना मानिसले त्यो भेट्टायो अनि त्यसलाई लुकायो । उसको आनन्दमा ऊ जान्छ, उसँग भएका सबैथोक बेच्छ, अनि उसले त्यो जमिन किन्छ । 45 फेरि, स्वर्गको राज्य एक जना व्यापारीले मूल्यवान् मोतीहरू खोजेजस्तै हो । 46 जब उसले धेरै मूल्य भएको एउटा मोती भेट्टायो, ऊ गयो र उसँग भएका सबै थोक बेच्यो र त्यो किन्यो । 47 फेरि, स्वर्गको राज्य समुद्रमा फ्याँकिएको जालजस्तो हो, अनि त्यसले सबै खालका प्राणीलाई बटुल्यो । 48 जब त्यो भरियो, जालाहारीहरूले त्यसलाई समुद्रको किनारमा ताने । तब उनीहरू बसे अनि राम्रा कुराहरू भाँडाहरूमा बटुले । तर काम नलाग्ने चिजहरूलाई फ्याँकिदिए । 49 संसारको अन्तमा यस्तै हुनेछ । स्वर्गदूतहरू आउनेछन् र धर्मीहरूका माझबाट दुष्टहरूलाई छुट्ट्याउनेछन् । 50 उनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ । 51 के तिमीहरूले यी सबै कुराहरू बुझेका छौ ?” चेलाहरूले उहाँलाई भने, “बुझेका छौँ ।” 52 तब येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसकारण, स्वर्गको राज्यको चेला बनेको हरेक शास्त्री एउटा मानिसजस्तो हो जो घरको मालिक हो, जसले भण्डारबाट नयाँ र पुराना चिजहरू निकाल्छ ।” 53 येशूले यी दृष्टान्तहरू सक्नुभएपछि उहाँ त्यस ठाउँबाट जानुभयो । 54 तब येशू आफ्नै नगरमा प्रवेश गर्नुभयो अनि मानिसहरूलाई तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो । परिणामचाहिँ यस्तो भयो, कि तिनीहरू आश्चर्य चकित भए र भने, “यी मानिसले उनको ज्ञान र आश्चर्यकर्महरू कहाँबाट पाउँछन् ? 55 के यी मानिस सिकर्मीका छोरा होइनन् र ? के उनकी आमा मरियम होइनन् र ? अनि उनका भाइहरू, याकूब, योसेफ, सिमोन र यहूदा होइनन् र ? 56 अनि उनका सबै बहिनी हाम्रै माझमा छैनन् र ? त्यसैले, यी मानिसले यी सबै कुरा कहाँबाट पाउँछन् त ?” 57 तिनीहरू उहाँबाट अप्रसन्न भए । तर येशूले तिनीहरूलाई भन्नुभयो, “अगमवक्ताको आदर नहुने भनेको उनको आफ्नै परिवार र आफ्नै देशमा मात्र हो ।” 58 र तिनीहरूको अविश्वासको कारण उहाँले त्यहाँ धेरै आश्चर्यकर्महरू गर्नुभएन ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले १३:१४-१५ मा भएको कवितासँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
यो अध्यायले नयाँ खण्डको सुरु गर्दछ । यसमा स्वर्गको राज्यका बारेमा येशूका केही उखान उल्लेख छन् ।
जब येशूका श्रोताहरूले स्वर्गमा बस्नुहुने परमेश्वरको बारेमा विचार गरुन् भन्ने उहाँको इच्छा हुन्छ, तब उहाँले प्रायः “स्वर्ग” शब्द बोल्नुहुन्छ (मत्ती १३:११) ।
आफ्ना श्रोताहरूले पहिले नै बुझेका कुरा वक्ताहरूले प्रायः भन्ने गर्दैनन् । येशू “समुद्रको छेउमा बस्नुभयो” भनेर मत्तीले जब लेखे
स्पर्श गर्न नसकिने कुराहरू जनाउनका लागि वक्ताहरूले प्रायः स्पर्श गर्न सकिने कुराहरू जनाउने शब्दहरूका प्रयोग गर्दछन् । शैतानले कसरी मानिसहरूलाई येशूको वचन बुझ्नबाट मानिसहरूलाई वञ्चित गरायो भनी वर्णन गर्न येशूले चराले बिउ खाएको कुरा गर्नुभयो (मत्ती १३:१९) ।
घटना कसले गराएको थियो भन्ने जानकारी नदिएर नै कुनै व्यक्तिको जीवनमा कुनै घटना घटेको थियो भनी यस अध्यायका धेरै वाक्यले भन्दछन् । उदाहरणका लागि “ती डढे”
दृष्टान्तहरू येशूले भन्नुभएका छोटा कथाहरू हुन्, ताकि उहाँले सिकाउन खोज्नुभएको पाठ मानिसहरूले सजिलै बुझ्न सके । जसले उहाँमाथि विश्वास गर्न चाहेनन्, तिनीहरूले सत्यता बुझ्न नसकुन् भन्ने उद्देश्यले समेत उहाँले कथाहरू भन्नुभयो (मत्ती १३:११-१३) ।
यो कथाको नयाँ भागको सुरुवात हो जहाँ येशूले भीडहरूलाई दृष्टान्तहरूको प्रयोग गर्दै स्वर्गको राज्यको बारेमा सिकाउन थाल्नुहुन्छ ।
अगिल्लो अध्यायमा झैँ यी घटनाहरू एकै दिनमा भएका थिए ।
येशू कसको घरमा बसिरहनुभएको थियो भन्ने कुरा यहाँ उल्लेख गरिएको छैन ।
यसको अर्थ उहाँ मानिसहरूलाई सिकाउनका लागि बस्नुभयो ।
येशू एउटा डुङ्गामा चड्नुभयो किनभने त्यसले मानिसहरूलाई सकाउन सजिलो हुन्थ्यो भन्ने अर्थ हुन्छ ।
सम्भवतः यो एउटा काठको खुल्ला डुङ्गा थियो, जसमा पतवार पनि थियो ।
बिउ छर्ने मानिसको बारेमा एउटा दृष्टान्त भनेर येशूले स्वर्गको राज्यको बारेमा वर्णन गर्नुहुन्छ ।
“येशूले तिनीहरूलाई दृष्टान्तहरूमा धेरै कुराहरू भन्नुभयो”
“भीडमा भएका मानिसहरूलाई”
“हेर” वा “सुन ।” यो शब्दले यसपछि के भन्ने हो, त्यसका लागि सचेत गराउँछ । वैकल्पिक अनुवादः “म जे भन्न गइरहेको छु, त्यसमा ध्यान देओ”
“एउटा किसान केही बिउहरू छर्नलाई खेतमा गयो”
“जसै किसानले बिउ छरे”
यो खेतको छेउमा भएको “बाटो” हो । मानिसहरू त्यस जमिनमा हिँड्ने हुनाले त्यो जमिन ज्यादै कडा भएको हुन सक्छ ।
“सबै बिउलाई खाइदिए”
यो ढुङ्गाहरूले भरिएको जमिन हो जसमा ढुढुङ्गाहरूमाथि माटोको पातलो सतह मात्रै हुँदछ ।
“ती बिउहरू चाँडै उम्रे र बढे”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सूर्यको प्रकाशले ती बिरुवाहरू डढे र तिनीहरू धेरै तातो भए”
“ती बिरुवाहरू सुके र मरे”
येशूले बीउ छर्ने एक व्यक्तिको बारेमा उखान भन्न समाप्त गर्नुभयो ।
“ती ठाउँहरूमा खसे जहाँ काँडे बिरुवाहरू पनि उम्रन्थे”
“नयाँ उम्रिएका बिरुवाहरूलाई निसासिदिए ।” झारहरूले अरू बिरुवाहरूलाई राम्ररी हुर्कनबाट कसरी रोक्छन् भन्ने कुरालाई बुझाउने सामान्य शब्दको प्रयोग गर्नुहोस् ।
“धेरै बिउहरू फलाए” वा “फल दिए”
“बिउहरू”, “फलाए” र “अन्न” शब्दहरूलाई अघिल्लो वाक्यांशबाट बुझिएको छ । यिनलाई प्रस्ट हुने गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “केही बिउहरूले एक सय गुणा बढी अन्न फलाए, केही बिउहरूले साठी गुणा बढी अन्न फलाए, केही बिउहरूले तीस गुणा बढी अन्न फलाए”
“१०० ... ६० ... ३०”
येशूले जोड दिइरहनुभएको छ कि जे उहाँले भर्खर भन्नुभयो सो महत्त्वपूर्ण छ र त्यसलाई बुझ्न र अभ्यासमा ल्याउनलाई केही प्रयत्न चाहिन सक्छ । यहाँ “कान छ” भन्ने वाक्यांश चाहिँ बुझ्न र आज्ञापालन गर्नेलाई इच्छुकपनालाई जनाउने प्रतिस्थापन शब्द हो । तपाईंले यसलाई [मत्ती ११:१५]
किनकि येशू यहाँ उहाँका श्रोताहरूसँग सीधै बोलिरहनुभएको छ, तपाईंले यहाँ द्वितीय पुरुषलाई प्रयोग गर्नलाई रोज्न सक्नुहुन्छ । तपाईंले यसलाई [मत्ती ११:१५]
येशूले किन दृष्टान्तहरूमा सिकाउनुहुन्छ भनी उहाँले आफ्ना चेलाहरूलाई स्पष्ट पार्नुहुन्छ ।
यो वाक्यांशलाई कर्तृवाच्यमा र यसले दिन चाहेको अन्तर्निहित सन्देशलाई उल्लेख गर्दै अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई स्वर्गको राज्यका रहस्यहरू बुझ्ने मौका दिनुभएको छ, तर परमेश्वरले यो कुरा यी मानिसहरूलाई दिनुभएको छैन” वा “परमेश्वरले तिमीहरूलाई स्वर्गको राज्यका रहस्यहरू बुझ्नको निम्ति सक्षम बनाउनुभएको छ, तर परमेश्वरले यी मानिसहरूलाई सक्षम बनाउनुभएको छैन”
यहाँ “तिमीहरू” शब्द बहुवचनमा छ र चेलाहरूलाई जनाउँछ ।
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । वैकल्पिक अनुवादः “स्वर्गमा हुनहुने हाम्रा परमेश्वर र उहाँको शासनका बारेमा भएका गुप्त रहस्यहरू”
“जससँग समझदारी छ” वा “जसल मैले सिकाएका कुराहरू ग्रहण गर्छ”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उसलाई अझ बढी समझदारी दिनुहुनेछ”
“जससँग समझदारी छैन” वा “जसल मैले सिकाएका कुराहरू ग्रहण गर्दैन”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उससँग भएको पनि खोस्नुहुनेछ”
१४ पदमा, येशूले भविष्यवक्ता यशैयाको उद्धरण गर्नुभयो जसले यो देखाउँदछ कि येशूको शिक्षा बुझ्न मानिसहरूको असफलता भनेको भविष्यवाणीको पूर्ति हो ।
येशूले आफ्ना चेलाहरूलाई दृष्टान्तहरूमा किन शिक्षा दिनुहुन्छ भनेर बताउन जारी राख्नुभयो ।
“तिनीहरूलाई” र “तिनीहरू” शब्दहरूका सबै प्रयोगहरूले भीडमा भएका मानिसहरूलाई जनाउँछ ।
भीडका मानिसहरूले बुझ्नलाई इन्कार गर्दछन् भनेर येशूले चेलाहरूलाई बताउनको निम्ति उहाँले यी दुईवटा समान्तर भनाइको प्रयोग गर्नुभएको हो ।
सम्भावित अर्थहरू हुन् १) तिनीहरूले येशूले गर्नुहुने कुरालाई देखेकोलाई यसले जनाउँछ । वैकल्पिक अनुवादः “मैले जे गर्दछु, त्यो तिनीहरूले हेरे तापनि” वा २) यसले तिनीहरूका देख्ने क्षमतालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले देखे तापनि”
यहाँ “हेर्ने” कुराले बुझ्नेलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले बुझ्दैनन्”
सम्भावित अर्थहरू हुन् १) येशूले सिकाउनुहुने कुराहरूलाई तिनीहरूले सुनेको कुरालाई यसले जनाउँछ । वैकल्पिक अनुवादः “मैले जे भन्दै छु, सो तिनीहरूले सुने तापनि” वा २) यसले तिनीहरूका सुन्न सक्ने क्षमतालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले सुने तापनि”
यहाँ “सुन्ने” कुराले राम्ररी ध्यान दिएर सुन्नुलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले राम्ररी सुन्दैनन्” वा “तिनीहरूले ध्यान दिंदैनन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले धेरै पहिले यशैया अगमवक्ताद्वारा जे भन्नुभयो, सो तिनीहरूले पूरा गर्दै छन्”
यशैया अगमवक्ताको समयका विश्वास नगर्ने मानिसहरूका विषयमा उनले भनेका भनाइलाई यस खण्डले उल्लेख गर्दछ । येशूले उहाँको कुरा सुनिरहेको भीडका मानिसहरूलाई जनाउनको निम्ति यस भनाइको प्रयोग गर्नुभएको हो । यी भनाइहरू फेरि समानान्तर छन् र मानिसहरूले परमेश्वरको सत्यता बुझ्न अस्वीकार गरे भनेर जोड दिन्छन् ।
“तिमीहरू सुन्छौ, तर तिमीहरूले बुझ्दैनौ ।” मानिसहरूले के सुन्दछन् भन्ने कुरालाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले अगमवक्ताहरूद्वारा के भन्नुहुन्छ भनेर तिमीहरूले सुन्नेछौ, तर तिमीहरूले त्यसको साँचो अर्थलाई बुझ्नेछैनौ”
मानिसहरूले के देख्दछन् भन्ने कुरालाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले अगमवक्ताहरूद्वारा के गर्नुहुन्छ भनेर तिमीहरूले देख्नेछौ, तर तिमीहरूले त्यो बुझ्नेछैनौ”
येशूले यसैया अगमवक्ताबाट उद्धृत गरेर सिद्ध्याउनुहुन्छ ।
इस्राएलका मानिसहरूलाई सिक्न, हेर्न र सुन्न असक्षम बनाउने किसिमका शरीरिक रोगहरू लागेको छ जस्तो गरी परमेश्वरले १३:१५ मा तिनीहरूका बारेमा वर्णन गर्नुहुन्छ । तिनीहरू परमेश्वरकहाँ आउन्, ताकि उहाँले तिनीहरूलाई निको पार्नुहुन्छ भन्ने उहाँको इच्छा हो । यो मानिसहरूका आत्मिक स्थितिलाई छर्लङ्ग पार्ने अलङ्कार हो । यसको अर्थ मानिसहरू हठी भएका छन्, र परमेश्वरको सत्यता ग्रहण गर्न र बुझ्न इन्कार गर्दछन् । यदि तिनीहरूले त्यसो गर्थे भने, तिनीहरूले पश्चाताप गर्थे, अनि परमेश्वरले तिनीहरूलाई क्षमा गर्नुहुन्थ्यो र तिनीहरूलाई उहाँका मानिसहरू हुन स्वागत गर्नुहुन्थ्यो । तपाईंको अनुवादमा अलङ्कार राख्दा अर्थ स्पष्ट हुन्छ भने, त्यो राख्नुहोस् ।
यहाँ “हृदय” ले दिमागलाई जनाउँछ । वैकल्पिक अनुवादः “यी मानिसहरूका दिमागहरू सिक्न ढिला भएका छन्” वा “यी मानिसहरू अब सिक्न सक्दैनन्”
तिनीहरू शारीरिक रूपमा बहिरा छैनन् । यहाँ “सुन्नलाई बहिरा भएका” को अर्थ तिनीहरूले परमेश्वरको सत्यता सुन्न र सिक्न इन्कार गर्दछन् । वैकल्पिक अनुवादः “तिनीहरूले सुन्नलाई आफ्ना कान प्रयोग गर्न इन्कार गर्छन्”
तिनीहरूले शाब्दिक रूपले नै आफ्ना आँखा बन्द गरेका चाहिं होइनन् । यसको अर्थ तिनीहरू बुझ्नलाई इन्कार गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले आफ्ना आँखाले हेर्न इन्कार गरेका छन्”
“त्यसैले तिनीहरूका आफ्ना आँखाले तिनीहरूले देख्न सक्नेछैनन्, तिनीहरूका कानले सुन्न सक्ने छैनन्, तिनीहरूका हृदयले बुझ्न सक्नेछैनन्, र त्यसको परिणामस्वरूप तिनीहरू फेरि फर्कन सक्नेछैनन्”
यहाँ “हृदयहरू” शब्द चाहिँ मानिसहरूका भित्री व्यक्तित्वको लागि प्रतिस्थापन शब्द हो । तपाईंले मानिसहरूका विचारहरू र भावनाहरूको स्रोतको लागि तपाईंको भाषामा भएको शब्दलाई प्रयोग गर्नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरूका दिमागले बुझ्नु”
“मतर्फ फर्केलान्” वा “पश्चात्ताप गर्लान्”
“मलाई निको पार्न लगाउने थिए ।” यसको अर्थ मानिसहरूका पाप क्षमा गरेर र तिनीहरूलाई फेरि पनि आफ्ना मानिसहरूका रूपमा ग्रहण गरेर परमेश्वरले तिनीहरूलाई आत्मिक रूपले निको पार्नुहुने थियो । वैकल्पिक अनुवादः “अनि मैले तिनीहरूलाई स्वीकार गर्न लगाउने थिए”
येशूले किन दृष्टान्तहरूमा सिकाउनुहुन्छ भनी उहाँले आफ्ना चेलाहरूलाई स्पष्ट तुल्याउने कार्य सिद्ध्याउनुहुन्छ ।
यी दुवै वाक्यका अर्थ एउटै हो । येशूले जोड दिंदै हुनुहुन्छ, कि तिनीहरूले परमेश्वरलाई खुसी पारेका छन्, किनभने येशूले जे भन्नुभएको र गर्नुभएको छ, त्यसमा तिनीहरूले विश्वास गरेका छन् ।
यहाँ “आँखा” ले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरू धन्यका छौ किनकि तिमीहरूका आँखा देख्न सक्षम छन्”
यी शब्दहरूका सबै प्रयोगहरू बहुवचनमा छन् र चेलाहरूलाई जनाउँछन् ।
यहाँ “कानहरू”ले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । बुझेका जानकारीलाई तपाईंले स्पष्ट पार्न पनि सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू धन्यका हौ किनकि तिनीहरू सुन्न सक्षम छन्”
“म तिमीहरूलाई साँचो भन्दछु ।” यसपछि येशूले जे भन्नुहुन्छ, त्यसमा यसले जोड दिन्छ ।
यी शब्दहरूका सबै प्रयोगहरू बहुवचनमा छन् र चेलाहरूलाई जनाउँछन् ।
तिनीहरूले जे देखेका छन्, सो कुरालाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “मैले गरेका कामहरू जुन तिमीहरूले देखेका छौ”
तिनीहरूले जे सुनेका छन्, सो कुरालाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “मैले भनेका कुराहरू जुन तिमीहरूले सुनेका छौ”
यहाँ येशूले आफ्ना चेलाहरूलाई बिउ छर्ने मानिसको दृष्टान्तको बारेमा स्पष्ट पार्न सुरु गर्नुहुन्छ, जो मत्ती १३:३ मा सुरु भएको थियो ।
“राजाको रूपमा परमेश्वरको शासनको बारेमा भएको सन्देश”
शैतानले कुनै व्यक्तिलाई बिर्सन लगाउने कुराको विषयमा येशूले यसरी बताउनुहुन्छ कि मानौँ शैतान भुइँमा भएको बिउलाई टिपेर लैजाने चरा हो । वैकल्पिक अनुवादः “दुष्टले त्यसलाई आफूले भर्खरै सुनेको सन्देश बिर्सन लगाउँछ जसरी चराले जमिनबाट बिउ टिपेर लैजान्छ”
यसले शैतानलाई जनाउँछ ।
एउटा यस्तो शब्दको प्रयोग गर्नुहोस्, जसले अधिकार प्राप्त मालिकबाट कुनै कुरालाई खोसेर लैजानु भन्ने अर्थ दिन्छ ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छः वैकल्पिक अनुवादः “परमेश्वरले उसको हृदयमा छर्नुभएको वचन” वा “उसले सुनेको वचन”
यहाँ “हृदय”ले सुन्ने मानिसको दिमागलाई जनाउँछ ।
“बाटोको छेउमा छरिएको बिउ चाहिँ यही हो” वा “बिउ छरिएको बाटोले यो व्यक्तिलाई जनाउँछ”
तपाईंले यसलाई मत्ती १३:४ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
यहाँ येशूले आफ्ना चेलाहरूलाई बिउ छर्ने मानिसको दृष्टान्तको बारेमा निरन्तर स्पष्ट पार्नुहुन्छ ।
वाक्यांश “छरिएको चाहिँ” ले परेका बिउलाई जनाउँछ । वैकल्पिक अनुवादः “ढुङ्गेनी जमिनमा परेको बिउ”
“बीउ छरिएको त्यो चट्टान जमिनले प्रतिनिधित्व गर्दछ” वा “बीउ परेको त्यो चट्टान जमिनले प्रतिनिधित्व गर्दछ”
यो दृष्टान्तमा, बिउले वचनलाई जनाउँछ ।
यसले परमेश्वरको सन्देशलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “सन्देश” वा “परमेश्वरको शिक्षा”
वचनमा विश्वास गर्ने कुरालाई त्यसलाई ग्रहण गर्ने भनिएको छ । वैकल्पिक अनुवादः “आनन्दसाथ त्यसमा विश्वास गर्दछ”
“तापनि उसका जराहरू सतहमा हुन्छन्, र केही बेर मात्र टिकिरहन्छ ।” जुन कुराले मानिसलाई निरन्तर परमेश्वरको सन्देशमा विश्वास गर्ने बनाउँछ, त्यो नै जरा हो । वैकल्पिक अनुवादः “जरा गहिरोमा नजाने बोटबिरुवाजस्तै, ऊ केही बेर मात्र टिकिरहन्छ”
यहाँ “ठेस खान्छ” को अर्थ विश्वास गर्न छोड्दछ । वैकल्पिक अनुवादः “तुरुन्तै त्यसको पतन हुन्छ” वा “तुरुन्तै त्यसले सन्देशलाई विश्वास गर्न छोड्छ”
यहाँ येशूले आफ्ना चेलाहरूलाई बिउ छर्ने मानिसको दृष्टान्तको बारेमा निरन्तर स्पष्ट पार्नुहुन्छ ।
यसले रोपेको वा झरेको बीउलाई जनाउँछ । वैकल्पिक अनुवादः “छरिएको चाहिँ बिउ” वा “झरेको चाहिँ बिउ”
“काँडाका झाङ्हरू भएको जमिन जहाँ बिउ छरिएको थियो””
“यसले त्यो व्यक्तिलाई जनाउँछ”
“सन्देश” वा “परमेश्वरको शिक्षा”
येशू संसारको चिन्ता र धनको छलकपटको बारेमा बताउनुहुन्छ जसले एक व्यक्तिलाई परमेश्वरको वचन पालन गर्नदेखि रोक्दछ जस्तो कि तिनीहरू बिरुवाको वरिपरि घुमफिर गर्न र यसलाई बढ्नबाट रोक्न सक्ने झारपात हो । वैकल्पिक अनुवादः “जसरी घाँसहरूले असल बिरुवाहरूलाई बढ्नबाट रोक्छ, यस संसारको वास्ता र धनीहरूको कपटले त्यस व्यक्तिलाई परमेश्वरको वचन सुन्नबाट रोक्दछ”
“संसारमा भएका कुराहरू जसका बारेमा मानिसहरूले चिन्ता गर्छन्”
“धनसम्पत्ति” कसैलाई छल गर्न सक्ने व्यक्ति हो जस्तो गरी येशूले भन्नुहुन्छ । यसको अर्थ धेरै रुपयाँपैसाले मानिसहरूलाई खुसी तुल्याउँछ भनी तिनीहरू विचार गर्छन्, तर त्यसले खुसी तुल्याउँदैन । वैकल्पिक अनुवादः “पैसाको प्रेम”
यहाँ मानिसलाई ऊ एक किसिसले बोटबिरुवा हो जस्तो गरी भनिएको छ । निष्फल हुने कुराले अनुत्पादक हुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “ऊ उत्पादनहीन हुन्छ” वा “परमेश्वरले जे इच्छा गर्नुहुन्छ, त्यो उसले गर्दैन”
“राम्रो माटो जहाँ बीउ छरियो”
मानिसलाई ऊ एक किसिसले बोटबिरुवा हो जस्तो गरी भनिएको छ । वैकल्पिक अनुवादः “एक स्वस्थ बिरुवा झैँ जसले अन्न फलाउँछ, ऊ उत्पादनशील हुन्छ”
“जति रोपिएको थियो” भन्ने वाक्यांशलाई हरेक सङ्ख्यामा बुझिएको छ । तपाईंले यसलाई [मत्ती १३:८]
बारीमा गहुँ र सामा दुवै सँगसँगै बढ्दै गरेको बारेमा एउटा दृष्टान्त भनेर येशूले स्वर्गको राज्यको बारेमा वर्णन गर्नुहुन्छ ।
यहाँ गरिने अनुवादले मानिसलाई स्वर्गको राज्यसँग सामान जस्तो देखाउनुहुँदैन, तर स्वर्गको राज्य दृष्टान्तमा व्याख्या गरिएको अवस्था जस्तै छ ।
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । वैकल्पिक अनुवादः “जब स्वर्गमा हाम्रा परमेश्वरले आफूलाई राजा देखाउँनुहुन्छ, तब यस्तो हुनेछ”
“खानेकुराका असल बिउहरू” वा “अन्नका असल बिउहरू ।” येशूले गहुँको बारेमा बताइरहनुभएको थियो भनेर सम्भवतः श्रोताहरूले विचार गरे ।
“खेतमा उसको शत्रु आयो”
यी सामाका बिरुवाहरू स-साना हुँदा अन्नका बिरुवाहरूजस्तै देखिन्छन्, तर यसका अन्नहरू विषालु हुन्छन् । वैकल्पिक अनुवादः “खराब बिउ” वा “सामाका बिउहरू”
“जब गहुँका बिउहरू उम्रे” वा “जब बिरुवाहरू बाहिर निस्किए”
“अनाज फलाए” वा “गहुँको अनाज फलाए”
“त्यसपछि मानिसहरूले खेतमा सामाहरू पनि उम्रिएका देखे”
बारीमा गहुँ र सामा दुवै सँगसँगै बढ्दै गरेको बारेमा एउटा दृष्टान्त भन्ने कुरालाई येशूले निरन्तरता दिनुहुन्छ ।
यो त्यही व्यक्ति हो, जसले आफ्नो खेतमा असल बिउ छरेको थियो ।
दासहरूले आश्चर्य मानेको कुरामा जोड दिनका लागि तिनीहरूले प्रश्न प्रयोग गरे । वैकल्पिक अनुवादः “तपार्इंले आफ्नो खेतमा असल बिउ छर्नुभएको थियो !”
शायद जमिनका मालिकले बिउ छर्न आफ्ना दासहरूलाई अह्राएको हुन सक्छ । वैकल्पिक अनुवादः “के हामीले ... छरेका होइनौँ”
“जग्गाका मालिकले आफ्ना नोकरहरूलाई भने”
“हामी” शब्दले नोकरहरूलाई जनाउँछ ।
बारीमा गहुँ र सामा दुवै सँगसँगै बढ्दै गरेको बारेमा एउटा दृष्टान्त भन्ने कुरालाई येशूले समाप्त गर्नुहुन्छ ।
“जमिनका मालिकले आफ्ना नोकरहरूलाई भने”
तपार्इंले यो वाक्यांशलाई अप्रत्यक्ष कथनको रूपमा अनुवाद गर्न सक्नुहुन्छ
ढुकुटीचाहिँ खेतको घर हो जसलाई अन्न भण्डार गर्नको निम्ति प्रयोग गर्न सकिन्छ
धेरै सानो बिउ बढेर धेरै ठूलो रुख हुने बारेमा एउटा दृष्टान्त भनेर येशूले स्वर्गको राज्यको बारेमा वर्णन गर्नुहुन्छ ।
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । तपाईंले यसलाई [मत्ती 13:२4]
एउटा अति नै सानो बिउ, जुन पछि ठूलो बिरुवाको रूपमा बढ्छ
रायोको बिउचाहिँ वास्तविक श्रोताहरूलाई थाहा भएको सबैभन्दा सानो बिउ थियो ।
“तर जब त्यो बिरुवा हुर्कन्छ”
“यो भन्दा विशाल हुन्छ”
रायोको बिउ बढेर करिब २ देखि ४ मिटर अग्लो बोट हुन सक्छ ।
“चराहरू”
खमिरले पिठोमा पार्ने प्रभावका बारेमा एउटा दृष्टान्त भनेर येशूले स्वर्गको राज्यको बारेमा वर्णन गर्नुहुन्छ ।
स्वर्गको राज्य खमिरजस्तो होइन, तर जसरी खमिर फैलिन्छ त्यसरी नै परमेश्वरको राज्य पनि फैलिन्छ ।
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । तपाईंले यसलाई [मत्ती 13:२4]
“ठूलो परिमाणको पिठो” वा यस्तो शब्दले अनुवाद गर्नुहोस् जसलाई तपार्इंको संस्कृतिले पिठोको ठूलो परिमाणलाई जनाउनको निम्ति प्रयोग गर्दछ ।
यहाँ अन्तर्निहित सन्देश यो हो, कि खमिर र तीन कचौरा पिठोलाई मुछेर पकाइन्थ्यो ।
यहाँ येशूले दृष्टान्तहरूमा शिक्षा दिनुहुने कुरा अगमवाणी पूरा भएको थियो भनी दर्शाउन लेखकले भजनसंग्रहबाट उद्धृत गर्दछन् ।
दुवै वाक्यका अर्थ एउटै हुन्छ । येशूले भिडलाई दृष्टान्तहरूमा शिक्षा दिनुभएका कुरालाई जोड दिनका लागि तिनलाई एकसाथ भनिएको हो ।
यसले येशूले सिकाउनुभएको कुरालाई जनाउँछ जुन मत्ती १३:१ मा सुरु भएको थियो ।
“उहाँले तिनीहरूलाई दृष्टान्तहरूमा बाहेक केही पनि सिकाउनुभएन ।” युगल अकरणलाई सकारात्मक तरीकाले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले तिनीहरूलाई जे-जे कुराहरू भन्नुभयो, ती सबै दृष्टान्तहरूमा भन्नुभयो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे कुरा धेरै लामो समयअगि उहाँले अगमवक्ताहरूमध्ये एक जनालाई लेख्नू भनेर भन्नुभएको कुरा सत्य हुन आओस्”
“जब अगमवक्ताले भने”
यो लक्षणाको अर्थ बोल्नु हो । वैकल्पिक अनुवादः “म बोल्नेछु”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती कुराहरू जसलाई परमेश्वरले गुप्त राख्नुभएको छ”
“संसारको सुरुवातदेखि नै” वा “परमेश्वरले संसारलाई सृष्टि गर्नुभएदेखि नै”
यहाँ दृश्य घटना बद्लिएर घरमा पुग्दछ, जहाँ येशू र उहाँका चेलाहरू बस्दै हुनुहुन्थ्यो । गहुँ र सामा दुवै भएको बारीको दृष्टान्तको बारेमा येशूले तिनीहरूलाई अर्थ लगाउन सुरु गर्नुहुन्छ, जुन उहाँले सुरुमा मत्ती १३:२४ मा भन्नुभयो ।
“भित्र जानुभयो” वा “उहाँ जहाँ बसिरहनुभएको थियो, त्यो घरभित्र जानुभयो”
“असल बिउ छर्ने व्यक्ति” वा “असल बिउलाई रोप्ने व्यक्ति”
येशूले उहाँ आफैँलाई जनाइरहनुभएको छ ।
यहाँ “का छोराहरू” को अर्थ कसैको वा कुनै व्यक्ति वा कुनै थोकसँग मिल्दोजुल्दो विशेषता हुने कुरा हो । वैकल्पिक अनुवादः “ती मानिसहरू जो राज्यका हुन्”
यहाँ “राज्य” ले परमेश्वर राजालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरका”
यहाँ “का छोराहरू” को अर्थ कसैको वा कुनै व्यक्ति वा कुनै थोकसँग मिल्दोजुल्दो विशेषता हुने कुरा हो । वैकल्पिक अनुवादः “ती मानिसहरू जो दुष्टका हुन्”
“शत्रु जसले सामाहरू रोपे”
गहुँ र सामा दुवै भएको बारीको दृष्टान्तको बारेमा येशूले चेलाहरूलाई अर्थ लगाएर सिद्ध्याउनुहुन्छ ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसकारण जसरी मानिसहरूले सामाहरूलाई बटुल्छन् र तिनीहरूलाई आगोमा जलाउँछन्”
यहाँ येशूले आफ्नै बारेमा बोलिरहनुभएको छ । वैकल्पिक अनुवादः “म, मानिसका पुत्रले मेरा स्वर्गदूतहरूलाई पठाउनेछु”
“जसले व्यवस्थाहीन कार्यहरू गर्दछन्” वा “दुष्ट मानिसहरू”
यो नरकको आगो जनाउने अलङ्कार हो । यदि शब्द “भट्टी” अपरिचित छ भने “चुल्हो” भन्ने शब्दको प्रयोग गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अग्निमय चुलो”
यहाँ “दाह्रा किटाइ” भनेको एउटा प्रतीकात्मक कार्य हो, जसले चरम निराशा र दुःखभोगलाई जनाउँछ । तपाईंले यसलाई [मत्ती ८:१२]
तपाईंको भाषामा यो उपमा बुझ्न सकिँदैन भने, तपाईंले प्रयोग गर्न सक्नुहुन्छः “सूर्यलाई जस्तै हेर्न सजिलो हुनु ।”
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो ।
येशूले जोड दिइरहनुभएको छ कि जे उहाँले भर्खर भन्नुभयो सो महत्त्वपूर्ण छ र त्यसलाई बुझ्न र अभ्यासमा ल्याउनलाई केही प्रयत्न चाहिन सक्छ । यहाँ “सुन्नलाई कानहरू” भन्ने वाक्यांश चाहिँ बुझ्न र आज्ञापालन गर्नेलाई इच्छुकपनालाई जनाउने प्रतिस्थापन शब्द हो । तपाईंले यस्तै समान वाक्यांशलाई [मत्ती ११:१५]
किनकि येशू यहाँ उहाँका श्रोताहरूसँग सीधै बोलिरहनुभएको छ, तपाईंले यहाँ द्वितीय पुरुषलाई प्रयोग गर्नलाई रोज्न सक्नुहुन्छ । तपाईंले यसलाई [मत्ती ११:१५]
यी दुई दृष्टान्तहरूमा, येशूले स्वर्गको राज्य कस्तो छ भनेर उहाँका चेलाहरूलाई सिकाउनका लागि दुई उपमाहरूको प्रयोग गर्नुहुन्छ ।
कुनै अत्यन्तै मूल्यवान् थोक किन्नका लागि आफ्नो धनसम्पत्ति बेचेका मानिसहरूका दुई दृष्टान्त भनेर येशूले स्वर्गको राज्यको बारेमा वर्णन गर्नुहुन्छ ।
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । तपाईंले यसलाई [मत्ती 13:२4]
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यस्तो धन जुन कसैले जमिनमा लुकाएको थियो”
ज्यादै मूल्यवान् र अनमोल कुरा वा यी कुराहरूको सङ्कलन
“त्यसलाई ढाकियो”
यहाँ अन्तर्निहित सन्देश यो हो, कि त्यहाँ लुकाइएको धनलाई हात पार्नको निम्ति त्यस व्यक्तिले त्यो जमिन किन्दछ ।
अन्तर्निहित जानकारी यो हो कि उसले किन्न सक्ने बहुमूल्य मोतीहरू खोजिरहेका थिए ।
व्यापारी भनेको सर-सामान बेच्ने व्यक्ति वा थोक बिक्रेता हो, जसले प्रायः धेरै टाढाबाट माल सामानहरू ल्याउँदछ
“मोती” भन्नाले चिल्लो, कडा, टल्कने, हल्का सेतो रङ्को समुद्री सिपीभित्र बन्ने ससाना दाना हो, र रत्नझैं महङ्गो हुन्छ, वा मूल्यवान् गहना बनाउन प्रयोग गरिन्छ । वैकल्पिक अनुवादः “असल मोतीहरू” वा “सुन्दर मोतीहरू”
माछा समात्नका लागि एउटा ठूलो जालको प्रयोग गर्ने जालहारीका बारेमा एउटा दृष्टान्त भनेर येशूले स्वर्गको राज्यको बारेमा वर्णन गर्नुहुन्छ ।
राज्य नै चाहिँ जाल जस्तो होइन, तर एउटा जालले सबै प्रकारका माछाहरूलाई पक्रेको झैँ गरी राज्यले पनि सबै प्रकारका मानिसहरूलाई खिँच्छ ।
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । तपाईंले यसलाई [मत्ती 13:२4]
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जालजस्तो हो जसलाई केही मछुवाहरूले समुद्रमा फाले”
“समुद्रमा फालियो”
“सबै प्रकारका माछा समात्यो”
“त्यस जाललाई समुद्रको किनारमा ताने” वा “जाललाई किनारमा तानेर ल्याए”
“राम्रा जति”
“खराब माछा” वा “खान नमिल्ने माछा”
“राखेनन्”
येशूले जालहारीको दृष्टान्तको व्याख्या गर्नुहुन्छ जसले माछा समात्नका लागि एउटा ठूलो जालको प्रयोग गर्दछ ।
“बाहिर आउनेछन्” वा “बाहिर जानेछन्” वा “स्वर्गबाट आउनेछन्”
यी नामिक विशेषणलाई विशेषणकै रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्मी मानिसहरूबाट दुष्ट मानिसहरूलाई”
“स्वर्गदूतहरूले दुष्ट मानिसहरूलाई फालिदिनेछन्”
यो नरकको आगो जनाउने अलङ्कार हो । यदि शब्द “भट्टी” अपरिचित छ भने “चुल्हो” भन्ने शब्दको प्रयोग गर्न सकिन्छ । तपाईंले यसलाई [मत्ती १३:४२]
यहाँ “दाह्रा किटाइ” भनेको एउटा प्रतीकात्मक कार्य हो, जसले चरम निराशा र दुःखभोगलाई जनाउँछ । तपाईंले यसलाई [मत्ती ८:१२]
घरको व्यवस्थापन गर्ने मानिसको बारेमा एउटा दृष्टान्त भनेर येशूले स्वर्गको राज्यको बारेमा वर्णन गर्नुहुन्छ । येशूले दृष्टान्तहरू प्रयोग गरेर भीडलाई स्वर्गको राज्यको बारेमा शिक्षा दिने कथाको यो आखिरी भाग हो ।
यदि आवश्यक भएमा दुवै प्रत्यक्ष उद्धरणहरू अप्रत्यक्ष उद्धरणको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले यी सबै कुरा बुझेका छन् कि छैनन् भनेर येशूले तिनीहरूलाई सोध्नुभयो, र तिनीहरूले बुझेका छन् भनेर उत्तर दिए ।”
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । वैकल्पिक अनुवादः “स्वर्गमा हुनुहुने हाम्रा परमेश्वर, जो राजा हुनुहुन्छ, उहाँको बारेमा भएको सत्यता सिकेको छ” वा “आफैँलाई परमेश्वरको शासनमा सुम्पेको छ”
येशूले अर्को दृष्टान्त भन्नुहुन्छ । मोशा र अगमवक्ताहरूले लेखेका धर्मशास्त्र राम्ररी जानेको र यति बेला येशूको शिक्षा ग्रहण गरेको शास्त्रीलाई उहाँले घरको मालिकसँग तुलना गर्नुहुन्छ, जसले भण्डारबाट नयाँ र पुराना चिजहरू निकाल्छ ।
धन भनेको धेरै मूल्यवान र बहुमूल्य चीज वा चीजहरूको संग्रह हो । यहाँ यो शब्दले मूल्यवान् र अनमोल कुराहरूलाई सुरक्षित राखिने ठाउँ, “ढुकुटी” वा “भण्डार” लाई जनाएको हुन सक्छ ।
यो वाक्यांशले येशूको शिक्षाबाट त्यसपछि हुने घटनामा कथालाई बद्लिदिन्छ । वैकल्पिक अनुवादः “तब” वा “पछिबाट”
यहाँ कथाको नयाँ भाग सुरु हुन्छ, जुन निरन्तर अगि बढ्दछ मत्ती १७:२७, जहाँ स्वर्गको राज्यका बारेमा येशूको सेवाकार्य र शिक्षा निरन्तर विरोध भएको कुरा लेखले गरेका छन् । यहाँ, येशूको गृहनगरका मानिसहरूले उहाँलाई तिरस्कार गर्दछन् ।
“उहाँ हुर्केको सहर ।” यसले नासरत सहरलाई जनाउँछ जहाँ येशू हुर्कनुभयो ।
सर्वनाम “तिनीहरू”ले त्यस क्षेत्रका मानिसहरूलाई जनाउँछ ।
“तिनीहरू अचम्मित भए”
येशू एक साधारण मानिस हुनुहुन्थ्यो भनेर मानिसहरूले विश्वास गरे । मानिसहरूले आफ्नो आश्चर्य व्यक्त गर्न यो प्रश्न प्रयोग गरे, किनभने येशू अति बुद्धिमान् हुनुहुन्थ्यो र आश्चर्यकामहरू गर्न सक्षम हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “यस्तो साधारण मानिस पनि कसरी यति बुद्धिमान् हुन र यस्ता आश्चर्यकर्महरू गर्न सक्दछ ?” वा “यो अनौठो छ कि यिनले यति बुद्धिका साथ बोल्न सक्छन् र यी आश्चर्यकर्महरू गर्न सक्छन् !”
आफूले येशू को हुनुहुन्छ भनी आफूले जानेको र उहाँ साधारण मानिस मात्र हुनुहुन्छ विश्वास रहेको कुरालाई व्यक्त गर्न भीडले यी प्रश्नहरूको प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “यिनी सिकर्मीका छोरा त हुन् । हामी उनकी आमा मरियम, र उनका भाइहरू, याकूब, योसेफ, सिमोन र यहूदा चिन्दछौँ ।”
सिकर्मी भनेको त्यो व्यक्ति हो, जसले काठ वा ढुङ्गाबाट केही कुराहरू बनाउँछ । यदि “सिकर्मी” भन्ने शब्द अपरिचित छ भने, “निर्माण गर्ने व्यक्ति” भनेर लेख्न सकिन्छ ।
आफूले येशू को हुनुहुन्छ भनी आफूले जानेको र उहाँ साधारण मानिस मात्र हुनुहुन्छ विश्वास रहेको कुरालाई व्यक्त गर्न भीडले यी प्रश्नहरूको प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “अनि उनका सबै बहिनीहरू पनि हामीसँगै छन् ।”
येशूले उहाँका क्षमताहरू अन्त कतैबाट पाएको हुनुपर्छ भन्ने तिनीहरूको बुझाइलाई देखाउनका लागि भीडले यो प्रश्नको प्रयोग गर्छ । सम्भवतः उहाँले आफ्ना क्षमताहरू परमेश्वरबाट पाएको कुरामा तिनीहरूलाई लागेको शंकालाई तिनीहरूले व्यक्त गरिरहेका थिए । वैकल्पिक अनुवादः “यिनले यी कुराहरू गर्ने आफ्नो क्षमता अन्त कतैबाट पाएका हुनुपर्छ !” वा “यिनले यी क्षमताहरू कहाँबाट पाए भनी हामी जान्दैनौँ !”
यसले येशूको बुद्धि र आश्चर्यकर्महरू गर्ने क्षमतालाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशू हुर्कनुभएको सहरका मानिसहरू उहाँसँग खुशी भएनन्” वा “मानिसहरूले येशूलाई इन्कार गरे”
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एउटा अगमवक्ताले सबै ठाउँमा आदर पाउँछ” वा “सबैठाउँका मानिसहरूले एउटा अगमवक्तालाई आदर गर्छन्”
“उनको आफ्नै क्षेत्र” वा “उनी हुर्केको सहर”
“उनको आफ्नै घरमा”
“येशूले उहाँको आफ्नै सहरमा धेरै आश्चर्यकर्महरू गर्नुभएन”
1 त्यस समयमा शासक हेरोदले येशूको बारेमा समाचार सुने । 2 उनले आफ्ना नोकरहरूलाई भने, “यिनी बप्तिस्मा-दिने यूहन्ना हुन् जो मरेकाहरूबाट फेरि जीवित भएका छन् । त्यसकारण, यी शक्तिहरूले उनमा काम गरिरहेका छन् ।” 3 किनकि हेरोदले आफ्ना भाइ फिलिपकी पत्नी हेरोदियासको कारण यूहन्नालाई समाती उनलाई बाँधेर झ्यालखानामा हालेका थिए । 4 किनकि यूहन्नाले तिनलाई भनेका थिए, “तिनलाई आफ्नी पत्नीको रूपमा राख्नु तपाईंको निम्ति उचित छैन ।” 5 हेरोदले उनलाई मार्न सक्थे, तर उनी मानिसहरूसँग डराए, किनभने मानिसहरूले यूहन्नालाई अगमवक्ता मान्थे । 6 तर जब हेरोदको जन्म दिन आयो, हेरोदियासकी छोरीले मानिसहरूका माझमा नाचिन् र हेरोदलाई प्रसन्न बनाइन् । 7 त्यसको प्रतिक्रियामा तिनलाई जे मागे पनि दिनेछु भनेर हेरोदले वाचा गर्दै शपथ खाए । 8 आफ्नी आमाले सिकाएपछि तिनले भनिन्, “मलाई यहाँ एउटा थालमा बप्तिस्मा-दिने यूहन्नाको शिर दिनुहोस् ।” 9 राजा तिनको बिन्तीबाट निकै निराश भए, तर उनको आफ्नो शपथको कारण र उनीसँग रात्री भोजमा सामेल भएका सबै मानिसको कारणले गर्दा राजाले यस्तै होस् भनेर आज्ञा दिए । 10 हेरोदले मानिसहरू पठाए र झ्यालखानामा यूहन्नाको शिर काटिदिए । 11 अनि उनको शिर थालमा राखेर ल्याइयो र त्यस ठिटीलाई दिइयो र तिनले त्यो आफ्नी आमाकहाँ लगिन् । 12 अनि उनका चेलाहरू आई उनको शवलाई लगेर गाडे । त्यसपछि तिनीहरू गए, र येशूलाई बताइदिए । 13 जब येशूले यो कुरा सुन्नुभयो, उहाँले त्यस ठाउँलाई छोडेर डुङ्गाबाट एकान्त स्थानमा जानुभयो । जब भिडहरूले यो कुरा सुने, तिनीहरूले उहाँलाई सहरहरूबाट पैदलै पछ्याए । 14 त्यसपछि येशू तिनीहरूको अगाडि आउनुभयो र उहाँले ठुलो भिड देख्नुभयो । उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो र तिनीहरूका बिचमा भएका बिमारीहरूलाई निको पार्नुभयो । 15 जब साँझ पर्यो, चेलाहरू उहाँकहाँ आएर भने, “यो त एउटा उजाड-स्थान हो र दिन बितिसक्यो । भिडलाई बिदा गरिदिनुहोस्, ताकि तिनीहरू गाउँहरूमा जान सकून् र आ-आफ्ना निम्ति खानेकुराहरू किन्न सकून् ।” 16 तर येशूले उनीहरूलाई भन्नुभयो, “यिनीहरूलाई टाढा जान आवश्यक छैन । यिनीहरूलाई तिमीहरूले केही खान देओ ।” 17 उनीहरूले उहाँलाई भने, “हामीसँग यहाँ जम्मा पाँचवटा रोटी र दुईवटा माछा मात्र छन् ।” 18 येशूले भन्नुभयो, “ती मकहाँ ल्याओ ।” 19 अनि येशूले भिडलाई चौरमा बस्नको लागि आदेश दिनुभयो । उहाँले पाँचवटा रोटी र दुईवटा माछा लिनुभयो । माथि स्वर्गमा हेर्दै उहाँले धन्यवाद दिनुभयो र रोटीलाई भाँच्नुभयो अनि चेलाहरूलाई ती दिनुभयो । चेलाहरूले ती भिडहरूलाई दिए । 20 तिनीहरू सबैले खाए र टन्न भए । त्यसपछि उनीहरूले खानाका बाँकी भएका टुक्राहरू बाह्र टोकरीभरि बटुले । 21 त्यहाँ खाएकाहरूमध्ये महिला र बालबालिकाहरूबाहेक झन्डै पाँच हजार मानिस थिए । 22 उहाँले आफ्ना चेलाहरूलाई तुरुन्तै डुङ्गामा चढेर उहाँभन्दा अगि अर्को पट्टि जान लगाउनुभयो, जब कि भिडलाई चाहिँ उहाँ आफैँले बिदा गर्न चाहनुभयो । 23 उहाँले भिडलाई पठाइसक्नुपछि उहाँ आफैँ डाँडामा प्रार्थना गर्न जानुभयो । जब पूर्ण रूपमा साँझ भयो, उहाँ त्यहाँ एकलै हुनुहुथ्यो । 24 तर त्यस बेला डुङ्गा भने समुद्रको बिचमा थियो, बतास विपरीत दिशाबाट आएको कारण छालले त्यो अनियन्त्रित भयो । 25 बिहान तिन बजेतिर येशू समुद्रमा हिँड्दै तिनीहरूका नजिक जानुभयो । 26 जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनुभएको देखे, तिनीहरू भयभीत भए र भने, “यो त भूत हो” र तिनीहरू डरले चिच्च्याउन थाले । 27 तर येशू तिनीहरूसँग बोल्नुभयो र भन्नुभयो, “ढाडस गर ! मै हुँ ! नडराओ ।” 28 पत्रुसले उहाँलाई जवाफ दिए र भने, “प्रभु, तपाईं नै हुनुहुन्छ भने, मलाई पानीमा आउनलाई आदेश दिनुहोस् ।” 29 येशूले भन्नुभयो, “आऊ ।” त्यसैले, पत्रुस डुङ्गाबाट बाहिर आए र येशूकहाँ जान पानीमा हिँडे । 30 तर जब पत्रुसले बतासलाई देखे, उनी डराए । जब उनी डुब्न थाले, उनले चिच्च्याउँदै भने, “प्रभु, मलाई बचाउनुहोस् !” 31 येशूले तुरुन्तै आफ्नो हात फैलाउनुभयो; पत्रुसलाई समात्नुभयो र उनलाई भन्नुभयो, “ए अल्पविश्वासी ! तिमीले किन शङ्का गर्यौ ?” 32 त्यसपछि जब येशू र पत्रुस डुङ्गामा जानुभयो, तब बतास रोकियो । 33 त्यसपछि डुङ्गामा रहेका चेलाहरूले येशूको आराधना गरे र भने, “साँच्चै तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ ।” 34 जब उहाँहरूले समुद्र पार गर्नुभयो, उहाँहरू गनेसरेतको भूमिमा आइपुग्नुभयो । 35 जब त्यस ठाउँका मानिसहरूले येशूलाई चिने, तिनीहरूले वरपरका सबै क्षेत्रमा त्यो समाचार फैलाए र तिनीहरूले बिरामी भएकाहरू सबैलाई उहाँकहाँ ल्याए । 36 तिनीहरूले उहाँको कपडाको एउटा छेउ मात्र छुन पाऊँ भनी उहाँलाई बिन्ती गरे, र जतिले छोए सबै जना निको भए ।
पद १ र २ ले अध्याय १३ को वर्णनलाई निरन्तरता दिन्छ । पद ३-१२ ले उक्त वर्णनलाई रोक्छ र पहिले घटेका घटना, शायद शैतानले येशूको परीक्षा गर्ने बित्तिकै भएको घटना
घटना कसले गराएको थियो भन्ने जानकारी नदिएर नै कुनै व्यक्तिको जीवनमा कुनै घटना घटेको थियो भनी यस अध्यायका धेरै वाक्यले भन्दछन् । उदाहरणका लागि, हेरोदियासकी छोरीकहाँ युहन्नाको टाउकोलाई कसले ल्यायो बन्ने कुरा लेखकले भन्दैनन्
हेरोदले येशूको बारेमा सुनेपछि तिनले केकस्तो प्रतिउत्तर जनाए भनी यी पदले स्पष्ट पार्दछन् । यो घटना चाहिँ यसपछि वर्णन गरिएको घटनापछि भएको थियो ।
“ती दिनहरूमा” वा “जब येशूले गालीलमा सेवा गरिरहनुभएको थियो”
“येशूको बारेमा खबरहरू सुने” वा “येशूको ख्यातिको बारेमा सुने”
“हेरोदले भने”
“मृत्युबाट” भन्ने शब्दहरूले तल्लो संसारमा भएका सबै मृत मानिसहरूको बारेमा एकसाथ बताउँछ । मृतकबाट बौह्रनु भनेको पुनः जीवित भएर आउनु हो ।
यदि कुनै व्यक्ति मृत्युबाट फर्किएको छ भने, उसमा शक्तिशाली कुराहरू गर्ने शक्ति हुन्छ भनी त्यो बेलाका कोही यहूदीले विश्वास गर्दथे ।
येशूको बारेमा सुनेपछि हेरोदले किन त्यस्तो प्रतिक्रिया देखाए भनेर लेखकले बप्तिस्मा दिने यूहन्नाको मृत्युको बयान दिन्छ ।
यहाँ हेरोदले कसरी बप्तिस्मा दिने यूहन्नालाई मृत्युदण्ड दिएका थिए भनेर बताउन लेखकले सुरु गर्छन् । यसअगिका पदहरूमा उल्लेखित घटनाभन्दा यी घटना केही समय पहिले घटेका थिए ।
हेरोदले अन्य व्यक्तिहरूलाई उनको निम्ति यी कार्यहरू गर्न आदेश दिएका थिए । वैकल्पिक अनुवादः “हेरोदले यूहन्नालाई गिरफ्तार गर्न र बाँधेर झ्यालखानामा हाल्नलाई उनका सिपाहीहरूलाई अह्राएका थिए”
फिलिप हेरोदका भाइको नाउँ हो । हेरोदले फिलिपकी पत्नीलाई उनको आफ्नै पत्नी बनाउनको निम्ति लिएका थिए ।
यदि आवश्यक छ भने, तपाईंले यूएसटीमा जस्तै गरी, १४:३-४ का घटनाहरूलाई ती घटेका क्रमअनुसार नै प्रस्तुत गर्न सक्नुहुन्छ ।
यदि आवश्यक हुन्छ बने, यसलाई अप्रत्यक्ष उद्धरणका रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि व्यवस्थाअनुसार तिनलाई आफ्नी पत्नीको रूपमा राख्नु उनको निम्ति न्यायसङ्गत छैन भनेर यूहन्नाले हेरोदलाई भनेका थिए ।”
“किनकि यूहन्नाले हेरोदलाई बारम्बार भनिरहेका थिए”
जब हेरोदले हेरोदियासलाई विवाह गरेका थिए, त्यो समयसम्म फिलिप जीवित नै थिए ।
“हेरोद डराए”
“तिनीहरूले यूहन्नालाई आदर गर्थे”
तपाईंले अस्पष्ट जानकारीलाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “ती पाहुनाहरूका माझमा जो जन्मदिनको उत्सवमा सहभागी हुन त्यहाँ आएका थिए”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनकी आमाले तिनलाई सिकाएपछि”
“निर्देशन दिइन्” वा “भनिन्”
“हेरोदियासकी छोरीले हेरोदलाई भनिन्”
एउटा ठूलो थाल
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनको अनुरोधले राजालाई ज्यादै दुःखित तुल्यायो”
“राजा हेरोद”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनले जे भनिन् सो गर्न उनले आफ्ना मानिसहरूलाई आदेश दिए”
हेरोदले कसरी बप्तिस्मा दिने यूहन्नालाई मारे भन्ने वर्णन यहाँ समाप्त हुन्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले यूहन्नाको शिर थालमा ल्यायो र त्यो ठिटीलाई दियो”
एउटा ठूलो थाल
विवाह नगरेकी युवतीको निम्ति प्रयोग गरिने शब्दलाई यहाँ प्रयोग गर्नुहोस् ।
“यूहन्नाका चेलाहरू”
“मृत शरीर”
यस कथनको पूरा अर्थ स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “बप्तिस्मा दिने यूहन्नाका चेलाहरू येशूकहाँ गएर यूहन्नालाई जे भएको थियो, सो कुरा उहाँलाई बताए”
येशूले पाँच हजार मानिसलाई भोजन गराउनुभएको आश्चर्यकर्मका बारेमा यी पदले पृष्ठभूमिको जानकारी दिन्छन् ।
हेरोदले बप्तिस्मा दिने यूहन्नाको शिर काटे कुरा भन्ने येशूले सुन्नुभएपछि उहाँले कस्तो प्रतिक्रिया जनाउनुभयो भन्ने कुरा यी पदले वर्णन गर्दछन् ।
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको एउटा नयाँ भाग बताउन थाल्छन् ।
“यूहन्नालाई के भएको थियो भन्ने कुरा उहाँले सुन्नुभयो” वा “यूहन्नाको बारेमा उहाँले खबर सुन्नुभयो”
“उहाँले छोड्नुभयो” वा “उहाँ भीडबाट टाढा जानुभयो ।” यो संकेत गरिएको छ कि येशूका चेलाहरू उहाँसँगै गए । वैकल्पिक अनुवादः “येशू र उहाँका चेलाहरू बिदा भए”
“त्यो ठाउँबाट”
“जब भीडका मानिसहरूले उहाँहरू कहाँ जानुभएको थियो भन्ने कुरा सुने” वा “उहाँले त्यो ठाउँ छोड्नुभयो भनेर जब भीडका मानिसहरूले सुने”
“मानिसहरूको भीड” वा “मानिसहरूको ठूलो समूह” वा “मानिसहरू”
यसको अर्थ भीडमा भएका मानिसहरू पैदल हिँड्दै थिए ।
“जब येशू समुद्रको किनारमा आउनुभयो, उहाँले त्यहाँ एउटा ठूलो भीड देख्नुभयो”
पाँचवटा साना रोटी र दुईवटा माछाले येशूले पाँच हजार मानिसलाई भोजन गराउनुभएको वर्णन यहाँ सुरु हुन्छ ।
“येशूका चेलाहरू उहाँकहाँ आए”
“भीडमा भएका मानिसहरूलाई ... आवश्यक छैन”
शब्द “तिमीहरू” बहुवचन हो, जसले येशूका चेलाहरूलाई जनाउँछ ।
“चेलाहरूले येशूलाई भने”
रोटी भन्नाले पिठो मुछेर पातलो गरी बेलेर पकाएको भोजन हो ।
“ती रोटीहरू र माछा मकहाँ ल्याओ”
येशूले पाँच हजार मानिसलाई भोजन गराउनुभएको वर्णन यहाँ समाप्त हुन्छ ।
“ढल्कन ।” तपार्इंको संस्कृतिमा मानिसहरू खाना खाने समयमा प्रायः कस्तो अवस्थितिमा हुन्छन्, त्यही शब्दलाई यहाँ प्रयोग गर्नुहोस् ।
“उहाँका हातहरूमा राख्नुभयो ।” उहाँले ती चोर्नुभएको होइन ।
“रोटीहरू टुक्र्याउनुभयो”
“रोटीका भागहरू” वा “सिङ्गै रोटीहरू”
सम्भावित अर्थहरू हुन् १) “माथि हेर्दै गर्नुहुँदा” वा २) “माथि हेरेपछि ।”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू नअघाएसम्म” वा “तिनीहरू भोकाउन नछोडेसम्म”
“चेलाहरूले बटुले” वा “केही मानिसहरूले बटुले”
“१२ डाला भरि”
“तिनीहरू जसले रोटी र माछा खाए”
“५,००० मानिसहरू”
येशूले पानीमाथि हिँडेर गर्न लाग्नुभएको आश्चर्यकर्मका बारेमा यी पदले पृष्ठभूमिको जानकारी दिन्छन् ।
यसपछिका पदहरूले येशूले पाँच हजार मानिसहरूलाई खुवाउनुभएको बित्तिकै पछिको घटनाहरूलाई वर्णन गर्छन् ।
“येशूले मानिसहरूलाई खुवाउनुभएपछि तुरुन्तै, उहाँले”
“अबेर साँझमा” वा “जब अँध्यारो भयो”
“र ठूला छालहरूका कारणले गर्दा चेलाहरूले डुङ्गालाई नियन्त्रण गर्न सकेनन्”
यहाँ चौथो पहर प्रयोग छ जो बिहान तीन बजेतिरदेखि सूर्योदयसम्म हो । वैकल्पिक अनुवादः “मिरमिरे उज्यालो हुनुभन्दा पहिले”
“पानीमाथि हिँडिरहनुभएको थियो”
“तिनीहरू ज्यादै डराएका थिए”
एउटा व्यक्ति मरेपछि उसको शरीरलाई छोडेको आत्मा
“पत्रुसले येशूलाई जवाफ दिए”
यहाँ “बतासलाई देखे” भन्नुको अर्थ बतास चलेको तिनलाई थाहा भयो भन्ने हो । वैकल्पिक अनुवादः “जब हावाले छालहरूलाई अगिपछि हुत्याइरहेको पत्रसुले देखे” वा “जब तिनले हावाको झोक्का काति शक्तिशाली थियो भनी महसुस गरे”
“तिमीहरू जोसँग यति थोरै विश्वास छ ।” येशूले पत्रसुलाई यस किसिमले सम्बोधन गर्नुभयो किनभने पत्रुस डराए । यसलाई आश्चर्य मानेको कुराको रूपमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीसँग कति थोरै विश्वास छ ! किन”
त्यति बेला पत्रुसले सङ्का गर्न हुँदैनथ्यो भन्नका लागि येशूले एउटा प्रश्नलाई प्रयोग गर्नुभयो । पत्रुसले शङ्का गर्न हुँदैनथ्यो भन्ने कुरालाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीले शङ्का गर्नु हुँदैनथ्यो म तिमीलाई डुब्नबाट रोक्न सक्छु ।”
यो येशूको लागि एक महत्त्वपूर्ण शीर्षक हो जुन परमेश्वरसँग उसको सम्बन्धको वर्णन गर्दछ ।
येशू पानीमाथि हिँड्नुभएपछि के भयो भन्ने कुरालाई यी पदले वर्णन गर्दछन् । येशूको सेवाकार्यप्रति मानिसहरूले केकस्तो किसिमले प्रतिउत्तर जनाउँदै थिए भनी तिनले सारांशमा व्यक्त गर्दछन् ।
“जब येशू र उहाँका चेलाहरूले ताललाई पार गर्नुभएको थियो”
यो गालील समुद्रको किनाराको उत्तर-पश्चिम भागमा रहेको एउटा सानो सहर हो ।
“त्यस क्षेत्रका मानिसहरूले ... खबर पठाए”
“बिरामी मानिसहरूले ... उहाँलाई बिन्ती गरे”
“उहाँको पोशाक” वा “उहाँले जे पहिरनुभएको थियो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ठीक भयो”
1 त्यसपछि केही फरिसीहरू र शास्त्रीहरू यरूशलेमबाट येशूकहाँ आए । तिनीहरूले भने, 2 “किन तपाईंका चेलाहरूले अगुवाहरूको नियमलाई उल्लङ्घन गर्दछन् ? किनकि तिनीहरूले खाना खाँदा आफ्ना हात धुँदैनन् ?” 3 येशूले उत्तर दिनुभयो र उनीहरूलाई भन्नुभयो, “तिमीहरूले चाहिँ किन आफ्ना परम्पराहरूका निम्ति परमेश्वरको आज्ञालाई उल्लङ्घन गर्दछौ ? 4 किनकि परमेश्वरले भन्नुभयो, ‘आफ्नी आमा र आफ्नो बुबालाई आदर गर’ र ‘जसले आफ्नो बुबा वा आमाको बारेमा खराब कुरा बोल्दछ, त्यो निश्चय नै मर्नेछ ।’ 5 तर तिमीहरू भन्छौ, ‘जसले आफ्नो बुबा र आमालाई, “जे जति सहयोग तपाईंले मबाट प्राप्त गर्नुपर्ने थियो, त्यो अब परमेश्वरको निम्ति उपहार हो’ भनेर भन्दछ भने, 6 त्यस व्यक्तिले आफ्नो बुबाको आदर गर्नुपर्दैन । यसरी तिमीहरूले आफ्ना परम्पराहरूका खातिर परमेश्वरको वचनलाई बेकम्मा बनाएका छौ । 7 ए पाखण्डीहरू हो, यशैयाले तिमीहरूका विषयमा ठिकै अगमवाणी गरेर यसो भने, 8 ‘यी मानिसहरूले आफ्ना ओठले मलाई आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट धेरै टाढा छन् । 9 तिनीहरू मलाई व्यर्थमा आराधना गर्दछन्, किनकि तिनीहरूले आफ्ना सिद्धान्तहरूलाई मानिसहरूले आज्ञा गरेअनुसार सिकाउँदछन्’ ।” 10 त्यसपछि उहाँले भिडलाई आफ्नो नजिक बोलाउनुभयो र भन्नुभयो, “सुन र बुझ– 11 मुखबाट भित्र पस्ने कुनै कुराले मानिसलाई अपवित्र बनाउँदैन । बरु, जुन कुरा मुखबाट बाहिर आउँछ, त्यसले मानिसलाई अपवित्र बनाउँदछ ।” 12 त्यसपछि चेलाहरू आए र येशूलाई भने, “जब फरिसीहरूले यो वाक्य सुने, तब तिनीहरू चिढिएका थिए भन्ने कुरा के तपाईंलाई थाहा छ ?” 13 येशूले उत्तर दिनुभयो र भन्नुभयो, “हरेक बिरुवा जुन स्वर्गमा हुनुहुने मेरा पिताले रोप्नुभएको छैन, त्यो उखेलिनेछ । 14 तिनीहरूलाई एकलै छोडिदेओ, तिनीहरू दृष्टिविहीन अगुवाहरू हुन् । यदि एउटा अन्धोले अर्को अन्धो मानिसलाई डोर्याउँछ भने, दुवै जना खाल्डोमा खस्नेछन् ।” 15 पत्रुसले उत्तर दिए र येशूलाई भने, “यस दृष्टान्तको बारेमा हामीलाई व्याख्या गरिदिनुहोस् ।” 16 येशूले भन्नुभयो, “के तिमी अझै अबुझ छौ ? 17 के तिमीलाई थाहा छैन, कि जुन कुरा मुखबाट भित्र पस्दछ त्यो पेटमा जान्छ र त्यो शौचालयमा बाहिर निस्कन्छ । 18 तर जुन कुराहरू मुखबाट बाहिर आउँछन्, ती हृदयबाट आउँछन् । यी कुराहरू ती हुन् जसले मानिसलाई अपवित्र तुल्याउँदछन् । 19 किनकि दुष्ट विचारहरू, हत्या, व्यभिचार, कामुक अनैतिकता, चोरी, झुटो गवाही र अपमान हृदयबाट निस्कन्छन् । 20 यी कुराहरूले मानिसलाई अपवित्र तुल्याउँदछन् । तर हात नधोई खाना खाँदा त्यसले मानिसलाई अपवित्र बनाउँदैन ।” 21 त्यसपछि येशू त्यहाँबाट जानुभयो र टुरोस र सीदोन सहरहरूका क्षेत्रहरूतर्फ लाग्नुभयो । 22 र हेर, एउटी कनानी स्त्री त्यस क्षेत्रबाट बाहिर आइन् । तिनी चिच्च्याएर कराइन् र भनिन्, “हे प्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्; मेरी छोरी दुष्टात्माद्वारा धेरै नै सताइएकी छन् ।” 23 तर येशूले एउटै पनि शब्द बोल्नुभएन । उहाँका चेलाहरू आए र उहाँलाई यसो भन्दै बिन्ती गरे, “तिनलाई यहाँबाट पठाइदिनुहोस्, किनकि तिनी हाम्रो पछि चिच्च्याइरहेकी छन् ।” 24 तर येशूले जवाफ दिनुभयो र भन्नुभयो, “मलाई इस्राएलको घरको हराएको भेडाकहाँ बाहेक कसैकहाँ पनि पठाइएको होइन ।” 25 तर तिनी आइन् र उहाँको अगाडि घोप्टो पर्दै भनिन्, “प्रभु, मलाई सहायता गर्नुहोस् ।” 26 उहाँले जवाफ दिनुभयो र भन्नुभयो, “आफ्ना छोराछोरीहरूको रोटी लिएर साना कुकुरहरूकहाँ फालिदिनु उचित हुँदैन ।” 27 तिनले भनिन्, “हो, प्रभु, तर ती साना कुकुरहरूले पनि आफ्नो मालिकको टेबुलबाट खसेका केही स-साना टुक्राहरू खाँदछन् ।” 28 त्यसपछि येशूले जवाफ दिनुभयो र तिनलाई भन्नुभयो, “स्त्री, तिम्रो विश्वास महान् छ । तिमीले इच्छा गरेअनुसार तिम्रो निम्ति गरियोस् ।” र त्यही घडी तिनकी छोरी निको भइन् । 29 येशूले त्यो ठाउँ छोड्नुभयो र गालील समुद्रको नजिक जानुभयो । त्यसपछि उहाँ डाँडामाथि जानुभयो र त्यहीँ बस्नुभयो । 30 ठुलो भिड उहाँकहाँ आयो । उनीहरूले आफ्ना साथमा लङ्गडा, दृष्टिविहीन, गुँगा, र लुला मानिसहरू, र बिरामी भएका धेरैलाई ल्याए । उनीहरूले येशूको चरणमा तिनीहरूलाई अर्पण गरे र उहाँले तिनीहरूलाई निको पार्नुभयो । 31 गुँगा मानिसहरू बोलेका, लुलाहरू निको पारिएका, लङ्गडाहरू हिँडेका, र दृष्टिविहीनहरूले देखेका जब भिडले देख्यो तब तिनीहरू अचम्मित भए । तिनीहरूले इस्राएलको परमेश्वरलाई धन्यवाद दिए । 32 येशूले आफ्ना चेलाहरूलाई उहाँकहाँ बोलाउनुभयो र भन्नुभयो, “मलाई यो भिडमाथि दया लागेको छ, किनकि तिनीहरू तिन दिनदेखि मसँग बसेका छन् र तिनीहरूसँग खानको निम्ति केही पनि छैन । म तिनीहरूलाई केही नख्वाईकन यहाँबाट पठाउन चाहन्नँ, अनि तिनीहरू बाटोमा मुर्छा पर्नेछैनन् ।” 33 चेलाहरूले उहाँलाई भने, “यस्तो मरुभूमि ठाउँमा यत्रो भिडलाई सन्तुष्ट पार्न हामीले कहाँबाट पर्याप्त रोटी पाउन सक्छौँ ?” 34 येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन् ?” तिनीहरूले भने, “सातवटा र केही स-साना माछा छन् ।” 35 त्यसपछि येशूले भिडलाई भुइँमा बस्नलाई आज्ञा गर्नुभयो । 36 उहाँले ती सातवटा रोटी र माछा लिनुभयो, र धन्यवाद दिनुभएपछि ती रोटीहरू भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो । अनि चेलाहरूले ती भिडलाई दिए । 37 मानिसहरू सबैले खाए र सन्तुष्ट भए । र उनीहरूले बाँकी रहेका टुक्रा-टाक्री खाना जम्मा गरेर सात डाला भरे । 38 स्त्रीहरू र बालबालिकाहरूबाहेक जतिले खाए, तिनीहरू चार हजार मानिस थिए । 39 त्यसपछि येशूले भिडलाई पठाउनुभयो र डुङ्गामा चढ्नुभयो र मगादानको क्षेत्रतर्फ जानुभयो ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । १५:८-९ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
“धर्मगुरुहरूका परम्पराहरू” यहूदी धार्मिक अगुवाहरूले बनाएका मौखिक विधिविधान थिए, किनभने हरेक मानिसले मोशाको व्यवस्था पालन गरोस् भन्ने कुरामा तिनीहरू सुनिश्चित हुन चाहान्थे । तापनि, मोशाको व्यवस्था पालन गर्नभन्दा यी नियम पालन गर्न तिनीहरूले झन् धेरै कडा परिश्रम गर्नुपर्यो । त्यसका लागि येशूले धार्मिक अगुवाहररूलाई हप्काउनुभयो, र त्यसको परिणामस्वरूप तिनीहरू रिसाए ।
आफूले जीवन बिताउने सही तरिकाले यहूदीहरूले परमेश्वरलाई खुशी पार्न सक्थे भन्ने येशूको समयका यहूदीहरूको विश्वास रहेको थियो । येशूले यहूदीहरू र गैरयहूदीहरू दुवैलाई आफ्ना मानिसका रूपमा स्वीकार्न सक्नुहुन्छ भनी उहाँका चेलाहरूलाई देखाउनका लागि उहाँले गैरयहूदी कनानी स्त्रीको छोरीलाई निको पार्नुभयो ।
बाइबलले मानिसहरूलाई प्रायः भेडा भनी सम्बोधन गर्दछ, किनभने भेडाको हेरविचार गर्न तिनीलाई अरु कसैको जरुरत पर्दछ । यो चाहिँ तिनीहरूले राम्री देख्न नसक्ने र प्रायः अरु जनावरले तिनीहरूलाई सजिलै मार्न सक्ने ठाउँमा तिनीहरू जाने हुनाले हो ।
दृश्य घटना बद्लिएर यसअगिको अध्यायको समयभन्दा केही समयपछिको घटनामा पुग्दछ । यहाँ येशूले फरिसीहरूका आलोचनाको जवाफ दिनुहुन्छ ।
येशू र उहाँका चेलाहरूको आलोचना गर्नका लागि फरिसीहरू र शास्त्रीहरूले यो प्रश्नको प्रयोग गरेका हुन् । वैकल्पिक अनुवादः “तपाईका चेलाहरूले पुराना धार्मिक अगुवाहरूले दिएका नियमहरूलाई आदर गर्दैनन् ।”
यो मोशाको व्यवस्थासँग मिल्दोजुल्दो छैन् । मोशाभन्दा पछिका धार्मिक अगुवाहरूले दिएका व्यवस्थाका शिक्षा र व्याख्यालाई यसले जनाउँछ ।
यो धुने कुरा हातलाई शुद्ध पार्ने कुरा मात्र थिएन । यसले धर्मगरुहरूका परम्पराका रीतिरिवाजअनुसार धुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले आफ्ना हात ठिक किसिमले धुँदैनन्”
धार्मिक अगुवाहरूले जे गर्दछन्, त्यसलाई आलोचना गर्न येशूले एउटा प्रश्नले जवाफ दिनुहुन्छ । वैकल्पिक अनुवादः “अनि तिमीहरूका पुर्खाहरूले तिमीहरूलाई सिकाएका कुराको अनुसरण गर्नका लागि तिमीहरूले परमेश्वरको आज्ञा इन्कार गरको म देख्दछु !”
पद ४ मा, मानिसहरूले आफ्ना बुबाआमालाई कस्तो व्यवहार गरून् भन्ने परमेश्वरले आशा छ भनी दर्शाउनका लागि येशूले प्रस्थानबाट दुईपल्ट उद्धृत गर्नुहुन्छ ।
येशूले निरन्तर फरिसीहरूलाई जवाफ दिनुहुन्छ ।
“उसलाई मानिसहरूले निश्चय पनि मार्नेछन्”
यहाँ “तिमीहरू” बहुवचनमा छ र फरिसीहरू र शास्त्रीहरूलाई बुझाउँछन् ।
येशूले निरन्तर फरिसीहरूलाई हप्काउनुहुन्छ ।
“तर तिमीहरू भन्छौ” भनेर सुरु हुने शब्दहरूमा
“आफ्नो बुबाको” भन्नाले “आफ्नो बुबाआमाको” भन्ने अर्थ लाग्दछ । यसको अर्थ कुनै व्यक्तिले आफ्नो बुबाआमाको वास्ता गरेर तिनीहरूप्रति उसले आदर दर्शाउनु आवश्यक छैन भनी धार्मिक अगुवाहरूले सिकाए ।
यहाँ “परमेश्वरको वचन”ले खास गरी उहाँका आज्ञाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूले परमेश्वरको वचनलाई त्यो रद्द भए झैँ गरी व्यवहार गरेका छौ” वा “तिमीहरूले परमेश्वरका आज्ञाहरूलाई बेवास्ता गरेका छौ”
“किनभने तिमीहरू आफ्ना परम्पराहरूलाई पछ्याउन चाहन्छौ”
पद ८ र ९ मा, फरिसी र शास्त्रीहरूलाई हप्काउनका लागि येशूले यसैया अगमवक्ताबाट उद्धृत गर्नुहुन्छ ।
फरिसी र शास्त्रीहरूलाई येशूले दिनुहुने जवाफलाई उहाँले सिद्ध्याउनुहुन्छ ।
“यशैयाले यस अगमवाणीमा सत्य कुरा भने”
यसको अर्थ परमेश्वरले यशैयालाई जे भन्नुभयो, सो तिनले भन्दै छन् । वैकल्पिक अनुवादः “जब उनले परमेश्वरले जे भन्नुभएको थियो, त्यो भने”
यहाँ “ओठ” ले बोल्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “यी मानिसहरूले मलाई सबै ठीक कुराहरू भन्छन्”
यो शब्द जतिपल्ट आउँदा पनि परमेश्वरलाई नै जनाउँछ ।
यहाँ “हृदय”ले व्यक्तिका विचारहरू र भावनाहरूलाई जनाउँछ । यो वाक्यांश मानिसहरू साँचो रूपले परमेश्वरमा समर्पित छैनन् भन्ने तरिका हो । वैकल्पिक अनुवादः “तर वास्तवमा तिनीहरूले मलाई प्रेम गर्दैनन्”
“तिनीहरूका आराधनाले मलाई कुनै असर पार्दैन” वा “तिनीहरूले मलाई आराधना गरेको बहाना मात्रै गर्दछन्”
“मानिसहरूका बनाएका नियमहरू”
व्यक्तिलाई के कुराले अशुद्ध पार्दछ, अनि फरिसी र शास्त्रीहरूले उहाँको आलोचना गर्नु किन गलत कुरा हो भन्ने बारेमा येशूले भीड र आफ्ना चेलाहरूलाई सिकाउन सुरु गर्नुहुन्छ ।
येशू भन्नुहुन्छ, मानिसले खाएको कुराभन्दा मानिसले बोलेको कुरा भिन्न हुन्छ । येशूको अर्थ हो को मानिसले खानेकुरामा भन्दा मानिसले बोल्ने कुरामा चाहिँ परमेश्वरले बढी चासो लिनुहुन्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो भनाइले फरिसीहरूलाई क्रोधित बनायो” वा “यो भनाइले फरिसीहरूलाई अप्रसन्न बनायो”
यो एउटा अलङ्कार हो । येशूले भन्न खोज्नुभएको चाहिँ फरिसीहरू वास्तविक रूपले परमेश्वरका सन्तान होइनन्, यसैले परमेश्वरले तिनीहरूलाई हटाइदिनुहुने छ ।
यो परमेश्वरको लागि महत्त्वपूर्ण शीर्षक हो जुन परमेश्वर र येशूबीचको सम्बन्धको वर्णन गर्दछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरा पिताले तिनीहरूलाई उखेल्नुहुनेछ” वा “उहाँले तिनीहरूलाई जमिनबाट बाहिर तान्नुहुनेछ” वा “उहाँले तिनीहरूलाई हटाउनुहुनेछ”
“तिनीहरू” शब्दले फरिसीहरूलाई जनाउछ ।
फरिसीहरूका बारेमा स्पष्ट पार्नका लागि येशूले अर्को अलङ्कारको प्रयोग गर्नुहुन्छ । येशूले भन्न खोज्नुभएको चाहिँ फरिसीहरूले परमेश्वरका आज्ञाहरू वा उहाँलाई कसरी खुशी तुल्याउने भन्ने कुरा नै बुझ्दैनन् । यसकारण, परमेश्वरलाई कसरी खुशी तुल्याउने भनेर तिनीहरूले अरुलाई सिकाउन सक्दैनन् ।
येशूले मत्ती १५:१३-१४ मा भन्नुभएको दृष्टान्तलाई व्याख्या गरिदिनका लागि पत्रुसले येशूलाई बिन्ती गर्छन् ।
“हामी चेलाहरूलाई”
येशूले मत्ती १५:१३-१४ मा भन्नुभएको दृष्टान्तका बारेमा स्पष्ट पार्नुहुन्छ ।
दृष्टान्त नबुझेका हुनाले चेलाहरूलाई हप्काउनका लागि येशूले प्रश्न प्रयोग गर्नुहुन्छ । साथै “तिमीहरू” शब्दले जोड दिँदछ । आफ्नै चेलाहरूले समेत बुझेका छैनन् भनी येशूले विश्वास गर्न नै सक्नुहुन्न । वैकल्पिक अनुवादः “तिमीहरू मेरा चेलाहरू भएर पनि अझसम्म मैले सिकाएका कुरा नबुझ्दा मलाई खिन्नता हुन्छ !”
दृष्टान्त नबुझेका हुनाले चेलाहरूलाई हप्काउनका लागि येशूले प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “निश्चय तिमीहरू बिझ्दछौ ... शौचालयमा बाहिर निस्कन्छ”
“पेटभित्र जान्छ”
यो मानिसको शरीरबाट निस्कने फोहोरलाई निष्कासन गर्ने ठाउँको निम्ति प्रयोग गरिने शिष्ट शब्द हो ।
येशूले मत्ती १५:१३-१४ मा भन्नुभएको दृष्टान्तका बारेमा येशूले निरन्तर स्पष्ट पार्नुहुन्छ ।
यसले मानिसले बोल्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “कुनै व्यक्तिले बोल्ने शब्दहरू”
यहाँ “हृदय”ले मानिसको दिमाग वा अन्तस्करणलाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसको भित्रबाट” वा “मानिसको दिमागबाट”
निर्दोष मानिसलाई मार्नु
यसको अर्थ धर्मगुरुहरूका परम्पराबमोजिमका रीतिरिवाजअनुसार मानिसले आफ्नो हात धोएको छैन । वैकल्पिक अनुवादः “कोही व्यक्तिले पहिले हात नधोई खानु”
येशूले कनानी स्त्रीको छोरीलाई निको पार्नुभएको वर्णनको सुरु यसले गर्दछ ।
चेलाहरू पनि येशूको साथमा गए भन्ने अर्थ लाग्दछ । वैकल्पिक अनुवादः “येशू र उहाँका चेलाहरू गए”
“हेर” शब्दले कथामा आएका एउटा नयाँ व्यक्तिप्रति हामीलाई सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “त्यहाँ एक जना कनानी स्त्री आइन्”
“कनानी भनिने मानिसहरूको समूहकी एउटी स्त्री ।” कनान अब एउटा देश रहेन । उनी टुरोस र सिदोन शहरहरू नजिकै बस्ने मानिसहरूका समूह थिए ।
येशूले तिनको छोरीलाई निको पारिदिनुभएको होस् भनी तिनले बिन्ती गरिरहेको कुरालाई यसले जनाउँछ । वैकल्पिक अनुवादः “दया गर्नुहोस् र मेरी छोरीलाई निको पार्नुहोस्”
येशू दाउदका आफ्नै छोरा हुनुहुन्नथ्यो, यसैले यसलाई “दाउदका सन्तान” भनी अनुवाद गर्न सकिन्छ । तापनि “दाउदका पुत्र” भन्ने मसिहको एउटा नाउँ हो, अनि ती स्त्रीले येशूलाई उहाँको यो नाउँले सम्बोधन गरेको हुन सक्दछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरी छोरीलाई भूतात्माले डरलाग्दो किसिमले अधीन गरेको छ” वा “एउटा दुष्टात्माले मेरी छोरीलाई धेरै नराम्ररी सताइरहेको छ”
यहाँ “शब्द”ले मानिसले बोल्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “केही भन्नुभएन”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई अरू कसैकहाँ पठाउनुभएन”
यो सम्पूर्ण इस्राएल राज्यलाई बरालिएर आफ्ना गोठालोबाट छुटेका भेडासित तुलना गर्ने अलङ्कार हो । तपाईंले यसलाई [मत्ती १०:६]
“कनानी स्त्री आइन्”
ती स्त्रीले आफूलाई येशूको सामु नम्र तुल्याएकी कुरालाई यसले दर्शाउँछ ।
येशूले ती स्त्रीलाई एउटा उखानले जवाफ दिनुभयो । यसको मूल अर्थ जे कुरो यहूदीहरूको हो त्यो लिएर गैरयहूदीहरूलाई दिनु उचित हुँदैन भन्ने हुन्छ ।
यहाँ “रोटी”ले सामान्य भोजनलाई जनाउँछ । वैकल्पिक अनुवादः “छोराछोरीहरूको खाना”
यहूदीहरू कुकुरहरूलाई अशुद्ध जनावरहरू मान्थे । यहाँ तिनीहरू गैर-यहूदीहरूको लागि छविको रूपमा प्रयोग गरिन्छन् ।
येशूले त्यति बेला बोल्नुहुँदा उखानमा जुन बिम्ब प्रयोग गर्नुभयो, ती स्त्रीले त्यसैको प्रयोग गरेर जवाफ दिइन् । यहूदीहरूले फालेका असल कुराहरूबाट केही मात्र भए पनि गैरयहूदीहरूले पाउनुपर्छ भन्ने चाहिँ तिनको अर्थ हो ।
यहाँ मानिसहरूले घरपालुवा रूपमा राख्ने जुनसुकै आकारका कुकुरहरू जनाउने शब्दहरू प्रयोग भएका छन् । तपाईंले यसलाई मत्ती १५:२६ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “I will do”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले तिनकी छोरीलाई निको पार्नुभयो” वा “तिनकी छोरी निको भइन्”
यो लक्षणा हो । वैकल्पिक अनुवादः “त्यही सयममा नै” वा “तुरुन्तै”
येशूले चार हजार मानिसलाई भोजन गराउने आश्चर्यकर्म गर्न लाग्नुभएको कुराको बारेमा यी पदले पृष्ठभूमिको जानकारी दिन्छन् ।
“हिँड्न नसक्ने मानिसहरू, कोही देख्न नसक्ने मानिसहरू, कोही बोल्न नसक्ने मानिसहरू, अनि अरूहरूचाहिँ हातहरू र खुट्टाहरूमा चोट लागेका मानिसहरू”
केही बिरामी मानिसहरू वा लङ्गडा मानिसहरू उभिन नसकेको झैँ देखिन्छ, त्यसैले जब तिनीहरूका साथीहरूले तिनीहरूलाई येशूकहाँ ल्याए, उनीहरूले तिनीहरूलाई उहाँको सामु भुइँमा राखिदिए । वैकल्पिक अनुवादः “भीडका मानिसहरूले बिरामीहरूलाई येशूको सामु जमिनमा राखिदिए”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “लङ्गडाहरू ठीक भए”
यी नामिक विशेषणलाई विशेषणका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “अपाङ्ग मानिसहरू ... लङ्गडा मानिसहरू... दृष्टिविहीन मानिसहरू”
सातवटा रोटी र अलिकत ससाना माछाले येशूले चार हजार मानिसलाई भोजन गराउनुभएको वर्णन यहाँ सुरु हुन्छ ।
“तिनीहरू बाटोमा बेहोस होलान्”
भीडका लागि भोजन किन्ने ठाउँ कतै छैन भन्नलाई चेलाहरूले प्रश्नको प्रयोग गरे । वैकल्पिक अनुवादः “नजिक कुनै त्यस्तो ठाउँ नै छैन जहाँबाट हामीले यति ठूलो भीडका लागि प्रयाप्त हुने गरी रोटी किन्न सक्दछौँ ।”
बुझ्न सकेको जानकारीलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “सातवटा रोटी र केही ससाना माछा”
भोजन गर्न बस्ने टेबल नभएको समयमा तपाईंको भाषामा टुक्रुक्क वा टुसुक्क भुइँमा बस्ने शब्द प्रयोग गर्नुहोस् ।
“येशूले सात रोटी र माछा आफ्नो हातमा लिनुभयो”
“उहाँले रोटी टुक्रा पार्नुभयो””
“रोटी र माछा दिनुभयो”
“चेलाहरूले जम्मा गरे” वा “केही मानिसहरूले जम्मा गरे”
“ती मानिसहरू जसले खाए”
“४,००० पुरुषहरू”
“त्यो क्षेत्र”
यो भूभागलाई कहिलेकाहीँ “मग्दाला” भनिन्छ ।
1 फरिसीहरू र शास्त्रीहरू आए र उनीहरूलाई आकाशबाट चिन्ह देखाउन माग गर्दै उहाँको परीक्षा गरे । 2 तर उहाँले उत्तर दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “जब साँझ हुन्छ, तिमीहरू भन्छौ, ‘मौसम सफा हुनेछ, किनकि आकाश रातो छ ।’ 3 र बिहान तिमीहरू भन्छौ, ‘आज मौसम नराम्रो हुनेछ, किनकि आकाश रातो र बादलले ढाकिएको छ ।’ आकाशको अवस्था हेरेर कसरी अर्थ लगाउने भनेर तिमीहरू जान्दछौ, तर तिमीहरूले समयका चिन्हहरूको अर्थ लगाउन सक्दैनौ । 4 एउटा दुष्ट र व्यभिचारी पुस्ताले चिन्हको खोजी गर्छ, तर योनाको चिन्हबाहेक अरू कुनै चिन्ह त्यसलाई दिइनेछैन ।” त्यसपछि येशूले तिनीहरूलाई छोड्नुभयो र त्यहाँबाट टाढा जानुभयो । 5 चेलाहरू अर्को छेउमा आए, तर उनीहरूले साथमा रोटी ल्याउन बिर्से । 6 येशूले तिनीहरूलाई भन्नुभयो, “ध्यान देओ र फरिसीहरू र सदुकीहरूको खमिरबाट सावधान रहो ।” 7 चेलाहरूले एक आपसमा कुरा गर्दै यसो भन्न थाले, “हामीले रोटी नल्याएको कारण उहाँले यसो भन्दै हुनुहुन्छ ।” 8 येशूले यो कुरा थाहा पाउनुभयो र भन्नुभयो, “अल्प-विश्वासीहरू हो, आपसमा किन कुरा गर्छौ र तिमीहरूले रोटी नल्याएका कारण मैले यस्तो भनेँ भनेर भन्दछौ ? 9 पाँच हजार जनाको निम्ति पाँचवटा रोटी र तिमीहरूले कति टोकरी बटुलेको कुरा के तिमीहरूलाई अझै सम्झना छैन वा तिमीहरूले बुझेका छैनौ ? 10 अथवा चार हजार जनाको निम्ति सातवटा रोटी र तिमीहरूले कति टोकरी उठायौ ? 11 मैले ती रोटीहरूको विषयमा बोलिरहेको थिइनँ भन्ने कुरा तिमीहरू कसरी बुझ्दैनौ ? ध्यान देओ र फरिसीहरू र सदुकीहरूको खमिरबाट सावधान रहो ।” 12 त्यसपछि उहाँले तिनीहरूलाई रोटीको खमिरबाट होइन, तर फरिसीहरू र सदुकीहरूको शिक्षाबाट सावधान रहो भनेर भन्नुभएको रहेछ भनी तिनीहरूले बुझे । 13 जब येशू कैसरिया फिलिप्पीको इलाकाहरूमा आइपुग्नुभयो, उहाँले आफ्ना चेलाहरूलाई यसो भन्दै सोध्नुभयो, “मानिसका पुत्र को हो भनी मानिसहरूले भन्छन् ?” 14 उनीहरूले भने, “कोही भन्छन् बप्तिस्मा-दिने यूहन्ना, कोहीले एलिया, र अरूले यर्मिया वा अगमवक्ताहरूमध्ये एक हुन् भनेर भन्दछन् ।” 15 उहाँले तिनीहरूलाई भन्नुभयो, “तर म को हुँ भनेर तिमीहरू भन्छौ ?” 16 सिमोन पत्रुसले उत्तर दिँदै भने, “तपाईं जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ ।” 17 येशूले उत्तर दिनुभयो र उनलाई भन्नुभयो, “योनाका छोरा सिमोन तिमी धन्यका हौ, किनकि शरीर र रगतले यो कुरा तिमीलाई प्रकट गरेको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो । 18 म तिमीलाई यो पनि भन्दछु, कि तिमी पत्रुस हौ, र यस चट्टानमाथि म मेरो मण्डली निर्माण गर्नेछु । नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन् । 19 म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु । तिमीले पृथ्वीमा जे कुरा बाँध्नेछौ, त्यो स्वर्गमा बाँधिनेछ, र जे कुरा तिमीले पृथ्वीमा फुकाउनेछौ, त्यो स्वर्गमा फुकाइनेछ ।” 20 त्यसपछि उहाँ नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा कसैलाई नभन्नू भनी येशूले आफ्ना चेलाहरूलाई आज्ञा गर्नुभयो । 21 त्यस समयदेखि येशूले आफ्ना चेलाहरूलाई उहाँ यरूशलेम जानुपर्छ, धर्म-गुरुहरू र मुख्य पुजारीहरू र शास्त्रीहरूका हातबाट धेरै कुरा भोग्नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवनमा उठाइनुहुन्छ भनी बताउन थाल्नुभयो । 22 तब पत्रुसले उहाँलाई एकातिर लागे र यसो भन्दै हप्काए, “प्रभु, यो तपाईंबाट टाढा रहोस्; यस्तो तपाईंलाई कहिल्यै नहोस् ।” 23 तर येशू फर्कनुभयो र पत्रुसलाई भन्नुभयो, “शैतान, मबाट टाढा होइजा ! तँ मेरो लागि बाधा होस्, किनकि तैँले परमेश्वरका कुराहरूलाई ध्यान दिँदैनस् तर मानिसहरूका कुराहरूमा ध्यान लगाउँछस् ।” 24 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउने इच्छा गर्छ भने, उसले आफैँलाई इन्कार गर्नुपर्छ; आफ्नो क्रुस उठाउनुपर्छ र मलाई पछ्याउनुपर्छ । 25 किनकि जसले आफ्नो प्राण बचाउन खोज्छ उसले त्यो गुमाउनेछ र जसले मेरो खातिर आफ्नो जीवन गुमाउँछ त्यसले त्यो प्राप्त गर्नेछ । 26 किनकि एउटा मानिसले सारा जगत् प्राप्त गरेर आफ्नो जीवनचाहिँ गुमायो भने उसलाई के लाभ हुन्छ र ? एउटा मानिसले आफ्नो जीवनको बदलामा के दिन सक्छ ? 27 किनकि मानिसका पुत्र आफ्ना पिताको महिमामा उहाँका स्वर्गदूतहरूसँग आउनेछन् । त्यसपछि उनले हरेक व्यक्तिलाई उसको कामअनुसारको प्रतिफल दिनेछन् । 28 साँच्चै म तिमीहरूलाई भन्दछु, यहाँ खडा भएकाहरूमध्ये तिमीहरू कोही छौ, जसले मानिसका पुत्रलाई उनको राज्यमा आउँदै गरेका नदेखुन्जेलसम्म मृत्यु चाख्नेछैन ।”
मानिसहरूले परमेश्वरको बारेमा विचार गर्ने कुरालाई येशूले रोटी भए झैँ कुरा गर्नुभयो र मानिसहरूले परमेश्वरको बारेमा शिक्षा दिने कुरालाई उहाँले खमिर भएझैं कुरा गर्नुभयो । खमिरले मुछेको पिठोलाई फुलाइदिन्छ र रोटी पकाएपछि स्वादिलो हुन्छ । उहाँका चेलाहरूले फरिसी र सदुकीहरूका शिक्षा नसुनुन् भन्ने उहाँको इच्छा थियो । यदि तिनीहरूले त्यो सुने भने, परमेश्वर को हुनुहुन्छ र उहाँका आफ्ना मानिसहरूले कसरी जीवन बिताउन् भन्ने उहाँको इच्छा छ, सो तिनीहरूले बुझ्न सक्ने छैनन् ।
येशूले आफ्ना चेलाहरूलाई उहाँका आज्ञा पालन गर्न भन्नुभयो । उहाँले तिनीहरूलाई उहाँको “पछि लाग्न” भनेर यसो गर्नुभयो । यो कुराचाहिं उहाँ एउटा बाटोमा हिंडिरहनुभएको र तिनीहरू उहाँको पछिपछि हिँडिरहेका कुराजस्तो हो ।
पद १ देखि २० सम्म मत्तीले १५ अध्यायको वर्णनलाई निरन्तरता दिन्छन् । यो वर्णन पद २१ मा रोकिन्छ । अनि येशू यरुसलेममा पुग्नुभएपछि मानिसहरूले उहाँलाई मार्ने छन्, भनी उहाँले आफ्ना चेलाहरूलाई दोहोर्याइ दोहोर्याइ भन्नुभयो भनेर मत्तीले पाठकहरूलाई जानकारी दिन्छन् । त्यसपछि यो वर्णन पद २२-२७ सम्म निरन्तर जान्छ, र येशूले आफू मर्ने कुरा पहिलोपल्ट गर्नुहुँदा के भयो, सो उल्लेख गर्दछ ।
विरोधाभास साँचो भनाइ हो, जसले कुनै असम्भाव्य कुराको वर्णन गर्दछ । येशूले भन्नुभयो, “किनकि जसले आफ्नो प्राण बचाउन खोज्छ, उसले त्यो गुमाउने छ र जसले मेरो खातिर आफ्नो जीवन गुमाउँछ, त्यसले त्यो प्राप्त गर्ने छ” (मत्ती १६:२५) ।
यसले येशू र फरिसी तथा सदुकीहरूका बिचमा मुठभेट सुरु गर्दछ ।
यहाँ “परीक्षा” लाई नकारात्मक अर्थमा प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “उहाँलाई चिनौति दिए” वा “उहाँलाई फसाउन खोजे”
येशू उहाँको वर्तमान पुस्तासँग कुरा गरिरहनुभएको छ । वैकल्पिक अनुवादः “तिमीहरू दुष्ट र व्यभिचारी पुस्ता हौ जसले मबाट चिन्ह माग गर्छ ... तिमीहरूलाई दिइनेछ” तपाईंले यसलाई [मत्ती १२:३९]
यहाँ “व्यभिचारी” भनेको परमेश्वरप्रति विश्वासयोग्य नरहेका मानिसहरूका लागि अलङ्कार हो । तपाईंले यसलाई [मत्ती १२:३९]
येशूले तिनीहरूलाई कुनै चिन्ह दिनुहुने थिएन किनभने, उहाँले थुप्रै आश्चर्यकर्महरू गर्नुभएको भएतापनि, तिनीहरूले उहाँलाई विश्वास गर्न इन्कार गरे । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । तपाईंले यसलाई [मत्ती १२:३९]
“परमेश्वरले योना अगमवक्तालाई दिनुभएको चिन्हबाहेक ।” तपाईंले यसलाई मत्ती १२:३९ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
यहाँ दृश्य घटना बद्लिएर पछिल्लो समयमा पुग्दछ । येशूले फरिसीहरू र सदुकीहरूको बारेमा उहाँका चेलाहरूलाई चेतावनी दिनलाई एउटा अवसर लिनुहुन्छ ।
बुझेको जानकारीलाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तालको पारिपट्टि” वा “गालील समुद्रपारि”
यहाँ “खमिर” अलङ्कार हो जसले खराब विचार र गलत शिक्षालाई जनाउँछ । यहाँ “खमिर” भनेर अनुवाद गर्नुहोस् र आफ्नो अनुवादमा यसको अर्थलाई स्पष्ट नपार्नुहोस् । यसको अर्थ १६:१२ मा स्पष्ट पारिनेछ ।
“आपसमा विवाद गरे” वा “यसका बारेमा सोचे”
“तिमीहरू जोसँग यति थोरै विश्वास छ ।” येशूले मानिसहरूलाई यस किसिमले सम्बोधन गर्नुहुन्छ किनभने रोटी नल्याएका बारेमा भएको तिनीहरूको फिक्रीले तिनीहरूलाई जुटाइदिनका लागि येशूमाथि तिनीहरूको विश्वास थोरै भएको देखाउँछ । तपाईंले यसलाई मत्ती ६:३० मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
येशूले अहिले भन्नुभएका कुरा उहाँका चेलाहरूले नबुझेका हुनाले हप्काउनका लागि प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “मैले फरिसी र सदुकीहरूको खमिरका बारेमा कुरा गर्दा तिमीहरूले रोटी ल्याउन बिर्सेका कारणले मैले यसो भनेको हो भनी तिमीहरूले विचार गरेको हुनाले मलाई खिन्नता हुन्छ ।”
येशूले फरिसीहरू र सदुकीहरूको बारेमा उहाँका चेलाहरूलाई चेतावनी दिनलाई निरन्तरता दिनुहुन्छ ।
चेलाहरूलाई हप्काउनका लागि येशूले एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “पक्कै पनि ... तिमीहरूले सम्झन्छौ ... तिमीहरूले बटुल्यौ !”
“५,०००”
“४,०००”
“के तिमीहरूले ... सात रोटीहरू ... सम्झदैनौ ... तिमीहरूले बटुल्यौ ?” येशूले उहाँका चेलाहरूलाई हप्काउनका लागि एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “पक्कै पनि ... सात रोटीहरू ... तिमीहरूले सम्झन्छौ ... तिमीहरूले बटुल्यौ !”
येशूले फरिसीहरू र सदुकीहरूको बारेमा उहाँका चेलाहरूलाई चेतावनी दिनलाई निरन्तरता दिनुहुन्छ ।
येशूले चेलाहरूलाई हप्काउनका लागि एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “मैले ती रोटीहरूको विषयमा बोलिरहेको थिइनँ भन्ने कुरा तिमीहरूले बुझ्नुपर्नेथ्यो ।”
यहाँ “खमिर” अलङ्कार हो जसले खराब विचार र गलत शिक्षालाई जनाउँछ । यहाँ “खमिर” भनेर अनुवाद गर्नुहोस् र आफ्नो अनुवादमा यसको अर्थलाई स्पष्ट नपार्नुहोस् । चेलाहरूले यसको अर्थलाई १६:१२ मा बुझ्नेछन् ।
यिनीहरूले चेलाहरूलाई जनाउँछन् ।
यहाँ दृश्य घटना बद्लिएर पछिल्लो समयमा पुग्दछ । येशू को हुनुहुन्छ भनी उहाँका चेलाहरूले बुझेका छन् कि छैनन् भनेर उहाँले प्रश्न सोध्नुहुन्छ ।
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि वा एक नयाँ व्यक्तिको परिचय गराउनका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको नयाँ भाग बताउन थाल्छन् ।
येशूले आफैँलाई जनाउनुहुन्छ ।
यो येशूको लागि एउटा महत्त्वपूर्ण नाउँ हो जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई देखाउँदछ ।
यहाँ “जीवित” भन्नाले अन्य मानिसहरूले पूजा गर्ने देवहरू र मूर्तिहरूदेखि इस्राएलका परमेश्वरलाई भिन्न दर्शाउँछ । इस्राएलका परमेश्वर मात्र जीवित र काम गर्न क्षमतावान् हुनुहुन्छ ।
“सिमोन, योनाका छोरा”
यहाँ “शरीर र रगत” ले मानवजातिलाई जनाउँछ । वैकल्पिक अनुवादः “कुनै मानिसले प्रकट गरेको होइन”
येशू नै ख्रीष्ट र जीवित परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने पत्रुसको भनाइलाई “यो” जनाउँछ ।
बुझेको जानकारीलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “तर स्वर्गमा हुनुहुने मेरा पिताले नै यो तिमीलाई प्रकट गर्नुभयो”
यो परमेश्वरको लागि महत्त्वपूर्ण नाउँ हो जसले परमेश्वर र येशूको बीचको सम्बन्धलाई वर्णन गर्दछ ।
यसले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
पत्रुस नाउँको अर्थ “चट्टान” हो ।
यहाँ “मेरो मण्डली निर्माण गर्ने छु,” भनेको येशूमा विश्वास गर्ने मानिसहरूलाई एकसाथ भेला पार्ने कुरा जनाउनका लागि अलङ्कार हो । सम्भावित अर्थहरू हुन् १) “यस चट्टान”ले पत्रुसलाई जनाउँछ वा २) “यस चट्टान”ले पत्रुसले भर्खरै [मत्ती १६:१६]
यहाँ “पाताल” ले पर्खालले घेरिएको ढोकाहरू भएका सहरलाई जनाउँछ, जसमा मरेका मानिसहरू भित्र र अरू मानिसहरू बाहिर रहन्छन् । “पाताल” ले मृत्यु र “ढोका”ले त्यसको शक्तिलाई जनाउँछ । सम्भावित अर्थहरू हुन् १) “मृत्युको शक्ति मेरो मण्डलीमाथि विजयी हुनेछैन” वा 2) “मेरो मण्डलीले मृत्युको शक्तिलाई टुक्राउनेछ जसरी एउटा सेना कुनै सहर फोरेर भित्र प्रवेश गर्छ ।”
यहाँ “तिमी” एकवचनमा छ र यसले पत्रुसलाई जनाउँछ ।
साँचाहरू भन्नाले ढोका खोल्न र बन्द गर्न प्रयोग गर्ने थोकहरू हुन् । यहाँ तिनले अधिकारलाई जनाउँछन् ।
यसले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् ।
यहाँ “बाँध्नु” भनेको एउटा अलङ्कार हो जसको अर्थ केही कुरालाई निषेधित गर्नु भन्ने हुन्छ, र “गुमाउनु” भनेको एउटा अलङ्कार हो जसको अर्थ केही कुरा हुन दिनु भन्ने हुन्छ । साथै, “स्वर्गमा” भनेको प्रतिस्थापन शब्द हो जसले परमेश्वर आफैँलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिमीले पृथ्वीमा जे कुराको अनुमति दिन्छौ वा निषेध गर्छौ, त्यसलाई स्वर्गमा हुनुहुने परमेश्वरले समर्थन गर्नुहुनेछ”
येशूले आफू चाँडै मर्नुहुनेछ भनेर पहिलो पटक चेलाहरूलाई भन्नुहुन्छ ।
यहाँ “हात” ले शक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “जहाँ धर्मगुरु र मुख्य पूजाहारी र शास्त्रीहरूले उहाँलाई दुःख दिने छन्”
यहाँ जीवनमा पुनः बिउँताउनु भनेको मरिगएको कोही व्यक्तिलाई फेरि जीवित हुन लगाउने कुरालाई जनाउने वाक्पद्धति हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । धर्मगुरुहरू र मुख्य पूजाहारीहरूले येशूलाई दोष लगाउने थिए ताकि अरूहरूले उहाँलाई मार्न सकून् । वैकल्पिक अनुवादः “शास्त्रीहरू ... । मानिसहरूले तब उहाँलाई मार्नेछन्, र तेस्रो दिनमा परमेश्वरले उहाँलाई फेरि जीवित बनाउनुहुनेछ”
“तेस्रो” चाहिँ सङ्ख्या “तीन”लाई जनाउने शब्द हो ।
येशूले आफू चाँडै मर्नुहुनेछ भनेर पहिलो पटक तिनीहरूलाई भन्नुहुन्छ
“कसैले पनि सुन्न नसक्ने भएपछि पत्रुसले येशूलाई भने”
यो लक्षणा हो जसले “यो तपाईंको जीवनमा कदापि हुने छैन” भन्ने जनाउँछ । वैकल्पिक अनुवादः “अहँ” वा “कदापि हुँदैन” वा “परमेश्वरले यो कुरा निषेध गरुन्”
येशूले भन्नुभएको कुराको अर्थ, परमेश्वरले जे काम गर्न येशूलाई पठाउनुभयो, त्यसबाट उहाँलाई पत्रुसले रोक्न खोजेको हुनाले तिनले शैतानले झैँ काम गर्दैछन् । वैकल्पिक अनुवादः “मबाट पछि हटिजा, किनभने तैंले शैतानले झैँ काम गर्दैछस् ! तँ मेरो लागि बाधा होस् !” वा “ए शैतान, मबाट पछि हटिजा ! तँ मेरो लागि बाधा भएको हुनाले मैले तँलाई शैतान भनेको हो”
“मबाट टाढा जा”
यहाँ येशूलाई पछ्याउने कुराले उहाँका चेलाहरूमध्ये एक जना हुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “मेरो चेला हुन” वा “मेरा चेलाहरूमध्ये एक जना हुन”
“आफ्नै इच्छाहरूमा तल्लीन हुनुहुँदैन” वा “आफ्ना इच्छाहरूलाई त्याग्नुपर्छ”
“आफ्नो क्रूस बोक्नुपर्छ र मलाई पछ्याउनुपर्छ ।” क्रूसले दुःख र मृत्युलाई जनाउँछ । क्रूस उठाउने कुराले दुःख भोगेर मर्न तयार हुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “दुःख भोग्नुपर्दा र मृत्युमा नै पुग्नुपर्दा पनि मेरो आज्ञा पालन गर्नुपर्दछ” or “दुःख भोग्नुपर्दा र मृत्युमा नै पुग्नुपर्दा पनि उसले मेरो आज्ञा पालन गर्नुपर्दछ”
यहाँ येशूलाई पछ्याउने भन्नाले उहाँको आज्ञापालन हो । वैकल्पिक अनुवादः “र मेरो आज्ञा पालन गर्नुपर्छ”
“किनकि जो कोही जसले ... चाहन्छ”
यसको अर्थ त्यो मानिसले मर्नै पर्छ भन्ने हुँदैन । कुनै मानिसले येशूको आज्ञा पालन गर्ने कुरालाई आफ्नो जीवनलाई भन्दा धेरै महत्त्व दिनुपर्छ भन्ने जनाउने अलङ्कार हो ।
“उसले ममाथि भरोसा गरेको हुनाले” वा “मेरो साटोमा” वा “मेरो कारणले”
कुनै मानिसले परमेश्वरसँगको आत्मिक जीवनको अनुभव गर्ने छ भन्ने कुरा जनाउने यो अलङ्कार हो । वैकल्पिक अनुवादः “साँचो जीवन भेट्टाउनेछ”
आफ्ना चेलाहरूलाई सिकाउनका लागि येशूले प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “यसले मानिसलाई लाभ हुँदैन ... उसको जीवन ।”
धेरै धनसम्पत्ति जनाउनका लागि बढाइचढाइ गरेर “सारा संसार” भनेको हो । वैकल्पिक अनुवादः “यदि उसले चाहेको सबै कुरा प्राप्त गरेर”
“तर उसले आफ्नो जीवन चाहिँ गुमायो भने”
आफ्ना चेलाहरूलाई सिकाउनका लागि येशूले प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “मानिसले आफ्नो जीवन फेरि प्राप्त गर्नका लागि उसले दिन सक्ने कुनै पनि कुरा छैन ।”
यहाँ येशूले तृतीय पुरुषमा आफैँलाई जनाउनुहुन्छ । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र ... मेरा पिता ... त्यसपछि म”
“आफ्नो पिताको जस्तै महिमा धारण गरेर आउनेछ”
“र स्वर्गदूतहरू उहाँसँगै हुने छन् ।” यो वाक्यको पहिलो भागलाई येशूले प्रथम पुरुषमा बोल्नुभएको जस्तो स्वरूपमा तपाईंले अनुवाद गर्नुहुन्छ भने, यसलाई तपाईंले, “र मेरा पिताका स्वर्गदूतहरू मसँग हुने छन्” भनेर अनुवाद गर्न सक्नुहुन्छ ।
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो जसले परमेश्वर र मानिसको पुत्र, येशू बीचको सम्बन्धलाई वर्णन गर्दछ ।
“हरेक व्यक्तिले गरेको कुराअनुसार”
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
यो शब्द जतिपल्ट दोहोरिए पनि बहुवचन हो र चेलाहरूलाई जनाउँछ ।
यहाँ “चाख्ने” को अर्थ अनुभव गर्ने हो । वैकल्पिक अनुवादः “मृत्युको अनुभव गर्नेछैन” वा “मर्नेछैन”
यहाँ “राज्य” ले मानिसको पुत्रले राजा भएर राज्य गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “जबसम्म तिनीहरूले मानिसका पुत्रलाई राजाको रूपमा आउँदै गरेको देख्दैनन्” वा “जबसम्म तिनीहरूले मानिसका पुत्र राजा हुनुहुन्छ भन्ने कुराको प्रमाण देख्दैनन्”
1 छ दिनपछि येशूले पत्रुस, याकूब र उनका भाइ यूहन्नालाई उहाँसँग लैजानुभयो, र तिनीहरूलाई मात्र एउटा अग्लो पहाडमा लैजानुभयो । 2 उनीहरूको अगाडि उहाँको रूप परिवर्तन भयो । उहाँको मुहार सूर्यझैँ चम्किलो भयो, र उहाँको वस्त्र प्रकाशझैँ उज्यालो भयो । 3 हेर, त्यहाँ मोशा र एलिया उहाँसँग बोलिरहेका उनीहरूले देखे । 4 पत्रुसले जवाफ दिए र येशूलाई भने, “प्रभु, हामीलाई यहीँ रहनु असल हुन्छ । तपाईं चाहनुहुन्छ भने, म यहाँ तिनवटा वासस्थान बनाउनेछु– एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति ।” 5 जब उनी बोलिरहेका थिए, तब हेर, चम्किलो बादलले उनीहरूलाई ढाक्यो, र हेर, त्यहाँ बादल भित्रबाट यस्तो आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, जससँग म अति प्रसन्न छु । यिनको कुरा सुन ।” 6 जब चेलाहरूले यो सुने, उनीहरूले आफ्नो मुहार लुकाएर साह्रै भयभीत भए । 7 अनि येशू आउनुभयो र उनीहरूलाई छुनुभयो र भन्नुभयो, “उठ र नडराओ ।” 8 त्यसपछि उनीहरूले माथि हेरे, तर येशूलाई बाहेक अरू कसैलाई देखेनन् । 9 जब उहाँहरू पहाडबाट तल झर्दै हुनुहुन्थ्यो, येशूले उनीहरूलाई यसो भन्दै आज्ञा दिनुभयो, “मानिसका पुत्र मृतकहरूबाट जीवित भई नउठेसम्म यो दर्शनको विषयमा कसैलाई नबताउनू ।” 10 उहाँका चेलाहरूले उहाँलाई यसो भनेर सोधे, “त्यसो भए, एलिया पहिले आउनुपर्छ भनेर शास्त्रीहरू किन भन्छन् त ?” 11 येशूले जवाफ दिनुभयो र भन्नुभयो, “एलिया अवश्य आउनेछन् र सबै कुराको पुनर्स्थापना गर्नेछन् । 12 तर म तिमीहरूलाई भन्दछु, एलिया पहिले नै आइसकेका छन्, तर तिनीहरूले उनलाई चिनेनन् । त्यसको बदला, तिनीहरूले उनीमाथि जे मन लाग्यो त्यही गरे । त्यसै गरी, मानिसका पुत्रले पनि तिनीहरूका हातबाट दुःख भोग्नेछन् ।” 13 अनि उहाँले बप्तिस्मा-दिने यूहन्नाको विषयमा तिनीहरूसँग बोलिरहनुभएको थियो भन्ने कुरा चेलाहरूले बुझे । 14 जब उहाँहरू भिड भएको ठाउँमा आउनुभयो, एक जना मानिस उहाँकहाँ आई उहाँको सामु घुँडा टेकेर भन्यो, 15 “प्रभु, मेरो छोरामाथि कृपा गर्नुहोस्, किनकि उसलाई छारे रोग लागेको छ र उसले कठोर रूपमा दुःख भोगिरहन्छ । किनकि ऊ प्रायः आगो वा पानीमा खस्दछ । 16 मैले उसलाई तपाईंका चेलाहरूकहाँ ल्याएँ, तर उनीहरूले उसलाई निको पार्न सकेनन् ।” 17 येशूले जवाफ दिनुभयो र भन्नुभयो, “हे अविश्वासी र भ्रष्ट पुस्ता हो, कहिलेसम्म म तिमीहरूसँग बस्ने ? कहिलेसम्म मैले तिमीहरूलाई साथ दिने ? उसलाई यता मकहाँ ल्याओ ।” 18 येशूले उसलाई हकार्नुभयो र भूतात्मा उसबाट बाहिर निस्क्यो । त्यो केटा त्यही घडीबाट निको भयो । 19 त्यसपछि चेलाहरू गुप्तमा येशूकहाँ आए र भने, “हामीले किन त्यसलाई बाहिर निकाल्न सकेनौँ ?” 20 येशूले उनीहरूलाई भन्नुभयो, “तिमीहरूको कमजोर विश्वासको कारण । किनकि साँच्चै म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूसँग रायोको दाना जत्तिकै मात्र विश्वास छ भने पनि, यो पहाडलाई तिमीहरूले ‘यहाँबाट हटेर त्यहाँ जा’ भन्यौ भने पनि त्यो जानेछ र तिमीहरूका निम्ति कुनै पनि कुरा असम्भव हुनेछैन । 21 तर यस्तो किसिमको भूतात्माचाहिँ प्रार्थना र उपवासविना बाहिर निस्कँदैन ।” 22 जब उहाँहरू गालीलमा बस्नुभयो, येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछन् । 23 र तिनीहरूले उनलाई मार्नेछन् र उनी तेस्रो दिनमा उठाइनेछन् ।” चेलाहरू औधी दुःखित भए । 24 जब उहाँहरू कफर्नहुममा आउनुभएको थियो, आधा सेकेल कर उठाउने मानिसहरू पत्रुसकहाँ आए र भने, “के तिमीहरूका शिक्षकले आधा सेकेल कर तिर्दैनन् ?” 25 उनले भने, “तिर्छन् ।” तर जब पत्रुस घरभित्र गए, येशू पहिले उनीसँग बोल्नुभयो र भन्नुभयो, “सिमोन, तिम्रो विचार के छ ? पृथ्वीका राजाहरूले कोबाट कर वा महसुल पाउँछन् ? तिनीहरूका प्रजाबाट कि परदेशीहरूबाट ?” 26 जब पत्रुसले “परदेशीहरूबाट” भनेर भने, येशूले उनलाई भन्नुभयो, “त्यसो भए, प्रजाहरूचाहिँ कर तिर्नबाट मुक्त हुन्छन् । 27 हामीले कर उठाउनेहरूलाई पाप गर्न बाध्य नगराऔँ भनेर समुद्रमा जाऊ, बल्छी हान, र जुन माछा पहिले पर्छ त्यसलाई तान । तिमीले त्यसको मुख खोलेपछि तिमीले एक सेकेल भेट्टाउनेछौ । त्यो लेऊ अनि मेरो र तिम्रो निम्ति कर उठाउनेहरूलाई देऊ ।”
पुरानो करारका मलाकी अगमवक्ता येशू जन्मिनुभन्दा धेरै वर्ष पहिले बाँचेका थिए । मलाकीले भनेका थिए, कि ख्रीष्ट आउनुभन्दा पहिले एलिया नाउँ गरेका अगमवक्ता फर्केर आउने छन् । मलाकीले बप्तिस्मा दिने यूहन्नाका बारेमा बोलेका थिए भनेर येशूले स्पष्ट पार्नुभयो । एलियाले जे गर्ने छन् भनेर मलाकीले भनेका थिए, सो बप्तिस्मा दिने यूहन्नाले गरेका हुनाले येशूले त्यसो भन्नुभयो । अनि )
परमेश्वरको महिमालाई धर्मशास्त्रले धेरैजसो ठूलो चम्किलो ज्योतिको रूपमा वर्णन गर्दछ । जब मानिसहरूले यस्तो ज्योति देख्दछन्, तब तिनीहरू डराउँछन् । येशूको शरीर उहाँको तेजिलो महिमाको ज्योतिले चम्कियो, र यसरी येशू साँच्चै परमेश्वरका पुत्र हुनुहुन्छ भनी उहाँका चेलाहरूले देख्न सके भनेर मत्तीले यो अध्यायमा भन्दछन् । साथसाथै, परमेश्वर आफैँले पनि भन्नुभयो, येशू उहाँका पुत्र हुनुहुन्छ । अनि )
यसले येशूको रूप परिवर्तनको वर्णन सुरु गर्दछ ।
“पत्रुस, याकूब र याकूबका भाइ यूहन्ना”
जब तिनीहरूले उहाँलाई हेरे, उहाँको स्वरूप पहिले भएकोभन्दा फरक थियो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँको स्वरूप परिवर्तन भएको थियो” वा “उहाँ निकै फरक देखिनुभयो”
“तिनीहरूको अगाडि” वा “त्यसले गर्दा तिनीहरूले उहाँलाई स्पष्टसँग देख्न सक्थे”
यी उपमा हुन् जसले येशूको रूप कति धेरै चम्किएको थियो भन्ने कुरामा जोड दिन्छन् ।
“जे उहाँले पहिरिरहनुभएको थियो”
यो शब्दले हामीलाई यसपछि आउने आश्चर्यजनक जानकारीप्रति ध्यान दिनलाई सचेत गराउँछ ।
यसले पत्रुस, याकूब र यूहन्नालाई जनाउँछ ।
“येशूसँग”
“भने ।” पत्रुसले कुनै प्रश्नको प्रतिक्रिया दिइरहेका थिएनन् ।
यहाँ “हामी” भन्नाले पत्रुस, याकूब र यूहन्नालाई जनाउँछ कि येशू, एलिया र मोशालगायत त्यहाँ भएका हरेक व्यक्तिलाई समेत जनाउँछ भन्ने कुरा स्पष्ट छैन । तपाईंले अनुवाद गर्द यी दुवै विकल्प सम्भव छ भने, त्यसै गर्नुहोस् ।
यो शब्दले पाठकलाई यसपछि आउने आश्चर्यजनक जानकारीप्रति ध्यान दिनलाई सचेत गराउँछ ।
“उनीहरूमाथि आयो”
यहाँ “आवाज” चाहिँ परमेश्वर बोल्नुभएको कुरा हो । वैकल्पिक अनुवादः “बादलबाट परमेश्वर उनीहरूसँग बोल्नुभयो”
“परमेश्वर बोल्नुभएको चेलाहरूले सुने”
यहाँ “उनीहरू भुइँमा घोप्टो परे” भनेको चाहिँ एउटा वाक्पद्धति हो । वैकल्पिक अनुवादः “तिनीहरू अनुहार भुइँतिर हुने गरी अगाडि लोटे”
तीन जना चेलाहरूले येशूको रूप परिवर्नलाई देखेपछि तुरुन्तै त्यसपछिका घटना भए ।
“जसै येशू र चेलाहरू”
येशूले आफ्नै बारेमा कुरा गर्दै हुनुहुन्छ ।
एलियाको पुनरुत्थान हुनेछ र ख्रीष्ट आउनुभन्दा पहिले उनी इस्राएलका मानिसहरूकहाँ फर्केर आउनेछन् भन्ने विश्वासलाई चेलाहरूले कुरा गरेका हुन् ।
“सबै कुरा सही क्रममा राख्नु” वा “ख्रीष्टलाई ग्रहण गर्न मानिसहरूलाई तयार पार्नु”
यसले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
यी शब्दहरूका सबै प्रयोगहरूले कि त १) यहूदी अगुवाहरू कि त २) सबै यहूदी मानिसहरूको अर्थ दिएको हुन सक्छ ।
यहाँ “हात”ले शक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले मानिसको पुत्रलाई दुःख दिने छन्”
येशूले आफ्नै बारेमा भन्दै हुनुहुन्छ ।
येशूले दुष्ट आत्मा लागेको एउटा केटोलाई निको पार्नुभएको घटनाको विवरणलाई यस खण्डले सुरुवात गर्दछ । येशू र उहाँका चेलाहरू पहाडबाट तल आउनेबित्तिकै यी घटनाहरू घटे ।
येशूले आफ्नो छोरो निको पारिदिनुभएको होस् भन्ने त्यो मानिसको इच्छालाई यसले जनाउँछ । वैकल्पिक अनुवादः “मेरो छोरामाथि कृपा गर्नुहोस् र उसलाई निको पार्नुहोस्”
यसको अर्थ उसलाई काम्ने रोग लागेको थियो । ऊ कहिलेकाहीँ बेहोस हुन्छ र अनियन्त्रित रूपमा चल्न थाल्छ । वैकल्पिक अनुवादः “काम्ने रोग लागेको छ”
“यो पुस्ताले परमेश्वरमा विश्वास गर्दैन र के ठीक छ र के बेठीक छ भनेर जान्दैन । कहिले”
यी प्रश्नहरूले येशू मानिसहरूसँग प्रसन्न हुनुहुन्न भनेर देखाउँछन् । वैकल्पिक अनुवादः “तिमीहरूलाई साथ दिएर अब म थाकिसकेँ ! तिमीहरूको अविश्वास र भ्रष्टताले गर्दा म थाकिसकेँ !”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो केटो स्वस्थ भयो”
यो वाक्पद्धति हो । वैकल्पिक अनुवादः “तुरुन्तै” वा “त्यो क्षणमा नै”
यहाँ “हामी” शब्दले वक्ताहरूलाई जनाउँछ तर सुन्नेहरूलाई होइन र त्यसैले त्यो असमावेशी छ ।
“हामीले भूतात्मालाई केटोबाट बाहिर निकाल्न किन सकेनौँ ?”
म तिमीहरूलाई साँचो भन्दछु ।” यसपछि येशूले जे भन्नुहुन्छ, त्यसमा यसले जोड दिन्छ ।
रायोको दानालाई येशूले आश्चर्यकर्म गर्न आवश्यक विश्वासको परिमाणसित तुलना गर्नुहुन्छ । रायोको दाना धेरै नै सानो हुन्छ, तर त्यो बढेर ठूलो बिरुवा हुन्छ । येशूले भन्न खोज्नुभएको चाहिँ ठूलो आश्चर्यकर्म गर्नका लागि विश्वासको सानो परिमाण मात्र चाहिन्छ ।
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू जे पनि गर्न सक्षम हुनेछौ”
यहाँ क्षणभरका लागि दृश्य घटना बद्लिन्छ र येशूले दोस्रोपल्ट उहाँको मृत्यु र पुनरुत्थानको बारेमा भविष्यवाणी गर्नुहुन्छ ।
“येशू र उहाँका चेलाहरू बस्नुभयो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले मानिसका पुत्रलाई सुम्पिदिनेछ”
यहाँ “हात” शब्द मानिसहरूले केही गर्नलाई प्रयोग गर्ने शक्तिलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “लिइएको र मानिसहरूको शक्तिमुनि राखिएको” वा “लिइएको र ती मानिसहरूलाई दिइएको जसले उहाँलाई अधीनमा लिनेछन्”
येशूले तृतीय पुरुषमा आफैँलाई जनाउनुहुन्छ ।
यहाँ “हात” ले शक्ति वा नियन्त्रणलाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसहरूका नियन्त्रणमा” वा “मानिसहरूकहाँ”
येशूले तृतीय पुरुषमा आफैँलाई जनाउनुहुन्छ ।
“तेस्रो” भनेको सङ्ख्या “तीन”लाई जनाउने शब्द हो ।
यहाँ बिउँताउनु भनेको मरिगएको कसैलाई पुनः जीवित हुन लगाउने कुरालाई जनाउने वाक्पद्धति हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँलाई बिउँताउनुहनेछ” वा “परमेश्वरले उहाँलाई फेरि जीवित हुन लगाउनुहुनेछ”
यहाँ दृश्य घटना बद्लिएर फेरि पछिल्लो समयमा पुग्दछ जति बेला येशूले पत्रुसलाई मन्दिरको कर तिर्ने बारेमा सिकाउनुहुन्छ ।
“जब येशू र उहाँका चेलाहरू”
यहूदीहरूले यरूशलेमको मन्दिरको खाँचो पूरा गर्नका लागि यो कर तिर्दथे । वैकल्पिक अनुवादः “मन्दिरको कर”
“त्यो ठाउँ जहाँ येशू बसिरहनुभएको थियो”
येशूले आफूले जानकारी हासिल गर्न नभईकन सिमोनलाई सिकाउनका लागि यी प्रश्न सोध्नुभयो । वैकल्पिक अनुवादः “सिमोन, सुन । हामीलाई थाहा छ, जब राजाहरूले कर उठाउँछन्, तब त्यो तिनीहरूले आफ्नै नागरिकहरूबाट होइन, बरु, परदेशीहरूबाट उठाउँदछन्”
यो मत्ती १३:५४ मा सुरु भएको कथाको आखिरी भाग हो, जहाँ स्वर्गको राज्यका बारेमा येशूको सेवा र शिक्षाको निरन्तर विरोध भएको कुराको वर्णन लेखकले गर्दछन् ।
येशूले कर तिर्ने बारेमा पत्रुसलाई निरन्तर सिकाउनुहुन्छ ।
यदि तपाईंले येशूका [मत्ती १७:२५]
आधुनिक समयमा, नेताहरूले सामान्यतया तिनीहरूका आफ्नै नागरिकहरूबाट कर उठाउँदछन् । तर प्राचीन समयमा, नेताहरूले आफ्ना नागरिकहरूका साटोमा आफूले जितेका मानिसहरूमाथि कर लगाउँथे ।
ती मानिसहरू जसमाथि शासक वा राजाले राज गर्छन्
“तर हामी कर उठाउनेहरूलाई रिस उठाउन चाहँदैनौँ । यसैले जाऊ ।”
माझीले बल्छीलाई डोरीको टुप्पामा बाँद्धछन्, अनि माछा समात्नका लागि पानीमा फाल्दछन् ।
“माछाको मुख”
चार दिनको ज्याला बराबरको चाँदीको सिक्का
“सेकेल लिऊ”
यहाँ “तिम्रो” एकवचन हो र पत्रुसलाई जनाउँछ । प्रत्येक मानिसले आधा सेकेल कर तिर्नुपर्दथ्यो । यसैले एक सेकेल भए येशू र पत्रुसको लागि कर तिर्न पर्याप्त हुन्थ्यो ।
1 त्यही समयमा येशूका चेलाहरू उहाँकहाँ आएर भने, “स्वर्गको राज्यमा सबैभन्दा ठुलो को हो ?” 2 येशूले आफ्नो नजिक एउटा सानो बालकलाई बोलाउनुभयो, र उसलाई उनीहरूका बिचमा राख्नुभयो, 3 र भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले पश्चात्ताप गरेर यी बालकजस्तो नभएसम्म, तिमीहरू अरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ । 4 त्यसैले, जसले यी सानो बालकले झैँ आफूलाई नम्र तुल्याउँछ, त्यो मानिस नै स्वर्गको राज्यमा सबैभन्दा महान् हुन्छ । 5 अनि जसले मेरो नाउँमा एउटा यस्तो सानो बालकलाई अपनाउँछ, उसले मलाई अपनाउँछ । 6 तर ममा विश्वास गर्ने यी सानाहरूमध्ये एउटैलाई पनि जसले पाप गर्न लगाउँछ, त्यसको गलामा एउटा ठुलो ढुङ्गो झुण्ड्याइ समुद्रको गहिराइमा फालिदिनु असल हुने थियो । 7 कठिनाइको समयको कारण यस संसारलाई धिक्कार ! किनकि यस्तो समय आउनु आवश्यक छ, तर त्यस मानिसलाई धिक्कार जसद्वारा यस्तो समय आउँछ ! 8 यदि तिम्रो हात अथवा खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने, त्यसलाई काटिदेऊ र त्यसलाई तिमीबाट टाढा फ्याँकिदेऊ । दुवै हात वा दुवै खुट्टा भएर अनन्तको आगोमा फालिनुभन्दा लुलो वा लङ्गडो भएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुन्छ । 9 यदि तिम्रो आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने, त्यसलाई निकाल, र तिमीबाट टाढा फ्याँकिदेऊ । दुवै आँखा भएर अनन्तको आगोमा फालिनु भन्दा एउटा आँखाको लिएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुन्छ । 10 होसियार रहो, यी सानाहरूमध्ये कसैलाई पनि घृणा नगर । किनकि म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतहरूले सधैँ मेरा पिताको मुहार हेर्दछन् जो स्वर्गमा हुनुहुन्छ । 11 किनकि मानिसका पुत्र हराएकाहरूलाई बचाउन आएका हुन् । 12 तिमीहरू के विचार गर्छौ ? यदि कुनै मानिससँग एक सयवटा भेडा छन्, अनि तीमध्ये एउटा हरायो भने, के उसले ती उनान्सयलाई डाँडाको एक छेउमा छोडेर त्यस हराएकोलाई खोज्न हिँड्दैन र ? 13 अनि साँच्चै म तिमीहरूलाई भन्दछु, यदि उसले त्यो हराएको भेडालाई भेट्टायो भने, ऊसँग भएका ती उनान्सय भेडाभन्दा त्यस एउटाको निम्ति उसले बढी रमाहट गर्दछ । 14 त्यसरी नै, यी सानाहरूमध्ये एउटै पनि नाश होस् भनी स्वर्गमा हुनुहुने तिमीहरूका पिताले इच्छा गर्नुहुन्न । 15 यदि तिम्रो भाइले तिम्रो विरुद्धमा पाप गर्छ भने, जाऊ, र एकलै भेटेर उसलाई उसको गल्ती देखाइदेऊ । यदि उसले तिम्रो कुरा सुन्छ भने, तिमीले आफ्नो भाइलाई प्राप्त गर्नेछौ । 16 तर यदि उसले तिम्रो कुरा सुन्दैन भने, अरू एक वा दुई जना भाइलाई तिमीसँगै लैजाऊ, ताकि दुई वा तिन जना साक्षीको बोलीद्वारा हरेक शब्द सत्य ठहरिओस् । 17 र यदि उसले तिनीहरूको कुरा पनि सुन्न इन्कार गर्दछ भने, यो विषय मण्डलीलाई बताऊ । यदि उसले मण्डलीलाई पनि सुन्न इन्कार गर्दछ भने, ऊ तिम्रो निम्ति गैरयहूदी वा कर उठाउने सरह होस् । 18 साँच्चै म तिमीहरूलाई भन्दछु, जे कुराहरू तिमी संसारमा बाँध्छौ, त्यो स्वर्गमा पनि बाँधिनेछ । अनि जे कुराहरू तिमी संसारमा फुकाउनेछौ, त्यो स्वर्गमा फुकाइनेछ । 19 अझ म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूमध्ये दुई जनाले तिनीहरूले मागेका जुनसुकै कुरामा यस संसारमा सहमत हुन्छन् भने, स्वर्गमा हुनुहुने मेरा पिताद्वारा तिनीहरूका निम्ति त्यो गरिनेछ । 20 किनकि जहाँ दुई वा तिन जना मेरो नाउँमा भेला हुन्छन्, म तिनीहरूका माझमा हुनेछु ।” 21 अनि पत्रुस आए र येशूलाई भने, “प्रभु, मेरो भाइले मेरो विरुद्धमा कति पटक पाप गर्यो भने मैले उसलाई क्षमा गरूँ ? के सात पल्टसम्म ?” 22 येशूले उनलाई भन्नुभयो, “म तिमीलाई सात पटक भनेर भन्दिनँ, तर सत्तरी गुणा सात पल्टसम्म । 23 यसैकारण, स्वर्गको राज्यलाई एउटा यस्तो राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्ना नोकरहरूसित आफ्नो हिसाब मिलाउन चाहे । 24 जब तिनले हिसाब लिन थाले, एउटा नोकर तिनको अगाडि ल्याइयो जसले तिनलाई दस हजार सुनका सिक्का तिर्नुपर्ने थियो । 25 तर त्यस नोकरसित त्यो चुक्ता गर्ने केही उपाय नभएकोले, त्यसका मालिकले त्योसहित त्यसकी पत्नी, त्यसका बालबच्चा र सबथोक बेचेर त्यो तिर्न आदेश दिए । 26 त्यसैले, त्यस नोकर घुँडा टेक्दै तिनको अगि घोप्टो पर्यो, अनि भन्यो, ‘मालिक, मसँग धैर्य गर्नुहोस्, अनि म हजुरलाई सब थोक तिर्नेछु ।’ 27 त्यसैले, त्यस नोकरका मालिक दयाले भरिएको कारण तिनले त्यसलाई छोडिदिएर ऋणमुक्त गरिदिए । 28 तर त्यस नोकर बाहिर गयो र त्यसले आफ्नो सहकर्मी एउटा नोकर भेट्टायो जसले त्यसलाई एक सय दिनार तिर्नुपर्ने थियो । त्यसले उसलाई पक्रियो, र घाँटीमा समात्यो, र भन्यो, ‘तैँले मलाई जे तिर्नुपर्नेछ, त्यो तिरिहाल ।’ 29 तर त्यसको नोकरले घुँडा टेक्यो र त्यसलाई बिन्ती गर्यो, ‘मसँग धैर्य गर्नुहोस्, अनि म तपाईंलाई सबै ऋण तिरिदिनेछु ।’ 30 तर त्यो पहिलो नोकरले इन्कार गर्यो । बरु, त्यो गयो र उसले तिर्नुपर्ने ऋण चुक्ता नगरेसम्म उसलाई झ्यालखानामा हालिदियो । 31 जब त्यसका अरू सहकर्मी नोकरहरूले जे भएको थियो त्यो देखे, उनीहरू अत्यन्तै निराश भए । उनीहरू आए, र जे भएको थियो त्यो सबै उनीहरूका मालिकलाई सुनाइदिए । 32 त्यसपछि त्यस नोकरका मालिकले त्यसलाई बोलाए र भने, ‘तँ दुष्ट नोकर, तैँले मलाई बिन्ती गरेको हुनाले मैले तेरा सबै ऋण तँलाई माफ गरिदिएँ । 33 मैले तँमाथि दया गरेझैँ के तैँले पनि आफ्नो सहकर्मी नोकरमाथि दया गर्नु पर्दैनथ्यो ?’ 34 त्यसका मालिक रिसाए र त्यसले तिर्नुपर्ने सबै ऋण चुक्ता नगरेसम्म त्यसलाई सताउनेहरूका हातमा सुम्पिदिए । 35 यदि तिमीहरू हरेकले आफ्नो हृदयबाट आफ्नो भाइलाई क्षमा गरेनौ भने, मेरा स्वर्गीय पिताले पनि तिमीहरूसित यस्तै गर्नुहुनेछ ।
आफ्ना चेलाहरूले एकआपसमा असल व्यवहार गर्नुपर्दछ, र एकअर्कालाई रिस गर्नुहुँदैन भनेर येशूले सिकाउनुभयो । कसैले पाप गरेर क्षमा माग्दछ भने, तिनीहरूले क्षमा गर्नुपर्दछ । उसले पहिले पनि त्यो पाप गरे पनि क्षमा गर्नुपर्दछ । यदि उसले आफ्नो पापको लागि क्षमा मागेको छैन भने, येशूका चेलाहरूले एकान्तमा वा सानो समूहमा उसित कुरा गर्नुपर्दछ । यदि आफ्नो पापको लागि उसले अझ पनि माफ माग्दैन भने, येशूका चेलाहरूले उसलाई दोषी ठहराउन सक्दछन् । अनि )
यहाँ कथाको नयाँ भाग सुरु हुन्छ, जुन मत्ती १८:३५ सम्म निरन्तर चल्दछ, जहाँ येशूले स्वर्गको राज्यमा हुने जीवनका बारेमा सिकाउनुहुन्छ । यहाँ, येशूले चेलाहरूलाई सिकाउनका लागि सानो बालकलाई प्रयोग गर्नुहुन्छ ।
“सबैभन्दा प्रतिष्ठित को हो” वा “हाम्रा बीचमा भएकाहरूमध्ये सबैभन्दा प्रतिष्ठित को हो”
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । वैकल्पिक अनुवादः “परमेश्वरको राज्यमा” वा “जब स्वर्गमा हुनुहुने हाम्रा परमेश्वरले पृथ्वीमा आफ्नो राज्य स्थापना गर्नुहुन्छ”
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “प्रवेश गर्नका लागि ... तिमीहरू बद्लिनुपर्छ”
येशूले आफ्ना चेलाहरूलाई सिकाउनका लागि उपमाको प्रयोग गर्नुहुन्छ, यसैले को सबैभन्दा प्रतिष्ठित हो भनेर तिनीहरूले फिक्री गर्नुहुँदैन । बालक झैँ नम्र हुनुपर्ने कुरामा तिनीहरूले ध्यान लगाउनुपर्दछ ।
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । वैकल्पिक अनुवादः “परमेश्वरको राज्यभित्र प्रवेश” वा “स्वर्गमा हुनुहुने हाम्रा परमेश्वरले पृथ्वीमा आफ्नो राज्य स्थापना गर्नुहुँदा उहाँको हुनु”
यदि येशूका चेलाहरूले परमेश्वरको राज्यमा प्रतिष्ठित हुने इच्छा गर्दछन् भने, तिनीहरू बालक झैँ नम्र हुनुपर्दछ भनेर उहाँले तिनीहरूलाई निरन्तर सिकाउनुहुन्छ ।
“सबैभन्दा प्रतिष्ठित हुन्छ” वा “सबैभन्दा प्रतिष्ठित हुनेछ”
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । वैकल्पिक अनुवादः “परमेश्वरको राज्यमा” वा “जब स्वर्गमा हुनुहुने हाम्रा परमेश्वरले पृथ्वीमा आफ्नो राज्य स्थापना गर्नुहुन्छ”
यहाँ “मेरो नाउ” भन्नाले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “मेरो कारणले” वा “ऊ मेरो चेला भएको हुनाले”
येशूले भन्न खोज्नुभएको चाहिँ यो उहाँलाई स्वागत गरेको जस्तै हो । वैकल्पिक अनुवादः “यो उसले मलाई स्वागत गर्न लागेको जस्तै हो” वा “यो उसले मलाई स्वागत गरेको जस्तै हो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले त्यसको गलामा एउटा ठूलो ढुङ्गो झुन्ड्याएर समुद्रको गहिराइमा फालिदिए हुन्थ्यो”
गहुँको अन्नलाई पिसेर पिठो बनाउने गोलो आकारको एउटा ठूलो र गह्रौँ ढुङ्गो । वैकल्पिक अनुवादः “एउटा गह्रौँ ढुङ्गो”
येशूले आफ्ना चेलाहरूलाई सिकाउनका लागि उहाँले निरन्तर सानो बालकलाई प्रयोग गर्नुहुन्छ र बालकहरूलाई पाप गर्न लगाउनेलाई भयानक दुष्परिणाम आइपर्ने चेतावनी दिनुहुन्छ ।
यहाँ “संसार' ले मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “संसारका मानिसहरूलाई”
यहाँ “ठेस लाउने” अलङ्कारको अर्थ नै पाप गर्न लाउने हो । वैकल्पिक अनुवादः “मानिसहरूलाई पाप गर्न लाउने थोकहरू…त्यस्ता थोकहरू आउँछन् जसले मानिसहरूलाई पाप गर्न लगाउँछन् ... कुनै पनि व्यक्ति जसले अरूहरूलाई पाप गर्न लगाउँछ”
मानिसले आफूलाई जुन कुराले पाप गर्न लगाउँछ, त्यसलाई आफ्नो जीवनबाट हटाउनका लागि उसले जुनसुकै मूल्य चकाउनुपर्छ भन्न येशूले यहाँ बढाइचढाइ गर्नुहुन्छ ।
यी शब्द एकवचन रूपमा दोहोरिएका छन् । येशूले सामान्य रूपमा सबै मानिसलाई भन्नुभएको हो । यहाँ बहुवचन “तिमीहरू” लेखेर अनुवाद गर्दा तपाईंको भाषामा बढी स्वभाविक लाग्न सक्दछ ।
“अनन्त जीवनमा”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीलाई अनन्त आगोमा फाल्नुहुँदा दुवै हात वा दुवै खुट्टा हुनुभन्दा”
शायद शरीरमा भएको सबैभन्दा महत्त्वपूर्ण अङ्ग आँखालाई नै नष्ट पार्ने आज्ञा, सायद उहाँका श्रोताहरूले आफूलाई पाप गर्न लगाउने महत्त्वपूर्ण कुनै पनि थोकलाई तिनीहरूका जीवनबाट हटाउनका लागि तिनीहरूले आवश्यक जुनसुकै कदम उठाउनुपर्छ भन्न बढाइचढाइ भनिएको हो ।
यहाँ “ठेस लाउने” अलङ्कारको अर्थ नै पाप गर्न लाउने हो । वैकल्पिक अनुवादः “तिमीलाई पाप गर्न लगाउँछ”
यी शब्द एकवचन रूपमा दोहोरिएका छन् । येशूले सामान्य रूपमा सबै मानिसलाई भन्नुभएको हो । यहाँ बहुवचन “तिमीहरू” लेखेर अनुवाद गर्दा तपाईंको भाषामा बढी स्वभाविक लाग्न सक्दछ ।
“अनन्त जीवनमा”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीलाई अनन्त आगोमा फाल्नुहुँदा दुवै आँखा हुनुभन्दा”
“सचेत रहो” वा “निश्चित होओ”
“यी सानाहरूलाई तिमीहरूले महत्त्वहीन हुन् भनी तिमीहरू विचार नगर ।” यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले यी सानाहरूलाई आदर गर”
येशूले यसपछि जे भन्नुहुन्छ, त्यस कुरामा यसले जोड दिन्छ ।
सबैभन्दा प्रतिष्ठित स्वर्गदूतहरू मात्र परमेश्वरको उपस्थितिमा रहन्छन् भनी यहूदी गुरुहरूले सिकाए । येशूले भन्नुभएको कुराको अर्थ सबैभन्दा प्रतिष्ठित स्वर्गदूतहरूले यी सानाका बारेमा बोल्दछन् ।
यो लक्षणा हो, जसको अर्थ तिनीहरू परमेश्वरको उपस्थितिमा हुन्छन् । वैकल्पिक अनुवादः “सधैँ मेरो पिताको नजिक हुन्छन्” वा “सधैँ मेरा पिताको उपस्थितिमा हुन्छन्”
यो परमेश्वरको लागि महत्त्वपूर्ण नाउँ हो जुन परमेश्वर र येशूको बीचको सम्बन्धलाई वर्णन गर्दछ ।
येशूले आफ्ना चेलाहरूलाई सिकाउनका लागि उहाँले निरन्तर सानो बालकलाई प्रयोग गर्नुहुन्छ, र परमेश्वरले मानिसहरूको वास्ता गर्नुहुने कुराको बारेमा स्पष्ट पार्न एउटा दृष्टान्त भन्नुहुन्छ ।
मानिसहरूले ध्यान देउन् भनेर येशूले यो प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले कसरी व्यवहार गर्छन् भनेर विचार गर ।” वा “यस बारेमा सोच ।”
यो शब्द बहुवचनमा छ ।
“१०० ... ९९”
आफ्ना चेलाहरूलाई सिकाउन येशूले दृष्टान्त प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “त्यसले सधैँ ... छोड्छ र ... खोज्न जान्छ ... ।”
यो चाहिँ पद १२ मा “यदि कसैले” शब्दहरूबाट सुरु भएको दृष्टान्तको अन्त हो ।
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ । “तिमीहरू” शब्द बहुवचनमा छ ।
“यी सानाहरूमध्ये एउटै पनि मरोस् भनेर स्वर्गमा हुनुहुने तिमीहरूका पिताले इच्छा गर्नुहुन्न” वा “यी सानाहरूमध्ये एउटै पनि मरेको स्वर्गमा हुनुहुने तिमीहरूका पिताले चाहनुहुन्न”
यो शब्द बहुवचनमा छ ।
यो परमेश्वरको लागि महत्त्वपूर्ण नाउँ हो ।
येशूले पश्चात्ताप र क्षमादानको बारेमा शिक्षा दिन सुरुवात गर्नुहुन्छ ।
यसले परमेश्वरमा विश्वास गर्ने विश्वासी भाइलाई जनाउँछ, शारीरिक भाइलाई होइन । वैकल्पिक अनुवादः “तिम्रो सङ्गी विश्वासी”
“तिमीले आफ्नो भाइसँगको सम्बन्धलाई फेरि असल बनाउनेछौ”
यहाँ “मुख” र “वचन”ले मानिसले बोल्ने कुरालाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसरी तिमीहरूले आफ्ना विश्वासी भाइको बारेमा बोलेका कुरा दुई वा तीन जनाको साक्षीले सत्य साबित होस्”
“यदि तिम्रो सङ्गी विश्वासीले तिमीसँगै आएका साक्षीहरूलाई सुन्न पनि इन्कार गर्छ भने”
“विश्वासीहरूका सारा समुदायलाई”
“तिमीले गैरयहूदी वा कर उठाउने व्यक्तिलाई जस्तो व्यवहार गर्थ्यौ उसलाई त्यस्तै व्यवहार गर ।” यसको अर्थ तिनीहरूले उसलाई विश्वासीहरूका समुदायबाट हटाइदिनुपर्दछ ।
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
यो शब्द जतिपल्ट दोहोरिए पनि बहुवचन हो ।
यहाँ “बाँध्नु” भनेको अलङ्कार हो जसको अर्थ केही कुरालाई निषेध गर्नु हो, र “फुकाउनु” भनेको अलङ्कार हो जसको अर्थ केही कुरालाई अनुमति दिनु भन्ने हुन्छ । साथै, “स्वर्गमा” भनेको प्रतिस्थापन शब्द हो जसले परमेश्वर आफैँलाई जनाउँछ । तपाईंले यस्तै वाक्यांशहरूलाई [मत्ती १६:१९]
यसले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
येशूको अर्थ “यदि कम्तीमा तिमीहरूमध्ये दुईजना” वा “यदि तिमीहरूमध्ये दुई वा सोभन्दा बढी” हो भनेर बुझिएको छ ।
यिनीहरूले “तिमीहरूमध्ये दुई”लाई जनाउँछन् । वैकल्पिक अनुवादः “तिमीहरू ... तिमीहरू”
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो जसले परमेश्वर र येशूको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छ ।
येशूको अर्थ “दुई वा तीन” वा “कम्तीमा दुईजना” हो भनेर बुझिएको छ ।
“भेट्नु”
यहाँ “नाउँ” सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “मेरो कारणले” वा “तिनीहरू मेरा चेलाहरू भएका हुनाले”
“७ पल्ट”
सम्भावित अर्थहरू हुन् १) “७० गुणा ७ पल्ट” वा 2) “७७ गुणा ।” यदि सङ्ख्याको प्रयोग गर्दा अस्पष्ट हुन्छ भने, तपार्इंले यसलाई “तिमीहरूले गन्न सक्नेभन्दा धेरै पल्ट” वा “तिमिले जहिले पनि उसलाई माफ गर्नुपर्छ” भनेर अनुवाद गर्न सक्नुहुन्छ ।
येशूले पश्चात्ताप र क्षमादानको बारेमा सिकाउनको निम्ति दृष्टान्तको प्रयोग गर्नुहुन्छ ।
यसले एउटा दृष्टान्त सुरु गर्दछ । तपाईंले यस्तै दृष्टान्तलाई [मत्ती १३:२४]
“तिनका नोकरहरूले नोकरहरूलाई तिर्नुपर्ने हिसाब तिरुन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कुनै व्यक्तिले राजाका नोकरहरूमध्ये एउटालाई ल्यायो”
“१०,००० सुनका सिक्का” वा “त्यो नोकरले तिर्न सक्नेभन्दा धेरै पैसा”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “राजाले आफ्नो नोकरलाई त्यो मानिसलाई ... बेचिदिन र बेचेको पैसाले त्यो ऋृण तिर्न आज्ञा गरे”
त्यो नोकर धेरै नम्र किसिमले राजाकहाँ गएको कुरालाई यसले दर्शाउँछ ।
“राजाको सामु”
“त्यस नोकरप्रति तिनले सहानुभूति महसुस गरे”
“त्यसलाई जान दिए”
येशूले आप्ना चेलाहरूलाई दृष्टान्त भन्ने कुरा निरन्तर गर्नुहुन्छ ।
“१०० दिनार” वा “एक सय दिनको ज्याला”
“पहिलो नोकरले उसको सङ्गी नोकरलाई समात्यो”
“समात्यो” वा “अँठ्यायो”
त्यो सङ्गी नोकर जतिसक्दो नम्र भएर त्यस नोकरकहाँ गएको कुरालाई यसले दर्शाउँछ । तपाईंले यसलाई [मत्ती १८:२६]
“र उसलाई बिन्तीभाउ गर्यो”
येशूले आप्ना चेलाहरूलाई दृष्टान्त भन्ने कुरा निरन्तर गर्नुहुन्छ ।
“पहिलो नोकर गयो र उसको सङ्गी नोकरलाई झ्यालखानामा हालिदियो”
“अरू नोकरहरू”
“राजालाई भनिदिए”
येशूले आफ्ना चेलाहरूलाई दृष्टान्त भन्ने कुरा निरन्तर गर्नुहुन्छ ।
“त्यसपछि राजाले त्यो पहिलो नोकरलाई बोलाए”
तैँले मलाई बिन्ती गरिस्”
पहिलो नोकरलाई हप्काउनका लागि राजाले एउटा प्रश्न प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “तैँले पनि ... दया गर्नु पर्नेथियो !”
यो मत्ती १८:१ मा सुरु भएको कथाको आखिरी भाग हो, जहाँ येशूले स्वर्गमा हुने जीवनका बारेमा सिकाउनुहुन्छ ।
क्षमा र मिलापको बारेमा येशूले भन्नुभएको दृष्टान्तलाई उहाँले सिद्ध्याउनुहुन्छ ।
“राजा”
“उसलाई दिए ।” त्यो पहिलो नोकरलाई यातना दिनेहरूका हातमा सुम्पिनका लागि शायद राजा आफैँले लिएर गएनन् । वैकल्पिक अनुवादः “तिनले उसलाई सुम्पिदिन आफ्ना नोकरहरूलाई आदेश दिए”
“उसलाई यातना दिनेहरूकहाँ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे कुरा पहिलो नोकरले राजालाई तिर्नुपर्थ्यो”
यो परमेश्वरको लागि महत्त्वपूर्ण नाउँ हो जसले परमेश्वर र येशूको बीचको सम्बन्धलाई वर्णन गर्दछ ।
जतिपल्ट आए पनि यी शब्द बहुवचन हुन् । येशू आफ्ना चेलाहरूसँग बोल्दै हुनुहुन्छ, तर यस दृष्टान्तले सामान्य सत्यता सिकाउँछ, जुन सबै विश्वासीका जीवनमा लागु हुन्छ ।
यहाँ “हृदय” भनेको व्यक्तिको भित्री मानिसलाई जनाउने प्रतिस्थापन शब्द हो । “तिमीहरूको हृदयबाट” भन्ने वाक्यांश चाहिँ एउटा वाक्पद्धति हो जसको अर्थ “इमान्दारीसँग” भन्ने हुन्छ । वैकल्पिक अनुवादः “इमान्दारीसँग” वा “पूर्णतया”
1 जब येशूले यी कुराहरू भनेर सिद्ध्यानुभयो, उहाँ गालीलबाट निस्कनुभयो, र यर्दन नदीको पारि यहूदियाको सिमानासम्म आउनुभयो । 2 एउटा ठुलो भिडले उहाँलाई पछ्यायो, र उहाँले तिनीहरूलाई निको पार्नुभयो । 3 फरिसीहरू उहाँकहाँ आएर उहाँको जाँच गर्दै उहाँलाई भने, “के मानिसले कुनै कारणले उसकी पत्नीलाई त्याग्नु उसको निम्ति न्यायसङ्गत हुन्छ ?” 4 येशूले उत्तर दिनुभयो र भन्नुभयो, “के तिमीहरूले पढेका छैनौ, कि जसले तिनीहरूलाई बनाउनुभयो, उहाँले सुरुदेखि नै तिनीहरूलाई पुरुष र स्त्री गरी बनाउनुभयो ?” 5 अनि जसले तिनीहरूलाई बनाउनुभयो उहाँले यस्तो पनि भन्नुभयो, ‘यसै कारणले मानिसले उसका बुबा र आमालाई छोड्नेछ र उसकी पत्नीसँग मिल्नेछ र ती दुवै जना एउटै शरीर हुनेछन् ।’ 6 यसैकारण तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन् । त्यसैकारण जे परमेश्वरले एकसाथ जोड्नुभएको छ, तिनीहरूलाई कसैले पनि नछुट्ट्याओस् ।” 7 तिनीहरूले उहाँलाई भने, “त्यसो भए मोशाले हामीलाई त्यागपत्र लेखेर त्याग्ने आज्ञा किन दिए त ?” 8 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूको हृदयको कठोरताको कारणले मोशाले तिमीहरूलाई तिमीहरूका पत्नीहरू त्याग्न अनुमति दिए, तर सुरुदेखि त यस्तो थिएन । 9 म तिमीहरूलाई भन्दछु, जसले कामुक अनैतिकताको कारणले बाहेक आफ्नी पत्नीलाई त्याग्छ, र अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्दछ । र जुन मानिसले त्यस त्यागिएकी स्त्रीसँग विवाह गर्दछ उसले पनि व्यभिचार गर्दछ ।” 10 चेलाहरूले येशूलाई भने, “यदि पतिको आफ्नी पत्नीसँग यस्तो अवस्था हुन्छ भने, विवाह नगर्नु नै असल हो ।” 11 तर येशूले तिनीहरूलाई भन्नुभयो, “सबै व्यक्तिले यस शिक्षालाई ग्रहण गर्न सक्दैनन्, तर तिनीहरूले मात्र जसलाई यो ग्रहण गर्नको निम्ति दिइएको छ । 12 किनकि केही नपुंसकहरू छन् जो आफ्नी आमाको गर्भदेखि नै त्यस्तै जन्मे । र केही नपुंसकहरू छन् जो मानिसहरूद्वारा नपुंसक बनाइएका थिए । र केही नपुंसकहरू छन् जसले स्वर्गको राज्यको निम्ति आफैँलाई नपुंसक बनाए । जसले यो शिक्षालाई ग्रहण गर्न सक्षम हुन्छ, उसले ग्रहण गरोस् ।” 13 त्यसपछि येशूले आफ्ना हात राखेर प्रार्थना गरिदिऊन् भनी उहाँकहाँ केही स-साना बालकहरूलाई ल्याइयो, तर चेलाहरूले तिनीहरूलाई हप्काए । 14 तथापि येशूले भन्नुभयो, “साना बालकहरूलाई अनुमति देओ र तिनीहरूलाई मकहाँ आउन नरोक किनभने स्वर्गको राज्य यिनीहरूकै हो ।” 15 अनि उहाँले तिनीहरूमाथि आफ्ना हात राख्नुभयो, र त्यसपछि त्यहाँबाट निस्कनुभयो । 16 हेर, एक जना मानिस येशूकहाँ आयो र भन्यो, “गुरुज्यू, मैले अनन्त जीवन प्राप्त गर्न के असल काम गर्नुपर्छ ?” 17 येशूले उसलाई भन्नुभयो, “असल के हो भनेर तिमी मलाई किन सोध्छौ ? एक मात्र असल हुनुहुन्छ, तर यदि तिमी जीवनमा प्रवेश गर्न चाहन्छौ भने, आज्ञाहरू पालन गर ।” 18 त्यो मानिसले उहाँलाई भन्यो, “कुन आज्ञाहरू ?” येशूले भन्नुभयो, “हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झुटो गवाही नदिनू, 19 आफ्ना बुबा र आमालाई आदर गर्नू, र आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू ।” 20 त्यो जवान मानिसले उहाँलाई भन्यो, “यी सबै कुरा त मैले पालना गरेकै छु । मैले अझै के गर्न आवश्यक छ ?” 21 येशूले उसलाई भन्नुभयो, “यदि तिमी सिद्ध हुने इच्छा गर्छौ भने, जाऊ, र तिमीसँग जे-जति छ त्यो बेच, र ती गरिबहरूलाई देऊ र तिमीले स्वर्गमा धन प्राप्त गर्नेछौ । त्यसपछि आएर मलाई पछ्याऊ ।” 22 तर जब त्यस जवान मानिसले येशूले भन्नुभएको कुरा सुन्यो, ऊ साह्रै दुःखित भएर गइहाल्यो, किनभने ऊ धेरै सम्पत्ति भएको मानिस थियो । 23 येशूले उहाँका चेलाहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न धेरै कठिन हुन्छ । 24 म फेरि तिमीहरूलाई भन्दछु, “धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नु भन्दा त उँटलाई सियोको नाथ्रीबाट प्रवेश गर्न सजिलो हुन्छ ।” 25 जब चेलाहरूले यो सुने, तिनीहरू सार्है छक्क परे र भने, “त्यसो भए को बचाइन सक्छ ?” 26 येशूले तिनीहरूलाई हेर्नुभयो र भन्नुभयो, “मानिसहरूका निम्ति त यो असम्भव छ, तर परमेश्वरको निम्ति सबै कुरा सम्भव छन् ।” 27 त्यसपछि पत्रुसले जवाफ दिए र उहाँलाई भने, “हेर्नुहोस्, हामीले सबै थोक त्यागेका छौँ र तपाईंलाई पछ्याएका छौँ । तब हामीले के पाउनेछौँ ?” 28 येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरू जसले मलाई पछ्याएका छौ, नयाँ जन्ममा जब मानिसका पुत्र इस्राएलका बाह्र कुलको न्याय गर्दै आफ्नो महिमाको सिंहासनमा बस्छन्, तिमीहरू पनि बाह्रवटा सिंहासनमा बस्नेछौ । 29 प्रत्येक जसले मेरो नामको खातिर घरबार, दाजुभाइ, दिदी-बहिनीहरू, बुबा, आमा, बालबच्चाहरू वा देश त्यागेको छ, उसले सय गुणा प्राप्त गर्नेछ र अनन्त जीवनको अधिकार पाउनेछ । 30 तर धेरै जना जो अहिले पहिला छन्, तिनीहरू पछि पर्नेछन्, र धेरै जना जो पछि परेका छन्, तिनीहरू पहिला हुनेछन् ।
त्यागपत्रका बारेमा येशूको शिक्षा गलत हो भनी मानिसहरूले विचार गरुन् भन्ने फरिसीहरूको इच्छा थियो । यसर्थ येशूले त्यागपत्रको बारेमा (मत्ती १९:३-१२) मा सिकाउनुभयो । परमेश्वरले सुरुमा सृष्टि गर्नुहुँदा भन्नुभएकै कुराका बारेमा येशूले बोल्नुभयो ।
आफ्ना श्रोताहरूले स्वर्गमा बस्नुहुने परमेश्वरको बारेमा विचार गरून् भनी जब येशूले इच्छा गर्नुहुन्छ, तब उहाँले प्रायः “स्वर्ग” शब्द बोल्नुहुन्छ (मत्ती १:१२) ।
यहाँ कथाको नयाँ भाग सुरु हुन्छ, जुन [मत्ती २२:४६]
यो वाक्यांशले कथालाई येशूका शिक्षाहरूदेखि त्यसपछि के भयो भन्ने कुराका पुर्याउँछ । वैकल्पिक अनुवादः “जब” वा “त्यसपश्चात”
यहाँ “यी कुरा” भन्नाले येशूले [मत्ती १८:१]
“ ... बाट टाढा जानुभयो” वा “छोड्नुभयो”
येशूले विवाह र सम्बन्धविच्छेदको बारेमा सिकाउन थाल्नुहुन्छ ।
“येशूकहाँ आए”
यहाँ “जाँच गर्दै” शब्द नकारात्मक अर्थमा प्रयोग भएको छ । वैकल्पिक अनुवादः “र उहाँलाई सोधेर उहाँलाई चुनौति दिए” वा “र उहाँलाई सोधेर उहाँलाई फसाउन खोजे”
पुरुषहरू, स्त्रीहरू, र विवाहको विषयमा धर्मशास्त्रले के भन्छ भनेर फरिसीहरूलाई सम्झाउनका लागि येशूले यस प्रश्नलाई प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “निश्चय पनि तिमीहरूले पढेका छौ, सुरुमा जब परमेश्वरले सृष्टि गर्नुभयो, तब उहाँले पुरुष र स्त्री बनाउनुभयो ।”
पद ५ मा, पति र पत्नीले सम्बन्ध विच्छेद गर्नुहुँदैन भनी दर्शाउनका लागि येशूले उत्पत्तिबाट उद्धृत गर्नुहुन्छ ।
यो चाहिँ फरिसीहरूले धर्मशास्त्रबाट बुझेका छन् भनेर येशूले अपेक्षा गर्नुभएको कुराको भाग हो । यो प्रत्यक्ष उद्धरणलाई अप्रत्यक्ष उद्धरणका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “अनि निश्चय पनि तिमीहरूलाई थाहा छ कि परमेश्वरले पनि भन्नुभयो कि यसकाण ... एउटै शरीर ... ”
यो उत्पत्तिमा भएको आदम र हव्वाको कथाको उद्धरण एक अंश हो । त्यो सन्दर्भको कारणले गर्दा पुरुषले आफ्नो बुबा र आमालाई छोड्दछ, किनभने पुरुषको साथी हुनका लागि परमेश्वरले स्त्रीलाई सृष्टि गर्नुभयो ।
“आफ्नी पत्नीसँग नजिक रहनु” वा “आफ्नी पत्नीसँग जिउनु”
पति र पत्नीको एकता जनाउनका लागि यो एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “तिनीहरू एउटै व्यक्ति झैँ हुनेछन्”
पति र पत्नीको एकता जनाउनका लागि यो एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “यसैले पति र पत्नीको अब दुई जना व्यक्तिजस्ता होइनन्, तर तिनीहरू एक जना व्यक्तिजस्ता हुन्”
“फरिसीहरूले येशूलाई भने”
“हामी यहूदीहरूलाई आज्ञा दिनु”
वैधानिक रूपमा विवाहलाई अन्त्य गर्ने दस्तावेज ।
“हृदयको कठोरता” अलङ्कार हो र यसले “हठी स्वभाव” लाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूको हठीपनको कारण” वा “किनभने तिमीहरू हठी छौ”
यहाँ “तिमीहरू”र “तिमीहरूको” बहुवचन रूपमा प्रयोग भएको छ । येशूले फरिसीहरूसँग कुराकारी गरिरहनुभएको छ, तर मोशाले धेरै वर्ष पहिले तिनीहरूका पूर्खाहरूलाई यो आज्ञा दिए । मोशाको आज्ञा सामान्य रूपमा सबै यहूदी पुरुषका लागि लागु भयो ।
यहाँ “सुरुदेखि” ले परमेश्वरले पुरुष र स्त्रीको सृष्टि गर्नुहुँदाको कुरालाई जनाउँछ ।
यसपछि येशूले जे भन्नुहुन्छ, त्यसमा यसले जोड दिन्छ ।
बुझिएका कुरालाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “अर्की स्त्रीलाई विवाह गर्छ”
सुरुका धेरै खण्डले यी शब्दहरूलाई समावेश गर्दैनन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले अनुमति दिनुहुन्छ” वा “जसलाई परमेश्वरले सक्षम तुल्याउनुहुन्छ”
अस्पष्ट जानकारीलाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “किनभने मानिसले विवाह नगर्ने धेरै कारण छन् । उदाहरण, नपुंसक जन्मेका मानिसहरू हुन्छन् ।”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यस्ता मानिसहरू पनि हुन्छन्, जसलाई अरू मानिसहरूले नपुंसक बनाएका हुन्छन्”
सम्भावित अर्थहरू हुन् १) “पुरुषहरू जसले आफ्ना गोप्य अङ्गलाई हटाएर आफैँलाई नपुंसक बनाएका छन्” वा २) “पुरुषहरू जो अविवाहित रहेर र यौन सम्बन्धका कुराहरूबाट अलग रहेर शुद्ध रहन छान्छन् ।”
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । वैकल्पिक अनुवादः “तिनीहरूले झन् असल प्रकारले परमेश्वरको काम गर्न सकोस् भनेर”
“यो शिक्षा स्वीकार गर्न सक्छ ... स्वीकार गरोस्”
येशूले बालबालिकालाई ग्रहण गर्नुहुन्छ र आशिष् दिनुहुन्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “केही मानिसहरूले साना बालकहरूलाई येशूकहाँ ल्याए”
स्वीकृति गर्नु
“तिनीहरूलाई मकहाँ आउन रोक नलगाओ”
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । वैकल्पिक अनुवादः “किनकि जब स्वर्गमा हुनुहुने हाम्रा परमेश्वरले पृथ्वीमा उहाँको शासन स्थापित गर्नुहुन्छ, उहाँ यस्तैहरूमाथि राजा हुनुहुनेछ” वा “किनकि परमेश्वरले यस्तैहरूलाई उहाँको राज्यमा स्वीकृति दिनुहुनेछ”
“तिनीहरूको हो जो बालकहरू झैँ छन् ।” यो उपमा हो, र यसको अर्थ बालकहरू झैँ नम्रहरू परमेश्वरको राज्यमा प्रवेश गर्ने छन् ।
यहाँ अर्को समयको घटनाको वर्णन छ, जब येशूको पछि लाग्न के मूल्य चुकाउनुपर्दछ भनी उहाँले धनी मानिसलाई स्पष्ट पार्नुहुन्छ ।
“हेर” शब्दले कथामा आएका एउटा नयाँ व्यक्तिप्रति हामीलाई सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ ।
ती कुराहरू जसले परमेश्वरलाई खुसी तुल्याउँछन् ।
के असल छ भनी येशूलाई सोध्नमा उसको कारणको बारेमा सोच्नलाई उत्साह दिनका लागि येशूले यस आलङ्कारिक प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “के असल छ भन्ने बारेमा तिमी मलाई सोध्छौ” वा “के असल छ भन्ने बारेमा तिमीले मलाई किन सोध्छौ भन्ने बारेमा सोच ।”
“परमेश्वर मात्रै पूर्ण रूपमा असल हुनुहुन्छ”
“अनन्त जीवन प्राप्त गर्न”
आफ्ना छिमेकीहरू भनेको अरू यहूदीहरू मात्रै हुन् भन्ने तिनीहरूको विश्वास थियो । सबै मानिसलाई समावेश गर्नका लागि येशूले यो परिभाषालाई वृहत् बनाउनुहुन्छ ।
“यदि तिमी इच्छा गर्छौ भने”
यो नामिक विशेषण हो र यसलाई विशेषणका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जो गरिब छन्”
स्वर्गमा धन” भन्नाले परमेश्वरबाट प्राप्त हुने इनामलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले स्वर्गमा इनाम दिनुहुनेछ”
येशूको पछि लागेर भौतिक धनसम्पत्ति र नातासम्बन्ध त्यागिदिँदा प्राप्त हुने इनामको बारेमा उहाँले आफ्ना चेलाहरूलाई स्पष्ट पार्नुहुन्छ ।
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । वैकल्पिक अनुवादः “तिनीहरूले स्वर्गमा हुनुहुने तिनीहरूका परमेश्वरलाई ग्रहण गर्न” वा “परमेश्वरको राज्यमा प्रवेश गर्न”
धनी मानिसहरूलाई परमेश्वरको राज्यमा प्रवेश गर्न कति कठिन हुनेछ भनेर प्रस्ट पार्नलाई येशूले अतिरञ्जनको प्रयोग गर्नुहुन्छ ।
धागो छिराउनको निम्ति बनाइएको सियोको माथिल्लो टुप्पोमा भएको प्वाल
“चेलाहरू छक्क परेका थिए ।” यो संकेत गरिएको छ कि तिनीहरू चकित भए किनकि उनीहरूले विश्वास गरे कि धनी हुनु भनेको कुनै व्यक्तिलाई परमेश्वरले अनुमोदन गर्नुहुन्छ भन्ने प्रमाण हो ।
तिनीहरूको आश्चर्यलाई जोड दिनका लागि चेलाहरूले एउटा प्रश्नको प्रयोग गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसोभए, कोही पनि छैन जसलाई परमेश्वरले बचाउनुहुने छ !” वा “त्यसोभए त्यहाँ कोही छैन जसले अनन्त जीवन प्राप्त गर्नेछ !
“हामीले हाम्रा सबै धन त्यागेका छौँ” वा “हामीले हाम्रा सबै सम्पत्ति त्यागेका छौँ”
“परमेश्वरले हामीलाई के असल कुरा दिनुहुन्छ त?”
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
“नयाँ समयमा ।” परमेश्वरले सबै थोक फेरि स्थापित गर्नुहुने कुरालाई यसले जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले सबै थोक नयाँ तुल्याउनुहुने समयमा”
येशूले आफ्नै बारेमा कुरा गर्दै हुनुहुन्छ ।
आफ्नो सिंहासनमा बस्ने कुराले राजा भएर राज्य गर्ने कुरालाई जनाउँछ । उहाँको महिमित सिंहासनले उहाँको महिमित शासनलाई जनाउँछ । वैकल्पिक अनुवादः “आफ्नो महिमित सिंहासनमा राजाको रूपमा बस्नुहुन्छ” वा “राजाले जस्तो गरी महिमित रूपले राज्य गर्नुहुन्छ”
यहाँ सिंहासनमा बस्ने कुराले राजाको रूपमा राज्य गर्ने कुरालाई जनाउँछ । येशू पनि सिंहासनमा विराजमान हुनुहुन्छ, तर चेलाहरू उहाँ बराबर हुने छैनन् । तिनीहरूले उहाँबाट अधिकार प्राप्त गर्ने छन् । वैकल्पिक अनुवादः “राजाको रूपमा बाह्र सिंहासनमा बस्ने”
यहाँ “कुल”ले ती कुलअन्तर्गतका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “इस्राएलका १२ कुलका मानिसहरू”
यहाँ “नाउँ” ले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “मेरो कारण” वा “किनभने उसले ममाथि विश्वास गर्छ”
“तिनीहरूले असल कुराहरू जति त्यागे परमेश्वरबाट त्यसको सय गुणा बढी पाउनेछन्”
यो लक्षणा हो, जसको अर्थ “परमेश्वरले तिनीहरूलाई अनन्त जीवन दिएर आशिष् दिनुहुने छ” वा परमेश्वरले तिनीहरूलाई सदासर्वदा जीउने तुल्याउनुहुने छ ।”
यहाँ “पहिला” र “अन्तिम” शब्दहरूले मानिसहरूको स्तर वा महत्त्वलाई जनाउँछन् । मानिसहरूको अहिलेको स्तर र स्वर्गको राज्यमा हुने तिनीहरूको स्तरको बीचमा भएको भिन्नतालाई येशूले देखाइरहनुभएको छ । वैकल्पिक अनुवादः “तर धेरै जो अहिले महत्त्वपूर्ण देखिन्छन् पछि सबभन्दा कम महत्त्वपूर्ण देखिनेछन्, र धेरै जो अहिले महत्त्वहीन देखिन्छन् पछि धेरै महत्त्वपूर्ण हुनेछन्”
1 किनकि परमेश्वरको राज्य एक जना जमिन मालिकजस्तै हो, जो दाखबारीको लागि खेतालाहरूलाई ज्यालादारीमा लगाउन एका बिहानै बाहिर गए । 2 ती कामदारहरूसँग दिनको एक दिनारमा काम गराउन उनी सहमत भएपछि उनले तिनीहरूलाई दाखबारीमा पठाए । 3 उनी नौ बजे बाहिर गए र बजारमा अरू कामदारहरूलाई केही काम नगरी उभिरहेको देखे । 4 उनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि दाखबारीमा जाओ, र जे उचित छ, त्यो म तिमीहरूलाई दिनेछु ।’ यसैकारण तिनीहरू काम गर्न गए । 5 फेरि उनी बार्ह बजे र तिन बजे बाहिर गए र त्यसै गरे । 6 एक पटक फेरि उनी पाँच बजे बाहिर गए र अरूहरूलाई केही काम नगरी उभिरहेको भेट्टाए । उनले तिनीहरूलाई भने, ‘तिमीहरू दिनभरि नै यहाँ किन व्यर्थमा केही काम नगरी बसिरहेका छौ ?’ 7 तिनीहरूले उनलाई भने, ‘किनकि कसैले पनि हामीलाई काममा लगाएको छैन ।’ उनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि दाखबारीमा जाओ ।’ 8 जब साँझ पर्यो, ती दाखबारीका मालिकले उनका व्यवस्थापकलाई भने, ‘ती कामदारहरूलाई बोलाऊ र अन्तिममा आएकोबाट सुरु गर्दै तिनीहरूलाई तिनीहरूका ज्याला तिरिदेऊ ।’ 9 जब पाँच बजे काममा लगाइएका कामदारहरू आए, तिनीहरू सबैले एक दिनार पाए । 10 जब सुरुका कामदारहरू आए, तिनीहरूले धेरै पाउनेछन् भनी तिनीहरूले विचार गरे, तर तिनीहरू हरेकले पनि एक दिनार नै प्राप्त गरे । 11 जब तिनीहरूले आफ्ना ज्यालाहरू प्राप्त गरे, तिनीहरूले त्यस जमिन मालिकको विरुद्धमा गनगन गरे । 12 तिनीहरूले भने, ‘यी अन्तमा आएका कामदारहरूले एक घण्टा मात्र काममा बिताएका थिए, तर तपाईंले उनीहरूलाई हामी समान बनाउनुभएको छ, हामीहरू जसले सारा दिनको बोझ र पोल्ने घामलाई सह्यौँ ।’ 13 तर ती मालिकले जवाफ दिए र तिनीहरूमध्ये एक जनालाई भने, ‘मित्र, मैले तिमीलाई कुनै खराबी गरेको छैनँ । के तिमी मसँग एक दिनारमा मञ्जुर भएका थिएनौ र ? 14 जे तिम्रो हो त्यो लेऊ र आफ्नो बाटो लाग । मैले तिमीलाई दिए जत्तिकै म यी अन्त्यमा काममा लगाइएका कामदारहरूलाई पनि दिने इच्छा गर्दछु । 15 के मैले मेरो आफ्नो सम्पत्तिलाई मैले चाहना गरेजस्तो गर्नु न्यायसङ्गत होइन र ? वा म असल भएको कारणले तिम्रा आँखा दुष्ट भएको हो ?’ 16 यसैले पछिल्लो पहिलो हुनेछ, र पहिलोचाहिँ पछिल्लो हुनेछ । बोलाइएका धेरै छन्, तर चुनिएका थोरै मात्र छन् ।” 17 जसै येशू यरूशलेमतिर जाँदै हुनुहुन्थ्यो, उहाँले ती बार्है जना चेलालाई अलग्गै राख्नुभयो, र बाटोमा जाँदै गर्दा उहाँले तिनीहरूलाई भन्नुभयो, 18 “हेर, हामीहरू यरूशलेमतर्फ जाँदै छौँ, र मानिसका पुत्र मुख्य पुजारीहरू र शास्त्रीहरूका हातमा सुम्पिनेछन् । तिनीहरूले उनलाई मृत्युदण्डको दोष लगाउनेछन्, 19 र उहाँको ठट्टा गर्न, उहाँलाई कोर्रा लगाउन, र क्रुसमा झुण्ड्याउनको लागि तिनीहरूले उनलाई गैरयहूदीहरूका हातमा सुम्पनेछन् । तर उनी तेस्रो दिनमा उठाइनेछन् ।” 20 त्यसपछि जब्दियाका छोराहरूकी आमा आफ्ना दुई छोराका साथमा येशूकहाँ आइन् । तिनी उहाँको अगाडि घोप्टो परिन् र उहाँबाट केही कुरा पाउनलाई उहाँसँग बिन्ती गरिन् । 21 येशूले तिनलाई भन्नुभयो, “तिमीले के कुराको चाहना गर्छौ ?” तिनले उहाँलाई भनिन्, “तपाईंको राज्यमा यी मेरा दुई जना छोरामध्ये एउटा तपाईंको दायाँ हातपट्टि र अर्को बायाँ हातपट्टि बसून् भनेर आज्ञा गर्नुहोस् ।” 22 तर येशूले जवाफ दिनुभयो र भन्नुभयो, “तिमीहरूले के मागिरहेका छौ, सो तिमीहरूलाई थाहा छैन । के मैले पिउन गइरहेको कचौराबाट पिउन तिमीहरू सक्षम छौ र ?” तिनीहरूले उहाँलाई भने, “हामीहरू सक्षम छौँ ।” 23 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले मेरो कचौराबाट त पिउनेछौ । तर मेरो दाहिने हातपट्टि र मेरो देब्रे हातपट्टि बस्न दिने मैले होइन, तर यो तिनीहरूका निम्ति हो, जसका निम्ति मेरा पिताद्वारा तयार पारिएको छ ।” 24 जब अरू दस जना चेलाले यो कुरालाई सुने, तिनीहरू यी दुई जना दाजुभाइसँग अति नै रुष्ट भए । 25 तर येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्नुभयो, “तिमीहरू जान्दछौ, कि गैरयहूदीहरूका शासकहरूले तिनीहरूलाई अधीनमा राख्छन्, र तिनीहरूका महत्त्वपूर्ण मानिसहरूले तिनीहरूमाथि अधिकार गर्दछन् । 26 तर तिमीहरूका बिचमा यस्तो हुनुहुँदैन । बरु, जो तिमीहरूका बिचमा महान् हुने चाहना गर्दछ, ऊ तिमीहरूको सेवक हुनुपर्दछ । 27 र जो तिमीहरूका बिचमा पहिलो हुने इच्छा गर्दछ, ऊ तिमीहरूको दास हुनुपर्दछ, 28 जसरी मानिसका पुत्र सेवा पाउनलाई आएका होइनन्, तर सेवा दिनलाई आएका हुन्, र धेरैका मोल तिर्नको निम्ति आफ्नो जीवन दिनलाई आएका हुन् ।” 29 जसै तिनीहरू यरीहोबाट बाहिर गए, एउटा ठुलो भिड उहाँको पछि लाग्यो । 30 र दुई जना दृष्टिविहीन बाटोको छेउमा बसिरहेका थिए । येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्छ भन्ने कुरा जब तिनीहरूले सुने, तिनीहरू चिच्च्याए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि कृपा गर्नुहोस् ।” 31 तिनीहरूलाई चुप रहन भन्दै भिडले तिनीहरूलाई हप्कायो, तर तिनीहरू अझै बढी कराएर भन्यो, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि कृपा गर्नुहोस् ।” 32 तब येशू उभिनुभयो र तिनीहरूलाई बोलाएर भन्नुभयो, “मैले तिमीहरूका निम्ति के गरिदिएको तिमीहरू चाहन्छौ ?” 33 तिनीहरूले उहाँलाई भने, “प्रभु, हाम्रा आँखा खोलिऊन् ।” 34 तब येशू दयाले भरिनुभएर तिनीहरूका आँखा छुनुभयो । तिनीहरूले त्यत्तिखेरै आफ्ना दृष्टि प्राप्त गरे र उहाँलाई पछ्याए ।
मानिसहरूले जुन कुरालाई ठीक हो भन्दछन्, त्यो चाहिँ परमेश्वरले जुन कुरालाई ठीक भन्नुहुन्छ, त्योभन्दा फरक हुन्छ भनी आफ्ना चेलाहरूलाई सिकाउन येशूले (मत्ती २०:१-१६) मा यो दृष्टान्त भन्नुभयो ।
स्वर्गका राज्यका हकदार मानिसहरूलाई परमेश्वरले कस्तो इनाम दिनुहुन्छ भनी उदाहरण दिनलाई येशूले एउटा जमिनका मालिकको बारेमा दृष्टान्त बताउनुहुन्छ जसले कामदारहरूलाई काममा लगाउँछन् ।
यो दृष्टान्तको सुरु हो । तपार्इंले दृष्टान्तको परिचयलाई [मत्ती १३:२४]
“जमिनका मालिक सहमत भएपछि”
यो त्यसबेलाको दैनिक ज्याला थियो । वैकल्पिक अनुवादः “एक दिनको ज्याला”
“उनले तिनीहरूलाई आफ्नो दाखबारीमा काम गर्न पठाए”
येशूले दृष्टान्त भन्ने कुरालाई निरन्तरता दिनुहुन्छ ।
“जमिनका मालिक फेरि बाहिर गए”
यसलाई तेस्रो पहर भनिन्थ्यो, जुन बिहान नौ बजेतिर हुन्थ्यो ।
“केही पनि नगरी बजारमा उभिरहेको” वा “कुनै काम नभई बजारमा उभिरहेका”
ठूलो खुल्ला क्षेत्र जहाँ मानिसहरूले खाद्यान्न र अन्य थोकहरू किनबेच गर्दछन्
येशूले दृष्टान्त भन्ने कुरालाई निरन्तरता दिनुहुन्छ ।
“फेरि जमिनका मालिक बाहिर गए”
छैटौँ पहर भनेको बाह्र बजेतिर हो । नवौँ पहर भनेको दिउँसो तीन बजेतिरको समय हो ।
यसको अर्थ जमिनदार बजारमा गए र कामदारहरूलाई ज्यालामा काम अह्राए ।
यो दिउँसो पाँच बजेतिरको समय हो ।
“केही पनि नगरी” वा “जसको कुनै काम थिएन”
येशूले दृष्टान्त भन्ने कुरालाई निरन्तरता दिनुहुन्छ ।
बुझेको जानकारीलाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “मैले आखिरीमा समयमा ज्यालामा लगाएको कामदारहरूबाट सुरु गरेर, र आखिरमा ती कामदारहरू जसले सुरुमा काम गर्न थाले” वा “मैले सुरुमा काममा लगाएका कामदारहरूलाई तिर्न थालेर, त्यसपछि मैले अगाडि काममा लगाएका कामदारहरूलाई तिरेर, र आखिरमा मैले पहिला काममा लगाएका कामदारहरूलाई तिरेर”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “whom the landowner hired”
यो नै त्यो बेलाको दैनिक ज्याला थियो । वैकल्पिक अनुवादः “एक दिनको ज्याला”
येशूले दृष्टान्त भन्ने कुरालाई निरन्तरता दिनुहुन्छ ।
“सबैभन्दा धेरै समय काम गरेका कामदारहरूले जब ज्याला पाए”
“दाखबारीका मालिक”
“तपाईंले हामीलाई जति रुपयाँ दिनुभएको छ, उनीहरूलाई पनि त्यत्ति नै दिनुभएको छ”
“दिनभरीको बोझ सह्यौँ” भनेको एउटा लक्षणा हो जसको अर्थ “सारा दिन काम गर्यौँ” भन्ने हुन्छ । वैकल्पिक अनुवादः “हामीहरू जसले सारा दिन प्रचण्ड घाममा काम गरेका छौँ”
येशूले दृष्टान्त भन्ने कुरालाई निरन्तरता दिनुहुन्छ ।
“ती कामहारहरूमध्ये एक जना जसले सबैभन्दा लामो समय काम गरेका थिए”
एउटा व्यक्तिले अर्को व्यक्तिलाई शिष्ट प्रकारले हप्काउँदा सम्बोधन गर्न प्रयोग गर्ने शब्दलाई यहाँ प्रयोग गर्नुहोस् ।
गुनासो गर्ने कामदारहरूलाई हप्काउनका लागि जमिनदारले प्रश्न प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “मैले तिमीलाई एक दिनार दिनेछु भन्ने कुरामा हामी पहिले नै सहमत भएका थियौँ ।”
यो नै त्यो बेलाको दैनिक ज्याला थियो । वैकल्पिक अनुवादः “एक दिनको ज्याला”
कामदारहरूलाई ज्यालामा लगाउने जमिनदारको बारेमा येशूले भन्नुभएको दृष्टान्तलाई उहाँले सिद्ध्याउनुहुन्छ ।
गुनासो गर्ने कामदारहरूलाई हप्काउनका लागि जमिनदारले प्रश्न प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “मसित भएको सम्पत्तिलाई मैले जस्तो इच्छा गर्छु त्यस्तै गर्न सक्छु ।”
गुनासो गर्ने कामदारहरूलाई हप्काउनका लागि जमिनदारले प्रश्न प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “म अरू मानिसहरूप्रति उदार हुँदा डाही नबन ।”
यहाँ “पहिलो” र “अन्तिम”ले मानिसहरूको स्तर वा महत्त्वलाई जनाउँछ । मानिसहरूको अहिलेको स्तर र स्वर्गको राज्यमा हुने तिनीहरूको स्तरको बीचमा भएको भिन्नतालाई येशूले देखाइरहनुभएको छ । तपाईंले यस्तै समान वाक्यलाई मत्ती १९:३० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “तर धेरै जो अहिले महत्त्वहीन देखिन्छन् पछि सबभन्दा धेरै महत्त्वपूर्ण देखिनेछन्, र धेरै जो अहिले महत्त्वपूर्ण देखिन्छन् पछि सबभन्दा कम महत्त्वपूर्ण हुनेछन्”
यहाँ दृष्टान्त सकिएको छ र येशूले बोलिराख्नुभएको छ । वैकल्पिक अनुवादः “त्यसपछि येशूले भन्नुभयो, ‘यसैले पछिल्ला हुनेहरू पहिलो हुने छन्’”
येशू र उहाँका चेलाहरू यरूशलेमतर्फ यात्रा गर्न लाग्नुहुँदा येशूले आफ्नो मृत्यु र पुनरुत्थानका बारेमा तेस्रोपल्ट भविष्यवाणी गर्नुहुन्छ ।
यरुसलेम एउटा पहाडको माथिल्लो भागमा अवस्थित हुनाले त्यहाँ पुग्नलाई मानिसहरूले हिँडेर यात्रा गर्नुपर्दथ्यो ।
उहाँले भन्न लाग्नुभएको कुराप्रति तिनीहरूले ध्यान दिनै पर्छ भनेर चेलाहरूलाई बताउनका लागि येशूले “हेर” शब्द प्रयोग गर्नुहुन्छ ।
यहाँ “हामीहरू” ले येशू र चेलाहरूलाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कुनै व्यक्तिले मानिसका पुत्रलाई सुम्पिनेछ”
येशूले तृतीय पुरुषमा आफैँलाई जनाउनुहुन्छ । यदि आवश्यक हुन्छ भने, तपाईंले यिनलाई प्रथम पुरुषमा अनुवाद गर्न सक्नुहुन्छ ।
मुख्य पूजाहारीहरू र शास्त्रीहरूले येशूलाई दोष लगाउनेछन् ।
मुख्य पूजाहारीहरू र शास्त्रीहरूले येशूलाई गैरयहूदीहरूका माझमा सुम्पिदिनेछन्, र गैरयहूदीहरूले उहाँको ठट्टा गर्नेछन् ।
“उसलाई कोर्रा लगाउन” वा “उसलाई कोर्राले हिर्काउन”
“तेस्रो” भनेको “तीन”को सङ्ख्यालाई जनाउने शब्द हो ।
येशूले तृतीय पुरुषमा आफैँलाई जनाउनुहुन्छ । यदि आवश्यक हुन्छ भने, तपाईंले यिनलाई प्रथम पुरुषमा अनुवाद गर्न सक्नुहुन्छ ।
“बिउँताइनेछ” शब्दहरू “पुनः जीवित बनाइने” कुरालाई जनाउने वाक्पद्धति हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उसलाई उठाउनुहुनेछ” वा “परमेश्वरले उसलाई पुनः जीवित बनाउनुहुनेछ”
दुई चेलाका आमाले सोधेको प्रश्नको जवाफमा, येशूले आफ्ना चेलाहरूलाई अधिकार र स्वर्गको राज्यमा अरूको सेवा पुर्याउने कुरा सिकाउनुहुन्छ ।
यसले याकूब र यूहन्नालाई जनाउँछ ।
यिनले शक्ति, अधिकार र आदरको पद भएको कुरालाई जनाउँछ ।
यहाँ “राज्य”ले येशूले राजाको रूपमा राज्य गर्नुहुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “जब तपाईं राजा हुनुहुन्छ”
यहाँ “तिमीहरू” शब्द बहुवचन हो र यसले आमा र उनका छोराहरूलाई जनाउँछ ।
यहाँ “तिमीहरू” शब्द बहुवचन हो, तर येशू दुई छोराहरूसँग मात्र कुरा गर्दै हुनुहुन्छ ।
“कचौरा पिउनु” वा “कचौराबाट पिउनु” भनेको वाक्पद्धति हो जसको अर्थ दुःखभोग अनुभव गर्नु हो । वैकल्पिक अनुवादः “मैले भोग्न लागेको कुरा भोग्न”
“जब्दियाका छोराहरूले भने” वा “याकूब र यूहन्नाले भने”
“कचौरा पिउनु” वा “कचौराबाट पिउनु” भनेको वाक्पद्धति हो जसको अर्थ दुःखभोग अनुभव गर्नु हो वैकल्पिक अनुवादः “मैले भोग्न लागेको जस्तै गरी तिमीहरूले दुःख भोग्नेछौ”
यिनले शक्ति, अधिकार र आदरको पद भएको कुरालाई जनाउँछ । तपाईंले यसलाई [मत्ती २०:२१]
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरो पिताले ती स्थानहरू तयार पार्नुभएको छ, र उहाँले इच्छा गर्नु भएकाहरूलाई ती दिनुहुनेछ”
यो परमेश्वरको लागि महत्त्वपूर्ण नाउँ हो जसले परमेश्वर र येशूको बीचको सम्बन्धलाई वर्णन गर्दछ ।
“याकूब र यूहन्नाले जे कुराका लागि बिन्ती गरेका थिए, सो बारेमा सुने”
यदि आवश्यक हुन्छ भने, ती दश जना चेला किन रिसाए भन्ने कुरालाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरू ती दुई दाजुभाइसँग धेरै रिसाए, किनभने तिनीहरूमध्ये हरेकले येशूको छेउमा आदरको स्थानमा बस्न चाहन्थे”
अधिकार र अरूको सेवा गर्ने बारेमा येशूले आफ्ना चेलाहरूलाई सिकाएर सिद्ध्याउनुहुन्छ ।
“बाह्र चेलालाई बोलाउनुभयो”
“गैरयहूदीहरूका शासकहरूले आफूले जे चाहे त्यही गर्न ती गैरयहूदीहरूलाई बाध्य तुल्याउँछन्”
“अन्यजातिका माझमा महत्त्वपूर्ण पुरुषहरू”
“मानिसहरूलाई नियन्त्रण गर्छन्”
“जसले चाहन्छ” वा “जसले इच्छा गर्दछ”
“महत्त्वपूर्ण हुन”
येशूले तृतीय पुरुषमा आफैँलाई जनाउनुहुन्छ । यदि आवश्यक हुन्छ भने, तपाईंले यिनलाई प्रथम पुरुषमा अनुवाद गर्न सक्नुहुन्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अरू मानिसहरूले उसको सेवा गरून् भनेर आएन” वा “अरू मानिसहरूले मेरो सेवा गर्नेछन् भनेर आएन”
बुझेको जानकारीलाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तर अरू मानिसहरूलाई सेवा गर्न”
येशूको जीवन “छुटकाराको मोल” हुने कुरा चाहिँ मानिसहरूलाई तिनीहरूको आफ्नै पापहरूको लागि दण्ड पाउनबाट स्वतन्त्र गर्नका लागि उहाँ दण्डित हुनुहुने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “धेरैका लागि उसको जीवन बदलीको रूपमा दिने” वा “धेरैलाई स्वतन्त्र गर्नलाई उसको जीवन बदलीको रूपमा दिने”
कसैले आफ्नो जीवन दिनु भनेको वाक्पद्धति हो जसको अर्थ स्वइच्छाले मर्नु हुन्छ, जुन प्रायः अरूहरूलाई मदत गर्नका लागि हुन्छ । वैकल्पिक अनुवादः “मर्नलाई”
बुझिएको जानकारीलाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “धेरै मानिसहरूका लागि”
येशूले दुई अन्धा मानिसहरूलाई निको पार्नुभएको विवरणलाई यस खण्डले सुरु गर्छ ।
यसले चेलाहरू र येशूलाई जनाउँछ ।
“येशूलाई पछ्याए”
“जब दुई अन्धा मानिसहरूले सुने”
“तिनीहरूको छेउबाट भएर हिँडिरहनुभएको थियो”
येशू दाऊदका आफ्नै छोरा हुनुहुन्नथ्यो, यसैले यसलाई “दाऊदका सन्तान” भनी अनुवाद गर्न सकिन्छ । तापनि “दाऊदका पुत्र” भन्ने मसिहको एउटा नाउँ पनि हो, अनि ती मानिसले येशूलाई उहाँको यो नाउँले सम्बोधन गरेका हुन सक्दछन् ।
“अन्धा मानिसहरूलाई बोलाउनुभयो”
“के इच्छा गर्छौ”
देख्न सक्ने हुने कुरालाई ती मानिसहरूले आँखाहरू खोलिने कुराको रूपमा बताउँछन् । येशूको अघिल्लो प्रश्नको कारण, हामी बुझ्छौँ कि तिनीहरूले आफ्ना इच्छा जाहेर गरिरहेका थिए । वैकल्पिक अनुवादः “हामी चाहन्छौँ कि तपाईंले हाम्रा आँखाहरू खोलिदिनुभएको होस्” वा “हामी देख्न सक्ने हुन चाहन्छौँ”
“सहानुभूतिले देखाउनुभएर” वा “तिनीहरूप्रति सहानुभूति महसुस गर्नुभएर”
1 जब येशू र उहाँका चेलाहरू यरूशलेमको नजिक पुग्नुभयो र जैतून डाँडाको बेथफागे भनिने ठाउँमा आइपुग्नुभयो, तब येशूले दुई जना चेलालाई पठाउनुभयो, 2 र यसो भन्नुभयो, “तिमीहरू सामुन्नेको गाउँमा जाओ, र तिमीहरूले त्यहाँ पुग्ने बित्तिकै बाँधेर राखिएको एउटा गधा, र त्यससँग एउटा बछेडा भेट्टाउनेछौ । तिनीहरूलाई फुकाओ र मकहाँ ल्याओ । 3 यदि यसको विषयमा कसैले केही भन्यो भने तिमीहरूले यसो भन, ‘प्रभुलाई यसको आवश्यक परेको छ’ र त्यस मानिसले तुरुन्तै तिनीहरूलाई तिमीहरूसँग पठाइदिनेछन् ।” 4 अगमवक्ताद्वारा भनिएको कुरा पुरा हुनलाई यस्तो हुन आयो । उहाँले भन्नुभयो, 5 “‘सियोनकी छोरीलाई भन, हेर, विनम्र भई र गधामाथि सवार भएर अनि गधाको बच्चा अर्थात् एउटा बछेडामाथि चढेर तिम्रा राजा तिमीकहाँ आउँदै हुनुहुन्छ ।’” 6 तब चेलाहरू गए र येशूले जस्तो निर्देशन दिनुभएको थियो, त्यस्तै गरे । 7 तिनीहरूले गधा र बछेडालाई ल्याए र तिनीहरूमाथि आफ्ना कपडाहरू बिछ्याइदिए, र येशू ती कपडाहरूमाथि बस्नुभयो । 8 भिडमा भएकाहरू धेरैले आफ्ना कपडाहरू बाटोमा बिछ्याइदिए, र अरूहरूले रुखका हाँगाहरू भाँचे र ती बाटोमा फैलाइदिए । 9 येशूको अगि गएका र उहाँलाई पछ्याएका सबै भिडले यसो भन्दै चिच्च्याए, “दाऊदका पुत्रलाई होसन्ना ! उहाँ धन्यको हुनुहुन्छ जो परमेश्वरको नाउँमा आउनुहुन्छ ! उच्चमा विराजमान हुनुहुनेलाई होसन्ना !” 10 जब येशू यरूशलेमभित्र आउनुभएको थियो, सारा सहरमा हलचल भयो र तिनीहरूले भने, “यिनी को हुन् ?” 11 भिडले जवाफ दियो, “उहाँ येशू हुनुहुन्छ, गालीलको नासरतबाट आउनुभएका अगमवक्ता ।” 12 त्यसपछि येशू मन्दिरभित्र प्रवेश गर्नुभयो । उहाँले मन्दिरभित्र खरिद गर्ने र बेच्ने सबैलाई बाहिर निकालिदिनुभयो, र पैसा साट्नेहरूका टेबुलहरू अनि परेवा बेच्नेहरूका आसनहरू पल्टाइदिनुभयो । 13 उहाँले तिनीहरूलाई भन्नुभयो, “यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ,’ तर तिमीहरूले यसलाई डाँकुहरूका अड्डा बनाउँछौ ।” 14 तब दृष्टिविहीनहरू र लङ्गडाहरू मन्दिरभित्र आए, र उहाँले तिनीहरूलाई निको पार्नुभयो । 15 तर जब मुख्य पुजारीहरू र शास्त्रीहरूले उहाँले गर्नुभएका अचम्मका कुराहरू देखे, र जब तिनीहरूले मन्दिरमा केटाकेटीहरूले “दाऊदका पुत्रलाई होसन्ना” भनेर चिच्च्याइरकेका सुने, तिनीहरू रिसले चुर भए । 16 तिनीहरूले उहाँलाई भने, “के यी मानिसहरूले जे भनिरहेका छन्, तिमी सुन्न सक्छौ ?” येशूले तिनीहरूलाई भन्नुभयो, “हो ! तर के तिमीहरूले कहिल्यै पढेका छैनौ, ‘दूधे बालक र शिशुहरूको मुखबाट उहाँले पूर्ण प्रशंसा लिनुभएको छ’ ?” 17 त्यसपछि येशू तिनीहरूबाट बिदा हुनुभयो र बेथानीको सहरमा जानुभयो र उहाँले त्यो रात त्यहीँ बिताउनुभयो । 18 बिहान जब उहाँ सहरमा फर्कनुभयो, उहाँ भोकाउनुभएको थियो । 19 उहाँले बाटोको छेउमा एउटा अन्जीरको बोट देख्नुभयो, उहाँ त्यसको नजिक जानुभयो र त्यसमा पातहरूबाहेक अरू केही भेट्टाउनुभएन । उहाँले त्यसलाई भन्नुभयो, “तँबाट अब कहिल्यै पनि फेरि कुनै फल नआओस् ।” र त्यो अन्जीरको बोट तुरुन्तै सुकिहाल्यो । 20 जब चेलाहरूले यो देखे, तिनीहरू अचम्मित भए र भने, “यति चाँडै यो बोट कसरी सुकेर गयो ?” 21 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूमा विश्वास छ र शङ्का गरेनौ भने यस अन्जीरको बोटलाई जे गरिएको थियो त्यो मात्र होइन, तर तिमीहरूले यस पहाडलाई, ‘यहाँबाट उखेलिएर समुद्रमा जा’ भन्यौ भने पनि त्यसै हुनेछ । 22 तिमीहरूले विश्वास गरेर जेसुकै कुरा प्रार्थनामा माग्छौ, त्यो तिमीहरूले पाउनेछौ ।” 23 जब येशू मन्दिरमा आउनुभएको थियो, उहाँले सिकाउँदै गर्नुहुँदा मुख्य पुजारीहरू र मानिसका अगुवाहरू उहाँकहाँ आएर भने, “तिमीले कुन अधिकारले यी कुराहरू गर्दछौ ? र तिमीलाई यो अधिकार कसले दियो ?” 24 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्नेछु । यदि तिमीहरूले मलाई त्यो बतायौ भने, मैले कुन अधिकारले यी कुराहरू गर्छु भन्ने कुरा म तिमीहरूलाई बताउनेछु । 25 यूहन्नाको बप्तिस्मा कहाँबाट आएको हो ? स्वर्गबाट हो या मानिसहरूबाट ?” तिनीहरूले एक आपसमा यस्तो भन्दै छलफल गरे, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने, उसले हामीलाई ‘त्यसो भए, तिमीहरूले उनलाई किन विश्वास गरेनौ ?’ भनेर भन्नेछन् । 26 तर यदि हामीले ‘मानिसबाट’ भन्यौँ भने, हामी भिडसँग डराउँदछौँ, किनकि तिनीहरू सबैले यूहन्नालाई एक अगमवक्ताको रूपमा हेर्दथे ।” 27 तब तिनीहरूले येशूलाई जवाफ दिएर भने, “हामीलाई थाहा छैन ।” उहाँले पनि तिनीहरूलाई भन्नुभयो “म पनि कुन अधिकारले यी कुराहरू गर्दछु भनेर तिमीहरूलाई भन्दिनँ । 28 तर तिमीहरू के विचार गर्दछौ ? एक जना मानिसका दुई जना छोरा थिए । उनी पहिलोकहाँ गएर भने, ‘छोरा आज दाखबारीमा गएर काम गर ।’ 29 त्यो छोराले जवाफ दियो र भन्यो, ‘म जान्नँ,’ तर केही समयपछि उसले आफ्नो मन बद्ल्यो र गयो । 30 र त्यो मानिस आफ्नो दोस्रो छोराकहाँ गए र त्यही कुरा भने । यो छोराले जवाफ दियो र भन्यो, ‘हजुर, म जानेछु,’ तर त्यो गएन । 31 यी दुई जनामध्ये कुनचाहिँ छोराले आफ्नो बुबाको इच्छा पुरा गर्यो ?” तिनीहरूले भने, “पहिलो चाहिँले ।” येशूले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूभन्दा पहिले कर उठाउनेहरू र यौनकर्मीहरू परमेश्वरको राज्यमा प्रवेश गर्नेछन् । 32 किनकि यूहन्ना तिमीहरूकहाँ धार्मिकताको बाटोमा आए, तर तिमीहरूले उनलाई विश्वास गरेनौ, जब कि कर उठाउनेहरू र यौनकर्मीहरूले उनलाई विश्वास गरे । र तिमीहरूले जब यो भइरहेको देख्यौ, उनमा विश्वास गर्नलाई पछि तिमीहरूले पश्चात्ताप पनि गरेनौ । 33 अर्को दृष्टान्त सुन । एक जना मानिस थिए, जो जमिन मालिक थिए । उनले त्यहाँ दाखबारी लगाए र त्यसको वरिपरि बार लगाए; त्यहाँ दाख पेल्ने कोल बनाए; रेखदेखको निम्ति एउटा धरहरा बनाए; र खेतालाहरूलाई त्यसको ठेक्का दिए । त्यसपछि उनी अर्कै देशमा गए । 34 जब दाखको फसलको समय आयो, उनले दाखबारीका खेतालाहरूकहाँ दाख ल्याउनको लागि नोकरहरू पठाए । 35 तर दाखबारीका खेतालाहरूले उनका नोकरहरूलाई वशमा लिए; एउटालाई पिटे; अर्कोलाई मारे, र अर्कोलाई चाहिँ ढुङ्गाले हिर्काए । 36 फेरि, मालिकले पहिले भन्दा अझ धेरै नोकरहरू पठाए, तर ती दाखबारीमा काम गर्नेहरूले तिनीहरूलाई पनि त्यस्तै व्यवहार गरे । 37 त्यसपछि मालिकले यसो भन्दै आफ्नै छोरालाई तिनीहरूकहाँ पठाए, ‘तिनीहरूले मेरा छोरालाई आदर गर्नेछन् ।’ 38 तर जब दाखबारीमा काम गर्नेहरूले मालिकका छोरालाई देखे, तिनीहरूले एक आपसमा भने, ‘यो त उत्तराधिकारी हो । आओ, हामी यसलाई मारौँ र यसको उत्तराधिकार लिऔँ ।’ 39 यसैले, तिनीहरूले उसलाई पक्रे, दाखबारीबाट बाहिर फ्याँकिदिए, र उसलाई मारे । 40 जब त्यस दाखबारीका मालिक आउँछन्, तिनले ती दाखबारीमा काम गर्नेहरूलाई के गर्लान् ?” 41 तिनीहरूले उहाँलाई भने, “उनले ती दुष्ट मानिसहरूलाई सबैभन्दा भयानक तरिकाले नाश गर्नेछन् र त्यो दाखबारी ती मानिसहरूलाई ठेक्कामा दिनेछन्, जसले फल पाकिसकेपछि त्यसको निम्ति मोल तिर्दछन् ।” 42 येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले कहिल्यै धर्मशास्त्रमा पढेनौ, ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्ध गरे त्यहीचाहिँ कुनाको शिर ढुङ्गो बन्यो । यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्टिमा यो आश्चर्यपूर्ण छ ? ’ 43 यसकारण, म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट टाढा लगिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ जसले आफ्नो फल फलाउनेछ । 44 जो यस ढुङ्गामा खस्दछ, त्यो टुक्रा-टुक्रा पारिनेछ । तर जसमाथि यो खस्दछ, त्यो कुल्चिनेछ ।” 45 जब मुख्य पुजारीहरू र शास्त्रीहरूले उहाँका दृष्टान्तहरू सुने, तिनीहरूकै विषयमा उहाँले बोलिरहनुभएको थियो भन्ने तिनीहरूले बुझे । 46 तिनीहरूले उहाँलाई पक्रनचाहन्थे, तर मानिसहरूले उहाँलाई अगमवक्ता मान्ने हुनाले तिनीहरू भिडसँग डराए ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । २१:५, १६ र ४२ मा भएका कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
येशू एउटा जनावरमाथि चढेर यरूशलेममा जानुभयो । यसरी उहाँ राजाजस्तै हुनुहुन्थ्यो, जसले एउटा खतरनाक युद्ध जितेपछि आफ्नो सहरमा फर्किरहेको थियो । साथै, पुरानो करारको समयका राजाहरू गधामा चढ्ने गर्दथे । अरु राजाहरू घोडाहरू चढ्ने गर्दथे । यसैले यहाँ येशूले आफूलाई इस्राएलको राजाको रूपमा प्रकट गर्दै हुनुहुन्थ्यो र उहाँ अरू राजा जस्तो हुनुहुँदैनथ्यो ।
यस घटनाका बारेमा मत्ती, मर्कूस, लूका र यूहन्ना सबैले लेखे । चेलाहरूले त्यो गधा येशूकहाँ ल्याइदिए भनेर मत्ती र मर्कूसले लेखे । येशूले गधा भेट्टाउनुभयो भनेर यूहन्नाले लेखे । तिनीहरूले गधाको एउटा बछेडोलाई उहाँकहाँ ल्याए भनेर लूकाले लेखे । गधा र त्यसको बछेडो दुवै भएको कुरालाई मत्तीले मात्र लेखेका छन् । येशूले गधा चढ्नुभयो, अथवा गधाको बछेडोमा चढ्नुभयो भन्ने कुराका बारेमा पक्का गरी कसैलाई पनि थाहा छैन । यी प्रत्येक वर्णनलाई सबैले एउटै कुरा भनेका छन् भनेर देखाउने कोसिस नगरी यूएलटी मा जस्तो छ, त्यस्तै अनुवाद गर्नु असल हुन्छ । (हेर्नुहोस्ः मत्ती २१:१-७ र मर्कूस ११:१-७ र लूका १९:२९-३६ र यूहन्ना १२:१४-१५)
मानिसहरूले येशूलाई यरूशलेममा स्वागत गर्दा यसो भनेर कराए । यो शब्दको अर्थ “हामीलाई बचाउनुहोस्”, तर मानिसहरूले परमेश्वरको प्रशंसा गर्नका लागि यसलाई प्रयोग गरे ।
यो वाक्यांशको अर्थ के हो भने पक्का गरी कसैलाई थाहा छैन । परमेश्वरले कुनै दिन राज्य फर्काइदिनुहुने छ भनेर येशूले भन्न खोज्नुभएको हो अथवा होइन कसैले जान्दैन ।
यहाँ यरूशलेममा येशूको प्रवेशको वर्णन सुरु हुन्छ । उहाँका चेलाहरूले के गर्नुपर्दछ भनेर यहाँ उहाँले तिनीहरूलाई सुझाव दिनुहुन्छ ।
यो यरूशलेम नजिकको गाउँ हो ।
तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “कसैले बाँधेर राखेको एउटा गधा”
त्यो गधा कसरी बाँधेर राखिएको थियो भनेर तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “त्यहाँ एउटा खाँबोमा बाँधेर राखिएको” वा “त्यहाँ एउटा रूखमा बाँधेर राखिएको”
गधाको नर बच्चा
येशूले यरूशलेम प्रवेश गर्नुहुँदा उहाँले गधामा चढेर उहाँले अगमवाणी पूरा गर्नुभयो भनेर दर्शाउनका लागि लेखकले यहाँ जकरिया अगमवक्ताबाट उद्धृत गर्दछन् ।
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । येशूले गर्नुभएका कार्यकलापहरूले कसरी धर्मशास्त्र पूरा हुन आयो भनेर मत्तीले यहाँ स्पष्ट पार्दछन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यस्तो हुन आयो, र यसरी अगमवक्ताहरूद्वारा परमेश्वरले धेरै पहिले बोल्नुभएको कुरा येशूले पूरा गर्नुभयो”
त्यहाँ धेरै जना अगनवक्ताहरू थिए । मत्तीले जकरियाको बारेमा कुरा गरेका थिए । वैकल्पिक अनुवादः “जकरिया अगमवक्ता”
सहरकी “छोरी” को अर्थ सहरका मानिस हो । वैकल्पिक अनुवादः “सियोनका मानिसहरू” वा “सियोनमा बस्ने मानिसहरू”
यो यरूशलेमको अर्को नाम हो ।
“गधाको बच्चा अर्थात् एउटा बछेडा”ले त्यो गधा बच्चा हो भनीकन स्पष्ट पार्दछ । वैकल्पिक अनुवादः “एउटा बहर, नर गधा”
बाहिर लगाउने लुगाहरू वा लामा दौराहरू ।
येशूले यरूशलेममा प्रवेश गर्दै गर्नुहुँदा यी कुरा गरेर उहाँलाई स्वागत गरिएको थियो ।
यो शब्दको अर्थ “हामीालाई बचाउबुहोस्” हो तर यसको अर्थ “परमेश्वरको प्रशंसा गर” पनि हुन सक्छ ।
येशू दाऊदका आफ्नै छोरा हुनुहुन्नथ्यो, यसैले यसलाई “दाऊदका सन्तान” भनी अनुवाद गर्न सकिन्छ । तापनि “दाऊदका पुत्र” भन्ने मसिहको एउटा नाउँ हो, अनि ती भिडले येशूलाई उहाँको यो नाउँले सम्बोधन गरेको हुन सक्दछन् ।
यहाँ “नाउँमा” को अर्थ “शक्तिमा” वा “प्रतिनिधिका रूपमा” हुन्छ । वैकल्पिक अनुवादः “परमप्रभुको शक्तिमा” वा “परमप्रभुको प्रतिनिधिका रूपमा”
यहाँ “सर्वोच्च”ले सर्वोच्च स्वर्गबाट राज्य गर्नुहुने परमेश्वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “सर्वोच्च स्वर्गमा हुनुहुने परमेश्वरको प्रशंसा होस्” वा “परमेश्वरलाई प्रशंसा होस्”
यहाँ “सहर” त्यहाँ बस्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सहरमा भएका सबै मानिसहरू उत्साहित भए”
“उत्साहित”
पद १३ मा, विक्रेताहरू र पैसा साट्नेहरूलाई हप्काउनका लागि येशूले यशैया अगमवक्ताबाट उद्धृत गर्नुहुन्छ ।
यसले येशू मन्दिरमा प्रवेश गर्नुभएको वर्णन सुरु गर्दछ ।
येशू वास्तविक मन्दिरको भित्र प्रवेश गर्नुभएन । उहाँ मन्दिर वरिपरिको चोकमा प्रवेश गर्नुभयो ।
व्यापारीहरूले जनावरहरू र अरू थोकहरू बेचिरहेका थिए, जसलाई मन्दिरमा उचित बलिदान चढाउनका लागि यात्रुहरूले खरिद गर्दथे ।
“येशूले पैसा साट्नेहरू र सामान किनबेच गर्ने मानिसहरूलाई भन्नुभयो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अगमवक्ताले धेरै समय पहिले लेखे” वा “परमेश्वरले धेरै समय पहिले भन्नुभयो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरो घर ... हुने छ”
यहाँ “मेरो” ले परमेश्वरलाई जनाउँछ र “घर” ले मन्दिरलाई जनाउँछ ।
यो लक्षणा हो । वैकल्पिक अनुवादः “मानिसहरूले प्रार्थना गर्ने ठाउँ”
मानिसहरूले मन्दिरमा थोकहरू खरिद गर्ने र बेच्ने गरेका हुनाले हप्काउनका लागि येशूले अलङ्कार प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “लुटेराहरू लुक्ने ठाउँजस्तो”
यी नामिक विशेषणहरूलाई विशेषणहरूमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “ती मानिसहरू जो दृष्टिविहीन र लङ्गडा थिए”
ती व्यक्तिहरू जो हिँड्न सक्दैन थिए वा चोट लागेका गोडाहरू भएका व्यक्तिहरू
पद १६ मा, मानिसहरूले उहाँप्रति जस्तो प्रतिउत्तर जनाए, त्यसलाई ठिक ठहराउनका लागि येशूले भजनसंग्रहबाट उद्धृत गर्नुहुन्छ ।
“आश्चर्यपूर्ण थोकहरू” वा “आश्चर्यकर्महरू ।” यसले येशूले मत्ती २१:१४ मा दृष्टिविहीनहरू र लङ्गडाहरूलाई निको पार्नुभएका कराहरूलाई जनाउँछ ।
यो शब्दको अर्थ “हामीलाई बचाउनुहोस्”, तर “परमेश्वरको प्रशंसा होस्” भन्ने अर्थ पनि हुन्छ । तपाईंले यसलाई मत्ती २१:९ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
येशू दाऊदका आफ्नै छोरा हुनुहुन्नथ्यो, यसैले यसलाई “दाऊदका सन्तान” भनी अनुवाद गर्न सकिन्छ । तापनि “दाऊदका पुत्र” भन्ने मसिहको एउटा नाउँ हो, अनि ती भिडले येशूलाई उहाँको यो नाउँले सम्बोधन गरेको हुन सक्दछन् । तपाईंले यसलाई मत्ती २१:९ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
यसले तिनीहरू रिसाएका थिए भन्ने जनाउँछ, किनभने येशू नै ख्रीष्ट हुनुहुन्छ भनेर तिनीहरूले विश्वास गरेनन् र अरू मानिसले उहाँको प्रशंसा गरून् भन्ने तिनीहरूको इच्छा भएन । वैकल्पिक अनुवादः “मानिसहरूले उहाँको प्रशंसा गरेका हुनाले तिनीहरू ज्यादै रिसाए”
मुख्य पूजाहारी र शास्त्रीहरू येशूसँग रिसाएका हुनाले उहाँलाई हप्काउनका लागि तिनीहरूले प्रश्नको प्रयोग गरे । वैकल्पिक अनुवादः “तिमीले आफ्नो बारेमा मानिसहरूलाई यी कुरा भन्न दिनुहुँदैन !”
मुख्य पूजाहारी र शास्त्रीहरूलाई तिनीहरूले धर्मशास्त्रमा पढेका कुरा याद गराउन येशूले यो प्रश्न सोध्नुहुन्छ । वैकल्पिक अनुवादः “हो, म तिनीहरूलाई सुन्दछु, तर तिमीहरूले धर्मशास्त्रमा जे पढेका थियौ, त्यो तिमीहरूले सम्झनुपर्छ ... प्रशंसा ।’”
“मुखबाट” भन्नाले बोल्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “साना बालक र शिशुहरूलाई तपाईंले प्रशंसा बोल्ने बनाउनुभयो”
“येशू मुख्य पूजाहारी र शास्त्रीहरूबाट बिदा हुनुभयो”
आफ्ना चेलाहरूलाई विश्वास र प्रार्थनाको बारेमा सिकाउनका लागि येशूले अञ्जीरको बोटलाई प्रयोग गर्नुभयो ।
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । येशू भोकाउनुभएको र यसकारण उहाँ अञ्जीरको बोट रोकिनुभएको छ भनेर मत्तीले यहाँ स्पष्ट पार्दछन् ।
मर्यो र सुक्यो
चेलाहरू कति धेरै आश्चर्यमा परेका थिए भनी जोड दिन तिनीहरूले प्रश्न प्रयोग गरे । वैकल्पिक अनुवादः “यो अञ्जीरको बोट यति चाँडै सुकेको हुनाले हामीलाई आश्चर्य लागेको छ !”
“सुक्नु र मर्नु”
“म तिमीहरूलाई साँचो भन्दछु ।” येशूले यसपछि जे भन्नुहुन्छ, सो कुरामा यो वाक्यांशले जोड दिन्छ ।
यो विश्वास साँचो हुनुपर्दछ भनेर जोड दिनलाई येशूले एउटै विचारलाई सकारात्क र नकारात्मक दुवै रूपमा व्यक्त गर्नुहुन्छ । वैकल्पिक अनुवादः “यदि तिमीहरूले साँचो रूपले विश्वास गर्यौ भने”
यो प्रत्यक्ष उद्धरणलाई तपाईंले अप्रत्यक्ष उद्धरणमा अनुवाद गर्न सक्नुहुन्छ । यसलाई पनि कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यस पहाडलाई उठेर आफैँलाई समुद्रमा फालिदे भन्न समेत तिमीहरू सक्षम हुने छौ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो हुनेछ”
धार्मिक अगुवाहरूले येशूको अधिकारका बारेमा प्रश्न गरेको वर्णनको सुरु यहाँ हुन्छ ।
यसको अर्थ येशू वास्तविक मन्दिरको भित्र प्रवेश गर्नुभएन । उहाँ मन्दिर वरिपरिको चोकमा प्रवेश गर्नुभयो ।
यसले येशूले मन्दिरमा सिकाउनुभएको र निको पार्नुभएको कुरालाई जनाउँछ । शायद यसले अघिल्लो दिन येशूले किन्नेहरू र बेच्नेहरूलाई धपाउनुभएको कुरालाई पनि जनाउँछ ।
येशूले निरन्तर रूपमा धार्मिक अगुवाहरूलाई जवाफ दिनुहुन्छ ।
“उनले त्यसो गर्ने अधिकार कहाँबाट पाए ?”
यसमा उद्धरणभित्र उद्धरण छ । प्रत्यक्ष उद्धरणहरूलाई तपाईंले अप्रत्यक्ष उद्धरणहरूका रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यदि हामीले यूहन्नाले उनको अधिकार स्वर्गबाट पाए भन्यौँ भने, येशूले हामीले किन यूहन्नालाई विश्वास गरेनौ भनेर सोध्नेछ ।”
यहाँ “स्वर्ग” शब्दले परमेश्वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “स्वर्गमा हुनुभएका परमेश्वरबाट”
येशूले धार्मिक अगुवाहरूलाई आलङ्कारिक प्रश्न सोध्नुहुने कुरा तिनीहरूलाई थाहा थियो । वैकल्पिक अनुवादः “त्यसो भए तिमीहरूले बप्तिस्मा दिने यूहन्नालाई विश्वास गर्नुपर्थ्यो”
यसमा उद्धरणभित्र उद्धरण छ । प्रत्यक्ष उद्धरणहरूलाई तपाईंले अप्रत्यक्ष उद्धरणहरूका रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तर यूहन्नाले उनको अधिकार मानिसहरूबाट पाए भनी हामी विश्वास गर्छौँ भन्यौँ भने”
“भीडले के सोच्छ वा हामीलाई के गर्छ भनेर हामी डराउँछौँ”
“यूहन्ना अगमवक्ता हुन् भनेर तिनीहरूले विश्वास गर्छन्”
धार्मिक अगुवाहरूलाई हप्काउन र तिनीहरूका अविश्वासका बारेमा उदाहरणसहित स्पष्ट पार्नलाई येशूले एउटा दृष्टान्त भन्नुहुन्छ ।
येशूले धार्मिक अगुवाहरूलाई भन्न लाग्नुभएको दृष्टान्तका बारेमा गहन रूपले विचार गर्न तिनीहरूलाई चुनौति दिनका लागि उहाँले प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “मैले भन्न लागेको कुरामा तिमीहरू के विचार गर्दछौ मलाई भन ।”
त्यस छोराले उसका सोचाइहरूलाई पुनर्विचार गरेको र आफूले जसरी गर्छु भनी भनेको थियो सोभन्दा फरक तरिकाले व्यवहार गर्नलाई निर्णय गरेको कुरालाई यसले जनाउँछ ।
“मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूले भने”
“येशूले मुख्य पूजाहारीहरू र धर्मगुरुहरूलाई भन्नुभयो”
“म तिमीहरूलाई साँचो भन्दछु ।” येशूले यसपछि जे भन्नुहुन्छ, सो कुरामा यो वाक्यांशले जोड दिन्छ ।
यहाँ “परमेश्वरको राज्य” राजाको रूपमा परमेश्वरले गर्नुहुने शासनलाई जनाउँछ । वैकल्पिक अनुवादः “जब परमेश्वरले पृथ्वीमा उहाँको आफ्नो राज्य स्थापना गर्नुहुन्छ, तब उहाँले कर उठाउनेहरू र वेश्याहरूमाथि तिमीहरूभन्दा पहिले राज्य गरेर तिनीहरूलाई आशिष् दिनुहुन्छ”
सम्भावित अर्थहरू हुन् १) परमेश्वरले यहूदी धार्मिक अगुवाहरूभन्दा चाँडै उहाँले कर उठाउनेहरू र वेश्याहरू ग्रहण गर्नुहुन्छ, वा २) परमेश्वरले यहूदी धार्मिक अगुवाहरूका साटोमा उहाँले कर उठाउनेहरू र वेश्याहरूलाई ग्रहण गर्नुहुनेछ ।
यहाँ “तिमीहरू” शब्द बहुवचन हो र यसले इस्राएलका यहूदी धार्मिक अगुवाहरूलाई मात्र होइन, तर त्यहाँका सबै मानिसलाई जनाउँछ । वैकल्पिक अनुवादः “यूहन्ना इस्राएलका मानिसहरूकहाँ आए”
यो वाक्पद्धति हो जसको अर्थ हो कि यूहन्नाले मानिसहरूलाई जिउनका लागि सही तरीका देखाए । वैकल्पिक अनुवादः “र तिमीहरूले कसरी जिएको परमेश्वर चाहुनुहुन्छ भनेर तिमीहरूलाई बताए”
यहाँ “तिमीहरू” बहुवचन हो र धार्मिक अगुवाहरूलाई जनाउँछ ।
धार्मिक अगुवाहरूलाई हप्काउन र तिनीहरूका अविश्वासलाई उदाहरणसहित स्पष्ट पार्न येशूले विद्रोही मोहीहरूका दृष्टान्त भन्नुहुन्छ ।
“एकजना व्यक्ति जससँग केही सम्पत्ति थियो”
“पर्खाल” वा “बार”
“दाख पेल्नका लागि दाखबारीमा एउटा खल्डो खने”
दाखबारी अझै पनि त्यसको मालिकको नै हो, तर उनले खेतालाहरूलाई त्यसको रखवाली गर्न दिए । जब अङ्गुर पाक्यो, तिनीहरीले केही मालिकलाई दिएर बाँकी आफू राख्न सक्थे ।
यी ती व्यक्तिहरू थिए जसले दाख र त्यसका बोटहरूको हेरचाह उचित प्रकारले कसरी गर्ने भन्ने कुरा जान्दथे ।
येशूले दृष्टान्त भन्नलाई निरन्तरता दिनुहुन्छ ।
“जमिनका मालिकका दासहरू”
येशूले दृष्टान्त भन्नलाई निरन्तरता दिनुहुन्छ ।
यहाँ “अब” शब्दले “यो क्षणमा” भन्ने अर्थ लाग्दैन, तर त्यसपछि आउने महत्त्वपूर्ण कुरामा ध्यान तान्न प्रयोग भएको हो ।
येशूलाई कसले जवाफ दियो भन्ने कुरा मत्तीले स्पष्ट पार्दैनन् । जवाफ दिने मानिसहरूका बारेमा तपाईंले स्पष्ट पार्नु आवश्यक हुन्छ भने, तपाईंले “मानिसहरूले येशूलाई भने” भनेर अनुवाद गर्न सक्नुहुन्छ ।
धार्मिक अगुवाहरूले इन्कार गरेको मानिसलाई परमेश्वरले आदर गर्नुहुन्छ भनी दर्शाउनका लागि येशूले यसैया अगमवक्ताबाट उद्धृत गर्नुहुन्छ ।
यहाँ येशूले ती विद्रोही मोहीहरूका बारेमा भनिएको दृष्टान्तलाई स्पष्ट पार्न सुरु गर्नुहुन्छ ।
येशूले तल दिइएको प्रश्न कसलाई सोध्नुभयो सो स्पष्ट छैन । यदि तपाईंले “तिनीहरू” लाई स्पष्ट पार्न आवश्यक हुन्छ भने, तपाईंले मत्ती २१:४१ मा उल्लेख गरेकै मानिसलाई प्रयोग गर्नुहोस् ।
यो धर्मशास्त्रले के भन्दछ, त्यो आफ्ना श्रोताहरूलाई गहन रूपमा सोच्ने बनाउनलाई येशूले प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले पढेका कुराका बारेमा विचार गर ... दृष्टिमा ... ।’”
येशूले भजनसंग्रहबाट उद्धृत गर्नुहुन्छ । यो अलङ्कार हो, जसको अर्थ निर्माण गर्नेहरूले झैँ धार्मिक अगुवाहरूले येशूलाई तिरस्कार गर्ने छन्, तर भवनको एउटा कुनेढुङ्गोलाई झैँ परमेश्वरले उहाँलाई आफ्नो राज्यमा सबैभन्दा बढी प्रतिष्ठित बनाउनुहुने छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कुनाको शिर ढुङ्गो बनेको छ”
“यो महान् परिवर्तन परमप्रभुले गर्नुभएको हो”
यहाँ “हाम्रो दृष्टिमा”ले हेर्ने कुरा जनाउँछ । वैकल्पिक अनुवादः “यो हेर्नलाई आश्चर्यपूर्ण छ”
यसले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
यहाँ “तिमीहरू” बहुवचन हो । येशू उहाँलाई इन्कार गरेका धार्मिक अगुवाहरूसँग बोलिरहनुभएको थियो ।
यहाँ “परमेश्वरको राज्य” ले राजाको रूपमा परमेश्वरले गर्नुहुने शासनलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँको राज्य तिमीहरूबाट खोस्नुहुनेछ र एउटा जातिलाई दिनुहुनेछ” वा “तिमीहरूलाई परमेश्वरले इन्कार गर्नुहुनेछ र उहाँ अरू जातिका मानिहरूमाथि राजा हुनुहुनेछ”
यहाँ “फलहरू” भनेको “नतिजाहरू” वा “प्रतिफल”लाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “जसले असल नतिजाहरू ल्याउँछ”
यहाँ “यो ढुङ्गा” [मत्ती २१:४२]
यो मूलभुत रूपमा यस अघिको वाक्यजस्तै हो । यो अलङ्कार जसको अर्थ ख्रीष्टले अन्तिम न्याय गर्नुहुनेछ र उहाँको विरुद्धमा विद्रोह गर्ने हरेकलाई नष्ट गर्नुहुनेछ भन्ने हुन्छ ।
येशूले भन्नुभएको दृष्टान्तप्रति धार्मिक अगुवाहरूले प्रतिक्रिया जनाउँछन् ।
“येशूका दृष्टान्तहरू”
1 तिनीहरूसँग यसो भन्दै येशू दृष्टान्तमा बोल्नुभयो, 2 “स्वर्गको राज्य एउटा यस्तो राजाजस्तो हो, जसले आफ्नो छोराको निम्ति विवाह भोजको तयारी गरे । 3 उनले भोजमा आउनको निम्ति निम्त्याइएकाहरूलाई बोलाउन आफ्ना नोकरहरू पठाए, तर तिनीहरू आउन मानेनन् । 4 फेरि राजाले यसो भन्दै आफ्ना अरू नोकरहरू पठाए, ‘ती निम्त्याइएकाहरूलाई यसो भन्नू, ‘मैले मेरो भोज तयार पारेको छु । मेरा गोरुहरू र मोटा पशुहरू मारिएका छन्, र सबै कुरा तयार छन् । विवाहको भोजमा आओ ।’ 5 तर तिनीहरूले केही वास्ता नै गरेनन्, र एउटा आफ्नो खेतबारी, र अर्को आफ्नो व्यवसायतिर लाग्यो । 6 अरूहरूले चाहिँ राजाका नोकरहरूलाई पक्रे; तिनीहरूसँग लाजमर्दो व्यवहार गरे, र तिनीहरूलाई मारे । 7 तर राजा रिसाए । उनले आफ्ना सेनाहरू पठाए; ती हत्याराहरूलाई मारे, र तिनीहरूको सहर जलाइदिए । 8 त्यसपछि उनले आफ्ना नोकरहरूलाई भने, ‘विवाहको निम्ति सबै तयार छन्, तर जसलाई निम्त्याइएको थियो तिनीहरू योग्यका थिएनन् । 9 त्यसैले, तिमीहरू सडकहरूमा जाओ र तिमीहरूले सक्ने जति सबै मानिसलाई विवाह भोजमा सहभागी हुन बोलाओ ।’ 10 ती नोकरहरू सडकहरूमा गए र तिनीहरूले भेट्टाए जति असल र खराब दुवै थरीका मानिसलाई एकसाथ भेला गरे । त्यसैले, विवाहको घर पाहुनाहरूले भरियो । 11 तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, त्यहाँ एक जना मानिस विवाहको पोशाक नलगाईकन भोजमा आएको उनले देखे । 12 राजाले उसलाई भने, ‘मित्र, विवाहको पोशाक नलगाईकन तिमी यहाँ भित्र कसरी आयौ ?’ अनि त्यस व्यक्तिले केही बोल्न सकेन । 13 त्यसपछि राजाले आफ्ना नोकरहरूलाई भने, ‘यस मानिसका हात र खुट्टा बाँध, र यसलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’ 14 किनकि बोलाइएकहरू धेरै छन्, तर चुनिएकाहरू थोरै छन् ।” 15 त्यसपछि फरिसीहरू त्यहाँबाट गए, र येशूले भन्नुभएको कुरामा उहाँलाई नै कसरी जालमा पार्ने भन्ने बारेमा योजना बनाए । 16 त्यसपछि तिनीहरूले आफ्ना चेलाहरू र हेरोदी दलका केही मानिसहरूलाई उहाँकहाँ पठाए । तिनीहरूले येशूलाई भने, “गुरुज्यू, हामीलाई थाहा छ, कि तपाईं सत्य हुनुहुन्छ, र तपाईंले परमेश्वरको मार्गलाई सत्यतामा सिकाउनुहुन्छ । तपाईं कसले के सोच्छ भन्ने कुरालाई वास्ता गर्नुहुन्न, र मानिसहरूका बिचमा तपाईंले पक्षपात गर्नुहुन्न । 17 त्यसैले, हामीलाई भन्नुहोस्, कि तपाईं के भन्नुहुन्छ ? कैसरलाई कर तिर्नु उचित हो कि होइन ?” 18 तर येशूले तिनीहरूको दुष्टता थाहा पाउनुभयो, र भन्नुभयो, “पाखण्डी हो, “तिमीहरू मलाई किन जाँच्दछौ ? 19 कर तिर्ने सिक्का मलाई देखाओ ।” त्यसपछि तिनीहरूले उहाँकहाँ एक दिनार ल्याए । 20 येशूले तिनीहरूलाई भन्नुभयो, “यी कसका नाम र छाप हुन् ?” 21 तिनीहरूले उहाँलाई भने, “कैसरको ।” त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए, जे कैसरका हुन्, ती कैसरलाई देओ, र जे परमेश्वरका हुन्, ती परमेश्वरलाई देओ ।” 22 जब तिनीहरूले यो सुने, तिनीहरू छक्क परे । त्यसपछि तिनीहरू उहाँबाट अलग्गिएर त्यहाँबाट गए । 23 त्यही दिनमा केही सदुकीहरू उहाँकहाँ आए, जसले पुनरुत्थान हुँदैन भनेर भन्दथे । तिनीहरूले उहाँलाई सोधे, 24 “गुरुज्यू, मोशाले भनेका थिए, ‘यदि कुनै पुरुष बालक नजन्माईकन मर्यो भने, उसको भाइले त्यसकी पत्नीलाई विवाह गर्नुपर्छ र आफ्ना दाजुको निम्ति सन्तान जन्माउनुपर्छ । 25 तिनीहरू सात जना दाजुभाइ थिए । पहिलोले विवाह गर्यो । कुनै पनि सन्तान नभईकन उसले आफ्नी पत्नी आफ्नो भाइलाई छोड्यो । 26 त्यसपछि दोस्रो भाइले त्यस्तै गर्यो, त्यसपछि तेस्रोले, र सातौँ भाइसम्म यस्तै हुँदै गयो । 27 तिनीहरू सबै मरेपछि त्यो स्त्री पनि मरी । 28 अब पुनरुत्थानमा ती सात दाजुभाइमध्ये त्यो स्त्री कुन चाहिँको पत्नी हुन्छे ? किनकि तिनीहरू सबैले ऊसँग विवाह गरिसकेका छन् ।” 29 तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्नुभयो, “तिमीहरू भुलमा परेका छौ, किनभने तिमीहरू धर्मशास्त्र वा परमेश्वरको शक्तिलाई जान्दैनौ । 30 किनकि पुनरुत्थानमा तिनीहरू न त विवाह गर्दछन्, न त तिनीहरूलाई विवाहको निम्ति दिइन्छ । बरु, तिनीहरू स्वर्गमा हुने दूतहरूजस्तै हुन्छन् । 31 तर मृतकहरूको पुनरुत्थानको बारेमा परमेश्वरद्वारा यसरी तिमीहरूलाई भनिएको के तिमीहरूले पढेका छैनौ, 32 ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ ?’ परमेश्वर मृतकहरूको परमेश्वर हुनुहुन्न, तर उहाँ जीवितहरूका परमेश्वर हुनुहुन्छ ।” 33 जब भिडले यो सुन्यो, तिनीहरू उहाँको शिक्षामा छक्क परे । 34 तर येशूले सदुकीहरूलाई चुप पार्नुभएको जब फरिसीहरूले सुने, तिनीहरू भेला भए । 35 तिनीहरूमध्येका एक जना व्यवस्थाका गुरुले उहाँको जाँच गर्दै एउटा प्रश्न सोधे, 36 “गुरुज्यू, व्यवस्थामा सबैभन्दा महान् आज्ञाचाहिँ कुन हो ?” 37 येशूले उनलाई भन्नुभयो, “तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नू । 38 योचाहिँ पहिलो र महान् आज्ञा हो । 39 अनि दोस्रो आज्ञा पनि यस्तै छ– ‘तैँले आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर्नू ।’ 40 सारा व्यवस्था र अगमवक्ताहरू यी दुईवटा आज्ञामाथि आधारित छन् ।” 41 फरिसीहरू एकै ठाउँमा जम्मा भएको बेलामा येशूले तिनीहरूलाई एउटा प्रश्न सोध्नुभयो । 42 उहाँले भन्नुभयो, “तिमीहरू ख्रीष्टको बारेमा के विचार गर्दछौ ? ख्रीष्ट कसका पुत्र हुन् ?” तिनीहरूले उहाँलाई भने, “दाऊदका पुत्र ।” 43 येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए, दाऊद पवित्र आत्माले भरिँदा तिनले किन उहाँलाई यसरी प्रभु भनी पुकारे, 44 ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, “जबसम्म मैले तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउँदिन, तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस ।’ ?” 45 यदि दाऊदले ख्रीष्टलाई ‘प्रभु’ भन्दछन् भने, उनी कसरी दाऊदका पुत्र हुन सक्छन् त ?” 46 तिनीहरू कसैले पनि जवाफमा एउटा शब्द पनि बोल्न सकेन, र त्यस दिनपछि उहाँलाई कसैले पनि अरू प्रश्नहरू सोध्ने साहस गरेन ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । पद ४४ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
विवाह भोजको दृष्टान्तमा (मत्ती २२:१-१४) मा कुनै मानिसलाई बचाउने प्रस्ताव परमेश्वरले राख्नुहुँदा, त्यो मानिसले उक्त प्रस्तावलाई स्वीकार गर्नुपर्दछ भनेर येशूले सिकाउनुभयो । परमेश्वरसँगको जीवन राजाको छोराको विवाहमा उनले तयार पारेको भोजजस्तै हो भनेर येशूले सिकाउनुभयो । यसका अतिरिक्त, परमेश्वरले निम्तो दिनुभएका हरेक व्यक्तिले उक्त भोजमा जानका लागि आफूलाई उचित किसिमले तयार पार्ने छैनन् भनी येशूले जोड दिनुभयो । परमेश्वरले यी मानिसहरूलाई भोजबाट बाहिर फालिदिनुहुनेछ ।
वक्ताले आफ्ना श्रोताहरूले बुझिसकेका छन् भनी आफूले सोचेका कुराहरू सामान्यतया भनिरहँदैनन् । जब यो दृष्टान्ताका राजाले भने, “मेरा गोरुहरू र मोटा पशुहरू मारिएका छन्” (मत्ती 22:4), तब ती पशु मार्नेहरूले ती पकाएका पनि छन् भनेर श्रोताहरूले बुझ्ने छन् भनी तिनले यो कुरा अनुमान गरे ।
विरोधाभास साँचो भनाइ हो, जसले कुनै असम्भाव्य कुराको वर्णन गर्दछ । यहूदीहरूका सन्तानका लागि नै पूर्खाहरू मालिकहरू वा प्रभुहरू हुन्, तर एउटा भजनमा दाऊदले आफ्ना सन्तानमध्ये एक जनालाई “प्रभु” भन्दछन् । येशूले यहूदी अगुवाहरूलाई यसो भनेर यो विरोधाभाषा भन्नुहुन्छ, “यसरी दाऊदले ख्रीष्टलाई ‘प्रभु’ भन्दछन् भने, उनी कसरी दाऊदका पुत्र हुन सक्छन् त ?” (मत्ती २२:४५) ।
धार्मिक अगुवाहरूलाई हप्काउन र तिनीहरूको अविश्वासलाई देखाउनका लागि येशूले विवाह भोजको बारेमा एउटा दृष्टान्त भन्नुहुन्छ ।
“मानिसहरूलाई”
यो दृष्टान्तको सुरूवात हो । तपाईंले यसलाई मत्ती १३:२४ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती मानिसहरू जसलाई राजाले निम्त्याएका थिए”
येशूले दृष्टान्त भन्नलाई निरन्तरता दिनुहुन्छ ।
यो प्रत्यक्ष उद्धरणलाई अप्रत्यक्ष उद्धरणको रूपमा लेख्न सकिन्छ । साथै, यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “नोकरहरूलाई ... , ती निम्त्याइएकालाई भन्नलाई आदेश दिए”
“हेर” वा “सुन” वा “मैले जे भन्न लागेको छु त्यसमा ध्यान देओ”
यहाँ ती मारिएका पशु पकाइएका र खानका लागि तयार छन् भन्ने अर्थ बुझिएको छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरा नोकरहरूले मेरा गोरुहरू र मोटा पशुहरू मारेका र पकाएका छन्”
“खानका लागि मेरा सबैभन्दा असल गोरुहरू र मोटा पशुहरू”
येशूले दृष्टान्त भन्नलाई निरन्तरता दिनुहुन्छ ।
“तर राजाले निम्तो दिएका पाहुनाहरूले निमन्त्रणालाई बेवास्ता गरे”
यो सङ्केत दिइएको छ कि राजाका सिपाहीहरूले ती हत्याराहरूलाई मारे ।
येशूले दृष्टान्त भन्नलाई निरन्तरता दिनुहुन्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसलाई मैले निमन्त्रणा दिएको थिएँ”
“जहाँ सडकहरू एक आपसमा मिल्दछन् ।” राजाले नोकरहरूलाई ती स्थानमा पठाउँदै छन् जहाँ उनीहरूले मानिसहरूलाई भेट्न सक्ने सम्भावना बढी हुन्छ ।
“दुवै असल मानिसहरू र खराब मानिसहरू”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसरी पाहुनाहरूले विवाहको घर भरिदिए”
एउटा ठूलो कोठा
येशूले दृष्टान्त भन्नलाई निरन्तरता दिनुहुन्छ ।
पाहुनालाई हप्काउन राजाले प्रश्न प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “तिमीले विवाहमा लगाउनुपर्ने उचित पोशाक लगाएका छैनौ । तिमी यहाँ बस्नुहुँदैन ।”
“त्यो मानिस चुपचाप भयो”
येशूले विवाहर भोजको बारेमा भन्नुभएको दृष्टान्त समाप्त पार्नुहुन्छ ।
“उसलाई बाँध, र यसरी उसले आफ्ना हात र खुट्टा चलाउन नसकोस्”
यहाँ “बाहिरी अन्धकार”ले परमेश्वरलाई इन्कार गर्ने मानिसहरूलाई फालिने अनन्तको नरकलाई जनाउँछ । यो परमेश्वरबाट सदाको लागि अलग गरिएको ठाउँ हो । तपाईंले यसलाई [मत्ती ८:१२]
“दाह्रा किटाइ” भनेको सङ्केतात्मक कार्य हो, जसले ज्यादै बढी निराशा र दुःखलाई जनाउँछ । तपाईंले यसलाई [मत्ती ८:१२]
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने परमेश्वरले धेरै मानिसलाई निम्तो दिनुहुन्छ, तर उहाँले थोरै मात्र चुन्नुहुन्छ”
यसले बीचको समयलाई जनाउँछ । येशूले दृष्टान्त भनेर समाप्त पार्नुभएको छ र अब उक्त दृष्टान्तका शिक्षालाई स्पष्ट पार्नुहुन्छ ।
धार्मिक अगुवाहरूले धेरै कठिन प्रश्न सोधेर येशूलाई फसाउन खोजेका वर्णन यहाँबाट सुरु हुन्छ । यहाँ सिजरलाई कर तिर्ने बारेमा फरिसीहरूले येशूलाई सोधेका छन् ।
“कसरी तिनीहरूले येशूलाई केही गलत भन्न लगाउने भनेर ताकि तिनीहरूले उहाँलाई आरोप लगाउन सकून्”
फरिसीहरूका चेलाहरूले यहूदी अधिकारीहरूलाई मात्र कर तिर्नुपर्ने कुराको समर्थन गर्थे । हेरोदीहरूले रोमी अधिकारीहरूलाई कर तिर्नुपर्ने कुराको समर्थन गर्थे । येशूले जेसुकै भन्नुभए तापनि उहाँले यीमध्ये कुनै एउटा समूहलाई चित्त दुखाउनुन्छ भनी फरिसीहरूले विश्वास गरेका थिए ।
यिनीहरू यहूदी राजा हेरोदका अधिकारीहरू र अनुयायीहरू थिए । तिनी रोमी अधिकारीहरूसँग मित्रतामा थिए ।
“तपार्इंले कुनै पनि व्यक्तिलाई विशेष आदर देखाउनुहुन्न” वा “तपार्इंले कसैलाई कोहीभन्दा बढी महत्त्वपूर्ण ठान्नुहुन्न”
मानिसहरूले सिधा रूपमा कैसरलाई कर तिर्दैनथे, तर तिनका कर उठाउनेहरूमध्ये कुनै एक जनालाई तिर्दथे । वैकल्पिक अनुवादः “कैसरले तोकेको कर तिर्नु”
येशूले आफूलाई फसाउन खोज्ने मानिसहरूलाई हप्काउनका लागि उहाँले प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “पाखण्डी हो, तिमीहरू मेरो जाँच नगर !” वा “पाखण्डी हो, तिमीहरू मेरो जाँच मात्रै गर्न खोजिरहेका छौ भनी म जान्दछु !”
यो एउटा रोमी सिक्का थियो जसको मूल्य एक दिनको ज्याला बराबर हुन्थ्यो ।
यहाँ “तिनीहरूलाई”ले हेरोदीहरू र फरिसीहरूका चेलाहरूलाई जनाउँछ ।
येशूले जे भन्दै हुनुहुन्छ, त्यस कुरामा मानिसहरूले गहन रूपमा विचार गरून् भनी उहाँले प्रश्न सोध्नुहुन्छ । वैकल्पिक अनुवादः “मलाई भन, तिमीहरूले यो सिक्कामा कसको नाम र छाप देख्दछौ ।”
तिनीहरूका जवाफमा भएको बुझ्ने सकिने जानकारीलाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यो सिक्कामा कैसरको छाप र नाउँ लेखिएको छ”
“ती कुराहरू जुन कैसरको स्वामित्वमा छन्”
“ती कुराहरू जुन परमेश्वरको स्वामित्वमा छन्”
सदुकीहरूले येशूलाई विवाह र मरेकाहरूका पुनरुत्थान सम्बन्धी कठिन प्रश्न सोधेर उहाँलाई फसाउन खोजे ।
धर्मशास्त्रमा मोशाले लेखेको वचनको बारेमा धार्मिक अगुवाहरूले उहाँलाई सोधिरहेका थिए । यदि तपार्इंको भाषाले एउटा भनाइभित्र अर्को भनाइलाई समावेश गर्न अनुमति दिँदैन भने, यसलाई अप्रत्यक्ष कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “गुरुज्यू मोशाले भने कि यदि कुनै मानिस मर्यो भने”
यहाँ “उसको” भनेको मरेको मानिसको भनेको हो ।
सदुकीहरूले येशूलाई निरन्तर प्रश्न सोध्दै छन् ।
“सबैभन्दा ठूलो”
“त्यसपछिको सबभन्दा ठूलो ... त्यसपछिको सबभन्दा ठूलो ... सबभन्दा कान्छो” वा “उसको सबभन्दा ठूलो भाइ ... त्यस भाइको सबभन्दा ठूलो भाइ ... सबभन्दा कान्छो”
“सबै भाइहरू मरेपछाडि”
यहाँ सदुकीहरूले सात दाजुभाइसम्बन्धी कुराबाट आफ्नो वास्तविक प्रश्नमा पुग्दछन् ।
“जब मरेका मानिसहरू फेरि जीवित हुन्छन्”
यसको अर्थ येशूले भन्नुहुन्छ कि तिनीहरूले पुनरुत्थानको बारेमा जे विचार गर्दछन् त्यो भुल हो । वैकल्पिक अनुवादः “पुनरुत्थानको बारेमा तिमीहरू भुलमा परेका छौ”
जे गर्न परमेश्वर समर्थ हुनुहुन्छ”
“जब मरेका मानिसहरू फेरि जीवित हुन्छन्”
“मानिसहरूले विवाह गर्नेछैनन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “नता मानिसहरूले आफ्ना छोराछोरीहरू विवाहमा दिनेछन्”
मरेका मानिसहरू फेरि जीवित हुनेछन् भनेर देखाउनका लागि येशूले एउटा प्रश्न सोध्न सुरु गर्नुहुन्छ ।
येशूले प्रश्न सोध्नुभएर सदुकीहरूलाई हप्काउनुहुन्छ । उहाँले कुनै जवाफ पर्खिरहनुभएको छैन । वैकल्पिक अनुवादः “म जान्दछु कि तिमीहरूले पढेका छौ कि ... परमेश्वर ... । तिमीहरू जान्दछौ कि उनले भने,”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे कुरा परमेश्वरले तिमीहरूसँग बोल्नुभयो”
येशूले पद ३१ मा सोध्न सुरु गर्नुभएको प्रश्नलाई सोध्न सकाउनुहुन्छ ।
पद ३१ मा “के तिमीहरूले पढेका छैनौ” भन्ने शब्दहरूबाट सुरु भएको प्रश्नको यो अन्त हो । धार्मिक अगुवाहरूलाई धर्मशास्त्रबाट पहिले नै थाहा भएको कुरालाई सम्झाउनका लागि येशूले यो प्रश्न सोध्नुहुन्छ । “म जान्दछु कि तिमीहरूले त्यो पढेका छौ, तर ... याकूब ... को अर्थ के हो भनेर तिमीहरूले बुझेको जस्तो देखिँदैन ।’” यो प्रत्यक्ष उद्धरणलाई तपाईंले अप्रत्यक्ष उद्धरणका रूपमा अनुवाद गर्न सक्नुहुन्छ । “परमेश्वर, जसले मोशालाई उहाँ अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर, र याकूबका परमेश्वर हुनुहुन्छ भनेर भन्नुभयो ।”
यी नामिक विशेषणलाई विशेषणका रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मृत्यु भएका मानिसहरूका ... , तर उहाँ जीवित मानिसहरूका परमेश्वर हुनुहुन्छ”
एक जना व्यवस्थाको पण्डित फरिसीले येशूलाई सबैभन्दा ठूलो आज्ञाको बारेमा कठिन प्रश्न सोधेर उहाँलाई फसाउन खोज्यो ।
“व्यवस्थाको एक जना विशेषज्ञ ।” यिनी एक फरिसी हुन् जससँग मोशाका व्यवस्थालाई बुझ्ने विशेष क्षमता थियो ।
सबैभन्दा ठूलो आज्ञाको रूपमा येशूले व्यवस्थाको पुस्तकबाट एउटा पद उद्धृत गर्नुहुन्छ ।
यी तीन वाक्यांशहरूलाई “पूर्ण रूपले” वा “व्यग्रताका साथ” भनेर अर्थ दिनलाई एकसाथ प्रयोग गरिएको छ । यहाँ “हृदय” र “प्राण” भनेका व्यक्तिको भित्री मानिसको लागि प्रतिस्थापन शब्दहरू हुन् ।
यहाँ “महान्” र “पहिलो”को अर्थ एउटै हो । यो नै सबैभन्दा महत्त्वपूर्ण आज्ञा हो भन्ने कुरामा तिनीहरूले जोड दिन्छन् ।
दोस्रो ठूलो आज्ञाको रूपमा येशूले लेवीको पुस्तकबाट एउटा पद उद्धृत गर्नुहुन्छ ।
यहाँ “छिमेकी”को अर्थ नजिक बसोबास गर्नेहरूभन्दा अझै बढी हो । येशूको भनाइको अर्थ, एक व्यक्तिले सबै मानिसहरूलाई प्रेम गर्नुपर्दछ ।
यहाँ “सारा व्यवस्था र अगमवक्ताहरू”ले सारा धर्मशास्त्रलाई जनाउँछ । वैकल्पिक अनुवादः “धर्मशास्त्रमा मोशा र अगमवक्ताहरूले लेखेका हरेक कुरा यी दुई आज्ञामा आधारित छन्”
फरिसीहरूले उहाँलाई फसाउने तिनीहरूका प्रयासलाई रोक्नका लागि येशूले तिनीहरूलाई एउटा कठिन प्रश्न सोध्नुहुन्छ ।
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको नयाँ भाग सुरु गर्दछन्, जहाँ येशूले धार्मिक अगुवाहरूलाई एउटा प्रश्न सोध्नुहुन्छ ।
यी दुवै ठाउँमा “पुत्र” को अर्थ “सन्तान” हो ।
ख्रीष्ट “दाऊदका पुत्र”भन्दा धेरै महान् हुनुहुन्छ भनी दर्शाउनका लागि येशूले भजनसंग्रबाट उद्धृत गर्नुहुन्छ ।
आफूले उद्धृत गर्न लागेको भजनसंग्रका बारेमा धार्मिक अगुवाहरूले गहन रूपमा विचार गरुन् भनी उहाँले एउटा प्रश्न सोध्नुहुन्छ । वैकल्पिक अनुवादः “त्यसो भए, मलाई भन कि दाऊदले आत्मामा उहाँलाई किन प्रभु भन्दछन्”
“”दाऊद जसलाई पवित्र आत्माले प्रेरणा दिनुभयो ।” यसको अर्थ दाऊदले जे भन्दछन्, त्यसमा पवित्र आत्माले प्रभाव पार्दै हुनुहुन्छ ।
यहाँ “उहाँ” ले ख्रीष्टलाई जनाउँछ, जो दाऊदका सन्तान पनि हुनुहुन्छ ।
यहाँ “परमप्रभु” भन्नाले पिता परमेश्वरलाई जनाउँछ ।
यहाँ “प्रभु”ले ख्रीष्टलाई जनाउँछ । साथै, “मेरा”ले दाऊदलाई जनाउँछ । यसको अर्थ दाऊदभन्दा ख्रीष्ट महान् हुनुहुन्छ ।
“परमेश्वरको दाहिने हातपट्टि” बस्नु भनेको चाहिँ परमेश्वरबाट महान् सम्मान र अधिकार प्राप्त गर्ने कुरालाई जनाउने सङ्केतात्मक कार्य हो । वैकल्पिक अनुवादः “मेरो छेउमा सम्मानको स्थानमा बस”
यो एउटा वाक्पद्धति हो । वैकल्पिक अनुवादः “जबसम्म म तिम्रा शत्रुहरूलाई पराजित गर्दिन” वा “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो सामु झुक्ने तुल्याउँदिन”
यो मत्ती १९:१ मा सुरु भएको कथाको आखिरी भाग हो, जसले येशूले यहूदियामा गर्नुभएको सेवाको बारेमा भन्दछ ।
धार्मिक अगुवाहरूले येशूलाई धेरैवटा कठिन प्रश्न सोधेर उहाँलाई फसाउन खोजेको वर्णनको यो नै आखिरी खण्ड हो ।
येशूले जे भन्दै हुनुहुन्छ, त्यसमा धार्मिक अगुवाहरूले गहन रूपमा विचार गरून् भनी उहाँले एउटा प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “दाऊदले उहाँलाई ‘प्रभु’ भन्दछन्, र यसरी ख्रीष्ट चाहिँ दाऊदका सन्तानभन्दा धेरै बढी हुनुहुन्छ ।”
दाऊदले येशूलाई “प्रभु” भन्दछन्, किनभने येशू दाऊदका सन्तान मात्र होइन, तर उहाँ तिनीभन्दा महान् पनि हुनुहुन्थ्यो ।
यहाँ “शब्द” ले मानिसहरूले जे भन्दछन्, त्यसलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँलाई कुनै पनि जवाफ दिन” वा “उहाँलाई जवाफ दिन”
यसको अर्थ, येशूले केही गलत कुरा भनून्, र यसरी धार्मिक अगुवाहरूले उहाँलाई गिरफ्तार गर्न सकून् भन्ने मनसायले फेरि कसैले पनि फेरि उहाँलाई त्यस्तो किसिमको प्रश्न सोधेनन् ।
1 त्यसपछि येशू भिडहरू र आफ्ना चेलाहरूसँग बोल्नुभयो । 2 उहाँले भन्नुभयो, “शास्त्रीहरू र फरिसीहरू मोशाको आसनमा बस्छन् ।” 3 यसकारण, तिनीहरूले तिमीहरूलाई जे गर भनी आज्ञा गर्दछन्, ती कुरा गर र तिनीहरूलाई पालन गर । तर तिनीहरूका कामहरूको अनुसरण नगर, किनकि तिनीहरू कुराहरूचाहिँ गर्दछन्, तर पछि आफैँले ती गर्दैनन् । 4 हो, तिनीहरूले बोक्न कठिन हुने गह्रौँ भारीहरू बाँधिदिन्छन्, अनि तिनीहरूले ती मानिसहरूका काँधहरूमा राखिदिन्छन् । तर तिनीहरू आफैँले भने ती बोक्नलाई एउटा औँला पनि चलाउँदैनन् । 5 तिनीहरूले सबै काम मानिसहरूले देखून् भनेर गर्छन् । किनकि तिनीहरूले आफ्ना निधारमा र नाडीमा राखिने व्यवस्था-पत्रीहरू ठुलो बनाउँछन्, र तिनीहरूले आफ्ना वस्त्रका झुम्काहरू लामो पार्दछन् । 6 तिनीहरूले भोजमा मुख्य स्थानहरू र सभाघरहरूमा प्रमुख आसनहरू मन पराउँछन्, 7 अनि बजारहरूमा विशेष अभिवादन गरिएको र मानिसहरूद्वारा ‘रब्बी’ भनी सम्बोधन गरिएको चाहन्छन् । 8 तर तिमीहरूलाई ‘रब्बी’ भनी सम्बोधन गरिनुहुँदैन, किनकि तिमीहरूका एउटै मात्र गुरु हुनुहुन्छ, र तिमीहरू सबै दाजुभाइहरू हौ । 9 अनि पृथ्वीमा कुनै पनि मानिसलाई पिता भनी नपुकार, किनकि तिमीहरूका एक मात्र पिता हुनुहुन्छ, र उहाँ स्वर्गमा हुनुहुन्छ । 10 न त ‘गुरुज्यू’ भनी कसैले तिमीहरूलाई बोलाऊन्, किनकि ख्रीष्ट तिमीहरूका एक मात्र गुरु हुनुहुन्छ । 11 तर जो तिमीहरूका माझमा सबैभन्दा महान् छ, ऊ तिमीहरूका दास हुनेछ । 12 जसले आफूलाई उच्च पार्दछ, त्यसलाई होच्याइनेछ । अनि जसले आफूलाई होच्याउँछ, त्यसलाई उच्च पारिनेछ । 13 तर धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू ! तिमीहरू मानिसहरूका सामुन्ने स्वर्गको राज्यलाई बन्द गर्दछौ । किनकि तिमीहरू यसमा आफैँ प्रवेश गर्दनौ, अनि न त प्रवेश गर्न लागेकाहरूलाई त्यसो गर्न दिन्छौ । 14 धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू ! किनकि तिमीहरू विधवाहरूका घरहरू नष्ट गर्दछौ, जब कि लामो-लामो प्रार्थना गरी देखाउँदछौ । यसकारण, तिमीहरूले अझ बढी दण्ड पाउनेछौ । 15 धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू ! किनकि एक जनालाई आफ्नो मतमा ल्याउनलाई तिमीहरू समुद्र र जमिन चहार्दछौ । जब त्यो तिमीहरूको मतमा आउँछ, त्यसलाई आफूभन्दा दोब्बर नरकको पुत्र बनाउँछौ । 16 धिक्कार तिमीहरूलाई, ए अन्धा अगुवाहरू हो, तिमीहरू जसले भन्दछौ, ‘कसैले मन्दिरको शपथ खान्छ भने, केही पनि हुँदैन । तर जसले मन्दिरको सुनको शपथ खान्छ, ऊ आफ्नो शपथद्वारा बाँधिन्छ ।’ 17 ए दृष्टिविहीन मूर्खहरू हो ! कुनचाहिँ ठुलो हो– सुन कि त्यस सुनलाई परमेश्वरकहाँ अर्पण गर्ने मन्दिर ? 18 अनि, ‘कसैले वेदीको शपथ खान्छ भने, केही पनि हुँदैन । तर कसैले त्यसमाथि राखिएको भेटीको शपथ खान्छ भने, ऊ आफ्नो शपथद्वारा बाँधिन्छ ।’ 19 ए अन्धा मानिसहरू हो, कुनचाहिँ ठुलो हो– भेटी कि त्यस भेटीलाई परमेश्वरकहाँ अर्पण गर्ने वेदी ? 20 अनि जसले वेदीको शपथ खान्छ, उसले त्यस वेदी र त्यसमाथि भएका सबै थोकको शपथ खान्छ । 21 अनि जसले मन्दिरको शपथ खान्छ, उसले त्यस मन्दिर र त्यसमा बास गर्नुहुनेको शपथ खान्छ । 22 अनि जसले स्वर्गको शपथ खान्छ, उसले परमेश्वरको सिंहासन र त्यसमा बास गर्नुहुनेको शपथ खान्छ । 23 धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू ! किनकि तिमीहरू पुदिना, सुप र जिराका दशांश दिन्छौ, तर व्यवस्थाका गहन कुराहरू अर्थात् न्याय, कृपा र विश्वासलाई बेवास्ता गरेका छौ । तर यी कुराहरू तिमीहरूले गर्नुपर्ने थियो र यी अरू कामहरूलाई अवहेलना नगर्नुपर्ने थियो । 24 ए अन्धा अगुवाहरू हो, तिमीहरू जो भुसुनालाई चाल्दछौ, तर उँटलाई चाहिँ निल्दछौ ! 25 धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू ! तिमीहरू कचौराहरू र थालहरूको बाहिरपट्टि धुन्छौ, तर भित्रपट्टि तिनीहरू अन्यायपूर्ण माग र लोभले भरिएका छन् । 26 ए अन्धा फरिसी हो, पहिले कचौरा र थालको भित्रपट्टि सफा गर, ताकि त्यसको बाहिरपट्टि पनि सफा होस् । 27 धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू ! किनकि तिमीहरू चुनले पोतेका चिहानहरूजस्ता छौ, जुन बाहिरपट्टि सुन्दर देखा पर्दछन्, तर भित्रपट्टि चाहिँ मरेका मानिसहरूका हाडहरू र सबै अशुद्धताले भरिएका छन् । 28 यसै गरी, तिमीहरू पनि बाहिर मानिसहरूका सामुन्ने धर्मी देखा पर्दछौ, तर भित्रपट्टि तिमीहरू कपट र दुष्टताले भरिएका छौ । 29 धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू ! किनकि तिमीहरू अगमवक्ताहरूका चिहानहरू बनाउँदछौ र धर्मीहरूका चिहानहरूलाई सिङ्गार्दछौ । 30 तिमीहरू भन्छौ, ‘यदि हामीहरू हाम्रा पुर्खाहरूको समयमा जिएका भए, अगमवक्ताहरूको रगत बगाउने काममा तिनीहरूसँग सहभागी हुने थिएनौँ ।’ 31 यसकारण, तिमीहरू आफैँले तिमीहरू तिनीहरूका सन्तान हौ भनी गवाही दिन्छौ जसले अगमवक्ताहरूको हत्या गरे । 32 तिमीहरूले आफ्ना पुर्खाहरूको कामलाई पनि पुरा गर्छौ । 33 ए सर्पहरू हो, साँपका सन्तानहरू, तिमीहरू नरकको दण्डबाट कसरी उम्कनेछौ ? 34 त्यसकारण, हेर, म तिमीहरूकहाँ अगमवक्ताहरू, बुद्धिमान् मानिसहरू र शास्त्रीहरू पठाउँछु । तिनीहरूमध्ये कति जनालाई तिमीहरूले मार्नेछौ र क्रुसमा टाँग्नेछौ । अनि तिनीहरूमध्ये केहीलाई तिमीहरूले आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ र सहर हुँदो धपाउनेछौ । 35 यसको परिणाम यस्तो हुनेछ, कि पृथ्वीमा बगाइएका सबै धर्मी जनको रगत तिमीहरूमाथि आइपर्नेछ– धर्मी हाबिलको रगतदेखि लिएर बेरेक्याहका छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्र-स्थान र वेदीको माझमा हत्या गर्यौ । 36 साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा यसै पुस्तामाथि आइपर्नेछन् । 37 ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्ताहरूलाई मार्छस् र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस् ! कति पटक मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरेँ, जसरी एउटा कुखुरीले आफ्ना चल्लाहरूलाई त्यसको पखेटामुनि बटुल्छ, तर तैँले इच्छा गरिनस् । 38 हेर, तिमीहरूका घर तिमीहरूका सामु उजाड पारिएका छन् । 39 किनकि म तिमीहरूलाई भन्दछु, ‘परमप्रभुको नाउँमा आउने धन्यका हुन्’ भनी तिमीहरूले नभनेसम्म, अबदेखि तिमीहरूले मलाई देख्नेछैनौ ।”
येशूले फरिसीहरूलाई धेरैपल्ट (मत्ती २३:१३) पाखण्डीहरू भन्नुहुन्छ र उहाँले त्यसो भनेर के सङ्केत गरेको हो, सो उहाँले सचेत भएर गर्नुहुन्छ । फरिसीहरूले त्यस्ता नियमहरू बनाए, जसलाई कसैले पनि साँचो रूपमा पालन गर्न सक्दैनथे । जनसाधारणले त्यस्ता नियमहरू पालन गर्न नसकेर उनीहरू दोषी भएका छन् भनेर ती फरिसीले मानिसहरूलाई विश्वस्त तुल्याए । साथै, मोशाको व्यवस्थामा भएका परमेश्वरले दिनुभएका मौलिक आज्ञाहरू पालन गर्नुको साटोमा फरिसीहरूले आफूले बनाएका नियमहरू पालन गरे ।
धेरैजसो संस्कृतिमा मानिसहरूको अपमान गर्नु गलत कुरा हो । फरिसीहरूले यस अध्यायमा उल्लेख नाउहरूमध्ये धेरैको प्रयोग गरेर मानिसहरूको अपमान गर्दथे । येशूले तिनीहरूलाई, “पाखण्डीहरू”, “अन्धा अगुवाहरू” “मूर्खहरू” र “सर्पहरू” (मत्ती २३:१६-१७) भन्नुभयो । येशूले प्रयोग गर्नुभएका यी शब्दले तिनीहरूले गलत काम गरेका हुनाले परमेश्वरले निश्चय पनि तिनीहरूलाई दण्ड दिनहुने छ भन्ने जनाउँछ ।
विरोधाभास साँचो भनाइ हो, जसले कुनै असम्भाव्य कुराको वर्णन गर्दछ । “जो तिमीहरूका माझमा सबैभन्दा महान् छ, ऊ तिमीहरूका सेवक हुने छ” भन्नुहुँदा येशूले विरोधाभास प्रयोग गर्नुहुन्छ (मत्ती २३:११-१२) ।
यहाँ कथाको नयाँ भाग सुरु हुन्छ, जुन मत्ती २५:४६ लगातार जान्छ, जहाँ येशूले उद्धार र अन्तिम न्यायको बारेमा सिकाउनुहुन्छ । यहाँ उहाँले शास्त्रीहरू र फरिसीहरूका बारेमा मानिसहरूलाई चेतावनी दिन सुरु गर्नुहुन्छ ।
यहाँ “बस्छन्” ले शासन गर्ने र न्याय गर्ने अधिकारलाई जनाउँछ । वैकल्पिक अनुवादः “मोशासँग भए जस्तै अधिकार छ” वा “मोशाको व्यवस्थाको अर्थ के हो भनेर सिकाउने अधिकार छ”
“सबै कुराहरू ... ती गर र ती मान” वा “हरेक कुरा ... त्यो गर र त्यो मान”
यहाँ “भारीहरू बाँधिदिन्छन् ... मानिसहरूका काँधमा राखिदिन्छन्” भनेको धार्मिक अगुवाहरूले थुप्रै कठिन नियमहरू बनाएका र मानिसहरूलाई ती पालन गर्ने बनाएका कुरालाई जनाउने अलङ्कार हो । अनि “एउटा औँला पनि चलाउनेछैनन्” भनेको धार्मिक अगुवाहरूले मानिसहरूलाई सहायता गर्नेछैनन् भनेर जनाउने वाक्पद्धति हो । वैकल्पिक अनुवादः “तिनीहरूले तिमीहरूलाई पछ्याउनलाई कठिन रहेका थुप्रै नियमहरूको पालना गर्ने बनाउँछन् । तर मानिसहरूलाई ती नियमहरू पालना गर्नलाई सहयोग गर्नका लागि तिनीहरूले केही पनि गर्दैनन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले देखुन् भनेर तिनीहरूले आफ्ना सबै काम गर्छन्”
यी दुवै कुरा फरिसीहरूले गर्दछन् र यसरी उनीहरूले आफूलाई अरू मानिसले भन्दा धेरै परमेश्वरको आदर गरेको स्वाङ् पार्दछन् ।
छालाका स-साना बाकसहरू जसमा धर्मशास्त्रको वचन लेखिएका कागजहरू राखिएका हुन्छन्
परमेश्वरप्रतिको तिनीहरूको भक्ति देखाउनका लागि आफ्ना वस्त्रका तल्लो भागमा फरिसीहरूले झुम्काहरू लगाउँछन् ।
भीडहरू र चेलाहरूसँग फरिसीहरूका बारेमा येशूले निरन्तर बोल्नुहुन्छ ।
यी दुवै त्यस्ता ठाउँ हुन् जहाँ सबैभन्दा प्रतिष्ठित मानिसहरू बस्छन् ।
ठूलो खुल्ला क्षेत्र जहाँ मानिसहरूले खद्यन्न र अन्य थोकहरू किनबेच गर्दछन्
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले तिनीहरूलाई ‘रब्बी’ भनी बोलाउनका लागि ।”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैलाई तिमीहरूले आफूलाई ... भन्न दिनुहुँदैन”
तिमीहरू” जति सबै बहुवचन हुन् र येशूका सबै चेलाहरूलाई जनाउँछ ।
यहाँ “दाजुभाइहरू”को अर्थ “सङ्गी विश्वासीहरू” हुन्छ ।
येशूले उहाँलाई सुन्नेहरूलाई सबैभन्दा महत्त्वपूर्ण मानिसहरूलाई पनि तिनीहरूले आफ्ना लागि परमेश्वरभन्दा बढी महत्त्वपूर्ण हुन दिनुहुँदैन भनी बताउनका लागि अतिशयोक्तिको प्रयोग गर्दै हुनुहुन्छ । वैकल्पिक अनुवादः “पृथ्वीमा कुनै पनि मानिसलाई आफ्ना पिता भनी नपुकार” वा “पृथ्वीमा कुनै पनि मानिस तिमीहरूका पिता हो भनेर नभन”
यहाँ “पिता” भनेको परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “साथै, कसैलाई यसो भनेर सम्बोधन गर्न नदेओ”
येशूले “ख्रीष्ट” भन्नुहुँदा उहाँले तृतीय पुरुषमा आफ्नै बारेमा बोल्दै हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “म, ख्रीष्ट, म नै तिमीहरूका एक मात्र गरु हुँ”
“तिमीहरूका बीचमा भएका सबैभन्दा प्रतिष्ठित मानिस”
यहाँ “तिमीहरू” शब्द बहुवचन हो र येशूका चेलाहरूलाई जनाउँछ ।
“आफैँलाई महत्त्वपूर्ण बनाउँछ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले होच्याउनुहुनेछ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले प्रतिष्ठित तुल्याउनुहुनेछ” वा “परमेश्वरले आदर गर्नुहुनेछ”
येशूले स्वर्गको राज्यलाई त्यो कुनै एउटा घर भए झैँ गरी कुरा गर्नुहुन्छ, जसभित्र प्रवेश गर्ने ढोकालाई फरिसीहरूले बाहिरबाट थुनिदिएका छन् ताकि नता तिनीहरू नता अरू कोही त्यस घरभित्र प्रवेश गर्न सकून् । यदि तपाईंले घरको अलङ्कारलाई कायम राख्नुभयो भने, “थुन्नु” र “प्रवेश गर्नु”का सबै प्रयोगहरूलाई परिवर्तन गर्ने कुरालाई पक्का गर्नुहोस् । साथै, “स्वर्गको राज्य” भन्ने शब्दहरू जसले परमेश्वरलाई जनाउँछन, जो स्वर्गमा वास गर्नुहुन्छ, ती मत्तीमा मात्र पाइने कारण, “स्वर्ग”को लागि प्रयोग हुने तपाईंको भाषाको शब्दलाई तपाईंको अनुवादमा प्रयोग गर्ने कोसिस गर्नुहोस् ।
धार्मिक अगुवाहरूलाई तिनीहरूको पाखण्डीपनको कारण येशूले तिनीहरूलाई हप्काउन सुरु गर्नुहुन्छ ।
“तिमीहरूका लागि कति धेरै नराम्रो हुने छ !” तपाईंले यसलाई मत्ती ११:२१ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
येशूले स्वर्गको राज्य, जुन भनेको परमेश्वरले मानिसहरूमाथि शासन गरिरहनुभएको कुरा हो, त्यसको बारेमा त्यो कुनै एउटा घर भए झैँ गरी कुरा गर्नुहुन्छ, जसभित्र प्रवेश गर्ने ढोकालाई फरिसीहरूले बाहिरबाट थुनिदिएका छन् ताकि नता तिनीहरू नता अरू कोही त्यस घरभित्र प्रवेश गर्न सकून् । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । वैकल्पिक अनुवादः “मानिसहरूका लागि स्वर्गको राज्यमा प्रवेश गर्नलाई तिमीहरूले असम्भव बनाइदिन्छौ ... तिमीहरू त्यसभित्र प्रवेश गर्दैनौ ... नता तिमीहरूले प्रवेश गर्न लागेकाहरूलाई त्यसो गर्न दिन्छौ” वा “तिमीहरू मानिसहरूलाई स्वर्गमा बस्नुहुने परमेश्वरलाई राजाको रूपमा ग्रहण गर्नबाट रोक्छौ ... तिमीहरू उहाँलाई राजाको रूपमा स्वीकार गर्दैनौ ... र उहाँलाई राजाको रूपमा स्वीकार गर्न लागेकाहरूको लागि त्यसो गर्न तिमीहरूले असम्भव बनाइदिन्छौ”
यो तिनीहरू टाढाटाढासम्म जान्छन् भनी जनाउने लक्षणा हो । वैकल्पिक अनुवादः “तिमीहरू धेरै टाढाको यात्रा गर्दछौ”
“एक जना मानिसलाई तिमीहरूको धर्म स्वीकार गर्न लगाउनका लागि”
यहाँ “छोरो” लक्षणा हो जसको अर्थ “कसैको भएको” हुन्छ । वैकल्पिक अनुवादः “त्यो व्यक्ति जो नरकको हो” वा “नरकमा जानुपर्ने व्यक्ति”
यहूदी अगुवाहरू आत्मिक रूपले अन्धा थिए । तिनीहरूले आफूलाई शिक्षकहरू भएको विचार गरे तापनि, तिनीहरूले परमेश्वरको सत्यता बुझ्न सकेनन् । तपाईंले “अन्धा अगुवाहरू”लाई [मत्ती १५:१४]
“मन्दिरको शपथ खाँदा उसले त्यो पालन गर्नुपर्दैन”
“आफ्नो शपथले बाँधिन्छ ।” “शपथले बाँधिन्छ” भन्ने वाक्यांश चाहिँ कसैले कुनै शपथमा गर्नेछु भनेर भनेको कुरा त्यसबाट खोजिएको कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “उसले प्रतिज्ञा गरेको कुरा गर्नैपर्छ”
यहूदी अगुवाहरू आत्मिक रूपले अन्धा थिए । तिनीहरूले आफूलाई शिक्षकहरू भएको विचार गरे तापनि, तिनीहरूले परमेश्वरको सत्यता बुझ्न सकेनन् ।
फरिसीहरूलाई हप्काउनका लागि येशूले प्रश्नहरू प्रयोग गर्नुहुन्छ, किनभने तिनीहरूले मन्दिरभन्दा बढी सुनको महत्त्व भएको कुरा गरे । वैकल्पिक अनुवादः “परमेश्वरलाई सुन चढाएको मन्दिर चाहिँ सुनभन्दा बढी महत्त्वपूर्ण हुन्छ !”
“सुनलाई परमेश्वरको मात्र बनाउने मन्दिर”
बुझेको जानकारीलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “अनि तिमीहरूले यसो पनि भन्दछौ”
“आफूले गर्नलाई प्रतिज्ञा गरेको कुरा उसले गर्नुपर्दैन” वा “उसले आफ्नो प्रतिज्ञालाई पूरा गर्नुपर्दैन”
यो कुनै व्यक्तिले ल्याएर परमेश्वरको वेदीमा चढाउने जनावर वा अन्न हो ।
“आफ्नो शपथले बाँधिन्छ ।” कसैले कुनै शपथमा गर्नेछु भनेर भनेको कुरा त्यसबाट खोजिएको कुरालाई त्यो व्यक्ति शपथले बाँधिए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “उसले प्रतिज्ञा गरेको कुरा गर्नैपर्छ”
यहूदी अगुवाहरू आत्मिक रूपले अन्धा थिए । तिनीहरूले आफूलाई शिक्षकहरू भएको विचार गरे तापनि, तिनीहरूले परमेश्वरको सत्यता बुझ्न सकेनन् ।
फरिसीहरूलाई हप्काउनका लागि येशूले प्रश्नहरू प्रयोग गर्नुहुन्छ, किनभने तिनीहरूले वेदीभन्दा बढी उपहारको महत्त्व भएको कुरा गरे । वैकल्पिक अनुवादः “उपहारलाई पवित्र पार्ने वेदी चाहिँ उपहारभन्दा बढी महत्त्वपूर्ण हुन्छ !”
“परमेश्वरको लागि वेदीले नै भेटीलाई विशेष बनाउँछ”
“मानिसहरूले त्यसमाथि राखेका सबै भेटीहरूद्वारा”
परमेश्वर पिता
परमेश्वर पिता
“त्यो तिमीहरूका लागि कति भयानक हुनेछ ... पाखण्डीहरू !” तपाईंले यसलाई मत्ती ११:२१ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
यिनीहरू खानालाई स्वादिलो बनाउनका मानिसहरूले प्रयोग गर्ने विभिन्न पातहरू र बिउहरू हुन् ।
“तिमीहरूले आज्ञापालन गरेका छैनौ”
“बढी महत्त्वपूर्ण कुराको मतलब हुन्छ”
“तिमीहरूले यी बढी महत्त्वपूर्ण नियमहरूको पालना गरेको हुनुपर्थ्यो”
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कम महत्त्व राख्ने नियमहरू पालन गर्दै”
फरिसीहरूको बारेमा वर्णन गर्न येशूले यो अलङ्कारको प्रयोग गर्नुहुन्छ । येशूको भनाइको अर्थ परमेश्वरका आज्ञाहरू वा उहाँलाई कसरी खुशी पार्ने भन्ने कुरा नै फरिसीहरूले बुझ्दैनन् । यसकारण, परमेश्वरलाई कसरी खुशी पार्ने भनी तिनीहरूले अरूलाई सिकाउन सक्दैनन् । तपाईंले यस अलङ्कारलाई [मत्ती १५:१४]
कम महत्त्वका नियमहरूलाई पालन गर्न होशियार हुनु र सबैभन्दा महत्त्वपूर्ण नियमहरू पालन गर्न बेवास्ता गर्नु भनेको सबैभन्दा सानो अशुद्ध जनावरलाई ननिल्नको निम्ति होशियार हुनु, तर जानेर वा नजानेर सबैभन्दा ठूलो अशुद्ध जनावरको मासु चाहिँ खानु जत्तिकै मूर्खता हो । वैकल्पिक अनुवादः “तिमीहरू त्यो व्यक्ति जस्तै मूर्ख छौ, जसले आफ्नो पिउने कुराहरूमा परेका भुसुनालाई चाल्दछ, तर उँटलाई चाहिँ निल्दछ”
यसको अर्थ चाहिँ भुसुनालाई पिउने कुराबाट हटाउनका लागि त्यसलाई कुनै कपडाबाट खनाउनु भन्ने हुन्छ ।
एउटा सानो उड्ने कुरा
“त्यो तिमीहरूका लागि कति भयानक हुनेछ ... पाखण्डीहरू !” तपाईंले यसलाई मत्ती ११:२१ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
यो अलङ्कार हो, जसको अर्थ शास्त्रीहरू र फरिसीहरू अरूका सामु शुद्ध देखा पर्दछन्, तर भित्रपट्टि तिनीहरू दुष्ट छन् ।
“अरूसित भएका थोकहरू तिनीहरू चाहन्छन्, र आफ्नो स्वर्थअनुसार तिनीहरू काम गर्दछन्”
फरिसीहरू आत्मिक रूपले अन्धा थिए । तिनीहरूले आफूलाई शिक्षकहरू भएको विचार गरे तापनि, तिनीहरूले परमेश्वरको सत्यता बुझ्न सकेनन् ।
यो अलङ्कार हो, जसको अर्थ यदि तिनीहरू आफ्ना भित्रपट्टि शुद्ध हुन्छन् भने, त्यसको परिणामस्वरूप तिनीहरू बाहिपट्टि पनि शुद्ध हुनेछन् ।
यो उपमा हो जसको अर्थ शास्त्रीहरू र फरिसीहरू बाहिरपट्टि शुद्ध देखा पर्दछन्, तर भित्रपट्टि तिनीहरू दुष्ट छन् ।
“कसैले सेतो रङ् पोतेका चिहानहरू ।” यहूदीहरूले चिहानहरू सेतो रङ् पोत्ने गर्थे, र यसरी मानिसहरूले सजिलै ती देख्न सक्थे र छुनबाट बच्न सक्थे । कुनै मानिसले चिहान छोयो भने अशुद्ध हुने रीतिरिवाज थियो ।
यो नामिक विशेषणलाई विशेषणका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्मी मानिसहरूका”
“हाम्रा पूर्वजहरूका समयमा”
“हामी उनीहरूसँग मिल्ने थिएनौँ”
यहाँ “रगत”ले जीवनलाई जनाउँछ । रगत बगाउनुको अर्थ मार्नु हो । वैकल्पिक अनुवादः “मार्ने” वा “हत्या गर्ने”
यहाँ “छोराहरू”को अर्थ “सन्तानहरू” हुन्छ ।
येशूले यसलाई अलङ्कारको रूपमा प्रयोग गर्नुहुन्छ, जसको अर्थ फरिसीहरूले ती दुष्ट कार्यहरू पूरा गर्ने छन्, जुन तिनीहरूका पूर्खाहरूले अगमवक्ताहरूका हत्या गरेर सुरु गरेका थिए । वैकल्पिक अनुवादः “तिमीहरूका पुर्खाहरूले सुरु गरेका पापको कामलाई तिमीहरूले पूरा गर्छौ”
सर्पहरू साँपहरू हुन् र साँभे साँपहरू चाहिँ विषालु सर्पहरू हुन् । तिनीहरू खतरनाक हुन्छन् र प्रायः दुष्टकाका चिन्हहरू हुन् । वैकल्पिक अनुवादः “तिमीहरू खतरनाक र विषालु सर्पहरूजस्तै दुष्ट छौ”
यहाँ “सन्तानहरू” को अर्थ “त्यस्तै विशेषता भएका” भन्ने हुन्छ । तपाईंले यस्तै समान वाक्यांशलाई मत्ती ३:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
गाली गर्नका लागि येशूले यो प्रश्नलाई प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “नरकको दण्डबाट उम्कनको निम्ति तिमीहरूलाई कुनै पनि उपाय छैन !”
धार्मिक अगुवाहरूको पाखण्डीपनको कारण येशूले तिनीहरूलाई हप्काउन निरन्तरता दिनुहुन्छ ।
कसैले चाँडै नै कुनै कुरा गर्नेछन् भन्ने कुरा दर्शाउनका लागि कहिलेकाहीँ वर्तमान् काल क्रियापदका वाक्य प्रयोग हुन्छन् । वैकल्पिक अनुवादः “म अगमवक्ताहरू, बुद्धिमान् मानिसहरू र शास्त्रीहरू तिमीहरूकहाँ चाँडै नै पठाउनेछु”
तिमीहरूमाथि नै आइपर्नेछ” भन्ने वाक्यांश लक्षणा हो, जसको अर्थ दण्ड पाउने कुरा हो । रगत बगाउने भन्नाले मार्ने अर्थ जनाउने लक्षणा हो, र यसरी “पृथ्वीमा बगाइएका सबै धर्मी जनको रगत”ले मारिएका धर्मी मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबै धर्मी मानिसहरूको हत्याका लागि परमेश्वरले तिमीहरूलाई दण्ड दिनुहुनेछ”
यहाँ “रगत”ले मारिएको मानिसलाई जनाउँछ । वैकल्पिक अनुवादः “हत्यादेखि ... हत्यासम्म”
हत्याराको पहिलो शिकार हाबिल थिए, र सम्भवतः जकरियाचाहिँ यहूदीहरूद्वारा मन्दिरमा हत्या गरिएकाहरूमध्ये अन्तिम व्यक्ति थिए भनेर मानिन्छ । यी दुई व्यक्तिहरूले सबै हत्या भएका धर्मी मानिसहरूलाई प्रतिनिधित्व गर्छन् ।
यी जकरिया बप्तिस्मा दिने यूहन्नाका पिता थिएनन् ।
येशूले भन्नुहुन्न कि उहाँसँग कुरा गरिराखेका ती मानिसले नै साँचो अर्थमा जकरियालाई मारे । उहाँले भन्नुभएको चाहिँ तिनीहरूका पूर्खाहरूले मारेको हो ।
“म तिमीहरूलाई साँचो भन्दछु ।” यसपछि येशूले जे भन्नुहुन्छ, त्यसमा यसले जोड दिन्छ ।
येशूले यरूशलेमका मानिसहरूका लागि शोक गर्नुहुन्छ, किनभने परमेश्वरले तिनीहरूकहाँ पठाउनुभएको हरेक सन्देशवहाकलाई तिनीहरूले इन्कार गरे ।
यरूशलेमका मानिसहरूसँग बोल्नुहुँदा येशूले त्यो सहरसँग नै बोले जस्तै गरी बोल्नुहुन्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसलाई परमेश्वरले तँकहाँ पठाउनुहुन्छ”
यरूशलेम एउटी स्त्री र त्यहाँका मानिसहरू चाहिँ तिनका सन्तान भए झैँ गरी येशूले सम्बोधन गर्दै हुनुहुन्छ । वैकल्पिक अनुवादः “तेरा मानिसहरू” वा “तेरा वासिन्दाहरू”
यो उपमा हो जसले मानिसहरूप्रतिको येशूको प्रेम र उहाँले कसरी तिनीहरूको हेरविचार गर्न चाहनुहुन्थ्यो भन्ने कुरामा जोड दिन्छ ।
पोथी कुखुरा । आफ्नो पखेटामुनि आफ्ना बच्चाहरूको सुरक्षा गर्ने कुनै पनि चरा राखेर तपाईंले अनुवाद गर्न सक्नुहुन्छ ।
“परमेश्वरले तेरो घरलाई छोड्नुहुनेछ, र त्यो रित्तो हुनेछ”
सम्भावित अर्थहरू हुन् १) “यरूशलेमको सहर” वा २) “मन्दिर ।”
यसपछि येशूले जे भन्नुहुन्छ, त्यसमा यसले जोड दिन्छ ।
यहाँ “नाउँमा” अर्थ “शक्तिमा” वा “प्रतिनिधि भएर” भन्ने हुन्छ । तपाईंले यसलाई [मत्ती २१:९]
1 ययेशू मन्दिरबाट बाहिर जानुभयो र उहाँ आफ्नो बाटोमा जाँदै हुनुहुन्थ्यो । उहाँलाई मन्दिरका भवनहरू देखाउन उहाँका चेलाहरू उहाँकहाँ आए । 2 तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो र भन्नुभयो, “के तिमीहरूले यी सबै कुरा देख्दैनौ ? साँच्चै म तिमीहरूलाई भन्दछु, एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोडिनेछैन, सबै भत्काइनेछन् ।” 3 जब उहाँ जैतून डाँडामा वस्नुभयो, चेलाहरू उहाँकहाँ सुटुक्कै आए र भने, “हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन् ? तपाईंको आगमन र संसारको अन्तको चिन्ह के हुनेछ ?” 4 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “होसियार रहो, कसैले तिमीहरूलाई नभड्काओस् ।” 5 किनकि मेरो नाउँमा धेरै जना आउनेछन् । किनकि तिनीहरूले भन्नेछन्, ‘म नै ख्रीष्ट हुँ !’ र धेरैलाई भड्काउनेछन् । 6 तिमीहरूले लडाइँ र लडाइँका हल्ला सुन्नेछौ । तर तिमीहरू, विचलित नहोओ, किनकि यी कुराहरू हुनैपर्छ; तर अझै अन्त आइसकेको हुँदैन । 7 किनकि जातिको विरुद्धमा जाति खडा हुनेछ, र राज्यको विरुद्धमा राज्य खडा हुनेछ । विभिन्न ठाउँमा अनिकाल हुनेछ र भूकम्पहरू जानेछन् । 8 तर यी सबै कुरा प्रसव-वेदनाको सुरुवात मात्र हो । 9 तब तिनीहरूले तिमीहरूलाई सङ्कष्टको लागि सुम्पनेछन् र तिमीहरूलाई मार्नेछन् । मेरो नामको खातिर सबै जातिद्वारा तिमीहरूलाई घृणा गरिनेछ । 10 तब धेरै जनाले ठेस खानेछन्, र एक अर्कालाई धोका दिनेछन्, एक अर्कालाई घृणा गर्नेछन् । 11 धेरै झुटा अगमवक्ता खडा हुनेछन् र धेरै जनालाई बहकाउनेछन् । 12 किनभने अधर्मको वृद्धि हुनेछ; धेरै जनाको प्रेम सेलाउनेछ । 13 तर जो अन्तसम्म स्थिर रहन्छ, उसले उद्धार पाउनेछ । 14 राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिलाई साक्षीको रूपमा प्रचार गरिनेछ । तब अन्त आउनेछ । 15 त्यसकारण, जब तिमीहरूले दानिएल अगमवक्ताले भनेका जस्तै त्यस विनाशकारी घृणित व्यक्तिलाई पवित्र स्थानमा उभिएको देख्छौ (पाठकले आफैँ बुझोस), 16 जो यहूदियामा छन्, तिनीहरू पहाडहरूतिर भागून्, 17 जो घरको छानामाथि छ, ऊ घरबाट कुनै सामान लिन तल नझरोस् । 18 र जो खेतमा छ, ऊ आफ्नो खास्टो लिन नफर्कोस् । 19 तर ती दिनमा हाय तिनीहरूलाई जो गर्भवती छन् र जसले शिशुहरूलाई दूध चुसाउँछन् ! 20 हिउँदमा वा शबाथको दिनमा तिमीहरू भाग्न नपरोस् भनी प्रार्थना गर । 21 किनकि त्यस बेला महासङ्कष्ट हुनेछ, जुन संसारको सुरुदेखि अहिलेसम्म कहिल्यै भएको छैन, न त कहिल्यै फेरि हुनेछ । 22 ती दिनहरू नघटाइएसम्म कुनै शरीर पनि बच्नेछैन । तर चुनिएकाहरूका निम्ति ती दिनहरू घटाइनेछन् । 23 तब यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्ट यहाँ छन् !’ वा, ‘ख्रीष्ट त्यहाँ छन् !’ भन्छ भने त्यसलाई विश्वास नगर । 24 किनकि झुटा ख्रीष्टहरू र झुटा अगमवक्ताहरू आउनेछन् र हुन सके, चुनिएकाहरूलाई समेत बहकाउनलाई ठुला-ठुला चिन्हहरू र चमत्कारहरू देखाउनेछन् । 25 हेर, मैले यी अगाडि नै तिमीहरूलाई बताएको छु । 26 त्यसकारण, यदि तिनीहरूले तिमीहरूलाई ‘हेर, उहाँ उजाड-स्थानमा हुनुहुन्छ’ भनेर भन्छन् भने, उजाड-स्थानतिर नजाओ । वा ‘हेर, उहाँ भित्री कोठाहरूमा हुनुहुन्छ’ भनेर भन्छन् भने, त्यसलाई विश्वास नगर । 27 किनकि जसरी बिजुली पूर्वबाट चम्कन्छ र पश्चिमसम्मै त्यसको उज्यालो पुग्दछ, मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ । 28 जहाँ सिनो छ, त्यहाँ गिद्धहरू भेला हुनेछन् । 29 तर ती दिनमा सङ्कष्ट आए लगत्तै सूर्य अँध्यारो हुनेछ; चन्द्रमाले आफ्नो ज्योति दिनेछैन; ताराहरू आकाशबाट खस्नेछन्, र स्वर्गका शक्तिहरू डगमगाउनेछन् । 30 तब मानिसका पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, अनि पृथ्वीका सबै जातिले विलाप गर्नेछन् । तिनीहरूले मानिसका पुत्रलाई आकाशको बादलमा शक्ति र ठुलो महिमासाथ आउँदै गरेको देख्नेछन् । 31 उहाँले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठुलो आवाजका साथ पठाउनुहुनेछ, अनि तिनीहरूले उहाँका चुनिएकाहरूलाई आकाशको एउटा छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट भेला गराउनेछन् । 32 अन्जीरको बोटबाट पाठ सिक । जब त्यसका हाँगाहरू कलिला हुन्छन् र पातहरू पलाउँछन्, तब ग्रीष्म ऋतु आउँदै छ भनेर तिमीहरूले थाहा पाउँछौ । 33 त्यसरी नै, जब तिमीहरूले पनि यी सबै कुरा देख्छौ, उहाँ नजिकै अर्थात् ढोकाकै छेउमा हुनुहुन्छ भनी तिमीहरूले जान्नुपर्छ । 34 साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा नभएसम्म यो पुस्ता बितेर जानेछैन । 35 स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन् । 36 तर त्यस दिन र घडीको विषयमा कसैलाई पनि थाहा छैन, न त स्वर्गका स्वर्गदूतहरूलाई, न पुत्रलाई, तर पितालाई मात्र थाहा छ । 37 मानिसका पुत्रको आगमन पनि नोआका दिनमा जस्तै हुनेछ । 38 किनकि ती दिनहरूमा जलप्रलय आउनुभन्दा अगि नोआ जहाजभित्र नपसुन्जेल तिनीहरू खाँदै र पिउँदै, विवाह गर्दै र विवाह गराउँदै थिए, 39 अनि प्रलय आएर तिनीहरू सबैलाई नलगुन्जेलसम्म तिनीहरूलाई केही पनि थाहा थिएन । मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ । 40 तब खेतमा दुई जना हुनेछन्– एक जना लगिनेछ, र अर्को यहीँ छोडिनेछ । 41 दुई जना स्त्री जाँतो पिँधिरहेका हुनेछन्– एउटी लगिनेछ र अर्की त्यहीँ छोडिनेछ । 42 त्यसकारण, तिमीहरू जागा रहो, किनकि तिमीहरूका प्रभु कुन दिन आउनुहुनेछ भन्ने कुरा तिमीहरूलाई थाहा छैन । 43 तर यो जान, कि रातको कुन समयमा चोर आउँदै छ भन्ने कुरा घरको धनीलाई थाहा भएको भए, ऊ जागा बस्ने थियो र चोरलाई उसको घर फोर्न दिने थिएन । 44 त्यसकारण, तिमीहरू पनि तयार हुनुपर्छ, किनकि मानिसका पुत्र तिमीहरूले आशा नगरेको बेलामा आउनुहुनेछ । 45 त्यसैले, विश्वासयोग्य र बुद्धिमान् नोकर को हो, जसलाई उसको मालिकले आफ्नो घरका मानिसहरूलाई तिनीहरूका खाना ठिक समयमा तिनीहरूलाई दिनलाई नियुक्त गरेको छ ? 46 त्यो नोकर धन्य हो, जसलाई उसको मालिक आउँदा त्यसै गरिरहेको भेट्टाउनेछ । 47 साँच्चै म तिमीहरूलाई भन्दछु, कि मालिकले उसित भएका सबै कुराको जिम्मा उसलाई दिनेछ । 48 तर यदि दुष्ट नोकरले त्यसको मनमा, ‘मेरो मालिक ढिला हुनुभएको छ’ भनी भन्दछ, 49 अनि उसले आफ्ना सहकर्मी नोकरहरूलाई पिट्न थाल्छ, र मतवालाहरूसँग खान्छ र पिउँछ भने, 50 त्यस नोकरले आशा नगरेको दिनमा र त्यसलाई थाहा नभएको घडीमा त्यस नोकरको मालिक आउनेछ । 51 त्यसको मालिकले त्यसलाई दुई टुक्रा पारी काट्नेछ र त्यसको दशा ती पाखण्डीहरूको जस्तै हुनेछ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।
यस अध्यायमा, येशूले त्यो बेलादेखि उहाँ फेरि हरेक कुरामाथि राजा भएर दोस्रोपल्ट नआउन्जेलसम्मको भविष्यवाणी गर्न सुरु गर्नुहुन्छ ।
यस अध्यायमा, उहाँका चेलाहरूले येशू फेरि दोस्रोपल्ट कहिले आउनुहुने छ भनेर तिनीहरूले कसरी थाहा पाउने भनी सोधेका प्रश्नको जवाफ दिन सुरु गर्नुहुन्छ ।
नोआको समयमा मानिसहरूका पापका लागि तिनीहरूलाई दण्ड दिन परमेश्वरले ठूलो जलप्रलय पठाउनुभयो । यसरी जलप्रलय हुने कुराका बारेमा उहाँले तिनीहरूलाई धेरैपल्ट चेतावनी दिनुभयो, तर त्यो अचानक सुरु भयो । यस अध्यायमा येशूले त्यो जलप्रलय र अन्त्यका दिनको बारेमा तुलना गर्नुहुन्छ ।
यूएलटीले धेरैवाट आदेशात्मक आज्ञा दिनुहुन्छ । जस्तै “यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्” (२४:१६), “घरको छतमा हुने घरबाट कुनै सामान लिन तल नझरोस्” (२४:१७), र “खेतमा हुने आफ्नो खास्टो लिन नफर्कोस् (२४:१८) । आज्ञा बनाउने धेरै विभिन्न तरिका छन् । अनुवाद गर्नेहरूले आफ्नो भाषाको सबैभन्दा स्वभाविक तरिका चुन्नुपर्छ ।
येशू फेरि आउनअगि के हुनेछ भनेर येशूले आफ्ना चेलाहरूलाई बताउन सुरुवात गर्नुहुन्छ ।
येशू वास्तविक मन्दिरको भित्र हुनुहुन्नथ्यो । उहाँ मन्दिर वरिपरिको चोकमा हुनुहुन्थ्यो ।
येशूले चेलाहरूलाई भन्न लाग्नुभएको कुरा तिनीहरूले गहन रूपले विचार गरुन् भनेर उहाँले प्रश्नको प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “यी भवनहरूको बारेमा मलाई केही कुरा तिमीहरूलाई भन्न देओ ।”
म तिमीहरूलाई साँचो भन्दछु ।” यसपछि येशूले जे भन्नुहुन्छ, त्यसमा यसले जोड दिन्छ ।
यसको अर्थ शत्रुका सेनाले ढुङ्गा भत्काउने छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः जब शत्रुका सेना आउने छन्, तब उनीहरूले यी भवनका हरेक ढुङ्गा भत्काउने छन्”
यहाँ “तपाईंको आगमन” भनेको येशू आफ्नो शक्तिमा आउने, पृथ्वीमा परमेश्वरको राज्य स्थापना गर्ने र यो युगको अन्त्य गर्ने कुरा हो । वैकल्पिक अनुवादः तपाईं आउन लाग्नुभएको छ र यो संसारको अन्त हुन लागेको छ भन्ने कुराको चिन्ह के हुनेछ”
यहाँ “तिमीहरूलाई नभड्काओस्” भनेको कसैलाई केही असत्य कुरामा विश्वास गर्नतिर डोहोर्याउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “होशियार होओ कि कसैले तिमीहरूलाई नछलोस्”
यहाँ “नाउँमा” भन्नाले कसैको “शक्तिमा” वा “प्रतिनिधि भएर” भन्ने हुन्छ । वैकल्पिक अनुवादः “धेरै जनाले आफू प्रतिनिधि भएर आएका हौँ भनी घोषणा गर्ने छन्” वा “धेरै जनाले मेरो लागि तिनीहरूले बोल्दै छन् भन्नेछन्”
यहाँ “तिमीहरूलाई नभड्काओस्” भनेको कसैलाई केही असत्य कुरामा विश्वास गर्नतिर डोहोर्याउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “धेरै मानिसहरूलाई छल्नेछन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यी कुराहरूले तिमीहरूलाई विचलित पार्न नदेओ”
यी दुवैका अर्थ एउटै हो । येशूले जोड दिनुभएको कुराचहिं सबैतिरका मानिसले एकअर्काका विरुद्धमा युद्ध गर्नेछन् ।
यसले कुनै स्त्रीले बालक जन्माउन लाग्दा अनुभव गर्ने पीडलाई जनाउँछ । यो अलङ्कारको अर्थ यी युद्ध, अनिकाल र भूकम्पहरूचाहिं यस युगलाई अन्त्यतर्फ डोहोर्याउने घटनाहरूका सुरु मात्रै हुन् ।
“मानिसहरूले तिमीहरूलाई अधिकारीहरूका हातमा सुम्पिदिने छन् जसले तिमीहरूलाई सताउने छन् र मार्नेछन् ।”
यहाँ “जातिहरू” भन्नाले जातिहरूका मानिसहरूलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हरेक राष्ट्रका मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन्”
यहाँ “नाउँ” भन्नाले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूले ममाथि विश्वास गरेका हुनाले”
यहाँ “खडा हुनु” भनेको “स्थापित हुनु”को लागि वाक्पद्धति हो । वैकल्पिक अनुवादः “आउनेछन्”
यहाँ “भड्काउनेछन्” भनेको कसैलाई केही असत्य कुरामा विश्वास गर्नतिर डोहोर्याउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “र धेरै मानिसहरूलाई छल्नेछन्”
भाववाचन नाउँ “अधर्म” लाई “व्यवस्थाप्रति अनाज्ञाकारी” भनी अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “व्यवस्थाप्रति अनाज्ञाकारिता बढ्नेछ” वा “मानिसहरूले बढीभन्दा बढी परमेश्वरको व्यवस्थामा अनाज्ञाकारी हुनेछन्”
सम्भावित अर्थहरू हुन् १) “धेरै मानिसहरूले अब अरू मानिसहरूलाई प्रेम गर्ने छैनन्” वा २) “धेरै मानिसहरूले अब परमेश्वरलाई प्रेम गर्ने छैनन् ।”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले अन्तिम घडीसम्म सहने मानिसलाई बचाउनुहुनेछ”
“जो विश्वासयोग्य रहन्छ”
अन्तिम घडी भन्नाले, यसले मानिसको मृत्यु, वा सतावटको अन्य, वा परमेश्वरले आफैँलाई राजाको रूपमा प्रकट गर्नुहुने युगको अन्त्यको समयमध्ये कुनलाई जनाउँछ भनेर स्पष्ट भएको छैन । मुख्य कुरा चाहिँ जबसम्म सहनु आवश्यक हुन्छ, तबसम्म तिनीहरूले सहनै पर्दछ ।
“संसारको अन्त्य” वा “युगको अन्त”
यहाँ “राज्य” भन्नाले राजाको रूपमा परमेश्वरले गर्नुहुने शासनलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले शासनको बारेमा यो सन्देशलाई मानिसहरूले प्रचार गर्नेछन्”
यहाँ “जाति” भन्नाले मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबै ठाउँका सबै मानिसलाई”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “लाजमर्दो मानिस जसले परमेश्वरका चीजहरूलाई अशुद्ध पार्छ, जसका बारेमा दानिएल अगमवक्ताले लेखेका थिए”
यो येशूले भन्नुभएको कुरा होइन । येशूका यी वचन पढ्नेले सोचुन् र अर्थ लगाउन् भनेर मत्तीले थपेका हुन् ।
येशूले बसोबास गर्नुभएको ठाउँका घरहरूका छत समथर हुन्थे र तिनमाथि मानिसहरू खडा हुन सक्दथे ।
यो “गर्भवती स्त्रीहरू”लाई जनाउने नम्र शैली हो ।
“त्यो समयमा”
“तिमीहरू भाग्न नपर्न” वा “तिमीहरू भाग्न दौडिन नपर्न”
“चिसो मौसम”
यसलाई सकारात्मक रूपमा र कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो दुःखपूर्ण समयलाई परमेश्वरले घटाइदिनुभएन भने, हरेक मानिस मर्नेछ”
मानिस ।” यहाँ “शरीर” भनेको सबै मानिसहरूलाई जनाउने साहित्यिक शैली हो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो दुःखपूर्ण समयलाई परमेश्वरले घटाउनुहुने छ”
येशूले आफ्ना चेलाहरूसँग निरन्तर कुरा गर्नुहुन्छ ।
“तिनीहरूले तिमीहरूलाई भनेका झुटा कुराहरूमाथि विश्वास नगर”
यहाँ “भड्काउनेछन्” भनेको कसैलाई केही असत्य कुरामा विश्वास गर्नतिर डोहोर्याउने कुरालाई जनाउने अलङ्कार हो । यसलाई छुट्टै वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “छल्न, यदि सम्भव भएमा, चुनिएकालाई पनि” वा “मानिसहरूलाई छल्न ... । यदि सम्भव भएमा, तिनीहरूले चुनिएकालाई पनि छल्नेछन्”
यसलाई अप्रत्यक्ष उद्धरणका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि कसैले तिमीहरूलाई, ख्रीष्ट उजाडस्थानमा हुनुहुन्छ, भन्दछन् भने”
यसलाई अप्रत्यक्ष उद्धरणका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि कसैले तिमीहरूलाई, उहाँ भित्री कोठाहरूमा हुनुहुन्छ, भन्दछन् भने”
“गुप्त कोठा” वा “गुप्ता ठाउँ”
यसको अर्थ मानिसको पुत्र छिट्टै आउनुहुनेछ, र उहाँलाई देख्न सजिलो हुनेछ ।
येशूले तृतीय पुरुषमा आफ्नै बारेमा कुरा गर्दै हुनुहुन्छ ।
यो सम्भवतः येशूको समयका मानिसहरूले बुझ्न सक्ने उखान हो । सम्भावित अर्थहरू हुन् १) जब मानिसका पुत्र आउनुहुनेछ, तब सबैले उहाँलाई देख्नेछन्, र उहाँ आउनुभएको छ भन्ने कुरा थाहा पाउनेछन् वा 2) जहाँ आत्मिक रूपमा मरेका मानिसहरू हुन्छन्, झूटा अगमवक्ताहरू तिनीहरूलाई झूट बोल्न त्यहाँ हुनेछन् ।
bमरेका वा मर्न लागेका जनावरहरूका सिनोहरू खाने चराहरू
“ती दिनहरूको सङ्कष्ट सकिनासाथ, सूर्य”
“दुःखको समय”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले सूर्यलाई अँध्यारो बनाउनुहुनेछ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले आकाश र त्यसमाथि भएका कुराहरूलाई हल्लाउनुहुनेछ”
येशूले तृतीय पुरुषमा आफ्नै बारेमा कुरा गर्दै हुनुहुन्छ ।
यहाँ “जाति” ले मानिसलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबै कुलहरूका मानिसहरू” वा “सबै मानिसहरू”
“जब तुरहीको ठूलो आवाज आउने छ, तब उनले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछन्” वा “जब स्वर्गदूतले तुरही बजाउनेछन्, तब उनले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछन्”
येशूले तृतीय पुरुषमा आफ्नै बारेमा कुरा गर्दै हुनुहुन्छ ।
“उहाँका स्वर्गदूतहरूले भेला गराउनेछन्”
ती मानिसहरू जसलाई मानिसका पुत्रले चुन्नुभएको छ ।
यी दुवैको अर्थ एउटै हो । यी लक्षणा हुन्, जसको अर्थ “हरेक ठाउँबाट” भन्ने हुन्छ । वैकल्पिक अनुवादः “संसारभरिका सबै ठाउँबाट”
येशूले तृतीय पुरुषमा आफ्नै बारेमा कुरा गर्दै हुनुहुन्छ । वैकल्पिक अनुवादः “मेरो आउने समय नजिकै छ”
“ढोकाकै छेउमा ।” एक राजा वा महत्त्वपूर्ण अधिकारीले पर्खाल भएको शहरको ढोका नजिक पुगेको चित्रणलाई येशूले प्रयोग गर्नुहुन्छ । यो एक रूपक हो जसको अर्थ हो येशू आउनुहुने समय छिट्टै आउँछ ।
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
यहाँ “बितेर जाने” भनेको चाहिँ नम्र भाषामा मरेर जाने भनेको हो । वैकल्पिक अनुवादः “यो पुस्ताका सबै मर्नेछैनन्”
सम्भावित उल्थाहरू हुन् १) “आज जीवित रहेका सबै मानिसहरू”, जसले येशूले बोल्दै गर्नुहुँदा जीवित रहेका मानिसहरूलाई जनाउँछ वा २) “मैले तिमीहरूलाई भर्खरै भनेका यी कुराहरू हुन लाग्दा जीवित रहेका सबै मानिसहरू ।” दुवै उल्थाहरू सम्भव हुने किसिमले अनुवाद गर्न कोसिस गर्नुहोस् ।
“परमेश्वरले सबै कुराहरूलाई हुन नलाउनुभएसम्म”
“हराउनु” वा “कुनै दिन अस्तित्वमा हुन छोड्नु”
“स्वर्ग” र “पृथ्वी” भन्ने शब्दहरू प्रतिस्थापकीय शब्दहरूहुन् जसले परमेश्वरले रच्नुभएका सबै कुराहरूलाई समावेश गर्छ, विशेषगरी ती कुराहरू जुन सदाकाल रहने देखिन्छन् । येशूले भन्दै हुनुहुन्छ कि उहाँको वचन चाहिँ यी सब कुराहरू जस्तो नभएर सदा रहने खालको छ । वैकल्पिक अनुवादः “स्वर्ग र पृथ्वी समेत बितेर जानेछ”
यहाँ “वचन” ले येशूले भन्नुभएका कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “म जे भन्दछु, सो सधैँ सत्य हुनेछ”
यहाँ “दिन” र “घडी” मानिसको पुत्र फर्केर आउने ठिक समयलाई जनाउँछ ।
“पुत्रलाई पनि होइन”
यो येशू, परमेश्वरको पुत्रको महत्त्वपूर्ण नाउँ हो ।
यो परमेश्वरको लागि महत्त्वपूर्ण नाउँ हो ।
“नोआका दिनहरूजस्ता थिए, मानिसका पुत्र फेरि आउने दिन पनि त्यस्तै नै हुनेछ ।”
येशूले तृतीय पुरुषमा आफ्नै बारेमा कुरा गर्दै हुनुहुन्छ ।
यसलाई छुट्टै वाक्यका रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अनि के हुँदै थियो भनेर मानिसहरूले थाहा पाएनन्”
यसलाई छुट्टै वाक्यका रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बगायो । मानिसका पुत्र आउँदा पनि त्यस्तै हुने छ”
येशू फर्केर आउनुहुने कुराका लागि तयार रहन उहाँले आफ्ना चेलाहरूलाई भन्न सुरु गर्नुहुन्छ ।
यो भनेको जब मानिसको पुत्र आउनुहुनेछ ।
सम्भावित अर्थहरू हुन् १) मानिसको पुत्रले एक जनालाई स्वर्गमा लैजानुहुनेछ, र अर्कोलाई चाहिँ दण्डको निम्ति पृथ्वीमा नै छोड्नुहुनेछ, वा २) स्वर्गदूतहरूले एक जनालाई दण्ड दिनको निम्ति लैजानेछन्, र अर्कोलाई चाहिँ आशिष् दिनको निम्ति छोड्नेछन् ।
“मैले तिमीहरूलाई भर्खर भनेका यी कुराहरू सत्य भएका कारण”
“ध्यान देओ”
येशू फेरि आउने कुराका लागि उहाँका चेलाहरू तयार हुनुपर्ने कुरालाई उदाहरणसहित स्पष्ट पार्न उहाँले मालिक र नोकरको दृष्टान्त भन्नुहुन्छ ।
येशूले उहाँ मानिसहरूले आशा नगरेको समयमा आउनुहुनेछ भनेर भन्दै हुनुहुन्छ; उहाँ चोर्नलाई आउनुहुनेछ भन्न खोजिएको होइन ।
“उसले आफ्नो घरलाई पहरा दिने थियो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उसले कसैलाई पनि आफ्नो घरभित्र प्रवेश गरेर त्यहाँ भएका कुराहरू चोर्न दिने थिएन”
येशूले तृतीय पुरुषमा आफ्नै बारेमा कुरा गर्दै हुनुहुन्छ ।
येशू फेरि आउने कुराका लागि उहाँका चेलाहरू तयार हुनुपर्ने कुरालाई उदाहरणसहित स्पष्ट पार्न उहाँले मालिक र नोकरको दृष्टान्त निरन्तर भन्नुहुन्छ ।
आफ्ना चेलाहरूलाई सोच्ने बनाउनका लागि येशूले यो प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “त्यसैले, विश्वासयोग्य र बुद्धिमान् नोकर को हो ? ऊ त्यही हो जसलाई उसको मालिकले ... समय ... ।” वा “विश्वासयोग्य र बुद्धिमान् नोकरजस्तो होऔ, जसलाई उसको मालिकले ... समय ... ।”
“आफ्ना मालिकको घरमा भएका मानिसहरूलाई तिनीहरूका खाना दिनलाई”
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
येशू फेरि आउने कुराका लागि उहाँका चेलाहरू तयार हुनुपर्ने कुरालाई उदाहरणसहित स्पष्ट पार्न उहाँले मालिक र नोकरको बारेमा भन्नुभएको दृष्टान्तलाई अन्त गर्नुहुन्छ ।
यहाँ “मनले” दिमागलाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यसको मनमा ... विचार गर्छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरो मालिकले फर्किन ढिला गर्नुभएको छ” वा “मेरो मालिक लामै समय फर्किनुहुने छैन”
यी दुवै वाक्यका अर्थ एउटै हो । नोकरले मालिक आउँछन् भनी आशा नगरेको बेलामा उनी आउँछन् भनी यी वाक्यले जोड दिन्छन् ।
त्यो मानिसलाई भयानक दुःखमा पार्ने कुरा जनाउने यो लक्षणा हो ।
“त्यसलाई पाखण्डीहरूसँगै राख्नु” वा “त्यसलाई पाखण्डीहरू पठाइएका ठाउँमा पठाउनु”
यहाँ “दाह्रा किटाइ” भनेको प्रतीकात्मक कार्य हो जसले चरम दुःखभोगलाई प्रतिनिधित्व गर्छ । तपाईंले यसलाई [मत्ती ८:१२]
1 तब स्वर्गको राज्य ती दस कन्याजस्तै हुनेछ जसले आ-आफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्न गए । 2 तिनीहरूमध्ये पाँच जना निर्बुद्धि र पाँच जना बुद्धिमती थिए । 3 किनकि जब ती निर्बुद्धि कन्याहरूले आफ्ना बत्तीहरू लिए, तिनीहरूले आफूसँग कत्ति पनि तेल लगेनन् । 4 तर बुद्धिमती कन्याहरू प्रत्येकले बत्तीहरूसँगै आ-आफ्ना तेलका भाँडाहरू पनि लगे । 5 दुलहा आउन ढिला भएको हुनाले तिनीहरू सबै निन्द्रामा परे र सुते । 6 तर मध्यरातमा एउटा आवाज आयो, ‘हेर, दुलहा ! बाहिर जाऊ अनि उनलाई भेट ।’ 7 त्यसपछि ती सबै कन्या उठे र आ-आफ्ना बत्तीहरूलाई ठिक्क पारे । 8 निर्बुद्धि कन्याहरूले बुद्धिमतीहरूलाई भने, ‘हामीलाई तिमीहरूका केही तेल देऊ किनभने हाम्रा बत्तीहरू निभ्न लागेका छन् ।’ 9 तर बुद्धिमती कन्याहरूले जवाफ दिए र भने, ‘तिमीहरू र हामी दुवैलाई प्रशस्त पुग्ने तेल नभएकोले, तेल बेच्नेहरूकहाँ जाओ र आफ्नो लागि तेल किन ।’ 10 जब तिनीहरू तेल किन्न बाहिर गए, दुलहा आइपुगे अनि जति जना तयार थिए तिनीहरू विवाहको भोजमा उनीसँगै गए, अनि ढोका बन्द गरियो । 11 केही समयपछि अरू कन्याहरू पनि आएर भने, ‘प्रभु, प्रभु, हाम्रो लागि खोलिदिनुहोस् ।’ 12 तर उनले जवाफ दिएर भने, ‘साँच्चै म तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिनँ ।’ 13 त्यसकारण, जागा रहो, किनकि त्यो दिन वा घडी तिमीहरूलाई थाहा छैन । 14 किनकि यो परदेश जानै लागेको मानिसजस्तै हो । उसले आफ्ना नोकरहरूलाई बोलाए र तिनीहरूलाई आफ्नो सम्पत्तिको जिम्मा दिए । 15 उनले तिनीहरूमध्ये एक जनालाई पाँच सिक्का दिए; अर्कोलाई दुई सिक्का र फेरि अर्कोलाई उनले एक सिक्का दिए । प्रत्यकले आफ्नो क्षमताअनुसार ती रकमहरू लिए, अनि त्यो मानिस तुरुन्तै आफ्नो यात्रामा हिँड्यो । 16 पाँच सिक्का पाउने तुरुन्तै गयो र उसले त्यसलाई लगानी गर्यो, र त्यसबाट अर्को पाँच सिक्का कमायो । 17 त्यसै गरी, जसले दुई सिक्का पाएको थियो, उसले पनि त्यसबाट अर्का दुई सिक्का कमायो । 18 तर एउटा मात्र सिक्का पाएको नोकर गयो र उसले एउटा खाल्डो खन्यो, र आफ्नो मालिकको पैसा त्यहाँ लुकायो । 19 अब धेरै समयपछि ती नोकरहरूका मालिक फर्केर आए अनि तिनीहरूसँग हिसाब लिए । 20 पाँच सिक्का पाएको नोकर आयो र उसले अर्को पाँचवटा सिक्का ल्यायो । उसले भन्यो, ‘मालिक, तपाईंले मलाई पाँचवटा सिक्का दिनुभएको थियो, हेर्नुहोस्, मैले अर्का पाँचवटा सिक्का कमाएको छु ।’ 21 उसको मालिकले उसलाई भने, ‘स्याबास, असल र विश्वासयोग्य नोकर ! तिमी थोरै कुरामा विश्वासयोग्य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्नो मालिकको खुसीमा सामेल होऊ ।’ 22 दुईवटा सिक्का पाएको नोकर आयो र भन्यो, ‘मालिक तपाईंले मलाई दुईवटा सिक्का दिनुभएको थियो । हेर्नुहोस्, मैले अर्का दुईवटा सिक्का कमाएको छु ।’ 23 उसको मालिकले उसलाई भने, ‘स्याबास, असल र विश्वासयोग्य नोकर ! तिमी थोरै कुरामा विश्वासयोग्य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्ना मालिकको खुसीमा सामेल होऊ ।’ 24 त्यसपछि एउटा सिक्का पाएको नोकर आयो र भन्यो, ‘मलाई थाहा छ, कि तपाईं कडा स्वभावको मानिस हुनुहुन्छ । तपाईंले आफूले नरोपेको ठाउँबाट कटनी गर्नुहुन्छ र नछरेको ठाउँबाट फसल निकाल्नुहुन्छ । 25 मलाई डर थियो । त्यसकारण, म गएँ र तपाईंको सिक्कालाई जमिनमुनि लुकाइराखेँ । ‘हेर्नुहोस्, जे तपाईंको हो यसलाई लिनुहोस् ।’ 26 तर उसको मालिकले जवाफ दिए र भने, ‘ए दुष्ट र अल्छी नोकर, मैले नरोपेको ठाउँबाट कटनी गर्छु र नछरेको ठाउँबाट फसल निकाल्छु भनेर तँलाई थाहा थियो । 27 त्यसकारण, तैँले मेरो पैसा साहुकहाँ दिनुपर्ने थियो, र म आउँदा मैले आफ्नो पैसा ब्याजसहित पाउने थिएँ । 28 त्यसकारण, त्योसँग भएको एक सिक्का लेओ र जुन नोकरसँग दस सिक्का छ त्यसलाई देओ । 29 किनकि जससँग छ त्यसलाई अझ धेरै दिइनेछ अर्थात् अझ प्रशस्त गरी दिइनेछ । तर जससँग छैन, त्यससँग भएको पनि त्यसबाट खोसिनेछ । 30 त्यो बेकम्मा नोकरलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’ 31 जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन् र उनको साथमा सारा स्वर्गदूतहरू आउनेछन्, उनी आफ्नो महिमित सिंहासनमा विराजमान हुनेछन् । 32 उनको सामुन्ने सारा जाति भेला गराइनेछन्, र जसरी गोठालाले आफ्ना भेडाहरूलाई बाख्राहरूबाट छुट्ट्याउँछ, त्यसरी नै उनले एउटा मानिसलाई अर्कोबाट छुट्ट्याउनेछन् । 33 उनले भेडाहरूलाई आफ्नो दायाँ हातपट्टि र बाख्राहरूलाई आफ्नो बायाँपट्टि राख्नेछन् । 34 त्यसपछि राजाले आफ्नो दाहिनेपट्टि भएकाहरूलाई भन्नेछन्, ‘आओ, तिमीहरू जो मेरा पिताद्वारा आशिषित् भएका छौ, संसारको सृष्टिदेखि नै तिमीहरूका लागि तयार पारिएको राज्यलाई अधिकार गर । 35 किनकि म भोकाएको थिएँ, अनि तिमीहरूले मलाई खान दियौ; म प्यासी थिएँ र तिमीहरूले मलाई पिउन दियौ; म परदेशी थिएँ र तिमीहरूले मलाई भित्र आउन दियौ; 36 म नाङ्गो थिएँ र तिमीहरूले मलाई लुगा पहिराइदियौ; म बिरामी थिएँ र तिमीहरूले मेरो वास्ता गर्यौ; म झ्यालखानामा थिएँ र तिमीहरू मकहाँ आयौ ।’ 37 त्यसपछि धर्मी जनहरूले जवाफ दिई भन्नेछन्, ‘प्रभु हामीले कहिले तपाईंलाई भोकाउनुभएको देख्यौँ र तपाईंलाई खुवायौँ ? वा तिर्खाउनुभएको देख्यौँ र तपाईंलाई पिउन दियौँ ? 38 र हामीले कहिले तपाईंलाई परदेशी भएको देख्यौँ र तपाईंलाई भित्र ल्यायौँ ? 39 र हामीले तपाईंलाई बिरामी वा झ्यालखानामा कहिले देख्यौँ र हामी तपाईंकहाँ आयौँ ?’ 40 र राजाले जवाफ दिनेछन् र तिनीहरूलाई भन्नेछन्, ‘साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले यहाँ मेरा भाइहरूमध्ये सानोभन्दा सानोलाई जे-जति गर्यौ, त्यो मेरो निम्ति नै गर्यौ ।’ 41 त्यसपछि उनले आफ्नो बायाँ हातपट्टि भएकाहरूलाई भन्नेछन्, ‘हे श्रापितहरू, मबाट दूर भएर अनन्त आगोमा जाओ, जुन दुष्ट र त्यसका दूतहरूका लागि तयार गरिएको हो, 42 किनभने म भोकाएको थिएँ, तर तिमीहरूले मलाई खान दिएनौ; म तिर्खाएको थिएँ, तर तिमीहरूले मलाई पिउन दिएनौ; 43 म परदेशी थिएँ, तर तिमीहरूले मलाई भित्र लगेनौ; नाङ्गो थिएँ, तर तिमीहरूले मलाई पहिराएनौ; बिरामी थिएँ र झ्यालखानामा थिएँ, तर तिमीहरूले मेरो वास्ता गरेनौ ।’ 44 त्यसपछि तिनीहरूले पनि जवाफ दिनेछन् र भन्नेछन्, ‘प्रभु, हामीले तपाईंलाई भोकाउनुभएको, वा तिर्खाउनुभएको, वा परदेशी, वा नाङ्गो, वा बिरामी हुनुभएको, वा झ्यालखानामा कहिले देख्यौँ र हामीले तपाईंको सेवा गरेनौँ ?’ 45 अनि उनले तिनीहरूलाई जवाफ दिनेछन् र भन्नेछन्, ‘साँच्चै म तिमीहरूलाई भन्दछु, यिनीहरूमध्ये सानोभन्दा सानोलाई तिमीहरूले जे गरेनौ, त्यो तिमीहरूले मेरो निम्ति गरेनौ ।’ 46 यिनीहरू अनन्तको दण्डमा जानेछन् तर धर्मीहरूचाहिँ अनन्त जीवनमा प्रवेश गर्नेछन् ।”
यस अध्यायले यसअगिको अध्यायको शिक्षालाई निरन्तरता दिन्छ ।
आफ्ना चेलाहरू येशूको दोस्रो आगमनका लागि तयार रहून् भन्नका लागि उहाँले दश कन्याको दृष्टान्त (मत्ती 25:1-13) भन्नुभयो । उहाँका श्रोताहरूलाई यहूदी विवाहको प्रथा थाहा भएको हुनाले उनीहरूले यो उखान बुझ्न सके ।
जब यहूदीहरूले मागी विवाहका लागि तयारी गर्दछन्, तब तिनीहरूले हप्तौँ वा महिनौँपछि विवाह गर्ने योजना बनाउँछन् । उचित समयमा, दुलहा आफ्नी दुलहीको घरमा जान्छन्, जहाँ उनलाई दुलहीले पर्खिरहेकी हुन्छिन् । विवाह समारोह आयोजना हुन्छ, र दुलहादुलही दुवै दुलहाको घरमा जान्छन्, जहाँ भोजको आयोजना गरिन्छ ।
उहाँका चेलाहरू उहाँको आगमनको निमित्त तयार हुनुपर्छ भनेर प्रस्ट पार्नका लागि बुद्धिमति र निर्बुद्धि कन्याहरूका विषयमा येशूले एउटा दृष्टान्त भन्नुहुन्छ ।
यहाँ “स्वर्गको राज्य” भन्नाले परमेश्वरले राजाको रूपमा शासन गर्ने कुरा हो । “स्वर्गको राज्य” भन्ने वाक्यांशलाई मत्तीमा मात्र प्रयोग गरिएको छ । सम्भव भए, तपाईंको अनुवादमा “स्वर्ग” शब्द प्रयोग गर्नुहोस् । तपाईंले यसलाई [मत्ती १३:२४]
यो यीमध्ये हुन सक्छ १) बत्तीहरू वा २) एउटा लौरोको टुप्पोमा एउटा कपडा बाँधेर त्यस कपडालाई तेलले भिजाएर बनाइने चिराक ।
“कन्याहरूमध्ये पाँच जना”
“तिनीहरूसँग आफ्ना बत्तीमा हालिएको तेल मात्रै थियो”
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ येशूले कथाको एक नयाँ भाग बताउन थाल्नुहुन्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब दुलहा आउन धेरै समय लिइरहेको थियो”
“दशै जना कन्या निन्द्रामा परे”
“कसैले चिच्यायो”
येशूले दृष्टान्त भन्नलाई निरन्तरता दिनुहुन्छ ।
“तिनीहरूले आफ्ना बत्तीहरू मिलाए, ताकि ती चम्किलो प्रकारले बलून्”
यी नामिक विशेषणलाई विशेषणका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “निर्बुद्धि कन्याहरूले बुद्धिमती कन्याहरूलाई भने”
यो एउटा वाक्पद्धति हो । वैकल्पिक अनुवादः “हाम्रा बत्तीहरूको आगो निभ्न लागेका छन्”
येशूले दश कन्याहरूको दृष्टान्त भन्न सकाउनुहुन्छ ।
“पाँच जना निर्बुद्धि कन्या बाहिर गए”
बुझेको जानकारीलाई स्पष्ट रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “अलि धेरै तेल किन्न”
पाँच जना कन्या जससँग फाल्तु तेल थियो
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “नोकरहरुले ढोका बन्द गरिदिए”
अस्पष्ट जानकारीलाई स्पष्ट रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “हाम्रो निम्ति ढोका खोलिदिनुहोस्, ताकि हामी भित्र आउन सकौँ”
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
“तिमीहरू को हौ भन्ने कुरा मलाई थाहा छैन ।” यो दृष्टान्तको अन्त्य हो ।
यहाँ “दिन” र “घडी”ले ठीक समयलाई जनाउँछ । अस्पष्ट जानकारीलाई स्पष्ट रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसको पुत्र कति बेला आउने छ भनी ठीक समय तिमीहरूलाई थाहा छैन”
येशूका चेलाहरू उहाँको अनुपस्थितिमा विश्वासयोग्य रहनुपर्छ र उहाँको आगमनको लागि तयार हुनुपर्छ भनेर प्रस्ट पार्नका लागि उहाँले विश्वासयोग्य र विश्वासहीन नोकरहरूका बारेमा एउटा दृष्टान्त भन्नुहुन्छ ।
“यो” शब्दले स्वर्गको राज्यलाई जनाउँछ (मत्ती १३:२४) ।
“जान तयार भएको” वा “छिट्टै जान लागेको”
“तिनीहरूलाई आफ्नो सम्पत्तिको हेरविचार गर्ने जिम्मा दिए”
“तिनको जायजेथा”
“सुनका पाँच सिक्काहरू ।” यसलाई आजको आधुनिक पैसामा अनुवाद नगर्नुहोस् । एक सुनको “सिक्का” बीस वर्षको ज्याला बराबरको मूल्य थियो । यस दृष्टान्तले पाँच, दुई, र एक सिक्कासाथै त्यहाँ संलग्न भएको ठूलो परिमाणको सम्पत्तिलाई तुलना गर्दछ । वैकल्पिक अनुवादः “पाँच झोला सुन” वा, “पाँच झोला सुन, हरेक मोल करिब २० वर्षको ज्याला”
यहाँ “सिक्का” लाई यसअगिको वाक्यको आधारमा बुझ्नुपर्दछ । वैकल्पिक अनुवादः “अर्कोलाई उनले सुनका दुई सिक्का ... एक सिक्का दिए” वा “अर्कोलाई उनले दुई झोला सुन ... एक झोला सुन दिए”
अस्पष्ट जानकारीलाई स्पष्ट रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “प्रत्येक नोकरको सम्पत्तिको व्यवस्थापन गर्न सक्ने सिपअनुसार”
“आफ्नो लगानीबाट अर्को पाँच सिक्का कमायो”
नोकर र सिक्काको दृष्टान्त भन्ने कुरालाई येशूले निरन्तरता दिनुहुन्छ ।
“अर्को दुई सिक्का कमायो”
नोकर र सिक्काको दृष्टान्त भन्ने कुरालाई येशूले निरन्तरता दिनुहुन्छ ।
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ येशूले कथाको नयाँ भाग बताउन सुरु गर्नुहुन्छ ।
“मैले अरू पाँच सिक्का कमाएको छु”
सुनको एक “सिक्का” मोल बीस वर्षको ज्याला बराबर थियो । यसलाई आधुनिक रुपयाँपैसामा अनुवाद नगर्नुहोस् । तपाईंले यसलाई [मत्ती २५:१५]
“तिमीले असल गरेका छौ” वा “तिमीले ठीक गरेका छौ ।” तपार्इंको संस्कृतिमा एउटा मालिक (अधिकारमा हुने व्यक्ति) ले आफ्नो नोकर (ऊभन्दा तल रहने व्यक्ति) ले गरेको कामलाई स्वीकार गरेको देखाउनको निम्ति प्रयोग गर्ने कुनै वाक्यांश हुन सक्छ ।
“खुशीमा सामेल होऊ” भन्ने वाक्यांश लक्षणा हो । साथै, मालिकले तृतीय पुरुषमा आफ्नै बारेमा कुरा गर्दै छन् । वैकल्पिक अनुवादः “आऊ र मसँग खुशी होऊ”
नोकर र सिक्काको दृष्टान्त भन्ने कुरालाई येशूले निरन्तरता दिनुहुन्छ ।
“मैले अरू दुई सिक्का कमाएको छु”
“तिमीले असल गरेका छौ” वा “तिमीले ठीक गरेका छौ ।” तपार्इंको संस्कृतिमा एउटा मालिक (अधिकारमा हुने व्यक्ति) ले आफ्नो नोकर (ऊभन्दा तल रहने व्यक्ति) ले गरेको कामलाई स्वीकार गरेको देखाउनको निम्ति प्रयोग गर्ने कुनै वाक्यांश हुन सक्छ । तपाईंले यसलाई मत्ती २५:२१ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
“खुशीमा सामेल होऊ” भन्ने वाक्यांश लक्षणा हो । साथै, मालिकले तृतीय पुरुषमा आफ्नै बारेमा कुरा गर्दै छन् । वैकल्पिक अनुवादः “आऊ र मसँग खुशी होऊ ।” तपाईंले यसलाई [मत्ती २५:२१]
नोकर र सिक्काको दृष्टान्त भन्ने कुरालाई येशूले निरन्तरता दिनुहुन्छ ।
“आफूले नरोपेको ठाउँबाट कटनी गर्नुहुन्छ” र “नछरेको ठाउँबाट फसल निकाल्नुहुन्छ” भन्ने शब्दहरूको मतलब एउटै हो । तिनीहरू एक किसानलाई जनाउँछन् जसले आफूसँग सम्बन्धित नभएको बाली जम्मा गर्यो । एक निर्दयी व्यापारीको मालिकलाई दोष लगाउनका लागि नोकरले यो अलङ्कार प्रयोग गर्दछ ।
“बिउ छर्नु ।” यसले हातभरीको बिउलाई माटोमा छर्केर रोप्ने कुरालाई जनाउँछ ।
“हेर्नुहोस्, जे तपार्इंको हो त्यो यहाँ छ”
नोकर र सिक्काको दृष्टान्त भन्ने कुरालाई येशूले निरन्तरता दिनुहुन्छ ।
“तँ दुष्ट नोकर होस्, जसले काम गर्न मन गर्दैन । तँलाई थाहा थियो”
“आफूले नरोपेको ठाउँबाट कटनी गर्छु” र “नछरेको ठाउँबाट फसल निकाल्छु” भन्ने शब्दहरूको मतलब एउटै हो । तिनीहरू एक किसानलाई जनाउँछन् जसले आफूसँग सम्बन्धित नभएको बाली जम्मा गर्यो । तपाईंले यसलाई [मत्ती २५:२४]
बुझेको जानकारीलाई स्पष्ट रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले मेरो आफ्नो पैसा फिर्ता पाउने थिएँ”
मालिकको पैसा अस्थाइ रूपमा प्रयोग गरे बापत साहुकारले तिर्ने शुल्क
नोकर र सिक्काको दृष्टान्त भन्ने कुरालाई येशूले अन्त्य गर्नुहुन्छ ।
मालिकले अरु नोकरलाई अह्राउँदै छन् ।
सुनको एक “सिक्का” मोल बिस वर्षको ज्याला बराबर थियो । यसलाई आधुनिक रुपयाँपैसामा अनुवाद नगर्नुहोस् । तपाईंले यसलाई [मत्ती २५:१५]
यसको अर्थ हुन्छ, जुन मानिससँग कुनै कुरा भने, त्यो कुरालाई बुद्धिमानीसाथ प्रयोग पनि गर्दछ । वैकल्पिक अनुवादः “जसले आफूसित भएका कुरालाई राम्रोसँग प्रयोग गर्दछ”
“अझ धैरै बढी”
यसको अर्थ हुन्छ, मानिससँग कुनै कुरा छ तर उसले त्यो बुद्धिमानीसाथ प्रयोग गर्दैन । वैकल्पिक अनुवादः “जसले आफूसित भएका कुरालाई राम्रोसँग प्रयोग गर्दैन”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले खोस्नुहुने छ” वा “म खोस्ने छु”
यहाँ “बाहिरी अन्धकार” भनेको परमेश्वरले उहाँलाई इन्कार गर्ने मानिसहरूलाई पठाउनुहुने स्थानको लागि प्रतिस्थापन शब्द हो । यो त्यो स्थान हो जुन परमेश्वरबाट सदाको लागि अलग गरिएको हुन्छ । तपाईंले यसलाई [मत्ती ८:१२]
“दाह्रा किटाइ” भनेको प्रतीकात्मक कार्य हो जसले चरम निराशा र दुःखभोगलाई जनाउँछ । तपाईंले यसलाई [मत्ती ८:१२]
अन्त्यको दिनमा येशू दोस्रोपल्ट आउनुहुँदा, उहाँले कसरी मानिसहरूको न्याय गर्नुहुने छ उहाँले आफ्ना चेलाहरूलाई भन्न सुरु गर्नुहुन्छ ।
येशूले तृतीय पुरुषमा आफ्नै बारेमा बोल्दै हुनुहुन्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले सबै जातिहरूलाई उहाँको सामुन्ने भेला गर्नुहुनेछ”
“उहाँको अगाडि”
यहाँ “जातिहरू”ले मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबै देशका सबै मानिसहरू”
येशूले कसरी मानिसहरूलाई छुट्ट्याउनुहुनेछ भनी वर्णन गर्न उहाँले उपमाको प्रयोग गर्नुहुन्छ ।
यो अलङ्कार हो, जसको अर्थ मानिसको पुत्रले सारा मानिसलाई अलग गर्नुहुनेछ । उहाँले धर्मी मानिसलाई आफ्नो दायाँ हातपट्टि र पापीहरूलाई आफ्नो बायाँ हातपट्टि राख्नुहुनेछ ।
यहाँ, “राजा” भनेको मानिसको पुत्रको लागि अर्को नाउँ हो । येशूले तृतीय पुरुषमा आफ्नै बारेमा बोल्दै हुनुहुन्छ । वैकल्पिक अनुवादः “म, राजाले ... मेरो दायाँ हातपट्टि”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आओ, तिमीहरू जसलाई मेरो पिताले आशिष् दिनुभएको छ”
यो परमेश्वरको लागि महत्त्वपूर्ण नाउँ हो जसले परमेश्वर र येशूको बीचको सम्बन्धलाई वर्णन गर्दछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूका निम्ति तयार पार्नुभएको राज्यमाथि अधिकार गर”
यहाँ “राज्य” ले राजाको रूपमा परमेश्वरले गर्नुहुने शासनलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरको शासनको आशिष् ग्रहण गर्नु, जुन उहाँले हामीलाई दिने योजना गर्नुभएको छ”
“उहाँले सर्वप्रथम यस संसारको सृष्टि गर्नुभएको समयदेखि”
यसलाई विशेषणको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्मी मानिसहरू”
बुझ्ने सक्ने जानकारीलाई स्पष्ट रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “अथवा हामीले कहिले तपाईंलाई तिर्खाउनुभएको देख्यौँ”
यो पद ३७ बाट सुरु भएका प्रश्नहरूको श्रृङ्खलाको अन्त्य हो । बुझिएको जानकारी स्पष्ट रूपमा भन्न सकिन्छ । वैकल्पिक अनुवादः “अथवा कहिले हामीले तपाईंलाई नाङ्गो देख्यौँ”
यो मानिसको पुत्रको अर्को नाउँ हो । येशूले तृतीय पुरुषमा आफ्नै बारेमा कुरा गर्दै हुनुहुन्छ ।
“उहाँको दाहिने हातपट्टिकाहरूलाई भन्नेछन्”
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
“सबैभन्दा कम महत्त्वपूर्णमध्ये एकलाई”
यहाँ “भाइहरू” ले राजाको आज्ञापालन गर्ने कुनै पुरुष वा स्त्री दुवैलाई जनाउँछ । वैकल्पिक अनुवादः “यहाँ मेरा भाइहरू र बहिनीहरूलाई” वा “मेरा भाइहरू र बहिनीहरूजस्तै मानिसहरूलाई”
“त्यो तिमीहरूले मेरो निम्ति गरेको म मान्नेछु”
“त्यसपछि राजाले ।” येशूले तृतीय पुरुषमा आफ्नै बारेमा बोल्दै हुनुहुन्छ ।
“तिमीहरू जसलाई परमेश्वरले श्राप दिनुभएको छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अनन्तको आगो जुन परमेश्वरले तयार पार्नुभएको छ”
उहाँका सहयोगीहरू
यहाँ “थिए” पछि “नाङ्गो” प्रयोग भएको बुझिन्छ । वैकल्पिक अनुवादः “म नाङो थिएँ, “तिमीहरूले मलाई कपडाहरू दिएनौ”
यहाँ “थिए” पछि “बिरामी” प्रयोग भएको बुझिन्छ वैकल्पिक अनुवादः “म बिरामी थिएँ र झ्यालखानामा पनि थिएँ ”
यो मत्ती २३:१ मा मा सुरु भएको कथाको आखिरी भाग हो, जहाँ येशूले उद्धार र अन्तिम न्यायको बारेमा शिक्षा दिनुहुन्छ ।
यस युगको अन्तमा येशूले कसरी मानिसहरूको न्याय गर्नुहुनेछ भन्ने कुरा उहाँले आफ्ना चेलाहरूलाई यस खण्डमा बताउन टुङ्ग्याउनुहुन्छ ।
“उहाँको देब्रेपट्टि भएकाहरूले पनि जवाफ दिनेछन्”
“मेरा मानिसहरूमा सबैभन्दा कम महत्त्वकाहरूमध्ये कुनै एक जनालाई पनि”
“त्यो तिमीहरूले मेरो निम्ति नगरेको म मान्नेछु” वा “वास्तवमा त्यो म नै थिएँ जसलाई तिमीहरूले सहायता गरेनौ”
“राजाले यिनीहरू त्यस्तो ठाउँमा पठाउने छन्, जहाँ यिनीहरूले कहिल्यै नसकिने दण्ड पाउनेछन्”
बुझेको जानकारीलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “तर राजाले धर्मीहरूलाई चाहिँ त्यस्तो ठाउँमा पठाउनुहुनेछ, जहाँ तिनीहरूले सदासर्वदा परमेश्वरको साथमा बस्न पाउनेछन्”
यो नामिक विशेषणलाई विशेषणका रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्मी मानिसहरू”
1 येशूले यी सबै वचन भनिसक्नुभएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, 2 “तिमीहरूलाई थाहा छ, कि दुई दिनपछि निस्तार-चाड आउँदै छ, र मानिसका पुत्र क्रुसमा टाँगिनको निम्ति सुम्पिनेछ ।” 3 त्यसपछि कैयाफा नाउँ गरेका प्रधान पुजारीको दरबारमा मुख्य पुजारीहरू तथा मानिसहरूका एल्डरहरू एकसाथ भेला भए । 4 तिनीहरू मिलेर येशूलाई छलसित पक्रने र उहाँलाई मार्ने षड्यन्त्र गरे । 5 किनकि तिनीहरूले यसरी भनिरहेका थिए, “चाडको बेलामा भने होइन, ताकि मानिसहरूका माझ खैलाबैला नमच्चियोस् ।” 6 अनि जब येशू बेथानियामा सिमोन भन्ने एक जना कुष्ठरोगीको घरमा हुनुहुन्थ्यो, 7 उहाँ एउटा टेबुलमा अडेस लगाएर बसिरहनुहुँदा अति बहुमूल्य अत्तरको सिङ्गमरमरको एउटा शीशी बोकेकी एउटी स्त्री उहाँकहाँ आई, र उसले त्यसलाई उहाँको शिरमा खन्याइदिई । 8 तर जब उहाँका चेलाहरूले यो देखे, तिनीहरू रिसाएर भने, “यसरी नोक्सानी गर्नुको कारण के हो ? 9 यसलाई ठुलो रकममा बेच्न सकिन्थ्यो, र गरिबलाई दिन सकिन्थ्यो ।” 10 तर येशूले यो जानेर तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले यी स्त्रीलाई किन दुःख दिइरहेका छौ ? किनकि यिनले मेरो निम्ति अति नै राम्रो काम गरेकी छन् । 11 गरिबहरू त तिमीहरूसँग सधैँ हुनेछन्, तर म तिमीहरूसँग सधैँ रहनेछैन । 12 किनकि जब यी स्त्रीले यो अत्तर मेरो शरीरमाथि खन्याइन्, यिनले मेरो दफनको निम्ति यो गरिन् । 13 साँच्चै म तिमीहरूलाई भन्दछु, यो सुसमाचार संसारको जुनसकै ठाउँमा प्रचार गरिँदा, यी स्त्रीले जे गरेकी छन्, तिनको सम्झनामा यो चर्चा गरिनेछ ।” 14 त्यसपछि बाह्र जनामध्येको एक जसको नाउँ यहूदा इस्करियोत थियो, ऊ मुख्य पुजारीहरूकहाँ गयो, 15 र भन्यो, “उहाँलाई तपाईंहरूकहाँ पक्राइदिनलाई तपाईंहरूले मलाई के दिन तयार हुनुहुन्छ ?” तिनीहरूले उसको निम्ति तिसवटा चाँदीका सिक्का छुट्ट्याइदिए । 16 त्यस बेलादेखि उहाँलाई तिनीहरूका हातमा पक्राइदिनलाई उसले मौका खोजिरह्यो । 17 अब अखमिरी रोटीको चाडको पहिलो दिनमा चेलाहरू येशूकहाँ आएर भने, “हामीले तपाईंको निम्ति निस्तार-चाडको भोज कहाँ तयार पारेको तपाईं चाहनुहुन्छ ?” 18 उहाँले भन्नुभयो, “सहरमा एक जना व्यक्तिकहाँ जाओ र उसलाई भन, ‘गुरुले भन्नुहुन्छ, मेरो समय नजिकै आइपुगेको छ । म तिम्रो घरमा चेलाहरूसँगै निस्तार-चाड मनाउन चाहन्छु ।’” 19 येशूले जस्तो निर्देशन दिनुभएको थियो, चेलाहरूले त्यस्तै गरे, र उनीहरूले निस्तार-चाडको निम्ति तयारी गरे । 20 जब साँझ पर्यो, उहाँ आफ्ना बाह्र चेलासँग भोज खानलाई बस्नुभयो । 21 जब उहाँ र चेलाहरू खाइरहनुभएको थियो, उहाँले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ ।” 22 उनीहरू सबै अति दुःखित भए, र हरेकले उहाँलाई यसरी सोध्न थाले, “प्रभु, म त निश्चय नै होइन होला ?” 23 उहाँले जवाफ दिनुभयो, “जसले मसँगै यस कचौरामा हात डुबाउँछ, उसले नै मलाई धोका दिनेछ । 24 मानिसका पुत्र त्यहीअनुसार नै जानेछन् जसरी उनको बारेमा लेखिएको छ । तर धिक्कार त्यस व्यक्तिलाई जसको कारण मानिसका पुत्रलाई धोका हुन्छ ! त्यो व्यक्ति त नजन्मिएकै भए त्यसको निम्ति असल हुने थियो ।” 25 यहूदा जसले उहाँलाई धोका दिनेवाला थियो, उसले भन्यो, “रब्बी, के त्यो म हुँ ?” उहाँले त्यसलाई भन्नुभयो, “तिमी आफैँले त्यो भनेका छौ ।” 26 उहाँ र चेलाहरूले खाइरहनुहुँदा येशूले रोटी लिनुभई धन्यवाद दिनुभयो र त्यो भाँच्नुभयो । उहाँले त्यो आफ्ना चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ । यो मेरो शरीर हो ।” 27 उहाँले कचौरा लिनुभयो र धन्यवाद दिनुभयो, अनि त्यो उनीहरूलाई दिनुभयो र भन्नुभयो, “तिमीहरू सबैले यसलाई पिओ । 28 किनकि यो करारमा भएको मेरो रगत हो जुन धेरैका पापको क्षमादानको निम्ति बगाइएको छ । 29 तर म तिमीहरूलाई भन्दछु, म यस बोटको फलबाट अब फेरि पिउनेछैन, जबसम्म मेरा पिताको राज्यमा म तिमीहरूसँग नयाँ गरी पिउँदिन ।” 30 उहाँहरू सबैले भजन गाइसक्नुभएपछि उहाँहरू जैतून डाँडातर्फ लाग्नुभयो । 31 त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “आज राती मेरो कारण तिमीहरू सबै पछि हट्नेछौ, किनकि यसरी लेखिएको छ, ‘म गोठालोलाई प्रहार गर्नेछु र बथानका सबै भेडा तितरबितर हुनेछन् ।’ 32 तर म उठाइएपछि म तिमीहरूभन्दा अगि गालीलमा जानेछु ।” 33 तर पत्रुसले उहाँलाई भने, “तपाईंको कारणले सबै जना पछि हटे तापनि म कहिल्यै पछि हट्नेछैनँ ।” 34 येशूले उनलाई भन्नुभयो, “साँच्चै म तिमीलाई भन्दछु, आज राती भाले बास्नुभन्दा अगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ ।” 35 पत्रुसले उहाँलाई भने, “म तपाईंसँगै मर्नुपरे तापनि म तपाईंलाई इन्कार गर्नेछैनँ ।” अनि अरू सबै चेलाले पनि त्यसै भने । 36 त्यसपछि येशू उनीहरूसँगै गेतसमनी भन्ने ठाउँमा जानुभयो र आफ्ना चेलाहरूलाई भन्नुभयो, “म अलि पर गएर प्रार्थना गर्छु, तर तिमीहरूचाहिँ यहीँ बस ।” 37 उहाँले पत्रुस र जब्दियाका दुई छोरालाई आफूसँग लिएर जानुभयो, र शोकित र व्याकुल हुन थाल्नुभयो । 38 त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो आत्मा अत्यधिक शोकले भरिएर मरेतुल्य भएको छ । यहीँ बस र मसँगै जागा रहो ।” 39 उहाँ अलि पर जानुभयो, आफ्ना घुँडा टेक्दै घोप्टो पर्नुभयो र प्रार्थना गर्नुभयो । उहाँले भन्नुभयो, “हे मेरा पिता, सम्भव भए, यो कचौरा मबाट हटिजाओस् । तर, मैले इच्छा गरेजस्तो होइन, तपाईंको इच्छाजस्तो होस् ।” 40 उहाँ चेलाहरूकहाँ आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, र उहाँले पत्रुसलाई भन्नुभयो, “के तिमीहरू मसँग एक घण्टाको लागि पनि जागा रहन सकेनौ ? 41 जागा रहो र परीक्षामा नपर्नको निम्ति प्रार्थना गर । आत्मा त तयार छ, तर शरीर भने कमजोर छ ।” 42 उहाँ दोस्रो पटक पनि पर जानुभयो र प्रार्थना गर्नुभयो, र भन्नुभयो, “हे मेरा पिता, यदि मैले नपीकन यो हुँदैन भने, तपाईंकै इच्छा पुरा होस् ।” 43 उहाँ फेरि आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए । 44 त्यसपछि उहाँले तिनीहरूलाई फेरि छोड्नुभयो र पर जानुभयो । उहाँले तेस्रो पल्ट प्रार्थना गर्नुभयो र उही वचन दोहोर्याउनुभयो । 45 त्यसपछि येशू चेलाहरूकहाँ आउनुभयो र तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै पनि सुतिरहेका छौ र आराम गरिरहेका छौ ? हेर, त्यो घडी आइसकेको छ, र मानिसका पुत्रलाई पापीहरूको हातमा धोकासाथ सुम्पिँदै छ । 46 उठ, अब हामी जाऔँ । हेर, मलाई धोका दिनेचाहिँ नजिकै छ ।” 47 जब उहाँ बोलिरहनुभएको थियो, बाह्रमध्ये एक जना अर्थात् यहूदा आए । मुख्य पुजारीहरू र मानिसहरूका एल्डरहरूको एउटा ठुलो भिड ऊसँगै आयो । तिनीहरू लाठीहरू र तरवारहरू बोकेर आए । 48 अब जुन व्यक्तिले येशूलाई धोका दिन लागेको थियो, त्यसले तिनीहरूलाई यसो भनी सङ्केत दिएको थियो, “जसलाई म चुम्बन गर्छु, उनी नै हुन् । उनलाई नै पक्रनू ।” 49 तुरुन्तै ऊ येशूकहाँ आयो र भन्यो, “रब्बी, अभिवादन !” अनि उसले उहाँलाई चुम्बन गर्यो । 50 येशूले उसलाई भन्नुभयो, “मित्र, तिमीले जे गर्न आएका छौ त्यो गरिहाल ।” त्यसपछि तिनीहरू आए, र येशूमाथि हात राखे, र उहाँलाई पक्रे । 51 हेर, येशूसँग भएकाहरूमध्ये एक जनाले आफ्नो हात उठायो; आफ्नो तरवार थुत्यो, र मुख्य पुजारीको एउटा नोकरमाथि प्रहार गर्यो, अनि उसको कान काटिदियो । 52 त्यसपछि येशूले उसलाई भन्नुभयो, “आफ्नो तरवारलाई त्यसको स्थानमा राख, किनकि ज-जसले तरवार उठाउँछन् तिनीहरू तरवारद्वारा नै नष्ट पारिनेछन् । 53 के तिमीहरू विचार गर्दछौ, कि मैले मेरा पितालाई पुकार्न सक्दिनँ र ? के उहाँले मेरो निम्ति स्वर्गदूतहरूका बाह्र पल्टन पठाइदिनुहुन्न र ? 54 तर यस्तो हुनुपर्छ भनी धर्मशास्त्रले भनेको कसरी पुरा हुने थियो त ?” 55 त्यति बेला येशूले भिडलाई भन्नुभयो, “के तिमीहरू तरवार र लाठाहरू लिएर चोरलाई झैँ मलाई पक्रन आएका छौ ? म दिनहुँ मन्दिरमा सिकाउँदै बसेँ, अनि तिमीहरूले मलाई पक्रेनौ । 56 तर यी सबै कुरा भए, ताकि अगमवक्ताहरूले लेखेका कुरा पुरा हुन सकून् ।” त्यसपछि सबै चेलाले उहाँलाई छोडे र भागे । 57 जसले येशूलाई पक्रेका थिए तिनीहरूले उहाँलाई प्रधान पुजारी कैयाफाकहाँ लगे, जहाँ शास्त्रीहरू र एल्डरहरू एकसाथ भेला भएका थिए । 58 तर पत्रुसले प्रधान पुजारीको आँगनसम्म उहाँलाई टाढैबाट पछ्याइरहे । उनी भित्र गए र परिणाम कस्तो हुने होला भनेर हेर्न पहरेदारहरूसँगै बसे । 59 अब मुख्य पुजारीहरू र सम्पूर्ण परिषद्ले येशूलाई मृत्युदण्ड दिन उहाँको विरुद्धमा झुटो गवाही खोजिरहेका थिए । 60 थुप्रै झुटा गवाह अगि आए तापनि उनीहरूले कुनै प्रमाण भेट्टाएनन् । तर पछि दुई जना अगि आए, 61 र भने, “यो मानिसले यसो भन्यो, ‘मैले परमेश्वरको मन्दिरलाई भत्काएर यसलाई तिन दिनमा पुनर्निर्माण गर्न सक्छु’ ।” 62 प्रधान पुजारी उभिए र उहाँलाई भने, “के तिमीसँग कुनै उत्तर छैन ? यी मानिसहरूले तिम्रो विरुद्धमा दिइरहेका गवाही के हो ?” 63 तर येशू चुप रहनुभयो । प्रधान पुजारीले उहाँलाई भने, “जीवित परमेश्वरको नाउँमा म तिमीलाई आज्ञा गर्दछु, हामीलाई बताऊ कि के तिमी ख्रीष्ट अर्थात् परमेश्वरका पुत्र हौ ?” 64 येशूले तिनलाई जवाफ दिनुभयो, “त्यो तपाईं आफैँले नै भन्नुभएको छ । तर म तपाईंलाई भन्दछु, कि अबदेखि उसो तपाईंले मानिसका पुत्रलाई सर्वशक्तिमान्को दाहिने हाततिर बसिरहेका र स्वर्गका बादलहरूमाथि आउँदै गरेका देख्नुहुनेछ ।” 65 त्यसपछि प्रधान पुजारीले आफ्ना लुगा च्याते र भने, “यसले ईश्वर-निन्दा गरेको छ । अब हामीलाई अरू थप गवाहहरूको आवश्यकता किन पर्यो ? हेर्नुहोस्, अब तपाईंहरूले यिनको ईश्वर-निन्दा सुन्नुभएको छ । 66 तपाईंहरू के विचार गर्नुहुन्छ ?” उनीहरूले जवाफ दिएर भने, “यो मारिनको लागि योग्य छ ।” 67 त्यसपछि तिनीहरूले उहाँको मुखमा थुके र उहाँलाई पिटे, र तिनीहरूका हातले उहाँलाई हिर्काए, 68 र भने, “हे ख्रीष्ट, अब हामीलाई अगमवाणी गरी भन्, तँलाई हिर्काउने को हो ?” 69 अब पत्रुसचाहिँ बाहिर आँगनमा बसिरहेका थिए र एउटी दासी उनीकहाँ आई र भनी, “तिमी पनि यी गालीलका येशूसँग थियौ, होइन र ?” 70 तर उनले तिनीहरू सबैका अगि यसो भन्दै यस कुरालाई इन्कार गरे, “तिमीले केको बारेमा कुरा गरिरहेका छौ, मलाई त्यो थाहा छैन ।” 71 जब उनी ढोकातिर बाहिर गए, अर्की दासीले उनलाई देखी र त्यहाँ भएकाहरूलाई भनी, “यो व्यक्ति पनि नासरतको येशूसँग थियो ।” 72 अनि उनले पुनः शपथ खाँदै इन्कार गरे, “म यी मानिसलाई चिन्दिनँ ।” 73 त्यसको केही समयपछि त्यहाँ उभिरहेका मानिसहरू आए र पत्रुसलाई भने, “निश्चय नै तिमी पनि तिनीहरूमध्ये कै एक हौ, किनकि तिम्रो बोलीले नै यो सङ्केत गर्दछ ।” 74 त्यसपछि उनले सराप्न र शपथ खान लागे, “म यी मानिसलाई चिन्दिनँ,” अनि तुरुन्तै भाले बास्यो । 75 अनि येशूले भन्नुभएको वचनलाई पत्रुसले सम्झे, “भाले बास्नुभन्दा अगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ ।” त्यसपछि उनी बाहिर गए र धुरुधुरु रोए ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले २६:३१ मा भएको कवितसासँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
इस्राएलका मानिसहरूलाई जनाउनका लागि धर्मशास्त्रमा भेडा एउटा समान्य बिम्ब हो । तापनि मत्ती २६:३१ मा येशूले “भेड” शब्द आफ्ना चेलाहरूका लागि प्रयोग गर्नुभयो र उहाँलाई गिरफ्तार गरिँदा उनीहरू भाग्नेछन् भन्नुभयो ।
निस्तारचाड त्यो पर्व हो, जति बेला परमेश्वरले मिश्रीहरूका जेठा छोराहरूलाई मार्नुभएको, तर इस्राएलीहरूलाई “निस्तार” अर्थात् छुटकारा दिनुभएको र तिनीहरूलाई बचाउनुभएको सम्झना गर्न यहूदीहरूले उत्सव मनाउँदछन् ।
यो मत्ती २६:२६-२८ खण्डले येशूले आफ्ना चेलाहरूका साथमा अन्तिपटक भोजन गर्नुभएको कुराको वर्णन गर्दछ । यस बेला, येशूले चेलाहरूलाई भन्नुभयो, कि तिनीहरूले जे खाइरहेका र पिइरहेका थिए, सो उहाँको देह र रगत थियो । करिब सबैजसो ख्रीष्टिएन मण्डलीले यो भोजको सम्झना गर्नका लागि “प्रभुभोज”, “युखारिस्ट”, वा “पवित्र “प्रभुभोज”, को आयोजना गर्दछ ।
यहाँ मत्ती २६:४९ ले यहूदाले कसरी येशूलाई चुम्बन गर्यो, र यसरी सिपाहीहरूले गिरफ्तार गर्न उहाँलाई चिने, सो कुरा लेखिएको छ । यहूदीहरूले एकअर्कालाई अभिवादन गर्दा उनीहरूले एकअर्कालाई चुम्बन गर्दथे ।
दुई जना मानिसले येशूलाई (मत्ती २६:६१) मा यसो भनेर दोष लगाए, कि उहाँले यरूशलेमको मन्दिरलाई नष्ट पार्नुहुन्छ र त्यसपछि “तीन दिनमा” फेरि बनाउनुहुन्छ । परमेश्वरले उहाँलाई मन्दिर नष्ट पार्ने र फेरि बनाउने अधिकार दिनुभएको छ भनी उहाँले दाबी गरेर उहाँले परमेश्वरको अपमान गरेको भनी तिनीहरूले उहाँलाई दोष लगाए । उहाँले सँच्चै भन्नुभएको चाहिँ यो थियो, यदि यहूदी अधिकारीहरूले त्यो मन्दिरलाई भत्काइदिन्छन् भने, उहाँले निश्चय पनि त्यसलाई तीन दिनमा खडा गरिदिनुहुने छ (यूहन्ना २:१९) ।
यो कथाको नयाँ भागको सुरुवात हो जसले येशूको क्रूसमा मृत्यु, मृत्यु र पुनरुत्थानको बारेमा बताउँदछ । येशूले आफ्ना चेलाहरूलाई उहाँले कसरी कष्ट भोग्नुपर्नेछ र मर्नुहुनेछ भनेर यस खण्डमा बताउन सुरुवात गर्नुहुन्छ ।
“त्यसपश्चात” वा “तब, त्यसपछि ।” यो वाक्यांशले कथालाई येशूको शिक्षादेखि पछि के भयो, सो कुरा पुर्याउँदछ ।
यसले मत्ती २४:३ मा सुरु गरेर येशूले सिकाउनुभएका सबै कुराहरूलाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “केही मानिसहरूले मानिसका पुत्रलाई अरू मानिसहरूका हातमा सुम्पनेछन् जसले उहाँलाई क्रूसमा टाँग्नेछन्”
येशूले तृतीय पुरुषमा आफैँलाई जनाउँदै हुनुहुन्छ ।
यी पदहरूले येशूलाई गिरफ्तार गर्ने र मार्ने यहूदी अगुवाहरूको योजनाको बारेमा पृष्ठभूमि जानकारी प्रदान गर्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एकसाथ आए” वा “एकसाथ भेटघाट गरे”
“येशूलाई गुप्त रूपले”
अगुवाहरूले जे कुरा चाडको समयमा गर्न चाहँदैनथे, सो कुरालाई अझ स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी चाडको समयमा येशूलाई मार्नेछैनौ”
यो हरेक वर्षको निस्तारको चाड हो ।
यस खण्डले एउटी स्त्रीले येशूको मृत्यु हुनअगि उहाँको शिरमा तेल खन्याएकी कुराको विवरण सुरु गर्छ ।
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको एउटा नयाँ भाग बताउन थाल्छन् ।
यसको अर्थ यो मानिसको कुष्ठरोगलाई येशूले निको पार्नुभएको थियो ।
“येशू कोल्टे परेर बसिरहनुभएको थियो ।” मानिसहरू प्रायः खाना खाने समयमा बस्ने आसनलाई व्याख्या गर्ने तपार्इंको भाषाको शब्दलाई तपार्इंले यहाँ प्रयोग गर्न सक्नुहुन्छ ।
“एउटी स्त्री येशूकहाँ आई”
नरम ढुङ्गाबाट बनेको एउटा भाँडो जुन किन्नलाई धेरै महँगो पर्दछ ।
सुगन्धित वासना आउने तेल
येशूको आदर गर्न ती स्त्रीले यसो गरेकी हुन् ।
ती स्त्रीले गरेको कामले गर्दा रीस उठेर चेलाहरूले यो प्रश्न सोध्दछन् । वैकल्पिक अनुवादः “यस अत्तरको नोक्सान गरेर यस स्त्रीले खराब काम गरेकी छे !”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनले यसलाई धेरै मूल्यमा बेच्न र त्यो रकम दिन सक्थिन्”
यहाँ “गरिबहरू”लाई विशेषणका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “गरिब मानिसहरूलाई”
येशूले आफ्ना चेलाहरूलाई हप्काउन यो प्रश्न सोध्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले यी स्त्रीलाई कष्ट नदेओ !”
“तिमीहरू” जति सबै वहुवचन हुन् र चेलाहरूलाई जनाउँछन् ।
यसलाई विशेषणका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “poor people”
यो सुवासना दिने तेल हो । तपाईंले यसलाई मत्ती २६:७ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जहाँजहाँ मानिसहरूले यो सुसमाचार प्रचार गर्दछन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यी स्त्रीले जे काम गरेकी गरेकी छिन्, सो तिनीहरूले याद गर्नेछन् र यिनको बारेमा अरुलाई भन्नेछन्” वा “यस स्त्रीले के गरिन् भनेर मानिसहरूले सम्झना गर्नेछन् र अरूहरूलाई उनको बारेमा बताउनेछन्”
यहूदा इस्करियोत येशूलाई पक्रन र मार्नको निम्ति यहूदी अगुवाहरूलाई सहायता गर्न सहमत हुन्छ ।
“येशूलाई तपार्इंहरूकहाँ ल्याउन”
पुरानो करारको अगमवाणीमा यी नै शब्दहरूको प्रयोग गरिएको हुँदा, यसलाई आधुनिक पैसामा परिवर्तन गर्नुभन्दा यिनै शब्दहरूलाई नै यहाँ राख्नुहोस् ।
“तीस सिक्काहरू”
“उहाँलाई तिनीहरूको हातमा दिन”
यसले येशूले आफ्ना चेलाहरूका साथमा निस्तारचाडको उत्सव मनाउनुभएको कुराको वर्णन गर्दछ ।
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको एउटा नयाँ भाग बताउन थाल्छन् ।
यसमा उद्धरणहरूभित्र उद्धरणहरू रहेका छन् । तपाईंले प्रत्यक्ष उद्धरणहरूलाई अप्रत्यक्ष उद्धरणहरूमा लेख्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “उहाँले आफ्ना चेलाहरूलाई सहरभित्र कुनै एक जना व्यक्तिकहाँ गएर गुरुज्यूले यस्तो भन्नुहुन्छ भनेर बताइदिनू भनेर भन्नुभयो, ‘मेरो समय नजिकै आएको छ । म मेरा चेलाहरूसँग निस्तार-चाड तिम्रो घरमा मनाउनेछु ।’” वा “उहाँले आफ्ना चेलाहरूलाई सहरभित्र कुनै एक जना व्यक्तिकहाँ गएर गुरुज्यूले उहाँको समय नजिकै आएको छ र उहाँले आफ्ना चेलाहरूसँग निस्तार-चाड त्यस व्यक्तिको घरमा मनाउनुहुनेछ भनेर त्यस व्यक्तिलाई बताइदिनू भनेर भन्नुभयो ।”
सम्भावित अर्थहरू हुन् १) “त्यो समय, जसको बारेमा मैले तिमीहरूलाई भनेको थिएँ” वा २) “त्यो समय, जुन परमेश्वरले मेरो निम्ति राखिदिनुभएको छ ।”
सम्भावित अर्थहरू हुन् १) “नजिकै छ” वा २) “आएको छ ।”
“निस्तार-चाडको खाना खानु” वा “विशेष खाना खाएर निस्तार-चाड मनाउनु”
तपाईंको समाजमा मानिसहरू खाना खाने समयमा प्रायः बस्ने आसनलाई जनाउने शब्दलाई यहाँ प्रयोग गर्नुहोस् ।
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
“निश्चय नै त्यो म होइनँ, के म हुँ, प्रभु ?” सम्भावित अर्थहरू हुन् १) प्रेरितहरूले येशूलाई धोका दिने छैनन् भनी तिनीहरूलाई थाहा भएका हुनाले यो एउटा आलङ्कारिक प्रश्न हो । वैकल्पिक अनुवादः “प्रभु, म तपाईंलाई कहिल्यै पनि धोका दिनेछैन् !” वा २) येशूले भन्नुभएको वाक्यले शायद तिनीहरूलाई दुःखी तुल्याएको अथवा अलमल्याएको हुनाले यो साँच्चै प्रश्न नै थियो ।
येशूले तृतीय पुरुषमा आफैँलाई जनाउँदै हुनुहुन्छ ।
यहाँ “जानुपर्छ” शब्दले नम्र भाषामा मृत्युलाई भनेको हो । वैकल्पिक अनुवादः “ऊ आफ्नो मृत्युमा जानेछ” वा “मर्नेछ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अगमवक्ताले उनको बारेमा धर्मशास्त्रमा जसरी लेखे””
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो मानिस जसले मानिसका पुत्रलाई धोका दिन्छ”
“रब्बी, के तपाईंलाई धोका दिनै म हुँ?” शादय यहूदाले येशूलाई धोका दिने कुरा इन्कार गर्नका लागि उसले यो आलङ्करिक प्रश्नको प्रयोग गरेको हुनुपर्छ । वैकल्पिक अनुवादः “रब्बी, तपाईंलाई धोका दिने निश्चय पनि म होइन”
यो लक्षणा हो, जुन येशूले “हो” भन्न प्रयोग गर्नुहुन्छ, तर उहाँले भन्न खोजेको पूर्ण रूपमा प्रष्ट पनि हुँदैन । वैकल्पिक अनुवादः “तिमीले भनिरहेका छौ” वा “तिमीले स्वीकार गरिरहेका छौ”
येशूले आफ्ना चेलाहरूका साथमा निस्तार चाडको उत्सव मनाउनुहुँदा उहाँले प्रभुभोजको स्थापना गर्नुभयो ।
तपार्इंले यी शब्दहरूलाई मत्ती १४:१९ मा जसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।
“लिनुभयो”लाई तपाईंले मत्ती १४:१९ मा जसरी अनुवाद गर्नुभएको थियो, त्यसरी नै अनुवाद गर्नुहोस् ।
यहाँ “कचौरा” भन्नाले कचौरा र त्यसमा भएको दाखमद्यलाई जनाउँछ ।
“त्यो चेलाहरूलाई दिनुभयो”
“यस कचौराबाट दाखमद्य पिओ”
“किनभने यो दाखमद्य मेरो रगत हो”
“त्यो रगत जसले करार प्रभावकारी भइरहेको छ भन्ने कुरा देखाउँछ” वा “त्यो रगत जसले करारलाई सम्भव बनाउँछ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरो शरीरबाट छिट्टै बहनेछ” वा “जब म मर्छु, मेरा घाउहरूबाट बहनेछ”
यसले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
यो एउटा वाक्पद्धति हो । वैकल्पिक अनुवादः “दाखमद्य”
यहाँ “राज्य”ले राजाको रूपमा परमेश्वरले गर्नुहुने शासनलाई जनाउँछ । वैकल्पिक अनुवादः “जब मेरा पिताले पृथ्वीमा उहाँको राज्य स्थापना गर्नुहुन्छ”
यो परमेश्वरको लागि महत्त्वपूर्ण नाउँ हो जसले परमेश्वर र येशूको बीचको सम्बन्धलाई वर्णन गर्दछ ।
पद ३१ मा, अगमवाणी पूरा होस् भनेर नै येशूका सबै चेलाले उहाँलाई छाडेर जानेछन् भनी दर्शाउनका लागि उहाँले जकरिया अगमवक्ताबाट उद्धृत गर्नुहुन्छ ।
येशू र उहाँका चेलाहरू जैतून डाँडामा जाँदै गर्नुहुँदा उहाँले आफ्ना चेलाहरूलाई शिक्षा दिने कामलाई निरन्तरता दिनुहुन्छ ।
परमेश्वरलाई प्रशंसाको एउटा गीत
“मलाई छोड्नेछौ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने जकरिया अगमवक्ताले धेरै समय पहिले धर्मशास्त्रमा लेखे”
यहाँ “म” शब्दले परमेश्वरलाई जनाउँछ । यसको अर्थ परमेश्वरले नै येशूलाई हानि पुर्याउने वा मार्ने अनुमति मानिसहरूलाई दिनुहुन्छ ।
यी येशू र चेलाहरूलाई जनाउने अलङ्कारहरू हुन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले बथानका सबै भेडालाई तितरबितर पार्नेछन्” वा “बथानका सबै भेडा चारै दिशातर्फ दौडनेछन्”
यहाँ उठाउनु भनेको मरिगएको कसैलाई पुनः जीवित बनाउने कुरालाई जनाउने वाक्पद्धति हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई उठाउनुभएपछि” वा “परमेश्वरले मलाई जीवनमा फिर्ता ल्याउनुभएपछि”
तपाईंले यसलाई मत्ती २६:३१ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
भालेहरू प्रायः घाम उदाउने समयमा बास्छन्, त्यसैले सुन्नेहरूले यी शब्दहरूलाई घाम उदाउने कुराको लागि भएको प्रतिस्थापन शब्दको रूपमा बुझेका हुन सक्छन् । तापनि, भाले साँच्चिकै बासेको कुरा पनि पछि कथाको एउटा महत्त्वपूर्ण भाग हो, त्यसैले “भाले” शब्दलाई तपाईंको अनुवादमा राख्नुहोस् ।
एउटा नर जातको कुखुरा जसले सूर्य उदाउन लागेको समयमा जोडले कराउँछ
यो चाहिँ भालेले ठूलो स्वरले कराउँदा गर्ने कुरालाई जनाउने चलेको नेपाली शब्द हो ।
“तिमी मेरा चेला होइनौ भनेर तिमीले तीनपल्टसम्म भन्नेछौ”
येशूले गेतसमनीको बगैँचामा प्रार्थना गरिरहनुभएको घटनाको विवरणलाई यस खण्डले सुरुवात गर्दछ ।
“उहाँ धेरै निराश हुनुभयो”
यहाँ “प्राण”ले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “म धेरै निराश छु”
यो एउटा वाक्पद्धति हो । वैकल्पिक अनुवादः “र म मर्न सक्छु जस्तो मलाई लाग्छ”
उहाँले प्रार्थना गर्नको निम्ति आफ्नो मुहारलाई जानाजान जमिनतर्फ झुकाउनुभयो ।
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो जसले परमेश्वर र येशूको बीचको सम्बन्धलाई देखाउँदछ ।
येशूले क्रूसमा मर्नुपर्ने कुरा समेत गरेर, उहाँले गर्नैपर्ने कुराहरू चाहिँ एक तीतो पेय पदार्थ भए झैँ गरी बताउनुहुन्छ जुन परमेश्वरले उहाँलाई एउटा कचौराबाट पिउनका लागि अह्राउनुभएको छ । “कचौरा” शब्द चाहिँ नयाँ करारमा एउटा महत्त्वपूर्ण शब्द हो, त्यसैले त्यससँग मिल्ने खालको शब्दलाई तपाईंको अनुवादमा प्रयोग गर्ने कोसिस गर्नुहोस् ।
यहाँ “कचौरा” शब्द लक्षणा हो जसले कचौरा र त्यसमा हुने कुरालाई जनाउँछ । कचौरामा भएको कुरा येशूले सहनुपर्ने दुःखकष्टलाई जनाउने अलङ्कार हो । येशूले, दुःख र मृत्यु जुन उहाँले चाँडै भोग्नुपर्ने छ भनी उहाँलाई थाहा छ, सम्भव भए, उहाँले त्यो भोग्नु नपरोस् भनी पितासँग बिन्ती गरिरहनुभएको छ ।
यसलाई पूर्ण वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर म जे इच्छा गर्दछु, सो नगर्नुहोस्, तर तपाईं जे इच्छा गर्नुहुन्छ, सो गर्नुहोस्”
येशूले पत्रुससँग कुरा गर्नुभए तापनि, “तिमीहरू” शब्द बहुवचन हो र यसले पत्रुस, याकूब र यूहन्नालाई जनाउँछ ।
पत्रुस, याकूब र यूहन्नालाई हप्काउनका लागि येशूले यो प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू एक घण्टा पनि मसँग जागा रहन नसकेकोमा मलाई खिन्नता हुन्छ !”
यहाँ भाववाचक नाउँ “परीक्षा”लाई क्रियापदको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले पनि तिमीहरूलाई पाप गर्ने परीक्षामा नपारोस्”
यहाँ “आत्मा” लक्षणा हो, र यसले मानिसको असल गर्ने इच्छाहरूलाई जनाउँछ । अनि “शरीर” भन्नाले व्यक्तिको शरीरको खाँचोहरू र इच्छाहरूलाई जनाउँछ । येशूको भनाइको अर्थ, चेलाहरूसँग परमेश्वरको इच्छा पूरा गर्ने इच्छा भएको हुन सक्छ, तर मानव रूपमा भने तिनीहरू कमजोर छन् र धेरैपटक असफल हुन्छन् ।
“येशू जानुभयो”
पहिलो पटकको कुरालाई [मत्ती २६:३९]
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो जसले परमेश्वर र येशूको बीचको सम्बन्धलाई वर्णन गर्छ ।
“यदि यो जानका लागि एउटै उपाय भनेको मैले पिउनु हो भने ।” येशूले आफूले गर्नुपर्ने कामको विषयमा त्यो कुनै तीतो पेय पदार्थ भए झैँ गरी बताउनुहुन्छ जुन पिउनलाई परमेश्वरले उहाँलाई आदेश दिनुभएको छ ।
यहाँ “यो” शब्दले कचौरा र त्यसमा भएको कुरालाई जनाउँछ, जुन मत्ती २६:३९ मा जस्तै गरी दुःखभोगको लागि अलङ्कार हो ।
“जबसम्म म यसबाट पिउँदिन” वा “जबसम्म म यो कष्टको कचौराबाट पिउँदिन ।” यहाँ “यो” शब्दले कचौरा र त्यसमा भएको कुरालाई जनाउँछ, जुन मत्ती २६:३९ मा जस्तै गरी दुःखभोगको लागि अलङ्कार हो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तपाईं जे चाहानुहुन्छ, सो पूरा होस्” वा “जे गर्न तपाईं चाहनुहुन्छ सो गर्नुहोस्”
यो एउटा वाक्पद्धति हो । वैकल्पिक अनुवादः “तिनीहरूलाई धेरै निद्रा लागेको थियो”
पहिलो पटकको कुरालाई [मत्ती २६:३९]
चेलाहरू सुतिरहेका हुनाले तिनीहरूलाई हप्काउनका लागि येशूले यो प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू अझै सुतिरहेका र आराम गरिरहेका हुनाले मलाई खिन्नता हुन्छ !”
यो एउटा वाक्पद्धति हो । वैकल्पिक अनुवादः “त्यो समय आइसकेको छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले मानिसको पुत्रलाई धोका दिँदैछ”
येशूले तृतीय पुरुषमा आफैँलाई जनाउँदै हुनुहुन्छ ।
यहाँ “हातमा” शब्दले शक्ति वा अधीनतालाई जनाउँछ । वैकल्पिक अनुवादः “पापीहरूका शक्तिमा सुम्पिइएको” वा “धोका दिइएको ताकि पापीहरूले उहाँमाथि शक्ति पाउन सकून्”
“मैले तिमीहरूलाई जे भन्न गइरहेको छु, त्यसमा ध्यान लगाओ”
यहूदाले येशूलाई धोका दिएको र धार्मिक अगुवाहरूले उहाँलाई गिरफ्तार गरेको कथा यहाँबाट सुरु हुन्छ ।
“जब येशू बोलिरहनुभएको थियो”
व्यक्तिलाई हिर्काउन कडा काठका ठूला टुक्राहरू
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले यहूदा र येशूलाई धोका दिनका लागि उसले योजना गरेको सङ्केतको बारेमा पृष्ठभूमि जानकारी भन्दछन् ।
यो प्रत्यक्ष उद्धरणलाई अप्रत्यक्ष उद्धरणका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई उसले चुम्बन गर्छ, उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ जसलाई तिनीहरूले पक्रनुपर्छ भनेर उसले सङ्केत दिएको थियो ।”
“उहाँ जसलाई म चुम्बन गर्छु” वा “त्यो मानिस जसलाई म चुम्बन गर्छु”
यो एक व्यक्तिको शिक्षकलाई अभिवादन गर्ने आदरपूर्ण तरिका थियो ।
“यहूदा येशूकहाँ आयो”
“उसले उहाँलाई चुम्बन गरेर भेट्यो ।” असल मित्रहरूले एक अर्कालाई गालामा चुम्बन गर्थे, तर एक चेलाले उसको गुरूलाई सम्भवतः आदर देखाउनका लागि चुम्बन गर्थ्यो । यहूदाले येशूलाई कसरी चुम्बन गर्यो भनेर कसैले पनि पक्का गरी जान्दैन ।
यहाँ “तिनीहरू” ले लाठा र तरवार बोकेका मानिसहरूलाई जनाउँछ जो यहूदा र धार्मिक अगुवाहरूका साथमा आएका थिए ।
“येशूलाई पक्रे, र उहाँलाई गिरफ्तार गरे”
यहाँ “हेर” शब्दले यसपछि आएको आश्चर्यपूर्ण जानकारीप्रति ध्यान लगाउनका लागि हामीलाई सचेत गराउँछ ।
“तरवार” शब्द कसैलाई तरवारले मार्ने कार्यलाई जनाउने प्रतिस्थापन शब्द हो । अस्पष्ट जानकारीलाई स्पष्ट हुने गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले अरूहरूलाई मार्न तरवार उठाउँछन्” वा “जो अरू मानिसहरूलाई मार्न चाहन्छन्”
“तरवारको माध्यमले मारिनेछन्” वा “कसैले तरवारले तिनीहरूलाई मार्नेछन्”
येशूले आफूलाई गिरफ्तार गर्ने मानिसहरूलाई रोक्न सक्नुहुन्छ भनी तरवार बोक्ने मानिसलाई जवाफ दिनका लागि उहाँले प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले जान्नुपर्छ, कि म ... पुकार्न सक्छु ... स्वर्गदूतहरू ... ”
यहाँ “तिमी” एकवचन हो र तरवार बोक्ने मानिसलाई जनाउँछ ।
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो जसले परमेश्वर र येशूको बीचको सम्बन्धलाई वर्णन गर्छ ।
“पल्टन” शब्द चाहिँ सैनिक शब्द हो जसले लगभग ६,००० सिपाहीहरूको समूहलाई जनाउँछ । येशूको भनाइको अर्थ उहाँलाई गिरफ्तार गर्ने मानिसहरूलाई सजिलै रोक्नका लागि परमेश्वरले प्रशस्त स्वर्गदूत पठाउनुहुन्छ । स्वर्गदूतहरूको वास्तविक सङ्ख्या महत्त्वपूर्ण छैन । वैकल्पिक अनुवादः “स्वर्गदूतहरूका १२ वटा ठूला समूहहरूभन्दा बढी”
आफैलाई गिरफ्तार गर्ने अनुमति येशूले यी मानिसलाई किन दिँदै हुनुहुन्छ भनी स्पष्ट पार्न उहाँले प्रश्न प्रयोग गर्नुहुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर यदि मैले त्यसो गरेको भए, हुनैपर्छ भनी परमेश्वरले धर्मशास्त्रले भन्नुभएका कुरा मैले पूरा हुन दिने थिएन”
येशूले आफूलाई गिरफ्तार गर्नेहरूका गलत कार्यहरू दर्शाउनका लागि उहाँले यो प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूलाई थाहा छ, कि म चोर होइनँ, त्यसैले तिमीहरू मलाई पक्रनको निम्ति तरवार र लाठाहरू लिएर आउनु गलत हो”
मानिसहरूलाई हिर्काउनको निम्ति बनाइएको कडा खालका काठका ठूला टुक्राहरू
येशू वास्तविक मन्दिरभित्र हुनुहुन्थेन भन्ने अर्थ दिइएको छ । उहाँ मन्दिर वरिपरिको चोकमा हुनुहुन्थ्यो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अगमवक्ताहरूले धर्मशास्त्रमा लेखेका सबै कुरा म पूरा गर्नेछु”
तिनीहरू त्यहाँ उहाँसँग बस्नुपर्ने बेलामा तिनीहरूले उहाँलाई छोडे भन्ने अर्थ दिने शब्द तपार्इंको भाषामा छ भने, त्यसलाई यहाँ प्रयोग गर्नुहोस् ।
यहूदी धार्मिक अगुवाहरूका महासभाका सामु येशूको जाँच भएको वर्णन यहाँबाट सुरु हुन्छ ।
“पत्रुसले येशूलाई पछ्याए”
प्रधान पूजाहारीको घरको छेउमा भएको खुल्ला ठाउँ
“पत्रुस भित्र गए”
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको एउटा नयाँ भाग बताउन थाल्छन् ।
यहाँ “तिनीहरू” शब्दले मुख्य पूजाहारीहरू र महासभाका सदस्यहरूलाई जनाउँछ ।
“उहाँलाई मार्न कारण होस् भनेर”
“दुईजना मानिसहरू अगाडि आए” वा “दुईजना साक्षीहरू अगि आए”
यदि तपाईंको भाषाले उद्धरण भित्र उद्धरण राख्न दिँदैन भने, तपाईंले यसलाई एकल उद्धरणको रूपमा पुनः लेख्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यो मानिसले भन्यो, कि उसले ... दिनमा पुनर्निर्माण गर्न सक्दछ”
“यो मानिस येशूले यसो भन्यो”
“तीन दिन भित्रमा”, सूर्य तीनपल्ट अस्ताउनभन्दा अगाडि, “तीन दिनपछि” होइन, जब सूर्य तेस्रो पटकको लागि अस्ताइसकेको हुन्छ ।
प्रधान पूजाहारीले येशूलाई साक्षीहरूले के भनेका बारेमा सोधिरहेका छैनन् । उनले येशूलाई साक्षीहरूलाई गलत भनेको प्रमाणित गर्न आग्रह गरिरहेका छन् । वैकल्पिक अनुवादः “साक्षीहरूले तिम्रो विरूद्धमा भनिरहेका कुरामा तिम्रो प्रतिक्रिया के छ ?”
यो ख्रीष्ट र परमेश्वरको बीचको सम्बन्धका बारेमा वर्णन गर्ने महत्त्वपूर्ण नाउँ हो ।
यहाँ “जीवित” भन्ने शब्दले अरू मानिसले पूजा गर्ने सबै देवता र मूर्तिहरूदेखि इस्राएलका परमेश्वरलाई फरक देखाउँछ । इस्राएलका परमेश्वर मात्र जीवित हुनुहुन्छ, र उहाँको मात्र कार्य गर्ने शक्ति छ । तपाईंले यसलाई मत्ती १६:१६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यो लक्षणा हो, जसलाई येशूले “हो” भनी जनाउन प्रयोग गर्नुहुन्छ, र यसले उहाँले भन्नुभएको कुरालाई पूर्ण रूपले स्पष्ट पार्दैन । वैकल्पिक अनुवादः “तपार्इंले नै भनिरहनुभएको छ” वा “तपाईंले नै स्वीकार गरिरहनुभएको छ”
यहाँ “तपाईंहरू” बहुवचन हो । येशूले प्रधान पूजाहारी र अन्य मानिसहरूसँग कुरा गरिराख्नुभएको छ ।
सम्भावित अर्थहरू हुन् १) “अबदेखि उसो” भन्ने वाक्यांश चाहिँ एउटा वाक्पद्धति हो जसले अर्थ तिनीहरूले मानिसको पुत्रलाई भविष्यको कुनै समयमा उहाँको शक्तिमा देख्नेछन् वा २) “अबदेखि उसो” वाक्यांशको अर्थ येशूको केरकारको समय र त्यसपछिको समयदेखि, येशूले आफैँलाई मसिहको रूपमा देखाउँदै हुनुहुन्छ जो शक्तिशाली र विजयी हुनुहुन्छ ।
येशूले तृतीय पुरुषमा आफ्नै बारेमा भन्दै हुनहुन्छ ।
यहाँ “शक्ति”ले परमेश्वरलाई जनाउँछ । “परमेश्वरको दाहिने हातपट्टि” बस्नु भनेको सङ्केतात्मक कार्य हो जसले परमेश्वरबाट महान् सम्मान र आदर प्राप्त गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “सर्वशक्तिमान् परमेश्वरको छेउमा सम्मानको स्थानमा बसिरहेको”
“स्वर्गका बादलहरूमाथि सवार हुनुभई पृथ्वीमा आउँदै गरेका”
आफ्नो लुगा च्यात्नु भनेको दुःख वा रीसको चिन्ह थियो ।
यसलाई ईश्वरनिन्दालाई बोलाउँदा यो बुझिन्छ कि प्रधान पूजाहारीले [मत्ती २६:६४]
प्रधान पूजाहारी र महासभाका सदस्यहरूले अरू बढी गवाहहरूका कुरा सुनिरहनु आवश्यक छैन भनी जोड दिनका लागि उनले यो प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामीलाई अरू साक्षीहरूबाट सुन्नु आवश्यक पर्दैन !”
यहाँ “तिमीहरू” शब्द बहुवचन हो र परिषद्का सदस्यहरूलाई जनाउँछ ।
सम्भावित अर्थहरू हुन् १) “त्यसपछि मानिसहरूमध्ये कसैले” वा २) “त्यसपछि सिपाहीहरूले ।”
उहाँको अपमान गर्न यसो गरेका थिए ।
यहाँ “हामीलाई अगमवाणी गरी भन्” भन्नुको अर्थ परमेश्वरको शक्तिद्वारा भन् भनेको हो । येसको अर्थ भविष्यमा के हुन्छ भन्नुपर्ने होइन ।
येशूलाई हिर्काउनेहरूले उहाँ ख्रीष्ट हुनुहुन्छ भनेर वास्तवमै विचारै गर्दैनन् । उहाँको गिल्ला गर्न तिनीहरूले उहाँलाई यसो भने ।
धार्मिक अगुवाहरूका येशूको जाँच भइरहँदा त्यही समयमा यी घटना घट्छन् ।
येशूले भन्नुभए जसरी नै, येशूलाई पत्रुसले चिन्छन् भन्ने कुरालाई उनले कसरी इन्कार गर्छन् भनेर बताउने कामलाई यस खण्डले सुरुवात गर्छ ।
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको एउटा नयाँ भाग बताउन थाल्छन् ।
त्यस नोकर्नी केटीले के भन्दै थिई भन्ने कुरा पत्रुसले बुझिरहेका थिए । उनी येशूसँग थिए भन्ने कुरालाई इन्कार गर्न उनले यी शब्दहरूको प्रयोग गरेका थिए ।
“जब पत्रुस बाहिर गए”
आँगनको वरिपरिको पर्खालमा भएको द्वार
“त्यहाँ बसिरहेका मनिसहरूलाई भनी”
“उनले शपथ खाँदै फेरि इन्कार गरे, ‘म त्यो मानिसलाई चिन्दिन !’”
“येशूसँग भएकाहरूमध्येको एकजना”
यसलाई नयाँ वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी यो भन्न सक्छौँ, कि तिमी गालीली हौ, किनभने तिमी गालीलको मानिसजस्तै गरी बोल्छौ”
“उनी आफैँमाथि सराप परोस् भन्न”
भाले भनेको एउटा चरा हो, जुन सूर्योदय हुनु ठीक अगि ठूलो स्वरले कराउँछ । भालेले निकाल्ने आवाजलाई “बास्ने” भनिन्छ । तपाईंले यसलाई मत्ती २६:३४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यो प्रत्यक्ष उद्धरणलाई अप्रत्यक्ष उद्धरणको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “भाले बास्नुअगि पत्रुसले येशूलाई तीनपल्ट इन्कार गर्ने छन् भनी उहाँले तिनलाई भन्नुभएको कुरालाई तिनले सम्झे”
1 अब जब बिहान भयो, सबै मुख्य पुजारीहरू र मानिसका एल्डरहरूले येशूलाई मार्न उहाँको विरुद्ध षड्यन्त्र रचे । 2 तिनीहरूले उहाँलाई बाँधेर त्यहाँबाट लागे, र हाकिम पिलातसकहाँ सुम्पिदिए । 3 त्यसपछि जब उहाँलाई धोका दिने यहूदाले येशूलाई दण्डाज्ञा भएको देख्यो, त्यसलाई पछुतो लाग्यो र मुख्य पुजारीहरू र एल्डरहरूलाई ती चाँदीका तिसवटा सिक्का फर्काइदियो, 4 र भन्यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु” । तर तिनीहरूले भने, “हामीलाई त्यसको के सरोकार ? तिमी आफैँ जान ।” 5 अनि त्यसले ती चाँदीका सिक्काहरू मन्दिरमा फ्याँकेर त्यहाँबाट बाहिर गयो र झुण्डिएर मर्यो । 6 ती मुख्य पुजारीहरूले चाँदीका सिक्काहरू लिए र भने, “यसलाई ढुकुटीमा राख्न न्यायसङ्गत हुँदैन, किनकि यो रगतको मोल हो ।” 7 तिनीहरूले आपसमा यसबारे छलफल गरे र त्यस पैसाले परदेशीहरूलाई दफन गर्न कुमालेको जमिन किने । 8 यही कारणले त्यस जमिनलाई आजको दिनसम्म पनि “रगतको जमिन” भनिन्छ । 9 यसरी यर्मिया अगमवक्ताले भनेका वचन पुरा भयो, “इस्राएलका मानिसहरूले उहाँको निम्ति तोकेका मूल्य अर्थात् चाँदीका तिसवटा सिक्का तिनीहरूले लिए, 10 र परमप्रभुले मलाई निर्देशन दिनुभएअनुसार तिनीहरूले कुमालेको जमिनको निम्ति त्यो दिए ।” 11 अब येशू ती हाकिमको अगाडि उभिनुभयो, र हाकिमले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ ?” येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंले नै त्यसो भन्नुहुन्छ ?” 12 तर जब मुख्य पुजारीहरू र एल्डरहरूद्वारा उहाँलाई दोष लगाइयो, उहाँले केही जवाफ दिनुभएन । 13 अनि पिलातसले उहाँलाई भने, “के तिम्रो विरुद्धमा लगाइएका सबै अभियोग तिमीले सुनेनौ ?” 14 तर उहाँले एउटै पनि जवाफ दिनुभएन । त्यसकारण, ती हाकिम बडो आश्चर्यचकित भए । 15 अब चाडको दिनमा भिडद्वारा चुनिएको एक जना कैदीलाई छोडिदिने हाकिमको प्रथा थियो । 16 त्यस समयमा तिनीहरूसँग बारब्बा नाम गरेको एउटा कुख्यात कैदी थियो । 17 त्यसैले, जब तिनीहरू आपसमा भेला भए, पिलातसले तिनीहरूलाई भने, “मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरिदिएको तिमीहरू चाहन्छौ– बारब्बा कि येशू जसलाई ख्रीष्ट भनिन्छ ?” 18 किनकि उनलाई थाहा थियो, कि तिनीहरूले उहाँलाई तिनीकहाँ ईर्ष्याको कारणले गर्दा सुम्पेका थिए । 19 जब उनी न्यायकर्ताको आसनमा बसिरहेका थिए, उनकी पत्नीले उनलाई सन्देश पठाइन् र भनिन्, “ती निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि उनको कारणले गर्दा आज मैले सपनामा निकै दुःख भोगेकी छु ।” 20 तब मुख्य पुजारीहरू र एल्डरहरूले बारब्बालाई छोड्न र येशूलाई मार्नको निम्ति भिडलाई राजी गराए । 21 ती हाकिमले तिनीहरूलाई सोधे, “यी दुईमध्ये मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरेको तिमीहरू चाहन्छौ ?” तिनीहरूले भने, “बारब्बा ।” 22 पिलातसले तिनीहरूलाई भने, “ख्रीष्ट भनिने येशूलाई चाहिँ म के गरूँ ?” तिनीहरू सबैले जवाफ दिए, “त्यसलाई क्रुसमा झुन्ड्याउनुहोस् ।” 23 र उनले भने, “किन, उनले के अपराध गरेका छन् ?” तर तिनीहरू झन् चर्को स्वरले यसो भनी कराए, “त्यसलाई क्रुसमा झुन्ड्याउनुहोस् ।” 24 जब, पिलातसले आफूले केही गर्न नसक्ने देखे, बरु खैलाबैला मच्चिन लागेको थाहा पाएर, उनले पानी लिई भिडको सामु आफ्ना हात धोए र भने, “यी निर्दोष मानिसको रगतदेखि म निर्दोष छु । तिमीहरू आफैँ जान ।” 25 सबै मानिसले भने, “उसको रगत हामी र हाम्रा छोराछोरीहरूमाथि परोस् ।” 26 अनि उनले बारब्बालाई तिनीहरूका निम्ति छोडिदिए, तर उनले येशूलाई कोर्रा लगाए र क्रुसमा झुन्ड्याउनको निम्ति सुम्पिदिए । 27 अनि ती हाकिमका सेनाहरूले येशूलाई महलमा लगे र सेनाहरूको सारा पल्टनलाई भेला गराए । 28 तिनीहरूले उहाँको वस्त्र खोलिदिए र उनलाई लाल वस्त्र लगाइदिए । 29 तिनीहरूले काँडाहरूको एउटा मुकुट बनाए र उहाँको शिरमा लगाइदिए, र उहाँको दाहिने हातमा एउटा लौरो राखिदिए । तिनीहरूले उहाँको सामु घुँडा टेके र यसो भन्दै उहाँको गिल्ला गरे, “यहूदीहरूका राजालाई प्रणाम !” 30 तिनीहरूले उहाँलाई थुके, र तिनीहरूले लौरो लिए र उहाँको शिरमा हिर्काए । 31 तिनीहरूले उहाँको गिल्ला गरिसकेपछि तिनीहरूले उहाँलाई पहिराइदिएको वस्त्र खोलिदिए र उहाँको आफ्नै लुगा लगाइदिए, र उहाँलाई क्रुसमा झुन्ड्याउन त्यहाँबाट लगे । 32 जब तिनीहरू बाहिर आए, तिनीहरूले सिमोन नाउँ गरेको कुरेनीको एक जना मानिसलाई भेट्टाए, जसलाई उनीहरूसँग जान तिनीहरूले कर गरे ताकि उसले उहाँको क्रुस बोकोस् । 33 तिनीहरू गलगथा भन्ने ठाउँमा आइपुगे, जसको अर्थ “खोपडीको स्थान” हो । 34 तिनीहरूले उहाँलाई पित्त मिसिएको दाखमद्य पिउन दिए । तर जब उहाँले त्यो चाख्नुभयो, उहाँले त्यो पिउनुभएन । 35 जब उनीहरूले उहाँलाई क्रुसमा टाँगे, तिनीहरूले चिट्ठा हाले र उहाँका वस्त्रहरूलाई भाग लगाए । 36 अनि तिनीहरू बसे र उहाँलाई हेरे । 37 उहाँको शिरमाथि यसो भनिएको अभियोग लेखिएको थियो, “यिनी येशू हुन्, यहूदीहरूका राजा ।” 38 दुई जना डाँकु उहाँसँगै क्रुसमा टाँगिएका थिए– एउटा उहाँको दायाँपट्टि र अर्को उहाँको बायाँपट्टि ।” 39 जो त्यो बाटो भएर जान्थे, तिनीहरूले यसो भन्दै टाउको हल्लाएर उहाँको गिल्ला गर्थे, 40 “तिमी जसले मन्दिरलाई भत्काएर तिन दिनमा बनाउन गइरहेका थियौ, आफैँलाई बचाऊ ! यदि तिमी परमेश्वरका पुत्र हौ भने, क्रुसबाट तल ओर्ल !” 41 यसरी नै मुख्य पुजारीहरूले पनि शास्त्रीहरू र एल्डरहरूसँगसँगै उहाँको गिल्ला गरे र भने, 42 “उसले अरूहरूलाई बचायो, तर आफैँलाई भने बचाउन सक्दैन । ऊ इस्राएलको राजा हो । ऊ क्रुसबाट तल आओस्, अनि त्यसपछि हामी उसमाथि विश्वास गर्नेछौँ । 43 उसले परमेश्वरमा विश्वास गर्छ । र परमेश्वरले चाहनुहुन्छ भने उहाँले नै उसलाई बचाऊन्, किनकि उसले यस्तो भनेको थियो, ‘म परमेश्वरका पुत्र हुँ ।’” 44 र उहाँसँगै क्रुसमा टाँगिएका डाँकुहरूले पनि उस्तै तरिकाले उहाँको गिल्ला गरे । 45 अब मध्यान्नदेखि दिउँसो तिन बजेसम्म सारा देशलाई अन्धकारले ढाक्यो । 46 तिन बजे येशू ठुलो स्वरले कराउनुभयो र भन्नुभयो, “इलोई, इलोई लामा सबखथनी ?” जसको अर्थ हो, “मेरा परमेश्वर, मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ ?” 47 जब त्यहाँ उभिरहेकाहरूमध्ये केहीले यो सुने, तिनीहरूले भने, “यसले एलियालाई बोलाउँदै छ ।” 48 झट्टै तिनीहरूमध्ये एक जना दौडेर गयो र एउटा स्पन्ज लियो, त्यसलाई अमिलो दाखमद्यले भर्यो, त्यसलाई निगालोमा राखी उहाँलाई पिउन दियो । 49 अरूहरूले चाहीँ भने, “उसलाई एकलै छोडिदेऊ । उसलाई बचाउन एलिया आउँछन् कि आउँदैनन् हामीलाई हेर्न देऊ ।” 50 त्यसपछि येशू फेरि ठुलो स्वरले कराउनुभयो र आफ्नो प्राण त्याग्नुभयो । 51 हेर, मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म दुई भाग भएर च्यातियो । र पृथ्वी हल्लियो र चट्टानहरू टुक्रिए । 52 चिहानहरू उघारिए, र धेरै पवित्र जनहरूका मृत शरीरहरू उठाइए, जो निन्द्रामा परेका थिए । 53 उहाँको पुनरुत्थानपछि तिनीहरू चिहानबाट बाहिर निस्के; पवित्र सहरमा प्रवेश गरे, र धेरैका माझमा देखा परे । 54 अब जब कप्तान र येशूलाई हेरिरहेकाहरूले भूकम्प गएको र त्यहाँ भएका घटनाहरू देखे, तिनीहरू धेरै भयभीत भए र भने, “साँच्चै यिनी त परमेश्वरका पुत्र रहेछन् ।” 55 गालीलबाट येशूको हेरचाह गर्न उहाँलाई पछ्याइरहेका धेरै महिलाहरूले टाढाबाट त्यो हेरिरहेका थिए । 56 तिनीहरूमध्ये मरियम मग्दलिनी, याकूब र योसेफकी आमा मरियम, र जब्दियाका छोराहरूकी आमा थिए । 57 जब साँझ पर्यो, अरिमाथियाबाट एक जना धनी मानिस आए, जसको नाम योसेफ थियो, जो येशूका चेला थिए । 58 तिनी पिलातसकहाँ गए र तिनले येशूको शरीर मागे । अनि पिलातसले सो तिनलाई दिइयोस् भनेर आदेश दिए । 59 योसेफले शरीर लिए, र त्यसलाई सफा मलमलको कपडामा बेरे, 60 र उनले आफैँले चट्टान खोपेर बनाएका नयाँ चिहानमा राखे । अनि उनले चिहानको मुखमा एउटा ठुलो ढुङ्गा गुडाइदिएर तिनी त्यहाँबाट गए । 61 मरियम मग्दिलिनी र अर्की मरियम पनि त्यही चिहानको अर्कोपट्टि बसिरहेका थिए । 62 अर्को दिन जुन तयारीको दिनको भोलिपल्ट थियो, मुख्य पुजारीहरू र फरिसीहरू पिलातससँग भेला भएका थिए । 63 तिनीहरूले भने, “हजुर, हामीलाई सम्झना छ, कि त्यो ठगाहा जिउँदो हुँदा त्यसले भनेको थियो, ‘तिन दिनपछि म फेरि उठ्नेछु ।’ 64 त्यसकारण, तेस्रो दिनसम्म त्यो चिहान सुरक्षित राख्नलाई हुकुम गर्नुहोस् । नत्रता त्यसका चेलाहरू आउलान् र उनलाई चोरेर लगेर मानिसहरूलाई भन्लान्, ‘उहाँ मृतकहरूबाट जीवित हुनुभएको छ ।’ अनि यो अन्तिम धोका पहिलेको भन्दा झन् नराम्रो हुनेछ ।” 65 पिलातसले तिनीहरूलाई भने, “एक जना पहरेदार लेऊ । जाऊ र त्यसलाई तिमीहरूले सकेसम्म सुरक्षित राख ।” 66 त्यसैले, तिनीहरू गए र ढुङ्गामा मोहर लगाए र पहरेदारहरू खटाएर चिहानलाई सुरक्षित राखे ।
यहूदी अगुवाहरूले येशूलाई मार्नुअगि तिनीहरूले रोमी बडा हाकिम (गभर्नर) पन्तियस पिलातसबाट अनुमति लिनुपर्ने हुन्थ्यो । तिनीहरू आफैले येशूलाई मार्ने निर्णय लिन तिनीहरूलाई रोमी कानुनले अनुमति नदिएको हुनाले यसो गर्नुपर्यो। पिलातस येशूलाई स्वतन्त्र गरिदिन चाहान्थे, तर तिनीहरूले भयानक दुष्ट कैदी बारब्बालाई छोड्ने इच्छा व्यक्त गरे ।
येशूलाई गाडिएको चिहान (मत्ती २७:६०) चाहिँ यस्तो किसिमको चिहान थियो, जसमा धनी यहूदी परिवारले आफ्ना मृतकहरू गाड्ने गर्दथे । यो चट्टानमा खोपेर बनाएको एउटा कोठा थियो । त्यसमा एकापट्टि समथर भाग थियो, जहाँ लासलाई तेल र सुगन्धित मसला दलेर कपडाले बह्रेपछि, तिनीहरूले त्यो लास राख्दथे । त्यसपछि चिहानको सामु एउटा ठूलो ढुङ्गालाई गुडाएर तिनीहरूले बन्द गर्दथे, र यसरी कोही पनि भित्र हेर्न वा पस्न सक्दैनथ्यो ।
येशूको गिल्ला गर्न सिपाहीहरूले भने , “यहूदीहरूका राजालाई प्रणाम !”
पिलातसको सामु येशूको जाँच यहाँदेखि सुरु हुन्छ ।
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको एउटा नयाँ भाग बताउन थाल्छन् ।
येशूलाई मार्न रोमी अगुवाहरूलाई कसरी विश्वस्त तुल्याउने होला भनेर यहूदी अगुवाहरूले योजना गरे ।
यहूदी धार्मिक अगुवाहरूका महासभाको सामु येशूको जाँच भइसकेपछि यी घटना भए, तर यो घटना पिलातसको सामु येशूको जाँच हुनुअगि वा उक्त अवधिमा नै भएको हो भनेर हामी जान्न सक्दैनौँ ।
यहूदाले कसरी आफैँलाई मार्यो भन्ने घटनाको विवरणलाई बताउनका लागि लेखकले येशूको केरकारको विवरण भन्न बन्द गरेका छन् ।
यदि नयाँ कथा सुरु भएको कुरा सङ्केत गर्ने तरिका तपाईंको भाषामा छ भने, तपाईंले त्यो यहाँ प्रयोग गर्नुपर्दछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरूले येशूलाई दण्डाज्ञा दिएका थिए”
त्यो पैसा जुन चाहिँ येशूलाई धोका दिनको निम्ति मुख्य पूजाहारीहरूले यहूदालाई दिएका थिए । तपाईंले यसलाई मत्ती २६:१५ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
यो लक्षणा हो जसले निर्दोष मानिसको मृत्युलाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यो व्यक्ति जसले मर्नुपर्ने काम गरेको छैन”
यहूदाले भनेको कुरामा आफ्नो केही मतलब नभएको जोड दिन यहूदी अगुवाहरूले यो प्रश्न सोधे । वैकल्पिक अनुवादः “यो हाम्रो समस्या होइन !” वा “यो तिम्रो समस्या हो !”
सम्भावित अर्थहरू हुन् १) मन्दिरको चोकमा हुँदा नै उसले ती चाँदीका सिक्काहरू फालिदयो, वा २) ऊ मन्दिरको चोकमा खडा थियो र उसले ती चाँदीका सिक्काहरू मन्दिरमा फालिदयो ।
“हाम्रो व्यवस्थाले हामीलाई यो ... राख्न अनुमति दिँदैन”
“यो चाँदीलाई राख्न”
मन्दिर र पूजाहारीहरूका खाँचो हुने थोकहरू तिनीहरूले जुटाउनका लागि तिनीहरूलाई आवश्यक पर्ने पैसा राख्ने ठाउँ नै ढुकुटी हो ।
यो लक्षणा हो, जसको अर्थ कसैलाई मार्न सहायता पुर्याउने मानिसलाई तिरेको पैसा हो । वैकल्पिक अनुवादः “कुनै मानिसको मृत्युको निम्ति तिरिएको पैसा”
यो त्यो जमिन थियो जुन यरूशलेममा मरेका परदेशीहरूलाई दफन गर्नको निम्ति किनिएको थियो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले त्यो जमिनलाई ... भन्छन्”
यसको अर्थ मत्तीले यो पुस्तक लेखेको समय हुन्छ ।
भविष्यवाणी पूरा हुनलाई यहूदाले आत्महत्या हो भनेर दर्शाउनका लागि लेखकले पुरानो करारबाट उद्धृत गर्दछन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसले यर्मिया अगमवक्ताले भनेका कुरा पूरा गर्यो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “इस्राएलका मानिसहरूले तिनलाई तोकेको मूल्य”
यसले इस्राएलका मानिसहरूमध्ये येशूलाई मार्न पैसा तिरिदिनेलाई जनाउँछ । वैकल्पिक अनुवादः “इस्राएलका मानिसहरूमध्ये कोही कोही” वा “इस्राएलका अगुवाहरू”
यहाँ “मलाई” शब्दले यर्मियालाई जनाउँछ ।
यसले Matthew २७:२ मा सुरु भएको रोमी शासकको सामुन्ने येशूको परीक्षाको घटनाको विवरणलाई निरन्तरता दिन्छ ।
यदि तपार्इंको भाषामा बिरामपछि कुनै कथाको भागलाई निरन्तरता दिनको निम्ति कुनै तरिका छ भने, तपार्इंले त्यसलाई यहाँ प्रयोग गर्न सक्नुहुन्छ ।
“पिलातस”
सम्भावित अर्थहरू हुन् १) यसो भनेर, येशूले आफूलाई यहूदीहरूका राजा भन्नुभयो । वैकल्पिक अनुवादः “हो, तपाईंले भने झैँ म हुँ” वा “हो । यो तपाईंले भन्नुभएको जस्तै हो” वा २) यसो भनेर, येशूले भन्दै हुनुहुन्थ्यो, कि येशूलाई पिलातसले राजा भनेका हुन्, येशू आफैँले भन्नुभएको होइन । वैकल्पिक अनुवादः “तपाईं आफैँले त्यसो भन्नुभएको छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर जब मुख्य पूजाहारीहरू र एल्डरहरूले उहाँलाई दोष लगाए”
येशू चुपचाप बस्नुभएको हुनाले आश्चर्यमा परेर पिलातसले यो प्रश्न सोधे । वैकल्पिक अनुवादः “म अचम्मित छु, कि तिमीले यी मानिसहरूलाई केही जवाफ दिँदैनौ जसले तिमीलाई खराब कामहरूको अभियोग लगाउँदछन् !”
“एउटै शब्द पनि बोल्नुभएन; यो कुराले हाकिमलाई ज्यादै आश्चर्यचकित बनायो ।” यो चाहिँ येशू बिल्कुलै चुपचाप हुनुहुन्थ्यो भन्ने कुरालाई जोड दिएर भन्ने एउटा तरिका हो ।
लेखकले [मत्ती २७:१७]
यो निस्तारको समयमा मनाइने चाड हो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो कैदी जसलाई भीडले चुन्ने थियो”
“त्यहाँ एउटा कुख्यात कैदी थियो””
केही खराब काम गरेर राम्ररी परिचित भएको
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “भीड जम्मा भयो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई केही मानिसहरूले ख्रीष्ट भन्दछन्”
“यहूदी अगुवाहरूले येशूलाई तिनीकहाँ ल्याए ।” पिलातसले येशूको इन्साफ गरून् भनेर तिनीहरूले त्यसो गरेका थिए ।
“जब पिलातस ... बसिरहेका थिए”
“न्यायाधीशको आसनमा बसेर ।” न्यायाधीशले न्यायको फैसला गर्दा त्यहाँ बस्दछन् ।
“सन्देश पठाइन्”
“म आज धेरै दुःखी भएकी छु”
यहाँ “अब” शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । भीडले बरब्बालाई किन चुन्यो भन्ने बारेमा मत्तीले पृष्ठभूमिको जानकारी दिन्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “रोमी सिपाहीहरूलाई येशूलाई मार्न लगाउनु”
“भीडलाई सोधे”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई केही मानिसहरूले ख्रीष्ट भन्दछन्”
“येशूले के गरेका छन्”
“भीड चिच्यायो”
पिलातसले आफू येशूको मृत्युका लागि जिम्मेवार छैनन् भनी जनाउन यसो गर्दछन् ।
यहाँ “रगत” ले व्यक्तिको मृत्युलाई जनाउँछ । वैकल्पिक अनुवादः “मृत्यु”
“यसमा तिमीहरू नै जिम्मेवार छौ”
यहाँ “रगत” कुनै व्यक्तिको मृत्युलाई जनाउने लक्षणा शब्द हो । “हामी र हाम्रा छोराछोरीहरूमाथि परोस्” भन्ने वाक्यांश लक्षणा हो, जसले त्यहाँ भएका घटनाको जिम्मेवारी तिनीहरूले लिएका कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “हो ! उसलाई मृत्युदण्ड दिएकोमा हामी र हाम्रा सन्तानहरू खुशीसाथ जिम्मेवार हुनेछौँ !”
“पिलातसले भीडका लागि बारब्बालाई छोडिदिए”
यसमा पिलातसले येशूलाई कोर्रा लगाउन सिपाहीहरूलाई आदेश दिए भन्ने बुझिन्छ । येशूलाई क्रूसमा टङ्गाउनका लागि सिपाहीहरूको हातमा दिनु भनेको चाहिँ येशूलाई क्रूसमा टङ्गाउनलाई तिनका सिपाहीहरूलाई आदेश दिने कुराको लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “तिनले आफ्ना सैनिकहरूलाई येशूलाई कोर्रा लगाउन र क्रूसमा टाँग्ने आज्ञा दिए” (हेर्नुहोस्ः अनि )
“येशूलाई कोर्राले पिट्नु” वा “येशूलाई कोर्राले हिर्काउनु”
यहाँ येशूको क्रसीकरण र मृत्युको वर्णन सुरु हुन्छ ।
“सिपाहीहरूका समूह”
“उहाँको लुगा झिकिदिए”
चम्किलो रातो
“काँडा भएका हाँगाहरूबाट बनाइएको मुकुट” वा “ती हाँगाहरूबाट बनाइएको मुकुट, जसमा काँडा थिए”
राजाले बोक्ने राजदण्डको प्रतिनिधित्व गर्नका लागि तिनीहरूले येशूको हातमा एउटा लौरो राखिदिए । येशूलाई गिल्ला गर्न तिनीहरूले त्यसो गरे ।
येशूलाई गिल्ला गर्न तिनीहरूले त्यसो भने । तिनीहरूले येशूलाई “यहूदीहरूका राजा”, तर उहाँ साँच्चै राजा हुनुभएको कुरामा तिनीहरूले विश्वासै गरेनन् । अनि तैपनि तिनीहरूले जे भन्दै थिए, सो कुरा साँचो थियो ।
“हामी तपार्इंलाई आदर गर्छौं” वा “तपार्इंको आयु लामो होस्”
“आफ्नो थुक जम्मा पारेर सिपाहीहरूले येशूलाई थुके”
यसको अर्थ येशू र सिपाहीहरू सहरबाट बाहिर गए । वैकल्पिक अनुवादः “जब तिनीहरू यरूशलेमबाट बाहिर आए”
“सिपाहीहरूले एउटा मानिसलाई देखे”
“जसलाई सिपाहीहरूले आफ्नो साथमा जान जबरजस्ती गरे र यसरी उनले येशूको क्रूस बोक्न सकून्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो ठाउँ जसलाई मानिसहरूले गलागथा भन्थे”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँलाई दाखमद्य दिए, जसमा तिनीहरूले पित्त मिसाएका दिए”
तीतो, पहेँलो रङ्गको तरल पदार्थ, जसलाई शरीरले पाचन प्रक्रियाको निम्ति प्रयोग गर्दछ
यी येशूले पहिरिरहनुभएका वस्त्रहरू थिए ।
“उहाँलाई किन क्रूसमा झुण्डाइँदै थियो भनेर एउटा लिखित विवरण”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सिपाहीहरूले येशूसँग दुईजना डाँकूहरूलाई क्रुसमा चढाए”
तिनीहरूले येशूको गिल्ला गर्नको निम्ति यसो गरे ।
येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी तिनीहरूले विश्वास गरेनन्, त्यसैले यो कुरा उहाँले सत्य प्रमाणित गरून् भन्ने तिनीहरूको इच्छा थियो । वैकल्पिक अनुवादः “यदि तँ परमेश्वरका पुत्र होस् भने, क्रूसबाट तल ओर्लेर आएर यो कुरा प्रमाणित गर्”
यो ख्रीष्टको लागि एउटा महत्त्वपूर्ण नाउँ हो जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ ।
सम्भावित अर्थहरू हुन् १) येशूले अरूहरूलाई बचाउनुभयो वा उहाँले आफैँलाई बचाउन सक्नुहुन्छ भन्ने कुरा यहूदी अगुवाहरूले विश्वास गर्दैनन्, वा २) उहाँले अरूहरूलाई बचाउनुभयो भनेर तिनीहरूले विश्वास गर्छन् तर अहिले उहाँले आफैँलाई बचाउन सक्नुभएन भनेर उहाँमाथि ठट्टा गरिरहेका छन् ।
अगुवाहरूले येशूको गिल्ला गरिरहेका छन् । तिनीहरूले उहाँलाई “इस्राएलको राजा” भने, तर उहाँ राजा हुनुहुन्छ भनेर तिनीहरूले साँच्चै विश्वास गर्दैनथे । वैकल्पिक अनुवादः “उसले भन्दछ कि ऊ इस्राएलको राजा हो”
यहूदी अगुवाहरूले निरन्तर येशूको गिल्ला गर्छन् ।
यो उद्धरणभित्रको उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने येशूले आफूलाई परमेश्वरका पुत्र समेत भन्यो ।”
यो येशूको लागि एउटा महत्त्वपूर्ण नाउँ हो जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सिपाहीहरूले उहाँसँगै क्रूसमा टाँगेका डाँकूहरू”
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको एउटा नयाँ भाग बताउन थाल्छन् ।
“लगभग मध्य दिउँसोदेखि ... तीन घण्टासम्म” वा “लगभग मध्य दिनको बाह्र बजेदेखि ... दिउँसोको तीन बजेसम्म”
अन्धकार” शब्द भाववाचक नाउँ हो । वैकल्पिक अनुवादः “सारा देशभर अँध्यारो भयो”
“येशूले पुकार्नुभयो” वा “येशूले चिच्च्याउनुभयो”
यी शब्दहरू येशूले उहाँको आफ्नै भाषामा कराउनुभएको शब्दहरू हुन् । अनुवादकहरूले सामान्यतया यी शब्दहरूलाई जस्ताको तस्तै राख्ने गर्दछन् ।
सम्भावित अर्थहरू हुन् १) सिपाहीहरूमध्ये एकजना वा २) तिनीहरूमध्ये एकजना जसले उभिएर हेरिरहेका थिए ।
यो चाहिँ तरल पदार्थलाई सोस्नका निम्ति निकालिएको समुद्री जनावर हो । यी तरल पदार्थहरूलाई बाहिर फ्याँक्न पनि सकिन्छ ।
“येशूलाई त्यो पिउन दियो”
यहाँ “प्राण” भन्नाले मानिसलाई जीवन दिने तत्व हो । यो वाक्यांशले येशू मर्नुभयो भनेको हो । वैकल्पिक अनुवादः “आफ्नो प्राण परमेश्वरमा सुम्पिदिएर उहाँ मर्नुभयो” वा “उहाँले आफ्नो अन्तिम सास फेर्नुभयो”
जब येशू मर्नुभयो तब भएका घटनाहरूको विवरणलाई यस खण्डले सुरुवात गर्दछ ।
यहाँ “हेर” शब्दले यसपछि आएको आश्चर्यजनक जानकारीप्रति ध्यान दिनका लागि हामीलाई सचेत गराउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मन्दिरको पर्दा च्यातिएर दुई टुक्रा भयो” वा “परमेश्वरले मन्दिरको पर्दालाई दुई भाग भएर च्यातिने बनाउनुभयो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले चिहानहरू खोलिदिनुभयो र धेरै जना ईश्वरभक्त मानिसहरूका शरीरहरूलाई बिउँताउनुभयो”
यहाँ बिउँताउनु भनेको मरिगएको कसैलाई फेरि जीवित बनाउने कुराको लागि वाक्पद्धति हो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले निद्रामा परेका धेरै ईश्वरभक्त मानिसहरूका शरीरहरूमा पुनः जीवन हालिदिनुभयो”
यो मर्ने कुरालाई जनाउने नम्र शैली हो । वैकल्पिक अनुवादः “मरेका थिए”
मत्तीले वर्णन गर्ने घटनाहरूको क्रम (पद ५२ मा “चिहानहरू उघारिए” भन्ने शब्दहरूबाट सुरु भएको) अस्पष्ट छ । भूकम्पपछि जब येशू मर्नुभयो र चिहानहरू उघारिए १) पवित्र मानिसहरू फेरि जीवनमा फर्किआए, र त्यसपछि, येशू बिउँतिनु भएपछि, पवित्र मानिसहरू यरूशलेममा प्रवेश गरे, जहाँ धेरै मानिसहरूले तिनीहरूलाई देखे, वा २) येशू जीवनमा फर्कनुभयो, र त्यसपछि पवित्र जनहरू बिउँतिए र सहरमा प्रवेश गरे, जहाँ धैरै मानिसहरूले तिनीहरूलाई देखे ।
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको एउटा नयाँ भाग बताउन थाल्छन् ।
“तिनीहरू जसले येशूलाई पहरा दिइरहेका थिए ।” यसले अन्य सिपाहीहरूलाई जनाउँछ जसले कप्तानको साथमा येशूलाई पहरा दिइरहेका थिए । वैकल्पिक अनुवादः “तिनीसँग भएका अन्य सिपाहीहरू जसले येशूलाई पहरा दिइरहेका थिए”
यो येशूको लागि एउटा महत्त्वपूर्ण नाउँ हो जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ ।
“याकूब र यूहन्नाकी आमा” वा “जब्दियाकी पत्नी”
येशूलाई चिहानमा राख्ने कार्यको वर्णन यहाँ सुरु हुन्छ ।
यो इस्राएलको एउटा सहरको नाउँ हो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अनि पिलातसले आफ्ना सिपाहीहरूलाई येशूको शरीर योसेफलाई दिइयोस् भनेर आदेश दिए”
एउटा राम्रो, महँगो कपडा
यसको अर्थ, योसेफका कामदारहरू थिए, जसले चट्टान काटेर चिहान बनाए ।
शादय योसेफलाई त्यो ढुङ्गा गुडाउन सहायता पुर्याउन उनका साथमा अरू मानिसहरू थिए ।
“चिहानको पारिपट्टि”
विश्रामको दिनको निम्ति मानिसहरूले तयारी गर्ने दिन ।
“पिलातसलाई भेटे”
“जब त्यो ठगाहा येशू जिउँदो थियो”
यो उद्धरणभित्रको उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरण रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “उसले भन्यो कि तीन दिनपछि ऊ फेरि जीवित भइउठ्नेछ ।” वा “उसले भन्यो कि तीन दिनपछि ऊ फेरि बिउँतने थियो ।”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो चिहानको सुरक्षा गर्न आफ्ना सिपाहीहरूलाई आदेश दिनुहोस्”
“उसका चेलाहरू आऊलान् र उसको लास चोरेर लैजालान्”
यो उद्धरणभित्रको उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरण रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “उसका चेलाहरूले ... मानिसहरूलाई भन्लान् कि ऊ मृतकबाट जीवित भइउठको छ, र”
मरेर गएका ती सबैको माझबाट । यस अभिव्यक्तिले तल्लो संसारमा भएका सबै मृतक मानिसहरूलाई वर्णन गर्छ । तिनको माझबाट बिउँतनु भन्ने कुराले फेरि जीवित बन्ने कुराको विषयमा बताउँछ ।
बुझेको जानकारीलाई स्पष्ट रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि तिनीहरूले त्यसो भनेर मानिसहरूलाई छल गरे भने, त्यो चाहिँ उसले पहिले आफूलाई ख्रीष्ट भनेर मानिसहरूलाई छल गरेकोभन्दा झन् खराब हुनेछ”
यसमा चार देखि सोह्र रोमी सिपाहीहरू हुन्थे ।
सम्भावित अर्थहरू हुन् १) तिनीहरूले ढुङ्गाको वरिपरि डोरी बेरे र चिहानको प्रवेशद्वारको दुवैपट्टिको चट्टानको पर्खालमा लगेर बाँधे वा २) तिनीहरूले ढुङ्गा र पर्खालको बीचको भागमा छाप राखे ।
“त्यस ठाउँमा सिपाहीहरूलाई बस्न भने जहाँबाट तिनीहरूले मानिसहरूलाई चिहान छुनबाट रोक्न सक्थे”
1 अब शबाथको समय सकिनै लाग्दा हप्ताको पहिलो दिनको झिसमिसेमा मरियम मग्दलिनी र मरियम नाउँ गरेकी अर्की स्त्री चिहान हेर्न आए । 2 हेर, त्यहाँ विशाल भूकम्प गयो, किनकि परमप्रभुका एक स्वर्गदूत स्वर्गबाट तल ओर्ले; अनि ढुङ्गा हटाए, र त्यसमाथि बसे । 3 तिनको रूप बिजुलीजस्तो थियो, र पहिरन हिउँजस्तै सेतो थियो । 4 पहरेदारहरू डरले थरथर काँपे र मरेका मानिसहरूजस्तै भए । 5 स्वर्गदूतले ती स्त्रीहरूलाई सम्बोधन गरे र भने, “भयभीत नहोओ, किनकि मलाई थाहा छ, कि तिमीहरूले क्रुसमा टाँगिनुभएका येशूलाई खोज्दै छौ । 6 उहाँ यहाँ हुनुहुन्न, तर जस्तो उहाँले भन्नुभएको थियो, उहाँ जीवित भई उठ्नुभएको छ । आएर प्रभुलाई राखिएको ठाउँ हेर । 7 झट्टै जाओ र उहाँका चेलाहरूलाई भन, ‘उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएको छ । हेर, उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदै हुनुहुन्छ । त्यहीँ नै तिमीहरूले उहाँलाई देख्नेछौ ।’ हेर, मैले तिमीहरूलाई बताइदिएको छु ।” 8 ती स्त्रीहरू तुरुन्तै डर र आनन्दका साथ चिहानबाट निस्के, अनि उहाँका चेलाहरूलाई यो बताउनको निम्ति दौडे । 9 हेर, येशूले तिनीहरूलाई भेट्नुभयो र भन्नुभयो, “सबैलाई अभिवादन छ ।” ती स्त्रीहरू आए, उहाँका पाउ पक्रे, र उहाँलाई दण्डवत् गरे । 10 त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “नडराओ । जाओ मेरा भाइहरूलाई गालीलमा जानू भनेर भनिदेओ । त्यहाँ तिनीहरूले मलाई भेट्नेछन् ।” 11 जब ती स्त्रीहरू जाँदै थिए, हेर, केही पहरेदारहरू सहरमा गए र मुख्य पुजारीहरूलाई त्यहाँ भएका सबै घटना बताइदिए । 12 जब पुजारीहरूले एल्डरहरूलाई भेटे र ती सबै घटनाको बारेमा तिनीहरूसँग छलफल गरे, तिनीहरूले सिपाहीहरूलाई धेरै पैसा दिए, 13 र तिनीहरूलाई भने, “तिमीहरूले अरूहरूलाई यस्तो भन, ‘हामी सुतिरहेका बेला येशूका चेलाहरू आए र उनको मृत शरीरलाई चोरेर लगे ।’ 14 यदि यो खबर हाकिमकहाँ पुग्यो भने, हामी उहाँलाई राजी गराउनेछौँ र तिमीहरूलाई कुनै समस्यामा पर्न दिनेछैनौँ ।” 15 अनि ती सिपाहीहरूले पैसा लिए र उनीहरूलाई जस्तो निर्देशन दिइएको थियो, त्यस्तै गरे । यही खबर यहूदीहरूका माझमा सर्वत्र फैलियो र आजको दिनसम्म पनि यही कायम छ । 16 तर एघार जना चेला गालीलको त्यस डाँडामा गए जहाँ येशूले जानू भनी तिनीहरूलाई निर्देशन दिनुभएको थियो । 17 जब उनीहरूले उहाँलाई देखे, उनीहरूले उहाँलाई दण्डवत् गरे, तर कतिले चाहिँ शङ्का गरे । 18 येशू उनीहरूकहाँ आउनुभयो र उनीहरूसँग बोल्नुभयो र भन्नुभयो, “स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिइएको छ । 19 यसकारण, जाओ र सबै देशका जातिलाई चेला बनाओ । पिता, पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ । 20 मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । र हेर, यस संसारको अन्तसम्म पनि म सधैँ तिमीहरूको साथमा छु ।”
येशूलाई गाडिएको चिहान (मत्ती २८:१) चाहिँ यस्तो किसिमको चिहान थियो, जसमा धनी यहूदी परिवारले आफ्ना मृतकहरू गाड्ने गर्दथे । यो चट्टानमा खोपेर बनाएको एउटा कोठा थियो । त्यसमा एकापट्टि समथर भाग थियो, जहाँ लासलाई तेल र सुगन्धित मसला दलेर कपडाले बह्रेपछि, तिनीहरूले त्यो लास राख्दथे । त्यसपछि चिहानको सामु एउटा ठूलो ढुङ्गालाई गुडाएर तिनीहरूले बन्द गर्दथे, र यसरी कोही पनि भित्र हेर्न वा पस्न सक्दैनथ्यो ।
आखिरी भागको दुई पद (मत्ती २८:१९-२०) लाई प्रायः “महान् आज्ञा” भनेर जानिन्छ, किनभने ती पदमा सबै ख्रीष्टिएनलाई दिइएका ज्यादै महत्त्वपूर्ण आज्ञाहरू छन् । ख्रीष्टिएनहरूले मानिसहरूकहाँ गएर, तिनीहरूलाई सुसमाचार प्रचार गरेर र तिनीहरूलाई असल ख्रीष्टिएनहरू झैँ जीवन बिताउने उत्साह दिएर “चेला बानाउने” काम गर्नुपर्छ ।
मत्ती, मर्कूस, लूका र यूहन्ना सबैले सेतो वस्त्र लगाएका स्वर्गदूतहरू येशूको चिहानमा स्त्रीहरूसँगै भएका कुरा लेखे । दुईजना लेखकहरूले तिनीहरूलाई मानिसहरू भने, तर स्वर्गदूतहरू पनि मानिसहरू जस्तै देखिने हुनाले नै त्यसो भनेका हुन् । दुईजना लेखकहरूले दुई स्वर्गदूतका बारेमा लेखे, तर अन्य दुई जना लेखकहरूले तीमध्ये एउटाको बारेमा मात्र लेखे । यी हरेक खण्डलाई सबै उस्तै देखाउने गरी अनुवाद गर्नुको साटोमा यूएलटीमा जस्तो छ, त्यस्तै अनुवाद गर्न उत्तम हुन्छ । (हेर्नुहोस्ः मत्ती २८:१-२ र मर्कूस १६:५ र लूका २४:४ र यूहन्ना २०:१२)
मृतकहरूबाट येशूको पुनरुत्थानको विवरणलाई यस खण्डले सुरुवात गर्दछ ।
“विश्रामको दिनको अन्त भएपछि आइतबारको बिहानीमा सूर्य उदाएपछि”
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको नयाँ भाग भन्न सुरु गर्छन् ।
“मरियम नाउँ गरेकी अर्की स्त्री ।” यिनी याकूब र योसेफका आमा मरियम हुन् (मत्ती २७:५६) ।
यहाँ “हेर” शब्दले हामीलाई यसपछि आउने आश्चर्यजनक जानकारीप्रति ध्यान दिनलाई सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ ।
सम्भावित अर्थहरू हुन् १) परमप्रभुका एउटा स्वर्गदूत तल ओर्लेकाले र उनले ढुङ्गा हटाएकाले भूकम्प गयो वा २) यी सबै घटनाहरू एउटै समयमा भए ।
अचानक र तीव्र रूपमा जमिन हल्लनु
“स्वर्गदूतको स्वरूप”
यो एउटा उपमा हो जसले ती स्वर्गदूत हेर्दा खेरी कति चम्किला थिए भन्ने कुरालाई जोड दिन्छ । वैकल्पिक अनुवादः “बिजुली जस्तै चम्किलो थियो”
यो एउटा उपमा हो जसले ती स्वर्गदूतका वस्त्रहरू कति धेरै चम्किलो र सेतो थियो भन्ने कुरामा जोड दिन्छ । अघिल्लो वाक्यांशबाटको “थियो” भन्ने क्रियापदलाई दोहोर्याउन सकिन्छ । वैकल्पिक अनुवादः “उसको वस्त्र धेरै सेतो थियो, हिउँ जस्तै”
यो उपमा हो, जसले ती सिपाहीहरू भइँमा ढले र हलचल गरेनन् भन्ने अर्थ दिन्छ । वैकल्पिक अनुवादः “भुँइमा लडे र मरेका मानिसहरू झैँ त्यहाँ ढले”
“मरियम मग्दलिनी र मरियम नाम गरेकी अर्की स्त्री”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसालई मानिसहरू र सिपाहीहरूले क्रूसमा टाँगे” वा “जसलाई तिनीहरूले क्रुसमा टाँगे”
यो उद्धरण भित्रको उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँका चेलाहरूलाई भन कि उहाँ मृतकहरूबाट जीवित भइउठ्नुभएको छ र येशू तिमीहरूभन्दा अगि गालीलमा जानुभएको छ, जहाँ तिमीहरूले उहाँलाई देख्नेछौ ।”
“उहाँ फेरि जीवनमा फर्किआउनुभएको छ”
तिनीहरू सबैको माझबाट जो मरेका छन् । यस अभिव्यक्तिले तल्लो संसारमा भएका सबै मृत मानिसहरूलाई वर्णन गर्छ । तिनीहरूको माझबाट बिउँतनुले फेरि जीवित हुने कुराको विषयमा बताउँछ ।
यहाँ “तिमीहरू” बहुवचनमा छ । यसले स्त्रीहरू र चेलाहरूलाई जनाउँछ ।
यहाँ “तिमीहरू” बहुवचनमा छ र स्त्रीहरूलाई जनाउँछ ।
“मरियम मग्दलिनी र मरियम नाम गरेकी अर्की स्त्री”
यहाँ “हेर” शब्दले हामीलाई यसपछि आउने आश्चर्यजनक जानकारीप्रति ध्यान दिनलाई सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ ।
यो सामान्य अभिवादन हो, अङ्ग्रेजीमा “हेल्लो” भनेको जस्तै हो ।
“तिनीहरूले आफ्ना घुँडाहरू टेके र उहाँका पाउ समाए”
यसले येशूका चेलाहरूलाई जनाउँछ ।
येशूको पुनरुत्थानप्रति यहूदी धार्मिक अगुवाहरूको प्रतिक्रियाको विवरणलाई यस खण्डले सुरुवात गर्दछ ।
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको एउटा नयाँ भाग बताउन थाल्छन् ।
यहाँ यसले मरियम मग्दलिनी र अर्की मरियमलाई जनाउँछ ।
वृहत कथामा अर्को घटनाको सुरुवातलाई यसले अङ्कित गर्छ । यसले अगाडिका घटनाहरूमा भएकाभन्दा फरक मानिसहरूलाई समावेश गर्न सक्छ । तपार्इंको भाषामा यस्तो गर्नको निम्ति कुनै तरिका हुन सक्छ ।
“तिनीहरूले आफ्नै बीचमा एउटा योजना बनाए ।” पूजाहारीहरू र धर्म-गुरुहरूले सिपाहीहरूलाई पैसा दिने निर्णय गरे ।
यदि तपाईंको भाषामा उद्धरणभित्र उद्धरण लेख्ने चलन छैन भने तपाईंले यसलाई एउटै उद्धरण बनाएर अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “अरूहरूलाई भन कि तिमीहरू निदाइरहेका बेलामा ... येशूका चेलाहरू आए”
“यदि बडा हाकिमले तिमीहरू सुतिरहेका बेलामा येशूका चेलाहरूले उसको लास लगे भनी सुने भने”
“पिलातस” (मत्ती २७:२)
“चिन्ता नगर । हामी उहाँसित कुरा गरौँला र यसरी उहाँले तिमीहरूलाई दण्ड दिनुहुन्न ।”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पूजाहारीहरूले तिनीहरूलाई जे गर्नू भनेर भनेका थिए तिनीहरूले त्यसै गरे”
“धेरै जना यहूदीहरूले यो खबर सुने र आजसम्म पनि अरुलाई यही कुरा भन्दै छन्”
यसले मत्तीले यो पुस्तक लेखेको समयलाई जनाउँछ ।
येशूको पुनरुत्थानपछि उहाँले आफ्ना चेलाहरूलाई भेट्नुभएको घटनाको विवरणलाई यस खण्डले सुरुवात गर्दछ ।
सम्भावित अर्थहरू हुन् १) तिनीहरूमध्ये केहीले शङ्का गरेको भएतापनि तिनीहरू सबैले येशूलाई दण्डवत् गरे, वा २) तिनीहरूमध्ये केहीले येशूलाई दण्डवत् गरे, तर अरूहरूले दण्डवत् गरेनन् किनभने तिनीहरूले शङ्का गरे ।
चेलाहरूले के कुरामा शङ्का गरे भनी स्पष्ट रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँ साँच्चै नै येशू हो र उहाँ फेरि जीवित हुनुभयो भन्ने कुरामा उनीहरूमध्ये कसैले शङ्का गरे”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरा पिताले सबै अधिकार मलाई दिनुभएको छ”
यहाँ स्वर्ग र पृथ्वीमा भएका सबैथोकको अर्थ दिनका लागि “स्वर्ग” र “पृथ्वी” शब्दहरूलाई एकसाथ प्रयोग गरिएको छ ।
यहाँ “जातिहरू” शब्दले मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “हेरक जातिमा भएका सबै मानिसहरू”
यहाँ “नाउँ”ले अधिकारलाई जनाउँछ । वैकल्पिक अनुवादः “अधिकारद्वारा”
यी महत्त्वपूर्ण नाउँहरू हुन् जसले परमेश्वर र येशूको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छन् ।
“हेर” वा “सुन” वा “मैले तिमीहरूलाई भन्न लागेको कुरामा ध्यान देऊ”
“यस युगको अन्त्य सम्म” वा “संसारको अन्तसम्म”
मर्कुसको सुसमाचार नयाँ करारमा भएका चारवटा पुस्तकहरूमध्ये एक हो जसले येशू ख्रीष्टको जीवनका पक्षहरूलाई वर्णन गर्छन् । सुसमाचारहरूका लेखकहरूले येशू को हुनुहुन्थ्यो र उहाँले के गर्नुभयो भन्ने कुराको विभिन्न पक्षहरूको बारेमा लेखे । येशूले कसरी दुःखभोग गर्नुभयो र क्रूसमा मर्नुभयो भन्ने विषयमा मर्कुसले निकै लेखे । उनले सतावट खेपिरहेका उनका पाठकहरूलाई प्रोत्साहन गर्नलाई यसो गरे । मर्कुसले यहूदी परम्पराहरू र केही आरमेइक शब्दहरूलाई पनि व्याख्या गरे । यसले सङ्केत गर्न सक्छ कि मर्कुसले उनका अधिकांश पहिला पाठकहरू अन्यजातिहरू हुनेछन् भन्ने अपेक्षा गरे ।
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “मर्कुसको सुसमाचार” वा “मर्कुसको अनुरूप भएको सुसमाचार” भनेर बोलाउनलाई छान्न सक्छन् । तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तो कि, “येशूको बारेमा भएको सुसन्देश जुन मर्कुसले लेखे” ।
यस पुस्तकले लेखकको नाम दिँदैन । तापनि, सुरुका ख्रीष्टिएन समयहरूदेखि, अधिकांश ख्रीष्टिएनहरूले विश्वास गरेका छन् कि लेखक चाहिँ मर्कुस नै थिए । मर्कुसलाई यूहन्ना मर्कुस पनि भनेर चिनिन्थ्यो । उनी पत्रुसको नजिकका मित्र थिए । येशूले भन्नुभएको र गर्नुभएको कुराको साक्षी हुन मर्कुस आफैँले नपाएका हुन सक्छन् । तर धेरै विद्वानहरूले विचार गर्छन् कि मर्कुसले उनको सुसमाचारमा पत्रुसले उनलाई येशूको बारेमा भनेका कुराहरू लेखे ।
मानिसहरूले येशूलाई एक रब्बीको रूपमा सम्मान गर्थे । रब्बी भनेको परमेश्वरको व्यवस्थाको शिक्षक हो । येशूले इस्राएलमा भएका अन्य धार्मिक शिक्षकहरूले झैँ गरेर सिकाउनुभयो । उहाँका विद्यार्थीहरू थिए जसले उहाँलाई उहाँ जहाँ जानुभए पनि पछ्याउँथे । यी विद्यार्थीहरूलाई चेलाहरू भनिन्थ्यो । उहाँले धेरैपटक दृष्टान्तहरू भन्नुभयो । दृष्टान्तहरू भनेका कथाहरू हुन् जसले नैतिक पाठहरू सिकाउँछन् । अनि अनि )
मत्ती, मर्कुस, र लूकाको सुसमाचारहरूलाई सिनोप्टिक सुसमाचारहरू भनिन्छ किनभने तिनीहरूमा भएका थुप्रै खण्डहरू उस्तै खालका छन् । “सिनोप्टिक” शब्दको अर्थ “एकसाथ देख्नु” भन्ने हुन्छ ।
जब दुई वा तीन सुसमाचारहरूमा भएका पाठ्यखण्डहरू दुरुस्तै एउटै वा लगभग उस्तै हुन्छ, तिनीहरूलाई “समान” भएको भनिन्छ । जब यी खण्डहरूको अनुवाद हुन्छ, अनुवादकले सम्भव भएसम्म एउटै शब्दहरूको प्रयोग गर्नुपर्छ र तिनीहरूलाई उस्तै खालका बनाउनुपर्छ ।
सुसमाचारहरूमा, येशूले आफैँलाई “मानिसको पुत्र” भनेर बोलाउनुहुन्छ । यो चाहिँ दानिएल ७:१३-१४ गरिएको उल्लेख हो । यस खण्डमा “मानिसको पुत्र” भनेर वर्णन गरिएको एकजना व्यक्ति छन् । त्यसको अर्थ हो कि ती व्यक्ति कोही थिए जो मानव प्राणी झैँ देखिन्थे । परमेश्वरले मानिसको पुत्रलाई जातिहरूमाथि सदासर्वदाको लागि राज गर्नलाई अधिकार दिनुभयो । अनि सारा मानिसहरूले उहाँलाई सदासर्वदा आराधना गर्नेछन् ।
येशूको समयका यहूदीहरूले नामको रूपमा कसैको लागि पनि “मानिको पुत्र” प्रयोग गर्दैनथे । त्यसैकारण, येशूले उहाँ साँचो रूपमा को हुनुहुन्थ्यो भनेर बुझ्न तिनीहरूलाई सहायता गर्नको लागि त्यो आफ्नै लागि प्रयोग गर्नुभयो ।
“मानिसको पुत्र” भन्ने नामलाई अनुवाद गर्न थुप्रै भाषाहरूमा गाह्रो हुन सक्छ । शाब्दिक अनुवादलाई पाठकहरूले गलत तवरमा बुझ्न सक्छन् । अनुवादकहरूले विकल्पहरूको बारेमा विचार गर्न सक्छन्, जस्तै, “मानव” । शीर्षकलाई व्याख्या गर्नका निमित्त पादटिप्पणी राख्नाले सहयोगी हुन सक्छ ।
मर्कुसको सुसमाचारले “तुरुन्तै” भन्ने शब्द केही बयालीस पटक प्रयोग गर्छ । घटनाको विवरणहरूलाई अझ रोचक र प्रस्ट बनाउनलाई मर्कुसले यसो गर्छन् । यसले पाठकलाई एउटा घटनाबाट अर्को घटनामा छिटोछिटो गरेर लैजान्छ ।
निम्न दिइएका पदहरू बाइबलका पुराना संस्करणहरूमा पाइन्छन् तर अधिकांश नयाँ संस्करणहरूमा समावेश गरिएका छैनन् । अनुवादकहरूलाई यी पदहरू समावेश नगर्नलाई सुझाव दिइन्छ । तापनि, यदि अनुवादकहरूको क्षेत्रमा, त्यहाँ बाइबलका पुराना संस्करणहरू छन् जसले यी पदहरूमध्ये कुनै एउटा वा सोभन्दा बढीलाई समावेश गर्छन् भने, अनुवादकरूले तिनलाई समावेश गर्न सक्छन् । यदि तिनीहरूलाई समावेश गरिन्छ भने, तिनीहरू सम्भवतः मर्कुसको सुसमाचारबाट लिइएका मौलिक कुरा थिएनन् भनेर सङ्केत गर्नका लागि तिनीहरूलाई ठूला कोष्ठकहरूभित्र ([]) राखिनुपर्छ ।
निम्न दिइएको खण्ड सबैभन्दा सुरुका पाण्डुलिपिहरूमा पाइँदैन । अधिकांश बाइबलहरूले यसलाई समावेश गर्छन्, तर नयाँ बाइबलहरूले त्यसलाई ठूला कोष्ठकहरूभित्र ([]) राख्छन् वा यो खण्ड मर्कुसको सुसमाचारबाट लिइएको मौलिक कुरा नहुन सक्छ भनेर कुनै तरिकाले जनाउँछन् । अनुवादकहरूलाई बाइबलका नयाँ संस्करणहरूले जस्तै किसिमको केही गर्नलाई सुझाव दिइन्छ ।
1 यो परमेश्वरको पुत्र प्रभु येशू ख्रीष्टको सुसमाचारको सुरुवात हो । 2 जसरी यशैया अगमवक्ताको पुस्तकमा लेखिएको छ, “हेर, म मेरा समाचारवाहकलाई तिम्रोअगि पठाउँदै छु, जसले तिम्रो बाटो तयार पार्नेछ ।” 3 “उजाड-स्थानमा कोही बोलाउनेको आवाज, ‘परमप्रभुको बाटो तयार पार, उहाँका बाटाहरू सिधा बनाओ’ ।” 4 यूहन्ना उजाड-स्थानमा बप्तिस्मा दिँदै र पाप-क्षमाको निम्ति पश्चात्तापको बप्तिस्माको प्रचार गर्दै आए । 5 यहूदियाको पुरै इलाकाबाट र यरूशलेमका सबै मानिस तिनीकहाँ गए । तिनीहरूले आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्तिस्मा लिए । 6 यूहन्नाले ऊँटको रौँबाट बनेको लुगा लगाउँथे र कम्मरमा छालाको पेटी बाँध्थे र तिनले सलहहरू र वन मह खान्थे । 7 उनले प्रचार गरे र भने, “मपछि कोही आउँदै हुनुहुन्छ जो मभन्दा शक्तिशाली हुनुहन्छ, र म त उहाँको चप्पलको फित्ता फुकाल्न निहुरन योग्य पनि छैन । 8 मैले तिमीहरूलाई पानीले बप्तिस्मा दिएँ, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ ।” 9 ती दिनहरूमा यसो भयो, कि येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्नाद्वारा यर्दन नदीमा बप्तिस्मा लिनुभयो । 10 जसै येशू पानीबाट निस्कनुभयो, उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मा ढुकुरजस्तै उहाँमाथि आइरहनुभएको देख्नुभयो । 11 अनि स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ । तिमीसँग म अति प्रसन्न छु ।” 12 त्यसपछि पवित्र आत्माले उहाँलाई उजाड-स्थानमा जान बाध्य गराउनुभयो । 13 उहाँ शैतानद्वारा परीक्षित हुँदै चालिस दिनसम्म उजाड-स्थानमा रहनुभयो । उहाँ जङ्गली जनावरहरूसँग रहनुभयो र स्वर्गदूतहरूले उहाँको सेवा गरे । 14 अब यूहन्ना पक्राउ परेपछि परमेश्वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो । 15 र भन्नुभयो, “समय पुरा भएको छ, र परमेश्वरको राज्य नजिकै छ । पश्चात्ताप गर र सुसमाचारमा विश्वास गर । 16 गालील समुद्र भएर जानुहुँदा उहाँले सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेको देख्नुभयो, किनभने तिनीहरू मछुवाहरू थिए । 17 येशूले तिनीहरूलाई भन्नुभयो, “आओ, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु ।” 18 तुरुन्तै तिनीहरूले जालहरू छोडे र येशूको पछि लागे । 19 जसै येशू हिँडेर अलि अगाडि पुग्नुभयो, उहाँले जब्दियाका पुत्र याकूब र उनका भाइ यूहन्नालाई देख्नुभयो; तिनीहरू डुङ्गामा बसेर जालहरू मर्मत गरिरहेका थिए । 20 उहाँले तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरूले तिनीहरूको पितालाई भाडाका नोकरहरूसँग डुङ्गामा नै छोडे, र तिनीहरू उहाँको पछि लागे । 21 र उहाँहरू कफर्नहुममा आउनुभयो, अनि शबाथ-दिनमा येशू सभाघरमा जानुभयो र शिक्षा दिनुभयो । 22 तिनीहरू उहाँको शिक्षामा छक्क परे, किनकि उहाँले तिनीहरूलाई शास्त्रीहरूले जस्तो होइन, तर अधिकार भएको व्यक्तिले जस्तै सिकाइरहनुभएको थियो । 23 त्यस बेला सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस थियो । त्यो चिच्च्यायो र 24 भन्यो, “हे नासरतका येशू, तपाईंसँग हाम्रो के सरोकार ? के तपाईं हामीलाई नाश पार्न आउनुभएको हो ? तपाईं को हुनुहुन्छ भनी म चिन्छु । तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ ।” 25 येशूले भूतलाई हकार्नुभयो र भन्नुभयो, “चुप लाग्, र त्यसबाट निस्की आइज !” 26 अनि अशुद्ध आत्माले त्यसलाई पछार्यो, र त्यो अशुद्ध आत्मा ठुलो स्वरमा चिच्च्याउँदै त्यसबाट निस्कियो । 27 अनि सबै मानिस छक्क परेर एक आपसमा भन्न लागे, “यो के हो ? अधिकारसहितको एउटा नयाँ शिक्षा ! उहाँले अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्नुहुन्छ र तिनीहरूले उहाँको आज्ञा मान्छन् !” 28 उहाँको बारेमा भएको समाचार तुरुन्तै गालीलका सबै क्षेत्रमा जताततै फैलियो । 29 सभाघरबाट बाहिर निस्कनुभएपछि उहाँहरू याकूब र यूहन्नासँगै सिमोन र अन्द्रियासको घरमा जानुभयो । 30 अब सिमोनकी सासू जरो आएर सुतिरहेकी थिइन् । तिनीहरूले तिनको विषयमा येशूलाई बताए । 31 यसकारण, उहाँ आउनुभयो र तिनको हातमा समाएर तिनलाई उठाउनुभयो; जरोले तिनलाई छोडिहाल्यो, र तिनले उहाँहरूको सेवा गर्न थालिन् । 32 त्यस साँझ घाम अस्ताएपछि तिनीहरूले भूत लागेका र बिरामी भएका सबैलाई उहाँकहाँ ल्याए । 33 सारा सहर नै त्यो घरको ढोकामा भेला भए । 34 उहाँले विभिन्न प्रकारका रोगी र बिमारीहरूलाई निको पार्नुभयो र धेरै भूत निकाल्नुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन, किनकि तिनीहरूले उहाँलाई चिन्थे । 35 उहाँ बिहान सबेरै अँध्यारो हुँदा नै उठ्नुभयो; र उहाँ एकान्त ठाउँमा जानुभयो, र त्यहाँ प्रार्थना गर्नुभयो । 36 सिमोन र तिनीसँग भएकाहरूले उहाँलाई खोजे । 37 तिनीहरूले उहाँलाई भेट्टाए र भने, “सबैले तपाईंलाई खोजिरहेका छन् ।” 38 उहाँले भन्नुभयो, “हामी कतै वरिपरि सहरहरूमा जाऔँ, ताकि मैले त्यहाँ पनि प्रचार गर्न सकूँ । त्यसैको लागि म यहाँ आएँ । 39 उहाँ तिनीहरूको सभाघरमा प्रचार गर्दै र भूतहरू निकाल्दै सारा गालीलभरि जानुभयो । 40 एक जना कुष्ठरोगी उहाँकहाँ आयो । त्यसले उहाँलाई बिन्ती गरिरहेको थियो; त्यसले घुँडा टेक्यो र उहाँलाई भन्यो, “यदि तपाईंले चाहनुभयो भने, तपाईंले मलाई शुद्ध गर्न सक्नुहुन्छ ।” 41 येशू दयाले भरिनुभयो र आफ्नो हात फैलाएर त्यसलाई छुनुभयो, अनि भन्नुभयो, “म चाहन्छु । तिमी शुद्ध होइजाऊ ।” 42 तुरुन्तै कुष्ठ रोगले त्यसलाई छोड्यो र त्यो शुद्ध भयो । 43 येशूले त्यसलाई कडाइका साथ चेतावनी दिनुभयो र त्यसलाई पठाउनुभयो । 44 उहाँले त्यसलाई भन्नुभयो, “कसैलाई केही नभन, तर जाऊ र पुजारीकहाँ आफैँलाई देखाऊ र मोशाले आज्ञा गरेबमोजिम तिनीहरूलाई गवाहीको रूपमा तिम्रो शुद्धिकरणको निम्ति बलि चढाऊ ।” 45 तर त्यो व्यक्ति गयो र सबैलाई भन्न थाल्यो अनि कुरा यति धेरै फैलियो, कि येशू कुनै पनि सहरमा खुलमखुला जान सक्नुभएन । यसकारण, उहाँ एकान्त ठाउँहरूमा बस्नुभयो, र मानिसहरू उहाँकहाँ आए ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले १:२-३ मा भएको कवितासँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
कुष्ठरोग छालाको एउटा रोग थियो जसले एक व्यक्तिलाई अशुद्ध र परमेश्वरलाई उचित तवरले आराधना गर्नलाई असक्षम बनाउँथ्यो । येशू मानिसहरूलाई शारीरिक रूपमा “शुद्ध” वा स्वस्थ बनाउन र साथसाथै आत्मिक रूपमा “शुद्ध” वा परमेश्वरको सामु धर्मी बनाउन सक्षम हुनुहुन्छ ।
“परमेश्वरको राज्य” यस समयमा नै त्यहाँ थियो वा अझ आउँदै गरेको केही कुरा हो भन्ने विषयमा विद्वानहरू बहस गर्छन् । अङ्ग्रेजी अनुवादहरूले बारम्बार “हातैमा” भन्ने वाक्यांशलाई प्रयोग गर्छन्, तर यसले अनुवादकरूको लागि कठिनाइ पैदा गर्न सक्छ । अन्य संस्करणहरूले “आउँदैछ” र “नजिक आएको छ” भन्ने जस्ता वाक्यांशहरूलाई प्रयोग गर्छन् ।
सामान्य जानकारीः मर्कुसको पुस्तक येशूलाई बप्तिस्मा दिने यूहन्नाको आगमनबारे यशैयाले गरेको अगमवाणीसँगै सुरु हुन्छ । यसका लेखक मर्कुस हुन्, जसलाई यूहन्ना मर्कुस पनि भनिन्छ, जो मरियम नाम गरेका थुप्रै स्त्रीहरूमध्ये एकजनाका छोरा हुन् । तिनी बारनाबासका भान्जा पनि हुन् ।
यो येशूको निम्ति महत्त्वपूर्ण नाउँ हो ।
यो एउटा वाक्पद्धति हो जसको अर्थ हुन्छ, “तिम्रो अगि ।”
यहाँ “तिम्रो” शब्दले येशूलाई जनाउँछ र यो एकवचन हो । तपार्इंले अनुवाद गर्नुहुँदा “तिम्रो” सर्वनाम प्रयोग गर्नुहोस्, किनभने एउटा अगमवक्ताबाट लिइएको उद्धरण हो र तिनले येशूको नाउँ प्रयोग गरेका थिएनन् ।
यसले सन्देशवाहकलाई जनाउँछ ।
यसो गर्नुले प्रभुको आगमनको लागि मानिसहरूलाई तयार गर्ने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिम्रो आगमनको लागि मानिसहरूलाई तयार गर्नेछन्”
यसलाई एउटा वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उजाडस्थानमा एकजना कराइरहनेको आवाज सुनिएको छ” वा “तिनीहरूले उजाडस्थानमा कसैले कराइरहेको आवाज सुने”
यी दुई वाक्यांशहरूले एउटै अर्थ दिन्छन् ।
“बाटोलाई परमप्रभुको लागि तयार पार ।” यसो गर्नुले परमप्रभु आउनुहुँदा उहाँको सन्देश सुन्नलाई तयार रहने कुरालाई प्रतिनिधित्व गर्छ । मानिसहरूले आफ्ना पापहरूको पश्चात्ताप गरेर यो गर्छन् । वैकल्पिक अनुवादः “परमप्रभु आउनुहुँदा उहाँको सन्देश सुन्नलाई तयार गर” वा “पश्चात्ताप गर र परमप्रभु आउनुहुनको लागि तयार होऊ”
यी पदहरूमा “तिनी”, “तिनलाई” र “तिनको” शब्दहरूले यूहन्नालाई जनाउँछन् ।
तपार्इंको पाठकले अघिल्लो पदमा यशैयाले भनेको सन्देशवाहक यूहन्ना नै हुन् भनेर बुझेको होस् ।
“पूरै इलाका” भन्ने शब्दहरू त्यस इलाकामा बस्ने मानिसहरूलाई जनाउने अलङ्कार हो र सामान्यकरण गरिएको हो जसले मानिसहरूको ठूलो सङ्ख्यालाई जनाउँछ, तर प्रत्येक व्यक्तिलाई होइन । वैकल्पिक अनुवादः “यहूदिया र यरूशलेमबाटका धेरै मानिसहरू”
तिनीहरूले यी कुराहरू एकै समयमा गरे । मानिसहरूलाई बप्तिस्मा दिइयो किनभने तिनीहरूले आफ्ना पापहरूको पश्चात्ताप गरे । वैकल्पिक अनुवादः “जब तिनीहरूले आ-आफ्ना पाप स्वीकार गरे, यूहन्नाले तिनीहरूलाई यर्दन नदीमा बप्तिस्मा दिए”
“यूहन्नाले घोषणा गरे”
यूहन्नाले येशू कति महान् हुनुहुन्छ भनी देखाउन आफैँलाई नोकरसँग तुलना गरिरहेका छन् । वैकल्पिक अनुवादः “म उहाँका जुत्ताहरू फुकाल्ने जस्ता तुच्छ काम गर्न पनि योग्यको छैन”
त्यस बेला जब येशू पृथ्वीमा हुनुहुन्थ्यो, मानिसहरूले प्राय छालाले बनेको चप्पललाई छालाकै फित्ताले खुट्टामा बाँधेर लगाउँथे ।
“झुक्न”
यस अलङ्कारले यूहन्नाको पानीको बप्तिस्मालाई पवित्र आत्माको भावी बप्तिस्मासँग तुलना गर्छ । यसको अर्थ हुन्छ कि यूहन्नाको बप्तिस्माले मानिसहरूलाई तिनीहरूको पापहरूबाट साङ्केतिक रूपमा मात्र शुद्ध पार्छ । पवित्र आत्माको बप्तिस्माले मानिसहरूलाई तिनीहरूका पापहरूबाट साँचो रूपमा शुद्ध पार्नेछ । यदि सम्भव हुन्छ भने, दुईको बीचमा भएको तुलनालाई कायम राख्नलाई यहाँ “बप्तिस्मा दिनु”को लागि उही शब्दलाई प्रयोग गर्नुहोस् जुन तपाईंले यूहन्नाको बप्तिस्माको लागि प्रयोग गर्नुभयो ।
यसले कथावर्णनमा एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्छ ।
यसलाई कर्तृवाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यूहन्नाले उहाँलाई बप्तिस्मा दिए”
सम्भावित अर्थहरू हुन्ः १) यो एउटा उपमा हो, र आत्मा आकाशबाट चरा जमिनतिर आए जस्तै गरी येशूमाथि ओर्लनुभयो वा २) आत्मा येशूमाथि ओर्लदै गर्नुहुँदा साँच्चै ढुकुर जस्तै नै देखिनुभयो ।
यसले परमेश्वरले बोलिरहनुभएको कुरालाई प्रतिनिधित्व गर्छ । कहिलेकाहीँ मानिसहरूले परमेश्वरलाई प्रत्यक्ष रूपमा जनाउने काम गर्दैनन् किनभने तिनीहरूले उहाँलाई आदर गर्छन् । वैकल्पिक अनुवादः “परमेश्वर स्वर्गबाट बोल्नुभयो”
यो येशूको निम्ति एउटा महत्त्वपूर्ण नाउँ हो । पिताले येशूको निम्ति भएको आफ्नो अनन्त प्रेमको कारण उहाँलाई आफ्नो “प्रिय पुत्र” भन्नुहुन्छ ।
येशू उहाँको बप्तिस्मापछि चालिस दिनसम्म उजाडस्थानमा बस्नुहुन्छ, अनि गालीलमा सिकाउन र उहाँका चेलाहरूलाई बोलाउन जानुहुन्छ ।
“येशूलाई जनालाई कर लगाउनुभयो”
“उहाँ उजाडस्थानमा बस्नुभयो”
“४० दिन”
“उहाँ ... को माझमा रहनुभयो”
“यूहन्नालाई झ्यालखानामा राखिएपछि ।” यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले यूहन्नालाई गिरफ्तार गरेपछि”
“धेरै मानिसहरूलाई खुशीको खबर भन्दै”
“समय अब यही हो”
“परमेश्वरले उहाँका मानिसहरूमाथि शासन गर्न थालनी गर्ने समय लगभग भइसकेको छ”
“येशूले सिमोन र अन्द्रियासलाई देख्नुभयो”
यस भनाइको पूर्ण अर्थलाई प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “माछा मार्न पानीमा जाल हान्दै”
“मलाई पछ्याओ” वा “मसँगै आओ”
यस अलङ्कारको अर्थ हुन्छ कि पत्रुस र अन्द्रियासले मानिसहरूलाई परमेश्वरको साँचो सन्देश सिकाउनेछन्, ताकि अरूहरूले पनि येशूलाई पछ्याऊन् । वैकल्पिक अनुवादः “तिमीहरूले माछा बटुलेको जस्तै गरी मेरो लागि मानिसहरू बटुल्नलाई म तिमीहरूलाई सिकाउनेछु”
यो डुङ्गा याकूब र यूहन्नाको थियो भनी अनुमान गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूको डुङ्गामा”
“जालहरू मर्मत गर्दै”
येशूले याकूब र यूहन्नालाई किन बोलाउनुभयो भनी स्पष्ट पार्नु उपयुक्त हुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई उहाँसँग आउन बोलाउनुभयो”
“तिनीहरूका निम्ति काम गर्ने नोकरहरू”
याकूब र यूहन्ना येशूसँगै गए ।
विश्रामको दिनमा येशूले कफर्नहुमको सहरमा भएको सभाघरमा सिकाउनुहुन्छ । उहाँले एउटा मानिसबाट भूत निकाल्नुभएर गालील वरिपरिका सबै नजिकैका क्षेत्रहरूमा भएका मानिसहरूलाई चकित बनाउनुहुन्छ ।
“कफर्नहुममा आइपुग्नुभयो”
“अधिकार भएको कोही व्यक्ति” र “शास्त्रीहरू”को बारेमा कुरा गर्दा “सिकाउनु”को अवधारणालाई प्रस्ट हुने गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि उहाँले तिनीहरूलाई अधिकार भएको व्यक्तिले जस्तो गरी सिकाइरहनुभएको थियो, शास्त्रीहरूले सिकाउने जस्तो गरी होइन”
भूतहरूले यो आलङ्कारिक प्रश्न सोध्छन् जसको अर्थ हुन्छ कि येशूले तिनीहरूमाथि हस्तक्षेप गर्नुपर्ने कुनै कारण छैन अनि तिनीहरूले उहाँले तिनीहरूलाई छोडिदिनुभएको इच्छा गर्छन् । वैकल्पिक अनुवादः “हे नासरतका येशू, हामीलाई एक्लै छोडिदिनुहोस् ! तपार्इंले हामीमाथि हस्तक्षेप गर्नुपर्ने कुनै कारण छैन ।”
भूतहरूले तिनीहरूलाई कुनै हानि नगर्न येशूलाई आग्रह गर्नका लागि यो आलङ्कारिक प्रश्न गर्छन् । वैकल्पिक अनुवादः “हामीलाई नाश नगर्नुहोस् !”
यहाँ “त्यस” शब्दले त्यो भूत लागेको मानिसलाई जनाउँछ ।
कराउने भूत हो, त्यो मानिस होइन ।
मानिसहरूले तिनीहरू कति अचम्मित भएका थिए भनेर देखाउनलाई दुई प्रश्नहरूको प्रयोग गर्छन । प्रश्नहरूलाई विस्मयादिबोधक वाक्यहरूको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले एक आपसमा भने, ‘यो त अचम्मको छ ! यिनले त नयाँ शिक्षा दिन्छन्, र यिनी त अधिकारसँग बोल्छन् ! ... अनि तिनीहरूले उहाँको आज्ञा मान्छन् !’”
गर्नुहुन्छ “उहाँ” शब्दले येशूलाई जनाउँछ ।
येशूले भूत लागेको मानिसलाई निको पार्नुभएपछि उहाँले सिमोनकी सासूलाई र साथै अन्य धेरै मानिसहरूलाई निको पार्नुभयो ।
“अब” शब्दले कथामा सिमोनकी सासूलाई परिचय गराउँछ र तिनको बारेमा पृष्ठभूमि जानकारी दिन्छ ।
“तिनलाई उभिन लगाउनुभयो” वा “तिनलाई खाटबाट बाहिर आउन सक्षम बनाउनुभयो”
तिनलाई कसले निको पार्यो भनेर स्पष्ट रूपमा देखाउन तपाईंलाई इच्छा लाग्न सक्छ । वैकल्पिक अनुवादः “येशूले तिनको जरोलाई निको पार्नुभयो”
तिनले खानेकुरा दिइन् भन्ने कुरालाई स्पष्ट पार्नलाई तपाईंलाई इच्छा लाग्न सक्छ । वैकल्पिक अनुवादः “तिनले उहाँहरूलाई खाने र पिउने कुरा दिइन्”
यहाँ “उहाँलाई” र “उहाँ” जस्ता शब्दहरूले येशूलाई जनाउँछन् ।
आएका ठूलो सङ्ख्याको मानिसहरूलाई जोड दिनका लागि यहाँ “सबै” शब्द अतिरञ्जन गरेको कुरा हो । वैकल्पिक अनुवादः “धेरै जो बिरामी वा भूत लागेकाहरू थिए”
“सहर” शब्द चाहिँ त्यस सहरमा बस्ने मानिसहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । यहाँ “सारा” शब्द शायद सहरबाटका अधिकांश मानिसहरू भेला भए भनेर जोड दिनका लागि गरिएको सामान्यकरण हो । वैकल्पिक अनुवादः “त्यस सहरका मानिसहरू ढोका बाहिर भेला भए”
यहाँ “उहाँलाई” र “उहाँ” भन्ने शब्दहरूले येशूलाई जनाउँछन् ।
येशूले मानिसहरूलाई निको पार्ने उहाँको समयको बीचमा पनि प्रार्थना गर्ने समय निकाल्नुहुन्छ । त्यसपछि उहाँ गालील सहरभरी प्रचार गर्न, निको पार्न र भूतहरू निकाल्न जानुहुन्छ ।
“उहाँ एक्लै हुन सक्नुहुने ठाउँ”
यहाँ “तिनी”ले सिमोनलाई जनाउँछ । साथै, तिनीसँग भएकाहरूमा अन्द्रियास, याकूब, यूहन्ना र सम्भवतः अरू मानिसहरू पनि पर्छन् ।
यहाँ “सबै” शब्द येशूलाई धेरै मानिसहरूले खोजिरहेका थिए भनी जोड दिनका लागि गरिएको अतिरञ्जन हो । वैकल्पिक अनुवादः “धेरै मानिसहरूले तपार्इंलाई खोजिरहेका छन्”
यहाँ “उहाँ” र “म” भन्ने शब्दहरूले येशूलाई जनाउँछन् ।
“हामी अरू कुनै ठाउँमा जानुपर्छ ।” यहाँ येशूले उहाँलगायत सिमोन, अन्द्रियास, याकूब र यूहन्नालाई जनाउन “हामी” शब्द प्रयोग गर्नुहुन्छ ।
“सारा ... भरी” भन्ने शब्दहरू येशू आफ्नो सेवकाइको समयमा गालीलका विभिन्न ठाउँहरूमा जानुभयो भनी जोड दिनका लागि गरिएको अतिरञ्जन हो । वैकल्पिक अनुवादः “उहाँ गालीलमा भएका थुप्रै स्थानहरूमा जानुभयो”
“एक जना कुष्ठरोगी येशूकहाँ आयो । त्यसले घुँडा टेक्यो र येशूलाई बिन्ती गर्दै थियो र भन्यो”
पहिलो वाक्यांशमा, “मलाई शुद्ध बनाउनलाई” भन्ने शब्दहरूलाई दोस्रो वाक्यांशको कारण बुझिएको छ । वैकल्पिक अनुवादः “यदि तपार्इं मलाई शुद्ध पार्न इच्छुक हुनुहुन्छ भने तपार्इंले मलाई शुद्ध पार्न सक्हुन्छ”
“चाहनु” वा “इच्छा गर्नु”
बाइबलको समयमा कुनै व्यक्तिलाई कुनै छालासम्बन्धी रोग लाग्यो भने सङ्क्रमण नहुने गरी निको नभएसम्म अशुद्ध नै ठानिन्थ्यो । वैकल्पिक अनुवादः “तपाईंले मलाई निको पार्न सक्नुहुन्छ”
यहाँ “दयाले भरिनु” भनेको एउटा वाक्पद्धति हो जसको अर्थ अर्काको खाँचोको विषयमा भावनात्मक रूपमा महसुस गर्नु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “येशूले त्यसलाई दया गरेर” वा “त्यस मानिसलाई येशूले दया गर्नुभयो, त्यसैले उहाँले”
येशूले के गर्न इच्छा गरिरहनुभएको थियो भन्ने कुरालाई व्यक्त गर्नु सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “म तिमीलाई शुद्ध बनाउन इच्छा गरिरहेको छु”
यहाँ प्रयोग गरिएको “त्यसलाई” शब्दले येशूले निको पार्नुभएको कुष्ठरोगीलाई जनाउँछ ।
“कसैलाई केही पनि नभन्नलाई पक्का गर”
पूजाहारीले त्यसको कुष्ठरोग साँच्चै गएको थियो वा थिएन भनी पूजाहारीले हेर्न सकोस् भनेर येशूले त्यस मानिसलाई आफैँलाई पूजाहारीकहाँ देखाउनलाई भन्नुभयो । यदि मानिसहरू अशुद्ध भएका थिए र अब अशुद्ध छैनन् भने मोशाको व्यवस्थामा मानिसहरूले आफैँलाई पूजाहारीकहाँ प्रस्तुत गर्नुपर्थ्यो ।
यहाँ “आफैँलाई” शब्दले कुष्ठरोगीको छालालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिम्रो छाला देखाऊ”
तपार्इंको भाषामा सम्भव हुन्छ भने “तिनीहरू” सर्वनामलाई नै प्रयोग गर्नु उत्तम हुन्छ । सम्भावित अर्थहरू हुन् १) “पूजाहारीहरूका निम्ति गवाही” वा २) “मानिसहरूलाई गवाही ।”
“त्यो” शब्दले येशूले निको पार्नुभएको मानिसलाई जनाउँछ ।
यहाँ “खबरलाई व्यापक रूपमा फैलाउनु” भनेको अलङ्कार हो जसले थुप्रै ठाउँहरूमा भएका मानिसहरूलाई भएको कुरा बताउने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “येशूले गर्नुभएको कुराको बारेमा धेरै ठाउँहरूमा भएका मानिसहरूलाई बताउन सुरु गर्यो”
त्यस मानिसले यति धेरै खबर फैलायो कि
यो चाहिँ त्यस मानिसले त्यति धेरै त्यो खबर फैलाएको परिणाम थियो । यहाँ “खुल्लमखुल्ला” भनेको “सार्वजनिक रूपमा” भन्ने कुरालाई जनाउने अलङ्कार हो । येशू सहरहरूमा प्रवेश गर्न सक्नुभएन किनभने धेरै मानिसहरू उहाँको वरिपरि भीड लाग्ने थिए । वैकल्पिक अनुवादः “कि येशू अब उप्रान्त कुनै सहरमा सार्वजनिक रूपमा जान सक्नुहुँदैनथ्यो” वा “धेरै मानिसहरूले उहाँलाई देख्ने गरेर येशू अब सहरहरूमा प्रवेश गर्न सक्नुहुँदैनथ्यो”
“निर्जन ठाउँहरू” वा “कोही पनि नबस्ने ठाउँहरू”
“सबैतिर” भन्ने शब्द चाहिँ अतिशयोक्ति हो जुन मानिसहरू कति धेरै ठाउँहरूबाट आए भनी जोड दिनका लागि प्रयोग गरिएको छ । प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “सारा क्षेत्रभरीबाट”
1 केही दिनपछि जब येशू कफर्नहुममा फर्केर आउनुभयो, उहाँ घरमा हुनुहुन्छ भन्ने सुनियो । 2 यति धेरै मानिसहरू भेला भए, कि त्यहाँ ढोकामा समेत पनि कुनै खाली ठाउँ थिएन अनि येशूले तिनीहरूलाई वचन प्रचार गर्नुभयो । 3 केही मानिसहरू उहाँकहाँ आए, जसले एक जना पक्षाघातीलाई ल्याइरहेका थिए; चार जना मानिसले त्यसलाई बोकिरहेका थिए । 4 भिडले गर्दा तिनीहरू उहाँको नजिक जान सकेनन् । तिनीहरूले उहाँ हुनुभएको ठिक माथि छानो हटाए, र तिनीहरूले यसमा प्वाल पारे, अनि तिनीहरूले त्यस पक्षाघाती सुतेको ओछ्यानलाई तल झारे । 5 तिनीहरूको विश्वास देखेर येशूले पक्षाघाती मानिसलाई भन्नुभयो, “छोरो, तिम्रा पापहरू क्षमा भएका छन् ।” 6 तर त्यहाँ बसिरहेका शास्त्रीहरूमध्ये केहीले तिनीहरूका मनमा तर्क वितर्क गरे । 7 “यो मानिसले कसरी यसरी बोल्न सक्छ ? यसले त ईश्वर-निन्दा गर्यो ! परमेश्वरले बाहेक कसले पाप क्षमा गर्न सक्छ ?” 8 तिनीहरूले के सोचिरहेका छन् भन्ने येशूले आफ्नो आत्मामा तुरुन्तै थाहा पाउनुभयो । उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले आफ्नो हृदयमा किन यस्तो विचार गर्छौ ?” 9 पक्षाघाती मानिसलाई के भन्न सजिलो हुन्छ, ‘तिम्रा पापहरू क्षमा भयो’ भन्नु कि ‘उठ र आफ्नो ओछ्यान बोक र हिँड’ भन्नु ?” 10 तर तिमीहरूले यो जान्न सक, कि पृथ्वीमा मानिसका पुत्रसँग पाप क्षमा गर्ने अधिकार छ ।” उहाँले पक्षाघातीलाई भन्नुभयो, 11 “म तिमीलाई भन्दछु, उठ र आफ्नो ओछ्यान बोक र तिम्रो घर जाऊ ।” 12 त्यो मानिस उठ्यो र तुरुन्तै आफ्नो ओछ्यान बोक्यो र सबै मानिसको अगाडिबाट नै घर गयो । त्यसैले, तिनीहरू छक्क परे, र परमेश्वरलाई महिमा दिए, अनि तिनीहरूले भने, “हामीले यस्तो कहिल्यै देखेका थिएनौँ ।” 13 फेरि उहाँ तालको छेउ भएर जानुभयो र सबै भिड उहाँकहाँ आए र उहाँले तिनीहरूलाई सिकाउनुभयो । 14 उहाँ जाँदै गर्नुहुँदा उहाँले अल्फयसका छोरा लेवी कर उठाउने ठाउँमा बसिरहेको देख्नुभयो र उहाँले तिनलाई भन्नुभयो, “मेरो पछि लाग ।” तिनी उठे, र उहाँको पछि लागे । 15 जब येशूले लेवीको घरमा खाना खाँदै हुनुहुन्थ्यो, धेरै पापीहरू, कर उठाउनेहरूले येशू र उहाँका चेलाहरूसँगै खाना खाइरहेका थिए, किनकि त्यहाँ धेरै जना थिए र तिनीहरूले उहाँलाई पछ्याएका थिए । 16 जब शास्त्रीहरू, जो फरिसीहरू थिए, तिनीहरूले येशू पापीहरू र कर उठाउनेहरूसँग खाना खाइरहेको देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने “उहाँले किन पापीहरू र कर उठाउनेहरूसँग खानुहुन्छ ?” 17 जब येशूले यो सुन्नुभयो, उहाँले तिनीहरूलाई भन्नुभयो, “जो मानिस शरीरमा बलियो छ, त्यसलाई वैद्यको आवश्यक पर्दैन; तर बिमारीलाई मात्र वैद्यको आवश्यक पर्छ । म धर्मीहरूलाई बोलाउन आएको होइनँ, तर पापीहरूका लागि आएको हुँ ।” 18 यूहन्नाका चेलाहरू र फरिसीहरू उपवास बसिरहेका थिए । केही मानिसहरू आए र उहाँलाई भने, “यूहन्नाका चेलाहरू र फरिसीका चेलाहरू उपवास बस्छन्, तर तपाईंका चेलाहरू किन उपवास बस्दैनन् ?” 19 येशूले तिनीहरूलाई भन्नुभयो, “के जन्ती दुलहाको साथमा हुँदा विवाहमा आउनेहरू उपवास बस्छन् र ? दुलहा तिनीहरूसँग भएसम्म तिनीहरू उपवास बस्न सक्दैनन् । 20 तर दिन आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, ती दिनमा तिनीहरू उपवास बस्नेछन् । 21 कसैले पनि पुरानो लुगालाई नयाँ कपडाले टाल्दैन, नत्रता त्यो टालेको कपडा यसबाट अर्थात् पुरानोबाट नयाँ च्यातेर जानेछ, अनि उक्त फटाइ झनै नराम्रो हुनेछ । 22 कसैले पनि नयाँ दाखरस पुरानो मशकमा हाल्दैन, नत्रता दाखमद्यले छालालाई फटाउँछ अनि दाखमद्य र मशक दुवै गुम्नेछन् । बरु नयाँ दाखमद्य नयाँ मशकमा हाल ।” 23 शबाथ-दिन येशू अन्नको खेतबाट भएर जानुभयो र उहाँका चेलाहरूले अन्नका बाला टिप्न थाले । 24 अनि फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, तिनीहरूले शबाथ-दिनमा किन अनुचित कुरा गरिरहेका छन् ?” 25 उहाँले तिनीहरूलाई भन्नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू खाँचोमा परेका र भोकाएका बेला तिनीहरूले के गरे भन्ने के तिमीहरूले कहिल्यै पढेका छैनौ ?” 26 अबियाथार प्रधान पुजारी हुँदा तिनी कसरी परमेश्वरको भवनभित्र गए र उपस्थितिको रोटी खाए, जुन पुजारीबाहेक अरू कसैले खानु हुँदैनथ्यो, अनि केही तिनीसँग हुनेहरूलाई पनि दिए ? 27 येशूले भन्नुभयो, “शबाथ मानव-जातिको निम्ति बनाइएको थियो, मानव-जाति शबाथको निम्ति बनाइएको होइन । 28 यसकारण मानिसका पुत्र शबाथको पनि प्रभु हो ।”
जब येशूको समयका मानिसहरूले “पापीहरू”को विषयमा कुरा गरिरहेका थिए, तिनीहरूले ती मानिसहरूको बारेमा कुरा गरिरहेका थिए जसले मोशाको व्यवस्ताको पालना गर्दैनथे र बरु चोर्ने र यौन सम्बन्धीका पापहरू गर्ने गर्थे । जब येशूले उहाँ “पापीहरू”लाई बोलाउन आउनुभयो भनेर भन्नुभयो, उहाँले भन्न खोज्नुभएको कुरा यो हो कि ती मानिसहरू मात्र उहाँका अनुयायीहरू हुन सक्छन् जसले तिनीहरू पापीहरू हुन् भनेर विश्वास गर्छन् । यो कुरा ती मानिसहरूको लागि पनि सत्य हो जसलाई अधिकांश मानिसहरूले “पापीहरू”को रूपमा सोच्दैनन् ।
मानिसहरू तिनीहरू निराश हुँदा वा आफ्ना पापहरूको लागि तिनीहरू क्षमाप्रार्थी थिए भनेर परमेश्वरलाई देखाइरहेको समयमा उपवास बस्थे, वा लामो समयसम्म केही नखाई रहन्थे । जब तिनीहरू खुशी हुन्थे, जस्तो कि विवाहभोजहरूको समयमा, तिनीहरू भोजहरू राख्थे, जहाँ तिनीहरू धेरै खाना खान्थे ।
येशूले भन्नुभएको र गर्नुभएको कुरामा तिनीहरू रिसाएका थिए र तिनीहरूले उहाँ परमेश्वरको पुत्र हुनुहुन्थ्यो भनेर विश्वास गर्दैनथे भनेर देखाउनलाई यहूदी अगुवाहरूले आलङ्कारिक प्रश्नहरूको प्रयोग गरे
गालीलभरि मानिसहरूलाई निको पारेर र प्रचार गरेर येशू कफर्नहुममा फर्कनुहुन्छ जहाँ उहाँले पक्षाघातीको पाप क्षमा गर्नुहुहुन्छ र निको पार्नुहुन्छ ।
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यहाँका मानिहरूले उहाँ उसको घरमा बसिरहनुभएको छ भनी सुने”
“त्यहाँ” भन्ने शब्दले येशू कफर्नहुममा बस्नुभएको घरलाई जनाउँछ । वैकल्पिक अनुवादः “धेरै मानिसहरू त्यहाँ भेला भए” वा “घरमा धेरै मानिसहरू आए”
यसले घरभित्र कुनै ठाउँ नभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यहाँ तिनीहरूका निम्ति कुनै ठाउँ नै थिएन”
“येशूले तिनीहरूलाई उहाँको सन्देश भन्नुभयो”
“तिनीहरूमध्ये चार जनाले त्यसलाई बोकिरहेका थिए ।” त्यो मानिसलाई ल्याउने समूहमा मानिसहरू चार जनाभन्दा पनि धेरै हुन सक्ने सम्भावना छ ।
“हिँड्न नसक्ने वा त्यसको हात नै चलाउन नसक्ने एक जना मानिसलाई ल्याइरहेका थिए”
“येशू हुनुभएको ठाउँको नजिक पुग्न सकेनन्”
येशू बस्नुभएको घरको छानो समतल परको थियो र त्यसलाई टाएलले छाएको थियो । छानोमा प्वाल बनाउने प्रक्रियालाई स्पष्ट रूपमा व्याख्या गर्न सकिन्छ वा तपार्इंको भाषामा बुझियोस् भनेर अझ सामान्य बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले येशू हुनुभएको ठाउँको माथिको छानाको झिंगटीहरू हटाए । अनि जब तिनीहरूले माटोको छानामा प्वाल बनाए, तिनीहरूले तल झारे” वा “तिनीहरूले येशू हुनुभएको माथिको छानोमा प्वाल बनाए र त्यसपछि तिनीहरूले तल झारे”
“मानिसहरूको विश्वास देखेर ।” सम्भावित अर्थहरू हुन् १) पक्षाघाती मानिसलाई बोक्ने मानिसहरूसँग मात्र विश्वास थियो वा २) पक्षाघाती र त्यसलाई बोक्ने मानिसहरू सबैसँग विश्वास थियो ।
“छोरो” शब्दले येशूले त्यो मानिसलाई बाबुले आफ्नो छोरोलाई वास्ता गरेजस्तै वास्ता गर्नुहुने कुरोलाई देखाउँछ । वैकल्पिक अनुवादः “मेरो छोरो”
यदि सम्भव हुन्छ भने यसलाई त्यस्तो तरिकाले अनुवाद गर्नुहोस् कि कसले त्यस मानिसका पापहरू क्षमा गर्छ भन्ने कुरालाई येशूले स्पष्टसँग भन्नुहुँदैन । वैकल्पिक अनुवादः “तिम्रा पापहरू गएका छन्” वा “तिमीले आफ्नो पापको लागि मूल्य तिर्नुपर्दैन” वा “तिम्रा पापहरू तिम्रो विरुद्धमा गनिन्दैनन्”
“तिनहरूका मनमा” मानिसहरूका विचारहरूको प्रतिस्थापकीय पदावली हो । वैकल्पिक अनुवादः “तिनीहरू आफैँसँग विचार गरिरहेका थिए”
येशूले “तिम्रा पापहरू क्षमा भएका छन्” भन्नुभएकोमा तिनीहरूलाई उठेको रीस देखाउनलाई शास्त्रीहरूले यस प्रश्नको प्रयोग गरे । वैकल्पिक अनुवादः “यो मानिसले यसरी बोल्नुहुँदैन !”
किनकि केवल परमेश्वरले मात्र पापहरूको क्षमा गर्न सक्नुहुन्छ, येशूले “तिम्रा पापहरू क्षमा भएका छन्” भन्नुहुँदैन भनेर बताउनलाई शास्त्रीहरूले यस प्रश्नको प्रयोग गरे । वैकल्पिक अनुवादः “परमेश्वरले मात्र पाप क्षमा गर्न सक्नुहुन्छ !”
“उहाँको अन्तर आत्मामा” वा “आफैँमा”
हरेक शास्त्रीले आफ्नै मनमा विचार गरिरहेको थियो; तिनीहरूले एक अर्कामा कुरा गरिरहेका थिएनन् ।
येशूले शास्त्रीहरूलाई तिनीहरूले भनिरहेका कुराहरू गलत छन् भनी बताउनलाई यस प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले सोचिरहेका कुरा गलत छ ।” वा “मैले ईश्वरनिन्दा गरिरहेको छु भनेर नठान ।”
“हृदय” शब्द तिनीहरूका भित्री विचार र इच्छाको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरूको भित्री मनमा” वा “यी कुराहरू”
येशूले साँच्चै पापहरू क्षमा गर्न सक्नुहुन्थ्यो वा हुँदैनथ्यो भनेर के कुराले प्रमाणित गर्न सक्ला भनी शास्त्रीहरूलाई सोच्न लगाउनका लागि उहाँले यो प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “मैले भर्खर पक्षघाती मानिसलाई भनेँ, ‘तिम्रा पापहरू क्षमा भएका छन् ।’ तिमीहरूलाई सोच्न सक्छौ कि यसो भन्नु झन् कठिन छ, ‘उठ, तिम्रो खाट बोक, र हिँड’, किनभने मैले पापहरू क्षमा गर्न सक्छु वा सक्दिन भन्ने कुराको प्रमाणलाई ऊ उठेर हिँड्छ वा हिँड्दैन भन्ने कुराद्वारा देखाइनेछ ।” वा “तिमीहरूले सोच्छौ होला कि पक्षाघाती मानिसलाई ‘उठ, तिम्रो खाट बोक, र हिँड’ भन्नुभन्दा ‘तिम्रा पापहरू क्षमा भएका छन्’ भन्नु सजिलो हुन्छ ।”
“तर ताकि तिमीहरूलाई थाहा हुन सकोस् ।” “तिमीहरू” शब्दले शास्त्रीहरू र भीडलाई जनाउँछ ।
येशूले आफैँलाई “मानिसका पुत्र” को रूपमा जनाउँदै हुनुहुन्छ । वैकल्पिक अनुवादः “कि म मानिसको पुत्र हुँ र मसँग अधिकार छ”
“त्यहाँ भएका सबै मानिसहरूले हेरिरहँदा”
येशूले भीडलाई गालील समुद्र नजिकै सिकाइरहनुभएको छ, अनि उहाँले लेवीलाई उहाँको पछि लाग्न बोलाउनुहुन्छ ।
यो गालीलको समुद्र हो जसलाई गनेसरेतको तालको रूपमा पनि चिनिथ्यो ।
“मानिसहरू उहाँ जहाँ हुनुहुन्थ्यो, त्यहीँ नै गए”
अल्फयस लेवीका बुबा थिए ।
अब दिन ढल्किसकेको छ, र येशू खाना खान लेवीको घरमा हुनुहुन्छ ।
“लेवी बस्ने घर”
ती मानिसहरू जसले मोशाको व्यवस्थाको पालना गर्दैनथे तर अरूहरूले धेरै नराम्रो पापहरू भनी ठानेका कुराहरू गर्थे
सम्भावित अर्थहरू हुन् १) “किनकि त्यहाँ धेरै कर उठाउनेहरू र पापी मानिसहरू थिए जसले येशूलाई पछ्याउँथे” वा २) “किनकि येशूका धेरै चेलाहरू थिए र तिनीहरूले उहाँलाई पछ्याउँथे ।”
शास्त्री र फरिसीहरू येशूको अतिथी सत्कारप्रति असहमत थिए भनी देखाउन तिनीहरूले यो प्रश्न सोधे । यसलाई कथनको रूपमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले पापीहरू र कर उठाउनेहरूसँग खानुहुँदैन !”
येशूले कर उठाउनेहरू र पापी मानिसहरूसँग खानेबारेमा शास्त्रीहरूले भनेका कुराको जवाफ दिनुहुन्छ ।
“उहाँले शास्त्रीहरूलाई भन्नुभयो”
केवल ती मानिसहरूले मात्र तिनीहरूलाई येशूको खाँचो छ भनेर चाल पाउँछन् जसले जान्दछन् कि तिनीहरू पापीहरू हुन् भन्ने कुरा तिनीहरूलाई सिकाउनका लागि येशूले बिरामी मानिसहरू र वैद्यको उखानको प्रयोग गर्नुभयो ।
“स्वस्थ”
येशूले उहाँको शिक्षा सुन्नेहरूले उहाँ सहायता चाहनेहरूका निम्ति आउनुभएको हो भनी बुझेको चाहनुभयो । वैकल्पिक अनुवादः “म ती मानिसहरूको लागि आएँ जसले बुझ्छन् कि तिनीहरू पापपूर्ण छन्, ती मानिसहरूको लागि होइन जसले आफूहरू धर्मी छौँ भनेर विश्वास गर्छन्”
“म ... लाई बोलाउन आएँ” भन्ने शब्दहरूलाई यसभन्दा अगाडिको वाक्यांशबाट बुझिएको छ । वैकल्पिक अनुवादः “तर म त पापी मानिसहरूलाई बोलाउन आएँ”
येशू उहाँका चेलाहरूसँग हुनुहुँदा तिनीहरू किन उपवास बस्नुपर्दैन भनी देखाउन उहाँले दृष्टान्तहरू भन्नुहुन्छ ।
यी दुई वाक्यांशहरूले एउटै समूहका मानिसहरूलाई जनाउँछ, तर दोस्रो चाहिँ बढी तोकेर भनिएको छ । दुवैले फरिसीको दलका पक्षधरहरूलाई जनाउँछन्, तर तिनीहरूले फरिसीहरूका अगुवाहरूमा ध्यान लगाउँदैनन् । वैकल्पिक अनुवादः “फरिसीहरूका चेलाहरू उपवास बसिरहेका थिए ... फरिसीहरूला चेलाहरू”
“केही मानिसहरू ।” यसलाई तिनीहरू को-को थिए भनी निर्दिष्ट नगरी अनुवाद गर्नु नै उत्तम हुन्छ । यदि तपार्इंको भाषामा निर्दिष्ट पार्नुपर्छ भने सम्भावित अर्थहरू हुन् १) यी मानिसहरूमा यूहन्ना वा फरिसीहरूका चेलाहरू पर्दैन थिए वा २) यी मानिसहरू यूहन्नाका चेलाहरूमध्येका थिए ।
“आए र येशूलाई भने”
मानिसहरूलाई पहिले नै थाहा भएको केही कुरा तिनीहरूलाई सम्झाउनलाई र त्यसलाई उहाँमा र उहाँका चेलाहरूमा लागु गर्न तिनीहरूलाई प्रोत्साहन गर्नलाई येशूले यो प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “विवाहमा सहभागी हुनेहरूले दुलहा तिनीहरूको साथमा हुँदा उपवास बस्दैनन् । बरु तिनीहरूले रमाइलो गर्छन् र भोज मनाउँछन् ।”
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “दुलहा जानेछ”
शब्दहरू “तिनीहरूबाट” र “तिनीहरूले”ले दुलहाका जन्तीहरू (साथीहरू) लाई बुझाउँछन् ।
यदि नयाँ कपडा अझ पनि खुम्चेको छैन भने नयाँ कपडाको टालोले पुरानो कपडालाई टाल्दा पुरानो कपडा झनै नराम्रो गरी च्यातिन्छ । अनि नयाँ र पुरानो दुवै कपडा नष्ट हुन्छन् ।
येशूले अर्को दृष्टान्त भन्न थाल्नुहुन्छ । यो चाहिँ नयाँ दाखमद्यलाई नयाँ मशकमा राख्नु भन्दा पुरानो मशकमा राख्ने सम्बन्धी छ ।
“दाख रस ।” यसले नमत्ताएको (नपिराएको) मद्यलाई जनाउँछ । यदि तपार्इंको क्षेत्रमा अङ्गुरबारे जानकारी छैन भने फललाई जनाउने चलनचल्तीको शब्दलाई प्रयोग गर्नुहोस् ।
यसले धेरै पटक प्रयोग गरिसकेको मशकलाई जनाउँछ ।
यो जनावरका छालाहरूबाट बनाइएका झोलाहरू हुन् । यसलाई “दाखमद्य राख्ने झोला” वा “छालाको झोला” पनि भन्न सकिन्छ ।
नयाँ दाखमद्य पिरिँदा (मत्तिँदा) त्यो फैलिन्छ र यसले पुरानो, कमजोर मशकहरूलाई च्यात्छ ।
“बरबाद हुनेछन्”
“ताजा मशकहरू” वा “नयाँ दाखमद्यका झोलाहरू ।” यसले कहिल्यै प्रयोग नगरिएका मशकहरूलाई जनाउँछ ।
येशूले आफ्ना चेलाहरूले विश्रामको दिनमा अन्नको बाला टिप्दा तिनीहरू गलत थिएनन् भनी देखाउन धर्मशास्त्रबाट एउटा उदाहरण भन्नुहुन्छ ।
अरूको खेतको अन्नको बाला टिप्नु र खानुलाई चोरी गरिएको ठानिँदैनथ्यो । प्रश्नचाहिँ यो विश्रामको दिनमा उचित थियो वा थिएन भन्ने थियो । चेलाहरूले अन्नका बालामा भएका बिउ खानलाई ती टिपे । यसलाई पूरा अर्थ देखाउने गरी उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अन्नको बाला टिप्नु र बिउ खानु”
यो गहुँको टुप्पोको भाग हो, जुन अलि अग्लो किसिमको घाँसपात हो । यसमा अन्नको पाकेको दाना वा बिउ हुन्छ ।
चेलाहरूले के गरिरहेका थिए (पद २३) भन्ने बारेमा सोध्नलाई फरिसीहरूले एउटा प्रश्न सोध्छन् ।
अरूको खेतको अन्नको बाला टिप्नु र खानुलाई चोरी गरिएको ठानिँदैनथ्यो (पद २३) । प्रश्नचाहिँ यो विश्रामको दिनमा गर्नु उचित थियो वा थिएन भन्ने थियो ।
फरिसीहरूले येशूलाई दोष लगाउन प्रश्न सोध्छन् । यसलाई कथनको रूपमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हेर्नुहोस् ! तिनीहरूले विश्रामको दिनसम्बन्धी यहूदी नियमहरू तोडिरहेका छन् ।”
“यसलाई हेर्नुहोस्” वा “सुन्नुहोस् ।” यो तिनीहरूलाई कुनै कुरा देखाउन कसैको ध्यान खिँच्नका लागि प्रयोग गरिने शब्द हो । यदि तपार्इंको भाषामा कसैको ध्यान खिँच्नलाई प्रयोग गर्ने त्यस्ता शब्दहरू छन् भने तपार्इंले यहाँ प्रयोग गर्न सक्नुहुनेछ ।
येशूले फरिसीहरूलाई एउटा प्रश्न सोध्नुभएर तिनीहरूलाई हप्काउन थाल्नुहुन्छ ।
“येशूले फरिसीहरूलाई भन्नुभयो”
दाऊदले विश्रामको दिनमा गरेका केही कुरालाई शास्त्रीहरू र फरिसीहरूलाई सम्झना गराउनलाई येशूले यो प्रश्न सोध्नुहुन्छ । प्रश्न धेरै लामो छ, त्यसैले यसलाई दुई वाक्यहरूमा भाग लगाउन सकिन्छ ।
यसलाई एउटा आज्ञाको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “दाऊद र तिनीसँग भएका मानिसहरू खाँचोमा परेका बेला तिनीहरूले के गरे भनेर तिमीले के पढ्यौ, सो याद गर ।”
येशूले दाऊदको बारेमा पुरानो करारमा भएको कुरालाई पढ्ने कुरालाई जनाउनुहुन्छ । अस्पष्ट जानकारी देखाएर पनि यसलाई अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्मशास्त्रमा पढ दाऊदले के गरे”
येशूले पद २५ मा उहाँले सोध्नलाई सुरु गर्नुभएको प्रश्नलाई सिद्ध्याउनुहुन्छ ।
यसलाई पद २५ बाट अलग रहेको एउटा भनाइको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनी परमेश्वरको भवनभित्र पसे ... तिनीहरूसँग भएकाहरूलाई ... ।”
“तिनी”ले दाऊदलाई बुझाउँछ ।
यसले पुरानो करारको समयमा परमेश्वरलाई बलिदानको रूपमा चढाइएको वा पवित्र वासस्थानको सुनको टेबुलमा राखिने बाह्रवटा रोटीलाई जनाउँछ ।
येशूले परमेश्वरले विश्रामको दिन किन स्थापित गर्नुभयो भनी प्रस्ट पार्नुहुन्छ । यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले विश्रामको दिन मानव-जातिको निम्ति बनाउनुभयो”
“मानिस” वा “मानिसहरू” वा “मानिसहरूका खाँचोको निम्ति” । यसले पुरुष र नारी दुवैलाई जनाउँछ ।
“बनाइएको थियो” भन्ने शब्दहरूलाई अगाडिको वाक्यांशबाट बुझिएको छ । तिनीहरूलाई यहाँ दोहोर्याउन सकिन्छ । वैकल्पिक अनुवादः “मानव-जाति विश्रामको दिनको निम्ति बनाइएको थिएन” वा “परमेश्वरले मानिसलाई विश्रामको दिनको निम्ति बनाउनुभएन”
1 उहाँ फेरि सभाघरभित्र जानुभयो, र त्यहाँ एक जना हात सुकेको मानिस थियो । 2 उहाँले त्यसलाई शबाथको दिनमा निको पार्नुहुन्छ, कि भनेर केही मानिसहरूले चेवा गरे, ताकि तिनीहरूले उहाँलाई दोष लगाउन सकून् । 3 येशूले हात सुकेको मानिसलाई भन्नुभयो, “उठ र यहाँ सबैका माझमा खडा होऊ ।” 4 तब उहाँले मानिसहरूलाई भन्नुभयो, “शबाथ-दिनमा असल गर्नु वा हानि गर्नु के उचित हुन्छ; जीवन बचाउनु वा मार्नु के उचित हुन्छ ?” तर उनीहरू चुप लागे । 5 तिनीहरूका कठोर हृदयको कारण दुःखित हुँदै उहाँले रिसाएर वरिपरि तिनीहरूतिर हेर्नुभयो, र उहाँले मानिसहरूलाई भन्नुभयो, “तिम्रो हात पसार ।” त्यसले हात पसार्यो र येशूले त्यसका हातलाई पहिलेको जस्तै बनाइदिनुभयो । 6 तुरुन्तै फरिसीहरू गए र तिनीहरूले उहाँलाई मार्न हेरोदीहरूसँग उहाँको विरुद्धमा षड्यन्त्र रचे । 7 तब येशू उहाँका चेलाहरूसँग समुद्रतिर जानुभयो, अनि जब तिनीहरूले उहाँले गरिरहनुभएका सबै कुरा सुने तब गालील, यहूदिया, 8 यरूशलेम, इदुमिआ, यर्दन पारी, टुरोस र सीदोन वरिपरिबाट आएका मानिसहरूको ठुलो भिड पछि लाग्यो र उहाँकहाँ आयो । 9 भिडको कारण उहाँले आफ्ना चेलाहरूलाई आफ्नो लागि एउटा सानो डुङ्गा तयार गर्न लाउनुभयो, ताकि तिनीहरूले उहाँलाई नकुल्चून् । 10 किनभने उहाँले धेरैलाई निको पार्नुभयो । त्यसैले, कष्टमा परेकाहरू उहाँलाई छुन उत्सुकतासाथ उहाँको नजिक गए । 11 जब अशुद्ध आत्माहरूले उहाँलाई देख्थे उहाँको सामु ढल्थे र चिच्च्याउँथे, अनि तिनीहरूले भन्थे, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ ।” 12 उहाँलाई नचिनाउन उहाँले तिनीहरूलाई कडा आज्ञा दिनुभयो । 13 उहाँ डाँडामाथि जानुभयो, र उहाँले चाहनुभएकाहरूलाई बोलाउनुभयो, अनि तिनीहरू उहाँकहाँ आए । 14 उहाँले बाह्र जनालाई नियुक्त गर्नुभयो, (जसलाई उहाँले प्रेरित नाउँ दिनुभयो), ताकि तिनीहरू उहाँसँग रहन सकून् र उहाँले तिनीहरूलाई प्रचार गर्न पठाउन सक्नुभएको होस्, 15 अनि भूतहरूलाई निकाल्ने अधिकार होस् । 16 अनि उहाँले यी बाह्र जनालाई नियुक्त गर्नुभयोः सिमोन, जसलाई उहाँले पत्रुस नाउँ दिनुभयो; 17 जब्दियाका छोरा याकूब र याकूबका भाइ यूहन्ना, जसलाई उहाँले बोअनर्गेश अर्थात् गर्जनका छोराहरू नाउँ दिनुभयो; 18 अनि अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, थेदियस, सिमोन कनानी, 19 अनि यहूदा इस्करयोत, जसले उहाँलाई धोखा दिने थियो । 20 तब उहाँ घर जानुभयो, र फेरि धेरै भिड जम्मा भए । त्यसकारण, उहाँले खानसम्म पनि पाउनुभएन । 21 जब उहाँको परिवारले यसबारे सुन्यो, तिनीहरू उहाँलाई पक्रन गए, किनकि तिनीहरूले भने, “उहाँको दिमाग बिग्रेको छ ।” 22 यरूशलेमबाट आएका शास्त्रीहरूले भने, “त्यसलाई बालजिबुल लागेको छ” र “त्यसले भूतहरूका शासकद्वारा भूतहरू निकाल्छ ।” 23 येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूलाई दृष्टान्तमा भन्नुभयो, “शैतानले शैतानलाई कसरी निकाल्न सक्छ ?” 24 यदि राज्य आफैँमा विभाजित हुन्छ भने, त्यो राज्य टिक्न सक्दैन । 25 यदि घर आफैँमा विभाजित हुन्छ भने, त्यो घर टिक्न सक्दैन । 26 यदि शैतान आफ्नै विरुद्धमा खडा भएको छ भने त्यो टिक्न सक्दैन, तर त्यसको अन्त आएको हुन्छ । 27 तर कसैले पनि पहिले बलियो मानिसलाई नबाँधीकन त्यसको घरमा पस्न र त्यसका सम्पत्ति चोर्न सक्दैन, त्यसपछि त्यसले त्यसको घर लुट्नेछ । 28 म तिमीहरूलाई साँचो साँचो भन्दछु, कि मानिसहरूका सन्तानहरूका सबै पाप क्षमा गरिनेछन्, तिनीहरूले गरेका सबै ईश्वर-निन्दा पनि क्षमा गरिनेछन्, 29 तर पवित्र आत्माको विरुद्धमा गरिने ईश्वर-निन्दा कहिल्यै क्षमा हुनेछैन, तर त्यो अनन्त पापको दोषी हुन्छ । 30 येशूले यसो भन्नुभयो, किनकि तिनीहरूले यसो भनिरहेका थिए, “त्योसँग अशुद्ध आत्मा छ ।” 31 उहाँकी आमा र उहाँका भाइहरू आए र बाहिर उभिए अनि उहाँलाई बोलाउन पठाए । 32 एउटा भिड उहाँको वरिपरि बस्यो, र तिनीहरूले उहाँलाई भने, “तपाईंका आमा र भाइहरू बाहिर छन्, अनि उहाँहरूले तपाईंलाई खोजिरहेका छन् ।” 33 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “मेरा आमा र भाइहरू को हुन् ?” 34 उहाँले उहाँका वरिपरि गोलाकारमा बसिरहेकाहरूलाई हेर्नुभयो र भन्नुभयो, “हेर, मेरी आमा र मेरा भाइहरू यहाँ छन् !” 35 जसले परमेश्वरको इच्छालाई पालन गर्छ, तिनीहरू नै मेरा भाइहरू र बहिनीहरू र मेरी आमा हुन् ।”
विश्रामको दिनमा काम गर्नु चाहिँ मोशाको व्यवस्थाको विरुद्धमा थियो । फरिसीहरूले विश्वास गर्थे कि कुनै बिरामी व्यक्तिलाई विश्रामको दिनमा चङ्गाइ गर्नु भनेको “काम” थियो, त्यसैले येशूले विश्रामको दिनमा एकजना व्यक्तिलाई निको पार्नुहुँदा तिनीहरूले उहाँले गल्ती गर्नुभयो भनी भने ।
यो पाप गर्दा मानिसहरूले कस्ता किसिमका कामहरू गर्छन् वा कस्ता वचनहरू भन्छन् भनेर कसैले पनि पक्का गरी जान्दैन । यद्यपि, तिनीहरूले त्यसो गर्दा सम्भवतः पवित्र आत्मा र उहाँको कामलाई अपमान गर्छन् । पवित्र आत्माको कामको एउटा भाग भनेको मानिसहरूलाई तिनीहरू पापीहरू हुन् र परमेश्वरले तिनीहरूलाई क्षमा गर्न आवश्यक छ भनेर बुझ्ने बनाउनु हो । त्यसैकारण, कोही व्यक्ति जसले पाप गर्नलाई छोड्ने कोसिस गर्दैन उसले सम्भवतः आत्माको विरुद्धमा ईश्वरनिन्दा गरिरहेको छ । अनि )
बाह्र चेलाहरूको सूची निम्नानुसार छः
मत्तीमाः
सिमोन (पत्रुस), अन्द्रियास, जब्दियाका छोरा याकूब, जब्दियाका छोरा यूहन्ना, फिलिप, बारथोलोमाइ, थोमा, मत्ती, अल्फयसका छोरा याकूब, थेदियस, सिमोन उग्रपन्थी र यहूदा इस्करियोत ।
मर्कुसमाः
सिमोन (पत्रुस), अन्द्रियास, जब्दियाका छोरा याकूब र जब्दियाका छोरा यूहन्ना (जसलाई उहाँले बोअनर्गेस नाम दिनुभयो, जसको अर्थ हो , गर्जनका पुत्रहरू), फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, थेदियस, सिमोन उग्रपन्थी, र यहूदा इस्करियोत ।
लूकामाः
सिमोन (पत्रुस), अन्द्रियास, याकूब, यूहन्ना, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, सिमोन (जसलाई उग्रपन्थी भनिन्थ्यो), याकूबका छोरा यहूदा, र यहूदा इस्करियोत ।
सम्भवतः थेदियस र याकूबका छोरा, यहूदा एउटै व्यक्ति हुन् ।
अधिकांश मानिसहरूले एउटै बाबुआमा हुनेहरूलाई “दाजुभाइ” र “दिदीबहिनी” भन्छन् र तिनीहरूका जीवनमा भएका सबैभन्दा महत्त्वपूर्ण मानिसहरूको रूपमा विचार गर्छन् । धैरै मानिसहरूले एउटै हजुरबुबा वा हजुरआमा हुनेहरूलाई पनि “दाजुभाइ” र “दिदीबहिनी” भन्छन् । यस अध्यायमा येशूले उहाँको लागि सबैभन्दा महत्त्वपूर्ण मानिसहरू भनेको परमेश्वरको आज्ञापालन गर्नेहरू हुन् भनेर भन्नुहुन्छ ।
येशूले विश्रामको दिनमा एक जना मानिसलाई सभाघरमा निको पार्नुहुन्छ र फरिसीहरूले विश्रामको दिनका नियमहरूबारे गरेका कुराको विषयमा उहाँलाई कस्तो लाग्छ भनी देखाउनुहुन्छ । फरिसीहरू र हेरोदीहरूले येशूलाई मार्ने योजना बनाउन थाल्छन् ।
“हातमा अपाङ्गता भएको एक जना मानिस”
“केही मानिसहरूले येशूले त्यस हात सुकेको मानिसलाई निको पार्नुहुने थियो कि भनी उहाँलाई नियालेर हेरे”
“फरिसीहरूमध्ये केहीले ।” पछि ३:६(./05.md) मा यिनीहरू फरिसीहरू हुन् भन्ने पहिचान गरिन्छ ।
यदि येशूले त्यस मानिसलाई त्यो दिन निको पार्नुभएको भए, फरिसीहरूले उहाँलाई विश्रामको दिनमा काम गरेर व्यवस्था तोडेको दोष लगाउने थिए । वैकल्पिक अनुवादः “ताकि तिनीहरूले उहाँले गलत गर्नुभएकोमा दोष लगाउन सकून्” वा “ताकि तिनीहरूले उहाँलाई व्यवस्था तोडेको दोष लगाउन सकून्”
“यो भीडको माझमा”
येशूले यो तिनीहरूलाई चुनौती दिन भन्नुभयो । मानिसहरूलाई विश्रामको दिनमा निको पार्नु उचित छ भनेर तिनीहरूले स्वीकार गरेको उहाँ चाहनुहुन्थ्यो ।
यी दुई वाक्यांशहरूमा दोस्रो चाहिँ बढी चरम भनाइ भएको हुनुभन्दा बाहेक दुवैको समान किसिमको अर्थ हुन्छ ।
यो येशूले अर्को प्रकारले फेरि सोध्नुभएको प्रश्न भएको हुनाले “के उचित छ” भन्ने वाक्यांशलाई दोहोर्याउनु उचित हुन सक्छ । वैकल्पिक अनुवादः “जीवन बचाउन वा मार्न उचित हुन्छ”
यसले शारीरिक जीवनलाई बुझाउँछ र यो व्यक्तिको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “कसैलाई मर्नबाट” वा “कसैको जीवन”
“तर तिनीहरूले उहाँलाई जवाफ दिन इन्कार गरे”
“येशूले यताउता हेर्नुभयो”
“ज्यादै उदास हुनुभयो”
फरिसीहरू त्यो सुकेको हात भएको मानिसमाथि दया गर्न कति अनिच्छुक थिए भनी यो उपमाले बताउँछ । वैकल्पिक अनुवादः “किनभने तिनीहरू त्यो मानिसलाई दया देखाउन अनिच्छुक थिए”
“तिम्रो हात लम्काऊ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले त्यसका हात निको पार्नुभयो” वा “येशूले त्यसका हात पहिले जस्तो थियो, त्यस्तै बनाइदिनुभयो”
“एउटा योजना बनाउन थाले”
यो हेरोद एन्टिपासलाई समर्थन गर्ने अनौपचारिक राजनीतिक पार्टी हो ।
“तिनीहरूले येशूलाई कसरी मारौँ भनी”
ठूलो भीडले येशूलाई पछ्याउँछ, र उहाँले धेरै मानिसहरूलाई निको पार्नुहुन्छ ।
यसले गालील समुद्रलाई जनाउँछ ।
यसलाई पहिले एदोम भनेर चिनिन्थ्यो जसले यहूदिया प्रान्तको दक्षिणपट्टिको आधा भागलाई ओगटेको थियो ।
यसले येशूले गरिरहनुभएका आश्चर्यकर्महरूलाई बुझाउँछ । वैकल्पिक अनुवादः “येशूले गरिरहनुभएका महान् आश्चर्यकर्महरू”
“येशू हुनुभएको ठाउँमा आयो”
येशूको वरिपरि भएको ठूलो भीडको कारण उहाँले आफ्ना चेलाहरूलाई के गर्नलाई भन्नुभयो भनेर पद ९ ले बताउँछ । त्यति ठूलो भीड येशूको वरिपरि किन थियो भनेर पद १० ले बताउँछ । घटनाहरूलाई तिनीहरू घटेकै क्रममा प्रस्तुत गर्नलाई यी पदहरूमा भएको जानकारीलाई पुनः क्रम मिलाएर राख्न सकिन्छ, जसरी यूएसटीमा गरिएको छ ।
किनभने भीडले येशूतर्फ अगाडि ठेलिरहेको थियो, उहाँ तिनीहरूद्वारा कुल्चिइने खतरामा हुनुहुन्थ्यो । तिनीहरूले उहाँलाई जानाजान कुल्चिने थिएनन् । त्यहाँ यति धेरै मानिसहरू भएकोले गर्दा मात्र हो ।
त्यति धेरै मानिसहरू येशूको वरिपरि किन भीड लागिरहेका थिए भनेर यसले बताउँछ, मानिसहरू यति धेरै थिए कि तिनीहरूले उहाँलाई कुल्चीमिल्ची गर्न सक्थे जस्तो भयो । वैकल्पिक अनुवादः “तर, किनभने येशूले धैरै मानिसहरूलाई निको पार्नुभएको थियो, सबैजनाले ... उहाँलाई छुन”
“धेरै”ले येशूले पहिले नै निको पार्नुभएका धेरै मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “किनभने उहाँले धैरै मानिसहरूलाई निको पार्नुभएको थियो”
तिनीहरूले यसो गरे किनभने तिनीहरूले विश्वास गरे कि येशूलाई छुनाले तिनीहरूलाई राम्रो बनाउनेछ । यसलाई प्रस्ट हुने गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबै बिरामी मानिसहरू उहाँलाई छुन उत्सुकतासाथ अगाडि बढे ताकि तिनीहरू निको हुन सकून्”
“येशूलाई देखे”
यहाँ “तिनीहरू”ले अशुद्ध आत्माहरूलाई जनाउँछ । यी तिनीहरू हुन् जसले तिनीहरूले अधीन गरेका मानिसहरूलाई ती सब गर्न लगाइरहेका थिए । यसलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूको वशमा भएका मानिसहरूलाई तिनीहरूले उहाँको सामु लडाउने र उहाँसँग कराउने बनाइरहेका थिए”
अशुद्ध आत्माहरूले येशूलाई प्रेम गरेका वा आराधना गर्न चाहेका हुनाले उहाँको सामु घोप्टो परेका होइनन् । तिनीहरू उहाँसँग डराएका हुनाले उहाँको सामु घोप्टो परे ।
येशू “परमेश्वरका पुत्र” हुनुभएको हुनाले उहाँसँग अशुद्ध आत्माहरूमाथि शक्ति थियो ।
यो येशूको निम्ति महत्त्वपूर्ण पदवी हो ।
“येशूले अशुद्ध आत्माहरूलाई कडा आज्ञा गर्नुभयो”
“उहाँ को हुनुहुन्थ्यो भनी प्रकट नगर्न”
येशूले आफ्ना चेलाहरू बनाउन इच्छा गर्नुभएका मानिसहरूलाई चुन्नुहुन्छ ।
“ताकि तिनीहरू उहाँसँग रहन्थे र उहाँले तिनीहरूलाई सन्देश प्रचार गर्न पठाउन सक्नुहुन्थ्यो”
लेखकले बाह्र जना प्रेरितका नाउँहरूका सूची दिन थाल्छन् । सिमोन त्यस सूचीमा पहिलो छन् ।
शब्द “जसलाई”ले जब्दियाका छोरा याकूब र तिनका भाइ यूहन्ना दुवैलाई बुझाउँछ ।
येशूले तिनीहरूलाई यसो भनेर बोलाउनुभयो किनभने तिनीहरू गर्जनहरू जस्तै थिए । वैकल्पिक अनुवादः “बोअनर्गेस नाउँ, जसको अर्थ गर्जन जस्तै देखिने मानिसहरू भन्ने हुन्छ” वा “बोअनर्गेस नाउँ, जसको अर्थ गर्जनका मानिसहरू भन्ने हुन्छ”
यो मानिसको नाउँ हो ।
“जसले येशूलाई धोका दिने थियो” “जसले येशूलाई धोका दिने थियो” शब्द “जसले”ले यहूदा इस्करियोतलाई जनाउँछ ।
“त्यसपछि येशू उहाँ बसिरहनुभएको घरमा जानुभयो”
“रोटी”ले खानालाई जनाउँछ । वैकल्पिक अनुवादः “येशू र उहाँका चेलाहरूले खान पनि सक्नुभएन” वा “उहाँहरूले केही पनि खान सक्नुभएन”
उहाँका परिवारका सदस्यहरू घर भित्र गए, ताकि तिनीहरूले उहाँलाई पक्रन सकून र तिनीहरूसँग घर जान कर लाउन सकून् ।
“तिनीहरू”को सम्भावित अर्थहरू हुन् १) उहाँका आफन्तहरू वा २) भीडका केही मानिसहरू ।
येशूको परिवारले उहाँले गरिरहनुभएका कामहरूको बारेमा तिनीहरूले के सोचिरहेका छन् भनी बुझाउन यो टुक्का प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “पागल” वा “होस नभएको”
“भूतहरूका शासक बालजिबुलद्वारा नै येशूले भूतहरू निकाल्नुहुन्छ”
येशू शैतानको वशमा चल्नुहुन्छ भनेर मानिसहरूले सोच्नु किन मूर्ख छ भनी येशूले दृष्टान्तद्वारा व्याख्या गर्नुहुन्छ ।
“येशूले मानिसहरूलाई उहाँकहाँ आउनलाई बोलाउनुभयो”
येशूले बालजिबुलद्वारा भूतहरू निकाल्नुभयो भन्ने कुराको फरिसीहरूलाई जवाफमा उहाँले यो आलङ्कारिक प्रश्न सोध्नुभयो । यो प्रश्नलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “शैतानले आफैँलाई निकाल्न सक्दैन !” वा “शैतान आफ्नै दुष्ट आत्माहरूको विरुद्धमा जाँदैन !”
“राज्य” शब्द राज्यमा बस्ने मानिसहरूको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “यदि राज्यमा बस्ने मानिसहरू एक आपसमा विभाजित हुन्छन् भने”
यसको अर्थ हुन्छ कि मानिसहरू एकीकृत हुनेछैनन् र तिनीहरूको पतन हुनेछ । वैकल्पिक अनुवादः “रहन सक्दैन” वा “पतन हुनेछ”
यो घरमा बस्ने मानिसहरूका निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “परिवार” वा “घराना”
“आफ्नै” निजवाचक सर्वनाम हो जसले शैतानलाई जनाउँछ, र यो त्यसको दुष्ट आत्माहरूको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “यदि शैतान र त्यसका दुष्ट आत्माहरू एक आपसमा लड्छन् भने” वा “यदि शैतान र त्यसका दुष्ट आत्माहरू एक आपसमा खडा हुन्छन् र विभाजित हुन्छन् भने”
यो रूपक हो जसको अर्थ ऊ लड्नेछ र रहन सक्दैन भन्ने हुन्छ । वैकल्पिक अनुवादः “एकीकृत हुन छोड्नेछन्” वा “रहन सक्दैन र अन्त आएको छ” वा “पतन हुनेछ र अन्त आएको छ”
एउटा व्यक्तिको मूल्यवान् कुरा र धन चोर्नु
यसले यसपछि भनिएको भनाइ खासगरी सत्य र महत्त्वपूर्ण छ भनेर सङ्केत गर्छ ।
“जो मानिसबाट जन्मेकाहरू हुन्” यो अभिव्यक्ति मानिसहरूको मानवतालाई जोड दिन प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “मानिसहरू”
बोल्नु
“मानिसहरूले भनिरहेका थिए”
यो अशुद्ध आत्मा लागेको छ भनी बुझाउने टुक्का हो । वैकल्पिक अनुवादः “अशुद्ध आत्मा लागेको छ”
“तब येशूका आमा र भाइहरू आए”
“तिनीहरू बाहिर छन् भनी उहाँलाई बताउन र उहाँलाई तिनीहरूकहाँ आउन लगाउन कसैलाई भित्र पठाए”
“तपार्इंलाई सोधिरहेका छन्”
येशूले मानिसहरूलाई सिकाउनका लागि यस प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “मेरा आमा र भाइहरू वास्तवमा को हुन् भनेर म तिमीहरूलाई भन्नेछु”
“तिनीहरू जसले ... गर्छन् ... तिनीहरू ... हुन्”
यो एउटा अलङ्कार हो जसको अर्थ येशूका चेलाहरू येशूको आत्मिक परिवारका हुन् भन्ने हुन्छ । यो उहाँको शारीरिक परिवारको हुनुभन्दा बढी महत्त्वपूर्ण छ । वैकल्पिक अनुवादः “त्यो व्यक्ति मेरो लागि भाइ, बहिनी, वा आमा जस्तै हो”
1 फेरि उहाँले समुद्रको छेउमा सिकाउन थाल्नुभयो । अनि धेरै ठुलो भिड उहाँको वरिपरि भेला भयो । त्यसैले, उहाँ समुद्रमा भएको एउटा डुङ्गामा चढ्नुभयो र बस्नुभयो । सबै भिड समुद्र किनारको छेउमा थिए । 2 उहाँले तिनीहरूलाई धेरै कुरा दृष्टान्तमा सिकाउनुभयो र सिकाउँदै गर्दा उहाँले तिनीहरूलाई भन्नुभयो, 3 “सुन, बिउ छर्ने बिउ छर्न निस्क्यो । 4 त्यसले बिउ छर्दा केही बिउ बाटोमा परे र चराहरू आएर ती बिउहरू खाइदिए । 5 अरू बिउहरूचाहिँ त्यति माटो नभएको ढुङ्गेनी जमिनमा परे । तिनीहरू तुरुन्तै उम्रिए, किनभने त्यहाँ माटो गहिरो थिएन । 6 तर जब घाम लाग्यो, तिनीहरू ओइलाए, अनि तिनीहरूको जरा नभएकोले र ती सुकिहाले । 7 अरू बिउहरू काँढाका झाङहरूमा परे । काँढाका झाङहरू बढे, र ती निसासिए, अनि तिनीहरूले कुनै फल फलाएनन् । 8 अरू बिउहरू असल जमिनमा परे, र यो बढ्दै र हुर्कंदै गर्दा फल फलाए, केहीले तिस गुणा, साठी गुणा र सय गुणाभन्दा बढी फल फलाए ।” 9 अनि उहाँले भन्नुभयो, “जसको सुन्ने कान छ, त्यसले सुनोस् ।” 10 येशू एकलै हुनुहुँदा उहाँका नजिकका मानिसहरू र बाह्र जना चेलाले उक्त दृष्टान्तको बारेमा उहाँसँग सोधे । 11 उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूलाई परमेश्वरको राज्यको रहस्य दिइएको छ । तर बाहिरकाहरूलाई हरेक कुरा दृष्टान्तहरूमा दिइएको छ । 12 त्यसैले, जब तिनीहरूले हेर्छन्, हो, तिनीहरूले हेर्छन्, तर देख्दैनन्, र जब तिनीहरूले सुन्छन्, हो, तिनीहरूले सुन्छन्, तर बुझ्दैनन्, नत्रता तिनीहरू फर्कन्थे र परमेश्वरले तिनीहरूलाई क्षमा गर्नुहुने थियो ।” 13 अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले यो दृष्टान्त बुझ्दैनौ ? त्यसो भए, तिमीहरूले अरू दृष्टान्तहरू कसरी बुझ्नेछौ ?” 14 बिउ छर्नेले वचन छर्छ । 15 वचन छर्दा बाटोतिर परेका केही बिउ यी नै हुन् । जब तिनीहरूले वचन सुन्छन्, र तुरुन्तै शैतान आउँछ र तिनीहरूमा छरिएका वचन खोसेर लैजान्छ । 16 ढुङ्गेनी जमिनमा छरिएका केही बिउचाहिँ यी नै हुन्, जब तिनीहरूले वचन सुन्छन्, तिनीहरूले यसलाई तुरुन्तै आनन्दसाथ ग्रहण गर्छन् । 17 तिनीहरूको आफ्नो कुनै जरा हुँदैन, तर केही समयसम्म मात्र टिक्छन् । वचनको कारणले सङ्कष्ट वा सतावट आउँदा तिनीहरूले तुरुन्तै ठेस खान्छन् । 18 अरूहरूचाहिँ ती हुन्, जो काँढाका झाङहरूका माझमा छरिएका छन् । तिनीहरूले वचन सुन्छन्, 19 तर संसारको फिक्री, धन-सम्पत्तिको छल र अन्य कुराहरूको लालसा प्रवेश गर्छन् जसले वचनलाई निसासिदिन्छन् र यो फलदायी हुँदैन । 20 असल जमिनमा छरिएका बिउहरूचाहिँ ती नै हुन् । तिनीहरूले वचन सुन्छन्; यसलाई ग्रहण गर्छन् अनि केहीले तिस गुणा, केहीले साठी गुणा र केहीले सय गुणा फल फलाउँछन् ।” 21 येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले बत्तीलाई पाथीमुनि अथवा खाटमुनि राख्न घरभित्र ल्याउँछौ ? तिमीहरूले यसलाई ल्याउँछौ र सामदानमाथि राख्छौ । 22 किनभने प्रकट नहुने गरी कुनै पनि कुरा लुकाइएको छैन, र खुलस्त नै नहुने कुनै पनि गुप्त कुरा छैन । 23 यदि कसैको सुन्ने कान छ भने, त्यसले सुनोस् ।” 24 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले जे सुन्छौ, किनभने त्यसमा ध्यान देओ, किनभने जुन नापले तिमीहरू नाप्छौ, त्यही नापले तिमीहरूलाई पनि नापिनेछ (मापन गरिनेछ), र यो तिमीहरूलाई थपिनेछ । 25 किनभने जोसँग छ, त्यसलाई अझ बढ्ता गरी दिइनेछ र जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ ।” 26 येशूले भन्नुभयो, “परमेश्वरको राज्य जमिनमा बिउ छर्ने मानिसजस्तो हो । 27 ऊ रातमा सुत्छ अनि दिन भएपछि उठ्छ, अनि कसरी भयो भन्ने उसले नजाने पनि बिउ उम्रन्छ र बढ्छ । 28 जमिन आफैँले अन्न (फल) फलाउँछः पहिला टुसा पलाउँछ, त्यसपछि बाला लाग्छ अनि बालामा अन्न पाक्छ । 29 जब अन्न पाक्छ, तुरुन्तै उसले त्यसलाई हँसियाले काट्छ, किनभने कटनीको समय आएको छ ।” 30 उहाँले भन्नुभयो, “हामीले परमेश्वरको राज्यलाई केसँग तुलना गर्ने अथवा यसलाई व्याख्या गर्न कुन दृष्टान्त प्रयोग गर्न सकिन्छ ? 31 यो रायोको (तोरीको) बिउजस्तो हो । यसलाई छर्दा पृथ्वीका बिउहरूमध्ये यो सबैभन्दा सानो हुन्छ । 32 तैपनि यसलाई छरेपछि यो बढ्छ र बगैँचाका सबै बिरुवाभन्दा ठुलो हुन्छ । यसमा ठुला हाँगाहरू पलाउँछ, ताकि आकाशमा उड्ने चराहरूले त्यसको छहारीमा गुँड बनाउन सकून् । 33 यस्ता धेरै दृष्टान्तद्वारा तिनीहरूले बुझ्न सक्नेसम्म उहाँले तिनीहरूलाई वचन सुनाउनुभयो । 34 अनि उहाँले दृष्टान्तविना केही बताउनुभएन । तर उहाँ गुप्तमा हुनुहुँदा उहाँले आफ्ना चेलाहरूलाई सबै कुरा व्याख्या गरिदिनुभयो । 35 त्यो दिन जब साँझ पर्यो, उहाँले तिनीहरूलाई भन्नुभयो, “तालको पारिपट्टि जाऔँ ।” 36 त्यसैले, तिनीहरूले येशूलाई साथैमा लिएर त्यो भिडलाई छोडी राखेर गए, किनकि उहाँ पहिले नै डुङ्गामा हुनुहुन्थ्यो । उहाँसँग अरू डुङ्गाहरू पनि साथमा थिए । 37 त्यहाँ भयङ्कर आँधी चल्न थाल्यो र छालहरू डुङ्गामा पस्न लागे, अनि डुङ्गा पानीले भरिन लाग्यो । 38 तर येशू डुङ्गाको पछिल्लो भागमा सिरानी लगाएर मस्त निदाउनुभएको थियो । तिनीहरूले भने, “गुरुज्यू, हामी मर्न लागिसक्दा पनि तपाईंलाई वास्ता छैन ?” 39 अनि उहाँ ब्युँझनुभयो र बतासलाई हप्काउनुभयो अनि समुद्रलाई भन्नुभयो, “शान्त हो र रोकिजा ।” अनि बतास चल्न रोकियो र त्यहाँ सन्नाटा छायो । 40 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन डराएको ? के तिमीहरूसँग अझै विश्वास छैन ?” 41 तिनीहरू साह्रै डराए र एकले अर्कालाई भने, “यिनी को हुन्, किनभने बतास र समुद्रले पनि यिनले भनेको मान्छन् ?”
मर्कुस ४:३-१० ले एउटा दृष्टान्तको निर्माण गर्छ । यस दृष्टान्तलाई ४:१४-२३ मा व्याख्या गरिएको छ ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले ४:१२ मा भएको कवितासँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
दृष्टान्तहरू भनेका छोटा कथाहरू थिए जुन येशूले भन्नुभयो ताकि उहाँले तिनीहरूलाई सिकाउन कोसिस गरिरहनुभएको पाठलाई मानिसहरूले सजिलैसँग बुझून् । उहाँलाई विश्वास गर्न नचाहनेहरूले सत्यतालाई नबुझून् भनेर पनि उहाँले ती कथाहरू भन्नुभयो ।
येशूले समुद्र किनारमा डुङ्गाबाट सिकाउनुहुँदा उहाँले तिनीहरूलाई बिउ छर्नेको दृष्टान्त भन्नुभयो ।
यो गालीलको समुद्र हो ।
“ध्यान देओ ! एउटा किसान”
किसानले छरेका सबै बिउहरूलाई यहाँ तिनीहरू एउटै बिउ भए झैँ गरेर बताइएको छ । “उसका बिउहरू”
“उसले जमिनमा बिउ छर्दा ।” विभिन्न ठाउँका मानिसहरूले बिउ विभिन्न तरिकाले छर्छन् । यस दृष्टान्तमा बिउलाई उमार्नलाई तयार पारिएको जमिनमाथि फ्याँकेर छरिएको छ ।
किसानले छरेका सबै बिउहरूलाई यहाँ तिनीहरू एउटै बिउ भए झैँ गरेर बताइएको छ । “केही बिउहरू ... तिनीहरूलाई नष्ट गरे”
किसानले छरेका सबै बिउहरूलाई यहाँ तिनीहरू एउटै बिउ भए झैँ गरेर बताइएको छ । “अन्य बिउहरू ... तिनीहरूको ... थिएन ... तिनीहरू उम्रे ... तिनीहरूको ... थिएन”
“ढुङ्गेनी जमिनमा परेको बिउ छिट्टै बढ्न थाल्यो”
यसले तपार्इंले बिउ रोप्नसक्ने खुकुलो जमिनमाथिको धूलोलाई जनाउँछ ।
यसले कलिलो बिरुवाहरूलाई जनाउँछ । यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसले कलिलो बिरुवाहरूलाई डढायो”
“कलिलो बिरुवाहरूको जरा नभएको हुनाले तिनीहरू सुकिहाले”
किसानले छरेका सबै बिउहरूलाई यहाँ तिनीहरू एउटै बिउ भए झैँ गरेर बताइएको छ । तपाईंले यसलाई मर्कुस ४:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । “अन्य बिउहरू ... तिनीहरूलाई निसासिदियो ... तिनीहरूले ... फलाएनन्”
एउटा बिरुवाले उत्पादन गरेको अन्नलाई जुन बिउबाट त्यो उम्रेको थियो त्यससँग तुलना गरिएको छ । वाक्यांशलाई छोटो पार्न यहाँ उत्सर्गको प्रयोग गरिएको छ तर तिनीहरूलाई लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “केही बिरुवाहरूले त्यो मानिसले छरेको बिउ भन्दा तीस गुणा बढी फलाए, केहीले साठी गुणा बढी फल फलाए, र केहीले सय गुणा बढी फल फलाए”
“३० ... ६० ... १०० ।” यिनीहरूलाई अङ्कमा लेख्न सकिन्छ ।
येशूले जोड दिइरहनुभएको छ कि उहाँले भर्खर भन्नुभएको कुरा महत्त्वपूर्ण छ र त्यसलाई बुझ्न र अभ्यासमा ल्याउनलाई केही प्रयत्न गर्नुपर्ने हुन सक्छ । यहाँ “कान छ” भन्ने वाक्यांश प्रतिस्थापन शब्द हो जसले बुझ्न र आज्ञापालन गर्नलाई भएको तत्परतालाई जनाउँछ । वैकल्पिक अनुवादः “जसले सुन्न इच्छा गरिरहेको छ, सुनोस्” वा “जसले बुझ्न इच्छा गरिरहेको छ, उसले बुझोस् र आज्ञापालन गरोस्”
किनकि येशू उहाँलाई सुनेर बसेका मानिसहरूसँग प्रत्यक्ष रूपमा कुरा गरिरहनुभएको छ, यहाँ द्वितीय पुरुषको प्रयोग गर्न तपाईंलाई इच्छा हुन सक्छ । वैकल्पिक अनुवादः “यदि तिमीहरू सुन्न इच्छा गरिरहेका छौ भने, सुन” वा “यदि तिमीहरूले बुझ्न इच्छा गरिरहेका छौ भने, तब बुझ र आज्ञापालन गर”
यसको अर्थ येशू मात्रै हुनुहुँदा भन्ने होइन; बरु भीड गइसकेको थियो अनि येशू बाह्र जना र उहाँका केही नजिकका अनुयायीहरू सँग मात्रै हुनुहुन्थ्यो भन्ने हुन्छ ।
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । “परमेश्वरले तिमीहरूलाई दिनुभएको छ” वा “मैले तिमीहरूलाई दिएको छु”
“तर तिनीहरूलाई जो तिमीहरूका माझमा छैनन् ।” यसले अरू सबै मानिसहरूलाई जनाउँछ, जो बाह्र जनामध्येका वा येशूका अन्य नजिकका अनुयायीहरूमध्येका थिएनन् ।
येशूले मानिसहरूलाई दृष्टान्त दिनुहुन्छ भनी उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले सबै कुराहरू दृष्टान्तमा बोलेको छु”
येशूले उहाँले तिनीहरूलाई देखाउनुभएको कुरा हेर्ने र उहाँले तिनीहरूलाई बताउनुभएको कुरा सुन्ने मानिसहरूको बारेमा बोलिरहनुभएको ठानिएको छ । वैकल्पिक अनुवादः “जब तिनीहरूले मैले के गरिरहेको छु देख्छन् ... जब तिनीहरूले मैले के भनिरहेको छु सुन्छन्”
येशूले तिनीहरूले हेरेका कुराहरूलाई बुझ्नुलाई देख्नुको रूपमा बताउनुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले हेर्छन् तर बुझ्दैनन्”
“परमेश्वरतर्फ फर्क ।” यहाँ “फर्कनु” भनेको “पश्चात्ताप गर्ने” कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिनीहरूले पश्चात्ताप गर्ने थिए”
येशूले आफ्ना चेलाहरूलाई जमिनको दृष्टान्तको व्याख्या गर्नुहुन्छ र लुकेका कुराहरू प्रकट गरिनेछ भन्ने देखाउन बत्तीको प्रयोग गर्नेबारे बताउनुहुन्छ ।
“अनि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो”
येशूका चेलाहरूले उहाँको दृष्टान्त बुझ्न नसकेकोमा उहाँ कति निराश हुनुहुन्थ्यो भनेर देखाउनलाई उहाँले यी प्रश्नहरूको प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “तिमीहरूले यो दृष्टान्त बुझ्न सक्दैनौ भने, तिमीहरूलाई अरू सबै दृष्टान्तहरू बुझ्न कति कठिन हुनेछ भन्ने बारेमा सोच”
“आफ्नो बिउ छर्ने किसानले जनाउँछ”
“वचन”ले परमेश्वरको सन्देशलाई प्रतिनिधित्व गर्छ । सन्देशलाई छर्नुले त्यो कुरा सिकाउने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “त्यो व्यक्ति जसले मानिसहरूलाई परमेश्वरको सन्देश सिकाउँछ”
“केही मानिसहरू बाटोका किनाराहरूमा परेका बिउहरूजस्तै हुन्छन्” वा “केही मानिसहरू बाटोजस्ता छन् जहाँ केही बिउहरू परे”
“मार्ग”
यहाँ “यसलाई”ले “वचन” वा “परमेश्वरको सन्देश” लाई जनाउँछ ।
“अनि केही मानिसहरू बिउहरूजस्ता छन् ।” केही मानिसहरू कसरी ढुंङे माटोमा परेका बिउहरूजस्ता छन् भनी येशूले व्याख्या गर्न सुरु गर्नुहुन्छ ।
यो अति छोटो जरा भएका कलिला बिरुवाहरूसँगको तुलना हो । मानिसहरूले पहिले वचन सुन्दा तिनीहरू उत्साहित भएका, तर तिनीहरू यसप्रति समर्पित थिएनन् भन्ने यो रूपकको अर्थ हो । वैकल्पिक अनुवादः “अनि तिनीहरू जरा नभएका कलिला बिरुवाहरूजस्ता हुन्”
यो जराहरू कति छोटा थिए भनी जोड दिने अतिशयोक्ति हो ।
सङ्कष्ट मानिसहरूले परमेश्वरको सन्देशलाई विश्वास गरेको कारण आउँछ भनी व्याख्या गर्नु उपयुक्त हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरूले परमेश्वरको सन्देशलाई विश्वास गरेको कारण सङ्कष्ट वा सतावट आउँछ”
यो दृष्टान्तमा “ठेस खानु” को अर्थ हुन्छ, “परमेश्वरको सन्देशमा विश्वास गर्न छोड्नु”
केही मानिसहरू कसरी काँढाका माझमा छरिएका बिउहरूजस्ता हुन्छन् भनी येशूले व्याख्या गर्न सुरु गर्नुभयो । वैकल्पिक अनुवादः “र अरू मानिसहरू काँढाका बिचमा छरिएका बिउहरूजस्ता थिए”
“यो जीवनको फिक्रीहरू” वा “यो वर्तमान जीवनको चिन्ताहरू”
“धन-सम्पत्तिको लागि चाहना”
येशूले ती मानिसहरूको बारेमा बताउँदै गर्नुहुँदा जो काँढाका बिचमा परेका बिउहरू जस्ता छन्, उहाँले लालसा र चिन्ताले तिनीहरूको जीवनमा वचनलाई के गर्छ भनी व्याख्या गर्नुहुन्छ । वैकल्पिक अनुवादः “काँढाहरूले कलिला बिरुवालाई निसासिन लगाएजस्तै तिनीहरूको जीवनमा प्रवेश गर्छन् र वचनलाई निसासिन लगाउँछन्”
“वचनले तिनीहरूमा कुनै फल फलाउँदैन”
केही मानिसहरू कसरी असल जमिनमा छरिएका बिउहरूजस्ता छन् भनी येशूले व्याख्या गर्न सुरु गर्नुभयो । वैकल्पिक अनुवादः “असल माटोमा छरिएका बिउहरू जस्तै”
यसले त्यो बिरुवाले उत्पादन गर्ने अन्नलाई जनाउँछ । वैकल्पिक अनुवादः “छरेको भन्दा केहीले तीस गुणा, केहीले साठी गुणा र केहीले सय गुणा अन्न फलाउँछ” वा “छरेको भन्दा केहीले ३० गुणा, केहीले ६० गुणा र केहीले १०० गुणा अन्न फलाउँछ”
“येशूले भीडलाई भन्नुभयो”
यो प्रश्नलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले निश्चय पनि बत्तीलाई डोकोमुनि वा खाटमुनि राख्न घरभित्र ल्याउँदैनौ !”
यसलाई सकारात्मक कथनमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने लुकाइएका सबै कुरा प्रकट गरिनेछन्, र सबै गुप्त कुराहरू खुलस्त हुनेछन्”
“लुकाइएको कुनै पनि कुरा छैन ... गोप्य राखेको कुनै पनि कुरा छैन” दुवै वाक्यांशको अर्थ एउटै हो । सबै गुप्त कुरा प्रकट गरिनेछन् भनी येशूले जोड दिँदै हुनुहुन्छ ।
येशूले जोड दिइरहनुभएको छ कि उहाँले भर्खर भन्नुभएको कुरा महत्त्वपूर्ण छ र त्यसलाई बुझ्न र अभ्यासमा ल्याउनलाई केही प्रयत्न गर्नुपर्ने हुन सक्छ । यहाँ “सुन्ने कान” भन्ने वाक्यांश प्रतिस्थापन शब्द हो जसले बुझ्न र आज्ञापालन गर्नलाई भएको तत्परतालाई जनाउँछ । तपाईंले यस्तै समान वाक्यांशलाई [मर्कुस ४:९]
किनकि येशू उहाँलाई सुनेर बसेका मानिसहरूसँग प्रत्यक्ष रूपमा कुरा गरिरहनुभएको छ, यहाँ द्वितीय पुरुषको प्रयोग गर्न तपाईंलाई इच्छा हुन सक्छ । तपाईंले यस्तै समान वाक्यांशलाई [मर्कुस ४:९]
“येशूले भीडलाई भन्नुभयो”
सम्भावित अर्थहरू हुन् १) येशूले वास्तविक नाप र अरूहरूलाई उदारतापूर्व दिने बारेमा कुरा गरिरहनुभएको छ वा २) यो एउटा अलङ्कार हो जसमा येशूले “बुझ्नु”लाई “नाप्नु”को रूपमा बताउनु हुन्छ ।
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूको लागि त्यो परिमाण नाप्नुहुनेछ, र उहाँले तिमीहरूलाई त्यो थपिदिनुहुनेछ”
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसलाई परमेश्वरले थप दिनुहुनेछ ... परमेश्वरले त्यसबाट खोस्नुहुनेछ” वा “परमेश्वरले उसलाई बढी दिनुहुनेछ ... परमेश्वरले उसबाट लानुहुनेछ”
येशूले परमेश्वरको राज्यलाई व्याख्या गर्न दृष्टान्त भन्नुहुन्छ, जसलाई उहाँले पछि आफ्ना चेलाहरूलाई व्याख्या गर्नुहुन्छ ।
येशूले परमेश्वरको राज्यलाई बिउ छर्ने किसानसँग तुलना गर्नुहुन्छ । वैकल्पिक अनुवादः “बिउ छर्ने किसानजस्तै”
यो त्यस मानिसले बानी परेर गर्ने केही कुरा हो । वैकल्पिक अनुवादः “ऊ प्रत्येक राति सुत्छ र प्रत्येक दिन उठ्छ” वा “ऊ प्रत्येक राति सुत्छ र अघिल्लो दिन उठ्छ”
“त्यस मानिसले बिउ कसरी उम्रन्छ र बढ्छ भनेर नजानेको भएतापनि”
डाँठ वा मुना
डाँठमाथि रहेको टुप्पो वा फल हुने बिरुवाको भाग
यहाँ “हँसिया” किसानको निम्ति वा अन्न कटनी गर्न किसानले पठाएका मानिसहरूको प्रतिनिधित्व गर्ने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “त्यो अन्न कटनी गर्न हँसिया लिएर तुरुन्तै बाहिर जान्छ” वा “त्यसले तुरुन्तै मानिसहरूलाई हँसियासहित कटनी गर्न पठाउँछ”
अन्न काट्न प्रयोग गरिने बक्राकारको धारिलो हतियार
यहाँ “आएको छ” भन्ने पदावली बाली कटनीको निम्ति पाकेको जनाउने टुक्का हो । वैकल्पिक अनुवादः “किनभने अन्न कटनीको निम्ति तयार छ”
येशूले परमेश्वरको राज्य के हो भनी उहाँका कुरा सुन्नेहरूलाई विचार गर्न लगाउन यो प्रश्न सोध्नुभयो । वैकल्पिक अनुवादः “यो दृष्टान्तले परमेश्वरको राज्य के हो भनी म व्याख्या गर्न सक्छु”
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब कसैले यसलाई छर्छ” वा “जब कसैले यसलाई रोप्छ”
रायोको बोटलाई यसले ठूलो हाँगाहरू बनाउँछ भनी वर्णन गरिएको छ । वैकल्पिक अनुवादः “ठूला हाँगाहरूसँग”
यहाँ “वचन” भनेको “परमेश्वरको सन्देश”लाई जनाउने प्रतिस्थापकीय शब्द हो । “तिनीहरू” शब्दले भीडलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँले तिनीहरूलाई परमेश्वरको सन्देश सिकाउनुभयो”
“अनि तिनीहरू केही बुझ्न सक्थे भने उहाँले थप भनिरहनुहुन्थ्यो”
यसको अर्थ उहाँ भीडहरूदेखि टाढा हुनुहुन्थ्यो तर उहाँका चेलाहरूसँग अझै पनि उहाँसगै थिए ।
यहाँ “सबै कुरा” अतिशयोक्ति वा अतिरञ्जन हो । उहाँले आफ्ना सबै दृष्टान्तहरू व्याख्या गर्नुभयो । वैकल्पिक अनुवादः “उहाँले आफ्ना सबै दृष्टान्तहरू व्याख्या गर्नुभयो”
येशू र उहाँका चेलाहरू भीडबाट उम्कन डुङ्गा चढ्दा ठूलो आँधी आउँछ । येशू र उहाँका चेलाहरू भीडबाट उम्कन डुङ्गा चढ्दा ठूलो आँधी आउँछ । आँधी र समुद्रले पनि उहाँको आज्ञा मानेको देखेर उहाँका चेलाहरू भयभीत भए ।
“येशूले उहाँका चेलाहरूलाई भन्नुभयो”
“गालील समुद्रको अर्को पट्टि” वा “समुद्रको अर्कोपट्टि”
यहाँ “चल्न थाल्यो” भनेको “सुरु भयो” भन्ने टुक्का हो । वैकल्पिक अनुवादः “भयङ्कर आँधीबेहरी सुरु भयो”
डुङ्गा पानीले भरिँदै थियो भनी उल्लेख गर्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “डुङ्गा पानीले भरिने खतरामा थियो”
यो डुङ्गाको धेरै पछाडिको भागमा हुन्छ । “डुङ्गाको पछाडिको भाग”
“तिनीहरू” शब्दले चेलाहरूलाई जनाउँछ । अर्को पद, पद ३९ मा भएको समान किसिमको अवधारणालाई तुलना गर्नुहोस्, जसमा छ, “उहाँ उठ्नुभयो ।” “उहाँ”ले येशूलाई जनाउँछ ।
चेलाहरूले तिनीहरूको डर पोखाउन यो प्रश्न गरे । यो प्रश्नलाई कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “के भइरहेको छ भनी तपार्इंले ध्यान दिनुपर्छ; हामी सबै जना मर्न लागेका छौँ !”
“हामी”ले चेलाहरू र येशूलाई समावेश गर्छ ।
यी दुवै वाक्यांशहरू एउटै हुन् र येशूले बतास र समुद्रले के गरेको चाहनुहुन्थ्यो भन्ने कुरालाई जोड दिन प्रयोग गरिएका हुन् ।
“समुद्र अति अचल भयो” वा “समुद्र अति शान्त भयो”
“अनि येशूले उहाँका चेलाहरूलाई भन्नुभयो”
येशू तिनीहरूका साथमा हुँदा पनि तिनीहरू किन डराएका भनी विचार गर्न उहाँले यो प्रश्न सोध्नुभयो । यी प्रश्नहरूलाई भनाइहरूको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू डराउनु हुँदैन । तिमीहरूसँग धेरै विश्वास हुनुपर्छ ।”
येशूले गर्नुभएको काम देखेर चकित हुँदै चेलाहरूले यो प्रश्न सोधे । यो प्रश्नलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यी मानिस त साधारण मानिसजस्ता छैनन्; हावा र समुद्रले पनि यिनले भनेको मान्छन् !”
1 उहाँहरू समुद्रको पारिपट्टि गदरिनीहरूको क्षेत्रमा आउनुभयो । 2 जब येशू डुङ्गाबाट ओर्लंदै हुनुहुन्थ्यो, अशुद्ध आत्मा लागेको एक जना मानिस चिहानबाट उहाँकहाँ आयो । 3 त्यो मानिस चिहानमा बस्थ्यो । कसैले पनि त्यसलाई रोक्न सकेको थिएन; त्यसलाई साङ्लाले बाँधेर राख्न पनि सकेको थिएन । 4 त्यसलाई धेरै पटक साङ्लाहरूले बाँधेको र ठिँगुरो लगाएर राखोएको थियो । त्यसले साङ्लाहरूलाई चुँडाल्थ्यो, र त्यसको ठिँगुरोलाई तोडिदिन्थ्यो । त्यसलाई वशमा राख्ने सामर्थ्य कसैमा थिएन । 5 हरेक दिन र रात डाँडाहरूमा र त्यो चिहान घारीमा चिच्च्याउँथ्यो र त्यसले धारिलो ढुङ्गाहरूले आफैँलाई काटेर चोट पार्थ्यो । 6 जब त्यसले येशूलई टाढैबाट देख्यो, त्यो दौडेर उहाँकहाँ गयो, अनि उहाँको अगि घोप्टो पर्यो । 7 त्यसले ठुलो स्वरमा कराए भन्यो, “हे येशू, सर्वोच्च परमेश्वरका पुत्र, मेरो तपाईंसँग के सम्बन्ध छ ? म परमेश्वरको नाउँमा बिन्ती गर्छु, कि मलाई नसताउनुहोस् ।” 8 किनभने येशूले त्यसलाई भनिरहनुभएको थियो, “तँ अशुद्ध आत्मा, त्यो मानिसबाट बाहिर निस्किआइज ।” 9 उहाँले त्यसलाई सोध्नुभयो, “तेरो नाम के हो ?” त्यसले उहाँलाई भन्यो, “मेरो नाम फौज हो, किनकि हामी धेरै छौँ ।” 10 त्यसले उहाँलाई त्यस क्षेत्रबाट बाहिर नपठाउन बारम्बार बिन्ती गर्यो । 11 त्यहाँ सुँगुरको एउटा ठुलो बथान डाँडामा चरिरहेको थियो, 12 अनि तिनीहरूले यसो भन्दै उहाँसँग बिन्ती गरे, “हामीलाई ती सुँगुरहरूभित्र पठाउनुहोस्; हामीलाई तिनीहरूमा पस्न दिनुहोस् ।” 13 उहाँले तिनीहरूलाई अनुमति दिनुभयो; अशुद्ध आत्माहरू निस्किए र सुँगुरहरूभित्र पसे, अनि तिनीहरू भिरालो पहाडतिर समुद्रभित्र हुर्रिए अनि लगभग दुई हजार सुँगुर समुद्रमा डुबे । 14 अनि सुँगुरहरू चराइरहेका मानिसहरू दौडेर गए, र तिनीहरूले त्यहाँ घटेको घटनाबारे सहर र गाउँघरतिर बताए अनि के भएकोरहेछ भनी हेर्न धेरै मानिसहरू गए । 15 तिनीहरू येशूकहाँ आए, र तिनीहरूले भूत लागेको मानिस जससँग फौज नै थियो, त्यसलाई लुगा लगाएर दिमाग ठिक भई बसिरहेको देखेर तिनीहरू डराए । 16 भूत लागेको मानिसलाई के भएको थियो भनी देख्नेहरूले त्यसलाई र सुँगुरहरूको बारेमा के भएको थियो भनी तिनीहरूलाई बताए । 17 अनि तिनीहरूले येशूलाई तिनीहरूको क्षेत्रबाट जान आग्रह गरे । 18 जब येशू डुङ्गामा चढ्दै हुनुहुन्थ्यो त्यो भूत लागेको मानिसले त्यो पनि उहाँसँगै जान उहाँलाई बिन्ती गर्यो । 19 तर येशूले त्यसलाई आफूसँग आउन अनुमति दिनुभएन । उहाँले भन्नुभयो, “तिम्रो जाति र तिम्रो घरमा जाऊ, र प्रभुले तिम्रो निम्ति के गर्नुभयो र कस्तो अनुग्रह गर्नुभयो, सो उनीहरूलाई भन ।” 20 त्यसकारण, त्यो मानिस गयो र डेकापोलिसमा येशूले त्यसको निम्ति गर्नुभएका महान् कुराहरू बताउन थाल्यो, अनि तिनीहरू सबै छक्क परे । 21 येशू फेरि डुङ्गा चढेर पारिपट्टि पुग्नुभयो र उहाँ समुद्रको छेउमा हुनुहुँदा उहाँको वरिपरि एउटा ठुलो भिड भेला भयो । 22 यहूदी सभाघरका याइरस नाउँ गरेका एक जना अगुवा आए । जब उनले येशूलाई देखे, तब उहाँको पाउमा परे । 23 उनले यसो भन्दै बारम्बार बिन्ती गरे, “मेरी सानी छोरी मृत्युको मुखमा परेकी छे । म तपाईंलाई बिन्ती गर्छु, कि आउनुहोस् र उनीमाथि हात राखिदिनुहोस्, ताकि उनी ठिक हुन सकून् र बाँच्न सकून् ।” 24 त्यसैले, उहाँ तिनीसँग जानुभयो, अनि ठुलो भिडले उहाँलाई पछ्यायो, अनि तिनीहरूले उहाँको वरिपरि ठेलमठेल गरे । 25 त्यहाँ बाह्र वर्षदेखि रगत बग्ने रोगले ग्रस्त भएकी एक महिला थिइन् । 26 तिनले धेरै डाक्टरकहाँ गएर धेरै दुःख कष्ट भोगेकी थिइन् अनि तिनीसँग भएका सबै थोक तिनले खर्च गरिसकेकी थिइन् । तैपनि तिनलाई कुनै पनि कुराले सहायता पुर्याएन, बरु तिनको अवस्था झनझन नराम्रो मात्र हुँदै गयो । 27 तर तिनले येशूको बारेमा सुनेकी थिइन् । त्यसैले, उहाँ भिडमा हिँडिरहनुभएको बेला तिनी उहाँको पछाडि आइन्, अनि तिनले उहाँको खास्टो छोइन् । 28 किनकि तिनले भनिन्, “यदि मैले उहाँको खास्टो छोएँ भने म निको हुनेछु ।” 29 जब तिनले उहाँलाई छोइन्, रगत बग्न रोकियो, अनि तिनले आफू आफ्नो कष्टबाट निको भएकी महसुस गरिन् । 30 येशूले आफूबाट शक्ति निस्केर गएको तुरुन्तै थाहा पाउनुभयो । अनि उहाँ भिडतिर फर्केर भन्नुभयो, “कसले मेरो लुगा छोयो ?” 31 उहाँका चेलाहरूले उहाँलाई भने, “तपाईंको वरिपरि ठेलमठेल गरेको भिडलाई देख्नुहुन्छ, अनि तपाईं भन्नुहुन्छ ‘मलाई कसले छोयो’ ?” 32 तर येशूले यो कसले गरेको थियो भनी देख्न वरिपरि हेर्नुभयो । 33 ती स्त्रीले आफूलाई के भएको थियो भन्ने कुरा थाहा पाइन्, अनि तिनी डरले कामिन् । तिनी उहाँको सामु घोप्टो परिन् र सबै सत्यता उहाँलाई बताइन् । 34 उहाँले तिनलाई भन्नुभयो, “हे छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ । शान्तिसाथ जाऊ र तिम्रो रोगबाट निको होऊ ।” 35 उहाँ बोल्दै गर्नुहुँदा सभाघरका अगुवाको घरबाट केही मानिसहरू यसो भन्दै आए, “तपाईंकी छोरी मरी । अब गुरुलाई किन दुःख दिने ?” 36 तर जब येशूले तिनीहरूले भनेको कुरा सुन्नुभयो, उहाँले सभाघरका अगुवालाई भन्नुभयो, “नडराऊ । विश्वास मात्र गर ।” 37 उहाँले पत्रुस, याकूब अनि याकूबका भाइ यूहन्नालाई बाहेक अरू कसैलाई पनि उहाँसँग जान अनुमति दिनुभएन । 38 उहाँहरू सभाघरका अगुवाको घरमा आउनुभयो, अनि उहाँले खैलाबैला अर्थात् रोइरहेको र विलाप गरिरहेको देख्नुभयो । 39 जब उहाँ घरभित्र पस्नुभयो, उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन निरास छौ र रुन्छौ ? बालिका मरेकी छैनन्, सुतेकी मात्र हो ।” 40 उहाँको कुरामा तिनीहरू हाँसे, तर उहाँले ती सबैलाई बाहिर निकाल्नुभयो, अनि उहाँले बालिकाका बाबु र आमा अनि उहाँसँग आएकाहरूलाई लिएर उहाँ ती बालिका भएको ठाउँमा आउनुभयो । 41 उहाँले बालिकालाई हात समातेर तिनलाई भन्नुभयो, “तालिता कूमी”, जसको अर्थ हुन्छ, “सानी नानी, म तिमीलाई भन्दछु, उठ ।” 42 तुरुन्तै बालिका उठिन् अनि हिँडिन् (उनी बाह्र वर्षकी थिइन्) । अनि तिनीहरू अत्यन्तै चकित भए । 43 उहाँले त्यस बारेमा कसैलाई थाहा नदिन कडा आज्ञा दिनुभयो । अनि उहाँले ती बालिकालाई केही खाने कुरा दिनुभयो ।
“तालिता, कूमी” भन्ने शब्दहरू
येशूले त्यस ठूलो आँधीलाई शान्त पार्नुभएपछि उहाँले धेरै भूतहरू भएको मानिसलाई निको पार्नुहुन्छ, तर गेरासेनसका स्थानीय बासिन्दाहरू त्यसको चङ्गाइप्रति खुसी हुँदैनन् र तिनीहरूले येशूलाई त्यहाँबाट जानलाई आग्रह गर्छन् ।
“उहाँहरू” शब्दले येशू र उहाँका चेलाहरूलाई जनाउँछ ।
यसले गालीलको समुद्रलाई जनाउँछ ।
यसले गेरासेनसमा बस्ने मानिसहरूलाई जनाउँछ ।
यो त्यो मानिस अशुद्ध आत्माको “वश”मा वा “नियन्त्रण”मा छ भनी अर्थ दिने टुक्का हो । वैकल्पिक अनुवादः “अशुद्ध आत्माको नियन्त्रणमा रहेको” वा “अशुद्ध आत्माको वशमा भएको”
यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले उसलाई धेरै पटक बाँधेका थिए”
यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “उसले ठिँगुरोहरूलाई टुक्राटुक्रा पार्यो”
धातुका टुक्राहरू जुन मानिसहरूले कैदीहरूको पाखुराहरू र खुट्टाहरूमा लगाउँछन् र त्यसलाई सार्न नसकिने अन्य वस्तुहरूसँग गाँस्छन् ताकि कैदीहरू सर्न नसकून्
त्यो मानिस यस्तो बलियो थियो कि कसैले पनि त्यसलाई वशमा राख्न सक्दैनथ्यो । त्यो मानिस यस्तो बलियो थियो कि कसैले पनि त्यसलाई वशमा राख्न सक्दैनथ्यो । वैकल्पिक अनुवादः “त्यो यति बलियो थियो कि त्यसलाई वशमा राख्न कोही पनि त्यति तागतिलो थिएन”
“त्यसलाई नियन्त्रण गर्न”
प्रायः भूत लाग्दा भूतले मानिसलाई आफैँलाई काट्नेजस्ता आफैँलाई हानि गराउने काम गराउँछ ।
जब त्यो मानिसले येशूलाई पहिलो चोटि देख्यो, येशू डुङ्गाबाट बाहिर निस्किरहनुभएको हुनसक्छ ।
त्यसले येशूको सामु आराधना गर्न होइन, तर आदर र सम्मानले घुँडा टेक्यो ।
घटेका घटनाहरूलाई तिनीहरू घटेकै क्रममा राख्न यी दुई पदहरूमा दिइएको जानकारीलाई पुनः मिलाउन सकिन्छ ।
“अशुद्ध आत्मा चिच्च्यायो”
अशुद्ध आत्माले डराएर यो प्रश्न गर्छ । यसलाई कथनको रूपमा पनि लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “हे सर्वोच्च परमेश्वरका पुत्र, येशू, मलाई छोडिदिनुहोस् ! तपार्इंले ममाथि हस्तक्षेप गर्ने कुनै कारण छैन ।”
येशूसँग अशुद्ध आत्मालाई पीडा दिने शक्ति छ ।
यो येशूको निम्ति महत्त्वपूर्ण पदवी हो ।
यहाँ अशुद्ध आत्माले येशूसँग बिन्ती गर्दा परमेश्वरको नाउँमा शपथ खाँदै छ । यस प्रकारको अनुरोध तपाईंको भाषामा कसरी गरिन्छ भन्ने कुरालाई विचार गर्नुहोस् । वैकल्पिक अनुवादः “म परमेश्वरको सामु तपार्इंलाई बिन्ती गर्छु” वा “म परमेश्वरको नाउँमा किरिया खाएर तपार्इंलाई बिन्ती गर्छु”
“अनि येशूले त्यो अशुद्ध आत्मालई सोध्नुभयो”
एउटा भूत नै सबैको तर्फबाट बोलिरहेको छ । त्यसले तिनीहरूको बारेमा कुनै एउटा फौज, रोमी सेनाको यस्तै ६,००० जनाको पल्टनजस्तै गरी बोल्यो । वैकल्पिक अनुवादः “अनि भूतले उहाँलाई भन्यो, ‘हामीलाई फौज भन्नुहोस्, किनभने हामी धेरै जना यो मानिसभित्र छौँ ।’”
“अशुद्ध आत्माहरूले येशूसँग बिन्ती गरे”
येशूले तिनीहरूलाई के गर्न अनुमति दिनुभयो भनी स्पष्ट पार्नु उपयुक्त हुन सक्छ । वैकल्पिक अनुवादः “येशूले अशुद्ध आत्माहरूलाई तिनीहरूले मागेका कुरा गर्न अनुमति दिनुभयो”
तपार्इंले यसलाई अलग-अलग वाक्य बनाउन सक्नुहुन्छः “समुद्रमा । त्यहाँ झण्डै दुई हजारवटा सुँगुर थिए र तिनीहरू समुद्रमा डुबे”
“लगभग २,००० ओटा सुँगुरहरू”
त्यस मानिसले यो खबर गाउँ र सहरमा भएका मानिसहरूकहाँ पुर्यायो भनी स्पष्टसँग उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सहर र गाउँमा भएका मानिसहरूकहाँ”
यो त्यस मानिसमा भएका थुप्रै भूतहरूको नाम थियो । तपाईंले यसलाई मर्कुस ५:९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यो एउटा टुक्का हो जसको अर्थ हुन्छ कि उसले स्पष्ट रूपमा सोचिरहेको थियो । वैकल्पिक अनुवादः “सामन्य मनस्थितिको” वा “स्पष्ट रूपमा विचार गर्दै”
“तिनीहरू” शब्दले के भएको रहेछ भनी हेर्न जाने मानिसहरूको समूहलाई जनाउँछ ।
“के भएको थियो भनी देख्ने मानिसहरू”
त्यो मानिसलाई अहिले भूत लागेको थिएन तैपनि त्यसलाई यसरी नै वर्णन गरिएको छ । वैकल्पिक अनुवादः “त्यो मानिस जसलाई भूत लागेको थियो”
येशूले त्यो मानिसलाई के गर्न अनुमति दिनुभएन भनी प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “तर उहाँले त्यो मानिसलाई उहाँहरूसँग आउन अनुमति दिनुभएन”
यो प्रदेशको नाउँ हो जसको अर्थ दसवटा सहरहरू हुन्छ । यो गालील सहरको दक्षिण-पूर्वपट्टि पर्छ ।
मानिसहरू किन छक्क परे भनी प्रस्ट पार्न उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “त्यस मानिसले भनेको कुरा सुन्ने मानिसहरू सबै छक्क परे”
येशूले गेरासेनस प्रदेशमा भूत लागेको मानिसलाई निको पार्नुभएपछि उहाँ र उहाँका चेलाहरू तालको पारिपट्टि कफर्नहुमतिर फर्कनुभयो जहाँ सभाघरका शासकले येशूलाई तिनकी छोरी निको पारिदन बिन्ती गर्छन् ।
यो शब्दमा अतिरिक्त जानकारी थप्नु उपयुक्त हुन्छ । वैकल्पिक अनुवादः “समुद्रको पारिपट्टि”
“समुद्री तटमा” वा “समुद्रको किनारमा”
यो गालीलको समुद्र हो ।
यो मानिसको नाउँ हो ।
“हात राख्नु”ले अगमवक्ता वा शिक्षकले कसैमाथि उनको हात राखेर निको पार्ने वा आशिष् दिने कुरालाई बुझाउँछ । यस अवस्थामा, याइरसले तिनकी छोरीलाई निको पार्न येशूसँग बिन्ती गर्दै छन् ।
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अनि तिनलाई निको पार्नुहोस् र तिनलाई जीवित तुल्याउनुहोस्”
“त्यसैले येशू याइरससँग जानुभयो ।” येशूका चेलाहरू पनि तिनीसँग गए । वैकल्पिक अनुवादः “त्यसैले येशू र उहाँका चेलाहरू याइरससँग जानुभयो”
यसको अर्थ हो कि तिनीहरू येशूको वरिपरि भीड लागे र येशूको नजिक हुन ठेलमठेल गरे ।
येशू बाह्र वर्षकी केटीलाई निको पार्न बाटोमा जाँदै गर्नुहुँदा बाह्र वर्षदेखि रगत बग्ने रोग भएकी महिलाले निको हुन येशूलाई छोएर अवरोध पुर्याएकी छिन् ।
“अब”ले कथामा यो महिलालाई चिनाएको सङ्केत दिन्छ । तपार्इंको भाषामा कथामा नयाँ मानिसहरूलाई कसरी चिनाइन्छ, विचार गर्नुहोस् ।
ती महिलाको खुल्ला घाउ थिएन; तर तिनको महिनावारीको रगत नै रोकिँदैनथ्यो । तपार्इंको भाषामा यस अवस्थालाई जनाउने नरम तरिका हुनसक्छ ।
“१२ वर्षदेखि”
“तिनको बिमार अझ बिग्रँदै गयो” वा “तिनको रक्तस्राव अझ बढ्यो”
तिनले येशूले मानिसहरूलाई कसरी निको पार्नुभयो भनी सुनेकी थिइन् । वैकल्पिक अनुवादः “यो कि येशूले मानिसहरूलाई निको पार्नुभयो”
बाहिरी वस्त्र वा ओड्ने
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसले मलाई निको पार्नेछ” वा “उहाँको शक्तिले मलाई निको पार्नेछ”
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “रोगले तिनलाई छोडेको थियो” वा “तिनी फेरि बिरामी भई रहिनन्”
जब ती महिलाले येशूलाई छोइन् र निको भइन्, येशूले उहाँको शक्तिले तिनलाई निको पारिरहेको थाहा गर्नुभयो । येशूले तिनलाई निको पार्नुहुँदा मानिसहरूलाई निको पार्ने उहाँको कुनै शक्ति उहाँ आफैँले गुमाउनुभएन । वैकल्पिक अनुवादः “यो कि उहाँको निको पार्ने शक्तिले त्यस महिलालाई निको पारेको थियो”
यसको अर्थ हो कि तिनीहरू येशूको वरिपरि भीड लागे र येशूको नजिक हुनको लागि एक आपसमा ठेलमठेला गरे । तपाईंले यसलाई मर्कुस ५:२४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“उहाँको सामु घुँडा टेकिन् ।” तिनले येशूको सामु आदर र समर्पणताको कार्यस्वरूप घुँडा टेकिन् ।
“सबै सत्यता”ले तिनले उहाँलाई कसरी छोइन् र तिनी कसरी निको भइन् भन्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनले उहाँलाई कसरी छोएकी थिइन् भन्नेबारे सबै सत्यता बताइन्”
येशूले ती महिलालाई विश्वासीको रूपमा जनाउन आलङ्कारिक रूपमा यो शब्द प्रयोग गर्दै हुनुहुन्थ्यो ।
“ममा गरेको तिम्रो विश्वासले”
“येशू बोलिरहनुहुँदा”
सम्भावित अर्थहरू हुन् १) यी मानिसहरू याइरसका घरबाट आएका थिए वा २) याइरसले यी मानिसहरूलाई पहिले नै येशूलाई हेर्न जान आदेश दिएका थिए वा ३) यी मानिसहरू याइरसको अनुपस्थितिमा सभाघर चलाउने मानिसले पठाएका थिए ।
“सभाघरका अगुवा” याइरस हुन् ।
“सभाघर, याइरसलाई भन्दै”
यो प्रश्नलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “गुरुलाई कष्ट दिनु अब व्यर्थ हुन्छ ।” वा “अब गुरुलाई कष्ट दिन जरुरी छैन”
यसले येशूलाई जनाउँछ ।
युडीबीमा जस्तै घटनाहरूलाई तिनीहरू घटेकै क्रममा प्रस्तुत गर्न ३७ र ३८ पदहरूमा दिइएका जानकारीलाई पुनः मिलाउन सकिन्छ । अनि
आवश्यक परे येशूले याइरसलाई के विश्वास गर्न आज्ञा गरिरहनुभएको थियो भनी उल्लेख गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “मैले तिम्रो छोरीलाई जीवित पार्न सक्छु भनी विश्वास मात्र गर”
येशूले अनुमति दिनुभएन
“उहाँसँग आउन ।” उहाँहरू कहाँ गइरहनुभएको थियो भनी उल्लेख गर्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “उहाँसँग याइरसको घरमा जान”
येशूले देख्नुभयो
“येशूले ती रोइरहेका मानिसहरूलाई भन्नुभयो”
येशूले तिनीहरूलाई तिनीहरूको विश्वासको कमी देखाउन यो प्रश्न सोध्नुभयो । यसलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो निराश हुने र रुने समय होइन ।”
येशूले सुत्ने कुरालाई जनाउने प्रचलनको शब्द प्रयोग गर्नुहुन्छ, र अनुवादले पनि त्यसै गर्नुपर्छ ।
येशूले सुत्ने कुरालाई जनाउने प्रचलनको शब्द प्रयोग गर्नुभयो (पद ३९) । पाठकले बुझ्नुपर्छ कि सुन्ने मानिसहरू येशूमाथि हाँस्छन् किनभने तिनीहरूलाई मृत व्यक्ति र सुतिरहेको व्यक्तिको बीचमा भएको भिन्नता साँचो रूपमा जान्दछन् र तिनीहरू विचार गर्छन् कि उहाँले त्यो जान्नुहुन्न ।
“अरू सबै मानिसलाई घर बाहिर पठाउनुभयो”
यसले पत्रुस, याकूब र यूहन्नालाई जनाउँछ ।
बालिका सुतिरहेकी कोठाभित्र जानुभयो”
यो आरमेइक वाक्य हो, जुन येशूले ती सानी केटीसँग तिनको भाषामा बोल्नुभयो । यसलाई जस्ताको तस्तै तपार्इंको वर्णमालामा लेख्नुहोस् ।
“तिनी १२ वर्षकी थिइन्”
यसलाई प्रत्यक्ष कथनमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले तिनीहरूलाई कडाइका साथ आज्ञा गर्नुभयो, ‘यो कसैले थाहा पाउनु हुँदैन !’ त्यसपछि” वा “उहाँले तिनीहरूलाई कडाइका साथ आज्ञा गर्नुभयो, ‘मैले गरेको कुरा कसैलाई नभन्नू ।’ त्यसपछि”
“उहाँले तिनीहरूलाई कडाइका साथ अह्राउनुभयो”
यसलाई प्रत्यक्ष कथनमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अनि उहाँले तिनीहरूलाई भन्नुभयो, ‘तिनलाई केही खाने कुरा देओ ।’”
1 उहाँ त्यहाँबाट जानुभयो र आफ्नो गाउँमा आउनुभयो, अनि चेलाहरूले उहाँलाई पछ्याए । 2 जब विश्रामको दिन आयो उहाँले सभाघरमा सिकाउनुभयो । धेरैले उहाँको शिक्षा सुने र छक्क परे । तिनीहरूले भने, “यिनले यी शिक्षाहरू कहाँबाट पाए ? यिनलाई कस्तो बुद्धि दिइएको रहेछ ? यिनका हातले गरेका यी कस्ता अचम्मका कामहरू हुन् ?” 3 “के यिनी सिकर्मी होइनन् र ? के यिनी मरियमका पुत्र अनि याकूब, योसेफ, यहूदा र सिमोनका दाजु होइनन् र ? के यिनका बहिनीहरू हामीसित छैनन् र ?” र तिनीहरू येशूद्वारा क्रुद्ध पारिए । 4 येशूले तिनीहरूलाई भन्नुभयो, “एउटा अगमवक्ताको आफ्नो गाउँ, नातेदार र आफ्नो घर परिवारबाहेक कहीँ पनि अनादर हुँदैन ।” 5 केही बिरामी मानिसहरूमा हात राखेर निको बनाउनुबाहेक त्यहाँ उहाँले कुनै शक्तिशाली कामहरू गर्न सक्नुभएन । 6 तिनीहरूको अविश्वासले उहाँलाई अच्चम्मित तुल्यायो । अनि उहाँ गाउँहरूभरि शिक्षा दिँदै हिँड्नुभयो । 7 उहाँले बाह्र जनालाई बोलाउनुभयो, र अशुद्ध आत्माहरूमाथि अधिकार दिनुभयो र दुई-दुई जना गरी तिनीहरूलाई पठाउनुभयो । 8 र उहाँले यात्रामा एउटा लट्ठीबाहेक न रोटी न झोला र कम्मरमा पैसा नै बोक्न दिनुभयो । 9 तर उहाँले चप्पल लगाउन र दुई ओटा दौरा नलगाउनलाई निर्देशन दिनुभयो । 10 उहाँले तिनीहरूलाई भन्नुभयो, “जब तिमीहरू कुनै घरभित्र पस्छौ, त्यो ठाउँ नछोडेसम्म त्यहीँ बस । 11 यदि कुनै नगरले तिमीहरूलाई स्वागत गरेन भने त्यो ठाउँ छोड, र तिनीहरूका निम्ति गवाहीको रूपमा आफ्नो पैतालाको धुलो टकटकाइदिनू ।” 12 तिनीहरू त्यहाँबाट बाहिर गए र मानिसहरू आफ्नो पापबाट फर्केर आउनुपर्छ भनी घोषणा गरे । 13 तिनीहरूले धेरै भूतहरू निकाले, धेरै बिरामीहरूलाई तेलले अभिषेक गरे र निको पारे । 14 हेरोद राजाले यो सुने, किनभने येशूको नाउँ प्रसिद्ध भएको थियो । केहीले भनिरहेका थिए, “बप्तिस्मा-दिने यूहन्ना मृत्युबाट जीवित भई उठे । त्यसैले, यी आश्चर्यकर्महरू उहाँद्वारा हुँदै छन् ।” 15 अरूहरूले भने, “यिनी एलिया हुन्”, अझ हरूहरूले भने, “यिनी प्राचीन समयका एक जना अगमवक्ताहरूमध्ये एक हुन् ।” 16 तर जब हेरोदले यो सुने, तिनले भने, “यूहन्ना, जसको मैले टाउको कटाएको थिएँ, तिनी जीवित भई उठेछन् !” 17 किनभने हेरोदले यूहन्नालाई हेरोदियास (तिनको भाइकी पत्नी) को कारण गिरफ्तार गर्न र कैदमा हाल्न लगाए, किनभने तिनले उनलाई विवाह गरेका थिए । 18 किनभने यूहन्नाले हेरोदलाई भने, “आफ्नो भाइकी पत्नीलाई विवाह गर्न तिनलाई उचित छैन भनेका थिए ।” 19 तर हेरोदियासले वैरभाव राखेकि थिइन् र तिनलाई मार्न चाहन्थिन्, तर सकेकी थिइनन्, 20 किनभने हेरोद यूहन्नासित डराउँथे; तिनी धर्मी र पवित्र जन थिए भन्ने तिनलाई थाहा थियो, अनि हेरोदले उनलाई सुरक्षित राखे । तिनको प्रचार सुन्दा हेरोद अशन्त हुन्थे, तरै पनि खुसीसाथ सुन्थे । 21 त्यसपछि एउटा उपयुक्त मौका मिल्यो । हेरोदले तिनको जन्म दिनमा आफ्ना भारदारहरू, कप्तानहरू र गालीलका अगुवाहरूलाई भोज दिए । 22 हेरोदियासकी छोरी आफैँ आइन् र तिनीहरूको लागि नाचिन् अनि तिनले हेरोद र उनका पाहुनाहरूलाई प्रशन्न तुल्याइन् । राजाले त्यस केटीलाई भने, “तिमीलाई जे इच्छा लाग्छ सो माग, म तिमीलाई दिनेछु ।” 23 तिनले शपथ खएर भने, “तिमीले मसित जे माग्छौ, म तिमीलाई मेरो राज्यको आधा भागसम्म पनि दिनेछु ।” 24 तिनी बाहिर निस्किन् र आफ्नी आमालाई भनिन्, “म तिनीसित के मागौँ ?” र तिनले भनिन्, “बप्तिस्मा-दिने यूहन्नाको शिर ।” 25 तिनी तुरुन्तै राजाकहाँ आइन् र यसो भन्दै मागिन्, “मलाई झट्टै बप्तिस्मा-दिने यूहन्नाको शिर थालीमा दिनुहोस् भन्ने म चाहन्छु ।” 26 राजा निकै दुःखित भए, तर आफ्ना पाहुनाहरू र शपथको कारण राजाले तिनको बिन्ती इन्कार गर्न सकेनन् । 27 त्यसैले, राजाले आफ्ना रक्षकहरूमध्ये एक जना सिपाहीलाई यूहन्नाको शिर ल्याउने आदेश दिएर पठाए । सुरक्षाकर्मी गए र झ्यालखानामा उनको टाउको काटे । 28 सिपाहीले थालमा उनको टाउको ल्याए र ती केटीलाई दिए, र ती केटीले आफ्नी आमालाई दिइन् । 29 त्यो सुनेर यूहन्नाका चेलाहरू आए, र उनको लासलाई चिहानमा राखे । 30 अनि प्रेरितहरू येशूको वरिपरि भेला भए, र तिनीहरूले गरेका र सिकाएका सबै कुरा उहाँलाई बताए । 31 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू आफैँ निर्जन स्थानमा आओ र केही समय आराम गर ।” किनभने धेरै जना आउने र जाने गरिरहेका थिए र तिनीहरूसँग खाना खाने समय पनि थिएन । 32 त्यसैले, उहाँहरू डुङ्गा चढेर निर्जन स्थानतिर जानुभयो । 33 तर तिनीहरूले उहाँहरू गइरहेको देखे अनि उहाँहरूलाई चिने र तिनीहरू सबै नगरबाट दौडेर उहाँहरूभन्दा अगि नै त्यस ठाउँमा पुगे । 34 जब उहाँहरू समुयद्र तटमा आउनुभयो, उहाँले ठुलो भिड देख्नुभयो, र उहाँले तिनीहरूलाई टिठ्याउनुभयो, किनकि उनीहरू गोठालाविनाका भेडाहरूजस्तै थिए । अनि उहाँले धेरै कुरा सिकाउन थाल्नुभयो । 35 जब ढिला भयो, उहाँका चेलाहरू उहाँकहाँ आए र भने “यो निर्जन स्थान हो र समय गइसकेको छ । 36 उनीहरूलाई पठाउनुहोस्, ताकि उनीहरू नजिकैको गाउँघरतिर जाऊन् र उनीहरूका निम्ति केही खानेकुराहरू किन्न सकून् ।” 37 तर उहाँले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले नै उनीहरूलाई केही खानेकुरा देओ ।” तिनीहरूले उहाँलाई भने, “के हामी दुई सय दिनारी वराबरको रोटी किन्न जाऊँ र उनीहरूलाई खान दिऊँ ?” 38 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन् ? जाओ र हेर ।” जब तिनीहरूले पत्ता लगाए, तिनीहरूले भने, “पाँच रोटी र दुई माछा छन् ।” 39 उहाँले सबै मानिसलाई हरियो घाँसमाथि समूह-समूहमा मिलेर बस्ने आज्ञा गर्नुभयो । 40 उनीहरू सय र पचासको समूह- समूहमा बसे । 41 जब उहाँले पाँच रोटी र दुईवटा माछा लिनुभयो, स्वर्गतिर हेरर आशिष् दिनुभयो, र भाँच्नुभयो अनि त्यो भिडलाई बाँडिदिन चेलाहरूलाई दिनुभयो । अनि उहाँले दुईवटा माछा पनि सबै जनालाई बाँडिदिनुभयो । 42 तृप्त नहुन्जेल उनीहरू सबै जनाले खाए । 43 तिनीहरूले बाह्र डालाभरी टुक्रा रोटीहरू बटुले र माछाका टुक्राहरू पनि बटुले । 44 त्यहाँ रोटी खानेहरू पाँच हजार जना थिए । 45 उहाँका चेलाहरूलाई डुङ्गामा चढ्न लगाएर उहाँले भिडलाई पारिपट्टि बेथसेदातिर उहाँभन्दा अगि जना लगाउनुभयो । 46 जब तिनीहरू गए, त्यसपछि उहाँ डाँडातिर प्रार्थना गर्न जानुभयो । 47 साँझ पर्यो, र अब डुङ्गा समुद्रको बिचमा थियो, र उहाँ जमिनमा एकलै हुनुहुन्थ्यो । 48 तिनीहरूलाई डुङ्गा खियाउन गाह्रो भएको उहाँले देख्नुभयो, किनभने हावा उनीहरूको विपरीत दिशाबाट आइरहेको थियो । लगभग रातको चौथो पहरमा समुद्रमाथि हिँडेर उहाँ तिनीहरूकहाँ आउनुभयो, र तिनीहरूलाई उछिन्न चाहनुभयो । 49 तर जब तिनीहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनुभएको देखे, उहाँ भूत हुनुहन्थ्यो भनेर तिनीहरू चिच्च्याए, 50 किनभने तिनीहरूले उहाँलाई देखे र भयभीत भए । अनि तुरुन्तै उहाँ तिनीहरूसँग बोल्नुभयो र तिनीहरूलाई भन्नुभयो, “साहसी होओ । म नै हुँ । नडराओ ।” 51 उहाँ तिनीहरूसँगै डुङ्गामा चढ्नुभयो, र बतास चल्न छोड्यो । तिनीहरू पूर्ण रूपमा अचम्मित भए । 52 किनभने तिनीहरूले रोटीको अर्थ के हो भनी बुझेका थिएनन् । बरु तिनीहरूका हृदय कठोर पारिएको थियो । 53 जब उहाँहरू पारी तरे, उहाँहरू गनेसरेतमा आए, र डुङ्गालाई त्यहीँ अड्याए । 54 जब उहाँहरू डुङ्गाबाट ओर्लनुभयो, तिनीहरूले उहाँलाई तुरुन्तै चिने । 55 तिनीहरू सबै क्षेत्रमा गए, र उहाँ जहाँ-जहाँ आउँदै हुनुहुन्छ भनी तिनीहरूले सुने तिनीहरूले त्यहाँ-त्यहाँ बिरामीहरूलाई उहाँकहाँ ओछ्यानसँगै ल्याउन थाले । 56 जहाँ-जहाँ उहाँ गाउँहरूमा, सहरहरूमा, वा ग्रामीण ठाउँहरू भएर जानुहुन्थ्यो उनीहरूले बिरामीहरूलाई बजार क्षेत्रहरूमा राख्थे र उनीहरूले उहाँको कपडाको छेउ मात्र भए पनि छुन दिइयोस् भनी बिन्ती गर्थे । र जतिले छोए, तिनीहरू निको हुन्थे ।
प्राचीन मध्यपूर्व क्षेत्रमा मानिसहरूले बिरामी मानिसहरूलाई जैतूनको तेल लगाएर निको पार्ने कोसिस गर्ने गर्थे ।
येशू आफू हुर्कनुभएको सहरमा फर्केर आउनुहुन्छ जहाँ उहाँलाई स्वीकार गरिन्न ।
यसले नासरतको सहरलाई जनाउँछ जहाँ उहाँ हुर्कनुभयो र जहाँ उहाँको परिवार पनि बस्छन् । यसको अर्थ त्यहाँ उहाँको जग्गा जमिन थियो भन्ने होइन ।
यो कर्मवाच्यको संरचनामा सोधिएको प्रश्नलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यिनले पाएको यो बुद्धि कस्तो हो ?”
यसले येशू आफैँले आश्चर्कर्महरू गर्नुहुन्छ भन्ने कुरामा जोड दिन्छ । वैकल्पिक अनुवादः “जुन उहाँ आफैँले गर्नुहुन्छ”
यो प्रश्नहरूलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यिनी एक साधारण सिकर्मी मात्र हुन् । हामी यिनी र यिनको परिवारलाई चिन्छौँ । हामी यिनकी आमा मरियमलाई चिन्छौँ । हामी यिनका भाइहरू याकूब, योसेफ, यहूदा र सिमोनलाई चिन्छौँ । अनि यिनका बहिनीहरू पनि यहाँ हामीसँगै रहन्छन् ।”
“भीडलाई”
यो वाक्यले सकारात्मक कुरालाई जोड दिन युगल अकरणको प्रयोग गर्छ । वैकल्पिक अनुवादः “अगमवक्तालाई ... मा बाहेक सदैव आदर गरिन्छ” वा “अगमवक्तालाई आदर नगरिने ठाउँ भनेको ... मात्र हो”
अगमवक्ताहरू र शिक्षकहरूले निको पार्न वा आशिष् दिन मानिसहरूमाथि आफ्ना हात राख्थे । यहाँ, येशूले मानिसहरूलाई निको पारिरहनुभएको थियो ।
पद ८ र ९ मा भएका येशूका निर्देशनहरूलाई उहाँले चेलाहरूलाई के गर्नलाई भन्नुभयो र तिनीहरूलाई के नगर्नलाई भन्नुभयो भन्ने कुराहरूलाई अलग राख्नलाई पुनः क्रम मिलाएर राख्न सकिन्छ, जसरी यूएसटीमा गरिएको छ ।
येशूले आफ्ना चेलाहरूलाई दुई-दुई जनाको जोडी बनाएर प्रचार गर्न र निको पार्न पठाउनुहुन्छ ।
यहाँ “बोलाउनुभयो”को अर्थ उहाँले बाह्र जनालाई उहाँकहाँ आउनलाई डाक्नुभयो भन्ने हुन्छ ।
“२-२ जना” वा “जोडि-जोडिमा”
यहाँ “रोटी” भनेको खानाको निम्ति अङ्गाङ्गी अलङ्कार हो । वैकल्पिक अनुवादः “कुनै खानेकुरा छैन”
“येशूले बाह्र जनालाई भन्नुभयो”
“त्यहीँ बस”को अर्थ हरेक दिन खान र बस्न फर्केर त्यहि घरमा जानु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले त्यो ठाउँ नछोडेसम्म त्यहीँ नै खाओ र सुत”
“तिनीहरूका अगाडि गवाहीको रूपमा” । यो तिनीहरूका लागि कसरी गवाही थियो भनी व्याख्या गर्नु उपयुक्त हुन्छ । “तिनीहरूलाई गवाहीको रूपमा । त्यसरी तिनीहरूले तिमीहरूलाई स्वागत गरेनन् भनी गवाही दिँदै हुनेछौ”
“तिनीहरू”ले बाह्र जना चेलालाई जनाउँछ र त्यसमा येशू पर्नुहुन्न । साथै, तिनीहरू विभिन्न सहरमा गए भनी उल्लेख गर्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “तिनीहरू विभिन्न सहरहरूमा गए”
यहाँ “फर्कनु” भनेको अलङ्कार हो जसको अर्थ केही कुरा गर्न छोड्नु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “पाप गर्न रोक” वा “तिनीहरूका पापका निम्ति पश्चात्ताप गर्नु”
तिनीहरूले मानिसहरूबाट भूतहरू बाहिर निकाले भनी उल्लेख गर्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “तिनीहरूले मानिसहरूबाट धेरै भूतहरू निकाले”
जब हेरोदले येशूको बारेमा सुन्छन्, कसैले बप्तिस्मा दिने यूहन्नालाई मृतकहरूबाट जीवित पार्यो कि भनी तिनी चिन्तित हुन्छन् । (हेरोदले बप्तिस्मा दिने यूहन्नालाई मार्न लगाएका थिए ।)
“यो”ले भूत निकाल्ने र मानिसहरूलाई निको पार्ने समेत गरेर येशू र उहाँका चेलाहरूले विभिन्न सहरमा गरिरहनुभएका सबै कुराहरूलाई जनाउँछ ।
केहीले येशूलाई बप्तिस्मा-दिने यूहन्ना ठानिरहेका थिए । यसलाई प्रस्ट पारेर उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “केहीले भनिरहेका थिए, ‘तिनी बप्तिस्मा-दिने यूहन्ना हुन् जो ... थिए’”
यहाँ “बौह्रइएका” भनेको वाक्पद्धति हो जसले “पुनः जिउन लगाइएको” भन्ने कुरालाई जनाउँछ । यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बप्तिस्मा-दिने यूहन्नालाई फेरि जीवित हुने तुल्याइएका थिए” वा “परमेश्वरले बप्तिस्मा-दिने यूहन्नालाई फेरि जीवित हुने तुल्याउनुभयो”
केही मानिसहरूले उहाँलाई किन एलिया भने भनी प्रस्ट पार्नु उपयुक्त हुन्छ । वैकल्पिक अनुवादः “अरू केहीले भने, ‘यिनी एलिया हुन, जसलाई परमेश्वरले फेरि पठाउने प्रतिज्ञा गर्नुभयो’”
लेखकले पद १७ मा हेरोद र तिनले यूहन्नाको शिर किन काट्न लगाए भन्ने बारेमा पृष्ठभूमि जानकारी दिन सुरु गर्छन् ।
यहाँ हेरोदले आफैँलाई जनाउन “मैले” शब्द प्रयोग गर्छन् । “मैले” शब्द हेरोदका सिपाहीहरूका निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “जसको शिर काट्न मैले मेरा सिपाहीहरूलाई आदेश दिएँ”
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “फेरि जीवित भएका छन्”
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हेरोदले सिपाहीहरूलाई यूहन्नालाई गिरफ्तार गर्न पठाए र तिनलाई बाँधेर झ्यालखानामा राख्न लगाए”
“हाल्न आदेश दिए”
“हेरोदियासको कारण”
“फिलिप, तिनको भाइकी पत्नी ।” हेरोदको भाइ फिलिप प्रेरितको पुस्तकका प्रचारक वा येशूका बाह्र चेलाहरू मध्येका फिलिप होइनन् ।
“किनभने हेरोदले त्यसलाई विवाह गरेका थिए”
यसको कर्ता हेरोदियास हो र तिनले अरू कसैले यूहन्नालाई मारेको चाहना गर्दा “तिनी” प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “तिनले उनलाई कसैले मारेको चाहिन्, तर तिनले मार्न लगाउन सकेकी थिइनन्”
हेरोद यूहन्नासँग किन डराउँथे भनी देखाउन यी दुईवटा उपवाक्यहरूलाई फरक तरिकाले जोड्न सकिन्छ । वैकल्पिक अनुवाद: “हेरोद यूहन्नासँग डराए, किनभने तिनी जान्दथे”
“यूहन्ना धर्मी व्यक्ति थिए भनी हेरोदले जान्दथे”
“यूहन्नाको कुरा सुन्दा”
लेखकले हेरोद र यूहन्नाको टाउको काटिएको बारेमा पृष्ठभूमि जानकारीलाई दिन निरन्तरता दिन्छन् ।
यहाँ “तिनी”ले हेरोदलाई जनाउँछ र यो तिनले खाना तयार पार्न लगाएका नोकरको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “तिनले आफ्ना अधिकृतहरूलाई भोज दिए” वा “तिनले गालीलका ... आफ्ना अधिकृतहरूलाई तिनीसँगै खान र उत्सव मनाउन निमन्त्रणा गरे”
एउटा औपचारिक खाना वा भोज
“आफैँ” शब्द निजवाचक सर्वनाम हो जुन हेरोदियासकी छोरी आफैँ भोजमा नाचेकी थिइन् भनी याद राख्नुपर्ने कुरा थियो भनेर जोड दिन प्रयोग गरिएको छ ।
“कोठाभित्र आइन्”
“तिमीले माग्यौ भने मैले तिमीलाई मसँग भएका र शासन गर्ने ठाउँको आधासम्म दिनेछु”
“कोठाबाट बाहिर गइन्”
“पाटीमा” वा “काठको ठूलो थालमा”
शपथमा भनिएको कुरा, र शपथ र बेलुकीको भोजनमा आएका पाहुनाहरूको बीचमा भएको सम्बन्धलाई प्रस्ट हुने गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनले जे मागे पनि तिनलाई दिन्छु भनी उनले प्रतिज्ञा गरेका कुरा उनका पाहुनाहरूले सुनेका हुनाले”
“एउटा किस्तीमा”
“जब यूहन्नाका चेलाहरू”
चेलाहरू प्रचार र निको पार्ने कामबाट फर्केपछि उहाँहरू कहीँ एकान्तमा जानुहुन्छ, तर येशूले सिकाउनुभएको सुन्न त्यहाँ धेरै मानिसहरू आउँछन् । जब ढिलो हुन्छ उहाँले मानिसहरूलाई खुवाउनुहुन्छ र सबैलाई पठाउनुहुन्छ र उहाँले चाहिँ एकलै प्रार्थना गहर्नुहुन्छ ।
कुनै पनि मानिस नभएको ठाउँ
यसको अर्थ हुन्छ, कि मानिसहरू प्रेरिहरूकहाँ निरन्तर आउने र जाने गरिरहेका थिए ।
“तिनीहरू”ले सबै प्रेरितहरूलाई जनाउँछ ।
यहाँ “उहाँहरू”मा येशू र चेलाहरू दुवै पर्नुहुन्छ ।
“मानिसहरूले येशू र प्रेरितहरू गइरहनुभएको देखे”
मानिसहरू जमिनमा पैदल हिँडेर गइरहेका छन्, जसले चेलाहरू डुङ्गामा कसरी गए भन्ने कुराको बीचमा भएको भिन्नतालाई देखाउँछ ।
“येशूले ठूलो भीडलाई देख्नुभयो”
येशूले मानिसहरूलाई अलमलिएका भेडाहरूसँग तुलना गर्नुहुन्छ जब तिनीहरूसँग डोहोर्याउने गोठालो हुँदैनन् ।
यसको अर्थ दिन ढलेको थियो भन्ने हुन्छ । वैकल्पिक अनुवादः “जब ढिलो हुँदै थियो” वा “अपराह्ण सकिन लाग्दा”
यसले त्यस्तो स्थानलाई जनाउँछ जहाँ कोही मानिसहरू हुँदैनन् । तपाईंले यसलाई मर्कुस ६:३१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“तर येशूले जवाफ दिनुभयो र उहाँका चेलाहरूलाई भन्नुभयो”
तिनीहरूसँग पर्याप्त खाना किन्ने कुनै उपाय छैन भन्न चेलाहरूले यो प्रश्न सोध्छन् । वैकल्पिक अनुवादः “हामीसँग दुई सय दिनारी थियो नै भने पनि हामीले यो भीडलाई खुवाउन पर्याप्त रोटी किन्न सक्दैनौँ ।”
“२०० दिनारी ।” “दिनारी” शब्दको एकवचन शब्द “दिनारिअस” हो । एक दिनारिअस एक दिनको ज्याला बराबरको रोमी चाँदिको सिक्का हो ।
मुछेको पीठोको डल्लाहरू जसलाई आकार दिइएको छ र पकाइएको छ
तपार्इंको भाषामा स्वस्थ्य घाँसको निम्ति प्रयोग गरिने रङ जनाउने शब्द प्रयोग गर्नुहोस् जुन हरियो रङको हुन पनि सक्छ वा नहुन पनि सक्छ ।
यसले हरेक समूहमा भएका मानिसहरूको सङ्ख्यालाई जनाउँछ । वैकल्पिक अनुवादः “कुनैमा पचास जना र कुनैमा सय जनाको समूह”
यसको अर्थ हुन्छ कि उहाँले आकाशतिर हेर्नुभयो, जुन परमेश्वर बस्नुहुने ठाउँसँग सम्बन्धित छ ।
“उहाँले आशिष् व्यक्त गर्नुभयो” वा “उहाँले धन्यवाद दिनुभयो”
“सबैले खाऊन् भनेर उहाँले दुईवटा माछा पनि बाँडिदिनुभयो”
सम्भावित अर्थहरू हुन् १) “चेलाहरूले उठाए” वा २) “मानिसहरूले उठाए ।”
“रोटीका टुक्रा-टाक्रीले भरिएका बाह्र डालाहरू”
“१२ डालाहरू”
“५,००० मानिसहरू”
महिला र बालबालिकाहरूको सङ्ख्या गनिएको थिएन । यदि नबुझिने हुन्छ भने महिला र बालबालिकाहरू पनि त्यहाँ थिए भनी स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “अनि त्यहाँ रोटी खाने मानिसहरू पाँच हजार जना थिए । तिनीहरूले महिला र बालबालिकाहरूलाई गनेनन् ।”
यसले गालील समुद्रलाई जनाउँछ । यसलाई स्पष्ट पारेर उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “गालील समुद्रको पारीपट्टि”
यो गालील समुद्रको उत्तरी किनारको एउटा सहर हो ।
“जब मानिसहरू गए”
चेलाहरूले ताल पार गर्न लाग्दा आँधी आउँछ । येशूलाई पानीमाथि हिँडिरहनुभएको देखेर तिनीहरू भयभीत हुन्छन् । येशूले कसरी आँधीलाई शान्त पार्न सक्नुहुन्छ भनी तिनीहरूले बुझ्दैनन् ।
यो बिहानको ३ बजे देखि घाम उदाउने बेला सम्मको समय हो ।
एक मृतकको आत्मा वा अरू कुनै किसिमको आत्मा
यी दुवै वाक्यांशको अर्थ एउटै हो जसले चेलाहरू डराउनु आवश्यक थिएन भनी जोड दिन्छ । आवश्यक परे तिनीहरूलाई जोडेर उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मदेखि नडराओ !”
यदि तपार्इंले यसलाई अझ प्रस्ट पार्नुपर्छ भने तिनीहरू केद्वारा अचम्मित भएका थिए भनी उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले गर्नुभएको कुराले तिनीहरू पूर्ण रूपमा चकित भए”
“रोटीहरू”ले यहाँ येशूले रोटीलाई बढाउनुहुँदाको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “येशूले रोटीको वृद्धि गराउनुहुँदा त्यसको अर्थ के थियो” वा “येशूले थोरै रोटीहरूलाई धेरै हुन लगाउनुहुँदा त्यसको अर्थ के थियो”
कठोर हृदय भएको हुनुले बुझ्नलाई निकै हठी हुनुलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिनीहरू बुझ्नलाई निकै हठी थिए”
जब मानिसहरूले येशू र उहाँका चेलाहरू डुङ्गामा चढेर गनेसरेतमा आइपुग्नुभएको देखे, उहाँले निको पार्नुभएको होस् भनी मानिसहरू ल्याए । उहाँहरू जहाँ गए पनि यस्तो हुन्छ ।
यो गालील समुद्रको उत्तर-पश्चिममा अवस्थित प्रदेशको नाउँ हो ।
तिनीहरू किन प्रदेशभरी गए भनी उल्लेख गर्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “येशू त्यहाँ हुनुहुन्छ भनी अरूहरूलाई बताउन तिनीहरू प्रदेशभरी दौडेर गए”
यहाँ “तिनीहरू”ले चेलाहरूलाई नभई येशूलाई चिन्ने मानिसहरूलाई जनाउँछ ।
यसले मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “बिरामी मानिसहरू”
“येशू जहाँ जानुहुन्थ्यो”
यहाँ “उनीहरू”ले मानिसहरूलाई जनाउँछ । यसले येशूका चेलाहरूलाई जनाउँदैन ।
यसले मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “ बिरामी मानिसहरू”
सम्भावित अर्थहरू हुन् १) “बिरामीहरूले उहाँसँग बिन्ती गरे” वा २) “मानिसहरूले उहाँसँग बिन्ती गरे ।”
“तिनीहरूलाई”ले बिरामीहरूलाई जनाउँछ ।
“उहाँको वस्त्रको छेउ” वा “उहाँको लुगाको छेउ”
“तिनीहरू सबै जो”
1 यरूशलेमबाट आएका फरिसीहरू र केही शास्त्रीहरू उहाँको वरिपरि भेला भए । 2 तिनीहरूले उहाँका चेलाहरूले अशुद्ध अर्थात् नधोएका हातले खाएको देखे । 3 (फरिसी र सबै यहूदी आफ्ना हात राम्ररी नधोउन्जेल केही खाँदैनन्, तिनीहरू आफ्ना धार्मिक अगुवाहरूको परम्परामा लागि पर्छन्, 4 जब फरिसीहरू बजारबाट आउँछन्, तिनीहरू आफैँ ननुहाईकन केही खाँदैनन् । कचौरा, भाँडाहरू, काँसाका भाँडाहरू र खानलाई बस्ने ठाउँहरू धुनेलगायत धेरै नियम तिनीहरू कडाइका साथ पालन गर्छन् ।) 5 फरिसी र शास्त्रीहरूले येशूलाई सोधे, “तपाईंका चेलाहरू किन धार्मिक अगुवाहरूको परम्पराअनुसार चल्दैनन्, किनकि तिनीहरूले आफ्ना हात नधोई रोटी खान्छन् ?” 6 तर उहाँले तिनीहरूलाई भन्नुभयो, “यशैयाले तिमी पाखण्डीहरूको विषयमा राम्ररी भविष्यवाणी गरे, उनले लेखे, ‘यी मानिसहरूले मलाई तिनीहरूका ओठले आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट टाढिएको छ ।’ 7 तिनीहरूको शिक्षाको रूपमा मानिसहरूका नियमहरूलाई सिकाउँदै तिनीहरूले मलाई खोक्रो आराधना चढाउँछन् । 8 तिमीहरू परमेश्वरको आज्ञालाई त्याग्दछौ र मानिसहरूको परम्परालाई पक्री राख्छौ ।” 9 अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू परमेश्वरको आज्ञालाई सहजै इन्कार गर्दछौ, कि तिमीहरूले आफ्नो परम्परा पालन गर्न सक ! 10 किनभने मोशाले भने, ‘तिम्रो बुबा र आमाको आदर गर’, र ‘जसले आफ्ना बुबा वा आमाको विरुद्ध खराब कुरा बोल्छ, त्यो निश्चय नै मारिनेछ ।’ 11 तर तिमीहरू भन्छौ, ‘यदि एउटा मानिसले आफ्नो बुबा वा आमालाई भन्छ, “तपाईंहरूले मबाट जति सहायता पाउनुपर्थ्यो त्यो त कुर्बान हो’ (अर्थात् परमेश्वरलाई दिइएको छ) ।” 12 तब तिमीहरूले त्यसलाई आफ्नो बुबा वा आमाको निम्ति केही गर्न दिँदैनौ । 13 तिमीहरूले परमेश्वरको आज्ञालाई चल्दै आएको आफ्नो परम्पराले व्यर्थ तुल्याएका छौ । र तिमीहरू त्यस्तै धेरै काम गर्छौ ।” 14 उहाँले भिडलाई फेरि बोलाउनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू सबैले मेरो कुरा सुन, र बुझ । 15 व्यक्तिलाई बाहिरबाट त्यसभित्र पसेर त्यसलाई नै अशुद्ध पार्न सक्ने त्यस्तो कुनै कुरा छैन । व्यक्तिबाट बाहिर निस्कने कुराले नै त्यसलाई अशुद्ध पार्छ ।” 16 (नोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा १६ पद हटाइएको छ) यदि कुनै मानिससित सुन्ने कान छ भने त्यसले सुनोस् । 17 जब येशूले भिडहरूलाई छोडेर घरभित्र पस्नुभयो, उहाँका चेलाहरूले उहाँलाई त्यो उखानको बारेमा सोधे । 18 येशूले भन्नुभयो, “के तिमीहरूले अझ पनि बुझेका छैनौ ? के तिमीहरू देख्दैनौ, कि बाहिरबाट मानिसभित्र पस्ने कुराले त्यसलाई अशुद्ध पार्न सक्दैन, 19 किनकि यो उसको हृदयमा जान सक्दैन, तर उसको पेटमा जान्छ र निस्केर शौचालयमा पुग्छ ?” यो भनाइद्वारा येशूले सबै भोजनलाई शुद्ध तुल्याउनुभयो । 20 उहाँले भन्नुभयो, “मानिसको भित्रबाट जुन कुरा बाहिर निस्कन्छ त्यसले नै त्यसलाई अशुद्ध पार्छ । 21 किनभने मानिसको भित्रबाट नै अर्थात् हृदयबाट नै दुष्ट विचार, यौन अनैतिकता, चोरी, हत्या, 22 व्यभिचार, लोभ, दुष्टता, धोखा, कामुकता, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन् । 23 यी सबै खराबी भित्रबाट नै आउँछन्, र यिनीहरूले नै मानिसलाई अशुद्ध पार्छन् ।” 24 उहाँ त्यहाँबाट उठ्नुभयो र त्यहाँबाट टुरोस र सीदोनको क्षेत्रतिर जानुभयो । उहाँ एउटा घरभित्र आउनुभयो र उहाँ त्यहाँ हुनुहुन्छ भनी कसैले थाहा नपाऊन् भन्ने उहाँ चाहनुहुन्थ्यो, तैपनि उहाँ लुक्न सक्नुभएन । 25 तर तुरुन्तै एउटा स्त्रीले उहाँको बारेमा सुनिन् र त्यहाँ आईन् जसकी सानी छोरीलाई अशुद्ध आत्मा लागेको थियो । तिनी उहाँको पाउमा घोप्टो परिन् । 26 ती स्त्री एक ग्रिक र सिरियाको फोनिकेमा जन्मेकी थिइन् । तिनले आफ्नी छोरीबाट भूत निकाली दिनलाई उहाँसँग बिन्ती गरिन् । 27 उहाँले तिनलाई भन्नुभयो, “छोराछोरीहरूलाई पहिले खुवाइयोस् । किनकि छोराछोरीहरूको रोटी खोसेर कुकुरहरूलाई दिनु ठिक होइन ।” 28 तर तिनले जवाफ दिएर उहाँलाई भनिन् “हो प्रभु, तर कुकुरहरूले पनि त छोराछोरीहरूको टेबलबाट झरेको रोटीका टुक्राहरू त खान्छन् नि ।” 29 उहाँले तिनलाई भन्नुभयो, “तिमीले यसो भनेकी हुनाले तिमी जानलाई स्वतन्त्र छौ । तिम्री छोरीबाट भूत निस्केर गएको छ ।” 30 तिनी आफ्नो घर फर्केर गइन् र आफ्नी छोरी ओछ्यानमा पल्टिरहेकी पाइन्, र भूत निस्केर गएको थियो । 31 उहाँ फेरि टुरोसको क्षेत्रबाट निस्केर सिदोन हुँदै डेकापोलिसको प्रदेश भएर गालील समुद्रतिर जानुभयो । 32 तिनीहरूले सुन्न नसक्ने र बोल्न कठिनाइ भएको कसैलाई उहाँकहाँ ल्याए र तिनीहरूले त्यसमाथि हात राखिदिनु हुन अनुरोध गरे । 33 उहाँले त्यसलाई भिडबाट एकातिर एकान्तमा लैजानुभयो र त्यसको कानमा औला हाल्नुभयो र थुकिसकेपछि उहाँले त्यसको जिब्रो छुनुभयो । 34 उहाँले स्वर्गतिर हेर्नुभयो; सुस्केरा हाल्नुभयो र त्यसलाई भन्नुभयो, “इफ्फाता” जसको अर्थ हुन्छ, “खोलिजा ।” 35 तुरुन्तै त्यसको कान खोलियो, र त्यसको जिब्रोलाई बाधा दिने कुरा नष्ट भयो र त्यसले प्रस्टसँग बोल्न सक्यो । 36 उहाँले कसैलाई केही पनि नभन्नू भनी तिनीहरूलाई आज्ञा गर्नुभयो । तर उहाँले जति धेरै तिनीहरूलाई त्यस्तो आज्ञा दिनुभयो त्यति धेरै तिनीहरूले यसलाई बताए । 37 तिनीहरू अत्यन्तै अचम्मित भए र भने, “उहाँले सबै कुरा असल गर्नुभएको छ । उहाँले बहिरालाई सुन्ने र गुँगोलाई बोल्ने पनि बनाउनुहुन्छ ।”
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले ७:६-७ मा भएको कवितासँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
फरिसीहरूले धेरै कुराहरू धुन्थे जुन फोहोर पनि थिएनन् किनभने तिनीहरूले परमेश्वरले तिनीहरू असल थिए भनेर सोच्नुभएको बनाउन तिनीहरूले कोसिस गरिरहेका थिए । तिनीहरूले खानुभन्दा अगाडि तिनीहरूका हातहरू फोहोर नभएतापनि र मोशाको व्यवस्थाले तिनीहरूले त्यसो गर्नुपर्छ भनेर नभनेको भएतापनि धुन्थे । येशूले भन्नुभयो कि तिनीहरू गलत थिए र मानिसहरूले ठीक कुराहरू सोचेर र गरेर परमेश्वरलाई खुशी बनाउँछन् । अनि )
यो एउटा आरमेइक शब्द हो । मर्कुसले ग्रीक अक्षरहरूलाई प्रयोग गरेर त्यसको उच्चारणलाई लेखे र त्यसपछि त्यसको अर्थ के हो भनेर व्याख्या गरे ।
येशूले फरिसी र शास्त्रीहरूलाई हप्काउनुहुन्छ ।
“येशूको वरिपरि भेला भए”
येशूका चेलाहरूले खानु अघि हात नधोएकोमा फरिसीहरू किन नराम्रो मानेका थिए भन्ने देखाउनको लागि पदहरू ३ र ४ ले फरिसीहरूको धुने परम्पराबारे पृष्ठभूमि जानकारी दिन्छन् । बुझ्नलाई सजिलो बनाउनका लागि जानकारीलाई पुनः क्रम मिलाएर राख्न सकिन्छ, जसरी यूएसटीमा गरिएको छ ।
“फरिसीहरू र शास्त्रीहरूले देखे”
“नधोइएका” भन्ने शब्दले चेलाहरूका हातहरू किन फोहोर थिए भन्ने कुरालाई व्याख्या गर्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अर्थात्, ती हातहरूले जुन तिनीहरूले हात धोएका थिएनन्” वा “अर्थात्, तिनीहरूले हात धोएका थिएनन्”
यहूदी धार्मिक अगुवाहरू तिनीहरूको समुदायका अगुवाहरू र मानिसहरूका निम्ति न्यायकर्ताहरू पनि थिए ।
“काँसाका किट्लीहररू” वा “धातुका भाँडाहरू”
यहाँ “हिँड्नु” भनेको “आज्ञापालन गर्ने” कुरालाई जनाउने अलङ्कार हो । फरिसी र शास्त्रीहरूले येशूको अधिकारलाई चुनौती दिन यो प्रश्न सोधे । यसलाई दुई कथनहरूको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तपार्इंका चेलाहरूले हाम्रा धार्मिक अगुवाहरूको परम्परा भङ्ग गर्छन् ! तिनीहरूले हाम्रो विधि प्रयोग गरेर आफ्नो हात धुनुपर्छ ।”
यो खानाको निम्ति अङ्गाङ्गी अलङ्कार हो । वैकल्पिक अनुवादः “खानेकुरा”
यहाँ येशूले धेरै वर्षअगि धर्मशास्त्र लेख्ने यशैयाको खण्डलाई उद्धृत गर्नुहुन्छ ।
यहाँ “ओठ” बोलीको निम्ति प्रतिस्थापन हो । वैकल्पिक अनुवादः “”by what they say“”
यहाँ “हृदय”ले व्यक्तिको विचार र संवेगलाई जनाउँछ । यो मानिसहरू परमेश्वरमा साँचो रूपमा समर्पित छैनन् भन्ने शैली हो । वैकल्पिक अनुवादः “तर तिनीहरूले मलाई साँचो रूपले प्रेम गर्दैनन्”
“तिनीहरूले मलाई बेकारको आराधना चढाउँछन्” वा “तिनीहरूले मेरो आराधना व्यर्थमा गर्छन्”
येशूले शास्त्रीहरू र फरिसीहरूलाई हप्काउन जारी राख्नुहुन्छ ।
मान्न इन्कार गर्छौ
“बलियोसँग लाग्छौ” वा “मात्र पालन गर्छौ”
येशू उहाँका कुरा सुन्नेहरूलाई तिनीहरूले परमेश्वरको आज्ञा त्यागेकोमा हप्काउन यो व्यङ्ग्यको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले आफ्नो परम्परा पालन गर्न परमेश्वरको आज्ञा इन्कार गरेकोमा तिमीहरूले राम्रै गरेका छौ जस्तो तिमीहरूलाई लाग्छ, तर तिमीहरूले गरेका कुरा पटक्कै ठीक छैन”
“तिमीहरूले निपुणतासाथ इन्कार गर्छौ”
“जसले सराप्छ”
“मारिनै पर्छ”
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आफ्नो बुबा वा आमाको विरुद्ध खराब कुरा बोल्नेलाई अधिकारीहरूले मार्नुपर्छ”
शास्त्रीहरूको परम्पराअनुसार कुनै थोक एक पटक मन्दिरमा दिने प्रतिज्ञा गरेपछि त्यो अरू कुनै पनि उद्देश्यको निम्ति प्रयोग गर्न सकिँदैन ।
यहाँ “कुर्बान” भनेको हिब्रू शब्द हो जसले ती कुराहरूलाई जनाउँछ जुन मानिसहरूले परमेश्वरलाई दिने प्रतिज्ञा गर्छन् । अनुवादकहरूले सामान्यतया लक्षित भाषाको वर्णमालाको प्रयोग गरेर त्यसको उच्चारणलाई अनुवाद गर्छन् । केही अनुवादकहरूले त्यसको अर्थलाई अनुवाद गर्छन्, र अर्थको बारेमा मर्कुसको पछि आउने व्याख्यालाई छोड्छन् । वैकल्पिक अनुवादः “परमेश्वरलाई चढाइएको उपहार हो” वा “परमेश्वरको हो”
यस वाक्यांशले हिब्रू शब्द “कुर्बान”को अर्थलाई व्याख्या गर्छ । यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । मर्कुसले अर्थलाई व्याख्या गरे ताकि उनका गैर-यहूदी पाठकहरूले येशूले के भन्नुभयो भन्ने कुरालाई बुझ्न सकून् । वैकल्पिक अनुवादः “मैले यो परमेश्वरलाई दिएको छु”
पदहरू ११ र १२ मा, फरिसीहरूले कसरी बुबा आमाको आज्ञापालन गर्न परमेश्वरको आज्ञापालन गर्न पर्दैन भनेर सिकाउँछन् भनेर येशूले देखाउनुहुन्छ । पद ११ मा फरिसीहरूले मानिसहरूलाई तिनीहरूका सम्पत्तिको बारेमा भन्न अनुमति दिने कुराको विषयमा येशूले बताउनुहुन्छ, र पद १२ मा मानिसहरूले तिनीहरूको बाबुआमालाई सहयोग गर्ने कुराको विषयमा फरिसीहरूको आचरणलाई त्यस कुराले कसरी देखाउँछ भन्ने विषयमा उहाँले बताउनुहुन्छ । मानिसहरूले तिनीहरूका बाबुआमालाई सहयोग गर्ने विषयमा फरिसीहरूको आचरणको विषयमा पहिले बताउन र त्यसपछि त्यो आचरण फरिसीहरूले मानिसहरूलाई तिनीहरूको सम्पत्तिको बारेमा भन्न दिने कुरामा कसरी देखिन्छ भन्ने विषयमा बताउनलाई यस जानकारीलाई पुनः क्रम मिलाएर राख्न सकिन्छ ।
यसो गरेर, फरिसीहरूले मानिसहरूलाई आफ्ना आमा-बुबाको लागि नजुटाउन अनुमति दिँदैछन्, यदि तिनीहरूले आमा-बुबालाई दिनसक्ने कुरा परमेश्वरलाई दिने प्रतिज्ञा गर्छन् । तपाईंले यी शब्दहरूलाई पद ११ मा “जे पनि सहयोग” भन्ने कुराबाट सुरु हुने शब्दहरूभन्दा अगाडि राख्ने गरेर क्रम मिलाएर राख्न सक्नुहुन्छः “तिमीहरूले एउटा व्यक्तिलाई उसको बाबुआमाको लागि केही पनि कुरा गर्न अनुमति दिँदैनौ जब उसले भनिसक्छ, ‘तपाईंहरूले मबाट प्राप्त गर्न सक्नुहुने जे पनि सहयोग कुर्बान हो ।’
रद्द गरेको वा गर्न छोडेको
“अनि तिमीहरूले यस्तै अरू धेरै कुराहरू गरिरहेका छौ”
येशूले फरिसीहरू र शास्त्रीहरूलाई भनिरहनुभएको कुरा बुझ्न सहायता गर्न भीडलाई एउटा दृष्टान्त भन्नुहुन्छ ।
“येशूले बोलाउनुभयो”
यहाँ “सुन” र “बुझ” सम्बन्धित शब्दहरू हुन् । येशूले उहाँका श्रोताहरूले उहाँले भनिरहनुभएको कुरा ध्यान दिएर सुन्नुपर्छ भनी जोड दिन यी शब्दहरूलाई सँगै प्रयोग गर्नुहुन्छ ।
येशूले के बुझ्न भनिरहनुभएको छ भनी उल्लेख गर्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “मैले के भन्न लागेको छु, त्यो बुझ्ने कोसिस गर”
येशूले मानिसले खाने कुराबारे बोल्दै हुनुहुन्छ । यो “मानिसबाट बाहिर निस्कने कुराको” विपरीत हो । वैकल्पिक अनुवादः “मानिसको बाहिरबाट कुनै कुराले होइन जुन उसले खान सक्छ”
यसले कुनै व्यक्तिले गर्ने वा भन्ने कुरालाई जनाउँछ । यो कुरा “व्यक्तिको बाहिर भएको कुरा उसभित्र प्रवेश गर्छ” भन्ने कुराबाट विपरीतमा छ । वैकल्पिक अनुवादः “यो व्यक्तिबाट बाहिर आउने कुरा हो जुन उसले भन्छ वा गर्छ”
येशूले शास्त्रीहरू, फरिसीहरू र भीडलाई भन्नुभएको कुरा चेलाहरूले अझै बुझ्दैनन् । येशूले त्यसको अर्थ सबिस्तार ढङ्गमा व्याख्या गर्नुहुन्छ ।
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । येशू अब भीडबाट टाढा, उहाँका चेलाहरूसँग एउटा घरमा हुनुहुन्छ ।
येशूले एउटा प्रश्न सोध्नुभएर उहाँका चेलाहरूलाई सिकाउन थाल्नुहुन्छ ।
तिनीहरूले नबुझेकोमा उहाँलाई लागेको निराशालाई व्यक्त गर्नलाई येशूले यस प्रश्नलाई प्रयोग गर्नुहुन्छ । यसलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले भनेका र गरेका सबैकुराहरू पछि, तिमीहरूले बुझेको म अपेक्षा गर्छु ।”
येशूले उहाँका चेलाहरूलाई सिकाउनलाई उहाँले प्रयोग गरिरहनुभएको प्रश्न सोध्नलाई सकाउनुहुन्छ ।
यो पद १८ मा “के तिमीहरू देख्दैनौ” भन्ने शब्दहरूका साथमा सुरु हुने प्रश्नको अन्त हो । येशूले चेलाहरूलाई पहिले नै थाहा भएको हुनुपर्ने केही कुरा सिकाउनलाई यस प्रश्नको प्रयोग गर्नुहुन्छ । यसलाई एउटा भनाइको रूपमा व्यक्त गर्न सकिन्छ । “तिमीहरूले पहिल्यै बुझेको हुनुपर्छ कि एक व्यक्तिभित्र प्रवेश गर्ने कुनै पनि कुराले उसलाई अशुद्ध बनाउँदैन, किनभने त्यो उसको हृदयभित्र जान सक्दैन, तर त्यो उसको पेटभित्र जान्छ र त्यसपछि शौचमा बाहिर जान्छ ।”
यहाँ “हृदय” भनेको व्यक्तिको भित्री मनुष्यत्व वा दिमागलाई जनाउने प्रतिस्थापन शब्द हो । यहाँ येशूले भन्न खोज्नुभएको कुरा चाहिँ खानेकुराले व्यक्तिको चरित्रलाई असर गर्दैन । वैकल्पिक अनुवादः “त्यो उसको भित्री व्यक्तित्वभित्र जान सक्दैन” वा “त्यो उसको दिमागभित्र जान सक्दैन”
यहाँ “त्यो” शब्दले मानिसभित्र पस्ने अर्थात् मानिसले खाने कुरालाई जनाउँछ ।
यो वाक्यांशको अर्थ के हुन्छ भनी स्पष्ट रूपमा व्याख्या गर्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “सबै खाने कुरा शुद्ध भन्नुको अर्थ परमेश्वरले उसलाई अशुद्ध नमान्नु भइकन नै मानिसले जे पनि खान सक्छ ।”
“येशूले भन्नुभयो”
“व्यक्तिलाई अशुद्ध पार्ने कुरा भनेको उसबाट बाहिर आउने कुरा हो”
यहाँ “हृदय” भनेको व्यक्तिको भित्री मनुष्यत्व वा दिमागलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “भित्री मनुष्यत्वबाट खराब सोचाइहरू आउँछन्” वा “दिमागबाट खराब सोचाइहरू आउँछन्”
कामवासनालाई नियन्त्रण नगर्नु
यहाँ “भित्रबाट”ले मानिसको हृदयलाई वर्णन गर्छ । वैकल्पिक अनुवादः “मानिसको हृदयभित्रबाट आउँछ” वा “मानिसको विचारभित्रबाट आउँछ”
येशू टुरोसको क्षेत्रतिर जानुहुँदा उहाँले असाधारण विश्वास भएकी गैरयहूदी महिलाकी छोरीलाई निको पार्नुहुन्छ ।
यो टुक्का हो जसको अर्थ तिनी अशुद्ध आत्माको वशमा थिइन् भन्ने हुन्छ । वैकल्पिक अनुवादः “अशुद्ध आत्माको वशमा थियो”
“घुँडा टेकिन् ।” यो आदर र समर्पणको कार्य हो ।
“अब” शब्दले मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्छ, किनभने यस वाक्यले हामीलाई त्यस स्त्रीको बारेमा पृष्ठभूमि जानकारी दिन्छ ।
यो ती महिलाको राष्ट्रियताको पहिचान हो । तिनी सिरियाको फोनिकेको प्रान्तमा जन्मेकी थिइन् ।
यहाँ येशूले यहूदीहरू छोराछोरीहरू र गैरयहूदीहरूचाहिँ कुकुरहरू हुन् जस्तै गरी बोल्नुहुन्छ । वैकल्पिक अनुवादः “इस्राएलका छोराछोरीहरूलाई पहिले खुवाइयोस् । किनभने छोराछोरीहरूको रोटी खोसेर गैरयहूदीहरूलाई दिनु उचित हुँदैन, जो कुकुरहरूजस्ता हुन् ।”
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले पहिले इस्राएलका छोराछोरीहरूलाई खुवाउनुपर्छ”
यसले सामान्य खानालाई जनाउँछ । वैकल्पिक अनुवादः “खाना”
यसले घरमा पालिएका साना कुकुरहरूलाई जनाउँछ ।
येशूले भन्न खोजिरहनुभएको थियो त्यसले अब आफ्नी छोरीलाई सहयोग गर्नका लागि उहाँलाई बिन्ती गर्नलाई अब बसिरहन जरुरी थिएन । उहाँले त्यो गरिदिनुहुने थियो । वैकल्पिक अनुवादः “अहिले तिमी जान सक्छौ” वा “तिमी शान्तिसँग घर जान सक्छौ”
येशूले ती महिलाकी छोरीबाट अशुद्ध आत्मालाई निस्केर जाने तुल्याउनुभयो । यसलाई स्पष्ट रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले अशुद्ध आत्मालाई तिम्री छोरीबाट जाने तुल्याएको छु”
टुरोसमा मानिसहरूलाई निको पारेपछि येशू गालीलको समुद्रतिर जानुहुन्छ । त्यहाँ उहाँले बहिरो मानिसहरूलाई निको पार्नुहुन्छ र मानिसहरू छक्क पर्छन् ।
“टुरोसको क्षेत्र छोड्नुभयो”
सम्भावित अर्थहरू हुन् १) “त्यस क्षेत्रमा” किनभने येशू डेकापोलिस प्रदेशको समुद्रमा हुनुहुन्छ वा २) “त्यस क्षेत्रबाट भएर” किनभने येशू समुद्रतिर जान डेकापोलिस प्रदेश हुँदै जानुभयो ।
यो एउटा क्षेत्रको नाउँ हो जसको अर्थ दसवटा सहरहरू हुन्छ । यो गालील समुद्रको दक्षिण-पूर्वपट्टि पर्छ । तपार्इंले यसलाई [मर्कुस ५:२०]
“अनि मानिसहरूले ल्याए”
“जसले सुन्न सक्दैन थियो”
अगमवक्ताहरू र शिक्षकहरूले मानिसहरूमाथि तिनीहरूलाई निको पार्न वा आशिष् दिन हात राख्ने गर्थे । यहाँ चाहिँ एउटा मानिसलाई निको पार्न मानिसहरूले येशूसँग बिन्ती गरिरहेका छन् । वैकल्पिक अनुवादः “तिनीहरूले त्यसलाई निको पार्नका लागि उहाँको हात त्यस मानिसमाथि राख्न बिन्ती गरे”
“येशूले त्यो मानिसलाई लानुभयो”
येशूले आफ्नै औँला त्यस मानिसको कानमा हालिरहनुभएको छ ।
येशूले थुक्नुहुन्छ र त्यो मानिसको जिब्रो छुनुहुन्छ ।
येशूले आफ्ना औँलाहरूमा थुक्नुभयो भनी उल्लेख गर्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “उहाँको औँलामा थुक्नुभएपछि”
यसको अर्थ हुन्छ, कि उहाँले आकाशतिर हेर्नुभयो, जुन परमेश्वर बस्नुहुने ठाउँसित सम्बन्धित छ ।
यहाँ लेखकले आरमेइक शब्दद्वारा केही कुरालाई उल्लेख गर्छन् । यो शब्दलाई तपार्इंको भाषामा आफ्नो वर्णमाला प्रयोग गरेर जस्ताको तस्तै सार्नुपर्छ ।
यसको अर्थ हो कि उहाँले गहिरो आवाज निकाल्नुभयो वा लामो गहिरो सास फेर्नुभयो जुन सुन्न सकिन्थ्यो । यसले सम्भवतः त्यस मानिसको लागि येशूको सहानुभूतिलाई देखाउँछ ।
“त्यो मानिसलाई भन्नुभयो”
यसको अर्थ हुन्छ कि त्यो सुन्न सक्ने भयो । वैकल्पिक अनुवादः “त्यसको कान खोलियो र त्यो सुन्न सक्ने भयो” वा “त्यो सुन्न सक्ने भयो”
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले त्यसलाई बोल्न बाधा दिने कुरालाई मिल्काइदिनुभयो” वा “येशूले त्यसको जिब्रो खोलिदिनुभयो”
यसले उहाँले गर्नुभएको कुराको विषयमा कसैलाई पनि नभन्नलाई उहाँले तिनीहरूलाई अह्राउनुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “जति धेरै उहाँले तिनीहरूलाई कसैलाई पनि नभन्नलाई अह्राउनुभयो”
“अझ व्यापक रूपले” वा “झन्”
“पूर्णतया अचम्मित थिए” वा “असाध्यै छक्क थिए” वा “सबै नापभन्दा पनि उता अचम्मित थिए”
यिनीहरूले मानिसहरूलाई जनाउँछन् । वैकल्पिक अनुवादः “बहिरो मानिसहरू ... गुँगो मानिसहरू” वा “सुन्न नसक्ने मानिसहरू ... बोल्न नसक्ने मानिसहरू”
1 ती दिनमा त्यहाँ फेरि एउटा ठुलो भिड भेला भयो, र तिनीहरूसँग खानको लागि केही थिएन । येशूले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्नुभयो, 2 “यो भिडमाथि मलाई दया लागेको छ, किनकि तिनीहरू मसँग निरन्तर तिन दिनसम्म रहेका छन् र तिनीहरूसँग कुनै खानेकुरा छैन । 3 यदि मैले तिनीहरूलाई केही नखुवाईकन पठाएँ भने तिनीहरू बाटोमा मुर्छा पर्न सक्छन् । तिनीहरूमध्ये कोही धेरै टाढाबाट आएका छन् ।” 4 उहाँका चेलाहरूले उहाँलाई जवाफ दिए, “यस्तो निर्जन ठाउँमा यी मानिसहरूलाई तृप्त पार्न सक्ने पर्याप्त रोटी हामी कहाँ पाउन सक्छौँ ?” 5 उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन् ?” तिनीहरूले भने “सातवटा ।” 6 उहाँले भिडलाई भुइँमा बस्न आज्ञा दिनुभयो । उहाँले ती सातवटा रोटी लिनुभयो; धन्यवाद दिनुभयो; तिनलाई भाँच्नुभयो । उहाँले मानिसहरूका अगाडि राखून् भनी ती उहाँका चेलाहरूलाई दिनुभयो, र तिनीहरूले मानिसहरूका अगाडि राखिदिए । 7 तिनीहरूसँग थोरै स-साना माछा पनि थिए । त्यसको लागि धन्यवाद दिनुभएपछि उहाँले त्यो पनि बाँडिदिन चेलाहरूलाई आज्ञा गर्नुभयो । 8 तिनीहरूले खाए र अघाए । अनि तिनीहरूले खाएर उब्रेका सात टोकरी रोटीका टुक्रा-टाक्रीहरू बटुले । 9 त्यहाँ लगभग चार हजार जना पुरुष थिए । येशूले तिनीहरूलाई पठाउनुभयो । 10 त्यसपछि तुरुन्तै उहाँ चेलाहरूसँग डुङ्गामा चढ्नुभयो र दलमनुथाको क्षेत्रमा जानुभयो । 11 तब फरिसीहरू आए, र उहाँसँग वादविवाद गर्न थाले । तिनीहरूले उहाँको जाँच गर्न उहाँसँग स्वर्गबाट एउटा चिन्ह मागे । 12 उहाँले आत्मामा सुस्केर हाल्नुभयो र भन्नुभयो, “यो पुस्ताले किन चिन्हको खोजी गर्छ ? साँचो साँचो म तिमीहरूलाई भन्दछु, यो पुस्तालाई कुनै चिन्ह दिइनेछैन ।” 13 त्यसपछि उहाँले तिनीहरूलाई छोड्नुभयो, फेरि डुङ्गामा चढ्नुभयो र तालको अर्को भागतिर जानुभयो । 14 अहिले चेलाहरूले तिनीहरूसँग रोटी ल्याउन बिर्सेका थिए । तिनीहरूसँग डुङ्गामा एउटाभन्दा बढी रोटी थिएन । 15 उहाँले तिनीहरूलाई चेतावनी दिनुभयो, र भन्नुभयो, “फरिसी र हेरोदको खमिरदेखि सचेत रहो र होसियार बस ।” 16 चेलाहरूले एक आपसमा बहस गरे, “हामीसँग रोटी नभएकोले हो ।” 17 येशू यसप्रति सजग हुनुहुन्थ्यो र उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले रोटी नल्याएको विषयमा किन बहस गरिरहेका छौ ? के तिमीहरू अझै महसुस गर्दैनौ ? के तिमीहरू बुझ्दैनौ ? तिमीहरूका हृदय यति बोधो भएका छन् ? 18 तिमीहरूसँग आँखा छन्, के तिमीहरू देख्दैनौ ? तिमीहरूसँग कान छन्, के तिमीहरू सुन्दैनौ ? के तिमीहरूले सम्झदैनौ ? 19 जब मैले पाँच हजारका सामु पाँच वटा रोटी भाँच्दा रोटीका कति टोकरी टुक्राहरू तिमीहरूले बटुलेका थियौ ?” तिनीहरूले उहाँलाई भने, “बाह्र टोकरी ।” 20 “अनि जब मैले चार हजारका बिचमा सातवटा रोटी भाँच्दा कति टोकरी तिमीहरूले बटुल्यौ ?” तिनीहरूले उहाँलाई भने, “सात टोकरी ।” 21 उहाँले भन्नुभयो, “के तिमीहरू अझै पनि बुझ्दैनौ ?” 22 उहाँहरू बेथसेदामा आउनुभयो । त्यहाँ मानिसहरूले एउटा दृष्टिविहीन मानिसलाई उहाँकहाँ ल्याए र त्यसलाई छोइदिनुहोस् भनी येशूसँग बिन्ती गरे । 23 येशूले त्यस दृष्टिविहीनलाई हातमा समाउनुभयो, र गाउँबाहिर लैजानुभयो । जब उहाँले त्यसको आँखामा थुक्नुभयो, र त्यसमाथि आफ्नो हात राख्नुभयो, उहाँले त्यसलाई सोध्नुभयो, “के तिमीले कुनै कुरा देख्छौ ?” 24 त्यसले हेर्यो र भन्यो, “म मानिसहरू रुखहरूजस्तै हिँडेको देख्छु ।” 25 उहाँले फेरि आफ्नो हात त्यसका आँखामा राख्नुभयो, र त्यस मानिसले त्यसका आँखा खोल्यो अनि त्यसको दृष्टि पुनः प्राप्त भयो र त्यसले सबै थोक स्पष्टसँग देख्यो । 26 येशूले त्यसलाई त्यसको घर पठाउनुभयो र भन्नुभयो, “त्यस सहरमा नपस ।” 27 येशू आफ्ना चेलाहरूसँगै कैसरिया फिलिप्पीका गाउँहरूतिर जानुभयो । बाटोमा उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हुँ भन्छन् ?” 28 तिनीहरूले उहाँलाई जवाफ दिए, र भने, “बप्तिस्मा-दिने यूहन्ना । अरूहरूले, ‘एलिया’ र अरूले भने ‘अगमवक्ताहरूमध्ये एक’ भन्छन् ।” 29 उहाँले तिनीहरूलाई सोध्नुभयो, “तर तिमीहरूचाहिँ म को हुँ भन्छौ ?” पत्रुसले उहाँलाई भने, “तपाईं ख्रीष्ट हुनुहुन्छ” 30 येशूले उहाँको विषयमा कसैलाई पनि नभन्नू भनी तिनीहरूलाई चेतावनी दिनुभयो । 31 उहाँले मानिसका पुत्रले धेरै कुरा भोग्नुपर्छ, र धर्म-गुरुहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूबाट तिरस्कृत हुनेछ, मारिनेछ र तिन दिनपछि फेरि मृत्युबाट जीवित भई उठ्नेछ भनी तिनीहरूलाई सिकाउन थाल्नुभयो । 32 उहाँले यो स्पष्टसँग भन्नुभयो । तब पत्रुसले उहाँलाई एकातिर लगे र उहाँलाई हपार्न थाले । 33 तर येशू आफ्ना चेलाहरूतिर फर्कनुभयो अनि पत्रुसलाई हप्काउनुभयो र भन्नुभयो, “मबाट पछि हट् शैतान ! तैँले परमेश्वरको कुरालाई ख्याल गर्दैनस्, तर तैँले मानिसको कुरालाई ख्याल गर्छस् ।” 34 त्यसपछि उहाँले भिड र उहाँका चेलाहरूलाई सँगै बोलाउनुभयो, र तिनीहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहन्छ भने, त्यसले आफैँलाई इन्कार गर्नुपर्छ, त्यसको क्रुस बोक्नुपर्छ र मलाई पछ्याउनुपर्छ । 35 किनकि जसले आफ्नो जीवन बचाउन खोज्छ त्यसले त्यो गुमाउनेछ, र जसले मेरो र सुसमाचारको खातिर आफ्नो जीवन गुमाउँछ, त्यसले यसलाई बचाउनेछ । 36 मानिसले सारा संसार प्राप्त गरेर आफ्नै जीवन गुमायो भने उसलाई के लाभ हुन्छ र ? 37 मानिसले आफ्नो जीवनको बद्लामा के दिन सक्छ र ? 38 यस व्यभिचारी र पापी पुस्तामा जो म र मेरो वचनसँग शर्माउँछ, मानिसका पुत्र पनि पवित्र स्वर्गदूतहरूसँग पिताको महिमामा आउँदा त्यससँग शर्माउनेछ ।”
जब येशू एउटा आश्चर्यकर्म गर्नुभयो र मानिसहरूको एउटा ठूलो भीडलाई रोटी प्रदान गर्नुभयो, तिनीहरूले सम्भवतः परमेश्वरले इस्राएलका मानिसहरूलाई तिनीहरू उजाडस्थानमा हुँदा आश्चर्यमयी ढङ्गले खानेकुरा जुटाउनुहुँदाको समयको बारेमा सोचे ।
खमीर भनेको खानेकुराको मिश्रण तत्त्व हो जसले रोटीलाई त्यो पकाउनुभन्दा अगाडि ठूलो बनाउँछ । यस अध्यायमा, येशूले खमीरलाई ती कुराहरू जनाउने अलङ्कारको रूपमा प्रयोग गर्नुहुन्छ जुन कुराहरूले मानिसहरूले सोच्ने, बोल्ने, र काम गर्ने तरिकालाई बदल्छन् ।
जब येशूले मानिसहरूलाई एक “व्यभिचारी पुस्ता” भन्नुभयो, उहाँले तिनीहरू परमेश्वरप्रति विश्वासयोग्य थिएनन् भनेर भनिरहनुभएको थियो । अनि )
येशूले चेलाहरूलाई सिकाउने
विरोधाभासी भनाइ भनेको सत्य कथन हो जसले कुनै असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । येशूले विरोधाभासी भनाइलाई प्रयोग गर्नुहुन्छ जब उहाँले भन्नुहुन्छ, “जसले आफ्नो जीवन बचाउन चाहन्छ उसले त्यो गुमाउनेछ, र जसले उसको जीवन मेरो खातिर गुमाउँछ उसले त्यो पाउनेछ” (मर्कुस ८:३५-३७) ।
भोकाएको ठूलो भीड येशूसँग थियो । उहाँले सातवटा रोटी र केही माछा प्रयोग गरेर तिनीहरूलाई खुवाउनुहुन्छ अनि उहाँका चेलाहरू पारिपट्टि जान डुङ्गा चढ्छन् ।
यसलाई कथामा नयाँ घटना चिनाउन प्रयोग गरिन्छ ।
“यी मानिसहरू मसँग रहेका तीन दिन भयो र तिनीहरूसँग खानलाई केही पनि छैन”
सम्भावित अर्थहरू हुन् १) जे भनेको त्यहि, “तिनीहरू केही बेरको लागि बेहोस होलान्” वा २) बढाइचढाइ गरीएको, “तिनीहरू कमजोर हुन सक्छन् ।”
येशूले चेलाहरूले पर्याप्त रोटी पाउन सक्ने अपेक्षा गर्नुभएकोमा तिनीहरू छक्क पर्छन् । वैकल्पिक अनुवादः “यो ठाउँ यति निर्जन स्थल छ, कि हामीले यहाँ यी मानिसहरूलाई पर्याप्त गरी पुग्ने रोटी पाउने ठाउँ नै छैन”
रोटीहरू भनेका मुछेको पीठोका डल्लाहरू हुन् जसलाइ आकार दिइएको हुन्छ र पकाइएको हुन्छ ।
“येशूले उहाँका चेलाहरूलाई सोध्नुभयो”
यसलाई प्रत्यक्ष कथनको रूपमा उल्लेख गर्न सकिन्छ । “येशूले भीडलाई आज्ञा गर्नुभयो, ‘भूइँमा बस’”
खानलाई टेबुल नहुँदा मानिसहरू कसरी खान्छन्, बसेर होस् वा सुतेर, तपार्इंको भाषामा लेख्नुहोस् ।
यहाँ “तिनीहरू”ले येशू र उहाँका चेलाहरूलाई जनाउन प्रयोग गरिएको छ ।
“येशूले माछआको लागि धन्यवाद दिनुभयो”
“मानिसहरूले खाए”
“चेलाहरूले बटुले”
यसले भाँचिएका माछा र रोटीका टुक्राहरूलाई जनाउँछ जुन मानिसहरूले खाइसकेपछि बाँकी रहेका थिए । वैकल्पिक अनुवादः “उब्रेका रोटी र माछाहरूका टुक्राहरूले सातवटा ठुला डालाहरू भरिए”
उहाँले कहिले पठाउनुभयो भनी स्पष्ट पार्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “तिनीहरूले खाएपछि येशूले तिनीहरूलाई पठाउनुभयो”
उहाँहरू दलमनुथा कसरी पुग्नुभयो भनी स्पष्ट पार्नु उपयुक्त हुन सक्छ । वैकल्पिक अनुवादः “उहाँहरू दलमनुथा क्षेत्रतिर जान डुङ्गा चढेर गालील समुद्रबाट भएर जानुभयो”
यो गालील समुद्रको उत्तर-पश्चिमको किनारमा पर्ने ठाउँको नाउँ हो ।
दलमनुथामा येशू आफ्ना चेलाहरूसँग डुङ्गामा चढेर जानुअगि उहाँले फरिसीहरूलाई चिन्ह दिन इन्कार गर्नुहुन्छ ।
“तिनीहरूले ... को निम्ति उहाँसँग मागे”
तिनीहरू एउटा चिन्ह चाहन्थे जसले प्रमाणित गरिदिने थियो कि येशूको शक्ति र अधिकार परमेश्वरबाटका थिए । सम्भावित अर्थहरू हुन् १) “स्वर्ग” शब्द परमेश्वरको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “परमेश्वरबाट एउटा चिन्ह” वा २) “स्वर्ग” शब्दले आकाशलाई जनाउँछ । वैकल्पिक अनुवादः “आकाशबाट एउटा चिन्ह”
येशू परमेश्वरबाट आएको हुनुहुन्थ्यो भनी प्रमाणित गर्न लगाउन फरिसीहरूले उहाँलाई जाँच्न खोजे । केही जानकारीलाई प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँलाई परमेश्वरले नै पठाउनुभएको थियो भनी प्रमाणित गर्न”
यसको अर्थ हो कि उहाँले गहिरो आवाज निकाल्नुभयो वा लामो गहिरो सास फेर्नुभयो जुन सुन्न सकिन्थ्यो । यसले सम्भवतः फरिसीहरूले येशूलाई विश्वास गर्नलाई इन्कार गरेकोमा उहाँको गहन निराशालाई देखाउँछ । तपाईंले यसलाई मर्कुस ७:३४ मा कसरी अनुवाद गर्नुभयो , सो हेर्नुहोस् ।
“उहाँ आफैँमा”
येशूले तिनीहरूलाई हप्काउँदै हुनुहुन्छ । यो प्रश्नलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो पुस्ताले चिन्ह खोज्नुहुँदैन ।”
येशूले “यो पुस्ता” भन्नुहुँदा उहाँले त्यस बेला जिइरहेका मानिसहरूलाई जनाउँदै हुनुहुन्छ । यसमा यी फरिसीहरू पनि पर्छन् । वैकल्पिक अनुवादः “तिमीहरू र यस पुस्ताका मानिसहरू”
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म चिन्ह दिनेछैन”
येशूका चेलाहरू उहाँसँगै गए । केही जानकारीलाई प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले तिनीहरूलाई छोड्नुभयो, अनि फेरि उहाँका चेलाहरूसँग डुङ्गामा चढ्नुभयो”
यसले गालील समुद्रको वर्णन गर्छ, जसलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “समुद्रको पारिपट्टि”
येशू र उहाँका चेलाहरू डुङ्गामा हुनुहुँदा फरिसीहरू र हेरोदले चिन्हहरू देखे तापनि उहाँहरूले तिनीहरूमा भएको समझको कमीबारे छलछल गर्नुहुन्छ ।
यहाँ यो शब्दलाई मुख्य कथालाई विभाजन गर्न प्रयोग गरिएको छ । यहाँ लेखकले चेलाहरूले रोटी ल्याउन बिर्सेको बारेमा पृष्ठभूमि जानकारी दिन्छन् ।
यो नकारात्मक शैलीलाई तिनीहरूसँग कति थोरै रोटी थियो भनी जोड दिन प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “एउटा मात्र”
यी दुवैको अर्थ एउटै हुन्छ, र यहाँ जोड दिनलाई दोहोर्याइएको छ । तिनीहरूलाई जोड्न सकिन्छ । वैकल्पिक अनुवादः “जागा रहो !”
यहाँ येशू उहाँका चेलाहरूसँग तिनीहरूले नबुझ्ने रूपकमा बोल्दै हुनुहुन्छ । येशूले फरिसी र हेरोदका शिक्षाहरूलाई खमिरसित तुलना गर्दै हुनुहुन्छ, तर तपार्इंले यसलाई अनुवाद गर्दा व्याख्या गर्नुहुन्न, किनभने चेलाहरू आफैँले यसलाई बुझेनन् ।
यस भनाइमा, “यो” शब्दले येशूले भन्नुभएको कुरालाई जनाउँछ भनेर व्यक्त गर्नु सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “उहाँले हामीसँग रोटी नभएकोले त्यसो भन्नुभएको होला”
“छैन” भन्ने शब्द अतिरञ्जन गरिएको कुरा हो । चेलाहरूसँग एउटा रोटी थियो
यहाँ येशूले उहाँका चेलाहरूलाई हल्का हप्काउँदै हुनुहुन्छ, किनभने उहाँले केको बारेमा भनिरहनुभएको थियो भनी तिनीहरूले बुझ्नु पर्थ्यो । यसलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले वास्तविक रोटीको बारेमा कुरा गरिरहेको छु भनी तिमीहरूले सोच्नु हुँदैन ।”
यी दुवै प्रश्नको आशय एउटै हो र यहाँ तिनीहरूले बुझ्दैनन् भनी जोड दिन तिनीहरूलाई सँगसँगै प्रयोग गरिएका छन् । यसलाई एउटा प्रश्न वा कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “के तिमीहरू अझै पनि बुझ्दैनौ ?” वा “मैले अहिलेसम्म भनेका र गरेका कुराहरू तिमीहरूले बुझ्नुपर्छ र महसुस गर्नुपर्छ ।”
यहाँ “हृदय” भनेको व्यक्तिको दिमागलाई जनाउने प्रतिस्थापन शब्द हो । यो वाक्यांश “हृदय बोधो भएका”ले केही कुरालाई बुझ्न सक्षम वा तत्पर नभएको जनाउँछ । येशूले चेलाहरूलाई हप्काउनलाई एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । यसलाई पनि कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूको सोच कति बोधो भएको छ !” वा “मैले भनेको कुरा बुझ्न तिमीहरू सुस्त छौ !”
येशूले आफ्ना चेलाहरूलाई अझै पनि हल्का हप्काउँदै हुनुहुन्छ । यी प्रश्नहरूलाई कथनहरूको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूका आँखा छन्, तर तिमीहरूले जे देख्छौ सो बुझ्दैनौ । तिमीहरूका कान छन्, तर तिमीहरूले जे सुन्छौ सो बुझ्दैनौ । तिमीहरूले सम्झनुपर्छ ।”
यसले येशूले ५,००० जनालाई खुवाउनुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “५,००० मानिसहरू”
तिनीहरूले रोटी कहिले बटुलेका थिए भनी उल्लेख गर्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “सबै खाएपछि तिमीहरूले रोटीका कति टोकरी टुक्राहरू बटुलेका थियौ”
यसले येशूले ४,००० जनालाई खुवाउनुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “४,००० जना मानिसहरू”
तिनीहरूले यी कहिले बटुलेका थिए भनी उल्लेख गर्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “सबैले खाएपछि तिमीहरूले टुक्रा-टाक्रीले भरिएका कति टोकरी बटुलेका थियौ”
चेलाहरूले नबुझेकोमा येशूले हल्कासँग हप्काउँदै हुनुहुन्छ । यसलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले भन्ने र गर्ने कुरा तिमीहरूले अबसम्म बुझ्नुपर्छ ।”
येशू र उहाँका चेलाहरू बेथसेदामा उत्रनुभएपछि येशूले एक जना दृष्टिविहीनलाई निको पार्नुहुन्छ ।
यो गालील समुद्रको उत्तरी किनारामा रहेको सहर हो । तपाईंले यस सहरको नामलाई [मर्कुस ६:४५]
तिनीहरूले किन येशूले त्यो मानिसलाई छुनुभएको चाहनुहुन्थ्यो भनी उल्लेख गर्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “त्यसलाई निको पार्नको लागि त्यसलाई छुनु”
“जब येशूले त्यसको आँखामा थुक्नुभयो ... उहाँले त्यो मानिसलाई सोध्नुभयो”
“त्यो मानिसले माथि हेर्यो”
त्यसले अरू मानिसहरू हिँडेको देख्छ, तर स्पष्ट देख्दैन, त्यसकारण त्यसले तिनीहरूलाई रूखहरूसँग तुलना गर्छ । वैकल्पिक अनुवादः “हो, म मानिसहरूलाई देख्छु ! तिनीहरू हिँडिरहेका छन्, तर म स्पष्टसँग देख्दिनँ । तिनीहरू रूखहरूजस्तै देखिन्छन्”
“अनि येशूले फेरि”
“त्यसको दृष्टि प्राप्त भयो” भन्ने वाक्यांशलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यस मानिसका आँखा पहिलेजस्तै बनाउनुभएर, त्यसपछि त्यसले आफ्ना आँखा खोल्यो”
येशू र उहाँका चेलाहरू कैसरिया फिलिप्पी जानुहुँदा बाटोमा येशू को हुनुहुन्छ र उहाँलाई के हुनेछ भनी कुरा गर्नुहुन्छ ।
“तिनीहरूले यसो भन्दै जवाफ दिए”
चेलाहरूको जवाफ दिए कि यो त्यो व्यक्ति हो जुन केही मानिसहरूले येशू हुनुहुन्थ्यो भनी भन्थे । यसलाई अझ प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “केहीले तपार्इं बप्तिस्मा-दिने यूहन्ना हुनुहुन्छ भन्छन्”
“अरूहरू” शब्दले अरू मानिसहरूलाई जनाउँछ । यसले येशूको प्रश्नप्रति तिनीहरूका जवाफहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “अरूहरूले तपार्इं ... हुनुहन्छ भन्छन् ... अरूहरूले तपार्इं ... हुनुहन्छ भन्छन्”
“येशूले आफ्ना चेलाहरूलाई सोध्नुभयो”
उहाँ नै ख्रीष्ट हुनुहुन्छ भनी तिनीहरूले कसैलाई नभनेको येशूले चाहनुभयो । यसलाई स्पष्ट पार्न सकिन्छ । साथै, यसलाई प्रत्यक्ष कथनमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँ ख्रीष्ट हुनुहुन्छ भनी कसैलाई नभन्नू भनी येशूले तिनीहरूलाई चेतावनी दिनुभयो” वा “येशूले तिनीहरूलाई चेतावनी दिनुभयो, ‘म ख्रीष्ट हुँ भनी कसैलाई नभन्नू’”
यो येशूको निम्त महत्त्वपूर्ण पदवी हो ।
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्म-गुरुहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरूले उसलाई इन्कार गर्नेछन् र मानिसहरूले तिनलाई मार्नेछन् अनि तीन दिनपछि ऊ मृत्युबाट जीवित भई उठ्नेछ”
“उहाँले यो बुझ्न सजिलो हुने तरिकाले भन्नुभयो”
मानिसका पुत्रलाई यस्तो हुनेछ भन्नुभएको कुरामा पत्रुसले येशूलाई हकार्न थाले । यसलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “यी कुराहरू भन्नुभएकोमा उहाँलाई हप्काउन थाले”
येशू मर्नुभएको र बौरनुभएको नचाहेकोमा पत्रुसलाई हप्काएपछि येशूले उहाँलाई कसरी पछ्याउने भनी उहाँका चेलाहरू र भीड दुवैलाई बताउनुहुन्छ ।
पत्रुसले शैतानको जस्तो काम गरिरहेका छन् भन्ने येशूको आशय हो, किनभने परमेश्वरले गर्नलाई पठाउनुभएको काम गर्न पत्रुसले रोक्दै थिए । वैकल्पिक अनुवादः “मबाट पछि हट्, किनभने तैँले शैतानले जस्तै काम गरिरहेको छस् ! तँ ... राखिरहेको छैनस्”
“मबाट भागी हाल्”
यहाँ येशूलाई पछ्याउनुले उहाँका चेलाहरूमध्येको एकजना हुने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “मेरो चेला होऊ” वा “मेरा चेलाहरूमध्येको एक होऊ”
“आफ्नै इच्छाहरूप्रति सुम्पिइनुहुन्न” वा “आफ्ना इच्छाहरू त्याग्नुपर्छ”
“उसको क्रूस बोकेर मलाई पछ्याउनुपर्छ ।” क्रूसले दुःखभोग र मृत्युलाई प्रतिनिधित्व गर्छ । क्रुस उठाउनु भनेको सतावट सहन र मर्न तत्पर हुनु हो । वैकल्पिक अनुवादः “कष्ट भोग्ने र मर्ने विन्दुसम्मै मेरो आज्ञापालन गर्नुपर्छ”
यहाँ येशूलाई पछ्याउनुले उहाँको आज्ञापालन गर्ने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “मेरो आज्ञापालन गर”
“किनकि जो कसैले चाहन्छ”
यसले शारीरिक र आत्मिक दुवै किसिमका जीवनलाई जनाउँछ ।
“मेरो र सुसमाचारको कराणले ।” येशूले उहाँको र सुसमाचारको कारणले जीवन गुमाउनेहरूको बारेमा बोल्दै हुनुहुन्छ । यसलाई स्पष्ट रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने त्यसले मलाई पछ्याउँछ र अरूहरूलाई सुसमाचार प्रचार गर्छ”
यसलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसले सारा संसार नै हासिल गरे पनि आफ्नै जीवन गुमायो भने कुनै लाभ हुनेछैन ।”
यसलाई “यदि” शब्दबाट सुरु हुने कुनै शर्तको रूपमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि उसले सारा संसार हात पार्छ र त्यसपछि आफ्नै जीवनलाई गुमाउँछ भने”
“सारा संसार” भन्ने शब्दहरू धेरै सम्पत्तिलाई जनाउन अतिरञ्जन गरिएको कुरा हो । वैकल्पिक अनुवादः “उसले त्यस समयसम्ममा पाउन चाहेको सबैथोक हात पार्न”
केही कुरालाई गुमाउनु भनेको त्यसलाई हराउनु वा त्यो कुरा अर्को व्यक्तिबाट अन्त लगिनु हो ।
यसलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसले आफ्नो जीवनको सट्टामा दिन सक्ने कुनै पनि कुरा छैन ।” वा “कसैले आफ्नो जीवनको सट्टामा कुनै कुरा दिन सक्दैन ।”
यदि तपार्इंको भाषामा केही कुरा दिँदा लिने व्यक्तिको आवश्यकता पर्छ भने पाउनेको रूपमा परमेश्वरलाई उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एउटा व्यक्तिले परमेश्वरलाई के दिन सक्छ र ?”
“म र मेरो सन्देशसँग शर्माएको”
येशूले यो पुस्तालाई व्यभिचारी भन्नुहुन्छ जसको अर्थ हुन्छ कि तिनीहरू परमेश्वरसँगको सम्बन्धमा विश्वासयोग्य छैनन् । वैकल्पिक अनुवादः “परमेश्वरको विरुद्धमा व्यभिचार गर्ने र पापी मानिसहरूका पुस्तामा” वा “परमेश्वरप्रति अविश्वासी भएका र ज्यादै पापी मानिसहरूको यस पुस्तामा”
यो येशूको निम्ति महत्त्वपूर्ण पदवी हो ।
“जब उहाँ फर्केर आउनुहुन्छ”
जब येशू फर्कनुहुन्छ उहाँसँग उहाँको पिताको जस्तै महिमा हुनेछ ।
“पवित्र स्वर्गदूतहरूका साथमा”
1 उहाँले तिनीहरूलाई भन्नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, यहाँ खडा हुनेहरूमा तिमीहरूमध्ये केहीले परमेश्वरको राज्य शक्तिसित आएको देख्नुअगि मृत्यु चाख्नेछैनन् । 2 ६ दिनपछि येशूले पत्रुस, याकूब र यूहन्नालाई आफ्नो साथमा लिएर एउटा अग्लो पहाडमा जानुभयो । त्यसपछि तिनीहरूको सामु उहाँको रूप परिवर्तन भयो । 3 उहाँका लुगाहरू एकदमै चहकिलो, अति सेतो भयो, यति सेतो भयो कि पृथ्वीका कसैले पनि त्यतिको सेतो बनाउन सक्दैनथ्यो । 4 त्यसपछि एलिया र मोशा उहाँहरूकहाँ देखा परे । तिनीहरूले येशूसँग कुरा गरिरहेका थिए । 5 पत्रुसले जवाफ दिए र येशूलाई भने, “गुरुज्यू, हामीलाई यहाँ बस्न राम्रो छ । त्यसैले, यहाँ हामी तिनवटा बस्ने ठाउँ बनाऔँ: एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति ।” 6 (तिनले के भन्ने भनी जानेनन्, किनभने तिनीहरू त्रसित भएका थिए ।) 7 बादल आयो र उहाँहरूलाई छोप्यो । तब बादलबाट एउटा आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन् र यिनले भनेका कुरा सुन ।” 8 अचानक जब तिनीहरूले आफ्नो वरिपरि हेरे, तिनीहरूले तिनीहरूसँग येशूबाहेक अरू कसैलाई पनि देखेनन् । 9 उहाँहरू पहाडबाट तल ओर्लंदै गर्नुहुँदा मानिसका पुत्र मृत्युबाट जीवित भएर नउठेसम्म कसैलाई केही पनि नभन्नू भनी उहाँले तिनीहरूलाई आज्ञा गर्नुभयो । 10 त्यसैले, ती कुराहरू तिनीहरूले आफैँसँग राखे, तर तिनीहरूले “मृत्युबाट जीवित भई उठ्नु” को अर्थ के हो भनी तिनीहरूले आपसमा छलफल गरे । 11 तिनीहरूले उहाँलाई सोधे “शास्त्रीहरूले किन एलिया नै पहिला आउनुपर्छ भनेका त ?” 12 उहाँले तिनीहरूलाई भन्नुभयो, “वास्तवमा सबै थोकलाई पुनर्स्थापना गर्न एलिया नै पहिले आउनुपर्छ । मानिसका पुत्रले धेरै कष्ट भोग्नुपर्छ र घृणित हुनेछ भनी किन लेखिएको त ?” 13 तर म तिमीहरूलाई यो भन्छु, कि एलिया आइसकेका छन्, र वचनमा तिनको बारेमा लेखिएअनुसार तिनीहरूले एलियालाई जे चाहे त्यही गरे ।” 14 जब उहाँ चेलाहरूकहाँ आउनुभयो, उहाँले तिनीहरूका वरिपरि ठुलो भिड देख्नुभयो, र शास्त्रीहरूले तिनीहरूसँग बहस गरिरहेका थिए । 15 जब तिनीहरूले उहाँलाई देखे, सबै भिड छक्क परे र सबै उहाँलाई अभिवादन गर्न दौडेर गए । 16 उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “तिमीहरूले तिनीहरूसँग के बहस गरिरहेका छौ ?” 17 भिडमध्येका कसैले उहाँलाई जवाफ दियो, “गुरुज्यू, मैले तपाईंकहाँ मेरो छोरो ल्याएँ । त्यसलाई भूत लागेको छ जसले त्यसलाई बोल्न दिँदैन, 18 र यसले यसलाई पक्रन्छ, पछार्छ मुखमा फिँज काढ्छ र दाह्रा किट्छ र अरट्ठ पर्छ । मैले तपाईंका चेलाहरूलाई यसलाई निकाल्नलाई बिन्ती गरेँ, तर तिनीहरूले निकाल्न सकेनन् ।” 19 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “हे अविश्वासी पुस्ता हो, कति समयसम्म म तिमीहरूसँग बस्नुपर्नेछ ? कति समयसम्म म तिमीहरूलाई सहनु ? त्यसलाई मकहाँ ल्याओ ।” 20 तिनीहरूले त्यस केटोलाई उहाँकहाँ ल्याए । जब दुष्ट आत्माले येशूलाई देख्यो, त्यो आत्माले त्यस केटोलाई जोरले काम्न लगायो । त्यो केटो भुइँमा लड्यो र मुखमा फिँज काढ्यो । 21 येशूले त्यसको बुबालाई सोध्नुभयो, “यस्तो भएको कति भयो ?” बुबाले भने, “बाल्यकालदेखि नै हो । 22 यसले उसलाई प्रायः आगो वा पानीमा फ्याँकेको छ र उसलाई मार्न खोज्थ्यो । यदि तपाईंले कुनै कुरा गर्न सक्नुहुन्छ भने हामीमाथि दया देखाउनुहोस् र सहायता गर्नुहोस् ।” 23 येशूले तिनलाई भन्नुभयो, “ ‘यदि तपाईंले गर्न सक्नुहुन्छ भने’ ? विश्वास गर्नेको निम्ति सबै कुरा सम्भव छ ।” 24 तुरुन्तै त्यस बालकको बुबा चिच्च्याए र भने, “म विश्वास गर्छु ! मेरो अविश्वासमा सहायता गर्नुहोस् ।” 25 जब येशूले भिड दौडदै उहाँहरूतिर आइरहेको देख्नुभयो, उहाँले त्यो अशुद्ध आत्मालाई हप्काउनुभयो र भन्नुभयो, “तँ गुँगा र बहिरो आत्मा, म आज्ञा गर्छु यसबाट निस्किजा र कहिल्यै पनि यसमा प्रवेश नगर ।” 26 यो चिच्च्यायो र डरलाग्दो गरी लछारपछार गर्यो अनि निस्क्यो । त्यो केटा मरेकोजस्तै देखियो । त्यसैले, धेरैले भने, “ऊ मर्यो ।” 27 तर येशूले त्यस केटालाई हातले समातेर उठाउनुभयो, र त्यो केटा उभियो । 28 जब येशू घरभित्र पस्नुभयो, चेलाहरूले उहाँलाई गुप्तमा सोधे, “हामीले यसलाई किन निकाल्न सकेनौँ ?” 29 उहाँले तिनीहरूलाई भन्नुभयो, “यस्तो किसिमको कुरालाई प्रार्थनाले बाहेक निकाल्न सकिँदैन ।” 30 उहाँहरू त्यहाँबाट जानुभयो र गालील हुँदै जानुभयो । उहाँहरू कहाँ हुनुहुन्छ कसैलाई थाहा नहोस् भन्ने उहाँले चाहनुभयो, 31 किनभने उहाँले आफ्ना चेलाहरूलाई सिकाइरहनुभएको थियो । उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछ र तिनीहरूले उसलाई मार्नेछन् । जब उसलाई मारिनेछ त्यसको तिन दिनपछि ऊ फेरि जीवित भई उठ्नेछ ।” 32 तर तिनीहरूले यो भनाइलाई बुझेनन् र उहाँलाई सोध्न तिनीहरू डराए । 33 अनि उहाँहरू कफर्नहुममा आइपुग्नुभयो । जब उहाँ घरमा हुनुहुन्थ्यो उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूले बाटोमा के छलफल गरिरहेका थियौ ?” 34 तर सबै चुपचाप भए । किनभने तिनीहरूले “कोचाहिँ सबैभन्दा ठुलो हो” भनी बहस गरिरहेका थिए । 35 उहाँ बस्नुभयो र बाह्र जनालाई बोलाउनुभयो अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “यदि कोही पहिलो हुन चाहन्छ भने त्यो सबैभन्दा अन्तिम र सबैको दास हुनुपर्छ ।” 36 उहाँले एउटा सानो बालकलाई लिएर तिनीहरूका माझमा राख्नुभयो । उहाँले त्यसलाई हातमा लिनुभयो र तिनीहरूलाई भन्नुभयो, 37 “जसले यस्तो बालकलाई मेरो नाउँमा ग्रहण गर्छ, उसले मलाई पनि ग्रहण गर्छ, र कसैले मलाई ग्रहण गर्छ भने उसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेलाई पनि ग्रहण गर्छ ।” 38 यूहन्नाले उहाँलाई भने, “गुरुज्यू, हामीले कसैलाई तपाईंको नाममा भूतात्मा धपाउँदै गरेको देख्यौँ र हामीले त्यसलाई रोक्यौँ, किनकि त्यसले हामीलाई पछ्याउँदैन ।” 39 तर येशूले भन्नुभयो, “त्यसलाई नरोक, किनकि कसैले पनि मेरो नाउँमा शक्तिशाली काम गरेर तत्कालै मेरो बारेमा कुनै खराब कुरा भन्न सक्दैन । 40 जो हाम्रो विरुद्धमा छैन, त्यो हाम्रो हो । 41 तिमीहरू ख्रीष्टका भएको हुनाले कसैले एक गिलास पानी दिन्छ भने पनि साँचो साँचो म भन्दछु, कि उसले आफ्नो इनाम गुमाउनेछैन । 42 ममा विश्वास गर्ने यी सानामध्ये एक जनालाई ठेस खान लगाउनुभन्दा त, त्यसलाई त्यसको घाँटीमा ठुलो जाँतोको ढुङ्गा बाँधेर समुद्रमा फ्याँक्नु राम्रो हुने थियो । 43 यदि तिम्रो हातले तिमीलाई ठेस खान लगाउँछ भने यसलाई काटेर फालिदेऊ । दुईवटा हात लिएर कहिल्यै ननिभ्ने आगोको नरकमा जानुभन्दा अपाङ्ग भएर जीवनमा प्रवेश गर्नु नै राम्रो हुन्छ । 44 (नोटः उत्कृष्ट प्राचीन प्रतिलिपिहरूले पद ४४ र ४६ बाट यस वाक्यांशलाई हटाएको छ) “जहाँ किराहरू कहिल्यै मर्दैनन् र आगो पनि कहिल्यै निभ्दैन ।” 45 यदि तिम्रो खुट्टाले तिमीलाई ठेस खान लगाउँछ भने यसलाई काटेर फालिदेऊ । दुईवटा खुट्टा लिएर नरकमा फालिनुभन्दा त लङ्गडो भएर जीवनमा प्रवेश गर्नु नै असल हुन्छ । 46 (४४ पदको टिप्पणीलाई हेर्नुहोस् ।) 47 यदि तिम्रा आँखाले तिमीलाई ठेस खान लगाउँछ भने, यसलाई निकालेर फालिदेऊ । दुईवटा आँखा लिएर नरकमा फालिनुभन्दा एउटा मात्र आँखा लिएर परमेश्वरको राज्यमा प्रवेश गर्नु नै असल हुन्छ । 48 जहाँ किराहरू मर्दैनन् र आगो पनि निभ्दैन । 49 किनकि सबैलाई आगोले नुनिलो पार्नेछ । 50 नुन असल हो, तर यदि नुनले आफ्नो नुनिलोपना गुमाउँछ भने यसलाई फेरि कसरी नुनिलो बनाउने ? आफू-आफूमा नुन राख र एक-आपसमा शान्तिमा बस ।
धर्मशास्त्रले धेरैपटक परमेश्वरको महिमालाई एउटा महान्, चखिलो ज्योतिको रूपमा कुरा गर्छ । जब मानिसहरूले यस ज्योतिलाई देख्छन्, तिनीहरू डराउँछन् । मर्कुसले यस अध्यायमा भन्छन् कि येशूको वस्त्र यस महिमामय ज्योतिका साथमा चम्कियो जसले गर्दा उहाँका अनुयायीहरूले येशू साँच्चै परमेश्वरको पुत्र हुनुहुन्थ्यो भनेर देख्न सके । त्यही समयमा, परमेश्वरले तिनीहरूलाई भन्नुभयो कि येशू उहाँको पुत्र हुनुहन्थ्यो । अनि )
येशूले ती कुराहरू भन्नुभयो जसलाई उहाँका अनुयायीहरूले शाब्दिक रूपमा जस्ताको तस्तै बुझेको अपेक्षा गर्नुभएन । जब उहाँले भन्नुभयो, “यदि तिम्रो हातले तिमीलाई ठेस खान लगाउँछ भने, त्यसलाई काटिदेऊ” (मर्कुस ९:४३), उहाँले अतिरञ्जन गरेर बोलिरहनुभएको थियो ताकि तिनीहरूलाई थाहा होस् कि तिनीहरू त्यस्तो कुनै पनि कुराबाट टाढा रहनुपर्छ जसले तिनीहरूलाई पाप गर्न लगाउँछ, तब पनि टाढा रहनुपर्छ जब त्यो कुरा तिनीहरूले मन पराएका वा तिनीहरूलाई चाहिन्छ भनी सोचेका कुरा हो ।
एलिया र मोशा अचानक येशू, याकूब, यूहन्ना, र पत्रुसकहाँ देखा पर्छन्, र त्यसपछि अल्पिन्छन् । उहाँहरू चारैजनाले एलिया र मोशालाई देख्नुहुन्छ, र किनभने एलिया र मोशाले येशूसँग कुरा गरे, पाठकले बुझ्नुपर्छ कि एलिया र मोशा शारीरिक रूपमा देखा परे ।
यस अध्यायमा येशूले आफैँलाई “मानिसको पुत्र” भनेर जनाउनुभयो अनि
विरोधाभासी भनाइ भनेको सत्य कथन हो जसले कुनै असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । येशूले विरोधाभासी भनाइलाई प्रयोग गर्नुहुन्छ जब उहाँले भन्नुहुन्छ, “यदि कोही प्रथम हुन चाहन्छ भने, ऊ सबैभन्दा अन्तिमको र सबैको सेवक हुनुपर्छ” (मर्कुस ९:३५) ।
येशूले आफ्ना चेलाहरू र मानिसहरूसँग उहाँलाई पछ्याउनेबारे कुरा गरिरहनुभएको छ । छ दिनपछि, उहाँ चेलाहरूसँग पहाडमाथि जानुहुन्छ, जहाँ उहाँको मुहार परिवर्तन हुन्छ र उहाँ परमेश्वरको राज्यमा कुनै दिन देखिनुहुनेजस्तै देखिनुहुन्छ ।
“येशूले उहाँका चेलाहरूलाई भन्नुभयो”
परमेश्वरको राज्य आउनुले परमेश्वरले आफैँलाई राजाको रूपमा देखाउनुहुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले आफैँलाई ठूलो शक्तिका साथ राजाको रूपमा प्रकट गर्नुहुन्छ”
लेखकले यहाँ उहाँहरू एक्लै हुनुहुन्थ्यो र केवल येशू, पत्रुस, याकूब, र यूहन्ना मात्रै माथि पहाडमा जानुभयो भनेर जोड दिनका लागि निजवाचक सर्वनाम “उहाँहरू”को प्रयोग गर्छन् ।
जब तिनीहरूले उहाँलाई हेरे, उहाँको स्वरूप पहिले भएकोभन्दा भिन्दै थियो ।
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँको स्वरूप परिवर्तन भएको थियो” वा “उहाँ धेरै फरक देखिनुभयो”
“तिनीहरूको सम्मुख” वा “ताकि तिनीहरूले उहाँलाई प्रस्टसँग देख्न सकून्”
“टल्किरहेको” वा “बलिरहेको ।” येशूका लुगाहरू यति चहकिला थिए कि तिनीहरूले उज्यालो दिइरहेका थिए ।
सम्भव भएसमम वा सबैभन्दा ज्यादाभन्दा पनि बढी
यसले प्राकृतिक उनलाई अझ धेरै सेतो बनाउन दाग हटाउने ब्लिच वा एमिनियाजस्ता रासायनिक पदार्थ प्रयोग गर्ने प्रक्रियाको वर्णन गर्छ । वैकल्पिक अनुवादः “पृथ्वीका कुनै पनि मानिसले सेतो बनाउन सक्नेभन्दा बढी सेतो”
यी मानिसहरू को हुन् भनी उल्लेख गर्नु उपयुक्त हुन सक्छ । वैकल्पिक अनुवादः “धेरै लामो समयअगिका अगमवक्ताहरू, मोशा र एलिया, देखा परे”
यहाँ “तिनीहरू”ले एलिया र मोशालाई जनाउँछ ।
“पत्रुसले येशूलाई भने ।” यहाँ “जवाफ दिए” लाई वार्तालावमा पत्रुसलाई चिनाउन प्रयोग गरिएको छ । पत्रुसले प्रश्नको जवाफ दिइरहेका थिएनन् ।
“हामीलाई” भन्ने शब्दले पत्रुस, याकूब, र यूहन्नालाई मात्र जनाउँछ वा त्यहाँ हुनुभएका येशू, एलिया, र मोशा गरेर सबैलाई जनाउँछ भनेर स्पष्ट छैन । यदि दुवै छनोटहरूलाई सम्भव देखाउने गरी तपाईंले अनुवाद गर्न सक्नुहुन्छ भने, त्यसो गर्नुहोस् ।
सामान्य, अस्थायी ठाउँहरू जसमा बस्न र सुत्न सकिन्छ
यो कोष्ठभित्र दिइएको वाक्यले पत्रुस, याकूब र यूहन्नाको पृष्ठभूमिबारे केही कुरा बताउँछ ।
“तिनीहरू अति डराएका थिए” वा “तिनीहरू असाध्यै डराएका थिए”
“देखा पर्यो र ढाक्यो”
“आवाज आयो” भनेको कोही बोलिरहेको कुराको निम्ति प्रतिस्थापकीय शब्द हो । कसले बोल्यो भनेर स्पष्ट तवरमा व्यक्त गर्न पनि सकिन्छ । वैकल्पिक अनुवादः “तब कसैले बादलबाट बोल्नुभयो” वा “तब परमेश्वर बादलबाट बोल्नुभयो”
परमेश्वर पिताले उहाँका “प्रिय पुत्र”, परमेश्वरको पुत्रको निम्ति उहाँको प्रेम व्यक्त गर्नुहुन्छ ।
यो येशू, परमेश्वरको पुत्रको निम्ति महत्त्वपूर्ण पदवी हो ।
यहाँ “तिनीहरू”ले पत्रुस, याकूब र यूहन्नालाई जनाउँछ ।
उहाँले यो कुरालाई उहाँ मृत्युबाट जीवित हुनुभएपछि मात्र तिनीहरूलाई भन्ने अनुमति दिनुभयो भन्ने आशयलाई यसले व्यक्त गर्छ ।
“मृतकहरूमध्येबाट जीवित भएको ।” यसको अर्थ फेरि जीवित हुनु हुन्छ । मृतकहरूले मरेका मानिसहरूलाई जनाउँछ र यो रूपकले मृत्युलाई जनाउँछ । वैकल्पिक अनुवादः “मृत्युबाट बिउँतनुभएको”
“मृतकहरूमध्येबाट जीवित हुनु ।” यसको अर्थ फेरि जीवित हुनु हुन्छ । मृतकहरूले मरेका मानिसहरूलाई जनाउँछ र यो रूपकले मृत्युलाई जनाउँछ । वैकल्पिक अनुवादः “”rising from death“”
यहाँ “ती कुराहरू तिनीहरूले आफैँसँग राखे” भनेको टुक्का हो जसको अर्थ तिनीहरूले देखेका कुरा कसैलाई पनि भनेनन् भन्ने हुन्छ । वैकल्पिक अनुवादः “त्यसैले, आफूले देखेका कुराको बारेमा तिनीहरूले कसैलाई पनि भनेनन्”
“मृत्युबाट जीवित भई उठ्नु” भन्नुको अर्थ के हो भनी पत्रुस, याकूब र यूहन्ना अलमल्लमा परेका भए तापनि तिनीहरूले एलियाको आगमनको बारेमा सोधे ।
“तिनीहरू” शब्दले पत्रुस, याकूब, र यूहन्नालाई जनाउँछ ।
अगमवाणी अनुसार एलिया स्वर्गबाट फेरि आउँछन् । अनि मानिसका पुत्र अर्थात् मसीह शासन गर्न र राज्य गर्न आउनुहुन्छ । मानिसको पुत्र कसरी मर्न र पुनः बिउँतन सक्नुहुन्थ्यो भन्ने बारेमा चेलाहरू अन्योलमा छन् । वैकल्पिक अनुवादः “शास्त्रीहरूले किन एलिया मसिह आउनुभन्दा अगाडि आउनुपर्छ भनेर भन्छन् ?”
यसो भनेर, येशूले पुष्टि गर्नुहुन्छ कि एलिया पहिला आउने थिए ।
येशूले उहाँका चेलाहरूलाई धर्मशास्त्रले मानिसको पुत्रले कष्ट भोग्नुपर्छ र घृणित हुनुपर्छ भनेर पनि सिकाउँछ भनेर सम्झाउनलाई यस प्रश्नको प्रयोग गर्नुहुन्छ । यसलाई कथनको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर म तिमीहरूले धर्मशास्त्रमा मानिसका पुत्रको बारेमा लेखिएको कुरा विचार गरेको चाहन्छु । धर्मशास्त्रले भन्छ कि उसले धेरै कष्ट भोग्नुपर्छ र घृणित हुनुपर्छ ।”
यसलाई कर्तृ वाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले उसलाई घृणा गर्ने थिए”
मानिसहरूले एलियालाई गरेका कुरा उल्लेख गर्नु उपयुक्त हुन सक्छ । वैकल्पिक अनुवादः “अनि हाम्रा अगुवाहरूले तिनलाई तिनीहरूले चाहे अनुसार व्यवहार गरे”
येशू, पत्रुस, याकूब र यूहन्ना डाँडाबाट तल आउँदा तिनीहरूले शास्त्रीहरूले अरू चेलाहरूसँग विवाद गरिरहेका पाए ।
येशू पत्रुस, याकूब र यूहन्ना डाँडामाथि नगएका अरू चेलाहरूकहाँ फर्केर आउनुभयो ।
“येशू र ती तीन चेलाहरूले अरू चेलाहरूको वरिपरि एउटा ठूलो भीड लागेको देख्नुभयो”
येशूसँग नगएका चेलाहरूसँग शास्त्रीहरूले विवाद गरिरहेका थिए ।
तिनीहरू किन छक्क परे भनी उल्लेख गर्नु उपयुक्त हुन सक्छ । वैकल्पिक अनुवादः “येशू आउनुभएकोमा चकित भए”
शास्त्रीहरू र चेलाहरूका बीचमा के बहस भइरहेको थियो भनी व्याख्या गर्न भूत लागेको केटाको बुबाले चेलाहरूलाई त्यसको छोराबाट भूत निकालिदेओ भनेको तर तिनीहरूले सकेनन् भने । त्यसपछि येशूले त्यो केटाबाट भूत निकाल्नुहुन्छ । पछि तिनीहरूले किन भूत निकाल्न सकेनन् भनी चेलाहरूले सोध्छन् ।
यसको अर्थ हुन्छ, कि त्यो केटासँग भूत छ । “त्यससँग अशुद्ध आत्मा छ” वा “त्यसलाई अशुद्ध आत्मा लागेको छ”
जिउ बटार्ने, वा मस्तिष्कको असन्तुलनले एक व्यक्तिलाई सास फेर्न वा निल्नलाई समस्या बनाउन सक्छ । यसले मुखबाट फिँज आउने बनाउँछ । यदि तपाईंको भाषामा त्यसलाई वर्णन गर्ने कुनै तरिका छ भने, तपाईंले त्यसलाई प्रयोग गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “उसको मुखबाट पानीका फोकाहरू आउँछन्”
“ऊ करक्क पर्छ” वा “उसको शरीर अरट्ठ पर्छ”
यसले चेलाहरूले आत्मालाई त्यस केटाबाट बाहिर निकाल्न नसकेको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले त्यसबाट निकाल्न सकेनन्”
येशूलाई बिन्ती गर्ने केटाको बुबा थिए, तैपनि येशूले पूरा भीडलाई जवाफ दिनुहुन्छ । यसलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले भीडलाई जवाफ दिनुभयो”
“तिमीहरू अविश्वासी पुस्ता ।” येशू भीडलाई जवाफ दिन लाग्नुहुँदा तिनीहरूलाई यसो भन्नुहुन्छ ।
येशूले उहाँलाई दिक्क लागेको कुरा व्यक्त गर्न यो प्रश्न सोध्नुहुन्छ । दुवै प्रश्नको अर्थ एउटै हो । यिनीहरूलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूको अविश्वासप्रति म थकित भएको छु !” वा “तिमीहरूको अविश्वासले मलाई थकित बनाउँछ । मैले कहिलेसम्म सहनु भनेर म चकित पर्छु ।”
“तिमीहरूलाई खप्नु” वा “तिमीहरूलाई थाम्नु”
“त्यो केटालाई मकहाँ ल्याओ”
यसले अशुद्ध आत्मालाई जनाउँछ । तपाईंले यसलाई मर्कुस ९:१७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यो शरीरमा मानिसको नियन्त्रण नभएको र शरीर भयानक तरिकाले काम्ने अवस्था हो ।
“ऊ सानो हुँदादेखि नै ।” यसलाई पूरा वाक्यको रूपमा उल्लेख गर्नु उपयुक्त हुन सक्छ । वैकल्पिक अनुवादः “ऊ सानो हुँदादेखि नै उसलाई यस्तो हुन्छ”
“दया गर्नुहोस्”
येशूले त्यस मानिसले उहाँलाई भनेको कुरा दोहोर्याउनुभयो । वैकल्पिक अनुवादः “के तिमी मलाई ‘यदि तपार्इंले सक्नुहुन्छ भने’ भनी भन्छौ ?” वा “तिमी किन मलाई ‘यदि तपार्इंले सक्नुहुन्छ भने’ भनी भन्छौ ?”
येशूले त्यस मानिसको शंकालाई हप्काउनलाई यस प्रश्नको प्रयोग गर्नुहुन्छ । यसलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीले मलाई यसो भन्नुहुँदैन, ‘यदि तपार्इं सक्षम हुनुहुन्छ भने ।’” वा “यदि म सक्षम छु कि भनेर तिमीले मलाई सोध्छौ । अवश्य पनि म सक्षम छु ।”
“परमेश्वरले उहाँमा विश्वास गर्नेहरूका निम्ति कुनै पनि कुरा गर्न सक्नुहुन्छ”
“त्यस व्यक्तिको लागि” वा “जो कसैको लागि”
यसले परमेश्वरमाथिको भरोसालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरमाथि विश्वास गर्छ”
त्यो मानिसले उसको अविश्वासलाई जित्न सहायता गर्न र उसको विश्वास बढाइ दिन येशूसँग सहायता माग्दै छन् । वैकल्पिक अनुवादः “मैले विश्वास नगर्दा मलाई सहायता गर्नुहोस्” वा “धेरै विश्वास गर्न मलाई सहायता गर्नुहोस्”
यसको अर्थ हुन्छ, कि अरू मानिसहरू येशू हुनुभएकोतिर नै दौडिरहेका थिए र त्यहाँ भीड बढिरहेको थियो ।
गुँगा र बहिरो शब्दलाई व्याख्या गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तँ अशुद्ध आत्मा, तँ जसले त्यो केटालाई सुन्न र बोल्न असक्षम तुल्याइरहेको छस्”
“अशुद्ध आत्मा चिच्च्यायो”
“त्यो केटोलाई भयङ्करसँग कँपायो”
आत्मा त्यस केटाबाट बाहिर निस्क्यो भनेर बुझिएको छ । वैकल्पिक अनुवादः “त्यो केटाबाट निस्क्यो”
त्यो केटाको अनुहारलाई मरेकोसँग तुलना गरिन्छ । वैकल्पिक अनुवादः “त्यो केटा मरेकोजस्तो देखियो” वा “त्यो केटा एउटा मृत व्यक्ति झैँ देखियो”
“त्यसैले, धेरै मानिसहरू”
यसको अर्थ हुन्छ, कि येशूले त्यो केटाको हात आफ्नै हातले समात्नुभयो । वैकल्पिक अनुवादः “केटालाई हातले समात्नुभयो”
“त्यसलाई उठ्न सहायता गर्नुभयो”
यसको अर्थ उहाँहरू एकलै हुनुहुन्थ्यो भन्ने हुन्छ ।
“अशुद्ध आत्मालाई बाहिर निकाल्नु ।” यसले आत्मालाई त्यस केटाबाट बाहिर निकाल्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “केटाबाट अशुद्ध आत्मा निकाल्नु”
“बाहेक” र “सकिँदैन” दुवै नकारात्मक शब्दहरू हुन् । कुनै भाषामा सकारात्मक प्रयोग गर्नु बढी स्वाभाविक हुन सक्छ । वैकल्पिक अनुवादः “यस्तोलाई प्रार्थनाद्वारा मात्र निकाल्न सकिन्छ”
यसले अशुद्ध आत्मालाई जनाउँछ । वैकल्पिक अनुवादः “यस्तो किसिमको अशुद्ध आत्मा”
येशूले भूत लागेको मानिसलाई निको पार्नुभएपछि येशू र उहाँका चेलाहरूले उहाँहरू रहनुभएको घर छोड्नुभयो । उहाँले आफ्ना चेलाहरूलाई एक्लै सिकाउने समय लिनुहुन्छ ।
“येशू र उहाँका चेलाहरू त्यस क्षेत्रबाट जानुभयो”
“हुँदै यात्रा गर्नुभयो” वा “भएर जानुभयो”
येशू भीडबाट अलग भएर आफ्ना चेलाहरूलाई सिकाउँदै हुनुहुन्थ्यो । यसलाई अझ स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने उहाँले आफ्ना चेलाहरूलाई एकान्तमा सिकाउँदै हुनुहुन्थ्यो”
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले मानिसको पुत्रलाई जिम्मा लगाउनेछ”
यहाँ येशूले आफैँलाई मानिसको पुत्रको रूपमा जनाउनुहुन्छ । यो येशूको निम्ति महत्त्वपूर्ण पदवी हो । “म अर्थात् मानिसका पुत्र”
यहाँ “हात” को अर्थ नियन्त्रण हो । वैकल्पिक अनुवादः “मानिसहरूको नियन्त्रणमा” वा “ताकि मानिसहरूले उसलाई वशमा राख्न सकून्”
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले उसलाई मारेपछि र तीन दिन भएपछि, ऊ”
उहाँले भन्नुभएको कुराको अर्थ के हो भनी येशूलाई सोध्न तिनीहरू डराए । वैकल्पिक अनुवादः “यसको अर्थ के हो भनी तिनीहरू उहाँलाई सोध्न डराए”
जब उहाँहरू कफर्नहुममा आइपुग्नुहुन्छ, येशूले उहाँका चेलाहरूलाई विनम्र सेवक हुनेबारे सिकाउनुहुन्छ ।
“उहाँहरू ... मा आइपुग्नुभयो ।” यहाँ “उहाँहरू”ले येशू र उहाँका चेलाहरूलाई जनाउँछ ।
“के तिमीहरू एक अर्कासँग छलफल गरिरहेका थियौ”
तिनीहरू चुपचाप रहे किनभने तिनीहरूले के छलफल गरिरहेका थिए भनी भन्न तिनीहरू लजाए । वैकल्पिक अनुवादः “तिनीहरू चुपचाप रहे, किनभने तिनीहरू लज्जित भए”
यहाँ “सबैभन्दा ठूलो” भन्ने कुराले चेलाहरूको माझमा “सबैभन्दा महान्”लाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूमध्ये सबैभन्दा ठूलो को थियो”
यहाँ “पहिलो” र “अन्तिम” विपरीतार्थी शब्हरू हुन् । येशूले सबैभन्दा महत्त्वपूर्ण हुनुलाई “पहिलो” र सबैभन्दा कमको हुनुलाई “अन्तिम” भनी बताउनुहुन्छ । वैकल्पिक अनुवादः “यदि कसैले परमेश्वरले उसलाई सबैभन्दा महत्त्वपूर्ण ठान्नुभएको चाहन्छ भने उसले आफैँलाई सबैभन्दा कमको ठान्नुपर्छ”
“सबै मानिसभन्दा ... सबै मानिसको”
“तिनीहरू बीचमा” “तिनीहरूका”ले भीडलाई जनाउँछ ।
यसको अर्थ हो कि उहाँले त्यस बालकलाई अँगालो मार्नुभयो र उसलाई उठाउनुभयो, र उहाँको काखमा राख्नुभयो ।
“यो बालकजस्तै”
यसको अर्थ येशूको प्रेमको खातिर केही गर्नु हो । वैकल्पिक अनुवादः “किनभने तिनीहरूले मलाई प्रेग गरेका हुनाले” वा “मेरो खातिर”
यसले उहाँलाई पृथ्वीमा पठाउनुहुने परमेश्वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वर, जसले मलाई पठाउनुभएको छ”
“यूहन्नाले येशूलाई भने”
“भूतात्माहरूलाई अन्त पठाउँदै ।” यसले मानिसहरूबाट भूत निकालिरहेको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसहरूबाट भूत निकाल्नु”
यहाँ “नाउँ” येशूको अधिकार र शक्तिसँग सम्बन्धित छ । वैकल्पिक अनुवादः “तपार्इंको नाउँको अधिकारद्वारा” वा “तपार्इंको नाउँको शक्तिद्वारा”
यसको अर्थ हुन्छ, कि त्यो चेलाहरूको समूहको थिएन । वैकल्पिक अनुवादः “त्यो हामीमध्येको होइन” वा “त्यो हामीसँग हिँड्दैन”
“हामीलाई विरोध गरिरहेको छैन”
यसको अर्थलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसले पनि हामीले हासिल गर्न खोजिरहेको लक्ष्य नै हासिल गर्न खोज्दै छ”
येशूले एउटाले अर्कोलाई कसरी सहायता गर्न सक्छ भन्ने उदाहरणको रूपमा एक गिलास पानी दिनेबारे बताउनुहुन्छ । यो कसैलाई कुनै तरिकाले सहायता गर्ने कुराको रूपक हो ।
यो नकारात्मक वाक्यले सकारात्मक अर्थलाई जोड दिन्छ । कुनै भाषामा सकारात्मक कथनको प्रयोग गर्नु स्वाभाविक हुन्छ । वैकल्पिक अनुवादः “निश्चय पाउनेछ”
पिठो पिँध्न प्रयोग गरिने ठूलो गोलाकार ढुङ्गा
यहाँ “हात” तपार्इंले आफ्ना हातले गर्न इच्छा गर्नुहुने पापिष्ठ कामको निम्ति प्रतिस्थापन हो । वैकल्पिक अनुवादः “यदि तिमीले आफ्नो कुनै हातले केही पापपूर्ण कार्य गर्न चाहन्छौ भने”
“हात बिना हुनु र त्यसपछि जीवनमा प्रवेश गर्नु” वा “जीवनमा प्रवेश गर्नुभन्दा अगाडि अपाङ्ग हुनु”
मर्ने अनि त्यसपछि अनन्तसम्म जिउनलाई सुरु गर्नुलाई जीवनमा प्रवेश गर्ने कुराको रूपमा बताइएको छ । वैकल्पिक अनुवाद: “अनन्त जीवनमा प्रवेश गर्नु” वा “मर्ने अनि सदाको लागि जिउन सुरु गर्ने”
चोट लागेर वा काटेर शरीरको अङ्ग गुमाउनु । यहाँ यसले हात गुमाउनुलाई जनाउँछ । वैकल्पिक अनुवादः “बिना हातको” वा “हात नभएको”
“जहाँ आगो कहिल्यै निभाउन सकिँदैन”
यहाँ “खुट्टा”ले तपार्इं जान नहुने ठाउँमा जाने जस्ता खुट्टाले गर्ने पापपूर्ण कुराको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “यदि तिमीले आफ्ना खुट्टाले पापिष्ठ कुरा गर्ने इच्छा गर्छौ भने”
“खुट्टाविना हुनु र त्यसपछि जीवनमा प्रवेश गर्नु” वा “जीवनमा प्रवेश गर्नुभन्दा अगाडि लङ्गडो हुनु”
मर्ने अनि त्यसपछि अनन्तसम्म जिउनलाई सुरु गर्नुलाई जीवनमा प्रवेश गर्ने कुराको रूपमा बताइएको छ । वैकल्पिक अनुवाद: “अनन्त जीवनमा प्रवेश गर्नु” वा “मर्ने अनि सदाको लागि जिउन सुरु गर्ने”
“सहज ढङ्गले हिँड्न नसक्ने ।” यहाँ यसले एउटा खुट्टा नभएको कारण राम्ररी हिँड्न नसक्ने भएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “बिना खुट्टाको” वा “खुट्टा नभएको”
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अनि परमेश्वरले तिमीलाई नरकमा फ्याँक्नलाई”
यहाँ आँखा प्रतिस्थापकीय शब्द हो, यीमध्ये कुनैको लागि १) कुनै कुरालाई हेरेर पाप गर्न इच्छा गर्नु । वैकल्पिक अनुवादः “यदि तपार्इंले हेरेर कुनै पाप गर्न चाहनुहुन्छ भने, यसलाई निकालेर फ्याँकिदिनुहोस्” वा २) तिमीले हेरेको कुराले पाप गर्ने चाहना गर्नु । वैकल्पिक अनुवादः “तिमीले हेरेको कुराले तिमीले पाप गर्न चाहन्छौ भने तिम्रा आँखा निकालिदेऊ”
यसले मानिस मर्दाखेरी भौतिक शरीरको अवस्थालाई जनाउँछ । मानिसले आफ्नो भौतिक शरीरलाई अनन्ततामा लाँदैन । वैकल्पिक अनुवादः “पृथ्वीमा दुईवटा आँखा लिएर जिउनुभन्दा यहाँ एउटा आँखासँग जिएर परमेश्वरको राज्यमा प्रवेश गर्नु”
यसलाई कर्तृवाच्यको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अनि परमेश्वरले तिमीलाई नरकमा फ्याँक्नलाई”
यस भनाइको अर्थलाई प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “जहाँ मानिसहरूलाई खाने किराहरू मर्दैनन्”
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले सबैलाई आगोले नुनिलो पार्नुहुन्छ” वा “जसरी नूनले बलिदानलाई शुद्ध पार्छ, त्यसरी नै परमेश्वरले सबैलाई कष्ट भोग्न लगाएर शुद्ध पार्नुहुन्छ ।”
यहाँ “आगो” भनेको कष्टभोगलाई जनाउने अलङ्कार हो, र मानिसहरूमाथि नुन हाल्नु भनेको तिनीहरूलाई शुद्ध बनाउने कुरालाई जनाउने अलङ्कार हो । त्यसैले “आगोले नुनिलो पारिनेछ” भनेको कष्टभोगबाट शुद्ध बनाउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “कष्टभोगको आगोबाट शुद्ध बनाइनेछ” वा “बलिदानलाई नुनले शुद्ध बनाएको जस्तै गरी शुद्ध पारिनलाई कष्ट भोग्नेछ”
“यसको नुनिलो स्वाद”
यसलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीले यसलाई फेरि नूनिलो पार्न सक्दैनौ ।”
“फेरि नूनिलो स्वाद दिने”
येशूले एक अर्कालाई असल काम गर्ने कुराको बारेमा यसरी बताउनुहुन्छ मानौँ असल थोकहरू भनेको मानिसहरूसँग भएको नून हो । वैकल्पिक अनुवादः “नूनले खानामा स्वाद थपे झैँ एकले अर्कालाई असल गर”
1 येशू त्यो ठाउँ छोडेर यहूदियाको प्रान्त र यर्दन नदि पारिको क्षेत्रमा जानुभयो अनि भिड फेरि उहाँकहाँ आयो । उहाँले गर्नुभएझैँ उहाँले तिनीहरूलाई सिकाउँदै हुनुहुन्थ्यो । 2 अनि फरिसीहरू उहाँलाई जाँच्न उहाँकहाँ आए र सोधे, “के कुनै पतिले आफ्नी पत्नीसँग विवाहविच्छेद गर्नु उचित हो ?” 3 उहाँले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई के आज्ञा दिएका छन् ?” 4 तिनीहरूले भने, “मोशाले पत्नीलाई त्यागपत्र दिन र त्यसलाई पठाइदिन अनुमति दिए ।” 5 येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूका कठोर हृदयको कारण तिनले तिमीहरूका लागि यो व्यवस्था लेखेका हुन् ।” 6 तर सृष्टिको सुरुदेखि नै ‘परमेश्वरले तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो ।’ 7 यही कारणले गर्दा पुरुषले आफ्ना बुबा र आमालाई छोडेर आफ्नी पत्नीसँग लागिरहन्छ, 8 र दुई जना एउटै शरीर हुन्छन् ।’ त्यसैले, तिनीहरू दुई होइनन्, तर एउटै शरीर हुन् । 9 त्यसकारण, जसलाई परमेश्वरले एक पार्नुभएको छ, त्यसलाई कुनै मानिसले अलग नगरोस् ।” 10 उहाँहरू घरभित्र हुनुहुँदा चेलाहरूले उहाँलाई यसको बारेमा फेरि सोधे ।” 11 उहाँले तिनीहरूलाई भन्नुभयो, “जसले आफ्नी पत्नीसँग विवाहविच्छेद गर्छ र अर्की महिलासँग विवाह गर्छ, उसले त्यसको विरुद्धमा व्यभिचार गर्छ । 12 र यदि तिनले आफ्नो पतीसँग विवाहविच्छेद गर्छ र अर्को पुरुषससँग विवाह गर्छ भने, त्यसले व्यभिचार गर्छ ।” 13 अनि उहाँले छोइदिनुभएको होस् भनी मानिसहरूले आफ्ना स-साना बालबालिकाहरूलाई उहाँकहाँ ल्याए, तर चेलाहरूले तिनीहरूलाई हप्काए । 14 तर जब येशूले यो देख्नुभयो, उहाँ तिनीहरूसँग रिसाउनुभयो र तिनीहरूलाई भन्नुभयो, “स-साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई मनाही नगर, किनभने परमेश्वरको राज्य यस्तैहरूको हो ।” 15 साँचो साँचो, म तिमीहरूलाई भन्दछु, जसले परमेश्वरको राज्यलाई यो सानो बालकको रूपमा ग्रहण गर्दैन, त्यो निश्चय नै यसभित्र प्रवेश गर्नेछैन ।” 16 त्यसपछि उहाँले बालबालिकाहरूलाई आफ्नो अङ्गालोमा लिनुभयो र तिनीहरूमाथि आफ्नो हातमा लिएर आशिष् दिनुभयो । 17 उहाँले यात्रा सुरु गर्न लाग्नुहुँदा एक जना मानिस दौडेर आई उहाँको सामु घुँडा टेकेर बिन्ती गर्यो, “हे असल गुरु, अनन्त जीवनको हकदार हुन मैले के गर्नुपर्छ ?” 18 येशूले भन्नुभयो, “किन तिमी मलाई असल भन्दछौ ? परमेश्वरबाहेक कोही पनि असल छैन । 19 तिमी यी आज्ञाहरू जान्दछौः हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झुटो गवाही नदिनू, ठगी नगर्नू, आफ्ना बुबा र आमालाई आदर गर्नू ।” 20 त्यो मानिसले भन्यो, “गुरुज्यू, ती सबै त मैले बाल्यकालदेखि नै पालन गरेको छु ।” 21 येशूले त्यसलाई हेर्नुभयो र प्रेम गर्नुभयो । उहाँले त्यसलाई भन्नुभयो, “तिमीमा एउटा कुराको कमी छ । तिमीले आफूसँग भएका सबै थोक बेच्नुपर्छ र ती गरिबहरूलाई दिनुपर्छ, अनि स्वर्गमा तिम्रो धन हुनेछ । त्यसपछि आऊ र मेरो पछि लाग ।” 22 तर यो भनाइको कारण त्यो निरुत्साहित भयो; त्यो धेरै दुःखित भएर त्यहाँबाट गयो, किनभने त्यससँग धेरै धन सम्पत्ति थियो । 23 येशूले वरिपरि हेर्नुभयो र आफ्ना चेलाहरूलाई भन्नुभयो, “धनी मानिसहरूलाई परमेश्वरको राज्यमा प्रवेश गर्न अति कठिन छ !” 24 चेलाहरू उहाँका वचनहरूमा छक्क परे । तर येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “बालकहरू हो, परमेश्वरको राज्यमा प्रवेश गर्नु अति गाह्रो छ !” 25 धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो हुन्छ ।” 26 तिनीहरू अति चकित भए र एक-आपसमा भन्न लागे, “त्यसो हो भने, कसले उद्धार पाउन सक्छ त ?” 27 येशूले तिनीहरूलाई हेर्नुभयो र भन्नुभयो, “मानिसहरूका लागि यो असम्भव हुन्छ, तर परमेश्वरको लागि होइन । परमेश्वरको निम्ति सबै कुरा सम्भव छ ।” 28 पत्रुसले उहाँसँग कुरा गर्न थाले, “हेर्नुस्, हामीले सबै थोक त्यागेर तपाईंलाई पछ्याएका छौँ ।” 29 येशूले भन्नुभयो, “साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो र सुसमाचारको खातिर आफ्नो घर वा दाजुभाइहरू वा दिदी बहिनीहरू वा आमा वा बुबा वा छोरा-छोरीहरू वा जग्गा जमिन त्याग्छ, 30 त्यसले यही संसारमा अहिले नै सतावटको साथै यसको सय गुणा घरहरू, दाजुभाइहरू, दिदी बहिनीहरू, आमाहरू, छोराछोरीहरू र आउने संसारमा अनन्त जीवन पाउनेछ । 31 तर धरै जना जो पहिला हुनेहरू पछिल्ला हुनेछन् र पछिल्ला हुनेहरू पहिला हुनेछन् ।” 32 उहाँहरू यरूशलेम जाने बाटोमा जाँदै हुनुहुन्थ्यो, र येशू तिनीहरूका अगि-अगि जाँदै हुनुहुन्थ्यो । चेलाहरू छक्क परिरहेका थिए र तिनीहरूलाई पछ्यानेहरूचाहिँ डराएका थिए । अनि येशूले फेरि ती बाह्र जनालाई अलग्गै लानुभयो र आब चाँडै उहाँलाई के हुने थियो, सो बताउन थाल्नुभयो । 33 “हेर, हामी यरूशलेमतिर जाँदै छौँ, र मानिसका पुत्रलाई त्यहाँ मुख्य पुजारीहरू र शास्त्रीहरूका हातमा सुम्पिनेछ । तिनीहरूले उसलाई मृत्यदण्डको दोष लगाउनेछन् र गैरयहूदीहरूकहाँ सुम्पिदिनेछन् । 34 तिनीहरूले उसको गिल्ला गर्नेछन्, र थुक्नेछन् र कोर्रा लगाउनेछन् र मृत्युमा पुर्याउनेछन् । तर तिन दिनपछि ऊ जीवित भई उठ्नेछ ।” 35 जब्दियाका छोराहरू याकूब र यूहन्ना उहाँकहाँ आए र उहाँलाई भने, “गुरुज्यू, हामीले तपाईंसँग जे माग्छौँ सो हाम्रो निम्ति गरिदिनुहोस् भन्ने हामी चाहन्छौँ ।” 36 उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले तिमीहरूका लागि के गरेको तिमीहरू चाहन्छौ ?” 37 तिनीहरूले भने, “तपाईंको महिमामा हामीमध्ये एउटालाई तपाईंको दायाँपट्टि र अर्कोलाई बायाँपट्टि बस्न दिनुहोस् ।” 38 तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूले के मागिरहेका छौ, सो तिमीहरू जान्दैनौ । के तिमीहरू मैले पिउन लागेको कचौरा पिउन सक्छौ वा मैले लिने बप्तिस्मा तिमीहरू सहन सक्छौ ?” 39 तिनीहरूले उहाँलाई भने, “हामी सक्छौँ ।” येशूले तिनीहरूलाई भन्नुभयो, “मैले पिउने कचौरा तिमीहरूले पिउनेछौ । र मैले लिने बप्तिस्मा तिमीहरूले पनि लिनेछौ । 40 तर मेरो दाहिनेपट्टि वा देब्रेपट्टि बस्नुचाहिँ मैले दिने कुरा होइन, तर यो जसको निम्ति तयार पारिएको छ, तिनीहरूका निम्ति नै हो ।” 41 जब अरू दस जना चेलाले यसबारे सुने, तिनीहरू याकूब र यूहन्नासँग निकै रिसाउन थाले । 42 येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्नुभयो, “गैरयहूदीहरूका शासकहरू मानिनेहरूले तिनीहरूमाथि प्रभुत्व जमाउँछन्, र तिनीहरूका महत्त्वपूर्ण मानिसहरूले तिनीहरूमाथि अधिकार गर्छन् भन्ने तिमीहरू जान्दछौ । 43 तर तिमीहरूका माझमा यस्तो हुनेछैन । तिमीहरूका माझमा जो महान् हुने इच्छा गर्छ, त्यो तिमीहरूका सेवक हुनुपर्छ । 44 र तिमीहरूमध्ये जो पहिलो हुने इच्छा गर्छ, त्यो सबैको दास हुनुपर्छ । 45 किनभने मानिसका पुत्र सेवा पाउन होइन, तर सेवा गर्नका निम्ति र धेरैको छुटकाराको मोलको रूपमा आफ्नो जीवन दिन आयो । 46 उहाँहरू यरीहोमा आउनुभयो । र उहाँ आफ्ना चेलाहरू र ठुलो भिडसँगै यरीहोबाट जानुहुँदा तिमैको छोरा बारतिमै दृष्टिविहीन भिखारी बाटोमा बसेको थियो । 47 जब त्यसले येशू नासरी भन्ने सुने, त्यो कराउन थाल्यो र भन्यो, “हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् !” 48 धेरैले चुप लाग भनी त्यो दृष्टिविहीन मानिसलाई हप्काए । तर त्यो झन् ठुलो स्वरले करायो, “दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् ।” 49 येशू रोकिनुभयो र त्यसलाई बोलाएर ल्याउन आज्ञा दिनुभयो । तिनीहरूले यसो भनेर त्यसलाई बोलाए, “साहस गर ! खडा होऊ ! उहाँले तिमीलाई बोलाउँदै हुनुहुन्छ ।” 50 त्यसले आफ्नो खास्टो एकातिर फाल्यो, र उफ्रेर येशूकहाँ आयो । 51 येशूले त्यसलाई जवाफ दिनुभयो र भन्नुभयो, “मैले तिम्रो निम्ति के गरेको चाहन्छौ ?” त्यो दृष्टिविहीन मानिसले भन्यो, “रब्बी, म मेरो दृष्टि प्राप्त गर्न चाहन्छु ।” 52 येशूले त्यसलाई भन्नुभयो, “जाऊ ! तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।” त्यो तुरुन्तै फेरि देख्न सक्यो र त्यो उहाँको पछिपछि गयो ।
केही अनुवादहरूले पुरानो करारबाट लिइएका उद्धरणहरूलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले १०:७-८ मा उद्धरण गरेर ल्याइएको सामग्रीसँग यसै गर्छ ।
मोशाको व्यवस्था तोड्न ठीक छ भनेर येशूलाई भन्न लगाउन फरिसीहरू चाहन्थे, त्यसैले तिनीहरूले उहाँलाई सम्बन्धविच्छेदको बारेमा सोधे । सम्बन्धविच्छेदको बारेमा फरिसीहरूले गलत तरिकाले सिकाए भनेर देखाउनलाई परमेश्वरले सुरुमा विवाहको ढाँचा कसरी रच्नुभयो भनेर येशूले बताउनुहुन्छ ।
अलङ्कारहरू भनेका दृश्य वस्तुहरूका चित्रणहरू हुन् जसलाई वक्ताले अदृश्य सत्यताहरूको व्याख्या गर्नलाई प्रयोग गर्छन् । जब येशूले “मैले पिउने कचौरा”को विषयमा भन्नुभयो, उहाँले तिनीहरूले क्रूसमा भोग्ने कष्टको विषयमा त्यो कचौरामा भएको कुनै तीतो, विषालु तरल पदार्थ भए झैँ गरेर कुरा गरिरहनुभएको थियो ।
विरोधाभासी भनाइ भनेको सत्य कथन हो जसले कुनै असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । येशूले विरोधाभासी भनाइलाई प्रयोग गर्नुहुन्छ जब उहाँले भन्नुहुन्छ, “तिमीहरूको माझमा जो ठूलो हुन चाहन्छ त्यो तिमीहरूको सेवक हुनुपर्छ” (मर्कुस १०:४३) ।
येशू र उहाँका चेलाहरू कफर्नहुमबाट जानुभएपछि येशूले फरिसीहरूसाथै उहाँका चेलाहरूलाई परमेश्वरले विवाह र विवाह विच्छेदमा खास के अपेक्षा गर्नुहुन्छ भनी याद दिलाउनुहुन्छ ।
येशूका चेलाहरू उहाँसँगै यात्रा गरिरहेका थिए । उहाँहरू कफर्नहुमबाट जाँदै हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “येशू र उहाँका चेलाहरू कफर्नहुमबाट जानुभयो”
“र यर्दन नदीपारिको भूभागमा” वा “र यर्दन नदीको पूर्वपट्टि रहेको भूभागमा”
शब्द “तिनीहरूलाई”ले भीडहरूलाई जनाउँछ ।
“उहाँको चलन थियो” वा “उहाँले सामान्यतया गर्नुभयो”
मोशाले तिनीहरूका पुर्खाहरूलाई व्यवस्था दिए, जसलाई तिनीहरूले अब पालन गर्नुपर्थ्यो । वैकल्पिक अनुवादः “यसको बारेमा मोशाले तिमीहरूका पूर्खाहरूलाई के आज्ञा दिए”
यो पुरुषले आफ्नी पत्नीलाई विवाह विच्छेद गरेको उल्लेख गर्ने कागज थियो ।
केही भाषाहरूमा वक्ताहरूले को बोलिरहेको छ भनी बताउन कुनै उद्धरणलाई बीचमा भङ्ग गर्दैनन् । बरु तिनीहरूले कसले बोलिरहेको छ भनेर पूर्ण उद्धरणको सुरुमा वा अन्तमा भन्छन् । वैकल्पिक अनुवादः “येशूले तिनीहरूलाई भन्नुभयो, ‘यो यस कारणले थियो ... यो नियम । तर”
यस समयभन्दा लामो समयअगाडि, मोशाले यहूदीहरू र तिनीहरूका सन्तानहरूको लागि यो लेखे किनभने तिनीहरूका हृदयहरू कठोर थिए । येशूका समयका यहूदीहरूको पनि कठोर हृदय थियो, त्यसैले येशूले “तिमीहरूको” र “तिमीहरू” शब्दहरू प्रयोग गरेर तिनीहरूलाई पनि समेट्नुभयो । वैकल्पिक अनुवादः “तिमीहरूका पूर्खाहरू र तिमीहरूका हृदय कठोर भएकोले तिनले यो व्यवस्था लेखे”
यहाँ “हृदयहरू” भनेको व्यक्तिको भित्री मनुष्यत्व वा दिमागलाई जनाउने प्रतिस्थापन शब्द हो । “कठोर हृदयहरू” भन्ने वाक्यांश चाहिँ “हठीपना”लाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिमीहरूका हठीपना”
“परमेश्वरले मानिसहरूलाई बनाउनुभयो”
परमेश्वरले उत्पत्तिको पुस्तकमा भन्नुभएको कुरालाई उद्धरण गर्न येशूले निरन्तरता दिनुहुन्छ ।
“यसकारण” वा “यस कारणले”
परमेश्वरले उत्पत्तिको पुस्तकमा भन्नुभएको कुरालाई उद्धरण गर्न येशूले सकाउनुहुन्छ ।
यो तिनीहरूको पति पत्नीको रूपमा नजिकको सम्बन्ध बताउने रूपक हो । वैकल्पिक अनुवादः “दुई जना मानिस एक जना जस्तै हुन्छन्” वा “तिनीहरू दुई जना होइनन्, तर तिनीहरू एउटै शरीर हुन्”
“जे परमेश्वरले एकसाथ जोड्नुभयो” भन्ने वाक्यांशले कुनै पनि विवाहित जोडिलाई जनाउँछ । वैकल्पिक अनुवादः “यसकारण पति पत्नीलाई परमेश्वरले जोड्नुहुन्छ, कुनै मानिसले अलग नगरोस्”
“जब येशू र उहाँका चेलाहरू ... हुनुहुन्थ्यो”
येशूका चेलाहरू उहाँसँग गुप्तमा कुरा गरिरहेका थिए । वैकल्पिक अनुवादः “घरभित्र एक्लै हुनुहुन्थ्यो”
यहाँ “यस”ले येशूले भर्खरै फरिसीहरूसँग विवाह विच्छेदबारे गर्नुभएको वार्तालापलाई जनाउँछ ।
“जो कोहीले”
यहाँ “त्यसको”ले पहिलो विवाह गरेकी महिलालाई जनाउँछ ।
यस अवस्थामा त्यसले आफ्नो पूर्व पतिको विरुद्धमा फेरि व्यभिचार गर्छे । वैकल्पिक अनुवादः “त्यसले उसको विरुद्ध व्यभिचार गर्छे” वा “त्यसले त्यो पहिलो पुरुषको विरुद्धमा व्यभिचार गर्छे”
जब मानिसहरूले तिनीहरूका स-साना बालबालिकाहरूलाई येशूकहाँ ल्याउँदा चेलाहरूले तिनीहरूलाई हप्काउँछन्, उहाँले बालबालिकाहरूलाई आशिष् दिनुहुन्छ र परमेश्वरको राज्यमा प्रवेश गर्न बालकजस्तै नम्र हुनुपर्छ भनी याद दिलाउनुहुन्छ ।
“अब मानिसहरूले ल्याइरहेका थिए ।” यो कथाको अर्को भाग हो ।
यसको अर्थ येशूले तिनीहरूलाई उहाँका हातले छोइदिनुहुने थियो र तिनीहरूलाई आशिष् दिनुहुने थियो भन्ने हुन्छ । वैकल्पिक अनुवादः “उहाँका हातले तिनीहरूलाई छोइदिनुभएको होस् र आशिष् दिनुभएको होस्” वा “उहाँका तिनीहरूमाथि हात राख्नुभएको होस् र तिनीहरूलाई आशिष् दिनुभएको होस्”
“मानिसहरूलाई हप्काए”
शब्द “यो”ले मानिसहरूले येशूकहाँ बालबालिकाहरू ल्याउँदा चेलाहरूले हप्काएको कुरालाई जनाउँछ ।
“रिसाउनुभयो”
यी दुवै वाक्यको आशय एउटै हो, केवल जोड दिनलाई दोहोरिएका छन् । केही भाषाहरूमा अर्कै तरिकाले जोड दिनु बढि स्वाभाविक हुन्छ । वैकल्पिक अनुवादः “स-साना बालबालिकाहरूलाई मकहाँ आउन दिनलाई पक्का गर”
यो युगल अकरण हो । केही भाषाहरूमा सकारात्मक कथन बढि स्वाभाविक हुन्छ । वैकल्पिक अनुवादः “अनुमति देओ”
राज्य मानिसहरूको हुनुले राज्यले तिनीहरूलाई समावेश गरेको कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “परमेश्वरको राज्यले तिनीहरू जस्तै मानिसहरूलाई समावेश गर्छ” वा “किनभने तिनीहरू जस्तै मानिसहरू मात्रै परमेश्वरको राज्यको हिस्सा हुन्”
“यदि कसैले ग्रहण गर्दैन भने ... बालकको रूपमा, त्यो निश्चय नै यसभित्र प्रवेश गर्नेछैन”
येशू मानिसहरूले परमेश्वरको राज्यलाई कसरी ग्रहण गर्नुपर्छ भन्नेलाई साना बालकहरूले यसलाई कसरी ग्रहण गर्छन् भन्नेसँग तुलना गरिरहनुभएको छ । वैकल्पिक अनुवादः “एउटा बालकले गरेजस्तै गरी”
“तिनीहरूका राजाका रूपमा परमेश्वरलाई ग्रहण गर्दैन”
शब्द “यस”ले परमेश्वरको राज्यलाई जनाउँछ ।
“उहाँले बालबालिकाहरूलाई अङ्गालो मार्नुभयो”
यहाँ त्यस मानिसले “प्राप्त गर्नु” लाई “उत्तराधिकार पाउनु” जस्तै गरी भन्छ । पाउने कुरालाई जोड दिन यो रूपकको प्रयोग गरिएको छ । यहाँ उत्तराधिकार पाउनुको अर्थ कोही पहिले मर्नुपर्छ भन्ने होइन । वैकल्पिक अनुवादः “अनन्त जीवन प्राप्त गर्नु”
परमेश्वर असल हुनुभए जसरी कोही पनि मानिस असल छैन भनेर त्यस मानिसलाई सम्झाउनका लागि येशूले यस प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीले मलाई असल भनेर बोलाउँदा तिमीले के भनिरहेका छौ भनेर तिमी बुझ्दैनौ ।”
“असल । परमेश्वर मात्र असल हुनुहुन्छ”
“कसैको विरुद्धमा झुटो गवाही नदिनू” वा “कसैको बारेमा अदालतमा झूट नबोल”
“तिमीले एउटा कुरा छुटाइरहेका छौ ।” यहाँ “कमी” भनेको केही कुरा गर्नलाई आवश्यक रहेको कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिमीले एउटा कुरा गर्न आवश्यक छ” वा “तिमीले अझै नगरेको एउटा कुरा छ” वा
यहाँ “ती”ले त्यसले बेच्ने थोकलाई जनाउँछ र यो त्यसले बेच्दा आउने पैसाको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “पैसा गरिबहरूलाई देऊ”
यसले गरिब मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “गरिब मानिसहरू”
सम्पत्ति, बहुमूल्य थोकहरू
“धेरै थोकहरू थियो”
“धेरै कठिन छ”
“येशूले उहाँका चेलाहरूलाई फेरि भन्नुभयो”
“मेरा बालकहरू हो, कति ।” येशूले तिनीहरूलाई बुबाले आफ्ना छोराछोरीहरूलाई सिकाए झैँ सिकाउँदै हुनुहुन्छ । वैकल्पिक अनुवादः “मेरा मित्रहरू हो, कति”
“यो साह्रै कठिन छ”
धनी मानिसहरूलाई परमेश्वरको राज्यमा प्रवेश गर्न धेरै कठिन छ भनी जोड दिन यो अतिशयोक्तिको प्रयोग गर्नुहुन्छ ।
यसले असम्भव परिस्थितिको कुरा गर्छ । यदि तपार्इंले यसलाई आफ्नो भाषामा उल्लेख गर्न सक्नुहुन्न भने यसलाई परिकल्पित परिस्थितिको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “ऊँटको निम्ति सजिलो हुन्थ्यो”
“सियोको प्वाल ।” यसले सियोको टुप्पोमा भएको धागो छिराउने सानो प्वाललाई जनाउँछ ।
“चेलाहरू ... भए”
यसलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसो हो भने त कसैले पनि उद्धार पाउन सक्दैन !”
बुझिएको जानकारीलाई राख्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसले आफैँलाई बचाउन असम्भव छ, तर परमेश्वरले तिनीहरूलाई बचाउन सक्नुहुन्छ !”
यहाँ “हेर्नुहोस” शब्द पछि आउने शब्दमा ध्यान खिँच्नलाई प्रयोग गरिएको हो । त्यस्तै अरू तरिकाले पनि जोड दिन सकिन्छ । वैकल्पिक अनुवादः “हामीले सबै थोक छाडेका छौँ र तपार्इंलाई पछ्याएका छौँ !”
“सबै थोक पछाडि छोडेका छौँ”
“वा जमिनको टुक्राहरू” वा “अथवा उसको स्वामित्वमा भएको जमिन”
“मेरो कारण” वा “मेरो निम्ति”
“सुसमाचार प्रचार गर्नको निम्ति”
“त्यहाँ कोही छैन जसले ... छोडेको छ”
“यो जीवन” वा “यस वर्तमान युग”
पद २९ मा भएको सूची जस्तै, यसले सामान्य अर्थमा परिवारलाई वर्णन गर्छ । पद ३० मा “बुबाहरू” शब्द छुटेको छ, तर यसले उल्लेखनीय रूपमा अर्थलाई बदल्दैन ।
यसलाई भाववाचक नामपद शब्द “सतावट”मा भएको अवधारणालाई “दुःख भोग्नु” भन्ने क्रियापदको साथमा व्यक्त गर्न सकिने गरेर फरक शब्दहरूमा लेख्न सकिन्छ । किनभने वाक्य चाहिँ धेरै लामो र जटिल छ, “प्राप्त गर्नेछ” भन्ने कुरालाई दोहोर्याउन सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले तिनीहरूलाई सतावट दिए पनि आउने संसारमा तिनीहरूले अनन्त जीवन पाउनेछन्”
“भविष्यको संसारमा” वा “भविष्यमा”
यहाँ पहिलो र पछिल्लो विपरीतार्थक हुन् । येशूले महत्त्वपूर्ण हुनुलाई पहिलो र महत्त्वपूर्ण नहुनुलाई पछिल्लो भन्नुहुन्छ । वैकल्पिक अनुवादः “महत्त्वपूर्णहरू महत्त्वहीनहरू हुनेछन् र महत्त्वहीनहरू महत्त्वपूर्ण हुनेछन्”
पछिल्ला हुने पदावलीले पछिल्ला हुने मानिसहरूलाई जनाउँछ । साथै, यस पदावलीमा बुझिएको क्रियापदलाई राख्न सकिन्छ । वैकल्पिक अनुवादः “जो पछिल्लो छन् तिनीहरू पहिला हुनेछन्”
“येशू र उहाँका चेलाहरू बाटोमा हिँड्दै हुनुहुन्थ्यो ... र येशू उहाँका चेलाहरूका अगाडि हुनुहुन्थ्यो”
“जो तिनीहरूका पछि-पछि आइरहेका थिए ।” केही मानिसहरू येशू र उहाँका चेलाहरूको पछाडि हिँडिरहेका थिए ।
“देख” वा “सुन” वा “मैले तिमीहरूलाई बताउन लागेको कुरामा ध्यान देऊ”
येशू आफ्नै बारेमा बोलिरहनुभएको छ । यसलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “म, मानिसका पुत्र”
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले मानिसका पुत्रलाई ... जिम्मा लगाउनेछ” वा “तिनीहरूले मानिसको पुत्रलाई ... सुम्पनेछन्”
“तिनीहरू”ले मुख्य पूजाहारी र शास्त्रीहरूलाई जनाउँछ ।
“उसलाई अन्यजातिहरूको अधीनमा राख्नु”
“मानिसहरूले गिल्ला गर्नेछन्”
“उसलाई मार्नेछन्”
यसले मृतकहरूबाट जीवित हुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “ऊ मृत भएर रहनेबाट बौह्रनेछ”
यी शब्दहरूले याकूब र यूहन्नालाई मात्र जनाउँछन् ।
“जब तपार्इं महिमित हुनुहुन्छ ।” “तपार्इंको महिमा”ले येशू महिमित हुनुहुने र उहाँको राज्यमा शासन गर्नुहुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “जब तपार्इंले आफ्नो राज्यमा शासन गर्नुहुन्छ”
“तिमीहरू बुझ्दैनौ”
यहाँ “कचौरा”ले येशूले भोग्नुहुने कष्टलाई जनाउँछ । कष्ट भोग्ने कुरालाई कचौराबाट पिउने कुराको रूपमा दर्शाइन्थ्यो । वैकल्पिक अनुवादः “मैले पिउने कष्टको कचौरा पिउनु” वा “कष्टको कचौराबाट पिउनु जुनबाट मैले पिउँछु”
यहाँ “बप्तिस्मा” र बप्तिस्मा हुनुले येशूले भोग्नुहुने कष्टलाई बुझाउँछ । जसरी बप्तिस्मा लिँदा पानीले व्यक्तिलाई ढाक्छ, त्यसरी नै येशूलाई कष्टले व्याकुल पार्नेछ । वैकल्पिक अनुवादः “कष्टको बप्तिस्मा सहनु जुन मैले सहनेछु”
तिनीहरूले त्यस्तो कचौरा पिउन र बप्तिस्मा सहन सक्षम छन् भनी यसरी जवाफ दिन्छन् ।
“तिमीहरूले पनि पिउनेछौ”
“तर मेरो दाहिने वा देब्रेपट्टि बस्न दिनेचाहिँ म होइनँ”
“तर ती ठाउँहरू तिनीहरूका हुन् जसका निम्ति ती तयार पारिएका छन् ।” “यो” शब्दले उहाँको दाहिने र देब्रेपट्टिका ठाउँहरूलाई बुझाउँछ ।
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले यसलाई तयार पार्नुभएको छ” वा “परमेश्वरले तिनीहरूलाई तयार पार्नुभएको छ”
“यस”ले याकूब र यूहन्नाले येशूको दाहिने र देब्रेपट्टि बस्न पाऊँ भनेका कुरालाई जनाउँछ ।
“येशूले उहाँका चेलाहरूलाई बोलाउनुभयो”
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वा “गैरयहूदीहरूमाथि शासन गर्छन्” सम्भावित अर्थहरू हुन् १) सामान्य रूपमा मानिसहरूले यी मानिसहरूलाई अन्यजातिहरूका शासकहरूको रूपमा मान्छन् । वैकल्पिक अनुवादः “जसलाई मानिसहरूले गैरयहूदीहरूका शासकहरू ठान्छन्” वा २) अन्यजातिहरूले यी मानिसहरूलाई तिनीहरूका शासकहरू मान्छन् । वैकल्पिक अनुवादः “जसलाई गैरयहूदीहरूले तिनीहरूका शासकहरू ठान्छन्”
नियन्त्रण गर्छन् वा त्यस माथि शक्ति लाद्छन्
“तिनीहरूको अधिकार चलाउँछन् ।” यसको अर्थ सहन नसकिने तरिकाले तिनीहरूको अधिकार देखाउने वा प्रयोग गर्ने भन्ने हुन्छ ।
यसले अगिल्लो पदको गैरयहूदी शासकहरूलाई जनाउँछ । यसलाई प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “तर तिनीहरूजस्ता नहोओ”
“उच्च आदरको हुनु”
यो सबैभन्दा महत्त्वपूर्ण हुनेको निम्ति रूपक हो । वैकल्पिक अनुवादः “सबैभन्दा महत्त्वपूर्ण हुनु”
यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि मानिसका पुत्र मानिसहरूलाई उसको सेवा गराउन आएन”
“मानिसहरूद्वारा सेवा गरिन होइन, तर मानिसहरूको सेवा गर्न”
“धेरै मानिसहरूको निम्ति”
येशू र उहाँका चेलाहरू यरूशलेमतिर गइरहनुहुँदा येशूले दृष्टिविहीन बारतिमैलाई निको पार्नुहुन्छ जो त्यसपछि उहाँहरूसँगै हिँड्छ ।
“बारतिमै नाउँ गरेका दृष्टिविहीन भिखारी, तिमैका छोरा ।” बारतिमै मानिसको नाउँ हो । तिमै त्यसको बुबाको नाउँ हो ।
बारतिमैले मानिसहरूले उहाँ येशू हुनुहुन्छ भनेको सुन्यो । वैकल्पिक अनुवादः “जब उसले यो त येशू हुनुहुन्छ भनेर मानिसहरूले भनेको सुन्यो”
येशूलाई दाऊदका पुत्र भनिन्थ्यो किनभने उहाँ दाऊद राजाका सन्तान हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “तपार्इं जो मसिह, राजा दाऊदका सन्तान हुनुहुन्छ”
“धेरै मानिसहरूले हप्काए”
“अझ धेरै”
यसलाई कर्तृवाच्यमा वा प्रत्यक्ष उद्धरणको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसलाई बोलाउन अरूहरूलाई आज्ञा गर्नुभयो” वा “तिनीहरूलाई आज्ञा गर्नुभयो, ‘त्यसलाई यहाँ आउनलाई बोलाओ ।’”
“तिनीहरू”ले भीडलाई जनाउँछ ।
“साहस राख” वा “नडराऊ”
“येशूले तिमीलाई बोलाउँदै हुनुहुन्छ”
“उफ्र्यो”
“दृष्टिविहीन मानिसलाई जवाफ दिनुभयो”
“देख्न सक्ने हुन”
यसलाई त्यो मानिसको विश्वासलाई जोड दिने तरिकाले लेखिएको छ । येशूले त्यो मानिसलाई निको पार्नुहुन्छ, किनभने येशूले त्यसलाई निको पार्नुहुन्छ भनी त्यसले विश्वास गर्छ । यसलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले तिमीलाई निको पारिरहेको छु, किनभने तिमीले ममा विश्वास गर्यौ”
“त्यसले येशूलाई पछ्यायो”
1 जब उहाँहरू यरूशलेम आउनुभयो उहाँहरू बेथफागे र बेथानीको नजिक जैतून डाँडामा आइपुग्नुभयो । येशूले उहाँका दुई जना चेलालाई पठाउनुभयो । 2 र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू हाम्रो सामुन्नेको गाउँमा जाओ । तिमीहरू पस्ने बित्तिकै तिमीहरूले कहिल्यै नचढेको बछेडो पाउनेछौ । त्यसलाई फुकाओ र मकहाँ ल्याओ । 3 कसैले तिमीहरूलाई ‘तिमीहरूले किन यसो गरिरहेका छौ ?’ भनेर सोध्यो भने, तिमीहरूले भन्नू, ‘प्रभुलाई यसको खाँचो छ, र उहाँले तुरुन्तै यहाँ नै फिर्ता पठाउनुहुनेछ’ ।” 4 तिनीहरू गए र खुल्ला गल्लीमा ढोका बाहिर बाँधिएको एउटा बछेडो भेटे र तिनीहरूले यसलाई फुकाए । 5 त्यहाँ केही मानिसहरू उभिरहेका थिए जसले तिनीहरूलाई भने, “तिमीहरूले त्यो बछेडोलाई फुकाएर के गर्न लागिरहेका छौ ?” 6 तिनीहरूले उनीहरूलाई येशूले तिनीहरूलाई भन्नुभएझैँ भने, अनि मानिसहरूले तिनीहरूलाई जान दिए । 7 दुई जना चेलाले बछेडोलाई ल्याए र येशू त्यसमाथि चढेर जान सक्नुभएको होस् भनी तिनीहरूले आफ्ना कपडा त्यसमाथि राखे । 8 धेरै मानिसले तिनीहरूका कपडा बाटोभरि ओछ्याए र अरूहरूले खेतबाट काटेर ल्याएका रुखका हाँगाहरू बिछ्याए । 9 उहाँको अगिअगि जाने र उहाँका पछिपछि आउनेहरूले यसरी ठुलो सोरमा कराए, “होसन्ना ! परमप्रभुको नाउँमा आउने धन्यका होऊन् । 10 हाम्रा पिता दाऊदको आउने राज्य धन्यको होस् ! सर्वोच्चमा होसन्ना !” 11 त्यसपछि येशू यरूशलेम प्रवेश गर्नुभयो र मन्दिरभित्र जानुभयो अनि वरिपरि सबैतिर हेर्नुभयो । अहिले, अबेर भइरहेको थियो । उहाँ बाह्र चेलासँग बेथानियातिर जानुभयो । 12 अर्को दिन, जब उहाँहरू बेथानियाबाट फर्कनुभयो, उहाँ भोकाउनुभयो । 13 उहाँले पातसहितको अञ्जीरको बोट टाढैबाट देख्नुभयो । यसमा कुनै कुरा पाइन्थ्यो कि भनी उहाँ हेर्न जानुभयो । जब उहाँ त्यहाँ आउनुभयो उहाँले पातबाहेक केही पनि पाउनुभएन, किनभने यो अञ्जीर फल्ने समय थिएन । 14 उहाँले त्यसलाई भन्नुभयो, “तेरो फल फेरि कसैले कहिल्यै पनि खानेछैन ।” उहाँका चेलाहरूले यो सुने । 15 उहाँहरू यरूशलेम आउनुभयो र उहाँ मन्दिरभित्र प्रवेश गर्नुभयो अनि उहाँले त्यहाँका किन्ने र बेच्नेहरूलाई बाहिर खेद्न थाल्नुभयो । उहाँले पैसा साट्नेहरूका टेबल र परेवा बेच्नेहरूको बस्ने मेचलाई पल्टाइदिनुभयो । 16 उहाँले कसैलाई पनि मन्दिर भएर बेच्न सकिने कुनै पनि थोक बोकेर लान दिनुभएन । 17 उहाँले तिनीहरूलाई सिकाउनुभयो र भन्नुभयो, “के यस्तो लेखिएको छैन, ‘मेरो घर सबै जातिका निम्ति प्रार्थनाको घर हुनेछ ?’ तर तिमीहरूले यसलाई डाँकुहरूको ओढार बनाएका छौ ।” 18 उहाँले भन्नुभएको कुरा मुख्य पुजारीहरू र शास्त्रीहरूले सुने र उहाँलाई मार्ने उपाय खोजे । उहाँको शिक्षामा सम्पूर्ण भिड नै छक्क परेका हुनाले तिनीहरू डराए । 19 जब साँझ पर्यो, उहाँहरू सहर छोडेर जानुभयो । 20 जब उहाँहरू बिहान त्यही बाटो भएर जानुभयो, तिनीहरूले अञ्जीरको रुख जरैदेखि सुकेको देखे । 21 पत्रुसले सम्झे र भने, “गुरुज्यू, हेर्नुहोस् त ! तपाईंले सराप दिनुभएको अञ्जीरको रुख त सुकेछ ।” 22 “परमेश्वरमा विश्वास गर” भनेर येशूले उत्तर दिनुभयो । 23 साँचो साँचो म भन्दछु, जसले यो पहाडलाई, ‘उठ् र समुद्रमा झर्’ भन्छ, अनि त्यसले आफ्नो हृदयमा कुनै शङ्का गर्दैन, तर त्यसले मागेको कुरा हुन्छ भनी विश्वास गर्छ, परमेश्वरले त्यही नै गर्नुहुनेछ । 24 त्यसकारण म तिमीहरूलाई भन्दछुः तिमीहरूले जुन कुराको निम्ति प्रार्थना गर्छौ र माग्छौ, यो तिमीहरूले पाएका छौ र तिमीहरूको हुनेछ भनी विश्वास गर । 25 जब तिमी खडा हुन्छौ र प्रार्थना गर्छौ, तिमीहरूसँग कसैको विरुद्धमा कुनै कुरा छ भने तिमीहरूले क्षमा दिनुपर्छ, ताकि स्वर्गमा हुनुहुने तिमीहरूका पिताले तिमीहरूका अपराधहरू क्षमा गरिदिऊन् ।” 26 [टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूले यो पदलाई समावेश गरेका छैनन् (मत्ती ६:१५ हेर्नुहोस्) मर्कूस ११:२६] तर यदि तिमीहरूले क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गर्नुहुनेछैन । 27 उहाँहरू फेरि यरूशलेममा आउनुभयो । जब येशू मन्दिरमा घुमिरहनुभएको थियो, मुख्य पुजारीहरू, शास्त्रीहरू र धर्म-गुरुहरू उहाँकहाँ आए । 28 तिनीहरूले उहाँलाई भने, “कसको अधिकारले तिमीले यी कुराहरू गर्छौ ? र ती गर्न तिमीलाई कसले अधिकार दियो ?” 29 येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई एउटा प्रश्न सोध्छु । मलाई भन र मैले यी सबै कुन अधिकारले गर्छु भनी सो बताउनेछु । 30 यूहन्नाको बप्तिस्मा स्वर्गबाट भएको हो कि मानिसहरूबाट भएको हो ? मलाई जवाफ देओ ।” 31 तिनीहरू एक-आपसमा छलफल र बहस गरे र भने, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने उहाँले भन्नुहुनेछ, ‘त्यसो भए, किन उनलाई विश्वास गर्दैनौ ?’ 32 तर यदि हामीले ‘मानिसबाट’ भन्यौँ भने, तिनीहरू मानिसहरूसित डराउँथे, किनभने उनीहरूले यूहन्ना अगमवक्ता हुन् भनी मान्थे । 33 त्यसपछि तिनीहरूले येशूलाई जवाफ दिए र भने, “हामीलाई थाहा छैन ।” त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “न त मैले यी कुराहरू कसको अधिकारले गर्छु भनी तिमीहरूलाई बताउनेछु ।”
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले ११:९-१०, १७ मा भएको कवितासँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
येशू एउटा पशुमाथि सवार हुनुभएर यरूशलेममा जानुभयो । यसरी उहाँ एक राजा झैँ हुनुहुन्थ्यो जसले एउटा महत्त्वपूर्ण युद्ध जितेर सहरमा आएका थिए । साथै, पुरानो करारमा भएका इस्राएलका राजाहरू पनि गधाहरूमा चढ्थे । अन्य राजाहरू घोडाहरूमा चढ्थे । त्यसैले येशूले देखाइरहनुभएको थियो कि उहाँ इस्राएलका राजा हुनुहुन्थ्यो र उहाँ अरू राजाहरू जस्तो हुनुहुन्थेन ।
मत्ती, मर्कुस, लूका, र यूहन्ना सबैले यस घटनाको बारेमा लेखे । मत्ती र मर्कुसले लेखे कि चेलाहरूले येशूलाई एउटा गधा ल्याइदिए । यूहन्नाले लेखे कि येशूले एउटा गधा भेट्टाउनुभयो । लूकाले लेखे कि तिनीहरूले उहाँलाई एउटा बछेडा ल्याइदिए । केवल मत्तीले लेखे कि त्यहाँ गधा र बछेडा दुवै थिए । येशू गधामाथि चढ्नुभयो वा बछेडामाथि चढ्नुभयो भनेर कसैले पनि पक्का गरेर जान्दैन । तिनीहरू सबैलाई ठ्याक्कै एउटै कुरा भन्न लाउने कोसिस नगरिकन यी हरेक विवरणहरूलाई यूएलटीमा देखिएको जस्तै गरेर अनुवाद गर्दा बेस हुनेछ । (हेर्नुहोस्ः मत्ती २१:१-७ अनि मर्कुस ११:१-७ अनि लूका १९:२९-३६ अनि यूहन्ना १२:१४-१५)
“जब येशू र उहाँका चेलाहरू यरूशलेमको नजिक आइपुग्नुभयो, उहाँहरू जैतून डाँडाको नजिक बेथानी र बेथफागेमा आउनुभयो” उहाँहरू यरूशलेमको क्षेत्रको बेथफागे र बेथानीमा आउनुभएको छ ।
यो एउटा गाउँको नाम हो ।
“हाम्रो अगि”
यो एक जना मानिसलाई बोक्न सक्ने सानो गधा हो ।
यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसमा कोही कहिल्यै चढेको छैन”
“यसो”ले केलाई जनाउँछ भन्ने स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले बछेडोलाई किन फुकाएर लैजाँदै छौ”
“आवश्यक छ”
येशूले प्रयोग गर्नुभएपछि यसलाई यहीँ नै छिट्टै फिर्ता पठाउनुहुनेछ । वैकल्पिक अनुवादः “उहाँलाई नचाहिने भएपछि यसलाई तुरुन्तै पठाउनुहुनेछ”
“दुई जना चेलाहरू गए”
यो एक जना मानिसलाई बोक्न सक्ने सानो गधा हो । तपाईंले यसलाई मर्कुस ११:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“तिनीहरूले जवाफ दिए”
“जसरी येशूले तिनीहरूलाई जवाफ दिनलाई भन्नुभएको थियो ।” यसले बछेडो लाने बारेमा मानिसहरूले सोधेका प्रश्नहरूको जवाफलाई जनाउँछ ।
यसको अर्थ हुन्छ, कि उनीहरूले तिनीहरूलाई तिनीहरूले गरिरहेका काम गर्न दिए । वैकल्पिक अनुवादः “तिनीहरूलाई गधा साथमा लान दिए”
“तिनीहरूका खास्टोहरू त्यसमाथि राखे, ताकि येशू यसमा चढ्न सक्नुभएको होस् ।” बछेडो वा घोडामाथि कुनै कम्बल वा त्यस्तै अरू कुनै कुरा भए चढ्न सजिलो हुन्छ । यहाँ चेलाहरूले तिनीहरूका कपडा राखे ।
“लबेदाहरू” वा “बाहिरी वस्त्र”
महत्त्वपूर्ण मानिसहरूको सम्मानमा बाटोमा कपडाहरू ओछ्याउने परम्परा थियो । यसलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “धेरै मानिसहरूले उहाँलाई सम्मान गर्न बाटोमा तिनीहरूका कपडाहरू ओछ्याए”
महत्त्वपूर्ण मानिसहरूको सम्मानमा तिनीहरूका अगि बाटोमा खजूरका हाँगाहरू बिछ्याउने परम्परा थियो । वैकल्पिक अनुवादः “अरूहरूले उहाँलाई सम्मान गर्न तिनीहरूले मैदानहरूबाट काटेर ल्याएका हाँगाहरू बाटोमा बिछ्याए”
“जसले उहाँलाई पछ्यायो”
यस शब्दको अर्थ “हामीलाई बचाउनुहोस्” भन्ने हुन्छ, तर मानिसहरूले त्यो शब्द त्यस समयमा पनि ठूलो स्वरले भन्थे जब उनीहरू परमेश्वरको प्रशंसा गर्न चाहन्थे । तपाईंले त्यसलाई त्यो कसरी प्रयोग गरिएको थियो भन्ने कुराअनुसार अनुवाद गर्न सक्नुहुन्छ, वा तपाईंले “होसन्ना” लेख्नलाई तपाईंको भाषाको अक्षरहरूलाई प्रयोग गरेर त्यो शब्द लेख्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरको प्रशंसा होस्”
यसले येशूलाई जनाउँछ । यसलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “तपार्इं धन्यको हुनुहुन्छ, जो ...”
यो परमप्रभुको अधिकारको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “परमप्रभुको अधिकार”
“परमेश्वरले आशिष् देऊन्”
“हाम्रा पिता दाऊदको आउँदै गरेको राज्य धन्यको छ ।” यसले येशूको आगमन र राजाको रूपमा शासन गर्नुभएको कुरालाई जनाउँछ । “धन्यको” भन्ने शब्दलाई कर्तृ वाच्यमा प्रयोग हुने क्रियापदको साथमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तपाईंको राज्यको आगमन धन्यको होस्” वा “तपाईंले आफ्नो आउँदै गरेको राज्यलाई शासन गर्नुहुँदा परमेश्वरले तपाईंलाई आशिष् दिनुभएको होस्”
यहाँ पछि शासन गर्ने दाऊदको सन्तानलाई दाऊद आफैँ भए झैँ गरेर जनाइएको छ । वैकल्पिक अनुवादः “हाम्रा पिता दाऊदको सबैभन्दा महान् सन्तानको” वा “कि दाऊदको सबैभन्दा महान् सन्तानले शासन गर्नेछन्”
सम्भावित अर्थहरू हुन् १) “स्वर्गमा हुनुहुने परमेश्वरको प्रशंसा होस्” वा २) “स्वर्गमा हुनेहरूले ‘होसन्ना‘ भनून् ।”
यहाँ स्वर्गलाई सर्वोच्चको रूपमा बताइएको छ । वैकल्पिक अनुवादः “सर्वोच्च स्वर्ग” वा “स्वर्ग”
“किनभने दिन ढल्किन लागेको थियो”
“उहाँ र उहाँका बाह्रजना चेलाहरूले यरूशलेम छोड्नुभएर बेथानियामा जानुभयो”
“जब उहाँहरू बेथानियाबाट यरूशलेममा फर्केर जाँदै हुनुहुन्थ्यो”
यो कुरा येशू र उहाँका चेलाहरू यरूशलेमतर्फ हिँड्दै गर्दा हुन्छ ।
“यदि त्यहाँ कुनै फल थियो कि भनी”
यसको अर्थ हुन्छ, कि उहाँले कुनै पनि अञ्जीर भेट्टाउनुभएन । वैकल्पिक अनुवादः “उहाँले रुखमा पातहरू मात्र पाउनुभयो र रुखमा कुनै अञ्जीर थिएन”
“वर्षको समय”
येशूले अञ्जीरलाई भन्नुहुन्छ र सराप दिनुहुन्छ । उहाँ यसरी बोल्नुहुन्छ, ताकि उहाँलाई चेलाहरूले सुनून् ।
“उहाँ रूखसँग बोल्नुभयो”
“यो”ले येशूले अञ्जीरको रूखसँग बोल्नुभएको कुरालाई जनाउँछ ।
“येशू र उहाँका चेलाहरू आए”
येशूले यी मानिसहरूलाई मन्दिरबाट बाहिर खेद्दै हुनुहुन्छ । यसलाई प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “बेच्नेहरू र किन्नेहरूलाई मन्दिरबाट बाहिर लखेट्न थाल्नुभयो”
“बेचिरहेका र किनिरहेका मानिसहरू”
परमेश्वरले धैरै समयअगि नै उहाँको मन्दिर सबै जातिका निम्ति प्रार्थनाको घर बन्नेछ भनी यशैया अगवक्ताद्वारा भन्नुभयो ।
यहूदी अगुवाहरूले मन्दिरको दुरुपयोग गरेकोमा येशूले हप्काउँदै हुनुहुन्छ । यसलाई कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः वैकल्पिक अनुवादः “परमेश्वरले यसो भन्नुभयो भनेर धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘मैले मेरो भवनलाई एउटा घर भन्न चाहन्छु जहाँ सबै जातिका मानिसहरूले प्रार्थना गर्न सकून्’”
येशूले मानिसहरूलाई डाँकुहरूसँग र मन्दिरलाई डाँकूहरूको ओढारसँग तुलना गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तर तिमीहरू डाँकुहरूजस्ता छौ जसले मेरो भवनलाई डाँकुहरूको ओढार जस्तो बनाएका छौ”
“डाँकुहरू लुक्ने ओढार”
“तिनीहरूले उपाय खोजिरहेका थिए”
“साँझमा”
“येशू र उहाँका चेलाहरू सहरबाट जानुभयो”
येशूले चेलाहरूलाई परमेश्वरमा विश्वास गर्नुपर्ने कुराको सम्झना गराउन अञ्जीरको उदाहरण प्रयोग गर्नुहुन्छ ।
“त्यहि बाटो भएर हिँडिरहनुभएको थियो”
यसलाई रूख मरेको थियो भनी स्पष्ट हुने गरी अनुवाद गर्नुहोस् । वैकल्पिक अनुवादः “अञ्जीरको रूख जरासम्म नै सुकेर मर्यो”
“सुक्खा भएको”
पत्रुसले के सम्झे भनी उल्लेख गर्नु उपयुक्त हुन सक्छ । वैकल्पिक अनुवादः “येशूले अञ्जीरको रूखलाई भन्नुभएको कुरा पत्रुसले सम्झे”
“येशूले उहाँका चेलाहरूलाई जवाफ दिनुभयो”
“म तिमीहरूलाई सत्य भन्छु ।” यसले येशूले पछि भन्नुहुने कुरालाई जोड दिन्छ ।
“यदि कसैले भन्छ भने”
यहाँ “हृदय” भनेको एक व्यक्तिको दिमाग वा भित्री मनुष्यत्वलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “यदि त्यसले हृदयमा साँच्चै विश्वास गर्छ भने” वा “यदि उसले शंका गर्दैन तर विश्वास गर्छ भने”
“परमेश्वरले हुन लगाउनुहुनेछ”
“त्यसैले, म तिमीहरूलाई भन्दछु”
यो हुनेछ भनी विश्वास गरिन्छ, किनभने तिमीहरूले जे मागेका छौ सो परमेश्वरले दिनुहुनेछ । This can be stated clearly. वैकल्पिक अनुवादः “परमेश्वरले त्यो तिमीहरूलाई दिनुहुनेछ”
हिब्रू संस्कारमा उभिएर प्रार्थना गर्ने प्रचलन छ । वैकल्पिक अनुवादः “जब तिमीहरूले प्रार्थना गर्छौ”
“तिमीहरूसँग कसैको विरुद्धमा वैमनस्यता छ भने ।” यहाँ “कुनै कुरा”ले तपार्इंको विरुद्धमा पाप गरेकोले भएको वैमनस्यता वा कसैको विरुद्धको रिसजस्ता कुनै पनि कुरालाई उल्लेख गर्न सक्छ ।
जब येशू अर्को दिन मन्दिरमा फर्कनुहुन्छ, पैसा साट्नेहरूलाई मन्दिर परिसरबाट बाहिर निकाल्नुभएको बारेमा मुख्य पूजाहारीहरू, शास्त्रीहरू र धर्मिक अगुवाहरूको प्रश्नको जवाफ दिँदै उहाँले तिनीहरूलाई अर्को प्रश्न सोध्नुहुन्छ जसको तिनीहरू जवाफ दिन चाहँदैनन् ।
“येशू र उहाँका चेलाहरू ... मा आउनुभयो”
यसको अर्थ हुन्छ, कि येशू मन्दिर परिसरमा हिँडिरहनुभएको थियो; मन्दिरभित्र होइन ।
“तिनीहरूले” मुख्य पूजाहारीहरू, शास्त्रीहरू र धार्मिक अगुवाहरूलाई जनाउँछ ।
सम्भावित अर्थहरू हुन् १) यी दुवै प्रश्नको आशय एउटै हो र येशूको अधिकारलाई जोडदार प्रश्न गर्न सँगै सोधिएका हुन् र त्यसैले तिनीहरूलाई मिलाएर एउटा बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “यी सबै थोक गर्ने अधिकार तिमीलाई कसले दियो ?” 2) तिनीहरू दुई फरक प्रश्नहरू हुन्, पहिलोले अधिकारको स्वभावको बारेमा सोधिरहेको छ र दोस्रोले त्यो उहाँलाई कसले दियो भनेर सोधिरहेको छ ।
“यी कुराहरू”ले मन्दिरमा येशूले बेच्नेहरूको टेबुलहरू पल्टाइदिनुभएको र उहाँले मुख्य पूजाहारीहरू, शास्त्रीहरू र धार्मिक अगुवाहरूको विरुद्धमा बोल्नुभएका कुराहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीले हिजो यहाँ गरेजस्ता कुराहरू”
“मलाई उत्तर देऊ”
“यूहन्नाले दिएका बप्तिस्मा”
“त्यो कुरा स्वर्गबाट अधिकार प्राप्त कुरा थियो वा मानिसहरूबाट”
यहाँ “स्वर्ग”ले परमेश्वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरबाट”
“मानिसहरूद्वारा”
यसले यूहन्नाको बप्तिस्माको स्रोतलाई जनाउँछ । वैकल्पिक अनुवादः “यदि हामीले यूहन्नाको बप्तिस्मा स्वर्गबाट भएको हो भन्यौँ भने”
यहाँ “स्वर्ग” शब्दले परमेश्वरलाई जनाउँछ । तपाईंले यसलाई [मर्कुस ११:३०]
“उनलाई”ले बप्तिस्मा-दिने यूहन्नालाई जनाउँछ ।
यसले यूहन्नाको बप्तिस्माको स्रोतलाई जनाउँछ । वैकल्पिक अनुवादः “तर यदि हामीले भन्यौँ, ‘यो मानिसहरूबाट थियो,’”
“मानिसहरूद्वारा”
धार्मिक अगुवाहरूले भन्न खोजेका कुराको अर्थ यो हो कि यदि तिनीहरूले यो जवाफ दिए भने मानिसहरूबाट कष्ट भोग्नेछन् । वैकल्पिक अनुवादः “तर यदि हामीले भन्यौँ, ‘मानिसहरूबाट’, त्यो असल हुनेछैन ।” वा “तर त्यो मानिसहरूबाट थियो भनेर हामी भन्न चाहँदैनौ ।”
धार्मिक अगुवाहरूले यूहन्नाको बप्तिस्मा मानिसहरूबाट थियो भनेर किन भन्न चाहँदैनथे भनेर लेखक, मर्कुसले व्याख्या गर्छन् । यसलाई स्पष्ट गरी लेख्न सकिन्छ । “तिनमीहरूले यो कुरा एक अर्कालाई भने किनभने तिनीहरू मानिसहरूसँग डराएका थिए” वा “तर तिनीहरू यूहन्नाको बप्तिस्मा मानिसहरूबाट थियो भन्न डराए किनभने तिनीहरू मानिसहरूसँग डराउँथे”
यसले यूहन्नाको बप्तिस्मालाई जनाउँछ । यो बुझिएको जानकारीलाई राख्न सकिन्छ । वैकल्पिक अनुवादः “यूहन्नाको बप्तिस्मा कहाँबाट आएको हो भनी हामी जान्दैनौँ”
1 त्यसपछि येशूले तिनीहरूलाई दृष्टान्तमा सिकाउन थाल्नुभयो । उहाँले भन्नुभयो, “एक जना मानिसले दाखबारी लगाए, त्यसको वरिपरि बार लगाए र कोलको निम्ति एउटा खाल्डो खने । उनले त्यहाँ एउटा मचान बनाए र दाख उमार्नेहरूलाई दाखबारी भाडामा दिए । त्यसपछि उनी यात्रामा लागे । 2 ठिक समयमा उनले दाखको केही फल पाउन दाख उमार्नेहरूकहाँ एक जना नोकर पठाए । 3 तर तिनीहरूले त्यसलाई समातेर पिटे र केही पनि नदिईकन पठाइदिए । 4 फेरि उनले अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि टाउकोमा चोट पुर्याए र लज्जास्पद रूपमा व्यवहार गरे । 5 अझै पनि उनले अर्कोलाई पठाए र त्यसलाई तिनीहरूले मारे । तिनीहरूले अरू धेरैलाई पनि त्यस्तै व्यवहार गरे, कसैलाई कुटे र अरूलाई मारे । 6 उनीसँग पठाउन अझै पनि एक जना व्यक्ति अर्थात् प्यारो छोरा थिए । उनले तिनीहरूकहाँ पठाउन त्यो नै अन्तिम व्यक्ति थियो । उनले भने, “तिनीहरूले मेरो छोरालाई आदर गर्नेछन् ।” 7 तर मोहीहरूले एक-आपसमा भने, “यो त उत्तराधिकारी हो । आओ, यसलाई मारौँ र सम्पत्ति हाम्रो हुनेछ ।” 8 तिनीहरूले उसलाई पक्रे; उसलाई मारे र उसलाई दाखबारी बाहिर फालिदिए । 9 यसकारण, दाखबारीको मालिकले के गर्नेछ ? उनी आउनेछन् र ती दाख उमार्नेहरूलाई नाश गर्नेछन् र दाखबारी अरूहरूलाई दिनेछन् । 10 के तिमीहरूले यो धर्मशास्त्र पढेका छैनौ ? ‘जुन ढुङ्गालाई निर्माणकर्ताहरूले अस्वीकार गरे, त्यही नै कुने-ढुङ्गो भएको छ ।’ 11 त्यो परमप्रभुबाट थियो र यो हाम्रो दृष्टिमा आश्चर्यजनक छ ।” 12 तिनीहरूले येशूलाई पक्रन खोजे, तर तिनीहरू भिडसित डराए, किनभने उहाँले यो दृष्टान्त तिनीहरूकै विरुद्धमा बोल्नुभएको कुरा तिनीहरूले जाने । त्यसैले, तिनीहरूले उहाँलाई छाडे र गए । 13 अनि तिनीहरूले उहाँलाई उहाँकै वचनहरूमा फसाउन हेरोदियासहरू र केही फरिसीहरू पठाए । 14 तिनीहरू आए र उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौँ, कि तपाईंले कसैको विचारको वास्ता गर्नुहुन्न, र तपाईंले मानिसहरूबिच कुनै भेदभाव गर्नुहुन्न । तपाईंले साँच्चै परमेश्वरको मार्ग सिकाउनुहुन्छ । कैसरलाई कर तिर्नु उचित हो वा होइन ? हामी कर तिरौँ कि नतिरौँ ?” 15 तर येशूले तिनीहरूको कपटलाई जान्नुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले मलाई किन जाँच्छौ ? मलाई एउटा सिक्का ल्याओ ताकि मैले हेर्न सकौँ ।” 16 तिनीहरूले एउटा सिक्का येशूकहाँ ल्याए । उहाँले तिनीहरूलाई भन्नुभयो, “यो कसको स्वरूप र छाप हो ?” तिनीहरूले भने, “कैसरको हो ।” 17 येशूले भन्नुभयो, “कैसरका चिजहरू कैसरलाई नै देओ र परमेश्वरका चिजहरू परमेश्वरलाई नै ।” तिनीहरू चकित भए । 18 त्यसपछि पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू उहाँकहाँ आए । तिनीहरूले उहाँलाई यसो भनेर सोधे, 19 “गुरुज्यू, मोशाले हाम्रो लागि लेखे, ‘यदि कुनै मानिसको दाजु कुनै बालबच्चा नभईकन मर्छ भने, त्यो मानिसले आफ्नो दाजुकी पत्नीलाई विवाह गरेर आफ्नो दाजुको लागि बच्चा जन्माउनुपर्छ ।’ 20 त्यहाँ सात जना दाजुभाइ थिए, पहिलोले आफ्नी पत्नी ल्याए र बच्चा नभई मरे । 21 दोस्रोले दाजुकी पत्नी लगे र कुनै बालबच्चा नभई तिनी मरे । अनि तेस्रोलाई पनि त्यस्तै भयो । 22 अनि सातै जना कुनैको पनि बालबच्चा भएन । अन्तमा ती स्त्री पनि मरिन् । 23 पुनरुत्थानमा जब तिनीहरू फेरि जीवित भई उठ्नेछन्, तिनी कसकी पत्नी हुनेछिन् ? किनभने ती सातै दाजुभाइले तिनलाई पत्नीको रूपमा लिए । 24 येशूले भन्नुभयो, “तिमीहरूले न त धर्मशास्त्र न परमेश्वरको शक्तिको बारेमा जानेका हुनाले नै के तिमीहरूले गल्ती गरेका होइनौ र ? 25 किनभने जब तिनीहरू मृत्युबाट जीवित भई उठ्नेछन्, तिनीहरूले न विवाह गर्छन् न त विवाह गर्न नै दिन्छन्, तर तिनीहरू स्वर्गका स्वर्गदूतहरूजस्ता हुनेछन् । 26 तर जीवित भई उठ्ने मृतकहरूको विषयमा के तिमीहरूले मोशाको पुस्तकमा झाडीको विवरणमा परमेश्वर उनीसँग कसरी बोल्नुभयो र, ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ’ भन्नुभयो भन्ने पढेका छैनौ ?” 27 उहाँ मृतकहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ । तिमीहरू गलत छौ ।” 28 शास्त्रीहरूमध्येका एक जना आए र तिनीहरूका छलफल सुने । येशूले तिनीहरूलाई राम्रो जवाफ दिनुभएको तिनले देखे । तिनले उहाँलाई सोधे, “सबैभन्दा महत्त्वपूर्ण आज्ञा कुन हो ?” 29 येशूले जवाफ दिनुभयो, “सबैभन्दा महत्त्वपूर्णचाहिँ यो हो, ‘सुन, हे इस्राएल, परमप्रभु हाम्रा परमेश्वर, परमप्रभु एक मात्र हुनुहुन्छ । 30 तिमीले आफ्ना परमप्रभु परमेश्वरलाई आफ्ना सारा हृदय, सारा प्राण, सारा मन र सारा शक्तिले प्रेम गर्नुपर्दछ ।’ 31 दोस्रो आज्ञा यो हो, ‘आफ्नो छिमेकीलाई आफुलाई जस्तै प्रेम गर्नुपर्छ ।’ योभन्दा अरू कुनै ठुलो आज्ञा छैन ।” 32 शास्त्रीले भने, “हे असल गुरुज्यू ! परमेश्वर एक मात्र हुनुहुन्छ र उहाँबाहेक अरू कोही पनि छैन भनी तपाईंले साँचो भन्नुभएको छ । 33 उहाँलाई सारा हृदय, सारा समझ र सारा शक्तिले प्रेम गर्नू अनि आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू होमबलि र बलिदानहरूभन्दा पनि महान् हो ।” 34 जब तिनले बुद्धिमत्तापूर्वक जवाफ दिएको येशूले देख्नुभयो, उहाँले तिनलाई भन्नुभयो, “तिमी परमेश्वरको राज्यबाट टाढा छैनौ ।” त्यसपछि कसैले पनि येशूलाई अरू प्रश्न गर्ने आँट गरेन । 35 येशूले मन्दिरमा सिकाउँदै गर्नुहुँदा उहाँले जवाफ दिनुभयो र भन्नुभयो, “शास्त्रीहरूले ख्रीष्टलाई कसरी दाऊदका पुत्र भन्छन् ? 36 दाऊद आफैँले पवित्र आत्माद्वारा यसो भने, ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, मेरो दाहिने हातमा बस, जबसम्म मैले तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टामुनि ल्याउँदिनँ ।’ 37 दाऊद आफैँले उहाँलाई ‘प्रभु’ भन्छन् भने मसीह कसरी दाऊदका पुत्र हुन सक्छन् त ?” ठुलो भिडले उहाँको कुरा खुसीसाथ सुन्यो । 38 येशूले उहाँको शिक्षामा भन्नुभयो, “शास्त्रीहरूदेखि होसियार बस, जसले लामो वस्त्र लगाएर हिँड्न र बजारमा अभिवादन गरेको, 39 अनि सभाघरमा भोजमा प्रमुख आसनहरू र भोजहरूमा प्रमुख स्थानहरू रुचाउँछन् । 40 तिनीहरूले विधवाहरूको घर खान्छन् र मानिसहरूले देखून् भनी लामो प्रार्थना गर्छन् । यी मानिसहरूले अझ ठुलो दण्ड पाउनेछन् ।” 41 त्यसपछि येशू मन्दिर परिसरको भेटी चढाउने बाकसको सामुन्ने बस्नुभयो । मानिसहरूले भेटी हालिरहँदा उहाँले हेरिरहनुभएको थियो । धेरै धनी मानिसले ठुलो रकम हाले । 42 त्यसपछि त्यहाँ एक जना गरिब विधवा आइन् र दुई सिक्का हालिन् । 43 उहाँले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, यी गरिब विधवाले भेटीको बाकसमा भेटी दिनेहरूमध्ये सबैभन्दा धेरै हालेकी छन् । 44 किनभने सबैले आ-आफ्ना प्रशस्तताबाट दिए । तर यी विधवाले आफ्नो गरिबीबाट तिनी जिउनुपर्ने सबै पैसा हालिन् ।”
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले १२:१०-११, ३६ मा भएको कवितासँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
परिकल्पित परिस्थितिहरू भनेका ती परिस्थितिहरू हुन् जुन वास्तवमै भएका हुँदैनन् । मानिसहरूले यी परिस्थितिहरूको वर्णन गर्छन् ताकि के असल र खराब छ वा ठीक र बेठीक छ भनेर तिनीहरूलाई सुन्नेहरूले के सोच्छन् भन्ने कुरा तिनीहरूले जानून् ।
येशूले यो दृष्टान्त मुख्य पूजाहारीहरू, शास्त्रीहरू र धर्मिक अगुवाहरूको विरुद्धमा भन्नुहुन्छ ।
“तिनीहरूलाई”ले मुख्य पूजाहारीहरू, शास्त्रीहरू र धार्मिक अगुवाहरूलाई जनाउँछ जोसँग येशू अगिल्लो अध्यायमा कुरा गर्दै हुनुहुन्थ्यो ।
तिनले दाखबारी वरिपरि बार लगाए । त्यो चाहिँ ससाना बोटहरूको पङ्क्ति, कुनै छेकबार, वा ढुङ्गाको पर्खाल हुन सक्छ ।
यसको अर्थ हुन्छ, कि त्यसले चट्टानमा खाल्डो बनायो, जुन दाख निचोर्नलाई कोलको आधार भाग थियो । वैकल्पिक अनुवादः “कोलको निम्ति चट्टानमा एउटा खाल्डो बनाउनु” वा “कोलबाट रस बटुल्ने एउटा भाँडो बनाउनु”
दाखबारी अझै पनि त्यसको मालिकको नै थियो, तर तिनले दाख उमार्नेहरूलाई त्यसको हेरचाह गर्न दिए । जब दाखको फल पाक्थ्यो, तिनीहरूले त्यसको केही अंश मालिकलाई दिनुपर्थ्यो र बाँकी चाहिँ राख्नुपर्थ्यो ।
यसले कटनी गर्ने समयलाई जनाउँछ । यसलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “जब दाखको कटनीको समय आयो”
“तर दाख उमार्नेहरूले त्यो नोकरलाई समातेर लगे”
यसको अर्थ हुन्छ, कि तिनीहरूले त्यसलाई फलको कुनै भाग दिएनन् । वैकल्पिक अनुवादः “कुनै दाखबिना नै”
“दाखबारीका मालिकले दाख उमार्नेहरूकहाँ पठाए”
यसलाई अझ स्पष्ट पारेर लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले त्यसको टाउकोमा हिर्काए, र तिनीहरूले त्यसलाई नराम्ररी चोट पुर्याए”
यिनीहरूले अरू नोकरलाई जनाउँछ । वैकल्पिक अनुवादः “अझै अर्को नोकर ... धेरै अरू नोकरहरू”
यसले यिनी मालिकका छोरा थिए भन्ने आशय दिन्छ । वैकल्पिक अनुवादः “तिनका प्रिय छोरो”
यिनी दाखबारीका मालिकका उत्तराधिकार थिए जसले तिनको मृत्युपछि दाखबारी प्राप्त गर्ने थिए । वैकल्पिक अनुवादः “मालिकको उत्तराधिकारी”
मोहीहरूले दाखबारीलाई “सम्पत्ति” को रूपमा दर्शाए । वैकल्पिक अनुवादः “यो दाखबारी”
“दाख उमार्नेहरूले छोरोलाई पक्रे”
येशूले प्रश्न सोध्नुहुन्छ र मानिसहरूलाई सिकाउन जवाफ दिनुहुन्छ । प्रश्नलाई कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसैले, दाखबारीका मालिकले के गर्नेछन्, सो म तिनीहरूलाई बताउनेछु ।”
येशूले दृष्टान्त भन्न सकाउनुभएको छ र अब यसपछि के हुनेछ भन्ने विषयमा तिनीहरूले के सोच्छन् भनेर मानिसहरूलाई सोधिरहनुभएको छ ।
मार्नु
“अरू”ले दाखबारीको हेरचाह गर्ने अरू दाख उमार्नेहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनले दाखबारी यसलाई हेरचाह गर्ने दाख उमार्नेहरूलाई दिनेछन्”
यो धर्मशास्त्र परमेश्वरको वचनमा भन्दा धेरै लामो समयअगि लेखिएको थियो ।
येशूले मानिसहरूलाई धर्मशास्त्रको खण्ड याद दिलाउनुहुन्छ । उहाँले यहाँ तिनीहरूलाई हप्काउन आलङ्कारिक प्रश्नको प्रयोग गर्नुहुन्छ । यसलाई कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “निश्चय नै तिनीहरूले यो धर्मशास्त्र पढेका छौ ।” वा “तिनीहरूले यो धर्मशास्त्र सम्झनुपर्छ ।”
यसलाई कर्तृ वाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमप्रभुले कुने-ढुङ्गो बनाउनुभयो”
प्रभुले यो गर्नुभएको छ ।
“हाम्रो दृष्टिमा” मानिसहरूका रायहरूका निम्ति रूपक हो जसले देख्ने कार्यलाई जनाउँछ । वैकल्पिक अनुवादः “अनि हामीले यो देखेका छौँ र यो अचम्मको भएको विचार गर्यौँ” वा “अनि हामीलाई लाग्छ, कि यो अचम्मको छ”
“तिनीहरू”ले मुख्य पूजाहारीहरू, शास्त्रीहरू र धार्मिक अगुवाहरूलाई जनाउँछ । यो समूहलाई “यहूदी अगुवाहरू” भन्न सकिन्छ ।
“चाहे”
तिनीहरूले येशूलाई गिरफ्तार गरे भने भीडले तिनीहरूलाई के गर्छ होला भनी डराए । यसलाई प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि तिनीहरूले येशूलाई गिरफ्तार गरे भने भीडले तिनीहरूलाई के गर्छ होला भनी तिनीहरू डराए”
“तिनीहरूलाई दोष लगाउन”
येशूलाई फसाउने प्रयासमा केही फरिसीहरू र हेरोदीहरू अनि पछि सदुकीहरू प्रश्न लिएर उहाँकहाँ आउँछन् ।
“अनि यहूदी अगुवाहरूले ... पठाए”
यो हेरोद एन्टिपासको समर्थन गर्ने अनौपचारिक राजनीतिक पार्टी हो ।
यहाँ लेखकले येशूलाई छल्नुलाई “उहाँलाई फसाउने” कुराको रूपमा वर्णन् गर्छन् । वैकल्पिक अनुवादः “उहाँलाई छल्न”
यहाँ “तिनीहरू”ले फरिसीहरू र हेरोदीहरूले पठाएकाहरूमध्येका केहीलाई जनाउँछ ।
यसको अर्थ हुन्छ, कि येशूले पर्वाह गर्नुहुन्न । अकरणले बरु क्रियालाई परिवर्तन गर्न सक्छ । वैकल्पिक अनुवादः “तपार्इंले मानिसहरूको रायको पर्वाह गर्नुहुन्न” वा “तपार्इंले मानिसको निगाह पाउने कुराको पर्वाह गर्नुहुन्न”
तिनीहरूले कपटपूर्ण तवरले काम गरिरहेका थिए । यसलाई अझ प्रस्ट बनाएर व्याख्या गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले के गरेको परमेश्वर चाहनुहुन्छ भनी तिनीहरूले जान्न नचाहेको कुरा येशूले जान्नुभयो”
येशू यहूदी अगुवाहरूलाई हप्काउनुहुन्छ, किनभने तिनीहरूले उहाँलाई छल्न कोसिस गरिरहेका थिए । यसलाई कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले मलाई कुनै गलत कुरा भन्न लगाइरहेका छौ, ताकि तिमीहरूले मलाई दोष लगाउन सक भन्ने म जान्दछु ।”
यो एक दिनको ज्याला बराबरको सिक्का हो ।
“फरिसीहरू र हेरोदीहरूले एउटा सिक्का ल्याए”
“तस्बिर र नाउँ”
यहाँ “कैसरको” भन्ने कुराले उसको प्रतिरूप र छापलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले भने,‘ती कैसरका स्वरूप र छाप हुन्’”
जनताहरूले कर तिरेर सरकारको आदर गर्नुपर्छ भनी येशूले सिकाउनुभयो । यो आलङ्कारिक भाषालाई रोमी सरकार भनी परिवर्तन गरेर स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “रोमी सरकारको थोक रोमी सरकारलाई देओ”
बुझिएको क्रियापदलाई राख्न सकिन्छ । वैकल्पिक अनुवादः “र परमेश्वरलाई देओ”
येशूले भन्नुभएको कुरामा तिनीहरू छक्क परे । यसलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू उहाँसँग र उहाँले भन्नुभएको कुराप्रति चकित भए”
यसले सदुकीहरू को हुन् भनी बताउँछ । यसलाई अझ प्रस्ट पारेर लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले मृतकहरूबाट पुनरुत्थान छैन भन्छन्”
सदुकीहरूले मोशाले व्यवस्थामा लेखेका कुरा उद्धृत गर्दै छन् । मोशाको भनाइलाई अप्रत्यक्ष कथनमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मोशाले हाम्रो निम्ति लेखे, कि यदि कसैको दाजु मर्छ भने”
“हामी यहूदीहरूका निम्ति लेखे ।” सदुकीहरू यहूदीहरूको एउटा समूह थियो । यहाँ तिनीहरूले “हाम्रो लागि” लाई तिनीहरू आफैँलाई र सबै यहूदीलाई जनाउन प्रयोग गर्छन् ।
“त्यो मानिसले आफ्नो दाजुकी पत्नीलाई विवाह गर्नुपर्छ”
“उसको दाजुको लागि छोरा जन्माउनुपर्छ ।” त्यस मानसिको प्रथम छोरालाई मृत दाजुको छोरा मानिने थियो, र त्यस छोराका सन्तानहरूलाई मृत दाजुका सन्तानहरू मानिने थियो । यसलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “एउटा छोरो जन्माउनुपर्छ जसलाई मृत दाजुको छोरा मानिनेछ”
सदुकीहरूले वास्तवमा नघटेको एउटा अवस्थाको बारेमा कुरा गर्छन् किनभने येशूले तिनीहरूलाई के ठीक छ वा गलत भनेर उहाँले के सोच्नुहुन्छ भनी जवाफ दिनुभएको चाहन्छन् । वैकल्पिक अनुवादः “मानौँ, त्यहाँ सात जना दाजुभाइ थिए”
पहिलो दाजु
“पहिलोले एउटा स्त्रीलाई विवाह गर ।” यहाँ महिलालाई विवाह गर्नुलाई लानु भनिएको छ ।
यी सङ्ख्याहरूले हरेक दाजुभाइहरूलाई जनाउँछन् र तिनीहरूलाई यसरी नै व्यक्त गरिन्छ । वैकल्पिक अनुवादः “दोस्रो दाजु ... तेस्रो दाजु”
“दोस्रोले तिनलाई विवाह गरे ।” यहाँ महिलालाई विवाह गर्नुलाई लानु भनिएको छ ।
“त्यस्तै” भन्नुको अर्थ के हो त्यसलाई व्याख्या गर्नु उपयुक्त हुन्छ । वैकल्पिक अनुवादः “तेस्रो भाइले त्यसलाई विवाह गर्यो जसरी उसभन्दा जेठा भाइहरूले गरे, र ऊ पनि निस्सन्तान नै मर्यो”
यसले सबै दाजुभाइहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सातजना दाजुभाइहरू”
हरेक भाइले ती महिलालाई विवाह गरे र कुनै छोराछोरीहरूविना नै मरे । यसलाई प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “अन्तमा, ती सबै सातै जना हरेकले विवाह गरे, तर तिनीहरू कसैको तिनीसित छोराछोरीहरू भएनन् र सबै मरे”
सदुकीहरूले यो प्रश्न सोधेर येशूलाई जाँचिरहेका छन् । यदि तपाईंका पाठकहरूले यसलाई जानकारीको लागि सोधिएको कुरा मात्र भनेर बुझ्न सक्छन् भने, यसलाई एउटा भनाइको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “अब हामीलाई बताउनुहोस्, कि जब तिनीहरू फेरि जीवित भई उठ्छन् तिनी कसकी पत्नी हुन्छिन् ।”
येशूले सदुकीहरूलाई हप्काउनुहुन्छ, किनभने तिनीहरू परमेश्वरको व्यवस्थाबारे गलत छन् । यसलाई कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू गलत छौ, किनभने ... परमेश्वरको शक्ति ।”
यसको अर्थ हुन्छ, कि तिनीहरूले पुरानो करारमा के लेखेका छन् भनी जान्दैनन् ।
“परमेश्वर कति शक्तिशाली हुनुहन्छ”
यहाँ “तिनीहरू”ले उदाहरणका दाजुभाइहरू र महिलालाई जनाउँछ ।
हिँड्नु र निद्राबाट उठ्नु भनेको मृत भइसकेपछि पुनः जीवित हुने कुरालाई जनाउने अलङ्कार हो ।
तिनीहरू सबैको माझबाट जो मरिगएका छन् । यस अभिव्यक्तिले तल पातालको संसारमा भएका सबै मृत मानिसहरूलाई एकसाथ जनाउँछ । तिनीहरूको माझबाट बिउँतने कुराले पुनः जीवित हुने कुराको विषयमा बताउँछ ।
“तिनीहरूले विवाह गर्दैनन्, र तिनीहरूलाई विवाहमा दिइँदैन”
यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “र कसैले पनि तिनीहरूलाई विवाहमा दिँदैनन्”
यसले परमेश्वरको वासस्थानलाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा प्रयोग हुने क्रियापदको साथमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जो बौह्रन्छन्” वा “जो फेरि जिउनलाई बौह्रन्छन्”
“मोशाले लेखेका पुस्तक”
यसले मोशाको पुस्तकको एउटा भागलाई जनाउँछ जसले जल्दै गरेको तर पनि भस्म नभएको पोथ्राबाट परमेश्वरले मोशासँग कुरा गर्नुभएको समयको बारेमा बताउँछ । वैकल्पिक अनुवादः “बलिरहेको झाडीको बारेमा भएको खण्ड” वा “अग्निमय पोथ्राको बारेमा भएका शब्दहरू”
यसले कुनै एउटा झाडीलाई जनाउँछ, एउटा मोटो डाँठ भएको बोट हो जुन रूखभन्दा सानो हुन्छ ।
“परमेश्वरले मोशासँग कुरा गर्नुभएको समयको बारेमा”
यसको अर्थ अब्राहाम, इसहाक र याकूबले परमेश्वरको आराधना गर्छन् भन्ने हुन्छ । यी मानिसहरू शरीरिक रूपमा मरे, तर तिनीहरू आत्मिक रूपमा जीवित छन् र अझै आराधना गर्छन् ।
यहाँ “मृतकहरू”ले मरेका मानिसहरूलाई जनाउँछ र “जीवितहरू”ले जीवित रहेका मानिसहरूलाई जनाउँछ । साथै, “परमेश्वर” शब्दलाई दोस्रो वाक्यांशमा स्पष्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मृतक मानिसहरूका परमेश्वर होइन, तर जीवित मानिसहरूका परमेश्वर”
यसमा शारीरिक रूपमा र आत्मिक रूपमा जीवित रहेका मानिसहरू पर्छन् ।
तिनीहरू केमा गलत छन् भनी उल्लेख गर्नु उपयुक्त हुन्छ । वैकल्पिक अनुवादः “जब तिमीहरूले मृतकहरू फेरि जीवित हुँदैनन् भन्छौ, तिमीहरू गलत छौ”
“पूर्ण रूपमा गलत छौ” वा “धेरै गलत छौ”
“शास्त्रीले येशूलाई सोधे”
“सबैभन्दा महत्त्वपूर्ण” भन्ने कुराले सबैभन्दा महत्त्वपूर्ण आज्ञालाई जनाउँछ । वैकल्पिक अनुवादः “सबैभन्दा महत्त्वपूर्ण आज्ञा ... हो”
“सुन, हे इस्राएल ! परमप्रभु हाम्रा परमेश्वर एक मात्र प्रभु हुनुहुन्छ”
“हृदय” र “प्राण” व्यक्तिको भित्री मनुष्यत्वको निम्ति रूपक हो । यी चार वाक्यांशहरूलाई “पूर्णतया” वा “उत्सुकताका साथ” भन्ने अर्थ दिनलाई एकसाथ प्रयोग गरिएको छ ।
मानिसहरूले एक अर्कालाई कसरी प्रेम गर्नुपर्छ भन्ने कुरालाई तिनीहरूले आफैँलाई गर्ने प्रेमसँग तुलना गर्नको लागि येशूले यो उपमाको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिम्रो छिमेकीलाई तिमीले आफूलाई जति प्रेम गर्छौ त्यति नै प्रेम गर”
यहाँ “यी”ले येशूले भर्खरै मानिसहरूलाई भन्नुभएको दुई आज्ञाहरूलाई जनाउँछ ।
“असल जवाफ, गुरु” वा “राम्रो भन्नुभयो, गुरु”
यसको अर्थ त्यहाँ एक मात्र परमेश्वर हुनुहुन्छ भन्ने हुन्छ । वैकल्पिक अनुवादः “परमेश्वर एउटै मात्र हुनुहन्छ”
“परमेश्वर” शब्दलाई अघिल्लो वाक्यांशबाट बुझिएको छ । वैकल्पिक अनुवादः “कि त्यहाँ अरू कुनै परमेश्वर छैन”
“हृदय” व्यक्तिको सोचाईहरू, भावनाहरू, वा भित्री मनुष्यत्वको निम्ति रूपक हो । यी तीन वाक्यांशहरूलाई “पूर्णतया” वा “उत्सुकताका साथ” भन्ने अर्थ दिनलाई एकसाथ प्रयोग गरिएको छ ।
तिनीहरूले आफैँलाई प्रेम गरे झैँ कसरी एउटाले अर्कालाई प्रेम गर्नुपर्छ भनी यो उपमाले तुलना गर्छ । वैकल्पिक अनुवादः “तिमीले आफूलाई प्रेम गरेजत्तिकै आफ्नो छिमेकीलाई प्रेम गर्नलाई”
यो टुक्काको अर्थ एउटाभन्दा अर्को बढी महत्त्वपूर्ण छ भन्ने हुन्छ । यस मामलामा यी दुईवटा आज्ञाहरू परमेश्वरलाई होमबलि र बलिदानभन्दा पनि बढि मनपर्दा छन् । यसलाई स्पष्ट पारेर लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “भन्दा पनि बढि महत्त्वपूर्ण छ” वा “भन्दा पनि परमेश्वरलाई बढि मनपर्दो छ”
यसलाई सकारात्मक रूपमा उल्लेख गर्न सकिन्छ । यहाँ येशूले मानिस परमेश्वरप्रति राजाको रूपमा समर्पित हुन तयार भएको कुरालाई परमेश्वरको राज्यको नजिक भएजस्तै गरी बोल्नुहुन्छ, मानौँ त्यो कुनै भौतिक स्थान हो । वैकल्पिक अनुवादः “तिमीहरू राजाको रूपमा परमेश्वरको अधीनमा हुन नजिकै छौ”
यसलाई सकारात्मक रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबै डराए”
केही समय बितेको थियो र अहिले येशू मन्दिरमा हुनुहुन्छ । यो अगिल्लो वार्तालापको अंश होइन । वैकल्पिक अनुवादः “पछि, जब येशूले मन्दिरमा सिकाइरहनुभएको थियो, उहाँले मानिसहरूलाई भन्नुभयो”
येशूले उद्धृत गर्न लाग्नुभएको भजनसंग्रहबारे मानिसहरूलाई गहनतापूर्वक सोच्न लगाउन यो प्रश्नको प्रयोग गर्नुहुन्छ । यसलाई कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “शास्त्रीहरूले ख्रीष्टलाई किन दाऊदका पुत्र भन्छन् भनी विचार गर ।”
“दाऊदको सन्तान”
“आफैँले” शब्दले दाऊदलाई जनाउँछ अनि तिनमा र तिनले भनेका कुरामा जोड दिनलाई प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “ती दाऊद थिए जसले”
यसको अर्थ तिनी पवित्र आत्माद्वारा प्रेरित थिए भन्ने हुन्छ । अर्थात, दाऊदले बोलेका कुराहरूलाई पवित्र आत्माले निर्देशन गर्नुभयो । वैकल्पिक अनुवादः “पवित्र आत्माद्वारा प्रेरित भएर”
यहाँ दाऊदले परमेश्वरलाई “परमप्रभु” र ख्रीष्टलाई “मेरा प्रभु” भन्छन् । यसलाई अझ प्रस्टसँग लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “मसीहको बारेमा भने, ‘परमेश्वरले मेरा प्रभुलाई भन्नुभयो’”
यो येशूले भजनसंङ्ग्रहबाट उद्धृत गर्नुभएको हो । यहाँ परमेश्वर ख्रीष्टसँग बोलिरहनुभएको छ । “परमेश्वरको दाहिने हात”पट्टि बस्नु भनेको परमेश्वरबाट महान् सम्मान वा अधिकार प्राप्त गर्ने कुरालाई जनाउने साङ्केतिक कार्य हो । वैकल्पिक अनुवादः “मेरो छेउमा सम्मानको स्थानमा बस्नु”
यसमा परमेश्वरले शत्रुहरूलाई हराउनलाई तिनीहरूलाई पाउदान बनाउनेको रूपमा बताउनुहुन्छ । वैकल्पिक अनुवादः “मैले तिम्रा शत्रुहरूलाई पूर्ण रूपमा नहराएसम्म”
यहाँ “उहाँलाई”ले ख्रीष्टलाई जनाउँछ ।
यसलाई एउटा भनाइको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसैले, ख्रीष्ट कसरी दाऊदका सन्तान हुन सक्छन् भनी विचार गर”
“अभिवादनहरू” भन्ने नामपद शब्दलाई “अभिवादन गर्नु” भन्ने क्रियापदको साथमा व्यक्त गर्न सकिन्छ । मानिसहरूले शास्त्रीहरूलाई आदर गर्थे भन्ने कुरालाई यी अभिवादनहरू देखायो । वैकल्पिक अनुवादः “र बजारहरूमा आदरपूर्वक अभिवादन गरिनलाई” वा “बजारहरूमा मानिसहरूले आदरपूर्वक अभिवादन गर्नको लागि”
यहाँ येशूले शास्त्रीहरूले विधवाहरूलाई ठगेको र तिनीहरूको घर चोरेको कुरालाई तिनीहरूको घर खाएको रूपमा व्याख्या गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले विधवाहरूका घरहरू तिनीहरूबाट चोर्न तिनीहरूलाई ठग्छन्”
“विधवाहरू” र “घरहरू” भन्ने शब्दहरू सहयोगविहीन भएका र कोही व्यक्तिका महत्त्वपूर्ण जायजेथाहरूलाई क्रमशः जनाउने प्रतिस्थापकीय शब्दहरू हुन् । वैकल्पिक अनुवादः “”everything from helpless people“”
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई अझ ठूलो दण्डसहित दण्ड दिनुहुनेछ” वा “परमेश्वरले तिनीहरूलाई निश्चय पनि कडाइका साथ दण्ड दिनुहुनेछ”
“अझ ठूलो”ले तुलना गर्छ । यहाँ यो दण्ड पाउने अरू मानिसहरूसँग तुलना गरिएको छ । वैकल्पिक अनुवादः “अरू मानिसहरूले भन्दा अझ ठूलो दण्ड पाउनेछन्”
अझै पनि येशूले मन्दिर परिसरमा नै विधवाको भेटीको मूल्यबारे टिप्पणी गर्नुहुन्छ ।
यो बाकसमा, जसलाई सबै मानिसहरूले प्रयोग गर्न सक्थे, मन्दिरको भेटी सङ्कलन हुन्थ्यो ।
“तामाका दुईवटा साना सिक्काहरू” । यी उपलब्ध सिक्काहरूमा सबैभन्दा कम मूल्यका थिए ।
“निकै कम मूल्य भएको ।” मुद्रा भनेको निकै कम मूल्यको हुन्छ । यदि निकै कम मूल्यको सिक्का छ भने, “मुद्रा”लाई तपाईंको भाषामा भएको सबैभन्दा कम मूल्यको सिक्काको नामलाई प्रयोग गरेर अनुवाद गर्नुहोस् ।
पद ४३ मा येशूले भन्नुहुन्छ कि त्यस विधवाले धनी मानिसहरूले राखेको भन्दा बढी पैसा राखिन्, र पद ४४ मा उहाँले त्यसो भन्नुको कारण बताउनुहुन्छ । यस जानकारीलाई पुनः क्रम मिलाएर राख्न सकिन्छ ताकि येशूले उहाँको कारण पहिला भन्नुहुन्छ र त्यसपछि विधवाले बढी हालिन् भनेर भन्नुहुन्छ, जसरी यूएसटीमा गरिएको छ ।
“अनि येशूले ... बोलाउनुभयो”
यसले सङ्केत गर्छ कि यसपछि आएको भनाइ विशेष रूपमा सत्य वा महत्त्वपूर्ण छ । तपाईंले यसलाई मर्कुस ३:२८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“ती सबै अरू मानिसहरू जसले पैसा हाले”
धेरै सम्पत्ति, धेरै बहुमूल्य थोकहरू
“तिनीसँग भएको थोरै कुरा”
“बाँच्नको लागि”
1 जसै येशू मन्दिरबाट जाँदै हुनुहुन्थ्यो, उहाँका चेलाहरूमध्ये एक जनाले भन्यो, “गुरुज्यू, हेर्नुहोस् त कति राम्रा ढुङ्गाहरू र भवनहरू !” 2 उहाँले तिनलाई भन्नुभयो, “के तिमी यी भव्य भवनहरू देख्छौ ? यिनीहरू नभत्काइएर एउटामाथि अर्को ढुङ्गा रहने एउटा पनि हुनेछैन ।” 3 जब उहाँ मन्दिरको सामुन्ने पर्ने जैतूनको डाँडामा बस्नुभयो, पत्रुस, याकूब, यूहन्ना र अन्द्रियासले उहाँलाई गुप्तमा सोधे, 4 “हामीलाई भन्नुहोस्, कि यी कुराहरू कहिले हुनेछन् ? यी सबै कुरा हुन लाग्दा कस्ता-कस्ता चिन्हहरू हुनेछन् ?” 5 येशूले तिनीहरूलाई भन्न सुरु गर्नुभयो, “होसियार रहो, कसैले पनि तिमीहरूलाई नबहकाओस् ।” 6 मेरो नाउँमा धेरै जना आउनेछन् र भन्नेछन् ‘म उही हुँ’ र तिनीहरूले धेरैलाई भड्काउनेछन् । 7 जब तिमीहरूले युद्ध र युद्धको हल्ला सुन्नेछौ, चिन्ता नगर; यी कुराहरू हुनैपर्छ, तर अन्त्य अझै आइसकेको हुँदैन । 8 किनभने जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य खडा हुनेछ । धेरै ठाउँमा भूकम्प र अनिकालहरू हुनेछन् । यी प्रसव-वेदनाको सुरुवात हुन् । 9 आफूलाई सचेत राख । तिनीहरूले तिमीहरूलाई परिषद्हरूको हातमा सुम्पिनेछन्, र सभाघरहरूमा तिमीहरू पिटिनेछौ । मेरा साक्षीको रूपमा तिमीहरू शासक र राजा दुवैका सामु मेरा खातिर खडा हुनेछौ । 10 तर सबै जातिलाई पहिले सुसमाचार प्रचार गरिनुपर्छ । 11 जब उनीहरूले तिमीहरूलाई गिरफ्तार गर्छन् र सुम्पन्छन्, तिमीहरूले के बोल्ने भनी चिन्ता नगर । किनभने त्यो समय तिमीहरूले के बोल्नुपर्ने हो, सो तिमीहरूलाई दिइनेछ; त्यस बेला बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा हुनुहुनेछ । 12 दाजुले भाइलाई र बुबाले आफ्नो छोरोलाई मृत्यको लागि सुम्पिनेछन् । छोराछोरीहरू आफ्ना बुबा-आमाको विरुद्धमा खडा हुनेछन् र तिनीहरूलाई मृत्युमा पुर्याउनेछन् । 13 मेरो नाउँको खातिर तिमीहरू सबैद्वारा घृणित हुनेछौ । तर जो अन्त्यसम्म रहनेछ, त्यो मानिस बचाइनेछ । 14 जब तिमीहरूले विनाशकारी घृणित थोक खडा नहुनुपर्ने ठाउँमा खडा भइरहेको देख्छौ (पाठकले बुझोस्), यहूदियामा हुनेहरू पहाडहरूतिर भागून् । 15 घरको छतमा हुनेहरू तल नओर्लून् वा उसले घरभित्रबाट केही पनि ननिकालोस्, 16 र खेतमा हुनेहरू आफ्नो खास्टो लिन नआऊन् । 17 तर हाय, ती दिनमा बालक भएकाहरू र दूध खुवाउने आमाहरू ! 18 यो हिउँदमा नपरोस् भनी प्रार्थना गर । 19 किनकि त्यस बेला ठुलो महासङ्कष्ट हुनेछ । यस्तो त परमेश्वरले संसार सृष्टि गर्नुभएको दिनको सुरुदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ । 20 परमप्रभुले ती दिनलाई नघटाउनुभएको भए, कुनै पनि प्राणी बाँच्ने थिएन, तर चुनिएकाहरूका खातिर, जसलाई उहाँले छान्नुभएको छ, उहाँले दिनहरूको सङ्ख्या घटाई दिनुभयो । 21 यदि कसैले तिमीहरूलाई, हेर ख्रीष्ट यहाँ हुनुहुन्छ ! वा हेर उहाँ त्यहाँ हुनुहुन्छ भन्यो भने विश्वास नगर । 22 किनकि झुटा ख्रीष्ट र अगमवक्ताहरू देखा पर्नेछन् र सम्भव भए चुनिएकाहरूलाई पनि तिनीहरूले धोखा दिन चिन्ह र आश्चर्यकर्महरू गर्नेछन् । 23 सचेत रहो ! मैले तिमीहरूलाई समय आउनुअगि नै यी सबै कुरा बताइदिएको छु । 24 तर ती दिनको महासङ्कष्टपछि सूर्य अँध्यारो हुनेछ; चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन; 25 ताराहरू आकाशबाट खस्नेछन्, र स्वर्गमा भएका शक्तिहरू हल्लिनेछन् । 26 त्यसपछि तिनीहरूले मानिसका पुत्रलाई बादलमा महान् शक्ति र महिमामा आउँदै गरेको देख्नेछन् । 27 तब उसले आफ्ना स्वर्गदूहरूलाई पठाउनेछन् र उसले चारै दिशाबाट, पृथ्वीको अन्तिम छेउदेखि आकाशको अन्तिम छेउबाट आफ्ना चुनिएकाहरूलाई जम्मा गर्नेछ । 28 अञ्जीरको रुखबाट पाठ सिक । जब हाँगाहरूमा मुना पलाउँछ र पातहरू लाग्छन्, तिमीहरू ग्रीष्म नजिकै छ भनी जान्दछौ । 29 त्यसै गरी, जब तिमीहरूले यी सबै कुराह घटिरहेको देख्छौ, उहाँ नजिकै हुनुहुन्छ, ढोकाकै नजिक हुनुहुन्छ भनी तिमीहरूले जान । 30 साँच्चै, म तिमीहरूलाई भन्दछु, यी सबै कुरा नभएसम्म यो पुस्ता बितेर जानेछैन । 31 स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरो वचन कहिल्यै बितेर जानेछैन । 32 तर त्यस दिन र घडीको विषयमा पितालाई बाहेक कसैलाई पनि थाहा छैन, न स्वर्गदूतहरूलाई, न त पुत्रलाई । 33 सचेत रहो ! होसियार होओ, किनभने यो कुन समयमा हुन्छ भनी तिमीहरू जान्दैनौ । (टिपोटः केही प्राचीन प्रामाणिक लेखहरूले यसलाई यसरी उल्लेख गर्छन्: होसियार रहो, जागा रहो र प्रार्थना गर किनकि ...) 34 यो यात्रामा गएका एक जना मानिसजस्तो होः उसले आफ्नो घर छोड्छ र उसका नोकरहरू हरेकलाई आ-आफ्नो कामसहित उसको घरको जिम्मा दिन्छ । अनि उसले पहरेदारलाई जागा रहन आज्ञा दिन्छ । 35 त्यसकारण, जागा रहो ! किनकि घरको मालिक साँझ वा मध्यरात वा भाले बास्दा वा बिहान कुन समयमा आउँछन् भनी तिमीहरू जान्दैनौ । 36 यदि उनी अचानक आइपुगे भने, उनले तिनीहरूलाई सुतिरहेको नभेट्टाऊन् । 37 जे म तिमीहरूलाई भन्छु, त्यो म सबैलाई भन्छु, जागा रहो !”
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले १३:२४-२५ मा भएको कवितासँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
येशूले उहाँ फर्किनुभन्दा अगाडि के हुनेछ भन्ने बारेमा धेरै भन्नुभयो (मर्कुस १३:६-३७) । उहाँले आफ्ना अनुयायीहरूलाई भन्नुभयो कि उहाँ फर्किनुभन्दा अगाडि खराब कुराहरू संसारलाई हुनेछ र खराब कुराहरू तिनीहरूलाई हुनेछ, तिनीहरू उहाँ कुनै पनि समयमा फर्किनको लागि तयार हुनुपर्थ्यो ।
उहाँहरू मन्दिर परिसरबाट निस्कनुहुँदा हेरोदले बनाएको त्यो गजबको मन्दिरलाई भविष्यमा के हुने थियो भनी उहाँले आफ्ना चेलाहरूलाई भन्नुहुन्छ ।
“ढुङ्गाहरू”ले ढुङ्गाहरूलाई जनाउँछ जसबाट ती भवनहरू बनेका थिए । वैकल्पिक अनुवादः “गजबका भवनहरू र गजबका ढुङ्गाहरू जसबाट ती बनेका छन्”
यो प्रश्न भवनहरूतिर ध्यान खिँच्नलाई प्रयोग गरिएको हो । यसलाई कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “यी ठुला भवनहरूलाई हेर ! एउटा ढुङ्गा पनि” वा “अहिले तिमीहरूले यी ठुला भवनहरू देख्छौ, तर एउटा ढुङ्गा पनि”
शत्रु सेनाहरूले ढुङ्गाहरूलाई भत्काउनेछन् भन्ने आशय दिइएको छ । यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहनेछैन, किनभने शत्रु सेनाहरू आउनेछन् र यी भवनहरू नष्ट पार्नेछन्”
के हुन गइरहेको थियो भन्ने चेलाहरूको प्रश्नको जवाफ दिँदै येशूले भविष्यमा के हुन गइरहेको थियो भनी बताउनुहुन्छ ।
येशू र उहाँका चेलाहरू जैतूनको पहाडसम्म हिँड्नुभएको थियो भनेर प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मन्दिरको सामुन्नेमा भएको जैतून डाँडामा आइपुग्नुभएपछि येशू बस्नुभयो । त्यसपछि पत्रुस”
जब उहाँहरू एक्लै हुनुहुन्थ्यो
यसले येशूले ढुङ्गाहरूलाई के हुन्छ भन्नुभएको थियो त्यसलाई जनाउँछ । यसलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “यी कुरा मन्दिरका भवनहरूलाई हुनेछन् ... मन्दिरका भवनहरूलाई हुन लागेका छन्”
“कि यी सबै कुराहरू”
“उहाँका चेलाहरूलाई”
यहाँ “तिमीहरूलाई बहकाउँछ” भनेको कसैलाई कुनै असत्य कुरा विश्वास गर्न मनाउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिमीहरूलाई छल्छ”
यहाँ “ ... बहकाउने” भनेको कसैलाई कुनै असत्य कुरा विश्वास गर्न मनाउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिनीहरूले धेरै मानिसहरूलाई छल्नेछन्”
सम्भावित अर्थहरू हुन् १) “मेरो अधिकारको दाबी गर्दै” वा २) “परमेश्वरले तिनीहरूलाई पठाउनुभएको दाबी गर्दै ।”
“म नै ख्रीष्ट हुँ”
“युद्धहरू र युद्धहरूको बारेमा खबरहरू सुन्नेछौ ।” सम्भावित अर्थहरू हुन् १) “नजिकमा युद्धहरूका वास्तविक आवाजहरू र टाढामा युद्धका खबरहरू सुन्नेछौ” वा २) “सुरु भइसकेको युद्धको बारेमा र मानिसहरूले युद्धहरू सुरु गर्न गइरहेको खबर सुन्नेछौ”
“तैपनि यो संसारको अन्त्य होइन” वा “तर अन्त चाहिँ ... नभएसम्म हुनेछैन” वा “तर अन्त पछि हुनेछ”
यसले सम्भवतः संसारको अन्त्यलाई जनाउँछ ।
यो टुक्काको अर्थ एक अर्काको विरुद्धमा लड्नु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “विरुद्धमा लड्नेछ”
“उठ्नेछ” भन्ने शब्दलाई अगाडिको वाक्यांशबाट बुझिएको छ । वैकल्पिक अनुवादः “राज्यको विरुद्ध राज्य उठ्नेछ” वा “एउटा राज्यको मानिसहरू अर्को राज्यका मानिसहरूका विरुद्धमा लड्नेछन्”
येशू यी कुराहरूलाई प्रसव-वेदनाको सुरुवात भन्नुहुन्छ, किनभने तीपछि अझ धेरै डरलाग्दा कुराहरू हुनेछन् । वैकल्पिक अनुवादः “यी घटनाहरू बालक जन्माउन लागेकी महिलाको सुरुका वेदनाहरूजस्ता हुन् ।
“मानिसहरूले तिमीहरूलाई गर्ने कुराहरूप्रति तयार रहो”
“तिमीहरूलाई लानेछन् र परिषद्हरूको नियन्त्रणमा तिमीहरूलाई राख्नेछन्”
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले तिमीहरूलाई पिट्नेछन्”
यसको अर्थ केरकार गरिनु र न्याय गरिनु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “... को सामु तिमीहरूलाई केरकार गरिनेछ” वा “तिमीहरूलाई केरकार र न्याय गरिनेछ”
“मेरो कारण” वा “मेरो कारणले गर्दा”
यसको अर्थ हुन्छ, कि तिनीहरूले येशूको बारेमा गवाही दिनेछन् । यसलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “र मेरो बारेमा तिनीहरूलाई गवाही देओ” वा “र तिमीहरूले मेरो बारेमा तिनीहरूलाई बताउनेछौ”
येशूले अझै पनि अन्त हुन अगि घट्ने कुराहरूबारे बताउँदै हुनुहुन्छ । यसलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “तर अन्त आउनअगि सबै जातिलाई सुसमाचार प्रचार गरिनुपर्छ”
यहाँ यसको अर्थ मानिसहरूलाई अधिकारीहरूको नियन्त्रणमा राख्नु हो । वैकल्पिक अनुवादः “अधिकारीहरूलाई दिनेछन्”
“बोल्नुहुनेछ” भन्ने शब्दहरूलाई अगाडिको वाक्यांशबाट बुझिएको छ । वैकल्पिक अनुवादः “तर पवित्र आत्माले तिमीहरूद्वारा बोल्नुहुनेछ”
“एक भाइले अर्को भाइलाई उसलाई मार्ने मानिसहरूको नियन्त्रणमा सुम्पिदिनेछ” वा “भाइहरूले तिनीहरूका भाइहरूलाई तिनीहरूलाई मार्ने मानिसहरूको नियन्त्रणमा सुम्पिदिनेछन् ।” यो धेरैपटक थुप्रै विभिन्न मानिसहरूलाई हुनेछ । येशू केवल एक व्यक्ति र उसको भाइको बारेमा मात्र कुरा गरिरहनुभएको छैन ।
यसले दाजुभाइ तथा दिदी बहिनी दुबैलाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसहरू ... तिनीहरूका सहोदर दाजुभाइ वा दिदीबहिनीहरू”
“मृत्युको लागि सुम्पिनेछ” भन्ने शब्दहरू अगाडिको वाक्यांशबाट बुझिएका छन् । यसको अर्थ हुन्छ, कि बुबाले आफ्नै छोरालाई धोका दिनेछ र त्यसको कारण मारिनेछ । वैकल्पिक अनुवादः “बुबाले आफ्ना बच्चालाई मारिनलाई सुम्पनेछ” वा “बुबाले आफ्नै सन्तानलाई मारिन दिएर धोका दिनेछ”
यसको अर्थ हुन्छ, कि छोराछोरीहरूले आफ्ना आमा-बुबाहरूको विरोध गर्नेछन् र तिनीहरूलाई धोका दिनेछन् । वैकल्पिक अनुवादः “छोराछोरीहरूले आमा-बुबाहरूको विरोध गर्नेछन्”
यसको अर्थ हुन्छ, कि अधिकारीहरूले बुबा-आमालाई मृत्युदण्ड दिनेछन् । यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बाबुआमाहरूलाई मृत्युदण्डको आदेश दिन अधिकारीहरूलाई लगाउनेछन्” वा “अधिकारीहरूले बुबा-आमालाई मार्नेछन्”
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबैले तिमीहरूलाई घृणा गर्नेछन्”
येशूले आफैँलाई जनाउन “मेरो नाउँ” लाई प्रतिस्थानको रूपमा प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “मेरो कारणले” वा “तिमीहरूले ममा विश्वास गरेका हुनाले”
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले अन्त्यसम्म कष्टहरू सहन्छ, त्यो व्यक्तिलाई परमेश्वरले बचाउनुहुनेछ” वा “परमेश्वरले अन्तसम्म डटिरहनेलाई बचाउनुहुनेछ”
यहाँ “रहन्छ” भन्ने कुराले सतावट खेपिरहँदा पनि परमेश्वरप्रति विश्वासयोग्य भइरहने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “जसले कष्टभोग गर्छ र अन्तसम्मै परमेश्वरप्रति विश्वासयोग्य रहन्छ”
सम्भावित अर्थहरू हुन् १) “उसको जीवनको अन्तसम्मै” वा २) “त्यस समस्याको घडीको अन्तसम्मै”
यो पदावली दानिएलको पुस्तकबाट लिइएको हो । तिनका पाठकहरू यो खण्ड र घृणित थोकलाई मन्दिरभित्र प्रवेश गराएर अशुद्ध पार्नेसँग परिचित थिए होलान् । वैकल्पिक अनुवादः “लज्जास्पद कुरा जसले परमेश्वरका थोकहरूलाई अशुद्ध पार्छ”
येशूका श्रोताहरूले यसले मन्दिरलाई जनाउँछ भन्ने जान्दथे । यसलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “मन्दिरमा यो नहुनुपर्ने ठाउँमा उभिरहेको”
यो येशू बोलिरहनुभएको होइन । यसलाई मत्तीले ध्यान खिँच्न थपे, ताकि पाठकहरूले यो चेतावनीलाई सुनून् । वैकल्पिक अनुवादः “यो पढिरहेका सबैले यो चेतावनीमा ध्यान देऊन्”
येशू बस्नुभएको ठाउँमा घरका छानाहरू समतल थिए र त्यसमा मानिसहरू उभिन सक्थे ।
यसले घरमा फर्कने कुरालाई जनाउँछ । यसलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “आफ्नो घरमा नफर्कनू”
“उसको खास्टो पाउन”
यो कोही गर्भवती छ भनेर बताउने शिष्टोक्ति हो । वैकल्पिक अनुवादः “गर्भवती छन्”
“प्रार्थना गर, कि यी समयहरू” वा “प्रार्थना गर, कि यी थोकहरू”
“जाडो याममा” वा “जाडो र वर्षा याममा ।” यसले वर्षभित्रको जाडो र यात्रा गर्नलाई नमिठो र अप्ठेरो समयलाई जनाउँछ ।
“अहिलेसम्म भएकोमा सबैभन्दा ठूलो ।” यसले महासङकष्ट कति महान् र भयङ्कर हुनेछ भनी वर्णन गर्छ । यति भयावह सङ्कष्ट कहिल्यै भएको छैन जति यो हुनेछ ।
“भन्दा ठूलो कहिल्यै हुनेछैन” वा “र त्यसपछि सङ्कष्ट, त्यहाँ त्यो जस्तो सङ्कष्ट फेरि कहिल्यै हुनेछैन”
“समय घटाइदिनुभएको थियो ।” यसले कुन “दिनहरू”लाई जनाउँछ भनी उल्लेख गर्नु उपयुक्त हुन्छ । वैकल्पिक अनुवादः “कष्टका दिनहरू घटाइएका थिए” वा “कष्टको समय घटाइएका थिए”
“प्राणी”ले मानिसहरूलाई जनाउँछ र “बाँच्नु”ले शारिरीक उद्धारलाई जनाउँछ । वैकल्पिक अनुवादः “कोही पनि बाँच्ने थिएन” वा “सबै मर्ने थिए”
“चुनिएकाहरूलाई सहयोग गर्नका लागि”
“जसलाई उहाँले छान्नुभएको” भन्ने पदावलीको अर्थ “चुनिएकाहरू” भन्नु जस्तै हो । सँगसँगै, तिनीहरूले परमेश्वरले यी मानिसहरूलाई चुन्नुभयो भन्ने कुरालाई जोड दिन्छ ।
पद २१ मा येशूले एउटा आज्ञा दिनुहुन्छ, र पद २२ मा उहाँले त्यस आदेशको कारण भन्नुहुन्छ । यसलाई कारण पहिला, अनि आदेश दोस्रोमा आउने गरेर पुनः क्रम मिलाएर राख्न सकिन्छ, जसरी यूएसटीमा गरिएको छ ।
“ख्रीष्ट हुँ भनी दाबी गर्ने मानिसहरू”
“छल्नको लागि” वा “छल्ने आशा गर्दै” वा “छल्ने कोसिस गर्दै”
“चुनिएकाहरूलाई पनि” भन्ने वाक्यांशले अर्थ दिन्छ कि झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरूले केही मानिसहरूलाई छल्नेछन्, तर तिनीहरूले चुनिएकाहरूलाई छल्न सक्नेछन् वा छैनन् भनेर जान्नेछैनन् । वैकल्पिक अनुवादः “मानिसहरूलाई छल्नलाई, यदि सम्भव भए, चुनिएकाहरूलाई पनि छल्न”
“ती मानिसहरू जसलाई परमेश्वरले चुन्नुभएको छ”
“सजग रहो” वा “होसियार होओ”
येशूले तिनीहरूलाई चेतावनी दिन यी कुरा भन्नुभयो । वैकल्पिक अनुवादः “मैले तिमीहरूलाई यी सबै थोक समय आउनअगि नै चेतावनी दिनलाई बताएको छु”
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सूर्य चम्कनेछैन”
यहाँ चन्द्रमालाई कसैलाई केही दिन सक्ने जीवित कुराजस्तो गरी बताइएको छ । वैकल्पिक अनुवादः “चन्द्रमा चम्कनेछैन” वा “चन्द्रमा कालो हुनेछ”
यसको अर्थ ती पृथ्वीमा खस्नेछन् भन्ने होइन, ती जहाँ छन् त्यहाँबाट खस्नेछन् । वैकल्पिक अनुवादः “ताराहरू आकाशबाट तिनीहरूका स्थानबाट खस्नेछन्”
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिनेछ । वैकल्पिक अनुवादः “स्वर्गमा भएका शक्तिहरू हल्लिनेछन्” वा “परमेश्वरले स्वर्गमा भएका शक्तिहरूलाई हल्लाउनुहुनेछ”
“स्वर्गमा भएका शक्तिशाली थोकहरू ।” सम्भावित अर्थहरू हुन् १) यसले सूर्य, चन्द्रमा, र ताराहरूलाई जनाउँछ वा २) यसले शक्तिशाली आत्मिक प्राणीहरूलाई जनाउँछ ।
“आकाशमा”
“तब मानिसहरूले देख्नेछन्”
“शक्तिशाली र महिमित रूपमा”
“उस”ले परमेश्वरलाई जनाउँछ र उहाँका स्वर्गदूतहरूको निम्ति प्रतिस्थापकीय शब्द हो, किनकि चुनिएकाहरूलाई जम्मा गर्ने वास्तवमा तिनीहरू नै हुन् । वैकल्पिक अनुवादः “तिनीहरूले बटुल्नेछन्” वा “उहाँका स्वर्गदूतहरूले बटुल्नेछन्”
सारा संसारलाई चारै दिशा भनिएको छ जसले उत्तर, दक्षिण, पूर्व र पश्चिम गरी चार दिशाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “उत्तर, दक्षिण, पूर्व र पश्चिम” वा “पृथ्वीका सबै भाग”
यी दुईवटा चरम सीमा चुनिएकाहरू सारा पृथ्वीबाट बटुलिनेछन् भनी जोड दिन व्यक्त गरिएका हुन् । वैकल्पिक अनुवादः “पृथ्वीको हरेक ठाउँबाट”
येशूले व्याख्या गरिरहनुभएका कुराहरू हुँदा मानिसहरूलाई होसियार हुनलाई याद दिलाउन उहाँले दुईवटा दृष्टान्तहरू भन्नुहुन्छ ।
यहाँ “हाँगा”ले अञ्जीरका हाँगाहरूलाई जनाउँछ । “त्यसका हाँगाहरू कमलो हुन्छन् र तिनीहरूका पालुवा हाल्छन्”
“हरियो र नरम”
यहाँ अञ्जीरको रूख जीवित भएको र स्वइच्छाले पातहरू वृद्धि गराउने जस्तो गरी बताइएको छ । वैकल्पिक अनुवादः “यसका पातहरू पलाउन थाल्छन्”
वर्षको तातो समय वा वृद्धि हुने समय
यसले महासङ्कष्टको दिनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “मैले भर्खरै व्याख्या गरेका यी कुराहरू”
“मानिसका पुत्र नजिकै हुनुहुन्छ”
यो टुक्काले यात्रु सहरको प्रवेशद्वारको नजिकै नै आइरहेको कुरालाई जनाउँदै उहाँ अति नजिक हुनुहुन्छ र लगभग आइपुग्नुभएको छ भन्ने अर्थ दिन्छ । वैकल्पिक अनुवादः “र करिब यहिँ नै हुनुहुन्छ”
यसले सङ्केत गर्छ कि यसपछि आउने भनाइ विशेष तवरमा महत्त्वपूर्ण छ । तपाईंले यसलाई मर्कुस ३:२८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यो कुनै मर्ने कुरालाई शिष्टतापूर्वक बताउने तरिका हो । वैकल्पिक अनुवादः “मर्नेछैन” वा “अन्त हुनेछैन”
“यी कुराहरू”ले महासङ्कष्टलाई जनाउँछ ।
यी दुईवटा चरम सीमा सूर्य, चन्द्रमा, ताराहरू, ग्रहहरू र सम्पूर्ण पृथ्वीलगायत सारा आकाशलाई जनाउन व्यक्त गरिएका हुन् । वैकल्पिक अनुवादः “आकाश, पृथ्वी र तिनीहरूमा भएका सबै”
“अस्तित्वमा रहनेछैन ।” यसले संसारको अन्त्यलाई जनाउँछ ।
येशूले वचनहरू शारिरीक रूपमा कहिल्यै नमर्ने थोकहरू जस्तै गरी तिनीहरूको शक्ति नगुम्नेबारे बोल्नुहुन्छ । वैकल्पिक अनुवादः “मेरा वचनहरूले कहिल्यै तिनीहरूका शक्ति गुमाउनेछैनन्”
यसले मानिसका पुत्र फर्कने समयलाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसका पुत्र फर्कने त्यस दिन वा घडी” वा “म फर्कने दिन वा घडी”
यी शब्दहरूले केही मानिसहरूलाई तोक्छन् जसले मानिसको पुत्र कहिले फर्कनुहुनेछ भनेर जान्दैनन्, जो पिताबाट भिन्दै हुन्, जसले जान्नुहुन्छ । वैकल्पिक अनुवादः “कसैले जान्दैन—नता स्वर्गका स्वर्गदूतहरू र नता पुत्रले जान्दछन्—तर पिताले मात्रै” वा “नता स्वर्गका स्वर्गदूतहरू र नता पुत्रले जान्दछन्; कसैले जान्दैन तर पिताले मात्रै”
यहाँ “स्वर्ग”ले परमेश्वर बस्नुहुने स्थानलाई जनाउँछ ।
यसलाई तपार्इंको भाषामा मानव पितालाई स्वाभाविक रूपमा जनाउने शब्द नै प्रयोग गरेर अनुवाद गर्दा बेस हुन्छ । यो पुत्र कहिले फर्कनेछ भनी पिताले जान्नुहुन्छ भन्ने उत्सर्ग हो । वैकल्पिक अनुवादः “तर पिताले मात्र जान्नुहुन्छ”
यहाँ समयले केलाई जनाउँछ भन्ने कुरालाई स्पष्ट रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब यी सबै घटनाहरू हुनेछन्”
“हरेकले के-के गर्नुपर्छ भनी बताएर”
“वा उहाँ साँझमा फर्कन सक्नुहुन्छ”
भाले एउटा चरा हो जुन बिहान सबेरै ठूलो स्वरले कराएर बास्छ ।
यहाँ येशूले तयारी नभइरहेको कुरालाई “सुतिरहेको” रूपमा बताउनुहुन्छ । वैकल्पिक अनुवादः “उहाँको आगमनको निम्ति तयारी नभएको पाउनुहुनेछ”
1 यो निस्तार र अखमरी रोटीको चाडभन्दा दुई दिनअगि थियो । मुख्य पुजारीहरू र शास्त्रीहरूले येशूलाई कसरी गुप्त रूपमा गिरफ्तार गर्ने र मार्ने भनी विचार गरिरहेका थिए । 2 किनकि तिनीहरूले भनिरहेका थिए, “चाडको समयमा होइन, ताकि मानिसहरूमाझ दङ्गा उत्पन्न नहोस् ।” 3 जब येशू बेथानियामा सिमोन कुष्ठरोगीको घरमा हुनुहुन्थ्यो, उहाँ टेबुलमा अडेस लागेर बसिरहनुहुँदा एक जना स्त्री अति मूल्यवान् तरल पदार्थ सिङ्गमरमरको शिशीमा लिएर येशूकहाँ आइन्, जुन शुद्ध जटामसी थियो । तिनले त्यो शिशीलाई फुटाइन् र उहाँको टाउकोमा खन्याइन् 4 तर त्यहाँका कोही-कोही रिसाए । तिनीहरूले आपसमा कुरा गरे र भने, “के कारणको लागि यो खेर फालिँदै छ ? 5 यो अत्तरलाई तिन सय चाँदीका सिक्काभन्दा बढीमा बेच्न सकिन्थ्यो र गरिबहरूलाई दिन सकिन्थ्यो ।” र तिनीहरूले तिनलाई गाली गर्दै थिए । 6 तर येशूले भन्नुभयो, “तिनलाई छोडिदेओ । तिमीहरूले तिनलाई किन दुःख दिइरहेका छौ ? तिनले मेरो निम्ति सुन्दर काम गरेकी छन् । 7 गरिबहरू तिमीहरूसँग सधैँ हुन्छन्, र तिमीहरू जहिले चाहन्छौ तिनीहरूको निम्ति गर्न सक्छौ, तर म त तिमीहरूसित सधैँ हुनेछैन । 8 तिनले जे गर्न सक्थिन् त्यही गरिन्ः तिनले मेरो शरीरलाई दफनको निम्ति अभिषेल गरेकी छन् । 9 साँच्चै, म तिमीहरूलाई भन्दछु, सारा संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ, त्यहाँ यी स्त्रीले गरेकी काम तिनको सम्झनामा बताइनेछ । 10 अनि बाह्रमध्येका एक जना यहूदा इस्करियोत मुख्य पुजारीहरूकहाँ गयो, ताकि त्यसले उहाँलाई तिनीहरूका हातमा सुम्पन सकोस् । 11 जब मुख्य पुजारीहरूले यो सुने, तिनीहरू खुसी भए र त्यसलाई पैसा दिने वाचा गरे । उसले येशूलाई तिनीहरूका हातमा सुम्पनलाई अवसर हेर्न थाल्यो । 12 अखमिरी रोटीको पहिलो दिन उनीहरूले निस्तारको थुमा चढाउने बेला उहाँका चेलाहरूले उहाँलाई भने, “हामी कहाँ गएर तयारी गरेको तपाईं चाहनुहुन्छ, ताकि तपाईंले निस्तारको खाना खान सक्नुभएको होस् ?” 13 उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई पठाउनुभयो र तिनीहरूलाई भन्नुभयो, “सहरमा जाओ र एक जना पानीको गाग्रो बोक्ने मानिसले तिमीहरूलाई भेट्नेछ र उसलाई पछ्याओ । 14 जुन घरभित्र ऊ पस्छ, उसलाई पछ्याओ र त्यस घरको मालिकलाई भन, “गुरुज्यू भन्नुहुन्छ, मेरो पाहुना कोठा कहाँ छ जहाँ मैले मेरा चेलाहरूसँग निस्तार-चाडको भोज खानेछु ?” 15 उनले तिमीहरूलाई एउटा तयार भएको ठुलो माथिल्लो तलाको कोठा देखाउनेछन् । त्यहाँ नै हाम्रो निम्ति तयारी गर्नू ।” 16 चेलाहरू निस्के र सहरतिर लागे । तिनीहरूले उहाँले तिनीहरूलाई भन्नुभएजस्तै पाए र तिनीहरूले निस्तार-चाडको तयारी गरे । 17 जब साँझ पर्यो, उहाँ आफ्ना बाह्र जना चेलासँग आउनुभयो । 18 जब उहाँहरू टेबुलमा अडेस लागेर खाँदै हुनुहुन्थ्यो, येशूले भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, मसँग खाइरहेकाहरूमध्ये एक जनाले मलाई धोखा दिनेछ ।” 19 उनीहरू सबै एकदमै निराश भए, र तिनीहरू एक-एक जनाले उहाँलाई भने, “के म त होइन ?” 20 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “यी बाह्र जनामध्येका एक हुन्, जसले मसँग अहिले कचौरामा रोटी चोपिरहेको छ । 21 मानिसका पुत्र धर्मशास्त्रमा उसको बारेमा लेखिएबमोजिम जानेछ । तर धिक्कार ! जसद्वारा मानिसका पुत्रलाई धोखा दिइनेछ । त्यसको निम्ति त्यो त नजन्मेको भए नै असल हुने थियो ।” 22 तिनीहरूले खाँदै गर्दा येशूले रोटी लिनुभयो; आशिष् दिनुभयो, र भाँच्नुभयो । उहाँले यो तिनीहरूलाई दिनुभयो र भन्नुभयो, “यो लेओ । यो मेरो शरीर हो ।” 23 उहाँले कचौरा लिनुभयो; धन्यवाद दिनुभयो; तिनीहरूलाई दिनुभयो र तिनीहरू सबैले त्यसबाट पिए । 24 उहाँले तिनीहरूलाई भन्नुभयो, “यो करारको मेरो रगत हो । यो रगत धेरैका निम्ति बगाइएको छ ।” 25 साँच्चै, म तिमीहरूलाई भन्दछु, यो दाखको फलबाट तबसम्म पिउनेछैनँ जबसम्म मैले परमेश्वरको राज्यमा यसलाई नयाँ गरी पिउँदिनँ । 26 जब उहाँहरूले एउटा भजन गाउनुभयो, उहाँहरू जैतून डाँडामा जानुभयो । 27 येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू सबै मेरो कारणले पछि हट्नेछौ, किनकि यसरी लेखिएको छ, ‘म गोठालोलाई हिर्काउनेछु र भेडाहरू छरपष्ट हुनेछन् ।’ [टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा “मेरो कारणले” भन्ने पदावली छैन ।] 28 तर म जीवित भई उठेपछि म तिमीहरूभन्दा अगि गालीलमा जानेछु ।” 29 पत्रुसले उहाँलाई भने, “सबै जना पछि हटे पनि म पछि हट्नेछैनँ ।” 30 येशूले तिनलाई भन्नुभयो, “साँच्चै, म तिमीलाई भन्दछु, कि यस रात भाले दुई पल्ट बास्नुअगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ ।” 31 तर पत्रुसले भने, “यदि म तपाईंसँगै मर्नुपर्छ भने पनि म तपाईंलाई इन्कार गर्नेछैनँ ।” तिनीहरू सबैले उही प्रतिज्ञा गरे । 32 उहाँहरू गेतसमनी भन्ने ठाउँमा आइपुग्नुभयो र येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “मैले प्रार्थना गर्दा यहाँ बस ।” 33 उहाँले पत्रुस, याकूब र यूहन्नालाई आफूसँग लानुभयो, र उहाँ दुःखित र अति व्याकुल हुनुभयो । 34 उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो प्राण मरेजतिकै गहिरो वेदनामा छ । यहाँ बस र जागा रहो ।” 35 येशू अलि परतिर जानुभयो, भुइँमा लम्पसार पर्नुभयो र प्रार्थना गर्नुभयो, कि यदि यो सम्भव थियो भने यो घडी उहाँबाट हटेर जाओस् । 36 उहाँले भन्नुभयो, “हे अब्बा, पिता तपाईंमा सबै थोक सम्भव छ । यो कचौरा मबाट हटाउनुहोस् । तर मेरो इच्छा होइन, तपाईंको इच्छा पुरा होस् ।” 37 उहाँ फर्केर आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो र उहाँले पत्रुसलाई भन्नुभयो, “सिमोन, के तिमी पनि मस्त निद्रामा छौ ? के एक घण्टा पनि जागा रहन सकेनौ ? 38 जागा रहो र परीक्षामा नपरौँ भनी प्रार्थना गर । वास्तवमा आत्मा त तत्पर छ, शरीर कमजोर छ ।” 39 उहाँ फेरि जानुभयो अनि प्रार्थना गर्नुभयो र उहाँले उही वचनहरू प्रयोग गर्नुभयो । 40 फेरि उहाँ आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, किनभने तिनीहरूका आँखा लोलाएका थिए र उहाँलाई के भन्ने भनी तिनीहरूले जानेनन् । 41 उहाँ तेस्रो पल्ट आउनुभयो र तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै सुतिरहेका छौ र आराम गरिरहेका छौ ? भयो ! समय आएको छ । हेर ! मानिसका पुत्र पापीहरूको हातमा सुम्पिँदै छ । 42 उठ र जाऔँ । हेर, मलाई धोखा दिने नजिकै छ ।” 43 उहाँ बोल्दै गर्नुहुँदा बाह्र जनामध्येको यहूदा आइपुग्यो अनि त्योसँग मुख्य पुजारीहरू, शास्त्रीहरू र धर्म-गुरुहरूबाट आएका तरवार र लाठा बोकेको एउटा ठुलो हुल थियो । 44 अब, उहाँलाई विश्वासघात गर्नेले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो, “जसलाई मैले चुम्बन गर्छु, ऊ त्यही हो । उसलाई समात र सुरक्षा घेरामा लैजाओ ।” 45 जब यहूदा आयो, तुरुन्तै त्यो येशूकहाँ आयो र भन्यो, “रब्बी !” र त्यसले उहाँलाई चुम्बन गर्यो । 46 त्यसपछि तिनीहरूले उहाँमाथि हात हाले र पक्रे । 47 तर त्यहाँ उभिनेहरूमध्ये एक जनाले आफ्नो तरवार थुते र मुख्य पुजारीका नोकरको कान काटिदिए । 48 येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू डाँकुको विरुद्धमा आएझैँ तरवार र भाला लिएर आउँछौ ? 49 जब म तिमीहरूसँग दैनिक हुन्थेँ र मैले मन्दिरमा सिकाइरहेको थिएँ, तिमीहरूले मलाई गिरफ्तार गरेनौ । तर धर्मशास्त्र पुरा होस् भनेर यस्तो भयो ।” 50 अनि येशूसँग भएका सबैले उहाँलाई छाडे र भागे । 51 एक जना जवान मानिस उहाँको पछि लाग्यो जसले सूतीको कपडा मात्र लगाएका थिए जसलाई तिनको कम्मरमा बेह्रिएको थियो; तिनीहरूले त्यसलाई पक्रे, तर 52 उसले त्यो सूतीको कपडा त्यहीँ नै छाडे र नाङ्गै भागे । 53 तिनीहरूले उहाँलाई प्रधान पुजारीकहाँ लगे । त्यहाँ तिनीसँग मुख्य पुजारीहरू, धर्म-गुरुहरू र शास्त्रीहरू भेला भएका थिए । 54 अब पत्रुसले चाहिँ टाढैबाट उहाँलाई प्रधान पुजारीको घरको आँगनसम्म पछ्याए । तिनी पहरेदारहरूसँगै बसे, जसले न्यानो हुन आगो ताप्दै थिए । 55 अब, मुख्य पुजारीहरू र सबै यहूदी परिषद्ले येशूको विरुद्धमा गवाही खोजिरहेका थिए, ताकि तिनीहरूले उहाँलाई मृत्युदण्ड दिन सकून् । तर तिनीहरूले कुनै पनि कुरा भेट्टाएनन् । 56 किनभने धेरैले उहाँको विरुद्धमा झुटो गवाही ल्याए, तर तिनीहरूका गवाही मिलेन । 57 कोही खडा भए र उहाँको विरुद्धमा झुटो गवाही ल्याए; तिनीहरूले भने, 58 “यसले यसो भनेको हामीले सुन्यौँ, ‘हातद्वारा बनाइएका यो मन्दिर मैले नष्ट गर्नेछु, र तिन दिनमा हातविना नै बनाइएको अर्को मन्दिर मैले बनाउनेछु ।’ ” 59 तापनि तिनीहरूको गवाही एकै मतको भएन । 60 प्रधान पुजारी तिनीहरूका बिचमा उभिए र येशूलाई सोधे, “के तिमी कुनै जवाफ दिँदैनौ ? यी मानिसहरूले तिम्रो विरुद्धमा दिएका गवाही के हुन् नि ?” 61 तर उहाँ चुपचाप रहनुभयो, र जवाफ दिनुभएन । प्रधान पुजारीले उहाँलाई फेरि प्रश्न गरे र भने, “के तिमी धन्यका पुत्र ख्रीष्ट हौ ?” 62 येशूले भन्नुभयो, “म हुँ । र तिमीहरूले मानिसका पुत्रलाई शक्तिको दाहिने हातपट्टि बसेको र आकाशको बादलसँग आएको देख्नेछौ ।” 63 प्रधान पुजारीले आफ्नो लुगा च्याते र भने, “के हामीलाई अझै गवाहीको आवश्यक पर्छ र ? 64 तपाईंहरूले ईश्वर-निन्दा सुन्नुभएकै छ । तपाईंहरूको के निर्णय छ ?” अनि तिनीहरू सबैले मृत्युको योग्य भएकालाई झैँ दोष लगाए । 65 केहीले उहाँलाई थुक्न र उहाँको अनुहार छोप्न र हिर्काउन थाले र भने, “भविष्यवाणी गर् !” अनि अधिकारीहरूले उहाँलाई लगे र पिटे । 66 पत्रुस तल आँगनमा हुँदा प्रधान पुजारीका नोकर्नीहरूमध्ये एक जना तिनीकहाँ आई । 67 त्यो न्यानो हुन आगोको नजिक उभिँदा त्यसले पत्रुसलाई देखी र उनलाई नियालेर हेरी । त्यसले भनी, “तिमी पनि येशू नासरीसँग थियौ ?” 68 तर उनले इन्कार गरे र भने, “तिमीले के भनिरहेका छौ, मैले न बझ्छु न जान्दछु । त्यसपछि उनी आँगनमा गए । [टिपोटः केही प्राचीन प्रतिलिपिहरूले “अनि भाले बास्यो” भनी थप्छन्, तर उत्कृष्ट प्राचीन प्रितिलिपिहरूले यसलाई समावेश गरेका छैनन् ।] 69 तर नोकर्नीले उनलाई त्यहाँ देखी र ती उभिएकाहरूलाई फेरि भन्न थाली, “यो मान्छे पनि तिनीहरूमध्येकै एक जना हो ।” 70 तर उनले फेरि पनि इन्कार गरे । केही समयपछि त्यहाँ उभिनेहरूले पत्रुसलाई भने, “निश्चय नै, तिमी पनि तिनीहरूमध्येकै एक हौ, किनकि तिमी पनि गालीली नै हौ ।” 71 तर उनले आफैँलाई सराप्न र किरिया हालेर भन्न लागे, “तिमीहरूले कुरा गरिरहेका यी मानिसबारे मलाई केही थाहा छैन ।” 72 तुरुन्तै भाले दोस्रो चोटि बास्यो । त्यसपछि पत्रुसले येशूले उनलाई भन्नुभएका वचनहरू स्मरण गरेः “दुई चोटि भाले बास्नुअगि तिमीले मलाई तिन पटक इन्कार गर्नेछौ ।” र उनी धुरुधुरु रोए ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले १४:२७, ६२ मा भएको कवितासँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
मर्कुस १४:२२-२५ ले येशूको उहाँका अनुयायीहरूसँगको अन्तिम भोजनलाई वर्णन गर्छ । यस समयमा, येशूले तिनीहरूलाई भन्नुभयो कि तिनीहरूले खाइरहेका र पिइरहेका कुरा उहाँको देह र रगत थियो । लगभग सबै ख्रीष्टिएन मण्डलीहरूले यस भोजलाई सम्झनलाई “प्रभु भोज”, “यूखरिस्ट”, वा “पवित्र सहभागिता” मनाउँछन् ।
“अब्बा” भनेको आरमेइक शब्द हो जुन यहूदीहरूले तिनीहरूका बाबुहरूलाई भन्न प्रयोग गर्थे । मर्कुसले त्यसको उच्चारणलाई लेख्छन् र त्यसपछि त्यसलाई अनुवाद गर्छन् ।
येशूले यस अध्यायमा आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ अनि
निस्तार-चाडको ठीक दुई दिनअगि मुख्य पुजाहारीहरू र शास्त्रीहरूले येशूलाई मार्न गोप्य तवरले षड्यन्त्र रचिरहेका छन् ।
मानिसहरूले नदेख्ने गरी
यहाँ “तिनीहरू”ले मुख्य पूजाहारीहरू र शास्त्रीहरूलाई जनाउँछ ।
तिनीहरूले येशूलाई चाडको समयमा गिरफ्तार नगर्ने कुरालाई यसले जनाउँछ । वैकल्पिक अनुवादः “हामीले चाडको बेलामा यो गर्नुहुँदैन”
येशूलाई अभिषेक गर्न प्रयोग गरिएको तेलप्रति कोही रिसाएका थिए, तैपनि उहाँले ती महिलाले उहाँ मर्नुअगि दफनको निम्ति उहाँको शरीरलाई अभिषेक गरेकी छन् भन्नुभयो ।
यो मानिसलाई पहिले कुष्ठरोग लागेको थियो, तर अहिले ऊ रोगी थिएन । ऊ सिमोन पत्रुस र सिमोल कुरेनीभन्दा अर्कै व्यक्ति हो ।
येशूको संस्कारमा, जब मानिसहरू खान भेला हुन्थे, तिनीहरू होचो टेबुलको छेउमा सिरानीमा एकापट्टि ढल्केर अडेस लाग्ने गर्थे ।
यो सिङ्गमरमरले बनेको भाँडो हो । सिङ्गमरमर महँगो पहेँलो-सेतो ढुङ्गा थियो । वैकल्पिक अनुवादः “सुन्दर सेतो ढुङ्गाको भाँडो”
“त्यसमा जटामसी भनिने बहुमूल्य सुगन्धित अत्तर थियो” । जटामसी अत्तर बनाउने धेरै महँगो, मिठो बास्ना आउने तेल थियो ।
“येशूको टाउकोमाथि”
ती महिलाले येशूको टाउकोमाथि अत्तर खन्याएको कुरालाई तिनीहरूले समर्थन नगरेको दर्शाउन तिनीहरूले यो प्रश्न सोधे । यसलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनले त्यो अत्तर खेर फालेको कुरा दुःखलाग्दो छ !”
त्यहाँ भेला भएकाहरूले रुपियाँ-पैसाप्रति बढी चासो राख्थे भनी मर्कुस आफ्ना पाठकहरूलाई देखाउन चाहन्छन् । यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले यो अत्तरलाई बेच्न सक्थ्यौँ” वा “तिनले यो अत्तरलाई बेच्न सक्थिन्”
“यो ३०० दिनारी ।” दिनारी रोमी चाँदीको सिक्का हो ।
“गरिबहरू”ले गरिब मानिसहरूलाई जनाउँछ । अत्तर बेचेर आएको पैसा गरिबहरूलाई दिने कुरालाई यसले जनाउँछ । वैकल्पिक अनुवादः “र पैसा गरिब मानिसहरूलाई दिन सकिन्थ्यो”
ती महिलाले गरेको कामलाई प्रश्न गरेकोमा येशूले पाहुनाहरूलाई हप्काउनुहुन्छ । यसलाई कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले तिनलाई दुःख दिनुहुँदैन !”
यसले गरिब मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “गरिब मानिसहरू”
यसले सङ्केत गर्छ कि यसपछि आउने भनाइ विशेष तवरमा सत्य र महत्त्वपूर्ण छ । तपाईंले यसलाई मर्कुस ३:२८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जहाँ-जहाँ मेरा अनुयायीहरूले सुसमाचार प्रचार गर्छन्”
“यी महिलाले गरेकी कुरा पनि भनिनेछ”
ती महिलाले येशूलाई अभिषेक गरेपछि यहूदाले येशूलाई मुख्य पूजाहारीलाई सुम्पने प्रतिज्ञा गर्छन् ।
यहूदाले येशूलाई अझै पनि सुम्पेको थिएन, बरु त्यो तिनीहरूसँग सबै कुराको प्रबन्ध गर्न गयो । वैकल्पिक अनुवादः “त्यसले येशूलाई तिनीहरूका हातमा सुम्पने प्रबन्ध गर्नको लागि”
“येशूलाई तिनीहरूकहाँ ल्याउन ताकि तिनीहरूले उहाँलाई पक्रन सकून्”
मुख्य पूजाहारीहरूले के सुने भनेर स्पष्टसँग उल्लेख गर्नु सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “जब मुख्य पूजाहारीहरूले तिनीहरूका निम्ति त्यसले जे गरिदिन मानिरहेको कुरा सुने”
येशूले चेलाहरूमध्ये दुई जनालाई निस्तारको भोज तयार पार्न पठाउनुहुन्छ ।
अखमिरी रोटीको चाडको सुरुमा थुमाको बलि चढाउने चलन थियो । वैकल्पिक अनुवादः “निस्तारको थुमा बलि चढाउने चलन थियो”
यहाँ “निस्तार चाड”ले निस्तार चाडको भोजनलाई जनाउँछ । वैकल्पिक अनुवादः “निस्तार चाडको भोजन खान”
“पानीले भरिएको ठूलो भाँडो बोकिरहेका”
यसलाई अप्रत्यक्ष कथनमा लेख्न सकिन्छ । यसलाई नम्र अनुरोध हुने गरी अनुवाद गर्नुहोस् । वैकल्पिक अनुवादः “हाम्रा गुरुज्यूले पाहुना कोठा कहाँ छ भनी जान्न चाहनुहुन्छ जहाँ उहाँले आफ्ना चेलाहरूसँग निस्तारको भोज खानुभएको होस् ।”
आगन्तुकहरूका निम्ति कोठा
तिनीहरूले येशू र उहाँका चेलाहरूका निम्ति भोज तयार पार्नुपर्थ्यो । वैकल्पिक अनुवादः “त्यहाँ हामीलाई भोज तयार पार”
“दुई जना चेलाहरू गए”
“येशूले भन्नुभए जस्तै”
त्यस साँझ येशू र चेलाहरूले भोज खाइरहनुभएको बेला तिनीहरूमध्ये कुनैले उहाँलाई धोका दिनेछ भनी येशू भन्नुहुन्छ ।
उहाँहरू कहाँ आउनुभयो भनी उल्लेख गर्नु उपयुक्त हुन्छ । वैकल्पिक अनुवादः “उहाँ बाह्र जनासँग घरमा आउनुभयो”
येशूको संस्कारमा, जब मानिसहरू खान भेला हुन्थे, तिनीहरू होचो टेबुलको छेउमा सिरानीमा एकापट्टि ढल्केर अडेस लाग्ने गर्थे ।
यसले सङ्केत गर्छ कि यसपछि आउने भनाइ विशेष तवरमा सत्य र महत्त्वपूर्ण छ । तपाईंले यसलाई मर्कुस ३:२८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यसको अर्थ हुन्छ, कि हरेक चेलाले एक पटकमा एक जना गरेर उहाँलाई सोधे ।
सम्भावित अर्थहरू हुन् १) यो चेलाहरूले होइन भन्ने जवाफ पाउन भनी अपेक्षा गरेको प्रश्न हो वा २) यो जवाफ नचाहिने आलङ्कारिक प्रश्न हो । वैकल्पिक अनुवादः “निश्चय नै, तपार्इंलाई विश्वासघात गर्ने म होइन !”
“त्यो तिमीहरू बाह्र जनामध्येको एक जना हो, जसले अहिले”
येशूको संस्कारमा मानिसहरूले प्रायः एउटै कचौराको अचार वा झारपातहरू मिसाएको तेलमा चोपेर रोटी खाने गर्थे ।
यहाँ येशूले धर्मशास्त्रले उहाँको मृत्युबारे गरेको अगमवाणीलाई जनाउनुहुन्छ । तपार्इंको भाषामा मृत्युको बारेमा बताउने शिष्ट तरिका छ भने यहाँ प्रयोग गर्नुहोस् । वैकल्पिक अनुवादः “किनकि मानिसका पुत्र धर्मशास्त्रले भनेअनुसार मर्नेछ”
यसलाई अझ प्रत्यक्ष रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवाद: “जसले मानिसको पुत्रलाई धोका दिन्छ”“”
यो निस्तार-चाडको भोजको अंशको रूपमा खाइने अखमिरी रोटी थियो ।
यसको अर्थ हुन्छ, कि उहाँले मानिसहरूले खानको निम्ति रोटीलाई टुक्रा-टुक्रा पार्नुभयो । वैकल्पिक अनुवादः “त्यसलाई टुक्रा-टुक्रा पार्नुभयो”
“यो रोटी लिऊ । यो मेरो शरीर हो ।” हुन त धेरैले रोटीलाई येशूको शरीरको प्रतीकको रूपमा र वास्तविक शरीर होइन भनेर बुझ्छन्, यस भनाइलाई अक्षरशः एउटै हुने गरेर अनुवाद गर्नु बेस हुन्छ ।
यहाँ “कचौरा” दाखरसको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “उहाँले दाखरसको कचौरा लिनुभयो”
करारचाहिँ पापको क्षमाको निम्ति हो । यसलाई अझ प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “यो करारलाई पक्का गर्ने मेरो रगत हो; यो धेरैले पापको क्षमा पाऊन् भनेर बहाइने रगत हो”
“यो दाखरस मेरो रगत हो ।” प्रायले त्यो दाखरसले येशूको रगतको प्रतिनिधित्व गर्छ र त्यो येशूको वास्तविक रगत होइन भनी बुझ्छन्, तैपनि यसलाई शाब्दिक रूपमा अनुवाद गर्नु उचित हुन्छ ।
यसले सङ्केत गर्छ कि यसपछि आउने भनाइ विशेष तवरमा सत्य र महत्त्वपूर्ण छ । तपाईंले यसलाई मर्कुस ३:२८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“दाखरस ।” यो दाखरसलाई जनाउने वर्णनात्मक तरिका हो ।
सम्भावित अर्थहरु हुन् १) “फेरि” वा २) “नयाँ तरिकाले”
भजन एक किसिमको गीत हो । पुरानो करारको भजनसंग्रहलाई गाउनु तिनीहरूको प्रचलन नै थियो ।
“येशूले उहाँका चेलाहरूलाई भन्नुभयो”
यो छाड्नु भन्ने अर्थ दिने टुक्का हो । वैकल्पिक अनुवादः “मलाई छाड्नेछौ”
“मार्नु ।” यहाँ “म”ले परमेश्वरलाई जनाउँछ ।
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म भेडाहरूलाई छरपष्ट पार्नेछु”
पत्रुसले उहाँलाई इन्कार गर्ने थियो भनी येशू स्पष्ट रूपमा बताउनुहुन्छ । पत्रुस र सबै चेलाले येशूलाई इन्कार गर्ने थिएनन् भन्ने कुरामा तिनीहरू पक्का छन् ।
यसको अर्थ हुन्छ, कि परमेश्वरले येशूलाई उहाँ मर्नुभएपछि फेरि मृतकहरूबाट जीवित पार्नुहुनेछ । यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई मृतकहरूबाट उठाउनुहुन्छ” वा “परमेश्वरले मलाई जीवित तुल्याउनुहुन्छ”
“म तिमीहरू भन्दा अगाडि जानेछु”
“म हुनेछैन”लाई “म पछि हट्नेछैन” भनेर पूर्ण रूपमा व्यक्त गर्न सकिन्छ । “पछि हट्नेछैन” युगल अकरण हो र यसले सकारात्मक अर्थ बहन गर्छ । आवश्यक परे यसलाई सकारात्मक तवरले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबैले तपार्इंलाइ छोडे तापनि म तपार्इंसँग नै रहनेछु”
यसले सङ्केत गर्छ कि यसपछि आउने भनाइ विशेष तवरमा सत्य र महत्त्वपूर्ण छ । तपाईंले यसलाई मर्कुस ३:२८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
भाले भनेको एउटा चरा हो जसले बिहान सबेरै कराउँछ । त्यसले ठूलो आवाज निकाल्नुलाई नै “बास्नु” भनिन्छ ।
दुई चोटि
“तिमीले भन्नेछौ कि तिमीले मलाई चिन्दैनौ”
“म मर्नु परे तापनि”
यसको अर्थ हुन्छ, कि सबैले पत्रुसले भनेको जस्तै कुरा गरे ।
जब उहाँहरू जैतून डाँडाको गेतसमनीमा जानुहुन्छ येशूले उहाँका तीन जना चेलालाई उहाँले प्रार्थना गर्नुहुँदा जागा रहन उत्साह दिनुहुन्छ । उहाँले तिनीहरूलाई ब्युँताउनुहुन्छ, र तेस्रो पटक तिनीहरूलाई उठाउनुहुन्छ, किनभने यो विश्वासघात गरिने समय हो ।
यहाँ “उहाँहरू”ले येशू र उहाँका चेलाहरूलाई जनाउँछ ।
कष्टले आजित हुनुभयो
“अति” शब्दले उहाँको प्राण साह्रै दुःखित भएको जनाउँछ । वैकल्पिक अनुवादः “अत्यन्तै दुःखित”
येशूले आफैँलाई उहाँको “प्राण”को रूपमा उल्लेख गर्नुहुन्छ । वैकल्पिक अनुवादः “म हुँ”
येशूले अतिरञ्जित गरेर भन्दै हुनुहुन्छ किनभने घाम नउदाइसकेसम्म उहाँ मर्नुहुनेछैन भनेर येशूले जान्नुभए तापनि, उहाँले यति धेरै दुःख र कष्ट महसुस गर्नुहुन्छ कि उहाँले आफू मर्न नै लागेको छु जस्तो महसुस गर्नुहुन्छ ।
येशूले प्रार्थना गर्नुहुँदा चेलाहरू जागा रहनुपर्थ्यो । यसको अर्थ तिनीहरूले येशूले प्रार्थना गर्नुभएको हेर्नु भन्ने होइन ।
यसको अर्थ यदि परमेश्वरले यो हुन अनुमति दिनुभयो भने भन्ने हुन्छ । वैकल्पिक अनुवादः “यदि परमेश्वरले यसलाई अनुमति दिनुहुन्छ भने”
यहाँ “यो घडी”ले अहिले बगैँचाको र पछि हुने दुवै गरेर येशूको कष्टलाई जनाउँछ । वैकल्पिक अनुवादः “कि उहाँ यो घडी भएर जानु नपरोस्”
“अब्बा” भनेको यहूदी छोराछोरीले बुबालाई बोलाउने शब्द हो । यसपछि “पिता” शब्द आएकोले यो शब्दलाई जस्ताको तस्तै राख्नु नै राम्रो हुन्छ ।
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण पदवी हो ।
येशूले सहनुपर्ने कष्ट कचौरा भएजस्तै गरी उहाँले उल्लेख गर्नुहुन्छ ।
परमेश्वरले जे चाहनुहुन्छ त्यहि गर्नुभएको होस् र येशूले चाहनुभए अनुसार होइन भनी उहाँले बिन्ती गरिरहनुभएको छ । वैकल्पिक अनुवादः “तर मैले चाहे अनुसार होइन, तपार्इंले चाहे अनुसार गर्नुहोस्”
“तिनीहरूलाई” भनेको पत्रुस, याकूब र यूहन्ना हुन् ।
येशूले सिमोन पत्रुसलाई सुतेको कारणले गर्दा हप्काउनुहुन्छ । यसलाई कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “सिमोन, मैले जागा रहो भन्दा पनि तिमी मस्त निद्रामा छौ । तिमी एक घण्टा पनि जागा रहन सकेनौ ।”
येशूले परीक्षित हुने कुरालाई कुनै भौतिक ठाउँमा प्रवेश गरेजस्तै गरी बोल्नुहुन्छ । वैकल्पिक अनुवादः “कि तिमीहरू परीक्षामा नपर”
सिमोन पत्रुसले चाहेका कुरा तिनको आफ्नै बलले गर्न सक्दैनन् भनी येशूले चेतावनी दिँदै हुनुहुन्छ । वैकल्पिक अनुवादः “तिमी आत्मामा तत्पर छौ, तर तिमीले चाहेको कुरा गर्न तिमी अति कमजोर छौ” वा “तिमीले मैले भनेको कुरा गर्न चाहन्छौ, तर तिमी कमजोर छौ”
यसले पत्रुसका दुई फरक पक्षहरूलाई जनाउँछ । “आत्मा” भनेको भित्री इच्छा हो । “शरीर” मानवीय क्षमता र बल हो ।
“पहिले जे प्रार्थना गर्नुभएको थियो, त्यही प्रार्थना गर्नुभयो”
“तिनीहरूलाई”ले पत्रुस, याकूब र यूहन्नालाई बुझाउँछ ।
यहाँ लेखकले निद्रा लागेको मानिसले आफ्नो आँखा खोल्न पनि कठिन भएको कुरालाई “लोलाएको आँखा” भएको भनेर जनाएका छन् । वैकल्पिक अनुवादः “किनकि तिनीहरू निन्द्राले यति हैरान भएका थिए, कि तिनीहरूलाई आँखा खुला राख्न पनि गाह्रो भइरहेको थियो”
येशू जानुभएर फेरि प्रार्थना गर्नुभएको थियो । अनि उहाँ तिनीहरूकहाँ तेस्रो पटक पनि फर्केर आउनुभयो । यसलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसपछि उहाँ फेरि जानुभयो र प्रार्थना गर्नुभयो । उहाँ तेस्रो पटक फर्केर आउनुभयो”
उहाँका चेलाहरू जागा रहेर प्रार्थना नगरेकोमा येशूले तिनीहरूलाई हप्काउनुहुन्छ । यदि आवश्यक परेमा यो आलङ्कारिक प्रश्नलाई तपार्इंले कथनको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू अझै सुतिरहेका र आराम गरिरहेका छौ !”
येशूको कष्ट र विश्वासघात हुनुको समय सुरु हुन लागेको छ ।
“सुन !”
येशूले उहाँलाई धोका दिने व्यक्ति उहाँहरूको नजिक आइरहेको छ भनी चेलाहरूलाई चेतावनी दिनुहुन्छ । यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म, मानिसका पुत्रलाई धोका दिइँदै छ”
यहूदाले येशूलाई धोका दिनलाई यहूदी अगुवाहरूसँग कसरी प्रबन्ध मिलायो भनी ४४ पदले पृष्ठभूमि जानकारी दिन्छ ।
यहूदाले येशूलाई चुम्बन गरेर विश्वासघात गर्छ, अनि चेलाहरू भाग्छन् ।
यसले यहूदालाई जनाउँछ ।
“उहाँ नै हो”ले यहूदाले पहिचान गराउन लागिरहेको मानिसलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूले चाहेको व्यक्ति उही हो”
“अनि यहूदाले उहाँलाई चुम्बन गर्यो”
यी दुवैको अर्थ एउटै हो र तिनीहरूले येशूलाई पक्रे भनी जोड दिन्छन् । वैकल्पिक अनुवादः “येशूलाई पक्रे र समाते” वा “उहाँलाई पक्रे”
“जो नजिकै उभिरहेको थिए”
“येशूले भीडलाई भन्नुभयो”
येशूले भीडलाई हप्काउँदै हुनुहुन्छ । यसलाई कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “म डाँकु हो जस्तै गरी भाला र लाठीहरूसहित मलाई पक्रन आउनु वाहियात कुरो हो !”
“तर हुन गएको छ ताकि”
यसले चेलाहरूलाई बुझाउँछ ।
एक किसिमको बिरुवाको रेसाहरूद्वारा बनाइएको कपडा
“जब मानिसहरूले त्यस मानिसलाई पक्रे”
त्यो मानिस भाग्ने कोसिस गर्दा अरूहरूले उसको कपडामा समातेर त्यसलाई रोक्ने कोसिस गरेका हुन सक्छन् ।
मुख्य पूजाहारीहरू, शास्त्रीहरू र धार्मिक अगुवाहरूका भीडले येशूलाई प्रधान पूजाहारीकहाँ लगेपछि येशूको विरुद्धमा झुटो गवाही दिन खडा भएकाहरूलाई पत्रुसले नजिकै बसेर हेर्छन् ।
यसलाई बुझ्नका लागि सजिलो पार्न मिलाउन सकिन्छ । “सबै मुख्य पूजाहारीहरू, धर्म-गुरुहरू र शास्त्रीहरू भेला भएका थिए”
यहाँ यसलाई लेखकले पत्रुसको बारेमा भन्न सुरु गर्दा कथा फेरिएको देखाउन प्रयोग गरिएको छ ।
पत्रुसले येशूलाई पछ्याउँदा प्रधान पूजाहारीको आँगनमा रोकिए । यसलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “र तिनी प्रधान पूजाहारीको आँगनसम्म गए”
पत्रुस आँगनमा काम गरिरहेका पहरेदारहरूसँगै बसे । वैकल्पिक अनुवादः “तिनी आँगनमा पहरेदारहरूसँगै बसे”
यहाँ यसलाई कथामा फेरबदल आएको देखाउन प्रयोग गरेका छन् किनकि लेखकले येशूलाई केरकार गरेको कुरालाई निरन्तरता दिन्छन् ।
तिनीहरू आफैँले येशूलाई मृत्युदण्ड दिने होइनन्, बरु अरूलाई गर्न लगाउँछन् । वैकल्पिक अनुवादः “तिनीहरूले येशूलाई मार्न लगाउँथे” वा “तिनीहरूले कसैलाई येशूलाई मार्न लगाउन सक्थे”
तिनीहरूले येशूलाई दोष लगाएर मार्न सक्ने येशूको विरुद्धमा कुनै पनि दोष भेट्टाएनन् । वैकल्पिक अनुवादः “तर उहाँलाई दोष लगाउन सक्ने कुनै पनि दोष तिनीहरूले भेट्टाएनन्”
यहाँ झूटो गवाही बोल्ने कुरालाई कसैले बोक्न सक्ने भौतिक कुरालाई झैँ गरी व्याख्या गरिएको छ । वैकल्पिक अनुवादः “उहाँको विरुद्धमा झुटो गवाही दिएर उहाँलाई दोष लगाए”
यसलाई सकारात्मक तवरले व्यक्त गर्न सकिन्छ । “तर तिनीहरूको गवाही एउटाको अर्कोसँग बाझ्यो”
यहाँ झूटो गवाही बोल्ने कुरालाई कसैले बोक्न सक्ने भौतिक कुरालाई झैँ गरी व्याख्या गरिएको छ । वैकल्पिक अनुवादः “उहाँको विरुद्धमा झुटो गवाही दिएर उहाँलाई दोष लगाए”
“हामीले येशूले भनेको सुन्यौँ ।” यहाँ “हामी”ले येशूको विरुद्धमा झूटो गवाही ल्याउनेहरूलाई जनाउँछ, जसमा जसलाई तिनीहरूले भनिरहेका छन् तिनीहरू पर्दैनन् ।
यहाँ “हात”ले मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसहरूद्वारा बनाइएको ... मानिसको सहायता बिना” वा “मानिसहरूद्वारा निर्माण गरिएको ... मानिसको सहायता बिना”
“तीन दिन भित्र ।” यसको अर्थ हुन्छ, कि मन्दिर तीन दिनभित्र निर्माण गरिने थियो ।
“मन्दिर” शब्दलाई अगाडिको वाक्यांशबाट बुझिएको छ । यसलाई दोहोर्याउन सकिन्छ । वैकल्पिक अनुवादः “अर्को मन्दिर निर्माण गर्नेछु”
“एक-अर्कामा बाझ्यो ।” यसलाई सकारात्मक तवरले व्यक्त गर्न सकिन्छ ।
जब येशूले उहाँ नै ख्रीष्ट हुनुहुन्छ भनी बताउनुहुन्छ प्रधान पूजाहारी र त्यहाँ भएका सबै अगुवाले उहाँ मृत्युको योग्य भएको दोष लगाउँछन् ।
येशू क्रुद्ध भीडसँग बोल्न तिनीहरूका माझमा खडा हुनुभयो । येशू बोल्नलाई खडा हुनुहुँदा को-को उपस्थित थिए भनी देखाउन अनुवाद गर्नुहोस् । वैकल्पिक अनुवादः “मुख्य पूजाहारी, शास्त्रीहरू र धार्मिक अगुवाहरूका माझमा खडा हुनुभयो”
प्रधान पूजाहारीले साक्षीहरूले भनेका कुराबारे जानकारी लिइरहेका छैनन् । उनले साक्षीहरूले भनिरहेका कुरा गलत प्रमाणित गर्न चुनौती दिइरहेका छन् । वैकल्पिक अनुवादः “के तिमी जवाफ दिँदैनौ ? यी मानिसहरूले तिम्रो विरुद्धमा भनेका गवाहीको बारेमा तिमी के भन्छौ ?”
यहाँ परमेश्वरलाई “धन्यको” भनिएको छ । यहाँ “पुत्र”लाई तपार्इंको भाषामा मानव बुबाको “छोरा”लाई स्वाभाविक रूपमा प्रयोग गर्ने शब्द नै प्रयोग गरेर अनुवाद गर्नु राम्रो हुन्छ । वैकल्पिक अनुवादः “धन्यका पुत्र” वा “परमेश्वरका पुत्र”
यसको दोहोरो अर्थ हुन सक्छः १) प्रधान पूजाहारीको प्रश्नको जवाफ दिनु र (२) परमेश्वरले पुरानो करारमा आफूलाई “म हुँ” भन्नुभए झैँ आफैँलाई भन्नु ।
यहाँ “शक्ति” एउटा प्रतिस्थापकीय शब्द हो जसले परमेश्वरलाई प्रतिनिधित्व गर्छ । “परमेश्वरको दाहिने हात”पट्टि बस्नु भनेको परमेश्वरबाट महान् सम्मान र अधिकार प्राप्त गर्ने कुरालाई जनाउने साङ्केतिक कार्य हो । वैकल्पिक अनुवादः “उहाँ सर्वशक्तिमान् परमेश्वरको छेउमा सम्मानको स्थानमा बस्नुहुन्छ”
यहाँ येशूको आउनुहुँदा बादल पनि सँगै आउने कुराको रूपमा यसलाई वर्णन गरिएको छ । वैकल्पिक अनुवादः “जब उहाँ आकाशमा बादलहरू हुँदै तल आउनुहुन्छ”
प्रधान पूजाहारीले येशूले भनेको कुरा सुनेर रिस र त्रास देखाउन जानाजान आफ्नो लुगा च्याते । वैकल्पिक अनुवादः “रीसले तिनको लुगा च्याते”
यसलाई कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीलाई यस मानिसको विरुद्धमा गवाही दिने अरू मानिसहरूको निश्चय नै आवश्यक छैन !”
यसले येशूले भन्नुभएको कुरालाई देखाउँछ, जसलाई प्रधान पूजाहारीले ईश्वर-निन्दा भने । वैकल्पिक अनुवादः “त्यसले बोलेको ईश्वर-निन्दा तपार्इंहरूले सुन्नुभएकै छ”
कोठामा भएका सबै मानिसहरू
कोठामा भएका केही मानिसहरू
तिनीहरूले उहाँले नदेख्नुभएको होस् भनी अनुहार छोपे । वैकल्पिक अनुवादः “उहाँको अनुहार केही कुराले छोप्नु”
तिनीहरूले उहाँलाई कसले कुटिरहेका छन् भनी भविष्यवाणी गर् भनी गिज्याए । वैकल्पिक अनुवादः “तँलाई कसले कुट्यो भविष्यवाणी गर्”
ती मानिसहरू जसले बडाहाकिमको घरको पहरेदारी गर्थे
येशूले भन्नुभए झैँ भाले दुई पटक बास्नुअगि नै पत्रुसले येशूलाई तीन पटक इन्कार गर्छन् ।
“आँगन बाहिर”
नोकर्नी केटीहरूले प्रधान पूजाहारीको निम्ति काम गर्थे । वैकल्पिक अनुवादः “प्रधान पूजाहारीकहाँ काम गर्ने नोकर्नीहरूमध्ये एक जना”
यसको अर्थ केही कुरा सत्य होइन भन्नु हो । यस अवस्थामा पत्रुसले त्यस नोकर्नीले भनेकी कुरा सत्य होइन भन्दै थिए ।
“बुझ्नु” र “जान्नु” दुवैको अर्थ यहाँ एउटै हो । पत्रुसले भनेका कुरालाई जोड दिन अर्थ दोहोर्याइएको छ । वैकल्पिक अनुवादः “तिमीले के भनिरहेका छौ, म साँच्चै बुझ्दिनँ”
यो पत्रुसलाई अगाडि चिन्ने नोकर्नी केटी नै हो ।
मानिसहरूले पत्रसु पनि येशूका चेलाहरूमध्येका एक थिए भनी पहिचान गरिरहेका थिए । यसलाई अझ प्रस्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “येशूका चेलाहरूमध्ये एक जना” वा “तिनीहरूले गिरफ्तार गरेका मानिससँग भएकाहरूमध्ये एक जना”
यदि तपार्इंको भाषामा सराप्ने व्यक्तिको नाउँ लिनुपर्छ भने परमेश्वरलाई उल्लेख गर्नुहोस् । वैकल्पिक अनुवादः “परमेश्वरले तिनलाई सराप दिऊन् भनी”
भाले भनेको बिहान सबेरै कराएर बास्ने एउटा चरा हो । त्यसले निकालेको ठूलो आवाज चाहिँ बास्नु हो ।
यहाँ “दोस्रो” क्रमबोधक सङ्ख्या हो ।
तिनी शोक र पीडाले आजित भएर तिनले संवेगको नियन्त्रण नै गुमाए । वैकल्पिक अनुवादः “तिनी पीडाले आजित भए” वा “तिनले आफ्नो संवेगको नियन्त्रण गुमाए”
1 बिहान सबेरै मुख्य पुजारीहरूसँगै धर्म-गुरुहरू, शास्त्रीहरू र सम्पूर्ण यहूदी परिषद्सँगै भेला भए । अनि तिनीहरूले येशूलाई बाँधे र लिएर गए । तिनीहरूले उहाँलाई पिलातसकहाँ सुम्पिदिए । 2 पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ ?” उहाँले जवाफ दिनुभयो, “तपाईं नै त्यसो भन्नुहुन्छ ।” 3 मुख्य पुजारीहरूले येशूको विरुद्धमा धेरै अभियोग पेस गरिरहेका थिए । 4 पिलातसले फेरि पनि येशूलाई सोधे, “किन तिमी जवाफ दिँदैनौ ? हेर, तिनीहरूले तिम्रो विरुद्धमा कति धेरै अभियोग ल्याइरहेका छन् ?” 5 तर येशूले पिलातसलाई कुनै जवाफ दिनुभएन, र जसले गर्दा तिनी छक्क परे । 6 अब चाडको समयमा पिलातसले सामान्यतया तिनीहरूले अनुरोध गरेअनुसार एउटा कैदीलाई मुक्त गर्थे । 7 विद्रोहमा विद्रोहीहरूसँगै सहभागी भएका हत्याराहरूमध्ये त्यहाँ झ्यालखानामा बारब्बा नाउँ गरेका एक जना मानिस कैदमा थिए । 8 भिड पिलातसकहाँ आयो र तिनले विगतमा गरेझैँ तिनीहरूका निम्ति गर्नलाई अनुरोध गर्न थाले । 9 पिलातसले तिनीहरूलाई जवाफ दिए र भने, “के तिमीहरू मैले यहूदीहरूका राजालाई मुक्त गरेको चाहन्छौ ?” 10 किनभने डाहको कारणले गर्दा नै मुख्य पुजारीहरूले येशूलाई तिनको हातमा सुम्पेका हुन् भन्ने तिनलाई थाहा थियो । 11 तर मुख्य पुजारीहरूले भिडलाई बरु बारब्बालाई नै मुक्त गरिनुपर्छ भनी कराउन उक्साएका थिए । 12 पिलातसले तिनीहरूलाई फेरि जवाफ दिए र भने, “त्यसो भए यहूदीहरूका राजालाई म के गरूँ त ?” 13 तिनीहरू फेरि चिच्च्याए, “त्यसलाई क्रुसमा टाँग्नुहोस् !” 14 पिलातसले तिनीहरूलाई भने, “त्यसले के गल्ती गरेको छ र ?” तर तिनीहरू झन् ठुलो स्वरमा चिच्च्याए, “त्यसलाई क्रुसमा टाँग्नुहोस् ।” 15 पिलातसले भिडलाई सन्तुष्ट पार्न चाहे । त्यसैले, तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए । तिनले येशूलाई कोर्रा लगाए र क्रुसमा टाँग्नको निम्ति सुम्पिदिए । 16 सिपाहीहरूले उहाँलाई (ब्यारेकभित्रको) चोकमा लगे र तिनीहरूले सिपाहीहरूको सम्पूर्ण जत्थालाई सँगै बोलाए । 17 तिनीहरूले येशूलाई बैजनी रङको पोशाक पहिराइदिए र तिनीहरूले काँडाको मुकुट बनाएर उहाँको टाउकोमा लगाइदिए । 18 तिनीहरूले “हे यहूदीहरूका राजा” भनी उहाँलाई सलाम गर्न थाले । 19 तिनीहरूले निगालोले उहाँको टाउकोमा हिर्काए र उहाँलाई थुके । तिनीहरूले सम्मानमा उहाँको सामु घुँडा टेके । 20 जब तिनीहरूले उहाँको गिल्ला गरे, तिनीहरूले बैजनी रङको पोशाक फुकालिदिए र उहाँको आफ्नै पोशाक लगाइदिए र उहाँलाई क्रुसमा टाँग्न लिएर गए । 21 तिनीहरूले गाउँबाट आइरहेका (अलेक्जेन्डर र रुफसका बुबा) कुरेनीका सिमोन नाउँ गरेका एउटा बटुवालाई सेवा गर्न दबाब दिए; तिनीहरूले तिनलाई येशूको क्रुस बोक्न कर लगाए । 22 सिपाहीहरूले येशूलाई गलगथा भनिने ठाउँमा ल्याए ( जसको अर्थ हुन्छः “खप्परको ठाउँ”) । 23 तिनीहरूले उहाँलाई सिर्का मिसाएको दाखमद्य पिउन दिए, तर उहाँले त्यो पिउनुभएन । 24 तिनीहरूले उहाँलाई क्रुसमा टाँगे र प्रत्येक सिपाहीले उहाँको पोशाकको कुनचाहिँ टुक्रा लिने भनी एक-आपसमा चिट्ठा हाले र भाग लगाए । 25 तिनीहरूले उहाँलाई क्रुसमा टाँग्दा तेस्रो पहर भएको थियो । 26 तिनीहरूले उहाँको विरुद्धमा यस्तो दोष-पत्र लेखे, “यहूदीहरूका राजा ।” 27 तिनीहरूले उहाँसँग दुई जना डाँकुलाई क्रुसमा टाँगेः एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि । 28 [टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा २८ पदलाई हटाइएको छ (लूका २२:३ लाई हेर्नुहोस्) पद २८] अनि “उहाँ अधर्मीहरूसँग गनिनुभयो” भन्ने धर्मशास्त्रको वचन पुरा भयो । 29 त्यहाँबाट जानेहरूले आफ्नो टाउको हल्लाउँदै उहाँको अपमान गरे, “आहा ! तिमीले त मन्दिरलाई नष्ट गरेर तिन दिनभित्र नै निर्माण गर्थ्यौ त, 30 आफैँलाई बचाऊ र क्रुसबाट ओर्लेर आऊ !” 31 त्यसै गरी, मुख्य पुजारीहरूले शास्त्रीहरूसँग मिलेर एक-आपसमा यसो भन्दै उहाँको गिल्ला गरे, “त्यसले अरूहरूलाई त बचायो, तर आफैँलाई बचाउन सक्दैन । 32 इस्राएलका राजा ख्रीष्ट क्रुसबाट तल ओर्लेर आओस्, ताकि हामी देखेर विश्वास गर्न सकौँ ।” अनि उहाँसँगै क्रुसमा टाँगिएकाहरूले पनि उहाँको गिल्ला गरे । 33 छैटौँ घडीदेखि नवौँ घडीसम्म सारा जगत्मा अन्धकार छायो । 34 नवौँ घडीमा येशू ठुलो स्वरमा यसो भन्दै कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी ?” जसको अर्थ, “मेरा परमेश्वर, मेरा परमेश्वर, मलाई किन त्याग्नुभएको ?” भन्ने हुन्छ । 35 त्यहाँ उभिएकाहरूमध्ये केहीले यो सुनेर भने, “हेर, त्यसले एलियालाई बोलाउँदै छ ।” 36 कोही दौडेर गए एउटा स्पन्जमा सिर्का हाले, र यसलाई निगालोको लट्ठीमा राखे, अनि उहाँलाई दिए । त्यो मानिसले भने, “उसलाई तल झर्न एलिया आउँछन् कि हेरौँ है त ।” 37 तब येशू ठुलो सोरले कराउनुभयो र प्राण त्याग्नुभयो । 38 मन्दिरको पर्दा माथिदेखि तलसम्म दुई भागमा चिरियो । 39 जब त्यहाँ उभिएर येशू यसरी मर्नुभएको देख्ने कप्तानले यो देखे, तिनले भने, “साँच्चै, यी मानिस परमेश्वरका पुत्र नै थिए ।” 40 त्यहाँ टाढाबाटै हेर्ने स्त्रीहरू पनि थिए । तिनीहरूमध्ये मरियम मग्दलिनी, मरियम (सानो याकूब र योसेफकी आमा), र सलोमी थिए । 41 उहाँ गालीलमा हुनुहुँदा तिनीहरूले उहाँलाई पछ्याए र उहाँको सेवा गरे । अरू धेरै स्त्री पनि उहाँसँग यरूशलेम आएका थिए । 42 जब साँझ पर्यो, यो तयारी गर्ने दिन अर्थात् शबाथ-दिनको अगिल्लो दिन भएको हुनाले 43 अरिमाथियाका योसेफ त्यहाँ आए । तिनी परिषद्का आदरणीय व्यक्ति थिए, जसले परमेश्वरको राज्यको प्रतीक्षा गरिरहेका थिए । तिनी साहसका साथ पिलातसकहाँ गए, अनि येशूको लास मागे । 44 येशू पहिले नै मरिसक्नुभएको थियो भनी सुन्दा पिलातस छक्क परे; तिनले कप्तानलाई बोलाए र येशू मर्नुभएको थियो वा थिएन भनी सोधे । 45 जब तिनले येशू मरिसक्नुभएको कुरा कप्तानबाट थाहा पाए, तिनले येशूको शरीर योसेफलाई दिए । 46 योसेफले मलमलको कपडा ल्याएका थिए । तिनले उहाँलाई क्रुसबाट तल झारे; उहाँलाई मलमलको कपडाले बेह्रे, अनि चट्टान काटेर बनाइएको चिहानमा उहाँलाई राखे । तब तिनले चिहानको मुखमा एउटा ढुङ्गालाई गुडाएर छोपे । 47 मरियम मग्दलिनी र योसेफकी आमा मरियमले येशूलाई कहाँ गाडिएको थियो भन्ने देखेका थिए ।
मन्दिरमा भएको पर्दा एउटा महत्त्वपूर्ण प्रतीक थियो जसले देखाउँथ्यो कि मानिसहरूलाई परमेश्वरसँग तिनीहरूको लागि बोलिदिनलाई कसैको खाँचो हुन्थ्यो । तिनीहरू परमेश्वरसँग प्रत्यक्ष रूपमा कुरा गर्न सक्दैनथे किनभने सबै मानिसहरू पापपूर्ण हुन्छन् र परमेश्वरले पापलाई घृणा गर्नुहुन्छ । येशूले मानिसहरूका पापहरूको मूल्य तिरिसक्नुभएको हुनाले येशूका मानिसहरूले अब परमेश्वरसँग प्रत्यक्ष रूपमा कुरा गर्न सक्छन् भनेर देखाउनलाई परमेश्वरले पर्दालाई च्यात्नुभयो ।
येशू गाडिनुभएको चिहान (मर्कुस १५:४६) त्यस्तो खालको चिहान थियो जसमा धनी यहूदी परिवारकाहरूले तिनीहरूका मृतहरूलाई गाड्थे । यो चाहिँ चट्टानमा खोपिएको एउटा वास्तविक कोठा नै थियो । यसको एकापट्टि फराकिलो ठाउँ हुन्थ्यो जहाँ तिनीहरूले लाशलाई तेल र मसालाहरू लगाएर कपडामा बेह्रिसकेपछि त्यसलाई राख्न सक्थे । तब तिनीहरूले चिहानको अगाडिपट्टि एउटा ठुलो ढुङ्गा गुडाइदिन्थे ताकि कसैले पनि भित्रपट्टि देख्न वा प्रवेश गर्न नसकोस् ।
येशूको आराधना गरेको
यो वाक्यांश आरमेइकमा छ । धेरैले यसको उच्चारणलाई ग्रीक अक्षरहरूको प्रयोग गरेर लेख्छन् । उनले त्यसपछि त्यसको अर्थलाई व्याख्या गर्छन् ।
जब मुख्य पूजाहारीहरू, धर्मगुरुहरू, शास्त्रीहरू, र परिषद्ले येशूलाई पिलातसकहाँ सुम्पे, तिनीहरूले येशूलाई थुप्रै खराब कुराहरू गर्नुभएको आरोप लगाए । जब पिलातसले तिनीहरूले भनेका कुराहरू सत्य हुन् भनी सोधे, येशूले तिनलाई जवाफ दिनुभएन ।
तिनीहरूले येशूलाई बाँध्ने आज्ञा दिए, तर उहाँलाई वास्तवमै बाँध्ने र लानेहरूचाहिँ पहरेदारहरू भएका हुन सक्थे । वैकल्पिक अनुवादः “तिनीहरूले येशूलाई बाँध्ने आज्ञा दिए र उहाँलाई लगियो” वा “तिनीहरूले पहरेदारहरूलाई येशूलाई बाँध्ने आज्ञा दिए र तिनीहरूले उहाँलाई लगे”
तिनीहरूले येशूलाई पिलातसकहाँ लैजान लगाए र तिनको नियन्त्रणमा छाडे ।
सम्भावित अर्थहरू हुन् १) यसो भन्नुभएर, येशूले भन्दै हुनुहुन्थ्यो कि पिलातसले नै, येशूले होइन, उहाँलाई यहूदीहरूका राजा भनेर बोलाउँदै थिए । वैकल्पिक अनुवादः “तपाईं आफैँले त्यसो भन्नुभएको छ” वा २) यसो भन्नुभएर, येशूले उहाँ यहूदीहरूका राजा हुनुहुन्छ भनेर अर्थ लगाउनुभयो । वैकल्पिक अनुवादः “हो, जस्तो तपाईंले भन्नुभयो, म हुँ” वा “हो, यो तपाईंले भनेको जस्तै हो”
“येशूलाई धेरै कुराहरूको दोष लगाइरहेका थिए” वा “येशूले धेरै खराब कुराहरू गर्नुभएको थियो भनेर भनिरहेका थिए”
“पिलातसले फेरि येशूलाई सोधे”
यसलाई सकारात्मक तवरले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “के तिमीसँग जवाफ छ ?”
“हेर” वा “सुन” वा “मैले तिमीलाई बताउन लागेको कुरामा ध्यान देऊ”
येशूले कुनै जवाफ नदिनुभएको र प्रतिरक्षा नगर्नुभएकोले पिलातस छक्कै परे ।
भीडले येशूलाई मुक्त गर्नू भन्छ भनी पिलातसले आशा गरेका थिए, तर भीडले बारब्बालाई माग्यो ।
लेखकले चाडको अवसरमा कैदीलाई मुक्त गर्ने पिलातसको परम्परा र बारब्बाको बारेमा पृष्ठभूमि जानकारी दिँदा कथामा भएको फेरबदललाई देखाउन यस शब्दको प्रयोग गरिएको हो ।
“त्यस बेला त्यहाँ बारब्बा नाउँ गरेका एक जना मानिस थिए, जो अरू मानिसहरूसँगै झ्यालखानामा थिए । तिनीहरूले रोमी सरकारको विरुद्धमा विद्रोह गर्दा हत्या गरेका थिए”
यसले पिलातसले चाडहरूमा एउटा कैदीलाई मुक्त गर्ने कुरालाई जनाउँछ । यसलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनले विगतमा गरेजस्तै एक जना कैदीलाई मुक्त गर्न”
यो येशूलाई किन पिलातसकहाँ सुम्पिएको थियो भन्ने बारेमा भएको पृष्ठभूमि जानकारी हो ।
तिनीहरूले येशूको डाह गरे, किनभने धेरै जना मानिस उहाँको पछि लागेका थिए र उहाँका चेलाहरू बनिरहेका थिए । वैकल्पिक अनुवादः “मुख्य पूजाहारीहरू येशूप्रति डाही भए । त्यसैले, तिनीहरूले” वा “मुख्य पूजाहारीहरू येशूको लोकप्रियताप्रति डाही भए । त्यसैले, तिनीहरूले”
यहाँ लेखकले त्यस भीडलाई कुनै भाँडामा चलाइएको वस्तुजस्तै गरी भीडलाई उक्साएको वा आग्रह गरेको बताउँछन् । वैकल्पिक अनुवादः “भीडलाई सुर्याए” वा “भीडलाई आग्रह गरे”
तिनीहरूले येशूको साटोमा बारब्बालाई छोडिदिनको लागि माग गरे । वैकल्पिक अनुवादः “येशूको सट्टामा मुक्त गरे”
भीडले येशूको मृत्युको माग गर्छ । त्यसैले, पिलातसले येशूलाई सिपाहीहरूको हातमा सुम्पन्छन् जसले उहाँलाई गिल्ला गर्छन्, पिट्छन्, काँढाको मुकुट लगाइदिन्छन् र क्रुसमा टाँग्न लान्छन् ।
यो बारब्बा तिनीहरूलाई छोडिदिने हो भने येशूलाई चाहिँ के गर्ने भनी तिनले सोध्छन् । यसलाई स्पष्ट पारेर लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि मैले बारब्बालाई छोड्ने हो भने यहूदीहरूका राजालाई के गरूँ”
“पिलातसले भीडलाई भने”
“उनले जे गरेको भीडले चाहन्थ्यो सो गरेर तिनीहरूलाई खुशी बनाउनु”
पिलातसले वास्तवमा कोर्रा लगाएनन्, तर तिनका सिपाहीहरूले कोर्रा लगाए ।
“कोर्राले पिट्नु ।” “कोर्रा लगाउनु”को अर्थ एकदमै पिडादायी कोर्राले पिट्नुभन्ने हुन्छ ।
पिलातसले तिनका सिपाहीहरूलाई येशूलाई क्रुसमा झुण्ड्याउन उहाँलाई लैजान आदेश दिए । यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनका सिपाहीहरूलाई उहाँलाई लैजान र क्रुसमा टाँग्न आदेश दिए”
यो चाहिँ रोमी सिपाहीहरू यरूशलेममा बस्ने ठाउँ थियो, र जहाँ बडाहाकिम पनि बस्थे जब तिनी यरूशलेममा हुन्थे । वैकल्पिक अनुवादः “सिपाहीहरूको ब्यारेकको चोक” वा “बडाहाकिमको निवासस्थानको आँगन”
“सबै सिपाहीहरूको टोली”
बैजनी राजकीय रङ थियो । सिपाहीहरूले येशू राजा हुनुहुन्थ्यो भनेर विश्वास गर्दैनथे । तिनीहरूले उहाँलाई गिज्याउनलाई त्यसरी पोशाक पहिराए किनभने अरूहरूले उहाँ यहूदीहरूको राजा हुनुहुन्थ्यो भनेर भने ।
“काँडेदार हाँगाहरूले बनाएको मुकुट”
हात माथि उठाएर “सलाम” भनेर कैसरलाई मात्र अभिवादन गरिन्थ्यो । सिपाहीहरूले येशू यहूदीहरूका राजा हुनुहुन्थ्यो भनेर विश्वास गर्दैनथे । बरु तिनीहरूले उहाँको गिल्ला गर्न यसो भने ।
“लट्ठी” वा “लौरो”
घुँडा टेक्ने व्यक्तिले उसका घुँडाहरूलाई खुम्चाउँछ, त्यसैले कहिलेकाहीँ घुँडा टेक्नेहरूले “तिनीहरूको घुँडा” खुम्चाएका भनेर भनिन्छ । वैकल्पिक अनुवादः “घुँडा टेके” वा “घुँडा टेकाए”
रोमी कानुनअनुसार एउटा सिपाहीले बाटोमा आउने मानिसलाई भारी बोक्न लगाउन सक्थ्यो । यहाँ तिनीहरूले सिमोनलाई क्रुस बोक्न कर गरे ।
“सहर बाहिरबाट”
यो सिपाहीहरूले येशूको क्रुस बोक्न कर लगाएका मानिसको बारेमा पृष्ठभूमि जानकारी हो ।
यिनीहरू मानिसहरूका नाउँहरू हुन् ।
यो एउटा ठाउँको नाम हो ।
सिपाहीहरूले येशूलाई गलगथा ल्याए जहाँ तिनीहरूले अन्य दुई जना मानिससँगै येशूलाई क्रुसमा टाँगे । धेरैले उहाँलाई गिल्ला गरे ।
“खप्परे ठाउँ” वा “खप्परहरूको ठाउँ ।” यो ठाउँको नाउँ हो । यसको अर्थ त्यहाँ धेरै खप्पर छन् भन्ने होइन ।
खप्पर भनेको शिरको हड्डीहरू हो, वा कुनै मांसपेशी नभएको टाउको हो ।
सिर्का अर्थात् मूर्र दुखाइ कम गर्ने औषधी हो भनी बताउनु उपयुक्त हुन सक्छ । वैकल्पिक अनुवादः “मूर्र नामको औषधि मिसाइएको दाखमद्य” वा “पीडा मुक्त गर्ने औषधि मिसाइएको दाखमद्य”
तेस्रो क्रमबोधक सङ्ख्या हो । यसले बिहानको नौ बजेलाई बुझाउँछ । वैकल्पिक अनुवादः “बिहान नौ बजे”
“उहाँले गर्नुभएको भनेर तिनीहरूले उहाँलाई आरोप लगाइरहेको अपराध”
यसलाई अझ स्पष्ट पारेर लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “एक जनालाई उहाँको दाहिनेपट्टि एउटा क्रुसमा र अर्कोलाई उहाँको देब्रेपट्टि एउटा क्रुसमा”
यो मानिसहरूले येशूलाई अस्वीकार गरेको देखाउनलाई तिनीहरूले गर्ने साङ्केतिक कार्य हो ।
यो गिल्ला गरेको अभिव्यक्ति हो । तपार्इंको भाषाको स्वाभाविक अभिव्यक्ति प्रयोग गर्नुहोस् ।
मानिसहरूले येशूले पहिले गर्छु भनी भविष्यवाणी गर्नुभएको कुरालाई उद्धृत गर्छन् । वैकल्पिक अनुवादः “तिमीले त मन्दिरलाई नष्ट गरेर तीन दिनमा निर्माण गर्छु भन्थ्यौ त”
यसले येशूको नजिकैबाट जाने मानिसहरूले उहाँलाई जिस्काइरहेको तरिकालाई जनाउँछ ।
“तिनीहरूले आपसमा येशूको बारेमा गिल्ला गर्ने कुराहरू गरिरहेका थिए”
अगुवाहरूले येशू चाहिँ ख्रीष्ट, इस्राएलका राजा हुनुहुन्छ भनेर विश्वास गर्दैनथे । वैकल्पिक अनुवादः “उसले आफैँलाई ख्रीष्ट र इस्राएलका राजा भन्छ । त्यसैले ऊ तल आओस्” वा “यदि ऊ वास्तवमै ख्रीष्ट र इस्राएलका राजा हो भने, ऊ तल आउनुपर्छ”
यसले येशूलाई विश्वास गर्नुलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँमा विश्वास गर्नु”
ठट्टा गरे, अपमान गरे
दिउँसो देखि तीन बजे जब येशू ठूलो सोरमा कराउनुहुन्छ र मर्नुहुन्छ, त्यस बेलासम्म सारा देशलाई अन्धकारले ढाक्छ । जब येशू मर्नुहुन्छ, मन्दिरको पर्दा माथि देखि तलसम्म च्यातिन्छ ।
यसले मध्यान्न वा १२ बजेलाई जनाउँछ ।
यहाँ लेखकले बाहिर अँध्यारो हुनुलाई अन्धकार छाल झैँ जमिनमाथि आएको जस्तै गरी व्याख्या गर्छन् । वैकल्पिक अनुवादः “सारा जगत् नै अन्धकार भयो”
यसले अपरान्हको ३ बजेलाई जनाउँछ । वैकल्पिक अनुवादः “अपरान्ह तिन बजे” वा “मध्य दिउँसोमा”
यी आरमेइक भाषाका शब्दहरू हुन् जसलाई जस्ताको त्यस्तै आफ्नो भाषामा सार्नु होला ।
“जसको अर्थ हुन्छ”
मानिसहरूले येशूले भन्नुभएको कुराको गलत अर्थ लगाए भनेर स्पष्टसँग भन्न सकिन्छ । वैकल्पिक अनुवादः “जब त्यहाँ उभिनेहरूले उहाँले भन्नुभएको कुराहरू सुने, तिनीहरूले गलत बुझे र भने”
“चुक”
“लौरो ।” निगालोबाट बनेको लौरो ।
“त्यो येशूलाई दिए ।” त्यो मानिसले लट्ठीलाई माथि उठाए, ताकि येशूले त्यो स्पन्जबाट पिउन सक्नुभएको होस् । वैकल्पिक अनुवादः “येशूतिर उठाए”
परमेश्वर स्वयम्ले पर्दा च्यात्नुभयो भनेर मर्कुसले देखाइरहेका छन् । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मन्दिरको पर्दालाई दुई भागमा च्यात्नुभयो”
यिनी येशूलाई क्रुसमा टाँग्ने सिपाहीहरूको निरीक्षण गर्ने कप्तान हुन् ।
यहाँ “अगाडि उभिनु” भनेको वाक्पद्धति हो जसको अर्थ कुनै व्यक्तितिर हेर्नु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “जो येशूको अगाडि उभिए”
“येशू कसरी मर्नुभएको थियो” वा “जुन तरिकाले येशू मर्नुभएको थियो”
यो येशूको निम्ति महत्त्वपूर्ण उपमा हो ।
“निकै परबाट हेरे”
“जो याकूब र योसेफकी आमा थिइन् ।” यसलाई कोष्ठविना पनि लेख्न सकिन्छ ।
“कान्छा याकूब ।” यो शायद अर्का याकूब नाउँ गरेका मानिसबाट छुट्ट्याउनलाई यस मानिसलाई “कान्छा” भनेर जनाइएको हुन सक्छ ।
यी योसेफ र येशूको साना भाइ एउटै व्यक्ति होइनन । तपाईंले यही नामलाई [मर्कुस ६:३]
सलोमी महिलाको नाउँ हो ।
“जब येशू गालीलमा हुनुहुन्थ्यो, यी महिलाहरूले उहाँलाई पछ्याए ... उहाँसँग यरूशलेम आए ।” यो टाढै उभिएर येशूलाई क्रुसमा टाँगेका हेर्ने महिलाहरूको पृष्ठभूमि जानकारी हो ।
यरूशलेम इस्राएलको प्रायः सबै ठाउँभन्दा अग्लो ठाउँमा पर्छ, त्यसैले मानिसहरूले यरूशलेममाथि जानु, र त्यहाँबाट तल आउनु भन्थे ।
अरिमाथियाका योसेफले येशूको मृत शरीर माग्छन् र मलमलको कपडाले बेह्रेर चिहानमा राख्छन् ।
यहाँ साँझलाई कुनै एक ठाउँबाट अर्कोमा “आउन” सक्ने वस्तुजस्तो गरी बताइएको छ । वैकल्पिक अनुवादः “साँझ परेको थियो” वा “साँझ भयो”
“त्यहाँ आए”ले योसेफ पिलातसकहाँ आएको कुरा जनाउँछ, जसलाई पृष्ठभूमि जानकारी दिइएपछि पनि व्याख्या गरिएको छ, तर तिनी आएको कुरालाई जोड दिन र कथामा तिनलाई चिनाउन पहिले राखियो । तपार्इंको भाषामा यसो गर्ने फरक तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “अरिमाथियाका योसेफ एक सम्मानित ... थिए”
“अरिमाथियाबाट आएका योसेफ ।” योसेफ मानिसको नाउँ हो, र अरिमाथिया तिनको ठाउँको नाउँ हो ।
यो योसेफको बारेमा भएको पृष्ठभूमि जानकारी हो ।
“पिलातसकहाँ गए” वा “पिलातस भएका ठाउँमा गए”
यो प्रस्ट हुने गरेर व्यक्त गर्न सकिन्छ कि तिनी शरीर पाउन चाहन्थे ताकि तिनले त्यसलाई गाड्न सकून् । वैकल्पिक अनुवादः “येशूको शरीरलाई गाड्नका लागि तिनले त्यो पाउन अनुमति मागे”
पिलातसले येशू मर्नुभयो भनी मानिसहरूले भनेको सुने । यसले तिनलाई चकित पार्यो । त्यसैले, पिलातसले यो सत्य हो वा होइन भनी जान्न कप्तानलाई बोलाए । यसलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “येशू अगि नै मरिसक्नुभएको थियो भनेर सुन्दा पिलातस छक्क परे, त्यसैले तिनले कप्तानलाई बोलाए”
“तिनले योसेफलाई येशूको शरीर लान दिए”
मलमल भनेको एक किसिमको बिरुवाको रेसाहरूद्वारा बनाइएको कपडा हो । तपाईंले यसलाई मर्कुस १४:५१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
तपाईंले यसलाई प्रस्ट पार्न आवश्यक हुन सक्छ कि योसेफले सम्भवतः येशूलाई क्रुसबाट तल झार्न र चिहानको निम्ति तयार गर्न र चिहान बन्द गर्न अरूबाट सहायता लिए । वैकल्पिक अनुवादः “तिनी र अरूहरूले उहाँलाई तल झारे ... अनि तिनीहरूले ढुङ्गा गुडाएर राखे”
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले पहिेले कडा चट्टान खोपेर बनाएको चिहान”
“अगाडि ठूलो चेप्टो ढुङ्गा”
यी योसेफ र येशूको साना भाइ एउटै व्यक्ति होइनन् । तपाईंले यही नामलाई [मर्कुस ६:३]
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “योसेफ र अरू मानिसहरूले येशूको शरीर गाडेको ठाउँ”
1 जब शबाथ-दिन सकियो, मरियम मग्दलिनी र याकूबकी आमा मरियम र सलोमीले सुगन्धित मसला ल्याए, कि तिनीहरू आउन सकून् र येशूको शरीर अभिषेक गर्न सकून् । 2 हप्ताको पहिलो दिन बिहान सबेरै घाम झुल्कँदा तिनीहरू चिहानमा गए । 3 तिनीहरूले एक आपसमा भन्दै थिए, “चिहानको मुखबाट हाम्रो लागि ढुङ्गा कसले हटाइदिन्छ होला ?” 4 जब तिनीहरूले माथि हेरे र उनीहरूले ढुङ्गा हटाइसकेको देखे, किनभने ढुङ्गा धेरै ठुलो थियो । 5 उनीहरू चिहानभित्र प्रवेश गरे र एक जना जवान मानिस सेतो पोशाक लगाएर दाहिनेपट्टि बसिरहेका देखे, र तिनीहरू छक्क परे । 6 तिनले तिनीहरूलाई भने, “नडराओ ।” तिमीहरूले येशू नासरीलाई खोज्दै छौ जसलाई क्रुसमा टाँगिएको थियो । उहाँ जीवित भई उठ्नुभएको छ ! उहाँ यहाँ हुनुहुन्न । तिनीहरूले उहाँलाई राखेको ठाउँलाई हेर । 7 तर जाओ, पत्रुस र उहाँका चेलाहरूलाई भनिदेओ, कि उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदै हुनुहुन्छ । उहाँले भन्नुभएजस्तै तिमीहरूले उहाँलाई त्यहाँ देख्नेछौ । 8 तिनीहरू बाहिर निस्के र चिहानबाट दौडेर गए; तिनीहरू कामिरहेका थिए र छक्क परे । तिनीहरूले कसैलाई केही पनि भनेनन्, किनकि तिनीहरू डराएका थिए । 9 [टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] हप्ताको पहिलो दिन सबेरै, उहाँ जीवित भई उठ्नुभएपछि उहाँ मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो जसबाट उहाँले सातवटा भूत निकाल्नुभएको थियो । 10 उनी गइन् र उनीसँग भएका सबैलाई बताइन् । त्यस बेला तिनीहरूले विलाप गर्दै रोइरहेका थिए । 11 तिनीहरूले सुने कि उहाँ जीवित हुनुहन्छ र उनले उहाँलाई देखिन्, तर तिनीहरूले विश्वास गरेनन् । 12 [टिपोटः पद ९ को टिप्पणी हेरौँ) त्यसपछि उहाँ दुई जना मानिससँगै अर्कै बाटोमा हिँडिरहनुभएको थियो । 13 तिनीहरू गएर अरू चेलाहरूलाई बताए, तर उनीहरूले तिनीहरूलाई विश्वास गरेनन् । 14 [टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] पछि येशू एघार जनाकहाँ तिनीहरू टेबुलमा अडेस लगाएर बसिँरहँदा देखा पर्नुभयो अनि उहाँले तिनीहरूको अविश्वास र कठोर हृदयको निम्ति तिनीहरूलाई हप्काउनुभयो, किनकि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएपछि तिनीहरूले उहाँलाई देख्नेहरूका कुरा विश्वास गरेनन् । 15 उहाँले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा जाओ, र समग्र सृष्टिलाई सुसमाचार प्रचार गर । 16 जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ त्यो बचाइनेछ र जसले विश्वास गर्दैन त्यो दोषी ठहरिनेछ । 17 [टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] जसले विश्वास गर्नेछन् तिनीहरूसँग यी चिन्हहरू हुनेछन्ः तिनीहरूले मेरो नाउँमा भूतहरू धपाउनेछन् । तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन् । 18 तिनीहरूले आफ्ना हातले सर्पहरू समाउनेछन् र यदि तिनीहरूले कुनै विषालु पदार्थ पिए पनि यसले तिनीहरूलाई कुनै हानि गर्नेछैन । तिनीहरूले बिरामीमाथि हात राख्नेछन् र तिनीहरू निको हुनेछन् । 19 [टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] प्रभु तिनीहरूसँग बोलिसक्नुभएपछि उहाँ स्वर्गमा उचालिलगिनुभयो र परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो । 20 चेलाहरू गए, र सबैतिर प्रचार गरे र प्रभुले तिनीहरूसँग काम गर्नुभयो र तिनीहरूसँग भएका आश्चर्य चिन्हहरूले वचनलाई पुष्टि गर्नुभयो ।
येशू गाडिनुभएको चिहान (मर्कुस १५:४६) त्यस्तो खालको चिहान थियो जसमा धनी यहूदी परिवारकाहरूले तिनीहरूका मृतहरूलाई गाड्थे । यो चाहिँ चट्टानमा खोपिएको एउटा वास्तविक कोठा नै थियो । यसको एकापट्टि फराकिलो ठाउँ हुन्थ्यो जहाँ तिनीहरूले लाशलाई तेल र मसालाहरू लगाएर कपडामा बेह्रिसकेपछि त्यसलाई राख्न सक्थे । तब तिनीहरूले चिहानको अगाडिपट्टि एउटा ठुलो ढुङ्गा गुडाइदिन्थे ताकि कसैले पनि भित्रपट्टि देख्न वा प्रवेश गर्न नसकोस् ।
मत्ती, मर्कुस, लूका, र यूहन्ना सबैले येशूको चिहानमा स्त्रीहरूकहाँ सेता वस्त्र लगाएका स्वर्गदूतहरू देखा परेको बारेमा लेखे । दुईजना लेखकहरूले तिनीहरूलाई पुरुषहरू भनी बोलाए, तर त्यो चाहिँ तिनीहरू मानव रूपमा भएको कारणले गर्दा मात्रै हो । दुईजना लेखकहरूले दुई स्वर्गदूतहरूको बारेमा लेखे, तर अरू दुई लेखकहरूले तिनीहरूमध्ये केवल एकजनाको बारेमा मात्र लेखे । यी हरेक खण्डहरूलाई ठ्याक्कै एउटै कुरा भन्न लगाउने कोसिस नगरिकन तिनीहरू यूएलटीमा जसरी छन् त्यसरी नै अनुवाद गर्दा बेस हुन्छ । (हेर्नुहोस्ः मत्ती २८:१-२ अनि मर्कुस १६:५ अनि लूका २४:४ अनि यूहन्ना २०:१२)
हप्ताको पहिलो दिन महिलाहरू सबेरै आउँछन् किनभने तिनीहरूले येशूको शरीरमा सुगन्धित मसलाहरू लगाउने आशा गर्छन् । तिनीहरूले येशू जीवित हुनुभएको छ भन्ने जवान मानिसलाई देख्दा तिनीहरू छक्क पर्छन्, तर तिनीहरू डराएका हुनाले अरू कसैलाई केही पनि भन्दैनन् ।
त्यो भनेको हप्ताको सातौँ दिन, विश्रामको दिन सकिए पछि, हप्ताको पहिलो दिन सुरु भइसकेको थियो ।
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ, वैकल्पिक अनुवादः “कसैले ढुङ्गा हटाएको थियो”
येशू मृत्युबाट जीवित भई उठ्नुभएको छ भनी स्वर्गदूतले निश्चयताका साथ भनिरहेका छन् । यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँ जीवित भई उठ्नुभयो !” वा “परमेश्वरले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो !” वा “उहाँ आफैँ मृतकहरूबाट जीवित हुनुभयो !”
लूकाको सुसमाचार नयाँ करारमा भएका चार पुस्तकहरूमध्ये एक हो जसले येशू ख्रीष्टको जीवनको केही कुरालाई वर्णन गर्छ । सुसमाचारका लेखकहरूले येशू को हुनुहुन्थ्यो र उहाँले के गर्नुभयो भन्ने कुराको विभिन्न पक्षहरूको बारेमा लेखे । लूकाले उनको सुसमाचार थियोफिलस नाम गरेका एक व्यक्तिको लागि लेखे । लूकाले येशूको जीवनको बारेमा एउटा एकदमै ठीक विवरण लेखे ताकि के सत्य हो भनेर थियोफिलस निश्चित होऊन् । तापनि, सुसमाचारले सारा विश्वासीहरूलाई उत्साहित गरेको कुरालाई लूकाले अपेक्षा गरे, थियोफिलसलाई मात्र होइन ।
लूकाको सुसमाचार लूकाद्वारा लेखिएको दुई पुस्तकहरूमध्येको पहिलो हो, जसमा प्रेरितहरूको पुस्तक चाहिँ उनको दोस्रो पुस्तक हो । लूकाले अन्यजाति पाठकहरूको लागि लेखेका जस्तो देखिन्छ ।
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “लूकाको सुसमाचार” वा “लूकाको अनुसार रहेको सुसमाचार” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, उदाहरणको लागि, “येशूको बारेमा भएको सुसमाचार जुन लूकाले लेखे ।”
यस पुस्तकले लेखकको नाम दिँदैन । उही व्यक्ति जसले यो पुस्तक लेखे, उनैले प्रेरितहरूको पुस्तक पनि लेखे । प्रेरितहरूको पुस्तकको खण्डहरूमा, लेखकले “हामी” शब्दको प्रयोग गर्छन् । यसले सङ्केत गर्छ कि लेखकले पावलसँगै यात्रा गरेका थिए । अधिकांश विद्वानहरूले विचार गर्छन् कि लूका नै ती व्यक्ति थिए जसले पावलसँग यात्रा गरेका थिए । त्यसैले सुरुका ख्रीष्टिएन समयहरूदेखि, अधिकांश ख्रीष्टिएनहरूले विचार गरेका छन् कि लूका नै लूकाको पुस्तक र प्रेरितहरूको पुस्तकको लेखक थिए ।
लूका एक औषधोपचार गर्ने चिकित्सक थिए । उनको लेखन शैलीले देखाउँछ कि उनी एक शिक्षित मानिस थिए । उनी सम्भवतः एक अन्यजाति थिए । सम्भवतः लूका आफैँले येशूले भन्नुभएको र गर्नुभएको कुराहरू देखेनन् । तर उनले बताए कि उनले त्यस्ता धेरै मानिसहरूसँग कुरा गरे जसले देखेका थिए ।
लूकाले उनको सुसमाचारमा स्त्रीहरूलाई धेरै सकारात्मक रूपमा वर्णन गरे । उदाहरणको लागि, लूकाले धेरैपटक स्त्रीहरू अधिकांश पुरुषहरूभन्दा परमेश्वरप्रति बढी विश्वासयोग्य रहेका देखाए ।
लूकाले येशूको अन्तिम हप्ताको बारेमा निकै लेखे । येशूको अन्तिम हप्ता र क्रूसमा भएको उहाँको मृत्युको बारेमा उनका पाठकहरूले गहिरो रूपले सोचेका उनले चाहे । मानिसहरूले यो बुझेको उनले चाहे कि येशू स्वइच्छाले क्रूसमा मर्नुभयो ताकि परमेश्वरले तिनीहरूलाई उहाँको विरुद्धमा पाप गरेको कुरालाई माफ गर्न सक्नुभएको होस् ।
मत्ती, मर्कूस, र लूकाको सुसमाचारहरूलाई सिनोप्टिक सुसमाचारहरू भनिन्छ किनभने तिनीहरूमा समान किसिमका पाठ्यखण्डहरू छन् । “सिनोप्टिक” शब्दको अर्थ एकसाथ देख्नु हो ।
जब दुई वा तीन सुसमाचारहरूमा भएका पाठ्य खण्डहरू दुरुस्तै एउटै वा लगभग उस्तै हुन्छ, तिनीहरूलाई “समान” भएको भनिन्छ । जब यी खण्डहरूको अनुवाद हुन्छ, अनुवादकहरूले सम्भव भएसम्म एउटै शब्दहरको प्रयोग गर्नुपर्छ र तिनीहरूलाई समान बनाउनुपर्छ ।
सुसमाचारहरूमा, येशूले आफैँलाई “मानिसको पुत्र” भनी बोलाउनुभयो । यो दानिएल ७:१३-१४ लाई जनाएर उल्लेख गरिएको हो । यो खण्डमा त्यहाँ “मानिसको पुत्र” भनी वर्णन गरिएको एकजना व्यक्ति छ । यसको अर्थ हो कि त्यो व्यक्ति मानिस झैँ देखिने कोही थियो । जातिहरूमाथि सदाको लागि शासन गर्न परमेश्वरले मानिसको पुत्रलाई अधिकार दिनुभयो । र सारा मानिसहरूले सदासर्वदा उहाँलाई आराधना गर्नेछन् ।
येशूका समयका यहूदीहरूले “मानिसको पुत्र”लाई कसैको लागि पनि नामको रूपमा प्रयोग गर्दैनथे । त्यसैकारण, तिनीहरूलाई उहाँ वास्तवमा को हुनुहुन्छ भनी बुझ्नलाई तिनीहरूलाई सहायता गर्न येशूले त्यसलाई आफ्नो लागि प्रयोग गर्नुभयो ।
“मानिसको पुत्र” शीर्षकको अनुवाद गर्न धेरै भाषाहरूमा कठिन हुन सक्छ । पाठकहरूले शाब्दिक रूपमा उस्तै प्रकारले गरिएको अनुवादलाई गलत तरिकाले बुझ्न सक्छन् । अनुवादकहरूले विकल्पहरूको बारेमा विचार गर्न सक्छन्, जस्तै, “मानव” । शीर्षकको व्याख्या गर्न एउटा पादटिप्पणी राख्न पनि सहयोगी हुन सक्छ ।
निम्न दिइएका पदहरू अति प्राचीन पाण्डुलिपिहरूमा छैनन् । यूएलटी र यूएसटीले यी पदहरूलाई समावेश गर्छन्, तर केही अरू संस्करणहरूले गर्दैनन् ।
निम्न दिइएको पद धेरै नयाँ संस्करणहरूमा समावेश गरिएको छैन । केही संस्करणहरूले यसलाई ठूला कोष्ठकहरूभित्र राख्छन् । अनुवादकहरूलाई यो पदको अनुवाद नगर्न सुझाव दिइन्छ । तापनि, यदि अनुवादकको क्षेत्रमा यो पद भएको बाइबलका पुराना संस्करणहरू छन् भने, अनुवादकले त्यसलाई समावेश गर्न सक्छन् । यदि तिनीहरूको अनुवाद हुन्छ भने, त्यो लूकाको सुसमाचारबाट लिइएको मौलिक कुरा होइन भनेर सङ्केत गर्नको लागि त्यसलाई ठूला कोष्ठकहरूभित्र ([]) राख्नुपर्छ ।
1 धेरैले हाम्रा बिचमा घटेका र पुरा भएका यी घटनाहरूको विवरण लेख्ने प्रयास गरेका छन् । 2 तिनीहरूले यी कुरा हामीलाई भर्खरै सुम्पिदिए, जो सुरुदेखि नै प्रत्यक्षदर्शी र वचनका सेवकहरू भएका छन् । 3 सम्मानित थियोफिलस, त्यसैले मलाई पनि यी सबै कुराहरूलाई अनुसन्धान गरी ठिकसित क्रमबद्ध रूपमा सुरुदेखि घटेका घटनाहरूलाई लेख्न असल लाग्यो । 4 त्यसैले, तपाईंलाई सिकाइएको सत्यताबारे यी कुराहरू तपाईंलाई थाहा होस् । 5 यहूदाका राजा हेरोदको समयमा, त्यहाँ जकरिया नाउँ गरेका एक जना पुजारी थिए जो अबियाको कुलका थिए । उनकी पत्नी हारुन कुलकी छोरी थिइन् जसको नाउँ एलीशिबा थियो । 6 परमेश्वरको दृष्टिमा तिनीहरू दुवै धर्मी थिए । तिनीहरूले परमेश्वरका सबै आज्ञाहरू पालना गर्दथे र निर्दोष जीवन जिउँथे । 7 तर तिनीहरूको कुनै सन्तान थिएन, किनकि एलीशिबा बाँझी थिइन् र तिनीहरू दुवै जना वृद्ध भइसकेका थिए । 8 एक दिन आफ्नो कुलको पालोअनुसार जकरिया पुजारी सेवा गर्न परमेश्वरको उपस्थितिमा थिए । 9 त्यहाँको परम्पराअनुसार चिट्ठाद्वारा पुजारीहरू आफ्नो सेवा गर्ने पालोअनुसार परमप्रभुको मन्दिरभित्र धूप बाल्नलाई छानिन्थे । त्यसैले, उनको नाउँ पर्यो । 10 जब तिनी धूप बाल्दै थिए, बाहिर त्यही समयमा मानिसको पुरै भिडले प्रार्थना गरिरहेको थियो । 11 ठिक त्यसै बेला परमप्रभुका एउटा दूत उनीकहाँ देखा परे र धूप बाल्ने वेदीको दाहिनेपट्टि उभिए । 12 जब जकरियाले स्वर्गदूतलाई देखे, तब उनी साह्रै डराए र आत्तिए । 13 तर स्वर्गदूतले उनलाई भने, “जकरिया नडराऊ, किनकि तिम्रो प्रार्थनाको सुनाइ भएको छ । तिम्री पत्नी एलीशिबाले तिम्रो लागि एउटा छोरा जन्माउनेछिन् र तिमीले उनको नाउँ यूहन्ना राख्नेछौ । 14 तिमीमा खुसी र आनन्द हुनेछ र उनको जन्ममा धेरै मानिसहरू आनिन्दित हुनेछन् । 15 परमप्रभुको दृष्टिमा उनी महान् हुनेछन् र उनले दाखमद्य पिउनेछैनन् । उनी आमाको गर्भमा नै पवित्र आत्माले भरिनेछन् । 16 अनि उनले इस्राएलका धेरै मानिसहरूलाई परमप्रभु तिनीहरूका परमेश्वरतर्फ फर्काउनेछन् । 17 उनी एलियाको आत्माको शक्तिमा परमप्रभुको अगि-अगि जानेछन् । उनले बुबाहरूको हृदय आफ्ना छोराछोरीतिर फर्काउनेछन् र अनाज्ञाकारीहरूलाई बुद्धि र धार्मिकतामा हिँडाउनेछन् । उनले मानिसहरूलाई परमप्रभुको निम्ति तयार गर्नका लागि त्यसो गर्नेछन् ।” 18 जकरियाले स्वर्गदूतलाई भने, “यो कुरा पुरा हुनेछ भनी मैले कसरी थाहा पाउने ?” किनकि म बुढो भइसकेँ र मेरी पत्नी पनि बुढी भइसकिन् ।” 19 तब स्वर्गदूतले जवाफ दिए र उनलाई भने, म गब्रिएल हुँ, जो परमेश्वरको उपस्थितिमा उभिन्छु । तिम्रो निम्ति बोल्न र शुभ खबर दिन मलाई पठाइएको हो ।” 20 हेर, ती कुरा हुने समयसम्म तिमी शान्त रहनेछौ र बोल्न सक्ने छैनौ, किनकि तिमीले मेरो वचनमा विश्वास गरेनौ, जुन ठिक समयमा पुरा हुनेछ ।” 21 अनि जकरियाले लामो समयसम्म मन्दिरमा समय बिताइरहेकाले मानिसहरू अचम्म मान्दै पर्खिरहेका थिए । 22 तर, जब तिनी बाहिर आए, तब उनी तिनीहरूसँग बोल्न सकेनन् र उनले मन्दिरभित्र एउटा दर्शन देखे भनी तिनीहरूले महसुस गरे । उनले तिनीहरूलाई इसारा मात्र गरे, तर बोल्न सकेनन् । 23 जब तिनको सेवाको समय समाप्त भयो, तब तिनी आफ्नो घरमा फर्किए । 24 ती दिनहरूपछि, तिनकी पत्नी एलीशिबा गर्भवती भइन् । पाँच महिनासम्म उनले यसो भन्दै आफूलाई लुकाइन् । 25 “परमप्रभु परमेश्वरले मेरो लागि यो गर्नुभएको छ, उहाँले ममाथि निगाह गर्नुभयो र मानिसहरूका बिचबाट मेरो निन्दा हटाउनुभयो । 26 एलीशिबा गर्भवती भएको छैठौँ महिनामा, परमेश्वरले गालीलको सहर नासरतमा गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो । 27 परमेश्वरले तिनलाई एउटा कन्याकहाँ पठाउनुभयो जसको योसेफ भन्ने मानिससँग मगनी भएको थियो । तिनी दाऊदका वंशका थिए र कन्याको नाउँ मरियम थियो । 28 उनी तिनीकहाँ आए र भने, “तिमीलाई अभिवादन ! तिमीले परमेश्वरबाट धेरै निगाह पाएकी छ्यौ ।” 29 तर उनको वचन सुनेर तिनले यो कस्तो प्रकारको अभिवादन हो भनी तिनी विचलित भइन् र चकित परिन् । 30 तब स्वर्गदूतले उनलाई भने, “मरियम, तिमी नडराऊ । किनकि तिमीले परमेश्वरबाट निगाह प्राप्त गरेकी छ्यौ । 31 हेर, तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरा जन्माउनेछ्यौ । तिमीले उहाँको नाउँ येशू राख्नेछ्यौ । 32 उहाँ महान हुनुहुनेछ र उहाँ सर्बोच्च परमेश्वरको पुत्र भनेर चिनिनु हुनेछ । परमप्रभु परमेश्वरले उहाँलाई उहाँको पिता दाऊदको सिंहासन दिनुहुनेछ । 33 उहाँ महान् हुनुहुनेछ र उहाँ सर्वोच्च परमेश्वरका पुत्र कहलाइनुहुनेछ । परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ । 34 तब मरियमले स्वर्गदूतलाई भनिन्, “यो कसरी हुन सक्छ जब कि अहिलेसम्म म कुनै मानिससँग सुतेकै छैन ?” 35 अनि स्वर्गदूतले जवाफ दिए, र उनलाई भने, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ र सर्वोच्चका परमेश्वरको शक्तिले तिमीलाई ढाक्नेछ । त्यसैले, जो पवित्र जन्मनुहुनेछ उहाँलाई परमेश्वरका पुत्र भनेर बोलाइनेछ । 36 अनि हेर, तिम्री नातेदार एलीशिबाले पनि उनको वृद्धावस्थामा एउटा छोरा जन्माउन गर्भवती भएकी छन् । उनलाई बाँझी भनिए तापनि उनी अहिले ६ महिनाको गर्भवती अवस्थामा छिन् । 37 परमेश्वरको लागि कुनै पनि कुरा असम्भव हुनेछैन ।” 38 मरियमले भनिन्, “हेर, म परमप्रभुकी दासी एक स्त्री हुँ । तपाईंको सन्देशअनुसार नै मेरो निम्ति होस् ।” त्यसपछि स्वर्गदूत उनीबाट बिदा भए । 39 त्यसपछि मरियम ती दिनहरूमा हतारिँदै यहूदाको पहाडी देशको एउटा सहरमा गइन् । 40 जहाँ उनी जकरियाको घरमा गइन् र एलीशिबालाई अभिवादन गरिन् । 41 जब एलीशिबाले मरियमको अभिवादन सुनिन्, उनको गर्भमा भएको बालक उफ्रियो र एलीशिबा पवित्र आत्माले भरिइन् । 42 तिनले ठुलो आवाजले उनलाई यसो भनिन्, “स्त्रीहरूमा तिमी धन्यकी हौ र तिम्रो गर्भको फल धन्यको होस् ।” 43 तब यो कसरी हुन कि सक्छ मेरा प्रभुकी आमा मकहाँ आउनुभयो ? 44 तब हेर, जब तिम्रो अभिवादनको आवाज मेरो कानमा आयो, मेरो गर्भमा भएको बालक आनन्दले उफ्रियो । 45 अनी जसले विश्वास गरेकी छिन्, धन्यकी हुन् किनकि जुन कुराहरू उनलाई परमप्रभुबाट भनिएको थियो ती पुरा हुनेछन् ।” 46 मरियमले भनिन्, “मेरो प्राण परमभुमा आनन्दित छ । 47 र मेरो आत्मा परमप्रभु मेरो उद्धारकमा आनन्दित हुँदछ । 48 किनकि उहाँले आफ्नी दासी स्त्रीको नीच अवस्थामा ध्यान दिनुभएको छ । अब हेर, अहिलेबाट सबै पुस्ताहरूले मलाई धन्यकी भन्नेछन् । 49 किनकि सर्वशक्तिमान्ले मेरो लागि महान् कार्य गर्नुभएको छ, र उहाँको नाउँ पवित्र छ । 50 जसले उहाँलाई आदर गर्छ, एउटा पुस्तादेखि एर्को पुस्तसम्म उहाँको दया रहिरहन्छ । 51 उहाँका बाहुलीले शक्तिशाली कामहरू गरेका छन् । आफ्नो हृदयमा घमण्ड विचार भएकाहरूलाई उहाँले तितर-बितर पार्नुभएको छ । 52 उहाँले राजकुमारहरूलाई तिनीहरूका सिंहासनबाट खसाल्नुभएको छ । अनि तल्लो अवस्थाकाहरूलाई उठाउनुभएको छ । 53 उहाँले भोकाहरूलाई असल थोकहरूले भरिदिनुहुन्छ, तर धनीहरूलाई रित्तै हात पठाउनुहुन्छ । 54 त्यसकारण, आफ्नो दयालाई सम्झना गरेर, उहाँले आफ्नो दास इस्राएललाई सहायता दिनुभएको छ । 55 जसरी उहाँले हाम्रा पुर्खाहरूलाई भनेजस्तै, अब्राहाम र उनका वंशसँग सदासर्वदा गर्नुहुनेछ ।” 56 मरियम झन्डै तिन महिना एलीशिबासँग बसिन् र अनि आफ्नो घरमा फर्किन् । 57 अब एलीशिबाको बालक जन्माउने बेला आयो, र तिनले एउटा छोरा जन्माइन् । 58 जब तिनका छिमेकी र नातेदारहरूले परमप्रभुले तिनीमाथि महान् दया गर्नुभएको कुरा सुने, तब उनीहरू तिनीसँग आनन्दित भए । 59 अब बालक जन्मेको आठौँ दिनमा तिनीहरू बालकको खतना गर्न गए र तिनीहरूले उनलाई आफ्ना पिताको नाउँबाट नै जकरिया भनेर बोलाउन सक्थे । 60 तर उनकी आमाले जवाफ दिएर भनिन्, “होइन, उनलाई यूहन्ना भनेर बोलाइनेछ ।” 61 तिनीहरूले तिनलाई भने, “तिम्रा नातेदारहरूका बिचमा यो नाउँ भएको त्यहाँ कोही पनि छैन ।” 62 तिनीहरूले उनको बुबासँग इसारा गरेर बालकको नाउँ के राख्न चाहेका छन् भनेर तिनलाई सोधे । 63 उनले लेख्नका लागि पाटी मागे, र त्यसमा “तिनको नाउँ यूहन्ना हो” भनेर लेखे । त्यो देखेर तिनीहरू सबै अचम्मित भए । 64 तुरुन्तै उनको मुख खुल्यो र जिब्रोको बन्धन टुट्यो, अनि तिनले बोल्न सुरु गरे र परमेश्वरको प्रशंसा गरे । 65 तिनीहरूका वरिपरि बस्नेहरूको बिचमा भय उत्पन्न भयो र त्यहाँ भएका कुराहरू यहूदाको पहाडी मुलुकभरि नै फैलियो । 66 त्यसपछि यी कुरा सुन्ने सबैले आफ्नो हृदयमा राख्दै भने, “त्यसो भए, अब यो बालक कस्तो हुनेछ ?” किनकि परमप्रभुको हात त्यस बालकसँग थियो । 67 उनका पिता जकरिया पवित्र आत्माले भरिए र यसो भन्दै अगमवाणी गरे, 68 “इस्राएलका परमप्रभु परमेश्वरको प्रशंसा होस्, किनभने उहाँले आफ्ना मानिसहरूका लागि सहायता र उद्धारको काम गर्नुभएको छ । 69 उहाँले हाम्रा निम्ति मुक्तिको सिङ्लाई उहाँका दास दाऊदको घरानाबाट शक्तिशाली रूपमा खडा गर्नुभएको छ । 70 प्राचीन कालमा उहाँका पवित्र अगमवक्ताहरूका मुखद्वारा बोल्नुभए झैँ भयो । 71 उहाँले हाम्रा शत्रुहरू र हामीलाई घृणा गर्नेहरूबाट छुटकारा दिनुहुनेछ । 72 यो उहाँले हाम्रा पुर्खाहरूप्रति दया प्रकट गर्न र उहाँको पवित्र करारलाई स्मरण गर्नलाई गर्नुभएको छ । 73 त्यो करारचाहिँ उहाँले हाम्रा पुर्खा अब्राहामसँग गर्नुभएको शपथ हो । 74 उहाँले हामीलाई हाम्रा शत्रुहरूका हातबाट मुक्त गर्न र उहाँको सम्मुख हाम्रो सारा जीवनभर 75 पवित्रता र धार्मिकतामा उहाँको सेवा गर्नलाई योग्यको बनाउने शपथ खानुभयो । 76 हो, बालक तिमी, सर्वोच्चका अगमवक्ता कहलाइनेछौ, किनभने तिमी मानिसहरूका निम्ति मार्ग तयार पार्न प्रभुको अगि-अगि जानेछन् । 77 तिनीहरूका पाप-क्षमाद्वारा उहाँले आफ्ना मानिसहरूलाई मुक्तिको ज्ञान दिनुभएको छ । 78 हाम्रा परमेश्वरले उहाँको कोमल कृपाको कारणले हामीलाई क्षमा गर्नुहुनेछ । यही कृपाद्वारा उहाँ हामीकहाँ बिहानको सूर्यझैँ आउनुहुनेछ । 79 मृत्युको अन्धकारको छायाँमा बस्ने मानिसहरूमाथि उहाँ चम्कनुहुनेछ । उहाँले हाम्रा गोडाहरूलाई शान्तिको मार्गतिर डोर्याउनुहुन्छ ।” 80 त्यसपछि बालक हुर्के र आत्मामा बलियो भए, र उनी इस्राएलमा देखा नपरेसम्म उजाड-स्थानमा नै बसे ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई दायाँतिर टाढामा राख्छन् । यूएलटीले १:४६-५५, ६८-७९ मा भएको कवितालाई यसो गर्दछ ।
प्राचीन मध्यपूर्व क्षेत्रमा भएका अधिकांश मानिसहरूले कुनै बालकलाई तिनीहरूकै घरानाहरूमा भएको उही नाम राख्थे । एलीशिबा र जकरियाले तिनीहरूको छोराको नाम यूहन्ना राखेकोमा मानिसहरू चकित भएका थिए किनभने त्यो नाम गरेको कोही व्यक्ति तिनीहरूको परिवारमा थिएन ।
लूकाको भाषा सरल र सिधा खालको छ । उनले थुप्रै भाषाका अलङ्कारहरूको प्रयोग गर्दैनन् ।
उनले थियोफिलसलाई किन लेख्छन् भनेर लूकाले व्याख्या गर्छन् ।
“ती कुराहरूको विषयमा जुन हाम्रा माझमा घटेका छन्” वा “ती घटनाहरूको बारेमा जुन हाम्रा माझमा घटेका छन्”
थियोफिलस को थिए भनी पक्का गरी कसैले पनि जान्दैन । यदि तिनी ख्रीष्टिएन थिए भने, “हामी” शब्दले यहाँ तिनलाई समावेश गर्छ र त्यसैले समावेशी हुन्छ, तर यदि थिएनन् भने, त्यो असमावेशी हुन्छ ।
एउटा “प्रत्यक्षदर्शी” भनेको त्यो व्यक्ति हो जसले केही कुरा भएको देख्यो, र वचको सेवक त्यो व्यक्ति हो जसले मानिसहरूलाई परमेश्वरको सन्देश बताएर परमेश्वरको सेवा गर्छ । तिनीहरू कसरी वचनका सेवकहरू थिए भनी तपाईंले प्रस्ट पार्नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “जे भएको थियो सो देखे र मानिसहरूलाई उहाँको सन्देश बताएर परमेश्वरको सेवा गरे”
“वचन” शब्द धेरै शब्दहरूले बनेको सन्देशको लागि एउटा प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “सन्देशका सेवकहरू” वा “परमेश्वरको सन्देशका सेवकहरू”
“होशियारीपूर्वक अनुसन्धान गरे ।” यसको मतलब जे भएको थियो, त्यसबारे ठीकसँग पत्ता लगाउन लूका सावधान थिए । सम्भवतः के भएको थियो भनी निश्चय गर्नलाई उनले विभिन्न मानिसहरूसँग कुराकानी गरे होलान् ताकि उनले यी घटनाहरूबारे लेखेका कुराहरू ठीक होऊन् ।
थियोफिलसलाई आदर र सम्मान देखाउनलाई लूकाले यसो भने । यसको अर्थ थियोफिलस एक प्रतिष्ठित सरकारी अधिकृत भएको हुन सक्छ । यो खण्डले तपाईंले संस्कारमा उच्च ओहदाका मानिसहरूलाई सम्बोधन गर्न प्रयोग गरिने शैलीको प्रयोग गर्नुपर्छ । केहीले यो सम्बोधनलाई यसरी सुरुमा पनि राख्न चाहन्छन्, “ ... थियोफिलसलाई” वा “प्रिय ... थियोफिलस ।”
“आदरणीय” वा “माननीय”
यसको अर्थ हुन्छ, “परमेश्वरका मित्र ।” यसले यी मानिसको चरित्रलाई पनि बताउन सक्छ वा यो उनको वास्तविक नाम पनि हुन सक्छ । अधिकांश अनुवादहरूले यसलाई नामको रूपमा लिएका छन् ।
जकरिया र एलीशिबाको परिचय दिइन्छ । यी पदहरूले तिनीहरूको बारेमा पृष्ठभूमि जानकारी दिन्छन् ।
स्वर्गदूतले यूहन्नाको जन्मको भविष्यवाणी गर्छन् ।
पदावली “समयमा”लाई एउटा नयाँ घटनालाई सङ्केत गर्न प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “यहूदामा हेरोद राजाले शासन गरेको समय अवधिमा”
“त्यहाँ एकजना खास ... थिए” वा “त्यहाँ एकजना ... थिए ।” यो कथामा एउटा महत्त्वपूर्ण पात्रलाई परिचय गराउने शैली हो । तपाईंको भाषामा यसलाई कसरी व्यक्त गरिन्छ त्यसबारे विचार गर्ननुहोस् ।
यसले पूजाहारीहरूलाई जनाउँछ भनेर बुझिएको छ । वैकल्पिक अनुवादः “पूजाहारीहरूको दल” वा “पूजाहारीहरूको समूह”
“जो अबियाबाट जन्मेका वा अबियाका सन्तान थिए ।” अबिया पूजाहारीहरूको यो समूहको एक पूर्खा थिए र तिनीहरू सबै हारूनका सन्तानहरू थिए, जो इस्राएलीहरूका प्रथम पूजाहारी थिए ।
“उनकी पत्नी हारूनको सन्तान थिएन ।” यसको अर्थ हो कि तिनी जकरिया जस्तै पूजाहारीहरूको उही वंशबाटकी थिइन् । वैकल्पिक अनुवादः “उनकी पत्नी पनि हारूनको वंशबाट आएकी थिइन्” वा “जकरिया र उनकी पत्नी एलीशिबा दुवै हारूनको वंशबाट आएका थिए ।”
“हारूनको वंशबाट”
“परमेश्वरको दृष्टिमा” वा “परमेश्वरको रायमा”
“परमप्रभुले आज्ञा गर्नुभएका र खोज्नुभएका सबै कुरा”
यो भिन्नता देखाउने शब्दले यसपछि आउने कुराहरूचाहिँ अपेक्षा गरिएको भन्दा विपरीत छन् भनी देखाउँछ । मानिसहरूले अपेक्षा गरेका थिए कि तिनीहरूले जे ठीक छ त्यो गरे भने परमेश्वरले तिनीहरूलाई सन्तान दिनुहुने थियो । तथापि, यो जोडीले जे ठीक थियो त्यही गरेका थिए र पनि तिनीहरूको कुनै सन्तान भएको थिएन ।
यो वाक्यांशलाई पृष्ठभूमि जानकारीबाट सहभागीहरूमा कथा सरेको कुरालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ ।
जकरिया परमेश्वरको मन्दिरमा थिए भनी बुझिएको छ र पूजाहारीका यी कामहरू परमेश्वरको आराधना गर्ने कुराको हिस्सा थियो ।
“जब त्यो उनको समूहको पालो थियो” वा “जब उनको समूहको सेवा गर्ने समय आयो”
यो वाक्यले पूजाहारीको कामहरूको बारेमा हामीलाई जानकारी दिन्छ ।
“पारम्परिक तरिका” वा “तिनीहरूको सामान्य तरिका”
चिट्ठा एउटा चिन्ह लगाइएको ढुङ्गा हो जसलाई कुनै कुरा निर्णय गर्नलाई भुइँमा फ्याँकिन्छ वा गुडाइन्छ । तिनीहरूले कुन पूजाहारी छानेको परमेश्वरले चाहनुहुन्छ भनी देखाउन उहाँले चिट्ठालाई प्रयोग गर्नुहुन्छ भन्ने पूजाहारीहरूले विश्वास गर्थे ।
हरेक बिहान र साँझ पूजाहारीहरूले परमेश्वरलाई भेटी स्वरूप मन्दिरभित्र एउटा विशेष वेदीमा मिठो बास्ना आउने धूप बाल्नुपर्थ्यो ।
“मानिसहरूको एउटा ठूलो सङ्ख्या” वा “धेरै मानिसहरू”
चोक मन्दिर वरिपरिको घेरिएको क्षेत्र थियो । वैकल्पिक अनुवादः “मन्दिरको भवन बाहिर” वा “मन्दिर बाहिरको चोकमा”
“तोकिएको समयमा ।” धूप बालेर भेटी चढाउनलाई यो बिहानको वा साँझको समय थियो भनेर प्रस्ट छैन ।
जब जकरियाले मन्दिरमा उनको काम गर्छन्, एकजना स्वर्गदूत उनलाई सन्देश दिन परमेश्वरबाट आउँछन् ।
यो शब्दले कथामा घटनाको सुरुवातलाई अङ्कित गर्छ ।
“उनीकहाँ अचानक आए” वा “त्यहाँ अचानक जकरियासँग थिए ।” यसले व्यक्त गर्छ कि स्वर्गदूत जकरियासँग उपस्थित थिए, र सामान्य रूपमा कनै दर्शन थिएन ।
यी दुई वाक्यांशहरूको एउटै अर्थ हुन्छ, र जकरिया कति डराएका थिए भनी जोड दिन्छ ।
“जब जकरियाले स्वर्गदूतलाई देखे ।” जकरिया डराएका थिए किनभने स्वर्गदूतको रूप डरलाग्दो प्रकारको थियो । उनले केही गल्ती गरेका थिएनन्, त्यसैले स्वर्गदूतले दण्ड दिनेछन् भनेर उनी डराएका थिएनन् ।
डरलाई यसरी वर्णन गरिएको छ मानौँ त्यो केही कुरा थियो जसले जकरियालाई आक्रमण गर्यो वा ढाक्यो ।
“मसँग डराउन छोड” वा “तिमी मसँग डराउन जरुरी छैन”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । यो कुरा बुझिएको छ कि परमेश्वरले जकरियाले मागेको कुरा उनलाई दिनुहुनेछ । वैकल्पिक अनुवादः “परमेश्वरले तिम्रो प्रार्थना सुन्नुभएको छ तिमीले जे मागेका छौ सो तिमीलाई दिनुहुनेछ”
“तिम्रो लागि एउटा छोरो पाउनेछिन्” वा “तिम्रो छोरोलाई जन्म दिनेछिन्”
“खुशी” र “आनन्द” शब्दहरूको एउटै अर्थ हुन्छ र त्यो आनन्द कति महान् हुनेछ भनेर जोड दिनलाई प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “तिमीलाई धेरै आनन्द हुनेछ” वा “तिमी धेरै खुशी हुनेछौ”
“उसको जन्मको कारणले”
“यो ऊ महान् हुने भएको कारणले गर्दा हो” जकरिया र अरू “धेरै” मानिसहरू आनन्द मनाउनेछन् किनभने यूहन्ना “प्रभुको दृष्टिमा महान् हुनेछन् ।” पद १५ को बाँकीको अंशले यूहन्नाले कसरी जिएको परमेश्वर चाहनुहुन्छ भनेर बताउँछ ।
“ऊ प्रभुको लागि एउटा धेरै महत्त्वपूर्ण व्यक्ति हुनेछ” वा “परमेश्वरले उसलाई धेरै महत्त्वपूर्ण भएको ठान्नुहुनेछ”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पवित्र आत्माले उसलाई सामर्थी बनाउनुहुनेछ” वा “पवित्र आत्माले उसलाई अगुवाइ गर्नुहुनेछ ।” यो कुरा पक्का गर्नुहोस् कि कुनै दुष्टात्माले कोही व्यक्तिलाई गर्न सक्ने कुरा भनेको जस्तो यो नसुनियोस् ।
“ऊ उसको आमाको गर्भमा हुँदाखेरि नै” वा “ऊ जन्मिनुभन्दा अगावै”
यहाँ “फर्काइन” भनेको कोही व्यक्ति पश्चात्ताप गरेर प्रभुको आराधना गर्ने कुराको लागि एउटा अलङ्कार हो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उनले इस्राएलका धेरै मानिसहरूलाई पश्चात्ताप गर्न र परमप्रभु तिनीहरूका परमेश्वरको आराधना गर्न लगाउनेछन्”
प्रभु आउनभन्दा अगाडि, उनी जानेछन् र मानिसहरूलाई घोषणा गर्नेछन् कि प्रभु तिनीहरूकहाँ आउनुहुनेछ ।
यहाँ कोही व्यक्ति“को मुहार” एउटा उपमा हो जसले सो व्यक्तिको उपस्थितिलाई जनाउँछ । यसलाई कहिलेकाहीँ अनुवादमा हटाइन्छ । वैकल्पिक अनुवादः “प्रभु”
“उही आत्मा र शक्तिसँग जुन एलियासँग थियो ।” “आत्मा” शब्दले कि त परमेश्वरको पवित्र आत्मालाई जनाउँछ वा एलियाको आचरण वा उनको विचार गर्ने शैलीलाई जनाउँछ । यो कुरा निश्चय गर्नुहोस् कि “आत्मा” शब्दको अर्थ भूत वा दुष्टात्मा हुँदैन ।
“तिनीहरूका छोराछोरीहरूको फेरि वास्ता गर्न बाबुहरूलाई मनाउन” वा “बाबुहरूलाई तिनीहरूका छोराछोरीहरूसँगको सम्बन्ध पुनर्स्थापना गराउन”
हृदयको बारेमा यसरी बताइएको छ मानौँ त्यो केही यस्तो कुरा हो जसलाई कुनै फरक दिशमा जान लगाउनलाई फर्काउन सकिन्छ । यसले कसैको केही कुराप्रतिको आचरणलाई बदल्ने कुरालाई जनाउँछ ।
यहाँ यसले ती मानिसहरुलाई जनाउँछ जसले प्रभुको आज्ञापालन गर्दैनन् ।
मानिसहरू के गर्नका लागि तयार पारिनेछन् भन्ने कुरालाई प्रस्टसँग बताउन सकिन्छ । वैकल्पिक अनुवादः “उहाँको सन्देशलाई विश्वास गर्न तत्पर रहेका मानिसहरू प्रभुको लागि तयार गर्न”
“तपाईंले भनेको कुरा निश्चय नै हुन्छ भनेर मैले कसरी थाहा पाउन सक्छु ?” यहाँ “थाहा पाउनु” भनेको अनुभवद्वारा सिक्नु हो, जसले सुझाव दिन्छ कि जकरियाले प्रमाणको रूपमा चिन्ह मागिरहेका थिए । वैकल्पिक अनुवादः “यो कुरा हुनेछ भनेर मलाई प्रमाणित गर्न तपाईं के गर्न सक्नुहुन्छ ?”
यो जकरियालाई एउटा हप्कीको रूपमा बताइएको छ । परमेश्वरबाट सिधै आएर भएको गब्रिएलको उपस्थिति नै जकरियाको लागि पर्याप्त प्रमाण हुनुपर्ने थियो ।
“जसले सेवा गर्छ”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई तिमीसँग कुरा गर्न पठाउनुभयो”
“ध्यान देऊ, किनकि जे मैले तिमीलाई बताउन लागेको छु त्यो दुवै सत्य र महत्त्वपूर्ण छ”
यिनीहरूको एउटै अर्थ हुन्छ, र उनको गुंगोपनको पूर्णतालाई जोड दिनलाई दोहोर्याइएको छ । वैकल्पिक अनुवादः “बोल्नलाई पूर्ण रूपले असक्षम” वा “बोल्नलाई बिल्कुलै असक्षम”
“मैले जे भनेको छु, त्यसमा विश्वास गरेनौ”
“तोकिएको समयमा”
यसले मन्दिरभित्र के भयो भन्ने कुरादेखि बाहिर के भयो भन्ने कुरामा कथामा आएको बदलावलाई अङ्कित गर्छ । वैकल्पिक अनुवादः “जब त्यो भइरहेको थियो” वा “जब स्वर्गदूत र जकरिया कुरा गरिरहेका थिए”
यी कुराहरू सम्भवतः एकै समयमा भए, र जकरियाको इशाराहरूले मानिसहरूलाई बुझ्नलाई सहायता गर्यो कि तिनले दर्शन पाएका थिए । त्यो कुरा देखाउनको लागि क्रमलाई बदल्दा तपाईंका पाठकहरूलाई सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “तिनले तिनीहरूलाई इशारा गरिरहे र चुप बसे । त्यसैले तिनीहरूले चाल पाए कि तिनी मन्दिरभित्र हुँदा तिनले दर्शन देखेका थिए”
अघिल्लो विवरणले सङ्केत गर्यो कि गब्रिएल वास्तवमै जकरियाकहाँ मन्दिरमा आए । मानिसहरूले सो कुरा थाहा नपाएर अनुमान गरे कि जकरियाले एउटा दर्शन देखेका थिए ।
यो वाक्यांशले कथालाई जकरियाको सेवा सकिसकेपछिको समयमा अगाडि बढाउँछ ।
जकरिया यरूशलेममा बस्दैनथे, जहाँ मन्दिर अवस्थित थियो । तिनले तिनको गाउँसम्म यात्रा गरे ।
“यी दिनहरू” वाक्यांशले त्यो समयलाई जनाउँछ जब जकरियाले मन्दिरमा सेवा गरिरहेका थिए । यसले केलाई जनाउँछ भनेर अझ प्रस्टसँग बताउन सम्भव छ । वैकल्पिक अनुवादः “जकरियाको मन्दिरमा सेवा गर्ने समयपछि”
“जकरियाकी पत्नी”
“तिनको घर छोडिनन्” वा “आफूमात्रै एक्लै भित्रै बसिन्”
यो पदावलीले प्रभुले तिनलाई गर्भवती हुन दिनुभयो भन्ने तथ्यलाई जनाउँछ ।
यो एउटा सकारात्मक उद्गार हो । तिनी प्रभुले तिनको लागि गरिदिनुभएको कुराको लागि धेरै खुशी थिइन् ।
“ ... माथि हेर्नु” भनेको एउटा उपमा हो जसको अर्थ “व्यवहार गर्नु” वा “... सँग कार्यव्यवहार गर्नु” भन्ने हुन्छ । वैकल्पिक अनुवादः “मलाई दयापूर्वक ध्यान दिनुभयो” वा “ममाथि दया गर्नुभयो”
यसले तिनले सन्तान पाउन नसकेको कारण अनुभव गरेको शर्मलाई जनाउँछ ।
गब्रिएल स्वर्गदूतले मरियमलाई घोषणा गर्छन् कि तिनी एकजना व्यक्तिको आमा हुन गइरहेकी थिइन् जो परमेश्वरको पुत्र हुनुहुन्छ ।
“एलीशिबाको गर्भावस्थाको छैटौँ महिनामा ।” यदि यसले वर्षको छैटौँ महिनासँग अलमलिन पुर्याउँछ भने, यसलाई प्रस्टसँग बताउन आवश्यक हुन सक्छ ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले गब्रिएल स्वर्गदूतलाई जानलाई आज्ञा गर्नुभयो”
मरियमले योसेफसँग विवाह गर्ने थिइन् भन्ने कुरामा मरियमका बुबाआमा सहमत भएका थिए । हुन त तिनीहरूले सहवास गरेका थिएनन्, योसेफले तिनलाई आफ्नी पत्नीको रूपमा सोचेका वा कुरा गरेका हुन सक्छन् ।
“उनी दाऊदकै कुलबाटका थिए” वा “उनी राजा दाऊदको सन्तान थिए”
यसले मरियमलाई कथामा एउटा नयाँ पात्रको रूपमा परिचय गराउँछ ।
यो एउटा प्रचलित अभिवादन थियो । यसको अर्थ हुन्छ “आनन्द मनाओ” वा “खुसी होओ ।”
“तिमी जसले महान् अनुग्रह पाएकी छ्यौ !” वा “तिमी जसले विशेष दया पाएकी छ्यौ !”
“तिमीसँग” एउटा उपमा हो जसले साथ र स्वीकारको अर्थ दिन्छ । वैकल्पिक अनुवादः “प्रभु तिमीसँग खुशी हुनुहुन्छ”
मरियमले हरेक शब्दको अर्थ बुझिन्, तर स्वर्गदूतले तिनलाई यो अचम्मको अभिवादन किन भनेको भन्ने कुरा बुझिनन् ।
मरियम उनको रूपसँग डराएको स्वर्गदूत चाहँदैनन्, किनभने परमेश्वरले उनलाई एउटा सकारात्मक सन्देशसहित पठाउनुभयो ।
“निगाह प्राप्त गर्नु” भन्ने उपमाको अर्थ कसैबाट सकारात्मक ढङ्गले स्वीकार गरिनु भन्ने हुन्छ । परमेश्वरलाई कर्ताको रूपमा देखाउने गरी यो वाक्यलाई बदल्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीलाई उहाँको अनुग्रह दिने अठोट गर्नुभएको छ” वा “परमेश्वरले तिमीलाई उहाँको दया देखाइरहनुभएको छ”
मरियमले “एउटा छोरा” जन्माउनेछिन् जसलाई “सर्वोच्चको पुत्र” कहलाइनेछ । येशू त्यसैले एउटा मानव पुत्र हुनुहुन्छ जो मानव आमाबाट जन्मिनुभएको हो, र उहाँ परमेश्वरको पुत्र पनि हुनुहुन्छ । यी नाउँहरूलाई ध्यानपूर्वक अनुवाद गरिनुपर्छ ।
मरियमले “एउटा छोरा” जन्माउनेछिन् जसलाई “सर्वोच्चको पुत्र” कहलाइनेछ । येशू त्यसैले एउटा मानव पुत्र हुनुहुन्छ जो मानव आमाबाट जन्मिनुभएको हो, र उहाँ परमेश्वरको पुत्र पनि हुनुहुन्छ । यी नाउँहरूलाई ध्यानपूर्वक अनुवाद गरिनुपर्छ ।
सम्भावित अर्थहरू हुन् १) “मानिसहरूले उहाँलाई ... बोलाउनेछन्” वा २) “परमेश्वरले उहाँलाई ... बोलाउनुहुनेछ”
यो येशू, परमेश्वरको पुत्रको निम्ति एउटा महत्त्वपूर्ण उपाधि हो ।
सिंहासनले राजाको शासन गर्ने अधिकारको प्रतिनिधित्व गर्दछ । वैकल्पिक अनुवादः “उहाँलाई उहाँका पूर्खा दाऊदले गरेजस्तै राजाको रूपमा शासन गर्ने अधिकार दिनुहुनेछ”
अकरणमा भएको वाक्यांश “कुनै अन्त्य”ले जोड दिन्छ कि यो सदाको लागि लम्बिरहन्छ । यसलाई सकारात्मक वाक्यांशसहित पनि बताउन सकिन्छ । वैकल्पिक अनुवादः “उहाँको राज्य कहिल्यै सकिने छैन”
मरियमले यो कसरी हुन सक्थ्यो भनी नबुझे तापनि यो हुन्छ भन्ने कुरामा तिनले शङ्का गरिनन् ।
तिनी कुनै यौन क्रियामा सहभागी भएकी थिइनन् भनेर बताउनलाई मरियमले यो नम्र अभिव्यक्तिको प्रयोग गरिन् । वैकल्पिक अनुवादः “म एक कन्या हुँ ।”
मरियमको गर्भधारणको प्रक्रियाको सुरुवात पवित्र आत्मा तिनीमाथि आउनुभएबाट सुरु हुने थियो ।
“ढाक्नुहुनेछ”
यो परमेश्वरको “शक्ति” थियो जसले मरियमलाई तिनी कुमारी अवस्थामा छँदाखेरी नै अलौकिक रीतिले गर्भवति हुन लगाउने थियो । त्यहाँ कुनै शारीरिक वा यौन सम्बन्ध थिएन भन्ने कुराप्रति होसियार हुनुहोस्-यो एउटा आश्चर्यकर्म थियो ।
“तिमीलाई छायाँले झैँ ढाक्नुहुनेछ”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसैले जन्मनुहुने पवित्र जनलाई तिनीहरूले परमेश्वरको पुत्र भनेर बोलाउनेछन्” वा “त्यसैले त्यो बालक जो जन्मनुहुनेछ, उहाँ पवित्र हुनुहुनेछ, र मानिसहरूले उहाँलाई परमेश्वरको पुत्र भनी बोलाउनेछन्”
“पवित्र बालक” वा “पवित्र शिशु”
यो येशूको निम्ति एउटा महत्त्वपूर्ण उपाधि हो ।
“ध्यान देऊ, किनकि जे मैले तिमीलाई बताउन लागेको छु, त्यो सत्य र महत्त्वपूर्ण दुवै छः तिम्री नातेदार”
यदि खास सम्बन्ध बताउन तपाइंलाई आवश्यक हुन्छ भने, एलीशिबा सम्भवतः मरियमकी काकी वा तिनको बाबु वा आमाकी काकी थिइन् ।
“एलीशिबा पहिल्यै धेरै वृद्धा भइसकेको भएतापनि, ... पनि एक छोरोसँग गर्भवती भएकी छिन्” वा “एलीशिबा, हुन त तिनी वृद्धा हुन्, तिनी पनि गर्भवती भएकी छिन् र एउटा छोरो पाउनेछिन् ।” मरियम र एलीशिबाले गर्भधारण गर्दा दुवै नै वृद्धा थिए भन्ने अर्थ नलागोस् भन्ने कुराप्रति होसियार हुनुहोस् ।
“तिनको गर्भावस्थाको छैटौँ महिना”
“किनभने केही पनि” वा “यसले देखाउँछ कि केही पनि”
परमेश्वरले एलीशिबालाई गर्नुभएको कुरा नै परमेश्वर कुनै पनि कुरा गर्न सक्षम हुनुहुन्छ भन्ने प्रमाण थियो-उहाँले मरियमलाई पनि तिनले कुनै पुरुषसँग शारीरिक सम्बन्ध नराखीकनै तिनलाई गर्भवती बन्न सक्षम तुल्याउन सक्नुहुन्थ्यो । यस कथनमा भएको युगल अकरणलाई सकारात्मक भनाइहरूमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले कुनै पनि कुरा गर्न सक्नुहुन्छ”
“म यहाँ छु, ... दासी” वा “म दासी हुन पाउँदा खुशी छु ।” तिनले नम्रताका साथ र स्वेच्छाले प्रतिक्रिया जनाउँदै छिन् ।
तिनको परमप्रभुप्रतिको नम्रता र आज्ञाकारिता देखाउने एउटा अभिव्यक्ति छान्नुहोस् । तिनले तिनी परमप्रभुकी दासी भएकोमा घमण्ड गरिरहेकी थिइनन् ।
“यो मलाई होस् ।” मरियमले स्वर्गदूतले तिनलाई हुनेछ भनेका कुराहरू तिनको जीवनमा पूरा होस् भनेर तिनको तत्परतालाई अभिव्यक्त गर्दै थिइन् ।
मरियम तिनकी नातेदार एलीशिबालाई भेट्न जान्छिन् जसले यूहन्नालाई जन्म दिन गइरहेकी थिइन् ।
यो उपमाको अर्थ हो कि तिनी केवल उठिनन्, तर त्यसका साथै “तयार भइन्” । वैकल्पिक अनुवादः “सुरु गरिन्” वा “तयार भइन्”
“पहाडी क्षेत्र” वा “इस्राएलको पहाडी भाग”
यस्तो आशय दिन खोजिएको छ कि मरियमले जकरियाको घरभित्र जान अगाडि नै तिनको यात्रा सकाइन् । यसलाई प्रस्टसँग बताउन सकिन्छ । वैकल्पिक अनुवादः “जब तिनी आइपुगिन्, तिनी गइन्”
यो वाक्यांशलाई कथाको यस भागमा एउटा नयाँ घटनालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ ।
“एलीशिबाको गर्भमा”
अचानक चल्यो
यी दुई वाक्यांशहरूको अर्थ एउटै हो र एलीशिबा कति उत्साहित थिइन् भन्ने कुरामा जोड दिनलाई प्रयोग गरिएको छ । तिनीहरूलाई जोडेर एउटै वाक्यांश बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “जोडले चिच्याइन्”
यो उपमाको अर्थ “तिनको स्वर ठूलो गरिन्” भन्ने हो ।
“नारीहरू माझमा” भन्ने उपमाको अर्थ “अरू कुनै स्त्रीभन्दा बढी” भन्ने हुन्छ
मरियमको बालकको बारेमा यसरी बताइएको छ मानौँ त्यो कुनै बोटले फलाउने फल हो । वैकल्पिक अनुवादः “तिम्रो गर्भमा भएको बालक” वा “तिमीले जन्माउने बालक”
एलीशिबाले जानकारीको लागि सोधिरहेकी थिइनन् । बरु प्रभुकी आमा उनको घरमा आएकोमा उनी चकित थिइन् र खुसी छिन् भनी देखाउँदै थिइन् । वैकल्पिक अनुवादः “यो कस्तो अचम्मको कुरा कि मेरा प्रभुकी आमा मकहाँ आउनुभएको छ !”
यो स्पष्ट पार्न सकिन्छ कि एलीशिबाले “तिमी” शब्द थपेर मरियमलाई “मेरा प्रभुकी आमा” भनेर बोलाउँदै थिइन् । वैकल्पिक अनुवादः “तिमी, मेरा प्रभुकी आमा”
यो वाक्यांशले एलीशिबाले यसपछि बताउन लागेको उदेकलाग्दो कथनमा ध्यान दिन मरियमलाई सजग गराउँछ ।
कुनै आवाज सुनेको कुरालाई मानौँ त्यो आवाज कानमा आएको जसरी बताइएको छ । वैकल्पिक अनुवादः “जब मैले तिम्रो अभिवादनको आवाज सुनेँ”
“अचानक आनन्दले चल्यो” वा “जोडदार तरिकाले पल्ट्यो किनभने ऊ त्यति खुशी थियो”
एलीशिबाले मरियमको बारेमा मरियमसँग कुरा गर्दै थिइन् । वैकल्पिक अनुवादः “तिमी धन्यकी हौ जसले विश्वास गर्यौ ... जुन तिमीलाई परमप्रभुबाट बताइएको थियो”
कर्म वाच्यको क्रियापदलाई कर्तृ वाच्यको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनलाई आशिष् दिनुहुनेछ किनभने तिनले विश्वास गरिन्”
“यी कुराहरू वास्तवमै हुने छन्” वा “यी कुराहरू सत्य हुन आउने छन्”
यहाँ “द्वारा”को साटोमा “बाट” शब्द प्रयोग गरिएको छ किनभने ती गब्रिएल स्वर्गदूत थिए जसले बोलेको मरियमले वास्तवमा सुनिन्
मरियमले तिनको उद्धारकर्ता प्रभुको लागि प्रशंसाको गीत गाउन थाल्छिन् ।
“प्राण” शब्दले व्यक्तिको आत्मिक पाटोलाई जनाउँछ । तिनले भनिरहेकी छिन् कि तिनको आराधना तिनको अन्तस्करणबाट आउँछ । वैकल्पिक अनुवादः “मेरो भित्री व्यक्तित्वले प्रशंसा गर्दछ” वा “म प्रशंसा गर्छु”
“प्राण” र “आत्मा” दुवैले व्यक्तिको आत्मिक पाटोलाई जनाउँछ । मरियमले भनिरहेकी छिन् कि तिनको आराधना तिनको भित्री अन्तस्करणबाट आउँछ । वैकल्पिक अनुवादः “मेरो हृदयले आनन्द मनाएको छ” वा “म आनन्द मनाउँछु”
“धेरै आनन्दित भएको महसुस गर्छ” वा “धेरै खुसी भएको छ”
“मलाई बचाउनुहुने परमेश्वर” वा “परमेश्वर जसले मलाई बचाउनुहुन्छ”
“यो किनभने उहाँ”
“वास्तासहित हेर्नुभयो” वा “वास्ता गर्नुभएको छ”
“दरिद्रता ।” मरियमको परिवार धनी थिएन ।
यो वाक्यांशले निम्न कथनमा ध्यान केन्द्रित गराउँछ ।
“अहिले र भविष्यमा”
“सबै पुस्ताहरूमा भएका मानिसहरू”
“परमेश्वर, जो शक्तिशाली हुनुहुन्छ”
यहाँ “नाउँ” ले परमेश्वरको समग्र व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँ”
“परमेश्वरको कृपा”
“एउटा पुस्तादेखि अर्को पुस्तासम्म” वा “हरेक पुस्ता भरी” वा “हरेक समयका मानिसहरूलाई”
यहाँ “उहाँको बाहुली” एक प्रतिस्थापन शब्द हो जसले परमेश्वरको शक्तिको अर्थ दिन्छ । वैकल्पिक अनुवादः “उहाँ धेरै शक्तिलाई हुनुहुन्छ भनेर देखाउनुभएको छ”
“... तिनीहरूलाई तुल्याउनुभएको छ ... हृदयहरूलाई विभिन्न दिशातिर भगाउनु”
यहाँ “हृदयहरू” मानिसहरूका भित्री व्यक्तित्त्वको लागि एक प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “जो तिनीहरूका विचारहरूमा घमण्डी थिए” वा “जो घमण्डी थिए”
सिंहासन राजा बस्ने एउटा कुर्सी हो, र यो उनको अधिकारको एउटा चिन्ह हो । राजालाई उनको सिंहासनबाट निकालियो भने उनीसँग राजाको रूपमा शासन गर्ने अधिकार हुँदैन भन्ने हो । वैकल्पिक अनुवादः “उहाँले राजाहरूका अधिकार खोस्नुभएको छ” वा “उहाँले शासकहरूलाई शासन गर्न रोक्नुभएको छ”
यो शब्द चित्रमा महत्त्वपूर्ण मानिसहरू कम महत्त्वपूर्ण मानिसहरूभन्दा उच्च मानिसहरू हुन् । वैकल्पिक अनुवादः “दरिद्रहरूलाई महत्त्वपूर्ण मानिसहरू बनाउनुभएको छ” वा “अरूले इज्जत नदिएका मानिसहरूलाई इज्जत दिनुभएको छ ।”
“दरिद्रतामा ।” तपाईंले यसलाई लूका १:४८ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
यदि सम्भव छ भने यी दुई विपरीत कार्यहरूको बीचमा भएको भिन्नतालाई अनुवादमा प्रस्ट बनाउनुपर्छ ।
सम्भावित अर्थहरू हुन् १) “भोकाहरूलाई खानलाई असल खानेकुराहरू दिनुभएको छ ।” वा २) “खाँचोमा परेकाहरूलाई असल थोकहरू दिनुभएको छ ।”
इस्राएलको बारेमा भएको जानकारीलाई एकसाथ राख्नलाई यूएसटीले यी पदहरूलाई पदको पुल हुने गरेर पुनः मिलाउँदछ ।
“परमप्रभुले सहायता गर्नुभएको छ ।”
यदि पाठकहरू यसमा इस्राएल भन्ने नाम भएको मानिससँग अलमलिन्छन् भने वैकल्पिक अनुवादः “उहाँको दास, इस्राएल जाति” वा “इस्राएलीहरू, जो उहाँका दासहरू हुन् ।”
परमेश्वरले भुल्न सक्नुहुन्न । जब परमेश्वरले “सम्झनुहुन्छ”, यो एउटा उपमा हो जसको अर्थ हो कि परमेश्वर उहाँको अघिल्लो प्रतिज्ञामा काम गर्नुहुन्छ ।
“उहाँले हाम्रा पूर्खाहरूसँग गर्छु भनी प्रतिज्ञा गर्नुभएजस्तै ।” यो वाक्यांशले अब्राहामलाई गरिएको परमेश्वरको प्रतिज्ञाको बारेमा पृष्ठभूमि जानकारी दिन्छ । वैकल्पिक अनुवादः “किनभने उहाँले हाम्रा पूर्खाहरूसँग उहाँ कृपालु हुनेछु भनी प्रतिज्ञा गर्नुभयो ।”
“अब्राहामका सन्तानहरू”
एलीशिबाले तिनको बच्चा जन्माउँछिन् र जकरियाले तिनीहरूको बच्चाको नाउँ राख्छन् ।
“मरियम तिनको (मरियमको) घरमा फर्किन् ।” वा “मरियम आफ्नै घरमा फर्किन्”
यो शब्दले कथामा अर्को घटनाको सुरूवातलाई अङ्कित गर्दछ ।
“तिनको बालकलाई जन्म दिन”
“एलीशिबाका छिमेकीहरू र नातेदारहरू”
“तिनीप्रति कति दयालु हुनुभएको”
यो वाक्यांशलाई यहाँ कथाको प्रमुख बहावमा रोकावट आएको कुरालाई अङ्कित गर्न प्रयोग गरिएको छ । यहाँ लूका कथाको एउटा नयाँ भाग बताउन थाल्छन् ।
यहाँ “आठौं दिन”ले बच्चाको जन्म भएपछिको समयलाई जनाउँछ, जुन पहिलो दिनबाट गन्ती हुन्छ, जुन ऊ जन्मेको दिन हो । वैकल्पिक अनुवादः “बालकको जीवनको आठौँ दिनमा”
यो प्राय एउटा उत्सव हुन्थ्यो जब एक जनाले बालकको खतना गर्थे र अरूहरू परिवारसँगै उत्सव मनाउनलाई त्यहाँ उपस्थित हुन्थे । वैकल्पिक अनुवादः “तिनीहरू बालकको खतनाको उत्सवको लागि आए”
“तिनीहरू उनको नाम राख्न गइरहेका थिए” वा “तिनीहरूले उनको नाम राख्न चाहे”
“उनका बुबाको नाम”
“त्यो नामद्वारा” वा “उहि नामद्वारा”
यसले ती मानिसहरूलाई जनाउँछ जो खतनाको उत्सवको लागि त्यहाँ थिए ।
“हात हल्लाए ।” कि त जकरिया सुन्न, र साथसाथै बोल्न असमर्थ थिए, वा मानिसहरूले सोचे कि उनले सुन्न सक्दैनन् ।
“बालकका बुबालाई”
“जकरियाले बालकको नाम के राखेको चाहन्थे”
जकरियाले बोल्न नसकको कारण, उनले कसरी “मागे” भनेर बताउन सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “उनलाई तिनीहरूले लेख्ने पाटी दिएको चाहन्छन् भनेर मानिसहरूलाई देखाउन उनले हातले इसारा गरेको हुनुपर्छ”
“जसमाथि केही कुरा लेख्न सकिन्छ”
छक्क परेका वा चकित भएका
यी शब्दहरूको चित्रले उनी अचानक बोल्न सक्षम भए भन्ने कुरालाई जोड दिन्छ ।
यी वाक्यांशहरूलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उनको मुख खोल्नुभयो र उनको जिब्रोको बन्धन टुटाइदिनुभयो”
“जकरिया र एलीशिबाको वरिपरि बस्नेहरू सबै डराएका थिए ।” तिनीहरू किन भयभीत थिए भनेर स्पष्ट रूपमा बताउनु सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “जकरियालाई गर्नुभएको कुराको कारण तिनीहरूका वरिपरि बस्नेहरू सबै परमेश्वरको भयमा थिए”
यहाँ “सबैजना” शब्द सामान्यकरण हो । वैकल्पिक अनुवादः “उनीहरू जो तिनीहरूको वरिपरि बस्थे” वा “त्यो क्षेत्रमा बस्ने धेरैजना”
“यी कुराहरू फैलियो” भन्ने वाक्यांश मानिसहरूले ती बारेमा कुरा गरेको लागि एक अलङ्कार हो । यहाँ भएको कर्म वाच्यको क्रियापदलाई कर्तृ वाच्यको रूपमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यी सबै कुराहरूको बारेमा यहूदियाको सारा पहाडी गाउँभरी मानिसहरूद्वारा कुरा गरियो” वा “यी सबै कुराहरूको बारेमा यहूदियाको पहाडी गाउँभरीका मानिसहरूले कुरा गरे”
“यी कुराहरूका बारेमा सुन्ने सबैले”
घटेका कुराहरूको बारेमा धेरै सोच्नुलाई ती कुराहरू तिनीहरूका हृदयमा सुरक्षितसाथ सञ्चय गरेको जसरी बताइएको छ । वैकल्पिक अनुवादः “यी विषयहरूको बारेमा होशियारीका साथ सोचे” वा “यी घटनाहरूको बारेमा धेरै सोचे”
“हृदयहरू । तिनीहरूले सोधे”
“यी बालक बढेर कस्तो किसिमको ठूलो व्यक्ति हुने होलान् ?” यो प्रश्न ती बालकबारे मानिसहरूले जे सुनेका थिए त्यसको बारेमा तिनीहरूको आश्चर्यलाई प्रकट गर्छ कथन हुन पनि सम्भव छ । वैकल्पिक अनुवादः “ बालक कति ठूलो मानिस हुने होलान् !”
पदावली “परमप्रभुको हात”ले परमप्रभुको शक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमप्रभुको शक्ति उनीसँग थियो” वा “परमप्रभुले उनीभित्र शक्तिशाली ढङगमा काम गरिरहनुभएको थियो”
जकरियाले उनको छोरो यूहन्नालाई के हुनेछ भनेर बताउँछन् ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पवित्र आत्माले उनका बाबु जकरियालाई भर्नुभयो, र जकरियाले अगमवाणी गरे”
यूहन्नाको बुबा
तपाईंको भाषामा प्रत्यक्ष कथनलाई उल्लेख गर्ने स्वाभाविक शैलीबारे विचार गर्नुहोस् । वैकल्पिक अनुवादः “अगमवाणी गरे र भने” वा “र अगमवाणी गरे र उनले यसो भने”
“इस्राएल”ले यहाँ इस्राएलको जातिलाई जनाउँछ । परमेश्वर र इस्राएलको बीचमा भएको सम्बन्धलाई स्पष्ट रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “इस्राएलमाथि शासन गर्नुहुने परमेश्वर” वा “इस्राएलले आराधना गर्ने परमेश्वर”
“परमेश्वरका मानिसहरू”
जनावरको सिङ चाहिँ त्यसको आफ्नै रक्षा गर्नलाई भएको त्यसको शक्तिको प्रतिक हो । यहाँ उठाउनु भनेको अस्तित्वमा ल्याउनु वा काम गर्न समर्थ बनाउनु हो । मसिहको बारेमा यसरी बताइएको छ मानौँ उहाँ एक सिङ हुनुहुन्छ जससँग इस्राएललाई बचाउने शक्ति छ । वैकल्पिक अनुवादः “उहाँले हामीकहाँ हामीलाई बचाउने शक्तिको साथमा कोही व्यक्तिलाई ल्याउनुभएको छ”
यहाँ दाऊदको “घर”ले उनको परिवार, र विशेषगरी उनका सन्तानहरूलाई प्रतिनिधित्व गर्दछ । वैकल्पिक अनुवादः “उहाँको दास दाऊदको परिवारमा” वा “जो उहाँको दास दाऊदको सन्तान हो”
“ठीक जसरी परमेश्वरले बताउनुभयो”
जब परमेश्वर अगमवक्ताहरूद्वारा बोल्नुभयो, तिनीहरूले आफ्नै बोली प्रयोग गरे तापनि तिनीहरूले जे बोलेको परमेश्वरले चाहनुभयो, तिनीहरूलाई त्यहि बोल्न सक्षम तुल्याइए । वैकल्पिक अनुवादः “धेरै लामो समय अगाडि भएका उहाँका पवित्र अगमवक्ताहरूलाई उहाँले बोल्न लगाउनुयो”
भाववाचक नामहरू “मुक्ति”लाई “बचाउनु” वा “उद्धार गर्नु” क्रियापदहरूसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ ... प्राचीन कालदेखि नै ... ।) उहाँले हाम्रा शत्रुहरूबाट हामीलाई बचाउनुहुनेछ”
यी दुई वाक्यांशहरूले मूलभूत रूपमा उही अर्थ दिन्छन् र उनीहरूका शत्रुहरू कति कडासँग उनीहरूको विरूद्धमा छन् भनेर जोड दिनलाई दोहोर्याइएका छन् ।
हात शक्तिको लागि एक प्रतिस्थापन शब्द हो जुन कुनै व्यक्तिले हातले अभ्यास गर्नलाई प्रयोग गर्छ । वैकल्पिक अनुवादः “शक्ति” वा “नियन्त्रण”
“दयालु हुनु” वा “उहाँको दयाबमोजिम गर्नु”
यहाँ “स्मरण गर्नु” को अर्थ प्रतिबद्धता पालन गर्नु वा कुनै कुरा पूरा गर्नु भन्ने हुन्छ ।
यी शब्दहरूले “उहाँको पवित्र करार”लाई जनाउँछन् (पद ७२) ।
“हाम्रो लागि यसलाई सम्भव तुल्याउन”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि उहाँले हामीलाई हाम्रा शत्रुहरूको हातबाट उद्धार गरिसक्नु भएपछि हामी निडर भएर उहाँको सेवा गरौँ”
यहाँ “हात” ले एउटा व्यक्तिले अर्कोमाथि गर्ने नियन्त्रण वा शक्तिलाई जनाउँछ । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हाम्रा शत्रुहरूको नियन्त्रणबाट”
यसले तिनीहरूका शत्रुहरूको डरलाई नै जनाउँदछ । वैकल्पिक अनुवादः “हाम्रा शत्रुहरूसँग नडराइकन”
भाववाचक नामहरू “पवित्रता” र “धार्मिकता”लाई हटाउन यसलाई पुनः व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) हामी पवित्र र धार्मिक तरिकाहरूमा परमेश्वरको सेवा गर्न सकौँ । वैकल्पिक अनुवादः “जे पवित्र र धार्मिक छ सोहि गर्दै” वा २) हामी धर्मी र पवित्र होऔँ । वैकल्पिक अनुवादः “पवित्र र धर्मी भएर”
यो एउटा उपमा हो जसको अर्थ “उहाँको उपस्थितिमा” भन्ने हुन्छ ।
जकरियाले उनको छोरालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्न सुरु गर्न यो पदावली प्रयोग गर्छन् । तपाईंको भाषामा प्रत्यक्ष भनाइको लागि तपाईंसँग समान तरिका हुन सक्छ ।
मानिसहरूले उनी अगमवक्ता हुन् भनी थाहा पाउनेछन् । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले तिमी अगमवक्ता हौ भनी चिन्नेछन् ।”
यी शब्दहरू परमेश्वरको लागि नम्र शब्दहरू हुन् । वैकल्पिक अनुवादः “जसले सर्वोच्चको सेवा गर्छन्” वा “जसले सर्वोच्च परमेश्वरको निम्ति बोल्छन्”
प्रभु आउनभन्दा अगाडि, तिनी जानेछन् र मानिसहरूलाई घोषणा गर्नेछन् कि प्रभु तिनीहरूकहाँ आउनुहुनेछ । तपाईंले यसलाई लुका १:१७ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
कसैको “मुहार अगाडि” एउटा उपमा हुन सक्छ जसले त्यो व्यक्तिको उपस्थितिलाई जनाउँछ । यसलाई कहिलेकाहीँ अनुवादमा हटाइन्छ । वैकल्पिक अनुवादः “प्रभु” तपाईंले यसलाई [लुका १:१७]
यो एउटा अलङ्कार हो जसको अर्थ हो कि यूहन्नाले मानिसहरूलाई प्रभुको सन्देश सुन्न र विश्वास गर्न तयार गर्नेछन् ।
“ज्ञान दिन” भन्ने वाक्यांश शिक्षाको लागि एक अलङ्कार हो । भाववाचक नाउँहरू “मुक्ति” र “क्षमा”लाई “बचाउनु”" र “क्षमा दिनु” क्रियापदहरूसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँका मानिसहरूलाई तिनीहरूका पापहरूको क्षमाद्वारा उद्धारको शिक्षा दिन” वा “उहाँका मानिसहरूलाई तिनीहरूका पापहरू क्षमा गर्नुभएर कसरी परमेश्वरले मानिसहरूलाई बचाउनुहुन्छ भनेर सिकाउन”
यो देखाउन सहयोगी हुन सक्छ कि परमेश्वरको कृपाले मानिसहरूलाई मद्दत गर्दछ । वैकल्पिक अनुवादः “किनभने परमेश्वर हामीप्रति दयालु र कृपालु हुनुहुन्छ ।”
ज्योति धेरैपटक सत्यताको लागि एउटा अलङ्कार हो । यहाँ, मुक्तिदाताले प्रदान गर्नुहुने आत्मिक सत्यता चाहिँ पृथ्वीलाई उज्यालो पार्ने सूर्योदय भए झैँ गरी बताइएको छ ।
ज्योति धेरैपटक सत्यताको लागि एउटा अलङ्कार हो । यहाँ, मुक्तिदाताले प्रदान गर्नुहुने आत्मिक सत्यता चाहिँ पृथ्वीलाई उज्यालो पार्ने सूर्योदय भए झैँ गरी बताइएको छ
“… लाई उहाँले ज्ञान दिनुहुनेछ” वा “… लाई उहाँले आत्मिक प्रकाश दिनुहुनेछ”
यहाँ अन्धकार आत्मिक सत्यताको अनुपस्थितिको लागि एउटा अलङ्कार हो । यहाँ, आत्मिक सत्यताको अभाव भएका मानिसहरू चाहिँ तिनीहरू अन्धकारमा बसिरहेको झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “सत्यता नजान्ने मानिसहरू”
यी दुई वाक्यांशहरूले परमेश्वरले कृपा देखाउनु अघिको तिनीहरूको गहिरो आत्मिक अन्धकारलाई जोड दिन एकसाथ काम गर्दछन् ।
धेरैपटक छाँयाले हुन लागेको केही कुरालाई प्रतिनिधित्व गर्छ । यहाँ, यसले नजिकिँदै गरेको मृत्युलाई जनाउँछ । वैकल्पिक अनुवादः “जो मर्न लागेका छन्”
यहाँ “डोहोर्याउन” भनेको शिक्षाको लागि एउटा अलङ्कार हो, र “शान्तिको मार्ग” चाहिँ परमेश्वरसँग शान्तिमा जिउने कुराको लागि भएको अलङ्कार हो । यहाँ “हाम्रा पाउहरू” एक प्रतिस्थापकीय शब्द हो जसले सम्पूर्ण व्यक्तिलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “परमेश्वरसित कसरी शान्तिमा जिउने भनेर हामीलाई सिकाउन”
यसले यूहन्नाको हुर्किँदाखेरीको वर्षहरूको बारेमा संक्षिप्तमा बताउँछ ।
यो शब्दलाई यहाँ कथाको प्रमुख बहावमा आएको रोकावटलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यूहन्नाको जन्मबाट एक वयस्क व्यक्तिको रूपमा उनको सेवकाइको थालनीमा लूका तुरुन्तै सर्छन् ।
“आत्मिक रूपमा परिपक्व भए” वा “परमेश्वरसँगको उनको सम्बन्धमा बलियो भए”
“उजाड-स्थानमा बस्थे ।” लूकाले यूहन्ना कति उमेरदेखि उजाडस्थानमा बस्न थाले भन्ने कुरा बताउँदैनन् ।
यसले कुनै रोक्ने विन्दुलाई नै अङ्कित गर्छ भन्ने केही जरूरी छैन । यूहन्नाले सार्वजनिक रूपमा प्रचार गर्न थालिसकेपछि पनि उनले मरुभूमिमा बस्न निरन्तरता दिए ।
“जब उनले सार्वजनिक रूपमा प्रचार गर्न थाले”
यसलाई यहाँ “समय” वा “अवसर”को सामान्य बुझाइमा प्रयोग गरिएको छ ।
1 ती दिनहरूमा रोमी साम्राज्यभित्र बस्ने सबै जनाको जनगणना गर्नू भनी कैसर अगस्टसले उर्दी जारी गरे । 2 कुरेनियस सिरियाका हाकिम हुँदाको यो पहिलो जनगणना थियो । 3 त्यसैले, सबै जना आ-आफ्ना गाउँमा जनगणनाका लागि नाउँ दर्ता गर्न गए । 4 योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेममा गए, जुन ठाउँ दाऊदको सहरको नामले चिनिन्थ्यो, किनभने उनी दाऊदको वंशका थिए । 5 उनी मरियमसँगै दर्ता गर्न त्यहाँ गएका थिए, जससँग उनको मगनी भएको थियो र तिनले एउटा बालकको आशा गरेका थिए । 6 तिनीहरू त्यहीँ छँदा मरियमको बालक जन्माउने समय आयो । 7 उनले आफ्नो पहिलो छोरा जन्माइन्, र कपडाले बेह्रिन् अनि जनावरहरूले खाने ठाउँमा राखिन् । किनभने तिनीहरूका निम्ति धर्मशालामा कुनै ठाउँ थिएन । 8 त्यस इलाकाको चौरमा राती आ-आफ्ना भेडाका रखवाली गर्दै गोठालाहरू बसिरहेका थिए । 9 एक्कासि, तिनीहरूकहाँ परमप्रभुका एउटा दूत देखा परे, र तिनीहरूका वरिपरि परमप्रभुको महिमा चम्किरहेको थियो, र तिनीहरू साह्रै भयभीत भए । 10 तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराऊ, किनभने आज म तिमीहरूलाई बडो आनन्दको सुसमाचार घोषणा गर्छु, जसले सबै मानिसहरूलाई ठुलो आनन्द दिनेछ । 11 आज तिमीहरूका निम्ति दाऊदको सहरमा एउटा मुक्तिदाताको जन्म भएको छ । उहाँ ख्रीष्ट प्रभु हुनुहुन्छ । 12 तिमीहरूलाई चिह्नचाहिँ यो दिइएको छ, कि तिमीहरूले बालकलाई कपडाले बेह्रेरेर जनावरहरूलाई खुवाउने डुँडमा सुताइरहेको भेट्टाउनेछौ ।” 13 एक्कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा ठुलो दल देखा पर्यो र तिनीहरूले यसो भन्दै परमेश्वरको प्रंशसा गरे । 14 “सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति ।” 15 जब परमप्रभुका स्वर्गदूतहरू स्वर्ग फर्के, तब गोठालाहरूले एक-अर्कालाई भने, “परमप्रभुबाट हामीलाई प्रकट गरिएको र घटेको यस घटनालाई बताउन बेथलेहेममा जाऊँ र हेरौँ ।” 16 तब तिनीहरू हतार-हतार गर्दै त्यहाँ गए, अनि योसेफ र मरियमलाई भेटे । तिनीहरूले बालकलाई दाना खुवाउने डुँडमा सुताइरहेको देखे । 17 तिनीहरूले यसलाई देखे पछि, बालकको बारेमा बताइएका सबै कुरा मानिसहरूलाई बताए । 18 गोठालाहरूद्वारा भनिएका कुरा सुन्नेहरू जति सबै जना आश्चर्य चकित भए । 19 तर मरियमले सुनेका सबै कुराहरूको बारेमा सोच्दै गरिन् र उनले आफ्नो मनमै राखिन् । 20 तिनीहरूलाई भनेअनुसार सुनेका र देखेका हरेक कुराका निम्ति परमेश्वरलाई महिमा दिँदै र प्रशंसा गर्दै फर्के । 21 जब आठौँ दिन भयो, तब बालकको खतना गर्ने समय भयो । तिनीहरूले उहाँको नाउँ येशू राखे, जुन नाउँ स्वर्गदूतद्वारा उहाँ गर्भधारण हुनुभन्दा अगि दिइएको थियो । 22 मोशाको व्यवस्थाअनुसार तोकिएका शुद्धिकरणका दिनहरू सकिएपछि, योसेफ र मरियमले सानो बालकलाई परमप्रभुको उपस्थितिमा यरूशलेममा ल्याए । 23 परमप्रभुको व्यवस्थामा लेखिएझैँ “पहिलो जन्मेको प्रत्येक पुरुष परमप्रभुमा अर्पण गर्नुपर्थ्यो ।” 24 तिनीहरूले परमप्रभुको व्यवस्थामा भनेअनुसार “एक जोडी ढुकुर र दुईवटा परेवा बलिदान चढाउन लिएर आए ।” 25 हेर, यरूशलेममा एक जना सिमियोन नाउँ गरेका व्यक्ति थिए । उनी धर्मी र ईश्वरभक्त मानिस थिए । उनले इस्राएलका सान्त्वना दाताको प्रतीक्षा गरिराखेका थिए र पवित्र आत्मा उनीमाथि हुनुहुन्थ्यो । 26 पवित्र आत्माद्वारा उनलाई यो प्रकट गराइएको थियो कि परमप्रभुका ख्रीष्टलाई नदेखेसम्म उनको मृत्यु हुनेछैन । 27 एक दिन तिनी मन्दिरमा पवित्र आत्माको अगुवाइमा आए । व्यवस्थाले जे माग गरेको थियो, त्यो पुरा गर्न आमाबुबाद्वारा बालक येशूलाई मन्दिरमा ल्याइयो । 28 त्यसपछि शिमियोनले बालक येशूलाई काखमा लिएर परमेश्वरको प्रशंसा गर्दै भने, 29 “तपाईंको वचनअनुसार, अब हे परमप्रभु, आफ्ना दासलाई शान्तिसँग बिदा दिनुहोस् । 30 किनभने मेरा आँखाले तपाईंको उद्धारलाई देखेका छन्, 31 जुन तपाईंले सबै मानिसहरूको दृष्टिमा तयार गर्नुभएको छ । 32 तपाईंका जन इस्राएलीहरूका महिमा र अन्यजातिहरूलाई प्रकाश दिने ज्योति हुनुहुन्छ ।” 33 बालकका बुबाआमा बालकका विषयमा भनिएका कुरामा अचम्मित भए । 34 त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए र उहाँकी आमा मरियमलाई भने, “होसियारीसँग सुन, यो बालक इस्राएलमा धेरैको उत्थान र पतनका निम्ति र धेरैको विरुद्धमा बोलिने चिह्नको निम्ति नियुक्त गरिएको छ । 35 साथै तरवारले तिम्रो आफ्नै प्राण छेड्नेछ, ताकि धेरैका हृदयका विचारहरू प्रकट होऊन् ।” 36 एक जना हन्ना नामकी अगमवादिनी पनि त्यहाँ थिइन् । उनी आशेर कुलकी फनुएलकी छोरी थिइन् । उनी धेरै वृद्ध भइसकेकी थिइन् । विवाहपछि उनी जम्मा सात वर्ष आफ्ना पतिसँग बसेकी थिइन् । 37 त्यसपछि उनी चौरासी वर्ष विधवा नै रहिन् । उनले मन्दिर कहिल्यै नछोडी निरन्तर दिनरात प्रार्थना र उपवास गर्दै परमेश्वरको आराधना गर्दै रहिन् । 38 त्यही समयमा उनी त्यहाँ आइन् र परमेश्वरलाई धन्यवाद चढाउन थालिन् । यरूशलेमको उद्धार पर्खिरहेका हरेकलाई उनले बालकको बारेमा बताइन् । 39 परमप्रभुको व्यवस्थाले बताएबमोजिम जब तिनीहरूले सबै काम सिद्धयाए, उनीहरू आफ्नै सहर गालीलको नासरतमा फर्के । 40 बालक बुद्धिमा र कदमा बढ्दै जानुभयो, र परमप्रभुको अनुग्रह उहाँमाथि थियो । 41 उहाँका आमाबुबा निस्तार-चाड मनाउनका निम्ति हरेक वर्ष यरूशलेममा जान्थे । 42 जब उहाँ बाह्र वर्षको हुनुहुन्थ्यो, तिनीहरू सधैँझैँ चाड मनाउनका निम्ति फेरि गए । 43 चाडका पुरा दिनहरू त्यहाँ बिताएपछि तिनीहरू आफ्ना घर फर्किन थाले, तर बालक येशू यरूशलेममा नै रहनुभयो जुन कुरा उहाँका बुबाआमालाई थाहा थिएन । 44 तर तिनीहरूले बालक येशू यात्रीहरूकै दलमा हुनुहुन्छ भनी विचार गरे र एक दिनको यात्रा गरी सिद्धायाए । त्यसपछि उनीहरूले उहाँलाई नातेदार र साथीहरूको बिचमा खोज्न थाले । 45 जब उनीहरूले उहाँलाई भेट्टाएनन्, यरूशलेममा फर्केर उहाँलाई खोज्न थाले । 46 तिन दिनपछि, उनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूको बिचमा सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै गरेको भेट्टाए । 47 जतिले उहाँका कुरा सुन्थे, उहाँको समझशक्ति र जवाफमा आश्चर्य चकित हुन्थे । 48 जब उनीहरूले उहाँलाई देखे, तब अचम्मित भए । उहाँकी आमा मरियमले उहाँलाई भनिन् “छोरा, किन तिमीले हामीसँग यस्तो व्यवहार गर्यौ ? सुन ! तिम्रा बुबा र मैले कति चिन्तित हुँदै तिमीलाई खोजिरहेका थियौँ ।” 49 उहाँले उनीहरूलाई भन्नुभयो, “तपाईंहरूले मलाई किन खोजिरहनुभएको ? म मेरा पिताको घरमा हुनुपर्छ भनेर के तपाईंहरूलाई थाहा छैन ?” 50 तर उहाँले उनीहरूलाई के भन्नुभएको थियो भनी उनीहरूले बुझ्न सकेनन् । 51 त्यसपछि उहाँ तिनीहरूसँग आफ्नो घर नासरत फर्कनुभयो र आज्ञाकारी भई रहनुभयो । उहाँकी आमाले यी सबै कुरा मनमै राखिन् । 52 तर येशू बुद्धिमा, कदमा र परमेश्वर अनि मानिसको निगाहमा निरन्तर बढ्दै जानुभयो ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउन कविताको हरेक पङ्क्तिलाई बाँकीको पाठ्यसामग्रीभन्दा दायाँतिर सारेर राख्छन् । यूएलटीले २:१४, २९-३२ मा भएका पङ्क्तिहरूसँग यसो गर्छ ।
यसले येशूको जन्मको समयमा मरियम र योसेफ किन ठाउँ सर्नुपरेको थियो भनेर देखाउनलाई पृष्ठभूमि जानकारी दिन्छ ।
यो शब्दले कथाको नयाँ भागको सुरुवातलाई अङ्कित गर्छ ।
यो वाक्यांशलाई यो कुनै नयाँ विवरणको सुरुवात हो भनेर देखाउनलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा कुनै विवरणको थालनीलाई देखाउने तरिका छ भने, तपाईंले त्यसलाई प्रयोग गर्न सक्नुहुन्छ । केही संस्करणहरूले यो वाक्यांशलाई समावेश गर्दैनन् ।
“राजा अगस्टस” वा “सम्राट अगस्टस ।” अगस्टस रोमी साम्राज्यको पहिलो सम्राट थिए ।
यो हुकुम साम्राज्यभर शायद सन्देशवाहकहरूद्वारा पुर्याइएको थियो । वैकल्पिक अनुवादः “सन्देशवाहकहरूलाई एउटा उर्दी सहित पठाए जसमा उनले ... हुकुम गरे”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले संसारका सबै मानिसलाई दर्ता गरून्” वा “तिनीहरूले संसारमा बस्ने सबै मानिसहरूको गणना गरून् र तिनीहरूका नाम लेखून्”
यहाँ “संसार” शब्दले संसारको केवल त्यस भागलाई मात्र प्रतिनिधित्व गर्छ जसलाई कैसर अगस्टसले शासन गर्थे । वैकल्पिक अनुवादः “साम्राज्य” वा “रोमी संसार”
कुरेनियस सिरियाका शासकको रूपमा नियुक्त गरिएका थिए ।
“सबैजनाले सुरु गरे” वा “सबैजना गइरहेका थिए”
यसले ती सहरहरूलाई जनाउँछ जहाँ मानिसहरूका पूर्वजहरू बस्थे । मानिसहरू चाहिँ भिन्नै सहरमा बसेका हुन सक्छन् । वैकल्पिक अनुवादः “त्यो सहर जहाँ पूर्खाहरू बस्थे”
“खातामा आफ्नो नाम लेख्न लगाउन” वा “आधिकारिक विवरणमा समावेश गरिन”
यूएसटीले यी दुई पदहरूलाई पदको एउटा पुल हुने गरेर पुनः मिलाएर राख्दछ ताकि वाक्यहरूलाई छोटो बनाउन थप सजिलो बनोस् ।
यसले योसेफलाई कथामा एउटा नयाँ सहभागीको रूपमा परिचय गराउँछ ।
“दाऊदको सहर” भन्ने वाक्यांश बेथलेहेमको लागि एउटा नाम थियो जसले बेथलेहेम किन महत्त्वपूर्ण थियो भनेर बताउँछ । हुन त त्यो सानो सहर थियो, राजा दाऊद त्यहीँ जन्मेका थिए र मसिह पनि त्यहीँ नै जन्मनुहुने थियो भनी भविष्यवाणी गरिएको थियो । वैकल्पिक अनुवादः “बेथलेहेममा, राजा दाऊदको सहर” वा “बेथलेहेममा, त्यो सहर जहाँ राजा दाऊद जन्मेका थिए”
“किनकि योसेफ दाऊदका सन्तान थिए”
यसको अर्थ अधिकारीहरूले उनलाई गन्तीमा समावेश गर्न सकून् भनेर तिनीहरूलाई बताउनु भन्ने हो । यदि सम्भव हुन्छ भने आधिकारिक सरकारी गणनाको लागि भएको शब्दलाई प्रयोग गर्नुहोस् ।
मरियमले नासरतबाट योसेफसँगै यात्रा गरिन् । स्त्रीहरूलाई पनि कर तिर्न लगाइन्थ्यो । त्यसैले, मरियमले पनि यात्रा गर्नुपर्यो र दर्ता गर्नुपर्यो ।
“उनको मङ्गेतर” वा “उनलाई प्रतिज्ञा गरिएका व्यक्ति ।” मगनी भएको जोडिलाई वैधानिक रूपमा विवाहित नै ठानिन्थ्यो, तर तिनीहरूका बीचमा शारीरिक घनिष्ठता भएको हुँदैनथ्यो ।
तिनीहरू बसेका ठाउँको बारेमा भएको विस्तृत विवरणलाई एकसाथ राख्नको लागि यूएसटीले यी पदहरूलाई पदको एउटा पुल हुने गरेर पुनः मिलाएर राख्दछ ।
यसले येशूको जन्म र गोठालाहरूलाई स्वर्गदूतहरूद्वारा भएको घोषणाको बारेमा बताउँछ ।
यो वाक्यांशले कथामा अर्को घटनाको सुरुवातलाई अङ्कित गर्छ ।
“मरियम र योसेफ बेथलेहेममा हुँदा”
“तिनको बालक जन्माउने समय आयो”
केही संस्कारहरूमा आमाहरूले तिनीहरूका बच्चाहरूलाई कपडा वा कम्बलले कसिलो गरेर बेह्रेर न्यानो बनाउँछन् । वैकल्पिक अनुवादः “उहाँको वरिपरि कपडालाई कसिलो गरेर बेह्रिन्” वा “उहाँलाई कसिलो गरेर कम्बलमा बेह्रिन्”
यो पशुहरूले खाऊन् भनेर मानिसहरूले कुँडो वा अन्य खानाहरू हाल्ने एउटा बाकस वा संरचना थियो । सम्भवतः यो सफा थियो र यसमा बालकको निम्ति डस्नाको रूपमा काम गर्ने सुख्खा कुँडो र केही नरम कुराहरू थिए । सुरक्षित राख्न र खुवाउनलाई सजिलो होस् भनेर पशुहरूलाई प्रायः घर नजिकै राखिन्थ्यो । मरियम र योसेफ पशुहरू राख्न प्रयोग गरिने कोठामा बसे ।
पाहुना कोठामा तिनीहरूलाई बस्न पुग्ने ठाउँ थिएन ।” धेरै मानिस बेथलेहेममा नाम दर्ता गर्न गएका हुनाले सम्भवतः यसो भएको थियो । लूकाले यसलाई पृष्ठभूमि जानकारीको रूपमा थप्छन् ।
“प्रभुबाट आएका एउटा दूत” वा “प्रभुको सेवा गर्ने एउटा दूत”
“गोठालाहरूकहाँ आए”
चहकिलो ज्योतिको स्रोत प्रभुको महिमा थियो, जुन स्वर्गदूतहरू आएकै समयमा देखा पर्यो ।
“डराउन छोड”
“त्यसले सबै मानिसलाई धेरै खुसी तुल्याउनेछ”
केहीले यसले यहूदीहरूलाई जनाउँछ भनी बुझ्छन् । अरूहरूले यसले सबै मानिसलाई जनाउँछ भनी बुझ्छन् ।
यसले बेथलेहेमलाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई यो चिन्ह दिनुहुनेछ” वा “तिमीहरूले परमेश्वरबाट यो चिन्ह देख्नेछौ”
“प्रमाण ।” यो कि त स्वर्गदूतले भनिरहेका कुरा सत्य हो भनी प्रमाणित गर्ने एउटा चिन्ह हुन सक्छ, कि त गोठालाहरूलाई बालक पहिचान गर्नलाई सहायता पुर्याउने एउटा चिन्ह हुन सक्छ ।
त्यो संस्कृतिमा आमाहरूले तिनीहरूका बच्चाहरूलाई सुरक्षा दिने र हेरविचार गर्ने यो सामान्य तरिका थियो । तपाईंले यसलाई [लूका २:७]
यो कुनै प्रकारको बाकस वा संरचना थियो जसमा मानिसहरूले केही परालहरू वा पशुहरूलाई खानको लागि अन्य खानेकुराहरू राख्थे । तपाईंले यसलाई लूका २:७ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
यहाँ “स्वर्गीय दल” शब्दले वास्तविक सेनालाई जनाउन पनि सक्छ वा स्वर्गदूतहरूको एउटा सङ्गठित समूहको लागि एउटा अलङ्कार पनि हुन सक्छ । वैकल्पिक अनुवादः “स्वर्गबाट स्वर्गदूतहरूको एउटा ठूलो समूह”
“परमेश्वरलाई प्रशंसा दिँदै”
सम्भावित अर्थहरू हुन् १) “सर्वोच्चमा हुनुभएका परमेश्वरलाई सम्मान देओ” वा २) “परमेश्वरलाई सबैभन्दा उच्च सम्मान देओ ।”
“परमेश्वर प्रसन्न हुनुभएको पृथ्वीका मानिसहरूसँग शान्ति होस्”
यो वाक्यांशलाई स्वर्गदूतहरूले छोडेपछि गोठालाहरूले के गरे भन्ने कुरामा कथामा आएको बदलावलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ ।
“गोठालाहरूबाट”
“एक आपसमा”
गोठालाहरूले आपसमा कुरा गरिरहेका हुनाले बोल्नेलाई पनि समेट्ने गरी “हामीलाई” भन्ने शब्दको प्रयोग गर्नुपर्छ ।
“हामी ... पर्छ”
यसले बालकको जन्मलाई जनाउँछ, र स्वर्गदूतहरू देखा परेको कुरालाई होइन ।
यो कुनै प्रकारको बाकस वा संरचना थियो जसमा मानिसहरूले केही परालहरू वा पशुहरूलाई खानको लागि अन्य खानेकुराहरू राख्थे । तपाईंले यसलाई लूका २:७ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “स्वर्गदूहरूले गोठालाहरूलाई जे भनेका थिए”
“ती बालक”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “गोठालाहरूले तिनीहरूलाई जे भने”"
कसैले “मनमा गुन्नु” भनेको केही कुरा धेरै मूल्यवान् वा बहुमूल्य छ भनेर सोच्नु हो । मरियमले आफ्ना छोराको बारेमा भनिएका कुराहरूलाई मूल्यवान् सम्झिन् । वैकल्पिक अनुवादः “तिनलाई होसियारीपूर्वक याद गर्दै” वा “तिनलाई आनन्दसाथ सम्झँदै”
“गोठालाहरू भेडाहरू भएकोतिर नै फिर्ता गए”
यिनीहरू धेरै समान छन् र परमेश्वरले के गर्नुभएको थियो भन्ने बारेमा तिनीहरू कति उत्साहित थिए भनेर जोड दिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरको महान्ताको बारेमा कुरा गर्दै र प्रशंसा गर्दै”
परमेश्वरले यहूदी विश्वासीहरूलाई दिनुभएको आज्ञाहरूले छोरा बालकको कहिले खतना गर्ने र बाबुआमाले के बलिदानहरू ल्याउनु पर्ने भनेर तिनीहरूलाई बतायो ।
यो वाक्यांशले यस नयाँ घटना अगाडिको समय बितेको कुरालाई जनाउँछ ।
“उहाँको जीवनको आठौँ दिनको अन्त्य ।” उहाँ जन्मिनुभएको दिनलाई पहिलो दिनको रूपमा गनियो ।
योसेफ र मरियमले उहाँलाई उहाँको नाउँ दिए ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन नामले स्वर्गदूतले उहाँलाई बोलाएका थिए”
यो वाक्यांशले यस नयाँ घटना अगाडिको समय बितेको कुरालाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले आवश्यक ठान्नुभएका दिनहरूको सङ्ख्या”
“तिनीहरू विधिपूर्वक रीतिले शुद्ध हुनको निमित्त ।” तपाईंले परमेश्वरको भूमिकालाई पनि उल्लेख गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई पुनः शुद्ध ठान्नुहुनको लागि”
“उहाँलाई परमप्रभुकहाँ ल्याउन” वा “उहाँलाई परमप्रभुको उपस्थितिमा ल्याउन ।” यो परमेश्वरले पहिलो पुरुष बालकमाथि गर्नुभएको दाबीलाई स्वीकार गर्ने एउटा उत्सव थियो ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मोशाले लेखेको झैँ” वा “तिनीहरूले मोशाले लेखेको हुनाले यसो गरे”
“गर्भ खोल्छ” भनेको गर्भबाट जन्मने पहिलो बालकको निम्ति प्रयोग गरिने एउटा उपमा हो । यो दुवै जनावरहरू र मानिसहरूमा लागु हुन्थ्यो । वैकल्पिक अनुवादः “पहिलो जन्मेको हरेक सन्तान जो पुरुष हो” वा “हरेक पहिलो जन्मेको छोरा”
“त्यो जुन परमप्रभुको व्यवस्थाले पनि भन्छ ।” यो व्यवस्थामा भएको एउटा भिन्न स्थान हो । यसले सबै पुरुषहरूलाई जनाउँछ, चाहे ती पहिला जन्मेका होऊन वा नहोऊन् ।
जब मरियम र योसेफ मन्दिरमा हुन्छन्, तिनीहरूले दुईजना मानिसहरूलाई भेट्छन्ः शिमियोन, जसले परमेश्वरको प्रशंसा गर्छन् र बालकको बारेमा एउटा अगमवाणी दिन्छन्, अनि अगमवादिनी हन्ना ।
“हेर” शब्दले हामीलाई कथामा एउटा नयाँ व्यक्तिको विषयमा सचेत बनाउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ ।
यी भाववाचक शब्दहरूलाई कार्यहरूको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे ठीक थियो सो गरे र परमेश्वरको भय माने” वा “परमेश्वरका व्यवस्थाहरूको पालना गरे र परमेश्वरको भय माने”
“इस्राएल” शब्द इस्राएलका मानिसहरूका लागि एउटा प्रतिस्थापन शब्द हो । “सहानुभूति दिनु” भनेको तिनीहरूलाई सान्तवना, वा “सहानुभूति” प्रदान गर्नु हो । “इस्राएलको सान्तवना” शब्दहरू इस्राएलका मानिसहरूलाई सान्तवना वा सहानुभूति ल्याउनुहुने ख्रीष्ट वा मसिहको लागि एउटा प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “उहाँ जसले इस्राएलका मानिसहरूलाई सान्तवना दिनुहुने थियो”
“पवित्र आत्मा उनीसँग हुनुहुन्थ्यो ।” परमेश्वर उनीसँग विशेष प्रकारले हुनुहुन्थ्यो, र उनलाई उनको जीवनमा बुद्धि र मार्गनिर्देशन दिनुभयो ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पवित्र आत्माले उनलाई देखाउनुभएको थियो” वा “पवित्र आत्माले उनलाई बताउनुभएको थियो”
“उनी मर्नभन्दा अगाडि उनले परमप्रभुको ख्रीष्टलाई देख्नेछन्”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसरी पवित्र आत्माले उनलाई डोहोर्याउनुभयो”
केही भाषाहरूले “गए” भन्न सक्छन् ।
“मन्दिरको प्राङ्गनमा ।” केवल पूरोहितहरू मात्र मन्दिर भवनमा प्रवेश गर्न सक्थे ।
“येशूका आमाबुबा”
“परमेश्वरले व्यवस्थाले जे माग गरेको थियो”
“शिमियोनले बालक येशूलाई आफ्नो अङ्गालोमा राखे” वा “शिमियोनले येशूलाई उनको अङ्गालोमा च्यापे”
“म तपाईंका दास हुँ । मलाई शान्तिसित जान दिनुहोस् ।” यहाँ शिमियोनले आफैँलाई सम्बोधन गरिरहेका थिए ।
यो “मर्नु” को निम्ति प्रयोय गरिने आदरार्थी टुक्का हो ।
यहाँ “वचन” चाहिँ “प्रतिज्ञा”को लागि एउटा प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “जसरी तपाईंले प्रतिज्ञा गर्नुभएको छ”
यो अभिव्यक्तिको अर्थ हुन्छ, “मैले व्यक्तिगत रीतिले देखेको छु” वा “म, आफैँले, देखेको छु”
यो अभिव्यक्तिले त्यो व्यक्तिलाई जनाउँछ जसले उद्धार ल्याउने थियो-बालक येशू-जसलाई शिमियोनले पक्रिरहेका थिए । वैकल्पिक अनुवादः “उद्धारकर्ता जसलाई तपाईंले पठाउनुभयो” वा “एकजना जसलाई तपाईंले ... बचाउनलाई पठाउनुभएको छ”
तपाईंले अघिल्लो वाक्यांशलाई कसरी अनुवाद गर्नुहुन्छ भन्ने कुरामा भर पर्दै, यसलाई “जसलाई तपाईं” मा बदल्नु पर्ने हुन सक्छ ।
“योजना बनाउनुभएको छ” वा “हुन लगाउनुभएको छ”
यो अलङ्कारको अर्थ हुन्छ कि बालकले मानिसहरूलाई परमेश्वरको इच्छा बुझ्नलाई सहयता गर्नुहुनेछ । अन्यजातिहरूले परमेश्वरको इच्छालाई बुझ्ने कुरालाई यसरी बताइएको छ मानौँ त्यो भनेको मानिसहरूले कुनै भौतिक वस्तुलाई देख्नलाई भौतिक ज्योतिको प्रयोग गरेको हो । अन्यजातिहरूले के कुरालाई देख्नेछन् भन्ने कुरालाई तपाईंले स्पष्ट बनाउनुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “यो बालकले अन्यजातिहरूलाई परमेश्वरको इच्छा बुझ्नलाई सक्षम बनाउनुहुनेछ जसरी ज्योतिले मानिसहरूलाई स्पष्टसँग देख्न दिन्छ”
के प्रकाश पारिनुपर्ने हो भन्ने कुरालाई उल्लेख गर्न आवश्यक हुन सक्छ । वैकल्पिक अनुवादः “जसले परमेश्वरको सत्यतालाई प्रकट गर्नुहुनेछ”
“तपाईंका मानिसहरू इस्राएलप्रति महिमा ल्याउनको लागि उहाँ कारण हुनुहुनेछ”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “शिमियोनले उहाँको बारेमा भनेका कुराहरू”
“बालककी आमा, मरियमलाई भने ।” यो कुरा पक्का गर्नुहोस् कि मरियम शिमियोनकी आमा हुन् भनेर नसुनियोस् ।
शिमियोनले बताउन लागेको कुरा मरियमको लागि अत्यन्तै महत्त्वपूर्ण छ भनेर उनलाई भन्नलाई तिनले यो अभिव्यक्ति प्रयोग गरे ।
यस अलङ्कारमा परमेश्वरबाट तर्केर टाढा जाने र अझ नजिक जाने कुरालाई “उत्थान” र “पतन” को रूपमा व्यक्त गरिएको छ । वैकल्पिक अनुवादः “यो बालकले इस्राएलका धेरै मानिसहरूलाई परमेश्वरबाट तर्केर टाढा जान लगाउने वा परमेश्वरको अझ नजिक ल्याउने बनाउनेछ”
यहाँ “हृदयहरू” भनेको मानिसहरूको भित्री व्यक्तित्वको लागि एउटा प्रतिस्थापन शब्द हो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले धेरै मानिसहरूका विचारहरू प्रकट गर्नुहुनेछ” वा “धेरै मानिसहरूले गोप्य रूपमा सोच्ने कुरालाई उहाँले प्रकट गर्नुहुनेछ”
यसले कथामा एउटा नयाँ सहभागीलाई परिचय गराउँछ ।
यो एउटा मानिसको नाउँ हो ।
“७ वर्ष”
“तिनले उनलाई विवाह गरेपछि”
सम्भावित अर्थहरू हुन् १) तिनी ८४ वर्षसम्म विधवा भइबसेकी थिइन् वा २) तिनी एक विधवा थिइन् र अब ८४ वर्ष पुगेकी थिइन् ।
यो सम्भवतः अतिरञ्जित गरिएको अभिव्यक्ति हुन सक्छ । तिनले मन्दिरमा यति धेरै समय बिताउँथिन् कि तिनले कहिल्यै मन्दिर नै नछोडेको जस्तो देखिन्थ्यो । वैकल्पिक अनुवादः “सदैव मन्दिरमा नै रहन्थिन्” वा “प्रायः मन्दिरमा नै हुन्थिन्”
“धेरै अवसरहरूमा खानाबाट बञ्चित भएर र धेरै प्रार्थनाहरू चढाएर”
“तिनीहरूको छेउमा गए” वा “मरियम र योसेफकहाँ गए”
यहाँ “उद्धार” शब्द त्यो काम गर्ने व्यक्तिलाई जनाउन प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “उहाँ जसले यरूशलेमलाई उद्धार गर्नुहुने थियो” वा “ती व्यक्ति जसले परमेश्वरका आशिष्हरू र कृपालाई यरूशलेममा फिर्ता ल्याउनुहुने थियो”
मरियम, योसेफ, र येशूले बेथलेहेमको सहरलाई छोड्नुहुन्छ र उहाँको बाल्यकालको लागि नासरतको सहरमा फर्किनुहुन्छ ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे परमप्रभुको व्यवस्थाले तिनीहरूले गरेको खोजेको थियो”
यो वाक्यांशको अर्थ हो कि तिनीहरू नासरतमा बस्थे । यो निश्चय गर्नुहोस् कि नासरतको सहर तिनीहरूको स्वामित्वमा थियो भनेको जस्तो यो नसुनियोस् । वैकल्पिक अनुवादः “नासरतको सहर, जहाँ तिनीहरू बस्थे”
“अझ बुद्धिमानी हुँदै” वा “बुद्धिमान् कुराहरू सिक्दै”
“परमेश्वरले उहाँलाई आशिष् दिनुभयो” वा “परमेश्वर उहाँसँग एउटा विशेष तवरले हुनुहुन्थ्यो”
जब येशू १२ वर्षको हुनुभयो, उहाँ यरूशलेममा उहाँको परिवारसँगै जानुहुन्छ । उहाँ त्यहाँ हुनुभएको बेलामा, उहाँले प्रश्नहरू सोध्नुहुन्छ र मन्दिरका शिक्षकहरूको प्रश्नहरूको उत्तर दिनुहुन्छ ।
यो पृष्ठभूमि जानकारी हो ।
“येशूका आमाबुबा”
यरूशलेम इस्राएलको अन्य कुनै पनि ठाउँभन्दा बढी उचाइमा थियो, त्यसैले इस्राएलीहरूले यरूशलेममा माथि जाने भनेर भन्नु सामान्य कुरा थियो ।
“सामान्य समयमा” वा “जस्तो तिनीहरूले हरेक वर्ष गर्थे”
यो निस्तार चाडको लागि अर्को नाम थियो, किनकि यसमा रीति बमोजिमको खाना खाने कुरा समावेश थियो ।
“जब चाड मनाउने सबै दिनहरू सिद्धिए” वा “तोकिएका दिनहरूसम्म चाड मनाएपछि”
“तिनीहरूले सोचे”
“तिनीहरूले एक दिन यात्रा गरे” वा “तिनीहरू मानिसहरूले एक दिनमा हिँड्न सक्ने जति टाढा गए”
यहाँ यो वाक्यांशलाई कथामा एउटा महत्त्वपूर्ण घटनालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्नलाई कुनै तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्नुहुन्छ ।
यसले मन्दिर वरिपरि भएको प्राङ्गनलाई जनाउँछ । केवल पूरोहितहरूलाई मात्र भित्र प्रवेश गर्न अनुमति थियो । वैकल्पिक अनुवादः “मन्दिरको चोकभित्र” वा “मन्दिरभित्र”
यसको तात्पर्य ठीक केन्द्र होइन । बरु, यसको अर्थ “माझ” वा “सँगै” वा “बाट घेरिएर” भन्ने हुन्छ ।
“धार्मिक शिक्षकहरू” वा “मानिसहरूलाई परमेश्वरको बारेमा सिकाउनेहरू”
तिनीहरूले बुझ्न सकेनन् कि कसरी एउटा बाह्र वर्षको केटोले कुनै धार्मिक शिक्षा बिना त्यति राम्ररी जवाफ दिन सक्छ ।
“उहाँले यति धेरै बुझ्नुभएकोमा” वा “उहाँले परमेश्वरको बारेमा यति धेरै बुझ्नुभएकोमा”
“उहाँले तिनीहरूलाई यति राम्रो जवाफ दिनुभएकोमा” वा “उहाँले तिनीहरूका प्रश्नहरूको त्यति राम्रो जवाफ दिनुभएकोमा”
“जब मरियम र योसेफले येशूलाई भेट्टाए”
यो अप्रत्यक्ष हप्की थियो किनभने उहाँ तिनीहरूसँग फर्केर घर जानुभएको थिएन । यसले तिनीहरूलाई उहाँको बारेमा चिन्ता गर्ने बनायो । वैकल्पिक अनुवादः “तिमीले हामीलाई यसो गर्नुहुने थिएन !”
यो शब्दलाई धेरैपटक कुनै नयाँ वा महत्त्वपूर्ण घटनाको सुरुवातलाई देखाउन प्रयोग गरिएको छ । यसलाई काम कहाँ सुरु हुन्छ भनेर देखाउनलाई पनि प्रयोग गर्न सकिन्छ । यदि तपाईंको भाषामा यस किसिमले प्रयोग हुने कुनै वाक्यांश छ भने, त्यसलाई यहाँ प्रयोग गर्न स्वभाविक हुन्छ वा हुँदैन भनेर विचार गर्नुहोस् ।
येशूले उहाँका बाबुआमालाई हल्का तवरले हप्काउन, र उहाँसँग उहाँको स्वर्गीय पिताबाटको तिनीहरूले बुझ्न नसकेका एउटा उद्देश्य छ भनेर बताउन सुरु गर्नलाई दुई प्रश्नहरूको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तपाईंहरूले मेरो बारेमा चिन्ता गर्न जरुरी थिएन”
उहाँको बाबुआमालाई त्यस उद्देश्यको बारेमा थाहा हुनुपर्थ्यो जसको लागि उहाँको पिताले उहाँलाई पठाउनुभयो भनेर भन्न प्रयास गर्नलाई येशूले यो दोस्रो प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तपाईंहरूले थाहा पाउनुपर्थ्यो ... काम ... ”
सम्भावित अर्थहरू हुन् १) येशूले उहाँको पिताले उहाँलाई दिनुभएको काम गरिरहनुभएको थियो भनेर सङ्केत गर्नलाई उहाँले यी शब्दहरूको अक्षरशः अर्थ दिन खोज्नुभयो, वा २) यी शब्दहरू एउटा उपमा हुन् जसले येशू त्यहाँ हुनुहुन्थ्यो भनेर सङ्केत गर्छन् जुन हो, “मेरा पिताको घरमा ।” तर किनकि अर्को पदले उहाँले उहाँका बाबुआमालाई भनिरहनुभएको कुरा तिनीहरूले बुझेनन् भनेर बताउँछ, यसलाई थप व्याख्या नगर्नु नै उत्तम हुन्छ ।
१२ को हुनुहुँदा, येशू, परमेश्वरको पुत्रले बुझ्नुभयो कि परमेश्वर उहाँको साँचो पिता हुनुहुन्थ्यो
“येशू मरियम र योसेफसँगै घर जानुभयो”
“तिनीहरूको आज्ञापालन गर्नुभयो” वा “सदैव तिनीहरूको आज्ञापालन गरिरहनुभयो”
यहाँ “हृदय” भनेको व्यक्तिको मन वा भित्री व्यक्तित्वको लागि एउटा प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “यी सबै कुरा होसियारीपूर्वक सम्झिन्”
“अझै बुद्धिमान् र बलियो हुनुभयो ।” यसले बौद्धिक र शारीरिक वृद्धिलाई जनाउँछ ।
यसले आत्मिक र सामाजिक वृद्धिलाई जनाउँछ । यिनीहरूलाई अलग-अलग उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले धेरैभन्दा धेरै आशिष् दिनुभयो र मानिसहरूले उहाँलाई धेरैभन्दा धेरै मन पराए ।”
1 कैसर तिबेरियसको पन्ध्रौँ वर्षमा, जति बेला पन्तियस पिलातस यहूदियाका शासक थिए, हेरोद गालीलका शासक र उनका भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए । लुसानियास अबिलेनेका शासक थिए । 2 हन्नास र कैयाफा प्रधान पुजारी भएको समयमा, जकरियाका छोरा यूहन्नाकहाँ उजाड-स्थानमा परमेश्वरको वचन आयो । 3 उनले पाप क्षमाका निम्ति बप्तिस्माको प्रचार गर्दै यर्दन नदी वरपरिका क्षेत्रहरूमा प्रचार गर्दै हिँडे । 4 जसरी यशैया अगमवक्ताको पुस्तकमा लेखिएको छ, “उजाड-स्थानमा कसैको आवाजले बोलाइरहेको छ, प्रभुको मार्ग तयार पार, उहाँका मार्गहरू सोझो बनाऊ । 5 हरेक उपत्यका बनाइनेछ, हरेक पहाड र डाँडाहरू समतल पारिनेछ, बाङ्गा बाटाहरू सोझो हुन आउनेछन् र नराम्रा बाटोहरू राम्रा बनाइनेछन् । 6 सबै मानिसहरूले परमेश्वरको उद्धारलाई देख्नेछन् ।” 7 यसकारण, यूहन्नाले उनीकहाँ बप्तिस्मा लिन आइरहेको ठुलो भिडलाई भने, “हे विषालु सर्पका सन्तान हो, कसले तिमीहरूलाई परमेश्वरको आउँदै गरेको क्रोधबाट भाग्नलाई चेताउनी दियो ? 8 पश्चात्ताप योग्यको फल फलाओ र आफ्नो मनमा हाम्रा पिता त अब्राहाम हुन् भन्न छोड, किनभने परमेश्वरले यी चट्टानहरूबाट पनि अब्राहामको निम्ति सन्तान खडा गर्न सक्नुहुन्छ । 9 रुखहरूको जरामा बन्चरो परिसकेको छ । त्यसैले, असल फल नफलाउने हरेक रुख काटिनेछ र आगोमा फालिनेछ ।” 10 तब भिडबाट मानिसहरूले यसो भन्दै सोधे, “त्यसो भए हामीले के गर्ने त ?” 11 उनले तिनीहरूलाई जवाफ दिए, “दुई जोर दौरा हुनेले नहुनेलाई दिओस् । त्यसै गरी, जससँग खानेकुरा छ, त्यसले नहुनेलाई दिओस् ।” 12 त्यसपछि केही कर उठाउनेहरू पनि उनीकहाँ बप्तिस्मा लिन आए र भने, “गुरु, हामीले के गर्ने नि ?” 13 उनले तिनीहरूलाई जवाफ दिए, “तिमीहरूले उठाउनुपर्ने भन्दा बढी पैसा नउठाउनू ।” 14 केही सिपाहीहरू पनि आएर सोधे, “हाम्रो बारेमा नि ? हामीले के गर्ने ?” उनले तिनीहरूलाई भने, “तिमीहरूले अरूहरूबाट जबरजस्ती पैसा नलेओ र कसैलाई पनि झुटो दोष नलगाओ, तर आफ्ना तलबमा नै सन्तुष्ट होओ ।” 15 तब मानिसहरूले ख्रीष्ट आउनुहुन्छ भनेर उत्सुकतासाथ प्रतीक्षा गरिरहेका थिए, कतै यूहन्ना नै पो ख्रीष्ट हुन् कि भनेर हरेकको मनमा दोधार भइरहेको थियो । 16 यूहन्नाले तिनीहरू सबैलाई जवाफ दिए, “म तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु, तर मभन्दा अर्का शक्तिशाली व्यक्ति आउनुहुन्छ, जसको जुत्ताको फित्ता फुकाल्न पनि म योग्यको छैनँ । उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ । 17 उहाँको खला सफा गर्न र अन्नलाई भण्डारमा जम्मा गर्नलाई उहाँको हातमा निफन्ने नाङ्लो छ । तर उहाँले भुसलाई चाहिँ कहिल्यै ननिभ्ने आगोमा जलाउनुहुनेछ । 18 उहाँले मानिसहरूलाई अझ धेरै उत्साह दिँदै सुसमाचार प्रचार गर्नुभयो । 19 यूहन्नाले हेरोदलाई उनका भाइकी पत्नी हेरोदियासलाई विवाह गरेको साथै उनले गरेको अन्य खराबीहरूका निम्ति पनि हप्काए । 20 तर हेरोदले अझ बढी दुष्ट काम गरे । किनभने उनले यूहन्नालाई जेलमा हालेका थिए । 21 यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिँदै गर्दा, येशूलाई पनि बप्तिस्मा दिइयो । जब उहाँले प्रार्थना गर्दै हुनुहुन्थ्यो, तब स्वर्ग खुल्यो । 22 पवित्र आत्मा उहाँमाथि ढुकुरजस्तै ओर्लनुभयो । त्यसै बेला स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ, म तिमीसँग प्रसन्न छु ।” 23 येशूले आफैँ सिकाउन सुरु गर्नुहुँदा उहाँ तिस वर्षको हुनुहुन्थ्यो । उहाँ योसेफका छोरा (जस्तो सोचिएको थियो) हुनुहुन्थ्यो, योसेफ एलीका छोरा थिए । 24 मत्तातका छोरा एली, लेवीका छोरा मत्तात, मल्कीका छोरा लेवी, यान्नाका छोरा मल्की, योसेफका छोरा यान्ना, 25 मत्ताथियासका छोरा योसेफ, आमोसका छोरा मत्ताथियास, नहूमका छोरा आमोस, इसलीका छोरा नहूम र इसली नग्गैका छोरा थिए, 26 माथका छोरा नग्गै, मत्ताथियासका छोरा, माथ मत्ताथियासका छोरा, सेमैनका छोरा मत्ताथियास, योसेखका छोरा सेमैन, योदाका छोरा योसेख थिए, 27 योआनानका छोरा योदा, रेसाका छोरा योआनान, यरुबाबेलका छोरा रेसा, शालतिएलका छोरा यरुबाबेल, नेरीका छोरा शालतिएल, 28 मल्कीका छोरा नेरी, अद्दीका छोरा मल्की, कोसामका छोरा अद्दी, एलमादमका छोरा कोसाम, एर्का छोरा एलमादम थिए, 29 यहोशूका छोरा एर्, एलिएजरका यहोशू, योरीमका छोरा एलिएजर, मत्तातका छोरा योरीम, लेवीका छोरा मत्तात थिए, 30 शिमियोनका छोरा लेवी, यहूदाका छोरा शिमियोन, योसेफका छोरा यहूदा, योनानका छोरा योसेफ, एल्याकीमका छोरा योनान, 31 मलेआका छोरा एल्याकीम, मिन्नाका छोरा मलेआ, मत्ताथाका छोरा मिन्ना, नातानका छोरा मत्ताथा, दाऊदका छोरा नातान, 32 यिशैका छोरा दाऊद, ओबेदका छोरा यिशै, बोअजका छोरा ओबेद, सल्मोनका छोरा बोअज, नहशोनका छोरा सल्मोन, 33 अम्मीनादाबका छोरा नहशोन, आरामका छोरा अम्मीनादाब, हेस्रोनका छोरा आराम, फारेसका छोरा हेस्रोन, यहूदाका छोरा फारेस, 34 याकूबका छोरा यहूदा, इसहाकका छोरा याकूब, अब्राहामका छोरा इसहाक, तेरहका छोरा अब्राहाम, नाहोरका छोरा तेरह, 35 सरूगका छोरा नाहोर रऊका छोरा सरूग, पेलेगका छोरा रऊ, एबेरका छोरा पेलेग, शेलहका छोरा एबेर, 36 केनानका छोरा शेलह, अर्पक्षदका छोरा केनान, शेमका छोरा अर्पक्षद, नोआका छोरा शेम, लेमेखका छोरा नोआ, 37 मतूशेलहका छोरा लेमेख, हनोकका छोरा मतूशेलह, येरेदका छोरा हनोक, महलालेलका छोरा येरेद, केनानका छोरा महलालेल, 38 एनोशका छोरा केनान, शेतका छोरा एनोश, आदमका छोरा शेत आदम परमेश्वरका छोरा थिए ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउन कविताको हरेक पङ्क्तिलाई बाँकीको पाठ्यसामग्रीभन्दा दायाँतिर सारेर राख्छन् । यूएलटीले ३:४-६ मा भएको कवितासँग यसो गर्छ, जुन पुरानो करारबाटको शब्दहरू हुन् ।
सिपाहीहरू र कर उठाउनेहरूलाई यस अध्यायमा भएका यूहन्नाका निर्देशनहरू जटिल छैनन् । तिनीहरू ती कुराहरू हुन् जुन तिनीहरूलाई त्यसै थाहा हुनुपर्ने हो । उनले तिनीहरूलाई धर्मी तवरले जिउनलाई निर्देशन दिए । अनि लूका ३:१२-१५)
वंशावली एउटा सूची हो जसले एउटा व्यक्तिको पूर्खाहरू वा सन्तानहरूको अभिलेख राख्छ । यस्ता सूचीहरू कसको राजा हुने हक थियो भनेर निर्धारण गर्नलाई धेरै महत्त्वपूर्ण हुन्थे, किनभने राजाको अधिकार सामान्यतया उनीभन्दा मुनि सर्थ्यो वा उनका बाबुबाट उत्तराधिकारको रूपमा प्राप्त गरिएको हुन्थ्यो । अरू महत्त्वपूर्ण मानिसहरूको पनि अभिलिखित वंशावली हुने कुरा सामान्य कुरा थियो ।
अगमवाणीले धेरैपटक त्यसको अर्थ व्यक्त गर्नलाई रूपकहरूको प्रयोगलाई समावेश गर्छ । अगमवाणीको उचित उल्थाको लागि विभिन्न भेद छुट्ट्याउने आत्मिक समझदारीको आवश्यकता हुन्छ । यशैयाको अगमवाणी एउटा विस्तारित रूपक हो जसले बप्तिस्मा दिने यूहन्नाको सेवकाइलाई वर्णन गर्छ अनि
यो घटनाले अलमल ल्याउन सक्छ किनभने लेखकले बताउँछन् कि यूहन्ना कैदमा हालिएका थिए र त्यसपछि उनले भन्छन् कि उनले मानिसहरूलाई बप्तिस्मा दिइरहेका थिए । लेखकले सम्भवतः यो वाक्यांश यूहन्नालाई हेरोदले झ्यालखानामा हाल्नेछन् भन्ने आशामा प्रयोग गर्छन् । यसको अर्थ हुन जान्छ कि यो कथा वर्णनको समयमा यो भनाइ अझै पनि भविष्यमा नै छ ।
येशूको नातेदार भाइ यूहन्नाले उनको सेवकाइको थालनी गर्दा के भइरहेको छ भनेर बताउनलाई यी पदहरूले पृष्ठभूमि जानकारी दिन्छन् ।
जसरी यशैया अगमवक्ताले पहिल्यै भविष्यवाणी गरेका थिए, यूहन्नाले मानिसहरूलाई सुसन्देश प्रचार गर्न सुरु गर्छन् ।
यी मानिसहरूका नामहरू हुन् ।
यी प्रदेशहरूका नाम हुन् ।
“यी दुवैले सँगसँगै प्रधान पूजाहारीको रूपमा सेवा गरिरहेका बेलामा ।” हन्नास प्रमुख पूजाहारी थिए, र रोमीहरूले उनको ज्वाइँ, कैयाफालाई उनको ठाउँमा प्रमुख पूजाहारी हुनलाई नियुक्त गरिसकेपछि पनि यहूदीहरूले उनलाई त्यसरी नै पहिचान गर्न निरन्तरता दिए ।
लेखकले परमेश्वरको सन्देशको विषयमा यसरी बताउँछन् मानौँ त्यो कुनै व्यक्ति हो जुन त्यसलाई सुन्नेहरूतर्फ सर्थ्यो । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँको सन्देश बोल्नुभयो”
“बप्तिस्मा” र “पश्चात्ताप” जस्ता शब्दहरूलाई कार्यहरूको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले तिनीहरूका पापको निम्ति पश्चात्ताप गरिरहेका छन् भन्ने देखाउन मानिसहरूलाई बप्तिस्मा दिइनुपर्छ भनी उनले प्रचार गरे”
तिनीहरूले पश्चात्ताप गर्ने थिए ताकि परमेश्वरले तिनीहरूका पापहरूलाई क्षमा दिनुभएको होस् । “क्षमा” शब्दलाई एउटा कार्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि तिनीहरूका पाप क्षमा गरिऊन्” वा “कि परमेश्वरले तिनीहरूका पाप क्षमा गर्नुभएको होस्”
लेखक, लूकाले बप्तिस्मा दिने यूहन्नाको विषयमा भएको यशैया अगमवक्ताको खण्डलाई उद्धृत गर्छन् ।
यी शब्दहरूले यशैया अगमवक्ताबाटको एउटा उद्धरणलाई परिचय गराउँछन् । तिनीहरूलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ, र छुटेका शब्दहरूलाई राख्न सकिन्छ । वैकल्पिक अनुवादः “यो यशैया अगमवक्ताले आफ्नो पुस्तकमा लेखेको जस्तै भयो” वा “यशैया अगमवक्ताले आफ्नो पुस्तकमा लेखेको कुरा यूहन्नाले पूरा गरे”
यसलाइ एउटा वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उजाडस्थानमा कराइरहने एकजनाको आवाज सुनिएको छ” वा “तिनीहरूले उजाडस्थानमा कराइरहने कोही एकजनाको स्वर सुन्छन्”
दोस्रो आज्ञाले पहिलोलाई व्याख्या गर्छ वा थप विस्तृत विवरण थप्छ ।
“परमप्रभुको लागि मार्ग तयार पार ।” यसो गर्नुले प्रभु आउनुहुँदा उहाँको सन्देश सुन्नलाई तयार भइ रहने कुरालाई प्रतिनिधित्व गर्छ । मानिसहरूले तिनीहरूका पापहरूको पश्चात्ताप गरेर यसो गर्छन् । वैकल्पिक अनुवादः “प्रभुको सन्देश सुन्नलाई तयार होओ जब उहाँ आउनुहुन्छ” वा “प्रभु आउनको लागि पश्चात्ताप गरेर तयार होओ”
“बाटो” वा “सडक”
जब मानिसहरूले कुनै महत्त्वपूर्ण व्यक्तिको लागि बाटो तयार गर्छन् जो आउँदै गरेका हुन्छन्, तिनीहरूले उच्चमा रहेका ठाउँहरूलाई काटेर तल झार्छन् र होचा स्थानहरूलाई पुर्छन् ताकि बाटो समतल हुन सकोस् । यो अघिल्लो पदमा सुरु गरिएको अलङ्कारको हिस्सा हो ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले सडकको हरेक होचो भागलाई पुर्नेछन् ।”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । “तिनीहरूले हरेक पहाड र डाँडालाई समतल पार्नेछन्” वा “तिनीहरूले सडकका हरेक उच्च भागलाई हटाउनेछन्”
This can be stated as an action. “परमेश्वरले मानिसहरूलाई पापबाट कसरी बचाउनुहुन्छ भन्नेबारे सिक्नेछन् ।”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यूहन्नाद्वारा बप्तिस्मा लिन आइरहेको”
यो एउटा अलङ्कार हो । यहाँ “बच्चा”को अर्थ “उही गुणहरूले युक्त” भन्ने हुन्छ । साँभे सर्पहरू चाहिँ विषालु सर्पहरू हुन् जो खतरनाक हुन्छन् र जसले दुष्टतालाई प्रतिनिधित्व गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरू दुष्ट विषालु साँपहरू” वा “तिमीहरू विषालु सर्पजस्तै दुष्ट छौ”
उनले वास्तवमा तिनीहरूको जवाफको अपेक्षा गरिरहेका थिएनन् । यूहन्नाले मानिसहरूलाई हप्काइरहेका थिए किनभने तिनीहरूले उनलाई आफूहरूलाई बप्तिस्मा दिनलाई बिन्ती गरिरहेका थिए ताकि परमेश्वरले तिनीहरूलाई दण्ड नदिनुभएको होस्, तर तिनीहरू पाप गर्नलाई छोड्न चाहँदैनथे । वैकल्पिक अनुवादः “यसरी तिमीहरू परमेश्वरको क्रोधबाट भाग्न सक्दैनौ !” वा “बप्तिस्मा लिएर मात्र परमेश्वरको क्रोधबाट उम्कन सक्दैनौ !”
शब्द “क्रोध” परमेश्वरको दण्डलाई जनाउनलाई प्रयोग गरिएको छ, किनभने उहाँको क्रोध अगि आउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले पठाउन लाग्नुभएको दण्डबाट” वा “परमेश्वरको क्रोधबाट जसमा उहाँले काम गर्न लागिरहनुभएको छ”
यस अलङ्कारमा, कोही व्यक्तिको आचरणलाई फलसँग दाँजिएको छ । जसरी कुनै बोटले त्यस बोटको प्रकारसँग सुहाउँदो फल उत्पन्न गरेको अपेक्षा गरिन्छ, आफूले पश्चात्ताप गरेको छु भनेर बताउने कुनै व्यक्तिले पनि धर्मी तवरले जिएको अपेक्षा गरिन्छ । वैकल्पिक अनुवादः “त्यस प्रकारका फलहरू फलाओ जसले देखाउँछ कि तिमीहरूले पश्चात्ताप गरेका छौ” वा “ती कुराहरू गर जसले देखाउँछ कि तिमीहरू आफ्ना पापबाट तर्किगएका छौ”
“तिमीहरू आफैँलाई भन्दै” वा “सोच्दै”
“अब्राहाम हाम्रा पूर्वज हुन्” वा “हामी अब्राहामका सन्तानहरू हौँ ।” तिनीहरूले कि यसो भन्ने थिए भनेर अस्पष्ट छ भने, तपाईंले अन्तर्निहित जानकारीलाई पनि थप्न सक्नुहुन्छः “त्यसैले परमेश्वरले हामीलाई दण्ड दिनुहुने छैन ।”
“अब्राहामका लागि सन्तान बनाउन”
यूहन्नाले सम्भवतः यर्दन नदी किनारमा भएका वास्तविक ढुङ्गाहरूलाई नै जनाइरहेका हुन सक्छन् ।
त्यो बन्चरो जुन रूखको जरालाई त्यसले काट्न सकोस् भनेर ठाउँमा बसिसकेको छ, सुरु हुन लागिरहेको दण्डको लागि एउटा अलङ्कार हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वर रूखहरूको जरामा बन्चरो राखिसकेको मानिसजस्तै हुनुहुन्छ”
यहाँ “आगो” दण्डको लागि एउटा अलङ्कार हो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले हरेक रूखलाई काटेर ढाल्नुहुन्छ ... र त्यसलाई आगोमा फाल्नुहुन्छ”
यूहन्नाले भीडमा भएका मानिसहरूले उनलाई सोधेका प्रश्नहरूको जवाफ दिन थाल्छन् ।
“उनलाई सोध्दै भने” वा “यूहन्नालाई सोध्दै”
“यसो भन्दै जवाफ दिए” वा “तिनीहरूलाई उत्तर दिए” वा “भने”
“बचेको खानेकुरालाई बाँड जसरी तिमीहरूले बढी भएको खास्टोलाई बाँड्यौ ।” यसले खाँचोमा भएकाहरूलाई खानेकुरा दिने कुरालाई नै जनाउँछ । वैकल्पिक अनुवादः “त्यो व्यक्तिलाई खानेकुरा देओ जससँग केही छैन”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यूहन्नाद्वारा बप्तिस्मा लिन”
“धेरै पैसा नमाग” वा “बढी पैसा उठाउन नखोज ।” कर उठाउनेहरूले तिनीहरूले उठाउनुपर्ने भन्दा बढी पैसा उठाइरहेका थिए । यूहन्नाले तिनीहरूलाई त्यसो गर्न छोड्नुपर्छ भनेर बताउँछन् ।
कर उठाउने व्यक्तिको अधिकार रोमबाट आउँछ भनेर देखाउनको लागि यो कर्म वाच्यमा छ । वैकल्पिक अनुवादः “तिमीहरूलाई रोमीहरूले उठाउनलाई अधिकार दिएका भन्दा”
हामी सिपाहीहरूबारे नि ? हामीले चाहिँ के गर्नुपर्छ ? शब्दहरू “हाम्रो” र “हामीले” मा यूहन्ना पर्दैनन् । सिपाहीहरूले भन्न खोजेका छन् कि यूहन्नाले भीड र कर उठाउनेलाई तिनीहरूले के गर्नुपर्छ भनेर बताइसकेका छन् र तिनीहरूले सिपाहीहरूको रूपमा के गर्नुपर्छ भनेर जान्न चाहन्छन् ।
पैसा असुल्नलाई सिपाहीहरूले मानिसहरूलाई झूटो दोष लगाइरहेका थिए जस्तो देखिन्छ । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसै गरी, तिनीहरूबाट पैसा असुल्नलाई कसैलाई पनि झूटो दोष नलगाओ” वा “कुनै पनि निर्दोष व्यक्तिलाई अवैधानिक काम गरेको छ नभन”
“तिम्रो तनखामा सन्तुष्ट होओ”
“किनकि मानिसहरू” । यसले यूहन्नाकहाँ आएका मानिसहरूलाई जनाउँछ ।
“यूहन्नाको विषयमा के सोच्ने भनेर सबैजना अनिश्चित थिए; तिनीहरूले आफैँलाई सोधे, ‘के उनी ख्रीष्ट हुन सक्छन् ?’” वा “यूहन्नाको विषयमा के सोच्ने भनेर कोही पनि निश्चित थिएन किनभने तिनीहरू सबै उनी ख्रीष्ट हुन सक्छन् कि भनेर विचार गर्दै थिए ।”
अझ महान् व्यक्ति आउँदै गरेको जवाफ यूहन्नाले दिँदा स्पष्टसँग यो अर्थ लाग्छ कि यूहन्ना ख्रीष्ट होइनन् । यसलाई तपाईंको पाठकहरूको लागि प्रस्टसँग व्यक्त गर्न सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “यूहन्नाले तिनीहरू सबैलाई ... भनेर स्पष्ट बनाए कि उनी ख्रीष्ट होइनन्”
“म पानीको प्रयोग गरेर बप्तिस्मा दिन्छु” वा “म पानीको माध्यमले बप्तिस्मा दिन्छु”
“उहाँको जुत्ताको फित्ता फुकाल्नलाई पनि म महत्त्वपूर्ण छैन ।” जुत्ताको फित्ता फुकाल्ने कर्तव्य दासको हुन्थ्यो । यूहन्नाले भन्दै थिए, कि उहाँ जो आउँदै हुनुहुन्थ्यो, उहाँको दास बन्नको लागि पनि उनी पर्याप्त मात्रामा योग्य थिएनन् ।
यो अलङ्कारले एउटा व्यक्तिलाई पानीसँगको स्पर्शमा ल्याएर गर्ने वास्तविक बप्तिस्मासँग तिनीहरूलाई पवित्र आत्मा र आगोको सम्बन्धमा ल्याउने आत्मिक बप्तिस्मासँग तुलना गर्छ ।
यहाँ “आगो” शब्दले १) इन्साफ वा २) शुद्धिकरणलाई जनाउन सक्छ । यसलाई “आगो”कै रूपमा छोड्नलाई रुचाइन्छ ।
“उहाँले निफन्ने नाङलो समाइरहनुभएको छ किनभने उहाँ तयार हुनुहुन्छ ।” यूहन्नाले ख्रीष्टले मानिसहरूको न्याय गर्न आउनुहुने कुरालाई मानौँ उहाँ एउटा किसान भएर गहुँबाट भुसलाई छुट्याउन तयार भएजसरी बताउँछन् । वैकल्पिक अनुवादः “तयार अवस्थामा रहेको किसान जस्तै उहाँ मानिसहरूको इन्साफ गर्नलाई तयार हुनुहुन्छ”
यो अन्नलाई माथि हावामा फ्याँकेर भुसबाट अलग गराउने सामग्री हो । अन्नको गह्रौँ दाना तल फर्केर आउँछ र अनावश्यक भुसलाई हावाले उडाएर लैजान्छ । यो सुकेको घाँस सोर्ने दाँते जस्तै हो ।
खला भनेको एउटा ठाउँ हो जहाँ गहुँलाई निफन्ने तयारी गर्नको लागि थाक लगाएर राखिएको थियो । खलालाई “सफा पार्नु” भनेको अनाज निफन्नलाई सकाउनु हो । वैकल्पिक अनुवादः “उहाँको अनाजलाई निफन्न सकाउनु”
गहुँ चाहिँ स्वीकार्य फसल हो जसलाई राखिन्छ र सञ्चय गरिन्छ ।
भुस कुनै कुराको निम्ति पनि उपयोगी नहुने हुनाले मानिसहरूले त्यसलाई जलाउँछन् ।
कथाले यूहन्नालाई के हुन लागिरहेको छ भनेर बताउँछ तर त्यो यस समयमा भइसकेको छैन ।
“अरू धेरै कडा अनुरोधहरूसहित”
यिनी हेरोद राजा होइन, शासक थिए । उनको शासन गालील क्षेत्रमा मात्र सीमित थिए ।
“किनभने हेरोदले उनका आफ्नै भाइकी पत्नी हेरोदियासलाई विवाह गरेका थिए ।” यो दुष्ट थियो किनभने हेरोदका भाइ अझै जीवित थिए । यसलाई प्रस्टसँग बताउन सकिन्छ । वैकल्पिक अनुवादः “उनका भाइ अझै जीवितै हुँदा, उनले आफ्नो भाइकी पत्नी, हेरोदियासलाई विवाह गरे”
किनकि हेरोद बडाहाकिम थिए, उनले शायद उनका सिपाहीहरूलाई यूहन्नालाई थुन्नलाई आदेश दिएर यूहन्नालाई थुने । वैकल्पिक अनुवादः “उनले उनका सिपाहीहरूलाई यूहन्नालाई झ्यालखानामा थुन्न लगाए” वा “उनले उनका सिपाहीहरूलाई यूहन्नालाई झ्यालखानामा हाल्नलाई भने”
अघिल्लो पदले बताउँछ कि हेरोदले यूहन्नालाई झ्यालखानामा हाले । यो कुरा प्रस्ट बनाउन सहयोगी हुन सक्छ कि पद २१ देखि सुरु भएको विवरण यूहन्नाको पक्राउभन्दा अगाडि भएको हो । यूएसटीले पद २१ लाई “तर यूहन्ना झ्यालखानामा हालिनुभन्दा पहिले” सँग सुरु गरेर यसो गर्छ ।
येशूले उहाँको सेवकाइ उहाँको बप्तिस्माबाट सुरु गर्नुहुन्छ ।
यो वाक्यांशले कथामा एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्नुहुन्छ ।
“यूहन्नाले सबै मानिसलाई बप्तिस्मा दिँदै गर्दा ।” “सबै मानिसहरू” भन्ने पदावलीले यूहन्नासँग भएका मानिसहरूलाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यूहन्नाले येशूलाई पनि बप्तिस्मा दिए”
“आकाश उघ्रियो” वा “आकाश खुल्ला भयो ।” यो साधारण बादल हट्ने कुराभन्दा बढी हो, तर यसको तात्पर्य के हो भनी स्पष्ट छैन । सम्भवतः यसको तात्पर्य आकाशमा प्वाल देखा पर्यो भन्ने हुन सक्छ ।
“पवित्र आत्मा येशूमाथि भौतिक रूपमा ओर्लिआउनुभयो”
यहाँ “स्वर्गबाट एउटा आवाज आयो” भन्ने कुराले पृथ्वीमा भएका मानिसहरूले स्वर्गमा हुनुभएको परमेश्वर बोलिरहनुभएको सुने भन्ने कुरालाई प्रतिनिधित्व गर्छ । परमेश्वर येशूसँग बोल्नुभयो भन्ने कुरालाई प्रस्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “स्वर्गबाट एउटा आवाजले यसो भन्यो” वा “परमेश्वर येशूसँग ... भन्दै स्वर्गबाट बोल्नुभयो”
यो येशू, परमेश्वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।
लूकाले येशूको बाबु मानिएको योसेफको वंशबाट उहाँका पूर्खाहरूको सूची बनाउँछन् ।
यो शब्दलाई यहाँ कथा वर्णनबाट येशूको उमेर र पूर्खाहरूको पृष्ठभूमि जानकारीतर्फ आएको बदलावलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ ।
“३० वर्ष”
“उहाँलाई योसेफको छोराको रूपमा चिनिन्थ्यो” वा “मानिसहरूले उहाँलाई योसेफको छोरा ठान्थे”
यसले पद २४ मा भएको “उनी ... का छोरा ... एलीका छोरा, योसेफका ... ” शब्दहरूसहित सूचीलाई निरन्तरता दिन्छ । तपाईंको भाषामा मानिसहरूले पूर्खाहरूको सूची कसरी बनाउँछन्, त्यसलाई विचार गर्नुहोस् । तपाईंले सम्पूर्ण सूचीमा उस्तै पदावलीको प्रयोग गर्नुपर्छ । सम्भावित ढाँचाहरू हुन् १) “... उहाँ एलीका छोरा योसेफका छोरा हुनुहुन्थ्यो, जो मत्तातका छोरा थिए, जो लेवीका छोरा थिए, जो मल्कीका छोरा, जो यान्नाका छोरा, जो योसेफका छोरा” वा २) “... उहाँ ... योसेफका छोरा हुनुहुन्थ्यो । योसेफ एलीका छोरा थिए । एली मत्तातका छोरा थिए । मत्तात लेवीका छोरा थिए । लेवी मल्कीका छोरा थिए । मल्की यान्नाका छोरा थिए । यान्ना योसेफका छोरा थिए” वा ३) “उहाँको पिता ... योसेफ थिए । योसेफका पिता एली थिए । एलीका पिता मत्तात थिए । मत्तातका पिता लेवी थिए । लेवीका पिता मल्की थिए । मल्कीका पिता यान्ना थिए । यान्नाका पिता योसेफ थिए”
यो [लूका ३:२३]
यो [लूका ३:२३]
यो [लूका ३:२३]
शालतिएल नाउँ शेअलतिएल नामको फरक हिज्जे भएको हुन सक्छ (किनकि केही संस्करणहरूमा त्यो छ), तर पहिचान गर्न गाह्रो छ ।
यो [लूका ३:२३]
यो [लूका ३:२३]
यो [लूका ३:२३]
यो [लूका ३:२३]
यो [लूका ३:२३]
यो [लूका ३:२३]
यो [लूका ३:२३]
यो [लूका ३:२३]
यो [लूका ३:२३]
यो [लूका ३:२३]
यो [लूका ३:२३]
“आदम, परमेश्वरद्वारा सृजिएका” वा “आदम, जो परमेश्वरबाट थिए” वा “हामीले आदमलाई परमेश्वरका छोरा भन्न सक्छौँ”
1 तब पवित्र आत्माले भरिएर येशू यर्दन नदीबाट फर्कनुभयो, अनि आत्माद्वारा उजाड-स्थानमा डोर्याइनुभयो । 2 त्यहाँ उहाँ चालिस दिनसम्म दियाबलसद्वारा परीक्षामा पर्नुभयो । ती दिनहरूमा उहाँले केही पनि खानुभएको थिएन, र त्यो समयको अन्त्यमा उहाँ भोकाउनुभएको थियो । 3 तब शैतानले येशूलाई भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यो ढुङ्गालाई रोटी हुन आज्ञा दिनुहोस् ।” 4 येशूले जवाफ दिनुभयो, “लेखिएको छ, मानिस रोटीले मात्र बाँच्न सक्दैन ।” 5 त्यसपछि, शैतानले उहाँलाई उच्च स्थानमा लगेर संसारका सबै राज्यहरूलाई छिनभरमै देखायो । 6 शैतानले उहाँलाई भन्यो, “म तपाईंलाई यी सबै राज्यहरू र यसको वैभवमाथि शासन गर्ने अधिकार दिनेछु । म यो गर्न सक्छु, किनकि यी सबैमाथि शासन गर्ने अधिकार मलाई दिइएको छ, मैले जसलाई चाहन्छु त्यसलाई दिन सक्छु । 7 यसकारण यदि तपाईंले मलाई दण्डवत् गरी आराधना गर्नुभयो भने, यी सबै तपाईंकै हुनेछन् ।” 8 तर येशूले जवाफ दिनुभयो र त्यसलाई भन्नुभयो, “लेखिएको छ, तैँले आफ्ना परमप्रभु परमेश्वरको मात्र आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू ।” 9 त्यसपछि शैतानले येशूलाई यरूशलेम मन्दिरको उच्च स्थानको टुप्पामा लगेर उहाँलाई भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हाम्फाल्नुहोस् । 10 किनभने लेखिएको छ, तपाईंको सुरक्षा र वास्ता गर्न ‘उहाँले आफ्ना दूतहरूलाई आज्ञा गर्नुहुनेछ ।’ 11 अनि तिनीहरूले तपाईंलाई हात हातै थाम्नेछन्, त्यसकारण तपाईंका खुट्टा ढुङ्गामा ठोकिने छैनन् ।” 12 येशूले जवाफ दिँदै त्यसलाई भन्नुभयो, “यस्तो भनिएको छ, तैँले आफ्ना परमप्रभु परमेश्वरको परीक्षा नगर्नू ।” 13 अनि शैतानले येशूको परीक्षा गरिसकेपछि उहाँलाई अर्को समय नआएसम्म छोडेर गयो । 14 त्यसपछि पवित्र आत्माको शक्तिद्वारा येशू गालीलमा फर्कनुभयो र उहाँको विषयमा भएको खबर वरिपरिका सबै क्षेत्रहरूमा फैलियो । 15 उहाँले तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो र हरेकले उहाँको प्रशंसा गरे । 16 एक दिन येशू नासरतमा आउनुभयो, जुन सहरमा येशू हुर्कनुभएको थियो । उहाँको रीतिअनुसार उहाँ यहूदी सभाघरमा प्रवेश गरी विश्रामको दिनमा खडा भई धर्मशास्त्र पाठ गर्नुभयो । 17 उहाँलाई यशैया अगमवक्ताको चर्मपत्रको मुट्ठो दिइयो । त्यसपछि उहाँले मुट्ठो खोल्नुभयो र यो लेखिएको ठाउँ भेट्टाउनुभयो । 18 “परमप्रभुका आत्मा ममाथि छ, किनभने उहाँले मलाई गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति अभिषेक गर्नुभएको छ । उहाँले कैदीहरूलाई छुटकाराको घोषणा गर्न मलाई पठाउनुभएको छ र दृष्टिविहीनहरूलाई दृष्टि दिन, अन्यायमा परेकाहरूलाई स्वतन्त्रता प्रदान गर्न, 19 र परमप्रभुको निगाहको वर्ष घोषणा गर्न मलाई पठाउनुभएको छ ।” 20 त्यसपछि उहाँले चर्मपत्रको मुट्ठोलाई बन्द गर्नुभयो र सभाघरको मुख्य सेवकलाई फिर्ता गर्नुभयो र उहाँ बस्नुभयो । सभाघरमा उपस्थित भएका सबै मानिसहरूको हेराइ उहाँमाथि पर्यो । 21 उहाँले तिनीहरूलाई भन्नुभयो, “आज तिमीहरूले यी वचनहरू सुन्दा सुन्दै यो पुरा भएको छ ।” 22 उहाँले बोल्नुभएको वचनको सबैजना साक्षी भए र सबै मानिसहरू उहाँको मुखबाट निस्केको अनुग्रही वचनप्रति आश्चर्य चकित भए । उनीहरू यसो भन्दै थिए, “के यी मानिस योसेफका छोरा होइनन् र ? 23 येशूले तिनीहरूलाई भन्नुभयो, “निश्चय नै तिमीहरूले मलाई यो उखान भन्नेछौ, ए वैद्य तिमी आफैँलाई निको पार । कफर्नहुममा जे-जति कामहरू तपाईंले गर्नुभयो त्यो हामीले सुनेका छौँ, ती कार्यहरू तिम्रो आफ्नो स्थानीय ठाउँमा पनि गर ।” 24 साँच्चै म तिमीलाई भन्दछु, “कुनै पनि अगमवक्तालाई आफ्नो ठाउँमा स्वीकार गरिँदैन । 25 तर म तिमीहरूलाई सत्य भन्दछु, तिन वर्ष छ महिनासम्म स्वर्गको ढोका बन्द गरी वृष्टि रोकिँदा र सारा भूमीमा ठुलो अनिकाल पर्दा एलियाको समयमा इस्राएलमा धेरै विधवाहरू थिए । 26 तर एलियालाई अन्य कुनै व्यक्ति र स्थानहरूमा नपठाई सिदोन नगरमा भएकी सारपतकी विधवाकहाँ पठाइयो । 27 अगमवक्ता एलीशाको समयमा इस्राएलमा धेरै कुष्ठरोगीहरू थिए, तर सिरियाली नामानबाहेक कोही पनि निको पारिएन । 28 जब सभाघरमा भएका सबै मानिसहरूले यी सबै कुराहरू सुने, तब उनीहरू रिसले चुर भए । 29 तिनीहरू उठे र उहाँलाई सहरको बाहिरपट्टि ठेल्दै लागे, जुन सहर तिनीहरूले पहाडमा बसालेका थिए, त्यहीँबाट तल उहाँलाई खसाल्ने प्रयत्न गरे । 30 तर उहाँ तिनीहरूका बिचबाट निस्केर आफ्नो बाटो लाग्नुभयो । 31 त्यसपछि उहाँ गालील सहरको कफर्नहुममा जानुभयो । विश्राम दिनमा उहाँले मानिसहरूलाई सभाघरमा सिकाउँदै हुनुहुन्थ्यो । 32 तिनीहरू उहाँको शिक्षामा आश्चर्य चकित भए, किनभने उहाँले अधिकारसहित बोल्नुभएको थियो । 33 त्यस दिन सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस त्यहाँ थियो, र उसले ठुलो स्वरले चिच्याउँदै भन्यो, 34 “नासरतका येशू, हामीहरूसँग तपाईंको के सरोकार छ ? के तपाईं हामीलाई नाश गर्न आउनुभएको हो ? तपाईं को हुनुहुन्छ भनी मलाई थाहा छ । तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ ।” 35 येशूले दुष्टात्मालाई हकार्नुभयो र भन्नुभयो, “चुप लाग् र त्यसबाट बाहिर निस्किजा ।” त्यसले तिनीहरूका बिचमा उसलाई लडायो र कुनै पनि हानि नोक्सानी नगरीकन उसबाट निस्केर गयो । 36 सबै मानिसहरू अति आश्चर्य चकित भए र उनीहरू एक अर्कामा यो विषयमा छलफल गर्न लागे । उनीहरूले भने, “यी वचनहरू कस्ता हुन् ? उहाँले अशुद्ध आत्माहरूलाई अधिकार र शक्तिसाथ आज्ञा गर्नुहुन्छ र तिनीहरू बाहिर निस्केर जान्छन् ?” 37 उहाँको विषयमा भएका समाचारहरू वरिपरिका सबै क्षेत्रहरूमा चारैतिर फैलियो । 38 त्यसपछि येशू सभाघरबाट निस्केर सिमोनको घरमा पस्नुभयो । सिमोनकी सासुलाई उच्च ज्वरोले सताएको थियो र उनीहरूले उनको पक्षमा उहाँसँग बिन्ती गरे । 39 उहाँ उनको छेउमा उभिनुभयो र ज्वरोलाई हकार्नुभयो र ज्वरोले उनलाई छोड्यो । तुरुन्तै उनी उठिन् र उहाँहरूको सेवा गर्न थालिन् । 40 साँझपख सूर्य अस्ताउने बेलामा धेरै प्रकारका रोग लागेका बिरामीहरूलाई येशूकहाँ ल्याइयो । उहाँले तिनीहरू सबैमाथि आफ्नो हात राख्नुभयो र सबैलाई निको पार्नुभयो । 41 तिनीहरूमध्ये धेरैबाट भूत आत्मा चिच्याउँदै बाहिर निस्केर यसो भन्यो, “तपाईं जीवित परमेश्वरका पुत्र हुनुहुन्छ ।” येशूले भूत आत्माहरूलाई हकार्नुभयो र तिनीहरूलाई बोल्न दिनुभएन, किनभने उहाँ ख्रीष्ट हुनुहुन्थ्यो भनी तिनीहरूलाई थाहा थियो । 42 जब बिहान भयो, उहाँ एकान्त ठाउँमा जानुभयो । ठुलो भिडले उहाँलाई खोजी राखेको थियो र उहाँ जहाँ हुनुहुन्थ्यो, भिड त्यहीँ नै आइपुग्यो र तिनीहरूले उहाँलाई अन्त जानबाट रोक्ने कोसिस गरे । 43 तर येशूले भन्नुभयो, “मैले अन्य सहरहरूमा पनि राज्यको सुसमाचार प्रचार गर्नुपर्छ, किनभने म यसैको लागि पठाइएको हुँ ।” 44 त्यसपछि यहूदियाका सबै प्रान्तका सभाघरहरूमा उहाँले निरन्तर प्रचार गर्नुभयो ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको पाठ्यसामग्रीभन्दा दायाँतिर सारेर राख्छन् । यूएलटीले ४:१०-११, १८-१९ मा भएको कवितासँग यसो गर्छ, जुन पुरानो करारबाटका शब्दहरू हुन् ।
हुन त यो कुरा सत्य हो कि दुष्टले साँच्चै विश्वास गर्यो कि त्यसले येशूलाई त्यसको आज्ञापालन गर्नलाई मनाउन सक्थ्यो, यो महत्त्वपूर्ण छ कि येशूले कहिल्यै वास्तवमै त्यसको आज्ञापालन गर्न साँच्चै इच्छा गर्नुभयो भनेर अर्थ नलागोस् ।
येशू ४० दिन उपवास बस्नुहुन्छ, र दुष्टले उहाँलाई पाप गर्नलाई मनाउन कोसिस गर्नलाई उहाँलाई भेट्छ ।
यूहन्नाले येशूलाई बप्तिस्मा दिइसकेपछि ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आत्माले उहाँलाई डोर्याउनुभयो”
अधिकांश संस्करणहरूले भन्छन् कि परीक्षा चाहिँ पूरा ४० दिनको अवधिभर थियो । यूएसटीले यसलाई प्रस्ट बनाउन “जब उहाँ त्यहाँ हुनुहुन्थ्यो, दुष्टले उहाँलाई परीक्षा गरिरह्यो” भनेर बताउँछ ।
“४० दिन”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ, र दुष्टले उहाँलाई के गर्ने परीक्षा दियो भनेर तपाईंले स्पष्ट बनाउन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “दियाबलसले उहाँलाई परमेश्वरको अनाज्ञापालन गर्न मनायो”
“उहाँ” शब्दले येशूलाई जनाउँछ ।
दियाबलसले यो आश्चर्यकर्म गरेर उहाँ परमेश्वरका पुत्र नै भनी प्रमाणित गर्न चुनौती दिन्छ ।
दियाबलसले ढुङ्गालाई कि हातमा समाइरहेको थियो कि भने नजिकैको ढुङ्गालाई देखाउँदै थियो ।
दुष्टको चुनौतिप्रति येशूको इन्कार उहाँको जवाफमा प्रस्टसँग बुझिएको छ । यसलाई तपाईंका पाठकहरूका लागि यसलाई प्रस्टसँग व्यक्त गर्न सहयोगी हुन सक्छ, जसरी यूएसटीले गर्छः “येशूले जवाफ दिनुभयो, ‘होइन, म त्यसो गर्ने छैन किनभने यसो लेखिएको छ ... केवल ... ।’”
यो व्यवस्थाको पुस्तकबाट उद्धृत गरिएको भनाइ हो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मोशाले धर्मशास्त्रमा लेखेका छन्”
“रोटी” शब्दले सामान्य रूपमा खानालाई जनाउँछ । खानेकुरालाई परमेश्वरसँग दाँजेर हेर्दा, त्यो आफैँले, कोही व्यक्तिलाई जीवित राख्न पर्याप्त छैन । येशूले किन ढुङ्गालाई रोटी बनाउनुभएन भनी धर्मशास्त्रबाट भन्दै हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “मानिस रोटीले मात्र बाँच्दैन” वा “मानिस खानेकुराले मात्र बाँच्ने होइन” वा “परमेश्वर भन्नुहुन्छ कि त्यहाँ खानेकुराभन्दा बढी महत्त्वपूर्ण कुराहरू छन्”
त्यसले येशूलाई माथि पहाडतर्फ डोहोर्यायो ।
“तुरुन्त” वा “तत्कालै”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् कि “तिनीहरू”ले १) राज्यहरूको अधिकार र वैभव वा २) राज्यहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई ती दिनुभएको छ”
यी दुई वाक्यांशहरू धेरै समान हुन् । तिनीहरूलाई जोड्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि तपाईं मलाई दण्डवत् गर्नलाई झुक्नुभयो भने”
“म यी सबै राज्यहरू, तिनीहरूको वैभवसहित तपाईंलाई दिनेछु”
येशूले शैतानले भनेको कुरा गर्न इन्कार गर्नुभयो । यसलाई प्रस्टसँग व्यक्त गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “होइन, म तेरो आराधना गर्ने छैन, किनभने यसो लेखिएको छ”
“त्यसलाई जवाफ दिनुभयो” वा “त्यसलाई प्रत्युत्तर दिनुभयो”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मोशाले धर्मशास्त्रमा लेखेका छन्”
उहाँले दियाबलसलाई किन दण्डवत् गर्नुहुन्न भनेर बताउन येशूले धर्मशास्त्रको खण्डबाट उद्धृत गर्दै हुनुहुन्छ ।
यसले पूरानो करारमा परमेश्वरको व्यवस्था प्राप्त गर्ने मानिसहरूलाई जनाउँछ । तपाईंले “तँ” लाई एकवचनमा पनि प्रयोग गर्न सक्नुहुन्छ किनभने यसलाई हरेकले पालन गर्नुपर्थ्यो, वा तपाईंले “तँ” लाई बहुवचनमा पनि प्रयोग गर्न सक्नुहुन्छ किनभने यसलाई सबै मानिसले पालन गर्नुपर्थ्यो ।
“उहाँलाई” शब्दले परमप्रभु परमेश्वरलाई जनाउँछ ।
यो मन्दिरको छानाको कुना थियो । यदि कोही त्यहाँबाट हाम्फाल्यो भने, त्यो व्यक्ति गम्भीर घाइते हुन्थ्यो वा मर्थ्यो ।
दियाबलसले येशूलाई उहाँ परमेश्वरका पुत्र हुनुहुन्थ्यो भनेर प्रमाणित गर्न चुनौती दिइरहेको छ ।
यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।
“तल जमिनमा हाम्फाल्नुहोस्”
भजनको पुस्तकबाटको दुष्टको उद्धरणको अर्थ यदि येशू परमेश्वरको पुत्र हुनुहुन्छ भने उहाँलाई चोट लाग्ने छैन भन्ने हुन्छ भनेर त्यसले बताउन खोज्छ । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ, जसरी यूएसटीले गर्छः वैकल्पिक अनुवादः “तपाईंलाई चोट लाग्ने छैन, किनभने यसो लेखिएको छ”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ ।वैकल्पिक अनुवादः “लेखकले लेखेका छन्”
“उहाँ”ले परमेश्वरलाई जनाउँछ । येशूलाई भवनबाट हाम फाल्नलाई मनाउने प्रयासमा दुष्टले भजनको पुस्तकबाट आंशिक रूपमा उद्धरण गर्यो ।
दुष्टले उहाँलाई गर्न भनेको कुरा उहाँले किन गर्नुहुने छैन भनेर येशूले दुष्टलाई बताउनुहुन्छ । त्यसो गर्नलाई उहाँले गर्नुभएको इन्कारलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “होइन, म त्यसो गर्ने छैन, किनभने यसो भनिएको छ”
येशूले व्यवस्थामा भएको मोशाका लेखहरूबाट उद्धरण गर्नुहुन्छ । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मोशाले भनेका छन्” वा “मोशाले धर्मशास्त्रमा भनेका छन्”
सम्भावित अर्थहरू हुन् १) मन्दिरबाट हाम फालेर येशूले परमेश्वरको जाँच गर्नुहुन्न, वा 2) दुष्टले येशू परमेश्वरको पुत्र हुनुहुन्छ वा हुनुहुन्न भनेर उहाँको जाँच गर्नुहुँदैन । यस पदको अर्थलाई व्याख्या गर्ने कोसिस गर्नुभन्दा यसलाई जसरी बताइएको छ त्यसरी नै अनुवाद गर्दा बेस हुन्छ ।
“अर्को मौका नआएसम्म”
यसको अर्थ यो हुँदैन कि दुष्ट त्यसको परीक्षामा सफल भयो-येशूले हरेक प्रयासलाई अवरोध गर्नुभयो । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूलाई परीक्षामा पार्ने कोसिस गर्न सकाएको थियो”
येशू गालीलमा फर्कनुहुन्छ, सभाघरमा सिकाउनुहुन्छ, र त्यहाँ भएका मानिसहरूलाई बताउनुहुन्छ कि उहाँले यशैया अगमवक्ताको धर्मशास्त्रको वचनलाई पूरा गर्दै हुनुहुन्छ ।
यसले कथामा एउटा नयाँ घटनाको सुरुवात गर्छ ।
“र आत्माले उहाँलाई शक्ति दिइरहनुभएको थियो ।” मानिसले सामान्यतया गर्न नसक्ने काम गर्न सक्षम गराउनलाई परमेश्वर विशेष तरिकाले येशूसँग हुनुहुन्थ्यो ।
“मानिसहरूले येशूको बारेमा भएको समाचार फैलाए” वा “मानिसहरूले येशूको बारेमा अरू मानिसहरूलाई बताए” वा “उहाँको बारेमा भएको ज्ञान एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलियो” तिनीहरू जसले येशूलाई सुने, तिनीहरूले अरू मानिसहरूलाई भने, र ती अरू मानिसहरूले उहाँको बारेमा झन् अरू मानिसहरूलाई भने ।
यसले गालील वरिपरिका क्षेत्र वा ठाउँहरूलाई जनाउँछ ।
“हरेकले उहाँको बारेमा महान् कुराहरू भन्यो” वा “सबै मानिसहरूले राम्रो किसिमले कुरा गरे”
“जहाँ उहाँको आमाबुबाले उहाँलाई हुर्काउनुभएको थियो” वा “जहाँ उहाँ बालक छँदा हुनुहुन्थ्यो” वा “जहाँ उहाँ हुर्कनुभयो”
“जसरी उहाँले हरेक विश्रामको दिनमा गर्नुहुन्थ्यो ।” विश्रामको दिनमा सभाघर जानु उहाँको सामान्य क्रियाकलाप थियो ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले उहाँलाई यशैया अगमवक्ताको चर्मपत्रको मुट्ठो दियो”
यसले चर्मपत्रमा लेखिएको यशैयाको पुस्तकलाई जनाउँछ । यशैयाले वर्षौं पहिले वचनहरू लेखेका थिए र त्यसलाई अरू कसैले चर्मपत्रमा सारेको थियो ।
“चर्मपत्रमा यी वचनहरू भएको ठाउँ ।” यो वाक्य अर्को पदसम्म निरन्तर जान्छ ।
“पवित्र आत्मा मसँग विशेष तरिकाले हुनुहुन्छ ।” यसो भन्ने कसैले परमेश्वरको वचन बोल्ने दाबी गरिरहेको छ ।
पुरानो करारमा, कुनै व्यक्तिलाई कुनै खास काम गर्नलाई शक्ति र अधिकार दिँदा रीतिको तेललाई त्यस व्यक्तिमाथि खनाइन्थ्यो । उहाँलाई उहाँको काम गर्नलाई तयार गर्नको लागि पवित्र आत्मा उहाँमाथि रहनुभएको कुरालाई जनाउन येशूले यो अलङ्कारलाई प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “पवित्र आत्मा मलाई सामर्थी बनाउन ममाथि हुनुहुन्छ” वा “पवित्र आत्माले मलाई शक्ति र अधिकार दिनुभयो”
“गरिब मानिसहरू”
“कैदमा राखिएकाहरूलाई तिनीहरू स्वतन्त्र भएर जान सक्छन् भनी भन्नु” वा “युद्धका बन्दीहरूलाई स्वतन्त्र पार्न”
“दृष्टिविहीनहरूलाई दृष्टि दिन” वा “दृष्टिविहीनहरूलाई फेरि देख्न सक्ने बनाउन”
“दुर्व्यवहारमा परेकाहरूलाई स्वतन्त्र पार्न”
“परमप्रभु उहाँका मानिसहरूलाई आशिष् दिन तयार हुनुहुन्छ भनी हरेकलाई बताउन” “यो परमप्रभुले उहाँको दया देखाउनुहुने वर्ष हो भनी घोषणा गर्न”
चर्मपत्रलाई त्यसभित्रको लेखनलाई सुरक्षित गर्नलाई नली आकारको वस्तुलाई झैँ गरी बेह्रेर बन्द गरेर राखिन्थ्यो ।
यसले सभाघरमा धर्मशास्त्र अभिलिखित चर्मपत्रहरूलाई उचित वास्ता र आदरसाथ बाहिर ल्याइयो वा ल्याइएन र थन्काइयो वा थन्काइएन भनी हेर्ने कामदारलाई जनाउँछ ।
यो उपमाको अर्थ, “उहाँमा नै मग्न थिए” वा “उहाँलाई नै हेरिरहेका थिए” भन्ने हुन्छ ।
आफ्नो काम र वचनले येशूले त्यो अगमवाणीलाई त्यहि समयमा पूरा गर्नुभएको थियो भनी बताउँदै हुनुहुन्थ्यो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्मशास्त्रले जे हुन्छ भनेको छ, त्यो तिमीहरूले अहिले सुन्दासन्दै मैले पूरा गरिरहेको छु ।”
यो उपमाको अर्थ हुन्छ, “जब तिमीहरूले मलाई सुनिरहेका छौ” ।
“उहाँले भनिरहनुभएका अनुग्रही वचनबारे छक्क परे ।” यहाँ “अनुग्रही”को अर्थ हुन सक्छ १) येशूले राम्ररी बोल्नुभएको कुरा वा उहाँको वाक्पटुतालाई जनाउँछ, वा २) यसको मतलब येशूले परमेश्वरको कृपाबारे वचन बोल्नुभएको पनि हुन सक्छ ।
मानिसहरूले येशूका बाबु योसेफ हुन् भन्ठान्थे । योसेफ धार्मिक अगुवा थिएनन् र त्यसैले, उनका छोराले त्यसरी प्रचार गर्छन् भनी मानिसहरू छक्क परे । वैकल्पिक अनुवादः “यिनी योसेफका छोरा त हुन् !” वा “यिनको बाबु योसेफ त हुन् !”
नासरत त्यो सहर थियो, जहाँ येशू हुर्कनुभयो ।
“निश्चय नै” वा “त्यहाँ कुनै शंकै छैन कि”
यदि कुनै कोही व्यक्तिले आफैँसँग भएको रोगलाई निको पार्न सक्छु भनेर दाबी गर्छ भने, ऊ साँच्चै वैद्य नै हो भनेर विश्वास गर्नलाई त्यहाँ कुनै कारण हुँदैन । येशूले अरू ठाउँहरूमा गर्नुभयो भनी तिनीहरूले सुनेका कुराहरू देखे भने मात्रै तिनीहरूले उहाँ एक अगमवक्ता हुनुहुन्छ भनेर विश्वास गर्नेछन् भनेर बताउनलाई मानिसहरूले यो उखान येशूलाई भन्ने छन् ।
येशूको योसेफको छोरोको रूपमा भएको तल्लो स्तरको कारणले नासरतका मानिसहरूले उहाँ एक अगमवक्ता हुन सक्नुहुन्थ्यो भनेर विश्वास गरेनन् । तिनीहरूले विश्वास गर्नेछैनन् जबसम्म उहाँले आश्चर्यकर्महरू गर्नुभएको तिनीहरूले व्यक्तिगत रीतिले देख्दैनन् ।
“यो निश्चय नै सत्य हो ।” यो यसपछि आउने कुरालाई जोड दिएर भनिएको भनाइ हो ।
येशूले मानिसहरूलाई हप्काउन यो सामान्य भनाइ बनाउनुहुन्छ । उहाँले भन्न खोज्दै हुनुहुन्छ कि तिनीहरूले कफर्नहुममा भएका उहाँका आश्चर्यकर्महरूका खबरहरू विश्वास गर्न इन्कार गरिरहेका थिए । तिनीहरूले ठाने कि तिनीहरूले अघिबाटै उहाँको बारेमा सबै जानिसकेका छन् ।
“आफ्नो सहर” वा “जन्मथलो” वा “उहाँ हुर्कनुभएको गाउँ”
येशूले सभाघरमा उहाँलाई सुनिरहेका मानिसहरूलाई, एलिया र एलीशा अगमवक्ताहरूको बारेमा सम्झाउनुहुन्छ, जो तिनीहरूले चिनेका अगमवक्ताहरू थिए ।
“म तिमीहरूलाई साँचो भन्दछु ।” यसपछि आउने भनाइको महत्त्व, सत्यता र सच्चाइमा जोड दिनलाई यो वाक्यांशको प्रयोग गरिएको हो ।
विधवाहरू ती स्त्रीहरू हुन जसका पतिहरू मरेका छन् ।
येशूले कुरा गरिरहनुभएका मानिसहरूले एलिया परमेश्वरका अगमवक्ताहरूमध्ये एक थिए भनी जान्दथे । तपाईंका पाठकहरूले यो जान्दैनन् भने तपाईंले युएसटीमा जस्तै अस्पष्ट कुराहरूलाई स्पष्ट बनाउन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “एलियाले इस्राएलमा अगमवाणी गरिरहरका थिए”
यो एउटा अलङ्कार हो । यहाँ आकाशलाई बन्द भएको छतको रूपमा चित्रण गरिएको छ, ताकि त्यहाँबाट केही पानी नपरोस् । वैकल्पिक अनुवादः “जब आकाशबाट पानी परेन” वा “जब त्यहाँ कुनै पानी नै परेको थिएन”
“गम्भीर रूपमा भएको खानेकुराको कमी ।” अनिकाल भनेको लामो समय अवधि हो जब खेतीपातीले मानिसहरूलाई पर्याप्त अन्न उत्पादन गर्न सक्दैनन् ।
सारपत सहरमा बस्ने मानिसहरू यहूदीहरू नभई गैरयहूदीहरू थिए । येशूले बोल्नुभएको कुरा सुन्ने मानिसहरूले सारपतका मानिसहरू गैरयहूदीहरू हुन् भनी बुझेका थिए । वैकल्पिक अनुवादः “सारपतमा बस्ने गैरयहूदी विधवा”
सिरियाबाट आएको व्यक्तिलाई सिरियाली भनिन्छ । सिरियाका मानिसहरू यहूदीहरू थिएनन्, तर गैरयहूदीहरू थिए । वैकल्पिक अनुवादः “सिरियाको गैरयहूदी नामान”
परमेश्वरले यहूदीहरूको साटोमा अन्यजातिहरूलाई सहयोग गर्नुभएको धर्मशास्त्रका खण्डहरूलाई येशूले उद्धृत गर्नुभएकोमा नासरतका मानिसहरूले अत्यन्तै नराम्रो माने ।
“उहाँलाई सहर छोड्नलाई बलजफती गरे” वा “उहाँलाई सहरबाट बाहिर धकेलिदिए”
“भीरको डिल”
“भीडको बीचबाट” वा “उहाँलाई मार्न खोज्ने मानिसहरूका बीचबाट ।”
“उहाँ लाग्नुभयो” वा “उहाँ आफ्नो बाटोमा लाग्नुभयो” येशू मानिसहरूले जानलाई बलजफ्ती गरेको ठाउँमा नभइ उहाँले जानलाई योजना गर्नुभएको ठाउँमा नै जानुभयो ।
येशू तब कफर्नहुममा जानुहुन्छ, त्यहाँ सभाघरमा भएका मानिसहरूलाई सिकाउनुहुन्छ, र एकजना मानिसलाई छोड्नलाई एउटा भूतलाई आज्ञा गर्नुहुन्छ ।
“तब येशू ।” यसले एउटा नयाँ घटनालाई सङ्केत गर्छ ।
यहाँ “तल जानुभयो” वाक्यांशलाई प्रयोग गरिएको छ किनभने कफर्नहुम उचाइमा नासरतभन्दा तल पर्छ ।
“गालीलको अर्को सहर कफर्नहुममा”
साह्रै अचम्मित, साह्रै छक्क
“उहाँले एउटा अधिकार भएको व्यक्तिले झैँ बोल्नुभयो” वा “उहाँको वचनहरूमा महान् शक्ति थियो”
यो वाक्यांशलाई कथामा एउटा नयाँ पात्रको परिचयलाई अङ्कित गर्नलाई प्रयोग गरिन्छ; यहाँ चाहिँ, एउटा भूत लागेको मानिस ।
“जसलाई अशुद्ध आत्मा लागेको थियो” वा “जो दुष्ट आत्माद्वारा नियन्त्रित थियो”
“ऊ ठूलो स्वरले करायो”
यो युद्धरत जवाफ हो जसको अर्थ यस्तो हुन्छः “हाम्रो साझा कुरा के छ र ?” वा “हामीलाई दुःख दिने तपाईंसँग के अधिकार छ ?”
यो प्रश्नलाई एउटा कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “नासरतको येशू, तपाईंले हामीसँग से गर्नुपर्छ !” वा “नासरतको येशू, हामीले तपाईंसँग गर्नलाई केही छैन !” वा “नासरतको येशू, तपाईंसँग हामीलाई सताउने कुनै अधिकार छैन !”
“येशूले यसो भनेर भूतात्मालाई हकार्नुभयो” वा “येशूले भूतात्मालाई कडासँग भन्नुभयो”
उहाँले त्यस मानिसलाई नियन्त्रण गर्नलाई बन्द गर्न भूतलाई आज्ञा गर्नुभयो । वैकल्पिक अनुवादः “त्यसलाई छोड्” वा “यस मानिसमा अब नबस्”
येशूले भूतात्मालाई मानिसबाट छोडेर जानलाई आज्ञा दिनुभएकोमा मानिसहरू कति धेरै चकित परेका थिए भनी तिनीहरूले व्यक्त गर्दै थिए । यसलाई कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “यी त अचम्मका वचनहरू हुन् !” वा “उहाँका वचनहरू अचम्मका छन् !”
“उहाँसँग अशुद्ध आत्माहरूलाई आज्ञा गर्ने अधिकार र शक्ति छ”
कथाभित्रैका घटनाहरूद्वारा हुन पुगेको कथा पछाडि के भयो भन्ने बारेमा यो एउटा टिप्पणी हो ।
“येशूको बारेमा भएका कुराहरू फैलन थाले” वा “मानिसहरूले येशूको बारेमा भएको समाचार फैलाउन लागे”
येशू अझै पनि कफर्नहुममै हुनुहुन्छ, तर अब सिमोनको घरमा हुनुहुन्छ, जहाँ उहाँले सिमोनको सासु र धेरै मानिसहरूलाई निको पार्नुहुन्छ ।
यसले एउटा नयाँ घटनालाई परिचय गराउँछ ।
“सिमोनकी पत्नीकी आमा”
यो एउटा उपमा हो जसको अर्थ हुन्छ, “... बाट तिनी धेरै बिरामी थिइन्”
“धेरै तातो छाला”
यसको अर्थ हो कि तिनलाई ज्वरोबाट निको पार्नलाई तिनीहरूले येशूलाई बिन्ती गरे । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनलाई ज्वरोबाट निको पार्न येशूलाई बिन्ती गरे” वा “तिनको ज्वरोलाई सन्चो गर्न येशूलाई बिन्ती गरे”
“त्यसैले” शब्दले यो प्रस्ट बनाउँछ कि उहाँले सो काम गर्नुभयो किनभने मानिसहरूले सिमोनको सासुलाई निको पार्न उहाँसँग बिन्तीभाउ गरे ।
“तिनीकहाँ जानुभयो र तिनको छेउमा निहुरनुभयो”
“ज्वरोसँग कडा तवरले बोल्नुभयो, र त्यसले तिनलाई छोडेर गयो” वा “ज्वरोलाई तिनलाई छोड्नलाई आज्ञा दिनुभयो, र त्यसले छोड्यो ।”
“तातोपनालाई हप्काउनुभयो”
यहाँ यसको अर्थ हो कि तिनले येशू र घरमा भएका अरू मानिसहरूको लागि खानेकुरा बनाउन थालिन् ।
“ ... माथि उहाँको हात राख्नुभयो” वा “छुनुभयो”
यो बुझिएको छ कि येशूले भूतहरूलाई भूत लागेका मानिसहरूलाई छोड्ने बनाउनुभयो । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले भूतहरूलाई बाहिर निस्कन कर पनि लगाउनुभयो”
यिनीहरूले एउटै कुराको बारेमा अर्थ दिन्छन्, र शायद डर वा क्रोधको चिच्याहटहरूलाई जनाउँछ । केही अनुवादहरूले केवल एउटै शब्दलाई प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “चित्कार निकाल्दै” वा “कराउँदै”
यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।
“भूतात्माहरूसँग कडासँग बोल्नुभयो”
“तिनीहरूलाई ... दिनुभएन”
हुन त मानिसहरू येशू कफर्नहुममै बस्नुभएको चाहन्थे, उहाँ यहूदियाका अन्य सभाघरहरूमा प्रचार गर्न जानुहुन्छ ।
“सूर्योदयमा” वा “प्रभातमा”
“निर्जन स्थान” वा “जहाँ कोही मानिसहरू थिएनन्”
“अन्य धेरै सहरहरूमा भएका मानिसहरूकहाँ”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसैकारणले परमेश्वरले मलाई यहाँ पठाउनुभयो”
किनकि येशू गालीलमा पहिले जानुभएको थियो, यहाँ “यहूदिया” शब्दले शायद समस्त क्षेत्रलाई जनाउँछ जहाँ यहूदीहरू त्यस समयमा बस्थे । वैकल्पिक अनुवादः “जहाँ यहूदीहरू बस्थे”
1 जब मानिसहरू येशूकहाँ परमेश्वरको वचन सुन्नको लागि जम्मा भए, त्यो समयमा येशू गनेसरेतको तालमा उभिनुभएको थियो । 2 उहाँले तालको किनारमा दुईवटा डुङ्गा राखेको देख्नुभयो । जालहारीहरूले बाहिर निस्केर आफ्ना जालहरू धोइरहेका थिए । 3 येशू तीमध्ये एउटा डुङ्गामा चढ्नुभयो जुनचाहिँ सिमोनको थियो र उनलाई जमिनभन्दा पर पानी भएको ठाउँतिर लैजान भन्नुभयो । त्यसपछि उहाँले डुङ्गामा बसेर मानिसहरूलाई सिकाउनुभयो । 4 उहाँले बोलिसक्नुभएपछि सिमोनलाई भन्नुभयो, “माछाहरू समात्नलाई तिम्रो डुङ्गा गहिरो पानीतिर लैजाऊ र जाल हान ।” 5 सिमोनले जवाफ दिएर भने, “प्रभु, हामीले रातभरि जाल हान्यौँ, तर केही पनि पक्रन सकेनौँ । तरै पनि तपाईं भन्नुहुन्छ भने म जाल हान्नेछु ।” 6 जब तिनीहरूले यसो गरे, तिनीहरूले धेरै सङ्ख्यामा माछाहरू बटुले र तिनीहरूको जाल फाट्न लागिरहेको थियो । 7 त्यसैले, तिनीहरूले आफ्ना डुङ्गाका अरू साथीहरूलाई सहयोग गर्न आउनको लागि इसारा गरे । तिनीहरू आए र सबै डुङ्गाहरू भरे अनि ती डुब्न थाले । 8 तर सिमोन पत्रुसले जब यो देखे, येशूको अगाडि घुँडा टेकेर भने, “हे प्रभु, मबाट टाढा जानुहोस् किनकि म पापी हुँ ।” 9 तिनीहरूले माछा समातेको देखेर उनी र तिनीसँग भएका सबै जना आश्चर्य चकित भए । 10 यस कार्यमा जब्दियाका छोराहरू याकूब र यूहन्ना पत्रुससँग साझेदार थिए । येशूले पत्रुसलाई भन्नुभयो, “नडराऊ, किनभने अबदेखि तिमीले मानिसहरू पक्रनेछौ ।” 11 जब तिनीहरूले आफ्नो डुङ्गालाई जमिनमा ल्याए, उनीहरूले आफूसँग भएका सबै कुरा छोडेर उहाँको पछि लागे । 12 जब उहाँ सहरहरूमध्ये एउटा सहरमा जाँदै गर्नुहुँदा उहाँले कुष्ठरोगीलाई देख्नुभयो । जब कुष्ठरोगीले येशूलाई देख्यो, उसले घोप्टो परेर दण्डवत् गर्यो र भन्यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ ।” 13 येशूले हात पसारेर छुनुभयो र भन्नुभयो, “म चाहन्छु कि तिमी शुद्ध होऊ ।” अनि तत्कालै कुष्ठरोगले उसलाई छोड्यो । 14 उहाँले यो कुरा कसैलाई नभन्नू भनी आज्ञा गर्नुभयो र भन्नुभयो, “आफ्नो बाटो लाग र मोशाको व्यवस्थाबमोजिम आफैँलाई पुजारीकहाँ देखाऊ । तिम्रो शुद्धताको लागि बलि चढाऊ र तिनीहरूलाई तिमी कसरी निको भयौ भनी गवाही देऊ ।” 15 तर यो कुरा चारैतिर फैलियो र भिडहरू त्यो कसरी निको भयो भनी सिकाएको सुन्न र आ-आफ्नो रोगबाट निको हुन आए । 16 तर उहाँ प्रायः गरेर उजाड-स्थानतिर गएर प्रार्थना गर्नुहुन्थ्यो । 17 एक दिन उहाँले शिक्षा दिइरहनुभएको बेलामा, त्यहाँ फरिसीहरू र व्यवस्थाका शिक्षकहरू पनि बसिरहेका थिए, जो गालील र यहूदाका विभिन्न गाउँ र इलाकाहरूबाट अनि यरूशलेमको सहरबाट आएका थिए । निको पार्नका लागि परमेश्वरको शक्ति उहाँसँग थियो । 18 केही मानिसहरूले एक जना पक्षाघाती मानिसलाई गुन्द्रिमा बोकेर त्यहाँ आए । उसलाई येशूको अगाडि भित्र लगेर राख्नका लागि लैजाने बाटो खोजे । 19 तर भिडको कारणले गर्दा तिनीहरूले उसलाई येशूकहाँ लैजान सकेनन् । त्यसैले, तिनीहरू घरको छानामाथि चढे र छाना खोलेर तिनीहरूले त्यो मानिसलाई येशू भएको ठाउँको अगाडि ओछ्यानसहित झारिदिए । 20 येशूले तिनीहरूको विश्वासलाई देख्नुभयो र भन्नुभयो, “हे मानिस, तिम्रो विश्वासको कारण तिम्रा पाप क्षमा भएका छन् ।” 21 शास्त्री र फारिसीहरूले प्रश्न गर्न थाले, “यो ईश्वर-निन्दा गर्ने को हो ? परमेश्वरबाहेक कसले पापको क्षमा दिन सक्छ ?” 22 येशूले तिनीहरूले आपसमा के विचार गरेका थिए भन्ने कुरा जान्नुभयो र भन्नुभयो, “तिमीहरू आफ्नो हृदयमा किन यस्तो प्रश्न गर्दछौ ? 23 कुन कुरा सजिलो छ ‘तिम्रा पाप क्षमा भए भन्नु वा उठेर हिँड् भन्नु ?‘ 24 तिमीहरूलाई थाहा होस् कि मानिसका पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ । म तिमीलाई भन्दछु, ‘उठ, तिम्रो आफ्नो ओछ्यान उठाऊ र आफ्नो घर जाऊ‘ ।” 25 तुरुन्तै तिनीहरूको सामुन्ने ऊ उठ्यो र आफ्नो ओछ्यान उठाएर परमेश्वरको महिमा गर्दै आफ्नो घरतर्फ लाग्यो । 26 सबै जना अचम्मित भए र परमेश्वरलाई महिमा दिए । तिनीहरू डरले भरिएर भने, “आज हामीले असाधारण काम देखेका छौँ । 27 यसपछि येशू त्यहाँबाट जानुभयो र लेवी नाउँ गरेको कर उठाउने व्यक्तिलाई कर उठाउने ठाउँमा बसिरहेको देख्नुभयो । उहाँले उसलाई भन्नुभयो, “मलाई पछ्याऊ ।” 28 त्यसैले, लेवीले सब थोक छाडेर उठे अनि उहाँलाई पछ्याए । 29 तब लेवीले येशूको निम्ति उसको घरमा एउटा ठुलो भोज दिए, जहाँ धेरै कर उठाउनेहरू पनि थिए अनि अन्य मानिसहरूले पनि टेबलमा अडेस लगाएर तिनीहरूसँगै खाइरहेका थिए । 30 तर फरिसीहरू र तिनीहरूका शास्त्रीहरूले उहाँका चेलाहरूसँग यसरी गुनासो गरिरहेका थिए, “तिमीहरू किन कर उठाउनेहरू र अरू पापीहरूसँग बसेर खान्छौँ ?” 31 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “असल स्वस्थ हुने मानिसलाई वैद्यको आवश्यकता पर्दैन, बिरामीलाई मात्र यसको आवश्यकता पर्छ ।” 32 म धर्मी मानिसलाई पश्चात्तापको लागि बोलाउन आएको होइनँ, तर पापीहरूलाई पश्चात्तापको निम्ति बोलाउन आएको हुँ । 33 तिनीहरूले उहाँलाई भने, “यूहन्नाका चेलाहरू प्रायः उपवास बस्छन् र प्रार्थना गर्छन् अनि फरिसीहरूका चेलाहरूले पनि त्यसै गर्छन्, तर तपाईंका चेलाहरू खान्छन् र पिउँछन् ।” 34 येशूले तिनीहरूलाई भन्नुभयो, “के विवाह भोजमा दुलहा त्यहाँ तिनीहरूकासाथमा हुँदा विवाह भोजमा उपस्थित हुनेहरू उपवास बस्छन् र ?” 35 तर तिनीहरूबाट दुलहालाई लगिने समय आउनेछ,तब मानिसहरू ती दिनहरूमा उपवास बस्नेछन् ।” 36 त्यसपछि येशूले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, “कसैले पनि पुरानो कपडा टाल्नलाई नयाँ कपडा च्यात्दैन । उसले त्यसो गर्यो भने, उसले त्यो नयाँ कपडालाई च्यातेको हुन्छ, तर त्यो नयाँ कपडाको टुक्रा पुरानो कपडासँग पनि मिल्दैन । 37 साथै कसैले पनि पुरानो मशकमा नयाँ दाखमद्य हाल्दैन । उसले त्यसो गर्यो भने नयाँ दाखमद्यले पुरानो मशकलाई फुटाउनेछ र दाखमद्य पोखिन्छ र मशक पनि नष्ट हुनेछ । 38 तर नयाँ दाखमद्य नयाँ मशकमा नै राख्नुपर्छ । 39 पुरानो दाखमद्य पिएर कसैले पनि नयाँ दाखमद्यको चाह गर्दैन, किनभने उसले “पुरानो नै असल छ भन्छ ।”
पत्रुस, याकूब, र यूहन्ना माझीहरू थिए । जब येशूले तिनीहरूलाई बताउनुभयो कि तिनीहरूले मानिसहरूलाई पक्रिने थिए, तिनीहरूले मानिसहरूलाई उहाँको बारेमा भएको सुसमाचारलाई विश्वास गर्न सहायता गरेको उहाँले चाहनुहुन्छ भनेर तिनीहरूलाई बताउन उहाँले एउटा अलङ्कारको प्रयोग गरिरहनुभएको थियो । अनि
जब येशूको समयका मानिसहरूले “पापीहरू”को बारेमा कुरा गर्थे, तिनीहरूले ती मानिसहरूको बारेमा कुरा गरिरहेका थिए जसले मोशाको व्यवस्थाको पालना गर्दैनथे र बरु चोरी र यौन सम्बन्धीका पापहरू गर्थे । जब येशूले भन्नुभयो कि उहाँ “पापीहरू”लाई बोलाउन आउनुभयो, उहाँको अर्थ यो थियो कि केवल ती मानिसहरू मात्र उहाँको अनुयायीहरू हुन सक्छन् जसले आफूहरू पापीहरू भएको विश्वास गर्छन् । यदि अधिकांश मानिसहरूले “पापीहरू” भनेर सोच्ने जस्तो तिनीहरू छैनन् भने पनि यो सत्य हो ।
मानिसहरूले तिनीहरू निरास छन् वा तिनीहरू आफ्ना पापहरूको लागि क्षमाप्रार्थी छन् भनेर परमेश्वरलाई देखाउने बेलामा मानिसहरूले उपवास बस्छन् वा लामो समयसम्म खानेकुरा खाँदैनन् । जब तिनीहरू खुशी हुन्छन्, जस्तै विवाहको समयमा, तिनीहरूले भोज, वा खाना खान्छन् जुन समयमा तिनीहरूले धेरै खानेकुरा खान्छन् ।
येशूले फरिसीहरूलाई दोष लगाउन एउटा परिकल्पित परिस्थितिको प्रयोग गर्नुहुन्छ । यस खण्डले “असल स्वास्थ्यमा भएका मानिसहरू” र “धर्मी मानिसहरू”लाई समावेश गर्छ । यसको अर्थ यो होइन कि त्यहाँ त्यस्ता मानिसहरू छन् जसलाई येशू चाहिँदैन । त्यहाँ कुनै “धर्मी मानिसहरू” छैनन्, सबैलाई येशूको आवश्यक छ । (हेर्नुहोस्ः अनि लूका ५:३१-३२)
यस अध्यायको थुप्रै भागहरूमा लेखकले केही जानकारीलाई अस्पष्ट नै छोडे जुन उनका मौलिक पाठकहरूले बुझेका वा त्यस बारेमा सोचेका हुन सक्छन् । नयाँ पाठकहरूलाई त्यस्ता केही कुराहरू थाहा नहुन सक्छ, त्यसैले लेखकले प्रवाह गर्न खोजिरहेका सबै कुरा बुझ्न तिनीहरूलाई कठिनाइ हुन सक्छ । यूएसटीले धेरैपटक ती जानकारीहरू कसरी प्रस्तुत गर्न सकिन्छ भनेर देखाउँछ ताकि नयाँ पाठकहरू ती खण्डहरू बुझ्न सक्षम होऊन् ।
यस अध्यायका थुप्रै भागहरू पहिल्यै घटिसकेका घटनाहरूका क्रमहरू हुन् । कुनै दिइएको खण्डमा, लूकाले कहिलेकाहीँ केही घटनाहरूलाई पहिल्यै घटिसकेको रूपमा र अन्य घटनाहरू अझै घट्न जाने प्रक्रियामै (ती उनले लेख्ने समयमा पूरा भइसकेका भएतापनि) रहेको जसरी लेख्छन् । यसले घटनाहरूको अतार्किक क्रम बनाएर अनुवादमा कठिनाइ पैदा गर्न सक्छ । सबै घटनाहरू पहिल्यै घटिसकेका छन् भनेको जसरी लेखेर यिनीहरूलाई एक अर्कामा मिल्दो बनाउन आवश्यक हुन सक्छ ।
यस खण्डमा येशूले आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ अनि
येशूले गनेसरेतको तालमा सिमोन पत्रुसको डुङ्गाबाट प्रचार गर्नुहुन्छ ।
यो वाक्यांशलाई यहाँ कथामा एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्नुहुन्छ ।
सम्भावित अर्थहरू हुन् १) “परमेश्वरले तिनीहरूले सुनेको चाहनुभएको सन्देश” वा २) “परमेश्वरको बारेमा येशूको सन्देश सुन्दै”
यी शब्दहरूले गालीलको समुद्रलाई जनाउँछ । गालील तालको पश्चिम पट्टि थियो, र गनेसरेतको भूमि चाहिँ पूर्व पट्टि थियो, त्यसैले यसलाई दुवै नाउँले बोलाइन्थ्यो । केही अङ्ग्रेजी संस्करणहरूले यसलाई पानीको सङ्ग्रहको उचित नामको रूपमा अनुवाद गर्छन्, “गनेसरेतको ताल ।”
तिनीहरूले आफ्ना जाल माछा मार्नका लागि फेरि प्रयोग गर्नलाई सफा गर्दै थिए ।
“डुङ्गा जुन सिमोनको थियो”
“पत्रुसलाई डुङ्गा तटबाट अलि पर लानलाई भन्नुभयो”
शिक्षकहरूको निम्ति बस्नु एउटा सामन्य आसन थियो ।
“उहाँले डुङ्गा बसेर मानिसहरूलाई सिकाउनुभयो ।” येशू तटबाट अलि पर हुनुहुन्थ्यो र उहाँ तटमा बसेका मानिसहरूसँग बोलिरहनुभएको थियो ।
“जब येशूले मानिसहरूलाई सिकाइसक्नुभयो”
“किनभने तपाईंले मलाई यसो गर्न भन्नुभएको छ”
तिनीहरू बोलाउनलाई किनारबाट धेरै टाढा भएका हुनाले सम्भवतः हात हल्लाएर तिनीहरूलाई सङ्केत गरे ।
“डुङ्गाहरू डुब्न थाले ।” डुब्नुको कारणलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “डुङ्गाहरू डुब्न थाले किनभने माछाले गर्दा निकै गह्रौँ भए”
सम्भावित अर्थहरू हुन् १) “येशूको सामु घुँडा टेके” वा २) “येशूको पाउमा झुके” वा
यहाँ “मानिस”को लागि भएको शब्दले “वयस्क पुरुष” भन्ने अर्थ दिन्छ र अझ सामान्य “मानव प्राणी” भन्ने अर्थ दिँदैन ।
“माछाको ठूलो सङ्ख्या”
“उनको माछा मार्ने काममा सिमोनका साझेदारहरू”
ख्रीष्टलाई पछ्याउन मानिसहरूलाई भेला गर्ने कुराको लागि माछा पक्रने कुराको चित्रणलाई एउटा अलङ्कारको रूपमा प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “तिमीले मानिसहरूको लागि जाल हान्नेछौ” वा “तिमीले मेरो लागि मानिसहरू बटुल्नेछौ” वा “तिमीले मानिसहरूलाई मेरा चेलाहरू हुनलाई ल्याउनेछौ”
येशूले नाउँ नदिइएको कुनै फरक सहरमा एउटा कुष्ठरोगीलाई निको पार्नुहुन्छ ।
यो वाक्यांशले कथामा एउटा नयाँ घटनालाई अङ्कित गर्छ ।
“एकजना मानिस जो कुष्ठरोगले भरिएको थियो ।” यसले कथामा एउटा नयाँ पात्रलाई परिचय गराउँछ ।
यहाँ “त्यो लम्पसार पर्यो” भनेको एउटा उपमा हो जसको अर्थ शिर झुकाउनु हो । वैकल्पिक अनुवादः “उसले घुँडा टेकेर मुखले भुइँ छोयो” वा “त्यो भुइँसम्मै निहुर्यो” वा
“तपाईंले चाहनुभयो भने”
यो बुझिएको छ कि उसले आफूलाई निको पारिदिन येशूलाई बिन्ती गरिरहेको थियो । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कृपया मलाई शुद्ध गर्नुहोस्, किनभने तपाईं सक्षम हुनुहुन्छ”
यसले विधिपूर्वक हुने शुद्धतालाई जनाउँछ, तर यो बुझिएको छ कि ऊ कुष्ठरोगको कारणले अशुद्ध छ । उसले आफ्नो रोगबाट निको पारिदिनलाई येशूलाई साँच्चै बिन्ती गरिरहेको थियो । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कुष्ठरोगबाट मलाई निको पारिदिनुहोस् ताकि म शुद्ध हुन सकूँ”
यसले विधिपूर्वक हुने शुद्धतालाई जनाउँछ, तर यो बुझिएको छ कि ऊ कुष्ठरोगको कारणले अशुद्ध छ । उसले आफ्नो रोगबाट निको पारिदिनलाई येशूलाई साँच्चै बिन्ती गरिरहेको थियो । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “निको होऊ”
“उससँग कुष्ठरोग अझै बढी थिएन”
यसलाई प्रत्यक्ष कथनमा पनि अनुवाद गर्न सकिन्छः “अरू कसैलाई नभन्नू ।” त्यहाँ एउटा अन्तर्निहित जानकारी छ जसलाई स्पष्टसँग व्यक्त गर्न सकिन्छ
व्यवस्थाअनुसार कुनै पनि मानिस शुद्ध भएपछि उसले तोकिएको बलि चढाउनुपर्थ्यो । यसले त्यो व्यक्तिलाई विधिवत् रूपमा शुद्ध पार्थ्यो र धार्मिक क्रियाकलापहरूमा सहभागी हुन अनुमति दिन्थ्यो ।
“तिम्रो चङ्गाइको प्रमाणको रूपमा”
सम्भावित अर्थहरू हुन् १) “पूजाहारीहरूलाई” वा २) “सारा मानिसहरूलाई” ।
“येशूको बारेमा भएको खबर ।” यसको अर्थ “येशूले त्यस कुष्ठरोग लागेको मानिसलाई निको पार्नुभएको कुरा” वा “येशूले मानिसहरूलाई निको पार्नुभएको कुरा” मध्येमा जुन पनि हुन सक्छ ।
“उहाँको बारेको खबर अझ टाढासम्म पुग्यो ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले उहाँबारे भएको समाचार अरू ठाउँहरूतिर पनि भनिरहे”
“एकान्त स्थानहरू” वा “अरू कोही मानिसहरू नभएका ठाउँहरू”
एक दिन जब येशूले एउटा घरमा सिकाइरहनुभएको थियो, केही मानिसहरूले एउटा पक्षघात भएको मानिसलाई निको पारिदिनको लागि भित्र ल्याए ।
यो वाक्यांशले कथाको एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्छ ।
यिनीहरू कथामा नयाँ मानिसहरू हुन् । यिनीहरू नयाँ मानिसहरू हुन् भनेर देखाउनलाई तपाईंको भाषामा कुनै तरिका हुन सक्छ ।
सुत्ने ओछ्यान वा पलङ वा बिरामी बोक्ने खाट
“आफैँ चलहन गर्न सक्दैनथ्यो”
केही भाषाहरूमा यसको संरचनालाई पुनः मिलाउँदा बढी स्वाभाविक देखिन सक्छ । वैकल्पिक अनुवादः “तर मानिसहरूको भीडको कारणले गर्दा तिनीहरूले त्यो मानिसलाई भित्र ल्याउने बाटो पाएनन् । त्यसैले”
यो कुरा स्पष्ट छ कि तिनीहरू भित्र प्रवेश गर्न नसक्नुको कारण यो थियो कि भीड यति धेरै ठूलो थियो कि त्यहाँ तिनीहरूको लागि कुनै ठाउँ थिएन ।
घरको छतहरू समतल हुन्थे र केही घरहरूमा त्यसमाथि जानलाई सजिलो पार्नलाई बाहिरबाट भर्याङहरू हुन्थे । यसलाई व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू घरको सम्म परेको छानामाथि गए”
“सोझै येशूको अगाडि” वा “येशूकै अगाडि”
यो कुरा बुझिएको छ कि येशूले पक्षघात लागेको मानिसलाई निको पार्न सक्नुहुन्थ्यो भनेर तिनीहरूले विश्वास गर्थे । यसलाई व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब येशूले थाहा गर्नुभयो कि उहाँले त्यस मानिसलाई निको पार्न सक्नुहुन्छ भनेर तिनीहरूले विश्वास गर्थे, उहाँले त्यसलाई भन्नुभयो”
यो मानिसहरूले नाम थाहा नपाएका मानिससँग बोल्दा प्रयोग गर्ने सामान्य शब्द हो । यो रूखो शब्द थिएन, न त यसले विशेष आदर झल्काउँथ्यो । केही भाषाहरूले “साथी” वा “महाशय” शब्द पनि चलाउन सक्छन् ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीलाई क्षमा गरिएको छ” वा “म तिम्रा पाप क्षमा गर्छु”
“यसलाई छलफल गर्नु” वा “यसको बारेमा बहस गर्नु ।” तिनीहरूले के कुरालाई प्रश्न गरे भन्ने कुरालाई व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूसँग पाप क्षमा गर्ने अधिकार छ वा छैन भनी छलफल गर्न लागे”
यो प्रश्नले येशूले भन्नुभएका कुरामा तिनीहरू कति चकित भएका र रिसाएका रहेछन् भनी देखाउँछ । यसलाई कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “यो मानिसले परमेश्वरको निन्दा गरिरहेछ !” वा “उसले यसो भनेर परमेश्वरको निन्दा गर्छ !”
अनुमानित जानकारीचाहिँ यो हो, कि कसैले पाप क्षमा गरेको दाबी गर्छ भने उसले आफू परमेश्वर भएको भन्दै छ । यसलाई एउटा प्रस्ट कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले बाहेक कसैले पाप क्षमा गर्न सक्दैन !” वा “पाप क्षमा गर्ने परमेश्वर मात्र हुनुहुन्छ !”
यो वाक्यांशले सङ्केत गर्छ कि तिनीहरूले मनमनै बहस गरिरहेका थिए, त्यसैले तिनीहरूले के सोचिरहेका थिए भनेर येशूले सुन्नुभन्दा पनि चाल पाउनुभयो ।
यसलाई कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले आफ्नो हृदयमा यसबारे तर्क गर्नुहुँदैन ।” वा “मसँग पाप क्षमा गर्ने अधिकार छ भन्ने बारे तिमीहरूले शङ्का गर्नुहुँदैन ।”
यहाँ “हृदयहरू” भनेको मानिसहरूको दिमाग वा भित्री व्यक्तित्वको लागि प्रतिस्थापन शब्द हो ।
आफ्नो क्षमा गर्ने शक्तिलाई आफूले गर्न लाग्नुभएको चङ्गाइको आश्चर्यकर्मसँग जोड्नलाई येशूले यो प्रश्नको प्रयोग गर्दै हुनुहुन्छ । वैकल्पिक अनुवादः “मैले भर्खर भनेँ, ‘तिम्रा पापहरू तिमीलाई क्षमा भएका छन् ।’ तिमीहरूले सोच्न सक्छौ कि ‘उठ र हिँड’ भन्न गाह्रो हुन्छ, किनभने मैले निको पार्न सक्छु वा सक्दिन भन्ने कुराको प्रमाण ऊ उठेर हिँड्छ वा हिँड्दैन भन्ने कुराद्वारा देखाइनेछ ।” वा “तिमीहरूले सोच्न सक्छौ कि ‘उठ र हिँड’ भन्नुभन्दा ‘तिम्रा पापहरू तिमीलाई क्षमा भएका छन्’ भन्न सजिलो हुन्छ ।”
नबताइएको अर्थ यो हो कि एउटा कुरा “बताउनलाई सजिलो छ किनभने कसैले पनि थाहा पाउने छैन”, तर अर्को कुरा “बताउनलाई गाह्रो छ किनभने सबैले जान्ने छन् ।” यदि त्यस मानिसको पापहरू माफ भए वा भएनन् भनेर मानिसहरूले देख्न सक्दैनथे, तर यदि ऊ उठेर हिँड्यो भने ऊ निको पारिएको थियो भनेर तिनीहरू सबैले थाहा पाउने थिए ।
येशू शास्त्रीहरू र फरिसीहरूसँग बोलिरहनुभएको थियो । यहाँ “तिमीहरू” बहुवचन हो ।
येशूले आफैँलाई भन्दै हुनुहुन्थ्यो ।
येशूले यो कुरा पक्षाघाती मानिसलाई भन्दै हुनुहुन्थ्यो । “तिमी” शब्द एकवचन हो ।
“त्यो एकैपटकमा उठ्यो” वा “त्यो तत्कालै उठ्यो”
ऊ निको पारिएको थियो भनेर प्रस्टसँग बताउँदा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “त्यो मानिस निको पारिएको थियो ! ऊ उठ्यो”
“निकै भएभीत भएका” वा “भयले भरिएका”
“अचम्मका कुराहरू” वा “अनौठा कुराहरू”
जब येशू घरबाट जानुहुन्छ, उहाँले लेवी, यहूदी कर उठाउनेलाई, उहाँलाई पछ्याउनको लागि बोलाउनुहुन्छ । लेवीले येशूको लागि एउटा ठूलो भोज तयार गर्छन् जसले फरिसीहरू र शास्त्रीहरूलाई रीस उठाउँछ ।
“यी कुराहरू” वाक्यांशले अघिल्ला पदहरूमा भएका कुराहरूलाई जनाउँछ । यसले एउटा नयाँ घटनालाई सङ्केत गर्छ ।
“कर उठाउनेलाई ध्यान दिएर हेर्नुभयो” वा “कर उठाउनेलाई होसियारीसाथ हेर्नुभयो”
कसैलाई “पछ्याउनु” भनेको त्यो व्यक्तिको चेला हुनु हो । वैकल्पिक अनुवादः “मेरो चेला होऊ” वा “आऊ, मलाई तिम्रो शिक्षकको रूपमा पछ्याऊ”
“उसको कर उठाउने काम छाड्यो”
खाना खाने बेलामा, येशू फरिसीहरू र शास्त्रीहरूसँग बोल्नुहुन्छ ।
“लेवीको घरमा”
पलङमा ढल्केर बायाँ पाखुरालाई तकियामा अडेस लगाएर ग्रीकहरूले भोज खाने गर्थे । वैकल्पिक अनुवादः “सँगै खाँदै” वा “टेबलमा बसेर खाँदै”
“येशूका चेलाहरूलाई”
येशूका चेलाहरूले पापीहरूसँगै खाएको कुराप्रति फरिसीहरू र शास्त्रीहरूले असहमति व्यक्त गर्न तिनीहरूले यो प्रश्नको प्रयोग गरे । वैकल्पिक अनुवादः “तिमीहरूले पापीहरूसँग खानुहुँदैन !”
ती मानिसहरू जसले मोशाको व्यवस्थाको पालना गर्दैनथे तर ती कुराहरू गर्थे जुन अरू मानिसहरूले धेरै नराम्रो पाप हो भनी ठान्थे
फरिसीहरू र शास्त्रीहरूले विश्वास गर्थे कि धर्मी मानिसहरूले तिनीहरूले पापीहरू भनी ठानेका मानिसहरूबाट आफूहरूलाई अलग राख्नुपर्छ । “तिमीहरू” शब्द बहुवचनमा छ ।
वैद्यले रोगी मानिसहरूलाई निको पारिनलाई बोलाए झैँ गरी येशूले पापीहरूलाई पश्चात्तापको निमित्त बोलाउनुहुन्छ भनेर तिनीहरूलाई बताउनलाई सुरु गर्न उहाँले यो उखानको प्रयोग गर्नुभयो ।
चिकित्सक
हटाइएका शब्दहरूलाई तपाईंले थप्नलाई जरुरी हुन सक्छ । वैकल्पिक अनुवादः “केवल तिनीहरूलाई वैद्यको खाँचो हुन्छ जो बिरामी छन्”
कुनै पनि व्यक्ति जसले येशूलाई पछ्याउन चाहन्छ उसले आफैँलाई एक धर्मी मानिसको रूपमा होइन तर एक पापीको रूपमा सोच्नुपर्छ ।
यो नामयोगी विशेषणलाई एउटा नामपदको वाक्यांशको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्मी मानिसहरू”
“धार्मिक अगुवाहरूले येशूलाई भने”
येशूले तिनीहरूलाई पहिले नै थाहा भएको एउटा अवस्थाबारे सोच्न लगाउन यो प्रश्नको प्रयोग गर्नुभयो । यसलाई कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “दुलहा साथमा नै हुँदा कसैले पनि दुलहाका सेवकहरूलाई उपवास बस्न लगाउँदैन”
“पाहुनाहरू” वा “साथीहरू ।” यी विवाह गर्ने मानिससँगै उत्सव मनाउने साथीहरू हुन् ।
उपवास बस्नु भनेको उदास हुनुको चिन्ह हो । धार्मिक गुरूहरूले बुझे कि जन्तीहरूले दुलहा तिनीहरूको साथमा उपवास बस्ने थिएनन् ।
“चाँडै” वा “कुनै दिन”
येशूले आफैँलाई एउटा दुलहासँग, र चेलाहरूलाई जन्तीहरूसँग तुलना गर्दै हुनुहुन्छ । उहाँले रूपकलाई व्याख्या गर्नुभएन, त्यसैले आवश्यक परेको बेलामा अनुवादले त्यसलाई व्याख्या गर्नुपर्छ ।
येशूले लेवीको घरमा भएका शास्त्रीहरू र फरिसीहरूलाई एउटा कथा बताउनुहुन्छ ।
“कसैले पनि फटाउँदैन ... त्यसलाई प्रयोग गर्छ ... उसले ... उसले” वा “मानिसहरूले कहिल्यै च्यात्दैनन् ... त्यसलाई प्रयोग गर्छन् ... तिनीहरूले ... तिनीहरूले”
पुनः बनाउनु
त्यो व्यक्तिले त्यो वस्त्रलाई किन त्यसरी टाल्ने थिएन भन्ने कुराको कारणलाई यो परिकल्पित भनाइले व्याख्या गर्छ ।
“मेल खाँदैन” वा “उस्तै हुँदैन”
“अङ्गुरको रस ।” यसले मर्चाको प्रयोग गरी रासायनिक परिवर्तन नल्याइएको दाखमद्यलाई जनाउँछ ।
यी झोलाहरू जनावरको छालाबाट बनाइएका थिए । यसलाई “दाखमद्यको झोला” वा “छालाबाट बनेको झोला” पनि भन्न सकिन्छ (युडीबी) ।
जब नयाँ दाखमद्यमा रासायनिक परिवर्तन ल्याइन्छ तब यसको आयतन वृद्धि हुन्छ, अनि यसले मशकलाई फुटाउँछ किनभने मशक तन्कन सक्दैन । दाखमद्यमा रासायनिक परिवर्तन ल्याइने र आयतन बढ्छ भन्ने कुरालाई येशूका श्रोताहरूले बुझेका थिए ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “दाखमद्य झोलाबाट बाहिर पोखिनेछ”
“नयाँ दाखमद्य” वा “नयाँ दाखमद्यको झोला ।” यसले प्रयोग नगरिएको मशकलाई जनाउँछ ।
यो अलङ्कारले येशूको नयाँ शिक्षाको विरुद्धमा धार्मिक गुरूहरूको पुरानो शिक्षालाई विपरीत भएको देखाउँछ । भन्न खोजिएको कुराचाहिँ के हो भने ती मानिसहरू जो पुरानो शिक्षामा बानी परेका छन्, तिनीहरू येशूले सिकाइरहनुभएको नयाँ कुराहरू सुन्नलाई इच्छुक हुँदैनन् ।
यो कुरा थप्दा सजिलो हुन सक्छः “यसकारण उसले नयाँ दाखमद्य चाख्न कोसिस गर्दैन”
1 अब विश्रामको दिनमा यस्तो भयो कि येशू चेलाहरूसँग अन्नको खेतको बाटो भएर जाँदै गर्नुहुँदा तिनीहरूले हातले अन्नका बाला टिप्दै र तिनीहरूका हातमा माडिरहेका र अन्न खाइरहेका थिए । 2 तर केही फरिसीहरूले भने, “किन तिमीहरूले विश्रामको दिनमा व्यवस्थाअनुसार गर्न नहुने काम गरिरहेका छौ ?” 3 येशूले तिनीहरूलाई जवाफ दिँदै भन्नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू भोकाएका बेला दाऊदले के गरे भनी तिमीहरूले पढेका छैनौ ? 4 तिनी परमेश्वरको भवनभित्र पसेर पूजारीहरूले बाहेक अरूले खान निषेध गरिएको परमेश्वरको उपस्थितिको रोटीबाट आफूले केही खाए र केही आफूसँग भएका मानिसहरूलाई पनि दिए ।” 5 तब उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसका पुत्र विश्राम दिनको पनि प्रभु हो ।” 6 अर्को विश्राममा यसो भयो कि उहाँ सभाघरमा जानुभयो र त्यहाँ भएका मानिसहरूलाई सिकाउनुभयो । त्यहाँ दाहिने हात सुकेको एक जना मानिस थियो । 7 उहाँले विश्रामको दिनमा कसैलाई निको पार्नुहुन्छ कि हुन्न भनेर शास्त्रीहरू र फरिसीहरूले नजिकबाट उहाँलाई नियाली राखेका थिए ताकि तिनीहरूले उहाँलाई केही गल्ती गरेको कारण दोष भेट्टाउन सकियोस् । 8 तर तिनीहरूले के सोचिरहेका थिए भनी उहाँलाई थाहा थियो, र हात सुकेको मानिसलाई भन्नुभयो, “उठ र सबैका बिचमा खडा होऊ ।” त्यसकारण, त्यो मानिस उठ्यो र त्यहाँ सबैका बिचमा उभियो । 9 येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई सोध्छु, विश्रामको दिनमा कसैको असल गर्नु वा हानि गर्नु, जीवन बचाउनु वा नाश गर्नु कुन ठिक हो ?” 10 तब उहाँले तिनीहरूका वरिपरि हेर्नुभयो र त्यस मानिसलाई भन्नुभयो, “तेरो हात पसार् ।” उसले त्यसै गर्यो र उसको हात पहिलाको जस्तै भयो । 11 तर तिनीहरू रिसले चूर भए र येशूको बारेमा के गर्न सकिन्छ भनी एक अर्कामा कुराकानी गरे । 12 उहाँ डाँडामा प्रार्थना गर्न जानुभएको बेला ती दिनहरूमा यसो भएको हो । उहाँले परमेश्वरसँग रातभर निरन्तर प्रार्थनामा बिताउनुभयो । 13 जब उज्यालो भइसकेको थियो । उहाँले चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूमध्येबाट बाह्र जनालाई चुन्नुभयो जसलाई “प्रेरित” नाउँ दिनुभयो । 14 पप्रेरितहरूका नाउँहरू थिएः सिमोन (जसलाई उहाँले पत्रुस भनी नाउँ दिनुभयो) र उनका भाइ अन्द्रियास, याकूब, यूहन्ना, फिलिप, बारथोलोमाइ, 15 मत्ती, थोमा, अल्फयासका छोरा याकूब, सिमोन जसलाई विद्रोही भनिन्थ्यो, 16 याकूबका छोरा यहूदा, र यहूदा इस्करियोत, जो एक धोकेबाज हुन पुग्यो । 17 त्यसपछि येशू तिनीहरूसँगै डाँडाबाट तल ओर्लनुभयो र समथर ठाउँमा उभिनुभयो । त्यहाँ उहाँका चेलाहरूको ठुलो भिड थियो र त्यसै गरी ठुलो सङ्ख्यामा यहूदिया, र यरूशलेम, र सिदोन, टुरोसको समुद्री तटका बासिन्दाहरू पनि थिए । 18 तिनीहरू उहाँका वचन सुन्न र आ-आफ्ना रोगहरूबाट निको हुनलाई आएका थिए । अशुद्ध आत्माले सताइएका मानिसहरू पनि निको भए । 19 भभिडमा भएका सबैले उहाँलाई छुन खोजे, किनभने निको पार्ने शक्ति उहाँबाट गइहेको थियो र उहाँले सबैलाई निको पार्नुभयो । 20 उहाँले चेलाहरूतर्फ हेर्नुभयो र भन्नुभयो, “धन्य तिमीहरू जो दीन छौ, परमेश्वरको राज्य तिमीहरूकै हो । 21 धन्य तिमीहरू जो अहिले भोकाउँदछौ, तिमीहरू तृप्त हुनेछौ । धन्य तिमीहरू जो अहिले रुन्छौ, तिमीहरू हाँस्नेछौ । 22 जब मानिसका पुत्रका खातिर बहिष्कार गरी साथीहरूबाट अलग गरेर तिमीहरूलाई निकाल्दछन् र दुष्ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्दछन् । धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई घृणा गर्दछन् । 23 त्यसदिन तिमीहरू रमाओ र आनन्दले उफ्र, किनकि निश्चय नै स्वर्गमा तिमीहरूका लागि ठुलो इनाम हुनेछ । किनकि तिनीहरूका पुर्खाहरूले पनि अगमवक्ताहरूलाई त्यसै गरेका थिए । 24 तर धिक्कार तिमीहरू जो धनी छौ ! तिमीहरूले आफ्ना सान्त्वना पाइसकेका छौ । 25 धिक्कार तिमीहरूलाई जो आहिले तृप्त छौ ! तिमीहरू पछि भोकाउनेछौ । धिक्कार तिमीहरू जो अहिले हाँस्छौ ! तिमीहरू पछि रुनेछौ र विलाप गर्नेछौ । 26 धिक्कार तिमीहरू मानिसहरूबाट प्रशंसा पाउनेहरू ! तिम्रा पुर्खाहरूले झुटा अगमवक्ताहरूलाई पनि त्यसै गरेका थिए । 27 तर म तिमीहरूलाई भन्दछु जसले सुनिरहेका छौ, तिम्रा शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई घृणा गर्नेहरूको भलाइ गर । 28 तिमीहरूलाई सराप्नेहरूलाई आशिष् देऊ र तिमीहरूलाई दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर । 29 तिम्रो एउटा गालामा हिर्काउनेलाई अर्को पनि थापिदेऊ । यदि कसैले तिम्रो कोट खोस्छ भने उसलाई दौरा पनि दिइहाल । 30 तिमीसँग माग्ने सबैलाई देऊ । यदि कसैले तिम्रो केही कुरा लगेमा त्यससँग फिर्ता नमाग । 31 मानिसहरूले तिमीलाई जसो गरेको चाहन्छौ, तिमीले पनि तिनीहरूलाई त्यस्तै गर्नुपर्छ । 32 तिमीलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने के लाभ भयो र ? किनकि पापीहरूले पनि तिनीहरूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छन् । 33 यदि तिमीहरूलाई असल गर्नेलाई मात्र असल गर्छौ भने के लाभ भयो र ? पापीहरूले पनि त त्यसै गर्छन् । 34 यदि तिमीले तिनीहरूले फिर्ता गर्न सक्छन् भन्ने आशामा मात्र ऋण दिन्छौ भने तिमीलाई के लाभ भयो र ? पापीहरूले पनि पापीहरूलाई ऋण दिन्छन् र उत्तिकै मात्रामा फिर्ता पाउने आशा राख्दछन् । 35 तर तिम्रा शत्रुहरूलाई प्रेम गर र तिनीहरूको भलाइ गर । पैँचो माग्नेहरूलाई केही पनि फिर्ता पाउने आशा नगरीकन देऊ ताकि तिम्रो इनाम ठुलो हुनेछ । तिमी सर्वोच्चका छोराहरू हुनेछौ, किनकि उहाँ आफैँ अधन्यवादी र खराब मानिसहरूप्रति कृपालु हुनुहुन्छ । 36 तिम्रा पिता कृपालु हुनुभएझैँ तिमी पनि कृपालु होऊ । 37 कसैको न्याय नगर र तिम्रो न्याय गरिनेछैन । दोष नलगाऊ र तिमी दोषी ठहरिनेछैनौ; अरूलाई क्षमा देऊ र तिमीलाई पनि क्षमा गरिनेछ । 38 अरूहरूलाई देऊ र तिमीहरूलाई पनि दिइनेछ । प्रशस्त परिमाणमा खाँदी-खाँदी, हल्लाई-हल्लाई पोखिने गरी, तिनीहरूले तिमीहरूका पोल्टामा खन्याउनेछन् । जुन नापले तिमीहरू नाप्तछौ, त्यहीँ नापले तिमीहरू पनि नापिनेछौ ।” 39 त्यसपछि उहाँले तिनीहरूलाई एउटा दृष्टान्त पनि भन्नुभयो, “के एक जना अन्धा मानिसले अर्को अन्धा मानिसलाई डोर्याउन सक्छ ? त्यसो गरे दुवै जना खाल्डोमा पर्दैनन् र ? 40 एउटा चेला आफ्नो गुरुभन्दा महान् हुन सक्दैन । तर हेरक जसले तालिम प्राप्त गर्छ, तब ऊ आफ्नो गुरुजस्तै हुनेछ । 41 तिमीले तिम्रो भाइको आँखामा मात्र किन सानो कसिङ्गर देख्तछौ तर आफ्नै आँखामा भएको मुढाचाहिँ किन देख्दैनौ ? 42 कसरी तिमीले आफ्नो भाइलाई भन्न सक्छौ, भाइ मलाई तिम्रा आँखामा भएको कसिङ्गर निकाल्न देऊ जब कि तिमीले आफ्नै आँखामा भएको मुढा देख्दैनौ ? हे पाखण्डी हो ! पहिले तिम्रा आँखाबाट मुढा निकाल तब तिमीले तिम्रो भाइको आँखामा भएको कसिङ्गर निकाल्न स्पष्टसँग देख्नेछौ । 43 किनकि कुनै असल रुखले कुहिएको फल फलाउँदैन, न त कुहिएको रुखले असल फल फलाउन सक्छ । 44 किनभने प्रत्येक रुख त्यसको फलले नै चिनिन्छ । किनकि काँडाको रुखबाट कसैले अञ्जीर बटुल्न सक्दैन, न त काँडे झाडीबाट अङ्गुर बटुल्न सक्छ । 45 असल मान्छेले आफ्नो हृदयको भण्डारबाट असल कुरा निकाल्छ र खराब मान्छेले आफ्नो हृदयको भण्डारबाट खराब कुरा नै निकाल्दछ । किनकि उसले आफ्नो हृदयको प्रशस्तबाट त्यही बोल्दछ र जे भण्डार गरी राखेको छ, त्यहीँ निकाल्छ । 46 तिमीहरू मलाई किन “प्रभु, प्रभु” भन्दछौ, जब कि मैले भनेका कुराहरूचाहिँ तिमीहरूले पालना गर्दैनौ ? 47 हरेक व्यक्ति जो मकहाँ आउँछ र मेरा वचन सुन्छ र पालन गर्छ, म तिमीहरूलाई भन्दछु, ऊ कस्तो मानिस हो । 48 ऊ एक जना घर बनाउने मानिसजस्तो हो, जसले जमिन गहिरो गरी खन्यो र घरको जग बलियो चट्टानमाथि बसाल्यो । जब जलप्रवाह भयो, तब बाढी उर्ली आएर त्यस घरलाई प्रहार गर्यो, तर त्यसलाई हल्लाउन सकेन, किनभने त्यो राम्ररी बनाइएको थियो । 49 तर एक जना मानिस जसले मेरा वचनहरू सुन्छ र पालन गर्दैन्, त्यो मानिस जमिनमाथि विनाजग घर बनाउने मानिसजस्तो हो । जब जलप्रवाह उर्ली आयो र त्यस घरलाई प्रहार गर्यो तब त्यो घर तुरुन्तै ढली हाल्यो र त्यस घरको पुरै विनाश भयो ।
लूका ६:२०-४९ मा थुप्रै आशिष्हरू र सरापहरू छन् जुन मत्ती ५-७ सँग मिलेको देखिन्छ । मत्तीको यो भागलाई पारम्परिक रूपमा “डाँडाको उपदेश” भनिएको छ । लूकामा, तिनीहरू मत्तीको सुसमाचारमा जस्तो परमेश्वरको राज्यको विषयमा भएको शिक्षासँग जोडिएका छैनन् ।
जब चेलाहरूले विश्रामको दिनमा खेतका अनाजहरू चुँडेर खाए जुन खेतबाट भएर तिनीहरू गइरहेका थिए (लूका ६:१), फरिसीहरूले भने कि तिनीहरूले मोशाको व्यवस्थालाई तोडिरहेका थिए । फरिसीहरूले बताए कि चेलाहरूले अनाजहरू टिपेर काम गरिरहेका थिए र त्यसैले विश्रामको दिनमा आराम गर्नु र काम नगर्नु भन्ने परमेश्वरको आज्ञालाई अनाज्ञापालन गरिरहेका थिए ।
चेलाहरूले चोरिरहेका थिए भनेर फरिसीहरूले सोचेनन् । त्यो किनभने यात्रुहरूलाई तिनीहरू जुन खेतको नजिकैबाट वा जसबाट भएर यात्रा गरिरहेका थिए त्यहाँबाट थोरै मात्रामा अनाजहरू चुँडेर खानलाई किसानहरूले अनुमति दिनुपर्छ भनी मोशाको व्यवस्थाले आवश्यक बनाएको थियो । अनि अनि )
अलङ्कारहरू दृश्य वस्तुहरूको चित्रणहरू हुन् जसलाई वक्ताहरूले अदृश्य सत्यतालाई व्याख्या गर्नलाई प्रयोग गर्छन् । येशूले उहाँका मानिसहरूलाई उदार हुनलाई सिकाउन एउटा उदार धनी अनाज व्यापारीको अलङ्कारको प्रयोग गर्नुभयो
आलङ्कारिक प्रश्नहरू ती प्रश्नहरू हुन् जसको जवाफ वक्तालाई अगाडिबाटै थाहा हुन्छ । फरिसीहरूले एउटा आलङ्कारिक प्रश्न येशूलाई सोधेर उहाँलाई गाली गरे जब तिनीहरूले ठाने कि उहाँले विश्रामको दिनको अवज्ञा गरिरहनुभएको थियो
वक्ताहरूले धेरैपटक ती कुराहरू बताउँदैनन् जुन तिनीहरूले ठान्छन् कि तिनीहरूका पाठकहरूले पहिल्यै बुझेका छन् । जब लूकाले लेखे कि चेलाहरूले अनाजका बालाहरूलाई तिनीहरूका हातमा माडिरहेका थिए, तिनीहरूले फाल्ने भागबाट खान हुने भागलाई अलग गरिरहेका थिए भनेर उनको पाठकले जान्दछन् भनेर उनले अपेक्षा गरे
निम्न दिइएका नामहरू बाह्र चेलाहरूको सूची होः
मत्तीमाः
सिमोन (पत्रुस), अन्द्रियास, जब्दियाका छोरा याकूब, जब्दियाका छोरा यूहन्ना, फिलिप, बारथोलोमाइ, थोमा, मत्ती, अल्फयसका छोरा याकूब, थेदियस, सिमोन उग्रपन्थी र यहूदा इस्करियोत ।
मर्कूसमाः
सिमोन (पत्रुस), अन्द्रियास, जब्दियाका छोरा याकूब, जब्दियाका छोरा यूहन्ना (जसलाई उहाँले बोअनर्गेस नाम दिनुभयो, जसको अर्थ हो , गर्जनका पुत्रहरू), फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, थेदियस, सिमोन उग्रपन्थी, र यहूदा इस्करियोत ।
लूकामाः
सिमोन (पत्रुस), अन्द्रियास, याकूब, यूहन्ना, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, सिमोन (जसलाई उग्रपन्थी भनिन्थ्यो), याकूबका छोरा यहूदा, र यहूदा इस्करियोत ।
थेदियस सम्भवतः याकूबका छोरा, यहूदा भनिने व्यक्ति नै हुन् ।
“तिमीहरू” शब्द यहाँ बहुवचनमा छ, र चेलाहरूलाई जनाउँछ ।
येशू र उहाँका चेलाहरू अब एउटा अन्नको खेतबाट भएर जान्छन् तर केही फरिसीहरूले चेलाहरूलाई परमेश्वरको व्यवस्थामा, परमेश्वरको लागि अलग राखिएको विश्रामको दिनमा तिनीहरूले के गरिरहेका छन् भनेर प्रश्न गर्न थाल्छन् ।
यो वाक्यांशलाई यहाँ कथाको एउटा नयाँ भागको सुरुवातलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्नुहुन्छ ।
यहाँ यो अरू धेरै गहुँ उब्जाउनलाई मानिसहरूले गहुँको बिउ छरेका जमिनको ठूलो भाग हो ।
यो गहुँको बिरुवा, जुन एक प्रकारको अग्लो घाँस हो, त्यसको सबैभन्दा टुप्पोको भाग हो । यसमा बिरुवाको पाकेको, खानहुने बिउ हुन्छ ।
तिनीहरूले अन्नका दानाहरूलाई अलग गर्नलाई यसो गरे । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “दानाहरूलाई बोक्राहरूबाट अलग गर्नलाई तिनीहरूले ती हातमा माडे”
चेलाहरूले व्यवस्था तोडेको आरोप लगाउनलाई तिनीहरूले यो प्रश्न गरे । यसलाई एउटा कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्रामको दिनमा अन्न टिप्नु परमेश्वरको व्यवस्था विरुद्ध हो !”
हत्केलाभरी मात्र भएको दाना माड्ने सानो कामलाई पनि फरिसीहरूले व्यवस्थाको विरुद्धमा गरेको कामको रूपमा विचार गरे । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “काम गर्दै”
धर्मशास्त्रबाट नसिकेकोमा येशूले फरिसीहरूलाई हप्काउँदै हुनुहुन्छ । यसलाई कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले पढेका कुराहरूबाट पाठ सिक्नुपर्छ !” वा “निश्चय नै तिमीहरूले पढेका छौ !”
“पवित्र रोटी” वा “परमेश्वरलाई चढाइएको रोटी”
येशूले आफैँलाई जनाउँदै हुनुहुन्थ्यो । यसलाई यसरी बताउन सकिन्छः वैकल्पिक अनुवादः “म, मानिसको पुत्र”
“प्रभु”को उपाधिले यहाँ विश्राममाथि उहाँको अधिकारलाई जोड दिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूलाई विश्रामको दिनमा के गर्नु उचित छ भनी निर्णय गर्ने अधिकार छ !”
यो अब अर्को विश्रामको दिन हो र येशू सभाघरमा हुनुहुन्छ ।
शास्त्रीहरू र फरिसीहरूले येशूलाई हेर्छन् जसै उहाँले एउटा मानिसलाई विश्रामको दिनमा निको पार्नुहुन्छ ।
कथाको नयाँ खण्डको आरम्भलाई देखाउन यो वाक्यांशलाई प्रयोग गरिएको हो ।
यसले कथामा एउटा नयाँ पात्रलाई परिचय गराउँछ ।
त्यो मानिसको हात यस्तो प्रकारले बिग्रिएको थियो कि उसले त्यसलाई पसार्न सक्दैनथ्यो । यो सम्भवतः एउटा मुट्ठी जस्तो बनेर बाङ्गिएको थियो, जसले त्यसलाई सानो वा चाउरी परेको जस्तो देखिने बनायो ।
“येशूलाई होसियारीपूर्वक हेरिरहेका थिए”
“किनकि तिनीहरूले पत्ता लगाउन चाहन्थे”
“सबैका अगाडि ।” त्यहाँ भएको हरेकले देख्न सक्ने गरी त्यो मानिस उभिएको येशूले चाहनुभयो ।
“फरिसीहरूलाई”
विश्रामको दिनमा निको पार्नुहुँदा उहाँ ठीक हुनुहुन्थ्यो भनेर फरिसरीहरूलाई स्वीकार गर्न कर लगाउनलाई येशूले यो प्रश्न सोध्नुभयो । यसकारण यो प्रश्नको औचित्य आलङ्कारिक छः जानकारी हासिल गर्नुभन्दा तिनीहरू सबैले सत्य छ भनी जानेका कुरालाई स्वीकार गर्ने बनाउनु । तापनि, येशूले भन्नुहुन्छ, “म तिमीहरूलाई सोध्छु”, त्यसैले यो प्रश्न अन्य आलङ्कारिक प्रश्नहरू जस्तो होइन जसलाई भनाइहरूको रूपमा अनुवाद गर्नु जरुरी हुन सक्छ । यसलाई एउटा प्रश्नको रूपमा अनुवाद गर्नुपर्छ ।
“कसैलाई सहायता गर्नु वा कसैलाई हानि गर्नु”
“तिम्रो हात सोझो बनाऊ” वा “तिम्रो हात तन्काऊ”
निको भयो
सारा रात प्रार्थना गरिसक्नुभएपछि येशूले बाह्र प्रेरितहरूलाई छान्नुहुन्छ ।
कथाको नयाँ खण्डको आरम्भलाई देखाउन यो वाक्यांशलाई प्रयोग गरिएको हो ।
“त्यस समयमा” वा “लामो समय बित्न नपाउँदै” वा “तीमध्ये कुनै एउटा दिनमा”
“येशू बाहिर जानुभयो”
“जब बिहान भएको थियो” वा “अर्को दिन”
“उहाँले चेलाहरूमध्ये बाह्र जनालाई छान्नुभयो”
“जसलाई उहाँले प्रेरित पनि बनाउनुभयो” वा “उहाँले तिनीहरूलाई प्रेरित हुनलाई नियुक्त गर्नुभयो”
“सिमोनका भाइ, अन्द्रियास”
सम्भावित अर्थहरू हुन् १) “उग्रपन्थी” एउटा नाम हो जसले सङ्केत गर्छ कि उनी त्यो समूहको मानिसहरूको हिस्सा थिए जसले यहूदी मानिसहरूलाई रोमी शासनबाट छुटकारा दिलाउन चाहन्थे । वैकल्पिक अनुवादः “देशभक्त” वा “राष्ट्रवादी” वा २) “एकजना जो जोसिला थिए” भनेको एउटा वर्णन हो जसले सङ्केत गर्छ कि उनी परमेश्वरलाई सम्मानित बनाउनको लागि जोसिला थिए । वैकल्पिक अनुवादः “केही कुरा गर्न दिलोज्यानले लागिपरेको कोही व्यक्ति”
यो सन्दर्भमा “धोकेबाज”को अर्थ के हुन्छ भनेर व्याख्या गर्न जरुरी हुन सक्छ । वैकल्पिक अनुवादः “उसको साथीलाई विश्वासघात गर्यो” वा “उसको साथीलाई शत्रुहरूकहाँ सुम्प्यो”
हुन त येशूले खासगरी उहाँका चेलाहरूलाई सम्बोधन गर्नुहुन्छ, त्यहाँ वरिपरि अरू पनि सुन्ने मानिसहरू थिए ।
“उहाँले छान्नुभएका बाह्र जनासँगै” वा “उहाँका बाह्र जना प्रेरितसँगै”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले तिनीहरूलाई निको पार्नलाई”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले अशुद्ध आत्माबाट सताइएका मानिसहरूलाई पनि निको पार्नुभयो”
“अशुद्ध आत्माहरूबाट पीडा दिइएकाहरू” वा “अशुद्ध आत्माहरूद्वारा नियन्त्रण गरिएकाहरू”
“उहाँसँग मानिसहरूलाई निको पार्ने शक्ति थियो” वा “उहाँले मानिसहरूलाई निको पार्न उहाँको शक्ति प्रयोग गरिरहुभएको थियो”
यो वाक्यांश तीन पटक दोहोरिएको छ । हरेक पटक यसले परमेश्वरले केही मानिसहरूलाई निगाह गर्नुहुन्छ अथवा तिनीहरूको परिस्थिति सकारात्मक वा असल छ भन्ने देखाउँछ ।
“तिमी दीन हुनेहरूले परमेश्वरको निगाह प्राप्त गर्छौ” वा “तिमी दीन हुनेहरूले लाभ पाउँछौ”
राज्य भन्ने शब्द नभएको भाषामा तपाईंले “किनभने परमेश्वर तपाईंको राजा हुनुहुन्छ” वा “किनेभने परमेश्वर तिम्रो शासक हुनुहुन्छ” भन्न सक्नुहुन्छ ।
“परमेश्वरको राज्य तिमीहरूको स्वामित्वमा छ ।” यसको अर्थ हुन सक्छः १) “तिमीहरू परमेश्वरको राज्यका हौ” वा २) “तिमीहरूले परमेश्वरको राज्यमा अधिकार पाउनेछौ ।”
“तिमीहरू आनन्दले हाँस्नेछौ” वा “तिमीहरू आनन्दित हुनेछौ”
“तिमीहरूले परमेश्वरको निगाह प्राप्त गर्छौ” वा “तिमीहरूले लाभ पाउनेछौ” वा “यो तिमीहरूका निम्ति कति असल छ”
“तिमीहरूलाई इन्कार गर्छन्”
“तिमीहरूले मानिसको पुत्रसँग मिलजुल गरेकोले गर्दा” वा “तिनीहरूले मानिसको पुत्रलाई इन्कार गरेकाले”
“जब तिनीहरूले ती कुराहरू गर्छन्” वा “जब त्यो हुन्छ”
यो उपमाको अर्थ “अत्यन्तै आनन्दित होओ” भन्ने हुन्छ ।
“एउटा ठूलो भुक्तानी” वा “असल उपहारहरू”
“तिमीहरूका निम्ति यो कति डरलाग्दो छ !” यो पदावली तीन पटकसम्म दोहोरिएको छ । यो “धन्य तिमीहरू” भन्ने अभिव्यक्तिको विपरीतमा छ । यसले हरेक पटक मानिसहरूप्रति परमेश्वरको रिस निर्देशित छ वा तिनीहरूलाई केही नकारात्मक वा खराब कुराहरूले प्रतीक्षा गरिरहेका छन् भनी देखाउँछ ।
“तिमी धनीहरूका निम्ति कति डरलाग्दो छ” वा “तिमी धनीहरूमाथि कष्ट आउनेछ”
“तिमीहरूलाई जे कुराले सान्त्वना दिन्छ” वा “तिमीहरूलाई सन्तुष्टि दिने कुरा” वा “तिमीहरूलाई जे कुराले खुसी पार्छ”
“जसको पेट अहिले अघाएको छ” वा “जसले अहिले धेरै खान्छौ”
“जो अहिले खुशी छौ”
“तिमीहरूका निम्ति कति डरलाग्दो छ” वा “तिमीहरू कति निराश हुनुपर्छ”
यहाँ “मानिसहरू” शब्द मूलभूत बुझाइमा प्रयोग गरिएको छ जसले सबै मानिसहरूलाई समावेश गर्छ । वैकल्पिक अनुवादः “जब सबै मानिसहरूले बोल्छन्” वा “जब हरेकले बोल्छ”
“तिनीहरूले पनि झुटा अगमवक्ताहरूबारे पनि राम्रो कुरा गरे”
येशू उहाँका चेलाहरू र भीडसँग कुरा गरिरहनुहुन्छ जसले पनि उहाँलाई सुनिरहेका छन् ।
आफ्ना चेलाहरूसँग मात्र नभई येशूले पूरै भीडसँग बोल्न थाल्नुभयो ।
यी हरेक आज्ञाहरूमध्ये एकचोटि मात्रै होइन, तर निरन्तर रूपमा पालन गर्नुपर्छ ।
यसको अर्थ यो होइन कि तिनीहरूले केवल शत्रुहरूलाई प्रेम गर्नुपर्थ्यो र मित्रहरूलाई चाहिँ होइन । यसलाई व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिम्रा शत्रुहरूलाई प्रेम गर, तिम्रा मित्रहरूलाई मात्र होइन”
यी हरेक आज्ञाहरूमध्ये एकचोटि मात्रै होइन, तर निरन्तर रूपमा पालन गर्नुपर्छ ।
आशिष् दिने चाहिँ परमेश्वर नै हुनुहुन्छ । यसलाई प्रस्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई आशिष् दिनलाई परमेश्वरलाई बिन्ती गर”
“जसले तिमीहरूलाई प्राय सरापिरहन्छन्”
“जसले तिमीहरूलाई प्राय दुर्व्यवहार गरिरहन्छन्”
“यदि कसैले तिमीलाई हिर्काउँछ भने”
“तिम्रो एकापट्टिको गालामा”
आक्रमणकारीले त्यो व्यक्तिलाई के गर्नेछ भनेर उल्लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “तिम्रो गाला फर्काइदेऊ ताकि अर्को गालामा पनि हिर्काउन सकोस्”
“लिनलाई नरोक”
“यदि कसैले तिमीसँग केही कुरा माग्छ भने, त्यो उसलाई देऊ”
“उसले देओस् भनेर नखोज” वा “उसलाई दिनलाई माग नगर”
केही भाषाहरूमा यसको वाक्यको क्रमलाई उल्टाउँदा बढी स्वाभाविक हुन सक्छ । वैकल्पिक अनुवादः “तिमीले मानिसहरूलाई त्यसै गर्नुपर्छ जसो मानिसहरूले तिमीलाई गरेको चाहन्छौ” वा “मानिहरूलाई यसरी व्यवहार गर जसरी तिनीहरूले तिमीलाई व्यवहार गरून् भन्ने तिमी चाहन्छौ”
“तिमीले के इनाम पाउँछौ र ?” वा “त्यसो गरेकोमा तिमीले के प्रशंसा पाउनेछौ र ?” यसलाई कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीले त्यसको निम्ति कुनै इनाम पाउँदैनौ ।” वा “परमेश्वरले तिमीलाई त्यसको निम्ति कुनै इनाम दिनुहुनेछैन ।”
मोशाको व्यवस्थाले यहूदीहरूलाई तिनीहरूले एक अर्कालाई दिएका ऋृणमा ब्याज नलिनलाई आज्ञा गर्यो ।
“तिमीले त्यो व्यक्तिलाई दिएको कुरा उसले फिर्ता गर्छ भनेर आशा नगर्दै” वा “तिमीलाई कुनै पनि कुरा दिनलाई आशा नगर्दै”
“तिमीले ठूलो इनाम पाउनेछौ” वा “तिमीले उत्तम भुक्तानी पाउनेछौ” वा “यसको कारण तिमीले असल उपहारहरू पाउनेछौ”
मानव छोरा वा बालकलाई जनाउन तपाईंको भाषाले स्वभाविक रूपमा प्रयोग गर्ने उही शब्दले नै “छोराहरू”लाई अनुवाद गर्दा बेस हुन्छ ।
“छोराहरू” बहुवचन होस् ताकि येशूको उपमा “सर्वोच्चका पुत्र” सँग नझुक्कियोस् ।
“उहाँलाई धन्यवाद नदिने मानिसहरू र जो दुष्ट हुन्छन्”
यसले परमेश्वरलाई जनाउँछ । मानव पितालाई जनाउन तपाईंको भाषाले स्वभाविक रूपमा प्रयोग गर्ने उही शब्दले नै “पिता”लाई अनुवाद गर्दा बेस हुन्छ ।
“मानिसहरूको न्याय नगर” वा “मानिसहरूको रूखो आलोचना नगर”
येशूले कसले न्याय गर्दैन भन्नुहुन्न । सम्भावित अर्थहरू हुन् १) “परमेश्वरले तिमीहरूको न्याय गर्नुहुनेछैन” वा २) “कसैले तिमीहरूको न्याय गर्नेछैन”
“मानिसहरूलाई दोष नलगाऊ”
येशूले कसले दोष लगाउँदैन भन्नुहुन्न । सम्भावित अर्थहरू हुन् १) “परमेश्वरले तिमीहरूलाई दोष लगाउनुहुनेछैन” वा २) “कसैले तिमीहरूलाई दोष लगाउनेछैन”
येशूले कसले क्षमा दिनेछ भन्नुहुन्न । सम्भवित अर्थहरू हुन् १) “परमेश्वरले तिमीहरूलाई क्षमा गर्नुहुनेछ” वा २) “मानिसहरूले तिमीहरूलाई क्षमा गर्नेछन्”
येशूले ठ्याक्कै कसले दिनेछ भनी स्पष्ट पार्नुहुन्न । येशूले ठ्याक्कै कसले दिनेछ भनी स्पष्ट पार्नुभएन । सम्भावित अर्थहरू हुन् १) “त्यो तिमीहरूलाई कसैले दिनेछ” वा २) “त्यो तिमीहरूलाई परमेश्वरले दिनुहुनेछ”
येशूले परमेश्वर वा मानिसहरूले उदार चित्तले दिने कुरालाई यसरी उल्लेख गर्नुभयो मानौँ उहाँहरू उदार मनको अन्न व्यापारी हुनुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले प्रचुर मात्रामा खाँदीखाँदी, हल्लाइ-हल्लाइ पोखिने गरी तिमीहरूको पोल्टामा हालिदिनुहुनेछ” वा “एउटा उदात चित्तको अन्न व्यापारी झैँ जसले अन्नलाई खाँदीखाँदी, हल्लाइ-हल्लाइ यति धेरै खनाउँछ कि त्यो पोखिन थाल्छ, त्यस्तै उदार तरिकाले तिनीहरूले तिमीहरूलाई दिनेछन्”
“ठूलो परिमाण”
ठ्याक्कै कसले दिनेछ भनी येशूले स्पष्ट पार्नुभएन । सम्भावित अर्थहरू हुन् १) “तिनीहरूले तिमीहरूका निम्ति नाप्न त्यहि आकारको नाप प्रयोग गर्नेछन्” वा २) “परमेश्वरले त्यसै मापदण्डद्वारा तिमीहरूका निम्ति नाप्नुहुनेछ”
येशूले उहाँको भनाइ राख्न केही उदाहरणहरूलाई समावेश गर्नुहुन्छ ।
येशूले मानिसहरूलाई तिनीहरूले पहिले नै जानेका कुराबारे सोच्न लगाउनलाई यो प्रश्नको प्रयोग गर्नुभयो । यसलाई कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी सबैलाई थाहा छ, कि एउटा दृष्टिविहीनले अर्को दृष्टिविहीनलाई डोर्याउन सक्दैन ।”
त्यो व्यक्ति जो “अन्धो” छ, त्यो एउटा व्यक्तिको लागि अलङ्कार हो जसलाई चेलाको रूपमा सिकाइएको छैन ।
यसलाई कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू दुवै खाल्डोमा पर्नेछन् ।”
“एउटा चेलाले उसको गुरुलाई उछिन्दैन ।” सम्भावित अर्थहरू हुन् १) “एउटा चेलासित उसको गुरुसित भन्दा बढी ज्ञान हुँदैन” वा (२) “एउटा चेलासित उसको गुरुसँग भन्दा बढी अधिकार हुँदैन ।”
“राम्ररी तालिम दिइएको हरेक चेला” वा “हरेक चेला जसलाई उसको गुरुले सबैकुराहरू सिकाएको छ”
येशूले यो प्रश्न मानिसहरूलाई अर्को व्यक्तिका पापहरूमा ध्यान दिनभन्दा अगाडि तिनीहरूका आफ्नै पापहरूमा ध्यान दिनलाई चुनौति दिन यो प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “भाइको आँखा ... नहेर जबकि तिम्रो आफ्नै आँखामा भएको मुढालाई तिमी बेवास्ता गर्छौ”
यो एउटा अलङ्कार हो जसले सङ्गी विश्वासीको कम मतलबका त्रुटिहरूलाई जनाउँछ ।
“सानो दाग” वा “चोइटो” वा “मसिनो धुलो ।” कोही व्यक्तिको आँखामा सामान्यतया परिरहने सबैभन्दा सानो कुराको लागि भएको शब्दलाई प्रयोग गर्नुहोस् ।
यहाँ यसले सङ्गी यहूदी वा येशूमा विश्वास गर्ने साथीलाई जनाउँछ ।
यो कोही व्यक्तिको सबैभन्दा खराब त्रुटिहरूको लागि भएको अलङ्कार हो । एउटा मुढा चाहिँ साँच्चिकै कोही व्यक्तिको आँखाभित्र जान सक्दैन । कोही व्यक्तिले अर्को व्यक्तिको कम खराब त्रुटिहरूसँग व्यवहार गर्नुभन्दा पहिला उसको आफ्नै अझ बढी खराब त्रुटिमा ध्यान दिनुपर्छ भनेर जोड दिनलाई येशूले अतिरञ्जित गर्नुहुन्छ ।
“लामो मोटो काठ” वा “फल्याक”
येशूले यो प्रश्न मानिसहरूलाई अर्को व्यक्तिका पापहरूमा ध्यान दिनभन्दा अगाडि तिनीहरूका आफ्नै पापहरूमा ध्यान दिनलाई चुनौति दिन यो प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीले ... भन्न हुँदैन ... आँखा ... ।”
कुनै रूख असल छ वा खराब छ, त्यो कस्तो प्रकारको रूख हो भन्ने कुरा त्यसले फलाउने फलबाट मानिसहरूले बताउन सक्छन् । येशूले यसलाई बिना व्याख्याको एउटा अलङ्कारको रूपमा प्रयोग गर्नुभयो-कोही व्यक्ति कस्तो प्रकारको हो भन्ने कुरा हामी जान्न सक्छौँ जब हामी तिनीहरूको कामहरू हेर्छौँ ।
“यो किनभने त्यहाँ छ ।” यसले सङ्केत गर्छ कि यसपछि आउने कुरा हामीले किन हाम्रो भाइको न्याय गर्नुहुन्न भन्ने कुराको कारण हो ।
“स्वस्थ रूख”
सड्दै गरेको वा खराब वा काम नलाग्ने फल
मानिसहरूले रूखको प्रकारलाई त्यसले फलाउने फलबाट चिन्छन् । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले रूखको प्रकारलाई जान्दछन्” वा “मानिसहरूले रूखलाई चिन्छन्”
काँडाहरू भएको बिरुवा वा झाडी
काँडाहरू भएको दाखको बोट वा बिरुवा
येशूले व्यक्तिको विचारहरूलाई तिनीहरूको असल वा दुष्ट भण्डारसँग तुलना गर्नुहुन्छ । जब कोही असल व्यक्तिसँग असल विचारहरू हुन्छ, ऊ असल कार्यहरूमा लाग्छ । जब दुष्ट व्यक्तिले दुष्ट कुराहरू सोच्छ, ऊ दुष्ट कुराहरूमा लाग्छ ।
यहाँ “असल”ले धार्मिक वा नैतिक रूपमा असल अवस्थालाई जनाउँछ ।
यहाँ “मान्छे” शब्दले कुनै एउटा स्त्री वा पुरुषलाई जनाउँछ । वैकल्पिक अनुवादः “असल व्यक्ति”
यहाँ व्यक्तिको असल विचारहरूलाई यसरी उल्लेख गरिएको छ मानौँ ती व्यक्तिको हृदयमा सञ्चय गरी राखिएका भण्डार हुन्, “उसको हृदय” चाहिँ त्यो व्यक्ति भित्र भएको केही गहिरो कुराको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “उसले उसको भित्र हृदयमा राखेका असल कुराहरू” वा “उसले असाध्यै मूल्यको ठानेका असल कुराहरू”
केही असल कुरा उत्पन्न गर्ने भनेको केही असल कुरा गर्नुको लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “जे असल छ सो गर्छ”
यहाँ व्यक्तिको दुष्ट विचारहरूलाई यसरी उल्लेख गरिएको छ मानौँ ती व्यक्तिको हृदयमा सञ्चय गरी राखिएका दुष्ट कुराहरू हुन्, “उसको हृदय” चाहिँ त्यो व्यक्ति भित्र भएको केही गहिरो कुराको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “दुष्ट कुराहरू जुन उसले आफूभित्र राखेको हुन्छ” वा “दुष्ट कुराहरू जसलाई उसले अत्यन्तै मूल्यवान् सम्झन्छ”
यहाँ “हृदय”ले व्यक्तिको मन वा भित्री व्यक्तित्वलाई प्रतिनिधित्व गर्छ । “उसको मुख” भन्ने वाक्यांशले समग्रमा कोही व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “जेको बारेमा उसले हृदयमा सोच्छ, त्यसको मुखले बोल्ने कुरालाई असर गर्छ” वा “एउटा व्यक्तिले त्यही कुरा ठूलो स्वरले भन्छ जसलाई उसले आफ्नो हृदयमा साँचो रूपमा मूल्यवान् ठान्छ”
येशूले उहाँको शिक्षाको आज्ञापालन गर्ने व्यक्तिलाई एउटा यस्तो मानिससँग तुलना गर्नुहुन्छ जसले आफ्नो घरलाई चट्टानमा बनाउँछ जहाँ त्यो बाढीहरूबाट सुरक्षित रहनेछ ।
यी शब्दहरूलाई दोहोर्याइ-दोहोर्याइ प्रयोग गर्नाले यो सङ्केत गर्छ कि तिनीहरूले येशूलाई नियमित रूपमा “प्रभु” भनेर बोलाए ।
यो वाक्यको क्रमलाई बदल्दा अझ बढी प्रस्ट हुन सक्छ । वैकल्पिक अनुवादः “म तिमीहरूलाई बताउनेछु कि त्यो हरेक व्यक्ति कस्तो किसिमको हो जो मकहाँ आउँछ र मेरा वचनहरू सुन्छ र तिनीहरूको आज्ञापालन गर्छ”
“घरको जग बलियो चट्टानको जगसम्म पुग्ने गरी गहिरो खन्यो ।” केही ठाउँहरूमा चट्टानमाथि घर बनाउने कुरा प्रचलित पनि नहोला, त्यसैले पक्की जगको लागि कुनै अर्को कुराको चित्रण प्रयोग गर्न आवश्यक हुन सक्छ ।
घरको त्यो भाग जो त्यसलाई जमिनसँग जोड्छ । येशूको समयका मानिसहरूले कडा चट्टानसम्म पुग्ने गरी तल खन्थे र चट्टानमाथि निर्माण गर्न थाल्थे । त्यो कडा चट्टान नै जग थियो ।
“जमिनमुनिको चट्टान ।” यो माटोमुनि भएको धेरै ठूलो र कडा चट्टान हो ।
“छिटो बग्ने पानी” वा “नदी”
“त्यसमाथि आएर ठोक्कियो”
सम्भावित अर्थहरू हुन् १) “त्यसलाई हल्लिने तुल्याउनु” वा २) “त्यसलाई नाश पार्नु ।”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने त्यस मानिसले यसलाई राम्ररी बनाएको थियो”
येशूले उहाँको शिक्षालाई सुन्ने तर त्यसको आज्ञापालन नगर्ने व्यक्तिलाई एउटा यस्तो मानिससँग तुलना गर्नुहुन्छ जसले जग बिनाको घर बनाउँछ जसले गर्दा त्यो बाढीमा सर्वनाश हुन्छ ।
“तर” शब्दले जगसहित निर्माण गर्ने व्यक्तिबाट निकै ठूलो अन्तर भएको देखाउँछ ।
केही संस्कारहरूमा यो थाहा नहुन सक्छ कि जगसहित बनेको घर अझ बढी बलियो हुन्छ । अतिरिक्त जानकारी सहयोगी बन्न सक्छ । वैकल्पिक अनुवादः “तर उसले तलसम्म खनेन र पहिला जग हालेन”
घरको त्यो भाग जो त्यसलाई जमिनसँग जोड्छ । येशूको समयका मानिसहरूले कडा चट्टानसम्म पुग्ने गरी तल खन्थे र चट्टानमाथि निर्माण गर्न थाल्थे । त्यो कडा चट्टान नै जग थियो ।
“छिटो बग्ने पानी” वा “नदी”
“त्यसमाथि आएर ठोक्कियो”
ढल्यो वा तहसनहस भयो
“त्यो घर पूर्ण रूपले नष्ट भयो”
1 सुनिरहेका मानिसहरूलाई सबै कुरा भनेर सक्नुभएपछि येशू कफर्नहुममा प्रवेश गर्नुभयो । 2 एउटा कप्तानको दास जो उनका लागि अति नै महत्त्वपूर्ण थियो, ऊ साह्रै बिरामी भएर मर्नै आँटेको थियो । 3 तर उनले येशूको बारेमा सुनेको हुनाले कप्तानले यहूदीहरूका धर्म-गुरुहरूलाई येशूकहाँ गएर उहाँ आएर आफ्नो दासलाई मर्नदेखि बचाइ दिनुहोस् भनी पठायो । 4 जब तिनीहरू येशूको नजिक आए, तब तिनीहरूले उहाँसँग यसो भन्दै बिन्ती गरे, तिनी योग्यका छन् यो तिनका निम्ति तपाईंले गरिदिनुहोस् । 5 किनकि उनले हाम्रा जातिहरूलाई प्रेम गर्छन् र उनी तिनै नै हुन् जसले हाम्रा लागि सभाघर पनि निर्माण गरिदिएका छन् ।” 6 त्यसैले, येशू तिनीहरूसँगै सरासर बाटो लाग्नुभयो । तर उहाँ घरबाट धेरै टाढा नहुँदै कप्तानले साथीहरू पठाएर उहाँलाई यसो भन्न लगाए, “प्रभु तपाईंले आफैँलाई दुःख नदिनुहोस्, किनकि तपाईं मेरो घरभित्र प्रवेश गर्न योग्यको छैनँ । 7 यही कारणले मैले आफैँलाई तपाईंकहाँ आउने प्रर्याप्त योग्यको ठानिनँ, तर वचन बोली दिनुहोस् र मेरो दास निको हुनेछ । 8 किनकि म पनि एउटा अधिकार पाएको मानिस हुँ र मेरोमुनि सिपाहीहरू छन् । मैले एउटलाई जा भन्छु र त्यो जान्छ र अर्कोलाई आइज भन्छु र त्यो आउँछ र मेरो दासलाई ‘यसो गर भन्छु,‘ त्यसले त्यो गर्छ ।” 9 जब येशूले त्यो सुन्नुभयो, उहाँ अचम्मित हुनुभयो र भिडतिर फर्केर उनलाई देखाउँदै भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, कि इस्राएलमा पनि मैले कसैमा यस्तो विश्वास भेट्टाएको छैन ।” 10 तब ती पठाइएका मानिसहरू घरमा फर्केर आए र दासलाई स्वस्थ अवस्थामा भेट्टाए । 11 त्यसको केही समयपछि येशू नाइन भन्ने सहरमा यात्रा गरिरहनुभएको थियो । मानिसहरूको एउटा ठुलो भिडसँगै उहाँका चेलाहरू पनि उहाँसँगै थिए । 12 जब उहाँ सहरको मूल ढोकानजिक पुग्नुभयो, त्यहाँ एउटा मृत मानिसलाई बोकेर ल्याइएको थियो । त्यो उसकी आमाको एक मात्र छोरो थियो । तिनी एउटी विधवा थिइन् र सहरबाट आएको एउटा भिड तिनीसँगै थियो । 13 तिनलाई देखेर प्रभु तिनीप्रति अति नै दयाले भरिनुभयो र तिनलाई भन्नुभयो, “नरोऊ ।” 14 तब उहाँ अगाडि आउनुभयो र मृतकलाई छुनुभयो र शरीरलाई बोक्नेहरू टक्क अडिए । उहाँले भन्नुभयो, “जवान मानिस, म तिमीलाई भन्दछु, उठ ।” 15 मृत मानिस उठ्यो र बोल्न थाल्यो । तब येशूले उसलाई उसकी आमालाई सुम्पनुभयो । 16 तब तिनीहरू सबै डराए । तिनीहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गरिरहे, “हाम्रा बिचमा एउटा महान् अगमवक्ता खडा भएका छन् र परमेश्वरले आफ्ना मानिसहरूलाई हेर्नुभएको छ ।” 17 येशूले गर्नुभएका यस कार्यको खबर सारा यहूदियाभरि र सबै छिमेकी इलाकाहरूमा चारैतिर फैलियो । 18 यूहन्नाका चेलाहरूले उहाँलाई यी सबै कुराहरूको बारेमा बताइदिए । 19 तब यूहन्नाले आफ्ना दुई जना चेलाहरूलाई बोलाएर प्रभुकहाँ यसो भनी पठाए, “के हामीले खोजी राखेको आउनेवाला व्यक्ति तपाईं नै हुनुहुन्छ वा अर्को कुनै छ ? 20 जब तिनीहरू येशूको नजिक गए, तब तिनीहरूले यसो भने, बप्तिस्मा-दिने यूहन्नाले हामीलाई तपाईंकहाँ यसो भनी पठाए, “के हामीले खोजी राखेको आउनेवाला व्यक्ति तपाईं नै हुनुहुन्छ वा अर्को कुनै छ ?” 21 त्यस घडीमा उहाँले धेरै मानिसहरूलाई तिनीहरूका रोग, दुःखकष्ट र दुष्टात्माबाट निको पार्नुभयो र उहाँले धेरै दृष्टिविहीन मानिसहरूलाई देख्न सक्ने क्षमता दिनुभयो । 22 येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “तिमीहरू आफ्नो बाटो लागिसकेपछि तिमीहरूले जे सुनेका र देखेका छौ, सो यूहन्नालाई बताइदेओ । दृष्टिविहीनहरूले दृष्टि पाइराखेका छन्, लङ्गडाहरू हिँडिराखेका छन्, कुष्ठरोगीहरू शुद्ध भइराखेका छन्, कान नसुन्नेहरूले सुनिराखेका छन्, मृतकहरू जीवित भइराखेका छन् र आवश्यकतामा परेका मानिसहरूलाई सुसमाचार सुनाइएको छ । 23 मेरो क्रियाकलापको कारणले मलाई विश्वास गर्न नछोड्ने त्यो मानिस धन्यको हो । 24 यूहन्नाका समाचार वाहकहरू गइसकेपछि येशूले भिडहरूलाई यूहन्नाको बारेमा बताउन थाल्नुभयो, “तिमी उजाड-स्थानमा के हेर्नलाई गयौ, के बतासले हल्लाइराखेको निगालोलाई ? 25 तर के हेर्नलाई तिमी गयौ, मलमलको कपडा लगाएको एउटा मानिसलाई ? हेर, राम्रा सुन्दर कपडा लगाएका मानिसहरू राजाका दरबारमा भोगविलाससाथ जिउँछन् । 26 तर के हेर्नलाई तिमीहरू बाहिर गयौ, एउटा अगमवक्तालाई ? हो, म तिमीहरूलाई भन्दछु, र एउटा अगमवक्ताभन्दा पनि महान् यहाँ छ । 27 यो जसको बारेमा लेखिएको छ, हेर, म मेरा सन्देशवाहकलाई तिम्रो अगि-अगि पठाउँदै छु । 28 म तिमीहरूलाई भन्दछु, स्त्रीहरूबाट जन्मेकाहरूमध्येमा, बप्तिस्मा-दिने यूहन्नाभन्दा महान् कोही छैन, तापनि परमेश्वरको राज्यमा सबभन्दा कम महत्त्वको मानिस पनि उनीभन्दा महान् हुन्छ ।” 29 जब सबै मानिसहरूले यो सुने, तब कर उठाउनेहरूसमेत, तिनीहरूले यो घोषणा गरे कि परमेश्वर धर्मी हुनुहुन्छ, जसले बप्तिस्मा-दिने यूहन्नासँगै बप्तिस्मा लिएका थिए । 30 तर फरिसीहरू र यहूदीहरूका व्यवस्थाका पण्डितहरू, जसले उनीबाट बप्तिस्मा लिएका थिएनन्, तिनीहरू आफैँले आफ्ना निम्ति परमेश्वरको बुद्धिलाई इन्कार गरे । 31 यस पुस्ताका मानिसहरूलाई मैले केसित तुलना गरूँ ? तिनीहरू केजस्ता छन् ? 32 तिनीहरू बजार क्षेत्रमा खेलिरहने बालबालिकाहरूजस्ता छन्, जो बस्दछन् र एक अर्कोलाई यसो भन्दै बोलाउँछन्, “हामीले तिमीहरूका लागि बाँसुरी बजायौँ, तर तिमीहरू नाचेनौ । हामीले विलाप गर्यौँ, तर तिमीहरू रोएनौ ।” 33 किनकि बप्तिस्मा-दिने यूहन्ना न रोटी खाँदै आए न त दाखमद्य नै पिउदै आए र पनि तिमीहरू भन्छौ कि उसलाई भूत लागेको छ । 34 मानिसका पुत्र खाँदै र पिउँदै आए र तिमीहरू भन्छौ, “हेर, ऊ त एउटा घिचुवा र पियक्कड मानिस, कर उठाउने र पापीहरूका मित्र हो ।” 35 तर बुद्धि तिनका सबै सन्तानहरूद्वारा प्रमाणित हुन्छ ।” 36 अहिले एक जना फरिसीले येशूलाई ऊसँग भोजन गर्नका लागि अनुरोध गरिरहेको थियो । त्यसपछि येशू फरिसीको घरमा प्रवेश गर्नुभयो, भोजन खानलाई टेबुलमा गएर बस्नुभयो । 37 हेर, त्यस सहरमा एउटी स्त्री थिइन् जो पापी थिइन्, तिनले पत्ता लगाइन् कि उहाँ फरिसीको घरमा बस्नुभएको छ र तिनले सिङ्गमरमरको बोतलमा अत्तर ल्याइन् । 38 तिनी उहाँका पाउको नजिक पछाडिपट्टि उभिइन् र रोइन् । तब तिनले उहाँको पाउ आफ्ना आँसुले भिजाउन थालिन् र टाउकाको कपालले उहाँका पाउ पुछिन्, उहाँका पाउमा म्वाइ खाइन् र पाउमा अत्तर घसिन् । 39 जब येशूलाई बोलाउने फरिसीले यो देख्यो, तब उसले आफूले विचार गर्दै भन्यो, “यदि यी मानिस एउटा अगमवक्ता भएको भए, तब उनले जान्ने थिए कि को र कस्ती प्रकारकी स्त्रीले उहाँलाई छोइरहेकी छे र त्यो एउटी पापी स्त्री हो भनेर ।” 40 येशूले जवाफ दिएर उसलाई भन्नुभयो, “सिमोन मैले तिमीलाई केही भन्नु छ ।” उसले भन्यो, “गुरुज्यू, भन्नुहोस् ।” 41 येशूले भन्नुभयो, “दुई जना मानिसले एक जना साहुबाट ऋण लिएका थिए । एउटाले पाँच सय दिनार ऋण, र अर्कोले पचास दिनार ऋण लिएको रहेछ । 42 तिनीहरूसँग तिर्ने नभएकोले साहुले ती दुवै जनालाई माफ गरिदिए । त्यसकारण, तिनीहरूमध्ये कुनचाहिँले उनलाई बढी प्रेम गर्नेछ ?” 43 सिमोनले उहाँलाई जवाफ दिए र भने, “म विचार गर्छु कि जसलाई उनले बढी माफ गरे । येशूले उसलाई भन्नुभयो तिमीले ठिकसित न्याय गर्यौ ।” 44 येशू स्त्रीतिर फर्केर सिमोनलाई भन्नुभयो, “तिमी यो स्त्रीलाई देख्दछौ । म तिम्रो घरभित्र प्रवेश गरेँ । तिमीले मेरो पाउ धुनलाई पानीसम्म दिएनौँ, तर तिनले त आफ्नो आँसुले मेरा पाउ भिजाइन्, र कपालले मेरा पाउ पुछिन् । 45 तिमीले मलाई म्वाइँ खाएनौ, तर तिनले म यहाँभित्र पसेको समयदेखि मेरा पाउमा म्वाइँ खान छोडेकी छैनन् । 46 तिमीले मेरो शिर तेलले अभिषेक गरेनौ, तर तिनले मेरा पाउमा अत्तर घसिन् । 47 यो घटनाको कारणले म तिमीलाई भन्दछु, कि जसका धेरै पाप थिए र बढी क्षमा गरिएको छ, तिनले धेरै प्रेम गरेकी छन् । तर जसलाई थोरै मात्र क्षमा गरिएको छ, उसले थोरै नै मात्र प्रेम गर्छ ।” 48 तब उहाँले तिनलाई भन्नुभयो, “तिम्रा पापहरू क्षमा भएका छन् ।” 49 त्यहाँ एकसाथ बसिरहेकाहरूले एक-अर्कामा भन्न थाले, ‘पाप क्षमा गर्ने यी को हुन् र ?‘ 50 तब येशूले स्त्रीलाई भन्नुभयो, “तिम्रो विश्वासले तिमीलाई बचाएको छ, शान्तिसँग जाऊ ।”
केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई बाँकीको पाठ्यसामग्रीभन्दा पृष्ठमा दायाँतिर राख्छन् । उद्धरण गरिएको सामग्रीसँग यूएलटीले ७:२७ मा यसो नै गर्छ ।
यो अध्यायमा लूकाले थुप्रैपटक बदलावलाई अङ्कित नै नगरिकन उनको विषयलाई फेर्छन् । तपाईंले यी झट्ट भएका फेरबदलहरूलाई एकनासले भएको जस्तो बनाउन खोज्नुहुँदैन ।
उसको दासलाई निको पारिदिनलाई बिन्ती गर्ने कप्तानले अनि )
यूहन्नाले बप्तिस्मा दिइरहेका मानिसहरू आफूहरू पापीहरू हौँ भनी जान्दथे र तिनीहरूको पापको लागि क्षमाप्रार्थी थिए भनेर दखाउनलाई तिनले मानिसहरूलाई बप्तिस्मा दिए । अनि )
लूकाले मानिसहरूको एक समूहलाई “पापीहरू” भनेर जनाउँछन् । यहूदी अगुवाहरूले यी मानिसहरू मोशाको व्यवस्थाबाट बिल्कुलै अन्जान छन् भनेर ठाने, त्यसैले तिनीहरूलाई “पापीहरू” भने । वास्तवमा, अगुवाहरू नै पापी थिए । यो अवस्थालाई एउटा व्यङ्ग्यको रूपमा लिन सकिन्छ ।
प्राचीन पूर्व जनिक क्षेत्रमा भएका मानिसहरूका खुट्टाहरू धेरै फोहोरी हुन्थे किनभने तिनीहरूले चप्पल लगाउँथे र बाटो चाहिँ निकै धूलाम्मे र हिलैहिलो भएको हुन्थ्यो । केवल दाहरूले मात्र अरू मानिसहरुका पाउहरू धुने काम गर्थे । जुन स्त्रीले येशूको पाउ धोई त्यसले उहाँलाई महान् सम्मान देखाइरहेकी थिई ।
यस अध्यायमा येशूले आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ अनि
येशू कफर्नहुममा प्रवेश गर्नुहुन्छ जहाँ येशूले एकजना कप्तानको नोकरलाई निको पार्नुहुन्छ ।
“सुनाइमा” भन्ने उपमाले जोड दिन्छ कि उहाँले बताउनुभएको कुरालाई तिनीहरूले सुनेको उहाँले चाहनुहुन्थ्यो । वैकल्पिक अनुवादः “उहाँलाई सुनिरहेका मानिसहरूलाई” वा “उपस्थित मानिसहरूलाई” वा “मानिसहरूले सुन्नका लागि”
यसले कथामा एउटा नयाँ घटनालाई सुरुवात गर्छ ।
“जसलाई कप्तानले मूल्यको ठान्थे” वा “जसलाई उनले आदर गर्थे”
“उहाँलाई बिन्तीबाउ गर्यो” वा “उहाँसँग माग्यो”
“कप्तान योग्यका छन्”
“हाम्रा मानिसहरू ।” यसले यहूदी मानिसहरूलाई जनाउँछ ।
“सँगै हिँड्नुभयो”
युगल अकरणलाई प्रतिस्थापित गर्न सकिन्छ । वैकल्पिक अनुवादः “घर नजिकै”
कप्तान येशूसँग नम्र भएर बोल्दै थिए । वैकल्पिक अनुवादः “मेरो घरमा आएर आफैँलाई कष्ट नदिनिहोस्” वा “म तपाईंलाई कष्ट दिने चेष्टा गर्दिन”
यो एउटा उपमा हो जसको अर्थ “मेरो घरभित्र प्रवेश गर्ने” भन्ने हुन्छ । यदि तपाईंको भाषामा पनि “मेरो घरभित्र प्रवेश गर्ने” भन्ने अर्थ दिने कुनै टुक्का छ भने त्यसलाई यहाँ प्रयोग गर्न ठीक हुन्छ कि हुँदैन भन्नेबारे विचार गर्नुहोस् ।
येशूले बोलेर मात्र पनि निको पार्न सक्नुहुन्थ्यो भन्ने कुरा नोकरले बुझ्यो । यहाँ “वचन”ले आदेशलाई जनाउँछ । वैकल्पिक अनुवादः “आज्ञा मात्र दिनुहोस्”
यहाँ “दास” भनेर अनुवाद गरिएको शब्दलाई सामान्यतया “केटा” भनी अनुवाद गरिन्छ । यसले दास सानै थिए वा उसप्रति कप्तानको स्नेह थियो भनी देखाउँछ ।
“ममाथि पनि कोही व्यक्ति हुन्छ जसको मैले आज्ञापालन गर्नुपर्छ”
“मेरो अधिकारमुनि”
यहाँ “दास” भनेर अनुवाद गरिएको शब्द दासको निम्ति प्रयोग गरिने ठेट शब्द हो ।
“उहाँ कप्तानसँग चकित हुनुभयो”
उहाँले तिनीहरूलाई भन्न लाग्नुभएको अचम्मलाग्दो कुरामा जोड दिनलाई येशूले यसो भन्नुभयो ।
यो भन्नुको तात्पर्य यसो हो कि येशूले यहूदी मानिसहरूमा पनि यस्तै विश्वास भएको चाहनुहुन्थ्यो तर तिनीहरूसँग थिएन । उहाँले गैरयहूदीहरूसँग यस्तो किसिमको विश्वास भएको आशा गर्नुभएन, तर यो मानिससँग यस्तो किसिमको विश्वास थियो । तपाईंले यो अन्तर्निहित जानकारीलाई थप्नु आवश्यक हुन सक्छ । वैकल्पिक अनुवादः “मैले कुनै त्यस्तो इस्राएली भेट्टाएको छैन जसले मलाई यस अन्यजातिले जत्तिको विश्वास गर्छ !”
यो कुरा बुझिएको छ कि यिनीहरू कप्तानले पठाएका मानिसहरू थिए । यसलाई उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “रोमी कप्तानले येशूकहाँ पठाएका मानिसहरू”
येशू नाइनको सहरमा जानुहुन्छ, जहाँ उहाँले एकजना मानिसलाई निको पार्नुहुन्छ जो मरेको थियो ।
यो एउटा सहरको नाम हो ।
“हेर” शब्दले कथामा मरेको मानिसको परिचयप्रति हामीलाई सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “त्यहाँ एउटा मरेको मानिस थियो जो ... ”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले एकजना मरेको मानिसलाई सहरबाट बोकेर बाहिर लगिरहेका थिए”
“बोकेर लगियो । ऊ उसकी आमाको एउटा मात्र छोरो थियो, र तिनी विधवा थिइन् । एउटा ठूलो भीड थियो ।” यो मृत मानिस र उसकी आमाको बारेमा पृष्ठभूमि जानकारी हो ।
पति मरेको एउटी स्त्री जसले पुनः विवाह गरेकी थिइनन्
“तिनको निम्ति दुःखित भएको महसुस गर्नुभयो”
“उहाँ अगाडि जानुभयो” वा “उहाँ त्यस मृत मानिसको नजिक जानुभयो”
यो मृत शरीरलाई चिहानसम्म लैजानलाई प्रयोग गर्ने स्ट्रेचर वा पलङ थियो । यो कुनै त्यस्तो कुरा हुनुपर्दैनथ्यो जसमा शरीरलाई गाडिन्थ्यो । अन्य अनुवादहरूमा “मुर्दा बोक्ने बाकस” वा “दफन बाकस” जस्ता कम प्रयोग हुने शब्दहरू हुन सक्छ ।
येशूले त्यस जवान मानिसले उहाँको आज्ञापालन गर्नुपर्छ भनेर जोड दिनलाई यो कुरा भन्नुभयो । “मैले भनेको सुन ! उठ”
अब त्यो मानिस मृत थिएन; ऊ अब जीवित थियो । यसलाई प्रस्टसँग उल्लेख गर्न आवश्यक हुन सक्छ । वैकल्पिक अनुवादः “ती मानिस जो मृत थिए”
येशूले मरेको मानिसलाई निको पार्नुभएको कुराको फलस्वरूप के भयो भनेर यसले बताउँछ ।
“तिनीहरू सबै डरले भरिए ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू सबै डराए”
तिनीहरूले कुनै अपरिचित अगमवक्तालाई होइन, येशूलाई भन्दै थिए । यहाँ “खडा गर्नु” भनेको “ ... हुने तुल्याउनु”को लागि एउटा उपमा हो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीमध्येबाट एकजनालाई एउटा महान् अगमवक्ता हुने तुल्याउनुभएको छ”
यो उपमाको अर्थ “वास्ता गर्नुभयो” भन्ने हुन्छ
“खबर” ले मानिसहरूले १६ पदमा भनिरहेका कुराहरूलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले येशूको बारेमा भएको यो खबर फैलाए” वा “मानिसहरूले येशूको बारेमा भएको यो खबर अरूहरूलाई बताए”
“यो समाचार” वा “यो सन्देश”
येशूलाई प्रश्न गर्न यूहन्नाले उनका दुई चेलाहरूलाई पठाउँछन् ।
यसले कथामा एउटा नयाँ घटनालाई परिचय गराउँछ ।
“यूहन्नालाई भने”
“येशूले गरिरहनुभएका सबै कुराहरू”
यो वाक्यलाई पुनः लेख्न सकिन्छ ताकि यसमा केवल एउटा प्रत्यक्ष उद्धरण होस् । वैकल्पिक अनुवादः “मानिसहरूले भने कि बप्तिस्मा दिने यूहन्नाले तिनीहरूलाई उहाँकहाँ यो कुरा सोध्न पठाएका छन्, ‘आउनुहुने तपाईं नै हुनुहुन्छ, कि हामी अरू कसैको प्रतिक्षा गरौँ ?’” वा “मानिसहरूले भने, ‘बप्तिस्मा दिने यूहन्नाले हामीलाई तपाईं नै आउनुहुने हुनुहुन्छ, कि हामीले अरू कसैको प्रतिक्षा गर्नुपर्छ भनी सोध्न पठाएका छन् ।’”
“त्यो समयमा”
चङ्गाइलाई पुनः उल्लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “उहाँले तिनीहरूलाई दुष्ट आत्माहरूबाट निको पार्नुभयो” वा “उहाँले मानिसहरूलाई दुष्ट आत्माहरूबाट स्वतन्त्र पार्नुभयो”
“यूहन्नाका सन्देशवाहकहरूलाई भन्नुभयो” वा “सन्देशवाहकहरूलाई भन्नुभयो जसलाई यूहन्नाले पठाएका थिए”
“यूहन्नालाई भनिदेओ”
“मृत मानिसहरूलाई फेरि जिउने तुल्याइँदैछ”
“गरिब मानिसहरू”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरा कामहरूको कारण पनि ममा विश्वास गर्न नछोड्ने व्यक्तिलाई परमेश्वरले आशिष् दिनुहुन्छ”
“मानिसहरू जसले ... धन्यका हुन्” वा “कोही मानिस जसले ... धन्यको हो” वा “ ... नगर्ने जो कोही ... धन्यको हो ।” यो कुनै खास व्यक्ति होइन ।
यस युगल अकरणको अर्थ “ ... का बाबजुद मलाई विश्वास गरिरहन्छ” भन्ने हुन्छ ।
येशूले बप्तिस्मा-दिने यूहन्नाबारे मानिसहरूसँग कुरा गर्न सुरु गर्नुहुन्छ । बप्तिस्मा-दिने यूहन्ना कस्ता किसिमका मानिस थिए भनी बुझाउनलाई येशूले आलङ्कारिक प्रश्नहरू सोध्नुहुन्छ ।
यसले एउटा नकारात्मक जवाफको अपेक्षा गर्छ । “के तिमीहरू बतासले हल्लाएको निगालोलाई हेर्न गयौ ? पक्कै होइन !” यसलाई एउटा भनाइको रूपमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “निश्चय नै तिमीहरू बतासले हल्लाइराखेको निगालोलाई हेर्न बाहिर गएनौ !”
सम्भावित अर्थहरू हुन्ः १) सजिलै मन बदल्ने मानिस, जसरी निगालोलाई बतासले सजिलैसित हल्लाउँछ, वा २) यसले कुनै महत्त्व नभएको धेरै बोल्ने मानिसलाई जनाउन सक्छ, जसरी निगालोले बतासले हल्लाउँदा आवाज निकाल्छ ।
यसले पनि एउटा नकारात्मक जवाफको अपेक्षा गर्छ, किनकि यूहन्नाले खस्रा वस्त्रहरू पहिरन्थे । “के तिमीहरू नरम वस्त्रहरू पहिरिएको मानिसलाई हेर्न बाहिर गयौ ? पक्कै होइन !” यसलाई पनि एउटा भनाइको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू निश्चय नै नरम वस्त्रहरू पहिरिएका मानिसलाई हेर्न बाहिर गएनौ !”
यसले महँगा कपडाहरूलाई जनाउँछ । सामान्य वस्त्र खस्रो थियो । वैकल्पिक अनुवादः “महँगो कपडा पहिरिरहेको”
दरबार राजा बस्ने भव्य, महँगो घर हो ।
यसले एउटा सकारात्मक जवाफतिर डोहोर्याउँछ । “के तिमीहरू एकजना अगमवक्तालाई हेर्न बाहिर गयौ ? निश्चय नै तिमीहरू गयौ !” यसलाई पनि एउटा भनाइको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तर तिमीहरू वास्तवमा एकजना अगमवक्तालाई हेर्न बाहिर गयौ !”
येशूले यसपछि भन्न लाग्नुभएको कुरालाई जोड दिनलाई यो भन्नुभयो ।
यो वाक्यांशको अर्थ हुन्छ कि यूहन्ना वास्तवमै एउटा अगमवक्ता थिए, तर उनी कुनै सामन्य अगमवक्ता बढी महान् थिए । वैकल्पिक अनुवादः “साधारण अगमवक्ता होइन” वा “एउटा सामान्य अगमवक्ताभन्दा महत्त्वपूर्ण”
“अगमवक्ताहरूले यिनै अगमवक्ताबारे लेखे” वा “अगमवक्ताहरूले लामो समय अगि लखेका अगमवक्ता यूहन्ना नै हुन्”
यो पदमा, येशूले मलाकी अगमवक्ताले लेखेको खण्डलाई प्रयोग गर्दै हुनुहुन्छ र मलाकीको पुस्तकको समाचारवाहक यूहन्ना नै हुन् भन्दै हुनुहुन्छ ।
यो उपमाको अर्थ “तिम्रो अगाडि” वा “तिम्रो अगि जान” भन्ने हुन्छ ।
“तिम्रो” शब्द एकवचन हो, किनभने परमेश्वर यस खण्डमा मसिहसँग बोलिरहनुभएको थियो ।
येशू भीडसँग बोलिरहनुभएको थियो त्यसैले, यहाँ “तिमीहरू” बहुवचन हुन्छ । येशूले यसपछि भन्न लाग्नुभएको आश्चर्यपूर्ण कुराको सत्यतालाई जोड दिन यो पदावली भन्नुभयो ।
“तिनीहरूमध्येमा जसलाई एउटी स्त्रीले जन्म दिएकी हुन् ।” यो सबै मानिसलाई जनाउने आलङ्कारिक भाषा हो । वैकल्पिक अनुवादः “अहिलेसम्म बाँचेका मानिसहरूमध्येमा”
“यूहन्ना सबैभन्दा महान् हुन्”
यसले परमेश्वरले स्थापना गर्नुहुने राज्यको हिस्सा हुने व्यक्तिलाई जनाउँछ ।
परमेश्वर राज्यमा मानिसहरूको आत्मिक अवस्था राज्यको स्थापना हुनुभन्दा अगाडिका मानिसहरूको भन्दा बढी उच्चको हुनेछ । वैकल्पिक अनुवादः “यूहन्नाभन्दा उच्चतर आत्मिक दर्जाको हुन्छ”
यस पुस्तकका लेखक लूकाले मानिसहरूले यूहन्ना र येशूप्रति कस्तो प्रतिक्रिया जनाए भनी टिप्पणी गर्छन् ।
बढी प्रस्ट बनाउनलाई यो पदको क्रमलाई पुनः मिलाएर राख्न सकिन्छ । वैकल्पिक अनुवादः “जब यूहन्नाको बप्तिस्मा लिएका सबै मानिसहरूले, कर उठाउनेहरूसमेत गरेर, यो सुने, तिनीहरूले परमेश्वर धर्मी हुनुहुन्छ भनेर घोषणा गरे”
“तिनीहरूले भने कि परमेश्वरले आफैँलाई धर्मी देखाउनुभएको थियो” वा “तिनीहरूले परमेश्वरले धार्मिक रूपमा काम गर्नुभयो भनी घोषणा गरे”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने तिनीहरूले यूहन्नालाई तिनीहरूलाई बप्तिस्मा दिन दिएका थिए” वा “किनभने यूहन्नाले तिनीहरूलाई बप्तिस्मा दिएका थिए”
“परमेश्वरले तिनीहरूले गरेको चाहनुभएको कुरा गर्न इन्कार गरे” वा “परमेश्वरले तिनीहरूलाई भन्नुभएको कुरा अवज्ञा गर्ने अठोट गरे”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले यूहन्नालाई तिनीहरूलाई बप्तिस्मा दिन दिएनन्” वा “तिनीहरूले यूहन्नाको बप्तिस्मा इन्कार गरे”
येशूले मानिसहरूसँग बप्तिस्मा-दिने यूहन्नाबारे कुरा गर्न जारी राख्नुहुन्छ ।
येशूले एउटा तुलनाको परिचय गराउनको निमित्त यी प्रश्नहरूको प्रयोग गर्नुहुन्छ । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो पुस्तालाई म ... सँग तुलना गर्छु, तिनीहरू ... जस्ता छन् ।”
यो तुलना हो भनेर बताउने यिनीहरू दुई तरिकाहरू हुन् ।
येशू बोल्नुहुँदा बाँचिरहेका मानिसहरू ।
यी वचनहरू येशूको तुलनाको सुरुवात हो । यो पुस्ताका मानिसहरू अरू बालकहरूले गर्ने तरिकाप्रति कहिल्यै सन्तुष्ट नहुने बालकहरूजस्ता थिए भनी उहाँले भनिरहनुभएको छ ।
यो एउटा ठुलो, खुल्ला क्षेत्र हो जहाँ मानिसहरूले तिनीहरूका माल सामानहरू बेच्न आउँछन्
“तर तिमीहरू सङ्गीतमा नाचेनौ”
“तर तिमीहरू हामीसँग रोएनौ”
सम्भावित् अर्थहरू हुन् १) “बारम्बार उपवास बसेर” वा २) “सामान्य खाना नखाएर ।”
यूहन्नाको बारेमा मानिसहरूले भनिरहेका कुरालाई येशूले उद्धृत गर्दै हुनुहुन्थ्यो । यसलाई प्रत्यक्ष उद्धरण बिना उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उसलाई भूत लागेको छ भनी तिमीहरू भन्छौ ।” वा “तिमीहरू उसलाई भूत लागेको आरोप लगाउँछौ ।”
येशूले आफैँलाई जनाइरहनुभएको थियो भनेर मानिसहरूले बुझेको येशूले अपेक्षा गर्नुभयो । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र”
यसलाई अप्रत्यक्ष कथनको रूपमा अनुवाद गर्न सकिन्छ । यदि तपाईंले “मानिसको पुत्रलाई” “म, मानिसको पुत्रको” रूपमा अनुवाद गर्नुहुन्छ भने, तपाईंले यसलाई अप्रत्यक्ष कथनको रूपमा अनुवाद गर्न सक्नुहुन्छ र पहिलो पुरुषको प्रयोग गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू भन्छौ कि ऊ त एउटा घिचुवा हो र पापीहरू ... एउटा पियक्कड हो ।” वा “तिमीहरू उसलाई धेरै खाएको र पिएको आरोप लगाउँछौ र पापीहरू ... ।” वा “तिमीहरू भन्छौ कि म त एउटा घिचुवा हुँ र पापीहरू ... एउटा पियक्कड हुँ ।”
“ऊ खानमा लोभ गर्ने व्यक्ति हो” वा “उसले निरन्तर अति धेरै खाना खान्छ”
“पिएर मात्तिएको व्यक्ति” वा “उसले निरन्तर साह्रै धेरै रक्सी खान्छ”
यो एउटा उखान जस्तो देखिन्छ जुन येशूले यस अवस्थामा लागु गर्नुभयो, सम्भवतः यो सिकाउन कि मानिसहरूले येशू र यूहन्नालाई इन्कार गर्नुहुने थिएन भनेर बुद्धिमान् मानिसहरूले बुझ्नेछन् ।
त्यो समयमा दर्शकहरूले खाना नखाइ रात्रीभोजमा भाग लिनु चलनचल्तीको कुरा थियो ।
एकजना फरिसीले उसको घरमा खानलाई येशूलाई निमन्त्रणा गर्छन् ।
यसले कथाको एउटा नयाँ भागलाई अङ्कित गर्छ र कथामा फरिसीलाई परिचय गराउँछ ।
“खानाको लागि टेबुलमा बस्नुभयो ।” यो रात्रीभोज जस्तै आनन्दले खाना खाने बेलामा मानिसहरू टेबुलमा सजिलो गरी ढल्केर खाने प्रचलन थियो ।
“हेर” शब्दले कथामा एउटा नयाँ व्यक्तिप्रति हामीलाई सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ ।
“जसले पापूर्ण जीवन जिउँथिन्” वा “जसले पापपूर्ण जीवन जिउँछे भनी जानिएको थियो ।” तिनी वेश्या थिइन् होला ।
“नरम ढुङ्गाको एउटा भाँडो ।” सिङ्गमरमर एउटा नरम, सेतो ढुङ्गा हो । मानिसहरूले बहुमूल्य वस्तुहरू सिङ्गमरमरको भाँडामा राख्ने गर्थे ।
“त्यसमा अत्तरसहित ।” तेलमा केही राखिएको थियो जसले मिठो बास्ना आउने बनायो । मानिसहरूले मिठो बास्नाको लागि यसलाई आफ्नो जिउमा घस्थे वा तिनीहरूको लुगाहरूमा छर्कन्थे ।
“तिनको कपालले”
“तिनमा अत्तर खन्याई”
“उसले आफैँलाई भन्यो”
फरिसीलाई येशू अगमवक्ता हुनुहुन्न जस्तो लाग्यो, किनभने उहाँले पापी स्त्रीलाई उहाँलाई छुने अनुमति दिनुभयो । वैकल्पिक अनुवादः “येशू एक अगमवक्ता हुनुहुन्न जस्तो छ, किनभने यदि उहाँ अगमवक्ता हुनुहुन्थ्यो भने उहाँलाई छोइरहने स्त्री एक पापिनी हो भनेर थाहा पाउनुहुन्थ्यो”
सिमोनले अनुमान गरे कि एक अगमवक्ताले कहिल्यै कुनै पापीलाई आफूलाई छुन दिन थिएनन् । अनुमानको यो भागलाई प्रस्टसँग उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ ... कि तिनी एक पापीनी हो र आफूलाई छुन त्यसलाई अनुमति दिने थिएनन्”
यो येशूलाई आफ्नो घरमा बोलाउने फरिसीको नाम थियो । यिनी सिमोन पत्रुस थिएनन् ।
उहाँले फरिसी सिमोनलाई भन्न गइरहनुभएको कुरालाई जोड दिन येशूले तिनलाई एउटा कथा बताउनुहुन्छ ।
“एउटा ऋृण दिनेका दुईवटा ऋृण तिर्नेहरू थिए”
“पाँच सय दिनको ज्याला ।” “दिनार” दिनारिअस” को बहुवचन हो । “दिनारिअस” एउटा चाँदीको सिक्का थियो ।
“अर्को ऋृणीले उससँग पचास दिनार ऋृण लिएको थियो” वा “पचास दिनको ज्याला”
“उनले तिनीहरूका ऋृण क्षमा गरिदिए” वा “उनले तिनीहरूका ऋृण रद्द गरिदिए”
सिमोन उसको जवाफप्रति सावधान थियो । वैकल्पिक अनुवादः “सम्भवतः”
“तिमी सही छौ”
येशू स्त्रीतिर फर्केर सिमोनको ध्यान तिनीतिर लगाउनुभयो ।
धूलाम्मे बाटोमा हिँडेपछि पाहुनाहरूलाई तिनीहरूका पाउ धुन र पुछ्नलाई पानी र तौलिया प्रदान गर्ने काम आयोजकको सामान्य जिम्मेवारी थियो ।
येशूले सिमोनको शिष्टाचारको कमी र ती स्त्रीको धन्यावादको चरम गतिविधि बीच फरक छुट्ट्याउन यी पदावलीहरूको दुई चोटि प्रयोग गर्नुहुन्छ ।
स्त्रीले नभइरहेको पानीको ठाउँमा तिनको आँशुहरूको प्रयोग गरिन् ।
स्त्रीले नभइरहेको तौलियाको ठाउँमा तिनको केशको प्रयोग गरिन् ।
त्यो संस्कृतिमा एउटा असल आयोजकले उसको पाहुनालाई गालामा चुम्बन गरेर अभिवादन गर्ने गर्थे । सिमोनले यसो गरेनन् ।
“निरन्तर मेरा खुट्टाहरू चुम्बन गरेकी छिन्”
स्त्रीले अत्यन्त पश्चात्ताप र नम्रताको चिन्ह स्वरूप येशूलाई गालामा भन्दा पनि उहाँको पाउहरूमा चुमिन् ।
येशूले सिमोनको खराब अतिथि-सत्कार र त्यस स्त्रीको कार्यहरूको बीचमा भएको भिन्नतालाई देखाउन निरन्तरता दिनुहुन्छ ।
“मेरो शिरमा तेल हाल्नु ।” यो कुनै सम्मानित पाहुनालाई स्वागत गर्ने चलन थियो । वैकल्पिक अनुवादः “तेलले मेरो शिर अभिषेक गरेर स्वागत गर्नु”
ती स्त्रीले यसो गरेर येशूलाई अति सम्मान गरिन् । उहाँको शिरको साटोमा उहाँको पाउहरूलाई अभिषेक गरेर तिनले नम्रतालाई प्रदर्शन गरिन् ।
यसले यसपछि आउने भनाइको महत्त्वलाई जोड दिन्छ ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनका धेरै पापहरू क्षमा दिनुभएको छ”
तिनको प्रेम नै तिनका पापहरू माफ भएका थिए भन्ने कुराको प्रमाण थियो । केही भाषाहरूले “प्रेम”को कर्मलाई उल्लेख गरेको चाहन्छन् । वैकल्पिक अनुवादः “किनकि तिनलाई क्षमा गर्नेलाई धेरै प्रेम पनि गरेकी छिन्” वा “किनकि तिनले परमेश्वरलाई धेरै प्रेम गरेकी छिन्”
“जसलाई थोरै कुराहरू मात्र क्षमा गरिन्छ ।” येशूले यस वाक्यमा एउटा सामान्य सिद्धान्त बताउनुहुन्छ । तथापि, सिमोनले येशूलाई कम प्रेम गरेको छ भनेर उसले बुझेको उहाँले अपेक्षा गर्नुभयो ।
“तब उहाँले त्यस स्त्रीलाई भन्नुभयो”
“तिमीलाई क्षमा गरिएको छ ।” यसलाई कर्तृ वाच्यमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म तिम्रा पाप क्षमा गर्छु”
“टेबुल वरिपरि एकसाथ ढल्कँदै” वा “एकसाथ खाँदै”
धार्मिक गुरूहरूलाई थाहा थियो कि केवल परमेश्वरले मात्र पाप क्षमा गर्न सक्नुहुन्थ्यो, र येशू परमेश्वर हुनुहुन्थ्यो भनेर विश्वास गरेनन् । यो प्रश्न शायद कुनै आरोप जनाउनलाई भनिएको थियो । वैकल्पिक अनुवादः “यो मानिसले आफूलाई को हुँ भनी सोच्छ ? केवल परमेश्वरले मात्र पाप क्षमा गर्न सक्नुहुन्छ !” वा “किन यो मानिसले परमेश्वर भएको ढोङ्ग गरिरहेको छ जसले पाप क्षमा गर्न सक्नुहुन्छ ?”
“तिम्रो विश्वासको कारणले तिमी बचाइएकी छ्यौ ।” भाववाचक नाउँ “विश्वास”लाई एउटा कार्यको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि तिमीले विश्वास गर्छ्यौ, तिमी बचाइएकी छ्यौ”
यो बिदाबारी गर्नलाई भन्ने र त्यसैसाथ आशिष् दिने तरिका हो । वैकल्पिक अनुवादः “तिमी जाँदा कुनै चिन्ता नगर” वा “तिमी जाँदा परमेश्वरले तिमीलाई शान्ति दिऊन्”
1 यसपछि छिट्टै प्रभु येशू आफ्ना बाह्र जना चेलाका साथमा वरपरका सहरहरू र गाउँहरूमा प्रचार गर्दै र परमेश्वरको राज्यको सुसमाचार घोषणा गर्दै जानुभयो । 2 केही स्त्रीहरू जो दुष्टात्मा र रोगहरूबाट निको भएका थिए, तिनीहरू पनि उहाँहरूसँगै थिए । तिनीहरू मरियम जसलाई मग्दलनी भनिन्थ्यो, जसबाट सातवटा भूतात्मा निकालिएका थिए । 3 हेरोदका कारिन्दा खुजासकी पत्नी योअन्ना र सुसन्ना, यिनीहरू र अरूहरू आफ्ना भौतिक स्रोतहरूबाट उहाँहरूका निम्ति जुटाई दिन्थे । 4 अब मानिसहरूको एउटा ठुलो भिड एकसाथ भेला भएको थियो, साथै धेरै विभिन्न सहरबाट मानिसहरूसमेत उहाँकहाँ आइरहेका थिए । उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो । 5 “एउटा बिउ छर्ने केही बिउहरू छर्नलाई निस्क्यो । उसले छर्दा केही बिउहरू बाटोमा परे र ती बिउहरू खुट्टाले कुल्चिए, र आकाशका चराहरूले ती खाए । 6 अरू बिउ ढुङ्गेनी जमिनमा परे र चाँडै ती बोटको रूपमा बढे र सुकिहाले, किनकि त्यो जमिन ओबानो थियो । 7 अझै अरू बिउहरू काँढाँका बिरुवाहरूमा परे, र बिउहरू सँगसँगै बिरुवाहरू पनि बढे र बिउहरूलाई काँढे झाडीले निसासिदियो । 8 तर केही बिउहरू असल जमिनमा परे र सय गुणा फल फलाए ।” येशूले यी कुराहरू भनिसक्नुभएपछि उहाँले बोलाउनुभयो, जससँग सुन्ने कानहरू छन् त्यसले सुनोस् । 9 त्यसपछि उहाँका चेलाहरूले उहाँलाई यो दृष्टान्तको अर्थ के हुन सक्छ भनी सोधे । 10 येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई परमेश्वरका राज्यका रहस्यका कुराहरू बुझ्ने अवसर दिइएको छ, तर बाँकी मानिसहरूलाई दृष्टान्तमा सिकाइने छ । त्यसकारण ‘वास्तवमा तिनीहरूले हेरेर पनि देख्नेछैनन्, सुनेर पनि बुझ्नेछैनन् ।’ 11 अब दृष्टान्तको अर्थ यही होः बिउ परमेश्वरको वचन हो । 12 बाटोको किनारमा परेका बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्छन्, तर दुष्ट आउँछ र तिनीहरूको हृदयमा भएका वचन खोसेर लैजान्छ ताकि तिनीहरूले विश्वास नगरून् र नबाँचून् । 13 त्यसपछि ढुङ्गेनी जमिनमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्छन्, खुसीसाथ ग्रहण गर्छन्, तर तिनीहरूको गहिराइ नभएकोले केवल एक क्षणका लागि मात्र विश्वास गर्छन् र जाँचको समयमा तिनीहरू पतन भएर जान्छन् । 14 काँडाको झाडीमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुनेका छन्, तर जीवन जिउने क्रममा, संसारका धन सम्पत्तिको फिक्री, सुख विलासका कारण निसासिएर परिपक्व फल फलाउन सक्दैनन् । 15 तर असल जमिनमा परेका बिउ ती मानिसहरूजस्तउ हुन्, जसले इमानदार र असल हृदयसाथ वचन सुनेर यसलाई सुरक्षितसाथ पक्री राख्छन् र धैर्यसाथ फल फलाउँछन् । 16 अनि बत्ती बालेर कसैले पनि भाँडाले छोप्दैन अथवा खाटमुनि राख्दैन, बरु यसलाई उसले सामदानमा राख्छ, ताकि भित्र पस्ने सबैले उज्यालो देखून् । 17 किनभने कुनै पनि कुरालाई प्रकट हुन नसक्ने गरी लुकाउन सकिँदैन, न त कुनै पनि गोप्य कुरा प्रकट नै हुन नसक्ने र ज्योतिमा आउन नसक्ने हुन्छ । 18 त्यसैकारण, तिमीहरू कसरी सुन्छौ, त्यसमा होसियार होओ, किनभने जससँग छ त्यसलाई धेरै दिइनेछ, जससँग छैन उसले आफूसँग जे छ भनी सोचेको छ त्योसमेत उसबाट खोसिनेछ ।” 19 त्यसपछि येशूकी आमा र भाइहरू उहाँकहाँ आए, तर भिडको कारणले गर्दा उहाँको नजिक आउन सकेनन् । 20 र उहाँलाई यसो भनिएको थियो, “तपाईंकी आमा र भाइहरू तपाईंलाई भेट्ने इच्छा गरी बाहिर पर्खिरहेका छन् ।” 21 तर येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “मेरा आमा र भाइहरू भनेका ती हुन्, जसले मेरो वचन सुन्छन् र पालना गर्छन् ।” 22 अब ती दिनहरूमा एक दिन येशू र उहाँका चेलाहरू डुङ्गामा चढ्नुभयो, र तिनीहरूलाई भन्नुभयो, “आओ, हामी तालको पल्लोपट्टि जाऔँ ।” तब उहाँहरू डुङ्गामा चढ्नुभयो । 23 तर उहाँहरू यात्रामा हुनुहुँदा, प्रभु येशू निदाउनुभयो र त्यस तालमा धेरै ठुलो आँधीबेहरी आयो अनि तिनीहरूको डुङ्गा पानीले भरिन थाल्यो र तिनीहरू डरलाग्दो खतरामा थिए । 24 त्यसपछि येशूका चेलाहरू उहाँकहाँ आए र यसो भन्दै उहाँलाई ब्युँझाए, “प्रभु, प्रभु, हामी त मर्नै लाग्यौँ ।” उहाँ उठ्नुभयो, र बतासलाई हप्काउनुभयो, पानीको बेग थामियो र त्यहाँ सुनसान भयो । 25 अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूको विश्वास कहाँ छ ?” डराएर तिनीहरू अचम्मित हुँदै एक-अर्कालाई भन्दै थिए “उहाँ को हुनुहुन्छ, जसले आँधी र पानीलाई हप्काउनुहुन्छ र तिनले उहाँको आज्ञा मान्छन् ?” 26 उहाँहरू गेरासेनसको इलाकामा आइपुग्नुभयो, जुन गालीलको पारीपट्टि पर्छ । 27 जब प्रभु डुङ्गाबाट पाखामा उत्रनुभयो, एउटा सहरबाट आएको एक जना मानिसले उहाँलाई भेट्यो र त्यस मानिसमा दुष्टात्माहरू थिए । किनभने लामो समयदेखि त्यस मानिसले कपडाहरू लगाएको थिएन र घरमा बस्दैनथ्यो, बरु चिहानहरूमा नै बस्दथियो । 28 जब उसले येशूलाई देख्यो, ऊ चिच्च्यायो, उहाँको सामु लड्यो र उसले उच्च स्वरमा भन्यो, “सर्वोच्च परमेश्वरका पुत्र येशू, तपाईंसँग मेरो के सरोकार ? म बिन्ती गर्छु कि मलाई नसताउनुहोस् ।” 29 किनभने येशूले त्यो मानिसबाट अशुद्ध आत्मालाई निस्केर आउने आज्ञा गर्दै हुनुहुन्थ्यो, किनकि धेरै पटक यसले उसलाई पक्रेर राखेको थियो । ऊ साङ्ग्ला र नेलले बाँधिएर पहरामा राखिएको भए तापनि उसले ती छिनालिहाल्थ्यो र दुष्ट आत्माद्वारा मरुभूमितिर डोर्याइन्थ्यो । 30 त्यसपछि येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाउँ के हो ?” र त्यसले भन्यो, “फौज ।” किनभने धेरै दुष्ट आत्माहरू त्यसभित्र पसेका थिए । 31 तिनीहरूलाई अगाध खाँदमा नपठाउनुहोस् भनी तिनीहरूले उहाँलाई निरन्तर बिन्ती गरे । 32 अब त्यहाँ नजिकै डाँडामा सुँगुरको एक बथान चरिरहेको थियो र दुष्ट आत्माहरूले उहाँलाई सुँगुरको बथानमा पठाइदिन भनी बिन्ती गरे । उहाँले तिनीहरूलाई त्यसो गर्ने आज्ञा दिनुभयो । 33 त्यसैले, त्यस मानिसबाट दुष्ट आत्माहरू निस्की सुँगुरको बथानमा पसे, र त्यो बथान भिरालोबाट हुर्रिंदै गएर समुद्रमा डुबेर मरे । 34 सुँगुर चराइरहेका मानिसहरूले जे भइरहेको थियो त्यो देखेपछि तिनीहरू भाग्दै सहर र वरपरका ठाउँहरूमा गए र त्यो कुरो बताए । 35 त्यसकारण, मानिसहरू जसले यसबारे सुने, के भएको थियो सो हेर्नलाई तिनीहरू येशूकहाँ आए र त्यस मानिस जसबाट दुष्ट आत्माहरू निस्केर गएका थिए, त्यसलाई कपडा लगाएर राम्रो अवस्थामा येशूको चरणमा बसिरहेको भेट्टाए र तिनीहरू डराए । 36 तब जुन घटना घटेको ती मानिसहरूले देखेका थिए अर्थात् कसरी दुष्ट आत्माहरूद्वारा नियन्त्रित मानिस बचाइको थियो, सो तिनीहरूले अरूहरूलाई भने । 37 गेरासेन र वरपरका सबै मानिसहरूले येशूलाई तिनीहरूबाट जान आग्रह गरे, किनभने तिनीहरू साह्रै डराएका थिए । 38 तर दुष्ट आत्माहरू निस्केर गएको मानिसले येशूसँगै जानलाई उहाँलाई बिन्ती गर्यो, तर येशूले यसो भन्दै उसलाई पठाउनुभयो, 39 “आफ्नो घर फर्क र परमेश्वरले तिम्रो निम्ति गर्नुभएका महान् कार्यहरूको स्मरण गर ।” 40 जब येशू फर्कनुभयो, भिडले उहाँलाई स्वागत गर्यो, किनकि तिनीहरू सबैले उहाँलाई पर्खिरहेका थिए । 41 हेर, याइरस नाउँ गरेका एक जना मानिस त्यहाँ आए, जो सभाघरका अगुवाहरूमध्ये एक थिए । याइरस प्रभु येशूका पाउमा घोप्टो परे र उहाँलाई उनको घरमा आउन बिन्ती गरे । 42 किनभने उनको एउटै मात्र बाह्र वर्षकी छोरी मर्नै लागेकी थिइन् । तर उहाँ जाँदै गर्नुहुँदा मानिसहरूको भिडले उहाँलाई घचेटिरहेको थियो । 43 त्यहाँ एउटी बाह्र वर्षसम्म रगत बग्ने समस्या भएकी स्त्री थिइन् । तिनले आफ्नो सम्पूर्ण पैसा डाक्टरहरूकहाँ औषधी उपचारमा खर्चे गरिसकेकी थिइन्, तर तिनीहरूमध्ये कसैले पनि निको पार्न सकेका थिएनन् । 44 तिनी येशूको पछिल्तिर आइन् र उहाँको कपडाको छेऊ छोइन् र तुरुन्तै तिनको रक्तश्राव रोकियो । 45 येशूले भन्नुभयो, “मलाई कसले छोयो ?” जब सबैले यसलाई इन्कार गरे, पत्रुसले भने, “प्रभु मानिसहरूको भिडले तपाईंलाई घेरेर घचेट्दै छन् ।” 46 तर येशूले भन्नुभयो, “कसैले मलाई छोयो, किनभने शक्ति मबाट बाहिर गइरहेको मैले थाहा पाएँ ।” 47 जब त्यस स्त्रीले आफूले गरेको कुरा लुकाउन नसक्ने देखिन्, तब काँप्दै येशूको चरणमा घोप्टो परिन्, तिनले येशूलाई छुनुको कारण र कसरी तुरुन्तै निको भइन् सबै मानिसहररूका सामु बताइन् । 48 त्यसपछि उहाँले तिनलाई भन्नुभयो, “छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ । शान्तिसँग जाऊ ।” 49 जब उहाँ अझै बोल्दै हुनुहुन्थ्यो, सभाघरका अगुवाको घरबाट एक जना आएर भने, “तिम्री छोरी मरिसकिन् । गुरुलाई दुःख नदेऊ ।” 50 तर जब येशूले त्यो सुन्नुभयो, उहाँले उसलाई जवाफ दिनुभयो, “नडराऊ, विश्वास मात्र गर र तिनी बचाइनेछिन् ।” 51 जब उहाँ घरमा आउनुभयो, तब पत्रुस, यूहन्ना र याकूब, केटीको बुबा र आमाबाहेक अरू कसैलाई पनि भित्र पस्ने अनुमति दिनुभएन । 52 अनि त्यहाँ सबै मानिसहरू ती केटीका निम्ति रुँदै र विलाप गर्दै थिए । तर उहाँले भन्नुभयो, “नरोऊ, तिनी मरेकी छैनन्, तर निदाएकी मात्र छिन् ।” 53 तर तिनीहरू केटी मरेको थाहा पाएर, येशूलाई गिल्ला गर्दै हाँसे । 54 तर उहाँले केटीलाई हातमा लिएर यसो भनेर बोलाउनुभयो, “नानी उठ ।” 55 तिनको आत्मा फर्क्यो, र तिनी तुरुन्तै उठिन् । उहाँले तिनलाई केही खान दिनका लागि आज्ञा दिनुभयो । 56 तिनका बुबा-आमा अचम्मित भए, तर त्यहाँ जे भएको थियो त्यो कसैलाई नभन्नू भनी उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो ।
यो अध्यायमा लूकाले थुप्रैपटक बदलावलाई अङ्कित नै नगरिकन उनको विषयलाई फेर्छन् । तपाईंले यी झट्ट भएका फेरबदलहरूलाई एकनासले भएको जस्तो बनाउन खोज्नुहुँदैन ।
येशूले आँधीबेह्रिलाई त्यससँग बोलेर शान्त पार्नुभयो, उहाँले एक मरेकी ठिटीलाई त्यससँग बोलेर जीवित बनाउनुभयो, र उहाँले दुष्ट आत्माहरूलाई तिनीहरूसँग बोलेर एउटा मानिसलाई छोड्न लगाउनुभयो ।
दृष्टान्तहरू भनेको छोटा कथाहरू हुन् जुन येशूले बताउनुभयो ताकि उहाँले तिनीहरूलाई सिकाउन कोसिस गरिरहनुभएको पाठलाई मानिसहरूले सजिलै बुझून् । उहाँले कथाहरूलाई यस कारणले पनि भन्नुभयो ताकि उहाँलाई विश्वास गर्न नचाहनेहरूले सत्यतालाई नबुझून् (लूका ८:४-१५) ।
अधिकांश मानिसहरूले तिनीहरूलाई “दाजुभाइ” वा “दिदीबहिनी” भन्छन् जसको एउटै बाबुआमा हुन्छ र तिनीहरूलाई आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण मानिसहरू ठान्छन् । धेरै मानिसहरूले उही हजुरबुबा वा हजुरआमा भएकाहरूलाई पनि “दाजुभाइ” वा “दिदीबहिनी” भन्छन् । यस अध्यायमा येशूले भन्नुहुन्छ कि उहाँको लागि सबैभन्दा महत्त्वपूर्ण मानिसहरू भनेको तिनीहरू हुन् जसले स्वर्गमा हुनुभएका उहाँको पिताको आज्ञापालन गर्छन् ।
यी पदहरूले यात्राको क्रममा येशूले गर्नुभएको प्रचारको बारेमा पृष्ठभूमि जानकारी दिन्छन् ।
यो वाक्यांशलाई यहाँ कथाको एउटा नयाँ भागलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई येशूले दुष्ट आत्माहरूबाट स्वतन्त्र पार्नुभएको थियो र रोगहरूबाट निको पार्नुभएको थियो”
“केही स्त्रीहरूमध्ये” एकजना ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मरियम, जसलाई मानिसहरूले मग्दलिनी भनेर बोलाउँथे ... येशूले सात भूतहरू धपाउनुभएको थियो”
“केही स्त्रीहरूमध्ये” दुईजना
योअन्ना खुजासकी पत्नी र खुजास हेरोदका प्रबन्धक थिए । “योअन्ना जो हेरोदका प्रबन्धक खुजासकी पत्नी थिइन्”
“येशू र उहाँका बाह्र चेलाहरूलाई आर्थिक रूपमा सहयोग गर्थे”
येशूले भीडलाई माटोको दृष्टान्त बताउनुहुन्छ । उहाँले त्यसको अर्थ उहाँका चेलाहरूलाई व्याख्या गर्नुहुन्छ ।
“येशूकहाँ आउँदै”
“एउटा किसान केही बिउ छर्न खेतमा गयो” वा “एउटा किसान केही बिउहरू छर्न खेतमा गयो”
“केही बिउ ... परे” वा “केही बिउहरू ... परे”
यसलाई कर्तृ वाच्यमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरू त्यसमाथि हिँडे” वा “मानिसहरू तिनीहरू माथि हिँडे”
यो उपमालाई “आकाश”को बुझाइलाई कायम राख्न सामान्य रूपमा “चराहरू” वा “चराहरू तल उडे र” भनेर अनुवाद गर्न सकिन्छ ।
“ती सबै खाए” वा “तिनीहरू सबैलाई खाए”
“हरेक बिरुवा सुख्खा भयो र चाउरी पर्यो” वा “बिरुवाहरू सुख्खा भए र चाउरी परे”
“ती अति सुख्खा थिए” वा “तिनीहरू अति सुक्खा थिए ।” कारणलाई उल्लेख गर्न पनि सकिन्छ । वैकल्पिक अनुवादः “जमिन अति सुक्खा थियो”
येशूले भीडलाई दृष्टान्त भन्न सकाउनुहुन्छ ।
काँढाका झाङहरूले सबै पोषण, पानी, र घामको प्रकाश लिन्छन्, त्यसैले किसानका बिरुवाहरू राम्ररी बढ्न सकेनन् ।
“कटनी बढाए” वा “धेरै बिउहरू वृद्धि गराए”
यसको अर्थ छरिएका बिउहरूभन्दा सयौँ गुणा बढी भन्ने हुन्छ ।
येशूले जोड दिइरहनुभएको छ कि उहाँले भर्खरै भन्नुभएको कुरा महत्त्वपूर्ण छ र बुझ्न र अभ्यासमा ल्याउनलाई केही कोसिस चाहिन सक्छ । यहाँ “सुन्ने कानहरू” वाक्यांश बुझ्न र आज्ञापालन गर्नलाई भएको इच्छुकपनाको लागि एउटा प्रतिस्थापन हो । किनकि येशूले उहाँको कुरा सुन्नेहरूलाई प्रत्यक्ष रूपमा भनिरहनुभएको छ, तपाईंले यहाँ दोस्रो व्यक्तिलाई प्रयोग गर्नलाई रोज्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जो सुन्न इच्छुक छ, उसले सुनोस्” वा “जो बुझ्नलाई इच्छुक छ, उसले बुझोस् र आज्ञापालन गरोस्” वा “यदि तिमी सुन्न चाहिरहेका छौ भने, सुन” वा “यदि तिमी बुझ्न चाहिरहेका छौ भने, बुझ र आज्ञापालन गर”
येशू उहाँका चेलाहरूसँग कुरा गर्न थाल्नुहुन्छ ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई बुझ्ने वरदान दिनुभएको छ” वा “परमेश्वरले तिमीहरूलाई बुझ्न सक्ने बनाउनुभएको छ”
यी लुकाइएका सत्यताहरू हुन्, तर येशूले तिनीहरूलाई अब प्रकट गरिरहनुभएको छ ।
“अरू मानिसहरूको लागि ।” यसले ती मानिसहरूलाई जनाउँछ जसले येशूको शिक्षालाई इन्कार गरे र उहाँलाई पछ्याएनन् ।
“तिनीहरूले देख्छन्, र पनि तिनीहरूले बुझ्नेछैनन् ।” यो यशैया अगमवक्ताबाट लिइएको उद्धरण हो । केही भाषाहरूमा क्रियापदहरूको वस्तुलाई उल्लेख गर्न जरुरी हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरूले देखे पनि तिनीहरूले यसलाई बुझ्नेछैनन्” वा “तिनीहरूले घटेका कुराहरू देख्छन्, र पनि तिनीहरूले तिनको अर्थ बुझ्नेछैनन्”
“तिनीहरूले सुन्छन्, र पनि तिनीहरूले बुझ्नेछैनन् ।” यो यशैया अगमवक्ताबाट लिइएको उद्धरण हो । केही भाषाहरूमा क्रियापदहरूको वस्तुलाई उल्लेख गर्न जरुरी हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरूले शिक्षा सुने पनि तिनीहरूले सत्यता बुझ्नेछैनन्”
येशूले उहाँका चेलाहरूलाई माटोको दृष्टान्तको अर्थ व्याख्या गर्न थाल्नुहुन्छ ।
“बिउ चाहिँ परमेश्वरबाटको सन्देश हो”
“बाटोमा खसेका बिउहरू ती हुन् ... ।” येशूले बिउहरूलाई के हुन्छ भनेर बताउनुहुन्छ किनकि यो मानिसहरूसँग सम्बन्धित छ । वैकल्पिक अनुवादः “बाटोमा खसेका बिउहरूले ... मानिसहरूलाई प्रतिनिधित्व गर्छ” वा “दृष्टान्तमा, बाटोमा खसेका बिउहरूले ... मानिसहरूलाई प्रतिनिधित्व गर्छ”
येशूले बिउहरूले मानिसहरूको बारेमा केही कुरालाई देखाउने विषयमा यसरी बताउनुहुन्छ मानौँ बिउहरू मानिसहरू नै थिए । वैकल्पिक अनुवादः “जुन मानिसहरूले ... लाई के हुन्छ भनेर देखाउनु”
यहाँ “हृदयहरू” मानिसहरूको मनहरू वा भित्री व्यक्तित्वहरूको लागि एउटा प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “दुष्ट आउँछ र परमेश्वरको सन्देशलाई तिनीहरूको भित्री सोचाइहरूबाट लैजान्छ”
दृष्टान्तमा यो बिउहरू खोसेर लैजाने चराको अलङ्कार थियो । तपाईंको भाषामा पनि यो रूपकलाई कायम गर्ने शब्दहरूको प्रयोग गर्नुहोस् ।
यो दुष्टको उद्देश्य हो । वैकल्पिक अनुवादः “किनभने दुष्टले सोच्छ, ‘तिनीहरूले विश्वास गर्नुहुँदैन र तिनीहरू बचाइनुहुन्न’” वा “त्यसैले यस्तो नहोस् कि तिनीहरूले विश्वास गरून् र परमेश्वरले तिनीहरूलाई बचाउनुभएको होस्”
“चट्टाने भूमिमा परेका बिउहरू ती हुन् ... ।” येशूले बिउहरूलाई के हुन्छ भनेर बताउनुहुन्छ किनकि यो मानिसहरूसँग सम्बन्धित छ । वैकल्पिक अनुवादः “चट्टाने भूमिमा खसेका बिउहरूले ... मानिसहरूलाई प्रतिनिधित्व गर्छ” वा “दृष्टान्तमा, चट्टाने भूमिमा खसेका बिउहरूले ... मानिसहरूलाई प्रतिनिधित्व गर्छ”
“चट्टाने भूमि”
“जब तिनीहरूले कठिनाइ भोग्छन्”
यो उपमाको अर्थ “तिनीहरूले विश्वास गर्न छाड्छन्” वा “तिनीहरू येशूलाई पछ्याउन छाड्छन्” भन्ने हुन्छ ।
“काँडाहरूमा खसेका बिउहरूले ... मानिसहरूलाई प्रतिनिधित्व गर्छ” वा “दृष्टान्तमा, काँडाहरूमा खसेका बिउहरूले ... मानिसहरूलाई प्रतिनिधित्व गर्छ”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “फिक्री, धन र यस जीवनको मोजमज्जाले तिनीहरू निसासिए”
मानिहरूले चिन्ता गर्ने कुराहरू
“मानिहरूले यस जीवनमा आनन्द मान्ने कुराहरू”
यस अलङ्कारले झारहरूले कसरी विरुवालाई प्रकाश र पोषणबाट वञ्चित गर्छ र तिनीहरूलाई बढ्नबाट रोक्छ भन्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “जसरी झारहरूले असल विरुवाहरूलाई वृद्धि हुनबाट रोक्छ, यस जीवनको फिक्रि, धनसम्पत्ति, सुखचैनले मानिसहरूलाई परिपक्व हुनबाट रोक्छ”
“तिनीहरूले पाकेको फल दिँदैनन् ।” परिपक्व फल चाहिँ असल कार्यहरूको लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “जसरी एउटा बिरुवाले पाकेको फल फलाउँदैन, त्यसरी नै तिनीहरूले असल कामहरू गर्दैनन्”
वैकल्पिक अनुवादः “असल माटोमा खसेका बिउहरूले ... मानिसहरूलाई प्रतिनिधित्व गर्छ” वा “दृष्टान्तमा, असल माटोमा खसेका बिउहरूले ... मानिसहरूलाई प्रतिनिधित्व गर्छ”
“सन्देश सुनेर”
यहाँ “हृदय” व्यक्तिको सोचहरू वा अभिप्रायहरूको लागि एउटा प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “एउटा इमान्दार र असल चाहनाले”
“धैर्यसाथ सहन गरेर फल उत्पादन गर्छन्” वा “निरन्तरको प्रयासबाट फल उत्पन्न गर्नु ।” फल चाहिँ असल कार्यहरूको लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “असल फल फलाउने स्वस्थ बिरुवाले झैँ तिनीहरूले पनि धैर्यसाथ लागिरहेर असल कामहरू उत्पन्न गर्छन्”
येशूले अर्को दृष्टान्त भन्नुभएर निरन्तरता दिनुहन्छ र त्यसपछि उहाँले बोल्नलाई सिद्ध्याउनुहुन्छ जसै उहाँले आफ्नो काममा उहाँको परिवारको भूमिकालाई जोड दिनुहुन्छ ।
यसले अर्को दृष्टान्तको सुरुवातलाई अङ्कित गर्छ ।
यस युगल अकरणलाई एउटा सकारात्मक भनाइको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “लुकाइएको हरेक कुरा प्रकट गरिनेछ”
यस युगल अकरणलाई एउटा सकारात्मक भनाइको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “हरेक गोप्य कुरा थाहा हुनेछ र प्रकाशमा आउनेछ”
यो कुरा सन्दर्भबाट प्रस्ट छ कि येशूले समझ र विश्वास गर्ने कुराको बारेमा कुरा गरिरहनुभएको छ । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ र कर्तृ वाच्यमा बदल्न सकिन्छ । वैकल्पिक अनुवादः “जससँग समझ छ त्यसलाई अझ बढी समझ दिइनेछ” वा “परमेश्वरले सत्यता बुझ्नेहरूलाई अझ बढी बुझ्नलाई सक्षम बनाउनुहुनेछ”
यो कुरा सन्दर्भबाट प्रस्ट छ कि येशूले समझ र विश्वास गर्ने कुराको बारेमा कुरा गरिरहनुभएको छ । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ र कर्तृ वाच्यमा बदल्न सकिन्छ । वैकल्पिक अनुवादः “तर जोसँग समझ छैन त्यसले आफूसँग जेजति समझ भनेर सोच्छ, त्यो पनि त्यसले गुमाउनेछ” वा “तर परमेश्वरले सत्यतालाई विश्वास नगर्नेहरूलाई तिनीहरूले बुझेका छन् भनेर ठानेका थोरै सत्यता पनि नबुझ्ने तुल्याउनुहुनेछ”
यी येशूका भाइहरू थिए-मरियम र योसेफका अरू छोराहरू जो येशू पछाडि जन्मेका थिए । किनकि येशूको पिता परमेश्वर हुनुहुन्थ्यो, र तिनीहरूका पिता चाहिँ योसेफ थिए, तिनीहरू खासगरी उहाँका सौतेनी भाइहरू थिए । यो विस्तृत विवरणलाई सामान्यतया अनुवाद गरिँदैन ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले उहाँलाई भने” वा “कसैले उहाँलाई भन्यो”
“र तिनीहरूले तपाईंलाई भेट्न चाहन्छन्”
यो अलङ्कारले व्यक्त गर्छ कि ती मानिसहरू जो येशूका कुरा सुन्न आइरहेका थिए, तिनीहरू उहाँको लागि उहाँको आफ्नो परिवार जत्तिकै महत्त्वपूर्ण थिए । वैकल्पिक अनुवादः “परमेश्वरको वचन सुन्ने र पालन गर्नेहरू मेरा आमा र भाइहरूजस्ता हुन्”
“सन्देश जुन परमेश्वरले बोल्नुभएको छ”
तब येशू र उहाँका चेलाहरूले गनेसरेतको ताललाई पार गर्न एउटा डुङ्गाको प्रयोग गर्नुहुन्छ । चेलाहरूले त्यसैबेलामा चलेको आँधीबेह्रीबाट येशूको शक्तिको बारेमा अझ बढी जान्छन् ।
यो गेनेसरेतको ताल हो जसलाई गालीलको समुद्र पनि भनिन्छ ।
यो अभिव्यक्तिको अर्थ हुन्छ कि तिनीहरूले आफ्नो डुङ्गामा गनेसरेतको तालको पारि जान यात्रा सुरु गरे ।
“जसै तिनीहरू गए”
“सुत्न थाल्नुभयो”
“शक्तिशाली बतासको आँधीबेहरी चल्न सुरु गर्यो” वा “अचानक धेरै शक्तिशाली बतास चल्न सुरु गर्यो”
शक्तिशाली बतासहरूले ठूलो छालहरू ल्यायो जसले पानीलाई डुङ्गामाथि सम्मै धकेल्यो । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बतासहरूले उच्च छालहरू बनायो जसले तिनीहरूको डुङ्गालाई पानीले भर्न सुरु गर्यो”
कडासित बोल्नुभयो
“भयङ्कर छालहरू”
“बतास र छाल रोकिए” वा “तिनीहरू शान्त भए”
येशूले तिनीहरूलाई नरम प्रकारले हकार्दै हुनुहुन्थ्यो, किनभने तिनीहरूको वास्ता गर्नलाई तिनीहरूले उहाँमा भरोसा गरेनन् । यसलाई कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले विश्वास गर्नुपर्थ्यो !” वा “तिमीहरूले मलाई भरोसा गर्नुपर्थ्यो !”
“यी कस्ता मानिस हुन् ... उहाँको आज्ञा मान्छन् ?” येशूले कसरी आँधीबेह्रीलाई नियन्त्रण गर्न सक्नुभयो भन्ने कुराप्रति यस प्रश्नले आश्चर्य र अलमलपनालाई व्यक्त गर्छ ।
यसलाई दुईवटा वाक्यहरूमा बदल्न सकिन्छः “त्यसोभए तिनी को हुन् त ? उहाँले आज्ञा गर्नुहुन्छ ... उहाँको आज्ञापालन गर्छन् !”
येशू र उहाँका चेलाहरू गेरेसाको किनारमा आइपुग्नुहुन्छ जहाँ येशूले एउटा मानिसबाट धेरै भूतहरू निकाल्नुहुन्छ ।
गेरासनेस गेरेसा भनिने सहरका मानिसहरू थिए ।
“गालीलबाट तालको अर्को किनारापट्टि”
“गेरेसा सहरबाट आएको एउटा मानिस”
त्यस मानिसमा भूतहरू थियो; यो सहर थिएन जसलाई भूतहरू लागेको थियो । वैकल्पिक अनुवादः “सहरबाट आएको एकजना मानिस, र यस मानिसलाई भूतहरू लागेको थियो”
“त्यो भूतहरूद्वारा नियन्त्रित थियो” वा “जसलाई भूतहरूले नियन्त्रण गरेको थियो”
यो भूतहरू लागेको मानिसको बारेमा पृष्ठभूमि जानकारी हो ।
“उसले कपडाहरू लगाएको थिएन”
यी ती ठाउँहरू हुन् जहाँ मानिसहरूले मृत शरीरहरूलाई राख्छन्, सम्भवतः गुफाहरू र साना घरहरू जुन कुनै मानिसले वासको रूपमा प्रयोग गर्न सक्दैनथ्यो ।
“जब भूत लागेको मानिसले येशूलाई देख्यो”
“ऊ करायो” वा “ऊ ठूलो आवाजमा चिच्च्यायो”
“येशूको अगि भुइँमा लम्पसार पर्यो ।” ऊ संयोगवश लडेको होइन ।
“उसले ठूलो स्वरमा भन्यो” वा “ऊ चिच्च्यायो”
यो उपमाको अर्थ “तपाईंले मलाई किन दुःख दिइरहनुभएको छ ?” भन्ने हुन्छ ।
यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।
“त्यसले त्यो मानिसलाई धेरै पटक कब्जामा पारेको थियो” वा “धेरैपटक यो त्यसभित्र गएको थियो ।” येशूले त्यस मानिसलाई भेट्न अगि दुष्टात्माले धेरै पटक के गरेको थियो भनी यसले बताउँछ ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले त्यसलाई साङ्लाले बाँधी नेल लगाएर पहरामा राखे तापनि”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “भूतले त्यसलाई बाहिर जाने बनाउँथ्यो”
यसलाई धेरै सिपाहीहरू वा मानिसहरूको सङ्ख्यालाई जनाउने शब्दले अनुवाद गर्नुहोस् । केही अन्य अनुवादहरूले “सेना” भन्छन् । वैकल्पिक अनुवादः “टोली” वा “दल”
“येशूलाई बिन्ती गरिरह्यो”
यसलाई सुँगुरहरूको परिचय गराउनलाई पृष्ठभूमि जानकारीको रूपमा प्रदान गरिएको छ ।
“नजिकैको एउटा पहाडमा घाँस खाइरहेको थियो”
त्यस मानिसबाट भूतहरू बाहिर आउनुको कारण येशूले तिनीहरू सुँगुरहरूभित्र जान सक्छन् भनेर तिनीहरूलाई भन्नुभएकोले गर्दा हो भनेर व्याख्या गर्नलाई “त्यसैले” शब्दलाई यहाँ प्रयोग गरिएको छ ।
ज्यादै छिटो-छिटो कुदे
“ ... बथान डुब्यो ।” एकचोटि पानीमा पुगिसकेपछि कसैले पनि सुँगुरहरूलाई डुब्ल लगाएन ।
“भूतले छाडेका मानिसलाई देखे”
“होसमा” वा “सामान्य तवरले व्यवहार गरिरहेको”
“पाउमा बसिरहेको” भनेको एउटा उपमा हो जसको अर्थ “नजिकै नम्र भएर बसिरहेको” वा “अगाडि बसिरहेको” भन्ने हुन्छ । वैकल्पिक अनुवादः “येशूको अगाडि भुइँमा बसिरहेको”
तिनीहरू येशूसँग डराएका थिए भन्ने कुरालाई प्रस्टसँग व्यक्त गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरू येशूसँग डराए”
“जुन मानिसहरूले घटेको घटना देखेका थिए”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले त्यस मानिसलाई निको पार्नुभएको थियो जसलाई भूतहरू लागेको थियो” वा “येशूले त्यस मानिसलाई निको पार्नुभएको थियो जसलाई भूतहरूले नियन्त्रण गरेका थिए”
“गेरासेनसको त्यो क्षेत्र” वा “गेरासेनसका मानिसहरू बस्ने त्यो क्षेत्र”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू अति भयभीत भए”
गन्तव्यलाई उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताल वारि नै फिर्ता जानु”
यी पदहरूमा भएका घटनाहरू येशू डुङ्गामा चढेर जानुभन्दा अगाडि घटेका हुन् । यसलाई सुरुमै उल्लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “येशू र उहाँका चेलाहरू जानुभन्दा अगाडि, त्यो मानिस” वा “येशू र उहाँका चेलाहरू डुङ्गामा यात्रा गर्नुभन्दा अगाडि, त्यो मानिस”
“तिम्रो घराना” वा “तिम्रो परिवार”
“परमेश्वरले तिम्रो लागि गरिदिनुभएको कुराको बारेमा तिनीहरूलाई सबै बताउनु”
यी पदहरूले याइरसको बारेमा पृष्ठभूमि जानकारी दिन्छन् ।
जब येशू र उहाँका चेलाहरू तालको अर्कोपट्टि भएको गालीलमा फर्कनुहुन्छ, उहाँले सभाघरको शासकको १२ वर्षको छोरीलाई निको पार्नुहुन्छ र साथसाथै १२ वर्षदेखि रक्तस्राव भइरहेकी एक स्त्रीलाई पनि निको पार्नुहुन्छ ।
“भीडले उहाँलाई खुसीसाथ अभिवादन गर्यो”
“स्थानीय सभाघरका अगुवाहरूमध्ये एक जना” वा “त्यस सहरको सभाघरमा भेला हुने मानिसहरूमध्ये एक जना अगुवा”
सम्भावित अर्थहरू हुन् १) “येशूका पाउमा निहुरिए” वा
“मर्नै लागेकी थिइन्”
केही अनुवादकहरूले येशू याइरससँग जानलाई राजी हुनुभएको थियो भन्नु पर्ला । वैकल्पिक अनुवादः “त्यसैले येशू तिनीहरूसँग जान राजी हुनुभयो । जसै उहाँ आफ्नो बाटोमा जाँदै हुनुहुन्थ्यो”
“मानिसहरू येशूको वरिपरि ठेलमठेला गरिरहेका थिए”
यसले कथामा एउटा नयाँ पात्रलाई परिचय गराउँछ ।
“रक्तस्राव थियो ।” यो सम्भवतः तिनको सामान्य समय नभइकनै तिनलाई रक्तस्राव भइरहेको थियो । केही संस्कारहरूमा यस अवस्थालई जनाउने नम्र शैलीहरू पनि हुन सक्छ ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर कसैले पनि तिनलाई निको पार्न सकेनन्”
“उहाँको लुगाको किनारा छोइन् ।” यहूदीहरूले परमेश्वरको व्यवस्थाले आज्ञा गरेअनुसार तिनीहरूको शिष्ट पोशाकको अंशको रूपमा तिनीहरूको कपडाको किनारामा झुम्का लगाउँथे । सम्भवतः तिनले यसैलाई छोइन् ।
यसो भनेर पत्रुसले येशूलाई जो कोहीले छुन सक्थ्यो भन्ने देखाइरहेका छन् । आवश्यक परेमा, यो अस्पष्ट कुरालाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “धेरै मानिसहरू तपाईंको वरिपरि भीड लागिरहेका छन् र तपाईंलाई ठेलमठेला गरिरहेका छन्, त्यसैले तीमध्ये जो कसैले पनि तपाईंलाई छोएको हुन सक्छ !”
यो जानाजानको “छुवाइ”लाई संयोगवश हुन पुगेको भीडको छुवाइहरूबाट भिन्न भएको देखाउँदा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “मलाई थाहा छ कि कसैले मलाई जानाजान छोयो”
येशूले शक्ति गुमाउनुभएको थिएन वा उहाँ कमजोर हुनुभएको थिएन, तर उहाँको शक्तिले स्त्री निको भइन् । वैकल्पिक अनुवादः “म जान्दछु कि मबाट चङ्गाइको शक्ति बाहिर गयो” वा “मेरो शक्तिले कसैलाई निको पारेको मैले थाहा पाएँ”
“जब त्यस स्त्रीले आफूले गरेको कुरा लुकाउन नसक्ने देखिन् ।” तिनले के गरिन् भन्ने कुरालाई उल्लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “येशूलाई छुने तिनी नै हुन् भनी तिनले गोप्य राख्न सक्ने थिइनन्”
“तिनी डरले काँप्दै आइन्”
सम्भावित अर्थहरू हुन् १) “तिनी येशूको अगि घोप्टो परिन्” वा २) “तिनी येशूको पाउमा लम्पसार परिन् ।” तिनी संयोगवश लडेकी थिइनन् । येशूको निम्ति नम्रता र आदरको चिन्हस्वरूप तिनले यसो गरिन् ।
“सबै मानिसहरूका दृष्टिमा”
यो स्त्रीलाई दया गरेर बोलाउने तरिका थियो । तपाईंको भाषामा यसरी दया देखाउने तरिका हुन सक्छ ।
“तिम्रो विश्वासको कारण, तिमी निको भएकी छ्यौ ।” भाववाचक नाउँ “विश्वास”लाई एउटा कार्यको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि तिमी विश्वास गर्छ्यौ, तिमी निको भएकी छ्यौ”
यो एकै पटकमा “बाईबाई” गर्ने र आशिष् दिने तरिका हो । वैकल्पिक अनुवादः “तिमी जाँदा कुनै चिन्ता नगर” वा “तिमी जाँदा परमेश्वरले तिमीलाई शान्ति दिऊन्”
“येशू त्यस स्त्रीसँग बोलिरहनुहुँदा”
यसले याइरसलाई जनाउँछ । (हेर्नुहोस्ः [लूका ८:४१] (./40.md))
यो भनाइको आशय हुन्छ कि केटी अब मरिसकेकी हुनाले सहायता गर्नलाई येशूले केही पनि गर्न सक्नुहुने छैन ।
यसले येशूलाई जनाउँछ ।
“तिनी राम्रो हुनेछिन्” वा “तिनी फेरि जिउनेछिन्”
“जब तिनीहरू घरमा आए ।” येशू याइरससँग त्यहाँ जानुभयो । साथै येशूका केही चेलाहरू पनि तिनीहरूसँगै गए ।
यसलाई सकारात्मक रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले पत्रुस, याकूब, यूहन्ना, केटीको बुबा र आमालाई मात्र उहाँसँग भित्र जान दिनुभयो”
यसले याइरसलाई जनाउँछ ।
यो त्यस संस्कृतिमा दुःख देखाउने सामान्य तरिका थियो । वैकल्पिक अनुवादः “सबै मानिसले तिनीहरू कति दुःखित छन् भनी देखाइरहेका थिए र ठूलो स्वरमा रोइरहेका थिए किनभने केटी मरेकी थिइन्”
“उहाँको कुरामा हाँसे किनभने तिनीहरू जान्दथे कि केटी ... ”
“येशूले त्यस ठिटीको हात पक्रनुभयो”
“तिनको आत्मा तिनको शरीरमा फर्कियो ।” यहूदीहरूले बुझेका कि जीवन चाहिँ आत्मा कुनै व्यक्तिभित्र आउनुको परिणाम थियो । वैकल्पिक अनुवादः “तिनले फेरि सास फेर्न थालिन्” or “तिनी जीवनमा फर्किन्” वा “तिनी फेरि जीवित भइन्”
यसलाई फरक तरिकाले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैलाई नबताउन भनेर”
1 उहाँले बाह्र जनालाई एकैसाथ बोलाउनुभयो र तिनीहरूलाई सबै भूतहरू निकाल्ने र रोगहरू निको पार्ने अधिकार र शक्ति दिनुभयो । 2 उहाँले तिनीहरूलाई परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्न र बिरामी निको पार्न पठाउनुभयो । 3 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले यात्राका निम्ति केही नलैजाओ न त लौरो, न त थैली, न त रोटी, न त पैसा, न त दुईवटा दौरा लैजाओ । 4 तिमीहरू जुन घरमा पस्छौ, त्यस ठाउँलाई नछोडेसम्म त्यहीँ बस । 5 कसैले तिमीहरूलाई ग्रहण गर्दैन भने, जब तिमीहरू त्यस सहरलाई छोडछौ, तिनीहरूका विरुद्धमा साक्षीका लागि तिमीहरूका खुट्टाको धुलोसमेत टकटकाइदेओ ।” 6 तब तिनीहरू सुसमाचारको घोषणा गर्दै हिँडे र हरेक ठाउँका रोगी मानिसहरूलाई निको पार्दै गाउँहरूतिर गए । 7 अनि शासक हेरोदले जे भइरहेको थियो, त्यो सुनेर उनी अन्योलमा परे, कारण बप्तिस्मा-दिने यूहन्ना जीवित भएका छन् भनेर कसैले उनलाई सुनाइदिएको थियो । 8 र कसैले एलिया देखा परेका छन्, र अरूहरूले पुराना अगमवक्ताहरूमध्ये एक जना फेरि पुनर्जीवित भएका छन् भने । 9 हेरोदले भने, “मैले यूहन्नाको टाउको काटेँ, तर यो को हो जसको बारेमा म यस्तो कुरा सुन्दै छु ?” र हेरोदले येशूलाई हेर्ने बाटो खोज्ने कोसिस गरे । 10 जब पठाइएकाहरू फर्केर आए, तिनीहरूले गरेका सबै कुरा उहाँलाई तिनीहरूले बताए । तिनीहरूलाई उहाँसँगै लगेर, बेथसेदा भनिने सहरमा आफैँ तिनीहरूसँग जानुभयो । 11 तर भिडले यो सुन्यो र उहाँलाई पछ्यायो र उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो, र परमेश्वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो र जसलाई निको हुन आवश्यक थियो, तिनीहरूलाई निको पार्नुभयो । 12 दिन ढल्किन लाग्दा बाह्रै जना उहाँकहाँ आए र भने, “यस भिडलाई बिदा दिनुहोस्, ताकि तिनीहरूले गाउँहरूतिर र वरिपरिका ठाउँहरूमा गएर बास बस्न र खान पाउन सकून्, किनकि हामी यहाँ मरुभूमिको ठाउँमा छौँ ।” 13 तर उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खानलाई देओ ।” तिनीहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुईवटा माछाभन्दा बढी केही छैन । मानिसहरूको यो ठुलो भिडलाई गएर खाना किन्नबाहेक अर्को उपाय छैन ।” 14 त्यहाँ पाँच हजारभन्दा बढी मानिस थिए । उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, तिनीहरूलाई पचास-पचास जनाको समूहमा बस्न लगाओ ।” 15 अनि तिनीहरूले त्यसै गरे, र सबै मानिसहरू बसे । 16 उहाँले पाँचवटा रोटी र दुईवटा माछालाई हातमा लिनुभयो र स्वर्गतिर आँखा उठाउँदै, तिनीहरूलाई आशीर्वाद दिनुभयो, र तिनलाई भाँचेर टुक्रा-टुक्रा पार्नुभयो, र भिडको सामु बाँड्नलाई चेलाहरूलाई दिनुभयो । 17 तिनीहरू सबैले खाए र सन्तुष्ट भए र उब्रेका सबै रोटीका टुक्राहरू बटुले र बाह्र डाला भरे । 18 जब उहाँ एकलै प्रार्थना गरिरहनुभएको थियो, चेलाहरू पनि उहाँसँग थिए । उहाँले तिनिहरूलाई प्रश्न गर्दै भन्नुभयो, “भिडले म को हुँ भनी भन्दछ ?” 19 तिनीहरूले जवाफ दिँदै भने, “बप्तिस्मा-दिने यहून्ना, तर अरूले भन्छन् एलिया र अरूहरूले फेरि उदाएका पुरानो समयका एक जना अगमवक्ता हुन् भनी भन्दछन् ।” 20 उहाँले तिनीहरूलाई भन्नुभयो, “ तर तिमीहरूचाहिँ म को हुँ भनी भन्दछौ ?” पत्रुसले जवाफ दिँदै भने, “परमेश्वरबाट आउनुभएका ख्रीष्ट ।” 21 तर तिनीहरूलाई चेताउनी दिँदै येशूले तिनीहरूलाई यो कसैलाई पनि नभन्नू भनी शिक्षा दिनुभयो । 22 निश्चय नै मानिसका पुत्रले धेरै कुरामा दुख सहनु, बुढापाकाहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूबाट तिरष्कृत हुनु छ र तिनी मारिनेछन् र तेस्रो दिनमा जीवनमा फर्की आउनेछन् । 23 उहाँले तिनीहरू सबैलाई भन्नुभयो, “यदि कोही मेरो पछि आउन चाहन्छ भने, उसले आफैँलाई इन्कार गरोस्, दिनहुँ आफ्नो क्रुस उठाओस् र मलाई पछ्याओस् । 24 जसले आफ्नो जीवनलाई बचाउने प्रयास गर्दछ, उसले त्यसलाई गुमाउनेछ, तर मेरो खातिर जसले आफ्नो जीवन गुमाउँछ, त्यसले त्यो बचाउनेछ । 25 सारा संसार हात पारेर पनि उसले आफैँलाई नाश गर्छ वा गुमाउँछ भने, मानिसलाई के लाभ हुन्छ र ? 26 जो मेरा वचनहरू र मसँग शर्माउँछ, महिमाका पिता र पवित्र दूतहरूका सामु मानिसका पुत्र पनि आफ्नो महिमामा आउँदा तिनीहरूसँग शर्माउँनेछन् । 27 तर म तिमीहरूलाई साँचो भन्दछु, यहाँ तिमीहरूमध्ये उभिनेहरू कोही छन् जसले मृत्युको स्वाद चाख्नअगि परमेश्वरको राज्य देख्नेछैनन् । 28 लगभग आठ दिनपछि येशूले उहाँसँग प्रार्थना गर्न पत्रुस, यूहन्ना र याकूबलाई सँगै लिएर जाँदा यी कुराहरू भन्नुभएको थियो । 29 जब उहाँले प्रार्थना गर्दै हुनुहुन्थ्यो, उहाँको अनुहार परिवर्तन भयो, र उहाँको वस्त्र सेतो र चम्किलो भयो । 30 हेर, त्यहाँ दुई जना मानिस उहाँसँग कुरा गरिरहेका थिए ! तिनीहरू मोशा र एलिया थिए, 31 जो महिमित देखिए । तिनीहरू उहाँको उठाइबारे कुरा गरिरहेका थिए, जुन यरूशलेममा पुरा हुन लागेको थियो । 32 अब पत्रुस र तिनीसँग भएकाहरू निन्द्राले लट्ठ भएका थिए । तर जब तिनीहरू पूर्ण रूपले ब्युँझे, तिनीहरूले उहाँसँगै उभिरहेका दुई जना मानिस र उहाँको महिमालाई देखे । 33 तिनीहरू येशूबाट टाढा जाँदै गर्दा, पत्रुसले उहाँलाई भने, “गुरुज्यू, हामी यहाँ तिन वटा टहरा बनाऔँ, यो हाम्रो लागि असल छ । एउटा तपाईंको लागि, अर्को मोशाको लागि र एउटा एलियाको लागि ।” उहाँले केको बारेमा भन्दै हुनुहुन्थ्यो भन्ने कुरा उनले बुझेनन् । 34 जब तिनले यी कुराहरू भन्दै थिए, बादल आयो र तिनीहरूलाई ढाक्यो र तिनीहरूका वरिपरि बादलले ढाकेको देखेर तिनीहरू अत्तालिए । 35 बादलबाट यसो भन्दै एउटा आवाज आयो, “यिनी मेरा चुनिएका पुत्र हुन् । यिनको कुरा सुन ।” 36 जब त्यो आवाज बन्द भयो, येशू एकलै हुनुभयो । तिनीहरू चुप भए र ती दिनमा जुन कुरा तिनीहरूले देखेका थिए, कसैलाई पनि भनेनन् । 37 तिनीहरू पहाडबाट तल ओर्लेर आएको भोलिपल्ट मानिसहरूको ठुलो भिडले उहाँलाई भेट्यो । 38 हेर, भिडबाट एक जना मानिस यसो भन्दै चिच्यायो, “गुरुज्यू, म बिन्ती गर्छु, कि तपाईंले मेरो छोरालाई हेर्नुहोस्, किनभने ऊ मेरो एउटै मात्र छोरा हो । 39 हेर्नुहोस, उसलाई आत्माले समात्छ, र ऊ अचानक चिच्च्याउँछ, यसले उसको मुखमा फिज काढेर उसलाई काम्न लगाउँछ । यो उसबाट मुस्किलले जान्छ, जब यसले छोड्छ तब उसलाई नराम्रो गरी चोट पार्छ । 40 मैले ऊबाट यसलाई निकाल्न भनेर तपाईंका चेलाहरूसँग बिन्ती गरेँ, तर तिनीहरूले सकेनन् ।” 41 येशूले जवाफ दिनुभयो र भन्नुभयो, “हे अविश्वासी र भ्रष्ट पुस्ता, म तिमीहरूसँग कति समयसम्म रहनु र तिमीहरूलाई सहनु ? तिम्रो छोरालाई यहाँ लेऊ ।” 42 त्यो केटो आउँदै थियो, भूतले उसलाई भुइँमा पछार्यो, र भयानक तवरले कमायो । तर येशूले अशुद्ध आत्मालाई हप्काउनुभयो र केटालाई निको पार्नुभयो र उसको बुबालाई फिर्ता दिनुभयो । 43 तिनीहरू परमेश्वरको महानतामा चकित भए । तर सबै जना उहाँले गर्नुभएका यी सबै कुराहरूप्रति चकित भइरहँदा, उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, 44 “यी वचनहरू तिमीहरूका कानका गहिराइसम्म पुगून्, किनभने, मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछन् ।” 45 तर तिनीहरूले यस भनाइलाई बुझेनन् र यो तिनीहरूबाट लुकाइएको थियो । त्यसैले, तिनीहरूले यसलाई बुझ्न सकेनन् । तिनीहरूले त्यस भनाइबारे उहाँलाई सोध्न डराए । 46 तब तिनीहरूबिच सबैभन्दा ठुलो को हुने हो भनी विवाद चल्यो । 47 तर येशूले तिनीहरूले हृदयमा के विचार गरिरहेका छन् भन्ने थाहा पाएर उहाँले एउटा बालकलाई लिएर उहाँको छेउमा राख्नुभयो, 48 र तिनीहरूलाई भन्नुभयो, “यदि कसैले मेरो नाउँमा सानो बालकलाई झैँ ग्रहण गर्छ भने उसले मलाई पनि ग्रहण गर्छ, र कसैले मलाई ग्रहण गर्छ भने, उसले मलाई पठाउनुहुनेलाई पनि ग्रहण गर्दछ । किनभने तिमीहरूमध्ये सबैभन्दा सानो नै सबैभन्दा महान् हो ।” 49 यूहन्नाले जवाफ दिए र भने, “प्रभु, हामीले कसैले तपाईंको नाउँमा भूतहरू निकालिरहेको देख्यौँ । र उसलाई हामीले रोक्यौँ, किनकि उसले हामीलाई पछ्याएन ।” 50 तर येशूले तिनलाई भन्नुभयो, “उसलाई नरोक, किनभने जो तिम्रो विरुद्धमा हुँदैन, त्यो तिम्रो पक्षमा हुन्छ ।” 51 जब उहाँ स्वर्गतिर जाने समय नजिक आउँदै थियो, उहाँले यरूशलेमतिर जाने अठोट लिनुभयो । 52 उहाँले आफूभन्दा अगि सन्देशवाहकहरूलाई पठाउनुभयो र तिनीहरू गए र उहाँका निम्ति तयारी गर्ने सामरीहरूको गाउँमा प्रवेश गरे । 53 तर त्यहाँका मानिसहरूले उहाँलाई ग्रहण गरेनन्, किनभने उहाँले यरूशलेमतिर जाने अठोट लिनुभएको थियो । 54 जब उहाँका चेलाहरू यूहन्ना र याकूबले यो देखे, तिनीहरूले भने, “प्रभु के स्वर्गबाट आगो बर्साएर तिनीहरूलाई नष्ट गर्न हामी आज्ञा गरौँ ?” 55 तर उहाँ फर्केर तिनीहरूलाई हप्काउनुभयो । 56 तब उहाँहरू अर्को गाउँतिर जानुभयो । 57 जब उहाँहरू बाटोमा जाँदै हुनुहुन्थ्यो, तब कसैले उहाँलाई भन्यो, “तपाईं जहाँ जानुहुन्छ म तपाईंलाई पछ्यानेछु ।” 58 येशूले उसलाई भन्नुभयो, “फ्याउराहरूका दुला छन् र आकासका चराहरूका गुँड छन्, तर मानिसका पुत्रको टाउको लुकाउने ठाउँ पनि छैन ।” 59 तब उहाँले अर्को मानिसलाई भन्नुभयो, “मेरो पछि लाग ।” तर उसले भन्यो, “प्रभु, मलाई पहिले मेरा बुबालाई गाड्न दिनुहोस् ।” 60 तर उहाँले उसलाई भन्नुभयो, “मृतकहरूलाई नै तिनीहरूको मृत शरीर गाड्न देऊ, तर तिमी जाऊ र जताततै परमेश्वरको राज्यको घोषणा गर ।” 61 अर्को मानिसले पनि भन्यो, “प्रभु म तपाईंलाई पछ्याउँछु, तर पहिले मेरो घरमा भएकाहरूसँग बिदा माग्न दिनुहोस् ।” 62 तर येशूले उसलाई भन्नुभयो, “हलोमा आफ्नो हात राखेर पछाडि हेर्ने कोही पनि परमेश्वरको राज्यको योग्य हुँदैन ।”
“परमेश्वरको राज्य” शब्दहरूले यहाँ के कुरालाई जनाउँछ भनेर कसैले पनि जान्दैन । केहीले भन्छन् यसले पृथ्वीमा परमेश्वरको राजलाई जनाउँछ, र अरूहरूले भन्छन् कि यसले उहाँका मानिसहरूको पापहरूको मूल्य चुकाउन येशू मर्नुभयो भन्ने सुसमाचारको सुसन्देशलाई जनाउँछ । यसलाई “परमेश्वरको राज्यको बारेमा प्रचार गर्न” वा “परमेश्वरले कसरी आफैँलाई राजाको रूपमा देखाउन लागिरहनुभएको छ भन्ने कुराको बारेमा प्रचार गर्न” भनेर अनुवाद गर्दा बेस हुन्छ ।
परमेश्वरले यहूदीहरूलाई प्रतिज्ञा गर्नुभएको थियो कि मसिह आउनभन्दा अगाडि एलिया अगमवक्ता फर्कने थिए, त्यसैले येशूले आश्चर्यकर्महरू गर्नुभएको देखेका केही मानिसहरूले ठाने कि येशू एलिया हुनुहुन्थ्यो अनि अनि )
“परमेश्वरको राज्य” भन्ने वाक्यांशलाई यस अध्यायमा त्यो राज्यलाई जनाउन प्रयोग गरिएको छ जुन यी शब्दहरू बोलिँदाखेरी अझै भविष्यमा नै थियो ।
धर्मशास्त्रले धेरैपटक परमेश्वरको महिमालाई एउटा महान्, तेजस्वी ज्योतिको रूपमा बताउँछ । जब मानिसहरूले यो ज्योतिलाई देख्छन्, तिनीहरू डराउँछन् । लूकाले यस अध्यायमा बताउँछन् कि येशूका वस्त्रहरू यो महिमामय ज्योतिले चम्क्यो त्यसैले गर्दा उहाँका अनुयायीहरूले देख्न सक्थे कि येशू साँच्चै परमेश्वरको पुत्र हुनुहुन्थ्यो । त्यही समयमा, परमेश्वरले तिनीहरूलाई बताउनुभयो कि येशू उहाँको पुत्र हुनुहुन्थ्यो । अनि )
विरोधाभासी अलङ्कार भनेको एउटा साँचो कथन हो जसले केही असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । यस अध्यायमा भएको एउटा उदाहरण होः “जसले आफ्नो जीवन बचाउनेछ त्यसले त्यो गुमाउनेछ, तर जसले आफ्नो जीवन मेरो खातिर गुमाउँछ, त्यसले त्यो बचाउनेछ ।” (लूका ९:२४)
यस अध्यायमा येशूले आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ अनि
यो शब्द यस अध्यायमा धेरैपटक देखा पर्छ र विभिन्न कुराहरूको अर्थ दिन्छ । जब येशूले भन्नुहुन्छ, “यदि कसैले यो जस्तै एउटा सानो बालकलाई मेरो नाउँमा ग्रहण गर्छ भने, उसले मलाई पनि ग्रहण गरिरहेको छ, र यदि कसैले मलाई ग्रहण गर्छ भने, उसले मलाई पठाउनुहुनेलाई पनि ग्रहण गरिरहेको छ”
येशूले उहाँका चेलाहरूलाई पैसा र तिनीहरूका थोकहरूमा भर नपर्नलाई याद दिलाउनुहुन्छ, तिनीहरूलाई शक्ति दिनुहुन्छ, र त्यसपछि तिनीहरूलाई विभिन्न स्थानहरूमा पठाउनुहुन्छ ।
बाह्र जनासँग मानिसहरूलाई निको पार्ने क्षमता र अधिकार थियो भन्ने देखाउन यी दुईवटा शब्दलाई सँगसँगै प्रयोग गरिएको छ । यस वाक्यांशलाई यी दुवै धारणाहरूलाई समावेश गर्ने शब्दहरूको संयोजन गराएर अनुवाद गर्नुहोस् ।
सम्भावित अर्थहरू हुन् १) “हरेक भूत” वा २) “हरेक खालको भूत ।”
बिमारहरू
“तिनीहरूलाई विभिन्न ठाउँहरूमा पठाउनुभयो” वा “तिनीहरूलाई जान भन्नुभयो”
“येशूले बाह्र जनालाई भन्नुभयो ।” यो उल्लेख गर्दा सहयोगी हुन सक्छ कि यो कुरा तिनीहरू बाहिर जानुभन्दा अगाडि भयो । वैकल्पिक अनुवादः “तिनीहरू जानभन्दा अगाडि, येशूले तिनीहरूलाई भन्नुभयो”
“तिमीहरूसँग केही नलानू” वा “तिमीहरूसँग केही नलैजानू”
लौरो एउटा ठूलो लट्ठी थियो जसलाई उकालो चढ्दा वा अप्ठ्यारो जमिनमा हिँड्दा प्रयोग गरिन्थ्यो, साथै आक्रमणकारीहरूको विरुद्धमा पनि यसको प्रयोग गर्न सकिन्थ्यो
एक यात्रुले आफूलाई यात्रामा चाहिने चीजहरूलाई बोक्ने झोला
यसलाई यहाँ सामान्यमा “खानेकुरा”लाई उल्लेख गर्नको लागि प्रयोग गरिएको छ ।
“तिमीहरू पस्ने कुनै पनि घरमा”
“त्यहाँ रह” वा “त्यस घरमा अस्थायी रूपमा पाहुना भएर बस”
“तिमीहरूले त्यो सहर नछोडेसम्म” वा “तिमीहरूले त्यो ठाउँ नछोडेसम्म”
“तिमीहरूलाई स्वागत नगर्नेहरूलाई के गर्नुपर्छ भन्ने कुरा यहाँ छः जब तिमीहरू हिँड्छौ”
“खुट्टाबाट धूलोसम्म टक्टकाउनु” भनेको त्यो संस्कृतिमा कडा इन्कारलाई जनाउने एउटा अभिव्यक्ति थियो । यसले देखायो कि त्यो सहरको धूलोसम्म तिनीहरूमा रहेको तिनीहरूले चाहेनन् ।
“तिनीहरूले येशू हुनुभएको ठाउँ छाडे”
“तिनीहरू गएको सबै ठाउँमा निको पार्दै”
यी पदहरूले हेरोदको बारेमा जानकारी दिन बीचमा अवरोध गर्छन् ।
यो वाक्यांशले मुख्य कथा वर्णनमा आएको रोकावटलाई अङ्कित गर्छ । यहाँ लूकाले हेरोदको बारेमा पृष्ठभूमि जानकारी बताउँछन् ।
यसले हेरोद एन्टिपासलाई जनाउँछ, जसले इस्राएलको एक चौथाइ भागमा शासन गर्थे ।
बुझ्नलाई असक्षम, अलमलमा परेको
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “केही मानिसहरूले भने”
“भने” शब्द अघिल्लो वाक्यांशबाट बुझिएको छ । वैकल्पिक अनुवादः “अझै अरूहरूले भने कि लामो समय अगाडिका अगमवक्ताहरूमध्ये एकजना बिउँतेका छन्”
हेरोदले अनुमान गरे कि यूहन्ना मृतकबाट बिउँतेर आउनु असम्भव थियो । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो यूहन्ना हुन सक्दैन किनभने मैले उसको शिर काटेँ । त्यसैले यो मानिस को हो”
हेरोदका सिपाहीहरूले प्राणदण्ड दिने काम गरेका हुन सक्छन् । वैकल्पिक अनुवादः “मैले मेरा सिपाहीहरूलाई यूहन्नाको शिर काट्न आज्ञा दिएँ”
हुन त चेलाहरू येशूकहाँ फर्कन्छन् र एकसाथ समय बिताउन उहाँहरू बेथसेदामा जानुहुन्छ, भीडहरूले चङ्गाइको लागि र उहाँको शिक्षा सुन्नलाई येशूलाई पछ्याउँछन् । उहाँले तिनीहरूलाई सहायता गर्न रोटी र माछाको वृद्धि गर्नुहुन्छ जसै तिनीहरू घर फर्कन्छन् ।
“प्रेरितहरू येशू हुनुभएको ठाउँमा फर्के”
यसले तिनीहरू अरू सहरहरूमा जाँदा सिकाएका र चङ्गाइ गरेका कुराहरूलाई जनाउँछ ।
यो एउटा सहरको नाम हो ।
“दिन बित्न लागिसकेको थियो” वा “दिन ढल्कनै आँटेको थियो”
रोटी भनेको मुछेको पिठो हो जसलाई आकार दिइन्छ र तताएर पकाइन्छ ।
यदि तपाईंको भाषामा “ ... सम्म” कठिन छ भने, तपाईंले यसलाई नयाँ वाक्य बनाउन सक्नुहुन्छ । “दुई माछा । तिनीहरू सबैजनालाई खुवाउनको लागि, हामीहरू जानुपर्छ र खानेकुरा किन्नुपर्छ”
“५,००० जति मानिस ।” यस सङ्ख्यामा बालबालिकाहरू र स्त्रीहरू पर्दैनन् जो पनि त्यहाँ थिए होलान् ।
“तिनीहरूलाई बस्नको लागि भन”
“हरेक ५०”
“यसै”ले येशूले तिनीहरूलाई गर्न भन्नुभएको कुरालाई जनाउँछ लूका ९:१४ । तिनीहरूले मानिसहरूलाई पचास-पचासको समूहमा बस्नको लागि भने ।
“येशूले पाँच रोटीहरू लिनुभयो”
यसले माथि आकाशतिर हेर्ने कुरोलाई जनाउँछ । यहूदीहरूले स्वर्ग आकाशमाथि अवस्थित छ भनेर विश्वास गर्थे ।
यसले रोटीहरू र माछालाई जनाउँछ ।
“... लाई सुम्पन” वा “... लाई दिन”
यो वाक्पद्धतिको अर्थ हुन्छ कि तिनीहरूले प्रशस्त खाए जसले गर्दा तिनीहरू भोका थिएनन् । वैकल्पिक अनुवादः “तिनीहरूसँग खानलाई तिनीहरूले चाहे जति थियो”
येशू प्रार्थना गर्दै हुनुहुन्छ, केवल उहाँका चेलाहरू उहाँको नजिकमा छन्, र तिनीहरू येशू को हुनुहुन्छ भन्ने बारेमा कुरा गर्न थाल्छन् । येशूले तिनीहरूलाई बताउनुहुन्छ कि उहाँ चाँडै मर्नुहुनेछ र बौह्रनुहुनेछ र जस्तै कठिन भएतापनि उहाँलाई पछ्याउन तिनीहरूलाई अह्राउनुहुन्छ ।
यो वाक्यांशलाई यहाँ एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्न प्रयोग गरिएको छ ।
“एकलै प्रार्थना गरिरहनुभएको थियो ।” चेलाहरू पनि येशूसँग नै थिए, तर उहाँले व्यक्तिगत रूपमा र एकलै प्रार्थना गरिरहनुभएको थियो ।
प्रश्नको भागलाई यहाँ पुनः उल्लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “केहीले तपाईंलाई बप्तिस्मा-दिने यूहन्ना भन्छन्”
येशूको प्रश्नसँग यो जवाफ कसरी सम्बन्धित छ भन्ने कुरालाई प्रस्ट बनाउँदा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “कि तपाईं लामो समय अगाडिका अगमवक्ताहरूमध्येको एक हुनुहुन्छ र बिउँतनुभएको छ”
“जीवनमा फर्किआएका छन्”
“तब येशूले उहाँका चेलाहरूलाई भन्नुभयो”
“कसैलाई नभन्नू” वा “कि तिनीहरूले कसैलाई भन्नुहुँदैन ।” यसलाई प्रत्यक्ष उद्धरणको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैलाई नभन्नू”
“मानिसहरूले मानिसको पुत्रलाई धेरै कष्ट भोग्न लगाउनेछन्”
येशूले आफैँलाई जनाउँदै हुनुहुन्छ । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र ... र म ... ”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्म-गुरूहरू र मुख्य पूजाहारीहरू र शास्त्रीहरूले उहाँलाई इन्कार गर्नेछन्”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले उहाँलाई मार्नेछन्”
“उहाँ मर्नुभएको तीन दिनपछि” वा “उहाँको मृत्यु पछि तेस्रो दिनमा”
“उनलाई ... फेरि जीवित बनाइनेछन् ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँलाई फेरि जीवित बनाउनुहुनेछ” वा “उहाँ फेरि जिउनुहुनेछ”
“येशूले भन्नुभयो”
यसले येशूसँग भएका चेलाहरूलाई जनाउँछ ।
“मलाई पछ्याउन ।” येशूको पछि आउनुले उहाँका चेलाहरूमध्येको एक हुने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “मेरो चेला हुन” वा “मेरो चेलाहरूमध्ये एक हुन”
“आफ्नै इच्छाहरूमा नलागोस्” वा “उसका आफ्ना इच्छाहरू त्यागोस्”
“उसको क्रूस उठाएर दिनहुँ मलाई पछ्याओस् ।” क्रूसले सतावट र मृत्यिलाई प्रतिनिधित्व गर्छ । क्रूस उठाउनुले सतावट भोग्न र मर्नलाई इच्छुक हुने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “सतावट भोग्ने र मर्ने अवस्थासम्मै हरेक दिन मेरो आज्ञापालन गर्नुपर्छ”
यहाँ येशूलाई पछ्याउने कुराले उहाँको आज्ञापालन गर्ने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “मेरो आज्ञापालन गर”
“म सँगसँगै आओस्” वा “मलाई पछ्यान सुरु गरोस् र मलाई पछ्याइरहोस्”
यस प्रश्नको बुझिएको जवाफ चाहिँ यो असल छैन भन्ने हो । वैकल्पिक अनुवादः “कसैले सारा संसार हात पारेर उसले आफैँलाई गुमाउँदा उसलाई केही लाभ हुँदैन”
“संसारको हरेक कुरा प्राप्त गर्नु”
“आफैँचाहिँ खतम बनाउनु वा आफ्नो जीवन दिनु”
“म के भन्छु” वा “म के सिकाउँछु”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसको पुत्र पनि उससँग शर्माउनेछन्”
येशूले आफ्नै बारेमा बोलिरहनुभएको थियो । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र ... जब म आउँछु”
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।
येशूले अब बताउनुहुने कुराको महत्त्वलाई जोड दिनलाई यो वाक्यांशको प्रयोग गर्नुहुन्छ ।
“तिमीहरू यहाँ उभिरहेकाहरूमध्ये कोही छन् जसले मृत्युको स्वाद चाख्नेछैनन्”
येशूले ती मानिसहरूसँग कुरा गरिरहनुभएको थियो जसको बारेमा उहाँले कुरा गर्दै हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “तिमीहरूले देख्नभन्दा अगाडि”
“ ... नभएसम्म” भएको यो धारणालाई “अगाडि” शब्द प्रयोग गरेर सकारात्मक रूपले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू मर्न अगि परमेश्वरको राज्य देख्नेछन्” वा “तिमीहरू मर्न अगि परमेश्वरको राज्य देख्नेछौ”
यो वाक्पद्धतिको अर्थ “मर्नु” हुन्छ ।
परमेश्वरको राज्य केही व्यक्तिहरूले नदेखेसम्म तिनीहरू मर्नेछैनन् भनेर येशूले उहाँका चेलाहरूलाई बताउनुभएको आठ दिन पश्चात, येशू पत्रुस, याकूब, र यूहन्नासँग माथि पहाडमा जानुहुन्छ, र तिनीहरू सबै निद्रामा पर्छन् जबकि येशू चाहिँ चम्किलो रूपमा परिवर्तित बन्नुहुन्छ ।
यसले येशूले उहाँका चेलाहरूलाई अगिल्ला पदहरूमा भन्नुभएका कुराहरूलाई जनाउँछ ।
“हेर” भन्ने शब्दले त्यसपछि आउने आश्चर्यपूर्ण कुराहरूप्रति ध्यान दिनलाई सजग गराउँछ । वैकल्पिक अनुवादः “अचानक”
यो पदावलीले मोशा र एलिया कस्ता देखिए भन्ने बारेमा जानकारी दिन्छ । केही भाषाहरूले यसलाई फरक वाक्यांशको रूपमा अनुवाद गर्न सक्छन् । वैकल्पिक अनुवादः “अनि तिनीहरू महिमामय वैभवमा देखिए” वा “अनि तिनीहरू चहकिलो ढङ्गले चम्किरहेका थिए”
“उहाँको बिदाइ” वा “उहाँले यो संसार कसरी छोड्नुहुने थियो ।” यो उहाँको मृत्युको बारेमा कुरा गर्ने नम्र तरिका थियो । वैकल्पिक अनुवादः “उहाँको मृत्यु”
यो शब्दलाई यहाँ मुख्य कथा वर्णनमा आएको रोकावटलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यहाँ लूकाले पत्रुस, याकूब, र यूहन्नाको बारेमा जानकारी दिन्छन् ।
यो वाक्पद्धतिको अर्थ “धेरै निद्रा लागेको” भन्ने हुन्छ ।
यसले तिनीहरूलाई घेरेको उज्ज्वल प्रकाशलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले येशूबाट उज्ज्वल प्रकाश आइरहेको देखे” वा “तिनीहरूले येशूबाट निकै चम्किलो प्रकाश आइरहेको देखे”
यसले मोशा र एलियालाई जनाउँछ ।
“जसै मोशा र एलिया गइरहेका थिए”
सामान्य, अस्थायी स्थानहरू जहाँ बस्न र सुत्न सकिन्छ
“जब पत्रुसले यी कुराहरू भनिरहेका थिए”
यी वयस्क चेलाहरू बादलसँग डराएका थिएनन् । यो पदावलीले तिनीहरूमाथि बादलसँगै अनौठो किसिमको डर छायो भन्ने देखाउँछ । वैकल्पिक अनुवादः “तिनीहरू भयभीत भए”
यसलाई बादलले के गर्यो भन्ने कुरामा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बादलले तिनीहरूलाई घेर्यो”
यो कुरा बुझिएको छ कि आवाज चाहिँ परमेश्वरको मात्र भएको हुन सक्छ । वैकल्पिक अनुवादः “परमेश्वर तिनीहरूसँग बादलबाट बोल्नुभयो”
यो येशू, परमेश्वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई मैले चुनेको छु” वा “मैले उसलाई चुनेको छु”
कथाभित्रैका घटनाहरूको परिणाम स्वरूप कथापछाडि के भयो भन्ने विषयमा बताउने यो जानकारी हो ।
पहिलो वाक्यांशले तिनीहरूको तत्कालैको प्रतिक्रियालाई जनाउँछ, र दोस्रोले त्यसपछिका दिनहरूमा तिनीहरूले के गरे भन्ने कुरालाई जनाउँछ ।
येशूको चम्किलो रूप परिवर्तन भएपछिको अर्को दिन, येशूले भूत लागेको एउटा केटोलाई निको पार्नुहुन्छ जसलाई चेलाहरूले निको पार्न सकेनन् ।
“हेर” शब्दले हामीलाई कथामा एउटा नयाँ व्यक्तिको परिचयबारे सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ । अङ्ग्रेजीले “त्यहाँ एउटा मानिस थियो जसले भन्यो ...” भनी उल्लेख गर्छ ।
“तपाईं देख्नुहुन्छ” भन्ने पदावलीले हामीलाई यस मानिसको कथामा दुष्ट आत्माको परिचय गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “त्यहाँ एउटा दुष्ट आत्मा थियो ...”
“उसको मुखबाट फिँज आउँछ ।” जब एउटा मानिस ऐँठन पर्छ, उसलाई सास फेर्न वा निल्न कठिन हुन्छ । यसले तिनीहरूको मुखवरिपरि सेतो फिँज काढ्न लगाउँछ ।
“येशूले यसो भनेर जवाफ दिनुभयो”
येशूले यो कुरा त्यहाँ भेला भएको भीडलाई भन्नुभएको हो, चेलाहरूलाई भन्नुभएको होइन ।
“भ्रष्ट पुस्ता”
यहाँ “तिमीहरू” बहुवचनमा छ । येशूले यी प्रश्नहरू मानिसहरूले विश्वास नगरेकोमा उहाँको उदासपनालाई व्यक्त गर्न प्रयोग गर्नुहुन्छ । तिनीहरूलाई भनाइहरूको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “म तिमीहरूसँग यति लामो समयसम्म बसिसकेको छु र अझै पनि तिमीहरू विश्वास गर्दैनौ । मैले तिमीहरूलाई अझै कति लामो समयसम्म सहनुपर्ने हो भनेर म अचम्म मान्छु ।”
यहाँ “तिम्रो” एकवचनमा छ । यहाँ येशू उहाँलाई सम्बोधन गर्ने बाबुसँग प्रत्यक्ष रूपमा बोलिरहनुभएको छ ।
येशूले आश्चर्यकर्म गर्नुभयो, तर भीडले चङ्गाइको पछाडिको शक्ति परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा पहिचान गर्यो ।
“येशूले गरिरहनुभएका सबै कुरा”
यो एउटा वाक्पद्धति हो जसको अर्थ तिनीहरूले ध्यान दिनुपर्छ भन्ने हुन्छ । वैकल्पिक अनुवादः “होसियारीसाथ सुन र सम्झ” वा “यसलाई नभूल”
यसलाई कर्तृ वाच्यको वाक्यांशसहित व्यक्त गर्न सकिन्छ । यहाँ “हात”ले शक्ति वा नियन्त्रणलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले मानिसको पुत्रलाई धोका दिनेछन् र उहाँलाई मानिसहरूको नियन्त्रणमा राख्नेछन्”
येशूले तृतीय पुरुषमा आफ्नै बारेमा बोलिरहनुभएको थियो । “हात” शब्द ती मानिसहरूका लागि प्रतिस्थापकीय शब्द हो जसका ती हात हुन् वा ती हातहरूलाई प्रयोग गर्ने शक्तिको लागि एउटा प्रतिस्थापन शब्द हो । तपाईंले यी मानिसहरू को हुन् भनेर प्रस्ट बनाउन आवश्यक हुन सक्छ । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र मानिसहरूको हातमा धोकामा सुम्पिइनेछु” वा “मानिसको पुत्र उसका शत्रुहरूको शक्तिमा धोकामा दिइनेछ” वा “म, मानिसको पुत्रलाई मेरा शत्रुहरूकहाँ धोकामा दिइनेछ”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । “परमेश्वरले तिनीहरूबाट अर्थलाई लुकाउनुभयो”
चेलाहरू तिनीहरू माझमा को सबैभन्दा शक्तिशाली हुनेछ भन्ने बारेमा विवाद गर्न थाल्छन् ।
“चेलाहरू बीच”
यहाँ “हृदय” तिनीहरूको मनको लागि एउटा प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिनीहरूका मनमा भएका तर्कलाई जानेर” वा “तिनीहरूले के सोचिरहेका छन् भन्ने जानेर”
यसले येशूको प्रतिनिधिको रूपमा काम गर्ने व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “मेरो कारणले”
यो अलङ्कारलाई एउटा उपमाको रूपमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरो नाउँमा, यो उसले मलाई स्वागत गरे झैँ हो”
“परमेश्वर, जसले मलाई पठाउनुभयो” (युडीबी)
“तिनीहरू जसलाई परमेश्वरले सबैभन्दा महत्त्वपूर्ण ठान्नुहुन्छ”
“जवाफमा यूहन्नाले भने” वा “यूहन्नाले येशूलाई जवाफ दिए ।” यूहन्नाले येशूले सबैभन्दा महान् हुनेबारे भन्नुभएको कुराको जवाफ दिइरहेका थिए । उनले प्रश्नको जवाफ दिइरहेका थिएनन् ।
यूहन्नाले आफ्नै बारेमा कुरा गर्छन् तर येशूको बारेमा होइन, त्यसैले यहाँ “हामी” असमावेशी छ ।
यसको तात्पर्य हुन्छ, कि त्यो मानिस येशूको शक्ति र अधिकारसहित बोलिरहेको थियो ।
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उसलाई निरन्तरता दिन देओ”
केही नयाँ भाषाहरूमा त्यही अर्थ दिने भनाइहरू हुन्छन् । वैकल्पिक अनुवादः “यदि एउटा व्यक्तिले तिमीहरूलाई बाधा दिँदैन भने, यो तिमीहरूलाई नै सहायता गरिरहेको जस्तो हो” वा “कसैले तिमीहरूको विरुद्धमा काम गरिरहेको छैन भने, उसले तिमीहरूको पक्षमा नै काम गरिरहेको हुन्छ”
यो अब प्रस्ट छ कि येशूले यरूशलेममा जाने निर्णय गरिसक्नुभएको छ ।
“उहाँको निम्ति माथि जाने समय आइरहेको थियो” वा “उहाँ माथि जाने समय लगभग भएको थियो”
यो एउटा टुक्का हो जसको अर्थ उहाँले “दृढ निश्चय गर्नुभयो” भन्ने हुन्छ । वैकल्पिक अनुवादः “निधो गर्नुभयो” वा “निर्णय गर्नुभयो”
यसको अर्थ त्यस क्षेत्रमा उहाँको आगमनको लागि सम्भवतः बोल्ने स्थान, बस्ने ठाउँ, र खानाहरूको प्रबन्ध गर्न भन्ने हुन्छ ।
“उहाँ त्यहाँ बस्नुभएको चाहेनन्”
सामरीहरू र यहूदीहरूले एक अर्कालाई घृणा गर्थे । त्यसैले सामरीहरूले येशूलाई यहूदीहरूको राजधानी, यरूशलेमको उहाँको यात्रामा सहयोग गर्ने थिएनन् ।
“सामरीहरूले येशूलाई स्वागत नगरेको देखे”
न्यायको यो विधि याकूब र यूहन्नाले सुझाएका हुन्, किनभने तिनीहरूले थाहा पाएअनुसार परमेश्वरलाई इन्कार गर्ने मानिसहरूलाई एलियाजस्ता अगमवक्ताहरूले यसरी नै न्याय गरेका थिए ।
“येशूले फर्केर याकूब र यूहन्नालाई हप्काउनुभयो ।” येशूले चेलाहरूले अपेक्षा गरेअनुसार सामरीहरूलाई दोष लगाउनुभएन ।
यो चेलाहरूमध्ये एक थिएन ।
येशूको चेला हुने बारेमा त्यस मानिसलाई सिकाउन येशूले एउटा उखानसहित जवाफ दिनुहुन्छ । त्यो मानिसले उहाँलाई पछ्याउनु पर्थ्यो भने, त्यस मानिसको पनि घर नहुन सक्छ भन्ने येशूले देखाउँदै हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “फ्याउराहरूका दुला छन् ... टाउको लुकाउने ठाउँ पनि छैन । त्यसैले, तिम्रो घर हुनेछ भनी आशा नगर ।”
यी जमिनमा बस्ने स-साना कुकुरहरूजस्तै जनावरहरू हुन् । तिनीहरू गुफा वा जमिनका दुलाभित्र सुत्छन् ।
“हावामा उड्ने चराहरू”
येशूले तृतीय पुरुषमा आफ्नै बारेमा बताइरहनुभएको थियो । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र, मेरो टाउको ... छैन”
“मेरो टाउको बिसाउने ठाउँ पनि कहीँ छैन” वा “सुत्ने सठाउँ कहीँ पनि छैन ।” उहाँको कुनै स्थायी घर छैन र धेरैपटक मानिसहरूले उहाँलाई तिनीहरूसँग बस्नलाई निमन्त्रणा गर्दैनथे भन्ने कुरालाई जोड दिन येशूले अतिरञ्जन गर्नुहुन्छ ।
येशू बाटोमा सँगै हिँडिरहेका मानिसहरूसँग कुरा गरिरहनुहुन्छ ।
यसो भनेर येशूले त्यो व्यक्तिलाई उहाँको चेला हुन र उहाँसँगै जानलाई भनिरहनुभएको छ ।
यो कुरा अस्पष्ट छ कि त्यस मानिसको बाबु मरेको थियो र उसले तिनलाई तुरुन्तै गाड्ने थिए, वा ऊ लामो समय बस्न चाहन्छ जबसम्म उसको बाबु मर्दैनन् ताकि त्यसपछि उसले तिनलाई गाड्न सकून् । मुख्य कुरा के हो भने त्यस मानिसले येशूलाई पछ्याउनभन्दा अगाडि केही अरू कुरा गर्न चाहन्छ ।
“मैले त्यसो गर्न अगि, मलाई जान दिनुहोस्”
मृतकहरूले अरू मृत मानिसहरूलाई गाड्नेछन् भनेर येशूले साँच्चै भन्नु खोज्नुभएको होइन । “मृत”को सम्भावित अर्थहरू हुन् १) यो छिट्टै मर्न लागिरहेकाहरूको लागि एउटा अलङ्कार हो, वा २) यो येशूलाई नपछ्याउने र आत्मिक रूपले मृत भएकाहरूको लागि एउटा अलङ्कार हो । मुख्य कुरा चाहिँ के हो भने एउटा चेलाले येशूलाई पछ्याउन आफूलाई कुनै कुराले पनि ढिला गर्न दिनु हुँदैन ।
यसले सामान्यमा मरेका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “मृत मानिसहरू”
“म चेलाको रूपमा तपाईंसँग सहभागी हुन्छु” वा “म तपाईंलाई पछ्याउन तयार छु”
“मैले यसो गर्न अगि, मेरो घरमा भएका मानिसहरूलाई म जाँदैछु भन्न दिनुहोस्”
उहाँको चेला हुने बारेमा त्यस मानिसलाई सिकाउन येशूले एउटा उखानसहित जवाफ दिनुहुन्छ । यदि कुनै व्यक्ति येशूलाई पछ्याउनुको सट्टा उसका विगतका मानिसहरूतिर केन्द्रित हुन्छ भने ऊ परमेश्वरको राज्यको निम्ति योग्य हुँदैन ।
यहाँ “ ... मा हात राख्नु” भनेको एउटा वाक्पद्धति हो जसको अर्थ व्यक्तिले केही गर्न सुरु गर्यो भन्ने हुन्छ । वैकल्पिक अनुवादः “आफ्नो खेत जोत्न सुरु गरेर कसैले पनि”
हलो जोतिरहेको मानिसले पछाडि फर्केर हेर्दा हलो जानु पर्नेतिर लान सक्दैन । राम्ररी जोत्नलाई तिनीहरू अगाडि केन्द्रित हुनुर्छ ।
“परमेश्वरको राज्यको निम्ति उपयोगी” वा “परमेश्वरको राज्यको निम्ति सुहाउँदो”
1 अब यी कुराहरूपछि, प्रभुले अरू सत्तरी जनालाई नियुक्त गर्नुभयो, र जहाँ उहाँ आफैँ जान चाहनुहुन्थ्यो हरेक सहर र ठाउँमा तिनीहरूलाई उहाँको अगि-अगि जोडी-जोडी बनाएर पठाउनुभयो । 2 उहाँले तिनीहरूलाई भन्नुभयो, “फसल प्रशस्त छ, तर खेतालाहरू थोरै छन् । यसकारण फसलका प्रभुसँग जरुरी प्रार्थना गर, ताकि उहाँले खेतालाहरूलाई उहाँको फसलमा पठाऊन् । 3 तिम्रो मार्गमा गई राख । हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बिचमा भेडाजस्तै पठाउँदै छु । 4 पैसाको थैली नबोक, यात्राको निम्ति झोला नबोक, न त फाल्तु चप्पलहरू, र बाटोमा कसैलाई अभिवादन नगर । 5 तिमीहरू जुन घरमा पस्छौ, पहिला यसो भन “यस घरमा शान्ति होस् ।” 6 यदि एउटा शान्तिको मानिस त्यहाँ छ भने, तिमीहरूको शान्ति उसँग रहनेछ, तर यदि होइन भने, यो तिमीहरूमा नै फर्कनेछ । 7 तिनीहरूले जे दिन्छन्, त्यहीँ खादै र पिउँदै त्यही घरमा रहो, किनकि खेताला उसको ज्यालाको योग्य हुन्छ । एउटा घरबाट अर्को घरमा नजाओ । 8 तिमीहरू जुन सहरमा जान्छौ, त्यहाँ तिनीहरूले स्वागत गरे भने तिमीहरूका अगि जे राखिएको छ खाओ, 9 र त्यहाँ भएका बिरामीहरूलाई निको पार । तिनीहरूलाई भन, “परमेश्वरको राज्य तिमीहरूको नजिक आएको छ ।” 10 तर तिमीहरू जुन सहरमा प्रवेश गर्छौ र तिनीहरूले तिमीहरूलाई स्वागत गरेनन् भने, त्यस सहरका सडकहरूमा गएर यसो भन, 11 “तिमीहरूको सहरबाट हाम्रा खुट्टाहरूमा टाँसिएका धुला पनि तिमीहरूको विरुद्ध टकटकाउदँ छौ । तर यो जान कि परमेश्वरको राज्य तिमीहरूको नजिक आएको छ ।” 12 म तिमीहरूलाई भन्दछु, कि न्यायको दिन त्यस सहरलाई भन्दा सदोमका निम्ति सह्य हुनेछ । 13 खोराजीन, तँलाई धिक्कार छ ! बेथसेदा, तँलाई पनि धिक्कार छ ! यदि तिमीहरूमा गरिएका शक्तिशाली कामहरू टुरोस र सिदोनमा गरिएका भए, तिनीहरूले भाङ्ग्रा र खरानी लगाएर पश्चात्ताप गरिसक्थे । 14 तर न्यायको दिनमा तिमीहरूलाई भन्दा टुरोस र सदोमलाई बढी सहज हुनेछ । 15 तँ कफर्नहुम, के तँ स्वर्गतिर उचालिन्छस् जस्तो लाग्छ ? होइन, तँलाई पातालमा ल्याइनेछ । 16 जसले तिमीहरूले भनेको सुन्छ, त्यसले मैले भनेको सुन्छ, जसले तिमीहरूलाई इन्कार गर्छ, त्यसले मलाई इन्कार गर्छ, र जसले मलाई इन्कार गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई इन्कार गर्छ । 17 सत्तरी जना आनन्दित हुँदै फर्के र भने, “प्रभु, तपाईंको नाउँमा भूतहरू पनि हाम्रो वशमा आउँछन् ।” 18 येशूले तिनीहरूलाई भन्नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुलीजस्तै खसेको देखिरहेको थिएँ । 19 हेर, मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुका सबै शक्तिमाथि कुल्चने अधिकार दिएको छु र कुनै कुराले तिमीहरूलाई हानि पुर्याउनेछैन । 20 तथापि आत्माहरू तिमीहरूको वशमा पर्छन् भनेर मात्र नरमाओ, तर तिमीहरूको नाम स्वर्गमा लेखिएका छन् भनेर अझ बढी आनन्दित होओ ।” 21 त्यही समय उहाँ पवित्र आत्मामा आनन्दित हुनुभयो, “हे पिता, पृथ्वी र स्वर्गका प्रभु, म तपाईंको प्रशंसा गर्छु, किनभने तपाईंले यी कुराहरू बुद्धिमान् र समझदारहरूबाट लुकाउनुभयो र साना बालकहरूजस्ता अन्जानहरूलाई प्रकट गर्नुभयो । हे पिता, किनभने यो नै तपाईंको दृष्टिमा असल थियो ।” 22 सबै कुराहरू पिताबाट मलाई सुम्पिएको छ र पितालेबाहेक पुत्र को हो भनी कसैले जान्दैन र पुत्रले उहाँलाई प्रकट गर्ने इच्छा गरेकोले बाहेक पिता को हो भनी कसैले जान्दैन ।” 23 चेलाहरूतिर फर्केर उहाँले गुप्त रूपले भन्नुभयो, “तिमीहरूले देखेका कुरा देख्नेहरू धन्यका हुन् । 24 म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्ताहरू र राजाहरूले तिमीहरूले देखेको कुरा देख्ने इच्छा गरे र तिनीहरूले देखेनन्, तिमीहरूले सुनेको कुरा सुन्ने इच्छा गरे र पनि तिनीहरूले सुनेनन् ।” 25 हेर, एउटा यहूदी व्यवस्थाका शिक्षक खडा भएर यसो भन्दै उहाँलाई जाँचे “गुरु, मैले अनन्त जीवन पाउन के गर्नुपर्छ ?” 26 येशूले तिनलाई भन्नुभयो, “व्यवस्थामा के लेखिएको छ ? तिमीहरू यसलाई कसरी पढ्छौ ?” 27 तिनले जवाफ दिँदै भने, “तिमीले आफ्ना सारा हृदयले, आफ्ना सारा प्राणले, आफ्ना सारा सामर्थ्यले र आफ्ना सारा मनले परमेश्वरलाई प्रेम गर्नू अनि आफ्नो छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर्नू ।” 28 येशूले तिनलाई भन्नुभयो, “तिमीले ठिकसँग जवाफ दियौ । यसै गर, र तिमी बाँच्नेछौ ।” 29 तर ती व्यवस्थाको शिक्षकले आफैँलाई धर्मी ठहराउने विचारले येशूलाई यसो भने, “मेरो छिमेकी को हो ?” 30 येशूले जवाफ दिँदै भन्नुभयो, एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदै थियो । ऊ लुटेराहरूको हातमा पर्यो, जसले उसका सम्पत्तिहरू लुटे र उसलाई पिटे, अनि उसलाई अर्ध-मृत अवस्थामा छोडे । 31 त्यसै बेला एक जना पुजारी त्यही बाटो भएर झरे र जब उनले त्यसलाई देखे, तिनी अर्को छेउबाट भएर गए । 32 यसै गरी, एक जना लेवी पनि त्यस ठाउँमा आइपुगे र त्यसलाई देखे र अर्को छेउबाट भएर गए । 33 तर एक जना सामरी पनि यात्रा गर्दा त्यो भएको ठाउँमा आइपुगे । जब उनले त्यसलाई देखे, उनी दयाले भरिए । 34 उनी त्यसको नजिक गए र उसको घाउमा पट्टी बाँधिदिए अनि तेल र दाखमद्य लगाइदिए । उनले आफ्नो जनावरमाथि राखेर त्यसलाई धर्मशालामा ल्याए र उसको हेरचाह गरे । 35 अर्को दिन उनले दुई दिनार झिकेर धर्मशालाका चौकीदारलाई दिएर भने, “यसको हेरचाह गर, तिमीले गरेको अन्य खर्च पछि म फर्कंदा तिमीलाई तिर्नेछु ।” 36 यी लुटेराहरूको हातमा पर्नेको छिमेकी यी तिनजनामध्ये कुनचाहिँ हो जस्तो तिमीलाई लाग्छ ?” 37 ती शिक्षकले भने, “जसले त्यसलाई दया देखायो ।” येशूले तिनलाई भन्नुभयो, “जाऊ र तिमीले पनि त्यसै गर ।” 38 जब तिनीहरू यात्रा गरिरहेका थिए, उहाँ एउटा गाउँमा पस्नुभयो, र मार्था नाउँ गरेकी एउटी स्त्रीले उहाँलाई तिनको घरमा स्वागत गरिन् । 39 मरियम नाउँ गरेकी तिनकी एउटी बहिनी थिइन्, जो प्रभुको चरणमा बसेर उहाँका वचन सुन्दथिन् । 40 तर मार्था खाना पकाउने काममा अत्ति नै व्यस्त थिइन् । तिनी येशूकहाँ आइन्, र भनिन्, “प्रभु, मेरी बहिनीले पकाउने काममा मलाई एकलै छोडेकी तपाईंलाई थाहा छैन ? त्यसकारण, मलाई सहायता गर्न तिनलाई भनिदिनुहोस् ।” 41 तर प्रभुले जवाफ दिनुभयो र तिनलाई भन्नुभयो, “मार्था, मार्था, तिमी धेरै कुराको बारेमा चिन्ता गर्दछ्यौ । 42 तर एउटा मात्र कुरा आवश्यक छ । मरियमले सबैभन्दा असल कुरा चुनेकी छिन् जुन कुरा तिनीबाट खोसिनेछैन ।”
कटनी भनेको तब हुने हो जब मानिसहरू अनाजहरू लिन बाहिर जान्छन् जुन तिनीहरूले रोपेका हुन्छन् ताकि तिनीहरूले ती आफ्ना घरमा ल्याएर त्यसलाई खान सकून् । येशूले उहाँका अनुयायीहरूलाई तिनीहरू जानुपर्छ र अरू मानिसहरूलाई येशूको बारेमा बताउनुपर्छ ताकि ती मानिसहरू परमेश्वरको राज्यको एक हिस्सा हुन सकून् भनेर सिकाउनलाई यसलाई एउटा अलङ्कारको रूपमा प्रयोग गर्नुभयो ।
छिमेकी भनेको कुनै पनि व्यक्ति हुन सक्छ जो नजिकै बस्छ । यहूदीहरूले खाँचोमा परेका तिनीहरूका यहूदी छिमेकीहरूलाई सहायता गर्थे, र तिनीहरूका यहूदी छिमेकीहरूले पनि तिनीहरूलाई सहयता गरेको अपेक्षा गर्थे । येशूले तिनीहरूले यो बुझेको चाहनुभयो कि ती मानिसहरू जो यहूदीहरू होइनन्, उनीहरू पनि तिनीहरूका छिमेकी हुन्, त्यसैले उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो
येशूले आफूभन्दा अगाडि अरू ७० जनालाई बाहिर पठाउनुहुन्छ । ती ७० जना आनन्दित भएर फर्कन्छन्, र येशूले उहाँको स्वर्गीय पितालाई प्रशंसासहित प्रतिक्रिया जनाउनुहुन्छ ।
यो शब्दलाई यहाँ कथामा एउटा नयाँ घटनालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ ।
“७० ।” कति अनुवादहरूले “बहत्तर” वा “७२” भन्छन् । तपाईंले यो कुरा बताउने पाद टिप्पणी राख्न सक्नुहुन्छ ।
“तिनीहरूलाई दुई-दुई जनाको समूह बनाएर पठाउनुभयो” वा “हरेक समूहमा दुई जना मानिस राखेर पठाउनुभयो”
यो कुरा मानिसहरू वास्तवमै जान अगि हो । वैकल्पिक अनुवादः “उहाँले तिनीहरूलाई भन्नुभएको थियो” वा “तिनीहरू बाहिर जान अगि उहाँले तिनीहरूलाई भन्नुभयो”
“त्यहाँ अन्न भव्य छन्, तर यसलाई भित्र्याउने खेतालाहरू पर्याप्त छैनन् ।” येशूको अर्थ यो हो कि परमेश्वरको राज्यमा प्रवेश गर्नलाई धेरै मानिसहरू तयार छन्, तर ती मानिसहरूकहाँ गएर सिकाउन र सहायता गर्न पर्याप्त चेलाहरू छैनन् ।
“सहरहरूमा जाओ” वा “मानिसहरूकहाँ जाओ”
ब्वाँसोहरूले भेडाहरूलाई आक्रमण गर्छन् र मार्छन् । यसकारण यो अलङ्कारको अर्थ हुन्छ कि त्यहाँ मानिसहरू हुन्छन् जसले येशूले पठाउन लाग्नुभएका चेलाहरूलाई चोट पुर्याउन सक्थे । अरू जनावरहरूको नाउँ पनि राख्न सकिन्छ । वैकल्पिक अनुवादः “जब म तिमीहरूलाई बाहिर पठाउँछु, मानिसहरूले तिमीहरूलाई ब्वाँसाहरूले भेडाहरूलाई हानि गरेजस्तै हानि गर्न चाहनेछन्”
“तिमीहरूसँग थैली, यात्रुको झोला वा चप्पलहरू नलैजानू”
“कसैलाई पनि बाटोमा अभिवादन नगर ।” येशूले तिनीहरू सहरहरूमा चाँडो गएर यो काम गरून् भनी जोड दिइरहनुभएको थियो । उहाँले तिनीहरूलाई अभद्र बन्नू भन्नुभएको थिएन ।
यो अभिवादन र आशिष् दुवै थियो । यहाँ “घर”ले तिनीहरूलाई जनाउँछ जो घरमा बस्छन् । वैकल्पिक अनुवादः “यस घरमा रहेका मानिसहरूले शान्ति पाऊन्”
“एउटा शान्तिपूर्ण व्यक्ति ।” यो मानिस जसले परमेश्वर र मानिस दुवैसँग शान्ति चाहन्छ ।
“शान्ति”लाई यहाँ जीवित थोकको रूपमा वर्णन गरिएको छ जसले कहाँ बस्ने भनेर छान्न सक्छ । वैकल्पिक अनुवादः “उससँग तिमीहरूले आशिष् दिएको शान्ति रहनेछ”
सम्पूर्ण वाक्यांशलाई पुनः उल्लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “यदि त्यहाँ शान्तिको मानिस छैन भने” वा “यदि त्यो घरको मालिक शान्तिपूर्ण मानिस होइनरहेछ भने”
“शान्ति”लाई यहाँ जीवित थोकको रूपमा वर्णन गरिएको छ जसले छोडेर जानलाई छान्न सक्छ । वैकल्पिक अनुवादः “त्यो शान्ति तिमीहरूले नै पाउनेछौ” वा “तिमीहरूले आशिष् दिएको शान्ति उसले पाउनेछैन”
येशूले त्यही घरमा दिनभरि बस्नुभन्नुभएको होइन, तर तिनीहरू त्यहाँ हुँदा हरेक राति त्यही घरमा सुत्नुपर्छ भनेर भन्नुभएको हो । वैकल्पिक अनुवादः “त्यही घरमा निरन्तर सुत्नू”
यो येशूले पठाइरहनुभएका मानिसहरूका लागि लागु हुने एउटा साधारण सिद्धान्त हो । तिनीहरूले मानिसहरूलाई सिकाइरहेका र निको पारिरहेको हुनाले मानिसहरूले तिनीहरूलाई बस्ने ठाउँ र खानेकुरा दिनुपर्छ ।
एउटा घरबाट अर्को घरमा सर्नुको अर्थ विभिन्न घरहरूमा जाने भनेको हो । यो कुरा प्रस्ट बनाउन सकिन्छ कि उहाँले राति विभिन्न घरहरूमा बस्ने बारेमा कुरा गरिरहनुभएको थियो । “हरेक रात विभिन्न घरमा सुत्नलाई नजानू”
“यदि तिनीहरूले तिमीहरूलई स्वगत गरे भने”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले तिमीहरूलाई जे दिन्छन्, त्यही खानू”
यसले सामान्यमा बिरामी मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “बिरामी मानिसहरू”
भाववाचक नाउँ “राज्य”लाई “राज गर्नु” वा “शासन गर्नु” जस्ता क्रियापदहरूले व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) परमेश्वरको राज्य चाँडै सुरु हुनेछ । वैकल्पिक अनुवादः “परमेश्वरले चाँडै सबैठाउँमा राजाको रूपमा शासन गर्नुहुनेछ” वा २) परमेश्वरको राज्यका क्रियाकलापहरू तिम्रो वरिपरि सबै ठाउँमा भइरहेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूका वरिपरि राज गरिरहनुभएको छ भनी प्रमाण”
“यदि सहरका मानिसहरूले तिमीहरूलाई इन्कार गरे भने”
तिनीहरूले सहरको मानिसहरूलाई इन्कार गर्छन् भनेर देखाउनलाई यो एउटा सङ्केतात्मक कार्य हो । वैकल्पिक अनुवादः “जसरी तिमीहरूले हामीलाई इन्कार गर्यौ, हामी पनि तिमीहरूलाई पूर्ण रूपमा इन्कार गर्छौं । हाम्रा खुट्टामा टाँसिएका धुलासमेत हामी इन्कार गर्छौं”
येशूले यी मानिसहरूलाई दुई जनाको समूहमा पठाउन खोज्नुभएकोले यो कुरा दुई जनाले भनिरहेका हुन्थे । त्यसैले, जुन भाषाहरूमा ‘हामी’का लागि युगल रूप छ, तिनीहरूले सो प्रयोग गर्न सक्छन् ।
“तर यो जान” भन्ने पदावलीले एउटा चेतावनीको परिचय गराउँछ । यसको अर्थ “तिमीहरूले हामीलाई इन्कार गरे तापनि परमेश्वरको राज्य नजिक आएको तथ्यलाई यसले बदल्दैन !” भन्ने हुन्छ ।
भाववाचक नाउँ “राज्य”लाई “राज गर्नु” वा “शासन गर्नु” जस्ता क्रियापदहरूले व्यक्त गर्न सकिन्छ । तपाईंले यस्तै समान वाक्यलाई [लूका १०:८]
येशूले यो कुरा उहाँले पठाउन लागिरहनुभएको ७० जना मानिसलाई भन्दै हुनुहुन्थ्यो । उहाँले निकै महत्त्वपूर्ण कुरा भन्न लाग्नुभएको छ भन्ने देखाउनलाई उहाँले यसो भन्नुभयो ।
यसले पापीहरूको न्यायको अन्तिम समयलाई जनाउँछ भनी चेलाहरूले बुझेका हुनुपर्छ ।
“परमेश्वरले सदोमलाई पनि त्यस सहरलाई जत्तिकै कठोर न्याय गर्नुहुने छैन ।” वैकल्पिक अनुवादः “परमेश्वरले त्यो सहरका मानिसहरूलाई सदोमका मानिसहरूलाई भन्दा बढी कठोर गरी न्याय गर्नुहुनेछ”
खोराजीन र बेथसेदाका मानिसहरूले त्यहीँ नै बसेर सुनिरहेका थिए जस्तै गरी येशूले बोल्नुभयो, तर तिनीहरू त्यहाँ छैनन् ।
येशूले एउटा परिस्थितिलाई वर्णन गर्दै हुनुहुन्छ जुन विगतमा हुन सक्थ्यो तर भएन । वैकल्पिक अनुवादः “यदि मैले तिमीहरूका निम्ति गरेका आश्चर्यकर्महरू टुरोस र सिदोनका मानिसहरूका निम्ति कसैले गरिदिएको भए”
“त्यहाँ बस्ने दुष्ट मानिसहरूले तिनीहरू तिनीहरूका पापका निम्ति दुःखित छन् भनेर ... बस्दै देखाइसक्ने थिए”
“भाङ्ग्रा लगाएर र खरानीमा बसेर”
तिनीहरूको न्याय हुने कारणलाई प्रस्टसँग उल्लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “तर किनभने मैले आश्चर्यकर्महरू गरेको देखेर पनि तिमीहरूले पश्चात्ताप गरेनौ र ममा विश्वास गरेनौ, परमेश्वरले तिमीहरूलाई टुरोस र सिदोनका मानिसहरूलाई भन्दा बढी कठोर गरी दण्ड दिनुहुनेछ”
“त्यस अन्तिम दिनमा जब परमेश्वरले हरेकको न्याय गर्नुहुन्छ” (युडीबी)
येशूले अब कफर्नहुमका मानिसहरूले त्यहीँ नै बसेर सुनिरहेका थिए जस्तै गरी बोल्नुहुन्छ, तर तिनीहरू त्यहाँ छैनन् ।
येशूले कफर्नहुमका मानिसहरूको घमण्डको निम्ति तिनीहरूलाई हप्काउन एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तँ निश्चय नै माथि स्वर्गमा जानेछैनस् !” वा “परमेश्वरले तँलाई सम्मान गर्नु हुनेछैन !”
यो अभिव्यक्तिको अर्थ “धेरै उचालिनु” भन्ने हुन्छ ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तँ तल पातालमा जानेछस्” वा “परमेश्वरले तँलाई पातालमा पठाउनुहुनेछ”
यो तुलनालाई एउटा उपमाको रूपमा प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब कसैले तिमीहरूले भनेको सुन्छ, त्यो तिनीहरूले मैले भनेको सुन्नुजस्तै हो”
यो तुलनालाई एउटा उपमाको रूपमा प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब कसैले तिमीहरूलाई इन्कार गर्छ, त्यो तिनीहरूले मलाई इन्कार गरेजस्तै हो”
यो तुलनालाई एउटा उपमाको रूपमा प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब कसैले मलाई इन्कार गर्छ, त्यो तिनीहरूले मलाई पठाउनुहुनेलाई इन्कार गरेजस्तै हो”
यसले यो विशेष कामको निम्ति येशूलाई नियुक्त गर्नुहुने परमेश्वर पितालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वर, जसले मलाई पठाउनुभयो”
केही भाषाहरूलाई युडीबीले गरेजस्तै पहिले सत्तरी जना गए भन्न आवश्यक पर्नेछ । यो अस्पष्ट जानकारी हो जसलाई स्पष्ट पार्न सकिन्छ ।
तपाईंले यसरी पाद टिप्पणी राख्न सक्नुहुन्छः “केही संस्करणहरूमा ‘७०’ को सट्टा ‘७२’ छ ।”
यहाँ “नाउँ” ले येशूको शक्ति र अधिकारलाई जनाउँछ ।
उहाँका ७० जना चेलाले सहरहरूमा प्रचार गरिरहँदा परमेश्वरले शैतानलाई कसरी हराउँदै हुनुहुन्थ्यो भन्ने वर्णन गर्नलाई येशूले एउटा उपमा प्रयोग गर्नुभयो ।
सम्भावित अर्थहरू हुन् १) बिजुली हानेको जत्तिकै छिटो खस्यो, वा २) स्वर्गबाट तल झर्यो जसरी बिजुलीले तल हान्छ । किनकि दुवै अर्थहरू सम्भव छन्, त्यो चित्रणलाई कायम राख्नु बेस हुन सक्छ ।
“सर्पहरूमाथि टेक्ने र बिच्छीहरूलाई कुल्चने अधिकार ।” सम्भावित अर्थहरू हुन् १) सर्प र बिच्छीहरू दुष्ट आत्माहरूका निम्ति अलङ्कार हुन् । वैकल्पिक अनुवादः “दुष्ट आत्माहरूलाई हराउने अधिकार” वा २) यसले वास्तविक सर्पहरू र बिच्छीहरूलाई जनाउँछ ।
यसको अर्थ तिनीहरूले यसो गर्नेछन् र पनि तिनीहरू घायल हुँदैनन् भन्ने हुन्छ । वैकल्पिक अनुवादः “सर्पहरू र बिच्छीहरूमाथि हिँड्नेछन् तापनि तिनीहरूले कुनै हानि गर्नेछैनन्”
बिच्छीहरू भनेको दुईवटा पञ्जा र पुच्छरमा विषालु खिल भएका साना प्राणीहरू हुन् ।
“मैले तिमीहरूलाई शत्रुको शक्तिलाई कुल्चने अधिकार दिएको छु” वा “मैले तिमीहरूलाई शत्रुलाई हराउने अधिकार दिएको छु ।” त्यो शत्रु शैतान हो ।
“आत्माहरू तिमीहरूको वशमा आएकोमा मात्र आनन्द नमनाओ” भन्ने कुरालाई सकारात्मक रूपमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आत्माहरू तिमीहरूको वशमा आउँछन् भन्ने कुरामा भन्दा बढी तिमीहरूका नाउँहरू स्वर्गमा लेखिएका छन् भनेर रमाओ !”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूका नामहरू स्वर्गमा लेख्नुभएको छ” वा “तिमीहरूका नामहरू स्वर्गका नागरिकहरू हुने मानिसहरूको सूचीमा छन्”
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।
“स्वर्ग” र “पृथ्वी”ले अस्तित्वमा भएका सबैथोकलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “स्वर्ग र पृथ्वीमा भएका हरेक मानिस र हरेक चीजका मालिक”
यसले चेलाहरूको अधिकारबारे येशूले अगाडि सिकाउनुभएको कुरालाई जनाउँछ । यसलाई “यी कुराहरू” भनी अनुवाद गरेर पाठकहरूलाई नै यसको अर्थ निधो गर्न लगाउनु उत्तम होला ।
“बुद्धिमान्” र “समझदार” भनेको नामयोगी विशेषणहरू हुन् जसले यी गुणहरू भएको मानिसहरूलाई जनाउँछन् । किनभने परमेश्वरले तिनीहरूबाट सत्यतालाई लुकाउनभएको थियो, यी मानिसहरूले आफैँलाई बुद्धिमान् र समझदार सोचे तापनि तिनीहरू वास्तवमा थिएनन् । वैकल्पिक अनुवादः “आफूहरू बुद्धिमान् छु र आफूहरूसँग समझदारी छ भनेर ठान्ने मानिसहरूबाट”
यसले तिनीहरूलाई जनाउँछ जससँग धेरै शिक्षा नभएको हुन सक्छ तर येशूका शिक्षाहरूलाई ग्रहण गर्न राजी छन् जसरी साना बालकहरू आफूहरूले भरोसा गरेकाहरूको कुरालाई इच्छुक भएर सुन्छन् । वैकल्पिक अनुवादः “कम शिक्षा भएका मानिसहरू, तर जसले परमेश्वरलाई सुन्छन् जसरी साना बालकहरूले सुन्छन्”
“किनभने तपाईंले यसो गर्न राम्रो लाग्यो”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरा पिताले सबै कुरा मलाई सुम्पनुभएको छ”
यी महत्त्वपूर्ण पदवीहरू हुन् जसले परमेश्वर र येशूको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छ ।
“जान्नु” भनी अनुवाद गरिएको शब्दको अर्थ व्यक्तिगत अनुभवबाट जानेको भन्ने हुन्छ । परमेश्वर पिताले येशूलाई यसरी जान्नुहुन्थ्यो ।
येशूले आफैँलाई तृतीय पुरुषमा उल्लेख गर्दै हुनुहुन्थ्यो ।
यसको तात्पर्य पुत्र को हो भनी पिताले मात्र जान्नुहुन्छ ।
“जान्नु” भनी अनुवाद गरिएको शब्दको अर्थ व्यक्तिगत अनुभवबाट जानेको भन्ने हुन्छ । येशूले परमेश्वर पितालाई यसरी जान्नुहुन्थ्यो ।
यसको तात्पर्य पिता को हो भनी पुत्रले मात्र जान्नुहुन्छ ।
“जसलाई पुत्रले पिता देखाउने इच्छा गर्छ”
“गोप्य तरिकाले” भन्ने शब्दले सङ्केत गर्छ कि उहाँ आफ्ना चेलाहरूसँग एक्लै हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “पछि, जब उहाँ आफ्ना चेलाहरूसँग एक्लै हुनुहुन्थ्यो, उहाँ तिनीहरूपट्टि फर्कनुभयो र भन्नुभयो”
यसले सम्भवतः येशूले गरिरहनुभएको असल कार्यहरू र आश्चर्यकर्महरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूले देखिरहेका कुराहरू देख्नेहरूका निम्ति कति असल छ”
यसले आशय दिन्छ कि येशूले ती कुराहरू अझै गरिरहनुभएको थिएन । वैकल्पिक अनुवादः “तर ती कुराहरू देख्न सकेनन् किनभने मैले अझै पनि ती कुराहरू गरिरहेको थिइँन”
यसले सम्भवतः येशूको शिक्षालाई जनाउँछ । वैकल्पिक अनुवादः “मैले भनेका तिमीहरूले सुनेका कुराहरू”
यसले आशय दिन्छ कि येशूले अझै सिकाइरहनुभएको थिएन । वैकल्पिक अनुवादः “तर ती कुराहरू सुन्न सकेनन् किनभने मैले अझै पनि सिकाउन थालेको थिइँन”
उहाँको जाँच गर्न चाहने एक यहूदी शिक्षकलाई येशूले एउटा कथासहित जवाफ दिनुहुन्छ ।
यसले हामीलाई कथामा एउटा नयाँ घटना र नयाँ व्यक्तिको बारेमा सचेत बनाउँछ ।
“येशूलाई चुनौती दिन”
“ताकि परमेश्वरले मलाई दिनुभएको होस्”
येशूले जानकारी खोजिरहनुभएको छैन । उहाँले यहूदी व्यवस्थाका विज्ञको ज्ञानलाई जाँच्न यी प्रश्नहरू प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “मलाई भन मोशाले व्यवस्थामा के लेखे र त्यसको अर्थ के हो भनी तिमीले सोच्छौ ।”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मोशाले व्यवस्थामा के लेखेका छन् ?”
“तिमीले यसमा के पढ्यौ ?” वा “यसले के भनेको तिमीले बुझ्छौ ?”
त्यस मानिसले मोशाले व्यवस्थामा लेखेका कुरालाई उद्धरण गरिरहेका छन् ।
यहाँ “हृदय” र “प्राण” भनेको कोही व्यक्तिको भित्री व्यक्तित्वको लागि प्रतिस्थापन शब्दहरू हुन् । यी चार वाक्यांशहरूलाई “पूर्णतया” र “व्यग्रतासँग” भन्ने अर्थ दिनलाई एकसाथ प्रयोग गरिएको छ ।
यो उपमालाई अझ प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तैँले आफैँलाई प्रेम गरे जत्तिकै तेरो छिमेकीलाई प्रेम गर्”
“परमेश्वरले तिमीलाई अनन्त जीवन दिनुहुनेछ”
“तर ती शिक्षकले आफैँलाई धर्मी बनाउने उपाय खोज्ने चाहना गरे, त्यसैले उनले भने” वा “तर धर्मी देखिन चाहँदै, ती शिक्षकले भने”
उसले कसलाई प्रेम गर्न आवश्यक थियो भनेर त्यो मानिस जान्न चाहन्थ्यो । वैकल्पिक अनुवादः “कसलाई मैले मेरो छिमेकी मान्ने र मैले आफैँलाई प्रेम गरेको झैँ प्रेम गर्ने ?” वा “कुन मानिसहरू मेरा छिमेकीहरू हुन् जसलाई मैले प्रेम गर्नुपर्छ ?”
येशूले त्यस मानिसको प्रश्नलाई एउटा दृष्टान्त बताएर जवाफ दिनुहुन्छ । वैकल्पिक अनुवादः “त्यो मानिसको प्रश्नको जवाफमा, येशूले उनलाई यो कथा भन्नुभयो”
यसले दृष्टान्तमा एउटा नयाँ पात्रलाई परिचय गराउँछ ।
“ऊ डाँकाहरूद्वारा घेरियो, जसले” वा “केही डाँकाहरूले उसलाई आक्रमण गरे । तिनीहरूले”
“उससँग भएका सबै थोक लगे” वा “उसका सबै कुरा चोरे”
यो वाक्पद्धतिको अर्थ “लगभग मृत” भन्ने हुन्छ ।
यो कुनै मानिसले योजना गरेको जस्तो थिएन ।
यो अभिव्यक्तिले कथामा एउटा नयाँ व्यक्तिलाई चिनाउँछ, तर उसको नामैद्वारा भने चिनाउँदैन ।
“जब पूजाहारीले त्यो घाइते मानिसलाई देखे ।” किनकि पूजाहारी एक ज्यादै धार्मिक व्यक्ति हुन्, त्यसैले श्रोताहरूले उनले त सहायता गर्लान् भन्ने ठाने । उनले सहायता नगरेकाले यो पदावलीलाई अनपेक्षित परिणामतिर ध्यान खिँच्नको लागि “तर जब उनले त्यसलाई देखे” भनेर उल्लेख गर्न सकिन्छ ।
यो कुरा बुझिएको छ कि उसले त्यस मानिसलाई सहयोग गरेन । वैकल्पिक अनुवादः “उसले घाइते मानिसलाई सहयोग गरेन तर बरु उसबाट तर्केर बाटोको अर्को छेउबाट भएर गयो”
लेवीहरूले मन्दिरमा सेवा गर्थे । उसले आफ्नो सङ्गी यहूदी मानिसलाई सहयोग गरेको अपेक्षा गरिन्थ्यो । तर किनकि उसले गरेन, त्यसलाई उल्लेख गर्नु सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “एकजना लेवी ... उनले सहायता पनि गरेनन्, तर त्यसको साटोमा छेउबाट भएर गए”
यसले नाम उल्लेख नगरी कथामा एउटा नयाँ व्यक्तिको परिचय दिन्छ । हामी उनी सामरियाबाट थिए भन्ने मात्र जान्दछौँ ।
यहूदीहरूले सामरीहरूलाई घृणा गर्थे र उनले त्यो घाइते यहूदी मानिसलाई सहायता गर्दैनन् भनी ठाने ।
“जब सामरीले त्यो घाइते मानिसलाई देखे”
“उनी त्यसको निम्ति दुःखित भए”
घाउमा पहिले तेल र दाखमद्य लगाएको हुन सक्छ, र त्यसपछि घाउमा पट्टि बाँधेको हुन सक्छ । वैकल्पिक अनुवादः “उनले घाउमा तेल र दाखमद्य दले र कपडाले बाँधे”
दाखमद्यलाई घाउ सफा गर्न प्रयोग गरिन्थ्यो, र तेल सम्भवतः संक्रमण नहोस् भनेर प्रयोग गरिन्थ्यो । यसलाई उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई निको पार्नलाई सहायता गर्न तिनीहरूमाथि तेल र दाखमद्य खनाउँदै”
“उनको आफ्नै भरिएको जनावर ।” यो उनले गह्रौँ भारी बोक्नलाई प्रयोग गर्ने गरेको जनावर थियो । यो सम्भवतः गधा थियो ।
“दुई दिनको ज्याला ।” “दिनार” “दिनारिअस” को बहुवचन हो ।"
“धर्मशालाको मालिक” वा “धर्मशालाको देखरेख गर्ने व्यक्ति”
यसको क्रमलाई पुनः मिलाएर राख्न सकिन्छ । वैकल्पिक अनुवादः “जब म फर्कन्छु, तपाईंले गर्नुभएको जति पनि बढी खर्च हुन्छ सो म तपाईंलाई तिरिदिनेछु”
यसलाई दुई प्रश्नहरूको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीलाई कस्तो लाग्छ ? यी तीन जना मानिसमध्ये कुनचाहिँ छिमेकी हो ?”
“आफैँलाई एउटा साँचो छिमेकी भएको देखायो”
“त्यस मानिसलाई जसलाई डाँकूहरूले आक्रमण गरे”
थप जानकारी दिँदा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “त्यसै गरेर, तिमी पनि जानुपर्छ र मानिसहरूलाई तिमीले सकेको जति सहयोग गर्नुपर्छ”
येशू मार्थाको घरमा आउनुहुन्छ जहाँ तिनकी बहिनी मरियमले येशूलाई बडो ध्यानपूर्वक सुन्छिन् ।
यो शब्दलाई यहाँ एउटा नयाँ घटनालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ ।
“जब येशू र उहाँका चेलाहरू सँगै यात्रा गरिरहेका थिए”
यसले एउटा नयाँ गाउँको परिचय दिन्छ, तर यसको नाम भने उल्लेख गर्दैन ।
यसले मार्थालाई नयाँ पात्रको रूपमा चिनाउँछ । तपाईंको भाषामा नयाँ मानिसहरूलाई चिनाउने तरिका हुन सक्छ ।
त्यस समयमा यो सिक्नको लागि सामान्य र आदर व्यक्त गर्ने सामान्य शैली थियो । वैकल्पिक अनुवादः “येशूको नजिकै भुइँमा बसे”
यसले मार्थाको घरमा हुँदा येशूले सिकाउनुभएको सबैकुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “प्रभुले सिकाउनुभएको सुनिन्”
“धेरै व्यस्त” वा “असाध्यै व्यस्त”
त्यहाँ गर्नुपर्ने कामहरू धेरै हुँदा पनि प्रभुले मरियमलाई त्यहाँ बसेर उहाँले भन्नुभएका कुरा सुन्न दिनुभएकोमा मार्थाले गुनासो गरिरहेकी छिन् । तिनले प्रभुलाई आदर गर्थिन्, त्यसैले तिनले आफ्नो गुनासोलाई आलङ्कारिक प्रश्नको प्रयोग गरेर नरम बनाइन् । वैकल्पिक अनुवादः “तपाईंले वास्ता नै गर्नुहुन्न जस्तो देखिन्छ ... एक्लै ।”
येशूले जोड दिनको लागि मार्थाको नाउँलाई दोहोर्याउनुहुन्छ । वैकल्पिक अनुवादः “प्रिय मार्था” वा “तिमी, मार्था”
येशूले मरियमले गरिरहेकी कुरालाई मार्थाले गरिरहेकी कुरासँग भिन्न भएको देखाउँदै हुनुहुन्छ । यसलाई प्रस्ट बनाउँदा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “साँच्चै आवश्यक परेको एउटै कुरा भनेको मेरो शिक्षालाई सुन्नु हो” वा “मेरो शिक्षालाई सुन्न खाना तयार गर्नभन्दा बढी जरुरी छ”
सम्भावित अर्थहरू हुन् १) “म तिनीबाट यो अवसर खोस्नेछैन” वा २) “मैले भनेको सुन्दा तिनले पाएकी कुराहरू तिनले गुमाउनेछैनन्”
1 उहाँले प्रार्थना गरिसक्नुपछि उहाँका चेलाहरूमध्ये एक जनाले भने, “प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनुहोस् जसरी यूहन्नाले आफ्नो चेलालाई सिकाएका थिए ।” 2 येशूले तिनीहरूलाई भन्नुभयो, “जब तिमीहरूले प्रार्थना गर्छौ, यसो भन्नू, ‘हे पिता, तपाईंको नाउँ पवित्र गरियोस् । तपाईंको राज्य आओस् । 3 हामीलाई हाम्रो प्रत्येक दिनको रोटी दिनुहोस् । 4 हाम्रा पापहरू क्षमा गर्नुहोस, जसरी हामीले हाम्रा ऋणीहरूलाई क्षमा गरेका छौँ । हामीलाई परीक्षामा नडोर्याउनुहोस् ।’ 5 येशूले तिनीहरूलाई भन्नुभयो, “तिम्रो यस्तो मित्र होला जसले मध्य-रातमा गएर तिमीलाई भन्नेछ ‘हे मित्र, मलाई तिनवटा रोटी सापट दिनुहोस् । 6 मेरा एउटा मित्र घुम्दै गर्दा मकहाँ आइपुग्नुभयो र उहाँलाई दिनका लागि मसित केही पनि छैन ।’ 7 त्यसपछि भित्रबाट यस्तो उत्तर आउन सक्छ, ‘मलाई दिक्क नबनाउनुहोस् । ढोका पहिले नै लगाइसकिएको छ, मेरा नानीहरू मसँगै ओछ्यानमा सुतिराखेका छन् । त्यसैले, म उठेर तपाईंलाई रोटी दिन सक्दिनँ ।’ 8 म तिमीलाई भन्दछु, कि उसले उठेर तिमीलाई रोटी नदिए तापनि तिमी उनको मित्र भएकोले गर्दा र लगातार मागिरहेको कारणले ऊ उठ्नेछ र तिमीलाई आवश्यक पर्ने रोटीहरू दिनेछ । 9 म तिमीलाई भन्दछु, “माग, र तिमीलाई यो दिइनेछ; खोज, र तिमीले भेट्टाउनेछौ; ढकढक्याऊ, र तिम्रो लागि यो उघारिनेछ । 10 माग्ने हरेकले यो पाउनेछ; र खोज्ने व्यक्तिले भेट्टाउनेछ; र ढकढक्याउने व्यक्तिका लागि उघारिनेछ । 11 तिमीहरूमध्ये को यस्तो बाबु होला जसले आफ्नो छोराले रोटी माग्दा ढुङ्गा देला अथवा माछा माग्दा सर्प देला र ? 12 अथवा उसले अन्डा माग्दा, तिमीले बिच्छी दिन्छौ र ? 13 त्यसैकारण, तिमीहरू दुष्ट भएर पनि आफ्ना नानीहरूलाई असल चिजहरू दिन जान्दछौ भने, तिमीहरूका स्वर्गका पिताले उहाँसँग माग्नेहरूलाई झन् कति प्रशस्त गरेर पवित्र आत्मा दिनुहुनेछैन र ?” 14 त्यसपछि, येशूले बोल्न नसक्ने मानिसबाट भूतात्मा निकाल्नुभयो । जब भुतात्मा ऊबाट निस्क्यो र ऊ बोल्न थाल्यो । यो देखेर मानिसहरूको भिड छक्क पर्यो । 15 त्यहाँ भएका केही मानिसहरूले आपसमा भने, “शैतानहरूको शासक बालजिबुलले भूतात्मालाई निकाल्यो ।” 16 तर कतिले उहाँलाई परीक्षा गर्नका लागि स्वर्गको कुनै एउटा चिह्न देखाउन भन्यो । 17 तर येशूले तिनीहरूले के सोचिरहेका छन् भनी जान्नुभयो र भन्नुभयो, हरेक राज्य एक-अर्काको विरुद्धमा विभाजन गरिनेछ र घरहरू एक-आपसको विरुद्धमा खडा हुनेछ । 18 यदि शैतानहरू एक आपसमा विभाजित हुन्छन् भने, कसरी तिनीहरूको राज्य रहन सक्दछ ? तिमीहरूले भन्छौ, मैले बालजिबुलको नाउँमा भूतात्मालाई धपाउँछु । 19 यदि मैले बालजिबुलको नाउँमा भूतहरूलाई धपाएँ भने, तिमीहरूका चेलाले कसको नाउँबाट धपाउलान् त ? किनकि, तिनीहरू तिम्रो न्याय गर्नेहरू हुनेछन् । 20 तर यदि मैले परमेश्वरको हातबाट भूतहरू निकालेँ भने, परमेश्वरको राज्य तिमीहरूमा आएको छ । 21 जब कुनै बलियो मानिसले हातहतियारसहित आफ्नो घरको सुरक्षा गर्दछ भने, त्यसको कारणले गर्दा उसका सामानहरू सुरक्षित हुन्छन् । 22 तर कुनै अझ बलियो मानिसले उसलाई हराउँछ भने मानिसहरूका हातहतियारहरू कब्जा गर्दछन् र मानिसका धन सम्पत्तिहरू लुट्ने छन् । 23 मसगँ नहुने, मेरो विरुद्धमा हुन्छ, र मसँगै जम्मा नगर्नेले छरपस्ट पार्छ । 24 जब अशुद्ध आत्मा मानिसबाट निस्केर गयो, यो पानी नभएको ठाउँ भएर गयो र यसले आरामको लागि ठाउँ खोजेको छ । त्यसले कुनै ठाउँ पनि बस्नका लागि पाएन र त्यसले भन्यो, म जहाँबाट आएको हुँ म त्यहीँ फर्कीजानेछु । 25 फर्की सकेपछि, त्यसले आफ्नो घर सफासँग व्यवस्थित पारेर राखिएको देख्यो । 26 त्यसपछि, ऊ जानेछ र अन्य सातवटा भूतात्मालाई पनि बोलाउनेछ र तिनीहरूसँगै बस्नेछ र त्यो मानिसको अवस्था अझ खराब हुनेछ । 27 उहाँले यो कुरा भन्दै गर्नुहुँदा, एउटी स्त्रीले भिडबाट कराएर उहाँलाई भनी “त्यो कोख धन्यको हो जसले तपाईंलाई जन्माइन् र दूध चुसाइन् र हुर्काइन् ।” 28 तर उहाँले भन्नुभयो, “त्योभन्दा पनि, ती मानिसहरू धन्यका हुन् जसले परमेश्वरका वचन सुन्दछन् र त्यसलाई पालन गर्दछन् ।” 29 जब अझ धेरै मानिसहरू जम्मा भए, उहाँले तिनीहरूलाई भन्नुभयो, “यो पुस्ता दुष्ट पुस्ता हो, यिनीहरूले चिह्न खोज्नेछन्, तर योनाको चिह्नबाहेक तिमीहरूलाई कुनै चिह्न दिइनेछैन । 30 जसरी निनवेका मानिसहरूका लागि योना चिह्न थिए, त्यसै गरी यो पुस्ताका लागि पनि मानिसका पुत्र चिह्न हुनेछ । 31 दक्षिणकी रानी मानिसको विरुद्धमा दोष लगाउनका लागि उठ्नेछिन्, किनकि उनी पृथ्वीको पल्लो कुनाबाट सोलोमनको ज्ञानको बारेमा सुन्न आएकी थिइन् र हेर, सोलोमनभन्दा पनि महान् यहाँ हुनुहुन्छ । 32 निनवेका मानिसहरू यो पुस्ताका मानिसहरूसँगै न्यायमा उभिनेछन् र यिनीहरूलाई दोष लगाउनेछन् । तिनीहरूले योनाको प्रचार सुनेर पश्चात्ताप गरे र हेर, योनाभन्दा पनि महान् कोही यहाँ हुनुहुन्छ । 33 कसैले बत्ती बालेर टोकरीले छोपेर राख्दैन, तर त्यसलाई सामदानमा राख्दछ, ताकि त्यो भएर जाने हरेकलाई उज्जालो होस् । 34 तिम्रा आँखा तिम्रो शरीरको लागि ज्योति हो । तिम्रा आँखा असल छन् भने, तिम्रो पुरै शरीरले ज्योति पाउनेछ । तर तिम्रा आँखा खराब छन् भने, तिम्रो पुरै शरीरलाई अन्धकारले छोप्नेछ । 35 त्यसैकारण, होसियार रहो, कि तिमीमा भएको ज्योति अन्धकार नहोस् । 36 यदि त्यसो भए, तिम्रो पुरै शरीर ज्योति हो, यसको कुनै पनि भाग अन्धकारमा रहेको छैन, त्यसपछि तिम्रो पुरै शरीर बत्तीको चमकजस्तै तिमीमा चम्कोस् । 37 उहाँले बोलिसक्नुभएपछि, फरिसीहरूले उहाँलाई आफ्नो घरमा खाना खानलाई बोलाए । त्यसपछि येशू जानुभयो र ढल्केर बस्नुभयो । 38 खाना खानुभन्दा पहिले हात नधोएको कारणले गर्दा फरिसीहरू छक्क परे । 39 तर प्रभुले तिनीहरूलाई भन्नुभयो, “तिमी फरिसीहरू गिलास र कचौराको बाहिर सफा गर्दछौ, तर तिमीहरू भित्रपट्टि लोभ र खराब कुराले भरिएका छौ । 40 हे मूर्ख मनिसहरू हो, जसले बाहिर बनायो के उसले भित्र पनि बनाउँदैन र ? 41 तिमीभित्र जे छ, त्यो कुरा गरिबलाई देओ र त्यो कुरा तिम्रो निम्ति सबै शुद्ध हुनेछन् । 42 धिक्कार तिमी फरिसीहरू, किनभने तिमीहरूले पुदिना, सुप र जडीबुटीको दशांश त दिन्छौ, तर परमेश्वरको प्रेम र धार्मिकतालाई बेवास्ता गर्छौ । तर तिमीहरूले परमेश्वरको प्रेम र धार्मिकताबमोजिम काम गर्नुपर्ने हो । यी काम गर्न असफल नहोओ । 43 धिक्कार फरिसीहरू, तिमीहरूले सभाघरको अगाडि बस्ने मानिसहरूलाई सहरहरूमा आदर र इज्जत गर्दछौ । 44 तिमीहरूलाई धिक्कार होस्, तिमीहरू चिह्न नलगाइएको चिहानजस्तै छौ । मानिसहरू केही थाहा नपाईकन हिँड्ने छन् ।” 45 अनि केही यहूदी व्यवस्थाका शिक्षकहरूले जवाफ दिँदै भने, “गुरु, तपाईं हामीलाई किन अपमान गर्नुहुन्छ ।” 46 येशूले भन्नुभयो, “तिमीहरूलाई धिक्कार व्यवस्थाका शिक्षकहरू, तिमीहरू मानिसहरूलाई व्यवस्थाको भार उठाउन लगाउँदछौ, तर तिमीहरूले आफ्नो एउटा औँलाले पनि त्यस्तो व्यवस्थाका सारा भारलाई उठाउँदैनौ । 47 तिमीहरूलाई धिक्कार, किनभने तिमीहरूले अगमवक्ताहरूको चिहानको स्मरणको लागि निर्माण गर्यौ, तर तिनीहरूलाई मार्ने तिमीहरूकै पुर्खाहरू हुन् । 48 त्यसैले, तिमीहरूले तिम्रा पुर्खाहरूको काममा गवाही दियौ र सहमति जनायौ, किनकि वास्तवमा तिनीहरूले त्यस समयका अगमवक्ताहरूलाई मारेका थिए र जसको चिहान तिमीहरूले आज सम्झनाको लागि बनाएका छौ । 49 त्यसैकारणले गर्दा, परमेश्वरको विवेकले भन्दछ, “म तिमीहरूलाई अगमवक्ता र प्रेरितहरूकहाँ पठाउनेछु र तिमीहरूले तिनीहरूलाई सताउनेछन् र यीमध्ये कतिलाई मार्नेछन् । 50 तब यो पुस्ताको लागि संसारको सुरुदेखि अगमवक्ताहरूको रगतमा तिमीहरू जिम्मेवार छौ । 51 म तिमीहरूलाई भन्दछु, कि हाबिलको रगतदेखि वेदी र पवित्र स्थानमा मारिएका जकरियाको रगतसम्मको दोष लागि यो पुस्ता जिम्मेवार छ । 52 यहूदी व्यवस्थाका शिक्षकहरू तिमीहरूलाई धिक्कार छ, किनभने तिमीहरूले बुद्धिको साँचोलाई तिमीहरूबाट टाढा लग्यौ । तिमीहरू आफैँ यो परिस्थिति भएर गएनौ र तिमीहरू तिनीहरूबाट लुक्यौ । 53 येशू त्यहाँबाट गइसक्नुभएपछि, शास्त्रीहरू र फरिसीहरू एक-आपसमा धेरै कुराका लागि बहस गर्न लागे । 54 तिनीहरूले येशूलाई आफ्नो वचनको कारण परीक्षामा पार्ने कोसिस गरे ।
यूएलटीले ११:२-४ मा भएका पङ्क्तिहरूलाई बाँकीको पाठ्यसामग्रीभन्दा पृष्ठमा दायाँतिर राख्छन् किनभने तिनीहरू एउटा विशेष प्रार्थना हुन् ।
जब येशूका अनुयायीहरूले उहाँलाई प्रार्थना कसरी गर्ने भनेर उहाँलाई सोधे, उहाँले तिनीहरूलाई यो प्रार्थना सिकाउनुभयो । तिनीहरूले हरेक पटक प्रार्थना गर्दा उही शब्दहरू दोहोर्याएको उहाँले अपेक्षा गर्नुभएन, तर तिनीहरूले केको बारेमा प्रार्थना गरेको परमेश्वरले चाहनुहुन्छ भन्ने बारेमा तिनीहरूले जानेको उहाँले इच्छा गर्नुभयो ।
योना पुरानो करारको एक अगमवक्ता थिए जसलाई निनवेको अन्यजाति सहरमा त्यहाँ भएकाहरूलाई पश्चात्ताप गर्नलाई भन्न पठाइएको थियो । जब उनले तिनीहरूलाई पश्चात्ताप गर्नलाई भने, तिनीहरूले पश्चात्ताप गरे । अनि अनि )
बाइबलले धेरैपटक अधर्मी मानिसहरू, परमेश्वरलाई प्रसन्न पार्ने कुराहरू नगर्ने मानिसहरूको बारेमा यसरी बताउँछ मानौँ तिनीहरू अन्धकारमा रुमल्लिरहेका थिए । यसले ज्योतिको बारेमा यसरी बताउँछ मानौँ ती पापी मानिसहरूलाई धर्मी हुन, तिनीहरूले गरिरहेका कुराहरू गलत छन् भनी बुझ्न र परमेश्वरको आज्ञापालन गर्न सुरु गर्नलाई सक्षम पार्ने कुरा ज्योति नै हो ।
फरिसीहरूले आफ्ना हातहरू र आफूले खान प्रयोग गर्ने भाँडालाई धुन्थे । तिनीहरूले फोहोर नभएका कुराहरू पनि धुन्थे । मोशाको व्यवस्थाले तिनीहरूलाई यी कुराहरू धुनलाई भनेको थिएन, तर जे भएपनि तिनीहरूले ती धुन्थे । यस्तो किन भन्दा तिनीहरू ठान्थे कि यदि तिनीहरूले परमेश्वरले बनाउनुभएको र परमेश्वरले नबनाउनुभएको दुवै नियमहरूको पालना गरे भने परमेश्वरले तिनीहरूलाई अरूभन्दा श्रेष्ठ मानिसहरू ठान्नुहुने थियो । अनि )
यो कथाको अर्को भागको सुरुवात हो । येशूले उहाँका चेलाहरूलाई प्रार्थना गर्न सिकाउनुहुन्छ ।
यो वाक्यांश कथाको नयाँ भागको सुरुवातलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्नुहुन्छ ।
त्यो चेलाले प्रश्न सोध्नुभन्दा अगाडि येशूले प्रार्थना गर्न सिद्ध्याउनुभयो भन्ने कुरालाई उल्लेख गर्नु अझ बढी स्वभाविक हुन सक्छ । वैकल्पिक अनुवादः “कि येशूले कुनै एक स्थानमा प्रार्थना गरिरहनुभएको थियो । जब उहाँले प्रार्थना गरेर सकाउनुभयो, एकजना”
“येशूले उहाँका चेलाहरूलाई भन्नुभयो”
येशूले परमेश्वर पितालाई प्रार्थना गर्दा उहाँलाई “पिता” भनेर सम्बोधन गरेर उहाँको नामलाई सम्मान गर्नलाई येशूले आज्ञा गरिरहनुभएको छ । यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।
“सबैजनालाई तपाईंको नाउँको आदर गर्न लगाउनुहोस् ।” “नाम”ले धेरैपटक सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबै मानिसहरूले तपाईंलाई आदर गरून्”
परमेश्वरले सबैमाथि शासन गर्नुहुने कार्यलाई यसरी बताइएको छ मानौँ त्यो परमेश्वर आफैँ नै हुनुहुन्छ । वैकल्पिक अनुवादः “तपाईं आउनुहोस् र सबै मानिसहरूमाथि शासन गर्नुहोस्”
येशूले आफ्ना चेलाहरूलाई कसरी प्रार्थना गर्ने भनी निरन्तर रूपमा सिकाउनुहुन्छ ।
यो आज्ञाकारी भनाइ हो, तर त्यसलाई आदेश जसरीभन्दा पनि अनुरोधको रूपमा अनुवाद गरिनुपर्छ । तिनीहरूलाई यो प्रस्ट बनाउनलाई “कृपया” जस्तो केही कुरा थप्दाखेरी सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “कृपया हामीलाई दिनुहोस्”
रोटी मानिसहरूले दैनिक खाने सस्तो खाना थियो । यहाँ सामान्य खानालाई जनाउन यसलाई प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “हामीलाई हरेक दिन आवश्यक पर्ने खाना”
यिनीहरू आज्ञाकारी भनाइहरू हुन्, तर तिनीहरूलाई आदेश जसरीभन्दा पनि अनुरोधको रूपमा अनुवाद गरिनुपर्छ । तिनीहरूलाई यो प्रस्ट बनाउनलाई “कृपया” जस्तो केही कुरा थप्दाखेरी सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “कृपया हामीलाई माफ गर्नुहोस् ... कृपया हामीलाई नडोहोर्याउनुहोस्”
“तपाईंको विरुद्धमा पाप गरेकोमा हामीलाई क्षमा दिनुहोस्” वा “हाम्रा पापहरू क्षमा गर्नुहोस्”
“किनभने हामी पनि क्षमा गर्छौं”
“जसले हाम्रो विरुद्धमा पाप गरेका छन्” वा “जसले हाम्रो विरुद्धमा खराबी गरेका छन्”
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीलाई परीक्षाबाट टाढा राख्नुहोस्”
येशूले आफ्ना चेलाहरूलाई प्रार्थनाबारे निरन्तर रूपमा सिकाउनुहुन्छ ।
“मलाई तीनवटा रोटी सापटी लिन देऊ” वा “मलाई तीनवटा रोटी देऊ र म तिमीलाई पछि दिनेछु ।” सत्कार गर्नेसँग उसको पाहुनालाई दिनलाई कुनै खानेकुरा तयार छैन ।
रोटीलाई धेरैपटक सामान्य रूपमा खानेकुरालाई प्रतिनिधित्व गर्न प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “खानाको लागि पर्याप्त हुनेगरी पकाएको खाना” वा “एउटा व्यक्तिलाई खानलाई पुग्नेगरी तयार पारिएको खाना”
येशूले एउटा प्रश्नलाई सोध्न सकाउनुहुन्छ जुन पद ५ मा सुरु हुन्छ ।
येशूले चेलाहरूलाई सिकाउन एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “मानौँ, तिमीहरूमध्ये कोहीसँग छ ... उसलाई खान दिन केही छैन ।” वा “मानौँ, तिमीसँग छ ... उसलाई खान दिन केही छैन ।”
यो आशय दिइएको छ कि पाहुना चाहिँ उसको घरबाट धेरै टाढा आएका छन् । वैकल्पिक अनुवादः “यात्रा गर्दै थियो र भर्खर मेरो घरमा आएको छ”
“उसलाई दिन केही खानेकुरा तयार छैन”
“मलाई उठ्न सहज छैन”
येशू उहाँका चेलाहरूसँग बोलिरहनुभएको थियो । “तिमीहरू” शब्द बहुवचन हो ।
रोटी माग्ने तिनीहरू नै थिए जस्तै गरी येशूले चेलाहरूलाई सम्बोधन गर्नुहुन्छ । वैकल्पिक अनुवादः “उसलाई रोटी दिन किनभने ऊ ... हो ... उसको ... ऊ ... उसलाई चाहिन्छ”
भाववाचक नाउँ “खुरन्धारी”लाई हटाउन यो वाक्यांशलाई अरू शब्दहरूमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि तिमी लाजै नमानी खुरन्धार गर्छौ” वा “किनकि तिमी साहसी भएर उनलाई मागिरहन्छौ”
उहाँका चेलाहरूले निरन्तर रूपमा प्रार्थना गरून् भनी उत्साह दिनलाई येशूले यी आज्ञाहरू दिनुभयो । केही भाषाहरूलाई यी पदहरूसँगै थप जानकारी चाहिन पनि सक्छ । यस सन्दर्भमा “तिमी” को सबैभन्दा उपयुक्त हुने रूपलाई प्रयोग गर्नुहोस् । यस सन्दर्भमा “तिमी” को सबैभन्दा उपयुक्त हुने रूपलाई प्रयोग गर्नुहोस् । वैकल्पिक अनुवादः “तिमीलाई चाहिएको कुरा मागिराख ... तिमीलाई परमेश्वरबाट चाहिएको कुरा खोजिराख ... त्यसलाई खोज ... ढोकामा ढक्ढक्याइराख”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले यो तिमीलाई दिनुहुनेछ” वा “तिमीले यो पाउनेछौ”
ढकढकाउनु भनेको घरभित्र भएको व्यक्तिलाई तपाईं बाहिर उभिरहनुभएको छ भनी जानकारी दिनलाई ढोकामा केही समय हिर्काउनु हो । यसलाई तपाईंको संस्कारमा मानिसहरूले तिनीहरू आइपुगिसकेका छन् भनी दर्शाउने तरिकालाई प्रयोग गरेर अनुवाद गर्न सक्नुहुन्छ, जस्तै “बोलाउनु” वा “खोक्नु” वा “ताली बजाउनु ।” यहाँ, यसको अर्थ कुनै व्यक्तिले परमेश्वरले जवाफ नदिउञ्जेल उहाँलाई प्रार्थना गरिरहनुपर्छ भन्ने हुन्छ ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिम्रो निम्ति ढोका खोलिदिनुहुनेछ” वा “परमेश्वरले तिमीलाई भित्र स्वागत गर्नुहुनेछ”
येशूले उहाँका चेलाहरूलाई प्रार्थनाको बारेमा सिकाउनलाई सकाउनुहुन्छ ।
येशूले उहाँका चेलाहरूलाई सिकाउनलाई प्रश्नहरूको प्रयोग गर्नुहुन्छ । यसलाई एउटा कथनको रूपमा पनि लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूमध्ये कुनै पनि बाबुले ... माछा ... ”
येशूले उहाँका चेलाहरूलाई सिकाउनलाई प्रश्नहरूको प्रयोग गर्नुहुन्छ । यसलाई एउटा कथनको रूपमा पनि लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “र तिमीले उसलाई कहिल्यै पनि उसले अण्डा माग्दा बिच्छी दिने थिएनौ”
बिच्छी माकुराजस्तै हुन्छ, तर यसमा विषालु खिल भएको पुच्छर हुन्छ । यदि तपाईं बस्ने ठाउँका मानिसहरूलाई बिच्छी भनेको थहा छैन भने, तपाईंले यसलाई “विषालु माकुरा” वा “डस्ने माकुरा” भनी अनुवाद गर्न सकिन्छ ।
“तिमीहरू दुष्ट हुँदा पनि जान्दछौ भने” वा “तिमीहरू पापीहरू भएर पनि जान्दछौ भने”
“तिमीहरूका स्वर्गमा बस्नुहुने पिताले कति बढी निश्चयतासाथ उहाँसँग ... पवित्र आत्मा दिनुहुनेछ ?” येशूले उहाँका चेलाहरूलाई सिकाउनलाई फेरि एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । यसलाई एउटा कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू निर्धक्क हुनसक्छौ कि स्वर्गबाट तिमीहरूका पिताले उहाँसँग ... पवित्र आत्मा दिनुहुनेछ”
येशूले एउटा गुँगो मानिसबाट भूतात्मा निकाल्नुभएपछि उहाँलाई प्रश्न सोधिन्छ ।
लेखकले यो शब्दलाई एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्नलाई प्रयोग गर्छन् ।
अतिरिक्त जानकारी थप्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “येशूले एउटा व्यक्तिबाट भूतात्मा निकाल्दै हुनुहुन्थ्यो” वा “येशूले एउटा भूतात्मालाई एकजना मानिसबाट जान लगाउँदै हुनुहुन्थ्यो”
भूतात्मासँग मानिसलाई बोल्न निषेध गर्ने शक्ति हुन्छ । वैकल्पिक अनुवादः “भूतात्माले त्यो मानिसलाई बोल्न असक्षम तुल्यायो”
यो शब्दलाई यहाँ क्रियाकलाप सुरु हुने ठाउँलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्नुहुन्छ । जब भूतात्मा मानिसबाट बाहिर आउँछ, केही मानिसहरूले येशूको आलोचना गर्छन्, जुन कुराले येशूले दुष्टात्माहरूको बारेमा सिकाउने कुरातर्फ डोहोर्याउँछ ।
अतिरिक्त जानकारी थप्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “जब भूतात्मा त्यस मानिसबाट बाहिर गइसकेको थियो” वा “जब भूतात्माले मानिसलाई छोड्यो”
“त्यो बोल्न नसक्ने मानिस अब बोल्यो”
“यसले भूतहरूका शासक, बालजिबुलको शक्तिद्वारा भूतहरू धपाइरहेको छ”
येशूले भीडलाई जवाफ दिन थाल्नुहुन्छ ।
“अरू मानिसहरूले येशूलाई जाँचे ।” तिनीहरूले उहाँको अधिकार परमेश्वरबाट नै आएको थियो भनी उहाँले प्रमाणित गर्नुभएको चाहे ।
“र स्वर्गबाट एउटा चिन्ह दिन उहाँसँग अनुरोध गरे” वा “उहाँले स्वर्गबाट एउटा चिन्ह दिनुभएको होस् भनेर माग गरे ।” तिनीहरूले उहाँको शक्ति परमेश्वरबाट आएको हो या होइन भनी यसरी प्रमाणित गर्न खोजे ।
“राज्य”ले यहाँ त्यसमा भएका मानिसहरूलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि कुनै राज्यका मानिसहरू आफू-आफूमा लड्छन् भने, तिनीहरूले तिनीहरूको राज्यलाई ध्वस्त पार्छन्”
यहाँ “घर”ले परिवारलाई जनाउँछ । वैकल्पिक अनुवादः “यदि परिवारभित्रका सदस्यहरू एकआपससँग लड्छन् भने, तिनीहरूले तिनीहरूको परिवारलाई नाश पार्नेछन्”
“भत्किन्छ र नष्ट पारिन्छ ।” यो विनाश भइरहेको घरको रूपकले सदस्यहरू आपसमा लड्दा आइपर्ने परिवारको विनाशलाई जनाउँछ ।
“शैतान”ले यहाँ शैतानलाई पछ्याउने भूतहरूलाई र साथै शैतान आफैँलाई जनाइरहेको छ । वैकल्पिक अनुवादः “यदि शैतान र त्यसको राज्यका सदस्यहरू तिनीहरूबीच आपसमा लडिरहन्छन् भने”
येशूले मानिसहरूलाई सिकाउनलाई एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । यसलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि शैतानले ... त्यसको राज्य टिक्न सक्दैन ।” वा “यदि शैतानले ... त्यसको राज्य नष्ट हुनेछ ।”
“किनकि तिमीहरूले भन्छौ कि मैले बालजिबुलको शक्तिद्वारा मानिसहरूबाट भूतहरू जान लगाउँछु ।” उहाँको तर्कको अर्को पक्षलाई स्पष्टसँग बताउन सकिन्छः वैकल्पिक अनुवादः “किनकि तिमीहरूले भन्छौ कि मैले बालजिबुलको शक्तिद्वारा मानिसहरूबाट भूतहरू जान लगाउँछु । त्यसको तात्पर्य शैतान आफ्नै विरुद्धमा विभाजित भएको छ भन्ने हुन्छ”
“यदि मैले ... तिमीहरूका चेलाहरूले कसको शक्तिद्वारा भूतहरूलाई मानिसहरूलाई छोड्न लगाउँछन् ?” येशूले मानिसहरूलाई सिकाउनलाई एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । येशूको प्रश्नको अर्थलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “यदि मैले ... हामी सहमत हुनुपर्छ कि तिमीहरूका चेलाहरूले बालजिबुलको शक्तिद्वारा भूतहरू धपाउँछन् । तर तिमीहरू यो सत्य हो भनी विश्वास गर्दैनौ ।”
“मैले बालजिबुलको शक्तिद्वारा भूतहरू निकाल्छु भनेकोमा परमेश्वरको शक्तिद्वारा भूतहरू धपाउने तिमीहरूका चेलाहरूले नै तिमीहरूलाई न्याय गर्नेछन्”
“परमेश्वरको औँला”ले परमेश्वरको शक्तिलाई जनाउँछ ।
“यसले देखाउँछ कि परमेश्वरको राज्य तिमीहरूकहाँ आएको छ”
येशूले शैतान र त्यसका भूतहरूलाई हराउनुभएको कुराको बारेमा यसले यसरी बताउँछ मानौँ येशू एक बढी बलियो मानिस हुनुहुन्थ्यो जसले ती कुराहरू लिन्छ जुन कम बलियो मानिसका हुन् ।
“कसैले उसका चीजहरू चोर्न सक्दैन”
येशूले शैतान र त्यसका भूतहरूलाई हराउनुभएको कुराको बारेमा यसले यसरी बताउँछ मानौँ येशू एक बढी बलियो मानिस हुनुहुन्थ्यो जसले ती कुराहरू लिन्छ जुन कम बलियो मानिसका हुन् ।
“मानिसका हतियारहरू र सुरक्षा हटाउँछ”
“उसको सम्पत्ति चोर्छ” वा “उसले चाहेको जति कुराहरू लान्छ”
यसले कुनै पनि व्यक्ति वा कुनै पनि समूहका मानिसहरूलाई जनाउँछ । “जो कोही जो मसँग छैन त्यो मेरो विरुद्धमा छ, र जो कोही जसले मसँग बटुल्दैन त्यसले छरपष्ट पार्छ” वा “तिनीहरू जो मसँग छैनन् तिनीहरू मेरो विरुद्धमा छन्, र तिनीहरू जसले मसँग बटुल्दैनन् तिनीहरूले छरपष्ट पार्छन्”
“जसले मलाई समर्थन गर्दैन” वा “जसले मसँग काम गर्दैन”
“मेरो विरुद्धमा काम गर्छ”
येशूले उहाँलाई पछ्याउने चेलाहरूलाई भेला गर्ने कुरालाई जनाइरहनुभएको छ । यसलाई स्पष्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो जो कोही जसले मानिसहरूलाई आउने र मलाई पछ्याउने बनाउँदैन त्यसले तिनीहरूलाई मबाट टाढा जाने बनाउँछ”
यसले “उजाड-स्थान”लाई जनाउँछ जहाँ दुष्ट आत्माहरू भौँतारिन्छन् ।
“यदि दुष्ट आत्माले त्यहाँ कुनै आराम पाएन भने”
यसले ऊ बस्ने गरेको मानिसलाई जनाउँछ । वैकल्पिक अनुवादः “म बस्ने गरेको व्यक्तिमा”
यो अलङ्कारले व्यक्तिको बारेमा यसरी बताउँछ मानौँ ऊ एउटा घर हो जसलाई बडारेर सफा बनाइएको छ र मालसामानलाई तिनीहरूको ठीक ठाउँमा राखिएको छ । यो आशय दिइएको छ कि घर चाहिँ अझै पनि खाली नै छ । त्यस जानकारीलाई स्पष्ट बनाउँदै यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो व्यक्तिलाई कसैले कुच्चो लगाएर सफा बनाएको र हरेक थोक जहाँ हुनुपर्ने त्यहीँ राखेको, तर रीत्तो छोडेको घरको रूपमा पाउँछ” वा वा “त्यो व्यक्तिलाई सफा र सुव्यवस्थित बनाएर राखिएको घरजस्तै भएको, तर रीत्तै रहेको पाउँछ”
“पहिलो” शब्दले अशुद्ध आत्माले त्यस मानिसलाई छोड्नभन्दा अगाडि उससँग अशुद्ध आत्मा भएको अवस्थालाई जनाउँछ । वैकल्पिक अनुवादः “आत्माले छोड्नभन्दा अगाडिको उसको अवस्थाभन्दा बढी खराब”
यो येशूका शिक्षाहरूमा आएको छोटो रोकावट हो । एउटी स्त्रीले आशिष्को वचन बोल्छिन् र येशूले जवाफ दिनुहुन्छ ।
यो वाक्यांशलाई यहाँ कथामा एउटा महत्त्वपूर्ण घटनालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्नुहुन्छ ।
यो उपमाको अर्थ “भीडको हल्लाभन्दा पनि चर्को स्वरले चिच्च्याई” भन्ने हुन्छ ।
स्त्रीका अङ्गहरूलाई समग्र स्त्रीलाई जनाउन प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “तपाईंलाई जन्माउने र दूध चुसाउने स्त्रीका निम्ति यो कति असल छ” वा “तपाईंलाई जन्माउने र दूध चुसाउने स्त्री कति खुशी होलिन्”
“यो तिनीहरूको लागि झन् असल छ”
“परमेश्वरले बोल्नुभएको सन्देश सुन्नु”
येशूले भीडलाई सिकाइरहनुहुन्छ ।
“जसै अरू बढी मानिसहरू भीडमा सम्मिलित भइरहेका थिए” वा “जसै भीड ठूलो भइरहेको थियो”
यहाँ “पुस्ता”ले त्यसमा भएका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यस समय जिइरहेका मानिसहरू दुष्ट मानिसहरू हुन् । तिनीहरूले ... खोज्छन् ... तिनीहरूलाई ... ” वा “यस समयमा जिइरहेका तिमी मानिसहरू दुष्ट मानिसहरू हौ । तिमीहरू ... खोज्छौ ... तिमीहरूलाई ... ”
यसले कस्तो किसिमको चिन्ह खोज्छ भन्ने बारेमा भएको जानकारीलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “यसले म परमेश्वरबाट आएको हुँ भन्ने कुराको प्रमाणको रूपमा मैले कुनै आश्चर्यकर्म गरेको चाहन्छ”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले यसलाई कुनै चिन्ह दिनुहुनेछैन”
“योनालाई के भयो” वा “परमेश्वरले योनाको लागि गर्नुभएको आश्चर्यकर्म”
यसको तात्पर्य हुन्छ कि जसरी योनाले निनवेवासीहरूका निम्ति चिन्हको काम गरेका थिए, त्यसरी नै येशूले पनि त्यस बेलाका यहूदीहरूका निम्ति चिन्हको काम गर्नुहुने थियो ।
येशूले आफैँलाई जनाउँदै हुनुहुन्थ्यो ।
“आज जिइरहेका मानिसहरू”
यसले शेबाकी रानीलाई जनाउँछ । शेबा इस्राएलको दक्षिणपट्टि पर्ने एउटा राज्य थियो ।
“खडा हुनेछिन् र यो समयका मानिसहरूलाई न्याय गर्नेछिन्”
यो टुक्काको अर्थ तिनी धेरै टाढाबाट आइन् भन्ने हुन्छ । वैकल्पिक अनुवादः “तिनी निकै लामो दूरी आइन्” वा “तिनी धेरै टाढाको ठाउँबाट आइन्”
येशूले आफ्नै बारेमा कुरा गरिरहनुभएको छ । वैकल्पिक अनुवादः “म, जो सोलोमनभन्दा महान् छु, यहाँ छु”
येशूले आफ्नै बारेमा कुरा गरिरहनुभएको छ । वैकल्पिक अनुवादः “म सोलोमनभन्दा महान् हुँ”
यो कुरा स्पष्टसँग उल्लेख गर्दा सहोयगी हुन सक्छ कि यसले निनवेको प्राचीन सहरलाई जनाउँछ । वैकल्पिक अनुवादः “ती मानिसहरू जो निनवेको प्राचीन सहरमा बस्थे”
यसले पुरुष र स्त्रीहरू दुवैलाई समावेश गर्छ । वैकल्पिक अनुवादः “ती मानिसहरू”
“यस समयका मानिसहरू”
“किनकि निनवेका मानिसहरूले पश्चात्ताप गरे”
येशूले आफ्नै बारेमा कुरा गरिरहनुभएको छ । तिनीहरूले येशूलाई सुनेका छैनन् भन्ने कुरालाई प्रस्टसँग व्यक्त गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “म योनाभन्दा महान् भएतापनि, तिमीहरूले अझै पश्चात्ताप गरेका छैनौ”
३३-३६ पदहरू एउटा अलङ्कार हुन् जहाँ येशूले उहाँको शिक्षालाई “ज्योति”को रूपमा बताउनुहुन्छ जसलाई उहाँका चेलाहरूले आज्ञापालन गरेको र अरूहरूसँग बाँडेको चाहनुहुन्छ । उहाँले उहाँको शिक्षालाई ग्रहण नगर्ने मानिसहरूलाई तिनीहरू “अन्धकार”मा भइरहेको झैँ गरी बताउनुहुन्छ ।
येशूले भीडलाई सिकाउन सिद्ध्याउनुहुन्छ ।
“त्यसलाई लुकाउँछ वा कुनै डालामुनि राख्दछ”
यस वाक्यांशमा बुझिएको कर्ता र क्रियापदलाई उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर त्यो व्यक्तिले त्यसलाई कुनै सामदानमा राख्दछ” वा “तर त्यो व्यक्तिले त्यसलाई कुनै टेबुलमाथि राख्दछ”
अलङ्कारको यस भागमा, तिनीहरूले येशूले गर्नुभएका देखेका कुराहरूले समझ प्रदान गर्यो जसरी आँखाले शरीरको लागि ज्योति प्रदान गर्छ । वैकल्पिक अनुवादः “तिम्रो आँखा शरीरको ज्योति झैँ हो”
आँखा दर्शनको लागि प्रतिस्थापन हो ।
शरीर व्यक्तिको जीवनको एउटा समग्रता बुझाउने अलङ्कार हो ।
यहाँ “आँखा” दर्शनको लागि प्रतिस्थापन हो । वैकल्पिक अनुवादः “जब तिम्रो हेराइ असल हुन्छ” वा “जब तिमीले राम्ररी देख्छौ”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ज्योतिले तिम्रो सारा शरीरलाई भर्नेछ” वा “तिमीले सबैकुरा प्रस्टसँग देख्न सक्ने हुनेछौ”
यहाँ “आँखा” दर्शनको लागि प्रतिस्थापन हो । वैकल्पिक अनुवादः “जब तिम्रो हेराइ खराब हुन्छ” वा “जब तिमीले धमिलोसँग देख्छौ”
“तिमीले केही कुरा पनि देख्न सक्नेछैनौ”
“पक्का गर कि तिमीले जे ज्योति हो भनेर सोच्छौ त्यो वास्तवमा अन्धकार होइन” वा “पक्का गर कि के ज्योति हो र के अन्धकार हो भनेर तिमी जान्दछौ”
येशूले उही सत्यतालाई एउटा उपमाको रूपमा व्यक्त गर्नुहुन्छ । उहाँले सत्यताले भरिपूर्ण भएका मानिसहरूको विषयमा यसरी कुरा गर्नुहुन्छ मानौँ तिनीहरू कुनै बत्ती हुन् जो चम्किलो गरी बल्छन् ।
येशूलाई एउटा फरिसीको घरमा खानलाई निम्त्याइएको छ ।
लेखकले यी शब्दहरू एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्नलाई प्रयोग गर्छन् ।
यो जस्तै आरामदायी तवरले खाने भोजनको बेलामा मानिसहरू टेबुलको वरिपरि सजिलोसँग ढल्केर खाने चलन थियो । मानिसहरूले खाने बेलामा तिनीहरूको शरीर कस्तो तरिकाले ढल्काउँछन् त्यसलाई वर्णन गर्न तपाईंको भाषाले प्रयोग गर्ने शब्दको प्रयोग गर्दै अनुवाद गर्न तपाईंलाई इच्छा हुन सक्छ । वैकल्पिक अनुवादः “टेबुलमा बस्नुभयो”
परमेश्वरको सामु रीतिपूर्वक शुद्ध हुनको लागि मानिसहरूले तिनीहरूका हातहरू धुनुपर्छ भन्ने फरिसीहरूको नियम थियो । वैकल्पिक अनुवादः “उहाँको हात धुनु” वा “विधिपूर्वक रूपमा शुद्ध हुनलाई उहाँको हातहरू धुन”
येशूले एउटा अलङ्कारले प्रयोग गर्दै फरिसीसँग कुरा गर्न थाल्नुहुन्छ । तिनीहरूले कचौराहरू र थालहरू सफा गर्ने तरिकालाई तिनीहरूले आफैँलाई कसरी शुद्ध गराउँछन् भन्ने कुरासँग उहाँले तुलना गर्नुहुन्छ ।
भाँडाहरूको बाहिरपट्टि धुने फरिसीहरूको विधिको एउटा भाग थियो ।
यो अलङ्कारले तिनीहरूले भाँडाको बाहिरी भागलाई ध्यान दिएर सफा गर्ने र तिनीहरूले आफ्नै आन्तरिक अवस्थालाई बेवास्ता गर्ने कुराको बीचमा भएको भिन्नतालाई देखाउँछ ।
हुन त येशूले यहाँ कुरा गरिरहनुभएको सबै फरिसीहरू पुरुषहरू थिए, यो अभिव्यक्तिले पुरुषहरू वा स्त्रीहरू दुवैलाई जनाउन सक्छ ।
तिनीहरूका हृदयमा भएको कुरा नै परमेश्वरले मतलब गर्नुहुने कुरा हो भन्ने नबुझेकोमा फरिसीहरूलाई हप्काउन येशूले एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । यसलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले बाहिरको बनाउनुभयो उहाँले भित्रको पनि बनाउनुभयो !”
यसले तिनीहरूले आफ्ना कचौराहरू र थालहरूसँग के गरिरहेको हुनुपर्थ्यो भन्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूका गिलासहरू र कचौराहरू भित्र भएका कुराहरू गरिबहरूलाई देओ” वा “गरिबहरूप्रति दयावान् होओ”
“तिमी पूर्णतया शुद्ध हुनेछौ” वा “तिमी भित्र र बाहिर दुवैतिर शुद्ध हुनेछौ”
“तिमीहरूले पुदिना, सुप र तिमीहरूको बगैँचाबाट उत्पादन हुने चीजहरूको दश भागमा एक भाग परमेश्वरलाई दिन्छौ ।” येशूले फरिसीहरू आफ्नो आय स्रोतको दशांश दिनमा कति उग्र थिए भन्ने उदाहरण दिइरहनुभएको थियो ।
यी जडीबुटीहरू हुन् । मानिसहरूले तिनीहरूका खानेकुरामा स्वादको लागि तिनलाई थोरै हाल्छन् । यदि मानिसहरूलाई पुदिना र सुप भन्ने थाहा छैन भने, तपाईंले उनीहरूलाई थाहा भएको जडीबुटीहरूका नाम वा “जडीबुटी” जस्ता साधारण अभिव्यक्तिलाई प्रयोग गर्न सक्नुहुन्छ ।
सम्भावित अर्थहरू हुन् १) “अन्य हरेक सागपात” २) “ बगैँचाका अन्य हरेक जडीबुटी” वा ३) “बगैँचाको अन्य हरेक बोटबिरुवा ।”
“परमेश्वरलाई प्रेम गर्न” वा “परमेश्वरको लागि प्रेम ।” परमेश्वर नै हुनुहुन्छ जसलाई प्रेम गरिन्छ ।
“नचुकाइकन”ले जोड दिन्छ कि यो सधैँ गरिनुपर्छ । यसलाई सकारात्मक कथन
येशूले फरिसीसँग कुरा गर्न सकाउनुहुन्छ ।
“उत्तम आसनहरू”
“मानिसहरूले तिमीहरूलाई विशेष सम्मानले अभिवादन गरेको तिमीहरू मन पराउँछौ”
फरिसीहरू चिनो नलगाइएका चिहानहरूजस्ता थिए किनभने तिनीहरू रीतिअनुसार शुद्ध देखिन्थे, तर तिनीहरूले आफ्नो वरिपरि रहेकाहरूलाई अशुद्ध बनाउँथे ।
यो चिहान मृत लाशलाई गाड्नलाई जमिनमा खनिएको खाडल थियो । यसमा अरूहरूले देखून् भनेर मानिसहरूले सामान्यतया चिहानमा राख्ने सेतो ढुङ्गा हुँदैन थियो ।
जब मानिसहरू चिहानमाथि हिँड्थे, तिनीहरू विधिअनुसार अशुद्ध हुन्थे । यी चिन्ह नलगाइएका चिहानहरूले तिनीहरूलाई अन्जानमा त्यसो गर्न लगायो । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो पत्तो नपाइकन र विधिपूर्वक रूपमा अशुद्ध भएर”
येशूले एक यहूदी शिक्षकलाई जवाफ दिन थाल्नुहुन्छ ।
यसले कथामा एउटा नयाँ पात्रलाई परिचय गराउँछ ।
फरिसीहरूको बारेमा भएका येशूका टिप्पणीहरू यहूदी नियमहरूका शिक्षकहरूलाई पनि लागु भए झैँ देखियो ।
येशूले यो प्रस्ट बनाउनुहुन्छ कि उहाँले फरिसीहरूको साथसाथै व्यवस्थाका शिक्षकहरूको कामहरूलाई पनि दोष लगाउने अभिप्राय गर्नुभयो ।
“तिमीहरूले मानिसहरूमाथि तिनीहरूले बोकून् भनेर अति गह्रौँ भार राखिदिन्छौ र तिनीहरूले ती बोक्न सक्दैनन् ।” कसैले मानिसहरूलाई धेरै नियमहरू दिनुलाई तिनीहरूलाई बोक्नलाई गह्रौँ हुने थोकहरू बोक्न दिएको हो जस्तै गरी येशूले बताउनुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले मानिसहरूलाई तिनीहरूले पालन गरून् भनेर अति धेरै नियमहरू दिएर भार बोकाउँछौ”
सम्भावित अर्थहरू हुन् १) “तर तिमीहरूले मानिसहरूलाई ती बोझहरू बोक्नलाई केही सहायता गर्दैनौ” वा २) “ती बोझहरू तिमीहरू आफैँ बोक्न कुनै पनि प्रयास गर्दैनौ ।”
येशूले फरिसीहरू र व्यवस्थाका शिक्षकहरूलाई हप्काउँदै हुनुहुन्छ । तिनीहरूलाई अगमवक्ताहरूका हत्याबारे थाहा थियो, तर तिनीहरूलाई मारेकोमा तिनीहरूका पुर्खाहरूको तिनीहरूले निन्दा गरेनन् । वैकल्पिक अनुवादः “त्यसैले, तिनीहरूको आलोचना गर्नुको साटोमा, तिमीहरू पुष्टि गर्छौ र सहमत हुन्छौ”
यसले व्यवस्थाका शिक्षकहरूले मानिसहरूलाई नियमहरूसँग लदाएको बारेमा भएको अघिल्लो भनाइलाई जनाउँछ ।
“बुद्धि”को विषयमा यसरी बताइएको छ मानौँ त्यसले परमेश्वरको लागि बोल्न सक्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँको बुद्धिमा भन्नुभयो” वा “परमेश्वरले बुद्धिमानीपूर्वक भन्नुभयो”
“म मेरा मानिसहरूकहाँ अगमवक्ताहरू र प्रेरितहरू पठाउनेछु ।” येशूले कुरा गरिरहनुभएको यहूदी मानिसहरूको पूर्खाहरूलाई परमेश्वरले अगाडिबाट नै घोषणा गर्नुभएको थियो कि उहाँले अगमवक्ताहरू र प्रेरितहरू पठाउनुहुने थियो ।
“मेरा मानिसहरूले केही अगमवक्ताहरू र प्रेरितहरूलाई सताउनेछन् र मार्नेछन् ।” येशूले कुरा गरिरहनुभएको यहूदी मानिसहरूको पूर्खाहरूले अगमवक्ताहरू र प्रेरितहरूलाई मार्नेछन् भनेर परमेश्वरले अगाडिबाट नै घोषणा गर्नुभएको थियो ।
ती मानिसहरू जससँग येशू कुरा गरिरहनुभएको थियो, तिनीहरूलाई तिनीहरूका पूर्खाहरूद्वारा भएको अगमवक्ताहरू हत्याको लागि जिम्मेवार बनाइनेछ । वैकल्पिक अनुवादः “त्यसैकारण, परमेश्वरले यस पुस्तालाई मानिसहरूले मारेका अगमवक्ताहरूको सबै मृत्युहरूको लागि जिम्मेवार ठहराउनुहुनेछ”
“रगत बहाइएको” भन्नाले तिनीहरूलाई मार्दा रगत बगेको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “अगमवक्ताहरूको हत्या”
यिनी सम्भवतः पुरानो करारमा भएका एक पूजाहारी थिए जसले इस्राएलका मानिसहरूलाई मूर्तिपूजाको लागि हप्काए । यिनी बप्तिस्मा-दिने यूहन्नाका बुबा थिएनन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई मानिसहरूले मारे”
येशूले यहूदी शिक्षकलाई जवाफ दिन सकाउनुहुन्छ ।
येशूले परमेश्वरको सत्यताको बारेमा यसरी बताउनुहुन्छ मानौँ त्यो कुन घरमा थियो जहाँ शिक्षकहरू प्रवेश गर्न इन्कार गर्छन् र अरूहरूलाई पनि भित्र प्रवेश गर्ने साँचो लिन दिँदैनन् । यसको अर्थ हुन्छ कि शिक्षकहरूले परमेश्वरलाई साँचो रूपमा जान्दैनन्, र तिनीहरूले अरूहरूलाई पनि उहाँलाई राम्ररी चिन्नबाट रोक्छन् ।
यसले घर वा भण्डार कोठामा पस्ने माध्यमको प्रतिनिधित्व गर्छ ।
“तिमीहरू आफैँ पनि ज्ञान पाउनलाई भित्र पस्दैनौ”
यो कथाको त्यस भागको अन्त्य हो जहाँ येशू फरिसीको घरमा खानुहुन्छ । यी पदहरूले कथाको मुख्य भाग सकिएपछि के हुन्छ भन्ने विषयमा बताउँछ ।
“येशू फरिसीको घरबाट जानुभएपछि”
शास्त्रीहरू र फरिसीहरूले तिनीहरूको दृष्टिकोणको बचाउ गर्नको लागि विवाद गरेनन्, तर येशूलाई फसाउनको लागि ताकि तिनीहरूले उहाँलाई परमेश्वरको व्यवस्था तोड्नुभएको आरोप लगाउन सकून् ।
यसको अर्थ हुन्छ कि येशूले कुनै गलत कुरा भनेको तिनीहरू चाहन्थे ताकि तिनीहरूले उहाँलाई दोष लगाउन सकून् । शास्त्रीहरू र फरिसीहरूले तिनीहरूको दृष्टिकोणको बचाउ गर्नको लागि विवाद गरेनन्, तर येशूलाई फसाउनको लागि ताकि तिनीहरूले उहाँलाई परमेश्वरको व्यवस्था तोड्नुभएको आरोप लगाउन सकून् ।
1 त्यसै बेला, जब हजारौँ मानिस एकै ठाउँमा जम्मा भएका थिए । उनीहरूको सङ्ख्या अत्यधिक भएको कारण एउटाले अर्कोलाई कुल्चिरहेका थियो । उहाँले आफ्ना चेलाहरूलाई यसो भन्न सुरु गर्नुभयो, “फरिसीहरूको खमिरबाट सावधान रहो, जुनचाहिँ पाखण्डीपना हो । 2 तर कुनै पनि कुराहरू यसरी गुप्त छैनन् जुन प्रकट हुनै सक्दैनन् र कुनै पनि कुराहरू लुकेका छैनन् जुन कुरा थाहा नहोस् । 3 यसकारण, तिमीले जे कुराहरू अन्धकारमा भनेका छौ, त्यो ज्योतिमा सुनिनेछ र जे कुरा तिमीले भित्री कोठामा कानमा भनेका छौ, त्यो घरको धुरीबाट घोषणा गरिनेछ । 4 मेरा मित्रहरू, म तिमीलाई भन्दछु कि शरीरलाई मार्नेहरूसँग नडराओ किनकि त्यसपछि तिनीहरूले केही गर्न सक्दैनन् । 5 तर म तिमीहरूलाई कोसँग डराउने भनी चेताउनी दिन्छु । त्यो व्यक्तिसँग डराओ जससित मारेपछि नरकमा फालिदिने अधिकार छ । हो, म तिमीलाई भन्दछु, उहाँसँग डराओ । 6 के पाँचवटा भङ्गेरा दुई सिक्कामा बेचिँदैनन् र ? परमेश्वरको दृष्टिबाट एउटा पनि बिर्सेको हुँदैन । 7 तर उहाँले तिम्रा कपालका सबै रौँको पनि गणना गर्नुभएको छ । उहाँसित नडराओ, किनकि तिमीहरू धेरै भङ्गेराहरूभन्दा पनि मूल्यवान् छौ । 8 म तिमीलाई भन्दछु, कि हरेक जसले मानिसहरूका अगि मलाई स्वीकार गर्दछ, परमप्रभुका दूतहरूका अगि मानिसका पुत्रले पनि उसलाई स्वीकार गर्नेछन् । 9 तर जसले मलाई मानिसहरूका सामु इन्कार गर्दछ, परमप्रभु परमेश्वरका दूतहरूले उसलाई पनि इन्कार गर्नेछन् । 10 हरेक जसले परमेश्वरका पुत्रको विरुद्धमा बोल्दछ, उसलाई क्षमा गरिनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्दछ, उसलाई क्षमा गरिनेछैन । 11 जब तिनीहरूले तिमीहरूलाई सभाघरको शासक र अधिकारीहरूको अगि ल्याउनेछन, कसरी प्रतिकार गर्ने र के बोल्ने भन्ने विषयमा चिन्तित नहोओ । 12 पवित्र आत्माले तिमीहरूलाई त्यही घडी के भन्नुपर्ने हो भनी सिकाउनुहुनेछ । 13 त्यसपछि भिडबाट एक जनाले उहाँलाई यसो भन्यो, “गुरुज्यू, मेरो भाइलाई सम्पत्तिको भागबन्डा गरिदिनुहोस् भनी बताइदिनुहोस् ।” 14 येशूले त्यसलाई भन्नुभयो, “हे मानिस, कसले मलाई तिमीहरूमाथि न्यायधीश र मध्यस्तकर्ता बनायो ?” 15 र उहाँले तिनीहरूलाई भन्नुभयो, “हेर आफैँलाई लोभी इच्छाहरूबाट अलग राख, किनभने कसैको पनि जीवन उसको प्रशस्त धन सम्पत्तिको कारणले गर्दा जीवन प्रशस्ततामा रहन सक्दैन ।” 16 तब येशूले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, “धनी मानिसको भूमिले प्रशस्त उब्जनी दियो, 17 र उसले मनमनै भन्न लाग्यो, ‘म के गरूँ, किनकि मसँग अन्नको भण्डारण गर्ने प्रशस्त ठाउँ छैन ?‘ 18 उसले भन्यो, ‘म भकारीहरूलाई भत्काउनेछु र ठुलो बनाउनेछु । त्यहीँ नै सबै अन्नहरू र अन्य सामग्री भण्डारण गर्नेछु ।’ 19 म मेरो प्राणलाई भन्नेछु, ‘हे प्राण, तेरो लागि प्रशस्तै असल चिजहरू धेरै वर्षको लागि भण्डारण गरिएको छ । आराम गर, खा, पी र आनन्दित हो ।’ 20 तर परमेश्वरले त्यसलाई भन्नुभयो, ‘मूर्ख मानिस, आजको रात नै तेरो प्राण फिर्ता लिइयो भने, तैँले तयार गरेको ती सब चिजहरू कसको हुनेछ ?’ 21 यसरी नै कसैले आफ्नो धन सम्पत्तिको संचय गरेर आफ्नै लागि राख्दछन् र यो परमेश्वरकहाँ पुग्दैन ।” 22 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनको विषयमा के खाऔँला वा के पहिरौँला भनी चिन्ता नगर । 23 जीवन खानेकुरा भन्दा र शरीर लगाउने कुराभन्दा अझ बढी उत्तम छ । 24 कागहरूलाई विचार गर, तिनीहरूले न त छर्छन् न त बटुल्दछन् । उनीहरूका भण्डारणहरू छैनन् अथवा भकारी पनि छैन, तर परमेश्वरले उनीहरूलाई खुवाउनुहुन्छ । तिमी चराहरूभन्दा धेरै मूल्यवान् छौ । 25 र के तिमीहरूमध्ये कसैले चिन्ता गरेर आफ्नो जीवनको आयुमा एकपल पनि थप्न सक्छौ र ? 26 तिमीहरू सबैभन्दा सानो काम गर्न योग्यका छैनौ भने बाँकी कुराहरूको लागि किन चिन्तित हुन्छौ ? 27 मैदानका लिली फुलहरूलाई विचार गर, तिनीहरू कसरी बढ्छन् ? न त तिनीहरूले परिश्रम गर्छन्, न त मेहनत नै गर्छन, म तिमीहरूलाई भन्दछु, सोलोमन पनि आफ्ना सबै महिमामा यिनीहरूझैँ आभूषित थिएनन् । 28 यदि परमेश्वरले जमिनका घाँसलाई सुशोभित पार्नुहुन्छ जुन आज अस्तित्वमा छ, तर भोली आगोमा फालिनेछ भने, हे अल्प विश्वासी हो, त्यो भन्दाबढी तिमीहरूलाई कति धेरै सशोभित गर्नुहुनेछ । 29 के खाऔँला र के पिऔँला भनी नभौतारिओ र चिन्ता नगर । 30 संसार भरका सबै राष्ट्रहरूले यही कुराको खोजी गर्दछन् र तिम्रा पिताले तिम्रा सबै आवश्यकताहरू जान्नुहुन्छ । 31 तर उहाँको राज्यको खोजी गर, र यी सबै थोकहरू तिमीलाई थपिनेछन् । 32 सानो बगाल हो, नडराओ, किनकि तिम्रा पिताले तिमीलाई राज्य दिन अति खुसी हुनुहुन्छ । 33 आफ्ना धन सम्पत्ति बेच र गरिबहरूलाई देओ । तिनलाई नखिइने थैलीभित्री राख; स्वर्गमा धन संचय गर, जहाँ चोरले चोर्न सक्दैन, र किराले हानि पुर्याउँदैन, न त खिया नै लाग्दछ । 34 जहाँ तिम्रो धन छ, त्यहीँ नै तिम्रो मन पनि हुनेछ । 35 तिम्रो लामो पोसाक कम्मरको पेटीसम्म होस् र तिम्रा बत्तीहरू बलिरहून् । 36 आफ्नो मालिक विवाहको भोजबाट फर्केर आउने प्रतीक्षामा रहेका मानिसहरूझैँ होओ । जब मालिक आउँछ र ढोका ढकढकाउँदछ, तिनीहरूले तुरुन्तै ढोका खोल्नेछन् । 37 धन्य हुन् ती सेवकहरू, जो आफ्नो मालिक फर्केर आउँदा उसले जागा रहेको भेट्टाउनेछ । म तिमीहरूलाई साँचो भन्दछु, कि उसले आफ्नो लामो वस्त्रलाई पेटीले कसेर भित्री भागमा सुरक्षित राखी खानामा बसाल्दछ र आएर उनीहरूको सेवा गर्नेछ । 38 यदि मालिक दोस्रो पटक रातको समय आयो भने पनि वा तेस्रो चोटि हेर्न आयो भने पनि तिनीहरू जागा भेट्टाइए भने, तिनीहरू धन्यका हुन् । 39 तर पनि यो जानी राख, कि यदि घरको मालिकलाई चोर कुन बेला आउँछ भन्ने थाहा भएको भए उसले आफ्नो घर फोर्नबाट बचाउने थियो । 40 जागा रहो, किनभने तिमीहरूलाई मानिसका पुत्र कुन घडीमा आउँछ भन्ने कुरा थाहा छैन ।” 41 पत्रुसले भने, “प्रभु, के तपाईंले यो दृष्टान्त हामीलाई मात्रै भन्नुभएको हो, कि सबैलाई ?” 42 प्रभुले भन्नुभयो, “विश्वासयोग्य र बुद्धिमान् व्यवस्थापकलाई मालिकले आफूमुनिका सेवकहरूलाई उनीहरूको भागको खाना ठिक समयमा खाना दिन्छन् । 43 धन्य हो त्यो सेवक, जसले आफ्नो मालिक फर्कंदा यी कार्यहरू गरिरहेको भेट्टाउनेछ । 44 म साँचो भन्दछु, कि उसले सबै सम्पत्तिको हक उसलाई दिनेछ । 45 तर यदि सेवकले आफ्नो हृदयमा यसो भन्दछ भने, मेरो मालिक फर्की आउन ढिलो गर्नुहुनेछ भनी स्त्री तथा पुरुष सेवकहरूलाई दुर्व्यवहार गरी कुटपिट गर्दछ अनि खाँदै, पिउँदै दाखमद्यले मातिन्छ । 46 त्यस सेवकले नचिताएको बेलामा मालिक फर्की आउनेछ, जुन घडी उसलाई थाहै हुनेछैन । आफ्नो मालिकले उसलाई भेटेर टुक्रा-टुक्रा गरी काट्नेछ र अविश्वासीहरूका लागि तयार पारेको ठाउँमा उसको नियुक्ति हुनेछ । 47 त्यस सेवकलाई आफ्नो मालिकले यस्तै गर्नेछन भन्ने थाहा हुँदाहुँदै पनि आफैँलाई तयार नगरी वा आफ्नो इच्छाअनुसार गरेको कारण उसलाई धेरै मुक्का हानिनेछ । 48 तर जसले थाहै नभईकन मुक्का पाउने योग्यको काम गर्दछ, उसलाई थोरै मात्र मुक्काहरू दिइनेछ । हरेक जसलाई धेरै दिइएको छ, उसबाट पनि चाहिए जति असुलिने छ, जसलाई तिनीहरूले धेरै जिम्मा दिइएको छ उसबाट धेरै नै फिर्ता मागिनेछ । 49 म पृथ्वीमा आगो वर्षाउन आएको हुँ र म जे चाहन्छु त्यो भइसकेको छ । 50 तर मैले एउटा बप्तिस्मा लिनुपर्नेछ, यो पुरा नहुन्जेलसम्म मैले कष्ट भोग्नुपर्छ । 51 के म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी सोच्द्छौ ? होइन, म तिमीहरूलाई भन्दछु, कि म बरु विभाजन ल्याउन आएँ । 52 अब परिवारमा भएका पाँच जना मानिसमध्ये तिन जना दुई जनाको विरुद्धमा वा दुई जना तिन जनाको विरुद्धमा हुनेछन् । 53 त्यहाँ विभाजन हुनेछ । बाबुको विरुद्धमा छोरा र छोराको विरुद्धमा बाबु हुनेछ; आमा छोरीको विरुद्धमा र छोरी आमाको विरुद्धमा, सासू बुहारीको विरुद्धमा र बुहारी सासूको विरुद्धमा हुनेछिन् । 54 येशूले भिडलाई पनि यसो भनिरहनुभएको थियो, “जब तिमीहरूले पश्चिम दिशामा बादल उठेको देख्दछौ र तुरुन्तै भन्दछौ, ‘वृष्टि हुनेछ र त्यस्तै हुनेछ ।’ 55 जब दक्षिणबाट बतास बहन्छ, तिमीहरू भन्दछौ, ‘त्यो एकदमै प्रचण्ड तातो हुनेछ र त्यस्तै हुनेछ ।’ 56 पाखण्डीहरू हो, तिमीहरू जान्दछौ कि पृथ्वी र स्वर्गमा भएका चिह्नहरूलाई हेरेर, के हुँदै छ त्यो भन्न सक्दछौ, तर अहिलेको वर्तमान समयको विषयमा केही भन्न सक्दैनौँ ? 57 तिम्रो आफ्नै लागि जे कुरा ठिक छ, त्यसमा किन न्याय गर्दैनौ ? 58 तिमी आफ्नो विरोधीसँग प्रशासककहाँ जाँदा, बाटोमा नै आफ्नो मुद्दा मिलाऊ ताकि उसले तिमीलाई न्यायमा नडोर्याओस् र हाकिमकहाँ नसुम्पोस्, नत्रता हाकिमले तिमीलाई झ्यालखानामा हाल्नेछ । 59 म तिमीलाई भन्दछु, “तिमी कहिल्यै पनि त्यहाँबाट मुक्त भएर आउन सक्दैनौ जबसम्म तिमीले त्यसको पैसा चुक्ता गर्दैनौँ ।”
कसैले पनि निश्चय गरी जान्दैन मानिसहरूले त्यस्तो के काम गर्छन् वा के शब्दहरू भन्छन् जब तिनीहरूले यो पाप गर्छन् । तर जे होस्, तिनीहरूले सम्भवतः पावित्र आत्मा र उहाँको कामलाई अपमान गर्छन् । पवित्र आत्माको कामको एउटा भाग चाहिँ मानिसहरूलाई तिनीहरू पापी हुन् र तिनीहरूलाई क्षमा गर्न तिनीहरूलाई परमेश्वरको खाँचो छ भनी बुझाउनु हो । त्यसैकारण, जो कोही जसले पाप गर्नलाई बन्द गर्ने कोसिस गर्दैन, उसले सम्भवतः आत्माको विरुद्धमा ईश्वरनिन्दा गरिरहेको छ । अनि )
परमेश्वरले उहाँका मानिसहरूले यो सम्झेको अपेक्षा गर्नुहुन्छ कि संसारमा भएका सबै कुराहरू परमेश्वरका हुन् । परमेश्वरले उहाँका मानिसहरूलाई विभिन्न चीजहरू दिनुहुन्छ ताकि तिनीहरूले उहाँको सेवा गर्न सकून् । उहाँले तिनीहरूलाई दिनुभएको सबै कुराबाट उहाँले चाहनुभएको कुरा गरेर तिनीहरूले उहाँलाई प्रसन्न बनाएको उहाँ चाहनुहुन्छ । उहाँले तिनीहरूलाई प्रयोग गर्न दिनुभएको सबैकुराबाट तिनीहरूले के गरेका छन् भनेर एक दिन येशूले उहाँका सेवकहरूलाई सोध्नुहुनेछ । उहाँले तिनीहरूलाई इनाम दिनुहुनेछ जसले उहाँले चाहनुभएको कुरा गरेका छन्, र तिनीहरूलाई दण्ड दिनुहुनेछ जसले गरेका छैनन् ।
येशू जान्नुहुन्थ्यो कि तिनीहरू जसले उहाँलाई पछ्याउन रोज्दैनन्, तिनीहरूले उहाँलाई पछ्याउन रोज्नेहरूलाई घृणा गर्नेछन् । उहाँले यो पनि जान्नुहुन्थ्यो कि अधिकांश मानिसहरूले अरू कसैलाई भन्दा पनि तिनीहरूका परिवारहरूलाई प्रेम गर्छन् । त्यसैले उहाँलाई पछ्याउनेहरूले यो बुझेको उहाँ चाहनुहुन्थ्यो कि तिनीहरूलाई तिनीहरूको परिवारले प्रेम गरेको चाहनुभन्दा पनि उहाँलाई पछ्याउने र प्रसन्न तुल्याउने कुरा चाहिँ तिनीहरूको लागि बढी महत्त्वपूर्ण हुनुपर्थ्यो (लूका १२:५१-५६) ।
यस अध्यायमा येशूले आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ अनि
येशूले उहाँका चेलाहरूलाई हजारौँ मानिसहरूको अगाडि सिकाउन थाल्नुहुन्छ ।
यो सम्भवतः शास्त्रीहरू र फरिसीहरूले उहाँलाई जालमा पार्ने कुनै उपाय खोजिरहेको बेलामा हो । लेखकले यी शब्दहरू नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्नलाई प्रयोग गर्छन् ।
यो पृष्ठभूमि जानकारी हो जसले कथाको परिवेशको विषयमा बताउँछ ।
“एउटा धेरै ठुलो भीड”
त्यहाँ यति धेरै मानिसहरूको भीड लागेको थियो कि तिनीहरूले एकअर्कालाई कुल्चन सक्थे भनी व्यक्त गर्नको लागि यो एउटा अतिशयोक्ति हो । वैकल्पिक अनुवादः “तिनीहरूले एउटाले अर्कालाई टेकिरहेका थिए” वा “तिनीहरूले एकअर्काको खुट्टामा टेकिरहेका थिए”
“येशूले पहिले आफ्ना चेलाहरूसँग कुरा गर्न सुरु गर्नुभयो, र तिनीहरूलाई भन्नुभयो”
जसरी खमिर रोटीको पिठोको डल्लाभरी फैलिन्छ, त्यसरी नै तिनीहरूको पाखण्डीपन पनि सारा समुदायभरी फैलँदै थियो । वैकल्पिक अनुवादः “तिमीहरू आफैँलाई फरिसीहरूको पाखण्डीपनबाट सुरक्षित राख, जुन खमिर जस्तै हो” वा “होशियार रहो कि तिमीहरू पनि फरिसीहरूजस्तै पाखण्डी नहोओ । जसरी खमिरले पिठोको पूरै डल्लोलाई असर पार्छ, त्यसरी नै तिनीहरूको व्यवहारले हरेकलाई प्रभाव पार्छ”
“तर” शब्दले यस पदलाई फरिसीहरूको पाखण्डीपनको बारेमा भएको अघिल्लो पदसँग जोड्छ ।
“लुकाइएको हरेक कुरा प्रकट गरिनेछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले गोप्य रीतिले गर्ने सबैकुराहरूको बारेमा मानिसहरूले थाहा पाउनेछन्”
वाक्यको सत्यतालाई जोड दिनलाई यसले वाक्यको पहिलो खण्डले जस्तै उही अर्थ दिन्छ । यसलाई कर्तृ वाच्यमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले ती सबै कुराहरूको बारेमा जान्नेछन् जुन अरूहरूले लुकाउन कोसिस गर्छन्”
यहाँ “अन्धकार” भनेको “रात”को लागि प्रतिस्थापन शब्द हो जुन चाहिँ “गोप्य”को लागि प्रतिस्थापन शब्द हो । अनि “ज्योति”चाहिँ “दिन”को लागि प्रतिस्थापन शब्द हो जुन चाहिँ “सार्वजनिक”को लागि प्रतिस्थापन शब्द हो । “सुनिनेछ” भन्ने वाक्यांशलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले जे पनि राती गोप्यमा भनेका छौ, मानिसहरूले त्यो दिनको उज्यालोमा सुन्ने छन्”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अर्को व्यक्तिलाई कानेखुसी गरेको”
“बन्द गरिएको कोठामा ।” यसले गोप्य कुराकानीलाई जनाउँछ । वैकल्पिक अनुवादः “गोप्यतामा” वा “गोप्य तवरले”
“ठूलो स्वरमा भनिनेछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले घोषणा गर्नेछन्”
इस्राएलमा घरको छत समतल परेको हुन्थ्यो, त्यसैले मानिसहरू त्यसमाथि गएर उभिन सक्थे । यदि घरको छानामाथि कसरी जाने भनी सोचेर पाठकहरू भ्रममा पर्छन् भने, यसलाई “मानिसहरूले सुन्न सक्ने अग्ला ठाउँहरूबाट” भन्नेजस्ता सामान्य अभिव्यक्तिसँगै अनुवाद गर्न सकिन्छ ।
उहाँको प्रवचन एउटा नयाँ विषयमा फेरिएको कुरालाई अङ्कित गर्नलाई येशूले उहाँका चेलाहरूलाई पुनः सम्बोधन गर्नुहुन्छ, अहिले चाहिँ, नडराउने विषयमा कुरा गर्न ।
“तिनीहरूले अरू कुनै हानि गर्न सक्दैनन्”
“एक परमेश्वर” वाक्यांशले परमेश्वरलाई जनाउँछ । यसलाई फरक शब्दहरूमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरको भय मान जससित ... अधिकार हुन्छ” वा “परमेश्वरको भय मान, किनभने ... अधिकार हुन्छ”
“उहाँले तिमीहरूलाई मारेपछि”
मानिसहरूलाई न्याय गर्नलाई परमेश्वरको अधिकारको बारेमा यो एउटा सामान्य कथन हो । यसको अर्थ यो होइन कि यो कुरा चेलाहरूलाई हुनेछ । वैकल्पिक अनुवादः “मानिसहरूलाई नरकमा फ्याँक्ने अधिकार छ”
येशूले चेलाहरूलाई सिकाउन एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू जान्दछौ कि केवल दुईवटा स-साना सिक्कामा पाँचवटा भङ्गेराहरू बेचिन्छन् ।”
धेरै साना, बिउ खाने चराहरू
यसलाई कर्तृ वाच्यमा र सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरू कसैलाई कहिल्यै बिर्सनुहुन्न” वा “परमेश्वरले वास्तवमा हरेक भङ्गेरालाई सम्झनुहुन्छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूको शिरमा कतिवटा केश छन् भनेर पनि परमेश्वर जान्नुहुन्छ”
डरको कारणलाई उल्लेख गरिएको छैन । सम्भावित अर्थहरू हुन् १) “तिमीहरूलाई के हुनेछ भनी नडराओ” वा २) “त्यसैले तिमीहरूलाई चोट पुर्याउन सक्ने मानिसहरूदेखि नडराओ ।”
“परमेश्वरले धेरै भङ्गेरालाई भन्दा तिमीहरूलाई बढी मूल्यको ठान्नुहुन्छ”
उहाँको प्रवचन एउटा नयाँ विषयमा फेरिएको कुरालाई अङ्कित गर्नलाई येशूले उहाँलाई सुनिरहेका मानिसहरूलाई पुनः सम्बोधन गर्नुहुन्छ, अहिले चाहिँ, स्वीकार गर्ने विषयमा कुरा गर्न ।
के कुरा स्वीकार गरिएको हो भनेर प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले ऊ मेरो चेला हो भनी अरूलाई भन्छ” वा “ऊ मप्रति बफादार छ भनी अरूको सामु स्वीकार गर्ने जो कोही पनि”
येशूले आफैँलाई जनाउँदै हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र”
“जसले मलाई मानिसहरूका सामु अस्वीकार गर्छ ।” के कुरा इन्कार गरिएको हो भनेर प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले ऊ मेरो चेला हो भनी अरूहरूका सामु स्वीकार गर्न इन्कार गर्छ” वा “यदि कसैले ऊ मप्रति बफादार छ भनी भन्न इन्कार गर्छ भने”
“अस्वीकार गरिनेछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसको पुत्रले उसलाई इन्कार गर्नेछन्” वा “ऊ मेरो चेला हो भनी म इन्कार गर्नेछु”
“हरेक जसले मानिसको पुत्रको बारेमा कुनै खराब कुरा भन्छ”
“उसलाई माफ गरिनेछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उसलाई त्यसको निम्ति क्षमा गर्नुहुनेछ”
“पवित्र आत्माको विरुद्धमा खराबी बोल्छ”
यसलाई कर्तृ वाच्यको कृयापदसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर उसलाई ... परमेश्वरले उसलाई क्षमा गर्नुहुनेछैन” वा “तर उसलाई ... परमेश्वरले उसलाई सधैँको लागि दोषी ठान्नुहुनेछ”
तिनीहरूलाई कसले न्यायमा ल्याउँछन् भन्ने कुरालाई उल्लेख गरिएको छैन ।
“धार्मिक अगुवाहरूको अगि सभाघरहरूभित्र तिमीहरूलाई प्रश्न सोध्न” (युडीबी)
यिनीहरूलाई एउटै भनाइमा जोडेर राख्न जरुरी हुन सक्छ । वैकल्पिक अनुवादः “देशमा शक्ति भएका अरू मानिसहरू”
“त्यो समयमा” वा “तब”
यो येशूका शिक्षाहरूमा आएको छोटो रोकावट हो । एउटा मानिसले येशूलाई केही गरिदिनको लागि भन्छ र येशूले जवाफ दिनुहुन्छ ।
त्यस संस्कृतिमा अंश चाहिँ, सामान्यतया बाबु मरेपछि उनीबाट आउँथ्यो । भन्ने मान्छेको बाबु सम्भवतः मरेका थिए भनेर स्पष्ट बनाउन तपाईंलाई आवश्यक हुन सक्छ । वैकल्पिक अनुवादः “मेरा बाबुको जायजेथा मसँग बाँड्न किनकि हाम्रा बाबुको अब मृत्यु भएको छ”
सम्भावित अर्थहरू हुन् १) यो एउटा नचिनेको मानिसलाई बोलाउने सामान्य शैली हो वा २) येशूले त्यो मानिसलाई हप्काइरहनुभएको थियो । तपाईंको भाषामा यीमध्ये कुनै एउटा किसिमले मानिसहरूलाई बोलाउने तरिका हुनसक्छ । केहीले यो शब्दलाई अनुवाद नै गर्दैनन् ।
येशूले त्यस मानिसलाई हप्काउन एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । केही भाषाहरूले “तिमी” वा “तिम्रो” लाई बहुवचनमा पनि प्रयोग गर्न सक्छन् । वैकल्पिक अनुवादः “म तिम्रो न्यायाधीश वा मध्यस्थकर्ता होइन ।”
यहाँको “तिनीहरू” ले सम्भवतः सारा भीडलाई जनाउँछ । वैकल्पिक अनुवादः “र येशूले भीडलाई भन्नुभयो”
“हरेक किसिमको लोभबाट तिमीहरूले आफैँलाई सुरक्षित राख ।” वैकल्पिक अनुवादः “कुनै थोकलाई पाउनलाई आफैँलाई मोहित हुन नदेओ” वा “अझ बढी थोकहरू प्राप्त गर्ने लालसालाई तिमीहरूलाई नियन्त्रण गर्न नदेओ”
यो तथ्यको एउटा सामान्य कथन हो । यसले कुनै तोकिएको व्यक्तिलाई जनाउँदैन । केही भाषाहरूको त्यसलाई व्यक्त गर्ने एउटा तरिका हुन्छ ।
“उससँग कति धेरै थोकहरू छन्” वा “उससँग कति धेरै सम्पत्ति छ”
येशूले एउटा दृष्टान्त भन्नुभएर उहाँको शिक्षालाई निरन्तरता दिनुहुन्छ ।
सम्भवतः येशू अझै समग्र भीडसँग नै बोल्दै हुनुहुन्थ्यो ।
“फसल निकै राम्ररी बढ्यो”
यस प्रश्नले त्यस मानिसले मनमनै आफैँ सोचिरहेको कुरालाई झल्काउँछ । वैकल्पिक अनुवादः “के गर्ने भनेर म जान्दिन, किनभने मसँग मेरा सबै अनाजलाई भण्डारण गर्न पर्याप्त ठूलो ठाउँ छैन !”
भकारीहरू किसानले फसल उठाएपछि अन्न र खानाहरू भण्डारण गर्ने ठाउँहरू
सम्पत्तिहरू
“म आफैँलाई भन्नेछु, ‘मसँग ... वर्षहरू ... छ । आराम गर् ... मोज ... ।’” वा “म आफैँलाई भन्नेछु कि मसँग ... वर्षहरू छ, त्यसैले म आराम गर्न ... मोज गर्न सक्छु ।”
परमेश्वरले त्यस धनी मानिसलाई कसरी जवाफ दिनुहुन्छ भनेर येशूले उद्धृत गर्नुहुन्छ, जसै उहाँले उहाँको दृष्टान्त भन्न सकाउनुहुन्छ ।
“प्राण”ले व्यक्तिको जीवनलाई जनाउँछ । वैकल्पिक अनुवादः “तँ आज राती नै मर्नेछस्” वा “म आज राती नै तेरो जीवन तँबाट लिनेछु”
“तैँले भण्डारण गरेका थोकहरू कसको हुनेछ ?” वा “तैँले तयार पारेका थोक कसले पाउनेछ ?” ती कुनै पनि कुरा मानिसको स्वामित्वमा हुनेछैन भन्ने महसुस गराउन परमेश्वरले एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तैँले तयार पारेका कुराहरू अरू कसैको हुनेछ !”
“मूल्यवान् थोकहरू वचत गर्छन्”
परमेश्वरलाई महत्त्वपूर्ण लाग्ने कुराहरूमा उसको समय र धनको प्रयोग गरेको छैन
येशूले उहाँका चेलाहरूलाई भीडको अगाडि सिकाउन निरन्तरता दिनुहुन्छ ।
“त्यसैले” वा “यस कथाले जे कुरा सिकाएको हुनाले”
“म तिमीहरूलाई केही महत्त्वपूर्ण कुराहरू भन्न चाहन्छु” वा “तिमीहरूले यसलाई होसियारीपूर्वक सुन्नुपर्छ”
“तिमीहरूको शरीरको बारेमा र तिमीहरूले के लगाउनेछौ भनेर” वा “तिम्रो शरीरमा लगाउनलाई पर्याप्त कपडाहरू पाउने बारेमा”
यो मूल्यमान्यताको विषयमा सामान्य कथन हो । वैकल्पिक अनुवादः “जीवन तिमीले खाने खानेकुराभन्दा बढी महत्त्वपूर्ण हो”
“तिम्रो शरीर तिमीले त्यसमा लगाउने वस्त्रहरूभन्दा बढी महत्त्वपूर्ण हो”
यसले यी कुराहरूलाई जनाएको हुनसक्छ १) कागहरू, प्रायः अन्न खाने एक किसिमको चरा, वा २) गिद्धहरू, मरेको जनावरको मासु खाने एक किसिमको चरा । यहूदीहरूले यस्ता किसिमका चराहरूहरू खान नहुने हुनाले येशूका श्रोताहरूले कागहरूलाई मूल्यहीन ठानेका हुनसक्छन् ।
यिनीहरू खानेकुरा सञ्चय गरेर राख्ने स्थानहरू हुन् ।
यो आश्चर्यबोधक भनाइ हो, प्रश्न होइन । येशूले मानिसहरू परमेश्वरलाई ती चराहरूभन्दा ज्यादै मूल्यवान् छन् भन्ने तथ्यलाई जोड दिनुहुन्छ ।
येशूले उहाँका चेलाहरूलाई सिकाउन एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूमध्ये कसैले पनि चिन्ता गरेर तिनीहरूको जीवनलाई अलिकति पनि लम्बाउन सक्दैनौ !”
यो एउटा अलङ्कार हो, किनभने क्युबिट समयको भन्दा पनि लम्बाइको नाप हो । यो एउटा व्यक्तिको जीवनलाई एउटा पाटि, एउटा डोरी, वा केही अन्य भौतिक वस्तुलाई जस्तैगरी तन्काइएको चित्रण हो ।
येशूले उहाँका चेलाहरूलाई सिकाउन अर्को प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “किनकि तिमीहरूले यति सानो कुरा पनि गर्न सक्दैनौ, तिमीहरूले अन्य कुराहरूको विषयमा चिन्ता लिनुहुँदैन”
“लिली फूलहरू कसरी बढ्छन् भन्ने बारेमा सोच”
लिली फुलहरू मैदानमा अत्यधिक बढ्ने सुन्दर फुलहरू हुन् । यदि तपाईंको भाषामा लिली फुलको निम्ति शब्द छैन भने तपाईंले त्यो जस्तै कुनै अरू फुलको नाम वा “फुलहरू” भनेर अनुवाद गर्न सक्नुहुन्छ ।
कपडाको लागि धागो वा धागोको डल्लो बनाउने प्रकृयालाई “कात्ने” भनिन्छ । यसलाई प्रस्ट बनाउँदा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “न त तिनीहरूले कपडा बुन्नलाई धागो बनाउँछन्” वा “र तिनीहरूले धागो बनाउँदैनन्”
“सोलोमन, जससित धेरै सम्पत्ति थिए” वा “सोलोमन, जसले सुन्दर पोशाकहरू लगाउँथे”
“यदि परमेश्वरले मैदानमा भएका घाँसहरूलाई यसरी पहिर्याउनुहुन्छ भने” वा “यदि परमेश्वरले मैदानमा भएका घाँसहरूलाई यति सुन्दर पोशाकहरू दिनुहुन्छ भने ।” परमेश्वरले घाँसलाई सुन्दर बनाउनुभएको विषयमा यसरी बताइएको छ मानौँ परमेश्वरले घाँसलाई सुन्दर वस्त्रहरू पहिराइरहनुभएको हो । वैकल्पिक अनुवादः “यदि परमेश्वरले मैदानमा भएका घाँसहरूलाई सुन्दर बनाउनुहुन्छ भने”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले त्यसलाई आगोमा फालिदिन्छ”
यो आश्चर्यबोधक भनाइ हो, प्रश्न होइन । उहाँले घाँसलाई भन्दा पनि बढी मानिसहरूलाई निश्चय नै वास्ता गर्नुहुन्छ भन्ने कुरालाई येशूले जोड दिनुहुन्छ । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले निश्चय पनि तिमीहरूलाई अझ राम्ररी वस्त्र पहिराउनुहुनेछ”
“तिमीहरूले के खानेछौ र के पिउनेछौ भन्ने कुराहरूमा ध्यान नदेओ” वा “खाने र पिउने कुराहरूको धेरै चाह नगर”
यहाँ “जातिहरू”ले “अविश्वासीहरू”लाई जनाउँछ । वैकल्पिक अनुवादः “अरू जातिका सबै मानिसले” वा “संसारका सबै अविश्वासीले”
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।
“परमेश्वरको राज्यमा ध्यान देओ” वा “परमेश्वरको राज्यको धेरै चाह गर”
“यी कुराहरू पनि तिमीलाई दिइनेछन् ।” “यी कुराहरू” ले खाना र पोशाकलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई यी कुराहरू दिनुहुनेछ”
येशूले उहाँका चेलाहरूलाई एउटा बगाल भन्दै हुनुहुन्छ । बगाल भनेको एउटा गोठालाले हेरचाह गर्ने भेडाहरू वा बाख्राहरूको समूह हो । जसरी गोठालाले उसका भेडाहरूको हेरचाह गर्छ, त्यसरी नै परमेश्वरले येशूका चेलाहरूको वास्ता राख्नुहुन्छ । वैकल्पिक अनुवादः “सानो समूह” वा “प्रिय समूह”
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।
तिनीहरूले पाउने कुरालाई उल्लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “र तिमीहरूले बेचेर कमाएको पैसा गरिब मानिसहरूलाई देओ”
स्वर्गमा थैलीहरू र धन भनेको उस्तै हुन् । यी दुवैले स्वर्गमा परमेश्वरको आशिष्को प्रतिनिधित्व गर्छन् ।
यो गरिबहरूलाई दिने कामको परिणाम हो । वैकल्पिक अनुवादः “यसरी तिमीहरूले आफ्नो निम्ति … बनाउनेछौ”
“पैसाका थैलीहरू जसमा प्वाल पर्ने छैन”
“मत्थर हुँदैन” वा “कम हुँदैन”
“चोरहरू नजिक आउँदैनन्”
“कीराहरूले नाश पार्दैनन्”
“कीरा” भनेको एउटा सानो फट्याङ्ग्रो हो जसले कपडाहरू खाएर त्यसमा प्वाल पार्छ । तपाईंलाई अर्कै कुनै फट्याङ्ग्रोको प्रयोग गर्न आवश्यक हुन सक्छ, जस्तै कमिला वा धमिरा ।
“तिम्रो मन तिमीले तिम्रो सम्पत्ति सञ्चय गरेर राखेको ठाउँमा नै केन्द्रित हुनेछ”
यहाँ “मन”ले व्यक्तिको विचारहरूलाई जनाउँछ ।
येशूले एउटा दृष्टान्त भन्न सुरु गर्नुहुन्छ ।
मानिसहरूले लत्रने लामा कपडाहरू लगाउँथे । तिनीहरूले काम गर्दा तानिनबाट बचाउन तिनीहरूलाई तिनीहरूको पेटीमा बाँध्थे । वैकल्पिक अनुवादः “सेवा गर्न तयार हुनलाई तिमीहरूको लुगा पेटीमा बाँधिराख” वा “लुगा लगाऊ र सेवा गर्न तयार होओ”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूका बत्ती बालिराख”
आफ्ना मालिक फर्कनका लागि तयार रहेका सेवकहरू झैँ येशूले उहाँका चेलाहरूलाई उहाँको लागि तयार रहन आज्ञा गर्नुहुन्छ ।
“विवाहको भोजबाट घर फर्केर आउँछन्”
यसले मालिकको घरको ढोकालाई जनाउँछ । उसको लागि ढोका खोलिदिने काम उसका सेवकहरूको जिम्मेवारी थियो ।
“… का निम्ति कति असल”
“जसको मालिकले ऊ फर्कँदा तिनीहरूले उसलाई पर्खिरहेको भेट्टाउँछ” वा “मालिक फर्कँदा जो तयारी अवस्थामा हुन्छन्”
नोकरहरू इमानदार भएका र तिनको सेवा गर्नलाई तयार रहेका कारण, मालिकले अब तिनीहरूको सेवा गरेर तिनीहरूलाई इनाम दिनेछन् ।
यो राती ९ बजे र मध्यरात बिचको समय थियो । वैकल्पिक अनुवादः “राती अबेला” वा “ठीक मध्यरात अगि”
यो मध्यरात र राती ३ बजे बिचको समय थियो । वैकल्पिक अनुवादः “वा यदि ऊ राती अति ढिलो आउँछ”
“कहिले भनेर थाहा पाएको भए”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उसले चोरलाई उसको घर फोरेर आउन दिने थिएन”
चोर र मानिसको पुत्र बिचको एउटा मात्र समानता मानिसहरूले तिनीहरू दुवै कतिखेर आउँछन् भनेर जान्दैनन्, त्यसैले तिनीहरू तयार हुनुपर्छ ।
“कुन समयमा भनेर जान्दैनौ”
येशूले आफ्नैबारे कुरा गरिरहनुभएको थियो । वैकल्पिक अनुवादः “जब म, मानिसको पुत्र, आउनेछु”
पद ४१ मा, त्यहाँ कथा वर्णनमा छोटो रोकावट आएको छ जसै पत्रुसले येशूलाई अघिल्लो दृष्टान्तको बारेमा एउटा प्रश्न सोध्छन् ।
पद ४२ मा, येशूले अर्को दृष्टान्त बताउन थाल्नुहुन्छ ।
येशूले पत्रुसको प्रश्नलाई अप्रत्यक्ष ढङ्गले जवाफ दिनलाई एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । उहाँले जो इमानदार प्रबन्धक बन्न चाहन्थ्यो यो दृष्टान्त तिनीहरूको बारेमा नै हो भनी बुझेको अपेक्षा गर्नुभयो । वैकल्पिक अनुवादः “मैले यो हरेकको निम्ति भनेको हुँ जो ... ।”
आफ्ना मालिकको पर्खाइमा नोकरहरू कसरी इमानदार बन्ने भन्नेबारे येशूले अर्को दृष्टान्त पनि भन्नुभयो ।
“जसलाई उसको मालिकले अरू नोकरहरूमाथि प्रमुख बनाउँछ”
“त्यो नोकरको लागि कति असल”
“यदि त्यसको मालिकले ऊ फर्केर आउँदा त्यसलाई त्यो काम गरिरहेको भेट्टाउँछ”
यो अभिव्यक्तिको अर्थ हुन्छ कि उहाँले भन्न लाग्नुभएको कुरामा तिनीहरूले विशेष ध्यान दिनुपर्छ ।
“उसलाई आफ्नो सारा सम्पत्तिमाथि अधिकार दिनेछ”
यसले मालिकले अरू नोकरहरूमाथि प्रमुख बनाएको नोकरलाई जनाउँछ ।
यहाँ “हृदय” व्यक्तिको दिमाग वा भित्री व्यक्तित्वको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “मनमनै सोच्छ”
“मेरो मालिक चाँडै फर्कनुहुनेछैन”
यहाँ “पुरुष तथा स्त्री सेवकहरू” भनी अनुवाद गरिएका शब्दहरूलाई सामान्यतया “केटाहरू” र “केटीहरू” भनी अनुवाद गरिन्छ । तिनीहरूले सङ्केत गरेको हुन सक्छ कि सेवकहरू कम उमेरका थिए वा तिनीहरू आफ्ना मालिकका लागि प्यारा थिए ।
“दिन” र “घडी” शब्दहरूले समयको पूर्णतालाई जनाउने वाक्यांशको निर्माण गर्छ जसले कुनै पनि समयलाई जनाउन सक्छ, र “अपेक्षा गर्नु” र “जान्नु” शब्दहरूको पनि उस्तै अर्थहरू हुन्छन्, त्यसैले प्रभुको आगमन सेवकको लागि पूर्ण रूपमा आश्चर्यको विषय हुनेछ भनेर जोड दिनलाई यहाँ दुई वाक्यांशहरू समान किसिमको संरचनामा छन् । तैपनि, तपाईंको भाषामा “जान्नु” र “अपेक्षा गर्नु” वा “दिन” र “घडी”को लागि फरक शब्दहरू नभएसम्म वाक्यांशहरूलाई एकसाथ जोड्नु हुँदैन । वैकल्पिक अनुवादः “सेवकले उसलाई अपेक्षा नगरिरहेको समयमा”
सम्भावित अर्थहरू हुन् 1) मालिकले दासलाई कठोर सजाय दिने विषयमा यो एउटा अतिरञ्जन हो वा २) यसले त्यो तवरलाई वर्णन गर्छ जसरी सजाय स्वरूप त्यो सेवक मारिनेछ र गाडिनेछ ।
येशूले दृष्टान्त भन्न सकाउनुहुन्छ ।
यसलाई कर्तृ वाच्यमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर त्यस सेवकलाई जसले उसको मालिकको इच्छा जान्दछ तर त्यस अनुसार तयार गर्दैन वा काम गर्दैन, मालिकले त्यसलाई धेरै मुक्का हानेर पिट्नेछन्”
“उसले के गरेको उसको मालिकले चाहन्थे”
दुवै सेवकहरूले, जसले मालिकको इच्छा जान्दछ र जसले मालिकको इच्छा जान्दैन, दण्ड पाउँछन्, तर “त्यस सेवक” (पद ४७) बाट सुरु भएका शब्दहरूले देखाउँछन् कि जानाजान आफ्नो मालिकको अनाज्ञापालन गरेका सेवकलाई अर्को सेवकलाई भन्दा बढी कठोर तवरले दण्ड दिइयो ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले बढी पाएको छ, तिनीहरूले उसबाट धेरै माग्नेछन्” वा “मालिकले तिनीहरू सबैबाट धेरै माग्नेछ जसलाई उसले धेरै दिएको छ”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । “मालिकले त्यसबाट अझ बढी माग्नेछन् ... धेरै ... ” वा “मालिकले त्यसबाट अझ बढी खोज्नेछन् ... धेरै ... ”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई मालिकले धेरै सम्पत्ति हेरचाह गर्न दिएका छन्” वा “जसलाई मालिकले धेरै जिम्मेवारी दिएका छन्”
येशूले उहाँका चेलाहरूलाई सिकाउन निरन्तरता दिनुहुन्छ ।
“म पृथ्वीमा आगो फ्याँक्न आएँ” वा “म पृथ्वीमा आगो लगाउन आएँ ।” सम्भावित अर्थहरू हुन् १) येशू मानिसहरूको न्याय गर्न आउनुभएको छ वा २) येशू विश्वासीहरूलाई शुद्ध पार्न आउनुभएको छ वा ३) येशू मानिसहरूको माझमा विभाजन ल्याउन आउनुभएको छ ।
उहाँले यो भएको होस् भनी कति धेरै चाहना गर्नुहुन्छ भनेर यो आश्चर्यबोधक भनाइले जोड दिन्छ । वैकल्पिक अनुवादः “यो अगि नै जलिसकेको होस् भनेर म कति चाहन्छु” वा “यो अगि नै सुरु भइसकेको होस् भनेर म कति चाहन्छु”
यहाँ “बप्तिस्मा”ले येशूले सहनुपर्ने कष्टलाई जनाउँछ । जसरी बप्तिस्माको समयमा एउटा व्यक्तिलाई पानीले ढाक्छ, त्यसरी नै कष्टले येशूलाई सताउनेछ । वैकल्पिक अनुवादः “म भयानक कष्टको बप्तिस्माद्वारा भएर जानुपर्छ” वा “जसरी बप्तिस्मा लिने व्यक्तिलाई पानीले ढाक्छ, त्यसरी नै म कष्टद्वारा व्याकुल बनाइनुपर्छ”
उहाँले बप्तिस्मा नलिनुभएसम्म उहाँले पृथ्वीमा आगो फ्याँक्न सक्नुहुन्न भन्ने देखाउनलाई “तर” शब्द प्रयोगको गरिएको हो ।
यो आश्चर्यले उहाँ कति पीडामा हुनुहुन्थ्यो भन्ने जोड दिन्छ । वैकल्पिक अनुवादः “म चिन्तामा छु र भइरहनेछु जबसम्म मैले यो कष्टको बप्तिस्मा पूरा गर्दिन”
उहाँले तिनीहरूको गलत बुझाइलाई सच्याउन गइरहनुभएको छ भनेर थाहा गराउनलाई येशूले एउटा प्रश्न सोध्नुहुन्छ । दोस्रो वाक्यमा हटाइएका “म आएँ” भन्ने शब्दहरूलाई तपाईंले राख्नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “तिमीहरू सोच्छौ कि म पृथ्वीमा शान्ति ल्याउन आएँ, तर म तिमीहरूलाई भन्छु कि म त्यसको लागि आइँन । बरु, म त विभाजन ल्याउन आएँ”
“शत्रुता” वा “झगडा”
यसले मानिसहरूलाई जनाउँछ भनेर उल्लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “त्यहाँ एउटा घरमा पाँचजना मानिसहरू हुनेछन्”
“ ... विरोध गर्नेछन् ... विरोध गर्नेछन्”
“ ... विरोध गर्नेछन्”
येशू भीडसँग कुरा गर्न सुरु गर्नुहुन्छ ।
इस्राएलमा यो अवस्थाले सामान्यतया पानी पर्दैछ भन्ने अर्थ दिन्थ्यो ।
“झरी पर्दै छ” वा “पानी पर्न गइरहेको छ”
इस्राएलमा यो अवस्थाले सामान्यतया तातो मौसम आउँदैछ भन्ने अर्थ दिन्थ्यो ।
“पृथ्वी र आकाश”
येशूले भीडलाई हप्काउन एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । येशूले तिनीहरूलाई गल्तीको अनुभव गराउन यो प्रश्नको प्रयोग गर्नुहुन्छ । यसलाई एउटा कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले वर्तमान समयलाई कसरी व्याख्या गर्ने हो भनी जान्नुपर्छ ।”
येशूले भीडलाई हप्काउन एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । यसलाई एउटा कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “के ठीक हो भनी तिमीहरू आफैँले छुट्याउनुपर्छ ।”
“तिमीहरूको आफ्नै अग्रसरतामा”
येशूले भीडलाई सिकाउन एउटा काल्पनिक परिस्थितिको प्रयोग गर्नुहुन्छ । उहाँको भनाइ के हो भने तिनीहरूले आफूहरूले सुल्झाउन सक्ने मामिलाहरूलाई सार्वजनिक अदालतहरूलाई संलग्न नगराइकनै सुल्झाउनुपर्छ । यो कुरा नहुन सक्छ भनेर प्रस्ट बनाउन यसलाई पुनः उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि यदि तिमीहरू ... जान पर्यो ... झ्यालखानामा ... ”
येशूले भीडसँग कुरा गरिरहनुभएको भए तापनि, उहाँले प्रस्तुत गरिरहनुभएको परिस्थिति भनेको कुनै व्यक्ति एक्लै जानुपर्ने कुराको हो । त्यसैले केही भाषाहरूमा “तिमी” शब्द एकवचन हुन्छ ।
“तिम्रो विरोधीसँग मिलाप गर”
यसले बडाहाकिमलाई जनाउँछ, तर यहाँ यो शब्द बढी विशिष्ट र खतराको सङ्केत दिने किसिमको छ ।
“तिमीलाई लिँदैन”
यो काल्पनिक परिस्थितिको अन्त्यो हो, जुन पद ५८ मा सुरु हुन्छ, जुन येशूले भीडलाई सिकाउन प्रयोग गर्नुहुन्छ । उहाँको भनाइ के हो भने तिनीहरूले आफूहरूले सुल्झाउन सक्ने मामिलाहरूलाई सार्वजनिक अदालतहरूलाई संलग्न नगराइकनै सुल्झाउनुपर्छ । यो कुरा नहुन सक्छ भनेर प्रस्ट बनाउन यसलाई पुनः उल्लेख गर्न सकिन्छ ।
“रकमको सम्पूर्ण परिमाण जुन तिम्रो विरोधीले खोज्छ”
1 त्यस बेला, केही मानिसहरूले उहाँलाई पिलातसले तिमीहरूको रगत तिनीहरूको आफ्नै बलिदानसँग मिसाइदिएका गालीलीहरूबारे बताए । 2 येशूले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो, “के ती गालीलीहरूले यस्तो भोगेकाले तिनीहरू अरू गालीलीहरूभन्दा पापी थिए भन्ने तिमीहरू सोच्छौँ ? 3 होइन, म तिमीहरूलाई भन्छु । तर यदि तिमीहरूले पनि पश्चात्ताप गरेनौ भने, तिमीहरू पनि यसरी नै नष्ट हुनेछौ । 4 वा सिलोआमको धरहरा भत्केर मरेका अठार जना मानिस, यरूशलेमका अरू मानिसहरूभन्दा बढी पापी थिए भन्ने लाग्छ ? 5 म भन्छु, होइन । तर यदि तिमीहरूले पश्चात्ताप गरेनौ भने, तिमीहरू पनि यसरी नै नष्ट हुनेछौ । 6 येशूले यो दृष्टान्त भन्नुभयो, “कसैले उसको दाखबारीमा दाख रोप्न लगायो र त्यसमा केही फलहरू खोज्न आयो, तर उसले केही पनि पाएन । 7 त्यो मानिसले त्यसको हेरचाह गर्नेलाई भन्यो, ‘हेर, मैले यो दाखको रुखमा तिन वर्षदेखि फल खोजेको छु, तर कुनै पनि फल पाइनँ । यसलाई ढाल । जमिनलाई किन खेर फाल्ने ?’ 8 त्यसको हेरचाह गर्नेले जवाफ दिएर भन्यो, ‘यस वर्ष यसै होस् । म यसको वरिपरि खनेर मल हाल्नेछु । 9 यसले अर्को वर्ष फल फलायो भने, ठिक छ; तर यदि फल फलाएन भने, ढाल्नुहोस्’ ।” 10 यस बेला येशू विश्रामको समयमा एउटा सभाघरमा सिकाउँदै हुनुहुन्थ्यो । 11 हेर, त्यहाँ अठार वर्षदेखि दुर्बलताको अशुद्ध आत्माले सताएइकी एउटी स्त्री थिइन् र तिनी कुप्रो भएर पूर्ण रूपमा उभिन सक्दिन थिइन् । 12 जब येशूले तिनलाई देख्नुभयो, उहाँले तिनलाई बोलाउनुभयो र भन्नुभयो, “तिम्रो दुर्बलताबाट छुटकारा पाऊ ।” 13 उहाँले तिनीमाथि हात राख्नुभयो र तिनी तत्कालै सोझो भएर उभिन् र परमेश्वरको महिमा गरिन् । 14 तर सभाघरका शासकहरू क्रूद्ध भए, किनभने येशूले विश्रामको दिनमा निको पार्नुभएको थियो । त्यसैले, शासकले जवाफ दिएर भिडलाई भने, “काम गर्नको निम्ति छ दिन छन् । यसैले, विश्रामको दिन होइन, अरू दिनमा आओ र निको होओ ।” 15 प्रभुले जवाफ दिएर भन्नुभयो, “पाखण्डीहरू हो ! के तिमीहरू हरेकले विश्रामको दिनमा तिमीहरूका गधा वा गाईलाई फुकाएर पानी खुवाउन लाँदैनौ र ? 16 त्यसैले, यी अब्राहामकी छोरी जसलाई अठार वर्षदेखि शैतानले बन्धनमा पारेको छ, के तिनको बन्धन विश्रामको दिनमा नै फुकाल्नु पर्दैन र ?” 17 जब उहाँले यी कुराहरू भन्नुभयो, उहाँका विरोध गर्नेहरू सबै लज्जित भए, तर सम्पूर्ण भिड उहाँले गर्नुभएका यी सबै महिमामय कार्यहरूमा आनन्दित भए । 18 तब येशूले भन्नुभयो, “परमेश्वरको राज्य केजस्तो छ र म यसलाई केसँग तुलना गर्न सक्छु ? 19 यो एउटा रायोको बिउजस्तो हो, जसलाई एउटा मानिसले उसको करेसाबारीमा लगेर छरे र यो एउटा ठुलो बिरुवा भयो र आकाशका चराहरूले यसका हाँगाहरूमा गुँड बनाए ।” 20 उहाँले फेरि भन्नुभयो, “परमेश्वरको राज्यलाई म केसँग तुलना गर्न सक्छु ? 21 यो एउटा स्त्रीले खमिरलाई लिएर तिन मुठी पिठोमा यसलाई नफुलेसम्म मिसाएजस्तो हो ।” 22 येशू यरूशलेम जाने बाटोमा पर्ने हरेक सहर र गाउँमा घुम्नुभयो र तिनीहरूलाई सिकाउनुभयो । 23 कसैले उहाँलाई भन्यो, “प्रभु, के थोरै मानिसहरू मात्र बचाइन्छन् त ?” त्यसैले उहाँले तिनीहरूलाई भन्नुभयो, 24 “साँगुरो ढोका भएर पस्ने कोसिस गर, किनभने धेरैले प्रयास गर्नेछन्, तर पस्न सक्षम हुनेछैनन् । 25 एक पटक घरको मालिक उठेर ढोका थुनेपछि, तिमीहरू बाहिर उभिएर ढोका ढक्ढक्याउँदै यसो भन्नेछौ, ‘प्रभु, हामीलाई भित्र आउन दिनुहोस् ।’ अनि उहाँले जवाफ दिएर तिमीहरूलाई भन्नुहुनेछ, ‘म तिमीहरूलाई चिन्दिनँ अर्थात् तिमी कहाँबाट आएको ?’ 26 तब तिमीहरूले भन्नेछौ, ‘हामीले तपाईंसँगै खायौँ, पियौँ र तपाईंले हाम्रा गल्लीहरूमा सिकाउनुभयो ।’ 27 तर उहाँले जवाफ दिनुहुनेछ, ‘म तिमीहरूलाई भन्दछु, कि तिमीहरू कहाँबाट आएका हौ, म चिन्दिनँ । दुष्टहरू हो, मबाट गइहाल् ।’ 28 जब तिमीहरूले परमेश्वरको राज्यमा अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्ताहरूलाई देख्नेछौ, तिमीहरूलाई बाहिर फ्याँकिनेछ जहाँ रुवाइ र दाँत किटाइ हुनेछ । 29 तिनीहरू पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट आइपुग्नेछन् र परमेश्वरको राज्यको भोजमा रमाउनेछन् । 30 र अब, यो जान कि अन्तिमको पहिलो हुनेछ र पहिलोचाहिँ अन्तिम हुनेछ । 31 लगतै केही फरिसीहरू आए र उहाँलाई भने, “यहाँबाट जानुहोस्, यसलाई छोड्नुहोस्, किनभने हेरोदले तपाईंलाई मार्न चाहन्छन् ।” 32 येशूले भन्नुभयो, “जाऊ र त्यो फ्याउरोलाई भन, हेर, मैले आज र भोलि भूतहरू निकाल्छु र निको पार्नेछु र तेस्रो दिन मेरो लक्ष्य पुरा गर्नेछु । 33 आज, भोलि र पर्सि मैले निरन्तरता दिनु आवश्यक छ, किनभने यरूशलेमबाट टाढामा एउटा अगमवक्ताहरूलाई मार्नु ग्रहणयोग्य हुँदैन । 34 त्यहाँ पठाइएका अगमवक्ताहरूलाई मार्ने, ढुङ्गाले हान्ने हे यरूशलेम ! मैले एउटा पोथीले आफ्ना चल्लाहरूलाई बटुलेझैँ तेरा सन्तानहरूलाई बटुल्न कति पटक इच्छा गरेँ, तर तैँले मानिनस् । 35 हेर, तेरो घर त्यागिएको छ । म तिमीहरूलाई भन्छु, तिमीहरूले यसो नभनेसम्म तिमीहरूले मलाई देख्नेछैनौ, “परमप्रभुको नाउँमा आउने धन्यको हो ।”
मानिसहरू र येशूले एउटा घटनाको बारेमा कुरा गर्नुहुन्छ जसको बारेमा उहाँहरूलाई थाहा थियो तर आजको दिनमा लूकाले लेखेको भन्दा बाहेक केही पनि कसैले जान्दैन (लूका १३:१-५) । तपाइंको अनुवादले त्यो मात्र भन्नुपर्छ जुन लूकाले बताउँछन् ।
विरोधाभासी अलङ्कार भनेको एउटा साँचो कथन हो जसले केही असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । यस अध्यायमा एउटा विरोधाभासी अलङ्कार आउँछः “सबैभन्दा कम महत्त्वपूर्ण रहेकाहरू पहिला हुनेछन्, र सबैभन्दा धेरै महत्त्वपूर्ण रहेकाहरू अन्तिम हुनेछन्” (लूका १३:३०) ।
येशू अझै पनि भीडको अगाडि बोलिरहनुभएको छ । भीडमा भएका केही मानिसहरूले उहाँलाई एउटा प्रश्न सोध्छन् र उहाँले जवाफ दिन थाल्नुहुन्छ । यो कथाको उही खण्ड हो जुन लूका १२:१ मा सुरु हुन्छ ।
यो पदावलीले यो कुरालाई येशूले १२ अध्यायको अन्त्यतिर मानिसहरूको एउटा भीडलाई सिकाउँदै गर्नुभएको कुरासँग जोड्छ ।
यहाँ “रगत”ले गालीलीहरूको मृत्युलाई जनाउँछ । तिनीहरू सम्भवतः तिनीहरूले तिनीहरूको बलि चढाउँदै गर्दा मारिएका थिए । यसलाई यूएसटीमा झैँ गरी प्रस्टसँग व्यक्त गर्न सकिन्छ ।
पिलातसले आफैँले नगरी सम्भवतः उनका सिपाहीहरूलाई मानिसहरूलाई मार्न आज्ञा गरे । वैकल्पिक अनुवादः “जसलाई पिलातसका सिपाहीहरूले मारे जसै तिनीहरूले पशुहरूको बलि चढाइरहेका थिए”
“के यी गालीलवासीहरू अझ बढी पापी थिए ?” वा “के यसले ती गालीलवासीहरू बढी पापी थिए भन्ने प्रमाणित गर्छ र ?” मानिसहरूको बुझाइलाई चुनौति दिनलाई येशूले यो प्रश्नको प्रयोग गर्नुहुन्छ ।
येशूले मानिसहरूको बुझाइलाई चुनौति दिन यो प्रश्नको प्रयोग गर्नुहुन्छ, जुन यी शब्दहरूबाट सुरु हुन्छ, “के यी गालीलीहरू बढी पापी थिए भनेर तिमीहरू सोच्छौ ... त्यसरी नै ... ?”
यहाँ “म तिमीहरूलाई भन्छु”ले “होइन” लाई जोड दिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू निश्चय पनि बढी पापीहरू थिएनन्” वा “तिनीहरूको कष्टले तिनीहरू बढी पापीहरू थिए भनी प्रमाणित गर्छ भनेर सोचेकोमा तिमीहरू गलत छौ”
“तिमीहरू सबै पनि मर्नेछौ ।” “यसरी नै” भन्ने वाक्यांशको अर्थ तिनीहरूले पनि उही परिणाम भोग्नेछन् भन्ने हुन्छ, त्यही तरिकाले तिनीहरू पनि मर्नेछन् भन्ने चाहिँ होइन ।
मर्नु
यो येशूको दोस्रो उदाहरण हो जसमा मानिसहरूले कष्ट भोगेका छन् । वैकल्पिक अनुवादः “अथवा तिनीहरूलाई विचार गरे” वा “तिनीहरूको बारेमा सोच”
“१८ जना मानिस”
यो यरूशलेममा भएको एउटा क्षेत्रको नाम हो ।
“के यसले तिनीहरू बढी पापी थिए भन्ने प्रमाणित गर्छ ?” मानिसहरूको बुझाइलाई चुनौति दिनलाई येशूले यो प्रश्नको प्रयोग गर्नुहुन्छ ।
भीडले अनुमान गर्यो कि तिनीहरू यस्तो भयानक तरिकाले मरे किनभने तिनीहरू अन्यभन्दा बढी पापी थिए । यसलाई स्पष्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू मरे किनभने तिनीहरू बढी खराब पापीहरू थिए”
येशूले मानिसहरूको बुझाइलाई चुनौति दिन यो प्रश्नको प्रयोग गर्नुहुन्छ, जुन यी शब्दहरूबाट सुरु हुन्छ, “के तिनीहरू बढी खराब पापीहरू थिए भनेर तिमीहरू सोच्छौ ... यरूशलेम ... ?” “तिमीहरू सोच्छौ कि तिनीहरू बढी पापी थिए ... यरूशलेम, तर म तिमीहरूलाई भन्छु कि तिनीहरू थिएनन्” वा “म भन्छु कि तिमीहरूले तिनीहरू बढी पापीहरू थिए भनेर सोच्नुहुँदैन ... यरूशलेम ... ” वा “तिनीहरू बढी पापी भएका कारण निश्चय पनि मरेनन्” वा “तिनीहरूको कष्टले तिनीहरू बढी पापी थिए भनी प्रमाणित गर्छ भनेर सोचेकोमा तिमीहरू गलत छौ”
मर्नु
“तर तिमीहरूले पश्चात्ताप गरनौ भने, तिमीहरू सबै पनि नष्ट हुनेछौ” भन्ने उहाँको अगिल्लो पदको भनाइलाई वर्णन गर्न उहाँले भीडलाई यो दृष्टान्त बताउन सुरु गर्नुभयो ।
दाखबारीको मालिकले अर्को व्यक्तिलाई दाखबारीमा अञ्जीरको रूख रोप्न लगायो ।
रूख बेकामको छ र मालीले त्यसलाई काटेर फाल्नुपर्छ भनेर जोड दिनलाई त्यस मानिसले एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “यसलाई जमिनलाई खेर फाल्न नदेऊ”
येशूले उहाँको दृष्टान्त भन्न सकाउनुहुन्छ । यो लूका १२:१ मा सुरु भएको कथाको खण्डको अन्त्य हो ।
“यो रूखलाई केही नगर्नुहोस्” वा “यसलाई नकाट्नुहोस्”
“माटोमा मल हाल्नेछु ।” मल जनावरको गोबर हो । मानिसहरूले बिरुवाहरू र रूखहरूको लागि माटोलाई राम्रो बनाउन यसलाई जमिनमा हाल्छन् । वैकल्पिक अनुवादः “त्यसमा मल हाल्नु”
के हुनेछ भन्ने कुरालाई उल्लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “यदि यसमा अर्को वर्ष अञ्जीरहरू छन् भने, हामीले यसलाई बढ्न दिन सक्छौँ”
नोकरले सुझाव दिइरहेका थिए; उसले मालिकलाई आज्ञा दिइरहेको थिएन । वैकल्पिक अनुवादः “तपाईंले मलाई काट्न भन्नुहोस्” वा “म यसलाई काट्नेछु”
यी पदहरूले कथाको परिवेश र यस कथामा परिचय गराइएको एउटा कुप्री परेकी स्त्रीको बारेमा पृष्ठभूमि जानकारी दिन्छन् ।
लेखकले यो शब्द एउटा नयाँ घटनालाई अङ्कित गर्न प्रयोग गर्छन् ।
“एउटा विश्रामको दिनमा ।” केही भाषाहरूमा “एउटा विश्राम” भन्न पनि सकिन्छ किनभने यो खास कुन विश्राम दिन थियो भनी हामीलाई थाहा छैन ।
यहाँ “हेर” शब्दले हामीलाई कथामा एउटा नयाँ व्यक्तिबारे सचेत गराउँछ ।
“१८ वर्ष”
“तिनलाई दुर्बल बनाउने एउटा दुष्ट आत्मा”
“नारी, तिमीलाई तिम्रो रोगबाट निको पारीएको छ ।” यसलाई कर्तृ वाच्यको क्रियापदसँग उल्लेख गर्न सकिन्छः वैकल्पिक अनुवादः “नारी, मैले तिमीलाई तिम्रो कमजोरीबाट मुक्त गरिदिएको छु”
यसो भन्नुभएर, येशूले तिनलाई निको पार्नुभयो । त्यसैले उहाँले त्यसो हुन लगाउँदै हुनुहुन्थ्यो भनेर देखाउने कुनै वाक्य वा कुनै आदेशद्वारा यसलाई व्यक्त गर्न सकिन्छः “नारी, म अब तिमीलाई तिम्रो दुर्बलताबाट मुक्त गर्दछु” वा “नारी, तिम्रो दुर्बलताबाट मुक्त होऊ”
“उहाँले तिनलाई छुनुभयो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनी सीधा भएर उभिन्”
“धेरै रिसाएका थिए”
“भने” वा “जवाफ दिए”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले तिमीहरूलाई ती छ दिनमा निको बनाओस्”
“एउटा विश्रामको दिनमा ।” केही भाषाहरूमा “एउटा विश्राम” भन्न पनि सकिन्छ किनभने यो खास कुन विश्राम दिन थियो भनी हामीलाई थाहा छैन ।
“प्रभुले सभाघरको शासकलाई जवाफ दिनुभयो”
येशूले सभाघरको शासकसँग सीधै कुरा गर्नुहुन्छ, तर बहुवचनको प्रयोगले अन्य शासकहरूलाई पनि समावेश गर्छ । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमी र तिम्रा सङ्गी धर्म-गुरूहरू पाखण्डीहरू हौ”
तिनीहरूलाई पहिल्यै थाहा भएको केही कुराको बारेमा तिनीहरूलाई सोच्न लगाउन येशूले एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू हरेकले विश्रामको दिनमा आफ्नो गोरू वा गधालाई तबेलाबाट फुकाउँछौ र त्यसलाई पानी खुवाउन लैजान्छौ ।”
यी ती जनावरहरू हुन् जसलाई पानी दिएर मानिसहरूले हेरविचार गर्छन् ।
“एउटा विश्रामको दिनमा ।” केही भाषाहरूमा “एउटा विश्राम” भन्न पनि सकिन्छ किनभने यो खास कुन विश्राम दिन थियो भनी हामीलाई थाहा छैन ।
यो एउटा उपमा हो जसको अर्थ, “अब्राहामको सन्तान” भन्ने हुन्छ ।
मानिसहरूले पशुहरूलाई बाँध्ने तरिकालाई शैतानले त्यस स्त्रीलाई त्यस रोगले बन्धनमा पारेको कुरासँग येशूले तुलना गर्नुहुन्छ । वैकल्पिक अनुवादः “जसलाई शैतानले तिनको रोगले लङ्गडा बनायो” वा “जसलाई शैतानले यो रोगले बाँध्यो”
“१८ वर्षको लामो समय ।” यहाँ “लामो” शब्दले ती स्त्रीले अठार वर्षसम्म कष्ट भोग्नु निकै लामो समय थियो भनी जोड दिन्छ । अरू भाषाहरूमा यसलाई जोड दिने अन्य तरिकाहरू हुन सक्छन् ।
येशूले सभाघरका शासकहरूलाई तिनीहरू गलत छन् भनी बताउन एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । येशूले त्यस स्त्रीको रोगको विषयमा यसरी कुरा गर्नुहुन्छ मानौँ तिनीहरू डोरीहरू थिए जसले तिनलाई बाँधे । यसलाई कर्तृ वाच्यमा बोलिएको भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनलाई यस रोगको बन्धनबाट छुटकारा दिनु ठीक हो ... दिन ... ।”
“जब येशूले यी कुराहरू भन्नुभयो”
“येशूले गरिरहनुभएका महिमित कुराहरू”
येशूले सभाघरमा भएका मानिसहरूलाई एउटा दृष्टान्त भन्न सुरु गर्नुहुन्छ ।
येशूले उहाँले सिकाउन गइरहनुभएको कुराको परिचय दिन दुईवटा प्रश्नहरूको प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “परमेश्वरको राज्य केजस्तो छ भनी म तिमीहरूलाई बताउनेछु ... म यसलाई केसँग तुलना गर्न सक्छु ।”
यो मूलभूत रूपमा अगिल्लो प्रश्नजस्तै हो । केही भाषाहरूले दुवैलाई प्रयोग गर्न सक्छन् भने केहीले एउटा मात्र प्रयोग गर्छन् ।
येशूले राज्यलाई एउटा रायोको बिउसँग तुलना गर्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरको राज्य एउटा रायोको बिउ जस्तै हो”
रायोको बिउहरू धेरै साना बिउहरू हुन् जुन बढेर ठूला बिरुवाहरू हुन्छन् । यदि यसबारे थाहा छैन भने यसलाई यस्तै अरू बिउहरूको नामले वा “सानो बिउ” भनेर अनुवाद गर्न सकिन्छ ।
“आफ्नो बगैँचाम रोपे ।” मानिसहरूले केही प्रकारका बिउहरूलाई छरेर रोप्थे जसले गर्दा तिनीहरू बारीमा जताततै छरिन्थे ।
“ठूलो” शब्द एउटा अतिरञ्जन हो जसले रूखलाई मसिनो बिउबाट भिन्न भएको देखाउँछ । वैकल्पिक अनुवादः “एउटा धेरै ठूलो बोट”
“आकाशका चराहरू ।” वैकल्पिक अनुवादः “आकाशमा उड्ने चराहरू” वा “चराहरू”
येशूले सभाघरमा भएका मानिसहरूसँग कुरा गर्न सकाउनुहुन्छ । यो कथाको यस खण्डको अन्त्य हो ।
येशूले उहाँले सिकाउन गइरहनुभएको कुराको परिचय दिन अर्को प्रश्नको प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “म तिमीहरूलाई अर्को कुराको बारेमा बताउँछु जसलाई म परमेश्वरको राज्यसँग तुलना गर्न सक्छु ।”
येशूले परमेश्वरको राज्यलाई रोटीको पिठोमा भएको खमिरसँग तुलना गर्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरको राज्य खमिर जस्तो हो”
धेरै पिठोको डल्लोलाई फुलाउन थोरै खमिर मात्र आवश्यक पर्छ । यसलाई युडीबीमा जस्तै स्पष्ट पार्न सकिन्छ ।
यो ठूलो परिमाणको पिठो हो किनकि हरेक नापमा लगभग १३ लिटर थियो । तपाईंले पिठोको परिमाण नाप्नलाई तपाईंको संस्कारमा प्रयोग गरिने शब्दको प्रयोग गर्नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “धेरै ठूलो परिमाणको पिठो”
परमेश्वरको राज्यमा प्रवेश गर्ने बारेमा एउटा अलङ्कारको प्रयोग गर्नुहुँदै येशूले एउटा प्रश्नको जवाफ दिनुहुन्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “के परमेश्वरले थोरै मानिसहरूलाई मात्र बचाउनुहुनेछ ?”
“साँघुरो ढोका भएर जानलाई कडा परिश्रम गर ।” येशूले परमेश्वरको राज्यतर्फको प्रवेशद्वारलाई कुनै घरको साँघुरो ढोका भए जसरी बताइरहनुभएको छ । किनकि येशू कुनै समूहसँग कुरा गरिरहनुभएको थियो, यो आज्ञामा सङ्केत गरीएको “तिमीहरू” शब्द बहुवचन हो ।
ढोका साँघुरो छ भन्ने कुराले यो आशय दिन्छ कि त्यसबाट भएर जान कठिन छ । यो प्रतिबन्धनको अर्थलाई कायम राख्ने तरिकाले यसलाई अनुवाद गर्नुहोस् ।
यो आशय दिइएको छ कि प्रवेश गर्नुको कठिनाइले गर्दा तिनीहरू प्रवेश गर्न सक्षम हुनेछैनन् । अर्को पदले कठिनाइलाई व्याख्या गर्छ ।
येशूले परमेश्वरको राज्यमा प्रवेश गर्ने बारेमा कुरा गर्न निरन्तरता दिनुहुन्छ ।
“मालिकले ... पछि”
यसले अघिल्ला पदहरूमा भनिएको साँघुरो ढोका भएको घरको मालिकलाई जनाउँछ । यो परमेश्वरलाई राज्यको शासकको रूपमा जनाउनको लागि एउटा अलङ्कार हो ।
येशू भीडसँग बोलिरहनुभएको थियो । “तिमी” को रूप बहुवचन हुन्छ । उहाँले तिनीहरू त्यो ढोका भएर राज्यभित्र पस्नेछैनन् जस्तै गरी बोलिरहनुभएको थियो ।
“ढोकामा हिर्काउनु ।” यो मालिकको ध्यान खिँच्नलाई गरिएको प्रयास हो ।
“मबाट दूर जाओ”
येशूले परमेश्वरको राज्यमा प्रवेश गर्ने बारेमा कुरा गर्न निरन्तरता दिनुहुन्छ । यो यस संवादको अन्त्य हो ।
यी सङ्केतात्मक कार्यहरू हुन् जसले घोर पछुतो र निरासापनलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूको ठूलो पछुतोको कारण विलाप गर्ने र दाह्रा किट्ने”
तिनीहरू स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् जस्तै गरी येशूले भीडसँग कुरा गर्नलाई निरन्तरता दिनुहुन्छ ।
“तर तिमीहरू आफैँ नै बाहिर फ्याँकिनेछौ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर परमेश्वरले तिमीहरूलाई बाहिर धकेल्नुहुनेछ”
यसको अर्थ “हरेक दिशाबाट” भन्ने हुन्छ ।
परमेश्वरको राज्यमा भएको आनन्दलाई कुनै भोजको रूपमा कुरा गर्नु सामान्य कुरा थियो । वैकल्पिक अनुवादः “तिनीहरू परमेश्वरको राज्यमा भोज गर्नेछन्”
पहिलो हुनुले महत्त्वपूर्ण हुनु र सम्मानित हुनुलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “सबैभन्दा बढी महत्त्वपूर्ण हुनेछन् ... सबैभन्दा कम महत्त्वपूर्ण हुनेछन्” वा “परमेश्वरले तिनीहरूलाई सम्मान गर्नुहुनेछ ... परमेश्वरले तिनीहरूलाई शर्ममा पार्नुहुनेछ”
यो कथाको यस खण्डमा भएको अर्को घटना हो । येशू अझै पनि यरूशलेमतर्फको उहाँको बाटोमै हुनुहुन्छ, जब केही फरिसीहरूले उहाँसँग हेरोदको बारेमा कुरा गर्छन् ।
“येशूले बोलिसक्नुभएपछि चाँडै”
यसलाई येशूलाई चेतावनी दिएको जसरी अनुवाद गर्नुहोस् । तिनीहरूले उहाँलाई अरू कतै गएर सुरक्षित रहनलाई सल्लाह दिँदै थिए ।
हेरोदले येशूलाई मार्न मानिसहरूलाई आज्ञा दिने थिए । वैकल्पिक अनुवादः “हेरोदले तपाईंलाई मार्न मानिसहरूलाई पठाउन चाहन्छन्”
येशूले हेरोदलाई फ्याउरो भन्दै हुनुहुन्थ्यो । फ्याउरो एउटा सानो जङ्गली कुकुर हो । सम्भावित अर्थहरू हुन् १) हेरोद त्यति ठुलो खतरा थिएन
“जे भएपनि” वा “तापनि” वा “जेसुकै होस्”
यहूदी धर्म-गुरूहरूले परमेश्वरको सेवा गरेको दाबी गरे । तापनि यहूदी अगुवाहरूले परमेश्वरका धेरै अगमवक्ताहरूलाई यरूशलेममा मारे र येशूलाई थाहा थियो तिनीहरूले उहाँलाई पनि त्यहिँ नै मार्थे । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरूले परमेश्वरका समाचारवाहकहरूलाई यरूशलेममा नै मार्छन्”
येशूले फरिसीहरूलाई जवाफ दिन सकाउनुहुन्छ । यो कथाको यस खण्डको अन्त्य हो ।
यरूशलेमका मानिसहरूले त्यहिँ नै सुनिरहेका छन् जस्तै गरी येशू बोल्नुहुन्छ । येशू तिनीहरूका निम्ति कति दुःखित हुनुहुन्छ भनी देखाउनलाई येशूले यो दुई पटक भन्नुभयो ।
यदि सहरलाई सम्बोधन गर्नु असजिलो भयो भने, येशूले वास्तवमा सहरका मानिसहरूलाई सम्बोधन गरिरहनुभएको थियो भन्ने कुरालाई स्पष्ट पार्न सक्नुहुन्छः “अगमवक्ताहरूलाई मार्ने र तिमीहरूकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्ने तिमी मानिसहरू”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसलाई परमेश्वरले तिमीहरूकहाँ पठाउनुभएको छ”
“मैले कतिचोटि चाहेँ ।” यो एउटा आश्चर्यबोधक भनाइ हो र प्रश्न होइन ।
यरूशलेमका मानिसहरूलाई तिनका “छोराछोरी”को रूपमा वर्णन गरिएको छ । वैकल्पिक अनुवादः “तिम्रा मानिसहरूलाई बटुल्न” वा “यरूशलेमका मानिसहरूलाई बटुल्न”
यसले कसरी एउटा पोथीले त्यसका चल्लाहरूलाई आफ्नो पखेटाले ढाकेर हानि हुनबाट सुरक्षा गर्छ भन्ने कुराको वर्णन गर्छ ।
यो चाँडै हुन गइरहेको घटनाको बारेमा भएको एउटा भविष्यवाणी हो । यसको तात्पर्य हुन्छ कि परमेश्वरले यरूशलेमका मानिसहरूलाई सुरक्षा दिन छोड्नुभएको छ, त्यसैले शत्रुहरूले तिनीहरूलाई आक्रमण गर्न सक्नेछन् र तिनीहरूलाई लखेट्न सक्छन् । सम्भावित अर्थहरू हुन् १) परमेश्वरले तिनीहरूलाई त्याग्नुहुनेछ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई त्याग्नुहुनेछ” वा २) तिनीहरूको सहर रित्तो हुनेछ । वैकल्पिक अनुवादः “तिमीहरूका घरहरू त्यागिनेछन्”
“जबसम्म तिमीहरूले यसो भन्ने समय आउँदैन तबसम्म तिमीहरूले मलाई देख्नेछैनौ” वा “अर्को पटक तिमीहरूले मलाई देख्दा तिमीहरूले भन्नेछौ”
यहाँ “नाम”ले प्रभुको शक्ति र अधिकारलाई जनाउँछ ।
1 एउटा विश्राम दिनमा जब उहाँ फरिसीहरूका एक जना अगुवाको घरमा रोटी खान जानुभयो, तिनीहरूले उहाँलाई नजिकबाट हेरिराखेका थिए । 2 हेर, त्यहाँ उहाँको अगाडि एउटा मानिस थियो जो छारे रोगबाट ग्रसित थियो । 3 येशूले यहूदी व्यवस्थाका पण्डितहरू र फरिसीहरूलाई सोध्नुभयो, “विश्राम दिनमा निको पार्नु उचित छ वा छैन ? 4 तर तिनीहरू मौन रहे । त्यसैले, येशूले त्यसलाई समातेर निको पार्नुभयो र उसलाई पठाइदिनुभयो । 5 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमध्ये कसले आफ्नो छोरा अथवा गोरुलाई विश्राम दिनको दिन इनारमा खसेको देख्दा तुरुन्तै बाहिर निकाल्दैन र ?” 6 तिनीहरूले ती कुराहरूको जवाफ दिन सकेनन् । 7 जब येशूले ख्याल गर्नुभयो कि कसरी ती जो बोलाइएकाहरूले आदरको आसन छान्ने गर्दथे, तिनीहरूलाई उहाँले एउटा उखान भन्नुभयो । 8 “जब तिमीहरूलाई कसैले विवाह भोजमा बोलाउँछ, आदरको ठाउँमा नबस किनकि तिमीभन्दा अझै आदरको मानिसलाई बोलाएको हुन सक्दछ । 9 जब बोलाइएका दुवै जना आउँदछन्, उसले तिमीलाई भन्दछ, ‘तपाईं बसेको यो ठाउँ उहाँका लागि छोडिदिनुहोस्‘ भन्ला र लाजकासाथ तिमीले त्यो ठाउँ छोडेर तल्लो ठाउँमा बस्नुपर्ने हुन्छ । 10 तर जब तिमीलाई निमन्त्रणा गरिन्छ, गएर कम महत्त्वको ठाउँमा बस, ताकि तिमीलाई बोलाउने मानिस आएर साथी माथिल्लो स्थानमा गएर बस्नुहोस् भनेर भनोस् । तब तिम्रो टेबलमा बस्नेहरूका बिचमा तिम्रो आदर हुनेछ । 11 हरेक जसले आफूलाई उचाल्दछ त्यसलाई होच्याइनेछ, र जसले आफूलाई होच्याउँछ त्यो उच्च पारिनेछ । 12 उहाँलाई बोलाउनुभएको मानिसलाई येशूले भन्नुभयो, “जब तिमीले कसैलाई खाना खान बोलाउँछौ, तब आफ्ना साथीहरू वा आफ्ना दाजुभाइहरू वा आफ्ना नातेदारहरू वा आफ्ना धनी छिमेकीहरूलाई नबोलाऊ किनकि तिनीहरूले पनि तिमीलाई त्यसको बदला बोलाउन सक्दछन् । 13 तर जब तिमीले भोज दिन्छौ, गरिब, लुला-लङ्गडा र दृष्टिविहीनहरूलाई बोलाऊ । 14 र तिमी आशिषित् हुनेछौ, किनकि तिनीहरूले तिमीलाई तिम्रो गुणा फिर्ता गर्न सक्दैनन् । किनकि धर्मीहरूको पुनरुत्थान हुँदा तिम्रो गुण तिरिनेछ ।” 15 येशूसँगै टेबुलमा बस्दा तिनीहरूमध्ये एक जना जसले यी कुराहरू सुन्यो, जब उसले उहाँलाई भन्यो, “त्यो धन्यको हो जसले परमेश्वरको राज्यमा रोटी खानेछ ।” 16 तर येशूले त्यसलाई भन्नुभयो, “एक जना मानिसले ठुलो भोजको आयोजना गर्यो र धेरैलाई निम्तो दियो । 17 जब भोज तयार भयो, तब उसले आफ्नो सेवकलाई निम्तो गरिएकाहरूलाई बोलाउन पठायो ‘आउनुहोस् सबै कुरा तयार भइसक्यो ।’ 18 तिनीहरू सबैले फरक-फरक किसिमको बहाना बनाउन थाले । पहिलोले भन्यो, ‘मैले भर्खर खेत किनेको छु र मैले गएर त्यो हेर्नुपर्छ । कृपया मलाई माफ गर्नुहोस् ।’ 19 र अर्कोले भन्यो, ‘मैले पाँच हल गोरु किनेको छु र मैले तिनीहरूलाई जोत्नुपर्छ । कृपया मलाई माफ गर्नुहोस् ।’ 20 र अर्को मानिसले भन्यो, ‘मैले श्रीमती विवाह गरेको छु, त्यसकारण म आउन सक्दिनँ ।’ 21 त्यो सेवक फर्केर आएर आफ्ना मालिकलाई ती कुराहरू सुनाइदियो, तब त्यस घरका मालिक रिसाए र सेवकलाई भने, ‘छिटो बाहिर गल्ली र सहरका खुल्ला मैदानमा जाऊ र गरिब, लुला, लङ्गडा, दृष्टिविहीनहरूलाई यहाँ ल्याऊ ।’ 22 तब सेवकले भन्यो, ‘मालिक, तपाईंको आदेशअनुसार सबै कुरा भयो, तरै पनि त्यहाँ अझै ठाउँ बाँकी छ ।’ 23 मालिकले सेवकलाई भने, ‘राजमार्गहरू, गल्लीहरूमा गएर मानिसहरूलाई भित्र आउन अनुरोध गर, ताकि मेरो घर भरिएको होस् । 24 किनकि म तिमीलाई भन्दछु, पहिला बोलाएकाहरू कसैले पनि मेरो भोज चाख्न पाउने छैन ।’ 25 ठुलो भिड उहाँसँग गइराखेको थियो, र उहाँ तिनीहरूतिर फर्केर भन्नुभयो, 26 “यदि कोही मेरो पछि आउँछ भने र आफ्नो आमा, बुबा, श्रीमती, छोराछोरी, दाजुभाइ र दिदी-बहिननी, र आफ्नै जीवनलाई पनि इन्कार गर्दैन भने, ऊ मेरो चेला हुन सक्दैन । 27 जसले आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन, ऊ मेरो चेला हुन सक्दैन । 28 तिमीहरूमध्ये को होला, जसले एउटा धरहरा बनाउने इच्छा गर्दछ र पहिला बसेर निर्माण सम्पन्न गर्न सक्ने रुपियाँ-पैसा छ कि छैन भनेर त्यसको हिसाब गर्दैन र ? 29 नत्रभने, उसले जग बसालिसकेपछि निर्माण सम्पन्न गर्न सकेन भने, यसलाई देख्ने सबैले उसको गिल्ला गर्नेछन् र 30 भन्नेछन्, ‘यो मानिसले निर्माण गर्न त सुरु गर्यो तर सिद्धयाउन सकेन ।’ 31 अथवा त्यो कस्तो राजा हो, जसले आफूसँग भएको दस हजार मानिसका साथ अर्को बिस हजार मानिस भएको राजासँग सामना गर्न सक्छु कि सक्दिनँ भनी पहिला बसेर सल्लाह लिँदैन ? 32 र यदि सक्दैन भने, अर्को सेना टाढा हुदाँ नै उसको राजदूत पठाएर शान्तिको शर्त राख्न सक्छ । 33 त्यसैले, तिमीहरूमध्ये कसैले आफूसँग भएको सबै कुरा त्याग्न सक्दैन भने, ऊ मेरो चेला हुन सक्दैन । 34 नुन असल हो, तर यदि नुनले यसको स्वाद गुमायो भने, यसलाई कसरी फेरि नुनिलो बनाउने ? 35 यो जमिनको लागि काम लाग्दैन वा मलको थुप्रोको लागि पनि । यो कुल्चन र फ्याँक्न को लागि मात्र हुन्छ । जसको कान छ,त्यसले सुनोस् ।”
पद ३ ले भन्छ, “येशूले यहूदी व्यवस्थामा विज्ञ भएकाहरू र फरिसीहरूलाई सोध्नुभयो, ‘विश्रामको दिनमा निको पार्न न्यायसंगत छ कि छैन ?’” धेरैपटक, विश्रामको दिनमा निको पार्नुभएको कारण फरिसीहरू येशूसँग रिसाए । यस खण्डमा, येशूले फरिसीहरूलाई मूर्ख तुल्याउनुहुन्छ । यो सामान्यतया फरिसीहरू थिए जसले येशूलाई जालमा पार्न कोसिस गरे ।
यस अध्यायमा लूकाले धेरैपटक फेरबदलहरूलाई अङ्कित नगरिकनै एक विषयबाट अर्को विषय परिवर्तन गर्छन् ।
परमेश्वरको राज्य भनेको सबैले रमाहट गर्न सक्ने कुरा हुनेछ भनेर सिकाउनलाई येशूले [लूका १४:१५-२४]
विरोधाभासी अलङ्कार भनेको एउटा साँचो कथन हो जसले केही असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । यस अध्यायमा एउटा विरोधाभासी अलङ्कारको प्रयोग भएको छः “किनकि हरेक जसले आफैँलाई उचाल्छ त्यो होचिनेछ, र जसले आफैँलाई होच्याउँछ त्यो उचालिनेछ” (लूका १४:११) ।
यो विश्रामको दिन हो र येशू फरिसीको घरमा हुनुहुन्छ । पद १ ले यसपछि घट्ने घटनाको विषयमा पृष्ठभूमि जानकारी दिन्छ ।
यसले नयाँ घटनालाई सङ्केत गर्छ ।
“खानको लागि” वा “खानाको निम्ति ।” रोटी भोजनको एउटा महत्त्वपूर्ण भाग हो र यस वाक्यमा खानालाई बुझाउनलाई नै यसको प्रयोग गरिएको हो ।
तिनीहरूले उहाँलाई कुनै खराबीको दोष लगाउन सकिन्छ कि भन्ने हेर्न चाहे ।
“हेर” शब्दले हामीलाई कथामा एउटा नयाँ व्यक्तिबारे सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ । अङ्ग्रेजीले “त्यहाँ एक जना मानिस थियो” भनी उल्लेख गर्छ ।
जलग्रह रोग शरीरका अङ्गहरूमा पानी जमेर सुनिने रोग हो । केही भाषाहरूमा यस अवस्थालाई जनाउने नाम हुन सक्छ । वैकल्पिक अनुवादः “जो शरीरका भागहरूमा पानी जम्ने रोगबाट ग्रसित थियो”
“व्यवस्थाले हामीलाई विश्रामको दिनमा निको पार्न अनुमति दिन्छ, कि यसलाई बन्देज गर्छ”
धार्मिक अगुवाहरूले येशूको प्रश्नको जवाफ दिन इन्कार गरे ।
“येशूले त्यस मानिसलाई पक्रनुभयो जो जलग्रह रोगबाट ग्रसित थियो”
येशूले एउटा प्रश्नको प्रयोग गर्नुभयो किनभने तिनीहरूले विश्रामको दिनमा नै भए पनि तिनीहरूको छोरा वा गोरुलाई सहायता गर्छन् भन्ने कुरा स्वीकार गरेको उहाँले चाहनुभयो । त्यसकारण, उहाँले विश्रामको दिनमा पनि मानिसहरूलाई निको पार्नु उचित थियो । वैकल्पिक अनुवादः “यदि तिमीहरू कसैको छोरा वा गोरु ... तिमीहरूले निश्चय नै तत्काल बाहिर तानेर निकाल्ने थियौ ।”
तिनीहरूलाई जवाफ थाहा थियो र येशू ठीक हुनुहुन्थ्यो भनेर जान्दथे, तर तिनीहरू उहाँ ठीक हुनुहुन्थ्यो भनेर स्वीकार्न चाहँदैनथे । वैकल्पिक अनुवादः “तिनीहरूसित भन्ने कुरा केही पनि थिएन”
येशूलाई खाना खान निम्तो दिने फरिसीको घरमा भएका पाहुनाहरूसँग कुरा गर्न उहाँले निरन्तरता दिनुहुन्छ ।
यी मानिसहरूलाई पहिचान गर्दा, र यसलाई कर्तृ वाच्यमा उल्लेख गर्नाले सहयोगी बन्न सक्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसलाई फरिसीहरूका अगुवाले खानाको लागि निम्तो दिएका थिए”
“सम्मानित मानिसहरूका लागि भएका आसनहरू” वा “महत्त्वपूर्ण मानिसहरूका लागि भएका आसनहरू”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब कसैले तिमीलाई निम्तो दिन्छ”
यहाँ भएका “तिमी”का प्रयोगहरू एकवचन हुन् । एक-एक व्यक्तिसँग छुट्टाछुट्टै कुरा गर्नुभए झैँ गरेर येशूले समूहसँग कुरा गरिरहनुभएको छ ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने आयोजकले तिमीभन्दा बढी महत्त्वपूर्ण कोही व्यक्तिलाई निम्ताएका हुन सक्छन्”
यहाँ गरिएका “तिमी” र “तिम्रो”का प्रयोगहरू एकवचन हुन् । एक-एक व्यक्तिसँग छुट्टाछुट्टै कुरा गर्नुभए झैँ गरेर येशूले समूहसँग कुरा गरिरहनुभएको छ ।
“तब तिमीहरू लज्जित हुनेछौ र”
“सबभन्दा कम महत्त्वको स्थान” “सबभन्दा कम महत्त्वपूर्ण व्यक्तिको निम्ति राखिएको स्थान”
येशूले फरिसीको घरमा भएका मानिसहरूसँग कुरा गर्न निरन्तरता दिनुहुन्छ ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब तिमीलाई निम्तो दिन्छ”
“सबभन्दा कम महत्त्वपूर्ण व्यक्तिको निम्ति राखिएको आसन”
“अझ महत्त्वपूर्ण व्यक्तिको लागि भएको आसनमा जानुहोस्”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तब तिमीलाई निम्तो दिनेले तिमीलाई सम्मान गर्नेछ”
“महत्त्वपूर्ण देखिने प्रयास गर्छ” वा “जसले महत्त्वपूर्ण ठाउँ लिन्छ”
“महत्त्वपूर्ण छैन भन्ने देखाइनेछ” वा “महत्त्वपूर्ण नभएको स्थान दिइनेछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले होच्याउनुहुनेछ”
“जसले महत्त्व नभएको देखाउँछ” वा “जसले महत्त्वपूर्ण नभएको स्थान लिन्छ”
“महत्त्वपूर्ण देखाइनेछ” वा “महत्त्वपूर्ण स्थान दिइनेछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उच्च पार्नुहुनेछ”
येशूले फरिसीको घरमा कुरा गर्न निरन्तरता दिनुहुन्छ, तर उहाँको आयोजकलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्नुहुन्छ ।
“ती फरिसी जसले उहाँलाई उनको घरमा खानाको लागि निम्तो दिएका थिए”
“तिमी” बहुवचनमा छ किनभने येशू उहाँलाई निम्तो दिने फरिसीसँग प्रत्यक्ष रूपमा कुरा गरिरहनुभएको छ ।
तिनीहरूले यी मानिसहरूलाई कहिल्यै निम्तो गर्दैनन् भन्ने अर्थ सम्भवतः यसले दिएको होइन । यसको बढी सम्भाव्य अर्थ चाहिँ तिनीहरूले अरूहरूलाई पनि निम्तो दिनुपर्छ भन्ने हो । वैकल्पिक अनुवादः “केवल ... लाई मात्र निम्तो नदेऊ” वा “सधैँ ... मात्र निम्तो नदेऊ”
“किनभने तिनीहरूले ... सक्छन्”
“तिनीहरूको बेलुकीको खाना वा भोजमा तिमीलाई निमन्त्रणा दिनु”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यस किसिमले तिनीहरूले तिमीलाई तिर्नेछन्”
येशूले उहाँलाई आफ्नो घरमा निम्तो गर्ने फरिसीसँग कुरा गर्न निरन्तरता दिनुहुन्छ ।
“पनि” शब्द थप्दा सहयोगी हुन सक्छ किनकि यो भनाइ सम्भवतः असमावेशी होइन । वैकल्पिक अनुवादः “गरिबहरूलाई पनि निम्तो देऊ”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीलाई आशिष् दिनुहुनेछ”
“तिनीहरूले बदलामा तिमीलाई भोजमा बोलाउन सक्दैनन्”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीलाई तिर्नुहुनेछ”
यसले अन्तिम न्यायलाई जनाउँछ । वैकल्पिक अनुवादः “जब परमेश्वरले धर्मी मानिसहरूलाई फेरि जीवनमा ल्याउनुहुन्छ”
टेबुलमा भएका मानिसहरूमध्ये एकजनाले येशूसँग कुरा गर्छन् र येशूले एउटा दृष्टान्त भन्नुभएर उसलाई जवाफ दिन थाल्नुहुन्छ ।
यसले एउटा नयाँ व्यक्तिलाई परिचय गराउँछ ।
त्यो मानिसले कुनै खास व्यक्तिको बारेमा कुरा गरिरहेको थिएन । वैकल्पिक अनुवादः “धन्य हो त्यो जो कोही पनि” वा “यो हरेकको निम्ति कति असल हुन्छ”
“रोटी” शब्द समग्र खानालाई जनाउन प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “जसले भोजमा खान्छ”
येशूले एउटा दृष्टान्त बताउन थाल्नुहुन्छ ।
पाठकले बुझ्नुपर्छ कि ती मानिसले सम्भवतः उनका सेवकहरूलाई खाना तयार पार्न र पाहुनाहरूलाई निम्तो दिन लगाए ।
यो कुनै मानिसको परिचयको बारेमा केही खास जानकारी नदिइकन उसलाई जनाउने एउटा तरिका हो ।
“धेरै मानिसहरूलाई निम्तो दिए” वा “धेरे पाहुनाहरूलाई निम्तो दिए”
“बेलुकीको खाना खाने समयमा” वा “जब बेलुकीको खाना खान सुरु हुन लागेको थियो”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उसले निमन्त्रणा गरेकाहरू”
निम्तो पाएका सबै मानिसहरूले तिनीहरू किन भोजमा आउन सक्ने थिएनन् भनेर सेवकलाई बहानाहरू दिए ।
येशूलाई उहाँको दृष्टान्त भनिरहनुहुन्छ ।
“तिनीहरू बेलुकीको खानामा आउन सकेनन् भनी बताउन”
पाठकले बुझ्नुपर्छ कि यी मानिसहरूले सेवकसँग प्रत्यक्ष रूपमा कुरा गरे जसलाई मालिकले पठाएका थिए
“कृपया मलाई क्षमा गर्नुहोस्” वा “कृपया मेरो याचनालाई स्वीकार गर्नुहोस्”
पाठकले बुझ्नुपर्छ कि यी मानिसहरूले सेवकसँग प्रत्यक्ष रूपमा कुरा गरे जसलाई मालिकले पठाएका थिए
गोरुहरू खेतीकिसानीका सामग्रीहरू तान्न जोडिमा प्रयोग गरिन्छ । वैकल्पिक अनुवादः “मेरो खेतहरूमा काम गर्नलाई १० गोरूहरू”
पाठकले बुझ्नुपर्छ कि यी मानिसहरूले सेवकसँग प्रत्यक्ष रूपमा कुरा गरे जसलाई मालिकले पठाएका थिए
तपाईंको भाषामा स्वाभाविक हुने अभिव्यक्ति प्रयोग गर्नुहोस् । केही भाषाहरूले “विवाह गरेको छ” वा “पत्नी ल्याएको छ” भनेर व्यक्त गर्न सक्छन् ।
“आफूले निमन्त्रणा गरेक मानिसहरूसँग रिसाए”
“खाना खान यहाँभित्र निमन्त्रणा देऊ”
नोकरले मालिकले आज्ञा गरेबमोजिम गर्यो भनेर अस्पष्ट कुराहरूलाई स्पष्ट रूपमा उल्लेख गर्नु आवश्यक हुन सक्छ । वैकल्पिक अनुवादः “नोकरले गएर त्यो काम गरेपछि, ऊ फर्केर आयो र भन्यो”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तपाईंले आज्ञा गर्नुभएको कुरा मैले गरेको छु”
येशूले उहाँको दृष्टान्त सकाउनुहुन्छ ।
यसले सहर बाहिरका सडकहरू र बाटोहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सहर बाहिरका मुख्य सडकहरू र बाटाहरू”
“तिनीहरू भित्र आउनुपर्छ भनेर अह्राऊ”
“तिनीहरू” शब्दले सेवकहरूले भेट्टाउने जो कोही पनि व्यक्तिलाई जनाउँछ । “तिमीले भेट्टाउने जुनै पनि व्यक्तिलाई भित्र आउन कर लगाऊ”
“ताकि मानिसहरूले मेरो घर भरून्”
“तिमीहरू” शब्द बहुवचनमा छ, त्यसैले यो कसलाई सम्बोधन गरिएको हो भनेर अस्पष्ट छ ।
यहाँ “मानिसहरू” ले सामान्य मानिसहरूलाई नभई “वयस्क पुरुषहरू” लाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । “जसलाई मैले पहिला निमन्त्रणा गरेँ”
“मैले तयार पारेको खानामा रमाउनेछ”
येशूले उहाँसँगै यात्रा गरिरहेको भीडलाई सिकाउन थाल्नुहुन्छ ।
यहाँ “घृणा” भनेको मानिसहरूले येशूभन्दा बाहेकका मानिसहरूलाई देखाउनुपर्ने कम प्रेमको लागि अतिशयोक्ति हो । वैकल्पिक अनुवादः “यदि कोही मकहाँ आउँछ र उसले आफ्नो बाबुलाई भन्दा मलाई बढी प्रेम गर्दैन भने ... ऊ मेरो चेला बन्न सक्दैन” वा “यदि कोही मकहाँ आउँछ र उसले मलाई आफ्नो बुबालाई भन्दा बढी प्रेम गर्छ भने मात्र ... ऊ मेरो चेला बन्न सक्छ”
यसलाई सकारात्मक क्रियापदहरूसँग उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि कोही मेरो चेला बन्न चाहन्छ भने, उसले आफ्नो क्रूस बोक्नुपर्छ र मलाई पछ्याउनुपर्छ”
हरेक ख्रीष्टिएन क्रूसमा मारिनुपर्छ भन्ने येशूको अर्थ होइन । रोमीहरूले धेरैपटक मानिसहरूलाई रोमप्रतिको तिनीहरूको समर्पणताको चिन्ह स्वरूप तिनीहरूलाई क्रूसमा झूण्डाउनुभन्दा अगाडि तिनीहरूको आफ्नै क्रूस बोक्न लगाउँथे । यो अलङ्कारको अर्थ हुन्छ कि तिनीहरूले आफूलाई परमेश्वरकहाँ सुम्पिनुपर्छ र येशूका चेलाहरू हुनलाई हर किसिमले सतावट भोग्न इच्छुक हुनुपर्छ ।
चेला हुनुको मूल्य हिसाब गर्न महत्त्वपूर्ण छ भनेर येशूले भीडलाई व्याख्या गर्न निरन्तरता दिनुहुन्छ ।
मानिसहरूले कुनै पनि आयोजना थाल्नभन्दा अगाडि मूल्य हिसाब गर्छन् भनेर प्रमाणित गर्न येशूले यो प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “यदि तिमीहरूमध्ये कसैले धरहरा बनाउन चाह्यौ भने, तिमीहरूले पहिला बसेर त्यसलाई पूरा गर्न आफूसँग पर्ताप्त रकम छ कि छैन भनी हिसाब गर्ने थियौ ।”
यो कुनै सुरक्षाकर्मी बस्ने धरहरा भएको हुन सक्छ । “अग्लो भवन” वा “रखवारी गर्ने अग्लो स्थानमा भएको मञ्च”
थप जानकारी दिँदा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “यदि उसले पहिले नै मूल्य हिसाब गरेन भने”
“जब उसले जग बनाइसकेको हुन्छ” वा “जब उसले भवनको पहिलो भाग सकाइसकेको हुन्छ”
यो कुरा बुझिएको छ कि उससँग पर्ताप्त पैसा नभएको कारणले उसले पूरा गर्न सकेन । यसलाई उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पूरा गर्नलाई सक्षम हुन पर्ताप्त पैसा छैन”
चेला हुनुको मूल्य हिसाब गर्न महत्त्वपूर्ण छ भनेर येशूले भीडलाई व्याख्या गर्न निरन्तरता दिनुहुन्छ ।
येशूले अर्को परिस्थितिको परिचय दिनलाई यो शब्दको प्रयोग गर्नुभयो जहाँ मानिसहरूले निर्णय गर्नु अघि मूल्य हिसाब गर्छन् ।
मूल्य हिसाब गर्ने बारेमा भीडलाई सिकाउन येशूले अर्को प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू जान्दछौ कि कुनै राजाले ... पहिला बस्छ र सल्लाह लिन्छ ... मानिसहरू”
सम्भावित अर्थहरू हुन् १) “ ... बारे होसियारीपूर्वक सोच्नु” वा २) “उसका सल्लाहकारहरूले भनेको सुन्नु ।”
“१०,००० ... २०,०००”
थप जानकारी उल्लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “यदि उसले अर्को राजालाई हराउन सक्नेछैन भन्ने महसुस गर्यो भने”
“युद्धलाई अन्त गर्न शर्तहरू” वा “युद्धलाई अन्त गर्न अर्का राजाले उसले के गरेको चाहन्छन्”
यसलाई सकारात्मक क्रियापदहरूसँग उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूसँग भएका सबै थोक त्याग्न सक्नेहरू मात्र मेरा चेलाहरू हुन सक्छौ”
“आफूसँग भएका सबै थोक पछि छोड्न”
येशूले भीडलाई सिकाउन सकाउनुहुन्छ ।
“नुन उपयोगी हुन्छ ।” येशूले उहाँको चेला हुन चाहनेहरूको बारेमा एउटा पाठ सिकाइरहनुभएको छ ।
येशूले भीडलाई सिकाउन एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “यसलाई फेरि नुनिलो बनाउन सकिँदैन” वा “यसलाई कसैले फेरि नुनिलो बनाउन सक्दैन ।”
मानिसहरूले मल बगैँचा र खेतहरूलाई मलिलो बनाउनलाई प्रयोग गर्छन् । स्वाद गुमाएको नुन यति अनुपयोगी हुन्छ कि त्यसलाई मलसँग मिसाउन पनि सकिँदैन । वैकल्पिक अनुवादः “मलखाँद” वा “माटोलाई उत्पादनशील बनाउने कुरा”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले त्यसलाई फालिदिन्छ”
येशूले जोड दिइरहनुभएको छ कि उहाँले भर्खरै भन्नुभएको कुरा महत्त्वपूर्ण छ र त्यसलाई बुझ्न र अभ्यासमा ल्याउन केही प्रयत्न चाहिन सक्छ । यहाँ “सुन्ने कानहरू” भन्ने वाक्यांश बुझ्न र आज्ञापालन गर्न भएको इच्छुकपनाको लागि एउटा प्रतिस्थापन शब्द हो । तपाईंले यस वाक्यांशलाई [लूका ८:८]
किनकि येशूले उहाँलाई सुनिरहेका मानिसहरूसँग प्रत्यक्ष रूपमा कुरा गरिरहनुभएको छ, तपाईंले यहाँ द्वितीय पुरुषलाई प्रयोग गर्नलाई रोज्न सक्नुहुन्छ । तपाईंले यस वाक्यांशलाई [लूका ८:८]
1 अब सबै कर उठाउनेहरू र पापीहरू उहाँकहाँ वचन सुन्नलाई आउँदै थिए । 2 फरिसीहरू र शास्त्रीहरू एक-अर्कासँग गनगन गर्न थाले र भने, “यस मानिसले पापीहरूलाई स्वागत गरी तिनीहरूसँग खाने गर्दछ ।” 3 येशूले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो, 4 “तिमीहरूमध्ये कुनचाहिँ होला, यदि उसका सयवटा भेडा छन् र त्यसमध्ये एउटा हराएमा, उनान्सयवटा भेडालाई उजाड-स्थानमा छोडेर हराएको एउटा भेडालाई नभेट्टाउन्जेल खोज्दैन ? 5 त्यसपछि जब उसले भेट्टाउँछ, उसलाई काँधमा राखेर रमाउँछ । 6 जब ऊ घर आउँछ, उसले आफ्ना साथीहरू र छिमेकीहरूलाई बोलाउँछ र यसो भन्छ, ‘मसँग आनन्दित हुनुहोस्, किनभने मैले मेरो हराएको भेडालाई भेट्टाएको छु ।’ 7 म पनि तिमीहरूलाई भन्दछु, कि उनान्सय जना पश्चात्ताप गर्न नपर्ने धर्मी मानिसहरूभन्दा पश्चात्ताप गर्नुपर्ने एक जना पापी मानिसको खातिर स्वर्गमा ठुलो रमाहट हुनेछ । 8 अथवा कुन स्त्री होला जससँग दसवटा चाँदीका सिक्काहरूमध्ये एउटा हराएमा, बत्ती बालेर, घर बढारेर र सिक्का नभेट्टाइन्जेल दिलोज्यानसाथ खोज्दिनन् र ? 9 जब तिनले भेट्टाउँछिन्, तब तिनले अफ्ना सबै साथीहरू र छिमेकीहरूलाई यसो भनी बोलाउँछिन्, ‘मसँग रमाओ, किनभने मैले हराएको सिक्का भेट्टाएकी छु ।’ 10 त्यसै गरी, म तिमीहरूलाई भन्दछु, कि एक जना पश्चात्ताप गर्ने पापीका खातिर परमेश्वरका दूतहरूका उपस्थितिमा स्वर्गमा ठुलो आनन्द हुनेछ ।” 11 त्यसपछि येशूले भन्नुभयो, “एक जना मानिसका दुई जना छोरा थिए, 12 र कान्छाले उसका बुबालाई भन्यो, ‘बुबा मैले पाउनुपर्ने सम्पत्तिको अंश अब मलाई दिनुहोस् ।’ त्यसैले, तिनीहरूका बिचमा उनले सम्पत्ति बाँडिदिए । 13 धेरै दिन नबित्दै, कान्छा छोराले आफ्ना सर सामान तयार गरी टाढा देश जान यात्रा सुरु गरे र उनले अनाअवश्यक थोकहरू किनेर त्यहाँ उनले जथाभावी रुपियाँ-पैसा खर्च गरे । 14 जब उनले सबै खर्च गरी सिध्याए, त्यहाँ देशभरि ठुलो अनिकाल पर्न सुरुभयो र उनी निकै खाँचोमा पर्न थाले । 15 उनी त्यस देशको एक जना नागरिककहाँ गए र काम खोजे, ती नागरिकले उनलाई सुँगुरहरू चराउन पठाए । 16 उनलाई कसैले केही पनि खानेकुरा नदिएका कारण सुँगुरहरूले खाने दानाले उनले आफ्नो पेट भर्न चाहन्थे । 17 तर जब कान्छा छोरा आफैँले विचार गरे र भने, ‘मेरा बुबाका कति धेरै सेवकहरूसँग प्रशस्त खानेकुरा छ, तर म भने यहाँ भोकभोकै मरिरहेको छु ! 18 म यस ठाउँलाई छोडेर मेरा बुबाकहाँ जानेछु, र उहाँलाई भन्नेछु, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्टिमा पाप गरेको छु । 19 म तपाईंको छोरा भनिनयोग्य छैनँ; मलाई तपाईंका सेवकहरूमध्ये एक नोकर बनाउनुहोस् ।’ 20 यसरी कान्छो छोराले त्यस ठाउँ छाडे र आफ्ना बुबाको घरतर्फ लागे । उनी टाढै छँदा बुबाले उनलाई देखे र दयाले भरिएर दौडे र अँगालो हालेर म्वाँइ खाए । 21 छोराले बुबालाई भन्यो, ‘बुबा मैले स्वर्ग र तपाईंको दृष्टिमा पाप गरेको छु र म तपाईंको छोरा भनी बोलाइन योग्यको छैनँ ।’ 22 बुबाले सेवकहरूलाई भने, ‘तुरुन्तै उत्तम वस्त्रहरू ल्याओ र उनलाई लगाइदेओ, उनको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदेओ ।’ 23 त्यसपछि मोटो पशु मार । हामी खाऔँ र उत्सव मनाऔँ । 24 किनकि मेरा छोरा मरेका थिए, अब जीवित भएका छन्; हराएका थिए, तर अब भेटिएका छन् । तिनीहरूले उत्सव मनाउन सुरु गरे ।’ 25 अब उनको जेठो छोरा खेतमा थियो, ऊ जब घरको नजिकै आइपुग्यो, उनले नाचगानहरू भैरहेको सुने । 26 उनले सेवकहरूमध्ये एक जनालाई बोलाएर के कुराहरू भइराखेको होला भनेर सोधे । 27 सेवकले उनलाई भने, तपाईंका भाइ आउनुभएको छ, र तपाईंको बुबाले मोटो पशु मार्नुभएको छ, किनकि उहाँ सुरक्षित फर्कनुभयो । 28 जेठो छोरो रिसाएको थियो र भित्र पसेन र उनका बुबा बाहिर आएर उसलाई मनाउन थाले । 29 तर जेठा छोराले जवाफ दिएर उनका बुबालाई भने, ‘हेर्नुहोस्, यति धेरै वर्ष मैले तपाईंको सेवकझैँ काम गरेँ, मैले कहिल्यै तपाईंको एउटा नियम पनि तोडिनँ, तर तपाईंले मलाई कहिल्यै मेरा साथीहरूसँग आनन्द मनाउन एउटा पाठो पनि दिनुभएन, 30 तर जब तपाईंको छोरा आयो, जसले सम्पत्ति वेश्याहरूसँग सखाप पारेको थियो, त्यसको लागि तपाईंले मोटो पशु मार्नुभयो ।’ 31 बुबाले उनलाई भने, ‘छोरा, तिमी त मसँग सधैँ छौ र मसँग भएका सबै थोक तिम्रै हुन् । 32 तर अहिले हामीलाई उत्सव मनाउन र खुसी हुनु उचित छ, किनभने तिम्रो भाइ मरेका थिए र अहिले जीवित भएका छन्; र उनी हराएका थिए र अहिले भेटिएका छन्‘ ।”
[लूका १५:११-३२] अनि अनि
जब येशूका समयका मानिसहरूले “पापीहरू”को विषयमा कुरा गर्थे, तिनीहरूले ती मानिसहरूको बारेमा कुरा गरिरहेका थिए जसले मोशाको व्यवस्थाको आज्ञापालन गर्दैनथे र बरु चोर्ने वा यौनसँग सम्बन्धित भएका जस्ता पापहरू गर्थे । तर ती मानिसहरू जसले आफूहरू पापी छौँ भनी विश्वास गर्छन् र पश्चात्ताप गर्छन्, तिनीहरूले चाहिँ साँचो रूपमा परमेश्वरलाई खुशी बनाउँछन् भनेर मानिसहरूलाई सिकाउन येशूले तीनवाट दृष्टान्तहरू बताउनुभयो अनि अनि
यो कहाँ भएको हो भनेर हामी जान्दैनौँ; यो सामान्य रूपमा कुनै एक दिनमा हो जब येशूले सिकाइरहनुभएको थियो ।
यसले कथाको नयाँ भागको सुरुवातलाई अङ्कित गर्छ ।
त्यहाँ तिनीहरू धेरै जना थिए भनेर जोड दिनलाई यो एउटा अतिरञ्जन हो । वैकल्पिक अनुवादः “थुप्रै कर उठाउनेहरू”
“यस मानिसले पापीहरूलाई उसको उपस्थितिमा आउन दिन्छ” वा “यस मानिसले पापीहरूसँग घुलमिल गर्छ”
तिनीहरूले येशूको बारेमा कुरा गरिरहेका थिए ।
“साथै” शब्दले देखाउँछ कि येशूले पापीहरूलाई उहाँकहाँ आउन दिनु नै निकै खराब कुरा थियो, तर उहाँ तिनीहरूसँगै खानुचाहिँ झन् खराब थियो भनेर तिनीहरूले ठाने ।
येशूले थुप्रै दृष्टान्तहरू बताउन थाल्नुहुन्छ । यी दृष्टान्तहरू कुनै पनि व्यक्तिले अनुभव गर्नसक्ने कुराको बारेमा भएका परिकल्पित परिस्थितिहरू हुन् । यी कुनै खास मानिसहरूको बारेमा होइनन् । पहिलो दृष्टान्त चाहिँ कुनै व्यक्तिले आफ्नो भेडाहरूमध्ये कुनै एउटा हरायो भने के गर्ने थियो भन्ने बारेमा हो ।
यहाँ “तिनीहरूलाई” ले धार्मिक अगुवाहरूलाई बुझाउँछ ।
यदि तिनीहरूले तिनीहरूका भेडाहरूमध्ये एउटा भेडा हराए भने, तिनीहरू यसलाई खोज्दै जानेछन् भनी मानिसहरूलाई सम्झाउन येशूले एउटा प्रश्नको प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “तिमीहरू हरेक ... पक्कै छोड्ने थियौ ... जबसम्म त्यसलाई पाउँदैन”
यो दृष्टान्त “तिमीहरूमध्ये कुनचाहिँ होला” भन्ने पदावलीबाट सुरु भएकोले केही भाषाहरूले यो दृष्टान्तलाई द्वितीय पुरुषमा अगाडि बढाउँछन् । वैकल्पिक अनुवादः “तिमीहरूमध्ये कुनचाहिँ होला, यदि तिमीहरूसँग एक सयवटा भेडा छन् भने”
“१०० ... ९९”
यो गोठालोहरूले भेडा बोक्ने तरिका थियो । यसलाई उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसलाई घर लैजान उसको काँधमा राख्छ”
“जब भेडाको मालिक घरमा आउँछ” वा “जब तिमी घरमा आउँछौ” (युडीबी) । तपाईंले अगिल्लो पदमा गरेजस्तै भेडाको मालिकलाई जनाउनुहोस् ।
“त्यसै गरी” वा “जसरी गोठालो, उसका साथीहरू र छिमेकीहरू रमाउँछन्”
“स्वर्गमा बस्ने हरेक रमाउनेछ”
आफूहरूले पश्चात्ताप गर्न जरुरी छैन भनेर फरिसीहरूले ठानेकोमा तिनीहरू गलत छन् भनी भन्न येशूले व्यङ्ग्यको प्रयोग गर्नुहुन्छ । यो धारणालाई व्यक्त गर्न तपाईंको भाषामा फरक तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “तिमीहरू जस्तै उनान्सय जना मानिसहरू जसले तिनीहरू धर्मी छन् र पश्चात्ताप गर्नुपर्दैन भनी सोच्छन्”
“९९”
येशूले अर्को दृष्टान्त बताउन थाल्नुहुन्छ । यो एक स्त्रीको बारेमा हो जससँग १० चाँदीका सिक्काहरू थिए ।
यदि तिनीहरूमध्ये कुनैले एउटा चाँदीको सिक्का हरायो भने, तिनीहरूले निश्चय नै यत्नपूर्वक खोज्छन् भनी मानिसहरूलाई सम्झाउन येशूले एउटा प्रश्नको प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “कुनै पनि स्त्रीले ... निश्चय नै बत्ती बाल्नेछिन् ... तिनले नपाएसम्म दिलोज्यानले खोज्छिन् ।”
यो एउटी वास्तविक स्त्रीको कथा होइन, तर एउटा काल्पनिक परिस्थिति हो । केही भाषाहरूमा यसलाई देखाउने तरिकाहरू छन् ।
“उही किसिमले” वा “जसरी मानिसहरू त्यस स्त्रीसँग रमाउने थिए”
“जब कुनै एक पापीले पश्चात्ताप गर्छ”
येशूले अर्को दृष्टान्त बताउन थाल्नुहुन्छ । यो एउटा जवान मानिसको बारेमा हो जसले आफ्नो बाबुसँग उसको भागको अंश माग्छ ।
यसले दृष्टान्तमा एउटा नयाँ पात्रलाई परिचय गराउँछ । केही भाषाहरूले “त्यहाँ एउटा मानिस थियो जसले” भन्लान् ।
छोराले उसको बुबाले उसलाई तत्काल देओस् भन्ने चाहना गर्यो । आज्ञार्थक रूप भएको भाषाले तिनीहरूले त्यो तत्काल गरियोस् भन्ने चाहना गरेको अर्थ भएको रूपको प्रयोग गर्नुपर्छ ।
“तपाईं मर्ने बेलामा मलाई दिने योजना बनाउनुभएको तपाईंको सम्पत्तिको अंश”
“उसका दुई छोराहरूको बीचमा”
“उसका सामानहरू पोको पार्यो” वा “उसका सामानहरू उसको झोलामा राख्यो”
“उसका क्रियाकलापहरूका परिणामहरूको बारेमा नसोची जिइरहेको” वा “लापार्वाही तरिकाले जिइरहेको”
यो शब्द प्रमुख कथावर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यहाँ येशूले व्याख्या गर्नुहुन्छ कि कसरी कान्छो छोरो चाहिँ सम्पन्नताबाट खाँचो परिरहेको अवस्थामा पुग्यो ।
“त्यहाँ एउटा खडेरी पर्यो र सारा देशसँग पर्याप्त खाना भएन”
“उसलाई आवश्यक पर्ने थोकहरूको कमी हुनु” वा “पर्याप्त नहुनु”
“ऊ” शब्दले कान्छो छोरोलाई जनाउँछ ।
“... लाई एउटा काम लिए” वा “... को निम्ति काम गर्न सुरु गरे”
“त्यो देशको एउटा मानिस”
“त्यस मानिसका सुँगुरहरूलाई चारो दिन”
“उसले खान पाए पनि हुन्थ्यो भनेर धेरै चाहना गरे ।” यो कुरा बुझिएको छ कि यस्तो उसलाई धेरै भोक लागेकोले कारणले थियो । यसलाई उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ऊ यति भोको थियो कि उसले खुशीसँग खाने थियो”
यी क्यारबको रूखमा फल्ने बिउका दानाका छिल्काहरू हुन् । वैकल्पिक अनुवादः “क्यारबको चारो” वा “दानाका छिल्काहरू”
यो वाक्पद्धतिको अर्थ उसले सत्यता के हो र उसले भयङ्कर भूल गरेको थियो भनेर थाहा गर्यो भन्ने हुन्छ । वैकल्पिक अनुवादः “स्पष्ट रूपमा उसको परिस्थिति बुझ्यो”
यो एउटा आश्चर्यको अंश हो र प्रश्न होइन । वैकल्पिक अनुवादः “मेरा पिताका ज्यालामा काम गर्नेहरूलाई चाहिएभन्दा बढी खानेकुराहरू मिल्छ”
यो सम्भवतः अतिशयोक्ति होइन । निश्चय नै, ती जवान भोकले व्याकुल नै परिरहेका हुन सक्छन् ।
यहूदीहरूले कहिलेकाहीँ “परमेश्वर” शब्द प्रयोग नगरी “स्वर्ग” शब्द प्रयोग गर्थे । वैकल्पिक अनुवादः “मैले परमेश्वरको विरुद्धमा पाप गरेको छु”
“म तपाईंको छोरा कहलिन लायकको छैनँ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तपाईंले मलाई छोरा भनेर बोलाउनलाई म योग्यको छैन”
“मलाई काम गर्नेको रूपमा ज्यालामा राख्नुहोस्” वा “मलाई ज्यालामा राख्नुहोस् र म तपाईंका नोकरहरूमध्ये एउटा हुनेछु ।” यो एउटा अनुरोध हो, कुनै आदेश होइन । यूएसटीले गरेको जस्तै “कृपया” शब्द थप्दा सहयोगी हुन सक्छ ।
“त्यसैले उसले त्यो देश छोड्यो र उसको बाबुकहाँ जान हिँड्यो ।” “त्यसैले” शब्दले एउटा घटनालाई अङ्कित गर्दछ जुन अरू कुनै कुरा पहिले भएको हुनाले घट्यो । यहाँ चाहिँ, जवान मानिस खाँचोमा थियो र घर जाने निर्णय गरेको थियो ।
“जब ऊ अझै आफ्नो घरबाट टाढै थियो” वा “जब ऊ उसको बाबुको घरबाट अझै टाढै थियो”
“उसलाई दया गरे” वा “उसलाई आफ्नो हृदयको गहिराइदेखि नै प्रेम गरे”
आफ्नो छोरो आएकोमा बाबु खुसी थिए र तिनले उनलाई प्रेम गर्थे भनी देखाउनलाई यसो गरे । यदि मानिसहरूले आफ्नो छोरालाई अँगालो हाल्नु र म्वाँइ गर्नु अनौठो वा गलत सोच्छन् भने, तपाईंले तपाईंको संस्कारमा मानिसहरूले तिनीहरूका छोराहरूलाई प्रेम देखाउँदा के गर्छन्, त्यसलाई प्रयोग गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “उसलाई स्नेहपूर्वक स्वागत गरे”
यहूदीहरूले कहिलेकाहीँ “परमेश्वर” शब्द प्रयोग नगरी “स्वर्ग” शब्द प्रयोग गर्थे । तपाईंले यसलाई [लूका १५:१८]
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । तपाईंले यसलाई [लूका १५:१८]
“घरमा भएका उत्तम पोशाक ।” वैकल्पिक अनुवादः “उत्तम कोट” वा “उत्तम लुगा”
औँठी मानिसहरूले अधिकारको सङ्केतको रूपमा तिनीहरूको एउटा औँलामा लगाउँथे ।
त्यस समयका धनी मानिसहरूले चप्पलहरू लगाउँथे । तापनि, धेरै समाजहरूमा त्यसको अहिलेको बराबरी चाहिँ “जुत्ताहरू” हुने थियो ।
बाछो भनेको कलिलो गाई हो । मानिसहरूले तिनीहरूका कुनै एउटा बाछोलाई विशेष खानेकुरा दिन्थे ताकि त्यो राम्ररी बढोस्, र जब तिनीहरूलाई कुनै विशेष भोज राख्न मन हुन्थ्यो, तिनीहरूले त्यस समयमा त्यसलाई खान्थे । वैकल्पिक अनुवादः “उत्तम पशु” वा “हामीले मोटो बनाउँदै आएको जवान पशु”
तिनीहरूले मासुलाई पकाउनु पर्थ्यो भनेर आशय दिइएको जानकारीलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “यसलाई मारेर पकाऊ”
यस अलङ्कारले छोरो गएको कुरालाई ऊ मृत भए झैँ गरी बताउँछ । वैकल्पिक अनुवादः “मेरो छोरा मरेसरह थियो, तर ऊ अहिले जीवित भएको छ” वा “मलाई मेरो छोरा मरेको जस्तै लागेको थियो, तर अब ऊ जीवित भएको छ”
यस अलङ्कारले छोरो गएको कुरालाई ऊ हराएको थियो भने झैँ गरेर बताउँछ । वैकल्पिक अनुवादः “मेरो छोरा हराएसरह थिए र अहिले मैले उसलाई भेट्टाएको छु” वा “मेरा छोरा हराएको थियो र घर फर्केको छ”
यो शब्द मुख्य कथावर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यहाँ येशूले जेठो छोरोको बारेमा भएको कथाको नयाँ भाग बताउन थाल्नुहुन्छ ।
ऊ त्यहाँ काम गरिरहेको हुनाले ऊ बाहिर खेतमा थियो भन्ने आशय दिइएको छ ।
यहाँ “सेवक” भनी अनुवाद गरिएको शब्दलाई सामान्यतया “केटा” भनेर अनुवाद गरिन्छ । यसले नोकर धेरै सानो थियो भनी देखाउँछ ।
“के भइरहेको थियो” (युडीबी)
बाछो भनेको कलिलो गाई हो । मानिसहरूले तिनीहरूका कुनै एउटा बाछोलाई विशेष खानेकुरा दिन्थे ताकि त्यो राम्ररी बढोस्, र जब तिनीहरूलाई कुनै विशेष भोज राख्न मन हुन्थ्यो, तिनीहरूले त्यस समयमा त्यसलाई खान्थे । तपाईंले यो वाक्यांशलाई [लूका १५:२३]
“धेरै वर्षसम्म”
“मैले तपाईंको लागि असाध्यै मिहिनेत गरेर काम गरेँ” वा “मैले तपाईंको लागि कुनै दासले झैँ गरेर मिहिनेतका साथ काम गरेँ”
“म कहिल्यै पनि तपाईंप्रति अनाज्ञाकारी भइनँ” वा “मैले सदैव तपाईंले गर्नू भन्नुभएको हरेक कुरा गरेँ” (युडीबी)
कलिलो बाख्रो चाहिँ मोटाएर राखिएको पशुभन्दा अलि सानो र कम महँगो हुन्थ्यो । वैकल्पिक अनुवादः “एउटा कलिलो बाख्रो पनि”
“तपाईंको त्यो छोरा ।” ऊ कति रिसाएको छ भन्ने देखाउन दाजुले उसको भाइलाई यसरी भन्छ ।
खानेकुरा पैसाको लागि अलङ्कार हो । कसैले खानेकुरा खाइसकेपछि, त्यहाँ कुनै खानेकुरा हुँदैन र त्यहाँ खानलाई केही हुँदैन । भाइले पाएको रकम अब त्यहाँ थिएन र खर्च गर्नलाई अब अरू बढी केही थिएन । वैकल्पिक अनुवादः “तपाईंका सबै धन खेर फाल्यो” वा “तपाईंका सबै पैसा उडायो”
सम्भावित अर्थहरू हुन् १) उसको भाइले यसरी नै पैसा खर्च गर्यो भनेर उसले अनुमान गर्यो वा २) “टाढाको देशमा” उसको भाइको क्रियाकलापहरूको पापपूर्णतालाई अतिरञ्जन गर्न उसले वेश्याहरूको विषयमा कुरा गर्छ
बाछो भनेको कलिलो गाई हो । मानिसहरूले तिनीहरूका कुनै एउटा बाछोलाई विशेष खानेकुरा दिन्थे ताकि त्यो राम्ररी बढोस्, र जब तिनीहरूलाई कुनै विशेष भोज राख्न मन हुन्थ्यो, तिनीहरूले त्यस समयमा त्यसलाई खान्थे । तपाईंले यसलाई [लूका १५:२३]
“उसलाई” शब्दले जेठो छोरालाई जनाउँछ ।
भर्खर आएका यी व्यक्ति उनका भाइ थिए भनी बाबुले ठुलो छोरालाई सम्झाउँदै छ ।
यो अलङ्कारमा भाइले लामो समयसम्म घर छोड्नुलाई मरेकोसँग तुलना गरिएको छ । तपाईंले यसलाई [लूका १५:२४]
यो अलङ्कारमा छोराले लामो समयसम्म घर छोड्नुलाई हराएकोसँग तुलना गरिएको छ । तपाईंले यसलाई [लूका १५:२४]
1 येशूले आफ्ना चेलाहरूलाई यसो पनि भन्नुभयो, “कोही एक जना धनी मानिसको एउटा व्यवस्थापक थियो र त्यस व्यवस्थापकले तिनको धन फजुल खर्च गरिरहेको छ भनी तिनलाई सुनाइदिए । 2 तब ती धनी मानिसले उसलाई बोलाएर भने, ‘तिम्रो बारेमा म यो के सुन्दै छु ? तिम्रो व्यवस्थापनको बारेमा हिसाब देऊ । अब उप्रान्त तिमी व्यवस्थापक रहन सक्दैनौ ।’ 3 त्यो व्यवस्थापकले आफैँसँग भन्यो, ‘मेरा मालिकले अब मलाई व्यवस्थापकको कामबाट हटाउन लागेका छन्, म के गरूँ ? मेरो खन्ने तागत छैन; मलाई माग्न पनि लाज लाग्दछ । 4 मैले के गर्नेछु भन्ने कुरा मलाई थाहा छ । मलाई व्यवस्थापकको कामबाट हटाइएपछि मानिसहरूले मलाई तिनीहरूका घरमा निम्त्याऊन् भनी म यसो गर्नेछु ।’ 5 तब त्यस व्यवस्थापकले उसका मालिकका ऋणीहरू प्रत्येकलाई बोलायो र पहिलो चाहिँलाई भन्यो, ‘तिमीले मेरा मालिकलाई कति तिर्नु छ ? ’ 6 उसले भन्यो, ‘एक सय माना जैतूनको तेल ।’ उसले त्यसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ, तुरुन्तै बसेर पचास लेख ।’ 7 तब त्यस व्यवस्थापकले अर्कोलाई भन्यो, ‘तिम्रोचाहिँ ऋण कति छ ?’ उसले भन्यो, ‘एकसय माना गहुँ ।’ उसले त्यसलाई भन्यो, ‘तिम्रो तमसुक ल्याऊ र असी लेख ।’ 8 तब ती मालिकले त्यस अधर्मी व्यवस्थापकको प्रशंसा गरे किनकि उसले चतुर्याइँसँग काम गरेको थियो । किनकि आफ्ना मानिसहरूसँग व्यवहार गर्दा ज्योतिका सन्तानभन्दा यस संसारका सन्तानहरू बढी चतुर हुन्छन् । 9 म तिमीहरूलाई भन्दछु, अधर्मी धनले तिमीहरूले अफ्ना लागि मित्र बनाओ, र यो धन सकिएपछि तिनीहरूले तिमीहरूलाई अनन्त वासस्थानमा स्वागत गरून् । 10 जो अत्यन्तै थोरैमा विश्वासयोग्य हुन्छ, त्यो धेरैमा पनि विश्वासयोग्य हुन्छ र जो अत्यन्तै थोरैमा अधर्मी हुन्छ, त्यो धेरैमा पनि अधर्मी हुन्छ । 11 त्यसकारण, तिमीहरू अधर्मी सम्पत्ति प्रयोग गर्ने कुरामा विश्वासयोग्य भएनौ भने, साँचो सम्पत्तिमा तिमीहरूलाई कसले भरोसा गर्ला र ? 12 त्यस्तै अरू मानिसहरूको सम्पत्तिमा तिमीहरू विश्वासयोग्य भएनौ भने, तिमीहरूको आफ्नै सम्पत्ति तिमीहरूलाई कसले देला र ? 13 कुनै पनि सेवकले दुई जना मालिकको सेवा गर्न सक्दैन, किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कोलाई प्रेम गर्नेछ अथवा एउटाप्रति भक्ति देखाउनेछ र अर्कोलाई तुच्छ ठान्नेछ । तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ ।” 14 अब सम्पत्तिका प्रेमी फरिसीहरूले यी सबै कुरा सुने र तिनीहरूले उहाँको गिल्ला गरे । 15 अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसको दृष्टिमा तिमीहरूले आफैँलाई धर्मी ठहर्याउँछौ, तर परमेश्वरले तिमीहरूका हृदयहरू जान्नुहुन्छ । जो मानिसहरूका माझमा उच्च हुन्छ, त्यो परमेश्वरको नजरमा घृणित हुन्छ । 16 यूहन्ना आउनअगि अगमवक्ता र व्यवस्थाले काम गर्दथे । त्यस समयदेखि, परमेश्वरको राज्यको सुसमाचार प्रचार गरिएको छ र यसमा सबै जना बलजफ्तीसँग प्रवेश गर्न कोसिस गर्छन् । 17 स्वर्ग र पृथ्वी बितेर जान सक्ला तर व्यवस्थाको वचनबाट एउटा अक्षरको थोप्लो पनि रद्द हुनेछैन । 18 प्रत्येक जसले आफ्नी पत्नीलाई छोडपत्र दिन्छ र अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्छ र जसले आफ्नो पतिसँग छोडपत्र गरेकीसँग विवाह गर्छ त्यसले पनि व्यभिचार गर्छ । 19 अब कोही एक जना धनी मानिस थियो र उसले सधैँ मसिनो मलमल र वैजनी वस्त्र पहिरन्थ्यो र आफ्नो प्रशस्त धन सम्पत्तिमा हरेक दिन आनन्द गर्दथ्यो । 20 लाजरस नाम गरेको, घावैघाउ भएको कोही एक जना मानिसलाई ल्याएर उसको ढोकामा राखिदिन्थे । 21 उसले त्यस धनी मानिसको टेबलबाट झरेका टुक्राटाक्रीले आफ्नो पेट भर्ने इच्छा गर्थ्यो र त्यसबाहेक, कुकुरहरू आएर उसका घाउहरू चाट्ने गर्थे । 22 यसपछि त्यो भिखारी मर्यो र स्वर्गदूतहरूले उसलाई उठाएर अब्राहामकहाँ लगे । त्यो धनी मानिस पनि मर्यो र गाडियो । 23 र नरकमा कष्ट भोगिरहेको बेला, उसले आफ्ना आँखा उठाएर हेर्यो र टाढामा अब्राहामलाई र तिनको छातीमा आड लागेको लाजरसलाई देख्यो । 24 अनि उसले कराएर भन्यो, ‘पिता अब्राहाम, ममाथि कृपा गर्नुहोस् र लाजरसलाई पठाइदिनुहोस् । उसको औँलाले पानीको थोपा चुहाई देओस् र मेरो जिब्रो शितल हुनेछ किनभने म यस ज्वालाको पीडामा छु ।’ 25 तर अब्राहामले भने, ‘बाबु आफ्नो जीवनकालमा तिमीले असल कुराहरू पायौ र त्यसै गरी लाजरसले खराब कुराहरू पायो भन्ने कुरा याद राख । तर अहिले ऊ यहाँ आराममा छ र तिमी पीडामा छौ । 26 र यी सबै बाहेक तिम्रो र हाम्रो बिचमा र मानिसहरू यताबाट उता र उताबाट यता आउन नसकून् भनेर ठुलो खाडल राखिएको छ ।’ 27 धनी मानिसले भन्यो, ‘म बिन्ती गर्छु पिता अब्राहाम, उसलाई मेरा पिताको घरमा पठाइदिनुहोस् । 28 किनकि मेरा पाँच जना भाइ छन् । उसले तिनीहरूलाई चेताउनी दिओस् र तिनीहरू यस डरलाग्दो ठाउँमा आउनु नपरोस् ।’ 29 तर अब्राहामले भने, ‘तिनीहरूसँग मोशा र अगमवक्ताहरू छन् । तिनीहरूले उनीहरूका कुरा सुनून् ।’ 30 धनी मानिसले उत्तर दियो, ‘होइन पिता अब्राहाम, मरेकाहरूबाट कोही तिनीहरूकहाँ गयो भने, तिनीहरूले पश्चात्ताप गर्ने थिए ।’ 31 अब्राहामले उसलाई भने, ‘यदि तिनीहरूले मोशा र अगमवक्ताका कुरा सुनेनन् भने कोही मृत्युबाट उठेको मानिसको कुरा पनि मान्ने छैनन्’ ।”
लूका १६ सामान्य टिपोटहरू
येशूले अर्को दृष्टान्त बताउन थाल्नुहुन्छ । यो एउटा मालिक र उसका ऋृणीहरूको व्यवस्थापकको विषयमा हो । यो अझै पनि कथाको उही भाग र उही दिन हो जुन [लूका १५:३]
अन्तिम खण्ड फरिसीहरू र शास्त्रीहरूलाई लक्षित थियो, तथापि येशूका चेलाहरू पनि सुन्नेहरूको भीडमा थिए ।
यसले दृष्टान्तमा एउटा नयाँ पात्रलाई परिचय गराउँछ ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले धनी मानिसलाई भने”
“धनी मानिसको धन मूर्खतापूर्वक खर्च गरिरहेको”
धनी मानिसले ती व्यवस्थापकलाई गाली गर्न एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिमीले गरिरहेको कुरा मैले सुनेको छु ।”
“अरू कसैलाई जिम्मा लगाउनलाई तिम्रा हिसाबहरू तयार गर” वा “तिमीले मेरो रुपियाँ-पैसाबारे लेखेका विवरणहरू तयार पार”
व्यवस्थापकले उसका विकल्पहरूलाई पुनः विचार गर्नलाई आफैँलाई प्रश्न सोध्छन् । वैकल्पिक अनुवादः “मैले के गर्नुपर्छ भनेर मैले विचार गर्न जरुरी छ ... काम ... ”
यसले धनी मासिनलाई जनाउँछ । व्यवस्थापक नोकर थिएनन् । वैकल्पिक अनुवादः “मलाई काम लगाइदिनुहुने”
“खेत खन्नलाई म पर्याप्त मात्रामा बलियो छैन” वा “म खन्न सक्षम छैन”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब मैले मेरो व्यवस्थापकको काम गुमाउँछु” वा “जब मेरा मालिकले मेरो व्यवस्थापनको काम खोस्छन्”
यसले ती मानिसहरूले कुनै जागिर, वा उसलाई बाँच्नलाई खाँचो पर्ने कुराहरू जुटाइदिनेछन् भन्ने आशय दिन्छ ।
“उसका मालिकबाट ऋृण लिएका मानिसहरू” वा “उसका मालिकप्रति केही कुराको ऋृणी भएका मानिसहरू ।” यस कथामा ऋृणीहरूले जैतूनको तेल र गहुँ लिएका थिए ।
“ऋृणीले भन्यो ... व्यवस्थापकले ऋृणीलाई भने”
यो झण्डै ३,००० लिटर जतिको जैतूनको तेल थियो ।
“१०० … ५०”
“रसिद” भनेको कागजको एउटा टुक्रा हो जसले कसैले कति तिर्नुपर्छ भनेर बताउँछ ।
“व्यवस्थापकले अर्का ऋृणीलाई भने ... ऋृणीले भन्यो ... व्यवस्थापकले ऋृणीलाई भने”
तपाईंले यसलाई आद्युनिक नापमा बदल्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “झण्डै २०,००० लिटर जतिको गहुँ” वा “गहुँका हजार डालाहरू”
“असी कोर गहुँ ।” तपाईंले यसलाई आद्युनिक नापमा बदल्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “सोह्र हजार लिटर लेख” वा “आठ सय डालाहरू लेख”
“८०”
येशूले मालिक र उसका ऋृणीहरूको व्यवस्थापकको बारेमा भएको दृष्टान्त भन्न सकाउनुहुन्छ । पद ९ मा, येशूले उहाँका चेलाहरूलाई सिकाउन निरन्तरता दिनुहुन्छ ।
मालिकले व्यवस्थापकको कामको बारेमा कसरी थाहा गरे भनेर पाठ्यखण्डले बताउँदैन ।
“तारिफ गरे” वा “... बारेमा राम्रो भने” वा “स्वीकार गरे”
“उसले चलाख भएर काम गरेको थियो” वा “उसले बुद्धिमानीपूर्ण काम गरेको थियो”
यसले परमेश्वरलाई नचिन्ने वा वास्ता नगर्ने अधर्मी व्यवस्थापकजस्ता मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यस संसारका मानिसहरू” वा “सांसारिक मानिसहरू”
यहाँ “ज्योति”ले ईश्वरहीन रहेका सबै कुराको लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “परमेश्वरका मानिसहरू” वा “ईश्वरीय मानिसहरू”
“म” ले येशूलाई जनाउँछ । “म तिमीहरूलाई भन्दछु” भन्ने वाक्यांशले कथाको अन्त्यलाई जनाउँछ र अब येशूले मानिसहरूलाई सो कथालाई तिनीहरूको जीवनमा कसरी लागु गर्ने भनी बताउनुहुन्छ ।
यहाँ ध्यान चाहिँ पैसा अरू मानिसहरूलाई सहयोग गर्न प्रयोग गर्ने विषयमा हो । वैकल्पिक अनुवादः “सांसारिक सम्पत्तिले तिनीहरूलाई सहायता गरेर मानिसहरूलाई तिमीहरूको मित्रहरू बनाओ”
सम्भावित अर्थहरू हुन् १) येशूले पैसालाई “अधार्मिक” भन्नुहुँदा अतिशयोक्तिको प्रयोग गर्नुहुन्छ किनभने त्यसको कुनै अनन्त मूल्य हुँदैन । वैकल्पिक अनुवादः “पैसाको प्रयोग गरेर, जसको कुनै अनन्त मूल्य हुँदैन” वा “सांसारिक रुपैँया-पैसाको प्रयोग गरेर” वा २) येशूले पैसालाई “अधार्मिक” भन्नुहुँदा प्रतिस्थापन शब्दको प्रयोग गर्नुहुन्छ किनभने कहिलेकाहीँ मानिसहरूले अधार्मिक तरिकाले पैसा कमाउँछन् वा त्यसलाई प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूले बेइमानीसँग कमाएको पैसा पनि प्रयोग गरेर”
यसले जनाउन सक्छ १) स्वर्गमा हुनुभएको परमेश्वर, जो तिमीहरूले मानिसहरूलाई सहयोग गर्न पैसाको प्रयोग गरेकोमा खुशी हुनुहुन्छ, वा २) ती मित्रहरू जसलाई तिमीहरूले आफ्नो पैसाले सहयोग गर्यौ ।
यसले स्वर्गलाई जनाउँछ, जहाँ परमेश्वर बस्नुहुन्छ ।
“ती मानिसहरू जो विश्वासयोग्य छन् ... पनि विश्वासयोग्य हुन्छन् ... ती मानिसहरू जो अधर्मी छन् ... पनि अधर्मी हुन्छन्” यसमा स्त्रीहरू पनि समेटिएका छन् ।
“साना कुराहरूमा पनि विश्वासयोग्य ।” यो कुरा पक्का गर्नुहोस् कि तिनीहरू धेरै विश्वासयोग्य छैनन् भनेको जस्तो नसुनियोस् ।
“साना कुराहरूमा पनि अधर्मी ।” यो कुरा पक्का गर्नुहोस् कि तिनीहरू धेरैपटक अधर्मी छैनन् भनेको जस्तो नसुनियोस् ।
तपार्इंले यसलाई [लूका १६:०९]
येशूले मानिसहरूलाई सिकाउन एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूलाई कसैले पनि साँचो धनको निम्ति भरोसा गर्नेछैन ।” वा “तिमीहरूलाई साँचो धनको व्यवस्थापन गर्नलाई कसैले दिनेछैन ।”
यसले त्यो धनलाई जनाउँछ जुन बढी साँचो, वास्तविक, वा पैसाभन्दा बढी रहने हुन्छ ।
येशूले मानिसहरूलाई सिकाउन एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “कसैले पनि तिमीहरूलाई तिमीहरूको सम्पत्ति दिँदैन ।”
“एउटा नोकरले … गर्न सक्दैन”
यो आशय दिइएको छ कि उसले “एकै समयमा दुई मालिकहरूको सेवा गर्न” सक्दैन ।
यी दुई वाक्यांशहरू मूलभूत रूपमा एउटै हुन् । एउटै प्रमुख भिन्नता भनेको यो हो कि पहिलो वाक्यांशमा पहिलो मालिकलाई घृणा गरिन्छ, तर दोस्रो वाक्यांशमा चाहिँ दोस्रो मालिकलाई घृणा गरिन्छ ।
“त्यो नोकरले घृणा गर्नेछ”
“एउटालाई गहिरो रूपमा प्रेम गर्नेछ”
“अर्कोलाई हेला गर्छ” वा “अर्कोको अवहेलना गर्छ”
यसले मूलभूत रूपमा अघिल्लो वाक्यांशमा “घृणा गर्नु” भनेको झैँ उही अर्थ दिन्छ ।
येशूले मानिसहरूको समूहसँग कुरा गरिरहनुभएकोले “तिमी” को बहुवचन रूप भएका भाषाहरूले त्यसैलाई प्रयोग गर्नुपर्छ ।
यो येशूका शिक्षाहरूमा आएको छोटो रोकावट हो, जसै पद १४ ले फरिसीहरूले येशूलाई कसरी गिल्ला गरे भन्ने बारेमा पृष्ठभूमि जानकारी बताउँछ । पद १५ मा, येशूले सिकाउन निरन्तरता दिनुहुन्छ र फरिसीहरूलाई जवाफ दिनुहुन्छ ।
यो शब्दले पृष्ठभूमि जानकारीतर्फ कुरा फर्केकोलाई अङ्कित गर्छ ।
“जसले पैसा भएको मन पराउँथे” वा “जो पैसाका लागि धेरै लोभी थिए”
“फरिसीहरूले येशूको खिल्ली उडाए”
“र येशूले फरिसीहरूलाई भन्नुभयो”
“तिमीहरू आफैँले आफैँलाई मानिसहरूप्रति असल देखाउने कोसिस गर्छौ”
यहाँ “हृदयहरू”ले मानिसहरूका चाहनाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूको साँचो इच्छाहरू बुझ्नुहुन्छ” वा “परमेश्वरले तिमीहरूका आकाङ्क्षाहरू जान्नुहुन्छ”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती कुराहरू जसलाई मानिसहरूले धेरै महत्त्वपूर्ण ठान्छन्, तिनीहरूलाई परमेश्वरले घृणा गर्नुहुन्छ”
यसले त्यस बेलासम्म लेखिएको परमेश्वरको सबै वचनलाई जनाउँछ ।
“अधिकार थियो” वा “मानिसहरूले आज्ञापालन गर्न जरुरी कुराहरू थिए”
यसले बप्तिस्मा दिने यूहन्नालाई जनाउँछ । वैकल्पिक अनुवादः “बप्तिस्मा-दिने यूहन्ना आए”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म मानिसहरूलाई परमेश्वरको राज्यको सुसमाचारबारे सिकाइरहेको छु”
यसले येशूको शिक्षालाई सुन्ने र स्वीकार गर्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “धेरै मानिसले यसभित्र प्रवेश गर्नलाई तिनीहरूले गर्न सक्ने हरेक कुरा गरिरहेका छन्”
यो अन्तरलाई उल्टो क्रममा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “व्यवस्थाको अक्षरको सबैभन्दा सानो मात्रा पनि स्वर्ग र पृथ्वीभन्दा बढी लामो समय रहनेछन्”
“मात्रा” भनेको अक्षरको सबैभन्दा सानो भाग हो । यसले व्यवस्थामा भएको केही कुरालाई जनाउँछ जुन महत्त्वहीन रहेको जस्तो देखिन सक्छ । वैकल्पिक अनुवादः “व्यवस्थाको सबैभन्दा सानो विवरण पनि”
“हराउनु” वा “अस्तित्वमा रहन बन्द गर्नु”
“उसकी पत्नीसँग विवाह विच्छेद गर्ने जो कोही” वा “उसकी पत्नीसँग विवाह विच्छेद गर्ने कुनै पनि मानिस”
“व्यभिचारको दोषी हुन्छ”
“हरेक मानिस जसले … स्त्रीलाई विवाह गर्छ”
यी पदहरूले येशूले धनी मानिस र लाजरसको बारेमा बताउन सुरु गर्नुभएको कथाको बारेमा पृष्ठभूमि जानकारी दिन्छन् ।
जसै येशूले मानिसहरूलाई सिकाउन थाल्नुहुन्छ, उहाँले एउटा कथा बताउन थाल्नुहुन्छ । यो एउटा धनी मानिस र लाजरसको विषयमा हो ।
यसले येशूको प्रवचनमा आएको बदलावलाई अङ्कित गर्छ जसै उहाँले एउटा कथा भन्न सुरु गर्नुहुन्छ जसले मानिसहरूलाई उहाँले तिनीहरूलाई के सिकाइरहनुभएको थियो भनेर बुझ्नलाई सहायता गर्नेछ ।
यस वाक्यांशले येशूको कथामा एउटा व्यक्तिलाई परिचय गराउँछ । यो एउटा वास्तविक मानिस हो या येशूले पाठको लागि भन्नुभएको केवल एउटा कथा हो भन्ने कुरा स्पष्ट छैन ।
“जसले वैजनी र नरम मलमलले बनेको कपडा लगाउँथ्यो” वा “जसले धेरै महँगो कपडा लगाउँथ्यो ।” वैजनी र नरम मलमलको कपडा धेरै महँगो हुन्थ्यो ।
“हरेक दिन महँगो खाना खाएर आनन्द मनाउँथ्यो” वा “धेरै पैसा खर्च गर्थ्यो र उसले इच्छा लागेको कुरा किन्थ्यो”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले लाजरस नामको एकजना भिखारीलाई उसको ढोकामा राख्थे”
यस वाक्यांशले येशूको कथामा अर्को व्यक्तिलाई परिचय गराउँछ । यिनी वास्तविक व्यक्ति थिए, वा यो सामान्य रूपमा कुनै भनाइ राख्न येशूले बताउनुभएको कथा थियो भनेर स्पष्ट छैन ।
“धनी मानिसको घरको ढोकामा” वा “धनी मानिसको जायजेथाको प्रवेशद्वारमा”
“उसको शरीरभरि घाउहरू थियो”
“खसेको खानाका टुक्राहरू उसलाई खान दिइयोस् भनी इच्छा गर्थ्यो”
“पनि” शब्दले देखाउँछ कि यसपछि जे आउँछ त्यो लाजरसको बारेमा अगिबाटै भनिएको कुराभन्दा बढी खराब छ । वैकल्पिक अनुवादः “त्यसमाथि, कुकुरहरू आए” वा “अझै नराम्रो, कुकुरहरू आए”
यहूदीहरूले कुकुरहरूलाई अशुद्ध जनावर मान्थे । लाजरस आफ्ना घाउ कुकुरहरूलाई चाट्न दिन नसक्ने गरी अति बिरामी र कमजोर थियो ।
यहाँ यो वाक्यांशलाई कथामा एउटा घटनालाई अङ्कित गर्न प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्नुहुन्छ ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “स्वर्गदूतहरूले उसलाई उठाएर लगे”
यसको मतलब अब्राहाम र लाजरस ग्रीकहरूको भोज खाने शैलीअनुसार भोजमा एक अर्कामा ढेसिएर बसिरहेका थिए भन्ने हुन्छ । स्वर्गमा हुने आनन्दलाई धर्मशास्त्रमा धेरैपटक भोजको धारणाद्वारा प्रतिनिधित्व गरिएको छ ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले उसलाई गाडे”
यसको मतलब अब्राहाम र लाजरस ग्रीकहरूको भोज खाने शैलीअनुसार भोजमा एक अर्कामा ढेसिएर बसिरहेका थिए भन्ने हुन्छ । स्वर्गमा हुने आनन्दलाई धर्मशास्त्रमा धेरैपटक भोजको धारणाद्वारा प्रतिनिधित्व गरिएको छ ।
“ऊ पातालमा गयो, जहाँ कठोर पीडा भोग्दै”
यो अलङ्कारको तात्पर्य “उसले माथि हेर्यो” भन्ने हुन्छ ।
“र धनी मानिसले ... भन्नलाई बोलायो” वा “उसले अब्राहामलाई पुकार्यो”
अब्राहाम ती धनी मानिस समेत गरेर सबै यहूदीहरूका पुर्खा थिए ।
“कृपया, ममाथि दया गर्नुहोस्” वा “कृपया, ममाथि कृपालु हुनुहोस्”
“लाजरसलाई पठाएर” वा “र लाजरसलाई मकहाँ आउनलाई भनिदिनुहोस्”
यसले माग गरिएको परिमाणको सानोपनलाई सङ्केत गर्छ । वैकल्पिक अनुवादः “उसले आफ्नो औँलाको टुप्पो भिजाओस्”
“म ज्वालामा भयानक पीडामा छु” वा “म यो आगोमा भयानक पीडा भोगिरहेको छु”
धनी मानिस पनि अब्राहामका सन्तानहरूमध्येको एक थियो ।
“राम्रा थोकहरू” वा “आनन्ददायक कुराहरू”
“त्यसै गरी खराब थोकहरू प्राप्त गर्यो” वा “त्यसै गरीउसलाई कष्ट दिने थोकहरू प्राप्त गर्यो”
यसले त्यो तथ्यलाई जनाउँछ कि तिनीहरू दुवैले पृथ्वीमा हुँदा केही कुरा प्राप्त गरे । यसले भनिरहेको छैन कि तिनीहरूले पाएका कुरा एउटै थियो । वैकल्पिक अनुवादः “ऊ बाँचिरहेको बेलामा ... पायो”
“उसलाई यहाँ सजिलो छ” वा “ऊ यहाँ खुशी छ”
“कष्ट भोगिरहेको”
“यसको अतिरिक्त”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरू र हाम्रा बीचमा एउटा ठुलो गल्छी राख्नुभएको छ”
“भिरालो, गहिरो र फराकिलो उपत्यका” वा “ठुलो विभाजन” वा “ठुलो गल्छी” (युडीबी)
“ती मानिसहरू जो त्यो धाँदो नाघ्न चाहन्छन् ... नसकून्” वा “यदि कसैले नाघ्न चाहन्छ भने ... उसले नसकोस्”
“ताकि लाजरसलाई तिनीहरूलाई चेतवनी देओस्”
“यो ठाउँ जहाँ हामीले कष्ट भोग्छौँ” वा “यो ठाउँ जहाँ हामीले भयानक पीडा भोग्छौँ”
येशूले धनी मानिस र लाजरसको बारेमा कथा भन्न सकाउनुहुन्छ ।
यो आशय दिइएको छ कि अब्राहामले लाजरसलाई धनी मानिसका भाइहरूकहाँ पठाउन इन्कार गरे । यसलाई उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अहँ, म त्यसो गर्नेछैन, किनकि तिम्रा भाइहरूसँग मोशा र अगमवक्ताहरूले लामो समय अगाडि लेखेका वचनहरू छन्”
यसले तिनीहरूको लेखनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “जे मोशा र अगमवक्ताहरूले लेखे”
“तिम्रा भाइहरूले मोशा र अगमवक्ताहरूलाई नै ध्यान दिनुपर्छ”
यसले एउटा परिस्थितिलाई वर्णन गर्छ जुन भएको छैन, तर धनी मानिसले त्यो भइदिए हुन्थ्यो भनी चाहन्छन् । वैकल्पिक अनुवादः “यदि कोही मरेको मानिस नै तिनीहरूकहाँ गयो भने” वा “यदि कोही मरेको मानिस नै गयो र तिनीहरूलाई चेतावनी दियो भने”
ती सबैको माझबाट जो मरिगएका छन् । यो अभिव्यक्तिले तलको संसारमा (पातालमा) भएका सबै मृत मानिसहरूलाई एकसाथमा वर्णन गर्छ ।
यहाँ “मोशा र अगमवक्ताहरू”ले तिनीहरूले लेखेको कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “यदि तिनीहरूले मोशा र अगमवक्ताहरूले लेखेका वचनहरूमा ध्यान दिँदैनन् भने”
यदि त्यो परिकल्पित परिस्थिति भयो भने के हुने थियो भनेर अब्राहामले उल्लेख गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “नता मृतकबाट फर्केर आउने कोही व्यक्तिले तिनीहरूलाई मनाउन सक्नेछ” वा “यदि कोही व्यक्ति मृतकबाट फर्केर आयो भने पनि तिनीहरूले विश्वास गर्ने छैनन्”
“मृतकहरूबाट” भन्ने शब्दहरूले तलको संसारमा (पातालमा) भएका मृत मानिसहरूको विषयमा कुरा गर्छ । तीमध्येबाट बिउँतनु भनेको पुनः जीवित हुनु हो ।
1 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “पाप गर्न लगाउने कुराहरू निश्चय नै हुनेछन्, तर त्यस व्यक्तिलाई धिक्कार छ जसद्वारा यो आउँदछ । 2 उसले यी सानाहरूमध्ये एक जनालाई ठेस लगाउनुभन्दा त उसको घाँटीमा ढुङ्गा झुन्डाएर उसलाई समुद्रमा फालिदिएको भए उसको लागि असल हुने थियो । 3 आफ्नो बारेमा होसियार रहो । तिम्रो भाइले पाप गर्छ भने उसलाई हप्काऊ र उसले क्षमा माग्छ भने उसलाई क्षमा गर । 4 यदि उसले तिम्रो विरुद्धमा दिनमा सात पटकसम्म पाप गर्दछ भने र सातै पटक तिमीकहाँ फर्की आएर, ‘म पश्चात्ताप गर्छु’ भन्यो भने तिमीले उसलाई क्षमा गर्नुपर्छ । 5 प्रेरितहरूले प्रभुलाई भने “हाम्रो विश्वास बढाइदिनुहोस् ।” 6 प्रभुले भन्नुभयो “यदि तिमीसँग रायोको बिउजत्रो विश्वास छ भने नेभाराको रुखलाई ‘यहाँबाट उखेलिएर समुद्रमा जा’ भन्यौ भने त्यसले तिम्रो आज्ञा मान्नेछ । 7 तर तिमीहरूमध्ये को होला जसको नोकरले जोत्दै वा भेडा चराउँदै गर्दा उसले तिमीलाई भन्नेछ, तत्कालै आउनुहोस् र खाना खानलाई बसौँ ।” 8 मेरो लागि खानको लागि खानेकुरा तयार पार, र कम्मरमा पटुका कस र मैले नसकुन्जेल मेरो सेवा गर भनेन भने, के तिमीले त्यसपछि केही कुरा खाने र पिउने गर्दछौ र ? 9 उसले आफ्नो नोकरलाई स्याबासी दिनेछैन किनकि हामीले केही आज्ञा नगरी के उसले हाम्रो निम्ति गर्नेछ ? 10 तिमीले अर्हाएको कुरा मात्र गर्दछौ भने तिमीले यसो पो भन्नुपर्ने हो, “हामी अयोग्य नोकरहरू हौँ, हामीले गर्नुपर्ने मात्र गरेका छौँ ।” 11 यो भन्दै गर्दा तिनीहरू यरूशलेमको यात्रा गर्दै थिए । त्यस बेला उहाँ सामरिया र गालील हुँदै यात्रा गर्नुभयो । 12 एउटा गाउँमा पुगेपछि, उहाँले दस जना कुष्ठरोग लागेका मानिसलाई भेट्नुभयो । तिनीहरू उहाँभन्दा टाढा उभिए । 13 र तिनीहरूले चर्को स्वरले भने, “येशू गुरुज्यू, हामीमाथि दया गर्नुहोस् ।” 14 जब उहाँले तिनीहरूलाई देख्नुभयो र भन्नुभयो, “जाओ र आफैँलाई पुजारीकहाँ देखाओ । र तिनीहरू गए अनि निको भए ।” 15 जब तीमध्ये एक जनाले आफू निको भएको महसुस गर्यो, ऊ चर्को स्वरले परमेश्वरको महिमा गर्दै फर्कियो ।” 16 उसले येशूको चरणमा पर्दै, उहाँलाई धन्यवाद चढायो । ऊ एउटा सामरी थियो । 17 येशूले उत्तर दिँदै भन्नुभयो, “के त्यहाँ दस जना निको भएका होइनन् ? अरू नौ जना कहाँ गए ? 18 के यो परदेशीबाहेक निको भएकाहरू फर्केर परमेश्वरलाई महिमा दिनुपर्ने होइन र ? 19 उहाँले त्यसलाई भन्नुभयो, “उठ र आफ्नो बाटो जाऊ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।” 20 फरिसीहरूले परमेश्वरको राज्य कहिले आउँछ भनी सोधे । येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “परमेश्वरको राज्य तिमीहरूले देखेको जस्तै होइन, 21 न त तिनीहरूले भन्नेछन्, ‘यता हेर ! वा उता हेर !’ किनभने परमेश्वरको राज्य तिमीहरूकै माझमा छ ।” 22 येशूले चेलाहरूलाई भन्नुभयो, “त्यो दिन आउनेछ जब तिमीहरूले मानिसका पुत्रलाई हेर्ने इच्छा गरौला तर तिमीहरूले देख्नेछैनौ । 23 तिनीहरूले तिमीलाई भन्नेछन्, ‘यता हेर ! उता हेर !’ तर तिमीहरूले नहेर, न त तिनीहरूलाई पछ्याओ । 24 आकाशमा एउटा कुनामा बिजुली चम्कदा अर्को कुनामा देखिएजस्तै मानिसका पुत्रको आगमनको दिनमा त्यस्तै हुनेछ । 25 तर उहाँ पहिले विभिन्न थोकहरूबाट सताइनुहुनेछ र यो पुस्ताद्वारा अस्वीकार गरिनुहुनेछ । 26 यस्ता घटनाहरू नोआको समयमा पनि भएको थिए र मानिसका पुत्रको समयमा पनि ती कुराहरू हुनेछन् । 27 नोआ जहाजभित्र नपसुन्जेलसम्म तिनीहरू खाँदै, पिउँदै, र विवाहमा सहभागी भएका थिए । त्यसपछि बाढी आयो र सबै कुरालाई विनाश गर्यो । 28 यस्तै घटनाहरू लोतको समयमा पनि घटेको थियो । त्यस समयमा तिनीहरूले खाँदै, पिउँदै, किन्दै, बेच्दै, र ती विभिन्न कुराहरूको निर्माण गर्दै थिए । 29 तर त्यो दिन जब लोत सदोम छोडेर गए, त्यसपछि आगो र गन्धक स्वर्गबाट बर्सियो र सबै कुरालाई नष्ट गर्यो । 30 अब मानिसका पुत्रको समयमा पनि यस्तै कुराहरू हुनेछन् । 31 त्यस दिनमा घरको माथिल्लो तल्लाबाट आफ्ना असल चिज लिनको लागि तल नआओ । र कोही खेतमा छ भने, नफर्क । 32 लोतकी पत्नीलाई सम्झ । 33 जसले आफ्नो प्राण बचाउन खोज्ला उसले त्यो गुमाउनेछ, तर जसले गुमाउला, उसको बचाइनेछ । 34 म तिमीलाई भन्नेछु, रातको समयमा दुई जना एकै ठाउँमा सुत्नेछन् । 35 तिनीहरूमध्ये एक जना लगिनेछ, र अर्को छोडिनेछ । 36 (खेतमा दुई जना हुनेछन् तिनीहरूमध्ये एक जना लगिनेछ र अर्को छोडिनेछ । ) 37 तिनीहरूले उहाँलाई सोधे, “कहाँ प्रभु ?” र उहाँले तिनीहरूलाई भन्नुभयो, “जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू जम्मा हुनेछन् ।”
येशूले उहाँका अनुयायीहरूलाई सिकाउन नोआ र लोतको जीवन प्रयोग गर्नुभयो । जलप्रलय आउँदा नोआ त्यसको लागि तयार थिए, र तिनीहरू उहाँ फर्किनुहुने समयको लागि तयार हुनुपर्थ्यो, किनभने उहाँ आउनुहुँदा उहाँले तिनीहरूलाई खबर गर्नुहुने थिएन । लोतकी पत्नीले तिनी बसोबास गरिरहेकी त्यस दुष्ट सहरलाई यति धेरै प्रेम गर्थिन् कि परमेश्वरले त्यस सहरलाई नाश पार्नुहुँदा तिनलाई पनि दण्ड दिनुभयो, र तिनीहरूले पनि येशूलाई अन्य कुनै पनि कुराभन्दा बढी प्रेम गर्न आवश्यक थियो ।
तिनीहरू जसले तपाईंको अनुवादलाई पढ्छन्, तिनीहरूलाई सहायताको खाँचो पर्न सक्छ ताकि येशूले त्यहाँ सिकाइरहनुभएको कुरा बुझ्न सकून् ।
परिकल्पित परिस्थितिहरू भनेको ती परिस्थितिहरू हुन् जुन वास्तवमै भएका छैनन् । अरूहरूलाई पाप गर्न लगाउनेहरूलाई जे हुनेछ सो डुबेर मर्नुभन्दा बढी खराब हुनेछ भनेर सिकाउनलाई येशूले एउटा विशेष प्रकारको परिकल्पित परिस्थितिको प्रयोग गर्नुभयो
येशूले उहाँलाई असल तरिकाले सेवा गर्नेहरू पनि उहाँको अनुग्रहको कारण मात्रै धर्मी ठहरिन्छन् भनेर उहाँका चेलाहरूलाई सिकाउन तिनीहरूलाई तीनवटा प्रश्नहरू सोध्नुभयो अनि )
येशूले आफैँलाई यस अध्यायमा “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ अनि
विरोधाभासी अलङ्कार भनेको एउटा साँचो कथन हो जसले कुनै असम्भव कुरालाई वर्णन गरिरहेको जस्तो देखिन्छ । यस अध्यायमा एउटा विरोधाभासी अलङ्कारको प्रयोग भएको छः “हरेक जसले आफ्नो जीवनलाई बचाउन खोज्छ त्यसले त्यो गुमाउनेछ, तर हरेक जसले आफ्नो जीवन गुमाउँछ त्यसले त्यो बचाउनेछ” (लूका १७:३३) ।
येशूले सिकाउन त निरन्तरता दिनुहुन्छ, तर अब उहाँले आफ्नो ध्यान फेरि उहाँका चेलाहरूतर्फ लगाउनुहुन्छ । यो अझै पनि कथाको उही भाग हो र उही दिन हो जुन लूका १५:३ मा सुरु भयो ।
“मानिसहरूलाई पाप गर्न परीक्षामा पार्ने थोकहरू निश्चय नै आउनेछन्”
“जसले परीक्षाहरू आउन लगाउँछ” वा “मानिसहरूलाई परीक्षित गर्न लगाउने कुनै पनि व्यक्ति”
तपाईंले यसलाई स्पष्ट बनाउनुपर्ने हुन सक्छ कि यो मानिसहरूलाई पाप गर्न लगाउने कुराको लागि भएको दण्ड हो जसलाई येशूले समुद्रमा फालिने कुरासँग तुलना गरिरहनुभएको छ । वैकल्पिक अनुवादः “म त्यसलाई घाँटीमा जाँतो झुण्डाएर समुद्रमा फालिदिएर कम सजाय दिनेछैन । बरु, म त्यसलाई बढी सजाय दिनेछु । यो यसकारणले हो कि त्यसले यी सानाहरूमध्ये एकजनालाई ठेस खान लगायो ।”
यसले एउटा परिकल्पित परिस्थितिलाई परिचय गराउँछ । यसको अर्थ हुन्छ कि मानिसहरूलाई पाप गर्न लगाएको कारण यो व्यक्तिले पाउने दण्ड समुद्रमा डुबाइदिएकोभन्दा बढी कठोर हुनेछ । कसैले पनि त्यसको घाँटीमा जाँतो झुण्डाएको छैन, र कसैले त्यसो गर्नेछ भनेर पनि येशूले भनिरहनुभएको छैन ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले उसको घाँटीमा जाँतो बाँधेर उसलाई फ्याँकिदिए पनि हुन्थ्यो” वा “कसैले उसको घाँटीमा जाँतो बाँधेर घचेडिदिए पनि हुन्थ्यो”
यी शब्दहरूले स्त्रीहरू साथसाथै पुरुषहरू गरेर जो कसैलाई पनि जनाउन सक्छ ।
यो गहुँलाई पिसेर पिठो बनाउन प्रयोग गरिने ठूलो, गह्रौँ वृत्ताकार ढुङ्गा हो । वैकल्पिक अनुवादः “एउटा गह्रौँ ढुङ्गा”
यसले यहाँ ती मानिसहरूलाई जनाउँछ जसको विश्वास अझै कमजोर छ । वैकल्पिक अनुवादः “यी मानिसहरू जसको विश्वास सानो छ”
यो अन्जानमा हुने पापलाई जनाउने एउटा तरिका हो । वैकल्पिक अनुवादः “पाप गर्न लगाउनु”
यो सम्भवतः भविष्यमा हुने घटनाबारे बताउने सर्तसहितको वाक्य हो ।
“भाइ”लाई यहाँ एउटै विश्वास भएको कोही व्यक्ति भन्ने बुझाइमा प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “सङ्गी विश्वासी”
“उसले गरेको कुरा गलत थियो भनी कडासँग भन” वा “उसलाई सच्च्याऊ”
यो भविष्यको काल्पनिक परिस्थिति हो । यस्तो कहिल्यै हुन नसक्ला, तर यदि यस्तो भए पनि, येशू मानिसहरूलाई क्षमा गर्नू भन्नुहुन्छ ।
बाइबलमा अङ्क सात पूर्णताको सङ्केत हो । वैकल्पिक अनुवादः “एक दिनमा धेरै पटक, र हरेक पटक”
त्यहाँ येशूका शिक्षाहरूमा छोटो रोकावट आएको छ किनकि चेलाहरूले उहाँसँग कुरा गर्न थाल्छन् । त्यसपछि येशूले सिकाउन निरन्तरता दिनुहुन्छ ।
“कृपया, हामीलाई अझ बढी विश्वास दिनुहोस्” वा “कृपया, हाम्रो विश्वासमा अझ अरू विश्वास थपिदिनुहोस्”
रायोको बिउ भनेको धेरै मसिनो दाना हो । येशूले तिनीहरूसँग रायोको दानाजत्रो विश्वास पनि थिएन भन्ने अर्थ दिनुहुन्छ । वैकल्पिक अनुवादः “यदि तिमीसँग रायोको दाना जति सानो हुन्छ, त्यति नै सानो विश्वास छ भने, तिमीहरूले” वा “तिमीहरूको विश्वास रायोको दाना जति पनि ठूलो छैन, यदि भइदिएको भए, तिमीहरूले”
यदि यसको किसिमको रूख चिनिएको छैन, अर्को किसिमको रूखलाई त्यसको ठाउँमा राख्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “अञ्जीरको रूख” वा “रूख”
यिनीहरूलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आफैँ उखेल् र आफैँलाई समुद्रमा रोप्” वा “तेरा जराहरूलाई जमिन बाहिर निकाल् र तेरा जराहरूलाई महासागरभित्र गाड्”
“त्यो रूखले तिमीहरूको आज्ञा मान्नेछ ।” यो सर्तसहितको परिणाम हो । यो तिनीहरूसँग विश्वास भए मात्र भए हुने थियो ।
आफ्ना चेलाहरूलाई एउटा सेवकको भूमिकाको बारेमा सोच्नलाई सहायता गर्न येशूले तिनीहरूलाई एउटा प्रश्न सोध्नुहुन्छ । यसलाई एउटा कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर तिमीहरूमध्ये कोही ... उसलाई भन्नेछैन ... खान बस् ।’”
“तिमीहरूको खेत जोत्ने वा भेडाहरू हेर्ने नोकर”
चेलाहरूले एउटा सेवकलाई वास्तवमा कसरी व्यवहार गर्ने थिए भनेर व्याख्या गर्न येशूले दोस्रो प्रश्नको प्रयोग गर्नुहुन्छ । यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “उसले त्यसलाई निश्चय नै भन्नेछ ... खान बस्’”
“तिम्रो कम्मरमा तिम्रो लुगा बाँध र मेरो सेवा गर” वा “राम्ररी लुगा लगाऊ र मेरो हेरचाह गर ।” मानिसहरूले काम गर्दा तिनीहरूको लुगा नतानियोस् भनेर तिनीहरूको लुगालाई तिनीहरूको कम्मर वरिपरि बाँध्थे ।
“तब मेरो सेवा गरेपछि”
येशूले शिक्षा दिन सकाउनुहुन्छ । यो कथाको यस भागको अन्त्य हो ।
मानिसहरूले नोकरहरूलाई कसरी व्यवहार गर्छन् भनेर देखाउन येशूले यो प्रश्नको प्रयोग गर्नुहुन्छ । यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “उसले नोकरलाई अह्राइएका कुराहरू ... धन्यवाद दिनेछैन ।”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले उसलाई आज्ञा गरेका कुराहरू”
“ठिक ?” वा “के यो सत्य होइन ?”
येशूले उहाँका चेलाहरूसँग कुरा गरिरहनुभएको हुनाले “तिमी” को बहुवचनको रूप भएको भाषाहरूमा त्यसैलाई प्रयोग गर्नुहोस् ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन परमेश्वरले तिमीहरूलाई अह्राउनुभएको छ”
तिनीहरूले कुनै पनि प्रशंसाको योग्य काम गरेका हुँदैनन् भनेर व्यक्त गर्नको लागि यो एउटा अतिरञ्जन हो । वैकल्पिक अनुवादः “हामी साधारण नोकरहरू हौँ” वा “हामी तपाईंको प्रशंसा पाउन लायकका छैनौँ”
यो कथाको अर्को भाग हो । येशूले १० जना मानिसहरूलाई कुष्ठरोगबाट निको पार्नुहुन्छ । पदहरू ११ र १२ ले पृष्ठभूमि जानकारी र घटनाको परिवेश बताउँछन् ।
यो वाक्यांशलाई यहाँ कथाको नयाँ भागको सुरुवातलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्नुहुन्छ ।
“जसै येशू र उहाँका चेलाहरू यरूशलेमतिर यात्रा गरिरहनुभएको थियो”
यो वाक्यांशले गाउँको पहिचान गराउँदैन ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “दस जना मानिसहरू जो कुष्ठरोगीहरू थिए, तिनीहरूले उहाँलाई भेटे” वा “कुष्ठरोग भएका दस जना मानिसहरूले उहाँलाई भेटे”
यो एउटा आदरपूर्ण स्वभाव थियो, किनभने कुष्ठरोगीहरूलाई अरू मानिसहरूको नजिक जान अनुमति दिइएको थिएन ।
“कसैले स्वर उचाल्नु” भन्ने वाक्पद्धतिको अर्थ ठूलो स्वरले बोल्नु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले ठूलो स्वरले बोलाए” वा “तिनीहरूले उच्च स्वरमा बोलाए”
तिनीहरूले मुख्य गरी निको पारिनकै लागि बिन्ती गरिरहेका थिए । वैकल्पिक अनुवादः “कृपया, हामीलाई निको पारेर दया देखाउनुहोस्”
कुष्ठरोगीहरूले पूरोहितहरूबाट तिनीहरूको कुष्ठरोग निको भएको कुरा पक्का गराउनुपर्थ्यो । वैकल्पिक अनुवादः “आफैँलाई पूरोहितहरूकहाँ देखाओ ताकि तिनीहरूले तिमीहरूको जाँच गर्न सकून्”
जब मानिसहरू निको हुन्थे, तिनीहरू अरू बढी समय विधिपूर्वक रूपमा अशुद्ध हुँदैनथे । यसलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “जब तिनीहरू आ-आफ्ना कुष्ठरोगबाट निको पारिए, तिनीहरू शुद्ध भए” वा “तिनीहरू आ-आफ्ना कुष्ठरोगबाट निको पारिए”
“ऊ निको भएको महसुस गर्यो” वा “महसुस गर्यो कि येशूले उसलाई निको पार्नुभएको थियो”
“ऊ येशूकहाँ फर्केर गयो”
“र ठूलो स्वरले परमेश्वरको महिमा गर्यो”
“उसले घुँडा टेक्यो र उसको शिर येशूको पाउ नजिक लग्यो ।” उसले येशूलाई आदर गर्नलाई यसो गर्यो ।
यो येशूले १० कुष्ठरोगीहरूलाई निको पार्नुभएको विषयमा भएको कथाको भागको अन्त्य हो ।
येशूले त्यस मानिसले गरेको कुराको जवाफ दिनुभयो, तर उहाँ आफ्नो वरिपरि भएको भीडसँग बोलिरहनुभएको थियो । वैकल्पिक अनुवादः “त्यसैले, येशूले भIडलाई भन्नुभयो”
यो तीनवटा आलङ्कारिक प्रश्नमध्ये पहिलो हो । दस जनामध्ये एक जना मात्र परमेश्वरलाई महिमा दिन आएकोमा उहाँ कति चकित र निराश हुनुहन्थ्यो भनी येशूले आफ्ना वरिपरिका मानिसहरूलाई देखाउनलाई यी आलङ्कारिक प्रश्नहरूको प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “दस जना मानिस निको पारिएका थिए ।” वा “परमेश्वरले दस जना मानिसलाई निको पार्नुभयो ।”
“अरू नौ जना किन फर्केर आएनन् ?” यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “अरू नौ जना मानिस पनि फर्केर आउनुपर्थ्यो ।”
यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “यो विदेशीबाहेक अरू कोही पनि परमेश्वरलाई महिमा दिन आएन !” वा “परमेश्वरले दस जना मानिसहरूलाई निको पार्नुभयो, तरै पनि यो एउटा विदेशी मात्र परमेश्वरलाई महिमा दिन फर्केर आयो !”
सामरीका पुर्खाहरू गैरयहूदीहरू थिए र तिनीहरूले परमेश्वरको आराधना यहूदीहरूले जस्तो गर्दैनथे ।
“तिम्रो विश्वासको कारणले तिमी निको भएका छौ ।” “विश्वास”को धारणालाई “विश्वास गर्नु” भन्ने क्रियापदले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि तिमी विश्वास गर्छौ, तिमी फेरि राम्रो भएका छौ”
यो कहाँ भएको हो भनेर हामी जान्दैनौँ; यो सामान्य रूपमा येशूले फरिसीहरूसँग कुरा गरिरहनुभएको कुनै एक दिनमा हो ।
यो एउटा नयाँ घटनाको सुरुवात हो । केही अनुादहरूले यसलाई “एक दिन” वा “एकचोटि” भनेर सुरु गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एकदिन फरिसीहरूले येशूलाई सोधे, ‘परमेश्वरको राज्य कहिले आउनेछ ?’”
मानिसहरुले ठाने कि तिनीहरूले राज्यको आगमन भइरहेको कुराको चिन्हहरू देख्न सक्नेछन् । चिन्हहरूको धारणालाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरको राज्य चाहिँ मानिसहरूले देख्न सक्ने चिन्हहरूको साथमा आउँदैन”
नामपद शब्द “राज्य”को धारणालाई “शासन गर्नुहुन्छ” भन्ने क्रियापद शब्दले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूकै माझमा शासन गर्नुहुन्छ”
येशू धार्मिक अगुवाहरूसँग कुरा गरिरहनुभएको थियो जो उहाँको विरुद्धमा थिए । सम्भावित अर्थहरू हुन् १) “तिमीहरू” शब्दले मूलभूत रूपमा मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरको राज्य मानिसहरूभित्रै छ” वा २) “भित्रै” भनेर अनुवाद गरिएको शब्दको अर्थ “माझमा” भन्ने हुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरको राज्य तिमीहरूकै माझमा छ”
येशूले उहाँका चेलाहरूलाई सिकाउन थाल्नुहुन्छ ।
आउँदै गरेका दिनहरू भन्ने अवधारणाले केही कुरा चाँडै हुन लागेको कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “एउटा समय आउँदैछ जब” वा “चाँडै”
“तिमीहरूले हेर्ने निकै चाहना गर्नेछौ” वा “तिमीहरूले अनुभव गर्ने इच्छा गर्नेछौ”
यसले परमेश्वरको राज्यलाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यो एक दिन जब मानिसको पुत्रले राजाको रूपमा शासन गर्नेछन्”
येशूले आफ्नै बारेमा कुरा गरिरहनुभएको छ ।
“तिमीहरूले त्यसको अनुभव गर्नेछैनौ”
यसले मसिहलाई खोज्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “हेर, मसिह त्यहाँ हुनुहुन्छ ! उहाँ यहाँ हुनुहुन्छ !”
बाहिर जानुको उद्देश्यलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो हेर्नलाई तिनीहरूसँगै नजाओ”
मानिसको पुत्रको आगमन बिजुली देखा परेको जस्तो प्रस्ट र अचानक हुने खालको हुनेछ । वैकल्पिक अनुवादः “जब बिजुली चम्किन्छ सबैले यसलाई देख्न सक्छन्” वा “जसरी अचानक बिजुली चम्कन्छ”
यसले परमेश्वरको भविष्यको राज्यलाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसको पुत्र शासन गर्न आउनुहुने दिनमा त्यस्तै हुनेछ”
“तर पहिले मानिसको पुत्रले पहिले कष्ट भोग्नुपर्छ ।” येशूले आफ्नै बारेमा तृतीय पुरुषमा बोल्दै हुनुहुन्थ्यो ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यस पुस्ताका मानिसहरूले उहाँलाई इन्कार गर्नुपर्छ”
“जसरी मानिसहरूले ... कुराहरू गरिरहेका थिए ... त्यसै गरी मानिसहरूले उही कुराहरू गरिरहेका हुनेछन्”
“नोआको समय” ले नोआको जीवनकालमा परमेश्वरले संसारका मानिसहरूलाई न्याय गर्नुभन्दा अगिको समयलाई जनाउँछ । वैकल्पिक अनुवादः “जब नोआ बाँचिरहेका थिए”
“मानिसको पुत्रको समय” ले मानिसको पुत्र आउनुभन्दा अगिको समयलाई जनाउँछ । वैकल्पिक अनुवादः “जब मानिसको पुत्र आउन लाग्नुभएको हुन्छ”
मानिसहरूले सामान्य कुराहरू गरिरहेका थिए । तिनीहरूले परमेश्वरले तिनीहरूलाई न्याय गर्न लाग्नुभएको छ भन्ने कुरा चाल पाएनन् वा वास्ता गरेनन् ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बाबुआमाहरूले तिनीहरूका छोरीहरूलाई मानिसहरूसँग विवाह गर्न दिइरहेका थिए”
“पानी जहाज” वा “नौका”
यसले नोआ र उसको परिवारलाई समावेश गर्दैन जो डुङ्गामा थिए । वैकल्पिक अनुवादः “तिनीहरू सबैलाई नाश पार्यो जो डुङ्गामा थिएनन्”
“सदोमका मानिसहरूले खाँदै र पिउँदै थिए”
“आकाशबाट आगो र जलिरहेको गन्धक झरी झैँ बर्स्यो”
यसले लोत र तिनको परिवारलाई समावेश गर्दैन । वैकल्पिक अनुवादः “तिनीहरू सबैलाई नाश पार्यो जो सहरमा बसे”
“यो त्यस्तै हुनेछ ।” वैकल्पिक अनुवादः “त्यसै गरेर मानिसहरू तयार हुनेछैनन्”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब मानिसको पुत्र देखा पर्छन्” वा “जब मानिसको पुत्र आउँछन्”
Jesus is speaking about himself. वैकल्पिक अनुवादः “म, मानिसको पुत्र, प्रकट हुन्छु”
“घरको माथिल्लो तल्लामा भएकाहरू कोही पनि तल जानुहुँदैन” वा “यदि कोही घरको माथिल्लो तल्लामा छ भने, ऊ तल जानुहुँदैन”
तिनीहरूका घरका माथिल्ला भागहरू सम्म परेका हुन्थे र मानिसहरू त्यसमा हिँड्न वा बस्न सक्थे ।
“उसका सम्पत्तिहरू” वा “उसका थोकहरू”
तिनीहरू कुनै पनि थोक लिन घरमा फर्केर जान हुने थिएन । तिनीहरू चाँडो भाग्नुपर्थ्यो ।
“लोतकी पत्नीलाई के भयो सम्झ !” यो एउटा चेतावनी हो । तिनले सदोमतिर फर्केर हेरिन् र परमेश्वरले तिनलाई सदोमका मानिसहरूसँगै दण्ड दिनुभयो । वैकल्पिक अनुवादः “लोतकी पत्नीले गरेजस्तो नगर”
“आफ्नो जीवन बचाउन कोसिस गर्ने मानिसहरूले त्यो गुमाउनेछन्” “जसले आफ्नो पुरानो जीवनको तरिकालाई बचाउने कोसिस गर्छ, त्यसले आफ्नो जीवन गुमाउनेछ”
“तर मानिसहरू जसले तिनीहरूका जीवन गुमाउँछन्, तिनीहरूले ती बचाउनेछन्” वा “तर जसले आफ्नो जीवनको पुरानो शैलीलाई त्याग्छ, उसले आफ्नो जीवन बचाउनेछ”
जसै येशूले उहाँका चेलाहरूलाई सम्बोधन गर्न निरन्तरता दिनुहुन्छ, उहाँले तिनीहरूलाई बताइरहनुभएको कुराको महत्त्वलाई उहाँले जोड दिनुहुन्छ ।
यसले यदि उहाँ, मानिसको पुत्र, रातको समयमा आए भने के हुनेछ भनी देखाउँछ ।
जोड यी दुई मानिसहरूमा छैन, तर केही मानिसहरू लगिनेछन् र अरूहरू चाहिँ छोडिनेछन् भन्ने तथ्यमा चाहिँ जोड छ ।
“बस्ने ठाउँ” वा “सानो खाट”
“एउटा मानिस लगिनेछ र अर्को मानिस पछाडि छोडिनेछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले एउटा मानिसलाई लानुहुनेछ र अर्कोलाई छोड्नुहुनेछ” वा “स्वर्गदूतहरूलेले एकजनालाई लानेछन् र अर्कोलाई छोड्नेछन्”
यी दुई स्त्रीहरू वा तिनीहरूका क्रियाकलापमा जोड दिइएको छैन, तर केही मानिसहरू लगिनेछन् र अरूहरू चाहिँ छोडिनेछन् भन्ने तथ्यमा चाहिँ जोड छ ।
“एकसाथ अनाज पिसिरहेका”
चेलाहरूले येशूलाई उहाँको शिक्षाको बारेमा एउटा प्रश्न सोध्छन् र उहाँले तिनीहरूलाई जवाफ दिनुहुन्छ ।
“प्रभु, यो कहाँ हुनेछ ?”
यो “यो प्रत्यक्ष हुनेछ” वा “यो जब हुन्छ तब तिमीहरूले थाहा पाउनेछौ” भन्ने अर्थ दिने उक्ति हो जस्तो देखिन्छ । वैकल्पिक अनुवादः “जसरी गिद्धहरूको उपस्थितिले त्यहाँ मृत शरीर छ भन्ने देखाउँछ, यी कुराहरूले मानिसको पुत्र प्रकट हुन लाग्नुभएको छ भनी देखाउँछन्”
गिद्धहरू एकसाथ उड्ने ठूला चराहरू हुन् र तिनीहरूले भेट्टाएका मरेका जनावरहरूका मासुहरू खान्छन् । तपाईंले यी चराहरूलाई यसरी वर्णन गर्न सक्नुहुन्छ वा यसो गर्ने कुनै स्थानीय चरालाई जनाउने नाम पनि प्रयोग गर्न सक्नुहुन्छ ।
1 तब तिनीहरूले कसरी सधैँ प्रार्थना गर्नुपर्छ र निरुत्साह हुनुहुँदैन भन्ने सम्बन्धमा उहाँले तिनीहरूसँग दृष्टान्तमा बोल्नुभयो । 2 उहाँले भन्नुभयो, “कुनै एउटा सहरमा एक जना न्यायाधीश बस्दथे, जसले परमेश्वरको भय मान्दैनथे र मानिसहरूको पनि आदर गर्दैनथे । 3 त्यस सहरमा एक जना विधवा बस्थिन् र बारम्बार ती अधर्मी न्यायाधीशकहाँ आउँथिन् र भन्थिन्, ‘मलाई सहायता गर्नुहोस् र मेरो वादीको विरुद्ध मलाई न्याय दिलाउनुहोस् ।’ 4 लामो समयसम्म उनले ती विधवालाई सहायता गर्ने इच्छा गरेनन्, तर केही समयपछि उनले मनमनै भने, ‘मैले परमेश्वरको भय मान्दिनँ र मानिसहरूको पनि आदर गर्दिनँ, 5 तर यस विधवाले मलाई सताउँछे । त्यसैले, मकहाँ बारम्बार आएर यसले मलाई नसताओस् भनेर, म उसलाई न्याय दिलाउनेछु’ ।” 6 तब प्रभुले भन्नुभयो, “ती अन्यायी न्यायाधीशले के भन्छन्, सुन । 7 के परमेश्वरले पनि उहाँलाई दिनरात पुकारा गर्ने आफ्ना चुनिएका मानिसहरूको निम्ति न्याय गरिदिनुहुन्न र ? के उहाँ तिनीहरूप्रति धैर्यवान् हुनुहुन्न र ? 8 म तिमीहरूलाई भन्दछु, उहाँले तिनीहरूलाई तुरुन्तै न्याय दिलाउनुहुनेछ । तर जब मानिसका पुत्र आउनेछन्, के उनले पृथ्वीमा विश्वास भेट्टाउनेछन् र ?” 9 त्यसपछि उहाँले आफैँलाई धर्मी ठान्ने र अरूलाई तुच्छ ठान्ने कतिपय मानिसहरूलाई यो दृष्टान्त पनि भन्नुभयो, 10 “दुई जना मानिस मन्दिरमा प्रार्थना गर्न गए– एक जना फरिसी र अर्को कर उठाउने । 11 फरिसीले उभिएर यसो भनेर आफ्नै बारेमा प्रार्थना गर्यो, ‘हे परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु कि म अरू चोरहरूजस्तो छैनँ, अधर्मीहरूजस्तो छैनँ, व्यभिचारीजस्तो पनि छैनँ, यही कर उठाउनेजस्तो पनि छैनँ । 12 म हरेक हप्ता दुई पटक उपवास बस्दछु । म आफूले पाएका सबै थोकको दशांश दिन्छु ।’ 13 तर कर उठाउने मानिसले टाढैबाट उभिएर, स्वर्गतिर पनि नहेरीकन आफ्नो छाती पिट्दै यसो भन्यो, ‘हे परमेश्वर म पापीमाथि कृपालु हुनुहोस् ।’ 14 म तिमीहरूलाई भन्दछु, कि यो मानिस अर्को मानिसभन्दा बढी धर्मी ठहरिएर आफ्नो घर फर्क्यो, किनभने हरेक जसले आफूलाई उचाल्दछ त्यो होच्याइनेछ र जसले आफैँलाई होच्याउँछ त्यो उचालिनेछ । 15 उहाँले तिनीहरूलाई छोइदिऊन् भनी मानिसहरूले बालबालिकाहरूलाई पनि उहाँकहाँ ल्याए, तर यो यो देखेर चेलाहरूले तिनीहरूलाई हकारे । 16 तर येशूले तिनीहरूलाई भन्नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक, किनभने स्वर्गको राज्य यस्तैहरूको हो । 17 साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले परमेश्वरको राज्यलाई बालकले झैँ ग्रहण गर्दैन भने त्यो निश्चय नै स्वर्गमा प्रवेश गर्नेछैन ।” 18 एक जना शासकले उहाँलाई सोधे, “हे असल गुरु, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ ?” 19 येशूले तिनलाई भन्नुभयो, “किन मलाई असल भन्दछौ, एक परमेश्वरबाहेक कोही पनि असल छैन । 20 तिमीलाई आज्ञाहरू थाहा छ– तैँले व्यभिचार नगर्नू, हत्या नगर्नू, नचोर्नू, झुटो गवाही नदिनू, आफ्ना आमाबुबाको आदर गर्नू ।” 21 ती शासकले भने, “यी सब कुराहरू त मैले आफ्नो जवान अवस्थादेखि नै पालन गरिरहेको छु ।” 22 जब येशूले यो सुन्नुभयो, उहाँले तिनलाई भन्नुभयो, “तिमीमा अझै एउटा कुराको कमी छ । तिमीले आफ्नो सारा सम्पत्ति बेच्नुपर्छ र गरिबहरूलाई दिनुपर्छ अनि तिम्रो धन स्वर्गमा हुनेछ । त्यसपछि आऊ र मेरोपछि लाग ।” 23 तर जब धनी मानिसले यो कुरा सुने, तिनी अति नै दुःखित भए, कारण तिनी धेरै धनी थिए । 24 तब येशूले तिनलाई हेरेर अति दुःखित हुँदै भन्नुभयो, “धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न कति गाह्रो छ ! 25 धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्नुभन्दा बरु उँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ !” 26 त्यो सुन्नेहरूले यसो भने, “त्यसो भए को बचाइनेछ त ?” 27 येशूले जवाफ दिनुभयो, “मानिसको निम्ति जुन कुरा असम्भव छ, त्यो परमेश्वरमा सम्भव छ ।” 28 पत्रुसले जवाफ दिए, “हामीले आफ्ना सबै कुराहरू त्यागेर तपाईंको पछि लागेका छौँ ।” 29 येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्वरको राज्यको खातिर घर, श्रीमती वा दाजुभाइ, आमाबुबा वा छोराछोरीलाई त्याग्दछन्, 30 तिनीहरूले यस संसारमा अझै धेरै पाउनेछन् अनि आउने संसारमा अनन्त जीवन पाउनेछन् ।” 31 बाह्र जनालाई आफूकहाँ भेला गरेर उहाँले तिनीहरूलाई भन्नुभयो, “हेर, हामी यरूशलेमतर्फ जाँदै छौँ, अनि मानिसका पुत्रको बारेमा अगमवक्ताहरूले लेखेका सबै कुरा पुरा हुनेछन् । 32 किनकि उनी अन्यजातिहरूका हातमा सुम्पिइनेछन् र मनिसहरूले उनलाई गिल्ला गर्नेछन् र अपमानजनक व्यवहार गर्नेछन् र उनलाई थुक्नेछन् । 33 उनलाई दण्ड दिइसकेपछि तिनीहरूले उनलाई मार्नेछन् र तेस्रो दिनमा उनी मृत्युबाट जीवित भई उठ्नेछन् ।” 34 उनीहरूले यी कुनै पनि कुराहरू बुझेनन् र यो वचन उनीहरूबाट लुकाइएका थिए, यसकारण भनिएका कुनै पनि कुराहरू उनीहरूको समझमा आएन । 35 येशू यरीहो नजिक आउनुहुँदा, एक जना दृष्टिविहीन मानिस बाटोको छेउमा बसी भिख मागिरहेको थियो । 36 त्यो बाटो भएर ठुलो भिड गइरहेको कुरा सुनेर उसले सोध्यो, “यहाँ के हुँदै छ ?” 37 तिनीहरूले उसलाई भने, “नासरतका येशू यो बाटो भएर जाँदै हुनुहुन्छ ।” 38 त्यसपछि त्यो दृष्टिविहीन मानिसले चिच्याउँदै भन्यो, “हे दाऊदका पुत्र येशू, ममाथि दया गर्नुहोस् ।” 39 भिडको अगिअगि हिँडिरहेका मानिसहरूले त्यो दृष्टिविहीन मानिसलाई हकारेर चुप लाग्न भने, तर उसले झन् चर्को स्वरले कराउँदै भन्यो, “दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् ।” 40 येशू टक्क उभिनुभयो र त्यस दृष्टिविहीन मानिसलाई आफूकहाँ ल्याउन आज्ञा गर्नुभयो । जब त्यस दृष्टिविहीन मानिस येशूको नजिक आयो, येशूले उसलाई सोध्नुभयो, 41 “मैले तिम्रो निम्ति के गरेको तिमी चाहन्छौ ?” उसले भन्यो, “प्रभु, म देख्न चाहन्छु ।” 42 येशूले भन्नुभयो, “तिमी देख्ने भइ जाऊ । तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।” 43 तुरुन्तै उसले देख्न सक्यो र परमेश्वरको महिमा गर्दै उहाँलाई पछ्यायो । यो देखेर सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरे ।
येशूले दुई दृष्टान्तहरू भन्नुभयो (लूका १८:१-८ अनि लूका १८:९-१४) र त्यसपछि उहाँका अनुयायीहरू नम्र हुनुपर्छ भनेर सिकाउनुभयो (लूका १८:१५-१७), तिनीहरूसँग भएका सबैकुरा गरिबहरूलाई सहायता गर्न प्रयोग गर्नलाई भन्नुभयो (लूका १८:१८-३०), र उहाँ चाँडै मर्नुहुने कुराको अपेक्षा गर्न भन्नुभयो (लुका १८:३१-३४), त्यसपछि तिनीहरू सबै यरूशलेमतर्फ हिँड्न लागे, र येशूले एउटा अन्धो मानिसलाई निको पार्नुभयो (लूका १८:३५-४३) ।
न्यायधीशहरूले परमेश्वरको नजरमा जे ठीक छ सो गरेको र अरू मानिसहरूले जे ठीक छ सो गर्छन् भनेर पक्का गरेको मानिसहरूले अपेक्षा गरे । तर केही मानिसहरूले ठीक काम गर्नमा वा अरूहरूले पनि ठीक काम नै गर्छन् भनेर पक्का गर्ने कुराको वास्ता गर्दैनथे । येशूले यस प्रकारको न्यायधीशलाई अधर्मी भन्नुभयो ।
फरिसीहरूले ठाने कि तिनीहरू आफैँ चाहिँ असल धर्मी मानिसहरूका उत्कृष्ट उदाहरणहरू थिए, र तिनीहरूले ठाने कि कर उठाउनेहरू चाहिँ सबैभन्दा अधर्मी पापीहरू थिए । अनि अनि )
येशूले आफैँलाई यस अध्यायमा “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ अनि
येशूले उहाँका चेलाहरूलाई सिकाउन जारी राख्नुहुँदा एउटा दृष्टान्त बताउनुहुन्छ । यो कथाको उही भाग हो जुन [लूका १७:२०]
“त्यसपछि येशूले”
यहाँ एउटा नयाँ वाक्य सुरु हुन सक्छः “उहाँले भन्नुभयो”
यहाँ “कुनै सहर”ले सुन्ने व्यक्तिलाई यसपछि आउने कथा कुनै एउटा सहरमा हुने कुरा हो, तर सहरको नाम आफैँ चाहिँ महत्त्वपूर्ण कुरा होइन कुराको जानकारी दिने एउटा तरिका हो ।
“अरू मानिसहरूको बारेमा वास्ता गरेनन्”
येशूले यो वाक्यांशलाई कथामा एउटा नयाँ पात्रलाई परिचय गराउनको लागि प्रयोग गर्नुहुन्छ ।
विधवा पति मरेकी स्त्री हुन् र जसले पुनः विवाह गरेकी छैनन् । येशूका श्रोताहरूले तिनलाई खराबी गर्नेहरूबाट रक्षा गर्नलाई कोही नभएको व्यक्तिको रूपमा सोचेका हुन सक्छन् ।
“उसकहाँ” भन्ने शब्दले न्यायकर्तालाई जनाउँछ ।
“ ... को विरुद्ध मलाई न्यायपूर्ण फैसला दिनुहोस्”
“मेरो शत्रु” वा “मलाई हानि पुर्याउन कोसिस गरिरहेको व्यक्ति ।” यो मुद्दाको एउटा प्रतिवादी हो । यहाँ ती विधवाले त्यस मानिसलाई मुद्दा हालिन् वा त्यो मानिसले ती विधवालाई मुद्दा हालेको हो भन्ने कुरा स्पष्ट छैन ।
यहाँ यसले साधारण “मानिसहरू” लाई जनाउँछ ।
“मलाई हैरान पार्छे”
“मलाई थकित बनाउनु”
“मकहाँ निरन्तर आएर”
येशूले उहाँको दृष्टान्त बताउन सकाउनुभएको छ र अब त्यसको बारेमा उहाँका चेलाहरूलाई टिप्पणी गर्दै हुनुहुन्छ ।
यी पदहरूलाई लूका १८:१-५ मा भएको दृष्टान्तको एउटा व्याख्याको रूपमा लिइनुपर्छ ।
“अधर्मी न्यायाधीशले भर्खर भनेको कुराबारे सोच ।” न्यायाधीशले के भने भनेर येशूले पहिला नै भनिसक्नुभएको छ भनेर मानिसहरूले बुझ्ने तरिकाले अनुवाद गर्नुहोस् ।
यो शब्दले सङ्केत गर्छ कि येशूले दृष्टान्तलाई अन्त गर्नुभएको छ र त्यसको अर्थलाई व्याख्या गर्न सुरु गर्नुभएको छ ।
येशूले चेलाहरूलाई सिकाउनलाई एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । यसलाई एउटा भनाइ बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले निश्चय नै ... !”
“उहाँले चुन्नुभएका मानिसहरू”
येशूले चेलाहरूलाई सिकाउन एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “उहाँले निश्चय नै तिनीहरूको निम्ति लामो समय बियाँलो गर्नुहुनेछैन !”
उहाँलाई न्यायको लागि पुकारा गर्नेहरूलाई सहायता गर्न परमेश्वर ढिला हुनुहुन्छ भनेर उहाँलाई सुन्नेहरूले सोच्न छोडून् र वास्तविक समस्या भनेको तिनीहरूसँग परमेश्वरमाथि साँचो प्रकारको विश्वास नहुनु हो भनेर तिनीहरूले बुझ्नेछन् भनेर येशूले यो प्रश्न सोध्नुहुन्छ । वैकल्पिक अनुवादः “जब मानिसको पुत्र आउनुहुन्छ, तिमीहरू यसमा निश्चित हुन जरुरी छ कि तिमीहरूसँग उहाँमाथि साँचो प्रकारको विश्वास छ भनेर उहाँले पाउनुहुनेछ ।” वा “जब मानिसको पुत्र आउनुहुन्छ, उहाँले विश्वास गर्नेहरू पृथ्वीमा थोरै मात्र पाउनुहुनेछ ।”
येशूले आफैँलाई जनाउँदै हुनुहुन्छ । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र आउँदा, के मैले ... पाउनेछु”
तिनीहरू आफैँ धर्मी थिए भनेर विश्वास गर्ने केही अरू मानिसहरूलाई येशूले अर्को दृष्टान्त बताउन थाल्नुहुन्छ ।
“त्यसपछि येशूले”
“केही मानिसहरूलाई”
“जसले तिनीहरू धर्मी थिए भनेर आफैँलाई विश्वस्त बनाइसकेका थिए” वा “जसले तिनीहरू धर्मी थिए भनी सोच्थे”
तीव्र तवरले मन पराएनन् वा हेला गरे
“मन्दिरको चोक भित्र”
यो वाक्यांशको ग्रीक खण्डको अर्थ स्पष्ट छैन । सम्भावित अर्थहरू हुन् १) “फरिसी उभिएर आफ्नै बारेमा यस किसिमले प्रार्थना गर्यो” वा २) “फरिसी आफैँ उभिएर प्रार्थना गर्यो ।”
लुटेराहरू भनेका ती मानिसहरू हुन् जसले मानिसहरूलाई बलजफ्ती गरेर वा लुटेराहरूले मागेका कुरा नदिएमा उनीहरूलाई हानी गर्ने धम्की दिएर उनीहरूका चीजहरू तिनीहरूलाई दिन लगाएर उनीहरूबाट चोर्छन् ।
फरिसीहरूले विश्वास गर्थे कि कर उठाउनेहरू लुटेराहरू, अधर्मी मानिसहरू, र व्यभिचारीहरू जत्तिकै पापपूर्ण थिए । यसलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “र म निश्चय नै यो पापी कर उठाउने जस्तो छैन जसले मानिसहरूलाई ठग्छ”
“मैले कमाउने सबै कुराहरू”
येशूले उहाँको दृष्टान्त भन्न सकाउनुभएको छ । पद १४ मा, दृष्टान्तले के सिकाउँछ भन्ने बारेमा उहाँले टिप्पणी गर्नुहुन्छ ।
“फरिसीबाट पर रहेर उभियो ।” यो नम्रताको चिन्ह थियो । उसले फरिसीको नजिकै हुन आफैँलाई योग्यको सम्झेन ।
“उसको आँखा उचाल्नु”को अर्थ केही कुरालाई हेर्नु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “स्वर्गतिर हेरेर” वा “माथितिर हेरेर”
यो ठूलो कष्टको मूर्त अभिव्यक्ति हो, र यसले यो मानिसको पश्चात्ताप र नम्रतालाई झल्काउँछ । वैकल्पिक अनुवादः “उसको दुःख देखाउन आफ्नो छाती पिट्यो”
“हे परमेश्वर, ममाथि दयालु हुनुहोस् । म पापी हुँ” वा “हे परमेश्वर, मैले धेरै पटक पाप गरेको भएतापनि ममाथि दया गर्नुहोस्”
उसलाई धर्मी ठहराइयो किनभने परमेश्वरले उसको पाप क्षमा गरिदिनुभयो । वैकल्पिक अनुवादः “परमेश्वरले कर उठाउनेलाई माफ गर्नुभयो”
“अर्को व्यक्तिभन्दा” वा “र अर्को मानिस होइन ।” वैकल्पिक अनुवादः “तर परमेश्वरले फरिसीलाई माफ गर्नुभएन”
यो वाक्यांशसँगै येशू यो कथाले भन्न खोजेको चित्रलाई व्यक्त गर्ने साधारण सिद्धान्त बताउनतिर लाग्नुहुन्छ ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले होच्याउनुहुनेछ”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले भव्य आदर गर्नुहुनेछ”
यो लूका १७:२० मा सुरु भएको कथाको भागमा भएको अर्को घटना हो । येशूले बालबालिकाहरूलाई स्वागत गर्नुहुन्छ र तिनीहरूको बारेमा कुरा गर्नुहुन्छ ।
यसलाई छुट्टै वाक्यको रूपमा पनि अनुवाद गर्न सकिन्छः “तिनीहरूलाई छोइदिऊन् । तर”
“चेलाहरूले बाबुआमाहरूलाई तिनीहरूका छोराछोरीहरू येशूकहाँ ल्याउनबाट रोक्न कोसिस गरे”
“येशूले मानिसहरूलाई तिनीहरूका बालकहरू उहाँकहाँ ल्याउनलाई भन्नुभयो”
यी दुई वाक्यहरूको समान अर्थ हुन्छ र जोड दिनका लागि तिनीहरूलाई जोडिएको छ । केही भाषाहरूले फरक तरिकाले जोड दिन्छन् । वैकल्पिक अनुवादः “तिमीहरूले निश्चय पनि बालकहरूलाई मकहाँ आउन दिनुपर्छ”
यसलाई एउटा उपमाको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो साना बालकहरूजस्ता मानिसहरूको नै हो”
“निश्चय नै, म तिमीहरूलाई भन्छु ।” येशूले यो अभिव्यक्तिलाई उहाँले भन्न लाग्नुभएको कुराको महत्त्वमा जोड दिनलाई प्रयोग गर्नुभयो ।
मानिसहरूले उहाँको शासन तिनीहरूमाथि भरोसा र नम्रताको साथमा ग्रहण गरेको परमेश्वरले खोज्नुहुन्छ । वैकल्पिक अनुवादः “जो परमेश्वरको राज्यमा प्रवेशमा गर्न चाहन्छ, त्यसले बालकले झैँ भरोसा र नम्रतामा यसलाई ग्रहण गर्नुपर्छ”
यो लूका १७:२० मा सुरु भएको कथाको भागमा भएको अर्को घटना हो । येशूले स्वर्गको राज्यमा प्रवेश गर्ने बारेमा एकजना शासकसँग कुरा गर्न थाल्नुहुन्छ ।
यसले कथामा एउटा नयाँ पात्रलाई परिचय गराउँछ । यसले उसलाई उसको ओहदाद्वारा मात्र पहिचान गराउँछ ।
“मैले के गर्न आवश्यक छ” वा “मबाट के कुराको खोजी हुन्छ”
“अन्त नहुने जीवन प्राप्त गर्नु ।” “उत्तराधिकार गर्नु” भन्ने कुराले सामान्यतया त्यो जायजेथालाई जनाउँछ जुन कुनै मानिसले आफू मरेपछि आफ्ना छोराछोरीलाई छोड्छ । त्यसैकारण, यो अलङ्कारको अर्थ हुन सक्छ कि उसले आफैँलाई परमेश्वरको बालकको रूपमा बुझ्यो र परमेश्वरले उसलाई अनन्त जीवन दिनुभएको चाहना गर्यो ।
येशूले प्रश्न सोध्नुहुन्छ किनभने उहाँ जान्नुहुन्छ कि शासकले पद १८ मा सोधेको प्रश्नको निमित्त येशूको जवाफ शासकलाई मन पर्नेछैन । शासकले येशूको प्रश्नको जवाफ दिएको येशूले अपेक्षा गर्नुहुन्न । शासकले यो कुरा बुझेको येशू चाहनुहुन्छ कि शासकको प्रश्नको निमित्त येशूको जवाफ परमेश्वरबाट आउँछ, जो मात्र असल हुनुहुन्छ । वैकल्पिक अनुवादः “तिमी जान्दछौ कि परमेश्वर बाहेक कोही पनि असल छैन, त्यसैले मलाई असल भनेर बोलाउनु भनेको मलाई परमेश्वरसँग तुलना गर्नु हो”
“नमार्नू”
“यी सबै आज्ञाहरू”
“जब येशूले ती मानिसले भनेको सुन्नुभयो”
“उहाँले तिनलाई जवाफ दिनुभयो”
“तिमीले अझ अर्को एउटा कुरा गर्नुपर्छ” वा “तिमीले अझ नगरेको एउटा कुरा बाँकी छ”
“तिम्रा सबै सम्पत्तिहरू बेच” वा “तिम्रो स्वामित्वमा भएको हरेक कुरा बेच”
“गरिब मानिसहरूलाई पेसा देओ”
“मेरा चेलाको रूपमा मसँग आऊ”
यो एउटा विस्मयादिबोधक कथन हो र प्रश्न होइन । वैकल्पिक अनुवादः “परमेश्वरको राज्य ... कति गाह्रो छ !”
ऊँटलाई सियोको नाथ्रीबाट छिर्न असम्भव हुन्छ । धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्न असाध्यै कठिन हुन्छ भन्ने अर्थ दिन येशूले सम्भवतः अतिशयोक्तिको प्रयोग गर्दै हुनुहुन्थ्यो ।
सियोको नाथ्री भनेको सिलाउने सियोको प्वाल हो जसबाट धागो छिराइन्छ ।
“येशूलाई सुनिरहेका मानिसहरूले भने”
यो सम्भव छ कि तिनीहरूले एउटा जवाफको माग गरिरहेका थिए । तर यो बढी सम्भाव्य छ कि तिनीहरूले यो प्रश्न येशूले भन्नुभएको कुरामा तिनीहरूको आश्चर्यलाई जोड दिनलाई प्रयोग गरे । वैकल्पिक अनुवादः “त्यसोभए कसैलाई पनि पापबाट बचाउन सकिँदैन !” वा कर्तृ वाच्यमाः “तब परमेश्वरले कसैलाई पनि बचाउनुहुनेछैन !”
“मानिसहरूले गर्न नसकेको कुरा परमेश्वरले गर्न सम्भव छ” वा “मानिसहरूले गर्न सक्दैनन्, परमेश्वरले गर्न सक्नुहुन्छ”
यो स्वर्गको राज्यमा प्रवेश गर्ने बारेमा भएको कुराकानीको अन्त्य हो ।
यो वाक्यांशले केवल चेलाहरूलाई जनाउँछ, र तिनीहरूलाई धनी शासकबाट भिन्न भएको देखाउँछ ।
“हामीले त्यागेका छौँ” वा “हामीले पछाडि छोडेका छौँ”
“हाम्रा सबै धन” वा “हाम्रा सबै सम्पत्तिहरू”
आफूले भन्न लाग्नुभएको कुराको महत्त्वमा जोड दिनलाई येशूले यो अभिव्यक्ति प्रयोग गर्नुभयो ।
यो अभिव्यक्ति चेलाहरूलाई समावेश गर्न भन्न खोजिएको हो, तर तिनीहरू सबैलाई पनि समावेश गर्न भनिएको हो जसले त्यस्तै त्यागहरू गरेका थिए ।
यो त्यस वाक्यको अन्त्य हो जुन “त्यहाँ कोही छैन जसले ... परमेश्वरको राज्य ... छोडेको छ” शब्दहरूसँग सुरु हुन्छ
“आउने संसारमा अनन्त जीवन पनि”
यो लूका १७:२० मा सुरु भएको कथाको भागमा भएको अर्को घटना हो । येशू उहाँका चेलाहरूसँग एक्लै कुरा गरिरहनुभएको छैन ।
येशूले बाह्र जना चेलाहरूलाई अरू मानिसहरू नभएको कुनै एक ठाउँमा लानुभयो जहाँ उहाँहरू एक्लै हुन सक्नुहुन्थ्यो ।
यसले उहाँको सेवा-कार्यको एउटा महत्त्वपूर्ण परिवर्तनलाई सङ्केत गर्छ, जब येशू अन्तिम समयको लागि यरूशलेम जानुहुन्छ ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन अगमवक्ताहरूले लेखेका छन्”
यसले पुरानो करारका अगमवक्ताहरूलाई जनाउँछ ।
येशूले आफैँलाई “मानिसको पुत्र” को रूपमा उल्लेख गर्नुहुन्छ । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हुनेछ” वा “घट्नेछ”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि यहूदी अगुवाहरूले उहाँलाई अन्यजातिहरूको हातमा सुम्पनेछन्”
येशूले आफ्नै बारेमा “मानिसको पुत्र”को रूपमा कुरा गर्नुहुन्छ । वैकल्पिक अनुवादः “म”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले उहाँलाई गिल्ला गर्नेछन्, उहाँलाई लज्जास्पद तरिकाले व्यवहार गर्नेछन्, र उहाँलाई थुक्नेछन्”
येशूले आफ्नै बारेमा “मानिसको पुत्र”को रूपमा कुरा गर्नुहुन्छ । वैकल्पिक अनुवादः “मलाई ... मलाई ... म”
यसले उहाँको मृत्युपछिको तेस्रो दिनलाई जनाउँछ । तापनि, चेलाहरूले यो कुरालाई अझै बुझेका थिएनन्, त्यसैले यस पदलाई अनुवाद गर्दा यो व्याख्यालाई नथप्नु नै उत्तम हुन्छ ।
यो पद प्रमुख कथावर्णनको भाग होइन, तर बरु कथाको यस भागको बारेमा एउटा टिप्पणी हो ।
“तिनीहरूले यी कुराहरूमध्ये केही पनि बुझेनन्”
यसले येशूले यरूशलेममा कसरी कष्ट भोग्नुहुन्छ र मर्नुहुन्छ, अनि मृत्युबाट जीवित भई उठ्नुहुन्छ भन्ने उहाँको वर्णनलाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ, तर तिनीहरूबाट वचनलाई लुकाउनुहुने परमेश्वर हुनुहुन्थ्यो वा येशू हुनुहुन्थ्यो भनेर प्रस्ट छैन । वैकल्पिक अनुवादः “येशूले उहाँको सन्देश तिनीहरूबाट लुकाउनुभयो” वा “येशूले भनिरहनुभएको कुराको अर्थ बुझ्न परमेश्वरले तिनीहरूलाई रोक्नुभयो”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले भन्नुभएका कुराहरू”
येशूले एउटा धनी मानिसलाई निको पार्नुहुन्छ जसै उहाँ यरीहोको नजिक आउनुहुन्छ । यी पदहरूले पृष्ठभूमि जानकारी र कथाको परिवेशको विषयमा जानकारी दिन्छन् ।
यो वाक्यांशलाई यहाँ कथाको नयाँ भागको सुरुवातलाई अङ्कित गर्न प्रयोग गरिएको छ ।
“त्यहाँ एउटा दृष्टिविहीन मानिस बसिरहेको थियो ।” यहाँ “एक जना” को अर्थ त्यो मानिस कथामा नयाँ महत्त्वपूर्ण सहभागी हो भन्ने हो, तर लूकाले तिनको नाम भने दिएका छैनन् । ऊ कथामा नयाँ सहभागी हो ।
यहाँ एउटा नयाँ वाक्य सुरु गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “जब उसले सुन्यो”
“भीडका भएका मानिसहरूले दृष्टिविहीन मानिसलाई भने”
येशू गालीलस्थित नासरतको सहरबाट आउनुभयो ।
“उसको नजिक भएर हिँड्दै हुनुहुन्छ”
यो शब्दले एउटा घटनालाई अङ्कित गर्छ जुन पहिला घटेको केही अरू कुराको कारणले गर्दा हुन पुग्यो । यहाँ चाहिँ, भीडले अन्धो मानिसलाई येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्थ्यो भनेर बताएको थियो ।
“बोलायो” वा “करायो”
येशू, इस्राएलका सबैभन्दा महत्त्वपूर्ण राजा, दाऊदका सन्तान हुनुहुन्थ्यो ।
“मलाई दया देखाउनुहोस्” वा “मलाई कृपा गर्नुहोस्”
“ती मानिसहरू जो भीडमा अगाडि हिँडिरहेका थिए”
“शान्त रहन” वा “नकराउन”
यसको अर्थ हुन्छ, कि ऊ अझ ठूलो स्वरमा करायो वा ऊ निरन्तर कराइरह्यो ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले अन्धो मानिसलाई उहाँकहाँ ल्याउनलाई”
“देख्नलाई सक्षम हुन”
यो एउटा आज्ञा हो, तर येशूले त्यस मानिसलाई केही गर्न लगाइरहनुभएको चाहिँ छैन । येशूले त्यस मानिसलाई निको हुनलाई आदेश दिनुभएर उसलाई निको पारिरहनुभएको छ । वैकल्पिक अनुवादः “तिमीले अब तिम्रो दृष्टि पाउनेछौ”
यी शब्दहरू प्रतिस्थापन शब्द हुन् । यो त्यस मानिसको विश्वासको कारणले थियो कि येशूले उसलाई निको पार्नुभयो । वैकल्पिक अनुवादः “मैले तिमीलाई निको पारेको छु किनभने तिमीले ममा विश्वास गर्यौ”
“परमेश्वरलाई महिमा दिँदै” वा “परमेश्वरको प्रशंसा गर्दै” (युडीबी)
1 येशू यरीहोमा प्रवेश गरेर त्यहाँबाट जाँदै हुनुहुन्थ्यो । 2 हेर, त्यहाँ जखायस नाउँ गरेका एक जना मानिस थिए । उनी कर उठनेहरूका मुख्य र धनी मानिस थिए । 3 उनले येशू को हुनुहुन्छ भनी हेर्न कोसिस गरिरहेका थिए, तर भिडको कारणले गर्दा हेर्न सकेनन्, किनकि उनी होचा थिए । 4 त्यसैले उनी भिडका मानिसहरूभन्दा अगाडि दौडे र उहाँलाई हेर्नको लागि नेभाराको रुखमा चढे, किनभने येशू त्यही बाटो भएर जाँदै हुनुहुन्थ्यो । 5 जब येशू उनी भएको ठाउँ नजिक आइपुग्नुभयो, उहाँले मास्तिर हेरेर भन्नुभयो, “जखायस छिटो ओर्ली आऊ, किनकि आज मलाई तिम्रो घरमा बस्नु छ ।” 6 त्यसैले उनी हतार-हतार ओर्ली आए र उहाँलाई खुसीसाथ स्वागत गरे । 7 जब तिनीहरू सबैले यो देखे, तब उनीहरूले यसो भन्दै गनगन गर्न थाले, “उहाँ पापी मानिसकहाँ बस्नको लागि जानुभयो ।” 8 जखायस खडा भएर भने, “हेर्नुहोस् प्रभु, मसँग भएका जे-जति छन् त्यसको आधा म गरिबहरूलाई दिनेछु र यदि मैले कसैलाई ठगेर कसैबाट केही कुरा लिएको छु भने त्यसको चार गुणा फिर्ता दिनेछु ।” 9 येशूले तिनलाई भन्नुभयो, “आज यो घरमा मुक्ति आएको छ, किनकि यिनी पनि अब्राहामका पुत्र हुन् । 10 किनकि मानिसका पुत्र हराएकाहरूलाई खोज्न र बचाउनको लागि आएका हुन् ।” 11 तिनीहरूले यी कुरा सुन्दै गर्दा, उहाँले अर्को दृष्टान्त पनि भन्नुभयो, किनभने तिनीहरू यरूशलेमको नजिक थिए र तिनीहरूले परमेश्वरको राज्य तुरुन्तै देखा पर्न लागेको छ भन्ने सोचेका थिए । 12 त्यसकारण, उहाँले भन्नुभयो, “एउटा भलादमी मानिस आफ्नो राज्य प्राप्त गर्नको निम्ति एउटा टाढा देशमा गएर फर्की आउनलाई गए । 13 उनले आफ्ना दस जना नोकरलाई बोलाए र तिनीहरूलाई दस सिक्का दिँदै भने, ‘म फर्की नआउँदासम्म यसलाई व्यापारमा लगाओ ।’ 14 तर उनका मानिसहरूले घृणा गर्दै यसो भन्ने सन्देश दिएर दूतहरू पठाए, ‘यो मानिसले हामीमाथि शासन गरेको हामी चाहँदैनौँ ।’ 15 तब राज्य प्राप्त गरी फर्केर आएपछि उनले सिक्का पाएका नोकरहरूलाई बोलाए र तिनीहरूले व्यापारबाट कति आर्जन गरे भनेर जान्ने इच्छा गरे । 16 पहिलो नोकर उनको अगाडि आयो र भन्यो, ‘मालिक, मैले तपाईंको सिक्काबाट अरू दस सिक्का कमाएँ ।’ 17 ती भलादमी मानिसले त्यसलाई भने, ‘स्याबास, असल नोकर । तिमी धेरै सानो कुरामा विश्वासयोग्य भयौ, त्यसकारण तिमीले दसवटा सहर अधिकार गर्नेछौ ।’ 18 दोस्रो नोकर आयो र भन्यो, ‘मालिक, तपाईंको सिक्काबाट मैले पाँच सिक्का कमाएँ ।’ 19 ती भलादमी मानिसले त्यस नोकरलाई भने, ‘तिमीले पाँचवटा सहरमा राज्य गर्नेछौ ।’ 20 अनि अर्को नोकर आयो र भन्यो, ‘मालिक, तपाईंको सिक्का यहाँ छ, जसलाई मैले कपडाभित्र सुरक्षितसाथ राखेको थिएँ । 21 किनकि म डराएँ, किनभने तपाईं कठोर मानिस हुनुहुन्छ । तपाईंले जे राख्नुभएको छैन, त्यो कुरा लिनुहुन्छ र जे छर्नुभएको छैन, त्यही कटनी गर्नुहुन्छ ।’ 22 ती भलादमी मानिसले त्यसलाई भने, ‘तँ दुष्ट नोकर, म तँलाई तेरो आफ्नै वचनले न्याय गर्नेछु । जहाँ राखेको छैन त्यहाँबाट लिन खोज्ने र जहाँ छरेको छैन त्यहाँबाट कटनी गर्न खोज्ने म कठोर मानिस हुँ भनी तँलाई थाहा थियो । 23 त्यसो भए, तैँले मेरो सिक्का किन बैङ्कमा राखिनस्, ताकि फर्की आउँदा ब्याजसहित मैले यो रकम पाउने थिएँ ?’ 24 ती भलादमी मानिसले त्यहाँ उभिएका मानिसहरूलाई भने, ‘योसँग भएको सिक्का खोसेर जससँग दस सिक्का छ, त्यसलाई देओ ।’ 25 तिनीहरूले उसलाई भने, ‘मालिक उसँग त दस सिक्का छ ।’ 26 ‘म तिमीलाई भन्दछु, जससँग छ त्यसलाई अझ धेरै दिइने छ, तर जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ । 27 तर, मैले तिनीहरूमाथि शासन गरेको नचाहने मेरा यी शत्रुहरूलाई यहाँ ल्याओ र मेरो अगाडि मार’ ।” 28 यी कुराहरू भनिसक्नुभएपछि, उहाँ यरूशलेमतिर जानुभयो । 29 बेथफागे र बेथानियाबाट जैतून भनिने डाँडा नजिक पुग्नुभएपछि उहाँले आफना दुई जना चेलालाई यसो भनेर पठाउनुभयो, 30 “नजिकैको गाउँमा जाओ । त्यहाँ पस्दै गर्दा, तिमीहरूले कोही पनि नचढेको एउटा बछेडो भेट्टाउनेछौ । त्यसलाई फुकाओ र मकहाँ ल्याओ । 31 यदि कसैले तिमीहरूलाई, ‘यसलाई किन फुकाउँदै छौ ?’ भनेर सोध्यो भने यसो भन्नू, ‘प्रभुलाई यसको खाँचो छ’ ।” 32 पठाइएकाहरू गए र तिनीहरूले येशूले भन्नुभएजस्तै बछेडो पाए । 33 तिनीहरूले बछेडालाई फुकाल्दै गर्दा, त्यसका मालिकले तिनीहरूलाई भने, “तिमीहरूले यस बछेडालाई किन फुकाउँदै छौ ?” 34 तिनीहरूले भने, “प्रभुलाई यसको खाँचो छ ।” 35 तिनीहरूले त्यसलाई येशूकहाँ ल्याए र तिनीहरूले त्यस बछेडामाथि आफ्ना कपडाहरू राखे र त्यसमाथि येशूलाई बसाले । 36 उहाँ जाँदै गर्नुहुँदा, तिनीहरूले बाटोमा कपडा ओछ्याए । 37 उहाँ जैतून डाँडाको ओरालोको नजिकै आइपुग्नुहुँदा, उहाँका चेलाहरूको ठुलो भिडले उहाँले गर्नुभएका शक्तिशाली कार्यहरू देखेको कारण आनन्दित हुँदै चर्को स्वरले परमेश्वरको प्रशंसा गर्न लागे । 38 तिनीहरूले यसो भन्न लागे, “परमप्रभुको नाउँमा आउने राजा धन्यका हुन् ! स्वर्गमा शान्ति र सर्वोच्चमा महिमा !” 39 त्यो भिडमा भएका केही फरिसीहरूले उहाँलाई यसो भने, “गुरुज्यू, तपाईंका चेलाहरू चुप बसून् भनी हप्काउनुहोस् ।” 40 येशूले जवाफ दिँदै भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, तिनीहरू चुप लागे भने, यी ढुङ्गाहरू नै कराउनेछन् ।” 41 जब येशू सहरको नजिक पुग्नुभयो, उहाँ त्यसलाई देखेर यसो भन्दै रुनुभयो, 42 “यदि तैँले यो दिनको बारेमा थाहा पाएको भए, तँलाई शान्ति दिने कुरालाई जानेको भए ! तर अहिले यी कुराहरू तेरो नजरबाट लुकाइएका छन् । 43 किनकि तेरो लागि यस्ता दिनहरू आउनेछन्, जब तेरा शत्रुहरूले तेरो विरुद्धमा वरिपरि पर्खाल निर्माण गर्नेछन् र तँलाई घेर्नेछन् र चारैतिरबाट आक्रमण गर्नेछन् । 44 तिनीहरूले तँलाई र तेरा सन्तानलाई आक्रमण गरेर लडाउनेछन्; तिनीहरूले एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोड्नेछैनन्, किनभने परमेश्वरले तँलाई बचाउनका लागि गर्नुभएका प्रयत्नलाई तैँले बुझिनस् । 45 येशू मन्दिरभित्र छिर्नुभयो र त्यहाँ व्यापार गरिरहेका मानिसहरूलाई यसो भन्दै खेद्नुभयो, 46 “यसो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले त यसलाई डाँकुहरूको अड्डा बनाएका छौ ।” 47 येशूले मन्दिरमा दिनहुँ शिक्षा सिकाउनुहुन्थ्यो । मुख्य पुजारीहरू, शास्त्रीहरू र धार्मिक अगुवाहरूले उहाँलाई मार्न चाहन्थे । 48 तर तिनीहरूले त्यसो गर्ने कुनै उपाय भेट्टाउन सकेनन्, किनभने मानिसहरूले उहाँको वचन ध्यानसित सुनिरहेका थिए ।
येशूले जखायस नाम गरेका मानिसलाई उनका पापहरूबाट पश्चात्ताप गर्न सहायता गर्नुभएपछि अनि
फरिसीहरूले मानिसहरूको एक समूहलाई “पापीहरू” भनेर जनाउँछन् । यहूदी अगुवाहरूले यी मानिसहरू पापपूर्ण छन् भनी सोच्थे, तर वास्तवमा अगुवाहरू पनि पापपूर्ण थिए । यसलाई एउटा व्यङ्ग्यको रूपमा लिन सकिन्छ । अनि
संसारमा भएका सबै कुराहरू परमेश्वरका हुन् भनेर उहाँका मानिसहरूले सम्झेको परमेश्वरले अपेक्षा गर्नुहुन्छ । परमेश्वरले उहाँका मानिसहरूलाई विभिन्न थोकहरू दिनुहुन्छ ताकि तिनीहरूले उहाँको सेवा गर्न सकून् । उहाँले तिनीहरूलाई दिनुभएका सबैकुराले उहाँले चाहनुभएको कुरा गरेर तिनीहरूले उहाँलाई प्रसन्न बनाएको उहाँ चाहनुहुन्छ । उहाँले तिनीहरूलाई प्रयोग गर्न दिनुभएको सबैकुरासँग तिनीहरूले के गरेका छन् भनेर एक दिन येशूले उहाँका सेवकहरूलाई सोध्नुहुनेछ । उहाँले चाहनुभएको कुरा गर्नेहरूलाई उहाँले इनाम दिनुहुनेछ, र नगर्नेहरूलाई उहाँले दण्ड दिनुहुनेछ ।
येशू एउटा पशुमाथि सवार हुनुभएर यरूशलेममा आउनुभयो । यस किसिमले उहाँ एक राजा झैँ हुनुहुन्थ्यो जो एउटा महत्त्वपूर्ण युद्ध जितेपछि सहरमा फर्केका थिए । साथै, पुरानो करारमा इस्राएलका राजाहरू गधाहरूमा चढ्थे । अन्य राजाहरू घोडाहरूमा चढ्थे । त्यसरी येशूले देखाइरहनुभएको थियो कि उहाँ इस्राएलको राजा हुनुहुन्थ्यो र उहाँ अन्य राजाहरू झैँ हुनुहुन्नथ्यो ।
मत्ती, मर्कूस, लूका, र यूहन्ना सबैले यो घटनाको बारेमा लेखे । मत्ती र मर्कूसले लेखे कि चेलाहरूले येशूलाई एउटा गधा ल्याइदिए । यूहन्नाले लेखे कि येशूले एउटा गधा पाउनुभयो । लूकाले लेखे कि तिनीहरूले उहाँलाई एउटा बछेडा ल्याइदिए । केवल मत्तीले लेखे कि त्यहाँ एउटा गधा र एउटा बछेडा दुवै थिए । येशू गधामा चढ्नुभयो वा बछेडामा चढ्नुभयो भनेर कसैले पनि पक्का गरी जान्दैन । यी प्रत्येक विवरणहरू सबैलाई ठ्याक्कै एउटै कुरा भन्ने बनाउने कोसिस नगरिकन यूएलटीमा देखिएको जसरी नै अनुवाद गर्दा बेस हुन्छ (हेर्नुहोस्ः मत्ती २१:१-७ अनि मर्कूस ११:१-७ अनि लूका १९:२९-३६ अनि यूहन्ना १२:१४-१५) ।
जब कुनै राजा तिनीहरूले शासन गरेका सहरमा प्रवेश गर्थे, मानिसहरूले रूखहरूबाट हाँगाहरू काट्थे र चिसो मौसममा न्यानो हुन तिनीहरूले लगाएका वस्त्रहरू फुकाल्थे र ती सबैलाई बाटोमा बिछ्याउँथे ताकि राजा तीमाथि भएर चढेर जाऊन् । तिनीहरूले यसो चाहिँ राजालाई सम्मान देखाउन र तिनीहरूले उनलाई प्रेम गर्थे भनेर देखाउनलाई गर्थे । अनि
येशूले मन्दिरमा पशुहरू बेचिरहेका मानिसहरूलाई त्यहाँबाट बाहिर धकेल्नुभयो । उहाँसँग मन्दिरमाथि अधिकार थियो र केवल तिनीहरू जो धर्मी छन्, जसले परमेश्वरले असल भन्नुभएका कुराहरू मात्र गर्छन्, तिनीहरूमात्र मन्दिरभित्र हुन सक्छन् भनेर सबैलाई देखाउन उहाँले यसो गर्नुभयो ।
पदहरू १-२ ले यसपछिका घटनाहरूको बारेमा पृष्ठभूमि जानकारी दिन्छन् ।
“हेर” शब्दले कथामा एउटा नयाँ व्यक्तिबारे सजग गराउँछ । तपाईंको भाषामा यसो गर्ने शैली हुन सक्छ । वैकल्पिक अनुवादः “त्यहाँ एक जना मानिस थिए जो ... ।”
यो जखायसको बारेमा पृष्ठभूमि जानकारी हो ।
पद ३ ले यसपछिका घटनाहरूको बारेमा [लूका १९:१-२]
“जखायसले कोसिस गरिरहेका थिए”
“किनकि उनी होचा थिए”
लेखकले घटनाको विषयमा पृष्ठभूमि दिन सकाएका छन् र अब घटनालाई नै वर्णन गर्न सुरु गर्छन् ।
“अञ्जीरको रूख ।” यसले वरदेखि परसम्म २.५ सेन्टिमिटर जतिको लम्बाइ भएको गोलाकारको सानो फल उत्पादन गर्छ । वैकल्पिक अनुवादः “अञ्जीरको रूख” वा “एउटा रूख”
“त्यो रूख” वा “जहाँ जखायस थिए”
“त्यसैले जखायसले हतारियो”
यहूदीहरूले कर उठाउनेहरूलाई घृणा गर्थे र कुनै पनि असल व्यक्तिले तिनीहरूसँग हिमचिम गर्नुहुन्छ भनेर ठान्दैनथे ।
“येशू पापी मानिसलाई भेट्न उसको घरमा जानुभएको छ”
“स्पष्ट पापी” वा “वास्तविक पापी”
यसले येशूलाई जनाउँछ ।
“मैले तिनीहरूबाट लिएकोभन्दा चार गुणा बढी तिनीहरूलाई फिर्ता दिनु”
यो कुरा बुझिएको थियो कि उद्धार परमेश्वरबाट आउँछ । वैकल्पिक अनुवादः “परेमश्वरले यो घरलाई बचाउनुभएको छ”
“घर” शब्दले त्यस घरमा बसेका मानिसहरू वा परिवारलाई जनाउँछ ।
“यी मानिस पनि” वा “जखायस पनि”
सम्भावित अर्थहरू हुन् १) “अब्राहामका सन्तान” र २) “अब्राहामको जस्तो विश्वास भएका व्यक्ति”
येशूले आफ्नै बारेमा कुरा गरिरहनुभएको छ । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र आएँ”
“परमेश्वरबाट भड्किएका मानिसहरू” वा “पाप गरेर परमेश्वरबाट टाढिएकाहरू”
येशूले भीडलाई एउटा दृष्टान्त बताउन थाल्नुहन्छ । पद ११ ले येशूले किन दृष्टान्त भन्नुहुन्छ भन्ने बारेमा पृष्ठभूमि जानकारी दिन्छ ।
मसिहले यरूशलेममा आउने बित्तिकै राज्यको स्थापना गर्नुहुनेछ भनेर यहूदीहरूले विश्वास गर्थे । वैकल्पिक अनुवादः “कि येशूले तुरुन्तै परमेश्वरको राज्यमा शासन गर्न सुरु गर्नुहुन्छ”
“कोही मानिस जो शासक वर्गको एक सदस्य थिए” वा “महत्त्वपूर्ण परिवारबाट आएका कोही मानिस”
यो कुनै सानो राजा आफूभन्दा बढी महान् राजाकहाँ गएको कुराको चित्रण हो । सानो राजाभन्दा महान् राजाले सानो राजालाई उसको आफ्नै देशमा शासन गर्न हक र अधिकार दिने थियो ।
येशूले लूका १९:११ मा सुरु गर्नुभएको दृष्टान्तलाई भन्न निरन्तरता दिनुहुन्छ ।
“भलादमी मानिसले बोलाए ।” यो कुरा उल्लेख गर्दा सहयोगी हुन सक्छ कि ती मानिसले यो कुरा उनको राज्य प्राप्त गर्नलाई जानभन्दा अगाडि गरे । वैकल्पिक अनुवादः “उनी जानभन्दा अगाडि, उनले बोलाए”
“तिनीहरू हरेकलाई एउटा सुनको सिक्का दिए”
एउटा सिक्का ६०० ग्रामको हुन्थ्यो, जुन सम्भवत चाँदीको हुन्थ्यो । हरेक सिक्का १०० दिनको ज्याला बराबर थियो, जुन मानिसहरूलाई यस्तै चार महिनाको कामको लागि दिइन्थ्यो, त्यसैले दश सिक्काहरू चाहिँ यस्तै तीन वर्षको ज्याला जति हुन्थ्यो । वैकल्पिक अनुवादः “दशवटा मूल्यवान् सिक्का” वा “ठूलो परिमाणमा रुपियाँ-पैसा”
“यो पैसाले व्यापार गर्नू” वा “यो पैसा अरू पैसा कमाउन प्रयोग गर्नू”
“उनको देशका मानिसहरू”
“तिनीहरूलाई प्रतिनिधित्व गर्न मानिहरूको एक समूह” वा “थुप्रै समाचारवाहकहरू”
यहाँ यो वाक्यांशलाई कथामा भएको एउटा महत्त्वपूर्ण घटनालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्नुहुन्छ ।
“उनी राजा बनेपछि”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उनीकहाँ आउन”
“तिनीहरूले कति पैसा कमाएका थिए”
येशूले दृष्टान्त भन्नलाई निरन्तरता दिनुहुन्छ जुन उहाँले लूका १९:११ मा सुरु गर्नुभयो ।
“पहिलो सेवक”
“भलादमी मानिसको अगाडि आयो”
यस्तो आशय दिइएको छ कि यो सेवकले नाफा निकालेको थियो । वैकल्पिक अनुवादः “मैले तपाईंको सिक्का अरू दश सिक्काको नाफा निकाल्नलाई प्रयोग गरेँ”
एउटा सिक्का ६०० ग्रामको हुन्थ्यो, जुन सम्भवत चाँदीको हुन्थ्यो । हरेक सिक्का १०० दिनको ज्याला बराबर थियो, जुन मानिसहरूलाई यस्तै चार महिनाको कामको लागि दिइन्थ्यो । तपाईंले यसलाई [लूका १९:१३]
“तिमीले राम्रो गरेका छौ ।” तपाईंको भाषामा काम लगाउने व्यक्तिले उसको खुशी व्यक्त गर्ने तरिका हुन सक्छ, जस्तै “राम्रो काम” ।
यसले एउटा सिक्कालाई जनाउँछ, जसलाई भलादमी मानिसले धेरै ठूलो रकमको रूपमा नलिएको देखिन्छ ।
येशूले दृष्टान्त भन्नलाई निरन्तरता दिनुहुन्छ जुन उहाँले लूका १९:११ मा सुरु गर्नुभयो ।
“दोस्रो सेवक”
यस्तो आशय दिइएको छ कि यो सेवकले नाफा निकालेको थियो । वैकल्पिक अनुवादः “मालिक, तपाईंले दिनुभएको सिक्काले मैले थप पाँच सिक्काहरू कमाएको छु”
एउटा सिक्का ६०० ग्रामको हुन्थ्यो, जुन सम्भवत चाँदीको हुन्थ्यो । हरेक सिक्का १०० दिनको ज्याला बराबर थियो, जुन मानिसहरूलाई यस्तै चार महिनाको कामको लागि दिइन्थ्यो । तपाईंले यसलाई [लूका १९:१३]
“तिमीले पाँचवटा सहरमाथि अधिकार गर्नेछौ”
येशूले दृष्टान्त भन्नलाई निरन्तरता दिनुहुन्छ जुन उहाँले लूका १९:११ मा सुरु गर्नुभयो ।
“अर्को सेवक आयो”
एउटा सिक्का ६०० ग्रामको हुन्थ्यो, जुन सम्भवत चाँदीको हुन्थ्यो । हरेक सिक्का १०० दिनको ज्याला बराबर थियो, जुन मानिसहरूलाई यस्तै चार महिनाको कामको लागि दिइन्थ्यो । तपाईंले यसलाई [लूका १९:१३]
“कपडामा बेह्रेर कतै अन्त राखिएको”
“कडा मिजासको मानिस” वा “उनका नोकरहरूबाट धेरै अपेक्षा गर्ने मानिस” (युडीबी)
यो सम्भवतः कुनै एउटा उखान थियो । भण्डारबाट वा बैङ्कबाट आफूले नराखेको कुरा झिक्ने व्यक्ति भनेको अरू मानिसहरूको कठिन परिश्रमबाट फाइदा उठाउने व्यक्तिको लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “तपाईं त्यो कुरा बाहिर निकाल्नुहुन्छ जुन तपाईंले भित्र राख्नुभएन” वा “तपाईं त्यो व्यक्ति झैँ हुनुहुन्छ जसले अरू मानिसहरूले राखेको कुरा झिक्छ”
यो सम्भवतः कुनै एउटा उखान थियो । अरू कसैले रोपेको अन्नबालीको कटनी गर्ने व्यक्ति भनेको अरू मानिसहरूको कठिन परिश्रमबाट फाइदा उठाउने कुनै व्यक्तिको लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “तपाईं त्यो व्यक्ति झैँ हुनुहुन्छ जसले अरू मानिसहरूले रोपेको रूखको फलको कटनी गर्छ”
येशूले दृष्टान्त भन्नलाई निरन्तरता दिनुहुन्छ जुन उहाँले लूका १९:११ मा सुरु गर्नुभयो ।
उसका “वचनहरू”ले ती सबै कुराहरूलाई जनाउँछ जुन उसले भनेको थियो । वैकल्पिक अनुवादः “तैँले भनेको कुराको आधारमा”
ती भलादमी मानिसले त्यो नोकरले उनलाई भनेको कुरा दोहोर्याउँदै थिए । उनले त्यो सत्य हो भनिरहेका थिएनन् । वैकल्पिक अनुवादः “तँ भन्छस् कि म कठोर मानिस हुँ”
दुष्ट सेवकलाई गाली गर्न भलादमी मानिसले एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तैँले मेरो पैसा ब्याजमा लगाउनुपर्ने थियो ।”
“मेरो पैसा बैङ्कलाई उधारो दिएको ।” बैङ्कको चलन नभएको संस्कारमा “मेरो पैसा कसैलाई उधारो लिन दिन” भनेर अनुवाद गर्न सकिन्छ ।
बैङ्क एउटा व्यापार हो जसले मानिसहरूका पैसा सुरक्षितसाथ राख्छ । बैङ्कले नाफाको निम्ति त्यो पैसा अरूहरूलाई ऋृण दिन्छ । त्यसैले, बैँङ्कमा पैसा राख्ने मानिसहरूलाई यसले अतिरिक्त रकम वा ब्याज दिन्छ ।
“मैले त्यो रकम र त्यसले कमाएको थप ब्याजसहित जम्मा गर्ने थिएँ” वा “मैले त्यसबाट नाफा पाउने थिएँ”
ब्याज भनेको बैँङ्कमा पैसा राख्ने मानिसहरूलाई बैँङ्कले तिर्ने पैसा हो ।
येशूले दृष्टान्त भन्नलाई निरन्तरता दिनुहुन्छ जुन उहाँले लूका १९:११ मा सुरु गर्नुभयो ।
ती भलादमी मानिस राजा भएका थिए । तपाईंले यसलाई लूका १९:१२ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
“तिनीहरूको नजिक उभिरहेका मानिसहरूलाई”
एउटा सिक्का ६०० ग्रामको हुन्थ्यो, जुन सम्भवत चाँदीको हुन्थ्यो । हरेक सिक्का १०० दिनको ज्याला बराबर थियो, जुन मानिसहरूलाई यस्तै चार महिनाको कामको लागि दिइन्थ्यो । तपाईंले यसलाई [लूका १९:१३]
“उससँग अगिबाटै दश सिक्काहरू छन् !”
येशूले दृष्टान्त भन्नलाई निरन्तरता दिनुहुन्छ जुन उहाँले लूका १९:११ मा सुरु गर्नुभयो ।
यो राजाले बोलिरहेका थिए । केही अनुवादकहरूले यो पदलाई यसरी सुरु गर्न सक्छन्, “र राजाले जवाफ दिए, ‘म तिमीहरूलाई भन्छु’” वा “तर राजाले भने, ‘म तिमीहरूलाई यो भन्छु’” ।
यस्तो आशय दिइएको छ कि उससँग भएको कुरा चाहिँ उसले आफ्नो सिक्कालाई विश्वासयोग्यताका साथ प्रयोग गरेर कमाएको पैसा हो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हरेक जसले उसलाई दिइएका चीजहरू राम्ररी प्रयोग गर्छ, म उसलाई अझ बढी दिनेछु” वा “हरेक जसले मैले उसलाई दिएका चीजहरू राम्ररी प्रयोग गर्छ, म उसलाई अझ बढी दिनेछु”
यस्तो आशय दिइएको छ कि उससँग पैसा नहुनुको कारण उसले आफ्नो सिक्कालाई विश्वासयोग्यताका साथ प्रयोग नगरेकोले गर्दा हो । वैकल्पिक अनुवादः “त्यस व्यक्तिबाट जसले मैले उसलाई दिएको कुरा राम्ररी प्रयोग गर्दैन”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । Alternate translation: "I will take away from him"
किनकि शत्रुहरू त्यहाँ थिएनन्, केही भाषाहरूले यसो भन्न सक्छन्, “मेरा ती शत्रुहरू” ।
यो जखायसको बारेमा भएको कथाको भागको अन्त्य हो । कथाको यस भागपछि येशूले के गर्नुहुन्छ भनेर यस पदले हामीलाई बताउँछ ।
“जब येशूले यी कुराहरू भनिसक्नुभएको थियो”
यरूशलेम यरीहोभन्दा बढी उचाइमा अवस्थित छ, त्यसैले इस्राएलीहरूले माथि यरूशलेमतिर जाने भन्नु सामान्य कुरा थियो ।
येशू यरूशलेमको नजिक आउनुहुन्छ ।
यो वाक्यांशलाई यहाँ कथामा एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्नुहुन्छ ।
“उहाँ” शब्दले येशूलाई जनाउँछ । उहाँका चेलाहरू पनि उहाँसँगै यात्रा गरिरहेका थिए ।
बेथफागे यरूशलेमबाट किद्रोन उपत्यकाको पारिपट्टि पर्ने जैतून डाँडा माथिको एउटा गाउँ थियो
“जैतूनको डाँडा भनिने पहाड” वा “जैतून रूखको डाँडा भनिने पहाड”
“एउटा कलिलो गधा” वा “एउटा कलिलो पशु जसमा सवार हुन मिल्छ”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसमा कोही कहिल्यै चढेको छैन”
येशूले चेलाहरूलाई प्रश्नको जवाफ कसरी दिने भनेर बताउनुहुन्छ जुन अहिलेसम्म सोधिएको चाहिँ छैन । तापनि, गाउँमा भएका मानिसहरूले छिट्टै सो प्रश्न सोध्नेछन् ।
भित्रपट्टिको उद्धरणलाई एउटा अप्रत्यक्ष उद्धरणको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि कसैले तिमीहरूलाई यसलाई किन फुकाइरहनुभएको छ भनेर सोध्यो भने, ... भन”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले पठाउनुभएका दुई जना चेलाहरू”
“बछेडाका मालिकहरू”
“तिनीहरूका वस्त्रहरू बछेडामाथि राखे ।” लबेदाहरू बाहिरी लुगाहरू हुन् ।
“येशूलाई माथि चढ्न र बछेडामा सवार हुन सहयोग गरे”
“मानिसहरूले ओड्ने कपडाहरू फिँजाए ।” यो कसैलाई सम्मान दिएको जनाउने चिन्ह हो ।
“जसै येशू नजिक गइरहनुभएको थियो ।” येशूका चेलाहरू पनि उहाँसँगै यात्रा गरिरहेका थिए ।
“जहाँबाट बाटो जैतूनको पहाडदेखि तल्तिर लाग्छ”
“महान् कुराहरू जुन येशूले गर्नुभएको तिनीहरूले देखेका थिए”
तिनीहरूले यो येशूको बारेमा भनिरहेका थिए ।
यहाँ “नाउँ”ले शक्ति र अधिकारलाई जनाउँछ । साथै, “प्रभु”ले परमेश्वरलाई जनाउँछ ।
“स्वर्गमा शान्ति होस्” वा “हामी स्वर्गमा शान्ति भएको देख्न चाहन्छौँ”
“सर्वोच्चमा महिमा होस्” वा “हामी सर्वोच्चमा महिमा भएको देख्न चाहन्छौँ” “सर्वोच्च” शब्दले स्वर्गलाई जनाउँछ, जुन स्वर्गमा बस्नुहुने परमेश्वरको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “सबैजनाले सर्वोच्च स्वर्गमा हुनुभएको परमेश्वरलाई महिमा देऊन्”
“ठूलो भीडमा”
“तपाईंका चेलाहरूलाई यी कुराहरू गर्नलाई रोक्न भन्नुहोस्”
येशूले यसपछि भन्ने कुराहरूलाई जोड दिन यो भन्नुभयो ।
यो एउटा काल्पनिक परिस्थिति हो । केही अनुवादकहरूले येशूले यसो भन्नुहुँदा के सङ्केत गरिरहनुभएको थियो भन्ने कुरा स्पष्ट पार्नुपर्छः “होइन, म तिनीहरूलाई हप्काउँदिनँ, किनभने यदि यी मानिसहरू चुप रहे भने ... कराउनेछन्”
“ढुङ्गाहरूले पनि प्रशंसा गर्नेछन्”
यसले यरूशलेमलाई जनाउँछ ।
“त्यस” शब्दले यरूशलेम सहरलाई जनाउँछ, तर यसले त्यस सहरमा बस्ने मानिसहरूको प्रतिनिधित्व गर्छ ।
यरूशलेमले परमेश्वरसँग शान्तिमा हुने अवसरलाई गुमाएको थियो भनेर येशूले आफ्नो निराशा व्यक्त गर्नुभयो ।
“तँ” शब्द एकवचन हो किनभने येशू सहरसँग बोलिरहनुभएको थियो । तर यदि तपाईंको भाषामा यो स्वाभाविक हुँदैन भने त्यस सहरका मानिसहरूलाई जनाउन बहुवचन “तिमीहरू”लाई प्रयोग गर्न सक्नुहुन्छ ।
“तेरा नजरहरू”ले देख्ने क्षमतालाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तैँले अब उप्रान्त तिनीहरूलाई देख्न सक्दैनस्”
येशू बोलिरहनुहुन्छ ।
अब आउने कुराहरूचाहिँ येशूको निराशाको कारण हुन् ।
यसले सङ्केत गर्छ कि तिनीहरूले कठिन समयहरू अनुभव गर्नेछन् । केही भाषाहरूले “आउँदै” गरेको समयको बारेमा कुरा गर्दैनन् । वैकल्पिक अनुवादः “भविष्यमा तँलाई यी कुराहरू हुन आउनेछन् । तेरा शत्रुहरूले” वा “चाँडै तैँले कष्टदायक समयहरू भोग्नुपर्नेछ । तेरा शत्रुहरूले”
“तँलाई” शब्द एकवचन हो किनभने येशू कोही एक स्त्रीसँग झैँ गरेर त्यस सहरसँग बोलिरहनुभएको थियो । तर यदि तपाईंको भाषामा यो स्वाभाविक हुँदैन भने त्यस सहरका मानिसहरूलाई जनाउन बहुवचन शब्द “तिमीहरू”लाई प्रयोग गर्न सक्नुहुन्छ ।
यो मानिसहरूलाई सहरबाट बाहिर जानदेखि रोक्ने छेकबार हो ।
येशूले सहरका मानिसहरूसँग यसरी कुरा गरिरहनुभएको छ मानौँ उहाँले कुनै स्त्रीसँग कुरा गरिरहनुभएको जसरी सहर आफैँसँग कुरा गरिरहनुभएको छ । उहाँले सहरमा बस्ने मानिसहरूको विषयमा यसरी कुरा गर्नुहुन्छ मानौँ तिनीहरू स्त्रीका सन्तानहरू हुन्, र त्यसरी सहरका सन्तानहरू हुन् । कुनै सहरलाई लडाउनु भनेको त्यसको पर्खालहरू र भवनहरूलाई नाश पार्नु हो, र त्यसका सन्तानहरूलाई प्रहार गरेर लडाउनु भनेको त्यसका वासिन्दाहरूलाई मार्नु भनेको हो । वैकल्पिक अुनवादः “तिनीहरूले पूर्णरूपले तँलाई नाश पार्नेछन् र तँमा वास गर्नेहरू सबैलाई मार्नेछन्” वा “तिनीहरूले पूर्णरूपले तेरो सहरलाई नाश गर्नेछन् र तिमीहरू सबैलाई मार्नेछन्”
“तिनीहरूले कुनै पनि ढुङ्गालाई ठाउँमा छोड्नेछैनन् ।” यो ढुङ्गाले बनेको सहरलाई शत्रुहरूले कसरी पूर्ण रूपमा नष्ट गर्नेछन् भनी व्यक्त गर्ने एउटा अतिशयोक्ति हो ।
“तैँले स्वीकार गरिनस्”
यो कथाको यस भागमा भएको अर्को घटना हो । येशू यरूशलेममा भएको मन्दिरमा प्रवेश गर्नुहुन्छ ।
यरूशलेम, जहाँ मन्दिर अवस्थित थियो, उहाँ पहिले त्यहाँ प्रवेश गर्नुभयो भनेर तपाईंले स्पष्ट बनाउनुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “येशू यरूशलेममा प्रवेश गर्नुभयो र त्यसपछि मन्दिरको चोकतिर जानुभयो”
केवल पूरोहितहरूलाई मात्र मन्दिर भवनमा प्रवेश गर्न अनुमति थियो । वैकल्पिक अनुवादः “मन्दिरको चोकतिर जानुभयो”
“बाहिर धपाउनुभयो” वा “बाहिर लखेट्नुभयो”
यो यशैया अगमवक्ताको पुस्तकबाट लिइएको खण्ड हो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्मशस्त्रले भन्छ” वा “एउटा अगमवक्ताले धर्मशास्त्रमा यी वचनहरू लेखे”
“मेरो” शब्दले परमेश्वरलाई जनाउँछ र “घर” शब्दले मन्दिरलाई जनाउँछ ।
“मानिसहरूले मलाई प्रार्थना गर्ने ठाउँ”
येशूले मन्दिरको विषयमा यसरी कुरा गर्नुहुन्छ मानौँ त्यो कुनै स्थान हो जहाँ चोरहरू एकसाथ आउँछन् । वैकल्पिक अनुवादः “डाँकाहरू लुक्ने ठाउँ”
यो कथाको यस भागको अन्त्य हो । यी पदहरूले कथाको प्रमुख भागको अन्त्य भइसकेपछि निरन्तर भइरहने क्रियाकलापको विषयमा कुरा गर्छन् ।
“मन्दिरको चोकभित्र” वा “मन्दिरको हातामा”
“येशूले भनिरहनुभएका कुराहरूमा विशेष ध्यान दिइरहेका थिए”
1 येशूले मन्दिरमा मानिसहरूलाई शिक्षा दिइरहनुहुँदा र सुसमाचार प्रचार गरिरहनुहुँदा, अगुवाहरूसहित मुख्य पुजारीहरू र शास्त्रीहरू येशूकहाँ आए । 2 तिनीहरूले उहाँलाई भने, “हामीलाई बताऊ, कुन अधिकारद्वारा तिमी यी कामहरू गर्छौ ? अथवा कसले तिमीलाई यो अधिकार दियो ?” 3 उहाँले जवाफ दिएर भन्नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु । 4 यूहन्नाको बप्तिस्माको बारेमा मलाई बताओ । यो स्वर्गबाट थियो कि मानिसहरूबाट ?” 5 उनीहरूले आपसमा भने, “यदि हामीले स्वर्गबाट भन्यौँ भने उसले यसो भन्ला ‘त्यसो भए तिमीहरूले उनलाई किन विश्वास गरेनौ ?’ 6 तर यदि हामीले मानिसबाट हो भन्यौँ भने, ‘सबै मानिसले हामीलाई ढुङ्गाले हान्नेछन्, किनभने उनीहरूले यूहन्नालाई अगमवक्ता हो भनी विश्वास गरेका छन्’ ।” 7 यसकारण तिनीहरूले यसो भनेर उत्तर दिए, “त्यो कहाँबाट भयो भनी हामीलाई थाहा छैन ।” 8 येशूले तिनीहरूले भन्नुभयो, “म पनि तिमीहरूलाई मैले कुन अधिकारले यी कामहरू गर्छु भनी बताउँदिनँ ।” 9 उहाँले मानिसहरूलाई यो दृष्टान्त भन्नुभयो, “एक जना मानिसले दाखबारी लगाएर कामदारहरूलाई जिम्मा दिएर आफू लामो समयको लागि अर्को देशमा गए । 10 तोकिएको समयमा तिनीहरूले आफ्नो हिस्साको फल दिऊन् भनी तिनले आफ्नो एक जना नोकरलाई ती कामदारहरूकहाँ पठाए । तर ती कामदारहरूले त्यसलाई पिटेर रित्तो हात पठाइदिए । 11 तिनले अझै अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि पिटेर बेइज्जत गरी रित्तै हात पठाए । 12 तिनले तेस्रो नोकरलाई पनि पठाए, तर तिनीहरूले त्यसलाई पनि घाइते बनाएर निकाली दिए । 13 त्यसकारण, दाखबारीका मालिकले भने, ‘अब म के गरूँ ? म आफ्नो प्यारो छोरालाई पठाउनेछु सायद उसलाई त तिनीहरूले आदर गर्लान् कि ।’ 14 तर कामदारहरूले उसलाई देखेर आपसमा कुरा गरे, ‘यो त हकवाला हो । हामी यसलाई मारौँ र सम्पत्तिको हक हाम्रो हुनेछ ।’ 15 अनि तिनीहरूले उसलाई दाखबारीको बाहिर लगेर मारे । अब दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान् ? 16 उनी आएर ती कामदारहरूलाई मार्नेछन् र दाखाबरी अरूहरूलाई दिनेछन् ।” यो सुनेर तिनीहरूले भने, “यस्तो कहिल्यै नहोस् !” 17 तर येशूले तिनीहरूलाई हेर्नुभयो र भन्नुभयो, “यो धर्मशास्त्रको भनाइको अर्थ के हो, ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले इन्कार गरे त्यही नै कुने-ढुङ्गो बन्यो ?’ 18 त्यस ढुङ्गामाथि खस्ने हरेक चकनाचुर हुनेछ, तर जसमाथि त्यो खस्छ त्यसले त्यसलाई धुलोपिठो पार्नेछ ।” 19 त्यसकारण, शास्त्री र मुख्य पुजारीहरूले त्यति नै बेला उहाँलाई पक्रन खोजे । किनकि तिनीहरूलाई थाहा भयो कि उहाँले यो दृष्टान्त तिनीहरूकै विरुद्धमा भन्नुभएको थियो । तर तिनीहरू मानिसहरूसँग डराउँथे । 20 तिनीहरूले मौका हेर्न लागे र येशूले भन्नुभएको कुरामा केही गलत साबित भए उहाँलाई फसाएर अधिकारीहरूको हातमा सुम्पिदिने नियतले तिनीहरूले धर्मी भई टोपल्ने जासुसहरूलाई उहाँकहाँ पठाए । 21 उनीहरूले उहाँलाई सोधे, “गुरुज्यू, हामी जान्दछौँ कि तपाईं ठिक बोल्नुहुन्छ र ठिक सिकाउनुहुन्छ र कसैको पक्षपात गर्नुहुन्न तर परमेश्वरको मार्गको सत्यता सिकाउनुहुन्छ । 22 हामीले कैसरलाई कर तिर्नु उचित छ कि छैन ?” 23 येशूले उनीहरूको धूर्त्याइँलाई बुझेर भन्नुभयो, 24 “मलाई एउटा सिक्का देखाओ, यसमा कसको नाम र चित्र खोपिएको छ ?” उनीहरूले भने, “कैसरको ।” 25 उहाँले उनीहरूलाई भन्नुभयो, “त्यसो भए जे कैसर को हो, कैसरलाई देओ र जे परमेश्वरको हो परमेश्वरलाई देओ ।” 26 मानिसहरूको सामुन्ने उहाँले बोल्नुभएका कुरामा शास्त्री र मुख्य पुजारीहरूले उहाँलाई फसाउन सकेनन् । उहाँको जवाफमा उनीहरू छक्क परे र केही पनि भन्न सकेनन् । 27 त्यसपछि मृतकहरूबाट पुनरुत्थान हुँदैन भन्ने सदूकीहरू उहाँकहाँ आए, 28 र उहाँलाई सोधे, “गुरुज्यू, मोशाले हामीलाई लेखिदिएका थिए, कि कुनै मानिसको विवाहित दाजु निसन्तान भयो भने भाइले त्यसकी पत्नीलाई विवाह गरी दाजुको लागि सन्तान खडा गरिदिनुपर्छ । 29 सात भाइ थिए । जेठोले एउटी पत्नी ल्यायो र निसन्तान मर्यो 30 अनि माहिलाले पनि त्यसलाई विवाह गर्यो र निसन्तान मर्यो । 31 साहिँलाले पनि त्यसलाई विवाह गर्यो अनि त्यसरी नै ती सातै जना निसन्तान मरे । 32 पछिबाट त्यो स्त्री पनि मरी । 33 यसकारण, मृतकबाट पुनरुत्थान हुँदा त्यो स्त्री तिनीहरूमध्ये कसकी पत्नी हुनेछे ? किनकि ती सातै जनाले त्यसलाई पत्नीको रूपमा लिएका थिए ।” 34 येशूले तिनीहरूलाई भन्नुभयो, “यस युगका मानिसहरू विवाह गर्छन् र विवाह गरेर पठाइन्छन् । 35 तर मृतकबाट जीवित भई उठ्न र अनन्त जीवन प्राप्त गर्न योग्य ठहरिनेहरूले न विवाह गर्दछन् न त विवाह गरेर पठाइन्छन् । 36 तिनीहरू फेरि मर्दैनन्, किनभने तिनीहरू स्वर्गदूत समान हुन् र पुनरुत्थानका सन्तान भएकाले परमेश्वरका सन्तान हुन् । 37 तर मृतकहरू जीवित भई उठ्नेछन् भन्नेकुरा मोशाले पनि पोथ्राको विवरणमा परमप्रभुलाई अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर भनेर पुकार्दा देखाइदिए । 38 उहाँ मृतकहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ, किनकि सबै उहाँकै निम्ति जिउँछन् ।” 39 अनि शास्त्रीहरूमध्ये कुनै-कुनैले भने, “गुरुज्यू, तपाईंले सही जवाफ दिनुभयो ।” 40 उनीहरू कसैले पनि उहाँलाई फेरि प्रश्न सोध्ने आँट गरेनन् । 41 येशूले उनीहरूलाई भन्नुभयो, “ख्रीष्ट दाऊदका पुत्र हुन् भनेर तिनीहरूले कसरी भन्दछन् ? 42 किनकि भजनको पुस्तकमा दाऊद आफैँले भन्दछन्, परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, ‘तिमी मेरो दाहिने हातपट्टि बस, 43 जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ ।’ 44 यसकारण, दाऊदले ख्रीष्टलाई प्रभु भन्दछन् भने फेरि उनी कसरी दाऊदका पुत्र भए ?” 45 सबै मानिसहरूले सुन्ने गरी उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, 46 “शास्त्रीहरूदेखि होसियार रहो जो लामा वस्त्रहरूमा सजिएर बजारमा अभिवादन गरिएको मन पराउँछन् अनि सभाघर र भोजहरूमा प्रमुख स्थान चाहन्छन् । 47 तिनीहरूले विधवाहरूको घर हडप्छन् र लामो-लामो प्रार्थना गरेर देखाउँछन् । तिनीहरूले नै अझै ठुलो दण्ड पाउनेछन् ।”
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई बाँकीको पाठ्यखण्डभन्दा दायाँतिर राख्छन् । यूएलटीले २०:१७, ४२-४३ मा भएको कवितालाई यसै गर्छ जुन पुरानो करारबाटका शब्दहरू हुन् ।
जब येशूले फरिसीहरूलाई यूहन्नालाई बप्तिस्मा दिने अधिकार कसले दियो भनेर सोध्नुभयो (लूका २०:४), तिनीहरूले जवाफ दिन सकेनन् किनभने तिनीहरूले दिने कुनै पनि जवाफले मानिसहरूलाई तिनीहरू गलत थिए भन्ने कारण दिने थियो (लूका २०:५-६) । तिनीहरूले ठानेका थिए कि कैसरलाई कर तिर्नुपर्छ कि पर्दैन भनेर तिनीहरूले येशूलाई सोधे भने तिनीहरूले येशूलाई गलत हुनुहुन्थ्यो भनेर भन्न सक्ने थिए (लूका २०:२२), तर येशूले तिनीहरूले नसोचेको जवाफ दिनुभयो ।
विरोधाभासी कथन भनेको एउटा सत्य भनाइ हो जसले कुनै असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । यस अध्यायमा, येशूले एउटा भजनलाई उद्धृत गर्नुहुन्छ जसले दाऊदले आफ्नो छोरालाई “प्रभु”, अर्थात “मालिक” भनेर बोलाएको कुराको अभिलेख राख्छ । तापनि, यहूदीहरूको लागि पूर्खाहरू भनेको तिनीहरूका सन्तानहरूभन्दा महान् हुन्थे । यो खण्डमा, येशूले उहाँलाई सुन्नेहरूलाई मसिह आफैँ ईश्वरीय हुनुहुनेछ, र यो कि उहाँ आफैँ मसिह हुनुहुन्छ भन्ने साँचो बुझाइतर्फ डोहोर्याउने कोसिस गर्दै हुनुहुन्छ (लूका २०:४१-४४) ।
मुख्य पूजाहारीहरू, शास्त्रीहरू, र धर्मगुरूहरूले येशूलाई मन्दिरमा प्रश्न गर्छन् ।
यो वाक्यांशलाई यहाँ कथाको नयाँ भागलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ ।
“मन्दिर चोकमा” वा “मन्दिरनिर”
येशूले मुख्य पूजाहारीहरू, शास्त्रीहरू, र धर्मगुरूहरूलाई जवाफ दिनुहुन्छ ।
“येशूले जवाफ दिनुभयो”
“म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु” भन्ने शब्दहरू एउटा कथन हुन् । “तिमीहरू मलाई बताऊ” भन्ने शब्दहरू एक आज्ञा हुन् ।
येशू जान्नुहुन्छ कि यूहन्नाको अधिकार स्वर्गबाट आउँछ, त्यसैले उहाँले जानकारीको लागि सोधिरहनुभएको छैन । यहूदी अगुवाहरूले सबै सुनिरहेकाहरूलाई तिनीहरूले ठान्ने कुरा भन्न परोस् भनेर उहाँले प्रश्न सोध्नुहुन्छ । यो प्रश्न आलङ्कारिक छ, तर तपाईंले यसलाई सम्भवतः एक प्रश्नको रूपमा अनुवाद गर्नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिने अधिकार स्वर्गबाट पाएका थिए कि मानिसहरूबाट ?” वा “मानिसहरूलाई बप्तिस्मा दिनलाई परमेश्वरले यूहन्नालाई भन्नुभएको हो कि मानिसहरूले उनलाई भनेका हुन् ?”
“परमेश्वरबाट ।” यहूदीहरूले परमेश्वरलाई उहाँको नाउँ “यहवे” द्वारा पुकार्दैनथे । तिनीहरूले उहाँलाई जनाउन प्रायः “स्वर्ग” शब्दको प्रयोग गर्थे ।
“तिनीहरूले छलफल गरे” वा “तिनीहरूले आफ्नो जवाफबारे विचार गरे”
“तिनीहरूको माझमा” वा “एक अर्कासँग”
केही भाषाहरूले अप्रत्यक्ष उद्धरणलाई रुचाउन सक्छन् । वैकल्पिक अनुवादः “यदि हामीले यूहन्नाको अधिकार स्वर्गबाट हो भन्यौँ भने, उनले”
“परमेश्वरबाट ।” यहूदीहरूले परमेश्वरलाई उहाँको नाउँ “यहवे” द्वारा पुकार्दैनथे । तिनीहरूले उहाँलाई जनाउन प्रायः “स्वर्ग” शब्दको प्रयोग गर्थे । यी शब्दहरूलाई [लूका २०:४]
“येशूले भन्नेछन्”
केही भाषाहरूले अप्रत्यक्ष उद्धरणलाई रुचाउन सक्छन् । वैकल्पिक अनुवादः “यदि हामीले यूहन्नाको अधिकार मानिसहरूबाट हो भन्यौँ भने”
“हामीलाई ढुङ्गाले हानेर मार्नेछन् ।” परमेश्वरको व्यवस्थाले आज्ञा दिएको थियो कि उहाँका मानिसहरूमध्येमा उहाँलाई वा उहाँका अगमवक्ताहरूलाई खिसी गर्नेहरूलाई उहाँका मानिसहरूले ढुङ्गाले हान्नुपर्छ ।
“त्यसैले मुख्य पूजाहारीहरू, शास्त्रीहरू र धर्म-गुरुहरूले जवाफ दिए ।” “त्यसैले” भन्ने शब्दले पहिला भएको केही अरू कुराको कारण घटेको घटनालाई अङ्कित गर्छ । यहाँ चाहिँ, तिनीहरूले आपसमा तर्क गरेका थिए लूका २०:५-६, र तिनीहरूले भन्न चाहेको जवाफ तिनीहरूसँग थिएन ।
यसलाई एउटा प्रत्यक्ष उद्धरणको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले भने, ‘हामी जान्दैनौँ त्यो कहाँबाट आयो’”
“यूहन्नाको बप्तिस्मा कहाँबाट आयो ।” वैकल्पिक अनुवादः “यूहन्नाको बप्तिस्मा दिने अधिकार कहाँबाट आयो” वा “मानिसहरूलाई बप्तिस्मा दिन यूहन्नालाई कसले अधिकार दियो”
“र म पनि तिमीहरूलाई भन्दिन ।” येशू जान्नुहुन्थ्यो कि तिनीहरू उहाँलाई जवाफ दिन चाहँदैनथे, त्यसैले उहाँले पनि त्यही किसिमले जवाफ दिनुभयो । वैकल्पिक अनुवादः “तिमीहरूले नभनेजस्तै, म पनि तिमीहरूलाई भन्नेछैन”
येशू मन्दिरमा भएका मानिसहरूलाई एउटा दृष्टान्त बताउन थाल्नुहुन्छ ।
“केही दाख उत्पादन गर्नेहरूलाई पैसामा चलाउनलाई दिए” वा “केही दाख उत्पादन गर्नेहरूलाई त्यो चलाउन र पछि उसलाई पैसा तिर्न भनी दिए ।” भुक्तानी पैसाको रूपमा पनि हुन सक्छ, वा कटनीको अंशको रूपमा पनि हुन सक्छ ।
यिनीहरू दाखबारी हेरचाह गर्ने र दाख उत्पादन गर्नेहरू हुन् । वैकल्पिक अनुवादः “दाखका किसानहरू”
“उनलाई तिर्नलाई तिनीहरू सहमत भएको समय ।” यो कटनीको समयमा भएको हुन सक्छ ।
“केही दाखहरू” वा “तिनीहरूले दाखबारीमा उत्पादन गरेका केही कुराहरू ।” यसले तिनीहरूले दाखबाट बनाएका केही थोकहरू वा तिनीहरूले दाख बेचेर पाएको पैसालाई पनि बुझाउन सक्छ ।
रित्तो हात भनेको “शून्यता”को लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “उसलाई नतिरीकन नै पठाए” वा “उसलाई दाखविना नै पठाए”
“त्यो सेवकलाई कुटे”
“तिनको अपमान गरे”
रित्तो हात हुनु भनेको केही पनि नहुनुको लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “उसलाई नतिरीकन नै पठाए” वा “उसलाई दाखविना नै पठाए”
“एउटा तेस्रो सेवक पनि” वा “अझै अर्को सेवक ।” जमिनको मालिकले दोस्रो सेवकलाई पठाउन आवश्यक हुनुपर्ने थिएन, तर उनले त त्यसभन्दा उता गएर तेस्रो सेवकलाई पठाए भन्ने तथ्यतिर “अझै” शब्दले सङ्केत दिन्छ ।
“त्यस नोकरलाई घाइते बनाए”
“उसलाई दाखबारीबाट बाहिर फ्याँके”
यस प्रश्नले जोड दिन्छ कि उनले अब के गर्न गइरहेका थिए भनेर दाखबारीको मालिकले होशियारीपूर्वक सोचे । वैकल्पिक अनुवादः “म यसो गर्नेछुः”
“जब किसानहरूले मालिकको छोरालाई देखे”
तिनीहरूले अनुमति मागिरहेका थिएनन् । उत्तराधिकारलाई मार्नको निमित्त एक अर्कालाई उत्साहित गर्न तिनीहरूले यसो भने ।
येशूले भीडलाई उहाँको दृष्टान्त भन्न सकाउनुहुन्छ ।
“दाख फलाउनेहरूले त्यस छोरालाई दाखबारीबाट बलजफ्तीसँग बाहिर निकाले”
येशूले यो प्रश्न उहाँका श्रोताहरूले दाखबारीको मालिकले तिनीहरूलाई के गर्छन् भन्ने कुरालाई ध्यान देऊन् भनेर प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “त्यसैले, अब, दाखबारीको मालिकले तिनीहरूलाई के गर्नेछन् भनी सुन ।”
“त्यस्तो कहिल्यै नहोस् !”
येशू भीडलाई सिकाउन निरन्तरता दिनुहुन्छ ।
“तर येशूले तिनीहरूलाई एकटकले हेर्नुभयो” वा “तर उहाँले तिनीहरूलाई सोझै हेर्नुभयो ।” उहाँले भनिरहनुभएको कुरा बुझ्नलाई जवाफदेही बनाउनलाई उहाँले यसो गर्नुभयो ।
येशूले भीडलाई सिकाउन निरन्तरता दिनुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू यो भनाइको अर्थ बुझ्न सक्षम हुनुपर्थ्यो जुन लेखिएको छः ‘ ... ढुङ्गो ... कुने-ढुङ्गो ... ।’
“यो वचन”
यो भजनसंग्रहको पुस्तकबाट लिइएको अगमवाणीमा भएको तीनवटा अलङ्कारहरूमध्ये पहिलो हो । यसले मसिहलाई उहाँ कुनै ढुङ्गा हुनुभए झैँ गरी उल्लेख गर्छ जसलाई भवन निर्माणकर्ताहरूले प्रयोग गर्न छानेनन्, तर परमेश्वरले त्यसलाई सबैभन्दा महत्त्वपूर्ण ढुङ्गा बनाउनुभयो ।
“भवन निर्माण गर्नेहरूले जुन ढुङ्गालाई निर्माणको लागि प्रयोग गर्न पर्याप्त असल छैन भने ।” ती दिनहरूमामा मानिसहरूले घरका पर्खाल र अन्य भवनहरू ढुङ्गाको बनाउँथे ।
यसले धार्मिक शासकहरूलाई जनाउँछ जसले येशूलाई मसिहको रूपमा इन्कार गरिरहेका छन् ।
“भवनको सबैभन्दा मुख्य ढुङ्गा” वा “भवनको सबैभन्दा महत्त्वपूर्ण ढुङ्गा”
यो दोस्रो अलङ्कारले मसिहलाई इन्कार गर्ने मानिसहरूको विषयमा यसरी कुरा गर्छ मानौँ तिनीहरू ढुङ्गामाथि खस्छन् र घाइते हुन्छन् ।
यो ढुङ्गामाथि खस्दाको परिणाम हो । It can be stated in active form. वैकल्पिक अनुवादः “टुक्रा-टुक्रा भएर भाँचिनेछ”
“तर त्यो ढुङ्गा जसमाथि खस्छ ।” यो तेस्रो अलङ्कारले मसिहले उहाँलाई इन्कार गर्ने मानिसहरूको न्याय गरिरहनुभएको विषयमा यसरी कुरा गर्छ मानौँ उहाँ कुनै ठूलो ढुङ्गा हुनुहुन्छ जसले तिनीहरूलाई चकनाचुर पार्ने थियो ।
यस पदमा कसै“माथि हात हाल्नु” भनेको त्यस व्यक्तिलाई पक्रिनु हो । वैकल्पिक अनुवादः “येशूलाई गिरफ्तार गर्नलाई उपाय खोजे”
“तुरुन्तै”
यहि कारण हो जसले गर्दा तिनीहरूले येशूलाई त्यसै बेला गिरफ्तार गरेनन् । मानिसहरूले येशूलाई आदर गर्थे, र धार्मिक अगुवाहरूले उहाँलाई गिरफ्तार गर्दा मानिसहरूले उनीहरूलाई के गर्लान् भनेर तिनीहरू डराए । वैकल्पिक अनुवादः “तर तिनीहरूले उहाँलाई गिरफ्तार गरेनन् किनभने तिनीहरू मानिसहरूसँग डराउँथे”
“शास्त्रीहरू र प्रधान पूजाहारीहरूले येशूको चेवा गर्न जासुसहरू पठाए”
“किनभने तिनीहरूले येशूलाई केही खराब कुराहरू भन्नुभएको दोष लगाउन चाहन्थे”
“शासन” र “अधिकार” भनेको बडाहाकिमले येशूको न्याय गरेको तिनीहरू चाहन्थे भनेर बताउने दुई तरिकाहरू हुन् । यसलाई एउटा वा दुवै अभिव्यक्तिहरूसँग अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि बडाहाकिमले येशूलाई दण्ड देऊन्”
यो कथाको यस भागमा अर्को घटनाको सुरुवात हो । येशूलाई मन्दिरमा मुख्य पूजाहारीहरूबाट प्रश्न गरिएपछि केही समय बितिसकेको छ । अब जासूसहरूले येशूलाई प्रश्न गरिरहेका छन् ।
“जासूसहरूले येशूलाई सोधे”
जासूसहरूले येशूलाई छल्न खोजिरहेका थिए । तिनीहरूले येशूको बारेमा यी कुराहरू विश्वास गर्दैनथे ।
“हामी”ले जासूसहरूलाई मात्र जनाउँछ ।
सम्भावित अर्थहरू हुन् १) “प्रमुख मानिसहरूले मन नपराएपनि तपाईं सत्य बताउनुहुन्छ” वा २) “तपाईं एक व्यक्तिलाई अर्को व्यक्तिको उपर निगाह गर्नुहुन्न”
यो तिनीहरूलाई येशूको बारेमा थाहा थियो भनेर जासूसहरूले भनिरहेका कुराको भाग हो ।
तिनीहरूले सोचेका थिए कि येशूले कि त “छ” वा “छैन” भन्नुहुनेछ । यदि उहाँले “छ” भन्नुभएको भए उहाँले विदेशी सरकारलाई कर तिर्नु भनेकोमा यहूदीहरू रिसाउने थिए । यदि उहाँले “छैन” भन्नुभएको भए धार्मिक अगुवाहरूले येशूले मानिसहरूलाई रोमी कानुन तोड्नलाई सिकाइरहनुभएको छ भनेर रोमीहरूलाई भन्न सक्थे ।
तिनीहरूले परमेश्वरको व्यवस्थाको बारेमा सोधिरहेका थिए, कैसरको कानूनको बारेमा होइन । वैकल्पिक अनुवादः “के हाम्रो व्यवस्थाले हामीलाई ... अनुमति दिन्छ”
किनकि कैसर रोमी सरकारको शासक थिए, तिनीहरूले रोमी सरकारलाई कैसरको नामद्वारा जनाउन सक्थे ।
“तर येशूले तिनीहरू कति छली छन् भनी बुझ्नुभयो” वा “तर तिनीहरूले उहाँलाई पासोमा पार्न खोजिरहेका थिए भनी येशूले देख्नुभयो ।” The word "their" refers to the spies.
यो चाँदीको रोमी सिक्का हो जुन एक दिनको ज्याला बराबर हुन्छ ।
येशूले उहाँलाई छल्न खोजिरहेकाहरूलाई जवाफ दिनलाई एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ ।
“तस्बिर र नाम”
यो जासूसहरूको बारेमा भएको घटना र लूका २०:१ मा सुरु भएको कथाको भागको अन्त्य हो ।
“तब येशूले तिनीहरूलाई भन्नुभयो”
यहाँ “कैसर”ले रोमी सरकारलाई जनाउँछ ।
“देओ” शब्दलाई अघिल्लो वाक्यांशबाट बुझिएको छ । त्यसलाई यहाँ दोहोर्याउन पनि सकिन्छ । वैकल्पिक अनुवादः “र परमेश्वरलाई देओ”
“जासूसहरू उहाँले भन्नुभएको कुरामा केही गल्ती भेट्टाउन सकेनन्”
“तर तिनीहरू उहाँको जवाफमा अचम्मित थिए र केही पनि भनेनन्”
यो कहाँ भएको हो भनेर हामी जान्दैनौँ, तैपनि यो सम्भवतः मन्दिरको प्राङ्गनमा भएको हो । येशू केही सदूकीहरूसँग कुरा गरिरहनुभएको छ ।
यो वाक्यांशले सदूकीहरूलाई यहूदीहरूको त्यो समूहको रूपमा चिनाउँछ जसले कोही पनि मृतकहरूबाट जीवित हुँदैन भन्छन् । यसले कोही सदूकीहरूले पुनरुत्थानमा विश्वास गर्छन् र कोहीले गर्दैनन् भन्ने अर्थ दिँदैन ।
“यदि कोही मानिसको दाजु पत्नी हुँदा कुनै बालबच्चा नभई मर्छ भने”
“त्यो मानिसले उसको मरेको दाज्यूको विधवालाई विवाह गर्नुपर्छ”
कुनै स्त्रीले आफ्नो मरेका पतिको भाइसँग विवाह गरेर जन्माएको पहिलो छोरोलाई त्यस स्त्रीको पहिलो पतिको छोरा भए जसरी यहूदीहरूले मान्थे । यो छोराले आफ्नी आमाको पहिलो पतिको जायजेथाको अंश लिन्थ्यो र उसको नामलाई बोक्थ्यो ।
पदहरू २९-३२ मा सदुकीहरूले येशूलाई एउटा छोटो कथा बताउँछन् । उदाहरणको रूपमा भन्नलाई यो तिनीहरूले बनाएर भनेको कथा हो । पद ३३ मा, तिनीहरूले बताएको कथाको बारेमा तिनीहरूले येशूलाई एउटा प्रश्न सोध्छन् ।
सदुकीहरूले येशूलाई तिनीहरूको प्रश्न सोध्न सकाउँछन् ।
यसो भएको पनि होला, तर सम्भवतः यो तिनीहरूले येशूलाई जाँच्नलाई बनाएको कथा हो ।
“पहिलो सङ्ख्याको भाइ” वा “सबैभन्दा जेठो”
“कुनै बालबच्चा नपाई मर्यो” वा “मर्यो, तर कुनै बालबच्चा थिएन”
धेरैजसो विस्तृत विवरणलाई नदोहोर्याउनुभएर येशूले कथालाई छोटो राख्नुभयो । वैकल्पिक अनुवादः “दोस्रोले त्यसलाई विवाह गर्यो र त्यस्तै भयो” वा “दोस्रो भाइले त्यसलाई विवाह गर्यो र कुनै बालबच्चा नभई मर्यो”
“दोस्रो सङ्ख्याको भाइ” वा “सबैभन्दा जेठा भाइ जो अझै जीवितै थिए”
“तेस्रोले त्यसलाई विवाह गर्यो”
“तेस्रो सङ्ख्याको भाइ” वा “सबैभन्दा जेठा भाइ जो अझै जीवितै थिए”
कथालाई छोटो बनाउन धेरैजसो विस्तृत विवरणलाई तिनीहरूले दोहोर्याएनन् । वैकल्पिक अनुवादः “त्यसै गरी, बाँकी सातै जनाले त्यसलाई विवाह गरे र कुनै बालबच्चा भएन र ती सबै मरे”
“सबै सात भाइहरू” वा “सात भाइहरूमा हरेक”
“जब मानिसहरू मृतकबाट उठाइन्छन्” वा “जब मृत मानिसहरू फेरि जीवित हुन्छन्” (युडीबी) । केही भाषाहरूमा सदूकीहरूले पुनरुत्थानमा विश्वास गर्दैनन् भन्ने देखाउने तरिकाहरू छन्, जस्तै “ठानिएको पुनरुत्थानमा” वा “जब मृत मानिसहरू मृतकहरूबाट उठाइन्छन् भनी ठानिन्छ ।”
येशूले सदुकीहरूलाई जवाफ दिन थाल्नुहुन्छ ।
“यस संसारका मानिसहरू” वा “यो समयका मानिसहरू ।” यो स्वर्ग वा पुनरुत्थानपछि जिउने मानिसहरूबाट भिन्नै छ ।
त्यस संस्कारमा पुरुषहरूले स्त्रीहरूलाई विवाह गर्ने र स्त्रीहरूलाई तिनीहरूको पतिलाई विवाहमा दिइने भनिन्थ्यो । यसलाई कर्तृ वाच्यमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विवाह गर्नु”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले योग्य ठानेर विचार गर्नुभएको त्यस युगका मानिसहरू”
“मृतकहरूबाट फेरि उठाइन” वा “मृत्युबाट उठ्न”
तिनीहरूसबैको माझबाट जो मरिगएका छन् । यो अभिव्यक्तिले तलको संसारमा (पातालमा) भएका सबै मृत मानिसहरूलाई एकसाथमा वर्णन गर्छ । तिनीहरूसबैको माझबाट पुनरुत्थान प्राप्त गर्नुले पुनः जीवित हुने विषयमा कुरा गर्छ ।
त्यस संस्कारमा पुरुषहरूले स्त्रीहरूलाई विवाह गर्ने र स्त्रीहरूलाई तिनीहरूको पतिलाई विवाहमा दिइने भनिन्थ्यो । यसलाई कर्तृ वाच्यमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विवाह गर्नेछैनन्” वा “विवाहित हुनेछैनन् ।” यो पुनरुत्थानपछिको कुरो हो ।
यो पुनरुत्थानपछिको कुरो हो । वैकल्पिक अनुवादः “तिनीहरू मर्न सक्नेछैनन् ।”
“ ... परमेश्वरका सन्तान हुन् किनभने उहाँले तिनीहरूलाई मृतकहरूबाट फिर्ता ल्याउनुभएको छ”
येशूले सदुकीहरूलाई जवाफ दिन सकाउनुहुन्छ ।
यहाँ “पनि” शब्द छ किनभने सदूकीहरूले धर्मशास्त्रको केही भागले मृतकहरूबाट उठाइन्छन् भनेकोमा अचम्म मान्दैनथे, तर तिनीहरूले मोशाले नै यस्ता कुराहरू लेखेका छन् भन्ने अपेक्षा गरेका थिएनन् । वैकल्पिक अनुवादः “तर मृत मानिसहरू मृत्युबाट उठाइनेछन् भनेर मोशाले पनि देखाए”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मृतकहरूलाई पुनः जिउने तुल्याउनुहुन्छ”
“धर्मशास्त्रको त्यो खण्डमा जहाँ उनले बलिरहेको पोथ्राको बारेमा लेखे” वा “जलिरहेको पोथ्राको बारेमा भएको धर्मशास्त्रमा”
“जब मोशाले परमप्रभुलाई पुकारे”
“अब्राहाम, इसहाक र याकूबका परमेश्वर ।” तिनीहरू सबैले एउटै परमेश्वरको आराधना गरे ।
यो शब्दलाई यहाँ प्रमुख शिक्षामा आएको छोटो रोकावटलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । मानिसहरू मृतकबाट बिउँतन्छन् भनेर यो कथाले कसरी प्रमाणित गर्छ भनेर येशूले यहाँ व्याख्या गर्नुहुन्छ ।
यी दुई वाक्यहरूको समान अर्थ हुन्छ र जोड दिनको लागि दुईपटक भनिएको छ । केही भाषाहरूको जोड दिएको देखाउने भिन्नै तरिकाहरू हुन्छन् । वैकल्पिक अनुवादः “परपप्रभु चाहिँ जीवित मानिसहरूको मात्रै परमेश्वर हुनुहुन्छ”
“तर जीवित मानिसहरूको परमेश्वर ।” किनकि यी मानिसहरू शारीरिक रूपमा मरे, तिनीहरू अझै पनि आत्मिक रूपमा जीवित भएको हुनुपर्छ । वैकल्पिक अनुवादः “तर ती मानिसहरूका परमेश्वर जसका शरीरहरू मरिसकेको हुनसके तापनि आत्माहरू अझै जीवित छन्”
“किनभने परेमश्वरको दृष्टिमा तिनीहरू सबै अझ जीवित छन्” वा “किनभने परमेश्वरको उपस्थितिमा तिनीहरूका आत्माहरू जीवित छन्”
“शास्त्रीहरूमध्ये केहीले येशूलाई भने ।” सदुकीहरूले येशूलाई प्रश्न गरिरहँदा त्यहाँ शास्त्रीहरू पनि उपस्थित थिए ।
यसले शास्त्रीहरू, वा सदुकीहरूलाई जनाउँछ, वा दुवैलाई जनाउँछ भनेर स्पष्ट छैन । यो अभिव्यक्तिलाई सामान्य रूपमै राख्नु बेस हुन्छ ।
“तिनीहरू उहाँलाई प्रश्नहरू सोध्न डराए” वा “तिनहरूले उहाँलाई प्रश्नहरू सोधेर खतरा मोलेनन् ।” तिनीहरू बुझे कि तिनीहरूलाई येशूलाई जति थाहा थिएन, तर तिनीहरूले त्यो कुरा बताउन चाहेनन् । यस कुरालाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले कुनै छली प्रश्नहरू उहाँलाई सोधेनन् किनभने उहाँको बुद्धिमतापूर्ण जवाफले तिनीहरूलाई फेरि पनि मूर्ख देखाउने छ भनी तिनीहरू डराए”
येशू शास्त्रीहरूलाई एउटा प्रश्न सोध्नुहुन्छ ।
“ ... पुत्र ... तिनीहरूले किन भन्दछन् ?” मसिह को हुनुहुन्छ भनेर सोच्ने बनाउन येशूले एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले ... पुत्र ... भनेका कुराहरूको बारेमा सोचौँ ।” वा “म तिनीहरूले ... पुत्र ... भनेका कुराको बारेमा बताउनेछु”
अगमवक्ताहरू, धार्मिक शासकहरू, र यहूदी मानिसहरूलाई मूलभूत रूपमा थाहा थियो कि मसिह चाहिँ दाऊदको पुत्र हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “सबैले भन्छन्” वा “मानिसहरूले भन्छन्”
“राजा दाऊदका सन्तान ।” यहाँ “पुत्र” शब्द सन्तानलाई जनाउन प्रयोग गरिएको छ । यस खण्डमा यसले परमेश्वरको राज्यमाथि शासन गर्ने व्यक्तिलाई जनाउँछ ।
यो भजनसंग्रहबाट लिइएको खण्ड हो जसले भन्छ, “येहोवेले मेरा प्रभुलाई भन्नुभयो” । तर यहूदीहरूले “येहोवे” भन्न छोडे र त्यसको सट्टामा प्रायः “परमप्रभु” भन्थे । वैकल्पिक अनुवादः “परमप्रभु परमेश्वरले मेरा प्रभुलाई भन्नुभयो” वा “परमेश्वरले मेरा प्रभुलाई भन्नुभयो”
दाऊदले ख्रीष्टलाई “मेरा प्रभु” भनी जनाउँदै थिए ।
“परमेश्वरको दाहिने हातपट्टि बस्नु” भनेको परमेश्वरबाट महान् सम्मान र अधिकार प्राप्त गर्ने कुराको लागि सङ्केतात्मक कार्य हो । वैकल्पिक अनुवादः “मेरो छेउमा सम्मानको स्थानमा बस”
मसिहका शत्रुहरूको विषयमा यसरी बताइएको छ मानौँ तिनीहरू काठका सामग्रीहरू हुन् जहाँ उहाँले आफ्नो पाउ राख्नुहुने थियो । यो एउटा समर्पणको चित्रण हो । वैकल्पिक अनुवादः “मैले तिम्रा शत्रुहरूलाई तिम्रो पाउदानजस्तो नबनाएसम्म” वा “मैले तिम्रा शत्रुहरूलाई तिम्रो निम्ति नजितेसम्म”
त्यो समयको चलनमा, कुनै बाबुलाई उसको छोराभन्दा बढी आदर गरिन्थ्यो । दाऊदले ख्रीष्टको लागि प्रयोग गरेको ‘प्रभु’ शीर्षकले यो आशय दिन्छ कि उहाँ दाऊदभन्दा बढी महान् हुनुहुन्थ्यो ।
“त्यसैले, ख्रीष्ट कसरी दाऊदका पुत्र हुन सक्नुहुन्छ ?” यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “यसले देखाउँछ, कि ख्रीष्ट दाऊदका सन्तान मात्र हुनुहुन्न”
अब उहाँका चेलाहरूतिर येशूले आफ्नो ध्यान मोड्नुहुन्छ र विशेषगरी तिनीहरूसँग कुरा गर्नुहुन्छ ।
“ ... को विरुद्धमा सावधान रहो”
लामा वस्त्रहरूले तिनीहरू महत्त्वपूर्ण थिए भन्ने देखाउँथ्यो । वैकल्पिक अनुवादः “जो तिनीहरूका महत्त्वपूर्ण वस्त्रहरू लगाएर हिँड्न मन पराउँछन्”
“तिनीहरूले विधवाहरूका घरहरू खान्छन् ।” शास्त्रीहरूको विषयमा यसरी कुरा गरिएको छ मानौँ तिनीहरू भोका पशुहरू थिए जसले विधवाहरूका घरहरू खान्छन् । “घरहरू” शब्द विधवा बस्ने ठाउँ र तिनले आफ्नो घरमा राख्ने तिनका सबै धनसम्पत्तिहरू दुवैलाई जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “तिनीहरूले विधवाहरूबाट तिनीहरूका सबै सम्पत्ति पनि लान्छन्”
“तिनीहरू धर्मी भएको बहाना गर्छन् र लामो-लामो प्रार्थना गर्छन्” वा “तिनीहरूले मानिसहरूले देखून् भनेर लामो-लामो प्रार्थना गर्छन्”
“तिनीहरूको अझ बढी कठोर इन्साफ हुनेछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई निश्चय नै बढी कठोर तवरले दण्ड दिनुहुनेछ”
1 येशूले माथि हेर्नुहुँदा धनी मानिसहरूलाई दानपत्रमा तिनीहरूका भेटीहरू हालेको देख्नुभयो । 2 उहाँले एक जना गरिब विधवाले दुई पैसा भेटी हालेको हेर्नुभयो । 3 यसैले, उहाँले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरू सबैले भन्दा यस विधवाले बढी दिई । 4 यिनीहरू सबैले प्रशस्तताबाट भेटीहरू दिए । तर यस विधवाले आफू गरिब भएर पनि, ऊ बाँच्नका लागि जे-जति थियो सबै दिई ।” 5 अब कसैले मन्दिरको बारेमा भने, “दानहरू र सुन्दर-सुन्दर ढुङ्गाहरूले सजाइएको हेर्नुहोस् ।” उहाँले भन्नुभयो, 6 “जसरी यी सबै थोकहरू तिमीहरू देख्छौ, यस्ता दिनहरू आउनेछन् जुन बेला एकमाथि अर्को ढुङ्गा रहनेछैन, सबै भत्किनेछन् ।” 7 त्यसकारण, तिनीहरूले उहाँलाई यसो भन्दै सोधे, “गुरुज्यू, यी कुराहरू कहिले हुनेछन् ? र यी सबै घटनाहरू हुँदा के-कस्ता चिह्नहरू हुनेछन् ?” 8 येशूले जवाफ दिनुभयो, “होसियार रहो ताकि तिमीहरू धोकामा नपर । धेरै जना मेरो नाउँमा यसो भन्दै आउनेछन्, ‘म उही हुँ र समय नजिक आएको छ ।’ तिमीहरू तिनीहरूका पछि नजाओ । 9 जब तिमीहरूले लडाइँ र झैझगडाहरू सुन्नेछौ, तब भयभीत नहोओ, यी कुराहरू पहिले हुनैपर्छ, तर अन्त्य भने तुरुन्तै हुनेछैन ।” 10 तब उहाँले तिनीहरूलाई भन्नुभयो, “राज्य-राज्यको विरुद्धमा र देश-देशको विरुद्धमा उठ्नेछन् । 11 त्यहाँ धेरै भूकम्पहरू जानेछन्, र धेरै ठाउँमा महामारी र अनिकालहरू हुनेछन् । त्यहाँ डरलाग्दा घटनाहरू हुनेछन् र आकाशमा ठुला-ठुला चिह्नहरू हुनेछन् । 12 तर यी सबै कुरा हुन अगाडि, तिनीहरूका हात तिमीहरूमाथि पर्नेछन् र तिनीहरूले तिमीहरूलाई सताउनेछन्, सभाघरमा सुम्पिदिनेछन् र झ्यालखानामा हाल्नेछन्, तिमीहरूलाई मेरो नाउँको कारण राजाहरू र हाकिमहरूका अगाडि ल्याउनेछन् । 13 यसले तिमीहरूको गवाहीका लागि अवसरतिर डोर्याउनेछ । 14 त्यसकारण, तिमीहरूले बचाउको लागि के भन्ने भनेर अगिबाटै हृदयमा नसोच । 15 तिमीहरूका विरोधीहरूले सबै कुराको खण्डन गर्न नसकून् भनेर म तिमीहरूलाई वचन र बुद्धि दिनेछु । 16 तर तिमीहरूलाई तिमीहरूका आमा बुबा र दाजुभाइहरू, नातेदारहरू र साथीभाइहरूले सुम्पिदिनेछन् र तिमीहरूमध्ये केही मृत्युका लागि सुम्पिनेछौ । 17 मेरो नाउँको खातिर सबैले तिमीहरूलाई घृणा गर्नेछन् । 18 तर तिमीहरूको शिरको एउटै कपाल पनि नष्ट हुनेछैन । 19 तिमीहरूको सहनशीलतामा तिमीहरूले प्राण प्राप्त गर्नेछौ । 20 जब तिमीहरूले यरूशलेमलाई सेनाले घेरेको देख्नेछौ, तब त्यसको विनाश नजिकै छ भनी जान । 21 तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून् र जो सहरको बिचमा छन् तिनीहरू सहर बाहिर भागून्, र बाहिर हुनेहरू सहरभित्र नपसून् । 22 यी दिनहरू बदला लिने दिनहरू हुनेछन्, यसैले लेखिएका सबै कुराहरू पुरा हुनेछन् । 23 हाय ती दिनमा गर्भवती र दूध चुसाउने स्त्रीहरू ! त्यस देशमाथि महासङ्कष्ट आउनेछ, र ती मानिसहरूमाथि क्रोध आइपर्नेछ । 24 तिनीहरू तरवारले मारिनेछन् र सबै देशहरूमा तिनीहरू कैदी भएर जानेछन्, र गैरयहूदीहरूको समय पुरा नभएसम्म गैरयहूदीहरूले यरूशलेम नै कैदी बनाएर राख्नेछन् । 25 सूर्य, चन्द्रमा र ताराहरूमा चिह्नहरू देखा पर्नेछन् । अनि समुद्रका गर्जनहरू र छालहरूबाट पृथ्वीमा भएका राष्ट्रहरू कष्टमा पर्नेछन् । 26 संसारमा आइपर्न लागेका घटनाहरूका आशङ्काले मानिसहरू मुर्छित हुनेछन्, किनकि आकाशका शक्तिहरू डग्मगाउनेछन् । 27 त्यसपछि तिनीहरूले मानिसका पुत्रलाई ठुलो शक्ति र महामहिमाका साथ बादलमा आउँदै गरेको देख्नेछन् । 28 जब यी कुरा हुन आउनेछन्, उठ र आफ्ना शिरहरू ठाडो पारेर हेर, तिमीहरूको उद्धारको दिन नजिकै छ ।” 29 येशूले उनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, “नेभाराको रुखलाई हेर र अरू सबै रुखहरूलाई पनि । 30 जब तिनहरूले पालुवा फेरेको तिमीहरूले देख्छौ, तब गृष्म ऋतु नजिकै छ भनी तिमीहरू आफैँले थाहा पाउनेछौ । 31 त्यसैले पनि, जब तिमीले यी थोकहरू भएको देख्नेछौ, परमेश्वरको राज्य नजिकै छ भन्ने कुरा तिमीहरूले थाहा पाउनेछौ । 32 तिमीहरूलाई म साँचो भन्दछु, यी सब कुराहरू पुरा नभइन्जेलसम्म यो पुस्ता बितेर जानेछैन । 33 स्वर्ग र पृथ्वी टलेर जानेछ, तर मेरा वचनहरू कहिल्यै टल्नेछैनन् । 34 तर तिमीहरू आफैँ होसियार रहो । त्यसकारण तिमीहरूको हृदय विलास, मतवालापान र जीवनको चिन्ताले नभरियोस् । नत्रभने, त्यो दिन तिमीहरूमाथि अचानक आइपर्ला । 35 यसरी नै सारा पृथ्वी भरि जिउने हरेकमाथि त्यो पासोझैँ आइपर्नेछ । 36 तर हर समय सतर्क रहो, र हुन आउने सम्पूर्ण कुराहरूबाट उम्कनलाई बलियो हुन सक र मानिसका पुत्रका अगाडि खडा हुनलाई प्रार्थना गर्दै रहो ।” 37 दिउँसोको समयमा उहाँले मन्दिरमा सिकाउनुहुन्थ्यो र साँझमा उहाँ बाहिर जानुहुन्थ्यो, र डाँडामा रात बिताउनुहुन्थ्यो जसलाई जैतून भनिन्छ । 38 सबै मानिसहरू उहाँका कुरा सुन्न बिहानै मन्दिरमा आउँथे ।
उहाँ फर्किनुभन्दा अगाडि के-के हुनेछन् भन्ने बारेमा येशूले चेलाहरूलाई धेरै बताउनुहन्छ ।
येशूले सिकाउनुभयो कि उहाँ फर्कनुभन्दा अगाडि, धेरै मानिसहरूले आफूहरू फर्केर आउनुभएको उहाँ नै हौँ भनेर झूटो दाबी गर्नेछन् । यो यस्तो एउटा समय पनि हुनेछ जब मानिसहरूले येशूका अनुयायीहरूलाई घृणा गर्नेछन् र तिनीहरूलाई मार्न पनि चाहनेछन् ।
यहूदीहरूका पूर्खाहरूलाई बेबिलोनीहरूले बेबिलोनमा जानलाई कर लगाएको समय र मसिह आउनुहुने समयको बीचको अवधिलाई तिनीहरूले “अन्यजातिहरूको समय” भने, त्यो समय जब अन्यजातिहरूले यहूदीहरूमाथि शासन गर्ने थिए ।
येशूले आफैँलाई यस अध्यायमा मानिसको पुत्रको रूपमा जनाउनुहुन्छ अनि
यो कथामा भएको अर्को घटना हो । कि त येशूलाई सदुकीहरूद्वारा प्रश्न सोधिएकै दिनमा
उपहारहरू के थिए भनेर तपाईंले स्पष्ट बनाउनुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “पैसाका उपहारहरू”
मन्दिरको चोकमा भएको एउटा बाकस थियो जसमा मानिसहरूले परमेश्वरलाई उपहारस्वरूप पैसा राख्थे
यो कथामा कुनै नयाँ पात्रलाई परिचय गराउने तरिका हो ।
“दुईवटा साना सिक्का” वा “दुईवटा साना काँसाका सिक्का ।” यी त्यस बेला मानिसहरूले प्रयोग गर्ने सिक्काहरूमा सबै भन्दा कम मूल्यका सिक्काहरू थिए । वैकल्पिक अनुवादः “दुई सिक्काहरू” वा “कम मूल्य बराबरको दुई साना सिक्काहरू”
यसको अर्थ येशूले भन्न लाग्नुभएको कुरा धेरै महत्त्वपूर्ण थियो भन्ने हुन्छ ।
येशू उहाँका चेलाहरूसँग कुरा गरिरहनुभएको थियो । “तिमीहरू” शब्द बहुवचन हो ।
परमेश्वरले तिनको उपहार, पैसाको एउटा सानो रकमलाई मानिसहरूले दिएका ठूला रकमका पैसाभन्दा बढी महत्त्वको ठान्नुहुन्छ । वैकल्पिक अनुवादः “यस विधवाको सानो उपहार धनी मानिसहरूका झन् ठूला उपहारहरूभन्दा बढी मूल्यवान् थियो”
“प्रशस्त पैसा थिए र त्यसको सानो अंश मात्र दिए”
“जोसँग अति थोरै पैसा थियो”
येशू विधवाको वियषमा कुरा गर्नबाट मन्दिरको विषयमा सिकाउनतिर लाग्नुहुन्छ ।
मानिसहरूले परमेश्वरलाई दिएका थोकहरू
यसले सुन्दर मन्दिर र त्यसका सजावटहरूलाई जनाउँछ ।
“एउटा समय आउनेछ जब” वा “कुनै दिन”
यहाँ एउटा नयाँ वाक्यलाई सुरु गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ ... अर्कोमाथि छोडिनेछैन । तिनीहरू सबैलाई भत्काइनेछ” वा “ ... अर्कोमाथि छोडिनेछैन । शत्रुहरूले हरेक ढुङ्गा टुक्रा-टुक्रा पार्नेछन्”
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हरेक ढुङ्गा त्यसको स्थानबाट हटाइनेछ र तिनीहरू सबै टुक्रा-टुक्रा पारिनेछन्”
यहाँ एउटा नयाँ वाक्यलाई सुरु गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ ... अर्कोमाथि छोडिनेछैन । तिनीहरू सबैलाई भत्काइनेछ” वा “ ... अर्कोमाथि छोडिनेछैन । शत्रुहरूले हरेक ढुङ्गा टुक्रा-टुक्रा पार्नेछन्”
“चेलाहरूले येशूलाई सोधे” वा “येशूका चेलाहरूले उहाँलाई सोधे”
यसले येशूले भर्खरै शत्रुहरूले मन्दिरलाई नाश गर्ने बारेमा भन्नुभएको कुरालाई जनाउँछ ।
येशू उहाँका चेलाहरूसँग कुरा गरिरहनुभएको थियो । “तिमीहरू” शब्द बहुवचनमा छ । वैकल्पिक अनुवादः “कि तिमीहरूले झुटमा विश्वास नगर” वा “कि तिमीहरूलाई कसैले नछलोस्”
उहाँको नाउँ लिएर आइरहेका मानिसहरूले उहाँलाई प्रतिनिधित्व गरेको दाबी गर्छन् । वैकल्पिक अनुवादः “म हुँ भनेर दाबी गर्दै” वा “मेरो अधिकार छ भन्ने दाबी गर्दै”
“म ख्रीष्ट हुँ” वा “म मसिह हुँ”
“तिनीहरूलाई विश्वास नगर” वा “तिनीहरूका चेलाहरू नबन”
यहाँ “युद्धहरू”ले सम्भवतः देशहरूको बीचको लडाइँलाई जनाउँछ, र “हुलदङ्गाहरू”ले सम्भवतः मानिसहरूले तिनीहरूको आफ्नै अगुवाहरूको विरुद्धमा वा तिनीहरूको देशमा भएका अरूहरूको विरुद्धमा लड्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “युद्धहरू र विद्रोहहरू” वा “युद्धहरू र क्रान्तिहरू”
“यी कुराहरूले तिमीहरूलाई भयभीत बनाउन नदेओ” वा “नडराओ”
यसले अन्तिम न्यायलाई जनाउँछ । वैकल्पिक अनुवादः “युद्धहरू र दङ्गाहरू पछि तुरुन्तै संसारको अन्त्य हुनेछैन” वा “ती कुराहरू भएपछि तुरुन्तै संसारको अन्त्य हुनेछैन”
“सबैथोकको अन्त्य” वा “यस युगको अन्त्य”
“तब येशूले उहाँका चेलाहरूलाई भन्नुभयो ।” यो अगिल्लो पददेखिको निरन्तरता भएकोले केही भाषाहरूले “तब उहाँले तिनीहरूलाई भन्नुभयो” भन्न नरुचाउलान् ।
यहाँ “जाति” भनेको त्यस जातिका मानिसहरूको लागि प्रतिस्थापन शब्द हो, र “विरुद्धमा उठ्नु” भनेको आक्रमणको लागि प्रतिस्थापन शब्द हो । “जाति” शब्दले सामान्य रूपमा जातिहरूलाई जनाउँछ, कुनै एक खास जातिलाई मात्र होइन । वैकल्पिक अनुवादः “एउटा जातिका मानिसहरूले अर्को जातिका मानिसहरूलाई आक्रमण गर्नेछन्” वा “केही जातिका मानिसहरूले अरू जातिका मानिसहरूलाई आक्रमण गर्नेछन्”
यसले देशलाई भन्दा मानिसहरूको जातीय समूहहरूलाई जनाउँछ ।
“विरुद्धमा उठ्नु” शब्दहरूलाई अघिल्लो वाक्यांशबाट बुझिएको छ र त्यसको अर्थ आक्रमण हुन्छ । वैकल्पिक अनुवादः “राज्यको विरुद्धमा राज्य उठ्नेछ” वा “केही राज्यहरूका अरू राज्यहरूका मानसिहरूलाई आक्रमण गर्नेछन्”
“त्यहाँ ... हुनेछन्” शब्दहरूलाई अघिल्लो वाक्यांशबाट बुझिएको छ । वैकल्पिक अनुवादः “त्यहाँ थुप्रै ठाउँहरूमा अनिकाल र महामारीहरू हुनेछन्” वा “त्यहाँ विभिन्न स्थानहरूमा भोक र रोगहरू लाग्ने समयहरू हुनेछन्”
“मानिहरूलाई भयभीत पार्ने घटनाहरू” वा “मानिसहरूलाई अति नै भयभीत गराउने घटनाहरू”
यसले येशूले पछि हुनेछन् भनी भन्नुभएको भयानक कुराहरूलाई जनाउँछ ।
“तिनीहरूले तिमीहरूलाई समात्नेछन् ।” यो अभिव्यक्तिले मानिसहरूले चेलाहरूमाथि अधिकार चलाएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले तिमीहरूलाई गिरफ्तार गर्नेछन्”
“मानिसहरूले ... ” वा “शत्रुहरूले ... ”
येशूले आफ्ना चेलाहरूसँग कुरा गरिरहनुभएको थियो । त्यसैले “तिमीहरू” शब्द बहुवचन हुन्छ ।
“सभाघरहरू” शब्द सभाघरहरूमा भएका मानिसहरूको लागि, र विशेषगरी अगुवाहरूको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरूलाई सभाघरका अगुवाहरूकहाँ सुम्पनेछन्” वा “तिमीहरूलाई सभाघरहरूमा लानेछन् ताकि त्यहाँ भएका मानिसहरूले तिनीहरूले चाहेका कुराहरू तिमीहरूलाई गर्न सकून्”
“र तिमीहरूलाई जेलहरूमा थुन्नेछन्” वा “र तिमीहरूलाई जेलहरूमा राख्नेछन्”
यहाँ येशू आफैँलाई जनाउन “नाम” शब्दलाई प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “मेरो कारण” वा “किनकि तिमीहरू मलाई पछ्याउँछौ”
“किनभने तिमीहरूले मेरो बारेमा तिनीहरूलाई तिमीहरूको गवाही बताउनेछौ”
“यसको कारण”, यसले [लूका २१:१०]
यहाँ “हृदयहरू” भनेको मानिसहरूको दिमागको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “निधो गर्नु” वा “दृढ निर्णय लिनु”
“तिनीहरूले लगाएको दोषको विरुद्धमा तिमीहरूको प्रतिरक्षा गर्नको लागि तिमीहरूले के भन्ने भनेर अगाडिबाटै नसोच्न”
“बुद्धि जुन तिमीहरूका कुनै पनि शत्रुहरूले प्रतिरोध गर्न वा खण्डन गर्न सक्नेछैनन्”
“कस्ता बुद्धिमानी कुरा भन्नुपर्छ भनी म तिमीहरूलाई बताउनेछु”
यिनीहरूलाई जोडेर एउटै वाक्यांश बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “बुद्धिका वचनहरू” वा “बुद्धिमानी वचनहरू”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूका बाबुआमा, दाजुभाइहरू, नातेदारहरू, र मित्रहरूले पनि तिमीहरूलाई अधिकारीहरूको हातमा सुम्पिदिनेछन्”
“तिनीहरूले तिमीहरूमध्ये केहीको मार्नेछन् ।” सम्भावित अर्थहरू हुन् १) “अधिकारीहरूले तिमीहरूमध्ये केहीलाई मार्नेछन्” वा २) “तिमीहरूलाई सुम्पनेहरूले तिमीहरूमध्ये कतिलाई मार्नेछन् ।” पहिलो अर्थ बढी सम्भाव्य छ ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । “सबैजना” शब्दले कति धेरै मानिसहरूले चेलाहरूलाई घृणा गर्नेछन् भनेर जोड दिन्छ, कि त १) अतिरञ्जनद्वारा वैकल्पिक अनुवादः “तिमीहरू सबैबाट घृणित छौ जस्तो देखिनेछ” वा “सबैजनाले तिमीहरूलाई घृणा गरेको जस्तो देखिनेछ” वा २) सामान्यकरणद्वारा वैकल्पिक अनुवादः “तिमीहरू अधिकांश मानिसहरूद्वारा घृणित हुनेछौ” वा “अधिकांश मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन्”
यहाँ “मेरो नाम”ले येशूलाई जनाउँछ । वैकल्पिक अनुवादः “मेरो कारणले” वा “तिमीहरूले मलाई पछ्याएको कारणले”
येशूले व्यक्तिको सबैभन्दा सानो भागको बारेमा कुरा गर्नुहुन्छ । उहाँले सम्पूर्ण व्यक्ति विनाश हुनेछैन भनेर जोड दिइरहनुभएको छ । येशूले पहिले नै भनिसक्नुभएको छ कि तिनीहरू कतिलाई मारिनेछ ।, त्यसैले, कतिले यसको तात्पर्य तिनीहरूलाई आत्मिक रूपमा हानि गरिनेछैन भनेर बुझ्छन् । वैकल्पिक अनुवादः “तर यी कुराहरूले तिमीहरूलाई साँच्चै हानि गर्नेछैनन् ।” वा “तिमीहरूको शिरमा रहेको हरेक कपाल पनि सुरक्षित रहनेछ”
“दृढ भएर ।” यसलाई उल्टो तरिकाले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि तिमीहरूले छोडेनौ भने”
“प्राण”ले व्यक्तिको अनन्त भागलाई प्रतिनिधित्व गर्छ भनेर बुझिएको थियो । वैकल्पिक अनुवादः “तिमीहरूले जीवन पाउनेछौ” वा “तिमीहरूले आफैँलाई बचाउनेछौ”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सेनाहरूले यरूशलेम घेरिरहेको”
“कि त्यसलाई चाँडै नाश पारिनेछ” वा “कि तिनीहरूले त्यसलाई चाँडै नाश पार्नेछन्”
खतरादेखि टाढा दौडनु
यसले यरूशलेम बाहिर रहेका दुर्गम क्षेत्रहरूलाई जनाउँछ, र राष्ट्रलाई होइन । वैकल्पिक अनुवादः “सहर बाहिर”
“यरूशलेममा प्रवेश गर्नु”
“यी दण्डका दिनहरू हुन्” वा “यो त्यो समय हुनेछ जब परमेश्वरले यस सहरलाई दण्ड दिनुहुनेछ”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अगमवक्ताहरूले धर्मशास्त्रमा लामो समय अगाडि लेखेका कुराहरू”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हुनेछ”
“ती आमाहरूलाई जसले तिनीहरूका शिशुहरूलाई दूध खुवाइरहेका छन्”
सम्भावित अर्थहरू हुन् १) देशका मानिसहरू पीडामा हुनेछन् र २) देशमा भौतिक प्रकोपहरू हुनेछन् ।
“त्यो समयमा मानिसहरूलाई क्रोध खन्याइनेछ ।” परमेश्वरले यो क्रोध ल्याउनुहुनेछ । वैकल्पिक अनुवादः “यी मानिसहरूले परमेश्वरको रीसको अनुभव गर्नेछन्” वा “परमेश्वर निकै रिसाउनुहुनेछ र यी मानिसहरूलाई दण्ड दिनुहुनेछ”
“तिनीहरू तरवारको धारद्वारा मारिनेछन् ।” यहाँ “तरवारको धारले मार्नु” भन्ने कुराले शत्रुका सिपाहीहरूद्वारा मारिने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “शत्रुका सिपाहीहरूले तिनीहरूलाई मार्नेछन्”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूका शत्रुहरूले तिनीहरूलाई पक्रनेछन् र तिनीहरूलाई अरू देशहरूमा लानेछन्”
तिनीहरूलाई थुप्रै देशहरूमा लगिनेछ भन्ने कुरालाई जोड दिनको लागि “सबै” शब्द अतिरञ्जन हो । वैकल्पिक अनुवादः “थुप्रै अरू देशहरूमा”
सम्भावित अर्थहरू हुन् १) गैरयहूदीहरूले यरूशलेमलाई जित्नेछन् र ओगट्नेछन् वा २) गैरयहूदीहरूले यरूशलेमको सहरलाई नाश गर्नेछन् वा ३) गैरयहूदीहरूले यरूशलेमका मानिसहरूलाई नाश पार्नेछन् ।
यस अलङ्कारले यरूशलेमको विषयमा यसरी कुरा गर्छ कि मानौँ अरू जातिका मानिसहरू त्यसमाथि हिँडिरहेका थिए र त्यसलाई तिनीहरूका पाउले कुल्चिरहेका थिए । यसले दमनलाई जनाउँछ । वैकल्पिक अनुवादः “अन्यजातिहरूद्वारा पराजित भएको” वा “अरू जातिहरूद्वारा नाश पारिएको”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अन्यजातिहरूको अवधिको अन्त हुन नआएसम्म”
यहाँ “राष्ट्रहरू”ले तिनमा भएका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “राष्ट्रका मानिसहरू सङ्कष्टमा पर्नेछन्”
“किनभने तिनीहरू समुद्र र त्यसका छालहरूका गर्जनद्वारा आत्तिनेछन्” वा “र समुद्रको ठूलो हल्ला र त्यसका उग्र चालहरूले तिनीहरूलाई भयभीत बनाउनेछ ।” यसले समुद्रहरूमा आउने असाधारण आँधीबेह्रि वा प्रकोपहरूलाई जनाएको जस्तो देखिन्छ ।
“संसारमा घट्ने कुराहरू” वा “संसारलाई हुने कुराहरू”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) आकाशमा भएका थोकहरू जस्तै, सूर्य, चन्द्र र ताराहरू तिनीहरूका सामान्य मार्गमा चल्नेछैनन् । वैकल्पिक अनुवादः “परमेश्वरले स्वर्गमा भएका शक्तिशाली थोकहरूलाई हल्लाउनुहुनेछ” वा २) स्वर्गमा भएका शक्तिशाली आत्माहरू कष्टमा पर्नेछन् । पहिलोलाई प्रयोग गर्न सुझाव दिइन्छ ।
येशूले आफैँलाई जनाउँदै हुनुहन्छ । वैकल्पिक अनुवादः “म, मानिसको पुत्रलाई, आउँदै गरेको”
“बादलमा तल आइरहेको”
यहाँ “शक्ति”ले सम्भवतः संसारलाई न्याय गर्ने उहाँको अधिकारलाई जनाउँछ । यहाँ “महिमा”ले कुनै चम्किलो प्रकाशलाई जनाउन सक्छ । परमेश्वरले कहिलेकाहीँ असाध्यै चम्किलो प्रकाशद्वारा आफ्नो महानता देखाउनुहुन्छ । वैकल्पिक अनुवादः “शक्तिशाली रूपमा र महिमामय तवरले” वा “र उहाँ शक्तिशाली र धेरै महिमामय हुनुहुनेछ”
कहिलेकाहीँ मानिसहरू डराएको बेलामा तिनीहरू नदेखिन वा हानिबाट बच्नलाई झुक्छन् । जब तिनीहरू डराएका हुँदैनन्, तिनीहरू खडा हुन्छन् । वैकल्पिक अनुवादः “दृढतासाथ खडा होओ”
शिर उचाल्नु भनेको माथि हेर्नुको लागि प्रतिस्थापन शब्द हो । तिनीहरूले माथि हेर्नलाई शिर उचाल्दा, तिनीहरूका उद्धारक तिनीहरूतिर आइरहनुभएको देख्न सक्षम हुनेछन् । वैकल्पिक अनुवादः “माथि हेर”
परमेश्वर, जसले छुटकारा दिलाउनुहुन्छ, उहाँको विषयमा यसरी कुरा गरिएको छ कि मानौँ उहाँले ल्याउनुहुने छुटकारा उहाँ आफैँ हुनुहन्छ । “छुटकारा” शब्द एउटा भाववाचक नामपद हो जसलाई क्रियापदको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने परमेश्वरले तिमीहरूलाई चाँडै छुटकारा दिनुहुनेछ”
जसै येशूले उहाँका चेलाहरूलाई सिकाउनलाई निरन्तरता दिनुहुन्छ, उहाँले तिनीहरूलाई एउटा दृष्टान्त बताउनुहुन्छ ।
“जब नयाँ पातहरू बढ्न सुरु गर्छन्”
“ग्रीष्म सुरु हुन लागेको छ ।” इस्राएलमा ग्रीष्म ऋतु अञ्जीरको रूखको पात पलाउन थालेपछि आउँछ र यो त्यो समय हो जब अञ्जीरहरू पाक्छन् । वैकल्पिक अनुवादः “फसलको समय सुरु हुन लागेको छ”
येशूले भर्खरै वर्णन गर्नुभएको चिन्हहरू देखापर्ने कुराले परमेश्वरको राज्यको आगमनलाई सङ्केत गर्छ जसरी अञ्जीरको रूखको पातहरूको देखापर्ने कुराले ग्रीष्मलाई सङ्केत गर्छ ।
“परमेश्वरले चाँडै उहाँको राज्य स्थापित गर्नुहुनेछ ।” वैकल्पिक अनुवादः “परमेश्वरले चाँडै राजाको रूपमा शासन गर्नुहुनेछ”
येशूले उहाँका चेलाहरूलाई सिकाउन निरन्तरता दिनुहुन्छ ।
यो अभिव्यक्तिले येशूले भन्न लाग्नुभएको कुराको महत्त्वलाई जोड दिन्छ ।
सम्भावित अर्थहरू हुन् १) येशूले भन्नुभएका चिन्हहरूमध्ये पहिलो सुरुकाहरू देख्ने पुस्ता वा २) जुन पुस्तासँग येशू बोलिरहनुभएको थियो । पहिलोचाहिँ बढी सम्भाव्य छ ।
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ ... बेलामा अझै जीवित हुनेछ जब”
“स्वर्ग र पृथ्वीको अस्तित्व मेटिनेछ ।” यहाँ “स्वर्ग” शब्दले आकाश र यसभन्दा उताको ब्रह्माण्डलाई जनाउँछ ।
“मेरा वचनहरूको अस्तित्व कहिल्यै पनि मेटिनेछैन” वा “मेरा वचनहरू कहिल्यै चुक्नेछैनन् ।” उहाँले भन्नुभएका सबै कुराहरूलाई जनाउन येशूले यहाँ “वचनहरू”लाई प्रयोग गर्नुहुन्छ ।
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सधैँ रहनेछ”
यहाँ “हृदय”ले व्यक्तिको दिमाग र विचारहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “ताकि तिमीहरू ... ले नभरिऊ”
येशूले यहाँ निम्न बताइएका पापहरूको विषयमा यसरी कुरा गर्नुहुन्छ मानौँ तिनीहरू कुनै भौतिक वजन हुन् जुन कुनै व्यक्तिले बोक्नु परेको थियो ।
“धेरै मद्य पिउनाले तपाईंलाई जे गर्नेछ” वा “उन्मत्तता”
“यस जीवनबारे अत्यधिक फिक्री गर्ने”
जसरी पासोले कुनै पशुलाई त्यसले नसोचिरहेको बेलामा पक्रन्छ, त्यो दिन पनि तब हुनेछ जब मानिसहरूले त्यसको अपेक्षा गर्दैनन् । वैकल्पिक अनुवादः “जसरी पासो जनावरमाथि अचानक आइपर्छ, त्यसरी नै त्यो दिन तिमीहरूले आशा नगरिरहेको बेलामा हुनेछ”
तयारी नहुने र त्यसलाई नहेर्नेहरूका लागि त्यो दिनको आगमन अकस्मात् र अनपेक्षित रूपमा देखा पर्नेछ । वैकल्पिक अनुवादः “किनभने तिमीहरू तयार छैनौ भने, त्यो दिन तिमीहरूमाथि अकस्मात् आइपर्नेछ”
यसले त्यो दिनलाई जनाउँछ जब मसिह फर्कनुहुन्छ । वैकल्पिक अनुवादः “मानिसको पुत्र आउने दिन”
“यसले हरेकलाई असर गर्नेछ” वा “त्यस दिनको घटनाहरूले हरेकलाई प्रभाव पार्नेछ”
पृथ्वीको सतहको विषयमा यसरी बताइएको छ मानौँ त्यो कुनै व्यक्तिको अनुहारको बाहिरी भाग हो । वैकल्पिक अनुवादः “सारा पृथ्वीको सतहमा” वा “सम्पूर्ण पृथ्वीमा”
येशूले उहाँका चेलाहरूलाई शिक्षा दिन सकाउनुहुन्छ ।
“मेरो आगमनको लागि तयार होओ”
सम्भावित अर्थहरू हुन् १) “यी कुराहरू सहन सक्ने गरी पर्याप्त मात्रामा बलियो” वा २) “यी सबै कुराहरूलाई छ्ल्न सक्षम”
“यी कुराहरू जुन हुन आउनेछन् ।” येशूले तिनीहरूलाई भर्खरै मात्र पछि हुन आउने भयानक कुराहरूको बारेमा बताउनुभएको थियो जस्तै सतावट, युद्ध, र कैद ।
“मानिसको पुत्रको अगि दृढतासाथ खडा हुन ।” यसले सम्भवतः मानिसको पुत्रले हरेकलाई न्याय गर्ने समयलाई जनाउँछ । तयारी नहुने व्यक्ति मानिसको पुत्रसँग डराउनेछ र दृढतासाथ खडा हुन सक्नेछैन ।
यो कथाको त्यस भागको अन्त्य हो जुन [लुका २०:१]
“दिनको समयमा उहाँले सिकाउनुहुन्थ्यो” वा “उहाँले हरेक दिन सिकाउनुहुन्थ्यो ।” तलका पदहरूले येशू मर्नअगि उहाँ र मानिसहरूले हप्ताभरी हरेक दिन गरेका कुराहरूबारे बताउँछन् ।
केवल पूरोहितहरूलाई मात्र मन्दिरमा प्रवेश-अनुमति थियो । वैकल्पिक अनुवादः “मन्दिर क्षेत्रमा” वा “मन्दिरको चोकमा”
“बेलुका उहाँ सहरबाहिर जानुहुन्थ्यो” वा “उहाँ हरेक रात बाहिर जानुहुन्थ्यो”
भीड धेरै ठूलो थियो भनेर जोड दिनलाई यहाँ “सबै” शब्द सम्भवतः अतिरञ्जन हो । वैकल्पिक अनुवादः “सहरमा भएका मानिसहरूको धेरै ठूलो सङ्ख्या” वा “लगभग सहरका सबै जना”
“हरेक बिहान सबेरै आउँथे”
“उहाँले सिकाउनुभएका कुरा सुन्न”
1 अखमिरी रोटीको चाड नजिक थियो, जसलाई निस्तार-चाड भनिन्छ । 2 मुख्य पुजारीहरू र शास्त्रीहरूले येशूलाई कसरी मार्ने भनी छलफल गरे, किनकि तिनीहरू मानिसहरूसँग डराएका थिए । 3 बाह्र जनामध्ये एउटा यहूदा इस्करियोतमा शैतान पस्यो । 4 येशूलाई कसरी तिनीहरूकहाँ सुम्पन सकिन्छ भन्ने बारेमा छलफल गर्न यहूदा मुख्य पुजारीहरू र कप्तानहरूसँगै गयो । 5 तिनीहरू खुसी भए र उसलाई पैसा दिन सहमत भए । 6 ऊ सहमत भयो र उसले उहाँलाई भिडबाट टाढा बनाएर तिनीहरूकहाँ सुम्पने उचित अवसर खोज्यो । 7 अखमिरी रोटीको चाडको दिन आयो जुन दिन निस्तार-चाडको थुमा बलिदान चढाउनै पर्थ्यो । 8 येशूले पत्रुस र यूहन्नालाई यसो भनेर पठाउनुभयो, “जाओ र हाम्रो निम्ति निस्तार-चाडको भोज तयार पार, ताकि हामीले खान सकौँ ।” 9 तिनीहरूले उहाँलाई सोधे, “हामीले कहाँ तयार परेको तपाईं चाहनुहुन्छ ?” 10 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “सुन, जब तिमीहरू सहरभित्र पस्तछौँ, तिमीहरूले एउटा पानीको गाग्रो बोकिरहेको मानिस भेट्टाउनेछौ । ऊ जाने घरभित्र उनलाई तिमीहरूले पछ्याओ । 11 तब घरको मालिकलाई भन, गुरुले तपाईंलाई भन्नुहुन्छ, ‘पाहुना कोठा कहाँ छ, जहाँ मैले मेरा चेलाहरूसँग निस्तार-चाड खानेछु ?’ 12 उनले तिमीहरूलाई एउटा ठुलो सजाइएको माथिल्लो तलाको कोठा देखाउनेछन् । त्यहीँ तयारी गर ।” 13 त्यसैले, तिनीहरू गए र उहाँले तिनीहरूलाई भनेझैँ हरेक थोक भेट्टाए । तब तिनीहरूले निस्तार-चाडको भोज तयार पारे । 14 जब समय आयो, उहाँ प्रेरितहरूसँगै बस्नुभयो । 15 तब उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले कष्ट भोग्नअगि तिमीहरूसँग निस्तार-चाड खाने ठुलो इच्छा गरेको छु । 16 किनभने म तिमीहरूलाई भन्दछु, यो परमेश्वरको राज्यमा पुरा नभएसम्म मैले फेरि खानेछैनँ ।” 17 तब येशूले कचौरा लिनुभयो, र जब उहाँले धन्यवाद दिनुभयो, उहाँले भन्नुभयो, “यो लेऊ, र तिमीहरूका बिचमा बाँड । 18 किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य नआएसम्म म फेरि अङ्गुरको फलको रस पिउनेछैनँ ।” 19 तब उहाँले रोटी लिनुभयो, र जब उहाँले धन्यवाद दिनुभयो, र उहाँले रोटी भाँच्नुभयो, र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “यो मेरो शरीर हो, जुन तिमीहरूका निम्ति दिइएको छ । मेरो सम्झनामा यो गर्ने गर ।” 20 भोज खानुभएपछि त्यसै गरी उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जुन तिमीहरूका निम्ति बगाइन्छ । 21 तर ध्यान देओ । मलाई धोखा दिनेचाहिँ यही टेबलमा नै छ । 22 किनभने मानिसका पुत्र त निश्चय गरेअनुसार जानुपर्छ । तर त्यो मानिसलाई धिक्कार होस् जसद्वारा उनलाई विश्वासघात गरिन्छ ।” 23 र तिनीहरूमध्ये कसले यो गर्ला भनी तिनीहरूबिच आफैँमा प्रश्न गर्न लागे । 24 तब तिनीहरूमध्ये को सबैभन्दा ठुलो भन्नेबारे तिनीहरूबिच झगडा उब्जियो । 25 उहाँले तिनीहरूलाई भन्नुभयो, “गैरयहूदीहरूका राजाहरूले तिनीहरूमाथि प्रभुत्व जमाउँदछन्, र तिनीहरूमाथि अधिकार जमाउनेलाई आदरणीय शासकहरू भनिन्छ । 26 तर तिमीहरूमा यस्तो हुनुहुँदैन । बरु, तिमीहरूमध्ये सबैभन्दा ठुलोचाहिँ सबैभन्दा सानोजस्तो होस् । र जो सबैभन्दा महत्त्वपूर्ण छ, त्यो सेवा गर्नेजस्तो होस् । 27 किनभने टेबलमा खान बस्ने कि वा सेवा गर्ने कुनचाहिँ ठुलो हो ? टेबलमा खान बस्ने होइन र ? तर म त तिमीहरूका बिचमा एक सेवा गर्नेजस्तै छु । 28 तर मेरो परीक्षामा निरन्तर मसँग रहने तिमीहरू नै हौ । 29 जसरी मेरा पिताले मलाई एउटा राज्य दिनुभएको छ, म तिमीहरूलाई एउटा राज्य दिन्छु । 30 मेरो राज्यमा तिमीहरूले मसँगै टेबलमा खान र पिउन सक्नेछौ । र इस्राएलका बाह्रै कुलको न्याय गरेर सिंहासनमा बस्नेछौ । 31 सिमोन, हे सिमोन, होसियार होऊ, शैतानले तिमीलाई हात पार्न खोज्यो ताकि उसले तिमीलाई गहुँलाई जस्तै निफन्न पाओस् । 32 तर मैले तिम्रो निम्ति प्रार्थना गरेको छु, ताकि तिम्रो विश्वास नचुकोस् । तिमी फेरि फर्केपछि तिम्रा भाइहरूलाई बलियो बनाओ । 33 पत्रुसले उहाँलाई भने, “प्रभु, म तपाईंसँग जेल र मृत्युसम्म जानको निम्ति तयार छु ।” 34 येशूले जवाफ दिनुभयो, “पत्रुस, म तिमीलाई भन्छु, तिमीले मलाई चिन्दिनँ भनेर तिन पटक इन्कार नगरेसम्म, यो दिन भाले बास्नेछैन ।” 35 तब येशूले तिनीहरूलाई भन्नुभयो, “जब मैले तिमीहरूलाई पैसाको थैलो, खानेकुरा, वा जुत्ताहरूविना पठाउँदा, के तिमीहरूलाई केही कुराको खाँचो पर्यो र ?” र तिनीहरूले जवाफ दिए, “खाँचो परेन ।” 36 तब उहाँले तिनीहरूलाई भन्नुभयो, “तर अहिले जोसँग पैसाको थैली छ, उसलाई बोक्न देऊ र खानेकुरा बोक्ने झोला पनि । जससँग तरवार छैन, त्यसले आफ्नो ओढ्ने बेचोस् र एउटा किनोस् । 37 किनकि म तिमीहरूलाई भन्दछु, मेरो बारेमा जे लेखिएको छ त्यो पुरा हुनेछ, ‘र उसलाई दुष्टलाई जस्तै व्यवहार गरिनेछ । किनकि मेरो बारेमा जे अगमवाणी गरिएको छ त्यो पुरा भइरहेको छ ।” 38 तब तिनीहरूले भने, “प्रभु, हेर्नुहोस ! यहाँ दुईवटा तरवार छन् ।” र उहाँले तिनीहरूलाई भन्नुभयो, “यो पर्याप्त छ ।” 39 भोजनपछि, येशूले प्रायः गर्नेजस्तै गर्नुभयो, उहाँ जैतून डाँडातिर जानुभयो, र चेलाहरूले उहाँलाई पछ्याए । 40 जब तिनीहरू आइपुगे, उहाँले तिनीहरूलाई भन्नुभयो, “प्रार्थना गर ताकि तिमीहरू परीक्षामा नपर ।” 41 उहाँ तिनीहरूबाट टाढा ढुङगा फ्याक्न सकिने ठाउँसम्म जानुभयो, र उहाँले घुँडा टेकेर प्रार्थना गर्नुभयो, 42 “हे पिता, यदि तपाईं चाहनुहुन्छ भने, यो कचौरा मबाट हटाइदिनुहोस् । तथापि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पुरा होस् ।” 43 तब स्वर्गबाट एउटा स्वर्गदूत उहाँकहाँ देखा परे र उहाँलाई शक्ति दिए । 44 पीडामा परेर पनि उहाँले जोसिलो प्रकारले प्रार्थना गर्नुभयो, अनि उहाँका पसिना रगतको ठुला-ठुला थोपाजस्तै भुइँमा खसिरहेका थिए । 45 जब उहाँ प्रार्थना गरेर उठ्नुभयो, उहाँ चेलाहरूकहाँ आउनुभयो, र तिनीहरूका दुःखको कारणले गर्दा तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो । 46 र उहाँले तिनीहरूलाई सोध्नुभयो, “किन तिमीहरू निदाइरहेका छौ ? उठ र प्रार्थना गर, ताकि तिमीहरू परीक्षामा पर्नु नपरोस् ।” 47 हेर, उहाँ बोलिरहनु हुँदा, बाह्र जनामध्ये एउटा अर्थात् यहूदाको अगुवाइमा एउटा भिड देखा पर्यो । ऊ येशूलाई चुम्बन गर्न उहाँको नजिक आयो, 48 तर येशूले उसलाई भन्नुभयो, “यहूदा, के तिमीले मानिसका पुत्रलाई एउटा चुम्बनले विश्वासघात गर्दछौ ?” 49 जब येशूको वरिपरि भएकाहरूले जे भइरहेको थियो, त्यो देखे, तिनीहरूले भने, “प्रभु, के हामीले तरवारले प्रहर गर्नुपर्छ ?” 50 तिनीहरूमध्ये एक जनाले प्रधान पुजारीको नोकरलाई प्रहार गरे, र उसको दाहिने कान काटिदिए । 51 येशूले भन्नुभयो, “यति नै हुनदेऊ ।” र उहाँले उनको कान छुनुभयो, र निको पार्नुभयो । 52 येशूले उहाँ विरुद्ध आउने मुख्य पुजारीहरू, मन्दिरको कप्तान र अगुवाहरूलाई भन्नुभयो, “के तिमीहरू एउटा लुटेराको विरुद्धमा जस्तै तरवारहरू र लाठीहरू लिएर आउँछौ ? 53 जब म तिमीहरूसँगै मन्दिरमा दिनहुँ हुँदा, तिमीहरूले ममाथि हात हालेनौँ । तर यो तिमीहरूको समय र अन्धकारको अधिकारको समय हो ।” 54 तिनीहरूले उहाँलाई गिरफ्तार गरेर प्रधान पुजारीको घरभित्र ल्याए । तर पत्रुसले टाढैबाट उहाँलाई पछ्याए । 55 त्यसपछि तिनीहरूले आँगनको बिचमा आगो बाले र सँगै बसे, पत्रुस तिनीहरूका बिचमा बसे । 56 पत्रुस आगोको उज्यालोमा बस्दा एउटी नोकर्नीले उनीतिर सोझै हेरेर भनी, “यी मानिस पनि उनीसँगै थिए ।” 57 तर पत्रुसले यसलाई इन्कार गर्दै भने, “नारी, म उहाँलाई चिन्दिनँ ।” 58 केही बेरपछि अरू कसैले देखेर भन्यो, “तिमी पनि तिनीहरूमध्ये एक हौ ।” तर पत्रुसले भने, “हे मानिस, म होइनँ ।” 59 लगभग एक घण्टापछि अर्को मानिसले जिद्दी गर्दै भन्यो, “साँच्चै यी मानिस पनि उनीसँगै थिए, किनभने उनी पनि एक गालीलबासी हुन् ।” 60 तर पत्रुसले भने, “हे मानिस, तिमीले के भनिरहेछौ, म जान्दिनँ ।” र उनले बोल्दै गर्दा भाले तुरुन्तै बास्यो । 61 प्रभुले पत्रुसतिर फर्केर हेर्नुभयो । र पत्रुसलाई उहाँले भन्नुभएको वचनलाई सम्झे, “भाले बास्नअगि तिमीले मलाई तिन पटक इन्कार गर्नेछौ ।” 62 पत्रुस बाहिर गएर धुरुधुरु रोए । 63 तब येशूलाई सुरक्षा दिने मानिसहरूले उहाँलाई गिज्याए र कुटे । 64 उहाँका आँखामा पट्टी बाँधेर, तिनीहरूले उहाँलाई यसो भन्दै सोधे, “भविष्यवाणी गर् ! तँलाई कुट्ने को हो ?” 65 येशूको विरुद्धमा तिनीहरूले अरू धेरै कुराहरू बोले र उहाँलाई ईश्वर-निन्दाको दोष लगाए । 66 बिहान हुनेबितिकै, मुख्य पुजारीहरू र शास्त्रीहरू दुवै मानिसहरूका धर्म-गुरुहरू सँगै भेला भए । तिनीहरूले उहाँलाई परिषद्मा लगे र 67 भने, “यदि तँ ख्रीष्ट होस् भने हामीलाई भन् ।” तर उहाँले तिनीहरूलाई भन्नुभयो, “यदि मैले तपाईंहरूलाई भने पनि तपाईंहरूले विश्वास गर्नुहुनेछैन, 68 र मैले तपाईंहरूलाई सोधेँ भने, तपाईंहरूले जवाफ दिनुहुनेछैन । 69 तर अहिलेबाट, मानिसका पुत्र परमेश्वरको शक्तिको दाहिने हातपट्टि विराजमान हुनेछ ।” 70 तिनीहरू सबैले भने, “त्यसो भए के तँ परमेश्वरका पुत्र होस् ?” र येशूले तिनीहरूलाई भन्नुभयो, “तपाईंहरू नै भन्नुहुन्छ, म उही हुँ ।” 71 तिनीहरूले भने, “अब हामीलाई किन अझ साक्षीहरूको आवश्यक पर्छ र ? किनभने हामी आफैँले उसको आफ्नै मुखबाट सुनिसक्यौँ ।”
लूका २२:१९-२० ले उहाँका चेलाहरूसँगको येशूको अन्तिम भोजनलाई वर्णन गर्छ । यही समयमा, येशूले तिनीहरूलाई भन्नुभयो कि तिनीहरूले खाइरहेका र पिइरहेका कुराहरू उहाँको देह र रगत थियो । झण्डै सबै ख्रीष्टिएन मण्डलीहरूले यो भोजनको सम्झना गर्नको लागि “प्रभु-भोज”, “यूखरिष्ट”, वा “पवित्र संगति”को उत्सव मनाउँछन् ।
केही मानिसहरूले सोच्छन् कि येशूले यस रात्रीभोजको समयमा नयाँ करारको स्थापित गर्नुभयो । अरूहरूले सोच्छन् कि उहाँले स्वर्गमा चढिजानुभएपछि त्यसलाई स्थापित गर्नुभयो । अरूहरूले सोच्छन् कि येशू पुनः फर्केर नआउनुभएसम्म त्यो स्थापित हुनेछैन । तपाईंको अनुवादले यसको बारेमा यूएलटीले बताएको भन्दा बढी भन्नु हुँदैन ।
येशूले यस अध्यायमा आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ अनि
यहूदा येशूलाई धोका दिन सहमत हुन्छ । यी पदहरूले कथाको यस घटनाको बारेमा पृष्ठभूमि जानकारी दिन्छन् ।
यहाँ यो शब्द कथाको नयाँ भागलाई परिचय गराउनलाई प्रयोग गरिएको छ ।
यो चाडलाई यो नामद्वारा चिनिन्थ्यो किनभने यहूदीहरूले यो चाडभरी खमिर मिसाइएको रोटी खाँदैनथे । वैकल्पिक अनुवादः “तिनीहरूले अखमिरी रोटी खाने चाड”
“सुरु हुनै लागेको थियो”
पूजाहारीहरू र शास्त्रीहरू आफैँसँग येशूलाई मार्ने अधिकार थिएन, तर तिनीहरूले अरूहरूलाई उहाँलाई मार्न लगाउने आशा गरे । वैकल्पिक अनुवादः “तिनीहरूले येशूलाई कसरी मार्न सक्छन् भनेर” वा “तिनीहरूले कसरी कसैलाई येशूलाई मार्न लगाउन सक्थे भनेर”
सम्भावित अर्थहरू हुन् १) “मानिसहरूले के गर्लान् भनी डराए” वा २) “मानिसहरूले येशूलाइ राजा बनाउलान् भनी डराए ।”
यो कथाको यस भागमा भएको कार्यको सुरुवात हो ।
यो सम्भवतः भूत लागेको अवस्थाजस्तै हो ।
“पूजाहारीहरूका अगुवाहरू”
“मन्दिरका रक्षकहरूका अधिकारीहरू”
“उसले तिनीहरूलाई येशूलाई गिरफ्तार गर्न कसरी सहायता गर्न सक्थे भनेर”
“मुख्य पूजाहारीहरू र कप्तानहरू खुशी थिए”
“यहूदालाई पैसा दिन”
“ऊ सहमत भयो”
यो एउटा अगाडि बढिरहने कार्य हो जुन कथाको यस भागको अन्तपछि निरन्तर भइरहन्छ ।
“उहाँलाई लान”
“गोप्य तवरले” वा “उहाँको वरिपरि भीड नभएको बेलामा”
येशूले निस्तार चाडको भोजको तयारी गर्न पत्रुस र यूहन्नालाई पठाउनुहुन्छ । पद ७ ले घटनाको विषयमा पृष्ठभूमि जानकारी दिन्छ ।
“खमिर बिनाको रोटीको दिन ।” यो दिन यहूदीहरूले खमिर हालेका सबै रोटी आ-आफ्नो घरबाट निकाल्थे । तब तिनीहरूले अखमिरी रोटीको चाड सात दिनसम्म मनाउँथे ।
हरेक परिवार वा समूहले एउटा थुमा मार्थे र सँगसँगै खान्थे, त्यसैले धेरै थुमाहरू मारिन्थे । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले तिनीहरूको निस्तारको खानाको लागि थुमा मार्नुपर्थ्यो”
यो एउटा सामान्य शब्द हो जसको अर्थ “तयार गर्नु” हुन्छ । येशूले सबै पकाउने काम पत्रुस र यूहन्नाले गर्नुपर्छ भनेर जरुरी रूपमा भनिरहनुभएको थिएन ।
येशूले “हामी” भन्नुहुँदा उहाँले पत्रुस र यूहन्नालाई समावेश गराइरहनुभएको थियो । पत्रुस र यूहन्ना भोज खाने चेलाहरूको समूहको भाग हुने थिए ।
यहाँ “हामी” शब्दमा येशू पर्नुहुन्न । येशू त्यो खाना तयार पार्ने समूहमा पर्नुहुन्नथ्यो ।
“भोजको लागि तयारीहरू गर्न” वा “भोज तयार गर्न”
“येशूले पत्रुस र यूहन्नालाई जवाफ दिनुभयो”
तिनीहरूले विशेष ध्यान दिन र उहाँले भन्नुभएको कुरालाई ठ्याक्कै गर्न भनेर तिनीहरूलाई भन्नको लागि येशूले यो शब्द प्रयोग गर्नुभयो ।
“तिमीहरूले पानीको गाग्रो बोकिरहेको मानिस देख्नेछौ”
“पानी भरेको भाँडा बोकिरहेको ।” सम्भवतः उसले भाँडालाई उसको काँधमाथि बोकेको हुने थियो ।
“उसलाई पछ्याओ, र घरभित्र पस”
“पाहुना कोठा कहाँ छ” भनेर सुरु हुने भनाइ येशू, गुरूज्यूले उनको घरको मालिकलाई भन्न चाहनुभएको कुराको प्रत्यक्ष उद्धरण हो । यसलाई एउटा अप्रत्यक्ष उद्धरणको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हाम्रा गुरूले पाहुना कोठा कहाँ छ भनी सोध्नुहुन्छ जहाँ उहाँले आफ्ना चेलाहरूसँग निस्तार चाडको भोज खानुहुनेछ ।” वा “हामीलाई पाहुना कोठा देखाउन भनेर हाम्रा गुरूले भन्नुहुन्छ जहाँ उहाँले हामीसँग र आफ्ना बाँकी चेलाहरूसँग निस्तार चाडको भोज खानुहुनेछ ।”
यसले यशूलाई जनाउँछ ।
“निस्तारको खाना खानेछु”
येशूले पत्रुस र यूहन्नालाई निर्देशन दिन निरन्तरता दिनुहुन्छ ।
“घरको मालिकले तिमीहरूलाई देखाउनेछन्”
“माथिल्लो तलामा भएको कोठा ।” यदि तपाईंको समुदायमा तलाको माथि कोठाहरू छैनन् भने, सहरका भवनहरूलाई कसरी वर्णन गर्ने भनी तपाईंले विचार गर्न आवश्यक हुन सक्छ ।
“त्यसैले, पत्रुस र यूहन्ना गए”
यो निस्तार चाडको बारेमा रहेको कथाको भागमा भएको अर्को घटना हो । येशू र उहाँका चेलाहरू निस्तारको भोज खानलाई बसिरहनुभएको छ ।
“जब खाना खाने समय भयो”
“येशू बस्नुभयो”
“मैले अति चाहना गरेको छु”
येशूले उहाँको मृत्युपूर्व हुने कुरालाई जनाइरहनुभएको छ । यहाँ “दुःख भोग्नु” भन्ने शब्दहरूले असामान्य रूपमा कठिन वा पीडापूर्ण अनुभवलाई जनाउँछ ।
येशूले यो वाक्यांशलाई उहाँले भन्नुहुने अर्को कुराको महत्त्वलाई जोड दिनलाई प्रयोग गर्नुहुन्छ ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) निस्तार चाडको उद्देश्य पुरा नभएसम्म । वैकल्पिक अनुवादः “परमेश्वरले यसलाई पुरा नगरुञ्जेलसम्म” वा “परमेश्वरले निस्तार चाडको उद्देश्य पुरा नगरुञ्जेलसम्म” वा २) “हामीले अन्तिम निस्तार चाडलाई नमनाएसम्म”
“दाखमद्यको कचौरा लिनुभयो”
“जब उहाँले परमेश्वरलाई धन्यवाद दिनुभएको थियो”
“उहाँले आफ्ना प्रेरितहरूलाई भन्नुभयो”
तिनीहरूले कचौरामा भएको कुराकाई बाँड्नुपर्ने थियो, कचौरा नै चाहिँ होइन । वैकल्पिक अनुवादः “कचौरामा भएको दाखमद्यलाई तिमीहरूका बीचमा बाँड” वा “तिमीहरू हरेकले कचौराबाट केही दाखमद्य पिओ”
यो वाक्यांशलाई येशूले भन्नुहुने अर्को कुराको महत्त्वलाई जोड दिनलाई प्रयोग गरिएको छ ।
यसले अङ्गुरको लहराहरूमा फल्ने अङ्गुरलाई निचोरेर निकालेको रसलाई जनाउँछ । दाखमद्य खमिर हालिएको अङ्गुरको रसबाट बनाइन्छ ।
“परमेश्वरको उहाँको राज्य स्थापित नगर्नुभएसम्म” वा “परमेश्वरले उहाँको राज्यमा शासन नगर्नुभएसम्म”
यो रोटीमा खमिर थिएन, त्यसैले यो फुलेको थिएन ।
“उहाँले त्यसलाई भाग लगाउनुभयो” वा “उहाँले त्यसलाई टुक्रा पार्नुभयो ।” उहाँले यसलाई धेरै टुक्रा बनाउनुभएको हुन सक्छ वा त्यसलाई दुई टुक्रा बनाएर तिनीहरू आफैँले आफूहरूबीच बाँड्नलाई तिनीहरूलाई दिनुभएको हुन सक्छ । सम्भव भए, दुईवटै परिस्थितिमा मिल्ने अभिव्यक्ति प्रयोग गर्नुहोस् ।
सम्भावित अर्थहरू हुन् १) “यो रोटी मेरो शरीर हो” र २) “यो रोटीले मेरो शरीरको प्रतिनिधित्व गर्छ ।”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरो शरीर जुन म तिमीहरूका लागि दिनेछु” वा “मेरो शरीर म तिमीहरूका लागि बलि चढाउनेछु”
“यो रोटी खाओ”
“मलाई सम्झनको लागि”
“कचौरा” शब्दले कचौरामा भएको दाखमद्यलाई जनाउँछ । वैकल्पिक अनुवादः “यस कचौरामा भएको दाखमद्य” वा “यो दाखमद्यको कचौरा”
यो नयाँ करार उहाँले आफ्नो रगत बगाउनुहुने बित्तिकै लागु हुनेछ । वैकल्पिक अनुवादः “नयाँ करार जसलाई मेरो रगतद्वारा मान्यता दिइनेछ”
येशूले उहाँको मृत्युको बारेमा उहाँको रगत बगेको कुरालाई जनाएर बताउनुहुन्छ । वैकल्पिक अनुवादः “जसलाई मृत्युमा तिमीहरूका निम्ति बगाइनेछ” वा “जुन तिमीहरूका निम्ति म मर्दा मेरो घाउबाट बग्नेछ”
येशूले उहाँका प्रेरितहरूसँग कुरा गर्न निरन्तरता दिनुहुन्छ ।
“जसले मलाई दिनेछ”
“किनभने, वास्तवमा, मानिसको पुत्र त जानेछन्” वा “किनभने मानिसको पुत्र मर्नेछन्”
येशूले आफ्नो बारेमा तृतीय पुरुषमा कुरा गरिरहनुभएको छ । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र, निश्चय नै जानेछु”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसरी परमेश्वरले निधो गर्नुभएको छ” वा “जसरी परमेश्वरले योजना गर्नुभएको छ”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर मानिसको पुत्रलाई विश्वासघात गर्ने त्यो मानिसलाई धिक्कार छ !” वा “मानिसको पुत्रलाई विश्वासघात गर्ने मानिसमाथि कति भयानक कुरा आइपर्नेछ !”
“तब प्रेरितहरूले तिनीहरूका बीचमा तर्क गर्न थाले”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबैभन्दा महत्त्वपूर्ण थियो” वा “सबैभन्दा महत्त्वपूर्ण थियो भनी मानिसहरूले ठान्ने थिए”
“येशूले प्रेरितहरूलाई भन्नुभयो”
“तिनीहरूमाथि बलजफ्तीसँग शासन गर्छन्”
मानिसहरूले यी शासकहरूलाई सम्भवतः आफ्ना मानिसहरूलाई भलो गर्ने मानिसहरूको रूपमा ठान्दैनथे । वैकल्पिक अनुवादः “बोलाइन मन पराउँछन्” वा “तिनीहरूले आफैँलाई भन्छन्”
येशूले उहाँका प्रेरितहरूलाई सिकाइरहनुहुन्छ ।
“तिमीहरूले त्यसरी व्यवहार गर्नुहुँदैन”
त्यस संस्कारमा वृद्ध उमेरका मानिसहरूलाई आदर गरिन्थ्यो । अगुवाहरू प्रायः पाका मानिसहरू हुन्थे र तिनीहरूलाई “एल्डरहरू” भनिन्थ्यो । सबैभन्दा सानोले अगुवाइ गर्ने सम्भावना अति कम थियो, र सबैभन्दा कम महत्त्वपूर्ण हुन्थ्यो । वैकल्पिक अनुवादः “सबैभन्दा कम महत्त्वपूर्ण”
“एक नोकर”
यसले येशूले पद २६ मा आज्ञा गर्नुभएको कुरालाई पद २७ का सबै कुरासँग जोड्ने काम गर्छ । यसको अर्थ हो कि तिनीहरूका बीचमा सबैभन्दा महत्त्वपूर्ण व्यक्तिले सेवा गर्नुपर्छ किनभने येशू एक सेवक हुनुहुन्छ ।
“कोचाहिँ बढी महत्त्वपूर्ण हो ... सेवा गर्छ ?” को साँच्चै महान् छ भनेर प्रेरितहरूलाई व्याख्या गर्न सुरु गर्नलाई येशूले यो प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “कोचाहिँ बढी ठूलो भन्ने बारेमा तिमीहरूले सोचेको म चाहन्छु ... सेवा गर्छ ।”
“जसले भोजन गरिरहेको छ”
येशूले चेलाहरूलाई सिकाउन अर्को प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “अवश्य पनि टेबुलमा बस्ने नै नोकरभन्दा बढी महत्त्वपूर्ण हो !”
“तर म त एक सेवक हुनलाई तिमीहरूसँग छु” वा “तर म त एक सेवकले कसरी काम गर्छ भनेर तिमीहरूलाई देखाउनलाई तिमीहरूसँग छु ।” यहाँ “तर” उल्लिखित छ किनभने येशू कस्तो हुनुपर्छ भनी मानिसहरूले जे आशा गरेका थिए र उहाँ वास्तवमा जस्तो हुनुहुन्थ्यो, ती कुराहरूको बीचमा भिन्नता छ ।
“मेरा सङ्घर्षभरी मसँग बसेका छन्”
केही भाषाहरूले शब्दक्रमलाई बदल्नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “जसरी मेरा पिताले मलाई एउटा राज्य दिनुभएको छ, त्यसै गरी म तिमीहरूलाई एउटा राज्य दिन्छु”
“म तिमीहरूलाई परमेश्वरको राज्यमा शासकहरू बनाउनेछु” वा “म तिमीहरूलाई राज्यमा शासन गर्ने अधिकार दिन्छु” वा “म तिमीहरूलाई राजाहरू बनाउनेछु”
“जसरी मेरा पिताले मलाई उहाँको राज्यमा राजाको रूपमा शासन गर्ने अधिकार दिनुभएको छ”
राजाहरू सिंहासनहरूमा बस्छन् । सिंहासनमा बस्नु भनेको शासन गर्नुको प्रतीक हो । वैकल्पिक अनुवादः “तिमीहरूले राजाको रूपमा काम गर्नेछौ” वा “तिमीहरूले राजाहरूको काम गर्नेछौ”
येशू सिमोनसँग प्रत्यक्ष रूपमा बोल्नुहुन्छ ।
उहाँले जे भन्न लाग्नुभएको थियो त्यो धेरै महत्त्वपूर्ण थियो भन्ने देखाउन येशूले उनको नाम दुई पटक भन्नुभयो ।
“तिमी” शब्दले सबै प्रेरितहरूलाई जनाउँछ । “तिमी”का विभिन्न रूप भएका भाषाहरूले बहुवचनलाई प्रयोग गर्नुपर्छ ।
यसको अर्थ हो कि शैतानले केही गलत कुरा भेट्टाउनलाई चेलाहरूको जाँच गर्न चाहन्थ्यो । वैकल्पिक अनुवादः “कसैले अन्नलाई चाल्नामा राखेर निफनेको जस्तै गरी तिमीहरूलाई जाँच्न”
यहाँ “तिमी” शब्दले विशेषगरी सिमोनलाई जनाउँछ । तिमीका विभिन्न रूप भएका भाषाहरूले एकवचनलाई प्रयोग गर्नुपर्छ ।
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि तिमीले निरन्तर विश्वास गर्न सक” वा “ताकि तिमीले मलाई निरन्तर भरोसा गर्न सक”
यहाँ “पुनः फर्कनु” भनेको कसैमाथि फेरि विश्वास गर्न थाल्नुको लागि भएको एक अलङ्कार हो । वैकल्पिक अनुवादः “तिमीले फेरि ममा विश्वास गर्न सुरु गरेपछि” वा “तिमीले फेरि मेरो सेवा गर्न सुरु गरेपछि”
“तिनीहरूका विश्वासमा बलिया हुनलाई तिम्रा भाइहरूलाई प्रेरणा देऊ” वा “ममा विश्वास गर्नको निमित्त तिम्रा भाइहरूलाई सहायता गर”
यसले अरू चेलाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिम्रा सङ्गी विश्वासीहरू” वा “अरू चेलाहरू”
यस पदको भागहरूको क्रमलाई उल्टो पार्न सकिन्छ । वैकल्पिक अनुवादः “आज भाले बास्नभन्दा अगाडि तिमीले मलाई चिन्दछौ भनेर तीन पल्ट इन्कार गर्नेछौ”
यसलाई सकारात्मक तवरले उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीले इन्कार गरेपछि मात्र आज भाले बास्नेछ” वा "before the rooster crows today, you will deny
यहाँ, भाले बास्नुले दिनको कुनै निश्चित समयलाई जनाउँछ । प्रायः बिहान घाम झुल्कन अगि भाले बास्ने गर्छ । यसैकारण, यसले उषाकाललाई जनाउँछ ।
एक पन्क्षी जसले सूर्य उदाउने बेलातिर चर्को स्वरले कराउँछ
यहूदीहरूको दिन घाम अस्ताएपछि सुरु हुन्छ । येशू घाम अस्ताएपछि बोलिरहनुभएको थियो । भाले बिहान हुनअगि बास्थ्यो । बिहानी “यो दिन” को अंश थियो । वैकल्पिक अनुवादः “आज राती” वा “बिहान”
येशूले उहाँका सबै चेलाहरूसँग कुरा गर्नमा पुनः उहाँको ध्यान लगाउनुहुन्छ ।
प्रेरितहरू यात्रामा जाँदा मानिसहरूले कति राम्ररी तिनीहरूलाई दिएका थिए भनी तिनीहरूलाई सम्झनलाई सहायता गर्न येशूले एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । हुन त यो एउटा आलङ्कारिक प्रश्न हो र येशूले पनि जानकारी पाउनको लागि सोधिरहनुभएको छैन, तपाईंले यसलाई तब मात्रै एक प्रश्नको रूपमा अनुवाद गर्नुपर्छ जब कथनको रूपमा भन्दाखेरी चेलाहरूले तिनीहरूलाई केही कुराको अभाव भएको थिएन भनेर जवाफ दिने बनाउँछ ।
येशू आफ्ना प्रेरितहरूसँग बोलिरहनुभएको थियो । त्यसैले, “तिमी”को विभिन्न रूप भएका भाषाहरूले बहुवचनको प्रयोग गर्नुपर्छ ।
थैलो पैसा राख्ने एउटा झोला हो । यहाँ यसलाई “पैसा”लाई जनाउन प्रयोग गरिएको छ ।
“यात्रुहरूको झोला” वा “खानेकुराको झोला”
केही पाठकहरूलाई संवादको बारेमा भएका थप कुराहरू समेटेर बताउँदा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “हामीलाई कुनै कुराको कमी भएन” वा “हामीलाई खाँचो परेको सबैथोक हामीसँग थियो”
येशूले तरवार नभएको कुनै निर्दिष्ट व्यक्तिलाई जनाउँदै हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “यदि कोहीसँग तरवार छैन भने, उसले उसको ओढ्ने बेच्नुपर्छ”
“कोट” वा “बाहिरी वस्त्र”
येशूले उहाँका चेलाहरूसँग कुरा गर्न सकाउनुहुन्छ ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अगमवक्ताले धर्मशास्त्रमा मेरो बारेमा जे लेखेका छन्”
प्रेरितहरूले बुझेका हुन सक्छन् कि परमेश्वरले धर्मशास्त्रमा लेखिएका सबै कुराहरू हुन लगाउनुहुनेछ । वैकल्पिक अनुवादः “परमेश्वरले पूरा गर्नुहुनेछ” वा “परमेश्वरले हुन लगाउनुहुनेछ”
यहाँ येशूले धर्मशास्त्रको खण्डहरूलाई उद्धृत गर्दै हुनुहुन्छ । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले उहाँलाई अपराधीहरूको समूहको एउटा सदस्य ठाने”
“व्यवस्था भङ्ग गर्नेहरू” वा “अपराधीहरू”
सम्भावित अर्थहरू हुन् १) “किनकि अगमवक्ताले मेरो बारेमा भविष्यवाणी गरेको कुरा पूरा हुन लागेको छ” वा २) “मेरो जीवनको अन्त्य आउँदै छ”
यसले कम्तीमा पनि येशूका दुई जना प्रेरितहरूलाई जनाउँछ ।
सम्भावित अर्थहरू हुन् १) तिनीहरूसँग पर्याप्त तरवारहरू छन् । “हामीसँग अब पर्याप्त तरवारहरू छन् ।” वा २) तिनीहरूले तरवारहरूको बारेमा कुरा गर्न छोडेको येशू चाहनुहुन्छ । “तरवारको बारेमा अब अरू कुरा नगरौँ ।” येशूले तिनीहरूले तरवारहरू किन्नुपर्छ भन्नुहुँदा उहाँले मुख्यतः तिनीहरू सबैले सामना गर्नुपर्ने खतराबारे बताइरहनुभएको थियो । तिनीहरूले वास्तवमै तरवार किनेर लडेको उहाँले चाहनुभएको नहुन सक्छ ।
येशू जैतूनको पहाडमा प्रार्थना गर्न जानुहुन्छ ।
“कि तिमीहरूलाई परीक्षा नगरियोस्” वा “कि तिमीहरूलाई केही कुराले परीक्षामा नपारोस् र पाप गर्न नलगाओस्”
“कसैले एउटा ढुङ्गा फ्याँक्न सक्ने जतिको दूरी ।” वैकल्पिक अनुवादः “छोटो दूरी” वा अनुमानित नाप जस्तै “झण्डै ३० मिटर”
येशूले हरेक व्यक्तिको पापको दोषलाई क्रूसमा बोक्नुहुनेछ । यदि त्यहाँ अरू कुनै बाटो थियो कि भनेर सोध्दै उहाँले आफ्नो पितासँग प्रार्थना गर्नुहुन्छ ।
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।
येशूले आफूले चाँडै भोग्न लाग्नुभएको कुरालाई नमिठो कुराले भरिएको कचौराको रूपमा जनाउनुहुन्छ जुन उहाँले पिउनु पर्ने थियो । वैकल्पिक अनुवादः “मलाई यो कचौरा नपिउन अनुमति दिनुहोस्” वा “जे हुन लागेको छ सो अनुभव नगर्न मलाई अनुमति दिनुहोस्”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तापनि, मेरो इच्छा अनुसारभन्दा पनि तपाईंको इच्छा अनुसार गर्नुहोस्”
“जब येशू प्रार्थना गरेपछि उभिनुभयो, उहाँले” वा “प्रार्थना गरिसकेपछि, येशू उठ्नुभयो र उहाँले”
“ … देख्नुभयो कि तिनीहरू सुतिरहेका थिए किनभने तिनीहरू आफ्ना निराशाले गर्दा धेरै थाकेका थिए”
सम्भावित अर्थहरू हुन् १) “म चकित भएको छु कि तिमीहरू अहिले सुतिरहेका छौ” वा २) “तिमीहरू अहिले सुतिरहनुहुँदैन !”
“ताकि तिमीहरू परीक्षित नहोओ” वा “ताकि तिमीहरूलाई केही कुराले परीक्षामा नपारोस् र पाप गर्न नलगाओस्”
“हेर” शब्दले हामीलाई कथामा एउटा नयाँ समूहको परिचयबारे सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “त्यहाँ एउटा भिड देखा पर्यो”
येशू कहाँ हुनुहुन्छ भनी यहूदाले देखाउँदै थियो । उसले भीडलाई के गर्नुपर्छ भनेर बताइरहेको थिएन । वैकल्पिक अनुवादः “तिनीहरूलाई येशूकहाँ लैजाँदै”
“उहाँलाई चुम्बनले अभिवादन गर्न” वा “उहाँलाई चुम्बन गरेर अभिवादन गर्न ।” जब मानिसहरूले अरू मानिसहरूलाई अभिवादन गर्थे जो तिनीहरूका परिवार वा साथीहरू हुन्थे, तिनीहरूले तिनीहरूलाई एउटा वा दुईवटै गालामा चुम्बन गर्थे । यदि तपाईंका पाठकहरूलाई एउटा पुरुषले अर्को परुषलाई चुम्बन गर्नु भन्ने कुरा असजिलो लाग्छ भने यसलाई सामान्य तरिकाले अनुवाद गर्न सकिन्छः “उहाँलाई मित्रवत् अभिवादन दिन ।”
यहूदाले उहाँलाई एउटा चुम्बनले धोका दिएकोमा उसलाई हप्काउन येशूले एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । सामान्यतया चुम्बन भनेको प्रेमको चिन्ह हो । वैकल्पिक अनुवादः “तिमीले मानिसको पुत्रलाई विश्वासघात गर्न चुम्बनको प्रयोग गरिरहेका छौ !”
येशूले आफैलाई जनाउन यो शब्दलाई प्रयोग गरिरहनुभएको छ । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र”
यसले येशूका चेलाहरूलाई जनाउँछ ।
यसले पूजाहारीहरू र सिपाहीहरू येशूलाई गिरफ्तार गर्न आइरहेको कुरालाई जनाउँछ ।
प्रश्न चाहिँ तिनीहरू हुम्मिन पर्ने लडाइँको किसिमको विषयमा हो
“चेलाहरूमध्ये एकजना”
“प्रधान पुजाहारीको नोकरलाई तरवारले प्रहार गर्यो”
“अब अरू त्यस्तो नगर”
“उसको कान काटिएको ठाउँमा नोकरलाई छुनुभयो”
“के मलाई डाँका सोचेर तिमीहरू तरवार र लाठाहरू लिएर आउँछौ ?” येशूले यहूदी अगुवाहरूलाई गाली गर्नलाई यो प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूलाई थाहा छ कि म डाँका होइन, तरै पनि तिमीहरू मकहाँ तरवारहरू र लाठाहरू लिएर आउँछौ ।”
“म हरेक दिन तिमीहरूका माझमा थिएँ”
केवल पूरोहितहरूलाई मात्र मन्दिरमा प्रवेशाज्ञा थियो । वैकल्पिक अनुवादः “मन्दिरका चोकहरूमा” वा “मन्दिरमा”
यस पदमा, कसैमाथि हात हाल्नु भनेको त्यो व्यक्तिलाई गिरफ्तार गर्नु हो । वैकल्पिक अनुवादः “मलाई गिरफ्तार गर्नु”
“यो तपाईंहरूको लागि तपाईंहरूले जे चाहनुहुन्छ सो गर्ने समय हो”
समयलाई गरिएको उल्लेखलाई दोहोर्याउँदा सहयोगी हुन सक्छ । “अन्धकार” शैतानको लागि प्रतिस्थापन हो । वैकल्पिक अनुवादः “अन्धकारको अधिकारको समय” वा “त्यो समय जब परमेश्वरले शैतानलाई त्यसले चाहेको कुराहरू गर्न दिनुहुन्छ”
“तिनीहरूले येशूलाई बगैँचाबाट लगे जहाँ तिनीहरूले उहाँलाई गिरफ्तार गरेका थिए”
“प्रधान पूजाहारीको घरको आँगनमा”
“केही मानिसहरूले आगो बालेका थिए ।” आगो चाहिँ चिसो रातको समयमा मानिसहरूलाई न्यानो राख्नको लागि थियो । वैकल्पिक अनुवादः “केही मानिसहरूले न्यानो बनाउन आगो बाले”
यो प्रधान पूजाहारीको घरको आँगन थियो । यसको वरिपरि पर्खाल थियो, तर छानो थिएन ।
“तिनीहरूसँग एकसाथ”
उनी आगो नजिकै बसे र त्यसको राप उनीमाथि पर्यो ।
“र त्यसले पत्रुसलाई सोझो हेरी र आँगनमा भएका अरू मानिसहरूलाई भनी”
स्त्रीले पत्रुस पनि येशूसँग भएको कुरा बताउँदै थिई । सम्भवतः उसलाई पत्रुसको नाम थाहा थिएन ।
“तर पत्रुसले त्यो सत्य थिएन भने”
पत्रुसलाई त्यो स्त्रीको नाम थाहा थिएन । उनले “नारी” भनेर तिनलाई अपमान गरिरहेका थिएनन् । यदि मानिसहरूले उनले तिनलाई अपमान गरिरहेका थिए भनी सोच्छन् भने, कुनै पुरुषले आफूले नचिनेको कुनै स्त्रीलाई बोलाउँदा सम्बोधन गर्ने तरिकालाई तपाईंले प्रयोग गर्न सक्नुहुन्छ जुन सांस्कृतिक रूपमा स्वीकार्य छ वा तपाईंले यो शब्दलाई त्यसै छाड्न पनि सक्नुहुन्छ ।
“तिमी पनि येशूसँग भएकाहरूमध्येको एक हौ”
उनले “हे मानिस” भनेर उसलाई अपमान गरिरहेका थिएनन् । यदि मानिसहरूले उनले उसलाई अपमान गरिरहेका थिए भनी सोच्छन् भने, कुनै मानिसले आफूले नचिनेको कुनै मानिसलाई बोलाउँदा सम्बोधन गर्ने तरिकालाई तपाईंले प्रयोग गर्न सक्नुहुन्छ जुन सांस्कृतिक रूपमा स्वीकार्य छ वा तपाईंले यो शब्दलाई त्यसै छाड्न पनि सक्नुहुन्छ ।
“जिद्दीका साथ भन्यो” वा “ठूलो स्वरले भन्यो” (युडीबी)
यहाँ “यी मानिस”ले पत्रुसलाई जनाउँछ । सम्भवतः बोल्ने व्यक्तिलाई पत्रुसको नाम थाहा थिएन ।
सम्भवतः पत्रुसको बोलाइबाट नै उनी गालीलवासी हुन् भनी ती मानिसले बताउन सक्थे ।
पत्रुसलाई त्यो मानिसको नाम थाहा थिएन । उनले “हे मानिस” भनेर उसलाई अपमान गरिरहेका थिएनन् । यदि मानिसहरूले उनले उसलाई अपमान गरिरहेका थिए भनी सोच्छन् भने, कुनै मानिसले आफूले नचिनेको मानिसलाई बोलाउँदा सम्बोधन गर्ने तरिकालाई तपाईंले प्रयोग गर्न सक्नुहुन्छ जुन सांस्कृतिक रूपमा स्वीकार्य छ वा तपाईंले यो शब्दलाई त्यसै छाड्न पनि सक्नुहुन्छ । तपाईंले यसलाई लूका २२:५८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“तिमीले के कुरा गरिरहेका छौ सो म जान्दिन ।” यो अभिव्यक्तिको अर्थ पत्रुस त्यस मानिससँग पूर्ण रूपले असहमत भए भन्ने हुन्छ । वैकल्पिक अनुवादः “तिमीले भनेको कुरा सत्य होइन” वा “तिमीले भनेको कुरा पूर्ण रूपले झुटो हो”
“जब पत्रुस बोलिरहेका नै थिए”
भालेहरू प्रायः बिहान घाम झुल्किनभन्दा अगाडि बास्छन् । तपाईंले यस्तै समान वाक्यांशलाई लूका २२:३४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“प्रभु फर्कनुभयो र पत्रुसलाई हेर्नुभयो”
“जे येशूले भन्नुभएको थियो” जब येशूले भन्नुभयो कि पत्रुसले येशूलाई धोका दिने थिए
भालेहरू प्रायः बिहान घाम झुल्किनभन्दा अगाडि बास्छन् । तपाईंले यस्तै समान वाक्यांशलाई लूका २२:३४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यहूदी दिन सूर्यास्तमा सुरु हुन्थ्यो र अर्को साँझसम्म रहन्थ्यो । बिहान झिसमिसे उज्यालो हुनुभन्दा अलिकति अगाडि वा झिसमिसे उज्यालो भइरहेकै समयमा के हुने थियो भन्ने विषयमा येशूले अघिल्लो साँझमा भन्नुभएको थियो । वैकल्पिक अनुवादः “आज राती”
“तिमीले मलाई चिन्छौ भनेर तीन पल्ट इन्कार गर्नेछौ”
“पत्रुस आँगन बाहिर गए”
“तिनीहरूले उहाँका आँखालाई छोपे ताकि उहाँले देख्न नसक्नुभएको होस्”
येशू अगमवक्ता हुनुहुन्थ्यो भनी सुरक्षाकर्मीहरूले विश्वास गरेनन् । बरु, साँचो अगमवक्ताले देख्न नसके तापनि उनलाई कसले कुट्यो भनी जान्ने थिए भनेर तिनीहरूले विश्वास गर्थे । तिनीहरूले येशूलाई अगमवक्ता भनी बोलाए, तर तिनीहरूले उहाँलाई गिज्याइरहेका थिए र उहाँ एक अगमवक्ता हुनुहुन्थ्यो भनेर तिनीहरूले किन विचार गर्दैनथे भनेर उहाँलाई देखाइरहेका थिए । वैकल्पिक अनुवादः “तँ अगमवक्ता हो भन्ने प्रमाणित गर् । तँलाई कसले कुट्यो भनी हामीलाई भन् !” वा “हे अगमवक्ता, तँलाई कसले कुट्यो ?”
“परमेश्वरबाटका वचनहरू बोल् !” यहाँ बताउन खोजिएको जानकारी यो हो कि येशूलाई कसले हिर्कायो भनेर परमेश्वरले भन्नुपर्ने थियो किनकि येशूलाई आँखामा पट्टि बाँधिएको थियो र देख्न सक्नुहुँदैनथ्यो ।
यो अब अर्को दिन हो र येशूलाई परिषद्को अगाडि ल्याइएको छ ।
“अर्को बिहान झिसमिसे उज्यालो मात्र भएको बेलामा”
सम्भावित अर्थहरू हुन् १) “धर्म-गुरुहरूले येशूलाई परिषद्भित्र ल्याउन लगाए” वा २) “सुरक्षाकर्मीहरूले येशूलाई धर्म-गुरुहरूको परिषद्मा लगे ।” केही भाषाहरूले “तिनीहरू” सर्वनामको प्रयोग गरेर वा कर्म वाच्यको प्रयोग गरेर उहाँलाई कसले लगे भन्ने कुरालाई नबताउन सक्छन्ः “येशूलाई परिषद्मा लगियो”
यसलाई एउटा नयाँ वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्म-गुरूहरूले येशूलाई भने”
“तिमी ख्रीष्ट हौ भने हामीलाई भन”
येशूले भन्नुभएका दुईवटा परिकल्पित कुराहरूमध्ये यो पहिलो हो । यो उहाँलाई ईश्वर-निन्दाको दोष लगाउने कारण तिनीहरूलाई नदिइकन येशूको प्रत्युत्तर दिने एउटा तरिका थियो । तपाईंको भाषामा त्यो काम वास्तवमा भएको थिएन भनेर सङ्केत गर्ने कुनै तरिका हुन सक्छ ।
यो दोस्रो परिकल्पित कथन हो । यो उहाँको दोष देखाउने कारण तिनीहरूलाई नदिइकन येशूको तिनीहरूलाई हप्काउने तरिका थियो । यी शब्दहरूले, “यदि मैले तपाईंहरूलाई भनेँ भने, तपाईंहरूले विश्वास गर्नुहुनेछैन”
येशूले परिषद्सँग कुरा गर्न निरन्तरता दिनुहुन्छ ।
“यो दिनबाट” वा “आजबाट सुरु गरेर”
येशूले यो पदावली आफैँलाई जनाउन प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र, ... हुनेछु”
“परमेश्वरको दाहिने हातपट्टि” बस्नु भनेको परमेश्वरबाट महान् सम्मान र अधिकार प्राप्त गर्ने कुराको प्रतीकात्मक कार्य हो । वैकल्पिक अनुवादः “परमेश्वरको शक्तिको छेउमा सम्मानको स्थानमा बसेको”
“सर्वशक्तिमान् परमेश्वर ।” यहाँ “शक्ति” ले उहाँको सर्वोच्च अधिकारलाई जनाउँछ ।
येशूले उहाँ परमेश्वरका पुत्र हुनुहुन्थ्यो भनेर भनिरहनुभएको थियो भनी तिनीहरूको बुझाइलाई स्पष्ट रूपमा पक्का गर्नुभएको तिनीहरूले चाहेका हुनाले परिषद्ले यो प्रश्न सोध्यो । वैकल्पिक अनुवादः “त्यसोभए जब तिमीले त्यसो भन्यौ, के तिमीले आफू परमेश्वरका पुत्र हुँ भन्न खोजेका हौ ?”
यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।
“हो, यो तपाईंहरूले भने जस्तै हो” (युडीबी)
तिनीहरूले जोड दिनलाई एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामीलाई साक्षीहरूको थप आवश्यक छैन !”
“उसको आफ्नै मुख” भन्ने वाक्यांशले उहाँले भन्नुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “उसले आफू परमेश्वरको पुत्र हुँ भनेर विश्वास गर्छ भनेर उसले भनेको सुन्यौँ”
1 तिनीहरूका सबै दल उठे, र येशूलाई पिलातसका सामु ल्याए । 2 तिनीहरूले उहाँलाई यसो भन्दै दोष लगाउन सुरु गरे, “हामीले यस मानिसलाई हाम्रो देश भाँड्दै गरेको, कैसरलाई कर तिर्न मनाही गरेको र ऊ आफैँलाई ख्रीष्ट राजा भनेको भेट्टायौँ ।” 3 पिलातसले उहाँलाई यसो भन्दै सोधे, “के तिमी यहूदीहरूका राजा हौ ?” येशूले तिनलाई जवाफ दिनुभयो र भन्नुभयो, “तपाईंले नै त्यसो भन्दै हुनुहुन्छ ।” 4 पिलातसले मुख्य पुजारीहरू र भिडलाई भने, “यी मानिसमा म कुनै पनि दोष भेट्टाउँदिनँ ।” 5 तर तिनीहरूले जबरजस्ती भनिरहेका थिए, “यसले गालीलबाट सुरु गरेर सारा यहूदाभरि यस ठाँउसम्म मानिसहरूलाई भड्काउँदै छ ।” 6 त्यसकारण जब पिलातसले यो सुने, तब उनले उहाँ गालीली हुनुहुन्थ्यो कि भनी सोधे । 7 जब उनले उहाँ त हेरोदको अधिकारमुनि हुनुहुन्छ भन्ने थाहा पाए, उनले येशूलाई हेरोदकहाँ पठाए जो ती दिनहरूमा यरूशलेममा नै थिए । 8 जब हेरोदले येशूलाई देखे, उनी धेरै खुसी भए, किनकि उनले उहाँलाई धेरै अगाडिदेखि हेर्ने इच्छा गरेका थिए । उनले उहाँको बारेमा धेरै कुराहरू सुनेका थिए र उहाँद्वारा केही आश्चर्यकर्महरू गरिएको हेर्न चाहन्थे । 9 हेरोदले येशूलाई धेरै शब्दहरूमा प्रश्न गरे, तर येशूले उनलाई कुनै पनि जवाफ दिनुभएन । 10 मुख्य पुजारीहरू र शास्त्रीहरूले येशूलाई जोड्दार दोष लगाउँदै उभिएका भए । 11 हेरोदले आफ्ना सिपाहीहरूसँग मिली उहाँको अपमान गरे र उहाँलाई गिल्ला गरे अनि असल पोशाक पहिर्याएर येशूलाई पिलातसकहाँ फर्काइदिए । 12 हेरोद र पिलातस त्यसै दिनदेखि एक-अर्कासँग साथी भए (त्यस अगि उनीहरू शत्रु थिए) । 13 तब पिलातसले मुख्य पुजारीहरू र शासकहरू र मानिसहरूका भिडलाई बोलाए, 14 र तिनीहरूलाई भने, “तिमीहरूले यी मानिसलाई खराब काम गर्न मानिसहरूलाई अगुवाइ गर्ने व्यक्तिको रूपमा मकहाँ ल्यायौ, र हेर, तिमीहरूकै सामुन्ने यी मानिसलाई मैले प्रश्न गरेँ । तर तिमीहरूले लगाएको आरोपको दोष मैले यी मानिसमा भेट्टाइनँ ।” 15 हेरोदले पनि दोषी भेट्टाएनन्, किनकि उनले हामीकहाँ फिर्ता पठाए । र हेर, यिनले मृत्युदण्ड पाउनेयोग्य कुनै काम गरेका छैनन् । 16 यसकारण म यिनलाई सजाय दिनेछु र छोडिदिन्छु ।” 17 अब चाडको समयमा पिलातसले यहूदीका निम्ति एक जना कैदीलाई छोडिदिनुपर्थ्यो । 18 तर तिनीहरू एकैसाथ कराउँदै यसो भने, “यस मानिसलाई हाम्रा बिचबाट हटाउनुहोस् र हाम्रा निम्ति बारब्बालाई छोडिदिनुहोस् ।” 19 बारब्बा सहरमा विद्रोह र हत्याको कारण गर्दा झ्यालखानमा राखिएको एक मानिस थिए । 20 येशूलाई छोड्ने इच्छा गरी फेरि पिलातसले तिनीहरूलाई सम्बोधन गरे । 21 तर तिनीहरूले चिच्च्याउँदै यसो भने, “त्यसलाई क्रुसमा झुन्ड्याओ, क्रुसमा झुन्ड्याओ ।” 22 पिलातसले तेस्रो पटक तिनीहरूलाई भने, “किन, यो मानिसले के दुष्ट काम गरेको छ र ? मैले यिनमा मृत्युदण्ड दिने कुनै दोष पाइनँ । यसकारण, यसलाई सजाय दिएर छोडिदिन्छु ।” 23 तर तिनीहरू उच्च स्वरमा येशूलाई क्रुसमा टाँग्ने माग गर्दै लागि परे । र पिलातसलाई उनीहरूका आवाजले विश्वस्त तुल्यायो । 24 त्यसकारण, पिलातसले उनीहरूका माग पुरा गरिदिने निर्णय गरे । 25 त्यसैले तिनीहरूले माग गरेअनुसार पिलातसले बारब्बालाई छोडिदिए जसद्वारा सहरमा हत्या र आतङ्क भएको थियो, तर येशूलाई तिनीहरूको इच्छाअनुसार सुम्पिदिए । 26 तिनीहरूले उहाँलाई टाढा लजाँदै गर्दा गाउँबाट आउँदै गरेको कुरेनीका सिमोनलाई समातेर येशूलाई पछ्याउदै उहाँको क्रुस बोक्न लगाए । 27 मानिसहरूको एउटा ठुलो भिड, उहाँका लागि विलाप गर्ने र दुःखित हुने स्त्रीहरूले पनि उहाँलाई पछ्याइरहेका थिए । 28 तर तिनीहरूतिर फर्केर येशूले भन्नुभयो, “यरूशलेमका छोरीहरू हो, मेरो लागि नरोऊ, तर आफ्नै निम्ति र आफ्ना छोराछोरीहरूका निम्ति रोओ । 29 किनभने हेर, दिनहरू आउँदै छन् र तिनीहरूले भन्नेछन्, ‘हे बाँझीहरू, नजन्माउने कोखहरू, दूध नचुसाउने स्तनहरू धन्यका हुन् ।’ 30 त्यसपछि तिनीहरूले पहाडहरूलाई भन्न थाल्नेछन्, ‘हामीमाथि खस,’ र डाँडाहरूलाई भन्नेछन्, ‘हामीलाई छोप ।’ 31 यदि रुख हरियो हुँदै तिनीहरूले यस्ता कुराहरू गर्छन् भने, सुख्खा हुँदा के गर्लान् ?” 32 उहाँसँगै अरू दुई जना अपराधीलाई पनि मृत्युदण्ड दिनलाई लगिएको थियो । 33 जब तिनीहरू खप्परे भन्ने ठाँउमा आए, त्यहाँ तिनीहरूले उहाँ र ती अपराधीहरूमध्ये एउटालाई उहाँको दायाँतर्फ र अर्कालाई बायाँतर्फ क्रुसमा टाँगे । 34 येशूले भन्नुभयो, “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनभने तिनीहरूले के गर्दै छन् सो जान्दैनन् ।” र तिनीहरूले उहाँका वस्त्रहरू भाग गर्नलाई चिट्ठा हाले । 35 मानिसहरूले उभिएर हेरिरहेका थिए, जहाँ शासकहरूले पनि उहाँलाई यसो भन्दै गिल्ला हेरिरहेका थिए, “यो परमेश्वरको चुनिएको ख्रीष्ट हो भने यसले अरूलाई त बचायो, अब आफैँलाई बचाओस् ।” 36 अनि सिपाहीहरूले पनि सिर्का दिँदै यसो भनी गिल्ला गरे, 37 “यदि तिमी यहूदीहरूका राजा हौ भने, आफैँलाई बचाओ ।” 38 “यो यहूदीहरूका राजा हो भनी” त्यहाँ उहाँको माथि एउटा चिह्न पनि थियो । 39 क्रुसमा टाँगिएको एक जना अपराधीले उहाँको गिल्ला गर्दै यसो भन्यो, “के तिमी ख्रीष्ट होइनौ ? हामीलाई र आफैँलाई बचाऊ ।” 40 तर अर्कोले त्यसलाई हप्काउँदै जवाफ दियो, “के तँ परमेश्वरको डर मान्दैनस्, तँ आफैँ यस्तो अवस्थामा छस् ? 41 हामी वास्तवमा यहाँ न्यायोचित रूपले छौँ, हामीले हाम्रो कामको उचित परिणाम पाइरहेका छौँ । तर यी मानिसले त कुनै गल्ती काम गरेका छैनन् ।” 42 र उसले थप्यो, “येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा, मलाई सम्झनुहोस् ।” 43 येशूले त्यसलाई भन्नुभयो, “साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसँगै स्वर्गलोकमा हुनेछौ ।” 44 यो छैठौँ घडीको बेला थियो, र नवौँ घडीसम्म सारा देशभरि अन्धकारले ढाक्यो । 45 सूर्यले प्रकाश दिन छोड्यो । त्यसपछि मन्दिरको पर्दा बिचबाट च्यातियो । 46 येशूले उच्च स्वरमा कराएर भन्नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु । यसो भनेर उहाँले प्राण त्याग्नुभयो ।” 47 जब कप्तानले जे भइरहेको थियो सो देखे, उनले यसो भन्दै परमेश्वरको महिमा गरे, “निश्चय नै यिनी एक धार्मिक मानिस थिए ।” 48 यस ठाउँमा आएका सबै भिडले त्यहाँ भएका घटनाहरूलाई देखेपछि तिनीहरू आफ्नो छाती पिट्दै फर्के । 49 तर उहाँका चिनाजानीका मानिसहरू र गालीलबाट उहाँलाई पछ्याउने स्त्रीहरू टाढै उभिएर यी कुराहरू हेरिरहेका थिए । 50 हेर, त्यहाँ एक जना योसेफ नाउँ गरेका मानिस थिए । तिनी महासभाका सदस्य थिए, जो एक असल र धार्मिक मानिस थिए । 51 (उनी तिनीहरूका निर्णय र क्रियाकलापसँग सहमत थिएनन्), उनी यहूदिया सहर अरिमाथियाका थिए, जसले परमेश्वरको राज्यको प्रतीक्षा गरिरहेका थिए । 52 यी मानिसले पिलातसकहाँ गएर येशूको शरीर मागे । 53 उनले तल लगे र सफा मलमलको कपडामा बेह्रेर चट्टानमा कपेर बनाइएको चिहानमा राखे, जहाँ कहिल्यै कसैलाई राखिएको थिएन । 54 यो तयारीको दिन थियो, र विश्राम दिन सुरु हुनै लागेको थियो । 55 गालीलदेखि पछ्याउँदै आएका स्त्रीहरूले पनि चिहानमा उहाँको शरीर कसरी राखिएको थियो, त्यसलाई हेरे । 56 तिनीहरू फर्के र सुगन्धित द्रव्य र अत्तरहरू तयार पारे । त्यसपछि आज्ञाअनुसार विश्राम दिनमा तिनीहरूले विश्राम गरे ।
यूएलटीले यस अध्यायको अन्तिम पङ्क्तिलाई अलग राख्छ किनकि त्यो अध्याय २३ सँगभन्दा बढी अध्याय २४ सँग जोडिएको छ ।
मुख्य पूजाहारीहरू र शास्त्रीहरूले येशूले दुष्ट काम गर्नुभएको आरोप लगाए किनभने तिनीहरू पिलातसले येशूलाई मारेको चाहन्थे । तर तिनीहरूले उहाँलाई झूटो आरोप लगाइरहेका थिए, किनभने येशूले ती कुराहरू कहिल्यै गर्नुभएको थिएन जुन तिनीहरूले उहाँले गर्नुभएको आरोप लगाए ।
मन्दिरमा भएको पर्दा एउटा महत्त्वपूर्ण प्रतीक थियो जसले देखाउँथ्यो कि मानिसहरूको लागि बोलिदिन तिनीहरूलाई कसैको खाँचो थियो । तिनीहरूले परमेश्वरसँग प्रत्यक्ष रूपमा कुरा गर्न सक्दैनथे किनभने सबै मानिसहरू पापपूर्ण हुन्छन् र परमेश्वरले पापलाई घृणा गर्नुहुन्छ । येशूले आफ्ना मानिसहरूका पापहरूको लागि मूल्य चुकाइसक्नुभएको हुनाले तिनीहरूले अब परमेश्वरसँग सीधै कुरा गर्न सक्छन् भनेर देखाउनको लागि परमेश्वरले पर्दालाई दुई भाग गर्नुभयो ।
येशू गाडिनुभएको चिहान (लुका २३:५३) त्यो प्रकारको चिहान थियो जसमा धनाढय यहूदी परिवारहरूले तिनीहरूका मृतहरूलाई गाड्थे । यो चट्टानमा खोपेर बनाइएको वास्तविक कोठा थियो । त्यसको एक छेउमा फराकिलो स्थान थियो जहाँ तिनीहरूले शरीरलाई तेल र मसालाहरू लगाएर कपडाले बेह्रिसकेपछि त्यसलाई राख्न सक्थे । तिनीहरूले चिहानको अगाडि एउटा ठूलो ढुङ्गा गुडाइदिन्थे ताकि कसैले पनि भित्रपट्टि देख्न वा प्रवेश गर्न नसकोस् ।
पिलातसले भनिरहेका थिए कि उनले येशूलाई दण्ड दिनुपर्ने कुनै कारणको बारेमा उनलाई थाहा थिएन किनभने येशूले कुनै कानून तोड्नुभएको थिएन । पिलातसले येशू सिद्ध हुनुहुन्थ्यो भनेर भनिरहेका थिएनन् ।
येशूलाई पिलातसको अगाडि ल्याइन्छ ।
“सबै यहूदी अगुवाहरू” वा “परिषद्का सबै सदस्यहरू”
“खडा भए” वा “तिनीहरूका गोडामा उभिए”
कसैको अगाडि देखा पर्नुको अर्थ त्यस व्यक्तिको अधिकारभित्र प्रवेश गर्नु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “पिलातसद्वारा इन्साफ हुन”
“हामी” ले परिषद्का सदस्यहरूलाई मात्र जनाउँछ, र पिलातस वा नजिकैका अन्य मानिसहरूलाई जनाउँदैन ।
“हाम्रा मानिसहरूलाई बेठीक कुराहरू गर्न लगाइरहेको” वा “हाम्रा मानिसहरूलाई झूटा कुराहरू बताउँदै समस्या उत्पन्न गरिरहेको”
“तिनीहरूलाई कर नतिर्न भनिरहेको” (युडीबी)
कैसरले रोमको सम्राटलाई जनाउँछ । वैकल्पिक अनुवादः “सम्राटलाई”
“पिलातसले येशूलाई सोधे”
सम्भावित अर्थहरू हुन् १) यसो भन्नुभएर, येशूले उहाँ यहूदीहरूका राजा हुनुहुन्छ भन्ने आशय दिनुभयो । वैकल्पिक अनुवादः “हो, जस्तो तपाईंले भन्नुभयो, म हुँ” वा “हो । यो तपाईंले मलाई भन्नुभएको जस्तो नै हो” वा २) यसो भन्नुभएर, येशूले भनिरहनुभएको थियो कि येशू होइन तर पिलातसले उहाँलाई यहूदीहरूका राजा भनिरहेका थिए । वैकल्पिक अनुवादः “तपाईं आफैँले त्यसो भन्नुभएको छ”
मानिसहरूका ठूला समूहहरू
“म यी मानिसलाई केही कुराको दोषी पाउँदिन”
“ ... माझमा समस्या ल्याउँछ”
यसलाई एउटा नयाँ वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सारा यहूदिया । उसले गालीलमा दुःख दिन सुरु गर्यो र अहिले यहाँ पनि कष्ट दिँदै छ”
“येशूले गालीलमा सिकाउन सुरु गर्नुभयो भन्ने कुरा सुने”
पिलातसले येशू कुन क्षेत्रबाटको हुनुहुन्थ्यो भनेर जान्न चाहे ताकि उनीभन्दा तल्लो दर्जाको सरकारी अधिकारीले येशूको इन्साफ गरेको उनी चाहन्थे । यदि येशू गालीलबाटको हुनुहुन्थ्यो भने, पिलातसले हेरोदलाई येशूको न्याय गर्न लगाउन सक्थे किनभने गालीलमाथि हेरोदको अधिकार थियो ।
यसले येशूलाई जनाउँछ ।
“पिलातसले पत्ता लगाए”
यो खण्डले हेरोद गालीलका शासक थिए भनेर बुझिएको तथ्यलाई उल्लेख गर्दैन । वैकल्पिक अनुवादः “येशू हेरोदको अधिकारको मातहतमा हुनुहुन्थ्यो किनभने हेरोदले गालीलमा शासन गर्थे”
“पिलातसले पठाए”
यसले हेरोदलाई जनाउँछ ।
“त्यो समयमा”
“हेरोद अति खुसी थिए”
“हेरोदले येशूलाई देख्न चाहेका थिए”
“हेरोदले येशूको बारेमा सुनेका थिए”
“हेरोदले आशा गरे”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले कुनै किसिमको आश्चर्यकर्म गरेको”
“हेरोदले येशूलाई धेरै प्रश्नहरू सोधे”
“जवाफ दिनुभएन” वा “हेरोदलाई उत्तर दिनुभएन”
“शास्त्रीहरू त्यहाँ उभिरहेका थिए”
“उग्र रूपले येशूलाई दोष लगाइरहेका” वा “उहाँलाई हर किसिमका अपराधहरूको आरोप लगाइरहेका”
“हेरोद र उनका सिपाहीहरू”
“उहाँलाई सुन्दर पोशाकहरू लगाइदिए ।” अनुवादले यो येशूलाई आदर गरेर वा वास्ता गरेकोले यसो गरेको हो भन्ने सङ्केत दिनुहुँदैन । तिनीहरूले येशूलाई खिसी गर्न र उहाँको खिल्ली उडाउनलाई यसो गरेका थिए ।
अव्यक्त जानकारीचाहिँ यो हो कि तिनीहरू साथी भए किनभने पिलातसले हेरोदलाई येशूको न्याय गर्न दिएको कुरालाई उनले मन पराए । वैकल्पिक अनुवादः “हेरोद र पिलातस त्यसै दिन एक अर्कासँग साथी भए किनभने पिलातसले येशूको न्याय गर्नलाई हेरोदकहाँ पठाएका थिए”
यो पृष्ठभूमि जानकारी हो भनेर देखाउन यस जानकारीलाई कोष्ठकमा राखिएको छ । तपाईंको पाठकले बुझ्नसक्ने ढाँचालाई प्रयोग गर्नुहोस् ।
“मुख्य पूजाहारीहरू र शासकहरू र मानिसहरूका भीडलाई सँगै भेट्न आउन बोलाए”
पिलातसले भीडलाई आउन बोलाएको कुरा सम्भाव्य छैन । भीड सम्भवतः येशूलाई के हुने थियो भनेर हेर्नलाई त्यहीँ कुरिरहेको थियो । वैकल्पिक अनुवादः “भीड अझै पनि त्यहीँ थियो”
यसले येशूलाई जनाउँछ ।
“उसले ... भन्दै”
“मैले तिमीहरूको उपस्थितिमा नै येशूलाई प्रश्न गरेको छु, र ।” यो आशय दिइएको छ कि तिनीहरू केरकारको प्रक्रियाको लागि साक्षीहरू थिए । वैकल्पिक अनुवादः “तिमीहरूलाई यहाँ साक्षीको रूपमा राखेर मैले येशूलाई प्रश्न सोधेको छु, र”
“उनी दोषी छन् जस्तो लाग्दैन”
पिलातस यहूदी अगुवाहरू र भीडसँग कुरा गरिरहन्छन् ।
छोटो भनाइमा नसमेटिएको जानकारीलाई थप्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “हेरोदलाई पनि उनी दोषी छन् जस्तो लाग्दैन” वा “हेरोदले पनि उनी निर्दोष छन् भनी ठान्छन्”
“नता हेरोदले दोषी ठान्छन्, किनभने” वा “नता हेरोदले दोषी ठान्छन् । हामी यो जान्दछौँ किनभने”
“हेरोदले येशूलाई हामीकहाँ नै फर्कन पठायो ।” “हामी” शब्दले पिलातस, उनका सिपाहीहरू, र पूजाहारीहरू र शास्त्रीहरूलाई जनाउँछ, तर तिनीहरूलाई जनाउँदैन जसले पिलातसलाई सुनिरहेका थिए ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उनले मृत्युदण्डको योग्य कुनै कुरा गरेका छैनन्”
पिलातसले येशूमा कुनै दोष नभेट्टाएकाले उनले उहाँलाई दण्ड बिना नै छोड्नुपर्थ्यो । यो कथनलाई अनुवादमा तार्किक रूपमा अटाउने कोसिस गर्नु जरुरी छैन । पिलातस भीडसँग डराएको कारणले मात्र उनले येशू निर्दोष हुनुहुन्छ भनी जानेर पनि उहाँलाई दण्ड दिए ।
पद १९ ले बारब्बा को थिए भन्ने बारेमा हामीलाई पृष्ठभूमि जानकारी बताउँछ ।
“भीडमा भएका सबै मानिस चिच्च्याए”
“यो मानिसलाई लैजानुहोस् ! ... छोड्नुहोस् ।” तिनीहरूले येशूलाई उनका सिपाहीहरूद्वारा मार्न लाउनलाई उनीसँग मागिरहेका थिए । वैकल्पिक अनुवादः “यो मानिसलाई लैजानुहोस् र प्राणदण्ड दिनुहोस् ! ... छोड्नुहोस्”
“हामीलाई”ले भीडलाई मात्र जनाउँछ, र पिलातस र उनको सिपाहीहरूलाई जनाउँदैन ।
यो बारब्बा को थियो भन्ने बारेमा लूकाले दिएको पृष्ठभूमि जानकारी हो ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई रोमीहरूले झ्यालखानामा हालेका थिए”
“सहरका मानिसहरूलाई रोमी सरकारको विरुद्धमा विद्रोह गर्नलाई मनाउन कोसिस गरिरहेको”
“फेरि तिनीहरूसँग बोले” वा “फेरि पनि भीडका मानिसहरूसँग र धर्मगुरुहरूसँग बोले”
“किनभने उनले येशूलाई छुटाउन चाहन्थे”
“पिलातसले भीडलाई तेस्रो पटक फेरि भने”
येशू निर्दोष हुनुहुन्थ्यो भनेर भीडलाई बुझ्न लगाउनको लागि पिलातसले यो प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “यी मानिसले कुनै गलत काम गरेका छैनन् !”
“उनले त्यस्तो केही गरेका छैनन् जसको लागि उनले प्राणदण्ड पाउनुपर्छ”
लूका २३:१६ मा जस्तै, पिलातसले येशूलाई दण्ड नदिइकन छोडिदिनुपर्थ्यो किनभने उहाँ निर्दोष हुनुहुन्थ्यो । तापनि, भीडलाई शान्त पार्नको लागि उनले येशूलाई दण्ड दिने प्रस्ताव राखे ।
“म उनलाई स्वतन्त्र बनाउनेछु”
“भीडले जिद्दी गर्यो”
“कराउँदै”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पिलातसले येशूलाई उनका सिपाहीहरूद्वारा क्रूसमा टाँग्न लगाउन”
“तिनीहरूले पिलातसलाई नमनाउञ्जेलसम्म भीड कराइरह्यो”
“भीडले बिन्ती गरेको कुरा गरिदिनलाई”
पिलातसले बारब्बालाई झ्यालखानाबाट छोडिदिए । वैकल्पिक अनुवादः “पिलातसले बारब्बालाई छोडिदिए जसलाई भीडले छोडिदिनलाई मागेको गरेको थियो”
यो त्यस समयमा बारब्बा कहाँ थियो भन्ने बारेमा पृष्ठभूमि जानकारी हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई रोमीहरूले हत्याको ... झ्यालखानामा हालेका थिए”
“भीडले जे गर्न चाहेका थिए त्यही गर्नको लागि येशूलाई तिनीहरूकहाँ ल्याउन पिलातसले सिपाहीहरूलाई आदेश दिए”
“जब सिपाहीहरूले येशूलाई पिलातस भएको ठाउँबाट लगे”
रोमी सिपाहीहरूसँग मानिसहरूलाई तिनीहरूका भारी बोक्न कर लगाउने अधिकार थियो । यसलाई सिमोनलाई गिरफ्तार गरिएको वा उसले कुनै गलत काम गरेको देखाउने जस्तो गरी अनुवाद नगर्नुहोस् ।
“कुरेनीको सहरबाट, एकजना सिमोन नाम गरेका मानिस”
“ऊ गाउँबाट यरूशलेमतिर आउँदै थियो” (युडीबी)
“उसको काँधमाथि क्रूस राखिदिए”
“र ऊ येशूको पछि-पछि आयो”
“एउटा विशाल भीड”
स्त्रीहरू पनि त्यस ठूलो भीडको हिस्सा थिए, र एउटा फाल्टो भीड थिएनन् ।
“येशूको निम्ति विलाप गरे”
यसको अर्थ यो होइन कि तिनीहरू येशूका सिपाहीहरू थिए । यसले तिनीहरू उहाँको पछि-पछि हिँडिरहेका थिए भन्ने सामान्य अर्थ दिन्छ ।
यसले सङ्केत गर्छ कि येशू स्त्रीहरूतिर फर्कनुभयो र तिनीहरूलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्नुभयो ।
सहरको “छोरी”को अर्थ सहरका स्त्रीहरू भन्ने हुन्छ । यो रुखो बोली थिएन । यो कुनै स्थानबाटका स्त्रीहरूको समूहको निमित्त गरिने सामान्य रूपको सम्बोधन थियो । वैकल्पिक अनुवादः “यरूशलेमबाट आएका स्त्रीहरू हो”
व्यक्ति चाहिँ त्यस व्यक्तिलाई हुन जाने कुरालाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “मलाई हुने खराब कुराहरूको बारेमा नरोओ । बरु, रोओ किनभने तिमीहरू र तिमीहरूका छोराछोरीहरूलाई झन् खराब कुराहरू हुनेछन्” वा “मलाई भइरहेको खराब कुराहरूको कारण तिमीहरू रोइरहेका छौ, तर तिमीहरू झन् बढी रुनेछौ जब तिमीहरू र तिमीहरूका छोराछोरीहरूलाई झन् खराब कुराहरू हुनेछन्”
येशूले भीडसँग कुरा गर्न सकाउनुहुन्छ ।
यरूशलेमका स्त्रीहरूले तिनीहरू आफूहरूका लागि किन विलाप गर्नुपर्छ भन्ने कारणलाई यसले परिचय गराउँछ ।
“त्यहाँ छिटै त्यो समय हुनेछ”
“जब मानिसहरूले भन्नेछन्”
“बच्चा नजन्माएका स्त्रीहरू”
यी वाक्यांशहरू “बाँझीहरू”लाई अझ पूर्ण तरिकाले वर्णन गर्नलाई प्रयोग गरिएको छ । ती स्त्रीहरूले नता जन्म दिए नता सन्तानलाई दूध खुवाए । यी कुराहरूलाई “बाँझीहरू” शब्दसँग जोडेर लेख्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “ती स्त्रीहरू जसले कहिल्यै सन्तान जन्माएनन् वा शिशुहरूलाई दूध खुवाएनन्”
यसले रोमीहरू वा यहूदी अगुवाहरूलाई जनाएको हुन सक्छ, अथवा खास रूपमा कसैलाई पनि नजनाएको हुन सक्छ ।
त्यस बेलामा
वाक्यांशलाई छोटो राख्नको लागि शब्दहरूलाई हटाइएको छ । वैकल्पिक अनुवादः “तिनीहरूले पहाडहरूलाई भन्नेछन्”
असल समयमा त मानिसहरूले खराब थोकहरू गरिरहेका भने तिनीहरूले भविष्यमा आउने खराब समयहरूमा निश्चित रूपमा अझ धेरै खराब थोकहरू गर्नेछन् भन्ने कुरा भीडलाई बुझ्न सहायता गराउनलाई येशूले एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू देख्छौ कि रूख हरियो हुँदा त तिनीहरूले यी खराब थोकहरू गरिरहेका छन् भने रूख सुक्दा तिनीहरूले अझ धेरै खराब कुराहरू गर्नेछन् भन्ने कुरामा तिमीहरू निश्चित हुन सक्छौ ।”
हरियो रूख केही असल कुराको निम्ति एउटा अलङ्कार हो । यदि तपाईंको भाषामा यस्तै अलङ्कार छ भने तपाईंले यसलाई यहाँ प्रयोग गर्नुपर्छ ।
सुक्खा काठ भनेको केही त्यस्तो कुराको लागि अलङ्कार हो जुन केवल बाल्नलाई मात्र उपयोगी छ ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सिपाहीहरूले येशूसँगै अरू दुई जना अपराधीहरूलाई पनि मार्नलाई लगे”
“अन्य दुई मानिसहरू जो अपराधीहरू थिए” वा “दुई अपराधीहरू ।” लूकाले “अरू अपराधीहरू” भनेर भन्दैनन् किनभने उहाँलाई एक अपराधी झैँ व्यवहार गरिएपनि येशू निर्दोष हुनुहुन्थ्यो । लूकाले अरू दुई मानिसहरूलाई अपराधीहरू भन्छन्, तर येशूलाई होइन । लूकाले “अरू अपराधीहरू” भनेर भन्दैनन् किनभने उहाँलाई एक अपराधी झैँ व्यवहार गरिएपनि येशू निर्दोष हुनुहुन्थ्यो । लूकाले अरू दुई मानिसहरूलाई अपराधीहरू भन्छन्, तर येशूलाई होइन ।
“तिनीहरू” शब्दले सिपाहीहरू, अपराधीहरू र येशूलाई समावेश गर्छ ।
“रोमी सिपाहीहरूले येशूलाई क्रूसमा टाँगे”
“तिनीहरूले एउटा अपराधीलाई येशूको दाहिनेपट्टि क्रूसमा टाँगे र अर्को अपराधीलाई येशूको बायाँपट्टि क्रूसमा टाँगे”
सिपाहीहरू एक किसिमको जुवामा सहभागी भए । वैकल्पिक अनुवादः “तिनीहरूले जुवा खेले”
“सिपाहीहरू माझमा कसले येशूको हरेक लुगा घर लाने भनी निर्णय गर्न चिट्ठा हाले”
“मानिसहरू त्यहाँ उभिरहेका थिए”
यसले येशूलाई जनाउँछ ।
लूकाले शासकहरूका व्यङ्गात्मक वचनहरूको अभिलेख राख्छन् । येशूले अरूहरूलाई बचाउन सक्ने एउटै मात्र उपाय भनेको उहाँले आफैँलाई बचाउनको साटोमा मर्नुभएर थियो ।
“येशू आफैँलाई बचाउन सक्षम हुनुपर्छ ।” तिनीहरूले येशूलाई गिज्याउन यसो भने । उहाँले आफैँलाई बचाउन सक्नुहुन्थ्यो भनेर तिनीहरूले विश्वास गर्दैनथे । वैकल्पिक अनुवादः “उसले आफैँलाई क्रूसबाट बचाएर ऊ को हो भनी प्रमाणित गरेको हामी हेर्न चाहन्छौँ”
“एक जना जसलाई परमेश्वरले चुन्नुभयो”
येशू
“येशूको छेउमा आउँदै”
“येशूलाई पिउनलाई सिर्का दिँदै ।” सिर्का भनेको सस्तो पेय पदार्थ हो जुन साधारण मानिसहरूले पिउँछन् । सिपाहीहरूले सस्तो मूल्यको पेय पदार्थ आफू राजा भएको दाबी गर्ने कोही व्यक्तिलाई दिएर येशूको गिल्ला गरिरहेका थिए ।
सिपाहीहरूले येशूलाई खिसी गरिरहेका थिए । वैकल्पिक अनुवादः “तँ यहूदीहरूको राजा होस् भनेर हामी विश्वास गर्दैनौँ, तर यदि तँ होस् भने, आफैँलाई बचाएर हामीलाई गलत प्रमाणित गर् !”
“येशूको क्रूसमाथि एउटा पाटी जसमा लेखिएको थियो”
येशूको माथिल्तिर यो चिन्ह राख्ने मानिसहरूले उहाँको गिल्ला गरिरहेका थिए । उहाँ राजा हुनुहुन्थ्यो भनेर तिनीहरूले वास्तवमै ठान्दैनथे ।
“येशूको अपमान गर्यो”
त्यो अपराधीले येशूको गिल्ला गर्न एउटा प्रश्नको प्रयोग गर्छ । वैकल्पिक अनुवादः “तिमी ख्रीष्ट भएको दाबी गर्छौ । आफैँलाई बचाऊ” वा “यदि तिमी साँच्चै ख्रीष्ट हौ भने, तिमीले आफैँलाई बचाउने थियौ”
येशूले तिनीहरूलाई क्रूसबाट उद्धार गर्न सक्नुहुन्थ्यो भनेर त्यस अपराधीले वास्तवमै ठान्दैनथ्यो ।
“अर्को अपराधीले त्यसलाई हप्कायो”
त्यो अपराधीले अर्को अपराधीलाई हप्काउनलाई एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तैँले परमेश्वरको डर मान्नुपर्छ किनभने तिनीहरूले तँलाई त्यही तरिकाले दण्ड दिइरहेका छन् जुन तरिकाले तिनीहरूले उहाँलाई दण्ड दिइरहेका छन्” वा “तँसँग परमेश्वरको डर नभएको हुनुपर्छ, किनकि तँ उहाँ जस्तै क्रूसमा टाँगिइरहँदा पनि उहाँको गिल्ला गर्छस्”
“हामी” शब्दको यी प्रयोगहरूले केवल ती दुई अपराधीहरूलाई मात्र जनाउँछ, र येशू वा अरू मानिसहरूलाई जनाउँदैन ।
“साँच्चै, हामी यो दण्डको योग्य छौँ”
यसले येशूलाई जनाउँछ ।
“त्यो अपराधीले यसो पनि भन्यो”
“मेरो बारेमा सोच्नुहोस् र मलाई असल व्यवहार गर्नुहोस्”
कुनै राज्य “भित्र आउनु”ले शासन गर्न सुरु गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “राजाको रूपमा शासन गर्न थाल्नुहुँदा”
“साँच्चै” शब्दले येशूले भनिरहनुभएको कुरामा जोड थप्छ । वैकल्पिक अनुवादः “तिमीले जानेको म चाहन्छु कि आज”
यो धर्मी मानिसहरू मरेपछि तिनीहरू जाने ठाउँ हो । येशूले त्यस मानिसलाई ऊ परमेश्वरसँग हुने थियो र परमेश्वरले उसलाई स्वीकार गर्नुहुने थियो भनी विश्वस्त पार्दै हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “धर्मी मानिसहरू बस्ने ठाउँ” वा “मानिसहरू राम्ररी बस्नसक्ने ठाउँ”
“मध्यान्न हुन लागेको बेलामा ।” यसले त्यस बेलाको समय मापन गर्ने चलनलाई देखाउँछ जुन बिहानको ६ बजे सुरु हुन्थ्यो ।
“सम्पूर्ण मुलुक अन्धकार भयो”
“दिउँसोको तिन बजेसम्म ।” यसले त्यस बेलाको समय मापन गर्ने चलनलाई देखाउँछ जुन बिहानको ६ बजे सुरु हुन्थ्यो ।
यसले सूर्यास्तलाई जनाउँदैन । बरु, सूर्यको उज्यालो मध्य दिनमै अँध्यारो भयो । सूर्य अस्ताइरहेको भन्दा पनि सूर्य अँध्यारो भइरहेको भनेर वर्णन गर्ने कुनै शब्दको प्रयोग गर्नुहोस् ।
“मन्दिर भित्रको पर्दा ।” यो त्यो पर्दा थियो जसले महापवित्र स्थानलाई बाँकीको मन्दिरबाट अलग गर्थ्यो ।
“मन्दिरको पर्दा दुई टुक्रा भएर च्यातियो ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मन्दिरको पर्दालाई माथिदेखि तलसम्म दुई भाग बनाएर च्यात्नुभयो”
“ठूलो स्वरले कराउनुहुँदै ।” यो कसरी अघिल्ला पदहरूका घटनाहरूसँग सम्बन्धित छ भन्ने कुरालाई देखाउँदा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “जब त्यो भयो, येशू ठूलो स्वरले कराउनुभयो”
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।
“तपाईंको हातमा” भन्ने वाक्यांशले परमेश्वरको रेखदेखलाई जनाउँछ । वैकल्पिक अनुवादः “म मेरा आत्मालाई तपाईंको हेरचाहमा सुम्पन्छु” वा “तपाईंले हेरचाह गर्नुहुन्छ भन्ने जानेर म मेरो आत्मा तपाईंलाई दिँदै छु”
“येशूले यो भन्नुभएपछि”
“येशू मर्नुभयो”
यो रोमी अधिकारीको लागि भएको एउटा उपाधि हो जसले रोमी सिपाहीहरूलाई खटन गर्थे । उनले क्रूसमा टँगाउने कामको पर्यवेक्षण गरेका थिए ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती सबै कुराहरू जे भएका थिए”
“यी मानिसले त्यस्तो केही गरेका छैनन् जुन गलत छ” वा “यी मानिसले कुनै गलत काम गरेका छैनन्”
मानिसहरूका ठूला समूहहरू
“जो सँगै भेला भएका थिए”
“यो घटना हेर्न” वा “के भइरहेको थियो भनेर अवलोकन गर्न”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे भएका थिए”
“ ... पिट्दै तिनीहरूका घर फर्के” (युडीबी)
यो दुःख र पछुतोको चिन्ह थियो । वैकल्पिक अनुवादः “तिनीहरू कति शोकमा छन् भनी देखाउनलाई आफ्नो छाती पिट्दै”
“येशूसँगै यात्रा गर्थे”
“येशूबाट केही पर रहेर”
“जे भयो”
योसेफले पिलातससँग येशूको शरीर माग्छन् । यी पदहरूले योसेफ को थिए भन्ने बारेमा हामीलाई पृष्ठभूमि जानकारी दिन्छन् । यूएसटीले गरेको जस्तै गरी केही जानकारीको क्रमलाई पुनः मिलाएर पदको पुलसँग राख्दा सहयोगी हुन सक्छ ।
“हेर” शब्दले हामीलाई कथामा एउटा नयाँ व्यक्तिबारे सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “त्यहाँ एउटा मानिस थियो जो”
“यहूदी परिषद्”
निर्णय के थियो भन्ने कुरालाई प्रस्टसँग उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि त येशूलाई मार्ने परिषद्को निर्णयसँग वा उहाँलाई मार्नमा तिनीहरूको कार्यसँग”
यहाँ “यहूदिया सहर”को अर्थ यो यहूदियामा अवस्थित थियो भन्ने हुन्छ । वैकल्पिक अनुवादः “अरिमाथिया भनिने सहर, जुन यहूदियामा छ”
“यी मानिस पिलातसकहाँ गए र येशूको शरीरलाई गाड्नको लागि त्यो पाउन अनुरोध गरे”
“योसेफले येशूको शरीरलाई क्रूसबाट लगे”
“शरीरलाई मलमलको राम्रो कपडामा बेह्रे ।” यो त्यस समयको दफन गर्ने सामान्य चलन थियो ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एउटा चिहान जसलाई कसैले चट्टानको पहरामा काटेर बनाएको थियो”
यसलाई एउटा नयाँ वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यस चिहानमा पहिले कसैले पनि लाशलाई राखेको थिएन”
“त्यो दिन जब मानिसहरू शबाथ भनिने यहूदी विश्रामको दिनको लागि तयार हुन्थे”
यहूदीहरूको लागि, दिन चाहिँ सूर्यास्तमा सुरु हुन्थ्यो । वैकल्पिक अनुवादः “चाँडै घाम अस्ताउँदै थियो, अर्थात् विश्राम दिनको सुरुवात”
“जसले गालीलको क्षेत्रदेखि येशूसँगै यात्रा गरेका थिए”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुावदः “योसेफ र उनीसँग भएका मानिसहरूसँगै तिनीहरूको पछाडि-पछाडि हिँडे; स्त्रीहरूले चिहान अनि मानिसहरूले उहाँको शरीरलाई चिहानभित्र कसरी राखेका थिए भनेर देखे”
“ती स्त्रीहरू तिनीहरू बस्ने घरहरूतिर गए”
किनकि तिनीहरूसँग उहाँको शरीरमा सुगन्धित द्रव्य र अत्तरहरू लगाएर येशूलाई सम्मान गर्ने कुनै समय थिएन, तिनीहरूले सो कुरा हप्ताको पहिलो दिनको बिहानै गर्न गइरहेका थिए । वैकल्पिक अनुवादः “येशूको शरीरमा लाउनलाई सुगन्धित द्रव्य र अत्तरहरू तयार पारे”
“ती स्त्रीहरूले कुनै काम गरेनन्”
“यहूदी व्यवस्था अनुसार” वा “यहूदी व्यवस्थाले माग गरेअनुरूप ।” व्यवस्था अनुसार तिनीहरूले उहाँको शरीरलाई विश्रामको दिनमा तयारी गर्न मिल्दैनथ्यो ।
1 हप्ताको पहिलो दिन सबेरै आफूले तयार गरेको सुगन्धित मसला लिएर उनीहरू चिहानमा आए । 2 तिनीहरूले चिहानबाट ढुङ्गा हटाइएको भेट्टाए । 3 तिनीहरू भित्र पसे, तर प्रभु येशूको शरीरलाई भेट्टाएनन् । 4 जब तिनीहरू यस विषयमा अन्योलमा परिरहेका थिए, तुरुन्तै चम्किलोवस्त्र लगाएका दुई जना मानिस तिनीहरूको छेउमा उभिए । 5 ती स्त्रीहरू डरले भरिएर आफ्नो अनुहार भुइँतिर निहुराइरहेका थिए, तिनीहरूले स्त्रीहरूलाई भने, “किन तिमीहरूले जीवितलाई मृतकहरूका बिचमा खोज्छौ ?” 6 उहाँ यहाँ हुनुहुन्न, तर जीवित हुनुभएको छ ! उहाँ गालीलमा हुनुहुँदा तिमीहरूलाई के भन्नुभएको थियो, सो सम्झ । 7 मानिसका पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु र क्रुसमा टाँगिनु, र तेस्रो दिनमा फेरि जीवित हुन आवश्यक छ ।” 8 तब ती स्त्रीहरूले उहाँका वचनलाई सम्झे । 9 र चिहानबाट फर्के, र ती सबै कुराहरू एघार जना र अरू सबैलाई बताइदिए । 10 अब मरियम मग्दलिनी, योअन्ना, याकूबकी आमा मरियम र उनीहरूसँग अरू स्त्रीहरू पनि थिए र प्रेरितहरूलाई ती सबै कुराहरूको जानकारी गराए । 11 तर यो सन्देश प्रेरितहरूलाई बेकारको कुराजस्तो लग्यो, र तिनीहरूले स्त्रीहरूको कुरामा विश्वास गरेनन् । 12 यथापि पत्रुस उठे, र चिहानतिर दौडेर गए र निहुरेर भित्र हेर्दा सूती कपडाको पट्टीलाई देखे । तब पत्रुस आश्चर्य चकित हुँदै के भएको होला भन्दै आफ्नो घर तर्फलागे । 13 हेर, तिनीहरू दुई जना त्यही दिन इम्माउस नाउँ भएको गाउँतिर गइराखेका थिए, जुन यरूशलेमबाट साठी किलोमिटर टाढा थियो । 14 जे भएको थियो, ती सबै कुराको विषयमा तिनीहरूले एक-अर्कामा छलफल गरे । 15 तिनीहरू छलफल र एकसाथ प्रश्न गरिरहेका बेलामा येशू आफैँ तिनीहरूको नजिक आउनुभयो र तिनीहरूसँगै जानुभयो । 16 तर तिनीहरूका आँखा उहाँलाई नचिन्ने बनाइएका थिए । 17 येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू दुवै जना हिँड्दै गर्दा के को विषयमा कुरा गरिरेहेका थियौ ?” उदास भएर तिनीहरू त्यहाँ उभिए । 18 तिनीहरूमध्ये क्लेओपास नाउँ गरेका एक जनाले उहाँलाई जवाफ दिए, ”यी दिनहरूमा यरूशलेममा भएका कुराहरू थाहा नपाउने व्यक्ति के तपाईं मात्रै एक हुनुहुन्छ ?” 19 येशूले तिनीहरूलाई भन्नुभयो, “के कुराहरू ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “येशू नासरीसँग सम्बन्धित कुराहरू, जो एक अगमवक्ता हुनुहुन्थ्यो, सबै मानिसहरू र परमेश्वरको अगाडि काम र वचनमा शक्तिशाली हुनुहुन्थ्यो । 20 र कसरी मुख्य पुजारीहरू र हाम्रा शासकहरूले उहाँलाई दोष लगाएर मृत्युदण्ड दिए र उहाँलाई क्रुसमा टाँगे । 21 तर उहाँले नै इस्राएललाई स्वतन्त्र गर्नुहुने थियो भनी हामीले आशा राखेका थियौँ । र यी सबै कुराबाहेक, यी सबै कुरा हुन आएको आज तेस्रो दिन भइसक्यो । 22 तरै पनि, बिहान सबेरै उहाँको चिहानमा गएर, हाम्रो समूहका केही स्त्रीहरूले हामीलाई आश्चर्य चकित पारेका छन्, । 23 जब तिनीहरूले उहाँको शरीरलाई भेट्टाएनन्, तब यसो भन्दै तिनीहरू आए, तिनीहरूले स्वर्गदूतहरूको दर्शन पनि देखे जसले उहाँ जीवित हुनुभएको थियो भने । 24 हामीसँग भएका केही मानिसहरू चिहानमा गए, र थाहा पाए कि स्त्रीहरूले भनेजस्तै भएको थियो । तर तिनीहरूले उहाँलाई देखेनन् ।” 25 येशूले तिनीहरूलाई भन्नुभयो, “हे मूर्ख मानिसहरू र विश्वास गर्न सुस्त हृदय भएकाहरू हो, ती सबै कुराहरू अगमवक्ताहरूले बोलेका थिएनन् र ? 26 के ख्रीष्टले यी सबै कुराहरूमा दुःख कष्ट भोग्न र उसको महिमामा प्रवेश गर्न आवश्यक थिएन र ?” 27 तब मोशादेखि लिएर सबै अगमवक्ताहरूद्वारा सबै धर्मशास्त्रमा येशूको विषयमा भनिएका कुराहरू उहाँले तिनीहरूलाई व्याख्या गरिदिनुभयो । 28 तिनीहरू जुन गाउँतिर गइरहेका थिए, तिनीहरू त्यसको नजिकै पुग्न लाग्दा येशूले अझै टाढा जानेजस्तै गरी व्यवहार गर्नुभयो । 29 तर तिनीहरूले उहाँलाई यसो भन्दै कर गरे, “हामीसँगै बस्नुहोस् किनकि साँझ परिसक्यो र लगभग दिन बितिसक्यो ।” त्यसैले, येशू तिनीहरूसँगै बस्न जानुभयो । 30 जब उहाँ तिनीहरूसँग खान बस्नुभयो, तब उहाँले रोटी लिनुभयो, आशिष् माग्नुभयो र यसलाई भाँचेर तिनीहरूलाई दिनुभयो । 31 तब तिनीहरूका आँखा खुले, र तिनीहरूले उहाँलाई चिने, र उहाँ तिनीहरूका दृष्टिबाट हराउनुभयो । 32 तिनीहरूले एक अर्कोलाई भने, बाटोमा उहाँ हामीसँग बोल्नुँहुदा उहाँले हामीलाई धर्मशास्त्र खोलिदिनुहुँदा के हाम्रा हृदयभित्र जलन भइराखेको थिएन र ?” 33 त्यसै घडी तिनीहरू उठे, र यरूशलेममा फर्के । तिनीहरूले एघार जना एक आपसमा र उनीहरूसँग भएकाहरू पनि जम्मा भइराखेको भेट्टाए, 34 तिनीहरूले भने, “प्रभु जीवित हुनुभएको रहेछ, र सिमोनकहाँ देखा पर्नुभएको रहेछ ।” 35 त्यसकारण, बाटोमा जे भएको थियो, ती कुराहरू तिनीहरूले बताए र कसरी येशूले रोटी भाँच्ने बेलामा तिनीहरूलाई आफूलाई प्रकट गर्नुभयो, सो पनि बताए । 36 जसरी तिनीहरूले ती कुराहरू भन्दै थिए, येशू आफैँ तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस् ।” 37 तर तिनीहरू भयभीत भए र डरले भरिए, र हामीले एउटा आत्मा देख्यौँ भनी विचार गरे । 38 येशूले तिनीहरूलाई भन्नुभयो, “किन तिमीहरू दुःखित हुन्छौ ? किन तिमीहरूका हृदयमा प्रश्न उठाउँछौ ? 39 मेरा हात र खुट्टा हेर, त्यो म आफैँ हुँ । मलाई छोएर हेर । किनकि आत्माको मासु र हड्डी हुँदैन, जसरी तिमीले मेरो शरीरमा भएको देखेका छौ ।” 40 जब उहाँले यो भनी सक्नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हातहरू र गोडा देखाउनुभयो । 41 तर तिनीहरू खुसीले पत्यार गर्न नसकी अचम्मित भइरहेकै बेला येशूले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूसँग केही खानेकुरा छ ?” 42 तिनीहरूले उहाँलाई एउटा पकाएको माछा दिए । 43 येशूले त्यसलाई लिनुभयो, र तिनीहरूकै सामु खानुभयो । 44 उहाँले तिनीहरूलाई भन्नुभयो, “जब म तिमीहरूसँग थिएँ, मैले तिमीहरूलाई भनेको थिएँ कि मोशाको व्यवस्था, अगमवक्ताहरूको पुस्तक र भजनसङ्ग्रहको पुस्तकमा लेखिएका सबै कुराहरू पुरा हुनैपर्छ ।” 45 तब तिनीहरूले धर्मशास्त्र बुझ्न सकून् भनेर उहाँले तिनीहरूको विवेक खोली दिनुभयो । 46 उहाँले तिनीहरूलाई भन्नुभयो, “यसो लेखिएको छ, ख्रीष्टले कष्ट भोग्नु, र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नु आवश्यक छ । 47 र उहाँको नाउँमा यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई पश्चात्ताप र पाप क्षमाको बारेमा प्रचार गर्नुपर्छ । 48 तिमीहरू यी कुराहरूका साक्षी छौ । 49 हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूका लागि पठाउँछु, तर माथिबाट शक्ति प्राप्त नगरेसम्म तिमीहरू यही सहरमा पर्खेर बस ।” 50 त्यसपछि तिनीहरू बेथानी नपुगेसम्म उहाँले तिनीहरूलाई अगुवाइ गर्नुभयो । उहाँले आफ्ना हातहरू उचालेर तिनीहरूलाई आशिष् दिनुभयो । 51 त्यसपछि, जब उहाँले तिनीहरूलाई आशिष् दिँदै हुनुहुन्थ्यो, उहाँ तिनीहरूलाई छोडेर स्वर्गतिर उचालिनुभयो । 52 त्यसैले, तिनीहरूले उहाँको आराधना गरे, र बडो आनन्दसाथ यरूशलेम फर्के । 53 तिनीहरू निरन्तर परमेश्वरलाई धन्यको भन्दै मन्दिरमा रहे ।
येशू गाडिनुभएको चिहान (लूका २४:१) त्यो प्रकारको चिहान थियो जसमा धनाढय यहूदी परिवारहरूले तिनीहरूका मृतहरूलाई गाड्थे । यो चट्टानमा खोपेर बनाइएको वास्तविक कोठा थियो । त्यसको एक छेउमा फराकिलो स्थान थियो जहाँ तिनीहरूले शरीरलाई तेल र मसालाहरू लगाएर कपडाले बेह्रिसकेपछि त्यसलाई राख्न सक्थे । तिनीहरूले चिहानको अगाडि एउटा ठूलो ढुङ्गा गुडाइदिन्थे ताकि कसैले पनि भित्रपट्टि देख्न वा प्रवेश गर्न नसकोस् ।
अधिकांश लूकाका मूल पाठकहरूले स्त्रीहरूलाई पुरुषहरूभन्दा कम महत्त्वपूर्ण भएको ठानेका हुन सक्छन्, तर लूकाले होशियारीका साथ देखाउँछन् कि केही स्त्रीहरूले येशूलाई धेरै ज्यादा प्रेम गर्थे र बाह्र चेलाहरूले भन्दा बढी विश्वास गर्थे ।
लूकाले उनका पाठकहरूले यो बुझेको चाहन्छन् कि येशू भौतिक शरीरमा पुनः जीवित भएर आउनुभयो (लूका २४:३८-४३) ।
यस अध्यायमा येशूले आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ अनि
येशूले उहाँका अनुयायीहरूलाई भन्नुभयो कि उहाँ “तेस्रो दिनमा” पुनः जीवित हुनुहुने थियो (लूका १८:३३) । उहाँ शुक्रबार दिउँसो मर्नुभयो (सूर्यास्तभन्दा अगाडि) र फेरि आइतबारको दिनमा बिउँतनुभयो, त्यसैले उहाँ “तेस्रो दिनमा” पुनः जीवित हुनुभयो किनभने दिन चाहिँ सूर्यास्तमा सुरू हुन्थ्यो र अन्त हुन्थ्यो भनेर यहूदीहरू भन्थे, तिनीहरूले दिनको कुनै पनि समयलाई दिनकै रूपमा गन्थे । शुक्रबार पहिलो दिन थियो, शनिबार दोस्रो दिन थियो, र आइतबार चाहिँ तेस्रो दिन थियो ।
मत्ती, मर्कूस, लूका, र यूहन्ना सबैले येशूको चिहानमा स्त्रीहरूकहाँ सेता वस्त्रहरूमा देखा परेका स्वर्गदूतहरूको बारेमा लेखे । दुईजना लेखकहरूले तिनीहरूलाई पुरुषहरू भनेर बोलाए, तर यस्तो चाहिँ स्वर्गदूतहरू मानव रूपमा भएको कारणले गर्दा मात्र थियो । दुईजना लेखकहरूले दुई स्वर्गदूतहरूको बारेमा लेखे, तर अरू दुई लेखकहरूले तिनीहरूमध्ये केवल एकजनाको बारेमा मात्र लेखे । सबै खण्डहरूलाई ठ्याक्कै एउटै कुरा भन्न लगाउने कोसिस नगरिकन यी हरेक खण्डहरूलाई यूएलटीमा भएको जसरी नै अनुवाद गर्दा बेस हुन्छ । (हेर्नुहोस्ः मत्ती २८:१-२ अनि मर्कूस १६:५ अनि लूका २४:४ अनि यूहन्ना २०:१२)
स्त्रीहरू (लूका २३:५५) येशूको शरीरमा अत्तर घस्नको लागि चिहानमा फर्कन्छन् ।
“आइतबार झिसमिसेमा”
“स्त्रीहरू चिहानमा आइपुगे ।” यी ती स्त्रीहरू हुन् जसको बारेमा लूका २३:५५ बताइएको थियो ।
यो पहराको चट्टानमा काटिएको चिहान थियो ।
यी तिनै अत्तरहरू थिए जुन तिनीहरूले लूका २३:५६ मा तयार पारेका थिए ।
“तिनीहरूले देखे कि ढुङ्गा ... ”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि कसैले ढुङ्गा गुडाएको थियो”
चिहानभित्र पस्ने प्रवेशद्वारलाई पूर्ण रूपमा ढाक्न सक्ने गरी भएको यो एउटा ठूलो, काटिएको गोलो ढुङ्गा थियो । यसलाई गुडाउन धेरै मानिसको आवश्यकता पर्थ्यो ।
त्यो त्यहाँ नभएको कारण तिनीहरूले त्यो पाएनन् भनेर तपाईंले स्पष्टसँग व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “प्रभु येशूको शरीर त्यहाँ थिएन !”
दुई स्वर्गदूतहरू देखा पर्छन् र स्त्रीहरूसँग कुरा गर्न सुरु गर्छन् ।
यो वाक्यांशलाई यहाँ कथामा भएको एउटा महत्त्वपूर्ण घटनालाई अङ्कित गर्नको लागि प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्नुहुन्छ ।
“भयभीत भए”
“तल भुइँतिर झुकाए ।” यो अभिव्यक्तिले तिनीहरूको नम्रता र ती मानिसहरूप्रतिको तिनीहरूको समर्पणलाई जनाउँछ ।
जीवित व्यक्तिलाई चिहानमा खोजेका कारण ती मानिसहरूले ती स्त्रीहरूको मन्द किसिमले आलोचना गर्नको लागि एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूले जीवित मानिसलाई मृत मानिसहरूका बीचमा खोजिरहेका छौ !” वा “तिमीहरूले कोही जीवित मानिसलाई मृत मानिसहरू गाड्ने ठाउँमा खोज्नु हुँदैन !”
यहाँ “तिमीहरू” बहुवचन हो जसले त्यहाँ आएका स्त्रीहरूलाई जनाउँछ ।
स्वर्गदूतहरूले ती स्त्रीहरूसँग कुरा गर्न सकाउँछन् ।
“तर उहाँलाई पुनः जीवित बनाइएको छ !” यहाँ “बिउँताउनु” भनेको “पुनः जीवित हुने बनाउनु”को लागि एउटा वाक्पद्धति हो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने परमेश्वरले उहाँलाई पुनः जीवित बनाउनुभएको छ”
“ ... के ... सम्झ”
“तिमीहरू” बहुवचन हो । यसले ती स्त्रीहरू र थप अरू चेलाहरूलाई जनाउँछ ।
यो अप्रत्यक्ष उद्धरणको सुरुवात हो । यसलाई युडीबीमा जस्तै प्रत्यक्ष कथनमा पनि अनुवाद गर्न सकिन्छ ।
“ ... हुनैपर्छ” भन्ने पदावलीको अर्थ हुन्छ कि यो त्यस्तो कुरो हो जुन निश्चय नै हुनेछ किनभने परमेश्वरले यो हुनेछ भनी अगि नै निर्णय गर्नुभएको थियो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो जरुरी थियो कि तिनीहरूले मानिसको पुत्रलाई पापी मानिसहरूको हातमा सुम्पिऊन् जसले उहाँलाई क्रूसमा टाँग्ने थिए”
यहाँ “हात” ले शक्ति वा नियन्त्रणलाई जनाउँछ ।
यहूदीहरूले दिनको कुनै पनि अंशलाई एक दिनकै रूपमा गन्थे । यसैकारण, येशू बिउँताइनुभएको दिन “तेस्रो दिन” थियो किनभने त्यो उहाँको दफनको दिन र विश्रामको दिनपछि भएको थियो ।
तिनीहरूले चिहानमा के देखेका थिए भन्ने बारेमा प्रेरितहरूलाई बताउनलाई स्त्रीहरू जान्छन् ।
यहाँ “वचनहरू”ले येशूले बोल्नुभएको कथनलाई जनाउँछ । वैकल्पिक अनुवादः “येशूले भन्नुभएका कुराहरू सम्झे”
“एघार जना प्रेरितहरू र बाँकी सबै चेलाहरू जो तिनीहरूसँग थिए”
यो एघार जनाको विषयमा लूकाले गरेको पहिलो उल्लेख हो, एघार चाहिँ किनभने यहूदाले बाह्र जनालाई छोड्यो र येशूलाई धोका दियो ।
यो शब्दलाई यहाँ प्रमुख कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नको निमित्त प्रयोग गरिएको छ । यहाँ लूकाले ती केही स्त्रीहरूको नाम दिन्छन् जो चिहानबाट आए र त्यहाँ भएका कुराहरू प्रेरितहरूलाई बताए ।
“तर प्रेरितहरूले ती स्त्रीहरूले भनेका कुराहरू मूर्ख कुरा हुन् भनी ठाने”
यस वाक्यांशले पत्रुसलाई अन्य प्रेरितहरूबाट भिन्न भएको देखाउँछ । उनले स्त्रीहरूले भनेका कुरालाई इन्कार त गरेनन्, तर त्यो आफैँले हेर्नको लागि चिहानतर्फ दौडेर गए ।
यो एउटा टुक्का हो जसको अर्थ “काम गर्न सुरु गरे” भन्ने हुन्छ । पत्रुसले कार्य गर्ने निर्णय गर्दा उनी बसिरहेका थिए वा उभिरहेका थिए भन्ने कुरा महत्त्वपूर्ण छैन । वैकल्पिक अनुवादः “थाले”
। चिहानभित्र हेर्नको लागि पत्रुसले निहुरनु परेको थियो किनभने कडा चट्टानमा खोपिएका चिहानहरू धेरै होचा हुन्थे । वैकल्पिक अनुवादः “आफैँलाई कम्मरसम्म निहुराउँदै”
“सूती कपडा मात्र ।” “सूती कपडा मात्र” । यसले त्यो कपडालाई जनाउँछ जुन येशूको शरीरको वरिपरि बेह्रिएको थियो जब उहाँलाई [लूका २३:५३]
“उनको घरमा गए”
दुई चेलाहरू इम्माउसतर्फको तिनीहरूको बाटोमा छन् ।
एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्नलाई लेखकले यो शब्दको प्रयोग गर्छन् ।
“चेलाहरूमध्ये दुईजना”
“त्यसै दिन ।” यसले त्यो दिनलाई जनाउँछ जब स्त्रीहरूले चिहानलाई रित्तो भएको पाएका थिए ।
यो एउटा सहरको नाम हो ।
“एघार किलोमिटर ।” एक “स्टेडियम”मा १८५ मिटर हुन्छ ।
यो वाक्यांशलाई यहाँ क्रियाकलाप कहाँबाट सुरु हुन्छ भन्ने कुरालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । येशू तिनीहरूको छेउमा जानुभएपछि त्यो सुरु हुन्छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्नुहुन्छ ।
“आफैँ” शब्दले त्यही येशू जसको बारेमा तिनीहरूले कुरा गरिरहेका थिए उहाँ तिनीहरूकहाँ देखा पर्नुभयो भन्ने तथ्यलाई जोड दिन्छ । अहिलेसम्म ती स्त्रीहरूले स्वर्गदूतहरूलाई देखेका थिए, तर येशूलाई कसैले देखेको थिएन ।
“तिनीहरूका आँखालाई येशूलाई चिन्नबाट रोकिएको थियो ।” मानिसहरूले येशूलाई पहिचान गर्ने क्षमतालाई तिनीहरूका आँखाले उहाँलाई पहिचान गर्ने क्षमताको रूपमा बताइएको छ । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । यो बढी सम्भाव्य छ कि येशूलाई चिन्नबाट तिनीहरूलाई रोक्नुहुने चाहिँ परमेश्वरले नै हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “केही कुराले तिनीहरूलाई केही कुरा भयो त्यसैले तिनीहरूले उहाँलाई चिन्न सकेनन्” वा “उहाँलाई चिन्नबाट परमेश्वरले तिनीहरूलाई रोक्नुभयो”
“येशूले ती दुई मानिसहरूलाई भन्नुभयो”
यो एउटा मानिसको नाम हो ।
यरूशलेममा भएका कुराहरूको बारेमा यी मानिसलाई थाहा नभएको जस्तो देखिएकोमा आफ्नो आश्चर्यलाई व्यक्त गर्न क्लेओपासले यो प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “ ... दिनहरूमा ... तपाईं मात्र एउटा व्यक्ति हुनुपर्छ”
यहाँ “तपाईं” एकवचनमा छ ।
“के कुराहरू भएका छन् ?” वा “के-के घटनाहरू घटेका छन् ?”
यसको अर्थ हुन्छ कि परमेश्वरले येशूलाई शक्तिशाली हुन लगाउनुभयो र मानिसहरूले देखे कि उहाँ शक्तिशाली हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “एकजना अगमवक्ता जसलाई परमेश्वरले महान् कुराहरू गर्न र सिकाउनलाई शक्ति दिनुभयो जुन सारा मानिसहरूको लागि चकित पार्ने किसिमका थिए”
“उहाँलाई सुम्पिए”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बडाहाकिमले येशूलाई क्रूसमा टँगाउन लगाएर उहाँलाई मृत्युदण्ड दिनलाई”
ती दुई मानिसहरूले येशूलाई प्रतिक्रिया जनाउन निरन्तरता दिन्छन् ।
रोमीहरूले यहूदीहरूमाथि शासन गर्थे । वैकल्पिक अनुवादः “जसले इस्राएललाई हामीहरूका शत्रु रोमीहरूबाट स्वतन्त्र पार्नुहुने थियो”
येशूले इस्राएललाई स्वतन्त्र पार्नुहुने थिएन भनेर तिनीहरूले किन ठाने भन्ने विषयमा यसले अर्को कारणलाई परिचय गराउँछ । वैकल्पिक अनुवादः “अब त्यो सम्भव देखिँदैन किनभने”
यहूदीहरूले दिनको कुनै पनि अंशलाई एक दिनकै रूपमा गन्थे । यसैकारण, येशू बिउँताइनुभएको दिन “तेस्रो दिन” थियो किनभने त्यो उहाँको दफनको दिन र विश्रामको दिनपछि भएको थियो । तपाईंले यसलाई [लूका २४:७]
“येशूको मृत्यु हुन डोहोर्याउने ती सबै थुप्रै क्रियाकलापहरू भएदखि”
ती दुई मानिसहरूले येशूलाई जवाफ दिन सकाउँछन् ।
येशूको विषयमा भएका कुराहरू ती मानिसहरूले किन बुझेनन् भन्ने विषयमा यसले अर्को कारणलाई परिचय गराउँछ ।
“हाम्रो समूहमा”
यो स्त्रीहरू नै थिए जो चिहानमा गएका थिए ।
“स्वर्गदूतहरूलाई एउटा दर्शनमा”
“तिनीहरूले येशूलाई देखेनन्”
येशू ती दुई चेलाहरूसँग कुरा गरिरहनुभएको छ ।
यहाँ “हृदय” भनेको व्यक्तिको दिमागको लागि प्रतिस्थापान शब्द हो । वैकल्पिक अनुवादः “विश्वास गर्नलाई तिमीहरूका मन सुस्त छन्” वा “तिमीहरू विश्वास गर्नमा ढिला छौ”
अगमवक्ताहरूले भनेका कुराहरूको बारेमा चेलाहरूलाई सम्झना दिलाउनको लागि येशूले एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “ ... महिमामा ... आवश्यक थियो ।”
यसले येशूले शासन गर्न सुरु गर्नुहुने र उहाँले आदर र महिमा पाउनुहुने कुरालाई जनाउँछ ।
मोशाले बाइबलको पहिला पुस्तकहरू लेखे । वैकल्पिक अनुवादः “मोशाका लेखहरूदेखि सुरु गरेर”
“येशूले तिनीहरूलाई व्याख्या गरिदिनुभयो”
ती दुई मानिसले उहाँका क्रियाकलापहरूबाट बुझे कि उहाँ अर्को गन्यव्यतिर जाँदै हुनुहुन्थ्यो । शायद तिनीहरू गाउँको प्रवेशद्वारमा पस्नलाई मोडिँदा पनि उहाँ बाटोमा अगाडि हिँडिरहनुभयो । येशूले तिनीहरूलाई शब्दहरूद्वारा छल्नुभयो भन्ने कुराको कुनै सङ्केत छैन ।
तिनीहरूले उहाँलाई के गर्न कर लगाए भन्ने विषयमा तपाईंले स्पष्ट बनाउनुपर्ने हुन सक्छ । तिनीहरूले उहाँको विचार बदल्न सक्नभन्दा अगाडि तिनीहरूले उहाँसँग लामो समय कुरा गरिरहनुपर्यो भनेर देखाउनको लागि यो सम्भवतः एउटा अतिशयोक्ति हो । “कर लगाउनु”ले शारीरिक बलको प्रयोग गर्नु भन्ने अर्थ दिन्छ, तर यस्तो देखिन्छ कि तिनीहरूले उहाँलाई बोलेकै भरले मात्रै मनाए । वैकल्पिक अनुवादः “तिनीहरूले उहाँलाई बस्नलाई मनाउन सके”
यहूदी दिन सूर्यास्तमा अन्त हुन्थ्यो ।
“येशू घर भित्र पस्नुभयो”
“दुई चेलाहरूसँग बस्न”
यस वाक्यांशलाई यहाँ कथामा भएको एउटा महत्त्वपूर्ण घटनालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्नुहुन्छ ।
यसले खमिरविना तयार पारिएको रोटीलाई जनाउँछ । यसले सामान्य खानेकुरालाई जनाउँदैन ।
“त्यसको लागि धन्यवाद दिनुभयो” वा “त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो”
तिनीहरूका “आँखाहरू”ले तिनीहरूको बुझाइलाई प्रतिनिधित्व गर्छ । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तब तिनीहरूले बुझे” वा “तब तिनीहरूले चाल पाए”
“तिनीहरूले उहाँलाई चिने ।” यी चेलाहरूले उहाँलाई उहाँको मृत्युपूर्व नै चिनेका थिए ।
यसको तात्पर्य हुन्छ कि उहाँ अचानक त्यहाँ हुनुहुन्नथ्यो । यसको मतलब उहाँ अदृश्य हुनुभयो भनेको होइन ।
येशूसँगको तिनीहरूको भेटघाटको बारेमा तिनीहरू कति अचम्मित भएका थिए भन्ने बारेमा जोड दिनको लागि तिनीहरूले एउटा प्रश्नको प्रयोग गर्छन् । तिनीहरूले येशूसँग कुरा गरिरहँदा तिनीहरूलाई आएको तीव्र भावनाहरूलाई यसरी बताइएको छ मानौँ ती तिनीहरूभित्र बलिरहेको आगो थिए । वैकल्पिक अनुवादः “ ... धर्मशास्त्र ... हाम्रा हृदय हामीभित्र प्रज्वलित भइरहेको थियो ।”
येशूले कुनै पुस्तक वा चर्मपत्र खोल्नुभएन । “खोल्नुभयो”ले तिनीहरूको बुझाइलाई जनाउँछ । वैकल्पिक अनुवादः “जब उहाँले हामीलाई धर्माशास्त्र व्याख्या गर्नुभयो” वा “जब उहाँले हामीलाई धर्मशास्त्र बुझ्नलाई सक्षम तुल्याउनुभयो”
ती दुई मानिसहरू एघार चेलाहरूलाई येशूको बारेमा बताउनको लागि यरूशलेममा तिनीहरूकहाँ जान्छन् ।
“तिनीहरू”ले ती दुई जना मानिसहरूलाई जनाउँछ ।
“उभिए” वा “खडा भए”
यसले येशूका प्रेरितहरूलाई जनाउँछ । यहूदालाई अब तिनीहरूसँग समावेश गरिएको थिएन ।
“र ती मानिसहरूले ती दुई मानिसहरूलाई बताए”
“तब ती दुई मानिसहरूले तिनीहरूलाई बताए”
यसले तिनीहरू इम्माउस गाउँको बाटोमा जाँदै गर्दा तिनीहरूकहाँ येशू देखा पर्नुभएको कुरालाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले येशूलाई कसरी चिने”
“जब येशूले रोटी भाँच्नुभयो” वा “जब येशूले रोटीलाई टुक्रा पार्नुभयो”
येशू चेलाहरूकहाँ देखा पर्नुहुन्छ । जब ती दुई मानिसहरू एघारजना भएका घरमा आइपुगेका थिए, येशू तिनीहरूसँग त्यहाँ हुनुहुन्थेन ।
“आफैँ” शब्दले येशू र वास्तवमै येशू तिनीहरूकहाँ देखा पर्नुभएको कुराको आश्चर्यलाई जोड दिन्छ । धेरैजसोले उहाँको पुनरुत्थानपछि उहाँलाई देखेका थिएनन् ।
“तिनीहरूका माझमा”
“तिमीहरूलाई शान्ति होस्” वा “परमेश्वरले तिमीहरूलाई शान्ति दिऊन् !” “तिमी” शब्द बहुवचन हो ।
“तर” शब्दले एउटा ठूलो भिन्नतालाई सङ्केत गर्छ । येशूले तिनीहरूलाई शान्तिमा हुनलाई भन्नुभयो, तर त्यसको साटोमा तिनीहरू धेरै डराएका थिए ।
“अचम्मित र डराएका ।” यी दुई वाक्यांशहरूले एउटै कुराको अर्थ दिन्छ, र तिनीहरूको डरलाई जोड दिनको लागि एकसाथ प्रयोग गरिएको छ ।
“तिनीहरूले प्रेतलाई देखिरहेका थिए भनेर सोचे ।” येशू वास्तवमै जीवित हुनुभएको थियो भनी तिनीहरूले साँचो रूपमा अझै बुझेनन् ।
यहाँ यसले मरेको व्यक्तिको आत्मालाई जनाउँछ ।
येशूले तिनीहरूलाई सान्त्वना दिन एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “भयभीत नहोओ ।”
येशूले तिनीहरूलाई नरम लवजमा हप्काउन एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । येशूले तिनीहरूलाई उहाँ जीवित हुनुहुन्थ्यो भन्ने कुरामा शङ्का नगर्न भनिरहनुभएको थियो । “हृदय” शब्द व्यक्तिको दिमागको लागि प्रतिस्थापान शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरूको मनमा शङ्का गर्न छोड !” वा “शङ्का गरिरहन छोड !”
उहाँ प्रेत हुनुहुन्न भनेर छुवाइबाट पक्का गर्नको लागि येशूले तिनीहरूलाई भन्नुहुन्छ । यी दुई वाक्यहरूलाई जोडेर तिनीहरूको क्रमलाई पुनः मिलाउँदा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “मलाई छोओ र महसुस गर कि मसँग मासु र हाडहरू छन् जुन भूतसँग हुँदैनन्”
यो भौतिक शरीरलाई जनाउने एउटा तरिका हो ।
यो बुझिएको छ कि उहाँका हातहरू र पाउहरूमा उहाँको क्रूसको मरणबाटको काँटीका निसानहरू रहेका थिए र जसले उहाँ साँच्चै येशू हुनुहुन्थ्यो भनेर प्रमाणित गर्ने थियो । यसलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “उहाँका हातहरू र पाउहरूमा भएका चोटहरू”
“तिनीहरू यति आनन्दले भरिएका थिए कि यो वास्तवमै सत्य थियो भनेर तिनीहरूले अझै विश्वास गर्न सकेनन्”
येशूले उहाँसँग भौतिक शरीर थियो भनेर प्रमाणित गर्नको लागि यसो गर्नुभयो । आत्माहरूले खानेकुरा खान सक्ने थिएनन् ।
“तिनीहरूको अगाडि” वा “जब तिनीहरूले हेरिरहेका थिए”
“जब म पहिले तिमीहरूसँग थिएँ”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “... भजनका ... लेखेका सबै कुराहरू परमेश्वरले पूरा गर्नुहुने थियो” वा वैकल्पिक अनुवादः “... भजनका ... लेखेका सबै कुराहरू परमेश्वरले हुन लगाउनुहुने थियो”
“मोशाको व्यवस्था”, “अगमवक्ताहरू”, र “भजनहरू” जस्ता शब्दहरू भनेको हिब्रू बाइबलका खण्डहरूका लागि उचित नाउँहरू हुन् । यसलाई कर्तृ वाच्यमा र साधारण नामपदहरूको प्रयोग गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरो बारेमा भएका ती सबै कुराहरू जुन मोशाले लेखे, ती सबै कुराहरू जुन अगमवक्ताहरूले लेखे, र ती सबै कुराहरू भजनका लेखकहरूले लेखे”
“समझ खोल्नु” भनेको एउटा वाक्पद्धति हो जसको अर्थ कसैलाई बुझ्नलाई सक्षम तुल्याउनु हुन्छ । वैकल्पिक अनुवादः “तब उहाँले तिनीहरूलाई धर्मशास्त्र बुझ्नलाई सक्षम तुल्याउनुभयो”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले लामो समयअगि यस्तो लेखे”
यस पदमा, “बिउँतनु” भनेको पुनः जीवित भएर आउनु हो । “मृतकहरूबाट” शब्दले तल्लो संसारमा (पातालमा) भएका सबै मरेका मानिसहरूको विषयमा समग्रमा बताउँछ ।
यहूदीहरूले दिनको कुनै पनि अंशलाई एक दिनकै रूपमा गन्थे । यसैकारण, येशू बिउँताइनुभएको दिन “तेस्रो दिन” थियो किनभने त्यो उहाँको दफनको दिन र विश्रामको दिनपछि भएको थियो । तपाईंले यसलाई [लूका २४:७]
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ख्रीष्टका अनुयायीहरूले सबै जातिहरूमा भएका मानिसहरूलाई प्रचार गर्नुपर्छ कि तिनीहरूले पश्चात्ताप गर्न जरुरी छ र तिनीहरूको पापहरूलाई येशूद्वारा क्षमा गर्नको लागि तिनीहरूलाई परमेश्वरको खाँचो छ”
उहाँको “नाम”ले उहाँको अधिकारलाई जनाउँछ । वैकल्पिक अनुवादः “ख्रीष्टको अधिकारद्वारा”
“सबै जातिय समुदायहरू” वा “सबै मानिस समूहहरू”
“यरूशलेमबाट थालनी गरेर”
येशू उहाँका चेलाहरूसँग कुरा गरिरहनुहुन्छ ।
“तिमीहरूले मेरो बारेमा देखेका कुराहरू सत्य हो भनी अरूहरूलाई बताउनुपर्छ ।” चेलाहरूले येशूको जीवन, मृत्यु र पुनरुत्थान देखेका थिए र उहाँले के गर्नुभयो भनी तिनीहरूले अरू मानिसहरूलाई वर्णन गर्न सक्थे ।
“मेरा पिताले तिमीहरूलाई जे दिने प्रतिज्ञा गर्नुभएको थियो, सो म तिमीहरूलाई दिनेछु ।” परमेश्वरले पवित्र आत्मा दिने प्रतिज्ञा गर्नुभएको थियो । यूएसटीले यसलाई स्पष्ट बनाउँछ ।
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।
तिनीहरूलाई परमेश्वरको शक्तिले कुनै व्यक्तिलाई लुगाले ढाके झैँ गरी ढाक्नेछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले शक्ति प्राप्त ... ”
“माथिबाट” वा “परमेश्वरबाट”
“येशूले चेलाहरूलाई सहर बाहिर लानुभयो”
यो पूजाहारीहरूले मानिसहरूलाई आशिष् दिने बेलामा गर्ने कार्य थियो ।
“यस्तो हुन आयो ।” यसले कथामा एउटा नयाँ घटनालाई परिचय गराउँछ ।
“जब परमेश्वरले तिनीहरूलाई भलो गरिदिनुहुनको लागि येशूले मागिरहनुभएको थियो”
किनकि येशूलाई कसले माथि उचाल्यो भनेर लूकाले निर्दिष्ट जानकारी दिँदैनन्, हामी जान्दैनौँ कि यो परमेश्वर आफैँ हुनुहुन्थ्यो वा एक वा बढी स्वर्गदूतहरू थिए । यदि तपाईंको भाषामा उचाल्ने काम कसले गरेको हो भनेर बताउन जरुरी छ भने, यूएसटीले गरेको झैँ त्यसको साटोमा “जानुभयो” शब्दलाई प्रयोग गर्न बेस हुनेछ ।
यी पदहरूले हामीलाई कथा अन्त हुँदैगर्दा चेलाहरूले पछि गरिरहने कार्यहरूको बारेमा बताउँछन् ।
“चेलाहरूले येशूको आराधना गरे”
“र त्यसपछि फर्के”
तिनीहरू हरेक दिन मन्दिरको चोकमा गए भन्ने कुरालाई व्यक्त गर्नको लागि यो एउटा अतिशयोक्ति हो ।
केवल पूरोहितहरूलाई मात्र मन्दिरको भवनभित्र प्रवेश अनुमति थियो । वैकल्पिक अनुवादः “मन्दिरको चोकमा”
“परमेश्वरको प्रशंसा गर्दै”
यूहन्नाको सुसमाचार नयाँ करारमा भएका चार पुस्तकहरूमध्येको एक हो जसले येशू ख्रीष्टको जीवनको केही भागलाई वर्णन गर्छ । सुसमाचारका लेखकहरूले येशू को हुनुहुन्थ्यो र उहाँले के गर्नुभयो भन्ने कुराको विभिन्न पक्षहरूका बारेमा लेखे । यूहन्नाले भने कि उनले उनको सुसमाचार लेखे “ताकि मानिसहरूले विश्वास गरून् कि येशू नै ख्रीष्ट, जीवित परमेश्वरको पुत्र हुनुहुन्छ” (२०:३१) ।
यूहन्नाको सुसमाचार अरू तीन सुसमाचारहरूबाट धेरै भिन्न छ । यूहन्नाले अरू लेखकहरूले तिनीहरूका सुसमाचारहरूमा उल्लेख गरेका केही शिक्षाहरू र घटनाहरू समावेश गर्दैनन् । साथै, यूहन्नाले अरू सुसमाचारहरूमा नभएका केही शिक्षाहरू र घटनाहरूका बारेमा लेखे ।
येशूले जे भन्नुभयो सो सत्य थियो भनी प्रमाणित गर्न येशूले गर्नुभएका चिन्हहरूका बारेमा यूहन्नाले धेरै लेखे ।
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक, “यूहन्नाको सुसमाचार” वा “यूहन्नाले बताएका सुसमाचार” भनेर बोलाउन रोज्न सक्छन् । अथवा तिनीहरूले बढी स्पष्ट हुने किसिमको शीर्षक रोज्न सक्छन्, जस्तै, “येशूको बारेमा भएको सुसमाचार जुन यूहन्नाले लेखे”
यस पुस्तकले लेखकको नाम दिँदैन । तापनि, ख्रीष्टिएन समयको सुरुदेखि, अधिकांश ख्रीष्टिएनहरूले प्रेरित यूहन्ना नै लेखक थिए भनेर सोचेका छन् ।
यूहन्नाले येशूको अन्तिम हप्ताको बारेमा धेरै लेखे । उनका पाठकहरूले येशूको अन्तिम हप्ता र क्रूसमा भएको उहाँको मृत्युको बारेमा गहिरिएर सोचेको उनी चाहन्थे । उनी मानिसहरूले यो बुझेको चाहन्थे कि येशू स्वइच्छाले क्रूसमा मर्नुभयो ताकि परमेश्वरले तिनीहरूलाई उहाँको विरुद्धमा पाप गरेको लागि क्षमा दिन सक्नुभएको होस् ।
यूहन्नाले धेरैपटक “रहनु”, “बस्नु”, र “वास गर्नु” जस्ता शब्दहरूलाई अलङ्कारहरूको रूपमा प्रयोग गरे । कुनै विश्वासी येशूप्रति अझ विश्वासयोग्य हुने र त्यस विश्वासीले येशूलाई अझ राम्ररी चिन्ने कुरालाई यूहन्नाले येशूको वचन त्यस विश्वासीमा “रहेको” भने जसरी बताए । साथै, यूहन्नाले कोही व्यक्ति कोही अन्य व्यक्तिसँग आत्मिक रूपमा जोडिने कुरालाई त्यो व्यक्ति अर्को व्यक्तिमा “रहेको” भने जसरी बताए । ख्रीष्टिएनहरू ख्रीष्टमा र परमेश्वरमा “रहन्छन्” भनी भनिन्छ । पिता पुत्रमा “रहनुहुन्छ” र पुत्र पितामा “रहनुहुन्छ” भनी भनिन्छ । पुत्र विश्वासीहरूमा “रहनुहुन्छ” भनी बताइएको छ । पवित्र आत्मा विश्वासीहरूमा “रहनुहुन्छ” भनी भनिन्छ ।
धेरै अनुवादकहरूले यी अवधारणाहरूलाई तिनीहरूका भाषाहरूमा ठ्याक्कै त्यही तरिकामा प्रस्तुत गर्न असम्भव भएको पाउनेछन् । उदाहरणको लागि, जब उहाँले भन्नुभयो, “जसले मेरो देह खान्छ र मेरो रगत पिउँछ, त्यो ममा रहन्छ, र म त्यसमा रहन्छु” (यूहन्ना ६:५६), कुनै ख्रीष्टिएन येशूसँग आत्मिक रूपले एकैसाथ हुने अवधारणालाई उनले व्यक्त गर्न चाहे । यूएसटीले “मसँग जोडिनेछ, र म उससँग जोडिनेछु” भन्ने अवधारणालाई प्रयोग गर्छ । तर अनुवादकहरूले यस अवधारणालाई व्यक्त गर्न अन्य तरिकाहरू खोज्नेपर्ने हुन सक्छ ।
“यदि मेरा वचनहरू तिमीहरूमा रहे भने” (यूहन्ना १५:७) भन्ने पाठ्यांशमा, यूएसटीले यो अवधारणालाई यसरी व्यक्त गर्छ, “यदि तिमीहरू मेरो सन्देशद्वारा जियौ भने” अनुवादकहरूले यो अनुवादलाई नमुनाको रूपमा प्रयोग गर्न सम्भव भएको पाउन सक्छन् ।
बाइबलका पूराना संस्करणहरूमा पाइने निम्न पदहरू अधिकांश नयाँ संस्करणहरूमा समावेश गरिएका छैनन् । अनुवादकहरूलाई यी पदहरू अनुवाद नगर्नलाई सुझाव दिइन्छ । तापनि, यदि अनुवादकको क्षेत्रमा, यी पदहरूलाई उल्लेख गर्ने बाइबलका पूराना संस्करणहरू छन् भने, अनुवादकहरूले तिनीहरूलाई समावेश गर्न सक्छन् । तिनीहरूको अनुवाद गरिएको खण्डमा, तिनीहरू यूहन्नाको सुसमाचारमा भएका मौलिक कुराहरू थिएनन् भनी सङ्केत गर्नको लागि, तिनीहरूलाई ठूला कोष्ठकहरूमा([]) राखिनुपर्छ ।
निम्न खण्ड अधिकांश पूराना र नयाँ संस्करणहरूमा समावेश गरिएका छन् । तर यो बाइबलको सुरुका प्रतिलिपीहरूमा छैनन् । अनुवादकहरूलाई यो पाठ्यांशलाई अनुवाद गर्नको लागि सुझाव दिइन्छ । तिनीहरू यूहन्नाको सुसमाचारमा भएका मौलिक कुराहरू थिएनन् भनी सङ्केत गर्नको लागि, तिनीहरूलाई ठूला कोष्ठकहरूमा([]) राखिनुपर्छ ।
1 सुरुमा वचन हुनुहुन्थ्यो । वचन परमेश्वरसँग हुनुहुन्थ्यो । अनि वचन नै परमेश्वर हुनुहुन्थ्यो । 2 उहाँ सुरुदेखि नै परमेश्वरसँग हुनुहुन्थ्यो । 3 सबै थोकहरू उहाँद्वारा बनिए, र बनिएको कुनै पनि थोक उहाँविना बनिएन । 4 उहाँमा जीवन थियो, अनि त्यो जीवन सबै मानिसहरूका लागि ज्योति थियो । 5 ज्योति अन्धकारमा चम्किन्छ, अनि अन्धकारले यसलाई जितेन । 6 परमेश्वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्ना थियो । 7 उहाँद्वारा सबैले विश्वास गरून् भनेर उहाँ ज्योतिको बारेमा गवाही दिन साक्षीको रूपमा आउनुभयो । 8 यूहन्ना ज्योति थिएनन्, तर ज्योतिको बारेमा गवाही दिन भनेर उनी आए । 9 उहाँ सबै मानिसहरूलाई ज्योति दिनुहुने र संसारमा आउनुहुने सत्य ज्योति हुनुहुन्थ्यो । 10 उहाँ संसारमा हुनुहुन्थ्यो र संसार उहाँद्वारा नै बनियो, तर संसारले उहाँलाई चिनेन । 11 उहाँ आफ्नैहरूकहाँ आउनुभयो, तर उहाँलाई आफ्नैहरूले स्वीकार गरेनन् । 12 तर जतिले उहाँलाई स्वीकार गरे अर्थात् उहाँको नाउँमा विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरका सन्तानहरू हुने अधिकार दिनुभयो । 13 यिनीहरू न रगतले, न शारीरिक इच्छाअनुसार, न मानिसको इच्छाअनुसार नै जन्मेका थिए, तर परमेश्वरबाट जन्मेका थिए । 14 अनि वचन देहधारी हुनुभयो र हाम्रा बिचमा बास गर्नुभयो । हामीले पिताबाट आउनुभएका एक मात्रको जस्तो अर्थात् अनुग्रह र सत्यताले पूर्ण महिमा देख्यौँ । 15 यूहन्नाले उहाँको बारेमा गवाही दिए, र ठुलो सोरले यसो भने, “मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ, किनकि उहाँ मभन्दा अगिदेखि नै हुनुहुन्छ भनी मैले भनेको व्यक्ति उहाँ नै हुनुहुन्छ ।” 16 किनकि उहाँको पूर्णताबाट हामी सबैले अनुग्रहमाथि अनुग्रह पाएका छौँ । 17 किनकि व्यवस्था मोशाद्वारा दिइयो । अनुग्रह र सत्यता येशू ख्रीष्टद्वारा आयो । 18 कसैले पनि परमेश्वरलाई कहिल्यै देखेको छैन । पिताको छातीमा अडेस लाग्नुहुने एक मात्र परमेश्वरले उहाँलाई चिनाउनुभएको छ । 19 यहूदीहरूले यरूशलेमबाट पुजारीहरू र लेवीहरूलाई “तिमी को हौ ?” भनी सोध्न पठाउँदा यूहन्नाको गवाही यही हो । 20 उनले खुला भएर भने, र इन्कार गरेनन्, तर जवाफ दिए, “म ख्रीष्ट होइनँ ।” 21 त्यसकारण, तिनीहरूले उनलाई भने, “त्यसो भए तिमी को हौ त ? के तिमी एलिया हौ ?” उनले भने, “होइनँ ।” तिनीहरूले भने, “के तिमी अगमवक्ता हौ ?” उनले जवाफ दिए, “होइनँ ।” 22 तब तिनीहरूले उनलाई भने, “तिमी को हौ, ताकि हामीलाई पठाउनेहरूलाई हामीले जवाफ दिन सकौँ ? तिमी आफ्नै बारेमा के भन्छौ ?” 23 उनले भने, “म मरुभूमिमा कराइरहेको एउटा आवाज हुँ । ‘परमप्रभुको निम्ति बाटो सोझो बनाओ’ जस्तो यशैया अगमवक्ताले भने ।” 24 ती पठाइएकाहरू फरिसीहरूबाटका थिए । 25 तिनीहरूले उनलाई सोधे र भने, “तिमी न ख्रीष्ट, न एलिया, न अगमवक्ता नै हौ भने किन बप्तिस्मा दिन्छौ ?” 26 अनि यूहन्नाले तिनीहरूलाई यसो भनेर जवाफ दिए, “म पानीले बप्तिस्मा दिन्छु । तर तिमीहरूका माझमा तिमीहरूले नचिनेको कोही खडा हुनुहुन्छ, 27 उहाँ जो मपछि आउनुहुन्छ, म उहाँको जुत्ताको फित्ता खोल्न लायकको छैनँ ।” 28 यर्दनको पारिपट्टि बेथानियामा यी कुराहरू गरिएका थिए, जहाँ यूहन्नाले बप्तिस्मा दिइरहेका थिए । 29 अर्को दिन यूहन्नाले येशू आफूकहाँ आइरहनुभएको देखे र भने, “हेर, संसारको पाप उठाइलानुहुने परमेश्वरका थुमा ! 30 मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ, किनकि उहाँ मभन्दा अगिदेखि नै हुनुहुन्छ भनी मैले भनेको उहाँ नै हुनुहुन्छ । 31 म उहाँलाई चिन्दिनथेँ, तर उहाँलाई इस्राएलीहरूप्रति प्रकट गराउन सकियोस् भनी म पानीले बप्तिस्मा दिँदै आएँ ।” 32 यूहन्नाले यसरी गवाही दिए, “मैले पवित्र आत्मा स्वर्गबाट ढुकुरझैँ ओर्लिरहनुभएको र उहाँमाथि बस्नुभएको देखेँ । 33 मैले उहाँलाई चिन्दिनथेँ, तर पानीमा बप्तिस्मा दिन पठाउनुहुनेले मलाई भन्नुभयो, ‘तिमीले जसमाथि पवित्र आत्मा ओर्लिरहनुभएको र उहाँमाथि रहनुभएको देख्छौ, पवित्र आत्माले बप्तिस्मा दिनुहुने उहाँले नै हुनुहुन्छ ।’ 34 मैले देखेको, र उहाँ नै परमेश्वरका पुत्र हुनुहुन्छ भनेर गवाही दिएको छु ।” 35 फेरि अर्को दिन यूहन्ना आफ्ना दुई जना चेलासँग उभिरहँदा, 36 तिनीहरूले येशू त्यही बाटो भएर हिँडिरहनुभएको देखे, र यूहन्नाले भने, “हेर, परमेश्वरका थुमा !” 37 यी दुई चेलाले यूहन्नाले यसो भनेका सुने, र तिनीहरूले येशूलाई पछ्याए । 38 तब येशूले तिनीहरूले उहाँलाई पछ्याइरहेका देख्नुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू के चाहन्छौ ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “रब्बी (जसको अर्थ हो, गुरु), तपाईं कहाँ बस्दै हुनुहुन्छ ?” 39 उहाँले तिनीहरूलाई भन्नुभयो, “आऊ अनि देख्छौ ।” तब उनीहरू आए र उहाँ कहाँ बसिरहनुभएको थियो भनी देखे । त्यस दिन तिनीहरू उहाँसँगै बसे, किनभने दसौँ पहर हुन लागेको थियो । 40 यूहन्नाले भनेको सुन्ने र येशूलाई पछ्याउनेहरू यी दुई जनामध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियास थिए । 41 अन्द्रियासले आफ्ना भाइ सिमोनलाई भेट्टाएर भने, “हामीले मसीह (जसलाई ख्रीष्ट भनिन्छ) लाई भेट्टाएका छौँ ।” 42 उनले आफ्ना भाइलाई येशूकहाँ ल्याए । अनि येशूले उनलाई हेर्नुभयो र भन्नुभयो, “तिमी यूहन्नाका छोरा सिमोन हौ । तिमीलाई केफास (जसको अर्थ पत्रुस हो ) भनिनेछ । 43 अर्को दिन जब येशू गालीलतिर जान त्यस ठाउँलाई छोड्न चाहनुभयो, उहाँले फिलिपलाई भेट्नुभयो र उनलाई भन्नुभयो, “मलाई पछ्याऊ ।” 44 फिलिप बेथसेदाका थिए जुन अन्द्रियास र पत्रुसको सहर थियो । 45 फिलिपले नथानेललाई भेटे र उनलाई भने, “मोशाको व्यवस्थामा र अगमवक्ताहरूले लेखेका अर्थात् नासरतका योसेफका छोरो येशूलाई हामीले भेट्टाएका छौँ ।” 46 नथानेलले उनलाई भने, “के नासरतबाट कुनै असल कुरा आउन सक्छ र ?” फिलिपले उनलाई भने, “आएर हेर !” 47 येशूले नथानेललाई आफूकहाँ आइरहेको देख्नुभयो र उनलाई उनको बारेमा भन्नुभयो, “हेर, कुनै छल नभएका एक इस्राएली !” 48 नथानेलले उहाँलाई भने, “तपाईं मलाई कसरी चिन्नुहुन्छ ?” येशूले उनलाई जवाफ दिनुभयो र भन्नुभयो, “फिलिपले बोलाउनुभन्दा पहिले तिमी नेभाराको रुखमुनि हुँदा नै मैले तिमीलाई देखेँ ।” 49 नथानेलले जवाफ दिए, “रब्बी, तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ ! तपाईं इस्राएलका राजा हुनुहुन्छ !” 50 येशूले तिनलाई जवाफ दिनुभयो र भन्नुभयो, “‘मैले तिमीलाई नेभाराको रुखमुनि देखेँ भनेको कारण, के तिमी मलाई विश्वास गर्छौ ? तिमीले योभन्दा ठुला-ठुला कुराहरू देख्नेछौ ।” 51 येशूले भन्नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, “तिमीहरूले स्वर्ग उघ्रिएको, अनि परमेश्वरका स्वर्गदूतहरू मानिसका पुत्रमाथि ओर्लिरहेका र उक्लिरहेका देख्नेछौ ।”
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई बाँकीको पाठ्यखण्डलाई भन्दा दायाँतर्फ राख्छन् । यूएलटीले १:२३ मा भएको कवितासँग यसो गर्छ, जुन पूरानो करारबाटका शब्दहरू हुन् ।
यूहन्नाले येशूलाई जनाउन “वचन” भन्ने पदावलीको प्रयोग गर्छन् (यूहन्ना १:१, १४) । सारा मानिसहरूलाई परमेश्वरको सबैभन्दा महत्त्वपूर्ण सन्देश भनेको येशू हुनुहुन्छ, जससँग एउटा भौतिक शरीर छ ।
बाइबलले धेरैपटक अधर्मी मानिसहरू, ती मानिसहरू जसले परमेश्वरलाई खुशी बनाउने कुराहरू गर्दैनन्, तिनीहरूलाई अन्धकारमा रुमल्लिरहेको भए जसरी कुरा गर्छ । यसले ज्योतिको बारेमा त्यसरी कुरा गर्छ मानौँ यो नै त्यो चीज हो जसले ती मानिसहरूलाई धर्मी बन्न, तिनीहरूले के गल्ती गरिरहेका छन् भनेर बुझ्न र परमेश्वरको आज्ञापालन गर्न थाल्नको लागि सामर्थी बनाउँछ ।
जब मानिसहरूले येशूमा विश्वास गर्छन्, तिनीहरू “क्रोधका सन्तान” हुनेबाट “परमेश्वरका सन्तान” हुने कुरामा जान्छन् । तिनीहरूलाई “परमेश्वरको परिवारमा” अपनाइन्छ । यो एउटा महत्त्वपूर्ण चित्रण हो जुन नयाँ करारमा खोलिनेछ ।
यूहन्नाले पाठकलाई उनले असल र खराबको बारेमा र परमेश्वरले मानिसहरूलाई येशूद्वारा के बताउन चाहनुहुन्छ भन्ने बारेमा धेरै भन्दा धेरै लेखिरहेका हुनेछन् भनेर बताउन ज्योति र अन्धकार अनि वचनको अलङ्कारहरूलाई प्रयोग गर्छन् ।
केही भाषाहरू र संस्कृतिहरूले संसारलाई त्यो सधैँ अस्तित्वमा भइरहेको र मानौँ त्यसको कुनै सुरुवात नै नभएको जसरी कुरा गर्छन् । तर “निकै लामो समय अगाडि” भन्ने कुरा “आदिमा” भन्ने कुराबाट फरक छ, र तपाईंको अनुवादले त्यस कुरालाई ठीक तरिकाले प्रवाह गर्छ भन्ने कुरामा तपाईं निश्चित हुन जरुरी छ ।
येशूले आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ अनि
यसले परमेश्वरले स्वर्ग र पृथ्वी सृजनुभन्दा धेरै अगिको समयलाई जनाउँछ ।
यसले येशूलाई जनाउँछ । सम्भव भएसम्म “वचन” भनेर नै अनुवाद गर्नुहोस् । यदि तपार्इंको भाषामा “वचन” शब्दले स्त्रीलाई जनाउँछ भने यसलाई “उहाँ जसलाई वचन भनिन्छ” भनेर अनुवाद गर्न सकिन्छ ।
यसलाई सक्रिय क्रियापदसँग अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले सबै थोक उहाँद्वारा बनाउनुभयो”
यसलाई सक्रिय क्रियापदसँग अनुवाद गर्न सकिन्छ । यदि तपाईंको भाषाले युगल अकरणहरूको प्रयोगलाई स्वीकृति दिँदैन भने, यी शब्दहरूले “सबैकुराहरू उहाँद्वारा बनाइएका थिए” भन्ने कुराको विपरीत चाहिँ गलत हो भन्ने सन्देश प्रवाह गर्नुपर्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँ बिना कुनै पनि थोक बनाउनुभएन” वा “बनाइएका सबै थोक उहाँद्वारा बनाइएका थिए” वा “परमेश्वरले बनाउनुभएको सबै थोक परमेश्वरले उहाँसँग बनाउनुभयो”
“उहाँमा जीवन थियो” भनेको सबै थोकलाई जिउँदो तुल्याउने कुराको लागि एक प्रतिस्थापन शब्द हो । अनि, “ज्योति” यहाँ “सत्यता”को लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “सबैकुरालाई जीवित हुन लगाउनुहुने उहाँ नै हुनुहुन्छ । र उहाँले नै परमेश्वरको बारेमा के सत्य हो भनी प्रकट गर्नुभयो”
यहाँ “उहाँ”ले त्यो व्यक्तिलाई जनाउँछ जसलाई वचन भनिन्छ ।
यहाँ “जीवन” को निम्ति सामान्य शब्द प्रयोग गर्नुहोस् । यदि तपार्इंले अझ बढी निर्दिष्ट रूपमा बताउनुपर्छ भने, “आत्मिक जीवन” भनेर अनुवाद गर्नुहोस् ।
यहाँ “ज्योति” जुन सत्य र असल छ त्यसको अलङ्कार हो । यहाँ “अन्धकार” चाहिँ गलत र दुष्टताको लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “सत्य चाहिँ अँध्यारो ठाउँमा चम्किरहेको ज्योति झैँ हो, र अँध्यारो ठाउँमा भएको कसैले पनि त्यो ज्योतिलाई निभाउन सक्दैन”
यहाँ “ज्योति” भनेको येशूमा परमेश्वरको प्रकाशको निम्ति अलङ्कार हो । वैकल्पिक अनुवादः “येशू कसरी परमेश्वरको साँचो प्रकाश झैँ हुनुहुन्छ भन्ने देखाउन”
यहाँ ज्योति एउटा अलङ्कार हो जसले येशूलाई परमेश्वरको बारेमा भएको सत्यतालाई प्रकट गर्ने व्यक्ति र उहाँ आफैँ त्यो सत्य हुनुहुन्छ भनेर प्रतिनिधित्व गर्ने काम गर्छ ।
“उहाँ संसारमा हुनुहुन्थ्यो र परमेश्वरले सबै थोक उहाँद्वारा बनाउनुभयो तापनि मानिसहरूले उहाँलाई चिनेनन्”
“संसार” संसारमा बस्ने सबै मानिसहरूको अर्थ दिने एक प्रतिस्थापन शब्द हो । वैकल्पिक अनवादः “उहाँ वास्तवमा को हुनुहुन्थ्यो भनेर मानिसहरूलाई थाहा थिएन”
“उहाँ आफ्नै सङ्गी गाउँलेहरूकहाँ आउनुभयो, र उहाँका आफ्नै सङ्गी गाउँलेहरूले पनि उहाँलाई चिनेनन्”
“उहाँलाई स्वीकार गर्नु ।” कसैलाई ग्रहण गर्नु भनेको उससँग सम्बन्ध निर्माण गर्ने आशामा उसलाई स्वागत गर्नु र आदरसाथ व्यवहार गर्नु हो ।
“नाउँ” शब्द यहाँ येशूको पहिचानको र उहाँको बारेमा सबै थोकको अर्थ दिने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “उहाँमा विश्वास गरे”
“उहाँले तिनीहरूलाई अधिकार दिनुभयो” वा “उहाँले तिनीहरूका लागि यो सम्भव बनाउनुभयो”
“सन्तानहरू” शब्दचाहिँ बाबु र छोराछोरीहरूको जस्तो परमेश्वरसँग हाम्रो सम्बन्धको प्रतिनिधित्व गर्ने एउटा अलङ्कार हो ।
यसले येशूलाई जनाउँछ । यदि सम्भव हुन्छ भने “वचन” भनेर अनुवाद गर्नुहोस् । यदि तपाईंको भाषामा “वचन” स्त्रीवाचक हो भने, “जसलाई वचन भनिन्छ” भनेर अनुवाद गर्न सकिन्छ । तपाईंले यसलाई यूहन्ना १:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यहाँ “देह”ले “व्यक्ति” वा “मानव”लाई प्रतिनिधित्व गर्छ । “मानिस हुनुभयो” वा “मानव हुनुभयो” वैकल्पिक अनुवादः “मानव हुनुभयो” वा “मानव प्राणी हुनुभयो”
“एक मात्र” भन्ने पदावलीको अर्थ उहाँ अद्वितीय हुनुहुन्छ र उहाँ जस्तो अरू कोही छैन भन्ने हुन्छ । “जो पिताबाट आउनुभयो” भन्ने पदावलीको अर्थ उहाँ पिताको सन्तान हुनुहुन्छ भन्ने हुन्छ । वैकल्पिक अनुवादः “पिताको अद्वितीय छोरा” वा “पिताको एक मात्र छोरा”
यो परमेश्वको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
“हामीप्रति दयाको कार्यहरूले भरीपूर्ण जसको लागि हामी योग्य छैनौँ”
यूहन्नाले येशूको बारेमा बताउँदैछन् । “मपछि आउनुहुन्छ” भन्ने वाक्यांशको तात्पर्य हो कि यूहन्नाको सेवकाइ अगि नै सुरु भइसकेको छ र येशूको सेवकाइ यूहन्नाको पछाडि, पछि सुरु हुनेछ ।
“मभन्दा अझ महान् हुनुहुन्छ” वा “मसँग भएकोभन्दा बढी अधिकार छ”
येशू मानवका वर्षहरूले ठूलो हुनुभएकोले मात्र यूहन्नाभन्दा महत्त्वपूर्ण हुनुभएको हो भन्ने भाव दिने तरिकाले अनुवाद नहोस् भन्नेमा होसियार हुनुहोस् । येशू सदा जीवित हुनुभएका पुत्र परमेश्वर हुनुभएकोले यूहन्नाभन्दा बढी महान् र महत्त्वपूर्ण हुनुहुन्छ ।
यसले अन्त्य नै नहुने परमेश्वरको अनुग्रहलाई जनाउँछ ।
“आशिष्माथि आशिष्”
यो परमेश्वको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
यहाँ “यहूदी” शब्दले “यहूदी अगुवाहरू” को प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरूले यरूशलेमबाट ... उहाँकहाँ पठाए”
पहिलो वाक्यांशले सकारात्मक भनाइहरूमा भनेको कुरालाई नै दोस्रो वाक्यांशले नकारात्मक भनाइहरूमा भन्छ । यसले यूहन्नाले सत्य भन्दै थिए भन्ने कुरालाई जोड दिन्छ र कडासँग बताइरहेका थिए कि उनी ख्रीष्ट थिएनन् । तपाईंको भाषाको यसो गर्ने फरक तरिका हुन सक्छ ।
“यदि तिमी मसिह होइनौ भने, कुरा के हो त ?” वा “त्यसो भए के भइरहेछ त ?” वा “त्यसो भए तिमीले के गरिरहेका छौ त ?”
यूहन्ना पूजाहारीहरू र लेवीहरूसँग निरन्तर कुरा गर्छन् ।
“पूजाहारीहरू र लेवीहरूले यूहन्नालाई भने”
पूजाहारीहरू र लेवीहरू, यूहन्ना होइनन्
“यूहन्नाले भने”
यूहन्नाले बताइरहेका छन् कि यशैयाको अगमवाणी उनकै बारेमा हो । “आवाज” शब्दले यहाँ त्यो एउटा व्यक्तिलाई जनाउँछ जो उजाडस्थानमा कराइरहेको छ । वैकल्पिक अनुवादः “उजाडस्थानमा बोलाइरहने म नै हुँ”
यहाँ “बाटो” शब्दलाई अलङ्कारको रूपमा प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “महत्त्वपूर्ण व्यक्तिले प्रयोग गर्नलाई मानिसहरूले बाटो तयार पारे झैँ गरी प्रभुको आगमनको निम्ति आफैँलाई तयार पार”
यो यूहन्नालाई प्रश्न गर्नेहरूको पृष्ठभूमि जानकारी हो ।
पद २८ ले हामीलाई कथाको परिवेशको बारेमा पृष्ठभूमि जानकारी बताउँछ ।
उहाँ आउनुभएपछि उहाँले के गर्नुहुनेछ भन्ने कुरालाई स्पष्ट बनाउन तपाईंलाई आवश्यक हुनसक्छ । वैकल्पिक अनुवादः “म गएपछि उहाँले तपार्इंहरूलाई सिकाउनुहुनेछ”
जुत्ताको फित्ता खोल्ने काम दास वा नोकरको काम थियो । यी शब्दहरू एक नोकरको सबैभन्दा मन नपर्ने कामको लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “ ... म ... , जसको म सबैभन्दा मन नपर्दो किसिमले पनि सेवा गर्न योग्यको छैन” वा “ ... म ... । म उहाँको जुत्ताको फित्ता खोल्न पनि लायकको छैन”
यो परमेश्वरको सिद्ध बलिदानलाई दर्शाउने अलङ्कार हो । यसलाई “परमेश्वरका थुमा” भनिन्छ, किनभने उहाँ मानिसहरूका पापहरूका लागि मूल्य चुकाउन बलिदान हुनुभयो ।
“संसार” शब्द प्रतिस्थापकीय शब्द हो, र यसले संसारका मानिसहरूलाई जनाउँछ ।
तपार्इंले यसलाई यूहन्ना १:१५ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
“तल आइरहनुभएको”
यो वाक्यांश एउटा उपमा हो । कुनै व्यक्तिमाथि ढुकुर बसे झैँ गरी “आत्मा” तल आउनुहुन्छ ।
“स्वर्ग” शब्दले “आकाश”लाई जनाउँछ ।
यो खण्डका कुनै-कुनै प्रतिलिपिहरूले “परमेश्वरका पुत्र” भन्छन्; अरूहरूले भन्छन्, “परमेश्वरका चुनिएका जन”
यो येशू, परमेश्वरका पुत्रको निम्ति एउटा महत्त्वपूर्ण उपाधि हो ।
यो अर्को दिन हो । यो यूहन्नाले येशूलाई देखेको दोस्रो दिन हो ।
यो एउटा अलङ्कार हो जसले परमेश्वरको सिद्ध बलिदानलाई प्रतिनिधित्व गर्छ । येशूलाई “परमेश्वरको थुमा” भनिन्छ किनभने मानिसहरूका पापहरूको मूल्य चुकाउन उहाँ बलिदान हुनुभएको थियो । तपाईंले यसलाई [यूहन्ना १:२९]
“घडी १० ।” यसले अँध्यारो हुनुअगि अपरान्हको समयलाई जनाउँछ, जुन बेला अर्को सहरमा यात्रा गर्न धैरै ढिलो भइसकेको हुन्छ, जुन सम्भवतः बेलुकीको चार बजेतिर हुन सक्छ ।
यी पदहरूले हामीलाई अन्द्रियासको बारेमा र उनले उनका दाजु पत्रुसलाई कसरी येशूकहाँ ल्याए भन्ने बारेमा जानकारी दिन्छ । यो यूहन्ना १:३९ मा तिनीहरू जान अगाडि र येशू कहाँ बसिरहनुभएको छ भनेर हेर्न अगाडि भएको थियो ।
यो बप्तिस्मा दिने यूहन्ना होइन । “यूहन्ना” धेरै चलेको नाउँ थियो ।
यो फिलिपको बारेको पृष्ठभूमि जानकारी हो ।
“नथानेलले फिलिपलाई भने”
यो भनाइ अझ जोड दिनलाई प्रश्नको स्वरूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “नासरतबाट कुनै असल कुरा आउन सक्दैन !”
यसलाई सकारात्मक तरिकाले उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पूर्ण रूपमा सत्यवादी मानिस”
यो येशूको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
यो टिप्पणी जोड दिनलाई प्रश्नको स्वरूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “तिमी विश्वास गर्छौ किनकि मैले भनेँ, ‘मैले तिमीलाई नेभाराको रुखमुनि देखेँ’ !”
यसलाई त्यसरी अनुवाद गर्नुहोस् जुन किसिमले तपाईंको भाषाले यसपछि आउने कुरा महत्त्वपूर्ण र सत्य छ भनेर जोड दिन्छ ।
1 तिन दिनपछि गालीलको कानामा एउटा विवाह थियो, र येशूकी आमा त्यहाँ थिइन् । 2 विवाहमा येशू र उहाँका चेलाहरूलाई निम्तो दिइएको थियो । 3 जब दाखमद्य सकियो, येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसित दाखमद्य छैन ।” 4 येशूले जवाफ दिनुभयो, “हे नारी, तपाईं किन मकहाँ आउनुहुन्छ ? मेरो समय अझ आइसकेको छैन ।” 5 उहाँकी आमाले नोकरहरूलाई भनिन्, “उहाँले तिमीहरूलाई जे गर भन्नुहुन्छ, त्यही गर” । 6 त्यहाँ यहूदी विधिअनुसार शुद्धिकरणको लागि हरेकमा झण्डै एक सय लिटर अटाउने छ वटा ढुङ्गाका भाँडाहरू थिए । 7 येशूले तिनीहरूलाई भन्नुभयो, “भाँडाहरूमा पानी भर ।” त्यसैले तिनीहरूले पानी मुखसम्मै भरिदिए । 8 तब उहाँले नोकरहरूलाई भन्नुभयो, “अब अलिकति लगेर मुख्य व्यक्तिलाई देऊ” । तिनीहरूले त्यसै गरे । 9 मुख्य व्यक्तिले दाखमद्य बनेको त्यो पानी चाखे, तर यो कहाँबाट आएको भन्ने उनलाई थाहा थिएन (तर पानी भर्ने नोकरहरूलाई थाहा थियो) । तब उनले दुलहालाई बोलाए 10 र तिनलाई भने, “हरेक मानिसले असल दाखमद्य पहिले बाँड्छ, र उनीहरू मातेपछि सस्तो दाखमद्य बाँड्छन् । तर तिमीले त असल दखमद्य अझसम्म राखेका छौ ।” 11 गालीलको कानामा येशूले गर्नुभएको यो पहिलो चिह्न थियो, र उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो, अनि त्यसैले उहाँका चेलाहरूले उहाँलाई विश्वास गरे । 12 यसपछि येशू, उहाँकी आमा, उहाँका भाइहरू, उहाँका चेलाहरू कर्फनहुममा झरे, र त्यहाँ उनीहरू केही दिनसम्म बसे । 13 यहूदीहरूको निस्तार-चाड आउन लागेको थियो, र येशू यरूशलेम जानुभयो । 14 उहाँले त्यहाँ गोरुहरू, भेडाहरू र परेवाहरू बेच्नेहरूलाई भेट्टाउनुभयो, र पैसा साट्नेहरू पनि त्यहाँ बसिरहेका थिए । 15 त्यसकारण, उहाँले डोरीको कोर्रा बनाएर भेडाहरू र गोरुहरूसहित तिनीहरू सबैलाई मन्दिरबाट बाहिर खेद्नुभयो । उहाँले पैसा साट्नेहरूको पैसा छरपष्ट पारिदिनुभयो र तिनीहरूका टेबलहरू पल्टाइदिनुभयो । 16 परेवा बेच्नेहरूलाई उहाँले भन्नुभयो, “यिनीहरूलाई यहाँबाट लैजाओ । मेरा पिताको घरलाई बजार बनाउन छोड ।” 17 उहाँका चेलाहरूले यस्तो लेखिएको कुरा सम्झे, “तपाईंको घरको जोसले मलाई जलाउँछ ।” 18 तब यहूदीहरूका अधिकारीहरूले उहाँलाई प्रत्युत्तर दिए, र यसो भने, “तिमीले यी कुराहरू गरिरहेका हुनाले तिमीले हामीलाई के चिह्न देखाउँछौ ?” 19 येशूले जवाफ दिनुभयो, “यो मन्दिरलाई भत्काओ र तिन दिनमा म यसलाई खडा गर्नेछु ।” 20 तब यहूदी अधिकारीहरूले भने, “यो मन्दिर बनाउन छयालिस वर्ष लाग्यो र तिमीले यसलाई तिन दिनमा बनाउने ?” 21 तर उहाँले आफ्नो शरीरको मन्दिरबारे बताइरहनुभएको थियो । 22 त्यसैले उहाँ मृत्युबाट जीवित भई उठ्नुहुँदा, उहाँले भन्नुभएको यो कुरा उहाँका चेलाहरूले सम्झे र तिनीहरूले धर्मशास्त्र र येशूले भन्नुभएको यो भनाइमाथि विश्वास गरे । 23 उहाँ निस्तार-चाडको अवधिभर यरूशलेममा हुनुहुन्थ्यो । उहाँले गर्नुभएको चिह्नहरू देखेर धेरै जनाले उहाँको नाउँमा विश्वास गरे । 24 तर येशूले तिनीहरूलाई भरोसा गर्नुभएन, किनभने उहाँले तिनीहरू सबैलाई चिन्नुहुन्थ्यो, 25 किनकि मानिसको बारेमा उहाँलाई कसैले गवाही दिनुपर्दैनथ्यो, किनभने त्यसभित्र के छ भन्ने उहाँ जान्नुहुन्थ्यो ।
येशूले धेरैपटक खाना खानुहुँदा र विशेषगरी उहाँहरूले खास उपलक्ष्यहरू मनाइरहनुभएको बेलामा दाखरस पिउनुभयो । दाखरस पिउनु भनेको पाप थियो भनेर तिनीहरूले विश्वास गरेनन् ।
येशूसँग मन्दिरमाथि र सारा इस्राएलमाथि अधिकार थियो भनेर देखाउनको लागि उहाँले पैसा साट्नेहरूलाई मन्दिरबाट बाहिर खेद्नुभयो ।
येशू मानिसको पुत्र र परमेश्वरको पुत्र हुनुहुन्थ्यो र हुनुहुन्छ, जसको कारणले गर्दा मात्रै उहाँले मानिसहरूले के सोचिरहेका थिए भनेर जान्नुभयो ।
यूहन्नाले मुख्य इतिहास भन्न रोकेर धेरै पछि भएको केही कुरा बताउनको लागि यो पदावलीको प्रयोग गर्नुभयो । यो कुरा उहाँले परेवा बेच्नेहरूलाई हप्काउनुभएको ठीक पछाडि(यूहन्ना २:१६) थियो जब यहूदी अधिकारीहरू उहाँसँग बोले । यो कुरा येशू फेरि बिउँतनुभएपछि थियो कि उहाँका चेलाहरूले अगमवक्ताहरूले धेरै अगाडि के लेखेका थिए र येशूले उहाँको शरीरको बारेमा कुरा गरिरहनुभएको थियो भनेर सम्झे (यूहन्ना २:१७ अनि यूहन्ना २:२२) ।
येशू र उहाँका चेलाहरूलाई विवाह भोजमा निम्तो दिइएको थियो । यी पदहरूले घटनाको बारेमा पृष्टभूमिको जानकारी दिन्छन् ।
धेरै जसो अर्थ खोल्नेहरूले यसलाई येशूले फिलिप र नथानेललाई उहाँको पछि लाग्नू भन्नुभएको तिन दिनपछि भनी पढ्छन् । पहिलो दिन १:३५ मा आउँछ, र दोस्रो दिन १:४३ मा आउँछ ।
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले येशू र उहाँका चेलाहरूलाई विवाहमा निम्तो दियो”
यसले मरियमलाई जनाउँछ । तपार्इंको भाषामा आफ्नो आमालाई नारी भन्नु अभद्र ठानिन्छ भने भद्र मानिने अरू कुनै शब्द प्रयोग गर्नुहोस् वा यसलाई छोडिदिनुहोस् ।
यो प्रश्न जोड दिनलाई सोधिएको हो । वैकल्पिक अनुवादः “यसको मलाई सरोकार छैन” वा “मैले के गर्नुपर्छ तपार्इंले मलाई भन्नुपर्दैन”
“समय” शब्दले येशूले आश्चर्यकर्महरू गरेर उहाँलाई मसीहको रूपमा देखाउने उचित समयलाई दर्शाउँछ । वैकल्पिक अनुवादः वैकल्पिक अनुवादः “मैले कुनै शक्तिशाली कार्य गर्ने उचित समय यो अझै होइन”
तपाईंले यसलाई आद्युनिक नापमा बदल्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “७५ देखि ११५ लिटर”
यसको तात्पर्य “टुप्पासम्म नै” वा “पुर्ण रूपमा भरी” भन्ने हो ।
यसले खाने र पिउने कुराको जिम्मेवारी लिएको प्रमुख व्यक्तिलाई जनाउँछ ।
यो पृष्ठभूमिको जानकारी हो ।
मद्य धेरै पिएकोले सस्तो र महङ्गो मद्यबिच फरक छुट्ट्याउन नसक्नु ।
यो कथाको मुख्य अंश होइन, बरु यसले एउटा सानो टिप्पणी दिन्छ ।
यो ठाउँको नाम हो ।
यहाँ “महिमा” ले येशूको शक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँको शक्ति देखाउनुभयो”
यसको अर्थ तिनीहरू अग्लो ठाउँबाट उचाइ कम भएको ठाउँतिर गए भन्ने हो । कफर्नहुम कानाको उत्तर-पूर्वमा पर्छ र उचाइमा अलि तल पर्छ ।
“भाइहरू” शब्दमा भाइहरू र बहिनीहरू दुवै पर्छ । येशूका सबै भाइहरू र बहिनीहरू उहाँभन्दा उमेरमा साना नै थिए ।
येशू र उहाँका चेलाहरू यरूशलेमको मन्दिरमा जानुहुन्छ ।
यहाँ तलबाट माथि उचाइतिर जानुभयो भन्ने हुन्छ । यरूशलेम पहाडमाथि निर्माण गरिएको छ ।
यो पदले प्रस्ट बताउँछ कि यी मानिसहरू मन्दिरको चोकमा थिए । त्यस क्षेत्र व्यापारको निम्ति होइन, आराधना गर्नका लागि हो ।
मानिसहरूले चोकहरूमा परमेश्वरलाई बलिदान चढाउन जनावरहरू बेचिरहेका थिए ।
यहूदी अधिकारीहरूले मानिसहरूले बलिदान चढाउनलाई जनावरहरू किन्नलाई “पैसा साट्नेहरू” सँग विशेष पैसा साटेको चाहन्थे ।
यो शब्दले एउटा घटनालाई अङ्कित गर्छ जुन पहिला हुन गएको केही कुराले गर्दा घट्यो । यस खण्डमा चाहिँ येशूले पैसा साट्नेहरू मन्दिरमा बसिरहेका देख्नुभयो ।
“मेरा पिताको घरमा किन्न र बेच्न छोड”
येशूले मन्दिरलाई जनाउन यो पदावलीको प्रयोग गर्नुहुन्छ ।
यो येशूले परमेश्वरको निम्ति प्रयोग गर्नुभएको एउटा महत्त्वपूर्ण पदवी हो ।
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले लेखेका थिए”
यसले मन्दिर अर्थात् परमेश्वरको घरलाई जनाउँछ ।
“जलाउँछ” शब्दले “आगो” को अलङ्कारलाई जनाउँछ । मन्दिरप्रति येशूको प्रेम आगोजस्तै छ जुन उहाँभित्र बल्छ ।
यसले कुनै घटना सत्य हो भन्ने साबित गर्छ ।
यसले येशूले मन्दिरमा पैसा साट्नेहरूलाई गर्नुभएको कारबाहीलाई जनाउँछ ।
येशूले एउटा काल्पनिक परिस्थितिको कुरा गर्दै हुनुहुन्छ जसमा यदि केहि कुरा जुन सत्य होइन, यदि त्यो सत्य थियो भने केही कुरा अवश्यै हुनेछ । यहाँ चाहिँ, यदि यहूदी अधिकारीहरूले मन्दिरलाई नष्ट गर्ने हो भने उहाँले त्यसलाई अवश्यै खडा गर्नुहुनेछ । येशूले यहूदी अधिकारीहरूलाई त्यो वास्तविक मन्दिर भवन भत्काउन आज्ञा दिइराख्नुभएको थिएन । तपाईंले “नष्ट गर्ने” र “खडा गर्ने” भन्ने शब्दहरूलाई कुनै भवनलाई भत्काउने र पुनःनिर्माण गर्ने कुराको लागि प्रयोग गर्ने शब्दहरूसँग अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यदि तिमीहरूले यस मन्दिरलाई नष्ट गर्यौ भने, म निश्चय नै त्यसलाई खडा गर्नेछु” वा “तिमिहरू निश्चित हौ कि यदि तिमीहरूले यस मन्दिरलाई नष्ट गर्ने हो भने, म यसलाई खडा गर्ने थिएँ”
“त्यसलाई खडा हुन तुल्याउने”
पदहरू २१ र २२ मुख्य कथाका खण्डहरू होइनन्, बरु तिनीहरूले पछि हुने कुराहरूबारे टिप्पणी गर्छन् ।
“४६ वर्ष … ३ दिन”
यो भनाइ यहूदी अगुवाहरूले येशूले यो मन्दिरलाई भत्काएर तिन दिनमा बनाउन चाहनुहुन्छ भन्ने बुझे भन्ने देखाउन प्रश्नको स्वरूपमा देखा पर्छ । “खडा गर्नु” भनेको “स्थापना” गर्नको लागि एउटा उपमा हो । वैकल्पिक अनुवादः “तिमीले यसलाई तीन दिनमा स्थापित गर्नेछौ ?” वा “तिमीले यसलाई तिन दिनमा बनाउन सक्दैनौ !”
यहाँ “विश्वास गरे” को अर्थ कुनै कुरालाई सत्य हो भनी भरोसा गर्नु वा स्वीकार गर्नु हो ।
यसले येशूले २:१९(./17.md) मा भन्नुभएको कुरालाई जनाउँछ ।
“अब” शब्दले हामीलाई नयाँ घटनाको चिनारी दिन्छ ।
यहाँ “नाउँ” येशूको व्यक्ति दर्शाउने प्रतिस्थापन हो । वैकल्पिक अनुवादः “उहाँमा विश्वास गरे” वा “उहाँमा भरोसा गरे”
आश्चर्यकर्महरूलाई “चिन्हहरू” पनि भन्न सकिन्छ किनभने तिनीहरूलाई परमेश्वर सारा ब्रह्माण्डमाथि पूर्ण अधिकार हुनुभएको सर्वशक्तिमान् व्यक्ति हुनुहुन्छ भन्ने प्रमाणको रूपमा प्रयोग गरिन्छ ।
यहाँ “मानिस” शब्दले सामान्य ढङ्गमा मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसहरूका बारेमा, किनभने मानिसहरूभित्र के थियो भनी उहाँ जान्नुहुन्थ्यो”
1 अब त्यहाँ निकोदेमस नाउँ गरेका एक जना यहूदी अगुवा थिए । 2 यी मानिस राति येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौँ, कि तपाईं परमेश्वरबाट आउनुभएका एक जना शिक्षक हुनुहुन्छ, किनकि तपाईंले गर्नुभएका यी चिह्नहरू परमेश्वर त्यससँग नभईकन कसैले पनि गर्न सक्दैन ।” 3 येशूले तिनलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कोही फेरि नजन्मिएसम्म, त्यसले परमेश्वरको राज्य देख्न सक्दैन ।” 4 निकोदेमसले उहाँलाई भने “मानिस वृद्ध भएपछि कसरी जन्मन सक्छ ? ऊ फेरि दोस्रो पल्ट उसकी आमाको गर्भमा पस्न, र जन्मन सक्दैन, सक्छ त ? 5 येशूले जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कोही पनि पानी र आत्माबाट नजन्मेसम्म ऊ परमेश्वरको राज्यमा पस्न सक्दैन । 6 शरीरबाट जन्मेको शरीर हो, र पवित्र आत्माबाट जन्मेको आत्मा हो । 7 मैले तिमीलाई, ‘तिमी फेरि जन्मनुपर्छ’ भनेकोमा अचम्म नमान । 8 हावा जता चाहन्छ त्यतै बहन्छ; तिमीले यसको आवाज सुन्छौ; तर यो कहाँबाट आउँछ, र कतातिर गइरहेको छ तिमी जान्दैनौ । पवित्र आत्माबाट जन्मेका सबै त्यस्तै हुन्छन् ।” 9 निकोदेमसले जवाफ दिए, र उहाँलाई भने, “यी कुराहरू कसरी हुन सक्छन्” ? 10 येशूले तिनलाई जवाफ दिनुभयो, “के तिमी इस्राएलका शिक्षक भएर पनि यी कुराहरू बुझ्दैनौ ? 11 साँचो, साँचो म तिमीलाई भन्दछु, कि हामी जे जान्दछौँ, त्यहीँ भन्छौँ, र हामीले जे देखेका छौँ, त्यसैको गवाही दिन्छौँ । तापनि तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ । 12 यदि मैले तिमीलाई पृथ्वीको कुरा भनेँ भने तिमीहरू विश्वास गर्दैनौ, यदि मैले स्वर्गका कुराहरू भनेँ भने तिमीले कसरी विश्वास गर्छौ ? 13 स्वर्गबाट ओर्लिआउनुभएका मानिसका पुत्रबाहेक कोही पनि स्वर्गमा उक्लेको छैन । 14 जसरी मोशाले उजाड-स्थानमा सर्पलाई उचाले, त्यसै गरी मानिसका पुत्र पनि उचालिनुपर्छ, 15 ताकि उहाँमा विश्वास गर्ने सबैले अनन्त जीवन पाऊन् । 16 किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमा विश्वास गर्ने कोही पनि नमरोस्, तर उसले अनन्त जीवन पाओस् । 17 किनकि परमेश्वरले यस संसारलाई दण्ड दिन होइन, तर उहाँद्वारा संसारलाई बचाउन आफ्ना पुत्र पठाउनुभयो । 18 उहाँमा विश्वास गर्ने दण्डित हुँदैन, तर उहाँमा विश्वास नगर्ने अगि नै दण्डित भइसकेको छ, किनभने त्यसले परमेश्वरका एक मात्र पुत्रको नाउँमा विश्वास गरेको छैन । 19 न्यायको कारण यही होः ज्योति संसारमा आउनुभएको छ, र मानिसहरूले ज्योतिभन्दा अन्धकारलाई नै रुचाए, किनभने तिनीहरूका कामहरू दुष्ट थिए । 20 किनकि दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, र त्यो ज्योतितर्फ आउँदैन, ताकि त्यसका कार्यहरू प्रकट नहोऊन् । 21 तापनि सत्य काम गर्ने ज्योतिमा आउँछ, ताकि परमेश्वरमा गरिएका त्यसका कामहरू प्रकट होऊन् । 22 त्यसपछि येशू र उहाँका चेलाहरू यहूदियामा जानुभयो । त्यहाँ उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो र बप्तिस्मा दिनुभयो । 23 अहिले यूहन्नाले पनि सालीम नजिकैको एनोनमा बप्तिस्मा दिइरहेका थिए, किनभने त्यहाँ धेरै पानी थियो । मानिसहरू उनीकहाँ आइरहेका थिए, र तिनीहरूले बप्तिस्मा लिँदै थिए । 24 किनकि यूहन्ना यस बेलासम्म झ्यालखानामा परेका थिएनन् । 25 त्यहाँ यूहन्नाका केही चेलाहरू र एक जना यहूदीबिच विधिवत् शुद्धिकरणको विषयमा विवाद भयो । 26 तिनीहरू यूहन्नाकहाँ गए, तिनलाई भने “गुरुज्यू, हेर्नुहोस्, यर्दन नदीको पारिपट्टि तपाईंसँग हुनुहुने र तपाईंले गवाही दिनुभएको व्यक्तिले बप्तिस्मा दिइरहनुभएको छ र तिनीहरू सबै उहाँकहाँ गइरहेका छन् ।” 27 यूहन्नाले जवाफ दिए “मानिसलाई स्वर्गबाट नदिएसम्म त्यसले कुनै पनि कुरा प्राप्त गर्न सक्दैन । 28 तिमीहरू आफैँ गवाही दिन सक्छौ, कि मैले भनेँ, ‘म ख्रीष्ट होइनँ,’ तर बरु ‘म उहाँभन्दा अगि पठाइएको हुँ ।’ 29 दुलहीचाहिँ दुलहाको नै हो । दुलहाको छेउमा खडा हुने र उहाँको आवाज सुन्ने साथी दुलहाको आवाज सुनेर धेरै आनन्दित हुन्छ । तब मेरो आनन्द पुरा हुनेछ । 30 उहाँ बढ्नुपर्छ र म घट्नुपर्छ । 31 माथिबाट आउनुहुने सबैभन्दा माथि हुनुहुन्छ । जो पृथ्वीबाटको हो त्यो पृथ्वीकै हो, र त्यसले पृथ्वीका कुराहरू बोल्दछ । जो स्वर्गबाट आउनुहुन्छ, उहाँ सबैभन्दा माथि हुनुहुन्छ । 32 उहाँले जे देख्नु र सुन्नुभएको छ, त्यसको गवाही दिनुहुन्छ, तर उहाँको गवाही कसैले स्वीकार गर्दैन । 33 उहाँको गवाही ग्रहण गर्नेले परमेश्वर सत्य हुनुहुन्छ भन्ने पुष्टि गरेको छ । 34 किनकि परमेश्वरले जसलाई पठउनुभएको छ, त्यसले उहाँको वचन बोल्छ । किनकि उहाँले पवित्र आत्मा नापतौल गरेर दिनुहुन्न । 35 पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँले सबै कुरा उहाँको हातमा दिनुभएको छ । 36 पुत्रमा विश्वास गर्नेसँग अनन्त जीवन हुन्छ, तर पुत्रको अवाज्ञा गर्नेले जीवन देख्नेछैन, तर त्यसमाथि परमेश्वरको क्रोध पर्नेछ ।”
बाइबलले धेरैपटक अधर्मी मानिसहरू, ती मानिसहरू जसले परमेश्वरलाई खुशी बनाउने कुराहरू गर्दैनन्, तिनीहरूलाई अन्धकारमा रुमल्लिरहेको भए जसरी कुरा गर्छ । यसले ज्योतिको बारेमा त्यसरी कुरा गर्छ मानौँ यो नै त्यो चीज हो जसले ती मानिसहरूलाई धर्मी बन्न, तिनीहरूले के गल्ती गरिरहेका छन् भनेर बुझ्न र परमेश्वरको आज्ञापालन गर्न थाल्नको लागि सामर्थी बनाउँछ ।
येशूले आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ अनि
निकोदेमस येशूलाई भेट्न आउँछन् ।
यो शब्द कथाको नयाँ भागलाई दर्शाउन र निकोदेमसको चिनारी दिन प्रयोग गरिएको हो ।
यहाँ “हामी” वर्जित गर्ने किसिमको छ, जसले निकोदेमस र यहूदी परिषद्का अन्य सदस्यहरूलाई मात्र जनाउँछ ।
येशू र निकोदेमसको वार्तालाप निरन्तर अगाडि बढ्छ ।
यसलाई १:५१(../01/49.md) जस्तै अनुवाद गर्नुहोस् ।
“माथिबाट जन्मिएको” वा “परमेश्वरबाट जन्मेको”
“राज्य” शब्द परमेश्वरको शासनलाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “परमेश्वरले शासन गर्ने ठाउँ”
निकोदेमसले यो हुन सक्दैन भनेर जोड दिन यो प्रश्नको प्रयोग गरे । वैकल्पिक अनुवादः “मानिस वृद्ध भएपछि फेरि जन्मन सक्दैन”
“निकोदेमसले दोस्रो जन्म असम्भव छ भन्ने उनको विश्वास देखाउन पनि यो प्रश्नलाई प्रयोग गर्छन् । निश्चय नै, त्यो त्यसको आमाको गर्भमा दोस्रो पटक पस्न सक्दैन”
“फेरि” वा “दुई पटक”
महिलाको शरीरको त्यो भाग जहाँ बालकको विकास हुन्छ
तपार्इंले यसलाई ३:३(./03.md) मा अनुवाद गर्नुभए झैँ गर्न सक्नुहुन्छ ।
त्यहाँ दुईवटा सम्भावित अर्थहरू छन्ः १) “पानी र आत्मामा बप्तिस्मा दिइएको” वा २) “शारीरिक रूपमा र आत्मिक रूपमा जन्मिएको”
“राज्य” शब्द कसैको जीवनमा परमेश्वरको शासनलाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “त्यसले त्यसको जीवनमा परमेश्वरको शासनको अनुभव गर्नु”
येशू निकोदेमससँग निरन्तर कुरा गर्नुहुन्छ ।
“तिमी माथिबाट जन्मिनुपर्छ”
स्रोत भाषामा अर्थात् ग्रीकमा हावा र आत्माको निम्ति एउटै शब्द छ । यहाँ वक्ता हावालाई व्यक्तिलाई झैँ दर्शाउँछन् । वैकल्पिक अनुवादः “पवित्र आत्मा जता चाहनुहुन्छ त्यतै बहने हावाजस्तै हुनुहुन्छ”
यो प्रश्नले अझ जोड दिन्छ । वैकल्पिक अनुवादः “यो हुनै सक्दैन” वा “यो हुने सम्भावना छैन”
निकोदेमस एक शिक्षक हुन् भनी येशू जान्नुहुन्छ । उहाँले कुनै जानकारी खोजिरहनुभएको छैन । वैकल्पिक अनुवादः “तिमी इस्राएलका शिक्षक हौ । त्यसैले, तिमीले यी कुराहरू नबुझेकोमा म चकित भएँ !” वा “तिमी एक इस्राएलका शिक्षक हौ, त्यसैले तिमीले यी कुराहरू बुझ्नुपर्छ !”
“तिमी” भन्ने शब्द एकवचन हो र निकोदेमसलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)
“तिमी” भन्ने शब्द बहुवचन हो र सामान्य रूपमा यहूदीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)
यसलाई यसरी अनुवाद गर्नुहोस् कि यसपछि जे आउँछ सो महत्त्वपूर्ण र सत्य छ भनेर जोड दिओस् । यसलाई १:५१(../01/49.md) मा जसरी अनुवाद गर्नुभएको छ, त्यसरी नै अनुवाद गर्नुहोस् ।
येशूले “हामी” भन्नुहुँदा निकोदेमसलाई समावेश गर्नुभएन ।
येशूले निकोदेमसलाई निरन्तर जवाफ दिइरहनुभएको छ ।
यी सबै तीनवटै ठाउँहरूमा “तिमी” बहुवचन हो र सामान्य रूपमा यहूदीहरूलाई जनाउँछ ।
यो प्रश्नले निकोदेमस र यहूदीहरूको अविश्वासमा जोड दिन्छ । वैकल्पिक अनुवादः “मैले तिमीलाई स्वर्गको बारेमा बताएँ भने तिमीले निश्चय नै विश्वास गर्नेछैनौ”
आत्मिक कुराहरू
यो भाषाको अलङ्कारलाई उपमा भनिन्छ । मोशाले उजाड-स्थानमा काँसाको सर्पलाई “उठाए” झैँ केही मानिसहरूले येशूलाई “माथि उठाउनेछन्” ।
उजाड्-स्थान भनेको सुख्खा र रुखो भूमि हो, तर यसले मोशा र इस्राएलीहरू चालिस वर्षसम्म घुमफिर गरेको ठाउँलाई जनाउँछ ।
यहाँ “संसार” शब्द संसारका सबै मानिसलाई जनाउने प्रतिस्थापकीय शब्द हो ।
यो आफूलाई फाइदा नहुँदा पनि अरूहरूको भलाइमा केन्द्रित हुने परमेश्वरबाट आउने किसिमको प्रेम हो । परमेश्वर स्वयम् प्रेम हुनुहुन्छ र सत्य प्रेमको स्रोत हुनुहुन्छ ।
यी दुवै वाक्यहरूले पहिले नकारात्मक र पछि सकारात्मक रूपमा उही कुराहरू बताइरहेका छन् । कुनै भाषाले अर्कै तरिकाले जोड दिएको सङ्केत गर्न सक्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँका पुत्रलाई संसारमा पठाउनुको वास्तविक उद्देश्य यसलाई बचाउनु नै थियो”
“सजाय दिन” सामान्य रूपमा “सजाय दिनु” भन्नाले सजाय पाएको मानिसलाई त्यसपछि परमेश्वरले ग्रहण गर्नुहुन्छ भन्ने हुन्छ । जब कुनै व्यक्तिलाई दोष लगाइन्छ, उसले दण्ड पाउँछ तर परमेश्वरले उसलाई कहिल्यै स्वीकार गर्नुहुँदैन ।
यो येशूको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
येशूले निकोदेमसलाई दिनुभएको जवाफ यहीँ टुङ्गिन्छ ।
“ज्योति” येशूमा प्रकट गरिएको परमेश्वरको सत्यताको निम्ति अलङ्कार हो । येशूले आफ्नो बारेमा तृतीय पुरुषमा बोल्नुहुन्छ । यदि तपाईंको भाषाले मानिसहरूलाई तिनीहरूका आफ्नै बारेमा तृतीय पुरुषमा कुरा गर्न दिँदैन भने, ज्योति को हो भनेर तपाईंले निर्दिष्ट पार्नुपर्ने हुन सक्छ । “संसार” चाहिँ संसारमा बस्ने मानिसहरूका निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “ज्योति झैँ हुनुहुनेले मानिसहरूलाई परमेश्वरको सत्यता प्रकट गर्नुभएको छ” वा “म, जो ज्योति झैँ छु, संसारमा आएको छु”
यहाँ “अन्धकार” दुष्टताको लागि अलङ्कार हो ।
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि ज्योतिले त्यसले गरेका कुराहरू नदेखाओस्” वा “ताकि ज्योतिले त्यसका कामहरू प्रस्ट नबनाओस्”
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले त्यसका कामहरू प्रस्ट रूपमा देख्न सकून्” वा “सबैले उसले गर्ने कामहरू प्रस्ट देख्न सकून्”
यसले येशूले निकोदेमससँग कुरा गरेपछिको अवस्थालाई जनाउँछ । तपार्इंले २:१२(../02/12.md) लाई कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
यसको अर्थ “मूल” हो ।
यो यर्दन नदी नजिकैको एउटा नगर वा गाउँ
“किनभने त्यस ठाउँमा धेरै पानीका मूलहरू थिए”
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यूहन्नाले तिनीहरूलाई बप्तिस्मा दिइरहेका थिए” वा “उनले तिनीहरूलाई बप्तिस्मा दिइरहेका थिए”
यसलाई अझ प्रस्ट पार्न यसरी अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तब यूहन्नाका चेलाहरू र एक जना यहूदीले विवाद गर्न थाले”
शब्दहरू प्रयोग गरी हुने झगडा
यहाँ “हेर्नुहोस्” को अर्थ “ध्यान दिनुहोस्” भन्ने हो । वैकल्पिक अनुवादः “हेर्नुहोस् ! उहाँले बप्तिस्मा दिइरहनुभएको छ” वा “त्यसलाई हेर्नुहोस् ! उहाँले बप्तिस्मा दिइरहनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)
“कसैको पनि शक्ति छैन जबसम्म”
यहाँ “स्वर्ग” परमेश्वरलाई जनाउन प्रयोग गरिएको प्रतिस्थापकीय शब्द हो । यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले यो त्यसलाई दिनुभएको छ”
यो “तिमीहरू” बहुवचन हो यसले येशूले कुरा गरिरहनुभएका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरू सबै” वा “सबै तिमीहरू”
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँभन्दा अगि आइपुग्न मलाई पठाउनुभयो”
बप्तिस्मा-दिने यूहन्ना निरन्तर कुरा गरिरहेका छन् ।
यहाँ “दुलहा” र “दुलही” अलङ्काहरू हुन् । येशू “दुलहा” हुनुहुन्छ र यूहन्ना दुलहाको साथीजस्तो मात्र हुन् ।
कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसैले, त्यसपछि अति आनन्दित हुन्छु” वा “त्यसैले, धेरै आनन्दित हुन्छु”
यहाँ “मेरो” ले बोलिरहने बप्तिस्मा-दिने यूहन्नालाई जनाउँछ ।
“उहाँ” ले महत्त्वमा निरन्तर वृद्धि भइरहनुहुने दुलहा अर्थात् येशूलाई जनाउँछ ।
“स्वर्गबाट आउनुहुने जो कोहीभन्दा महत्त्वपूर्ण हुनुहुन्छ”
यूहन्नाको आशय येशू उनीभन्दा महान् हुनुहुन्छ, किनकि येशू स्वर्गबाट आउनुभएको हो र यूहन्ना पृथ्वीमा नै जन्मेका हुन् । वैकल्पिक अनुवादः “यस संसारमा जन्मेको हरेक संसारमा बस्नेहरूजस्तै हो र उसले यस संसारमा के हुन्छ भन्नेबारे बताउँछ ।
यसको अर्थ पनि त्यही हो । यूहन्नाले पहिलो वाक्यलाई जोड दिनका लागि यसलाई दोहोर्याउँछन् ।
यूहन्ना येशूको बारेमा कुरा गरिरहेका छन् । वैकल्पिक अनुवादः “स्वर्गबाट आउनुहुनेले उहाँले देख्नुभएको र सुन्नुभएको कुराको बारेमा बताउनुहुन्छ”
येशूलाई अति थोरै मानिसहरूले मात्र विश्वास गर्छन् भन्ने कुरामा जोड दिन यूहन्ना बढाइचढाइ गर्छन् । वैकल्पिक अनुवादः “धेरै कम मानिसहरूले उहाँलाई विश्वास गर्छन्”
“येशूले भन्नुहुने विश्वास गर्ने कुनै पनि”
“प्रमाणित गर्छ” वा “सहमत हुन्छ”
बप्तिस्मा-दिने यूहन्नाले आफ्नो भनाइलाई टुङ्ग्याउँछन् ।
“येशू, जसलाई परमेश्वरले उहाँको प्रतिनिधित्व गर्न पठाउनुभयो”
“किनकि परमेश्वरले उहाँलाई नै उहाँका आत्माको सबै शक्ति दिनुभयो”
यी परमेश्वर र येशू बिचको सम्बन्ध बताउने उपाधिहरू हुन् ।
यसको मतलब उहाँको शक्ति वा नियन्त्रणमा राख्नु हो ।
“त्यो व्यक्ति जसले विश्वास गर्छ” वा “विश्वास गर्ने जो कोही पनि”
भाववाचक संज्ञा “क्रोध” लाई “दण्ड दिनु” भन्ने क्रियासँग अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यसलाई निरन्तर दण्ड दिनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)
1 अब जब यूहन्नाले भन्दा येशूले धेरै चेलाहरू बनाउँदै हुनुहुन्थ्यो र बप्तिस्मा दिँदै हुनुहुन्थ्यो भनी फरिसीहरूले सुने भन्ने उहाँले थाहा गर्नुभयो, 2 (यद्यपि येशू आफैँले बप्तिस्मा दिँदै हुनुहुन्नथ्यो, तर उहाँका चेलाहरूले बप्तिस्मा दिँदै थिए) 3 उहाँ यहूदिया छोडेर गालीलतिर जानुभयो । 4 तर उहाँ सामरिया भएर जानु आवश्यक थियो । 5 त्यसैले, उहाँ याकूबले आफ्नो छोरा योसेफलाई दिएका जग्गाको टुक्रा नजिक रहेको सामरियाको सुखार भनिने एउटा सहरमा आउनुभयो । 6 त्यहाँ याकूबको इनार थियो । येशू आफ्नो यात्राले थाक्नुभयो र इनारको छेउमा बस्नुभयो । यो छैठौँ घडीतिरको कुरा थियो । 7 एक जना सामरी स्त्री पानी लिन आइन् र येशूले तिनलाई भन्नुभयो, “मलाई पिउन थोरै पानी देऊ ।” 8 किनभने उहाँका चेलाहरू खानेकुरा किन्न सहरतिर गएका थिए । 9 त्यसपछि सामरी स्त्रीले उहाँलाई भनिन्, “तपाईं एक जना यहूदी भएर पनि म एउटी सामरी स्त्रीसँग कसरी पिउने कुरा माग्नुभएको ?” किनकि यहूदीहरूले समारीहरूसँग कुनै किसिमको लेनदेन गर्दैनन् । 10 येशूले तिनलाई जवाफ दिनुभयो, र भन्नुभयो, “यदि तिमीले परमेश्वरको वरदानलाई चिनेकी भए र ‘मलाई पिउन देऊ’ भनिरहनुहुनेलाई चिनेकी भए, तिमीले चाहिँ उनीसँग माग्ने थियौ, र उनले तिमीलाई जिउँदो पानी दिने थिए ।” 11 स्त्रीले उहाँलाई जवाफ दिइन्, “महाशय, तपाईंसित बाल्टिन छैन; इनार पनि गहिरो छ । अनि तपाईंसँग जिउँदो पानी कहाँ छ त ? 12 के तपाईं हाम्रा पुर्खा याकूबभन्दा महान् हुनुहुन्छ जसले हामीलाई इनार दिनुभयो र उहाँ आफैँले पनि यही इनारबाट पानी पिउनुभयो र उहाँका सन्तानहरू र उहाँका गाईवस्तुहरूले पनि पिए ?” 13 येशूले तिनलाई जवाफ दिनुभयो, र भन्नुभयो, “हरेक जसले यो पानी पिउँछ, त्यो फेरि तिर्खाउनेछ, 14 तर जसले मैले दिने पानी पिउँछ, त्यो फेरि कहिल्यै तिर्खाउनेछैन । बरु, मैले दिने त्यो पानी त्यसको अन्तस्करणमा अनन्त जीवनसम्मै उम्रिरहने पानीको मूल बन्नेछ ।” 15 स्त्रीले उहाँलाई भनिन्, “महाशय, मलाई यो पानी दिनुहोस्, ताकि म फेरि तिर्खाउनेछैन र यहाँ पानी लिन आउनुपर्नेछैन ।” 16 येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिम्रो लोग्नेलाई बोलाऊ, र यहाँ आऊ ।” 17 स्त्रीले उहाँलाई जवाफ दिइन् र भनिन्, “मेरो लोग्ने छैन ।” येशूले जवाफ दिनुभयो, “‘मेरो लोग्ने छैन’ भनी तिमीले साँचो भनेकी छ्यौ । 18 किनकि तिम्रा पाँच जना लोग्ने भइसकेका छन् र अहिले भएको पनि तिम्रो लोग्ने होइन । तिमीले भनेकी कुरो साँचो हो ।” 19 स्त्रीले उहाँलाई भनिन्, “महाशय, तपाईं अगमवक्ता हुनुहुन्छ भनी म देख्छु । 20 हाम्रा पुर्खाहरूले यही पर्वतमा आराधना गरे, तर मानिसहरूले आराधना गर्नुपर्ने स्थान यरूशलेम नै हो भनी तपाईंहरू भन्नुहुन्छ ।” 21 येशूले तिनलाई भन्नुभयो, “हे नारी, मलाई विश्वास गर । समय आइरहेको छ, तिमीहरूले पितालाई न यो पर्वतमा न त यरूशलेममा नै आराधना गर्नेछौ । 22 तिमीहरूले जे जान्दैनौ, त्यसैको आराधना गर्छौ । हामी जे जान्दछौँ, त्यसैको आराधना गर्छौं, किनकि उद्धार यहूदीहरूबाट नै आउँछ । 23 तापनि, साँचा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्ने बेला आइरहेको छ र त्यो अहिले नै हो, किनकि पिताले आफ्ना आराधकहरू हुन यस्ता मानिसहरूको खोजी गर्दै हुनुहुन्छ । 24 परमेश्वर आत्मा हुनुहुन्छ र उहाँलाई आराधना गर्ने मानिसहरूले उहाँलाई आत्मा र सत्यतामा आराधना गर्नुपर्छ ।” 25 स्त्रीले उहाँलाई भनिन्, “(ख्रीष्ट भनिने) मसीह आउँदै हुनुहुन्छ भन्ने मलाई थाहा छ, जब उहाँ आउनुहुन्छ, उहाँले हामीलाई सबै कुरा बताउनुहुनेछ ।” 26 येशूले त्यसलाई भन्नुभयो, “तिमीसँग कुराकानी गरिरहने, म उही नै हुँ ।” 27 त्यही बेला उहाँका चेलाहरू आइपुगे । उहाँ स्त्रीसित किन कुराकानी गर्दै हुनुहुन्थ्यो भनी तिनीहरू चकित भइरहेका थिए, तर “तपाईं के चाहनुहुन्छ ?” वा “किन तपाईं त्यससँग कुराकानी गर्दै हुनुहुन्छ ?” भनी कसैले पनि भनेन । 28 त्यसैले, ती स्त्रीले आफ्नो गाग्रो छोडेर सहरतिर गइन् र मानिसहरूलाई भनिन्, 29 “आओ, मैले गरेका सबै कुराहरू मलाई बताइदिनुहुने मानिसलाई हेर । उहाँ नै ख्रीष्ट हुन सक्छ, हुन सक्दैन त ?” 30 तिनीहरू सहरबाट उहाँकहाँ आए । 31 त्यसै बेला चेलाहरूले उहाँलाई यसो भन्दै अनुरोध गरिरहेका थिए, “रब्बी, खानुहोस् ।” 32 तर उहाँले तिनीहरूलाई भन्नुभयो, “मसँग खानेकुरा छ जुन तिमीहरू जान्दैनौ ।” 33 त्यसकारण, चेलाहरूले एक आपसमा भने, “उहाँलाई कुनै खानेकुरा कसैले ल्याएको छैन, ल्याएको छ र ?” 34 येशूले तिनीहरूलाई भन्नुभयो, “जसले मलाई पठाउनुभयो, उहाँको इच्छा र उहाँको काम पुरा गर्नु नै मेरो खानेकुरा हो । 35 अझ पनि चार महिना छ र त्यसपछि कटनी गर्ने समय आउनेछ भनी के तिमीहरू भन्दैनौ ? म तिमीहरूलाई भन्दै छु, हेर र खेतलाई देख, किनकि तिनीहरू कटनीको निम्ति अगि नै पाकिसकेका छन् । 36 जसले कटनी गर्छ, त्यसले ज्याला पाउँछ र अनन्त जीवनको निम्ति फल बटुल्छ, ताकि छर्ने र कटनी गर्ने सँगसँगै रमाउन सकून् । 37 किनकि एउटाले छर्छ र अर्काले कटनी गर्छ भन्ने यो भनाइ यसैमा साँचो छ । 38 तिमीहरूले काम नगरेका कुरा कटनी गर्न मैले तिमीहरूलाई पठाएँ । अरूहरूले काम गरेका छन्, र तिमीहरू उनीहरूका श्रममा प्रवेश गरेका छौ ।” 39 “मैले गरेका सबै कुरा उहाँले मलाई भन्नुभयो” भनी स्त्रीले दिएको गवाहीले गर्दा त्यस सहरमा बसोबास गर्ने धेरै सामरीहरूले उहाँमा विश्वास गरे । 40 त्यसैले, जब सामरीहरू उहाँकहाँ आए, तिनीहरूले उनीहरूसँग बस्न आग्रह गरे र उहाँ त्यहाँ दुई दिन बस्नुभयो । 41 उहाँको वचनको कारणले गर्दा धेरै जनाले विश्वास गरे । 42 तिनीहरूले ती स्त्रीलाई भने, “तिमीले भनेकी कारणले हामी विश्वास गर्दैनौँ, किनकि हामी आफैँले सुनेका छौँ र हामी जान्दछौँ, कि उहाँ नै संसारका उद्धारकर्ता हुनुहुन्छ ।” 43 दुई दिनपछि उहाँ त्यहाँबाट गालील प्रस्थान गर्नुभयो । 44 किनकि येशू आफैँले घोषणा गर्नुभयो, कि अगमवक्तालाई उसको आफ्नै गाउँमा आदर गरिँदैन । 45 जब उहाँ गालीलमा आउनुभयो, गालीलीहरूले उहाँलाई स्वागत गरे । यरूशलेमको चाडमा उहाँले गर्नुभएका सबै कुराहरू तिनीहरूले देखेका थिए, किनकि तिनीहरू पनि चाडमा गएका थिए । 46 अब उहाँले पानीलाई दाखमद्यमा परिणत गर्नुभएको गालीलको काना सहरमा उहाँ फेरि आउनुभयो । त्यहाँ एक जना राजकीय अधिकारी थिए जसको छोरा कर्फनहुममा बिरामी थिए । 47 जब येशू यहूदियाबाट गालील आउनुभएको तिनले सुने, तिनी येशूकहाँ गए र उहाँ आएर तिनका मर्न लागेका छोरालाई निको पारिदिनुहोस् भनी उहाँलाई बिन्ती गरे । 48 तब येशूले तिनलाई भन्नुभयो, “चिह्नहरू र आश्चर्यकर्महरू नदेखेसम्म तिमीहरूले विश्वास गर्नेछैनौ ।” 49 ती अधिकारीले उहाँलाई भने, “महाशय, मेरो छोरो मर्नुअगावै आउनुहोस् ।” 50 येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिम्रो छोरा बाँच्छ ।” येशूले तिनलाई भन्नुभएको वचन तिनले विश्वास गरे, र तिनी आफ्नो बाटो लागे । 51 तिनी जाँदै गर्दा, तिनका छोरो जीवित भए भन्दै तिनका नोकरहरूले तिनलाई भेटे । 52 यसकारण, उसको सुधार कति बेलादेखि भएको थियो भनी तिनले तिनीहरूलाई सोधे । तिनीहरूले तिनलाई जवाफ दिए, “हिजो सातौँ घडीमा उसलाई ज्वरोले छोड्यो ।” 53 त्यसपछि यो येशूले “तिम्रो छोरा बाँच्छ” भन्नुभएको घडी थियो भन्ने ती बुबाले महसुस गरे । यसकारण तिनी र तिनका आफ्ना सम्पूर्ण घरानाले विश्वास गरे । 54 येशू यहूदियाबाट गालीलमा आउँनुहुँदा उहाँले गर्नुभएको यो दोस्रो चिह्न थियो ।
यूहन्नाले ४:४-३८ ले येशूलाई “जीवित पानी”को रूपमा लिने शिक्षामा केन्द्रित रहेको एउटा कथा बनाउँछ जसले उहाँलाई विश्वास गर्ने सबैलाई अनन्त जीवन दिनुहुन्छ ।
यहूदीहरूले सामरियाको क्षेत्रबाट यात्रा गर्न पन्साउँथे किनभने सामरीहरू ईश्वरहीन मानिसहरूका सन्तानहरू थिए । त्यसैले येशूलाई त्यो गर्न जरुरी थियो जुन अधिकांश यहूदीहरु गर्न चाहँदैनथे । अनि )
येशूले यी शब्दहरू साठी मिनेटभन्दा कम वा बढी हुने समयको बारेमा अगमवाणीहरू सुरु गर्न प्रयोग गर्नुभयो । “त्यो घडी” जसमा साँचो आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्छन्, त्यो साठी मिनेटभन्दा लामो अवधि हो ।
येशू आउनुभन्दा लामो समय अगाडि, सामरी मानिसहरूले तिनीहरूका देशमा झुटो मन्दिर स्थापना गरेर मोशाको व्यवस्था तोडेका थिए (यूहन्ना ४:२०) । मानिसहरूले कहाँ आराधना गर्छन् भन्ने कुरा अब महत्त्वपूर्ण थिएन भनेर येशूले त्यस स्त्रीलाई व्याख्या गर्नुभयो (यूहन्ना ४:२१-२४) ।
फसल कटनी भनेको त्यो समयमा हो जब मानिसहरू तिनीहरूले रोपेका अन्न बालीहरूलाई लिन बाहिर जान्छन् ताकि तिनीहरूले त्यसलाई तिनीहरूका घरहरूमा लान सकून् र खान सकून् । अरू मानिसहरू परमेश्वरको राज्यको हिस्सा हुन सकून् भनेर येशूले उहाँका अनुयायीहरूलाई तिनीहरूकहाँ जान र तिनीहरूलाई येशूको बारेमा बताउन आवश्यक छ भनी सिकाउनको लागि एउटा अलङ्कारको रूपमा यसलाई प्रयोग गर्नुभयो ।
यूहन्नाले यो कथालाई सम्भवतः विश्वास गर्ने सामरी स्त्री र विश्वास नगर्ने र पछि येशूलाई मार्ने यहूदीहरूको बीचमा भएको भिन्नतालाई देखाउनको लागि भन्नुभयो ।
ती मानिसहरूले नै परमेश्वरलाई प्रसन्न बनाउँछन् जसलाई परमेश्वर को हुनुहुन्छ भनी थाहा हुन्छ र जसले उहाँ जो हुनुहुन्छ त्यसको लागि उहाँलाई आराधना गर्न रमाउँछन् र उहाँलाई प्रेम गर्छन् । तिनीहरूले कहाँ आराधना गर्छन् भन्ने कुरा महत्त्वपूर्ण छैन ।
यो कथाको अर्को खण्ड हो जुन येशू र सामरी स्त्रीको बारेमा छ । यी पदहरूले यो खण्डको निम्ति पृष्ठभूमिको जानकारी दिन्छन् ।
यहाँ एउटा लामो वाक्य सुरु हुन्छ ।
“अब येशूले यूहन्नाभन्दा बढी चेलाहरू बनाउँदै र बप्तिस्मा दिँदै हुनुहुन्थ्यो । जब उहाँले यसो गरिरहनुभएको थियो भनेर फरिसीहरूले सुने भनेर उहाँले जान्नुभयो”
यहाँ “अब” शब्दले मुख्य घटनालाई खण्ड बनाउँछ । यहाँ यूहन्ना कथाको एउटा नयाँ पाटा बताउन सुरु गर्छन् ।
निजवाचक सर्वनाम “आफैँ” ले बप्तिस्मा दिने येशू हुनुहुन्नथ्यो, तर उहाँका चेलाहरू थिए भन्नेमा जोड दिन्छ ।
पद १ मा तपाईंले सम्पूर्ण वाक्यलाई पुनः मिलाउनुपर्ने हुन सक्छ जुन “अब जब येशू” भन्ने शब्दहरूबाट सुरु हुन्छ । “अब येशूले यूहन्नाभन्दा धेरै चेलाहरू बनाइरहनुभएको र बप्तिस्मा दिइरहनुभएको थियो(हुन त येशू आफैँले बप्तिस्मा दिइरहनुभएको थिएन, तर उहाँका चेलाहरूले ... थिए) । येशूले यसो गरिरहनुभएको थियो भनेर फरिसीहरूले सुने । जब येशूले उहाँले के गरिरहनुभएको थियो भनेर फरिसीहरूले थाहा पाए भनेर जान्नुभयो, उहाँले यहूदिया छोड्नुभयो र गालीलमा फेरि फर्कनुभयो”
यो आज्ञा होइन, नम्र निवेदन हो ।
उहाँले उहाँका चेलाहरूलाई पानी तान्न लगाउनुभएन किनभने तिनीहरू गइसकेका थिए ।
“उहाँ” ले येशूलाई जनाउँछ ।
यो भनाइ येशूले सामरी स्त्रीसँग पानी पिउन माग्नुभएकोले तिनको आश्चर्य व्यक्त गर्न प्रश्नको स्वरूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “विश्वास गर्न सक्दिनँ, कि तपार्इं एक जना यहूदी भएर पनि म एउटी सामरीसँग पानी पिउन मागिरहनुभएको छ !”
“घुलमिल हुँदैनन्”
रूपान्तर र नयाँ जीवन ल्याउन मानिसमा काम गर्ने पवित्र आत्मालाई जनाउन येशू “जिउँदो पानी”को अलङ्कार प्रयोग गर्नुहुन्छ ।
जोड दिनलाई यो प्रश्नको स्वरूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “तपार्इं हाम्रा पुर्खा याकूबभन्दा महान् हुनुहुन्न !”
“हाम्रा पिता-पुर्खा याकूब”
“यसबाट निकालेको पानी पिए”
“फेरि पनि पानी खानुपर्छ”
यहाँ “मूल” जीवन दिने पानी जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “मैले दिने त्यो पानी त्यसमा पानीको मूलजस्तै हुनेछ”
यहाँ “जीवन” ले परमेश्वरले मात्र दिन सक्नुहुने “आत्मिक जीवन” लाई जनाउँछ ।
यस सन्दर्भमा सामरी स्त्रीले येशूलाई “महाशय” भनेर सम्बोधन गरिरहेकी थिइन्, जुन आदर र नम्रताको शब्द हो ।
“पानी लिन” वा कुनै भाँडो र डोरी प्रयोग गरेर “इनारबाट पानी निकाल्नु”
पद १७ मा भएको “तिमीले यसो भन्दा ठीकै भन्यौ, ‘मेरो पति छैन’” भन्ने शब्दहरूलाई जोड दिनलाई येशूले यी शब्दहरू भन्नुहुन्छ । त्यस स्त्रीले सत्य भन्दै छे भनेर उहाँले जान्नुहुन्छ भनेर तिनले थाहा पाएको उहाँले चाहनुभयो ।
यस सन्दर्भमा सामरी स्त्रीले येशूलाई “महाशय” भनेर सम्बोधन गरिरहेकी थिइन्, जुन आदर र नम्रताको शब्द हो ।
“म बुझ्छु, कि तपार्इं अगमवक्ता हुनुहुन्छ”
“हाम्रा पिता-पुर्खाहरूले” वा “हाम्रा पूर्वजहरूले”
कसैलाई विश्वास गर्नु भनेको त्यो व्यक्तिले भनेको सत्य हो भनी स्वीकार गर्नु हो ।
पापबाटको अनन्त मुक्ति पिताबाट आउँछ जो यहोवे अर्थात् यहूदीहरूका परमेश्वर हुनुहुन्छ ।
यो परमेश्वरलाई जनाउने महत्त्वपूर्ण उपाधि हो ।
येशूको आशय परमेश्वरले आफैँलाई र उहाँका आज्ञाहरू सामरीहरूलाई होइन यहूदीहरूलाई प्रकट गर्नुभयो भन्ने हो । धर्मशास्त्रद्वारा यहूदीहरूले सामरीहरूले भन्दा परमेश्वर को हुनुहुन्छ भनी बढी जान्दछन् ।
यसको मतलब यहूदीहरूले अरूहरूलाई बचाउँछन् भन्ने होइन । परमेश्वरले यहूदीहरूलाई उहाँको विशेष जातिको रूपमा चुन्नुभएको छ, र तिनीहरूले उहाँको उद्धारबारे बताउँछन् भन्ने हो । वैकल्पिक अनुवादः “किनभने यहूदीहरूकै कारणले सबै मानिसहरूले परमेश्वरको मुक्तिबारे जान्नेछन्”
अनन्त उद्धार परमेश्वर पिताबाट आउँछ, जो यहवे, यहूदीहरूका परमेश्वर हुनुहुन्छ ।
येशू सामरी स्त्रीसँग निरन्तर कुरा गर्नुहुन्छ ।
“तापनि, आराधकहरूका निम्ति अहिले ... यो उपयुक्त समय हो”
यो परमेश्वरलाई जनाउने महत्त्वपूर्ण उपाधि हो ।
सम्भावित अर्थहरू हुन्, आत्मा भनेको १) भित्री व्यक्ति, समझ र हृदय, उसले के सोच्छ र के मन पराउँछ भन्ने हो, जुन ऊ आराधना गर्न कहाँ जान्छ र उसले के पर्वहरू मान्छ भन्ने कुराबाट फरक हुन्छ, वा २) पवित्र आत्मा । वैकल्पिक अनुवादः “आत्मा र सत्यतामा” वा “आत्माको सहायतामा र सत्यतामा”
परमेश्वरको बारेमा के सत्य हो भनेर ठीक तरिकाले सोच्दै
यी दुवैको अर्थ “परमेश्वरले प्रतिज्ञा गर्नुभएको राजा” भन्ने हुन्छ ।
पदावली “सबै कुरा बताउनुहुनेछ” ले मानिसहरूले जान्नुपर्ने सबै कुराहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँले हामीले जान्नुपर्ने सबै कुरा हामीलाई बताउनुहुनेछ”
“येशूले यसो भनिरहनुहुँदा उहाँका चेलाहरू सहरबाट आइपुगे”
यहूदीले नचिनेको महिलासँग बोल्नु अनौठो कुरो थियो, विशेष गरी सामरीसँग ।
सम्भावित अर्थहरूः ((१) उहाँका चेलाहरूले दुवै प्रश्नहरू सोधे वा ((२) “के चाहनुहुन्छ ?” वा “स्त्रीसित किन ?” भनी कसैले पनि सोधेन ।
सामरी स्त्रीले येशूले तिनको बारेमा कति धेरै जान्नुहुँदो रहेछ भनेर प्रभावित छिन् भनी देखाउन बढाइचढाइ गर्छिन् । वैकल्पिक अनुवादः “आओ मैले उहाँलाई पहिले कहिल्यै पनि भेटेकी थिइन, तापनि मेरो बारेमा धेरै कुरा जान्नुहुनेलाई हेर”
येशू नै ख्रीष्ट हुनुहुन्छ भन्नेमा स्त्री पक्का छैन, त्यसैले तिनी “होइन” भन्ने जवाफको अपेक्षा गर्दै प्रश्न सोध्छिन्, तर तिनले कथनको सट्टामा प्रश्न सोध्छिन्, किनभने मानिसहरूले नै निर्णय गरून् भन्ने तिनी चाहन्छिन् ।
“ती स्त्री सहरतिर जाँदै गर्दा”
“चेलाहरूले येशूलाई भनिरहेका थिए” वा “चेलाहरूले येशूलाई प्रोत्साहन दिइरहेका थिए”
येशूले यहाँ वास्तविक “खाना” को बारेमा कुरा गरिरहनुभएको थिएन, तर यूहन्ना ४:३४-३६(./34.md) को आत्मिक पाठको लागि तयार पार्दै हुनुहुन्थ्यो ।
चेलाहरूले येशूले साँच्चै खानाको बारेमा कुरा गरिरहनुभएको छ भनी सोच्छन् । तिनीहरूले आपसमा “होइन” भन्ने जवाफको अपेक्षा गर्दै यो प्रश्न सोध्छन् । वैकल्पिक अनुवादः “निश्चय नै हामी सहरमा हुँदा उहाँलाई कसैले खानेकुरो ल्याएन !”
यहाँ “खाना” “परमेश्वरको इच्छा पालन गर्ने” कुराको अलङ्कार हो । वैकल्पिक अनुवादः “जसरी भोकाएको मानिसलाई खानाले तृप्त पार्छ, त्यसरी नै परमेश्वरको इच्छा पालन गर्नाले मलाई तृप्त पार्छ”
“के यो तिमीहरूका लोकप्रिय भनाइहरूमध्ये एउटा होइन र ?”
“खेत” र “कटनीको निम्ति अगि नै पाकिसकेको” अलङ्कारहरू हुन् । “खेतहरू” ले मानिसहरूलाई जनाउँछ । “कटनीको निम्ति अगि नै पाकिसकेको” को अर्थ खेतहरू कटनीको लागि तयार भए झैँ मानिसहरू पनि येशूको सन्देश ग्रहण गर्नलाई तयार छन् भनेको हो । वैकल्पिक अनुवादः मानिसहरूलाई हेर र देख ! जसरी खेतका अन्नहरू मानिसहरूले कटनी गर्नलाई तयार छन्, त्यसै गरी तिनीहरू मेरो सन्देश स्वीकार गर्न तयार छन्”
यहाँ “अनन्त जीवनको लागि फल” भनेको एउटा अलङ्कार हो जसले ख्रीष्टको सन्देशलाई विश्वास गर्ने र अनन्त जीवन प्राप्त गर्ने मानिसहरूलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “र सन्देशलाई विश्वास गर्ने र अनन्त जीवन प्राप्त गर्ने मानिसहरू कुनै फसल जम्मा गर्नेले जम्मा गरेको फल झैँ हुन्”
येशूले उहाँका चेलाहरूसँग निरन्तर कुरा गर्नुहुन्छ ।
“छर्छ” र “कटनी गर्छ” शब्दहरू अलङ्कारहरू हुन् । जसले छर्छ, त्यसले येशूको सन्देश बाँड्छ । ” जसले कटनी गर्छ, त्यसले मानिसहरूलाई येशूको सन्देश ग्रहण गर्न सहायता गर्छ । वैकल्पिक अनुवादः “कसैले बिरुवा रोप्छ, र अर्कोले अन्न कटनी गर्छ”
“तिमीहरू तिनीहरूका काममा सहभागी भइरहेका छौ” (युडीबी)
कसैमा विश्वास गर्नु भनेको त्यो व्यक्तिलाई भरोसा गर्नु हो । यहाँ तिनीहरूले उहाँलाई परमेश्वरका पुत्रको रूपमा विश्वास गरे भन्ने पनि हुन्छ ।
यो अतिशयोक्ति हो । सामरी स्त्री येशूसँग यति प्रभावित भएकी थिइन्, कि उहाँले तिनको बारेमा सबै कुरा पहिला नै जानेको हुनुपर्छ भन्ने तिनी महसुस गर्छिन् । वैकल्पिक अनुवादः “उहाँले मेरो जीवनबारे भएका सबै कुरा बताउनुभयो”
यहाँ “वचन” येशूले घोषणा गर्नुभएको सन्देशलाई जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “उहाँको सन्देश”
“संसार” संसारमा बस्ने सबै मानिसहरूलाई जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “संसारका सबै मानिसहरू”
यो कथाको अर्को खण्ड हो जसमा येशू गालीलमा जानुहुन्छ र एउटा केटालाई निको पार्नुहुन्छ । पद ४४ ले येशूले पहिले नै भन्नुभएको कुनै पृष्ठभूमिको जानकारी दिन्छ ।
यहूदियाबाट
येशूले घोषणा गर्नुभयो वा भन्नुभयो भनी जोड दिनलाई निजवाचक सर्वनाम थपिएको छ । यसलाई तपार्इंको भाषामा व्यक्तिलाई जोड दिने तरिकाले अनुवाद गर्न सक्नुहुन्छ ।
“मानिसहरूले तिनीहरूका गाउँका अगवक्तालाई आदर गर्दैनन्” वा “अगवक्तालाई उनको आफ्नै समुदायका मानिसहरूद्वारा नै आदर गरिँदैन”
यहाँ चाड भन्नाले निस्तार-चाड हो ।
यहाँ यसलाई मुख्य कथा छोडेर कथाको नयाँ खण्डतिर प्रस्थान गरेको देखाउन प्रयोग गरिएको छ । तपार्इंको भाषामा यसो गर्ने कुनै तरिका भए त्यसलाई प्रयोग गर्नेबारे विचार गर्नुहोस् ।
राजाको सेवामा रहेको कुनै व्यक्ति
“नदेखेसम्म ... विश्वास गर्दैनौ” भन्ने युगल अकरण हो । कुनै भाषामा यसलाई सकारात्मक वाक्यमा अनुवाद गर्नु बढी स्वाभाविक हुन सक्छ । वैकल्पिक अनुवादः “आश्चर्यकर्म देख्यो भने मात्र तिमीहरूले विश्वास गर्छौ”
यहाँ वचन येशूले बोल्नुभएको सन्देशलाई जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “सन्देश विश्वास गर्यो”
दुईवटा घटना एकै समयमा भइरहेको देखाउन यो प्रयोग गरिएको छ । अधिकारी घर जाँदै गर्दा तिनका नोकरहरू तिनलाई भेट्न बाटोमा आइरहेका थिए ।
“तिनी” लाई जोड दिन निजवाचक सर्वनाम प्रयोग गरिएको छ । तपार्इंको भाषामा यसो गर्ने तरिका छ भने तपार्इंले त्यसलाई प्रयोग गर्न सक्नुहुन्छ ।
आश्चर्यकर्महरूलाई “चिन्हहरू” पनि भन्न सकिन्छ, किनभने तिनलाई परमेश्वर विश्वमाथि पूर्ण अधिकार भएको सर्वशक्तिमान् हुनुहुन्छ भन्ने सूचक वा प्रमाणको रूपमा प्रयोग गरिन्छन् ।
1 यसपछि यहूदीहरूको चाड थियो, र येशू यरूशलेम जानुभयो । 2 यरूशलेमको भेडा-ढोका नजिकै एउटा तलाउ छ जसलाई हिब्रूमा बेथस्दा भनिन्छ जसको छानासहितका पाँचवटा दलान छन् । 3 त्यहाँ ठुलो सङ्ख्यामा बिरामीहरू, अन्धा, लङ्गडा र पक्षाघातीहरू त्यो तलाउको नजिक पडिरहेका थिए । (नोटः उत्कृष्ट प्राचीन प्रतिलिपीहरूबाट यो पदावलीलाई हटाइएको छ) । ३ तिनीहरूले पानी छचल्किएको पर्खिरहेका थिए । 4 (नोटः उत्कृष्ट प्राचीन प्रतिलिपीहरूले पद ४ लाई हटाएको छ) । ४ “परमेश्वरका स्वर्गदूत तल ओर्लिएर पानीलाई कुनै समयमा हल्लाइदिन्थे र त्यो पानी छचल्किरहँदा जो पहिले पानीमा पस्थ्यो त्यसको जस्तोसुकै रोग भए तापनि निको भइहाल्थ्यो । 5 त्यहाँ अठतिस वर्षदेखि रोगले ग्रसित भएको कुनै एक जना मानिस थियो । 6 जब येशूले त्यसलाई त्यहाँ पल्टिरहेको देख्नुभयो र उहाँले त्यो मानिस त्यहाँ धेरै समयदेखि रहेको थियो भनी महसुस गर्नुभयो, तब उहाँले त्यसलाई भन्नुभयो, “के तिमी स्वस्थ हुन चाहन्छौ ?” 7 त्यो बिरामी मानिसले जवाफ दियो, “महाशय, पानी छचल्किँदा मलाई पानीमा राखिदिने मेरो कोही पनि छैन । म आउँदा मभन्दा अगि अर्को पसिहाल्छ ।” 8 येशूले त्यसलाई भन्नुभयो, “उठ, आफ्नो चकटी लेऊ, र हिँड ।” 9 त्यो मानिस तुरुन्तै निको भयो र त्यसले आफ्नो ओछ्यान उठायो, र हिँड्यो । अब त्यो विश्रामको दिन थियो । 10 त्यसैले, यहूदीहरूले त्यो निको भएको मानिसलाई भने, “यो विश्रामको दिन हो, र तिमीलाई तिम्रो चकटी बोकेर हिँड्ने अनुमति छैन ।” 11 त्यसले जवाफ दियो, “जसले मलाई स्वस्थ बनाउनुभयो, उहाँले नै मलाई ‘तिम्रो चकटी उठाऊ र हिँड’ भन्नुभयो ।” 12 उनीहरूले त्यसलाई भने, “तिमीलाई ‘तिम्रो यो उठाऊ र हिँड’ भन्ने त्यो मानिस को हो ?” 13 तापनि येशू सुटुक्क गइसक्नुभएकोले जो निको भएको थियो, त्यसलाई उहाँ को हुनुहुन्थ्यो भन्ने थाहा थिएन, किनकि त्यहाँ भिड लागेको थियो । 14 पछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्टाउनुभयो र भन्नुभयो, “हेर, तिमी स्वस्थ भएका छौ । अब पाप नगर, ताकि तिमीमाथि योभन्दा झन् खराबी आइनपरोस् ।” 15 त्यो मानिस गयो र त्यसलाई स्वस्थ बनाउने येशू हुनुहुँदोरहेछ भनी त्यसले यहूदीहरूलाई बतायो । 16 अब यी कुराहरूका कारणले यहूदीहरूले येशूलाई सताए, किनकि उहाँले यी कुराहरू विश्रामको दिनमा गर्नुभएको थियो । 17 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मेरा पिताले अहिले पनि काम गरिरहनुभएको छ र म पनि काम गरिरहेको छु ।” 18 यसले गर्दा यहूदीहरूले उहाँलाई झनै मार्न खोजे, किनकि उहाँले विश्राम दिन मात्र तोड्नुभएन, तर आफैँलाई परमेश्वर समान तुल्याएर परमेश्वरलाई पिता भन्नुभयो । 19 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो, पिताले गरिरहनुभएको देख्नु बाहेक पुत्र आफैँले केही गर्न सक्दैन, किनकि पिताले जे गरिरहनुभएको छ पुत्रले पनि त्यही कुराहरू गर्छ । 20 किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँ आफूले गर्नुहुने सबै कुरा पुत्रलाई देखाउनुहुन्छ अनि उहाँले उनलाई यी कुराहरूभन्दा पनि ठुला कुराहरू देखाउनुहुनेछ, ताकि तिमीहरू अचम्मित हुन सक । 21 किनकि पिताले जसरी मृतकलाई जीवित पार्नुहुन्छ, र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई चाहन्छ त्यसलाई जीवन दिन्छ । 22 किनकि पिताले कसैको न्याय गर्नुहुन्न, तर उहाँले न्याय गर्ने सबै काम पुत्रलाई दिनुभएको छ । 23 त्यसैले, तिनीहरूले पितालाई आदर गरेझैँ, सबैले पुत्रलाई आदर गर्नेछन् । जसले पुत्रलाई आदर गर्दैन, त्यसले उहाँलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन । 24 साँचो, साँचो, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्वास गर्छ त्यससँग अनन्त जीवन हुन्छ र त्यो दोषी ठहराइनेछैन, तर त्यो मृत्युबाट जीवनमा सरेको छ । 25 साँचो, साँचो म तिमीहरूलाई भन्छु, समय आइरहेको छ र यो अहिले नै हो, जब मृतकहरूले परमेश्वरका पुत्रको सोर सुन्नेछन्, र ती सुन्नेहरू बाँच्नेछन् । 26 किनकि जसरी पिता आफैँसँग जीवन छ, त्यसरी नै उहाँले पुत्रलाई पनि दिनुभएको छ, ताकि ऊ आफैँसँग जीवन होस्, 27 र पिताले पुत्रलाई न्याय गर्ने अधिकार दिनुभएको छ । किनकि ऊ मानिसका पुत्र हो । 28 यस कुरामा तिमीहरू अचम्म नमान, किनकि चिहानमा हुनेहरूले उसको सोर सुन्ने समय आइरहेको छ, 29 र तिनीहरू चिहानबाट बाहिर आउनेछन्ः असल गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति र दुष्ट काम गर्नेहरू न्यायको पुनरुत्थानको निम्ति । 30 म आफैँले केही गर्न सक्दिनँ । म जस्तो सुन्छु त्यस्तै न्याय गर्छु र मेरो न्याय धार्मिक हुन्छ, किनकि मैले आफ्नो इच्छा खोजिरहेको छैनँ, तर मलाई पठाउनुहुनेको इच्छा खोजिरहेको छु । 31 यदि म आफैँले आफ्नै बारेमा गवाही दिने हो भने मेरो गवाही सत्य हुँदैनथ्यो । 32 मेरो बारेमा गवाही दिनुहुने अर्को एक जना हुनुहुन्छ, र म जान्दछु, कि उहाँले मेरो विषयमा दिनुहुने गवाही सत्य हुन्छ । 33 तिमीहरूले यूहन्नाकहाँ पठाएका छौ र उनले सत्य गवाही दिएका छन् । 34 तर मैले प्राप्त गर्ने त्यो गवाही मानिसबाट आएको होइन । तिमीहरूलाई बचाइयोस् भनी म यी कुराहरू भन्छु । 35 यूहन्ना बोलिरहेका र चम्किरहेका बत्ती थिए र तिमीहरू उनको ज्योतिमा केही क्षणका लागि आनन्द मनाउन तत्पर थियौ । 36 तैपनि मसँग भएको गवाही त्योभन्दा पनि महान् छ, किनकि पिताले मलाई पुरा गर्न दिनुभएका कामहरू र मैले गर्ने कामहरूले नै मलाई पिताले पठाउनुभएको हो भन्ने गवाही दिन्छन् । 37 मलाई पठाउनुहुने पिता आफैँले मेरो विषयमा गवाही दिनुभएको छ । तिमीहरूले न उहाँको सोर सुनेका छौ न उहाँको रूप नै कहिल्यै देखेका छौ । 38 तिमीहरूमा उहाँको वचन रहेको छैन, किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्वास गरिरहेका छैनौ । 39 तिमीहरू धर्मशास्त्रमा खोज्दछौ, किनकि तिनमा तिमीहरूको निम्ति अनन्त जीवन छ भन्ने सोच्दछौ र यी नै धर्मशास्त्रहरूले मेरो विषयमा गवाही दिन्छन्, 40 र तिमीहरू जीवन पाउन मकहाँ आउन तत्पर छैनौ । 41 म मनिसहरूबाट प्रशंसा प्राप्त गर्दिनँ, 42 तर म जान्दछु, तिमीहरू आफैँमा परमेश्वरको प्रेम छैन । 43 म मेरा पिताको नाउँमा आएको छु, र तिमीहरू मलाई स्वीकार गर्दैनौ । यदि आफ्नै नाउँमा अर्को कोही आउने हो भने तिमीहरूले त्यसलाई स्वीकार गर्छौ । 44 एक अर्कोबाट प्रशंसा खोज्ने तर परमेश्वरबाट मात्र आउने प्रशंसा नखोज्नलाई तिमीहरूले कसरी विश्वास गर्न सक्छौ ? 45 पिताको सामु तिमीहरूलाई म आफैँले दोष लगाउँछु भन्ने तिमीहरू नसोच । तिमीहरूले आशा राखेका मोशाले नै तिमीहरूलाई दोष लगाउँछन् । 46 यदि तिमीहरूले मोशामा विश्वास गर्थ्यौ भने तिमीहरूले ममा पनि विश्वास गर्ने थियौ, किनकि उनले मेरो विषयमा लेखे । 47 यदि तिमीहरूले उनले लेखेका कुराहरूमा विश्वास गर्दैनौ भने तिमीहरूले मेरो वचनमा कसरी विश्वास गर्छौ र ?”
धेरै यहूदीहरूले विश्वास गर्थे कि परमेश्वरले ती मानिसहरूलाई निको पार्नुहुने थियो जो यरूशलेमका केही तलाउहरूमा भएका पानीहरू “हल्लाइँदा” त्यस भित्र पस्थ्यो ।
गवाही भनेको एउटा व्यक्तिले अर्को व्यक्तिको बारेमा भन्ने कुरा हो । कुनै व्यक्तिले आफ्नै बारेमा भन्ने कुरा त्यति महत्त्वपूर्ण हुँदैन जति अरू व्यक्तिहरूले त्यस व्यक्तिका बारेमा भन्छन् । येशूले यहूदीहरूलाई भन्नुभयो कि परमेश्वरले येशू को हुनुहुन्थ्यो भनी तिनीहरूलाई बताउनुभएको थियो, त्यसैले उहाँले तिनीहरूलाई आफू को हुनुहुन्थ्यो भनी बताउन जरुरी थिएन । यो यसकारणले हो कि परमेश्वरले पूरानो करारका लेखकहरूलाई उहाँको मसिहले के गर्नुहुने थियो भनेर बताउनुभएको थियो, र येशूले ती सबै कुराहरू गर्नुभएको थियो जुन तिनीहरूले उहाँले गर्नुहुने थियो भनेर लेखेका थिए ।
परमेश्वरले केही मानिसहरूलाई पुनः जीवित बानउनुहुनेछ र किनकि उहाँले तिनीहरूलाई उहाँको अनुग्रह दिनुहुन्छ,तिनीहरू उहाँसँगै सदा जिउनेछन् । तर उहाँले केही मानिसहरूलाई पुनः जीवित बनाउनुहुनेछ र किनकि उहाँले तिनीहरूलाई न्यायपूर्वक व्यवहार गर्नुहुनेछ, तिनीहरू सदाको लागि उहाँबाट अलग भएर जिउनेछन् ।
यस अध्यायमा येशूले आफैँलाई “पुत्र” अनि
कथामा यो अर्को घटना हो, जसमा येशू यरूशलेमा जानुहुन्छ र एक जना मानिसलाई निको पार्नुहुन्छ । यी पदहरूले कथाको परिस्थितिबारे भएको पृष्ठभूमि जानकारी दिन्छन् ।
यसले येशूले ती अधिकारीको छोरो निको पार्नुभएपछिको समयलाई जनाउँछ । यसलाई ३:२२-२४(../03/22.md) मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
“यहूदीहरूले चाड मनाइरहेका थिए”
यरूशलेम डाँडाको टुप्पामा अवस्थित छ । यरूशलेम जाने बाटो स-साना डाँडाहरू हुँदै जानुपर्थ्यो । तपार्इंको भाषामा मैदानमा हिँडेको भन्दा पनि डाँडामाथि उकालो चढेको जनाउने शब्द भए, त्यसैलाई प्रयोग गर्नुहोस् ।
यो जमिनमा रहेको मानिसहरूले पानी भर्ने खाल्डो हो । कहिले काहीँ तलाउहरूमा टायलहरू वा ढुङ्गाहरू छापिएका हुन्थे ।
एउटा ठाउँको नाउँ
एक पट्टिको पर्खाल नभएको र भवनमा टाँसेर बनाइएको छानासहितका संरचनाहरू
“धेरै मानिसहरू”
पद ५ ले कथामा त्यो मानिस पस्रिरहेको थियो भनी चिनाउँछ ।
“बेथस्दाको तलाउमा थिए” (यूहन्ना ५:१)
“३८ वर्षदेखि”
“उहाँले बुझ्नुभयो” वा “उहाँले भेट्टाउनुभयो”
“येशूले त्यो पक्षाघातीलाई भन्नुभयो”
यहाँ “महाशय” शब्द बोलीमा नम्रताको स्वरूप हो ।
यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब स्वर्गदूतले पानी छचल्काउँछन्”
यो जमिनमा भएको एउटा खाडल थियो जुन मानिसहरूले पानीले भर्थे । कहिलेकाहीँ तिनीहरूले तलाउको डिलमा टायलहरू वा अन्य ढुङ्गाबाट बनेका कलाकृतिहरू राख्थे । ५:२(./01.md). मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
“सदैव मभन्दा अगि नै पानीभित्र कोही पसिहाल्छ”
“खडा होऊ !”
“तिम्रो सुत्ने चकटी उठाऊ र हिँड !”
“त्यो मानिस फेरि स्वस्थ भयो”
यसपछि आउने शब्दहरू पृष्ठभूमि जानकारी हुन् भनेर देखाउन लेखकले यहाँ “अब” शब्दको प्रयोग गर्छन् ।
यहूदीहरू (विशेष गरी, यहूदी अगुवाहरू) विश्रामको दिनमा त्यसको चकटी बोकिरहेको मानिस देखेर रिसाए ।
“यो परमेश्वरको विश्रामको दिन हो”
“मलाई कुशल बनाउनुहुने मानिसले”
“यहूदी अगुवाहरूले त्यो निको पारिएको मानिसलाई सोधे”
“येशूले उहाँले निको पार्नुभएको मानिसलाई भेट्टाउनुभयो”
“हेर” शब्द त्यसपछि आउने कुराहरूतिर ध्यान खिँच्न प्रयोग गरिएको हो ।
यसपछि आउने शब्दहरू पृष्ठभूमि जानकारी हुन् भनेर देखाउन लेखकले यहाँ “अब” शब्दको प्रयोग गर्छन् ।
यहाँ “यहूदीहरू” “यहूदी अगुवाहरू” को प्रतिनिधित्व गर्ने अङ्गाङ्गी शब्द हो । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरू”
यसले अरू मानिसहरूको सेवा गर्ने लगायत परिश्रम गर्ने कुरालाई देखाउँछ ।
यो परमेश्वरलाई जनाउने महत्त्वपूर्ण उपाधि हो ।
“त्यो परमेश्वरजस्तो छ भनेर” वा “त्योसँग परमेश्वरसँग जति नै अधिकार छ भनेर”
येशूले यहूदी अगुवाहरूसँग निरन्तर कुरा गरिरहनुहुन्छ ।
यसलाई त्यस किसिमले अनुवाद गर्नुहोस् जसरी तपाईंको भाषाले यसपछि आउने कुराहरू महत्त्वपूर्ण र सत्य हुन् भनी जोड दिन्छ । यसलाई १:५१(../01/49.md) मा जस्तै अनुवाद गर्नुहोस् ।
परमेश्वरका पुत्रको रूपमा येशूले पृथ्वीमा पिताको नेतृत्वलाई पछ्याउनुभयो र पालन गर्नुभयो, किनभने पिताले उहाँलाई प्रेम गर्नुहुन्छ भन्ने येशूले जन्नुहुन्थ्यो ।
येशू र परमेश्वर बिचको सम्बन्धको व्याख्या गर्ने महत्त्वपूर्ण उपाधिहरू हुन् ।
“तिमीहरू छक्क पर्नेछौ” वा “तिमीहरू चकित हुनेछौ”
येशूले, परमेश्वरको पुत्रको रूपमा, पृथ्वीमा हुनुहुँदा उहाँको पितालाई पछ्याउनुभयो र पिताको आज्ञापालन गर्नुभयो, किनकि येशू जान्नुहुन्थ्यो कि पिताले उहाँलाई प्रेम गर्नुहुन्थ्यो ।
परमेश्वरबाट आउने किसिमको प्रेम चाहिँ त्यसको आफ्नै फाइदा नहुँदा पनि अरूहरूको भलाइमा केन्द्रित हुन्छ । परमेश्वर आफैँ प्रेम र साँचो प्रेमको स्रोत हुनुहुन्छ ।
येशू र परमेश्वर बिचको सम्बन्धको व्याख्या गर्ने महत्त्वपूर्ण उपाधिहरू हुन् ।
यसले “आत्मिक जीवन” लाई जनाउँछ ।
“किनकि” ले तुलना गरेको कुरालाई देखाउँछ । परमेश्वरका पुत्रले परमेश्वर पिताको निम्ति न्याय गर्नुहुन्छ ।
पुत्र परमेश्वरलाई पनि पिता परमेश्वरलाई आराधना गरे झैँ नै आराधना गर्नुपर्छ । यदि हामी पुत्र परमेश्वरलाई आदर गर्न चुक्यौँ भने पिता परमेश्वरलाई पनि आदर गर्न चुक्छौँ ।
यसलाई १:५१(../01/49.md) मा जस्तै अनुवाद गर्नुहोस् ।
यहाँ “वचन” येशूको सन्देशलाई जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादहरूः “मेरो सन्देश सुन्ने जो कोही पनि”
यसलाई सकारात्मक रूपमा पनि उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “निर्दोष ठहराइनेछ”
यसलाई त्यस किसिमले अनुवाद गर्नुहोस् जसरी तपाईंको भाषाले यसपछि आउने कुराहरू महत्त्वपूर्ण र सत्य हुन् भनी जोड दिन्छ । तपार्इंले १:४९-५१(../01/49.md) मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
परमेश्वरका पुत्र येशूको आवाजले मृत मानिसहरूलाई चिहानबाट जीवित तुल्याउनेछ ।
यो येशूलाई जनाउने महत्त्वपूर्ण उपाधि हो ।
“किनकि” ले तुलना गरेको कुरालाई देखाउँछ । पिताले झैँ परमेश्वरका पुत्रसँग पनि जीवन दिने शक्ति छ ।
येशू र परमेश्वर बिचको सम्बन्धको व्याख्या गर्ने महत्त्वपूर्ण उपाधिहरू हुन् ।
यसले “आत्मिक जीवन” लाई जनाउँछ ।
येशू र परमेश्वर बिचको सम्बन्धको व्याख्या गर्ने महत्त्वपूर्ण उपाधिहरू हुन् ।
परमेश्वरका पुत्रसँग न्याय गर्नलाई पिता परमेश्वरको अधिकार छ ।
“यस” ले येशू अर्थात् मानिसका पुत्रसँग अनन्त जीवन दिने र न्याय गर्ने शक्ति छ भन्ने जनाउँछ ।
“मेरो सोर सुन्ने”
“पठाउनुहुनेको” ले पितालाई जनाउँछ ।
“मेरो बारेमा मानिसहरूलाई भन्ने अर्को एक जना कोही हुनुहुन्छ”
यसले परमेश्वरलाई जनाउँछ ।
“उहाँले मेरो बारेमा मानिसहरूलाई भन्नुहुने कुरा सत्य हुन्छ”
“मलाई मानिसहरूको गवाही आवश्यक पर्दैन”
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “त्यसैले परमेश्वरले तिमीहरूलाई बचाउन सक्नुहुन्छ”
यहाँ “बत्ती” र “ज्योति” अलङ्कार हो । यूहन्नाले मानिसहरूलाई परमेश्वरको बारेमा सिकाए र यो कुरा चाहिँ बत्तीले त्यसको ज्योति अन्धकारमा चम्काएको जस्तै थियो । वैकल्पिक अनुवादः “यूहन्नाले तिमीहरूलाई परमेश्वरका बारेमा सिकाए र यो कुरा चाहिँ बत्तीले त्यसको ज्योति चम्काएको जस्तै थियो । अनि केही बेरको लागि यूहन्नाले भनेका कुराहरूले तिमीहरूलाई खुशी बनायो”
पिता परमेश्वरले पुत्र येशूलाई पृथ्वीमा पठाउनुभएको छ । येशूले पिताले उहाँलाई गर्नलाई दिनुहुने काम पूरा गर्नुहुन्छ ।
यो परमेश्वरलाई जनाउने महत्त्वपूर्ण उपाधि हो ।
यहाँ येशूले आश्चर्यकर्महरूले “गवाही दिन्छन्” वा “उहाँको बारेमा “मानिसहरूले बताउँछन्” भन्नुहुन्छ । वैकल्पिक अनुवादः “मैले गर्ने कामहरूले मलाई परमेश्वरले पठाउनुभएको हो भनी देखाउँछन्”
निजवाचक सर्वनामले गवाही दिने पिताबाहेक अरू कुनै कम महत्त्वपूर्ण व्यक्ति होइन भन्नेमा जोड दिन्छ ।
“तिमीहरूले उहाँले पठाउनुभएकोलाई विश्वास गर्दैनौ । तिमीहरूले उहाँका वचनहरू तिमीहरूमा राखिराखेका छैनौ भनेर म यसरी नै जान्दछु”
मानिसहरूले परमेश्वरको वचन अनुसार जिउने कुरालाई येशूले यसरी बताउनुहुन्छ कि मानौँ तिमीहरू घरहरू थिए र परमेश्वरको वचन चाहिँ एउटा व्यक्ति थियो जो घरहरूमा बस्थ्यो । वैकल्पिक अनुवादः “तिमीहरू उहाँको वचन अनुसार जिउँदैनौ” वा “तिमीहरूले उहाँको वचनको पालना गर्दैनौ”
“उहाँले तिमीहरूलाई बताउनुभएको सन्देश”
“यदि तिमीहरूले पढ्यौ भने तिमीहरूले जीवन पाउनेछौ” वा “तिमीहरूले कसरी जीवन पाउन सक्छौ भनी धर्मशास्त्रले बताउनेछ”
“तिमीहरू मेरो सन्देशलाई विश्वास गर्न इन्कार गर्छौ”
“स्वीकार गर्नु”
यसको अर्थ हुन सक्छ १) “तिमीहरूले वास्तवमा परमेश्वरलाई प्रेम गर्दैनौ” वा २) “तिमीहरूले वास्तवमा परमेश्वरको प्रेम ग्रहण गरेका छैनौ”
यहाँ “नाउँ” पिताको शक्ति र अधिकारको सङ्केत गर्ने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “म मेरा पिताको अधिकारसँग आएको छु”
यो परमेश्वरलाई जनाउने महत्त्वपूर्ण उपाधि हो ।
मित्रको रूपमा स्वागत गर्नु
“नाउँ” अधिकारलाई जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “यदि आफ्नै अधिकारमा अर्को कोही आउने हो भने”
यो भनाइ जोड दिनलाई प्रश्नको रूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “तिमीहरूले विश्वास गर्ने कुनै उपाय नै छैन, किनभने तिमीहरू प्रशंसा स्वीकार गर्छौ ... परमेश्वर !”
यसको अर्थ हुन्छ, येशूमा विश्वास गर्नु ।
यहाँ “मोशा” व्यवस्थाको प्रतिनिधित्व गर्ने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरूलाई मोशाले नै दोषी ठहराउनेछन्, जुन व्यवस्थामा तिमीहरूले आशा राखेका छौ”
“तिमीहरूको दृढता” वा “तिमीहरूको भरोसा”
यो कथन जोड दिनलाई प्रश्नको रूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “तिमीहरूले उनले लेखेका कुरामा विश्वास गर्दैनौ, त्यसैले तिमीहरूले मेरा वचनहरूमा कहिल्यै विश्वास गर्नेछैनौ !”
“मेले जे भन्छु”
1 यी कुराहरूपछि येशू गालील समुद्र अर्थात् तिबेरियास समुद्रको पारिपट्टि जानुभयो । 2 एउटा ठुलो भिडले उहाँलाई पच्छ्याइरहेको थियो, किनकि बिरामी मानिसहरूमा उहाँले गरिरहनुभएको चिह्नहरू तिनीहरूले देखेका थिए । 3 येशू पर्वतमाथि जानुभयो, र त्यहाँ उहाँका चेलाहरूसँग बस्नुभयो । 4 (यहूदीहरूको निस्तार-चाड नजिकै थियो । ) 5 येशूले माथितिर हेर्नुभयो र एउटा ठुलो भिड आफूतर्फ आइरहेको देख्नुभयो, अनि उहाँले फिलिपलाई भन्नुभयो, “यिनीहरूको लागि खानलाई रोटी किन्न हामी कहाँ जाने ?” 6 (तर येशूले फिलिपलाई जाँच्न यसो भन्नुभएको थियो, किनकि उहाँ आफैँले के गर्न गइरहनुभएको थियो सो उहाँ आफैँलाई थाहा थियो ।) 7 फिलिपले उहाँलाई जवाफ दिए, “दुई सय चाँदीका सिक्काको रोटी पनि हरेकलाई थोरै-थोरै दिनलाई पर्याप्त हुँदैन ।” 8 चेलाहरूमध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियासले येशूलाई भने, 9 “यहाँ एक जना केटोसँग जौका पाँचवटा रोटी र दुईवटा माछा छन्, तर यत्ति धेरैका बिचमा यी कति नै हुन्छन् र ?” 10 येशूले भन्नुभयो, “मानिसहरूलाई बस्न लगाऊ ।” (त्यस ठाउँमा धेरै घाँस थियो ।) त्यसैले झण्डै पाँच हजार जति सङ्ख्यामा मानिसहरू बसे । 11 तब येशूले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि उहाँले त्यहाँ बसेकाहरूलाई तिनीहरूले चाहे जति दिनुभयो र उहाँले माछा पनि त्यसै गर्नुभयो । 12 जब मानिसहरू भर पेट भए, उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “बाँकी रहेका टुक्रा-टाक्री सबै बटुल, ताकि कुनै पनि थोक खेर नजाओस् ।” 13 यसैले तिनीहरूले बटुले, र पाँचवटा जौका रोटीबाट बाँकी रहेका टुक्रा-टाक्री अर्थात् तिनीहरूले खाएर बचेका टुक्राहरू बार्ह डाला भरे । 14 जब मानिसहरूले उहाँले गर्नुभएका यी चिह्नहरू देखे, तिनीहरूले भने, “उहाँ साँच्चै यो संसारमा आउनुपर्ने अगमवक्ता हुनुहुन्छ ।” 15 जब उहाँलाई पक्रेर बलजफतीसँग राजा बनाउन तिनीहरू आउन लागेका थिए भन्ने उहाँले महसुस गर्नुभयो, उहाँ फेरि पनि एकलै डाँडातर्फ लाग्नुभयो । 16 जब साँझ पर्यो, उहाँका चेलाहरू समुद्रतिर झरे । 17 तिनीहरू एउटा डुङ्गामा चढे, र समुद्रको पारि कफर्नहुममा गइरहेका थिए । यस बेला अँध्यारो भइसकेको थियो र अझसम्म पनि येशू तिनीहरूकहाँ आउनुभएको थिएन । 18 र ठुलो आँधीबेहरी चलिरहेको थियो र समुद्रका छालहरू उर्लंदै थिए । 19 जब तिनीहरू डुङ्गा खियाएर करिब पाँच किलोमिटर टाढा पुगेका थिए, तिनीहरूले येशूलाई समुद्रमा हिँडिरहनुभएको र उहाँ डुङ्गाको नजिक आइरहनुभएको देखे, अनि तिनीहरू डराए । 20 तर पनि उहाँले तिनीहरूलाई भन्नुभयो, “म नै हुँ, नडराओ ।” 21 तब तिनीहरू उहाँलाई डुङ्गामा ल्याउन तत्पर भए, र डुङ्गा जमिनमा तुरुन्तै पुग्यो जहाँ तिनीहरू गइरहेका थिए । 22 अर्को दिन, समुद्रको पारिपट्टि उभिरहेको भिडले त्यहाँ त्यो एउटा डुङ्गाबाहेक अरू कुनै पनि डुङ्गा थिएन, र त्यसमा येशू उहाँका चेलाहरूसँग नचढ्नुभएको र उहाँका चेलाहरू मात्रै त्यहाँबाट गएका थिए भन्ने देखे । 23 तापनि प्रभुले धन्यवाद चढाएर तिनीहरूले रोटी खाएका नजिकैको ठाउँ तिबेरियासबाट आएका केही डुङ्गाहरू त्यहाँ थिए । 24 जब त्यस भिडले न येशू न उहाँका चेलाहरू नै त्यहाँ थिए भन्ने कुरा पत्ता लगाए, तिनीहरू आफैँ डुङ्गा चढे र येशूलाई खोज्दै कफर्नहुमतिर गए । 25 तिनीहरूले उहाँलाई त्यस समुद्रको पारिपट्टि भेटेपछि उहाँलाई भने “रब्बी, तपाईं यहाँ कहिले आउनुभयो ?” 26 येशूले तिनीहरूलाई यसो भनेर जवाफ दिनुभयो, “साँचो, साँचो, तिमीहरूले चिह्नहरू देखेको कारणले तिमीहरूले मलाई खोजेका होइनौ, तर तिमीहरूले केही रोटी खाएर अघाएकाले गर्दा हो । 27 नष्ट हुने खानाको निम्ति काम नगर, तर मानिसका पुत्रले तिमीहरूलाई दिने अनन्त जीवनसम्म रहने खानाको निम्ति काम गर, किनकि परमेश्वर पिताले आफ्नो मोहोर उहाँमा लगाउनुभएको छ ।” 28 तब तिनीहरूले उहाँलाई भने, “परमेश्वरका कामहरू गर्न हामीले के गर्नुपर्छ ?” 29 येशूले जवाफ दिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको काम यही होः उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्वास गर्नू ।” 30 यसैले तिनीहरूले उहाँलाई भने, “तपाईंले कस्तो किसिमको चिह्न गर्नुहुनेछ, ताकि हामीले देख्न र तपाईंलाई विश्वास गर्न सकौँ ? तपाईंले के गर्नुहुनेछ ? 31 हाम्रा पिताहरूले मरुभूमिमा मन्न खाए । यस्तो लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानको निम्ति स्वर्गबाट रोटी दिनुभयो’ ।” 32 तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो स्वर्गबाट तिमीहरूलाई रोटी दिने मोशा थिएनन्, तर स्वर्गबाट तिमीहरूलाई साँचो रोटी दिइरहनुहुने मेरा पिता हुनुहुन्छ । 33 किनकि परमेश्वरको रोटी त्यही हो, जो स्वर्गबाट आउँछ र संसारलाई जीवन दिँदछ ।” 34 यसैले तिनीहरूले उहाँलाई भने, “महाशय, हामीलाई यो रोटी सदैव दिनुहोस् ।” 35 येशूले तिनीहरूलाई भन्नुभयो, “म जीवनको रोटी हुँ, जो मकहाँ आउँछ त्यो कहिल्यै भोकाउनेछैन र जसले मलाई विश्वास गर्छ त्यो कहिल्यै तिर्खाउनेछैन । 36 तर वास्तवमा तिमीहरूले मलाई देखेका छौ भनी मैले तिमीहरूलाई भनेँ र पनि तिमीहरू विश्वास गर्दैनौ । 37 पिताले मलाई दिनुभएका सबै मकहाँ आउनेछन् र जो मकहाँ आउँछ म निश्चय नै त्यसलाई बाहिर फ्याँक्नेछैनँ । 38 किनकि म स्वर्गबाट आएको छु, मेरो आफ्नो इच्छा पुरा गर्नलाई होइन, तर मलाई पठाउनुहुनेको इच्छा पुरा गर्नलाई हो । 39 र मलाई पठाउनुहुनेको इच्छा यही हो, कि उहाँले मलाई दिनुभएका सबैमध्ये एक जना पनि मैले नगुमाऊँ, तर तिनीहरूलाई अन्त्यको दिनमा जीवित पारूँ । 40 किनकि मेरा पिताको इच्छा यही हो, कि पुत्रलाई देख्ने र उहाँमा विश्वास गर्ने सबैले अनन्त जीवन पाऊन् र अन्तिम दिनमा तिनीहरूलाई म जीवित पारूँ ।” 41 तब यहूदीहरूले उहाँको बारेमा गनगन गरे, किनकि उहाँले यसो भन्नुभएको थियो, “म स्वर्गबाट आएको रोटी हुँ ।” 42 तिनीहरूले भने, “के यिनी योसेफका पुत्र येशू होइनन्, जसका बुबा र आमालाई हामी चिन्छौँ ? तब ‘म स्वर्गबाट आएको हुँ’ भनी अहिले यसले कसरी भन्न सक्छ ?” 43 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू माझ गनगन गर्न छोड ।” 44 मलाई पठाउनुहुने पिताले नखिँचेसम्म कोही पनि मकहाँ आउन सक्दैन र त्यसलाई अन्तिम दिनमा म जीवित पार्नेछु । 45 अगमवक्ताहरूका पुस्तकहरूमा यस्तो लेखिएको छ, ‘सबैलाई परमेश्वरद्वारा सिकाइनेछ ।’ जसले सुनेका छन् र पिताबाट सिकेका छन्, सबै मकहाँ आउँछन् । 46 परमेश्वरबाट आएकाले बाहेक कसैले पनि परमेश्वरलाई देखेको छैन, उसैले पितालाई देखेको छ । 47 साँचो, साँचो, जसले विश्वास गर्छ, त्यससँग अनन्त जीवन हुन्छ । 48 म जीवनको रोटी हुँ । 49 तिमीहरूका पिताहरूले मरुभूमिमा मन्न खाए, र तिनीहरू मरे । 50 यो नै स्वर्गबाट आएको रोटी हो, ताकि एक व्यक्तिले यसको केही भाग खाओस्, र त्यो नमरोस् । 51 स्वर्गबाट ओर्लिआएको जीवित रोटी म नै हुँ । यदि कसैले यो रोटीको केही भाग खान्छ भने, त्यो सदासर्वदा जिउनेछ । मैले दिने रोटी संसारको जीवनको निम्ति दिने मेरो देह नै हो ।” 52 यहूदीहरू रिसाए र यसो भनेर वादविवाद गर्न थाले, “यो मानिसले कसरी हामीलाई उसको देह खान दिन सक्छ ?” 53 तब येशूले तिनीहरूलाई भन्नुभयो, “साँचो, साँचो, तिमीहरूले मानिसका पुत्रको देह नखाएसम्म र उसको रगत नपिएसम्म, तिमीहरू आफैँमा जीवन हुनेछैन । 54 मेरो शरीर खाने र रगत पिउनेसँग अनन्त जीवन हुन्छ र त्यसलाई अन्त्यको दिनमा म जीवित पार्नेछु । 55 किनकि मेरो देह साँचो खाना हो, र मेरो रगत साँचो पिउने कुरा हो । 56 मेरो देह खाने र मेरो रगत पिउने ममा रहन्छ, र म त्यसमा रहन्छु । 57 जसरी जीवित पिताले मलाई पठाउनुभयो र म जसरी पिताको कारणले जिउँछु, यसरी नै मलाई खाने पनि मेरो कारणले जिउनेछ । 58 स्वर्गबाट ओर्लिआएको रोटी यही हो, जुन पिताहरूले खाएर मरेजस्तो होइन । यो रोटी खाने सदासर्वदा जिउनेछ ।” 59 तर येशूले यी कुराहरू कफर्नहुमको सभाघरमा सिकाइरहनुहुँदा भन्नुभयो । 60 यो सुन्ने जति उहाँका धेरै चेलाहरूले भने, “यो एउटा कठिन शिक्षा हो, यसलाई कसले स्वीकार गर्न सक्छ ?” 61 उहाँका चेलाहरू यसमा गनगन गरिरहेका थिए भन्ने कुरा येशूले थाहा पाउनुभएकोले तिनीहरूलाई भन्नुभयो, “के यसले तिमीहरूलाई अप्रसन्न तुल्याउँछ ?” 62 त्यसो भए यदि तिमीहरूले मानिसका पुत्रलाई पहिला भएकैतिर गइरहेका देखौ भने नि ? 63 जीवन दिनुहुने त आत्मा नै हुनुहुन्छ, देहले त कुनै पनि लाभ दिँदैन । मैले तिमीहरूलाई बोलेका वचनहरू आत्मा हुन् र तिनीहरू जीवन हुन् । 64 तैपनि तिमीहरूमध्ये कति जनाले विश्वास गर्दनौँ ।” किनकि क-कसले विश्वास गर्दैनथे र उहाँलाई धोका दिने को हो भन्ने येशूलाई सुरुदेखि नै थाहा थियो । 65 उहाँले भन्नुभयो, “यही कारणले पिताले उसलाई नदिएसम्म कोही पनि मकहाँ आउन सक्दैन भनी मैले तिमीहरूलाई भनेँ ।” 66 यसले गर्दा उहाँका धेरै जना चेलाहरू गए र उहाँसँग कहिल्यै पनि हिँडेनन् । 67 तब येशूले ती बाह्र जनालाई भन्नुभयो, “तिमीहरूचाहिँ जान चाहँदैनौ, चाहन्छौ त ?” 68 सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जानु ? अनन्त जीवनको वचन तपाईंसँग छ । 69 र हामीले विश्वास गरेका छौँ र तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ भनी हामीले जानेका छौँ ।” 70 येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू बाह्र जनालाई मैले नै चुनेको होइनँ, र पनि तिमीहरूमध्ये एक जनाचाहिँ दुष्ट छ ?” 71 अब उहाँले सिमोन इस्करियोतका छोरा यहूदाको बारेमा भन्नुभएको थियो, किनकि येशूलाई धोका दिने बाह्र जनामध्ये एक जना उही नै थियो ।
कुनै पनि राष्ट्रको राजा भनेको त्यस राष्ट्रमा भएको सबैभन्दा धनी र सबैभन्दा शक्तिशाली व्यक्ति थियो । मानिसहरूले येशूलाई तिनीहरूका राजाको हुनुभएको चाहे किनकि उहाँले तिनीहरूलाई खानेकुरा दिनुहुन्थ्यो र त्यसैले तिनीहरूले सोचे कि उहाँले यहूदीहरूलाई संसारको सबैभन्दा धनी र शक्तिशाली राष्ट्र बनाउनुहुने थियो । येशू मर्नको लागि आउनुभयो ताकि परमेश्वरले उहाँका मानिसहरूका पापहरू क्षमा गर्न सक्नुभएको होस् र संसारले उहाँका मानिसहरूलाई सताउने थियो भन्ने कुरा तिनीहरूले बुझेनन् ।
येशूको समयमा रोटी भनेको सबैभन्दा बढी खाइरहने र सबैभन्दा महत्त्वपूर्ण खानेकुरा थियो, र त्यसैले “रोटी” शब्द भनेको तिनीहरूको “खानेकुरा”को लागि साधारण शब्द थियो । रोटी नखाने मानिसहरूको भाषाहरूमा “रोटी” शब्दको अनुवाद गर्न धेरैपटक गाह्रो हुन्छ किनभने केही भाषाहरूमा खानेकुराको लागि साधारण शब्दले त्यो खानेकुरालाई जनाउँछ जुन येशूको संस्कृतिमा हुँदैनथ्यो । येशूले “रोटी” शब्द आफैँलाई जनाउनको लागि प्रयोग गर्नुभयो । तिनीहरूले यो बुझेको उहाँले चाहनुभयो कि तिनीहरूले अनन्त जीवन पाउनको लागि तिनीहरूलाई उहाँको आवश्यकता पर्छ ।
जब येशूले भन्नुभयो, “जबसम्म तिमीहरूले मानिसको पुत्रको देह खाँदैनौ र उसको रगत पिउँदैनौ, तिमीहरूले आफूमा जीवन पाउनेछैनौ,” उहाँ जान्नुहुन्थ्यो कि उहाँ मर्नुभन्दा अगाडि उहाँले उहाँका अनुयायीहरूलाई रोटी खाएर र दाखरस पिएर यसो गर्नलाई भन्नुहुने थियो । त्यो घटना अवधिमा जसलाई यस अध्यायले वर्णन गर्छ, उहाँलाई सुन्नेहरूले उहाँले एउटा अलङ्कारको प्रयोग गरिरहनुभएको थियो भनेर बुझ्नेछन् तर अलङ्कारले के कुरालाई जनायो भनेर चाहिँ बुझ्नेछैनन् भनी उहाँले अपेक्षा गर्नुभयो । अनि )
यस पाठ्यखण्डमा यूहन्नाले धेरैपटक केही कुराको व्याख्या गर्छन् वा कथालाई अझ राम्ररी बुझाउनको लागि पाठकलाई केही सन्दर्भ दिन्छन् । यी व्याख्याहरूबाट कथाको बहावलाई नरोकिकन अतिरिक्त ज्ञान दिन खोजिएको छ । जानकारीलाई कोष्ठकहरूभित्र राखिन्छ ।
यस अध्यायमा येशूले आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ अनि
येशू यरूशलेमबाट गालीलतिर जानुभएको छ । एउटा भीडले उहाँलाई डाँडासम्म पछ्याएको छ । यी पदहरूले कथाको परिस्थितिलाई बताउँछन् ।
“यी कुराहरू” ले ५:१-४६(../05/01.md) को घटनाहरूलाई जनाउँछन् ।
येशू डुङ्गा चढेर जानुभयो र उहाँले उहाँका चेलाहरूलाई पनि साथमा लानुभयो भन्ने देखाइएको छ । वैकल्पिक अनुवादः “येशू डुङ्गा चढेर उहाँका चेलाहरूसँग यात्रा गर्नुभयो”
“धेरै सङ्ख्यामा आएका मानिसहरू”
यसले आश्चर्यकर्महरूलाई उल्लेख गर्छ जसलाई परमेश्वर सबै थोकमाथि पूर्ण अधिकार भएको सर्वशक्तिमान् व्यक्तित्त्व हुनुहुन्छ भन्ने प्रमाणको रूपमा प्रयोग गर्न सकिन्छ ।
कथामा भएको काम पद ५ मा सुरु हुन्छ ।
यूहन्ना घटना कहिले भएको थियो भनी बताउन छोटो समयको लागि रोकिन्छन् ।
येशूले फिलिपलाई रोटी कहाँ किन्ने भन्नुभएको घटनाबारे बताउन यूहन्ना छोटो समयको लागि रोकिन्छन् ।
यहाँ निजवाचक सर्वनाम “उहाँ” ले येशूलाई नै जनाउँछ भन्ने देखाउँछ । येशू उहाँले के गर्नुहुने थियो भनी जान्नुहुन्थ्यो ।
“दिनारी” शब्द “दिनारिअस”को बहुवचन हो । वैकल्पिक अनुवादः “दुई सय दिनको ज्याला बराबरको रोटी”
“जौका पाँच रोटीहरू” जौ भनेको खाइराखिने अनाज थियो ।
रोटी भनेको मुछेको पीठोको डल्लो हो जसलाई आकार दिइन्छ र पकाइन्छ । सामान्य अन्नबाट बनाइएको सानो, बाक्लो र गोलाकारको रोटी ।
तिनीहरू सबैलाई खुवाउनलाई रोटी छैन भन्ने जोड दिनलाई यो भनाइ प्रश्नको रूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “यी थोरै रोटीहरू र माछाहरू यति धेरै मानिसहरूलाई खुवाउन पर्याप्त हुँदैन”
“ढल्कनु”
यो घटना कहाँ भएको थियो भनी बताउन यूहन्ना केही बेर थामिन्छन् ।
भीडमा सम्भवतः महिलाहरू र बालबालिकाहरू (६:४-५) (./04.md)) पनि थिए, तैपनि यूहन्ना पुरुषलाई मात्र गन्छन् ।
येशूले पितासँग प्रार्थना गर्नुभयो र रोटी र माछाको लागि धन्यवाद दिनुभयो ।
यहाँ “उहाँ” ले “येशू र उहाँका चेलाहरू” लाई जनाउँछ । वैकल्पिक अनुवादः “येशू र उहाँका चेलाहरूले दिए”
येशू भीडबाट हट्नुहुन्छ । यो येशूले पहाडमा मानिसहरूलाई खुवाउनुभएको कथाको अन्त्य हो ।
“चेलाहरूले बटुले”
कसैले नखाएको खाना
येशूले ५००० जनालाई पाँच रोटी र दुईवटा माछाले खुवाउनुभएको कुरा
मोशाले आउनेछन् भनेका विशेष अगमवक्ता
यो कथाको अर्को खण्ड हो । येशूका चेलाहरू डुङ्गा चढेर तालमा जान्छन् ।
तपार्इंको भाषामा पृष्ठभूमि देखाउने तरिकालाई प्रयोग गर्नुहोस् ।
डुङ्गामा प्रायः दुई जना, चार जना, वा छ जना डुङ्गा चलाउनेहरू प्रत्येक छेउ-छेउमा हुन्छन् । तपार्इंको समुदायमा धेरै पानी भएको तालमा डुङ्गा चलाउने तरिका फरक पनि हुन सक्छ ।
एउटा “स्टेडियम” १८५ मिटरको हुन्छ । वैकल्पिक अनुवादः “पाँच वा छ किलोमिटर जति”
“भयभीत हुन छोड !”
यसले येशू डुङ्गामा चढेको देखाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले उहाँलाई डुङ्गामा चढाए”
“गालील समुद्र”
तपार्इंको भाषामा पृष्ठभूमिको जानकारी दिने तरिकालाई प्रयोग गर्नुहोस् ।
यूहन्नाले यहाँ अझ धेरै पृष्ठभूमि जानकारी दिन्छन् । येशूले मानिसहरूलाई खुवाउनुभएको अर्को दिन तिबेरियासबाट केही डुङ्गाहरू येशूलाई हेर्न आए । तैपनि येशू र उहाँका चेलाहरू अगिल्लो रात नै त्यहाँबाट गइसेकेका थिए ।
मानिसहरू येशूलाई पत्ता लगाउन कफर्नहुम जान्छन् । तिनीहरूले उहाँलाई भेटेपछि उहाँलाई प्रश्न सोध्न थाल्छन् ।
१:५१(../01/49.md) मा जस्तै अनुवाद गर्नुहोस् ।
उहाँमा विश्वास गर्नेहरूलाई जीवन दिन परमेश्वरले मानिसका पुत्र येशूलाई अधिकार दिनुभएको छ ।
यिनीहरू येशू र परमेश्वर बिचको सम्बन्धको व्याख्या गर्ने महत्त्वपूर्ण उपाधिहरू हुन् ।
यो कसको हो भनेर देखाउनलाई “मोहर लगाइन्छ” यसको अर्थ पुत्र पिताको हो र पिता उहाँको हरेक मार्गमा सहमत हुनुहुन्छ भन्ने हुन्छ ।
“हाम्रा पितापुर्खाहरू” वा “हाम्रा पुर्खाहरू”
यसले परमेश्वर बस्नुहुने ठाउँलाई जनाउँछ ।
१:५१(../01/49.md) मा जस्तै अनुवाद गर्नुहोस् ।
“साँचो रोटी” येशूको निम्ति अलङ्कार हो । वैकल्पिक अनुवादः “पिताले पुत्रलाई स्वर्गबाट साँचो रोटी जस्तो गरि तिमीहरूलाई दिनुहुन्छ”
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
“संसारलाई आत्मिक जीवन दिँदछ”
यहाँ संसारमा येशूलाई विश्वास गर्ने मानिसहरूलाई जनाउन संसार प्रतिस्थापकीय शब्द हो ।
“जीवनको रोटी” येशूलाई जनाउने अलङ्कार हो । जसरी हाम्रो दैनिक जीवनको लागि रोटी आवश्यक पर्छ, त्यसै गरी हाम्रो आत्मिक जीवनको लागि येशूको आवश्यक पर्छ । वैकल्पिक अनुवादः “जसरी रोटीले भौतिक रूपमा जीवित राख्छ, त्यसरी नै म तिमीहरूलाई आत्मिक जीवन दिन्छु”
यसको अर्थ येशूलाई परमेश्वरका पुत्रको रूपमा विश्वास गर्नु, उहाँलाई मुक्तिदाताको रूपमा भरोसा गर्नु र उहाँलाई आदर गर्ने तरिकाले जिउनु हो ।
येशूमा विश्वास गर्नेहरूलाई परमेश्वर पिता र पुत्र परमेश्वरले सदैव बचाउनुहुनेछ ।
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
यो वाक्यले यसको अर्थको विपरीत कुरालाई उल्लेख गर्छ । वैकल्पिक अनुवादः “मकहाँ आउने हरेकलाई म सुरक्षित राख्छु”
येशू भीडसँग निरन्तर कुरा गर्नुहुन्छ ।
“मेरा पिता जसले मलाई पठाउनुभयो”
यहाँ परमेश्वरले उहाँलाई दिनुभएका सबैलाई उहाँले सुरक्षित राख्नुहुन्छ भन्ने देखाउन अल्पोक्ति प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “मैले तिनीहरू सबैलाई राख्नुपर्छ”
यहाँ उठाउनु भनेको कोही मरिसकेको व्यक्तिलाई पुनः जीवित बनाउनु भन्नको लागि एउटा उपमा हो । वैकल्पिक अनुवादः “तिनीहरूलाई फेरि जीवित हुने तुल्याउनुहुनेछ”
येशू भीडसँग बोल्दाबोल्दै यहूदी अगुवाहरू बिचमा आइपुग्छन् ।
बेखुसी हुँदै कुरा गरे
जसरी रोटी हाम्रो शारीरिक जीवनको लागि आवश्यक छ, येशू हाम्रो आत्मिक जीवनको लागि आवश्यक हुनुहुन्छ । ६:३५
येशू कुनै विशेष मानिस हुनुहुन्न भनी यहूदी अगुवाहरूले विश्वास गर्छन् भन्ने देखाउन यो कथन प्रश्नमा देखा पर्छ । वैकल्पिक अनुवादः “यिनी योसेफका छोरा येशू हुन् जसका बुबा र आमालाई हामी चिन्छौँ”
येशू स्वर्गबाट आउनुभएको होइन भन्ने देखाउन यो कथन प्रश्नको रूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “यिनले स्वर्गबाट आएँ भनी ढाँटिरहेका छन्”
येशू भीडसँग पनि निरन्तर कुरा गरिरहनुभएको छ र यहूदी अगुवाहरूसँग पनि ।
यो एउटा उपमा हो । वैकल्पिक अनुवादः “उसलाई फेरि जीवित हुने तुल्याउने”
यसको अर्थ हुन सक्छ १) “तान्छ” वा २) “आकर्षित गर्छ” ।
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
यो कर्मवाच्यलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “अगमवक्ताहरूले लेखे”
यहूदीहरूले येशू योसेफका छोरा हुन् भन्ने सोचे (यूहन्ना ६:४२(./41.md)), तर उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ किनभने उहाँका पिता योसेफ होइनन्, परमेश्वर हुनुहुन्छ । परमेश्वर पिताबाट साँच्चै सिक्नेहरूले येशूमा विश्वास गर्छन् जो परमेश्वरका पुत्र हुनुहुन्छ ।
येशू भीडसँग निरन्तर कुरा गरिरहनुभएको छ र अब यहूदी अगुवाहरूसँग पनि कुरा गरिरहनुभएको छ ।
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
१:५१(../01/49.md) मा जस्तै अनुवाद गर्नुहोस् ।
परमेश्वरका पुत्र येशूमा विश्वास गर्नेहरूलाई परमेश्वरले “अनन्त जीवन” दिनुहुन्छ ।
जसरी रोटी हाम्रो शारीरिक जीवनको लागि आवश्यक छ, येशू हाम्रो आत्मिक जीवनको लागि आवश्यक हुनुहुन्छ । ६:३५
“पितापुर्खाहरू” वा “पुर्खाहरू”
यसले शारीरिक मृत्युलाई जनाउँछ ।
रोटीले भौतिक जीवनलाई धानेजस्तै आत्मिक जीवन दिने येशू नै हुनुहुन्छ भन्ने देखाउन रोटी यहाँ अलङ्कार हो । वैकल्पिक अनुवादः “म साँचो रोटीजस्तै हुँ”
“सदासर्वदा बाँचोस्” यहाँ “मर्नु” ले आत्मिक मृत्युलाई जनाउँछ ।
यसको अर्थ “रोटीले मानिसहरूलाई जिउने तुल्याउँछ” भन्ने हुन्छ (यूहन्ना ६:३५) ।
यहाँ “संसार” संसारका भएका सारा मानिसहरूको जीवनलाई प्रतिनिधित्व गर्ने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “त्यसले संसारका सबै मानिसहरूलाई जीवन दिनेछ”
त्यहाँ उपस्थित भएका केही यहूदीहरूले आपसमा बहस गर्न थाले र येशूले तिनीहरूलाई जवाफ दिनुहुन्छ ।
येशूले “उहाँको देह” बारे भन्नुभएको कुरा नकारात्मक तरिकाले प्रतिक्रिया देखाएको कुरालाई जोड दिन यो कथन प्रश्नको रूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “यो मानिसले हामीलाई उसको देह खान दिने कुनै उपाय नै छैन”
१:५१(../01/49.md) मा जस्तै अनुवाद गर्नुहोस् ।
यहाँ “देह खानु” र “रगत पिउनु” भनेको मानिसका पुत्र येशूलाई भरोसा गर्न खाने र पिउने कुराहरूलाई लिए जस्तै लिनु भन्ने देखाउने अलङ्कार हो । तापनि, यहूदीहरूले यो कुरा बुझेनन् । यस अलङ्कारको अर्थलाई येशूले स्पष्ट पार्नुभएको भन्दा बढी स्पष्ट नबनाउनुहोस् ।
“तिमीहरूले अनन्त जीवन पाउनेछैनौ”
येशूले उहाँका कुरा सुन्नेहरूसँग निरन्तर कुरा गरिरहनुभएको छ ।
“मेरो देह खाने” र “मेरो रगत पिउने” पदावलीहरू अलङ्कारहरू हुन् । जसरी कसैको भौतिक जीवनको लागि खानु र पिउनुपर्छ, त्यसरी नै येशूमा भरोसा गर्नेहरूले आत्मिक जीवन पाउनेछन् । तापनि, यहूदीहरूले यो कुरा बुझेनन् । यस अलङ्कारको अर्थलाई येशूले स्पष्ट पार्नुभएको भन्दा बढी स्पष्ट नबनाउनुहोस् ।
यहाँ उठाउनु भनेको कोही मरिसकेको व्यक्तिलाई पुनः जीवित बनाउनु भन्नको लागि एउटा उपमा हो । वैकल्पिक अनुवादः “उसलाई फेरि जीवित हुने तुल्याउने”
“परमेश्वरले सबैको न्याय गर्नुहुने दिनमा”
“साँचो खाना” र “साँचो पिउने”हरू अलङ्कारहरू हुन् । त्यसको अर्थ उहाँले उहाँमा विश्वास गर्नेहरूलाई आत्मिक खाना र पिउने कुरा दिनुहुन्छ । तापनि, यहूदीहरूले यो कुरा बुझेनन् । यस अलङ्कारको अर्थलाई येशूले स्पष्ट पार्नुभएको भन्दा बढी स्पष्ट नबनाउनुहोस् ।
“मसँग नजिकको सम्बन्ध हुन्छ”
“मलाई खान्छ” भन्ने पदावली येशूमा भरोसा गर्ने कुराको लागि अलङ्कार हो । तापनि, यहूदीहरूले यो कुरा बुझेनन् । यस अलङ्कारको अर्थलाई येशूले स्पष्ट पार्नुभएको भन्दा बढी स्पष्ट नबनाउनुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)
सम्भावित अर्थहरू हुन् १) “पिता जसले जीवन दिनुहुन्छ” २) “पिता जो जीवित हुनुहुन्छ”
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
येशूले आफ्नै बारेमा कुरा गरिरहनुभएको थियो । वैकल्पिक अनुवादः “म स्वर्गबाट आएको रोटीजस्तो हुँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)
रोटी भनेको जीवन दिने कुराको लागि अलङ्कार हो । तापनि, यहूदीहरूले यो कुरा बुझेनन् । यस अलङ्कारको अर्थलाई येशूले स्पष्ट पार्नुभएको भन्दा बढी स्पष्ट नबनाउनुहोस् ।
येशूले आफैँलाई “यस रोटी”को रूपमा बताउनुभयो । वैकल्पिक अनुवादः “जसले म, यो रोटीलाई खान्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)
यहाँ “यो रोटी खान्छ” भन्ने कुरा येशूमा भरोसा गर्ने कुराको लागि अलङ्कार हो । तापनि, यहूदीहरूले यो कुरा बुझेनन् । यस अलङ्कारको अर्थलाई येशूले स्पष्ट पार्नुभएको भन्दा बढी स्पष्ट नबनाउनुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)
“पितापूर्खाहरू” वा “पूर्खाहरू”
यूहन्नाले यहाँ घटनाबारे पृष्ठभूमि जानकारी दिन्छन् ।
येशू भीडसँग कुरा गरिरहनुहुँदा नै केही चेलाहरूले प्रश्न सोध्छन् र येशूले जवाफ दिनुहुन्छ ।
यो येशूले भन्नुभएको कुरालाई चेलाहरूलाई बुझ्न कठिनाइ परेको कुरामा जोड दिन प्रश्नको स्वरूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “यसलाई कसैले पनि स्वीकार गर्न सक्दैन” वा “यो बुझ्न अति कठिन छ”
“के यसले तिमीहरूलाई आघात पुर्याउँछ ?” वा “के यसले तिमीहरूलाई निराश बनाउँछ ?”
येशूले उहाँका चेलाहरूले बुझ्न कठिन हुने अरू कुराहरू पनि देख्नेछन् भनी जोड दिनलाई यो कथनलाई प्रश्नको स्वरूपमा व्यक्त गर्नुहुन्छ । वैकल्पिक अनुवादः “म मानिसका पुत्र स्वर्गतिर गइरहेको देख्यौ भने तिमीहरूले के सोच्ने हो सो जान्दैनौ !”
“लाभ” शब्दले असल कुराहरू हुने तुल्याउने कुरालाई जनाउँछ ।
“वचनहरू” प्रतिस्थापकीय शब्द हो जसको अर्थ हुन सक्छः १) येशूले [यूहन्ना ६:३२-५८]
“जे मैले तिमीहरूलाई भनेको छु”
सम्भावित अर्थहरूः ((१) “आत्मा र अनन्त जीवनबारे हुन्” वा (२) “आत्माबाट आएका हुन् र अनन्त जीवन दिन्छन्” वा ३) “आत्मिक कुराहरू र जीवनका बारेमा हुन्”
येशूले भीडसँगको कुराकानीलाई टुङ्ग्याउनुहुन्छ ।
यहाँ यूहन्नाले येशूले के हुन्थ्यो भन्ने कुरा जान्नुहुन्थ्यो भन्ने पृष्ठभूमि जानकारी दिन्छन् ।
विश्वास गर्न चाहने हरेक पुत्रद्वारा पिताकहाँ आउनुपर्छ । परमेश्वर पिताले मात्र मानिसहरूलाई पुत्रकहाँ आउन अनुमति दिनुहुन्छ ।
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
“मलाई पछ्याउन र अनन्त जीवन पाउनु”
येशू एक ठाउँदेखि अर्को ठाउँ हिँडेर जानुभयो, त्यसैले यो अक्षरश सत्य हो कि उहाँ जहाँ र जहिले हिँड्नुभयो, तिनीहरू हिँडेनन्, तर पाठकले बुझ्नसक्नुपर्छ कि तिनीहरूले अब उहाँले जे भन्नु थियो सो सुन्न चाहेनन् भन्ने कुरालाई यस अलङ्कारले सङ्केत गर्छ ।
यहाँ “उहाँका चेलाहरू” ले उहाँलाई पछ्याउने भीडलाई जनाउँछ ।
यो येशूको पूरा सेवा-कार्यमा उहाँलाई पछ्याउने मानिसहरूको विशेष समूहको निम्ति उत्सर्ग हो । वैकल्पिक अनुवादः “बाह्र जना चेला”
सिमोन पत्रुस येशूलाई मात्र पछ्याउन चाहन्छन् भन्ने उनको इच्छालाई जोड दिन यो कथन प्रश्नको स्वरूपमा आउँछ । वैकल्पिक अनुवादः “प्रभु, हामी तपार्इंलाई बाहेक कसैलाई पनि पछ्याउन सक्दैनौँ !”
७१ पद मुख्य कथाको खण्ड होइन, येशूले भन्नुभएको कुरामा यूहन्नाको टिप्पणी हो ।
येशूले उहाँको एक जना चेलाले नै उहाँलाई विश्वासघात गर्छ भन्ने कुरामा ध्यान खिँच्नलाई प्रश्नको स्वरूपमा यो कथन दिनुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू सबैलाई म आफैँले चुनेको हुँ, तैपनि तिमीहरूमध्ये एक जना शैतानको दास हो !”
1 अनि यी कुराहरू भएपछि येशू गालीलभरि यात्रा गर्नुभयो, किनभने यहूदीहरूले उहाँलाई मार्न खोजिरहेका हुनाले उहाँ यहूदियामा जान चाहनुभएन । 2 यहूदीहरूको छाप्रो-वास चाड नजिकै आएको थियो । 3 यसकारण, उहाँका भाइहरूले उहाँलाई भने, “यो ठाउँ छोडेर यहूदियामा जानुहोस्, ताकि तपाईंका चेलाहरूले पनि तपाईंले गर्नुहुने कामहरू देख्न सकून् । 4 यदि उसले आफैँलाई खुला रूपमा चिनाउन चाहन्छ भने कसैले पनि कुनै कुरा गुप्तमा गर्दैन । यदि तपाईंले यी कुराहरू गर्नहुन्छ भने आफूलाई संसारमा देखाउनुहोस् ।” 5 किनकि उहाँका भाइहरूले पनि उहाँलाई विश्वास गर्दैनथे । 6 त्यसकारण येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो समय अझै आएको छैन, तर तिमीहरूको समय सधैँ तयार छ । 7 संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर यसले मलाई घृणा गर्छ, किनभने यसको काम खराब छ भनेर यसको बारेमा म गवाही दिन्छु । 8 तिमीहरू चाडमा जाओ, म यो चाडमा जाँदिनँ, किनभने मेरो समय अहिलेसम्म पुरा भएको छैन ।” 9 उहाँले तिनीहरूलाई यी कुराहरू भन्नुभएपछि उहाँ गालीलमा नै बस्नुभयो । 10 तर जब उहाँका भाइहरू चाडमा गए, तब उहाँ पनि खुलमखुल्ला होइन, तर गोप्य तरिकाले जानुभयो । 11 यहूदीहरूले उहाँलाई चाडमा खोजिरहेका थिए र भने, “उनी कहाँ छन् ?” 12 त्यहाँ भिडहरूमा उहाँको बारेमा धेरै बहस भएको थियो । कसैले भने, “उनी असल मानिस हुन् ।” अरूहरूले भने, “होइन, यसले भिडहरूलाई बहकाउँछ ।” 13 तैपनि यहूदीहरूको डरको कारणले कसैले पनि खुलमखुल्ला बोलेन । 14 जब चाड आधा सिद्धिएको थियो, येशू मन्दिरमा जानुभयो र सिकाउन सुरु गर्नुभयो । 15 यहूदीहरू अचम्मित भएर यसो भने, “यो मानिसले कसरी यति धेरै जान्दछ ? यसलाई त कहिल्यै पनि शिक्षा दिइएको छैन ।” 16 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्नुभयो, “मैले दिएको शिक्षा मेरो होइन, तर उहाँको हो जसले मलाई पठाउनुभयो । 17 यदि कसैले उहाँको इच्छा पालन गर्ने इच्छा गर्छ भने यो परमेश्वरबाट आएको हो वा म मेरो आफ्नै तर्फबाट बोल्छु भनी त्यसले यो शिक्षाबारे जान्नेछ । 18 आफ्नै तर्फबाट बोल्नेले उसको आफ्नै महिमा खोज्दछ, तर जसले आफूलाई पठाउनुहुनेको महिमा खोज्दछ, त्यो व्यक्ति सत्य हो र उसमा कुनै अधार्मिकता हुँदैन । 19 के मोशाले तिमीहरूलाई व्यवस्था दिएनन् र ? तैपनि तिमीहरू कसैले व्यवस्था पालन गर्दैनौ । तिमीहरू मलाई किन मार्न चाहन्छौ ?” 20 भिडले जवाफ दियो, “तिमीलाई भूत लागेको छ । तिमीलाई कसले मार्न खोज्छ ?” 21 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्नुभयो, “मैले एउटा काम गरेँ, र यसको कारण तिमीहरू सबै चकित हुन्छौ । 22 मोशाले तिमीहरूलाई खतनाको रीति दिए (यो मोशाबाट आएको होइन, तर पुर्खाहरूबाट आएको हो) अनि तिमीहरूले मानिसलाई विश्रामको दिनमा खतना गर्दछौ । 23 मोशाको व्यवस्था भङ्ग नहोस् भनेर यदि एक जना मानिसले विश्रामको दिनमा खतना गर्न स्वीकार गर्छ भने तब मैले विश्रामको दिनमा एक जना मानिसलाई पूर्ण रूपमा स्वस्थ बनाएकोमा तिमीहरू मसँग किन रिसाउँछौ ?” 24 बाहिरी रूप हेरेर न्याय नगर, तर धार्मिकतापूर्वक न्याय गर । 25 यरूशलेमबाट आएका केहीले भने, “के तिनीहरूले मार्न खोजेका यिनी नै होइनन् ? 26 अनि हेर, यिनी खुलमखुला बोल्छन् र तिनीहरू यिनलाई केही पनि भन्दैनन् । वास्तवमा शासकहरूले यिनी नै ख्रीष्ट हुन् भन्ने जान्न सक्दैनन्, जान्न सक्छन् त ? 27 तापनि यो मानिस कहाँबाट आएको हो हामी जान्दछौँ । तर जब ख्रीष्ट आउनुहुन्छ उहाँ कहाँबाट आउनुहुन्छ कसैले पनि जान्नेछैन ।” 28 त्यसपछि येशूले मन्दिरमा सिकाइरहनुहुँदा ठुलो सोरमा यसो भन्नुभयो, “तिमीहरूले मलाई र म कहाँबाट आएको भनी दुवै जान्दछौ । म आफ्नै तर्फबाट आएको होइन, तर जसले मलाई पठाउनुभयो उहाँ सत्य हुनुहुन्छ जसलाई तिमीहरू चिन्दैनौँ । 29 म उहाँलाई चिन्दछु, किनभने म उहाँबाट आएको हुँ र उहाँले मलाई पठाउनुभयो ।” 30 तिनीहरूले उहाँलाई पक्रन कोसिस गरिरहेका थिए, तर उहाँमाथि कसैले पनि हात हालेन, किनभने उहाँको समय अझ पनि आएको थिएन । 31 तर भिडका धेरैले उहाँमाथि विश्वास गरे, र तिनीहरूले भने, “के ख्रीष्ट आउनुहुँदा उहाँले यो मानिसले गरेको भन्दा धेरै चिह्नहरू गर्नुहुनेछ र ?” 32 भिडले येशूको बारेमा यी कुराहरूबारे खासखुस गरेको फरिसीहरूले सुने, अनि मुख्य पुजारी र फरिसीहरूले उहाँलाई पक्रन अधिकारीहरूलाई पठाए । 33 त्यसपछि येशूले भन्नुभयो, “म अझै केही समयसम्म तिमीहरूसँगै हुन्छु, र त्यसपछि म मलाई पठाउनुहुनेकहाँ जान्छु । 34 तिमीहरूले मलाई खोज्नेछौ, तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ, म जहाँ जान्छु तिमीहरू त्यहाँ आउन सक्नेछैनौ ।” 35 त्यसकारण यहूदीहरूले तिनीहरू माझमै भने, “यी मानिस कहाँ जानेछन्, कि हामी यिनलाई भेट्न नसकौँ ? के यिनी ग्रिकहरूका बिचमा छरपष्ट भएकाहरूकहाँ जानेछन् र ग्रिकहरूलाई सिकाउनेछन् ?” 36 यिनले ‘तिमीहरूले मलाई खोज्नेछौ, तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ, म जहाँ जान्छु तिमीहरू त्यहाँ आउन सक्नेछैनौ’ भनेको वचन के हो ?” 37 चाडको अन्तिम महान् दिनमा येशू खडा हुनुभयो र ठुलो सोरमा भन्नुभयो, “यदि कोही तिर्खाएको छ भने त्यो मकहाँ आओस् र पिओस् । 38 धर्मशास्त्रले भनेझैँ जसले मलाई विश्वास गर्छ त्यसको पेटबाट जीवित पानीका नदीहरू बग्नेछन् ।” 39 तर उहाँले यो पवित्र आत्माको बारेमा भन्नुभएको थियो जसलाई उहाँमा विश्वास गर्नेहरूले प्राप्त गर्थे । पवित्र आत्मा अझ पनि दिइएको थिएन, किनभने येशू अझ पनि महिमित हुनुभएको थिएन । 40 जब तिनीहरूले यी वचनहरू सुने भिडका केहीले भने, “यिनी साँच्चै अगमवक्ता नै हुन् ।” 41 अरूहरूले भने, “यिनी ख्रीष्ट हुन् ।” तर कोहीले भने, “के ख्रीष्ट गालीलबाट आउँछन् त ? 42 के धर्मशास्त्रले ख्रीष्ट बेथलेहम अर्थात् दाऊद बसेका गाउँबाट र दाऊदका सन्तानहरूबाट नै आउनुहुनेछ भनेको छैन र ?” 43 यसरी त्यहाँ उहाँको कारणले भिडहरूमा विभाजन आयो । 44 तिनीहरूमध्ये कतिले उहाँलाई पक्रे, तर कसैले पनि उहाँमाथि हात हालेन । 45 त्यसपछि अधिकारीहरू मुख्य पुजारीहरू र फरिसीहरूकहाँ फर्केर आए, जसले तिनीहरूलाई भने, “तिमीहरूले त्यसलाई किन ल्याएनौ ?” 46 अधिकारीहरूले जवाफ दिए, “कोही मानिसले पनि कहिल्यै यसरी बोलेको छैन ।” 47 त्यसकारण फरिसीहरूले तिनीहरूलाई जवाफ दिए, “के तिमीहरू पनि छलियौ ? 48 के कुनै शासकहरू वा फरिसीहरू कसैले त्यसमाथि विश्वास गरेका छन् ? 49 तर यो भिडले व्यवस्था जान्दैन, तिनीहरू श्रापितहरू हुन् ।” 50 निकोदेमस (पहिला नै येशूकहाँ आउने एक जना फरिसी) ले तिनीहरूलाई भने, 51 “के हाम्रो व्यवस्थाले एउटा मानिसलाई त्यसबाट सुन्न र त्यसले के गर्छ भनी जान्न अगि न्याय गर्छ र ?” 52 तिनीहरूले जवाफ दिए र उनलाई भने, “के तिमी पनि गालीलबाट आएका हौ ? खोज र हेर गालीलबाट कुनै पनि अगमवक्ता आउँदैन ।” 53 (नोटः उत्कृष्ट प्राचीन प्रतिलिपीहरूले यूहन्ना ७:५३-८:११लाई हटाएका छन् । ) [तब सबै जना आ-आफ्नो घरतिर गए । ]
यो सम्पूर्ण अध्यायले येशूलाई मसिहको रूपमा विश्वास गर्ने कुराको अवधारणासँग मतलब राख्छ । केही मानिसहरूले यसलाई सत्य हो भनी विश्वास गरे भने केही मानिसहरूले यसलाई इन्कार गरे । केही मानिसहरू उहाँको शक्तिको पहिचान गर्न र उहाँ एक अगमवक्ता हुन सक्नुहुन्थ्यो भन्ने सम्भावनालाई पनि लिन इच्छुक थिए, तर अधिकांश मानिसहरू उहाँ मसिह हुनुहुन्थ्यो भन्ने कुरा विश्वास गर्न अनिच्छुक थिए ।
७:५३-८:११ सम्मका पदहरूलाई अनुवाद गर्न अनुवादकहरूले किन चुने वा चुनेनन् भनेर पाठकलाई व्याख्या गर्नको लागि तिनीहरूले पद ५३ मा एउटा टिप्पणी राख्न सक्छन् ।
“उहाँको घडी अझै आइसकेको थिएन” भन्ने वाक्यांशलाई येशूले उहाँको जीवनमा घटिरहेका घटनाहरूलाई नियन्त्रण गर्नुहुन्छ भन्ने कुरालाई सङ्केत गर्नको लागि यस अध्यायमा प्रयोग गरिएको छ ।
यो नयाँ करारमा प्रयोग भएको एउटा महत्त्वपूर्ण चित्रण हो । यो एउटा अलङ्कार हो । किनकि यो अलङ्कार एउटा उजाडस्थान जस्तो सेरोफेरो भएको ठाउँमा दिइएको छ, यसले सम्भवतः यो सङ्केत गर्छ कि येशूले जीवनलाई थाम्ने पोषण दिन सक्षम हुनुहुन्छ ।
यूहन्ना ७:३३-३४ मा एउटा प्रस्ट भनाइ बिना येशूले उहाँको जीवनको बारेमा अगमवाणी दिनुहुन्छ ।
निकोदेमसले अरू फरिसीहरूलाई व्याख्या गर्छन् कि कसैको बारेमा फैसला गर्नभन्दा अगाडि उनले त्यस व्यक्तिको कुरा उसबाट प्रत्यक्ष रूपमा सुन्नुपर्छ भनेर व्यवस्थाले अह्राएको छ । फरिसीहरूको पालो येशूसँग कुरा नै नगरीकन येशूको बारेमा एउटा फैसला निकाले ।
येशूका भाइहरूले येशू मसिह हुनुहुन्थ्यो भनेर विश्वास गरेनन् ।
यस पाठ्यांशमा यो शब्दलाई दुई फरक तरिकाहरूमा प्रयोग गरिएको छ । यसलाई खासगरी उहाँलाई मार्न कोसिस गरिरहेका यहूदी अगुवाहरूको विरोधलाई जनाउन प्रयोग गरिएको छ (यूहन्ना ७:१) । यसलाई सामान्य रूपमा यहूदियामा भएका मानिसहरूलाई जनाउन पनि प्रयोग गरिएको छ जसको येशूको बारेमा सकारात्मक राय थियो (यूहन्ना ७:१३) । अनुवादकले “यहूदी अगुवाहरू” र “यहूदी मानिसहरू” वा “यहूदी(अगुवाहरू)” र “यहूदी(सामान्यमा)” जस्ता शब्दहरूको प्रयोग गर्नलाई रोज्न सक्छन् ।
येशू उहाँका भाइहरूसँग कुरा गर्नुहुँदै गालीलमा हुनुहुन्छ । यी पदहरूले यो घटना कहिले घट्यो भन्ने बारेमा बताउँछन् ।
लेखकले एउटा नयाँ घटनाको बारेमा कुरा गर्न सुरु गर्नेछन् भनेर यी शब्दहरूले पाठकलाई बताउँछन् । “उहाँ चेलाहरूसँग कुरा गरी सक्नुभएपछि” (हेर्नुहोस्ः यूहन्ना ६:६६-७१) वा “केही समयपछि”
पाठकले बुझ्नुपर्छ कि येशू कुनै जनावर वा सवारीमा चढ्नुभन्दा सम्भवतः हिँड्नुभयो ।
यहाँ “यहूदीहरू” “यहूदी अगुवाहरू”का लागि रूपक हो । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरूले उहाँलाई मार्ने योजना बनाइरहेका थिए”
“अब यहूदीहरूका चाडको समयको नजिक थियो” वा “अब यहूदी छाप्रो-वास चाडको समय झण्डै आइसकेको थियो”
यसले मरियम र योसेफका छोराहरू अर्थात् येशूका खास भाइहरूलाई जनाउँछ ।
कामहरूले येशूले गर्नुभएका आश्चर्यकर्महरूलाई जनाउँछन् ।
यो निजवाचक सर्वनामले “उसले”ले “ऊ”लाई जोड दिन्छ ।
यहाँ “संसार” संसारका सबै मानिसहरूका निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “सबै मानिसहरू” वा “हरेक”
यो यूहन्नाले हामीलाई येशूका भाइहरूको बारेमा पृष्ठभूमि जानकारी दिँदा मुख्य कथाभन्दा अलग्गै वाक्य हो ।
“उहाँभन्दा मुनिका भाइहरू”
“समय” शब्द प्रतिस्थापकीय शब्द हो । येशूले उहाँको सेवा-कार्य टुङ्ग्याउने उचित बेला आएको छैन भन्ने देखाउँदै हुनुहुन्छ । वैकल्पिक अनुवादः “मेरो काम अन्त्य गर्नलाई मेरो लागि ठिक समय आएको छैन”
“तिमीहरूका लागि कुनै पनि समय असल हुन्छ”
“संसार” संसारमा बस्ने मानिसहरूका लागि प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “संसारका सबै मानिसहरूले तिमीहरूलाई घृणा गर्न सक्दैनन्”
“तिनीहरूले जे गरिरहेका छन्, सो खराब छ भनी म भन्छु”
येशूले उहाँका भाइहरूसँग निरन्तर कुरा गर्नुहुन्छ ।
यहाँ येशूले उहाँ यरूशलेम जानुहुँदा उहाँले आफ्नो काम टुङ्ग्याउनुहुन्छ भन्ने देखाउँदै हुनुहुन्छ । वैकल्पिक अनुवादः “यरूशलेम जाने यो मेरो लागि उचित समय होइन”
कथाको परिस्थिति बद्लिएको छ । अब येशू र उहाँका भाइहरू चाडमा छन् ।
यी “भाइहरू” येशू पछि जन्मिएका भाइहरू थिए ।
यरूशलेम येशू र उहाँका भाइहरू भएको गालीलभन्दा माथिल्लो भागमा पर्छ ।
यी दुवै शब्द पदावलीको अर्थ एउटै हुन्छ । जोड दिनलाई मात्र दोहोर्याइएको छ । वैकल्पिक अनुवादः “निकै गोप्य तवरले”
यहाँ यहूदीहरू “यहूदी अगुवाहरू” का लागि रूपक हो । “उहाँलाई” ले येशूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरूले येशूलाई खोजिरहेका थिए”
यहाँ “ ... लाई बहकाउँछ” भनेको कसैलाई सत्य नभएको केही कुरालाई विश्वास गर्नलाई मनाउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “उसले मानिसहरूलाई छल गर्छ”
यसले आफूलाई वा अरूलाई नै हानिको खतरा हुँदा मानिसमा आउने बेखुसीको भावनालाई जनाउँछ ।
“यहूदीहरू” येशूको विरोध गर्ने यहूदी अगुवाहरूका लागि रूपक हो । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरू”
अब येशूले मन्दिरमा यहूदीहरूलाई सिकाइरहनुभएको छ ।
येशूसँग यति धेरै ज्ञान भएको देखेर यहूदी अगुवाहरूको आश्चर्यलाई जोड दिन यो भनाइ प्रश्नको स्वरूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “उसले धर्मशास्त्रको बारेमा यति धेरै जान्न सम्भवै छैन !”
“तर मलाई पठाउनुहुने परमेश्वरबाट आउँछ”
येशू यहूदीहरूसँग निरन्तर बोल्नुहुन्छ ।
“जब कुनै व्यक्तिले त्यसलाई पठाउनेको मात्र आदर खोज्छ, त्यो व्यक्तिले सत्य बोलिरहेको हुन्छ । त्यसले झुट बोल्दैन”
येशू यहूदीहरूसँग निरन्तर बोल्नुहुन्छ ।
जोड दिनलाई यो कथन प्रश्नको रूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “तिमीहरूलाई व्यवस्था दिने मोशा नै हुन्”
“व्यवस्था मान्छ”
मोशाको व्यवस्था तोडेकोमा उहाँलाई मार्न खोज्ने यहूदी अगुवाहरूको अभिप्रायलाई येशू प्रश्न गर्नुहुन्छ । उहाँले अगुवाहरूले नै व्यवस्था पालन नगरेको कुरा देखाउनुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू आफैँले व्यवस्था तोड्छौ, तैपनि तिमीहरू मलाई मार्न खोज्छौ !”
“तिमी पागल हौ वा सायद तिमीलाई भूतले वशमा राखिरहेको छ भनी यसले देखाउँछ !”
जोड दिनलाई यो कथन प्रश्नको स्वरूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “तिमीलाई कसैले पनि मार्न खोजिरहेको छैन !”
“एउटा आश्चर्यकर्म” वा “एउटा चिन्ह”
“तिमीहरू सबै छक्क पर्छौ”
यूहन्नाले यहाँ खतनाबारे अतिरिक्त जानकारी उपलब्ध गराउँछन् ।
येशूले खतनामा पनि काम पर्छ भन्ने सुझाउनुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले पुरुष बालकलाई विश्रामको दिनमा खतना गर्छौ । त्यो पनि काम गरेकै हो !”
“यहूदी विश्राको दिनमा”
“यदि तिमीहरूले मोशाको व्यवस्था नतोडौँ भनेर तिमीहरूले विश्रामको दिन पुरुष बालकलाई खतना गर्छौ भने”
यो जोड दिनलाई प्रश्नको स्वरूपमा आउँछ । वैकल्पिक अनुवादः “मैले विश्रामको दिनमा एक जना मानिसलाई कुशल बनाएको तिमीहरू रिसाउनुहुँदैन !”
“यहूदी विश्राको दिनमा”
मानिसहरूले तिनीहरूले देखेको कुराको आधारमा मात्र न्याय गर्नुहुँदैन भनी येशू सुझाउनुहुन्छ । यो कार्यको पछाडि एउटा अभिप्राय छ जसलाई देख्न सकिँदैन । वैकल्पिक अनुवादः “तिमीहरूले देखेअनुसार मानिहरूको न्याय गर्न छोड ! परमेश्वरको बुझाइअनुसार के हुन्छ होला भन्नेप्रति पनि चासो राख”
जोड दिनलाई यो प्रश्नको स्वरूपमा आउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले मार्न खोजिरहेका येशू यिनी नै हुन् !”
यहूदी अगुवाहरूले येशूलाई विरोध गरिरहेका थिएनन् भनी यसले अङ्कित गर्छ । वैकल्पिक अनुवादः “तिनीहरूले उहाँलाई विरोध गर्ने कुनै पनि कुरा भन्दैनन्”
जोड दिनलाई यो प्रश्नको स्वरूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “सायद तिनीहरूले साँचो मसीह हुन् भनी निर्णय गरिसकेका छन्”
“ठूलो सोरमा बोल्नुभयो”
येशू र मानिसहरू मन्दिरको चोकमा हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “मन्दिरको चोकमा”
यहाँ यूहन्ना यो कथनमा व्यङ्ग्य गर्छन् । मानिसहरूले येशू नासरतबाट आउनुभएको हो भनी विश्वास गर्छन् । परमेश्वरले उहाँलाई स्वर्गबाट पठाउनुभएको र उहाँ बेथेलेहेममा जन्मनुभएको भन्ने तिनीहरू जान्दैनन् । वैकल्पिक अनुवादः “तिमीहरू सबैले मलाई चिन्दछौ, र म कहाँबाट आएको हुँ भनी तिमीहरू जान्दछौ भनी ठान्छौ”
“मेरो आफ्नै अधिकारमा” तपाईंले यसलाई यूहन्ना ५:१९ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
“मलाई पठाउनुहुने परमेश्वर नै हुनुहुन्छ, र उहाँ सत्य हुनुहुन्छ”
“समय” ले परमेश्वरको योजनाअनुसार येशूको पक्राउ पर्ने उचित समयको निम्ति प्रतिस्थापकीय शब्दको काम गर्छ । वैकल्पिक अनुवादः “यो उहाँलाई गिरफ्तार गर्ने ठिक समय थिएन”
यो कथन जोड दिनलाई प्रश्नको स्वरूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “ख्रीष्ट आउनुहुँदा पनि निश्चय नै यो मानिसले गरेकाभन्दा धेरै चिन्हहरू गर्न सक्नुहुनेछैन !”
यसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी साबित गर्ने आश्चर्यकर्महरूलाई जनाउँछ ।
“म तिमीहरूसँग केही समय मात्र रहनेछु”
यहाँ येशूले उहाँलाई पठाउनुहुने पितालाई उल्लेख गर्नुहुन्छ ।
“म जहाँ हुन्छु त्यहाँ तिमीहरू आउन सक्नेछैनौ”
“यहूदीहरू” येशूको विरोध गर्ने यहूदीहरूको प्रतिनिधित्व गर्ने अङ्गाङ्गी आलङ्करिक शब्द हो । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरूले आपसमा भने”
प्यालेस्टाइन बाहिर ग्रीकहरू माझ छरिएर रहेका यहूदीहरू ।
यहाँ “वचन” येशूले भन्नुभएको तर यहूदी अगुवाहरूले बुझ्न चुकेका सन्देशको अर्थलाई जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “यिनले यसो भन्दा के भन्न खोजिरहेका थिए”
केही समय बितेको छ । अब चाडको अन्तिम दिन थियो, र येशू भीडसँग बोल्नुभयो ।
यो “महान्” हो, किनभने यो चाडको अन्तिम, सबैभन्दा महत्त्वपूर्ण दिन हो ।
यहाँ “तिर्खाएको” शब्द कोही पानीको निम्ति तिर्खाए झैँ त्यसरी नै परमेश्वरका कुराहरूका निम्ति उत्कट इच्छालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिर्खाएको मानिसले पानीको चाह गरे झैँ परमेश्वरका कुराहरू चाह गर्नेहरू”
“पिउनु” एउटा अलङ्कार हो जसको अर्थ येशूले दिनुहुने आत्मिक जीवन प्राप्त गर्नु हो । वैकल्पिक अनुवादः “मकहाँ आओस् र त्यसको आत्मिक तिर्खा मेटाओस्”
“ममा विश्वास गर्ने जो-कसैको बारेमा धर्मशास्त्रले भने झैँ”
“जीवित पानीका नदीहरू” एउटा अलङ्कार हो जसले आत्मिक रूपमा तिर्खाएकोलाई येशूले दिनुहुने जीवनको प्रतिनिधित्त्व गर्छ । वैकल्पिक अनुवादः “आत्मिक जीवन पानीको नदीहरू झैँ बग्नेछन्”
सम्भावित अर्थहरू हुन् १) “जीवन दिने पानी” २) “मानिसहरूलाई जिउने तुल्याउने पानी (युडीबी)”
यहाँ पेटले कुनै व्यक्तिको भित्री कुराहरूलाई प्रतिनिधित्व गर्दछ, जसमा खासगरी कुनै व्यक्तिको अ-शारीरिक भाग पर्छ । वैकल्पिक अनुवादः “उसभित्रबाट” वा “उसको हृदयबाट”
यस पदमा लेखकले येशूले केको बारेमा कुरा गरिरहनुभएको छ भनी स्पष्ट पार्न जानकारी दिन्छन् ।
यहाँ “उहाँ” ले येशूलाई जनाउँछ ।
येशूमा भरोसा गर्नेहरूकहाँ पवित्र आत्मा पछि बास गर्न आउनुहुनेछ भनी यूहन्ना सुझाउँछन् । वैकल्पिक अनुवादः “पवित्र आत्मा विश्वासीहरूकहाँ बास गर्न अझ पनि आउनुभएको थिएन”
यहाँ “महिमित” शब्दले परमेश्वरले पुत्रलाई उहाँको मृत्यु र पुनरुत्थानपछि गर्नुहुने आदरलाई जनाउँछ ।
यसो भनेर मानिसहरूले येशू परमेश्वरले पठाउने प्रतिज्ञा गर्नुभएको मोशाजस्तो अगमवक्ता हुनुहुन्छ भनी विश्वास गरेको सङ्केत गरिरहेका छन् । वैकल्पिक अनुवादः “मोशाजस्ता अगमवक्ता यिनी नै हुन्, जसलाई हामी प्रतीक्षा गरिरहेका छौँ”
यो कथन जोड दिनलाई प्रश्नको रूपमा आउँछ । वैकल्पिक अनुवादः “ख्रीष्ट गालीलबाट आउन सक्नुहुन्न”
यो कथन जोड दिनलाई प्रश्नको स्वरूपमा आउँछ । वैकल्पिक अनुवादः “धर्मशास्त्रले सिकाउँछ, कि ख्रीष्ट दाऊदको वंश र दाऊद बसेका गाउँ बेथेलेहेमबाट आउनुहुन्छ”
धर्मशास्त्रलाई बोलिरहेका व्यक्तिलाई झैँ देखाइएको छ । वैकल्पिक अनुवादः “अगमवक्ताहरूले धर्मशास्त्रमा लेखे”
“जहाँ दाऊद बस्थे”
येशू को वा के हुनुहुन्थ्यो भन्नेबारे भीड सहमत हुन सकेन ।
कसैमाथि हात हाल्नु भनेको टुक्का हो जसको अर्थ समाउनु वा पक्रनु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “तर उहाँलाई गिरफ्तार गर्न उहाँलाई कसैले पक्रेन”
“मन्दिरका सुरक्षाकर्मीहरू”
अधिकारीहरूले येशूले भन्नुभएको कुरामा तिनीहरू कति प्रभावित छन् भनेर देखाउन बढाइचढाइ गर्छन् । हरेक व्यक्तिले सबै समयहरू र स्थानहरूमा भनेका कुराहरू सबै जानेका छन् भनेर अधिकारीहरूले दाबी गरिरहेका थिएनन् भनेर तपाईंले स्पष्ट बनाउनुपर्ने हुन सक्छ । “यो मानिसले भनेजस्तो त अहिलेसम्म कसैले भनेको हामीले कहिल्यै सुनेका छैनौँ !”
“तिनीहरूले त्यसो भनेको हुनाले फरिसीहरू”
“अधिकारीहरूलाई जवाफ दिए”
यो भनाइ जोड दिनलाई प्रश्नको रूपमा आउँछ । ती अधिकारीहरूको जवाफले फरिसीहरू छक्क परे । वैकल्पिक अनुवादः “तिमीहरू पनि छलमा पर्यौ ?”
यो भनाइ जोड दिनलाई प्रश्नको रूपमा आउँछ । वैकल्पिक अनुवादः “कुनै पनि शासक वा फरिसीहरूले विश्वास गरेका छैनन्”
यसले मोशाको व्यवस्थालाई होइन, फरिसीहरूको व्यवस्थालाई जनाउँछ ।
“व्यवस्था नजान्ने यो भीडलाई परमेश्वरले नष्ट पार्नुहुनेछ !”
यूहन्नाले निकोदेमस को हुन् भन्ने जनाउन यो जानकारी दिन्छन् । तपार्इंको भाषामा पृष्ठभूमि जानकारी दिने विशेष शैली हुन सक्छ ।
यो भनाइ जोड दिनलाई प्रश्नको रूपमा आउँछ । यसलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हाम्रो यहूदी व्यवस्थाले हामीलाई न्याय गर्न अनुमति दिँदैन ... उसले जे गर्छ !”
निकोदेमस व्यवस्था व्यक्ति नै भए झैँ गरी बोल्छन् । तपार्इंको भाषामा यो स्वाभाविक हुँदैन भने यसलाई व्यक्तिवाचक सर्वानाम प्रयोग गरेर अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “के हामीले मानिसको न्याय गर्छौं” वा “हामीले मानिसको न्याय गर्दैनौँ”
निकोदेमस गालीलबाट आएका होइनन् भनी यहूदी अगुवाहरूलाई थाहा छ । तिनीहरूले उहाँलाई खिसी गर्ने एउटा तरिकाको रूपमा यो प्रश्न सोध्छन् । वैकल्पिक अनुवादः “तिमी पनि गालीलका कनिष्ठ मानिसहरूमध्येको हुनुपर्छ”
यो एउटा उत्सर्ग हो । तपार्इंले समावेश नभएको जानकारीलाई राख्ने इच्छा गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “धर्मशास्त्रमा के लेखिएको छ होसियारीपूर्वक खोज र पढ”
यसले सम्भवतः येशू गालीलमा जन्मनुभएको भन्ने विश्वासलाई जनाउँछ ।
उत्कृष्ट प्राचीन प्रतिलिपिहरूमा ७:५३-८:११ छैन । सम्भवतः यूहन्नाले यो खण्डलाई मूल पाठमा राखेका थिएनन् भनी देखाउन युएलबीले यसलाई कोष्ठकभित्र राखेको छ । अनुवादकहरूलाई अनुवाद गरेर कोष्ठकभित्र राख्ने सल्लाह दिइन्छ, र [यूहन्ना ८:११]
1 [नोटः यूहन्ना ७:५३-८:११ को टिप्पणीबारे माथि हेर्नुहोस्, येशू जैतून डाँडामा जानुभयो । ] 2 बिहानै सबेरै उहाँ फेरि मन्दिरमा आउनुभयो, र सबै मानिसहरू आए; उहाँ बस्नुभयो, र तिनीहरूलाई सिकाउनुभयो । 3 शास्त्री र फरिसीहरूले व्यभिचारको काममा पक्राउ परेकी एउटी स्त्री ल्याए । तिनीहरूले त्यसलाई बिचमा राखे । 4 [नोटः यूहन्ना ७:५३-८:११ को टिप्णीबारे माथि हेर्नुहोस्], त्यसपछि तिनीहरूले येशूलाई भने, “गुरुज्यू, यो स्त्री व्यभिचारको काममा पक्राउ परेकी छे । 5 व्यवस्थामा मोशाले यस्ता मानिसलाई ढुङ्गाले हान्ने आज्ञा दिएका छन्; यिनको विषयमा तपाईं के भन्नुहुन्छ ?” 6 तिनीहरूले येशूलाई फन्दामा पार्नलाई यसो भनेका थिए, ताकि तिनीहरूले उहाँलाई केही कुराको बारेमा दोष लगाउन सकून्, तर येशू निहुरेर आफ्नो औँलाले जमिनमा लेख्नुभयो । 7 [नोट यूहन्ना ७:५३-८:११ को टिप्णीबारे माथि हेर्नुहोस्], जब तिनीहरूले उहाँलाई निरन्तर सोधिरहे, उहाँ खडा हुनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमध्ये पापविनाको जो छ ढुङ्गाले हान्नमा त्यही नै पहिलो होस् ।” 8 उहाँ फेरि निहुरनुभयो र आफ्नो औँलाले जमिनमा लेख्नुभयो । 9 [नोट यूहन्ना ७:५३-८:११ को टिप्णीबारे माथि हेर्नुहोस्], जब तिनीहरूले यो सुने, ठुलादेखि सुरु गरेर एक-एक गर्दै तिनीहरू गए । अन्तमा माझमा राखिएकी ती स्त्रीसँग येशू मात्र छोडिनुभएको थियो । 10 येशू खडा हुनुभयो र त्यसलाई भन्नुभयो, “हे नारी, तिमीलाई दोष लगाउनेहरू कहाँ छन् ? के कसैले तिमीलाई दण्ड दिएन ?” 11 त्यसले भनी, “कसैले दिएन, प्रभु” येशूले भन्नुभयो, “न त म पनि तिमीलाई दण्ड दिन्छु । जाऊ, र कुनै पाप नगर ।” ] 12 फेरि येशूले तिनीहरूलाई यसो भन्नुभयो, “म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ ।” 13 फरिसीहरूले उहाँलाई भने, “तिमी आफैँ आफ्नो बारेमा गवाही दिइरहेका छौ; तिम्रो गवाही सत्य होइन ।” 14 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्नुभयो, “म आफैँले आफ्नो बारेमा गवाही दिए तापनि मेरो गवाही सत्य छ । म जान्दछु, कि म कहाँबाट आएँ र म कहाँ जाँदै छु, तर म कहाँबाट आएँ र कहाँ जाँदै छु, तिमीहरू जान्दैनौ । 15 तिमीहरू शरीरअनुसार न्याय गर्छौ, तर म कसैको न्याय गर्दिनँ । 16 तैपनि मैले न्याय गरेँ भने मेरो न्याय सत्य हुन्छ, किनकि म एकलै छैनँ, तर म मलाई पठाउनुहुने पितासँग छु । 17 हो, दुई जना मानिसको गवाही सत्य हुन्छ भनी तिमीहरूको व्यवस्थामा लेखिएको छ । 18 मेरो आफ्नैबारे गवाही दिने म नै हुँ, र मलाई पठाउनुहुने मेरा पिताले मेरो बारेमा गवाही दिनुहुन्छ ।” 19 तिनीहरूले उहाँलाई भने, “तिम्रा पिता कहाँ छन् ?” येशूले जवाफ दिनुभयो, “तिमीहरूले न मलाई न त मेरा पितालाई चिन्छौ, तिमीहरूले मलाई चिनेका थियौ भने तिमीहरूले मेरा पितालाई पनि चिनेका हुन्थ्यौ ।” 20 उहाँले मन्दिरमा सिकाउनुहुँदा यी वचनहरू ढुकुटीमा भन्नुभयो र कसैले उहाँलाई पक्रेन, किनभने उहाँको समय अझै आएको थिएन । 21 त्यसैले, उहाँले फेरि तिनीहरूलाई भन्नुभयो, “म जाँदै छु; तिमीहरूले मलाई खोज्नेछौ । र तिमीहरूको पापमा मर्नेछौ । जहाँ म जाँदै छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।” 22 यहूदीहरूले भने, “के यसले आफैँलाई मार्नेछ ? के यसले त्यसैले ‘म जहाँ जाँदै छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ’ भनेको हो ?” 23 येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू तलका हौ, म माथिको हुँ । तिमीहरू यस संसारका हौ, म यस संसारको होइनँ । 24 यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्नो पापमा नै मर्नेछौ, किनभने म उही हुँ भनी तिमीहरूले विश्वास नगरेसम्म तिमीहरू आफ्नो पापमा नै मर्नेछौ ।” 25 यसकारण तिनीहरूले उहाँलाई भने “तिमी को हौ ?” येशूले तिनीहरूलाई भन्नुभयो, “मैले तिमीहरूलाई सुरुदेखि जे भनेको छु, म उही हुँ । 26 मैले तिमीहरूबारे भन्नु र न्याय गर्नु धेरै छ, तापनि मलाई पठाउनुहुने सत्य हनुहुन्छ, र मैले उहाँबाट सुनेका यी कुराहरू नै म संसारलाई भन्छु ।” 27 उहाँले पिताको बारेमा कुरा गर्दै हुनुहुन्छ भनी तिनीहरूले बुझेनन् । 28 येशूले भन्नुभयो, “तिमीहरूले मानिसका पुत्रलाई माथि उचालेपछि म उही हुँ र म आफैँ केही पनि गर्दिनँ भन्ने तिमीहरूले जान्नेछौ । जसरी पिताले मलाई यी कुराहरू सिकाउनुभयो, त्यसरी नै म यी कुराहरू बोल्छु । 29 मलाई पठाउनुहुने मसँग हुनुहुन्छ, र उहाँले मलाई एकलै छाड्नुभएको छैन, किनभने म सदैव उहाँलाई प्रसन्न पार्ने काम गर्छु ।” 30 येशूले यी कुराहरू भन्दै गर्नुहुँदा धेरैले उहाँमा विश्वास गरे । 31 येशूले उहाँमा विश्वास गर्ने यहूदीहरूलाई भन्नुभयो, “यदि तिमीहरू मेरो वचनमा रहिरह्यौ भने तिमीहरू साँच्चै मेरा चेलाहरू हौ; 32 र तिमीहरूले सत्य जन्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र पार्नेछ ।” 33 तिनीहरूले उहाँलाई जवाफ दिए, “हामी अब्राहामका सन्तानहरू हौँ र कहिल्यै कसैको दास भएका छैनौँ; ‘तिमीहरू स्वतन्त्र पारिनेछौ’ भनी तिमीले कसरी भन्न सक्छौ ।” 34 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्छु, प्रत्येक जसले पाप गर्छ, त्यो पापको दास हो । 35 दास सधैँभरि घरमा रहँदैन, तर पुत्र भने सधैँभरि नै रहन्छ । 36 यसकारण, पुत्रले तिमीहरूलाई स्वतन्त्र पार्यो भने तिमीहरू साँच्चै स्वतन्त्र हुनेछौ । 37 म जान्दछु, कि तिमीहरू अब्राहामका सन्तानहरू हौ र तिमीहरू मलाई मार्न खोज्छौ, किनभने तिमीहरूमा मेरो वचनको निम्ति ठाउँ छैन । 38 मैले मेरा पितासँग जे देखेको छु म त्यही भन्छु, र तिमीहरू पनि तिमीहरूका पिताबाट जे सुनेका छौ त्यही गर्दछौ ।” 39 तिनीहरूले उहाँलाई जवाफ दिए, र भने, “हाम्रा पिता अब्राहाम हुन् ।” येशूले तिनीहरूलाई भन्नुभयो, “यदि तिमीहरू अब्राहामका सन्तानहरू हुँदा हौ त, तिमीहरूले अब्राहामका कामहरू गर्ने थियौ । 40 तैपनि अहिले तिमीहरू मलाई अर्थात् तिमीहरूलाई परमेश्वरबाट सुनेको सत्य बताउने मानिसलाई मार्न खोज्दछौ । अब्राहामले यस्तो गरेनन् । 41 तिमीहरू तिमीहरूका पिताका कामहरू गर्छौ ।” तिनीहरूले उहाँलाई भने, “हामीहरू व्यभिचारमा जन्मिएका थिएनौँ; हाम्रा एक पिता परमेश्वर हुनुहुन्छ ।” 42 येशूले तिनीहरूलाई भन्नुभयो, “यदि परमेश्वर तिमीहरूका पिता हुनुहुन्थ्यो भने, तिमीहरूले मलाई प्रेम गर्ने थियौ, किनकि म परमेश्वरबाट आएँ, र यहाँ छु, म आफ्नै तर्फबाट आएको होइनँ, तर उहाँले मलाई पठाउनुभयो । 43 तिमीहरू मेरा वचनहरू किन बुझ्दैनौ ? किनभने तिमीहरू मेरो वचन सुन्न सक्दैनौ । 44 तिमीहरू आफ्ना पिता अर्थात् शैतानका हौ, र तिमीहरू तिमीहरूका पिताको इच्छा पुरा गर्ने इच्छा गर्छौ । त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यमा खडा हुँदैन, किनकि त्यसमा सत्य छैन । जब त्यसले झुट बोल्छ, त्यो आफ्नै स्वभावबाट बोल्छ, किनकि त्यो झुट र झुटको पिता हो । 45 म सत्य बोल्छु, तापनि तिमीहरू मलाई विश्वास गर्दैनौ । 46 तिमीहरूमध्ये कसले मलाई पापको दोष लगाउँछ ? यदि म सत्य बोल्छु भने, तिमीहरू मलाई किन विश्वास गर्दैनौ ? 47 जो परमेश्वरको हो त्यसले परमेश्वरको वचन सुन्छ; तिमीहरू ती सुन्दैनौ, किनभने तिमीहरू परमेश्वरका होइनौ ।” 48 यहूदीहरूले जवाफ दिए, र उहाँलाई भने, “के ‘तिमी सामरी हौ, र तिमीलाई भूत लागेको छ’ भनी हामीले भनेको साँचो होइन र ?” 49 येशूले जवाफ दिनुभयो, “मलाई भूत लागेको छैन, तर म मेरा पितालाई आदर गर्छु, र तिमीहरू मलाई अनादर गर्छौ । 50 म आफ्नो महिमा खोज्दिनँ; खोज्ने र न्याय गर्ने एक जना हुनुहुन्छ । 51 म तिमीहरूलाई साँचो, साँचो भन्दछु, यदि कसैले मेरो वचन पालना गर्छ भने, त्यसले कहिल्यै मृत्यु देख्नेछैन ।” 52 यहूदीहरूले उहाँलाई भने, “अब हामी जान्दछौँ, कि तिमीलाई भूत लागेको छ । अब्राहाम र अगमवक्ताहरू मरे, तर तिमी भन्छौ ‘यदि कसैले मेरो वचन पालन गर्छ भने त्यसले कहिल्यै मृत्यु चाख्नेछैन ।’ 53 तिमी हाम्रा मरेका पिता अब्राहामभन्दा महान् होइनौ, हौ त ? अगमवक्ताहरू पनि मरे । तिमी आफैँचाहिँ को हुँ भनी ठान्छौ ?” 54 येशूले जवाफ दिनुभयो, “यदि म आफैँले आफ्नो महिमा गरेँ भने मेरो महिमा केही पनि होइन । मलाई महिमित पार्नुहुने मेरा पिता हुनुहुन्छ, जसलाई तिमीहरू तिमीहरूका परमेश्वर भन्दछौ । 55 तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्छु । यदि मैले ‘म उहाँलाई चिन्दिनँ’ भन्छु भने म झुटजस्तै हुन्थेँ । तापनि म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु । 56 तिमीहरूका पिता अब्राहाम मेरा दिन देखेर रमाए र उनले यो देखे, र खुसी भए । 57 यहूदीहरूले उहाँलाई भने, “तिमी पचास वर्ष पनि भएका छैनौ, र के तिमीले अब्राहामलाई देखेका छौ ?” 58 येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँचो, साँचो भन्दछु, अब्राहाम हुनुभन्दा अगिदेखि नै म छँदै छु ।” 59 तब तिनीहरूले उहाँलाई हान्नलाई ढुङ्गा टिपे, तर येशू आफैँ लुक्नुभयो, र मन्दिरबाट बाहिर जानुभयो ।
८:१-११ सम्मको पदहरूलाई अनुवाद गर्न अनुवादकहरूले किन चुने वा चुनेनन् भनेर पाठकलाई व्याख्या गर्नको लागि तिनीहरूले पद १ मा एउटा टिप्पणी राख्नलाई विचार गर्न सक्छन् ।
बाइबलले धेरैपटक अधर्मी मानिसहरू, ती मानिसहरू जसले परमेश्वरलाई खुशी बनाउने कुराहरू गर्दैनन्, तिनीहरूलाई अन्धकारमा रुमल्लिरहेको भए जसरी कुरा गर्छ । यसले ज्योतिको बारेमा त्यसरी कुरा गर्छ मानौँ यो नै त्यो चीज हो जसले ती मानिसहरूलाई धर्मी बन्न, तिनीहरूले के गल्ती गरिरहेका छन् भनेर बुझ्न र परमेश्वरको आज्ञापालन गर्न थाल्नको लागि सामर्थी बनाउँछ । यहाँ यो सारा अन्यजातिहरू हुन् ।
यूहन्नाले यी शब्दहरू येशूले यस पुस्तकमा चार पटक, यस अध्यायमा तीन पटक भन्नुभएको कुराको अभिलेख राखेका छन् । तिनीहरू एउटा पूर्ण वाक्यको रूपमा रहन्छन्, र “म हुँ”को लागि हिब्रू शब्दको अक्षरश अनुवाद गर्छन्, जसद्वारा यहवेले आफैँलाई मोशाकहाँ परिचित गराउनुभयो । यी कारणहरूको लागि, धैरै मानिसहरूले विश्वास गर्छन् कि जब येशूले यी शब्दहरू भन्नुभयो उहाँले आफू यहवे हुनुभएको दाबी गरिरहनुभएको थियो ।
शास्त्रीहरू र फरिसीहरूले येशूलाई छक्क्याउन चाहे । तिनीहरूले व्यभिचार गरिराख्दा पक्राउ गरेका स्त्रीलाई मारेर मोशाको व्यवस्थाको पालना गर्नुपर्छ भनेर उहाँले भन्नुभएको तिनीहरू चाहन्थे वा उहाँले तिनीहरूले मोशाको व्यवस्थाको अवज्ञा गर्नुपर्छ र तिनको पाप क्षमा गर्नुपर्छ भन्नुभएको तिनीहरू चाहन्थे । येशू जान्नुहुन्थ्यो कि तिनीहरूले उहाँलाई छक्क्याउन खोजिरहेका थिए र तिनीहरू वास्तवमै मोशाको व्यवस्थाको पालना गर्न चाहँदैनथे । उहाँ जान्नुहुन्थ्यो कि व्यवस्थाले स्त्री र पुरुष दुवै नै मर्नुपर्छ भनी भनेको थियो, तर तिनीहरूले त्यस पुरुषलाई येशूकहाँ ल्याएनन् ।
येशूले यस अध्यायमा आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ अनि
केही खण्डहरूले ७:५३-८:११ उल्लेख गरे तापनि उत्कृष्ट प्राचीन प्रतिलिपिहरूमा यी पदहरू छैनन् ।
येशू मन्दिरको खजानाको नजिक भएका मानिसहरूको भीडसँग बोलिरहनुभएको छ र कि त [यूहन्ना ७:१-५२]
यहाँ “ज्योति” परमेश्वरबाट आउने प्रकाशको निम्ति अलङ्कार हो । वैकल्पिक अनुवादः “संसारलाई ज्योति दिने म नै हुँ”
यो मानिसहरूका निम्ति प्रतिस्थापन हो । वैकल्पिक अनुवादः “संसारका मानिसहरू”
यो टुक्का हो जसको अर्थ “मैले सिकाएअनुसार गर्ने सबै” वा “मेरो आज्ञा पालन गर्ने सबै”
“अन्धकारमा हिँड्डुल गर्नु” भनेको पापपूर्ण जिवन जिउनको निम्ति प्रयोग गरिने अलङ्कार हो । वैकल्पिक अनुवादः “त्यो पापको अन्धकारमा भए जस्तो गरी जिउँदैन”
“जीवनको ज्योति” परमेश्वरबाट आउने आत्मिक जीवन दिने सत्यता हो । वैकल्पिक अनुवादः “अनन्त जीवन ल्याउने सत्यता”
“तिमीले आफैँ आफ्नो बारेमा यी कुराहरू भनिरहेका छौ”
केवल एक जनाको गवाही सत्य हुँदैन किनभने यसलाई साबित गर्न सकिँदैन भनी फरिसीहरूले औँल्याइरहेका छन् । वैकल्पिक अनुवादः “तिम्रो साक्षी तिमी आफैँ हुन सक्तैनौ” वा “तिमी आफैँले आफ्नो बारेमा भनेको कुरा सत्य हुन सक्तैन”
“मैले मेरो आफ्नै बारेमा यी कुराहरू भनेँ भने तापनि”
“मानवीय मापदण्ड र मानिसहरूका नियमहरू”
सम्भावित अर्थहरू हुन् १) “म अझ पनि कसैको न्याय गर्दिनँ” वा २) “मैले अहिले कसैको न्याय गरिरहेको छैन”
सम्भावित अर्थहरू हुन् १) “यदि मैले मानिसहरूको न्याय गरेँ भने” वा २) “जब पनि म मानिसहरूको न्याय गर्छु”
सम्भावित अर्थहरू हुन् १) “मेरो न्याय ठीक हुनेछ” वा २) “मेरो न्याय ठीक हो”
आफ्ना पितासँगको विशेष सम्बन्धको कारण परमेश्वरका पुत्र येशूसँग अधिकार छ ।
येशू उहाँको न्यायमा एक्लै हुनुहुन्न भन्ने परोक्ष जानकारी हो । वैकल्पिक अनुवादः “मैले जसरी न्याय गरे पनि म एक्लै छैन” वा “म एक्लै न्याय गर्दिन”
पिता र पुत्रले सँगै न्याय गर्नुहुन्छ । वैकल्पिक अनुवादः “पिताले पनि मसँगै न्याय गर्नुहुन्छ” वा “मैले न्याय गरेजस्तै पिताले पनि न्याय गर्नुहुन्छ”
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो । यदि तपार्इंको भाषामा कसको पिता भनी उल्लेख गर्नुपर्छ भने “मेरा पिता” भन्न सक्नुहुन्छ, किनकि येशू तलको पदमा त्यतैतिर लाग्नुहुन्छ ।
येशू आफ्नै बारेमा फरिसीहरू र अरू मानिसहरूसँग निरन्तर कुरा गर्दै हुनुहुन्छ ।
शब्द “हो” ले येशूले पहिला नै भन्नुभएको कुरामा थपिरहनुभएको कुरालाई देखाउँछ ।
यो कर्मवाच्यको पदावली हो । तपार्इंले यसलाई व्यक्तिवाचक सर्वनाम प्रयोग गरेर कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “मोशाले लेखे”
यसको तर्कचाहिँ यही हो कि एक जनाको कुरा अर्कोले प्रमाणित गर्न सक्छ । वैकल्पिक अनुवादः “यदि दुई जनाले उही कुरा भन्छन् भने मानिसहरूले यो सत्य हो भनी जान्नेछन्”
येशूले आफ्नोबारे आफैँले गवाही दिनुहुन्छ । वैकल्पिक अनुवादः “म आफैँ मेरो बारेमा तिमीहरूलाई गवाही दिन्छु”
पिताले पनि येशूको बारेमा गवाही दिनुहुन्छ । तपार्इंले यसलाई प्रस्ट बनाउन सक्नुहुन्छ, कि येशूको गवाही सत्य छ भन्ने अर्थ लागोस् । वैकल्पिक अनुवादः “मलाई पठाउनुहुने पिताले पनि मेरो बारेमा प्रमाण ल्याउनुहुन्छ । त्यसैले, हामीले तिमीहरूलाई भनेको कुरा सत्य हो भनी तिमीहरूले विश्वास गर्नुपर्छ”
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो । यदि तपार्इंको भाषामा कसको पिता भनी उल्लेख गर्नुपर्छ भने “मेरा पिता” भन्न सक्नुहुन्छ, किनकि येशू तलको पदमा त्यतैतिर लाग्नुहुन्छ ।
पद २० मा येशूले बोल्नुभएको कुरामा विश्राम छ जहाँ लेखकले येशूले कहाँ सिकाउँदै हुनुहुन्थ्यो भन्ने पृष्ठभूमि जानकारी दिएका छन् । कुनै भाषामा कथाको बारेमा भएको परिस्थितलाई यो कथाको ८:१२
येशूलाई चिन्नु नै पितालाई चिन्नु हो भनी येशू औँल्याउनुहुन्छ । पिता र पुत्र दुवै परमेश्वर हुनुहुन्छ । “पिता” परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
“समय” येशू मर्ने समयको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “यो अझ पनि येशू मर्नलाई उचित समय थिएन”
येशू भीडसँग निरन्तर कुरा गरिरहनुहुन्छ ।
यहाँ “मर्नु” ले आत्मिक मृत्युलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरू पापी छँदै मर्नेछौ” वा “तिमीहरूले पाप गरिरहँदा नै तिमीहरू मर्नेछौ”
“तिमीहरू आउन समर्थ छैनौ”
यहाँ “यहूदी” “यहूदी अगुवाहरू” को निम्ति रूपक हो । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरूले भने” वा “यहूदी अधिकारीहरूले भने”
“तिमीहरू यस संसारमा जन्मेका हौ”
“म स्वर्गबाट आएँ”
“तिमीहरू यस संसारको अधीनमा छौ”
“म यस संसारको अधीनमा छैनँ” (युडीबी)
“तिमीहरू परमेश्वरले तिमीहरूका पापहरू क्षमा नगरी नै मर्नेछौ”
सम्भावित अर्थहरू हुन् १) येशूले आफैँलाई यहवे समान तुल्याउँदै हुनुहुन्थ्यो जसको अर्थ हुन्छ, “म हुँ” वा २) मानिसहरूले येशूले पहिला नै भनिसक्नुभएको कुरा अर्थात् “म माथिको हुँ” लाई नै जनाइरहनुभएको छ भन्ने बुझून् भन्ने अपेक्षा गर्नुभयो ।
“तिनीहरूले” यहूदी अगुवाहरूलाई जनाउँछ । (८:२२) (./21.md))
यहाँ “संसार” संसारमा बसोबास गर्ने मानिसहरूको निम्ति प्रतिस्थापन हो । वैकल्पिक अनुवादः “म यी कुराहरू सबै मानिसहरूलाई भन्छु”
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो । कुनै भाषामा संज्ञाको अगि स्वामित्ववाचक सर्वनाम राख्नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “उहाँको पिता”
यसले येशूलाई मार्न क्रुसमाथि टाँगेको कुरालाई जनाउँछ ।
येशूले आफैँलाई नै जनाउन “मानिसका पुत्र” भन्ने उपाधि प्रयोग गर्नुहुन्छ ।
सम्भावित अर्थहरूः १) येशूले आफैँलाई यहवेको रूपमा परिचित गराउँदै हुनुहुन्छ, जसले आफैँलाई मोशाकहाँ “म हुँ” भनेर परिचित गराउनुभयो वा (२) येशूले “मैले जे हुँ भनी दाबी गरेको छु म त्यही हुँ” भन्दै हुनुहुन्छ ।
“पिताले मलाई जे भन्नू भनी सिकाउनुभएको छ, मैले त्यही भनिरहेको छु” “पिता” परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
“उहाँ” ले परमेश्वरलाई जनाउँछ ।
“येशूले यी वचनहरू बोल्नुहुँदा”
“धेरै मानिसहरूले उहाँमा भरोसा गरे”
यो एउटा टुक्का हो जसको अर्थ “मैले भनेको कुरा पालन गर्नु” भन्ने हुन्छ । वैकल्पिक अनुवादः “मैले जे भनेको छु, त्यसलाई पालना गर्नू”
“मेरा अनुयायीहरू”
यो व्यक्तिकरण हो । येशूले “सत्य” व्यक्ति भए झैँ गरी बोल्नुहुन्छ । वैकल्पिक अनुवादः “यदि तिमीहरूले सत्यता पालन गर्यौ भने परमेश्वरले तिमीहरूलाई स्वतन्त्र तुल्याउनुहुनेछ”
यसले येशूले परमेश्वरको बारेमा प्रकट गर्नुभएका कुराहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरको बारेमा जे सत्य छ”
यो कथन येशूले भन्नुभएको कुराप्रति यहूदी अगुवाहरू चकित परेको कुरा व्यक्त गर्न प्रश्नको रूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “हामीलाई स्वतन्त्र पार्नु पर्दैन”
तपाईंले यसलाई यूहन्ना १:५१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यहाँ “दास” शब्द अलङ्कार हो । यसले पाप गर्नेको निम्ति पाप मालिक जस्तै हो भनी औँल्याउँछ । वैकल्पिक अनुवादः “पापको दास जस्तो हो”
यहाँ “घर” “परिवार” को निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “परिवारको स्थायी सदस्यजस्तै”
यो उत्सर्ग हो । तपार्इंले यसलाई परोक्ष वचनहरूलाई राखेर अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “पुत्र परिवारको सदासर्वदाको सदस्य हो”
येशूले पापबाटको स्वतन्त्रताको कुरा गरिरहनुभएको छ भन्ने कुरा अन्तर्निहित छ, जुन पाप नगर्नलाई सक्षम हुने कुराको लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “यदि पुत्रले तिमीहरूलाई स्वतन्त्र पार्नुभयो भने, तिमीहरू साँच्चै नै पापबाट टाढा रहन सक्ने हुनेछौ”
“पुत्र”, परमेश्वरका पुत्र, येशूको निम्ति महत्त्वपूर्ण उपाधि हो । येशूले आफ्नै बारेमा कुरा गरिरहनुभएको थियो । वैकल्पिक अनुवादः “यदि म, पुत्रले, तिमीहरूलाई स्वतन्त्र पार्छु भने”
येशू यहूदीहरूसँग निरन्तर कुरा गरिरहनुहुन्छ ।
यहाँ “वचन” येशूको “शिक्षा” वा “सन्देश” को निम्ति प्रतिस्थापन हो, जसलाई यहूदी अगुवाहरू स्वीकार गर्दैनन् । वैकल्पिक अनुवादः “तिमीहरूले मेरो शिक्षा स्वीकार गर्दैनौ” वा “तिमीहरूले मेरो सन्देशलाई तिमीहरूको जीवन परिवर्तन गर्न दिँदैनौ”
“म पितासँग हुँदा देखेका कुराहरूबारे मैले तिमीहरूलाई भनिरहेको छु”
येशूले “तिमीहरूका पिता” भनेर शैतानलाई जनाउनुभएको थियो भनी यहूदी अगुवाहरू बुझ्दैनन् । वैकल्पिक अनुवादः “तिमीहरूले पनि तिमीहरूका पिताले जे गर्नू भनेको छ, त्यही नै गरिरहेका छौ”
“पितापूर्खा”
“अब्राहामले परमेश्वरबाट आएको सत्यता बताउनेलाई कहिल्यै पनि मार्न खोजेनन्”
येशूले तिनीहरूका पिता शैतान हुन् भनी औँल्याउनुहुन्छ । वैकल्पिक अनुवादः “होइन, तिमीहरूले तिमीहरूको पिताले गरेका काम नै गरिरहेका छौ ।
यहाँ येशूले उहाँको वास्तविक पितालाई चिन्नुहुन्न भनी यहूदीहरू औँल्याउँछन् । वैकल्पिक अनुवादः “हामी तिम्रो बारेमा जान्दैनौ, तर हामी अवैध सन्तानहरू होइनौ”
यहाँ यहूदीहरूले तिनीहरूका आत्मिक पिता परमेश्वर नै भएको दाबी गर्छन् । यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
यो आफूलाई कुनै लाभ नहुँदा पनि अरूको (हाम्रा शत्रुहरूलगायत) भलाइमा केन्द्रित हुने परमेश्वरबाट आउने किसिमको प्रेम हो ।
येशूले यो प्रश्न उहाँले भनेको कुरा नसुनेकोमा यहूदी अगुवाहरूलाई हप्काउन प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “मैले भनेको कुरा तिमीहरूले किन बुझ्दैनौ भनी म तिमीहरूलाई बताउनेछु”
यहाँ “वचन” येशूको शिक्षाको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरूले मेरो शिक्षा स्वीकार नगरेको कारणले हो”
“तिमीहरू तिमीहरूका पिता अर्थात् शैतानका अधीनमा छौ”
यहाँ “पिता” सबै झूटा कुराको प्रवर्तकको अलङ्कार हो । वैकल्पिक अनुवादः “सुरुमा सबै झूट सृजना गर्ने त्यो नै हो”
येशू यहूदीहरूसँग निरन्तर कुरा गर्नुहन्छ ।
“म तिमीहरूलाई परमेश्वरबाट आएका सत्य कुराहरू बताउँछु”
येशूले कहिल्यै पाप गर्नुभएको थिएन भनी जोड दिनलाई उहाँ यो प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “मैले पाप गरेको छु भनी कसैले देखाउन सक्दैनौ”
“यदि मैले सत्य कुराहरू भन्छु भने”
येशूले यो प्रश्न यहूदी अगुवाहरूको अविश्वासलाई हप्काउन प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “मलाई विश्वास नगर्नको लागि तिमीहरूसँग कुनै कारण छैन”
यहाँ वचन परमेश्वरका “सन्देशहरू” को प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “परमेश्वरका सन्देशहरू” वा “परमेश्वरबाट आउने सत्यता”
“यहूदीहरू” येशूको विरोध गर्ने यहूदी अगुवाहरूको अङ्गाअङ्गी अलङ्कार हो । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरू”
येशूलाई दोष लगाउन वा अनादर गर्न यहूदी अगुवाहरूले यो प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिमी सामरी हौ, र तिमीमा भूत बस्छ भनी हामीले भनेको ठिकै हो !”
येशूले यहूदीहरूलाई जवाफ दिइरहनुहुन्छ ।
यसले परमेश्वरलाई जनाउँछ ।
तपाईंले यसलाई यूहन्ना ०१:५१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यहाँ “वचन” येशूको शिक्षाको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “मेरा शिक्षाहरू पालन गर्छ” वा “मैले जे भन्छु त्यही गर्छ”
यो एउटा टुक्का हो जसको अर्थ मृत्युको अनुभव गर्नु भन्ने हुन्छ । यहाँ येशूले आत्मिक मृत्युलाई जनाउँदै हुनुहुन्छ । वैकल्पिक अनुवादः “आत्मिक रूपमा मर्नु”
“यहूदीहरू” येशूको विरोध गर्ने यहूदी अगुवाहरूको रूपक हो । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरू”
“यदि कसैले मेरो शिक्षाको पालना गर्छ भने”
यो टुक्का हो जसको अर्थ मृत्युको अनुभव गर्नु भन्ने हुन्छ । यहूदी अगुवाहरूले येशूले शारीरिक मृत्युबारे मात्र बोलिरहनुभएको छ भनेर गलत बुझे । वैकल्पिक अनुवादः “मर्नु”
येशू अब्राहामभन्दा महान् हुनुहुन्नथ्यो भनी जोड दिन यहूदीहरू यो प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमी मर्नुहुने हाम्रा पिता अब्राहामभन्दा निश्चय नै महान् होइनौ”
“पितापूर्खा”
यहूदी अगुवाहरूले येशूले आफैलाई अब्राहामभन्दा पनि महत्त्वपूर्ण ठानेकोमा हप्काउनलाई यो प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिमी यति महत्त्वपूर्ण छौ भनी तिमीले सोच्नुहुँदैन !”
“पिता” परमेश्वरको निम्ति महत्त्वपूर्ण उपमा हो । परमेश्वरका पुत्र येशूले जस्तै परमेश्वर पितालाई कसैले चिन्दैन । वैकल्पिक अनुवादः “मेरा पिताले नै मेरो आदर गर्नुहुन्छ, र उहाँलाई नै तिमीहरू परमेश्वर भन्छौ”
“वचन” परमेश्वरले भन्नुहुने कुराको निम्ति प्रतिस्थापन हो । वैकल्पिक अनुवादः “म उहाँले जे गर्नु भन्नुहुन्छ, त्यही गर्छु”
यो येशूले उहाँको जीवनमा गर्नुहुने कुराको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “मैले मेरो जीवनकालमा जे गर्छु”
“परमेश्वरको प्रकाशद्वारा म आउने देखेर उनी खुसी भए”
यो येशू मन्दिरमा यहूदीहरूसँग बोल्नुभएको कथाको अन्त्य हो, जुन ८:१२(./12.md) बाट सुरु हुन्छ ।
“यहूदीहरू” येशूको विरोध गर्ने यहूदी अगुवाहरूको रूपक हो । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरूले उहाँलाई भने”
येशूले अब्राहामलाई देखेको दाबी गर्नुहुँदा यहूदीहरू छक्क परेको कुरालाई व्यक्त गर्न तिनीहरूले यो प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिमी पचास वर्षभन्दा पनि कम उमेरका छौ । तिमीले अब्राहामलाई देख्ने सम्भावना नै छैन”
१:५१(../01/49.md) मा जस्तै गरी अनुवाद गर्नुहोस् ।
सम्भावित अर्थहरूः १) येशूले आफैँलाई यहवेको रूपमा परिचित गराउँदै हुनुहुन्छ, जसले आफैँलाई मोशाकहाँ “म हुँ” भनेर परिचित गराउनुभयो वा (२) येशूले “अब्राहाम अस्तित्वमा आउन अगि नै म अस्तित्वमा थिएँ” भन्दै हुनुहुन्छ ।
येशूको कुरा सुनेर यहूदी अगुवाहरू क्रोधित भए । यहाँ तिनीहरूले उहाँलाई मार्न चाहे, किनभने उहाँले आफैँलाई परमेश्वर समान तुल्याउनुभयो । वैकल्पिक अनुवादः “तब तिनीहरूले उहाँलाई हान्न ढुङ्गा टिपे, किनभने उहाँले परमेश्वर समान भएको दाबी गर्नुभयो”
1 येशू त्यही बाटो हुँदै जानुहुँदा जन्मैदेखिको एक जना मानिसलाई देख्नुभयो । 2 उहाँका चेलाहरूले उहाँलाई सोधे, “रब्बी, यो मानिस, कि यसका आमाबुबा कसले पाप गर्यो र यो अन्धो जन्मिएको ?” 3 येशूले जवाफ दिनुभयो, “न त यो मानिसले पाप गर्यो, न यसका आमाबुबाले नै पाप गरे, तर परमेश्वरको काम त्यसमा प्रकट होस् भनेर यसो भएको हो । 4 मलाई पठाउनुहुनेका कामहरू हामीले दिन हुँदै गर्नुपर्छ । रात आउँदै छ, तब कसैले पनि काम गर्न सक्दैन । 5 म संसारमा हुँदा म संसारको ज्योति हुँ ।” 6 येशूले यी कुराहरू भनिसक्नुभएपछि उहाँले भुइँमा थुक्नुभयो र थुकले माटो मुछ्नुभयो, अनि त्यसको आँखामा पोतिदिनुभयो । 7 उहाँले त्यसलाई भन्नुभयो, “जाऊ, सिलोआमको तलाउमा धोऊ (जसको अर्थ हुन्छ, ‘पठाइएको ।’) । त्यसैले त्यो गयो, धोयो र देख्ने भएर आयो । 8 त्यसपछि त्यसका छिमेकीहरू र त्यसलाई पहिला भिखारीको रूपमा देख्नेहरूले भने, “त्यो बसेर भिख माग्ने गर्ने के यही नै होइन ?” 9 केहीले भने, “यही हो ।” अरूहरूले भने, “होइन, यो त्यहीजस्तो देखिन्छ ।” तर त्यसले भन्यो, “म त्यही हुँ ।” 10 तिनीहरूले त्यसलाई भने, “अनि तिम्रा आँखा कसरी खोलिए त ?” 11 त्यसले जवाफ दियो, “येशू भनिने मानिसले माटो मुछ्नुभयो, मेरो आँखामा पोतिदिनुभयो र मलाई भन्नुभयो ‘सिलोआममा जाऊ र धोऊ ।’ त्यसकारण म गएँ र धोएँ अनि मैले मेरो दृष्टि पाएँ ।” 12 तिनीहरूले त्यसलाई भने, “उनी कहाँ छन् ? ” उसले जवाफ दियो, “मलाई थाहा छैन ।” 13 तिनीहरूले पहिले अन्धो भएको त्यो मानिसलाई फरिसीहरूकहाँ ल्याए । 14 येशूले माटो मुछेर त्यसको आँखामा खोल्नुभएको दिन विश्रामको दिन थियो । 15 तब त्यसले त्यसका दृष्टि कसरी प्राप्त गरेका थिए भनी फरिसीहरूले फेरि सोधे ? त्यसले तिनीहरूलाई भने, “उहाँले मेरा आँखामा हिलो लगाई दिनुभयो, मैले धोएँ र अहिले म देख्न सक्छु ।” 16 केही फरिसीहरूले भने, “यो मानिस परमेश्वरबाट आएको होइन, किनकि यसले विश्राम दिन पालना गर्दैन ।” अरूहरूले भने, “एउटा पापी मानिसले यस्ता चिह्नहरू कसरी गर्न सक्छ ?” त्यसैले, तिनीहरूका बिचमा विभाजन आयो । 17 त्यसकारण, तिनीहरूले त्यो अन्धो मानिसलाई फेरि सोधे, “उसको विषयमा तिमी के भन्छौ, किनकि उसले तिम्रा आँखा खोलिदियो ?” अन्धो मानिसले भन्यो, “उहाँ एक अगमवक्ता हुनुहुन्छ ।” 18 यहूदीहरूले आफ्नो दृष्टि प्राप्त गर्नेका आमाबुबालाई नबोलाएसम्म त्यो अन्धो थियो, र त्यसले दृष्टि प्राप्त गरेको थियो भन्ने तिनीहरूले अझै विश्वास गरेनन् । 19 तिनीहरूले आमाबुबालाई सोधे, “तिमीहरूले जन्मिँदै अन्धो थियो भनेका तिमीहरूका छोरो के यही हो ? अनि अहिले यसले कसरी देख्छ त ?” 20 त्यसैले, त्यसका आमाबुबाले तिनीहरूलाई जवाफ दिए, “यो हाम्रो छोरो हो, र यो जन्मिँदै अन्धो थियो भनी हामी जान्दछौँ । 21 अहिले यसले कसरी देख्छ, हामी जान्दैनौँ, र यसका आँखा कसले खोलिदियो सो पनि हामी जन्दैनौँ । यसैलाई सोध्नुहोस्, यो वयस्क मानिस हो । यसले आफ्नो विषयमा आफैँ बोल्न सक्छ । 22 त्यसका आमाबुबाले यी कुराहरू भने, किनभने तिनीहरू यहूदीहरूसँग डराएका थिए । यदि कसैले येशूलाई ख्रीष्ट भनी स्वीकार गरे भने तिनीहरूलाई सभाघरबाट बाहिर निकालिनेछन् भनी यहूदीहरू अगिबाटै सहमत भएका थिए । 23 त्यसैले गर्दा त्यसका आमाबुबाले “यो वयस्क मानिस हो, त्यसैलाई सोध्नुहोस्” भने । 24 त्यसैले, जो पहिला अन्धो थियो त्यो मानिसलाई तिनीहरूले दोस्रो पटक बोलाए, र त्यसलाई भने, “परमेश्वरलाई महिमा दे । हामी जान्दछौँ यो मानिस पापी हो ।” 25 तब त्यो मानिसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्न, म जान्दिनँ । तर म एउटा कुरो जान्दछुः म अन्धो थिएँ र अहिले म देख्छु ।” 26 तब तिनीहरूले त्यसलाई भने, “उसले तिम्रो निम्ति के गर्यो ? उसले तिम्रा आँखा कसरी खोलिदिए ?” 27 त्यसले जवाफ दियो, “मैले तपाईंहरूलाई पहिले नै बताइसकेँ, अनि तपाईंहरूले सुन्नुभएन । तपाईंहरू यसलाई फेरि किन सुन्न चाहनुहुन्छ ? तपाईंहरू त उहाँका चेलाहरू बन्न चाहनुहुन्न, चाहनुहुन्छ त ? 28 तिनीहरूले त्यसलाई अपमान गरे, र भने, “तँ पो उसको चेला होस्, तर हामी त मोशाका चेलाहरू हौँ । 29 हामी जान्दछौँ, कि परमेश्वर मोशासँग बोल्नुभयो, तर यो मानिस कहाँबाट आएको हो, हामी जान्दैनौँ ।” 30 त्यो मानिसले तिनीहरूलाई जवाफ दिए, र भने, “उहाँले मेरा आँखा खोलिदिनुभो, तैपनि उहाँ कहाँबाट आउनुभएको तपाईंहरू जान्नुहुन्न, यो त अचम्म भो ! 31 हामी जान्दछौँ, कि परमेश्वरले पापीहरूको कुरा सुन्नुहुन्न, तर यदि कोही भक्त हो, र उहाँको इच्छा पुरा गर्छ भने उहाँले त्यसको कुरा सुन्नुहुन्छ । 32 संसारको सुरु भएदेखि नै अन्धो जन्मिएको मानिसका आँखा कसैले खोलिदिएको कुरो कहिल्यै सुनिएको छैन । 33 यदि यो मानिस परमेश्वरबाट आएको होइन भने उहाँले केही पनि गर्न सक्नुहुन्नथ्यो ।” 34 तिनीहरूले जवाफ दिए र त्यसलाई भने, “तँ पूर्ण रूपमा पापमा जन्मेको थिइस् र हामीलाई सिकाउँदै छस् ?” त्यसपछि तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए । 35 तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए भन्ने येशूले सुन्नुभयो । उहाँले त्यसलाई भेटाउनुभयो र भन्नुभयो, “के तिमी मानिसका पुत्रमा विश्वास गर्छौ ?” 36 त्यसले जवाफ दियो, र भन्यो, “प्रभु, उहाँ को हुनुहुन्छ, कि मैले विश्वास गर्न सकौँ ?” 37 येशूले त्यसलाई भन्नुभयो, “तिमीले उसलाई देखेका छौ, तिमीसँग बोल्दै गर्ने उही हो ।” 38 त्यो मानिसले भन्यो, “प्रभु, म विश्वास गर्छु” तब त्यसले उहाँको आराधना गर्यो । 39 येशूले भन्नुभयो, “न्यायको निम्ति म यस संसारमा आएँ, ताकि जसले देख्दैनन् तिनीहरूले देखून् र जसले देख्छन्, तिनीहरू अन्धो होऊन् ।” 40 उहाँसँग हुने केही फरिसीहरूले यी कुराहरू सुने र उहाँलाई सोधे, “के हामी पनि अन्धा हौँ त ?” 41 येशूले तिनीहरूलाई भन्नुभयो, “यदि तिमीहरू अन्धा भएका भए तिमीहरूमा कुनै पाप हुने थिएन, तर तिमीहरू ‘हामीले देख्छौँ’ भन्छौ, त्यसैले तिमीहरूमा पाप रहन्छ ।
येशूको समयका धेरैजसो यहूदीहरूले विश्वास गर्थे कि यदि कोही व्यक्ति अन्धो वा बहिरो वा लङ्गडो थियो भने, त्यो उसले वा उसको बाबुआमा वा उसको परिवारको कसैले पाप गरेको कारणले थियो । यो मोशाको व्यवस्थाको शिक्षा थिएन ।
येशूले माटोको लेप बनाउनुभएकोले फरिसीहरूले सोचे कि येशूले काम गरिरहनुभएको थियो, र त्यसैले विश्रामको दिन भङ्ग गरिरहनुभएको थियो ।
बाइबलले धेरैपटक अधर्मी मानिसहरू, ती मानिसहरू जसले परमेश्वरलाई खुशी बनाउने कुराहरू गर्दैनन्, तिनीहरूलाई अन्धकारमा रुमल्लिरहेको भए जसरी कुरा गर्छ । यसले ज्योतिको बारेमा त्यसरी कुरा गर्छ मानौँ यो नै त्यो चीज हो जसले ती मानिसहरूलाई धर्मी बन्न, तिनीहरूले के गल्ती गरिरहेका छन् भनेर बुझ्न र परमेश्वरको आज्ञापालन गर्न थाल्नको लागि सामर्थी बनाउँछ ।
येशूले फरिसीहरूलाई अन्धाहरू भन्नुहुन्छ किनभने तिनीहरू देख्छन् कि येशू अन्धा मानिसहरूलाई निको पार्न सक्षम हुनुहुन्छ तर परमेश्वरले उहाँलाई पठाउनुभयो भनेर तिनीहरू अझै पनि विश्वास गर्दैनन् (यूहन्ना ९:३९-४०).
येशूले यस अध्यायमा आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ अनि
येशू र उहाँका चेलाहरू हिँड्दै गर्दा एक जना अन्धा मानिस भएको ठाउँ भएर आउनुहुन्छ ।
यो शब्दले देखाउँछ कि लेखकले एउटा नयाँ घटनाको विवरण दिन गइरहेका छन् ।
यहाँ “येशू” येशू र चेलाहरूका निम्ति रूपक हो । वैकल्पिक अनुवादः “येशू र उहाँका चेलाहरू त्यो बाटो हुँदै जाँदा”
यो प्रश्नले सबै रोग-बिमारहरू र अन्य अपाङ्गताहरू पापले गर्दा हुन्छन् भन्ने प्राचीन यहूदी विश्वासलाई प्रतिबिम्बित गर्छ । रब्बीहरूले यस्तो पनि सिकाए कि एउटा बालकलाई गर्भमै हुँदा पनि पाप गर्न सम्भव थियो । वैकल्पिक अनुवादः “गुरु, पापले नै मानिसलाई अन्धो तुल्याउँछ । यो मानिसलाई कसको पापले गर्दा अन्धो जन्मायो ? यो मानिसले नै पाप गर्यो कि वा यसका आमाबुबाले पाप गरेका थिए ?”
यो “हामी” मा येशू र उहाँले कुरा गरिरहनुभएका चेलाहरू दुवै पर्छ ।
यहाँ “दिन” र “रात” अलङ्कार हुन् । येशूले यहाँ मानिसहरूले सामान्यतया परमेश्वरको काम गर्न सक्ने समय अर्थात् दिउँसो र तिनीहरूले परमेश्वरको काम गर्न नसक्ने रातको समयसगँ तुलना गर्नुहुन्छ ।
“संसार” संसारका मानिसहरूका निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “यस संसारका मानिसहरूका बिचमा बस्दा”
यहाँ “ज्योति” परमेश्वरको साँचो प्रकाशको निम्ति अलङ्कार हो । वैकल्पिक अनुवादः “जसरी प्रकाशले अँध्यारोमा के छ भनी देखाउँछ, त्यसरी नै उहाँ मानिसहरूलाई साँचो ज्योति देखाउने हुनुहुन्छ”
येशूले माटो र थुक मुछ्न उहाँका औँलाहरू प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “अनि माटो र थुक मुछ्न उहाँले आफ्ना औँलाहरू प्रयोग गर्नुभयो”
तपाईंले प्रस्ट बनाउनुपर्ने हुन सक्छ कि उसले आफ्नो आँखाबाट माटोको लेप तलाउमा पखालेको येशूले चाहनुहुन्थ्यो, र त्यस मानिसले त्यसै गर्यो ।
यहाँ कथाले थोरै विश्राम लिन्छ, ताकि यूहन्नाले आफ्ना पाठकहरुलाई “सिलोआम” को अर्थ बुझाउन सकून् । वैकल्पिक अनुवादः “जसको अर्थ हुन्छ, ‘पठाइएको’”
मानिसहरूको आश्चर्य व्यक्त गर्न यो भनाइ प्रश्नको रूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “बसेर भिख माग्ने गर्ने मानिस यिनी नै हुन्”
त्यो अन्धो मानिसका छिमेकीहरू निरन्तर बोल्दै छन् ।
“अनि तिमीलाई केले देख्न समर्थ तुल्यायो त ?” वा “तिमीले कसरी देख्न सक्यौ त ?”
“मेरा आँखाहरूलाई माटोको लेपले ढाकिदिन उहाँका औँलाहरू प्रयोग गर्नुभयो” । ९:६(./06.md) मा यस्तै वाक्यांशलाई कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
पद १४ ले येशूले निको पार्नुभएको मानिसको पृष्ठभूमि जानकारी दिन्छ ।
ती मानिसहरूले त्यो मानिस फरिसीहरूकहाँ जानुपर्छ भनी कर गरे । तिनीहरूले त्यसलाई जानलाई शारीरिक रूपमा बल गरेनन् ।
“यहूदी विश्रामको दिन”
“त्यसैले फरिसीहरूले त्यसलाई पनि सोधे”
पद १८ मा यूहन्नाले मुख्य कथालाई रोकेर यहूदीहरूका अविश्वासबारे पृष्ठभूमि जानकारी दिन्छन् ।
यसको अर्थ कुनै कामै नगरी बस्नुपर्ने यहूदी विश्राम दिन येशूले पालना गर्दैन भन्ने हो ।
येशूका चिन्हहरूले उहाँ पापी हुनुहुन्न भन्ने प्रमाणित गर्छ भनी जोड दिनलाई यो कथन प्रश्नको रूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “एउटा पापीले यस्ता चिन्हहरू गर्न सक्दैन !”
यो आश्चर्यकर्मको निम्ति अर्को शब्द हो । “चिन्हहरू” ले परमेश्वर विश्वमा पूर्ण अधिकार भएको सर्वशक्तिमान् व्यक्तित्व हुनुहुन्छ भन्ने प्रमाण दिन्छ ।
“मलाई लाग्छ, उहाँ अगमवक्ता हुनुहुन्छ”
यहाँ “यहूदीहरू” येशूलाई विरोध गर्ने “यहूदी अगुवाहरू” का निम्ति रूपक हो । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरूले अझै विश्वास गरेनन्”
“तिनीहरू” ले यहूदी अगुवाहरूलाई जनाउँछ ।
“ऊ मानिस हो” वा “ऊ अब बालक होइन”
पद २२ मा रोकिएर यूहन्नाले अन्धोको बाबुआमा यहूदीहरूदेखि डराएको पृष्ठभूमि जानकारी दिन्छन् ।
यहाँ “यहूदीहरू” “यहूदीहरूका अगुवाहरू” का निम्ति रूपक हो । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरूले तिनीहरूलाई के गर्लान् भनी तिनीहरू डराए”
यो कसैले आफू वा अरूमाथिको खतराको जोखिम पर्दाको अप्रसन्न भावना हो ।
“येशू ख्रीष्ट हुनुहुन्छ भनी भन्नेथियो”
यहाँ “सभाघरबाट बाहिर फ्याँकिनु” भनेको अब उप्रान्त सभाघरभित्र प्रवेश गर्न स्वीकति नपाउनु र अब उप्रान्त सभाघरको सेवामा सामेल हुने मानिसहरूको समूहको नहुनु भनेर जनाउने एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “उसलाई सभाघरभित्र प्रवेश गर्न अनुमति दिइने थिएन” वा “ऊ अब उप्रान्त सभाघरको हुने थिएन”
“उ एउटा मानिस हो” वा “ऊ अब एउटा बालक होइन” ९:२१(./19.md) मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
यहाँ “तिनीहरू” ले यहूदीहरूलाई जनाउँछ । (९:१८)
यो मानिसहरूले शपथ खाँदा प्रयोग गर्ने टुक्का हो । वैकल्पिक अनुवादः “परमेश्वरको उपस्थितिमा सत्य भन् !” वा “परमेश्वरको सामु सत्य बोल् !”
यसले येशूलाई जनाउँछ ।
यसले पहिला अन्धा भएको मानिसलाई जनाउँछ ।
पहिला अन्धा भएको मानिससँग यहूदीहरू निरन्तर कुरा गर्छन् ।
त्यो मानिस यहूदी अगुवाहरूले के भयो भन्ने बारेमा फेरि सोधेकोमा चकित भएको व्यक्त गर्न यो कथन प्रश्नको स्वरूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “मलाई के भएको थियो भन्ने कुरा तपार्इंहरू फेरि सुन्न चाहनुभएकोमा म चकित भएँ !”
यो भनाइ त्यो मानिसको भनाइमा व्यङ्ग्य थप्नलाई प्रश्नको स्वरूपमा देखा पर्छ । यहूदी अगुवाहरूले येशूलाई पछ्याउन चाहँदैनन् भन्ने त्यसले जान्दछ । यहाँ त्यसले तिनीहरूलाई खिसी गर्छ । वैकल्पिक अनुवादः “तपार्इंहरू पनि उहाँका चेलाहरू बन्न चाहनुहुन्छ जस्तो छ”
“तैंले पो येशूलाई पछ्याइरहेको छस् !”
“हामी” असमावेशी हो । यहूदी अगुवाहरू आफ्नै बारेमा मात्र कुरा गरिरहेका छन् । वैकल्पिक अनुवादः “तर हामीले त मोशालाई पछ्याइरहेका छौँ !”
“हामी निश्चित छौँ, कि परमेश्वर मोशासँग बोल्नुभयो”
यहाँ यहूदी अगुवाहरूले येशूलाई देखाउँदै छन् । तिनीहरूले त्यससँग चेलाहरू भन्ने अधिकार छैन भन्ने कुरा औँल्याउँछन् । वैकल्पिक अनुवादः “त्यो कहाँबाट आएको हो वा त्यसले कहाँबाट अधिकार पाउँछ हामी जान्दैनौँ !”
येशूसँग निको पार्ने अधिकार छ भनेर जाने पनि येशूको अधिकार कहाँबाट आउँछ भनी यहूदी अगुवाहरूले नजानेकोमा त्यो मानिस चकित भयो । वैकल्पिक अनुवादः “तैपनि उहाँले अधिकार कहाँबाट पाउनुहुन्छ भनी तपार्इंहरू जान्नुहुन्न”
“पापीहरूको प्रार्थनाको जवाफ दिनुहुन्न ... परमेश्वरले त्यसको प्रार्थना सुन्नुहुन्छ”
पहिले अन्धो भएको मानिसले यहूदीहरूसँग निरन्तर कुरा गर्छ ।
यो कर्मवाच्यको कथन हो । तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जन्मदेखि नै अन्धो मानिसलाई कुनैले निको पारेको कसैले कहिल्यै सुनेको छैन”
यो वाक्यले युगल अकरण संरचनाको प्रयोग गर्छ । “परमेश्वरबाट आएका मानिसले मात्र त्यसो गर्न सक्थ्यो”
जोड दिनलाई यो कथन प्रश्नको स्वरूपमा देखा पर्छ । यसले त्यो मानिस त्यसका आमाबाबुका पापहरूका कारण अन्धो जन्मेको कुरालाई पनि देखाउँछ । वैकल्पिक अनुवादः “तँ तेरा आमाबुबाको पापको कारण जन्मेको थिइस् । तँ हामीलाई सिकाउन योग्यको छैनस् !”
“तिनीहरूले सभाघरबाट बाहिर निकाले”
येशूले निको पार्नुभएको त्यो मानिसलाई भेट्टाउनुहुन्छ (यूहन्ना ९:१-७) अनि त्यो र भीडसँग बोल्न थाल्नुहुन्छ ।
यसको अर्थ हुन्छ, कि येशूमा विश्वास गर्नु, उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्नु, उहाँमा भरोसा गर्नु, उहाँलाई आदर हुने किसिमको जीवन जिउनु ।
यहाँ पाठकले बुझ्नुपर्छ कि येशूले यसरी कुरा गरिरहनुभएको थियो मानौँ “मानिसको पुत्र” कोही अर्कै व्यक्ति थियो । जन्मजातै अन्धो जन्मिएको मानिसले चाल पाउन सकेन कि येशूले “मानिसको पुत्र”को बारेमा कुरा गरिरहनुभएको बेलामा उहाँले आफ्नै बारेमा कुरा गरिरहनुभएको थियो । तपाईंले यसरी अनुवाद गर्नुपर्छ कि पद ३७ नआउञ्जेलसम्म त्यस मानिसले येशू मानिसको पुत्र हुनुहुन्छ भनी थाहा गर्दैन ।
“संसार” संसारका मानिसहरूका निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “यस संसारका मानिसहरूका बिचमा बसोबास गर्न आएँ”
यहाँ “देख्नु” र “अन्धो” अलङ्कार हो । येशूले आत्मिक रूपमा को अन्धा र शारीरिक रूपमा को अन्धा छ भनी फरक छुट्ट्याउनुहुन्छ । वैकल्पिक अनुवादः “ताकि आत्मिक रूपमा अन्धो हुनेहरू, तर परमेश्वरलाई देख्न चाहनेहरूले उहाँलाई देख्न सकून्, र परमेश्वरलाई अगिदेखि नै देखेको झुटो दाबी गर्नेहरू तिनीहरूका अन्धोपनमा नै रहून्”
“के तपार्इंलाई हामी पनि आत्मिक रूपमा अन्धो नै जस्तो लाग्छ ?”
यहाँ “अन्धोपन” चाहिँ परमेश्वरको सत्यता नजान्ने अवस्थाको अलङ्कार हो । वैकल्पिक अनुवादः “यदि तिमीहरूले परमेश्वरको सत्यता जान्न चाहेका भए, तिमीहरूले तिमीहरूका दृष्टि पाउन समर्थ हुने थियौ”
यहाँ “देख्नु” चाहिँ परमेश्वरको सत्यता जान्ने अवस्थाको अलङ्कार हो । वैकल्पिक अनुवादः “तिमीहरूले परमेश्वरको सत्यता अगि नै जान्दछौ भनी झुटो रूपमा सोचेका हुनाले तिमीहरू अन्धा नै रहनेछौ”
1 “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, जो भेडाको खोरको ढोकाबाट प्रवेश गर्दैन, तर अरू नै मार्गहरूबाट चढ्छ, त्यो मानिस चोर र डाँकु हो । 2 ढोकाबाट प्रवेश गर्ने नै भेडाको गोठालो हो । 3 ढोकाको पालेले उसको निम्ति ढोका खोलिदिन्छ । भेडाहरूले उसको सोर सुन्छन् र उसले आफ्ना भेडाहरूलाई नाउँ काढेर बोलाउँछन् र बाहिर लान्छन् । 4 उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकालेपछि, ऊ तिनीहरूको अगिअगि जान्छ र भेडाहरूले उसलाई पछ्याउँछ्न्, किनकि तिनीहरूले उसको सोर चिन्छन् ।” 5 तिनीहरूले अपरिचित मानिसलाई पछ्याउनेछैनन्, बरु तिनीहरू त्योदेखि टाढिनेछन्, किनकि तिनीहरूले अपरिचितको सोर चिन्दैनन् ।” 6 येशूले यो दृष्टान्त उनीहरूलाई सुनाउनुभयो, तर उहाँले तिनीहरूलाई बताइरहनुभएका कुराहरू के थिए भनी तिनीहरूले बुझेनन् । 7 त्यसपछि येशूले तिनीहरूलाई फेरि भन्नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, म नै भेडाहरूको ढोका हुँ ।” 8 मभन्दा अगि आउनेहरू सबै चोर र डाँकु हुन्, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन् । 9 म ढोका हुँ । यदि कोही मद्वारा भएर भित्र पस्छ भने, त्यो बचाइनेछ; त्यो भित्र र बाहिर जानेछ र त्यसले चर्ने मैदान भेट्टाउनेछ । 10 यदि चोरले नचोर्ने, नमार्ने र नष्ट नगर्ने भए, त्यो आउँदैन नै । म आएको छु, ताकि तिनीहरूले जीवन पाऊन् र यो प्रशस्त मात्रामा पाऊन् । 11 म असल गोठालो हुँ । असल गोठालोले आफ्ना भेडाहरूका लागि आफ्नो ज्यान पनि दिन्छ । 12 भाडामा लिएको नोकर गोठालो हुँदैन, र त्यसका भेडाहरू हुँदैनन् । त्यसले ब्वाँसाहरू आउँदै गरेको देख्छ, अनि भेडाहरूलाई छोड्छ, र भाग्छ । अनि ब्वाँसाहरूले तिनीहरूलाई पक्रन्छन् र तिनीलाई तितर बितर पार्छन् । 13 त्यो भाडामा लिएको हुनाले भाग्छ र त्यसले भेडाहरूको हेरचाह गर्दैन । 14 म असल गोठालो हुँ र मैले मेरा आफ्नालाई चिन्छु र मेरा आफ्नाले मलाई चिन्छ्न् । 15 पिताले मलाई चिन्नुहुन्छ र म पितालाई चिन्छु र मेरा भेडाहरूका लागि म मेरो ज्यान पनि दिन्छु । 16 मेरा अरू भेडाहरू छन् जो यो भेडाको खोरका होइनन् । मैले तिनीहरूलाई पनि ल्याउनुपर्छ र तिनीहरूले मेरो सोर सुन्नेछन्, ताकि त्यहाँ एउटै बगाल र एउटै गोठालो हुन सकोस् । 17 त्यसैकारण, पिताले मलाई प्रेम गर्नुहुन्छः म मेरो ज्यान पनि दिन्छु, ताकि मैले यसलाई फेरि लिन सकूँ । 18 यो मबाट कसैले खोसेर लान सक्दैन, तर यो म आफैँ अर्पण गर्छु । यसलाई अर्पण गर्ने अधिकार मसँग छ, र यसलाई फेरि लिने अधिकार मसँग छ । यो आज्ञा मैले मेरा पिताबाट पाएको छु ।” 19 यी वचनहरूको कारण फेरि यहूदीहरू माझ विभाजन देखियो । 20 तिनीहरूमध्ये धेरैले भने, “यसलाई भूत लागेको छ र यो पागल हो । तिमीहरू उसको कुरा किन सुन्छौ ?” 21 अरूहरूले भने, “यी वचनहरू भूत लागेका व्यक्तिका होइनन् । के भूतले कसैका आँखा खोलिदिन सक्छ र ?” 22 त्यसपछि यरूशलेममा समर्पणको चाडको समय थियो । 23 यो हिउँदको समय थियो र येशू मन्दिरमा सोलोमनको दलानमा हिँडिरहनुभएको थियो । 24 तब यहूदीहरूले उहाँलाई घेरे र भने, “तपाईंले हामीलाई कहिलेसम्म दोधारमा राख्नुहुनेछ ? यदि तपाईं ख्रीष्ट हुनुहुन्छ भने हामीलाई खुलमखुला बताउनुहोस् ।” 25 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले तिमीहरूलाई बताइसकेँ, तर तिमीहरू विश्वास गर्दैनौ । मैले मेरा पिताको नाउँमा गरेका यी कामहरूले मेरो विषयमा गवाही दिन्छन् । 26 तरै पनि तिमीहरू विश्वास गर्दैनौ, किनकि तिमीहरू मेरा भेडाहरू होइनौ । 27 मेरा भेडाहरूले मेरो सोर सुन्छन्, म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन् । 28 म तिनीहरूलाई अनन्त जीवन दिन्छु; तिनीहरू कहिल्यै मर्नेछैनन् र मेरो हातबाट तिनीहरूलाई कसैले खोसेर लैजान सक्नेछैन । 29 तिनीहरू मलाई दिनुहुने मेरा पिता अरूहरू सबैभन्दा महान् हुनुहुन्छ, र कोही पनि तिनीहरूलाई मेरा पिताको हातबाट खोसेर लैजान सक्षम छैन । 30 म र पिता एक हौँ ।” 31 तब यहूदीहरूले उहाँलाई हान्न फेरि ढुङ्गाहरू टिपे । 32 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले पिताका धेरै असल कामहरू तिमीहरूलाई देखाएको छु । ती कुनचाहिँ कुराहरूका लागि तिमीहरू मलाई ढुङ्गाले हान्दै छौ ?” 33 यहूदीहरूले उहाँलाई जवाफ दिए, “हामी तिमीलाई कुनै पनि असल कामहरूका लागि ढुङ्गाले हान्दै छैनौँ, तर ईश्वर-निन्दाको निम्ति हो, किनकि तिमी मानिस भएर आफैँलाई परमेश्वर बनाइरहेका छौ ।” 34 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “‘मैले भनेँ, ‘तिमीहरू ईश्वरहरू हौ’ भन्ने के तिमीहरूका व्यवस्थामा लेखिएको छैन ?” 35 यदि उहाँले तिनीहरूलाई ईश्वरहरू भन्नुभयो भने परमेश्वरको वचन कसकहाँ आयो ? (अनि धर्मशास्त्रलाई भङ्ग गर्न सकिँदैन ।) 36 के तिमीहरू पिताले अलग गर्नुभएको, र संसारमा पठाउनुभएको जनलाई मैले, ‘म परमेश्वरको पुत्र हुँ’ भनेकोले ‘तैँले ईश्वर-निन्दा गरिरहेको छस्’ भन्छौ ? 37 यदि मैले पिताका कामहरू गरिरहेको छैनँ भने मलाई विश्वास नगर । 38 तर यदि मैले ती काम नै गरिरहेको छु भने, तिमीहरूले मलाई विश्वास नगरे तापनि कामहरूमा त विश्वास गर, ताकि पिता ममा हुनुहुन्छ र म पितामा छु भन्ने तिमीहरूले जान्न र बुझ्न सक ।” 39 तिनीहरूले उहाँलाई फेरि पनि पक्रने प्रयास गरे, तर उहाँ तिनीहरूका हातबाट फुत्कनुभयो । 40 उहाँ फेरि यूहन्नाले पहिलो पटक बप्तिस्मा दिएको ठाउँ यर्दनको पारिपट्टि जानुभयो र उहाँ त्यहीँ रहनुभयो । 41 धेरै मानिसहरू उहाँकहाँ आए, र तिनीहरूले भने, “वास्तवमा यूहन्नाले चिह्नहरू देखाएनन्, तर उनले यी मानिसबारे भनेका सबै कुराहरू सत्य रहेछन् ।” 42 त्यहाँ धेरैले उहाँमाथि विश्वास गरे ।
जब एउटा व्यक्तिले आफू परमेश्वर हुँ भनी दाबी गर्छ वा परमेश्वरले उसलाई बोल्नको लागि नबताउनु भएतापनि, परमेश्वरले आफूलाई बोल्न भन्नुभएको छ भनी दाबी गर्छ, यसलाई ईश्वरनिन्दा भनिन्छ । मोशाको व्यवस्थाले ईश्वरनिन्दकहरूलाई ढुङ्गाले हानेर मार्नको लागि इस्राएलीहरूलाई अह्रायो । जब येशूले “म र पिता एक हौँ” भनी भन्नुभयो, यहूदीहरूले सोचे कि उहाँले ईश्वरनिन्दा गरिरहनुभएको थियो, त्यसैले तिनीहरूले उहाँलाई मार्नको लागि ढुङ्गा टिपे ।
येशूले मानिसहरूलाई भेडाहरूको रूपमा भन्नुभयो किनभने तिनीहरूले राम्ररी देख्दैनन्, तिनीहरूले राम्ररी सोच्दैनन्, तिनीहरूको हेरविचार गर्नेहरूबाट तिनीहरू धेरैपटक टाढा जान्छन्, र अरू जनावरहरूले तिनीहरूलाई आक्रमण गर्दा तिनीहरू आफैँले आफ्नो सुरक्षा गर्न सक्दैनन् । परमेश्वरका मानिसहरू पनि उहाँको विरुद्धमा विद्रोह गर्छन् र तिनीहरूले कतिखेर गल्ती गरिरहेका छौँ भनेर चाल पाउँदैनन् ।
भेडा-गोठ भनेको ढुङ्गाको पर्खालले घेरेको ठाउँ हो जसभित्र गोठालाहरूले तिनीहरूका भेडाहरू राख्थे । भेडाहरू एकपटक भेडा-गोठभित्र भइसकेपछि, भेडाहरू भाग्न सक्दैनथे, र जनावरहरू र चोरहरू तिनीहरूलाई मार्न वा चोर्नको लागि सजिलै भित्र पस्न सक्दैनथे ।
येशूले जीवनलाई त्यो कुनै एउटा भौतिक वस्तु भएको जसरी कुरा गर्नुहुन्छ जुन उहाँले तल भुइँमा राख्न सक्नुहुन्थ्यो, जुन मर्नको लागि अलङ्कार हो, वा फेरि उठाउन सक्नुहुन्थ्यो, जुन पुनः जीवित हुने कुराको लागि एउटा अलङ्कार हो ।
येशू दृष्टान्तमा बोल्न सुरु गर्नुहुन्छ ।
येशू फरिसीहरूसँग निरन्तर कुरा गर्नुहुन्छ । यो कथाको त्यही भाग हो जुन यूहन्ना ९:३५ मा सुरु भएको थियो ।
तपार्इंले १:५१(../01/49.md) मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
यो गोठालोले भेडा राख्ने वरिपरि बारेको क्षेत्र हो ।
यो उही अर्थ भएका दुईवटा शब्दको प्रयोगले अझ जोड दिन्छ ।
“ढोकेले गोठालोको लागि ढोका खोलिदिन्छ”
यो गोठालो नहुँदा राति ढोकाको रखवाली गर्ने भाडाको मानिस हो ।
“भेडाहरूले गोठालोको सोर सुन्छन्”
“ऊ तिनीहरूको अगिअगि हिँड्छ”
“किनभने तिनीहरूले उसको सोर पहिचान गर्छन्”
सम्भावित अर्थहरू हुन् १) “चेलाहरूले बुझेनन्” (युडीबी) वा २) “भीडले बुझेन”
यो अलङ्कार प्रयोग गरिएको गोठालोको कामबाट लिइएको एउटा दृष्टान्त हो । “गोठालो” येशूको निम्ति अलङ्कार हो । “भेडाहरू” ले येशूलाई पछ्याउनेहरूलाई जनाउँछ र “अपरिचित” ले मानिसहरू छल्न कोसिस गर्ने फरिसीहरू लगायतका यहूदी अगुवाहरूलाई अङ्कित गर्छ ।
येशूले आफूले भन्नुभएको दृष्टान्तको अर्थ बताउन थाल्नुहुन्छ ।
तपार्इंले १:५१(../01/49.md) मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
यहाँ “ढोका” अलङ्कार हो जसको अर्थ परमेश्वरको उपस्थितिमा बास गर्न परमेश्वरका मानिसहरूलाई भेडाको गोठभित्र प्रवेश दिलाउँछ । वैकल्पिक अनुवादः “म ढोका जस्तै हुँ जसलाई भेडाहरूले भेडाको गोठभित्र प्रवेश गर्न प्रयोग गर्छन्”
यसले फरिसी र यहूदी अगुवाहरू लगायत मानिसहरूलाई सिकाउने अरू शिक्षकहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “ती सबै शिक्षकहरू जो मेरो अधिकार बिना आए”
यिनीहरू अलङ्कार हुन् । येशूले ती शिक्षकहरूलाई “चोर र डाँकु” भन्नुभयो, किनभने तिनीहरूको शिक्षा झुटो थियो, र सत्यता नजान्दा पनि मानिसहरूलाई अगुवाइ गर्ने कोसिस गरिरहेका थिए । परिणाम स्वरूप, तिनीहरूले मानिसहरूलाई छल गरे ।
यहाँ “ढोका” अलङ्कार हो । येशूले आफैँलाई ढोका भनेर उहाँले परमेश्वरको राज्यमा प्रवेश गर्न साँचो मार्ग दिनुहुने कुरा देखाउँदै हुनुहुन्छ । वैकल्पिक अनुवादः “म आफैँ ढोकाजस्तो हुँ”
“चर्ने मैदान” को अर्थ भेडाहरू चर्न सक्ने घाँस भएको क्षेत्र हो ।
यो युगल अकरण हो । कुनै भाषामा सकारात्मक कथन प्रयोग गर्नु बढी स्वाभाविक हुन सक्छ । वैकल्पिक अनुवादः “चोर्न मात्र आउँछ”
यहाँ परोक्ष अलङ्कार “भेडा” हो जसले मानिसहरूको प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “भेडाहरूलाई चोर्छ, मार्छ र नष्ट पार्छ”
“तिनीहरू” ले भेडाहरूलाई जनाउँछ । “जीवन” ले अनन्त जीवनलाई जनाउँछ । वैकल्पिक अनुवादः “ताकि कुनै कुराको अभाव नभई तिनीहरू साँच्चै जिऊन्”
येशूले असल गोठालोको बारेमा भएको आफ्नो दृष्टान्तलाई जारी राख्नुहुन्छ ।
यहाँ “असल गोठालो” येशूलाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “म असल गोठालोजस्तो हुँ”
ज्यान दिनुको अर्थ यसको नियन्त्रण गर्न छोड्नु हो । यो मर्नलाई जनाउने नरम तरिका हो । वैकल्पिक अनुवादः “मर्छ”
“भाडामा लिएको नोकर” एउटा अलङ्कार हो जसले यहूदी अगुवाहरू र शिक्षकहरूको प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “भाडामा लिइएको नोकरजस्तै”
यहाँ “भेडा” परमेश्वरका मानिसहरूलाई जनाउने अलङ्कार हो । भेडाहरूलाई त्याग्ने भाडाको गोठालोजस्तै यहूदी अगुवाहरू र शिक्षकहरूले परमेश्वरका मानिसहरूको हेरचाह गर्दैनन् भनी येशू भन्नुहुन्छ ।
यहाँ “भेडा” परमेश्वरका मानिसहरूलाई जनाउने अलङ्कार हो । भेडाहरूलाई त्याग्ने भाडाको गोठालोजस्तै यहूदी अगुवाहरू र शिक्षकहरूले परमेश्वरका मानिसहरूको हेरचाह गर्दैनन् भनी येशू भन्नुहुन्छ ।
यहाँ “असल गोठालो” येशूको निम्ति अलङ्कार हो । वैकल्पिक अनुवादः “म असल गोठालोजस्तो हुँ”
पिता परमेश्वर र पुत्र परमेश्वरले एक अर्कालाई अरू कसैले भन्दा बढी राम्ररी चिन्नुहुन्छ । “पिता” परमेश्वरको निम्ति महत्त्वपूर्ण उपमा हो ।
यो येशूले उहाँका भेडाहरूलाई सुरक्षा दिन उहाँ मर्नुहुनेछ भन्ने नरम तरिका हो । वैकल्पिक अनुवादः “म भेडाहरूका निम्ति मर्छु”
यहाँ “अरू भेडाहरू” येशूलाई पछ्याउने गैरयहूदीहरूलाई जनाउने अलङ्कार हो ।
यहाँ “बगाल” र “गोठालो” अलङ्कारहरू हुन् । येशूलाई पछ्याउने यहूदी र गैरयहूदी सबै एउटै बगालजस्ता हुनेछन् । तिनीहरू सबैका निम्ति उहाँ एक गोठालोजस्तो हुनुहुनेछ ।
येशू भीडसँगको कुराकानीलाई टुङ्ग्याउनुहुन्छ ।
पुत्र परमेश्वरको निम्ति परमेश्वरको अनन्त योजना मानव-जातिका पापहरूको मूल्य चुकाउनु थियो । क्रुसमा येशूको मृत्युले नै पिताप्रति पुत्रको प्रेम र पुत्रप्रति पिताको प्रेमलाई प्रकट गर्छ ।
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
यो आफूलाई कुनै लाभ नहुँदा पनि अरूको भलाइमा केन्द्रित हुने परमेश्वरबाट आउने किसिमको प्रेम हो । यस्तो किसिमको प्रेमले तिनीहरूले जे गरे पनि अरूहरूको वास्ता गर्छ ।
यो येशू मर्नुहुनेछ र जीवित हुनुहुनेछ भन्ने नरम तरिका हो । वैकल्पिक अनुवादः “म आफैँलाई मर्न दिन्छु, कि म आफैँले आफैँलाई जीवनमा ल्याउन सकौँ”
येशूले आफ्नै जीवन अर्पण गर्नुहुनेछ भन्ने जोड दिनलाई निजवाचक सर्वनाम प्रयोग गरिएको छ । कसैले पनि त्यो उहाँबाट लिँदैन । वैकल्पिक अनुवादः “यसलाई म आफैँ अर्पन्छु”
“मेरा पिताले यसै गर्ने आज्ञा दिनुभएको छ” “पिता” शब्द परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
यी पदहरूले येशूका भनाइहरूप्रति यहूदीहरूले कस्तो प्रतिक्रिया दिए भन्ने देखाउँछन् ।
मानिसहरूले येशूका कुराहरू सुन्नुहुन्न भनेर जोड दिनलाई यो कथन प्रश्नको रूपमा आउँछ । वैकल्पिक अनुवादः “उसको कुरा नसुन !”
जोड दिनको लागि यो प्रश्नको स्वरूपमा आउँछ । जोड दिनको लागि यो प्रश्नको स्वरूपमा आउँछ । वैकल्पिक अनुवादः “निश्चय नै, भूतले अन्धोलाई देख्ने तुल्याउन सक्दैन !” वा “निश्चय नै, अन्धो मानिसलाई भूतले दृष्टि दिन सक्दैन !”
यो समर्पणको चाड थियो र केही यहूदीहरूले येशूलाई सोध्न थाले । पदहरू २२ र २३ ले कथाको परिस्थितिबारे पृष्ठभूमि जानकारी दिन्छन् ।
यो परमेश्वरले थोरै तेललाई आठ दिनसम्म बलिराख्ने बनाउनुभएको एउटा आश्चर्यकर्मको सम्झनामा यहूदीहरूले आठ दिनसम्म मान्ने हिउँदे बिदा हो । तिनीहरूले यहूदी मन्दिर समर्पण गर्नलाई आठ दिनसम्म सामदानमाथि बत्ती बाले । समर्पण गर्नुको अर्थ कुनै कुरोलाई विशेष उद्देश्यको लागि प्रयोग गर्ने प्रतिज्ञा गर्नु हो ।
येशू हिँडिरहनुभएको क्षेत्रचाहिँ वास्तवमा मन्दिरको भवनभन्दा बाहिर चोकमा थियो । वैकल्पिक अनुवादः “येशू मन्दिरको चोकमा हिँडिरहनुभएको थियो”
यो भवनभित्र प्रवेश गर्ने ठाउँमा बनाइएको संरचना हो; यसको छानो हुन्छ र पर्खालहरू हुन पनि सक्छ, नहुन पनि सक्छ ।
यहाँ “यहूदीहरू” येशूको विरोध गर्ने “यहूदी अगुवाहरूका” निम्ति रूपक हो । वैकल्पिक अनुवादः “तब यहूदी अगुवाहरूले उहाँलाई घेरे”
यो टुक्का हो । वैकल्पिक अनुवादः “हामीलाई कहिलेसम्म रणभुल्लमा पार्नुहुन्छ ?”
येशू यहूदीलाई जवाफ दिन सुरु गर्नुहुन्छ ।
यहाँ “नाउँ” परमेश्वरको शक्तिको निम्ति प्रतिस्थापन हो । यहाँ “पिता” परमेश्वरको निम्ति महत्त्वपूर्ण उपमा हो । येशूले आश्चर्यकर्महरू उहाँका पिताको शक्ति र अधिकारद्वारा गर्नुभयो । वैकल्पिक अनुवादः “पिताको शक्तिद्वारा” वा “मेरा पिताको शक्तिले”
अदालतमा गवाही दिनेले झैँ उहाँका आश्चर्यर्महरूले उहाँको बारेमा प्रमाण दिन्छन् । वैकल्पिक अनुवादः “मेरो विषयमा प्रमाण दिन्छन्”
“भेडा” शब्द येशूका अनुयायीहरूका निम्ति अलङ्कार हो । वैकल्पिक अनुवादः “मेरा अनुयायीहरू होइनन्” वा “मेरा चेलाहरू होइनन्”
“भेडाहरू” येशूका अनुयायीहरूका निम्ति अलङ्कार हो । येशूलाई गोठालोको अलङ्कारको रूपमा पनि सुझाइएको छ । वैकल्पिक अनुवादः “जसरी भेडाहरूले तिनीहरूका साँचो गोठालोको आवाजलाई मान्छन्, त्यसरी नै मेरा अनुयायीहरूले मेरो सोरलाई मान्नेछन्”
यहाँ “हात” येशूको सुरक्षा गर्ने वास्ताको निम्ति प्रतिस्थापन हो । वैकल्पिक अनुवादः “तिनीहरूलाई कसैले मबाट चोरेर लान सक्दैन”
“पिता” शब्द परमेश्वरको निम्ति महत्त्वपूर्ण उपमा हो ।
“हात” शब्द परमेश्वरको स्वामित्व र सुरक्षा दिने वास्ताको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “कसैले पनि तिनीहरूलाई मेरा पिताबाट चोर्न सक्दैन”
पुत्र परमेश्वर येशू र परमेश्वर पिता एउटै हुनुहुन्छ । “पिता” शब्द परमेश्वरको निम्ति महत्त्वपूर्ण उपमा हो ।
“यहूदी” शब्द येशूको विरोधी यहूदी अगुवाहरूका निम्ति रूपक हो । वैकल्पिक अनुवादः “तब यहूदी अगुवाहरूले फेरि ढुङ्गा टिप्न थाले”
“येशूले परमेश्वरको शक्तिद्वारा आश्चर्यकर्महरू गर्नुभयो” “पिता” शब्द परमेश्वरको निम्ति महत्त्वपूर्ण उपमा हो ।
यो प्रश्न व्यङ्ग्य हो । येशूले असल कामहरू गर्नुभएकोले यहूदीहरू उहाँलाई ढुङ्गाले हान्न चाहँदैनन् भनी उहाँ जान्नुहुन्छ ।
“यहूदी” शब्द येशूको विरोधी यहूदी अगुवाहरूका निम्ति रूपक हो । वैकल्पिक अनुवादः “तब विरोधी यहूदीहरूले जवाफ दिए” वा “यहूदी अगुवाहरूले उहाँलाई जवाफ दिए”
“परमेश्वर भएको दाबी गरिरहेको”
यो कथन जोड दिनलाई प्रश्नको स्वरूपमा देखा पर्छ । वैकल्पिक प्रश्नः “तिमीहरूको व्यवस्थामा यस्तो लेखिएको तिमीहरूलाई पहिले नै थाहा हुनुपर्ने, ‘तिमीहरू ईश्वरहरू हौ’”
यहाँ येशूले परमेश्वरले सायद उहाँले पृथ्वीमा उहाँको प्रतिनिधित्व गर्नलाई चुन्नुभऐकोले उहाँका अनुयायीहरूलाई “ईश्वरहरू” भन्नुभएको धर्मशास्त्र उद्धृत गर्नुहुन्छ ।
येशूले परमेश्वरको सन्देशलाई यसरी कुरा गर्नुहुन्छ मानौँ त्यो कुनै एउटा व्यक्ति हो जो त्यसलाई सुन्नेहरूतर्फ अगाडि बढ्थ्यो । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँको सन्देश बोल्नुभयो”
सम्भावित अर्थहरूः (१) “धर्मशास्त्रलाई कसैले परिवर्तन गर्न सक्दैन” वा (२) “धर्मशास्त्र सदैव सत्य हुनेछ”
येशूले आफैँलाई “परमेश्वरका पुत्र” भनेर ईश्वर-निन्दा गरिरहनुभएको थियो भन्ने उहाँका विरोधीहरूलाई हप्काउन येशूले यो प्रश्न प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “पिताले नै संसारमा पठाउनलाई अलग गर्नुभएकोलाई मैले परमेश्वरका पुत्र हुँ भन्दा ‘तैँले परमेश्वरको अपमान गरिरहेको छस्’ भन्नु हुँदैन”
“तिमीले परमेश्वरको अपमान गरिरहेका छौ” । येशूका विरोधीहरूले बुझे कि जब येशूले उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भनी भन्नुभयो, उहाँले आफू परमेश्वरसँग बराबर हुनुहुन्छ भनेर अर्थ दिइरहनुभएको थियो ।
यिनीहरू परमेश्वर र येशू बिचको सम्बन्धलाई व्याख्या गर्ने महत्त्वपूर्ण उपमाहरू हुन् ।
येशूले यहूदीहरूलाई जवाफ दिने कामलाई टुङ्ग्याउनुहुन्छ ।
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपमा हो ।
यहाँ “विश्वास गर्नु” को अर्थ हुन्छ, येशूले भन्नुभएको कुरा स्वीकार गर्नु वा भरोसा गर्नु ।
यहाँ “विश्वास गर्नु” भनेको येशूले गर्नुभएका कामहरू पिताबाट आएका हुन् भनी स्वीकार गर्नु हो ।
यिनीहरू परमेश्वर र येशू बिचको घनिष्ठ सम्बन्ध व्यक्त गर्ने टुक्काहरू हुन् । वैकल्पिक अनुवादः “मेरा पिता र म पूर्ण रूपमा एक झैँ सहभागी छौँ”
“हात” शब्द यहूदी अगुवाहरूको थुना वा स्वामित्वको प्रतिनिधित्व गर्ने प्रतिस्थान शब्द हो । वैकल्पिक अनुवादः “तिनीहरूबाट फेरि पनि उम्कनुभयो”
येशू यर्दन नदीको पश्चिमपट्टि जानुभएको थियो । वैकल्पिक अनुवादः “यर्दन नदीको पूर्वपट्टि”
येशू छोटो समयको लागि यर्दनको पूर्वी भागमा रहनुभयो । वैकल्पिक अनुवादः “येशू त्यहाँ धैरै दिनसम्म रहनुभयो”
“यो सत्य हो कि यूहन्नाले कुनै चिन्हहरू गरेनन्, तर उनले निश्चय नै चिन्हहरू देखाउने यी मानिसको बारेमा सत्य बोले”
यी आश्चर्यर्महरूले कुनै कुरा सत्य हुन् भनी प्रमाणित गर्छन् वा केही विश्वसनीयता थप्छन् ।
यहाँ “विश्वास गरे” को अर्थ येशूले जे भन्नुभयो, त्यो सत्य भनी स्वीकार गरेको वा भरोसा गरेको हो भन्ने हुन्छ ।
1 लाजरस नाम गरेका मानिस बिरामी थिए । तिनी तिनकी दिदीहरू मरियम र मार्थाको गाउँ बेथानियाका थिए । 2 यिनी तिनै मरियम थिइन् जसले प्रभुलाई मूर्रले अभिषेक गरिन् र उहाँका खुट्टा आफ्नो कपालले पुछेकी थिइन्, जसका भाइ लाजरस बिरामी थिए । 3 यी दुई दिदी-बहिनीले येशूलाई बोलाउन पठाए “प्रभु, हेर्नुहोस्, तपाईंले जसलाई माया गर्नुहुन्छ तिनी बिरामी छन् ।” 4 जब येशूले यो सुन्नुभयो, उहाँले भन्नुभयो, “यस बिरामीले मृत्युमा पुर्याउँदैन, तर बरु यो परमेश्वरको महिमाको निम्ति हो, ताकि परमेश्वरका पुत्र यसद्वारा महिमित हुन सकून् ।” 5 येशूले मार्था र तिनकी बहिनी अनि लाजरसलाई माया गर्नुहुन्थ्यो । 6 त्यसैले, जब येशूले लाजरस बिरामी भएको सुन्नुभयो, उहाँ अरू दुई दिन त्यही ठाउँमा बस्नुभयो जहाँ उहाँ हुनुहुन्थ्यो । 7 यसपछि उहाँले चेलाहरूलाई भन्नुभयो, “फेरि यहूदियातिर जाऔँ ।” 8 चेलाहरूले उहाँलाई भने, “रब्बी, अहिले नै यहूदीहरूले तपाईंलाई ढुङ्गा हान्न खोजिरहेका थिए र तपाईं फेरि त्यहीँ फर्केर जाँदै हुनुहुन्छ ?” 9 येशूले जवाफ दिनुभयो, “के दिनमा बाह्र घण्टा उज्यालो हुँदैन र ? यदि कोही दिनको समयमा हिँड्छ भने त्यसलाई ठेस लाग्दैन, किनकि त्यसले यस संसारको उज्यालोको सहायताले देख्छ । 10 तापनि त्यो राति हिँड्छ भने त्यसलाई ठेस लाग्छ, किनकि त्यसमा उज्यालो हुँदैन ।” 11 उहाँले यी कुराहरू उहाँले तिनीहरूलाई भन्नुभयो, “हाम्रा साथी लाजरस मस्त निद्रामा परेका छन्, तर म जाँदै छु, ताकि म तिनलाई निद्राबाट बिउँझाउन सकूँ ।” 12 यसकारण चेलाहरूले उहाँलाई भने, “प्रभु, यदि तिनी निद्रामा परेका छन् भने तिनी होसमा आउनेछन् ।” 13 अहिले येशूले तिनको मृत्युको बारेमा बोल्नुभएको थियो, तर उहाँ आरामको निद्राको बारेमा बोलिरहनुभएको छ भन्ने तिनीहरूले सोचे । 14 त्यसपछि येशूले तिनीहरूलाई स्पष्ट रूपमा भन्नुभयो, “लाजरस मरेको छ । 15 म त्यहाँ नभएकोमा तिमीहरूका खातिर म खुसी छु, ताकि तिमीहरूले विश्वास गर्न सक । तिनीकहाँ जाऔँ ।” 16 दिदुमस भनिने थोमाले उनका सङ्गी चेलाहरूलाई भने, “हामी पनि जाऔँ, कि हामी पनि येशूसँगै मर्न सकौँ ।” 17 जब येशू आउनुभयो, लाजरसलाई चिहानमा राखेको चार दिन भइसकेको उहाँले पाउनुभयो । 18 बेथानिया यरूशलेमबाट नजिकै करिब तिन किलोमिटर दुरीमा पर्थ्यो । 19 धेरै यहूदीहरू मरियम र मार्थाकहाँ तिनीहरूका भाइको बारेमा तिनीहरूलाई सान्त्वना दिन आएका थिए । 20 जब मार्थाले येशू आउँदै हुनुहुन्छ भन्ने सुनिन्, तिनी उहाँलाई भेट्न गइन्, तर मरियमचाहिँ घरमा नै बसिरहेकी थिइन् । 21 त्यसपछि मार्थाले येशूलाई भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए मेरा भाइ मर्ने थिएनन् । 22 म जान्दछु, कि अहिले पनि तपाईंले परमेश्वरसँग जे माग्नुहुन्छ सो उहाँले तपाईंलाई दिनुहुनेछ ।” 23 येशूले तिनलाई भन्नुभयो, “तिम्रा भाइ फेरि जीवित हुनेछन् ।” 24 मार्थाले उहाँलाई भनिन्, “म जान्दछु, कि तिनी अन्त्यको दिनको पुनरुथानमा फेरि जीवित हुनेछन्” । 25 येशूले तिनलाई भन्नुभयो, “पुनरुथान र जीवन म नै हुँ; जसले मलाई विश्वास गर्छ, त्यो मरे तापनि जीवित हुनेछ । 26 जसले मलाई विश्वास गर्छ र ममा जिउँछ त्यो कहिल्यै मर्नेछैन । के तिमी यो विश्वास गर्छ्यौ ?” 27 तिनले उहाँलाई भनिन्, “हो प्रभु, म विश्वास गर्छु, तपाईं नै संसारमा आइरहनुभएका परमेश्वरका पुत्र अर्थात् ख्रीष्ट हुनुहुन्छ ।” 28 जब तिनले यो भनिन्, तिनी त्यहाँबाट गइन् र तिनकी बहिनी मरियमलाई सुटुक्क बोलाइन् । तिनले भनिन्, “गुरुज्यू यहाँ हुनुहुन्छ र तिमीलाई बोलाउँदै हुनुहुन्छ ।” 29 जब तिनले यो सुनिन्, तिनी झट्टै उठिन् र उहाँकहाँ गइन् । 30 येशू अझै पनि त्यस गाउँभित्र आउनुभएको थिएन, तर उहाँ त्यही ठाउँमा हुनुहुन्थ्यो जहाँ मार्थाले उहाँलाई भेटेकी थिइन् । 31 त्यसैले, तिनीसँग घरमा भएका र तिनलाई सान्त्वना दिइरहेका यहूदीहरूले जब मरियम झट्टै उठेर बाहिर गइरहेकी देखे, तिनीहरूले तिनी चिहानमा रुन गइरहेकी छन् भन्ने सोची तिनीहरू पनि तिनको पछि लागे । 32 त्यसपछि जब मरियम येशू हुनुभएको ठाउँमा आइन् र उहाँलाई देखिन्, तिनी उहाँको पाउमा घोप्टो परिन्, र उहाँलाई भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए मेरा भाइ मर्ने थिएनन् ।” 33 जब येशूले तिनी र तिनीसँग आएका यहूदीहरू पनि रोइरहेको देख्नुभयो, उहाँ आत्मामा अति विचलित हुनुभयो, र दुःखित हुनुभयो । 34 उहाँले भन्नुभयो, “तिमीहरूले तिनलाई कहाँ राखेका छौ ?” उनीहरूले उहाँलाई भने, “प्रभु आउनुहोस्, र हेर्नुहोस् ।” 35 येशू रुनुभयो । 36 त्यसपछि यहूदीहरूले भने, “हेर, उहाँले लाजरसलाई कति माया गर्नुहुन्थ्यो !” 37 तर तिनीहरूमध्ये केहीले भने, “के अन्धाका आँखा खोल्ने यी मानिसले यस मानिसलाई पनि नमर्ने तुल्याउने बनाउन सक्दैनथ्यो र ?” 38 त्यसपछि फेरि येशू आत्मामा आफैँ अति विचलित हुनुभयो, र चिहानतिर जानुभयो । यो एउटा गुफा थियो र यसलाई एउटा ढुङ्गाले ढाकेको थियो । 39 येशूले भन्नुभयो, “ढुङ्गा हटाऊ ।” लाजरस जो मरेका थिए, तिनकी दिदी मार्थाले येशूलाई भनिन्, “प्रभु, अहिलेसम्म त शरीर कुहिसकेको हुनेछ, किनकि तिनी मरेको चार दिन भइसक्यो ।” 40 येशूले तिनलाई भन्नुभयो, “के मैले तिमीलाई भनिनँ, कि यदि तिमीले विश्वास गर्यौ भने तिमीले परमेश्वरको महिमा देख्नेछौ ?” 41 त्यसैले, तिनीहरूले ढुङ्गा हटाए । येशूले आफ्ना आँखा माथितिर उठाउनुभयो, र भन्नुभयो, “हे पिता, मेरो बिन्ती सुन्नुभएकोमा म तपाईंलाई धन्यवाद दिन्छु । 42 म जान्दथेँ, तपाईंले मेरो बिन्ती सधैँ सुन्नुहुन्छ, तर मेरो वरिपरि उभिरहेका यो भिडको कारण मैले यो भनेँ, ताकि तपाईंले मलाई पठाउनुभएको छ भन्ने तिनीहरूले विश्वास गर्न सकून् ।” 43 उहाँले यी कुराहरू भन्नुभएपछि उहाँले ठुलो सोरमा भन्नुभयो, “लाजरस, बाहिर आऊ !” 44 मरेको मानिस बाहिर आयो, त्यसका हात र खुट्टाहरू कपडाले बाँधिएका थिए; त्यसको अनुहार कपडाले बेह्रिएको थियो । येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसलाई खोलिदेओ, र त्यसलाई जान देओ ।” 45 त्यसपछि मरियमकहाँ आएका र येशूले जे गर्नुभयो सो दखेका धेरै यहूदीहरूले उहाँमा विश्वास गरे । 46 तर तिनीहरूमध्ये केही फरिसीहरूकहाँ गए र येशूले गर्नुभएका ती कुराहरू तिनीहरूलाई बताइदिए । 47 त्यसपछि मुख्य पुजारीहरू र फरिसीहरूले परिषद्का सदस्यहरूलाई भेला पारे, र भने, “हामीले के गर्ने ? यस मानिसले धेरै चिह्नहरू गर्छन् । 48 यदि हामीले यसलाई यसरी नै छोडिदियौँ भने सबैले यसलाई विश्वास गर्नेछन्; रोमीहरू आउनेछन् अनि हाम्रो ठाउँ र हाम्रो जाति दुवै लिनेछन् ।” 49 तैपनि तिनीहरूमध्ये कैयाफा नामका मानिस जो त्यस वर्ष प्रधान पुजारी थिए तिनले तिनीहरूलाई भने, “तिमीहरू केही पनि जान्दैनौ । 50 सम्पूर्ण राष्ट्र नै नष्ट हुनुभन्दा मानिसहरूका निम्ति एक जना मर्नु नै तिमीहरूका निम्ति उत्तम हो भन्ने तिमीहरू ठान्दैनौ ।” 51 अब यो तिनले आफ्नै तर्फबाट भनेका थिएनन् । बरु उनी त्यस वर्षका प्रधान पुजारी भएको कारणले येशू राष्ट्रको निम्ति मर्नुपर्छ भनी तिनले अगमवाणी गरेका थिए । 52 राष्ट्रको निम्ति मात्र होइन, तर छरपष्ट भएका परमेश्वरका सन्तानहरूसँगै एक होऊन् भनेर पनि हो । 53 त्यसैले, त्यस दिनदेखि उनीहरूले येशूलाई कसरी मार्ने भनी योजना बनाउन थाले । 54 येशू यहूदीहरू माझ खुलमखुला हिँड्डुल गर्नुभएन, तर उहाँ त्यहाँबाट उजाड-स्थान नजिकैको गाउँमा रहेको एफ्राइम भनिने सहरमा जानुभयो । त्यहाँ उहाँ चेलाहरूसँग बस्नुभयो । 55 अब यहूदीहरूको निस्तार-चाड नजिकै थियो र धेरै जना आफैँलाई शुद्ध पार्न गाउँहरूबाट निस्तार-चाड अगि नै यरूशलेम गए । 56 तिनीहरूले येशूलाई खोजिरहेका थिए । तिनीहरू मन्दिरमा खडा भइरहँदा एक-अर्कामा भन्दै थिए, “तिमीहरूलाई कस्तो लाग्छ ? उनी चाडमा आउने छैनन् र ?” 57 अहिले मुख्य पुजारीहरू र फरिसीहरूले यो उर्दी जारी गरेका थिए, कि यदि कसैले येशू कहाँ हुनुहुन्थ्यो भनी जान्दथ्यो भने, त्यसले त्यो भन्नुपर्छ ताकि तिनीहरूले उहाँलाई पक्रन सकून् ।
बाइबलले धेरैपटक अधर्मी मानिसहरू, ती मानिसहरू जसले परमेश्वरलाई खुशी बनाउने कुराहरू गर्दैनन्, तिनीहरूलाई अन्धकारमा रुमल्लिरहेको भए जसरी कुरा गर्छ । यसले ज्योतिको बारेमा त्यसरी कुरा गर्छ मानौँ यो नै त्यो चीज हो जसले ती मानिसहरूलाई धर्मी बन्न, तिनीहरूले के गल्ती गरिरहेका छन् भनेर बुझ्न र परमेश्वरको आज्ञापालन गर्न थाल्नको लागि सामर्थी बनाउँछ ।
येशूले लाजरसलाई फेरि जीवित बनाइसक्नुभए पश्चात, यहूदी अगुवाहरूले उहाँलाई मार्नलाई भरमग्दुर कोसिस गरिरहेका थिए, त्यसैले उहाँ गोप्य तरिकाले एक ठाउँदेखि अर्को ठाउँमा यात्रा गर्न सुरु गर्नुभयो । अब फरिसीहरू जान्दथे कि उहाँ निस्तारको लागि सम्भवतः यरूशलेममा आउनुहुने थियो किनकि परमेश्वरले सबै यहूदी मानिसहरूलाई निस्तार चाड यरूशलेममा मान्नलाई आज्ञा गर्नुभएको थियो, त्यसैले तिनीहरूले उहाँलाई पक्रिने र त्यसपछि मार्ने योजना गरे ।
मोशाको व्यवस्थाले पूरोहितहरूलाई पशुहरूलाई मार्न आज्ञा दियो ताकि परमेश्वरले मानिसहरूको पाप क्षमा गर्नुभएको होस् । प्रमुख पूजाहारी कैयाफाले भने, “यो तिमीहरूको लागि असल छ कि सम्पूर्ण जाति नै नाश हुनुभन्दा एकजना मानिस सबै मानिसहरूको लागि मर्छ” (यूहन्ना १०:५०) । उनले यसो भने किनकि उनले लाजरसलाई पुनः जीवित बनाउनुहुने परमेश्वरलाई भन्दा आफ्नो “ठाउँ” र “जाति”लाई प्रेम गर्थे (यूहन्ना १०:४८) । उनले येशू मर्नुभएको चाहन्थे ताकि रोमीहरूले मन्दिर र यरूशलेमलाई नाश नपारून्, तर परमेश्वरले येशू मर्नुभएको चाहनुहुन्थ्यो ताकि उहाँले उहाँका सबै मानिसहरूका पापहरू क्षमा गर्नसक्नुभएको होस् ।
जब मार्थाले भनिन्, “यदि तपाईं यहाँ हुनुभएको भए, मेरो भाइ मर्ने थिएन”, तिनले एउटा हुन सक्ने परिस्थितिको बारेमा कुरा गर्दै थिइन् जुन तर भएन । येशू आउनुभएको थिएन, र तिनका भाइ मरेका थिए ।
यी पदहरूले लाजरसको कथाको परिचय दिन्छन् र तिनी र तिनकी दिदी मरियमको बारेमा पृष्ठभूमि जानकारी उपलब्ध गराउँछन् ।
यूहन्नाले मार्थाकी बहिनी मरियमको परिचय दिँदा कथामा पछि के हुन्छ भन्ने जानकारी पनि दिन्छन् ।
“येशूलाई आउनुहोस् भनी बन्ती गरे”
यहाँ “माया” ले साथी वा नातेदार बिचको भ्रातृ-प्रेम, स्वाभाविक वा मानवीय प्रेमलाई जनाउँछ ।
लाजरस र तिनको बिमारको सम्बन्धमा के हुनेछ भनी येशूले जान्नुहुन्छ भनी उहाँले दर्शाउनुहुन्छ । वैकल्पिक अनुवादः “यो बिमारको अन्तिम परिणाम मृत्यु हुनेछैन”
यसले शारीरिक मृत्युलाई जनाउँछ ।
परिणाम के हुनेछ भनी येशूले जान्नुहुन्छ भन्ने उहाँ दर्शाउनुहुन्छ । वैकल्पिक अनुवादः “तर उद्देश्य यो हो, कि परमेश्वरले उहाँको शक्तिले मलाई गर्न दिनुहुने कुराको कारणले मानिसहरूले उहाँ कति महान् हुनुहुँदो रहेछ भनी मानिसहरूले जानून्”
यो येशूको निम्ति यो महत्त्वपूर्ण उपमा हो ।
यो पृष्ठभूमि जानकारी हो ।
येशू यरूशलेम जानुभएको चेलाहरू चाहँदैनन् भनी जोड दिनलाई यो कथन प्रश्नको स्वरूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “गुरुज्यू, निश्चय नै तपार्इं त्यहाँ फर्केर जान चाहनुहुन्न । तपार्इं पहिले त्यहाँ हुनुहुँदा यहूदीहरूले तपार्इंलाई ढुङ्गा हान्ने कोसिस गरेका थिए”
यो येशूको विरोध गर्ने यहूदी अगुवाहरूका निम्ति रूपक हो । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरू”
जोड दिनलाई यो कथन प्रश्नको स्वरूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “तिमीहरू जान्दछौ, कि एक दिनमा बाह्र घण्टा उज्यालो हुन्छ”
दिनको उज्यालोमा हिँड्ने मानिसहरूले राम्ररी देख्न सक्छन् र तिनीहरूलाई ठेस लाग्दैन । “उज्यालो” सत्यको निम्ति अलङ्कार हो । सत्यताअनुसार जिउने मानिसहरू परमेश्वरले तिनीहरूलाई गर्न चाहनुभएको कुरा सफलतापूर्वक गर्न समर्थ हुनेछन् भनी येशूले देखाउनुहुन्छ ।
येशूले उहाँका चेलाहरूसँगको कुराकानीलाई जारी राख्नुहुन्छ ।
यहाँ “रात” अलङ्कार हो जसले परमेश्वरको ज्योतिविना हिँड्नेलाई जनाउँछ ।
सम्भावित अर्थहरूः (१) “त्यसले देख्न सक्दैन” (युडीबी) वा “त्यससँग परमेश्वरको उज्यालो हुँदैन”
यहाँ “मस्त निद्रा” टुक्का हो जसको अर्थ लाजरस मरेका छन् भन्ने हुन्छ । तपार्इंको भाषामा यसो भन्ने तरिका छ भने यहाँ प्रयोग गर्न सक्नुहुन्छ ।
“निद्राबाट बिउँझाउनु” भनेको टुक्का हो । येशूले लाजरसलाई मृत्युबाट जीवित पार्ने उहाँको योजना प्रकट गरिरहनुभएको छ । तपार्इंको भाषामा यसको निम्ति टुक्का छ भने यहाँ प्रयोग गर्न सक्नुहुन्छ ।
पद १३ मा कथाको प्रवाह रोकिन्छ, र येशूले लाजरस मस्त निद्रामा छन् भन्नुभएकोमा उहाँका चेलाहरूले उहाँको आशयको गलत बुझाइप्रति यूहन्नाले टिप्पणी गर्छन् ।
लाजरस आराम गरिरहेका छन् र होसमा आउनेछन् भन्ने येशूको आशयलाई चेलाहरूले गलत बुझ्छन् ।
“त्यसैले, येशूले तिनीहरूले बुझ्न सक्ने शब्दहरूमा भन्नुभयो”
येशूले उहाँका चेलाहरूसँगको कुराकानीलाई जारी राख्नुहुन्छ ।
“तिमीहरूको लाभको निम्ति”
“कि म त्यहाँ थिइनँ । यसले गर्दा तिमीहरूले मलाई अझ विश्वास गर्न सिक्नेछौ”
यसलाई तपार्इंले कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जसलाई तिनीहरूले दिदुमस भन्थे”
यो पुरुषवाचक नाम हो जसको अर्थ “जुम्ल्याहा” हुन्छ ।
अहिले येशू बेथानियामा हुनुहुन्छ । यी पदहरूले परिस्थितिबारे पृष्ठभूमि जानकारी र येशू आउनअगि के भएको थियो भन्नेबारे जानकारी दिन्छन् ।
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “उहाँले थाहा पाउनुभयो, कि मानिसहरूले लाजरसलाई चिहानमा राखेको चार दिन भएको थयो”
“लगभग तीन किलोमिटर टाढा” । एउटा “स्टेडियम” १८५ मिटरको हुन्छ ।
लाजरस तिनीहरूका भाइ थिए । वैकल्पिक अनुवादः “तिनीहरूका कान्छा भाइको बारेमा”
लाजरस भाइ थिए । वैकल्पिक अनुवादः “मेरा भाइ अझ जीवित नै हुने थिए”
लाजरस भाइ थिए । वैकल्पिक अनुवादः “तिम्रा भाइ फेरि बाँच्नेछन्”
“तिनी फेरि बाँच्नेछन्”
यहाँ “मर्नु” ले शारीरिक मृत्युलाई जनाउँछ ।
यहाँ “जीवन” ले आत्मिक जीवनलाई जनाउँछ ।
“जसले मलाई भरोसा गर्छ र ममा जिउँछ त्यसलाई परमेश्वरबाट अनन्त रूपमा अलग गरिनेछैन” वा “मलाई भरोसा गर्नेहरू र ममा जिउनेहरू आत्मिक रूपमा सदासर्वदा परमेश्वरसँग हुनेछन्”
यहाँ “मर्नु” ले आत्मिक मृत्युलाई जनाउँछ ।
“मार्थाले येशूलाई भनिन्”
येशू नै ख्रीष्ट (मसीह) अर्थात् परमेश्वरका पुत्र हुनुहुन्छ भनी मार्था विश्वास गर्छिन् ।
यो येशूको निम्ति यो महत्त्वपूर्ण उपमा हो ।
मरियम तिनकी बहिनी हुन् । वैकल्पिक अनुवादः “तिनी गइन् र तिनकी बहिनीलाई बोलाइन्”
यो येशूलाई जनाउने उपमा हो ।
“तिमीलाई आऊ भन्दै हुनुहुन्छ”
येशू हुनुभएको स्थानबारे जानकारी दिन यूहन्नाले यहाँ कथालाई केही क्षण रोक्छन् ।
मरियम येशूप्रति आदर प्रकट गर्न लम्पसार परिन् वा घोप्टो परिन् ।
लाजरस मरियमका भाइ थिए । तपार्इंले ११:२१
येशूले अनुभव गर्नुभएको संवेगात्मक पीडा र सम्भावित रीस व्यक्त गर्न यूहन्नाले यी उस्तै अर्थ भएका पदावलीहरूलाई मिलाएर राख्छन् । वैकल्पिक अनुवादः “उहाँ अति नै अशान्त हुनुभयो”
यो “तिमीहरूले तिनलाई कहाँ गाडेका छौ ?” भन्ने नरम तरिका हो ।
“येशू रुन थाल्नुभयो” वा “येशू रुन लाग्नुभयो”
यसले कुनै साथी वा नातेदारप्रतिको भ्रातृ-प्रेम वा मानवीय प्रेमलाई जनाउँछ ।
येशूले लाजरसलाई निको नपार्नुभएकोमा यहूदीहरूको आश्चर्यलाई व्यक्त गर्न यो कथन प्रश्नको स्वरूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “उहाँले अन्धो मानिसलाई निको पार्न सक्नुभयो । त्यसैले, उहाँ यी मानिसलाई पनि नमर्ने गरी निको पार्न समर्थ हुनुपर्थ्यो” वा “किनकि उसले यस मानिसलाई मर्नबाट रोक्न सकेन, तिनीहरूले भने जसरी, शायद उसले अन्धो भएर जन्मेको मानिसलाई पनि वास्तवमा निको पारेनन् !”
यो टुक्का हो । वैकल्पिक अनुवादः “आँखा निको पार्नुभयो”
मानिसहरूले लाजरसलाई राखेको चिहानको वर्णन गर्न यूहन्ना कथालाई थोरै रोक्छन् ।
मार्था र मरियम लाजरसका दिदीहरू थिए । वैकल्पिक अनुवादः “लाजरसकी ठूली दिदी मार्था”
“यस बेलासम्म त त्यहाँ दुर्गन्ध हुनेछ” वा “शरीर अगि नै गनाइरहेको छ”
परमेश्वरले कुनै अचम्मको काम गर्दै हुनुहुन्छ भन्ने जोड दिन यो कथन प्रश्नको स्वरूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “मैले तिमीलाई भनेँ, कि यदि तिमीले मलाई भरोसा गर्यौ भने तिमीले परमेश्वरले के गर्न सक्नुहुन्छ भनी देख्नेछौ”
यो माथि हेर्नुको टुक्का हो । वैकल्पिक अनुवादः “येशूले माथि स्वर्गतिर हेर्नुभयो”
उहाँका वरिपरि भएकाहरूले सुनून् भनेर येशूले पितासँग प्रत्यक्ष रूपमा प्रार्थना गर्नुहुन्छ । वैकल्पिक अनुवादः “हे पिता, तपार्इंले मेरो बिन्ती सुन्नुभएको छ । त्यसैले, म तपार्इंलाई धन्यवाद दिन्छु” (युडीबी) वा “हे पिता, तपार्इंले मेरो प्रार्थना सुन्नुभएको छ । त्यसैले, म तपार्इंलाई धन्यवाद दिन्छु”
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
“मलाई तपार्इंले पठाउनुभएको छ भन्ने तिनीहरूले विश्वास गर्न सकून् भन्ने म चाहन्छु”
“येशूले प्रार्थना गर्नुभएपछि”
“उहाँ चिच्च्याउनुभयो”
त्यस समयमा दफन गर्दा मृत शरीरलाई लामो मलमलको कपडाले बेर्नुपर्थ्यो । यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले त्यसका हात र खुट्टाहरू मलमलको कपडाले बेह्रेका थिए । तिनीहरूले उसको अनुहार पनि कपडाले बेह्रेका थिए र बाँधेका थिए”
“तिनीहरूले” त्यहाँ भएका र आश्चर्यकर्म देखेका मानिसहरूलाई जनाउँछ ।
यी पदहरूले येशूले लाजरसलाई मृत्युबाट जीवित पार्नुभएपछि के भयो भनी बताउँछन् ।
किनभने त्यति धेरै मानिसहरूले तिनीहरूलाई लाजरस फेरि जीवित भएका छन् भनेर भनेका छन्, मुख्य पूजाहारीहरू र फरिसीहरू यहूदी परिषद् (महासभा) को बैठकको लागि भेला हुन्छन् ।
“त्यसपछि पूजाहारीहरूमध्येका अगुवाहरू”
यस पदमा सुरु हुने घटनाहरू यूहन्ना ११:४५-४६ का घटनाहरूको परिणाम हो भनेर पाठकलाई बताउनको लागि लेखकले यो शब्द प्रयोग गर्छन् ।
यहाँ परिषद्का सदस्यहरू येशूको बारेमा कुराकानी गरिरहेका छन् भनी अङ्कित गरिएको छ । वैकल्पिक अनुवादः “हामीले येशूको बारेमा के गर्न गइरहेरका छौँ ?”
मानिसहरूले येशूलाई तिनीहरूका राजा बनाउन कोसिस गर्लान् भनी यहूदी अगुवाहरू डराउँछन् । वैकल्पिक अनुवादः “सबैले त्यसलाई भरोसा गर्नेछन् र रोमको विरुद्धमा विद्रोह गर्नेछन्”
यो रोमी सेनाहरूका निम्ति रूपक हो । वैकल्पिक अनुवादः “रोमी सेनाहरू आउनेछन्”
“हाम्रो मन्दिर र हाम्रो जातिलाई नष्ट गर्छन्”
यो कथामा नयाँ पात्रको परिचय दिने तरिका हो । तपार्इंको भाषामा यसो गर्ने तरिका छ भने तपार्इंले प्रयोग गर्न सक्नुहुन्छ ।
यो आफ्नो कुरालाई जोड दिन कैयाफाले प्रयोग गरेको अतिशयोक्ति हो । वैकल्पिक अनुवादः “के भइरहेको छ भन्ने तिमीहरू बुझ्दैनौ !” वा “तिमीहरू त केही नै थाहा नभए झैँ कुरा गर्छौ त !”
यदि येशूलाई जिउन र विद्रोह गर्न दिने हो भने रोमी सेनाहरूले यहूदी जातिका मानिसहरूलाई मार्नेछन् भनी तिनी सुझाउँदै छन् । “जाति” शब्दले सबै यहूदी मानिसहरूको प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “रोमीहरू आएर हाम्रो जातिका सबै मानिसहरूलाई मार्नुभन्दा …”
कैयाफाले त्यस बेला नजाने पनि तिनले अगमवाणी गरिरहेका थिए भनी पदहरू ५१ र ५२ ले बताउँछन् । यो पृष्ठभूमि जानकारी हो ।
“राष्ट्र” शब्द रूपक हो र यसले इस्राएल राष्ट्रका मानिसहरूलाई जनाउँछ ।
यो उत्सर्ग हो । “मानिस” चाहिँ सन्दर्भमा सुझाइएको छ । वैकल्पिक अनुवादः “एकै मानिस झैँ भेला होऊन्”
यसले ती मानिसहरूलाई जनाउँछ जो येशूमा विश्वास गरेर परमेश्वरका मानिसहरू भएका छन् र यिनीहरू आत्मिक रूपमा परमेश्वरका सन्तानहरू भएका छन् ।
येशू बेथानियाबाट एफ्राइमतिर जानुहुन्छ । पद ५५ ले निस्तार-चाड नजिक आउँदा धेरै यहूदी मानिसहरूले के गरिरहेका छन् भनी बताउँछ ।
यहाँ “यहूदी” शब्द यहूदी अगुवाहरूको निम्ति रूपक हो र “खुल्ला रूपले हिँड्नु” भनेको “सबैले उहाँलाई देख्न सक्ने ठाउँमा बस्नु”को लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “सबै यहूदीहरूले उहाँलाई देख्नसक्ने ठाउँमा बस्नु” वा “उहाँको विरोध गर्ने यहूदी अगुवाहरूबिच खुल्लमखुल्ला हिँड्डुल गर्नु”
मानिसहरू कम बस्ने सहर बाहिरको ग्रामीण क्षेत्र
येशू र उहाँका चेलाहरू केही समय एफ्राइममा बसे । वैकल्पिक अनुवादः “त्यहाँ उहाँ केही समयको लागि उहाँका चेलाहरूसँग बस्नुभयो”
यरूशलेम वरिपरिका क्षेत्रहरूभन्दा उच्च स्थानमा पर्छ । त्यसैले, “माथि गए” भन्नुपर्ने हुन्छ ।
पद ५७ को विषयवस्तु ५६ भन्दाअगि नै सुरु हुन्छ । यदि तपार्इंको भाषामा यो संरचनाले तपार्इंका पाठकहरूलाई अलमल्याउँछ भने तपाइले ती पदहरूलाई जोड्न सक्नुहुन्छ र पद ५७ को पाठ्यांशलाई ५६ अगि नै राख्न सक्नुहुन्छ ।
“तिनीहरू”ले यरूशलेम गएका यहूदी मानिसहरूलाई जनाउँछ ।
यी येशू निस्तार-चाडमा आउनुहुनेछ भन्नेमा मजबुत शङ्का व्यक्त गर्ने आलङ्कारिक प्रश्नहरू हुन् । दोस्रो प्रश्न उत्सर्ग हो जसले “तिमीहरू सोच्छौ” भन्ने शब्दहरूलाई छोड्छ । येशू चाडमा आउनु होला त भनी बोल्ने यी मानिसहरू रणभुल्लमा परेका थिए, किनभने त्यहाँ उहाँलाई गिरफ्तार गर्ने खतरा थियो । वैकल्पिक अनुवादः “सम्भवतः येशू चाडमा आउनुहुन्न होला । उहाँको गिरफ्तारीदेखि उहाँ डराउनुभएको होला”
यो यहूदी आराधकहरू येशू चाडमा आउनुहुन्छ वा आउनुहुन्न भनी किन अलमल्लमा परेका थिए भनी व्याख्या गर्ने पृष्ठभूमि जानकारी हो । तपार्इंको भाषामा पृष्ठभूमि जानकारी दिने तरिका छ भने त्यसलाई प्रयोग गर्नुहोस् ।
1 निस्तार-चाडको छ दिन अगाडि येशू बेथानिया आउनुभयो, जहाँ उहाँले मृत्युबाट जीवित पार्नुभएका लाजरस थिए । 2 त्यसकारण, तिनीहरूले उहाँको लागि बेलुकीको खाना तयार पारे । मार्थाले सेवा-सत्कार गरिरहेकी थिइन् र लाजरस येशूसँगै टेबलमा ढल्किरहेकाहरूमध्ये एक जना थिए । 3 तब मरियमले आधा लिटर जति शुद्ध जटामसीले बनेको बहुमूल्य अत्तर लिइन्, र येशूको पाउ अभिषेक गरिन्, अनि तिनको आफ्नो कपालले उहाँको पाउ पुछिन् । त्यो घर अत्तरको सुगन्धले भरियो । 4 उहाँका चेलाहरूमध्ये एक जना यहूदा स्करियोत जसले उहाँलाई विश्वासघात गर्ने थियो, त्यसले भन्यो, 5 “यो अत्तर तिन सय चाँदीका सिक्कामा बेचेरे गरिबहरूलाई किन दिइएन ?” 6 त्यसले यो कुरा गरिबहरूको वास्ता गरेर भनेको थिएन, तर त्यो चोर भएकोले भनेको हो । त्यससँग पैसाको थैलो हुन्थ्यो र यसमा राखिएकोबाट चोर्ने गर्थ्यो । 7 येशूले भन्नुभयो, “तिनीसँग मेरो दफनको दिनको लागि जे छ, त्यो राख्न देऊ । 8 गरिबहरू त तिमीहरूसँग सधैँ हुनेछन्, तर म तिमीहरूसँग सधैँ हुनेछैनँ ।” 9 अब यहूदीहरूको ठुलो भिडले येशू त्यहाँ हुनुहुन्छ भन्ने थाहा पायो र तिनीहरू येशूको निम्ति मात्र होइन, तर लाजरसलाई हेर्न पनि आए, जसलाई येशूले मृत्युबाट जीवित पार्नुभएको थियो । 10 मुख्य पुजारीहरूले सँगसँगै षड्यन्त्र रचे, ताकि तिनीहरूले लाजरसलाई पनि मार्न सकेको होस् । 11 किनकि तिनको कारण धेरै यहूदीहरू भड्किएका थिए र येशूमा विश्वास गरेका थिए । 12 अर्को दिन चाडमा ठुलो भिड आयो । जब येशू यरूशलेममा आउँदै हुनुहुन्छ भन्ने तिनीहरूले सुने, 13 तिनीहरूले खजुरको बोटका हाँगाहरू लिए र उहाँलाई भेट्न गए, अनि उच्च सोरमा यसो भने, “होसन्ना ! इस्राएलका राजा अर्थात् परमप्रभुको नाउँमा आउनुहुने धन्यको हुनुहुन्छ ।” 14 येशूले एउटा गधाको बछेडा भेट्टाउनुभयो र त्यसमाथि चढ्नुभयो, जस्तो यो लेखिएको थियो, 15 “सियोनकी छोरी नडराऊ, हेर, तिम्रा राजा गधामा चढेर आउँदै हुनुहुन्छ ।” 16 उहाँका चेलाहरूले सुरुमा यी कुराहरू बुझेनन्, तर जब येशू महिमित हुनुभयो तब उहाँको विषयमा लेखिएका थिए र यी सबै कुराहरू तिनीहरूले उहाँकै निम्ति गरेका थिए भनी उनीहरूले सम्झे । 17 उहाँले अहिले लाजरसलाई चिहानबाट बाहिर बोलाउनुहुँदा र तिनलाई मृत्युबाट जीवित पार्नुहुँदा उहाँसँग भएको भिडले गवाही दियो । 18 यही कारणले गर्दा पनि भिडहरू उहाँलाई भेट्न गए, किनकि उहाँले यो चिह्न गर्नुभयो भन्ने तिनीहरूले सुने । 19 यसकारण फरिसीहरूले एक-आपसमा भने, “हेर, तिमीहरू केही पनि गर्न सक्दैनौ; हेर, सारा संसारै त्यसको पछि लागेको छ ।” 20 अहिले चाडमा आराधना गर्न माथि गइरहेका तिनीहरूमध्ये केही ग्रिकहरू पनि थिए । 21 यिनीहरू फिलिपकहाँ गए जो गालीलको बेथसेदाका थिए र तिनलाई भने, “महाशय, हामी येशूलाई भेट्न चाहन्छौँ ।” 22 फिलिपले गएर अन्द्रियासलाई भने । अनि अन्द्रियास फिलिपसँग गए, र तिनीहरूले येशूलाई भने । 23 येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्नुभयो, “मानिसका पुत्रको निम्ति महिमित हुने समय आएको छ । 24 साँचो, साँचो म तिमीहरूलाई भन्दछु, गहुँको दाना जबसम्म माटोमा झरेर मर्दैन, यो आफैँ एकलो रहन्छ, तर यदि त्यो मर्छ भने यसले धेरै फल फलाउनेछ । 25 जसले आफ्नो जीवनलाई प्रेम गर्छ त्यसले त्यो गुमाउनेछ, तर जसले यस संसारमा आफ्नो जीवनलाई घृणा गर्छ त्यसले यो अनन्त जीवनको लागि जोगाइराख्नेछ । 26 यदि कसैले मेरो सेवा गर्छ भने, त्यसले मलाई पछ्याओस्, र म जहाँ हुन्छु त्यहाँ मेरो सेवक पनि हुनेछ । यदि कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको आदर गर्नुहुनेछ । 27 अहिले मेरो प्राण दुःखित भएको छः म के भनूँ ? हे पिता, मलाई यो घडीबाट बचाउनुहोस् ? तर यही कारणको निम्ति म यो घडीमा आएँ । 28 हे पिता, तपाईंको नाउँ महिमित पार्नुहोस् ।” तब स्वर्गबाट एउटा आवाज आयो, र भन्यो, “मैले यिनलाई महिमित पारेको छु र म फेरि महिमित पार्नेछु ।” 29 तब उहाँको छेउमा उभिने भिडले यो आवाज सुने, र तिनीहरूले मेघ गर्ज्यौ भने । अरूहरूले भने, “स्वर्गदूत उहाँसँग बोलेको हो ।” 30 येशूले जवाफ दिनुभयो र भन्नुभयो, “यो आवाज मेरो निम्ति होइन, तर तिमीहरूका निम्ति आएको हो ।” 31 अब यो संसारको न्याय हुन्छ, अब यस संसारको शासक फ्याँकिनेछ । 32 अनि जब म पृथ्वीबाट उचालिन्छु, म सबैलाई आफूतिर खिँच्नेछु ।” 33 कस्तो किसिमको मृत्यु मर्दै हुनुहुन्छ भन्ने सङ्केत गर्न उहाँले यो कुरा भन्नुभएको थियो । 34 भिडले उहाँलाई जवाफ दियो, “हामीले व्यवस्थाबाट सुनेका छौँ, कि ख्रीष्ट सधैँ रहनुहुनेछ । तपाईं कसरी भन्नुहुन्छ, ‘मानिसका पुत्र उचालिनुपर्छ ?’ यो मानिसका पुत्र को हो ?” 35 तब येशूले तिनीहरूलाई भन्नुभयो, “केही समयको निम्ति ज्योति तिमीहरूसँग अझै हुनेछ । तिमीहरूसँग ज्योति हुँदा हिँड, ताकि अन्धकारले तिमीहरूलाई नढाकोस् । जो अन्धकारमा हिँड्छ त्यो कहाँ जाँदै छ भनी त्यसलाई थाहा हुँदैन । 36 तिमीसँग ज्योति हुँदा नै त्यो ज्योतिमा विश्वास गर, ताकि तिमीहरू ज्योतिको सन्तान हुन सक ।” येशूले यी कुराहरू भन्नुभयो र त्यसपछि उहाँ त्यहाँबाट प्रस्थान गर्नुभयो र उहाँ तिनीहरूबाट लुकेर बस्नुभयो । 37 तिनीहरूको सामु येशूले यति धेरै चिह्नहरू गर्नुभए तापनि तिनीहरूले उहाँमाथि अझै पनि विश्वास गरेनन् । 38 यशैया अगमवक्ताको वचन पुरा होस् भनेर यसो भएको थियो । तिनी भन्दछन्, “प्रभु, हाम्रो समाचार कसले विश्वास गरेको छ ? र परमेश्वरको बाहुली कसलाई प्रकट गरिएको छ ?” 39 यसैकारण, तिनीहरूले विश्वास गर्न सकेनन्, किनकि यशैयाले यसो पनि भने, 40 “उहाँले तिनीहरूका आँखा अन्धो तुल्याइदिनुभएको छ र उहाँले तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ; नत्रता तिनीहरूका आँखाले देख्ने थिए र उनीहरूका हृदयले बुझ्ने थिए र फर्किने थिए, अनि म तिनीहरूलाई निको पार्ने थिएँ ।” 41 यशैयाले यी कुराहरू भने, किनकि तिनले येशूको महिमा देखे र उहाँको विषयमा बोले । 42 तरै पनि शासकहरूमध्ये धेरैले येशूमा विश्वास गरे, तर फरिसीहरूको कारणले गर्दा तिनीहरूले यसलाई स्वीकार गरेनन्, ताकि तिनीहरूलाई सभाघरमा रोक नलगाइयोस् । 43 तिनीहरूले परमेश्वरबाट आउने प्रशंसाभन्दा मानिसहरूबाट आउने प्रशंसा बढी रुचाए । 44 येशूले ठुलो सोरमा भन्नुभयो, “जसले ममाथि विश्वास गर्छ त्यसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेमाथि पनि विश्वास गर्छ, 45 र जसले मलाई देख्छ त्यसले मलाई पठाउनुहुनेलाई देख्छ ।” 46 म संसारमा ज्योतिको रूपमा आएको छु ताकि जसले मलाई विश्वास गर्छ त्यो अन्धकारमा नरहोस् । 47 यदि कसैले मेरो वचन सुन्छ, तर त्यसको पालना गर्दैन भने म त्यसको न्याय गर्दिनँ, किनकि म संसारको न्याय गर्न आएको होइनँ, तर संसारलाई बचाउन आएको हुँ । 48 जसले मलाई इन्कार गर्छ, र मेरा वचनहरू ग्रहण गर्दैन, त्यसको न्याय गर्ने एक जना हुनुहुन्छः मैले बोलेको मेरो वचनले नै अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ । 49 किनकि म मेरो आफ्नै तर्फबाट बोलिनँ, तर मलाई पठाउनुहुने पिता नै हुनुहुन्छ, जसले मैले के बोल्ने र के भन्ने विषयमा आज्ञा दिनुभएको छ । 50 म जान्दछु, कि उहाँको आज्ञा अनन्त जीवन हो । त्यसैले, म त्यही भन्छुः पिता मसँग जस्तो बोल्नुभएको छ, म त्यस्तै बोल्छु ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई बाँकीको पाठ्यखण्डलाई भन्दा दायाँतर्फ राख्छन् । यूएलटीले १२:३८ र ४० मा भएको कवितासँग यसो गर्छ, जुन पूरानो करारबाटका शब्दहरू हुन् ।
पद १६ यी घटनाहरूको लागि एउटा टिप्पणी हो । कथाको वर्णनबाट यो सम्पूर्ण पदलाई अलग राख्नको लागि यसलाई कोष्ठकभित्र राख्न सम्भव छ ।
यहूदीहरूले कुनै एउटा व्यक्तिलाई स्वागत गरिएको र सहज अनुभव गराउनको लागि त्यस व्यक्तिको शिरमा तेल राखिदिन्थे । तर तिनीहरूले कुनै व्यक्तिको शरीरलाई गाड्नभन्दा अगाडि पनि त्यो व्यक्ति मरिसकेपछि शरीरमा तेल लगाइदिन्थे । तर तिनीहरूले कहिल्यै पनि कुनै व्यक्तिको पाउमा तेल राख्ने बारेमा सोच्दैनथे, किनभने पाउ त फोहोर हुन्छ भनी तिनीहरूले सोच्थे ।
येशू यरूशलेममा एउटा पशुमाथि सवार हुनुभएर जानुभयो । यस तरिकाले उहाँ एउटा राजा जस्तै हुनुहुन्थ्यो जो एउटा महत्त्वपूर्ण लडाइँ जितिसकेपछि सहरमा आउनुभएको थियो । साथै, पूरानो करारका इस्राएलका राजाहरू पनि गधाहरूमा चढ्थे । अरू राजाहरू घोडाहरूमा चढ्थे । त्यसैले येशूले उहाँ इस्राएलको राजा हुनुहुन्थ्यो र अरू राजाहरू जस्तो हुनुहुन्नथ्यो भनेर देखाउँदै हुनुहुन्थ्यो ।
मत्ती, मर्कूस, लूका, र यूहन्ना सबैले यस घटनाको बारेमा लेखे । मत्ती र मर्कूसले चेलाहरूले येशूको लागि एउटा गधा ल्याइदिए भनेर लेखे । यूहन्नाले येशूले एउटा गधा भेट्टाउनुभयो भनेर लेखे । लूकाले तिनीहरूले उहाँको लागि एउटा बछेडा ल्याइदिए भनेर लेखे । केवल मत्तीले त्यहाँ दुवै गधा र बछेडा थिए भनेर लेखे । येशू गधामा चढ्नुभयो कि बछेडामा चढ्नुभयो भनेर कसैले पनि पक्का गरी जान्दैन । तिनीहरू सबैले ठ्याक्कै एउटै कुरा भनेको जस्तो गर्ने कोसिस नगरीकन यी हरेक विवरणहरूलाई यूएलटीमा जसरी देखिन्छ त्यसरी नै अनुवाद गर्नु बेस हुन्छ ।
धर्मशास्त्रले धेरैपटक परमेश्वरको महिमालाई एउटा महान्, चहकिलो ज्योतिको रूपमा बताउँछ । जब मानिसहरूले यस ज्योतिलाई देख्छन्, तिनीहरू डराउँछन् । यस अध्यायमा यूहन्नाले बताउँछन् कि येशूको महिमा चाहिँ उहाँको पुनरुत्थान हो (यूहन्ना १२:१६) ।
बाइबलले धेरैपटक अधर्मी मानिसहरू, ती मानिसहरू जसले परमेश्वरलाई खुशी बनाउने कुराहरू गर्दैनन्, तिनीहरूलाई अन्धकारमा रुमल्लिरहेको भए जसरी कुरा गर्छ । यसले ज्योतिको बारेमा त्यसरी कुरा गर्छ मानौँ यो नै त्यो चीज हो जसले ती मानिसहरूलाई धर्मी बन्न, तिनीहरूले के गल्ती गरिरहेका छन् भनेर बुझ्न र परमेश्वरको आज्ञापालन गर्न थाल्नको लागि सामर्थी बनाउँछ ।
एउटा विरोधाभासी अलङ्कार भनेको एउटा सत्य कथन हो जसले केही असम्भव कुरालाई वर्णन गर्न खोजेको देखिन्छ । १२:२५ मा एउटा विरोधाभासी अलङ्कार आउँछः “जसले आफ्नो जीवनलाई प्रेम गर्छ त्यसले सो गुमाउनेछ; तर जसले आफ्नो जीवनलाई यस संसारमा घृणा गर्छ, त्यसले सो अनन्त जीवनको लागि साँच्नेछ” तर १२:२६ मा येशूले कसैको जीवनलाई अनन्त जीवनको लागि साँच्नु भनेको के हो भनेर व्याख्या गर्नुहुन्छ । (यूहन्ना १२:२५-२६) ।
मरियमले येशूको गोडालाई तेलले अभिषेक गर्दा उहाँ बेथानियामा बेलुकीको खानामा हुनुहुन्छ ।
लेखकले यी शब्दहरूलाई नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्नको लागि प्रयोग गर्छन्
यो एउटा उपमा हो । वैकल्पिक अनुवादः “फेरि जीवित बनाउनुभएको थियो”
तपाईंले यसलाई आद्युनिक नापमा बदल्न सक्नुहुन्छ । एक “लिट्रा” भनेको एक किलोग्रामको लगभग एक तिहाई हो । अथवा तपाइंले कुनै एउटा भाँडोलाई जनाउन सक्नुहुन्छ जसले त्यति परिमाण अटाउन सकोस् । वैकल्पिक अनुवादः “एक तिहाई किलोग्रामको अत्तर” वा “एक शीशी अत्तर”
यो मिठो बास्ना आउने बिरुवा र फूलहरूबाट बनाइएको सुगन्धित तरल पदार्थ हो ।
यो नेपाल, चीन र भारतका पहाडहरूमा पाइने घण्टी आकारको गुलाफी रङको फूलबाट बनाइएको अत्तर हो ।
यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनको अत्तरको बास्नाले घर भरियो”
“पछि येशूका शत्रुहरूलाई उहाँलाई पक्रन मदत गर्ने”
यो आलङ्कारिक प्रश्न हो । तपार्इं यसलाई जोड दिने कथनको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यो अत्तर तीन सय चाँदीका सिक्कामा बेच्न सकिन्थ्यो र पैसा गरिबहरूलाई दिन सकिन्थ्यो !”
तपाईंले यसलाई सङ्ख्यामा पनि अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “३०० दिनारी”
एक दिनारिअस भनेको एउटा साधारण मजदुरले एक दिनको काममा कमाउन सक्ने चाँदीको परिमाण हो ।
यूहन्ना यहूदाले किन गरिबहरूको बारेमा प्रश्न गरेका हुन् भनी व्याख्या गर्छन् । तपार्इंको भाषामा पृष्ठभूमि जानकारी दिने तरिका छ भने त्यसलाई प्रयोग गर्नुहोस् ।
“त्यो चोर थियो । त्यसैले, त्यसले यसो भन्यो । त्यसले गरिबहरूको वास्ता गर्दैनथ्यो”
ती महिलाका कामहरूलाई अपेक्षा गरिरहेको येशूको मृत्यु र दफनको रूपमा बुझ्न सकिन्छ भनी येशू सुझाउनुहुन्छ । वैकल्पिक अनुवादः “तिनले मेरो कतिको कदर गर्छिन्, तिनलाई देखाउन देऊ । तिनले मेरो शरीरलाई यसरी दफनको लागि तयार पारेकी छिन्”
गरिब मानिसहरूलाई सहायता गर्ने अवसर सधैँ हुन्छ भनी येशूले देखाउनुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूका माझमा गरिबहरू सधैँ नै हुनेछन्, र तिमीहरूले जतिखेर चाहन्छौ, तिनीहरूलाई सहायता गर्न सक्छौ”
येशूले उहाँ मर्नुहुनेछ भन्ने आशय व्यक्त गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तर म त तिमीहरूसँग यहाँ सधैँ हुन्न”
यहाँ यो शब्दलाई मुख्य कथामा विराम देखाउन प्रयोग गरिएको छ । यहाँ यूहन्ना यरूशलेमबाट बेथानि आएका मानिसहरूको नयाँ समूहबारे बताउँछन् ।
लाजरस फेरि जीवित भएकोले धेरै यहूदीहरूले येशूमा विश्वास गरे ।
परमेश्वरका पुत्रको रूपमा धेरै यहूदी मानिसहरूले भरोसा गरिरहेका थिए । वैकल्पिक अनुवादः “तिनीहरूको भरोसा येशूमा राखिरहेका थिए”
येशू यरूशलेम प्रवेश गर्नुहुन्छ र मानिसहरूले उहाँलाई एउटा राजाको रूपमा सम्मान गर्छन् ।
लेखकले नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्नको लागि यी शब्दहरूको प्रयोग गर्छन् ।
“मानिसहरूको ठूलो भीड”
यसको अर्थ हुन्छ, “परमेश्वरले हामीलाई अब बचाउनुभएको होस् !”
यसले कुनै व्यक्तिलाई असल थोक हुन लगाउने परमेश्वरप्रतिको इच्छालाई व्यक्त गर्छ ।
यहाँ “नाउँ” प्रतिस्थापकीय शब्द हो जसको अर्थ अधिकार र शक्ति हुन्छ । वैकल्पिक अनुवादः “परमप्रभुको प्रतिनिधिको रूपमा आउँछ” वा “परमप्रभुको शक्तिमा आउँछ”
यहाँ येशूले गधा भेट्टाउनुभयो भनी यूहन्ना पृष्ठभूमि जानकारी दिन्छन् । येशू गधामा चढेर यरूशलेम जानुहुनेछ भनी उनी अङ्कित गर्छन् । वैकल्पिक अनुवादः “उहाँले एउटा गधा भेट्टाउनुभयो; यसमा बस्नुभयो अनि चढेर सहरतिर जानुभयो”
यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “अगमवक्ताहरूले धर्मशास्त्रमा जसरी लेखे”
“सियोनकी छोरी” यरूशलेमका मानिसहरूको निम्ति प्रतिस्थापन हो । वैकल्पिक अनुवादः “यरूशलेमका मानिसहरू”
यहाँ लेखक यूहन्ना चेलाहरूले पछि बुझेका कुराहरू पाठकहरूलाई जानकारी दिन केही बेर रोकिन्छन् ।
“यी कुराहरू” ले यहाँ अगमवक्ताहरूले येशूको बारेमा लेखेका वचनहरूलाई बुझाउँछ ।
यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जब परमेश्वरले येशूलाई महिमित पार्नुभयो”
“यी सबै कुराहरू” ले येशू गधा चढेर यरूशलेम जानुहुँदा मानिसहरूले गरेका कुराहरू (उहाँको प्रशंसा गरेका र खजुरका हाँगाहरू हल्लाएका) लाई जनाउँछ ।
यो शब्दलाई यहाँ मुख्य कथामा केही बेर रोकिएको देखाउन प्रयोग गरिएको छ । यहाँ यूहन्ना बताउँछन्, कि धैरै मानिसहरू येशूलाई भेट्न आए, किनकि उहाँले लाजरसलाई मृत्युबाट बिउँझाउनुभयो भनी तिनीहरूले अरूबाट सुनेका थिए ।
“तिनीहरूले अरूहरूले भनेका सुने कि उहाँले यो चिन्ह गर्नुभएको थियो”
“चिन्ह” कुनै यस्तो घटना हो जसले कुनै कुरा सत्य हो भनी प्रमाणित गर्छ । यस अवस्थामा लाजरसलाई मृत्युबाट जीवित पार्ने “चिन्ह” ले येशू नै मसीह हुनुहुन्छ भन्ने साबित गर्छ ।
यहाँ येशूलाई रोक्न असम्भव हुन सक्ने आशयलाई फरिसीहरूले देखाउँछन् । वैकल्पिक अनुवादः “यसलाई रोक्न हामीले केही गर्न सक्दैनौ जस्तो देखिन्छ !”
धेरै सङ्ख्यामा मानिसहरू येशूलाई भेट्न आएको देख्दा तिनीहरूको आश्चर्य प्रकट गर्न फरिसीहरूले अतिशयोक्ति प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “सबै यसको चेला भइरहेका छन् जस्तो देखिन्छ”
यहाँ “संसारै” संसारका मानिसहरूको प्रतिनिधित्व गर्ने
पदावली “अब केही” ले कथामा नयाँ पात्रको परिचय देखाउँछ ।
यूहन्नाले ग्रीकहरू पनि निस्तार-चाडमा परमेश्वरको आराधना गर्न गएको आशय व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “निस्तार-चाडमा परमेश्वरको आराधना गर्न गइरहेको आशय दिन्छन्”
यो गालीलको प्रदेशमा भएको एउटा सहर थियो ।
फिलिप र अन्द्रियासले उहाँलाई भेट्ने ग्रीकहरूको बिन्ती येशूलाई बताउँछन् । तपाईंले यसलाई अन्तर्निहित शब्दहरू थप्नुभएर अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले येशूलाई ग्रीकहरूले जे भनेका थिए, त्यही बताए”
येशूले फिलिप र अन्द्रियासलाई जवाफ दिन सुरु गर्नुहुन्छ ।
परमेश्वरले मानिसका पुत्रलाई आउँदो कष्ट, मृत्यु र पुनरुत्थानद्वारा सम्मान गर्ने उचित समय यही नै भएको येशूले आशय दिनुहुन्छ । वैकल्पिक अनुवादः “जब म मर्छु र फेरि जीवित हुन्छु, परमेश्वरले मलाई चाँडै सम्मान गर्नुहुनेछ”
यसलाई त्यस किसिमले अनुवाद गर्नुहोस् जसरी तपाईंको भाषाले यसपछि आउने कुराहरू महत्त्वपूर्ण र सत्य हुन् भनी जोड दिन्छ । तपार्इंले १:५१(../01/49.md) मा “साँचो, साँचो”लाई कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
यहाँ “गहुँको दाना” वा “बिउ” येशूको मृत्यु, दफन र पुनरुत्थानको निम्ति अलङ्कार हो । जसरी बिउ रोपिन्छ र बढ्छ अनि धेरै फल फलाउँछ, त्यसरी नै येशूको मृत्य, दफन र पुनरुत्थानपछि धेरै मानिसहरूले भरोसा गर्नेछन्”
यहाँ “आफ्नो जीवनलाई प्रेम गर्छ” भनेको अरूको जीवनभन्दा आफ्नो भौतिक जीवनलाई बढी मूल्यवान् ठान्छ भनेको हो । वैकल्पिक अनुवादः “जसले आफ्नो जीवनलाई अरूको भन्दा बढी मूल्यवान् ठान्छ, त्यसले अनन्त जीवन पाउनेछैन”
यहाँ “आफ्नो जीवनलाई घृणा गर्छ” भन्नाले अरूको जीवनलाई भन्दा आफ्नो जीवनलाई कम प्रेम गर्ने भनेको हो । वैकल्पिक अनुवादः “जसले अरूको जीवनलाई आफ्नोभन्दा बढी महत्त्वपूर्ण ठान्छ त्यो परमेश्वरसँग सदासर्वदा रहनेछ”
येशूले उहाँसँग सेवा गर्नेहरू उहाँसँगै स्वर्गमा हुनेछन् भन्ने अर्थ दिनुहुन्छ । वैकल्पिक अनुवादः “जब म स्वर्गमा हुन्छु, मेरो सेवक पनि मसँगै त्यहाँ हुनेछ”
यहाँ “पिता” परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
यो कथन आलङ्कारिक प्रश्नको स्वरूपमा देखा पर्छ । येशूले क्रुसको मृत्यु वरण गर्न नचाहनुभए तापनि उहाँ परमेश्वरप्रति आज्ञाकारी हुने र मारिने रोजाइ गर्नुहुन्छ । वैकल्पिक अनुवादः “हे पिता, मलाई यो घडीबाट बचाउनुहोस् भनेर म प्रार्थना गर्दिनँ”
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
यहाँ “यो घडी” येशूले क्रुसमा कष्ट भोग्नुहुने र मर्नुहुने समयको निम्ति प्रतिस्थापकीय पदावली हो ।
यहाँ “नाउँ” शब्द परमेश्वरलाई जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “तपार्इंको महिमा ज्ञात गराउनुहोस्” वा “तपार्इंको महिमा प्रकट गर्नुहोस्”
यसले परमेश्वरको आवाजलाई जनाउँछ । कहिलेकाहीँ मानिसहरूले परमेश्वरलाई सीधै जनाउँदैनन् किनभने तिनीहरूले उहाँलाई सम्मान गर्छन् । वैकल्पिक अनुवादः “परमेश्वर स्वर्गबाट बोल्नुभयो”
येशूले स्वर्गबाट आएको आवाजको व्याख्या गर्नुहुन्छ ।
यहाँ “संसार” संसारका मानिसहरूका निम्त प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “अब परमेश्वरले सबै मानिसहरूको न्याय गर्नुहुने समय हो”
यहाँ “शासक” ले शैतानलाई जनाउँछ । तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “मैले यस संसारमा शासन गर्ने शैतानको शक्तिलाई नष्ट गर्ने समय अहिले नै हो”
पद ३३ ले येशूले “उचालिने” बारेमा भन्नुभएको कुराको पृष्ठभूमि जानकारी दिन्छ ।
यहाँ येशूले उहाँलाई क्रुसमा टाँग्ने कुरालाई जनाउनुहुन्छ । तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जब मानिसहरूले मलाई क्रुसमा टाँग्छन्”
येशूले उहाँको क्रुसको मृत्युद्वारा सबैको निम्ति उहाँलाई भरोसा गर्ने मार्ग प्रदान गर्नुहुन्छ ।
यूहन्नाले येशूका वचनहरूलाई मानिसहरूले उहाँलाई क्रुसमा टाँग्नेछन् भनी व्याख्या गर्छन् । वैकल्पिक अनुवादः “उहाँ कसरी मर्नुहुनेछ भनी मानिसहरूलाई जान्न दिन उहाँले यो भन्नुभयो”
“उचालिनुपर्छ” भनेको क्रुसारोहण हो । तपार्इंले परोक्ष राखिएका शब्दहरू “क्रुसमाथि” लाई समावेश गर्ने तरिकाले अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “मानिसका पुत्र क्रुसमाथि उचालिनेछन्”
सम्भावित अर्थहरूः (१) “मानिसका पुत्रको चिनारी के हो ?” वा (२) “तिमीले कस्तो मानिसका पुत्रको कुरा गरेको ?”
यहाँ “ज्योति” परमेश्वरको सत्यता प्रकट गर्ने येशूको शिक्षाको निम्ति अलङ्कार हो । “अन्धकारमा हिँड्नु” भनेको परमेश्वरको सत्यताविना जिउनुको अलङ्कार हो । वैकल्पिक अनुवादः “मेरा वचनहरू परमेश्वरले चाहनुभएअनुसार कसरी जिउने भनी तिमीहरूलाई बुझ्न सहायता गर्ने ज्योतिजस्ता छन् । म अब धेरै बेर तिमीहरूसँग रहनेछैनँ । म तिमीहरूसँग हुँदा तिमीहरूले मेरा शिक्षाहरू अनुसरण गर्नुपर्छ । यदि तिमीहरूले मेरा वचनहरू इन्कार गर्यौ भने, यो अन्धकारमा हिँडिरहनुजस्तो हो र तिमीहरू कहाँ जाँदै छौ, देख्न सक्दैनौ”
“ज्योति” येशूको शिक्षाको निम्ति अलङ्कार हो जसले परमेश्वरको सत्यता प्रकट गर्छ । “ज्योतिका सन्तानहरू” येशूको सन्देश स्वीकार गर्ने र परमेश्वरको सत्यताअनुसार जिउनेको निम्ति अलङ्कार हो । वैकल्पिक अनुवादः “म तिमीहरूसँग हुँदा नै मेरा वचनहरू स्वीकार गर, ताकि परमेश्वरको सत्यता तिमीहरूमा रहोस्”
यशैया अगमवक्ताले बोलेका अगमवाणी पूरा भएको विषयबारे व्याख्या गर्न यूहन्नाले मुख्य कथामा यो छोटो विश्राम लिन्छन् ।
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यशैया अगमवक्ताको सन्देश पूरा हुनको लागि”
मानिसहरूले तिनको सन्देश विश्वास गर्दैनन् भन्नेप्रति अगमवक्ताको नैराश्यता व्यक्त गर्न यो दुई आलङ्कारिक प्रश्नको रूपमा आउँछ । तिनीहरूलाई एउटा आलङ्कारिक प्रश्नको रूपमा बताउन सकिन्छ । वैकल्पिक अनुवादः “प्रभु, तपार्इं तिनीहरूलाई शक्तिसाथ बचाउन सक्षम हुनुहुन्छ भनी तिनीहरूले देखे तापनि हाम्रो सन्देश विरलैले विश्वास गरेका छन्”
यो परमप्रभुले शक्तिका साथ छुटकारा दिनुहुने परमप्रभुको क्षमतालाई जनाउने प्रतिस्थापकीय शब्द हो ।
यहाँ “हृदयहरू” कुनै व्यक्तिको मनको लागि प्रतिस्थापन हो । “तिनीहरूका हृदयहरू कठोर पारे” भन्ने पदावली कोही हठी भयो भन्नको लागि अलङ्कार हो । साथै, “तिनीहरूका हृदयहरूले बुझे” भन्नुको अर्थ “साँचो रूपले बुझ्नु” हो । वैकल्पिक अनुवादः “उहाँले तिनीहरूलाई हठी तुल्याउनुभयो ... साँचो रूपले बुझ्नलाई”
यहाँ “फर्कनु” भनेको पश्चात्ताप गर्नुको लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “र तिनीहरूले पश्चात्ताप गर्ने थिए”
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “ताकि मानिसहरूले तिनीहरूलाई सभाघरमा जान नरोकून्”
“तिनीहरूले परमेश्वरले भन्दा मानिसहरूले बढी प्रशंसा गरेको चाहे”
अब यूहन्ना मुख्य कथातिर फर्कन्छन् । येशू फेरि भीडसँग बोल्न थाल्नुहुन्छ ।
यहाँ यूहन्नाले येशूले बोल्नुभएको सुन्न मानिसहरूको भीड भेला भएका थिए भन्ने आशय दिन्छन् । वैकल्पिक अनुवादः “येशू जम्मा भएको भीडसँग ठुलो सोरमा बोल्नुभयो”
यहाँ “उहाँलाई” शब्दले परमेश्वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “जसले मलाई देख्छ त्यसले मलाई पठाउनुहुने परमेश्वरलाई देख्छ”
येशूले भीडसँगको कुराकानीलाई जारी राख्नुहुन्छ ।
यहाँ “ज्योति” येशूको उदाहरणको निम्ति अलङ्कार हो । वैकल्पिक अनुवादः “म सत्यता देखाउन आएको छु”
यहाँ “अन्धकार” परमेश्वरको सत्यतालाई बेवास्ता गरेर जिउने जीवन हो । वैकल्पिक अनुवादः “आत्मिक रूपमा निरन्तर अन्धो नरहोस्”
यहाँ “संसार” संसारका मानिसहरूका निम्ति प्रतिस्थापकीय शब्द हो ।
यहाँ “संसारको न्याय गर्नु” ले दण्डाज्ञाको आशय दिन्छ । येशू मानिसहरूलाई दण्ड दिन आउनुभएन । वैकल्पिक अनुवादः यदि कसैले मेरो शिक्षा सुन्छ र यसलाई इन्कार गर्छ भने, म त्यसलाई दण्ड दिन्नँ । म मानिसहरूलाई दण्ड दिन आएको होइन । बरु ममा विश्वास गर्नेहरूलाई बचाउन आएको हुँ”
“परमेश्वरले मानिसहरूको पापको न्याय गर्नुहुने समयमा”
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
“म जान्दछु, कि उहाँले मलाई बोल्न आज्ञा गर्नुभएका वचनहरू सदाको निम्ति जीवन दिने वचनहरू हुन्”
1 अब निस्तार-चाडअगि येशू जान्नुहुन्थ्यो, कि उहाँ यस संसारबाट पिताकहाँ जाने उहाँको समय आएको थियो, यस संसारमा भएका उहाँका आफ्नाहरूलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त्यसम्मै प्रेम गर्नुभयो । 2 अहिले दियाबलसले सिमोनको छोरा यहूदा इस्करियोतको हृदयमा येशूलाई विश्वासघात गर्ने कुरा अगि नै हालिदिएको थियो । 3 येशूले जान्नुहुन्थ्यो, कि पिताले सबै थोक उहाँको हातमा दिनुभएको थियो, उहाँ पिताबाट नै आउनुभएको थियो र फेरि परमेश्वरकहाँ नै फर्केर जाँदै हुनुहुन्थ्यो । 4 उहाँ बेलुकीको खाना खाएर उठ्नुभयो र उहाँको बाहिरी वस्त्र फुकाल्नुभयो । त्यसपछि उहाँले एउटा तौलिया लिनुभयो, र आफ्नो कम्मरमा बेर्नुभयो । 5 त्यसपछि उहाँले बाटामा पानी हाल्नुभयो र चेलाहरूका गोडा धुन थाल्नुभयो, अनि उहाँको कम्मरमा बेर्नुभएको तौलियाले तिनीहरूका गोडा पुछ्नुभयो । 6 उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, र पत्रुसले उहाँलाई भने, “प्रभु, के तपाईं मेरा गोडा धुँदै हुनुहुन्छ ?” 7 येशूले जवाफ दिनुभयो, र तिनलाई भन्नुभयो, “म के गरिरहको छु, तिमी अहिले यसलाई बुझ्दैनौ, तर तिमीले यो पछि बुझ्नेछौ ।” 8 पत्रुसले उहाँलाई भने, “तपाईंले मेरा गोडा कहिल्यै पनि धुनुहुनेछैन ।” येशूले तिनलाई जवाफ दिनुभयो, “यदि मैले तिमीलाई धोइनँ भने तिम्रो मसित केही हिस्सा हुनेछैन ।” 9 सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, मेरा गोडा मात्र होइन, मेरा शिर र हातहरू पनि धोइदिनुहोस् ।” 10 येशूले तिनलाई भन्नुभयो, “जो नुहाएको छ, त्यसका गोडाबाहेक अरू केही धुनुपर्दैन र त्यो पूर्ण रूपमा शुद्ध हुन्छ; तिमी शुद्ध छौ, तर तिमीहरू सबै जना नै त छैनौ ।” 11 (किनकि कसले उहाँलाई विश्वासघात गर्थ्यो भन्ने येशूलाई थाहा थियो, त्यसैले उहाँले भन्नुभयो, “तिमीहरू सबै जना त शुद्ध छैनौ ।” ) 12 त्यसैले, जब येशूले तिनीहरूका गोडा धुनुभयो र उनीहरूका लुगा लगाउनुभयो, र फेरि बस्नुभयो, उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले तिमीहरूका निम्ति के गरेको छु भन्ने के तिमीहरू जान्दछौ ?” 13 तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ र तिमीहरू ठिकै बोलिरहेका छौ, किनकि म त्यही हुँ । 14 तब म गुरु र प्रभुले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक अर्काको गोडा धुनुपर्छ । 15 किनकि मैले यो तिमीहरूलाई एउटा उदाहरण दिएको हुँ, ताकि तिमीहरूले पनि मैले तिमीहरूका निम्ति गरेजस्तै गर्न सक । 16 साँचो, साँचो म तिमीहरूलाई भन्दछु, नोकर आफ्नो मालिकभन्दा ठुलो हुँदैन न त समाचारवाहक त्यसलाई पठाउनेभन्दा ठुलो हुन्छ । 17 यदि तिमीहरूले यी कुराहरू जान्यौ, र ती गर्यौ भने तिमीहरू धन्यका हुनेछौ । 18 म तिमीहरू सबै जनाको बारेमा बोलिरहेको छैनँ; मैले जसलाई छानेको छु म तिनीहरूलाई चिन्छु, तर यो यसैले हो, कि धर्मशास्त्र पुरा होस्ः जसले मेरो रोटी खायो, त्यसले नै ममाथि लात उठायो । 19 म यो घटनअगि नै तिमीहरूलाई भन्छु, ताकि जब यो घटन आउँछ, म उही हुँ भनी तिमीहरूले विश्वास गर्न सक । 20 म साँचो, साँचो तिमीहरूलाई भन्दछु, जसले मैले जसलाई पठाउँछु त्यसलाई ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्दछ, र जसले मलाई ग्रहण गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ । 21 जब येशूले यो भन्नुभयो, उहाँ आत्मामा विचलित हुनुभयो, उहाँले गवाही दिनुभयो, र भन्नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई विश्वासघात गर्नेछ ।” 22 उहाँले कसको बारेमा कुरा गर्दै हुनुहुन्छ भनेर छक्क पर्दै चेलाहरूले एक आपसमा हेराहेर गर्न थाले । 23 उहाँका चेलाहरूमध्ये एक जना जसलाई येशूले प्रेम गर्नुहुन्थ्यो तिनी टेबलमा येशूको छातीमा अडेस लगेर ढल्किरहेका थिए । 24 यसकारण सिमोन पत्रुसले यो चेलालाई इसारा गरेर भने, “उहाँले हामीमध्ये कसको बारेमा भन्दै हुनुहुन्छ, हामीलाई भन ।” 25 त्यसैले, तिनी येशूको छातीमा ढल्किएर बसे, र उहाँलाई भने, “प्रभु, यो को हो ?” 26 त्यसपछि येशूले जवाफ दिनुभयो, “त्यो त्यही हो, जसलाई म यो रोटीको टुक्रा चोपेर दिन्छु ।” त्यसपछि उहाँले रोटीको टुक्रा चोप्नुभयो र सिमोनको छोरा यहूदालाई दिनुभयो । 27 र रोटी दिइसक्नुभएपछि शैतान त्यसभित्र पस्यो । त्यसैले, येशूले त्यसलाई भन्नुभयो, “तिमीले जे गरिरहेका छौ, सो छिटो गरी हाल ।” 28 अब उहाँले त्यसलाई किन यसो भन्नुभएको भन्ने त्यहाँ टेबलमा ढल्किरहेका कसैलाई पनि थाहा भएन । 29 केहीले यहूदासँग पैसाको थैलो भएको हुनाले येशूले त्यसलाई, “चाडको निम्ति हामीलाई आवश्यक पर्ने सामानहरू किन” वा त्यसले गरिबहरूलाई दिनुपर्छ भन्नुभएको होला भन्ने सोचे । 30 जब यहूदाले रोटी खायो, त्यो तुरुन्तै त्यहाँबाट हिँडी हाल्यो । यो रातको समय थियो । 31 जब यहूदा त्यहाँबाट गयो, येशूले भन्नुभयो, “मानिसका पुत्रलाई महिमित तुल्याइन्छ, र उसमा परमेश्वरलाई महिमित तुल्याइन्छ । 32 परमेश्वरले आफैँमा उसलाई महिमित पार्नुहुनेछ र उहाँले उसलाई तुरुन्तै महिमित तुल्याउनुहुनेछ । 33 साना बालकहरू हो, म तिमीहरूसँग अझ केही समयसम्म हुनेछु । मैले यहूदीहरूलाई भनेझैँ, अहिले म तिमीहरूलाई यो पनि भन्छु, तिमीहरूले मलाई खोज्नेछौ, ‘जहाँ म गइरहेको छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।’ 34 म तिमीहरूलाई नयाँ आज्ञा दिइरहेको छु, कि तिमीहरू एकले अर्कोलाई प्रेम गर्नुपर्छ, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु । त्यसैले पनि तिमीहरू एकले अर्कालाई प्रेम गर्नुपर्छ । 35 यदि तिमीहरूले एकले अर्कालाई प्रेम गर्यौ भने यसैद्वारा तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले जान्नेछन् । 36 सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ ?” येशूले जवाफ दिनुभयो, “म जहाँ जाँदै छु, तिमी अहिले पछ्याउन सक्दैनौ, तर तिमीले पछि पछ्याउनेछौ ।” 37 पत्रुसले उहाँलाई भने, “प्रभु, मैले तपाईंलाई अहिले नै किन पछ्याउन सक्दिनँ ? म तपाईंको लागि मेरो ज्यान पनि दिनेछु ।” 38 येशूले जवाफ दिनुभयो, “के तिमीले मेरो निम्ति आफ्नो ज्यान नै दिनेछौ त ? साँचो, साँचो म तिमीलाई भन्दछु, कि तिमीले मलाई तिन पल्ट इन्कार गरेपछि मात्र भाले बास्नेछ ।”
यस अध्यायमा भएका घटनाहरूलाई सामान्यतया अन्तिम भोज वा प्रभुको भोज भनेर जनाइन्छ । यो निस्तार चाडले धेरै किसिमले परमेश्वरको थुमाको रूपमा येशूको बलिदानसँग समानान्तर तुलना गर्छ ।
प्राचीन समयको मध्यपूर्व क्षेत्रमा भएका मानिसहरूले खुट्टा धेरै फोहोरी हुन्छन् भनी सोच्थे । केवल नोकरहरूले मात्र मानिसहरूका खुट्टाहरू धुने काम गर्थे । चेलाहरूले येशूले तिनीहरूका खुट्टाहरू धुनुभएको चाहेनन् किनभने तिनीहरूले उहाँलाई तिनीहरूका मालिक सम्झन्थे र आफूहरूलाई उहाँको सेवकहरू सम्झन्थे, तर उहाँले तिनीहरूलाई देखाउन चाहनुहुन्थ्यो कि तिनीहरूले एक अर्काको सेवा गर्न आवश्यक थियो ।
यूहन्नाले यी शब्दहरू येशूले यस पुस्तकमा चार पटक, यस अध्यायमा तीन पटक भन्नुभएको कुराको अभिलेख राखेका छन् । तिनीहरू एउटा पूर्ण वाक्यको रूपमा रहन्छन्, र “म हुँ”को लागि हिब्रू शब्दको अक्षरश अनुवाद गर्छन्, जसद्वारा यहवेले आफैँलाई मोशाकहाँ परिचित गराउनुभयो । यी कारणहरूको लागि, धैरै मानिसहरूले विश्वास गर्छन् कि जब येशूले यी शब्दहरू भन्नुभयो उहाँले आफू यहवे हुनुभएको दाबी गरिरहनुभएको थियो ।
येशूले आफैँलाई यस अध्यायमा “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ अनि
निस्तार-चाड अझै आइसकेको छैन र येशू अन्तिम भोजको निम्ति उहाँका चेलाहरूसँगै हुनुहुन्छ । यी पदहरूले कथाको परिस्थिति बताउँछन् अनि येशू र यहूदाको बारेमा पृष्ठभूमि जानकारी दिन्छन् ।
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
यस किसिमको प्रेम परमेश्वरबाट आउँछ, र आफैँलाई कुनै लाभ नभए पनि अरूको भलाइमा केन्द्रित हुन्छ । यस किसिमको प्रेमले तिनीहरूले जे गरे पनि अरूको वास्ता गर्छ ।
“हृदयमा हालिदिएको थियो” भन्ने पदावली एउटा टुक्का हो जसको अर्थ कसैलाई कुनै थोकबारे सोच्ने तुल्याउनु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “दियाबलसले सिमोनका छोरा यहूदा इस्करियोतलाई अगि नै येशूलाई विश्वासघात गर्नेबारे सोच्ने तुल्यायो”
पद ३ ले येशूले के जान्नुहुन्थ्यो भन्ने बारेमा पृष्ठभूमि जानकारीलाई जारी राख्छ । कथामा कामचाहिँ पद ४ बाट सुरु हुन्छ ।
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
यहाँ “उहाँको हातमा” शक्ति र अधिकारको निम्ति प्रतिस्थापकीय पदावली हो । वैकल्पिक अनुवादः “सबै थोकमाथि उहाँलाई पूर्ण शक्ति र अधिकार दिनुभएको थियो”
येशू सदैव पितासँग नै रहनुभएको थियो, र पृथ्वीमा उहाँको काम सिद्धिएपछि उहाँ त्यहीँ नै फर्कनुहुनेछ ।
त्यो क्षेत्र धुलैधुलो भएकोले बेलुकीको खाना दिनेले त्यसका पाहुनाहरूका गोडा धुनलाई नोकर उपलब्ध गर्ने प्रचलन थियो । येशूले उहाँको बाहिरी वस्त्र फुकाल्नुभयो ताकि उहाँ एक सेवक झैँ देखिनुभएको होस् ।
त्यो क्षेत्र धुलैधुलो भएकोले बेलुकीको खाना दिनेले त्यसका पाहुनाहरूका गोडा धुनलाई नोकर उपलब्ध गर्ने प्रचलन थियो । येशूले चेलाहरूका खुट्टाहरू धुनुभएर नोकरको काम गर्नुभयो ।
पत्रुसको प्रश्नले देखाउँछ कि तिनी येशूलाई गोडा धुन दिन तत्पर थिएनन् । वैकल्पिक अनुवादः “प्रभु, म पापीका गोडा धुन तपार्इंको लागि उचित छैन !”
यहाँ येशूले पत्रुसलाई तिनका गोडा धुन दिनलाई मनाउन युगल अकरण प्रयोग गर्नुहुन्छ । यदि पत्रुस निरन्तर चेला भएर रहन चाहन्छन् भने, तिनले उहाँलाई गोडा धुन दिनुपर्छ भन्ने आशय दिनुहुन्छ । वैकल्पिक अनुवादः “यदि मैले तिमीलाई धोएँ भने, तिमी सदैव मेरा हुनेछौ”
येशूले उहाँका सबै चेलाहरूलाई जनाउन “तिमीहरू” शब्दको प्रयोग गर्नहुन्छ ।
येशूले सिमोन पत्रुससँगको कुराकानीलाई जारी राख्नुहुन्छ ।
यहाँ “नुहाएको” एउटा अलङ्कार हो, जसको अर्थ परमेश्वरले आत्मिक रूपमा शुद्ध पार्नुभएको भन्ने हुन्छ । वैकल्पिक अनुवादः यदि कसैले परमेश्वरको क्षमा पाइसकेको छ भने, अब त्यसलाई त्यसका दैनिक पापहरूबाटको शुद्धिकरण मात्र आवश्यक पर्छ”
येशूलाई विश्वासघात गर्ने यहूदाले उहाँलाई भरोसा गरेको थिएन भन्ने आशय उहाँले दिनुहुन्छ । यसकारण, परमेश्वरले त्यसका पापहरू क्षमा गर्नुभएको छैन । वैकल्पिक अनुवादः “तिमीहरू सबैले परमेश्वरबाट क्षमा पाएका छैनौ”
येशूले उहाँका चेलाहरूलाई सिकाउनुभएको कुरालाई जोड दिन सकियोस् भनी यो कथन प्रश्नको रूपमा आउँछ । वैकल्पिक अनुवादः “मैले तिमीहरूलाई गरेको कुरा तिमीहरूले बुझ्नुपर्छ”
यहाँ येशूले उहाँका चेलाहरूले उहाँलाई धेरै आदर गर्छन् भन्ने आशय दिनुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले मलाई ‘गुरु’ र ‘प्रभु’ भन्दा तिमीहरूले मलाई धेरै आदर गरेको देखाउँछौ”
येशूले उहाँका चेलाहरूले उहाँको उदाहरण अनुसरण गरी एक अर्काको सेवा गर्न तत्पर हुनुपर्छ भन्ने आशय दिनुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले पनि नम्रतासाथ एकले अर्कोको सेवा गर्नुपर्छ”
येशू आफ्ना चेलाहरूसँगको कुराकानीलाई जारी राख्नुहुन्छ ।
१:५१(../01/49.md) मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
जो अझ बढी महत्त्वपूर्ण छ र अझ शक्तिशाली छ, अथवा जोसँग अझ सहज जीवन छ वा बढी आनन्ददायक जीवन छ
यहाँ “धन्यका” को अर्थ कुनै व्यक्तिको निम्ति असल वा लाभदायक कुरा गराउनु हो । यसलाई कर्तृवाच्यको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ”
यसलाई कर्तृवाच्यको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यो धर्मशास्त्र पूरा हुनको लागि हो”
यहाँ “मेरो रोटी खायो” ले कोही साथी भएको बहाना गर्नेलाई जनाउने टुक्का हो । “त्यसको लात उठायो” पनि टुक्का हो जसको अर्थ कोही शत्रु बनेको व्यक्ति भन्ने हुन्छ । तपार्इंको भाषामा यो अर्थ भएको टुक्का छ भने त्यसलाई प्रयोग गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जो मेरो साथी बनी टोपलेको छ त्यही शत्रु भएको छ”
“के हुन गइरहेको छ सो घट्न अगि नै म तिमीहरूलाई बताइरहेको छु”
सम्भावित अर्थहरू हुन् १) येशूले आफैँलाई यहवेको रूपमा परिचित गराउँदै हुनुहुन्छ, जसले आफैँलाई मोशाकहाँ “म हुँ” भनेर परिचित गराउनुभयो वा २) येशूले भन्दैहुनुहुन्छ, “मैले म जो हुँ भनेको थिएँ म उही हुँ”
तपाईंले यसलाई यूहन्ना १:५१ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
चिन्तित हुनुभयो, अशान्त हुनुभयो
तपाईंले यसलाई यूहन्ना १:५१ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
“चेलाहरूले एकले अर्कालाई हेरेर छक्क परेः येशूलाई कसले विश्वासघात गर्ला त ?”
यसले यूहन्नालाई जनाउँछ ।
ख्रीष्टको समयमा यहूदीहरूले ग्रीकहरूकै शैलीमा सँगसँगै खाना खान्थे जसमा तिनीहरू होचो ठाउँमा एकापट्टि ढल्किएर बस्थे ।
ग्रीक शैलीमा खाना खाँदा कसैको टाउको अर्काको छातीमा अडाएर ढल्केर बस्नुलाई त्यससँग अति घनिष्ठ मित्रता भएको ठानिन्थ्यो ।
यस किसिमको प्रेम परमेश्वरबाट आउँछ, र आफैँलाई कुनै लाभ नभए पनि अरूको भलाइमा केन्द्रित हुन्छ । यस किसिमको प्रेमले तिनीहरूले जे गरे पनि अरूको वास्ता गर्छ ।
यसले यहूदा करियोत गाउँका थिए भन्ने देखाउँछ ।
“यहूदाले लियो” भन्ने शब्दहरू सन्दर्भबाट बुझिएको छ । वैकल्पिक अनुवादः “यहूदाले रोटी खाने बित्तिकै”
यो शैतानले यहूदालाई पूर्ण नियन्त्रणमा लियो भनी जनाउने टुक्का हो । वैकल्पिक अनुवादः “शैतानले नियन्त्रणमा लियो” वा “शैतानले त्यसलाई आज्ञा दिन थाल्यो”
यहाँ येशू यहूदासँग बोल्दै हुनुहुन्छ ।
“तिमीले जे गर्ने योजना गरिरहेका छौ, छिटो गरी हाल !”
तपार्इंले यसलाई प्रत्यक्ष कथनमा अनुवाद गर्न सक्नुहुन्छः “जाऊ, र गरिबहरूलाई केही पैसा देऊ”
यूहन्नाले यहाँ यहूदाले त्यसको दुष्ट वा “अँध्यारो” काम रातको अन्धकारमा गर्नेछ भन्ने तथ्यप्रति ध्यान खिँच्न चाहेको जस्तो देखिन्छ । वैकल्पिक अनुवादः “त्यो रातको अन्धकारको समयमा तुरुन्तै गयो”
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “अब मानिसका पुत्रले कसरी सम्मान पाउनुहुनेछ, र मानिसका पुत्रले जे गरिरहेको छ त्यसद्वारा परमेश्वरले कसरी सम्मान पाउनुहुनेछ, मानिसहरूले देख्न लागेका छन्”
यहाँ “उसलाई” ले मानिसको पुत्रलाई जनाउँछ । “आफैँ” निजवाचक सर्वनामले परमेश्वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वर आफैँले मानिसका पुत्रलाई तत्काल सम्मान दिनुहुनेछ”
येशूले चेलाहरूलाई आफ्नै छोराछोरीहरूलाई झैँ प्रेम गर्नुहुन्छ भनी दर्शाउन “साना बालकहरू” भन्ने पदावलीको प्रयोग गर्नुहुन्छ ।
यहाँ “यहूदीहरू” येशूलाई विरोध गर्ने यहूदी अगुवाहरूलाई जनाउने रूपक हो । वैकल्पिक अनुवादः “मैले यहूदी अगुवाहरूलाई भनेजस्तै”
येशूले उहाँका चेलाहरूसँगको कुराकानीलाई जारी राख्नुहुन्छ ।
यस किसिमको प्रेम परमेश्वरबाट आउँछ, र आफैँलाई कुनै लाभ नभए पनि अरूको भलाइमा केन्द्रित हुन्छ । यस किसिमको प्रेमले तिनीहरूले जे गरे पनि अरूको वास्ता गर्छ ।
तपाईले यो अतिशयोक्ति चेलाहरूले एक अर्कालाई कति प्रेम गर्छन् भनी देख्ने मानिसहरूलाई मात्र जनाउँछ भन्ने स्पष्ट पार्नुपर्ने हुनसक्छ ।
“मेरो जीवन नै दिनेछु” वा “मर्छु”
येशूको भनाइमा जोड दिन यो कथन प्रश्नको रूपमा आउँछ । वैकल्पिक अनुवादः “तिमी मेरो निम्ति मर्छु भन्छौ, तर सत्यचाहिँ यही हो तिमी मर्नेछैनौ !”
“भाले बास्नअगि नै तिमीले मलाई चिन्दिनँ भनी तीन पटक भन्नेछौ”
1 “तिमीहरूको हृदय विचलित नहोस् । तिमीहरूले परमेश्वरमा विश्वास गर्छौ, ममा पनि विश्वास गर । 2 मेरा पिताको घरमा बस्ने धेरै कोठाहरू छन् । यदि त्यसो नहुँदो हो त, मैले तिमीहरूलाई भन्ने थिएँ त, किनकि म तिमीहरूका लागि ठाउँ तयार पार्न गइरहेको छु । 3 म जान्छु, र तिमीहरूका लागि ठाउँ तयार पार्छु भने, म फेरि आउनेछु र म आफैँसँग लानेछु, ताकि जहाँ म हुन्छु तिमीहरू पनि त्यहाँ हुनेछौ । 4 तिमीहरूले म जहाँ गइरहेको त्यो बाटो चिन्छौ ।” 5 थोमाले येशूलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ, हामी जान्दैनौँ; हामीले बाटो कसरी चिन्ने ?” 6 येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन मै नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन । 7 यदि तिमीहरूले मलाई चिनेका भए, तिमीहरूले मेरा पितालाई पनि चिन्ने थियौ । अबदेखि उसो तिमीहरूले उहाँलाई चिनेका छौ र उहाँलाई देखेका छौ ।” 8 फिलिपले येशूलाई भने, “प्रभु, हामीलाई पिता देखाउनुहोस्, त्यो नै हामीलाई पर्याप्त हुनेछ ।” 9 येशूले तिनलाई भन्नुभयो, “म तिमीहरूसँग यति लामो समयसम्म रहेको छु, र पनि फिलिप, अझै तिमी मलाई चिन्दैनौ ? जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ । तिमीहरू कसरी ‘हामीलाई पिता देखाउनुहोस्’ भन्न सक्छौ ?” 10 म पितामा छु र पिता ममा हुनुहुन्छ भनी के तिमीहरू विश्वास गर्दैनौ ? मैले तिमीहरूलाई बोलेका वचनहरू, म आफ्नै अधिकारले बोल्दिनँ । योचाहिँ ममा रहनुहुने पिता नै हुनुहुछ जसले आफ्नो काम गरिरहनुभएको छ । 11 म पितामा छु, र पिता ममा हुनुहुन्छ भन्ने विश्वास गर; नत्र कामहरूकै खातिर पनि विश्वास गर । 12 साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्वास गर्छ त्यसले मैले गर्ने कामहरू पनि गर्नेछ र त्यसले यीभन्दा पनि ठुल्ठुला कामहरू गर्नेछ, किनकि म पिताकहाँ गइरहेको छु । 13 तिमीहरूले मेरो नाउँमा जे माग्छौ, सो म गर्नेछु, ताकि पुत्रमा पिता महिमित हुनुभएको होस् । 14 यदि तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यौ भने सो म गर्नेछु । 15 यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नेछौ । 16 अनि म पितासँग प्रार्थना गर्नेछु, अनि उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, ताकि उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ, जो 17 सत्यका आत्मा हुनुहुन्छ । संसारले उहाँलाई ग्रहण गर्न सक्दैन, किनकि यसले उहाँलाई देख्दैन वा उहाँलाई चिन्दैन । तर तिमीहरू उहाँलाई चिन्दछौ, किनकि उहाँ तिमीहरूसँग रहनुहुन्छ र तिमीहरूमा हुनुहुनेछ । 18 म तिमीहरूलाई एकलै छोड्नेछैनँ; म तिमीहरूकहाँ फर्की आउनेछु । 19 तैपनि केही समय मात्र हो, अनि संसारले मलाई देख्नेछैन, तर तिमीहरू मलाई देख्छौ । किनकि म जिउँछु, तिमीहरू पनि जिउनेछौ । 20 त्यस दिन तिमीहरूले म पितामा छु, अनि तिमीहरू ममा छौ र म तिमीहरूमा छु भनी जान्नेछौ । 21 जोसँग मेरा आज्ञाहरू छन् र तिनलाई पालन गर्छन्, मलाई प्रेम गर्ने त्यही हो, अनि जसले मलाई प्रेम गर्छ त्यसलाई मेरा पिताद्वारा प्रेम गरिनेछ, र म त्यसलाई प्रेम गर्नेछु र म आफैँ त्यसकहाँ देखा पर्छु ।” 22 यहूदाले (स्करियोत होइन) येशूलाई भने, “प्रभु, किन यस्तो, हामीकहाँ चाहिँ तपाईं आफैँ देखा पर्नुहुन्छ र संसारकहाँ चाहिँ देखा पर्नुहुन्न ?” 23 येशूले तिनलाई जवाफ दिनुभयो, र भन्नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, त्यसले मरो वचन पालन गर्नेछ । मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, अनि हामी त्यसकहाँ आउनेछौँ र त्यससँग हामी हाम्रो बासस्थान बनाउनेछौँ ।” 24 जसले मलाई प्रेम गर्दैन, त्यसले मेरो वचन पालन गर्दैन । तिमीहरूले सुनेका वचन मबाट आएको होइन, तर पिताबाट आएको हो जसले मलाई पठाउनुभयो । 25 म तिमीहरूसँग रहिरहँदा नै मैले तिमीहरूलाई यी कुराहरू भनेको छु । 26 तापनि सल्लाहकार अर्थात् पवित्र आत्मा जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ । 27 म तिमीहरूसँग शान्ति छोड्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु । संसारले जसरी दिन्छ त्यसरी म यो तिमीहरूलाई दिन्नँ । तिमीहरूको हृदय विचलित नहोस्, र भयभीत नहोस् । 28 मैले तिमीहरूलाई भनेको सुनेका छौ, “म गइरहेछु, अनि म तिमीहरूकहाँ फेरि आउनेछु ।” यदि तिमीहरूले मलाई प्रेम गरेका भए, तिमीहरू खुसी हुनेथियौ, किनकि म पिताकहाँ गइरहेको छु, किनकि पिता मभन्दा महान् हुनुहुन्छ । 29 अहिले मैले तिमीहरूलाई यो हुन अगाडि नै बताएको छु, ताकि जब यो हुन आउँछ तिमीहरूले विश्वास गर्न सक । 30 म तिमीहरूसँग धेरै बोल्दिनँ, किनकि यस संसारको शासक आउँदै छ । त्यसको ममाथि केही शक्ति छैन, 31 तर म पितालाई प्रेम गर्छु भन्ने संसारले जानोस् भनेर पिताले मलाई जस्तो आज्ञा गर्नुभएको छ म त्यसै गर्छु । उठौँ, र यहाँबाट जाऔँ ।”
येशूले मन्दिरको बारेमा होइन, तर स्वर्गको बारेमा कुरा गर्न यी शब्दहरूको प्रयोग गर्नुभयो, जहाँ परमेश्वर बस्नुहुन्छ ।
येशूले उहाँका चेलाहरूलाई भन्नुभयो कि उहाँले तिनीहरूलाई पवित्र आत्मा पठाइदिनुहुने थियो । पवित्र आत्मा सान्तवनादाता हुनुहुन्छ
अगिल्लो अध्यायको कथाको अंश नै जारी छ । येशू उहाँका चेलाहरूसँगै टेबलमा ढल्किएर तिनीहरूसँग कुराकानी गरिरहनुभएको छ ।
यहाँ “हृदय” भनेको एउटा व्यक्तिको भित्री मनुषत्वलाई जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “धेरै चिन्ता र पिर गर्न छोड”
“मेरा पिताको घरमा बस्नको लागि धेरै ठाउँहरू छन्”
यसले परमेश्वरको वासस्थान स्वर्गलाई जनाउँछ ।
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
“कोठा” शब्दले एउटा मात्र कोठा वा ठुलो वासस्थानलाई पनि जनाउन सक्छ ।
येशूले स्वर्गमा उहाँलाई भरोसा गर्ने हरेकको निम्ति ठाउँ तयार पार्नुहुनेछ । “तिमीहरू” बहुवचन हो जसले उहाँका सबै चेलाहरूलाई जनाउँछ ।
यो एउटा अलङ्कार हो जसको यी सम्भाव्य अर्थहरू छन् १) “परमेश्वरतिरको बाटो” वा २) “जसले मानिसहरूलाई परमेश्वरकहाँ लैजानुहुन्छ”
“त्यहाँ कसरी पुग्ने भनी हामीले कसरी जान्ने ?”
यो एउटा अलङ्कार हो जसका यी सम्भावित अर्थहरू छन् १) “साँचो व्यक्ति” वा २) “परमेश्वरको बारेमा सत्य वचन बोल्ने व्यक्ति”
यो अलङ्कार हो जसको अर्थ येशूले मानिसहरूलाई जीवन दिन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “मानिसहरूलाई जीवित तुल्याउने”
मानिसहरू येशूमा भरोसा गरेर मात्र परमेश्वरहाँ आउन र उहाँसँग बस्न सक्छन् । वैकल्पिक अनुवादः “मद्वारा भएर नआएसम्म कोही पनि पिताकहाँ आउन र उहाँसँग बस्न सक्दैन”
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
“पिता” परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
येशूको वचनमा जोड दिन यो कथन प्रश्नको स्वरूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “फिलिप, तिमीहरूसँग रहेको यति धेरै भइसकेको छ । तिमीले अहिलेसम्म त मलाई चिन्नुपर्ने त !”
येशू जो परमेश्वरका पुत्र हुनुहुन्छ उहाँलाई देख्नु नै परमेश्वरलाई देख्नु हो । “पिता” परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
येशूले फिलिपलाई भन्नुभएका वचनहरूलाई जोड दिन यो कथन प्रश्नको स्वरूपमा आउँछ । वैकल्पिक अनुवादः “त्यसैले, तिमीले यसो भनिरहनुहुँदैन, ‘हामीलाई पिता देखाउनुहोस्”
येशूले फिलिपलाई प्रश्न सोध्नुहुन्छ, र उहाँका चेलाहरू सबैसँग कुराकानीलाई जारी राख्नुहुन्छ ।
येशूले फिलिपलाई भन्नुभएका वचनहरूमा जोड दिनलाई यो कथन प्रश्नको स्वरूपमा आउँछ । वैकल्पिक अनुवादः “तिमीहरूले मलाई साँच्चै विश्वास गर्नुपर्छ”
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
“मैले तिमीहरूलाई जे भनिरहेको छु, सो मबाट आएको होइन” वा “मैले तिमीहरूलाई भनेका वचनहरू मेरा आफ्नै होइनन्”
यहाँ “तिमीहरू” बहुवचन हो । अहिले येशू उहाँका सबै चेलाहरूसँग बोलिरहनुभएको छ ।
यो टुक्का हो जसको अर्थ परमेश्वर पिता र येशूबिच अद्वितीय सम्बन्ध छ भन्ने हुन्छ । वैकल्पिक अनुवादः “म पितासँग एकै छु, र पिता मसँग एकै हुनुहुन्छ” वा “मेरा पिता र म एकै हौँ जस्तै हो”
यसलाई १:५१(../01/49.md) मा कसरी अनवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यसको अर्थ येशू नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्नु हो ।
यो एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्वर र येशूको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छ ।
यहाँ “नाउँ” येशूको अधिकारको प्रतिनिधित्व गर्ने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “मेरो अधिकार प्रयोग गरेर तिमीहरूले जे माग्छौ”
यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “त्यसैले, मेरा पिता कति महान् हुनुहुन्छ म सबैलाई देखाउन सक्छु”
यी परमेश्वर र येशू बिचको सम्बन्ध वर्णन गर्ने महत्त्वपूर्ण उपाधिहरू हुन् ।
यहाँ “नाउँ” येशूको अधिकारलाई जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “यदि मेरा अनुयायीहरूमध्ये एक जना भएर तिमीहरूले कुनै थोक माग्यौ भने, सो मैले गर्नेछु” वा “तिमीहरूले मसँग जे माग्छौ, म त्यो गर्नेछु किनकि तिमीहरू मेरा हौ”
यसले पवित्र आत्मालाई जनाउँछ ।
यसले परमेश्वरको बारेमा मानिसहरूलाई सत्यता बताउने पवित्र आत्मालाई जनाउँछ ।
यहाँ “संसार” परमेश्वरको विरोध गर्ने मानिसहरूलाई जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “यस संसारका अविश्वासी मानिसहरूले उहाँलाई कहिल्यै स्वागत गर्नेछैनन्”
यहाँ येशूले उहाँका चेलाहरूलाई तिनीहरूको वास्ता गर्ने कोही नहुने गरी छोड्नुहुनेछैन भन्ने आशय दिनुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूलाई वास्ता गर्ने कोही नहुने गरी छोड्दिनँ”
यहाँ “संसार” परमेश्वरको स्वामित्वमा नरहेका मानिसहरूलाई जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “अविश्वासीहरू”
परमेश्वर पिता र येशू एक झैँ जिउनुहुन्छ । वैकल्पिक अनुवादः “मेरा पिता र म साँच्चै एक व्यक्ति हौँ भन्ने तिमीहरूले जान्नेछौ”
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
“तिमीहरू र म एक जना व्यक्तिजस्तो हो”
यस किसिमको प्रेम परमेश्वरबाट आउँछ, र आफैँलाई कुनै लाभ नभए पनि अरूको भलाइमा केन्द्रित हुन्छ । यस किसिमको प्रेमले तिनीहरूले जे गरे पनि अरूको वास्ता गर्छ ।
यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जसले मलाई प्रेम गर्छ त्यसलाई मेरा पिताले प्रेम गर्नुहुन्छ”
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
यसले येशूलाई विश्वासघात गर्ने करियोत गाउँका यहूदालाई होइन, यहूदा नाउँ गरेका अर्का चेलालाई जनाउँछ ।
यहाँ येशू कति अद्भूत हुनुहुन्छ भनी प्रकट गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तपार्इं किन हामीसँग मात्र प्रकट हुनुहुने ?” वा “तपार्इं कति अद्भूत हुनुहुन्छ भन्ने किन हामीलाई मात्र देख्न दिनुहुने ?”
यहाँ “संसार”ले परमेश्वरको विरोध गर्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरको स्वामित्वमा नरहेकाहरूकहाँ चाहिँ होइन”
येशूले यहूदालाई (इस्करियोत होइन) जवाफ दिनुहुन्छ ।
“कसैले मलाई प्रेम गर्छ भने, त्यसले मैले जे गर्नू भनेको छु त्यही गर्छ”
यस किसिमको प्रेम परमेश्वरबाट आउँछ, र आफैँलाई कुनै लाभ नभए पनि अरूको भलाइमा केन्द्रित हुन्छ । यस किसिमको प्रेमले तिनीहरूले जे गरे पनि अरूको वास्ता गर्छ ।
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
येशूले आज्ञा पालन गर्नेसँग पिता र पुत्रले जीवनको साझेदारी गर्नुहुन्छ । वैकल्पिक अनुवादः “हामी त्यससँग बस्न आउनेछौँ र त्यससँग व्यक्तिगत सम्बन्ध निर्माण गर्नेछौँ”
“मैले तिमीहरूलाई भनेका कुराहरू म आफैँले भन्ने निर्णय गरेका कुराहरू होइनन्” (युडीबी)
“सन्देश”
यहाँ येशूले “तिमीहरू” भन्नुहुँदा यसले उहाँका सबै चेलाहरूलाई जनाउँछ ।
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
“संसार” परमेश्वरलाई प्रेम नगर्ने मानिसहरूलाई जनाउने प्रतिस्थापकीय शब्द हो ।
यहाँ “हृदय” व्यक्तिको भित्री मनुषत्वलाई जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “चिन्तित हुन छोड, र भयभीत नहोओ”
यस किसिमको प्रेम परमेश्वरबाट आउँछ, र आफैँलाई कुनै लाभ नभए पनि अरूको भलाइमा केन्द्रित हुन्छ । यस किसिमको प्रेमले तिनीहरूले जे गरे पनि अरूको वास्ता गर्छ ।
यहाँ येशू पिताकहाँ फर्कनुहुनेछ भन्ने आशय उहाँले दिनुहुन्छ । वैकल्पिक अनुवादः “म पिताकहाँ फर्केर जाँदै छु”
यहाँ येशूले पुत्र संसारमा हुनुहुँदा पितासँग बढी अधिकार छ भन्ने आशय दिनुहुन्छ । वैकल्पिक अनुवादः “मसँग यहाँ भएको भन्दा पितासँग बढी अधिकार छ”
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
यहाँ “शासक”ले शैतानलाई जनाउँछ । यसलाई १२:३१(../12/30.md) मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “शैतान जसले यस संसारलाई शासन गर्छ”
यहाँ शैतान येशूलाई आक्रमण गर्न आउँदै छ भन्ने उहाँले आशय दिनुहुन्छ । वैकल्पिक अनुवादः “शैतान मलाई आक्रमण गर्न आइरहेको छ”
यहाँ “संसार” परमेश्वरको स्वामित्वमा नरहेका मानिसहरूलाई जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “ताकि परमेश्वरका अधीनमा नरहनेहरूले जानून्”
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
1 म साँचो दाख हुँ र मेरा पिता दाखबारीका किसान हुनुहुन्छ । 2 ममा भएका फल नफलाउने हरेक हाँगालाई उहाँले छाँट्नुहुन्छ र उहाँले फल फलाउने हरेक हाँगालाई पनि छिँवल्नुहुन्छ, ताकि यसले अझ धेरै फल फलाओस् । 3 मैले तिमीहरूलाई भनेको सन्देशले तिमीहरू अगि नै शुद्ध भइसकेका छौ । 4 ममा रहो र म तिमीहरूमा रहनेछु । जसरी दाखको बोटमा नरहेसम्म हाँगा आफैँले फल फलाउन सक्दैन, त्यसरी नै तिमीहरू पनि ममा नरहेसम्म फल फलाउन सक्दैनौ । 5 म दाखको बोट हुँ, र तिमीहरू त्यसका हाँगाहरू हौ । जो ममा रहन्छ र म त्यसमा रहनेछु, त्यसले धैरै फल फलाउँछ, किनकि मविना तिमीहरू केही पनि गर्न सक्दैनौ । 6 यदि कोही ममा रहँदैन भने त्यसलाई हाँगालाई झैँ फालिन्छ र त्यो सुक्छ; अनि तिनीहरूले हाँगाहरूलाई बटुल्छन् र आगोमा हाल्छन्, अनि तिनीहरूलाई जलाइन्छ । 7 यदि तिमीहरू ममा रह्यौ र मेरा वचनहरू तिमीहरूमा रहे भने, तिमीहरू जे इच्छा गर्छौ सो माग, र यो तिमीहरूका निम्ति गरिनेछ ।” 8 मेरा पिता यसमा महिमित तुल्याइनुहुनेछः तिमीहरू धेरै फल फलाउन सक र तिमीहरू मेरा चेलाहरू होओ । 9 जसरी पिताले मलाई प्रेम गर्नुभएको छ, त्यसरी नै मैले पनि तिमीहरूलाई प्रेम गरेको छु; मेरो प्रेममा रहो । 10 तिमीहरूले मेरा आज्ञाहरू पालन गर्छौ भने जसरी मैले मेरा पिताको आज्ञा पालन गरेको छु र उहाँको प्रेममा रहेको छु, त्यसरी नै तिमीहरू मेरो प्रेममा रहनेछौ । 11 मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि मेरो आनन्द तिमीहरूमा होस् र तिमीहरूको आनन्द पूर्ण होस् । 12 यो मेरो आज्ञा हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरेँ तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर । 13 आफ्नो मित्रको लागि आफ्नो ज्यानै दिनुभन्दा अर्को कुनै महान् प्रेम छैन । 14 यदि तिमीहरूले मैले आज्ञा गरेका कुराहरू गर्छौ भने तिमीहरू मेरा मित्रहरू हौ । 15 म तिमीहरूलाई नोकरहरू भन्दिनँ, किनकि त्यसका मालिकले के गरिरहेछ सो नोकरले जान्दैन । मैले तिमीहरूलाई मित्र भनेको छु, किनकि मैले मेरा पिताबाट सुनेका सबै कुरा तिमीहरूलाई प्रष्ट पारेको छु । 16 तिमीहरूले मलाई चुनेनौ, तर मैले तिमीहरूलाई चुनेँ, र तिमीहरूलाई नियुक्त गरेँ, ताकि तिमीहरू जाओ, र फल फलाओ अनि तिमीहरूका फल रहनुपर्छ । त्यसैले तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्छौ, सो उहाँले तिमीहरूलाई दिनुहुनेछ । 17 म तिमीहरूलाई यी कुराहरू आज्ञा गर्छुः कि तिमीहरूले एक अर्कालाई प्रेम गर्नेछौ । 18 यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने, जान कि यसले तिमीहरूलाई घृणा गर्नुअगि मलाई घृणा गरेको छ । 19 यदि तिमीहरू संसारका थियौ त, संसारले तिमीहरूलाई आफ्नैझैँ प्रेम गर्ने थियो । तर तिमीहरू संसारका होइनौ, र मैले तिमीहरूलाई संसारबाट चुनेँ, यसकारण संसारले तिमीहरूलाई घृणा गर्छ । 20 मैले तिमीहरूलाई भनेको वचन याद राख, ‘नोकर त्यसको मालिकभन्दा महान् हुँदैन ।’ यदि तिनीहरूले मलाई सताएका छन् भने, तिनीहरूले तिमीहरूलाई पनि सताउनेछन् । यदि तिनीहरूले मेरो वचन पालन गरेका थिए भने तिनीहरूले तिमीहरूको पनि पालन गर्नेछन् ।” 21 तिनीहरू मेरो नाउँको कारणले तिमीहरूलाई यी सबै कुराहरू गर्नेछन्, किनकि मलाई पठाउनुहुनेलाई तिनीहरू चिन्दैनन् । 22 यदि म आएको थिइनँ, र तिनीहरूसँग बोलेको थिइनँ भने त, उनीहरूमा पाप हुने थिएन, तर अब त तिनीहरूसित आफ्नो पापको लागि कुनै बहाना छैन । 23 जसले मलाई घृणा गर्छ, त्यसले मेरा पितालाई पनि घृणा गर्छ । 24 यदि मैले तिनीहरू माझ कसैले नगरेका कामहरू गरेको थिइनँ भने तिनीहरूमा कुनै पाप हुने थिएन, तर अहिले तिनीहरूले म र मेरा पिता दुवैलाई देखेका छन्, र घृणा गरेका छन् । 25 तर यो तिनीहरूको व्यवस्थामा लेखिएको वचन पुरा हुनलाई हो, ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे ।’ 26 जब सल्लाहकार आउनुहुन्छ जसलाई म तिमीहरूको निम्ति पिताको तर्फबाट पठाउनेछु अर्थात् सत्यको आत्मा जो पिताबाट जानुहुन्छ, उहाँले मेरो बारेमा गवाही दिनुहुनेछ । 27 तिमीहरूले पनि गवाही दिइरहेका छौ, किनकि तिमीहरू मसँग सुरुदेखि नै छौ ।
येशूले आफैँलाई जनाउन दाखको बोटलाई एउटा अलङ्कारको रूपमा प्रयोग गर्नुभयो । यो यसकारणले हो कि अंगुरको बोटको दाखको लहराहरूले नै जमिनबाट पानी र खनिज पदार्थहरू लगेर पातहरू र अंगुरहरूमा पुर्याउँछ । दाखको बोट बिना, अंगुरहरू र पातहरू मर्छन् । उहाँका चेलाहरूले यो थाहा पाएको उहाँ चाहनुहुन्थ्यो कि जबसम्म तिनीहरूले उहाँलाई प्रेम गर्दैनन् र उहाँको आज्ञापालन गर्दैनन्, तिनीहरू परमेश्वरलाई खुशी पार्ने कुनै पनि काम गर्न असमर्थ हुनेछन् ।
अगिल्लो अध्यायको कथा नै जारी छ । उहाँका चेलाहरूसँग टेबलमा ढल्किएर येशू तिनीहरूसँग कुरा गर्नुहुन्छ ।
यहाँ “साँचो दाख” अलङ्कार हो । येशूले आफैँलाई दाख वा दाखको काण्डसँग तुलना गर्नुहुन्छ । उहाँ मानिसहरूलाई परमेश्वरलाई मन पर्ने किसिमले जिउने तुल्याउनुहुने जीवनको स्रोत हुनुहुन्छ । वैकल्पिक अनुवादः “म असल फल फलाउने दाखजस्तो हुँ”
“दाबारीका किसान” अलङ्कार हो । “दाखबारीका किसान” सम्भव भएसम्म दाखहरू फलाउने गरी यसको हेरचाह गर्ने व्यक्ति हो । वैकल्पिक अनुवादः “मेरा पिता दाखबारीका किसानजस्तै हुनुहुन्छ”
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
यहाँ “हरेक हाँगा”ले मानिसहरूलाई जनाउँछ, र “फल फलाउनु”ले परमेश्वरलाई मनपर्दो किसिमले जिउनुलाई जनाउँछ ।
“काट्नुहुन्छ र लानुहुन्छ”
“हरेक हाँगालाई काटेर मिलाउनुहुन्छ”
यहाँको परोक्ष अलङ्कारचाहिँ अगि नै “छिँवलिएका” “शुद्ध हाँगाहरू” हुन् । वैकल्पिक अनुवादः “यो अगि नै छिँवलिएका र शुद्ध हाँगाहरूजस्तै हुन्, किनभने तिमीहरूले मैले सिकाएका कुराहरू पालन गरेका छौ”
The word "you" throughout this passage is plural र यसले येशूका चेलाहरूलाई जनाउँछ ।
“यदि तिमीहरू मसँग आबद्ध भएर रहन्छौ भने, म तिमीहरूसँग आबद्ध भएर रहनेछु” वा “मसँग आबद्ध भएर रहो, र म तिमीहरूसँग आबद्ध रहनेछु”
ख्रीष्टमा रहनेहरू अर्थात् उहाँकाहरू हरेक थोकको निम्ति उहाँमा नै भर पर्छन् । वैकल्पिक अनुवादः “तिमीहरू मसँग आबद्ध भएर नरहेसम्म र हरेक थोकको निम्ति ममा भर नपरेसम्म” (युडीबी)
“दाखको बोट” येशूलाई जनाउने अलङ्कार हो । “हाँगाहरू” येशूमा भरोसा गर्ने र उहाँको स्वामित्वमा रहेकाहरूलाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “म दाखको बोटजस्तो हुँ, र तिमीहरू ममा जोडिएका हाँगाहरूजस्ता हौ”
यहाँ येशूले उहाँ परमेश्वरसँग जोडिएर रहनुभए झैँ उहाँका चेलाहरू पनि उहाँसँग जोडिएर रहने कुराको आशय दिनुहुन्छ । वैकल्पिक अनुवादः “म पितासँग आबद्ध भएर रहे झैँ जो मसँग आबद्ध भएर रहन्छ”
यहाँको परोक्ष अलङ्कार फल फलाउने हाँगाहरू हुन् जसले परमेश्वरलाई प्रसन्न पार्ने विश्वासीहरूको प्रतिनिधित्व गर्छन् । जसरी दाखको बोटमा जोडिएर रहेका हाँगाहरूले धेरै फल फलाउँछन्, त्यसरी नै येशूसँग आबद्ध रहनेहरूले परमेश्वरलाई प्रसन्न पार्ने धैरै थोक गर्नेछन् । वैकल्पिक अनुवादः “तिमीहरूले धेरै फल फलाउनेछौ”
यहाँ परोक्ष अलङ्कार फल नफलाउने हाँगाहरू हुन् जसले येशूमा नरहनेहरूको प्रतिनिधित्व गर्छन् । यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “दाखबारीका किसानले त्यसलाई हाँगालाई झैँ फ्याँक्छ र त्यो सुकिजान्छ।”
यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “आगोले तिनीहरूलाई जलाउँछ”
विश्वासीहरूले तिनीहरूका प्रार्थनाहरूको जवाफको लागि परमेश्वरसँग बिन्ती गर्नुपर्छ भन्ने आशय येशूले दिनुहुन्छ । वैकल्पिक अनुवादः “जे इच्छा गर्छौ सो परमेश्वरसँग माग”
यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “उहाँले यो तिमीहरूका निम्ति गर्नुहुनेछ”
यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यसले मानिसहरूलाई मेरा पितालाई सम्मान गर्ने तुल्याउँछ”
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
यहाँ “फल” परमेश्वरलाई प्रसन्न पार्ने गरी जिउने अवस्थालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिमीहरू उहाँलाई प्रसन्न पार्ने किसिमले जिउँदा”
“तिमीहरू मेरा चेलाहरू होओ भन्ने देखाओ” वा “तिमीहरू मेरा चेलाहरू होओ भन्ने प्रदर्शन गर”
येशूले उहाँमा भरोसा गर्नेहरूसँग परमेश्वर पिताले उहाँलाई गर्ने प्रेम नै बाँड्नुहुन्छ । यहाँ “पिता” परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
“मेरो प्रेमलाई स्वीकार गर्न जारी राख”
जब येशूलाई पछ्याउनेहरूले उहाँको आज्ञा पालन गर्छन्, तिनीहरूले उहाँलाई प्रेम गर्छन् भन्ने देखाउँछन् । वैकल्पिक अनुवादः “जब तिमीहरूले मैले भनेका कुराहरू गर्छौ, मैले मेरा पिताको आज्ञा पालन गरेर उहाँको प्रेममा रहे जस्तै तिमीहरू मेरो प्रेममा जिइरहन्छौ”
यहाँ “पिता” परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
“मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि ममा भएको जस्तो आनन्द तिमीहरूमा पनि होस्”
यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “ताकि तिमीहरू पूर्ण रूपमा आनन्दित हुनेछौ” वा “ताकि तिमीहरूको आनन्दमा कुनै कुराको कमी नहोस्”
यसले शारीरिक जीवनलाई जनाउँछ ।
“मेरा पिताले मलाई भन्नुभएका सबै थोक मैले तिमीहरूलाई भनेको छु”
यहाँ “पिता” परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
येशूले उहाँका चेलाहरू तिनीहरू आफैँले चेला बन्ने निर्णय गरेका होइनन् भन्ने आशय दिनुहुन्छ । वैकल्पिक अनुवादः “मेरा चेलाहरू बन्न तिमीहरूले निर्णय गरेका होइनौ”
यहाँ “फल” अलङ्कार हो जसले परमेश्वरलाई प्रसन्न तुल्याउने जीवनको प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “परमेश्वरलाई प्रसन्न पार्ने जीवन जिओ”
“तिमीहरूले जे गर्छौ त्यसको फल सदा रहनुपर्छ”
यहाँ “नाउँ” येशूको अधिकार जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरू मेरा भएका हुनाले तिमीहरूले मेरा पितासँग जे माग्छौ, सो उहाँले तिमीहरूलाई दिनुहुनेछ”
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
परमेश्वरको स्वामित्वमा नरहेका र उहाँको विरोध गर्ने मानिसहरू
परमेश्वरको स्वामित्वमा नरहेका र उहाँको विरोध गर्ने मानिसहरू
यसले मानव, भ्रातृ-प्रेम वा साथी वा परिवारको प्रेमलाई जनाउँछ ।
यहाँ “वचन” येशूको सन्देशको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “मैले तिमीहरूसँग बोलेको वचन याद राख”
यहाँ “मेरो नाउँको कारणले” येशूलाई जनाउने प्रतिस्थापकीय शब्द हो । मानिसहरूले उहाँका चेलाहरूलाई तिनीहरू उहाँका भएकाले नै कष्ट दिनेछन् । वैकल्पिक अनुवादः “तिमीहरू मेरा भएकाले”
येशूले यहाँ उहाँलाई विश्वास नगर्नेहरूसँग पनि परमेश्वरको सन्देश बाँड्नुभएको छ भन्ने आशय दिनुहुन्छ । वैकल्पिक अनुवादः “मैले आएर तिनीहरूलाई परमेश्वरको सन्देश भनेको हुनाले परमेश्वरले तिनीहरूका पापको न्याय गर्नुहुँदा तिनीहरूसँग कुनै बहाना हुँदैन”
पुत्र परमेश्वरलाई घृणा गर्नु परमेश्वर पितालाई घृणा गर्नु हो ।
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
यो नकारात्मक कथनलाई सकारात्मक स्वरूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “मैले तिनीहरू माझ कसैले नगरेको काम गरेको छु, तिनीहरूसँग पाप हुन्छ”
“तिनीहरूमा कुनै पाप हुने थिएन” तपाईंले यसलाई यूहन्ना १५:२२ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
परमेश्वर पुत्रलाई हेला गर्नु भनेको परमेश्वर पितालाई हेला गर्नु हो ।
यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । यहाँ “वचन” परमेश्वरको सारा सन्देशको लागि प्रतिस्थापन हो । वैकल्पिक अनुवादः “तिनीहरूको व्यवस्थाको भविष्यवाणी पूरा हुन”
यसले सामान्यतया पूरानो करारलाई नै जनाउँछ जसमा उहाँका मानिसहरूका निम्ति परमेश्वरका सबै शिक्षाहरू छन् ।
परमेश्वर पिताले येशू नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी देखाउन पवित्र आत्मा परमेश्वर पठाउनुभयो ।
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
यो पवित्र आत्माको निम्ति उपाधि हो । वैकल्पिक अनुवादः “परमेश्वर र मेरो बारेमा सत्य बताउनुहुने आत्मा”
यहाँ “गवाही दिइरहेका छौ” को अर्थ अरूलाई येशूको बारेमा बताउनु हो । वैकल्पिक अनुवादः “तिमीहरूले पनि मेरो बारेमा जे जान्दछौ, सबैलाई बताउनुपर्छ”
यहाँ “सुरुदेखि नै” येशूको सेवा-कार्यको पहिलो दिनदेखिको प्रतिस्थापन हो । वैकल्पिक अनुवादः “मैले मानिसहरूलाई सिकाउन थालेको र आश्चर्यकर्म गर्न थालेको पहिलो दिनदेखि”
1 तिमीहरू पछि नहट भनेर मैले तिमीहरूलाई यी कुराहरू भनेको छु । 2 तिनीहरूले तिमीहरूलाई सभाघरबाट बाहिर निकाल्नेछन् । तर यस्तो समय आउँदै छ कि तिमीहरूलाई मार्ने हरेकले तिनीहरूले परमेश्वरको सेवा गरिरहेका छन् भनी ठान्नेछन् । 3 तिनीहरूले यी कुराहरू गर्नेछन्, किनकि तिनीहरूले न त पितालाई न मलाई नै चिनेका छन् । 4 मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि त्यो घडी आउँदा मैले तिमीहरूलाई तिनीहरूको बारेमा भनेको कुरा तिमीहरूले सम्झन सक । मैले तिमीहरूलाई यी कुराहरू पहिले नै भनिनँ, किनकि म तिमीहरूसँगै नै थिएँ । 5 तर अहिले म मलाई पठाउनुहुनेकहाँ जाँदै छु, तर पनि तिमीहरू कसैले पनि ‘तपाईं कहाँ जाँदै हुनुहन्छ ?’ भनी मलाई सोध्दैनौ । 6 तर मैले तिमीहरूलाई यी कुराहरू भनेको कारण, तिमीहरूको हृदय निराशाले भरिएको छ । 7 म तिमीहरूलाई साँचो भन्दछुः म जानु नै तिमीहरूको निम्ति असल छ । किनकि म गइनँ भने सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन, तर यदि म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु । 8 जब सल्लाहकार आउनुहुन्छ, उहाँले संसारलाई पाप र धार्मिकता र न्यायको बारेमा गलत साबित गर्नुहुनेछ– 9 पापको बारेमा, किनभने तिनीहरूले ममा विश्वास गर्दैनन्; 10 धार्मिकताको बारेमा, किनकि म पिताकहाँ जाँदै छु र अब उप्रान्त तिमीहरूले मलाई देख्नेछैनौ; 11 अनि न्यायको बारेमा, किनकि यस संसारको शासकको न्याय गरिएको छ । 12 मैले तिमीहरूलाई धेरै कुरा भन्नु छ, तर तिमीहरू अहिल्यै ती कुराहरू बुझ्दैनौ । 13 तर जब उहाँ अर्थात् सत्यको आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ, किनकि उहाँ आफ्नो निम्ति बोल्नुहुनेछैन । तर उहाँले जे सुन्नुहुन्छ, त्यही बोल्नुहुनेछ र के हुनेछ भनी उहाँले तिमीहरूलाई बताउनुहुनेछ । 14 उहाँले मलाई महिमित तुल्याउनुहुनेछ, किनकि उहाँले जे मेरो हो त्यहीबाट लिनुहुन्छ, र उहाँले ती तिमीहरूलाई बताउनुहुनेछ । 15 पितासँग भएका सबै थोक मेरा हुन् । यसकारण उहाँले जे मेरो हो त्यहीबाट लिनुहुन्छ, र उहाँले यो तिमीहरूलाई बताउनुहुनेछ भनी मैले भनेको हुँ । 16 अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्नेछौ । 17 तब उहाँका चलाहरूमध्ये केहीले एक आपसमा भने “‘अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्नेछौ ।’ र ‘किनकि म पिताकहाँ जाँदै छु’ भनेर उहाँले हामीलाई के भन्नुभएको हो ?” 18 त्यसैले तिनीहरूले भने, “उहाँले ‘केही बेरमा’ भनेर के भन्नुभएको ? उहाँले केको बारेमा बताउँदै हुनुहुन्छ ? सो हामी जान्दैनौ ।” 19 तिनीहरूले येशूलाई सोध्न चाहेको उहाँले देख्नुभयो, र उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले एक आपसमा सोधेको कुरा यही हो कि जसको बारेमा मैले भनेँ ‘अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्नेछौ’ ।” 20 म तिमीहरूलाई साँचो साँचो भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसार खुसी हुनेछ; तिमीहरू निराशाले भरिनेछौ, तर तिमीहरूको निराशा आनन्दमा बद्लिनेछ । 21 जब स्त्रीले जन्म दिन्छिन्, तिनी निराश हुन्छिन्, किनकि तिनको समय आएको छ, तर जब तिनले बच्चा जन्माउँछिन्, संसारमा एक बालक जन्मिएको छ भन्ने आनन्दले तिनलाई पीडाको सम्झना हुँदैन । 22 त्यसैले तिमीहरू पनि अहिले निराश हुन्छौ, तर म तिमीहरूलाई फेरि भेट्नेछु; अनि तिमीहरूको हृदय खुसी हुनेछ र तिमीहरूको आनन्द तिमीहरूबाट कसैले लैजान सक्नेछैन । 23 त्यस दिन तिमीहरूले मलाई कुनै पनि कुरा माग्नेछैनौ । साँचो साँचो म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले मेरो नाउँमा मेरा पितासँग कुनै थोक माग्यौ भने यो उहाँले तिमीहरूलाई दिनुहुनेछ । 24 अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ । माग र तिमीहरूले पाउनेछौ, ताकि तिमीहरूको आनन्द पूर्ण होस् । 25 मैले तिमीहरूलाई यी कुराहरू आलङ्कारिक भाषामा भनेको छु, तर मैले आलङ्कारिक भाषा नबोली तिमीहरूलाई पिताको बारेमा स्पष्ट रूपमा बताउने समय आउँदै छ । 26 त्यस दिन तिमीहरूले मेरो नाउँमा माग्नेछौ, र म तिमीहरूको निम्ति पितासँग प्रार्थना गर्नेछु भनेर म तिमीहरूलाई भन्दिनँ, 27 किनकि तिमीहरूले मलाई प्रेम गरेका हुनाले र म पिताबाट आएँ भनी तिमीहरूले विश्वास गरेका हुनाले पिता आफैँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ । 28 म पिताबाट आएँ । म संसारमा आएको छु । फेरि म संसार छोड्दै छु, र म पिताकहाँ जाँदै छु ।” 29 उहाँका चेलाहरूले भने, “हेर्नुहोस्, अहिले तपाईं स्पष्ट रूपमा बोल्दै हुनुहुन्छ अनि तपाईंले आलङ्कारिक भाषा प्रयोग गरिरहनुभएको छैन । 30 अब हामी जान्दछौँ, कि तपाईं सबै थोक जन्नुहुन्छ, अनि कसैले तपाईंलाई प्रश्न सोध्नु आवश्यक छैन । त्यही कारणले हामी विश्वास गर्छौं, कि तपाईं परमेश्वरबाट आउनुभएको हो ।” 31 येशूले जवाफ दिनुभयो, “के तिमीहरू अब विश्वास गर्छौ ? 32 हेर, तिमीहरू छरपष्ट हुने अर्थात् सबै आ-आफ्नो घरतिर जाने, र मलाई एकलै छोड्ने समय आउँदै छ, । वास्तवमा त्यो समय आइसकेको छ । तरै पनि म एकलो हुन्नँ, किनभने पिता मसँग हुनुहुन्छ । 33 मैले तिमीहरूलाई यी कुरा भनेको छु, ताकि तिमीहरूलाई ममा शान्ति मिलोस् । संसारमा तिमीहरूलाई कष्ट हुन्छ, तर साहस गरः मैले संसारलाई जितेको छु ।
येशूले उहाँका चेलाहरूलाई भन्नुभयो कि उहाँले तिनीहरूलाई पवित्र आत्मा पठाइदिनुहुने थियो । पवित्र आत्मा सान्तवनादाता हुनुहुन्छ (यूहन्ना १४:१६) जो सँधै परमेश्वरका मानिसहरूलाई सहायता गर्न तिनीहरूको लागि परमेश्वरसँग कुरा गर्न तिनीहरूको साथमा हुनुहुन्छ, उहाँ सत्यका आत्मा पनि हुनुहुन्छ (यूहन्ना १४:१७) जसले परमेश्वरका मानिसहरूलाई परमेश्वरको बारेमा सत्य के हो भनी बताउनुहुन्छ ताकि तिनीहरूले उहाँलाई अझ राम्ररी चिनून र सेवा गरून् ।
येशूले यी शब्दहरू साठी मिनेटभन्दा कम वा बढी हुने समयको बारेमा अगमवाणीहरू सुरु गर्न प्रयोग गर्नुभयो । “त्यो घडी” जसमा मानिसहरूले उहाँका अनुयायीहरूलाई सताउनेछन् (यूहन्ना १६:२) ती दिनौँ लामो, हप्तौँ लामो, र वर्षौँ लामो अवधिका थिए, तर “त्यो घडी” जब चेलाहरू छरपष्ट हुनेथिए र उहाँलाई एक्लै छाड्ने थिए (यूहन्ना १६:३२) सो साठी मिनेटभन्दा कम अवधिको थियो ।
येशूले भन्नुभयो कि जसरी कुनै स्त्री तिनले बालक जन्माउने बेलामा पिडामा हुन्छिन्, उहाँका अनुयायीहरू पनि उहाँ मर्नुहुँदा उदास हुने थिए । तर त्यो स्त्री बालक जन्मिसकेपछि रमाउँछिन्, र उहाँका अनुयायीहरू पनि उँहा फेरि जीवित हुनुहुँदा खुशी हुने थिए ।
यो कथाको खण्ड अघिल्लो अध्यायदेखि नै जारी छ । येशू उहाँका चेलाहरूसँग टेबलमा ढल्कनुहुन्छ, र तिनीहरूसँग निरन्तर कुरा गर्नुहुन्छ ।
यहाँ “पछि हट्नु” ले येशूमा विश्वास गर्न छोड्नुलाई जनाउँछ । तपाईले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “ताकि तिमीहरूले सामना गर्नुपर्ने कठिनाइहरूको कारण तिमीहरूले ममा भरोसा गर्न नछोड”
“कुनै दिन यस्तो हुनेछ, कि कसैले तिमीहरूलाई मार्नेछ, र सोच्ने छन्, तिनले परमेश्वरको निम्ति असल गरिरहेका छन्”
तिनीहरूले केही विश्वासीहरूलाई मार्नेछन्, किनभने तिनीहरूले परमेश्वर पिता वा येशूलाई चिन्दैनन् ।
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
यहाँ “घडी” ले येशूका चेलाहरूलाई मानिसहरूले सताउने समयलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “जब तिनीहरूले कष्ट भोग्न लगाउँछन्”
यो प्रतिस्थापनले येशूका सेवाकाइका पहिलेका दिनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूले मलाई पहिला पछ्याउन सुरु गर्दा”
यहाँ “हृदय” व्यक्तिको भित्री मनुषत्वलाई जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “अहिले तिमीहरू धेरै निराश छौ”
तपार्इंले यसलाई सकारात्मक स्वरूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “म जान्छु अनि मात्र सान्त्वनादाता तिमीहरूकहाँ आउनुहुनेछ”
यो येशू जानुभएपछि चेलाहरूसँग बस्नुहुने पवित्र आत्माको निम्ति उपाधि हो । तपार्इंले यसलाई १४:२६(../14/25.md) मा कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् ।
जब पवित्र आत्मा आउनुभयो, उहाँले मानिसहरूलाई तिनीहरू पापी छन् भनी देखाउन सुरु गर्नुभयो ।
यसले पवित्र आत्मालाई जनाउँछ । तपाईंले यसलाई यूहन्ना १४:२६ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
यो संसारका मानिसहरूलाई जनाउने प्रतिस्थापन शब्द हो ।
“तिनीहरूले ममा भरोसा नगर्ने हुनाले तिनीहरू पापको दोषी छन्”
“जब म परमेश्वरकहाँ फर्कन्छु, तिनीहरूले मलाई देख्ने छैनन्, अनि मैले ठिक कुरा गरेँ भन्ने तिनीहरूले जान्नेछन्”
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
“यो संसारमा शासन गर्ने शैतानलाई परमेश्वरले दण्ड दिनुभए झैँ उहाँले तिनीहरूलाई जवाफदेहि बनाउनुहुनेछ र तिनीहरूलाई दण्ड दिनुहुनेछ”
यहाँ “शासक”ले शैतानलाई जनाउँछ । तपाईंले यसलाई यूहन्ना १२:३१ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “शैतान जसले यस संसारलाई शासन गर्छ”
“तिमीहरूका निम्ति सन्देश” वा “तिमीहरूका निम्ति वचनहरू”
यो पवित्र आत्माको नाउँ हो जसले मानिसहरूलाई परमेश्वरको बारे सत्यता बताउनुहुनेछ ।
“सत्यता” ले आत्मिक सत्यतालाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँले तिमीहरूले जान्नुपर्ने सबै आत्मिक सत्यताहरू सिकाउनुहुनेछ”
पिता पवित्र आत्मासँग बोल्नुहुनेछ भन्ने आशय येशूले दिनुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँलाई जे भन्नु भन्नुहुनेछ उहाँले त्यही भन्नुहुनेछ”
यहाँ “जे मेरो हो” भन्नाले येशूका शिक्षाहरू र शक्तिशाली कार्यहरूलाई जनाउँछ । वैकल्पिक अनुवाद “मैले तिमीहरूलाई भनेका र गरेका कुराहरू वास्तवमा सत्य हुन् भनी उहाँले प्रकट गर्नुहुनेछ”
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
पवित्र आत्माले येशूका कार्यहरू र वचनहरू सत्य हुन् भनी मानिसहरूलाई बताउनुहुनेछ । वैकल्पिक अनुवादः “पवित्र आत्माले मेरा वचनहरू र कार्यहरू सत्य छन् भनी सबैलाई बताउनुहुनेछ”
“चाँडै” वा “धेरै समय बित्न अघि नै”
“फेरि, धेरै समय बित्न अघि नै”
उहाँका चेलाहरूले येशूले के भन्न खोज्नुभएको भनी एक अर्कालाई सोध्दा येशूको भनाइ केही बेर रोकिन्छ ।
यसले क्रूसमाथि येशूको मृत्युलाई जनाउँछ भनी चेलाहरूले बुझेनन् ।
सम्भावित अर्थहरू हुन् १) यसले येशूको पुनरुत्थानलाई जनाउँछ वा २) यसले समयको अन्त्यमा हुने येशूको आगमनलाई जनाउन सक्थ्यो ।
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
येशू उहाँका चेलाहरूसँग निरन्तर कुरा गर्नुहुन्छ ।
येशूले उहाँले भर्खरै भन्नुभएको कुरामा उहाँका चेलाहरूले ध्यान दिऊन् र उहाँले व्याख्या गर्न सक्नुभएको होस् भनी उहाँले यो प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “...मलाई देख्छौ भन्दा मैले के भन्न खोजेको भनी तिमीहरूले आपसमा सोधिरहेका छौ”
यसलाई त्यस किसिमले अनुवाद गर्नुहोस् जसरी तपाईंको भाषाले यसपछि आउने कुराहरू महत्त्वपूर्ण र सत्य हुन् भनी जोड दिन्छ । तपाईंले यसलाई यूहन्ना १:५१ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
यहाँ “संसार” परमेश्वरको विरोध गर्ने मानिसहरूको निम्ति प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तर परमेश्वरका विरोध गर्ने मानिसहरू खुशी हुनेछन्”
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुनेछ । वैकल्पिक अनुवादः “तर तिमीहरूको कष्ट आनन्दमा परिणत हुनेछ” वा "but afterwards instead of being sad you will be very happy"
यहाँ “हृदय” व्यक्तिको भित्री मनुषत्वलाई जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरू धेरै खुशी हुनेछौ” वा “तिमीहरू धेरै आनन्दित हुनेछौ”
यसलाई त्यस किसिमले अनुवाद गर्नुहोस् जसरी तपाईंको भाषाले यसपछि आउने कुराहरू महत्त्वपूर्ण र सत्य हुन् भनी जोड दिन्छ । तपाईंले यसलाई यूहन्ना १:५१ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
यहाँ “नाउँ” शब्द येशूको व्यक्ति र अधिकार जनाउने प्रतिस्थापन शब्द हो । वैल्पिक अनुवादः “तिमीहरू मेरा भएका हुनाले तिमीहरूले पितासँग कुनै थोक माग्यो भने उहाँले तिमीहरूलाई दिनुहुनेछ”
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
यहाँ “नाउँ” शब्द येशूको व्यक्ति र अधिकार जनाउने प्रतिस्थापन शब्द हो । विश्वासीहरूको येशूसँगको सम्बन्धले गर्दा पिताले तिनीहरूका बिन्तीको कदर गर्नुहुन्छ । वैकल्पिक अनुवादः “किनभने तिमीहरू मेरा अनुयायीहरू हौ” वा “मेरो अधिकारमा”
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई धेरै आनन्द दिनुहुनेछ”
“स्पष्ट नभएको भाषामा”
“यो चाँडै हुनेछ”
“पिताको बारे तिमीहरूले स्पष्ट रूपमा बुझ्ने गरी तिमीहरूलाई बताउनेछु”
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
यहाँ “नाउँ” शब्द येशूको व्यक्ति र अधिकार जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरू मेरा भएका हुनाले तिमीहरूले माग्नेछौ”
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
जब कसैले पुत्र येशूलाई प्रेम गर्नुहुन्छ तिनीहरूले पितालाई पनि प्रेम गर्छन्, किनभने पिता र पुत्र एक हुनुहुन्छ ।
“पिता” परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
उहाँको मृत्यु र पुरुत्थानपछि येशू परमेश्वर पिताकहाँ फर्कनुहुनेछ ।
यहाँ “पिता” परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
“संसार” संसारमा बस्ने मानिसहरूलाई जनाउँने प्रतिस्थापन शब्द हो ।
चेलाहरूले येशूलाई जवाफ दिन्छन् ।
येशूका चेलाहरू अहिले मात्र उहाँमा भरोसा गर्न तयार भएकामा उहाँ छक्क पर्नुभएको देखाउन यो कथन प्रश्नको स्वरूपमा देखापर्छ । वैकल्पिक अनुवादः “त्यसैले अब अन्त्यमा तिमीहरूले ममा भरोसा गर्यो”
येशूले चेलाहरूसँगको कुरालाई जारी राख्नुहुन्छ ।
तपाईले यसलाई कर्तृवाच्यको स्वरूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “अरूहरूले तिमीहरूलाई छरपष्ट पार्नेछ”
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
यहाँ शान्तिले भित्री शान्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “ताकि तिमीहरूसँग मसँगको सम्बन्धले गर्दा भित्री शान्ति हुन सकोस्”
यहाँ संसारले विश्वासीहरूलाई परमेश्वरको विरोध गर्नेहरूबाट आउने कष्ट र सतावटलाई जनाउँछ । वैकल्पिक अनुवादः “मैले यो संसारको कष्टहरूलाई जितेको छु”
1 येशूले यी कुराहरू भनिसक्नुभएपछि स्वर्गतिर आफ्ना आँखा उचालेर भन्नुभयो, “पिता, समय आएको छ; आफ्ना पुत्रलाई महिमित पार्नुहोस्, ताकि पुत्रले तपाईंलाई महिमित पारोस्, 2 जसरी तपाईंले पुत्रलाई सारा शरीरमाथि अधिकार दिनुभयो, ताकि जसलाई तपाईंले तिनलाई दिनुभएको छ तिनीहरू सबैलाई अनन्त जीवन मिलोस् । 3 यो अनन्त जीवन होः तिनीहरूले तपाईंलाई अर्थात् एक मात्र साँचा परमेश्वर, र जसलाई तपाईंले पठाउनुभएको छ अर्थात् येशू ख्रीष्टलाई चिनून् । 4 मैले संसारमा तपाईंलाई महिमित तुल्याएको छु । तपाईंले मलाई गर्न दिनुभएको काम मैले सिद्ध्याएको छु । 5 अब, हे पिता, संसार बनिनुभन्दा अगि नै मसँग तपाईंमा भएको महिमाले मलाई तपाईंसँगै महिमित पार्नुहोस् । 6 तपाईंले मलाई संसारबाट दिनुभएका मानिसहरूकहाँ मैले तपाईंको नाउँ प्रकट गरेँ । तिनीहरू तपाईंका थिए, र तपाईंले तिनीहरू मलाई दिनुभयो, अनि तिनीहरूले तपाईंको वचन पालन गरेका छन् । 7 अब तपाईंले मलाई दिनुभएका सबै थोक तपाईंबाट नै आउँदछन् भनी तिनीहरू जान्दछन्, 8 किनकि मैले सबै वचनहरू तिनीहरूलाई दिएको छु जुन तपाईंले मलाई दिनुभयो । तिनीहरूले ती ग्रहण गरे र म तपाईंबाटै आएको हुँ भनेर तिनीहरूले साँच्चै जाने र तपाईंले नै मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्वास गरे । 9 म तिमीहरूका लागि प्रार्थना गर्दछु । म संसारको निम्ति प्रार्थना गर्दिनँ, तर तपाईंले मलाई दिनुभएकाहरूका निम्ति प्रार्थना गर्छु, किनकि तिनीहरू तपाईंका हुन् । 10 सबै जो मेरा हुन्, ती तपाईंका हुन् र तपाईंका सबै मेरा हुन्; म तिनीहरूमा महिमित हुन्छु । 11 अब उप्रान्त म संसारमा हुन्नँ, तर यी मानिसहरू संसारमा छन् र म तपाईंकहाँ आउँदै छु । हे पवित्र पिता, यिनीहरूलाई तपाईंको नाउँमा सुरक्षा दिनुहोस् जसलाई तपाईंले मलाई दिनुभएको छ, ताकि जसरी हामी एक छौँ त्यसरी नै तिनीहरू एक होऊन् । 12 म तिनीहरूसँग हुँदा मैले तिनीहरूलाई तपाईंको नाउँमा सुरक्षा दिएँ, जसलाई तपाईंले मलाई दिनुभएको छ । मैले तिनीहरूलाई सुरक्षा दिएँ, र विनाशको पुत्रबाहेक तिनीहरूमध्ये कोही पनि नष्ट भएन, ताकि धर्मशास्त्र पुरा होस् । 13 अब म तपाईंकहाँ आउँदै छु, तर म यी कुराहरू संसारमा नै भनिरहेको छु, ताकि तिनीहरूले मेरो आनन्द तिनीहरूमा पुरा गरून् । 14 मैले तिनीहरूको वचन दिएको छु, संसारले तिनीहरूलाई घृणा गरेको छ, किनभने जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन् । 15 तपाईंले तिनीहरूलाई संसारबाट लैजानु होस् भनेर होइन, तर तिनीहरूलाई दुष्टबाट बचाउनुहोस् भनी म तपाईंसँग बिन्ती गर्दछु । 16 जस्तो म संसारको होइन, तिनीहरू पनि संसारका होइनन् । 17 तिनीहरूलाई सत्यतामा आफ्नै लागि समर्पण गर्नुहोस् । तपाईंको वचन सत्य छ । 18 जसरी तपाईंले मलाई संसारमा पठाउनुभयो, त्यसरी नै मैले तिनीहरूलाई संसारमा पठाएको छु । 19 तिनीहरूका खातिर म आफैँलाई समर्पण गर्दछु, ताकि तिनीहरू आफैँ पनि सत्यतामा तपाईंमा समर्पण गरिनेछन् । 20 म यिनीहरूका लागि मात्र होइन तर तिनीहरूका लागि पनि प्रार्थना गर्दछु जसले तिनीहरूको वचनद्वारा मलाई विश्वास गर्नेछन्, 21 ताकि जसरी तपाईं अर्थात् पिता ममा हुनुहुन्छ, र म तपाईंमा छु त्यसरी नै तिनीहरू सबै एक होऊन् । म यो प्रार्थना गर्दछु, कि तिनीहरू पनि हामीमा होऊन् ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी संसारले विश्वास गरोस् । 22 तपाईंले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझैँ तिनीहरू पनि एक होऊन् । 23 म तिनीहरूमा छु, र तपाईं ममा हुनुहुन्छ, ताकि तिनीहरू एक भएर पूर्ण होऊन्, ताकि तपाईंले मलाई पठाउनुभएको थियो भनी संसारले जानोस्, अनि तपाईंले मलाई प्रेम गर्नुभएजस्तै मैले तिनीहरूलाई पनि प्रेम गरेँ । 24 हे पिता, जसलाई तपाईंले मलाई दिनुभएको छ तिनीहरू म जहाँ छु त्यहीँ होऊन् भन्ने म चाहन्छु, ताकि तिनीहरूले मेरो महिमा देखून् जुन तपाईंले मलाई दिनुभएको छ । किनभने तपाईंले मलाई संसारको सृष्टिअगि देखि नै प्रेम गर्नुभएको छ । 25 हे धर्मी पिता, यो संसारले तपाईंलाई चिनेन, तर म तपाईंलाई चिन्दछु; र तपाईंले मलाई पठाउनुभयो भनी यिनीहरू जान्दछन् । 26 मैले तपाईंको नाउँलाई तिनीहरूका बिचमा परिचित तुल्याएको छु र मैले यसलाई परिचित तुल्याउनेछु, ताकि जुन प्रेमले तपाईंले मलाई प्रेम गर्नुभयो, त्यो तिनीहरूमा रहोस् र म तिनीहरूमा रहनेछु ।
यो अध्यायले एउटा लामो प्रार्थना बनाउँछ ।
धर्मशास्त्रले धेरैपटक परमेश्वरको महिमालाई एउटा महान्, चहकिलो ज्योतिको रूपमा बताउँछ । जब मानिसहरूले यस ज्योतिलाई देख्छन्, तिनीहरू डराउँछन् । यस अध्यायमा येशूले उहाँका अनुयायीहरूलाई उहाँको साँचो महिमा देखाउनुहुन परमेश्वरलाई बिन्ती गर्नुहुन्छ (यूहन्ना १७:१) ।
परमेश्वरले संसारलाई सृष्टि गर्नुभन्दा अगाडि येशू हुनुहुन्थ्यो (यूहन्ना १७:५) । यूहन्नाले यस बारेमा यूहन्ना१:१ मा लेखे ।
येशू परमेश्वरको एउटा र एकमात्रै पुत्र हुनुहुन्छ (यूहन्ना ३:१६), त्यसकारण उहाँले अरू मानिसहरूले प्रार्थना गर्नेभन्दा फरक तरिकाले गर्दा प्रार्थना गर्न सक्नुहुन्थ्यो । उहाँले त्यस्ता धेरै शब्दहरू प्रयोग गर्नुभयो जुन आदेशहरू जस्तो सुनिए । तपाईंको अनुवादले येशूलाई आफ्नो बाबुसँग प्रेम र आदरसहित बोलिरहेको र बाबु खुशी हुनको निमित्त के गर्न जरुरी छ भनेर उनलाई बताइरहेको एउटा छोरा जस्तो देखाउनुपर्छ ।
अघिल्लो अध्यायको कथाको अंश नै जारी छ । येशूले चेलाहरूसँग कुरा गरिरहनुभएको थियो, तर अहिले प्रार्थना गर्न सुरु गर्नुहुन्छ ।
यो वाक्पद्धतिको अर्थ माथितिर हेर्नु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “उहाँले आकाशतिर हेर्नुभयो”
यसले आकाशलाई जनाउँछ ।
येशूले उहाँलाई आदर गर्न परमेश्वर पितासँग आग्रह गर्नुहुन्छ, ताकि उहाँले परमेश्वरलाई आदर दिन सक्नुभएको होस् ।
यिनीहरू परमेश्वर र येशू बिचको सम्बन्धलाई वर्णन गर्ने उपाधिहरू हुन् ।
यहाँ “समय” शब्दले येशूले कष्ट भोग्ने र मृत्यु हुने समयलाई जनाउँछ । वैकल्पिक अनुवादः “यो मैले कष्ट भोग्ने र मर्ने समय हो”
यसले सबै मानिसहरूलाई जनाउँछ ।
अनन्त जीवन भनेको एक मात्र साँचो परमेश्वर अर्थात् परमेश्वर पिता र पुत्रलाई चिन्नु हो ।
यहाँ “काम” ले पृथ्वीमा येशूको समग्र सेवाकाइलाई जनाउने प्रतिस्थापन शब्द हो ।
“संसार बनिनुअघि नै” येशूको परमेश्वर पितासँग महिमा थियो, किनभने येशू पुत्र परमेश्वर हुनुहुन्छ । वैकल्पिक अनुवादः “हे पिता, हामीले संसारलाई बनाउन अघि हामी जस्तो थियौँ त्यसरी नै मलाई तपार्इंको उपस्थितिमा ल्याएर मलाई आदर दिनुहोस्”
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
येशूले उहाँका चेलाहरूका निम्ति प्रार्थना गर्न सुरु गर्नुहन्छ ।
यहाँ “नाउँ” परमेश्वरको व्यक्तिलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “वास्तवमा तपार्इं को हुनुहुन्छ र कस्तो हुनुहुन्छ भनी मैले तिनीहरूलाई सिकाएँ”
यहाँ “संसार” परमेश्वरको विरोध गर्ने मानिसहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । यसको अर्थ परेश्वरले विश्वासीहरूलाई उहाँमा विश्वास नगर्नेहरूबाट आत्मिक रूपमा अलग गर्नुभएको छ भन्ने हो ।
यो आज्ञा पालन गर्नु भन्ने अर्थ लाग्ने वाक्पद्धति हो । वैकल्पिक अनुवादः “तपार्इंको शिक्षा पालन गरेका छन्”
यहाँ “संसार” परमेश्वरको विरोध गर्ने मानिसहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “मैले जो तपार्इंका होइनन् तिनीहरूका निम्ति प्रार्थना गरिरहेको छैन”
यो पृथ्वीमा बस्ने र परमेश्वरको विरोध गर्ने मानिसहरू बिच भएको जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “ती मानिसहरू बिच जो तपार्इंका होइनन्”
येशूले उहाँमा भरोसा गर्नेहरूलाई सुरक्षित राख्नलाई पितासँग आग्रह गर्नुहुन्छ, ताकि तिनीहरूको परमेस्वरसँगको घनिष्ठ सम्बन्ध हुन सकोस् ।
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
यहाँ “नाउँ” परमेश्वरको शक्ति र अधिकारलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तपार्इंले मलाई दिनुभएको तपार्इंको शक्ति र अधिकारद्वारा तिनीहरूलाई सुरक्षा दिनुहोस्”
यहाँ “नाउँ” परमेश्वरको शक्ति र सुरक्षा जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “मैले तिनीहरूलाई तपार्इंको सुरक्षामा राखेँ”
“तिनीहरूमध्ये एक जना मात्र नष्ट भयो त्यो विनाशको पुत्र हो”
यसले येशूलाई विश्वासघात गर्ने यहूदालाई जनाउँछ । वैकल्पिक अनुवादः “तपार्इंले विनाश गर्नुहुनेछ भनी लामो समयअघि नै निर्णय गर्नुभएको एक जना”
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “धर्मशास्त्रमा त्यसको बारेमा गरिएको अगमवाणी पूरा गर्न”
यहाँ “संसार” संसारमा बस्ने मानिसहरूका निम्ति प्रतिस्थापन शब्द हो ।
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “ताकि तपार्इंले तिनीहरूलाई महान् आनन्द दिन सक्नुभएको होस्”
“मैले तपाईंको सन्देश तिनीहरूलाई बताइदिएको छु”
यहाँ “संसार” परमेश्वरको विरोध गर्ने मानिसहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तपार्इंलाई विरोध गर्नेहरूले मेरा अनुयायीहरूलाई घृणा गरे, किनभने जसरी म विश्वास नगर्नेहरूमा पर्दिनँ त्यसरी नै तिनीहरू पनि तिनीहरूमा पर्दैनन्”
यस अनुच्छेदमा “संसार” परमेश्वरको विरोध गर्ने मानिसहरूको निम्ति प्रतस्थापन शब्द हो ।
यसले शैतानलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूलाई शैतान अर्थात् दुष्टबाट बचाउनुहोस्”
तिनीहरूलाई अलग राख्नुको उद्देश्यलाई प्रस्टसँग बताउन सकिन्छ । “सत्यद्वारा” भन्ने पदावलीले यहाँ सत्य सिकाएर भन्ने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई तपार्इंको सत्य सिकाएर तपार्इंको आफ्नै बनाउनुहोस्”
“तपाईंको सन्देश सत्य छ” वा “तपाईंले जे भन्नुहुन्छ सो सत्य छ”
यहाँ “संसारमा” संसारमा बस्ने मानिसहरू जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “संसारका मानिसहरूलाई”
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुनेछ । वैकल्पिक अनुवादः “तिनीहरू आफैँले पनि साँचो रूपमा तपार्इंमा समर्पण गर्नेछन्”
“तिनीहरू जसले ममा विश्वास गर्नेछन् किनकि तिनीहरूले मेरो बारेमा सिकाउँछन्”
जसले येशूमा भरोसा गर्छन् तिनीहरूले विश्वास गर्दा पिता र पुत्रमा एकिकृत हुन्छन् ।
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
यहाँ अझ परमेश्वरलाई नचिन्ने मानिसहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “परमेश्वरलाई नचिन्ने मानिसहरू”
“मैले मेरा अनुयायीहरूलाई तपार्इंले मलाई सम्मान गर्नुभए झैँ सम्मान गरेको छु”
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “ताकि जसरी तपार्इंले हामीलाई एकिकृत गर्नुभएको छ त्यसरी नै तिनीहरूलाई पनि एकिकृत गर्न सक्नुहुनेछ”
“ताकि तिनीहरू पूर्ण रूपमा एक होऊन्”
यहाँ संसार परमेश्वरलाई नचिन्ने मानिसहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “ताकि सबै मानिसहरूले जान्नेछन्”
यस किसिमको प्रेम परमेश्वरबाट मात्र आउँछ,र आफूलाई लाभ नुहुँदा पनि अरुको भलाइमा नै केन्द्रित हुन्छ । यस किसिमको प्रेमले तिनीहरूले जे गरे पनि अरूको वास्ता गर्छ ।
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
यहाँ “म जहाँ छु” ले स्वर्गलाई जनाउँछ । वैकल्पिक अनुवादः “मसँग स्वर्गमा”
“ताकि तिनीहरूले मेरो महानता देखून्”
यहाँ येशूले सृष्टिभन्दाअघिको समयलाई जनाउनुहुन्छ । वैकल्पिक अनुवादः “हामीले संसार सृष्टि गर्नुभन्दा अघि”
येशूले प्रार्थना अन्त्य गर्नुहुन्छ ।
यहाँ “पिता” परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
यहाँ “संसार” परमेश्वरका स्वामित्वमा नभएका मानिसहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पि अनुवादः “जो तपार्इंका होइनन् तिनीहरूले तपार्इं कस्तो हुनुहुन्छ सो जान्दैनन्”
यहाँ “नाउँ” ले परमेश्वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “तपार्इं कस्तो हुनुहुन्छ भनी मैले तिनीहरूलाई प्रकट गरेको छु”
यस किसिमको प्रेम परमेश्वरबाट मात्र आउँछ,र आफूलाई लाभ नहुँदा पनि अरुको भलाइमा नै केन्द्रित हुन्छ । यस किसिमको प्रेमले तिनीहरूले जे गरे पनि अरूको वास्ता गर्छ ।
1 यी कुराहरू बोलिसक्नुभएपछि येशू आफ्ना चेलाहरूसित किद्रोन उपत्यकाको अर्कोपट्टि जानुभयो । त्यहाँ एउटा बगैँचा थियो जसमा उहाँ र उहाँका चेलाहरू प्रवेश गर्नुभयो । 2 उहाँलाई विश्वासघात गर्ने यहूदालाई पनि त्यो ठाउँ थाहा थियो, किनकि येशू आफ्ना चेलाहरूसित प्रायः त्यस बगैँचामा जानुहुन्थ्यो । 3 अनि मुख्य पुजारीहरू, फरिसीहरू र अधिकारीहरूसहित सिपाहीहरूको एक समूह लिएर यहूदा लालटिन, राँको र हतियारहरूसहित त्यहाँ आए । 4 के भइरहेको थियो भनी सबै थोक जान्नुहुने येशू अगाडि आउनुभयो र भन्नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ ?” 5 तिनीहरूले उहाँलाई जवाफ दिए, “नासरतका येशूलाई ।” येशूले तिनीहरूलाई भन्नुभयो, “म उही हुँ ।” उहाँलाई विश्वासघात गर्ने यहूदा पनि सिपाहीहरूसँगै उभिरहेको थियो । 6 त्यसैले, जब येशूले “म उही हुँ” भन्नुभयो तिनीहरू पछाडि हटे अनि जमिनमा ढले । 7 अनि उहाँले तिनीहरूलाई फेरि सोध्नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ ?” तिनीहरूले फेरि भने, “नासरतका येशूलाई ।” 8 येशूले जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनेँ, म उही हुँ । त्यसैले, यदि तिमीहरू मलाई खोजिरहेका छौ भने, यिनीहरूलाई जान देओ ।” 9 यो “तपाईंले मलाई दिनुभएकाहरूमध्ये, मैले कसैलाई पनि गुमाइनँ” भनी उहाँले भन्नुभएको वचन पुरा हुनको निम्ति थियो । 10 तब सिमोन पत्रुस जससँग तरवार थियो, तिनले त्यो थुतेर प्रधान पुजारीका नोकरलाई प्रहार गरे, र उसको दायाँ कान काटिदिए । त्यस नोकरको नाम माल्खस थियो । 11 येशूले पत्रुसलाई भन्नुभयो, “तरवारलाई म्यानमा नै राख । के पिताले मलाई दिनुभएको कचौरा मैले पिउनु पर्दैन र ?” 12 त्यसैले, सिपाहीहरूको समूह, कप्तान र यहूदी अधिकारीहरूले येशूलाई पक्रे र बाँधे । 13 तिनीहरूले पहिले उहाँलाई हन्नासकहाँ लगे, किनकि तिनी कैयाफाका ससुरा थिए जो त्यस वर्षका प्रधान पुजारी थिए । 14 मानिसहरूको निम्ति एक जना मर्नु उत्तम हुन्छ भनी यहूदीहरूलाई सल्लाह दिने व्यक्ति कैयाफा नै थिए । 15 सिमोन पत्रुस येशूको पछिपछि लागे, र अर्का चेलाले पनि त्यसै गरे । ती चेलाको प्रधान पुजारीसँग चिनजान थियो, र तिनी येशूसँगै प्रधान पुजारीका आँगनभित्र पसे । 16 तर पत्रुसचाहिँ बाहिर ढोकामा नै उभिरहेका थिए । त्यसैले, प्रधान पुजारीसँग चिनजान भएका अर्का चेला बाहिर गए र ढोकाकी महिला पालेसँग कुरा गरे, र पत्रुसलाई भित्र ल्याए । 17 तब महिला दासी अर्थात् ढोकाकी पालेले पत्रुसलाई भनिन्, “के तिमी पनि यी मानिसका चेलाहरूमध्ये एक जना होइनौ र ?” तिनले भने, “म होइनँ ।” 18 अब नोकरहरू र अधिकारीहरू त्यहाँ उभिरहेका थिए, र तिनीहरूले आगोको भुङ्ग्रो बनाएका थिए, किनकि जाडो थियो, अनि तिनीहरूले आफैँलाई न्यानो बनाइराखेका थिए । आफूलाई न्यानो पार्दै पत्रुस पनि तिनीहरूसँगै उभिरहेका थिए । 19 प्रधान पुजारीले येशूलाई उहाँका चेलाहरू र उहाँको शिक्षाको बारेमा सोधपुछ गरे । 20 येशूले तिनलाई जवाफ दिनुभयो, “म संसारसँग खुल्लमखुल्ला बोलेको छु । मैले सधैँ मन्दिर र सभाघरहरूमा शिक्षा दिइरहेको थिएँ जहाँ सबै यहूदीहरूसँगै आउँछन् । मैले कुनै पनि कुरा गुप्तमा भनेको छैन । 21 तपाईंहरूले मलाई किन सोध्नुहुन्छ ? तिनीहरूलाई नै सोध्नुहोस् जसले मैले भनेको सुनेका छन् । हेर, मैले भनेका कुरा यी मानिसहरूले जान्दछन् ।” 22 जब येशूले यो कुरा भन्नुभयो, त्यहाँ उभिरहेकाहरूमध्ये एक जनाले येशूलाई एक मुक्का हाने, र भने, “के प्रधान पुजारीलाई जवाफ दिने तेरो तरिका त्यही हो ?” 23 येशूले त्यसलाई जवाफ दिनुभयो, “यदि मैले गलत तवरले बोलेँ भने, त्यो गलत कुराको गवाही देऊ, तर यदि मैले ठिकसँग बोलेको छु भने तिमी मलाई किन हिर्काउँछौ ?” 24 अनि हन्नासले येशूलाई बाँधेकै अवस्थामा प्रधान पुजारी कैयाफाकहाँ पठाए । 25 अब सिमोन पत्रुसचाहिँ उभिएर आफूलाई न्यानो पार्दै थिए । अनि मानिसहरूले तिनलाई भने, “के तिमी पनि त्यसका चेलाहरूमध्येका एक जना होइनौ ?” तिनले यसलाई इन्कार गरे, र भने, “म होइनँ ।” 26 अनि प्रधान पुजारीका नोकरहरूमध्ये पत्रुसले कान काटिदिएका नोकरका एक जना नातेदारले भने, “के मैले तिमीलाई बगैँचामा तिनीसित देखिनँ र ?” 27 पत्रुसले फेरि इन्कार गरे र तुरुन्तै भाले बास्यो । 28 त्यसपछि तिनीहरूले येशूलाई कैयाफाबाट राज्यपालको महलमा लगे । बिहान सबेरै थियो, तिनीहरू राज्यपालको महलमा पसेनन्, ताकि तिनीहरूले अशुद्ध नहोऊन् तर निस्तार-चाड खान सकून् । 29 त्यसैले पिलातस तिनीहरूकहाँ बाहिर गए र भने, “तिमीहरूले यी मानिसको विरुद्धमा के आरोप ल्याउँदै छौ ?” 30 तिनीहरूले तिनलाई जवाफ दिए, र भने, “यदि यो मानिसले खराबी नगरेको भए हामीले यसलाई तपाईंकहाँ सुम्पने थिएनौँ ।” 31 त्यसकारण, पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैँले यिनलाई लैजाऊ र आफ्नो व्यवस्थाअनुसार यिनको न्याय गर ।” अनि यहूदीहरूले तिनलाई भने, “कुनै मानिसलाई मृत्युदण्ड दिनु हाम्रो लागि न्यायसङ्गत छैन । 32 उहाँको मृत्यु कस्तो किसिमले हुनेछ भनी येशूले सङ्केत गरेर भन्नुभएको उहाँको वचन पुरा होस् भनेर यसो भएको थियो । 33 त्यसपछि पिलातस फेरि राज्यपालको महलभित्र पसे, अनि येशूलाई बोलाए र तिनले उहाँलाई भने, “के तिमी यहूदीहरूका राजा हौ ?” 34 येशूले जवाफ दिनुभयो, “तपाईं आफैँले भन्नुभएको हो वा तपाईंलाई मेरो बारेमा अरू कसैले भनेको हो ?” 35 पिलातसले जवाफ दिए, “म यहूदी होइनँ, हुँ र ? तिम्रा आफ्नै मानिसहरू र तिम्रा मुख्य पुजारीहरूले नै तिमीलाई मकहाँ सुम्पेका छन् । तिमीले के गर्यौ ?” 36 येशूले जवाफ दिनुभयो, “मेरो राज्य यो संसारको होइन । यदि मेरो राज्य यस संसारको हिस्सा थियो भने, मेरा सेवकहरू लड्ने थिए, ताकि मलाई यहूदीहरूको हातमा सुम्पियोस् । तर मेरो राज्य यस संसारको होइन ।” 37 तब पिलातसले उहाँलाई भने, “त्यसो भए तिमी राजा नै हौ त ?” येशूले जवाफ दिनुभयो, “तपाईं नै मलाई राजा भन्नुहुन्छ । म यही उद्देश्यको निम्ति जन्मिएको हुँ, अनि म यही उद्देश्यको निम्ति म यस संसारमा आएको छु, ताकि मैले सत्यको गवाही दिऊँ । सत्यका सबैले मेरो आवाज सुन्छन् ।” 38 पिलातसले उहाँलाई भने, “सत्य के हो ?” जब तिनले यसो भने, तिनी फेरि यहूदीहरूकहाँ बाहिर गए र तिनीहरूलाई भने, “म यस मानिसमा कुनै अपराध पाउँदिन ।” 39 तर निस्तार-चाडमा मैले तिमीहरूका निम्ति एक जनालाई छोडिदिने तिमीहरूको प्रचलन छ । त्यसैले, के म तिमीहरूका निम्ति यहूदीहरूका राजालाई छोडी दिऊँ भन्ने तिमीहरू चाहन्छौ ?” 40 तब तिनीहरूले फेरि कराए, र भने, “यस मानिसलाई होइन, तर बारब्बालाई छोडिदिनुहोस् ।” बारब्बाचाहिँ एक डाँकु थिए ।
पद १४ ले भन्छ, “अब ती व्यक्ति कैयाफा नै थिए जसले मानिसहरूको लागि एक जना मानिस मर्नु नै असल छ भनी यहूदीहरूलाई सुझाव दिएका थिए” तिनीहरूले येशूलाई किन कैयाफाकहाँ लगेका थिए भनेर पाठकलाई बुझ्नलाई सहायता गर्नको लागि लेखकले यो कुरा भन्छन् । तपाईंले यी शब्दहरू कोष्ठकहरूभित्र राख्न विचार गर्न सक्नुहुन्छ ।
रोमी सरकारले यहूदीहरूलाई अपराधीहरूलाई मार्ने अनुमति दिएको थिएन, त्यसैले यहूदीहरूले उहाँलाई मार्न, बडाहाकिम पिलातसलाई बिन्ती गर्न आवश्यक थियो (यूहन्ना १८:३१) ।
येशूले उहाँको राज्य “यस संसारको” थिएन भन्नुहुँदा के भन्न खोज्नुभयो भनेर कसैलाई पनि पक्का गरी थाहा छैन (यूहन्ना १८:३६) । केही मानिसहरूले सोच्छन् कि येशूले भन्न खोज्नुभएको कुरा चाहिँ उहाँको राज्य आत्मिक मात्रै हो र यस पृथ्वीमा उहाँको कुनै दृश्य राज्य छैन । अरू मानिसहरूले सोच्छन् कि येशूले भन्न खोज्नुभएको कुरा उहाँले उहाँको राज्यलाई बलजफ्तीपूर्वक स्थापना गर्ने र शासन गर्ने गर्नुहुने छैन, जसरी अन्य राजाहरूले तिनीहरूको राज्यहरू बनाउँछन् । “यस संसारको होइन” भन्ने कुरालाई “यस ठाउँबाट होइन” वा “अरू नै ठाउँबाट आउँछ” भनेर अनुवाद गर्न सम्भव छ ।
जब पिलातसले येशूलाई उहाँ यहूदीहरूको राजा हुनुहुन्थ्यो कि भनेर सोधे
१-२ को पदहरूले त्यस पश्चात आउने घटनाहरूको पृष्ठभूमि जानकारी दिन्छन् । हामीलाई पद १ ले कथाको परिवेश बताउँछ, पद २ ले यहूदाको पृष्ठभूमिबारे बताउँछ ।
एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्नको लागि लेखकले यी शब्दहरू प्रयोग गर्छन् ।
यरूशलेममा भएको उपत्यकाले मन्दिर भएको पहाड र जैतूनको डाँडालाई छुट्टाउँछ ।
यो जैतूनको बगैँचा थियो । वैकल्पिक अनुवादः “जहाँ जैतूनको बगैँचा थियो”
येशू सिपाहीहरू, अधिकारीहरू र फरिसीहरूसँग कुरा गर्न सुरु गर्नुहुन्छ ।
“तब येशू, जो उहाँलाई के हुन लागेको थियो भनी सबै थोक जान्नुहुन्थ्यो”
“नासरतबाट आउनुभएको मानिस येशू”
“उही” शब्द परोक्ष राखिएको छ । वैकल्पिक अनुवादः “म उहाँ नै हो”
“उहाँलाई सुम्पने”
मौलिक पठ्यांशमा “उही” वर्तमान कालमा छैन, तर परोक्ष राखिएको छ । वैकल्पिक अनुवादः “म उहाँ नै हो”
येशूको शक्तिले गर्दा मानिसहरू जमिनमा ढले । वैकल्पिक अनुवादः “येशूको शक्तिले ढले”
“नासरतबाट आउनुभएको मानिस येशू”
यूहन्नाले येशूले धर्मशास्त्र पूरा गर्नुहुने कुराको पृष्ठभूमि हामीलाई बताउँदा पद ९ मा मुख्य कथालाई अलिकति रोकिएको छ ।
मौलिक पठ्यांशमा “उही” वर्तमान कालमा छैन, तर परोक्ष राखिएको छ । वैकल्पिक अनुवादः “म उहाँ नै हो”
यहाँ “वचन” ले येशूले प्रार्थना गर्नुभएको शब्दहरूलाई जनाउँछ । तपाईंले यसलाई कर्तृ वाच्यको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यो पितासँग प्रार्थना गरिरहनुहुँदा उहाँले भन्नुभएको वचनहरू ] अनि [ हुनलाई भयो”
माल्खस प्रधान पूजाहारीका पुरुष नोकर थिए ।
यो राख्नेलाई नकाटोस् भनी राखिएको तरवार वा धारिलो छुरीको खोल हो ।
यो येशूको कथनलाई जोड दिन प्रश्नको स्वरूपमा आउँछ । वैकल्पिक अनुवादः “पिताले दिनुभएको कचौरा मैले पिउनु नै पर्छ”
यहाँ “कचौरा” येशूले भोग्नुपर्ने कष्टलाई जनाउने अलङ्कार हो ।
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
पद १४ ले हामीलाई कैयाफाबारेको पृष्ठभूमि जानकारी दिन्छ ।
यहाँ “यहूदीहरू” येशूको विरोध गर्ने यहूदी अगुवाहरूका निम्ति रूपक हो । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरू”
सिपाहीहरूले येशूलाई भाग्नबाट रोक्नलाई उहाँका हातहरू बाँधे । वैकल्पिक अनुवादः “येशूलाई कब्जामा लिए र उहाँलाई भाग्नबाट रोक्न बाँधे”
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “प्रधान पूजाहारीले ती चेलालाई चिन्थे, त्यसैले तिनी येशूसँगै भित्र पस्न सके”
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “त्यसैले अर्को चेला जसलाई प्रधान पूजाहारीले चिन्थे”
यो नोकरलाई तिनको भनाइ केही सावधानीपूर्वक व्यक्त गर्न सक्षम तुल्याउनलाई प्रश्नको स्वरूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “तिमी पनि गिरफ्तार गरिएका मानिसका चेलाहरूमध्ये एक हौ । के होइनौ र ?”
यिनीहरू प्रधान पूजाहारीका नोकरहरू र मन्दिरका गार्डहरू थिए । वैकल्पिक अनुवादः “जाडो थियो, त्यसैले प्रधान पूजाहारीका नोकरहरू र मन्दिरका गार्डहरूले आगोको भुङ्रो बनाए, र आफैँलाई न्यानो बनाउँदै यसको वरिपरि उभिरहेका थिए”
यहाँ यो शब्द मुख्य कथामा छोटो विश्राम लिनलाई प्रयोग गरिएको छ, ताकि यूहन्नाले आगोको वरिपरि आफैँलाई न्यानो पारिराखेका मानिसहरूबारे थप जानकारी दिन सकोस् ।
यहाँ कथा फेरि येशूतिर नै फर्कन्छ ।
यो कैयाफा हो (हेर्नुहोस् १८:१३) (./12.md)
यहाँ “उहाँको शिक्षा” ले येशूले मानिसहरूलाई सिकाइरहनुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँका चेलाहरू र उहाँले मानिसहरूलाई सिकाइरहनुभएको बारेमा”
यहाँ तपाईले “संसार” येशूले सिकाउनुभएको सुन्ने मानिसहरूका निम्ति प्रतिस्थापन शब्द हो भन्ने कुरा स्पष्ट पार्न । यहाँ “संसार” भनेको एउटा अतिरञ्जित अभिव्यक्ति हो जसले येशूले खुला रूपले बोल्नुभयो भन्ने कुरालाई जोड दिन्छ ।
यहाँ “सारा यहूदीहरू” भनेको एउटा अतिरञ्जित अभिव्यक्ति हो जसले येशूले त्यहाँ बोल्नुभयो जहाँ उहाँलाई सुन्न चाहने जो कसैले पनि उहाँलाई सुन्न सक्थ्यो भन्ने कुरालाई जोड दिन्छ ।
यो येशूले भनिरहनुभएको कुरामा जोड दिनलाई प्रश्नको स्वरूपमा देखा परेको छ । वैकल्पिक अनुवादः “तपार्इंहरूले मलाई यी प्रश्नहरू सोधिरहनु पर्दैन”
जोड दिनलाई यो प्रश्नको स्वरूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “तैँले प्रधान पूजाहारीलाई त्यसरी जवाफ दिनु हुँदैन”
“मैले के गलत भने मलाई बताऊ”
यो येशूले भनिरहनुभएको कुरामा जोड दिनलाई प्रश्नको स्वरूपमा देखा परेको छ । वैकल्पिक अनुवादः “यदि मैले ठिक मात्र भनेको थिएँ भने तिमीले मलाई कुटिरहनु हुँदैन”
यहाँ कथा पत्रुसतिर केन्द्रित हुन्छ ।
यहाँ यो शब्द यूहन्नाले पत्रुसको बारेमा केही जानकारी थप्नलाई छोटो विश्राम देखाउनलाई प्रयोग गरिएको छ ।
यो भनाइ जोड दिनलाई प्रश्नको स्वरूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “तिमी पनि त्यसका चेलाहरूमध्ये एक जना हौ”
यो भनाइ जोड दिनलाई प्रश्नको स्वरूपमा देखा पर्छ । यहाँ “तिनी” ले येशूलाई जनाउँछ । वैकल्पिक अनुवादः “मैले तिमीलाई तिनीहरूले गिरफ्तार गरेका मानिससँग जैतूनको बगैँचामा देखेँ । देखिनँ र ?”
यहाँ पत्रुसले येशूलाई चिनेको र सँगै रहेको इन्कार गरे भन्ने आशय दिइएको छ । वैकल्पिक अनुवादः “पत्रुसले येशूलाई चिन्थे वा तिनी उहाँसँग थिए भन्ने फेरि इन्कार गरे”
पत्रुसले येशूलाई भाले बास्नअघि इन्कार गर्नेछन् भन्ने कुरालाई पाठकले सम्झनुहुनेछ भनी मानी लिइएको छ । वैकल्पिक अनुवादः “येशूले हुन्छ भन्नुभए झैँ तुरुन्तै भाले बस्यौ”
फेरि कथा येशूतिर नै केन्द्रित हुन्छ । सिपाहीहरू र उहाँलाई दोष लगाउनेहरूले उहाँलाई कैयाफाकहाँ ल्याउँछन् । पद २८ ले तिनीहरू किन राज्यपालको महलमा पसेनन् भन्ने पृष्ठभुमि जानकारी दिन्छ ।
तिनीहरूले येशूलाई कैयाफाको घरबाट लगिरहेको कुरा यहाँ देखाइन्छ । वैकल्पिक अनुवादः “तब तिनीहरूले येशूलाई कैयाफाको घरबाट लगे”
पिलातस यहूदी थिएनन् त्यसैले यहूदी अगुवाहरू तिनीहरूलाई अशुद्ध नबनाइ तिनको प्रधान कार्यलयभित्र पस्न सक्दैन थिए । यसले तिनीहरूलाई निस्तार चाड मान्नबाट रोक्न सक्थ्यो । तपार्इंले यो दोहोरो नकारात्मकलाई सकारात्मक स्वरूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरू आफैँचाहिँ पिलातसको प्रधान कार्यलय बाहिर नै रहे, किनभने पिलातस गैरयहूदी थिए । तिनीहरू अशुद्ध हुन चाहँदैनथे”
तपाईले यो दोहोरो नकारात्मकलाई सकारात्मक स्वरूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यो मानिस खराब गर्ने व्यक्ति हो, र दण्डको निम्ति हामीले तपार्इंकहाँ ल्याउनु पर्यो”
यस पदावलीले यहाँ शत्रुहरूको हातमा दिनु भन्ने अर्थ दिन्छ ।
लेखकले येशूले उहाँ कसरी मर्नुहुनेछ भनी भविष्यवाणी गर्नुभएको पृष्ठभूमि जानकारी दिँदा पद ३२ मुख्य कथाबाटको विश्राम हो ।
यहाँ यहूदीहरू” भनेको येशूको विरोध गर्ने र उहाँलाई गिरफ्तार गर्ने यहूदी अगुवाहरूका निम्ति रूपक हो । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरूले तिनलाई भने”
रोमी कानुनअनुसार यहूदीहरूले मानिसलाई मृत्यु दण्ड दिन सक्दैन थिए । वैकल्पिक अनुवादः “रोमी कानुनअनुसार, हामीले मृत्यु दण्ड दिन सक्दैनौँ”
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “येशूले पहिला भन्नुभएको कुरा ] अनि [ हुनलाई”
“उहाँ कसरी मर्नुहुनेछ भन्ने बारे”
यो भनाइ प्रश्नको रूपमा देखा पर्छ ताकि पिलातसले यहूदी संस्कारबारेको तिनको अलिकति पनि चासो नभएको कुरालाई जोड दिन सकून् । वैकल्पिक अनुवादः “निश्चय पनि म यहूदी होइन, र यी कुराहरूमा मेरो कुनै चासो छैन”
“तिम्रा सङ्गी यहूदीहरू”
यहाँ “संसार” भनेको येशूको विरोध गर्ने मानिसहरूका निम्ति प्रतिस्थापन शब्द हो । सम्भावित अर्थहरू १) “मेरो राज्य यस संसारको हिस्सा होइन”
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “र मलाई गिरफ्तार गर्न यहूदी अगुवाहरूलाई रोक्ने थिए”
यहाँ यहूदीहरू” भनेको येशूको विरोध गर्ने यहूदी अगुवाहरूका निम्ति रूपक हो ।
यहाँ “संसार” संसारमा बस्ने मानिसहरूलाई जनाउने रूपक हो ।
यहाँ “सत्य” ले परमेश्वरबारेको सत्यतालाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसहरूलाई परमेश्वरको बारेमा सत्यता बताउन”
यो परमेश्वरको बारको सत्यतालाई रुचाउनेलाई जनाउने वाक्पद्धति हो ।
यहाँ “आवाज” येशूले भन्नुभएको वचनहरूलाई जनाउने रूपक हो । वैकल्पिक अनुवादः “मैले भनेका कुराहरू” वा “मलाई”
सत्य के हो भन्ने कसैले जान्दैन भन्नेर पिलातसको विश्वासलाई जोड दिन यो भनाइ प्रश्नको रूपमा देखा पर्छ । येशू नै सत्य हुनुहुन्छ भन्ने व्याङ्ग्या यहाँ छ । वैकल्पिक अनुवादः “सत्य के हो कसैले जान्न सक्दैन !”
यहाँ यहूदीहरू” भनेको येशूको विरोध गर्ने यहूदी अगुवाहरूका निम्ति रूपक हो ।
यो उत्सर्ग हो । तपार्इंले अस्पष्ट कुरालाई थप्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “होइन, यो मानिसलाई नछोड्नुहोस् ! बरु बारब्बालाई छोड्नुहोस् !
यूहन्नाले यहाँ बारब्बाको बारेमा पृष्ठभूमि जानकारी दिन्छन् ।
1 तब पिलातसले येशूलाई लगे र उहाँलाई कोर्रा लगाए । 2 सिपाहीहरूले काँडाको मुकुट बनाए । तिनीहरूले यसलाई येशूको शिरमा लगाइदिए, अनि उहाँलाई बैजनी रङको वस्त्र पहिर्याइदिए । 3 तिनीहरू उहाँकहाँ आए, र भने, “यहूदीहरूका राजाको जय होस् !” अनि तिनीहरूले उहाँलाई मुक्का हाने । 4 तब पिलातस फेरि बाहिर गए, र तिनीहरूलाई भने, “हेर, मैले यिनलाई तिमीहरूकहाँ बाहिर ल्याउँदै छु, ताकि मैले यिनमा कुनै दोष पाउँदिनँ भन्ने तिमीहरूले जान्न सक ।” 5 त्यसैले, येशू बाहिर आउनुभयो । उहाँले काँडाको मुकुट र बैजनी रङको वस्त्र लगाउनुभएको थियो । तब पिलातसले तिनीहरूलाई भने, “यी मानिसलाई हेर !” 6 जब मुख्य पुजारीहरू र अधिकारीहरूले येशूलाई देखे, तिनीहरू उच्च सोरले कराए, र भने, “त्यसलाई क्रुसमा टाँग, त्यसलाई क्रुसमा टाँग !” पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैँले लैजाओ र यिनलाई क्रुसमा टाँग, किनकि म यिनमा कुनै दोष भेट्टाउँदिनँ ।” 7 यहूदीहरूले तिनलाई जवाफ दिए, “हामीसँग व्यवस्था छ, अनि त्यो व्यवस्थाअनुसार यो मर्नुपर्छ, किनभने यसले परमेश्वरका पुत्र हुँ भनी दाबी गर्छ ।” 8 जब पिलातसले यो भनाइ सुने, तिनी झन् डराए, 9 अनि तिनी फेरि राज्यपालको महलभित्र पसे, र येशूलाई भने, “तिमी कहाँबाट आएका हौ ?” तर येशूले तिनलाई जवाफ दिनुभएन । 10 तब पिलातसले उहाँलाई भने, “के तिमी मसँग बोल्दैनौ ? मसित तिमीलाई छोडिदिने र क्रुसमा टाँग्ने शक्ति छ भन्ने के तिमीलाई थाहा छैन ?” 11 येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट दिइएको बाहेक तपाईंसँग ममाथि कुनै शक्ति छैन । यसकारण, जसले मलाई तपाईंको हातमा सुम्प्यो त्यसको पाप अझ ठुलो हुन्छ ।” 12 यस जवाफमा पिलातसले उहाँलाई छोड्ने कोसिस गरे, तर यहूदीहरू यसो भन्दै कराए, “तपाईंले यो मानिसलाई छोड्नुभयो भने तपाईं कैसरको मित्र हुनुहुन्नः जसले आफैँलाई राजा तुल्याउँछ, त्यो कैसरको विरुद्ध बोल्छ ।” 13 जब पिलातसले यी कुराहरू सुने, तिनले येशूलाई बाहिर ल्याए, र “ढुङ्गाको पेटी” (हिब्रूमा “गब्बथा”) भनिने ठाउँको न्याय आसनमा बसे । 14 निस्तारको तयारीको दिनको करिब छैठौँ पहर भएको थियो । पिलातसले यहूदीहरूलाई भने, “हेर, तिमीहरूका राजा यहाँ हुनुहुन्छ !” 15 तिनीहरू ठुलो सोरमा कराए, “यसलाई लानुहोस्, यसलाई लानुहोस्, यसलाई क्रुसमा टाँग्नुहोस् !” पिलातसले तिनीहरूलाई भने, “के तिमीहरूका राजालाई मैले क्रुसमा टाँग्नुपर्ने हो ?” मुख्य पुजारीहरूले जवाफ दिए, “हामीसँग कैसरबाहेक अरू कुनै राजा छैन ।” 16 तब पिलातसले क्रुसमा टाँग्नको लागि येशूलाई तिनीहरूकहाँ सुम्पे । 17 तब तिनीहरूले येशूलाई लगे, अनि उहाँ आफ्नो क्रुस आफैँ बोकी, “खप्परे ठाउँ” भन्ने ठाउँतिर जानुभयो, जसलाई हिब्रूमा “गलगथा” भनिन्छ । 18 त्यहाँ तिनीहरूले येशूलाई क्रुसमा टाँगे, उहाँसँगै अरू दुई जना मानिसलाई पनि येशूलाई बिचमा पारेर दुवैपट्टि एक-एक जनालाई क्रुसमा टाँगे । 19 पिलातसले एउटा चिन्ह पनि लेखे र क्रुसमाथि राखे । त्यहाँ यस्तो लेखिएको थियोः नासरतका येशू, यहूदीहरूका राजा । 20 यहूदीहरूमध्ये धेरैले यो चिन्ह पढे, किनभने येशूलाई टाँगिएको ठाउँ सहरको नजिकै थियो । यो चिन्ह हिब्रू, ल्याटिन र ग्रिकमा लेखिएको थियो । 21 तब यहूदीहरूका मुख्य पुजारीहरूले पिलातसलाई भने, “यहूदीहरूका राजा नलेख्नुहोस् बरु यसले, ‘म यहूदीहरूका राजा हुँ’ भनेको थियो भनी लेख्नुहोस् ।” 22 पिलातसले जवाफ दिए, “मैले जे लेखेँ सो लेखेँ ।” 23 सिपाहीहरूले येशूलाई क्रुसमा टाँगेपछि तिनीहरूले उहाँको वस्त्र लिए अनि चार भाग बनाए । हरेक सिपाहीको लागि एक-एक भाग पर्यो र लबेदा पनि । अब लबेदाचाहिँ सिउनीविनाको माथिदेखि पुरै बुनेको थियो । 24 तब तिनीहरूले एक आपसमा भने, “यसलाई नच्यातौँ, बरु यो कसको हुनेछ भनी निर्णय गर्न चिट्ठा हालौँ ।” धर्मशास्त्रको वचन पुरा होस् यसो भएको थियो, “तिनीहरूले मेरो वस्त्र आपसमा भाग लगाए; तिनीहरूले मेरो वस्त्रको लागि चिट्ठा हाले ।” 25 सिपाहीहरूले यी कुराहरू गरे । येशूकी आमा, उहाँकी आमाकी बहिनी, क्लोपासकी पत्नी मरियम र मरियम मग्दलिनी येशूको क्रुसको छेउमा उभिरहेका थिए । 26 जब येशूले आफ्नी आमा र आफूले माया गर्नुभएका चेलालाई नजिकै उभिएको देख्नुभयो, उहाँले आफ्नी आमालाई भन्नुभयो, “हे नारी, हेर्नुहोस्, तपाईंका छोरा !” 27 तब उहाँले ती चेलालाई भन्नुभयो, “हेर, तिम्री आमा !” त्यस बेलादेखि ती चेलाले तिनलाई आफ्नो घरमा लगे । 28 यसपछि येशूले सबै थोक पुरा गरिएको थियो भन्ने जान्नुभएको हुनाले धर्मशास्त्र पुरा हुनको लागि उहाँले भन्नुभयो, “मलाई तिर्खा लाग्यो ।” 29 अमिलो मद्यले भरिएको एउटा भाँडा त्यहाँ राखिएको थियो । त्यसैले, तिनीहरूले अमिलो दाखमद्यले भरिएको स्पन्जलाई हिसपको हाँगामा चोपेर उहाँको मुखमा राखिदिए । 30 जब येशूले अमिलो लिनुभयो, उहाँले भन्नुभयो, “सिद्धियो ।” उहाँले आफ्नो शिर झुकाउनुभयो र आफ्नो आत्मा त्याग्नुभयो । 31 यो तयारीको दिन भएको, र शबाथको अवधिमा शरीर क्रुसमा नरहोस् भन्ने हेतुले (किनकि शबाथ महत्त्वपूर्ण दिन थियो), यहूदीहरूले पिलातसलाई तिनीहरूका खुट्टा भाँचेर तिनीहरूलाई हटाउनलाई आग्रह गरे । 32 तब सिपाहीहरू आए, र येशूसँगै क्रुसमा टाँगिएका पहिलो र दोस्रो मानिसका खुट्टा भाँचीदिए । 33 जब तिनीहरू येशूकहाँ आए, तिनीहरूले उहाँको मृत्यु अगि नै भइसकेको देखे । त्यसैले, तिनीहरूले उहाँका खुट्टा भाँचेनन् । 34 तापनि सिपाहीहरूमध्ये एक जनाले उहाँको कोखमा भालाले घोचे, र तत्कालै रगत र पानी निस्क्यो । 35 जसले यो देखे तिनले यो गवाही दिएका छन्, र तिनको गवाही सत्य छ । तिनले भनेको सत्य हो भनी तिनी जान्दछन् छन्, र तिमीहरूले विश्वास गर । 36 यी कुराहरू यस हेतुले भए, ताकि धर्मशास्त्र पुरा होस्, “उहाँको एउटै पनि हड्डी भाँचिनेछैन ।” 37 फेरि, अर्को धर्मशास्त्रले भन्छ, “तिनीहरूले उहाँलाई हेर्नेछन् जसलाई तिनीहरूले घोचे ।” 38 यी कुराहरूपछि अरिमाथियाका योसेफ येशूका चेला भएका हुनाले (तर यहूदीहरूको डरले तिनी गुप्तमा मात्र चेला थिए) तिनले येशूको शरीरलाई लान पाऊँ भनी पिलातससँग अनुरोध गरे । पिलातसले तिनलाई अनुमति दिए । त्यसकारण योसेफ आए, र उहाँको शरीर लगे । 39 निकोदेमस पनि आए जो पहिले येशूकहाँ राति आएका थिए । तिनले झण्डै तेत्तिस किलो मूर्र र एलवाको मिश्रण ल्याए । 40 त्यसैले, तिनीहरूले येशूको शरीरलाई लगे र दफनको निम्ति यहूदीहरूको चलनअनुसार मसलासहित सुती कपडाले बेह्रे । 41 अब उहाँलाई क्रुसमा झुण्ड्याइएको ठाउँमा एउटा बगैँचा थियो, र त्यो बगैँचामा एउटा नयाँ चिहान थियो जसमा अहिलेसम्म कुनै व्यक्तिलाई गाडिएको थिएन । 42 यो दिन यहूदीहरूका निम्ति तयारीको दिन भएको र चिहान पनि नजिकै भएको हुनाले तिनीहरूले येशूलाई त्यसैमा राखे ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई बाँकीको पाठ्यखण्डलाई भन्दा दायाँतर्फ राख्छन् । यूएलटीले १९:२४ मा भएको कवितासँग यसो गर्छ, जुन पूरानो करारबाटका शब्दहरू हुन् ।
वैजनी रातो वा नीलो जस्तो रङ्ग हो । मानिसहरूले येशूको गिल्ला गरिरहेका थिए, त्यसैले तिनीहरूले उहाँलाई एउटा वैजनी वस्त्र पहिराइदिए । यसो गर्नुको कारण चाहिँ राजाहरूले वैजनी वस्त्रहरू पहिरनुले गर्दा थियो । तिनीहरूले एउटा राजालाई सम्मान दिइरहेका झैँ गरेर बोले र व्यवहार गरे, तर हरेकलाई थाहा थियो कि तिनीहरूले त्यसो येशूलाई घृणा गरेका कारणले गरिरहेका थिए ।
पिलातसले जान्दथे कि येशू एक अपराधी हुनुहुन्नथ्यो, त्यसैकारण उनले उहाँलाई उनका सिपाहीहरूद्वारा मार्न लाउन चाहेनन् । तर यहूदीहरूले उनलाई बताए कि येशूले उहाँ राजा हुनुभएको दाबी गरिरहनुभएको थियो, र यदि कसैले त्यस्तो दाबी गर्यो भने उसले कैसरको नियमहरूको उल्लङ्घन गरिरहको हुन्थ्यो (यूहन्ना १९:१२) ।
त्यो चिहान जहाँ येशू गाडिनुभएको थियो (यूहन्ना १९:४१), त्यो यस्तो प्रकारको चिहान थियो जहाँ धनी यहूदी घरानाकाहरूले तिनीहरूका मृतकहरूलाई गाड्ने गर्थे । यो चिहानमा खोपेर बनाइएको एउटा वास्तविक कोठा थियो । यसभित्र एकातर्फ एउटा फराकिलो स्थान थियो जहाँ तिनीहरूले शरीरलाई तेल र सुगन्धित द्रव्य घसेर कपडाले बेह्रिसकेपछि राख्न सक्थे । तब तिनीहरूले एउटा ठुलो चट्टानलाई चिहानको मुखमा गुडाइदिन्थे ताकि कसैले पनि भित्रपट्टि देख्न नसकोस् वा प्रवेश गर्न नसकोस् ।
सिपाहीहरूले येशूको अपमान गरिरहेका थिए जब तिनीहरूले भने, “प्रणाम, यहूदीहरूको राजा” पिलातसले यहूदीहरूको अपमान गरिरहेका थिए जब उनले भने, “के म तिमीहरूको राजालाई क्रूसमा टाँगिदिऊँ ?” उनले सम्भवतः येशू र यहूदीहरू दुवैको अपमान पनि गरिरहेका थिए जब उनले लेखे, “नासरतका येशू, यहूदीहरूका राजा”
यी दुई हिब्रू शब्दहरू हुन् । यी शब्दहरूको अर्थहरूको अनुवाद गरिसकेपछि (“ढुङ्गा बिछ्याइएको मार्ग” र “खप्परको स्थान”), लेखकले तिनीहरूका उच्चारणहरू जस्तो सुनिन्छ ग्रीक अक्षरहरूमा त्यस्तै लेख्छन् ।
अघिल्लो अध्यायको कथा नै जारी छ । यहूदीहरूले दोष लगाइरहँदा येशू पिलातसको अघि उभिरहनुभएको छ ।
येशूलाई पिलातस आफैँले कोर्रा लगाएनन् । यहाँ “पिलातस” कोर्रा लगाउनलाई तिनले आदेश दिएका सिपाहीहरूका निम्ति रूपक हो । वैकल्पिक अनुवादः “तब पिलातसले येशूलाई कोर्रा लाउन तिनका सिपाहीहरूलाई आदेश दिए”
हात उचालेर “जय” भनेर अभिवादन कैसरलाई मात्र गरिन्थ्यो । सिपाहीहरूले येशूलाई खिसी गर्नलाई काँडाको मुकुट लगाइदिँदा र बैजनी रङको वस्त्र पहिराउँदा, यथार्थ राजा उहाँ नै हुनुहुन्छ भन्ने तिनीहरूले जान्दैनन् भन्ने व्यङ्ग्योक्ति छ ।
येशू दोषी हुनुहुन्न भन्ने पिलातसले विश्वास गर्दैनन् भन्ने व्यक्त गर्न तिनले यो दुई पटकसम्म दोहोर्याउँछन् । उनले उहाँलाई दण्ड दिन चाहँदैनन् । वैकल्पिक अनुवादः “म यिनलाई दण्ड दिने कुनै कारण देख्दिनँ”
मुकुट र बैजनी रङको वस्त्र राजाले मात्र लगाउँथे । सिपाहीहरूले खिसी गर्नलाई उहाँलाई पनि यसरी पहिर्याइदिए । हेर्नुहोस् यूहन्ना १९:२
यहाँ “यहूदीहरू” येशूको विरोध गर्नेहरूका निम्ति रूपक हो । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरूले पिलातसलाई जवाफ दिए”
येशूलाई क्रूसमा मृत्यु दण्ड दिइयो, किनभने उहाँ “परमेश्वरको पुत्र” भएको उहाँले दाबी गर्नुभयो ।
यो येशूको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
यो भनाइ प्रश्नको रूपमा देखा पर्छ । येशूले आफ्नो प्रतिरक्षा गर्नलाई अवसर नलिनुभएकोमा पिलातस छक्क पर्छन् । वैकल्पिक अनुवादः “तिमीले बोल्न इन्कार गरेको कुरा, म विश्वास गर्न सक्दिनँ” वा “मलाई जवाफ देऊ”
जोड दिनलाई यो कथन प्रश्नको रूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “तिमीले जान्नु पर्छ कि म तिमीलाई छोड्न वा तिमीलाई क्रूसमा झुण्ड्याउनलाई मेरा सिपाहीहरूलाई आदेश दिन सक्छु”
यहाँ “शक्ति” ले केही कुरा गर्ने वा गराउने क्षमतालाई जनाउँछ ।
तपार्इंले यो दोहोरो नकारात्मकलाई सकारात्मक र कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तपार्इंलाई सक्षम बनाउनुभएकोले मात्र तपार्इंले मेरो विरुद्ध काम गर्न सक्नुहुन्छ”
यो परमेश्वरलाई आदरपूर्वक जनाउने तरिका हो ।
यसको अर्थ शत्रुको हातमा सुम्पनु हुन्छ ।
यहाँ “यो जवाफ” ले येशूको जवाफलाई जनाउँछ । वैकल्पिक अनुवादः “जब पिलातसले येशूको जवाफ सुने”
यहाँ “कोसिस गरे” ले मौलिक लेखमा पिलातसले “धेरै” वा “बार-बार” कोसिस गरे भन्ने देखाउँछ । वैकल्पिक अनुवादः “तिनले येशूलाई छोड्ने धेरै कोसिस गरे” वा “तिनले येशूलाई छोड्न बार-बार कोसिस गरे”
यहाँ यहूदीहरू” येशूको विरोध गर्ने यहूदी अगुवाहरूको निम्ति रूपक हो । मौलिक लेखमा “कराए” ले तिनीहरू कराए वा चिच्याए भन्ने देखाउँछ । वैकल्पिक अनुवादः “तर यहूदी अगुवाहरू चिच्याइरहे”
“तपाईले कैसरको विरोध गर्दै हुनुहुन्छ” वा “तपार्इंले सम्राटको विरोध गरिरहनुभएको छ”
“जसले ऊ राजा हो भनी दाबी गर्छ”
यहाँ यहाँ “तिनी”ले पिलातसलाई जनाउँछ, र “पिलातसले सिपाहीहरूलाई आदेश दिए” को निम्ति रूपक हो । वैकल्पिक अनुवादः “येशूलाई बाहिर ल्याउन तिनले सिपाहीहरूलाई आदेश दिए”
पिलातसजस्ता महत्त्वपूर्ण मानिसहरू कुनै आधिकारिक कार्य गर्नलाई बस्थे जब कि महत्त्वपूर्ण नठानिएका मानिसहरू खडा नै रहन्थे ।
यो आधिकारिक न्याय गर्दा पिलातसजस्ता महत्त्वपूर्ण मानिस बस्ने विशेष आसन हो । यदि तपार्इंको भाषामा यस्तो कार्यलाई व्यक्त गर्ने विशेष तरिका छ भने तपार्इंले यहाँ प्रयोग गर्न सक्नुहुनेछ ।
यो महत्त्पूर्ण मानिसहरूलाई मात्र जान अनुमति दिइने ढुङ्गाको विशेष मञ्च हो । तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “ढुङ्गाको पेटी भन्ने ठाउँमा”
यसले इस्राएलीहरूले बोल्ने भाषालाई जनाउँछ ।
केही समय बितेको थियो र अहिले यो छैठौँ पहर हो, येशूलाई क्रूसमा झुण्ड्याउनलाई पिलातसले सिपाहीहरूलाई आदेश दिन्छन् ।
यो शब्दले छोटो विश्रामलाई जनाउँछ ताकि यूहन्नाले आउँदो निस्तार र दिनको समयबारेको जानकारी प्रदान गर्न सकून् ।
“झण्डै मध्यान्नतिर”
यहाँ यहूदीहरू” येशूको विरोध गर्ने यहूदी अगुवाहरूको निम्ति रूपक हो । वैकल्पिक अनुवादः “पिलातसले यहूदी अगुवाहरूलाई भने”
यहाँ “म” क्रूसमा झुण्ड्याउने पिलातसका सिपाहीहरूलाई जनाउने रूपक हो । वैकल्पिक अनुवादः “के तिमीहरूका राजालाई क्रूसमा झुण्ड्याउनलाई म मेरा सिपाहीहरूलाई आदेश दिएको तिमीहरू चाहान्छौ त?”
यहाँ पिलातसले येशूलाई क्रूसमा झुण्ड्याउन तिनका सिपाहीहरूलाई आदेश दिन्छन् । तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “त्यसैले पिलातसले येशूलाई क्रूसमा झुण्ड्याउनलाई तिनले सिपाहीहरूलाई आदेश दिए”
तपार्इंले यसलाई कर्तृवाच्यको स्वरूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले ‘खप्परको ठाउँ’ भन्ने ठाउँतिर”
हिब्रू इस्राएलका मानिसहरूले बोल्ने भाषा हो । तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जसलाई हिब्रूमा तिनीहरूले ‘गलगथ’ भन्छन्”
यो उत्सर्ग हो । यसलाई तपार्इं परोक्ष कुरालाई थपेर अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले अरू दुई जना अपराधीहरूलाई पनि तिनीहरूको क्रूसमा झुण्ड्याए”
यहाँ पिलातस त्यो चिन्ह लेख्ने व्यक्तिको निम्ति रूपक हो । यहाँ क्रूसले येशूको क्रूसलाई जनाउँछ । वैकल्पिक अनुवादः “पिलातसले कसैलाई चिन्ह लेख्न र येशूको क्रूसमा टाँस्न आदेश दिए”
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “त्यसैले ती व्यक्तिले यी शब्दहरू लेखेः नासरतका येशू, यहूदीहरूका राजा”
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “सिपाहीहरूले येशूलाई क्रूसमा झुण्ड्याएको ठाउँ”
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “त्यो चिन्ह तयार पार्नेले तीन वटा भाषाहरूमा लेखेः हिब्रू, ल्याटिन र ग्रीक”
यो रोमी सरकारको भाषा थियो ।
चिन्हमा लेखिएको कुराको निम्ति प्रतिवाद गर्नलाई मुख्य पूजाहारी पिलातसको प्रधान कार्यलयमा जानु पर्यो । वैकल्पिक अनुवादः “मुख्य पूजाहारी पिलातसकहाँ फर्के र भने”
पिलातसले चिन्हमा लेखिएको कुरा बदल्दैनन् भन्ने आशय दिन्छन् । वैकल्पिक अनुवादः “मैले जे लेख्न चाहेँ सो मैले लेखेको छु, र म यसलाई बदल्दिन”
यो घटनाले धर्मशास्त्रलाई कसरी पूरा गर्छ भनी यूहन्नाले हामीलाई बताउँदा पद २४ को अन्त्यमा मुख्य कथाबाट छोटो विश्राम लिइएको छ ।
“र तिनीहरूले उहाँको वस्त्र पनि लगे” सिपाहीहरूले लबेदालाई छुट्टै राखे र भाग लगाएनन् । वैकल्पिक अनुवादः “अनि तिनीहरूले उहाँको लबेदालाई छुट्टै राखे”
सिपाहीहरूले जुवा खेल्छन् र जित्नेले लबेदा हात पार्छन् । वैकल्पिक अनुवादः “जुवा खेलौँ र जित्नेले यसलाई राख्नेछ”
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यसो भन्ने धर्मशास्त्र पूराभयो” वा “यसो भन्ने धर्मशास्त्र सत्य हुन आउन यो भयो”
सिपाहीहरूले यसरी येशूको लुगा आपसमा बाँडे । वैकल्पिक अनुवादः “तिनीहरूले जुवा खेले”
यो यस सुसमाचारका लेखक यूहन्ना हुन् ।
यहाँ “छोरा” अलङ्कार हो । येशूले यूहन्ना उहाँको आमाको निम्ति छोरा झैँ भएको चाहनु हुन्छ । वैकल्पिक अनुवादः “हे नारी, तपाईसँग छोरा झैँ व्यवहार गर्ने मानिस यहाँ छ”
यहाँ आमा शब्द अलङ्कार हो । येशूले उहाँकी आमालाई यूहन्नाप्रति तिनकी आमा झैँ भएको चाहनुहुन्छ । वैकल्पिक अनुवादः “यो महिला तिम्रै आमा थिइन् झैँ ठान्नु”
“त्यही क्षणदेखि” (यूडीबी)
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “उहाँले जान्नुभयो, कि उहाँले परमेश्वरले उहाँलाई गर्नलाई पठाउनुभएको सबै थोक उहाँले गरी सक्नुभएको थियो”
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “त्यहाँ कसैले अमिलो मद्यले भरिएको एउटा भाँडो राखेको थियो”
“तीतो मद्य”
यहाँ “तिनीहरू”ले रोमी सिपाहीहरूलाई जनाउँछ ।
धेरै तरल पदार्थ राख्न र सोस्न सक्ने वस्तु
“हिस्सप भनिने बिरूवाको हाँगामा”
यूहन्नाले यहाँ उहाँको आत्मालाई येशूले परमेश्वरलाई नै दिनुभएको आशय दिन्छन् । वैकल्पिक अनुवादः “उहाँले उहाँको शिर निहुराउनुभयो र उहाँको आत्मा परमेश्वरलाई दिनुभयो” वा “उहाँले उहाँको शिर झुकाउनुभयो र मर्नुभयो”
यहाँ “यहूदीहरू” येशूको विरोध गर्नेहरूका निम्ति रूपक हो । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरू”
यसले निस्तार चाडअघि मानिसहरूले खानाहरू तयार पार्ने समयलाई जनाउँछ ।
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “मृत्यु दण्ड दिइएका मानिसहरूका खुट्टाहरू भाँच्न र तिनीहरूका शरीर क्रूसबाट हटाउन”
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जसलाई तिनीहरूले येशूको नजिकै क्रूसमा झुण्डाएका थिए”
यो वाक्यले कथाको पृष्ठभूमि जानकारी दिन्छ । यूहन्नाले पाठकहरूलाई तिनी पनि त्यहाँ नै थिए, र तिनले लेखेका कुरामा हामीले भरोसा गर्न सक्छौँ भनी बताइरहेका छन् ।
“गवाही दिनु” भनेको देखेको मानिसले कुनै कुराबारे बताउनु हो । वैकल्पिक अनुवादः “तिनले देखेका कुराबारे सत्य बताएका छन्”
यहाँ “विश्वास गर्नु” को अर्थ येशूमा भरोसा गर्नु हो । वैकल्पिक अनुवादः “ताकि तिमीहरूले पनि येशूमा भरोसा राख्नेछौ”
यी घटनाहरूले धर्मशास्त्रलाई कसरी सत्य तुल्याएका छन् भन्ने बारे यूहन्नाले बताउनलाई यी पदहरूमा कथाबाट छोटो विश्राम लिइएको छ ।
तपाईले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “कसैले धर्मशास्त्रमा लेखेको वचनहरू पूरा गर्न”
यो भजनसंग्रह ३४ बाट उद्धृत गरिएको हो । तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “कसैले पनि उहाँको कुनै पनि हड्डी भाँच्नेछैन”
यो जकरियाको पुस्तकबाट उद्धृत गरिएको हो ।
अरिमाथिया एउटा सानो नगर थियो । वैकल्पिक अनुवादः “अरिमाथिया नगरका योसेफ”
यहाँ “यहूदीहरू” येशूका विरोध गर्ने यहूदी अगुवाहरूका निम्ति रूपक हो । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरूको डरले”
यूहन्नाले अरिमाथियाका योसेफले येशूको शरीरलाई गाड्न चाहन्छन् भन्ने आशय दिन्छन् । वैकल्पिक अनुवादः “येशूको शरीरलाई दफनको निम्ति क्रूसबाट झारेर लान अनुमतिको निम्ति”
निकोदेमस फरिसीहरूमध्येको एक थिए जसले येशूमा विश्वास गर्थे । तपाईंले यो नाउँलाई यूहन्ना ३:१ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
यी मसलाहरू मानिसहरूले दफनको निम्ति शरीर तयार पार्न प्रयोग गर्थे ।
तपाईंले यसलाई आद्युनिक नापमा परिवर्तन गर्न सक्नुहुन्छ । “लिट्रा” १ किलोग्रामको एक तिहाई जति तौलको माप हो । वैकल्पिक अनुवादः “वजनमा लगभग ३३ किलोग्राम” वा “लगभग तेत्तीस किलोग्राम गह्रौँ”
“१००”
तिनीहरूले येशूलाई कहाँ गाडे भनी ठाउँबारे बताउनलाई यूहन्नाले मुख्य कथाबाट केहीबेर विश्राम लिएको देखाउँछन् ।
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “अहिले त्यस ठाउँमा जहाँ तिनीले येशूलाई झुण्डाएका थिए त्यहाँ एउटा बगैँचा थियो”
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जसमा मानिसहरूले कसैलाई पनि गाडेका थिएनन्”
यहूदी व्यवस्थाअनुसार शुक्रबार घाम अस्ताएपछि कसैले पनि काम गर्न सक्दैनथ्यो । यो विश्राम दिन र निस्तार चाडको सुरुवात थियो । वैकल्पिक अनुवादः “त्यस साँझ निस्तार चाड सुरु हुन लागेको थियो”
1 हप्ताको पहिले दिन सबेरै अँध्यारो छँदै मरियम मग्दलिनी चिहानमा आइन्, र तिनले चिहानबाट ढुङ्गा हटाइएको देखिन । 2 यसकारण तिनी दौडिन्, अनि सिमोन पत्रुस र येशूले प्रेम गर्नुभएका अर्का चेलाकहाँ आइन्, र तिनले तिनीहरूलाई भनिन्, “तिनीहरूले हाम्रा प्रभुलाई चिहानबाट निकालेर लगेछन्, अनि तिनीहरूले कहाँ राखेका छन्, हामी जान्दैनौँ ।” 3 तब पत्रुस र ती अर्का चेला बाहिर निस्के र तिनीहरू चिहानतिर गए । 4 तिनीहरू दुवै जना सँगसँगै दौडे, अर्का चेला चाँडै पत्रुसभन्दा अगि दौडे, अनि चिहानमा पहिले आइपुगे । 5 तिनले निहुरिएर चिहानभित्र हेरे; तिनले सुतीका कपडाहरू पडिरहेको देखे, तर तिनी भित्र पसेनन् । 6 सिमोन पत्रुस तिनीपछि आइपुगे र चिहानभित्र गए । तिनले त्यहाँ सुतीका कपडाहरू पडिरहेका देखे, 7 अनि उहाँको शिरको कपडा पनि देखे । यो पडिरहेका कपडाहरूसँग थिएन, तर अलग्गै पट्ट्याइएको थियो । 8 त्यसपछि चिहानमा पहिला आइपुग्ने ती अर्का चेला पनि भित्र गए, अनि तिनले देखे र विश्वास गरे । 9 त्यसबेलासम्म पनि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुपर्छ भनी तिनीहरूले अझै पनि धर्मशास्त्र बुझेनन् । 10 यसकारण चेलाहरू फेरि घर गए । 11 तर मरियमचाहिँ रुँदै चिहानबाहिर उभिएरहेकी थिइन्; तिनले रुँदै निहुरिएर चिहानभित्र हेरिन् । 12 तिनले सेतो पहिरनमा येशूको शरीर राखिएको शिरपट्टि एक र पाउपट्टि अर्को गरी दुई जना स्वर्गदूत बसिरहेका देखिन् । 13 तिनीहरूले तिनलाई भने, “हे नारी, तिमी किन रोइरहेकी छ्यौ ?” तिनले तिनीहरूलाई भनिन्, “किनभने तिनीहरूले मेरा प्रभुलाई लगे, अनि मलाई थाहा छैन तिनीहरूले उहाँलाई कहाँ राखेका छन् ।” 14 जब तिनले यसो भनिन्, तिनी फर्किन्, अनि तिनले त्यहाँ येशू उभिरहनुभएको देखिन्, तर उहाँ येशू नै हुनुहुन्छ भनी तिनले चिनिनन् । 15 येशूले तिनलाई भन्नुभयो, “ए नारी ! तिमी किन रोइरहेकी छ्यौ ? तिमी कसलाई खोज्दै छ्यौ ?” तिनले ती मानिस बगैँचाका माली हुन् भनी ठानिन्, र तिनले भनिन्, “महाशय, यदि तपाईंले उहाँलाई लानुभएको छ भने मलाई बताउनुहोस् तपाईंले उहाँलाई कहाँ राख्नुभएको छ, र म उहाँलाई लिएर जानेछु ।” 16 येशूले तिनलाई भन्नुभयो, “मरियम !” तिनी फर्किन्, र आरमेइक भाषामा उहाँलाई भनिन् “रब्बोनी” (जसको अर्थ हुन्छ, “गुरु” ) । 17 येशूले तिनलाई भन्नुभयो, “मलाई नछोऊ, किनभने म अझै पिताकहाँ गएको छैनँ, तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, कि म मेरा पिता र तिमीहरूका पिता अनि मेरा परमेश्वर र तिमीहरूका परमेश्वरकहाँ जानेछु ।” 18 मरियम मग्दलिनी चेलाहरूकहाँ आइन्, र तिनलाई उहाँले भन्नुभएका यी कुराहरू बताइन् र भनिन्, “मैले प्रभुलाई देखेँ ।” 19 हप्ताको पहिलो दिनको साँझपख यहूदीहरूको डरले चेलाहरू जहाँ बसेका थिए, त्यसका ढोकाहरू बन्द गरिएको हुँदा, येशू आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति !” 20 जब उहाँले तिनीहरूलाई यो भन्नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा देखाउनुभयो । चेलाहरूले प्रभुलाई देखेपछि तिनीहरू खुसी भए । 21 तब येशूले तिनीहरूलाई फेरि भन्नुभयो, “तिमीहरूलाई शान्ति होस् । जसरी पिताले मलाई पठाउनुभएको छ त्यसरी नै म तिमीहरूलाई पनि पठाउँदै छु ।” 22 जब येशूले यसो भन्नुभयो उहाँले तिनीहरूमाथि सास फुक्नुभयो, र तिनीहरूलाई भन्नुभयो, “पवित्र आत्मा लेओ । 23 तिमीहरूले जसका पापहरू क्षमा गर्छौ ती तिनीहरूका निम्ति क्षमा गरिन्छन्; जसका पापहरू तिमीहरू कायम राख्छौ, ती कायम राखिन्छन् ।” 24 येशू आउनुहुँदा बाह्र जना चेलामध्ये दिदुमस भनिने थोमाचाहिँ तिनीहरूसँग थिएनन् । 25 पछि अरू चेलाहरूले “हामीले प्रभुलाई देख्यौँ” भनी तिनलाई बताए । तिनले तिनीहरूलाई भने, “मैले उहाँका हातका काँटीहरूका डोबहरू नदेखेसम्म र मेरो औँला त्यहाँ नहालेसम्म, र उहाँको कोखमा मेरो हात नहालेसम्म म विश्वास गर्नेछैनँ ।” 26 आठ दिनपछि उहाँका चेलाहरू फेरि कोठाभित्र थिए, र थोमा पनि तिनीहरूसँगै थिए । ढोकाहरू बन्द गरिएको अवस्थामा नै येशू तिनीहरूकहाँ आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र भन्नुभयो, “तिमीहरूलाई शान्ति !” 27 त्यसपछि उहाँले थोमालाई भन्नुभयो, “तिम्रा औला यहाँ हाल, र मेरा हातहरू हेर अनि मेरो कोखामा तिम्रो हात हाल, अविश्वासी नहोऊ, तर विश्वास गर ।” 28 थोमाले जवाफ दिए, र उहाँलाई भने, “मेरा प्रभु, मेरा परमेश्वर !” 29 येशूले तिनलाई भन्नुभयो, “तिमीले मलाई देखेको कारणले विश्वास गरेका छौ । धन्य हुन् तिनीहरू जसले देखेका छैनन् र पनि विश्वास गरेका छन् ।” 30 यस पुस्तकमा नलेखिएका अरू धेरै चिन्हहरू येशूले चेलाहरूको उपस्थितिमा गर्नुभयो, 31 तर यीचाहिँ लेखिएका छन्, ताकि येशू नै ख्रीष्ट अर्थात् परमेश्वरका पुत्र हुनुहुन्छ भनी तिमीहरूले विश्वास गर्न सक र विश्वास गरेर उहाँको नाउँमा तिमीहरूले जीवन पाउन सक ।
त्यो चिहान जहाँ येशू गाडिनुभएको थियो (यूहन्ना २०:१), त्यो यस्तो प्रकारको चिहान थियो जहाँ धनी यहूदी घरानाकाहरूले तिनीहरूका मृतकहरूलाई गाड्ने गर्थे । यो चिहानमा खोपेर बनाइएको एउटा वास्तविक कोठा थियो । यसभित्र एकातर्फ एउटा फराकिलो स्थान थियो जहाँ तिनीहरूले शरीरलाई तेल र सुगन्धित द्रव्य घसेर कपडाले बेह्रिसकेपछि राख्न सक्थे । तब तिनीहरूले एउटा ठुलो चट्टानलाई चिहानको मुखमा गुडाइदिन्थे ताकि कसैले पनि भित्रपट्टि देख्न नसकोस् वा प्रवेश गर्न नसकोस् ।
यदि तपाईंको भाषामा “सास” र “आत्मा”को लागि एउटै शब्द छ भने, यो कुरा पक्का गर्नुहोस् कि येशूले सास फुकेर एउटा सङ्केतात्मक कार्य गरिरहनुभएको थियो, र चेलाहरूले पाएका चाहिँ पवित्र आत्मा हुनुहुन्थ्यो, येशूको सास होइन भनेर पाठकहरूले बुझ्नेछन् ।
यूहन्नाले यो शब्दको उच्चारण कस्तो सुनिन्छ भनेर वर्णन गर्न ग्रीक अक्षरहरूको प्रयोग गरे, र त्यसपछि उनले त्यसको अर्थ “शिक्षक” हो भनी व्याख्या गरे । तपाईंले पनि तपाईंका भाषाका अक्षरहरू प्रयोग गरेर त्यसै गर्नुपर्छ ।
येशू पुनः जीवित हुनुभएपछि उहाँ कस्तो देखिनुहुन्थ्यो भनेर कसैले पनि पक्का गरी जान्दैन । उहाँका चेलाहरू जान्दथे कि त्यो येशू हुनुहुन्थ्यो किनभने तिनीहरूले उहाँको मुहार देख्न सक्थे र सिपाहीहरूले काँटी ठोकेका उहाँका हातहरू र पाउहरूमा छुन सक्थे । तर उहाँ ठोस पर्खालहरू र ढोकाहरूबाट भएर पनि हिँड्न सक्नुहुन्थ्यो । यूएलटीले भनेभन्दा ज्यादा भन्ने कोसिस नगर्नु नै उत्तम हुन्छ ।
मत्ती, मर्कूस, लूका, र यूहन्ना सबैले येशूको चिहानमा स्त्रीहरूका अगाडि देखा परेका सेता वस्त्र पहिरेका स्वर्गदूतहरूका बारेमा लेखे । लेखकहरूमध्ये दुईजनाले तिनीहरूलाई मानिसहरू भने, तर त्यो चाहिँ तिनीहरू मानवको रूपमा भएको कारणले गर्दा मात्र थियो । लेखकहरूमध्ये दुईजनाले दुई स्वर्गदूतहरूका बारेमा लेखे, तर अरू दुई लेखकहरूले तिनीहरूमध्ये केवल एकजनाको बारेमा मात्र लेखे । सबै खण्डहरूले ठ्याक्कै एउटै कुरा भनेको जस्तो बनाउने कोसिस नगरीकन यी हरेक खण्डहरूलाई तिनीहरू यूएलटीमा जसरी छन् त्यसरी नै अनुवाद गर्दा बेस हुन्छ । (हेर्नुहोस्ः Matthew 28:1-2 अनि Mark 16:5 अनि Luke 24:4 अनि John 20:12)
यो येशूको दफनको तेस्रो दिन हो ।
“आइतबार”
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिनले देखिन, कि कसैले ढुङ्गा हटाएको थियो”
यो शब्द-समूह यूहन्नाले आफूलाई जनाउनलाई यो पुस्तकभरि प्रयोग गरेको देखिन्छ । यहाँ “प्रेम” ले भ्रातृ प्रेम वा मित्रवत् प्रेम वा पारिवारिक सदस्यप्रतिको प्रेमलाई जनाउँछ ।
मरियम मग्दलिनीले प्रभुको शरीर कसैले चोरेर लगेको ठान्छिन् । वैकल्पिक अनुवादः “प्रभुको शरीरलाई कसैले चिहानबाट निकालेको छ”
यूहन्नाले आफ्नै नाउँ राख्नुभन्दा “अर्का चेला” भनेर तिनको नम्रता प्रकट गर्छन् ।
यूहन्नाले यी चेलाहरू चिहानतिर जाँदै थिए भन्ने आशय दिन्छन् । वैकल्पिक अनुवादः “चिहानतिर दौडे”
यिनीहरू मानिसहरूले येशूको शरीर बेर्नलाई प्रयोग गरेका दफनका कपडाहरू थिए ।
यिनीहरू मानिसहरूले येशूको शरीर बेर्नलाई प्रयोग गरेका दफनका कपडाहरू थिए । तपाईंले यसलाई यूहन्ना २०:०५) मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
यहाँ “शिरको कपडा”ले “येशूको शिर”लाई जनाउँछ । तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “कसैले येशूको मुहार छोप्नलाई प्रयोग गरेको कपडा”
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तर कसैले यसलाई पट्टयाएको थियो, र सूतीका कपडाहरूभन्दा अलग्गै राखेको थियो”
यूहन्नाले यस पुस्तकमा आफ्नै नाउँ राख्नुभन्दा “अर्का चेला” भनेर तिनको नम्रता प्रकट गर्छन्
जब तिनले चिहान रित्तो देखे, तिनले येशू मृत्युबाट जीवित भइ उठ्नुभएको थियो भन्ने विश्वास गरे । वैकल्पिक अनुवादः “तिनले यी कुराहरू देखे, र येशू मृत्युबाट जीवित भइ उठ्नुभएको थियो भन्ने विश्वास गर्न थाले”
यहाँ “तिनीहरू” ले येशू मृत्युबाट जीवित भइ उठ्नुहुनेछ भन्ने धर्मशास्त्र नबुझ्ने चेलाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “चेलाहरूले अझ पनि धर्मशास्त्र बुझेनन्”
फेरि जीवित हुनु
ती सबैमध्येबाट जो मरेका छन् । यो अभिव्यक्तिले तल्लो संसारमा भएका सबै मृतक मानिसहरूलाई एकसाथ वर्णन गर्छ ।
चेलाहरू यरूशलेममा नै निरन्तर बसे । वैकल्पिक अनुवादः “तिनीहरू यरूशलेममा जहाँ बसिरहेका थिए त्यहाँ नै फर्केर गए”
स्वर्गदूतहरूले सेतो वस्त्र लगाएका थिए । वैकल्पिक अनुवादः “तिनले सेतो पोशाकमा दुई स्वर्गदूतहरू देखिन्”
“तिनीहरूले तिनलाई सोधे”
“किनभने तिनीहरूले मेरो प्रभुको शरीरलाई लगे”
“तिनीहरूले कहाँ राखेका छन् मलाई थाहा छैन”
“येशूले तिनलाई सोध्नुभयो”
यहाँ “उहाँलाई” ले येशूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यदि तपार्इंले येशूको शरीरलाई लानुभएको छ भने”
“तपार्इंले यसलाई कहाँ राख्नुभएकोछ मलाई बताउनुहोस्”
मरियम मग्दलिनीले येशूको शरीरलाई फेरि लगेर गाड्न चाहन्छिन् । वैकल्पिक अनुवादः “र मैले शरीरलाई लगेर फेरि गाड्छु”
येशू र उहाँका चेलाहरू बोल्ने भाषा आरमेइकमा रोब्बोनीको अर्थ रब्बी वा शिक्षक हुन्छ ।
येशूले उहाँ चेलाहरूलाई जनाउँन “भाइहरू’ शब्द प्रयोग गर्नुभयो ।
येशू मृत्युबाट जीवित भए उठ्नुभयो र उहाँ स्वर्गतिर अर्थात् उहाँका पिता परमेश्वरकहाँ जानुहुनेछ भनी भविष्वाणी गर्नुभयो । वैकल्पिक अनुवादः “म मेरा पिता र तिमीहरूका पितासँग हुन अर्थात् मेरा परमेश्वर र तिमीहरूका परमेश्वरकहाँ फर्कन लागेको छु”
यिनीहरू येशू र परमेश्वर बिचको सम्बन्ध, र विश्वासीहरू र परमेश्वर बिचको सम्बन्ध वर्णन गर्ने महत्त्वपूर्ण उपाधीहरू हुन्”
मरियम मग्दलिनी चेलाहरू जहाँ थिए त्यहाँ नै गइन् र तिनले देखेकी र सुनेकी कुरा तिनीहरूलाई बताई दिइन् । वैकल्पिक अनुवादः “मरियम मग्दलिनी चेलाहरू जहाँ थिए त्यहाँ गइन्, र तिनीहरूलाई भनिन्”
अहिले साँझ परेको छ र येशू चेलाहरूकहाँ देखा पर्नुहुन्छ ।
यसले आइतबारलाई जनाउँछ ।
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “चेलाहरू जहाँ थिए तिनीहरूले त्यहाँको ढोकाहरू बन्द गरेका थिए”
यहाँ “यहूदीहरू” चेलाहरूलाई गिरफ्तार गर्न सक्ने यहूदी अगुवाहरुका निम्ति रूपक हो । वैकल्पिक अनुवादः “किनभने यहूदी अगुवाहरूले तिनीहरूलाई पक्रलान् भनी तिनीहरू डराएका थिए”
यो एउटा सामान्य अभिवादन हो जसको अर्थ “परमेश्वरले तिमीहरूलाई शान्ति दिनुभएको होस्” भन्ने हुन्छ । (यूडीबी)
येशूले चेलाहरूलाई उहाँको घाउहरू देखाउनुभयो । वैकल्पिक अनुवादः “उहाँले तिनीहरूलाई उहाँको हातका र कोखाको घाउहरू देखाउनुभयो”
यो एउटा सामान्य अभिवादन हो जसको अर्थ “परमेश्वरले तिमीहरूलाई शान्ति दिनुभएको होस्” भन्ने हुन्छ । (यूडीबी)
यो परमेश्वरको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई क्षमा गर्नुहुनेछ”
“यदि तिमीहरूले कुनैको पाप क्षमा गर्दैनौ भने” (यूडीबी)
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई क्षमा गर्नुहुनेछैन”
यो एउटा पुरुषको नाम हो जसको अर्थ “जुम्ल्याहा” हुन्छ । यसलाई ११:१५
“तिनलाई” ले थोमालाई जनाउँछ ।
तपार्इंले यो दोहोरो नकारात्मकलाई सकारात्मक स्वरूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यदि मैले देखेँ... उहाँको कोखा.. मात्र मैले विश्वास गर्नेछु”
“उहाँको”ले येशूलाई जनाउँछ ।
“उहाँको” ले येशूलाई जनाउँछ ।
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जब तिनीहरूले ढोका बन्द गरेका थिए”
यो एउटा सामान्य अभिवादन हो जसको अर्थ “परमेश्वरले तिमीहरूलाई शान्ति दिनुभएको होस्” भन्ने हुन्छ । (यूडीबी)
येशूले पछि आउने, “तर विश्वास गर” भन्ने शब्दहरूलाई जोड दिनको लागि “अविश्वास गर्ने नहोओ” भन्ने युगल अकरणको प्रयोग गर्नुहुन्छ । यदि तपाईंको भाषाले युगलको अकरणको प्रयोग गर्न दिँदैन वा येशूले त्यसपछि आउने शब्दहरूलाई जोड दिइरहनुभएको छ भनेर पाठकहरूले बुझ्नेछैनन् भने, तपाईंले यी शब्दहरूलाई अनुवाद नगरीकनै छोड्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले गर्नको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा यही नै होः तिमीहरूले विश्वास गर्नैपर्छ”
यहाँ “विश्वास” भनेको येशूमा भरोसा गर्नु हो ।
थोमाले येशूलाई देखेका हुनाले उहाँ जीवित हुनुहुन्छ भनी विश्वास गरे । वैकल्पिक अनुवादः “म जीवित छु भन्ने तिमीले विश्वास गरेका छौ”
यसको अर्थ “परमेश्वर तिनीहरूलाई धैरै खुशी दिनुहुन्छ” (यूडीबी)
यसको अर्थ येशूलाई नदेख्नेहरू हुन् । वैकल्पिक अनुवादः “जसले मलाई जीवित देखेका छैनन्”
कथा सिद्धिन लागेको छ, लेखकले येशूले गर्नुएका धेरै थोकहरूको बारेमा टिप्पणी गर्छन् ।
“चिन्हहरू” ले परमेश्वर ब्रह्माण्डमाथि सर्वशक्तिशाली हुनुहुन्छ भन्ने देखाउने आश्चर्यकर्महरूलाई जनाउँछ ।
तपाईले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “लेखकले यस पुस्तकमा नलेखेका चिन्हहरू”
तपाईले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तर लेखकले यी चिन्हहरूबारेमा लेखे”
यो येशूको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
यहाँ “जीवन” येशूले दिनुहुने जीवनको निम्ति प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “येशूको कारणले तिमीहरूमा जीवन हुन सक्छ”
यसले आत्मिक जीवनलाई जनाउँछ ।
1 यी कुराहरूपछि येशू आफैँ फेरि तिबेरियास समुद्रमा चेलाहरूकहाँ देखा पर्नुभयो, उहाँ यसरी देखा पर्नुभयो । 2 सिमोन पत्रुस, दिदुमस भनिने थोमा, गालीलको कानाका नथानेल, जब्दियाका छोराहरू, र येशूका अरू दुई चेलासँगै थिए । 3 सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जाँदै छु ।” तिनीहरूले तिनलाई भने, “हामी पनि तिमीसँगै आउनेछौँ ।” तिनीहरू गए, र डुङ्गामा चढे, तर रातभरिमा तिनीहरूले कुनै पनि माछा पक्रेनन् । 4 अब बिहान सबेरै थियो । येशू समुद्रको किनारमा खडा हुनुभयो, तर उहाँ येशू हुनुहुन्थ्यो भनी चेलाहरूले चिनेनन् । 5 त्यसैले, येशूले तिनीहरूलाई भन्नुभयो, “ए जवान मानिसहरू, के तिमीहरूसँग कुनै खानेकुरा छ ?” उनीहरूले उहाँलाई जवाफ दिए, “छैन ।” 6 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूको जाल डुङ्गाको दाहिनेपट्टि हान, अनि तिमीहरूले केही भेट्टाउनेछौ ।” त्यसैले, तिनीहरूले आफ्नो जाल हाने, तर माछाहरू अति धेरै भएकोले तिनीहरूले त्यो तान्न सकेनन् । 7 तब येशूले प्रेम गर्नुभएका चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु हुनुहुन्छ ।” जब सिमोन पत्रुसले उहाँ प्रभु हुनुहुन्छ भन्ने सुने, तिनले तिनको बाहिरी वस्त्र बाँधे (किनकि तिनले त्यो फुकालेका थिए), र समुद्रमा आफैँ हाम्फाले । 8 अरू चेलाहरू डुङ्गामा चढे (किनकि तिनीहरू जमिनबाट धेरै टाढा थिएनन्, करिब सय मिटर टाढा मात्र थिए), र तिनीहरूले माछाले भरिएको जाल तानिरहेका थिए । 9 जब तिनीहरू जमिनमा उत्रे, तिनीहरूले आगोको भुङ्ग्रो र त्यसमा रोटीसँगै माछा राखेको देखे । 10 येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले भर्खरै पक्रेका केही माछाहरू ल्याओ ।” 11 तब सिमोन पत्रुस गए, र एक सय त्रिपन्नवटा ठुला-ठुला माछाले भरिएको त्यो जाल जमिनमा ल्याए । त्यहाँ यति धैरै माछाहरू थिए, तर पनि जाल च्यातिएन । 12 येशूले तिनीहरूलाई भन्नुभयो, “आओ, र खाजा खाओ ।” कुनै पनि चेलाले “तपाईं को हुनुहुन्छ ?” भनी उहाँलाई सोध्ने साहस गरेन । 13 येशू आउनुभयो र रोटी लिनुभयो, र तिनीहरूलाई दिनुभयो र माछा पनि दिनुभयो । 14 मृत्युबाट जीवित हुनुभएपछि येशूले आफूलाई चेलाहरूकहाँ प्रकट गर्नुभएको यो तेस्रो पटक थियो । 15 तिनीहरूले खाजा खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्नुभयो, “यूहन्नाका छोरा सिमोन, के तिमीले मलाई यिनीहरूभन्दा पनि बढी प्रेम गर्छौ ?” पत्रुसले उहाँलाई भने, “हो प्रभु, तपाईं जान्नुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्नुभयो, “मेरा थुमाहरूलाई खुवाऊ ।” 16 उहाँले तिनलाई फेरि दोस्रो पटक भन्नुभयो, “यूहन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ ?” पत्रुसले उहाँलाई जवाफ दिए, “हो प्रभु, तपाईं जानुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्नुभयो, “मेरा भेडाहरूको हेरचाह गर ।” 17 उहाँले तिनलाई तेस्रो पटक भन्नुभयो, “यूहन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ ?” पत्रुस निराश भए, किनकि येशूले तिनलाई “के तिमी मलाई प्रेम गर्छौ ?” भनी तेस्रो पटक सोध्नुभएको थियो । तिनले उहाँलाई भने, “प्रभु, तपाईं सबै थोक जानुहुन्छ, कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्नुभयो, “मेरा भेडाहरूलाई खुवाऊ ।” 18 साँचो साँचो म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ, तिमी आफैँ कपडा लगाउँथ्यौ र जहाँ जान चाहन्थ्यौ त्यतै जान्थ्यौ, तर जब तिमी वृद्ध हुन्छौ, तिमीले आफ्ना हात पसार्नेछौ र कसैले तिमीलाई कपडा लगाइदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ तिमीलाई बोकेर लगिन्छ । 19 पत्रुसले कस्तो किसिमको मृत्युले परमेश्वरलाई महिमा दिन्छ भनी सङ्केत गर्न येशूले यसो भन्नुभयो । उहाँले यो बताउनुभएपछि पत्रुसलाई भन्नुभयो, “मलाई पछ्याऊ ।” 20 पत्रुस फर्केर हेर्दा तिनले येशूले प्रेम गर्नुभएका चेला अर्थात् भोजमा येशूको छातीमा अडेस लगाएर बस्ने र उहाँलाई, “प्रभु, तपाईंलाई विश्वासघात गर्ने को हो ?” भनी सोध्ने चेला उहाँहरूको पछिपछि आइरहेको देखे । 21 पत्रुसले तिनलाई देखे, र येशूलाई भने, “प्रभु, यी मानिसले चाहिँ के गर्नेछन् ?” 22 येशूले तिनलाई भन्नुभयो, “यदि म नआउञ्जेसम्म तिनी रहेको चाहेँ भने पनि तिमीलाई के भयो त ? मलाई पछ्याऊ ।” 23 त्यसैले, ती चेला मर्नेछैनन् भन्ने यो भनाइ भाइहरूमाझ फैलियो । तरै पनि येशूले पत्रुसलाई अर्का चेला मर्दैनन् भन्नुभएन, तर “यदि म नआउञ्जेसम्म तिनी रहेको चाहेँ भने पनि तिमीलाई के भयो त ?” भन्नुभएको थियो । 24 यी कुराहरूको गवाही दिने, र यी कुराहरू लेख्ने यिनै चेला हुन्, र हामी जान्दछौँ, कि तिनको गवाही सत्य छ । 25 येशूले गर्नुभएका अरू धेरै कुराहरू पनि छन् । यदि ती सबै लेखिएका भए, मलाई लाग्छ, ती लेखिएका पुस्तकहरू संसारमा पनि अटाउने थिएनन् ।
येशू मर्नुभन्दा अगाडि, उहाँले उहाँका मानिसहरूलाई हेरविचार गर्ने कुरालाई मानौँ उहाँ भेडाहरूको हेरविचार गर्ने असल गोठालो हुनुभएको जसरी बताउनुभयो ।
तिबेरियासको समुद्रमा येशू आफैँ चेलाहरूकहाँ देखा पर्नुहुन्छ । येशू देखा पर्नअघि के हुन्छ भनी पद २ र ३ ले हामीलाई बताउँछन् ।
“केही समयपछि”
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “हामीले दिदुमस भनेको थोमासँगै”
यो एउटा पुरुषको नाम हो जसको अर्थ “जुम्ल्याहा” भन्ने हुन्छ । ११:१५
यो प्यारो गरेर बोलाउने शब्द हो जसको अर्थ “मेरा प्रिय साथीहरू” हुन्छ ।
यहाँ “केही” ले माछालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूको जालले तिमीहरूले केही माछाहरू पक्रनेछौ”
“जाल तान्न”
यो परमेश्वरबाट आउने प्रेम हो र आफैँलाई लाभ नपुर्याउँदा पनि यो अरूको भलाइमा नै केन्द्रित हुन्छ । तिनीहरूले जे गरे तापनि यस किसिमको प्रेमले अरूको वास्ता गर्छ ।
“उनले आफ्नो वरिपरि उनको बाहिरी वस्त्रलाई बाँधे” वा “उनले आफ्नो वस्त्र पहिरे”
यो पृष्ठभूमिको जानकारी हो । पत्रुसले उनलाई काम गर्नलाई सजिलो बनाउनको लागि आफ्ना केही वस्त्रहरू फुकालेका थिए, तर अब किनकि उनी प्रभुलाई अभिवादन गर्न गइरहेका थिए, उनले बढी वस्त्र लगाउन चाहन्थे । वैकल्पिक अनुवादः “किनकि उनले आफ्ना केही वस्त्रहरू फुकालेका थिए”
पत्रुसले समुद्रमा हाम फाले र पौडँदै किनारामा निस्के । वैकल्पिक अनुवादः “र समुद्रमा हाम फाले अनि पौडेर किनारामा निस्के”
यो पत्रुस छिटो उफ्रेर पानीमा गएका देखाउने वाक्पद्धति हो ।
यो पृष्ठभूमिको जानकारी हो ।
“९० मिटर” एक क्युबिट आधा मिटरभन्दा थोरै कम हुन्छ ।
यहाँ “गए” को अर्थ पत्रुस फेरि डुङ्गामा जानु पर्यो भन्ने हो । वैकल्पिक अनुवादः “त्यसैले सिमोन पत्रुस डुङ्गामा फर्केर गए”
“अनि जाललाई किनारामा ताने”
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जाल फाटेन”
“ठूला माछाहरूले भरिएको, एक सय त्रिपन्न वटा” त्यहाँ १५३ वटा ठूला माछाहरू थिए ।
बिहानको खाना
तपार्इंले यो क्रमबोधक संख्या “तेस्रो” लाई “समय संख्या ३” भनेर पनि अनुवाद गर्न सक्नुहुन्छ ।
येशूले सिमोन पत्रुससँग वार्तालाप गर्न सुरु गर्नुहुन्छ ।
यहाँ “प्रेम” ले परमेश्वरबाट आउने किसिमको प्रेमलाई जनाउँछ जुन आफैँलाई लाभ नहुँदा पनि अरूको भलाइमा केन्द्रित हुन्छ ।
पत्रुसले जवाफ दिँदा “प्रेम” को निम्ति भ्रातृ प्रेम, मित्रवत् प्रेम वा पारिवारिक प्रेम जनाउने शब्द प्रयोग गर्छन् ।
यहाँ “थुमाहरू” येशूलाई प्रेम गर्ने र उहाँलाई पछ्याउने व्यक्तिहरूलाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “मैले वास्ता गर्ने मानिसहरूलाई खुवाऊ”
यहाँ “प्रेम” ले परमेश्वरबाट आउने किसिमको प्रेमलाई जनाउँछ जुन आफैँलाई लाभ नहुँदा पनि अरूको भलाइमा केन्द्रित हुन्छ ।
यहाँ “भेडाहरू” येशूलाई प्रेम गर्ने र उहाँलाई पछ्याउने व्यक्तिहरूलाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “मैले वास्ता गर्ने मानिसहरूलाई हेरचाह गर”
सर्वनाम “उहाँ” ले येशूलाई जनाउँछ । यो क्रमबोधक संख्या “तेस्रो” को अर्थ “समय संख्या ३” हुन्छ । वैकल्पिक अनुवादः “येशूले तिनलाई तेस्रो पटक भन्नुभयो”
यस पटक येशूले “प्रेम” को निम्ति भ्रातृ प्रेम, मित्रवत् प्रेम वा पारिवारिक प्रेम जनाउने शब्द प्रयोग गर्नुहुन्छ ।
यहाँ “भेडाहरू” येशूका र उहाँलाई पछ्याउनेहरूको प्रतिनिधित्व गर्ने अलङ्कार हो । वैकल्पिक अनुवादः “मैले वास्ता गर्ने मानिसहरूलाई हेरचाह गर”
तपाईंले यसलाई यूहन्ना १:५१ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
यूहन्नाले कथालाई अघि बढाउन पहिले तिनले पृष्ठभूमि जानकारी दिँदैछन् भन्ने देखाउन यो शब्द प्रयोग गर्छन् ।
यहाँ यूहन्नाले पत्रुसको मृत्यु क्रूसमाथि हुनेछ भन्ने आशय दिन्छन् । वैकल्पिक अनुवादः “परमेश्वरलाई आदर गर्न पत्रुस क्रूसमा मर्नेछन् भन्ने संकेत गर्न”
यहाँ “पछ्याऊ” भनेको “चेला होऊ” भनेको हो । वैकल्पिक अनुवादः “मेरा चेला भइरहो”
यूहन्नाले पुस्तकभरि नै आफ्नो नाउँ उल्लेख गर्नुभन्दा आफूलाई यसरी नै जनाउँछन् ।
यो परमेश्वरबाट आउने प्रेम हो र आफैँलाई लाभ नपुर्याउँदा पनि यो अरूको भलाइमा नै केन्द्रित हुन्छ । तिनीहरूले जे गरे तापनि यस किसिमको प्रेमले अरूको वास्ता गर्छ ।
यसले अन्तिम भोजलाई जनाउँछ । (हेर्नुहोस्ः अध्याय १३)(../13/01.md)
यहाँ “तिनलाई”ले “येशूले प्रेम गर्नुभएको चेला”लाई जनाउँछ ।
यूहन्नालाई के हुनेछ भनी पत्रुस जान्न चाहन्छन् । वैकल्पिक अनुवादः “प्रभु, यो मानिसलाई चाहिँ के हुनेछ ?”
“येशूले पत्रुसलाई भन्नुभयो”
यहाँ “तिनी”ले २१:२०(./20.md) मा “येशूले प्रेम गर्नुभएको” चेलालाई जनाउँछ ।
यसले येशूको दोस्रो आगमनलाई अर्थात् स्वर्गबाट पृथ्वीमा उहाँको आगमनलाई जनाउँछ ।
नरम किसिमको हप्कीलाई व्यक्त गर्न यो प्रश्नको स्वरूपमा आउँछ । वैकल्पिक अनुवादः “त्यो तिम्रो चासोको कुरा होइन”
यहाँ “भाइहरू”ले येशूका सबै अनुयायीहरूलाई जनाउँछ ।
यो यूहन्नाको सुसमाचारको अन्त्य हो । यहाँ लेखक प्रेरित यूहन्ना आफ्नोबारे र तिनले यस पुस्तकमा लेखेका कुराहरूबारे समापन टिप्पणी दिन्छन् ।
“चेला यूहन्ना”
यहाँ “गवाही दिने” को अर्थ त्यसले व्यक्तिगत रूपमा देखेका कुरा हो । वैकल्पिक अनुवादः “जसले यी सबै कुरा देखेका छन्”
यहाँ “हामी”ले येशूमा भरोसा गर्नेहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “हामी येशूमा भरोसा गर्नेहरूले जान्दछौँ”
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यदि कसैले तिनीहरू सबै लेखेका भए”
येशूले मानिसहरूले धेरै पुस्तकहरूमा लेख्न सक्नेभन्दा पनि धेरै आश्चर्यकर्महरू गर्नुभयो । यहाँ यूहन्नाले जोड दिनलाई अतिशयोक्ति प्रयोग गर्छन् ।
तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “उहाँले गर्नुभएका बारे मानिसहरूले लेख्न सक्ने पुस्तकहरू”
प्रेरितहरूको पुस्तकले धेरै सङ्ख्यामा मानिसहरू विश्वासीहरू भइरहेको सुरुको मण्डलीको वर्णन गर्दछ । यसले पवित्र आत्माको शक्तिले सुरुका ख्रीष्टिएनहरूलाई सहायता पुर्याउनुभएको कुरालाई दर्शाउँछ । येशू स्वर्गमा फर्केर जानुभएपछि यस पुस्तकका घटनाहरू सुरु हुन्छन् र करिब तीस वर्षपछि अन्त्य हुन्छन् ।
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “प्रेरितहरूको कार्यहरू” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्पष्ट हुने शीर्षकलाई छान्न सक्छन्, उदाहरणको लागि, “प्रेरितहरूद्वारा भएको पवित्र आत्माको कार्यहरू ।”
यस पुस्तकले लेखकको नाम उल्लेख गरेको छैन । तापनि, यो थियोफिलसलाई सम्बोधन गरेर लेखिएको छ । उनै थियोफिलसलाई लूकाको ससमाचारले पनि सम्बोधन गरेको छ । साथै, यस पुस्तकका केही भागमा लेखकले “हामी” शब्द प्रयोग गरेका छन् । यस कुराले लेखकले पावलसँगै यात्रा गरेका थिए भन्ने जनाउँछ । पावलका साथमा यात्रा गर्ने यी व्यक्ति लूका नै थिए भन्ने धेरैजसो विद्वानहरूको विचार रहेको छ । यसकारण, ख्रीष्टिएनहरूको सुरुको समयदेखि नै धेरैजसो ख्रीष्टिएनहरूले लूकाले नै प्रेरितहरूका काम र लूकाको सुसमाचार लेखेका हुन् भनेर विचार गरेका छन् ।
लूका चिकित्साविज्ञानका डाक्टर थिए । तिनले लेखेका तरिकाले तिनी शिक्षित मानिस थिए भन्ने दर्शाउँछ । शायद तिनी एक अन्यजाति थिए । प्रेरितहरूका पुस्तकमा वर्णन भएका धेरैजसो घटना तिनका आफ्नै आँखाले देखेका थिए ।
मण्डली ख्रीष्टलाई विश्वास गर्ने मानिसहरूको समूह हो । मण्डलीले यहूदी र अन्यजाति दुवै विश्वासीहरूलाई समावेश गरेको हुन्छ । यस पुस्तकमा भएका घटनाहरूले परमेश्वरले मण्डलीलाई सहायता पुर्याउँदै हुनुहुन्छ भनी दर्शाउँछन् । धर्मी जीवन बिताउन उहाँले विश्वासीहरूलाई पवित्र आत्माद्वारा सशक्त तुल्याउनुभयो ।
प्रेरितको पुस्तकका पाठसम्बन्धी महत्त्वपूर्ण पक्षहरू यी नै हुन्ः
तलका पदहरू बाइबलका पुराना अनुवादहरूमा छन्, तर उत्तम प्राचीन प्रतिलिपिमा छैनन् । कुनै आधुनिक अनुवादले पुराना पदहरूलाई ठूला कोष्ठकहरूमा ([]) राख्छन् । यूएलटी र यूएसटीले तिनलाई पादटिप्पणीमा समावेश गर्छन् ।
तलका पदहरूमा, मौलिक लेखले के भनेको छ भन्ने पक्का छैन । अनुवादकहरूले कुन लेख अनुवाद गर्ने भनी रोज्नुपर्छ । यूएलटीले पहिलो पाठ समावेश गर्छ तर दोस्रो पाठलाई पादटिप्पणीमा समावेश गर्छ । * “तिनीहरू यरूशलेमबाट फर्के” (प्रेरितहरू १२:२५) । केही संस्करणहरूमा यसरी भनिएको छ, “तिनीहरू यरूशलेममा (अथवा त्यहाँ) फर्के” । * “उहाँले तिनीहरूलाई सहनुभयो” (प्रेरितहरू १३:१८) । केही संस्करणहरूमा यसरी भनिएको छ, “उहाँले तिनीहरूको वास्ता गर्नुभयो” । * “प्रभुले यसो भन्नुहुन्छ, जसले ती कुराहरू गर्नुभएको छ जुन प्राचीन कालहरूदेखि जानिएका छन् ।” (प्रेरितहरू १५:१७-१८) । केही पुराना संस्करणहरूमा यसरी भनिएको छ, “प्रभुले यसो भन्नुहुन्छ, जसलाई प्राचीन कालहरूदेखिका उहाँका सबै कार्यहरू थाहा छ ।”
1 थियोफिलस, मैले पहिला लेखेको पुस्तकले येशूलाई माथि नलगिएसम्म उहाँले गर्न र सिकाउन थाल्नुभएका सबै कुरा बताएको छ । 2 उहाँले चुन्नुभएका प्रेरितहरूलाई पवित्र आत्माद्वारा उहाँले आज्ञा दिनुभएपछि यसो भएको थियो । 3 उहाँको कष्टभोगपछि उहाँले धेरै विश्वसनीय प्रमाणसहित आफैँलाई तिनीहरूकहाँ जीवित प्रस्तुत गर्नुभयो । उहाँ चालिस दिनसम्म उनीहरूकहाँ देखा पर्नुभयो र परमेश्वरको राज्यको बारेमा बताउनु भयो । 4 उहाँले तिनीहरूसँग भेटघाट गरिरहँदा उहाँले तिनीहरूलाई यरूशलेम नछोड्न, तर पिताको प्रतिज्ञाको प्रतीक्षा गर्नलाई आज्ञा दिनुभयो । त्यसको बारेमा उहाँले भन्नुभयो, “तिमीहरूले मबाट सुन्यौ 5 कि वास्तवमा यूहन्नाले पानीले बप्तिस्मा दिए, तर केही दिनमा नै तिमीहरूलाई पवित्र आत्मामा बप्तिस्मा दिइनेछ । 6 तिनीहरू सँगै भेलाहुँदा, तिनीहरूले उहाँलाई सोधे, “प्रभु, के तपाईंले इस्राएल राज्य पुनर्स्थापना गर्नुहुने समय यही हो ?” 7 उहाँले तिनीहरूलाई भन्नुभयो, “पिताले उहाँको अधिकारद्वारा तोक्नुभएको समय र ऋतुहरू जान्ने काम तिमीहरूको होइन । 8 तर जब पवित्र आत्मा तिमीहरूमाथि आउनुहुन्छ, तिमीहरूले शक्ति प्राप्त गर्नेछौ, अनि तिमीहरू यरूशलेममा र सारा यहूदियामा र सामरिया र पृथ्वीको अन्तिम छेउसम्मै मेरा साक्षीहरू हुनेछौ ।” 9 येशूले यी कुराहरू भनिसक्नुभएपछि, तिनीहरूले माथि हेरिरहँदा उहाँलाई माथि उठाइयो, र बादलले उहाँलाई तिनीहरूका आँखाबाट छेक्यो । 10 उहाँ जाँदै गर्नुहुँदा तिनीहरूले स्वर्गतिर उत्कटतापूर्वक हेरिररहेका बेला सेतो वस्त्र पहिरेका दुई जना मानिस अचानक तिनीहरूका छेउमा खडा भए । 11 तिनीहरूले भने, “हे गालीलका मानिसहरू हो, तिमीहरू यहाँ उभिएर किन स्वर्गतिर हेरिरहन्छौ ? स्वर्ग आरोहण हुनुभएका यी येशूलाई तिमीहरूले जसरी स्वर्गतिर गइरहेका देखेका छौ, उहाँ त्यसरी नै फर्कनुहुनेछ । 12 त्यसपछि तिनीहरू यरूशलेम नजिकै पर्ने जैतून डाँडाबाट यरूशलेमतिर फर्के, जुन एक शबाथ दिनको यात्रा जति टाढा थियो । 13 तिनीहरू आइपुगेपछि तिनीहरू बसिरहेका माथिल्लो कोठामा गए । तिनीहरू पत्रुस, यूहन्ना, याकूब, अन्द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ती, अल्फयसका छोरा याकूब, उग्रवादी सिमोन र यकूबका छोरा यहूदा थिए । 14 तिनीहरू एकै मनको भएर प्रार्थनामा यत्नपूर्वक लागिरहे । त्यहाँ येशूकी आमा मरियम लगायत अन्य महिलाहरू र उहाँका भाइहरू पनि थिए । 15 ती दिनहरूमा झण्डै १२० जना भाइका माझमा पत्रुस खडा भए र भने, 16 “भाइहरू हो, येशूलाई पक्राऊ गर्नलाई अगुवाइ गर्ने यहूदाको बारे दाऊदको मुखबाट पवित्र आत्माले पहिला नै बोल्नुभएको धर्मशास्त्र पुरा हुनु आवश्यक थियो । 17 किनभने त्यो हामीमध्ये एक जना थियो र त्यसले आफ्नो सेवाकाइको हिस्सा प्राप्त गर्यो ।” 18 (यो मानिसले उसको दुष्ट कर्मको कमाइबाट एउटा खेत किन्यो । त्यसपछि, उसको टाउको तल पारेर खस्यो, उसको शरीर फुट्यो, र उसको सबै आन्द्रा-भुँडी निस्क्यो । 19 यो कुरा यरूशलेममा बस्ने सबैले सुने त्यसैले तिनीहरूले आफ्नो भाषामा त्यस खेतको नाम अखेल्दमा राखे जसको अर्थ “रगतको खेत” हुन्छ । ) 20 “किनभने भजनसंग्रहको पुस्तकमा लेखिएको छ, ‘त्यसको खेत उजाड बनाइयोस् र त्यहाँ कोही एक जना पनि नबसोस्’ र ‘त्यसको नेतृत्वको पद अरू कसैले लिओस् ।’ 21-22 यसकारण यो आवश्यक छ कि, यूहन्नाको बप्तिस्माको दिनदेखि उहाँलाई हामीबाट माथि लगिएको दिनसम्म, प्रभु येशू हाम्रो माझमा भित्र-बाहिर गर्नुहुँदा सधैँभरि हामीलाई साथ दिने मानिसहरूमध्येबाट एक जना हामीसँगै उहाँको उहाँको पुनरुत्थानको साक्षी भएको हुनुपर्छ ।” 23 तिनीहरूले बरब्बा भनिने योसेफ जसको नाउँ युस्तस पनि थियो र मतियास दुई जनालाई अगि सारे । 24 तिनीहरूले प्रार्थना गरे र भने, “तपाईं प्रभुले सबै मानसिहरूको हृदय जान्नु हुन्छ, त्यसैले यी दुई जनामध्ये कसलाई चुन्नुभएको छ प्रकट गर्नुहोस् 25 यहूदाले अपराध गरेर उसको ठाउँमा गएपछि खाली भएको यो सेवाकाइ र प्रेरितको पद तिनले लिऊन् ।” 26 उनीहरूले तिनीहरूको निम्ति चिट्ठा हाले; र चिट्ठा मतियासको नाममा पर्यो र तिनलाई एघार जना प्रेरितसँगै गनियो ।
यस अध्यायमा लेखेको कुरालाई सामान्य रूपमा “स्वर्गारोहण” भनेर जानिन्छ । येशूको पुनरुत्थान भएपछि उहाँ फर्केर स्वर्गमा जानुभयो । उहाँको “दोस्रो आगमनमा” उहाँ फर्केर नआउञ्जेलसम्म उहाँ फेरि आउनुहुन्न । अनि )
यूएसटीले “प्रिय थियोफिलस” शब्दलाई अरू शब्दहरूबाट अलग राखेको छ । अङ्ग्रेजी भाषा बोल्नेहरूले पत्र लेख्न यसरी नै सुरु गर्दछन् । तपाईंले आफ्नो संस्कृतिका मानिसहरूले पत्र लेख्न सुरु गरे झैँ गरी यो पुस्तक सुरु गर्न सक्नुहुन्छ ।
केही अनुवादहरूले पुरानो करारबाटका उद्धरणहरूलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले १:२० मा भजनसङ्ग्रहको पुस्तकबाट लिइएको दुईवटा उद्धरणहरूसँग यसै गर्छ ।
यस अध्यायमा “बप्तिस्मा” शब्दका दुई अर्थ रहेका छन् । यसले युहन्नाले दिएको पानीको बप्तिस्मा र पवित्र आत्माको बप्तिस्मालाई जनाउँछ
केही विद्वानहरू विश्वास गर्दछन्, येशूले “परमेश्वरको राज्यको बारेमा भन्नुहुँदा” उहाँको मृत्यु हुनुभन्दा पहिला परमेश्वरको राज्य किन आएन भनी उहाँले चेलाहरूलाई स्पष्ट पार्नुभयो । अरूको विश्वास छ, येशू जीवित हुनुहुँदा नै परमेश्वरको राज्य सुरु भयो । अनि यहाँ परमेश्वरको राज्य नयाँ स्वरूपमा सुरु हुने कुरालाई उहाँले स्पष्ट पार्दै हुनुहुन्छ ।
बाह्र चेलाहरूको सूची निम्नानुसार छः
मत्तीमाः
सिमोन (पत्रुस), अन्द्रियास, जब्दियाका छोरा याकूब, जब्दियाका छोरा यूहन्ना, फिलिप, बारथोलोमाइ, थोमा, मत्ती, अल्फयसका छोरा याकूब, थेदियस, सिमोन उग्रपन्थी र यहूदा इस्करियोत ।
मर्कुसमाः
सिमोन (पत्रुस), अन्द्रियास, जब्दियाका छोरा याकूब र जब्दियाका छोरा यूहन्ना (जसलाई उहाँले बोअनर्गेस नाम दिनुभयो, जसको अर्थ हो , गर्जनका पुत्रहरू), फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, थेदियस, सिमोन उग्रपन्थी, र यहूदा इस्करियोत ।
लूकामाः
सिमोन (पत्रुस), अन्द्रियास, याकूब, यूहन्ना, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, सिमोन (जसलाई उग्रपन्थी भनिन्थ्यो), याकूबका छोरा यहूदा, र यहूदा इस्करियोत ।
सम्भवतः थेदियस र याकूबका छोरा, यहूदा एउटै व्यक्ति हुन् ।
यो हिब्रु वा आरमेइक वाक्यांश हो । लूकाले यो ग्रीक अक्षरमा लेखे, र यसरी यो कस्तो सुन्न सकिन्छ भनेर तिनका पाठकहरूले थाहा पाऊन् । अनि तिनले यसको अर्थ बताए । तपाईंले यसलाई आफ्नो भाषाको अक्षरले लेखेर अर्थ स्पष्ट पार्नुपर्छ ।
पहिलो पुस्तक लूकाको सुसमाचार हो ।
लूकाले यो पुस्तक थियोफिलस नाम गरेका मानिसलाई लेखेका हुन् । कतिपय अनुवादहरूले तिनीहरूको पत्रमा सम्बोधन गर्ने तरिकालाई आफ्नै संस्कृतिअनुसार गर्ने गर्छन्, र पत्रको वाक्यको सुरुमा “प्रिय थियोफिलस” भनेर लेख्छन् । थियोफिलसको अर्थ हुन्छ, “परमेश्वरका मित्र” ।
यसले येशू स्वर्गारोहण हुनुभएको कुरालाई देखाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँलाई माथि स्वर्गमा लाने दिनसम्म” वा “उहाँ माथि स्वर्गमा उक्लेर जानुभएको दिनसम्म”
पवित्र आत्माले निश्चित कुराहरूमा प्रेरितहरूलाई निर्देशन गर्न येशूलाई अगुवाइ गर्नुभयो ।
यसले येशूको दुःख र क्रूसमा भएको मृत्युलाई जनाउँछ ।
येशू प्रेरितहरूकहाँ र अरू धेरै जना चेलाहरूकहाँ देखा पर्नुभयो ।
यहाँ “उहाँ” शब्दले येशूलाई जनाउँछ । अन्य किसिमले नबताइएसम्म, प्रेरितको पुस्तकमा भएको “तिमीहरू” शब्द बहुवचनमा छ ।
यो येशू मृतकहरूबाट जीवित भएर तिनीहरूकहाँ देखा परेको ४० दिनको समयमा भएको घटना हो ।
“येशूले उहाँका चेलाहरूसँग भेटघाट गरिरहँदा”
यो पवित्र आत्मालाई गरिएको उल्लेख हो । वैकल्पिक अनुवादः “पवित्र आत्मा, जसलाई पिताले पठाउने प्रतिज्ञा गर्नुभयो”
यदि तपार्इंले अगिल्लो वाक्यमा “पवित्र आत्मा” शब्द पनि राखेर अनुवाद गर्नुभएको छ भने, तपार्इंले “त्यस” शब्दलाई “जस”मा परिवर्तन गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जसको बारेमा येशूले भन्नुभयो”
येशूले यूहन्नाले कसरी मानिसहरूलाई पानीको बप्तिस्मा दिए र परमेश्वरले कसरी विश्वासीहरूलाई पवित्र आत्मामा बप्तिस्मा दिनुहुने थियो भन्ने कुराको बीचमा भएको भिन्नतालाई देखाउनुहुन्छ ।
“यूहन्नाले वास्तवमा मानिसहरूलाई पानीको बप्तिस्मा दिए”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई बप्तिस्मा दिनुहुनेछ”
यहाँ “तिनीहरू” शब्दले प्रेरितहरूलाई जनाउँछ ।
“के तपार्इंले इस्राएललाई फेरि एउटा बलियो राज्य बनाउनुहुनेछ”
सम्भावित अर्थहरू हुन् १) “समयहरू” र “ऋतुहरू” शब्दले विभिन्न प्रकारका समयहरूलाई जनाउँछन् । वैकल्पिक अनुवादः “सामान्य समय अवधि वा खास मिति” वा २) यी दुई शब्द मूल रूपमा पर्यायवाची शब्दहरू हुन् । वैकल्पिक अनुवादः “ठीक समय”
प्रेरितहरूले शक्ति प्राप्त गर्नेछन् र त्यसले तिनीहरूलाई येशूका साक्षीहरू हुनलाई सक्षम तुल्याउनेछ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई शक्ति दिनुहुनेछ ... मेरो साक्षी हुनलाई ... ”
सम्भावित अर्थहरू हुन् १) “सारा संसारभरी” वा २) “पृथ्वीका सबैभन्दा टाढाका ठाउँहरूसम्म”
“जसै तिनीहरूले हेरिरहे ।” प्रेरितहरूले येशूलाई “माथि हेरिरहेका थिए” किनकि येशू आकाशमा उक्लिनुभयो । वैकल्पिक अनुवादः “जब तिनीहरूले माथि आकाशमा हेरिरहेका थिए”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँ आकाशमा उचालिनुभयो” वा “परमेश्वरले उहाँलाई आकाशमा उठाउनुभयो”
“एउटा बादलले तिनीहरूको दृष्टि छेकिदियो अनि तिनीहरूले उहाँलाई देख्न सकेनन्”
“एकोहोरो आकाशमा हेरिरहेका” वा “लगातार आकाशमा हेरिरहेका”
स्वर्गदूतहरूले प्रेरितहरूलाई गालीलबाट आएका मानिसहरूको रूपमा सम्बोधन गर्छन् ।
येशू स्वर्गमा जाँदा जसरी बादलले उहाँलाई ढाक्यो, उहाँ त्यसरी नै आकाशमा फर्कनुहुनेछ ।
“प्रेरितहरू फर्किए”
यसले रब्बीहरूको परम्परामा मानिसलाई विश्रामको दिनमा हिँड्न अनुमति दिइएको दूरीलाई जनाउँछ । वैकल्पिक अनुवादः “लगभग एक किलो मिटर”
“जब तिनीहरू आफ्नो गन्तव्य यरूशलेममा पुगे ।” पद १२ ले तिनीहरू यरूशलेममा फर्किरहेका थिए भनेको छ ।
“घरको माथिल्लो तल्लामा रहेको एउटा कोठा”
यसको अर्थ हो कि त्यहाँ भएका प्रेरितहरू र विश्वासीहरूको सबैको प्रतिबद्धता र उद्देश्य साझा थिए अनि तिनीहरूका बीचमा कुनै कलह थिएन ।
यसको अर्थ चाहिँ चेलाहरूले नियमित रूपमा र बारम्बार एकसाथ प्रार्थना गरे भन्ने हुन्छ ।
यो घटना पत्रुस र अन्य विश्वासीहरू माथिल्लो कोठामा एकसाथ बसिरहेको बेला घटेको हो ।
यी शब्दहरूले कथाको नयाँ भागको सुरुवातलाई सङ्केत गर्छन् । तिनीहरूले येशू स्वर्गमा चढ्नुभएपछि चेलाहरू माथिल्लो कोठामा बसेको समयावधिलाई जनाउँछन् । वैकल्पिक अनुवादः “त्यस समयमा”
“एकसय बीस जना मानिसहरू”
यहाँ “भाइहरू” शब्दले सङ्गी विश्वासीहरू, पुरुष र स्त्री दुवैलाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्मशास्त्रबाट पढिएका कुराहरू पूरा हुनै पर्थ्यो”
“मुख” शब्दले दाऊदले लेखेका वचनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “दाऊदका वचनहरूबाट”
पदहरू १८-१९ मा यहूदा कसरी मर्यो र ऊ मरेको खेतलाई मानिसहरूले के भने भन्ने कुराको बारेमा लेखक जानकारी दिन्छन् । यो पत्रुसका वचनहरूको अंश होइन ।
पत्रुसले सारा समूहलाई सम्बोधन गरिरहेको भए तापनि यहाँ “हामीलाई” शब्दले प्रेरितहरूलाई मात्रै जनाउँछ ।
पद १७ मा पत्रुसले प्रेरितहरू १:१६ मा विश्वासीहरूलाई भन्न सुरु गरेका वचनलाई निरन्तरता दिन्छन् ।
“यस मानिस” भन्ने शब्दहरूले यहूदा इस्करियोतलाई जनाउँछ ।
“उसले दुष्ट काम गरेर कमाएको पैसा ।” “दुष्ट काम”ले यहूदा इस्करियोतले येशूलाई मार्ने मानिसहरूकहाँ उहाँलाई सुम्पिएर धोका दिएको कुरालाई जनाउँछ ।
यसले यहूदा खसेको मात्र नभइ अग्लो ठाउँबाट खसेको कुरालाई जनाउँछ । त्यो खसाइ त्यसको शरीर फाटिने खालको गम्भीर थियो । धर्मशास्त्रका अरू खण्डहरूले ऊ झुण्डिएर मर्यो भनेर देखाउँछन् ।
जब यरूशलेममा बस्ने मानिसहरूले यहूदा कसरी मरेको थियो भन्ने कुरा थाहा पाए, तिनीहरूले त्यस खेतलाई नयाँ नाम दिए ।
पत्रुसले भर्खर वर्णन गरेका यहूदाको अवस्थाको आधारमा, उनले दाऊदका दुई भजनहरूलाई सम्झन्छन् जुन यस घटनासँग सम्बन्धित छ । पदको अन्तमा उद्धरणन समाप्त हुन्छ ।
पत्रुसले प्रेरितहरू १:१६ मा विश्वासीहरूलाई भन्न सुरु गरेका वचनलाई निरन्तरता दिन्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने दाऊदले भजनसंग्रहको पुस्तकमा लेखे”
यी दुईवटा वाक्यांशहरूले एउटै कुरालाई जनाउँछन् । दोस्रोले पहिलोको विचारलाई दोहोर्याएर फरक शब्दहरूमा त्यही अर्थलाई जोड दिएको छ ।
सम्भावित अर्थहरू हुन् १) “खेत” शब्दले यहूदा मरेको खेतलाई जनाउँछ वा २) “खेत”ले यहूदाको बस्ने ठाउँलाई जनाउँछ र उसको परिवारलाई आलङ्कारिक रूपमा व्यक्त गर्छ ।
“रित्तो बनोस्”
यहाँ “हामीलाई” शब्दले प्रेरितहरूलाई जनाउँछ र पत्रुस बोल्दै गरेको श्रोतालाई समावेश गर्दैन ।
पत्रुसले प्रेरितहरू १:१६ मा विश्वासीहरूलाई भन्न सुरु गरेका वचनलाई समापन गर्छन् ।
उनले उद्धृत गरेको पवित्रशास्त्र र यहूदाले गरेको कुराको आधारमा पत्रुसले समूहले के गर्नुपर्छ भनेर बताउँछन् ।
मानिसका समूहको बीचमा रहेर भित्र बाहिर गर्ने भनेको उक्त समूहसँग खुल्ला रूपमा सहभागिता जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “प्रभु येशू हाम्रा माझमा बस्नुभयो”
पद २१ मा “यसकारण यो आवश्यक छ ... मानिसहरूमध्येको एकजना जो हाम्रो साथमा थियो” भन्ने शब्दहरूसँग सुरु भएको नयाँ प्रेरितको लागि चाहिएको योग्यताको विवरण यहाँ अन्त हुन्छ । त्यसैले “हुनुपर्छ” भन्ने क्रियापदको कर्ता चाहिँ “मानिहरूमध्ये एकजना” भन्ने हुन्छ । यहाँ वाक्यको छोटो रूप छः “यो आवश्यक छ ... मानिसहरूमध्ये एकजना जो हाम्रो साथमा थियो ... यूहन्नाको बप्तिस्मादेखि सुरु गरेर ... हामीसँग एक गवाही हुनुपर्छ ।”
नाम शब्द “बप्तिस्मा” लाई क्रियापदका रूपमा अनुवाद गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) “यूहन्नाले येशूलाई बप्तिस्मा दिएको समयदेखि सुरु गरेर” वा २) “यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिएको समयदेखि सुरु गरेर”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले हामीलाई छोडेर स्वर्गमा नचढुन्जेलसम्म” वा “परमेश्वरले उहाँलाई माथि नलगुन्जेलसम्म”
“उहाँको पुनरुत्थानको बारेमा हामीसँगै गवाही दिन सुरु गर्नुपर्छ”
यहाँ “तिनीहरू” शब्दले त्यहाँ उपस्थित भएका विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले पत्रुसले दिएको सूचीसँग मेल खाने दुईजना मानिसको नाम प्रस्ताव गरे”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “योसेफ जसलाई मानिसहरूले युस्तस र बारसाबास भन्थे”
“तिनीहरू”ले सबै विश्वासीलाई जनाउँछ । यी वचनहरू बोल्ने व्यक्ति सायद कुनै एक जना प्रेरित हुनुपर्छ । वैकल्पिक अनुवादः “विश्वासीहरूले सँगै प्रार्थना गरे र प्रेरितहरूमध्ये एकले भने”
यहाँ “हृदय”ले विचारहरू र मनसायलाई जनाउँछ । वैकल्पिक अनुवादः “प्रभु, तपार्इंले प्रत्येकको भित्री मनसाय र विचारहरू जान्नुहुन्छ”
यहाँ “प्रेरितको काम”ले कुन किसिमको सेवा हो भन्ने कुरालाई परिभाषित गर्छ । वैकल्पिक अनुवादः “प्रेरितीय सेवामा यहूदाको ठाउँ लिनको लागि” वा “प्रेरितको रूपमा सेवा गर्नको लागि यहूदाको ठाउँ लिनको लागि”
यहाँ “तर्किएर गयो” भन्ने अभिव्यक्तिको अर्थ यहूदाले यस सेवकाइको काम गर्नलाई छोड्यो भन्ने हुन्छ । वैकल्पिक अनुवादः “जुन काम गर्न यहूदाले छोड्यो”
यसले यहूदाको मृत्युलाई र शायद मृत्युपछिको उसको न्यायलाई जनाउँछ । वैकल्पिक अनुवादः “आफ्नो ठाउँमा जानको लागि”
योसेफ र मतियासको बीचमा निर्णय गर्न तिनीहरूले चिट्ठा हाले ।
यहूदाको स्थान लिन मतियासलाई नियुक्त गर्ने भनी चिट्ठाले सङ्केत गर्यो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्वासीहरूले तिनलाई अन्य एघार जनालाई जस्तै प्रेरित मानिलिए”
1 जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै जना एकै ठाउँमा थिए । 2 एक्कासि स्वर्गबाट जोडसँग शक्तिशाली हावाको झोक्का जस्तै आवाज आयो र तिनीहरू बसिरहेको पुरै घर भरियो । 3 आगोका जिब्राहरू जस्ता तिनीहरूकहाँ देखा परे र भागभाग भएर तिनीहरू हरेकमाथि बसे । 4 तिनीहरू सबै जना पवित्र आत्माले भरिए र आत्माले तिनीहरूलाई दिनुभएअनुसार अरू भाषाहरूमा बोल्न थाले । 5 यरूशलेममा स्वर्गमुनि भएका हरेक जातिबाट आएका ईश्वरभक्त यहूदीहरू बसिरहेका थिए । 6 जब यो आवाज सुनियो मानिसहरूका भिड एकसाथ आए र अन्योलमा परे किनभने हरेकले तिनीहरू तिनीहरूका आफ्नै भाषामा बोलिरहेका सुने । 7 तिनीहरू छक्क र चकित भए र तिनीहरूले भने, “साँच्चै, के यी बोलिरहनेहरू गालीलीहरू होइनन् ? 8 त्यसो भए किन तिनीहरूले हाम्रो आफ्नै भाषाहरूमा नै बोलिरहेका हामी हरेकले सुनिरहेका छौँ ? 9 पार्थीहरू र मादीहरू र एलामीहरू र मेसोपोटामिया, यहूदिया र कापाडोकिया, पोन्टस र एसिया 10 फ्रिगिया र पाम्फिलिया, मिश्र र कुरेनी नजिकका लिबियाका भागहरूका बासिन्दाहरू, र रोमका आगन्तुकहरू, 11 यहूदीहरू र यहूदी मत मान्नेहरू, क्रेट निवासी र अरबीहरू छौँ । तिनीहरूले परमेश्वरका महान् कामहरूका बारेमा हाम्रै भाषामा बताइरहेका हामीले सुन्दैछौँ ।” 12 तिनीहरू सबै जना चकित र जिल्ल परेर तिनीहरूले एकअर्कालाई भने, “यसको तात्पर्य के हो ?” 13 तर अरूले चाहिँ गिज्याए र भने, “तिनीहरू नयाँ मद्यले टन्न भएका छन् ।” 14 तर पत्रुस एघार जनासँगै खडा भएर उच्च स्वरले तिनीहरूलाई भने, “यहूदिया र यरूशलेममा बस्ने सबै मानिसहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस्; मेरो कुरा ध्यान दिएर सुन्नुहोस् । 15 किनभने तपाईंहरूले ठान्नुभएजस्तो यी मानिसहरू मातेका छैनन्, कारण अहिले दिनको तेस्रो प्रहर मात्र भएको छ । 16 तर अगमवक्ता योएलद्वारा यो कुरा बोलिएको छः 17 ‘परमेश्वर भन्नुहुन्छ, “अन्त्यका दिनहरूमा यस्तो हुनेछ, म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु, तिमीहरूका छोराहरू र छोरीहरूले अगमवाणी बोल्नेछन्, र तिमीहरूका वृद्ध मानिसहरूले सपनाहरू देख्नेछन् । 18 ती दिनहरूमा मेरा दास र दासीहरूमाथि म मेरो आत्मा खन्याउनेछु र तिनीहरूले अगमवाणी बोल्नेछन् । 19 म माथि स्वर्गमा अचम्मका कुराहरू र तल पृथ्वीमा रगत, आगो, र धुवाँको मुस्लोका चिन्हहरू देखाउनेछु । 20 परमप्रभुको महान् र असाधारण दिन आउनअगि सूर्य अँध्यारोमा र चन्द्रमा रगतमा परिणत हुनेछ । 21 यस्तो हुनेछ कि परमेश्वरको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ । 22 हे इस्राएलका मानिसहरू हो, यी वचनहरू सुन्नुहोस्∶ परमेश्वरले तपाईंहरूका बिचमा उहाँद्वारा गर्नु भएका शक्तिशाली कामहरू, आश्चर्यकर्महरू र चिन्हहरूद्वारा परमेश्वरले तपाईंहरूकहाँ साँचो प्रमाणित गर्नुभएका मानिस नासरतका येशू नै हुनुहुन्छ भन्ने कुरा तपाईंहरूलाई थाहै छ । 23 परमेश्वरको अठोट गरिएको योजना र पूर्वज्ञानले गर्दा, उहाँ सुम्पिइनुभयो, र तपाईं अधर्मी मानिसहरूको हातद्वारा क्रुसमा टाँगिनुभयो र मारिनुभयो । 24 उहाँलाई मृत्युका पीडाहरूबाट छुटाएर परमेश्वरले उहाँलाई जीवित पार्नुभयो किनभने उहाँ यसको अधीनमा रहिरहन सम्भव थिएन । 25 किनभने दाऊदले उहाँको बारेमा भनेकाछन्, ‘परमप्रभुलाई मैले सधैँ मेरो मुहार अगाडि देखेँ । उहाँ मेरो दाहिने हात नजिक हुनुहुन्छ, यसकारण म नडगमगाउनु पर्दैन । 26 यसकारण मेरो हृदय आनन्दित थियो र मेरो जिब्रोले आनन्द मनायो । मेरो शरीरले पनि दृढतामा वास गर्नेछ । 27 किनभने तपाईंले मेरो प्राणलाई पातालमा त्याग्नुहुनेछैन न त तपाईंले तपाईंका पवित्रजनलाई कुहिन दिनुहुनेछ । 28 तपाईंले मलाई जीवनका मार्गहरू प्रकट गर्नुभयो । तपाईंले आफ्नो मुहारले मलाई खुसीले भरिपूर्ण बनाउनुहुनेछ । 29 हे दाजुभाइहरू हो, म हाम्रा पुर्खा दाऊदका बारेमा दृढतासाथ बोल्न सक्छु∶ तिनी मरे र गाडिए र तिनको चिहान आजको दिनसम्म हामीसँग छ । 30 यसकारण तिनी एक अगमवक्ता थिए र परमेश्वरले तिनकै सन्तानहरूमध्येबाटै एक जनालाई तिनको सिंहसानमा बसाल्नुहुने थियो भनी उहाँले तिनीसँग शपथ खानुभएको कुरा तिनलाई थाहा थियो । 31 तिनले यो कुरा पहिला नै देखे र ख्रीष्टको पुनरुथानको बारेमा यसरी बताए, ‘उहाँ नत पातालमा त्यागिनु भयो नत उहाँको शरीर नै कुहियो ।’ 32 यी नै येशूलाई परमेश्वरले जीवित पार्नुभयो जसको हामी सबै जना साक्षी छौँ । 33 यसकारण उहाँ परमेश्वरको दाहिने हातपट्टि उठाइनुभयो र पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा पाएर, उहाँले यो खन्याउनुभएको छ जुन तपाईंहरू सुन्नु र देन्नु हुन्छ । 34 दाऊद आफैँ स्वर्ग चढेनन् तर तिनी भन्छन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, “मेरो दाहिने हातपट्टि बस, 35 जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउँदिन ।”’ 36 यसकारण इस्राएलका सबै घरानाले यो निश्चयसाथ जानून कि यही येशू जसलाई तपाईंहरूले क्रुसमा टाँग्नुभयो, परमेश्वरले उहाँलाई प्रभु र ख्रीष्ट दुवै बनाउनु भयो । 37 जब तिनीहरूले यो सुने, तिनीहरूको हृदय छिया-छिया भयो र तिनीहरूले पत्रुस र अरू बाँकी प्रेरितहरूलाई भने, “भाइहरू हो, हामी के गरौँ ?” 38 अनि पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर र तिमीहरू हरेकले तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेओ र तिमीहरूले पवित्र आत्माको वरदान प्राप्त गर्नेछौ । 39 यो प्रतिज्ञा तिमीहरूका लागि, तिमीहरूका सन्तानहरूका लागि र टाढा-टाढा भएका सबैका लागि, र परमेश्वरले बोलाउनुहुने सबै मानिसहरूका लागि हो ।” 40 अरू धेरै वचनहरूद्वारा तिनले गवाही दिए र तिनीहरूलाई आग्रह गरे । तिनले भने, “यो दुष्ट पुस्ताबाट तिमीहरूले आफैँलाई बचाओ ।” 41 तब तिनीहरूले तिनको वचन ग्रहण गरे र बप्तिस्मा लिए र झन्डै तिन हजार प्राणहरू त्यस दिन थपिए । 42 तिनीहरू प्रेरितहरूको शिक्षा र सङ्गति, रोटी भाँच्ने कार्य र प्रार्थनामा लागिरहे । 43 हरेक व्यक्तिमाथि डर छायो र प्रेरितहरूद्वारा धेरै अचम्मका कार्यहरू र चिन्हहरू भए । 44 विश्वास गर्नेहरू सबै जना सँगसँगै बस्थे र तिनीहरूका सबै चिज साझा थिए । 45 र तिनीहरूले आफ्ना सम्पत्ति र स्वामित्वमा भएका कुराहरू बेचे र विश्वासीहरूको आवश्यकता अनुसार एकअर्कामा बाँडचुँड गरे । 46 यसरी तिनीहरू दिनहुँ एकै उद्देश्यसहित मन्दिरमा भेला हुन्थे र तिनीहरूले घरघरमा रोटी भाँच्थे र हृदयको नम्रता र आनन्दसाथ एकअर्कामा भोजन बाँडचुँड गर्थे । 47 तिनीहरूले परमेश्वरको महिमा गर्थे र सबै मानिसहरूमाझ शुभेच्छा थियो । प्रभुले उद्धार पाइरहेकाहरूलाई दिनदिनै तिनीहरूका माझमा थप्नुभयो ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले २:१७-२१, २५-२८, र ३४-३५ मा पुरानो करारबाट उद्धरण गरेर ल्याएको कवितासँग यसै गर्छ ।
केही अनुवादहरूले पुरानो करारबाटका उद्धरणहरूलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले २:३१ मा उद्धरण गरेर राखिएको सामग्रीसँग यसै गर्छ ।
यस अध्यायमा वर्णन गरेको घटनालाई सामान्य रूपले “पेन्तिकोस” भन्ने गरेको छ । यस अध्यायमा विश्वासीहरूसँग रहनलाई पवित्र आत्मा आउनुभएपछि मण्डलीको अस्तित्व सुरु भएको हो भनेर धेरै मानिसहरूले विश्वास गर्दछन् ।
यस अध्यायमा “अरू भाषा” शब्द प्रयोग भएको छ, र यसको दुई अर्थ छन् । आगोजस्तो देखिने जिब्रोहरू स्वर्गबाट तल आए (प्रेरितहरू २:३) भनेर लूकाले लेखे । “आगोका जिब्राहरू” भनेको चाहिँ जिब्रो जस्तो देखिने आगो नै हो । यसर्थ यी दुई बीचमा फरक छ । पवित्र आत्माले मानिसहरूलाई भरिदिनुभएपछि तिनीहरूले बोलेका भाषाको वर्णन गर्नलाई पनि लूकाले “भाषा” शब्दको प्रयोग गरेका छन् (प्रेरितहरू २:४) ।
अन्त्यका दिनहरू कहिले सुरु भयो भनेर कसैलाई थाहा छैन
यस अध्यायको “बप्तिस्मा” शब्दले ख्रीष्टिएन बप्तिस्मालाई जनाउँछ
योएलले भनेका भविष्यमा पूरा हुने धेरैजसो कुरा पेन्तिकोसको दिनमा पूरा भयो
परमेश्वरले मात्र गर्न सक्नुहुने कुराहरूलाई यी शब्दले जनाउँछन्, र यसले चेलाहरूले येशू जो हुनुहुन्छ भने, उहाँ त्यही हुनुहुन्छ भन्ने कुरा दर्शाउँछ ।
यो नयाँ घटना हो; यो निस्तार चाडभन्दा ५० दिनपछिको पेन्तिकोसको दिन हो ।
यहाँ “तिनीहरू” शब्दले प्रेरितहरू र अन्य १२० जना विश्वासीहरूलाई जनाउँछ जसको बारेमा लूकाले प्रेरितहरू १:१५ मा उल्लेख गरे ।
यसले अप्रत्यासित रूपमा घटेको घटनालाई जनाउँछ ।
सम्भावित अर्थहरू हुन् १) “स्वर्गले” परमेश्वर बस्नुहुने स्थानलाई जनाउँछ । वैकल्पिक अनुवादः “एउटा आवाज स्वर्गबाट आयो” वा २) “स्वर्गले” आकाशलाई जनाउँछ । वैकल्पिक अनुवादः “आकाशबाट एउटा आवाज आयो”
“एउटा धेरै शक्तिशाली बतास आएजस्तो आवाज”
यो एउटा घर पनि हुन सक्छ वा ठूलो भवन पनि हुन सक्छ ।
यिनीहरू वास्तविक आगोका जिब्राहरू होइनन्, तर तीजस्तै देखिने कुराहरू हुन् । सम्भावित अर्थहरू हुन् १) आगोले बनेका जस्तै देखिने जिब्राहरू वा २) जिब्राजस्तै देखिने आगोका साना ज्वालाहरू । जब एउटा दियोमा जस्तै सानो ठाउँमा आगो बल्छ, त्यसको ज्वालाले जिब्रोको आकार दिन्छ ।
यसको अर्थ हुन्छ कि “आगोका जिब्राहरू जस्ता” भागभाग भएर तिनीहरू हरेकमाथि बसे ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यहाँ हुनेहरू सबैलाई पवित्र आत्माले भर्नुभयो र”
तिनीहरूले पहिले नजानेको भाषामा बोल्दै थिए ।
यहाँ “तिनीहरू” शब्दले विश्वासीहरूलाई जनाउँछ । “उसको” शब्दले भीडमा भएका हरेक व्यक्तिलाई जनाउँछ । पद ५ ले यरूशलेममा बस्ने धेरै जना यहूदीको बारेमा जानकारी दिन्छ । तिनीहरूमध्ये धेरै जना यो घटना हुँदा उपस्थित भएका थिए ।
यसले परमेश्वरको आराधनामा भक्तिसाथ लाग्ने र सबै यहूदी व्यवस्था पालना गर्ने मानिसहरूलाई जनाउँछ ।
“संसारमा रहेका हरेक जाति ।” “हरेक” शब्द धेरै देशबाट मानिसहरू आएका थिए भन्ने जनाउनको लागि प्रयोग गरिएको अतिशयोक्ति हो । वैकल्पिक अनुवादः “धेरै फरक-फरक जातिहरू”
यसले हुरी बतासको जस्तो आवाजलाई जनाउँदछ । वैकल्पिक अनुवादः “जब तिनीहरूले यो आवाज सुने”
“मानिसहरूको ठूलो भीड”
यी दुईवटा शब्दको अर्थ एउटै हुन्छ । यी दुवै शब्दले आश्चर्यचकित परेको अवस्थालाई जनाउँछन् । वैकल्पिक अनुवादः “तिनीहरू असाध्यै चकित भए”
मानिसहरूले यो प्रश्न आफ्नो आश्चर्य प्रकट गर्नलाई सोधेका हुन् । प्रश्नलाई बदलेर विस्मयादिबोधक बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “यी सबै गालीलीले हाम्रो भाषा जान्न सक्दैनन् !”
सम्भावित अर्थहरू हुन् १) यो तिनीहरू कति छक्क परेका थिए भन्ने जनाउने एउटा आलङ्कारिक प्रश्न हो वा २) यो एउटा वास्तविक प्रश्न हो, जसको मानिसहरू जवाफ चाहन्थे ।
“हामीले हाम्रो जन्मदेखि सिकेको भाषामा”
यी मानिसहरूका समूहहरूका नामहरू हुन् ।
यिनीहरू ठूला भूभागहरूका नामहरू हुन् ।
यिनीहरू ठूला भूभागहरूका नामहरू हुन् ।
यी मानिसहरूका समूहहरूका नामहरू हुन् ।
यहूदी धर्ममा आएकाहरू
यी दुईवटै शब्दको अर्थ एउटै हुन्छ । एकसाथमा तिनीहरूले जोड दिन्छन् कि मानिसहरूले भइरहेको कुरालाई बुझ्न सकेनन् । वैकल्पिक अनुवादः “छक्क परेको र अलमल्ल परेको”
विश्वासीहरूले धेरै मद्य पिएका थिए भनेर केही मानिसहरूले दोषारोपण गरे । वैकल्पिक अनुवादः “तिनीहरू मद्यले मातिएका छन्”
यसले खमीर हालेर बनाउँदै गरेको प्रक्रियामा नै रहेको मद्यलाई जनाउँछ ।
पेन्तिकोसको दिनमा भेला भएका यहूदीहरूको लागि पत्रुसले आफ्नो भाषण सुरु गर्छन् ।
सबै प्रेरित पत्रुसको भनाइमा समर्थन हुँदै खडा भए ।
यो चाहिँ “ठूलो स्वरले बोले” भन्ने कुरालाई जनाउने वाक्पद्धति हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)
यसको अर्थ हो कि मानिसहरूले भर्खर देखेका कुराहरूको अर्थलाई पत्रुसले व्याख्या गर्न लागेका छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो जान्नुहोस्” वा “यसलाई व्याख्या गर्न मलाई दिनुहोस्”
पत्रुसले जे भनेका थिए, त्यही तिनले उल्लेख गरे । वैकल्पिक अनुवादः “मैले भनेको कुरामा ध्यान दिएर सुन्नुहोस्”
“अहिले बिहानको ९ मात्र बजेको छ” । पत्रुसले आफ्ना दर्शकवृन्दले यो बुझेको चाहन्थे कि बिहान सबेरै कोही पनि दाखमद्यले मात्दैन ।
यहाँ पत्रुसले तिनीहरूलाई एउटा खण्ड भन्छन् जसको बारेमा योएल अगमवक्ताले पुरानो करारमा लेखे जुन विश्वासीहरूले विभिन्न भाषाहरूमा बोलेको कुराबाट के भइरहेको छ भन्ने कुरासँग सम्बन्धित छ । यसलाई कविताको रूपमा लेखेका छन् । साथै यो एउटा उद्धरण पनि हो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले योएल अगमवक्तालाई यो लेख्न लगाउनुभयो” वा “योएल अगमवक्ताले यसो भने”
“पछि हुने कुरा यही हो” वा “म यसो गर्नेछु”
“खनाउनेछु” शब्दले उदारतासाथ र प्रशस्ततासँग दिनु भन्ने अर्थ दिन्छ । वैकल्पिक अनुवादः “म सबै मानिसलाई प्रशस्त मात्रामा मेरो आत्मा दिनेछु”
पत्रुसले योएल अगमवक्ताको वचनलाई उद्धरण गर्नलाई निरन्तरता दिन्छन् ।
“मेरा दास र दासीहरू दुवै ।” यी शब्दहरूले परमेश्वरले आफ्ना पुरुष र स्त्री दुवै दासहरूमाथि आफ्नो आत्मा खन्याउनुहुनेछ भनेर जोड दिन्छन् ।
यहाँ “खन्याउने छु” शब्दले उदारता साथ र प्रशस्त गरी दिने भन्ने अर्थ लाग्छ । तपाईंले यसलाई [प्रेरितहरू २:१७]
“बाक्लो धूँवा” वा “धूँवाका कुइरोहरू”
पत्रुसले योएल अगमवक्ताबाट उद्धृत गर्ने काम समाप्त गर्छन् ।
यसको अर्थ हुन्छ कि सूर्य चम्किलो देखिनुको साटो अँध्यारो देखिनेछ । वैकल्पिक अनुवादः “सूर्य अँध्यारो हुनेछ”
यसको अर्थ हुन्छ कि चन्द्रमा रगत जस्तै रातो देखिनेछ । वैकल्पिक अनुवादः “चन्द्रमा रातो देखिनेछ”
“महान्” र “उल्लेखनीय” दुवै शब्दले एक अर्थ जनाउँछन् र महानताको तीव्रतालाई जोड दिन्छन् । वैकल्पिक अनुवादः “अति महान् दिन”
महान् र सुन्दर
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमप्रभुले उहाँको नाउँ पुकार्ने हरेकको उद्धार गर्नुहुनेछ”
पत्रुसले प्रेरितहरू १:१६ मा यहूदीहरूलाई भन्ने सुरु गरेका उनको भाषणलाई निरन्तरता दिन्छन् ।
“मैले बताउन खोजेको कुरा सुन्नुहोस्”
यसको अर्थ हुन्छ कि परमेश्वरले येशूलाई उहाँको कार्यलक्ष्यको लागि नियुक्त गर्नुभयो भनेर प्रमाणित गर्नुभयो, र उहाँ को हुनुहुन्थ्यो भनेर उहाँका थुप्रै आश्चर्यकर्महरूद्वारा प्रमाणित गर्नुभयो ।
“योजना” र “पूर्वज्ञान” जस्ता नामपद शब्दहरूलाई क्रियापदका रूपमा अनुवाद गर्न सकिन्छ । यसको अर्थ हुन्छ कि येशूलाई के हुन्छ भन्ने कुरा परमेश्वरलाई पहिले नै थाहा थियो । वैकल्पिक अनुवादः “किनभने परमेश्वरले योजना बनाउनुभयो र हुन आउने सबै कुरा जान्नुहुन्थ्यो”
सम्भावित अर्थहरूः १) “तपार्इंहरूले उहाँका शत्रुहरूको हातमा सुम्पिदिनुभयो” वा २) “यहूदाले तपार्इंहरूका लागि येशूलाई धोका दियो ।”
“अधर्मी मानिसहरू” येशूलाई मार्ने मानिसहरू भएतापनि पत्रुसले भीडलाई येशूलाई मारेको दोष लगाउँछन् किनकि येशूको मृत्युको माग गर्ने तिनीहरू नै थिए ।
यहाँ “हात” शब्दले अन्याय गर्ने मानिसहरूका कामलाई जनाउँछ । वैकल्पिक अनुवादः “अधर्मी मानिसहरूको कामहरूद्वारा” वा “अधर्मी मानिसहरूले गरेको कुराद्वारा”
सम्भावित अर्थहरू हुन् १) येशूलाई अपराधको दोष लगाउने अविश्वासी यहूदीहरू वा २) येशूलाई मृत्युदण्ड दिने रोमी सिपाहीहरू ।
यहाँ बौह्राउनु भनेको मरिगएको कसैलाई फेरि जीवित हुन लगाउने कुरालाई जनाउने वाक्पद्धति हो । वैकल्पिक अनुवादः “तर परमेश्वरले उहाँलाई फेरि जिउने तुल्याउनुभयो”
पत्रुसले मृत्युलाई पीडादायक डोरीहरूले बाँधेर बन्धनमा राख्ने व्यक्तिको रूपमा कुरा गर्छन् । परमेश्वरले ख्रीष्टको मृत्युलाई समाप्त गर्नुभएको कुरालाई मानौँ परमेश्वरले ख्रीष्टलाई बाँध्ने ती डोरीहरूलाई चुँडाउनुभएर ख्रीष्टलाई स्वतन्त्र पार्नुभएको जस्तै गरेर उनले कुरा गर्छन् । वैकल्पिक अनुवादः “मृत्युको कष्टलाई अन्त गरेर”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने मृत्युले उहाँलाई बाँधेर राख्न”
ख्रीष्ट मृत रहिरहने कुरा चाहिँ मानौँ मृत्यु उहाँलाई बाँधेर कैदी बनाएर राख्ने कुनै व्यक्ति भए झैँ गरेर पत्रुसले बताउँछन् । वैकल्पिक अनुवादः “उहाँ मृत भइरहन”
यहाँ पत्रुसले येशूको क्रूसको मृत्यु र चिहानबाट जीवित भएको कुरासँग मेल खाने दाऊदले बोलेको वचनको सम्झना गर्छन् । येशूको बारेमा दाऊदले यी शब्द भने भनी पत्रुसले कुरा गरेका हुनाले, “म” र “मेरो” शब्दहरूले येशूलाई जनाउँछ, अनि “प्रभु” र “उहाँ” शब्दले परमेश्वरलाई जनाउँछ ।
“मेरो अगाडि ।” वैकल्पिक अनुवादः “मेरो उपस्थितिमा” वा “मसित”
कसैको “दाहिने हातपट्टि” भन्नुको अर्थ मदत गर्ने र सम्हाल्ने स्थानमा हुनु हो । वैकल्पिक अनुवादः “ठीक मेरो छेउमा” वा “मलाई सहायता गर्न मसँगै”
यहाँ “डगमगाउनु” शब्दको अर्थ समस्यामा पर्नु हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले मलाई समस्यामा पार्ने छैनन्” वा “केही कुराले पनि मलाई समस्यामा पार्ने छैन”
मानिसहरूको विचारमा “हृदय” भावनाहरूको केन्द्र हो र “जिब्रो” ले ती भावनाहरूलाई बोल्दछ । वैकल्पिक अनुवादः “म खुशी र आनन्दित थिएँ”
“शरीर”को लागि सम्भावित अर्थहरू हुन् 1) ऊ मरणशील हो जो मर्नेछ । वैकल्पिक अनुवादः “म मरणशील भएतापनि म परमेश्वरमा आत्मविश्वास राख्नेछु” वा २) यो उसको सम्पूर्ण व्यक्तिलाई जनाउने प्रतिस्तापकीय शब्द हो । वैकल्पिक अनुवादः “म परमेश्वरमा निर्धक्कताका साथ जिउनेछु”
येशूको बारेमा दाऊदले यी शब्द भने भनी पत्रुसले कुरा गरेका हुनाले, “मेरो”, “पवित्र जन”, र “मलाई” शब्दहरूले येशूलाई जनाउँछन् अनि “तपाईंले” र “तपाईंका” शब्दहरूले परमेश्वरलाई जनाउँछन् ।
पत्रुसले दाऊदबाट उद्धरण लिएर सिद्ध्याउँछन् ।
मसिह, येशूले आफैँलाई “तपाईंका पवित्र जन” भन्नुहुन्छ । वैकल्पिक अनुवादः “नता तपाईंका पवित्र जन, अर्थात् मलाई तपाईंले कुहिएको देख्न दिनुहुनेछ”
यहाँ “देख्नु” भन्नाले कुहेको अनुभव हुन दिने हो । “कुहिनु” शब्दले उहाँको शरीरको मृत्यु भएपछि सडेर र गलेर जाने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “कुहिनलाई”
“जीवनमा पुर्याउने बाटो”
यहाँ “मुहार” शब्दले परमेश्वरको उपस्थितिलाई जनाउँछ । वैकल्पिक अनुवादः “मैले तपाईंलाई देख्दा म धेरै खुशी हुन्छु” वा “म तपाईंको उपस्थितिमा हुँदा धेरै खुशी हुन्छु”
आनन्द, रमाहट
पदहरू २९ र ३० मा “तिनी,” “तिनको” “तिनलाई” शब्दहरूले दाऊदलाई जनाउँछन् । पद ३१ मा, पहिलो “तिनले” शब्दले दाऊदलाई र उद्धरणभित्र भएको शब्द “उहाँ” र “उहाँको” शब्दहरूले ख्रीष्टलाई जनाउँछन् ।
पत्रुसले प्रेरितहरू १:१६ मा उनको वरिपरि रहेका यहूदीहरू र यरूशलेममा भएका अन्य विश्वासीहरूलाई दिन सुरु गरेको उनको भाषणलाई निरन्तरता दिन्छन् ।
“मेरा सङ्गी यहूदीहरू, म”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनी मरे र मानिसहरूले तिनलाई गाडे”
“परमेश्वरले दाऊदका सन्तानमध्ये एक जनालाई दाऊको सिंहासनमा बसाल्नुहुनेछ ।” वैकल्पिक अनुवादः “परमेश्वरले दाऊद राजाका सन्तानमध्ये एक जनालाई दाऊदको स्थानमा नियुक्त गर्नुहुनेछ”
यहाँ “फल” शब्दले “तिनको शरीर”ले उब्जाउने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनका सन्तानमध्ये एक जना”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँलाई पातालमा छोड्नुभएन”
यहाँ “देख्नु” भनेको केही कुरालाई अनुभव गर्नु हो । “कुहिनु” शब्दले मृत्युपछि उहाँको शरीर सड्दै जाने कुरालाई जनाउँछ । तपाईंले यसलाई [प्रेरितहरू २:२७]
यहाँ दोस्रो शब्द “यस”ले चेलाहरूले पवित्र आत्मा पाएपछि तिनीहरूले अन्य भाषाहरूमा बोलेको कुरालाई जनाउँछ । “हामी” शब्दले चेलाहरू र येशूको मृत्यु भएपछि उहाँ पुनरुत्थान हुनुभएको कुराको साक्षी भएकाहरूलाई जनाउँछ ।
यो एउटा वाक्पद्धति हो । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँलाई पुनः जिउने तुल्याउनुभयो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने परमेश्वरले येशूलाई आफ्नो दाहिने हातपट्टि उठाउनुभयो”
यहाँ “परमेश्वरको दाहिने हात” भनेको एउटा वाक्पद्धति हो जसको अर्थ ख्रीष्टले परमेश्वरको रूपमा, परमेश्वरको अधिकारले राज गर्नुहुनेछ भन्ने हुन्छ । वैकल्पिक अनुवादः “ख्रीष्ट परमेश्वरको पदमा हुनुहुन्छ”
यहाँ “खन्याउनु” भन्नाले हाम्रा परमेश्वर येशू आफैले यी घटना हुन दिनुभयो भन्ने हो । विश्वासीहरूलाई पवित्र आत्मा दिनुभएर उहाँले यसो गर्नुभयो । वैकल्पिक अनुवादः “उहाँले यी कुराहरू हुन दिनुभएको छ”
यहाँ “खन्याउनुभएको” शब्दले उदारता साथ र प्रशस्त गरी दिने भन्ने अर्थ लाग्छ । तपाईंले यस्तै समान वाक्यांशलाई प्रेरितहरू २:१७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “प्रशस्त गरी दिइएको”
पत्रुसले फेरि पनि दाऊदको एउटा भजन उद्धृत गर्दछन् । यस भजनमा दाऊदले आफ्नै बारेमा बोलेका छैनन् । “परमप्रभु” र “मेरो” शब्दले परमेश्वरलाई जनाउँछ; “मेरा प्रभु” र “तिमी” शब्दले येशू मसिहलाई जनाउँछ ।
पत्रुसले यहूदीहरूलाई प्रेरित १:१६ मा प्रचार गर्न सुरु गरेको करालाई यहाँ सकेका छन् ।
“परमेश्वरको दाहिने हातपट्टि” बस्नु भनेको परमेश्वरबाट महान् सम्मान र अधिकार प्राप्त गर्ने कुराको सङ्केतात्मक कार्य हो । वैकल्पिक अनुवादः “मेरो छेउमा सम्मानको स्थानमा बस”
यसको अर्थ परमेश्वरले ख्रीष्टका शत्रुहरूलाई पूर्ण रूपले पराजित गर्नुहुन्छ र तिनीहरूलाई उहाँको अधीनमा राख्नुहुन्छ । वैकल्पिक अनुवादः “तिम्रा सबै शत्रुमाथि मैले तिमीलाई विजयी नतुल्याउन्जेल”
यसले इस्राएलको सम्पूर्ण जातिलाई जनाउँछ । वैकल्पिक अनुवादः “हरेक इस्राएली”
यहाँ “तिनीहरू” शब्दले पत्रुसले प्रचार गरिरहेका भीडमा भएका मानिसहरूलाई जनाउँछ ।
यहूदीहरूले पत्रुसको भाषणमा प्रतिक्रिया जनाउँछन् र पत्रुसले तिनीहरूको जवाफ दिन्छन् ।
“जब पत्रुसले प्रचार गरेका कुरा मानिसहरूले सुने”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पत्रुसले भनेका कुराले तिनीहरूका हृदय छियाछिया भयो”
यसको अर्थ हो कि मानिसहरूले दोषी भएको महसुस गरे र धेरै दुःखी भए । वैकल्पिक अनुवादः “गहन रूपले विचलित भएका”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूलाई बप्तिस्मा दिन हामीलाई देओ”
यहाँ “नाममा” भनेको “अधिकारद्वारा” भन्ने कुरालाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “येशू ख्रीष्टको अधिकारद्वारा”
यसको अर्थ हुन सक्छ १) “टाढा बस्ने सबै मानिस” वा २) “परमेश्वरबाट टाढा भएका सबै मानिस ।”
यो पेन्तिकोसको दिनमा भएको घटनाको अन्तिम भाग हो । पद ४२ ले पेन्तिकोसको दिनपछि विश्वासीहरूले कसरी जीवन व्यतित गरे भन्ने कुराको सुरुवात गर्छ ।
“तिनीहरूलाई तिनले गम्भीर रूपले भने र तिनीहरूसँग अनुरोध गरे ।” यहाँ “गवाही दिए” र “आग्रह गरे” शब्दहरूका अर्थ उस्तै हो र पत्रुसले भनेका कुरामा प्रतिउत्तर जनाउन तिनीहरूलाई तिनले कडा रूपले आग्रह गरेका कुरालाई जोड दिन्छ । वैकल्पिक अनुवादः “तिनले तिनीहरूलाई कडा रूपले आग्रह गरे”
यसको अर्थ परमेश्वरले “यो दुष्ट पुस्ता” लाई दण्ड दिनुहुन्छ भन्ने हो । वैकल्पिक अनुवादः “यी दुष्ट मानिसहरूले भोग्ने दुःखदायी दण्डबाट तिमीहरूले आफैँलाई बचाओ”
यहाँ “ग्रहण गरे” भन्नाले तिनीहरूले पत्रुसले भनेका कुरा सत्य भएको स्वीकार गरे । वैकल्पिक अनुवादः “पत्रुसले भनेका कुरामा तिनीहरूले विश्वास गरे”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले तिनीहरूलाई बप्तिस्मा दिए”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यस दिन करिब तीन हजार मानिस विश्वासीहरूसँग जोडिए”
यहाँ “प्राणहरू” शब्दले मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “करिब ३,००० मानिसहरू”
रोटी भोजनको एक अंश हो । सम्भावित अर्थहरू हुन् १) यसले तिनीहरूले एकसाथ मिलेर खाने कुनै पनि भोजनलाई जनाउँछ । वैकल्पिक अनुवादः “एकसाथ मिलेर भोजन खाने” वा २) ख्रीष्टको मृत्यु र पुनरुत्थानलाई सम्झना गर्नका लागि तिनीहरूले मिलेर खाने भोजनलाई यसले जनाउँछ । वैकल्पिक अनुवादः “एकसाथ मिलेर प्रभुभोज खाने कार्य”
यहाँ “डर” शब्दले परमेश्वरको लागि गहिरो आदर र भयलाई जनाउँछ । “प्राण” शब्दले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “प्रत्येक व्यक्तिले परमेश्वरको लागि गहिरो आदर र भय महसुस गर्यो”
सम्भावित अर्थहरू हुन् १) “प्रेरितहरूले धेरै अचम्मका कामहरू र चिन्हहरू गरे” वा २) “परमेश्वरले प्रेरितहरूद्वारा धेरै अचम्मका कामहरू र चिन्हहरू गर्नुभयो”
“आश्चर्यपूर्ण कामहरू र अलौकिक घटनाहरू ।” तपाईंले यसलाई प्रेरितहरू २:२२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
सम्भावित अर्थहरू हुन् १) “ती सबैले एउटै कुरामाथि विश्वास गरे” वा २) “विश्वास गर्नेहरू सबै जना एकै ठाउँमा एकसाथ बसेका थिए ।”
“तिनीहरूले आफ्ना सबै सम्पत्ति बाँडचुड गर्थे”
“जमिन र तिनीहरूको स्वामित्वमा भएका कुराहरू”
यहाँ “ती” शब्दले तिनीहरूको सम्पत्ति र स्वामित्वमा भएका कुराहरू बेचेर प्राप्त गरेको नाफालाई जनाउँछ । वैकल्पिक अनुवादः “प्राप्त आर्थिक कुराहरू सबैलाई बाँडे”
तिनीहरूले आफ्ना सम्पत्तिहरू र आफ्ना स्वामित्वमा भएका कुराहरू बेचेर प्राप्त गरेका कुराहरू खाँचोमा परको कुनै पनि विश्वासीलाई बाँडिदिन्थे ।
सम्भावित अर्थहरू हुन् १) “तिनीहरूले एकसाथ भेला हुनलाई निरन्तरता दिइरहन्थे” वा २) “तिनीहरू सबैले एकै आचरणका हुनलाई निरन्तरता दिइरहन्थे ।”
रोटी तिनीहरूको भोजनको अंश हो । वैकल्पिक अनुवादः “तिनीहरूले आफ्ना घरहरूमा एकसाथ खाना खान्थे”
यहाँ “हृदय” भनेको एक व्यक्तिको भावनाहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “आनन्दित र नम्र भएर”
“परमेश्वरको प्रशंसा गर्दै ... । सबै मानिसहरूले तिनीहरूलाई स्वीकार गरे”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसलाई प्रभुले बचाउनुभयो”
1 अब पत्रुस र यूहन्ना प्रार्थना गर्ने समयको नवौँ घडीमा मन्दिरतिर जाँदै थिए । 2 त्यहाँ एक जना जन्मैदेखि हिँड्न नसक्ने मानिसलाई हरेक दिन ल्याउने गरिन्थ्यो र तिनलाई मन्दिरको सुन्दर नाउँको ढोकामा राखिन्थ्यो, ताकि ती व्यक्तिले त्यस मन्दिरमा गएका मानिसहरूसँग भिक्षा माग्न सकून् । 3 जब तिनले पत्रुस र यूहन्नालाई त्यस मन्दिरमा जान लागेका देखे, तिनले उनीहरूसँग भिक्षा मागे । 4 पत्रुस र यूहन्नाले तिनीतर्फ नजर अडाएर भने, “हामीलाई हेर ।” 5 ती मानिसले उनीहरूबाट केही चिज प्राप्त गर्ने आशा राखेर उनीहरूलाई हेरे । 6 तर पत्रुसले भने “मसँग सुन र चाँदी छैन, तर जे मसँग छ त्यो मैले तिमीलाई दिनेछु । नासरतका येशू ख्रीष्टको नाउँमा हिँड ।” 7 पत्रुसले तिनको दाहिने हात समाए र तिनलाई उठाए र तुरुन्तै तिनको गोडा र गोलिगाँठोको हड्डीमा बल प्राप्त भयो । 8 ती मानिस उफ्रँदै उठे र हिँड्नलाई सुरु गरे, अनि पत्रुस र यूहन्नासँगै हिँड्दै, उफ्रँदै र परमेश्वरको प्रशंसा गर्दै मन्दिरभित्र प्रवेश गरे । 9 सबै मानिसहरूले तिनलाई हिँडिरहेको र परमेश्वरको प्रशंसा गरिरहेको देखे । 10 तिनीहरूले देखे कि तिनी त्यही मानिस थिए जो त्यस मन्दिरको सुन्दर ढोकामा भिक्षा माग्नलाई बस्दै आइरहेका थिए र तिनमा भएका कुराले तिनीहरू आश्चर्य र विस्मयले भरिएका थिए । 11 तिनले पत्रुस र यूहन्नाको हात समाइरहँदा, सबै मानिसहरू अति चकित हुँदै तिनीहरू भएका सोलोमनको दलानतर्फ दगुरे । 12 जब पत्रुसले यो देखे, तब उनले मानिसहरूलाई जवाफ दिए, “हे इस्राएलका मानिसहरू हो, तपाईंहरू किन आश्चर्यचकित हुनुभएको छ ? किन तपाईंहरूले तिनलाई हामीले आफ्नै शक्ति वा धार्मिकताले हिँड्ने बनाएको जस्तै गरी हामीलाई एक टकले हेरिरहनुभएको छ ? 13 अब्राहाम, इसहाक र याकूब हाम्रा पूर्खाका परमेश्वरले उहाँका सेवक येशूलाई महिमित पार्नुभएको छ । उहाँ नै हुनुहुन्छ जसलाई तपाईंहरूले पिलातसकहाँ सुम्पनुभयो र तिनले उहाँलाई छोड्ने निर्णय गर्दा पनि तपाईंहरूले तिनको सामु उहाँलाई इन्कार गर्नुभयो । 14 तपाईंले पवित्र र धर्मी जनलाई इन्कार गर्नुभयो र उहाँको सट्टामा तपाईंहरूले एउटा हत्यारालाई छोडिदिन आग्रह गर्नुभयो । 15 तपाईंहरूले जीवनका राजकुमारको हत्या गर्नुभयो जसलाई परमेश्वरले मृत्युबाट उठाउनुभयो, र हामी यसको साक्षी छौँ । 16 अब उहाँको नाउँमाथिको विश्वासले यी मानिसलाई बलियो बनायो, जसलाई तपाईंले देख्नु र जान्नुहुन्छ । येशूप्रति यिनको विश्वासले यिनलाई तपाईंहरू सबैको सामुन्ने पूर्ण स्वास्थ्य प्रदान गरेको छ । 17 अब भाइहरू हो, तपाईंहरूले तपाईंका शासकहरूलेझैँ अज्ञानतामा कार्य गर्नुभएको कुरा म जान्दछु । 18 तर उहाँका ख्रीष्टले दु∶ख भोग्नुपर्छ भनी ती सबै अगमवक्ताहरूका मुखबाट परमेश्वरले पहिले नै बताउनुभएको थियो जुन कुरा उहाँले अहिले पुरा गर्नुभएको छ । 19 त्यसकारण, पश्चाताप गर्नुहोस् र फर्कनुहोस् ताकि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट ताजा बनाउने समय आओस् । 20 र उहाँले नियुक्त भइसक्नुभएका ख्रीष्ट येशूलाई तपाईंहरूका निम्ति पठाउन सक्नुहुनेछ । 21 सबै कुराहरूको पुनर्स्थापना नभएसम्म उहाँलाई स्वर्गले ग्रहण गर्नुपर्छ, जसको बारेमा परमेश्वरले उहाँका पवित्र अगमवक्ताहरूद्वारा धेरै पहिले देखि बोल्नु भयो । 22 वास्तवमा मोशाले यसो भने, ‘परमप्रभुले तिमीहरूका दाजुभाइहरूका बिचबाट मजस्तै अगमवक्तालाई खडा गर्नुहुनेछ । उहाँले तिमीहरूलाई भन्नुहुने सबै कुराहरू तिमीहरूले सुन्नुपर्छ । 23 ती अगमवक्ताले भनेको नसुन्ने हरेक व्यक्तिलाई मानिसहरूका बिचबाट पूर्ण रूपमा नाश गरिनेछ ।’ 24 हो, शमूएलदेखिका र उनीपछि आएका सबै अगमवक्ताहरूले यी दिनहरूका बारेमा घोषणा गरे । 25 तपाईंहरू अगमवक्ताका र परमेश्वरले तपाईंहरूका पुर्खाहरूसँग गर्नुभएको करारका पुत्रहरू हुनुहुन्छ, जसरी उहाँले अब्राहामलाई भन्नुभयो, ‘तिम्रो सन्तानद्वारा नै यस पृथ्वीका सबै परिवारहरू आशिषित हुनेछन् ।’ 26 परमेश्वरले आफ्ना सेवकलाई उठाउनु भएपछि तपाईंहरूमध्ये हरेकलाई तपाईंहरूको दुष्टताबाट फर्काएर तपाईंहरूलाई आशिष् दिनलाई उहाँलाई पहिला तपाईंहरूकहाँ पठाउनुभयो ।”
परमेश्वरले अब्राहामसँग गर्नुभएको करार उहाँले पूरा गर्न लाग्नुभएको हुनाले येशू यहूदीहरूकहाँ आउनुभयो भनेर यो अध्यायले स्पष्ट पार्दछ । येशूको हत्याको दोषी साँचो रूपले यहूदीहरू थिए भनेर पत्रुसले विचार गरे ।
येशूलाई मार्ने त रोमीहरू थिए, तर यहूदीहरूले उहाँलाई समाते र तिनीहरूले उहाँलाई रोमीहरूकहाँ ल्याए र उहाँलाई मार्न रोमीहरूलाई आग्रह गरेको हुनाले नै तिनीहरूले उहाँलाई मारेका थिए । यसैकारणले गर्दा येशूको हत्याको दोषी साँचो रूपले यहूदीहरू थिए भनेर पत्रुसले विचार गरे । तर पत्रुस भन्दछन् यहूदीहरूलाई पश्चाताप लागि आह्वान गर्न भनी येशूका चेलाहरू सबैभन्दा पहिले तिनीहरूकहाँ पठाइए
पद २ ले हिँड्न नसक्ने मानिसको बारेमा जानकारी दिन्छ ।
एक दिन पत्रुस र यूहन्ना मन्दिरतर्फ जान्छन् ।
तिनीहरू मन्दिर भवनभित्र गएनन् जहाँ सेवा गर्ने पूजाहारीहरूलाई मात्र अनुमति थियो । वैकल्पिक अनुवादः “मन्दिर परिसरभित्र” वा “मन्दिरको क्षेत्रभित्र”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हरेक दिन मानिसहरूले कुनै लङ्गडो मानिसलाई बोकेर ल्याए र उसलाई सुन्दर ढोकाको नजिक राखे”
हिँड्न नसक्ने
पत्रुस र यूहन्ना दुवैले त्यो मानिसलाई हरे, तर पत्रुस एक्लैले बोले ।
सम्भावित अर्थहरू हुन् १) “तिनलाई सीधै हेर्दै” वा २) “तिनलाई एकटकले हेर्दै”
यहाँ “नजर अडाएर” शब्दको अर्थ कुनै कुरामा ध्यान दिएर भन्ने हो । वैकल्पिक अनुवादः “त्यस लङ्गडो मानिसले तिनीहरूलाई ध्यान दिएर हेर्यो”
यी शब्दहरूले पैसालाई जनाउँछन् ।
त्यो मानिसलाई निको पार्ने दक्षता पत्रुससँग छ भनेर यसबाट बुझ्न सकिन्छ ।
यहाँ “नाउँ” शब्दले शक्ति र अधिकारलाई जनाउँछ । वैकल्पिक अनुवादः “येशू ख्रीष्टको अधिकारद्वारा”
“पत्रुसले त्यसलाई उभिन लगाए”
पूजाहारीहरूले मात्र जाने अनुमति पाएका मन्दिरको भित्री भागमा ऊ गएन । वैकल्पिक अनुवादः “ऊ मन्दिर क्षेत्रभित्र प्रवेश गर्यो” वा “ऊ मन्दिरको चोकभित्र प्रवेश गर्यो”
“त्यो मानिस नै थियो भनेर चाल पाए” वा “त्यही मानिस रहेछ भनेर चिने”
मन्दिर क्षेत्रभित्र प्रवेश गर्ने ढोकाहरूमध्ये यो एउटा थियो । तपाईंले यस्तै समान वाक्यांङलाई प्रेरितहरू ३:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यहाँ “आश्चर्य” र “विस्मय” शब्दहरूको अर्थ उस्तै हो र मानिसहरू आश्चर्यचकित भएको कुरालाई यी दुवैले जोड दिन्छन् । वैकल्पिक अनुवादः “तिनीहरू ज्यादै आश्चर्यचकित भए”
“तिनीहरू भएका सोलोमनको दलान”, यो वाक्यांशले पूजाहारीहरूले मात्र जाने अनुमति पाएका मन्दिरको भित्री भागमा तिनीहरू थिएनन् । यहाँ “हामीले” र “हामीलाई” शब्दले पत्रुस र यूहन्नालाई जनाउँछ, तर पत्रुसले कुरा गरिरहेका भीडलाई होइन ।
त्यो हिँड्न नसक्ने मानिसलाई निको पारेपछि पत्रुसले मानिसहरूसँग कुरा गरे ।
“सोलोमनको दलान ।” यो खाँबैखाँबोका लहरमाथि छानो हालेको हिँड्ने बाटो थियो र यसलाई मानिसहरूले सोलोमोन राजाको नाउँ दिएका थिए ।
“असाध्यै छक्क परेका”
यहाँ “यो” शब्दले मानिसहरू आश्चर्यचकित भएको कुरालाई जनाउँछ ।
“सङ्गी इस्राएलीहरू” । पत्रुसले भीडलाई सम्बोधन गरिरहेका थिए ।
जे भएको छ, त्यसले मानिस आश्चर्यचकित नहोउन् भनेर पत्रुसले यो प्रश्न सोधे । वैकल्पिक अनुवादः “तपार्इंहरू अचम्मित हुनुपर्दैन”
पत्रुस र यूहन्नाले तिनीहरूका आफ्नै दक्षताले त्यो मानिसलाई निको पारेको हो भन्ने विचार ती मानिसमा नहोस् भनेर पत्रुसले यो प्रश्न सोधे । यसलाई दुई वाक्यमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तपार्इंहरूका दृष्टि हामीमा नलगाउनुहोस् । हामीले उसलाई हाम्रो आफ्नै शक्ति वा ईश्वरियताबाट हिँड्न सक्ने बनाएका होइनौँ”
यसको अर्थ तिनीहरूले पत्रुस र यूहन्नालाई एकोहोरो रूपले हेरिरहेका थिए । वैकल्पिक अनुवादः “हामीलाई एक टकले हेर्नुहुन्छ” वा “हामीलाई हेर्नुहुन्छ”
पत्रुसले यहूदीहरूका लागि प्रेरितहरू ३:१२ मा सुरु गरेको आफ्नो भाषणलाई निरन्तरता दिन्छन् ।
यहाँ “तिनको सामु” वाक्यांशको अर्थ तिनको “उपस्थितिमा” हो । वैकल्पिक अनुवादः “पिलातसको उपस्थितिमा उहाँलाई इन्कार गर्नुभयो”
“जब पिलातसले येशूलाई छोडिदिने विचार गरेका थिए”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पिलातसले एक हत्यारालाई छुटाइदिन”
यहाँ “हामी” शब्दले पत्रुस र यूहन्नालाई मात्र समावेश गर्दछ ।
यसले येशूलाई जनाउँछ । सम्भावित अर्थहरू हुन् १) “मानिसहरूलाई अनन्त जीवन दिनहुने व्यक्ति” वा २) “जीवनका शासक” वा ३) “जीवन सुरु गर्नुहुने” वा ४) “मानिसहरूलाई जीवनमा डोहोर्याउनुहुने व्यक्ति”
“अब” शब्दले श्रोताहरूका ध्यानलाई त्यो लङ्गडो मानिसतर्फ खिँच्दछ ।
“यिनलाई ठीक बनाएको छ”
पत्रुसले सुन्ने मानिसहरूको ध्यान हिँड्न नसक्ने मानिसबाट अन्तैतिर मोडेर तिनीहरूसँग प्रत्यक्ष बोल्न थाल्छन् ।
सम्भावित अर्थहरू हुन् १) येशू नै मसिह हुनुहुन्छ भनेर मानिसहरूले थाहा पाएनन् वा २) मानिसहरूले जे गरे त्यसको महत्त्व तिनीहरूले बुझेनन् ।
जब अगमवक्ताहरूले बोल्दथे, तब त्यो कुरा परमेश्वर आफैले बोल्नुभएको जस्तो हुन्थ्यो, किनभने उहाँले तिनीहरूलाई त्यस्तै किसिमले भन्नुभयो । वैकल्पिक अनुवादः “परमेश्वरले सबै अगमवक्तालाई के बोल्ने भनेर पहिलेदेखि नै भन्नुभयो”
“समयभन्दा अगि नै परमेश्वरले भन्नुभयो” वा “ती हुनुभन्दा पहिले नै परमेश्वरले भन्नुभयो”
यहाँ “मुखबाट” शब्दले अगमवक्ताले बोलेका र लेखेका शब्दलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबै अगमवक्ताहरूका वचनहरू”
“र प्रभुतर्फ फर्कनुहोस् ।” यहाँ “फर्कनु” भनेको प्रभुको आज्ञापालन गर्न सुरु गर्ने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “र प्रभुको आज्ञापालन गर्न थाल्नुहोस्”
यहाँ “मेटिऊन्” भनेको क्षमा गर्ने कुरालाई जनाउने अलङ्कार हो । पापहरूको विषयमा यसरी बताइएको छ कि मानौँ तिनीहरू कुनै पुस्तकमा लेखिएका छन् र तिनीहरूलाई त्यस पुस्तकबाट मेट्नुहुन्छ जब उहाँले तिनीहरूलाई क्षमा गर्नुहुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि परमेश्वरले तपाईंहरूलाई उहाँको विरुद्धमा पाप गर्नुभएको कुरालाई माफ गर्नुभएको होस्”
यहाँ “परमप्रभुको उपस्थिति” शब्द स्वयम् प्रभुलाई जनाउने लक्षणा हो । वैकल्पिक अनुवादः “प्रभुबाट”
“प्रभुको उपस्थितिबाट सुविस्ताको समय ।” सम्भावित अर्थहरू हुन् १) “ती समयहरू जब परमेश्वरले तपाईंहरूका आत्माहरूलाई बलिया बनाउनुहुनेछ” वा २) “ती समयहरू जब परमेश्वरले तपाईंहरूलाई नयाँ तागत दिनुहुनेछ”
“कि उहाँले ख्रीष्टलाई फेरि पठाउनुभएको होस् ।” यसले ख्रीष्टको पुनरागमनलाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई उहाँले तपाईंहरूका निम्ति नियुक्त गर्नुभएको छ”
२२-२३ पदहरूमा मोशाले मसिहको बारेमा अगि नै भनेको कुरालाई पत्रुसले उद्धृत गर्छन् ।
पत्रुसले यहूदीहरूका लागि प्रेरितहरू ३:१२ मा सुरु गरेको आफ्नो भाषणलाई निरन्तरता दिन्छन् ।
“उहाँ नै हुनुहुन्छ जसलाई स्वर्गले स्वागत गर्नुपर्छ ।” पत्रुसले स्वर्गको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो कुनै व्यक्ति थियो जसले येशूलाई आफ्नो घरभित्र स्वागत गर्छ ।
यसको अर्थ येशूलाई स्वर्गमा रहनु अति आवश्यक छ किनभने परमेश्वरको योजना त्यही हो ।
सम्भावित अर्थहरू हुन् १) “परमेश्वरले सबै कुरा पुनर्स्थापना गर्नुहुने समयसम्म” वा २) “परमेश्वरले पहिले नै भन्नुभएका हरेक कुरा उहाँले पूरा नगरुन्जेल ।”
जब अगमवक्ताहरूले बोल्दथे, तब त्यो कुरा परमेश्वर आफैँले बोल्नुभएको जस्तो हुन्थ्यो, किनभने उहाँले तिनीहरूलाई त्यस्तै किसिमले भन्नुभयो । वैकल्पिक अनुवादः “जुन कुराहरूका बारेमा परमेश्वरले लामो समयअगाडि उहाँका पवित्र अगमवक्ताहरूलाई तिनको बारेमा भन्न लगाउनुभएर बताउनुभयो”
यहाँ “मुखबाट” शब्दले अगमवक्ताले बोलेका र लेखेका शब्दलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँका पवित्र अगमवक्ताहरूका वचनहरू”
“तिमीहरूका दाजुभाइहरूमध्ये कुनै एकलाई एक साँचो अगमवक्ता हुन लाउनुहुनेछ, र सबैले उसको बारेमा जान्नेछन्”
“तिमीहरूको जाति”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यस अगमवक्ता ... , परमेश्वरले तिनीहरूलाई पूर्ण रूपमा नाश गर्नुहुनेछ”
पत्रुसले यहूदीहरूका लागि प्रेरितहरू ३:१२ मा सुरु गरेको आफ्नो भाषणको अन्त्य गर्छन् ।
“वास्तवमा सबै अगमवक्ताहरू ।” यहाँ “हो” शब्दले यसपछि आउने कुरामा जोड दिन्छ ।
“शमूएलदेखि र ती सबै अगमवक्ता जो शमूएलपछि आए”
“यी समयहरू” वा “अहिले भइरहेका कुराहरू”
यहाँ “छोराहरू” शब्दले उत्तराधिकारीहरूलाई जनाउँछ, जसले अगमवक्ताहरू र करारले प्रतिज्ञा गरेका कुरा पाउने छन् । वैकल्पिक अनुवादः “तपार्इंहरू अगमवक्ताका उत्तराधिकारीहरू र करारका उत्तराधिकारीहरू हुनुहुन्छ”
“तिम्रो सन्तानको कारणले”
यहाँ “परिवारहरू” शब्दले मानिसहरूका समूहहरू वा जातिहरूलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “संसारमा भएका मानिसका सबै समूहलाई म आशिष् दिनेछु”
“परमेश्वरले येशूलाई उहाँको दास तुल्याउनुभएपछि र उहाँलाई प्रख्यात बनाउनुभएपछि”
यसले मसिह, येशूलाई जनाउँछ ।
यहाँ “दुष्टताबाट फर्काएर” भनेको कसैलाई केही कुरा गर्नबाट रोक्ने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तपाईंहरू हरेकलाई दुष्ट कुराहरू गर्नलाई छोड्ने तुल्याउँदै” वा “तपाईंहरू हरेकलाई तपाईंहरूको दुष्टतासँग पश्चात्ताप गर्ने तुल्याउँदै”
1 जब पत्रुस र यूहन्ना मानिसहरूसँग बोलिरहेका थिए, पूजाहारीहरू, मन्दिरका मुख्य व्यक्ति र सदूकीहरू तिनीहरूकहाँ आए । 2 पत्रुस र यूहन्नाले मानिसहरूलाई येशूको बारेमा सिकाइरहेका र उहाँको मृत्युबाट पुनरुत्थान हुनुभएको घोषणा गरिरहेका कारण उनीहरूलाई साह्रै गाह्रो भयो । 3 उनीहरूले तिनीहरूलाई पक्रे र अर्को बिहानसम्मका लागि झ्यालखानामा हालिदिए, किनभने त्यतिबेला साँझ परिसकेको थियो । 4 तर सन्देश सुनेका मानिसहरूमध्ये धेरै जनाले विश्वास गरे र विश्वास गर्ने मानिसहरूको सङ्ख्या करिब पाँच हजार थियो । 5 अर्को दिन तिनीहरूका शासकहरू, एल्डरहरू र शास्त्रीहरू यरूशलेममा जम्मा भए । 6 प्रधान पूजाहारी हन्नास, कैयाफा, यूहन्ना, अलेक्जेन्डर र प्रधान पूजाहारीका अरू सबै आफन्तहरू त्यहाँ थिए । 7 जब उनीहरूले पत्रुस र यूहन्नालाई उनीहरूका माझमा राखे तब उनीहरूले तिनीहरूलाई सोधे, “तिमीहरूले कुन शक्ति वा कुन नाउँमा यसो गरेका हौ ?” 8 अनि पवित्र आत्माले भरिएर पत्रुसले उनीहरूलाई भने, “हे जनताहरूका शासकहरू र एल्डरहरू हो, 9 यदि यो मानिसलाई कसरी ठिक पारियो भनी यो बिरामी मानिसलाई गरेको असल कामको बारेमा आज हामीलाई नै प्रश्न गरिदैँछ भने, 10 तपाईंहरू सबै र इस्राएलका सबै मानिसहरूलाई यो थाहा होस् कि, तपाईंहरूले क्रुसमा टाँग्नुभएका र परमेश्वरले मृत्युबाट जीवित पार्नुभएका नासरतका येशू ख्रीष्टको नाउँद्वारा नै भएको हो कि यो मानिस तपाईंहरूको बिचमा यहाँ स्वस्थ भएर उभिएको छ । 11 येशू ख्रीष्ट त्यो ढुङ्गा हुनुहुन्छ जसलाई तपाईं घर निर्माणकर्ताहरूले इन्कार गर्नुभयो तर उहाँ नै मुख्य कुनेढुङ्गा हुनुभयो । 12 अरू कुनै व्यक्तिमा मुक्ति छैन किनभने हामी बचाइनका लागि स्वर्गमुनि मानिसहरूका माझमा अर्को कुनै नाउँ दिइएको छैन ।” 13 जब तिनीहरूले पत्रुस र यूहन्नाको साहस देखे र महसुस गरे कि उनीहरू साधारण र आशिक्षित मानिसहरू थिए, तब पत्रुस र यूहन्ना येशूसँगै रहने गर्दथे भन्ने कुरा थाहा पाएर तिनीहरू छक्क परे । 14 उनीहरूले त्यो निको भएको मानिस तिनीहरूसँगै उभिरहेको देखेको कारण तिनीहरूका विरुद्ध केही बोल्न सकेनन् । 15 तर प्रेरितहरूलाई परिषद् बैठक छोड्न आज्ञा दिएपछि उनीहरू एकआपसमा कुरा गर्न थाले । 16 उनीहरूले भने, “यी मानिसहरूलाई हामी के गरौँ ? किनकि तिनीहरूद्वारा गरिएको उल्लेखनीय आश्चर्यकर्मको वास्तविकता यरूशलेममा बस्ने हरेक मनिसलाई थाहा छ; हामी यसलाई इन्कार गर्न सक्दैनौँ । 17 तर यो कुरा अझ बढी मानिसहरू बिचमा नफैलियोस् भनेर तिनीहरूलाई यो नाउँमा अब उसो कसैसँग पनि नबोल्नू भनी चेताउनी दिऔँ ।” 18 तिनीहरूले पत्रुस र यूहन्नालाई भित्र बोलाए र येशूको नाउँमा बोल्दै नबोल्नू न त शिक्षा नै दिनू भनी आज्ञा दिए । 19 तर पत्रुस र यूहन्नाले उनीहरूलाई जवाफ दिए र भने, “परमेश्वरको नजरमा उहाँको भन्दा बढी तपाईंहरूको आज्ञापालन गर्नु उचित हो कि होइन, तपाईंहरू नै न्याय गर्नुहोस् । 20 किनकि हामीले देखेका र सुनेका कुराहरूको बारेमा हामी नबोली रहन सक्दैनौँ ।” 21 अझ बढी चेताउनी दिएपछि उनीहरूले पत्रुस र यूहन्नालाई जान दिए । उनीहरूले तिनीहरूलाई दण्ड दिनको निम्ति कुनै पनि दोष भेट्टाउन सकेनन्, किनभने तिनीहरूले जे गरेका थिए त्यसको निम्ति मानिसहरूले परमेश्वरको प्रशंसा गरिरहेका थिए । 22 यो चंगाइको आश्चर्यकर्म अनुभव गर्ने मानिस चालिस वर्षभन्दा माथिका थिए । 23 तिनीहरूलाई स्वतन्त्र छोडेपछि, पत्रुस र यूहन्ना आफ्नै मानिसहरूकहाँ आए र प्रधान पूजाहारीहरू र एल्डरहरूले तिनीहरूलाई भनेका सबै कुराको प्रतिवेदन दिए । 24 तिनीहरूले यो सुनेपछि आफ्ना आवाज परमेश्वरमा एकसाथ उचाले र भने, “हे प्रभु, तपाईं जसले आकास र पृथ्वी र समुद्र र त्यसमा भएका सबै थोक बनाउनुभयो, 25 तपाईं जो पवित्र आत्माद्वारा तपाईंका सेवक हाम्रा पिता दाऊदको मुखद्वारा बोल्नुभयो, ‘अरू जातिहरू किन क्रोधित भए र मानिसहरूले अर्थहीन कुराहरू कल्पना गरे ? 26 परमप्रभु र उहाँका ख्रीष्टको विरुद्धमा पृथ्वीका राजाहरू एक मत भए र शासकहरू एकसाथ भेला भए । 27 वास्तवमा, गैरयहूदीहरू र इस्राएलका मानिसहरूसँगै हेरोद र पन्तियस पिलातस दुवै यो शहरमा तपाईंले अभिषेक गर्नुभएका तपाईंका पवित्र सेवक येशूको विरुद्धमा भेला भए । 28 तपाईंको बाहुली र इच्छाले यो हुनुभन्दा पहिले नै निर्णय गर्नुभएको सबै कुरा गर्नलाई तिनीहरू सँगसँगै भेला भए । 29 हे प्रभु, अब तिनीहरूका चेताउनीलाई हेर्नुहोस् र तपाईंका सेवकहरूलाई तपाईंको वचन पुरा साहससित बोल्न दिनुहोस् । 30 ताकि जब तपाईंले निको पार्नका लागि आफ्नो हात पसार्नुहुन्छ तपाईंका पवित्र सेवक येशूको नाउँद्वारा चिन्हहरू र आश्चर्यहरू होऊन् ।” 31 तिनीहरूले प्रार्थना गरेर सिध्याएपछि तिनीहरू भेला भएको ठाउँ हल्लियो र तिनीहरू सबै पवित्र आत्माले भरिए र तिनीहरूले परमेश्वरको वचन साहससित बोले । 32 विश्वास गर्नेहरूको त्यो ठुलो समूह एउटै हृदय र आत्माका थिए; तिनीहरूमध्ये कसैले पनि आफूसँग भएको कुनै पनि थोक वास्तवमा उसको आफ्नो हो भनेनन्, तर तिनीहरूका सबै थोक साझा थिए । 33 ठुलो शक्तिसाथ प्रेरितहरूले प्रभु येशूको पुनरुत्थानको बारेमा गवाही घोषणा गर्दैथिए र उनीहरू सबैमाथि ठुलो अनुग्रह थियो । 34 तिनीहरूमध्ये कुनै थोकको अभाव भएको कुनै एक व्यक्ति पनि थिएन किनभने तिनीहरू सबैले आफूसँग भएका जग्गाहरू र घरहरू बेचेर आएका पैसा ल्याउँथे 35 र प्रेरितहरूका पाउमा राखिदिन्थे र आवश्यकतापरेअनुसार हरेक विश्वसीलाई वितरण गरिन्थ्यो । 36 साइप्रसबाट आएका योसेफ नाउँका एक जना मानिस थिए जो लेवी कुलका थिए जसलाई प्रेरितहरूले बारनाबास (जसको अर्थ उत्साहको पुत्र हुन्छ) नाउँ राखिदिएका थिए । 37 उनीसँग भएको जमिन उनले बेचे र त्यसको पैसा ल्याएर प्रेरितहरूको पाउमा राखिदिए ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले ४:२५-२६ मा पुरानो करारबाट उद्धरण गरेर ल्याइएको कवितासँग यसै गर्छ ।
सुरुका ख्रीष्टिएनहरूले उत्कट रूपले एकतामा रहने इच्छा गर्थे । तिनीहरू एउटै कुरामा विश्वास गर्न र आफूसँग भएका हरेक थोक आपसमा बाँडचुँड गर्न, र मद्दतको खाँचो परेकाहरूलाई मदत गर्न चाहन्थे ।
यो वाक्यांशले परमेश्वरले मात्र गर्न सक्नुहुने कुरालाई जनाउँछ । परमेश्वरले मात्र गर्न सक्नुहुने कुरा उहाँले गर्नुभएको ख्रीष्टिएनहरू चाहन्थे, र यसरी तिनीहरूले येशूको बारेमा जे भने, त्यो साँचो हो भनेर मानिसहरूले विश्वास गर्न सकून् ।
कुनाको शिर ढुङ्गो भन्नाले मानिसहरूले भवन बनाउँदा जगको कुनामा राख्ने पहिलो ढुङ्गो हो । कुनै कुराको सबैभन्दा महत्त्वपूर्ण भाग जनाउने यो एउटा अलङ्कार हो । यसमा नै हरेक कुरा भर परेको हुन्छ । आज येशू नै मण्डलीको कुनाको शिर ढुङ्गो हुनुहुन्छ । यो भनाइको अर्थ मण्डलीमा येशूलाई भन्दा धेरै महत्त्व अरू कुनै कुराको पनि हुँदैन र मण्डलीका हरेक कुरा येशूमा नै भर परेको हुन्छ ।
“स्वर्गमुनि त्यहाँ अरू कुनै नाउँ दिइएको छैन जसद्वारा हामीले मुक्ति पाउनुपर्छ” (प्रेरितहरू ४:१२) । पत्रसुले यी शब्द बोलेर तिनले बन्न खोजेको कुरा चाहिँ पृथ्वीमा भएका वा हुने अरू कुनै व्यक्तिले पनि मानिसहरूलाई बचाउन सक्दैन भन्ने हो ।
लङ्गडो जन्मेको मानिसलाई पत्रुसले निको पारेपछि धार्मिक अगुवाहरूले पत्रसु र यूहन्नालाई गिरफ्तार गरे ।
“तिनीहरू भएको ठाउँमा पुगे” वा “तिनीहरूकहाँ आए”
“तिनीहरू धेरै रिसाएका थिए ।” पत्रुस र यूहन्नाले भनिरहेका कुराले सदुकीहरूलाई धेरै रीस उठायो किनकि तिनीहरूले मृत्युबाट पुनरुत्थानमा विश्वास गर्दैनथे ।
परमेश्वरले जसरी येशूलाई मरेकाहरूबाट जीवित तुल्याउनुभयो, त्यसरी नै उहाँले मानिसहरूलाई मरेकाहरूबाट जीवित तुल्याउनुहुन्छ भनेर पत्रुस र यूहन्नाले भनिरहेका थिए । “पुनरुत्थान” शब्दलाई यसरी अनुवाद गर्नहोस् कि यसले येशूको पुनरुत्थान र मानिसहरूका सामान्य पुनरुत्थान दुवैलाई स्पष्ट पार्न सकोस् ।
तिनीहरू सबैको माझबाट जो मरिगएका छन् । यस अभिव्यक्तिले तल पातालको संसारमा भएका सबै मृत मानिसहरूलाई एकसाथ जनाउँछ । तिनीहरूको माझबाट फर्कने कुराले पुनः जीवित बन्ने कुराको विषयमा बताउँछ ।
“पूजाहारीहरू, मन्दिरका कप्तानहरू र सदुकीहरूले पत्रुस र यूहन्नालाई गिरफ्तार गरे”
मानिसहरूलाई रातमा प्रश्न नगर्ने परम्परा थियो ।
यसले केवल पुरुषहरूलाई मात्र जनाउँछ र कतिजना स्त्रीहरू वा बालबालिकाहरूले विश्वास गरे भन्ने कुरालाई समावेश गर्दैन ।
“करिब पाँच हजारसम्म बढ्यो”
यहाँ “उनीहरू” शब्दले समग्रमा यहूदी मानिसहरूलाई जनाउँछ ।
शासकहरूले पत्रुस र यूहन्नालाई प्रश्न सोधे, र तिनीहरूले नडराइकन जवाफ दिए ।
यहाँ कुनै कार्य सुरु भएको कुरालाई जनाउन यो वाक्यांश प्रयोग भएको छ । तपाईंको भाषामा यसो गर्ने कुनै तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा विचार गर्नुहोस् ।
यो यहूदी महासभा, यहूदी शासनको अदालतको सन्दर्भ हो । हो । यो समूहमा यी तीनै समूहका मानिसहरू रहन्थे ।
यी दुई मानिसहरू प्रधान पूजाहारीका परिवारका सदस्य थिए । यिनी प्रेरित यूहन्ना होइनन् ।
“कसले तिमीहरूलाई शक्ति दियो”
यहाँ “नाउँ” शब्दले अधिकारलाई जनाउँछ । वैकल्पिक अनुवादः “कसको अधिकारले”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । तपाईंले यसलाई [प्रेरितहरू २:४]
पत्रुस र यूहन्नाको जाँच भइरहेको कुराको वास्तविक कारण यही हो कि भनेर स्पष्ट हुनका लागि पत्रुसले यो प्रश्न सोधे । वैकल्पिक अनुवादः “कुन शक्तिले यो मानिस निको भयो भनी ... आज तपाईंहरूले हामीलाई प्रश्न सोधेको हो भने”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आज तपाईंहरूले हामीलाई प्रश्न सोध्दै हुनुहुन्छ भने”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कुन तरिकाले हामीले यो मानिसलाई निको पार्यौँ भनी”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तपाईंहरू सबै र इस्राएलका सबै मानिसले यो जानून्”
“तपाईंहरूलाई जो हामीलाई प्रश्न सोध्दै हुनुहुन्छ र इस्राएलका अरू सबै मानिसहरूलाई”
यहाँ “नाम” शब्दले शक्ति र अधिकारलाई जनाउँछ । वैकल्पिक अनुवादः “नासरतका येशू ख्रीष्टको शक्तिद्वारा”
यहाँ बिउँताउनु भनेको मरिगएको कसैलाई पुनः जीवित बन्न लगाउने कुरालाई जनाउने वाक्पद्धति हो । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले फेरि जिउने तुल्याउनुभयो”
यहाँ “हामी” शब्दले पत्रुस र तिनले कुरा गरिरहेका मानिसहरूलाई जनाउँछ ।
पत्रुसले प्रेरितहरू ४:८ मा यहूदी धार्मिक शासकहरूको लागि गरेको भाषणको अन्त्य गर्छन् ।
पत्रुसले भजनबाट उद्धृत गर्दै छन् । यो अलङ्कार हो, र यसले निर्माण गर्नेहरूले ठिक ढुङ्गोलाई रद्द गरे झैँ धार्मिक अगुवाहरूले येशूलाई तिरस्कार गरे, तर परमेश्वरले आफ्नो राज्यमा उहाँलाई नै सबैभन्दा बढी प्रतिष्ठित तुल्याउनुहुनेछ, जस्तो कुनै भवनमा कुनाको शिर ढुङ्गो महत्त्वपूर्ण हुन्छ ।
यहाँ “शिर” शब्दले “सबैभन्दा महत्त्वपूर्ण” वा “अत्यावश्यक” भन्ने जनाउँछ ।
“भवन निर्माण गर्ने, तपाईंले रद्द गर्नुभयो” वा “भवन निर्माण गर्ने तपाईंले कुनै कदर गर्नुभएन”
नाम शब्द “मुक्ति”लाई क्रियापदका रूपमा अनुवाद गर्न सकिन्छ । यसलाई सकारात्मक रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँ एक मात्र बचाउन सक्ने व्यक्ति हुनुहुन्छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “स्वर्गमुनि मानिसहरूका माझमा परमेश्वरले अर्को कुनै नाउँ दिनुभएको छैन”
“मानिसहरूका माझमा ... नाउँ दिइएको” भन्ने वाक्यांशले येशूको व्यक्तित्वलाई जनाउँछ । वैकल्पिक अनुवादः “स्वर्गमुनि अर्को कुनै व्यक्ति छैन, जो मानिसहरूका माझमा दिएको छ, जसद्वारा”
संसारमा भएको हरेक ठाउँमा भन्ने जनाउने यो एउटा तरिका हो । वैकल्पिक अनुवादः “संसारमा”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन कुराले हामीलाई बचाउन सक्छ” वा “जसले हामीलाई बचाउन सक्नुहुन्छ”
यहाँ “तिनीहरू” सर्वनाम शब्दले पत्रुस र यूहन्नालाई जनाउँछ । “उनीहरू” सर्वनाम शब्दले यहूदी अगुवाहरूलाई जनाउँछ ।
यहाँ भाववाचक नाउँ “साहस”ले पत्रुस र यूहन्नाले यहूदी अगुवाहरूलाई जवाफ दिएको कुरालाई जनाउँछ, र यसलाई क्रिया विशेषण वा विशेषणका रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पत्रुस र यूहन्नाले कति साहसपूर्वक कुरा गरे” वा “पत्रुस र यूहन्ना कति साहसी भए”
कुनै डर बिना
पत्रुस र यूहन्नाले बोलेको तरिकाको कारण गर्दा यहूदी अगुवाहरूले यो “महसुस गरे” ।
“र बुझे”
“साधारण” र “आशिक्षित” शब्दहरूका अर्थहरू उस्तै हो । पत्रुस र यूहन्नाले यहूदी व्यवस्थाका औपचारिक शिक्षा आर्जन गरेका थिएनन् भन्ने कुरालाई यी शब्दले जोड दिन्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पत्रुस र यूहन्नाले निको पारेको मानिस”
“पत्रुस र यूहन्नाले त्यो मानिसलाई निको पारेको कुराको विरुद्धमा भन्ने केही कुरा थिएन ।” यहाँ “यसको” शब्दले पत्रुस र यूहन्नाले गरेको कार्यलाई जनाउँछ ।
यसले पत्रुस र यूहन्नालाई जनाउँछ ।
नैराश्यताको कारणले यहूदी अगुवाहरूले यो प्रश्न सोधे, किनभने पत्रुस र यूहन्नालाई के गर्ने भनेर उनीहरूले विचार गर्न सकेनन् । वैकल्पिक अनुवादः “हामीले यी मानिसलाई गर्न सक्ने केही कुरा पनि छैन !”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने तिनीहरूले ठूलो आश्चर्य काम गरेको कुरा यरूशलेममा बस्ने हरेक मानिसलाई थाहा छ”
यो सामान्यीकरण हो । ती अगुवाले यो समस्यालाई धेरै ठूलो समस्याका रूपमा सोचे भन्ने जनाउनलाई यो बढाइचढाइ भनेको पनि हो । वैकल्पिक अनुवादः “यरूशलेममा बस्ने मानिसहरूमध्ये धेरै” वा “यरूशलेमभरि बस्ने मानिसहरू”
यहाँ “यो” शब्दले पत्रुस र यूहन्नाले निरन्तर रूपमा गर्न सक्ने आश्चर्य काम र सिकाउने शिक्षालाई जनाउँछ । वैकल्पिक अनुवादः “यो आश्चर्य कामको समाचार अझ बढी फैलिन नदिनका लागि” वा “यो आश्चर्य कामको बारेमा अझ बढी मानिसले नसुनून् भनेर”
यहाँ “नाउँ” शब्दले येशूको व्यक्तित्वलाई जनाउँछ । वैकल्पिक अनुवादः “येशू भन्ने व्यक्तिको बारेमा अब उसो कसैसँग पनि नबोल्नलाई”
यहाँ “हामी” शब्दले पत्रुस र यूहन्नालाई जनाउँछ, तर यसले तिनीहरूले सम्बोधन गरिरहेका मानिसहरूलाई जनाउँदैन ।
यहाँ “परमेश्वरको नजरमा” भन्ने वाक्यांशले परमेश्वरको विचारलाई जनाउँछ । वैकल्पिक अनुवादः “यदि परमेश्वरले यसलाई ठीक सोच्नुहुन्छ कि भनेर”
पद २२ ले निको भएको लङ्गडो मानिसको उमेरको बारेमा जानकारी दिन्छ ।
यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई दण्ड दिने चेतावनी फेरि दिए ।
अगुवाहरूले त्यस मानिसलाई निको भएको देखेका मानिसहरूका बीचमा होहल्ला वा दङ्गा उत्पन्न नगरीकन कसरी पत्रुस र यूहन्नालाई दण्ड दिने भनी पत्ता लगाउन सकेनन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पत्रुस र यूहन्नाले जे गरेका थिए”
“पत्रुस र यूहन्नाले आश्चर्यपूर्ण तरिकाले निको पारेको मानिस”
विश्वासीहरूले एकसाथ मिलेर कुरा गर्दा पुरानो करारको दाउदको भजनबाट उद्धृत गरे । यहाँ “तिनीहरू” शब्दले बाँकी विश्वासीहरूलाई जनाउँछ, तर पत्रुस र यूहन्नालाई होइन ।
“तिनीहरूका आफ्नै मानिसहरू” भन्ने वाक्यांशले बाँकी विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “अरू विश्वासीहरूकहाँ गए”
आवाज उचाल्नु भनेको बोल्ने कुरालाई जनाउने वाक्पद्धति हो । “तिनीहरू एकसाथ परमेश्वरसँग कुरा गर्न थाले” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)
यसको अर्थ परमेश्वरले भन्नुभएको वचन पवित्र आत्माले दाऊदलाई बोल्न र लेख्न लगाउनुभयो ।
यहाँ “मुख” शब्दले दाऊदले बोलेका र लेखेका वचनलाई जनाउँछ । वैकल्पिक अनुवादः “तपाईंका सेवक, हाम्रा पिता दाउदका वचनहरूद्वारा”
यहाँ “पिता” शब्दले “पूर्खा”लाई जनाउँछ ।
व्यर्थमा परमेश्वरको विरोध गरे भन्ने कुरामा जोड दिनका लागि यो एउटा अलङ्कारको प्रश्न हो । वैकल्पिक अनुवादः “अन्यजातिहरूले क्रोध गर्न हुँदैनथ्यो र मानिसहरूले व्यर्थ कुराका कल्पना गर्न हुँदैनथ्यो”
यी “अर्थहीन कुराहरू” भन्नाले परमेश्वरको विरोध गर्ने योजनाहरू हुन् । वैकल्पिक अनुवादः “मानिसहरूले परमेश्वरको विरुद्धमा व्यर्थ कुराका कल्पना गर्छन्”
मानिसहरूका समूहहरू
विश्वासीहरूले राजा दाऊदको भजनसंग्रहको उद्धरणलाई अन्त्य गर्छन् जसलाई तिनीहरूले प्रेरितहरू ४:२५ मा सुरु गरेका थिए ।
यी दुई पङ्क्तिहरूका मूलभूत अर्थ उस्तै हो । पृथ्वीका शासकहरूले मिलेर परमेश्वरको विरोध गर्ने प्रयासका कुरालाई यी दुई पङ्क्तिहरूले जोड दिन्छन् ।
यी दुई वाक्यांशहरूका अर्थ तिनीहरूले युद्ध गर्न आ-आफ्ना फौजलाई एकसाथ भेला पारे । वैकल्पिक अनुवादः “तिनीहरूका सेना सँगै मिले ... तिनीहरूका फौजहरूलाई एकसाथ भेला गरे”
यहाँ “परमप्रभु” शब्दले परमेश्वरलाई जनाउँछ । भजनसंग्रहमा, “ख्रीष्ट” शब्दले मसिह वा परमेश्वरका अभिषिक्त जनलाई जनाउँछ ।
विश्वासीहरूले प्रार्थनालाई निरन्तरता दिए ।
“यस सहर”ले यरूशलेमलाई जनाउँछ ।
”“येशू, जसले तपाईंलाई विश्वासयोग्य रूपमा सेवा गर्छन्”
यहाँ “बाहुली” शब्दले परमेश्वरको शक्ति भन्ने अर्थ दिन प्रयोग भएको छ । यसका साथै, “तपाईंको बाहुली र इच्छाले ... निर्णय गरेको” भन्ने वाक्यांशले परमेश्वरको शक्ति र योजनालाई दर्शाउँछ । वैकल्पिक अनुवादः “तपाईंले निर्णय गर्नुभएका सबैकुराहरू गर्न किनभने तपाईं शक्तिशाली हुनुहुन्छ र तपाईंले योजना गर्नुभएका सबै कुराहरू गर्नुभयो”
विश्वासीहरूले प्रेरितहरू ४:२४ मा सुरु गरेको प्रार्थनालाई अन्त्य गर्छन् ।
यहूदी अगुवाहरूले विश्वासीहरूलाई दिएका चेतावनीलाई ख्याल गर्न परमेश्वरमा बिन्ती चढाएको कुरालाई “हेर्नुहोस्” भन्ने शब्दले सङ्केत गर्दछ । वैकल्पिक अनुवादः “हामीलाई दण्ड दिने तिनीहरूका चेतावनीलाई ख्याल गर्नुहोस्”
यहाँ “वचन” शब्द परमेश्वरको सन्देशलाई जनाउने प्रतिस्थापन शब्द हो । भाववाचक नामपद शब्द “साहस”लाई क्रियाविशेषणको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तपाईंको सन्देशलाई साहस गरेर बोल्नलाई” वा “साहसी हुन जब हामी तपाईंको सन्देश भन्छौँ”
यहाँ “हात” शब्दले परमेश्वरको शक्तिलाई जनाउँछ । परमेश्वर कति शक्तिशाली हुनुहुन्छ भनेर दर्शाउन यो उहाँमा बिन्ति गरेको हो । वैकल्पिक अनुवादः “मानिसहरूलाई निको पारेर तपाईंले आफ्नो शक्ति देखाउनुहुँदा”
यहाँ “नाउँ” शब्दले शक्ति र अधिकारलाई जनाउँछ । वैकल्पिक अनुवादः “तपाईंको पवित्र सेवक येशूको शक्तिद्वारा”
“येशू जसले विश्वासयोग्यताका साथ तपाईंको सेवा गर्नुहुन्छ ।” तपाईंले यसलाई प्रेरितहरू ४:२७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो ठाउँ ... हल्लियो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । तपाईंले यसलाई प्रेरितहरू २:४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “पवित्र आत्माले तिनीहरू सबैलाई भर्नुभयो”
यहाँ “हृदय” शब्दले विचारहरू र “आत्मा” शब्दले भावनाहरूलाई जनाउँछ । यी शब्दले एकसाथ सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “उस्तै तरिकाले विचार गरे र उस्तै कुराहरूका इच्छा गरे”
“तिनीहरूले आ-आफ्ना थोकहरू एकआपसमा बाँडचुँड गरे ।” तपाईंले यसलाई प्रेरितहरू २:४४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
सम्भावित अर्थहरू हुन्ः १) परमेश्वरले विश्वासीहरूलाई ठूलो मात्रामा आशिष् दिइरहनुभएको थियो वा २) विश्वासीहरू यरूशलेमका अन्य सबै मानिसबाट उच्च आदर गरिएका थिए ।
यहाँ “सबै” शब्द सामन्यीकरण हो । वैकल्पिक अनुवादः “आफ्नो नाउँमा जग्गाजमिन वा घरहरू भएका धेरै मानिसहरू” वा “आफ्नो नाउँमा जग्गाजमिन वा घरहरू भएका मानिसहरू”
“जग्गा वा घरहरू भएका”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बेचेका थोकहरूबाट तिनीहरूले प्राप्त गरेका रुपियाँ पैसा”
यसको अर्थ तिनीहरूले त्यो रुपियाँ पैसा प्रेरितहरूलाई दिए भन्ने हुन्छ । वैकल्पिक अनुवादः “प्रेरितहरूलाई चढाए” वा “प्रेरितहरूलाई दिए”
नामपद शब्द “आवश्यकता”लाई क्रियापदको साथमा अनुवाद गर्न सकिन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आवश्यकता भएको हरेक विश्वासीले तिनीहरूले रुपियाँ पैसा वितरण गरे”
लूकाले बारनाबासलाई कथामा परिचय गराउँछन् ।
योसेफ अरूलाई उत्साह दिने व्यक्ति थिए भनी दर्शाउन प्रेरितहरूले यो नाउँ प्रयोग गरे । “उत्साहका पुत्र” लक्षणा हो, र यसले कुनै व्यक्तिको व्यवहार वा चरित्रलाई वर्णन गर्दछ । वैकल्पिक अनुवादः “उत्साहित गराउने व्यक्ति” वा “उत्साह दिने व्यक्ति”
यसको अर्थ तिनीहरूले त्यो रुपियाँ पैसा प्रेरितहरूलाई दिए भन्ने हुन्छ । तपाईंले यसलाई [प्रेरितहरू ४:३५]
1 अब एक जना हननिया नाउँ गरेका मानिसले आफ्नी पत्नी सफिरासँग मिलेर एक टुक्रा जमिन बेचे । 2 र उनले त्यो पैसाको केही अंश आफूसँगै राखे (यो कुरा उनकी पत्नीलाई पनि थाहा थियो) र यसको बाँकी अंश ल्याएर प्रेरितहरूको पाउमा राखिदिए । 3 तर पत्रुसले भने, “हननिया, पवित्र आत्मालाई झुट बोल्न र त्यस जमिनको मूल्यको केही अंश राख्नलाई तिम्रो हृदयलाई शैतानले किन भर्यो ? 4 यसलाई बिक्री नगर्दा पनि के यो तिम्रो आफ्नो थिएन र ? अनि यसलाई बेचिसकेपछि पनि यो तिम्रो आफ्नै नियन्त्रणमा नै थिएन र ? तिमीले तिम्रो हृदयमा यस्तो कुरा कसरी सोच्यौ ? तिमीले मानिसहरूलाई होइन तर परमेश्वरलाई झुट बोलेका छौ । 5 यी कुराहरू सुनेर हननिया भुइँमा लडे र उनको मृत्यु भयो र यो कुरा सुन्नेहरू सबैमा ठुलो डर छायो । 6 जवान मानिसहरू अगाडि आए र उनलाई कपडाले बेह्रे र तिनीहरूले उनलाई बोकेर बाहिर लगे र गाडे । 7 त्यसको झण्डै तिन घण्टापछि उनकी पत्नी त्यहाँ के भएको थियो भन्ने थाहै नपाई भित्र आइन् । 8 पत्रुसले उनलाई भने, “तिमीहरूले सो जमिनलाई त्यत्ति नै मूल्यमा बेचेका हौ या होइनौ, मलाई बताऊ ।” उनले भनिन्, “हो, त्यत्तिमा नै हो ।” 9 तब पत्रुसले उनलाई भने, “तिमीहरू परमप्रभुको आत्मालाई जाँच गर्न कसरी सँगै सहमत भयौ ? हेर, तिम्रो पतिलाई गाड्नेहरूका पाउ ढोकामा नै छन् र तिनीहरूले तिमीलाई पनि बोकेर बाहिर लानेछन् । 10 तिनी तुरुन्तै उनको पाउमा लडिन् र तिनको मृत्यु भयो र ती जवान मानिसहरू भित्र आए र तिनलाई मृत भेट्टाए; तिनीहरूले तिनलाई बोकेर बाहिर लगे र तिनलाई तिनको पतिको नजिकै गाडिदिए । 11 पुरै मण्डलीमा र यी कुराहरू सुन्ने सबैमा ठुलो डर छायो । 12 प्रेरितहरूको हातद्वारा मानिसहरूका बिचमा धेरै चिह्न र आश्चर्यकर्महरू भइरहेका थिए । तिनीहरू सबै सोलोमनको दलानमा सँगै थिए । 13 तिनीहरूलाई मानिसहरूद्वारा उच्च सम्मान मिलेको भए तापनि कसैले पनि तिनीहरूसँगै सामेल हुन साहस गरेनन् । 14 अझ धेरै विश्वासीहरू अर्थात् असंख्य स्त्रीहरू र पुरुषहरू प्रभुमा थपिँदै थिए । 15 पत्रुस त्यहाँबाट भएर आउँदा तिनको छाया तिनीहरूमध्ये कोहीमाथि परोस् भनेर तिनीहरूले बिरामीहरूलाई गल्लीहरूमा बोकेर ल्याए र तिनीहरूलाई खाट र पलङहरूमा राखे । 16 त्यहाँ यरूशलेम वरिपरिका सहरहरूबाट पनि बिरामी र अशुद्ध आत्माले सताइएका मानिसहरू ठुलो संख्यामा आए र तिनीहरू सबैले निको भए । 17 तर प्रधान पूजाहारी र उनीसँग रहनेहरू सबै जना (जुन सदूकीहरूको सम्प्रदाय हो) उठे र तिनीहरू ईर्ष्याले भरिए । 18 तिनीहरूले प्रेरितहरूमाथि हात हाले र तिनीहरूलाई सार्वजनिक झ्यालखानामा थुनिदिए । 19 तर रातको समयमा परमप्रभुका एउटा दूतले झ्यालखानाका ढोकाहरू खोलिदिए र तिनीहरूलाई बाहिर लगे र भने, 20 “जाओ र त्यस मन्दिरमा खडा होओ र यस जीवनका सबै वचनहरू मानिसहरूलाई बताओ ।” 21 जब तिनीहरूले यो कुरा सुने तब तिनीहरू सबेरै मन्दिरभित्र प्रवेश गरे र शिक्षा दिए । तर प्रधान पूजाहारी र तिनीहरूसँग भएकाहरू आए र परिषद्लाई इस्राएलका मानिसहरूका एल्डरहरूसँगै बोलाए र प्रेरितहरूलाई ल्याउन लगाउनलाई झ्यालखानामा पठाए । 22 तर ती गएका अधिकारीहरूले तिनीहरूलाई झ्यालखानामा भेट्टाएनन् र तिनीहरू फर्केर आए र प्रतिवेदन दिए । 23 “हामीले झ्यालखानालाई राम्ररी बन्द गरिएको पायौँ र पहरेदारहरू ढोकामा उभिरहेका थिए, तर त्यसलाई खोल्दा हामीले भित्र कोही पनि भेट्टाएनौँ ।” 24 जब मन्दिरका कप्तान र मुख्य पूजाहारीहरूले यी कुराहरू सुने, के हुने होला भनी तिनीहरू अन्योलमा परे । 25 तब कोही तिनीहरूकहाँ आए र तिनीहरूलाई भने, “तपाईंहरूले झ्यालखानामा राख्नुभएका ती मानिसहरू, मन्दिरमा खडा भएर मानिसहरूलाई सिकाइरहेका छन् ।” 26 त्यसैले, कप्तान हाकिमहरूसँगै गए र तिनीहरूलाई हिंसाविना नै फर्काएर ल्याए । किनकि तिनीहरू मानिसहरूले ढुङ्गाले हान्लान् भनी डराए । 27 तिनीहरूले उनीहरूलाई ल्याएपछि, तिनीहरूले उनीहरूलाई सभाको अगि राखे । प्रधान पूजाहारीले उनीहरूलाई यसो भनेर सोधपुछ गरे, 28 “हामीले तिमीहरूलाई यस नाउँमा नसिकाउनलाई कडा आज्ञा दियौँ तर पनि तिमीहरूले आफ्नो शिक्षाले यरूशलेम भरिसकेका छौ र त्यस मानिसको रगत हामीमाथि ल्याउने इच्छा गर्छौ ।” 29 तर पत्रुस र प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा पालन गर्नु पर्छ । 30 हाम्रा पितापुर्खाका परमेश्वरले येशूलाई मृत्युबाट उठाउनु भयो, जसलाई तपाईंहरूले रुखमा झुण्ड्याएर मार्नुभयो । 31 परमेश्वरले इस्राएललाई पश्चात्ताप गर्न र पापको क्षमा प्रदान गर्न उहाँलाई राजकुमार र मुक्तिदाता हुनलाई आफ्नो दाहिने हाततर्फ उचाल्नु भयो । 32 हामीहरू यी कुराहरूका साक्षी छौँ र पवित्र आत्मा पनि यसको साक्षी हुनुहुन्छ जसलाई परमेश्वरले उहाँको आज्ञा पालन गर्नेहरूलाई दिनुभएको छ ।” 33 जब परिषद्का सदस्यहरूले यो सुने तब तिनीहरू क्रुद्ध भए र प्रेरितहरूलाई मार्ने चाहना गरे । 34 तर गमलिएल नाउँ गरेका फरिसी र व्यवस्थाका एक जना शिक्षक थिए जो सबै मानिसहरूद्वारा सम्मानित थिए । उनी उभिए र केही समयको लागि प्रेरितहरूलाई बाहिर रहनलाई आज्ञा गरे । 35 तब उनले तिनीहरूलाई भने, “इस्राएलका मानिसहरू हो, तपाईंहरूले यी मानिसहरूलाई जे गर्नलाई प्रस्ताव गर्नुभएको छ, त्यसमा राम्ररी ध्यान दिनुहोस् । 36 केही समयअगि, थूदास केही हुँ भन्ने दाबी गर्दै खडा भयो, र झण्डै चार सय जना मानिस त्योसँगै लागे । त्यो मारियो र त्यसका आज्ञा पालन गर्नेहरू सबै तितरवितर भए र त्यो सब छरपस्ट भयो । 37 त्यो मानिसपछि जनगणनाको समयमा गालीलको यहूदा खडा भयो र कतिपय मानिसहरूलाई आफ्नो पछि खिँच्यो । त्यो पनि नष्ट भयो र उसका आज्ञा पालन गर्दै आइरहेकाहरू सबै छरपस्ट भए । 38 अब म तपाईंहरूलाई भन्छु कि यी मानिसहरूबाट टाढै रहनुहोस् र यिनीहरूलाई छोडिदिनुहोस् किनकि यदि यो योजना वा काम मानिसहरूको हो भने, यो पतन हुनेछ । 39 तर यदि यो परमेश्वरको हो भने, तपाईंहरूले तिनीहरूलाई पतन गराउन सक्नुहुन्न र तपाईंहरूले आफैँलाई परमेश्वरको विरुद्धमा लडिरहेको पाउनु हुनेछ ।” यसरी तिनीहरूले तिनको कुरा माने । 40 तब तिनीहरूले प्रेरितहरूलाई भित्र बोलाए र उनीहरूलाई कुटे र येशूको नाउँमा नबोल्नलाई आज्ञा गरे र तिनीहरूलाई जान दिए । 41 तिनीहरू त्यस नाउँको निम्ति अपमान भोग्न योग्यका गनिएकामा तिनीहरूले अनान्दित हुँदै त्यो परिषद् छाडे । 42 त्यसपछि हरेक दिन मन्दिर र घर-घरमा, तिनीहरूले निरन्तर येशूलाई नै ख्रीष्टको रूपमा सिकाइरहेका र प्रचार गरिरहेका थिए ।
हननिया र सफिराले मिलेर जमिन बेचे र रुपियाँको बारेमा झूट बोल्ने निर्णय गरे । त्यो बेला तिनीहरू साँच्चै नै ख्रीष्टिएन थिए वा थिएनन् भनेर कसैलाई पनि थाहा छैन (प्रेरितहरू ५:१-१०), किनभने लूकाले केही भनेका छैनन् । तापनि, तिनीहरूले विश्वासीहरूसँग झूट बोलेका कुरा पत्रुसलाई थाहा भयो, र उनलाई थाहा थियो कि तिनीहरूले शैतानका कुरा सुने र आज्ञाकारी भए ।
जब तिनीहरूले विश्वासीहरूसँग झूट बोले, तब तिनीहरूले पवित्र आत्मासँग पनि झूट बोले । पवित्र आत्माले विश्वासीहरूभित्र वास गर्नुहुने हुनाले यस्तो भयो ।
यी नयाँ ख्रीष्टिएनले आफूसँग भएका थोकहरू कसरी विश्वासीहरूसँग बाँडचुँड गरे भन्ने कथालाई निरन्तरता दिएर लूकाले दुई जना विश्वासी हननिया र सफिराका बारेमा लेखे ।
नयाँ कथा सुरु गर्न मुख्य कथाको धारलाई रोक्ने सङ्केतका रूपमा यहाँ यो शब्द प्रयोग भएको छ ।
“उनले बिक्रीको पैसा केही अंश आफैँसँग राखे भनेर उनकी पत्नीलाई पनि थाहा थियो”
यसको अर्थ तिनीहरूले रुपियाँ पैसा प्रेरितहरू दिए भन्ने हुन्छ । तपाईंले यसलाई [प्रेरितहरू ४:३५]
यदि तपाईंको भाषामा अलङ्कारका प्रश्न प्रयोग हुँदैन भने तपाईंले यी प्रश्नलाई वाक्यका रूपमा लेख्न सक्नुहुन्छ ।
पत्रुसले यो प्रश्न हननियालाई हप्काउनका लागि प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “जमिन ... झूट बोल्नका लागि शैतानलाई तिम्रो हृदय भर्नलाई तिमीले दिनुहुँदैनथ्यो ।”
यहाँ “हृदय” शब्द इच्छा र भावनाहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । “शैतानले तिम्रो हृदय भरिदियो” भन्ने वाक्यांश चाहिँ एउटा अलङ्कार हो । यस अलङ्कारका सम्भावित अर्थहरू हुन् १) “शैतानले तिमीहरूलाई पूर्ण रूपमा नियन्त्रण गर्यो” वा २) “शैतानले तिमीहरूलाई मनायो”
हननियाले आफ्नो जमिन बेचेर प्राप्त गरेको सबै रुपियाँ पैसा तिनले प्रेरितहरूलाई दिएका हुन् भनेर तिनले झूट बोलेका थिए ।
पत्रुसले हननियालाई हप्काउनका लागि यस प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “त्यो बिक्री नहुँदा पनि, त्यो तिम्रै नियन्त्रणमा थियो ।”
“जब तिमीले यसलाई बेचेका थिएनौ”
पत्रुसले हननियालाई हप्काउनका लागि यस प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “त्यसको बिक्री भइसकेपछि पनि, तिमीले प्राप्त गरेको पैसामा तिम्रै नियन्त्रण थियो ।”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीले त्यसलाई बेचिसकेपछि”
पत्रुसले हननियालाई हप्काउनका लागि यस प्रश्नको प्रयोग गर्छन् । यहाँ “हृदय” शब्दले इच्छा र भावनाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूले यसो गर्ने विचार गर्न हुँदैनथ्यो”
यहाँ “अन्तिम सास फेरे” भन्नुको अर्थ “उनको अन्तिम श्वास लिए” भन्ने हुन्छ र उनी मरे भन्ने कुरालाई जनाउने नम्र शैली हो । हननिया ढले किनभने उनी मरे; उनी ढलेका कारणले मरेका होइनन् । वैकल्पिक अनुवादः “मरे र जमिनमा ढले”
“हननियाकी पत्नी आइन्” वा “सफिराकी पत्नी आइन्”
“कि तिनकी पत्नी मरिन्”
“यति पैसामा नै ।” यसले हननियाले प्रेरितहरूलाई दिएको पैसाको रकमलाई जनाउँछ ।
यहाँ “तिमीहरू” शब्द बहुवचनमा छ र हननिया र सफीरा दुवैलाई जनाउँछ ।
यो हननिया र सफीराको बारेमा भएको कथाको अन्त्य हो ।
पत्रुसले सफीरालाई हकार्नको लागि यो प्रश्न गरे । वैकल्पिक अनुवादः “प्रभुको आत्माको जाँच गर्न तिमीहरूले एकसाथ सहमत हुन हुँदैनथ्यो !”
“तिमीहरू दुई जना सहमत एकसाथ भएका छौ”
यहाँ “जाँच” शब्दले चुनौति दिन वा प्रमाणित गर्न भन्ने अर्थ लाग्छ । परमेश्वरसँग झूट बोलेर पनि दण्ड नपाइकन उम्कन सकिएला भनेर तिनीहरूले जाँच गरेका थिए ।
यहाँ “पाउ” शब्दले ती मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिम्रो पतिलाई गाड्ने मानिसहरू”
यसको अर्थ तिनको मृत्यु हुँदा, तिनी पत्रुसको सामुन्ने भएको भुइँमा ढलिन् । नम्र भएको चिन्हका रूपमा कसैको पाउमा घोप्टो पर्ने कुरा जस्तो भनी यसमा अलमलमा पर्नुहुँदैन ।
यहाँ “तिनको अन्तिम सास फेरिन्” भन्नुको अर्थ “तिनको अन्तिम श्वास फेरिन्” भन्ने हुन्छ र यो चाहिँ “तिनी मरिन्” भन्ने कुरालाई जनाउने नम्र शैली हो । तपाईंले यस्तै समान वाक्यांशलाई [प्रेरितहरू ५:५]
यहाँ “तिनीहरू” र “तिनीहरू” भन्ने शब्दहरूले विश्वासीहरूलाई जनाउँछ ।
मण्डलीको सुरुका दिनमा के-के घटना भए भनेर लूकाले निरन्तर लेख्दछन् ।
वा “प्रेरितहरूको हातद्वारा मानिसहरूका बीचमा धेरै चिन्ह र आश्चर्यकर्महरू भए ।” यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “प्रेरितहरूले मानिसहरूका माझमा धेरै चिन्हहरू र आश्चर्यकर्महरू गरे”
“अलौकिक घटनाहरू र आश्चर्यपूर्ण कार्यहरू ।” तपाईंले यी शब्दहरूलाई प्रेरितहरू २:२२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यहाँ “हात” शब्दले प्रेरितहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “प्रेरितहरूद्वारा”
यो खाँबैखाँबोका लहरमाथि छानो हालेको हिँड्ने बाटो थियो र यसलाई मानिसहरूले सोलोमोन राजाको नाउँ दिएका थिए । तपाईंले “सोलोमनको भनिने दलान” भन्ने कुरालाई प्रेरितहरू ३:११ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले विश्वासीहरूलाई उच्च सम्मान दिएका थिए”
यहाँ “तिनीहरू” भन्ने शब्दले यरूशलेममा बस्ने मानिसहरूलाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । तपाईंले “थपिए” भन्ने कुरालाई [प्ररितहरू २:४१]
यसले यदि पत्रुसको छायाँले तिनीहरूलाई छोयो भने परमेश्वरले तिनीहरूलाई निको पार्नुहुने थियो भन्ने अर्थ दिन्छ ।
“अशुद्ध आत्माहरूले कष्टमा परेकाहरू”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरू सबैलाई निको पार्नुभयो” वा “प्रेरितहरूले तिनीहरू सबैलाई निको पारे”
धार्मिक अगुवाहरूले विश्वासीहरूलाई सताउन सुरु गरे ।
यसले एउटा भिन्न कथाको सुरु गर्छ । तपार्इंले भिन्नता जनाउने कथाहरू सुरु गर्नको लागि यसलाई तपार्इंको भाषाको शैलीमा अनुवाद गर्न सक्नुहुन्छ ।
यहाँ “खडा भए” भन्नुको अर्थ प्रधान पूजाहारीले कदम चाल्न तयार भए भनेको हो । उनी बसेको आसनबाट उठे भनेको होइन । वैकल्पिक अनुवादः “प्रधान पूजाहारीले कदम चाले”
भाववाचक नाउँ “ईर्ष्या”लाई विशेषणको रूपमा अनुवाद गर्न सकिन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू धेरै ईर्ष्यालु भए”
यसको अर्थ तिनीहरूले शक्ति प्रयोग गरेर प्रेरितहरूलाई पक्रे भन्ने हुन्छ । तिनीहरूले रक्षकहरूलाई यसो गर्न भनेका हुन सक्छन् । वैकल्पिक अनुवादः “प्रेरितहरूलाई गिरफ्तार गर्न पहरेदारहरूलाई लगाए”
यहाँ “तिनीहरूलाई” र “तिनीहरू” भन्ने शब्दहरूले प्रेरितहरूलाई जनाउँछन् ।
यहाँ यस वाक्यांशले मन्दिरको चोकलाई जनाउँछ, मन्दिर भवनलाई होइन जहाँ केवल पूजाहारीहरूलाई मात्र जान अनुमति थियो । वैकल्पिक अनुवादः “मन्दिरको चोकमा”
“वचनहरू” भन्ने शब्द चाहिँ प्रेरितहरूले पहिले नै प्रचार गरेका सन्देशलाई जनाउने प्रतिस्थापन शब्द हो । सम्भावित अर्थहरू हुन् १) “अनन्त जीनको यो सबै सन्देश” वा २) “यस नयाँ जीवन शैलीको बारेमा भएको सम्पूर्ण सन्देश”
तिनीहरू मन्दिरको चोकभित्र गए, पूजाहारीहरूलाई मात्र भित्र जाने अनुमति भएको मन्दिरको भवनभित्र तिनीहरू गएनन् । वैकल्पिक अनुवादः “मन्दिरको चोकभित्र”
“जसै उज्यालो हुन थाल्यो ।” स्वर्गदूतले प्रेरितहरूलाई झ्यालखानाबाट रातको समयमा बाहिर निकालेर ल्याएको भए पनि, तिनीहरू मन्दिरको चोकमा पुग्दा सूर्योदय हुँदै थियो ।
यसले कोही मानिस झ्यालखानामा गएको कुरा जनाउँछ । वैकल्पिक अनुवादः “प्रेरितहरूलाई ल्याउन कसैलाई झ्यालखानामा पठाए”
“कोही पनि” शब्दले प्रेरितहरूलाई जनाउँछ । यसको अर्थ झ्यालखानाको कोठामा प्रेरितहरूबाहेक अरू कसैलाई पनि राखिएको रहेनछ भन्ने जनाउँछ । वैकल्पिक अनुवादः “हामीले तिनीहरूलाई भित्र भेट्टाउन सकेनौँ”
यहाँ “तपाईंहरू” शब्द बहुवचनमा छ र मन्दिरको कप्तान र मुख्य पूजाहारीहरूलाई जनाउँछ ।
“तिनीहरू चकित परे” वा “तिनीहरू अलमलिए”
“तिनीहरूले भर्खर सुनेका वचनहरूका सम्बन्धमा” वा “यी कुराहरूको सम्बन्धमा”
“र परिणाम के होला भनी”
पूजाहारीहरूलाई मात्र भित्र जाने अनुमति भएको मन्दिरको भवनको भित्र तिनीहरू गएनन् । वैकल्पिक अनुवादः “मन्दिरको चोकमा खडा भएर”
यहाँ “तिनीहरू” शब्दले कप्तान र अधिकारीहरूलाई जनाउँछ । “तिनीहरू मानिसहरूले ढुङ्गाले हान्लान् भनी डराए” भन्ने वाक्यांशमा “तिनीहरू” शब्दले कप्तान र अधिकारीहरूलाई जनाउँछ । यस खण्डका अरू “उनीहरू” शब्दले प्रेरितहरूलाई जनाउँछ । यहाँ “तिमीहरू” शब्द बहुवचनमा छ र यसले प्रेरितहरूलाई जनाउँछ ।
कप्तान र अधिकारीहरूले प्रेरितहरूलाई यहूदी धर्मसभाको सामु लगे ।
“तिनीहरू भयभीत भए”
“मुख्य पूजाहारीले तिनीहरूलाई प्रश्नहरू सोधे ।” “सोधपुछ गर्नु” भन्ने कुराको अर्थ कसैलाई के कुरा सत्य हो भनेर प्रश्न सोध्नु भन्ने हुन्छ ।
यहाँ “नाउँ” शब्दले व्यक्ति येशूलाई जनाउँछ । तपाईंले यसलाई [प्रेरितहरू ४:१७]
सहरमा भएका धेरै मानिसलाई सिकाएको कुरालाई लेखकले शिक्षाले सहरै भरेको भनेका छन् । वैकल्पिक अनुवादः “तिमीहरूले यरूशलेमका धेरै मानिसलाई यो मानिसको बारेमा सिकाएका छौ” वा “तिमीहरूले यरूशलेमभरि यो मानिसको बारेमा सिकाएका छौ”
यहाँ “रगत” शब्द मृत्युलाई जनाउने लक्षणा शब्द हो, र कसैको रगत मानिसहरूमाथि ल्याउने भन्नाले त्यो व्यक्तिको मृत्युको लागि ती मानिस दोषी हुन् भन्नु हो । वैकल्पिक अनुवादः “यस मानिसको मृत्युको लागि हामीलाई जिम्मेवार ठहराउने”
यहाँ “हामी” शब्दले प्रेरितहरूलाई जनाउँछ र श्रोताहरूलाई होइन ।
यसपछि लेखिएका वचन पत्रुसले भनेको बेलामा तिनले सबै प्रेरितहरूका पक्षमा बोले ।
यहाँ “उठाउनुभयो” भनेको वाक्पद्धति हो । वैकल्पिक अनुवादः “हाम्रा पूर्खाहरूका परमेश्वरले येशूलाई पुनः जिउने तुल्याउनुभयो”
यहाँ क्रूसलाई सङ्केत गर्न पत्रुसले रूख शब्द प्रयोग गरे । क्रूस वास्तवमा रूखको काठबाट बनाउने गरिन्थ्यो । वैकल्पिक अनुवादः “उहाँलाई क्रूसमा झुण्ड्याएर”
“परमेश्वरको दाहिने हात”तर्फ हुनु भनेको परमेश्वरबाट महान् सम्मान् र अधिकारलाई प्राप्त गर्ने कुरालाई जनाउने साङ्केतिक कार्य हो । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँलाई आफ्नो छेउमा सम्मानको स्थानमा उचाल्नुभयो”
“पश्चात्ताप” र “क्षमा” भन्ने शब्दहरूलाई क्रियापदहरूको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “इस्राएलका मानिसहरूलाई पश्चात्ताप गर्न र परमेश्वरले तिनीहरूका पापहरू क्षमा गर्नलाई एउटा अवसर दिन”
“इस्राएल” शब्दले यहूदी मानिसहरूलाई जनाउँछ ।
“तिनीहरू जसले परमेश्वरको अधिकारमा आफैँलाई सुम्पन्छन्”
गमलिएलले परिषद्का सदस्यहरूलाई सम्बोधन गर्छन् ।
लूकाले गलमिएललाई परिचय गराउँछन् र तिनको बारेमा पृष्ठभूमि जानकारी प्रदान गर्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई सबै मानिसहरूले सम्मान गर्थे”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “प्रेरितहरूलाई बाहिर लैजान रक्षकहरूलाई आज्ञा गरे”
“यसको बारेमा होशियार भएर विचार गर्नुहोस्”, वा “यसको बारेमा सावधान हुनुहोस् ।” तिनीहरूले त्यस्तो केही कुरा गरेर पछि पश्चाताप गर्ने कार्य नगरून् भनेर गमलिएलले तिनीहरूलाई चेतावनी दिए ।
सम्भावित अर्थहरू हुन् १) “थुदासले विद्रोह गर्यो” वा २) “थुदास देखा पर्यो”
“कोही प्रतिष्ठित व्यक्ति हुँ भन्ने दाबी गर्दै”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले उसलाई मारे”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले उसका आज्ञा पालन गरे, ती सबै तितरबितर भए” वा “उसका आज्ञा पालन गर्नेहरू सबै भिन्नभिन्न दिशामा गए”
यसको अर्थ तिनीहरूले योजना गरेका कुरा तिनीहरूले पूरा गरेनन् ।
“थुदासपछि”
“जनगणना भएको समयअवधिमा”
यसको अर्थ उसले कोही मानिसलाई उसँगै मिलेर रोमी सरकारका विरुद्धमा विद्रोह गर्न विश्वस्त तुल्यायो । वैकल्पिक अनुवादः “धेरै मानिसलाई उसको पछि लाग्ने बनायो” वा “उसको विद्रोहमा धेरै मानिसलाई सहभागी बनायो”
गमलिएलले परिषद्का सदस्यहरूलाई सम्बोधन गरी सक्छन् । तिनीहरूले प्रेरितहरूलाई पिटे, येशूको बारेमा शिक्षा नदिन आज्ञा गरे र तिनीहरूलाई छोडिदिए । तर पनि चेलाहरूले शिक्षा दिने र प्रचार गर्ने कार्यलाई निरन्तरता दिए ।
प्रेरितहरूलाई फेरि दण्ड नदिन र झ्यालखानामा नहाल्न गमलिएलले यहूदी अगुवाहरूलाई भने ।
“यदि यो योजना मानिसहरूले रचेका हुन् वा मानिसहरूले यो काम गरिरहेका हुन् भने”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले यसलाई हटाइदिनेछ”
यहाँ “यो” शब्दले “यो योजना वा काम” लाई जनाउँछ । वैकल्पिक अनुवादः “यदि परमेश्वरले यो योजना गर्नुभएको वा यी मानिसलाई यो काम गर्ने आज्ञा गर्नुभएको हो भने”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसरी गमलिएलले तिनीहरूलाई विश्वस्त तुल्याए”
यहाँ पहिलो शब्द “तिनीहरू”ले यहूदी महासभाका सदस्यहरूलाई जनाउँछ । अरू बाँकी शब्द “तिनीहरूलाई”, “तिनीहरू”, र “तिनीहरू” शब्दहरूले प्रेरितहरूलाई जनाउँछन् ।
यी कुरा गर्न महासभाका सदस्यहरूले मन्दिरका रक्षकहरूलाई आदेश दिएका हुन सक्छन् ।
यहाँ “नाउँ”ले येशूको अधिकारलाई जनाउँछ । तपाईंले यस्तै समान वाक्यांशलाई प्रेरितहरू ४:१८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “येशूको अधिकारमा अझ बढी बोल्नलाई”
यहूदी अगुवाहरूले प्रेरितहरूको अपमान गर्दा परमेश्वरले तिनीहरूको आदर गर्नुभएको छ भनेर तिनीहरू आनन्दित भए । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो नाउँको निम्ति अपमानित हुनलाई परमेश्वरले तिनीहरूलाई योग्य गन्नुभएको थियो”
यहाँ “नाउँ”ले येशूलाई जनाउँछ । वैकल्पिक अनुवादः “येशूको लागि”
“त्यसपश्चात, हरेक दिन ।” प्रेरितहरूले त्यसपछिका दिनहरूमा हरेक दिन के गरे भन्ने कुरालाई यो वाक्यांशले अङ्कित गर्छ ।
पूजाहारी मात्रै जाने अनुमति पाएका मन्दिरको भवनको भित्री भागमा तिनीहरू गएनन् । वैकल्पिक अनुवादः “मन्दिरको चोकमा र विभिन्न मानिसहरूका घरहरूमा”
1 ती दिनमा जब चेलाहरूको सङ्ख्या गुणात्मक रूपमा बढ्दै गयो ग्रिक भाषा बोल्ने यहूदीहरूले हिब्रूहरूको विरुद्धमा गनगन गर्न थाले किनकि तिनीहरूका विधवाहरूलाई दैनिक खाद्य वितरणमा वेवास्ता गरिँदै थियो । 2 बाह्र प्रेरितले चेलाहरूको समूहलाई बोलाएर भने, “खुवाउने-पियाउने काममा अल्झिन हामीले परमेश्वरको वचनलाई वेवास्ता गर्नु उपयुक्त हुँदैन । 3 यसकारण भाइ हो, तपाईंहरूमध्येबाट सात जना मानिसलाई छान्नुहोस् जो नाउँ चलेका, बुद्धि र पवित्र आत्माले भरिएका होऊन् जसलाई हामी यस कामको लागि नियुक्त गर्न सकौँ । 4 हाम्रो सम्बन्धमा भन्नुपर्दा, हामी निरन्तर रूपमा प्रार्थना र वचनको सेवामा लागिरहनेछौँ ।” 5 तिनीहरूको भनाइ पुरै समुदायलाई मन पर्यो । त्यसैले, तिनीहरूले विश्वास र पवित्र आत्माले भरिएका स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्टिओखियाका यहूदी-मत मान्ने निकोलाउसलाई छाने । 6 विश्वासीहरूले यी मानिसहरूलाई प्रेरितहरूका सामु ल्याए जसले प्रार्थना गरे र तिनीहरूमाथि हात राखे । 7 यसरी परमेश्वरको वचन फैलियो र यरूशलेममा चेलाहरूको सङ्ख्या गुणात्मक रूपमा वृद्धि भयो । र धेरै पूजाहारीहरूले यस विश्वासलाई स्वीकार गरे । 8 अब अनुग्रह र शक्तिले भरिएर स्तिफनसले मानिसहरूका बिचमा महान् आश्चर्य र चिन्हहरू देखाउँदै थिए । 9 तर त्यहाँ स्वतन्त्र दल नामक सभाघरका मानिसहरू, कुरेनीहरू, अलेक्ज्यान्ड्रियाका बासिन्दाहरू र किलिकियासाथै एसियाका केही मानिसहरू खडा भए । यी मानिसहरू स्तिफनससित वादविवाद गर्दै थिए । 10 तर स्तिफनसले जुन बुद्धि र पवित्र आत्माको शक्तिमा बोलेका थिए तिनीहरूले त्यसको सामना गर्न सकेनन् । 11 त्यसपछि तिनीहरूले केही मानिसहरूलाई गुप्तमा मनाई यसो भन्न लगाए, “हामीले स्तिफनसले मोशा र परमेश्वरको विरुद्धमा ईश्वर-निन्दक वचनहरू बोलेका सुनेका छौँ ।” 12 तिनीहरूले मानिसहरू, एल्डरहरू, शास्त्रीहरूलाई उक्साए अनि स्तिफनससित मुकाबला गरे; तिनलाई पक्रे र परिषद्मा ल्याए । 13 तिनीहरूले झुटा साक्षीहरू पेस गरे जसले भने, “यो मानिसले यस पवित्रस्थान र व्यवस्थाको विरुद्धमा बोल्न छाड्दैन । 14 नासरतको यो येशूले यस स्थानलाई नष्ट पार्नेछ र मोशाले हामीलाई सुम्पेका चलनहरूलाई बद्लनेछ भनी त्यसले बोलेको हामीले सुनेका छौँ ।” 15 परिषद्मा जम्मा भएका हरेकको आँखा तिनमा केन्द्रित भयो र तिनको मोहोडा स्वर्गदूतको झैँ देखियो ।
यरूशलेमका विश्वासीहरूले एकल महिलाका हरेक दिन खाद्यान्न वितरण गर्थे । ती सबै महिला यहूदी परिवारमा हुर्केका थिए । तीमध्ये कोही यहूदियामा बस्थे र हिब्रू भाषा बोल्थे भने, अरू अन्यजाति क्षेत्रमा बसोबास गर्थे र ग्रीक भाषा बोल्थे । खद्यान्न बाँड्नेहरूले हिब्रू भाषा बोल्ने विधवालाई दिन्थे र ग्रीक भाषा बोल्ने विधवालाई दिंदैनथे । परमेश्वरलाई मन परोस् भनेर ग्रीक भाषा बोल्ने विधवाले खाद्यान्न आफ्नो भाग पाउन सकुन् भनेर मण्डलीले ग्रीक भाषा बोल्ने मानिसहरूलाई नियुक्त गर्यो । यी नै ग्रीक भाषा बोल्ने मानिसहरूमध्ये एक जना स्तिफनस हुन् ।
स्तिफनसको अनुहार स्वर्गदूतको जस्तो थियो भन्दा त्यो कस्तो थियो भनेर कसैलाई पनि थाहा छैन । किनभने लूकाले हामीलाई भनेका छैनन् । यसर्थ यसको बारेमा यूएलटीले जे भन्छ, त्यो मात्र अनुवाद गर्नु उत्तम हुन्छ ।
यो कथाको नयाँ खण्डको सुरुवात हो । कथालाई बुझ्नको लागि पृष्ठभूमिको जानकारी दिइएको छ ।
तपार्इंको भाषामा कथाको नयाँ खण्डलाई कसरी सुरुवात गर्नुहुन्छ, त्यसलाई ध्यान दिनुहोस् ।
“ठुलो सङ्ख्यामा बढ्दै”
यी यहूदीहरूले आफ्नो जीवन इस्राएलबाहिर रोमी सम्राज्यमा बिताएका थिए, र ग्रीक भाषा बोलेर हुर्केका थिए । तिनीहरूको भाषा र संस्कृति इस्राएलमा बस्ने मानिसहरूको भन्दा फरक थियो ।
यी यहूदीहरू इस्राएलमा हिब्रू वा आरमेइक भाषा बोलेर हुर्केका थिए । अहिलेसम्मका मण्डलीमा यहूदीहरू र यहूदी धर्ममा परिवर्तन भएका मानिसहरू थिए ।
पति मरेका स्त्रीहरू
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हिब्रू भाषा बोल्ने विश्वासीहरूले ग्रीक भाषा बोल्ने विधवाहरूलाई बेवास्ता गरिरहेका थिए”
“वास्ता नगरिँदै” वा “बिर्सिइँदै ।” सहयोग चाहिने मानिसहरू धेरै थिए कि केही छुटेका थिए ।
प्रेरितहरूलाई दिइने पैसाको केही भाग सुरुको समयका मण्डलीका विधवाहरूलाई खानेकुरा किन्न प्रयोग गरिन्थ्यो ।
यहाँ “तिमीहरू” शब्दले विश्वासीहरूलाई जनाउँछ । यहाँ “हामीले” र “हामी” शब्दहरूले १२ प्रेरितहरूलाई जनाउँछन् । जहाँसम्म सम्भव हुन्छ, तिनलाई मात्र जनाउने तपाईंको भाषाको खास तरिकालाई प्रयोग गर्नुहोस् ।
यसले एघार जना प्रेरितहरूका साथै प्रेरित प्रेरित 1:26 मा चुनिएका मतियासलाई पनि जनाउँछ ।
”“सबै चेलाहरू” वा “सबै विश्वासीहरू”
परमेश्वरको वचन सिकाउने तिनीहरूका काम थियो, र त्यसको महत्त्वलाई जोड दिन यो बढाइचढाइ गरेर भनेको हो । वैकल्पिक अनुवादः “परमेश्वरको वचन प्रचार गर्न र सिकाउन छोड्नु”
यो वाक्यांशको अर्थ मानिसहरूलाई खाना खुवाउने काम हुन्छ ।
सम्भावित अर्थहरू हुन् १) ती मानिसहरूसँग तीनवटा गुणहरू छन्–राम्रो प्रतिष्ठा, आत्माले पूर्ण भएको र बुद्धिले भरिएको वा २) ती मानिसहरूसँग दुईवटा गुणहरूको लागि प्रतिष्ठा छ– आत्माले पूर्ण भएको र बुद्धिले भरिएको ।
“मानिसहरूले राम्रो भनेर जानेका व्यक्तिहरू” वा “ती व्यक्तिहरू जसलाई मानिसहरूले भरोसा गर्छन्”
“यो काम गर्न जिम्मेवार हुनका लागि”
अझ धेरै जानकारी समावेश गर्नु सहयोगी हुन्छ । वैकल्पिक अनुवादः “वचन सिकाउने र प्रचार गर्ने सेवा”
“सबै विश्वासीहरूलाई तिनीहरूको सुझाव मन पर्यो”
यी ग्रीक नामहरू हुन्, र यी चुनिएका मानिसहरू धेरैजसो वा पूरै ग्रीक यहूदी समूहका विश्वासीहरू थिए ।
यहूदी धर्ममा परिवर्तन भएको गैरयहूदी
यसले सातजनालाई आशिष् दिएको र काम गर्नलाई जिम्मेवारी र अधिकार सुम्पिएको कुरालाई प्रतिनिधित्व गर्छ ।
यो पदले मण्डलीको वृद्धिको बारेमा जानकारी गर्छ ।
वचनमा विश्वास गर्ने मानिसहरूका सङ्ख्यामा वृद्धि भएको कुरालाई परमेश्वरको वचनको वृद्धि भएको कुरा हो जस्तो गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरको वचनमा विश्वास गर्ने मानिसहरूका सङ्ख्यामा वृद्धि भयो” वा “परमेश्वरबाटको सन्देशलाई विश्वास गर्ने मानिसहरूको सङ्ख्यामा वृद्धि भयो”
“नयाँ विश्वासको शिक्षालाई पछ्याए”
सम्भावित अर्थहरू हुन् १) येशूमा विश्वास गर्ने सुसमाचारको सन्देश वा २) मण्डलीको शिक्षा वा ३) ख्रीष्टिएन शिक्षा ।
यी पदहरूले स्तिफनस र अरू मानिसहरूको बारेमा पृष्ठभूमि जानकारी दिन्छन् जुन कथा बुझ्नको लागि महत्त्वपूर्ण छ ।
यो कथाको नयाँ भागको सुरुवात हो ।
यसले स्तिफनसलाई कथाको यस भागमा मुख्य पात्रको रूपमा परिचय गराउँछ ।
यहाँ “अनुग्रह” र “शक्ति” शब्दहरूले परमेश्वरबाटको शक्तिलाई जनाउँछ । यसलाई स्पष्ट हुने गरी लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले स्तिफनसलाई ... गर्ने शक्ति दिनुभयो”
“स्वतन्त्र दलका मानिसहरू” शायद विभिन्न ठाउँका पूर्व-कमाराहरू थिए । त्यहाँ भएका अरू मानिसहरू सभाघरका भाग थिए वा तिनीहरूले केवल स्तिफनससँगको वादविवादमा भाग लिए भन्ने कुरा यो स्पष्ट छैन ।
“स्तिफनससँग बहस गरिरहेको”
यहाँ “हामी” शब्दले झूट बोल्नका लागि तिनीहरूले फकाएका मानिसहरूलाई जनाउँछ । “तिनीहरू” शब्दले स्वतन्त्र दल नाउँको [प्रेरित ६:९]
प्रेरितहरू ६:८ मा सुरु भएको पृष्ठभूमिको जानकारी पद १० सम्म जारी रहन्छ ।
यो वाक्यांशको अर्थ तिनले भनेका कुरालाई तिनीहरूले झूटा हो भनेर प्रमाणित गर्न सकेनन् भन्ने हुन्छ । वैकल्पिक अनुवादः “विरुद्धमा विवाद गर्न सकेनन्”
यसले पवित्र आत्मालाई जनाउँछ ।
झूटा साक्षी दिनका लागि तिनीहरूलाई रुपियाँ दिए । वैकल्पिक अनुवादः “झूटा बोल्न र यसो भन्न कोही मानिसहरूलाई”
“ ... का बारेमा खराब कुराहरू”
यहाँको हरेक “तिनीहरू” शब्दले स्वतन्त्र दल नाउँको [प्रेरित ६:९]
“मानिसहरू, धर्मगुरुहरू, र शास्त्रीहरूलाई स्तिफनससँग धेरै रिसाउने तुल्याए”
“तिनलाई अँठ्याए र पक्रे ताकि तिनी भाग्न नसकून्”
“निरन्तर भनिरहन्छ”
यहाँ “हामीलाई दिएका” भन्ने वाक्यांशको अर्थ “हस्तान्त्रण गरेका” भन्ने हुन्छ । वैकल्पिक अनुवादः “हाम्रा पुर्खाहरूलाई सिकाएका”
यो एउटा वाक्पद्धति हो जसको अर्थ तिनीहरूले उनलाई एकटकले हेरे भन्ने हुन्छ । यहाँ “आँखाहरू” भनेको दृष्टिलाई जनाउने लक्षणा हो । वैकल्पिक अनुवादः “तिनलाई एकोहोरो हेरे” वा “तिनलाई हेरिरहे”
यस वाक्यांशले उनको अनुहारलाई एक स्वर्गदूतकोसँग तुलना गर्छ तर तिनमा के साझा थियो भनेर निर्दिष्ट रूपमा बताउँदैन ।
1 प्रधान पूजाहारीले भने, “के यी कुराहरू साँचा हुन् ?” 2 स्तिफनसले भने, “दाजुभाइ तथा पिताहरू हो, मेरो कुरा सुन्नुहोस्ः हाम्रा पिता अब्राहाम हारानमा बस्नुअगि महिमाका परमेश्वर मेसोपोटामियामा तिनीकहाँ देखा पर्नुभयो । 3 उहाँले तिनलाई भन्नुभयो, “तिम्रो देश र तिम्रा नातेदारहरूलाई छाड र मैले देखाउने देशमा जाऊ ।” 4 त्यसपछि तिनी कल्दीहरूको देशबाट प्रस्थान गरे अनि तिनी हारानमा आएर बसे । त्यहाँ तिनका पिताको मृत्यु भएपछि परमेश्वरले तिनलाई यस देशमा ल्याउनुभयो जहाँ अहिले तपाईंहरू बस्नुहुन्छ । 5 उहाँले तिनलाई कुनै पनि कुरा पैत्तृक सम्पत्तिको रूपमा दिनुभएन, यहाँसम्म कि पर्याप्त पाइला राख्ने ठाउँसम्म पनि दिनुभएन । तर अब्राहामको कुनै सन्तान नहुँदा पनि उहाँले त्यो देश तिनलाई सम्पत्तिको रूपमा दिनुहुनेथियो र त्यसपछि तिनका सन्तानहरूलाई दिनुहुनेथियो भनी तिनीसित प्रतिज्ञा गर्नुभयो । 6 परमेश्वरले तिनलाई भन्दै हुनुहुन्थ्यो कि तिनका सन्तानहरू विदेशी भूमिमा केही समयको लागि बस्नेथिए र त्यहाँका बासिन्दाहरूले तिनीहरूलाई कमारा तुल्याउनेथिए र चार सय वर्षसम्म तिनीहरूलाई थिचोमिचो गर्नेथिए । 7 परमेश्वरले भन्नुभयो, “तिनीहरू जुन जातिको अधीनमा कमारा हुनेछन् म तिनीहरूको न्याय गर्नेछु र त्यसपछि तिनीहरू त्यहाँबाट बाहिर निस्केर आई यस ठाउँमा मेरो आराधना गर्नेछन् ।” 8 अनि उहाँले अब्राहामसित खतनाको करार बाँध्नुभयो । त्यसैले, अब्राहाम इसहाकका पिता बने र तिनले आठौँ दिनमा उनको खतना गरे । इसहाक याकूबका पिता बने र याकूब बाह्र कुलका पिता बने । 9 कुलपतिहरूले योसेफको विरुद्धमा डाह गरे र तिनलाई मिश्रमा बेचिदिए । तर परमेश्वर तिनीसित हुनुहुन्थ्यो । 10 र उहाँले तिनलाई सबै दुःखकष्टबाट छुटाउनुभयो र मिश्रका राजा फारोको सामने तिनलाई कृपा र बुद्धि दिनुभयो । तब फारोले तिनलाई मिश्र र तिनका सारा घरानाका शासक बनाए । 11 त्यस बेला सारा मिश्र र कनानभरि अनिकाल पर्यो र ठुलो सङ्कष्ट आइपर्यो । परिणाम स्वरूप हाम्रा पुर्खाहरूले कुनै खाना पाएनन् । 12 तर जब मिश्रमा अन्न पाईंदोरहेछ भनी याकूबले सुने तिनले पहिले हाम्रा पुर्खाहरूलाई त्यहाँ पठाए । 13 दोस्रो पटकको भेटघाटमा योसेफले आफूलाई आफ्ना दाजुहरूकहाँ प्रकट गरे, र योसेफको परिवारलाई फारोकहाँ परिचित गराइयो । 14 आफ्ना पिता याकूब र तिनका सबै नातेदारहरू अर्थात् पचहत्तर प्राणीलाई मिश्रमा आउनुहोस् भनी तिनले आफ्ना दाजुहरूमार्फत खबर पठाए । 15 त्यसैले याकूब मिश्रमा गए । त्यहाँ तिनको मृत्यु भयो र हाम्रा पुर्खाहरू पनि त्यहीँ नै मरे । 16 तिनीहरूका मृत शरीर शकेममा लगिए र अब्राहामले शकेममा हमोरका छोराहरूबाट चाँदीको मूल्यमा किनेको चिहानमा तिनीहरूलाई गाडियो । 17 परमेश्वरले अब्राहामसित प्रतिज्ञा गर्नुभएको समय नजिकिँदै गर्दा मानिसहरू मिश्रमा गुणात्मक रूपमा बढे । 18 त्यसपछि मिश्रमा अर्का राजाको उदय भयो जसले योसेफलाई चिन्दैनथ्ये । 19 ती राजाले हाम्रा मानिसहरूलाई छलगरे र हाम्रा पुर्खाहरूलाई यसरी दुर्व्यवहार गरे कि आफैँलाई बचाउन तिनीहरूले आफ्ना शिशुहरूलाई बाहिर फाल्नुपर्थ्यो । 20 त्यही बेला मोशाको जन्म भयो । तिनी परमेश्वरको सामु सुन्दर थिए र तिन महिनासम्म तिनका पिताको घरमा तिनको स्याहार गरियो । 21 जब तिनलाई फ्याँकियो फारोकी छोरीले तिनलाई उठाइन् र तिनलाई आफ्नै छोरासरह हुर्काइन् । 22 मोशालाई मिश्रका सारा विद्यामा शिक्षा दिइयो र तिनी आफ्ना वचन र कर्ममा शक्तिशाली बने । 23 तर जब तिनी करिब चालिस वर्ष पुगे, तिनलाई आफ्ना दाजुहरू अर्थात् इस्राएलीहरूलाई भेट गर्न मन लाग्यो । 24 एक जना इस्राएलीमाथि अन्याय भएको देखेर तिनले उसको रक्षा गरे र अत्याचार गर्ने मिश्रीलाई मारिदिए । 25 परमेश्वरले तिनीद्वारा तिनका दाजुभाइहरूको छुट्कारा गर्न खोज्दै हुनुहुन्थ्यो भन्ने कुरा तिनीहरूले बुझ्लान् भनी तिनले सोचे, तर तिनीहरूले त्यो कुरा बुझेनन् । 26 अर्को दिन तिनी केही इस्राएलीहरूकहाँ आए जहाँ तिनीहरू एक आपसमा झगडा गरिरहेका थिए । तिनले तिनीहरूको झगडा मिलाउन खोजे र भने, “तपाईंहरू दाजुभाइ हुनुहुन्छ । किन एकअर्काको विरुद्धमा लड्नुहुन्छ ?” 27 तर जसले आफ्नो छिमेकीलाई हानि पुर्याएको थियो त्यसले तिनलाई धकेलेर भन्यो, “तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता तुल्यायो ? 28 हिजो तिमीले त्यस मिश्रीलाई मारेझैँ के तिमी मलाई पनि मार्न चाहन्छौ ?” 29 यो सुनेर मोशा भागे । तिनी मिद्यान देशमा परदेशी बने जहाँ तिनी दुई छोराका पिता बने । 30 चालिस वर्ष बितेपछि सीनै पर्वतको उजाड–स्थानमा जलिरहेको आगोको पोथ्रामा एउटा स्वर्गदूत तिनीकहाँ देखा परे । 31 मोशाले ज्वालालाई देखेपछि तिनी छक्क परे । त्यसलाई हेर्न तिनी नजिक जाँदा त्यहाँ परमप्रभुको आवाज आयो, 32 “तिम्रा पुर्खाहरू अब्राहाम, इसहाक र याकूबका परमेश्वर मै हुँ ।” मोशा काँपे र तिनले हेर्ने साहस गरेनन् । 33 परमप्रभुले तिनलाई भन्नुभयो, “तिम्रा जुत्ता फुकाल किनकि तिमी उभिएको ठाउँ पवित्र भूमि हो । 34 निश्चय नै मैले मिश्रमा भएका मेरा मानिसहरूको दुःखकष्टलाई देखेको छु । मैले तिनीहरूको क्रन्दन सुनेको छु र म तिनीहरूलाई छुट्कारा दिन तल ओर्लीआएको छु । म तिमीलाई मिश्रमा पठाउनेछु ।” 35 यी मोशा जसलाई तिनीहरूले इन्कार गरेका थिए, जसलाई तिनीहरूले भनेका थिए, “कसले तिमीलाई शासक र न्यायकर्ता तुल्यायो ?”, तिनैलाई परमेश्वरले शासक र उद्धारकर्ता दुवै बनाएर पठाउनुभयो । पोथ्रामा मोशाकहाँ देखा पर्ने स्वर्गदूतद्वारा परमेश्वरले तिनलाई पठाउनुभयो । 36 मिश्र, लाल समुद्रसाथै उजाड–स्थानमा चालिस वर्षसम्म आश्चर्यकर्म र चिन्हहरू गरेर मोशाले तिनीहरूलाई मिश्रबाट बाहिर ल्याए । 37 यी तिनै मोशा थिए जसले इस्राएलीहरूलाई भनेका थिए, “परमेश्वरले तिमीहरूका दाजुभाइहरूकै बिचबाट मजस्तै एक जना अगमवक्ता खडा गर्नुहुनेछ ।” 38 यी तिनै मानिस हुन् जो उजाड-स्थानमा भएको समुदायसित स्वर्गदूतसँगै थिए जो सीनै पर्वतमा तिनीसित बोलेका थिए । यी तिनै मानिस थिए जो हाम्रा पुर्खाहरूसित थिए; यी तिनै मानिस थिए जसले हामीलाई दिन जीवित वचनहरू प्राप्त गरे । 39 यी तिनै मानिस थिए जसप्रति हाम्रा पुर्खाहरू आज्ञाकारी बनेनन्; तिनीहरूले तिनलाई पन्छाए र तिनीहरू आफ्ना हृदयमा मिश्रमा फर्कने चाहना गरे । 40 त्यस बेला तिनीहरूले हारूनलाई भने, “हामीलाई अगुवाइ गर्ने देवताहरू बनाउनुहोस् । हामीलाई मिश्र देशबाट अगुवाइ गरेर ल्याउने यी मोशालाई के भयो हामीलाई थाहा छैन ।” 41 ती दिनमा तिनीहरूले एउटा बाछोको मूर्ति बनाए र तिनीहरूले त्यसलाई बलिदान चढाए र तिनीहरू आफूले गरेको काममा रमाए । 42 तर परमेश्वर तिनीहरूबाट तर्कनुभयो र तिनीहरूलाई आकाशका ताराहरूको सेवा गर्न छाडिदिनुभयो जस्तो अगमवक्ताका पुस्तकहरूमा लेखिएको छः “इस्राएलका घराना हो, के तिमीहरूले मलाई चालिस वर्षसम्म उजाड-स्थानमा पशुबलि र बलिदानहरू चढायौ र ?” 43 तिमीहरूले मोलोखको पवित्र वासस्थान र रेफन देवताको तारा र आफूले पूजा गर्न बनाएका मूर्तिहरूलाई स्वीकार गर्यौ । यसकारण म तिमीहरूलाई बेबिलोनभन्दा पर निर्वासनमा लैजानेछु ।” 44 उजाड-स्थानमा हाम्रा पुर्खाहरूको गवाहीको पवित्र वासस्थान थियो जुन परमेश्वरले मोशालाई आज्ञा गर्नुभएमुताबिक उहाँले देखाउनुभएको नमुनाबमोजिम बनाइएको थियो । 45 हाम्रा पुर्खाहरूको पालोमा तिनीहरूले यस पाललाई यहोशूसँगै यस देशमा ल्याए । हाम्रा पुर्खाहरूको उपस्थितिमा परमेश्वरले ती जातिहरूलाई बाहिर निकाली तिनीहरूको देश हाम्रा पुर्खाहरूको हातमा दिनुहुँदा यो घटना भएको थियो । दाऊदको समयसम्म यस्तै भयो, 46 जसले परमेश्वरको दृष्टिमा निगाह पाए र तिनले याकूबका परमेश्वरको निम्ति एउटा वासस्थान निर्माण गर्नका निम्ति अनुरोध गरे । 47 तर सोलोमनले परमेश्वरको निम्ति एउटा भवन बनाए । 48 तथापि सर्वोच्च परमेश्वर हातले बनाएका घरहरूमा बस्नुहुन्न जस्तो अगमवक्ताले भनेका छन्ः 49 ‘स्वर्ग मेरो सिंहासन हो, र पृथ्वी मेरा खुट्टाको पाउदान । तिमीहरूले मेरो निम्ति कस्तो किसिमको घर बनाउन सक्छौ ?’ परमप्रभु भन्नुहुन्छ । वा मेरो विश्राम स्थान कहाँ छ ? 50 के यी सबै कुराहरू मेरै हातले बनाएका होइनन् र ?’ 51 हे हठी मानिसहरू हो, हृदय र कानको खतना नभएकाहरू, तपाईंहरू सधैँ पवित्र आत्माको विरोध गर्नुहुन्छ । तपाईंहरूका पुर्खाले जस्तो गरे तपाईंहरू पनि त्यस्तै गर्नुहुन्छ । 52 तपाईंहरूका पुर्खाले कुनचाहिँ अगमवक्तालाई सताएनन् ? तिनीहरूले अगमवक्ताहरूलाई मारे जो धर्मी जनको आगमनअगि देखा परेका थिए । अहिले आएर तपाईंहरूले उहाँका विश्वासघाती र उहाँका हत्यारा बन्नु भएको छ । 53 तपाईंहरूले स्वर्गदूतहरूद्वारा स्थापित व्यवस्था पाउनुभयो तर त्यसको पालना गर्नुभएन ।” 54 जब परिषद्का सदस्यहरूले यी कुराहरू सुने तिनीहरू स्तिफनसको विरुद्धमा क्रूद्ध बने र तिनीहरूले दाह्रा किटे । 55 तर तिनले पवित्र आत्माले भरिएर एकटकले स्वर्गतिर हेरे र परमेश्वरको महिमा साथै येशूलाई परमेश्वरको दाहिने हातपट्टि उभिरहनुभएको देखे । 56 स्तिफनसले भने, “हेर्नुहोस्, म स्वर्ग उघ्रेको र मानिसका पुत्रलाई परमेश्वरको दाहिने हातपट्टि उभिरहनुभएको देख्दछु ।” 57 तर परिषद्का सदस्यहरू ठुलो सोरले चिच्च्याए; तिनीहरूले आफ्ना कान थुने र तिनीहरू तिनीमाथि जाइलागे । 58 तिनीहरूले तिनलाई सहरबाहिर ल्याए र तिनीमाथि ढुङ्गा बर्साए । साक्षीहरूले शाऊल नाउँ गरेका जवान मानिसको खुट्टानेर आफ्ना बाहिरी वस्त्रहरू खोलेर राखे । 59 तिनीहरूले स्तिफनसमाथि ढुङ्गा बसाईरहँदा तिनले निरन्तर रूपमा प्रभुको पुकारा गरे र भने, “हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस् ।” 60 तिनले घुँडा टेकी ठुलो सोरले चिच्च्याए, “हे प्रभु, तिनीहरूलाई यो पापको दोष नलागोस् ।” यति भनेपछि तिनले आफ्नो प्राण त्यागे ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले ७:४२-४३ अनि ४९-५० मा पुरानो करारबाट उद्धरण गरेर ल्याइएको कवितासँग यसै गर्छ ।
अध्याय ८:१ यो वर्णनको हिस्सा भएको देखा पर्छ ।
स्तिफनसले संक्षिप्त रूपमा इस्राएलको इतिहास भने । इस्राएलका मानिसलाई परमेश्वरले डोहोर्याइरहनुभएको समयमा तिनीहरूले उहाँलाई इन्कार गरेको समयहरूमाथि स्तिफनसले विशेष ध्यान पुर्याएर बोलेका छन् । यो कथाको अन्त्यमा, परमेश्वरले इस्राएलीहरूका लागि नियुक्त गर्नुभएका अगुवाहरूलाई ती दुष्ट इस्राएलीहरूले सधैँ तिरस्कार गरे झैँ गरी स्तिफनसका श्रोता अर्थात् यहूदी अगुवाहरूले येशूलाई इन्कार गरे भनी तिनले भनेका थिए ।
पवित्र आत्माले स्तिफनसलाई पूर्ण रूपले नियन्त्रण गर्नुभयो, र यसरी परमेश्वरले तिनीबाट जे भन्न चाहानुहुन्थ्यो, त्यो मात्र तिनले भन्न सके ।
त्यो समयमा महत्त्वपूर्ण नभएका तर कथाको पछिल्लो भागमा महत्त्वपूर्ण हुने कुरा लेखकले भन्दछन् भने त्यसलाई पूर्व चित्रण भनिन्छ । शाऊल अर्थात् पावलको महत्त्व कथाको यस भागमा नभए पनि लूकाले तिनको नाउँ उल्लेख गरेका छन् । प्रेरितको पुस्तकको बाँकी पछिल्ला खण्डमा पावल एक महत्त्वपूर्ण व्यक्ति भएका हुनाले तिनले यसो गरेका हुन् ।
मोशाको व्यवस्था राम्रोसँग पढेका र जानेका यहूदीहरूसँग स्तिफनसले कुराकानी गरिरहेका थिए । यसैले तिनका श्रोताहरूले पहिलेदेखि नै जानिराखेका कुराहरूलाई स्पष्ट पार्ने काम तिनले गरेका छैनन् । तर तपाईंले यी कुरामध्ये केहीलाई स्पष्ट पार्नु जरुरी हुन्छ, र यसरी स्तिफनसले भनेका कुरालाई तपाईंका श्रोताहरूले बुझ्न सकून् । उदाहरणका लागि, दाजुहरूले योसेफलाई “मिश्रमा बेचिदिंदा”
योसेफले सम्पूर्ण “मिश्रमाथि” र फारोका घरानामाथि शासन गरेको कुरा स्तिफनसले भने । तिनको भनाइको अर्थ मिश्रका मानिसहरू र फारोका घरानाका धनसम्पत्तिमाथि योसेफले शासन गरे भन्ने हो ।
स्तिफनसले भनिरहेका यी घटनाका बारेमा ती यहूदी अगुवालाई पहिलेदेखि नै धेरैजसो जानकारी थियो । मोशाले उत्पत्तिको पुस्तक लेखे भन्ने कुरा तिनीहरूलाई थाहा थियो । यदि उत्पत्तिको पुस्तकलाई तपाईंको भाषामा अनुवाद गरिएको छैन भने, स्तिफनसले बनेका कुरा बुझ्न तपाईंका पाठकहरूलाई कठिन हुन सक्छ ।
“हाम्रा” शब्दले दुवै स्तिफनस, र तिनले कुरा गरेका यहूदी परिषद्, र सम्पूर्ण श्रोताहरूलाई जनाउँछ । “तिम्रो” शब्दले एकवचनमा छ र अब्राहामलाई जनाउँछ ।
स्तिफनसको बारेमा प्रेरितहरू ६:८ मा सुरु भएको कथाले निरन्तरता लिन्छ । इस्राएलको इतिहासमा घटेका कुराहरूको बारेमा कुरा गरेर स्तिफनसले प्रधान पूजाहारी र परिषद्लाई उनको जवाफ दिन सुरु गर्छन् । यस इतिहासका अधिकांश कुराहरू मोशाको लेखहरूबाट आउँछ ।
स्तिफनसले परिषद्लाई सम्बोधन गर्ने क्रममा आफ्नै विस्तारित परिवारको रूपमा धेरै शिष्टता देखाउँदै थिए ।
पद ४ मा भएका “तिनी,” “तिनका” र “तिनलाई” शब्दहरूले अब्राहामलाई जनाउँछन् । पद ५ को “उहाँले” शब्दले परमेश्वरलाई जनाउँछ, तर “तिनलाई” शब्दले अब्राहामलाई जनाउँछ ।
यहाँ “तपाईंहरू” शब्दले यहूदी महासभा र श्रोताहरूलाई जनाउँछ ।
“उहाँले यीमध्ये केही पनि दिनुभएन”
यस वाक्यांशका लागि सम्भावित अर्थहरू हुन् १) खडा हुन पुग्ने जमिन वा २) कदम चाल्न पुग्ने जमिन । वैकल्पिक अनुवादः “जमिनको साह्रै सानो टुक्रा”
“अब्राहामले अधिकार गरून् र तिनले आफ्ना सन्तानलाई देऊन् भनेर तिनलाई”
यस अगिको पदभन्दा पछि यो कुरा हुन आएको भनेर लेख्नु उपयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “पछि परमेश्वरले अब्राहामलाई भन्नुभयो”
“४०० वर्ष”
“जाति” शब्दले त्यसमा भएका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यस जातिका मानिसको न्याय म गर्नेछु”
“त्यो जाति जसलाई तिनीहरूले सेवा गर्नेछन्”
यो करारले गर्दा अब्राहामले आफ्नो परिवारमा भएका पुरुषहरूको खतना गर्नु आवश्यक भयो भनी यी यहूदीले बुझेका हुन सक्छन् । वैकल्पिक अनुवादः “अब्राहामका परिवारमा भएका पुरुषहरूको खतना गर्न उहाँले तिनीसँग करार गर्नुभयो”
वृत्तान्त अब अब्राहामबाट तिनका सन्ततिहरूमा सर्छ ।
“याकूब पिता भए ।” स्तिफनसले यसलाई संक्षिप्त पारेका छन् ।
“याकूबका ठूला छोराहरू” वा “योसेफका दाजुहरू”
आफ्ना पूर्खाहरूले योसेफलाई मिश्रमा दास हुनलाई बेचिदिएका कुरा यहूदीहरूलाई थाहा थियो । वैकल्पिक अनुवादः “तिनलाई मिश्रमा दासको रूपमा बेचिदिए”
कसैलाई सहायता पुर्याएको भन्नका लागि यो लक्षणा शब्द हो । वैकल्पिक अनुवादः “तिनलाई सहायता गर्नुभयो”
यसले मिश्रका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “मिश्रका सबै मानिसहरूमाथि”
यसले तिनका धनसम्पत्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनले आर्जन गरेका हरेक थोक”
“अनिकाल आइपर्यो ।” भूमिले अन्न उत्पादन गर्न छोड्यो ।
यसले यहूदी मानिसहरूका पूर्खाहरू, याकुब र तिनका छोराहरूलाई जनाउँछ ।
अन्न नै त्यो बेला धेरै मानिसले खाने भोजन थियो ।
यहाँ यसले याकूबका छोराहरू, योसेफका ठूला दाजुहरूलाई जनाउँछ ।
“तिनीहरूको अर्को पटकको भेटघाटमा”
योसेफले आफ्ना दाजुभाइहरूलाई तिनीहरूको भाइको रूपमा आफ्नो परिचय दिए ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू योसेफका परिवार रहेछन् भनेर फारोले थाहा पाए”
“आफ्ना दाजुहरूलाई कनानमा फिर्ता पठाए” वा आफ्ना दाजुहरूलाई घरमा फिर्ता पठाए”
तिनी मिश्रमा पुग्नेबित्तिकै तिनको मृत्यु भयो भनेजस्तो अर्थ लाग्दैन भन्ने कुरालाई निश्चित गर्नुहोस् । वैकल्पिक अनुवादः “अन्त्यमा गएर याकूबको मृत्यु भयो”
“याकूब र उनका छोराहरू जो हाम्रा पूर्खाहरू भए”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “याकूबका सन्तानहरूले याकूबको शरीर र तिनका छोराहरूको शरीरहरूलाई लगे ... र तिनीहरूलाई गाडे”
“पैसामा”
यहाँ “हाम्रा” शब्दले स्तिफनस र तिनका श्रोताहरूलाई समावेश गर्दछ ।
प्रतिज्ञाको समय आउनुअगि मानिसहरूका सङ्ख्या बढ्यो भनेर उल्लेख गर्नु कुनै भाषामा उपयोगी हुन्छ ।
यो परमेश्वरले अब्राहामसँग गर्नुभएको प्रतिज्ञा पूरा हुने समयको नजिक थियो ।
“अर्को राजाले शासन गर्न सुरु गरे”
“मिश्र”ले मिश्रका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “मिश्रका मानिसहरू”
“योसेफ”ले योसेफको ख्यातिलाई जनाउँछ । वैकल्पिक अनुवादः “जसलाई योसेफले मिश्रलाई सहायता गरेका थिए भनेर थाहा थिएन”
यसले मोशालाई कथामा परिचय गराउँछ ।
यो एउटा वाक्पद्धति हो जसको अर्थ मोशा धेरै सुन्दर थिए भन्ने हुन्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनका आमाबाबुले तिनको स्याहार गरे” वा “तिनका आमाबाबुले तिनको हेरविचार गरे”
फारोको आदेशका कारणले मोशालाई “बाहिर राखियो” । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब तिनका आमाबाबुले तिनलाई बाहिर राखे” वा “जब उनीहरूले तिनलाई छोडेर गए”
तिनले उसको लागि ती हरेक असल कुरा गरिन् जुन एक आमाले आफ्नो छोराको लागि गर्छिन् । एक आमाले आफ्नो छोरा एक स्वस्थ वयस्क भएर हुर्कोस् भनेर गर्ने कुरालाई जनाउनका लागि तपाईंको भाषामा भएको सामान्य शब्दलाई प्रयोग गर्नुहोस् ।
“मानौँ तिनी उनको आफ्नै छोरा थिइन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः "The Egyptians educated Moses"
मोशाले मिश्रका सबैभन्दा प्रतिष्ठित विद्यालयमा पढेका थिए भन्ने कुरामा जोड दिनका लागि यो बढाइचढाइ भनेको कुरा हो ।
“तिनको बोली र कार्यमा प्रभावशाली” वा “तिनले गरेका र भनेका कुराहरूमा प्रभावशाली”
यहाँ “हृदय” भनेको “दिमाग”लाई जनाउने प्रतिस्थापन शब्द हो । “तिनको हृदयमा आयो” भन्ने वाक्यांश चाहिँ वाक्पद्धति हो जसको अर्थ केही कुराको निर्णय गर्नु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “यो तिनको दिमागमा आयो” वा “तिनले निर्णय गरे”
यसले समस्त मानिसहरूलाई जनाउँछ, र तिनको परिवारलाई मात्र होइन । वैकल्पिक अनुवादः “तिनका आफ्नै मानिसहरू, इस्राएलका सन्तान कसरी जिइरहेका छन् भनेर हेर्न”
यसको शब्दक्रमलाई पुनःसंरचना गरेर कर्तृवाच्यमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “एक जना मिश्रीले एक जना इस्राएलीलाई दुर्व्यवहार गरेको देखेर मोशाले प्रतिरक्षा गरे र त्यो इस्राएलीलाई अत्याचार गर्ने मिश्रीलाई हिर्काइदिए, र यसरी तिनको सुरक्षा गरे”
मोशाले त्यस मिश्रीलाई यति जोडले हिर्काए कि त्यो मर्यो ।
“तिनले कल्पना गरे”
यहाँ “हात” शब्दले मोशाको कामलाई जनाउँछ । वैकल्पिक अनुवादः “मोशाले गर्ने कार्यद्वारा तिनीहरूलाई बचाउँदै हुनुहुन्थ्यो” वा “तिनीहरूलाई बचाउन मोशाको कामलाई प्रयोग गर्दै हुनुहुन्थ्यो”
यहाँ “हाम्रो” शब्दले इस्राएलीलाई जनाउँछ, तर यसले मोशालाई समावेश गर्दैन ।
यस घटनामा दुई जना मानिस संलग्न भएको कुरा प्रस्थानको पुस्तकमा लेखेको वर्णनबाट श्रोताले जानकारी पाएका हुन सक्छन्, तर त्यो कुरालाई स्तिफनसले प्रस्ट पारेका छैनन् ।
“झगडा गर्नबाट तिनीहरूलाई रोक्न खोजे”
मोशाले झगडा गरिरहेका दुईजना इस्राएलीलाई सम्बोधन गर्दै थिए ।
तिनीहरूले झगडा नगरून् भनेर उत्साह दिन मोशाले यो प्रश्न सोधेका हुन् । वैकल्पिक अनुवादः “तपाईंहरूले एक अर्कालाई चोट लाउनु हुँदैन !”
त्यस मानिसले मोशालाई हप्काउनको लागि यो प्रश्नको प्रयोग गरे । वैकल्पिक अनुवादः “हामीमाथि तिम्रो कुनै अधिकार छैन !”
मोशाले त्यो मिश्रीलाई मारे भन्ने कुरा यो मानिसलाई अनि शायद अरू मानिसलाई समेत थाहा भएको छ भनेर मोशालाई चेतावनी दिनलाई उसले यो प्रश्न सोधेको हो ।
मोशा मिश्रबाट भागे र त्यसपछि तिनले मिद्यानी स्त्रीसँग विवाह गरे भनेर स्तिफनसका श्रोताहरूलाई पहिलेदेखि नै थाहा थियो ।
यसले भन्न खोजेको कुरा चाहिँ मोशाले अगिल्लो दिन एक मिश्रीलाई मारेको कुरा इस्राएलीहरू जान्दथे भनेर तिनले बुझे भन्ने हुन्छ (प्रेरितहरू ७:२८) ।
“४० वर्ष बितेपछि ।” यो मोशाले मिद्यानमा बिताएको समय अवधि हो । वैकल्पिक अनुवाद: “मोशा मिश्रबाट भागेको चालिस वर्ष बितेपछि”
परमेश्वर स्वर्गदूतद्वारा बोल्नुभयो भन्ने कुरा स्तिफनसको श्रोतालाई थाहा थियो । यूएसटीले यो कुरा स्पष्ट पारेको छ ।
आगोमा पोथ्रा नजलेको देखेर मोशा आश्चर्यचकित भए । यो कुरा स्तिफनसका श्रोताहरूलाई पहिले नै थाहा थियो । वैकल्पिक अनुवादः “किनकि पोथ्रा जलिरहेको थिएन”
यसको अर्थ मोशा पहिले पोथ्राको अनुसन्धान गर्न नजिक गए भन्ने हुन सक्छ ।
“तिम्रा पूर्खाहरूले आराधना गरेको परमेश्वर मै हुँ”
यसको अर्थ मोशाले स्वर सुन्दा तिनी पछाडि हटे भन्ने हुन सक्छ ।
मोशा डरले कामे । यसलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “मोशा डरले काँपे”
मोशाले परमेश्वरको आदर गरून् भनेर परमेश्वरले तिनलाई यसो भन्नुभयो ।
यसले सङ्केत गर्न खोजेको कुरा यही हो, कि जहाँ परमेश्वरको उपस्थिति हुन्छ त्यहाँ परमेश्वरको वरिपरि भएको क्षेत्र पवित्र मानिन्छ वा परमेश्वरद्वारा पवित्र बनाइन्छ ।
“पक्कै देखेको ।” यो निश्चय नै भन्ने शब्दले देखिएको कुरामा जोड थप्छ ।
“मेरा” शब्दले यी मानिस परमेश्वरका हुन् भन्ने कुरामा जोड दिन्छ । वैकल्पिक अनुवादः “अब्राहाम, इसहाक र याकूबका सन्तानहरू”
“म आफैँ तिनीहरूको छुटकारा ल्याउनेछु”
“तयार होऊ ।” परमेश्वरले यहाँ एउटा आदेशको प्रयोग गर्नुहुन्छ ।
३५-३८ सम्मका पदहरूमा सम्बन्धित वाक्यांशहरूको शृङ्खला नै पाइन्छ जसले मोशाको बारेमा उल्लेख गर्छन् । प्रत्येक वाक्यांश “मोशा” वा “तिनै मोशा” वा “यिनै मानिस” वा “यिनी तिनै मोशा हुन्” बाट सुरु हुन्छ । मोशालाई जोड दिनको लागि सम्भव भएसम्म यस्तै खालका पदावली वा वाक्यांशहरूको प्रयोग गर्नुहोस् । इस्राएलीहरूले मिश्र छाडेपछि तिनीहरू उजाडस्थानमा यताउता डुलेर ४० वर्ष समय बिताए । अनि परमेश्वरले तिनीहरूलाई उहाँले प्रतिज्ञा गर्नुभएको मुलुकमा लानुभयो ।
यसले प्रेरितहरू ७:२७-२८ मा अभिलिखित भएका घटनाहरूलाई नै जनाउँछ ।
“मुक्ति दिलाउने व्यक्ति”
हात भनेको कुनै व्यक्तिको कार्यलाई जनाउने लक्षणा शब्द हो । यो घटनामा ती स्वर्गदूतले मोशालाई मिश्रमा फर्किन आदेश दिएका थिए । ती स्वर्गदूतका भौतिक हात भएको झैँ गरी स्तिफनसले कुरा गरे । ती स्वर्गदूतले के काम गरे, सो कुरालाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “ती स्वर्गदूतको कामद्वारा” वा “पोथ्रामा स्वर्गदूतद्वारा मिश्रमा फर्केर जाने आदेश पाएर”
इस्राएलीहरूले उजाडस्थानमा चालीस वर्ष समय बिताए भन्ने बारे स्तिफनसका श्रोतालाई थाहा थियो । वैकल्पिक अनुवादः “इस्राएलीहरू उजाडस्थानमा ४० वर्षसम्म बसेको समयमा”
“एउटा मानिसलाई अगमवक्ता तुल्याउनुहुनेछ”
“तिमीहरूका आफ्नै मानिसहरूबाट”
पद ४० मा भएको उद्धरण मोशाले लेखेका कुराबाट लिइएको हो ।
“यी मानिस मोशा नै हुन् जो इस्राएलीहरूका माझमा थिए”
“यी तिनै मानिस हुन्” भन्ने वाक्यांशले यो खण्डभरि मोशालाई जनाउँछ ।
यी वचन दिनुहुने परमेश्वर आफैँ हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “यी तिनै मानिस हुन् जसलाई परमेश्वरले हामीलाई दिनको लागि जीवित वचन दिनुभयो”
सम्भावित अर्थहरू हुन् १) “सधैँ रहिरहने सन्देश” वा २) “जीवन दिने वचनहरू ।”
यो अलङ्कारले मोशालाई तिनीहरूले गरेको इन्कारलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले तिनलाई तिनीहरूको अगुवाको रूपमा स्वीकार गर्न इन्कार गरे”
यहाँ “हृदय” भनेको मानिसहरूका सोचाइहरूलाई जनाउने प्रतिस्थापन शब्दहरू हुन् । हृदयमा केही कुरा गर्नुको अर्थ केही कुरा गर्ने इच्छा गर्नु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “तिनीहरू फर्कन चाहे”
यहाँ भएको स्तिफनसको उद्धरण आमोस अगमवक्ताबाट लिइएको हो ।
तिनीहरूले बनाएको बाछो मूर्ति थियो भनेर स्तिफनसका श्रोताहरूलाई थाहा थियो । वैकल्पिक अनुवादः “तिनीहरूले बाछोजस्तै देखिने मूर्ति बनाए”
यी वाक्यांशहरू सबैले बाछोको त्यही मूर्तिलाई जनाउँछ ।
“परमेश्वर अन्तै फर्कनुभयो ।” मानिसहरूसँग परमेश्वर खुशी हुनुभएन, र यसरी उहाँले तिनीहरूलाई फेरि सहायता गर्नुभएन भन्ने कुरा जनाउने यो कार्य हो । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई सच्याउन छोड्नुभयो”
“तिनीहरूलाई ... त्याग्नुभयो”
मूल वाक्यांशका लागि सम्भावित अर्थहरू हुन् १) ताराहरू मात्र वा २) सूर्य, चन्द्र र ताराहरू ।
यो चर्मपत्रको मुट्ठोमा सङ्कलन गरिएको पुरानो करारका धेरैजसो अगमवक्ताका लेखहरूका सङ्ग्रह हो । यसले आमोसको लेखलाई पनि समावेश गरेको छ ।
परमेश्वरले यो प्रश्न इस्राएललाई तिनीहरूले उहाँलाई कुनै बलिदान चढाएनन् भन्ने देखाउन सोध्नुभएको हो । वैकल्पिक अनुवादः “हे इस्राएलको घराना, तिमीहरूले मलाई ... पशुबलिहरू र बलिदानहरू चढाउँदा मलाई सम्मान गरेनौ”
यसले इस्राएलका सम्पूर्ण जातिलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरू सबै इस्राएलीहरू”
यहाँ अगमवक्ता आमोसबाट लिएको उद्धरणको निरन्तरता छ ।
स्तिफनसले प्रेरितहरू ७:२ मा प्रधान पूजाहारी र परिषद्लाई दिन सुरु गरेको जवाफलाई निरन्तरता दिन्छन् ।
तिनीहरूले उजाडस्थानको यात्रा गर्दा यी मूर्तिहरू तिनीहरूले आफ्नो साथमा बोकेर लगे भन्ने अर्थ लाग्छ । वैकल्पिक अनुवादः “एक ठाउँदेखि अर्को ठाउँमा तिमीहरूले आफ्नो साथमा बोकेर लग्यौ”
झूटा देवता मोलोखको वासस्थानको लागि प्रयोग गरिएको तम्बु
झूटो देवता रेफनलाई चिनाउने तारा
तिनीहरूले मोलोख र रेफन देवताहरूको उपासना गर्नको लागि तिनीहरूका मूर्ति वा प्रतिमाहरू बनाए ।
“म तिमीहरूलाई हटाएर बेबिलोनभन्दा पनि टाढा लानेछु ।” यो परमेश्वरको न्याको कार्य हुने थियो ।
त्यो पाल जसमा सन्दूक (एउटा बाकस) राखिएको थियो जुन बाकसभित्र दश आज्ञाहरू कुँदिएका ढुङ्गाहरू राखिएको थियो ।
“यहोशूको अगुवाइमा” भन्नुको अर्थ तिनीहरूका पूर्खाहरूले यी कुरा यहोशूको निर्देशनप्रतिको आज्ञापालनमा गरे भन्ने हुन्छ । वैकल्पिक अनुवादः “हाम्रा पूर्खाहरूले यहोशूको सुझावअनुसार पवित्र वासस्थान प्राप्त गरे र त्यो आफ्नो साथमा बोकेर ल्याए”
पुर्खाहरूले त्यो मुलुकको अधिकार गर्न किन सक्षम भएका थिए भन्ने कुरा यो वाक्यले बताउँदछ । वैकल्पिक अनुवादः “हाम्रा पूर्खाहरूका सामु परमेश्वरले ती जातिलाई मुलुक छाडेर जान बाध्य पार्नुभयो”
यहाँ “हाम्रा पूर्खाहरूको सामुन्ने” भन्ने वाक्यांशले तिनीहरूका पूर्खाहरूको उपस्थितिलाई जनाउँछ । सम्भावित अर्थहरू हुन् १) “हाम्रा पूर्खाहरूले हेरेर बसेको बेला, ती जातिबाट परमेश्वरले मुलुकहरू कब्जा गर्नुभयो र तिनीहरूलाई बाहिर धपाउनुभयो” वा २) “जब हाम्रा पुर्खाहरू आए, ती जातिबाट परमेश्वरले मुलुकहरू कब्जा गर्नुभयो र तिनीहरूलाई बाहिर धपाउनुभयो”
यसले इस्राएलले बसोबास गर्नुअगि त्यो मुलुकमा बसेका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “ती मानिसहरू जो पहिले त्यहाँ बसोबास गर्दथे”
“तिनीहरूलाई मुलुक छाडेर जान बाध्य पार्नुभयो”
“याकुबका परमेश्वरले वास गर्नुहुने सन्दुकका लागि एउटा घर ।” दाऊद उक्त सन्दुक इस्राएलभर पालको साटोमा यरूशलेममा नै रहोस् भन्ने चाहन्थे ।
४९ र ५० पदहरूमा स्तिफनसले यशैया अगमवक्ताबाट उद्धृत गर्छन् । यी उद्धरणहरूमा परमेश्वर आफ्नै बारेमा कुरा गरिरहनुभएको छ ।
हात शब्द सम्पूर्ण व्यक्तित्व जनाउने उपलक्षणा हो । वैकल्पिक अनुवादः “मानिसहरूद्वारा बनाइएको”
अगमवक्ताले परमेश्वरको लागि वासस्थान बनाउनु मानिसहरूको लागि असम्भव छ, किनकि सारा पृथ्वी परमेश्वरको पाउदान मात्र हो भनेर परमेश्वरको महानताको तुलना गरेका छन् ।
मानिसहरूको प्रयास परमेश्वरको हेरचाह गर्न कति व्यर्थका छन् भनेर देखाउनलाई परमेश्वरले यो प्रश्न सोध्नुहुन्छ । वैकल्पिक अनुवादः “मेरो लागि पर्याप्त हुने घर तिमीहरूले बनाउन सक्दैनौ !”
मानिसले परमेश्वरलाई विश्राम गर्ने ठाउँ उपलब्ध गराउन सक्दैन भन्ने कुरा देखाउनको लागि परमेश्वर यो प्रश्न सोध्नुहुन्छ । वैकल्पिक अनुवादः “मेरो विश्रामको निम्ति पर्याप्त असल ठाउँ कहीँ पनि छैन !”
मानिसले कुनै कुराको पनि सृष्टि गरेको होइन भन्ने देखाउन परमेश्वर यो प्रश्न सोध्नुहुन्छ । वैकल्पिक अनुवादः “मेरो हातले यी सबै थोक बनायो !”
कडा हप्कीको साथमा, स्तिफनसले प्रधान पूजाहारी र परिषद्लाई प्रेरितहरू ७:२ मा दिन सुरु गरेको जवाफलाई अन्त्य गर्छन् ।
स्तिफनसले यहूदी अगुवाहरूलाई आफ्नो परिचय दिने काम तिनीहरूलाई छोडेर हप्काउन सुरु गरे ।
यसले तिनीहरूका घाँटी अरट्ठ भएको भन्ने अर्थ होइन, तर तिनीहरू “हठी” थिए भन्ने अर्थ लाग्छ ।
यहूदीहरूका विचारमा खतना नभएका मानिसहरू अनाज्ञाकारी हुन् । यहूदी अगुवाहरूले परमेश्वरको आज्ञा पालन नगर्दा वा नसुन्दा तिनीहरूले अन्यजातिहरूले झैँ कार्य गरेको भनी जनाउन स्तिफनसले “हृदय र कान” शब्दहरू प्रयोग गरेका हुन् । वैकल्पिक अनुवादः “तपाईंहरू आज्ञापालन गर्न र सुन्न इन्कार गर्नुहुन्छ”
तिनीहरूका पूर्खाहरूका गल्तीबाट तिनीहरूले केही पनि सिकेनन् भन्ने देखाउनलाई स्तिफनसले यो प्रश्न सोधेका थिए । वैकल्पिक अनुवादः “तपाईंहरूका पूर्खाहरूले हरेक अगमवक्तालाई सताए !”
यसले ख्रीष्ट, मसिहलाई जनाउँछ ।
“तपाईंहरूले पनि उहाँलाई विश्वासघात गर्नुभएको छ र हत्या गर्नुभएको छ”
“धर्मी जनका हत्याराहरू” वा “ख्रीष्टका हत्याराहरू”
“हाम्रा पूर्खाहरूलाई दिन परमेश्वरले स्वर्गदूतहरूलाई अह्राउनुभएको व्यवस्था”
महासभाले स्तिफनसका शब्दहरूप्रति प्रतिक्रिया जनाए ।
यो एउटा मोड हो; जहाँ प्रचार सकिन्छ र परिषद्का सदस्यहरूले प्रतिक्रिया जनाउँछन् ।
“मनमा ठेस लगाउनु” भनेको कुनै व्यक्तिलाई असाध्यै रीस उठाएको कुरालाई जनाउने वाक्पद्धति हो । वैकल्पिक अनुवादः “असाध्यै रिसाएका थिए” वा “धेरै रिसाए”
यो कार्यले स्तिफनसप्रति कडा रीस वा स्तिफनसलाई गरेको घृणालाई व्यक्त गर्यो । वैकल्पिक अनुवादः “तिनीहरू यति धेरै रिसाए कि तिनीहरूले आफ्ना दाह्रा किटे” वा “स्तिफनसलाई हेर्दै गर्दा आफ्ना दाँतहरू यताउता सारे”
“स्वर्गतिर हेरिरहे ।” स्तिफनसले मात्र यो दर्शन देखे, भीडमा भएका अरू कसैले देखेनन् जस्तो देखिन्छ ।
परमेश्वरको महिमालाई मानिसहरूले सामान्यतया चम्किलो ज्योतिका रूपमा अनुभव गर्छन् । वैकल्पिक अनुवादः “परमेश्वरबाट आएको चम्किलो ज्योति देखे”
“परमेश्वरको दाहिने हात”पट्टि बस्नु भनेको परमेश्वरबाट महान् सम्मान र अधिकारलाई प्राप्त गरेको कुरालाई जनाउने साङ्केतिक कार्य हो । वैकल्पिक अनुवादः “र उनले येशूलाई परमेश्वरको छेउमा सम्मान र अधिकारको स्थानमा उभिरहनुभएको देखे”
स्तिफनसले येशूलाई “मानिसको पुत्र”को नाउँद्वारा जनाउँछन् ।
“तिनीहरूले आफ्ना कानमा आफ्ना हात राखे ।” तिनीहरूले स्तिफनसका भनेका अरू कुरा सुन्न चाहँदैनन् भनेर देखाउनलाई तिनीहरूले यसो गरे ।
“तिनीहरूले स्तिफनसलाई पक्रे र उनलाई बलजफ्तीसँग बाहिर लगे”
यी न्यानोको लागि ज्याकेट र कोट जस्तै गरी तिनीहरूले लगाउने लबेदा वा कपडा हुन् ।
“ ... को सामुन्ने ।” तिनीहरूलाई त्यहाँ राखिएको थियो ताकि शाऊलले तिनको ख्याल गर्न सकून् ।
त्यो समयमा शाऊल सम्भवतः ३० वर्षका थिए ।
यसले स्तिफनसको कथालाई अन्त्य गर्छ ।
“मेरो आत्मा लिनुहोस् ।” यो एउटा बिन्ती हो भनी दर्शाउनलाई “कृपया” शब्दलाई थप गर्न सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “कृपया, मेरो आत्मालाई ग्रहण गर्नुहोस्”
यो परमेश्वरप्रतिको समर्पणको कार्य हो ।
यसलाई सकारात्मक तरिकाले लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “यो पापका लागि तिनीहरूलाई क्षमा गर्नुहोस्”
यहाँ निद्रामा पर्नु भनेको मृत्यु भएको कुरालाई जनाउने नम्र शैली हो । वैकल्पिक अनुवादः “मरे”
1 तिनको हत्यामा शाऊल पनि सहमत थिए । त्यही दिन यरूशलेमको मण्डलीको विरुद्धमा ठुलो सतावट सुरु भयो र प्रेरितहरूबाहेक अन्य विश्वासीहरू यहूदिया र सामारियाका क्षेत्रहरूमा तितर-बितर भएर गए । 2 ईश्वरभक्त मानिसहरूले स्तिफनसलाई गाडे र तिनको लागि बेसरी विलाप गरे । 3 तर शाऊलले मण्डलीलाई औधी हानि पुर्याए । तिनी घरैपिच्छे जान्थे र तिनले पुरुष र स्त्रीहरूलाई घिसारेर ल्याउँथे र तिनीहरूलाई झ्यालखानामा हालिदिन्थे । 4 तथापि छरपष्ट भएका विश्वासीहरूले चारैतिर वचन बाँड्दै गए । 5 फिलिप सामरियाको सहरमा गए र तिनले तिनीहरूलाई ख्रीष्टको बारेमा प्रचार गरे । 6 जब भिडले फिलिपले गरेका चिन्हहरू देखे तब तिनीहरूले ध्यान दिएर तिनका कुरा सुने । 7 किनकि तिनीहरूमध्ये धेरै जनाबाट अशुद्ध आत्माहरू चिच्च्याउँदै निस्किआए र धेरै पक्षाघाती र लङ्गडाहरू निको भए । 8 र त्यस सहरमा बडो आनन्द भयो । 9 तर त्यस सहरमा सिमोन नाउँ गरेको एक जना मानिस थियो जसले पहिले जादुगरी गर्ने गर्थ्यो । त्यसले एक प्रभावशाली मानिस थिए भन्ने दाबी गर्दै तिनले सामरियाका मानिसहरूलाई छक्क पार्ने गर्थ्यो । 10 सबैभन्दा सानादेखि सबैभन्दा ठुलासम्मका सामरीहरूले त्यसका कुरा ध्यान दिएर सुन्थे । तिनीहरूले भन्थे, “यी मानिस परमेश्वरका ती शक्ति हुन् जसलाई महान् भनिन्छ ।” 11 तिनीहरूले त्यसका कुरा सुन्थे किनकि त्यसले आफ्नो जादुगरीद्वारा लामो समयदेखि तिनीहरूलाई चकित पार्दै आएको थियो । 12 तर जब फिलिपले परमेश्वरको राज्य र येशू ख्रीष्टको सुसमाचारको बारेमा जे प्रचार गरे तिनीहरूले त्यसमाथि विश्वास गरे अनि पुरुष र स्त्रीहरू दुवैले बप्तिस्मा लिए । 13 सिमोन आफैँले पनि विश्वास गर्यो र बप्तिस्मा लियो । त्यो फिलिपसँगै लागिरह्यो । चिन्हहरू र उदेकका कामहरू देखेर त्यो छक्क परे । 14 सामरियाका मानिसहरूले परमेश्वरको वचनलाई ग्रहण गरे भन्ने कुरा जब यरूशलेमका प्रेरितहरूले सुने, तिनीहरूले पत्रुस र यूहन्नालाई उनीहरूकहाँ पठाए । 15 तिनीहरू आएपछि तिनीहरूले उनीहरूले पवित्र आत्मा पाउन सकून् भनी उनीहरूका निम्ति प्रार्थना गरे । 16 किनकि त्यस बेलासम्म पवित्र आत्मा उनीहरूमध्ये कसैमाथि पनि आउनुभएको थिएन, प्रभु येशूको नाउँमा मात्र उनीहरूको बप्तिस्मा भएको थियो । 17 त्यसपछि पत्रुस र यूहन्नाले उनीहरूमाथि आफ्ना हात राखे र उनीहरूले पवित्र आत्मा पाए । 18 प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाईंदोरहेछ भनी जब सिमोनले देख्यो त्यसले तिनीहरूलाई रूपैयाँ-पैसा दिन लाग्यो । 19 त्यसले भन्यो, “मलाई पनि यो शक्ति दिनुहोस् ताकि मैले जो कसैमाथि हात राख्दा उसले पवित्र आत्मा पाउन सकोस् ।” 20 तर पत्रुसले भने, “तेरो रूपैयाँ-पैसा तैँसित नष्ट होस् किनकि तैँले परमेश्वरको वरदानलाई रूपैयाँ-पैसाले प्राप्त गर्न सकिँदोरहेछ भनी ठानिस् । 21 यस विषयमा तेरो कुनै हिस्सा वा भाग छैन किनकि तिम्रो हृदय परमेश्वरसित ठिक छैन । 22 त्यसकारण, तेरो दुष्टताको लागि पश्चात्ताप गरी प्रभुलाई प्रार्थना चढा, कतै उहाँले तँलाई क्षमा गरिदिनुहुन्छ कि । 23 किनभने म देख्दछु कि तँ तिक्ताको विष र पापको बन्धनमा छस् ।” 24 सिमोनले जवाफ दियो, “मेरो निम्ति प्रार्थना गरिदिनुहोस् ताकि तपाईंले भन्नुभएको कुनै पनि कुरा ममाथि आइनपरोस् ।” 25 पत्रुस र यूहन्नाले साक्षी दिई परमप्रभुको वचन बोलेपछि तिनीहरू यरूशलेम फर्के र बाटोमा सामरियाका धेरै गाउँहरूमा तिनीहरूले सुसमाचार प्रचार गरे । 26 अब परमप्रभुका एउटा दूतले फिलिपलाई भने, “उठ र दक्षिणतिर जाऊ जहाँ यरूशलेमदेखि गाजासम्म जाने बाटो छ (यो बाटो उजाड-स्थानमा पर्दछ) ।” 27 तिनी उठे र गए । त्यहाँ इथियोपियाका एक जना नपुंसक थिए जो इथियोपिया देशकी रानी कन्दाकीका पदाधिकारी थिए । तिनी उनका सारा सम्पत्तिको कोषाध्यक्ष थिए । तिनी आराधनाको लागि यरूशलेम आएका थिए । 28 फर्कंदै गर्दा तिनले रथमा यशैया अगमवक्ताको पुस्तक पढिरहेका थिए । 29 पवित्र आत्माले फिलिपलाई भन्नुभयो, “माथि जाऊ र त्यस रथको साथ लाग ।” 30 त्यसैले, फिलिप तिनीकहाँ दौडेर गए र तिनले यशैया अगमवक्ताबाट पढेको सुनेर फिलिपले सोधे, “के तपाईंले पढिरहनुभएको कुरा बुझ्नुहुन्छ ?” 31 इथियोपियालीले भने, “कसैले मलाई नबुझाएसम्म म कसरी बुझ्न सक्छु र ?” तिनले फिलिपलाई तिनीसँगै रथमा बस्न अनुरोध गरे । 32 इथियोपियालीले पढेको धर्मशास्त्रको खण्ड थियोः “काटिने थुमाजस्तै उसलाई लगियो; जसरी थुमा ऊन कत्रनेको सामु मौन हुन्छ त्यसै गरी उसले आफ्नो मुख खोल्दैन ।” 33 उसको विनम्रतामा उसको न्याय खोसियो । कसले उसको पुस्ताको घोषणा गर्ने ? किनकि उसको जीवन यस पृथ्वीबाट हरण गरियो ।” 34 त्यसैले, नपुंसकले फिलिपलाई सोधे, “मलाई बताइदिनुस् कि अगमवक्ताले कसको बारेमा भन्दै छन्— आफ्नै बारेमा वा अरू कसैको बारेमा ?” 35 फिलिपले बताउन थाले । तिनले उनलाई येशूको बारेमा बताउन यशैयाको यस खण्डबाट सुरु गरे । 36 तिनीहरू जाँदै गर्दा तिनीहरू केही पानी भएको ठाउँमा आइपुगे । नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी छ । मलाई बप्तिस्मा लिनदेखि केले रोक्छ ?” 37-38 त्यसैले, ती इथियोपियालीले रथ रोक्न आज्ञा दिए अनि फिलिप र नपुंसक दुवै जना पानी भएको ठाउँमा गए र फिलिपले तिनलाई बप्तिस्मा दिए । 39 तिनीहरू पानीबाट बाहिर आएपछि परमप्रभुका आत्माले फिलिपलाई लैजानुभयो । नपुंसकले तिनलाई फेरि देखेनन् र तिनी रमाउँदै आफ्नो बाटो लागे । 40 तर फिलिप अश्दोदमा देखा परे । तिनी कैसरिया नपुगुञ्जेलसम्म तिनले सबै सहरहरूमा सुसमाचार सुनाए ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले ८:३२-३३ मा पुरानो करारबाट उद्धरण गरेर ल्याइएको कवितासँग यसै गर्छ ।
पद १ को पहिलो वाक्यले अध्याय ७ मा भएको घटनाको वर्णनलाई अन्त्य गर्दछ । “त्यहाँ ... सुरु भयो” भन्ने शब्दहरूसँगै लूकाले कथाको एउटा नयाँ भागलाई सुरु गर्छन् ।
मानिसहरूले पवित्र आत्मा प्राप्त गरे भनेर यस अध्यायले पहिलोपल्ट उल्लेख गर्दछ (प्रेरितहरू ८:१५-१९) । पवित्र आत्माले विश्वासीहरूलाई यसअगि नै भाषाहरूमा बोल्न, बिरामीहरू निको पार्न र समुदाय मिलेर बस्न सक्षम तुल्याउनुभएको थियो, र उहाँले स्तिफनसलाई भरिपूर्ण पार्नुभएको थियो । तर जब यहूदीहरूले विश्वासीहरूलाई झ्यालखानामा हाल्न सुरु गरे, तब यसरुसलेम छाडेर जान सक्ने जति विश्वासीहरूले छाडे र तिनीहरू निस्केर गए । तिनीहरू जाँदै गर्दा तिनीहरूले मानिसहरूलाई येशूको सुसमाचार सुनाउँदै गए । जब येशूको बारेमा सुनेका मानिसहरूले पवित्र आत्मा पाए, तब ती मानिस साँचो विश्वासीहरू भए भनी मण्डलीका अगुवाहरूले थाहा पाए ।
विश्वासीहरूले वचन घोषणा गरे, सुसमाचार प्रचार गरे र येशू नै ख्रीष्ट हुनहुन्छ भनी घोषणा गरे भनेर प्रेरितको पुस्तकका अरू कुनै अध्यायले भन्दा धेरैपल्ट यस अध्यायले भन्दछ । “घोषणा” शब्दले एउटा ग्रीक शब्दलाई अनुवाद गर्छ जसको अर्थ कुनै असल खबर सुनाउनु भन्ने हुन्छ ।
यूएसटीले गरे झैँ गरी यो पदलाई पुलको रूपमा प्रयोग गरेर स्तिफनसको बारेमा भएको कथाका यी भागलाई एकसाथ राख्नाले तपाईंका पाठकहरूलाई लाभ पुग्न सक्छ ।
लूकाले यी पदहरूमा आफ्नो वृत्तान्तलाई स्तिफनसबाट पावलतर्फ लैजान्छन् ।
पद १ को यो भाग स्तिफनसको मृत्युपछि सुरु भएको सतावटको पृष्ठभूमिको जानकारी हो । पद ३ मा शाऊलले विश्वासीहरूलाई किन सतावट पुर्याइरहेका थिए भन्ने कुरालाई यसले स्पष्ट पार्दछ ।
यसले स्तिफनस मरेको दिनलाई जनाउँछ (प्रेरितहरू ७:५९-६०) ।
“सबै” शब्द चाहिँ विश्वासीहरूको ठूलो सङ्ख्याले सतावटको कारण यरूशलेम छोडे भनी जनाउनलाई गरिएको सामान्यकरण हो ।
यस भनाइले प्रेरितहरूले पनि ठूलो सतावटको अनुभव गरे तापनि तिनीहरू यरूशलेममा नै बसे भन्ने अर्थ दिन्छ ।
“परमेश्वरको भय मान्ने मानिसहरू” वा “ती मानिसहरू जसले परमेश्वरको भय मान्थे”
“तिनको मृत्युको असाध्यै शोक मनाए”
शाऊलले यहूदी विश्वासीहरूलाई जबरजस्ती तिनीहरूका घर-घरबाट बाहिर निकालेर झ्यालखानामा राखिदिन्थे ।
“घरैपिच्छे”
“पुरुष र स्त्रीहरूलाई जबरजस्ती बाहिर निकाल्थे”
यसले येशूमा विश्वास गरेका पुरुष र स्त्रीहरूलाई जनाउँछ ।
मानिसहरूले डिकनका रूपमा चुनेका फिलिपको कथा यहाँदेखि सुरु हुन्छ (प्रेरितहरू ६:५) ।
छरपष्ट हुनुको कारण, सतावटलाई अघि नै उल्लेख गरिएको थियो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जो ठूलो सतावटबाट भागेका थिए र ... गएका थिए”
यो “सन्देश”लाई जनाउने प्रतिस्थापन शब्द हो । यो सन्देश येशूको बारेमा थियो भनेर तपाईंले स्पष्ट पार्नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “येशूको बारेमा भएको सन्देश”
यहाँ “तल गए” भन्ने वाक्यांश प्रयोग गरिएको छ किनभने उचाइका हिसाबले यरूशलेमभन्दा सामरिया तल पर्दछ ।
सम्भावित अर्थहरू हुन् १) लूकाले कुन सहरका लागि यो पत्र लेखिराखेका थिए भनी पाठकहरूलाई थाहा छ भनेर उनले अपेक्षा गरे । वैकल्पिक अनुवादः “सामरियामा भएको प्रमुख सहर” वा २) लूकाले कुन सहरका लागि यो पत्र लेखिराखेका थिए भनी पाठकहरूलाई थाहा छ भनेर उनले अपेक्षा गरेनन् । वैकल्पिक अनुवादः “सामरियामा भएको एउटा सहर”
“ख्रीष्ट” भन्ने नाउँले येशू, मसिहलाई जनाउँछ । वैकल्पिक अनुवादः “येशू नै मसिह हुनुहुन्छ भनी तिनीहरूलाई बताए”
“जब सामरियाको सहरमा भएका धेरै मानिसहरू ।” स्थानको बारेमा प्रेरितहरू ८:५ मा निर्दिष्ट रूपमा बताइएको थियो ।
फिलिपले निको पारेको कारण मानिसहरूले ध्यान दिए ।
“जससँग ती थिए” वा “जो अशुद्ध आत्माहरूद्वारा नियन्त्रित थिए”
“त्यस सहरमा” भन्ने वाक्यांशले आनन्द मनाइराखेका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यसैले सहरका मानिसहरू आनन्द मनाइराखेका थिए”
फिलिपको कथामा सिमोनको परिचय गराइएको छ । यस पदले सिमोनको बारेमा भएको पृष्ठभूमि जानकारीको सुरुवात गर्छ र त्यो सामरीहरूको माझमा को थियो भनेर बताउँछ ।
यो कथामा कुनै नयाँ मानिसलाई परिचय गराउने तरिका हो । तपार्इंको भाषामा नयाँ मानिसलाई कथामा परिचय गराउन फरक शब्दहरूको प्रयोग गर्न सक्छ ।
“सामरियाको सहर” (प्रेरितहरू ८:५)
फिलिपको कथामा सिमोनको परिचय गराइएको छ । यस पदले सिमोनको बारेमा भएको पृष्ठभूमि जानकारी दिन र त्यो सामरीहरूको माझमा को थियो भनेर बताउनलाई निरन्तरता दिन्छ ।
“सबै” शब्द सामान्यकरण गरिएको कुरा हो । वैकल्पिक अनुवादः “धेरैजसो सामरीहरू” वा “सहरमा भएका सामरीहरू”
यी दुई वाक्यांशहरूले एक कुनादेखि अर्को कुनासम्म भएका हरेक व्यक्ति भन्ने जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरू जतिसुकै प्रतिष्ठित भए पनि”
मानिसहरूले सिमोनलाई “महान् शक्ति” भनेर चिनिने ईश्वरीय शक्ति हुन् भन्दै थिए ।
सम्भावित अर्थहरू हुन् १) परमेश्वरको शक्तिशाली प्रतिनिधि वा २) परमेश्वर वा ३) सबैभन्दा शक्तिशाली मानिस वा ४) र स्वर्गदूत । यो शब्दको अर्थ स्पष्ट नभएको हुनाले यसलाई सामान्य रूपमा “परमेश्वरको महान् शक्ति” भनेर अनुवाद गर्नु उत्तम हुन सक्छ ।
फिलिपको कथामा सिमोनको परिचय गराइएको छ । यस पदले सिमोनको बारेमा भएको पृष्ठभूमि जानकारी दिने र त्यो सामरीहरूको माझमा को थियो भनेर बताउने कामलाई अन्त्य गर्छ ।
यी पदहरूले सिमोनको बारेमा र केही सामरीहरू येशूमा विश्वास गर्न आएका कुराको बारेमा थप जानकारी दिन्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “फिलिपले तिनीहरूलाई बप्तिस्मा दिए” वा “फिलिपले नयाँ विश्वासीहरूलाई बप्तिस्मा दिए”
यहाँ “आफैँले” शब्दले सिमोन विश्वास गर्यो भन्ने कुरामा जोड दिन्छ । वैकल्पिक अनुवादः “विश्वास गर्नेहरूमध्ये सिमोन पनि एक जना थियो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “फिलिपले सिमोनलाई बप्तिस्मा दिए”
यसले नयाँ वाक्य सुरु गर्न सक्छ । वैकल्पिक अनुवादः “जब उसले देख्यो”
सामरियामा के भएको थियो भन्ने खबरलाई लूकाले निरन्तरता दिन्छन् ।
यसले सामरीहरू विश्वासीहरू भएको बारेमा रहेको कथाको एउटा नयाँ भागको सुरुवातलाई अङ्कित गर्छ ।
यसले धेरै मानिसहरूलाई जनाउँछ, जो सामरियाको जिल्लाभरी विश्वासीहरू बनेका थिए ।
“विश्वास गरेका थिए” वा “स्वीकार गरेका थिए”
“जब पत्रुस र यूहन्ना तल आएका थिए”
यो वाक्यांशलाई यहाँ प्रयोग गरिएको छ किनभने सामरिया उचाइमा यरूशलेमभन्दा तल पर्छ ।
“पत्रुस र यूहन्नाले सामरी विश्वासीहरूको लागि प्रार्थना गरे”
“कि सामरी विश्वासीहरूले पवित्र आत्मा प्राप्त गर्न सकून्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “फिलिपले सामरियाका विश्वासीहरूलाई बप्तिस्मा मात्र दिएका थिए”
यहाँ “नाम”ले अधिकारलाई प्रतिनिधित्व गर्छ, र उहाँको नाउँमा बप्तिस्मा भएको कुराले उहाँको अधिकारमा हुनलाई बप्तिस्मा भएको जनाउँछ । वैकल्पिक अनुवादः “प्रभु येशूको चेला हुनका लागि मात्र उनीहरूको बप्तिस्मा भएको थियो”
“उनीहरू” शब्दले सामरी मानिसहरूलाई जनाउँछ जसले स्तिफनसको सुसमाचारको सन्देशमा विश्वास गरेका थिए ।
परमेश्वरले विश्वासीहरूलाई पवित्र आत्मा दिनिभएको होस् भनेर पत्रुस र यूहन्नाले इच्छा गरेको कुरा दर्शाउने यो साङ्केति कार्य मात्र हो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “प्रेरितहरूले मानिसहरूमाथि आफ्ना हात राखेर पवित्र आत्मा दिए”
“ताकि उसलाई पवित्र आत्मा दिन सकूँ जसमाथि म मेरो हात राख्छु”
यहाँ उसलाई, तेरो, तँ, र तेरा शब्दहरू सबैले सिमोनलाई जनाउँछन् ।
“तँ र तेरो रुपियाँ नाश होस्”
यहाँ यसले कसैमाथि हात राखेर पवित्र आत्मा दिने क्षमतालाई जनाउँछ ।
“हिस्सा” वा “भाग” शब्दहरूका अर्थ उस्तै हो र जोड दिनलाई प्रयोग भएको हो । वैकल्पिक अनुवादः “तँ यो कार्यमा सहभागी हुन सक्दैनस्”
यहाँ “हृदय” भनेको एक व्यक्तिको सोचाइहरू वा अभिप्रायहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तँ तेरो हृदयमा ठीक छैनस्” वा “तेरो दिमागका अभिप्रायहरू ठीक छैनन्”
यहाँ “हृदय” भनेको एक व्यक्तिको सोचाइहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “किनकि तैँले जे गर्ने अभिप्राय गरिस्” वा “किनकि जे गर्ने तैँले सोच्दै थिइस्”
“यी दुष्ट सोचाइहरू”
“उहाँले क्षमा गर्ने इच्छा गर्नुहोला कि”
यहाँ “तिक्तताको विषमा” भनेको धेरै डाही बन्ने कुरालाई जनाउने अलङ्कार हो । यसले डाहको विषयमा त्यसको स्वाद तीतो भए झैँ गरेर र डाही व्यक्तिलाई विष लगाउने भए झैँ गरेर बताउँछ । वैकल्पिक अनुवादः “धेरै डाही”
“पापका बन्धनहरू” भन्ने वाक्यांशको विषयमा यसरी बताइएको छ कि मानौँ पापले सिमनलाई रोक्न सक्छ र कैदी बनाएर राख्न सक्छ । यो एउटा अलङ्कार हो जसको अर्थ सिमोनले आफैँलाई पाप गर्नबाट रोक्न सक्दैनन् भन्ने हुन्छ । वैकल्पिक अनुवादः “किनभने तँ एक कैदी झैँ पाप गरिरहन्छस्” वा “तँ पापको एक कैदी झैँ होस्”
यहाँ “तपाईं” शब्दले पत्रुस र यूहन्नालाई जनाउँछ ।
यसलाई अर्को तरिकाले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तपाईंले भन्नुभएका कुराहरू ... मलाई हुन नआओस्”
यसले सिमोन त्यसको चाँदीसहित नाश होस् भनेर पत्रुसले दिएका हप्कीलाई जनाउँछ ।
यसले सिमोन र सामरीहरूको बारेमा भएको कथाको भागलाई अन्त गर्छ ।
त्रुस र यूहन्नाले सामरीहरूलाई तिनीहरूले आफूले व्यक्तिगत रूपमा जानेको कुरा बताए ।
यहाँ “वचन” भनेको “सन्देश”लाई जनाउने प्रतिस्थापन शब्द हो । पत्रुस र यूहन्नाले सामरीहरूलाई येशूको बारेमा भएको सन्देशको व्याख्या गरे ।
यहाँ “गाउँहरू”ले तिनमा भएका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सामरियाका धेरै गाउँहरूमा भएका मानिसहरूलाई”
पद २७ ले इथियोपियाबाटको मानिसको बारेमा पृष्ठभूमि जानकारी बताउँछ ।
यसले फिलिप र इथियोपियाको मानिसको बारेमा भएको कथाको भागलाई सुरु गर्छ ।
यसले कथा परिवर्तनको सङ्केत गर्दछ ।
केही समय लाग्ने एउटा लामो यात्रा सुरु गर्न तिनी तयार हुनुपर्छ भन्ने कुरामा यी क्रियापदहरूले जोड दिन्छन् । वैकल्पिक अनुवादः “यात्रा गर्न तयार होऊ”
यहाँ “तल जान्छ” भन्ने वाक्यांशलाई प्रयोग गरिएको छ किनभने यरूशलेम उचाइमा गाजाभन्दा माथि छ ।
फिलिपले यात्रा गर्ने क्षेत्रको बारेमा स्पष्ट पार्न लूकाले यो टिप्पणी थप गरे भनेर धेरैजसो विद्वानले विश्वास गर्दछन् ।
“हेर” शब्दले कथामा आएका एउटा नयाँ व्यक्तिप्रति हामीलाई सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ ।
“नपुंसक” शब्दले इथियोपियाको मानिस उच्च सरकारी अधिकारी थिए भन्ने कुरालाई जोड दिएको छ, तिनको अङ्ग कटनी भएको शारीरिक अवस्थालाई होइन ।
यो इथियोपियाका रानीहरूको पद हो । यो मिश्रका राजाहरूलाई “फारो” भने जस्तै हो ।
यसले तिनी एक अन्यजाति थिए, जसले परमेश्वरमा विश्वास गर्दथे र आराधना गर्न यरूशलेममा आएका थिए भन्ने अर्थ दिन्छ । वैकल्पिक अनुवादः “तिनी यरूशलेममा भएको परमेश्वरको मन्दिरमा आराधना गर्न आएका थिए”
“गाडी” वा “बग्गी” शब्द बढी सान्दर्भिक हुन्छ । रथहरूलाई सामान्यतया टाढाको यात्राको लागि नभइ युद्धको लागि प्रयोग गरिने सवारी साधनको रूपमा उल्लेख गरिन्छ । साथै, मानिसहरू रथहरूमा उभिएर यात्रा गर्थे ।
यो पुरानो करारको यशैयाको पुस्तक हो । वैकल्पिक अनुवादः “यशैया अगमवक्ताको पुस्तकबाट पढिरहेका”
यसको अर्थ रथमा सवार व्यक्तिको नजिकमा फिलिप जानुपर्छ भनेर तिनले बुझे । वैकल्पिक अनुवादः “त्यस रथमा भएको मानिसको साथमा लाग”
यो पुरानो करारको यशैयाको पुस्तक हो । वैकल्पिक अनुवादः “यशैया अगमवक्ताको पुस्तकबाट पढिरहेका”
ती इथियोपियाका मानिस बुद्धिमानी थिए र पढ्न सक्थे, तर तिनमा आत्मिक समझको अभाव थियो । वैकल्पिक अनुवादः “तपार्इंले पढिरहनुभएको कुराको अर्थ बुझ्नुहुन्छ ?”
सहायताविना तिनले बुझ्न सकेनन् भन्ने कुरालाई जोड दिएर बताउनको लागि यो प्रश्नको प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “मलाई कसैले नडोहोर्याएसम्म म बुझ्न सक्दिन”
यसले धर्मशास्त्र बुझाउनका लागि फिलिप तिनीसँगै यात्रा गर्न सहमत भए भन्ने कुरालाई जनाउँछ ।
यो यशैयाको पुस्तकको खण्ड हो । यहाँ “ऊ” र “उसको” शब्दहरूले मसिहलाई जनाउँछ ।
ऊन कत्रने मानिस भनेको त्यो व्यक्ति हो जसले ऊन काट्ने काम गर्छ ताकि त्यसलाई प्रयोग गर्न सकियोस् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उसलाई अपमान गरियो र तिनीहरूले उसको उचित न्याय गरेनन्” वा “उसलाई दोष लगाउनेहरूका सामु अपमानित हुन उसले आफैँलाई दियो र अन्याय सह्यो”
उसको आफ्नै सन्तान हुने छैन भन्ने कुरामा जोड दिनका लागि यो प्रश्न सधिएको थियो । वैकल्पिक अनुवादः “उसका सन्तानका बारेमा बोल्न कोही पनि सक्षम हुने छैन, किनभने त्यहाँ उसका कुनै सन्तान हुनेछैनन्”
यसले उहाँको मृत्युलाई जनाउँछ । यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले उसलाई मारे” वा “मानिसहरूले यस पृथ्वीबाट उसको जीवन लिए”
“कृपया मलाई भन्नुहोस्”
यसले पुरानो करारमा भएको यशैयाको लेखलाई जनाउँछ । वैकल्पिक अनुवादः “यशैयाका लेखहरूमा”
“तिनीहरू बाटोमा निरन्तर यात्रा गरिरहे”
फिलिपबाट बप्तिस्माको लागि अनुमति पाउन बिन्ती गर्ने एउटा तरिकाका रूपमा नपुंसकले यो प्रश्न सोधेका हुन् । वैकल्पिक अनुवादः “कृपया मलाई बप्तिस्मा लिन दिनुहोस्”
“रथका चालकलाई रोक्न आज्ञा दिए”
यो फिलिप र इथियोपियाको मानिसको बारेमा भएको कथाको भागको अन्त्य हो । फिलिपको कथा कैसरियामा टुङ्गिन्छ ।
“नपुंसकले फिलिपलाई फेरि देखेनन्”
इथियोपियाको मानिसलाई बप्तिस्मा दिएको ठाउँदेखि अश्दोदसम्म फिलिपले यात्रा गरेको बारेमा केही पनि सङ्केत पाइन्न । तिनी गाजातर्फ जाने बाटोबाट अचानक गायब भए र अश्दोदमा देखा परे ।
यसले अश्दोदको सहरका वरपरका क्षेत्रलाई जनाउँछ ।
“त्यस क्षेत्रमा भएका सारा सहरहरूलाई”
1 तर शाऊल अझै प्रभुका चेलाहरूको विरुद्धमा हत्याको धम्की दिँदै प्रधान पूजाहारीकहाँ गए 2 र त्यस मार्गका पुरुष होस् या स्त्री जोसुकैलाई बाँधेर यरूशलेममा ल्याउन पाऊँ भनी तिनले दमस्कसका सभाघरहको नाउँमा पत्र मागे । 3 तिनी जाँदै गर्दा जब तिनी दमस्कस नजिकै आइपुगे तब अकस्मात् तिनको वरिपरि स्वर्गबाट आएको ज्योति चम्क्यो । 4 तिनी भुइँमा ढले र तिनले यसो भन्ने आवाज सुने, “ए शाऊल, ए शाऊल, किन तिमी मेरो खेदो गर्दैछौ ?” 5 शाऊलले जवाफ दिए, “प्रभु, तपाईं को हुनुहुन्छ ?” प्रभुले भन्नुभयो, “म येशू हुँ जसको तिमी खेदो गर्दैछौ । 6 तर उठ र सहरमा जाऊ र तिमीले के गर्नुपर्छ भनी तिमीलाई बताइनेछ ।” 7 शाऊलसँगै यात्रा गर्ने मानिसहरूले आवाजचाहिँ सुने तर तिनीहरूले कसैलाई देखेनन् र तिनीहरू अवाक् भई उभिरहे । 8 शाऊल भुइँबाट उठे र तिनले आफ्ना आँखा खोल्दा तिनले केही देखेनन् । त्यसैले, तिनीहरूले हात समातेर तिनलाई दमस्कस पुर्याए । 9 तिनी तिन दिनसम्म दृष्टिविहीन भए र तिनले न खाए न पिए । 10 दमस्कसमा हननिया नाउँ गरेका चेला थिए । प्रभुले दर्शनमा तिनलाई भन्नुभयो, “ए हननिया” तिनले भने, “प्रभु, म यहीँ छु ।” 11 प्रभुले तिनलाई भन्नुभयो, “उठ र सोझो भनिने गल्लीमा जाऊ र त्यहाँ यहूदाको घरमा टार्ससका शाऊल नाउँ गरेका मानिसको खोजी गर । किनकि तिनी प्रार्थना गर्दैछन् । 12 र तिनले दृष्टि पाउन सकून् भनेर तिनले दर्शनमा हननिया नाउँका मानिसले तिनीमाथि हात राखेको देखेका छन् ।” 13 तर हननियाले जवाफ दिए, “प्रभु, तिनले यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कति धेरै हानि पुर्याएका छन् भन्ने बारेमा मैले धेरै मानिसहरूबाट सुनेको छु । 14 तपाईंको नाउँ लिने हरेकलाई गिरफ्तार गर्न तिनले मुख्य पूजाहारीहरूबाट अधिकार पाएका छन् ।” 15 तर प्रभुले तिनलाई भन्नुभयो, “जाऊ, किनकि अन्यजातिहरू र राजाहरू र इस्राएलका सन्तानहरूको सामु मेरो नाउँ प्रचार गर्न तिनी छानिएका एक पात्र हुन् । 16 किनकि मेरो नाउँको खातिर तिनले कति धेरै दुःख भोग्नुपर्नेछ भनी म तिनलाई देखाउनेछु ।” 17 त्यसैले, हननिया गए र त्यस घरभित्र प्रवेश गरे । तिनीमाथि आफ्ना हात राख्दै उनले भने, “भाइ शाऊल, तिमीले आफ्नो दृष्टि पाउन सक र पवित्र आत्माले भरिन सक भनी तिमी आउँदा बाटोमा देखा पर्नुहुने प्रभु येशूले मलाई पठाउनुभएको छ ।” 18 तुरुन्तै शाऊलका आँखाबाट पाप्राजस्ता केही खसे र तिनले दृष्टि पाए । तिनी उठे र बप्तिस्मा लिए । 19 तिनले केही खाएपछि तिनमा ताकत आयो । तिनी केही दिनसम्म दमस्कसका चेलाहरूसँगै बसे । 20 तुरुन्तै येशू नै परमेश्वरका पुत्र हुनुहुन्छ भन्दै तिनले सभाघरहरूमा उहाँको प्रचार गरे । 21 तिनका कुरा सुन्नेहरू सबै छक्क परे र तिनीहरूले भने, “यरूशलेममा यो नाउँ लिनेहरूलाई नष्ट गर्ने मानिस यिनी नै होइनन् र ? के तिनी उनीहरूलाई बाँधेर मुख्य पूजाहारीहरूकहाँ लैजान यहाँ आएका होइनन् र ?” 22 तर प्रचारको लागि शाऊल अझै शक्तिशाली बने र येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने प्रमाण दिएर दमस्कसमा बस्ने यहूदीहरूलाई तिनले अकमक्क पारिदिए । 23 धेरै दिन बितेपछि यहूदीहरूले तिनलाई मार्ने षड्यन्त्र रचे । 24 तर शाऊलले तिनीहरूको षड्यन्त्र थाहा पाए । तिनलाई मार्ने उद्देश्यले तिनीहरू दिनरात ढोकाहरूमा चेवा गरेर बस्थे । 25 तर तिनका चेलाहरूले तिनलाई राती नै पर्खालबाट टोकरीमा हालेर खसालिदिए । 26 शाऊल यरूशलेममा आएपछि तिनी चेलाहरूसँग मिल्न खोजे । तर तिनी चेला हुन् भन्ने कुरा नपत्याएर तिनीहरू सबै तिनीदेखि डराए । 27 तर बारनाबासले तिनलाई चेलाहरूकहाँ ल्याए । दमस्कसको बाटोमा कसरी शाऊलले प्रभुलाई देखे र प्रभु तिनीसित बोल्नुभयो अनि दमस्कसमा कसरी तिनले साहसपूर्वक येशूको नाउँ प्रचार गरे भनी तिनले उनीहरूलाई बताए । 28 यरूशलेमको भित्र-बाहिर गर्दा तिनले उनीहरूलाई भेटे । तिनले साहसपूर्वक प्रभु येशूको नाउँमा बोले । 29 र तिनले ग्रिक-यहूदीहरूसित वादविवाद गरे । तथापि उनीहरूले तिनलाई मार्न खोजिरहे । 30 भाइहरूले यो कुरा थाहा पाएर तिनलाई कैसरिया ल्याए र त्यहाँबाट तिनलाई टार्सस पठाइदिए । 31 यसरी सारा यहूदिया, गालील र सामरियाभरिका मण्डलीमा शान्ति छायो र मण्डली मजबुत भयो । परमप्रभुको भय र पवित्र आत्माको सान्त्वनामा मण्डली सङ्ख्यामा बढ्दै गयो । 32 पत्रुस पुरै इलाकामा जाने क्रममा तिनी लुड्डा नगरमा बस्ने परमेश्वरका मानिसहरूकहाँ पनि आइपुगे । 33 तिनले त्यहाँ एनियास नाउँका कोही एक जना मानिसलाई भेट्टाए जो आठ वर्षसम्म ओछ्यानमा थिए किनकि तिनलाई पक्षाघात भएको थियो । 34 पत्रुसले तिनलाई भने, “ए एनियास, येशू ख्रीष्टले तिमीलाई निको पार्नुहुन्छ । उठ र तिम्रो ओछ्यान मिलाऊ ।” तिनी तुरुन्तै उठे । 35 लुड्डा र शारोनमा बस्ने सबैले ती मानिसलाई देखे र तिनीहरू प्रभुमा आए । 36 अब योप्पामा तबीता (ग्रिकमा डोरकास) नाउँकी एक जना चेली थिइन् । यी स्त्री असल काम र कृपापूर्ण कार्यले भरिएकी थिइन् र उनले गरिबहरूको हेरचाह गर्थिन् । 37 ती दिनमा उनी बिरामी परिन् र मरिन् । तिनीहरूले उनको मृत शरीरलाई धोएर माथिल्लो कोठामा राखे । 38 लुड्डा योप्पाबाट नजिकै भएकोले र पत्रुस त्यहाँ थिए भनी चेलाहरूले सुनेकाले तिनीहरूले यस्तो अनुरोध गर्न तिनीकहाँ दुई जना मानिस पठाए, “विलम्ब नगरीकन हामीकहाँ आइदिनुहोस् ।” 39 पत्रुस उठे र तिनीहरूसँगै गए । तिनी आइपुगेपछि तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे । पत्रुसको नजिकै बसेका सबै विधवाहरू रुँदै थिए र तिनीहरूले डोरकास तिनीहरूसँग छँदा उनले बनाएका वस्त्रहरू र अरू पोशाकहरू तिनलाई देखाउँदै थिए । 40 पत्रुसले सबैलाई कोठाबाट बाहिर पठाए र घुँडा टेकी प्रार्थना गरे । मृतकपट्टि फर्केर तिनले भने, “ए तबीता, उठ ।” उनले आफ्ना आँखा खोलिन् र पत्रुसलाई देखेपछि उनी बसिन् । 41 त्यसपछि पत्रुसले उनलाई आफ्ना हातले उठाए । तिनले विश्वासीहरू र विधवाहरूलाई डाके र तिनीहरूको उपस्थितिमा उनलाई जीवित प्रस्तुत गरे । 42 यो खबर सारा योप्पाभरि फैलियो र धेरै मानिसहरूले प्रभुमा विश्वास गरे । 43 पत्रुस धेरै दिनसम्म योप्पामा सिमोन नाउँ गरेका चर्मकारसँग बसे ।
विश्वासीहरूलाई “त्यस मार्गका चेलाहरू” भनेर सबभन्दा पहिले कसले सम्बोधन गरे भन्ने कुरा कसैलाई पनि थाहा छैन । यो सायद विश्वासीहरूले आफैलाई यो नाउँले सम्बोधन गरेका हुन सक्छन्, किनभने कुनै व्यक्तिले अरू कसैको जीवनको अनुसरण गरेर जिउँछ भने त्यो व्यक्तिले एउटा “मार्ग” वा बाटोमा हिंडेको भनेर बाइबलले भन्दछ । यदि यो सत्य हो भने, विश्वासीहरूले परमेश्वरलाई मनपर्दो जीवन जिएर “प्रभुको मार्गमा” हिँडेका थिए ।
पावलले मागेको “पत्र” कानूनी दस्तावेजका कागजपत्र थिए, जसले ख्रीष्टिएनहरूलाई ज्यालखानामा हाल्ने अनुमति तिनलाई दियो । दमस्कसको सभाघरका अगुवाहरूले ती पत्रमा दिएका आज्ञा पालन गर्ने थिए, किनभने यो प्रधान पूजाहारीले लेखेका थिए । यदि रोमीहरूले त्यो पत्र देखेको भए, तिनीहरूले पनि ख्रीष्टिएनहरूलाई सतवट गर्ने अनुमति शाऊललाई दिने थिए, किनभने यहूदीहरूका धार्मिक व्यवस्था भङ्ग गर्ने मानिसहरूमाथि जस्तो इच्छा लाग्यो, त्यस्तै गर्ने अनुमति यहूदीहरूले पाउँथे ।
यो स्पष्ट छ, शाऊलले एउटा ज्योति देखे र यही ज्योतिका कारणले “तिनी भुइँमा ढले” । यो प्रभुले आफूलाई मानव स्वरूपमा नदेखाईकन शाऊलसँग बोल्नुभएको कुरा थियो भनेर शाऊललाई थाहा थियो भनी कोही मानिसले विश्वास गर्दछन्, किनभने परमेश्वर चम्किलो ज्योति र ज्यतिमा वास हुनुहुन्छ भनेर प्रायः बाइबलले भन्ने गर्दछ । अरू मानिसले यस्तो विचार गर्छन् कि शाऊलले पछि आफ्नो जीवनमा, “मैले प्रभु येशूलाई देखेको छु” भन्न सक्षम भए किनभने उनले यहाँ मानवीय रूप देखेका हुन् ।
यी पदहरूले स्तिफनसलाई ढुङ्गाले हानेको समयदेखि यता पावलले के गर्दै थिए भन्ने बारेमा पृष्ठभूमि जानकारी दिन्छन् । यहाँ “तिनलाई” शब्दले प्रधान पूजाहारी र “तिनी” शब्दले शाऊललाई जनाउँछ ।
कथा पुनः शाऊल र तिनको उद्धारतर्फ फर्कन्छ ।
नामपद शब्द “हत्या”लाई क्रियापदको रूपमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अझै पनि धम्की दिँदै, चेलाहरूको हत्या गर्नेसम्म पनि”
यसले सभाघरहरूमा भएका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सभाघरहरूमा भएका मानिसहरूका लागि” वा “सभाघरहरूमा भएका अगुवाहरूका लागि”
“जब तिनले कुनै व्यक्तिलाई भेट्टाउँछन्” वा “यदि तिनले कुनै व्यक्तिलाई भेट्टाउँछन् भने”
“जसले येशू ख्रीष्टका शिक्षाहरूलाई पछ्याउँथे”
यो शब्द नै ख्रीष्टिएन विश्वासको लागि त्यस बेलामा भएको नाउँ जस्तो देखिन्छ ।
“तिनले तिनीहरूलाई कैदीहरूको रूपमा यरूशलेममा ल्याउनका लागि ।” पावलको उद्देश्यलाई “यहूदी अगुवाहरूले तिनीहरूको न्याय गरेर दण्ड दिऊन्” भन्ने वाक्यांशलाई थपेर स्पष्ट पार्न सकिन्छ ।
प्रधान पूजाहारीले शाऊललाई पत्र दिएपछि, शाऊल दमस्कस जान बिदा भए ।
शाऊलले यरूशलेम छोडे र अहिले तिनी दसस्कसतर्फ जाँदै छन् ।
यो वाक्यांशले कुनै फरक कुरा हुन लागेको छ भनी दर्शाउनका लागि कथामा भएको परिवर्तनलाई सङ्केत गर्दछ ।
“स्वर्गबाट आएको ज्योति तिनको वरिपरि चम्कियो”
सम्भावित अर्थहरू हुन् १) स्वर्ग, जहाँ परमेश्वर बस्नुहुन्छ वा २) आकाश । पहिलो अर्थ रोज्न ठीक हुन्छ । तपाईंको भाषामा त्यसको लागि बेग्लै शब्द छ भने, त्यो अर्थलाई प्रयोग गर्नुहोस् ।
सम्भावित अर्थहरू हुन् १) “शाऊल आफैँलाई भुइँमा लडाए” वा २) “ज्योतिले तिनलाई भुइँमा लडायो” वा (३) “शाऊल बेहोस भएर ढलेको कुनै व्यक्ति जस्तै भुइँमा ढले ।” शाऊल दुर्घटनावश लडेका होइनन् ।
यस आलङ्कारिक प्रश्नले शाऊललाई हप्की प्रदान गर्छ । केही भाषाहरूमा भनाइमा लेख्नु बढी स्वभाविक हुन्छ
यहाँ “तिमी” शब्द जतिपटक दोहोरिए तापनि एकवचन हो ।
शाऊलले येशूलाई प्रभु भनेर स्वीकार गरिरहेका थिएनन् । तिनले यो नाउँ प्रयोग गर्छन् किनभने तिनले अलौकिक शक्ति भएको कोही व्यक्तिसँग कुरा गरे भनेर तिनले बुझे ।
“उठ र दमस्कसको सहरमा जाऊ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले तिमीलाई बताउनेछ”
“तिनीहरूले स्वर सुने, तर तिनीहरूले कसैलाई देखेनन्”
“तर कसैलाई देखेनन् ।” शाऊलले मात्र ज्योतिको अनुभव गरे जस्तो देखिन्छ ।
यसको अर्थ हो कि तिनले आफ्ना आँखा बन्द गरेका थिए, किनभने त्यो ज्योति अति चम्किलो थियो ।
“तिनले कुनै कुरा पनि देख्न सकेनन् ।” शाऊल अन्धा भएका थिए ।
“दृष्टिविहीन थिए” वा “कुनै थोक पनि देख्न सकेनन्”
तिनले भोजन नखाएको कारणचाहिँ परमेश्वरको आराधना गर्नका लागि हो कि अथवा तिनमा खाने रुची नभएर हो भनेर स्पष्ट लेखिएको छैन, किनभने आफ्नो स्थितिले गर्दा तिनी अति दुःखी भएका थिए । कारण स्पष्ट नपार्नु नै उचित हुन्छ ।
शाऊलको कथाले निरन्तरता लिन्छ तर लूकाले हननिया नाम गरेका अर्का व्यक्तिलाई परिचय गराउँछन् । यी तिनै हननिया होइनन् जो अगाडि [प्रेरितहरू ५:३]
यसले हननियालाई नयाँ पात्रको रूपमा परिचय गराउँछ ।
“हननियाले भने”
“सीधा गल्लीमा जाऊ”
यी यहूदा येशूलाई धोका दिने चेला थिएनन् । यी यहूदा दमस्कसमा शाऊल बसेका घरको मालिक थिए ।
“टार्सस सहरबाट शाऊल नाम गरेका एकजना मानिस” वा “टार्ससका शाऊल”
यो शाऊललाई आत्मिक आशिष् दिने एउटा सङ्केत थियो ।
“तिनले आफ्नो देख्ने क्षमता पुनः प्राप्त गर्न सकून्”
यहाँ “पवित्र मानसिहरू” भन्नाले ख्रीष्टिएनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यरूशलेममा भएका मानिसहरू जसले तपाईंमा विश्वास गर्छन्”
त्यस समयमा शाऊललाई प्रदान गरिएको शक्ति र अधिकार यहूदी मानिसहरूमा मात्रै सीमित थियो भनेर बुझिएको छ ।
यहाँ “तपाईंको नाउँ”ले येशूलाई जनाउँछ ।
“छानिएका साधन”ले केही त्यस्तो कुरालाई जनाउँछ जुन सेवाको लागि अलग गरिएको छ । वैकल्पिक अनुवादः “मैले तिनलाई मेरो सेवा गर्नको निम्ति छानेको छु”
यो येशूलाई चिनाउने वा उहाँको बारेमा बोल्ने कुरालाई जनाउने वाक्य हो । वैकल्पिक अनुवादः “तिनले मेरो नाउँ प्रचार गरून् भन्नका लागि”
यो एउटा अभिव्यक्ति हो जसको अर्थ “मानिसहरूलाई मेरो बारेमा भन्नका लागि” भन्ने हुन्छ ।
यहाँ “तिमी” एकवचन हो र यसले शाऊललाई जनाउँछ ।
हननिया शाऊल बसिरहेका घरमा जान्छन् । शाऊल निको भएपछि, कथा हननियाबाट फेरि शाऊलतर्फ जान्छ ।
हननियाले त्यस घरभित्र प्रवेश गर्नु अगि तिनी गए भनी लेख्नु उपयोगी हुन्छ । वैकल्पिक अनुवादः “यसैले हननिया गए र तिनले शाऊल बसेको घर पत्ता लगाएपछि, तिनी त्यसभित्र प्रवेश गरे”
हननियाले आफ्ना हात शाऊलमाथि राखे । यो शाऊललाई आत्मिक आशिष् दिने एउटा सङ्केत थियो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीले फेरि देख्न सक र पवित्र आत्माले भरिन सक भनेर पठाउनुभएको छ”
“माछाका कत्ला जस्ता देखिने केही खसे”
“तिनी फेरि देख्न सक्ने भए”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनी उठे र हननियाले तिनलाई बप्तिस्मा दिए”
यहाँ दोस्रोपटकको “उहाँ” शब्दले मात्रै येशू, परमेश्वरको पुत्रलाई जनाउँछ । पहिलोपल्टको “तिनले” शब्द र अरूहरूले शाऊललाई जनाउँछन् ।
यो येशूको लागि एउटा महत्त्वपूर्ण नाउँ हो ।
“सबै” शब्द सामान्यीकरण हो । वैकल्पिक अनुवादः “तिनका कुरा सुन्नेहरू” वा “धेरै जसले तिनलाई सुने”
यो चाहिँ शाऊल विश्वासीहरूलाई सताउने मानिस नै थिए भनेर जोड दिने आलङ्कारिक र अकरणमा भएको प्रश्न हो । वैकल्पिक अनुवादः “येशूको नाम लिने यरूशलेममा भएकाहरूलाई नष्ट गर्ने मानिस यिनी नै हुन् !”
यहाँ “नाउँ”ले येशूलाई जनाउँछ । वैकल्पिक अनुवादः “येशूको नाउँ”
येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने शाऊलको तर्कको खण्डन गर्ने उपाय नपाएर तिनीहरू अशान्तिमा भएका थिए ।
यस खण्डमा भएको “तिनलाई” शब्दले शाऊललाई जनाउँछ ।
यसले यहूदीहरूका अगुवाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरू”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर कसैले तिनीहरूको योजना शाऊललाई भनिदियो” वा “तर शाऊलले तिनीहरूको योजनाको बारेमा थाहा पाए”
यस सहरलाई पर्खालले घेरिएको थियो । मानिसहरू सामान्यतया सहरको ढोकाबाट मात्र आउने जाने गर्न सक्थे ।
येशूको बारेमा शाऊलको सन्देश विश्वास गर्ने र तिनका शिक्षा पछ्याउने मानिसहरू
“तिनलाई एउटा ठूलो टोकरीमा पर्खालको प्वालबाट तल झार्न डोरी प्रयोग गरे”
यहाँ “तिनी” र तिनलाई” शब्दहरूले एकपटक बाहेक सबै समयमा शाऊललाई जनाउँछन् । पद २७ मा “‘तिनले’ उनीहरूलाई बताए” भन्ने कुराले बारनाबासलाई जनाउँछ ।
यहाँ “तिनीहरू सबै ... थिए” भनेको सामान्यकरण गरिएको कुरा हो, तर त्यसले प्रत्येक व्यक्तिलाई जनाएको हुन पनि सम्भव छ । वैकल्पिक अनुवादः “तर तिनीसँग उनीहरू डराए”
यो चाहिँ शाऊलले येशू ख्रीष्टको सुसमाचारको सन्देश बिना डर प्रचार गरे वा सिकाए भन्ने एउटा तरिका हो । वैकल्पिक अनुवादः “येशूको बारेमा खुला रूपमा प्रचार गरेका थिए”
यहाँ “तिनी” शब्दले पावललाई जनाउँछ । “उनीहरू” शब्दले सम्भवतः यरूशलेममा भएका प्रेरितहरू र अरू चेलाहरूलाई जनाउँछ ।
सम्भावित अर्थहरू हुन् १) यसले सामान्य रूपमा प्रभु येशूलाई जनाउँछ र पावलले कसको बारेमा बताए भनेर बताउँछ । वैकल्पिक अनुवादः “प्रभु येशूको बारेमा” वा २) “नाउँ” भनेको अधिकारलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “प्रभु येशूको अधिकारको अधीनमा” वा “प्रभु येशूले तिनलाई दिनुभएको अधिकारमा”
शाऊलले ग्रीक बोल्ने यहूदीहरूसँग तर्क गर्ने कोसिस गरे ।
“भाइहरू” शब्दले यरूशलेममा बस्ने विश्वासीहरूलाई जनाउँछ ।
यहाँ “तिनलाई तल ल्याए” भन्ने वाक्यांशलाई प्रयोग गरिएको छ किनभने कैसरिया यरूशलेमभन्दा उचाइमा तल पर्छ ।
कैसरिया समुद्री बन्दरगाह थियो । शायद भाइहरूले शाऊललाई जहाजमा चढाएर टार्ससमा पठाइदिए ।
पद ३१ चाहिँ मण्डलीको वृद्धिको बारेमा नयाँ जानकारी दिने भनाइ हो ।
पद ३२ मा, कथा शाऊलबाट पत्रुसको बारेमा भएको कथाको एउटा नयाँ भागमा सर्छ ।
यहाँ एकभन्दा बढी स्थानीय मण्डलीलाई जनाउनका लागि पहिलोपल्ट “मण्डली” शब्द एकवचन स्वरूपमा प्रयोग भएको छ । यहाँ यसले इस्राएलभरी भएका सबै समूहका सबै विश्वासीहरूलाई जनाउँछ ।
“शान्तिपूर्ण रूपमा जिए ।” यसको अर्थ स्तिफनसको हत्यासँगै सुरु भएको सतावटको अन्त्य भयो ।
वृद्धि गराउनुहुने कारक व्यक्ति चाहिँ परमेश्वर वा पवित्र आत्मा हुनुहुन्थ्यो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई बढ्न सहायता गर्नुभयो” वा “पवित्र आत्माले तिनीहरूको निर्माण गर्नुभयो”
यहाँ “हिँड्नु” भनेको “जिउने” कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “प्रभुको आज्ञापालनमा जिउँदै” वा “प्रभुलाई सम्मान गर्न निरन्तरता दिँदै”
“पवित्र आत्माले तिनीहरूलाई मजबुत पार्दै र उत्साह दिँदै हुनुहुन्थ्यो”
कथाको नयाँ भागको सङ्केत गर्नका लागि यो वाक्यांशको प्रयोग भएको छ ।
यो चाहिँ पत्रुसले यहूदिया, गालील र सामरियामा भएका विश्वासीहरूलाई भेटेका कुरालाई जनाउन गरिएको सामान्यकरण हो ।
पत्रुसले यात्रा गरेका अरू ठाउँभन्दा लुड्डा उचाइका हिसाबले तल पर्ने हुनाले “तल आए” भन्ने वाक्यांश प्रयोग भएको हो ।
लुड्डा योप्पाको लगभग १८ किलोमिटर जति दक्षिण-पूर्वमा पर्ने एउटा सहर हो । पुरानो करारमा र आधुनिक इस्राएलमा यो सहरलाई लोद भनिन्थ्यो ।
पत्रुसले पक्षाघाती मानिसलाई खोजिरहेका थिएनन्, तर तिनले भेटे । वैकल्पिक अनुवादः “तब पत्रुसले एकजना मानिसलाई भेटे”
यसले एनियासलाई कथाका एक नयाँ पात्रका रूपमा परिचित गराउँछ ।
यो एनियासको बारेमा पृष्ठभूमि जानकारी हो ।
हिँड्न नसक्ने, शायद कम्मरमुनिको भाग चलाउन नसक्ने
“आफ्नो गुन्द्री बेर”
यो चाहिँ त्यहाँ भएका धेरैजनालाई जनाउन गरिएको सामान्यकरण हो । वैकल्पिक अनुवादः “लुड्डा र शारोनमा बस्ने मानिसहरू” वा “लुड्डा र शारोनमा बस्ने धेरै मानिसहरू”
लुड्डा सहर शारोनको मैदानमा अवस्थित थियो ।
त्यो निको भएको तिनीहरूले देखे भनेर उल्लेख गर्नु सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “पत्रुसले निको पारेका मानिसलाई देखे”
यहाँ “प्रभुतिर फर्के” भनेको प्रभुको आज्ञापालन गर्न सुरु गरे भन्ने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “र तिनीहरूले आफ्ना पापहरूको पश्चात्ताप गरे र प्रभुको आज्ञापालन गर्न सुरु गरे”
यी पदहरूले तबीता नाउँ गरेकी स्त्रीको बारेमा पृष्ठभूमि जानकारी दिन्छन् ।
पत्रुससँग सम्बन्धित नयाँ घटनाका साथमा लूकाले कथालाई निरन्तरता दिन्छन् ।
यसले कथामा एउटा नयाँ पाटोलाई परिचय गराउँछ ।
तिनको नाम आरमेइक भाषामा तबीता हो, र तिनको नाम ग्रीक भाषामा डोरकास हो । यी दुवै नामको अर्थ हुन्छ, “सुन्दर हरिणी” । वैकल्पिक अनुवादः “तिनको नाम ग्रीक भाषामा डोरकास थियो”
“धेरै असल काम गर्दै”
यसले पत्रुस योप्पामा हुँदाको समयलाई जनाउँछ । यसलाई उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पत्रुस नजिकै भएको बेला यसो भयो”
यो कुरा तिनको मृत्युसंस्कार लागि धुने कार्य थियो ।
मृत्युसंस्कारको कार्यको समयमा केही क्षण लाश देखाउन यसो गरिएको थियो ।
“चेलाहरूले दुईजना मानिसहरूलाई पत्रुसकहाँ पठाए”
“डोरकासको लाश राखेको माथिल्लो कोठामा”
यो सहर त्यति ठूलो थिएन । त्यसैले त्यसमा भएका सबै विधवाको उपस्थिति त्यहाँ हुन सक्ने सम्भावना थियो ।
स्त्रीहरू जसका पति मरेका थिए र त्यसैले सहायताको खाँचोमा हुन्थे
“तिनी चेलाहरूसँग जीवित छँदा”
तबीताको कथा पद ४२ मा अन्त हुन्छ । कथा सकिएपछि पत्रुसलाई के हुन्छ भनेर पद ४३ ले भन्छ ।
“कोठा छाडेर जान ती सबैलाई भने ।” तबीताको लागि प्रार्थना गर्नलाई एक्लै हुनको लागि पत्रुसले सबैलाई बाहिर पठाए ।
पत्रुसले उनका हात समाते र उनलाई खडा हुन मद्दत गरे ।
सम्भवतः विधवाहरू पनि विश्वासीहरू नै थिए, तर तबिता उनीहरूका लागि अति महत्त्वपूर्ण भएकी हुनाले उनीहरूका बारेमा विशेष रूपमा उल्लेख भएको हो ।
यसले पत्रुसले तबीतालाई मृतकबाट बिउँताएका आश्चर्यकर्मलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सारा योप्पाभरी भएका मानिसहरूले यस विषयमा सुने”
“प्रभु येशूको सुसमाचारमा विश्वास गरे”
“यसो हुन आयो कि ।” यसले कथामा अर्को घटनाको सुरुवातलाई परिचय गराउँछ ।
“जनावरको छालाको काम गर्ने सिमोन नाउँ गरेका एकजना मानिस”
1 कैसरिया सहरमा कर्नेलियस नाउँका एक जना मानिस थिए जो इटालिया नामक पल्टनका कप्तान थिए । 2 तिनी ईश्वरभक्त मानिस थिए । तिनी र तिनका सारा घरानाले परमेश्वरको आराधना गर्थे । तिनले यहूदीहरूलाई धेरै रूपैयाँ-पैसा सहयोग गरे र तिनले सधैँ परमेश्वरलाई प्रार्थना चढाइरहन्थे । 3 दिउँसो तिन बजेतिर तिनले दर्शनमा परमेश्वरका एक स्वर्गदूत आफूतिर आइरहेको देखे । स्वर्गदूतले भने, “ए कर्नेलियस ” 4 कर्नेलियसले एकटक लगाएर स्वर्गदूतलाई हेरे र भयभीत हुँदै भने, “हजुर, भन्नुहोस् ।” स्वर्तदूतले तिनलाई भने, “तिम्रा प्रार्थना र तिमीले गरिबहरूलाई दिएका दान सम्झनायोग्य बलिको रूपमा परमेश्वरको उपस्थितिमा पुगेका छन् । 5 पत्रुस पनि भनेर चिनिने सिमोन भनिने मानिसलाई ल्याउन योप्पा शहरमा मानिसहरू पठाऊ । 6 तिनी सिमोन नामक चर्मकारसित बसिरहेका छन् जसको घर समुद्रको छेउमा छ ।” 7 आफूसित बोल्ने स्वर्गदूत गएपछि कर्नेलियसले आफ्नो घरका दुई जना नोकर र तिनको सेवा गर्ने सिपाहीहरूमध्ये परमेश्वरलाई पुज्ने एक जना सिपाहीलाई बोलाए । 8 कर्नेलियसले तिनीहरूलाई सबै कुरा बताएर तिनीहरूलाई योप्पा पठाए । 9 भोलिपल्ट लगभग दिउँसोको बाह्र बजेको थियो । तिनीहरू यात्रा गरेर शहरको नजिक आइपुग्दा पत्रुस प्रार्थनाको लागि घरको माथिल्लो कौसीमा उक्ले । 10 तिनी भोकाए र तिनलाई केही खान मन लाग्यो । तर मानिसहरूले खानेकुरा पकाइरहँदा तिनीले एउटा दर्शन देखे । 11 तिनले आकास खुलेको र एउटा वस्तु पृथ्वीतिर खसिरहेको देखे जुन चारै कुनामा बाँधिएको एउटा ठुलो तन्नाजस्तो थियो । 12 त्यसमा सबै किसिमका चारखुट्टे प्राणीहरू, पृथ्वीमा घस्रने जन्तुहरू र आकासका चराचुरुङ्गीहरू थिए । 13 त्यसपछि एउटा आवाजले तिनलाई भन्यो, “पत्रुस, उठ अनि मारेर खाऊ ।” 14 तर पत्रुसले भने, “हुँदैन प्रभु । किनकि मैले कहिल्यै अशुद्ध र अपवित्र कुराहरू खाएको छैनँ ।” 15 तर त्यो आवाज दोस्रो पटक पनि तिनीकहाँ आयोः “परमेश्वरले जेलाई शुद्ध पार्नुभएको छ तिमीले त्यसलाई अशुद्ध नभन ।” 16 तिन पटकसम्म यसै भयो । त्यसपछि त्यो तन्नाजस्तो वस्तु तुरुन्तै आकासतिर लगियो । 17 आफूले देखेको दर्शनको अर्थ के होला भनेर पत्रुस अन्योलमा परिरहँदा कर्नेलियसले पठाइएका मानिसहरू ढोकाको सामु खडा भए । तिनीहरू घर खोज्दै त्यहाँ आइपुगेका थिए । 18 पत्रुस भनिने सिमोन त्यहाँ बसिरहेका छन् कि छैनन् भनी तिनीहरूले सोधे । 19 पत्रुसले दर्शनको बारेमा अझै सोचिरहेकै बेला पवित्र आत्माले तिनलाई भन्नुभयो, “हेर, तिन जना मानिसले तिम्रो खोजी गर्दैछन् । 20 उठ र तल जाऊ अनि तिनीहरूसँगै लाग । तिनीहरूसँगै जानदेखि नडराऊ किनकि मैले नै तिनीहरूलाई पठाएको हुँ ।” 21 त्यसैले, पत्रुस ती मानिसहरूकहाँ ओर्ले र तिनले भने, “तपाईंहरूले खोजिरहनुभएको व्यक्ति मै हुँ । तपाईंहरू किन आउनुभएको ?” 22 तिनीहरूले भने, “परमेश्वरको आराधना गर्ने कर्नेलियस नाउँ गरेका कप्तान धर्मी मानिस हुनुहुन्छ जो सारा यहूदी जातिको बिचमा प्रसिद्ध हुनुहुन्छ । परमेश्वरका पवित्र स्वर्गदूतले तपाईंलाई बोलाएर उहाँको घरमा ल्याऊ भनी उहाँलाई आज्ञा दिए ताकि उहाँले तपाईंको सन्देश सुन्न सकून् ।” 23 त्यसैले, पत्रुसले तिनीहरूलाई भित्र आई तिनी र तिनका मानिसहरूसित बस्न निमन्त्रणा दिए । भोलिपल्ट बिहान पत्रुस उठे र तिनीहरूसँगै गए । योप्पाका केही भाइहरू पनि तिनीसँगै लागे । 24 अर्को दिन तिनीहरू कैसरिया आइपुगे । कर्नेलियसले तिनीहरूको प्रतीक्षा गर्दै थिए । तिनले आफ्ना नातेदारहरूसाथै घनिष्ठ मित्रहरूलाई पनि बोलाएका थिए । 25 पत्रुस भित्र पसेपछि कर्नेलियसले तिनलाई स्वागत गरे र तिनको सम्मान गर्दै तिनले दण्डवत् गरे । 26 तर पत्रुसले तिनलाई उठाएर भने, “उठ्नुहोस् । म आफैँ पनि केवल मानिस हुँ ।” 27 पत्रुस तिनीसित बातचित गरिरहँदा तिनी भित्र प्रवेश गरे र धेरै मानिसहरू जम्मा भएका देखे । 28 पत्रुसले तिनीहरूलाई भने, “तपाईंहरूलाई थाहा छ कि एउटा यहूदीले अर्को जातिका मानिसहरूसित सङ्गत गर्नु वा तिनीहरूलाई भेटघाट गर्नु अनुचित कार्य हो । तर मैले कुनै पनि मानिसलाई अशुद्ध वा अपवित्र भन्नु हुँदैन भनी परमेश्वरले मलाई देखाउनुभएको छ । 29 त्यसकारण, मलाई बोलाइँदा म गनगन नगरीकन आएँ । तपाईंहरूले मलाई किन बोलाउनुभएको ?” 30 कर्नेलियसले भने, “चार दिनअगि यही घडीमा म मेरो घरमा दिउँसो तिन बजे प्रार्थना गरिरहँदा सेतो पोशाक लगाएका एक जना मानिस मेरो सामु खडा भए । 31 तिनले भने, ‘हे कर्नेलियस, परमेश्वरले तिम्रो प्रार्थना सुन्नुभएको छ र तिमीले गरीबहरूलाई दिएको दानको सम्झना गर्नुभएको छ । 32 त्यसैले, कसैलाई योप्पामा पठाऊ र पत्रुस भनिने सिमोनलाई डाकेर ल्याऊ । तिनी सिमोन भनिने चर्मकारको घरमा बसिरहेका छन् जुन समुद्रको छेउमा पर्छ ।’ 33 त्यसैले, तुरुन्तै मैले तपाईंलाई बोलाउन पठाएँ । तपाईं गनगन नगरीकन आइदिनुभयो । अब परमप्रभुले तपाईंलाई निर्देशन दिनुभएका सबै कुरा सुन्न हामी सबै यहाँ परमेश्वरको उपस्थितिमा छौँ ।” 34 तब पत्रुसले आफ्नो मुख खोलेर भनेः “साँच्चै म जान्दछु कि परमेश्वरले कसैको पक्षपात गर्नुहुन्न । 35 बरु, हरेक जातिमा उहाँको आराधना गर्ने र धार्मिक कामहरू गर्ने व्यक्ति उहाँको अगि स्वीकारयोग्य हुन्छ । 36 परमेश्वरले इस्राएलीहरूलाई पठाउनुभएको सन्देश तपाईंहरूलाई थाहै छ । उहाँले सबैका प्रभु अर्थात् येशू ख्रीष्टद्वारा शान्तिको बारेमा सुसमाचार प्रचार गर्नुभयो । 37 यूहन्नाले प्रचार गरेको बप्तिस्मापश्चात् गालीलबाट सुरु गरेर सारा यहूदियाभरि भएका घटनाहरूको बारेमा तपाईंहरूलाई थाहै छ । 38 ती घटनाहरू नासरतका येशूको बारेमा हुन् जसलाई परमेश्वरले पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभएको थियो । उहाँले असल कामहरू गर्नुभयो र शैतानद्वारा पीडितहरूलाई निको पार्दै जानुभयो किनकि परमेश्वर उहाँसित हुनुहुन्थ्यो । 39 यहूदीहरूको देश र यरूशलेम दुवैमा उहाँले गर्नुभएका सबै कुराहरूका हामी साक्षी हौँ । यही येशूलाई तिनीहरूले काठमा झुण्ड्याएर मारे । 40 परमेश्वरले उहाँलाई तेस्रो दिनमा बिउँताउनुभयो र प्रकट गराउनुभयो, 41 सबैकहाँ होइन तर परमेश्वरले पहिले नै छान्नुभएका साक्षीहरूकहाँ । हामी नै ती साक्षीहरू हौँ जसले उहाँ मृतकहरूबाट बौरी उठ्नुभएपछि उहाँसँगै खायौँ र पियौँ । 42 परमेश्वरले उहाँलाई नै जिउँदा र मरेकाहरूको न्यायकर्ता हुन चुन्नुभएको छ भनी मानिसहरूलाई प्रचार गर्न र गवाही दिन उहाँले हामीलाई आज्ञा दिनुभयो । 43 सबै अगमवक्ताहरूले उहाँको गवाही दिएका छन् ताकि उहाँमाथि विश्वास गर्ने हरेकले उहाँको नाउँद्वारा पापको क्षमा पाओस् ।” 44 पत्रुसले यी कुराहरू बताइरहँदा तिनको सन्देश सुन्नेहरू सबैमाथि पवित्र आत्मा ओर्लनुभयो । 45 पत्रुससँगै आएका यहूदी विश्वासीहरू छक्क परे किनकि पवित्र आत्माको वरदान अन्यजातिहरूलाई पनि दिइएको थियो । 46 किनभने तिनीहरूले यी अन्यजातिहरूले अन्य भाषाहरूमा बोलेका र परमेश्वरको प्रशंसा गरेका सुने । तब पत्रुसले जवाफ दिए, 47 “हामीले जस्तै पवित्र आत्मा प्राप्त गर्ने यी मानिसहरूलाई पानीको बप्तिस्मा लिनदेखि कसैले रोक्न सक्छ ?” 48 तिनले तिनीहरूलाई येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लिनू भन्ने आज्ञा दिए । तिनीहरूले तिनलाई केही दिन तिनीहरूसँगै बस्न अनुरोध गरे ।
यहूदीहरूले अन्यजातिहरूका घरमा गए वा उनीहरूसँग बसेर भोजन खाए भने उनीहरू अशुद्ध हुन्छन् भन्ने उनीहरूको विश्वास रहेको थियो । मोशाको व्यवस्थाले अशुद्ध भनेका खानेकुरा तिनीहरूले नखाउन् भनेर फरिसीहरूले यसबारे नियम बनाएका हुनाले यसो हुन आएको हो । कुनै खानेकुरा अशुद्ध हो भनेर मोशाको व्यवस्थाले भनेको छ र यो कुरा साँचो हो । तर परमेश्वरका मानिसहरू अन्यजातिहरूका घरमा जान र उनीहरूसँग बसेर खान हुँदैन चाहिँ मोशाको व्यवस्थाले भनेको छैन । अनि )
पत्रुसको प्रचार सुनिरहेका मानिसहरूमाथि पवित्र आत्मा “ओर्लनुभयो ।” यसले अन्यजातिहरूले परमेश्वरको वचन ग्रहण गर्न सक्छन् र पवित्र आत्मा पाउन सक्छन् भन्ने कुरा यहूदी विश्वासीहरूलाई दर्सायो । जस्तो यहूदी विश्वासीहरूलाई भएको थियो । त्यसपछि, अन्यजातिहरूले बप्तिस्मा लिए ।
यी पदहरूले कर्नेलियसको बारेमा पृष्ठभूमि जानकारी दिन्छन् ।
यो कर्नेलियसको बारेमा भएको कथाको भागको सुरुवात हो ।
यो चाहिँ ऐतिहासिक विवरणको यस भागमा एउटा नयाँ व्यक्तिलाई परिचय गराउने एउटा तरिका हो ।
तिनको नाम कर्नेलियस थियो । तिनी रोमी सेनाका इटालिया दलका १०० जना सिपाहीका अधिकृत थिए ।
“तिनले परमेश्वरमा विश्वास गर्थे र तिनको जीवनमा परमेश्वरलाई सम्मान र आराधना गर्न खोज्थे”
यहाँ “आराधना गर्थे” भन्ने शब्दहरूले गहिरो आदर र भयलाई जनाउँछ ।
यहाँ “सधैं” शब्द चाहिँ सामान्यकरण गरेको हो । वैकल्पिक अनुवादः “तिनले परमेश्वरमा धेरै प्रार्थना चढाउँथे” वा “तिनले नियमित रूपले परमेश्वरमा प्रार्थना चढाउँथे”
“दिउँसो तीन बजे ।” यो यहूदीहरूको लागि दिउँसोको साधारण प्रार्थनाको समय हो ।
“कर्नेलियसले स्पष्ट देखे”
यसको अर्थ तिनले दिएका दान र तिनको प्रार्थना परमेश्वरले ग्रहण गर्नुभएको थियो । वैकल्पिक अनुवादः “तिम्रा प्रार्थनाहरू र तिम्रा दानहरूद्वारा परमेश्वर खुशी हुनुभएको छ ... उहाँको लागि सम्झनायोग्य भेटी”
जनावरको छालाबाट छालाका सामान बनाउने व्यक्ति
“कर्नेलियसको स्वर्गदूतको दर्शन सकिएपछि”
“तिनको सेवा गर्ने एक जना सिपाही जसले परमेश्वरको आराधना पनि गर्दथे ।” यो सिपाहीले परमेश्वरको आराधना गर्थ्यो । त्यो कुरा रोमी फौजमा एकदम कम्ती हुने गर्थ्यो । यसैले कर्नेलियसका अरू सिपाहीले परमेश्वरको आराधना गर्दैनथे ।
यो परमेश्वरलाई आराधना गर्ने र उहाँको सेवा गर्ने व्यक्तिलाई जनाउने विशेषण शब्द हो ।
कर्नेलियसले आफ्ना दुई सेवक र सिपाहीलाई आफ्नो दर्शनको बारेमा बताए
“आफ्ना दुई सेवक र एक सिपाहीलाई योप्पामा पठाए”
यहाँ “तिनीहरू” शब्दले कर्नेलियसका दुई जना नोकर र कर्नेलियसका आदेशमुनिका सिपाहीलाई जनाउँछ (प्रेरितहरू १०:७) ।
कथा चाहिँ कर्नेलियसबाट परमेश्वरले पत्रुससँग के गरिरहनुभएको छ भन्ने बारेमा हामीलाई बताउनतर्फ लाग्छ ।
“दिउँसोको बाह्र बजेतिर”
घरको कौसी समथर हुन्थ्यो, र तिनमा मानिसहरूले प्रायः विभिन्न धेरै कार्यकलाप गर्दथे ।
“मानिसहरूले खानेकुरा पकाएर सिध्याउनु अगि”
“परमेश्वरले तिनलाई एउटा दर्शन दिनुभयो” वा “तिनले एउटा दर्शन देखे”
यो प्रत्रुसको दर्शनको सुरुवात हो । यो एउटा नयाँ वाक्य बन्न सक्छ ।
जनावरहरूलाई बोकेको भाँडो एउटा ठूलो तन्ना जस्तो थियो ।
“त्यसको चारै कुना अड्याएर” वा “चार कुरा अरूभन्दा माथि उचालेर”
यीमध्ये कुनै कुनै चाहिँ खान हुँदैन भनेर मोशाको व्यवस्थाले यहूदीहरूलाई आज्ञा गरेका थिए भन्ने कुरा यसपछिको पदमा पत्रुसले दिएको जवाफबाट स्पष्ट हुन्छ । वैकल्पिक अनुवादः “मोशाको व्यवस्थाले यहूदीहरूलाई खान निषेध गरेका जनावर र चराहरू”
बोल्ने व्यक्तिलाई स्पष्ट पारिएको छैन । त्यो “आवाज” सायद परमेश्वरको थियो । यद्यपि त्यो परमेश्वरको स्वर्गदूतले बोलेको पनि हुन सक्छ ।
“म त्यसो गर्नेछैन”
भाँडोमा भएका केही जनावरहरू मोशाको व्यवस्थाअनुसार अपवित्र थिए र ख्रीष्टको मर्नुभन्दा पहिले जिएका विश्वासीहरूले ती खान मिल्दैन थिए भन्ने बुझ्न सकिन्छ ।
यदि बोल्ने परमेश्वर नै हुनुहुन्छ भने, उहाँले आफैँलाई तृतीय पुरुषमा सम्बोधन गर्दै हुनुहुन्छ । वैकल्पिक अनुवादः ”“जे म, परमेश्वरले शुद्ध तुल्याएको छु”
पत्रुसले देखका सबै कुरा तीनपटक भएका नहुन सक्छन् । यसको अर्थ शायद, “परमेश्वरले जेलाई शुद्ध पार्नुभएको छ, तिमीले त्यसलाई अशुद्ध नभन,” भन्ने वाक्य तीनपटक दोहोरिएको हुन सक्छ । तापनि, विस्तृत वर्णन गर्नुको साटोमा “तीनपटक यस्तो भयो” भनेर लेख्नु नै असल हुन्छ ।
यसको अर्थ त्यो दर्शनको अर्थ के होला भनेर बुझ्न पत्रुसलाई कठिन भयो ।
यहाँ “हेर” शब्दले यसपछि हुन आउने आश्चर्यजनक जानकारीप्रति ध्यान दिन हामीलाई सचेत गराउँछ, यस घटनामा, दुई जना मानिस ढोकामा खडा छन् ।
“घरको ढोकाको सामु खडा भए ।” त्यस घरको वरिपरि पर्खाल थियो र भित्र छिर्नको लागि एउटा ढोका थियो भन्ने बुझ्न सकिन्छ ।
तिनीहरू त्यो घरमा आइपुग्नु अगि यो घटना भयो । यूएसटीले गरे झैँ यसलाई पदको सुरुको खण्डमा राख्न सकिन्छ ।
कर्नेलियसका मानिसहरू ढोका बाहिर नै बसे र पत्रुसको बारेमा सोधे ।
“त्यो दर्शनको अर्थको बारेमा अलमलमा परेकै बेलामा”
“पवित्र आत्मा”
“ध्यान देऊ, किनभने मैले तिमीलाई भन्न लागेको कुरा सत्य र महत्त्वपूर्ण दुवै छः तीन”
कुनै प्राचीन लेखमा मानिसहरूका सङ्ख्या फरक उल्लेख छ ।
“घरको कौसीबाट तल जाऊ”
तिनीहरूका साथमा नजाने कुरा पत्रुसका लागि स्वभाविकै हो, किनभने तिनीहरू अपरिचित मानिसहरू थिए र तिनीहरू अन्यजातिहरू थिए ।
“तपाईंहरूले खोजिरहेको मानिस म नै हुँ”
यहाँ “तिनीहरू” र “तिनीहरूलाई” शब्दहरूले कर्नेलियसका दुई जना नोकर र सिपाहीलाई जनाउँछ । (प्रेरितहरू १०:७) ।
यसलाई अरू धेरै वाक्यमा विभाजन गर्न सकिन्छ र यूएसटीले झैँ कर्तृवाच्यको स्वरूपमा लेख्न सकिन्छ ।
यहाँ “आराधना” शब्दको गहिरो आदर र भय भन्ने अर्थ हुन्छ ।
यो कुरा कसरी यहूदीहरूलाई वृहत् रूपमा जानकारी थियो भन्ने कुरामा जोड दिनका लागि यहाँ “सारा” शब्दले मानिसहरूका सङ्ख्या बढाइचढाइ गरेर लेखेको कुरा हो ।
कैसरिया जाने तिनीहरूका लागि धेरै लामो भएको हुनाले त्यो दिउँसो हिँडेर पुग्न सक्दैनथे ।
“तिनका पाहुनाहरू हुन”
यसले योप्पामा बसोबास गर्ने विश्वासीहरूलाई जनाउँछ ।
यो तिनीहरूले योप्पा छाडेर हिँडेपछिको अर्को दिन थियो । कैसरिया जाने पैदल यात्रा गर्न एक दिनभन्दा धेरै हिँड्नुपर्थ्यो ।
“कर्नेलियसले तिनीहरू आउने आशा गरे”
“जब पत्रुस घरभित्र पसे”
“तिनले घुँडा टेके र तिनको मुहारलाई पत्रुसको पाउ नजिक लगे ।” तिनले पत्रुसको सम्मान गर्नलाई यसो गरे ।
तिनले दण्डवत् गरिरहेका छन् भनेर देखाउनलाई तिनले जानाजान तल झुकिरहेका छन् ।
यो पत्रुसको आराधना नगर्नको लागि कर्नेलियसलाई गरिएको नरम गाली वा सुधार हो । वैकल्पिक अनुवादः “यसो नगर्नुहोस् ! म पनि तपाईं जस्तै मानिस हुँ”
यहाँ “तिनी” शब्दले कर्नेलियसलाई जनाउँछ । यहाँ “तपाईंहरू” र “तपाईंहरू” शब्द बहुवचन हो र यसले कर्नेलियस र त्यहाँ उपस्थित अन्यजातिहरूलाई जनाउँछ ।
पत्रुसले कर्नेलियसको घरमा भेला भएका मानिसहरूलाई सम्बोधन गर्छन् ।
“धेरै अन्यजातिहरू भेला भएका थिए ।” कर्नेलियसले निमन्त्रणा दिएका मानिसहरू अन्यजातिहरू थिए भन्ने बुझिन्छ ।
पत्रुसले कर्नेलियस र तिनका पाहुनाहरूलाई सम्बोधन गरिरहेका छन् ।
“एउटा यहूदी मानिसको लागि यसो गर्नु मनाही छ ।” यसले यहूदी धार्मिक व्यवस्थालाई जनाउँछ ।
यसले यहूदीबाहेकका मानिसहरूलाई जनाउँछ र तिनीहरू कहाँ बसोबास गर्छन् भन्ने कुरालाई विशेषरूपमा जनाउँदैन ।
पदहरू ३१ र ३२ मा कर्नेलियसले तिनलाई नवौँ पहरतिर स्वर्गदूतले भनेको कुरा बताउँछन् । यहाँ “तिमी” र “तिम्रो” शब्दहरू एकवचन हुन् । अनि “हामी” शब्दले पत्रुसलाई समावेश गर्दैन ।
कर्नेलियसले पत्रुसको प्रश्नलाई जवाफ दिन्छन् ।
कर्नेलियसले पत्रुससँग कुरा गर्नुभन्दा तीन रात पहिलेका कुरालाई तिनले जनाउँदै छन् । बाइबलको संस्कृतिमा दिनहरूको गन्तिमा त्यही दिनलाई पनि गन्ति गरिन्थ्यो, यसैले तीन रात अगाडिको दिन भनेको “चार दिनअगाडि” हो । वर्तमान् पश्चिमी संस्कृतिले चालु दिनलाई गन्ने गर्दैन, त्यसैले आजको पश्चिमी संस्कृतिअनुसार “तीन दिनअगाडि” भनिन्छ ।
केही प्राचीन अधिकारीहरूले “प्रार्थना”को साटोमा “उपवास बस्दै र प्रार्थना गर्दै” भन्छन् ।
यहूदीहरूले परमेश्वरसँग प्रार्थना गर्ने सामान्य दिउँसोको समय ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिम्रो प्रार्थना सुन्नुभएको छ”
“तिमीलाई परमेश्वरको ध्यानमा ल्याइएको छ ।” यसले पहिले परमेश्वरले बिर्सनुभएको थियो भन्ने अर्थ लाग्दैन ।
“सिमोन भनिने पत्रुसलाई तिमीकहाँ आउन भन”
“त्यत्ति नै बेला”
यो वाक्य पत्रुस आएकामा धन्यवाद दिने नम्र शैली हो । वैकल्पिक अनुवादः “तपाईं आउनुभएको लागि म तपाईंलाई निश्चय पनि धन्यवाद दिन्छु”
यसले परमेश्वरको उपस्थितिलाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे भन्नलाई तपाईंलाई प्रभुले भन्नुभएको छ”
कर्नेलियसको घरमा भएका सबै मानिसहरूसँग कुरा गर्न पत्रुसले सुरु गर्छन् ।
“पत्रुस तिनीहरूसँग बोल्न थाले”
यसको अर्थ तिनले भन्न लागेका कुरा जान्नु विशेष गरी महत्त्वपूर्ण कुरा हो ।
“परमेश्वरले केही मानिसहरूलाई कृपा गर्नुहुन्न”
“उहाँको आराधना गर्ने र धार्मिक काम गर्नेलाई उहाँले स्वीकार गर्नुहुन्छ”
यहाँ “आराधना गर्छ” शब्दहरूको गहिरो आदर र भय भन्ने अर्थ हुन्छ ।
यहाँ “उहाँलाई” शब्दले येशूलाई जनाउँछ ।
कर्नेलियस र तिनका पाहुनाहरूसँग पत्रुसले निरन्तर बोलेका छन् ।
यहाँ “सबै”को अर्थ “सबै मानिसहरू” भन्ने हुन्छ ।
“सारा” शब्द सामान्यकरण हो । वैकल्पिक अनुवादः “यहूदियाभरी” वा “यहूदियामा भएका धेरै ठाउँहरूमा”
“पश्चाताप गर्न र त्यसपछि बप्तिस्मा लिन यूहन्नाले मानिसहरूलाई प्रचार गरेपछि”
यो लामो वाक्य, जुन पद ३६ मा सुरु हुन्छ, यसलाई यूएसटीमा झैँ गरेर थुप्रै वाक्यहरूमा छोटो बनाउन सकिन्छ । “तपाईंहरूलाई थाहा छ ... । तपाईंहरू आफैँलाई थाहा छ ... प्रचार गरे । तपाईंहरूलाई थाहा छ ... शक्तिले ... ”
पवित्र आत्मा र परमेश्वरको शक्ति यस्तो कुनै कुरा हो जसलाई कुनै व्यक्तिमाथि खन्याउन सकिन्छ जस्तो गरी भनिएको छ ।
“सबै” शब्द सामान्यकरण गरिएको हो । वैकल्पिक अनुवादः “तिनीहरू जो दुष्टबाट सताइएका थिए” वा “धेरै मानिसहरू जो दुष्टबाट सताइएका थिए”
“उहाँसित हुनुहुन्थ्यो” भन्नाले “उहाँलाई सहायता गर्दै हुनुहुन्थ्यो” भन्ने अर्थ दिने लक्षणा शब्द हो ।
यहाँ भएका “हामी” र “हामी” शब्दहरूले पत्रुस र प्रेरितहरू र येशू यस पृथ्वीमा हुनुहुँदा उहाँको साथमा भएका विश्वासीहरूलाई जनाउँछन् । यहाँ “उहाँ” र “उहाँलाई” शब्दहरूले येशूलाई जनाउँछन् ।
यसले मुख्य रूपमा त्यो बेलाको यहूदियालाई जनाउँछ ।
यो क्रूसीकरणलाई जनाउने अर्को एउटा वाक्य हो । वैकल्पिक अनुवादः “उहाँलाई काठको क्रूसमा काँटी ठोकेर”
यहाँ बिउँताउनु भनेको मरिगएको कसैलाई पुनः जीवित हुन लगाउने कुरालाई जनाउने वाक्पद्धति हो । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँलाई फेरि जीवित हुन लगाउनुभयो”
“उहाँ मरिसक्नुभएपछिको तेस्रो दिन”
“उहाँलाई मृतकहरूबाट बिउँताइएपछि धेरै मानिसहरूलाई उहाँलाई देख्न अनुमति दिनुभयो”
ती सबैको माझबाट जो मरिगएका छन् । यस अभिव्यक्तिले तल पातालको संसारमा भएका सबै मृत मानिसहरूलाई एकसाथ जनाउँछ ।
यहाँ “हामीलाई” शब्दले पत्रुस र विश्वासीहरूलाई समावेश गर्दछ । यसमा तिनका श्रोताहरू पर्दैनन् ।
पत्रुसले प्रेरितहरू १०:३४ मा कर्नेलियसको घरमा सुरु गरेको आफ्नो मन्तव्यलाई समाप्त गर्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि परमेश्वरले यी येशूलाई चुन्नुभयो”
यसले अझैसम्म जीवित रहेका मानिसहरू र मरिसकेका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “ती मानिसहरू जो जीवित छन् र ती मानिसहरू र जो मरिसकेका छन्”
“सबै अगमवक्ताहरूले येशूको गवाही दिन्छन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले गर्नुभएका कामको कारणले येशूलाई विश्वास गर्ने हरेक व्यक्तिको पाप परमेश्वरले क्षमा गर्नुहुन्छ”
यहाँ “उहाँको नाउँ” भन्नाले येशूका कामलाई जनाउँछ । उहाँको नाउँको अर्थ परमेश्वर हुन्छ जसले बचाउनुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूका लागि येशूले गर्नुभएको कामद्वारा”
यहाँ “ओर्लनुभयो” शब्दको अर्थ हुन्छ, “अचानक आउनुभयो ।” वैकल्पिक अनुवादः “पवित्र आत्मा अचानक आउनुभयो”
यहाँ “सबै”ले त्यस घरमा भएका सबै अन्यजातिहरूलाई जनाउँछ जसले पत्रुसलाई सुनिरहेका थिए ।
यसले तिनीहरूलाई दिइएको पवित्र आत्मा स्वयम्लाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले पवित्र आत्मा खन्याउनुभयो”
पवित्र आत्माको बारेमा उहाँ मानिसहरूमाथि खन्याउन सकिने कुरा भए झैँ गरी भनिएको छ । यसले उदारतापूर्वक दिइएको परिमाणलाई जनाउँछ । वैकल्पिक अनुवादः “उदारतापूर्वक दिइएको”
“सित्तैको वरदान”
यहाँ “पनि” शब्दले यहूदी विश्वासीहरूलाई पवित्र आत्मा यस अगि नै दिइएको भन्ने जनाउँछ ।
“तिनी” र “तिनलाई” भन्ने शब्दहरूले पत्रुसलाई जनाउँछन् ।
यो कर्नेलियसको बारेमा भएको कथाको भागको अन्त्य हो ।
यी ज्ञात बोलिएका भाषाहरू थिए जसको कारण अन्यजातिहरूले साँच्चै परमेश्वरको प्रशंसा गर्दै थिए भन्ने कुरा यहूदीहरूले स्वीकार गरे ।
अन्यजाति विश्वासीहरूलाई बप्तिस्मा दिनुपर्छ भनेर यहूदी ख्रीष्टिएनहरूलाई विश्वस्त तुल्याउनका लागि पत्रुसले यो प्रश्न प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “कसैले पनि यी मानिसहरूले पानीबाट रोक्नु हुँदैन । हामीले तिनीहरूलाई बप्तिस्मा दिनुपर्छ किनकि तिनीहरूले हामीले जस्तै ... प्राप्त गरेका छन् !”
यसको अर्थ यहूदी ख्रीष्टिएनहरूले तिनीहरूलाई बप्तिस्मा दिने छन् भन्ने हो । वैकल्पिक अनुवादः “पत्रुसले अन्यजाति विश्वासीहरूलाई बप्तिस्मा दिनलाई यहूदी ख्रीष्टिएनहरूलाई अनुमति दिनलाई तिनीहरूलाई आज्ञा गरे” वा “पत्रुसले यहूदी ख्रीष्टिएनहरूलाई तिनीहरूलाई बप्तिस्मा दिनलाई आज्ञा गरे”
यहाँ “येशू ख्रीष्टको नाउँमा” भन्ने कुराले तिनीहरूको बप्तिस्माको कारण चाहिँ तिनीहरूले येशूलाई विश्वास गर्नु हो भनेर व्यक्त गर्छ । वैकल्पिक अनुवादः “येशू ख्रीष्टमा विश्वासीहरूको रूपमा बप्तिस्मा लेओ”
1 अहिले यहूदीयामा भएका प्रेरितहरू र भाइहरूले गैरयहूदीहरूले पनि परमेश्वरको वचन ग्रहण गरेका थिए भन्ने सुने । 2 जब पत्रुस यरूशलेममा आए, खतनाको समूहका मानिसहरूले तिनकोको आलोचना गरे । 3 तिनीहरूले भने, “तपाईं बेखतनाका मानसिहरूसँग बस्नुभयो र तिनीहरूसँग खानुभयो ।” 4 तर पत्रुसले तिनीहरूलाई त्यो कुरा विस्तृत रूपमा वर्णन गर्न सुरु गरे; उनले भनेः 5 ‘म योप्पा सहरमा प्रार्थना गरिरहेको थिएँ, र मैले एउटा दर्शन देखेँ जसमा स्वर्गबाट एउटा ठूलो तन्ना जस्तो तलतिर झरिएको थियो । यो मकहाँ आयो । 6 मैले यसलाई एक टक लगाएर हेरेँ र यस बारे सोचेँ । मैले पृथ्वीको चारखुट्टे जनावरहरू, जङ्गली जन्तुहरू, घस्रने जन्तुहरू, र आकासमा उड्ने चराहरू देखेँ। 7 त्यसपछि मैले एउटा आवाजले मलाईं भनेको सुने, “पत्रुस उठ अनि तिनीहरूलाई मारे र खाऊ ।” 8 मैले भने, “प्रभु, यसो होइन, किनभने अहिलेसम्म अपवित्र र अशुद्ध थोक मेरो मुखमा परेकै छैनन् ।” 9 तर स्वर्गबाट फेरि उत्तर आयो, “परमेश्वरले जुन कुराहरूलाई शुद्ध घोषणा गर्नुभएको छ, अशुद्ध नभन ।’’ 10 यो तिन पल्टसम्म भयो, त्यसपछि सबै कुरा स्वर्गतिर फेरि उठाइ लगियो । 11 हेर्नुहोस्, हामी बसको घर अगाडि तिन जना मानिस उभिरहेका थिए । उनीहरूलाई कैसरियाबाट मकहाँ पठाइएको थियो । 12 पवित्र आत्माले मलाईं उनीहरूसँग जानु र मैले तिनीहरूको सम्बन्धमा कुनै विभेद गर्नुहुँदैन भनी आज्ञा दिनुभयो । यी छ जना भाइहरू मसँग गए र हामी त्यो मानिसको घरभित्र गयौँ । 13 उनले स्वर्गदूत तिनको घरमा उभिरहेको कसरी देखेका थिए, र तिनले उनलाई यसो भने भनी हामीलाई बताए, “योप्पामा मानिसहरूलाई पठाऊ र सिमोनलाई फर्काएर ल्याऊ, जसको अर्को नाउँ पत्रुस हो । 14 उनले तिम्रो लागि एउटा सन्देश बताउने छन् जसद्वारा तिमी बचाइनेछौ, तिमी र तिम्रो सबै घराना ।” 15 जब म तिनिहरूसँग बोल्न थालेँ, तिनीहरूमाथि पवित्र आत्मा आउनुभयो, जसरी सुरुमा हामीमाथि आउनुभएको थियो । 16 कसरी उहाँले भन्नुभएको थियो, तब मैले प्रभुका वचनहरूलाई सम्झेँ, ‘‘यूहन्नाले पानीले बप्तिस्मा दिए, तर तिमीहरूलाई पवित्र आत्मामा बप्तिस्मा दिइनेछ ।’’ 17 हामीले प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्दा उहाँले हामीलाई दिनुभएको त्यही वरदान उहाँले तिनीहरूलाई दिनुभयो भने, परमेश्वरको विरोध गर्ने म को थिएँ र ?’’’ 18 जब तिनीहरूले यी कुराहरू सुने, तिनीहरूले कुनै पनि प्रतिकृया जनाएनन् । तर तिनीहरूले परमेश्वरको प्रशंसा गरे र भने, ‘‘परमेश्वरले गैर-यहूदीहरूलाई पनि जीवनको निम्ति पश्चात्ताप दिनुभएको छ ।’’ 19 त्यसकारण स्तिफनसको मृत्युसँगै सुरु भएको कष्ट भोगिरहेका विश्वासीहरू यरूशलेमबाट छरपस्ट भए । यी विश्वासीहरू फोनेसिया, साइप्रस र एन्टिओखियासम्म गए । उनीहरूले येशूको बारेमा सन्देश अरू कसैलाई नबताई यहूदीहरूलाई मात्र बताए । 20 तर तिनीहरूमध्ये केही मानिसहरू साइप्रस र कुरेनीबाटका एन्टिओखियामा आए र ग्रिकहरूसँग पनि बोले र प्रभु येशूको प्रचार गरे । 21 र तिनीहरूसँग प्रभुको हात थियो, ठुलो संख्यामा मानिसहरूले विश्वास गरे र प्रभुतिर फर्के । 22 तिनीहरूको बारेको खबर यरूशलेमको मण्डलीको कानमा आइपुग्यो र तिनीहरूले बारनाबासलाई एन्टिओखियासम्म पठाए । 23 जब उनी आए र परमेश्वरको वरदानलाई देखे, तब उनी खुसी भए, र तिनीहरूको सम्पूर्ण हृदयले प्रभुसँगै रहिरहन उनले उत्साह दिए । 24 बारनाबास एक असल र पवित्र आत्माले भरिएका र विश्वासमा परिपक्व मानिस थिए, र प्रभुमा धेरै मानिसहरू थपिए । 25 तब बारनाबास शाऊललाई खोज्नका निम्ति टार्ससतिर गए । 26 जब उनले तिनलाई भेटाए, तब उनले तिनलाई एन्टिओखियामा ल्याए । तिनीहरू पुरै वर्षभरी नै मण्डलीमा सँगसँगै भेला भए र धेरै मानिसहरूलाई सिकाए । एन्टिओखियामा नै पहिलोपल्ट चेलाहरूलाई ख्रीष्टियान भनियो । 27 अब यी दिनहरूमा केही अगमवक्ताहरू यरूशलेमबाट तल एन्टिओखियामा आए । 28 तिनीहरूमध्ये एक जना अगाबस नाउँ गरेका उभिएर संसारभरि नै ठुलो अनिकाल आउन लागेको छ भनी आत्माले देखाउनुभयो । क्लाउडियसका दिनहरूमा यस्तो भयो । 29 त्यसैले सक्ने जति हरेक चेलाहरूले यहूदियामा भएका भाइहरूलाई सहायता पठाउने निर्णय गरे । 30 तिनीहरूले त्यसो गरेपछि, तिनीहरूले शाऊल र बारनाबासको हातमा एल्डरहरूकहाँ पैसा पठाए ।
सुरुका विश्वासीहरू प्रायः धेरै सङ्ख्यामा यहूदीहरू नै थिए । धेरै अन्यजातिले येशूमा विश्वास गर्न सुरु गरेका कुरा लूकाले यस अध्यायमा लेखेका छन् । येशूको बारेमा प्रचार भएको सन्देश साँचो हो भनी तिनीहरूले विश्वास गरे । यसैले “परमेश्वरको वचन ग्रहण” गर्न सुरु गरे । अन्यजातिले साँचो रूपले येशूको अनुसरण गर्न सक्छन् भनेर यरूशलेममा भएका विश्वासीहरूले विश्वास गर्न सकेनन् । यसैले पत्रुस तिनीहरूकहाँ गए र तिनलाई के भयो अनि कसरी अन्यजातिले परमेश्वरको वचन ग्रहण गरे र पवित्र आत्मा पाए भनेर तिनीहरूलाई सुनाए ।
यो कथामा एउटा नयाँ घटनाको सुरुवात हो ।
पत्रुस यरूशलेम आइपुग्छन् र त्यहाँका यहूदीहरूसँग कुरा गर्न सुरु गर्छन् ।
यसले कथाको नयाँ भागलाई अङ्कित गर्छ ।
यहाँ “भाइहरू” भन्ने वाक्यांशले यहूदियामा भएका विश्वासीहरूलाई जनाउँछ ।
“जो यहूदियाको प्रान्तमा थिए”
यो चाहिँ अन्यजातिहरूले येशू ख्रीष्टको सुसमाचारमा विश्वास गर्दै थिए भनेर जनाउने अभिव्यक्ति हो । वैकल्पिक अनुवादः “येशूको बारेमा भएको परमेश्वरको सन्देशलाई विश्वास गरे”
इस्राएलमा भएका अरू ठाउँभन्दा उचाइका हिसाबले यरूशलेम माथि थियो । यसैले इस्राएलीहरूका लागि माथि यरूसलेम जाने र त्यहाँबाट तल आउने भन्ने सामान्य चलन थियो ।
यी केही यहूदीहरूलाई जनाएर भनिएको हो जसले विश्वास गर्थे कि हरेक विश्वासीको खतना हुनुपर्छ । वैकल्पिक अनुवादः “यरूशलेममा भएका केही यहूदी विश्वासीहरू जसले ख्रीष्टका सबै अनुयायीहरूको खतना भएको चाहन्थे”
“खतना नभएका मानिसहरू” भन्ने वाक्यांशले अन्यजातिहरूलाई जनाउँछ ।
यहूदीहरूले अन्यजातिहरूसँग बसेर खानु यहूदी परम्पराको विरुद्धमा थियो ।
पत्रुसले आफ्नो दर्शन र कर्नेलियसको घरमा भएको घटना सुनाएर यहूदीहरूलाई जवाफ दिन्छन् ।
पत्रुसले यहूदी विश्वासीहरूको आलोचना गरेनन्, तर मित्रवत् तरिकाले व्याख्या गर्दै प्रतिक्रिया जनाए ।
“ठ्याक्कै जे भएको थियो”
जनावरहरू भएको भाँडो चाहिँ एउटा ठूलो वर्गाकारको तन्ना जस्तो थियो । तपाईंले यसलाई प्रेरितहरू १०:११ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“त्यसको चारै कुना अड्याएर” वा “चार कुरा अरूभन्दा माथि उचालेर ।” तपाईंले यसलाई प्रेरितहरू १०:११ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
पत्रुसको जवाफबाट, यो बुझ्न सकिन्छ कि मोशाको व्यवस्थाले यहूदीहरूलाई तीमध्ये केही नखानलाई आज्ञा गरेको थियो । तपाईंले यस्तै समान वाक्यांशलाई [प्रेरितहरू १०:१२]
यसले शायद मानिसहरूले बाँधेर नराख्ने वा राख्न नसक्ने र नियन्त्रणमा नलिने वा लिन नसक्ने जनावरहरूलाई जनाउँछ ।
यिनीहरू सरीसृप हुन् ।
बोल्ने व्यक्तिका बारेमा विशेष जानकारी छैन । त्यो “आवाज” शायद परमेश्वरको थियो । यद्यपि त्यो परमेश्वरको स्वर्गदूतले बोलेको पनि हुन सक्छ । तपाईंले “आवाज”लाई [प्रेरितहरू १०:१३]
“म त्यसो गर्नेछैन ।” तपाईंले यसलाई प्रेरितहरू १०:१४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
पुरानो करारमा भएका यहूदीहरूको व्यवस्थाले यहूदीहरूलाई तन्नामा भएका जनावरहरू खानलाई मनाही गर्थ्यो । यसलाई सकारात्मक तवरमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले पवित्र र शुद्ध पशुहरूको मात्र मासु खाएको छु”
पुरानो करारको यहूदी व्यवस्थामा कुनै पनि व्यक्ति विभिन्न किसिमले “अशुद्ध” हुन्थ्यो, जस्तो कि मनाही गरिएका जनावरहरू खाएर अशुद्ध बन्थ्यो ।
यसले तन्नामा भएका पशुहरूलाई जनाउँछ ।
पत्रुसले देखका हरेक कुरा तीनपटक दोहोरिएका नहुन सक्छन् । यसको अर्थ शायद, “परमेश्वरले जेलाई शुद्ध पार्नुभएको छ, तिमीले त्यसलाई अशुद्ध नभन,” भन्ने वाक्य तीनपटक दोहोरिएको हुन सक्छ । तापनि, विस्तृत वर्णन गर्नुको साटोमा “तीनपटक यस्तो भयो” भनेर लेख्नु नै असल हुन्छ । तपाईंले “तीनपटक यस्तो भयो” भन्ने कुरालाई प्रेरितहरू १०:१६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यहाँ “हामी” शब्दले पत्रुस र योप्पामा भएका विश्वासीहरूलाई जनाउँछ । यसले यति बेला यरूशलेममा भएका तिनका श्रोतालाई जनाउँदैन ।
यो शब्दले हामीलाई कथामा आएका नयाँ मानिसहरूप्रति सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ ।
“तत्कालै” वा “त्यही समयमा”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले तिनीहरूलाई पठाएको थियो”
“कि मैले तिनीहरू अन्यजातिहरू थिएभन्ने कुरालाई मतलब गर्नुहुँदैन”
“यी छ भाइहरू मसँगै कैसरियामा गए”
“यी छ यहूदी विश्वासीहरू”
यसले कर्नेलियसको घरलाई जनाउँछ ।
“सिमोन जसलाई पत्रुस पनि भनिन्छ ।” तपाईंले ठीक यही वाक्यांशलाई प्रेरितहरू १०:३२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यसले घरानामा भएका सबै मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिम्रो घरमा बसेका हरेक व्यक्ति”
यहाँ “हामीमाथि” शब्दले पेन्तिकोसको दिनमा पवित्र आत्मा पाएका पत्रुस, प्रेरितहरू र यहूदी विश्वासीहरूमध्ये जोसुकैलाई जनाउँछ ।
यसको अर्थ हो, पत्रुसले बोलेर सिध्याएका थिएनन्, तर अझ धेरै कुरा भन्ने विचार गरेका थिए ।
कथालाई छोट्याउनका लागि पत्रुसले केही कुरा भन्न छोडिदिएका छन् । वैकल्पिक अनुवादः “अन्यजातिहरूमाथि पवित्र आत्मा आउनुभयो, जसरी पेन्तिकोसको दिनमा यहूदी विश्वासीहरूमाथि आउनुभएको थियो”
पत्रुसले पेन्तिकोसको दिनलाई अङ्कित गर्दै छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई पवित्र आत्मामा बप्तिस्मा दिनुहुनेछ”
“तिनीहरूलाई” शब्ले कर्नेलियस र तिनका अन्यजाति पाहुनाहरू र उनको घरानालाई जनाउँछ । पत्रुसले यरूशलेमका यहूदी विश्वासीहरूलाई दिएको विवरणमा तिनीहरूलाई अन्यजाति भनेर भन्दैनन् । “तिनीहरू” शब्दले पत्रुसले प्रचार गरेका अन्यजाति विश्वासीहरूलाई जनाउँछ । अनि “हामी” शब्दले सबै यहूदी विश्वासीहरूलाई समावेश गर्दछ ।
पत्रुसले यहूदीहरूको लागि आफ्नो दर्शन र कर्नेलियसको घरमा भएको कुराको बारेमा भएको आफ्नो मन्तव्यलाई (जुन उनले प्रेरितहरू ११:४) मा सुरु गरे) अन्त्य गर्छन् ।
पत्रुसले परमेश्वरको आज्ञापालन गर्ने कार्य मात्र गरे भन्ने कुरामा जोड दिनका लागि तिनले यो प्रश्न सोधेका हुन् । वैकल्पिक अनुवादः “परमेश्वरले नै तिनीहरूलाई दिनुभएको हुनाले ... मैले परमेश्वरको विरोध गर्न सकिन !”
पत्रुसले पवित्र आत्माको वरदानलाई अङ्कित गरिरहेका छन् ।
“तिनीहरूले पत्रुससँग वादविवाद गरेनन्”
“परमेश्वरले पश्चात्ताप दिनुभएको छ जसले अन्यजातिहरूलाई पनि जीवनमा डोहोर्याउँछ ।” यहाँ “जीवन” शब्दले अनन्त जीवनलाई जनाउँछ । भाववाचक नाउँ “पश्चाताप” र “जीवन”लाई क्रियापदका रूपमा “पश्चाताप गर्न” “बाँच्न” भनेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पश्चाताप गर्न र अनन्द जीवन जिउने अनुमति परमेश्वरले अन्यजातिहरूलाई पनि दिनुभएको छ”
यसले स्तिफनसलाई ढुङ्गा हानिएपछि भागेका विश्वासीहरूलाई के भयो भनेर लूकाले बताउँछन् ।
यसले कथाको नयाँ भागलाई परिचय गराउँछ ।
यहूदीहरूले येशूका अनुयायीहरूलाई सताउन थाले किनभने स्तिफनसले त्यस्ता कुराहरू भनेका थिए वा गरेका थिए जुन यहूदीहरूले मन पराएनन् । यस सतावटको कारण, धेरैजसो येशूका अनुयायीहरूले यरूशलेम छाडे र थुप्रै विभिन्न ठाउँहरूमा गए ।
“ती थुप्रै विभिन्न दिशाहरूमा गए”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई यहूदीहरूले सताइरहेका थिए र त्यसैले यरूशलेम छाडेका थिए”
स्तिफनसले भनेका र गरेका कुराको कारण भएको सतावट
विश्वासीहरूले परमेश्वरको सन्देश यहूदीहरूका लागि मात्रै हो, र अन्यजातिहरूका लागि होइन भनी विचार गरे ।
यी ग्रीक भाषा बोल्ने मानिसहरू अन्यजातिहरू थिए, यहूदीहरू थिएनन् । वैकल्पिक अनुवादः “ग्रीक भाषा बोल्ने अन्यजातिहरूसँग पनि बोले”
परमेश्वरको हातले उहाँको शक्तिशाली मदतलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले ती विश्वासीहरूलाई प्रभावकारी ढङ्गमा प्रचार गर्नलाई सक्षम पारिरहनुभएको थियो”
यहाँ “प्रभुतिर फर्के” भनेको प्रभुको आज्ञापालन गर्न सुरु गर्ने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “र तिनीहरूले तिनीहरूका पापहरूको पश्चाताप गरे र प्रभुको आज्ञापालन गर्न सुरु गरे”
यी पदहरूमा “तिनी” शब्दले बारनाबासलाई जनाउँछ । “तिनीहरू” शब्दले यरूशलेमका मण्डलीका विश्वासीहरूलाई जनाउँछ । “तिनीहरूलाई” र “तिनीहरूको” भन्ने शब्दहरूले नयाँ विश्वासीहरूलाई जनाउँछन् (प्रेरितहरू ११:२०) ।
यहाँ “कान”ले विश्वासीहरूले त्यस घटनाको बारेमा सुनेको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “मण्डलीमा भएका विश्वासीहरू”
“परमेश्वरले कसरी दयापूर्वक रीतिमा विश्वासीहरूतर्फ व्यवहार गर्नुभयो भनी देखे”
“उनले तिनीहरूलाई उत्साह दिइरहे”
“प्रभुसँग विश्वासयोग्य रहन” वा “प्रभुमा भरोसा गर्न सुरु गर्न”
यहाँ “हृदय”ले व्यक्तिको इच्छा र चाहनालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूको सारा इच्छाले” वा “पूर्ण प्रतिबद्धताका साथ”
बारनाबासले पवित्र आत्माको आज्ञा माने र पवित्र आत्माले बारनाबासलाई नियन्त्रण गर्नुभयो ।
यहाँ “थपिए” भन्नुको अर्थ अरूहरूले विश्वास गरेका कुरामा तिनीहरूले पनि विश्वास गरे भन्ने हो । वैकल्पिक अनुवादः “अरू धेरै मानिसहरूले पनि प्रभुमा विश्वास गरे”
यहाँ “तिनी” शब्दले बारनाबासलाई जनाउँछ र “उनलाई” शब्दले शाऊललाई जनाउँछ ।
“टार्ससको सहरतिर”
शाऊललाई भेट्टाउन बारनाबासलाई शायद केही समय लाग्यो र प्रयास गर्नुपर्यो ।
यसले कथामा नयाँ घटनालाई सुरुवात गर्छ ।
“बारनाबास र शाऊल मण्डलीसँगै भेला भए”
यसको अर्थ हो कि अरू मानिसहरूले विश्वासीहरूलाई यो नाउँले बोलाए । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एन्टिओखियाका मानिसहरूले चेलाहरूलाई ख्रीष्टिएनहरू भनी बोलाए”
“एन्टिओखियामा पहिलो पटक”
यहाँ लूकाले एन्टिओखियामा भएको एउटा अगमवाणीको बारेमा पृष्ठभूमि जानकारी बताउँछन् ।
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ ।
यरूशलेम एन्टिओखिया भन्दा उचाइमा अग्लो थियो, त्यसैले इस्राएलीहरूले माथि यरूशलेम जाने भन्नु र त्यहाँबाट तल झर्ने भन्नु चाहिँ सामान्य कुरा थियो ।
“जसको नाउँ अगाबस थियो”
“पवित्र आत्माले तिनलाई अगमवाणी बोल्न सक्षम तुल्याउनुभयो”
“खानेकुराको ठूलो अभाव आउनेछ”
तिनीहरूलाई चासो भएको संसारको भागलाई जनाउने यो सामान्यीकरण गरिएको कुरा थियो । वैकल्पिक अनुवादः “बसोबास रहेको सारा संसारभरी” वा “रोमी साम्राज्यभर”
क्लौडियस त्यो समयका रोमी सम्राट हुन् भनेर लूकाको पाठकले जान्दथे । वैकल्पिक अनुवादः “जब क्लौडियस रोमी सम्राट थिए”
यहाँ “तिनीहरू” र “तिनीहरू” शब्दहरूले एन्टिओखियाको मण्डलीमा भएका विश्वासीहरूलाई जनाउँछन् । (प्रेरितहरू ११:२७) ।
यो पहिले भएको कुनै घटनाको कारणले कुनै अर्को घटना घट्दै छ भनी जनाउने शब्द हो । यहाँ तिनीहरूले अगाबसको अगमवाणी वा अनिकालको कारणले गर्दा पैसा पठाए ।
धनी मानिसहरूले धेरै पठाए; गरिबहरूले थोरै पठाए ।
“यहूदियामा भएका विश्वासीहरू”
हात भनेको सम्पूर्ण व्यक्तिको कार्यलाई जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “बारनाबास र शाऊललाई तिनीहरूकहाँ लैजान लगाएर”
1 त्यसै समयमा हेरोद राजाले केही मानिसहरूमाथि हात हाल्न र समूहका केहीलाई दुर्व्यवहार समेत गर्न थाले । 2 उनले यूहन्नाको भाइ याकूबलाई तरवारले मारे । 3 त्यसपछि यस कुराले यहूदीहरूलाई प्रसन्न पारेको देखेपछि, उनी पत्रुसलाई पनि पक्रन अगि बढे । यो अखमिरी रोटीको चाडको समय थियो । 4 उनलाई पक्रेपछि, तिनले झ्यालखानामा हाले र उनलाई सुरक्षा गर्न चारवटा सैनिक दललाई खटाए । निस्तार चाडपछि उनलाई मनिसहरूका बिचमा ल्याउने तिनले विचार गरिरहेका थिए । 5 त्यसकारण पत्रुस झ्यालखानामा हालिए, तर उनको निम्ति समूहले यत्नपूर्वक परमेश्वरसँग प्रार्थना गरेका थिए । 6 हेरोदले तिनलाई बाहिर ल्याउन खोजेको अघिल्लो दिन, त्यस रातमा पत्रुस दुई जना सिपाहीका बिचमा दुईवटा साङ्लाले बाँधिएर सुतिरहेका थिए । ढोकाको अगाडि पहरेदारहरूले झ्यालखानाको सुरक्षा दिइरहेका थिए । 7 तब अचानक तिनको छेउमा प्रभुका दूत देखा परे र त्यस कोठामा ज्योति चम्क्यो । उनले पत्रुसको कोखामा हिर्काएर तिनलाई उठाए र भने, “छिटो उठ ।” त्यसपछि तिनका हातहरूबाट साङ्लाहरू झरे । 8 स्वर्गदूतले तिनलाई भने, “तिमी आफैँले कपडाहरू र चप्पलहरू लगाऊ ।” पत्रुसले त्यसै गरे । स्वर्गदूतले तिनलाई भने, “आफ्ना बाहिरी वस्त्रहरू लगाऊ र मलाई पछ्याऊ ।’’ 9 त्यसकारण पत्रुसले स्वर्गदूतलाई पछयाए र बाहिर गए । स्वर्गदूतले जुन काम गरेका थिए त्यो वास्तविक थियो भन्ने कुरा पत्रुसलाई थाहा नै थिएन । उनले दर्शन देखिरहेको छु भनी विचार गरे। 10 त्यसपछि पहिलो र दोस्रो पहरेदारलाई पार गरी सकेपछि, तिनीहरू सहरतिर डोर्याउने फलामे ढोकामा आइपुगे; यो तिनीहरूका निम्ति आफैँ खोलियो । तिनीहरू बाहिर गए र तलतिरको गल्लीमा गए र ठिक त्यही समयमा स्वर्गदूतले तिनलाई छाडेर गए । 11 जब पत्रुस आफ्नो होशमा आए, उनले भने, “अहिले मलाई साँच्चै थाहा भयो कि प्रभुले आफ्ना स्वर्गदूत पठाएर हेरोदको हातबाट यहूदी मानिसहरूले आशा गरेको कुराबाट मलाई छुटकारा दिनुभयो ।” 12 उनले यो महसुस गरेपछि, उनी मर्कूस उपनाउँ गरेका यूहन्नाकी आमाको घरमा आए; त्यहाँ धेरै विश्वासीहरू भेला भएर प्रार्थना गरिरहेका थिए । 13 जब उनले ढोका ढकढक्याए, तब रोधा नाउँ गरेकी एकजना दासी केटी ढोका खोल्न आइन् । 14 जब तिनले पत्रुसको आवाजलाई चिनिन्, तब आनन्दले भरिएर ढोका खोल्नै भुलिन् अनि कुद्दै कोठाभित्र आइन् र पत्रुस ढोकानिर उभिरहेका थिए भनी सुनाइन् । 15 त्यसैले तिनीहरूले तिनलाई भने, “तिमी बहुलाएकी छौ ।” यो त्यस्तै नै थियो भनी तिनले जिद्दी गरिन् । तिनीहरूले भने, “यो उनको स्वर्गदूत हो ।” 16 तर पत्रुसले निरन्तर ढोका ढकढक्याइरहे र जब तिनीहरूले ढोका खोले, तिनीहरूले उनलाई देखे र चकित भए । 17 पत्रुसले तिनीहरूलाई चुप रहन हातले इसारा गरे र प्रभुले उनलाई कसरी कैदबाट बाहिर ल्याउनुभयो तिनीहरूलाई भने । उनले भने, “याकूब र भाइहरूलाई यी कुराहरू बताइदेओ ।” त्यसपछि उनले त्यो ठाउँ छाडे र अर्को ठाउँतिर गए । 18 जब उज्यालो भयो, पत्रुसलाई के भयो होला भनी त्यहाँ सिपाहीहरूको माझमा कम्ति उत्तेजना भएन । 19 हेरोदले उनलाई खोजे र भेटाउन नसकेपछि, तिनले पहरेदारहरूलाई प्रश्न गरे र तिनीहरूलाई मृत्युदण्डको हुकुम दिए । त्यसपछि तिनी यहूदियाबाट कैसरियामा झरे र त्यहीँ बसे । 20 हेरोद सीदोन र टुरोसका मानिसहरूसँग साह्रै रिसाएका थिए । तिनीहरू उनीकहाँ सँगै गए । तिनीहरूलाई सहयोग गर्नका निम्ति राजाका सहायक बलस्तसलाई मनाए । अनि तिनीहरूले शान्तिको लागि बिन्ती गरे, किनभने तिनीहरूको देशले राजाको देशबाट खाद्यान्न प्राप्त गर्ने गर्दथ्यो । 21 एउटा तोकिएको दिनमा राजकीय पहिरन पहिरिएर हेरोद सिंहासनमा बसे, उनले तिनीहरूलाई भाषण दिए । 22 मानिसहरूले यसो भन्दै चिच्च्याए “यो त ईश्वरको अवाज हो, मानिसको होइन ।” 23 तिनले परमेश्वरलाई महिमा नदिएका हुनाले तुरुन्तै प्रभुका एउटा दूतले तिनलाई प्रहार गरे, अनि किरा परेर तिनी तिनी मरे । 24 तर परमेश्वरको वचन वृद्धि र गुणात्मक हुँदै गयो । 25 शाऊल र बारनाबासले यरूशलेमको तिनीहरूको मिसन पुरा गरेपछि, तिनीहरूले आफूसँगै यूहन्नालाई लिएर गए, जसको अर्को नाउँ मर्कूस थियो ।
बारनाबासले शाऊललाई टार्ससबाट फर्काएर ल्याउँदा र तिनीहरूले एन्टिओखियाले पठाएको रूपयाँ यरूशलेममा दिन लाग्दा (११:२५-३०) हेरोद राजालाई के भयो भनेर अध्याय १२ ले हामीलाई भन्दछ । उसले मण्डलीका धेरै जना अगुवालाई मार्यो र पत्रुसलाई झ्यालखानामा हाल्यो । पत्रुसलाई झ्यालखानाबाट उम्कन परमेश्वरले मद्दत गर्नुभयो । त्यसपछि हेरोदले उक्त झ्यालखानाका रक्षकहरू मारिदियो । अनि परमेश्वरले हेरोदलाई नै मारिदिनुभयो । यस अध्यायको आखिरी पदमा, लूकाले बारनाबास र शाऊल एन्टिओखियामा फर्केर गएका कुरा गरेका छन् ।
“परमेश्वरको वचन” बढ्न र धेरै सङ्ख्या हुन सक्ने कुनै जीवित थोक भए झैँ गरी लेखकले बताएका छन् । अनि
यो हेरोदले याकूबलाई मारेको बारेमा भएको पृष्ठभूमि जानकारी हो ।
यसले नयाँ सतावटलाई सुरु गर्छ, पहिले याकूबको मृत्यु र त्यसपछि पत्रुसलाई झ्यालखानामा हालिएको र छुटकारा पाएको कुरा छ ।
यसले कथाको नयाँ भागलाई सुरु गर्छ ।
यसले अनिकालको समयलाई जनाउँछ ।
यसको अर्थ हो कि हेरोदले विश्वासीहरूलाई गिरफ्तार गर्न लगाए । तपाईंले यसलाई [प्रेरितहरू ५:१८]
केवल याकूब र पत्रुसलाई उल्लेख गरिएको छ, जसको अर्थ हुन जान्छ कि यिनीहरू यरूशलेममा भएको मण्डलीका अगुवाहरू थिए ।
“विश्वासीहरूलाई कष्ट भोग्न लाउन”
यसले याकूबलाई कसरी मारिएका थिए भन्ने कुरा बताउँछ ।
सम्भावित अर्थहरू हुन् १) हेरोद आफैँले याकूबलाई मारे वा २) हेरोदले याकूबलाई मार्नका लागि कसैलाई अह्राए । वैकल्पिक अनुवादः “हेरोदले आदेश दिए र तिनीहरूले याकूबलाई मारे”
यहाँ “उनले” शब्दले हेरोदलाई जनाउँछ (प्रेरितहरू १२:१) ।
“याकूबलाई मारेको कुराले यहूदीहरूलाई प्रसन्न पारेको कुरा जब हेरोदले थाहा पाए”
“यहूदी अगुवाहरूलाई खुशी बनायो”
“हेरोदले यसो गरे” वा “यसो भयो”
यसले निस्तारचाडको समय अवधिको यहूदी धार्मिक चाडको समयलाई जनाउँछ । वैकल्पिक अनुवादः “यहूदी मानिसहरूले खमिर नहाली रोटी खाने चाड”
“सिपाहीहरूको चार समूह ।” हरेक समूहमा चार सिपाही थिए जसले पत्रुसको निगरानी गर्थे, एउटा समूहले एकपटक निगरानी गर्थ्यो । त्यस समूहले २४ घण्टालाई चार भागमा विभाजन गर्यो । हरेक पटख दुई जना सिपाही तिनको नजिक बस्थे र दुई जना प्रवेशद्वारमा बस्थे ।
“हेरोदले मानिसहरूका बीचमा पत्रुसको न्याय गर्ने विचार गरे” वा “हेरोदले यहूदी मानिसहरूका बीचमा पत्रुसको न्याय गर्ने विचार गरे”
यसले सिपाहीहरूले झ्यालखानामा निरन्तर रूपमा पत्रुसको निगरानी गरेका थिए भनेर जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसैले सिपाहीहरूले पत्रुसलाई झ्यालखानामा निगरानी गरिरहेका थिए”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यरूशलेमका विश्वासीहरूको समूहले परमेश्वरसँग आग्रहपूर्वक प्रार्थना गरे”
निरन्तर र समर्पणताका साथ
हेरोदले तिनलाई मार्न चाहान्थे भनेको कुरालाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “हेरोदले पत्रुसलाई झ्यालखानाबाट केरकार गर्नका लागि बाहिर निकाल्ने र त्यसपछि तिनलाई मृत्युदण्ड दिन लागेको दिनभन्दा अगाडि यसो भयो”
“दुईवटा साङ्लाले बन्धनमा राखेर” वा “दुईवटा साङ्लाले कस्सिएर ।” प्रत्येक साङ्लालाई पत्रुसको साथमा बसेका दुई जना सिपाहीसँग एकएक गरी बाँधेर राखिएको थियो ।
“झ्यालखानाको ढोकाहरूको पहरेदारी गरिरहेका थिए”
“तिनलाई” र “तिनको” शब्दहरूले पत्रुसलाई जनाउँछन् ।
यो शब्दले हामीलाई यसपछि आउने आश्चर्यजनक जानकारीप्रति ध्यान दिनलाई सचेत गराउँछ ।
“तिनको अगाडि” वा “उनको छेउमा”
“झ्यालखानाको कोठामा”
“दूतले पत्रुसलाई थपथपाए” वा “दूतले पत्रुसलाई घोचे ।” पत्रुस यति गहिरो निद्रामा सुतेका थिए कि तिनलाई बिउँझाउन यसो गर्न आवश्यक भयो ।
दूतले साङ्लाहरूलाई नछोइकनै पत्रुसको हातबाट झर्ने तुल्याए ।
“पत्रुसले दूतले तिनलाई गर्नु भने झैँ गरे” वा “पत्रुसले माने”
यहाँ “तिनी” शब्दले पत्रुसलाई जनाउँछ । “तिनीहरू” र “तिनीहरू” शब्दले पत्रुस र स्वर्गदूतलाई जनाउँछन् ।
“तिनले बुझेनन्”
यसलाई कर्तृ वाच्यमा परिवर्तन गर्न सकिन्थ्यो । वैकल्पिक अनुवादः “स्वर्गदूतले गरेका कामहरू वास्तविक थिए” वा “स्वर्गदूतले गरेका कामहरू साँच्चै भइरहेका थिए”
यसको अर्थ पत्रुस र स्वर्गदूत हिँडिरहेका बेलामा सिपाहीहरूले तिनीहरूलाई देख्न सकेनन् । वैकल्पिक अनुवादः “तिनीहरू हिँडिरहँदा पहिलो र दोस्रो पहरेदारले तिनीहरूलाई देख्न सकेनन्, र त्यसपछि”
“हिँडेर कटाएका थिए”
“पहरेदार” शब्दको अर्थ यस अगिको वाक्यबाट बुझ्न सकिन्छ । वैकल्पिक अनुवादः “र दोस्रो पहरेदार”
“पत्रुस र स्वर्गदूत फलामे ढोकामा आइपुगे”
“जुन सहरतिर खुल्थ्यो” वा “जुन झ्यालखानाबाट सहरतिर जान्थ्यो”
यहाँ “आफैँ” शब्दको अर्थ पत्रुसले वा स्वर्गदूतले ढोका खोलेका होइनन् भन्ने हुन्छ । वैकल्पिक अनुवादः “ढोका तिनीहरूको निम्ति उघ्रियो” वा “ढोकाले आफैँले तिनीहरूको लागि खोल्यो”
“गल्ली हुँदै गए”
“पत्रुसलाई अचानक छोडे” वा “अचानक बिलाए”
यो एउटा वाक्पद्धति हो । वैकल्पिक अनुवादः “जब पत्रुस पूर्ण रूपमा सजग र सचेत बने” वा “जब पत्रुसले जे भएको थियो त्यो साँचो हो भन्ने कुरा थाहा पाए”
यहाँ “हेरोदको हात” भन्ने कुराले “हेरोदको पकड” वा “हेरोदका योजनाहरू”लाई जनाउँछ । वैकल्पिक अनुवादः “हेरोदले मलाई हानि गर्नलाई बनाएको योजनाबाट मलाई छुटकारा दिनुभयो”
“मलाई उद्धार गर्नुभयो”
यहाँ “यहूदीहरूका मानिसहरू” भन्नाले मुख्य गरी शायद यहूदी अगुवाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “ती सबै कुराहरू जुन यहूदी अगुवाहरूले मलाई हुनेछ भनी सोचेका थिए”
परमेश्वरले उनलाई छुटकारा दिनुभएको बारेमा सचेत भए ।
यूहन्नालाई मर्कुस पनि भनिन्थ्यो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यूहन्ना, जसलाई मानिसहरूले मर्कुस पनि भन्थे”
यहाँ “तिनले” र “तिनी” शब्दहरू सबैले नोकर्नी ठिटी रोदालाई जनाउँछन् । यहाँ “तिनीहरू” र “तिनीहरू” शब्दहरूले भित्र प्रार्थना गरिरहेका मानिसहरूलाई जनाउँछन् (प्रेरितहरू १२:१२) ।
“पत्रुसले ढक्ढक्याए ।” तपाईं कसैलाई भेट्न चाहनुहुन्छ भनी तिनीहरूलाई थाहा गराउन ढोका ढकढक्याउनु भनेको सामान्य यहूदी परम्परा थियो । तपाईंको संस्कृतिअनुसार मिल्दो तुल्याउन तपाईंले यसलाई बदल्नुपर्ने हुन सक्छ ।
“बाहिरी ढोकामा” वा “सडकबाट आँगनमा छिर्ने ढोकामा”
“कसले ढोका ढक्ढक्याइरहेको थियो भनी सोध्नलाई ढोकामा आइन्”
“किनकि तिनी अति आनन्दित थिइन्” वा “अति उत्तेजित भएर”
“ढोका खोलिनन्” वा “ढोका खोल्नै बिर्सिन्”
तपाईंले “कुदेर घरभित्र भएको कोठामा गइन्” लेख्न सक्नुहुन्छ ।
“तिनले तिनीहरूलाई बताइन्” वा “तिनले भनिन्”
“ढोका बाहिर उभिइरहेका ।” पत्रुस अझै बाहिरै उभिइरहेका थिए ।
मानिसहरूले तिनीमाथि विश्वास नगरेका मात्र होइनन्, तिनलाई तिनी बहुलाएकी छन् भनेर पनि गाली गरे । वैकल्पिक अनुवादः “तिमी पागल भएकी छ्यौ”
“तिनले आफूले भनेको कुरा सत्य हो भनी जिद्दी गरिन्”
“तिनीहरूले जवाफ दिए”
“तिमीले देखेको कुरा पत्रुसको स्वर्गदूत हो ।” केही यहूदीहरूले संरक्षण गर्ने स्वर्गदूतमाथि विश्वास गर्थे र तिनीहरूले शायद पत्रुसको स्वर्गदूत तिनीहरू भएका ठाउँमा आएछन् भनी ठाने ।
यहाँ “तिनीहरूले” र “तिनीहरूलाई” भन्ने शब्दहरूले त्यस घरभित्र भएका मानिसहरूलाई जनाउँछन् । “तिनी” र “तिनले” शब्दहरूले पत्रुसलाई जनाउँछन् ।
“निरन्तर” शब्दले पत्रुसले तिनीहरूले भित्र कुरा गरेको समयभर नै निरन्तर रूपमा ढोका ढकढक्याइरहे भन्ने बुझाउँछ ।
“यी कुराहरू भन”
“अरू विश्वासीहरू”
यहाँ “तिनी” शब्दले पत्रुसलाई जनाउँछ । “उनले” शब्दले हेरोदलाई जनाउँछ ।
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । समय बितेको छ; यो अब अर्को दिन हो ।
“बिहान”
त्यहाँ वास्तवमा के भएको थियो भन्ने कुरामा जोड दिन यो वाक्यांशको प्रयोग भएको छ । यसलाई सकारात्मक तरिकाले लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “पत्रुसलाई के भएको थियो भन्ने बारेमा सिपाहीहरूको माझमा ठूलो हलचल भयो”
भाववाचक नाउँ “हलचल”लाई “व्याकुल भए” वा “निराश भए” भनेर लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “पत्रुसलाई के भएको थियो भन्ने बारेमा सिपाहीहरू धेरै निराश थिए”
“हेरोदले पत्रुसलाई खोजेर भेट्टाउन नसकेपछि”
सम्भावित अर्थहरू हुन् १) “जब पत्रुस हराइरहेका थिए भन्ने कुरा हेरोदले सुने, तिनी आफैँ झ्यालखानामा खोज्न गए” वा २) जब पत्रुस हराइरहेका थिए भन्ने कुरा हेरोदले सुने, तिनले सिपाहीहरूलाई तिनको खोजी गर्नको लागि पठाए”
पहरेदारहरूले रेखदेख गरेका कैदी भागे भने ती नै पहरेदारहरूलाई मार्ने कुरा रोमी सरकारमा सामान्य किसिमको दण्ड थियो ।
यहाँ “तल गए” भन्ने वाक्यांश प्रयोग गरिएको छ किनभने कैसरिया उचाइमा यहूदियाभन्दा तल पर्छ ।
लूकाले हेरोदको जीवनको अर्को घटनालाई लिएर अगाडि बढ्छन् ।
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ ।
यहाँ “तिनीहरू” शब्द सामान्यीकरण हो । टुरोस र सिदोनका सबै मानिस हेरोदकहाँ गएको भन्ने कुरा असम्भव हो । वैकल्पिक अनुवादः “टुरोस र सीदोनको प्रतिनिधित्व गर्ने मानिसहरू हेरोदसँग कुरा गर्नको लागि सँगै गए”
“यी मानिसहरूले बलस्तसलाई मनाए”
बलस्तस राजा हेरोदका सहयोगी वा एक अधिकारी थिए ।
“यी मानिसहरूले शान्तिको लागि अनुरोध गरे”
तिनीहरूले शायद यो खाद्यान्न खरिद गर्दथे । वैकल्पिक अनुवादः “टुरोस र सिदोनका मानिसहरूले आफ्ना सबै खाद्यान्न हेरोदले शासन गरेका मानिसहरूकहाँबाट खरिद गरेर ल्याउँथे”
यसको अर्थ हो, यो खाद्यान्न आपूर्तिमा हेरोदले रोक लगाएका थिए किनभने टुरोस र सिदोनका मानिसहरूसँग तिनी रिसाएका थिए ।
यो दिन शायद हेरोदले प्रतिनिधिहरूसँग भेट गर्न सहमत भएका दिन थियो । वैकल्पिक अनुवादः “तिनीहरूसँग भेट गर्नलाई हेरोद सहमत भएको दिनमा”
तिनी राजा हुन् भनी दर्शाउने महङ्गो वस्त्र
यहीँबाट नै आफूलाई भेट्न आउने मानिसहरूलाई हेरोदले सम्बोधन गर्थे ।
यो हेरोदको बारेमा भएको कथाको भागको अन्त्य हो ।
“उति नै खेर एकजना स्वर्गदूत” वा “जब मानिसहरूले हेरोदको प्रशंसा गरिरहेका थिए, एकजना स्वर्गदूत”
“हेरोदलाई कष्ट दिए” वा “हेरोदलाई धेरै बिरामी हुने तुल्याए”
हेरोदले ती मानिसहरूलाई परमेश्वरको महिमा गर्न लगाउनुको साटो आफ्नै महिमा गर्न दिए ।
यहाँ “कीराहरू”ले शरीरभित्र हुने कीरालाई जनाउँछ, सम्भवतः आन्द्रामा पर्ने जुका हुन सक्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कीराहरूले हेरोदको भित्री भागहरूलाई खाए र तिनी मरे”
पद २४ ले पद २३ बाटको इतिहासको विवरणलाई निरन्तरता दिन्छ । पद २५ ले इतिहासको विवरणलाई ११:३० बाट निरन्तरता दिन्छ ।
परमेश्वरको वचन चाहिँ बढ्न र पुनरुत्पादन गर्न गर्न सक्ने कुनै जीवित बोट भए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “परमेश्वरको सन्देश धेरै ठाउँहरूमा फैलियो र यसमा अझ धेरै मानिसहरूले उहाँमा विश्वास गरे”
“येशूको बारेमा परमेश्वरले पठाउनुभएको सन्देश”
यसले तिनीहरूले अगाडि [प्रेरित ११:२९-३०]
तिनीहरू यरूशलेमबाट फर्केर एन्टिओखियामा गए । वैकल्पिक अनुवादः “बारनाबास र शाऊल एन्टिओखियामा फर्के”
1 एन्टिओखियाको सभामा त्यहाँ केही अगमवक्ताहरू र शिक्षकहरू थिए । तिनीहरूमा बारनाबास, सिमियोन (जसलाई नाइजर भनिन्थ्यो), कुरेनीका लुसियस मनेन (जो पालनपोषण गरेर हेरोदसँगै हुर्किएका भाइ) र शाऊल थिए । 2 जब तिनीहरू उपवाससहित आराधना गरिरहेका थिए, पवित्र आत्माले भन्नुभयो, “शाऊल र बारनाबासलाई मेरो निम्ति अलग गर जुन काम गर्नका निम्ति मैले तिनीहरूलाई बोलाएको छु ।” 3 सभाले उपवास प्रार्थना गरिसकेपछि, र तिनीहरूले यी मानिसहरूमाथि हातहरू राखेर प्रार्थना गरे र उनीहरूलाई पठाइदिए । 4 त्यसकारण पवित्र आत्माको आज्ञा शाऊल र बारनाबासले माने र तल सिलुसियामा गए, अनि त्यहाँबाट जहाज चढी साइप्रसको टापुतिर गए । 5 सलामिस सहरमा हुँदा, उनीहरूले यहूदीहरूको सभाघरमा वचन घोषणा गरे र सहायताका लागि यूहन्ना मर्कूस पनि उनीहरूसँगै थिए । 6 उनीहरू पुरै टापु पार गरेर पाफोस पुगेपछि एक जना जादुगर यहूदी झुटा अगमवक्तालाई भेट्टाए, जसको नाउँ बार येशू थियो । 7 यो जादुगर त्यहाँको प्रान्तीय शासक सर्गियस पौलससँग सम्बन्धित थियो, जो एक विद्वान मानिस थिए । उनले शाऊल र बारनाबासलाई बोलाए किनभने तिनी परमेश्वरको वचन सुन्न चाहन्थे । 8 तर इलुमास, ‘‘जादुगर’’ ले तिनीहरूको विरोध गर्यो (यसरी नै उसको नाउँ अनुवाद गरिन्छ); उसले प्रान्तीय शासक सर्गियस पौलसलाई विश्वासबाट फर्काउन प्रयास गर्यो । 9 तर शाऊल जसलाई पावल पनि भनिन्छ, पवित्र आत्माले भरिएर, उसलाई एकटक लाएर हेरे 10 र भने, तँ शैतानको छोरो, तँ छल र दुष्टताले भरिएको छस् । तँ हरेक प्रकारको धार्मिकताको शत्रु होस् । तैले प्रभुको सोझो बाटोलाई बड्ग्याउन कहिल्यै छोड्दैनस्, छोड्छस् र ? 11 अब हेर्, प्रभुको हात तँमाथि परेको छ र तँ अन्धो हुनेछस् । केही समयका लागि तैँले घाम देख्ने छैनस् ।’’ तुरुन्तै त्यहाँ बाक्लो तुवाँलो र अन्धकारले एलुमासलाई ढाक्यो र हात समातेर डोर्याइदिऊन् भन्दै यताउति मानिसहरूलाई आग्रह गर्न थाल्यो । 12 प्रान्तीय शासकले जे भएको थियो त्यो देखेपछि उनले विश्वास गरे, किनभने उनी प्रभुको शिक्षाबारे चकित भएका थिए । 13 अब त्यसपछि पावल र उनका साथीहरू पाफोसबाट पानीजहाजमा चढी पाम्फिलियाको पर्गामा आए । तर यूहन्नाले उनीहरूलाई छोडेर यरूशलेमतिर फर्के । 14 पावल र उनका साथीहरू पर्गाबाट यात्रा गर्दै पिसिदियाको एन्टीओखियामा आइपुगे। त्यहाँ उनीहरू विश्राम दिनमा सभा घरमा गए र बसे । 15 अनि व्यवस्था र अगमवक्ताहरूका पुस्तक पढिसकेपछि सभाघरका अगुवाहरूले उनीहरूलाई यसो भनेर सन्देश पठाए, “भाइहरू हो, यदि तपाईंहरूसँग यहाँ भएका मानिसहरूको निम्ति कुनै उत्साहको सन्देश छ भने भन्नुहोस् ।” 16 त्यसकारण पावल उठे र हातले इसारा गर्दै उनले भने, “इस्राएलका मानिसहरू र जसले परमेश्वरलाई आदर गर्नुहुन्छ, सुन्नुहोस् । 17 इस्राएलका यी मानिसहरूका परमेश्वरले हाम्रा पितापुर्खाहरूलाई चुनेर र मिश्रदेशमा रहँदा तिनीहरूलाई संख्यामा धेरै बढाउनुभयो र आफ्नो उचालिएको बाहुलीद्वारा तिनीहरूलाई त्यहाँबाट बाहिर निकाल्नुभयो ।” 18 उहाँले झण्डै चालिस वर्षसम्म तिनीहरूलाई उजाड स्थानमा सहनुभयो। 19 कनानमा भएका सातवटा जातिहरूलाई उहाँले नास गरिसकेपछि हाम्रा मानिसहरूलाई तिनीहरूको भूमि आफ्नो उत्तराधिकारका लागि दिनुभयो । 20 यी सबै घटनाहरू हुन चारसय पचास वर्षको अवधिमा भएका हुन् । यी सबै कुरापछि परमेश्वरले शमूएल अगमवक्ताको समयसम्म तिनीहरूलाई न्यायकर्ताहरू दिनुभयो । 21 त्यसपछि, मानिसहरूले एउटा राजाको माग गरे, त्यसैले परमेश्वरले बेन्यामिन कुलको किशका छोरा शाऊललाई चालिस वर्षसम्मको निम्ति दिनुभयो । 22 तब परमेश्वरले शाऊललाई राजाबाट हटाउनुभएपछि, उहाँले दाऊदलाई तिनीहरूको राजा हुनलाई खडा गर्नुभयो । परमेश्वरले यी नै दाऊदको बारेमा भन्नुभएको थियो, ‘यिशैका छोरा दाऊद मेरो हृदयअनुसारका मानिस भएको पाएँ र मैले चाहेको हरेक काम उनले गर्नेछन् ।’ 23 यिनै मानिसका सन्तानहरूबाट उहाँले गर्नेछु भनी प्रतिज्ञा गर्नुभएअनुसार परमेश्वरले इस्राएलमा मुक्तिदाता येशू ल्याउनुभएको छ । 24 येशू आउनुभन्दा अगाडि नै यो हुन थाल्यो, जब यूहन्नाले पहिला इस्राएलका सबै मानिसहरूलाई पश्चात्तापको बप्तिस्माको बारेमा घोषणा गरे । 25 जसरी यूहन्नाले आफ्नो काम पुरा गर्दै गर्दा उनले भने, ‘तिमीहरू म को हुँ भनी विचार गर्दछौ ? म त्यो होइनँ । तर सुन, मपछि एकजना आउँदैहुनुहुन्छ, जसको खुट्टाको जुत्ताको तुना फुकाल्न म योग्यको छैनँ ।’ 26 भाइहरू, अब्राहामका वंशका सन्तानहरू, र तपाईंहरूमध्ये जसले परमेश्वरलाई आराधना गर्नुहुन्छ, यो मुक्तिबारेको सन्देश हामीहरूलाई नै पठाइएको छ । 27 यरूशलेममा बस्नेहरू र तिनीहरूका शासकहरूले उहाँलाई वास्तमै चिनेनन्, न त हरेक शबाथमा पढिने अगमवक्ताहरूको आवजलाई नै बुझे । त्यसकारण तिनीहरूले यसरी येशूलाई मृत्यु दण्डको आज्ञा दिएर अगमवक्ताको भविष्यवाणीलाई पुरा गरे । 28 उहाँलाई मृत्यु दण्डका निम्ति कुनै पनि दोष नभेट्टाए तापनि तिनीहरूले पिलातससँग उहाँलाई मार्न माग गरे । 29 जब तिनीहरूले उहाँको बारेमा लेखिएका यी सबै कुराहरू पुरा गरे, तिनीहरूले उहाँलाई रुखबाट ओराले र चिहानमा राखे । 30 तर परमेश्वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो । 31 गालीलदेखि यरूशलेमसम्म उहाँसँगै आएका मानिसहरूकहाँ उहाँ धेरै दिनसम्म देखापर्नु भयो । अहिले यिनीहरू नै मानिसहरूका लागि उहाँका साक्षी भएका छन् । 32 यसकारण हाम्रा पितापुर्खाहरूलाई प्रतिज्ञा गरिएको असल समाचार हामीले तपाईंहरूकहाँ ल्याएकाछौँ । 33 परमेश्वरले येशूलाई मृत्युबाट जीवित पार्नुहुँदा, हामी तिनीहरूका सन्तानहरूका निम्ति उहाँले यी प्रतिज्ञाहरू पुरागरिदिनुभयो । जसरी यो दोस्रो भजनमा पनि लेखिएको छः ‘तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु ।’ 34 उहाँको शरीर नकुहोस् भनी उहाँले येशूलाई मृत्युबाट जीवित पार्नुभयो भन्ने तथ्यबारे उहाँले यसरी बोल्नुभएको छ, ‘म तिमीलाई दाऊदको पवित्र र निश्चित आशिष् दिनेछु ।’ 35 यसैकारणले गर्दा उहाँले अर्को भजन पनि यसरी भन्नुभएको छ, ‘तपाईंले आफ्नो पवित्र जनलाई कुहिन दिनुहुनेछैन ।’ 36 किनभने दाऊदले उनको पुस्तामा परमेश्वरको इच्छाअनुसार सेवा गरेपछि, उनको मृत्य भयो र उनलाई उनका पितापुर्खाहरूसँगै राखियो र उनको शरीर कुहियो । 37 तर जसलाई परमेश्वरले जीवित पार्नुभयो उहाँलको शरीर कुहिएन । 38 त्यसैले भाइहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस् कि यिनै मानिसद्वारा तपाईंहरूलाई पाप क्षमाको घोषणा गरिन्छ । 39 विश्वास गर्ने हरेक उहाँद्वारा सबै थोकहरूबाट धर्मी ठहरिइन्छ, जसबाट मोशाको व्यवस्थाले तपाईंहरूलाई धर्मी ठहराउन सकेको थिएन । 40 यसैकारण होसियार हुनुहोस्, अगमवक्ताले बोलेको यो कुरा तपाईंहरूमाथि आइनपरोस्: 41 ‘घृणा गर्नेहरू हो, हेर र छक्क पर, र नष्ट भइजाओ, तिमीहरूको समयमा मैले काम गरिरहेको छु, यदि कसैले तिमीहरूलाईं यसबारे घोषणा गरे पनि तिमीहरू कहिल्यै विश्वास गर्ने छैनौ ।’” 42 पावल र बारनाबास त्यहाँबाट जान लाग्दा मानिसहरूले यी नै वचनहरू अर्को विश्राममा आएर बोलिदिनुहोस् भनी तिनीहरूलाई बिन्ती गरे । 43 जब सभाघरको सभा अन्त्य भयो, तब धेरै यहूदीहरू र यहूदी मत मान्ने भक्तहरू पावल र बारनाबासको पछि लागे । तिनीहरूले परमेश्वरको अनुग्रहमा निरन्तर रहिरहन उनीहरूलाई उत्साह दिए । 44 अर्को विश्राममा, लगभग पुरै सहर नै प्रभुको वचन सुन्नलाई सँगसँगै भेलाभएको थियो । 45 जब यहूदीहरूले भिडलाई देखे, तिनीहरू डाहले भरिए, र पावलले भनेका कुराहरूको बिरुद्धमा बोल्न थाले र उनको अपमान गरे। 46 तर पावल र बारनाबासले साहससित बोल्दै भने, “परमेश्वरको वचन पहिले तपाईंहरूकहाँ नै बोल्नु नै आवश्यक थियो । तपाईंहरूबाट धकेलिएको देखेर आफूले आफैँलाई अनन्त जीवन प्राप्त गर्नदेखि अयोग्य तुल्याउनुभएको हुनाले, हेर्नुहोस्, हामी गैरयहूदी तर्फ फर्केनेछौँ । 47 किनभने परमेश्वरले हामीलाई यस्तो आज्ञा गर्नुभएको छ, ‘मैले तिमीलाई गैरयहूदीहरूका निम्ति ज्योतिको रूपमा राखेकोछु, र पृथ्वीको अन्तिम छेउसम्म तिमीहरूले मुक्ति ल्याउनु पर्छ ।” 48 जब गैरयहूदीहरूले यो सुने, तिनीहरू खुसी भए र परमेश्वरको वचनको महिमा गरे । अनन्त जीवनका लागि नियुक्त गरिएका जतिले विश्वास गरे । 49 त्यस सम्पूर्ण क्षेत्रभरि नै प्रभुको वचन फैलियो । 50 तर यहूदीहरूले भक्त र महत्त्वपूर्ण स्त्रीहरू र साथ-साथै सहरका मुख्य मानिसहरूसँग पावल र बारनाबासको विरुद्धमा अनुरोध गरे । तिनीहरूले पावल र बारनाबासलाई दण्डित गरे उनीहरूलाई तिनीहरूको सहरको सिमाना कटाए । 51 तर पावल र बारनाबासले आफ्नो खुट्टामा लागेको धुलो तिनीहरूका विरुद्धमा टकटक्याए । त्यसपछि तिनीहरू आइकोनियम सहरमा गए । 52 अनि चेलाहरू आनन्द र पवित्र आत्माले भरपुर भए ।
केही अनुवादहरूले पुरानो करारबाटका उद्धरणहरूलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले १३:३३-३५ मा भजनसङ्ग्रहबाट लिइएका तीनवटा उद्धरणहरूसँग यसै गर्छ ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले १३:४१ मा पुरानो करारबाट ल्याइएको कवितासँग यसै गर्छ ।
यो अध्यायले प्रेरितहरूका कामको दोस्रो आधा भाग सुरु गर्दछ । यहाँ लूकाले पत्रुसको बारेमा भन्दा धेरै पावलको बारेमा लेखेका छन् र विश्वासीहरूले येशूको सुसमाचारको सन्देश यहूदी जातिलाई नभइ अन्यजातिलाई प्रचार गरेका कुराको वर्णन यसले गर्दछ ।
अधार्मिक मानिसहरू अर्थात् परमेश्वरलाई खुशी नतुल्याउने मानिसहरूका बारेमा बाइबलले वर्णन गर्दा तिनीहरू प्रायः अन्धकारको वरिपरि हिँडेको छन् भने झैँ लेखेको हुन्छ । ती पापी मानिसले गरिरहेका कुरा खराब हो भनेर बुझ्न र परमेश्वरको आज्ञा पालन गर्न सुरु गरेर धर्मी ज्योतिले तिनीहरूलाई सक्षम तुल्याउँछ भने झैँ यसले कुरा गर्दछ । यहूदीहरूले सबै अन्यजातिलाई अन्धकारमा हिंडेका हुन् भनी ठान्छन्, तर पावल र बारनाबासले अन्यजातिहरूलाई येशूको सन्देश प्रचार गर्ने बारेमा तिनीहरू उनीहरूकहाँ भौतिक ज्योति लिएर जाने भनेजस्तो कुरा गरेका छन् ।
पद १ ले एन्टिओखियामा भएको मण्डलीका मानिसहरूको बारेमा जानकारी दिन्छ । यहाँ पहिलो “तिनीहरू” शब्दले शायद यी पाँच अगुवालाई जनाउँछ तर यसले अरू विश्वासीलाई पनि समावेश गर्न सक्छ । त्यसपछि आउने “तिनीहरू” र “तिनीहरूको” शब्दहरूले शायद पावल र बारनाबास बाहेक अरू तीन अगुवालाई जनाउँछ । तर यी शब्दले अरू विश्वासीलाई पनि समावेश गर्न सक्छ ।
पावल र बारनाबासलाई एन्टिओखियाको मण्डलीले मिसन यात्राहरूमा पठाएको बारेमा लेख्न लूकाले सुरु गर्दछन् ।
“त्यो बेलामा एन्टिओखियामा भएको मण्डलीमा”
यी पुरुषहरूका नाउँहरू हुन् ।
मनेन शायद हेरोदका सँगै हुर्कँदै गर्दा खेल्ने साथी वा नजिकका साथी थिए ।
“मेरो सेवाको लागि नियुक्त गर”
यसमा प्रयोग गरिएको क्रियापदले तिनीहरूलाई परमेश्वरले यो काम गर्नको लागि पहिले नै छान्नुभयो भन्ने बुझाउँछ ।
“परमेश्वरको सेवाको निम्ति अलग गरिएकाहरूमाथि आफ्ना हात राखे ।” यो बारनाबास र शाऊलमाथि पवित्र आत्माको बोलावटको निश्चयता गर्ने एल्डरहरूको चलन थियो ।
“ती मानिसहरूलाई पठाए” वा “पवित्र आत्माले तिनीहरूलाई गर्नू भनेको काम गर्नको लागि ती मानिसहरूलाई पठाए”
यहाँ हरेक पटक “उनीहरू” शब्दले बारनाबास र शाऊललाई जनाउँछ ।
यो शब्दले अगाडिको घटनाको कारण कुनै घटना हुन्छ भन्ने सङ्केत गर्छ । यहाँ चाहिँ, पवित्र आत्माले बारनाबास र शाऊललाई अलग गर्नुभएको कुरा पहिलेको घटना हो ।
यहाँ “तल गए” प्रयोग भएको छ किनभने एन्टिओखियाभन्दा सेलुकिया उचाइका हिसाबले तल पर्दछ ।
समुद्रको किनारमा भएको सहर
सलामिस सहर साइप्रस टापूमा थियो ।
“परमेश्वरको वचन” भनेको “परमेश्वरको सन्देशलाई” जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “परमेश्वरको सन्देश प्रचार गरे”
सम्भावित अर्थहरू हुन् १) “सलामिसको सहरमा धेरै यहूदी सभाघर थिए जहाँ बारनाबास र शाऊलले प्रचार गरे” वा २) “बारनाबास र शाऊलले सलामिसको सभाघरबाट प्रचार गर्न सुरु गरेर साइप्रसको टापूमा घुमफिर गर्दै तिनीहरूले भेटेका सबै सभाघरमा प्रचार गरे ।”
“यूहन्ना मर्कुस उनीहरूसँग गए र उनीहरूलाई सहायता गरे”
“सहयोगी”
यहाँ “उनीहरू” शब्दले बारनाबास, शाऊल र मर्कुस यूहन्नालाई जनाउँछ । यहाँ “यी मानिस” शब्दले प्रान्तीय शासक सर्गियस पौलसलाई जनाउँछ; अनि “उसको” शब्दले एलुमास (बार-येशू पनि भनिन्छ) जादूगरलाई जनाउँछ ।
उनीहरूले टापूको एक भागदेखि अर्को भागसम्म पार गरे र आफू भएर गएका सबै सहरमा सुसमाचारको सन्देश बाँडे ।
प्रान्तीय शासक बस्ने साइप्रस टापूको एक प्रमुख सहर
यहाँ “भेट्टाए” भन्ने कुराले कसैलाई नखोजिकनै सो व्यक्ति भएको ठाउँमा आइपुग्नुलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले भेटे” वा “तिनीहरू आइपुगे”
“टुनामुना गर्ने मानिस” वा “अलौकिक जादूयी कला गर्ने मानिस”
“बार-येशू” को अर्थ हुन्छ, “येशूको छोरा ।” यो मानिस र येशू ख्रीष्टको बीचमा कुनै सम्बन्ध छैन । त्यस बेला येशू प्रचलित नाम थियो ।
“प्रायः सँगै हुन्थ्यो” वा “प्रायः साथै हुन्थ्यो”
यी रोमी प्रान्तको बडाहाकिम थिए । वैकल्पिक अनुवादः “बडाहाकिम”
यो चाहिँ सर्गियस पौलसको बारेमा पृष्ठभूमिको जानकारी हो ।
यो बार-येशू थियो, जसलाई “जादूगर” पनि भनिन्थ्यो ।
“उसलाई ग्रीकमा यही भनिन्थ्यो”
“फर्काउने प्रयास गरेर तिनीहरूको प्रतिरोध गर्यो” वा “फर्काउने प्रयास गरेर तिनीहरूको विरुद्धमा खडा भयो”
यहाँ “विश्वासबाट फर्काउनु” भनेको कसैलाई केही कुरा नगर्नका लागि मनाउनुलाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “शासकलाई सुसमाचारको सन्देशमाथि विश्वास नगर्न मनाउन खोज्यो”
“उसलाई” शब्दले त्यो जादूगर एलुमासलाई जनाउँछ, जसलाई बार-येशू पनि भनिन्छ (प्रेरितहरू १३:६-८) ।
पाफोस टापूमा हुँदा पावलले एलुमाससँग कुरा गर्न सुरु गरे ।
“शाउल” तिनको यहूदी नाउँ हो भने “पावल” तिनको रोमी नाउँ हो । तिनले रोमी अधिकारीसँग कुरा गरिरहेका हुनाले तिनले आफ्नो रोमी नाउँ प्रयोग गरे । वैकल्पिक अनुवादः “शाऊल, जसले अब आफैँलाई पावल भने”
“उसलाई एकटक लाएर हेरे”
त्यस मानिसले शैतानको जस्तै हर्कत गर्दै छ भनेर पावल भन्दै छन् । वैकल्पिक अनुवादः “तँ शैतानजस्तै छस्” वा “तँ शैतान जस्तै काम गर्छस्”
“तैँले धार्मिकताको विरुद्धमा झूटा कुरा गरेर अरू मानिसहरूलाई असत्य कुरामाथि विश्वास गर्ने बनाउँछस् र जे गलत छ त्यही गर्छस्”
यो सन्दर्भमा यसको अर्थ अल्छे हुनु र परमेश्वरको व्यवस्था लगनशील भएर नपछ्याउनु भन्ने हुन्छ ।
पावलले एलुमासलाई शैतानसँग एउटै समूहमा राख्दै छन् । जसरी शैतान परमेश्वरको शत्रु र धार्मिकताको विरोधी हो, एलुमास पनि त्यस्तै थियो ।
पावलले त्यस जादूगरलाई परमेश्वरको विरोध गरेकोमा गाली गर्नलाई यो प्रश्नको प्रयोग गर्दै छन् । वैकल्पिक अनुवादः “परमप्रभु परमेश्वरको बारेमा भएका सत्य कुरालाई तैँले सधैँ झूटा हो भन्छस् !”
यहाँ “सोझा मार्गहरू” भन्ने कुराले सत्य तरिकाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “प्रभुका सत्य मार्गहरू”
“तँ” र “उसलाई” शब्दहरूले एलुमास जादूगरलाई जनाउँछन् । “उनी” शब्दले ती प्रान्तीय शासक सर्गियस पौलस (पाफोसका बडाहाकिम) लाई जनाउँछन् ।
पावलले एलुमाससँग कुरा गरेर सिद्ध्याउँछन् ।
यहाँ “हात”ले परमेश्वरको शक्तिलाई प्रतिनिधित्व गर्छ र “तँमाथि” भन्ने कुराले दण्डको अर्थ दिन्छ । वैकल्पिक अनुवादः “प्रभुले तँलाई दण्ड दिनुहुनेछ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तँलाई अन्धो बनाउनुहुनेछ”
एलुमास यति धेरै पूर्ण रूपले अन्धो हुनेछन् कि उसले घाम पनि देख्न सक्ने छैन । वैकल्पिक अनुवादः “तैँले घाम पनि देख्ने छैनस्”
“केही समय अवधिको लागि” वा “परमेश्वरले तोक्नुभएको समयको लागि”
“एलुमासको आँखा धमिलो भए र त्यसपछि अँध्यारो भयो” वा “एलुमासले प्रस्ट देखेन र त्यसपछि उसले केही पनि देखेन”
“एलुमास भौँतारियो” वा “एलुमासले एताउता छामछाम छुमछुम गर्न थाल्यो”
यो रोमी प्रान्तको बडाहाकिम थिए । वैकल्पिक अनुवादः “बडाहाकिम”
“उनले येशूमा विश्वास गरे”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “प्रभुको बारेमा भएको शिक्षाले उनलाई आश्चर्यचकित बनायो”
पदहरू १३ र १४ ले वृत्तान्तको यो खण्डको पृष्ठभूमि जानकारी दिन्छन् । “पावल र उनका साथीहरू” भन्नाले बारनाबास र यूहन्ना मर्कुस
यो चाहिँ पिसिदियाको एन्टिओखियामा पावल हुँदाको बारेमा भएको कथाको नयाँ भाग हो ।
यसले कथाको नयाँ खण्डको सुरुवातलाई सङ्केत गर्छ ।
“पाफोसबाट डुङ्गाद्वारा यात्रा गरे”
“पर्गामा आइपुगे जुन पाम्फिलियामा पर्छ”
“तर मर्कुस यूहन्नाले पावल र बारनाबासलाई छोडे”
“पिसिदिया जिल्लामा भएको एन्टिओखियाको सहर”
“व्यवस्था र अगमवक्ताहरू”ले पढिएको यहूदी ग्रन्थहरूका खण्डहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “कसैले व्यवस्थाको पुस्तक र अगमवक्ताहरूका पुस्तकबाट पढिसकेपछि”
“कसैलाई यसो भन्नलाई बताए” वा “कसैलाई यसो भन्नलाई अनुरोध गरे”
त्यहाँको सभाघरका मानिसहरूले पावल र बारनाबासलाई आफ्ना यहूदी मित्र भएको जनाउनका लागि “भाइहरू” शब्द प्रयोग गरे ।
“यदि हामीलाई उत्साह दिनलाई तपाईं केही भन्न चाहनुहुन्छ भने”
“कृपया त्यो भन्नुहोस्” वा “कृपया त्यो हामीलाई भन्नुहोस्”
पहिलो “तिनी” शब्दले पावललाई जनाउँछ । दोस्रो “उहाँ” शब्दले परमेश्वरलाई जनाउँछ । यहाँ “हाम्रो” शब्दले पावल र उनका सङ्गी यहूदीहरूलाई जनाउँछ । “तिनीहरू” र “तिनीहरूलाई” शब्दहरूले इस्राएलीहरूलाई जनाउँछन् ।
पावलले पिसिदियाको एन्टिओखियाको सभाघरमा भएकाहरूका लागि आफ्नो भाषण सुरु गर्छन् । तिनले इस्राएलको इतिहासमा भएको कुराहरूबाट आफ्नो कुरा सुरु गर्छन् ।
यो शायद तिनी बोल्नलाई तयार थिए भन्ने जनाउनको लागि प्रयोग गरिएको हातको सङ्केत थियो । वैकल्पिक अनुवादः “तिनी बोल्न गइरहेका छन् भनी देखाउनलाई आफ्नो हात हल्लाए”
यसले यहूदी धर्ममा गएका गैरयहूदीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “इस्राएलबाट नआएका तर परमेश्वरको आराधना गर्ने”
“मेरो कुरा सुन्नुहोस्” वा “मैले भन्न खोजेको कुरा सुन्नुहोस्”
“इस्राएलका मानिसहरूले आराधना गर्ने परमेश्वर”
“हाम्रा पूर्खाहरू”
“तिनीहरूलाई धेरै सङ्ख्याको हुने तुल्याउनुभयो”
यसले परमेश्वरको शक्तिशाली सामर्थ्यलाई जनाउँछ । वैकल्पिक अनुवादः “महान् शक्तिले”
“मिश्रदेशबाट बाहिर”
यसको अर्थ “उहाँले तिनीहरूलाई सहनुभयो” भन्ने हुन्छ । कुनै अनुवादमा भिन्न शब्दको प्रयोग भएका छन्, जसको अर्थ हुन्छ, “उहाँले तिनीहरूको हेरविचार गर्नुभयो ।” वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूको अनाज्ञाकारितालाई सहनुभयो” वा “परमेश्वरले तिनीहरूको हेरविचार गर्नुभयो”
यहाँ “उहाँले” भन्नाले परमेश्वरलाई जनाउँछ । “तिनीहरूको भूमि” भन्नाले यस अगि उल्लेखित सात जातिले बसोबास गरेको भूमि हो । “तिनीहरूलाई न्यायकर्ताहरू” भन्नाले इस्राएलका मानिसहरूलाई भन्ने जनाउँछ । अनि “हाम्रा” भन्नाले पावल र तिनका श्रोतालाई जनाउँछ ।
यहाँ “जातिहरू”ले मानिसहरूको फरक समूहहरूलाई जनाउँछ, भौगोलिक सिमानाहरूलाई होइन ।
“४५० वर्षको अवधिमा भयो”
“अगमवक्ता शमूएलको समयसम्म”
यहाँको उद्धरण पुरानो करारको समुएलको पुस्तकमा लेखेको इतिहास र एतानको भजनबाट लिएको हो ।
“चालिस वर्षको निम्ति तिनीहरूका राजा हुनलाई”
यसको अर्थ हो, परमेश्वरले शाऊललाई राजा भइरहनबाट रोक्नुभयो । वैकल्पिक अनुवादः “शाऊललाई राजा हुनबाट इन्कार गर्नुभयो”
“परमेश्वरले दाऊदलाई तिनीहरूको राजा हुनलाई छान्नुभयो”
“इस्राएलको राजा” वा “इस्राएलीहरूमाथि राजा हुन”
“यी दाऊदको बारेमा परमेश्वरले भन्नुभयो”
“मैले देखेको छु कि”
यस अभिव्यक्तिको अर्थ “मैले इच्छा गरेको कुरा इच्छा गर्ने मानिस” भन्ने हुन्छ ।
यहाँको उद्धरण सुसमाचारको पुस्तकबाट लिएको हो ।
“दाऊदका सन्तानहरूबाट ।” वाक्यको यो ठाउँदेखि उद्धारकर्ता चाहिँ दाऊदका सन्तान हुन् भनेर जोड दिन सुरु भएको छ (प्रेरितहरू १३:२२) ।
यसले इस्राएलका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “इस्राएलका मानिसहरूलाई दिनुभयो”
“परमेश्वरले गर्नेछु भनी गर्नुभएको प्रतिज्ञाअनुसार”
तपाईंले “पश्चाताप” शब्दलाई क्रियापद “पश्चाताप गर्न” लेखेर अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “पश्चात्ताप गर्ने बप्तिस्मा” वा “मानिसहरूले आफ्ना पापको लागि पश्चाताप गर्न इच्छा गर्दा तिनीहरूले मागेका बप्तिस्मा”
यूहन्नाले मानिसहरूले तिनी को थिए भन्ने सोच्न बाध्य होऊन् भनेर यो प्रश्न सोधे । वैकल्पिक अनुवादः “म को हुँ भन्ने बारेमा सोच”
बप्तिस्मा दिने यूहन्नाले ख्रीष्टलाई सङ्केत गर्दै थिए, जसको आगमनको आशा तिनीहरूले गर्दै थिए । वैकल्पिक अनुवादः “म मसिह होइन”
यसले अब तिनले यसपछि के भन्ने छन् सो कुरामा जोड दिन्छ ।
यसले पनि मसिहलाई जनाउँछ । वैकल्पिक अनुवादः “मसिह चाँडै नै आउनुहुनेछ”
“म उहाँको जुत्ताको फिता खोल्न पनि योग्य छैन ।” मसिह चाहिँ यूहन्ना भन्दा अति महान् हुनुहुन्छ, र यसैले उहाँप्रति गर्नुपर्ने सबैभन्दा निम्न स्तरको कार्य गर्न पनि तिनले आफैँलाई योग्यको ठानेनन् ।
यहाँ “तिनीहरू” र “तिनीहरूको” शब्दले यरूशलेममा बस्ने यहूदीहरूलाई जनाउँछ । यहाँ “हामीलाई” शब्दले पावल र सभाघरमा तिनको सन्देश सुन्नेहरू सबैलाई समावेश गर्छ ।
पावलले आफ्ना यहूदी श्रोताहरू र अन्यजातिबाट यहूदीमा परिवर्तन भएका मानिसहरूलाई सम्बोधन गर्दछन्, र तिनीहरूलाई साँचो परमेश्वरको आराधना गर्ने तिनीहरूका विशेष अवस्थाको बारेमा स्मरण गराउँछन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले यो मुक्तिको बारेमा भएको सन्देश पठाउनुभएको छ”
“मुक्ति” शब्दलाई क्रियापद “बचाउने” लेखेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि परमेश्वरले मानिसहरूलाई बचाउनुहुनेछ”
“परमेश्वरले तिनीहरूलाई बचाउन पठाउनुभएको यो मानिस येशू नै हुनुहुन्थ्यो भनी थाहा पाएनन्”
यहाँ “भनाइहरू”ले अगमवक्ताहरूको सन्देशलाई जनाउँछ । वैकल्पिक अनुवादः “अगमवक्ताहरूका लेखहरू” वा “अगमवक्ताहरूको सन्देश”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन कसैले पढ्छ”
“यसरी तिनीहरूले जे गर्नेछन् भनेर अगमवक्ताहरूले भने, त्यसै गरे”
यहाँ प्रयोग गरिएको “तिनीहरू” शब्दले यहूदी अगुवाहरूलाई जनाउँछ । यहाँ प्रयोग गरिएको “उहाँलाई” शब्दले येशूलाई जनाउँछ ।
“तिनीहरूले येशूलाई कसैले मार्नुपर्ने कुनै पनि असल कारण भेट्टाएनन्”
यहाँ प्रयोग गरिएको “माग गरे” शक्तिशाली शब्द हो र यसले माग गर्नु, निवेदन गर्नु वा बिन्ती गर्नु भन्ने कुरालाई जनाउँछ ।
“अगमवक्ताहरूको पुस्तकमा येशूलाई हुनेछ भनेर लेखिएका सबै कुरा यहूदी अगुवाहरूले गरिसकेपछि”
यो हुनु अगि येशू मर्नुभयो भनेर स्पष्ट रूपमा भन्नु उपयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरूले येशूलाई मारे र तब उहाँ मर्नुभएपछि उहाँलाई क्रूसबाट तल ओराले”
“क्रूसबाट ।” त्यो बेलाका मानिसहरूले क्रूसलाई सङ्केत गर्ने यो अर्को तरिका थियो ।
मानिसहरूले के गरे र परमेश्वरले के गर्नुभयो भनेर स्पष्ट रूपमा फरक भएको देखाउनका लागि “तर” शब्द प्रयोग भएको छ ।
“मरेका मानिसहरूका बीचबाट उहाँलाई पुनर्जिवित तुल्याउनुभयो ।” “मृतकहरू”को साथमा हुनु भन्ने कुराको अर्थ येशू मृत हुनुहुन्थ्यो भन्ने हुन्छ ।
यहाँ, बिउँताउनु भनेको मरिगएको कसैलाई पुनः जीवित बनाउने कुरालाई जनाउने वाक्पद्धति हो । वैकल्पिक अनुवादः “उहाँलाई पुनः जीवित हुन लगाउनुभयो”
ती सबैको माझबाट जो मरिगएका छन् । यस अभिव्यक्तिले तल पातालको संसारमा भएका सबै मृत मानिसहरूलाई एकसाथ वर्णन गर्छ । कसैलाई तिनीहरूको माझबाट बिउँताउनुले त्यस व्यक्तिलाई फेरि जीवित बनाउने कुराको विषयमा बताउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूसँगै गालीलदेखि यरूशलेमको यात्रा गरेका चेलाहरूले उहाँलाई धेरै दिनसम्म देखे”
यो ४० दिनको समय अवधि थियो भन्ने कुरा हामी अरू लेखबाट थाहा पाउँछौं । यति लामो समय अवधि जनाउनलाई उचित हुने शब्द राखेर “धेरै दिन” शब्दलाई अनुवाद गर्नुहोस् ।
“अहिले मानिसहरूलाई येशूको बारेमा साक्षी दिइरहेका छन्” वा “अब मानिसहरूलाई येशूको बारेमा भनिरहेका छन्”
यहाँ भएको दोस्रो उद्धरण यसैया अगमवक्ताको पुस्तकबाट लिएको हो ।
यो पहिले भएको कुनै घटनाको कारणले कुनै अर्को घटना घट्दै छ भनी जनाउने शब्द हो । यहाँ पहिले घटेको घटना परमेश्वरले येशू मृत्युबाट जीवित बनाउनुभएको घटना हो ।
“हाम्रा पूर्खाहरू ।” पिसिदियाको सभाघरमा भएका यहूदीहरू र अन्यजातिबाट यहूदी धर्ममा परिवर्तन भएका मानिसहरूका बीचमा पावलले अझसम्म पनि बोलिरहेका छन् । यिनीहरू यहूदीहरू र अन्यजातिबाट यहूदी धर्ममा परिवर्तन भएका मानिसहरूका शारीरिक पूर्खाहरू थिए ।
तपाईंले यस वाक्यका भागहरूलाई पुनः मिलाएर राख्नुपर्ने हुन सक्छ, जुन पद ३२ मा सुरु हुन्छ । “हाम्रा पिता पूर्खाहरूलाई गर्नुभएको प्रतिज्ञालाई परमेश्वरले हामी, तिनीहरूको सन्तानको निम्ति पूरा गरिदिनुभयो”
“हाम्रो लागि, जो हाम्रा पूर्खाहरूका सन्तानहरूका हौँ ।” पावल अझै पनि यहूदीहरू र यहूदी धर्ममा परिवर्तन भएका अन्यजातिहरूसँग पिसिदियाको एन्टिओखियामा भएको सभाघरमा कुरा गरिरहेका छन् । यिनीहरू यहूदीहरूका शारीरिक पूर्खाहरू थिए, र परिवर्तन भएर आएकाहरूको आत्मिक पूर्खाहरू थिए ।
यहाँ बिउँताउनु भनेको मरिगएको कसैलाई पुनः जीवित बनाउने कुरालाई जनाउने वाक्पद्धति हो । वैकल्पिक अनुवादः “येशूलाई पुनः जीवित बनाउनुभएर”
“दोस्रो भजनमा यसो लेखिएको थियो”
“भजन २”
यी महत्त्वपूर्ण नाउँहरू हुन् जसले येशू र परमेश्वरको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छन् ।
“परमेश्वरले यी शब्दहरू येशूलाई मृत्युबाट जीवित पार्नुभएको कुराको बारेमा भन्नुभयो ताकि येशूको शरीर नकुहियोस्”
ती सबैको माझबाट जो मरिगएका छन् । यस अभिव्यक्तिले तल पातालको संसारमा भएका सबै मृत मानिसहरूलाई एकसाथ वर्णन गर्छ । तिनीहरूको माझबाट फर्कनुले फेरि जीवित बन्ने कुराको विषयमा बताउँछ ।
“निश्चित आशिष्हरू”
यो भजनले मसिहलाई सङ्केत गरेको छ भन्ने कुरालाई पावलका श्रोताहरूले बुझेका हुन सक्छन् । वैकल्पिक अनुवादः “दाऊदको अर्को भजनमा, तिनले मसिहको बारेमा यसो पनि भन्छन्”
“दाऊदले यसो पनि भन्छन् ।” यो उद्धरण भजन १६ बाट लिएको हो, र यसका लेखक दाऊद हुन् ।
“कुहिएको देख्नु” भनेको “कुहिनु”लाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तपार्इंले आफ्ना पवित्र जनको शरीर कुहिन दिनुहुनेछैन”
दाऊदले यहाँ परमेश्वरसँग कुरा गरिरहेका छन् ।
“उनको जीवनकालमा”
“परमेश्वरको चाहनुभएको काम गरे” वा “परमेश्वरलाई खुशी पार्ने काम गरे”
मृत्युलाई जनाउने यो नम्र तरिका हो । वैकल्पिक अनुवादः “तिनी मरे”
“मरेका आफ्ना पिता पूर्खाहरूसँगै गाडिए”
“कुहिएको अनुभव गर्यो” भनेको “तिनको शरीर कुहियो” भन्ने कुरालाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिनको शरीर कुहियो”
“तर येशू जसलाई”
यहाँ बिउँताउनु भनेको मरिगएको कसैलाई पुनः जीवित बनाउने कुरालाई जनाउने वाक्पद्धति हो । वैकल्पिक अनुवादः “परमेश्वरले फेरि जिउने तुल्याउनुभयो”
“कुहिएको अनुभव गरेन” भन्ने वाक्यांश चाहिँ “उहाँको शरीर कुहिएन” भनी बताउने एउटा तरिका हो । वैकल्पिक अनुवादः “कुहिएन”
यहाँ “उहाँलाई” शब्दले येशूलाई जनाउँछ ।
“यो जान्नुहोस्” वा “यो तपार्इंहरूले जान्नु महत्त्वपूर्ण छ”
पावलले यो शब्द प्रयोग गर्छन्, किनभने तिनीहरू तिनका यहूदी दाजुभाइ र यहूदी धर्म मान्ने मानिसहरू हुन् । यो समयमा तिनीहरू ख्रीष्टिएन विश्वासीहरू होइनन् । वैकल्पिक अनुवादः “मेरा सङ्गी इस्राएलीहरू र अरू साथीहरू”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी तपार्इंहरूका पाप येशूद्वारा क्षमा गरिन्छन् भन्ने घोषणा गर्छौं”
भाववाचक नाउँ “क्षमा”लाई क्रियापद “क्षमा गर्नु” लेखेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र यसरी परमेश्वरले तपाईंहरूका पाप क्षमा गर्नुहुन्छ”
“विश्वास गर्ने हरेक व्यक्तिले उहाँद्वारा” वा “उहाँमा विश्वास गर्ने हरेक व्यक्तिले”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्वास गर्ने हरेक व्यक्तिलाई येशूले धर्मी घोषणा गर्नुहुन्छ”
सभाघरका मानिसहरूलाई पावलले प्रचार गरेका तिनको सन्देशमा तिनले हबकूक अगमवक्ताबाट उद्धृत गरेका छन् । यहाँ “म” शब्दले परमेश्वरलाई जनाउँछ ।
पावलले प्रेरितहरू १३:१६ मा पिसिदियाको एन्टिओखियामा सुरु गरेको आफ्नो भाषणलाई अन्त्य गर्छन् ।
यसको अर्थ पावलले प्रचार गरेको सन्देशप्रति तिनीहरू होसियार हुनुपर्छ । वैकल्पिक अनुवादः “मैले भन्ने कुरालाई विशेष ध्यान दिएर सुन्नुहोस्”
“र यसरी अगमवक्ताले बोलेको कुरा”
“तिमी घृणाको अनुभव गर्नेहरू” वा “तिमी खिल्ली उडाउनेहरू”
“अचम्मित होओ” वा “चकित होओ”
“तब मरिजाओ”
“केही गरिरहेको छु” वा “कार्य गरिरहेको छु”
“तिमीहरूको जीवनकालमा”
“म केही गरिरहेको छु जुन”
“यदि कसैले तिमीहरूलाई यसको बारेमा भने तापनि”
“जब पावल र बारनाबास जान लाग्दै थिए”
“तिनीहरूलाई ... लागि बिन्ती गरे”
यहाँ “वचनहरू” शब्दले पावलले बोलेको सन्देशलाई जनाउँछ । वैकल्पिक अनुवादः “यो उही सन्देश”
सम्भावित अर्थहरू हुन् १) पद ४२ मा यो फेरि लेखिएको छ “पावल र बारनाबास त्यहाँबाट जान लाग्दा” वा २) सभा सकिनुभन्दा पहिले नै पावल र बारनाबास बिदा भए र यो पछि दोहोरियो ।
यी यहूदी-मतमा परिवर्तन भएका गैरयहूदीहरू हुन् ।
“पावल र बारनाबासले ती मानिसहरूसँग बोले र आग्रह गरे”
यसको अर्थ येशू नै मसिह हुनुहुन्छ भन्ने पावलको सन्देशमाथि तिनीहरूले विश्वास गरे । वैकल्पिक अनुवादः “येशूले गर्नुभएको कार्यका कारणले परमेश्वरले दयापूर्वक मानिसहरूका पाप क्षमा गर्नुहुन्छ भनेर निरन्तर विश्वास गर्न”
यहाँ “उहाँलाई” शब्दले पावललाई जनाउँछ ।
“सहर” शब्दले त्यस सहरमा बसोबास गर्ने मानिसहरूलाई जनाउँछ । प्रभुको वचनप्रति देखाइएको ठूलो प्रतिक्रियालाई जनाउनको लागि यो वाक्यांशको प्रयोग गरिएको हो । वैकल्पिक अनुवादः “लगभग सहरको जम्मै मानिसहरू”
यसले प्रभुको वचन प्रचार गर्ने मानिसहरू पावल र बारनाबास थिए भन्ने हुन्छ । वैकल्पिक अनुवादः “पावल र बारनाबासले प्रभु येशूको बारेमा प्रचार गरेको कुरा सुन्न”
यहाँ “यहूदीहरू”ले यहूदी अगुवाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरू”
यहाँ डाह यस्तो कुरा भए झैँ लेखिएको छ, जसले कुनै व्यक्तिलाई भरिदिन्छ । वैकल्पिक अनुवादः “निकै डाही भए”
“खण्डन गरे” वा “विरोध गरे”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पावलले भनेका कुराहरू”
सुरुका “तपाईंहरू” बहुवचन शब्द हुन् र यसले पावलले प्रचार गरेका यहूदीहरूलाई जनाउँछ । यहाँ “हामी” र “हामीलाई” शब्दहरूले पावल र बारनाबासलाई जनाउँछ, तर त्यहाँ उपस्थित भीडलाई होइन । पावलले पुरानो करारका अगमवक्ता यशैयाबाट उद्धरण लिएका छन् । मूल लेखोटमा “म” शब्दले परमेश्वरलाई र एकवचन “तिमी” शब्दले मसिहलाई जनाउँछ । यहाँ पावल र बारनाबासले बन्न खोजेको कुरा यो उद्धरणले तिनीहरूले गर्ने सेवाकार्यलाई समेत जनाउँछ ।
यसको अर्थ हो, परमेश्वरले यसो गर्ने आदेश दिनुभएको थियो । वैकल्पिक अनुवादः “परमेश्वरले आज्ञा गर्नुभयो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । “परमेश्वरको वचन” भनेको “परमेश्वरबाटको सन्देशलाई” जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “कि हामी परमेश्वरबाटको सन्देश सर्वप्रथम तपाईंहरूलाई प्रचार गरौँ” वा “हामीले परमेश्वरको वचन सर्वप्रथम तपाईंहरूलाई प्रचार गर्दछौँ” वा “हामीले परमेश्वरको वचन सर्वप्रथम तपाईंहरूलाई प्रचार गर्दछौँ”
तिनीहरूले परमेश्वरको वचन इन्कार गरेको कुरालाई तिनीहरूले धकेल्न सक्ने कुनै थोक भएको झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “किनकि तपार्इंहरू परमेश्वरको वचनलाई इन्कार गर्नुहुन्छ”
“तपाईंहरू अनन्त जीवनका लागि योग्य हुनुहुन्न भन्ने कुरा तपाईंहरूले दर्शाउनुभएको छ” वा “तपाईंहरू अनन्त जीवनका लागि योग्य हुनुहुन्न भन्ने कार्य तपाईंहरूले गर्नुभएको छ”
“हामी अन्यजातिहरूकहाँ जानेछौँ ।” पावल र बारनाबासले भन्न खोजिरहेका थिए कि तिनीहरूले अन्यजातिहरूलाई प्रचार गर्नेछन् । वैकल्पिक अनुवादः “हामी तपाईंहरूलाई छोड्नेछौँ र अन्यजातिहरूलाई प्रचार गर्न सुरु गर्नेछौँ”
यहाँ पावलले प्रचार गरेको येशूको बारेमा भएको सत्यता मानिसहरूलाई देख्न सक्ने तुल्याउने ज्योति भए झैँ गरी लेखेका छन् ।
भाववाचक नाउँ “मुक्ति” शब्दलाई क्रियापद “बचाउने” लेखेर अनुवाद गर्न सकिन्छ । “अन्तिम छेउसम्म” भन्ने वाक्यांशले हरेक ठाउँमा भन्ने जनाउँछ । वैकल्पिक अनुवादः “मैले संसारका हरेक ठाउँका मानिसहरूलाई बचाउन चाहन्छु भन्ने कुरा तिनीहरूलाई भन्नु”
यहाँ “वचन” शब्दले तिनीहरूले विश्वास गरेका येशूको बारेमा भएको सन्देशलाई जनाउँछ । वैकल्पिक अनुवादः “प्रभु येशूको बारेमा भएको सन्देशका लागि परमेश्वरको प्रशंसा गरे”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले अनन्त जीवनका लागि नियुक्त गर्नुभएका जतिले विश्वास गरे” वा “अनन्त जीवन पाउनको लागि परमेश्वरले चुन्नुभएका सबै मानिसहरू”
यहाँ “वचन” शब्दले येशूको बारेमा भएको सन्देशलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्वास गर्ने मानिसहरूले प्रभुको वचन सम्पूर्ण क्षेत्रमा फैलाए” वा “विश्वास गर्नेहरू त्यस क्षेत्रमा सबैतिर गए र अरूहरूलाई येशूको सन्देशको बारेमा बताए”
यहाँ “उनीहरू” शब्दले पावल र बारनाबास जनाउँछ ।
पिसिदियाको एन्टिओखियामा पावल र बारनाबासले बिताएको समयलाई यसले अन्त्य गर्दछ । अनि तिनीहरू आइकोनियनमा जान्छन् ।
यसले सम्भवतः यहूदीहरूका अगुवाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरू”
“मनाए” वा “उक्साए”
“यी महत्त्वपूर्ण मानिसहरू”
“पावल र बारनाबासलाई सतावट दिन यी महत्त्वपूर्ण पुरुषहरू र स्त्रीहरूलाई मनाए”
“पावल र बारनाबासलाई तिनीहरूको सहरबाट हटाए”
यो त्यहाँ भएका विश्वास नगर्ने मानिसहरूलाई परमेश्वरले तिनीहरूलाई इन्कार गर्नुभएको छ र तिनीहरूलाई दण्ड दिनुहुनेछ भन्ने कुराको प्रतीकात्मक कार्य थियो ।
यसले सायद पिसिदियाको एन्टिओखियामा भएका पावल र सिलासले हालैमा छोडेर आएका नयाँ विश्वासीहरूलाई जनाउँछ ।
1 आइकोनियममा आइसकेपछि पावल र बारनाबास सँगसँगै यहूदीहरूको सभाघरमा गए र यसरी बोले जसको कारण यहूदीहरू र ग्रिकहरू दुवैका ठुलो भिडले विश्वास गरे । 2 तर अनाज्ञाकारी यहूदीहरूले गैरयहूदीहरूका मनहरूलाई खल्बल्याइदिए र दाजुभाइहरूको विरुद्धमा तितो बनाइदिए । 3 त्यसैले उहाँले आफ्नो अनुग्रहको सन्देशको बारेमा प्रमाण दिनुभएकाले प्रभुको शक्तिमा सहासपूर्वक बोल्दै तिनीहरू लामो समयसम्म त्यहाँ बसे । उहाँले यो परमेश्वरले पावल र बारनाबासका हातहरूद्वारा यी चिह्नहरू र अचम्मका कामहरू दिएर गर्नुभयो । 4 तर सहरका अधिकांश मानिसहरू विभाजित भए । कोही मानिसहरू यहूदीहरूका पक्षमा र कोही प्रेरितहरूका पक्षमा लागे । 5 जब यहूदीहरू र गौरयहूदीहरू दुवैले तिनीहरूका अगुवाहरूलाई पावल र बारनाबासलाई दुर्व्यवहार गर्न र ढुङ्गाले हान्न मनाउन प्रयास गरे, 6 यो कुरा थाहापाएपछि तिनीहरू लुकोनिया, लुस्त्रा, र डर्बी सहरहरू र वरिपरिका क्षेत्रतिर भागेर गए 7 र त्यहाँ तिनीहरूले सुसमाचार प्रचार गरिरहे । 8 लुस्त्रामा एकजना मानिस बसिरहेको थियो जसको खुट्टा शक्तिहीन् र आमाको गर्भमै लङ्गडो थियो र ऊ कहिलै हिँडेको थिएन । 9 पावलले बोलिरहेको त्यो मानिसले सुन्यो । पावलले आफ्ना आँखा उसलाई एकटक लगाएर हेरे र त्यो मानिसमा निको हुनसक्ने विश्वास भएको देखे । 10 यसकारण उनले ठुलो स्वरमा त्यसलाई भने, “आफ्नो खुट्टामा उठ ।” अनि त्यो मानिस उफ्रियो र वरिपरि हिँड्न थाल्यो । 11 जब भिडले पावलले गरेका काम देखे, तब तिनीहरूले आफ्ना स्वर उच्चालेर कराउँदै लुकोनियाको भाषामा भने, “देवहरू मानिसहरूका रूपमा हामीकहाँ तल ओर्ली आएछन् ।” 12 तिनीहरूले बारनाबासलाई “जिउस,” र पावललाई “हर्मेस” भने किनकि उनी चाहिँ प्रमुख वक्ता थिए । 13 जिउसका पूजाहारी, जसको मन्दिर सहरको बाहिरपट्टि थियो, उनले र भिडले ढोकामा गोरुहरू र फूलका मालाहरू ल्याए, किनभने तिनीहरूले बलिदान चढाउन चाहन्थे । 14 तर जब प्रेरित पावल र बारनाबासले यो सुने, र तिनीहरूले आफ्ना लुगा च्याते र झट्टै कराउँदै मानिसहरूका भीडतिर गए । 15 र भने, “ए मानिसहरू हो, यी कुराहरू तपाईंहरूले किन गरिरहनु भएको छ ? हामी पनि तपाईंहरूजस्तै भावना भएका मानव जाति हौँ । हामीले तपाईंहरूलाई अर्थविहीन् कुराहरूबाट ती जीवित परमेश्वरतिर फर्कनुपर्छ भनेर सुसमाचार ल्याएका छौँ जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका हरेक थोक बनाउनु भयो । 16 विगतका समयहरूमा, उहाँले सबै जातिहरूलाई आ-आफ्ना मार्गमा हिँड्न अनुमति दिनुभयो । 17 तथापि उहाँले आफैँलाई गवाहीबिना छोड्नु भएन त्यसका निम्ति उहाँले असल गर्नुभयो र तपाईंहरूलाई स्वर्गबाट वर्षा, र फलदायी ऋतुहरू अनि भोजन र आनन्दले तपाईंहरूका हृदयलाई भर्नुभएको छ ।’’ 18 यी वचनहरूले पनि पावल र बारनाबासले तिनीहरूले भिडलाई बलिदान गर्नबाट बढो मुस्किलले रोके । 19 तर एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू आए र भिडहरूलाई मनाए । तिनीहरूले पावललाई ढुङ्गाले हाने र ऊ मरेछ भनी विचार गरेर घिसार्दै सहरबाट बाहिर निकाले । 20 तर पनि चेलाहरू उनको वरिपरि उभिरहँदा, उनी उठे र सहरभित्र पसे । अर्को दिन बारनाबाससँग उनी डर्बीतिर गए । 21 सहरमा तिनीहरूले सुसमाचार प्रचार गरे र धेरैलाई चेलाहरू बनाएपछि तिनीहरू लुस्त्रा, आइकोनियम र एन्टिओखियामा फर्किए । 22 तिनीहरूले चेलाहरूको मनलाई दह्रिलो बनाउँदै र विश्वासमा रहिरहनका निम्ति उत्साहित दिने काममा लागिरहे । तिनीहरूले उनीहरूलाई धेरै दुःख र सातवटहरूबाट भएर नै हामी परमेश्वरको राज्यमा पस्नुपर्छ भनी बताए । 23 जब तिनीहरूले विश्वासीहरूको हरेक समूहमा एल्डरहरू नियुक्त गरे र उपवाससहित प्रार्थना गरे अनि तिनीहरूले विश्वास गरेका प्रभुमा उनीहरूलाई सुम्पिदिए । 24 त्यसपछि तिनीहरू पिसिदिया हुँदै पाम्फिलिया आए । 25 पर्गामा वचन बोलेपछि तिनीहरू अटालियातिर झरे । 26 त्यहाँबाट तिनीहरू जहाजमा चढेर एन्टिओखियातिर गए जहाँ उनीहरूले भर्खरै पुरा गरेका कामको निम्ति परमेश्वरको अनुग्रहमा तिनीहरू समर्पण गरिएका थिए । 27 तिनीहरू एन्टिओखियामा आइपुगेपछि सभा बोलाए अनि तिनीहरूले परमेश्वरले तिनीहरूसँग गर्नुभएका कामहरू र गैरयहूदीहरूका बिचमा कसरी उहाँले विश्वासको ढोका खोलिदिनुभयो, सोबारे सबै कुरा बताए । 28 तिनीहरू चेलाहरूसँग लामो समयसम्म बसे ।
येशूको बारेमा भएको सन्देश चाहिँ येशूमा विश्वास गर्ने मानिसहरूलाई परमेश्वरले अनुग्रह दर्शाउनुहुन्छ भन्ने सन्देश हो । अनि )
रोमी साम्राज्यमा भएका अन्यजातिले धेरै बिभिन्न प्रकारका झूटा देवताहरूको पूजा गर्दथे, जो साँच्चै अस्तित्वमा थिएनन् । पावल र बारनाबासले तिनीहरूलाई “जीवित परमेश्वरमा” विश्वास गर्न आग्रह गरे ।
येशूको पछि लाग्ने हरेक व्यक्तिले सतावटको सामना गर्नुपर्छ भनेर येशूले आफ्नो मृत्यु अगि आफ्ना चेलाहरूलाई भन्नुभयो । पावलले यही कुरालाई यहाँ फरक शब्दमा भनिरहेका छन् ।
आइकोनियनमा पावल र बारनाबासको वृत्तान्त जारी रहन्छ ।
यहाँ सम्भावित अर्थहरू हुन् १) “आइकोनियनमा यसो भयो कि” वा २) “सामान्य रूपमा आइकोनियनमा”
“अति शक्तिशाली किसिमले बोले ।” तिनीहरूले येशूको बारेमा भएको सन्देश बोले भन्नु उपयोगी हुन्छ । वैकल्पिक अनुवादः “येशूको बारेमा भएको सन्देश अति शक्तिशाली किसिमले बोले”
यसले येशूको बारेमा भएको सन्देश विश्वास नगरेका यहूदीहरूका एक भागलाई जनाउँछ ।
अन्यजातिहरूलाई रिस उठाइदिएको कुरालाई शान्त तलाउको पानीमा ढुङ्गा हानेर खल्बल्याइदिएको कुरा झैँ गरी लेखेका छन् ।
यहाँ “मन” शब्दले मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “अन्यजातिहरू”
यहाँ “दाजुभाइहरू” शब्दले पावल र बारनाबास र नयाँ विश्वासीहरूलाई जनाउँछ ।
यहाँ “उहाँ” शब्दले प्रभुलाई जनाउँछ ।
“तापनि तिनीहरू त्यहीँ बसे ।” पावल र बारनाबास धेरै मानिसहरूलाई सहायता गर्नका लागि आइकोनियनमा बसे जुन मानिसहरूले प्रेरितहरू १४:१ मा विश्वास गरेका थिए । “त्यसैले” शब्दले भ्रम सृजना गर्छ भने यसलाई हटाए हुन्छ ।
“उहाँको अनुग्रहको बारेमा भएको सन्देश सत्य हो भनी दर्शाउनुभयो”
“प्रभुको अनुग्रहको सन्देशको बारेमा”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पावल र बारनाबासलाई चिन्हहरू र अचम्मका कामहरू गर्न सक्षम तुल्याउनुभएर”
“हातहरू”ले पवित्र आत्माद्वारा अगुवाइ गरिएका यी दुई जना मानिसको इच्छा र प्रयत्नलाई जनाउँछ । वैकल्पिक अनुवादः “पावल र बारनाबासको सेवाद्वारा”
यहाँ “सहर” शब्दले सहरमा भएका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सहरमा भएका धेरैजसो मानिसहरू विभाजित भए” वा “सहरमा भएका धेरैजसो मानिसहरू एक आपसमा सहमत भएनन्”
“यहूदीहरूको समर्थन गरे” वा “यहूदीहरूसँग सहमत भए ।” उल्लिखित पहिलो समूहले अनुग्रह बारेमा भएको सन्देशमा सहमति जनाएनन् ।
उल्लिखित दोस्रो समूहले अनुग्रह बारेमा भएको सन्देशमा सहमत जनाए । क्रियापदलाई फेरि लेख्नु उपयोगी हुन्छ । वैकल्पिक अनुवादः “प्रेरितहरूको पक्ष लिए”
लूकाले यहाँ पावल र बारनाबासलाई जनाउँछन् । यहाँ “प्रेरितहरू” भन्नाले “पठाइएका मानिसहरू” भन्ने सामान्य अर्थमा प्रयोग गर्न सकिन्छ ।
शब्द “तिनीहरू”ले पावल र बारनाबासलाई जनाउँछ ।
“आइकोनियनका अगुवाहरूलाई मनाउन खोजे ।” यहाँ “प्रयास गरे” शब्दको अर्थ प्रेरितहरूले त्यो सहर छाडेर जानुअगि तिनीहरूले उनीहरूलाई पूर्ण रूपमा मनाउन सकेनन् भन्ने हुन्छ ।
“पावल र बारनाबासलाई पिट्न र तिनीहरूमाथि ढुङ्गाले प्रहार गरेर तिनीहरूलाई मार्न”
एसिया माइनरमा पर्ने जिल्ला
आइकोनियनको दक्षिण र डर्बीको उत्तरमा पर्ने एसिया माइनरको सहर
आइकोनियन र लुस्त्राको दक्षिणमा पर्ने सहर
“जहाँ पावल र बारनाबासले सुसमाचार प्रचार गरिरहे”
यहाँ पहिलो “तिनी” शब्दले लङ्गडो मानिसलाई जनाउँछ; दोस्रो “तिनी” शब्दले पावललाई जनाउँछ । “त्यसलाई” शब्दले लङ्गडो मानिसलाई जनाउँछ ।
पावल र बारनाबास अहिले लुस्त्रामा छन् ।
यसले कथामा नयाँ व्यक्तिलाई समावेश गर्दछ ।
“उसले आफ्नो खुट्टा चलाउन सक्दैनथ्यो” वा “ऊ आफ्नो खुट्टाले हिँड्न सक्दैनथ्यो”
“जो जन्मदेखि नै लङ्गडो थियो”
हिँड्न नसक्ने व्यक्ति
“पावलले त्यसलाई सिधै हेरे”
भाववाचक नाउँ “विश्वास” लाई क्रियापद “विश्वास गर्नु” लेखेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले उसलाई निको पार्न सक्नुहुन्छ भनी विश्वास गर्यो” वा “येशूले उसलाई स्वस्थ तुल्याउन सक्नुहुन्छ भनी विश्वास गर्यो”
“हावामा उफ्रियो ।” यसको अर्थ उसका खुट्टा पूर्ण रूपले निको भए भन्ने हुन्छ ।
यसले पावलले त्यो लङ्गडो मानिसलाई निको पारेको कुरालाई जनाउँछ ।
स्वर उचाल्नु भनेको ठूलो स्वर गरेर बोल्नु हो । वैकल्पिक अनुवादः “तिनीहरूले ठूलो स्वर गरेर बोले” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)
धेरै मानिसहरूले पावल र बारनाबासलाई आकाशबाट ओर्लिआएका तिनीहरूका देवहरू ठाने । वैकल्पिक अनुवादः “आकाशबाट देवहरू हामीकहाँ ओर्लिआएका छन्”
“तिनीहरूका आफ्नै लुकोनियाली भाषामा ।” लुस्त्राका मानिसहरूले लुकोनियाली र ग्रीक भाषा बोले ।
देवताहरू मानिसजस्ता देखिनका लागि तिनीहरूको परिवर्तन हुनु जरुरी हुन्छ भनेर यी मानिसले विश्वास गरे ।
अरू सबै अन्यजातिका देवताहरूमध्ये जिउस चाहिँ राजा नै थिए ।
जिउस र अरू देवताका सन्देश मानिसहरूकहाँ लिएर आउने चाहिँ हर्मेस थिए ।
यो पूजाहारीका बारेमा अतिरिक्त जानकारी समावेश गर्नु उपयोगी हुन्छ । वैकल्पिक अनुवादः “सहरको बाहिर एउटा मन्दिर थियो । त्यहाँ मानिसहरूले जिउसको पूजा गर्दथे । त्यो मन्दिरका पूजाहारीले पावल र बारनाबासले गरेका कामको बारेमा सुनेर तिनले ... ल्याए”
जनावरहरू बलि दिनलाई र फुलका मालाहरू पावल र बारनाबासलाई पहिराउनको लागि वा बलि दिने जनावरहरूलाई पहिराउनको लागि थिए ।
सहरहरूका मूल ढोकाहरू धेरैजसो समय मानिसहरूले सभा गर्ने ठाउँको रूपमा प्रयोग हुन्थ्यो ।
“पावल र बारनाबास चाहिँ उनीहरूका देवताहरू जिउस र हर्मेस हुन् भनी ठानेर बलिदान चढाउन चाहन्थे”
“प्रेरितहरू” शब्दलाई लूकाले यहाँ “पठाइएका मानिसहरू” भन्ने सामान्य अर्थमा प्रयोग गरेका हुन सक्छन् ।
भीडले तिनीहरूप्रति बलिदान चढाउने इच्छा गरेको हुनाले तिनीहरू गहिरो रूपमा दुःखी र निराश भएको कुरा दर्शाउने यो एउटा सङ्केतिक कार्य थियो ।
मानिसहरूले पावल र बारनाबासको लागि बलिदान चढाउन खोजेको कारण मानिसहरूलाई हप्काउँदै छन् । वैकल्पिक अनुवादः “मानिसहरू हो, तपाईंहरूले यी कुराहरू गर्नुहुँदैन !”
“हामीलाई पूजा गर्दै”
यो वाक्यद्वारा पावल र बारनाबासले आफूहरू देवताहरू होइन भनेका हुन् । वैकल्पिक अनुवादः “हामी पनि तपाईंहरूजस्तै मानवहरू हौँ । हामी देवताहरू होइनौँ !”
“हर प्रकारले तपार्इंहरू जस्तै”
यहाँ “ ... बाट फर्कनुपर्छ” भनेको एउटा कुरा गर्न छोडेर अरू नै केही कुरा गर्न सुरु गर्ने कुराको अर्थ दिने अलङ्कार हो । वैकल्पिक अनुवादः “यी झूटा देवहरूको पूजा गर्न छोड्नुहोस् जसले तपाईंहरूलाई सहायता गर्न सक्दैनन्, बरु जीवित परमेश्वरको आराधना गर्नुहोस्”
“साँचो रूपले अस्तित्वमा हुनुहुने परमेश्वर” वा “जिउनुहुने परमेश्वर”
“पहिलेका सययहरूमा” वा “अहिलेसम्म”
बाटोमा हिँड्नु, वा मार्गमा हिँड्नु भनेको कोही एक व्यक्तिले आफ्नो जीवन जिउने तरिकालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिनीहरूको जीवन तिनीहरूले चाहेअनुसारले जिउनु” वा “तिनीहरूले चाहेको जे पनि कुरा गर्नु”
पावल र बारनाबास लुस्त्रा सहरको बाहिर भएका भीडसँग कुरा गरिरहन्छन् (प्रेरितहरू १४:८) ।
यसलाई सकारात्मक स्वरूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले निश्चित रूपमा गवाही छोड्नुभएको छ” वा “परमेश्वरले साँच्चै साक्षी दिनुभएको छ”
“यस तथ्यद्वारा देखाइएको अनुसार”
यहाँ “तपार्इंहरूको हृदय”ले मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तपार्इंहरूलाई खानलाई र आनन्दित रहनको लागि पर्याप्त थोकहरू दिनुभएको छ”
आफूहरूलाई बलिदान चढाउन पावल र बारनाबासले भीडलाई रोके, तर त्यो कार्य कठिन थियो ।
“रोकथाम गर्न कठिनाइ भयो”
यहाँ “तिनी” र “तिनलाई” शब्दहरूले पावललाई जनाउँछन् ।
तिनीहरूले भीडलाई के गर्नलाई मनाए भनी स्पष्ट उल्लेख गर्नु उपयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “मानिसहरूलाई पावल र बारनाबासलाई विश्वास नगर्न, र तिनीहरूको विरुद्धमा फर्कनलाई मनाए”
यस अगिको पदमा भएका “भीड”को समूह यो नहुन सक्छ । केही समय बितेर गएको छ, र यसैले यो त्यहाँ एकसाथ भेला भएको अर्को एउटा समूह हुन सक्छ ।
“किनभने तिनी मरिसकेका छन् भनेर उनीहरूले सोचे”
यिनीहरू लुस्त्रा सहरमा भएका नयाँ विश्वासीहरू थिए ।
“पावल विश्वासीहरूसँग फेरि लुस्त्रा पसे”
“पावल र बारनाबास डर्बीको सहरमा गए”
यहाँ “तिनीहरू” र “तिनीहरू” शब्दहरूले पावल र बारनाबासलाई जनाउँछन् । यहाँ “हामी” शब्दले पावल, बारनाबास र विश्वासीहरूलाई समावेश गर्दछ ।
“डर्बी” (प्रेरितहरू १४:२०)
यहाँ “मन” शब्दले चेलाहरूलाई जनाउँछ । यसले तिनीहरूका भित्री विचारहरू र विश्वासहरूलाई जोड दिन्छ । वैकल्पिक अनुवादः “येशूको बारेमा भएको सन्देशलाई निरन्तर रूपले विश्वास गर्न पावल र बारनाबासले विश्वासीहरूलाई आग्रह गरे” वा “येशूसँगको सम्बन्धमा निरन्तर बलियो गरी बढ्दै जान पावल र बारनाबासले विश्वासीहरूलाई आग्रह गरे”
“विश्वासीहरूलाई निरन्तर येशूलाई विश्वास गरिरहन उत्साह दिँदै”
केही अनुवादले यसलाई एउटा अप्रत्यक्ष उद्धरणको रूपमा अणुवाद गर्छ, “हामीले धेरै कष्टभोगहरू सहँदै परमेश्वरको राज्यमा प्रवेश गर्नुपर्छ भनी भन्दै ।” यहाँ “हामी” शबदले लूका र पाठकहरूलाई समावेश गर्छ ।
पावलले आफ्ना पाठकहरूलाई समावेश गर्छन्, त्यसैले “हामी” शब्द समावेशी हो ।
यहाँ “तिनीहरू” शब्द जति सबैले पावल र बारनाबासलाई जनाउँछ, केवल “तिनीहरू” शब्दको तेस्रो प्रयोगले पावल र बारनाबासले प्रभुमा डोर्याएका मानिसहरूलाई जनाउँछ ।
“जब पावल र बारनाबासले हरेक नयाँ विश्वासीहरूको समूहमा अगुवाहरू नियुक्त गरे”
सम्भावित अर्थहरू हुन् १) “पावल र बारनाबासले आफूले नियुक्त गरेका एल्डरहरूलाई सुम्पिदिए” वा २) “पावल र बारनाबासले अगुवाहरू र अरू विश्वासीहरूलाई जिम्मेवारी दिए”
“तिनीहरू” शब्दले कसलाई जनाउँछ भन्ने कुरा यस अगिको टिपोटमा तपाईंले “उनीहरू” शब्दको अर्थ (धर्मगुरुहरू वा अगुवाहरू र अरू विश्वासी) लगाएको कुरामा निर्भर हुन्छ ।
यहाँ “वचन” भनेको “परमेश्वरबाटको सन्देश”लाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः ”
यहाँ “झरे” शब्द प्रयोग भएको छ, किनभने उचाइका हिसाबले अटालिया पर्गाभन्दा तल छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जहाँ एन्टिओखियामा भएका विश्वासीहरू र अगुवाहरूले पावल र बारनाबासलाई परमेश्वरको अनुग्रहमा समर्पण गरेका थिए” वा “जहाँ परमेश्वरले पावल र बारनाबासलाई रक्षा गर्नुभएको होस् भनेर एन्टिओखियाका मानिसहरूले प्रार्थना गरेका थिए”
यहाँ “तिनीहरूले,” “तिनीहरूलाई” र “तिनीहरू” शब्दहरूले पावल र बारनाबासलाई जनाउँछन् । “उहाँले” शब्दले परमेश्वरलाई जनाउँछ ।
“स्थानीय विश्वासीहरूलाई एकसाथ भेला हुनलाई आह्वान गरे”
गैरयहूदीहरूले विश्वास गर्ने क्षमतालाई परमेश्वरले खोल्नुभएको ढोकाको रूपमा लिइएको छ । वैकल्पिक अनुवादः “परमेश्वरले गैरयहूदीहरूले विश्वास गर्न सम्भव तुल्याउनुभयो”
1 यहूदियाबाट केही मानिसहरू आए र भाइहरूलाई यसो भन्दै सिकाए, “जबसम्म तपाईंहरूले मोशाको विधिअनुसार खतना गर्नुहुन्न, तबसम्म तपाईंहरू बाँच्न सक्नुहुन्न ।” 2 जब पावल र बारनाबासको तिनीहरूसँग विरोध र विवाद भयो तब यस प्रश्नलाई लिएर पावल, बारनाबास र अरू केही मानिस यरूशलेममा प्रेरित र एल्डरहरूकहाँ जानुपर्छ भनी भाइहरूले निर्णय गरे । 3 त्यसकारण उनीहरू मण्डलीद्वारा पठाइए अनि फोनिसिया र सामरिया भएर गए र गैरयहूदीहरू विश्वासमा आएका कुरा घोषणा गरे । उनीहरूले सबै दाजुभाइहरूमा ठुलो आनन्द ल्याए । 4 जब उनीहरू यरूशलेममा आए, उनीहरूलाई मण्डली, प्रेरितहरू र एल्डरहरूद्वारा स्वागत गरियो, र यसरी उनीहरूसँग परमेश्वरले गर्नुभएका सबै कामहरूको प्रतिवेदन उनीहरूलाई सुनाए । 5 फरिसी दलबाट विश्वास गरेका केही मानिसहरू उठे र भने, “तिनीहरूलाई खतना गर्न र मोशाको व्यवस्था पालन गर्न आज्ञा दिनु आवश्यक छ ।” 6 त्यसैले यस विषयमा विचार गर्न प्रेरितहरू र एल्डरहरू भेला भए । 7 धेरै छलफलपछि, पत्रुस उठे र तिनीहरूलाई भने, “भाइहरू, केही समय अगाडि परमेश्वरले तपाईंहरूको माझमा गर्नुभएको एउटा छनौट तपाईंहरूलाई थाहै छ कि मेरो मुखद्वारा गैरयहूदीहरूले सुसमाचारको वचन सुन्न सकून् र विश्वास गरून् । 8 मानिसहरूका हृदय जान्नुहुने परमेश्वरले हामीलाई जस्तै तिनीहरूलाई पवित्र आत्मा दिएर तिनीहरूलाई गवाही दिनुहुन्छ । 9 विश्वासद्वारा तिनीहरूका हृदय शुद्ध गर्नुभएर उहाँले हामीहरू र तिनीहरूका बिचमा कुनै भेदभाव गर्नुभएन । 10 अब यसकारण हाम्रा पिताहरूले र हामीहरूले बोक्न नसकेको जुवा चेलाहरूको घाँटीमा राख्नैपर्छ भनी तपाईंहरू किन परमेश्वरको परीक्षा गर्नुहुन्छ ? 11 तर हामी विश्वास गर्दछौँ कि हामीहरू प्रभु येशूको अनुग्रहद्वारा बचाइनेछौँ, जसरी तिनीहरू पनि बचाइए ।’’ 12 तिनीहरूले पावल र बारनाबासद्वारा गैरयहूदीहरूका माझमा परमेश्वरले गर्नुभएका चिह्न र आश्चर्यकर्महरूको विवरण सुनिरहँदा सारा भिड चुपचाप रह्यो । 13 तिनीहरूले बोल्न छोडेपछि, याकूबले जवाफ दिँदै भने, “भाइहरू हो, मेरा कुरा सुन्नुहोस् । 14 परमेश्वरले आफ्नो नाउँको खातिर तिनीहरूबाटै एक जाति लिनलाई कसरी पहिले गैरयहूदीहरूलाई कृपादृष्टिकासाथ सहायता गर्नुभयो भनी सिमोनले बताएका छन् । 15 यससँग अगमवक्ताका वचनहरू सहमत छन्, किनकि यसरी लेखिएको छ, 16 यी कुराहरूपछि म फर्केर आउनेछु, र म दाऊदको ढलेको पाल फेरि निर्माण गर्नेछु, यसका भग्नावशेषहरूलाई म उठाउनेछु र फेरी पुनर्स्थापित गर्नेछु । 17 ताकि बाँकी रहेको मानिसहरू र सबै गैरयहूदीहरू लगायत मेरो नाउँद्वारा बोलाइएकाहरूले प्रभुलाई खोज्न सकून्। 18 , जसले यी प्राचीन समयदेखि थाहा कुराहरू गर्नुहुने प्रभुले यसरी भन्नुहुन्छ । 19 त्यसकारण मेरो विचार यो छ कि परमेश्वरतिर फर्कने गैरयहूदीहरूलाई हामीले दुःख दिनुहुँदैन । 20 तर हामीले तिनीहरूलाई यो लेख्छौँ कि तिनीहरू मूर्तिहरूको अशुद्धताबाट, व्यभिचारबाट र घाँटी अठ्याएर मारेको मासु र रगतबाट अलग रहून् । 21 किनभने हरेक सहरमा मोशाको व्यवस्थाका कुराहरू हरेक सबाथमा पुस्तौंदेखि मानिसहरूले सभाघरहरूमा प्रचार गर्दै र पढ्दै आएका छन् ।” 22 त्यसपछि मण्डलीका अगुवाहरू यहूदा बरसाबास र सिलासलाई छानेर पावल र बारनाबासका साथमा तिनीहरूलाई एन्टिओखिया पठाउने कुरा सबै प्रेरितहरू, एल्डरहरू र सारा मण्डलीसहितलाई कुरा असल लाग्यो । 23 तिनीहरूले यो लेखे, “एन्टिओखिया, सिरिया र किलिकियामा भएका गैरयहूदी भाइहरू, प्रेरितहरू, एल्डरहरू, भाइहरूलाई अभिवादन । 24 हामीले त्यस्तो गर्ने आज्ञा नगरेका केही मानिसहरू हाम्रो बिचबाट तपाईंहरूकहाँ आएर तपाईंहरूको आत्मालाई दु:खित पार्ने खालका शिक्षाहरू दिएर तपाईंहरूलाई दुःख दिइरहेका छन् । 25 त्यसैकारण हाम्रा प्रिय पावल र बारनाबासका साथमा कोही मानिसहरूलाई छानेर तपाईंहरूकहाँ पठाउन हामी सहमत भयौँ र यो हामी सबैलाई असल लाग्यो । 26 यी हाम्रा प्रभु येशू ख्रीष्टको नाउँको खातिर आफ्नो जीवनलाई जोखिममा पारेका मानिसहरू हुन् । 27 त्यसैले हामीले यहूदा र सिलासलाई पठाएका छौँ, जसले तिमीहरूलाई त्यही कुराहरू बताउनेछन् । 28 किनभने यी आवश्यक कुराहरूभन्दा बढि ठुलो भार तपाईंहरूमाथि नबोकाउन पवित्र आत्मा र हामीलाई असल लाग्यो । 29 तपाईंहरू मूर्तिहरूलाई चढाइएका बलिदानका कुराहरू, रगत, घाँटी अठ्याएर मारेको थोकहरू र यौन अनैतिकताबाट अलग रहनुहोस् । यदि तपाईंहरूले आफैँलाई यी कुराहरूबाट अलग राख्नुभयो भने तपाईंहरूलाई भलो हुनेछ । बिदा ।” 30 जब उनीहरू बिदा भएर एन्टिओखियामा आए । तिनीहरूलेभिडलाई एकसाथ भेला पारेपछि पत्र दिए । 31 जब तिनीहरूले यसलाई पढे, उत्साहको कारण तिनीहरू आनन्दित भए । 32 यहूदा र सिलास पनि अगमवक्ताहरू भएकोले धेरै वचनहरूद्वारा भाइहरूलाई उत्साह दिए र तिनीहरूलाई बलियो पारे । 33 उनीहरूले त्यहाँ केही समय बिताइसकेपछि भाइहरूको बिचबाट उनीहरूलाई पठाउनेहरूकहाँ शान्तिसाथ पठाइयो । 34 (टिप्पणी: सबैभन्दा उत्तम प्राचीन पाण्डुलिपिहरूले “३४” पदलाई छोडेका छन् (प्रेरित १५ :४० हेर्नुहोस्) तर सिमोनलाई त्यहाँ रहन नै असल लाग्यो । 35 तर पावल र बारनाबास अरु धेरैकासाथ एन्टिओखियामा बसे । जहाँउनी सिकाए र प्रभुको वचन प्रचार गरे । 36 केही दिनपछि पावलले बारनाबासलाई भने, “अहिले हामी फर्केर जाऔँ र हामीले प्रभुको वचन घोषणा गरेको हरेक सहरका भाइहरूलाई भेटौँ, र उनीहरू कस्ता छन हेरौँ । 37 बारनाबासले मर्कूस भनिने यूहन्नालाई पनि तिनीहरूसँगै लैजान चाहन्थे । 38 तर पावलले मर्कूसलाई लिएर जान ठिक छैन भनी विचार गरे । किनभने पाम्फिलियामा हुँदा उनी तिनीहरूबाट छुट्टिएर उनीहरूसँग काममा अगाडि गएनन् । 39 तब त्यहाँ कडा असहमति उत्पन्न भयो । त्यसैकारण उनीहरू एकअर्काबाट छुट्टिए । अनि बारनाबासले मर्कूसलाई आफूसँगै लिएर साइप्रसतिर समुद्रयात्रा गरे । 40 तर पावलले सिलासलाई छाने । भाइहरूद्वारा प्रभुको अनुग्रहमा सुम्पिएपछि उनी त्यहाँबाट बिदा भए । 41 र उनी मण्डलीहरूलाई बलियो पार्दै सिरिया र किलिकिया भएर गए ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले १५:१६-१७ मा पुरानो करारबाट ल्याइएको कवितासँग यसै गर्छ ।
लूकाले यस अध्यायमा वर्णन गरेका भेलालाई सामान्य रूपमा “यरूशलेमको परिषद्” भनिएको छ । विश्वासीहरू मोशाको व्यवस्थाका सम्पूर्ण कुरा पालन गर्नुपर्छ कि पर्दैन भनेर निर्णय गर्न यो बेला मण्डलीका धेरै जना अगुवा एकसाथ भेला भएका थिए ।
यस अध्यायमा लूकाले यहूदी मित्रहरूलाई जनाउनको साटोमा ख्रीष्टिएन मित्रहरूलाई जनाउन “भाइहरू” शब्द प्रयोग गरेका छन् ।
अन्यजातिहरूले खतना गरिन् भन्ने कोही विश्वासीहरूको इच्छा थियो, किनभने परमेश्वरको मानिस हुने इच्छा गर्ने हरेक व्यक्तिले खतना गरोस् भनेर परमेश्वरले अब्राहाम र मोशालाई भन्नुभएको थियो । अनि यो व्यवस्था सधैं अस्तित्वमा रहेको थियो । तर खतना नगरेका अन्यजाति विश्वासीहरूलाई परमेश्वरले पवित्र आत्माको वरदान दिनुभएको कुरा पावल र बारनाबासले देखे, र यसैले अन्यजाति विश्वासीहरूले खतना गरुन् भन्ने तिनीहरूको इच्छा भएन । अब तिनीहरूले के गर्नुपर्छ भनी मण्डलीका अगुवाहरू आफैले निर्णय गरून् भनेर यी दुवै समूह यरूशलेममा गए ।
मण्डलीका अगुवाहरूले यी विषयमा उचित निर्णय गर्न सके, र यसैले यहूदीहरू र अन्यजातिहरू सँगसँगै बसोबास गर्न मात्र होइन तर एकसाथ एउटै खानेकुरा पनि खाए ।
गैरयहूदीहरू र खतनाको विवाद हुँदा पावल र बारनाबास एन्टिओखियामा नै छन् ।
“केही मान्छेहरू ।” यी मानिस ख्रीष्टलाई विश्वास गरेका यहूदीहरू थिए भनेर तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ ।
यहाँ “तल आए” भन्ने वाक्यांश प्रयोग भएको छ, किनभने उचाइका हिसाबले यहूदियाभन्दा एन्टिओखिया तल छ ।
यहाँ “भाइहरू” शब्दले ख्रीष्टका विश्वासीहरूलाई जनाउँछ । तिनीहरू एन्टिओखियामा थिए भन्ने अर्थ बुझ्न सकिन्छ । वैकल्पिक अनुवादः “एन्टिओखियाका भाइहरूलाई सिकाउने काम जारी राखे” वा “एन्टिओखियाका विश्वासीहरूलाई सिकाइरहेका थिए”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जबसम्म मोशाको विधिअनुसार कसैले तिमीहरूको खतना गरिदिँदैन, तबसम्म परमेश्वरले तिमीहरूलाई बचाउन सक्नुहुन्न” वा “मोशाको विधिअनुसार तिमीहरूको खतना नहुन्जेल परमेश्वरले तिमीहरूका पापबाट तिमीहरूलाई बचाउन सक्नुहुन्न”
यहाँ भाववाचक नाउँ “मतभेद” र “विवाद” लाई क्रियापदका रूपमा लेख्न, अनि ती मानिस कहाँबाट आए, सो कुरा स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “यहूदियाबाट आएका ती मानिससँग सामना गरे र वादविवाद गरे”
इस्राएलमा भएका अरू ठाउँभन्द उचाइका हिसाबले यरूशलेम माथि थियो । यसैले इस्राएलीहरूका लागि माथि यरूशलेम जाने भन्नु एउटा सामान्य कुरा थियो ।
“यो विषय”
यहाँ “तिनीहरू” र “उनीहरू” शब्दले पावल, बारनाबास र अरू दाजुभाइलाई जनाउँछ (प्रेरितहरू १५:२) ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसकारण मण्डलीले पावल, बारनाबास र एन्टिओखियाका अन्य केही विश्वासीहरूलाई यरूशलेम पठाए”
यहाँ “मण्डली” शब्दले मण्डलीमा सहभागी भएका मानिसहरूलाई जनाउँछ ।
“भएर गए” र “घोषणा गरे” शब्दहरूले तिनीहरूले परमेश्वरले गर्नुभएको कुराको बारेमा विस्तृत रूपमा बताउँदै विभिन्न ठाउँहरूमा समय बिताए भन्ने कुरालाई जनाउँछन् ।
भाववाचक शब्द “कुरा”
तिनीहरूका सन्देशले ती दाजुभाइलाई आनन्दित तुल्याएको कुरालाई “आनन्द” दाजुभाइकहाँ बोकेर ल्याउन सक्ने वस्तु भए झैँ गरी भनिएको छ । वैकल्पिक अनुवादः “तिनीहरूले भनेका कुराले तिनीहरूका विश्वासी मित्रहरूलाई आनन्दित तुल्यायो”
यहाँ “भाइहरू” शब्दले सङ्गी विश्वासीहरूलाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मण्डलीका सदस्यहरूले उनीहरूको स्वागत गरे”
“उनीहरूद्वारा”
यहाँ “तिनीहरू” शब्दले खतना नगरेका र पुरानो करारको परमेश्वरको व्यवस्था पालन नगर्ने अन्यजाति विश्वासीहरूलाई जनाउँछ ।
पावल र बारनाबास अहिले प्रेरितहरू र त्यहाँका एल्डरहरूलाई भेट्नको लागि यरूशलेममा छन् ।
लूकाले येशूमा मात्र मुक्ति छ भन्ने कुरामा विश्वास गर्ने मानिसहरू र मुक्तिको लागि खतना आवश्यक छ भन्ने कुरामा विश्वास गर्ने मानिसहरूका बीचमा फरक देखाउँछन् ।
“मोशाको व्यवस्था मान्न”
परमेश्वरले अन्यजातिहरूका पाप क्षमा गर्नका लागि तिनीहरूले खतना गर्नु र मोशाको व्यवस्था पालन गर्नु जरुरी हुन्छ वा हुँदैन भनेर छलफल गर्ने निर्णय मण्डलीका अगुवाहरूले गरे ।
पहिलो शब्द “तिनीहरू” ले प्रेरितहरू र धर्मगुरुहरू
अन्यजातिहरूले खतना गर्नु र व्यवस्था पालन गर्नु जरुरी छ कि छैन भनेर छलफल गर्न भेला भएका प्रेरितहरू र धर्मगुरुहरूका भेलामा पत्रुसले बोल्न सुरु गरे (प्रेरितहरू १५:५-६) ।
पत्रुसले भेला भएका सबै विश्वासीलाई सम्बोधन गर्दै छन् ।
यहाँ “मुख”ले पत्रुसलाई जनाउँछ । वैकल्पिक अनुवादः “मबाट” वा “मद्वारा”
“गैरयहूदीहरूले सुन्न सकून्”
यहाँ “वचन” शब्दले सन्देशलाई जनाउँछ । वैकल्पिक अनुवादः “येशूको बारेमा भएको सन्देश”
यहाँ “हृदय” शब्दले “दिमाग” वा “भित्री अस्तित्व” लाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसहरूका मन जान्नुहुने” वा “मानिसहरूका विचार जान्नुहुने”
“गैरयहूदीहरूलाई गवाही दिनुहुन्छ”
“तिनीहरूमाथि पवित्र आत्मा आउन दिनुभएर”
परमेश्वरले यहूदी विश्वासीहरू र गैरयहूदी विश्वासीहरूमा कुनै फरक व्यवहार गर्नुभएन ।
परमेश्वरले अन्यजाति विश्वासीहरूका पाप क्षामा गर्नुहुने कुरालाई उहाँले तिनीहरूका हृदय अक्षरशः सफा गर्नुभएको जस्तो भनिएको छ । यहाँ “हृदय” शब्दले व्यक्तिको भित्री अस्तित्वलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले येशूलाई विश्वास गरेका कारणले तिनीहरूका पाप क्षमा गर्नुभएर”
पत्रुसले “हाम्रा” र “हामी” मा आफूलाई सुन्ने मानिसहरूलाई पनि समावेश गरेका छन् ।
पत्रुस प्रेरितहरू र एल्डरहरूसँग बोलिसक्छन् ।
यसले “यो क्षणमा” भन्ने अर्थ लाग्दैन, तर यसपछि आउने महत्त्वपूर्ण बुँदातर्फ ध्यान आकर्षण गर्दछ ।
पत्रुसले यहूदी विश्वासीहरूलाई गैरयहूदी विश्वासीहरूले उद्धारको लागि खतना गर्न आवश्यक छैन भन्ने कुरा बताउनको लागि यो प्रश्न सोध्छन् । वैकल्पिक अनुवादः “हामी यहूदीहरूले बोक्न नसकेको बोझ गैरयहूदीहरूलाई बोकाएर परमेश्वरको परीक्षा नलेओ !”
यसले तिनीहरूका यहूदी पूर्खाहरूलाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर प्रभु येशूले अन्यजाति विश्वासीहरूलाई उहाँको अनुग्रहले बचाउनुभए झैँ हामीलाई पनि उहाँले बचाउनुहुन्छ भनी हामी विश्वास गर्दछौँ”
यहाँ “तिनीहरू” शब्दले पावल र बारनाबासलाई जनाउँछ ।
“सबै जना” वा “जम्मै समूह” (प्रेरितहरू १५:६)
“परमेश्वरले गर्नुभयो” वा “परमेश्वरले तुल्याउनुभयो”
यहाँ “तिनीहरू” शब्दले पावल र बारनाबासलाई जनाउँछ । (प्रेरितहरू १५:१२) ।
याकूब प्रेरितहरू र एल्डरहरूसँग कुरा गर्न सुरु गर्छन् (प्रेरितहरू १५:६) ।
“सङ्गी विश्वासीहरू, सुन्नुहोस् ।” याकूब शायद पुरुषहरूसँग मात्र कुरा गरिरहेका थिए ।
“तिनीहरूको माझबाट ... मानिसहरू छान्नलाई”
“परमेश्वरको नाउँको लागि ।” यहाँ “नाउँ”ले परमेश्वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँको आफ्नै लागि”
यहाँ “म”ले अगमवक्ताहरूका वचनहरूद्वारा बोलिरहनुभएको परमेश्वरलाई जनाउँछ ।
याकूबले आमोसको पुस्तकबाट अगमवक्ताका वचनहरूलाई उद्धृत गर्छन् ।
यहाँ “वचनहरू” शब्दले सन्देशलाई जनाउँछ । वैकल्पिक अनुवादः “अगमवक्ताहरूले भनेका कुराले समर्थन गर्दछन्” वा “अगमवक्ताहरूले सहमत हुन्छन्”
“यो सत्यताको पुष्टि गर्छन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जस्तो तिनीहरूले लेखे” वा “जस्तो आमोस अगमवक्ताले धेरै समय पहिले लेखे”
परमेश्वरले आफ्ना मानिसहरूमाथि शासन गर्नका लागि फेरि पनि दाउदका सन्तानमध्ये एक जनालाई चुन्नुहुने कुरालाई यसले ढलेको पाललाई उहाँले फेरि खडा गर्नुभएको कुरा जस्तो हो भनेको छ ।
यहाँ “पाल” शब्दले दाऊदको परिवारलाई जनाउँछ ।
यसले परमेश्वरको आज्ञा पालन गर्न र उहाँको बारेमा अझ धेरै जान्न चाहाने मानिसहरूका बारेमा तिनीहरूले उहाँलाई साँच्चै नै खोजी गरिरहेका कुरा जस्तो भनेको छ ।
यहाँ “मानिसहरू” शब्दले पुरुष र स्त्री दुवैलाई समावेश गर्दछ । वैकल्पिक अनुवादः “मानिसहरूमध्ये बाँकी रहेकाहरू”
परमेश्वरले आफ्नो बारेमा तृतीय पुरुषमा कुरा गर्दै हुनुहुन्छ । वैकल्पिक अनुवादः “म, परमप्रभुलाई खोज्न सकून्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबै अन्यजातिहरूलाई समावेश गरेर जो मेरा हुन्”
यहाँ “मेरो नाउँ” शब्दले परमेश्वरलाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन मानिसहरूले जानेका छन्”
याकूबले “हामी” भनेर याकूब, प्रेरितहरू, एल्डरहरूलाई जनाउँदै छन् ।
याकूबले प्रेरितहरू र एल्डरहरूसँगको कुराकानीलाई टुङ्ग्याउँछन् । (हेर्नुहोस्ः प्रेरितहरू १५:२ अनि प्रेरितहरू १५:१३)
याकुबले अन्यजातिहरूलाई कसरी दुःख दिन चाहँदैनथे भन्ने कुरालाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “हामीले गैरयहूदीहरूलाई खतना गर्न र मोशाका नियमहरू मान्नको लागि बाध्य पार्नुहुँदैन”
परमेश्वरको आज्ञा पालन गर्न सुरु गर्ने व्यक्तिका बारेमा त्यो व्यक्ति शारीरिक रूपमा परमेश्वरतर्फ फर्केको जस्तो भनिएको छ ।
व्यभिचार गर्ने, पशुलाई घाँटी अठ्याएर मार्ने र रगत पिउने कामहरू मूर्तिहरू र झूटा देवताहरूको पूजा गर्दा गरिने उत्सवका भागहरू थिए ।
यस कुराले कसैले मूर्तिहरूलाई चढाएको जनावरको बलिको मासु खानु वा मूर्तिपूजाजस्तो कुनै पनि कुरा गर्नुलाई जनाउँछ ।
परमेश्वरले यहूदीहरूलाई रगत बाँकी रहेको मासु खाने अनुमति दिनुभएन । साथै, योभन्दा पहिले मोशाले उत्पत्तिमा लेखेको कुरामा पनि परमेश्वरले रगत खान निषेध गर्नुभएको थियो । यसकारण, कसैले घाँटी अठ्याएर मारेको जनावरको मासु तिनीहरूले खान हुँदैनथ्यो, किनभने त्यो जनावरको शरीरबाट रगत पूरै रूपले तर्केर गएको हुँदैनथ्यो ।
याकूबले भन्न खोजेको कुराको अर्थ, यहूदीहरूका सभाघर भएका हरेक सहरमा यी नियमको प्रचार भइरहेको हुनाले यी कति महत्त्वपूर्ण छन् भनी अन्यजातिहरूले थाहा पाएका छन् । यी नियमका बारेमा अरू बढी जानकारी हासिल गर्न अन्यजातिहरू सभाघरका शिक्षकहरूकहाँ जान सक्छन् ।
यहाँ “मोशा” नाउँले मोशाले दिएको व्यवस्थालाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मोशाको व्यवस्थाको घोषणा भएको छ” वा “यहूदीहरूले मोशाको व्यवस्था सिकाएका छन्”
यहाँ “हरेक” शब्द सामान्यीकरण हो । वैकल्पिक अनुवादः “धेरै सहरहरूमा”
यहाँ “तिनलाई” शब्दले मोशालाई जनाउँछ । यहाँ तिनको नाउँले व्यवस्थालाई जनाउँछ । वैकल्पिक अनुवादः “र व्यवस्था पढिन्छ” वा “र तिनीहरूले व्यवस्था पढ्छन्”
यहाँ “यिनका” शब्दले यहुदा र सिलासलाई जनाउँछ । “तिनीहरू” शब्दले प्रेरितहरू, धर्मगुरुहरू र यरुसलेमको मण्डलीमा भएका अरू विश्वासीहरूलाई जनाउँछ ।
यहाँ “मण्डली” शब्दले यरुसलेमको मण्डलीमा सहभागी मानिसहरूका समूहलाई जनाउँछ । वैकल्पिक अनुवादः “यरूशलेममा भएको मण्डली” वा “सारा यरूशलेममा भएका विश्वासीहरूको सारा समूह”
यो एक जना मानिसको नाउँ हो । मानिसहरूले तिनलाई बोलाउने अर्को नाउँ “बारनाबास” थियो ।
यो पत्रको परिचय हो । तपाईंको भाषामा पनि पत्र लेख्ने लेखक र पत्र प्राप्त गर्ने व्यक्तिका बारेमा परिचय दिने चलन हुन सक्छ । वैकल्पिक अनुवादः “यो पत्र तपाईंहरूका दाजुभाइ, प्रेरितहरू र धर्मगुरुहरूबाट लेखिएको हो । एन्टिओखिया, सिरिया र सिलिसियामा भएका अन्यजाति विश्वासी दाजुभाइलाई हामी यो पत्र लेखिरहेका छौँ । तपाईंहरूलाई अभिवादन” वा “एन्टिओखिया, सिरिया र सिलिसियामा भएका अन्यजाति दाजुभाइलाई । प्रेरितहरू र धर्मगुरुहरू तपाईंहरू र तपाईंहरूका दाजुभाइबाट अभिवादन”
यहाँ “भाइहरू” शब्दले यहूदी विश्वासी मित्रहरूलाई जनाउँछ । प्रेरितहरू र धर्मगुरुहरूले यी शब्द प्रयोग गरेर तिनीहरूले अन्यजाति विश्वासीहरूलाई विश्वासी मित्रहरूका रूपमा स्वीकार गरेका कुरालाई निश्चयता दिए ।
एसिया माइनरको तटमा र साइप्रस टापूको उत्तरमा पर्ने एउटा प्रान्त ।
यहाँ “हामीले,” “हाम्रो” शब्दले यरुसलेममा भएका मण्डलीका विश्वासीहरूलाई जनाउँछन् । (हेर्नुहोस्ः अनि Acts 15:22)
“कि कुनै मान्छेहरू”
“हामीले ती मानिसलाई तपाईंहरूकहाँ जाने आदेश नदिएको भए तापनि”
यहाँ “आत्मालाई” भन्नाले मानिसहरूलाई भन्ने जनाउँछ । वैकल्पिक अनुवादः “तपाईंहरूलाई समस्यामा पार्ने कुराहरू सिकाएका छन्”
तिनीहरूले बारनाबास नाउँको योसेफ र सिलासलाई पठाए (प्रेरितहरू १५:२२) ।
यहाँ “नाउँ” शब्दले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “किनभने तिनीहरूले प्रभु येशू ख्रीष्टमा विश्वास गर्दछन्” वा “किनभने तिनीहरूले हाम्रा प्रभु येशू ख्रीष्टको सेवा गर्दछन्”
यहाँ “हामीले” र “हामीलाई” जस्ता शब्दले यरुसलेमको मण्डलीका अगुवाहरू र विश्वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः अनि Acts 15:22)
यो यरूशलेमको मण्डलीले एन्टिओखियाका गैरयहूदी विश्वासीहरूका लागि लेखेको पत्रको अन्त्य हो ।
यो वाक्यांशले प्रेरितहरू र धर्मगुरुहरूले लेखेका कुरा नै योसेफ र सिलासले भन्नेछन् भन्ने जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरू आफैँले व्यक्तिगत रूपमा हामीले लेखेका त्यही कुराहरू बताउनेछन्”
यसले मानिसहरूले पालन गर्न आवश्यक व्यवस्था तिनीहरूले आफ्नो काँधमा बोक्न सक्ने वस्तुहरू भए झैँ बताएको छ ।
यसको अर्थ कसैले मूर्तिलाई बलि चढाएको जनावरको मासु खाने अनुमति तिनीहरूलाई थिएन ।
यसले पशुहरूको रगत पिउने र रगत नतैरिएको मासु खाने कुरालाई जनाउँछ ।
घाँटी अठ्याएर मारिएको पशु मर्थ्यो तर त्यसको रगत बगेको हुँदैन थियो ।
पत्रहरूको अन्त्यमा लेखिने अभिवादन । वैकल्पिक अनुवादः “अलबिदा”
पावल, बारनाबास, यहुदा र सिलास एन्टिओखिया जान बिदा भए ।
यहाँ “तिनीहरू” शब्दले पावल, बारनाबास, यहूदा र सिलासलाई जनाउँछ । वैकल्पिक अनुवादः “यसैले जब ती चार जना बिदा भए, तब तिनीहरू तल एन्टिओखियामा गए”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “प्रेरितहरू र धर्मगुरुहरूले बिदा दिएपछि यी चारजना मानिस” वा “यरूशलेममा भएका विश्वासीहरूले तिनीहरूलाई पठाएपछि”
“तल आए” भन्ने वाक्यांशलाई प्रयोग गरिएको छ किनभने एन्टिओखिया उचाइमा यरूशलेमभन्दा तल पर्छ ।
“एन्टिओखियाका विश्वासीहरू आनन्दित भए”
भाववाचक नाउँ “उत्साह” शब्दलाई “उत्साह दिनु” भनेर लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने प्रेरितहरू र धर्मगुरुहरूले लेखेका कुराले तिनीहरूलाई उत्साह दियो”
परमेश्वरले आफ्नो बारेमा बोल्न अधिकार दिनुभएका शिक्षकहरू नै अगमवक्ताहरू थिए । वैकल्पिक अनुवादः “किनभने तिनीहरू अगमवक्ताहरू थिए” वा “जोहरू पनि अगमवक्ताहरू थिए”
“सङ्गी विश्वासीहरू”
कुनै व्यक्तिलाई येशूमा भरोसा गर्न सहायता गर्ने कुरालाई तिनीहरूले उनीहरूलाई शारीरिक रूपमा बलियो पार्ने कुरा जस्तो भनिएको छ ।
यहूदा र सिलास यरूशलेम फर्के, तर पावल र बारनाबास चाहिँ एन्टिओखियामा बसे ।
यसले समयको बारेमा यो कुनै व्यक्तिले खर्च गर्न सक्ने उपभोग्य वस्तु भएजस्तो भन्दछ । “तिनीहरू” शब्दले यहूदा र सिलासलाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यहाँ तिनीहरू केही समय बसेपछि”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “भाइहरूले यहूदा र सिलासलाई शान्तिपूर्वक फिर्ता पठाए”
यसले एन्टिओखियामा भएका विश्वासीहरूलाई जनाउँछ ।
“यहूदा र सिलासलाई पठाउने यरूशलेमको मण्डलीमा” (प्रेरितहरू १५:२२)
यहाँ “वचन” शब्दले सन्देशलाई जनाउँछ । वैकल्पिक अनुवादः “प्रभुको बारेमा भएको सन्देश”
पावल र बारनाबास एकअर्काबाट छुट्टिएर प्रचार यात्रामा गए ।
“म सल्लाह दिन्छु कि हामी अब फर्कौँ”
“भाइहरूको वास्ता गर्नु” वा “विश्वासीहरूलाई सहायता गर्न खोज्नु”
यहाँ “वचन” शब्दले सन्देशलाई जनाउँछ । वैकल्पिक अनुवादः “प्रभुको बारेमा भएको सन्देश”
“उनीहरू कस्ता अवस्थामा छन् भनी जानौँ ।” तिनीहरू भाइहरूको अहिलेको अवस्थाको बारेमा र तिनीहरू परमेश्वरको सत्यतामा कसरी अडिग बसेका छन् भनी जान्न चाहन्छन् ।
“मर्कुस भनिने यूहन्नालाई लैजान”
“ठीक छैन” लाई ठीकको विपरीत अर्थ दिनको लागि प्रयोग गरिन्छ । वैकल्पिक अनुवादः “पावलले मर्कुसलाई लिएर जानु गलत हो भन्ने सोचे”
यो एसिया माइनरको एक प्रान्त थियो । तपाईंले यसलाई प्रेरितहरू २:१० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“त्यसपछि तिनीहरूसँग मिलेर गर्ने कामलाई निरन्तरता दिएनन्” वा “तिनीहरूसँग निरन्तर सेवा गरेनन्”
यहाँ “तिनीहरू” शब्दले बारनाबास र पावललाई जनाउँछ ।
भाववाचक नाउँ “असहमति” लाई क्रियापद “असहमत हुने” भनी लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू आकआपसमा कडा रूपले असहमत भए”
कसैलाई सुम्पिदिने भन्नुको अर्थ कुनै व्यक्ति वा कुनै थोकलाई अर्को व्यक्तिको रेखदेख र जिम्मेवारीमा दिने भन्ने हुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एन्टिओखियाका विश्वासीहरूले पावललाई प्रभुको अनुग्रहमा सुम्पिदिएपछि” वा “पावलको हेरविचार गर्न र तिनमाथि दया देखाउन एन्टिओखियाका विश्वासीहरूले प्रभुसँग प्रार्थना गरेपछि”
यसअगिको वाक्यले सिलास पावलकै साथमा थिए भन्ने जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरू गए” वा पावल र सिलास गए” वा “पावलले सिलासलाई लिए र गए”
यी साइप्रसको उत्तरी टापुमा पर्ने उत्तर एसिया माइनरका प्रान्तहरू हुन् ।
मण्डलीहरूमा भएका विश्वासीहरूलाई उत्साह दिने कार्यलाई पावल र सिलासले ती विश्वासीलाई शारीरिक रूपमा बलियो पारेको झैँ भनिएको छ । “मण्डलीहरू” शब्दले सिरिया र किलिकियामा भएका विश्वासीहरूका समूहलाई जनाउँछ । वैकल्पिक अनुवादः “मण्डलीहरूमा विश्वासीहरूलाई उत्साह दिँदै” वा “विश्वासीहरूका समुदायलाई येशूमा झन् बढी भरोसा गर्न सहायता पुर्याउँदै”
1 पावल डर्बी र लुस्त्रामा पनि आए, त्यहाँ तिमोथी नाउँ गरेका एक जना चेला पनि थिए । उनी एउटी विश्वासी यहूदी स्त्रीका छोरा थिए भने उनका बाबुचाहिँ ग्रीक थिए । 2 लुस्त्रा र आइकोनियमका भाइहरूले तिमोथीका बारेमा असल कुरा भन्थे । 3 पावलले तिमोथीलाई आफूसँगै यात्रामा लान चाहन्थे, यसकारण उनले तिमोथीलाई आफूसँगै लगे र तिनको खतना गरे किनभने ती इलाकाहरूमा यहूदीहरू पनि थिए र उनका बाबु ग्रीक हुन् भनेर तिनीहरू सबैलाई थाहा थियो । 4 ती सहरहरूको यात्रा गर्दैजाँदा उनीहरूले मण्डलीहरूमा पालन गर्नुपर्ने निर्देशनहरू दिए जुन निर्देशनहरू प्रेरितहरूले र अगुवाहरूले यरूशलेममा लेखेर दिएका थिए । 5 यसरी मण्डलीहरू विश्वासमा बलियो हुँदै र दिन प्रतिदिन संख्यामा वृद्धि हुँदै गइरहे । 6 एसियामा वचन प्रचार गर्न उनीहरूलाई पवित्र आत्माले मनाही गर्नुभएको हुँदा, पावल र उनका साथीहरू फ्रिगिया र गलातियाका क्षेत्रहरू हुँदै अगि बढे । 7 जब उनीहरू माइसियाको नजिक आइपुगे उनीहरूले बिथिनिया जान प्रयास गरे, तर येशूका आत्माले उनीहरूलाई रोक्नुभयो । 8 त्यसैले माइसियाहुँदै अगाडि बढ्दै जाँदा, उनीहरू त्रोआस सहरमा झरे । 9 रातको समयमा पावलले एउटा दर्शन देखे जसमा माकेडोनियाका एकजना व्यक्ति उभिएर उनलाई यसो भनिरहेका थिए, “माकेडोनिया आउनुहोस् र हामीलाई सहायता गर्नुहोस् ।” 10 पावलले त्यो दर्शन देखेपछि, परमेश्वरले हामीलाई तिनीहरूलाई सुसमाचार प्रचार गर्न बोलाउनुभएको हो भन्ने निष्कर्ष निकालेर हामीहरू तुरुन्तै माकेडोनियाको बाटोतर्फ लाग्यौँ । 11 त्यसकारण हामी त्रोआसबाट जहाजमा चढेर सोझै सामोथ्रेकको बाटो लाग्यौँ र अर्को दिन हामी नियापोलिस पुग्यौँ, 12 त्यहाँबाट रोमी उपनिवेशको एकदमै महत्त्वपूर्ण जिल्लाको फिलिप्पी गयौँ जुनचाहिँ माकेडोनियाको एउटा सहर हो । हामी त्यस सहरमा धेरै दिनसम्म बस्यौँ । 13 सबाथ-दिनमा हामी सहरको ढोकाबाट बाहिर नदी किनारमा पुग्यौँ जहाँ प्रार्थना गर्ने ठाउँ होला भन्ने हामीले ठान्यौँ । हामी बस्यौँ र जम्मा भएका स्त्रीहरूसँग कुरा गर्यौँ । 14 त्यहाँ थिआटिरा सहरमा बसोबास गर्ने लिडिया नाउँ गरेकी एउटी स्त्री थिइन् जो वैजनी रङको वस्त्रको व्यापारी थिइन् । जसले परमेश्वरको आराधना गर्थिन् र हाम्रो कुरालाई ध्यान दिएर सुनिन् । पावलले भनेका कुरा तिनले ध्यानपूर्वक सुनून् भनेर परमप्रभुले तिनको हृदय खोलिदिनुभयो । 15 तिनी र तिनका परिवार सबैजनालाई बप्तिस्मा दिएपछि तिनले हामीलाई यसो भन्दै आग्रह गरिन्, “यदि तपाईंहरूले मलाई प्रभुप्रति विश्वासयोग्य ठान्नुहुन्छ भने मेरो घरमा आएर बस्नुहोस् ।” भनी हामीलाई मनाइन् । 16 हामीहरू प्रार्थना गर्ने स्थानतर्फ जाँदै गर्दा, जोखना हेर्ने एउटी जवान स्त्रीसँग हाम्रो सामना भयो । त्यसले जोखना हेरेर आफ्ना मालिकहरूका निम्ति धेरै धन कमाइदिन्थी । 17 त्यो स्त्री यसो भन्दै पावल र हाम्रो पछि लागी, “यी मानिसहरू सर्वोच्च परमेश्वरका सेवकहरू हुन् । यिनीहरूले तपाईंहरूलाई मुक्तिको बाटो घोषणा गर्छन् ।” 18 त्यसले धेरै दिनसम्म त्यसो गरिरही । तर त्यसबाट धेरै झिजो मानेर पावलले पछाडितिर फर्केर त्यो आत्मालाई भने, “येशू ख्रीष्टको नाउँमा म तँलाई यसबाट निस्केर जाने आज्ञा दिन्छु ।” र त्यो तुरुन्तै निस्केर गयो । 19 जब त्यस स्त्रीका मालिकहरूले आफ्नो कमाइको आशा गुम्नेभयो भन्ने थाहा पाए, तिनीहरूले पावल र सिलासलाई समातेर घिसार्दै बजारमा अधिकारीहरूका अगि लगे । 20 तिनीहरूले पावल र सिलासलाई न्यायाधीशहरूकहाँ ल्याएर भने, “यिनीहरू यहूदीहरू हुन् र हाम्रो सहरमा एकदमै समस्या खडा गरिरहेका छन् । 21 यिनीहरूले कानुन विपरित शिक्षाहरू सिकाइरहेका छन्, जुन हामी रोमीहरूका लागि ग्रहण गर्न वा पालन गर्न योग्यका छैनन् ।” 22 त्यसपछि मानिसहरूको भिड पावल र सिलास माथि खनिए; अनि न्यायाधीशहरूले उनीहरूको कपडा च्यातिदिए र उनीहरूलाई लहुराले हिर्काउने आदेश दिए । 23 तिनीहरूले उनीहरूलाई धेरै पिटेपछि तिनीहरूले पावल र सिलासलाई झ्यालखानामा हालिदिए र उनीहरूमाथि कडा निगरानी राख्न झ्यालखानाका हाकिमलाई आदेश दिए । 24 आदेश पाउने बित्तिकै झ्यालखानाका हाकिमले उनीहरूलाई भित्री कोठामा थुने र उनीहरूका खुट्टाहरू ठिँगुरामा हालेर बाँधे । 25 मध्यरातमा पावल र सिलास परमेश्वरसँग प्रार्थना गर्दै र भजन गाउँदै थिए र अरू कैदीहरूले पनि त्यो कुराहरू सुनिरहेका थिए । 26 अचानक त्यहाँ एउटा ठुलो भूकम्प गयो जसले गर्दा झ्यालखानाका जगहरू हल्लिए । तुरन्तै झ्यालखानाका सबै ढोकाहरू खोलिए अनि सबैका साङ्लाहरू आफैँ खोलिए । 27 झ्यालखानाका हाकिम आफ्नो निद्राबाट ब्युँझिए र झ्यालखानाका सबै ढोकाहरू खुल्ला देखे । तब सबै कैदीहरू भागिसके भन्ने ठानेर उनले आफ्नो तरवार निकालेर आफूलाई मार्नै लागेका थिए । 28 तर पावलले चर्को सोरले कराएर भने, “आफूलाई हानि नगर्नुहोस् किनकि हामी सबैजना यहीँ छौँ ।” 29 झ्यालखानाका हाकिमले बत्ती बाल्न लगाए र दौडेर भित्र पसे अनि डराउँदै पावल र सिलासको सामु भुइँमा लम्पसार परे । 30 अनि उनीहरूलाई बाहिर निकाले र भने, “हजुर, उद्धार पाउनका निम्ति मैले के गर्नुपर्छ ?” 31 उनीहरूले भने, “प्रभु येशूमा विश्वास गर्नुहोस् अनि तपाईंले उद्धार पाउनुहुने छ, तपाईं र तपाईंको परिवारले ।” 32 उनीहरूले प्रभुको वचन तिनलाई र तिनका घर-परिवारका सबैलाई सुनाए । 33 तब रातको त्यही घडी झ्यालखानाका हाकिमले उनीहरूलाई निकालेर लगे अनि उनीहरूका घाउचोटहरू सफा गरिदिए र झ्यालखानाका हाकिम र उनका सबै घरानालाई तुरुन्तै बप्तिस्मा दिइयो । 34 उनले पावल र सिलासलाई आफ्नो घरमा लिएर गए र तिनीहरूलाई खाना खुवाए । उनी उनका सबै घराना निकै रमाए किनभने उनीहरू सबैले परमेश्वरमा विश्वास गरेका थिए । 35 भोलिपल्ट बिहान न्यायाधीशहरूले झ्यालखानाका सिपाहीहरूलाई यसो भन्दै सन्देश पठाए, “ती मानिसहरूलाई छाडिदेओ ।” 36 यसकारण झ्यालखानाका हाकिमले पावललाई भने, “न्यायाधीशहरूले तपाईंहरूलाई छाडिदिनू भनेर आदेश दिएका छन्, त्यसैले तपाईंहरू बाहिर आउनुहोस् र शान्तिसँग जानुहोस् ।” 37 तर पावलले तिनीहरूलाई भने, “हामी निर्दोष रोमी नागरिक भए तापनि तिनीहरूले हामीलाई सार्वजनिक स्थलमा पिटेका छन् र हामीलाई झ्यालखानामा हालेका छन्; र अहिले हामीलाई सुटुक्क पठाउन खोज्दैछन् ? वास्तवमा त्यसो होइन, तिनीहरू आफैँ आएर र हामीलाई छुटाएर लैजाउन् ।” 38 तब झ्यालखानाका सिपाहीहरूले गएर न्यायाधीशहरूलाई यी कुरा सुनाए; अनि तिनीहरूले पावल र सिलास रोमी हुन् भन्ने थाहा पाएपछि न्यायाधीशहरू डराए । 39 न्यायाधीशहरू आफैँ आएर बिन्ति गरे र पावल र सिलासलाई झ्यालखानाबाट बाहिर निकाले अनि सहर छाडेर जान आग्रह गरे । 40 अनि पावल र सिलास झ्यालखानाबाट निस्केर लिडियाको घरमा गए । जब पावल र सिलासले दाजुभाइहरूलाई देखे, उनीहरूले तिनीहरूलाई प्रोत्साहन दिए र त्यस सहरबाट आफ्नो बाटो लागे ।
पावलले तिमोथीको खतना गरे किनभने तिनीहरूले येशूको सुसमाचारको सन्देश यहूदीहरू र अन्यजातिहरू दुवैका बिचमा प्रचार गर्दै थिए । ख्रीष्टिएनहरूले खतना गर्न जरुरी छैन भनेर यरूशलेमको मण्डलीका अगुवाहरूले निर्णय दिइसकेको भए तापनि पावलले मोशाको व्यवस्थाको आदर गर्छन् भन्ने कुराको जानकारी तिनले यहूदीहरूलाई दिलाउन चाहन्थे ।
धेरै मानिसले आफ्नो भविष्य जान्न चाहान्छन् । तर भविष्यको बारेमा जान्नका लागि मरेका मानिसहरूका आत्माहरूसँग सोधपुछ गर्ने कार्य पाप हो भनेर मोशाको व्यवस्थाले भनेको छ । यी स्त्रीले भविष्यको बारेमा राम्रोसँग बताउन सकेको झैँ लाग्दछ । तिनी दासी थिइन् । तिनको कामद्वारा तिनका मालिकले धेरै रूपयाँ कमाउँथे । तिनले पाप गर्न छोडुन् भन्ने पावलको इच्छा भयो, र यसैले तिनलाई छाडेर जान पावलले त्यो आत्मालाई आदेश दिए । लूकाले, तिनी येशूको पछि लागिन् भनेका छैनन् । अनि तिनको बारेमा हामीलाई अरू बढी जानकारी पनि दिएका छैनन् ।
पहिलो, तेस्रो र चौथो उल्लिखित “उनी” शब्दले तिमोथीलाई जनाउँछ । दोस्रो “उनले” शब्दले पावललाई जनाउँछ ।
वृत्तान्तको यो खण्ड पावलको सिलाससँगको यात्राको बारेमा छ । यस खण्डमा तिमोथीको परिचय दिइएको छ र उनी पावल र सिलाससँग यात्रामा सामेल हुन्छन् । १ र २ पदहरूले तिमोथीको पृष्ठभूमिको बारेमा जानकारी दिन्छन् ।
यहाँ “आए” शब्दलाई “गए” लेखेर अनुवाद गर्न सकिन्छ ।
यो एसिया माइनरमा भएको एउटा सहरको नाउँ हो । तपाईंले यसलाई प्रेरितहरू १४:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
शब्द “हेर”ले हामीलाई कथामा नयाँ व्यक्ति आएको सुचना दिन्छ । तपार्इंको भाषामा यसलाई जनाउने आफ्नै तरिका हुन सक्छ ।
यहाँ “ख्रीष्टमा” भनेर बुझ्न सकिन्छ । वैकल्पिक अनुवादः “ख्रीष्टमा विश्वास गरे”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “भाइहरूले तिनका विषयमा असल भने” वा “तिमोथीको ख्याति राम्रो थियो” वा “भाइहरूले तिनका बारेमा असल कुरा भने”
यहाँ “भाइहरूले” शब्दले विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “विश्वासीहरूद्वारा”
पावल आफैले तिमोथीको खतना गरेका हुन सक्ने सम्भावना छ । तर तिनले अरू कसैलाई तिमोथीको खतना गर्न अह्राएका हुन सक्ने सम्भावना झन् बढी छ ।
“पावल र तिमोथीले यात्रा गर्न लागेका क्षेत्रमा बसोबास गरेका यहूदीहरूका कारणले”
ग्रीक मानिसहरूले आफ्ना छोराहरूको खतना गर्दैनथे । यसर्थ तिमोथीको खतना भएको छैन भनी यहूदीहरूले थाहा पाउन, र पावल र तिमोथीबाट ख्रीष्ट सुसमाचारको सन्देश सुन्नुभन्दा पहिले नै उनीहरूले तिनीहरूलाई तिरस्कार गर्न सक्थे ।
यहाँ “तिनीहरू” शब्दले पावल, सिलास (प्रेरितहरू १५:४०) र तिमोथीलाई (प्रेरितहरू १६:३) जनाउँछ ।
“मण्डलीका सदस्यहरूले पालना गर्नको लागि” वा “विश्वासीहरूले पालना गर्नको लागि”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन प्रेरितहरू र यरूशलेममा भएका एल्डरहरूले लेखेका थिए”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्वासीहरू विश्वासमा बलियो भए र त्यहाँ हरेक दिन धेरै मानिस विश्वासी भए”
यसले कसैलाई अझ बढी दृढतापूर्वक विश्वास गर्न सहायता पुर्याउने कुराका तिनीहरूलाई शारीरिक रूपमा बलियो पार्ने कुरा जस्तो हो भन्छ ।
यो एसियाको एउटा ठाउँ हो । तपाईंले यसलाई प्रेरितहरू २:१० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पवित्र आत्माले उनीहरूलाई अनुमति दिनुभएको थिएन” वा “पवित्र आत्माले उनीहरूलाई अनुमति दिनुभएन”
यहाँ “वचन” शब्दले “सन्देश”“लाई जनाउँछ । वैकल्पिक अनुवादः “ख्रीष्टको बारेमा भएको सन्देश”
यहाँ “आइपुगे” शब्दलाई “गए” वा “पुगे” भनी अनुवाद गर्न सकिन्छ ।
यी एसियाका थप दुईवटा प्रान्त हुन् ।
“पवित्र आत्मा”
त्रोआस उचाइका हिसाबले माइसियाभन्दा तल भएको हुनाले यहाँ “झरे” शब्द लेखिएको हो ।
यहाँ “आए” शब्दलाई “गए” लेखेर अनुवाद गर्न सकिन्छ ।
“पावलले परमेश्वरबाट एउटा दर्शन देखे” वा “पावलले परमेश्वरबाट एउटा दर्शन पाए”
“तिनीसँग बिन्ती गरिरहेको” वा “तिनलाई निमन्त्रणा गरिरहेको”
यहाँ “पारि आउनुहोस्” वाक्यांश प्रयोग भएको छ, किनभने माकेडोनिया त्रोआसदेखि समुद्रपारि छ ।
यहाँ “हामी” र “हामीहरू” शब्दले पावल र तिनका सहभागीहरूलाई जनाउँछ । यसमा प्रेरितको पुस्तकका लेखक लूका पनि समावेश हुन्छन् ।
पावल र तिनका सहभागीहरू आफ्नो मिसन यात्रामा यति बेला फिलिप्पीमा छन् । पद १३ मा लिडियाको कथा सुरु हुन्छ । यो पावलका यात्राहरूको अवधिमा भएको छोटो कथा हो ।
यी फिलिप्पी नजिकै भएका तटीय सहरहरू हुन् ।
यहाँ “पुग्यौँ” शब्दलाई “गयौँ” वा “आइपग्यौँ” लेखेर अनुवाद गर्न सकिन्छ ।
यो इटालियाको बाहिरपट्टि भएको एउटा सहर हो, जहाँ रोमबाट आएका धेरै मानिस बसोबास गर्दथे । त्यहाँ बस्ने मानिसहरूले इटालिया सहरमा बस्ने मानिसहरूले जस्तै अधिकार र स्वतन्त्रता पाएका थिए । तिनीहरूले आफ्नो सरकार चलाउन पाउँथे र कर तिर्न पर्दैनथ्यो ।
यो लिडियाको कथाको अन्तिम भाग हो ।
यहाँ “एउटी स्त्री” भनेर कथामा एक जना नयाँ व्यक्तिलाई परिचय दिइएको छ । वैकल्पिक अनुवादः “त्यहाँ लिडिया नाम गरेकी एउटी स्त्री थिइन्”
यहाँ “वस्त्र” भनेर बुझ्नुपर्दछ । वैकल्पिक अनुवादः “बैजनी वस्त्र बेच्ने व्यापारी”
यो एउटा सहरको नाउँ हो ।
परमेश्वरको आराधना गर्ने मानिस अन्यजाति हो जसले परमेश्वरको प्रशंसा गर्छ, तर सबै यहूदी कानूनहरू मान्दैन ।
प्रभुले कसैलाई सन्देशमा ध्यान दिने र विश्वास गर्ने तुल्याउनुहुने कुरालाई उहाँले त्यो व्यक्तिको हृदय खोलिदिनुभएको जस्तो हो भनिएको छ । वैकल्पिक अनुवादः “प्रभुले तिनलाई ध्यान दिएर सुन्ने र विश्वास गर्ने तुल्याउनुभयो”
यहाँ “हृदय” शब्दले व्यक्तिको दिमागलाई जनाउँछ । साथै, “हृदय” वा “मन” को बारेमा यी कुरा त्यो व्यक्तिले खोल्न सक्ने बाकसजस्तो हो, र यसरी कसैले त्यो भरिदिन सक्दछन् भने जस्तो गरी लेखकले भनेका छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे पावलले भने”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब तिनीहरूले लिडिया र तिनको परिवारको सदस्यहरूलाई बप्तिस्मा दिए”
यहाँ “घर” शब्दले तिनका घरमा बस्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनको घरानाका सदस्यहरू” वा “तिनका परिवार र घरका नोकरहरू”
जोखाना हेर्ने यो जवान केटीले मानिसहरूको भविष्य अनुमान गरेर आफ्नो मालिकलाई धेरै आर्थिक मुनाफा ल्याएकी कुराको पृष्ठभूमिको जानकारी यहाँ दिइएको छ ।
यो पावलको यात्राहरूको दौरानमा भएको अर्को छोटो कथा हो । यो कथाको पहिलो घटना हो, यो घटना जोखना हेर्ने जवान व्यक्तिको बारेमा छ ।
यो वाक्यांशले कथाको नयाँ भागको सुरु हुने सङ्केत गर्दछ । तपाईंको भाषामा यस्तो लेख्ने चलन छ भने, यो यहाँ प्रयोग गर्न विचार गर्नुहोस् ।
x
मानिसहरूको तात्कालीन भविष्यको बारेमा एक दुष्ट आत्माले उसलाई बताउँथ्यो ।
कसरी कुनै व्यक्तिले उद्धार पाउन सक्छ भन्ने कुरालाई यहाँ त्यो व्यक्ति हिँड्ने बाटो वा मार्ग भनेको छ । वैकल्पिक अनुवादः “परमेश्वरले कसरी तिमीहरूको उद्धार गर्नुहुन्छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर तिनले पावललाई धेरै दिक्क लगाइन्, र यसैले तिनी पछिल्तिर फर्के”
यहाँ “नाउँ” शब्दले येशू ख्रीष्टको अधिकारले वा प्रतिनिधि भएर बोल्ने कुरा जनाउँछ ।
“त्यो आत्मा तत्कालै बाहिर आयो”
“त्यस दासी केटीका मालिकहरू”
तिनीहरूले किन अबदेखि पैसा कमाउने आशा गर्न सकेनन् भन्ने कुरा स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “अब तिनले मानिसहरूको भविष्य बताएर पैसा कमाउन नसक्ने कुरा जब तिनका मालिकले देखे”
“सार्वजनिक चोकमा ।” यो सार्वजनिक ठाउँ हो, र यहाँ थोकहरू, वस्तुभाउ र सेवाको खरिद बिक्री हुने गर्दछ ।
“अधिकारीहरूको उपस्थितिमा” वा “ताकि अधिकारीहरूले तिनीहरूको इन्साफफ गर्न सकून्”
“जब उनीहरूले तिनीहरूलाई न्यायाधीशहरूकहाँ ल्याए”
शासकहरू, न्यायकर्ताहरू
यहाँ “हामो” शब्दले त्यस सहरका मानिसहरूलाई जनाउँछ र त्यसमा शासन गर्ने न्यायाधीशलाई समावेश गर्दछ ।
“विश्वास गर्न वा आज्ञापालन गर्न” वा “स्वीकार गर्न वा अनुसरण गर्न”
यहाँ “उनीहरू” र “उनीहरूलाई” शब्दले पावल र सिलासलाई जनाउँछ । यहाँ “तिनीहरू” शब्दले सिपाहीहरूलाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई लौरोले पिट्नको लागि सिपाहीहरूलाई आदेश दिए”
“उनीहरूलाई लट्ठीले धेरैपल्ट हिर्काएपछि”
“तिनीहरू बाहिर जान नपाऊन् भनेर झ्यालखानाको हाकिमलाई भने”
झ्यालखाना वा कैदमा राखिएका सबै मानिसहरूको रेखदेख गर्ने जिम्मेवारी पाएका एक जना व्यक्ति
“तिनले यो आदेश सुने”
“तिनीहरूका खुट्टालाई ठिँगुरोले ठोकेर बाँधेर राखे”
कुनै पनि मानिसलाई हिँड्न नसक्ने गरी राख्नको लागि बनाइएको काठमा खुट्टालाई राखेर बन्द गरेर राख्ने एक वस्तु
यहाँ “उनीहरू” शब्दले पावल र सिलासलाई जनाउँछ ।
यसले पावल र सिलास फिलिप्पीमा झ्यालखानामा हुँदाको समयको विवरणलाई निरन्तरता दिन्छ र झ्यालखानाका बडाहाकिमलाई के हुन्छ भनेर बताउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “भूकम्प, जसले झ्यालखानाका जगहरू हल्लायो”"
जब जग हल्लियो, तब त्यसले सम्पूर्ण झ्यालखाना नै हल्लियो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबै ढोकाहरू खुले”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबैका साङ्लाहरू खुकुलो भएर आयो”
यहाँ “हामी” शब्दले पावल, सिलास र अन्य कैदीहरूलाई जनाउँछ तर झ्यालखानाका हाकिमलाई समावेश गर्दैन ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “झ्यालखानाका हाकिम उठे”
“आफैँलाई मार्नलाई तयार भएका थिए ।” झ्यालखानाको हाकिमले कैदीहरूलाई भाग्न दिएको कारण कारवाहीमा पर्नुभन्दा आत्महत्या गर्न रुचाए ।
झ्यालखानाका हाकिमलाई बत्तीको आवश्यकता किन पर्यो भन्ने कुरा स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैलाई बत्ती लिएर आउने आदेश दिए, र यसरी तिनले अझसम्म झ्यालखाना को-को बाँकी रहेका थिए भनेर हेर्न सक्दथे”
“बत्ती” शब्दले उज्यालो पार्ने कुनै कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “राँकोहरूको लागि” वा “लाल्टिनहरूको लागि”
“हतारमा झ्यालखानाभित्र छिरे”
झ्यालखानाको हाकिमले आफैँलाई नम्र पारेर पावल र सिलासको पाउमा घोप्टो परे ।
“तिनीहरूलाई झ्यालखाना बाहिर ल्याए”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरो पापबाट परमेश्वरले मेरो उद्धार गर्न मैले के
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तपाईंको उद्धार गर्नुहुनेछ” वा “परमेश्वरले तपाईंको पापबाट तपाईंको उद्धार गर्नुहुनेछ”
यहाँ “घर” शब्दले घरमा बसोबास गर्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तपाईंको परिवारका सबै सदस्यहरू” वा “तपाईंको परिवार”
यहाँ पहिलो “तिनीहरू” शब्द र साथै “तिनीहरू र “तिनीहरूलाई” शब्दहरूले पावल र सिलासलाई जनाउँछन् । प्रेरितहरू १६:२५ लाई तुलना गर्नुहोस् । यहाँको अन्तिम “उनीहरू” शब्दले झ्यालखानाका हाकिमका घरका मानिसहरूलाई जनाउँछ । “उनलाई”, “उनी”, “उनको”, यी शब्दहरूले झ्यालखानाको हाकिमलाई जनाउँछन् ।
यहाँ “वचन” शब्दले सन्देशलाई जनाउँछ । वैकल्पिक अनुवादः “उनीहरूले तिनलाई प्रभु येशूको सन्देश सुनाए”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पावल र सिलासले झ्यालखानाका हाकिम र उनका घराना सबै सदस्यलाई बप्तिस्मा दिए”
यो फिलिपीमा पावल र सिलासको जीवनको आखिरी घटना हो (प्रेरितहरू १६:१२) ।
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ लूकाले प्रेरित १६:१६ मा सुरु भएको घटनाको आखिरी कथा भन्दछन् ।
यहाँ “आदेश” शब्दको अर्थ “खबर” वा “आज्ञा” भन्ने हुन्छ । वैकल्पिक अनुवादः “पहरेदारहरूलाई सन्देश पठाए” वा “पहरेदारहरूलाई आज्ञा पठाए”
यहाँ “पठाए” भन्ने कुराको अर्थ चाहिँ सहरका शासकहरूले पहरेदारहरूलाई तिनीहरूको सन्देश बताउन कसैलाई पठाए भन्ने हुन्छ ।
“ती मानिसहरूलाई स्वतन्त्र गर” वा “ती मानिसहरूलाई छोडिदेओ”
“झ्यालखानाबाट बाहिर आउन”
सबै समय “तिनीहरू” शब्दको प्रयोग भएको छ । पहिलोपल्ट “तिनीहरू आफै” प्रयोग छ । यी शब्दले न्यायाधीशहरूलाई जनाउँछ । “आफै” शब्दले पनि न्यायाधीशहरूलाई नै जनाउँछ । दोस्रोपल्टको “तिनीहरूलाई” शब्दले पावल र सिलासलाई जनाउँछ ।
शायद पावलले झ्यालखानाका हाकिमसँग मात्र कुरा गरे, तर झ्यालखानाका हाकिमले तिनले भनेका कुरा न्यायाधीशहरूलाई भनुन् भन्ने तिनको अभिप्राय हो । वैकल्पिक अनुवादः “झ्यालखानाको हाकिमलाई भने”
यहाँ “तिनीहरू” शब्दले न्यायाधीशहरूलाई जनाउँछ, जसले पावल र सिलासलाई पिट्न आफ्ना सिपाहीहरूलाई आदेश दिए । वैकल्पिक अनुवादः “हामीलाई सार्वजनिक स्थलमा पिट्न न्यायाधीशहरूले आफ्ना सिपाहीहरूलाई आदेश दिए”
“रोमी नागरिक मानिसहरूलाई, र तिनीहरूले हामीलाई अदालतमा दोषी नठहराकन हामीलाई झ्यालखानामा हाल्न सिपाहीहरूलाई लगाएका छन्”
न्यायाधीशहरूले पावल र सिलासप्रति दुर्व्यवहार गरेपछि उनीहरूलाई तिनीहरूले गुप्त रूपले सहर बाहिर पठाउन खोज्दा पावलले त्यसका लागि अनुमति नदिने कुरामा जोड दिन तिनले यो प्रश्न प्रयोग गरे । वैकल्पिक अनुवादः “हामीलाई गुप्त रूपले सहर बाहिर पठाउन म तिनीहरूलाई निश्चय पनि अनुमति दिन्न !”
यहाँ “आफैँ” शब्द जोड दिनका लागि प्रयोग भएको हो ।
रोमी नागरिक हुनुको अर्थ साम्राज्यको वैधानिक नागरिक हुने कुरा थियो । नागरिकताको प्रमाणपत्रले अत्याचारमा पर्नदेखि स्वतन्त्र तुल्यायो र निष्पक्ष जाँचको अधिकार दियो । सहरका अगुवाहरूले पावल र सिलासलाई दुर्व्यवहार गरेको कुरा माथिल्लो दर्जाका रोमी अधिकारीहरूले थाहा पाउलान् भन्ने कुराले सहरका अगुवाहरू डराए ।
यहाँ “तिनीहरू” शब्दले पावल र सिलासलाई जनाउँछ । “उनीहरू” शब्दले फिलिप्पीका विश्वासीहरूलाई जनाउँछ ।
यो चाहिँ पावल र सिलास फिलिपीमा हुने समयको अन्त्य हो
यहाँ “आए” शब्दलाई “गए” लेखेर अनुवाद गर्न सकिन्छ ।
“लिडियाको बसोबस स्थल”
यहाँ “भाइहरू” शब्दले पुरुष र स्त्री विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “विश्वासीहरूलाई देखे”
1 अब तिनीहरू अम्फिपोलिस र अपोल्लोनिया सहरहरू हुँदै यहूदीहरूको सभाघर भएको थेसलोनिके सहरमा आइपुगे । 2 पावलले आफ्नो आदतअनुसार उनीहरूकहाँ गए र तिनवटा विश्राम दिनसम्म त्यहाँका मानिसहरूसँग धर्मशास्त्रबाट तर्क गरे । 3 उनले धर्मशास्त्र खोल्दै ख्रीष्टले दुःख भोग्नु र मृत्युबाट फेरि जीवित हुनु आवश्यक थियो भनी व्याख्या गरे । उनले भने, “यिनै येशू जसलाई मैले तपाईंहरूका बिचमा घोषणा गरेको छु, उहाँ नै ख्रीष्ट हुनुहुन्छ ।” 4 केही यहूदीहरू साथै ईश्वरभक्त ग्रीकहरू, धेरै अगुवा स्त्रीहरू र ठुलो भिडले पावल र सिलासको कुरामा विश्वास गरे । 5 तर अविश्वासी यहूदीहरू ईर्ष्याले भरिए र बजारका चोकबाट केही दुष्ट मानिसहरूलाई जम्मा गरे र ठुलो भिड बनाएर सहरमा होहल्ला मच्चाए । तिनीहरूले यासोनको घरमा आक्रमण गरेर पावल र सिलासलाई मानिसहरूका बिचमा बाहिर ल्याउन चाहन्थे । 6 तर जब तिनीहरूले पावल र सिलासलाई भेटाएनन्, तब यासोन र केही भाइहरूलाई घिसार्दै सहरका अधिकारीहरूकहाँ ल्याए । तिनीहरूले कराएर भने, “संसारलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आइपुगेका छन् ।” 7 यासोनले स्वागत गरेका यी मानिसहरूले कैसरको आदेश विपरित काम गर्छन् र भन्छन्, “येशू भन्ने अर्को एकजना राजा पनि छन् ।” 8 यी कुराहरू सुनेर मानिसहरूका भिड र सहरका हाकिमहरू आत्तिए । 9 तिनीहरूले यासोन र अरू भाइहरूबाट जरिवानाको रकम लिइसकेपछि उनीहरूलाई जान दिए । 10 त्यही रात भाइहरूले पावल र सिलासलाई बेरियामा पठाइदिए । त्यहाँ आइपुगेपछि उनीहरू यहूदीहरूको सभाघरमा पसे । 11 थेसलोनिकेमा भएका मानिसहरूभन्दा यहाँका मानिसहरू असल थिए किनभने यिनीहरूले सिकाइएका कुराहरू त्यस्तै हुन् कि होइनन् भनी दैनिक रूपमा धर्मशास्त्रबाट जाँच्दै खुल्ला रूपमा परमेश्वरको वचनलाई ग्रहण गर्थे । 12 यसकारण तिनीहरूमध्ये केही प्रभावशाली ग्रीक स्त्रीहरू लगायत धेरै पुरुषहरूले प्रभुमा विश्वास गरे । 13 तर जब पावलले परमेश्वरको वचन बेरियामा पनि घोषणा गर्दैछन् भनी थेसलोनिकेका यहूदीहरूले थाहा पाए, तिनीहरू त्यहाँ गएर भिडहरूलाई उक्साए र खलबल मच्चाउन लगाए । 14 त्यसपछि भाइहरूले पावललाई तुरुन्तै समुद्रतिर पठाइदिए, तर सिलास र तिमोथी त्यहीँ बसे । 15 पावललाई डोर्याइरहेका मानिसहरूले उनलाई एथेन्स सहरसम्म लगे । पावललाई त्यहाँ छोडेर फर्कंदा पावलले तिनीहरूसँग सिलास र तिमोथीलाई जति सक्दो छिट्टो उनीकहाँ आउनू भन्ने निर्देशन दिएर पठाए । 16 पावलले सिलास र तिमोथीलाई एथेन्समा पर्खंदै गर्दा, त्यो सहर मूर्ती नै मूर्तीले भरिएको देखेर उनको आत्मा उनीभित्र वेचैन भयो । 17 यसैकारण उनले यहूदीहरू र परमेश्वरको आराधना गर्नेहरूसँग सभाघरहरूमा र बजारमा दिनहुँ भेटिने मानिसहरूसँग पनि यसको बारेमा बहस गरे । 18 तर त्यहाँ कतिजना एपिक्युरी र स्तोइकी दार्शनिकहरूसँग पनि उनको विवाद भयो । र केहीले यसो भने, “यो बकबकेले के भन्न खोज्दैछ ?” अरूहरूले भने, “ऊ त विदेशी देवताहरूको प्रचारक जस्तो देखिन्छ ।” किनभने उनले येशू र उहाँको पुनरुत्थानको बारेमा प्रचार गर्दै थिए । 19 तिनीहरूले पावललाई अरिओपागसमा ल्याए, र उनलाई सोधे, “के हामी तपाईंले बताइरहनुभएको नयाँ शिक्षाको बारेमा जान्न सक्छौँ ? 20 किनभने तपाईंले केही अनौठा कुराहरू हाम्रो कानमा ल्याउँदै हुनुहुन्छ । त्यसकारण हामी यी कुराहरूको अर्थ के हो भनी जान्न चाहन्छौँ ।” 21 (अब सबै एथेन्सबासीहरू र त्यहाँ बस्ने परदेशीहरूले अरूलाई नयाँ कुराहरू बताउने र नयाँ कुराहरूको बारेमा सुन्ने बाहेक अन्य केही कुरामा समय बिताउँदैनथे । ) 22 त्यसैले पावल अरिओपागसको बिचमा उभिए र यसो भने, “एथेन्सबासी हो, तपाईंहरू हरेक क्षेत्रमा धार्मिक हुनुहुन्छ भन्ने कुरा मैले देखेँ । 23 किनिक यहाँ हिँड्दै गर्दा मैले तपाईंहरूले पुज्ने वस्तुहरू देखेँ । मैले यस्तो एउटा वेदी पनि देखेँ, जसमा ʻअज्ञात ईश्वरका निम्तिʼ भन्ने कुँदिएको थियो । यसकारण जसलाई तपाईंहरूले नजानिकन पुज्नुहुन्छ, तिनै ईश्वरको बारेमा म तपाईंहरूलाई बताउँछु । 24 परमेश्वर जसले संसार र त्यसमा भएका सबै थोक बनाउनुभयो, उहाँ स्वर्ग र पृथ्वीका प्रभु हुनुभएको कारण उहाँ मानिसका हातहरूले बनाएका मन्दिरहरूमा बस्नुहुन्न । 25 न त उहाँलाई केही कुराको खाँचो परेजस्तै मानिसका हातद्वारा सेवा गरिनुपर्छ, किनकि उहाँले नै मानिसहरूलाई जीवन, सास र सबै थोक दिनुहुन्छ । 26 उहाँले एउटा मानिसबाट पृथ्वीमा रहने सबै जातिका मानिसहरूलाई बनाउनुभयो अनि ऋतुहरू र तिनीहरू बस्ने क्षेत्रका सिमानाहरू निर्धारण गर्नुभयो । 27 यसैकारण उनीहरूले तिनै परमेश्वरलाई खोजून् र सायद तिनीहरूले उहाँलाई खोजेर पाउनेछन् । वास्तवमा उहाँ हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्न । 28 किनकि हामी उहाँमा नै जिउँछौँ र हिँडडुल गर्छौं र उहाँमै हाम्रो अस्तित्व छ, जसरी तपाईंहरूका आफ्नै कविहरूले भनेका छन्: ʻकिनकि हामीहरू पनि उहाँकै सन्तान हौँ ।ʼ 29 यसकारण हामी परमेश्वरका सन्तान भएका हुनाले परमेश्वरलाई मानिसको कला वा विचारअनुसार सुन वा चाँदी वा ढुङ्गाबाट खोपेर बनाइएको चीज हो भनी ठान्नु हुँदैन । 30 यसकारण परमेश्वरले पहिलेको अज्ञानताको समयलाई ध्यान दिनुभएन, तर अहिले परमेश्वरले सबै ठाउँका सारा मानिसहरूलाई आफ्नो पापको पश्चात्ताप गर्ने आज्ञा गर्नुहुन्छ । 31 किनभने उहाँले एक दिन निश्चित गर्नुभएको छ, जुन दिन आफूले चुन्नु भएको मानिसद्वारा उहाँले धार्मिकतामा संसारलाई न्याय गर्नुहुनेछ । परमेश्वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभएर सबै मानिसहरूलाई यी मानिसको बारेमा प्रमाण दिनुभएको छ ।” 32 जब एथेन्सका मानिसहरूले मृत्त व्यक्तिको पुनरुत्थानको बारेमा सुने, कसै-कसैले पावललाई गिज्याए तर अरूहरूले यसो भने, “हामी यो विषयमा तपाईंबाट फेरि सुन्नेछौँ ।” 33 त्यसपछि पावलले तिनीहरूलाई छोडेर गए । 34 तर अरियोपागसका डायनोसियस, दामारिस नाउँ गरेकी एक स्त्री र अरू कतिपय मानिसहरू पावललाई भेट्न आए र उनको कुरामा विश्वास गरे ।
ख्रीष्ट वा मसिह शक्तिशाली राजा हुने छन् भन्ने यहूदीहरूको आशा थियो । किनभने पुरानो करारले यो कुरा धेरैपल्ट भनेको छ । तर ख्रीष्टले दुःख भोग्ने कुरा पनि यसले भनेको छ, र पावलले यहूदीहरूलाई यही कुरा बन्दै थिए ।
पावलले भने, एथेनीहरू “धार्मिक” मानिसहरू थिए, तर तिनीहरूले साँचो परमेश्वरको आराधना गरेनन् । तिनीहरूले धेरै विभिन्न झूटा देवताहरूको पूजा गरे । विगतमा तिनीहरूले अरू जातिमाथि विजय हासिले गरे र तिनीहरूले जितेका मानिसहरूका देवताहरूको पूजा गर्न सुरु गरे ।
पुरानो करारका बारेमा केही कुरा पनि थाहा नभएका मानिसहरूलाई पावलले कसरी ख्रीष्टको सन्देशको प्रचार गरे भन्ने कुरालाई लूकाले यस अध्यायमा वर्णन गरेका छन् ।
यहाँ “तिनीहरू” शन्दले पावल र सिलासलाई जनाउँछ । प्रेरितहरू १६:४० लाई तुलना गर्नुहोस् । “उनीहरूलाई” शब्दले थेसलोनिकीको सभाघरमा भएका यहूदी मानिसहरूलाई जनाउँछ ।
यसले पावल, सिलास र तिमोथीको मिसन यात्राको कथालाई निरन्तरता दिन्छ । तिनीहरू थेसलोनिकीमा पुगे । तर लूकाचाहिँ तिनीहरूका साथमा थिएनन्, किनभने तिनले “हामी” नभनी “तिनीहरू” भनेका छन् ।
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ लेखक लूकाले कथाको एउटा नयाँ भागलाई सुरु गर्दछन् ।
“भएर यात्रा गरे”
यी माकेडोनियाका तटीय सहरहरू हुन् ।
यहाँ “आए” शब्दलाई “गए” वा “आइपुगे” लेखेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू सहरमा आए” वा “तिनीहरू सहरमा आइपुगे”
“उनको बानीअनुसार” वा “उनको सधैँको अभ्यासअनुसार ।” पावल यहूदीहरू उपस्थित भएको बेला शबाथको दिनमा सभाघरमा जाने गर्थे ।
“तीन हप्तासम्म प्रत्येक विश्राम दिनमा”
पावलले येशू नै मसिह हुनुहुन्छ भनेर यहूदीहरूका बीचमा प्रमाणित गर्नलाई धर्मशास्त्रको व्याख्या गरे ।
“तिनीहरूलाई कारणहरू दिए” वा “सभाघरका यहूदीहरूसँग वादविवाद गरे” वा “सभाघरका यहूदीहरूसँग छलफल गरे”
यहाँ “उनले” शब्दले पावललाई जनाउँछ (प्रेरितहरू १७:२) ।
सम्भावित अर्थहरू हुन् १) मानिसहरूले बुझ्ने गरेर धर्मशास्त्रलाई व्याख्या गरेको कुरा चाहिँ मानौँ पावलले केही कुरा खोलिरहेका थिए भने झैँ गरेर बताइएको छ ताकि मानिसहरूले त्यसभित्र के छ भनेर देख्न सकून् वा २) पावलले साँच्चै नै कुनै पुस्तक वा चर्मपत्र खोलिरहेका थिए र त्यसलाई पढिरहेका थिए ।
“यो परमेश्वरको योजनाको भाग थियो”
“फेरि जीवनमा फर्कनको लागि”
ती सबैको माझबाट जो मरिगएका छन् । यस अभिव्यक्तिले तल पातालको संसारमा भएका सबै मृत मानिसहरूलाई एकसाथ वर्णन गर्छ । तिनीहरूको माझबाट फर्केर आउने कुराले पुनः जीवित बन्ने कुराको विषयमा बताउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यहूदीहरूले विश्वास गरे” वा “यहूदीहरूले बुझे”
“पावलसँग सम्बन्धित भए”
परमेश्वरको आराधना गर्ने तर खतना गरेर यहूदी-मतमा नआएकाहरू ।
यो चाहिँ धेरै अगुवा स्त्रीहरू पनि तिनीहरूसँग सहभागी भए भन्ने कुरामा जोड दिनलाई भनिएको कुरा हो । वैकल्पिक अनुवादः धेरै अगुवा स्त्रीहरू
यहाँ “तिनीहरू” शब्दले अविश्वासी यहूदीहरू र बजारका दुष्ट मानिसहरूलाई जनाउँछ ।
ईर्ष्याको अनुभूति गर्ने कुराका बारेमा ईर्ष्याले चाहिँ साँच्चै नै कोही व्यक्ति चलहल गराएको जस्तो गरी भनिएको छ । वैकल्पिक अनुवादः “अति ईर्ष्यालु अनुभूति गरेर” वा “धेरै रिसको अनुभव गरेर”
कोही यहूदी र ग्रीकले पावलको सन्देशमाथि विश्वास गरेका हुनाले यी यहूदी डाहले भरिए भनेर यसलाई स्पष्ट रूपमा लेख्न सकिन्छ ।
यहाँ “लिए” भन्नाले यहूदीहरूले यी मानिसलाई जबरजस्ती लगे भन्ने होइन । यसको अर्थ यहूदीहरूले आफूलाई सहायता पुर्याउन यी दुष्ट मानिसलाई सहमत गराए भन्ने हो ।
“केही खराब मानिसहरू ।” यहाँ प्रयोग भएको शब्द “मानिसहरू”ले पुरुषहरूलाई जनाउँछ ।
“सार्वजनिक चोकबाट ।” यो व्यापार गर्ने सार्वजनिक स्थान हो, जहाँ सामानहरू, गाईबस्तु वा सेवाको किनबेच हुन्छ ।
यहाँ “सहर” शब्दले त्यस सहरका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यस सहरका मानिसहरूलाई होहल्ला गर्न लगाए” वा “त्यस सहरका मानिसहरूलाई विद्रोह गर्न लगाए”
घरलाई हिंसापूर्वक आक्रमण गर्दै ।” यसको अर्थ मानिसहरूले त्यो घरमा ढुङ्गा हानेका र त्यस घरको ढोका फुटाउन आँटेका थिए भन्ने हो ।
यो एक पुरुषको नाउँ हो ।
सम्भावित अर्थहरू वा “मानिसहरू” हुन् १) निर्णय गर्नलाई भएको सरकारी वा नागरिकहरूको कानूनसंगत समूह वा २) हुलदङ्गा मच्चाउने एक व्यक्ति ।
यहाँ “भाइहरू” शब्दले विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “केही अरू विश्वासीहरू”
“हाकिमहरूको उपस्थितिमा”
यहूदी अगुवाहरूले बोले र “यी मानिसहरू” भन्ने वाक्यांशले पावल र सिलासलाई जनाउँछ ।
यो पावल र सिलासले समस्या खडा गरिरहेका छन् भन्ने कुरालाई अर्को तरिकाले जनाउनलाई प्रयोग गरिने वाक्यांश हो । यहूदी अगुवाहरूले पावल र सिलासको शिक्षाको प्रभावलाई बढाइचढाइ गरिरहेका थिए । वैकल्पिक अनुवादः “संसारका हरेक ठाउँमा समस्या खडा गरे” वा “तिनीहरू गएका हरेक ठाउँमा समस्या खडा गरे”
यो वाक्यांशले यासोन पनि पावल र सिलासको सन्देशसँग सहमत थिए भन्ने देखाउँछ ।
“चिन्तित भए”
यासोन र अरूहरूले सहरका अधिकारीहरूलाई असल व्यवहारको प्रतिज्ञाको रूपमा पैसा तिर्नुपरेको थियो; यदि सबै राम्ररी भयो भने त्यो पैसा फिर्ता गरिने थियो वा केही खराब व्यवहार भयो भने त्यसको क्षतिपूर्ति तिर्नलाई त्यो पैसाको प्रयोग हुने थियो ।
”“बाँकी” शब्दले अरू विश्वासीहरूलाई जनाउँछ, जसलाई ती यहूदीहरूले अधिकारीहरूका सामु ल्याएका थिए ।
“अधिकारीहरूले यासोन र अन्य विश्वासीहरूलाई मुक्त गरे”
पावल र सिलासले बेरिया सहरको यात्रा गरे
यहाँ “भाइहरू” शब्दले पुरुषहरू र महिला विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “विश्वासीहरू”
“अब” शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । बेरिया सहरका मानिसहरूका बारेमा र तिनीहरूले कसरी पावलका कुरा सुन्न तयार भए र उनले भनेका कुराको कुराको जाँच गरे भनेर लूकाले यहाँ पृष्ठभूमिको जानकारी दिन्छन् ।
यी “भद्र” मानिसहरू नयाँ विचारका बारेमा अरू मानिसभन्दा बढी वस्तुपरक ढङ्गले विचार गर्न इच्छुक थिए । वैकल्पिक अनुवादः “बढी खुल्ला मनका” वा “सुन्नलाई बढी तत्पर”
यहाँ “वचन” भन्नाले शिक्षा दिएका कुरा हो । वैकल्पिक अनुवादः “सिकाइएका कुरा सुने”
यी बेरियाका मानिसहरू पावलको धर्मशास्त्रको शिक्षाको छानबिन गर्न तयार थिए ।
“दिनहुँ सम्बन्धित धर्मशास्त्रको खण्डको होसियारीपूर्वक अध्ययन र मूल्याङ्कन गर्दै”
“पावलले भनेका कुरा साँचो थिए”
एथेन्स चाहिँ बेरियाको तल माकेडोनियाको समुद्री तटमा पर्दछ । ग्रीकका सहरहरूमध्ये एथेन्स चाहिँ सबैभन्दा महत्त्वपूर्ण थियो ।
यसले तिनीहरूले मानिसहरूलाई रिस उठाएका कुरालाई कुनै व्यक्तिले भाँडोको तरल पदार्थ हल्लाएको र भाँडाको पिँधमा भएको त्यो कुरालाई माथि सतहमा आउने बनाएको जस्तो भन्दछ । वैकल्पिक अनुवादः “त्यहाँ गए र उक्साए” वा “त्यहाँ गए र खैलाबैला मच्चाए”
“र भीडलाई अत्ताए” वा“मानिसहरूका माझमा भय र डर उत्पन्न गरे”
यहाँ “भाइहरू” शब्दले पुरुषहरू र महिला विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “विश्वासीहरू”
“समुद्री किनारमा जान ।” त्यहाँबाट पावलले शायद अर्को सहरतिर समुद्री यात्रा गर्ने थिए ।
“जो पावलको साथमा थिए” वा “जो पावलसँगै जाँदै थिए”
“सिलास र तिमोथीलाई निर्देशन दिन तिनले तिनीहरूलाई भने ।” यसलाई यूएसटीले झैँ प्रत्यक्ष उद्धरणका रूपमा पनि लेख्न सकिन्छ ।
यो पावल र सिलासको यात्रा वृत्तान्तको अर्को खण्ड हो । पावल अहिले एथेन्समा छन् जहाँ तिनी सिलास र तिमोथी उनको साथ लाग्न आउने कुराको प्रतीक्षा गरिरहेका छन् ।
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ लूकाले कथाको नयाँ भाग भन्न सुरु गर्दछन् ।
यहाँ “आत्मा” शब्दले पावल स्वयम्लाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उनी दुःखी भए किनभने उनले त्यहाँ सहरमा सबैतिर मूर्तिहरू देखे” वा “त्यो सहरमा सबैतिर मूर्तिहरू देखेर उनी दुःखी भए”
“तिनले वादविवाद गरे” वा “तिनले छलफल गरे ।” यसको अर्थ श्रोताहरूले उनको प्रचार सुन्ने मात्र नभएर अन्तर्क्रिया गर्दथे । तिनीहरूले उनीसँग कुराकानी पनि गर्दथे ।
यसले अन्यजाति (गैरयहूदी) लाई जनाउँछ, जसले परमेश्वरको प्रशंसा गर्दथे र उहाँको अनुसरण गर्दथे, तर यहूदी व्यवस्थाका सबै कुरा पालन गर्दैनथे ।
“सार्वजनिक चोकमा ।” यो सार्वजनिक व्यापारको स्थान हो, जहाँ मालसामानहरू, पशुहरू वा सेवाहरूको किनबेच हुन्छ ।
यहाँ “तिनले” र “तिनी” र “तिनी” शब्दहरूले पावललाई जनाउँछन् ।
यी मानिसहरू सबै कुरा संयोगले बनेका हुन् र ईश्वरहरू विश्वको सञ्चालन गर्ने कुराको झन्झटमा नफसी खुशी हुने कुरामा धेरै नै व्यस्त छन् भन्ने कुरामा विश्वास गर्थे । तिनीहरूले पुनरुत्थान हुन्छ भन्ने कुरालाई इन्कार गरे र साधारण सुखविलासको खोजी गरे ।
यी मानिसहरू आफैँलाई भाग्यको भरमा छोड्दा स्वतन्त्रता आउँछ भन्ने कुरामा विश्वास गर्थे । तिनीहरूले प्रेमिलो व्यक्तिगत परमेश्वर र पुनरुत्थानलाई इन्कार गरे ।
“तिनलाई भेट्न पुगे”
“दार्शनिकहरूमध्ये केहीले भने”
“बकबके” शब्द चराहरूले बिउहरू खानाको रूपमा खानको लागि टिप्ने कामलाई जनाउँथ्यो । यसले थोरै मात्र जानकारी हासिल गरेको व्यक्तिको बारेमा बताउँछ । दार्शनिकहरूले भने कि पावलसँग थोरै मात्र जानकारी छन् जुन सुन्न लायक छैन । वैकल्पिक अनुवादः “यो अनपढले के भनेको हो”
“अरू दार्शनिकहरूले भने”
“यो प्रचार गर्ने जस्तै देखिन्छ” वा “यो सन्देश फैलाउने मिसनमा लागेको जस्तै देखिन्छ”
यो शब्दको अर्थ “अनौठो” होइन, तर “विदेशी” अर्थ लाग्ने गरी प्रयोग गरिएको छ, जसको अर्थ ग्रीकहरू र रोमीहरू पूजा नगर्ने वा थाहा नभएको देवीदेवताहरू हुन्छ ।
“उनलाई” र “उनी” र “तिमी” शब्दहरूले पावललाई जनाउँछन्
यस कुराले तिनीहरूले पावललाई गिरफ्तार गरेको भन्ने अर्थ लाग्दैन । ती दार्शनिकले आफ्ना अगुवाहरूसँग औपचारिक रूपले कुराकानी गर्न पावललाई निम्ति दिए ।
अगुवाहरू भेट्ने ठाउँ चाहिँ “अरियोपागस” थियो । वैकल्पिक अनुवादः “अरियोपागसमा भेटघाट गर्ने ती अगुवाहरू”
यहाँ अरियोपागसका अगुवाहरू बोल्दै छन् । यसलाई एउटा नयाँ वाक्यका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “अरियोपागस ... । अगुवाहरूले पावललाई भने”
एथेन्समा रहेको एउटा पहाड जहाँ एथेन्सको सर्वोच्च अदालत भेट गरेको हुन सक्छ ।
पावलले प्रचार गरेको येशूको शिक्षा र पुनरुत्थानका कुराका बारेमा ती कुनै व्यक्तिले अर्को व्यक्तिकहाँ ल्याउन सक्ने केही कुरा भएको जस्तो भनिएको छ । यहाँ “कान” शब्दले तिनीहरूले सुनेका कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “हामीले यसअगि कदापि नसुनेका कुराहरू तपाईंले सिकाउँदै हुनुहुन्छ”
“सबै” धेरै जनालाई सङ्केत गर्न समान्यीकरण गर्ने शब्द हो । वैकल्पिक अनुवादः “अब एथेन्सबासी र त्यहाँ बस्ने परदेशीहरूमध्ये धेरै जना” वा “अब एथेन्सबासीहरूमध्ये धेरै जना र त्यहाँ बस्ने परदेशीहरू”
“एथेन्सबासीहरू” समुद्री किनारमा भएको माकेडोनियामा
“विदेशीहरू”
यहाँ “समय” को बारेमा यो कुनै व्यक्तिले खर्च गर्न सक्ने कुनै वस्तु हो झैँ गरी भनिएको छ । वैकल्पिक अनुवादः “अरू केही नगरी सुनाउन वा सुन्न आफ्नो समय बिताउँथे” वा “सधैँ अरू केही नगर्ने तर सुनाउने वा सुन्ने गर्दथे”
यहाँ “केही कुरामा समय बिताउँदैनथे” वाक्यले बढाइचढाइ भनेको हो । वैकल्पिक अनुवादः “बताउने र सुन्नेभन्दा अरू धेरै कुरा गर्दैनथे” वा “बताउने र सुन्ने कुरामा तिनीहरूका धेरै समय बिताउँथे”
“नयाँ दार्शनिक अवधारणाहरूको छलफल गर्दै” वा “तिनीहरूलाई के नयाँ लाग्यो भन्ने बारेमा कुरा गर्दै”
दार्शनिकहरूका लागि अरियोपागसमा पावलले आफ्नो भाषण सुरु गर्छन् ।
पावलले सार्वजनिक रूपमा प्रार्थना गरेर, वेदी बनाएर, र बलिहरू चढाएर देवीदेवताहरूको आदर गर्ने एथेन्सबासीहरूको कामलाई अङ्कित गर्दै छन् ।
“किनकि मैले हिँड्दै गर्दा” वा “म यस्तो एउटा कुराबाट भएर हिँडे”
सम्भावित अर्थहरू हुन् १) “कुनै निश्चित अज्ञात देवता” वा २) “नजानिएको देवताको निम्ति ।” त्यस वेदीमा विशेष लेख थियो वा खोपेका अक्षरले लेखिएको थिए ।
सबैभन्दा साधारण अर्थमा “संसार”ले स्वर्ग र पृथ्वी र तिनीहरूमा भएका सबै थोकलाई जनाउँछ ।
“किनभने उहाँ प्रभु हुनुहुन्छ ।” “उहाँ”ले अज्ञात प्रभुलाई जनाउँछ, जसलाई प्रेरितहरू १७:२३ मा उल्लेख गरिएको छ, जसलाई पावलले प्रभु परमेश्वर हुनुहुन्छ भनेर व्याख्या गरिरहेका छन् ।
स्वर्ग र पृथ्वीमा भएका सबै प्राणी र थोकहरूलाई जनाउनका लागि “स्वर्ग” र “पृथ्वी” शब्दहरू प्रयोग भएका हुन् ।
यहाँ “हात” शब्दले मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसहरूका हातले बनाएको” वा “जुन मानिसहरूले बनाए”
“सेवा गरिएको”ले डाक्टरले बिरामीलाई निको बनाउनको लागि गरिने उपचारलाई जनाउँछ । वैकल्पिक अनुवादः “न त उहाँलाई मानिसहरूका हातले वास्ता गरिन्छ”
यहाँ “हातद्वारा” शब्दले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसहरूद्वारा”
“किनकि उहाँ आफैँले ।” जोड दिनका लागि “उहाँ आफैँ” शब्द थप गरिएको छ ।
यहाँ “उहाँलाई” र “उहाँ” शब्दहरूले एकमात्र साँचो परमेश्वर अर्थात् सृष्टिकर्तालाई जनाउँछ । “तिनीहरूको” र “तिनीहरूलाई” शब्दले पृथ्वीको सतहमा बसोबास गर्ने मानिसहरूका हरेक जातिलाई जनाउँछ । पावलले “हामीलाई” शब्द प्रयोग गरेर तिनी आफैँ, तिनका श्रोताहरू र हरेक जातिलाई समावेश गर्दछन् ।
यसले परमेश्वरले बनाउनुएको आदमलाई जनाइरहेको छ । यसमा हव्वालाई समावेश गरेर लेख्न सकिन्छ । आदम र हव्वाद्वारा परमेश्वरले अरू सबै मानिसहरूलाई बनाउनुभयो । वैकल्पिक अनुवादः “एक जोडि”
यसलाई एउटा नयाँ वाक्यमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “अनि तिनीहरू कति समय र कहाँ बसोबास गर्ने छन् भनी उहाँले निर्धारण गर्नुभयो”
यहाँ “परमेश्वरलाई खोजुन्” शब्दले उहाँलाई चिन्ने इच्छालाई जनाउँछ । अनि “तिनीहरूले उहाँलाई खोजेर पाउने छन्” भन्ने कुराले प्रार्थना गर्ने र उहाँसँग सम्बन्ध स्थापित गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “यसरी तिनीहरूले परमेश्वरलाई चिन्न र उहाँमा प्रार्थना चढाउन र उहाँका मानिसहरूमध्ये एक हुन चाहन्छन्”
यसलाई सकारात्मक स्वरूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँ हामी हरेकसँग धेरै नजिक हुनुहुन्छ”
यहाँ “उहाँलाई” र “उहाँको” शब्दहरूले परमेश्वरलाई जनाउँछन्
“उहाँको कारण”
किनभने परमेश्वरले हरेक व्यक्तिको सृष्टि गर्नुभयो, सबै मानिसहरू साँच्चै परमेश्वरका सन्तान भए झैँ गरी भनिएको छ ।
यहाँ “ईश्वरत्व”ले परमेश्वरको स्वभाव र गुणहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यो परमेश्वर”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई मानिसले लिएर त्यसबाट उसले योजना गरेका केही कुरा बनाउने” वा “मानिसहरूले आफ्ना कला र कल्पना प्रयोग गरेर बनाएका स्वरूपहरू”
यहाँ “उहाँ” शब्दले परमेश्वरलाई जनाउँछ ।
पावलले अरियोपगासमा दार्शनिकहरूको लागि प्रेरितहरू १७:२२ मा सुरु गरेको भाषणलाई अन्त्य गर्छन् ।
“किनभने मैले भर्खर भनेको कुरा सत्य हो”
“अज्ञानताको समयमा गरेका पापहरूका लागि परमेश्वरले दण्ड नदिने निर्णय गर्नुभयो”
परमेश्वरले येशू ख्रीष्टद्वारा आफैँलाई पूर्ण रूपले प्रकट गर्नुअगि र परमेश्वरको आज्ञा कसरी पालन गर्ने भनी मानिसहरूले पूर्ण रूपमा थाहा पाउनु अगिको समयलाई यसले जनाउँछ ।
यसको अर्थ पुरुष र स्त्री जेसुकै भए पनि सबै मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबै मानिसहरू”
“जब उहाँले चुन्नुभएको मानिसले धार्मिकतामा संसारलाई न्याय गर्नेछन्”
यहाँ “संसार” शब्दले मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँले सबै मानिसहरूको न्याय गर्नुहुनेछ”
“उचित किसिमले” वा “निष्पक्ष रूपमा”
“परमेश्वरले यो मानिसको छनौट प्रदर्शन गर्नुभएको छ”
ती सबैको माझबाट जो मरिगएका छन् । यस अभिव्यक्तिले तल पातालको संसारमा भएका सबै मृत मानिसहरूलाई एकसाथ वर्णन गर्छ । तिनीहरूको माझबाट फर्केर आउने कुराले पुनः जीवित बन्ने कुराको विषयमा बताउँछ ।
यहाँ “हामी” शब्दले एथेन्सका मानिसहरूलाई जनाउँछ, तर पावललाई होइन, र यसैले यो समावेशी शब्द होइन । तिनीहरूमध्ये कसैले पावलका कुरा फेरि पनि सुन्ने इच्छा गरे तापनि तिनीहरू केवल नम्र भइदिएका मात्र हुन सक्छन् ।
यो पावल एथेन्समा हुँदाको वृत्तान्तको अन्त्य हो ।
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । लूकाले यहाँ पावलका शिक्षाबाट एथेन्सबासीका प्रतिक्रियातर्फ लाग्दछन् ।
अरियोपागसमा पावलको कुरा सुन्नको लागि उपस्थित भएका मानिसहरू ।
“केहीले पावललाई गिल्ला गरे” वा “केही पावललाई हेरेर हाँसे ।” कोही मरेर फेरि जीवित हुन सम्भव छ भनेर यी मानिसहरूले विश्वास गरेनन् ।
डियनुसियस पुरुषको नाम हो । अरियोपागसका शब्दले डियनुसियस अरियोपागसको परिषद्मा भएका न्यायाधीशहरूमध्येका एक थिए भन्ने बुझाउँछ ।
यो एकस्त्रीको नाम हो ।
1 यी कुराहरूपछि पावल एथेन्स छोडेर कोरिन्थमा गए । 2 त्यहाँ उनले इटालीबाट आएका अकिला नाउँ गरेका पोन्टस निवासी एक यहूदी र तिनकी पत्नी प्रिस्किलालाई भेटे । किनभने क्लाउडियसले यहूदीहरूलाई रोम छाड्न आदेश दिएका थिए; र पावल तिनीहरूकहाँ आए । 3 पावल तिनीहरूसँगै बसे र काम गरे किनकि उनीहरूको पेसा मिल्दथ्यो । तिनीहरूले पाल बनाउँथे । 4 तब पावल हरेक सबाथ-दिनमा सभाघरमा गएर ग्रीक र यहूदी दुवै समुदायका मानिसहरूसँग बहस गर्न थाले । 5 तर जब सिलास र तिमोथी माकेडोनियाबाट तल आए, पावललाई पवित्र आत्माले येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा यहूदीहरूलाई बताउन लगाउनु भयो । 6 तर जब यहूदीहरूले पावलको विरोध गरे, तब आफ्नो कपडा टकटक्याउँदै पावलले तिनीहरूलाई यसो भने, “तिमीहरूको रगत तिमीहरूकै शिरमाथि परोस्; म निर्दोष छु । अबदेखि म अन्यजातिहरूकहाँ जानेछु ।” 7 तब उनी त्यो ठाउँ छाडेर तीतस युस्तसको घरमा गए जसले परमेश्वरको आराधना गर्दथे । उनको घर सभाघरको छेउमा पर्दथ्यो । 8 सभाघरका अगुवा क्रिस्पस र तिनका सारा परिवारले प्रभुमा विश्वास गरे । पावलका कुरा सुन्ने कोरिन्थका धेरै मानिसहरूले विश्वास गरे र बप्तिस्मा लिए । 9 राति दर्शनमा प्रभुले पावललाई भन्नुभयो, “नडराऊ, तर बोल र चुप नलाग । 10 किनकि म तिमीसँग छु र तिमीलाई कसैले हानि गर्न सक्नेछैन किनकि यस सहरमा मेरा थुप्रै मानिसहरू छन् ।” 11 त्यस ठाउँमा पावल एक वर्ष छ महिनासम्म बसे र तिनीहरूका बिचमा परमेश्वरको वचन सिकाए । 12 तर जब गालियो अखैयाका शासक बने तब यहूदीहरू एक भई पावलको विरुद्धमा उठे र फैसला गर्न पावललाई न्याय आसनको सामु ल्याए । 13 तिनीहरूले भने, “यस मानिसले व्यवस्थाको विपरित परमेश्वरको आराधना गर्न लगाउँछ ।” 14 तर जब पावलले बोल्नै लागेका थिए, गालियोले यहूदीहरूलाई भने, “तिमी यहूदीहरू; यदि यो कुनै गल्ति वा अपराधको विषय भएको भए यस विषयमा तिमीहरूसँग बोल्नु तर्कपूर्ण नै हुने थियो । 15 तर यी शब्दहरू र नाउँहरू त तिमीहरूका आफ्नै व्यवस्थासँग सम्बन्धित विषयमा भएकाले तिमीहरू आफैँ मिलाऊ । यी विषयहरूमा म न्याय गर्न चाहन्नँ ।” 16 तब गालियोले तिनीहरूलाई न्याय आसन छोडेर जाने आदेश दिए । 17 तर तिनीहरू सबैले सभाघरका शासक सोस्थेनसलाई समातेर न्याय आसनको अगाडि नै पिटे । तर गालियोले तिनीहरूले गरेका कुराको वास्तै गरेनन् । 18 धेरै दिन त्यहाँ बसेपछि पावलले भाइहरूलाई छोडे अनि अकिला र प्रिस्किलालाई साथमा लिएर जहाज चढी सिरियातिर अगि बढे । बन्दरगाह छोड्नुभन्दा पहिले किंक्रियामा पावलले आफ्नो कपाल खौरे किनकि उनले नाजरी भाकल गरेका थिए । 19 जब उनीहरू एफिससमा आइपुगे तब पावलले अकिला र प्रिस्किलालाई त्यहीँ छोडे । तर उनीचाहिँ सभाघरमा गए र यहूदीहरूसँग बहस गरे । 20 तिनीहरूले पावललाई अझै केही समय बस्न अनुरोध गरे तर उनले इन्कार गरे । 21 तर तिनीहरूसँग बिदा लिँदै उनले भने, “यदि परमेश्वरको इच्छा भएमा म तपाईंहरूकहाँ फर्किआउनेछु ।” त्यसपछि उनी जहाज चढेर एफिससतर्फ लागे । 22 कैसरियामा जहाजबाट उत्रेपछि पावल उक्लेर यरूशलेममा गए र त्यहाँको मण्डलीलाई अभिवादन गरे अनि एन्टिओखियातर्फ झरे । 23 त्यहाँ केही समय बिताएपछि पावल त्यहाँबाट फ्रिगिया र गलातिया क्षेत्रका सबै चेलाहरूलाई उत्साह दिँदै गए । 24 अब अपोलोस नाउँ गरेका एक जना यहूदी जो जन्मका आधारमा एलेक्जेन्ड्रियाका थिए, उनी पनि एफिससमा आए । उनी धर्मशास्त्रीय ज्ञानमा र बोल्नमा दक्ष थिए । 25 अपोलोस प्रभुको वचनका बारेमा ज्ञान पाएका व्यक्ति थिए । आत्मामा जोशिलो हुँदै येशू ख्रीष्टको बारेमा ठिक कुराहरू बोल्थे र सिकाउँथे तर उनलाई यूहन्नाको बप्तिस्माको बारेमा मात्र ज्ञान थियो । 26 अपोलोसले सभाघरहरूमा बडो साहसका साथ बोल्न थाले । जब अकिला र प्रिस्किलाले उनको बारेमा सुने तब तिनीहरू उनको साथ लागे र उनलाई परमेश्वरको वचनको बारेमा अझै ठिकसँग बताइदिए । 27 जब उनले अखैया हुँदै जाने इच्छा गरे, भाइहरूले उनलाई त्यहाँ जान प्रोत्साहन दिए र अखैयाका चेलाहरूले उनलाई ग्रहण गरून् भनेर पत्र लेखे । त्यहाँ आइपुगेपछि उनले अनुग्रहद्वारा विश्वास गर्नेहरूलाई ठूलो मद्दत गरे । 28 धर्मशास्त्रद्वारा येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा सबैका सामु प्रमाणित गरेर देखाउन सक्ने अपोलोको शक्ति र सीप देखेर यहूदीहरू नाजवाफ भए ।
यरूशलेम र यहूदियादेखि टाढा बसोबास गर्ने यहूदीहरूले बप्तिस्मा दिने यूहन्नाका बारेमा सुनेका र उनको शिक्षाको अनुसरण गरेका थिए । तिनीहरूले अझैसम्म पनि येशूको बारेमा सुनेका थिएनन् । अपोल्लोस पनि तिनीहरूमध्येकै एक यहूदी थिए । तिनले बप्तिस्मा दिने यूहन्नाको अनुसरण गरे । तर ख्रीष्ट आउनुभएको कुराको बारेमा तिनले जानकारी पाएका थिएनन् । मानिसहरूले पापको प्रायश्चित गर्दछन् भनी दर्शाउनका लागि यूहन्नाले तिनीहरूलाई बप्तिस्मा दिए, तर त्यो बप्तिस्मा ख्रीष्टिएन बप्तिस्माभन्दा भिन्न थियो । अनि अनि )
अकिलास र प्रिस्किलालाई कथामा समावेश गरिएको छ । २ र ३ पदहरूले तिनीहरूको पृष्ठभूमि जानकारी दिन्छन् ।
यो पावलको कोरिन्थको यात्रा वृत्तान्तको अर्को भाग हो ।
“एथेन्समा यी घटनाहरू घटेपछि”
एथेन्स ग्रीसको एउटा महत्त्वपूर्ण सहर थियो । तपाईंले यसलाई प्रेरितहरू १७:१५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
सम्भावित अर्थहरू हुन् १) त्यहाँ पावलले संयोगले भेटे वा २) ध्यान दिएर खोजेपछि पावलले त्यहाँ भेटे ।
यहाँ “एक” शब्दले कथामा नयाँ व्यक्तिलाई परिचित गराउन लागेको कुराको सङ्केत गर्दछ ।
पोन्टस कालो समुद्रको दक्षिणी तटमा पर्ने एउटा प्रान्त थियो ।
यो सायद बितेको वर्षको कुनै समय हुनुपर्छ ।
यो कुनै मुलुकको नाउँ हो । रोम चाहिँ इटालियाको राजधानी सहर हो ।
क्लौडियस तत्कालीन रोमी सम्राट् थिए । तपाईंले यसलाई प्रेरितहरू ११:२८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“तिनले तिनीहरूले गरेको जस्तै उही किसिमको काम गर्थे”
सिलास र तिमोथी फेरि पावलसँग सामेल हुन्छन् ।
“यसैले पावलले वादविवाद गरे” वा “पावलले छलफल गरे ।” तिनले कारणहरू दिए । यसको अर्थ प्रचार मात्र गर्नुको साटोमा पावलले कुरा गरे र मानिसहरूसँग अन्तर्क्रिया गरे ।
सम्भावित अर्थहरू हुन् १) “उनले दुवै यहूदी र ग्रीकहरूलाई विश्वास गर्ने तुल्याए” वा २) “उनले दुवै यहूदी र ग्रीकलाई सम्झाउने प्रयास गरिरहे ।”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आत्माले तिनलाई बाध्य पार्नुभयो”
यो पावलले अब अरू बढी त्यहाँ भएका यहूदीहरूलाई येशूको बारेमा सिकाउनेछैनन् र तिनीहरूलाई परमेश्वरको इन्साफको लागि छोड्दै छन् भन्ने कुरा जनाउने प्रतीकात्मक कार्य हो ।
यहाँ “रगत”ले तिनीहरूको कामहरूको दोषलाई जनाउँछ । यहाँ “शिर” शब्दले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । यदि तिनीहरूले पश्चात्ताप गर्न इन्कार गरे भने तिनीहरूको हठको कारण तिनीहरूले सामना गर्ने दण्डको लागि सम्पूर्ण रूपले तिनीहरू नै जिम्मेवार हुन्छन् भनेर पावल भन्छन् । वैकल्पिक अनुवादः “पापको निम्ति तिमीहरूले पाउने दण्डको जिम्मेवारी तिमीहरूले नै बोक्नेछौ”
यहाँ “उनी” शब्दले पावललाई जनाउँछ । पहिलो “उनी” शब्दले तीतस युस्तसलाई जनाउँछ । दोस्रो “तिनको” शब्दले क्रिस्पसलाई जनाउँछ ।
यो एक पुरुषको नाउँ हो ।
परमेश्वरको आराधना गर्ने व्यक्ति अन्यजाति हो, जसले परमेश्वरको प्रशंसा गर्छन् र उहाँको अनुसरण गर्दछन्, तर यहूदी व्यवस्था सम्पूर्ण रूपले पालन गर्दैनन् ।
यो एक पुरुषको नाउँ हो ।
सभाघरलाई प्रायोजन र व्यवस्थापन गर्ने व्यक्ति, शिक्षक होइन
यहाँ “घर” शब्दले सँगसँगै बसेका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनका घरमा तिनीसँग बस्ने मानिसहरू”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बप्तिस्मा लिए”
पावलले निश्चय पनि प्रचार गरिरहनुपर्छ भनेर जोड दिनका लागि एउटै आज्ञालाई प्रभुले दुई भिन्न किसिमले दिनुभयो । वैकल्पिक अनुवादः “तिमी डराउनुहुँदैन, बरु, निरन्तर बोल र चुपचाप नहोऊ”
पावललाई बोल्नका लागि कडा रूपमा आज्ञा गर्नलाई प्रभुले एउटै आज्ञालाई दुई फरक तरिकाहरूमा दिनुहुन्छ । वैकल्पिक अनुवादः “तिमीले निश्चय पनि बोल्नलाई निरन्तरता दिनुपर्छ”
पावलले के बोलुन् भन्ने प्रभुको इच्छा छ भन्ने कुरा स्पष्ट रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “सुसमाचारको बारेमा बोल्न नछोड”
“ममाथि विश्वास गर्ने धेरै मानिसहरू यस सहरमा छन्” वा “यस सहरका धेरै मानिसले ममाथि आफ्नो विश्वास राख्ने छन्”
यो कथाको यस खण्डको अन्तिम अभिव्यक्ति हो । यहाँ “परमेश्वरको वचन” भनेको सम्पूर्ण धर्मशास्त्रलाई जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “तिनीहरूको माझमा धर्मशास्त्र सिकाउँदै ... पावल त्यहाँ बसे”
अखैया एक रोमी प्रान्त थियो, कोरिन्थ यसको एक भाग थियो । यो दक्षिण ग्रीसको सबैभन्दा ठूलो सहर, र प्रान्तको राजधानी थियो ।
ख्रीष्टमा विश्वास नगर्ने यहूदीहरूले पावललाई गलियोनको न्याय आसनको सामु लगे ।
यो एक पुरुषको नाउँ हो ।
यसले येशूमाथि विश्वास नगर्ने यहूदी अगुवाहरूलाई जनाउँछ ।
“एकसाथ भेला भए” वा “एकसाथ सहभागी भए”
यहूदीहरूले पावललाई जबरजस्ती अदालतको अगाडि ल्याए । यहाँ “न्यायालयमा” भन्नाले गलियोन बस्ने र अदालती निर्णय लिने ठाउँ हो । वैकल्पिक अनुवादः “तिनलाई लगे ताकि शासकले न्याय आसनबाट तिनको इन्साफ गर्न सकून्”
गलियोन प्रान्तका रोमी शासक थिए ।
यहाँ “व्यवस्था”ले मोशाका व्यवस्था र साथै पावलको समयका यहूदी रीतिरिवाजहरूलाई जनाउँछ ।
“म यी कुराहरूको बारेमा इन्साफ गर्न इन्कार गर्छु”
यहाँ “तिनीहरू” शब्दले शायद अदालतमा भएका अन्यजातिहरूलाई जनाउँछ । तिनीहरूले पावललाई न्याय आसनको सामु ल्याउने यहूदीहरूका विरुद्धमा प्रतिक्रिया जनाए (प्रेरितहरू १८:१२) ।
“गलियोनले तिनीहरूलाई न्याय आसनबाट बिदा गरे ।” यहाँ “न्यायालय आसन” भन्नाले गलियोन बस्ने आसन हो, जहाँबाट तिनले अदालती निर्णय लिने गर्थे । वैकल्पिक अनुवादः “गलियोनले अदालतको आफ्नो उपस्थितिबाट तिनीहरूलाई बिदा गरे” वा “गलियोनले तिनीहरूलाई अदालतबाट बिदा गरे”
यो मानिसहरूसँग भएको प्रबल भावनालाई जोड दिने अतिरञ्जन हुन सक्छ । वैकल्पिक अनुवादः “धेरै मानिसले पक्रे” वा “तिनीहरूमध्ये धेरैले समाते”
सम्भावित अर्थहरू हुन् १) अन्यजातिहरूले सोस्थेनसलाई अदालतमा पिटे, किनभने तिनी यहूदी अगुवा थिए वा २) सोस्थेनस ख्रीष्टका विश्वासी हुन सक्ने सम्भावना छ, र यसैले यहूदीहरूले न्यायालयको अगाडि नै पिटे ।
“सोस्थेनेस” कोरिन्थमा भएको सभाघरका यहूदी शासक थिए ।
“तिनलाई बारम्बार हिर्काए” वा “तिनलाई बारम्बार मुक्का हाने ।”
यहाँ “तिनी” शब्दले पावललाई जनाउँछ । किंक्रिया बन्दरगाह थियो, जुन बृहत्तर कोरिन्थ सहरी क्षेत्रको एक हिस्सा थियो ।
यसले पावलको सुसमाचार प्रचार यात्रालाई निरन्तरता दिन्छ जसै पावल, प्रिस्किला र अकिलासले कोरिन्थ छोड्छन् । यसको अर्थ सिलास र तिमोथीलाई छाडिएको जस्तो लाग्छ, किनभने यहाँ “हामी” शब्द प्रयोग नभई “उनले” शब्द प्रयोग भएको छ । अनि “उनीहरू” भन्नाले पावल, प्रिस्किला र अकिलासलाई जनाउँछ ।
भाइहरू” शब्दले पुरुष र महिला विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सङ्गी विश्वासीहरूलाई छाडे”
पावल सिरियातर्फ जाने जहाजमा चढे । प्रिस्किला र अकिलास पनि तिनीसँगै गए ।
यो भाकल पूरा गरेको जनाउने एउटा साङ्केतिक कार्य हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनले आफ्नो शिरको कपाल कसैलाई खौरन लगाए”
“सँग छलफल गरे” वा “सँग वादविवाद गरे”
यहाँ “तिनीहरू” र “तिनीहरूलाई” शब्दहरूले एफिससमा भएका यहूदीहरूलाई जनाउँछन् ।
“तिनीहरूलाई बिदाइ गर्दै”
फ्रिगिया एसियाको एउटा प्रान्त हो र यो आधुनिक टर्कीमा पर्दछ । तपाईंले यसलाई प्रेरितहरू २:१० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
पावलले आफ्नो मिसनरी यात्रालाई निरन्तरता दिए ।
“कैसरियामा आइपुगे ।” यहाँ “उत्रेपछि” शब्द प्रयोग भएको छ, र यसले तिनी पानी जहाजमा आएका कुरालाई जनाउँछ ।
तिनले यरूशलेम सहरको यात्रा गरे । यहाँ “माथि गए” भनिएको छ किनभने उचाइका हिसाबले कैसरियाभन्दा यरूशलेम माथि छ ।
यहाँ “मण्डली” यरूशलेममा भएका विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यरूशलेम मण्डलीका सदस्यहरूलाई अभिवादन गरे”
यहाँ “तल ओर्ले” भन्ने वाक्यांश प्रयोग भएको छ, किनभने उचाइका हिसाबले यरूशलेमभन्दा एन्टिओखिया तल छ ।
“पावल गए” वा “पावल छुटे”
यसले “समय” का बारेमा यो कुनै व्यक्तिले खर्च गर्न सक्ने थोक भएजस्तो गरी भन्दछ । वैकल्पिक अनुवादः “त्यहाँ केही अवधि बसेपछि”
कथामा अपोल्लोसको परिचय दिइएको छ । २४ र २५ पदहरूले उनको पृष्ठभूमिको बारेमा जानकारी दिन्छन् ।
लूकाले एफिससमा प्रिस्किला र अकिलासलाई के भयो भन्ने कुरा बताउँछन् ।
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ ।
यहाँ “एक जना” शब्दले लूकाले कथामा कोही नयाँ व्यक्तिको परिचय गराउन लागेका कुरा स्पष्ट हुन्छ ।
“अलेक्जेन्ड्रियाको सहरमा जन्मेको मानिस ।” यो अफ्रिकाको उत्तरी तटमा अवस्थित मिश्रको एक शहर हो ।
“राम्रो वक्ता”
“तिनले धर्मशास्त्र राम्ररी जान्दथे ।” तिनले पुरानो करारका लेखहरू राम्ररी बुझेका थिए ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले कसरी जीवन बिताउन् भन्ने प्रभु येशूको इच्छा छ भन्ने बारेमा अरू विश्वासीले अपोल्लोसलाई सिकाएका थिए”
यहाँ “आत्मा” शब्दले अपोल्लोसको सम्पूर्ण व्यक्तित्वलाई जनाउँछ । वैकल्पिक अनुवादः “धेरै जोसिलो भएर”
“यूहन्नाले दिएको बप्तिस्मा ।” यसले यूहन्नाले दिने पानीको बप्तिस्मासँग येशूले दिनुहुने पवित्र आत्माको बप्तिस्मालाई तुलना गर्दछ ।
मानिसहरूले कसरी जीवन बिताउन् भन्ने परमेश्वरको इच्छा छ, सो कुरालाई कुनै व्यक्तिले यात्रा गर्ने बाटो भएको जस्तो गरी लेखिएको छ ।
“उचित तरिकाले” वा “अझ पूर्ण रूपमा”
यहाँ “उनले” र “उनलाई” शब्दहरूले अपोल्लोसलाई जनाउँछन् (प्रेरितहरू १८:२४) ।
“अखैयाको क्षेत्रमा जान ।” “पारि जान” भन्ने वाक्यांशको प्रयोग भएको छ, किनभने तिनलाई एफिसस सहरबाट अखैया जानका लागि इजिअन समुद्र तर्नुपर्ने थियो ।
अखैया ग्रीसको दक्षिणी भागमा अवस्थित रोमी प्रान्त थियो । तपाईंले यसलाई प्रेरितहरू १८:१२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यहाँ “भाइहरू” शब्दले पुरुष र महिला विश्वासीहरूलाई जनाउँछ । यी एफिससका विश्वासीहरू हुन् भनी तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “एफिससमा भएका सङ्गी विश्वासीहरू”
“अखैयामा भएका ख्रीष्टिएनहरूलाई पत्र लेखे”
“अनुग्रहद्वारा उद्धार हुन्छ भन्ने कुरामा विश्वास गरेका मानिसहरू” वा “परमेश्वरको अनुग्रहद्वारा येशूमा विश्वास गरेका मानिसहरू”
“अपोल्लोसले सार्वजनिक बहसमा यहूदीहरू गलत छन् भनी शक्तिशाली रूपमा देखाए”
“येशू नै ख्रीष्ट हुनुहुन्छ भनी तिनले उनीहरूलाई धर्मशास्त्रबाट देखाउँदै गर्दा”
1 अपोलोस कोरिन्थमा भएको बेला पावल माथिल्लो भूभागको बाटोहुँदै एफिसस सहर आइपुगे र त्यहाँ कतिपय चेलाहरूलाई भेटे । 2 पावलले तिनीहरूलाई सोधे, “के तिमीहरूले विश्वास गर्दा पवित्र आत्मा पायौ त ?” तर तिनीहरूले उनलाई भने, “होइन, हामीले त पवित्र आत्माको बारेमा अहिलेसम्म सुनेका समेत छैनौँ ।” 3 पावलले भने, “त्यसो भए तिमीहरूले केमा बप्तिस्मा लियौ त ?” तिनीहरूले भने, “यूहन्नाको बप्तिस्मामा ।” 4 त्यसैले पावलले जवाफ दिए, “यूहन्नाले दिने बप्तिस्माचाहिँ पश्चात्तापको हो । उनले मानिसहरूलाई भनेका थिए कि उनीहरूले तिनीभन्दा पछि आउनुहुनेमाथि अर्थात् येशूमाथि विश्वास गर्नुपर्छ ।” 5 मानिसहरूले त्यो कुरा सुनेपछि उनीहरूले प्रभु येशूको नाउँमा बप्तिस्मा लिए । 6 त्यसपछि पावलले उनीहरूमाथि हात राखे र पवित्र आत्मा उनीहरूमाथि आउनुभयो अनि उनीहरूले अन्यभाषाहरूमा बोले र अगमवाणी गरे । 7 उनीहरू जम्मा बाह्र जना जति मानिसहरू थिए । 8 पावलले सभाघरमा गएर साहससाथ प्रचार गर्दै तीन महिना बिताए । उनले परमेश्वरको राज्यको बारेमा मानिसहरूसँग बहस गरे र विश्वास दिलाए । 9 तर केही यहूदीहरूले हृदय कठोर पारे र अनाज्ञाकारी भए, अनि तिनीहरूले ख्रीष्टको मार्गको विरुद्धमा भिडहरूका सामु दुष्ट कुरा बोल्न थाले । यसकारण पावलले उनीहरूलाई छोडे र विश्वासहरूलाई लिएर त्यहाँबाट गए । उनले टुरान्नसको प्रवचन कक्षमा हरेक दिन बोल्न थाले । 10 यो प्रक्रिया दुई वर्षसम्म चल्यो र यसरी एसियामा भएका यहूदी र ग्रीकहरू दुवैले प्रभुको वचन सुने । 11 पावलको हातबाट परमेश्वरले महान् कामहरू गर्नुभयो । 12 पावलको शरीरमा रुमाल र कपडालाई छुवाएर लगेर बिरामीहरूलाई छुवाइदिँदा समेत तिनीहरू निको भए र दुष्ट आत्माहरू तिनीहरूका शरीरबाट निस्केर गए । 13 तर त्यस इलाकामा येशूको नाउँलाई आफू अनुकुल प्रयोग गर्ने केही यहूदी झारफुक गर्नेहरू पनि थिए । तिनीहरूले भूतात्मा लागेकाहरूलाई यसो भन्ने गर्थे, “पावलले प्रचार गरेको येशूको नाउँमा निक्ली जान म तँलाई आज्ञा गर्छु ।” 14 त्यस्तो गर्नेमा एक जना यहूदी प्रधान पूजाहारी स्केवाका सातजना छोराहरू थिए । 15 एउटा दुष्ट आत्माले तिनीहरूलाई यसो भनेर जवाफ दियो, “येशूलाई म चिन्छु; पावललाई पनि चिन्छु, तर तँचाहिँ को होस् ?” 16 त्यो दुष्ट आत्मा लागेको मानिस तिनीहरूमाथि झम्ट्यो र तिनीहरूलाई लछारपछार गरेर पिट्यो । तब तिनीहरू त्यस घरबाट नाङ्गै र घाइते भएर भागे । 17 एफिससमा बस्ने यहूदी र ग्रीक सबै विश्वासीहरूलाई यो कुरा थाहा भयो । यसले गर्दा उनीहरूमा ठुलो भय उत्त्पन्न भयो अनि प्रभु येशूको नाउँको महिमा भयो । 18 साथै धेरै विश्वासीहरू आएर आफूले गरेका दुष्ट कामहरू स्वीकार गरे । 19 टुनामुना गर्नेहरू धेरै जनाले आफ्ना पुस्तकहरू ल्याई सबैको सामुन्ने जलाए । तिनीहरूले यी सबैको मूल्याङ्कन गर्दा पचास हजार चाँदीका सिक्का बराबर भयो । 20 यसरी प्रभुको वचन धेरै शक्तिशाली रूपमा फैलियो । 21 अब पावलले एफिससमा अफ्नो सेवा-कार्य पुरा गरिसकेपछि पवित्र आत्माको अगुवाइमा उनले माकेडोनिया र अखैया हुँदै यरूशलेमतर्फ जाने निर्णय गरे । उनले भने, “यरूशलेम पुगेपछि म रोममा पनि जानै पर्छ ।” 22 पावलले आफ्ना दुई जना चेलाहरू तिमोथी र एरास्तसलाई माकेडोनिया पठाए जसले उनलाई सहयोग गरेका थिए । तर पावल आफैँचाहिँ केही समय एसियामै बसे । 23 त्यसैबेला एफिससमा यो मार्गको विषयमा ठुलो खैलाबैला मच्चियो । 24 डायनाको चाँदीका मूर्तिहरू बनाउने चाँदीका सिल्पकार डेमेत्रियसले कारीगरहरूलाई धेरै व्यापार जुटाइदिन्थे । 25 त्यसैकारण ती मानिसहरूलाई भेला गरेर तिनले भने, “साथीहरू, यो व्यापारबाट हामीले धेरै पैसा कमाइरहेका छौँ । 26 तर तपाईंहरूले देख्दै र सुन्दै हुनुहुन्छ कि एफिससमा मात्र नभएर एसियामा भएका सबै ठाउँहरूमा पावलले कसरी धेरै मानिसहरूलाई यी कुराहरूबाट फर्काएको छ । उसले हातले बनाएका कुराहरूलाई ईश्वरहरू होइनन् भनिरहेछ । 27 त्यसले गर्दा हाम्रो व्यापारमा नोक्सानी हुने मात्र होइन तर हाम्री महान् देवी डायनाको मन्दिर र तिनीप्रति मानिसहरूको आस्था पनि अब एसिया र संसारबाटै हराउनेछ ।” 28 यो कुरा सुनेपछि, तिनीहरू रिसाएर यसो भन्दै चिच्याए, “एफिसीहरूकी देवी डायना महान् छिन् !” 29 यसरी सहरका सबै मानिसहरू अलमलमा परे । अनि पावलसँग माकेडोनियाबाट यात्रा गरी आएका गायस र अरिस्तार्खसलाई लिएर तिनीहरू सबै रङ्गशालाभित्र दौडे । 30 पावल पनि त्यस भिडमा जान चाहन्थे, तर चेलाहरूले उनलाई रोके । 31 साथै कतिपय स्थानीय अधिकारीहरू जो पावलका मित्र थिए तिनीहरूले उनलाई त्यस भिडमा नआउन अनुरोध गर्दै खबर पठाए । 32 केही मानिसहरू एउटा कुरा भन्दै थिए भने अरूले चाहिँ अर्कै कुरा गर्थे, कारण भिडका मानिसहरू अलमलमा थिए । धेरै मानिसहरूलाई त तिनीहरू त्यहाँ किन भेला भएका थिए भन्ने कुरा समेत थाहा थिएन । 33 यहूदीहरूले एलेक्जेन्डरलाई भिडको पंक्तिमा ल्याए र तिनले आफ्ना हातद्वारा इशारा गरेर भिडलाई केही कुरा बुझाउन बोल्न लागे । 34 तर जब तिनीहरूले अलेक्जेन्डर पनि यहूदी हुन् भन्ने थाहा पाए, तब तिनीहरू सबैले एउटै स्वरमा दुई घण्टासम्म “एफिसीहरूकी देवी डायना महान् छिन् !” भन्दै चिच्याए । 35 तब नगर-सचिवले भिडलाई शान्त गराएर भने, “एफिससका मानिसहरू हो ! एफिसीहरूको सहर महान् डायनाको मन्दिर र आकाशबाट खसेको तिनको मूर्तिको रक्षक हो भन्ने कुरा कसलाई थाहा छैन र ? 36 यसरी यी कुराहरूलाई इन्कार गर्न सकिँदैन, यसकारण तपाईंहरू शान्त रहनुपर्छ र हतारमा केही गर्नुहुँदैन । 37 किनकि तपाईंहरूले ल्याएका यी मानिसहरूले न त मन्दिर लुटेका छन् न त हाम्री देवीको विरुद्धमा ईश्वरनिन्दा नै गरेका छन् । 38 त्यसकारण, डेमेत्रियस र उसका कारीगरहरूसँग कसैको विरुद्धमा केही भएमा अदालतहरू खुल्ला छन् र त्यहाँ न्यायाधीशहरू छन् । त्यहाँ तिनीहरूले उजुरी दिऊन् । 39 तर यदि अरू कुराहरू भएमा नियमित सभामा निर्णय लिइने छ । 40 किनभने आजको यस खैलाबैलाको दोष हामीलाई लाग्ने खतरा छ । यो बिनाकारणको हो र यसको व्याख्या गर्न हामी सक्दैनौँ ।” 41 यति भनेपछि उनले सभालाई विसर्जन गरे ।
मानिसहरूले पापको प्रायश्चित गर्दछन् भनी दर्शाउनका लागि यूहन्नाले तिनीहरूलाई बप्तिस्मा दिए । येशूका चेला हुन इच्छा गर्ने मानिसहरूलाई येशूका चेलाहरूले बप्तिस्मा दिए ।
एफिसस सहरमा भएको डायना देवीको मन्दिर एउटा महत्त्वपूर्ण ठाउँ थियो । एफिससको यो मन्दिर हेर्न धेरै मानिस आउने गर्थे । तिनीहरू त्यहाँ घुम्दै जाँदा तिनीहरूले डायना देवीको मूर्तिहरू किन्थे । यदि मानिसहरूले डायना देवीलाई साँचो देवी हुन् भनी विश्वास गर्न छोडे भने, तिनीहरूले दवीका मूर्तिहरू किन्ने छोड्ने छन् र आफूले कमाउने रुपियाँ गुम्नेछ भन्ने कुराले यी मूर्ति व्यापारीहरू डराए ।
“माथिल्लो देश” चाहिँ एसियाको एउटा क्षेत्र थियो जुन आज हालको टर्कीको एउटा भाग हो जुन एफिससको उत्तरपट्टि पर्छ । पावलले त्यहाँ जानका लागि तिनले इजिअन समुद्रभन्दा मास्तिरको जमिनको बाटो भएर यात्रा गरेका हुन सक्छन् ।
पावलले एफिससको यात्रा गरे ।
कथाको नयाँ भाग सुरु भएको कुराको सङ्केत गर्नका लागि यहाँ यो वाक्यांशको प्रयोग भएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, तपाईंले यसलाई प्रयोग गर्ने कुरा विचार गर्न सक्नुहुन्छ ।
“भएर यात्रा गरे”
यसको अर्थ पवित्र आत्मा तिनीहरूमाथि आउनुहुने कुरा हो ।
“हामीले पवित्र आत्माको बारेमा सुनेका पनि थिएनौँ”
यहाँ “तिनीहरू,” “तिमीहरू,” र “तिनीहरू” शब्दले एफिससमा भएका चेलाहरूलाई जनाउँछ (प्रेरितहरू १९:१) । “उनले” शब्दले युहन्नालाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले कुन प्रकारको बप्तिस्मा लियौ ?”
तपाईंले यसलाई एउटा पूर्ण वाक्यका रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यूहन्नाले सिकाएका बप्तिस्मा हामीले पाएका छौँ”
भाववाचक नाउँ “पश्चाताप”लाई तपाईंले क्रियापद “पश्चाताप गर्न” लेखेर अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “पापबाट फर्कनको लागि मानिसहरूले अनुरोध गर्ने बप्तिस्मा”
यहाँ “एकजना” शब्दले येशूलाई जनाउँछ ।
यसको अर्थ शारीरिक रूपले बप्तिस्मा-दिने यूहन्नालाई पछ्याउने नभई समयको हिसाबले बप्तिस्मा-दिने यूहन्नाको पछि आउने भन्ने हुन्छ ।
पावल निरन्तर रूपमा एफिससमा बसोबास गरे ।
यहाँ “मानिसहरू”ले पावलसँग कुरा गरिरहेका एफिससका विश्वासीहरूलाई जनाउँछ (प्रेरितहरू १९:१) ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले बप्तिस्मा पाए”
यहाँ “नाउँ” शब्दले येशूको शक्ति र अधिकारलाई जनाउँछ । वैकल्पिक अनुवादः “प्रभु येशूमा विश्वासीहरूको रूपमा”
“तिनले उनीहरूमाथि आफ्ना हात राखे ।” तिनले शायद उनीहरूका शिरमाथि वा काँधमाथि आफ्नो हात राखेका हुन सक्छन् । वैकल्पिक अनुवादः “प्रार्थना गर्दा उनको हात तिनीहरूको शिरमा राखे”
प्रेरितहरू २:३-४ मा जस्तै तिनीहरूको सन्देश कसले बुझे भन्ने कुराको विवरण दिइएको छैन ।
यसले कति जना मानिसले बप्तिस्मा लिएका थिए भन्ने कुरा जनाउँछ ।
“१२ जना मानिसहरू”
“पावल तीन महिनासम्म लगातार सभाघरका सभाहरूमा सहभागी भए र साहसपूर्वक बोले”
“विश्वस्त तुल्याउने तर्कहरू र स्पष्ट शिक्षाले मानिसहरूलाई मनाउँदै”
यहाँ “राज्य” शब्दले परमेश्वरले राजा भएर गर्नुहुने शासनलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले राजा भएर गर्नुहुने शासनका बारेमा” वा “परमेश्वरले आफैँलाई राजाको रूपमा कसरी प्रकट गर्नुहुनेछ भन्ने बारेमा”
मानिसहरूले हठ गरेर विश्वास गर्न इन्कार गर्ने कुराका बारेमा तिनीहरू कठोर र चलहल गर्न नसक्नेजस्तो भए भनिएको छ । वैकल्पिक अनुवादः”“कोही यहूदी हठी भए र विश्वास गरेनन्” वा “केही यहूदीहरूले हठी भएर सन्देश ग्रहण गर्न र आज्ञापालन गर्न मनाही गरे”
मानिसहरूले के कुरामा विश्वास गरुन् भन्ने ख्रीष्टको इच्छा छ, सो कुराको विरोध गर्ने कुरालाई कुनै व्यक्तिले यात्रा गर्ने बाटो खराब छ भनेको जस्तो गरी लेखिएको छ । “मार्ग” भन्ने शब्द त्यस बेलाको ख्रीष्टिएन विश्वासको नाउँ नै भए झैँ लाग्छ । वैकल्पिक अनुवादः “ख्रीष्टिएन विश्वासको बारेमा भीडलाई खराब कुरा भन्नु” वा “ख्रीष्टको पछि लाग्ने र परमेश्वरको बारेमा उहाँका शिक्षाको पालन गर्ने बारेमा भीडलाई खराब कुरा भन्नु” (हेर्नुहोस्ः अनि प्रेरितहरू 9:2)
“खराब कुराहरू बोल्न”
“टुरान्नसले मानिसहरूलाई शिक्षा दिने ठूलो कोठामा”
यो एक पुरुषको नाउँ हो ।
यहाँ “सबै” भनेको सामान्यीकरण गरिएको हो जसको अर्थ एसियाभरी धेरै मानिसहरूले सुसमाचार सुने भन्ने हुन्छ ।
यहाँ “वचन” शब्दले सन्देशलाई जनाउँछ । वैकल्पिक अनुवादः “प्रभुको बारेमा भएको सन्देश”
यहाँ “तिनीहरूलाई” र “तिनीहरू” शब्दले बिरामी मानिसहरूलाई जनाउँछ ।
यहाँ “हात” शब्दले पावलको सम्पूर्ण व्यक्तित्वलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले पावललाई आश्चर्य कामहरू गर्न सक्षम तुयाउनुभयो” वा “परमेश्वरले पावलद्वारा आश्चर्य कामहरू गर्दै हुनुहुथ्यो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब पावलले छोएका रूमाल र पछ्यौराहरू बिरामी मानिसहरूकहाँ लगिन्थ्यो”
सम्भावित अर्थहरू हुन् १) यी पावलले छोएका वस्त्रका किसिम थिए वा २) पावलले लगाएका वा प्रयोग गरेका वस्त्रका किसिम यी थिए ।
शिरको वरिपरि बेह्रेको कपडाहरू
मानिसहरूका वस्त्रहरूबाट सुरक्षित राख्न शरीरको अगाडि भागमा लगाएको वस्त्र
यसले बिरामी मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “बिरामी मानिसहरू” वा “तिनीहरू जो बिरामी छन्”
“बिरामी भएकाहरू स्वस्थ हुन्थे”
यो पावल एफिससमा हुँदा घटेको अर्को घटनाको सुरुवात हो । यो यहूदी झारफुक गर्ने मानिसहरूको बारेमा छ ।
मानिसहरू वा ठाउँबाट दुष्ट आत्माहरू धपाउने मानिसहरू
यहाँ “नाउँ” शब्दले येशूको शक्ति र अधिकारलाई जनाउँछ ।
त्यस समयमा “येशू” नाम प्रचलित भएको थियो, त्यसैले ती झारफुक गर्नेहरूले कसको बारेमा कुरा गरिरहेका थिए भन्ने कुरा अरू मानिसहरूले जानून् भन्ने चाहन्थे ।
यसले येशूको शक्ति र अधिकारलाई जनाउँछ । वैकल्पिक अनुवादः “येशूको अधिकारद्वारा” वा “येशूको शक्तिद्वारा”
यो एक पुरुषको नाउँ हो ।
“म येशू र पावललाई चिन्छु” वा “म येशूलाई चिन्छु, र म पावललाई चिन्छु”
झारफुक गर्नेहरूको दुष्ट आत्मामाथि अधिकार छैन भनेर प्रमाणित गर्नको लागि आत्माले यो प्रश्न सोध्यो । वैकल्पिक अनुवादः “तर तिमीहरूलाई म चिन्दिन !” वा “तिमीहरूसँग ममाथि केही अधिकार छैन !”
यसको अर्थ त्यो दुष्ट आत्माले आफूले अधीन गरेको मानिसलाई ती झारफुकेहरूमाथि जाइलाग्ने तुल्यायो ।
मानिसहरू वा ठाउँबाट दुष्ट आत्माहरू धपाउने मानिसहरू । तपाईंले यसलाई प्रेरितहरू १९:१३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
ती झारफुक गर्नेहरू आफ्ना केही वा सबै कपडा लुछिएर नाङ्गै भागे ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले प्रभु येशूको नाउँको आदर गरे” वा “तिनीहरूले प्रभु येशूको नाउँ महान् भएको विचार गरे”
यसले येशूको शक्ति र अधिकारलाई जनाउँछ ।
यसले ती यहूदी झारफुकेहरूका कथालाई अन्त्य गर्दछ ।
“तिनीहरूका पुस्तकहरू जम्मा गरे ।” “पुस्तकहरू”मा झारफुकका मन्त्रहरू र सूत्रहरू लेखिएका थिए ।
“सबैका अगाडि”
“ती पुस्तकहरूको मूल्य” वा “ती चर्मपत्रहरूको मूल्य”
“५०,०००”
“चाँदीको एक टुक्रा” एउटा सामान्य श्रमिकको एक दिनको ज्याला थियो ।
“यसैले यी शक्तिशाली कार्यहरूका कारणले गर्दा धेरैभन्दा धेरै मानिसहरूले प्रभु येशूको सन्देश सुने”
पावलले यरूशलेममा जाने कुरा गर्छन् तर अझै एफिससलाई छोड्दैनन् ।
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ लूकाले कथाको एउटा नयाँ भाग भन्न सुरु गर्दछन् ।
“परमेश्वरले पावललाई एफिससमा पूरा गर्नको लागि दिनुभएको काम तिनले पूरा गरे”
सम्भावित अर्थहरू हुन् १) पावलले पवित्र आत्माको सहयोगमा निर्णय गरे वा २) पावलले आफ्नो मनमा निर्णय गरे भन्नुको अर्थ उनले आफ्नो मन बनाए भन्ने हो ।
अखैया रोमी प्रान्त थियो, र कोरिन्थ यहीं अवस्थित थियो । यो नै दक्षिणी ग्रीसको सबैभन्दा ठूलो सहर र प्रान्तको राजधानी थियो । तपाईंले यसलाई प्रेरितहरू १८:१२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“मैले रोमतिर पनि यात्रा गर्नुपर्छ”
यो एक पुरुषको नाउँ हो ।
आगामी केही पदहरूमा पावल एफिससमै बस्दै थिए भन्ने कुरा स्पष्ट पारिएको छ ।
जोड दिनका लागि यसलाई दोहोर्याइएको हो ।
डेमेत्रियसलाई यस वृत्तान्तमा समावेश गरिएको छ । पद २४ ले डेमेत्रियसको पृष्ठभूमिको जानकारी प्रदान गर्दछ । एफिससमा आर्तेमिस नाउँ गरेकी एउटी देवीप्रति समर्पित भएको एउटा ठूलो मन्दिर थियो, कहिलेकाहीँ त्यसलाई “डायना” भनेर पनि अनुवाद गरिन्छ । त्यो उर्वरताको झूटो देवी थियो ।
लूकाले हामीलाई पावल एफिससमा हुँदा भएको हुलदङ्गाको विषयमा बताउँछन् ।
यो सुरु गर्ने वाक्यको सारांश हो ।
“मानिसहरू धेरै रिसाए ।” तपाईंले यसलाई प्रेरितहरू १२:१८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यो शब्द ख्रीष्टिएन मतलाई जनाउनको लागि प्रयोग गरिन्थ्यो । तपाईंले यसलाई प्रेरितहरू 9:1 मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“एक जना” शब्दले कथामा एक जना नयाँ व्यक्तिलाई परिचय गराउँछ ।
चाँदीको प्रयोग गरेर मूर्तिहरू र गहनाहरू बनाउने कारीगर
यो एक पुरुषको नाउँ हो । डेमेत्रियस एफिससको चाँदीका शिल्पकार थियो जो पावल र स्थानीय मण्डलीको विरुद्धमा थियो ।
“मूर्ति बनाउने मानिसहरूका लागि धेरै रुपियाँ कमाउने काम जुटाइदिन्थे”
पेसा भन्नाले काम वा व्यवसाय हो । वैकल्पिक अनुवादः “अरूहरू जसले त्यस किसिमको काम गर्थे”
डेमेत्रियसले आफ्ना कारीगरहरूसँगको कुराकानीलाई जारी राख्छ ।
“तिमीहरूले थाहा पाएका छौ र बुझेका छौ कि”
पावलले मानिसहरूलाई मूर्ति पूजा गर्न रोक्न लगाएका कुरालाई पावलले ती मानिसलाई फरक दिशातर्फ फर्काएको जस्तो भनिएको छ । वैकल्पिक अनुवादः “धेरै मानिसहरूलाई स्थानीय देवताहरूको पूजा गर्न छोड्ने तुल्यायो”
यहाँ “हात” शब्दले सम्पूर्ण व्यक्तित्वलाई जनाउन सक्छ । वैकल्पिक अनुवादः “उसले भनिरहेछ कि मानिसहरूले बनाएका मूर्तिहरू सत्य ईश्वरहरू होइनन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र यसरी मानिसहरूले हामीबाट मूर्तिहरू किन्न चाहने छैनन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “महान् देवी आर्तेमिसको पूजा गर्न मन्दिर जानुको कुनै औचित्य छैन भनी मानिसहरूले विचार गर्ने छन्”
आर्तेमिसको महानता मानिसहरूले त्यसको बारेमा के सोच्छन् भन्ने कुराबाट मात्र आउँछ ।
यो आर्तेमिसको लोकप्रियता देखाउनको लागि गरिएको अतिरञ्जन हो । यहाँ “एसिया” र “संसार” शब्दले एसिया र जानिएको संसारका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “जसलाई एसिया र संसारका अरू भागका धेरै मानिसहरूले पूजा गर्छन्”
यहाँ “तिनीहरू” शब्दले मूर्ति बनाउने कारिगरलाई जनाउँछ (प्रेरित १९:२४-२५) ।
यसले ती कारिगरका बारेमा तिनीहरू भाँडाहरू भए झैँ कुरा गर्दछ । यहाँ “रीस”को बारेमा यो एउटा भाँडोमा भर्न मिल्ने थोक भए झैँ गरी भनिएको छ । वैकल्पिक अनुवादः “तिनीहरू धेरै रिसाए”
“चर्को आवाजमा कराए” वा “ठूलो स्वरले कराए”
यहाँ “सहर” शब्दले मानिसहरूलाई जनाउँछ । सहरको बारेमा यो एउटा भाँडो भए झैँ भनिएको छ । अनि “अन्योल” भन्ने कुरा उक्त भाँडोमा भर्न मिल्ने कुनै थोक भए झैँ गरी भनिएको छ । वैकल्पिक अनुवादः “त्यसपछि सहरभरि भएका मानिसहरू रिसाए र चिच्याउन थाले”
यो खैलाबैला गर्ने भीड भएको वा हुलदङ्गा जस्तै अवस्था थियो ।
एफिससको रङ्गशाला सार्वजनिक सभाहरू र नाटक तथा सङ्गीतजस्ता मनोरन्जनको लागि प्रयोग गरिन्थ्यो । बस्नको लागि बेन्चहरू भएको हजारौँ मानिस अट्न सक्ने घर बाहिर बनाइएको अर्धवृत्ताकार संरचना थियो ।
ती मानिसहरू जो पावलसँगै रहेका थिए ।
यी पुरुषहरूका नाउँहरू हुन् । गायस र अरिस्तार्खस माकेडोनियाबाट आएका थिए तर यस समयमा पावलसँगै एफिससमा काम गरिरहेका थिए ।
ऐफिसस रोमी साम्राज्यको एउटा भाग थियो र यो एसियाको प्रान्तमा थियो ।
एफिससको रङ्गशाला सार्वजनिक सभाहरू र नाटक तथा सङ्गीतजस्ता मनोरन्जनको लागि प्रयोग गरिन्थ्यो । बस्नको लागि बेन्चहरू भएको हजारौँ मानिस अट्न सक्ने घर बाहिर बनाइएको अर्धवृत्ताकार संरचना थियो । तपाईंले यसलाई प्रेरितहरू १९:२९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यो एक पुरुषको नाउँ हो ।
अलेक्जेन्डरले भीडलाई शान्त गराउन तिनीहरूलाई हात देखाइरहेका कुरालाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “भीडलाई चुप लाग्न इसारा गरे”
अलेक्जेन्डरले कसको र केको स्पष्टिकरण दिन चाहन्थे भनेर प्रस्ट छैन । यदि तपाईंको भाषामा यो जानकारी आवश्यकता पर्छ भने, “भइरहेको कुरालाई व्याख्या गर्न” भन्ने जस्तो साधारण वाक्यांशलाई प्रयोग गर्नु बेस हुन सक्छ ।
मानिसहरू एकै समयमा एकसाथ मिलेर चिच्याएका कुरालाई तिनीहरूले एउटै स्वरमा बोले भनिएको छ । वैकल्पिक अनुवादः “एकतामा” वा “एकसाथ”
यहाँ “तपाईंहरू” र “तपाईंहरू” शब्दले एफिससबाट आएका उपस्थित मानिसहरूलाई जनाउँछ ।
एफिससका हाकिमले भीडलाई शान्त गराउनका लागि बोले ।
यसले नगरका “लेखपाल” वा “सचिव” लाई जनाउँछ ।
सहरका हाकिमले भीडलाई तिनीहरू सही छन् भनेर आश्वस्त पार्न र तिनीहरूलाई सान्त्वना दिनको लागि यो प्रश्न सोधे । वैकल्पिक अनुवादः “प्रत्येक मानिसले जान्दछ कि एफिससबासीहरूको सहरचाहिँ ... मन्दिरको रक्षक हो”
नगर सचिवले “छैन” शब्द प्रयोग गर्दछन्, र यसले सबै मानिसलाई यो कुरा थाहा थियो भनी जोड दिन्छ ।
एफिसीहरूले आर्तेमिसको मन्दिरको रेखदेख र रखवाली गरे ।
आर्तेमिसको मन्दिरभित्र देवीको एउटा मूर्ति थियो जसलाई उल्का पिण्डबाट सिँगारिएको थियो । यो चट्टान सिधै ग्रीक देवताहरूको (मूर्तिहरू) शासक, जिउसबाट आएको हो भनी मानिसहरूले मान्थे ।
“किनभने तपाईंहरूलाई यी कुरा थाहा छ”
“तपाईंहरूले सोचविचार गर्ने समय नदिइकन कुनै कुरा नगर्नुहोस्”
होशियारीका साथ गरिएको सोच बिना
“यी मानिसहरू” शब्दले गायस र अरिस्तार्खसलाई जनाउँछ, जो पावलका सहयात्रीहरू थिए (प्रेरितहरू १९:२९) ।
नगरका हाकिमले भीडसँग बोल्न सकाउँछन् ।
“किनभने मैले भर्खर भनेको कुरा सत्य हो ।” नगरका हाकिमले प्रेरितहरू १९:३७ मा गायस र अरिस्तार्खस लुटेराहरू वा देवीको निन्दा गर्ने मानिसहरू होइनन् भनेका छन् ।
“गुनसो” शब्दलाई “दोष लगाउने” क्रियापदको साथमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैलाई दोष लगाउन चाहन्छ भने”
रोमी सरकारको प्रतिनिधिहरू जसले अदालतमा कानूनी निर्णयहरू लिन्थे
यसको अर्थ डेमेत्रियस र तिनीसँग भएका मानिसहरूले एकआपसमा दोषारोपण गरून् भनेको होइन । यसको अर्थ यो ठाउँ मानिसहरूले सामान्य रूपमा तिनीहरूको आरोप भन्ने ठाउँ हो भन्ने हुन्छ । वैकल्पिक अनुवादः “त्यहाँ मानिसहरूले एकअर्कालाई दोष लगाउन सक्दछन्”
“तर यदि तपाईंहरूसँग छलफल गर्नुपर्ने अरू कुरा भए”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसलाई नियमित सभामा हल गरौँ”
यसले नगर सचिवले नेतृत्व गरेको नागरिकहरूको सार्वजनिक भेलालाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आजको यस खैलाबैलाको दोष रोमी अधिकारीहरूले हामीलाई लगाउने खतरामा”
1 खैलाबैला सकिएपछि, पावलले चेलाहरूलाई बोलाए र तिनीहरूलाई उत्साह दिए । तब तिनीहरूबाट बिदा भएर उनी माकेडोनिया जानका लागि हिँडे । 2 उनी ती क्षेत्रहरू भएर जाँदा त्यहाँका विश्वासीहरूलाई धेरै उत्साह दिँदै गए, त्यसपछि उनी ग्रीसतर्फ लागे । 3 उनले त्यहाँ तिन महिना बिताइसकेपछि जब उनी जहाजद्वारा यात्रा गरेर सिरियातर्फ लाग्ने तरखर गर्दै थिए, तब यहूदीहरूले उनको विरुद्धमा एउटा षडयन्त्र रचे । त्यसैले उनी माकेडोनिया भएर फर्किने निर्णय गरे । 4 उनलाई एसियासम्म बेरिया निवासी पुरोसका छोरा सोपात्रोस, थेसलोनिकेका विश्वासीहरूबाट दुई जना अरिस्तार्खस र सिकन्दस; डर्बीका गायस; तिमोथी; अनि एसियाबाट तुखिकस र त्रोमिफसले साथ दिए । 5 तर यी मानिसहरू हामीभन्दा अगि गएका थिए र त्रोआसमा हामीलाई पर्खिरहेका थिए । 6 अखमिरी रोटीको चाडपछि हामी फिलिप्पीबाट जहाजमा चढेर हिँड्यौँ र पाँच दिनमा हामी त्रोआसमा तिनीहरूकहाँ आयौँ । त्यहाँ हामी सात दिनसम्म बस्यौँ । 7 हप्ताको पहिलो दिन जब हामी रोटी भाँच्नलाई भेला भएका थियौँ, तब पावल विश्वासीहरूसँग बोल्न थाले । उनले त्यहाँबाट अर्को दिन हिँड्ने योजना गरेकाले उनी मध्यरातसम्मै बोलिरहे । 8 हामीहरू भेला भएको माथिल्लो कोठामा धेरै बत्तीहरू थिए । 9 युटिकस नाउँको एक जना जवान मानिस झ्यालमा बसिरहेको थियो, र त्यो गहिरोमा निद्रमा पर्यो । पावलले अझै बोल्दै जाँदा निद्रामा परेको त्यो जवान मानिस तेस्रो तल्लाबाट झर्यो र तिनीहरूले त्यसलाईलाई मृत अवस्थामा उठाए । 10 तर पावल तल गएर त्यसतिनीमाथि लम्पसार परे र त्यसलाई अँगालोमा हाले । त्यसपछि उनले भने “चिन्तित नहुनुहोस् किनभने ऊ जीवितै छन् ।” 11 त्यसपछि उनी फेरि माथिल्लो तल्लामा गए र रोटी भाँचे र खाए । झिसमिसे उज्यालो हुदाँसम्म पनि उनले तिनीहरूसँग कुराकानी गरिरहे र त्यसपछि त्यहाँबाट हिँडे । 12 तिनीहरूले ती ठिटालाई जीवितै ल्याए र धेरै सान्त्वना पाए । 13 हामी पावलभन्दा अगि जहाजमा चढेर आस्सोसतिर लाग्यौँ, जहाँ हामीले पावललाई जहाजमा ल्याउने योजना गर्यौँ । उनी आफैँले यस्तो चाहना गरे किनकि उनले जमिनको बाटो भएर जाने योजना गरेका थिए । 14 उनले हामीलाई आस्सोसमा भेटेपछि, हामीले उनलाई जहाजमा लियौँ अनि मिटिलेने गयौँ । 15 त्यसपछि हामी त्यहाँबाट यात्रा गरेर अर्को दिन खियोस टापुको सामुन्ने आइपुग्यौँ । भोलिपल्ट सामोस टापुमा पुग्यौँ अनि अर्को दिन हामी मिलेटस सहरमा आयौँ । 16 सम्भव भएसम्म पावल पेन्तिकोसको दिनमा यरूशलेममा पुग्नलाई हतार गरिरहेका थिए, त्यसैले उनले एसियामा कुनै समय नबिताइकन एफिसस भएर यात्रा गर्ने निर्णय गरे । 17 मिलेटसबाट उनले एफिससमा मानिसहरूलाई पठाए अनि मण्डलीका एल्डरहरूलाई आफूकहाँ बोलाए । 18 तिनीहरू उनीकहाँ आएपछि, उनले तिनीहरूलाई भने, “तपाईंहरू आफैँ जान्नुहुन्छ कि एसियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले सधैँ तपाईंहरूसँग आफ्नो समय कसरी बिताएँ । 19 यहूदीहरूका षड्यन्त्रहरूका बिचमा मैले मनको सारा नम्रतामा, आँशु बगाउँदै र कष्टहरूमा समेत प्रभुको सेवा गरिरहेँ । 20 कुनै पनि भलाइको कुरा तपाईंहरूको बिचमा घोषणा गर्नदेखि मैले आफैँलाई रोकिनँ अनि सार्वजनिक रूपमा र घर-घरमा गएर मैले कसरी तपाईंहरूलाई शिक्षा दिएँ भन्ने कुरा तपाईंहरूलाई थाहै छ । 21 तपाईंहरूलाई थाहै छ कि मैले कसरी यहूदी र ग्रीकहरू दुवैलाई परमेश्वरतिर फर्कन पश्चात्ताप गर्नुपर्ने र हाम्रा प्रभु येशूमा विश्वास गर्नुपर्ने कुराको बारेमा चेताउनी दिइरहेँ । 22 अब हेर्नुहोस्, म पवित्र आत्मामा बाध्य भएर यरूशलेममा जाँदैछु, त्यहाँ मलाई के-कस्तो हुन आउने हो त्यो मलाई थाहा छैन । 23 केवल पवित्र आत्माले मलाई यो गवाही दिनुहुन्छ कि हरेक सहरमा साङ्लाहरू र कष्टहरूले मलाई पर्खिरहेका छन् । 24 तर म आफ्नो जीवनलाई कुनै मूल्यको ठान्दिनँ, ताकि परमेश्वरको अनुग्रहको सुसमाचारको गवाही बन्नको निम्ति मेरो दौड र प्रभु येशूबाट मलाई प्राप्त भएको सेवा-कार्य पुरा गर्न सकूँ । 25 र अब हेर्नुहोस्, मलाई थाहा छ कि तपाईंहरू सबै जसलाई मैले राज्यको प्रचार गरेँ, तपाईंहरूले अब उसो मेरो मुहार कहिल्यै देख्नुहुनेछैन । 26 त्यसकारण तपाईंहरूलाई आजको दिन म यो गवाही दिन्छु कि म कुनै मानिसको रगतदेखि निर्दोष छु । 27 किनकि मैले तपाईंहरूलाई परमेश्वरको सम्पूर्ण इच्छा घोषणा गर्नेदेखि आफैँलाई रोकिनँ । 28 त्यसकारण तपाईंहरू आफ्नै निम्ति र सारा बगालको बारेमा होसियार हुनुहोस्, जुन बगालका लागि पवित्र आत्माले तपाईंहरूलाई देखरेख गर्ने तुल्याउनु भयो ताकि प्रभुले आफ्नै रगतले किन्नुभएका उहाँको बगालका गोठाला भई तपाईंहरू काम गर्नुहोस् । 29 मलाई थाहा छ कि म यहाँबाट गएपछि, खतरनाक ब्वाँसाहरू तपाईंहरूका बिचमा प्रवेश गर्नेछन् र बगाललाई बाँकी राख्ने छैनन् । 30 मलाई थाहा छ कि तपाईंहरूमध्येबाटै केही मानिसहरू आउनेछन् र चेलाहरूलाई आफ्नोपछि तान्नका लागि भ्रष्ट कुराहरू गर्नेछन् । 31 त्यसैले होसियार हुनुहोस् । यो सम्झना गर्नुहोस् कि तिन वर्षसम्म दिन र रात आँशु बगाउँदै तपाईंहरू हरेक जनालाई निर्देशन दिन म पछि परिनँ । 32 र अब म तपाईंहरूलाई परमेश्वरमा र उहाँको अनुग्रहको वचनमा सुम्पिन्छु, जुन तपाईंहरूलाई निर्माण गर्न र परमेश्वरमा समर्पित भएकाहरू सबैका माझमा तपाईंहरूलाई उत्तराधिकार दिन सक्षम छ । 33 मैले कुनै मानिसको सुन, चाँदी वा कपडाको लोभ गरिनँ । 34 तपाईंहरू आफैँ जान्नुहुन्छ कि यी हातहरूले मेरा आफ्नै र मसँग भएकाहरूका आवश्यकताहरू पुरा गरेका छन् । 35 सबै कुरामा मैले तपाईंहरूलाई कसरी काम गरेर कमजोरहरूको सहायता गर्नुपर्छ र प्रभु येशूका वचनहरूको सम्झना गर्नुपर्छ भन्ने उदाहरण दिएको छु, जसरी उहाँ आफैँले यी वचनहरू भन्नुभयो, ʻलिनुभन्दा दिनु अझ बढी आशिष्को कुरो हो ।ʼ” 36 उनले यसरी बोलिसकेपछि उनले घुँडा टेके र सबै जनासँग प्रार्थना गरे । 37 तिनीहरू सबै जना धेरै रोए र उनलाई अँगालो हाले र चुम्बन गरे । 38 तिनीहरूले उनको मुहार फेरि कहिल्यै पनि देख्ने छैनन् भनी उनले भनेका हुनाले तिनीहरू धेरै जना दु:खित भए । तब तिनीहरूले उनलाई जहाजसम्म पुर्याए ।
पावल यरूशलेम जानुअगि तिनले माकेडोनिया र एसियाका प्रान्तहरूमा भएका विश्वासीहरूकहाँ गएर भेटघाट गरेका कुराको वर्णन यस अध्यायमा लूकाले गर्दछन् ।
येशूको लागि जीवन बिताउने कुरालाई पावलले दौड दौडने कुराजस्तो हो भनेका छन् । काम गर्न कठिन हुँदा र तिनले काम छाडेर जाने इच्छा गर्दासमेत तिनले निरन्तर काम गर्नु आवश्यक परेको कुरालाई यसले जनाउँछ ।
पावल आफैले यरूशलेम जाने इच्छा नगरेको भए तापनि पवित्र आत्माले तिनलाई त्यहाँ जाऊन् भन्ने इच्छा गर्नुभएको छ भनी पावलले विचार गरे । जब पावल यरूशलेममा पुग्ने छन्, तब मानिसहरूले तिनको हानि गर्नेछन् भनी उही पवित्र आत्माले अरू मानिसहरूलाई भन्नुभयो ।
पावल एफिससबाट बिदा भए र निरन्तर यात्रा गरे ।
“खैलाबैलापछि” वा “दङ्गापछि”
“तिनले अलबिदा भने”
“विश्वासीहरूलाई ठूलो उत्साह दिए” वा “विश्वासीहरूलाई उत्साह दिनको लागि धेरै कुरा भने”
“तिनी त्यहाँ तीन महिना बसे ।” यसले समयका बारेमा यो कुनै व्यक्तिले खर्च गर्न सक्ने थोक भए जस्तो गरी भन्दछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यहूदीहरूले तिनको विरुद्धमा षड्यन्त्र रचे” वा “उनलाई हानि गर्न यहूदीहरूले गुप्त योजना बनाए”
यसको अर्थ केही यहूदीहरू मात्र भन्ने हुन्छ । वैकल्पिक अनुवादः “यहूदीहरूमध्ये केहीद्वारा”
“तिनी सिरियातर्फ जहाजमा जानको लागि तयार थिए”
यहाँ “उनलाई” शब्दले पावललाई जनाउँछ
“तिनीसँग यात्रा गर्दै”
यी पुरुषहरूका नाउँहरू हुन् ।
यी ठाउँहरूका नाउँहरू हुन् ।
यी पुरुषहरूका नाउँहरू हुन् । तपाईंले यसलाई प्रेरितहरू १९:२९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यो एउटा ठाउँको नाउँ हो ।
“यी मानिसहरूले हाम्रा अगाडि यात्रा गरेका थिए”
यसले निस्तारचाडको अवधिको यहूदी धार्मिक चाडको समयलाई जनाउँछ । तपाईंले यसलाई प्रेरितहरू १२:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यहाँ “हामी” शब्दले लेखक र पावल अनि तिनीहरूका साथमा यात्रा गर्नेहरूलाई जनाउँछ, तर पाठकहरूलाई जनाउँदैन । (हेर्नुहोस्ः अनि प्रेरितहरू २०:४-६)
लूकाले पावलको त्रोआसको शिक्षा र युटिकसलाई के भयो भन्ने बारेमा बताउँछन् ।
रोटी तिनीहरूको भोजनको हिस्सा थियो । सम्भावित अर्थहरू हुन् १) यसले सामान्य रूपमा एकसाथ बसेर भोजन खाने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “खाना खानु” वा २) यसले ख्रीष्टको मृत्यु र पुनरुत्थानको सम्झना गर्नका लागि एकसाथ मिलेर खाने प्रभुभोजलाई जनाउँछ । वैकल्पिक अनुवादः “प्रभु भोज खानलाई”
“तिनले निरन्तर बोले”
यो घरको तेस्रो तल्ला हुनुपर्छ ।
यहाँ “आफू” शब्दले पावललाई जनाउँछ । पहिलो “उनले” शब्दले पावललाई जनाउँछ; दोस्रो “त्यो” शब्दले त्यो जवान मानिस, युटिकसलाई जनाउँछ । “उनलाई” शब्दले पनि युटिकसलाई नै जनाउँछ ।
यो एउटा घरको गारो खोलेको भाग हो । यो भाग फराकिलो हुने हुनाले त्यहाँ कुनै व्यक्ति बस्न ठाउँ पुग्थ्यो ।
यो एउटा पुरुषको नाउँ हो ।
यसले निद्रा एउटा गहिरो खाडल हो र यसमा कुनै व्यक्ति खस्न सक्दछ भने जस्तो गरी भनेको छ । वैकल्पिक अनुवादः “जो मस्त निद्रामा सुत्यो” वा “जो धेरै थक्यो र आखिरमा ऊ मस्त निद्रामा सुत्यो”
जब तिनीहरू उसको अवस्था जाँच गर्नलाई तल झरे, ऊ मरिसकेको थियो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तेस्रो तला; र जब तिनीहरू उसलाई उठाउन गए, तब तिनीहरूले ऊ मरेको भेट्टाए”
यसको अर्थ भुइँ तलाभन्दा दुई तलामाथि भन्ने हुन्छ । यदि तपाईंको संस्कृतिमा भुइँतलालाई गन्दैनन् भने तपाईंले यसलाई “दोस्रो तला” भन्दा हुन्छ ।
यहाँ “उनी” शब्दले पावललाई जनाउँछ ।
यो पावलको त्रोआसको शिक्षा र युटिकसको बारेमा लेखिएको वृत्तान्तको अन्त्य हो ।
भोजनको समयमा रोटी खाने चलन सामान्य थियो । यहाँ “रोटी भाँचे” शब्दले सम्भवतः रोटी मात्र नभएर भोजनका बेला खाइने सबै किसिमका खानेकुरालाई जनाउँछ ।
“तिनी गए”
यसले युटिकसलाई जनाउँछ (प्रेरितहरू २०:९) । सम्भावित अर्थहरू हुन् १) १४ वर्ष माथिको जवान केटो वा २) ९ देखि १४ वर्ष बिचको उमेरको केटो वा (३) “केटो” शब्दले ऊ सेवक वा दास थियो भनेर जनाउँछ ।
“उनी”, “उनी आफैँ” र “उनलाई” शब्दहरूले पावललाई जनाउँछन् । यहाँ “हामी” शब्दले लूका र तिनीसँग यात्रा गर्ने मानिसहरूलाई जनाउँछ, तर पाठकलाई चाहिँ होइन ।
लेखक लूका, पावल र तिनका सहयात्रीहरूले आफ्नो यात्रा जारी राख्छन्; तापनि, यो यात्राको केही समय पावल अलग्गै हिँडे ।
“हामी आफैँ” शब्दले महत्त्व थप्छ, अनि पावललाई डुङ्गाबाट यात्रा नगर्ने लूका र तिनका सहयात्रीबाट छुट्ट्याउँछ ।
अस्सोस सहर वर्तमान समयको टर्कीको बेरामको सिधा तल एजियन समुद्रको तटमा पर्छ ।
पावलले यो इच्छा गरेका थिए भन्ने कुरामा जोड दिनलाई तिनी आफैँ शब्द प्रयोग भएको हो ।
“जमिनमा यात्रा गर्न”
मितिलेने वर्तमान समयको टर्कीको मितिलिनीमा पर्छ जुन एजियन समुद्रको तटमा अवस्थित छ ।
यहाँ “हामी” शब्दले पावल, लूका र तिनीसँग यात्रा गर्ने मानिसहरूलाई जनाउँछ, तर पाठकलाई चाहिँ होइन ।
“टापूको नजिक” वा “टापूको पारिपट्टि”
खियस वर्तमान समयको टर्कीको एजियन समुद्रमा पर्ने तटदेखि परको एउटा टापू हो ।
“हामी सामोस टापुमा आइपुग्यौँ”
सामोस वर्तमान समयको टर्कीको तटदेखि टाढा खियसको दक्षिणपट्टि एजियन समुद्रमा पर्ने एक बन्दरगाह भएको सहर हो ।
मिलेटस मिनदर नदीको नजिकको पश्चिमी एसिया माइनरको बन्दरगाहको सहर थियो ।
पावलले एफिससको बन्दरगाह भएको सहर कटेर मिलेटसमा पुग्नको लागि दक्षिणतिर जहाजमा यात्रा गरे ।
यसले “समय” का बारेमा यो कुनै व्यक्तिले खर्च गर्न सक्ने थोक भएजस्तो गरी भन्दछ । वैकल्पिक अनुवादः “र यसरी उनले केही समय बिताएर ढिला गर्ने छैनन्” वा “र यसरी उनलाई ढिला हुने छैन”
यहाँ “उनले” शब्दले पावललाई जनाउँछ । यहाँ “हाम्रा” शब्दले पावल र तिनले कुरा गरिरहेका एल्डरहरू दुवैलाई जनाउँछ ।
पावलले एफिससका एल्डरहरूलाई बोलाउँछन् र तिनीहरूको लागि आफ्नो मन्तव्य सुरु गर्छन् ।
मिलेटस मिनदर नदीको नजिकको पश्चिमी एसिया माइनरको बन्दरगाहको सहर थियो । तपाईंले यसलाई [प्रेरितहरू २०:१५]
यहाँ “तपाईंहरू आफैँ” भन्ने कुरा जोड थप्नका लागि प्रयोग गरिएको छ ।
यहाँ “पाइला” शब्दले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “मैले एसियामा प्रवेश गरेँ”
यसले “समय” का बारेमा यो कुनै व्यक्तिले खर्च गर्न सक्ने थोक भए जस्तो गरी भन्दछ । वैकल्पिक अनुवादः “म तपाईंहरूसँग हुँदा म आफैँले कसरी व्यवहार गरेँ”
यसले कुनै नम्र कुरालाई त्यो कुरा तल जमिनमा परेको कुराजस्तो भन्दछ । “मन” शब्दले व्यक्तिको भित्री आचरणलाई जनाउँछ । वैकल्पिक अनुवादः “विनम्रता” वा “नम्रपन”
यहाँ “आँशु” शब्दले दुःख र रोदनको अनुभवलाई जनाउँछ । वैकल्पिक अनुवादः “प्रभुको सेवा गर्ने क्रममा मैले रुँदै”
“सतावट” भाववाचक नामपद शब्द हो । त्यसको अर्थलाई क्रियापदको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब मैले कष्ट भोगेँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)
यसले हरेक यहूदीलाई जनाउँदैन । यसले हामीलाई कसले षडयन्त्र गरे भन्ने जानकारी गराउँछ । वैकल्पिक अनुवादः “कोही यहूदीहरूको”
“म कसरी कहिल्यै चुप लागेर बसिनँ, तर मैले सधैँ तपाईंहरूलाई घोषणा गरिदिएँ भन्ने कुरा तपाईंहरूलाई थाहा छ”
पावलले मानिसहरूलाई विभिन्न निजी घरहरूमा सिकाए । “मैले सिकाएँ” भनेको हो भनेर बुझ्न सकिन्छ । वैकल्पिक अनुवादः “तपाईंहरूका घरमा हुँदा पनि मैले सिकाएँ”
भाववाचक नाउँ “पश्चाताप” र “विश्वास” लाई क्रियापदका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले परमेश्वरको सामु पश्चाताप गर्नुपर्छ र हाम्रा प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुपर्छ”
यहाँ “म” शब्दले पावललाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनबणे आत्माले मलाई त्यहाँ जानलाई बाध्य बनाउनुहुन्छ”
“र त्यहाँ मलाई के हुनेछ भनेर म जान्दिन”
यहाँ “साङ्लाहरू” शब्दले पावललाई गिरफ्तार गरिने र झ्यालखानामा हालिने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसहरूले मलाई झ्यालखानामा हाल्नेछन् र मलाई कष्ट भोग्न लाउनेछन्”
यसले पावलको “दौड” र “सेवा कार्य”लाई येशूले दिनुहुने र पावलले पाउन सक्ने कुनै वस्तुहरूजस्ता हुन् भन्दछ । यहाँ “दौड” र “सेवा कार्य” को मूलभूत अर्थ एउटै हो । पावलले जोड दिनका लागि यसलाई दोहोर्याएका हुन् । वैकल्पिक अनुवादः “प्रभु येशूले मलाई गर्न भनी आदेश दिनुभएको कामलाई मैले पूरा गर्न सकूँ”
येशूले पावललाई गर्न भनी आदेश दिनुभएको काम पूरा गर्नुलाई तिनले एउटा दौड दौडेको जस्तो हो भनेका छन् ।
”“परमेश्वरको अनुग्रहको बारेमा मानिसहरूलाई सुसमाचार भन्न ।” पावलले येशूबाट पाएको सेवा कार्य यही हो ।
पावलले एफिससका एल्डरहरूसँग निरन्तर कुरा गर्दछन् (प्रेरितहरू २०:१७) ।
“अब, राम्ररी ध्यान देओ, किनभने म जान्दछु”
“म जान्दछु कि तिमीहरू सबै जना”
यहाँ “राज्य” शब्दले परमेश्वरले राजाको रूपमा गर्नुहुने शासनलाई जनाउँछ । वैकल्पिक अनुवादः “जसलाइ मैले परमेश्वरको राजाको रूपमा हुने शासनको बारेमा भएको सन्देश प्रचार गरेँ” वा “जसलाई मेलै परमेश्वरले कसरी आफूलाई राजाको रूपमा प्रकट गर्नुहुने छ भनी प्रचार गरेँ”
यहाँ “अनुहार” शब्दले पावलको भौतिक शरीरलाई जनाउँछ । वैकल्पिक अनुवादः “मलाई शारीरिक रूपमा यस पृथ्वीमा देख्नुहुनेछैन”
यहाँ “रगत” शब्दले कुनै व्यक्तिको मृत्युलाई जनाउँछ । यसले यहाँ शरीरिक मृत्युलाई जनाउँदैन, तर परमेश्वरले कुनै व्यक्तिलाई पापको दोषी ठहराउनुहुँदा हुने उसको आत्मिक मृत्युलाई जनाउँछ । पावलले तिनीहरूलाई परमेश्वरको सत्यता सिकाए । वैकल्पिक अनुवादः “येशूमा विश्वास नगरेको कारण परमेश्वरद्वारा कोही पनि व्यक्ति इन्साफ गरिएर दोषी पाइएको कुराको लागि म जिम्मेवार छैन”"
यहाँ यसको अर्थ पुरुष र स्त्री कुनै पनि व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “कुनै पनि व्यक्ति”
“किनकि म चुप लागिन र तपाईंहरूलाई नबताउने काम गरिन ।” यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि मैले निश्चय पनि तपाईंहरूकहाँ घोषणा गरेँ”
यहाँ विश्वासीहरूलाई भेडाको “बगाल”सँग तुलना गरिएको छ । जसरी गोठालाले आफ्नो बगालको हेरचाह गरेर ब्वाँसाहरूदेखि बचाउँछ, त्यसरी नै मण्डलीका अगुवाहरूलाई पनि परमेश्वरले बगालको हेरचाह गर्ने जिम्मा सुम्पनुभएको छ । वैकल्पिक अनुवादः “पवित्र आत्माले तपार्इंहरूलाई सुम्पनुभएको विश्वासीहरूको समूह । परमेश्वरको मण्डलीको रेखदेख गर्ने कुरालाई पक्का गर्नुहोस्”
ख्रीष्टको “रगत” बगाइलाई परमेश्वरले हाम्रो पापको लागि तिर्नुभएको मोलसँग तुलना गरिएको छ । वैकल्पिक अनुवादः “ख्रीष्टले क्रूसमा आफ्नो रगत बगाएर तिनीहरूका पापबाट बचाउनुभएका मानिसहरू”
यहाँ “रगत” शब्दले ख्रीष्टको मृत्युलाई जनाउँछ ।
यो झूटा शिक्षा र सिद्धान्त सिकाउने अनि विश्वासीहरूका समुदायलाई हानि गर्ने मानिसहरूलाई दर्शाउने दृश्यचित्र हो, र यसले तिनीहरूलाई बगाललाई खाइदिने ब्वाँसाहरू भनेर वर्णन गरिएको छ । वैकल्पिक अनुवादः “तपाईंहरूका बीचमा धेरै जना शत्रुहरू आउने छन् र विश्वासीहरूका समुदायलाई हानि गर्नेछन्”
एक जना झूटा शिक्षकले आफूले सिकाउने झूटा शिक्षामा विश्वास गर्न विश्वासीहरूलाई विश्वस्त तुल्याउने कुरा उसले भेडालाई बगालबाट छुटाएर आफ्नो पछि लगाएर हिँडेको जस्तै हो भनिएको छ । वैकल्पिक अनुवादः “ख्रीष्टका अनुयायीहरूलाई बरु उसका अनुयायीहरू बन्नका लागि मनाउनलाई”
“सचेत रहनुहोस् र सम्झनुहोस्” वा “तपाईंहरूले सम्झिँदै गर्दा सचेत रहनुहोस्”
“जागा र सजग रहनुहोस्” वा “सतर्क रहनुहोस् ।” विश्वासीहरूका समुदायलाई हानि गर्ने कुनै पनि व्यक्तिका बारेमा सचेत हुने ख्रीष्टिएन अगुवाहरूका बारेमा तिनीहरू शत्रुका फौज आउँदै छन् कि भनी हेरेर बस्ने फौजका सुरक्षा गार्डहरूजस्तै हुन् भनिएको छ ।
“सम्झिरहनुहोस् कि” वा “नबिर्सनुहोस् कि”
पावलले तीन वर्षसम्म निरन्तर रूपमा नभइ तीन वर्षको समयावधिसम्म शिक्षा दिए ।
“मैले चेतावनी दिन छोडिन”
यहाँ “आँशु” शब्दले पावलले ती विश्वासीलाई चेतावनी दिँदै गर्दा महसुस गरेको कडा भावनको कारले तिनी रोएका कुरालाई जनाउँछ ।
यहाँ “वचन” शब्दले सन्देशलाई जनाउँछ । वैकल्पिक अनुवादः “तपाईंहरूको हेरविचार गर्न म परमेश्वरसँग बिन्ती गर्दछु र यसरी मैले बोलेको उहाँको अनुग्रहको वचनमा निरन्तर विश्वास गर्न उहाँले तपाईंहरूलाई सहायता गर्नुहुनेछ”
कुनै व्यक्ति वा कुनै थोकको रेखदेख गर्ने जिम्मेवारी अरू कसैलाई दिनु
कुनै व्यक्तिको विश्वासलाई झन् बलियो बनाउने कुरालाई उक्त व्यक्ति एउटा पर्खाल हो र कसैले उसको निर्माण गरेर उसलाई झन् अग्लो र बलियो बनाएको जस्तै हो भनिएको छ । वैकल्पिक अनुवादः “जसले तपाईंहरूको विश्वासलाई झन् बलियो बनाउन सक्षम हुन्छ”
यसले “उहाँको अनुग्रहको वचन” को बारेमा परमेश्वर आफैले विश्वासीहरूलाई उत्तराधिकार दिने कुरा जस्तो हो भन्दछ । वैकल्पिक अनुवादः “परमेश्वरले तपाईंहरूलाई उत्तराधिकार दिनुहुनेछ”
परमेश्वरले विश्वासीहरूलाई दिनुहुने आशिषहरू, ती कुरा बाबुबाट छोराले पाउने रुपियाँ वा धनसम्पत्ति जस्तै हो भन्दछ ।
पावलले एफिससको मण्डलीका एल्डरहरूसँग कुरा गर्न सकाउँछन्; उनले प्रेरितहरू २०:१८ मा तिनीहरूसँग कुरा गर्न सुरु गरेका थिए ।
“मैले कसैको चाँदीको इच्छा गरिन” वा “मैले मेरो लागि कसैको चाँदी चाहिन”
वस्त्रहरू पनि सम्पत्तिको रूपमा लिइन्थ्यो; ती तपार्इंसँग जति धेरै हुन्थ्यो, तपार्इं त्यति नै धनी हुनुहुन्थ्यो ।
याहँ “आफैँ” शब्द जोड दिनको लागि प्रयोग गरिएको हो ।
याहँ “हात” शब्दले पावलको सम्पूर्ण व्यक्तित्वलाई जनाउँछ । वैकल्पिक अनुवादः “पैसा कमाएर मेरो खर्चहरू तिर्नको लागि मैले काम गरेँ”
“आफैँले पैसा कमाउन नसक्नेहरूलाई सहायता गर्नको लागि तपाईंहरूले काम गर्नुपर्छ”
यो नामिक विशेषणलाई तपाईंले विशेषणका रूपमा लेख्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “कमजोर व्यक्तिहरू” वा “तिनीहरू जो कमजोर हुन्छन्”
“बिरामी”
यहाँ “वचनहरू” शब्दले येशूले भन्नुभएका कुराहरूलाई जनाउँछ ।
यसको अर्थ हो कि जब कुनै व्यक्तिले दिन्छ उसले परमेश्वरको निगाह प्राप्त गर्छ र अरू मानिसहरूबाट पाउने समयमा भन्दा अझ धेरै आफ्नो आनन्दको महसुस गर्छ ।
पावलले एफिससको मण्डलीका एल्डरहरूसँग बिताएका आफ्नो समयलाई प्रार्थनाद्वारा अन्त्य गर्दछन् ।
प्रार्थना गर्दा घुँडा टेक्ने एउटा सामान्य प्रचलन थियो । यो परमेश्वरको सामु नम्रताको एउटा चिन्ह थियो ।
“बलियोसँग अङ्कमाल गरे” वा “तिनीहरूको हातले उनलाई बेह्रे”
मध्यपूर्वमा कसैको गालामा गरिने चुम्बनले भातृ वा मित्रवत् प्रेमलाई झल्काउँछ ।
“अनुहार” शब्दले पावलको भौतिक शरीरलाई जनाउँछ । वैकल्पिक अनुवादः “शारीरिक रूपमा यस पृथ्वीमा फेरि देख्नेछैनौ”
1 जब हामी उनीहरूबाट छुट्टिएर जहाजमा यात्रा सुरु गर्यौँ, हामी सिधै कोस सहरतिर लाग्यौँ । त्यसपछि हामी अर्को दिन रोडस सहरतिर र त्यहाँबाट पटारा सहरतिर लाग्यौँ । 2 जब हामीले फोनिकेतिर जाँदै गरेको एउटा जहाज भेट्यौँ, हामी त्यही जहाजमा चढेर यात्रा सुरु गर्यौँ । 3 हामी साइप्रसको टापु नजिक आइपुग्दा, हामीले त्यसलाई बायाँतर्फ पारेर सिरियातर्फ लाग्यौँ, र टुरोस सहरमा उत्र्यौँ, किनभने त्यस जहाजले ल्याएको मालसमान त्यहाँ झार्नु पर्थ्यो । 4 हामीले चेलाहरूलाई भेट्टाएपछि हामी त्यहाँ सात दिनसम्म बस्यौँ । ती चेलाहरूले पवित्र आत्माद्वारा पावलले यरूशलेममा पाइला राख्नुहुँदैन भने । 5 जब हामीले त्यहाँ केही दिन बितायौँ, हामी त्यहाँबाट बिदा भएर हामीले हाम्रो यात्रालाई निरन्तरता दियौँ । हामी सहरबाहिर नआईपुगेसम्म तिनीहरू, तिनीहरूका पत्नीहरू र छोराछोरीहरू सबै बाटोमा सँगै आए । हामीले समुद्रको किनारमा घुँडा टेकेर प्रार्थना गर्यौँ, र एक अर्कासँग बिदा भयौँ । 6 हामी जहाजमा चढेर निरन्तर रूपमा अगाडि बढ्यौँ, अनि उनीहरू पनि आफ्ना घरतर्फ लागे । 7 जब हामीले टुरोसबाटको जलयात्रा सिध्याएका थियौँ, हामी टोलेमाइसमा आइपुग्यौँ । त्यहाँ हामीले भाइहरूलाई अभिवादन गर्यौँ, र उनीहरूसँगै त्यहाँ एक दिन बस्यौँ । 8 अर्को दिन हामी बिदा भयौँ, र कैसरियातिर लाग्यौँ । हामी सुसमाचार प्रचारक फिलिपको घरमा गयौँ, जो सात जना मध्येका एक जना थिए । हामी उनीसँगै बस्यौँ । 9 यी मानिसका चार जना कुमारी छोरी थिए, जसले अगमवाणी गर्थे । 10 हामी त्यहाँ केही दिन बस्दा, त्यहाँ यहूदियाबाट अगाबस भन्ने कोही एक जना अगमवक्ता आए । 11 तिनी हामीकहाँ आए, र पावलको पेटी लिए । त्यो पेटीले उनले आफ्ना हात र खुट्टा बाँधे, र भने, “पवित्र आत्मा यसो भन्नुहुन्छ, ʻयरूशलेमका यहूदीहरूले यस पटुकाको मालिकलाई यसरी नै बाँध्नेछन्, र तिनीहरूले उसलाई अन्यजातिहरूका हातमा सुम्पिदिनेछन्ʼ ।” 12 जब हामीले यस्ता कुराहरू सुन्यौँ, हामी र त्यस ठाउँमा बस्ने मानिसहरू दुवैले पावललाई यरूशलेममा नजान बिन्ती गर्यौँ । 13 त्यसपछि पावलले जवाफ दिए, “मलाई जानदेखि निरुत्साही पार्न रोएर रोक्ने कोसिस नगर्नुहोस् । किनकि म प्रभु येशूको नाउँको खातिर बाँधिन मात्र होइन, यरूशलेममा मर्न पनि तयार छु ।” 14 पावलले फर्किने इच्छा नगरेपछि हामीले कोसिस गर्न छाड्यौँ, र भन्यौँ, “प्रभुको इच्छा पुरा होस् ।” 15 ती दिनपछि हामीले आफ्ना झोलाहरू लियौँ, र यरूशलेमतर्फ लाग्यौँ । 16 कैसरियाबाट केही चेलाहरू पनि हामीसँगै गए । उनीहरूले साइप्रस टापुबाट आएका मनासोन नामका एक जना पुराना चेलालाई ल्याए, जससँग हामी बस्यौँ । 17 जब हामी यरूशलेममा आइपुग्यौँ, दाजुभाइहरूले हामीलाई खुसीसाथ स्वागत गरे । 18 अर्को दिन पावल हामीसँगै याकूबकहाँ पुगे, जहाँ सबै अगुवाहरू उपस्थित थिए । 19 जब पावलले उनीहरूलाई अभिवादन गरे, उनले आफ्नो सेवा-कार्यद्वारा परमेश्वरले अन्यजातिहरूका माझमा गर्नुभएका कुराहरू एक-एक गरेर तिनीहरूलाई प्रतिवेदन दिए । 20 उनीहरूले यो सुनेपछि उनीहरूले परमेश्वरको प्रशंसा गरे, र उनीहरूले तिनलाई भने, “हेर भाइ, हजारौँ यहूदीले विश्वास गरेका छन् । उनीहरू व्यवस्था पालना गर्नमा दृढ छन् । 21 तपाईंले अन्यजातिहरूका माझमा बस्ने सारा यहूदीहरूलाई मोशालाई त्याग्न भनी सिकाउनुहुन्छ, र आफ्ना बच्चाहरूको खतना नगर्नू र पुराना रीतिरिवाज नमान्नू भन्नुहुन्छ भनी तपाईंको बारेमा तिनीहरूलाई भनिएको छ । 22 हामीले के गर्नुपर्छ ? अवश्य, उनीहरूले तपाईं यहाँ आउनुभएको छ भन्ने सुन्नेछन् । 23 त्यसैले, अब हामीले जे भन्छौँ तपाईंले त्यही गर्नुहोस् । हामीसँग भाकल गरेका चार जना मानिस छन् । 24 यी चार जना मानिसलाई लैजानुहोस्, र उनीहरूसँगै आफैँलाई शुद्धिकरण गर्नुहोस्, र उनीहरूको खर्च तिरिदिनुहोस् ताकि उनीहरूले आफ्नो कपाल खौरिऊन् । यसरी, उनीहरूलाई तपाईंको बारेमा भनिएका कुराहरू झुटा हुन् भनी सबैले जानून् । तपाईं व्यवस्था पालना गर्ने मनसायले नै जिउनुहुँदोरहेछ भनी तिनीहरूले जानून् । 25 तर विश्वास गर्ने अन्यजातिहरूको सम्बन्धमा, उनीहरूले आफैँलाई मूर्तिलाई बलि चढाएका कुराहरू, रगत, घाँटी निमोठेर मारेको कुरा, र व्यभिचारबाट अलग रहनुपर्छ भनी हामीले लेख्यौँ, र निर्देशन दियौँ ।” 26 त्यसपछि पावलले ती मानिसहरूलाई लिए, र अर्को दिन तिनीहरू हरेकको निम्ति भेटी नचढाएसम्म, शुद्धिकरणको अवधि घोषणा गर्दै, तिनीहरूसँगै आफैँलाई मन्दिरमा शुद्ध पारे । 27 सात दिनको समय पुरा हुन लाग्दा, एसियाबाट आएका केही यहूदीहरूले पावललाई मन्दिरमा देखे, र सबै भिडलाई नै उत्तेजित बनाए, र उनीमाथि हात हाले । 28 उनीहरू चिच्च्याउँदै थिए, “हे इस्राएलका मानिसहरू हो, हामीलाई सहायता गर्नुहोस् । मानिसहरू, व्यवस्था र यस ठाउँको विरुद्धका कुराहरू जताततै सबै मानिसहरूलाई सिकाउने मानिस यिनै हुन् । साथै यिनले ग्रिकहरूलाई पनि मन्दिरभित्र ल्याएका छन्, र यो पवित्र ठाउँलाई अशुद्ध तुल्याएका छन् ।” 29 किनभने तिनीहरूले एफिससका त्रोफिमसलाई उनीसँग सहरमा देखेका थिए, र पावलले नै उनलाई मन्दिरभित्र ल्याएका थिए भन्ने सोचे । 30 सारा सहर नै उत्तेजित भयो, र सबै मानिसहरू सँगै दौडे, र तिनीहरूले पावललाई समाते । तिनीहरूले उनलाई घिसार्दै मन्दिर बाहिर ल्याए, र ढोकाहरू तुरुन्तै थुनिए । 31 तिनीहरूले उनलाई मार्न कोसिस गरिरहँदा, सारा यरूशलेम नै खलबलिएको थियो भन्ने खबर सुरक्षाकर्मीहरूका प्रमुख कप्तानकहाँ आयो । 32 तुरुन्तै सिपाहीहरू र कप्तानहरू लिएर तिनी त्यस भिडतिर दौडे । जब मानिसहरूले प्रमुख कप्तान र सिपाहीहरूलाई देखे, उनीहरूले पावललाई कुट्न छोडे । 33 त्यसपछि प्रमुख कप्तान नजिक गए, र पावललाई समाते, र तिनलाई दुईवटा सिक्रीले बाँध्न आदेश दिए । तिनले उनी को थिए, र उनले के गरेका थिए भनी सोधे । 34 भिडमा केही मानिसहरू एउटा कुरा भन्दै चिच्च्याए, भने अरूहरू अर्कै कुरा भन्दै चिच्च्याए । यी सबै हल्लाले गर्दा कप्तानले केही पनि भन्न सकेनन्, र पावललाई किल्लामा ल्याउनलाई आदेश दिए । 35 जब पावल सिँढीमा आए, भिडको हिंसाले गर्दा उनी सेनाहरूद्वारा लगिए । 36 मानिसको भिड पछि-पछि लाग्यो, र तिनीहरू यसरी चिच्च्याइ रहे, “तिनीबाट अलग बस !” 37 पावललाई किल्लाभित्र ल्याउन लाग्दा, तिनले प्रमुख कप्तानलाई भने, “के म तपाईंलाई केही कुरा भनूँ ?” कप्तानले सोधे, “के तिमी ग्रिक बोल्छौ ? 38 के तिमी त्यही मिश्री होइनौ र जसले पहिले विद्रोहको नेतृत्व गरी चार हजार आतङ्ककारीलाई उजाड-स्थानतिर लग्यौ ?” 39 पावलले भने, “म किलिकियाको टार्सस सहरको एक यहूदी हुँ । म एउटा महत्त्वपूर्ण सहरको नागरिक हुँ । म तपाईंलाई आग्रह गर्छु कि, मलाई यी मानिसहरूसँग बोल्न दिनुहोस् ।” 40 जब कप्तानले पावललाई अनुमति दिए, तिनी सिँढीमाथि चढे, र तिनले मानिसहरूतिर हात हल्लाए । जब त्यहाँ गहन मौनता छायो, उनले तिनीहरूसँग हिब्रूमा बोले । उनले भने,
पावलले यरूशलेमको यात्रा गरेको कुरालाई प्रेरित २१:१-१९ वर्णन गर्दछ । उनी त्यहाँ पुगे । अनि यहूदीहरूले उनको हानि गर्न खोजेका छन् भनेर त्यहाँका विश्वासीहरूले उनलाई खबर दिए । अनि उनले के गरे तिनीहरूले उनको हानि गर्ने छैनन् भनेर सम्झाए (पद २०-२६) । ती विश्वासीले पावललाई जे गर्न भने उनले त्यही गरे । तापनि, यहूदीहरूले उनलाई मार्न खोजे । रोमीहरूले उनलाई बचाए र उनलाई यहूदीहरूसँग बोल्ने मौका दिए ।
यस अध्यायको अन्तिम पद अधुरो वाक्यमा अन्त्य भएको छ । धेरै अनुवादले यो वाक्यलाई अधुरै छाडेको हुन्छ । यूएलटीले यसै गर्दछ ।
यरूशलेमका यहूदीहरूले मोशाको व्यवस्थाको अनुसरण गर्दथे । येशूको अनुसरण गर्नेहरूले अझैसम्म पनि व्यवस्थाको पालन गरिरहेका थिए । पावलले ग्रिसका यहूदीहरूलाई व्यवस्था पालन गर्नुपर्दैन भनेको आरोप यी दुवै समूहले लगाइरहेका थिए । तर त्यो कुरा पावलले अन्यजातिहरूलाई मात्र भनेका थिए ।
पावलले उनका तीन जना मित्रहरूले गरेका भाकल सायद नजिरीको भाकल थियो, किनभने तिनीहरूले आफ्ना कपाल खौरे (प्रेरित २१:२३) ।
परमेश्वरले यहूदीहरूलाई मात्र भित्र जाने अनुमति दिनुभएको मन्दिरको भित्र पावलले अन्यजाति मानिसलाई ल्याए भनी यहूदीहरूले उनलाई आरोप लगाए । यसकारण, पावललाई मार्नुपर्छ भन्ने परमेश्वरको इच्छा हो भनी तिनीहरूले विचार गरे ।
रोमी नागरिकहरूलाई मात्र आफूले न्यायोचित व्यवहार गर्नुपर्छ भन्ने सोचविचार रोमीहरूको थियो । रोमी नागरिक नभएका मानिसहरूलाई तिनीहरूले आफूलाई जे इच्छा लाग्यो त्यही गर्दथे । तर अरू रोमी नागरिकका बारेमा भने तिनीहरूले रोमी कानून पालन गर्दथे । कोही मानिस जन्मँदै रोमी नागरिक हुन्थे । अनि अरूले रोमी सरकारलाई रुपियाँ दिएर रोमी नागरिक बन्दथे ।
यहाँ “हामी” शब्दले लूका, पावल, र तिनका सहयात्रीहरूलाई जनाउँछ, तर पाठकलाई होइन ।
लेखल लूका, पावल र तिनका सहयात्रीहरूले आफ्नो यात्रालाई जारी राख्छन् ।
“हामी सोझै कोस सहर गयौँ” वा “हामी सिधै कोस सहर गयौँ”
कोस दक्षिण एजियन समुद्रको क्षेत्रमा पर्ने वर्तमान समयको टर्कीको तटदेखि टाढामा अवस्थित ग्रीक टापू हो ।
रोडस दक्षिण एजियन समुद्रको क्षेत्रमा पर्ने वर्तमान समयको टर्कीको तटदेखि टाढामा अवस्थित ग्रीक टापू हो, जुन कोसको दक्षिण र क्रेटको उत्तर-पूर्वी भागमा पर्छ ।
पटारा भूमध्य सागरमा रहेको दक्षिण एजियन समुद्रको क्षेत्रमा पर्ने वर्तमान समयको टर्कीको पश्चिमी तटमा अवस्थित सहर हो ।
यहाँ “जाँदै गरेको” भन्ने शब्दले चालकदलले जहाजलाई तार्दै गरेको भन्ने अर्थ हुन्छ । वैकल्पिक अनुवादः “जब हामीले फोनेसियातिर चालकदलले तार्दै गरेको एउटा जहाज भेट्यौँ”
यहाँ “जाँदै गरेको” शब्दको अर्थ तत्कालै जाँदै गरेको भन्ने होइन, तर यसले चाँडै नै फोनेसिया तर्न लागेको भन्ने हुन्छ । वैकल्पिक अनुवादः “एउटा जहाज पानीमाथि जान लागेको थियो” वा “एउटा जहाज जानेवाला थियो”
यहाँ “हामी” शब्दले लूका, पावल, र तिनका सहयात्रीहरूलाई जनाउँछ, तर पाठकलाई होइन ।
“टापूलाई देब्रेतिर पारेर पार गर्यौँ” । देब्रेपट्टिबाट डुङ्गालाई “बन्दरगाह”मा किनारा लगाइन्थ्यो ।
यहाँ “जहाज” शब्दले चालकदलले जहाजलाई तैराउँदै गरेको भन्ने अर्थ हुन्छ । वैकल्पिक अनुवादः “चालकदलले जहाजबाट मालसमान झार्नेवाला थिए”
“यी विश्वासीहरूले पवित्र आत्माले तिनीहरूलाई प्रकट गर्नुभएको कुरा बताए ।” तिनीहरूले “तिनलाई नजानलाई बारम्बार बिन्ती गरे” ।
यहाँ “तिनीहरू” शब्दले टुरोसबाटका विश्वासीहरूलाई जनाउँछ ।
यसले दिनहरूको बारेमा यो कुनै व्यक्तिले खर्च गर्न सक्ने केही थोक भए जस्तो गरी भन्दछ । वैकल्पिक अनुवादः “जब सात दिन सकिए” वा “जब हिँड्ने दिन आएको थियो”
प्रार्थना गर्दा घुँडा टेक्ने एउटा सामान्य प्रचलन थियो । यो परमेश्वरको सामु नम्रताको एउटा चिन्ह थियो ।
एकअर्कालाई अलबिदा भन्यौँ”
यहाँ “हामी” शब्दले लूका, पावल, र तिनका सहयात्रीहरूलाई जनाउँछ, तर पाठकलाई होइन ।
यसले पावलले कैसरियामा बिताएका समय सुरु गर्दछ ।
टोलेमाइस लेबनानको टुरोसदेखि दक्षिणमा पर्ने सहर थियो । टोलेमाइस वर्तमान समयको इस्राएलको एकरमा पर्छ ।
“सङ्गी विश्वासीहरू”
“सातजना”ले प्रेरितहरू ६:५ मा विधवाहरूलाई खाना र सहायता बाँड्नको लागि छानिएका मानिसहरूलाई जनाउँछ ।
मानसिहरूलाई सुसमाचार प्रचार गर्ने व्यक्ति
पद ८ बाटका “फिलिप” ।
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ लूकाले फिलिप र तिनका छोरीहरूको बारेमा पृष्ठभूमि जानकारी दिन्छन् ।
“चार जना कन्या छोरीहरू जसले परमेश्वरबाट नियमित रूपमा सन्देश प्राप्त गरेर बाँड्थे”
यहाँ “हामी” र “हामीलाई” शब्दहरूले लूका, पावल, र तिनीसँग भएकाहरूलाई जनाउँछन्, तर पाठकलाई होइन ।
यसले कैसरियामा पावलको बारेमा अगाबस अगमवक्ताद्वारा भनिएको भनिएको एउटा अगमवाणीको विषयमा बताउँछ ।
यसले कथामा एउटा नयाँ व्यक्तिलाई परिचय गराउँछ ।
अगाबस यहूदियाबाटका मानिस थिए ।
“पावलको कम्मरबाट पटुका निकाले”
यसमा उद्धरणभित्र उद्धरण रहेको छ । भित्री उद्धरणलाई अप्रत्यक्ष उद्धरणका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “पवित्र आत्मा यसो भन्नुहुन्छ कि यरूशलेमका यहूदीहरूले ... यसरी नै बाँध्ने छन्, र अन्यजातिहरूका ... ।”
यसले सबै यहूदीलाई जनाउँदैन, तर यी ती मानिसहरू थिए जसले त्यसो गर्ने थिए । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरू” वा “केही यहूदीहरू”
“उसलाई जिम्मा लाउनेछन्”
“हात”ले नियन्त्रणलाई जनाउँछ । वैकल्पिक अनुवादः “अन्यजातिहरूको कानूनी हिरासतमा” वा “अन्यजातिहरूकहाँ”
यसले अन्यजातिहरूका माझमा भएका अधिकारीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “अन्यजाति अधिकारीहरूकहाँ”
यहाँ “हामी” शब्दले लूका र अन्य विश्वासीहरूलाई जनाउँछ, तर पाठकलाई समावेश गर्दैन ।
पावलले विश्वासीहरूले तिनलाई मनाउन छोड्नुपर्छ भन्ने देखाउनलाई यो प्रश्न सोध्छन् । वैकल्पिक अनुवादः “तिमीहरूले गरिरहेको कुरा गर्न छोड । तिमीहरूले रोएर मेरो मन तोड्दै छौ”
कसैलाई दुःखी तुल्याउने वा कसैलाई निरुत्साहित तुल्याउने कुरालाई हृदयलाई छियाछिया पारेको भनिएको छ । यहाँ “हृदय” शब्दले व्यक्तिका भावनाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “मलाई निरुत्साहित पार्दै” वा “मलाई धेरै दुःखी तुल्याउँदै”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले मलाई बाँध्नलाई मात्र होइन”
यहाँ “नाउँ” शब्दले येशूको व्यक्तित्वलाई जनाउँछ । वैकल्पिक अनुवादः “प्रभु येशूको नाउँको खातिर” वा “किनभने म प्रभु येशूमा विश्वास गर्छु”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पावलले हामीलाई आफूलाई मनाउन दिएनन्” वा “हामीले पावललाई मनाउन सकेनौँ”
तिनीहरूले पावललाई के नगर्नलाई मनाउन सकेनन् भनेर तपाईंले स्पष्ट बनाउनुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “यरूशलेममा नजानलाई मनाउन”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “प्रभुले योजना गर्नुभए जस्तै हरेक कुरा होस्”
यहाँ “हामी” शब्दले लूका, पावल, र तिनका सहयात्रीहरूलाई जनाउँछ, तर पाठकलाई होइन ।
“उनीहरू” शब्दले कैसरियाबाट आएका कोही चेलाहरूलाई जनाउँछ ।
यसले पावलको कैसरियाको समयलाई अन्त्य गर्दछ ।
“उनीहरूका बीचमा एकजना मानिस थिए”
मनासोन साइप्रस टापूबाटका मानिस थिए ।
यसको अर्थ हुन्छ कि येशूलाई सुरुमा विश्वास गर्नेहरूमध्ये मनासोन एकजना थिए ।
यहाँ “उनी” र “उनको” शब्दहरूले पावललाई जनाउँछन् । “उनीहरू” शब्दले एल्डरहरूलाई जनाउँछ ।
पावल र तिनका सङ्गीहरू यरूशलेममा आइपुग्छन् ।
यहाँ “भाइहरू”ले यरूशलेममा भएका विश्वासीहरूलाई जनाउँछ, चाहे पुरुष वा स्त्री जो होऊन् । वैकल्पिक अनुवादः “सङगी विश्वासीहरूले हामीलाई स्वागत गरे”
“तिनले सबैकुराको विस्तृत जानकारी दिए”
यरूशलेमका एल्डरहरूले पावललाई आफ्नो जवाफ दिन सुरु गर्छन् ।
यहाँ “तिनीहरू” शब्दले याकूब र एल्डरहरूलाई जनाउँछ । “उनलाई” शब्दले पावललाई जनाउँछ ।
यहाँ “भाइ”को अर्थ “सङ्गी विश्वासी” भन्ने हुन्छ ।
“उनीहरू” शब्दले यहूदी विश्वासीहरूलाई जनाउँछ जो ख्रीष्टमा विश्वास गरेका सबै यहूदीहरूले आफ्नो यहूदी व्यवस्था र चलनलाई पालन गरून् भन्ने चाहन्थे ।
यहाँ पावलले सिकाएका कुरालाई केही यहूदीले बङ्ग्याइदिएका थिए भन्ने कुरा प्रस्ट हुन्छ । तिनले यहूदीहरूलाई व्यवस्था पालन गर्न निरुत्साहित गरेका थिएनन् । तिनको सन्देशले भनेको कुरा चाहिँ येशूलाई मानिसहरूको उद्धार गर्न तिनीहरूले खतना गर्नुपर्ने वा यस्तै अन्य चलन पालन गर्नुपर्ने जरुरी हुँदैन । पावले परमेश्वरको साँचो सन्देश सिकाउँथे भन्ने कुरा यरूशलेमका यहूदी अगुवाहरूलाई थाहा थियो भन्ने कुरालाई तपाईंले प्रस्ट पार्न सक्नुहुन्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले यहूदी विश्वासीहरूलाई बताएका छन्”
यहाँ “मोशा”को अर्थ मोशाको व्यवस्था भन्ने हुन्छ । वैकल्पिक अनुवादः “मोशाले हामीलाई दिएका व्यवस्था पालना गर्नलाई रोक्न”
पुराना रीतिरिवाजका बारेमा ती रीतिरिवाजले मानिसहरूलाई डोर्याइरहेको र मानिसहरू पछिपछि लागेका जस्तो भनिएको छ । वैकल्पिक अनुवादः “पुराना प्रचलन पालना नगर्न” वा “पुराना चलन अभ्यास नगर्न”
“यहूदीहरूले सामान्य रूपले अभ्यास गर्ने प्रचलनहरू”
यहाँ “हामी” शब्दले याकूब र एल्डरहरूलाई जनाउँछ
“परमेश्वरसँग प्रतिज्ञा गरेका चारजना मानिसहरू ।” यो भाकलमा भाकल गर्ने व्यक्तिले तोकिएको समय नसकिएसम्म मद्य पिउँदैन वा कपाल काट्दैन ।
तिनीहरूले आफूलाई रीतिअनुरूप शुद्ध तुल्याउनुपर्थ्यो, र यसरी तिनीहरूले मन्दिरमा आराधना गर्न सक्दथे ।
“तिनीहरूलाई चाहिने कुराको खर्च तिरिदिनुहोस् ।” यो खर्च भाले र पोथी भेडाको पाठो, एउटा भेडा, अन्न र अर्घबलिहरू किन्नको लागि हुन्थ्यो ।
कुनै व्यक्ति आफूले गर्न भनेर परमेश्वरमा गरेको भाकल पूरा गर्ने यो एउटा सङ्केत थियो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले तपाईंको बारेमा भनिरहेका कुराहरू”
यसले व्यवस्था पालन गर्ने कुराका बारेमा यो व्यवस्था एक जना अगुवा हो र मानिसहरू त्यसको पछिपछि लाग्छन् भने जस्तो गरी भन्दछ । वैकल्पिक अनुवादः “व्यवस्थाको पालना गर्नु” वा “मोशाको व्यवस्था र अन्य यहूदी रीतिहरूअनुसार जीवन जिउने”
यहाँ “हामी” शब्दले याकूब र एल्डरहरूलाई जनाउँछ ।
याकूब र यरूशलेमका एल्डरहरूले पावललाई आफ्नो अनुरोध भन्न सिद्ध्याउँछन् (प्रेरितहरू २१:१८) ।
यी सारा कुराहरू तिनीहरूले के-के खान हुन्छ भन्ने बारेमा भएका नियमहरू हुन् । मूर्तिलाई बलि चढाएका मासु खान, रगतसहितको मासु खान, घाँटी अठ्याएर मारेको मासु त्यसमा अझै पनि रगत हुने हुनाले त्यो खान तिनीहरूलाई निषेध थियो । तपाईंले यस्तै समान वाक्यांशलाई [प्रेरितहरू १५:२०]
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले मूर्तिलाई बलि चढाएका जनावरका मासु खानबाट तिनीहरूले आफूलाई टाढा राख्नुपर्छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । घाँटी अठ्याएर मारेको जनावरको बारेमा भएको जानकारीलाई तपाईंले स्पष्ट रूपले लेख्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “कुनै व्यक्तिले घाँटी अठ्याएर मारेको जनावरबाट” वा “कोही व्यक्तिले खानलाई मारेको तर राम्ररी रगत बग्न नदिएको पशुबाट”
यी ती ४ जना मानिसहरू हुन् जसले भाकल गरेका थिए ।
यहूदीहरू मन्दिरमा पस्नुअगाडि रीतिपूर्वक वा विधीपूर्वक शुद्ध हुनुपर्थ्यो । यो शुद्धीकरण गैरयहूदीहरूको सम्पर्कमा आउने यहूदीहरूले गर्नुपर्थ्यो ।
प्रधान पूजाहारी मात्र भित्र जाने अनुमति भएको मन्दिरको भित्री भागमा तिनीहरू गएनन् । तिनीहरू मन्दिरको चोकमा प्रवेश गरे । वैकल्पिक अनुवादः “मन्दिरको चोकमा गए”
यो मन्दिर परिसरमा पस्नु अगाडि तिनीहरूले गर्नुपर्ने शुद्धीकरणको प्रक्रियाभन्दा फरक प्रकारको शुद्धीकरणको प्रक्रिया हो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले भेटीको रूपमा जनावरहरू नचढाएसम्म”
पद २९ ले एसियाका यहूदीहरूको पृष्ठभूमि जानकारी दिन्छ ।
यो पावलको गिरफ्तारीको वृत्तान्तको सुरुको अंश हो ।
यी शुद्धीकरणको लागि भएका सात दिनहरू हुन् ।
पावल आफैँ मन्दिरमा थिएनन् । तिनी मन्दिरको चोकमा थिए । वैकल्पिक अनुवादः “मन्दिरको चोकमा”
मानिसहरूलाई पावलमाथि रीसले चुर पारेर भड्काउने कुराका बारेमा तिनीहरूले भीडका भावनाहरूलाई खल्बलाएका जस्तो भनेका छन् । वैकल्पिक अनुवादः “धेरै सङ्ख्याका मानिसहरूलाई पावलसँग निकै रिसाउने बनाए”
यहाँ “हात हाले” को अर्थ “पक्रे” वा “समाते” भन्ने हुन्छ । तपाईंले “हात हाले”लाई [प्रेरितहरू ५:१८]
“इस्राएलका मानिसहरू, मोशाको व्यवस्था, र मन्दिर”
यरूशलेमको मन्दिरको भित्री चोकमा यहूदी पुरुषहरूलाई मात्र प्रवेश गर्ने अनुमति थियो ।
यो पृष्ठभूमिको जानकारी हो । पावलले एक जना ग्रीकलाई मन्दिरभित्र ल्याए भनी एसियाका यहूदीहरूले किन विचार गरे भनेर लूकाले स्पष्ट पारिरहेका छन् ।
यी ग्रीक थिए जसलाई यहूदीहरूका लागि मात्र अनुमति भएको मन्दिरभित्र ल्याइएको भनेर पावललाई दोष लगाइएको थियो । तपाईंले यो नामलाई प्रेरितहरू २०:४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“सारा” शब्द जोड दिनलाई अतिशयोक्तिको लागि प्रयोग गरिएको हो । “सहर” शब्दले यरूशलेमका मानिसहरूलाई बुझाउँछ । वैकल्पिक अनुवादः “सहरका धेरै मानिसहरू पावलसँग रिसाए”
“पावललाई समाते” वा “पावललाई पक्रे”
तिनीहरूले ढोकाहरू तुरुन्तै थुने, र यसरी मन्दिर क्षेत्रमा हुलदङ्गा हुन नपाओस् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कोही यहूदीहरूले मन्दिरका ढोकाहरू तुरुन्तै थुनिदिए” वा” मन्दिरका सुरक्षा पहरेदारहरूले ढोकाहरू तुरुन्तै थुनिदिए”
यहाँ “खबर” शब्दले खबर दिन जाने सन्देशवाहकलाई जनाउँछ । वैकल्पिक अनुवादः “कसैले सुरक्षाकर्मीहरूका प्रमुख कप्तानलाई खबर दियो”
यहाँ “माथि आयो” वाक्यांश प्रयोग भएको छ, किनभने मन्दिरसँग जोडिएको सुरक्षाकर्मीहरूका प्रमुख कप्तान बसेको किल्ला उचाइका हिसाबले मन्दिर परिसरभन्दा माथि थियो ।
करिब ६०० जना सिपाहीहरूको अधिकृत वा अगुवा
“यरूशलेम” शब्दले यरूशलेमका मानिसहरूलाई जनाउँछ । “सारा” शब्द ठूलो भीड रिसाएको थियो भनी जनाउने अतिरञ्जन हो । वैकल्पिक अनुवादः “यरूशलेममा धेरै मानिसहरू होहल्ला गर्दै थिए”
पहिलो शब्द “तिनी” र “तिनले” शब्दले प्रेरित २१:३१ मा उल्लेखित सुरक्षाकर्मीहरूका प्रमुख कप्तानलाई जनाउँछ ।
किल्लाबाट अदालतसम्म जाने लागि सिँढीहरू छन् ।
करिब ६०० जना सिपाहीहरूको अधिकृत वा अगुवा
“पावललाई समाते” वा “पावललाई गिरफ्तार गरे”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनलाई बाँध्न आफ्ना सिपाहीहरूलाई आदेश दिए”
यसको अर्थ तिनीहरूले पावललाई दुई जना रोमी सिपाहीसँग बाँधे, र एउटा उनको एकतिर र अर्को चाहिँ अर्कोतिर थिए ।
यसलाई प्रत्यक्ष उद्धरणमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनले सोधे, ‘यो मानिस को हो ? यसले के गरेका छ ?’”
प्रमुख कप्तानले भीडसँग बोले, पावलसँग होइन ।
“चिच्याए” शब्दलाई यस अघिको वाक्यांशबाट बुझ्न सकिन्छ । वैकल्पिक अनुवादः “र अरूहरूले अर्कै कुरा भनेर कराए” वा “र भीडमा भएका अरूहरूले कुनै अरू कुरा भनेर कराए”
यिनी चाहिँ करिब ६०० सिपाहीहरूको अधिकृत वा अगुवा थिए ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनले पावललाई ल्याउनलाई आफ्ना सिपाहीहरूलाई आदेश दिए”
यो किल्ला मन्दिरको बाहिरी चोकमा जोडिएको थियो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब पावल सिँढीमा आए, सिपाहीहरूले तिनलाई बोके”
भीडले पावलको मृत्युको लागि अलिक नरम र अलिक घुमाउरो भाषा प्रयोग गर्दै छ । वैकल्पिक अनुवादः “त्यसलाई मृत्युदण्ड देओ” वा “त्यसलाई मार”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब सिपाहीहरूले पावललाई ल्याउनै लागेका थिए”
यो किल्ला मन्दिरको बाहिरी चोकमा जोडिएको थियो । तपाईंले यसलाईप्रेरितहरू २१:३४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
करिब ६०० सिपाहीहरूको अधिकृत वा अगुवा
प्रमुख कप्तानले पावल तिनले सोचेजस्ता होइन रहेछन् भनेर आश्चर्य व्यक्त गर्नको लागि यी प्रश्नहरू प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “त्यसोभए तिमी ग्रीक बोल्छौ ।” वा “तिमी ग्रीक बोल्छौ भनेर मलाई थाहा थिएन ।”
प्रमुख कप्तानले पावल तिनले सोचेजस्ता होइन रहेछन् भनेर आश्चर्य व्यक्त गर्नको लागि यो प्रश्न र “के तिमी ग्रीक बोल्छौ ?” भन्ने प्रश्नको
पावलको भ्रमणभन्दा अलि अगाडि, नाम थाहा नभएका मिश्रबाटका एकजना मानिसले यरूशलेममा रोमको विरुद्धमा विद्रोह सुरु गरेका थिए । पछि त्यो मानिस भागेर उजाडस्थातर्फ उम्केको थियो र कप्तानले पावल त्यही मानिस हुन सक्छन् कि भनेर विचार गर्छन् ।
यो “विद्रोह” शब्दलाई क्रियापदका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूलाई रोमी सरकारको विरुद्धमा विद्रोह गर्न लगायो”
“४,००० आतङ्ककारीहरू”
यसले यहूदी विद्रोहीहरूका समूहलाई जनाउँछ जसले रोमीहरू र रोमीहरूको समर्थन गर्ने जोसुकैलाई मार्थे ।
पावलले आफूले गरेका कुराको बचाऊ गर्न सुरु गर्दछन् ।
“म तपार्इंसँग बिन्ती गर्छु” वा “म तपार्इंसँग निवेदन गर्छु”
“कृपया, मलाई अनुमति दिनुहोस्” वा “कृपया, मलाई स्वीकृति दिनुहोस्”
“अनुमति” शब्दलाई क्रियापदका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “कप्तानले पावललाई बोल्न अनुमति दिए” वा “कप्तानले पावललाई बोल्न दिए”
“सिँढी” शब्दले किल्लातर्फ जाने भर्याङलाई जनाउँछ ।
पावलले किन हातले इशारा गरे भन्ने कुरालाई स्पष्ट रूपले लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरू शान्त होऊन् भनेर आफ्ना हातले इशारा गरे”
“जब मानिसहरू पूर्ण रूपमा शान्त भए”
1 “मेरा दाजुभाइहरू र बुबाहरू हो, मेरो बचाउको कुरा सुन्नुहोस्, जुन मैले अहिले तपाईंहरूलाई बताउनेछु ।” 2 पावलले तिनीहरूसँग हिब्रू भाषामा बोलेको भिडले सुनेपछि भिड चुप लाग्यो । उनले भने, 3 “म किलिकियाको टार्ससमा जन्मेको एक यहूदी हुँ, तर यही सहरमा गमलिएलको चरणमा शिक्षा पाएको व्यक्ति हुँ । मलाई हाम्रा पुर्खाहरूको व्यवस्थाको कडा नियमहरूअनुसार शिक्षा दिइएको थियो । आज यहाँहरूजस्तै म पनि परमेश्वरको निम्ति जोसिलो भएको छु । 4 मैले यस मार्गलाई मृत्युसम्मै सताएँ । मैले स्त्रीहरू र पुरुषहरू दुवैलाई बाँधेँ, र तिनीहरूलाई झ्यालखानामा सुम्पिदिएँ । 5 मलाई दमस्कसमा यात्रा गर्नलाई त्यहाँका भाइहरूका लागि मैले प्रधान पूजाहारी र सबै धर्म-गुरुहरूबाट पत्र पनि पाएको थिएँ, जसको गवाही उहाँहरूले नै दिन सक्नुहुन्छ । मैले यस मार्गकाहरूलाई बाँधेर दण्ड दिनको लागि यरूशलेममा ल्याउनुपर्थ्यो । 6 म यात्रा गर्दै दमस्कसको नजिकै पुग्दा, मध्यान्हतिर अचानक स्वर्गबाट एउटा विशाल ज्योति मेरो वरिपरि चम्किन लाग्यो । 7 म भुइँमा लडेँ, र मलाई यस्तो भनेको आवाज सुनेँ, ʻए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँदै छौ ? ʼ 8 मैले जवाफ दिएँ, “तपाईं को हुनुहुन्छ, प्रभु ?” उहाँले मलाई भन्नुभयो, ʻम नासरतको येशू हुँ, जसलाई तिमी सताउँदै छौ ।ʼ 9 मसँग भएकाहरूले त्यो ज्योति त देखे, तर मसँग बोल्नुहुनेको आवाजलाई भने सुनेनन् । 10 मैले भनेँ, ʻप्रभु, मैले के गर्नुपर्छ ? ʼ प्रभुले मलाई भन्नुभयो, ʻउठ, र दमस्कसमा जाऊ । त्यहीँ नै तिमीले गर्नुपर्ने सबै कुरा तिमीलाई बताइनेछ” । 11 मैले त्यो ज्योतिको चमकले गर्दा देख्न सकिनँ । त्यसैले, मसँग भएका मानिसहरूका हातबाट डोर्याइएर म दमस्कस गएँ । 12 मैले त्यहाँ व्यवस्थाअनुसार भक्तिपूर्ण जीवन जिएका र त्यहाँ बस्ने सबै यहूदीहरूबाट सम्मान र आदर पाएका हननिया नाउँ गरेका मानिसलाई भेटेँ । 13 उनी मकहाँ आए, र मेरो छेउमा उभिए, र भने, ʻभाइ शाऊल, दृष्टि प्राप्त गर ।ʼ त्यत्तिखेरै, मैले तिनलाई देखेँ । 14 तब तिनले भने, ʻहाम्रा पितापुर्खाहरूका परमेश्वरले उहाँको इच्छा जान्नको लागि धार्मिक जनलाई देख्न र उहाँको आफ्नै मुखबाट निस्केको आवाजलाई सुन्न तिमीलाई छान्नुभएको छ । 15 किनभने तिमीले देखेका र सुनेका कुराहरूको बारेमा तिमी सबै मानिसहरूका लागि गवाही बन्नेछौ । 16 अब तिमी किन पर्खिंदै छौ ? उठ, बप्तिस्मा लेऊ, र उहाँको नाउँ पुकारेर आफ्ना पापहरू पखाल । 17 म यरूशलेम फर्केपछि मैले मन्दिरमा प्रार्थना गरिरहँदा, म अर्धचेत अवस्थामा पुगेँ । 18 उहाँले मलाई यसो भन्नुभएको मैले देखेँ, ʻछिटो गर, र चाँडै यरूशलेम छोड । किनभने तिनीहरूले मेरोबारे तिम्रो गवाही ग्रहण गर्नेछैनन् ।ʼ 19 मैले भनेँ, ʻहे प्रभु, तिनीहरू आफैँलाई थाहा छ, कि मैले कसरी तपाईंमा विश्वास गर्नेहरूलाई हरेक सभाघरमा पसेर पिटेँ, र जेलमा हालेँ । 20 तपाईंका साक्षी स्तिफनसको रगत बगाइँदा, म पनि नजिकै उभिएर सहमत हुदै थिएँ, र उनलाई मार्नेहरूको कपडा कुरिरहेको थिएँ । 21 तर उहाँले मलाई भन्नुभयो, ʻगइहाल, किनभने म तिमीलाई अन्यजातिहरूकहाँ पठाउनेछुʼ ।” 22 मानिसहरूले उनलाई यतिबेलासम्म बोल्न दिए । तर त्यसपछि तिनीहरू चिच्च्याए र भने, “यस्ता मानिसलाई पृथ्वीबाट हटाइदेओ, उनी बाँच्नु ठिक छैन ।” 23 तिनीहरू कराउँदै, आफ्ना लुगाहरू फाल्दै, हावामा धुलो उडाउँदै गर्दा, 24 सेनापतिले पावललाई किल्लाभित्र ल्याउन आज्ञा गरे । उनले तिनलाई कोर्रा लगाउँदै सोधपुछ गर्न आदेश दिए, ताकि तिनीहरू उनको विरुद्ध किन त्यसरी चिच्च्याइरहेका थिए भनी उनी आफैँले थाहा पाउन सकून् । 25 जब तिनीहरूले पावललाई डोरीले बाँधे, तब पावलले नजिकै उभिरहेका कप्तानलाई भने, “के एक रोमी नागरिक र दोषी नठहराइएको मानिसलाई कोर्रा लगाउनु तपाईंको निम्ति न्यायसङ्गत छ र ?” 26 जब कप्तानले यो सुने, तब उनी सेनापतिकहाँ गए, र उनलाई भने, “तपाईंले यी मानिसलाई के गर्न लाग्दै हुनुहुन्छ ? किनभने यी मानिस त रोमी नागरिक पो रहेछन् ।” 27 सेनापति आए, र उनलाई भने, “मलाई भन कि, के तिमी रोमी नागरिक हौ ?” अनि पावलले भने, “हजुर, हुँ ।” 28 सेनापतिले जवाफ दिए, “मैले धेरै ठुलो धनराशी खर्च गरेर मात्र नागरिकता पाएको थिएँ ।” तर पावलले भने, “म त रोमी नागरिक भएरै जन्मेको हुँ ।” 29 त्यसपछि पावललाई सोधपुछ गर्न गइरहेका मानिसहरू तुरुन्तै छोडेर गए । पावल रोमी नागरिक रहेछन् भनी थाहा पाएपछि सेनापति पनि डराए, किनभने उनले तिनलाई बाँधेका थिए । 30 भोलिपल्ट मुख्य कप्तानले पावलको विरुद्धमा यहूदीहरूले लगाएको अभियोगको सत्यता जान्न चाहे । त्यसैले, उनले आफ्नो दलबललाई एकत्रित गरे, र प्रधान पूजाहारीहरूसाथै महासभाका सबै मानिसहरूलाई भेला हुनलाई आदेश दिए । त्यसपछि तिनले पावललाई तल ल्याए, र उनीहरूका बिचमा राखे ।
प्रेरितको पुस्तकमा पावलको जीवन परिवर्तन भएको कुराको यो दोस्रो वर्णन हो । यो सुरुको मण्डलीको ज्यादै महत्त्वपूर्ण घटना भएको हुनाले पावलको जीवन परिवर्तन वर्णन तीन ठाउँमा उल्लेख भएको छ । (हेर्नुहोस्ः प्रेरितहरू ९ अनि प्रेरितहरू २६)
यस समयका धेरैजसो यहूदीले आरमेइक तथा ग्रिक भाषा बोल्थे । शिक्षित यहूदी विद्वानहरूले हिब्रु भाषा बोल्थे । यसकारण पावलले हिब्रु भाषामा बोल्न सुरु गर्दा मानिसहरूले ध्यान दिए ।
कसले सबैभन्दा पहिले विश्वासीहरूलाई “मार्गका चेलाहरू” भने, त्यो कुरा कसैलाई थाहा छैन । यो सायद विश्वासीहरूले आफैलाई भनेका हुन सक्छन्, किनभने कुनै व्यक्तिले आफ्नो जीवन बिताउने कुरालाई बाइबलले प्रायः त्यो व्यक्ति कुनै बाटो वा “मार्ग” हिँडेको भन्दछ । यदि यो कुरा सत्य हो भने, विश्वासीहरूले परमेश्वरलाई मनपर्दो जीवन जिएर “प्रभुको मार्गको हिँडेका” थिए ।
रोमी नागरिकहरूलाई मात्र आफूले न्यायोचित व्यवहार गर्नु आवश्यक हुन्छ भनेर रोमीहरूले विचार गर्थे । रोमी नागरिक नभएका मानिसहरूलाई तिनीहरूले आफूलाई जे इच्छा लाग्यो त्यही गर्दथे । तर अरू रोमी नागरिकका बारेमा भने तिनीहरूले रोमी कानून पालन गर्दथे । कोही मानिस जन्मँदै रोमी नागरिक हुन्थे । अनि अरूले रोमी सरकारलाई रूपयाँ दिएर रोमी नागरिक बन्दथे । “सेनापतिले” गैर-नागरिकलाई जसरी व्यवहार गर्थे, तिनले रोमी नागरिकलाई त्यसरी नै व्यवहार गरे भने तिनले दण्ड पाउँथे ।
पद २ मा पृष्ठभूमिको जानकारी दिइएको छ ।
पावलले यरूशलेममा भीडको लागि आफ्नो मन्तव्य सुरु गर्छन् ।
यो पावलका उमेरका वा तिनीभन्दा बढी उमेरका श्रोताहरूलाई सम्बोधन गर्ने विनम्र तरिका थियो ।
“म अब तपाईंहरूलाई स्पष्ट पार्नेछु” वा “म अब तपार्इंहरूलाई प्रस्तुत गर्नेछु”
हिब्रू भाषा यहूदीहरूको भाषा थियो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर म यहाँ यरूशलेममा रब्बी गमलिएलको एक विद्यार्थी थिएँ”
यहाँ “चरण” शब्दले विद्यार्थीले आफ्नो शिक्षकबाट सिकेको समयमा बस्ने ठाउँलाई जनाउँछ । वैकल्पिक अनुवादः “गमलिएलद्वारा”
गमलिएल यहूदी व्यवस्थाका एकजना प्रतिष्ठित शिक्षक थिए । तपाईंले यसलाई प्रेरितहरू ५:३४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उनले मलाई हाम्रा पिता पूर्खाको हरेक व्यवस्था कसरी होशियारीका साथ पालना गर्ने भनेर निर्देशन दिए” वा “मैले प्राप्त गरेको प्रशिक्षणले हाम्रा पिता पूर्खाको व्यवस्थालाई सबिस्तार पालना गरेको थियो”
“हाम्रा पूर्वजहरूको व्यवस्था ।” यसले मोशाद्वारा परमेश्वरले इस्राएलका मानिसहरूलाई दिनुभएको व्यवस्थालाई जनाउँछ ।
“म परमेश्वरको आज्ञापालन गर्न पूर्ण रूपमा समर्पित छु” वा “म परमेश्वरप्रतिको मेरो सेवा गर्नमा अत्यन्तै इच्छुक छु”
“तपार्इंहरू आज हुनुभए जसरी नै ।” पावलले आफैँलाई भीडसँग तुलना गर्छन् ।
यहाँ “यस मार्ग” शब्दले मार्ग भन्ने समूहमा हिँड्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “मैले यस मार्गका मानिसहरूलाई सताएँ”
यहाँ “मार्ग”ले ईसाई विश्वासलाई जनाउँछ । तपाईंले यसलाई प्रेरितहरू ९:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“मृत्यु” शब्दलाई “मार्नु” वा “मर्नु” क्रियापदले अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र मैले सधैँ तिनीहरूलाई मार्ने बाटोहरू खोजिरहेँ” वा “र मैले तिनीहरूलाई मर्ने पनि तुल्याएँ”
“पुरुष र स्त्रीहरू दुवैलाई बाँधेर तिनीहरूलाई झ्यालखानामा हालिदिएँ”
“गवाही दिन सक्छ” वा “तपाईंहरूलाई भन्न सक्छ”
“प्रधान पूजाहारी र एल्डरहरूले मलाई पत्रहरू दिए”
यहाँ “भाइहरू” शब्दले सङ्गी यहूदीहरूलाई जनाउँछ ।
“मलाई तिनीहरूले यो मार्गकाहरूलाई यरूशलेममा साङ्लाहरूले बाँधेर फिर्ता ल्याउन आज्ञा गरे”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले दण्ड पाउन सकून् भन्ने उद्देश्यले” वा “यहूदी अधिकारीहरूले तिनीहरूलाई दण्ड देऊन् भन्ने उद्देश्यले”
पावलले येशूसँगको तिनको जम्काभेटलाई वर्णन गर्छन् ।
कुनै घटनाको सुरुको सङ्केत गर्न यहाँ यो वाक्यांशको प्रयोग भएको हो । तपाईंको भाषामा यसरी लेख्ने तरिका छ भने तपाईंले यसलाई प्रयोग गर्ने विचार गर्न सक्नुहुन्छ ।
यहाँ “आवाज” शब्दले बोल्ने व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “कसैले मलाई यसो भनेको मैले सुनेँ”
यहाँ “आवाज” शब्दले बोल्ने व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “बोल्ने व्यक्तिले मसँग के भन्दै थिए भनी तिनीहरूले बुझेनन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यहाँ कसैलाई तिमीलाई भन्ने छन्” वा “त्यहाँ तिमीलाई थाहा हुनेछ”
“त्यो ज्योतिको चमकले गर्दा म अन्धो भएँ”
यहाँ “हात” शब्दले पावललाई डोहोर्याउने मानिसहरूलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मसँग भएका मानिसहरूले मलाई मार्गदर्शन गरे”
यहाँ “उनी” र “तिनलाई” शब्दले हननियालाई जनाउँछ ।
यिनी पहिले प्रेरित [प्रेरित ५:३]
हननियाले परमेश्वरको व्यवस्थालाई गम्भीर रूपले अनुसरण गर्थे ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यहाँ बस्ने यहूदीहरूले तिनको बारेमा राम्रो कुरा गर्दथे”
यहाँ “भाइ” शब्द कसैलाई सम्बोधन गर्ने नम्र तरिका हो । वैकल्पिक अनुवादः “मेरो मित्र शाऊल”
“दृष्टि” शब्दलाई “हेर्नु” क्रियापद लेखेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “फेरि हेर्नु”
यो तत्कालै भएको कुरालाई बताउने एउटा तरिका थियो । वैकल्पिक अनुवादः “त्यति नै बेला” वा “तत्कालै” वा “तुरुन्तै”
“तिनले” शब्दले हननियालाई जनाउँछ (प्रेरितहरू २२:१२) ।
पावलले दमस्कसमा आफूलाई के भयो, त्यो कुरा भनेर सिध्याउँछन् । पावलले आफ्नो कथा भन्ने क्रममा हननियाको नाम लिन्छन् । यो यरूशलेमको भीडको लागि तिनको मन्तव्य हो ।
“परमेश्वरले योजना गरिरहनुभएको र गराउनुहुने कुरा”
“मुख” र “आवाज” दुवै शब्दले बोल्ने व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँले प्रत्यक्ष रूपमा तपाईं बोल्नुभएको कुरालाई सुन्न”
यहाँ “मानिसहरू” शब्दको अर्थ पुरुष र स्त्री सबै मानिस हुन् । वैकल्पिक अनुवादः “सबै मान्छेहरूका लागि”
यहाँ “अब” शब्दको अर्थ “यो क्षणमा” भन्ने हुँदैन, तर यसपछि आउने महत्त्वपूर्ण कुरामा ध्यान खिच्नका लागि प्रयोग भएको हो ।
यो प्रश्न पावललाई बप्तिस्माको लागि उत्साह दिनको लागि सोधिएको हो । वैकल्पिक अनुवादः “ढिलो नगर !” वा “अबेर नगर !”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मलाई तिमीलाई बप्तिस्मा दिन देऊ” वा “बप्तिस्मा लेऊ”
कसैको शरीर पखाल्दा फोहोर हटेजस्तै क्षमाको लागि येशूको नाम पुकार्दा उसको भित्री अस्तित्वलाई पापदेखि शुद्ध राख्छ । वैकल्पिक अनुवादः “तिम्रा पापहरूको लागि क्षमा माग”
यहाँ “नाउँ” शब्दले प्रभुलाई जनाउँछ । वैकल्पिक अनुवादः “प्रभुमा पुकारा गरेर” वा “प्रभुमा भरोसा गरेर”
पावलले भीडलाई येशूलाई देखेको उनको दर्शनको बारेमा भन्न सुरु गर्छन् ।
कुनै घटनाको सुरुको सङ्केत गर्न यहाँ यो वाक्यांशको प्रयोग भएको हो । तपाईंको भाषामा यसरी लेख्ने तरिका छ भने तपाईंले यसलाई प्रयोग गर्ने विचार गर्न सक्नुहुन्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले दर्शन देखेँ” वा “परमेश्वरले मलाई दर्शन दिनुभयो”
“येशूले मलाई भन्नुहुँदा मैले उहाँलाई देखेँ”
“यरूशलेममा बस्नेहरूले तिमीले मेरो बारेमा भन्ने कुराहरू विश्वास गर्नेछैनन्”
यहाँ “तिनीहरू” शब्दले विश्वास नगर्ने यहूदीहरूलाई जनाउँछ ।
पावलले किल्लाको छेउमा यहूदी मानिसका भीडलाई भन्न सकेका कुरालाई यसले अन्त्य गर्दछ ।
“तिनीहरू आफैँ” शब्दहरू जोड दिनका लागि प्रयोग भएको हो ।
येशूमा विश्वास गर्ने यहूदीहरूलाई भेट्टाउनका लागि पावल सभाघरहरूमा गए ।
यहाँ “रगत” शब्दले स्तिफनसको जीवनलाई जनाउँछ । रगत बहाइयो भन्नुको अर्थ मारियो भन्ने हुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले स्तिफनसलाई मारे जसले तपाईंको बारेमा गवाही दिए”
यहाँ “ऊ” र “उनको” शब्दले पावललाई जनाउँछ । अनि अर्को “उनको” शब्दले सेनापतिलाई जनाउँछ ।
“पृथ्वीबाट” भन्ने शब्दले “यस्ता मानिसलाई ... हटाइदेओ” भन्ने कुरामा जोड दिन्छ । वैकल्पिक अनुवादः “उसलाई मार”
“जब तिनीहरू ... ।” “जसै तिनीहरू ... थिए” जस्ता वाक्यांश सँगसँगै हुन आएका दुईवटा घटनालाई सङ्केत गर्न प्रयोग भएको हो ।
यी कार्यहरूले त्यहाँका यहूदीहरू क्रोधित भएका कुरालाई दर्शाउँछ किनभने पावलले परमेश्वरको विरोधमा बोले भन्ने अनुभूति तिनीहरूलाई भयो ।
रोमी फौजका एक जना अधिकारी वा करिब ६०० जना सिपाहीहरूका प्रमुख
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आफ्ना सिपाहीहरूलाई पावललाई ल्याउने आदेश दिए”
यो किल्ला मन्दिरको बाहिरी परिसरसँग जोडिएको थियो । तपाईंले यसलाई प्रेरितहरू २१:३४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
पावलले सत्य कुरा भनून् भनेर तिनलाई कोर्रा हानेर यातना दिने इच्छा सेनापतिले गरे । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पावललाई सत्य कुरा भन्न बाध्य पार्न तिनलाई कोर्रा हान्न उनले सिपाहीहरूलाई आदेश दिए”
यहाँ तिनीहरू” शब्दले सिपाहीहरूलाई जनाउँछ ।
ती पशुका छालाबाट बनेका डोरीहरू थिए ।
यो प्रश्न सेनापतिलाई कोर्रा हान्ने तिनको आज्ञामाथि पुनर्विचार गर्नको लागि गरिएको आग्रह हो । वैकल्पिक अनुवादः “एक रोमी र दोषी नठहराइएको मानिसलाई कोर्रा लगाउनु न्यायसङ्गत छैन !”
यो प्रश्न सेनापतिलाई कोर्रा हान्ने तिनको आज्ञामाथि पुनर्विचार गर्नको लागि गरिएको आग्रह हो । वैकल्पिक अनुवादः “तपार्इंले यसो गर्नुहुँदैन !”
यहाँ “तिनलाई” शब्दले पावललाई जनाउँछ ।
यहाँ “आए” शब्दलाई “गए” लेखेर अनुवाद गर्न सकिन्छ ।
“मैले रोमी अधिकारीहरूलाई धेरै ठूलो रकम तिरेर नागरिकता प्राप्त गरेँ ।” सेनापतिले यो वाक्य प्रयोग गरे किनभने रोमी नागरिग हुनु कति धेरै कठिन कुरा हो भनी तिनलाई थाहा थियो । यसैले पावलले साँचो बोलेका होइनन् कि भनी तिनलाई शङ्का गरे ।
“मैले नागरिकता प्राप्त गरेँ ।” “नागरिकता” शब्द भाववाचक नाउँ हो । वैकल्पिक अनुवादः “म नागरिक भएँ”
यदि बाबु रोमी नागरिक हुन् भने तिनाका छोराछोरी स्वतः रोमी नागरिक हुन सक्छन् ।
“प्रश्न गर्न योजना गरिरहेका मानिसहरू” वा “प्रश्न गर्न तयार गरिरहेका मानिसहरू”
यहाँ “उनले” शब्दले सेनापतिलाई जनाउँछ ।
“सेनापति” शब्दले सम्भवतः सेनापतिका सिपाहीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यसैले पावललाई बन्धन मुक्त गर्न सेनापतिले आफ्ना सिपाहीहरूलाई आदेश दिए”
किल्लाबाट मन्दिरको चोकसम्म जाने भर्याङ छ ।
1 पावलले महासभाका मानिसहरूलाई सिधा हेरेर भने, “हे दाजुभाइहरू हो, आजको दिनसम्म म परमेश्वरको अगि सबै असल विवेकमा जिएको छु । 2 प्रधान पूजाहारी हननियाले नजिकमा उभिरहेकाहरूलाई पावलको मुखमा हिर्काउन आज्ञा गरे । 3 त्यसपछि पावलले तिनलाई भने, “परमेश्वरले तपाईं चुन पोतेको पर्खाललाई पनि प्रहार गर्नुहुनेछ । तपाईं व्यवस्थाद्वारा मेरो न्याय गर्न बसिरहनुभएको छ, र पनि व्यवस्थाको विरुद्धमा गएर मलाई हिर्काउने आज्ञा दिनुहुन्छ ?” 4 ती नजिकमा उभिरहेकाहरूले भने, “के तँ परमेश्वरका प्रधान पूजाहारीको यसरी निन्दा गर्छस् ?” 5 पावलले भने, “दाजुभाइहरू हो, उहाँ प्रधान पूजाहारी हुनुहुन्छ भन्ने मलाई थाहा थिएन । किनभने यस्तो लेखिएको छ, ʻतिमीले तिम्रा मानिसहरूका शासकहरूबारे खराब कुरा बोल्नुहुदैन‘ ।” 6 जब पावलले परिषद्को एक भाग सदूकीहरू र अर्को भाग फरिसीहरू रहेछन् भनी देखे, तब उनले परिषद्मा ठुलो सोरले भने, “दाजुभाइहरू हो, म फरिसीका छोरा एक फरिसी हुँ । मृतकहरूको पुनरुत्थानमा दृढ आशा भएकै कारणले मलाई न्याय गरिँदै छ ।” 7 उनले यो कुरा भनेपछि सदूकी र फरिसीहरूका बिचमा वादविवाद सुरु भयो, र सभा विभाजित भयो । 8 किनकि ती सदूकीहरूले पुनरुथान हुँदैन, स्वर्गदूतहरू छैनन् र आत्माहरू छैनन् भन्छन्, तर फरिसीहरूले यी सबै कुराहरू अस्तित्वमा छन् भन्छन् । 9 त्यसैले, त्यहाँ ठुलो होहल्ला भयो, अनि कतिपय फरिसीहरूमध्येका शास्त्रीहरू उठे, र यसो भन्दै तर्क गरे, “यी मानिसमा हामी कुनै गल्ती भेट्टाउँदैनौँ । यदि आत्मा वा स्वर्गदूतले नै तिनीसँग बोलेका हुन् भने, के गर्ने त ?” 10 जब त्यहाँ अझै ठुलो विवाद उठ्यो, तिनीहरूले पावललाई टुक्रा-टुक्रा पार्लान् कि भनेर मुख्य कप्तान डराए । त्यसैले, उनले तल गएर परिषद्का सदस्यहरूका बिचबाट पावललाई जबरजस्ती सेनाको किल्लामा ल्याउन सेनाहरूलाई आदेश दिए । 11 अर्को रात परमेश्वर उनको छेउमा आएर उभिनुभयो, र भन्नुभयो, “नडराऊ, किनकि जसरी तिमीले मेरो बारेमा यरूशलेममा गवाही दिएका छौ, त्यसरी नै तिमीले रोममा पनि गवाही दिनुपर्छ ।” 12 जब उज्यालो भयो, केही यहूदीहरूले मतो गरे, र तिनीहरू आफैँमाथि श्राप घोषणा गरेः तिनीहरूले यसो भने, कि तिनीहरूले पावललाई नमारेसम्म न केही खानेछन्, न त पिउनेछन् । 13 यसरी षड्यन्त्र गर्नेहरू चालिस जनाभन्दा बढी थिए । 14 तिनीहरू प्रधान पूजाहारीहरू र अगुवाहरूकहाँ गएर भने, “हामीले पावललाई नमारेसम्म केही नखाने र केही नपिउने भनी ठुलो भाकल गरेका छौँ । 15 त्यसैले, उनको मुद्दालाई अझ ठिक प्रकारले निर्णय गर्ने गरी परिषद्ले मुख्य कप्तानलाई पावललाई तल ल्याउनलाई भनोस् । हामीचाहिँ तिनी यहाँ आउनुअगावै तिनलाई मार्न तयार हुन्छौँ ।” 16 तर तिनीहरूले उनलाई मार्न पर्खिरहेका थिए भनी पावलको भान्जाले सुने । त्यसैले, ऊ सेनाको किल्लाभित्र प्रवेश गरी पावललाई त्यो कुरा बताइदियो । 17 पावलले सेनाहरूमध्ये एक जना कप्तानलाई बोलाएर भने, “यो जवान केटालाई मुख्य कप्तानकहाँ लगिदिनुहोस्, किनभने उसँग उहाँलाई भन्ने केही कुरा छ ।” 18 त्यसैले, उनले जवान केटोलाई मुख्य कप्तानकहाँ लगे, र उनले भने, “कैदी पावलले मलाई बोलाए, र यो केटोलाई तपाईंकहाँ लैजान भने । उसँग तपाईंलाई भन्ने केही कुरा छ ।” 19 मुख्य कप्तानले त्यो केटोलाई हातले समातेर गोप्य ठाउँमा लगेर उसलाई सोधे, “तिमीले मलाई के भन्नु छ ?” 20 त्यो जवान मानिसले भन्यो, “तिनीहरूले उनको मुद्दालाई अझ ठिकसँग सोधपुछ गर्ने गरी ती यहूदीहरूले भोलि पावललाई तल परिषद्मा ल्याउनका लागि तपाईंलाई अनुरोध गर्न सहमत भएका छन् । 21 तर पावललाई उनीहरूको हातमा नसुम्पनुहोस्, किनभने त्यहाँ चालिसभन्दा बढी मानिस उनलाई मार्न पर्खेर बसिरहेका छन् । उनीहरूले पावललाई नमारेसम्म खाना पनि नखाने र केही पनि नपिउने भनी भाकल गरेका छन् ।” 22 त्यसैले, प्रमुख कप्तानले त्यो जवान मानिसलाई यस्तो निर्देशन दिएर जान दिए, “तिमीले मलाई भनेका यी कुराहरू अरू कसैलाई पनि नभन्नू ।” 23 त्यसपछि तिनले दुई जना कप्तानलाई बोलाए, र भने, “कैसरियासम्म जानको लागि दुई सय जना सिपाही, सत्तरी जना घोडचढी र दुई सय जना भालाधारी सिपाही तयार पार । तिमीहरू रातको तेस्रो पहरमा हिडँनुपर्नेछ ।” 24 अनि उनले पावलले चढ्न सक्ने जनावरहरू उपलब्ध गराउन र उनलाई शासक फेलिक्सकहाँ सुरक्षित पुर्याउनलाई आज्ञा गरे । 25 त्यसपछि उनले यस्तो चिट्ठी लेखे । 26 “क्लाउडियस लुसियसबाट, माननीय राज्यपाल फेलिक्सलाई अभिवादन । 27 यी मानिस यहूदीहरूबाट पक्रिएका थिए र तिनीहरूले यिनलाई मार्नै लागेका थिए । जब मैले सैन्यदलसहित गएर यी मानिसको उद्धार गरेँ, त्यसपछि तिनी रोमी नागरिक रहेछन् भन्ने कुरा थाहा पाएँ । 28 यिनीहरूले यी मानिसलाई किन दोष लगाएका रहेछन् भनी जान्नको लागि मैले तिनलाई तिनीहरूको परिषद्मा ल्याएँ । 29 मैले थाहा पाएँ, कि उनीहरूले उनीहरूको आफ्नै व्यवस्थाको विरुद्धमा यी मानिसलाई दोष लगाएका रहेछन् । तर मृत्युदण्ड दिनुपर्ने वा झ्यालखानामा हाल्नुपर्ने तिनको विरुद्धमा त्यस्तो कसुर भएको मैले देखिनँ । 30 र मलाई यो पनि जानकारी गराइयो, कि त्यहाँ यी मानिसलाई मार्नको लागि षड्यन्त्र गरिएको थियो । त्यसकारण, मैले तुरुन्तै यी मानिसलाई तपाईं समक्ष पठाइदिएको छु, र दोष लगाउने मानिसहरूलाई पनि यिनको विरुद्धमा जे-जे छ तपाईंकै उपस्थितिमा राख्नू भनी निर्देशन दिएको छु । बिदा !” 31 यसरी सिपाहीहरूले तिनीहरूलाई दिइएको आज्ञाअनुसार पावललाई लगे, र उनलाई सोही रात एन्टिपाट्रिस ल्याए । 32 अर्को दिन धेरैजसो सिपाहीहरूले पावललाई घोडचढीहरूसँग छोडेर उनीहरूचाहिँ सैन्य किल्लामा फर्के । 33 जब घोडचढीहरू कैसरिया पुगे, र तिनीहरूले शासकलाई पत्र हस्तान्तरण गरे, तिनीहरूले पावललाई पनि तिनीकहाँ बुझाए । 34 जब शासकले चिट्ठी पढे, उनले पावल कुन प्रान्तबाट आएका हुन् भनी सोधे । तिनी किलिकियाबाट आएको कुरा थाहा पाएर 35 उनले भने, “तिमीलाई दोष लगाउने मानिसहरू आएपछि म पूर्ण रूपमा तिम्रो कुरा सुन्नेछु ।” तब उनले पावललाई हेरोदको दरबारमा राख्ने आज्ञा गरे ।
केही अनुवादहरूले पुरानो करारबाटका उद्धरणहरूलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले २३:५ मा उद्धरण गरेर ल्याइएको सामग्रीसँग यसै गर्छ ।
मानिसहरूको मृत्यु भएपछि तिनहरू फेरि जीवित हुनेछन्, र परमेश्वरले तिनीहरूलाई इनाम वा दण्ड दिनुहुनेछ भन्ने कुरामा फरिसीहरू विश्वास गर्दथे । तर मानिसहरू मरेपछि, तिनीहरू मरेको अवस्थामा नै रहन्छन् र फेरि कहिल्यै जीवित हुनेछैनन् भन्ने विश्वास चाहिँ सदुकीहरूको हो । अनि )
केही यहूदीहरूले पावललाई नमारुन्जेल आफूले खानपान गर्ने छैनन् भनी परमेश्वरमा शपथ खाए, र यदि तिनीहरूले गरेका शपथअनुसार तिनीहरूले गरेनन् भने तिनीहरूलाई दण्ड दिन परमेश्वरसँग बिन्ती गरे ।
रोमी नागरिकहरूलाई मात्र आफूले न्यायोचित व्यवहार गर्नु आवश्यक हुन्छ भनेर रोमीहरूले विचार गर्थे । रोमी नागरिक नभएका मानिसहरूलाई तिनीहरूले आफूलाई जे इच्छा लाग्यो त्यही गर्दथे । तर अरू रोमी नागरिकका बारेमा भने तिनीहरूले रोमी कानून पालन गर्दथे । कोही मानिस जन्मँदै रोमी नागरिक हुन्थे । अनि अरूले रोमी सरकारलाई रूपयाँ दिएर रोमी नागरिक बन्दथे । “सेनापतिले” गैर-नागरिकलाई जसरी व्यवहार गर्थे, तिनले रोमी नागरिकलाई त्यसरी नै व्यवहार गरे भने तिनले दण्ड पाउँथे ।
जब कुनै व्यक्ति खराब वा अशुद्ध वा अधार्मिक हुन्छ । तब त्यो व्यक्ति असल वा शुद्ध वा धार्मिक देखा पर्ने कुरा धर्मशास्त्रमा भएको सामान्य उपमा हो ।
पावललाई प्रधान पूजाहारी र परिषद्का सदस्यहरूका सामु खडा हुन्छन् (प्रेरितहरू २२:३०)
यहाँ यसको अर्थ “सङ्गी यहूदीहरू” भन्ने हुन्छ ।
“आजको दिनसम्म जे मैले गरोस् भन्ने परमेश्वरले इच्छा गर्नुभयो, सो मैले गरेको छु”
यो इउटा पुरुषको नाउँ हो । हुन त यो एउटै नाम छ, तापनि यो [प्रेरितहरू ५:१]
यसले सफा बनाउनको लागि सेतो रङ्ग लगाइएको पर्खाललाई जनाउँछ । पावलले हननियालाई जसरी पर्खाललाई सफा देखाउनको लागि चुन पोतिन्छ, त्यसरी नै हननिया पनि नैतिक रूपमा शुद्ध देखिन्छन् तर तिनी दुष्ट अभिप्रायले भरिपूर्ण छन् भन्छन् । वैकल्पिक अनुवादः “सेतो रङ्ग लगाइएको पर्खाल”
हननियाको पाखण्डीपनलाई दर्शाउन पावलले प्रश्नको प्रयोग गरेका हुन् । वैकल्पिक अनुवादः “तपाईं त्यहाँ न्याय गर्न बस्नुभएको छ ... व्यवस्थाको विरुद्धमा ... ।”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । “परमेश्वरले तिमीहरूलाई प्रहार गर्नुहुनेछ” भन्ने वाक्यांशमा प्रयोग भएको “प्रहार” शब्दलाई नै तपाईंले प्रयोग गर्न सक्नुहुनेछ । वैकल्पिक अनुवादः “मानिसहरूलाई मलाई हिर्काउने आज्ञा दिन्छौ”
मानिसहरूले यो प्रश्न पावललाई तिनले [प्रेरितहरू २३:०३]
मोशाले व्यवस्थामा लेखेको कुरालाई पावलले उद्धरण गर्न लागेका छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने मोशाले व्यवस्थामा यस्तो लेखेका छन्”
यहाँ “भाइहरू”को अर्थ “सङ्गी यहूदीहरू” भन्ने हुन्छ ।
यहाँ “छोरा” शब्दको अर्थ हुन्छ कि तिनी फरिसीकै छोरा र फरिसीको सन्तान पनि हुन् । वैकल्पिक अनुवादः “र मेरो बुबा र पूर्खाहरू फरिसीहरू थिए”
“पुनरुत्थान” शब्दलाई “जीवनमा फर्केर आउने” भनी लेख्न सकिन्छ । “मृतक” शब्दलाई “ती जो मरिगएका छन्” भनेर लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “मरेका मानिसहरू जीवनमा फर्केर आउने छन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तपाईंहरूले मेरो न्याय गरिरहनुभएको छ”
“भीडका मानिसहरू एक अर्कासँग असहमत भए”
यो वाक्य सदुकीहरू र फरिसीहरूका बारेमा पृष्ठभूमिको जानकारी हो ।
“यसैले तिनीहरूले एकआपसमा ठूलो स्वरले चिच्याउन थाले ।” “त्यसैले” शब्दले अगाडि घटेको घटनाको आधारमा कुनै कुरा हुँदैछ भन्ने कुरालाई जनाउँछ । यहाँ, पावलले पुनरुत्थानमा आफूले गर्ने विश्वासको बारेमा बताएको कुरा अगाडि घटेको घटना हो ।
फरिसीहरूले आत्माहरू र स्वर्गदूतहरू हुन्छन् र तिनीहरूले मानिसहरूसँग कुरा गर्न सक्छन् भन्ने कुरामा सहमत भएर सदुकीहरूलाई हप्काउँदै छन् । वैकल्पिक अनुवादः “शायद कुनै आत्मा वा कुनै स्वर्गदूत तिनीसँग बोलेको हुनुपर्छ !”
“ठूलो विवाद” लाई “हिंसात्मक रूपमा तर्क गरे” भनेर लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “जब तिनीहरूले हिंसात्मक तर्क गर्न सुरु गरे”
रोमी फौजका एक जना अधिकारी वा करिब ६०० जना सिपाहीहरूका प्रमुख
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । “टुक्रा टुक्रा पार्लान्” शब्द मानिसहरूले कसरी तिनलाई हानि पुर्याउलान् भन्ने कुरालाई बढाइचढाइ लेखेको हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरूले पावललाई टुक्रा हुने गरी च्यातिदेलान्” वा “तिनीहरूले पावललाई ठूलो शारीरिक हानि गर्लान्”
“तिनलाई टाढा लैजानको लागि शारीरिक बल प्रयोग गर्नु”
यो किल्ला मन्दिरको बाहिरी परिसरसँग जोडिएको थियो । तपाईंले यसलाई प्रेरितहरू २१:३४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यसको अर्थ पावल महासभाको सामु गएपछिको रात थियो । वैकल्पिक अनुवादः “त्यो रात”
“मेरो बारेमा” भन्ने शब्दहरू बुझ्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरो बारेमा रोममा गवाही दिनु” वा “मेरो बारेमा रोममा साक्षी दिनु”
पावल किल्लाको झ्यालखानामा बन्दी हुँदा अविश्वासी धार्मिक यहूदीहरूले तिनलाई मार्ने शपथ खाए ।
“पावललाई मार्ने उद्देश्यका साथ एउटा समूह निर्माण गरे”
नामपद शब्द “किरिया”लाई क्रियापदका रूपमा अनुवाद गर्न सकिन्छ । तिनीहरूलाई सराप ल्याउने कारणका बारेमा पनि यसलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले किरया खाएका कुरा तिनीहरूले पूरा गरेनन् भने तिनीहरूलाई सराप दिन परमेश्वरसँग बिन्ती गरे”
“४० जना मानिसहरू”
“यस्तो यजना गर्नेहरू” वा “पावललाई मार्ने योजना गर्नेहरू”
यहाँ “तिनीहरू” शब्दले चालिस जना यहूदीलाई [प्रेरित २३:१३]
किरिया खाने र आफूले किरिया खाएका कुरा पूरा गरेनन् भने तिनीहरूलाई सराप दिन परमेश्वरसँग बिन्ती गर्ने कुरालाई आफ्नो काँधमा बोकेर लाने कुनै वस्तु भए झैँ भनिएको छ । वैकल्पिक अनुवादः “हामीले पावललाई नमारुन्जेल केही खाने छैनौँ भनी हामीले किरिया खाएका छौँ । हामीले किरिया खाएको कुरा हामीले पूरा गरेनौँ भने हामीलाई सराप दिन हामीले परमेश्वरसँग बिन्ती गरेका छौँ”
“किनबने हामीले भर्खर भनेको कुरा सत्य हो” वा “किनभने हामीले आफैँलाई यस श्रापमुनि राखेका छौँ”
यहाँ “अब” शब्दको अर्थ “यो क्षणमा” भन्ने हुँदैन, तर यसपछि आउने महत्त्वपूर्ण कुरामा ध्यान खिँच्नका लागि प्रयोग भएको हो ।
“पावललाई किल्लाबाट तल मन्दिरमा परिषद्का सदस्य तपार्इंहरूलाई भेट्नको लागि ल्याउनुहोस्”
“पालवले के गरेका रहेछन् भनेर अझ बढी जानकारी हासिल गर्न तपाईंलाई इच्छा भए जसरी”
यहाँ “उनको” शब्दले पावलका भान्जालाई जनाउँछ । “उहाँलाई” शब्दले सेनापतिलाई जनाउँछ ।
“पावलको दिदीका छोरा” वा “पावलको भान्जा”
“तिनीहरूले पावललाई हमला गर्न तयार थिए” वा “तिनीहरूले पावललाई मार्न पर्खे”
यो किल्ला मन्दिरको बाहिरी परिसरसँग जोडिएको थियो । तपाईंले यसलाई प्रेरितहरू २१:३४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“कैदी पावलले मलाई तिनीकहाँ आउन र कुरा गर्न भने”
प्रमुख कप्तानले तिनलाई जवान मानिस भनेको कुराले सुझाव दिन्छ कि पावलको भान्जा १२ देखि १५ वर्षको हुनुपर्छ ।
प्रमुख कप्तानले तिनलाई हात समातेर लगेको र तिनलाई जवान मानिस भनेको (पद १८) कुराले सुझाव दिन्छ कि पावलको भान्जा १२ देखि १५ वर्षको हुनुपर्छ ।
यसले सबै यहूदीलाई जनाउँदैन, तर त्यहाँ उपस्थित सबै समूहलाई जनाउँछ । वैकल्पिक अनुवादः “यहूदीहरूमध्ये केही सहमत भएका छन्”
“पावललाई किल्लाबाट तल ल्याउन”
“पालवले के गरेका रहेछन् भनेर तिनीहरू अझ बढी जानकारी हासिल गर्न चाहन्छन्”
“४० जना मानिसहरू”
“पावललाई हमला गर्नलाई तयार” वा “पावललाई मार्न तयार”
“तिनीहरूले पावललाई नमारुन्जेल केही खाने छैनन् भनी तिनीहरूले किरिया खाएका छन् । तिनीहरूले किरिया खाएको कुरा तिनीहरूले पूरा गरेनन् भने तिनीहरूलाई सराप दिन तिनीहरूले परमेश्वरसँग बिन्ती गरेका छन्”
यहाँ “तिनले” शब्दले सेनापतिलाई जनाउँछ ।
फेलिक्स कैसरियामा बस्ने रोमी शासक थिए ।
“उनले आफैँकहाँ बोलाए”
“२ जना कप्तानहरू”
“७० घोडचडीहरू”
“भाला बोकेका २०० सिपाहीहरू”
यो रातको करिब ९ बजेको समय हो ।
यो प्रमुख कप्तानले शासक फेलिक्सलाई पावलको गिरफ्तारको बारेमा लेखेको पत्र हो ।
क्लाउडियस लुसियस प्रमुख कप्तानको नाम हो । बडा हाकिम फेलिक्स रोमी बडाहाकिम थिए ।
यो पत्रको औपचारिक अभिवादन हो । सेनापतिले आफूलाई उल्लेख गरेर लेख्न सुरु गरे । यसलाई तपाईंले प्रथम पुरुषमा अनुवाद गर्न सक्नुहुन्छ । यहाँ “म लेखिरहेको छु” भन्ने शब्दहरू बुझ्न सकिन्छ । वैकल्पिक अनुवादः “म, क्लाउडियस लुसियसले, हजुर महामहिम बडाहाकिम फेलिक्सलाई लेख्दै छु । तपाईंलाई अभिवादन”
“विशिष्ट सम्मानयोग्य बडाहाकिम फेलिक्सलाई”
यहाँ “यहूदीहरू” शब्दले “यहूदीहरूमध्ये कसैले” भन्ने हुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यहूदीहरूमध्ये कसैले यी मानिसलाई पक्रेका थिए”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू पावललाई मार्नलाई तयार थिए”
“पावल र यी यहूदीहरू भएका ठाउँमा म आफ्ना सिपाहीहरूका साथमा गए”
यहाँ “म” शब्दले प्रमुख कप्तान, क्लाउडियस लुसियसलाई जनाउँछ ।
“तिनीहरू” शब्दले पावललाई दोष लागाउने यहूदीहरूका समूहलाई जनाउँछ ।
यहाँ “तपाईं” शब्द एकवचन हो र यसले बडाहाकिम फेलिक्सलाई जनाउँछ ।
यो प्रमुख कप्तान शासकले फेलिक्सलाई लेखेको पत्रको अन्त्य हो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ ... बारेमा भएका प्रश्नहरूलाई लिएर उनीहरूले यिनलाई दोष लगाएका रहेछन्”
यहाँ “कसुर”, “मृत्युदण्ड,” “झ्यालखाना” जस्ता शब्दहरू भाववाचक नाउँहरू हुन् । यिनलाई क्रियापद बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “तर रोमी अधिकारीहरूले यिनलाई मार्न वा झ्यालखानामा हाल्न कारण हुने त्यस्तो कुनै दोष यिनलाई कसैले लगाएनन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पछि मैले थाहा पाएँ”
यहाँ पहिलो “उनलाई” भन्नाले पावललाई भनेको हो; दोस्रो “उनलाई” भन्नाले बडा हाकिम फेलिक्सकहाँ भनेको हो । हेरोदले आफ्ना बाबु एन्टिपाटरको सम्मानमा बनाएका सहरको नाम एन्टिपाट्रिस थियो । आज यो ठाउँ इस्राएलको मध्य भागमा अवस्थित छ ।
पावलको यरूशलेमको हिरासतको समयलाई यसले अन्त्य गर्दछ, र कैसरियामा बडा हाकिम फेलिक्ससँगको तिनको हिरासतको समयलाई सुरु गर्दछ ।
“यसैले” शब्दले अगाडि घटेको घटनाको आधारमा कुनै कुरा हुँदै छ भन्ने कुरालाई जनाउँछ । यहाँ पावललाई पहरा दिएर लैजानलाई सिपाहीहरूलाई प्रमुख कप्तानले दिएको आज्ञा पहिलेको घटना हो ।
यहाँ “ल्याए” भन्ने कुरालाई “लगे” भनेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले पावललाई लिए र तिनलाई राति लगे”
यहाँ पहिलो र दोस्रो “उनले” भन्नाले बडाहाकिम फेलिक्सले भनेको हो, तेस्रो “तिनी” र “तिनलाई” शब्दले पावललाई जनाउँछन्, र अन्त्यको “उनले” शब्दले बडाहाकिम फेलिक्सलाई जनाउँछ । यहाँ “तिमी” र “तिम्रो” शब्दहरूले पावललाई जनाउँछन् ।
यसलाई प्रत्यक्ष उद्धरणका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “उनले पावललाई सोधे, ‘तिमी कुन प्रान्तका हौ ?’ जब”
यो वाक्य, जुन पद ४३ मा “जब उनले जाने” भन्ने शब्दहरूका साथमा सुरु हुन्छ, यसलाई एउटा प्रत्यक्ष उद्धरणको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पावलले भने, ‘म किलिकियाबाट हुँ ।’ तब बडाहाकिमले भने”
“तिमीले भन्नुपर्ने सबै कुरा म सुन्नेछु”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उनले तिनलाई राख्नलाई सिपाहीहरूलाई आज्ञा गरे” वा “तिनलाई नियन्त्रणमा लिन सिपाहीहरूलाई आज्ञा गरे”
1 पाँच दिनपछि, प्रधान पूजाहारी हननिया, केही एल्डरहरू र तर्तुलस नाउँ गरेका कुशलवक्ता त्यहाँ गए । यी मानिसहरूले शासककहाँ पावलको विरुद्धमा दोष लगाए । 2 जब पावल शासकका अगाडि उभिए, ततुर्लसले तिनलाई दोष लगाउन थाल्यो र शासकलाई भन्यो, “तपाईंको कारणले हामीलाई ठूलो शान्ति मिलेको छ; तपाईंको दूरदृष्टिले हाम्रो देशमा असल सुधार ल्याउँछ । 3 त्यसकारण अतिउच्च फेलिक्स, सबै धन्यवादका साथ तपाईंले गर्नुभएको हरेक कुरालाई हामी स्वागत गर्छौं । 4 त्यसैले म तपाईंलाई अल्झाउँदिनँ, मेरो कुरा छोटकरीमा दया गरी सुनिदिनलाई आग्रह गर्छु । 5 किनभने हामीले यस मानिसलाई दु:ख दिने र सारा संसारभरिका यहूदीहरूलाई विद्रोह गर्न लगाउने व्यक्तिको रूपमा पाएका छौँ । ऊ नाजरी सम्प्रदायको एउटा अगुवा हो । 6 उसले मन्दिरलाई अशुद्ध पार्न पनि प्रयास गर्यो, त्यसैले उसलाई हामीले पक्र्यौँ । 7 तर जब सैनिक अधिकृत आइपुगे, तिनले पावललाई हाम्रो हातबाट बलजफ्ति गरेर खोसेर लगे । 8 जब तपाईंले यी सबै कुराहरू बारे पावललाई प्रश्न गर्नुहुन्छ, हामीले उसलाई दोष लगाएको कुराको बारेमा तपाईं आफैँले थाहा पाउनुहुनेछ । 9 यहूदीहरूले पनि एकैसाथ पावललाई दोष लगाए र यी कुराहरू सत्य हुन् भने । 10 तर जब शासकले पावललाई बोल्नका लागि इशारा गरे, पावलले जवाफ दिए, “म बुझ्छु कि तपाईं यस जातिको निम्ति धेरै वर्षदेखि न्यायकर्ता हुनुभएको छ, र यसैले म आफैँलाई तपाईंको सामु खुसीसाथ बयान गर्छु ।” 11 तपाईं आफैँले प्रमाणित गर्न सक्नु हुन्छ कि म यरूशलेममा आराधना गर्न गएको बाह्र दिनभन्दा बढी भएको छैन । 12 र जब तिनीहरूले मलाई मन्दिरमा भेट्टाए, मैले कसैसँग विवाद गरिनँ, र मैले सभाघरहरू वा सहरहरूमा भिडलाई उक्साइनँ । 13 र तिनीहरूले मेरो विरुद्धमा जुन दोष लगाएका छन् त्यो तपाईंको अगाडि अहिले प्रमाणित गर्न सक्दैनन् । 14 तर तपाईंसँग म यो स्वीकार गर्छु कि तिनीहरूले पन्थ भन्ने गरेको मार्गअनुसार नै म मेरा पुर्खाहरूका परमेश्वरको सेवा गर्छु । व्यवस्थामा भएका सबै कुराप्रति र अगमवक्ताहरूले लेखेका पुस्तकहरूप्रति म विश्वासयोग्य छु । 15 यी मानिसहरूले दुवै धर्मी र अधर्मी मृतकहरूको पुनरुत्थानको प्रतीक्षा गरेजस्तै, परमेश्वरमा मेरो पनि त्यस्तै दृढ विश्वास छ । 16 र यसमा नै परमेश्वर र मानिसहरूको सामु सबै कुराहरूद्वारा विनादोषको विवेक पाउन म काम गर्छु । 17 अहिले धेरै वर्षपछि म यहाँ मेरो जातिलाई सहायता र पैसाको उपहारहरू ल्याउन आएँ । 18 जब मैले यो गरेँ, एसियाका केही यहूदीहरूले मलाई शुद्धिकरणको समारोहमा मन्दिरमा भेट्टाए, जहाँ कुनै भिडभाड वा होहल्ला थिएन । 19 ती मानिसहरू अहिले तपाईंको अगाडि हुनुपर्दथ्यो । अनि यदि मेरो विरुद्धमा तिनीहरूको केही थियो भने भन्नुपर्दथ्यो । 20 नत्र भने म यहूदी परिषदअगि खडा हुँदा तिनीहरूले ममा के गल्ती भेट्टाए, यिनै मानिसहरूले भन्नुपर्छ । 21 मैले उनीहरूको माझमा खडा भएर ठुलो स्वरमा यतिमात्र भनेर कराएको थिएँ, ʻमृतकहरूको पुनरुत्थान बारेको कुराले नै आज तपाईंद्वारा मेरो इन्साफ गरिदैँछ ।” 22 फेलिक्स यो मार्गको बारेमा जानकार थिए, त्यसैले उनले यहूदीहरूलाई पर्खन लगाए । तिनले भने “यरूशलेमबाट सेनापति लुसियस तल आएपछि म तिम्रो मुद्दाको फैसला गर्नेछु ।” 23 त्यसपछि उनले कप्तानलाई पावललाई पहरा दिने आज्ञा दिए, तर उनीसँग सदासयताको साथ व्यवहार गर र उनका कुनै साथीहरूबाट सहायता लिन वा भेटघाट गर्नलाई कसैले नरोक्नू भनी आदेश दिए । 24 केही दिनपछि, फेलिक्स आफ्नी श्रीमती द्रुसिल्लासँग फर्के, तिनी यहूदी थिईन्, अनि उनले पावललाई बोलाए, र उनबाट ख्रीष्ट येशूप्रतिको विश्वासको बारेमा सुने । 25 तर जब पावलले उनलाई धार्मिकता, संयमता र आउँदै गरेको न्यायको बारे उनीसँग बहस गरे, फेलिक्स भयभीत भए; अनि उनले जवाफ दिए, “अहिलेलाई जाऊ, तर जब मलाई फेरि समय मिल्छ, म तिमीलाई बोलाउनेछु ।” 26 त्यही समयमा, पावलले तिनलाई पैसा दिन्छन् कि भनी तिनले आशा गरिरहेका थिए, त्यसैले तिनले पावललाई प्रायः बोलाउँथे र तिनीसँग कुरा गर्दथे । 27 तर जब दुई वर्ष बित्यो, फेलिक्सपछि पर्सिअस फेस्तस शासक बने, तर फेलिक्सले यहूदीहरूको समर्थन प्राप्त गर्न चाहन्थे, त्यसैले उनले पावललाई निरन्तर पहरामा नै छोडिराखे ।
यहूदीहरूले पावललाई जे कुरा गरेको दोष लगाएका थिए, त्यो तिनले गरेका थिएनन्, र तिनले जे गरेका थिए त्यसको लागि बडाहाकिमले तिनलाई दण्ड दिन हुँदैन भनेर तिनले बडाहाकिमलाई भने ।
यहूदी अगुवाहरू (प्रेरितहरू २४:२-४) र पावल (प्रेरितहरू २४:१०) दुवैले बडा हाकिमलाई सम्मान गरेर आफ्ना भनाइहरू सुरु गरे ।
”“बडाहाकिम,” “सेनापति” र “कप्तान” जस्ता शब्दहरू अनुवाद गर्न कुनै भाषामा मुश्किल पर्न सक्छ ।
यहाँ “तपाईं” शब्दले बडाहाकिम फेलिक्सलाई जनाउँछ । यहाँ “हामी” शब्दले फेलिक्सको शासनअन्तर्गतका नागरिकहरूलाई जनाउँछ ।
सोधपुछको क्रममा पावल कैसरियामा छन् । तर्तुल्लसले पावलको विरुद्धमा अभियोग प्रस्तुत गर्छन् ।
“रोमी सिपाहीहरूले पावललाई कैसरियामा लगेको पाँच दिनपछि”
यो एक पुरुषको नाउँ हो । यो प्रेरित [प्रेरित ५:१]
“एक वकिल ।” तर्तुल्लस रोमी कानूनका ज्ञाता थिए । तिनी पावललाई अदालतमा दोष लगाउनका लागि त्यहाँ उपस्थित भएका थिए ।
यो एउटा पुरुषको नाउँ हो ।
“कैसरियामा गए जहाँ पावल थिए”
“बडाहाकिमको उपस्थितिमा जो अदालतमा न्यायधीश थिए”
“बडाहाकिमको उपस्थितिमा उनले व्यवस्था भङ्ग गरेको आरोप लगाउन थाल्यो”
यहाँ “हामी” शब्दले फेलिक्सको शासनअन्तर्गतका नागरिकहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “हामी, तपार्इंले शासन गर्ने मानिसहरूलाई ठूलो शान्ति भएको छ”
“र तपाईंका योजनाले हाम्रो जातिमा ठूलो सुधार ल्याएको छ”
“कृतज्ञता” शभ्द भाववाचक नाउँ हो । यसलाई विशेषण वा क्रियापदको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसैले हामी धन्यवादी छौँ र तपाईंले गर्नुहुने सबै कुराहरूलाई हामी स्वागत गर्छौँ” वा “त्यसैले हामी तपाईंलाई धेरै धन्यवाद दिन्छौँ र तपाईंले गर्नुहुने सबै कुराहरूलाई स्वागत गर्छौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnoun)
“विशिष्ट सम्मानयोग्य बडाहाकिम फेलिक्स ।” फेलिक्स सारा क्षेत्रका रोमी बडाहाकिम थिए । तपाईंले यसलाई प्रेरितहरू २३:२५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यहाँ “हामी” शब्दले हननिया, केही धर्मगुरुहरू र तर्तुल्लसलाई जनाउँछ ।
सम्भावित अर्थहरू हुन् १) “ताकि मैले तपार्इंको समय अति धेरै नलिऊँ” वा २) “ताकि मैले तपार्इंलाई नथकाऊँ”
“दया गरेर मेरो छोटो भाषण सुन्नुहोस्”
यसले पावललाई एक व्यक्तिदेखि अर्को व्यक्तिमा सर्ने महामारी भए झैँ गरी बताएको छ । वैकल्पिक अनुवादः “यो मानिस समस्या सिर्जना गर्ने भएको”
यहाँ शब्द “सारा” लाई पावलको विरुद्धमा लगाइएको दोषलाई अतिरञ्जित गर्नलाई प्रयोग गरिएको छ ।
“नासरी पन्थ” भन्ने वाक्यांश ख्रीष्टिएनहरूका लागि अर्को नाउँ हो । वैकल्पिक अनुवादः “उसले नासरीको पछि लाग्ने मानिसहरूका समूहको नेतृत्वसमेत गर्दछ”
यसले ठूलो समूहका मानिसभित्रको एउटा सानो समूहलाई जनाउँछ । तर्तुल्लसले ख्रीष्टिएनहरूलाई यहूदी धर्मअन्तर्गतको सानो समूह भनी विचार गर्दछन् ।
यहाँ “तपाईं” शब्द एकवचन हो र यसले बडाहाकिम फेलिक्सलाई जनाउँछ ।
तर्तुल्लसले फेलिक्सलाई पावलको विरुद्धमा लगाइएको दोषलाई प्रस्तुत गरेर सक्छन् ।
“हामीले उसका विरुद्धमा लगाएका यी आरोप साँचो हुन् वा होइनन् भनी थाहा पाउन” वा “हामीले उसलाई दोष लगाएका कुराहरूमा ऊ दोषी छ वा छैन भनी थाहा पाउन”
यसले पावलको जाँचको समयमा उपस्थित भएका यहूदी अगवाहरूलाई जनाउँछ ।
यहाँ “तिनीहरू” शब्दले पावललाई दोष लगाइरहेका यहूदीहरूलाई जनाउँछ ।
पावलले बडाहाकिम फेलिक्सलाई उनको विरुद्धमा ल्याइएका दोषहरूको प्रत्युत्तर दिन्छन् ।
“बडाहाकिमले इशारा गरे”
यहाँ “जाति” शब्दले यहूदी जातिका मानिसलाई जनाउँछ । वैकल्पिक अनुवादः “यहूदी जातिका मानिसहरूका निम्ति न्यायकर्ता”
“मेरो अवस्थाको व्याख्या गर्न”
“१२ दिन यता”
“उक्साउनु” शब्द तरल पदार्थलाई हल्लाउँदा त्यसमा फिँज देखिए जस्तै मानिसहरूलाई हिंसात्मक हुन उत्तेजित पार्ने कुरा जनाउने उपमा अलङ्कार हो । वैकल्पिक अनुवादः “मैले भीडलाई भड्काइन”
“गल्ती गरेको निम्ति दोष” वा “अपराधहरूको दोष”
“म तपार्इंकहाँ यो
“मार्ग” शब्द पावलको समयमा ख्रीष्टिएन विश्वासको नाउँ थियो ।
यसले ठूलो समूहका मानिसभित्रको एउटा सानो समूहलाई जनाउँछ । तर्तुल्लसले ख्रीष्टिएनहरूलाई यहूदी धर्मअन्तर्गतको सानो समूह भनी विचार गर्दछन् । तपाईंले “पन्थ”लाई प्रेरितहरू २४:५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
पावलले “त्यसरी नै” भन्ने वाक्यांशलाई यो अर्थ दिनलाई प्रयोग गर्छन् कि उनले, येशूमा एक विश्वासीको रूपमा, परमेश्वरको सेवा गर्छन् ठीक जसरी तिनीहरूका यहूदी पूर्खाहरूले गर्थे । उनले कुनै “पन्थ”लाई डोहोर्याइरहेका छैनन् वा केही नयाँ सिकाइरहेका छैनन् जुन तिनीहरूको प्राचीन धर्मको विरुद्धमा छ ।
“यी मानिसले गरे जस्तै ।” यहाँ “यी मानिसहरू” शब्दले पावललाई अदालतमा दोष लगाइरहेका यहूदीहरूलाई जनाउँछ ।
भाववाचक नाउँ “पुनरुत्थान”लाई क्रियापद “पुनरुत्थान हुने” लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “मरेका मानिसहरू सबै, अर्थात् धर्मी र अधर्मी दुवैलाई परमेश्वरले पुनरुत्थान गर्नुहुनेछ”
यी नामिक विशेषणहरूले धर्मी मानिसहरू र अधर्मी मानिसहरूलाई जनाउँछन् । वैकल्पिक अनुवादः “धर्मी मानिसहरू र अधर्मी मानिसहरू” वा “तिनीहरू जसले जे ठीक छ सो गरेका छन् र तिनीहरू जसले जे खराब छ सो गरेका छन्”
“म सधैँ कडा परिश्रम गर्छु” वा “म भरसक प्रयत्न गर्छु”
यहाँ “विवेक” शब्दले कुनै व्यक्तिले ठीक र बेठीक कुरा चुन्ने भित्री नैतिकतालाई जनाउँछ । वैकल्पिक अनुवादः “दोषरहित हुन” वा “सधैँ ठीक कुरा गर्न”
“परमेश्वरको उपस्थितिमा”
यो शब्दले पावलको तर्कमा फट्को मारेको सङ्केत गर्दछ । यहाँ यरूशलेममा कोही यहूदीले पावललाई गिरफ्तार गरेको परिस्थितिलाई तिनले स्पष्ट पार्दछन् ।
“धेरै वर्ष यरूशलेमबाट टाढा बसेपछि”
यहाँ “म आएँ” शब्दलाई “म गए” लेखी अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उपहारको रूपमा पैसा ल्याएर मेरा मानिसहरूलाई सहायता पुर्याउन म गएँ”
“मैले आफैँलाई शुद्ध तुल्याउने समारोह सकिएपछि मन्दिरमा”
यसलाई अलग नयाँ वाक्यका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले भीड जम्मा गरेको थिइन नता म दङ्गा सुरु गर्न कोसिस गरिरहेको थिएँ”
“एसियाबाटका यहूदीहरू”
“यदि तिनीहरूलाई केही भन्नु छ भने”
पावलले उनको विरुद्धमा ल्याइएका दोषहरूबारे शासक फेलिक्ससँग प्रत्युत्तर दिएर सिद्ध्याउँछन् ।
यसले पावलको मुद्दा चलिरहँदा पावलको कुरा सुनिरहेका परिषद्का सदस्यहरूलाई जनाउँछ जो यरूशलेममा उपस्थित थिए ।
“तिनीहरूले प्रमाण दिन सक्ने मैले गरेको खराब काम के हो, सो भन्नुपर्छ”
भाववाचक नाउँ “पुनरुत्थान” शब्दलाई “परमेश्वरले जीवनमा फर्काउनुहुन्छ” भनेर लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “यो चाहिँ मरेका मानिसहरूलाई परमेश्वरले जीवनमा फर्काउनुहुन्छ भनी मैले विश्वास गरेको कारणले गर्दा हो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तपाईंहरूले आज मेरो इन्साफ गर्दै हुनुहुन्छ”
फेलिक्स कैसरियामा बस्ने त्यस क्षेत्रका रोमी बडाहाकिम हुन् । तपाईंले यसलाई [प्रेरितहरू २३:२४]
यो ख्रीष्टिएन विश्वासको नाउँ हो । तपाईंले यो नाउँलाई प्रेरितहरू ९:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“जब सेनापति लुसियस आउँछन्” वा “सेनापति लुसियस तल आउने समयमा”
यो प्रमुख कप्तानको नाउँ हो । तपाईंले यो नाउँलाई प्रेरितहरू २३:२६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
उचाइका हिसाबले कैसरियाभन्दा यरूशलेम माथि थियो । यसैले यरूशलेमबाट तल आउने भन्नु तिनीहरूका लागि सामान्य कुरा थियो ।
“तिम्रो विरुद्धमा ल्याइएका यी आरोपहरूको विषयमा म निर्णय गर्नेछु” वा “तिमी दोषी छौ वा छैनौ भनी म इन्साफ गर्नेछु”
“पावललाई अरु कैदीहरूलाई नदिइएको अन्य स्वतन्त्रता दिनु”
“थुप्रै दिन बितेपछि”
द्रूसिल्ला एक स्त्रीको नाउँ हो ।
यसको अर्थ यहूदी स्त्री भन्ने हुन्छ । वैकल्पिक अनुवादः “जो एक यहूदी थिइन”
फेलिक्सले आफ्ना पापहरूको दोष महसुस गरेको हुन सक्छ ।
“वर्तमान समयको लागि”
फेलिक्सले उनलाई छोडिदिनलाई पावलले घुस दिन्छन् कि भनेर आशा गरिरहेका थिए ।
“त्यसैले फेलिक्सले पावललाई प्रायः झिकाउँथे र पावलसँग कुरा गर्थे”
यिनी फेलिक्सको ठाउँमा आएका नयाँ रोमी बडाहाकिम थिए ।
यहाँ “यहूदीहरू” भन्नाले यहूदी अगुवाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरूले तिनलाई मन पराउन् भन्ने चाहन्थे”
“तिनले पावललाई कैदमा नै छोडिराखे”
1 अब, फेस्तस त्यस प्रान्तमा प्रवेश गरेको तीन दिनपछि, उनी कैसरियाबाट यरूशलेमस पुगे । 2 प्रधान पूजाहारी र विशिष्ट यहूदीहरूले फेस्तसकहाँ पावलका विरुद्ध अभियोगहरू प्रस्तुत गरे, र तिनीहरूले फेस्तससँग कडा रूपमा कुरा गरे । 3 र तिनीहरूले पावलको विषयमा सहायताको निम्ति फेस्तससँग अनुरोध गरे, कि तिनले उनलाई यरूशलेममा बोलाउन्, ताकि तिनीहरूले उनलाई बाटोमा नै मर्न सकून् । 4 तर पावल कैसरियाको कैदी थिए, र तिनी आफैँ पनि चाँडै त्यहाँ फर्कनु थियो भनी फेस्तसले जवाफ दिए । 5 उनले भने “यसकारण जान सक्नेहरू हामीसँगै जानुपर्छ । यदि त्यो मनिसमा कुनै गल्ती छन् भने, तिमीहरूले दोष लगाउनुपर्छ ।” 6 आठ वा दश दिन अझ बसेपछि फेस्तस कैसरियातिर गए । र अर्को दिन उनी न्यायको आसनमा बसे र पावललाई तिनीकहाँ ल्याइयोस् भनी आदेश दिए । 7 जब उनी आइपुगे यरूशलेमका यहूदीहरू नजिकै उभिए र तिनीहरूले साबित नै गर्न नसक्ने गम्भीर अभियोगहरू ल्याए । 8 पावलले आफ्नो बचाउ गरे र भने, “यहूदीहरूको नामको विरुद्ध होइन, नत कुनै मन्दिरको विरुद्धमा र न त कैसरको विरुद्धमा, मैले कसैको विरुद्धमा गल्ति गरेको छैनँ ।” 9 तर फेस्तसले यहूदीको समर्थन पाउन चाहन्थे र उनले पावललाई जवाफ दिए र भने, “के तिमी यरूशलेम गएर यी कुराहरूको इन्साफ मद्वारा गरिएको चाहन्छौ ?” 10 पावलले भने, “म कैसरको न्यायको आसनको सामु खडा छु, जहाँ मेरो इन्साफ गरिनुपर्छ । जसरी तपाईंलाई पनि थाहा छ कि मैले कुनै पनि यहूदीलाई खराबी गरेको छैनँ । 11 तैपनि यदि मैले गल्ती गरेको छु र यदि मैले मृत्युको योग्य केही कुरा गरेको छु भने, म मर्नलाई इन्कार गर्दिनँ । तर यदि तिनीहरूका आरोपहरू केही पनि छैनन् भने, कसैले पनि मलाई तिनीहरूको हातमा सुम्पन सक्दैन । म कैसरलाई गुहार्छु । 12 त्यसपछि फेस्तसले परिषद्मा कुरा गरे र जवाफ दिए, “तिमीले कैसरसँग गुहार माग्यौ; तिमी कैसरकहाँ नै जानेछौ ।” 13 अब केही दिनपछि राजा अग्रिपा र बर्निकी कैसरियामा फेस्तसलाई कामकाजी भेटघाट गर्न आइपुगे । 14 उनी त्यहाँ धेरै दिनसम्म बसेपछि, फेस्तसले पावलका मुद्दाहरू राजाका अघि प्रस्तुत गरे । तिनले भने, “फेलिक्सले एक जना मानिसलाई कैदीको रूपमा छोडेका थिए । 15 जब म यरूशलेममा थिएँ, मुख्य पूजाहारी र यहूदीहरूका अगुवाहरूले यो मानिसको विरुद्ध मकहाँ आरोपहरू ल्याए, र तिनीहरूले उसको विरुद्ध दण्डको लागि अनुरोध गरे । 16 यसमा मैले यस्तो जवाफ दिएँ, “एउटा मानिसलाई कृपाको रूपमा कसैलाई सुम्पने रोमी प्रचलन छैन, बरु, दोष लगाइएको मानिसले उसलाई दोष लगाउनेहरूको सामना गर्न र आरोपहरूको विरुद्ध बचाउ गर्ने मौका पाउनु पर्छ ।” 17 यसकारण जब तिनीहरू सँगै यहाँ आए, मैले पर्खिनँ, अर्को दिन म न्याय आसनमा बसेँ र त्यो मानिसलाई भित्र ल्याउने आदेश दिएँ । 18 जब अभियोक्ताहरू उठे र अभियोग लगाए, तिनीहरूले ऊसको विरुद्ध लागाएको कुनै पनि आभियोगहरू मलाई गम्भीर लागेन । 19 यसको सट्टामा, तिनीहरूको आफ्नै धर्म सम्बन्धी र मरेको कोही येशूको बारे तिनीहरूको विवाद थियो जसलाई पावलले जीवित छन् भनी दावी गर्थ्यो । 20 म यो कुरामा कसरी अनुसन्धान गर्ने भनी अन्योलमा परेँ, र यी कुराहरूको बारेमा इन्साफ गरिनको निम्ति ऊ यरूशलेम जान्छ कि भनी मैले उसलाई सोधेँ । 21 तर पावलले सम्राटको फैसलाको निम्ति सुरक्षा पहरामा राखिनलाई इच्छा गरेपछि, मैले उसलाई कैसरकहाँ नपठाएसम्म राख्नलाई आदेश दिएँ ।” 22 अग्रिप्पाले फेस्तससँग भने, “म पनि यो मानिसका कुराहरू सुन्न चाहन्छु ।” फेस्तसले भने, “उसको कुरा तपाईंले भोलि सुन्नुहुनेछ ।” 23 यसरी अर्को दिन अग्रिप्पा र बर्निकी भव्य समारोहसँग आए; उनीहरू भवनभित्र सैनिक अधिकृतहरू र सहरका विशिष्ट व्यक्तिहरूसँग आए । र फेस्तसले आदेश दिएपछि पावललाई तिनीहरूकहाँ ल्याइयो । 24 फेस्तसले भने, “राजा अग्रिप्पा, यहाँ हामीसँग हुनुभएका सबै मानिसहरू, तपाईंले यो मानिसलाई देख्नु हुन्छ; यरूशलेममा र यहाँ पनि कैयौँ यहूदीहरूले मसँग छलफल गरे, र ऊ जीवित रहनु हुँदैन भनी मसँग कराए । 25 तर मैले थाहा पाएँ कि यो मानिसले मृत्युको लायकको त्यस्तो कुनै गल्ती गरेका छैन; तर उसले सम्राटकहाँ जाने अपिल गरेकाले, मैले उसलाई पठाउने निर्णय गरेँ । 26 तर मसँग सम्राटलाई लेख्ने कुनै निश्चित कुराहरू छैन । यसकारण मैले उसलाई तपाईंहरूकहाँ ल्याएको छु, विशेषगरी राजा अग्रिप्पाकहाँ, ताकि मसँग मुद्दाको बारेमा लेख्ने केही कुराहरू होस् । 27 किनभने एउटा कैदीलाई पठाउनु र उसको विरुद्धको आरोपहरू उल्लेख नगर्नु मलाई अनुपयुक्त जस्तो लाग्छ ।”
यो शब्दलाई यस अध्यायमा दुई भिन्न तरिकाले प्रयोग गरेको छ । जब यहूदी अगुवाहरूले फेस्तसको निगाहका लागि अनुरोध गरे, तब तिनीहरूले त्यो दिनमा फेस्तससँग केही विशेष कुरा गर्न अनुरोध गरे । उनले सामान्य रूपले नगर्ने कुरा उनले तिनीहरूका लागि गरुन् भन्ने इच्छा तिनीहरूले व्यक्त गरे । जब फेस्तसले “यहूदीहरूको समर्थन पाउन” इच्छा गरे, तब तिनीहरूले आगामी महिना र वर्षमा उनलाई मन पराऊन् र उनका आज्ञा पालन गरून् भन्ने उनको इच्छालाई जनाउँछ ।
रोमी नागरिकहरूलाई मात्र आफूले न्यायोचित व्यवहार गर्नु आवश्यक हुन्छ भनेर रोमीहरूले विचार गर्थे । रोमी नागरिक नभएका मानिसहरूलाई तिनीहरूले आफूलाई जे इच्छा लाग्यो त्यही गर्दथे । तर अरू रोमी नागरिकका बारेमा भने तिनीहरूले रोमी कानून पालन गर्दथे । कोही मानिस जन्मँदै रोमी नागरिक थिए र अरूले रोमी सरकारलाई रूपयाँ दिए, र यसरी तिनीहरू रोमी नागरिक भए । रोमी अधिकारीहरूले गैर-नागरिकलाई जस्तो व्यवहार गर्थे, त्यस्तै व्यवहार तिनीहरूले रोमी नागरिकलाई भने तिनीहरूले दण्ड पाउँथे ।
अब कैसरियाका शासक फेस्तस हुन् । तपाईंले यो नाउँलाई प्रेरितहरू २४:२७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
पावल कैसरियामा बन्दी अवस्थामा नै रहे ।
यो शब्दले कथामा एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्छ ।
सम्भावित अर्थहरू हुन् १) फेस्तस उनको शासन सुरु गर्न त्यस क्षेत्रमा आइपुगे वा २) सामान्य रूपमा फेस्तस त्यस क्षेत्रमा आइपुगे ।
यहाँ “माथि गए” वाक्यांश प्रयोग भएको छ किनभने उचाइका हिसाबले कैसरियाभन्दा यरूशलेम माथि छ ।
यसले अभियोगहरूका बारेमा यी कुनै व्यक्तिले कसैकहाँ बोकेर लान सक्ने वस्तुहरू भए झैँ गरी भन्दछ । वैकल्पिक अनुवादः “मुख्य पूजाहारी र प्रतिष्ठित यहूदीहरूले फेस्तसका सामु पावलको विरिद्धमा दोष लगाए”
यहाँ “उनलाई” शब्दले फेस्तसलाई जनाउँछ ।
यहाँ “उनलाई” शब्दले फेस्तसलाई जनाउँछ ।
यसको अर्थ पावललाई यरूशलेमा लान फेस्तसले आफ्ना सिपाहीहरूलाई आदेश देऊन् भन्ने हो । वैकल्पिक अनुवादः “कि उनले पावललाई यरूशलेमा लान आफ्ना सिपाहीहरूलाई आदेश देऊन्”
तिनीहरूले पावललाई हमला गर्न गइरहेका थिए ।
यहाँ “हामीलाई” शब्दले फेस्तस र उनीसँगै यात्रा गर्ने रोमीहरूलाई जनाउँछ, तर उनका श्रोताहरूलाई होइन ।
यसलाई प्रत्यक्ष उद्धरणका रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर फेस्तसले भने, ‘पावल कैसरियामा झ्यालखानामा रहेका छन्, र म आफै चाँडै त्यहाँ फर्कनेवाला छु ।’”
“उनले भने” भन्ने वाक्यांशलाई वाक्यको सुरुमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तब उनले भने, ‘त्यसकारण, कैसरियामा जान सक्नेहरू हामीसँगै त्यहाँ जानुपर्छ’”
“यदि पावलले केही गल्ती गरेका छन भने”
“तिमीहरूले उसलाई नियमहरू तोडेकोमा दोष ल्याउनुपर्छ” वा “तिमीहरूले उनका विरुद्धमा अभियोगहरू ल्याउनुपर्छ”
यहाँ पहिलो तीनपटक “उनले” र साथै “उनलाई” शब्द प्रयोग गरिएको छ, यी शब्दहरूले फेस्तसलाई जनाउँछन् । चौथो “उनी” शब्दले पावललाई जनाउँछ । “तिनीहरूले” शब्दले यरूशलेमबाट आएका यहूदीहरूलाई जनाउँछ ।
यरूशलेम भौगोलिक रूपले कैसरियाभन्दा माथि छ । यरूशलेमबाट तल आए भन्ने सामान्य चलन थियो ।
यहाँ “न्याय-आसन” शब्दले पावललको जाँचमा फेस्तसले न्यायाधीशका रूपमा शासन गरेको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “उनी न्यायाधीशको रूपमा काम गर्ने आसनमा बसे” वा “उनी न्यायाधीशका रूपमा बसे”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उनका सिपाहीहरूले पावललाई उनीकहाँ ल्याउन”
“जब उनी आए र फेस्तसको सामु खडा भए”
कुनै व्यक्तिले अपराध गरेको छ भनेर अदालतमा दोष लगाउने कुरालाई मानिसले अदालतमा बोकेर ल्याउन सक्ने कुनै वस्तु भए झैँ गरी भनेको छ । वैकल्पिक अनुवादः “पावलका विरुद्धमा तिनीहरूले धेरै गम्भीर कुरा बोले”
पावल भन्छन् कि यरूशलेमको मन्दिरमा प्रवेश गर्ने विषयमा उनले कुनै पनि नियमहरू तोडेनन् । वैकल्पिक अनुवादः “मन्दिर प्रवेश गर्ने नियमहरूको विरुद्धमा”
पावलले न्याय पाउनका लागि कैसरका सामु लगिनलाई अनुरोध गर्छन् ।
यहाँ “यहूदीहरू” भन्नुको अर्थ यहूदी अगुवाहरू भन्ने हुन्छ । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरूलाई खुशी पार्न चाहन्थे”
यरूशलेम भौगोलिक रूपले कैसरियाभन्दा माथि छ । माथि यरूशलेम जाने भन्ने सामान्य चलन थियो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जहाँ म यी कुराहरूको सम्बन्धमा तिम्रो इन्साफ गर्नेछु”
यहाँ “न्याय-आसन” भन्नाले पावललको न्याय गर्ने कैसरको अधिकार हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कैसरको सामु जान पाउँ भनी म बिन्ती गर्दछु, र यसरी उहाँले मेरो न्याय गर्न सक्नुहुन्छ”
पावलले काल्पनिक परिस्थितिका बारेमा भन्दै छन् । यदि तिनी दोषी थिए भने, तिनले दण्डलाई स्वीकार गर्ने छन्, तर तिनी दोषी छैनन् भन्ने कुरा तिनलाई थाहा छ ।
“यदि मैले मृत्युदण्डको योग्य हुने केही खराबी गरेको छ भने”
“यदि मेरो विरुद्धमा लगाइएका दोषहरू सत्य छैनन् भने”
सम्भावित अर्थहरू हुन् १) फेस्तससँग यी झूटा अभियोक्ताहरूको हातमा सुम्पने वैधानिक अधिकार छैन वा २) यदि उनले कुनै गल्ती नै गरेका छैनन् भने, शासक यहूदीहरूको अनुरोधसँग सहमत हुनुहुँदैन ।
“म आग्रह गर्छु कि कैसरले मलाई इन्साफ गर्नलाई म तिनीको सामु जना पाऊँ”
प्रेरितहरूको पुस्तकभरि “परिषद्” को रूपमा उल्लेख गरिएको यो महासभा होइन । यो रोमी सरकारको राजनीतिक परिषद् हो । वैकल्पिक अनुवादः “उनको आफ्नै सरकारी सल्लाहाकारहरूसँग” ।
राजा अग्रिपास र बर्निकी कथाका नयाँ पात्रहरू हुन् । तिनले थोरै इलाकामा मात्र शासन गरेका भए पनि, राजा अग्रिपास प्यालेस्टाइनमा वर्तमानमा राज गर्ने राजा हुन् । बर्निकी अग्रिपासकी बहिनी हुन् ।
फेस्तसले पावलको मुद्दा राजा अग्रिपासलाई वर्णन गर्न थाल्छन् ।
यो शब्दले कथामा एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्छ ।
“कामका विषयहरूमा फेस्तसलाई भेट्न”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब फेलिक्सले कार्यालय छोडे उनले यहाँ कारागारमा एउटा कैदीलाई छोडेका थिए”
फेलिक्स कैसरियामा बसोबास गर्ने त्यस प्रान्तका रोमी बडा हाकिम थिए । तपाईंले यसलाई प्रेरितहरू २३:२४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
कुनै व्यक्तिले अपराध गरेको छ भनेर अदालतमा दोष लगाउने कुरालाई मानिसले अदालतमा बोकेर ल्याउन सक्ने कुनै वस्तु भए झैँ गरी भनेको छ । वैकल्पिक अनुवादः “यो मानिसको विरुद्धमा मसँग कुरा गरे”
भाववाचक नाउँ “दण्ड” र “अनुरोध” क्रियापदका रूपमा लेख्न सकिन्छ । “दण्डको लागि अनुरोध” भन्ने वाक्यांशले अर्थ तिनीहरूले पावललाई मृत्युदण्डको फैसला सुनाउन अनुरोध गरेका कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “उनलाई मृत्युदण्डको फैसला सुनाउन तिनीहरूले मलाई अनुरोध गरे” वा “उनलाई मृत्युदण्डको घोषणा गर्न तिनीहरूले मलाई अनुरोध गरे”
यहाँ “जिम्मा लाउन” भन्ने कुराले कसैलाई दण्ड दिने वा मार्ने मानिसहरूकहाँ पठाइदिने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “दण्ड दिनका लागि कसैलाई दिने” वा “कुनै मानिसलाई मृत्युदण्डको घोषणा गर्ने”
यहाँ “आफूलाई दोष लगाउनेहरूको सामना” शब्दले आफूलाई दोष लगाउने मानिसलाई भेट्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “आफूलाई दोष लगाउने मानिसहरूसँग उसले प्रत्यक्ष रूपले भेट गर्नु अगि”
“किनभने मैले भर्खर भनेको कुरा सत्य हो ।” फेस्तसले भनेका थिए कि दोष लगाइएक मानिसले उसलाई दोष लगाउनेहरूको सामना गर्न पाउनुपर्छ र आफ्नो बचाउ गर्न पाउनुपर्छ ।
“जब यहूदी अगुवाहरू मलाई भेट्न यहाँ आए”
यहाँ “न्याय-आसन” शब्दले पावलको जाँच हुँदा फेस्तसले न्यायाधीशका रूपमा शासन गरेको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “न्यायाधीशको रूपमा काम गर्न म आसनमा बसेँ” वा “म न्यायधीशको रूपमा बसेँ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले सिपाहीहरूलाई पावललाई मेरो सामु ल्याउन आदेश दिएँ”
यहाँ “धर्म”को अर्थ मानिसहरूको जीवन र अलौकिक कुराहरूप्रति भएका मान्यताहरू भन्ने हुन्छ ।
यहाँ “मुद्दा चलाउन” लक्षणा शब्द हो । यसको अर्थ न्यायाधीशसमक्ष बोल्ने कुरा हो, र यसरी कोही व्यक्ति ठीक वा गलत छ भनी न्यायाधीशले निर्णय गर्न सक्नेछन् । वैकल्पिक अनुवादः “यी अभियोगका बारेमा जाँचमा खडा हुन जान” वा “उसका विरुद्धमा लगाइएका अभियोगहरू सत्य हुन् वा होइनन् भनी न्यायाधीधले फैसला गर्नका लागि”
फेस्तसले पावलको मुद्दा राजा अग्रिपासलाई वर्णन गरेर सिद्ध्याउँछन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर सम्राटले पावलको मुद्धाको फैसला गर्ने समय नहुन्जेल उनलाई रोमी सुरक्षा निगरानीमा बस्ने जोड गरेपछि”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले उनलाई कारागारमा राख्नलाई सिपाहीहरूलाई आदेश दिएँ” वा “सिपाहीहरूलाई उनको निगरानी गर्न मैले भनेँ”
“फेस्तसले भने” भन्ने वाक्यांशलाई वाक्यको सुरुमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “फेस्तसले भने, ‘पावलले भनेको सुन्न तपार्इंलाई म भोलि प्रबन्ध गर्नेछु ।’”
अग्रिपासले थोरै मात्र इलाकामा राज्य गरेको भए तापनि तिनी प्यालेस्टाइनका तत्कालीन राजा थिए । बर्निकी तिनकी बहिनी थिइन् । तपाईंले यसलाई प्रेरितहरू २५:१३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
पावलको मुद्धासम्बन्धी जानकारी फेस्तसले फेरि पनि राजा अग्रिपासलाई दिन्छन् ।
“तिनीहरूलाई सम्मान गर्ने ठूलो समारोहको साथ”
यो एउटा ठूलो कोठा थियो, जहाँ समारोह, जाँच र अन्य घटनाका लागि मानिसहरू भेला हुन्थे ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सिपाहीहरूले पावललाई तिनीहरूका अगि देखा पर्नलाई ल्याए”
“सारा” शब्द चाहिँ धेरै सङ्ख्याका यहूदीहरूले पावल मरेको चाहन्थे भनेर जोड दिनका लागि गरिएको अतिरञ्जन हो । वैकल्पिक अनुवादः “यहूदीहरूका ठूलो सङ्ख्या” वा “यहूदीहरूका अगुवाहरूमध्ये धेरै जना”
“तिनीहरू मसँग कडासँग बोले”
यो भनाइ भनिएको भन्दा ठीक विपरीत कुरालाई जोड दिनलाई अकरणमा भनिएको हो । वैकल्पिक अनुवादः “ऊ तत्कालै मर्नुपर्छ”
यहाँ पहिलो “तपाईंहरू” शब्द बहुवचन हो; दोस्रो “तपाईं” शब्द एकवचन हो ।
“सम्राटले नै उनको न्याय गरून् भन्ने इच्छा उनले गर्छन् भनी उनले भनेको हुनाले”
सम्राट रोमी साम्राज्यका शासक थिए । तिनले धेरै मुलुक र प्रान्तमा शासन गर्दथे ।
“मैले पावललाई तपार्इंहरू सबैकहाँ ल्याएको छु, तर विशेष गरी तपाईं राजा अग्रिपासकहाँ ।”
“यसरी लेख्नका लागि मसँग अरू केही कुरा हुन सकोस्” वा “र यसरी मैले के लेख्नुपर्ने हो, सो कुरा मैले जान्न सकूँ”
यहाँ “उल्लेख नगर्नु” र “उपयुक्त लाग्दैन” जस्ता अकरणमा बोलिने शब्दहरूलाई सकारात्मक हुने गरी लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले पनि उल्लेख गरेँ भने मात्र कैदीलाई पठाउन मलाई ऊचित लाग्यो”
सम्भावित अर्थहरू हुन् १) यहूदी अगुवाहरूले उनको विरुद्ध ल्याएका आरोपहरू वा २) पावलको मुद्दामा लागु हुने रोमी कानून अन्तर्गतका आरोपहरू ।
1 यसरी अग्रिपासले पावललाई भने, “तिमी आफ्नो निम्ति बोल्न सक्छौ ।” तब पावलले उनका हातहरू पसारे, र उनको बचाउ गरे । 2 “यी यहूदीहरूले लगाएका सबै दोषहरूको विरुद्धमा मेरो मुद्दालाई राजा अग्रिपास तपाईंको आगाडि राख्न पाउँदा म आफै खुसी भएको महसुस गर्दछु । 3 खास गरी, किनकि तपाईं यी सबै यहूदी रीतिरिवाजहरू र प्रश्नहरूबारे ज्ञाता हुनुहुन्छ । त्यसैले, तपाईंले मेरो कुरा धैर्यपूर्वक सुनिदिनुहोस् भनेर म बिन्ती गर्दछु । 4 साँच्चै, यी सबै यहूदीहरूले जान्दछन्, कि म कसरी मेरो जवानीदेखि मेरो आफ्नै देशमा र यरूशलेममा जिएँ । 5 तिनीहरूले मलाई सुरुबाट नै जान्दथे, र मैले फरिसीको रूपमा जिएको कुरा तिनीहरूले स्वीकार गर्नुपर्दछ, जुन हाम्रो धर्मको अति कठोर सम्प्रदाय हो । 6 अब म यहाँ न्यायको लागि उभिन्छु, किनकि म परमेश्वरले हाम्रा पुर्खाहरूलाई दिनुभएको प्रतिज्ञाको आशा राख्दछु । 7 यसैकारणले गर्दा, हाम्रा बाह्र कुलले उत्कटतासाथ दिन-रात परमेश्वररको सेवा गरे, र हामी पनि यसमा पुग्ने आशा राख्छौँ । हे राजा, त्यही आशाको कारणले यहूदीहरू मलाई दोष लगाउँछन् । 8 मृतकहरूलाई जीवित बनाउने कुरा परमेश्वरको लागि अपत्यारिलो छ भनेर तपाईंहरू किन विचार गर्नुहुन्छ ? 9 एक समय येशू नासरीको नाउँको विरुद्धमा धेरै कुराहरू गर्नुपर्छ भन्ने म आफैँले पनि विचार गरेँ । 10 मैले यरूशलेममा यी कामहरू गरेँ; मैले धेरै सन्तहरूलाई झ्यालखानामा थुनेँ, र मैले यसो गर्ने अधिकार मूख्य पूजाहारीहरूबाट पाएँ । जब तिनीहरू मारिए, मैले तिनीहरूका विरुद्धमा मेरो मत पनि जाहेर गरेँ । 11 मैले तिनीहरूलाई सबै सभाघरहरूमा बारम्बार सजाय दिएँ, र मैले तिनीहरूलाई ईश्वरको निन्दा गर्ने बनाउन कोसिस गरेँ । म तिनीहरूसित अति नै रिसाएँ, र तिनीहरूलाई विदेशका सहरहरूमा पनि खेदाएँ । 12 यसो गर्ने क्रममा मुख्य पूजाहारीहरूबाट पाएको आज्ञा र अधिकार लिएर म दमस्कसमा गएँ । 13 अनि बाटोमा, मध्यदिनमा, हे राजा, मैले स्वर्गबाट आएको ज्योति देखेँ, जुन सूर्यभन्दा पनि चम्किलो थियो, र त्यो म र मसँग यात्रा गर्ने मानिसहरू दुवैका वरिपरि चम्कियो । 14 जब हामीहरू सबै जना भुइँमा लड्यौँ, मैले हिब्रू भाषामा मसँग यसो भनेर बोलिरहेको एउटा आवाज सुनेँ, “ए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँछौ ? सुइरोमा लात हान्नु तिमीलाई कठिन हुन्छ ।” 15 तब मैले भनेँ, ʻतपाईं को हुनुहुन्छ, प्रभु ? ʼ प्रभुले जवाफ दिनुभयो, ʻम येशू हुँ, जसलाई तिमी सताउँछौ ? 16 अब तिमी उठ, र तिम्रो पाउमा खडा होऊ, किनकि म तिमीलाई सेवक र अहिले तिमीले मेरो बारेमा जानेका कुराहरू र पछि मैले तिमीलाई देखाउने कुराहरूको गवाही बन्नको लागि नियुक्त गर्ने उद्देश्यले म तिमीकहाँ देखा परेँ l 17 म तिमीलाई मानिसहरूबाट र गैरयहूदीहरूबाट उद्धार गर्नेछु, जसकहाँ मैले तिमीलाई पठाइरहेको छु । 18 तिनीहरूका आँखा खोल्न र तिनीहरूलाई अन्धकारबाट ज्योतिमा फर्काउन र शैतानको शक्तिबाट परमेश्वरमा फर्काउनको लागि, ताकि तिनीहरूले परमेश्वरबाट पापको क्षमा र मैले ममाथिको विश्वासद्वारा मेरो आफ्नै निम्ति अलग गरेकाहरूलाई मैले दिने उत्तराधिकार प्राप्त गर्न सकून् । 19 त्यसकारण, राजा अग्रिपास, मैले त्यो स्वर्गीय दर्शनको अवाज्ञा गरिनँ । 20 तर पहिले दमस्कसमा भएकाहरूकहाँ, त्यसपछि यरूशलेममा र यहूदियाको देशभरि रहनेहरू, र गैरयहूदीहरूकहाँ पनि तिनीहरूले पश्चात्ताप गरेर परमेश्वरमा फर्कनुपर्छ र पश्चात्ताप योग्यका कार्यहरू गर्नुपर्छ भनेर प्रचार गरेँ । 21 यसैकारण, यहूदीहरूले मलाई मन्दिरमा पक्राउ गरे, र मलाई मार्ने प्रयास गरे । 22 परमेश्वरले अहिलेसम्म मलाई सहायता गर्नुभएको छ । यसैकारण म खडा भएर साधारण मानिसहरू र ठुला मानिसहरूलाई अगमवक्ताहरू र मोशाले जे हुने थिए भनेका थिए ती कुराहरूभन्दा बढी कुनै पनि कुराको गवाही दिन्नँ । 23 कि ख्रीष्टले दु:ख भोग्नुपर्छ, र उहाँ मृतकहरूबाट जीवित हुनेहरूमा पहिलो हुनुहुन्छ, र यहूदीहरूसाथै गैरयहूदी मानिसहरूमा ज्योतिको घोषणा गर्ने जन हुनुहुनेछ । 24 पावलले उनको बचाउलाई पुरा गरिसकेपछि फेस्तसले उच्च सोरमा भने, “पावल, तिमी पागल भएका छौ, तिम्रो धेरै विद्याले तिमीलाई पागल बनाएको छ ।” 25 तर पवालले भने, “म पागल होइनँ, सम्माननीय फेस्तस, तर म साहसकासाथ यी सत्य र गम्भीर वचनहरू बोल्छु ।” 26 किनकि राजाले यी कुराहरूको बारेमा जान्नुहुन्छ, र यसैले म उहाँसँग खुलेर बोल्छु, किनकि मलाई विश्वास छ, कि उहाँबाट यीमध्ये कुनै पनि कुराहरू लुकेका छैनन्, किनकि यो कुरा गुपचुपमा गरिएको छैन । 27 राजा अग्रिपास, के तपाईं अगमवक्ताहरूमा विश्वास गर्नुहुन्छ ? म यो कुरा जान्दछु, कि तपाईंले विश्वास गर्नुहुन्छ ।” 28 अग्रिपासले पवाललाई भने, “के तिमी छोटो समयमा मलाई फकाएर ख्रीष्टियान बनाउन चाहन्छौ ?” 29 पावलले भने, “चाहे छोटो समयमा होस्, या लामो समयमा होस्, तपाईं मात्र होइन तर आज मेरो कुरा सुन्ने जति सबै यी झ्यालखानाका साङ्लाहरूबाहेक अरू कुरामा म जस्तै होऊन् भनी म परमेश्वरमा प्रार्थना गर्छु ।” 30 त्यसपछि राजा उठे, र शासक, बरनिकी र तिनीहरूसँग बसिरहेकाहरू पनि उठे । 31 तिनीहरू सभा भवनबाट बाहिरिँदा, तिनीहरूले एक अर्कामा कुराकानी गरे, र भने, “यी मानिसले मृत्यु वा कैदमा पर्न लायक कुनै कुरो गरेका छैनन् ।” 32 अग्रिपासले फेस्तसलाई भने, “यदि तिनले कैसरकहाँ अपील नगरेको भए यी मानिसलाई छाड्न सकिन्थ्यो ।”
पावलको जीवन परिवर्तनका बारेमा प्रेरितको पुस्तकमा उल्लेख भएको यो तेस्रो वर्णन हो । पावलको जीवन परिवर्तनको घटना सुरुको मण्डली इतिहासको अत्यन्तै महत्त्वपूर्ण घटना भएको हुनाले यसको बारेमा तीन ठाउँमा लेखिएको छ । (हेर्नुहोस्ः प्रेरितहरू ९ अनि प्रेरितहरू २२)
पावलले जे गरेका थिए, सो कुरा तिनले किन गरे, अनि रोमी बडाहाकिमले किन तिनलाई दण्ड दिन हुँदैन भन्ने कुरा तिनले राजा अग्रिपासलाई भने ।
अधार्मिक मानिस, अर्थात् परमेश्वरलाई मनपर्दो कुरा नगर्ने मानिसका बारेमा बाइबलले तिनीहरू अन्धकारको वरिपरि हिँडेको जस्तो हो भन्दछ । पापी मानिसलाई धर्मी बन्न ज्योतिले सहायता गर्छ, र तिनीहरूले गरिरहेका कुराहरू खराब हुन् भनी जान्न र परमेश्वरको आज्ञापालन गर्न यसले तिनीहरूलाई सक्षम तुल्याउँछ ।
फेस्तसले पावललाई राजा अग्रिपासको सामु ल्याएका छन् । पद २ मा पावलले राजा अग्रिपासको सामु आफ्नो बचाउ गर्न थाल्छन् ।
अग्रिपाले थोरै मात्र इलाकामा राज्य गरेको भए तापनि तिनी प्यालेस्टाइनका तत्कालीन राजा थिए । तपाईंले यसलाई प्रेरितहरू २५:१३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“आफ्नो हात पसारे” वा “आफ्नो हातले इशारा गरे”
भाववाचक नाउँ “बचाउ” लाई क्रियापदका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनलाई आरोप लगाइरहेकाहरूको विरुद्धमा आफ्नो बचाउ गर्न थाले”
पावल खुशी थिए किनभने उनी अग्रिपासको सामु देखा पर्नु सुसमाचारको बारेमा बोल्ने एउटा अवसर भएको उनले सोचे ।
यो वाक्यांशले कसैको मुद्धाका बारेमा स्पष्ट पार्ने कुरालाई जनाउँछ, र यसरी अदालतमा हुनेहरूले छलफल गर्न र त्यसका बारेमा निर्णय गर्न सकून् । वैकल्पिक अनुवादः “मैले आफैँलाई बचाउ गर्न”
भाववाचक नाउँ “दोषहरू” लाई क्रियापद “दोष लगाउने” लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “मलाई दोष लगाइरहेका सबै यहूदीहरूका विरुद्धमा”
यसले सबै यहूदीहरूलाई जनाउँदैन । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरू”
यसले कस्ता किसिमका प्रश्नहरूका बारेमा भनेको हो भनी तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “धार्मिक विषयहरू बारेका प्रश्नहरूमा”
यो सामान्यीकरण हो । सम्भावित अर्थहरू हुन् १) यसले सामान्य रूपमा पावललाई चिन्ने यहूदीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यहूदीहरू” वा २) यसले पावललाई चिन्ने फरिसीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरू”
सम्भावित अर्थहरू हुन् १) उनका आफ्नै मानिसहरूका बीचमा, इस्राएलको भौगोलिक भूमिमा नै भन्ने अनिवार्य भने छैन वा २) इस्राएलको भूमिमा ।
“अति कट्टर नियमहरूअनुसार जीवन बिताउने यहूदी धर्मभित्रको एउटा सम्प्रदाय”
यहाँ “तपाईंहरू” बहुवचन हो र पावलका कुरा सुनिरहेका मानिसहरूलाई जनाउँछ ।
यो शब्दले पावलले आफ्नो विगतको जीवनका बारेमा छलफल गरेको अवस्थाबाट वर्तमान् समयमा तिनले फट्को मारेको कुराको सङ्केत गर्दछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म यहाँ छु, जहाँ तिनीहरूले मलाई सोधपुछको लागि राखेका छन्”
यसले प्रतिज्ञा यस्तो थोक हो जसलाई मानिसले हेर्न र आशा गर्न सक्दछ भनेजस्तो गरी लेखिएको छ । वैकल्पिक अनुवादः “परमेश्वरले हाम्रा पूर्खाहरूसँग जे गर्छु भनी प्रतिज्ञा गर्नुभयो, त्यस कुराको आशा गरेर म पर्खन्छु”
“बाह्र कुल” भन्ने वाक्यांशले ती कुलका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “हाम्रा यहूदी बन्धुहरूले यही कुराको आशा गरेर बसे”
यसले आशा अर्थात् प्रतिज्ञाको बारेमा यो पाउन सक्ने वस्तु जस्तो हो भन्दछ ।
“रात” र “दिन” आराधना भन्नुको अर्थ हो कि तिनीहरूले “निरन्तर परमेश्वरको आराधना गरे ।”
यसले सबै यहूदीलाई जनाउँदैन । वैकल्पिक अनुवादः “यहूदीहरूका अगुवाहरू”
त्यहाँ उपस्थित यहूदीहरूलाई चुनौति दिनका लागि पावलले यो प्रश्न सोधेका हुन् । परमेश्वरले मरेका मानिसहरूको पुनरुत्थान गर्नुहुन्छ भनेर तिनीहरूले विश्वास गरे, तापनि परमेश्वरले येशूको पुनरुत्थान गर्नुभयो भन्ने कुरा तिनीहरूले विचार गर्न नै सक्दैनन् । यसलाई एउटा वाक्यको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मरेको व्यक्तिको पुनरुत्थान गर्नुहुन्छ भन्ने कुरा असम्भव हो भन्ने विचार तपाईंहरू कसैले विचार गर्नुहुन्न ।”
यहाँ बौह्राउनु भनेको मरिगएको कसैलाई फेरि जीवित हुन लगाउने कुरालाई जनाउने वाक्पद्धति हो । वैकल्पिक अनुवादः “मृत मानिसहरूलाई फेरि जीवित भएर आउने बनाउनुहुन्छ”
पावलले आफ्नो बचाउ गर्दा अर्कोतिर मोडिएको देखाउनलाई यो वाक्यांशको प्रयोग गर्छन् । उनले अब येशूका मानिसहरूलाई कसरी सताउने गर्थे भनेर तिनले वर्णन गर्छन् ।
यहाँ “नाउँ”ले त्यस व्यक्तिको बारेमा भएको शिक्षालाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसहरूलाई येशूको बारेमा सिकाउन रोक्नलाई”
यहाँ “मारिंदा” शब्दलाई कर्तृवाच्यका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्वासीहरूलाई मार्ने दण्ड दिनलाई अन्य यहूदी अगुवाहरूसँग सहमतिमा मैले मेरो मत जाहेर गरेँ”
सम्भावित अर्थहरू हुन् १) पावलले केही विश्वासीहरूलाई धेरैपटक दण्ड दिए वा २) पावलले थुप्रै विभिन्न विश्वासीहरूलाई दण्ड दिए ।
राजा अग्रिपासँग कुरा गर्दा पावलले प्रभुले तिनीसँग बोल्नुभएको कुरा तिनले भने ।
पावलले आफ्नो बचाउ गर्दा अर्कोतिर मोडिएको देखाउनलाई यो वाक्यांशको प्रयोग गर्छन् । अब उनले येशूलाई देखेका र आफू उहाँको चेला भएका कुरा गर्दैछन् ।
एउटै समयमा घटेका दुईवटा घटनालाई सङ्केत गर्न यो शब्द प्रयोग भएको हो । यो घटनामा, पावलले ख्रीष्टिएनहरूलाई सताइरहेको समय अवधिमा तिनी दमस्कसमा गए ।
पावलसँग यहूदी विश्वासीहरूलाई सताउनलाई यहूदी अगुवाहरूले दिएको लिखित पत्र थियो ।
यहाँ “आवाज”ले बोलिरहने व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “मैले कोही मसँग बोलिरहेको सुनेँ जसले भन्नुभयो”
यो एउटा आलङ्कारिक प्रश्न हो । वक्ताले शाऊलले उनलाई गरिरहेका कुराको बारेमा शाऊललाई सचेत गराइरहेका छन्, र भन्न खोजिरहेका छन् कि शाऊलले त्यसो गर्नुहुँदैन । वैकल्पिक अनुवादः “शाऊल, शाऊल, तिमीले मलाई सताइरहेका छौ ।” वा “शाऊल, शाऊल, मलाई सताउन छोड ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)
पावलले येशूको विरोध गर्ने र विश्वासीहरूलाई सताउने कुरा चाहिँ यसरी बताइएको छ कि मानौँ उनी एक गोरु हुन् जसले एउटा तीखो लट्ठीमा लात हानिरहेको छ जुन लट्टी कुनै व्यक्तिले पशुलाई घोच्न
पावलले राजा अग्रिपाससँग आफ्नो बचाउलाई जारी राख्छन् । यी पदहरूमा उनले प्रभुसँगको आफ्नो वार्तालापलाई उल्लेख गर्छन् ।
कुनै मानिसलाई सत्यता बुझ्न मानिसहरूलाई सहायता पुर्याउने कुराका बारेमा त्यो व्यक्तिले कसैलाई साँच्चिकै आँखा खोल्न सहायता पुर्याउने कुरा झैँ हो भनिएको छ ।
कुनै व्यक्तिलाई खराब गर्न रोक्न र परमेश्वरमा भरोसा गरेर आज्ञाकारी हुन सुरु गर्न सहायता पुर्याउने कुराका बारेमा त्यो व्यक्तिले कसैलाई साँच्चिकै अँध्यारो ठाउँबाट उज्याले ठाउँमा डोर्याएको कुरा झैँ हो भनिएको छ ।
कुनै व्यक्तिलाई शैतानको आज्ञाकारी हुन रोक्न र परमेश्वरमा आज्ञाकारी हुन सुरु गर्न सहायता पुर्याउने कुराका बारेमा त्यो व्यक्तिले अर्को व्यक्तिलाई साँच्चिकै फर्काएको र उसलाई शैतानको शासनको ठाउँदेखि बाहिर निकालेर परमेश्वरले शासन गर्नुहुने ठाउँमा डोर्याएको कुरा झैँ हो भनिएको छ ।
भाववाचक नाउँ “क्षमा” लाई क्रियापद “क्षमा गर्नु” राखेर लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूका पाप क्षमा गर्न सक्नुभएको होस्”
येशूले उहाँमा विश्वास गर्ने मानिसहरूलाई दिनुहुने आशिष्हरूका बारेमा ती कुरा छोराछोरीले आफ्ना बाबुबाट प्राप्त गर्न सक्ने हिस्सा वा उत्तराधिकारजस्तो हो भनिएको छ ।
येशूले कोही मानिसलाई आफ्नो हुन चुन्नुहुने कुराका बारेमा उहाँले तिनीलाई अरू मानिसहरूबाट साँच्चिकै अलग गर्नुभएको जस्तो हो भनिएको छ ।
“किनभने तिनीहरूले मलाई विश्वास गर्दछन् ।” यहाँ पावलले प्रभुको भनाइलाई उद्धरण गरेर सिद्ध्याउँछन् ।
“किनभने मैले भर्खर भनेको कुरा सत्य हो ।” पावलले प्रभुले उनलाई दर्शनमा आज्ञा गर्नुभएको कुरा भर्खर व्याख्या गरेका थिए ।
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले आज्ञापालन गरेँ”
यसले दर्शनमा देखेको व्यक्तिले पावललाई भनेका कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “स्वर्गबाटका व्यक्तिले मलाई दर्शनमा भनेको कुरा”
परमेश्वरमा भरोसा गर्न सुरु गर्ने कुराका बारेमा त्यो कुनै व्यक्ति परमेश्वर हुनुभएतिर फर्केर हिँडेको कुरा जस्तो हो भनिएको छ । वैकल्पिक अनुवादः “परमेश्वरमा भरोसा गर्नु”
भाववाचक नाउँ “पश्चाताप” लाई क्रियापद “पश्चाताप गर्नु” लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “र तिनीहरूले साँच्चिकै पश्चाताप गरेका छन् भनी दर्शाउनका लागि असल कार्य गर्न सुरु गर्न”
यसले यहूदीहरूमध्ये सबै जना भन्ने अर्थ हुँदैन । वैकल्पिक अनुवादः “केही यहूदीहरू”
पावलले राजा अग्रिपासको सामु आफ्नो बचाउ गरेर सिद्ध्याउँछन् ।
यहाँ “साझा मानिसहरू” र “ठूलाहरू” भन्ने कुरालाई “सबै मानिसहरू”को अर्थ दिनलाई प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “सबै मानिसहरूलाई, चाहे सामान्य होऊन् वा ठूला होऊन्, अरू कुनै कुराको बारेमा नभइ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-merism)
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ठीक त्यही कुरामा जुन”
पावलले पुरानो करारका अगमवक्ताहरूको संयुक्त लेखहरूलाई जनाइरहेका छन् ।
ख्रीष्ट मर्नु पनि पर्दछ भनेर तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “कि ख्रीष्टले दुःख भोग्नुपर्छ र मर्नुपर्छ”
जीवनमा फर्किआउनु
“मृतकहरूबाट” भन्ने वाक्यांशले मरिगएका मानिसहरूको आत्माहरूलाई जनाउँछ । तिनीहरूको माझबाट बौह्रनुले पुनः जीवित बन्ने कुराको विषयमा बताउँछ ।
“ज्यतिको बारेमा भएको सन्देशको घोषणा गर्नुहुनेछ ।” परमेश्वरले मानिसहरूलाई कसरी बचाउनुहुन्छ भनेर अरू मानिसलाई भन्ने कुरा त्यस व्यक्तिले ज्योतिका बारेमा बोलेको जस्तो हो भनिएको छ । वैकल्पिक अनुवादः “परमेश्वरले मानिसहरूलाई कसरी बचाउनुहुन्छ भन्ने बारेमा भएको सन्देशलाई उहाँले घोषणा गर्नुहुनेछ”
पावल र राजा अग्रिपासले निरन्तर सँगै कुरा गर्छन् ।
“तिमीले व्यर्थका कुराहरू बोलिरहेका छौ” वा “तिमी बौलाहा हौ”
“तिमीले धेरै पढेका छौ, र यसरी तिमी अब बौलाहा भएका छौ”
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म सद्दे छू ... र” वा “म राम्ररी सोच्न सक्छु ... र”
“फेस्तस, जो उच्च सम्मानका योग्य छन्”
पावलले अझसम्म पनि राजा अग्रिपाससँग बोल्दै छन् । तर तिनले तृतीय पुरुष प्रयोग गरेर उनलाई सम्बोधन गर्दै छन् । वैकल्पिक अनुवादः “किनकि तपाईंले ... तपाईंसँग ... तपाईंबाट”
पावल राजासँग ख्रीष्टको बारेमा कुरा गर्न डराएका थिएनन् । वैकल्पिक अनुवादः “म साहससँग बोल्छु”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म निश्चित छु”
यसलाई कर्तृ वाच्यमा र सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि उहाँ यसका बारेमा जानकार हुनुहुन्छ” वा “कि हजुर यसका बारेमा जानकार हुनुहुन्छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कुनामा भएको छैन”
गुप्तमा केही कुरा गर्नुलाई यसले कुनै व्यक्ति गएको र उसलाई कसैले पनि देख्न नसक्ने कोठाको कुनामा बसेर केही कुरा गरेको जस्तो हो भनेको छ । वैकल्पिक अनुवादः “अँध्यारो ठाउँमा” वा “गुप्तमा”
अगमवक्ताहरूले पहिलेदेखि नै येशूको बारेमा भनेका कुरामा अग्रिपासले विश्वास गर्छन् भन्ने कुरा याद दिलाउनलाई पावलले उनलाई यो प्रश्न गर्छन् । यसलाई एउटा वाक्यका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “हे राजा अग्रिपास, तपार्इंले यहूदी अगमवक्ताहरूले भनेका कुरा पहिलेदेखि नै विश्वास गर्नुहुन्छ !”
अग्रिपासले उनी अन्य धेरै प्रमाण बिना त्यति सजिलैसित विश्वस्त हुन सक्दैनन् भनी देखाउनलाई यो प्रश्न गर्छन् । यसलाई एउटा वाक्यका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीले मलाई यति सजिलै येशूमा विश्वास गर्नलाई मनाउन सक्छौ भनेर पक्कै पनि तिमी सोच्दैनौ !”
यहाँ “झ्यालखानाका साङ्लाहरू” भनेको अर्थ कैदी भएको भन्ने हुन्छ । वैकल्पिक अनुवादः “तर पक्कै पनि, तपाईं मजस्तै कैदी हुनुहोस् भन्ने म चाहन्न”
बरनिकी राजा अग्रिपाकी बहिनी थिइन् । (प्रेरितहरू २५:१३) ।
यसले राजा अग्रिपाको सामु पावलको समय अन्त्य गर्दछ ।
“तब राजा अग्रिपास र शासक फेस्तस उठे”
भाववाचक नाउँ “मृत्यु”लाई क्रियापद “मर्नु” लेख्न सकिन्छ । यहाँ “बन्धन” शब्दले झ्यालखानामा पर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “यो मानिस मर्न वा झ्यालखानामा पर्न योग्य छैन”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो मानिसलाई स्वतन्त्र भएर जान सक्थ्यो” वा “मैले यस मानिसलाई स्वतन्त्र गर्न सक्थेँ”
1 जब हामीले इटालीको यात्रा गर्नुपर्छ भन्ने निर्णय गरियो, तिनीहरूले पावल र केही कैदीहरूलाई अगस्टसको फौजको कप्तान युलियसको जिम्मा लगाइदिए । 2 हामी एड्रामिटेनोसबाट जहाजमा चढ्यौँ, जुन एसियाको समुद्रीतट भएर जान लाग्दै थियो । त्यसैले, हामी समुद्रतिर गयौँ । माकेडोनियामा पर्ने थेसेलोनिकेका अरिस्तार्खस हामीसँगै गए । 3 अर्को दिन हामी जहाजबाट सिदोन सहरमा उत्रियौँ, जहाँ युलियसले पावललाई दयापूर्ण व्यवहार गरे, र उनलाई उनका साथीहरूकहाँ जान अनुमति दिए ताकि उनले तिनीहरूबाट वास्ता पाउन सकून् । 4 त्यहाँबाट हामी समुद्रतिर लाग्यौँ, अनि बतासबाट सुरक्षित भएको साइप्रसको टापु नजिक जहाजमा यात्रा गर्यौँ, किनभने बतास हाम्रो विपरीत दिशाबाट चलेको थियो । 5 किलिकिया र पामफिलियाको नजिकैबाट जहाजमा यात्रा गर्दै हामी लुकिया सहरको माइरा आइपुग्यौँ । 6 त्यहाँ सिपाहीका कप्तानले इटाली गइरहेको अलेक्जेन्ड्रियाको एउटा जहाज भेट्टाए । उनले हामीलाई त्यसमा चढाइदिए । 7 जब हामी धेरै दिन यात्रा गर्दै बिस्तारै र कष्टसाथ अन्तमा क्निडस नजिकै आइपुग्यौँ, बतासले हामीलाई त्यताबाट अगाडि बढ्न दिएन । त्यसैले, हामीले सल्मोनको सामुन्ने रहेको क्रेटको आड लिएर यात्रा गर्यौँ । 8 समुद्रीतट भएर लासिया सहरको नजिकै रहेको सुन्दर बन्दरगाह भन्ने ठाउँसम्म नपुगेसम्म हामीले कष्टसाथ यात्रा गर्यौँ । 9 हामीले ज्यादै धेरै समय लगायौँ । यहूदी उपवासको समय पनि बितिसकेको थियो । सामुद्रिक यात्रा खतरनाक भएको थियो । त्यसैले, पावलले तिनीहरूलाई चेताउनी दिए, 10 र भने, “मानिसहरू हो, हामीले सुरु गर्न लागेको सामुद्रिक यात्रामा हाम्रा सामानहरू र जहाजलाई मात्र होइन, हामीलाई पनि ठुलो चोटपटक लाग्नेछ र नोक्सानी हुनेछ भन्ने म देख्छु ।” 11 तर सिपाहीका कप्तानले पावलले बोलेका कुरामा भन्दा जहाजका चालक र जहाजको मालिकको कुरामा बढ्ता ध्यान दिए । 12 किनभने जाडो समयमा त्यो बन्दरगाहमा समय बिताउन सजिलो थिएन । त्यसैले, जहाज चालकहरूमध्ये धेरै जनाले जसरी भएपनि फोनिक्स सहरमा पुगेर जाडो बिताउनको लागि त्यहाँबाट यात्रा गर्न सल्लाह दिए । फोनिक्स क्रेटको एउटा बन्दरगाह हो, जुन उत्तर-पूर्व र दक्षिण-पूर्वपट्टि फर्केको छ । 13 जब दक्षिणी बतास मन्द रूपले बहन थाल्यो, तब जहाज चालकहरूले जे चाहेका थिए त्यो प्राप्त गरे भनी उनीहरूले सोचे । त्यसकारण, तिनीहरूले लङ्गर निकाली समुद्रमा खसाले, र क्रेटको समुद्र किनार हुँदै यात्रा गरे । 14 तर त्यसको केही समयपछि डरलाग्दो उत्तर-पूर्वी नामक तुफान चल्यो र त्यो सम्पूर्ण टापुभरि हामीमाथि बज्रन थाल्यो । 15 जहाजले त्यस आँधीको सामना गर्न नसकेपछि हामीले हार मान्यौँ, र त्यसले जता लैजान्थ्यो, त्यतै गयौँ । 16 हामी क्लौडा नाउँ गरेको एउटा सानो टापुको सुरक्षित स्थान हुँदै लाग्यौँ, अनि बडो कष्टका साथ पानी जहाजमा रहेको सानो डुङ्गालाई जोगाउन सक्षम भयौँ । 17 जब तिनीहरूले यसलाई माथि उचाले, त्यसपछि त्यसका डोरीहरू जहाजको मुख्य भागलाई बाँध्नको लागि प्रयोग गरे । हामीहरू सिरटिसको बलौटे धापमा फस्छौँ कि भनेर तिनीहरू डराएका थिए । त्यसैले, तिनीहरूले लङ्गरहरू झारिदिए, र जहाज आफैँ तैरन थाल्यो । 18 हामी आँधीद्वारा धेरै धकेलियौँ । त्यसकारण, अर्को दिन जहाज चालकहरूले जहाजमा राखिएका समानहरू समुद्रमा फाल्न लागे । 19 तेस्रो दिन जहाज चालकहरूले जहाजलाई नियन्त्रण गर्न सामान पुन: फाले । 20 जब धेरै दिनसम्म सूर्य र ताराहरू हाम्रामाझ चम्किएनन्, र ठुलो आँधी हामीमाथि बज्रिरह्य ो, तब हामीले बच्न सक्छौँ कि भन्ने आशा नै त्यागेका थियौँ । 21 जब तिनीहरूले खानाविना धेरै दिन बिताइसकेका थिए, त्यसपछि पावल जहाज चालकहरूका माझमा खडा भए, र भने, “मानिसहरू हो, यो चोट र हानि नभोग्नलाई मेरो कुरा मानेर क्रेटबाट यात्रा नगरेको भए असल हुने थियो । 22 अब म तपाईंहरूलाई साहसी बन्न उत्साह दिन्छु, किनभने तपाईंहरूका माझमा कुनै पनि मानवीय क्षति हुनेछैन, जहाजको मात्रै क्षति हुनेछ । 23 किनभने गएको रात मैले आराधना गर्ने परमेश्वर जसको म हुँ, उहाँका एक स्वर्गदूत मेरो छेउमा उभिए 24 र भने, “नडराऊ, पावल । तिमी कैसरको अगाडि उभिनु पर्छ र हेर परमेश्वरले आफ्नो कृपामा तिमीसँग यो जहाजमा यात्रा गरिरहेका सबैलाई तिम्रो हातमा दिनु भएको छ । 25 त्यसकारण, मानिसहरू, साहसी हुनुहोस् किनभने म परमेश्वरलाई भरोसा गर्दछु, कि मलाई जे भनिएको छ त्यस्तै हुनेछ । 26 तर हाम्रो जहाज भने कुनै टापुमा पुगेर क्षतिग्रस्त हुनुपर्नेछ ।” 27 जब चौधौँ रात आयो, हामी यताउता गर्दै भएर एड्रियाटिक समुद्रमा यात्रा गरिरहेका थियौँ, मध्यरातमा जहाज चालकहरूले कुनै जमिन नजिक पुगिरहेका छौँ भन्ने विचार गरे । 28 तिनीहरूले गहिराइ नापे र गहिराइ लगभग छत्तिस मिटर भएको पत्ता लगाए, केही समय पछि फेरि उनीहरूले नाप लिए र गहिराइ सत्ताइस मिटर भएको पत्ता लगाए । 29 हामीहरू चट्टानहरूमा ठोकिएर दुर्घटनामा पर्छौं कि भनेर तिनीहरू डराए, त्यसैले तिनीहरूले जहाजको पछाडि पट्टिबाट चारवटा लंगर तल खसालेर चाँडै बिहान होस् भनेर प्रार्थना गरे । 30 जहाज चालकहरूले त्यो जहाजलाई त्याग्नको लागि बाटो खोजिरहेका थिए र सानो डुङ्गा समुद्रमा तल झारे अनि जहाजको अगाडिको भागबाट लंगरहरू तल खसाल्छौँ भनी बहाना बनाए । 31 तर पावलले सिपाहीहरू र उनीहरूका कप्तानलाई भने, “यी मानिसहरू यस जहाजमा बसेनन् भने तपाईंहरू जीवित रहन सक्नुहुने छैन ।” 32 त्यसपछि सिपाहीहरूले त्यो डुङ्गाको डोरी काटिदिए र त्यसलाई त्यही पानीमा नै बगेर जान दिए । 33 जब बिहानको हुनै लागेको थियो, पावलले ती सबैलाई खाना खान बिन्ती गरे । उनले भने, “तपाईंहरूले खाना नखाई पर्खिएको आज यो चौधौँ दिन हो, तपाईंहरूले केही पनि खानु भएको छैन । 34 त्यसैले तपाईंहरूले केही खानुहोस् किनकि यो तपाईंहरूलाई बाँच्नको लागि हो र तपाईंहरूको टाउकोको एउटै रौँ पनि नष्ट हुन पाउने छैन ।” 35 त्यति भनिसकेपछि, उनले रोटी लिए र सबैको सामु परमेश्वरलाई धन्यवाद दिए । त्यसपछि उनले त्यो रोटी भाँचे अनि खान सुरु गरे । 36 त्यसपछि तिनीहरू सबै उत्साहित भए र खाना खाए । 37 हामी जहाजमा 276 जना मानिस थियौँ । 38 जब उनीहरूले पर्याप्त खाना खाए, त्यसपछि तिनीहरूले गहुँलाई समुद्रमा फ्याँकेर जहाजलाई हलुका बनाए । 39 जब उज्यालो भयो, तिनीहरूले जमिनलाई चिन्न सकेनन्, तर तिनीहरूले समुद्रबाट बलौटे किनारा भएको खाडी देखे, अनि तिनीहरूले जहाजलाई त्यहाँ लैजान सक्छन् कि सक्दैनन् भनी छलफल गरे । 40 त्यसैले तिनीहरूले लंगरहरू काटेर र समुद्रमा नै छोडिदिए । त्यही समयमा तिनीहरूले जहाजमा भएका पतवारको डोरीहरू खोलि दिए अनि बतासतिर जहाजका पालहरू फर्काए, र त्यसपछि तिनीहरू समुद्र किनारतिर अगि बढे । 41 तर तिनीहरू दुईओटा पानीको प्रवाह मिलेको ठाउँमा पुगे अनि जहाज जमिनमा भासियो । जहाजको अगाडिको भाग त्यहीँ अड्कियो र जहाज हलचल गर्न सकेन । तर प्रचण्ड बतासको कारणले जहाजको पछाडिको भाग भाँचिन सुरु भयो । 42 कैदीहरू पौडेर नाभागून् भनेर सिपाहीहरूले तिनीहरूलाई मार्ने योजना गरे l 43 तर सिपाहीको कप्तानले पावललाई बचाउने चाहना गरे, त्यसकारण उनले तिनीहरूको योजनालाई रोके, र जसलाई पौडी खेल्न आउँछ तिनीहरूले पहिले जहाजबाट हाम फालेर उत्रून् र जमिनमा जाऊन् भन्ने आदेश दिए । 44 त्यसपछि तिनले बाँकी मानिसहरू जाऊन्, कोही काठका तख्ताहरूमा र केही जहाजका अन्य सामानहरूमा चढेर जाऊन् भने । यसरी हामी सबै जना जमिनमा सुरक्षित आइपुग्यौँ ।
समुद्रको नजिक बसोबास गर्नेहरू हावाको शक्तिले अगि बढ्ने डुङ्गामा यात्रा गर्दथे । वर्षका केही महिना हावा विपरित दिशामा बग्दछ । यसैले समुद्रमा जानपर्ने दिशातर्फ तैरन साह्रै मुश्किल हुन्छ ।
परमेश्वरले पावललाई सुरक्षासाथ जमिनतर्फ लगिदिनुहुन्छ भनेर पावलले भरोसा गरे । परमेश्वरले चालकहरू र सिपाहीहरूलाई पनि सुरक्षित राख्नका लागि उहाँमा भरोसा गर्न पावलले तिनीहरूलाई भने ।
येशूले आफ्ना चेलाहरूका साथमा अन्तिम पटक भोजन गर्नुभएको कुरालाई वर्णन गर्नलाई लूकाले जुन शब्दहरूको प्रयोग गरे, लगभग त्यही नै शब्दहरू यहाँ पावलले रोटी लिएका, परमेश्वरलाई धन्यवाद दिएका, त्यसलाई भाँचेर खाएका कुराको वर्णन गर्नलाई पनि प्रयोग गर्छन् । तापनि, तपाईंको भाषामा अनुवाद गर्दा पावलले यहाँ धार्मिक उत्सवमा नेतृत्व गरेको जस्तो देखाउनुहुँदैन ।
एड्रामिटेनोस सम्भवतः आधुनिक टर्कीको पश्चिमी तटमा अवस्थित एक सहर थियो । “हामी” शब्दले प्रेरितहरूको पुस्तकका लेखक, पावल, र पावलका अन्य सहयात्रीहरूलाई जनाउँछ, तर पाठकलाई होइन ।
पावल इक कैदीको रूपमा आफ्नो रोमतर्फको यात्रा सुरु गर्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब राजा र बडाहाकिमले निर्णय गरे”
इटालिया रोममा भएको प्रान्तको नाम हो । तपाईंले “इटाली”लाई प्रेरितहरू १८:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“तिनीहरूले सम्राटको पल्टनका कप्तान युलियसलाई पावल र अरू केही कैदीको जिम्मा लगाए”
सम्भावित अर्थहरू हुन् १) “तिनीहरू” शब्दले प्रान्तीय बडाहाकिम र राजालाई जनाउँछ । वा २) “तिनीहरू” अरू रोमी अधिकारीहरूलाई जनाउँछ ।
युलियस एक पुरुषको नाउँ हो ।
यो बाहिनी वा फौजको नाउँ थियो, जसबाट कप्तान आए । केही संस्करणहरूले यसलाई “अगस्टसको फौज” भनेर अनुवाद गरेको पाइन्छ ।
यहाँ “एउटा जहाजमा ... जुन यात्रामा जान लागेको थियो” भनेको त्यस जहाजलाई चलाउने चालकदललाई जनाउँछ । वैकल्पिक अनुवादः “हामी एउटा जहाजमा चढ्यौँ ... जसलाई चालकदलले चलाउन लागेका थिए”
सम्भावित अर्थहरू हुन् १) एड्रामिटेनोसबाट एउटा जहाज आएको थियो वा २) एड्रामिटेनोसमा दर्ता गरिएको वा अनुमति पत्र लिइएको एउटा जहाज ।
“छिट्टै जान लागेको थियो” वा “छिट्टै प्रस्थान गर्ने थियो”
“समुद्रमा हाम्रो यात्रा सुरु गर्यौँ”
अरिस्तार्खस माकेडोनियाबाट आएर, तर एफिससमा पावलसँगै काम गरेका थिए । तपाईंले उनको नामलाई प्रेरितहरू १९:२९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यहाँ “हामी” शब्दले प्रेरितहरूको पुस्तकका लेखक, पावल, र तिनीहरूका सहयात्रीहरूलाई जनाउँछ, तर पाठकलाई होइन ।
“युलियसले पावलसँग मित्रवत् व्यवहार गरे ।” तपाईंले “युलियस”लाई प्रेरितहरू २७:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
भाववाचक नामपद शब्द “वास्ता”लाई क्रियापदको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले उनको हेरविचार गरून् भनेर उनका साथीहरूकहाँ जानु” वा “उनलाई आवश्यक परेको सहायता पाउनलाई उनका साथीहरूकहाँ जानु”
“हामी यात्रा गर्न थाल्यौँ र गयौँ”
“बतासबाट सुरक्षित गर्ने साइप्रसको स्थान” भनेको टापूको त्यो भाग हो जसले तेज हावाहुरीलाई छेक्छ, ताकि जहाज वा डुङ्गाहरूलाई तिनीहरूको मार्गबाट अन्त नधकेलोस् ।
यो एसिया माइनरमा भएको एउटा प्रान्त थियो । तपाईंले यसलाई प्रेरितहरू २:१० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
माइरामा तिनीहरू जहाजबाट उत्रेका कुरालाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “लुकियाको एउटा सहर माइरा पुग्यौँ, र त्यहाँ हामी जहाजबाट उत्रियौँ”
माइरा एउटा सहरको नाम हो ।
लुकिया आधुनिक टर्कीको दक्षिण-पश्चिम तटमा अवस्थित एउटा रोमी प्रान्त थियो ।
यसको अर्थ हो, चालकदलले जहाजलाई चलाएर इटालिया लाँदै थिए । वैकल्पिक अनुवादः “एउटा जहाज भेट्टायौँ र त्यसलाई चालकदलले चलाएर अलेक्जेन्ड्रियाबाट इटालियातिर लाँदै थिए”
यो एउटा सहरको नाउँ हो ।
तिनीहरूको विपरित दिशाबाट बतास चलेको हुनाले तिनीहरूले बिस्तारै र कष्टसाथ समुद्री यात्रा गर्नुपर्यो भनेर तपाईंले यस कुरालाई स्पष्ट पार्न सक्नुहुन्छ ।
यो आधुनिक टर्कीमा अवस्थित एउटा प्राचीन स्थान हो ।
“तेज बतास चलेको हुनाले हामी त्यो बाटो जान सकेनौँ”
“हामीले क्रेटको छेउबाट यात्रा गर्यौँ जहाँ कम बतास थियो”
यो क्रेटको तटीय सहर हो ।
बतास पहिलेजस्तो तेज नचलेको भए तापनि तिनीहरूलाई अझैसम्म समुद्रमा जहाज चलाउन कठिनाइ परिरहेकै थियो भनेर तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ ।
यो क्रेटको दक्षिणी तटमा अवस्थित लासिया नजिकको बन्दरगाह हो ।
यो क्रेटको तटीय सहर हो ।
हावा चलेको कारणले कैसरियाबाट सुन्दर बन्दरगाहतिरको यात्रामा योजना बनाइएको भन्दा बढी समय लाग्यो ।
यहाँ लेखकले आफैँलाई, पावललाई र तिनीहरूका साथमा यात्रा गरिरहेकाहरूलाई समावेश गरेकका छन्, तर पाठकलाई होइन ।
यो उपवास पश्चिमी पात्रोअनुसार हरेक वर्षको सेप्टेम्बर वा अक्टुबरको सुरुको समयमा प्रायश्चित्तको दिनमा पर्थ्यो । यसपछि त्यहाँ ऋृतु अनुसारको बतासको उच्च जोखिम हुन्थ्यो ।
“यदि हामीले अहिले यात्रा गर्यौँ भने, हामीले धेरै चोटपटक र नोक्सानी भोग्नुपर्नेछ”
यहाँ “नोक्सानी” शब्दले मालसामानलाई जनाउँछ भने यसको अर्थ नाश हो । अनि यसले मानिसलाई जनाउँछ भने यसको अर्थ मृत्यु हो ।
सामानहरू भनेको कुनै व्यक्तिले एक ठाउँबाट अर्को ठाउँमा जहाजद्वारा ढुवानी गर्ने थोकहरू हो । वैकल्पिक अनुवादः “जहाज र जहाजमा भएका थोकहरू मात्र होइन”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे पावलले भने”
बन्दरगाहमा बस्न किन सजिलो थिएन भन्ने कुरालाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “बन्दरगाहमा हिउँदको हुरीमा जहाजहरू राख्नलाई पर्याप्त सुरक्षित ठाउँ थिएन”
जहाजहरू सुरक्षित राख्न सक्ने जमिनको नजिक भएको कुनै ठाउँ
फोनिक्स क्रेटको दक्षिणी तटमा अवस्थित एउटा बन्दरगाह भएको सहर हो ।
यसले जाडो मौसमको कुनै उपभोग्य वस्तु हो र कसैले त्यसलाई खर्च गर्न सक्दछ भनेजस्तो गरी लेखेको छ । वैकल्पिक अनुवादः “जाडो ऋृतुमा त्यहाँ बस्नका लागि”
यहाँ “दक्षिण-पश्चिम र उत्तर-पश्चिम” भनेको बन्दरगाहबाट छुट्ने ठाउँ यी दिशाहरूर्फ फर्केको थियो । वैकल्पिक अनुवादः “त्यहाँ उत्तर-पश्चिम र दक्षिण-पश्चिमबाट प्रस्थान गर्न मिल्थ्यो”
यी दिशा सूर्योदय र सूर्यास्तमा आधारित हुन्छन् । उत्तर-पूर्व सूर्योदय भन्दा थोरै देब्रेतिर हुन्छ । दक्षिण-पूर्व सूर्योदय भन्दा थोरै दाहिनेतिर हुन्छ । केही संस्करणहरूले “उत्तर-पूर्व र दक्षिण-पूर्व” भनेर अनुवाद गर्छन् ।
यहाँ “निकाले”को अर्थ पानीबाट बाहिर तान्नु भन्ने हुन्छ । यहाँ लङ्गर भनेको एउटा गह्रौँ वस्तु जुन जहाजमा बाँधिएको डोरीसँग गाँसिएको हुन्छ । लङ्गरलाई तल पानीमा खसालिन्छ र त्यो समुद्रको पिँधमा खस्छ र जहाजलाई तैरेर यताउता जान दिँदैन ।
पावल र त्यो जहाजमा यात्रा गर्नेहरूले डरलाग्दो तुफानको सामना गरे ।
“थोरै समयपश्चात”
“धेरै शक्तिशाली, खतरनाक बतास”
“‘उत्तर-पूर्वबाट चल्ने तेज बतास’ नामक ।” “उत्तर-पूर्वी” शब्दको मूल भाषाको “युरोक्लिडोन” शब्दबाट आएको हो । तपाईंले आफ्नो भाषामा यसलाई लिप्यान्तरण गर्न पनि सक्नुहुन्छ ।
“क्रेट टापूबाट आयो र त्यसले हाम्रो जहाजलाई कडा रूपले हान्यो”
“जब जहाजको अगिल्लो भागलाई ज्यादै तेज बतासले हिर्काउन लाग्यो, तब हामीले त्यसको विरुद्धमा जहाज चलाउन सकेनौँ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले जहाज अगि बढाउन रोक्यौँ र बतासले हामीलाई जतातिर लान्छ, त्यतैतिर छोडिदियौँ”
“हामी बतास तेज नचलेको टापूको छेउछेउ लागेर गयौँ”
यो टापू क्रेटको दक्षिणी तटमा अवस्थित थियो ।
यो सानो डुङ्गा हो । यसलाई कुनै बेला जहाजको पछाडि राखिन्छ, अनि कुनै बेला यसलाई जहाजभित्र ल्याएर बाँधेर राखिन्छ । यस्ता साना डुङ्गाहरू विभिन्न प्रयोजन, जस्तै जहाज डुब्न लाग्दा भाग्नका लागि उपयोग गरिन्थ्यो ।
“तिनीहरूले सानो डुङ्गालाई माथि उठाएका थिए” वा “तिनीहरूले जीवन रक्षाको डुङ्गालाई जहाजभित्र राखे”
“मुख्य भाग” भनेको जहाजको जिउ हो । तिनीहरूले यसको वरिपरि डोरी बाँधे, र यसरी आधी-तुफानले गर्दा जहाज टुक्राटुक्रा नहोस् ।
बलौटे धापहरू समुद्रमा पानीको गहिराइ कम भएका क्षेत्रहरू हुन् जहाँ जहाज बालुवामा फस्न सक्छ । सिरटिस उत्तरी अफ्रिकाको लिबियाको तटमा अवस्थित छ ।
तिनीहरूले जहाजको लङ्गरलाई पानीमा खसाले र यसरी बतासले जतातिर हाने पनि जहाज ढिलो गरी अगि बढ्थ्यो ।
लङ्गर भनेको एउटा गह्रौँ वस्तु जुन जहाजमा बाँधिएको डोरीसँग गाँसिएको हुन्छ । लङ्गरलाई तल पानीमा खसालिन्छ र त्यो समुद्रको पिँधमा खस्छ र जहाजलाई तैरेर यताउता जान दिँदैन । तपाईंले यसलाई प्रेरितहरू २७:१३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बतासले हामीलाई जुन दिशातिर लैजान्थ्यो हामी त्यतै जानुपर्थ्यो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बतासले हामीलाई नराम्रो गरी अगिपछि धकेल्यो, र हामी सबै जना नराम्रो गरी तुफानद्वारा पिटियौँ र हामीलाई चोटपटक लाग्यो”
“तिनीहरू” भन्नाले चालकहरूलाई जनाउँछ । जहाज पानीमा नडुबोस् भनेर जहाजको तौल कम गर्ने प्रयासका लागि यसो गरिन्छ ।
सामानहरू भनेको कुनै व्यक्तिले एक ठाउँबाट अर्को ठाउँमा जहाजद्वारा ढुवानी गर्ने थोकहरू हो । तपाईंले यसलाई प्रेरितहरू २७:१० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “जहाजमा भएका थोकहरू”
यहाँ “सामान” शब्दले जहाज चलाउन चालकहरूलाई आवश्यक पर्ने सामान, जस्तै पल्लाहरू, डोरीहरू, जमिनसँग जोड्ने सामान र यस्तै अरू सामानहरू पर्दछन् । यसले त्यो अवस्था कति आशाहीन थियो भनेर सङ्केत गर्छ ।
अँध्यारो तुफानी बादलको कारणले गर्दा तिनीहरूले सूर्य र ताराहरू देख्न सकेनन् । चालकहरू कहाँ छन् र तिनीहरू कुन दिशातर्फ अगि बढ्दै छन् भनेर थाहा पाउन तिनीहरूले सूर्य र ताराहरू देख्नु आवश्यक हुन्छ ।
“डरलाग्दो तुफानले हामीलाई अगिपछि धकेलिरह्यो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी सबैले बाँच्छौँ भन्ने आशा गर्न छाड्यौँ”
पावलले जहाजमा भएका चालकहरूसँग बातचित गरे ।
यहाँ “तिनीहरू” भन्नाले चालकहरूलाई जनाउँछ । यसको अर्थ लूका, पावल, र तिनीहरूका साथमा भएका मानिसहरूले पनि खाएका थिएनन् । वैकल्पिक अनुवादः “हामी लामो समय खानेकुरा नखाइ बसेका थियौँ”
“मानिसहरूका माझमा”
“र परिणामस्वरूप यो हानि र नोक्सानी नभोग्नलाई”
पावलले चालकहरूसँग कुराकानी गरेका हुन् । पावलले भन्न खोजेका कुरा तिनी आफू र तिनीसँग भएकाहरू मानिसहरू कोही पनि मर्ने छैनन् । वैकल्पिक अनुवादः “हामीहरूमध्ये कोही पनि मर्नेछैनौँ”
यहाँ “क्षति” शब्द नाश पारिनेछ भन्ने अर्थमा प्रयोग भएको हो । वैकल्पिक अनुवादः “तर यस तुफानले जहाजलाई मात्र नाश पार्नेछ”
“कैसरको अगाडि उभिनुपर्छ” भन्ने वाक्यांशले पावल अदालतमा जाने र कैसरले तिनको न्याय गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमी कैसरको अगाडि उभिनुपर्छ, र यसरी उनले तिम्रो न्याय गरून्”
“तिमीसँगै जहाजमा यात्रा गरिरहेका ती सबैलाई बाँच्न दिने निर्णय गर्नुभएको छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसरी स्वर्गदूतले मलाई भने”
“हामीले जहाजलाई यसरी मोड्नुपर्छ कि त्यो कुनै टापूतिर गएर क्षतिग्रस्त होस्”
भयङ्कर तेज तुफान निरन्तर चलिरह्यो ।
यो क्रमागत सङ्ख्या “चौधौँ”लाई “चौध” वा “१४” लेखेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तुफान चल्न सुरु भएको चौध दिनपछि, त्यो रातमा”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसै बतासले हामीलाई अगिपछि धकेल्यो”
यो समुद्र इटाली र ग्रीसको बीचमा पर्छ ।
“तिनीहरूले समुद्रको पानीको गहिराइ नापे ।” तिनीहरूले एउटा डोरीमा गह्रौँ वस्तुलाई बाँधेर त्यसलाई पानीभित्र डुबाएर पानीको गहिराइ नापे ।
“२० फ्याथम भएको पाए ।” यहाँ मूल शब्दमा पानीको गहिराइ नाप्ने एकाइको “फ्याथम” प्रयोग भएको छ, र एक फ्याथोम लगभग दुई मिटर हुन्छ । वैकल्पिक अनुवादः “४० मिटर भएको पाए”
“१५ फ्याथम भएको पाए ।” यहाँ मूल शब्दमा पानीको गहिराइ नाप्ने एकाइको “फ्याथम” प्रयोग भएको छ, र एक फ्याथोम लगभग दुई मिटर हुन्छ । वैकल्पिक अनुवादः “३० मिटर भएको पाए”
लङ्गर भनेको एउटा गह्रौँ वस्तु जुन जहाजमा बाँधिएको डोरीसँग गाँसिएको हुन्छ । लङ्गरलाई तल पानीमा खसालिन्छ र त्यो समुद्रको पिँधमा खस्छ र जहाजलाई तैरेर यताउता जान दिँदैन । तपाईंले यसलाई प्रेरितहरू २७:१३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“जहाजको पछाडिपट्टिबाट”
यहाँ “तपाईंहरू” शब्द बहुवचन हो, र यसले कप्तान र रोमी सिपाहीहरूलाई जनाउँछ ।
यो सानो डुङ्गा हो, र यसलाई कुनै बेला जहाजको पछाडि राखिन्छ, अनि कुनै बेला यसलाई जहाजभित्र ल्याएर बाँधेर राखिन्छ । यस्ता साना डुङ्गाहरू विभिन्न प्रयोजन, जस्तै जहाज डुब्न लाग्दा भाग्नका लागि उपयोग गरिन्थ्यो । तपाईंले यसलाई प्रेरितहरू २७:१६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“जहाजको अगाडिपट्टिबाट”
“बसेनन्” र “सक्नुहुने छैन” जस्ता अकरणमा भनिएका शब्दहरूलाई सकारात्मक रूपमा लेख्न सकिन्छ । कर्मवाच्यको “बचाइनु” वाक्यांशलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तपाईंहरू बाँच्नका लागि यी मानिसहरू यस जहाजमा बस्नै पर्छ”
“जब सूर्योदय हुनै लागेको थियो”
यो क्रमागत सङ्ख्या “चौधौँ”लाई “चौध” भनेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “१४ दिनसम्म”
यो तिनीहरूमाथि कुनै किसिमको हानि आइपर्ने थिएन भन्ने तरिका थियो । वैकल्पिक अनुवादः “तपार्इंहरू सबै यो विपत्तिबाट कुनै हानि बिना नै बाँच्नुहुनेछ”
“रोटीलाई टुक्रा बनाए” वा “रोटीबाट एक टुक्रा चुँडाले”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसले तिनीहरू सबैलाई उत्साहित पार्यो”
“हामी जहाजमा दुई सय छहत्तर जना मानिसहरू थियौँ ।” यो पृष्ठभूमि जानकारी हो ।
पानीको ठूलो क्षेत्र जसलाई आंशिक रूपमा जमिनले घेरेको हुन्छ
“जमिन देखे, तर यो तिनीहरूले थाहा पाएको कुनै ठाउँ जस्तो पहिचान गर्न सकेनन्”
“डोरीहरूलाई काटे र लङ्गरहरूलाई पछाडि छोडिदिए”
दिशा नियन्त्रण गर्नका लागि जहाजको पछाडिपट्टि राख्ने काठका ठूला फल्याकहरू
“जहाजका अगाडको भागमा भएका पालहरू ।” यी जहाजको पाल चाहिँ कपडाको ठूला टुक्रा थियो, र यो पालमा हावाले हानेपछि जहाज यताउता जान्थ्यो ।
“तिनीहरूले जहाजलाई समुद्री तटतर्फ मोडे”
प्रवाह भनेको निरन्तर एउटै दिशामा बग्ने पानीको धार हो । कहिलेकाहीँ एउटा धारमाथि अर्को धार पनि बगिरहेका हुन्छन् । यसले पानीमुनि बालुवा थुप्रिन्छ र समुद्री किनार दलदले धापजस्तो हुन्छ ।
“जहाजको अगाडिपट्टको भाग”
“जहाजको पछाडिपट्टको भाग”
“सिपाहीहरूले ... योजना बनाइरहेका थिए”
“त्यसैले तिनीहरू जे गर्ने योजना गरे, त्यो गर्नबाट उनले तिनीहरूलाई रोके”
“जहाजबाट पानीमा हाम फाल्नु”
“कोही काठका टुक्राहरूमा”
1 हामीलाई सुरक्षित तरिकाले ल्याइएको टापुको नाम माल्टा रहेछ भन्ने कुरा हामीले जान्यौँ । 2 ती स्थानीय मानिसहरूले सामान्य खालको दया मात्र देखाएनन्, निरन्तर पानी परेर जाडो भएको हुनाले तिनीहरूले आगो बालेर हामी सबै जनालाई स्वागत पनि गरे । 3 तर जब पावलले एक बिटा दाउरा जम्मा गरे, र त्यसलाई आगोमा हाले, तापले गर्दा एउटा विषालु सर्प निस्केर उनको हातमा बेरियो । 4 जब त्यहाँको स्थानीय मानिसहरूले उनको हातमा त्यो प्राणी झुण्डीरहेको देखे, तब तिनीहरूले एक आपसमा यसो भने, “यो मानिस पक्का पनि हत्यारा हो, जो समुद्रबाट उम्केको थियो, तापनि इन्साफले उसलाई जिउन दिएन । 5 तब उनले त्यो प्राणीलाई आगोमा झट्कारी दिए र कुनै हानी भोगेनन् । 6 तिनीहरूले उनलाई हनहनी ज्वरो आउँछ होला भनेर हेरिरहेका थिए, वा तिनी अचानक मर्छन् होला भन्ने ठानेका थिए । तर तिनीहरूले उनलाई लामो समयसम्म हेरिसकेपछि, उनलाई कुनै पनि असामान्य कुरा नभएको देखे, र तिनीहरूले आफ्नो विचारलाई परिवर्तन गरेर उनी त ईश्वर रहेछन् भने । 7 त्यसको नजिकैको स्थानमा, पब्लियस नाम गरेको त्यस टापुको मुख्य मानिसको जमिन थियो । उनले हामीलाई स्वागत गरे, र दयाका साथ हामीलाई तिन दिनसम्म बन्दोबस्त गरिदिए । 8 पब्लियसका बुबा ज्वरो र आऊँले गर्दा बिरामी परेका थिए । जब पावल उनी भएको ठाउँमा गए, उनले प्रार्थना गरे, उनी माथि हात राखे र उनलाई निको पारे । 9 यस्तो घटना भइसके पछि, त्यस टापुमा रहेका बिरामी मानिसहरू पनि उनीकहाँ आए, र सबै निको पारिए । 10 ती मानिसहरूले धेरै सम्मानका साथ हाम्रो आदर गरे । जब हामीले जहाजको यात्राको लागि तयारी गरिरहेका थियौँ, तिनीहरूले हामीलाई खाँचो परेका सबै थोकहरू दिए । 11 तिन महिना पछि त्यस टापुमा हामीले अलेक्जेन्ड्रियाको जहाजमा यात्रा सुरू गर्यौँ, जुन हिउँदमा यसै टापुमा थियो, र त्यसमा जुम्ल्याहा दाजुभाइको तस्विर थियो । 12 साइराक्युस शहरमा पुगिसकेपछि त्यहाँ हामी तीन दिन बस्यौँ । 13 हामी त्यहाँबाट यात्रा गरेर रेगीयमको शहरमा आइपुग्यौँ । त्यसको एक दिनपछि दक्षिणी बतास चल्यो, र त्यसको दुई दिनपछि पटेओली भन्ने शहरमा आइपुग्यौँ। 14 त्यहाँ हामीले केही भाइहरूलाई भेट्टायौँ, जसले हामीलाई सात दिनसम्म त्यहाँ रहनको लागि निमन्त्रणा दिए । यसरी हामी रोम आइपुग्यौँ । 15 हाम्रो बारेमा सुनेर त्यहाँ रहेका दाजुभाइहरू हामीलाई भेट्न आप्पियासको बजार र तिन भट्टीसम्म आए । जब पावलले ती दाजुभाइहरूलाई देखे, उनले परमेश्वरलाई धन्यवाद दिए र उत्साहित भए । 16 जब हामी रोममा प्रवेश गर्यौँ, पावललाई एक जना सिपाहीको रेखदेखमा एक्लै बस्ने अनुमति दिइयो । 17 तब यसको तिन दिनपछि, पावलले यहूदीहरूका अगुवाहरूलाई एकसाथ बोलाए । जब तिनीहरूसँगसँगै आइपुगे उनले तिनीहरूलाई भने, “दाजुभाइ हो, यद्यपि मैले मानिसहरूको विरुद्धमा वा पितापुर्खाको रितीरिवाजको विरुद्धमा कुनै पनि काम गरेको छैन, मलाई एक जना कैदीको रूपमा यरूशलेमबाट रोमीहरूको हातमा सुम्पिएको छ । 18 तिनीहरूले मलाई प्रश्न गरिसकेपछि, तिनीहरूले मलाई स्वतन्त्र गर्न चाहे, किनकि ममा मृत्युदण्डको सजाय पाउनु पर्ने कुनै पनि कारण थिएन । 19 तर जब यहूदीहरूले तिनीहरूको चाहना विरुद्धमा बोले, तब कैसरकहाँ अपिल गर्न म बाध्य भएँ, तथापि यो मैले मेरो जातिको विरुद्धमा कुनै पनि दोष लगाइरहेको जस्तो थिएन । 20 तब मेरो अपिलको कारणले गर्दा मैले तपाईंहरूलाई भेट्न, र कुराकानी गर्न बोलाएको हुँ । इस्राएल जे कुराको निम्ति दृढ छ, त्यसैको निम्ति म साङ्लाले बाँधिएको छु । 21 तब तिनीहरूले उनलाई भने, “हामीले न त तपाईंको बारेमा यहूदाबाट कुनै पत्र नै प्राप्त गर्यौँ, न त कुनै भाइहरू आएर तपाईंको बारेमा कुनै नराम्रो प्रतिवेदन दिए वा कुनै नराम्रो कुरा गरे । 22 तर हामीले यस पन्थको बारेमा के विचार गर्नुहुन्छ भन्ने कुरा तपाईंबाट सुन्न चाहन्छौँ, किनकि यसको विरुद्धमा बोलिन्छ भनेर हामीहरूले जन्दछौँ । 23 जब उनीहरूले उनको निम्ति एक दिन तोकिदिए, तब उनको बासस्थानमा धेरै मानिसहरू आए । उनले त्यस विषयलाई उनीहरूको सामु प्रस्तुत गरे, र परमेश्वरको राज्यको बारेमा गवाही दिए । उनले तिनीहरूलाई येशू ख्रीष्टको बारेमा मोशा र अगमवक्ताको पुस्तक दुवैबाट बिहानदेखि बेलुकासम्म विश्वस्त पार्ने कोसिस गरे । 24 कति जना भनिएको कुरामा विश्वस्त भए भने कतिले विश्वास गरेनन् । 25 जब तिनीहरू एक अर्कामा सहमत भएनन् तब पावलले यो एउटा वचन बोलिसकेपछि तिनीहरू गए, “पवित्र आत्माले यशैया अगमवक्ताद्वारा तिम्रा पितापुर्खाहरूसँग ठिकै कुरा बोल्नुभयो । 26 उनले भने, “यी मानिसहरूकहाँ जा, र भन्, ‘ सुन्न त तिमीहरू सुन्नेछौ तर बुझ्दैनौ, देखेर देख्नेछौ तर सजग हुनेछैनौ । 27 किनकि यी मानिसहरूका हृदय सुस्त भएका छन् । तिनीहरूको कानले मुश्किलसाथ सुनेका छन् । तिनीहरूले आँखा बन्द गरेका छन्, नत्रता तिनीहरूको आँखा सजग हुने थिए, र तिनीहरूका कानले सुन्ने थिए, र तिनीहरूका हृदयले बुझ्ने थिए, र फर्कने थिए र म तिनीहरूलाई निको पार्ने थिएँ ।’ 28 त्यसकारण, तिमीले जान्नुपर्ने हुन्छ, कि परमेश्वरको मुक्तिलाई अन्यजातिहरूका निम्ति पठाईएको छ,र तिनीहरूले सुन्नेछन् । 29 (टिपोट: प्रेरित २८:२९- उत्तम प्राचिन पाण्डुलिपिहरूले २९ पदलाई हटाएका छन् ) जब उनले यी कुराहरू भनिसके, तब ती यहूदीहरू ठूलो वाद-विवाद गर्दै बिदा भए । 30 पावल आफ्नो भाडामा लिएको घरमा पुरा दुई वर्षसम्म बसे, र उनीकहाँ आउने सबैलाई स्वागत गरे । 31 उनले परमेश्वरको राज्यको प्रचार गरिरहेका थिए, र ठुलो साहसका साथ प्रभु येशू ख्रीष्टको बारेमा शिक्षा दिइरहेका थिए । कसैले पनि उनलाई रोकेन ।
पावल रोममा दुई वर्ष बसे । त्यसपछि तिनलाई के भयो भन्ने कुरा लूकाले लेखेका छैनन् । यसरी नलेख्नुको कारण के थियो होला भन्ने कसैलाई थाहा छैन ।
पावलले यहूदी अगुवाहरूसँग कुराकानी गर्ने इच्छा गरेकोमा तिनीहरूले अचम्म माने, पावल रोममा आइरहेका छन् भनेर यरूशलेमका प्रधान पूजाहारीले लेखेको त्यस्तो कुनै पत्र तिनीहरूले प्राप्त गरेका थिएनन् ।
जब यहूदी अगुवाहरूले “भाइहरू” भनेर सम्बोधन गरे, तब तिनीहरूले यहूदी बन्धुहरूका बारेमा कुरा गरेका थिए, ख्रीष्टिएनहरूका बारेमा होइन ।
स्थानीय मानिसहरूले पावल देवता हो भन्ने बुझे, तर तिनी एकमात्र साँचो परमेश्वर हुन् भनेर तिनीहरूले बुझेका होइन् । पावलले ती स्थानीय मानिसलाई आफू देवता होइन भनेका छैनन्, र तिनले किन त्यसो भनेनन्, सो हामीलाई थाहा छैन ।
यहाँ “हामी” शब्दले पावल, लेखक, अनि तिनीहरूका साथमा यात्रा गर्नेहरूलाई जनाउँछ, तर पाठकलाई जनाउँदैन ।
जहाज भाँचिएर टुक्रिएपछि माल्टा टापूका मानिसहरूले पावल र जहाजमा भएका हरेक व्यक्ति मदत गरे । तिनीहरू त्यहाँ तीन महिना बसे ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब हामी सुरक्षित किसिमले पुग्यौँ”
पावल र लूकाले त्यो टापूको नाउँ थाहा पाए । वैकल्पिक अनुवादः “हामीले मानिसहरूबाट थाहा पायौँ” वा “हामीले त्यहाँका बासिन्दाहरूबाट थाहा पायौँ”
माल्टा आधुनिक सिसिली टापूको दक्षिणमा पर्ने एउटा टापु हो ।
“स्थानीय मानिसहरू”
कसैमाथि दया देखाउने कुराका बारेमा यो कसैले अरू कसैलाई दिन सक्ने कुनै वस्तु हो जस्तो गरी भनिएको छ । वैकल्पिक अनुवादः “हामीप्रति अत्यन्त दयालु मात्र भएनन्”
यो वाक्यांश भनिएको कुराको विपरीतलाई जोड दिनका लागि प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “धेरै ठूलो दया”
“तिनीहरूले झिँजाहरू र हाँगाहरू सँगै राखे र तिनलाई जलाए”
सम्भवित अर्थहरू हुन् १) “जहाजबाटका सबै मानिसहरूलाई स्वागत गरे” वा २) “पावल र उनका सबै सहयात्रीहरूलाई स्वागत गरे ।”
“दाउराहरूको बिटाबाट एउटा विषालु सर्प निस्केर आयो”
“पावलको हातमा टोक्यो र छोड्न मानेन”
“निश्चय नै, यी मानिस एउटा हत्यारा हुन्” वा “यी मानिस साँच्चै एउटा हत्यारा हुन्”
यहाँ “इन्साफ” शब्दले ती स्थानीय मानिसले न्यायकर्ता भनेर पूजा गर्ने देवतालाई जनाउँछ । वैकल्पिक अनुवादः “इन्साफ भनिने देवता”
“उनको हात झट्कारे र सर्प उनको हातबाट आगोमा खस्यो”
“पावललाई कुनै चोटपटक लागेन”
सम्भावित अर्थहरू हुन् १) उनको शरीर सर्पको विषले गर्दा फुलिनेछ वा २) उनलाई धेरै तातो ज्वरो आउनेछ ।
यसलाई करण वाक्यमा बोल्न सकिन्छ । वैकल्पिक अनुवादः “उनको बारेमा हरेक कुरा जस्तो हुनुपर्ने थियो, त्यस्तै भयो”
घटनाको परिस्थितिका बारेमा फरक ढङ्गले सोचविचार गर्ने कुरालाई त्यो व्यक्तिले आफ्नो मनलाई परिवर्तन गरेको भनिएको छ । वैकल्पिक अनुवादः “तिनीहरूले फेरि विचार गरे”
यसलाई प्रत्यक्ष उद्धरणका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “भने, ‘यो मानिस देवता हुनुपर्छ ।’”
एउटा विषालु सर्पले टोकेर पनि बाँच्ने कोही पनि मानिस ईश्वरीय व्यक्ति वा एउटा देवता थियो भन्ने विश्वास थियो ।
यहाँ “हामी” शब्दले पावल, लूका, र तिनीहरूका साथमा यात्रा गर्नेहरूलाई जनाउँछ, तर पाठकलाई जनाउँदैन ।
“अब” शब्द चाहिँ उल्लिखित विवरणमा एउटा नयाँ व्यक्ति वा घटनाको चिनारी दिनलाई प्रयोग गरिएको छ ।
सम्भावित अर्थहरू हुन् १) मानिसहरूका मुख्य अगुवा वा २) शायद उनको सम्पत्तिको कारणले होला तिनी त्यो टापूमा सबैभन्दा महत्त्वपूर्ण व्यक्ति थिए ।
यो एक पुरुषको नाउँ हो ।
यो पब्लियसको बुबाको बारेमा भएको पृष्ठभूमि जानकारी हो जुन यो कथा बुझ्नलाई महत्त्वपूर्ण छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बिरामी थिए”
आउँ आन्द्रासम्बन्धी एउटा सङ्क्रमक रोग हो ।
“उनलाई आफ्नो हातले छोए”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उनले तिनीहरूलाई पनि निको पारे”
शायद तिनीहरूले पावल र तिनीसँग भएका मानिसहरूलाई उपहारहरू दिएर सम्मान गरे ।
जुम्याहा दाजुभाइ भन्नाले ग्रीक देवता जिउसका जुम्याहा छोरा केस्टोर र पोलुक्सलाई जनाउँछ । तिनले जहाजको सुरक्षा गर्दछन् भन्ने विचार गरिन्थ्यो ।
पावलको रोमतर्फको यात्रा अगाडि बढ्छ ।
“जाडो मौसममा चालकदलले टापूमा नै छोडे”
सम्भवित अर्थहरूमा यसले १) अलेक्जेन्ड्रियाबाट आएको जहाज वा २) अलेक्जेन्ड्रियामा दर्ता गरिएको वा अनुमति पत्र दिइएको जहाजलाई जनाउँछ ।
जहाजको अगाडिको भागमा त्यहाँ दुई मूर्तिहरूको आकृति खोपिएको थियो जसलाई “जुम्ल्याहा देवताहरू” भनिन्थ्यो । तिनीहरूका नाउँहरू केस्टोर र पोलुक्स हुन् ।
सुराकुसाई इटालीको ठीक दक्षिण-पश्चिममा अवस्थित आधुनिक सिसिली टापुको दक्षिण-पूर्वी समुद्री तटमा पर्ने एउटा सहर हो ।
रोमको ५० किलोमिटर दक्षिणमा अप्पियसको बजार र तीन-पाटी चाहिँ त्यहाँको प्रसिद्ध बजार र पौवा थिए जुन अप्पियन मार्गमा पर्दथे ।
यो इटालीको दक्षिण-पश्चिममा अवस्थित एउटा बन्दरगाह सहर हो ।
“बतास दक्षिणबाट चल्न थाल्यो”
पटिओली इटालीको पश्चिम तटको आधुनिक नेपल्समा अवस्थित छ ।
“त्यहाँ हामीले ... भेट्यौँ”
यिनीहरू येशूका अनुयायीहरू थिए, जसमा पुरुष र स्त्री दुवै समावेश थिए । वैकल्पिक अनुवादः “सङ्गी विश्वासीहरू”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले हामीलाई निमन्त्रणा दिए”
पावल पटिओली आइपुगेपछि रोमतिरको बाँकी यात्रा जमिनको यात्रा थियो । वैकल्पिक अनुवादः “र हामी तिनीहरूसँग सात दिन बसेपछि हामी रोमतिर लाग्यौँ”
“हामी आउँदै छौँ भन्ने कुरा तिनीहरूले सुनेपछि”
साहस लिने कुरालाई यो कुनै व्यक्तिले बोकेर हिँड्न सक्ने वस्तु भएको जस्तो गरी भनिएको छ । वैकल्पिक अनुवादः “यसले उनलाई उत्साहित बनायो, र उनले परमेश्वरलाई धन्यवाद दिए”
यहाँ “हामी” शब्दले लेखक, पावल, अनि तिनीहरूका साथमा यात्रा गर्नेहरूलाई जनाउँछ, तर पाठकलाई जनाउँदैन ।
पावल रोममा एक कैदीका रूपमा पुगे, तर तिनले आफू चाहेको घरमा बस्ने स्तन्त्रता प्राप्त गरे । तिनको जीवनमा हुन आएका कुरा स्पष्ट पार्नका लागि तिनले स्थानीय यहूदीहरूलाई एकसाथ बोलाए ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी रोममा आइपुगेपछि सरकारले उनलाई ... अनुमति दियो”
कथाको नयाँ भाग सुरु भएको कुराको सङ्केत गर्नका लागि यो वाक्यांश प्रयोग भएको छ । यदि तपाईंको भाषामा यसरी लेख्ने तरिका छ भने, तपाईंले यसलाई लेख्न सक्नुहुन्छ ।
यिनीहरू रोममा भएका नागरिक वा धार्मिक अगुवाहरू हुन् ।
यहाँ यसको अर्थ “सङ्गी यहूदीहरू” भन्ने हुन्छ ।
“हाम्रा मानिसहरूका विरुद्धमा” वा “यहूदीहरूका विरुद्धमा”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “केही यहूदीहरूले यरूशलेममा मलाई गिरफ्तार गरे र मलाई रोमी अधिकारीहरूकहाँ बन्दी बनाए”
यहाँ “हात” शब्दले शक्ति वा नियन्त्रणलाई जनाउँछ ।
“तिनीहरूले मलाई मृत्युदण्डको दिनलाई मैले कुनै पनि कुरा गरेको थिइन”
यसले अर्थ सबै यहूदीहरू हुँदैन । वैकल्पिक अनुवादः “यहूदीहरूका अगुवाहरू”
“रोमी अधिकारीहरूले जे गर्न चाहेका थिए, त्यसको बारेमा गुनासो गरे”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरो इन्साफ गरिदिनलाई मैले कैसरलाई बिन्ती गरेँ”
भाववाचक नाउँ “दोष” लाई क्रियापदका रूपमा “दोष लगाउन” लेख्न सकिन्छ । यहाँ “जाति” शब्दले यहूदी मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तर मैले मेरो जातिका मानिसहरूका विरुद्धमा कैसरको सामु दोष लगाउने इच्छा गरेको हुनाले त्यसो गरेको होइन”
सम्भावित अर्थहरू हुन् १) मसिह आउनुहुनेछ भनेर इस्राएलका मानिसले निश्चयताका साथ अपेक्षा गर्छन् वा २) परमेश्वरले मृतकहरूलाई पुनः जीवित तुल्याउनुहुन्छ भन्ने कुरामा इस्राएलका मानिसले निश्चयताका साथ अपेक्षा गर्छन् ।
यहाँ “इस्राएल”को अर्थ मानिसहरू भन्ने हुन्छ । वैकल्पिक अनुवादः “इस्राएलका मानिसहरू” वा “यहूदीहरू”
यहाँ “साङ्लाले बाँधिएको” वाक्यांशले कैदी भएको अवस्थालाई जनाउँछ । वैकल्पिक अनुवादः “कि म एक कैदी हुँ”
यहाँ “हामीले,” “हामी,” र “हामीलाई” शब्दहरूले रोममा भएका यहूदी अगुवाहरूलाई जनाउँछन् ।
यहूदी अगुवाहरूले पावललाई जवाफ दिन्छन् ।
यहाँ “भाइहरू” शब्दको अर्थ सङ्गी यहूदीहरू भन्ने हुन्छ । वैकल्पिक अनुवादः “नता हाम्रा कुनै सङ्गी यहूदीहरू”
पन्थ शब्दले ठूलो समूहभित्रको अर्को एउटा सानो समूहलाई जनाउँछ । यहाँ यो शब्दले येशूमाथि विश्वास गर्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तपार्इं यस समूहको बारेमा के विचार गर्नुहुन्छ जसको तपाईं एक सदस्य हुनुहुन्छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने हामी जान्दछौँ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “रोमी साम्राज्यभरी सारा यहूदीहरूले यस मार्गको बारेमा खराब कुराहरू भनिरहेका छन्”
यहाँ “उनीहरू” भन्नाले रोममा भएका यहूदी अगुवाहरू भन्ने हुन्छ । “उनलाई”, “उनको”, र “उनी” शब्दहरूले पावललाई जनाउँछन् (प्रेरितहरू २८:१७) ।
“तिनीहरूसँग तिनले कुरा गरून् भनेर समय तोकिदिएका थिए”
यहाँ “परमेश्वरको राज्य”को अर्थ राजाको रूपमा परमेश्वरले गर्नुहुने शासन हुन्छ । वैकल्पिक अनुवादः “राजाको रूपमा परमेश्वरले गर्नुहुने शासनका बारेमा तिनीहरूलाई बताए” वा “परमेश्वरले कसरी आफूलाई राजाको रूपमा प्रकट गर्नुहुनेछ भनेर तिनीहरूलाई बताए”
यहाँ “अगमवक्ताहरू” शब्दले तिनीहरूले लेखेका कुराहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “अगमवक्ताहरूले लेखेका कुराहरूबाट”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूमध्ये केहीलाई पावलले विश्वस्त तुल्याउन सके”
यहाँ “तिनीहरू” शब्दले रोममा भएका यहूदी अगुवाहरूलाई जनाउँछ (प्रेरितहरू २८:१७) । “तिमीहरूको” शब्दले ती मानिसहरूलाई जनाउँछ जससँग पावलले कुरा गरिरहेका थिए । पद २६ मा, पावलले यशैया अगमवक्तालाई उद्धरण गर्न थाल्छन् ।
यहूदी अगुवाहरू बिदा हुन तयार हुँदै गर्दा पावलले यति बेलाका लागि उद्धरण गर्न उपयुक्त हुने पुरानो करारको धर्मशास्त्रको खण्डबाट उद्धरण गरे ।
यहाँ “वचन” शब्दले सन्देश वा वाक्यलाई जनाउँछ । वैकल्पिक अनुवादः “पावलले अर्को एउटा कुरा भनेपछि” वा “पावलले यो वाक्य बोलेपछि”
यस वाक्यनमा उद्धरणहरूभित्र उद्धरणहरू छन् ।
यो चाहिँ पद २५ मा “पवित्र आत्माले भन्नुभयो” भन्ने शब्दहरूका साथमा सुरु हुने वाक्यको अन्त्य हो जुन वाक्यमा उद्धरणहरूभित्र उद्धरणहरू छ । तपाईंले भित्रको एउटा उद्धरणलाई अप्रत्यक्ष वाक्यका रूपमा अनुवाद गर्न सक्नुहुन्छ, वा तपाईंले भित्रका दुईवटा उद्धरणहरूलाई अप्रत्यक्ष उद्धरणहरूको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । “पवित्र आत्माले यशैया अगमवक्ताद्वारा तिम्रा पितापूर्खाहरूसँग ठीकै कुरा बोल्नुभयो जब आत्माले यशैयालाई भन्नुभयो कि तिनले तिनीहरूलाई भन्नुपर्छ, कि तिनीहरूले सुन्नेछन् तर बुझ्नेछैनन् अनि तिनीहरूले हेर्नेछन् तर देख्नेछैनन्”
यहाँ “सुन्नु” र “हेर्नु” शब्दहरूलाई जोड दिनका लागि दोहोर्याइएको छ । “तिमीहरू ध्यान दिएर सुन्नेछौ ... तिमीहरूले एकोहोरो हेर्नेछौ”
यी दुवै वाक्यांशहरूको मूलभूत अर्थ एकै हो । यहूदी मानिसहरूले परमेश्वरका योजना बुझ्न सक्दैनन् भन्ने कुरामा यी वाक्यांशले जोड दिन्छन् ।
पावलको यशैयाको उद्धरणलाई तपाईंले प्रेरित २८:२५-२६ मा अनुवाद गर्नुभएको अनुसार प्रत्यक्ष वा अप्रत्यक्ष उद्धरणमा अनुवाद गर्नुहोस् ।
पावलले यशैया अगमवक्ताको पुस्तकबाट उद्धरण गरेर सिद्ध्याउँछन् ।
परमेश्वरले भन्नुभएका कुरा गर्न र बुझ्न हठी भएर इन्कार गर्ने कुराका बारेमा तिनीहरूका हृदय सुस्त भएको भनिएको छ । यहाँ “हृदय” शब्दले दिमागलाई जनाउँछ ।
परमेश्वरले भन्नुभएका कुरा गर्न र बुझ्न हठी भएर इन्कार गर्ने कुराका बारेमा तिनीहरू सुन्न नसक्ने भएका र तिनीहरूले नदेखून् भनी आफ्ना आँखा बन्द गरेका छन् भनेको छ ।
यहाँ “हृदय” शब्दले दिमागलाई जनाउँछ ।
परमेश्वरको आज्ञापालन गर्न सुरु गर्ने कुरालाई त्यो व्यक्ति शारीरिक रूपमा नै परमेश्वरतिर फर्केको जस्तो भनिएको छ ।
यसको अर्थ परमेश्वरले तिनीहरूलाई शारीरिक रूपमा मात्र निको पार्ने होइन । उहाँले तिनीहरूका पापहरू क्षमा गर्नुभएर तिनीहरूलाई आत्मिक रूपमा पनि निको पार्नुहुनेछ ।
पावलले रोमका यहूदी अगुवाहरूसँग बोलेर सिद्ध्याउँछन् ।
परमेश्वरले कसरी मानिसहरूलाई बचाउनुहुन्छ भन्ने उहाँको सन्देशका बारेमा यो पठाउने वस्तु भएको जस्तो गरी भनिएको छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले कसरी अन्यजातिहरूलाई बचाउनुहुन्छ भनी तिनीहरूलाई सुनाउनका लागि उहाँले आफ्ना सन्देशवाहकहरूलाई तिनीहरूकहाँ पठाउँदै हुनुहुन्छ”
“तिनीहरूमध्ये केहीले सुन्नेछन् ।” त्यस बेलाका यहूदीहरूले जसरी प्रत्तिउत्तर जनाए, त्यसको विपरीत किसिमले अन्यजातिहरूले प्रत्तिउत्तर जनाए ।
लूकाले प्रेरितको पुस्तकमा पावलको कथालाई अन्त्य गर्छन् ।
यहाँ “परमेश्वरको राज्य” भन्नाले राजाको रूपमा परमेश्वरले गर्नुहुने शासनलाई जनाउँछ । वैकल्पिक अनुवादः “राजाको रूपमा परमेश्वरले गर्नुहुने शासनका बारेमा उनले प्रचार गरिरहेका थिए” वा “परमेश्वरले आफूलाई राजाको रूपमा कसरी प्रकट गर्नुहुनेछ भन्ने बारेमा उनले प्रचार गरिरहेका थिए”
प्रेरित पावलले रोमीहरूको पुस्तक लेखे । पावल टार्सस सहरबाटका थिए । उनलाई उनको पहिलेको जीवनमा शाऊल भनेर चिनिन्थ्यो । ख्रीष्टिएन हुनुभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्टिएनहरूलाई सताए । आफू ख्रीष्टिएन भइसकेपछि उनी मानिसहरूलाई येशूको बारेमा बताउँदै थुप्रै पटक रोमी साम्राज्यभर यात्रा गरे ।
शायद रोमी साम्राज्यको पावलको तेस्रो यात्राको अवधिमा उनी कोरिन्थको सहरमा बसिरहेका बेलामा उनले यो पत्र लेखे ।
पावलले रोममा भएका ख्रीष्टिएनहरूलाई यो पत्र लेखे । पावल तिनीहरूलाई भेट्न आउँदा तिनीहरू उनलाई स्वागत गर्नलाई तयार भएका उनले चाहन्थे । उनले बताए कि उनको उद्देश्य “विश्वासको आज्ञापालन ल्याउनु थियो” (१६:२६) ।
पावलले येशू ख्रीष्टको सुसमाचारलाई यस पत्रमा सबैभन्दा पूर्ण रूपमा वर्णन गरे । उनले व्याख्या गरे कि दुवै यहूदीहरू र गैर-यहूदीहरूले पाप गरेका छन्, र तिनीहरूले येशूमा विश्वास गरे भने मात्रै परमेश्वरले तिनीहरूलाई क्षमा गर्नुहुनेछ र तिनीहरूलाई धर्मी घोषणा गर्नुहुनेछ (अध्यायहरू १-११) । त्यसपछि विश्वासीहरू कसरी जिउनुपर्छ भनेर उनले तिनीहरूलाई व्यवहारिक सल्लाह दिए (अध्यायहरू १२-१६) ।
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक, “रोमीहरू” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले एउटा अझ बढी प्रस्ट हुने शीर्षक छान्न सक्छन्, जस्तै कि, “रोममा भएको मण्डलीलाई पावलको पत्र” वा “रोममा भएका ख्रीष्टिएनहरूलाई एक पत्र”
रोमीहरूमा, पावलले येशू ख्रीष्टलाई धेरै नामहरू र विवरणहरूले वर्णन गरेः येशू ख्रीष्ट (१:१), दाऊदको बिउ (१:३), परमेश्वरको पुत्र (१:४), प्रभु येशू ख्रीष्ट (१:७), ख्रीष्ट येशू (३:२४), प्रायश्चित (३:२५), येशू (३:२६), येशू हाम्रा प्रभु (४:२४), सेनाहरूका प्रभु (९:२९), ठेस लगाउने ढुङ्गा र बाधा दिने चट्टान (९:३३), व्यवस्थाको अन्त्य (१०:४), छुटकारा दिनुहुने (११:२६), मृतकहरू र जीवितहरूका प्रभु (१४:९), र यिशैका जरा (१५:१२) ।
पावलले थुप्रै ईश्वरशास्त्रीय शब्दहरूको प्रयोग गर्छन् जुन चार सुसमाचारका पुस्तकहरूमा प्रयोग गरिएका छैनन् । जसै सुरुका ख्रीष्टिएनहरूले येशू ख्रीष्ट र उहाँको सन्देशको अर्थको बारेमा धेरै सिके, नयाँ अवधारणाहरूका लागि तिनीहरूलाई शब्दहरू र अभिव्यक्तिहरूको खाँचो पर्यो । ती शब्दहरूका केही उदाहरणहरू हुन्, “धर्मी ठहराउने” (५:१), “व्यवस्थाका कामहरू” (३:२०), “पुनर्मिलाप गराउनु” (५:१०), “प्रायश्चित” (३:२५), “शुद्धिकरण” (६:१९), र “पुरानो मनुष्यत्व” (६:६) ।
“प्रमुख शब्दहरू” भएको शब्दकोषले अनुवादकहरूलाई यस्ता थुप्रै शब्दहरू बुझ्नलाई सहायता गर्न सक्छ ।
माथि दिइएका खालका शब्दहरू व्याख्या गर्नलाई कठिन हुन्छन् । धेरैपटक अनुवादकहरूलाई तिनीहरूका भाषाहरूमा उस्तै अर्थ बोकेका शब्दहरू भेट्टाउन गाह्रो वा असम्भव हुन्छ । यो कुरा जान्न सहयोगी हुन सक्छ कि यी शब्दहरूसँग मिल्ने उस्तै शब्दहरू हुनु जरुरी छैन । बरु, अनुवादकहरूले ती अवधारणाहरूलाई सञ्चार गर्नको लागि तिनीहरूले सक्ने कुनै पनि छोटो अभिव्यक्तिहरू बनाउन सक्छन् । उदाहरणको लागि, “सुसमाचार” भन्ने शब्दलाई “येशू ख्रीष्टको बारेमा भएको असल खबर” भनेर अनुवाद गर्न सकिन्छ ।
अनुवादकहरूले सम्झनुपर्छ कि यी केही शब्दहरूको एउटाभन्दा बढी अर्थ छ । अर्थ चाहिँ लेखकले त्यस खास खण्डमा त्यस शब्दलाई कसरी प्रयोग गरिरहेका छन् भन्ने कुरामा भर पर्छ । उदाहरणको लागि, “धार्मिकता”ले कहिलेकाहीँ कुनै व्यक्तिले परमेश्वरको व्यवस्थाको पालना गर्छ भन्ने अर्थ दिन्छ । अरू समयहरूमा, येशू ख्रीष्टले हाम्रो लागि परमेश्वरको व्यवस्थाको सिद्ध रूपमा पालना गर्नुभएको छ भन्ने अर्थ “धार्मिकता”ले दिन्छ ।
“बचेको अंश” (कुनै प्रकोपबाट बाँचेका थोरै मानिसहरू) को अवधारणा पुरानो करार र पावल दुवैको लागि महत्त्वपूर्ण छ । धेरैजसो इस्राएलीहरू अश्शुरीहरू र त्यसपछि बेबिलोनीहरूले तिनीहरूको भूमि कब्जा गर्दा कि त मारिएका थिए कि त अरू मानिसहरू माझमा छरपष्ट पारिएका थिए । तुलनात्मक रूपमा हेर्दा केही थोरै यहूदीहरू मात्र बाँचे । तिनीहरूलाई “बचेको अंश” भनेर जानिन्थ्यो ।
११:१-९ मा, पावलले अर्को बचेको अंशको विषयमा कुरा गर्छन् । यो बचेको अंश ती यहूदीहरू हुन् जसलाई परमेश्वरले बचाउनुभयो किनभने तिनीहरूले येशूमा विश्वास गरे ।
“ख्रीष्टमा” भन्ने वाक्यांश र त्यस्तै समान वाक्यांशहरू ३:२४; ६:११, २३; ८:१,२,३९; ९:१; १२:५,१७; १५:१७; र १६:३,७,९,१० मा आउँछन् । ख्रीष्टिएन विश्वासीहरू येशू ख्रीष्टका हुन् भनेर व्यक्त गर्नका लागि एउटा अलङ्कारको रूपमा पावलले यस प्रकारका वाक्यांशहरूलाई प्रयोग गरे । ख्रीष्टको हुनुको अर्थ विश्वासी बचाइएको छ र परमेश्वरको मित्र बनाइएको छ भन्ने हुन्छ । त्यस विश्वासीलाई परमेश्वरसँग सदाको लागि जिउन पाउने प्रतिज्ञा पनि गरिएको हुन्छ । तापनि, यस अवधारणालाई धेरै भाषाहरूमा प्रतिनिधित्व गर्न कठिन हुन सक्छ ।
यी वाक्यांशहरूको खास अर्थहरू पनि हुन्छन् जुन पावलले तिनलाई त्यस खास खण्डमा कसरी प्रयोग गरे भन्ने कुरामा भर पर्छ । उदाहरणको लागि, ३:२४ मा (“उद्धार जुन ख्रीष्ट येशूमा छ”), पावलले येशू ख्रीष्टको “कारण” हामीले मुक्ति पाएको कुरालाई जनाए । ८:९ मा (“तिमीहरू शरीरमा छैनौ तर आत्मामा छौ”), विश्वासीहरूले पवित्र आत्मा“लाई” सुम्पने कुराको विषयमा पावलले कुरा गरे । ९:१ मा (“म ख्रीष्टमा साँचो बताउँछु”), पावलले येशू ख्रीष्ट“सँग सहमतमा भएको” सत्यता बताइरहेका छन् भनेर उनले भन्न खोजेका हुन् ।
जे भएतापनि, हामी येशू ख्रीष्टसँग
विभिन्न अवधारणाहरूमध्ये कुनै एकलाई सङ्केत गर्नको लागि धर्मशास्त्रले यस्ता शब्दहरूको प्रयोग गर्छ । यसैकारण, अनुवादकहरूको लागि ती कुराहरूलाई तिनीहरूका संस्करणहरूमा राम्ररी प्रतिनिधित्व गर्न धेरैपटक कठिन हुन्छ । अङ्ग्रेजीमा अनुवाद गर्दा, यूएलटीले निम्न सिद्धान्तहरूको प्रयोग गर्छः * कहिलेकाहीँ खण्डमा भएको अर्थले नैतिक पवित्रताको अर्थ दिन्छ । सुसमाचार बुझ्नको लागि विशेषगरी महत्त्वपूर्ण तथ्य चाहिँ के हो भने परमेश्वरले ख्रीष्टिएनहरूलाई पापरहित मान्नुहुन्छ किनभने तिनीहरू येशू ख्रीष्टसँग एकीकृत भएका हुन्छन् । अर्को सम्बन्धित तथ्य चाहिँ के हो भने परमेश्वर सिद्ध र खोटरहित हुनुहुन्छ । तेस्रो तथ्य चाहिँ के हो भने ख्रीष्टिएनहरूले आफूहरूलाई जीवनमा दोषरहित र खोटरहित ढङ्गमा चलाउनुपर्छ । यी कुराहरूमा, यूएलटीले “पवित्र”, “पवित्र परमेश्वर”, “पवित्र जनहरू” वा “पवित्र मानिसहरू” जस्ता शब्दहरूको प्रयोग गर्छ । (हेर्नुहोस्ः १:७) * कहिलेकाहीँ खण्डमा भएको अर्थले ख्रीष्टिएनहरूले निभाएका कुनै खास भूमिकाको अर्थ नदिइकन विशेषगरी तिनीहरूको साधारण उल्लेखलाई सङ्केत गर्छ । केही अरू अङ्ग्रेजी संस्करणहरूमा “सन्तहरू” वा “पवित्र जनहरू” जस्ता शब्दहरूको प्रयोग भएको खण्डमा, यूएलटीले “विश्वासीहरू” प्रयोग गर्छ । (हेर्नुहोस्ः ८:२७; १२:१३; १५:२५, २६, ३१; १६:२, १५) * कहिलेकाहीँ खण्डमा भएको अर्थले कोही व्यक्ति वा केही कुरा केवल परमेश्वरको लागि अलग राखिएको कुरालाई सङ्केत गर्छ । यी खण्डहरूमा, यूएलटीले “अलग राखिएको”, “ ... लाई समर्पित गरिएको”, “शुद्ध पारिएको”, वा “ ... का लागि संरक्षित गरिएको” जस्ता शब्दहरूको प्रयोग गर्छ । (हेर्नुहोस्ः १५:१६)
अनुवादकहरूले यी अवधारणाहरूलाई तिनीहरूका आफ्नै संस्करणहरूमा कसरी प्रतिनिधित्व गर्ने भनेर सोच्दै गर्दा यूएलटी धेरैपटक सहयोग हुनेछ ।
निम्न दिइएका पदहरूको लागि, बाइबलका नयाँ संस्करणहरू पुराना संस्करणहरूबाट फरक पर्छन् । यूएलटीले नयाँ भनाइलाई समावेश गर्छ र पुरानो भनाइलाई पादटिप्पणीमा राख्छ ।
निम्न दिइएको पद बाइबलका सर्वोत्कृष्ट प्राचीन प्रतिहरूमा छैन । अनुवादकहरूलाई यो पदलाई समावेश नगर्नको लागि सुझाव दिइन्छ । तापनि, यदि अनुवादकहरूका क्षेत्रमा बाइबलका पुराना संस्करणहरू छन् जसमा यो पद छ भने, अनुवादकहरूले त्यसलाई समावेश गर्न सक्छन् । यदि यसको अनुवाद हुन्छ भने, यो सम्भवतः रोमीहरूको पुस्तकबाट लिइएको मौलिक कुरा होइन भनेर सङ्केत गर्नको लागि यसलाई ठूला कोष्ठकहरूभित्र ([]) राख्नुपर्छ ।
1 प्रेरित हुनको निम्ति बोलाइएका र सुसमाचारको कामको निम्ति अलग गरिएका, येशू ख्रीष्टका दास पावल । 2 उहाँले आफ्ना अगमवक्ताहरूद्वारा पहिले नै पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको सुसमाचार यही हो । 3 यो शरीरअनुसार दाऊदको वंशबाट जन्मनुभएका उहाँका पुत्रको बारेमा हो । 4 मृतकहरूबाट पुनरुत्थान हुनुभएर उहाँलाई पवित्रताको आत्माद्वारा शक्तिशाली परमेश्वरका पुत्र हुन घोषणा गरिनुभएका उहाँ हाम्रा प्रभु येशू ख्रीष्ट हुनुहुन्छ । 5 उहाँको नाउँको खातिर सबै जातिमाझ विश्वासको आज्ञाकारिताको निम्ति हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको सेवा पाएका छौँ । 6 यी जातिहरूमध्ये तिमीहरू पनि येशू ख्रीष्टका हुन बोलाइएका छौ । 7 यो पत्र रोममा भएका सबैका निम्ति हो, अर्थात् परमेश्वरका प्रियहरू जो पवित्र जाति हुन बोलाइएका छौ । हाम्रा परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति तिमीहरूमा रहोस् । 8 पहिले, तिमीहरू सबैका निम्ति येशू ख्रीष्टद्वारा म परमेश्वरलाई धन्यवाद चढाउँछु, किनकि तिमीहरूको विश्वास सारा संसारभरि घोषणा गरिएको छ । 9 किनकि म तिमीहरूको नाउँ कत्तिको लिइरहन्छु भनी परमेश्वर मेरो साक्षी हुनुहुन्छ । उहाँका पुत्रको सुसमाचारमा म मेरो आत्माले (जोसका साथ) उहाँको सेवा गर्छु । 10 परमेश्वरको इच्छाद्वारा जसरी भए पनि म तिमीहरूकहाँ आउन सफल हुन सकूँ भनी म सधैँ मेरो प्रार्थनामा अनुरोध गर्छु । 11 म तिमीहरूलाई भेट्ने इच्छा गर्छु, ताकि तिमीहरूलाई बलियो बनाउनको लागि म तिमीहरूलाई केही आत्मिक वरदानहरू दिन सकूँ । 12 अर्थात् तिमीहरू र मेरो एक-अर्काका विश्वासद्वारा म पारस्परिक रूपमा प्रोत्साहित हुने उत्कट इच्छा गर्छु । 13 मैले प्रायः तिमीहरूकहाँ आउने इच्छा गरेँ भन्ने कुरामा तिमीहरू अनभिज्ञ होऊ भन्ने म चाहन्नँ, तर मलाई अहिलेसम्म रोकिएको छ । मैले बाँकी गैरयहूदीहरूका माझमा झैँ तिमीहरूका माझमा पनि केही फल पाउनको लागि यो चाहेको हुँ । 14 म यहूदीहरू र विदेशीहरू, बुद्धिमान्हरू र मूर्खहरू दुवैप्रति ऋणी छु । 15 त्यसैले, मेरो हकमा म तिमीहरू रोममा हुनेहरूलाई पनि सुसमाचार घोषणा गर्न तयार छु । 16 म सुसमाचारको निम्ति शर्माउँदिनँ, किनकि यो विश्वास गर्ने सबैको निम्ति परमेश्वरको मुक्तिको शक्ति हो, पहिलो यहूदी र त्यसपछि ग्रिकहरूका निम्ति । 17 किनकि यसैमा परमेश्वरको धार्मिकता विश्वासबाट विश्वासमा प्रकट गरिएको छ, जस्तो लेखिएको छ “धर्मीहरू विश्वासद्वारा नै जिउनेछन् ।” 18 किनभने सबै भक्तिहीनता र मानिसहरूको अधार्मिक्ता विरुद्ध परमेश्वरको क्रोध स्वर्गबाट प्रकट भएको छ जसले भक्तिहीनताद्वारा सत्यतालाई रोकेको छ । 19 यो परमेश्वरबारे अज्ञात भएको कुरा तिनीहरूलाई दृश्य भएको हुनाले हो । किनभने परमेश्वरले तिनीहरूलाई प्रकाश दिनुभएको छ । 20 किनकि संसारको उत्पत्तिदेखि उहाँका अदृश्य पक्षहरू स्पष्ट रूपमा दृश्य भएका छन् । ती सृजिएका थोकहरूद्वारा बुझिएका छन् । यी पक्षहरू उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभावहरू हुन् । परिणामस्वरूप, यी मानिसहरूलाई कुनै बहाना छैन । 21 यो तिनीहरूले परमेश्वरलाई चिनेर पनि तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा महिमा नदिएकाले गर्दा भएको हो । बरु, तिनीहरू आ-आफ्नै विचारमा मूर्ख भए, र तिनीहरूका अचेत हृदयहरू अँध्यारो बनाइए । 22 तिनीहरूले बुद्धिमान् भएको दाबी गरे, तापनि तिनीहरू मूर्ख नै भए । 23 तिनीहरूले अविनाशी परमेश्वरको महिमालाई नाश हुने मानिस, चराचुरुङ्गी, चार खुट्टे जनावरहरू र घस्रने जन्तुहरूको प्रतिमासँग साटे । 24 त्यसकारण, परमेश्वरले तिनीहरूलाई अशुद्धताको निम्ति अर्थात् तिनीहरूका बिचमा नै तिनीहरूका शरीरको अनादर होस् भनी तिनीहरूका हृदयका कामबासनामा नै छाडिदिनुभयो । 25 परमेश्वरको सत्यतालाई झुटसँग साट्ने र सदासर्वदा प्रशंसा गरिनुपर्ने सृष्टिकर्तालाई आराधना गर्नुको सट्टा सृष्टि गरिएका थोकहरूको सेवा गर्ने तिनीहरू नै हुन् । आमेन । 26 यसैले, परमेश्वरले तिनीहरूलाई लाजमर्दो अभिलाषाहरूमा छाडिदिनुभयो, किनकि तिनीहरूका स्त्रीहरूले प्राकृतिक स्वभावलाई प्रकृति विरुद्धको अस्वाभाविक कार्यहरूसँग साटे । 27 त्यसै गरी, पुरुषहरूले पनि स्त्रीहरूसँगको स्वाभाविक कार्यलाई छोडे, र एक-अर्काप्रतिको कामुकताले जले । पुरुषहरूसँग अश्लील कार्य गर्ने र तिनीहरूका भ्रष्टताअनुसारको दण्ड पाउने पुरुषहरू यिनीहरू नै थिए । 28 तिनीहरूको सजगतामा पनि तिनीहरूले परमेश्वर हुनुभएकोमा सहमत नभएका हुनाले उहाँले तिनीहरूलाई तिनीहरूका निम्ति अनुचित कुरा गर्नलाई भ्रष्ट मनमा छोडिदिनुभयो । 29 तिनीहरू अधार्मिकता, दुष्टता, लालच, र द्वेषले भरिएका छन् । तिनीहरू ईर्ष्या, हत्या, कलह, छल र दुष्ट विचारले पूर्ण छन् । 30 तिनीहरू कुरौटे, निन्दा गर्ने, र परमेश्वरलाई घृणा गर्नेहरू हुन् । तिनीहरू हिंस्रक, घमण्डी र अहङ्कारी छन् । तिनीहरू दुष्ट थोकहरूका आविष्कारकहरू हुन् र आफ्ना आमाबुबाप्रति अनाज्ञाकारी भएका छन् । 31 तिनीहरूमा समझ छैन, तिनीहरू अविश्वासयोग्य, स्वाभाविक प्रेमविनाका, र कृपारहित छन् । 32 यसो गर्नेहरू मृत्युका भागीदार हुन्छन् भन्ने परमेश्वरको नियमलाई तिनीहरू जान्दछन् । तर तिनीहरू यी थोकहरू गर्ने मात्र होइनन्, तिनीहरू यसो गर्नेहरूसँग सहमत पनि हुन्छन् ।
पहिलो पद एक प्रकारको परिचय हो । प्राचीन भू-मध्य क्षेत्रमा रहने मानिसहरूले धेरैपटक तिनीहरूका पत्रहरूलाई यसरी नै थालनी गर्थे । कहिलेकाहीँ यसलाई “अभिवादन” भनिन्छ ।
यस अध्यायले रोमीहरूको पुस्तकको सामग्रीलाई “सुसमाचार”को रूपमा जनाउँछ (रोमीहरू १:२) । रोमीहरू मत्ती, मर्कूस, लूका र यूहन्नाको सुसमाचार जस्तो होइन । बरु, १-८ का अध्यायहरूले बाइबलीय सुसमाचारलाई प्रस्तुत गर्छन्ः सबैले पाप गरेला छन् । येशू हाम्रा पापहरूका लागि मर्नुभयो । उहाँ फेरि बिउँताइनुभयो ताकि उहाँमा हामीसँग नयाँ जीवन भएको होस् ।
यस अध्यायले फलको चित्रणलाई प्रयोग गर्छ । फलको चित्रणले सामान्यतया कुनै व्यक्तिको विश्वासलाई जनाउँछ जसले तिनीहरूका जीवनमा असल कामहरू निकालिरहेको हुन्छ । यस अध्यायमा, यसले रोमी ख्रीष्टिएनहरूको माझमा पावलले गरेका कामहरूका परिणामहरूलाई जनाउँछ । अनि अनि )
यस अध्यायले व्याख्या गर्छ कि सबैजनासँग कुनै बहाना छैन । साँचो परमेश्वर, यहवेको बारेमा हाम्रा वरिपरि भएको उहाँको सृष्टिबाट हामी सबैलाई थाहा छ । हाम्रो पाप र हाम्रो पापी स्वभावको कारण, हरेक व्यक्ति परमेश्वरको क्रोधको भागीदार न्यायोचित रूपले बनेको छ । यो क्रोध येशू क्रूसमा मर्नुभएर तिनीहरूको लागि शान्त बनाइएको थियो जसले उहाँमा विश्वास गर्छन् । अनि )
धेरै विद्वानहरूले “परमेश्वरले तिनीहरूलाई सुम्पिदिनुभयो” र “परमेश्वरले तिनीहरूलाई छोडिदिनुभयो” भन्ने वाक्यांशहरूलाई ईश्वरशास्त्रीय हिसाबले महत्त्वपूर्ण भएको भनेर हेर्छन् । यसकारण, परमेश्वरले त्यस कार्यमा निष्क्रिय भूमिका निभाउनुभएको रूपमा यी वाक्यांशहरूलाई अनुवाद गर्न महत्त्वपूर्ण छ । परमेश्वरले मानिसहरूलाई केवल तिनीहरूका अभिलाषाहरूको पछि लाग्न दिनुहुन्छ, उहाँले तिनीहरूलाई कर लगाउनुहुन्न ।
यद अध्यायमा यसभित्र थुप्रै कठिन अवधारणाहरू छन् । यस अध्यायमा धेरैजसो वाक्यांशहरूलाई पावलले कसरी लेख्छन् भन्ने कुराले अनुवाद गर्नलाई कठिन बनाउँछ । वाक्यांशहरूको अर्थ बुझ्नको लागि अनुवादकले यूएलटीको प्रयोग गर्नुपर्ने हुन सक्छ । साथै यी वाक्यांशहरूलाई केही स्वतन्त्र भएर अनुवाद गर्न पनि आवश्यक हुन सक्छ । केही अप्ठेरा वाक्यांशहरूमा निम्न कुराहरू पर्छन्ः “विश्वासको आज्ञापालन”, “जसलाई म मेरो आत्मामा सेवा गर्छु”, “विश्वासदेखि विश्वाससम्म” र “अविनाशी परमेश्वरको महिमालाई विनाशी मानिसको प्रतिरूपको लागि साटफेर गरे ।”
तपार्इंको भाषामा कुनै पत्रको लेखकको परिचय दिने कुनै खास तरिका हुन सक्छ । ती मानिसहरू को हुन् जसलाई पावलले यो पत्र लेखे
तपाईंले यसलाई कर्तृ वाच्यमा पनि अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई एक प्रेरित हुनको निम्ति बोलाउनुभयो र सुसमाचारको बारेमा मानिसहरूलाई बताउनको लागि मलाई चुन्नुभयो”
यसको अर्थ हुन्छ कि परमेश्वरले मानिसहरूलाई उहाँका सन्तान हुनलाई, उहाँका सेवकहरू हुनलाई र येशूद्वारा मुक्तिको विषयमा भएको उहाँको सन्देशको घोषना गर्नेहरू हुनलाई नियुक्त गर्नुभयो वा चुन्नुभयो ।
परमेश्वरले उहाँको राज्य खडा गर्नुहुने थियो भनेर उहाँका मानिसहरूलाई प्रतिज्ञा गर्नुभयो । यी प्रतिज्ञाहरूलाई धर्मशास्त्रमा लेख्नको लागि उहाँले अगमवक्ताहरूलाई भन्नुभयो ।
यसले “परमेश्वरको सुसमाचार”लाई जनाउँछ, परमेश्वरले उहाँको पुत्रलाई संसारमा पठाउनलाई प्रतिज्ञा गर्नुभयो भन्ने सुसन्देश ।
यो येशू, परमेश्वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।
यहाँ “शरीर” भन्ने शब्दले भौतिक देहलाई जनाउँछ । वैकल्पिक अनुवादः “जो शारीरिक तवरमा दाऊदको एक सन्तान हुनुहुन्छ” वा “जो दाऊदको परिवारमा जन्मनुभएको थियो”
पावलले यहाँ उनको प्रचार गर्नुपर्ने दायित्वको बारेमा कुरा गर्छन् ।
“उहाँ” शब्दले येशू ख्रीष्टलाई जनाउँछ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँलाई परमेश्वरको पुत्र हुनुहुन्छ भनी शक्तिसहित घोषणा गर्नुभयो”
“मृत मानिसहरूको माझबाट उहाँलाई बिउँताउनुभएर ।” यो अभिव्यक्तिले तल्लो संसारमा एकसाथ भएका ती सबै मृत मानिसहरूको विषयमा बताउँछ, र जीवित भएर फेरि फर्किआउने कुरा चाहिँ तिनीहरूको माझबाट पुनरुत्थान भएर आउने कुराको रूपमा बताइएको छ ।
यसले पवित्र आत्मालाई जनाउँछ ।
परमेश्वरले पावललाई एक प्रेरित हुने वरदान दिनुभएको छ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई एक प्रेरित तुल्याउनुभयो । यो एक विषेशाधिकार हो”
पावलले “नाउँ” भन्ने शब्दलाई येशूलाई जनाउनको लागि एक प्रतिस्थापन शब्दको रूपमा प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “उहाँमा भएको तिनीहरूको विश्वासको कारण सबै जातिहरूलाई आज्ञापालन गर्नका लागि सिकाउनका निमित्त”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “म तिमीहरू सबै रोममा हुनेहरूलाई यो पत्र लेखिरहेको छु जसलाई परमेश्वरले प्रेम गर्नुहुन्छ र उहाँका मानिसहरू हुनलाई चुन्नुभएको छ”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई अनुग्रह र शान्ति दिनुभएको होस्” वा “परमेश्वरले तिमीहरूलाई आशिष् दिनुभएको होस् र तिमीहरूलाई भित्री शान्ति दिनुभएको होस्”
“पिता” शब्द परमेश्वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।
पावल र उनका पाठकहरूले जानेको संसार र जसमा उनीहरूले यात्रा गर्न सक्थे, जुन चाहिँ रोमी साम्राज्य थियो
पावलले तिनीहरूको लागि व्यग्रताको साथ प्रार्थना गर्छन् र उनले प्रार्थना गरिरहेको परमेश्वरले देख्नुभएको छ भनेर पावलले जोड दिन्छन् । “किनकि” भन्ने शब्दलाई धेरैपटक अनुवाद नगरी त्यसै छोडिन्छ ।
एक व्यक्तिको आत्मा भनेको उसको त्यो भाग हो जसले परमेश्वरलाई चिन्न सक्छ र उहाँमा विश्वास गर्न सक्छ ।
बाइबलको सुसन्देश (सुसमाचार) यो हो कि परमेश्वरको पुत्रले संसारको मुक्तिदाताको रूपमा आफैँलाई दिनुभएको छ ।
यो येशू, परमेश्वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।
“म तिमीहरूको बारेमा परमेश्वरसँग कुरा गर्छु”
“हरेक पटक जब म प्रार्थना गर्छु, म परमेश्वरसँग बिन्ती गर्छु कि ... तिमीहरूलाई भेट्न आउनमा ... मैले सफलता पाऊँ”
“परमेश्वरले हुन दिनुहुने कुनै पनि तरिकाबाट”
“आखिरमा” वा “अन्ततः”
“किनभने परमेश्वरले त्यो चाहनुहुन्छ”
पावलले रोममा भएका मानिहरूलाई व्यक्तिगत रूपमा भेट्ने उनको इच्छालाई व्यक्त गरेर तिनीहरूका लागि भएका उनका सुरुका भनाइहरूलाई निरन्तरता दिन्छन् ।
“किनभने म साँच्चै तिमीहरूलाई देख्न चाहन्छु”
पावल रोमी ख्रीष्टिएनहरूलाई आत्मिक रूपमा बलियो बनाउन चाहन्छन् । वैकल्पिक अनुवादः “केही वरदान जसले तिमीहरूलाई आत्मिक रूपमा हुर्कन सहायता गर्नेछ”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “मेरो भन्नुको अर्थ हो कि हामीले येशूमा भएको विश्वासको हाम्रा अनुभवहरूलाई बाँडेर हामीले एकअर्कालाई प्रोत्साहन गरेको म चाहन्छु”
तिनीहरूसँग यो जानकारी भएको उनले चाहन्थे भनेर पावलले जोड दिइरहेका छन् । तपाईंले यस युगल अकरणलाई सकारात्मक रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले जानेको म चाहन्छु”
यहाँ यसको अर्थ पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरू भन्ने हुन्छ ।
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “केही कुराले मलाई सधैँ रोकेको छ”
“फसल” भन्ने शब्द एक अलङ्कार हो जसले रोममा भएका मानिसहरूलाई प्रतिनिधित्व गर्छ र जसले सुसमाचारलाई विश्वास गरेका पावल चाहन्छन् । वैकल्पिक अनुवादः “कि तिमीहरूका माझमा भएका अझ धेरै मानिसहरूले येशूमा विश्वास गरून्”
अन्य क्षेत्रहरूमा भएका अन्यजातिहरू जहाँ तिनी गएका थिए
“ऋृणी” भन्ने अलङ्कार शब्दको प्रयोग गरेर, पावलले परमेश्वरको सेवा गर्नुपर्ने उनको कामको विषयमा यसरी बताउँछन् कि मानौँ उनले परमेश्वरबाट केही आर्थिक ऋृण लिएका थिए । वैकल्पिक अनुवादः “मैले ... कहाँ सुसमाचार लैजानै पर्छ”
तपाईंले यसलाई सकारात्मक रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “म सम्पूर्ण रूपमा सुसमाचारमा विश्वास गर्छु”
यहाँ “विश्वास गर्छ” भन्ने कुराको अर्थ कोही व्यक्तिले ख्रीष्टमा उसको भरोसा राख्छ भन्ने हुन्छ । वैकल्पिक अनुवादः “यो सुसमाचारद्वारा हो कि परमेश्वरले ख्रीष्टमा भरोसा राख्नेहरूलाई शक्तिशाली तरिकाले बचाउनुहुन्छ”
“यहूदी मानिसहरूको लागि र त्यसपछि ग्रीक मानिसहरूको लागि पनि”
यहाँ “पहिला”को अर्थ समयको क्रम अनुसार अरूहरू सबैभन्दा अगाडि आउने हुन्छ ।
यहाँ “यस”ले सुसमाचारलाई जनाउँछ । पावलले किन सुसमाचारमा पूर्ण रूपमा भरोसा गर्छन् भन्ने कुरालाई उनले व्याख्या गर्छन् ।
पावलले सुसमाचारको सन्देशको विषयमा त्यो चाहिँ परमेश्वरले मानिसहरूलाई भौतिक रूपमा देखाउनसक्नुहुने कुनै वस्तु भए झैँ गरी बताउँछन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई बताउनुभएको छ कि सुरुदेखि अन्तसम्म मानिसहरू विश्वासद्वारा नै धर्मी बन्छन्”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जसरी कसैले धर्मशास्त्रमा लेखेको छ”
यहाँ “धर्मी”ले तिनीहरूलाई जनाउँछ जसले परमेश्वरमा भरोसा गर्छन् । वैकल्पिक अनुवादः “परमेश्वरमा भरोसा गर्ने मानिसहरूलाई नै उहाँले आफूसँग ठीक सम्बन्धमा भएको ठान्नुहुन्छ, र तिनीहरू सदासर्वदा जिउनेछन्”
पापपूर्ण मानिसप्रतिको परमेश्वरको ठूलो क्रोधलाई पावलले देखाउँछन् ।
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “किनभने परमेश्वरले उहाँ कति क्रोधित हुनुहुन्छ भनी देखाउनुहुन्छ”
पावलले रोमीहरू १:१७ मा भनेका कुराहरू सत्य हुन भनेर मानिसहरूले किन जान्दछन् भनेर उनले बताउन लागेका छन् भनी देखाउनको लागि उनले “किनकि” शब्दको प्रयोग गर्छन् ।
“दुष्टता” र “अधार्मिकता” भन्ने शब्दहरू भाववाचक नामपदहरू हुन् जसलाई “दुष्ट” भन्ने विशेषणको प्रयोग गरेर व्यक्त गर्न सकिन्छ, जसले मानिसहरूलाई वर्णन गर्छ, र “अधर्मी” विशेषणको प्रयोग गरेर, जसले तिनीहरूका कामहरूलाई वर्णन गर्छ । यी नामपदहरू ती मानिसहरूका लागि प्रतिस्थापन शब्दहरू हुन् जससँग परमेश्वर क्रोधित हुनुहुन्छ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “मानिसहरूसँग परमेश्वर कति क्रोधित हुनुहुन्छ भन्ने कुरालाई उहाँले स्वर्गबाट प्रकट गर्नुहुन्छ किनभने तिनीहरू दुष्ट छन् र अधर्मी कामहरू गर्छन्”
यहाँ “सत्यता”ले परमेश्वरको बारेमा भएको सत्य जानकारीलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरको बारेमा भएको सत्य जानकारीलाई लुकाउनु”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले प्रस्टसँग देख्नसक्ने कुराको कारण तिनीहरूले परमेश्वरको बारेमा जान्न सक्छन्”
यहाँ “तिनीहरूलाई प्रकाश दिनु” भन्ने कुराको अर्थ परमेश्वरले तिनीहरूलाई उहाँको बारेमा भएको सत्यता देखाउनुभएको छ भन्ने हुन्छ । वैकल्पिक अनुवादः “किनभने उहाँ कस्तो हुनुहुन्छ भनेर परमेश्वरले सबैजनालाई देखाउनुभएको छ”
मानिसहरूले परमेश्वरका अदृश्य गुणहरूलाई बुझ्ने कुराको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ मानिसहरूले ती गुणहरू देखेका छन् । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि मानिसहरूले परमेश्वरका अदृश्य गुणहरूलाई स्पष्ट रूपमा बुझेका छन्, नाम लिएर भन्नुपर्दा उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव”
“परमेश्वरका सबै गुणहरू र विशेषताहरू” वा “परमेश्वरको बारेमा भएका ती कुराहरू जसले उहाँलाई परमेश्वर बनाउँछन्”
यसले स्वर्गहरू र पृथ्वी, र साथै तिनमा भएका यावत् थोकहरूलाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले बनाउनुभएको थोकहरूको कारण” वा “किनभने परमेश्वरले बनाउनुभएका थोकहरू मानिसहरूले देखेका छन्”
“तिनीहरूलाई थाहा थिएन भनेर यी मानिसहरूले कहिल्यै भन्न सक्दैनन्”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “मूर्ख कुराहरू विचार गर्न थाले”
यहाँ “अन्धकार” भनेको एउटा अलङ्कार हो जसले मानिसहरूको समझको अभावलाई प्रतिनिधित्व गर्छ । यहाँ हृदय भनेको व्यक्तिको मन वा भित्री व्यक्तित्वको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिनीहरू ती कुराहरू बुझ्न असक्षम भए जुन तिनीहरूले बुझेको परमेश्वर चाहनुहुन्थ्यो”
“तिनीहरूले बुद्धिमान् छौँ भनेर दाबी गरिरहेका बेलामा तिनीहरू मूर्ख बने”
रोमीहरू १:१८ मा भएका मानिसहरू
“परमेश्वर महिमामय हुनुहुन्छ र कहिल्यै मर्नुहुनेछैन भन्ने सत्यतालाई ... बेचे” वा “परमेश्वर महिमामय हुनुहुन्छ र कहिल्यै मर्नुहुनेछैन भन्ने कुरालाई विश्वास गर्न छोडे”
“र बरु ... जस्तै देखिने मूर्तिहरूलाई पुज्ने छनोट गरे”
“कुनै मानिस जो मर्नेछ”
“अथवा जे चराहरू, चारखुट्टे पशुहरू, वा घस्रने जीवहरू जस्तै देखिन्थ्यो”
“किनभने मैले जे भर्खरै भनेको छु सो सत्य हो”
“परमेश्वरले तिनीहरूलाई ... मा लिप्त हुन दिनुभयो”
यी शब्दहरूले रोमीहरू १:१८ को “मानवजाति”लाई जनाउँछन् ।
यहाँ “तिनीहरूको हृदयको कामवासना” भनेको प्रतिस्थापकीय शब्द हो जसले तिनीहरूले गर्न चाहेका दुष्ट थोकहरूलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिनीहरूले असाध्यै चाहेका नैतिक रूपमा अशुद्ध रहेका कुराहरू”
यो एउटा मृदुभाषी भनाइ हो जसको अर्थ हुन्छ तिनीहरूले अनैतिक यौन कार्यहरू गरे भन्ने हुन्छ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “र तिनीहरूले अनैतिक व्यभिचारपूर्ण र बदनाम गराउने कार्यहरू गरे”
यी शब्दहरूले रोमीहरू १:१८ को “मानवजाति”लाई जनाउँछन् ।
यहाँ “सृष्टि”ले परमेश्वरले सृजनुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले परमेश्वरले सृजनुभएको थोकहरूलाई पूजा गरे”
“ ... भन्दा बरु”
“मूर्तिपूजा र यौन पापको कारण”
“परमेश्वरले तिनीहरूलाई ... मा लिप्त हुन दिनुभयो”
“लज्जास्पद कामुक इच्छाहरू”
“किनभने तिनीहरूका स्त्रीहरू”
“अप्राकृतिक रहेका” सम्बन्धहरूको अवधारणा चाहिँ अनैतिक यौन कामुकताको लागि एउटा नरम भनाइ हो । वैकल्पिक अनुवादः “यौन कार्यलाई त्यस्तो तरिकाले अभ्यास गर्न थाले जुन परमेश्वरले रच्नुभएन”
यहाँ “प्राकृतिक सम्बन्धहरू” भनेको यौन सम्बन्धहरूको लागि मृदुभाषी भनाइ हो । वैकल्पिक अनुवादः “धेरै पुरुषहरूले स्त्रीहरूका लागि भएको प्राकृतिक यौन चाहना बोक्न छोडे”
“अरू पुरुषहरूको लागि प्रबल कामुक इच्छाको अनुभव गरे”
“त्यस्ता कार्यहरू गरे जसका लागि तिनीलाई लाज लाग्नुपर्ने थियो, तर तिनीहरू लज्जित थिएनन्”
“परमेश्वरले तिनीहरूले गरेका त्रुटिको लागि न्यायपूर्ण तवरमा तिनीहरूलाई सजाय दिनुभएको छ”
नैतिक भुल, तथ्यहरूको विषयमा भएको गल्ती होइन
“तिनीहरूले परमेश्वरलाई चिन्न आवश्यक थियो भनेर ठानेनन्”
यी शब्दहरूले रोमीहरू १:१८ को “मानवजाति”लाई जनाउँछन् ।
यहाँ “भ्रष्ट मन”को अर्थ एउटा त्यस्तो मन हुन्छ जसले केवल अनैतिक कुराहरूको बारेमा मात्रै विचार गर्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूका मनहरूलाई, जसलाई तिनीहरूले व्यर्थका र अनैतिक सोचाइहरूले भरेका थिए, तिनीहरूलाई सम्पूर्ण रूपमा नियन्त्रण गर्न दिनुभयो”
“लज्जास्पद” वा “पापपूर्ण”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूमा ... को निम्ति तेज अभिलाषा छ” वा “तिनीहरू ... का कार्यहरू गर्न प्रबल रूपमा चाहना गर्छन्”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “धेरैले अरू मानिसहरूको निरन्तर ईर्ष्या गरिरहेका हुन्छन् ... धेरैले मानिसहरूलाई हत्या गर्न निरन्तर चाहना गर्छन् ... मानिसहरूको माझमा विवादहरू र झगडाहरू पैदा गराउन ... अरूहरूलाई छल्न ... अरूहरूको बारेमा घृणापूर्ण भावनाले बोल्न”
निन्दा गर्ने व्यक्तिले अर्को व्यक्तिको छविमा हानी पर्याउन त्यसको बारेमा झूटा कुराहरू भन्छ ।
“अरूहरूलाई दुष्ट कुराहरू गर्नलाई नयाँ उपायहरू सोच्दै”
“तिनीहरूले कसरी जिएको परमेश्वर चाहनुहुन्छ भन्ने कुरा तिनीहरू जान्दछन्”
यहाँ “अभ्यास”ले निरन्तर वा बानी गरेर दुष्ट थोकहरू गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “र तिनीहरू जसले अधर्मी कुराहरू गरिरहन्छन्”
“मर्न लायकका छन्”
“यस किसिमका दुष्ट थोकहरू”
यहाँ “गर्नु” भन्ने क्रियापदले दुष्ट थोकहरू गर्नको लागि निरन्तरता दिने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “जसले दुष्ट थोकहरू गरिरहन्छन्”
1 यसकारण, तिमीहरूलाई कुनै बहाना छैन । ए मानिस, तिमी जसले न्याय गर्छौ र तिमी अर्कालाई जेको निम्ति दोष लगाउँछौ तिमी आफैँ पनि त्यसैमा दोषी ठहराइन्छौ । किनकि तिमी न्याय गर्नेले पनि त्यही कुराहरू गर्छौ । 2 तर यस्ता कुराहरू गर्नेहरूमाथि परमेश्वरको न्याय हुँदा सत्यताअनुसार हुन्छ भनी हामी जान्दछौँ । 3 तर ए मानिस, यसलाई विचार गर कि तिमी आफैँले पनि त्यही गर्छौ यद्यपि तिमीले यी कुराहरू गर्नेहरूको न्याय गर्छौ । के तिमी परमेश्वरको इन्साफबाट उम्कनेछौ र ? 4 अथवा के तिमी उहाँको कृपाको प्रशस्तता, उहाँको दण्डको ढिलाइ र उहाँको धैर्यलाई तुच्छ ठन्छौ ? के उहाँको भलाइ तिमीहरूलाई पश्चात्तापमा डोर्याउनलाई हो भन्ने तिमीहरू जान्दैनौ ? 5 तर तिमीहरूको कठोर र अपश्चात्तापी हृदयको कारण तिमीहरूले क्रोधको दिन अर्थात् परमेश्वरको धार्मिक न्याय प्रकट हुने दिनको निम्ति क्रोध थुपारिरहेका छौ । 6 परमेश्वरले हरेकलाई त्यसको आफ्ना कर्महरूको नापअनुसार दिनुहुनेछः 7 अटुट रूपमा सुकर्म गर्दै प्रशंसा, इज्जत र अमरत्वको खोजी गर्नेलाई उहाँले अनन्त जीवन दिनुहुनेछ । 8 तर आफ्नै मात्र भलाइ खोज्ने, सत्यताको अवज्ञा गर्ने तर अधार्मिकताप्रति आज्ञाकारी हुनेहरूमाथि क्रोध र भयङ्कर रिस आइपर्नेछ । 9 परमेश्वरले दुष्ट कार्य गर्ने हरेक मानव प्राणमाथि सङ्कट र दुःख ल्याउनुहुनेछ, पहिले यहूदीमाथि अनि ग्रिकहरूमाथि । 10 तर असल काम गर्नेहरूमाथि प्रशंसा, इज्जत र शान्ति आउनेछ, पहिले यहूदी र त्यसपछि ग्रिकहरूमाथि । 11 किनकि परमेश्वरले पक्षपात गर्नुहुन्न । 12 किनकि जतिले व्यवस्थाविना पाप गरेका छन्, तिनीहरू व्यवस्थाविना नै नष्ट हुनेछन् र जतिले व्यवस्थाप्रति पाप गरेका छन्, तिनीहरू व्यवस्थाद्वारा नै न्याय गरिनेछन् । 13 किनकि परमेश्वरको सामु धर्मी ठहरिनेहरू व्यवस्था सुन्नेहरू होइनन्, तर व्यवस्था पालन गर्नेहरू नै धर्मी ठहरिनेछन् । 14 किनकि गैरयहूदीहरू जससँग व्यवस्था छैन, तिनीहरूले स्वभावद्वारा नै व्यवस्थाका कुराहरू गर्छन् । तिनीहरू आफ्ना निम्ति आफैँ नै व्यवस्था हुन्, यद्यपि तिनीहरूसँग व्यवस्था छैन । 15 यसैद्वारा व्यवस्थाले चाहेका कुराहरू तिनीहरूका हृदयमा लेखिएका छन् भन्ने देखाउँछ । तिनीहरूको विवेकले पनि तिनीहरूलाई गवाही दिन्छ र तिनीहरूका आफ्नै विचारले कि तिनीहरू आफैँलाई दोष दिन्छ कि प्रतिरक्षा गर्छ । 16 अनि परमेश्वरप्रति पनि यही कुरो लागु हुन्छ । त्यो मेरो सुसमाचारअनुसार येशू ख्रीष्टद्वारा परमेश्वरले सबै मानिसहरूको गोप्य कुराहरूको इन्साफ गर्नुहुने दिन हुनेछ । 17 मानौँ, व्यवस्थामाथि भर परेर तिमी आफैँलाई यहूदी भन्छौ, परमेश्वरमा गर्वका साथ रमाउँछौ, 18 उहाँको इच्छा जान्दछौ र व्यवस्थाका शिक्षा पाएर त्यसबाट फरक भएका कुराहरूको जाँच गर्दछौ । 19 मानौँ, कि तिमी आफैँ अन्धाहरूका अगुवा हौ, र अन्धकारमा हुनेहरूका निम्ति ज्योति हौ, 20 मूर्खलाई सुधार गर्ने, शिशुहरूका शिक्षक हौ, अनि तिमीसँग ज्ञान र सत्यताको स्वरूप व्यवस्थामा छ । 21 अनि तिमी जसले अरूलाई सिकाउँछौ, के तिमी आफैलाई चाहिँ सिकाउँदैनौ ? तिमी जसले चोरी नगर्नू भनी सिकाउँछौ, के तिमी नै चोरी गर्छौ ? 22 तिमी जसले व्यभिचार नगर्नू भन्छौ, के तिमीले नै व्यभिचार गर्छौ ? तिमी जसले मूर्तिहरूलाई घृणा गर्छौ, के तिमी मन्दिरहरू लुट्छौ ? 23 तिमी जो परमेश्वरको व्यवस्थामा गर्वका साथ रमाउँछौ, के तिमीले व्यवस्था उल्लङ्घन गरेर परमेश्वरको अपमान गर्छौ ? 24 किनकि जसो लेखिएको छ, “तिमीहरूले गर्दा गैरयहूदीहरूका माझमा परमेश्वरको नाउँको अनादर भएको छ ।” 25 यदि तिमीहरूले व्यवस्था पालन गर्छौ भने वास्तवमा खतनाले तिमीहरूलाई लाभ दिन्छ, तर यदि तिमीहरू व्यवस्था भङ्ग गर्नेहरू हौ भने, तिमीहरूको खतना बेखतना हुन्छ । 26 यदि बेखतने व्यक्तिले व्यवस्थाले माग गरेका कुराहरूलाई पालन गर्छ भने, के त्यसको बेखतना खतना नै ठानिनेछैन र ? 27 यदि स्वाभाविक रूपले खतना नभएकाले व्यवस्था पुरा गर्छ भने के त्यसले तिमीलाई दोषी ठहराउँदैन र ? तिमीहरूसँग लिखित धर्मशास्त्र र खतना भएको भए तापनि तिमीहरूले व्यवस्था उल्लङ्घन गर्ने भएकाले यसो भएको हो । 28 किनकि त्यो यहूदी होइन जो बाहिरी रूपले मात्र यहूदी हो; न त केवल बाहिरी शरीरको खतना नै खतना हो । 29 तर त्यही यहूदी हो जो भित्री रूपमा यहूदी हो र अक्षरमा होइन तर आत्माद्वारा हृदयको खतना नै खतना हो । यस्तो व्यक्तिको प्रशंसा मानिसबाट होइन, तर परमेश्वरबाट आउँछ ।
यो अध्यायले आफ्ना पाठकहरूलाई रोमी ख्रीष्टिएनहरूबाट अरू मानिसहरूको “न्याय” गर्ने र येशूमा विश्वास नगर्ने मानिसहरूतर्फ लैजान्छ । अनि )
यस वाक्यांशले फर्केर अध्याय १ मा भएको कुरालाई हेर्छ । केही तरिकाहरूमा, यसले वास्तवमा अध्याय १ ले सिकाएको कुरालाई टुङ्ग्याउँछ । संसारमा भएका सबैजनाले किन साँचो परमेश्वरको आराधना गर्नुपर्छ भनेर यस वाक्यांशले व्याख्या गर्छ ।
यो व्यवस्थाको पालना गर्नेहरू होइन जसलाई त्यसप्रतिको आज्ञापालनद्वारा धर्मी ठहराइनेछ । त्यो तिनीहरू हुन् जसले दिलोज्यानले मोशाको व्यवस्थालाई पछ्याउन कोसिस गर्छन् जसलाई यसले प्रदर्शित गरेको विश्वासद्वारा धर्मी ठहराइनेछ ।व्यवस्थाको आज्ञापालन गर्न कोसिस गर्नेहरूलाई त्यसको आज्ञापालन गर्न कोसिस गरेको कुराद्वारा धर्मी ठहराइनेछैन । येशूमा विश्वास गरेर धर्मी ठहराइएकाहरूले परमेश्वरको आज्ञाहरूको पालना गरेर तिनीहरूको विश्वास वास्तविक हो भनेर देखाउँछन् । अनि )
पावलले यस अध्यायमा थुप्रै आलङ्कारिक प्रश्नहरूको प्रयोग गर्छन् । यस्तो देखिन्छ कि यी आलङ्कारिक प्रश्नहरू प्रयोग गर्नुको अभिप्राय भनेको पाठकलाई तिनीहरूको पाप देखाउनु हो ताकि तिनीहरूले येशूमा विश्वास गरून् । अनि अनि )
यहाँको सन्दर्भमा, पद ७ मा भएको “उहाँले अनन्त जीवन दिनुहुनेछ” भन्ने कुरा एउटा परिकल्पित भनाइ हो । यदि कुनै व्यक्तिले सिद्ध जीवन जिउन सक्थ्यो भने, तिनीहरूले अनन्त जीवनलाई पुरस्कारको रूपमा जित्ने थिए । तर केवल येशू मात्र सिद्ध जीवन जिउन सक्षम हुनुहुन्थ्यो ।
१७-२९ का पदहरूमा पावलले अर्को एउटा परिकल्पित अवस्था दिन्छन् । यहाँ उनले व्याख्या गर्छन् कि मोशाको व्यवस्थालाई दिलोज्यानले पालना गर्न खोज्नेहरू पनि व्यवस्था भङ्ग गरेको भनेर दोषी छन् । अङग्रेजीमा, यो भनेको व्यवस्थाको “अक्षर”लाई पछ्याउनेहरू हुन् जसले व्यवस्थाको “आत्मा” वा साधारण सिद्धान्तहरूलाई पछ्याउन सक्दैनन् ।
समय-समयमा, यसलाई अझ साधारण किसिमले अनुवाद गर्न सकिन्छ । तर यसलाई तुलनात्मक रूपले यो अप्ठेरो किसिमले अनुवाद गरिएको छ किनभने जब पावलले “न्याय गर्ने मानिसहरू”लाई जनाउँछन्, सबैजनाले न्याय गर्छन् भनेर पनि उनले भनिरहेका छन् । यसलाई “जसले न्याय गर्छन् (र सबैले न्याय गर्छन्)” भनेर अनुवाद गर्न सम्भव छ ।
पावलले पुष्टि गरेका छन् कि सबै मानिसहरू पापीहरू हुन् र सबै मानिसहरू दुष्ट छन् भनेर तिनीहरूलाई सम्झाउनलाई निरन्तरता दिन्छन् ।
“यसकारण” शब्दले पत्रको नयाँ खण्डलाई अङ्कित गर्छ । यसले पावलले [रोमीहरू १:१-३२]
पावलले यहाँ यसरी लेखिरहेका छन् कि मानौँ उनले कोही एक यहूदी व्यक्तिलाई सम्बोधन गरिरहेका थिए जसले उनीसँग बहस गरिरहेका छन् । चाहे यहूदी होऊन् वा अन्यजाति, निरन्तर रूपमा पाप गरिरहने सबैलाई परमेश्वरले दण्ड दिनुहुनेछ भनेर आफ्ना पाठकहरूलाई सिकाउनको लागि पावलले यसो गरिरहेका छन् ।
यहाँ “तिमी” सर्वनाम एकवचनमा छ ।
यहाँ पावलले “मानिस” शब्द त्यो जो कोही पनि व्यक्तिलाई हप्काउनलाई प्रयोग गर्छन् जसले आफूले परमेश्वरले झैँ व्यवहार गर्न सक्छु र अरूहरूलाई न्याय गर्न सक्छु भनेर विचार गर्न सक्छ । वैकल्पिक अनुवादः “तिमी केवल एक मानव प्राणी हौ, अझै पनि तिमी अरूहरूको न्याय गर्छौ र भन्छौ कि तिनीहरू परमेश्वरको दण्डको भागीदार छन्”
“तर तिमीले त केवल आफैँलाई न्याय गरिरहेका छौ किनभने तिनीहरूले गरे झैँ तिमीले पनि त्यही दुष्ट कामहरू गर्छौ”
यहाँ “हामी” सर्वनामले ख्रीष्टिएन विश्वासीहरू र साथै यहूदीहरूलाई पनि समावेश गर्न सक्छ जो ख्रीष्टिएनहरू होइनन् ।
यहाँ पावलले “परमेश्वरको न्याय”को विषयमा त्यो कुनै जीवित थोक भए झैँ गरी बताउँछन् जुन मानिसहरूमाथि “आइपर्न” सक्थ्यो । वैकल्पिक अनुवादः “परमेश्वरले ती मानिसहरूलाई सत्य तरिकाले र ठीकसँग इन्साफ गर्नुहुनेछ”
“ती मानिसहरू जसले त्यस्ता दुष्ट कामहरू गर्छन्”
“त्यसैले यो मान” वा “त्यसकारण, यो मान”
“मैले तिमीलाई भन्न गइरहेको कुरालाई विचार गर”
मानव प्राणीको लागि भएको कुनै एक साधारण शब्दलाई प्रयोग गर्नुहोस् । “तिमी जो कोही पनि हौ”
“तिमी जसले कोही व्यक्ति परमेश्वरको दण्डको भागीदार छ भनी भन्छौ जबकि तिमी आफैँ त्यही दुष्ट कामहरू गर्छौ”
यो टिप्पणी जोड थप्नका लागि एउटा प्रश्नको रूपमा देखा पर्छ । तपाईंले यस प्रश्नलाई अकरणमा रहेको एउटा कडा भनाइको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमी निश्चय पनि परमेश्वरको इन्साफबाट उम्कनेछैनौ !”
यो टिप्पणी जोड थप्नका लागि एउटा प्रश्नको रूपमा देखा पर्छ । तपाईंले यस प्रश्नलाई एउटा कडा भनाइको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वर असल हुनुहुन्छ र उहाँको भलाइले तिनीहरूलाई पश्चात्ताप गर्न लगाओस् भनेर उहाँले मानिसहरूलाई सजाय दिनुभन्दा अगाडि धैर्यवान् हुनुभएर लामो समय पर्खनुहुन्छ भन्ने कुराहरूले मतलब राख्दैनन् भनेको जसरी तिमीले व्यवहार गर्नुहुँदैन !”
“धैर्यको प्रशस्ततालाई महत्त्वहीन ठान्नु” वा “ ... असल नभएको ठान्नु”
यो टिप्पणी जोड थप्नका लागि एउटा प्रश्नको रूपमा देखा पर्छ । तपाईंले यस प्रश्नलाई एउटा कडा भनाइको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीले जान्नैपर्छ कि परमेश्वरले उहाँ असल हुनुहुन्छ भनी तिमीलाई देखाउनुहुन्छ ताकि तिमीले शायद पश्चात्ताप गरौला !”
सबै मानिसहरू दुष्ट छन् भनी मानिसहरूलाई सम्झाउनलाई पावलले निरन्तरता दिन्छन् ।
पावलले परमेश्वरको आज्ञापालन गर्नलाई इन्कार गर्ने कोही एक व्यक्तिलाई ढुङ्गा जस्तै साह्रो केही थोकसँग तुलना गर्नलाई एउटा अलङ्कारको प्रयोग गर्छन् । उनले व्यक्तिको मन वा भित्री व्यक्तित्वलाई प्रतिनिधित्व गर्नलाई प्रतिस्थापन शब्द “हृदय”लाई पनि प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “यो तिमीहरूले सुन्न र पश्चात्ताप गर्नलाई इन्कार गरेको कारण हो”
यो समान अर्थ बोकेका दुई फरक शब्दहरू हुन् जसलाई तपाईंले “अपश्चात्तापी हृदय” भनेर जोड्न सक्नुहुन्छ ।
“थुपारिरहेका” भन्ने वाक्यांशले एउटा अलङ्कारको अर्थ दिन्छ जसले सामान्यतया त्यो व्यक्तिलाई जनाउँछ जसले आफ्नो सम्पत्तिहरू जम्मा गरेर तिनीहरूलाई कतै सुरक्षित स्थानमा राख्छ । पावलले भन्छन्, सम्पत्तिहरूको साटोमा, त्यस व्यक्तिले परमेश्वरको इन्साफलाई जम्मा गरिरहेको छ । जति बढी तिनीहरू पश्चात्ताप नगरी अगाडि बढ्छन्, त्यति नै बढी दण्ड हुन्छ । वैकल्पिक अनुवादः “तिमीले तिम्रो दण्डलाई झन् खराब बनाइरहेका छौ”
यी दुवैले वाक्यांशहरूले एकै दिनलाई जनाउँछन् । वैकल्पिक अनुवादः “जब परमेश्वरले सबैलाई उहाँ क्रोधित हुनुहुन्छ र उहाँले सबै मानिसहरूलाई ठीकसँगले इन्साफ गर्नुहुन्छ भनेर देखाउनुहुन्छ”
“उचित इनाम वा दण्ड दिनु”
“हरेक व्यक्तिलाई उसले गरेको अनुसार”
यसको अर्थ हो कि तिनीहरूले यसरी व्यवहार गर्छन् कि त्यसले तिनीहरूलाई इन्साफको दिनमा परमेश्वरबाट सकारात्मक निर्णयतर्फ डोहोर्याउनेछ ।
तिनीहरू परमेश्वरले तिनीहरूलाई प्रशंसा र सम्मान गरेको चाहन्छन्, र तिनीहरू कहिल्यै मर्न चाहँदैनन् ।
यसले शारीरिक विनाशलाई जनाउँछ, नैतिक पतनलाई होइन ।
हुन त यस खण्डले अधार्मिक दुष्ट व्यक्तिसँग कुरा गरिरहेको छ, पावलले गैर-यहूदीहरू र यहूदीहरू दुवै परमेश्वरको सामु दुष्ट छन् भनी बताएर त्यसको छोटो सारांश दिन्छन् ।
“स्वार्थी” वा “तिनीहरू आफैँलाई के कुराले खुशी बनाउँछ भन्ने कुराको विषयमा मात्र चिन्तित”
यी दुई वाक्यांशहरूले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् । दोस्रोले पहिलोलाई जोडदार बनाउँछ ।
“क्रोध” र “भयङ्कर रिस” भन्ने शब्दहरूले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् र परमेश्वरको क्रोधलाई जोड दिन्छन् । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँको भयानक क्रोध देखाउनुहुनेछ”
यहाँ “क्रोध” शब्द चाहिँ एउटा प्रतिस्थापन शब्द हो जसले दुष्ट मानिसहरूको लागि परमेश्वरको कठोर सजायलाई जनाउँछ ।
“सङ्कट” र “आपत्” भन्ने शब्दहरूले यहाँ मूलभूत रूपमा एउटै अर्थ दिन्छन् र परमेश्वरको सजाय कति खराब हुनेछ भनेर जोड दिन्छन् । वैकल्पिक अनुवादः “ ... लाई भयानक सजायहरू हुनेछन्”
यहाँ, पावलले “प्राण” शब्दलाई प्रतिस्थापकीय शब्दको रूपमा प्रयोग गर्छन् जसले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “हरेक व्यक्तिमाथि”
“निरन्तर खराब कुराहरू गरेको छ”
“परमेश्वरले पहिले यहूदी मानिसहरूलाई इन्साफ गर्नुहुनेछ, र त्यसपछि तिनीहरूलाई जो यहूदी मानिसहरू होइनन्”
सम्भावित अर्थहरू हुन् १) “समयको क्रममा पहिले” वा २) “सबैभन्दा बढी निश्चित रूपमा”
“तर परमेश्वरले प्रशंसा, इज्जत, र शान्ति दिनुहुनेछ”
“जे असल छ सो निरन्तर गर्छ”
“परमेश्वरले पहिले यहूदी मानिसहरूलाई इनाम दिनुहुनेछ, र त्यसपछि तिनीहरूलाई जो यहूदी मानिसहरू होइनन्”
तपार्इंले यसलाई त्यसरी नै अनुवाद गर्नुपर्छ जसरी तपाईंले रोमीहरू २:९ मा गर्नुभयो ।
तपाईंले यसलाई सकारात्मक रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “किनकि परमेश्वरले सबै मानिसलाई समान रूपमा व्यवहार गर्नुहुन्छ”
“किनकि तिनीहरू जसले पाप गरेका छन्”
मानिसहरूलाई मोशाको व्यवस्थाको बारेमा थाहा नभएको कुराले फरक पार्दैन भनेर जोड दिनका लागि पावलले “व्यवस्था बिना” भन्ने शब्दहरूलाई दोहोर्याउँछन् । यदि तिनीहरूले पाप गर्छन् भने, परमेश्वरले तिनीहरूलाई इन्साफ गर्नुहुनेछ । वैकल्पिक अनुवादः “मोशाको व्यवस्थाको बारेमा नजाने पनि निश्चय नै आत्मिक रूपमा अझै पनि मर्नेछन्”
“तिनीहरू सबै जसले पाप गरेका छन्”
परमेश्वरले पापपूर्ण मानिसहरूलाई उहाँको व्यवस्थाअनुसार इन्साफ गर्नुहुनेछ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “र जसले मोशाको व्यवस्था जान्दछन्, परमेश्वरले तिनीहरूलाई व्यवस्थाअनुसार इन्साफ गर्नुहुनेछ”
परमेश्वरको व्यवस्थाप्रति पूर्ण आज्ञापालन खोजिन्छ, तिनीहरूबाट पनि जसले कहिल्यै परमेश्वरको व्यवस्था प्राप्त गरेका थिएनन् भनेर पाठकलाई थाहा गराउन पावलले निरन्तरता दिन्छन् ।
पाठकलाई अतिरिक्त जानकारी दिनलाई पद १४ र १५ ले पावलको मुख्य तर्कलाई बीचमा रोक्छन् । यदि तपाईंको भाषामा बीचमा आएको रोकावटलाई अङ्कित गर्ने कुनै तरिका तपाईंसँग छ भने, तपाईंले त्यसलाई यहाँ प्रयोग गर्न सक्नुहुन्छ ।
यहाँ “व्यवस्था”ले मोशाको व्यवस्थालाई जनाउँछ । वैकल्पिक अनुवादः “यो तिनीहरू होइनन् जसले मोशाको व्यवस्थालाई केवल सुन्छन्”
“जसलाई परमेश्वरले धर्मी ठान्नुहुन्छ”
“तर यो त तिनीहरू हुन् जसले मोशाको व्यवस्थाको पालना गर्छन्”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले स्वीकार गर्नुहुनेछ”
“आफैँ नै व्यवस्था हुन्” भन्ने वाक्यांश चाहिँ एउटा वाक्पद्धति हो जसले यी मानिसहरूले स्वभाविक रूपमा परमेश्वरका नियमहरूका पालना गर्छन् भनेर अर्थ दिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूभित्रै परमेश्वरको व्यवस्था पहिल्यैबाट छ”
यहाँ “व्यवस्था”ले मोशाको व्यवस्थालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूसँग वास्तवमा ती नियमहरू छैनन् जुन परमेश्वरले मोशालाई दिनुभयो”
“स्वभाविक रूपमा व्यवस्थाको पालना गरेर तिनीहरूले देखाउँछन्”
यहाँ “हृदयहरू” भनेको व्यक्तिको सोचाइहरू वा भित्री व्यक्तित्वको लागि प्रतिस्थापन शब्द हो । “तिनीहरूका हृदयहरूमा लेखिएका” भन्ने वाक्यांश चाहिँ तिनीहरूका दिमागमा भएका कुराहरू जान्नुलाई जनाउने अलङ्कार हो । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “व्यवस्थाले तिनीहरूले जे गरेको खोज्छ सो कुराहरू परमेश्वरले तिनीहरूका हृदयहरूमा लेख्नुभएको छ” वा “तिनीहरूलाई उहाँको व्यवस्थाअनुसारका ती कार्यहरूको विषयमा थाहा छ जुन कार्यहरू तिनीहरूले गरेको परमेश्वर चाहनुहुन्छ”
यहाँ “गवाही दिनु” भन्ने कुराले त्यो ज्ञानलाई जनाउँछ जुन तिनीहरूले परमेश्वरले तिनीहरूका हृदयहरूमा लेख्नुभएको व्यवस्थाबाट पाउँछन् । वैकल्पिक अनुवादः “तिनीहरूले परमेश्वरको व्यवस्थाको अवज्ञा गरिरहेका छन् वा पालना गरिरहेका छन् भनेर तिनीहरूलाई बताउँछ”
यसले रोमीहरू २:१३ बाटको पावलको विचारलाई पूरा गर्छ । “यो तब हुनेछ जब परमेश्वरले न्याय गर्नुहुन्छ”
यहूदीहरूसँग भएको व्यवस्थाले वास्तवमा तिनीहरूलाई दण्डको भागीदार बनाउँछ किनभने तिनीहरूले त्यसको पालना गर्दैनन् भन्ने विषयमा पावलको छलफल यहाँ सुरु हुन्छ ।
“किनकि तिमीले आफैँलाई यहूदी भन्छौ”
“व्यवस्थामा भर पर्नु” भन्ने वाक्यांशले व्यवस्थालको पालना गरेर तिनीहरू धर्मी हुन सक्छन् भनेर विश्वास गर्ने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “मोशाको व्यवस्थामा भर पर्नु”
“र परमेश्वरको इच्छा जान्नु”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने के असल छ भनेर व्यवस्थाबाट मानिसहरूले तिमीलाई सिकाएका छन्” वा “किनभने तिमीले व्यवस्थाबाट सिकेका छौ”
यहाँ “अन्धा” र “तिनीहरू जो अन्धकारमा हिँड्छन्” भन्ने कुराहरूले व्यवस्थालाई नबुझ्ने मानिसहरूलाई प्रतिनिधित्व गर्छन् । वैकल्पिक अनुवादः “कि किनभने तिमीले व्यवस्था सिकाउँछौ, तिमी आफैँ अन्धा मानिसहरूका लागि मार्गदर्शक झैँ हौ, र तिमी अन्धकारमा हराएका मानिसहरूका लागि एक ज्योति समान हौ”
“तिमीले गल्ती गर्नेहरूलाई सच्याउँछौ”
यहाँ पावलले व्यवस्थाको बारेमा केही पनि नजान्नेहरूलाई धेरै साना बालकहरूसँग तुलना गर्छन् । वैकल्पिक अनुवादः “र तिमीले व्यवस्था नजान्नेहरूलाई सिकाउँछौ”
व्यवस्थामा भएको सत्यताको ज्ञान परमेश्वरबाट आउँछ । वैकल्पिक अनुवादः “किनभने तिमी पक्का छौ कि परमेश्वरले व्यवस्थामा दिनुभएको सत्यतालाई तिमी बुझ्छौ”
पावलले उनका श्रोतागणलाई गाली गर्नलाई एउटा प्रश्नको प्रयोग गरिरहेका छन् । तपाईंले यसलाई एउटा कडा भनाइको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीले अरूहरूलाई सिकाउँछौ, तर तिमीले आफैँलाई चाहिँ सिकाउँदैनौ !” वा “तिमीले अरूहरूलाई सिकाउँछौ, तर तिमीले सिकाएका कुराहरू तिमी गर्दैनौ !”
पावलले आफ्ना श्रोतागणलाई गाली गर्नलाई एउटा प्रश्नको प्रयोग गरिरहेका छन् । तपाईंले यसलाई एउटा कडा भनाइको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमी मानिसहरूलाई नचोर भनेर भन्छौ, तर तिमी आफैँ चोर्छौ !”
पावलले आफ्ना श्रोतागणलाई गाली गर्नलाई एउटा प्रश्नको प्रयोग गरिरहेका छन् । तपाईंले यसलाई एउटा कडा भनाइको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमी मानिसहरूलाई व्यभिचार नगर्नलाई भन्छौ, तर तिमी आफैँ व्यभिचार गर्छौ !”
पावलले आफ्ना श्रोतागणलाई गाली गर्नलाई एउटा प्रश्नको प्रयोग गरिरहेका छन् । तपाईंले यसलाई एउटा कडा भनाइको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमी मूर्तिहरूलाई घृणा गर्छौ भनेर भन्छौ, तर तिमी आफैँ मन्दिरहरू लुट्छौ !”
सम्भावित अर्थहरू हुन् १) “बेच्न र फाइदा कमाउन अन्यजातिहरूका स्थानीय मन्दिरहरूबाट सामानहरू चोर्नु” वा २) “परमेश्वरलाई दिनुपर्ने सबै पैसा यरूशलेमको मन्दिरमा नपठाउनु ।”
पावलले आफ्नो श्रोतागणलाई गाली गर्नलाई एउटा प्रश्नको प्रयोग गर्छन् । तपाईंले यसलाई एउटा कडा भनाइको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीले व्यवस्थामा गौरवान्वित भएको दाबी गर्नु दुष्ट हो, जबकि त्यही समयमा तिमी त्यसको अनाज्ञापालन गर्छौ र परमेश्वरलाई शर्म ल्याउँछौ !”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “धेरै अन्यजातिहरूले परमेश्वरको नाउँको ईश्वरनिन्दा गर्छन्”
“नाउँ” शब्द एक प्रतिस्थापन शब्द हो जसले परमेश्वरको सम्पूर्णतालाई जनाउँछ, उहाँको नाउँलाई मात्र होइन ।
परमेश्वरले व्यवस्था भएका यहूदीहरूलाई पनि, उहाँको व्यवस्थाद्वारा दण्डको भागीदार ठहराउनुहुन्छ भनेर देखाउनलाई पावलले निरन्तरता दिन्छन् ।
“म यी सबै कुराहरू भन्छु किनभने खतना भएको हुनुले तिमीलाई फाइदा दिन्छ”
“यदि तिमीले व्यवस्थामा भएका आज्ञाहरूलाई पालना गर्दैनौ भने”
“यो त तिमी अब उप्रान्त खतना नभएको जस्तै हो”
“त्यो व्यक्ति जसको खतना भएको छैन”
“परमेश्वरले व्यवस्थामा अह्राउनुभएका कुराहरूको पालना गर्छ”
यो दुई प्रश्नहरूमध्येको पहिलो हो । कुनै व्यक्तिलाई खतनाले परमेश्वरको अगाडि धर्मी बनाउने होइन भन्ने कुरालाई जोड दिनलाई पावलले यहाँ प्रश्न सोध्छन् । तपाईंले यस प्रश्नलाई कर्तृ वाच्यमा भएका भनाइको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उसलाई खतना भएको रूपमा मान्नुहुनेछ ।”
कुनै व्यक्तिलाई खतनाले परमेश्वरको अगाडि धर्मी बनाउने होइन भन्ने कुरालाई जोड दिनलाई पावलले सोधेका दुई प्रश्नहरूमध्ये यो दोस्रो हो
यसले यहूदी रीतिहरूलाई जनाउँछ, जस्तै कि खतना, जुन मानिसहरूले देख्न सक्छन् ।
यसले कसैले कुनै मानिसलाई खतना गर्दा उसको शरीरमा हुने शारीरिक परिवर्तनलाई जनाउँछ ।
यो सम्पूर्ण शरीरको लागि प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “जिउ”
यी दुई वाक्यांशहरूको समान अर्थ हुन्छ । पहिलो वाक्यांश, “ऊ यहूदी हो जो भित्री रूपमा हो”, यसले दोस्रो वाक्यांश, “खतना चाहिँ हृदयको हो” भन्ने कुरालाई व्याख्या गर्छ ।
यसले परमेश्वरले बदल्नुभएको व्यक्तिको मूल्यमान्यताहरू र प्रेरणाहरूलाई जनाउँछ ।
यहाँ “हृदय” भनेको भित्री व्यक्तित्वको लागि प्रतिस्थापन शब्द हो ।
यहाँ “अक्षर” भनेको एक प्रतिस्थापकीय शब्द हो जसले लिखित धर्मशास्त्रलाई जनाउँछ । वैकल्पिक अनुवादः “पवित्र आत्माको कार्यद्वारा, तिमीले धर्मशास्त्र जानेको कारणले होइन”
यसले व्यक्तिको आन्तरिक, आत्मिक भागलाई जनाउँछ जसलाई “परमेश्वरको आत्मा”ले बदल्नुहुन्छ ।
1 त्यसो भए यहूदीलाई के फाइदा छ त ? अनि खतनाको के फाइदा छ त ? 2 यो हरतरहले महान् छ । सर्वप्रथम त परमेश्वरको प्रकाश यहूदीलाई सुम्पिएको थियो । 3 किनकि केही यहूदीहरू विनाविश्वासका भए भन्दैमा के भयो त ? के तिनीहरूको अविश्वासले परमेश्वरको विश्वासयोग्यतालाई अमान्य तुल्याउँछ र ? 4 कहिल्यै यस्तो नहोस् । यसको सट्टा, सबै मानिस झुटा ठहरिए तापनि परमेश्वर नै सत्य भेट्टाइनुभएको होस् । यस्तो लेखिएको छ, “तपाईंलाई आफ्ना वचनहरूमा धर्मी देखाइयोस्, अनि न्यायको दिनमा आउनुहुँदा तपाईं विजय हुनसक्नुभएको होस् ।” 5 तर यदि हाम्रो अधार्मिकताले परमेश्वरको धार्मिकतालाई देखाउँछ भने हामी के भन्न सक्छौ र ? परमेश्वरले उहाँको क्रोध प्रकट गर्नुहुँदा उहाँ अधर्मी ठहरिनुहुन्न, के अधर्मी ठहरिनुहुन्छ त ? म मानवीय तर्कअनुसार बोलिरहेको छु । 6 कहिल्यै यस्तो नहोस् ! किनकि त्यसो भए त परमेश्वरले कसरी संसारको न्याय गर्नुहुन्छ ? 7 तर यदि मेरो झुटद्वारा परमेश्वरको सत्यताले उहाँको निम्ति प्रशस्त प्रशंसा प्रदान गर्छ भने मलाई अझ पनि किन पापीको रूपमा न्याय गरिन्छ त ? 8 किन नभनौँ, जसरी हामीलाई झुटो रूपमा आरोप लगाइन्छ, र केहीले पुष्टि गर्छन्, कि हामी भन्छौँ, “दुष्ट काम गरौँ, ताकि असल आओस् ।” तिनीहरूमाथिको न्याय उचित छ । 9 त्यसो भए के त ? के हामी आफैँले आफ्नो सफाइ दिँदै छौँ ? त्यसो नहोस् ! किनकि यहूदीहरू र ग्रिकहरू सबै पापको अधीनमा थिए भनी हामीले पहिले नै दोष लगाइसकेका छौँ । 10 यस्तो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन । 11 बुझ्ने कोही पनि छैन । परमेश्वरलाई खोज्ने कोही पनि छैन । 12 तिनीहरू सबै तर्केर गएका छन् । तिनीहरू सबै जना एकैसाथ अनुपयोगी भएका छन् । असल गर्ने कोही पनि छैन, अहँ, एक जना पनि छैन । 13 तिनीहरूको घाँटी खुल्ला चिहान हो । तिनीहरूका जिब्राले छल गरेका छन् । तिनीहरूका ओठहरूमा सर्पको विष छ । 14 तिनीहरूका मुख श्राप र तिक्तताले भरिएका छन् । 15 तिनीहरूका खुट्टा रगत बगाउनमा द्रूत छन् । 16 विनाश र कष्ट तिनीहरूका मार्गहरूमा छन् । 17 यी मानिसहरूले शान्तिको मार्ग जानेका छैनन् । 18 तिनीहरूका आँखाको सामुन्ने परमेश्वरको डर छैन । 19 अब हामी जान्दछौँ, कि व्यवस्थाले जे भन्दछ त्यो व्यवस्थाको अधीनमा बस्नेहरू कै लागि भन्छ । यो हरेक मुख बन्द होस् भन्नाका लागि हो, ताकि सारा संसार परमेश्वरप्रति जवाफदेही हुन सकून् । 20 उहाँको दृष्टिमा व्यवस्थाका कामहरूद्वारा कुनै पनि मानिस धर्मी नठहरिने हुनाले यसो भएको हो । किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान आउँछ । 21 तर अब व्यवस्थाविना नै परमेश्वरको धर्मीकता प्रकट गरिएको छ । यसलाई व्यवस्था र अगमवक्ताहरूद्वारा साक्षी दिइएको छ, 22 अर्थात् यो विश्वास गर्ने सबैका निम्ति येशू ख्रीष्टमा विश्वासद्वारा आउने परमेश्वरको धार्मिकता हो । किनकि त्यहाँ कुनै भेदभाव छैन । 23 किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्न चुकेका छन् । 24 ख्रीष्टमा भएको छुटकाराद्वारा तिनीहरू सित्तैँमा धर्मी ठहराइन्छन् । 25 किनकि परमेश्वरले येशू ख्रीष्टको रगतमा विश्वासद्वारा प्रायश्चित्तको रूपमा उहाँलाई अर्पण गर्नुभयो । उहाँको धैर्यमा विगतका पापको बेवास्ता गर्नुभएकोले उहाँले ख्रीष्टलाई उहाँको न्यायको प्रमाणको रूपमा अर्पण गर्नुभयो । 26 यी सबै कुरा वर्तमान समयमा उहाँको धार्मिकता प्रदर्शन गर्नका निम्ति भएका थिए । उहाँ आफैँलाई न्यायी प्रमाणित गर्न सक्नुभएको होस् र उहाँले येशूमाथिको विश्वासले कुनैलाई पनि धर्मी ठहराउनुहुन्छ भन्ने देखाउन यसो भयो । 27 घमण्ड कहाँ गर्ने ? यो त हटाइएको छ । केको आधारमा ? कामहरूको आधारमा ? होइन, तर विश्वासको आधारमा हो । 28 तब हामी निचोडमा आउँछौँ, कि कुनै पनि व्यक्ति व्यवस्थाका कामहरूविना नै विश्वासद्वारा धर्मी ठहरिन्छ । 29 अथवा के परमेश्वर यहूदीहरूका मात्रै परमेश्वर हुनुहुन्छ त ? के उहाँ गैरयहूदीहरूका परमेश्वर हुनुहुन्न र ? हो, उहाँ गैरयहूदीहरूका पनि परमेश्वर हुनुहुन्छ । 30 यदि वास्तवमै परमेश्वर एक हुनुहुन्छ भने उहाँले खतना भएकाहरूलाई विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ, र खतना नभएकाहरूलाई पनि विश्वासद्वारा नै धर्मी ठहराउनुहुन्छ । 31 के हामीले विश्वासद्वारा व्यवस्थालाई रद्द गर्छौं त ? कहिल्यै यस्तो नहोस् ! बरु, हामीले व्यवस्थालाई कायम पो राख्छौँ ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यस अध्यायका पद ४ र १०-१८ का पदहरूसँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
“यहूदी हुनुको अन्याजाति हुनु उपर के फाइदा छ ?” भन्ने प्रश्नलाई अध्याय ३ ले जवाफ दिन्छ । अनि )
किनभने परमेश्वर पवित्र हुनुहुन्छ, उहाँसँग स्वर्गमा हुने जो कोही पनि व्यक्ति सिद्ध हुनैपर्छ । व्यक्तिमा भएको कुनै पनि पापले त्यसलाई दोषी ठहराउँछ । अनि )
व्यवस्थाको आज्ञापालनले कुनै व्यक्तिलाई परमेश्वरको सामु धर्मी ठहराउँदैन । परमेश्वरको व्यवस्थाको आज्ञापालन गर्नु भनेको कोही व्यक्तिले आफूले परमेश्वरमा विश्वास गर्छु भनेर देखाउने एउटा तरिका हो । मानिसहरू सधैँ विश्वासद्वारा नै धर्मी ठहराइएका छन् । अनि )
पावलले यस अध्यायमा बारम्बार आलङ्कारिक प्रश्नहरूको प्रयोग गर्छन् । यस्तो देखिन्छ कि यी आलङ्कारिक प्रश्नहरू प्रयोग गर्नुको अभिप्राय भनेको पाठकलाई तिनीहरूको पाप देखाउनु हो ताकि तिनीहरूले येशूमा विश्वास गरून् ।
यहूदीहरूलाई परमेश्वरले उहाँको व्यवस्था दिनुभएको कारण तिनीहरूसँग भएको फाइदालाई पावलले घोषणा गर्छन् ।
पावलले अध्याय २ मा लेखेका कुराहरू मानिसहरूले सुनिसकेपछि तिनीहरूसँग हुन सक्ने धारणाहरूलाई उनले प्रस्तुत गर्छन् । उनले पद २ मा तिनीहरूलाई जवाफ दिनलाई यसो गर्छन् । वैकल्पिक अनुवादः “केही मानिसहरूले भन्न सक्छन्, ‘त्यसोभए यहूदीलाई के फाइदा हुन्छ त ? अनि खतनाको लाभ के छ ?’” वा “केही मानिसहरूले भन्न सक्छन्, ‘यदि त्यो सत्य हो भने, तब त यहूदीहरूलाई कुनै फाइदा छैन, अनि खतना भएको हुनमा त्यहाँ कुनै लाभ छैन ।’”
पावलले अब पद १ मा ल्याइएका विचार गर्नुपर्ने विषयहरूको जवाफ दिन थाल्छन् । यहाँ “यो” भन्ने शब्दले यहूदी मानिसहरूको एक सदस्य हुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तर यहूदी हुनुमा त्यहाँ ठूलो फाइदा छ”
सम्भावित अर्थहरू हुन् १) “समयको क्रममा पहिलो” वा २) वा २) “धेरै पक्कासँग” ३) “सबैभन्दा महत्त्वपूर्ण रूपमा ।”
यहाँ “प्रकाश”ले परमेश्वरका वचनहरू र प्रतिज्ञाहरूलाई जनाउँछ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँका ती वचनहरू दिनुभयो जसमा यहूदीहरूको लागि उहाँका प्रतिज्ञाहरू छन्”
पावलले मानिसहरूलाई विचार गर्ने बनाउन यी प्रश्नहरूको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “केही यहूदीहरू परमेश्वरप्रति विश्वासयोग्य भएका छैनन् । के यसबाट हामीले परमेश्वरले उहाँको प्रतिज्ञालाई पूरा गर्नुहुनेछैन भनेर निष्कर्ष निकाल्ने र ?”
यस्तो हुन सक्ने थियो भन्ने कुरालाई यस अभिव्यक्तिले कडा रूपमा इन्कार गर्छ । तपाईंको भाषामा कुनै त्यस्तो अभिव्यक्ति हुन सक्छ जसलाई तपाईंले यहाँ प्रयोग गर्न सक्नुहुन्थ्यो । “त्यो सम्भव छैन !” वा “निश्चय नै होइन !”
“हामीले बरु यसो भन्नुपर्छ, ... होस्”
परमेश्वर सधैँ सत्य हुनुहुनेछ र उहाँका प्रतिज्ञाहरूलाई सधैँ पूरा गर्नुहुनेछ । वैकल्पिक अनुवादः “परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरा उहाँले सधैँ गर्नुहुन्छ”
केवल परमेश्वर मात्र उहाँको प्रतिज्ञाहरूप्रति सदा सत्यवान् हुनुहुन्छ भन्ने कुरामा जोड थप्नका लागि यहाँ “प्रत्येक” र “झूटा” शब्दहरू भनेको अतिरञ्जन गरिएका कुराहरू हुन् । वैकल्पिक अनुवादः “यदि प्रत्येक मानिस झूटा भएको भए पनि”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “मैले भनिरहेको कुरामा धर्मशास्त्र आफैँ पनि सहमत हुन्छ”
यी दुई वाक्यांशहरूको धेरै समान अर्थहरू छन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तपाईंले भन्नुहुने कुरा सत्य हो भनी सबैजनाले स्वीकार गर्नुपर्छ, र तपाईंले सधैँ तपाईंको मुद्दा जित्नुहुनेछ जब कसैले तपाईंलाई आरोप लगाउँछ”
केही मानिसहरूले विवाद गरिरहेका कुराहरूलाई प्रस्तुत गर्न र यो तर्क सत्य हो वा होइन भनेर उनका पाठकहरूलाई सोच्न लगाउनका लागि पावलले यी प्रश्नहरूको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “केही मानिसहरूले भन्छन् कि किनकि हाम्रो अधार्मिकताले परमेश्वरको धार्मिकतालाई देखाउँछ, त्यसैले परमेश्वरले हामीलाई दण्ड दिनुहुँदा उहाँ अधर्मी हुनुहुन्छ”
यहाँ “क्रोध” भनेको दण्डको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “हामीमाथि उहाँको दण्ड ल्याउन” वा “हामीलाई दण्ड दिन”
“म यहाँ ती कुराहरू भनिरहेको छु जुन केही मानिसहरूले भन्छन्” वा “केही मानिसहरूले यसो भन्छन्”
“हामीले परमेश्वर अधर्मी हुनुहुन्छ भनेर कहिल्यै पनि भन्नुहुँदैन”
सुसमाचारको विरुद्धमा भएका तर्कहरू मान्य छैनन् भनेर देखाउनलाई पावलले यस प्रश्नको प्रयोग गर्छन्, किनकि परमेश्वरले सारा मानिसहरूको इन्साफ गर्नुहुनेछ भनेर यहूदीहरूले विश्वास गर्छन् । वैकल्पिक अनुवादः “हामी सबैलाई यो थाहा छ कि परमेश्वरले वास्तवमै यस संसारको न्याय गर्नुहुनेछ !”
“संसार” भनेको संसारमा बस्ने मानिसहरूको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “संसारमा भएको कुनै पनि व्यक्ति”
यहाँ कसैले लगातार रूपमा ख्रीष्टिएन सुसमाचारलाई अस्वीकार गरिरहेको कुरालाई पावलले कल्पना गर्छन् । त्यस विरोधीले तर्क गर्छ कि, किनभने उसको पापले परमेश्वरको धार्मिकतालाई देखाउँछ, त्यसैले, उदाहरणको लागि, यदि उसले झूट बोल्छ भने, परमेश्वरले उसलाई इन्साफको दिनमा पापी ठहराउनुहुँदैन ।
उनको काल्पनिक विरोधीको बहस कति बेकारको छ भनेर देखाउनलाई यहाँ पावलले उनको आफ्नै प्रश्न उठाउँछन् । वैकल्पिक अनुवादः “म यसो पनि भनिरहेको हुन सक्छु ... आओस् !”
“हामीले भनिरहेका कुराहरू यसो हो भनेर अरूहरूलाई बताउन केहीले झूट बोल्छन्”
त्यो उचित मात्रै हुनेछ जब पावलले सिकाइरहेका कुराहरूका बारेमा झूटा बोलेको कारण परमेश्वरले पावलका ती शत्रुहरूलाई दण्डको भागीदार ठहराउनुहुन्छ ।
पावलले निचोड निकाल्छन् कि सबै पापको दोषी छन्, कोही पनि धर्मी छैन, र कसैले पनि परमेश्वरलाई खोज्दैन ।
पावलले उनको भनाइलाई जोड दिनका लागि यी प्रश्नहरूको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामीहरू परमेश्वरको इन्साफबाट उम्कनेछौँ भनेर हामी यहूदीहरूले कल्पना गर्ने कोसिस गर्नुहुँदैन, केवल यसकारणले कि हामी यहूदी हौँ !”
यी शब्दहरू सामान्य “होइन”भन्दा बढी जोडदार छन्, तर “बिल्कुलै होइन” भनेको जस्तो जोडदार चाहिँ छैन ।
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यो अगमवक्ताहरूले धर्मशास्त्रमा लेखेको अनुरूप हो”
त्यहाँ कोही पनि छैन जसले के ठीक छ भनेर बुझ्छ । वैकल्पिक अनुवादः “के ठीक छ भनेर वास्तवमा कसैले पनि बुझ्दैन”
यहाँ “परमेश्वरलाई खोज्छ” भन्ने वाक्यांशको अर्थ परमेश्वरसँग सम्बन्ध बनाउनु हुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरसँग ठीक सम्बन्ध राख्नलाई कसैले पनि साँचो रूपमा प्रयत्न गर्दैन”
यो एउटा वाक्पद्धति हो जसको अर्थ मानिसहरूले परमेश्वरको बारेमा सोच्नसम्म पनि चाहँदैनन् भन्ने हुन्छ । तिनीहरू उहाँलाई पन्साउन चाहन्छन् । वैकल्पिक अनुवादः “तिनीहरू सबै परमेश्वरबाट तर्केर गएका छन्”
किनकि कसैले पनि जे असल छ सो गर्दैन, तिनीहरू परमेश्वरको लागि बेकारका छन् । वैकल्पिक अनुवादः “सबैजना परमेश्वरको निम्ति व्यर्थका भएका छन्”
“तिनीहरूको” शब्दले रोमीहरू ३:९ को “यहूदीहरू र ग्रीकहरू”लाई जनाउँछ ।
“घोक्रो” शब्द मानिसहरूले भन्ने सबै अधर्मी र घिनलाग्दो कुराहरूको लागि प्रतिस्थापन शब्द हो । यहाँ “खुला चिहान” भनेको एउटा अलङ्कार हो जसले मानिसहरूका दुष्ट शब्दहरूका दुर्गन्धलाई जनाउँछ ।
“जिब्रोहरू” शब्द मानिसहरूले बोल्ने झूटा बोलीहरूको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “मानिसहरूले झूटहरू बोल्छन्”
यहाँ “सर्पको विष” भनेको एउटा अलङ्कार हो जसलाई मानिसहरूले बोल्ने दुष्ट शब्दहरूले पुर्याउने ठूलो क्षतिलाई प्रतिनिधित्व गर्न प्रयोग गरिन्छ । “ओठहरू” शब्दले मानिसहरूका बोलीलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूका दुष्ट वचनहरूले विषालु सर्पको विषले झैँ गरी मानिसहरूलाई चोट लगाउँछ”
यहाँ “मुखहरू” भन्ने शब्द चाहिँ प्रतिस्थापन शब्द हो जसले मानिसहरूका दुष्ट वचनहरूलाई प्रतिनिधित्व गर्छ । मानिसहरूले कति धेरैपटक तीतो रूपमा बोल्छन् र सराप्छन् भन्ने कुरालाई “भरिपूर्ण” भन्ने शब्दले अतिरञ्जन गर्छ । वैकल्पिक अनुवादः “तिनीहरूले धेरैपटक सरापका वचनहरू र क्रूर शब्दहरू बोल्छन्”
यहाँ “पाउहरू” भनेको प्रतिस्थापकीय शब्द हो जसले ती मानिसहरू आफैँलाई प्रतिनिधित्व गर्छ । “रगत” शब्द चाहिँ एउटा अलङ्कार हो जसले मानिसहरूलाई मार्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरू मानिसहरूलाई हानि गर्न र मार्न हतारमा छन्”
“तिनीहरूको” भन्ने शब्दले रोमीहरू ३:९ मा भएका यहूदीहरू र ग्रीकहरूलाई जनाउँछ ।
“तिनीहरूको” भन्ने शब्दले रोमीहरू ३:९ मा भएका यहूदीहरू र ग्रीकहरूलाई जनाउँछ ।
यहाँ “विनाश र कष्ट” भनेको प्रतिस्थापन शब्दहरू हुन् जसले यी मानिसहरूले अरूहरूलाई भोग्न लाउने हानिलाई प्रतिनिधित्व गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरू अरूहरूलाई नष्ट गर्न र तिनीहरूलाई कष्ट भोग्न लगाउन प्रयास गर्छन्”
यी शब्दहरूले रोमीहरू ३:९ मा भएका यहूदीहरू र ग्रीकहरूलाई जनाउँछन् ।
“अरूहरूसँग कसरी शान्तिपूर्ण रूपमा रहने ।” “मार्ग” भनेको बाटो वा पथ हो ।
यो शब्दले रोमीहरू ३:९ मा भएका यहूदीहरू र ग्रीकहरूलाई जनाउँछ ।
यहाँ “डर” भनेको प्रतिस्थापन शब्द हो जसले परमेश्वरको लागि भएको आदर र उहाँलाई सम्मान गर्नलाई भएको इच्छुकपनालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “सबैजनाले परमेश्वरलाई दिनुपर्ने आदर दिन इन्कार गर्छन्”
यहाँ पावलले व्यवस्थाको विषयमा त्यो जीवित भए झैँ गरी र त्यसको आफ्नै स्वर भए झैँ गरी बताउँछन् । वैकल्पिल अनुवादः “मानिसहरूले गर्नुपर्छ भनेर व्यवस्थाले जे जति भन्छ सो ... को लागि हो” वा “मोशाले व्यवस्थामा लेखेका सबै आज्ञाहरू ... को लागि हो”
“तिनीहरू जसले व्यवस्थाको पालना गर्नुपर्छ”
यहाँ “मुख” भनेको प्रतिस्थापकीय शब्द हो जसको अर्थ मानिसहरूले बोल्ने वचनहरू हुन्छ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “ताकि कोही पनि मानिसहरूले आफ्नो प्रतिरक्षाको लागि केही पनि भन्न सक्षम हुनेछैनन्”
यहाँ “संसार” भनेको प्रतिस्थापकीय शब्द हो जसले संसारमा बस्ने सारा मानिसहरूलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “कि परमेश्वरले संसारमा भएका सबैजनालाई दोषी ठहराउन सक्नुभएको होस् !”
यहाँ “धर्मी”ले सारा मानव प्राणीलाई जनाउँछ ।
सम्भावित अर्थहरू हुन् १) “त्यसैकारण” वा २) “यो किन हो भने”
“जब कसैले परमेश्वरको व्यवस्थालाई जान्दछ, उसले चाल पाउँछ कि उसले पाप गरेको छ”
यहाँ “तर” शब्दले देखाउँछ कि पावलले उनको निर्देशनलाई पूरा गरेका छन् र अब उनको प्रमुख भनाइ राख्न सुरु गरिरहेका छन् ।
“अब” शब्दले येशू पृथ्वीमा आउनुभएदेखिको समयलाई जनाउँछ ।
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले व्यवस्थाको पालना नगरीकनै उहाँको सामु धर्मी ठहरिने बाटो प्रकट गराउनुभएको छ”
“व्यवस्था र अगमवक्ताहरू” भन्ने शब्दहरूले धर्मशास्त्रका ती अंशहरूलाई जनाउँछन् जुन मोशा र अगमवक्ताहरूले यहूदी धर्मशास्त्रमा लेखे । पावलले यहाँ तिनलाई अदालतमा साक्षी दिइरहेका मानिसहरू भए झैँ गरी वर्णन गर्छन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “मोशा र अगमवक्ताहरूले लेखेका कुराहरूले यसलाई पुष्टि गर्छन्”
यहाँ “धार्मिकता” भनेको परमेश्वरको सामु धर्मी हुनु हो । वैकल्पिक अनुवादः “येशू ख्रीष्टलाई विश्वास गरेर परमेश्वरको सामु धर्मी हुनु”
परमेश्वरले सबै मानिसहरूलाई एकै प्रकारले ग्रहण गर्नुहुन्छ भन्ने अर्थ पावलले दिन्छन् । वैकल्पिक अनुवादः “यहूदीहरू र अन्यजातिहरूको बीचमा त्यहाँ कुनै भिन्नता नै छैन”
यहाँ “परमेश्वरको महिमा” भनेको प्रतिस्थापन शब्द हो जसले परमेश्वरको चित्रण र उहाँको स्वभावलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वर जस्तै हुनलाई चुकेका छन्”
यहाँ “धर्मी ठहराइएका” भन्ने कुराले परमेश्वरको सामु धर्मी बनाइने कुरालाई जनाउँछ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले सित्तैको वरदानको रूपमा तिनीहरूलाई उहाँको सामु धर्मी बनाउनुभएको छ, किनभने ख्रीष्ट येशूले तिनीहरूलाई स्वतन्त्र पार्नुहुन्छ”
यसको अर्थ हो कि तिनीहरू धर्मी ठहराइनलाई केही कमाउन नपरी वा योग्यता प्राप्त नगरीकनै धर्मी ठहराइन्छ । परमेश्वरले तिनीहरूलाई सित्तैमा धर्मी ठहराउनुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले कमाउनै नपरी परमेश्वरको सामु धर्मी ठहराइन्छन्”
यो पापहरूको बलिदानको रूपमा भएको येशूको मृत्युको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “पापहरूको बलिदानको रूपमा भएको उहाँको मृत्युमा”
सम्भावित अर्थहरू हुन् १) वास्ता नगर्नु वा २) क्षमा दिनु ।
“परमेश्वरले कसरी मानिसहरूलाई आफ्नो सामु धर्मी बनाउनुहुन्छ भन्ने कुरा देखाउनलाई उहाँले यसो गर्नुभयो”
“उहाँ धर्मी हुनुहुन्छ र येशूमा विश्वास गर्ने सबैलाई धर्मी घोषणा गर्ने व्यक्ति पनि हुनहुन्छ भन्ने कुरालाई उहाँले यसद्वारा देखाउनुहुन्छ”
मानिसहरूलाई व्यवस्थाको पालनाको बारेमा घमण्ड गर्ने कुनै कारण नै छैन भनेर देखाउनलाई पावलले यो प्रश्न सोध्छन् । वैकल्पिक अनुवादः “त्यसैले हामीले ती नियमहरूको पालना गरेका कारण परमेश्वरले हामीलाई कृपा गर्नुहुन्छ भनेर घमण्ड गर्ने त्यहाँ कुनै ठाउँ छैन । घमण्ड गर्ने कुरालाई हटाइएको छ”
आफूले राखिरहेका हरेक भनाइ निश्चय नै सत्य छ भनेर जोड दिनका लागि पावलले यी आलङ्कारिक प्रश्नहरू सोध्छन् र तिनको जवाफ दिन्छन् । तपाईंले पावलले भन्न खोजेका शब्दहरूलाई समावेश गरेर, र कर्तृ वाच्यको प्रयोग गरेर यसलाई अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “केको आधारमा हामीले घमण्डलाई हटाउने ? के हामीले हाम्रा असल कामहरूको आधारमा यसलाई हटाउने ? होइन, बरु, हामीले यसलाई विश्वासको कारण हटाउनुपर्छ”
यहाँ “विश्वास” भनेको भाववाचक नामपद शब्द हो जसले कुनै व्यक्तिले परमेश्वरलाई विश्वास गर्ने कुरालाई जनाउँछ । यहाँ भएको “व्यक्ति” कुनै पनि व्यक्ति हो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यो कुनै पनि व्यक्तिलाई धर्मी ठहराउनुहुन्छ जसले परमेश्वरमा विश्वास गर्छ” वा “जब परमेश्वरले कोही व्यक्तिलाई धर्मी ठहराउनुहुन्छ, उहाँले सो कुरा त्यस व्यक्तिले परमेश्वरमा विश्वास गरेको कारण गर्नुहुन्छ”
“यदि उसले व्यवस्थाको कुनै पनि कामहरू गरेको छैन भने”
पावलले जोड दिनका लागि यो प्रश्न सोध्छन् । वैकल्पिक अनुवादः “तिमीहरू जो यहूदीहरू हौ, तिमीहरूले निश्चय पनि यस्तो सोच्नुहुँदैन कि तिमीहरू मात्र ती मानिसहरू हौ जसलाई परमेश्वरले ग्रहण गर्नुहुनेछ !”
पावलले आफ्नो भनाइलाई जोड दिनलाई यो प्रश्न सोध्छन् । वैकल्पिक अनुवादः “उहाँले गैर-यहूदीहरू, अर्थात, अन्यजातिहरूलाई पनि स्वीकार गर्नुहुनेछ”
यहाँ “खतना” भनेको यहूदीहरूलाई जनाउने प्रतिस्थापन शब्द हो र “बेखतना” भनेको गैर-यहूदीहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “परमेश्वरले यहूदीहरू र गैर-यहूदीहरू दुवैलाई ख्रीष्टमा भएको तिनीहरूको विश्वासद्वारा आफ्नो सामु धर्मी ठहराउनुहनेछ”
पावलले विश्वासद्वारा व्यवस्थालाई पुष्टि गर्छन् ।
पावलले उनका पाठकहरूलाई लागेको हुन सक्ने प्रश्न सोध्छन् । वैकल्पिक अनुवादः “कसैले भन्न सक्छ कि हामी व्यवस्थालाई बेवास्ता गर्न सक्छौँ किनभने हामीसँग विश्वास छ ।”
यस अभिव्यक्तिले अगाडिको आलङ्कारिक प्रश्नलाई सबैभन्दा बढी सम्भावित रूपमा अकरणमा रहेको जवाफ दिन्छ । तपार्इंको भाषामा त्यस्तै समान अभिव्यक्ति हुन सक्छ जसलाई तपाईंले यहाँ प्रयोग गर्न सक्नुहुन्थ्यो । वैकल्पिक अनुवादः “यो पक्कै सत्य होइन !” वा “निश्चय नै होइन !”
“हामी व्यवस्थाको पालना गर्छौं”
यस सर्वनामले पावल, अरू विश्वासीहरू र पाठकहरूलाई जनाउँछ ।
1 तब हामी के भनौँ त ? हाम्रा पुर्खा अब्राहामले शरीरअनुसार के पाए त ? 2 यदि अब्राहाम कामद्वारा धर्मी ठहरिएका भए, उनले घमण्ड गर्ने कारण हुन्थ्यो, तर परमेश्वरको सामु त होइन । 3 किनकि धर्मशास्त्रले के भन्छ ? “अब्राहामले परमेश्वरमा विश्वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो ।” 4 अब जसले काम गर्छ, त्यसको ज्यालालाई अनुग्रहको रूपमा गनिँदैन, तर पाउनुपर्ने कुराको रूपमा गनिन्छ । 5 तर त्यसको निम्ति जसले काम गर्दैन, तर त्यसको सट्टा अधर्मीलाई धर्मी ठहराउनुहुनेमा विश्वास गर्छ, त्यसको विश्वासलाई धार्मिकताको रूपमा गनिन्छ । 6 दाऊदले पनि कामविना नै परमेश्वरले धार्मिकता गान्नुभएको मानिसलाई आशिष् घोषणा गर्छन् । 7 उनले भने, “ती धन्य हुन्, जसका अधर्महरू क्षमा भएका छन् र जसका पापहरू ढाकिएका छन् ।” 8 त्यो मानिस धन्यको हो, जसको विरुद्धमा परमेश्वरले पापको लेखा राख्नुहुन्न ।” 9 तब के यो आशिष् केवल ती खतना भएकाहरूका लागि मात्रै भनिएको हो वा ती खतना नगरिएकाहरूका लागि पनि भनिएको हो ? किनकि हामी भन्छौँ, “अब्राहामको निम्ति विश्वास धार्मिकताको रूपमा गनियो ।” 10 त्यसो हो भने, यो कसरी गनियो त ? अब्राहाम खतनामा हुँदा वा बेखतना हुँदा ? यो खतनामा हुँदा भएको थिएन, तर बेखतनामा हुँदा भएको थियो । 11 अब्राहामले खतनाको चिन्ह पाए । यो विश्वासको धार्मिकताको छाप थियो, जुन उनी बेखतनाको हुँदा नै पाइसकेका थिए । यो चिन्हको परिणामचाहिँ तिनीहरू बेखतनामै भए तापनि उनी विश्वास गर्ने सबैका पिता भए । यसको मतलब यो हो, कि त्यो धार्मिकता तिनीहरूको निम्ति धार्मिकता गनिनेछ । 12 यसको अर्थ यो हो, कि अब्राहाम खतनाबाट आएकाहरूका निम्ति मात्र होइन, तर हाम्रा पिता अब्राहामको कदम पछ्याउनेहरूका निम्ति पनि पिता भए । र उनी बेखतनामा हुँदा नै उनीसँग विश्वास थियो । 13 किनकि अब्राहाम र उनका सन्तानहरूलाई दिइएको प्रतिज्ञा अर्थात् तिनीहरू संसारको उत्तराधिकार हुने प्रतिज्ञा व्यवस्थाद्वारा दिइएको थिएन । बरु, यो विश्वासको धार्मिकताद्वारा थियो । 14 किनकि यदि ती व्यवस्थाकाहरू उत्तराधिकारीहरू हुन् भने विश्वासीलाई त रित्तो बनाइयो र प्रतिज्ञालाई रद्द गरियो । 15 किनकि व्यवस्थाले क्रोध ल्याउँछ, तर जहाँ व्यवस्था छैन त्यहाँ अनाज्ञाकारिता हुँदैन । 16 यसैले, यो विश्वासद्वारा हुन्छ, ताकि त्यो अनुग्रहद्वारा हुन सकोस् । परिणामस्वरूप, प्रतिज्ञा सारा सन्तानहरूका निम्ति निश्चित छ । अनि यी सन्तानहरूले केवल व्यवस्था जान्नेहरूलाई मात्र होइन, तर ती अब्राहामको विश्वासबाट आएकाहरूलाई पनि समेट्छन् । किनकि उनी हामी सबैका पिता हुन् । 17 जस्तो लेखिएको छ, “मैले तिमीलाई धेरै जातिहरूका पिता बनाएको छु ।” अब्राहाम आफूले भरोसा गरेका परमेश्वरको उपस्थितिमा थिए, जसले मरेकालाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका थोकहरूलाई अस्तित्वमा ल्याउन सक्नुहुन्छ । 18 यी सारा बाहिरी परिस्थितिहरूका बाबजुद पनि भविष्यको निम्ति अब्राहामले परमेश्वरमा दृढतासाथ भरोसा गरे । त्यसैले, उनी “तेरा सन्तानहरू यस्तै हुनेछन्” भनिएअनुसार धेरै जातिहरूका पिता बने । 19 उनी विश्वासमा कमजोर थिएनन् । अब्राहामले बुझे, कि उनको शरीर बालक जन्माउन समर्थ थिएन (किनकि उनी करिब एक सय वर्ष पुगेका थिए) । साराको कोख पनि बालक पैदा गर्न समर्थ थिएन भन्ने पनि उनले स्वीकार गरे । 20 तर परमेश्वरको प्रतिज्ञाका कारण, अब्राहाम अविश्वासमा रोकिएनन् । बरु, उनलाई विश्वासमा बलियो बनाइयो र उनले परमेश्वरको प्रशंसा गरे । 21 परमेश्वरले जे कुरा प्रतिज्ञा गर्नुभएको थियो, त्यो उहाँ पुरा गर्न सक्षम पनि हुनुहुन्थ्यो भनी उनी पूर्ण रूपमा विश्वस्त थिए । 22 त्यसकारण, यो उनको निम्ति धार्मिकता गनियो । 23 अब यो केवल उनको भलाइको निम्ति गनिएको थिएन । 24 यो हाम्रो निम्ति पनि लेखिएको थियो, जसको निम्ति यो गनिनेछ, हामी जसले हाम्रा येशू प्रभुलाई मृत्युबाट जीवित पार्नुहुनेमा विश्वास गर्छौं । 25 यो उहाँ नै हुनुहुन्छ जसलाई हाम्रा अपराधका लागि सुम्पिएको थियो, र हामीलाई धर्मी ठहराउन जीवित पारिएको थियो ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यस अध्यायका ७-८ का पदहरूसँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
पावलले अध्याय ३ मा भएको सामग्रीमा निर्माण गर्छन् । उनले अब्राहाम, इस्राएलका पिता कसरी धर्मी ठहराइएका भनेर व्याख्या गर्छन् । अब्राहामलाई पनि उनले गरेका कामद्वारा धर्मी ठहराउन सकिँदैनथ्यो । मोशाको व्यवस्थाको आज्ञापालनले कुनै व्यक्तिलाई परमेश्वरको सामु धर्मी ठहराउँदैन । परमेश्वरका आज्ञाहरूको पालना गर्नु भनेको कोही व्यक्तिले आफूले परमेश्वरमा विश्वास गर्छु भनेर देखाउने एउटा तरिका हो । मानिसहरू सधैँ विश्वासद्वारा नै धर्मी ठहराइएका छन् । अनि अनि )
खतना इस्राएलीहरूका लागि महत्त्वपूर्ण थियो । यसले कुनै व्यक्तिलाई अब्राहामको सन्तानको रूपमा चिनाउँथ्यो । यो अब्राहाम र यहवेको बीचमा भएको करारको एउटा चिन्ह पनि थियो । तापनि, कुनै पनि व्यक्ति खतना गरेर मात्रै धर्मी ठहराइएको थिएन । अनि )
पावलले यस अध्यायमा आलङ्कारिक प्रश्नहरूको प्रयोग गर्छन् । यस्तो देखिन्छ कि यी आलङ्कारिक प्रश्नहरू प्रयोग गर्नुको अभिप्राय भनेको पाठकलाई तिनीहरूको पाप देखाउनु हो ताकि तिनीहरूले येशूमा विश्वास गरून् । अनि )
पावलले पुष्टि गर्छन् कि विगतको समयमा पनि विश्वासीहरू विश्वासद्वारा नै धर्मी ठहराइन्थे र व्यवस्थाद्वारा होइन ।
पाठकको ध्यानाकर्षण गर्न र कुनै नयाँ विषयमा बातचित सुरु गर्न पावलले प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हाम्रा शरीरअनुसारका पूर्वज अब्राहामले यो कुरा प्राप्त गरे”
पावलले जोड थप्नका लागि यो प्रश्नको प्रयोग गर्छन् । उनले धर्मशास्त्रको विषयमा त्यो किनै जीवित थोक भए जस्तै गरी र त्यसले बोल्न सक्थ्यो भने झैँ गरी बताउँछन् । वैकल्पिक अनुवादः “किनकि हामीले धर्मशास्त्रमा पढ्न सक्छौँ”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले अब्राहामलाई एक धर्मी मानिसको रूपमा मान्नुभयो”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कुनै पनि व्यक्तिले उसलाई काम लगाउनेले उसलाई दिएको भुक्तानीलाई काम लगाउनेको तर्फबाट पाइएको उपहारको रूपमा गन्दैन”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तर काम लगाउने मानिसले उसलाई तिर्नुपर्ने कुराको रूपमा”
“परमेश्वरमा, जसले धर्मी ठहराउनुहुन्छ”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यस व्यक्तिको विश्वासलाई धार्मिकताको रूपमा लिनुहुन्छ” वा “परमेश्वरले त्यस व्यक्तिलाई उसको विश्वासको कारण धर्मी ठान्नुहुन्छ”
“परमेश्वरले काम बिना नै धर्मी बनाउनुभएको मानिसलाई परमेश्वरले कसरी आशिष् दिनुभएको हुन्छ भन्ने बारेमा दाऊदले पनि लेखे”
एउटै अवधारणालाई तिनवटा भिन्दाभिन्दै तरिकाहरूमा व्यक्त गरिएको छ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “व्यवस्था तोड्नेहरूलाई परमप्रभुले माफ गर्नुभएको छ ... जसका पापहरूलाई परमप्रभुले ढाक्नुभएको छ”
यो टिप्पणी जोड थप्नका लागि प्रश्नको रूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “के परमेश्वरले खतना भएकाहरूलाई मात्र आशिष् दिनुहुन्छ र, अथवा खतना नभएकाहरूलाई पनि ?”
यो एउटा प्रतिस्थापन शब्द हो जसले यहूदी मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यहूदीहरू”
यो एउटा प्रतिस्थापन शब्द हो जसले ती मानिसहरूलाई जनाउँछ जो यहूदी होइनन् । वैकल्पिक अनुवादः “अन्यजातिहरू”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले अब्राहामको विश्वासलाई धार्मिकताको रूपमा लिनुभयो”
पावलले उनका टिप्पणीहरूमा जोड थप्नका लागि यी प्रश्नहरू सोध्छन् । वैकल्पिक अनुवादः “परमेश्वरले अब्राहामलाई धर्मी भएको कहिले मान्नुभयो ? त्यो उनको खतना हुनुभन्दा अगाडि थियो, वा त्यस पछाडि ?”
“त्यो उनको खतना हुनुभन्दा अगाडि भएको थियो, उनको खतना भए पछाडि होइन”
यहाँ “विश्वासको धार्मिकता”को अर्थ परमेश्वरले उनलाई धर्मी ठान्नुभयो भन्ने हुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उनलाई धर्मी ठान्नुभएको कुराको एउटा देखिने चिन्ह किनभने उनले आफ्नो खतना गर्नुभन्दा अगाडि नै परमेश्वरमा विश्वास गरेका थिए”
“तिनीहरूको खतना नगरिएको भए तापनि”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यसको अर्थ हो कि परमेश्वरले तिनीहरूलाई धर्मी ठान्नुहुनेछ”
यहाँ “खतना”ले यहूदीहरू र अन्यजातिहरू दुवै गरेर तिनीहरूलाई जनाउँछ जो परमेश्वरमा साँचा विश्वासीहरू हुन् ।
यहाँ “विश्वासका कदमहरूलाई पछ्याउनु” भनेको एउटा वाक्पद्धति हो जसको अर्थ कसैको उदाहरणलाई पछ्याउनु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “जसले हाम्रा पिता अब्राहामको विश्वासको उदाहरणलाई पछ्याउँछन्” वा “जससँग हाम्रा पिता अब्राहामसँग भएको जस्तै विश्वास छ”
“प्रतिज्ञाहरू आए” भन्ने शब्दहरूलाई पहिलेको वाक्यांशबाट बुझिएका छन् । यसरी बुझिएका यी शब्दहरूलाई थपेर तपाईंले यसलाई अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तर प्रतिज्ञा विश्वासद्वारा आयो, जसलाई परमेश्वरले धार्मिकताको रूपमा मान्नुहुन्छ”
परमेश्वरले प्रतिज्ञा गर्नुभएका मानिसहरूको विषयमा यसरी बताइएको छ कि मानौँ तिनीहरूले परिवारका कुनै सदस्यबाट जायजेथा वा सम्पत्तिको अंश पाउनेछन् ।
यहाँ “व्यवस्थाअनुसार जिउनु” भन्ने कुराले व्यवस्थाको पालना गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “यदि व्यवस्थाको पालना गर्नेहरू तिनीहरू हुन् जसले पृथ्वीको उत्तराधिकार पाउनेछन् भने”
“विश्वासको कुनै मूल्य हुँदैन, र प्रतिज्ञा अर्थहीन हुन्छ”
भाववाचक नामपद शब्द “अपराध”लाई हटाउने गरेर यसलाई पुनः व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले पनि व्यवस्थालाई तोड्न सक्दैन” वा “व्यवस्थाको अनाज्ञापालन गर्न असम्भव हुन्छ”
“यसैले”
“यो” शब्दले परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुराहरू प्राप्त गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “यो विश्वासद्वारा हो कि हामीले प्रतिज्ञालाई प्राप्त गर्छौँ” वा “हामीले विश्वासद्वारा प्रतिज्ञालाई प्राप्त गर्छौँ”
यहाँ “प्रतिज्ञा अनुग्रहमा भर परोस्” भन्ने कुराले परमेश्वरले उहाँको अनुग्रहको कारण उहाँले प्रतिज्ञा गर्नुभएको कुरा दिनुहुने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “ताकि उहाँले प्रतिज्ञा गर्नुभएको कुरा सित्तैको उपहार होस्” वा “ताकि उहाँको प्रतिज्ञा उहाँको अनुग्रहको कारणले भएको होस्”
यसले यहूदी मानिसहरूलाई जनाउँछ, जो मोशाको व्यवस्थाको पालना गर्न बाध्य छन् ।
यसले अब्राहामको खतना हुनुभन्दा अघि नै उनीसँग भएको जस्तो विश्वास भएकाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “जसले अब्राहामले झैँ गरी विश्वास गर्छन्”
यहाँ “हामी” शब्दले पावल र ख्रीष्टमा भएका सबै यहूदी र गैर-यहूदी विश्वासीलाई समावेछ गर्छ । अब्राहाम यहूदी मानिसहरूका शारीरिक पूर्वज हुन्, तर उनी विश्वास भएकाहरूका पनि आत्मिक पिता हुन् ।
त्यो कहाँ लेखिएको छ भन्ने कुरालाई स्पष्ट पार्न सकिन्छ । तपाईंले यसलाई कर्तृ वाच्यमा पनि अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जसरी कसैले धर्मशास्त्रमा लेखेका छन्”
यहाँ “तिमी” शब्द एकवचन हो र अब्राहामलाई जनाउँछ ।
यहाँ “उहाँको ... जसलाई उनले भरोसा गरेका थिए” भन्ने कुराले परमेश्वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “अब्राहाम उनले भरोसा गरेका परमेश्वरको उपस्थितिमा थिए, जसले मरिगएकाहरूलाई जीवन दिनुहुन्छ”
“सबैथोकलाई शून्यताबाट सृजनुभयो”
यो वाक्पद्धतिको अर्थ अब्राहामले आफूले छोरा पाउन सक्थे जस्तो नलागेको भए तापनि परमेश्वरलाई भरोसा गरे भन्ने हुन्छ । वैकल्पिक अनुवादः “उनको सन्तानहरू हुनलाई असम्भव जस्तो देखिए तापनि उनले परमेश्वरलाई विश्वास गरे”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “ठीक जसरी परमेश्वरले अब्राहामलाई भन्नुभयो”
परमेश्वरले अब्राहामलाई दिनुभएको पूर्ण प्रतिज्ञालाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “तैँले गन्न सक्नेभन्दा बढी सन्तानहरू तँसँग हुनेछन्”
तपाईंले यसलाई सकारात्मक रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तैपनि, उनी आफ्नो विश्वासमा बलिया भएर रहे”
तपाईंले यस युगल अकरणलाई सकारात्मक रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “विश्वासमा काम गरिरहे”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “उनी आफ्नो विश्वासमा अझै दह्रिला भए”
“अब्राहाम पूरै पक्का थिए”
“परमेश्वर ... गर्न सक्षम हुनुहुन्थ्यो”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “त्यसकारण परमेश्वरले अब्राहामको विश्वासलाई धार्मिकताको रूपमा गन्नुभयो” वा “त्यसकारण परमेश्वरले अब्राहामलाई धर्मी ठान्नुभयो किनभने अब्राहामले उहाँलाई विश्वास गरे”
यहाँ “अब” शब्द चाहिँ अब्राहामलाई विश्वासद्वारा धर्मी ठहर्याइएको कुरालाई वर्तमानको समयका विश्वासीहरूलाई ख्रीष्टको मृत्यु र पुनरुत्थानमा विश्वासद्वारा धर्मी ठहराउने कुरासँग जोड्नलाई प्रयोग गरिएको छ ।
“अब्राहामको निम्ति मात्र”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “कि परमेश्वरले उनको निम्ति धार्मिकता गन्नुभयो” वा “परमेश्वरले उनलाई धर्मी मान्नुभयो”
“हाम्रो” शब्दले पावललाई जनाउँछ र ख्रीष्टमा भएका सारा विश्वासीहरूलाई समावेश गर्छ ।
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “त्यो हाम्रो फाइदाको निम्ति पनि थियो, किनभने हामीले विश्वास गर्यौँ भने परमेश्वरले हामीलाई धर्मी पनि ठान्नुहुनेछ”
यहाँ “मृतकहरूमध्येबाट बिउँताउनुभयो” भनेको “पुनः जीवित हुने तुल्याउनुभयो” भन्ने कुरालाई जनाउने वाक्पद्धति हो । वैकल्पिक अनुवादः “उहाँ जसले येशू हाम्रा प्रभुलाई पुनः जिउने तुल्याउनुभयो”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले हाम्रा अपराधहरूका खातिर शत्रुहरूको हातमा सुम्पनुभयो र जसलाई परमेश्वरले पुनः जीवनमा फर्काउनुभयो ताकि उहाँले हामीलाई उहाँको सामु धर्मी बनाउन सक्नुभएको होस्”
1 हामी विश्वासद्वारा धर्मी ठहरिने हुनाले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा हामी परमेश्वरसँग शान्तिमा छौँ । 2 हामीले उहाँप्रतिको विश्वासद्वारा यो अनुग्रहमा प्रवेश पाएका छौँ जसमा हामी खडा छौँ । हामी परमेश्वरले हामीलाई भविष्यको निम्ति दिनुहुने दृढता अर्थात् हामी परमेश्वरको महिमामा सहभागी हुनेछौँ भन्ने दृढतामा रमाउँछौँ । 3 यति मात्र होइन, तर हामी हाम्रो कष्टमा पनि रमाउँछौँ । हामी जान्दछौँ, कि कष्टले सहनशीलता उत्पन्न गराउँछ । 4 सहनशीलताले सहमति उत्पन्न गराउँछ र सहमतिले भविष्यको निम्ति भरोसा उत्पन्न गराउँछ । 5 यो भरोसाले निराश पार्दैन, किनभने हामीलाई दिइएको पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खन्याइएको छ । 6 किनकि हामी कमजोर हुँदा नै ख्रीष्ट अधर्मीको निम्ति ठिक समयमा मर्नुभयो । 7 एक जना धर्मी मानिसको लागि मुस्किलले कोही मर्नेछ । अर्थात् एक जना असल मानिसको लागि सायद कोहीले मर्ने साहस गर्थ्यो । 8 तर परमेश्वरले हामीप्रति उहाँको आफ्नो प्रेम प्रमाणित गर्नुहुन्छ, किनकि हामी पापी हुँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो । 9 अहिले हामी उहाँको रगतद्वारा अझ धेरै धर्मी ठहराइएका छौँ, अनि हामी उहाँको क्रोधबाट बचाइनेछौँ । 10 हामी शत्रु हुँदा नै हामीलाई उहाँका पुत्रको मृत्युद्वारा परमेश्वरसँग मिलाप गराइयो; मिलाप भएपछि उहाँको जीवनद्वारा हामी अझ धेरै बचाइनेछौँ । 11 यति मात्र होइन, तर हामी हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरमा रमाउँछौँ, जसद्वारा हामीले यो मिलाप प्राप्त गरेका छौँ । 12 यसकारण, एक जना मानिसद्वारा संसारमा पाप प्रवेश गर्यो, यसरी पापद्वारा मृत्यु प्रवेश गर्यो । अनि मृत्यु सबै मानिसमा फैलियो, किनभने सबैले पाप गरे । 13 किनकि व्यवस्था नहुँदा पनि संसारमा पाप थियो, तर व्यवस्था नहुँदा पापको निम्ति कुनै लेखा हुँदैन । 14 तथापि, मृत्युले आदमदेखि मोशासम्म र आदमले झैँ अनाज्ञाकारिताको पाप नगर्नेमाथि पनि राज्य गर्यो जो आउनु पर्थ्यो त्यसको प्रतिरूप थियो । 15 तरै पनि यो सित्तैँको वरदान अधर्म जस्तो होइन । एक जनाको अधर्मले धेरै जना मरे, परमेश्वरको अनुग्रहले अझ धेरै गर्यो र एक जना मानिस अर्थात् येशू ख्रीष्टको अनुग्रहद्वारा आउने वरदान धेरैका निम्ति प्रशस्त होस् । 16 किनकि वरदान एक जनाले पाप गरेको परिणामजस्तो होइन । एकातिर, एक जना मानिसको अपराधले दण्डको न्याय आयो । अर्कोतिर, सित्तैँको वरदान धेरै अपराधपछि धर्मीकरणको परिणाममा आयो । 17 एक जनाको अपराधद्वारा अर्थात् एक जनाद्वारा मृत्युले राज्य गर्यो, अनुग्रह र धार्मिकताको वरदानको प्रशस्तता प्राप्त गर्नेले एक जना अर्थात् येशू ख्रीष्टको जीवनद्वारा अझ धेरै राज्य गर्नेछ । 18 यसरी एउटा अपराधद्वारा सबै मानिस दण्डको भागीदार हुन आए र एउटा धार्मिकताको कामद्वारा सबै मानिसको निम्ति धर्मीकरण आयो । 19 जसरी एक जना मानिसको अनाज्ञाकारिताद्वारा धेरै जनालाई पापी बनाइयो, त्यसरी नै एक जनाको आज्ञाकारिताद्वारा धेरै जनालाई धर्मी बनाइनेछ । 20 तर व्यवस्था आयो ताकि अपराध बढोस् । तर जहाँ पाप बढ्यो, त्यहाँ अनुग्रह पनि झन् बढ्यो । 21 ताकि जसरी पापले मृत्युद्वारा राज्य गर्यो, त्यसरी नै अनुग्रहले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा अनन्त जीवनको निम्ति धार्मिकताद्वारा राज्य गरोस् ।
१२-१७ का पदहरूलाई धेरै विद्वानहरूले धर्मशास्त्रमा भएको सबैभन्दा महत्त्वपूर्ण, तर बुझ्नलाई कठिन पदहरूको रूपमा हेर्छन् । मौलिक ग्रीक संरचनाबाट अनुवादको क्रममा तिनीहरूको केही प्रचुरता र अर्थ सम्भवतः हराइसकेको छ ।
हामीलाई धर्मी ठहराइनुको परिणामहरूलाई पावलले कसरी व्याख्या गर्छन् भन्ने कुरा यस अध्यायको एउटा महत्त्वपूर्ण भाग हो । यी परिणामहरूमा परमेश्वरसँगको शान्ति हुने, परमेश्वरसम्मको पहुँच हुने, हाम्रो भविष्यको बारेमा ढुक्क हुने, दुःखभोग गरिरहेको बेलामा रमाउन सक्ने, अनन्तको लागि उद्धार प्राप्त गर्ने, र परमेश्वरसँग पुनर्मिलाप हुने कुराहरू पर्छन् ।
पद १२ मा पावलले के भन्न खोजेका हुन् भन्ने कुरालाई लिएर विद्वानहरू विभाजित छन्, जसमा यस्तो छः “र सबै मानिसहरूमा मृत्यु फैलियो, किनभने सबैले पाप गरे ।” केहीले विश्वास गर्छन् कि सारा मानवजाति “आदमको बिउ”मा उपस्थित थिए । त्यसैले, किनकि आदम सबै मानवजातिको पिता हुन्, आदमले पाप गर्दा सारा मानवजाति पनि उपस्थित थियो । अरूहरूले विश्वास गर्छन् कि आदमले मानवजातिको प्रतिनिधित्व गर्ने एउटा शिरको रूपमा काम गरे । त्यसैले जब उनले पाप गरे, त्यसको परिणामस्वरूप सारा मानवजातिको “पतन भयो” । आदमको सुरुको पापमा आजका मानिसहरूले सक्रिय वा निष्क्रिय भूमिका खेले भन्ने कुरा चाहिँ यी दृष्टिकोणहरू एक अर्काबाट फरक पर्ने एउटा तरिका हो । अरू खण्डहरूले कुनै व्यक्तिलाई निष्कर्षमा आउन मदत गर्नेछ । अनि अनि
आदम पहिलो मानिस थिए र परमेश्वरका पहिला “छोरा” थिए । उनी परमेश्वरद्वारा सृजिएका थिए । उनले निषेधित फल खाएर संसारमा पाप र मृत्यु ल्याए । पावलले यस अध्यायमा येशूलाई “दोस्रो आदम” र परमेश्वरको साँचो पुत्रको रूपमा वर्णन गर्छन् । उहाँले जीवन ल्याउनुहुन्छ र क्रूसमा मर्नुभएर पाप र मृत्युलाई जित्नुभयो । अनि )
परमेश्वरले विश्वासीहरूलाई उहाँको सामु धर्मी बनाउनुहुँदा हुने थुप्रै विभिन्न कुराहरूको बारेमा पावलले बताउन सुरु गर्छन् ।
“किनभने हामी धर्मी ठहराइएका छौँ”
“हामी” र “हाम्रा” भन्ने शब्दहरूको सबै प्रयोगहरूले सम्पूर्ण विश्वासीहरूलाई जनाउँछ र त्यो समावेशी हुनुपर्छ ।
“हाम्रा प्रभु येशू ख्रीष्टको कारण”
यहाँ “प्रभु”को अर्थ येशू परमेश्वर हुनुहुन्छ भन्ने हुन्छ ।
यहाँ “विश्वासद्वारा” भन्ने कुराले येशूमा भएको हाम्रो भरोसालाई जनाउँछ, जसले हामीलाई परमेश्वरको सामु उभिन दिन्छ । वैकल्पिक अनुवादः “किनकि हामी येशूमा भरोसा गर्छौँ, परमेश्वरले हामीलाई उहाँको उपस्थितिमा आउन दिनुहुन्छ”
“यो” शब्दले रोमीहरू ५:१-२ मा वर्णन गरिएका अवधारणाहरूलाई जनाउँछ ।
यी शब्दहरूले सम्पूर्ण विश्वासीहरूलाई जनाउँछ र समावेशी हुनुपर्छ ।
परमेश्वरले ख्रीष्टमा भरोसा गर्नेहरूका लागि उहाँका सबै प्रतिज्ञाहरूलाई पूरा गर्नुहुनेछ भन्ने कुराको यो निश्चयता हो ।
यी शब्दहरूले सम्पूर्ण विश्वासीहरूलाई जनाउँछ र समावेशी हुनुपर्छ ।
पावलले यहाँ व्यक्तित्वकरणलाई प्रयोग गर्छन् जसै उनले “निश्चयता”को विषयमा त्यो जीवित भए झैँ गरी बताउँछन् । वैकल्पिक अनुवादः “हामी धेरै निश्चित छौँ कि हामीले ती कुराहरू प्राप्त गर्नेछौँ जसलाई हामीले पर्खन्छौँ”
यहाँ “हृदयहरू”ले एक व्यक्तिको सोचाइहरू, भावनाहरू, वा भित्री व्यक्तित्वलाई प्रतिनिधित्व गर्छ । “परमेश्वरको प्रेम हामीहरूका हृदयहरूमा खनाइएको छ” भन्ने वाक्यांश चाहिँ परमेश्वरले उहाँका मानसिहरूलाई प्रेम देखाइरहनुभएको कुरालाई जनाउने अलङ्कार हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने उहाँले हामीलाई ज्यादै प्रेम गर्नुभएको छ” वा “किनभने उहाँले हामीलाई कति धेरै प्रेम गर्नुहुन्छ भनेर परमेश्वरले हामीलाई देखाउनुभएको छ”
यहाँ “हामी” शब्द सारा विश्वासीहरूलाई जनाउँछ र त्यसैले समावेशी हुनुपर्छ ।
“कसैको लागि मर्नलाई तयार हुने व्यक्ति भेट्न कठिन छ, धर्मी मानिसको लागि समेत”
“तर तिमीहरूले कसैलाई भेट्टाउन सक्छौ जो त्यस्तो एक असल व्यक्तिको लागि मर्न इच्छुक छ”
तपाईंले यस क्रियापदलाई “प्रदर्शन गर्नुभयो” वा “देखाउनुभयो” शब्दहरूको प्रयोग गरेर अनुवाद गर्न सक्नुहुन्छ ।
“हामीलाई” र “हामी” भन्ने शब्दहरूका सबै प्रयोगहरूले सारा विश्वासीहरूलाई जनाउँछन् र ती समावेशी हुनुपर्छ ।
यहाँ “धर्मी ठहराइएका” भन्नुको अर्थ परमेश्वरले हामीलाई उहाँ आफैँसँगको ठीक सम्बन्धमा राख्नुहुन्छ भन्ने हो । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “क्रूसमा येशूको मृत्युको कारण परमेश्वरले हामीलाई अब उहाँको सामु धर्मी बनाउनुभएको हुनाले अझ कति बढी हाम्रो लागि उहाँले गर्नुहुनेछ”
यो क्रूसमा भएको येशूको त्यागपूर्ण मृत्युको लागि प्रतिस्थापन शब्द हो ।
यसको अर्थ यो हो कि क्रूसमा भएको येशूको त्यागपूर्ण मृत्युद्वारा,परमेश्वरले हामीलाई माफ गर्नुभएको छ र हामीलाईहाम्रो पापको कारण नरकमा दण्डित हुनबाट उद्धार गर्नुभएको छ ।
यहाँ “क्रोध” भनेको प्रतिस्थापन शब्द हो जसले उहाँको विरुद्धमा पाप गरेकाहरूका लागि परमेश्वरको दण्डलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरको दण्ड”
“हामी” शब्दका सबै प्रयोगहरूले सारा विश्वासीहरूलाई जनाउँछन् र त्यो समावेशी हुनुपर्छ ।
“परमेश्वरका पुत्र ... परमेश्वरका पुत्रको जीवन”
परमेश्वरको पुत्रको मृत्युले अनन्त क्षमा प्रदान गरेको छ र हामीलाई, येशूमा विश्वास गर्ने सबैजनालाई परमेश्वरका मित्रहरू बनाएको छ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई उहाँसँग शान्तिपूर्ण सम्बन्ध राख्न दिनुभयो किनभने उहाँको पुत्र हाम्रो लागि मर्नुभयो”
यो येशू, परमेश्वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण नाउँ हो ।
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “अब जबकि परमेश्वरले हामीलाई फेरि उहाँका मित्रहरू बनाउनुभएको छ”
परमेश्वरले मोशालाई व्यवस्था दिनुभन्दा अगाडि नै मृत्यु कसरी हुन गयो भनेर पावलले व्याख्या गर्छन् ।
पावलले पापलाई एउटा डरलाग्दो कुराको रूपमा वर्णन गर्छन् जुन “एकजना मानिस” अर्थात् आदमका कार्यहरूद्वारा संसारमा प्रवेश गर्यो । यो पाप तब एउटा प्रवेशद्वार बन्यो जहाँबाट मृत्यु, जुन यहाँ अर्को डरलाग्दो कुराको रूपमा चित्रण गरिएको छ, त्यो पनि संसारमा आयो ।
यसको अर्थ हो कि परमेश्वरले व्यवस्था दिनुभन्दा अगाडि नै मानिसहरूले पाप गर्थे । वैकल्पिक अनुवादः “परमेश्वरले मोशालाई उहाँको व्यवस्था दिनुभन्दा अगाडि पनि संसारमा भएका मानिसहरूले पाप गर्थे”
यसको अर्थ हो कि परमेश्वरले व्यवस्था दिनुभन्दा अगाडि मानिसहरूलाई पापको लागि सजाय दिनुभएन । वैकल्पिक अनुवादः “तर परमेश्वरले व्यवस्था दिनुभन्दा अगाडि व्यवस्थाको विरुद्धमा भएको कुनै पनि पापको अभिलेख उहाँले राख्नुभएन”
“मैले भर्खर भनेको कुरा सत्य भएतापनि, मृत्यु” वा “आदमको समयदेखि लिएर मोशाको समयसम्म कुनै लिखित व्यवस्था थिएन, तर मृत्यु ... ” (रोमीहरू ५:१३) ।
पावलले मृत्युलाई शासन गर्ने एक राजाको रूपमा बताइरहेका छन् । वैकल्पिक अनुवादः “आदमको समयदेखि लिएर मोशाको समयसम्म मानिसहरू तिनीहरूका पापको नतिजा स्वरूप निरन्तर मरिरहे”
“ती मानिसहरू पनि निरन्तर मरिरहे जसका पापहरू आदमकाभन्दा फरक थिए”
आदम ख्रीष्टका प्रतिरूप थिए, जो धेरै पछि देखा पर्नुभयो । तिनीसँग उहाँका धेरै कुराहरू मिल्थ्यो ।
यहाँ “एक”ले आदमलाई जनाउँछ । वैकल्पिक अनुवादः “किनकि यदि एउटा मानिसको पापले धैरै मरे भने”
यहाँ “अनुग्रह”ले परमेश्वरको सित्तैको वरदानलाई जनाउँछ जुन उहाँले सबैलाई येशू ख्रीष्टद्वारा उपलब्ध गराउनुभयो । वैकल्पिक अनुवादः “अझ धेरै मानिस येशू ख्रीष्टद्वारा, जो हामी सबैको लागि मर्नुभयो, परमेश्वरले दयापूर्वक अनन्त जीवनको यो वरदान दिनुभयो, जसको लागि हामी योग्य नभएको भए पनि”
यहाँ “वरदान”ले परमेश्वरले हाम्रो पापहरूका अभिलेखहरूलाई सित्तैमा मेटिदिनुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यो वरदान चाहिँ आदमको पापको नतिजा जस्तो होइन”
यहाँ “वरदान” चाहिँ किन आदमको पाप जस्तै छैन भनेर पावलले दुईवटा कारणहरू दिन्छन् । “दण्डको इन्साफ”ले हामी सबै हाम्रा पापहरूको लागि परमेश्वरको सजायको भागीदार छौँ भन्ने अर्थ दिन्छ । वैकल्पिक अनुवादः “किनभने एकतर्फ, एउटा मानिसको पापको कारण सबै मानिसहरू दण्डको भागीदार छन् भनेर परमेश्वरले घोषणा गर्नुभयो, तर अर्कोतर्फ”
हामी योग्य नहुँदा पनि परमेश्वरले हामीलाई उहाँको सामु कसरी धर्मी बनाउनुहुन्छ भन्ने कुरालाई यसले जनाउँछ । वैकल्पिक अनुवादः “हामीलाई उहाँको सामु धर्मी ठहराउन परमेश्वरको दयालु वरदान”
“धेरैका पापहरू पछि”
यसले आदमको पापलाई जनाउँछ ।
यहाँ पावलले “मृत्युको” विषयमा शासन गर्ने एक राजाको रूपमा बताउँछन् । मृत्युको “शासन”ले सबैजनालाई मर्न लगाउँछ । वैकल्पिक अनुवादः “सबैजना मरे”
“आदमद्वारा गरिएको एउटा पापद्वारा” वा “आदमको पापको कारण”
यहाँ “दण्ड”ले परमेश्वरको सजायलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबै मानिसहरू पापको कारण परमेश्वरको सजायको भागीदार छन्”
येशू ख्रीष्टको बलिदान
यहाँ “धर्मी ठहराउने कुरा”ले मानिसहरूलाई आफ्नो सामु धर्मी बनाउने परमेश्वरको क्षमतालाई जनाउँछ । वैकल्पिक अनुवादः “सबै मानिसहरूलाई उहाँको सामु धर्मी बनाउने परमेश्वरको प्रस्ताव”
आदमको अनाज्ञाकारिता
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “धेरै मानिसहरूले पाप गरे”
येशूको आज्ञाकारिता
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले धेरै मानिसहरूलाई उहाँको सामु धर्मी बनाउनुहुनेछ”
यहाँ पावलले व्यवस्था चाहिँ कुनै व्यक्ति भए झैँ गरी कुरा गर्छन् । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँको व्यवस्था मोशालाई दिनुभयो”
“पापको वृद्धि भयो”
यहाँ “अनुग्रह”ले परमेश्वरका आशिष्हरूलाई जनाउँछ जुन पाउन कोही योग्यको छैन । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूप्रति अझ दयालु हुनुभएर काम गरिरहनुभयो, त्यस्तो एउटा तरिकामा जसको लागि तिनीहरू योग्यका थिएनन्”
यहाँ पावलले “मृत्यु” चाहिँ शासन गर्ने कुनै एक राजा भए झैँ गरी बताउँछन् । वैकल्पिक अनुवादः “जसरी पापको परिणाम मृत्यु भयो”
यहाँ पावलले “अनुग्रह” चाहिँ शासन गर्ने कुनै एक राजा भए झैँ गरी बताउँछन् । वैकल्पिक अनुवादः “येशू ख्रीष्ट हाम्रा प्रभुको धार्मिकताद्वारा अनुग्रहले मानिसहरूलाई अनन्त जीवन दियो”
यहाँ पावलले “अनुग्रह” चाहिँ शासन गर्ने कुनै एक राजा भए झैँ गरी बताउँछन् । “धार्मिकता” शब्दले मानिसहरूलाई आफ्नो सामु धर्मी बनाउने परमेश्वरको क्षमतालाई जनाउँछ । वैकल्पिक अनुवादः “ताकि परमेश्वरले मानिसहरूलाई उहाँको सामु धर्मी बनाउने उहाँको सित्तैको वरदान तिनीहरूलाई दिन सक्नुभएको होस्”
पावलले तिनी आफैँलाई, तिनका पाठकहरू, र सारा विश्वासीहरूलाई समावेश गर्छन् ।
1 हामी अब के भनौँ त ? के अनुग्रह प्रशस्त होस् भनेर हामीले पाप गरिरहने त ? 2 यस्तो कहिल्यै नहोस् । हामी जो पापप्रति मर्यौँ हामी यसमा कसरी जिउने ? 3 के जतिलाई ख्रीष्ट येशूमा बप्तिस्मा दिइएका छन् उनीहरूलाई उहाँको मृत्युमा बप्तिस्मा दिइएका छन् भन्ने तिमीहरू जान्दैनौ ? 4 हामी बप्तिस्माद्वारा मृत्युमा उहाँसँगै गाडियौँ । ताकि जसरी ख्रीष्ट पिताको महिमाद्वारा मृतकहरूबाट जीवित पारिनुभयो, त्यसरी नै हामी जीवनको नवीनतामा हिँड्न सकौँ । 5 किनकि यदि हामी उहाँको मृत्युको स्वरूपमा एक भएका छौँ भने हामी उहाँको पुनरुत्थानमा पनि एक हुनेछौँ । 6 हामी जन्दछौँ, कि हाम्रो पुरानो मनुष्यत्वलाई उहाँसँगै क्रुसमा टाँगिएको थियो, ताकि पापको शरीरलाई नाश गर्न सकियोस्; ताकि हामी पापको दास बन्न नपरोस् । 7 जो मरेको छ, पापको सम्बन्धमा त्यसलाई धर्मी घोषित गरिन्छ । 8 तर यदि हामी ख्रीष्टसँग मरेका छौँ भने, हामी विश्वास गर्छौं, कि हामी पनि उहाँसँगै जिउनेछौँ । 9 हामी जान्दछौँ, कि ख्रीष्ट मृतकबाट जीवित पारिनुभएको छ र अब उहाँ मृत हुनुहुन्न । अब मृत्युले उहाँमाथि राज्य गर्दैन । 10 मृत्युको विषयमा उहाँ पापको लागि मर्नुभयो, उहाँ एकै पल्ट हामी सबैका लागि मर्नुभयो । तथापि जुन जीवन उहाँ जिउनुहुन्छ, त्यो उहाँले परमेश्वरको निम्ति जिउनुहुन्छ । 11 त्यसै गरी, तिमीहरूले पनि पापको निम्ति मरेको, तर ख्रीष्ट येशूमा परमेश्वरमा जीवित ठान्नुपर्छ । 12 त्यसकारण, तिमीहरूको मरणशील शरीरमा पापलाई राज्य गर्न नदेओ, ताकि तिमीहरूले त्यसको अभिलाषालाई मान्न परोस् । 13 आफ्नो शरीरका अङ्गहरूलाई अधार्मिकताका साधनहरूको रूपमा प्रयोग गर्न नदेओ । तर आफैँलाई परमेश्वरको निम्ति अहिले जिइरहेको मृतकको रूपमा देओ । अनि आफ्नो शरीरका अङ्गहरूलाई परमेश्वरको लागि धार्मिक साधनको रूपमा प्रयोग गर्नलाई देओ । 14 पापलाई आफूमाथि राज्य गर्न नदेओ । किनकि तिमीहरू व्यवस्थामा छैनौ, तर अनुग्रहमा छौ । 15 त्यसो भए के त ? के हामी व्यवस्थामा छैनौँ, तर अनुग्रहमा छौँ भनेर हामी पाप गरौँ त ? कहिल्यै यस्तो नहोस् । 16 के तिमीहरू जान्दैनौ, जसको निम्ति तिमीहरूले आफैँलाई नोकरको रूपमा दिन्छौ त्यसप्रति तिमीहरू आज्ञाकारी हुनुपर्छ अर्थात् त्यसको आज्ञा पालन गर्नुपर्छ ? यो सत्य हो, कि या तिमीहरू मृत्युमा पुर्याउने पापका नोकरहरू हौ या धार्मिकतामा पुर्याउने आज्ञाकारिताका सेवकहरू हौ । 17 तर परमेश्वरलाई धन्यवाद होस् ! तिमीहरू पापका नोकरहरू थियौ, तर तिमीहरूले आफूलाई दिइएको शिक्षाको ढाँचालाई आफ्नो हृदयदेखि नै पालन गर्यौ । 18 तिमीहरूलाई पापबाट छुटकारा दिइएको छ र तिमीहरूलाई धार्मिकताको सेवक बनाइएको छ । 19 म तिमीहरूको शरीरको कमजोरीको कारणले बोल्ने मानिसझैँ बोल्छु । किनकि जसरी तिमीहरूले आफ्नो शरीरका अङ्गहरू अशुद्धता र दुष्टका नोकरहरूको रूपमा दियौ; त्यसरी नै अब शुद्धिकरणको निम्ति आफ्ना शरीरका अङ्गहरूलाई धार्मिकताको सेवकको रूपमा देओ । 20 किनकि तिमीहरू पापका दासहरू हुँदा, तिमीहरू धार्मिकताबाट स्वतन्त्र थियौ । 21 त्यति बेला अहिले तिमीहरू लज्जित हुनुपर्ने थोकहरूका कस्ता-कस्ता फलहरू तिमीहरूसित थिए ? किनकि ती कुराहरूको परिणाम मृत्यु हो । 22 तर अब तिमीहरूलाई पापबाट मुक्त गराइएको छ, अनि परमेश्वरको दास बनाइएको छ र तिमीहरूसित शुद्धिकरणको फल छ । 23 किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो ।
पावलले अध्याय ५ मा सिकाएका कुराहरूप्रति परिकल्पित रूपमा कसैले गर्न सक्ने विरोधको जवाफ दिएर उनले यस अध्यायलाई सुरु गर्छन् ।हुन सक्ने भएको पावलको शिक्षाप्रति हुन सक्ने एउटा सम्भाव्य र परिकल्पित विरोधको उत्तर दिएर यो अध्याय सुरु हुन्छ ।
यस अध्यायमा, ख्रीष्टिएनहरूले उद्धार पाइसकेपछि तिनीहरूले जसरी चाहन्छन् त्यसरी जिउन सक्छन् भन्ने शिक्षालाई पावलले गलत ठहराउँछन् । विद्वानहरूले यस शिक्षालाई “एन्टिनोमियानिजम” अनि )
येशूमा विश्वास गर्नभन्दा अगाडि, पापले मानिसहरूलाई दासत्वमा राखेको हुन्छ । परमेश्वरले ख्रीष्टिएनहरूलाई पापको सेवा गर्ने कुराबाट स्वतन्त्र पार्नुहुन्छ । तिनीहरूले आफ्नो जीवनमा ख्रीष्टको सेवा गर्ने कुरालाई छान्न सक्छन् । पावलले व्याख्या गर्छन् कि जब कुनै ख्रीष्टिएनहरूले पाप गर्न रोज्छन्, तिनीहरूले स्वइच्छाले पाप गर्नलाई रोज्छन् । अनि )
यस अध्यायले फलको चित्रणलाई प्रयोग गर्छ । फलको चित्रणले सामान्यतया कुनै व्यक्तिको विश्वासले उसको जीवनमा असल कार्यहरूलाई उत्पादन गरिरहेको कुरालाई जनाउँछ । अनि )
पावलले यस अध्यायमा आलङ्कारिक प्रश्नहरूको प्रयोग गर्छन् । यस्तो देखिन्छ कि यी आलङ्कारिक प्रश्नहरू प्रयोग गर्नुको अभिप्राय भनेको पाठकलाई तिनीहरूको पाप देखाउनु हो ताकि तिनीहरूले येशूमा विश्वास गरून् । अनि )
पावलले “मृत्यु”लाई यस अध्यायमा थुप्रै विभिन्न किसिमले प्रयोग गर्छन्ः शारीरिक मृत्यु, आत्मिक मृत्यु, मानिसको हृदयमा पापले राज गरिरहेको, र केही कुरालाई अन्त्य गर्नु । उनले पाप र मृत्यु चाहिँ ख्रीष्टद्वारा दिइएको नयाँ जीवन र ख्रीष्टिएनहरूले उद्धार पाइसकेपछि तिनीहरूले जिउनुपर्ने नयाँ शैलीबाट विपरीतमा छन् भनेर देखाउँछन् ।
अनुग्रहमुनि, पावलले येशूमा विश्वास गर्नेहरूलाई पापप्रति मरेको र परमेश्वरप्रति जीवित भएको झैँ गरी नयाँ जीवन जिउनलाई भन्छन् ।
पावलले उनका पाठकहरूको ध्यान खिँच्नका लागि यी आलङ्कारिक प्रश्नहरूको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “त्यसोभए, यो सबैको बारेमा हामी के भनौँ त ? हामीले निश्चय पनि पाप गरिरहनुहुँदैन ताकि परमेश्वरले हामीलाई झन् धेरै र झन् धेरै अनुग्रह दिनुभएको होस् !”
“हामी” सर्वनामले पावल, उनका पाठकहरू र अरू मानिसहरूलाई जनाउँछ ।
यहाँ “पापको लेखि मरेको” भन्नुको अर्थ यो हो कि येशूलाई पछ्याउनेहरू अब मृत मानिसहरू झैँ हुन् जसलाई पापद्वारा असर पर्दैन । पावलले यो आलङ्कारिक प्रश्न जोड थप्नका लागि प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामी अब मृत मानिसहरू झैँ हौँ जसमा पापको कुनै असर छैन ! त्यसैले हामीले निश्चय पनि पाप गरिरहनुहुँदैन !”
पावलले यो प्रश्न जोड थप्नका लागि प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “याद गर, ख्रीष्टसँग हाम्रो सम्बन्ध छ भनेर देखाउनका लागि जब कसैले हामीलाई बप्तिस्मा दिन्छ, त्यसले यो पनि देखाउँछ कि हामी ख्रीष्टसँगै क्रूसमा मर्यौँ !”
यसले कुनै विश्वासीको पानीको बप्तिस्मालाई मृत्यु र चिहानमा दफनसँग तुलना गरेको छ । वैकल्पिक अनुवादः “जब कसैले हामीलाई बप्तिस्मा दिन्छ, त्यो चाहिँ त्यस व्यक्तिले हामीलाई ख्रीष्टसँगै चिहानमा गाडेको जस्तै हो”
मृतकबाट बिउँताउनु भनेको कसैलाई पुनः जीवित बनाउने कुरालाई जनाउने वाक्पद्धति हो । यसले कुनै विश्वासीको नयाँ आत्मिक जीवनलाई येशू शारीरिक रूपमा जीवनमा फर्कनुभएको कुरासँग तुलना गर्छ । त्यस विश्वासीको नयाँ आत्मिक जीवनले उसलाई परमेश्वरको आज्ञा पालन गर्न सक्षम बनाउँछ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जसरी पिताले येशूलाई उहाँ मर्नुभएपछि जीवनमा फर्काउनुभयो, त्यसरी नै हामीसँग नयाँ आत्मिक जीवन होस् र परमेश्वरको आज्ञा पालन गर्न सक्ने होऔँ”
ती सबैको माझबाट जो मेरका छन् । यस अभिव्यक्तिले तल पातालको संसारमा भएका सबै मृतक मानिसहरूलाई एकसाथ वर्णन गर्छ । तिनीहरूको माझबाट बिउँताइने कुराले पुनः जीवित हुने कुराको विषयमा बताउँछ ।
पावलले ख्रीष्टसँगको हाम्रो एकतालाई मृत्युसँग तुलना गर्छन् । मृत्युमा ख्रीष्टसँगै जोडिएकाहरू उहाँको पुनरुत्थानमा सहभागी हुनेछन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “उहाँसँगै मर्यौँ ... उहाँसँगै जीवनमा फर्की आउनेछौँ”
“पुरानो मनुष्यत्वत्व” भनेको एउटा अलङ्कार हो जसले येशूमा विश्वास गर्नुभन्दा अघिको व्यक्तिलाई जनाउँछ । पावलले हाम्रो पापपूर्ण व्यक्तित्व चाहिँ हामीले येशूमा विश्वास गर्दा क्रूसमा येशूसँगै मरेको भनेर वर्णन गर्छन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “हाम्रो पापमय मनुष्यत्व येशूसँगै क्रूसमा मर्यो”
यसले पहिला एक समयमा भएको, तर अब अस्तित्वमा नरहेको व्यक्ति भन्ने अर्थ दिन्छ ।
यो एउटा प्रतिस्थापन शब्द हो जसले पापी व्यक्तिको सम्पूर्णतालाई जनाउँछ । वैकल्पिक अनुवादः “हाम्रो पापी स्वभाव”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “मरोस्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पापले हामीलाई अरू बढी दास नबनाओस्” वा “हामी अब उप्रान्त पापको दासहरू बन्नुहुँदैन”
पापप्रतिको दासत्व भनेको एउटा अलङ्कार हो जसको अर्थ पाप गर्नलाई यति प्रबल चाहना गर्ने भन्ने हुन्छ कि कोही व्यक्तिले आफैँलाई पाप गर्नबाट रोक्न असक्षम बन्छ । यो यस्तो हो कि मानौँ पापले त्यो व्यक्तिलाई नियन्त्रण गर्छ । वैकल्पिक अनुवादः “हामी अरू बढी पापद्वारा नियन्त्रित हुनुहुँदैन”
यहाँ “धर्मी” शब्दले मानिसहरूलाई आफ्नो सामु धर्मी बनाउने परमेश्वरको क्षमतालाई जनाउँछ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जब परमेश्वरले कुनै व्यक्तिलाई आफ्नो सामु धर्मी घोषणा गर्नुहुन्छ, त्यो व्यक्ति अब उसो पापबाट नियन्त्रित हुँदैन”
यहाँ “मरेका” भन्ने शब्दले विश्वासीहरू अब उसो पापद्वारा नियन्त्रित हुँदैनन् भन्ने तथ्यलाई जनाउँछ ।
यहाँ बिउँताइनु भनेको मरिगएको कसैलाई पुनः जीवित बनाउने कुरालाई जनाउने वाक्पद्धति हो । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “हामी जान्दछौँ परमेश्वरले ख्रीष्टलाई उहाँ मर्नुभएपछि जीवनमा फर्काउनुभयो”
ती सबैको माझबाट जो मेरका छन् । यस अभिव्यक्तिले तल पातालको संसारमा भएका सबै मृतक मानिसहरूलाई एकसाथ वर्णन गर्छ । तिनीहरूको माझबाट बिउँताइनु भनेको पुनः जीवित हुनु हो ।
यहाँ “मृत्यु”लाई एक राजा वा शासकको रूपमा वर्णन गरिएको छ जससँग मानिसहरूमाथि शक्ति हुन्छ । वैकल्पिक अनुवादः “उहाँ फेरि कहिल्यै मर्न सक्नुहुन्न”
“एकैपटक सबैका लागि” भन्ने वाक्यांशले केही कुरालाई पूर्णतया सकाउनु भन्ने हुन्छ । तपाईंले यसको पूर्ण अर्थलाई तपाईंको अनुवादमा स्पष्ट गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “किनकि जब उहाँ मर्नुभयो, उहाँले पापको शक्तिलाई पूर्ण रूपमा तोड्नुभयो”
“यसैकारण ... विचार गर”
“तिमीहरू आफैँलाई .... को रूपमा सोच” वा “तिमीहरू आफैँलाई ... को रूपमा हेर”
जसरी कोही व्यक्तिले लाशलाई कुनै पनि कुरा गर्नका लागि कर गर्न सक्दैन, विश्वासीहरूलाई परमेश्वरको अनादर गराउनका लागि बलजफ्ती गर्नलाई पापसँग कुनै शक्ति हुँदैन । वैकल्पिक अनुवादः “मानौँ तिमीहरू पापको शक्तिप्रति मृत थियौ”
“पापको शक्तिको लागि मरेको, तर परमेश्वरलाई सम्मान गर्नलाई जीवित”
“ख्रीष्ट येशूले दिनुहुने शक्तिद्वारा परमेश्वरलाई सम्मान गर्नलाई जीवित”
पावलले हामीलाई सम्झना दिलाउँछन् कि हामीमाथि अनुग्रहले राज गर्छ, व्यवस्थाले होइन; हामी पापका कमाराहरू होइनौँ, तर परमेश्वरका कमाराहरू हौँ ।
पाप गरिरहेका मानिसहरूको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ पाप चाहिँ तिनीहरूलाई नियन्त्रण गर्ने तिनीहरूको मालिक वा राजा हो । वैकल्पिक अनुवादः “पापपूर्ण इच्छाहरूलाई तिमीहरूलाई नियन्त्रण गर्न नदेओ”
यस वाक्यांशले व्यक्तिको शारीरिक भागलाई जनाउँछ, जुन मरिजानेछ । वैकल्पिक अनुवादः “तिमीहरू”
पावलले दुष्ट चाहनाहरू भएको व्यक्तिको विषयमा यसरी बताउँछन् कि मानौँ उसको पाप चाहिँ दुष्ट चाहनाहरू भएको कुनै मालिक हो ।
यो दृश्य चाहिँ त्यस पापीले “उसका शरीरका अङ्गहरू” उसको मालिक वा राजालाई समर्पण गरिरहेको कुराको हो । कोही व्यक्तिको “शरीरका अङ्गहरू” भनेका सम्पूर्ण व्यक्तिको लागि प्रतिस्थापकीय शब्दहरू हुन् । वैकल्पिक अनुवादः “तिमीहरूले आफैँलाई पापको अगि समर्पण नगर जसले गर्दा तिमीहरू त्यो गर्न पुग जुन उचित छैन”
यहाँ “अब जीवित बनाइएका” भन्ने कुराले विश्वासीको नयाँ आत्मिक जीवनलाई जनाउँछ । वैकल्पिक अनुवादः “तर तिमीहरूले आफैँलाई परमेश्वरलाई समर्पण गर, किनभने उहाँले तिमीहरूलाई नयाँ आत्मिक जीवन दिनुभएको छ” वा “तर तिमीहरूले आफैँलाई तिनीहरू जसरी परमेश्वरकहाँ सुम्प जो मरेका थिए र अब जीवित छन्”
यहाँ “तिमीहरूका शरीरका अङ्हरू” भनेका प्रतिस्थापकीय शब्दहरू हुन् जसले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरलाई खुशी बनाउने कुराको लागि तिमीहरूलाई प्रयोग गर्न उहाँलाई देओ”
यहाँ पावलले “पाप” चाहिँ एक राजा भए झैँ गरी कुरा गर्छन् जसले मानिसहरूमाथि राज गर्छ । वैकल्पिक अनुवादः “पापमय इच्छाहरूलाई तिमीहरूले गर्ने कुराहरूलाई नियन्त्रण गर्न नदेओ” वा “तिमीहरूले आफैँलाई ती पापपय कुराहरू गर्न अनुमति नदेओ जुन गर्न तिमीहरू चाहन्छौ”
“व्यवस्थामुनि” हुने कुराको अर्थ चाहिँ त्यसका सीमितता र कमजोरीहरूको अधीनमा हुनु भन्ने हुन्छ । तपाईंले पूर्ण अर्थलाई तपाईंको अनुवादमा स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “किनकि तिमीहरू अब उप्रान्त मोशाको व्यवस्थासँग बाँधिएका छैनौ, जसले तिमीहरूलाई पाप गर्नलाई रोक्ने शक्ति दिन सकेन”
“अनुग्रहमुनि” हुने कुराको अर्थ चाहिँ परमेश्वरको सित्तैको वरदानले पाप गर्नबाट टाढा रहने शक्ति प्रदान गर्छ भन्ने हुन्छ । तपाईंले पूर्ण अर्थलाई तपाईंको अनुवादमा स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तर तिमीहरू परमेश्वरको अनुग्रहसँग बाँधिएका छौ, जसले चाहिँ तिमीहरूलाई पाप गर्नलाई रोक्ने शक्ति दिन्छ”
अनुग्रहमुनि जिउनु चाहिँ पाप गर्नलाई कारण होइन भनेर जोड दिनका लागि पावलले एउटा प्रश्नलाई प्रयोग गरिरहेका छन् । वैकल्पिक अनुवादः “तथापि, हामी मोशाको व्यवस्थासँग नभएर अनुग्रहसँग बाँधिएका छौँ भन्दैमा हामीलाई पाप गर्न स्वीकृति दिइएको छ भन्ने हुँदैन”
“हामी त्यस्तो कहिल्यै भएको चाहन्नौँ !” वा “त्यस्तो नगर्न परमेश्वरले मलाई सहायता गरून् !” यस अभिव्यक्तिले यस्तो नहोस् भनेर चिताएको असाध्यै प्रबल चाहनालाई देखाउँछ । तपार्इंसँग तपार्इंको भाषामा यस्तै समान अभिव्यक्ति हुन सक्छ जुन तपाईंले यहाँ प्रयोग गर्न सक्नुहुन्छ । तपार्इंले यसलाई रोमीहरू ३:३१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
परमेश्वरको अनुग्रह चाहिँ पाप गरिरहनका लागि एउटा कारण हो भनेर सोच्ने जो कोही पनि व्यक्तिलाई हप्काउनका लागि पावलले एउटा प्रश्नको प्रयोग गर्छन् । तपाईंले यसलाई एउटा कडा भनाइको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूलाई थाहा हुनुपर्छ कि तिमीहरूले आज्ञापालन गर्नलाई चुनेको मालिकको तिमीहरू दासहरू हौ !”
यहाँ पावलले “पाप” र “आज्ञाकारिता”लाई मालिकहरूको रूपमा बताउँछन् जसलाई दासले सेवा पुर्याउँछ । वैकल्पिक अनुवादः “चाहे तिमीहरू पापका दासहरू हौ ... वा आज्ञाकारिताका दासहरू जस्तै हौ” वा “तिमी कि त पापका दास हौ ... वा तिमी आज्ञाकारिताको दास हौ”
which results in death ... which results in righteousness
“तर म परमेश्वरलाई धन्यवाद चढाउँछु !”
पापको दासत्व भनेको एउटा अलङ्कार हो जसको अर्थ पाप गर्नलाई यति प्रबल चाहना गर्ने भन्ने हुन्छ कि कोही व्यक्तिले आफैँलाई पाप गर्नबाट रोक्न असक्षम बन्छ । यो यस्तो हो कि मानौँ पापले त्यो व्यक्तिलाई नियन्त्रण गर्छ । वैकल्पिक अनुवादः “तिमीहरू पापका कमाराहरू झैँ थियौ” वा “तिमीहरू पापद्वारा नियन्त्रित थियौ”
यहाँ “हृदय” शब्दले केही कुरा गर्नलाई भएको साँचो वा इमान्दार अभिप्रायहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तर तिमीहरूले साँचो रूपले आज्ञापालन गर्यौ”
यहाँ “ढाँचा”ले त्यस्तो जीवनशैलीलाई जनाउँछ जसले धार्मिकतातर्फ डोहोर्याउँछ । ख्रीष्टिएन अगुवाहरूले विश्वासीहरूलाई सिकाएअनुसारको जीवन जिउने नयाँ तरिकासित मेल खाने गरी जिउनका लागि तिनीहरूले आफ्नो पुरानो जीवनशैलीलाई परिवर्तन गर्छन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “ख्रीष्टिएन अगुवाहरूले तिमीहरूलाई दिएको शिक्षा”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “ख्रीष्टले तिमीहरूलाई पापबाट स्वतन्त्र पार्नुभएको छ”
यहाँ “पापबाट स्वतन्त्र” भनेको पाप गर्नलाई अब अरू बढी प्रबल इच्छा नहुने र आफैँलाई पाप गर्नबाट रोक्न सक्षम हुने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिमीहरूको पाप गर्ने चाहनालाई हटाइएको छ” वा “तिमीहरूलाई तिमीहरूमाथिको पापको नियन्त्रणबाट स्वतन्त्र पारिएको छ”
धार्मिकताको दासत्व भनेको एउटा अलङ्कार हो जसको अर्थ उचित कुरा गर्नलाई प्रबल चाहना बोक्ने भन्ने हुन्छ । यो यस्तो हो कि मानौँ धार्मिकताले त्यो व्यक्तिलाई नियन्त्रण गर्छ । वैकल्पिक अनुवादः “तिमीहरू धार्मिकताका दासहरू झैँ बनाइएका छौ” वा “तिमीहरू धार्मिकताद्वारा नियन्त्रित छौ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ख्रीष्टले तिमीहरूलाई धार्मिकताका दासहरू बनाउनुभएको छ” वा “ख्रीष्टले तिमीहरूलाई परिवर्तन गरिदिनुभएको छ ताकि तिमीहरू अब धार्मिकताद्वारा नियन्त्रित भएका होओ”
पावलले किन दासत्व र स्वतन्त्रताको विषयमा कुरा गरिरहेका थिए भनेर उनका पाठकहरूले विचार गर्नेछन् भनेर उनले अपेक्षा गरेका हुन सक्छन् । मानिसहरू कि त पापद्वारा कि त धार्मिकताद्वारा नियन्त्रित हुन्छन् भनेर बुझ्नलाई मदत गर्नका लागि उनले ती अवधारणाहरूलाई तिनीहरूको दैनिक अनुभवबाट प्रयोग गरिरहेका छन् भनेर यहाँ उनले भनिरहेका छन् । वैकल्पिक अनुवादः “मैले यसको बारेमा मानवीय भाषाहरूमा बोलिरहेको छ” वा “मैले दैनिक जीवनबाटको उदाहरणहरू प्रयोग गरिरहेको छु”
पावलले धेरैपटक “शरीर” भन्ने शब्दलाई “आत्मा”को विपरीतको रूपमा प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूले आत्मिक कुराहरू पूर्ण रूपमा बुझ्दैनौ”
यहाँ “शरीरका अङ्गहरू”ले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “आफैँलाई कमारा झैँ ती सबै कुराको निम्ति सुम्पियौ, जुन कुराहरू दुष्ट र परमेश्वरलाई प्रसन्न नपार्ने खालका थिए”
यहाँ “शरीरका अङ्गहरू”ले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरको अगि जे सही छ, त्यसको निम्ति आफैँलाई कमारा झैँ सुम्पिदेओ ताकि उहाँको सेवा गर्नको निम्ति उहाँले तिमीहरूलाई अलग गर्नुभएको होस् र उहाँको सेवा गर्नलाई शक्ति दिनुभएको होस्”
यहाँ “धार्मिकताबाट स्वतन्त्र” भनेको धर्मी कुरा गर्नु नपर्ने अवस्थालाई जनाउने अलङ्कार हो । मानिसहरूले जे उचित छ तिनीहरूले सो गर्न जरुरी छैन भनेर सोचेको जसरी तिनीहरू जिइरहेका थिए । वैकल्पिक अनुवादः “यो चाहिँ तिमीहरू धार्मिकताबाट स्वतन्त्र रहेको जस्तै थियो” वा “तिमीहरूले यसरी व्यवहार गर्यौ कि मानौँ तिमीहरूले जे उचित छ सो गर्न जरुरी थिएन”
यहाँ “फल” चाहिँ “प्रतिफल” वा “परिणाम”को लागि भएको अलङ्कार हो । पाप गर्नाले कुनै राम्रो नतिजा ल्याउँदैन भन्ने कुरालाई जोड दिनका लागि पावलले एउटा प्रश्नलाई प्रयोग गरिरहेका छन् । वैकल्पिक अनुवादः “ती कुराहरूबाट केही पनि असल कुराहरू आएनन् जसले अहिले तिमीहरूलाई शर्ममा पार्छन्” वा “तिमीहरूले ती कुराहरू गरेर केही प्राप्त गरेनौ जुन कुराहरूले तिमीहरूलाई अहिले शर्ममा पार्छन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर अब किनकि तिमीहरू पापबाट स्वतन्त्र भएका छौ र परमेश्वरका दासहरू भएका छौ” वा “तर अब किनकि परमेश्वरले तिमीहरूलाई पापबाट स्वतन्त्र बनाउनुभएको छ र उहाँका दासहरू बनाउनुभएको छ”
“पापबाट स्वतन्त्र हुनु” भनेको पाप नगर्नलाई सक्षम हुने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तर अब किनकि परमेश्वरले तिमीहरूलाई पाप नगर्नलाई सक्षम बनाउनुभएको छ”
परमेश्वरको “दास बनाइनु” भनेको परमेश्वरको सेवा र आज्ञापालन गर्नलाई सक्षम हुने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “र परमेश्वरले तिमीहरूलाई उहाँको सेवा गर्नलाई सक्षम बनाउनुभएको छ”
यहाँ “फल” चाहिँ “प्रतिफल” वा “फाइदा”को लागि भएको अलङ्कार हो । वैकल्पिक अनुवादः “फाइदा चाहिँ तिमीहरूको शुद्धिकरण हो” वा “फाइदा चाहिँ यो हो कि तिमीहरू पवित्र तवरले जिउँछौ”
“यो सबैको परिणाम यो हो कि तिमीहरू परमेश्वरसँग सदासर्वदा जिउनेछौ”
“ज्याला” भन्ने शब्दले कसैले काम गरेबापत दिइने भुक्तानीलाई जनाउँछ । “किनकि यदि तिमीहरूले पापको सेवा गर्छौ भने, तिमीहरूले भुक्तानीको रूपमा आत्मिक मृत्यु पाउनेछौ” वा “किनकि यदि तिमीले निरन्तर पाप गर्यौ भने, परमेश्वरले तिमीहरूलाई आत्मिक मृत्युद्वारा दण्ड दिनुहुनेछ”
“तर परमेश्वरले तिनीहरूलाई अनन्त जीवन दिनुहुन्छ जो ख्रीष्ट येशू हाम्रा प्रभुका हुन्”
1 भाइ हो, के तिमीहरूलाई थाहा छैन (किनकि म व्यवस्था जान्नेहरूसित बोल्दै छु), कि व्यवस्थाले मानिस जीवित रहँदासम्म मात्र नियन्त्रण गर्छ ? 2 किनकि एक विवाहित स्त्री आफ्नो पति जीवित रहँदासम्म व्यवस्थाद्वारा बाँधिएकी हुन्छे, तर यदि उसको पति मर्यो भने ऊ त्यो विवाहको व्यवस्थाबाट मुक्त हुन्छे । 3 त्यस्तै, उसको पति जीवित हुँदा ऊ अर्को पुरुषसँग बसी भने, उसलाई व्यभिचारिणी स्त्री भनिनेछ । तर उसको पति मर्यो भने, ऊ त्यस व्यवस्थाबाट मुक्त हुन्छे, अनि अर्को पुरुषसँग बसी भने पनि ऊ व्यभिचारिणी हुँदिन । 4 त्यसैले, मेरा भाइहरू हो, तिमीहरू पनि ख्रीष्टको शरीरद्वारा व्यवस्थाको निम्ति मरेका थियौ । हामीले परमेश्वरको निम्ति फल फलाउन सकौँ भनेर तिमीहरू अर्कैसँग अर्थात् मृतकहरूबाट जीवित पारिनुभएकासँग एक हुन सक्यौ । 5 किनकि जब हामी शरीरमा थियौँ, व्यवस्थाद्वारा मृत्युको निम्ति फल फलाउन हाम्रा अङ्गहरूमा पापमय स्वभावहरू सक्रिय गराइए । 6 तर अब हामी व्यवस्थाबाट स्वतन्त्र पारिएका छौँ । हामीलाई जुन कुराले बाँधेको थियो, त्यसको निम्ति हामी मरेका छौँ । हामीले पुरानो विधानमा होइन, तर पवित्र आत्माको नयाँपनमा सेवा गर्न सकौँ भनेर यसो भएको हो । 7 त्यसो भए, हामी के भनौँ त ? के व्यवस्था आफैँ पाप हो ? यस्तो कहिल्यै नहोस् । तथापि यदि व्यवस्था नभएको भए मैले कहिल्यै पाप जान्ने थिइनँ । किनकि यदि व्यवस्थाले, “तैँले लोभ नगर्” नभनेसम्म मैले लोभ के हो भनी कहिल्यै जान्ने थिइनँ । 8 तर पापले यी आज्ञाद्वारा मौका पायो अनि ममा हर किसिमको अभिलाषा ल्यायो । किनकि व्यवस्थाविना पाप मरेतुल्य हुन्छ । 9 एक समय म व्यवस्थाविना जीवित थिएँ, तर जब आज्ञा आयो, पापले पुनः जीवन पायो र म मरेँ । 10 जीवन ल्याउनुपर्ने आज्ञा मेरो निम्ति मृत्युमा परिणत हुन पुग्यो । 11 किनकि पापले यी आज्ञाद्वारा मौका छोप्यो र मलाई छल गर्यो । नियमहरूद्वारा यसले मलाई मार्यो । 12 त्यसैले, व्यवस्था पवित्र छ, अनि आज्ञा पवित्र, धार्मिक र असल छ । 13 त्यसैले, के जे असल छ त्यो मेरो निम्ति मृत्यु बन्यो ? यस्तो कहिल्यै नहोस् । तर पापलाई पाप नै देखाउन सकियोस् भनी जे असल थियो त्यसद्वारा ममा मृत्यु ल्याइयो । आज्ञाद्वारा यस्तो भयो, ताकि पाप अत्यधिक पापमय बन्न सकोस् । 14 हामी जान्दछौँ, कि व्यवस्था आत्मिक हो, तर म शारीरिक हुँ । म पापको दासत्वमा बेचिएको छु । 15 किनभने म जे गर्छु, त्यो म वास्तवमा बुझ्दिनँ । किनकि म जे गर्न चाहन्छु, त्यो म गर्दिनँ; अनि म जेलाई घृणा गर्छु, म त्यही गर्छु । 16 तर म जे चाहँदिनँ म त्यही गर्छु भने, व्यवस्था असल हो भनी म व्यवस्थासँग सहमत हुन्छु । 17 तर अब यो गर्ने म होइन, तर ममा रहने पाप हो । 18 किनकि म जान्दछु, कि ममा अर्थात् मेरो शरीरमा कुनै पनि असल थोक बास गर्दैन । किनकि ममा असल गर्ने इच्छा छ, तर म यो गर्न सक्दिनँ । 19 किनकि मैले चाहेको असल थोक म गर्दिनँ, तर म जुन खराब कुरो गर्न चाहन्नँ, म त्यही गर्छु । 20 अब म जे गर्न चाहँदिनँ त्यही गर्छु भने, यो गरिरहने म होइन, तर ममा बास गर्ने पाप हो । 21 तब मैले ममा असल गर्ने सिद्धान्त भेट्टाउँछु, तर ममा दुष्ट वास्तवमै उपस्थित भएको पाउँछु । 22 किनकि म भित्री मनुष्यत्वसँगै परमेश्वरको व्यवस्थामा आनन्द मनाउँछु । 23 तर मैले मेरा अङ्गहरूमा फरक सिद्धान्त देख्छु । यसले मेरो मनको नयाँ सिद्धान्तसँग लड्छ । मेरा अङ्गहरूमा भएको सिद्धान्तद्वारा यसले मलाई पापको कैदी बनाउँछ । 24 म दुःखि मानिस हुँ ! मलाई यो मृत्युको शरीरबाट कसले छुटकारा देला ? 25 तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरलाई धन्यवाद होस् ! त्यसैले, म आफैँले मेरो मनले परमेश्वरको व्यवस्थाको सेवा गर्छु । तापनि शरीरले म पापको सिद्धान्तको सेवा गर्छु ।
पावलले यसभन्दा अघि दिइएको शिक्षाको पछि आउने कुराहरूलाई जोड्दै एउटा नयाँ विषयमा छलफल गर्न यस वाक्यांशको प्रयोग गर्छन् ।
पावलले व्याख्या गर्छन् कि मोशाको व्यवस्थाको अब असर छैन । जबकि यो सत्य हो, व्यवस्थाको पछाडि रहेका सिद्धान्तहरू जसले समयसँग सम्बन्ध राख्दैनन्, तिनीहरूले परमेश्वरको चरित्रलाई प्रतिबिम्बित गर्छन् ।
धर्मशास्त्रले सामान्यतया विवाहलाई एउटा अलङ्कारको रूपमा प्रयोग गर्छ । यहाँ चाहिँ मण्डली मोशाको व्यवस्था र अब ख्रीष्टसँग कसरी सम्बन्धित छ भनेर वर्णन गर्नलाई पावलले त्यसलाई प्रयोग गर्छन् ।
यो एउटा जटिल विषय हो । “शरीर” चाहिँ सम्भाव्य रूपमा हाम्रो पापी स्वभावको लागि एउटा अलङ्कार हुन सक्छ । हाम्रा भौतिक शरीरहरू पापपूर्ण हुन्छन् भनेर पावलले सिकाइरहेका छैनन् । यस्तो देखिन्छ कि जबसम्म ख्रीष्टिएनहरू जीवित रहन्छन् अनि )
व्यवस्थामुनि जिउन चाहनेहरूलाई व्यवस्थाले कसरी नियन्त्रण गर्छ भनेर पावलले व्याख्या गर्छन् ।
पावलले यो प्रश्न जोड थप्नका लागि सोध्छन् । वैकल्पिक अनुवादः “त्यसैले निश्चय पनि तिमीहरू जान्दछौ कि मानिसहरूले तिनीहरू जीवित छँदा मात्र नियमहरूको पालना गर्नुपर्छ”
यहाँ यसको अर्थ पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरू भन्ने हुन्छ ।
“व्यवस्थाले एक व्यक्तिलाई ऊ बाँचुञ्जेलसम्म नियन्त्रण गर्छ” भनेर पावलले के भन्न खोजेका हुन् भन्ने कुराको विवरणलाई यस पदले सुरु गर्छ (रोमीहरू ७:१) ।
यहाँ “व्यवस्थाद्वारा त्यसको पतिसँग बाँधिएकी” भनेको चाहिँ विवाहको नियमअनुसार स्त्री मानिस आफ्नो पतिसँग एक भएको कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “व्यवस्थाअनुसार, विवाहित स्त्री त्यसको पतिसँग एक भएकी हुन्छे”
यसले विवाह भएको कुनै पनि स्त्रीलाई जनाउँछ ।
“व्यवस्थाले एक व्यक्तिलाई ऊ बाँचुञ्जेलसम्म नियन्त्रण गर्छ” भनेर पावलले के भन्न खोजेका हुन् भन्ने कुराको विवरणलाई यस पदले अन्त गर्छ (रोमीहरू ७:१) ।
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यसलाई एक व्यभिचारिणी मान्नुहुनेछ” वा “मानिसहरूले त्यसलाई एक व्यभिचारिणी भन्नेछन्”
यहाँ व्यवस्थाबाट स्वतन्त्र हुनु भनेको व्यवस्थाको आज्ञापालन गर्न नपर्ने हुनु हो । यहाँ चाहिँ, विवाहित स्त्रीले अर्को पुरुषसँग विवाह गर्न हुँदैन भन्ने व्यवस्थालाई त्यस स्त्रीले पालना गर्नुपर्दैन भन्ने हुन्छ । वैकल्पिक अनुवादः “त्यसले त्यो व्यवस्थाको पालना गर्नुपर्दैन”
यसले अगाडि रोमीहरू ७:१ मा भएको कुरालाई जनाउँछ ।
यहाँ यसको अर्थ पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरू भन्ने हुन्छ ।
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू व्यवस्थाको लेखि मर्यौ पनि जब ख्रीष्टद्वारा तिमीहरू क्रूसमा मर्यौ”
यहाँ “बिउँताइएको” भनेको “पुनः जीवित हुने तुल्याइएको” भन्ने कुरालाई जनाउने वाक्पद्धति हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहासँग जसलाई पुनः जीवित हुने तुल्याइएको थियो” वा “उहाँसँग जसलाई परमेश्वरले मृतकहरूबाट बौह्राउनुभयो” वा “उहाँसँग जसलाई परमेश्वरले पुनः जीवित हुने तुल्याउनुभयो”
यहाँ “फल” भनेको परमेश्वरलाई खुशी बनाउने कार्यहरूलाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “हामी परमेश्वरलाई खुशी बनाउने कुराहरू गर्न सक्षम होऔँ”
यहाँ “फल” भनेको “कसैको कार्यहरूको परिणाम” वा “कसैको कार्यहरूको प्रतिफल”लाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “जसको परिणाम आत्मिक मृत्यु भयो” वा “जसको प्रतिफल चाहिँ हाम्रो आफ्नै आत्मिक मृत्यु थियो”
पावलले हामीलाई सम्झाउँछन् कि परमेश्वरले हामीलाई व्यवस्थाद्वारा पवित्र बनाउनुहुन्न ।
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई व्यवस्थाबाट छुटकारा दिनुभएको छ”
यस सर्वनामले पावल र विश्वासीहरूलाई जनाउँछ ।
यसले व्यवस्थालाई जनाउँछ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “व्यवस्थाको लागि जसले हामीलाई समातेको थियो”
यसले मोशाको व्यवस्थालाई जनाउँछ । वैकल्पिक अनुवादः “मोशाको व्यवस्था”
पावलले एउटा नयाँ विषयलाई परिचय गराउँदैछन् ।
“त्यो अवश्य पनि सत्य होइन !” यस अभिव्यक्तिले यस अघिको आलङ्कारिक प्रश्नको लागि सम्भव भएसम्मको सबैभन्दा बढी नकारात्मक जवाफ दिन्छ । तपाईंसँग तपाईंको भाषामा यस्तै किसिमको अभिव्यक्ति हुन सक्छ जुन तपाईंले यहाँ प्रयोग गर्न सक्नुहुन्छ । तपाईंले यसलाई रोमीहरू ९:१४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
पावलले पापलाई काम गर्न सक्ने कुनै व्यक्तिको रूपमा बताइरहेका छन् ।
“पाप गर्ने मेरो इच्छा”
पावलले पापलाई काम गर्न सक्ने कुनै व्यक्तिसँग तुलना गर्नलाई निरन्तरता दिन्छन् ।
यो शब्दले अरू मानिसहरूसँग भएको कुरालाई प्राप्त गर्ने चाहना र गलत यौन इच्छा दुवैलाई समावेश गर्छ ।
“यदि त्यहाँ कुनै व्यवस्था थिएन भने, व्यवस्थाको उलङ्घन गर्ने भन्ने कुरा नै हुने थिएन, त्यसैले त्यहाँ कुनै पाप हुने थिएन”
यसको अर्थ हुन सक्छ १) “मैले पाप गर्दै थिएँ भन्ने मैले महसुस गरेँ” वा २) “मैले पाप गर्न असाध्यै चाहना गरेँ”
पावलले परमेश्वरको दण्डाज्ञाको विषयमा यसरी बताउँछन् कि मानौँ त्यसले मुख्यतया शारीरिक मृत्युको परिणाम ल्यायो । वैकल्पिक अनुवादः “म बाँच्न सकूँ भनेर परमेश्वरले मलाई आज्ञा दिनुभयो, तर त्यसको साटोमा त्यसले मलाई मार्यो”
[रोमीहरू ७:७-८]
“मेरो पाप गर्ने इच्छा”
पावलले पापलाई काम गर्न सक्ने कुनै व्यक्तिसँग तुलना गरिरहेका छन् । तपाईंले यसलाई [रोमीहरू ७:८]
पावलले परमेश्वरको दण्डाज्ञाको विषयमा यसरी बताउँछन् कि मानौँ त्यसले मुख्यतया शारीरिक मृत्युको परिणाम ल्यायो । वैकल्पिक अनुवादः “त्यसले मलाई परमेश्वरबाट अलग गर्यो”
नैतिक रूपमा सिद्ध, पापरहित
पावलले उनको भित्री मानिस र उनको दिमागमा भएको पाप र परमेश्वरको व्यवस्थाको बीचमा उनको भित्री मानिसमा भएको लडन्तको विषयमा कुरा गर्छन् - पाप र भलाइको बीचमा ।
पावलले एउटा नयाँ विषयलाई परिचय गराउँदैछन् ।
पावलले यो प्रश्न जोड थप्नका लागि प्रयोग गर्छन् ।
यसले परमेश्वरको व्यवस्थालाई जनाउँछ ।
“मलाई मर्न लगाउने”
यस अभिव्यक्तिले अघिल्लो आलङ्कारिक प्रश्नलाई सम्भव भएसम्मकै सबैभन्दा बढी नकारात्मक उत्तर दिन्छ । तपाईंको भाषामा तपाईंसँग यस्तै किसिमको समान अभिव्यक्ति हुन सक्छ जुन तपाईंले यहाँ प्रयोग गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “अवश्य पनि त्यो सत्य होइन”
पावलले पापलाई काम गर्न सक्ने व्यक्तिको रूपमा हेरिरहेका छन् ।
“मलाई परमेश्वरबाट अलग गर्यो”
“किनभने मैले आज्ञाको पालना गरिन”
पावलले उनको शरीर र परमेश्वरको व्यवस्थाको बीचमा उनको भित्री मानिसमा भएको लडन्तको विषयमा कुरा गर्छन् - पाप र भलाइको बीचमा ।
“मैले गर्ने केही कुराहरू म किन गर्छु भनेर म पक्का छैन”
“किनभने म जे गर्छु”
“म गर्दिन” भन्ने शब्दहरू चाहिँ पावलले आफूलाई इच्छा लागेको कुराहरू उनले मन लागे जति गर्दैनन् वा उनले त्यति गर्न नचाहने कुराहरू गर्छन् भनेर जोड दिनका लागि गरिएको अतिरञ्जन हुन् । वैकल्पिक अनुवादः “म सधैँ त्यो कुरा गर्दिन जुन म गर्न चाहन्छु”
“म गर्छु” भन्ने शब्दहरू चाहिँ, जसले अर्थ दिन्छ कि उनले सधैँ त्यो काम गर्छन् जुन गर्न उनले घृणा गर्छन्, पावलले त्यति धेरै गर्न नचाहने कुराहरू गर्छन् भनेर जोड दिनका लागि गरिएको अतिरञ्जन हुन् । वैकल्पिक अनुवादः “मैले कहिलेकाहीँ गर्ने कुराहरू ती नै हुन् जुन असल छैनन् भनेर मलाई थाहा छ”
“तथापि, यदि म गर्छु भने”
“मलाई थाहा छ कि परमेश्वरको व्यवस्था असल छ”
पावलले पापलाई उनलाई प्रभाव पार्न सक्ने शक्ति भएको जीवित प्राणीको रूपमा वर्णन गर्छन् ।
यहाँ “शरीर” भनेको पापपूर्ण स्वभावको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवाद “मेरो पापपूर्ण स्वभाव”
“असल कार्यहरू” वा “असल व्यवहारहरू”
“दुष्ट कार्यहरू” वा “दुष्ट व्यवहारहरू”
पावलले “पाप”को विषयमा यसरी कुरा गर्छन् कि मानौँ त्यो जीवित थियो र उनीभित्र वास गरिरहेको थियो ।
पावलले “दुष्टता”को विषयमा यसरी कुरा गर्छन् कि मानौँ त्यो जीवित थियो र उनीभित्र वास गरिरहेको थियो ।
यो ख्रीष्टमा भरोसा गर्ने कोही एक व्यक्तिको नयाँ गरी जागृत गराइएको आत्मा हो ।
“म केवल मेरो पुरानो स्वभावले मलाई जे भन्छ सो मात्र गर्न म सक्षम छु, तर आत्माले देखाउने नयाँ तरिकामा जिउन म सक्षम छैन”
यो एउटा आत्मिक रूपमा जीवित रहेको नयाँ स्वभाव हो ।
यो पुरानो स्वभाव हो, मानिसहरू जन्मँदा जुन चालचलन लिएर जन्मन्छन् ।
“मेरो पापी स्वभाव”
पावलले यो प्रश्न ठूलो मनोवेगलाई व्यक्त गर्नका लागि प्रयोग गर्छन् । यदि तपार्इंको भाषामा उद्गार वा प्रश्नद्वारा ठूलो मनोवेगलाई देखाउने कुनै तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्नुहोस् । वैकल्पिक अनुवादः “मेरो शरीरले चाहने कुराहरूको नियन्त्रणबाट कसैले मलाई स्वतन्त्र गराओस् भन्ने म चाहन्छु !”
“मलाई उद्धार गर्न”
यो एउटा अलङ्कार हो जसको अर्थ शारीरिक मृत्युलाई अनुभव गर्ने देह भन्ने हुन्छ ।
यो ७:२४ मा भएको प्रश्नको उत्तर हो ।
परमेश्वरको व्यवस्थाको वा पापको सिद्धान्तको सेवा गर्ने कुरामा दिमाग र शरीर कसरी तुलना हुन्छन् भनेर देखाउनका लागि तिनीहरूलाई यहाँ प्रयोग गरिएको छ । दिमाग वा बौद्धिकताले परमेश्वरलाई खुशी बनाउन र आज्ञापालन गर्नलाई रोज्न सक्छ अनि शरीर वा शारीरिक स्वभावले पापको सेवा गर्न रोज्न सक्छ । वैकल्पिक अनुवादः “मेरो दिमागले परमेश्वरलाई खुसी तुल्याउन रोज्छ, तर मेरो शरीरले पापको आज्ञापालन गर्न रोज्छ”
1 त्यसकारण, अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको कुनै आज्ञा छैन । 2 किनकि ख्रीष्ट येशूमा जीवनको आत्माको सिद्धान्तले मलाई पाप र मृत्युको सिद्धान्तबाट स्वतन्त्र बनाएको छ । 3 जुन कुरा गर्न व्यवस्था असमर्थ थियो, सो परमेश्वरले गर्नुभयो, किनकि यो शरीरद्वारा कमजोर थियो । उहाँले आफ्ना पुत्रलाई पापमय शरीरको रूपमा पापको निम्ति बलिदान हुन पठाउनुभयो र उहाँले पापलाई शरीरमा दण्ड दिनुभयो । 4 हामीमा व्यवस्थाको मापदण्ड पुरा हुन सकोस् भनेर उहाँले यसो गर्नुभयो, ताकि हामी शरीरअनुसार होइन, तर आत्माअनुसार चल्न सकौँ । 5 जो शरीरअनुसार जिउँछन्, तिनीहरूले शरीरको कुरामा ध्यान दिन्छन्, तर जो आत्माअनुसार जिउँछन्, तिनीहरूले आत्माको कुरामा ध्यान दिन्छन् । 6 शरीरको मानसिकता मृत्यु हो, तर आत्माको मानसिकता जीवन र शान्ति हो । 7 शरीरको मानसिकता परमेश्वरप्रति शत्रुता हो, किनकि यो परमेश्वरको व्यवस्थाको अधीनमा छैन, न यो बस्न नै समर्थ हुन्छ । 8 जो शरीरमा छन्, उनीहरू परमेश्वरलाई खुसी तुल्याउन सक्षम छैनन् । 9 तापनि तिमीहरू शरीरमा छैनौ, तर आत्मामा छौ, यदि यो सत्य हो भने परमेश्वरका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ । तर यदि कसैसँग ख्रीष्टका आत्मा हुनुहुन्न भने, त्यो उहाँको होइन । 10 यदि तिमीहरूमा ख्रीष्ट हुनुहुन्छ भने, पापको निम्ति शरीर मृत हुन्छ, तर धार्मिकताको निम्ति आत्मा जीवित हुन्छ । 11 येशूलाई मृतकहरूबाट जीवित पार्नुहुनेका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ जसले ख्रीष्टलाई मृतकहरूबाट जीवित पार्नुभयो भने, उहाँले नै तिमीहरूमा बास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूको मरणशील शरीरलाई जीवन दिनुहुनेछ । 12 त्यसकारण, भाइ हो, हामी ऋणी छौँ, तर शरीरअनुसार जिउन शरीरप्रति ऋणी छैनौँ । 13 तिमीहरू शरीरअनुसार जिउँछौ भने, तिमीहरू मर्न लागेका छौ, तर तिमीहरूले आत्माद्वारा शरीरका कामहरूलाई मार्छौ भने तिमीहरू जिउनेछौ । 14 किनकि जति परमेश्वरका आत्माद्वारा डोर्याइएका छन्, तिनीहरू नै परमेश्वरका छोराछोरीहरू हुन् । 15 किनकि तिमीहरूले डरको लागि दासत्वको आत्मा पाएका छैनौ । बरु, तिमीहरूले धर्मपुत्रको आत्मा पाएका छौ जसद्वारा हामी “अब्बा, पिता !” भनी पुकार्छौं । 16 हामी परमेश्वरका सन्तान हौँ भनी पवित्र आत्मा स्वयम्ले हाम्रो आत्मालाई गवाही दिनुहुन्छ । 17 यदि हामी सन्तानहरू हौँ भने त हामी उत्तराधिकारीहरू पनि हौँ अर्थात् परमेश्वरका उत्तराधिकारीहरू हौँ । अनि हामी ख्रीष्टसँगै साझे-उत्तराधिकारीहरू हौँ । वास्तवमा हामीले उहाँसँगै कष्ट भोग्यौँ भने, हामी पनि उहाँसँगै महिमित हुन सक्छौँ । 18 यो वर्तमान समयका कष्टहरू हामीलाई प्रकट गरिने महिमासँग तुलना गर्न योग्यका छैनन् भन्ने म ठान्छु । 19 किनकि सृष्टिको उत्कट आशा परमेश्वरका पुत्रहरूको प्रकटीकरणको प्रतीक्षामा छ । 20 किनकि सृष्टिलाई व्यर्थताको वशमा सुम्पिएको छ; यसको आफ्नै इच्छामा होइन, तर यसलाई वशमा राख्नुहुनेको इच्छामा । यो दृढ निश्चयता हो, 21 कि सृष्टि स्वयम्लाई विनाशको दासत्वबाट मुक्त गरिनेछ, र यसलाई परमेश्वरका सन्तानहरूका महिमाको स्वतन्त्रतामा ल्याइनेछ । 22 हामी जन्दछौँ, कि सारा सृष्टि अहिले पनि एकसाथ क्रन्दन र प्रसव वेदनामा छ । 23 यति मात्र होइन, तर पवित्र आत्माको पहिलो फल भएका हामी आफैँ पनि हाम्रो धर्मपुत्र ग्रहणको प्रतीक्षा अर्थात् हाम्रो शरीरको उद्धारको प्रतीक्षामा हामी आफैँभित्र क्रन्दनमा छौँ । 24 किनकि हामीलाई यही भरोसाद्वारा बचाइएको थियो । तर जे हुनेछ भनी हामी विश्वस्त छौँ, त्यो अझ देखिएको छैन, किनकि अगाडि नै देखिएको कुराको निम्ति कसले दृढतासाथ प्रतीक्षा गर्छ र ? 25 तर यदि हामी अझैसम्म नदेखिएका कुरामा विश्वस्त छौँ भने, हामी यसको लागि धैर्यसाथ प्रतीक्षा गर्दछौँ । 26 त्यसै गरी, पवित्र आत्माले पनि हाम्रो कमजोरीमा सहायता गर्नुहुन्छ । किनकि कसरी प्रार्थना गर्ने भनी हामी जान्दैनौँ, तर पवित्र आत्माले व्यक्त गर्न नसकिने क्रन्दनमा हाम्रो निम्ति मध्यस्थता गर्नुहुन्छ । 27 जसले हृदयको खोजी गर्नुहुन्छ उहाँले पवित्र आत्माको विचार जान्नुहुन्छ, किनकि उहाँले परमेश्वरको इच्छाअनुसार विश्वासीहरूको तर्फबाट अन्तरबिन्ती गर्नुहुन्छ । 28 हामी जान्दछौँ, कि परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँको उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले सबै थोकमा एकसाथ भलाइको निम्ति काम गर्नुहुन्छ अर्थात् (नोटः केही पुरानो संस्करणमा यस्तो छ) सबै थोकले एकसाथ भलाइको निम्ति नै काम गर्छन् । 29 किनकि जसलाई उहाँले पहिलेदेखि नै जान्नुहुन्थ्यो, धेरै भाइहरूमध्ये ज्येष्ठ होऊन् भनी उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूप समान हुन पहिले नै नियुक्ति गर्नुभयो । 30 जसलाई उहाँले पहिले नै नियुक्ति गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो । जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई धर्मी पनि ठहर्याउनुभयो । जसलाई उहाँले धर्मी ठर्याउनुभयो, तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो । 31 त्यसो भए, यी कुराहरूको विषयमा हामी के भनौँ त ? यदि परमेश्वर नै हाम्रो पक्षमा हनुहुन्छ भने, हाम्रो विरुद्धमा को हुन्छ र ? 32 जसले आफ्ना पुत्रलाई पनि बाँकी राख्नुभएन तर हामी सबैको तर्फबाट उहाँलाई सुम्पिदिनुभयो, कसरी उहाँले हामीलाई उहाँसँगै सबै थोक पनि सितैँमा दिनुहुन्न र ? 33 परमेश्वरका चुनिएकाहरूका विरुद्धमा कसले दोष ल्याउने ? धर्मी तुल्याउनुहुने त परमेश्वर नै हुनुहुन्छ । 34 दण्डको आज्ञा दिनुहुने को हुनुहुन्छ ? हाम्रो निम्ति मर्नुहुने त ख्रीष्ट नै हुनुहुन्छ, अनि त्यसभन्दा बढी उहाँ जीवित भई उठ्नु पनि भयो । उहाँले आदरको स्थानमा रहेर परमेश्वरसँग शासन गर्दै हुनुहुन्छ, र हाम्रा लागि मध्यस्थता गरिरहनुहुने उहाँ नै हुनुहुन्छ । 35 हामीलाई ख्रीष्टको प्रेमबाट कसले अलग गर्न सक्नेछ ? सङ्कष्टले, वा दुःखले, वा सतावटले, वा भोकले, वा नग्नताले, वा खतराले, वा तरवारले ? 36 जस्तो लेखिएको छ, “तपाईंको लाभको निम्ति हामी दिनभरि मारिन्छौँ । हामीलाई मारिने भेडाहरूझैँ ठानियो ।” 37 यी सबै कुरामा हामी हामीलाई प्रेम गर्नुहुनेद्वारा विजेताहरूभन्दा पनि बढी छौँ । 38 किनकि म विश्वस्त भएको छु, कि न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न शासकहरूले, न वर्तमानका कुराहरूले, न आउने कुराहरूले, 39 न उचाइले, न गहिराइले, न सृष्टि गरिएको कुनै थोकले हाम्रा प्रभु ख्रीष्ट येशूमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ ।
यस अध्यायको पहिलो पद एउटा संयोजक वाक्य हो । पावलले अध्याय ७ मा भएको उनको शिक्षालाई टुङ्गो लगाउँछन् र अध्याय ८ का शब्दहरूतर्फ डोहोर्याउँछन् ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले पद ३६ सँग यसै गर्छ । पावलले यी शब्दहरू पुरानो करारबाट लिन्छन् ।
पवित्र आत्मा कुनै व्यक्ति वा तिनीहरूका हृदयभित्र बस्नुहुन्छ भनेर भनिन्छ । यदि आत्मा उपस्थित हुनुहुन्छ भने, त्यस व्यक्तिले उद्धार पाएको छ भनेर यसले चिन्ह दिन्छ ।
येशू एक अद्वितीय तरिकाले परमेश्वरको पुत्र हुनुहुन्छ । साथै परमेश्वरले ख्रीष्टिएनहरूलाई उहाँका सन्तानहरू हुनलाई ग्रहण गर्नुहुन्छ । अनि )
धेरै विद्वानहरूले विश्वास गर्छन् कि पावलले यस अध्यायमा “पूर्वनिर्धारण” भनेर जानिएको एउटा विषयको बारेमा सिकाउँछन् । यो “पूर्वनिर्धारण गर्ने” भन्ने एउटा बाइबलीय अवधारणासँग सम्बन्धित छ । केहीले यसलाई परमेश्वरले, संसारको उत्पत्तिभन्दा अगाडिदेखि नै कति मानिसहरूलाई अनन्तको लागि उद्धार प्राप्त गर्नलाई चुन्नुभएको छ भन्ने कुरालाई सङ्केत गर्ने कुराको रूपमा लिन्छन् । यस विषयमा बाइबलले के सिकाउँछ भन्ने कुरालाई लिएर ख्रीष्टिएनहरू विभिन्न दृष्टिकोणहरू राख्छन् । त्यसैले यस अध्यायलाई अनुवाद गर्दा, खासगरी कारक तत्त्वहरूको सम्बन्धमा अनुवादकहरूले अतिरिक्त सावधानी अपनाउनुपर्छ । अनि )
पावलले उनका शिक्षाहरूलाई ३८ र ३९ पदहरूमा एउटा विस्तारित अलङ्कारको रूपमा साहित्यिक तरिकाले प्रस्तुत गर्छन् । उनले व्याख्या गर्छन् कि कुनै व्यक्तिलाई येशूमा भएको परमेश्वरको प्रेमबाट केही कुराले पनि अलग गर्न सक्दैन ।
यस वाक्यांशलाई सैद्धान्तिक बेमेल नल्याउनको लागि होसियारीसाथ अनुवाद गर्नुपर्छ । मानिसहरू अझै पनि तिनीहरूको पापको दोषी छन् । येशूमा विश्वासमा आइसकेपछि पनि, परमेश्वरले पापी तरिकाले व्यवहार गर्ने कुरालाई अस्वीकार गर्नुहुन्छ । परमेश्वरले अझै पनि विश्वासीहरूका पापहरूलाई दण्ड दिनुहुन्छ, तर येशूले तिनीहरूका पापको दण्डको मूल्य चुकाइसक्नुभएको छ । यहाँ पावलले व्यक्त गरेको कुरा यही नै हो । “दोषी ठहराउने” भन्ने कुराको थुप्रै सम्भाव्य अर्थहरू छन् । यहाँ चाहिँ येशूमा विश्वास गर्ने मानिसहरू अब उप्रान्त तिनीहरूको पापको लागि “नरकको भागीदार ठहराइएर” अनन्तसम्मलाई दण्डित हुँदैनन् भनेर पावलले जोड दिन्छन् । अनि अनि )
यो एउटा जटिल विषय हो । “शरीर” चाहिँ सम्भाव्य रूपमा हाम्रो पापी स्वभावको लागि एउटा अलङ्कार हुन सक्छ । हाम्रा भौतिक शरीरहरू पापपूर्ण हुन्छन् भनेर पावलले सिकाइरहेका छैनन् । यस्तो देखिन्छ कि जबसम्म ख्रीष्टिएनहरू जीवित रहन्छन्
पाप र भलाइसँगको पावलको सङ्घर्षको बारेमा उनले जवाफ दिन्छन् ।
यहाँ “दण्डाज्ञा”ले मानिसहरूलाई सजाय दिने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले ख्रीष्ट येशूसँग जोडिएकाहरूलाई पापको दोष लगाउनुहुनेछैन र सजाय दिनुहुनेछैन”
“त्यस कारणले गर्दा” वा “किनभने मैले तिमीहरूलाई भर्खर जे भनेँ सो सत्य हो”
यसले परमेश्वरको आत्मालाई जनाउँछ । वैकल्पिक अनुवादः “ख्रीष्ट येशूमा हुनुभएको परमेश्वरको आत्मा”
पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र हुनु भनेको चाहिँ पाप र मृत्युको व्यवस्थाद्वारा नियन्त्रित नहुने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “पाप र मृत्युको व्यवस्थालाई तिमीहरूलाई अरू बढी नियन्त्रण नगर्ने बनाएको छ”
सम्भाव्य रूपमा यसले यी कुराहरूलाई जनाउन सक्छ १) व्यवस्था, जसले मानिसहरूलाई पाप गर्न उक्साउँछ, र तिनीहरूको पापले तिनीहरूलाई मर्न लगाउँछ । वैकल्पिक अनुवादः “व्यवस्था जसले पाप र मृत्यु ल्याउँछ” वा २) मानिसहरूले पाप गर्छन् र मर्छन् भन्ने सिद्धान्त ।
यहाँ व्यवस्थालाई कुनै व्यक्तिको रूपमा वर्णन गरिएको छ जसले पापको शक्तिलाई तोड्न सकेन । वैकल्पिक अनुवादः “हामीलाई पाप गर्नबाट रोक्नको निम्ति व्यवस्थासँग सामर्थ्य थिएन, किनभने हामीभित्र रहेको पापको शक्ति ज्यादै शक्तिशाली थियो । तर परमेश्वरले हामीलाई पाप गर्नबाट रोक्नुभयो”
“मानिसहरूको पापमय स्वभावको कारण”
पापको लागि अनन्तको बलिदानको रूपमा उहाँको आफ्नै शरीर र मानवीय जीवनलाई दिनुभएर परमेश्वरको पुत्रले हाम्रो पापको विरुद्धमा भएको परमेश्वरको पवित्र क्रोधलाई सधैँको लागि शान्त पार्नुभयो ।
यो येशू, परमेश्वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण नाउँ हो ।
“जो अन्य पापी मानव प्राणी जस्तै देखिनुहुन्थ्यो”
“ताकि हाम्रा पापहरूको बलिदानको रूपमा उहाँ मर्न सक्नुभएको होस्”
“परमेश्वरले उहाँका पुत्रको शरीरद्वारा पापको शक्तिलाई तोड्नुभयो”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “हामीले व्यवस्थाले खोजेका कुराहरू पूरा गर्न सकौँ”
कुनै मार्गमा हिँड्नु भनेको चाहिँ कोही व्यक्तिले आफ्नो जीवन कसरी जिउँछ भन्ने कुरालाई जनाउने एउटा अलङ्कार हो । शरीर चाहिँ पापपूर्ण मानवीय स्वभावलाई जनाउने वाक्पद्धति हो । वैकल्पिक अनुवादः “हामी जसले हाम्रा पापमय इच्छाहरूको पालना गर्दैनौँ”
“तर जसले पवित्र आत्माको आज्ञापालन गर्छौँ”
पावलले शरीर र अब हामीसँग हुनुभएको आत्माको बीचमा भएको भिन्नतालाई देखाउन निरन्तरता दिन्छन् ।
यहाँ पावलले “शरीर” र “आत्मा” दुवैको विषयमा तिनीहरू जीवित व्यक्तिहरू भए झैँ गरी बताउँछन् । वैकल्पिक अनुवादः “पापी मानिसहरूले विचार गर्ने तरिका ... पवित्र आत्मालाई सुन्ने मानिसहरूले विचार गर्ने तरिका”
यहाँ यसको अर्थ एक व्यक्तिलाई परमेश्वरबाट अलग गर्ने भन्ने हुन्छ ।
यसले ती मानिसहरूलाई जनाउँछ जसले तिनीहरूको पापी स्वभावले तिनीहरूलाई गर्न भनेको कुरा गर्छन् ।
“तिमीहरूको पापपूर्ण स्वभावअनुसार व्यवहार गर्दै ।” “शरीर” शब्दलाई रोमीहरू ८:५ मा कसरी अनुवाद गरिएको थियो, सो हेर्नुहोस् ।
“पवित्र आत्माअनुसार व्यवहार गर्दै”
यी सबैले पवित्र आत्मालाई जनाउँछन् ।
तिनीहरूमध्ये कोहीमा पवित्र आत्मा हुनहुन्थ्यो भनेर पावलले शङ्का गर्छन् भन्ने चाहिँ यस वाक्यांशको अर्थ होइन । तिनीहरू सबैसँग परमेश्वरको आत्मा हुनुहुन्छ भनेर तिनीहरूले थाहा गरेका पावल चाहन्छन् । वैकल्पिक अनुवादः “किनकि” वा “किनभने”
कुनै मानिसमा कसरी ख्रीष्ट वास गर्नुहुन्छ भन्ने कुरालाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि पवित्र आत्माद्वारा ख्रीष्ट तिमीहरूमा वास गर्नुहुन्छ भने”
सम्भावित अर्थहरू हुन् १) कोही व्यक्ति पापको शक्तिको लेखि आत्मिक रूपमा मरेको हुन्छ वा २) पापको कारण भौतिक शरीर अझै पनि मर्नेछ ।
सम्भावित अर्थहरू हुन् १) कोही व्यक्ति आत्मिक रूपमा जीवित हुन्छ किनभने परमेश्वरले उसलाई जे ठीक छ सो गर्नलाई शक्ति दिनुभएको छ वा २) परमेश्वरले त्यस व्यक्तिलाई ऊ मरिसकेपछि पुनः जीवनमा फर्काउनुहुनेछ किनभने परमेश्वर धार्मिक हुनुहुन्छ र विश्वासीहरूलाई अनन्त जीवन दिनुहुन्छ ।
पवित्र आत्मा उनका पाठकहरूमा वास गर्नुहुन्छ भनेर पावलले अनुमान गर्छन् । वैकल्पिक अनुवादः “किनकि आत्मा ... तिमीहरूमा वास गर्नुहुन्छ”
“परमेश्वरको, जसले बौह्राउनुभयो”
यहाँ बौह्राउनु भनेको मरिगएको कोही व्यक्तिलाई पुनः जीवित हुन तुल्याउने कुरालाई जनाउने वाक्पद्धति हो । वैकल्पिक अनुवादः “येशूलाई फेरि जिउने तुल्याउनुभयो”
“भौतिक शरीरहरू” वा “शरीरहरू, जुन एकदिन मर्नेछन्”
“किनकि मैले तिमीहरूलाई भर्खर भनेको कुरा सत्य हो”
यहाँ यसको अर्थ पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरू भन्ने हुन्छ ।
पावलले आज्ञाकारिता भनेको चाहिँ ऋृण चुक्ता गर्ने कुरा भए झैँ गरी बताउँछन् । वैकल्पिक अनुवादः “हामीले आज्ञापालन गर्न जरुरी छ”
फेरि पनि पावलले आज्ञाकारिता भनेको चाहिँ ऋृण चुक्ता गर्ने कुरा भए झैँ गरी बताउँछन् । तपाईंले “ऋृणीहरू” भनेर अर्थ लागेको शब्दलाई समावेश गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तर हामी शरीरका ऋृणीहरू होइनौँ, र हामीले हाम्रा पापमय इच्छाहरूको आज्ञापालन गर्नुपर्दैन”
“किनभने यदि तिमीहरू तिमीहरूका पापमय इच्छाहरूलाई प्रसन्न गर्नलाई मात्र जिउँछौ भने”
“तिमीहरू निश्चय नै परमेश्वरबाट अलग गरिनेछौ”
पावलले ख्रीष्टसँग क्रूसमा टाँगिएको “पुरानो मानिस” चाहिँ उनका पापपूर्ण इच्छाहरूको लागि जिम्मेवार रहेको व्यक्तिको रूपमा बताउँछन् । वैकल्पिक अनुवादः “तर यदि पवित्र आत्माको शक्तिद्वारा तिमीहरूले आफ्ना पापमय इच्छाहरूको आज्ञापालन गर्न छोड्यौ भने”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “किनकि ती सबै मानिसहरू जसलाई परमेश्वरको आत्माले डोहोर्याउनुहुन्छ”
यहाँ यसको अर्थ येशूमा भएका सारा विश्वासहरू भन्ने हुन्छ र यसलाई धेरैपटक “परमेश्वरका सन्तान” भनेर अनुवाद गरिन्छ ।
“जसले हामीलाई ... पुकार्न लगाउनुहुन्छ”
आरमेइक भाषामा “अब्बा” भनेको “पिता” हो ।
पावलले ख्रीष्टिएन विश्वासीहरूको विषयमा तिनीहरूले परिवारको कुनै सदस्यबाट सम्पत्ति वा जायजेथाको अंश पाउने भए झैँ गरेर बताउँछन् । वैकल्पिक अनुवादः “हामीले पनि एकदिन परमेश्वरले हामीलाई प्रतिज्ञा गर्नुभएको कुरा प्राप्त गर्नेछौँ”
पावलले ख्रीष्टिएन विश्वासीहरूको विषयमा तिनीहरूले परिवारको कुनै सदस्यबाट सम्पत्ति वा जायजेथाको अंश पाउने भए झैँ गरेर बताउँछन् । परमेश्वरले हामीलाई ती कुराहरू दिनुहुनेछ जुन उहाँले ख्रीष्टलाई दिनुहुन्छ । वैकल्पिक अनुवादः “हामीले ती कुराहरू पनि प्राप्त गर्नेछौँ जुन उहाँले हामीलाई र ख्रीष्टलाई एकसाथ प्रतिज्ञा गर्नुभएको छ”
परमेश्वरले ख्रीष्टलाई सम्मान दिनुहुँदा ख्रीष्टिएन विश्वासीहरूलाई पनि सम्मान दिनुहुनेछ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “कि परमेश्वरले हामीलाई उहाँसँगै महिमित पार्नुभएको होस्”
रोमीहरू ८:२५ मा गएर अन्त हुने यस खण्डमा पावलले हामीलाई विश्वासीहरूको रूपमा सम्झना दिलाउँछन् कि हाम्रा शरीरहरूको उद्धारको समयमा हाम्रा शरीरहरू चाहिँ परिवर्तन हुनेछन् ।
यसले “म मान्छु” भन्ने कुरालाई जोड दिन्छ । यसको अर्थ “किनभने” भन्ने हुँदैन ।
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “म यस वर्तमान समयको दुःखभोगलाई ... सँग तुलना गर्न सक्दिन”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले प्रकट गर्नुहुनेछ” वा “तिनीहरूलाई परमेश्वरले चिनाउनुहुनेछ”
परमेश्वरले सृष्टि गर्नुभएका सबै कुरालाई पावलले एक व्यक्तिको रूपमा वर्णन गर्छन् जसले केही कुरालाई उत्कटताका साथ पर्खन्छ ।
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “त्यस समयको लागि जब परमेश्वरले उहाँका सन्तानलाई प्रकट गर्नुहुनेछ”
यहाँ यसको अर्थ येशूमा भएका सारा विश्वासीहरू भन्ने हुन्छ । तपाईंले यसलाई “परमेश्वरका सन्तान” भनेर अनुवाद गर्न सक्नुहुन्छ ।
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “किनकि परमेश्वरले उहाँले बनाउनुभएको कुराहरूलाई उहाँले राख्नुभएको उद्देश्यलाई प्राप्त गर्न नसक्ने तुल्याउनुभयो”
यहाँ पावलले “सृष्टि”लाई इच्छा गर्न सक्ने कोही एक व्यक्तिको रूपमा वर्णन गर्छन् । वैकल्पिक अनुवादः “सृष्टि गरिएका कुराहरूले यस्तो इच्छा गरेको कारणले होइन, तर किनभने त्यो परमेश्वरले चाहनुभएको कुरा हो”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले सृष्टिलाई बचाउनुहुनेछ”
यहाँ विनाशको दासत्व भन्ने कुरा चाहिँ नाश हुनलाई पक्का भएको भनेर जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः वैकल्पिक अनुवादः “विनाशको दास झैँ बन्नुबाट”
यहाँ “स्वतन्त्रता” भन्ने कुरा चाहिँ विनाशको दासत्व भन्ने कुरासँग विपरीतमा छ । यो चाहिँ सृष्टि विनाश भएर जानेछैन भनेर अर्थ दिने एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “कि त्यो चाहिँ परमेश्वरका सन्तानहरू जस्तै गरी विनाश हुनुबाट महिमामय तवरले स्वतन्त्र बन्नेछ”
एक बालकलाई जन्म दिने बेलामा पीडामा कराइरहेकी एउटी स्त्रीसँग यस सृष्टिलाई तुलना गरिएको छ । वैकल्पिक अनुवादः “किनकि हामी जान्दछौँ कि परमेश्वरले सृष्टि गर्नुभएका हरेक थोक स्वतन्त्र हुन चाहन्छ र बालक जन्माइरहेकी कोही स्त्रीले पीडाले कराए झैँ गरी त्यसको लागि आर्तनाद गर्छ”
यहाँ “हामीलाई धर्मपुत्रको रूपमा ग्रहण गरिने कुरा” भन्नुको अर्थ चाहिँ जब हामी ग्रहण गरिएका सन्तानहरूको रूपमा परमेश्वरको परिवारको पूर्ण सदस्यहरू बन्छौँ भन्ने हुन्छ । “उद्धार” शब्दको अर्थ परमेश्वरले हामीलाई बचाउनुहुने समय भन्ने हुन्छ । वैकल्पिक अनुवादः “कहिले हामी पूर्ण रूपमा परमेश्वरको परिवारको सदस्यहरू हुन्छौँ र उहाँले हाम्रा शरीरहरूलाई कुहिनबाट र मृत्युबाट बचाउनुहुन्छ भनेर प्रतीक्षा गर्दै”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “किनकि परमेश्वरले हामीहरूलाई बचाउनुभयो किनभने हामीले उहाँमा आशा राख्यौँ”
पावलले आफ्ना श्रोतागणलाई “आशा” के हो भनेर बुझ्नलाई सहायता गर्नका लागि एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तर यदि हामीले पक्का निश्चयताका साथ पर्खिरहेका छौँ भने, त्यसको अर्थ यो हो कि हामीले चाहेको कुरा अझै पनि हामीसँग छैन । कसैले पनि आफूले चाहेको कुरा उससँग पहिल्यैबाट छ भने त्यसको लागि निश्चयताका साथ पर्खन सक्दैन”
विश्वासीहरूमा शरीर र आत्माको बीचमा लडन्त छ भनेर पावलले जोड दिइरहेका भएतापनि, आत्माले हामीलाई सहायता गरिरहनुभएको छ भनेर उनले पुष्टि गर्छन् ।
“सुस्केराहरू जसलाई हामीले शब्दहरूमा व्यक्त गर्न सक्दैनौँ”
यहाँ “उहाँ” शब्दले परमेश्वरलाई जनाउँछ । यहाँ “हृदयहरू” भनेको कोही व्यक्तिको सोचाइहरू र भावनाहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । यहाँ “हृदयहरूलाई खोज्नुहुन्छ” भनेको चाहिँ सोचाइहरू र भावनाहरूलाई जाँच गर्ने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “परमेश्वर, जसले हाम्रा सबै सोचाइहरू र भावनाहरू जान्नुहुन्छ”
पावलले विश्वासीहरूलाई सम्झना दिलाउँछन् कि तिनीहरूलाई केही कुराले पनि परमेश्वरको प्रेमबाट अलग गर्न सक्दैन ।
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूको लागि जसलाई परमेश्वरले चुन्नुभयो”
“तिनीहरू जसलाई उहाँले तिनीहरूको सृष्टि गर्नुभन्दा पनि पहिल्यैबाट चिन्नुहुन्थ्यो”
“उहाँले त्यसलाई तिनीहरूको गन्तव्य पनि बनाउनुभयो” वा “उहाँले पहिल्यैबाट योजना पनि गर्नुभयो”
येशू, परमेश्वरको पुत्रमा विश्वास गर्नेहरूलाई येशू जस्तै भएका व्यक्तिहरूमा हुर्काउनलाई सृष्टिको सुरुवातभन्दा पनि अगाडिदेखि नै परमेश्वरले योजना गर्नुभयो । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “ताकि उहाँले तिनीहरूलाई उहाँको पुत्र जस्तै हुनको निम्ति परिवर्तन गर्नुभएको होस्”
यो येशू, परमेश्वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण नाउँ हो ।
“ताकि उहाँको पुत्र ज्येष्ठ हुनुभएको होस्”
यहाँ “भाइहरू” शब्दले पुरुष र स्त्री दुवै गरेर सारा विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरको परिवारका धेरै दाजुभाइहरू र दिदीबहिनीहरूमध्येमा”
“तिनीहरू जसको लागि परमेश्वरले अगाडिबाटै योजना बनाउनुभयो”
यहाँ “धर्मी ठहराउनुभयो” भनेको यो कुरा निश्चय नै हुनेछ भनेर जोड दिनका लागि भूत कालमा बोलिएको छ । वैकल्पिक अनुवादः “यिनीहरूलाई उहाँले आफ्नो सामु धर्मी पनि बनाउनुभयो”
“महिमित पार्नुभयो” भन्ने शब्दहरू यो कुरा निश्चय नै हुनेछ भनेर जोड दिनका लागि भूत कालमा बोलिएको छ । वैकल्पिक अनुवादः “यिनीहरूलाई उहाँले महिमित पनि पार्नुहुनेछ”
पावलले अगाडि भनेको कुराको मुख्य कुरालाई जोड दिनका लागि उनले प्रश्नहरूको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “यो सबैबाट हामीले थाहा पाउनुपर्ने कुरा यही होः किनकि परमेश्वरले हामीलाई सहायता गरिरहनुभएको छ, कसैले पनि हामीलाई पराजित गर्न सक्दैन”
परमेश्वर पिताले परमेश्वरको पुत्र, येशू ख्रीष्टलाई मानवजातिको पापको विरुद्धमा भएको परमेश्वरको असीम, पवित्र स्वभावलाई शान्त पार्नलाई आवश्यक रहेको पवित्र, असीम बलिदानको रूपमा क्रूसमा पठाउनुभयो । यहाँ “पुत्र” भनेको येशू, परमेश्वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण नाउँ हो ।
“तर उहाँका शत्रुहरूका हातमा उहाँलाई सुम्पिदिनुभयो”
पावलले जोड दिनका लागि एउटा प्रश्नको प्रयोग गरिरहेका छन् । वैकल्पिक अनुवादः “उहाँले निश्चय नै हामीलाई सबैकुरा सित्तैमा दिनुहुनेछ !”
“हामीलाई सबैथोक दयापूर्वक दिनु”
पावलले जोड दिनका लागि एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “परमेश्वरको अगाडि कसैले पनि हामीलाई अभियोग लगाउन सक्दैन किनभने उहाँले नै हामीलाई उहाँको अगाडि धर्मी तुल्याउनुहुन्छ”
पावलले जोड दिनका लागि एउटा प्रश्नको प्रयोग गर्छन् । उनले जवाफको अपेक्षा गर्दैनन् । वैकल्पिक अनुवादः “कसैले पनि हामीलाई दोषी ठहर्याउनेछैन !”
परमेश्वरको “दाहिने हातपट्टि” हुनु भनेको परमेश्वरबाट महान् सम्मान र अधिकारलाई प्राप्त गर्ने कुरालाई जनाउने प्रतीकात्मक कार्य हो । वैकल्पिक अनुवादः “जो परमेश्वरको छेउमा सम्मानको स्थानमा हुनुहुन्छ”
कुनै कुराले पनि हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्दैन भनेर सिकाउनका लागि पावलले यस प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “कसैले पनि हामीलाई ख्रीष्टको प्रेमबाट कहिल्यै अलग गर्नेछैन !” वा “कुनै थोकले पनि हामीलाई ख्रीष्टको प्रेमबाट कहिल्यै पनि अलग गर्नेछैन !”
“ख्रीष्टको प्रेमबाट हामीलाई अलग गर्नेछ” भन्ने शब्दहरूलाई अघिल्लो प्रश्नबाट बुझिएको छ । वैकल्पिक अनुवादः “के सङ्कष्टले, वा दुःखले, वा सतावटले, वा भोकले, वा नग्नताले, वा खतराले, वा तरवारले ख्रीष्टको प्रेमबाट हामीलाई अलग गर्नेछ ?”
यी कुराहरूले पनि हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्दैनन् भनेर जोड दिनका लागि पावलले यस प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “सङ्कष्ट, दुःख, सतावट, भोक, नग्नता, खतरा, र तरवारले पनि हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्दैनन् ।”
भाववाचक नामपद शब्दहरूलाई क्रियापद भएका वाक्यांशहरूका साथ व्यक्त गर्न सकिन्छ । यहाँ “तरवार” भनेको एउटा प्रतिस्थापन शब्द हो जसले हिंस्रक तरिकाले मारिने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “मानिसहरूले हामीलाई समस्या दिए पनि, हामीलाई चोट लगाए पनि, हाम्रा वस्त्रहरू र खानेकुरा लगिदिए पनि, वा हामीलाई मारे भने पनि, तिनीहरूले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्दैनन् ।”
यी दुवै शब्दहरूको अर्थ एउटै हुन्छ ।
यहाँ “तपार्इंको” भन्ने शब्द एकवचनमा छ र परमेश्वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “तपार्इंको लागि”
यहाँ “हामी” भन्ने शब्दले धर्मशास्त्रको यस खण्ड लेख्ने व्यक्तिलाई जनाउँछ, तर उनको पाठकलाई जनाउँदैन, जो चाहिँ यहाँ परमेश्वर नै हुनुहुन्छ । “दिनभरि” भन्ने शब्द चाहिँ तिनीहरू कति धेरै खतरामा छन् भन्ने कुरालाई जोड दिनका लागि गरिएको अतिरञ्जन हो । सबै जो परमेश्वरका हुन् तिनीहरूले अप्ठेरा समयहरूको अपेक्षा गर्नुपर्छ भनेर दखाउनका लागि पावलले धर्मशास्त्रको यस खण्डलाई प्रयोग गर्छन् । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हाम्रा शत्रुहरू निरन्तर हामीलाई मार्न खोजिरहन्छन्”
यहाँ पावलले वस्तुभाउसँग तिनीहरूलाई तुलना गर्छन् जसलाई मानिसहरूले परमेश्वरप्रति बफादार भएको कारण मार्छन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले मार्ने भेडाहरूभन्दा कुनै बढी मूल्य हाम्रा जीवनहरूको तिनीहरूको लागि हुँदैन”
“हामीसँग पूर्ण विजय छ”
येशूले जुन किसिमको प्रेम देखाउनुभयो त्यसलाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “येशूको कारण, जसले हामीलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँ हाम्रो निम्ति मर्न तयार हुनुभयो”
“म विश्वस्त छु” वा “म ढुक्क छु”
सम्भावित अर्थहरू हुन् १) दुष्टहरू वा (२) मानवीय राजाहरू र शासकहरू ।
सम्भावित अर्थहरू हुन् १) शक्ति भएका आत्मिक प्राणीहरू वा २) शक्ति भएका मानिसहरू ।
1 म येशू ख्रीष्टमा साँचो भन्दछु । म ढाँट्दिनँ, र मेरो विवेकले पवित्र आत्मामा मसँगै साक्षी दिन्छ, 2 कि मेरो लागि मेरो हृदयमा असाध्य कष्ट र अटुट पीडा छ । 3 म इच्छा गर्थें, कि मेरा भाइहरू अर्थात् शरीरअनुसार आफ्नै जातिका खातिर म आफैँचाहिँ श्रापित होऊँ र ख्रीष्टबाट अलग गरिऊँ । 4 तिनीहरू इस्राएलीहरू हुन् । धर्मपुत्र हुने अधिकार, महिमा, करारहरू, व्यवस्थाको उपहार, परमेश्वरको आराधना र प्रतिज्ञाहरू उनीहरूकै हुन् । 5 ख्रीष्टको शरीरअनुसार ख्रीष्ट आउनुभएका पुर्खाहरू तिनीहरूकै हुन् । उहाँ नै सबैका परमेश्वर हुनुहुन्छ । सदासर्वदा उहाँको प्रशंसा भइरहोस् । आमेन । 6 तर यो परमेश्वरका प्रतिज्ञाहरू चुकेकोजस्तो होइन, किनकि इस्राएलका सबै साँचो रूपमा इस्राएलका होइनन् । 7 न त अब्राहामका सबै सन्तानहरू साँचो रूपमा उनका सन्तानहरू नै हुन् । तर, “इसहाकबाट नै तेरा सन्तानहरू भनिनेछन् ।” 8 अर्थात् शरीरबाट जन्मेका सन्तानहरू परमेश्वरका सन्तानहरू होइनन् । तर प्रतिज्ञाका सन्तानहरू नै सन्तानहरूका रूपमा गनिन्छन् । 9 किनकि प्रतिज्ञाको वचन यही हो, “म यही समयमा आउनेछु र सारालाई एउटा छोरो दिइनेछ ।” 10 यति मात्र होइन, तर रिबेका पनि एक जना व्यक्ति अर्थात् हाम्रा पिता इसहाकबाट गर्भवती भएपछि– 11 किनकि सन्तानहरू अझ जन्मेका थिएनन् र उनीहरूले कुनै असल वा खराब केही गरेका थिएनन्, ताकि परमेश्वरको उद्देश्य कर्महरूका कारण होइन, तर बोलाउनुहुनेको कारणले चुनाउअनुसार ठहरियोस् भनेर 12 तिनलाई यसो भनियो, “जेठोले कान्छोको सेवा गर्नेछ ।” 13 जस्तो लेखिएको थियो, “मैले याकूबलाई प्रेम गरेँ, तर एसावलाई घृणा गरेँ ।” 14 त्यसो हो भने, हामी के भनौँ त ? के परमेश्वरसित अधार्मिकता छ त ? कहिल्यै यस्तो नहोस् । 15 किनकि उहाँ मोशालाई भन्नुहुन्छ, “जसमाथि म दया देखाउन चाहन्छु, त्यसमाथि म दया देखाउँछु, र जसमाथि म करुणा देखाउन चाहन्छु, त्यसमाथि म करुणा देखाउँछु ।” 16 त्यसैले, यो इच्छा गर्नेको कारणले होइन, न त दौडनेको कारणले नै हो, तर दया देखाउनुहुने परमेश्वरको कारणले नै हो । 17 किनकि धर्मशास्त्रले फारोलाई भन्छ, “यही उद्देश्यको निम्ति मैले तँलाई खडा गरेँ, ताकि मैले तँमा मेरो शक्ति प्रदर्शन गर्न सकूँ, र सारा पृथ्वीमा मेरो नाउँ घोषणा गरियोस् ।” 18 त्यसैले, परमेश्वरले जसलाई इच्छा गर्नुहुन्छ त्यसलाई दया गर्नुहुन्छ र जसलाई इच्छा गर्नुहुन्छ त्यसलाई कठोर पनि बनाउनुहुन्छ । 19 तब तिमीहरूले मलाई भन्नेछौ, “उहाँले किन अझ पनि गल्ती नै भेट्टाउनुहुन्छ त ?” 20 त्यसको विपरीत, हे मानिस, परमेश्वरको विरुद्धमा जवाफहरू दिने तिमी को हौ ? के आकार दिइएको थोकले आकार दिनेलाई यसो भन्छ, “तिमीले मलाई किन यस्तो बनाएको ? ” 21 के कुमालेसित उही माटोको डल्लोबाट विशेष प्रयोगको निम्ति प्रयोग गरिने भाँडो र दैनिक प्रयोगको निम्ति प्रयोग गरिने भाँडो बनाउने अधिकार हुँदैन र ? 22 परमेश्वरले नै उहाँको क्रोध प्रकट गर्न र विनाशको निम्ति तयार पारिएका भाँडाहरूलाई निकै धैर्यसाथ सहिरहने इच्छा गरिरहनुभएको छ भने के त ? 23 यदि उहाँले पहिलेबाट नै महिमाको निम्ति तयार पार्नुभएको दयाका भाँडाहरूमाथि उहाँको महिमा प्रकट गर्न यसो गर्नुभएको हो भने के त ? 24 यदि उहाँले यो हाम्रो निम्ति अर्थात् यहूदीहरूबाट मात्र होइन, तर गैरयहूदीहरूबाट बोलाउनुभएकाहरूका निम्ति यो गर्नुभएको हो भने के त ? 25 जसरी उहाँ होशेको पुस्तकमा भन्नुहुन्छ, “जो मेरा मानिसहरू थिएनन्, म तिनीहरूलाई मेरा मानिसहरू भन्नेछु, र जो प्रिय थिएनन् तिनलाई प्रिय भन्नेछु । 26 र त्यस्तो हुनेछ, कि जहाँ तिनीहरूलाई भनियो, ‘तिमीहरू मेरा मानिसहरू होइनौ’, त्यहाँ तिनीहरू ‘जीवित परमेश्वरका छोराहरू’ भनिनेछन् ।” 27 यशैया इस्राएलको विषयमा भन्छन्, “यदि इस्राएलका सन्तानहरूको सङ्ख्या समुद्रको बालुवाजत्ति थिए भने बचाइएकाहरू बाँकी रहेकाहरू मात्र हुनेछन् । 28 किनभने प्रभुले आफ्नो वचन पृथ्वीमा चाँडै र पूर्ण रूपमा पुरा गर्नुहुनेछ, 29 अनि यशैयाले अगाडि नै भने, “यदि सेनाहरूका प्रभुले हाम्रा निम्ति सन्तानहरू छोड्नुभएको थिएन भने, हामी सदोम र गमोराजस्ता हुने थियौँ ।” 30 त्यसो भए, हामी के भनौँ त ? गैरयहूदीहरू जसले धार्मिकतालाई पछ्याइरहेका थिएनन्, तिनीहरूले धार्मिकता अर्थात् विश्वासद्वारा आउने धार्मिकता प्राप्त गरे । 31 तर इस्राएलीहरू, जो व्यवस्थाको धार्मिकताको पछि लागे, तिनीहरू यसमा आइपुगेनन् । 32 किन पाएनन् त ? किनकि तिनीहरूले विश्वासद्वारा खोजेनन्, तर कर्मद्वारा खोजे । तिनीहरू ठेस लाग्ने ढुङ्गामा ठेस खाए, 33 जस्तो लेखिएको छ, “हेर, मैले सियोनमा एउटा ठेस लाग्ने ढुङ्गा र चोट लाग्ने चट्टान राख्दै छु । जसले यसमा विश्वास गर्छ त्यो लज्जित हुनेछैन ।”
यस अध्यायमा, पावलले उनले सिकाइरहेका कुराको विषय बदल्छन् । ९-११ का अध्यायहरूमा, उनले इस्राएलको जातिमा ध्यान लगाउँछन् ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यस अध्यायका २५-२९ का पदहरू र पद ३३ सँग यूएलटीले यसै गर्छ । पावलले यी सबै शब्दहरू पुरानो करारबाट लिन्छन् ।
पावलले “शरीर” शब्दलाई यस अध्यायमा केवल इस्राएलीहरूलाई मात्र जनाउनलाई प्रयोग गर्छन्, जो शारीरिक रूपमा अब्राहामबाट, परमेश्वरले इस्राएल नाउँ दिनुभएको याकूबद्वारा जन्म लिएका मानिसहरू हुन् ।
अन्य अध्यायहरूमा, पावलले सङ्गी ख्रीष्टिएनहरूको अर्थ दिनलाई “भाइ” शब्दको प्रयोग गर्छन् । तैपनि, यस अध्यायमा, उनले रगतको नाता लाग्ने उनका मानिसहरू, इस्राएलीहरूको अर्थ दिनलाई “मेरा भाइहरू”को प्रयोग गर्छन् ।
पावलले येशूमा विश्वास गर्नेहरूलाई “परमेश्वरका सन्तानहरू” वा “प्रतिज्ञाका सन्तानहरू” भनेर जनाउँछन् ।
धेरै विद्वानहरू विश्वास गर्छन् कि यस अध्यायमा पावलले “पूर्वनिर्धारण” भन्ने विषयमा विस्तृत रूपमा शिक्षा दिन्छन् । यो “पूर्वनिर्धारण गर्ने” भन्ने बाइबलीय अवधारणासँग सम्बन्धित छ । केहीले यसलाई परमेश्वरले, संसारको उत्पत्तिभन्दा अगाडिदेखि नै कति मानिसहरूलाई अनन्तको लागि उद्धार प्राप्त गर्नलाई चुन्नुभएको छ भन्ने कुरालाई सङ्केत गर्ने कुराको रूपमा लिन्छन् । यस विषयमा बाइबलले के सिकाउँछ भन्ने कुरालाई लिएर ख्रीष्टिएनहरू विभिन्न दृष्टिकोणहरू राख्छन् । त्यसैले यस अध्यायलाई अनुवाद गर्दा अनुवादकहरूले अतिरिक्त सावधानी अपनाउनुपर्छ । अनि )
पावलले व्याख्या गर्छन् कि जहाँ केही अन्यजातिहरूले येशूमा विश्वास गरेर उहाँलाई तिनीहरूको मुक्तिदाताको रूपमा उहाँमा स्वीकार गरे, अधिकांश यहूदीहरू भने तिनीहरूको मुक्ति कमाउन कोसिस गरिरहेका थिए र त्यसैले येशूलाई इन्कार गरे । पावलले, पुरानो करारलाई उद्धृत गर्दै, येशूलाई यहूदीहरू हिँड्दाखेरी ठेस खाने ढुङ्गाको रूपमा वर्णन गर्छन् । यो “ठेस लगाउने ढुङ्गा”ले तिनीहरूलाई “लडाउँछ” ।
पावलले यस पदमा “इस्राएल” शब्दलाई दुई फरक अर्थहरूको साथमा प्रयोग गर्छन् । पहिलो “इस्राएल”ले याकूबद्वारा जन्मेका अब्राहामका शरीरअनुसारका सन्तानहरूको अर्थ दिन्छ । दोस्रो “इस्राएल”ले तिनीहरूको अर्थ दिन्छ जो विश्वासद्वारा परमेश्वरका मानिसहरू हुन् । यूएसटीले यसलाई झल्काउँछ ।
इस्राएलको जातिका मानिसहरू बचेका होऊन् भन्ने बारेमा भएको पावलको व्यक्तिगत चाहनाको विषयमा उनले बताउँछन् । तब उनले ती तरिकाहरूलाई जोड दिन्छन् कि जसद्वारा विश्वास गर्ने बनाउनको लागि परमेश्वरले तिनीहरूलाई तयार पार्नुभएको छ ।
यी दुई अभिव्यक्तिहरूको सामान्यतया एउटै अर्थ हुन्छ । उनले सत्य भनिरहेका छन् भनेर जोड दिनका लागि पावलले तिनलाई प्रयोग गर्छन् ।
“पवित्र आत्माले मेरो विवेकलाई नियन्त्रण गर्नुहुन्छ र मैले भनेको कुरालाई पुष्टि गर्नुहुन्छ”
यहाँ “मेरो हृदयमा भएको अटुट पीडा” भनेको चाहिँ एउटा वाक्पद्धति हो जुन पावलले उनको भावनात्मक कष्टलाई बाँड्नको लागि प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “म तिमीहरूलाई भन्छु कि म ज्यादै धेरै र गहन रूपमा दुःख मान्छु”
यी दुई अभिव्यक्तिहरूले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् । पावलले आफ्ना भावनाहरू कति ठूला छन् भनेर जोड दिनलाई तिनीहरूलाई एकसाथ प्रयोग गर्छन् ।
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरलाई मलाई सराप्न दिन, र मलाई ख्रीष्टबाट सधैँको निम्ति अलग गर्न दिन म व्यक्तिगत राजी हुन्थेँ, यदि त्यसो गर्नाले मेरा सङ्गी इस्राएलीहरू, मेरो आफ्नै मानिसहरूको समूहलाई ख्रीष्टमा विश्वास गर्नलाई सहायता गर्ने थियो”
यहाँ यसको अर्थ पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरू भन्ने हुन्छ ।
“तिनीहरू, म जस्तै, इस्राएलीहरू हुन् । परमेश्वरले तिनीहरूलाई याकूबको सन्तान हुनको निम्ति चुन्नुभयो”
इस्राएलीहरू परमेश्वरका सन्तानहरू जस्तै हुन् भनेर सङ्केत गर्नलाई पावलले “धर्मपुत्रको रूपमा ग्रहण गर्ने कुरा”को अलङ्कारलाई प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरूसँग परमेश्वर तिनीहरूको बाबुको रूपमा हुनुहुन्छ”
पावलले जोड दिन्छन् कि इस्राएलको परिवारमा जन्मनेहरूले वास्तविक रूपमा विश्वासद्वारा मात्रै इस्राएलको एक साँचो अंश हुन सक्छन् ।
“तर परमेश्वर आफ्ना प्रतिज्ञाहरू कायम राख्नमा विफल हुनुभएको छैन” वा “परमेश्वरले उहाँका प्रतिज्ञाहरू कायम राख्नुभएको छ”
परमेश्वरले इस्राएलका (वा याकूबका) सबै शारीरिक सन्ततिहरूको निम्ति उहाँका प्रतिज्ञाहरू गर्नुभएको होइन, तर उनका आत्मिक सन्तानहरूका निम्ति ती प्रतिज्ञाहरू गर्नुभएको हो, अर्थात् तिनीहरू जसले येशूमा विश्वास गर्छन् ।
“नता अब्राहामका सन्तान हुँदैमा मात्र तिनीहरू सबै परमेश्वरका छोराछोरीहरू हुन्”
यहाँ “शरीरका सन्तानहरू” भनेको प्रतिस्थापन शब्द हो जसले अब्राहामका शारीरिक सन्ततिहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “अब्राहामका सबै सन्ततिहरू ... होइनन्”
यो एउटा अलङ्कार हो जसले ती मानिसहरूलाई जनाउँछ जो आत्मिक सन्तानहरू हुन्, तिनीहरू जसले येशूमा विश्वास गर्छन् ।
यसले ती मानिसहरूलाई जनाउँछ जसले परमेश्वरले अब्राहामलाई दिनुभएको प्रतिज्ञाहरू अंशको रूपमा पाउनेछन् ।
“यी ती वचनहरू हुन् जुन परमेश्वरले आफ्नो प्रतिज्ञा गर्नुहुँदा उहाँले प्रयोग गर्नुभयो”
परमेश्वरले सारालाई एउटा छोरा दिनुहुनेछ भनेर व्यक्त गर्नका लागि तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “म सारालाई एउटा छोरा दिनेछु”
पावलले इसहाकलाई “हाम्रा पिता” भनेर जनाउँछन् किनभने इसहाक चाहिँ पावल र रोममा भएका यहूदी विश्वासीहरूका पूर्खा थिए ।
“गर्भवती भएकी थिइन्”
“बालकहरू जन्मनुभन्दा अगाडि र तिनीहरूले केही गर्नुभन्दा अगाडि, चाहे असल होस् वा खराब”
“ताकि परमेश्वरले उहाँको चुनाउअनुसार जे भएको चाहनुहुन्छ सो होओस्”
“सन्तानहरू जन्मनभन्दा अगाडि”
“तिनीहरूले गरेका कुनै कुराको कारणले गर्दा होइन”
तपाईंको भाषामा यस पदलाई पद १० र पद ११ को बीचमा राख्न जरुरी हुन सक्छः “हाम्रा पिता इसहाक ... , तिनलाई यसो भनिएको थियो, ‘जेठाले कान्छाको सेवा गर्नेछ ।’ अब सन्तानहरूको अझै जन्म भइसकेको थिएन र त्यसबेलासम्म असल वा खराब केही गरेका थिएनन्, तर चुनाउअनुसारको परमेश्वरको उद्देश्य ठहरिन सकोस् भनेर - कामहरूको कारणले होइन, तर उहाँको कारणले जसले बोलाउनुहुन्छ । यो उचित छ”
परमेश्वरको कारण
“परमेश्वरले रिबेकालाई भन्नुभयो, ‘जेठो छोरोले कान्छो छोरोको सेवा गर्नेछ’”
“घृणा गरेँ” भन्ने शब्दहरू अतिरञ्जन गरिएका कुरा हुन् । परमेश्वरले याकूबलाई एसावलाई भन्दा निकै ज्यादा प्रेम गर्नुभयो । उहाँले साँच्चै नै एसावलाई घृणा गर्नुभएको होइन ।
पावलले उनको पाठकहरूको ध्यान पाउनको लागि प्रश्नको प्रयोग गरिरहेका छन् ।
“यो सम्भव छैन !” वा “निश्चय नै होइन !” यो कुरा हुन सक्छ भन्ने कुरालाई यस अभिव्यक्तिले कडा रूपमा इन्कार गर्छ । तपाईंसँग यहाँ प्रयोग गर्न सकिने यस्तै समान अभिव्यक्ति तपार्इंको भाषामा हुन सक्छ ।
परमेश्वरले मोशासँग गर्नुभएको कुराकानीको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो वर्तमान समयमा भइरहेको छ । वैकल्पिक अनुवादः “किनकि परमेश्वर मोशालाई भन्नुभयो”
“यो मानिसहरूले के चाहन्छन् अथवा तिनीहरूले कडा मिहिनेत गर्छन् भन्ने कारणले गर्दा होइन”
परमेश्वरको कृपा पाउनका लागि असल कुराहरू गर्ने कोही एक व्यक्तिको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो व्यक्ति कुनै दौडमा दौडिरहेको थियो ।
परमेश्वरले फारोसँग कुरा गरिरहनुभएको झैँ गरेर यहाँ धर्मशास्त्रलाई व्यक्तित्वकरण गरिएको छ । वैकल्पिक अनुवादः “परमेश्वरले यसो भन्नुभयो भनेर धर्मशास्त्रले अभिलेख राख्छ”
परमेश्वरले आफैँलाई जनाउँदै हुनुहुन्छ ।
एकवचन
यहाँ “खडा गरेँ” भनेको “कसैलाई केही हुन लगाउनु जुन त्यो हो” भनेर जनाउने वाक्पद्धति हो । वैकल्पिक अनुवादः “मैले तँलाई त्यो शक्तिशाली मानिस बनाएँ जुन तँ छस्”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “कि मानिसहरूले मेरो नाउँ घोषणा गरून्”
यस प्रतिस्थापन शब्दले कि त १) परमेश्वरलाई उहाँको सारा व्यक्तित्वमा जनाउँछ । वैकल्पिक अनुवादः “जो म हुँ” वा २) उहाँको प्रतिष्ठालाई जनाउँछ । वैकल्पिक अनुवादः “म कति महान् छु”
“ती हरेक ठाउँहरूमा जहाँ मानिसहरू छन्”
परमेश्वरले त्यसलाई हठी बनाउनुहुन्छ जसलाई हठी बनाउन उहाँ इच्छा गर्नुहुन्छ ।
पावलले उनको शिक्षाको आलोचकहरूसँग यसरी कुरा गरिरहेका छन् कि मानौँ उनले केवक एक व्यक्तिसँग मात्र कुरा गरिरहेका छन् । यहाँ बहुवचनको प्रयोग गर्न तपाईंलाई आवश्यक पर्न सक्छ ।
यी आलङ्कारिक प्रश्नहरू हुन् जुन चाहिँ परमेश्वरको विरुद्धमा गरिएका गुनासोहरू हुन् । तपाईंले तिनीहरूलाई कडा भनाइहरूको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “उहाँले हामीमा दोष भेट्टाउन हुँदैन । उहाँको इच्छाको विरुद्धमा कोही पनि कहिल्यै खडा हुन सकेको छैन ।”
यहाँ “उहाँ” र “उहाँको” भन्ने शब्दहरूले परमेश्वरलाई जनाउँछन् ।
“उहाँलाई चाहना लागेको कुरा गर्नबाट उहाँलाई रोकेको छ”
सृष्टिकर्ताले आफ्नो सृष्टिसँग उहाँलाई इच्छा लागेको जे पनि कुरा गर्न पाउने उहाँको अधिकारलाई जनाउनलाई कुमालेले माटोबाट जुनसुकै भाँडा पनि बनाउन सक्ने उसको अधिकारलाई पावलले अलङ्कारको रूपमा प्रयोग गर्छन् । पावलले उनको भनाइलाई जोड दिनका लागि यी प्रश्नहरू सोध्छन् । यसलाई एउटा कडा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कोही व्यक्तिले आकार दिएको कुराले आकार दिनेलाई कहिल्यै यसो भन्नुहुँदैन, ‘किन यसरी ... ?’”
यो प्रश्न एउटा हप्की हो र यसलाई कडा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तपाईंले मलाई यसरी बनाउनुहुँदैनथ्यो !”
यो आलङ्कारिक प्रश्न एउटा हप्की हो । वैकल्पिक अनुवादः “कुमालेसँग निश्चय पनि ... दैनिक प्रयोगको लागि बनाउने अधिकार हुन्छ ।”
पावलले मानिसहरूलाई तिनीहरू भाँडाहरू भए झैँ गरी बताउँछन् । वैकल्पिक अनुवादः “क्रोधको लायकका मानिसहरू”
यहाँ “उहाँ” र “उहाँको” भन्ने शब्दहरूले परमेश्वरलाई जनाउँछन् ।
पावलले मानिसहरूलाई तिनीहरू भाँडाहरू भए झैँ गरी बताउँछन् । वैकल्पिक अनुवादः “दयाको लायकका मानिसहरू”
यहाँ पावलले परमेश्वरका अचम्मका कार्यहरूलाई महान् “सम्पत्तिहरू”सँग तुलना गर्छन् । वैकल्पिक अनुवादः “उहाँको महिमा, जुन बडो मूल्यवान् छ,”
यहाँ “महिमा”ले स्वर्गमा परमेश्वरसँग भएको जीवनलाई जनाउँछ । वैकल्पिक अनुवादः “जसलाई उहाँले अगाडिदेखि नै तयार पार्नुभयो ताकि तिनीहरू उहाँसँग जिउन सकून्”
यहाँ “हाम्रो” भन्ने शब्दले पावल र सङ्गी विश्वासीहरूलाई जनाउँछ ।
यहाँ “बोलाउनुभयो” भन्ने कुराको अर्थ चाहिँ परमेश्वरले मानिसहरूलाई उहाँका सन्तानहरू हुनलाई, उहाँका सेवकहरू हुनलाई र येशूद्वारा पाउने उद्धारको विषयमा भएको उहाँको सन्देशको घोषणा गर्नेहरू हुनलाई नियुक्त गर्नुभएको छ वा चुन्नुभएको छ भन्ने हुन्छ ।
यस खण्डमा एक जातिको रूपमा इस्राएलको अविश्वासको विषयमा होशे अगमवक्ताद्वारा कसरी अगाडिबाट नै भनिएको थियो भनेर पावलले व्याख्या गर्छन् ।
यहाँ “उहाँ”ले परमेश्वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “जसरी परमेश्वरले होशेले लेखेका पुस्तकमा पनि भन्नुहुन्छ”
होशे एक अगमवक्ता थिए ।
“म तिनीहरूलाई मेरा मानिसहरू हुनलाई चुन्नेछु जो मेरा मानिसहरू थिएनन्”
यहाँ “त्यसलाई” शब्दले होशेकी पत्नी, गोमेरलाई जनाउँछ, जसले इस्राएलको जातिलाई प्रतिनिधित्व गर्छिन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “म त्यसलाई मैले प्रेम गरेको व्यक्ति हुनलाई चुन्नेछु जसलाई म प्रेम गर्दैनथेँ”
“जीवित” भन्ने शब्दले केवल परमेश्वर मात्र साँचो परमेश्वर हुनहुन्छ, झूटा मूर्तिहरूजस्तो हुनुहुन्न भन्ने तथ्यलाई सत्यतालाई जनाएको हुन सक्छ । वैकल्पिक अनुवादः “साँचो परमेश्वरका सन्तानहरू”
“ठूलो आवाजले भन्छन्”
यहाँ पावलले इस्राएलका मानिसहरूको सङ्ख्यालाई समुद्रमा भएको बालुवाका कणहरूसँग तुलना गर्छन् । वैकल्पिक अनुवादः “अनगिन्ती”
पावलले “बचाइनु” शब्दलाई आत्मिक बुझाइमा प्रयोग गर्छन् । यदि परमेश्वरले एक व्यक्तिलाई बचाउनुहुन्छ भने, त्यसको अर्थ यो हो कि क्रूसमा भएको येशूको मृत्युद्वारा कुनै व्यक्ति “बचाइएको” को अर्थ हुन्छ कि, क्रुसमा येशूको मृत्युद्वारा परमेश्वरले उसलाई क्षमा दिनुभएको छ र उसको पापको खातिर दण्ड पाउनबाट उसलाई उद्धार गर्नुभएको छ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले बचाउनुहुनेछ”
यहाँ “आदेश”ले उहाँले मानिसहरूलाई कसरी दण्ड दिने निर्णय गर्नुभएको छ भन्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “प्रभुले पृथ्वीमा भएका मानिसहरूलाई उहाँले भन्नुभएअनुसार दण्ड दिनुहुनेछ”
यहाँ “हामीलाई” र “हामी” भन्ने शब्दहरूले यशैयालाई र तिनले कुरा गरेका मानिसहरूलाई जनाउँछन् ।
परमेश्वरले सदोम र गमोराका सबै मानिसहरूलाई तिनीहरूको पापको कारण मार्नुभयो । वैकल्पिक अनुवादः “सदोम र गमोराका मानिसहरू नष्ट गरिए झैँ गरी हामी सबै नष्ट गरिने थियौँ” वा “परमेश्वरले हामी सबैलाई नष्ट गरिसकेको हुनुहुने थियो, जसरी उहाँले सदोम र गमोराका सहरहरूलाई नष्ट गर्नुभयो”
पावलले यो प्रश्न उनका पाठकहरूको ध्यान पाउनलाई प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामीले भन्नुपर्ने कुरा यही हो”
“हामी भन्नेछौँ कि अन्यजातिहरू”
“जसले परमेश्वरलाई खुशी बनाउन कोसिस गरिरहेका थिएनन्”
यहाँ “विश्वासद्वारा” भन्ने कुराले कोही व्यक्तिले आफ्नो भरोसा ख्रीष्टमा राख्ने कुरालाई जनाउँछ । तपाईंले यसलाई आफ्नो अनुवादमा स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “किनभने परमेश्वरले तिनीहरूलाई आफ्नो सामु धर्मी बनाउनुभयो जब तिनीहरूले ख्रीष्टमा भरोसा गरे”
यसको अर्थ हो कि इस्राएलीहरूले व्यवस्थाको पालना गर्ने कोसिस गरेर परमेश्वरलाई खुशी बनाउन सकेनन् । तपाईंले यसलाई आफ्नो अनुवादमा स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “व्यवस्थाको पालना गरेर परमेश्वरलाई खुशी बनाउन सक्षम भएनन् किनभने तिनीहरूले त्यसको पालना गर्न सकेनन्”
यहाँ शब्दहरू हटाइएको छ । भन्न खोजिएका शब्दहरूलाई तपाईंले आफ्नो अनुवादमा समावेश गर्न सक्नुहुन्छ । पावलले यो प्रश्न उनका पाठकहरूको ध्यान पाउनलाई सोध्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले किन धार्मिकता प्राप्त गर्न सकेनन् त ?”
यसले परमेश्वरलाई खुशी पार्ने कोसिस गर्न मानिसहरूले गर्ने कुराहरूलाई जनाउँछ । तपाईंले यसलाई आफ्नो अनुवादमा स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “ती कुराहरू गर्ने कोसिस गरेर जसले परमेश्वरलाई खुशी बनाउने थियो” वा “व्यवस्थाको पालना गरेर”
यो यशैयाले लेखेका हुन् भनेर तपाईंले सङ्केत गर्न सक्नुहुन्छ । तपाईंले यसलाई कर्तृ वाच्यमा पनि अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जसरी यशैया अगमवक्ताले लेखे”
यहाँ सियोन एउटा प्रतिस्थापन शब्द हो जसले इस्राएललाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “इस्राएलमा”
यी दुवै वाक्यांशहरूको अर्थ मूलभूत रूपमा एउटै हुन्छ र ती येशू र क्रूसमा भएको उहाँको मृत्युलाई जनाउने अलङ्कारहरू हुन् । यो चाहिँ मानिसहरू एउटा ढुङ्गामा ठेस खाएको जस्तै हो किनभने तिनीहरूले क्रूसमा भएको येशूको मृत्युलाई विचार गर्दा तिनीहरूले त्यसलाई घृणा गरेका थिए ।
किनभने ढुङ्गाले मानिसलाई जनाउँछ, तपार्इंले “उहाँमा विश्वास गर्छ” भनेर अनुवाद गर्नुपर्ने हुन सक्छ ।
1 भाइहरू हो, मेरो हृदयको इच्छा र परमेश्वरलाई मेरो बिन्ती तिनीहरूका लागि र तिनीहरूको उद्धारको निम्ति हो । 2 किनकि म तिनीहरूको विषयमा गवाही दिन्छु, कि तिनीहरूसँग परमेश्वरको निम्ति जोस छ, तर ज्ञानअनुसार छैन । 3 किनकि तिनीहरूले परमेश्वरको धार्मिकता जान्दैनन्, र तिनीहरूले आफ्नै धार्मिकता स्थापित गर्न खोज्छन् । तिनीहरू परमेश्वरको धार्मिकताप्रति समर्पित भएनन् । 4 विश्वास गर्ने सबैको निम्ति ख्रीष्ट नै धार्मिकताको निम्ति व्यवस्थाको समाप्ति हुनुहुन्छ । 5 किनकि मोशा व्यवस्थाबाट आउने धार्मिकताको विषयमा लेख्छन्, “व्यवस्थाको धार्मिकता पालन गर्ने मानिस, यो धार्मिकताद्वारा नै जिउनेछ ।” 6 तर विश्वासद्वारा आउने धार्मिकताले यसो भन्छ, “आफ्नो हृदयमा यसो नभन, ‘स्वर्गमा को उक्लने ?’ (अर्थात् ख्रीष्टलाई तल ल्याउन) । 7 र यसो नभन, ‘तल पातालसम्म को ओर्लने ?’ (अर्थात् ख्रीष्टलाई मरेकाहरूबाट ल्याउन), 8 तर यसले के भन्छ ? “वचन तिमीहरूको नजिकै छ, तिमीहरूको मुख र हृदयमा नै छ ।” त्यो विश्वासको वचन हो, जुन हामी घोषणा गर्छौं । 9 यदि तिमीले तिम्रो मुखले येशूलाई प्रभु भनी स्वीकार गर्छौ र परमेश्वरले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्छौ भने, तिमी बचाइनेछौ । 10 किनकि मानिसले धार्मिकताको निम्ति आफ्नो हृदयले विश्वास गर्छ, र उसले उद्धारको निम्ति आफ्नो मुखले स्वीकार गर्छ । 11 किनकि धर्मशास्त्रले भन्छ, “हरेक जसले उहाँमा विश्वास गर्छ, त्यो शर्ममा पारिनेछैन ।” 12 किनकि यहूदी र ग्रिकहरूबिच कुनै भिन्नता छैन । किनकि उही प्रभु नै सबैका प्रभु हुनुहुन्छ र उहाँलाई पुकार्ने सबैको लागि उहाँ प्रशस्त हुनुहुन्छ । 13 किनकि प्रभुको नाम पुकार्ने सबै बचाइनेछन् । 14 त्यसो हो भने, जसमाथि तिनीहरूले विश्वास गरेका छैनन् उहाँलाई कसरी पुकार्ने ? र जसको विषयमा तिनीहरूले सुनेका छैनन् उहाँमाथि कसरी विश्वास गर्ने ? र प्रचारकविना तिनीहरूले कसरी सुन्न सक्छन् ? 15 र जबसम्म तिनीहरू पठाईंदैनन् तिनीहरूले कसरी प्रचार गर्छन् र ? जस्तो लेखिएको छ, “असल कुराहरूबारे खुसीको सन्देश प्रचार गर्नेहरूका पाउ कति राम्रा ?” 16 तर तिनीहरू सबैले सुसमाचार सुनेनन् । किनकि यशैया भन्छन्, “हे प्रभु, हाम्रो सन्देश कसले विश्वास गरेको छ ?” 17 त्यसकारण, विश्वास सुनाइबाट आउँछ, र सुनाइ ख्रीष्टको वचनद्वारा आउँछ । 18 तर म भन्छु, “के तिनीहरूले सुनेनन् ?” हो, निश्चय नै । “तिनीहरूको आवाज सारा पृथ्वीभरि र तिनीहरूका शब्दहरू पृथ्वीको अन्त्यसम्म नै पुगेका छन् ।” 19 यसको अतिरिक्त, म भन्छु, “के इस्राएलले जानेन ?” पहिले मोशा भन्छन्, “म तिमीहरूलाई एउटा जाति नै नभएको समूहद्वारा डाही तुल्याउँछु । समझविनाको जातिद्वारा म तिमीहरूलाई क्रोधित तुल्याउनेछु ।” 20 यशैया निकै साहसी छन् र भन्छन्, “जसले मलाई खोजेनन्, तिनीहरूले मलाई भेट्टाए । जसले मलाई बिन्ती गरेनन्, म तिनीहरूकहाँ देखा परेँ ।” 21 तर इस्राएललाई उहाँ भन्नुहुन्छ, “मैले मेरा हात दिनभरि अनाज्ञाकारी र हठी जातितिर फैलाएँ ।”
केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले पद ८ मा भएका उद्धृत गरेर ल्याइएका शब्दहरूसँग यसै गर्छ ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले यस अध्यायको १८-२० का पदहरूसँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
पावलले यहाँ सिकाउँछन् कि जबकि धेरै यहूदीहरूले व्यग्रताका साथ धर्मी हुनलाई कोसिस गरेका थिए, तिनीहरू सफल भएनन् । हामीले परमेश्वरको धार्मिकतालाई कमाउन सक्दैनौँ । परमेश्वरले हामीलाई येशूको धार्मिकता दिनुहुन्छ जब हामी उहाँमा विश्वास गर्छौँ । अनि )
पावलले यस अध्यायमा थुप्रै आलङ्कारिक प्रश्नहरूको प्रयोग गर्छन् । परमेश्वरले केवल हिब्रू मानिसहरूलाई मात्र बचाउनुहुन्न भनेर उनका पाठकहरूलाई विश्वस्त बनाउनको लागि उनले यसो गर्छन्, त्यसैले ख्रीष्टिएनहरू सारा संसारमा जान र सुसमाचार बाँड्नलाई तयार हुनुपर्छ ।
परमेश्वरले हिब्रू मानिसहरूलाई डाही तुल्याउनलाई मण्डलीको प्रयोग गर्नुहुनेछ भनेर व्याख्या गर्नलाई पावलले यस अगमवाणीको प्रयोग गर्छन् । तिनीहरूले परमेश्वरलाई खोजून् र सुसमाचारलाई विश्वास गरून् भनेर यो यसो हो । अनि अनि
इस्राएलले विश्वास गरोस् भन्ने विषयमा भएको पावलको चाहनालाई व्यक्त गर्न उनले निरन्तरता दिन्छन् तर तिनीहरू दुवै जो यहूदीहरू हुन् र बाँकीका अरूहरू हुन्, येशूमा विश्वासद्वारा मात्र बचाइन सक्छन् भनेर जोड दिन्छन् ।
यहाँ यसले पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरूको अर्थ दिन्छ ।
यहाँ “हृदय” भनेको व्यक्तिको भावनाहरू वा भित्री मानिसलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “मेरो सर्वोत्कृष्ट इच्छा”
“परमेश्वरले यहूदीहरूलाई बचाउनुभएको होस् भन्ने हो”
“म तिनीहरूको बारेमा सत्यतापूर्वक घोषणा गर्छु”
यहाँ “धार्मिकता”ले परमेश्वरले मानिसहरूलाई उहाँको सामु धर्मी बनाउनुहुने तरिकालाई जनाउँछ । तपाईंले यसलाई अनुवादमा स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “किनकि परमेश्वरले मानिसहरूलाई कसरी उहाँको सामु धर्मी बनाउनुहुन्छ भनेर तिनीहरू जान्दैनन्”
“परमेश्वरले मानिसहरूलाई आफ्नो सामु धर्मी बनाउने उहाँको तरिकालाई तिनीहरूले स्वीकार गरेनन्”
“किनकि ख्रीष्टले व्यवस्थालाई सम्पूर्ण रूपमा पूरा गर्नुभयो”
यहाँ “विश्वास गर्ने” भन्ने कुराको अर्थ “भरोसा राख्ने” भन्ने हुन्छ । वैकल्पिक अनुवादः “उहाँमा भरोसा राख्ने सबैजनालाई उहाँले परमेश्वरको सामु धर्मी बनाउनुभएको होस् भनेर”
पावलले “धार्मिकता”को विषयमा त्यो जीवित भएको र चल्न सक्ने भएको झैँ गरी बताउँछन् । वैकल्पिक अनुवादः “कसरी व्यवस्थाले एक व्यक्तिलाई परमेश्वरको सामु धर्मी बनाउँछ”
व्यवस्थाद्वारा परमेश्वरको सामु धर्मी ठहराइनलाई, एक व्यक्तिले व्यवस्थालाई सिद्ध रूपमा पालना गर्नुपर्थ्यो, जुन सम्भव छैन । वैकल्पिक अनुवादः “व्यवस्थालाई सिद्ध रूपमा पालना गर्ने व्यक्ति बाँच्नेछ किनभने त्यस व्यवस्थाले उसलाई परमेश्वरको सामु धर्मी बनाउनेछ”
“बाँच्नेछ” भन्ने शब्दले १) कि त अनन्त जीवनलाई जनाउन सक्छ वा २) परमेश्वरसँग सङ्गतिमा रहेको मरणशील जीवनलाई जनाउन सक्छ ।
यहाँ “धार्मिकता”लाई बोल्न सक्ने व्यक्तिको रूपमा वर्णन गरिएको छ । वैकल्पिक अनुवादः “तर विश्वासले परमेश्वरको अगाडि मानिसलाई कसरी धर्मी बनाउँछ भन्ने बारेमा मोशाले यस्तो लेख्छन्”
मोशाले मानिसहरूलाई केवल एक व्यक्तिसँग मात्र कुरा गरिरहेको झैँ गरी सम्बोधन गरिरहेका थिए । यहाँ “हृदय” भनेको एक व्यक्तिको दिमाग वा भित्री मनुष्यत्वलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिमीले आफैँलाई यसो नभन”
मोशाले आफूलाई सुनिरहेका मानिसहरूलाई सिकाउनलाई एउटा प्रश्नको प्रयोग गर्छन् । उनको अगाडिको “ ... नभन” भन्ने निर्देशनले यस प्रश्नलाई एउटा नकारात्मक जवाफ खोज्छ । तपाईंले यसलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “कोही पनि स्वर्गमा चढी जान सक्दैन”
“तिनीहरूले ख्रीष्टलाई तल पृथ्वीमा आउनुहुने बनाउनको निम्ति”
मोशाले आफूलाई सुनिरहेका मानिसहरूलाई सिकाउनलाई एउटा प्रश्नको प्रयोग गर्छन् । उनको अगाडिको “ ... नभन” भन्ने निर्देशनले यस प्रश्नलाई एउटा नकारात्मक जवाफ खोज्छ । तपाईंले यसलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “कोही पनि तल गएर मृत व्यक्तिहरूका आत्माहरू भएको ठाउँमा प्रवेश गर्न सक्दैन”
ती सबैको माझबाट जो मरिगएका छन् । यस अभिव्यक्तिले तल पातालको संसारमा भएका सबृ मृत मानिसहरूलाई एकसाथ जनाउँछ । तिनीहरूको माझबाट माथि ल्याइनु भनेको पुनः जीवित बन्नु हो ।
यहाँ शब्दले शारीरिक मृत्युको बारेमा बताउँछ ।
“यसले” भन्ने शब्दले [रोमीहरू १०:६]
पावलले परमेश्वरको “सन्देश”लाई चल्न सक्ने व्यक्तिको रूपमा बताउँछन् । वैकल्पिक अनुवादः “तिमीले सन्देश सुनेका छौ”
“मुख” शब्द चाहिँ प्रतिस्थापन शब्द हो जसले एक व्यक्तिले बोल्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “कसरी बोल्ने भनेर तिमीलाई थाहा छ ... परमेश्वरको सन्देश”
“तिम्रो हृदयमा” भन्ने वाक्यांश चाहिँ एउटा प्रतिस्थापन शब्द हो जसले एक व्यक्तिले सोच्ने र विश्वास गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरको सन्देशको अर्थ के हो भनेर तिमी जान्दछौ”
“परमेश्वरको सन्देश जसले हामीलाई बताउँछ कि हामीले उहाँमा विश्वास गर्नुपर्छ”
“यदि येशू प्रभु हुनुहुन्छ भनी तिमीले ग्रहण गर्छौ”
यहाँ “हृदय” भनेको एक व्यक्तिको दिमाग वा भित्री मनुष्यत्वलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिम्रो दिमागमा विश्वास गर्छौ” वा “साँचो रूपमा विश्वास गर्छौ”
यहाँ “बौह्राउनुभयो” भनेको “पुनः जिउने तुल्याउनुभयो” भन्ने कुरालाई जनाउने वाक्पद्धति हो । वैकल्पिक अनुवादः “उहाँलाई पुनः जिउने तुल्याउनुभयो”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीलाई बचाउनुहुनेछ”
यहाँ “हृदय” भनेको प्रतिस्थापन शब्द हो जसले दिमाग वा इच्छालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “किनकि व्यक्तिले दिमागले भरोसा गर्छ र परमेश्वरको अगाडि धर्मी बन्छ, र व्यक्तिले मुखले स्वीकार गर्छ र परमेश्वरले उसलाई बचाउनुहुन्छ”
यहाँ “मुख” भनेको प्रतिस्थापकीय शब्द हो जसले व्यक्तिको बोल्ने क्षमतालाई प्रतिनिधित्व गर्छ ।
पावलले धर्मशास्त्रलाई त्यो जीवित भएको र त्यससँग स्वर भएको झैँ गरी बताउँछन् । यहाँ पावलले प्रयोग गरेको धर्मशास्त्रको खण्डलाई कसले लेख्यो भनेर तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “किनकि यशैयाले धर्मशास्त्रमा लेखे”
यो यसो भन्नुको बराबर छः “सबैजना जसले विश्वास गर्दैनन्, ती शर्ममा पर्नेछन् ।” जोड दिनका लागि यहाँ अकरण शैलीको भाषा प्रयोग गरिएको छ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँलाई विश्वास गर्ने सबैजनालाई सम्मान गर्नुहुनेछ”
परमेश्वरले सबै मानिसहरूलाई एकैनासले व्यवहार गर्नुहुनेछ भन्ने अर्थ पावलले दिन्छन् । तपाईंले यसलाई आफ्नो अनुवादमा स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यसरी, परमेश्वरले यहूदीहरू र गैर-यहूदीहरू दुवैलाई समान रूपमा व्यवहार गर्नुहुन्छ”
यहाँ “उहाँ धनी हुनुहुन्छ” भन्ने कुराको अर्थ परमेश्वरले प्रशस्त गरी आशिष् दिनुहुन्छ भन्ने हुन्छ । तपाईंले यसलाई आशिषित अनुवादमा स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “उहाँमा भरोसा गर्नेहरू सबैलाई उहाँले प्रशस्त मात्रामा आशिष् दिनुहुन्छ”
यहाँ “नाम” शब्द चाहिँ येशूलाई जनाउने प्रतिस्थापन शब्द हो । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “प्रभुले उहाँमाथि भरोसा गर्नेहरू सबैलाई बचाउनुहुनेछ”
पावलले ख्रीष्टको सुसमाचार नसुनेकाहरूकहाँ त्यो पुर्याउनुको महत्त्वलाई जोड दिनको निम्ति एउटा प्रश्नको प्रयोग गर्छन् । “तिनीहरू” भन्ने शब्दले अझसम्म परमेश्वरका नभएकाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरमा विश्वास नगर्नेहरूले उहाँलाई पुकार्न सक्दैनन् !”
पावलले सोही कारणको निम्ति अर्को प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “र यदि तिनीहरूले उहाँको सन्देश सुनेका छैनन् भने उहाँमा विश्वास गर्न सक्दैनन् !” वा “र यदि तिनीहरूले उहाँको बारेमा भएको सन्देश सुनेका छैनन् भने तिनीहरूले उहाँमा विश्वास गर्न सक्दैनन् !”
यहाँ यसको अर्थ त्यस व्यक्तिले भनेका कुराहरूलाई सत्य हो भनेर स्वीकार गर्नु हो ।
पावलले सोही कारणको निम्ति अर्को प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “र यदि कसैले तिनीहरूलाई बताउँदैन भने तिनीहरूले त्यो सन्देश सुन्न सक्दैनन् !”
पावलले “पाउ” शब्द तिनीहरूलाई प्रतिनिधित्व गर्न प्रयोग गर्छन् जसले सन्देश नसुनेकाहरूकहाँ यात्रा गरेर त्यो ल्याउँछन् । वैकल्पिक अनुवादः “यो उदेकको कुरा छ जब सन्देशवाहकहरू आउँछन् र हामीलाई खुशीको खबर भन्छन्”
यहाँ “तिनीहरू” शब्दले यहूदीहरूलाई जनाउँछ । “तर सबै यहूदीहरूले मानेनन्”
धेरै यहूदीहरूले येशूमा विश्वास गर्नेछैनन् भनेर धर्मशास्त्रमा यशैयाले भविष्यवाणी गरे भनेर जोड दिनलाई पावलले यस प्रश्नलाई प्रयोग गरिरहेका छन् । तपाईंले यसलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “प्रभु, तिनीहरूमध्ये कति धेरैले हाम्रो सन्देशलाई विश्वास गर्दैनन्”
यहाँ, “हाम्रो” शब्दले परमेश्वर र यशैयालाई जनाउँछ ।
यहाँ “विश्वास”ले “ख्रीष्टमा विश्वास गर्ने कुरा”लाई जनाउँछ ।
“सुनाइ चाहिँ ख्रीष्टको बारेमा भएको सन्देशलाई सुनेर”
पावलले जोड दिनलाई एउटा प्रश्नको प्रयोग गर्छन् । तपाईंले यसलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तर म भन्छु, कि यहूदीहरूले निश्चय नै ख्रीष्टको बारेमा भएको सन्देश सुनेका छन्”
यी दुवै भनाइहरूले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् र जोड दिनको निम्ति पावलले तिनीहरूलाई प्रयोग गर्छन् । “तिनीहरूको” भन्ने शब्दले सूर्य, चन्द्रमा र ताराहरूलाई जनाउँछ । यहाँ तिनीहरूलाई मानव सन्देशवाहकहरूको रूपमा वर्णन गरिएको छ जसले मानिसहरूलाई परमेश्वरको बारेमा बताउँछन् । तिनीहरूको अस्तित्वले परमेश्वरको शक्ति र महिमालाई कसरी देखाउँछ भन्ने कुरालाई यसले जनाउँछ । पावलले धर्मशास्त्रबाट उद्धरण गरिरहेका छन् भनेर तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जसरी धर्मशास्त्रले अभिलेख राख्छ, ‘सूर्य, चन्द्रमा, र ताराहरू परमेश्वरको शक्ति र महिमाको प्रमाण हुन्, र यस संसारमा भएका सबैजनाले तिनीहरूलाई देख्छन् र परमेश्वरको बारेमा भएको सत्यता थाहा पाउँछन् ।’”
पावलले जोड दिनको निम्ति एउटा प्रश्नको प्रयोग गर्छन् । “इस्राएल” शब्द चाहिँ इस्राएलको राष्ट्रमा बस्ने मानिसहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “इस्राएलका मानिसहरूलाई त्यो सन्देश थाहा थियो भनेर म तिमीहरूलाई फेरि पनि भन्छु”
यसको अर्थ चाहिँ परमेश्वरले भन्नुभएको कुरालाई मोशाले लेखे भन्ने हुन्छ । “म” शब्दले परमेश्वरलाई जनाउँछ, र “तिमीहरू” भन्ने शब्दले इस्राएलीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “पहिले मोशाले भन्छन् कि परमेश्वरले तिमीहरूलाई ... डाही तुल्याउनुहुनेछ ... परमेश्वरले तिमीहरूलाई ... क्रोधित तुल्याउनुहुनेछ”
“तिनीहरूद्वारा जसलाई तिमीहरू एक साँचो जाति मान्दैनौ” वा “ती मानिसहरूद्वारा जो कुनै जातिका होइनन्”
यहाँ “समझ नभएको” भन्ने कुराको अर्थ ती मानिसहरूले परमेश्वरलाई जान्दैनन् भन्ने हुन्छ । वैकल्पिक अनुवादः “ती मानिसहरू भएको एउटा जातिद्वारा जसले मलाई चिन्दैनन् वा मेरा आज्ञाहरू जान्दैनन्”
“म तिमीहरूलाई रीस उठाउनेछु” वा “म तिमीहरूलाई रुष्ट बनाउनेछु”
यसले इस्राएल जातिलाई जनाउँछ ।
यहाँ “म”, “मलाई”, र “मेरो” जस्ता शब्दहरूले परमेश्वरलाई जनाउँछन् ।
यसको अर्थ चाहिँ परमेश्वरले भन्नुभएको कुरा यशैया अगमवक्ताले लेखे भन्ने हुन्छ ।
धेरैपटक अगमवक्ताहरूले भविष्यमा हुने कुराहरूलाई तिनीहरू पहिले नै भइसकेका छन् भने झैँ गरेर बताउँछन् । यसले त्यो भविष्यवाणी निश्चय नै सत्य भएर आउनेछ भन्ने कुरालाई जोड दिन्छ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “हुन त अन्यजाति मानिसहरूले मलाई खोज्नेछैनन्, तापनि तिनीहरूले मलाई भेट्टाउनेछन्”
“मैले ... आफैँलाई परिचित गराएँ”
“उहाँ” शब्दले परमेश्वरलाई जनाउँछ, जो यशैयाद्वारा बोल्दै हुनुहुन्छ ।
यस वाक्यांशलाई परमेश्वरको निरन्तरको प्रयासलाई जोड दिनको निम्ति प्रयोग गरिएको छ । “निरन्तर रूपमा”
“मैले तिमीहरूलाई स्वागत गर्न र सहायता गर्न चाहेँ, तर तिमीहरूले मेरो सहायतालाई अस्वीकार गर्यौ र अनाज्ञापालन गर्न निरन्तरता दियौ”
1 त्यसो भए म भन्छु, के परमेश्वरले आफ्ना मानिसहरूलाई इन्कार गर्नुभयो त ? किनकि म पनि अब्राहामका सन्तान, बेन्यामीन कुलका एक इस्राएली हुँ । 2 परमेश्वरले अघिबाटै पहिचान गर्नुभएको आफ्नो जातिलाई इन्कार गर्नुभएन । एलियाको बारेमा धर्मशास्त्रले के भन्छ अर्थात् तिनले इस्राएलको बारेमा परमेश्वरसँग कसरी बिन्ती गरे भन्ने कुरा के तिमीहरूलाई थाहा छैन ? 3 “हे प्रभु, तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारेका छन्, तिनीहरूले तपाईंका वेदीहरूलाई भत्काएका छन् । म मात्र छोडिएको छु, र तिनीहरूले मेरो पनि ज्यान लिन खोजी गरिरहेका छन् ।” 4 तर परमेश्वरको जवाफले तिनलाई के भन्छ ? “बाल देवतासामु आफ्ना घुँडा नटेकेका सात हजार मानिसलाई मेरो निम्ति साँचेर राखेको छु ।” 5 त्यसो भए, अनुग्रहको छनोटको कारण वर्तमान समयमा पनि बाँकी रहेकाहरू छन् । 6 तर यो अनुग्रहद्वारा हो भने यो कामद्वारा होइन । नत्रता अनुग्रह अनुग्रह नै हुने थिएन । (नोटः केही पुरानो प्रतिलिपिमा यस्तो छ, तर यदि यो कर्महरूद्वारा हो भने यो अनुग्रह हुँदै होइन; नत्र कर्म हुँदै हुँदैन ।) 7 त्यसो भए के त ? इस्राएलले जे खोजिरहेको थियो, यसले पाएन, तर चुनिएकाहरूले त्यो पाए र बाँकी रहेकाहरूलाई चाहिँ कठोर बनाइयो । 8 जस्तो लेखिएको छ, “परमेश्वरले तिनीहरूलाई बोधो आत्मा दिनुभएको छ, ताकि आजको दिनसम्म पनि तिनीहरूका आँखा छन् र पनि तिनीहरूले देख्न नसकून् अनि कान छन् र पनि तिनीहरूले सुन्न नसकून् ।” 9 अनि दाऊद भन्छन्, “तिनीहरूका भोजनको टेबल तिनीहरूका निम्ति पासो, जाल, बाधा र तिनीहरूका विरुद्धमा प्रतिशोध बनोस् । 10 तिनीहरूका आँखा अँध्यारो होस्, ताकि तिनीहरूले नदेखून् । तिनीहरूका ढाड सधैँ कुप्रो होस् ।” 11 त्यसो भए म भन्छु, “के तिनीहरू पतन हुनका लागि ठक्कर खाएका हुन् ?” त्यस्तो कहिले नहोस् । बरु, तिनीहरूका असफलताद्वारा तिनीहरूलाई डाही तुल्याउनको निम्ति गैरयहूदीहरूकहाँ मुक्ति आएको छ । 12 अब यदि तिनीहरूको असफलता संसारको निम्ति धन हो र यदि तिनीहरूको नोक्सानी गैरयहूदीहरूका निम्ति लाभ हो भने, तिनीहरूको पूर्णता झनै कति ठुलो हुन्छ होला ? 13 अनि अहिले म गैरयहूदीहरूसँग बोलिरहेको छु । जबसम्म म गैरयहूदीहरूको प्रेरित हुन्छु, म मेरो सेवा-कार्यमा गर्व गर्छु । 14 सायद मेरा आफ्नैहरूलाई म डाही तुल्याउनेछु । सायद हामीले तिनीहरूमध्ये केहीलाई बचाउनेछौँ । 15 किनकि यदि तिनीहरूको इन्कार संसारको मिलाप हो भने, तिनीहरूको स्वीकार मृतकहरूबाट जीवित पारिनुबाहेक के हुनेछ र ? 16 यदि अगौटे फलहरूलाई बचाएर राखिन्छ भने मुछेको पिठोको ढिक्कालाई पनि त्यसै गरिन्छ । यदि जरालाई बचाएर राखिन्छ भने हाँगाहरूलाई पनि त्यसै गरिन्छ । 17 तर यदि केही हाँगाहरू भाँचिएका थिए भने तिमी जङ्गली जैतूनको हाँगालाई तिनीहरूसँग कलमी बाँधिएका थियौ भने, र तिमीहरू जैतूनको उर्बर जरामा तिनीहरूसँग सहभागी भयौ भने 18 हाँगाहरू भएकोमा घमण्ड नगर । तर यदि तिमीले गर्व गर्छौ भने, जरालाई थाम्ने तिमी होइनौ, तर जराले तिमीलाई थाम्छ । 19 तब तिमीले भन्नेछौ, “हाँगाहरू भाँचिएका थिए, ताकि ममा कलमी बाँधियोस् ।” 20 त्यो सत्य हो । तिनीहरूको अविश्वासले तिनीहरू काटिए, तर तिमीहरू तिमीहरूको विश्वासले खडा छौ । आफैँलाई अति उच्च नठान, तर भय मान । 21 किनकि परमेश्वरले प्राकृतिक हाँगाहरूलाई त छोड्नुभएन भने, उहाँले तिमीहरूलाई पनि छोड्नुहुनेछैन । 22 तब परमेश्वरको दयाका कामहरू र कठोरतालाई हेर । एकातिर, पतन भएका यहूदीहरूमाथि परमेश्वरको कठोरता आइपर्यो । तर अर्कोतिर, यदि तिमीहरू उहाँको भलाइमा लागिरह्यौ भने तिमीहरूमाथि परमेश्वरको भलाइ आउँछ । नत्रता तिमीहरू पनि काटिनेछौ । 23 अनि त्यसरी नै, यदि तिनीहरू आफ्ना अविश्वासमा लागिरहँदैनन् भने तिनीहरू पुनः कलमी बाँधिनेछन् । 24 यदि तिमीहरू स्वभावैले जङ्गली जैतूनबाट काटियौ र आफ्नो स्वभाव विपरीत असल जैतूनमा कलमी बाँधियौ भने, यी यहूदीहरू जो प्राकृतिक हाँगाहरू हुन्, यिनीहरू आफ्नै जैतूनको रुखमा कति धेरै कलमी बाँधिनेछन् ? 25 किनकि भाइहरू हो, तिमीहरू यो रहस्यबारे अन्जान रहो भन्ने म चाहन्नँ, ताकि तिमीहरू आफ्नै विचारमा बुद्धिमानी नहोऊ । यो रहस्यचाहिँ गैरयहूदीहरू आउने काम पुरा नभएसम्म इस्राएलमा आंशिक रूपमा कठोर पार्ने काम भएको छ । 26 त्यसैले, सबै इस्राएली बचाइनेछन् जस्तो लेखिएको छ, “सियोनबाट एक जना उद्धारकर्ता आउनुहुनेछ । उहाँले याकूबबाट सबै अधर्महरू हटाइदिनुहुनेछ । 27 अनि तिमीहरूसँग मेरो करार यही हुनेछ, जब म तिनीहरूका पापहरू उठाई लानेछु ।” 28 एकातिर, सुसमाचारको सम्बन्धमा तिमीहरूका तर्फबाट तिनीहरू शत्रु हुन् । अर्कोतिर, परमेश्वरको चुनाउअनुसार पुर्खाहरूको खातिर तिनीहरू प्रियहरू हुन् । 29 किनकि परमेश्वरका वरदानहरू र बोलावट अपरिवर्तनशील हुन्छन् । 30 किनकि तिमीहरू पहिला परमेश्वरप्रति अनाज्ञाकारी थियौ, तर तिनीहरूका अनाज्ञाकारिताले अहिले तिमीहरूले दया प्राप्त गरेका छौ । 31 त्यसरी नै, अहिले यी यहूदीहरू अनाज्ञाकारी भएका छन्, ताकि तिमीहरूलाई देखाइएको दयाद्वारा तिनीहरूले पनि दया प्राप्त गर्न सकून् । 32 किनकि परमेश्वरले सबैलाई अनाज्ञाकारिताभित्र बन्द गर्नुभएको छ, ताकि उहाँले सबैलाई दया देखाउन सक्नुभएको होस् । 33 ओहो ! परमेश्वरका बुद्धि र ज्ञान दुवै कति गहन ! उहाँका न्यायहरू कति अगम्य र उहाँका मार्गहरू खोज्न नै नसकिने छन् ! 34 “किनकि परमेश्वरको मनलाई कसले जानेको छ र ? अथवा उहाँको सल्लाहकार को भएको छ र ? 35 अथवा कसले परमेश्वरलाई पहिले कुनै कुरा दिएको छ, ताकि त्यसलाई यो फर्काइयोस् ?” 36 किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन् । उहाँलाई नै सदासर्वदा महिमा होस् । आमेन ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । ९-१०, २६-२७, र ३४-३५ का पदहरूसँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
पावलले परमेश्वरको योजनाहरूमा अन्यजातिहरू र यहूदीहरूको स्थानलाई जनाउनको लागि “कलमी बाँध्ने” कुराको चित्रणको प्रयोग गर्छन् । “कलमी बाँध्ने” भनेको एउटा प्रक्रिया हो जसमा एउटा बिरुवालाई स्थायी रूपले अर्को बिरुवाको भाग बनाइन्छ । परमेश्वरले अन्यजातिहरूलाई एउटा जङ्गली हाँगाको रूपमा उहाँका मुक्तिका योजनाहरूमा कलमी बाँध्नुभएको चित्रणलाई पावलले प्रयोग गर्छन् । तर परमेश्वरले यहूदीहरूको बारेमा भुल्नुभएको छैन, जसलाई प्राकृतिक रूपमै बढेको बिरुवाको रूपमा बताइएको छ । परमेश्वरले ती यहूदीहरूलाई पनि बचाउनहुनेछ जसले येशूमा विश्वास गर्छन् ।
परमेश्वरका योजनाहरूमा इस्राएल अनि अनि )
हुन त एक जातिको रूपमा इस्राएलले परमेश्वरलाई इन्कार गरेको छ, उद्धार चाहिँ अनुग्रहद्वारा कामहरू बिना नै आउँछ भनेर तिनीहरूले बुझेको परमेश्वर चाहनुहुन्छ ।
“म, पावल, त्यसभए भन्छु”
पावलले यो प्रश्न सोध्छन् ताकि परमेश्वरले अन्यजातिहरूलाई उहाँका मानिसहरूका बीचमा संलग्न गर्नुभएको तर यहूदीहरूको हृदय चाहिँ कठोर पारिएको कुरामा दुःखी भएका अन्य यहूदीहरूका प्रश्नहरूको उनले उत्तर दिन सकून् ।
“त्यो सम्भव छैन !” वा “निश्चय नै होइन !” यो कुरा हुन सक्थ्यो भन्ने कुरालाई यस अभिव्यक्तिले कडा रूपमा इन्कार गर्छ । तपाईंको भाषामा तपाईंसँग यस्तै किसिमको कुनै अभिव्यक्ति हुन सक्छ जसलाई तपाईंले यहाँ प्रयोग गर्न सक्नुहुन्छ । तपार्इंले यसलाई रोमीहरू ९:१४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यसले बेन्यामीनबाट निस्केको वंशलाई जनाउँछ, जो १२ कुलहरूमध्येको एक थिए जसमा परमेश्वरले इस्राएलका मानिसहरूलाई विभाजन गर्नुभएयो ।
“जसलाई उहाँले अगाडिबाट नै चिन्नुहुन्थ्यो”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “एलियाले परमेश्वरसँग इस्राएलको विरुद्धमा बिन्ती गरेको समयको बारेमा धर्मशास्त्रले के अभिलेख राख्छ भन्ने कुरालाई पक्कै पनि तिमीहरू जान्दछौ”
पावलले धर्मशास्त्रलाई मानौँ त्यसले बोल्न सक्थ्यो भने झैँ गरेर जनाइरहेका छन् ।
“तिनीहरू” शब्दले इस्राएलका मानिसहरूलाई जनाउँछ ।
यहाँ “म” सर्वनामले एलियालाई जनाउँछ ।
“मलाई मार्न चाहँदै”
पावलले पाठकलाई उनको अर्को भनाइमा लैजानको निम्ति यस प्रश्नको प्रयोग गरिरहेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरले तिनलाई कसरी जवाफ दिनुहुन्छ ?”
यहाँ “तिनलाई” सर्वनामले एलियालाई जनाउँछ ।
“७,००० जना मानिसहरू”
यहाँ यसको अर्थ मानिसहरूको एक सानो समूह हो जसलाई परमेश्वरले उहाँको अनुग्रह प्राप्त गर्नको निम्ति चुन्नुभयो ।
परमेश्वरको करुणाले कसरी काम गर्छ भनेर व्याख्या गर्नलाई पावलले निरन्तरता दिन्छन् । वैकल्पिक अनुवादः “तर किनकि परमेश्वरको करुणाले अनुग्रहद्वारा काम गर्छ”
“हामीले के निष्कर्ष निकालौँ त ?” पावलले उनको पाठकलाई आफ्नो अर्को भनाइतर्फ लैजानलाई यस प्रश्न सोध्छन् । तपाईंले यसलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “हामीले स्मरण गर्नुपर्ने कुरा यही हो”
मानिसहरू आत्मिक रूपमा बोधा छन् भनेर जनाउने तथ्यको बारेमा यो एउटा अलङ्कार हो । तिनीहरू आत्मिक सत्यता सुन्न वा ग्रहण गर्न सक्षम छैनन् ।
यहाँ यसको अर्थ “ ... को गुण भएको” भन्ने हुन्छ, जस्तो कि “बुद्धिको आत्मा” ।
कसैको आँखाले देख्ने अवधारणालाई समझशक्ति प्राप्त गर्नु सरह मानिन्थ्यो ।
कसैको कानले सुन्ने अवधारणालाई आज्ञापालन सरह मानिन्थ्यो ।
यहाँ “टेबुल” एउटा प्रतिस्थापन शब्द हो जसले भोज खाने कुरालाई प्रतिनिधित्व गर्छ, र “जाल” र “पासो” भनेका अलङ्कारहरू हुन् जसले दण्डलाई प्रतिनिधित्व गर्छन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “हे परमेश्वर, कृपया तिनीहरूको भोजहरूलाई एउटा पासो झैँ बनाउनुहोस् जसले तिनीहरूलाई पक्रन्छ”
एउटा “ठेस खुवाउने ढुङ्गा” भनेको कुनै पनि त्यस्तो कुरा हो जसले कुनै व्यक्तिलाई अल्झिने बनाउँछ जसले गर्दा ऊ लड्छ । यहाँ यसले त्यस्तो केही कुरालाई प्रतिनिधित्व गर्छ जसले एक व्यक्तिलाई पाप गर्ने परीक्षा दिन्छ । वैकल्पिक अनुवादः “केही कुरा जसले तिनीहरूलाई पाप गर्ने परीक्षा दिन्छ”
“केही कुरा जसले तिमीहरूलाई तिनीहरूसँग बदला लिन दिन्छ”
यहाँ “तिनीहरूको ढाडलाई कुप्रो पार्नु” भनेको दासहरूलाई तिनीहरूका ढाडहरूमा बोझिला भारीहरू बोक्नलाई कर लगाउनुलाई जनाउने प्रतिस्थापन शब्द हो । यो तिनीहरूलाई सतावट भोग्न लाउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिनीहरूलाई गह्रौँ वजनहरू बोक्ने मानिसहरू झैँ कष्ट भोग्ने बनाउनु”
एक जातिको रूपमा इस्राएलले परमेश्वरलाई इन्कार गरिरहँदा, पावलले अन्यजातिहरूलाई होसियार बन्नलाई चेतावनी दिन्छन् ताकि तिनीहरूले पनि त्यही गल्ती नगरून् ।
पावलले जोड थप्नका लागि यस प्रश्नलाई प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “के तिनीहरूले पाप गरेको कारण परमेश्वरले तिनीहरूलाई सदाको लागि त्याग्नुभएको छ ?”
“त्यो सम्भव छैन !” वा “निश्चय नै होइन !” यो कुरा हुन सक्थ्यो भन्ने कुरालाई यस अभिव्यक्तिले कडा रूपमा इन्कार गर्छ । तपार्इंको भाषामा तपाईंसँग यस्तै किसिमको कुनै अभिव्यक्ति हुन सक्छ जसलाई तपाईंले यहाँ प्रयोग गर्न सक्नुहुन्छ । तपाईंले यसलाई रोमीहरू ९:१४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
तपाईंले यस वाक्यांशलाई रोमीहरू १०:१९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यी दुवै वाक्यांशहरूको मूलभूत रूपमा एउटै अर्थ हुन्छ । यदि तपाईंलाई आवश्यक पर्छ भने, तपाईंले तिनीहरूलाई आफ्नो अनुवादमा जोड्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जब यहूदीहरू आत्मिक रूपमा विफल भए, त्यसको परिणाम यो भयो कि परमेश्वरले गैर-यहूदीहरूलाई प्रशस्त गरी आशिष् दिनुभयो”
किनकि यहूदीहरूले ख्रीष्टलाई इन्कार गरे, परमेश्वरले अन्यजातिहरूलाई ख्रीष्टलाई ग्रहण गर्ने अवसर दिनुभएर प्रचुर मात्रामा आशिष् दिनुभयो ।
यहाँ “संसार” भनेको प्रतिस्थापन शब्द हो जसले संसारमा बस्ने मानिसहरूलाई, र विशेषगरी अन्यजातिहरूलाई जनाउँछ ।
तपाईंले यस वाक्यांशलाई रोमीहरू १०:१९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यसले “मेरा सङ्गी यहूदीहरू”लाई जनाउँछ ।
परमेश्वरले विश्वास गर्नेहरूलाई बचाउनुहुनेछ । वैकल्पिक अनुवादः “शायद केहीले विश्वास गर्नेछन् र परमेश्वरले तिनीहरूलाई बचाउनुहुनेछ”
“किनकि यदि परमेश्वरले तिनीहरूलाई इन्कार गर्नुभएको कारण, उहाँले बाँकीको संसारलाई आफूसँग पुनर्मिलापमा ल्याउनुहुन्छ भने”
“तिनीहरूको” भन्ने सर्वनामले यहूदी विश्वासीहरूलाई जनाउँछ ।
यहाँ “संसार” भनेको संसारमा बस्ने मानिसहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “संसारमा भएका मानिसहरू”
जब परमेश्वरले यहूदीहरूलाई स्वीकार गर्नुहुन्छ, तब त्यो उदेककको कुरा हुनेछ भनेर जोड दिनलाई पावलले यो प्रश्न सोध्छन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई स्वीकार गर्नुहुँदा त्यो कस्तो हुनेछ ? त्यो चाहिँ तिनीहरू मृतकहरूबाट जीवनमा फर्कीआएका झैँ हुनेछ !” वा “तब जब परमेश्वरले तिनीहरूलाई स्वीकार गर्नुहुन्छ, त्यो चाहिँ तिनीहरू मरेर फेरि जीवित बनेका झैँ हुनेछ !”
यी शब्दहरूले तल पातालको संसारमा भएका सबै मृत मानिसहरूको विषयमा एकसाथ बताउँछन् ।
पावलले इस्राएलीहरूका पूर्खाहरू, अब्राहाम, इसहाक र याकूबका विषयमा तिनीहरू कटनी गरिने प्रथम फसल वा “प्रथम फलहरू” भए झैँ गरेर बताइरहेका छन् । उनले पनि तिनीहरू “मुछेको पीठो” भए झैँ गरेर बताइरहेका छन् जुन पीठो तिनीहरूले फसलबाट बनाए । वैकल्पिक अनुवादः “यदि परमेश्वरलाई चढाइएका कुराहरूमा अब्राहामलाई प्रथम गनिन्छ भने, त्यसपछिका हाम्रा सबै पूर्खाहरूलाई पनि परमेश्वरको धनको रूपमा गनिनुपर्छ”
पावलले इस्राएलीहरूका पूर्खाहरू, अब्राहाम, इसहाक र याकूबका विषयमा तिनीहरू कुनै रूखको जरा भए झैँ गरेर बताइरहेका छन्, र ती मानिसहरूका सन्तानहरू, इस्राएलीहरूका विषयमा तिनीहरू त्यस रूखका “हाँगाहरू” भए झैँ गरेर बताइरहेका छन् ।
मानिसहरूले तिनीहरूले कटनी गरेका प्रथम फसललाई सधैँ परमेश्वरलाई अर्पण गर्थे । यहाँ “प्रथम फसल”को अर्थ ख्रीष्टमा विश्वास गर्ने प्रथम मानिसहरू हुन्छ ।
यहाँ “तिमी” सर्वनाम, र “जङ्गली जैतूनको हाँगा” भन्ने वाक्यांशले अन्यजाति मानिसहरूलाई जनाउँछन् जसले येशूद्वारा उद्धारलाई ग्रहण गरेका छन् ।
यहाँ पावलले येशूलाई इन्कार गर्ने यहूदीहरूलाई “भाँचिएका हाँगाहरू”को रूपमा जनाउँछन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तर यदि कसैले केही हाँगाहरूलाई भाँच्यो भने”
यहाँ पावलले अन्यजाति ख्रीष्टिएनहरूको विषयमा तिनीहरू “कलमी बाँधिएका हाँगाहरू” भए झैँ गरेर बताउँछन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीलाई बाँकीका हाँगाहरूका माझमा रूखमा गाँस्नुभयो”
यहाँ “उर्बर जरा” भनेको एउटा अलङ्कार हो जसले परमेश्वरका प्रतिज्ञाहरूलाई जनाउँछ ।
यहाँ “हाँगाहरू” भनेको एउटा अलङ्कार हो जसले यहूदी मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरू परमेश्वरले इन्कार गर्नुभएको यहूदी मानिसहरूभन्दा उत्तम हौ भनेर नभन”
फेरि पनि पावलले अन्यजाति विश्वासीहरू हाँगाहरू हुन् भन्ने अर्थ लगाउँछन् । परमेश्वरले यहूदीहरूसँग गर्नुभएको करारका प्रतिज्ञाहरूको कारणले गर्दा मात्रै उहाँले तिनीहरूलाई बचाउनुहुन्छ ।
यहाँ “हाँगाहरू”ले ती यहूदीहरूलाई जनाउँछ जसले येशूलाई इन्कार गरे र जसलाई अब परमेश्वरले इन्कार गर्नुभएको छ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हाँगाहरूलाई तोड्नुभयो”
पावलले यस वाक्यांशलाई परमेश्वरले स्वीकार गर्नुभएको अन्यजाति विश्वासीहरूलाई जनाउनका लागि प्रयोग गर्छन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “उहाँले मलाई गाँस्नुभएको होस्”
“तिनीहरूको” र “तिनीहरू” भन्ने सर्वनामहरूले ती यहूदी मानिसहरूलाई जनाउँछन् जसले विश्वास गरेनन् ।
पावलले अन्यजाति विश्वासीहरू विश्वासयोग्य रहिरहेका कुरालाई तिनीहरू खडा भएर उभिरहेका र तिनीहरूलाई कसैले सार्न नसक्ने भए झैँ गरेर बताउँछन् । वैकल्पिक अनुवादः “तर तिमीहरू आफ्नो विश्वासको कारण रहन्छौ”
यहाँ “प्राकृतिक हाँगाहरू”ले ती यहूदी मानिसहरूलाई जनाउँछ जसले येशूलाई इन्कार गरे । वैकल्पिक अनुवादः “किनकि परमेश्वरले कुनै एउटा रूखको जराबाट आएका प्राकृतिक हाँगाहरूको रूपमा बढेका ती अविश्वासी यहूदीहरूलाई बाँकी राख्नुभएन भने, यदि तिमीले विश्वास गरेनौ भने, उहाँले तिमीलाई पनि बाँकी राख्नुहुने छैन”
पावलले अन्यजाति विश्वासीहरूलाई स्मरण गराउँदैछन् कि परमेश्वरले तिनीहरूप्रति दयापूर्ण रूपमा व्यवहार गर्नुभए तापनि, उहाँले तिनीहरूको इन्साफ गर्न र तिनीहरूलाई दण्ड दिन हिचकिचाउनुहुनेछैन ।
भाववाचक नामपद शब्दहरू “कठोरता” र “दया”लाई हटाउने गरेर यसलाई पुनः व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पतन भएका यहूदीहरूसँग परमेश्वरले कठोर तवरले व्यवहार गर्नुभयो ... तर परमेश्वरले तिमीलाई दयालु भएर व्यवहार गर्नुहुन्छ”
गलत कुरा गर्नुलाई पतन हुने कुराको रूपमा बताइएको छ । वैकल्पिक अनुवादः “ती यहूदीहरू जसले गल्ती गरेका छन्” वा “ती यहूदीहरू जसले ख्रीष्टमा भरोसा गर्नलाई इन्कार गरेका छन्”
भाववाचक नामपद शब्द “दया”लाई हटाउने गरेर यसलाई पुनः व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि तिमीले जे ठीक छ सो गरिरह्यौ भने ताकि उहाँ तिमीप्रति दयालु भइरहनुहुन्छ”
पावलले फेरि पनि हाँगाको अलङ्कारलाई प्रयोग गर्छन्, जसलाई परमेश्वरले उहाँलाई चाहिएको खण्डमा “काट्न सक्नुहुन्छ” । यहाँ “काट्नु” भनेको कसैलाई इन्कार गरेको कुरालाई जनाउने अलङ्कार हो । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “नत्रता परमेश्वरले तिमीलाई काट्नुहुनेछ” वा “नत्रता परमेश्वरले तिमीलाई इन्कार गर्नुहुनेछ”
“आफ्ना अविश्वासमा लागिरहँदैनन्” भन्ने वाक्यांश युगल अकरण हो । तपाईंले यसलाई सकारात्मक रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यदि यहूदीहरू ख्रीष्टमा विश्वास गर्न थाल्छन् भने”
पावलले यहूदीहरूको विषयमा तिनीहरू हाँगाहरू भए झैँ गरेर बताउँछन् जसले येशूमा विश्वास गर्न थाले भने तिनीहरूलाई पुनः रूखमा कलमी बाँधिन सकिन्छ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई पुनः कलमी बाँध्नुहुनेछ”
यो एउटा चलिआएको प्रक्रिया हो जसमा एउटा रूखको जीवित हाँगाको अन्तिम भागलाई अर्को रूखमा जोडिन्छ ताकि नयाँ हाँगा त्यस रूखमा बढिरहोस् ।
“तिनीहरू” वा “तिनीहरूलाई” शब्दहरूका सबै प्रयोगहरूले यहूदीहरूलाई जनाउँछन् ।
पावलले अन्यजाति विश्वासीहरू र यहूदीहरूको विषयमा तिनीहरू रूखका हाँगाहरू भए झैँ गरेर बताउनलाई निरन्तरता दिन्छन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “किनकि यदि परमेश्वरले तिमीलाई स्वाभावैले जङ्गली रहेको जैतूनको रूखबाट काट्नुभएको थियो, र त्यस स्वभावको विपरीतमा एउटा असल जैतूनको रूखमा कलमी बाँध्नुभएको थियो भने, उहाँले यी यहूदीहरूलाई, जो प्राकृतिक हाँगाहरू हुन्, कति धेरै तिनीहरूको आफ्नै जैतूनको रूखमा कलमी बाँध्नुहुनेछ ?”
पावलले अन्यजातिहरू र यहूदीहरूको विषयमा तिनीहरू रूखका हाँगाहरू भए झैँ गरेर बताइरहेका छन् । The “प्राकृतिक हाँगाहरू”ले यहूदीहरूलाई प्रतिनिधित्व गर्छ, र “कलमी बाँधिएका हाँगाहरू”ले अन्यजाति विश्वासीहरूलाई प्रतिनिधित्व गर्छ ।
यहाँ पावलले युगल अकरणलाई प्रयोग गर्छन् । तपाईंले यसलाई सकारात्मक रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “म तिमीहरू सचेत भएको धेरै चाहन्छु”
यहाँ “भाइहरू” शब्दको अर्थ पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरू भन्ने हुन्छ ।
“म” सर्वनामले पावललाई जनाउँछ ।
“तिमीहरू” र “तिमीहरूको” भन्ने सर्वनामहरूले अन्यजाति विश्वासीहरूलाई जनाउँछन् ।
अन्यजाति विश्वासीहरूले आफैँलाई यहूदी अविश्वासीहरूभन्दा बढी बुद्धिमान् सोचेका पावल चाहँदैनन् । वैकल्पिक अनुवादः “ताकि तिमीहरूले आफैँलाई तिमीहरू जति छौ सोभन्दा बढी बुद्धिमान् ठान्नेछैनौ”
पावलले “कठोर पार्ने काम” वा हठीपनाको विषयमा ती चाहिँ जिउका शारीरिक अङ्गहरूलाई कडा बनाउने कुरा भए झैँ गरेर बताउँछन् । केही यहूदीहरूले येशूद्वारा पाउने उद्धारलाई इन्कार गरेका छन् । वैकल्पिक अनुवादः “इस्राएलका धेरै मानिसहरूले हठी हुनलाई निरन्तरता दिन्छन्”
“जबसम्म” भन्ने शब्दले यहाँ यो अर्थ दिन्छ कि परमेश्वरले अन्यजातिहरूलाई मण्डलीमा ल्याउने कार्य सकाउनुभएपछि मात्रै केही यहूदीहरूले विश्वास गर्नेछन् ।
पावलले भन्छन् कि एकजना छुटकारा दिनुहुने इस्राएलबाट परमेश्वरको महिमामा आउनुहुनेछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसैकारण परमेश्वरले सम्पूर्ण इस्राएललाई बचाउनुहुनेछ”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जसरी धर्मशास्त्रले अभिलेख राख्छ”
“सियोन”लाई परमेश्वर बस्नुहुने वासस्थानलाई जनाउने प्रतिस्थापन शब्दको रूपमा प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “त्यहाँबाट जहाँ परमेश्वर यहूदीहरूको माझमा हुनुहुन्छ”
“उहाँ जसले आफ्ना मानिसहरूलाई सुरक्षामा ल्याउनुहुन्छ”
पावलले ईश्वरहीनतालाई त्यो कुनै वस्तु भए झैँ गरेर बताउँछन् जसलाई कसैले हटाउन सक्थ्यो, शायद जसरी कोही व्यक्तिले कुनै वस्त्रलाई हटाउँछ ।
यहाँ “याकूब”लाई इस्राएललाई जनाउने प्रतिस्थापन शब्दको रूपमा प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “इस्राएली मानिसहरूबाट”
यहाँ पावलले पापहरूको विषयमा तिनीहरू वस्तुहरू भए झैँ गरेर बताउँछन् जसलाई कसैले लैजान सक्थ्यो । वैकल्पिक अनुवादः “म तिनीहरूका पापहरूका बोझहरूलाई हटाउनेछु”
पावलले सुसमाचारलाई किन उल्लेख गर्छन् भनेर तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “किनभने यहूदीहरूले सुसमाचारलाई इन्कार गरे”
तिनीहरू कसका शत्रुहरू हुन, र यो कसरी अन्यजातिहरूको खातिर थियो भनेर तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरू तिमीहरूका खातिर परमेश्वरला शत्रुहरू हुन्” वा “तिमीहरूले पनि सुसमाचार सुनेका होओ भनेर परमेश्वरले तिनीहरूलाई शत्रहरूको रूपमा व्यवहार गर्नुभएको छ”
पावलले चुनाउलाई किन उल्लेख गर्छन् भनेर तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “किनभने परमेश्वरले यहूदीहरूलाई चुनाउ गर्नुभएको छ” वा “किनभने परमेश्वरले यहूदीहरूलाई चुन्नुभएको छ”
यहूदीहरूलाई कसले प्रेम गर्नुहुन्छ र पावलले तिनीहरूका पूर्खाहरूलाई किन उल्लेख गर्छन् भनेर तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । तपाईंले यसलाई कर्तृ वाच्यमा पनि अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूका पूर्खाहरूका लागि आफूले जे गर्ने प्रतिज्ञा गर्नुभयो त्यसको कारण उहाँले तिनीहरूलाई अझै पनि प्रेम गर्नुहुन्छ”
परमेश्वरले उहाँका मानिसहरूलाई दिने प्रतिज्ञा गर्नुभएको आत्मिक र भौतिक आशिष्हरूको विषयमा पावलले ती वरदानहरू भए झैँ गरेर बताउँछन् । परमेश्वरको बोलावटले परमेश्वरले यहूदीहरूलाई उहाँका मानिसहरू हुनलाई बोलाउनुभयो भन्ने तथ्यलाई जनाउँछ । वैकल्पिक अनुवादः “किनकि परमेश्वरले तिनीहरूलाई दिने प्रतिज्ञा गर्नुभएको कुराको बारेमा, र उहाँले तिनीहरूलाई कसरी उहाँका मानिसहरू हुनलाई बोलाउनुभएको छ भन्ने बारेमा उहाँले कहिल्यै पनि आफ्नो मन बदल्नुहुन्न”
“तिमीहरूले विगतमा आज्ञाको पालना गरेनौ”
यहाँ दयाको अर्थ परमेश्वरका आशिष्हरू भन्ने हुन्छ जुन पाउन कोही लायकको थिएन । वैकल्पिक अनुवादः “किनभने यहूदीहरूले येशूलाई इन्कार गरेका छन्, तिमीहरूले आशिष्हरू प्राप्त गरेका छौ जुन पाउने हैसियत तिमीहरूको थिएन”
यसले अन्यजाति विश्वासीहरूलाई जनाउँछ, र यो बहुवचनमा छ ।
परमेश्वरले उहाँको अनाज्ञापालन गर्ने मानिसहरूलाई ती कैदीहरू जस्तो व्यवहार गर्नुभएको छ जो झ्यालखानाबाट उम्कन सक्दैनन् । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँको अनाज्ञापालन गर्ने मानिसहरूलाई कैदीहरू बनाउनुभएको छ । अब तिनीहरूले परमेश्वरको अनाज्ञापालन गर्नलाई रोक्न सक्दैनन्”
यहाँ “बुद्धि” र “ज्ञान”को अर्थ मूलभूत रूपमा एउटै हुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरको बुद्धि र ज्ञान दुवैका प्रशस्त लाभहरू कति आश्चर्यजनक छन् !”
“उहाँले निर्णय गर्नुभएका कुराहरू बुझ्नलाई र उहाँले हामीलाई गर्नुहुने व्यवहारका तरिकाहरू पत्ता लगाउनलाई हामी पूर्णतया असक्षम छौँ र हामीसँग उहाँले गर्नुहुने व्यवहार पत्ता लगाउन हामी पूर्ण रूपमा असक्षम छौँ”
कोही पनि प्रभु जत्तिकै बुद्धिमान् छैन भनेर जोड दिनका लागि पावलले यस प्रश्नलाई प्रयोग गर्छन् । तपाईंले यसलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “कसैले पनि कहिल्यै प्रभुको मनलाई थाहा गरेको छैन, र कोही पनि उहाँको सल्लाहकार भएको छैन ।”
यहाँ “मन” भनेको कुराहरू थाहा पाउने वा कुराहरूको बारेमा सोच्ने कुरालाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “ती सबै जो प्रभुले जान्नुहुन्छ” वा “जसको बारेमा प्रभुले सोच्नुहुन्छ”
पावलले उनको भनाइलाई जोड दिनका लागि यो प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “कसैले पनि परमेश्वरलाई त्यस्तो केही कुरा दिएको छैन जुन उसले सुरुमा परमेश्वरबाट प्राप्त गरेन” * किनकि उहाँबाट ... उहाँद्वारा ... उहाँलाई - यहाँ “उहाँ”का सबै प्रयोगहरूले परमेश्वरलाई जनाउँछन् ।
यसले सबै मानिसहरूले परमेश्वरलाई सम्मान गरून् भन्ने पावलको इच्छालाई व्यक्त गर्छ । तपाईंले यसलाई आफ्नो अनुवादमा स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “सबै मानिसहरूले उहाँलाई सदा सम्मान गरून् !”
1 यसकारण, भाइहरू हो, परमेश्वरको कृपाद्वारा म तिमीहरूलाई बिन्ती गर्दछु, कि आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरमा ग्रहणयोग्य जिउँदो बलिको रूपमा अर्पण गर । यो नै तिमीहरूको उचित सेवा हो । 2 यस संसारको ढाँचाअनुसार नचल, तर आफ्नो मनलाई नयाँ बनाई पूर्ण रूपमा परिवर्तित होओ । परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो भनी जान्न यसो गर । 3 किनभने मलाई दिइएको अनुग्रहअनुसार म यो कुरा भन्छु, कि तिमीहरूमध्ये कसैले पनि आफूलाई जस्तो ठान्नुपर्ने हो सोभन्दा बढी नठानोस् । बरु, परमेश्वरले हरेकलाई दिनुभएको विश्वासको नापबमोजिम बुद्धिमानी ढङ्गले सोच्नुपर्छ । 4 किनभने हाम्रो एउटा शरीरमा धेरै अङ्गहरू छन्, तर अङ्गहरूको काम एउटै हुँदैन । 5 त्यसरी नै, हामीहरू जो धेरै छौँ ख्रीष्टमा एउटै शरीर हौँ, र हामी सबै एक-अर्काका अङ्गहरू हौँ । 6 हामीलाई दिइएको अनुग्रहअनुसार हामीसँग फरक-फरक वरदानहरू छन् । यदि कसैको वरदान अगमवाणी हो भने, उसको विश्वासको परिमाणअनुसार गरोस् । 7 यदि कसैको वरदान सेवाको हो भने, त्यसले सेवा गरोस् । यदि कसैसँग सिकाउने वरदान छ भने, त्यसले सिकाओस् । 8 यदि कसैको वरदान उत्साह दिने हो भने, त्यसले उत्साह देओस् । यदि कसैको वरदान दिने छ भने, त्यसले उदारतासाथ गरोस् । यदि कसैको वरदान अगुवाइ गर्ने हो भने, त्यसले होसियारीसाथ गरोस् । यदि कसैको वरदान दया गर्ने हो भने, त्यसले यो प्रसन्न भएर गरोस् । 9 प्रेम निष्कपट होस् । जे खराब छ, त्यसलाई घृणा गर; जे असल छ, त्यसमा लागिरहो । 10 दाजुभाइहरूबिच हुने प्रेमको सम्बन्धमा चाहिँ एक-अर्काप्रति स्नेही बन । आदर गर्ने सम्बन्धमा एक-अर्कालाई आदर गर । 11 लगनशीलताको सम्बन्धमा नहिच्किचाओ । आत्माको सन्बन्धमा उत्सुक होओ । प्रभुको सम्बन्धमा उहाँको सेवा गर । 12 तिमीहरूमा भएको भविष्यप्रतिको निश्चयताको बारेमा आनन्द मनाओ । दुःखमा धैर्य गर । निरन्तर प्रार्थना गर्दै रहो । 13 विश्वासीहरूका खाँचाहरूमा बाँड-चुँड गर । अतिथि सत्कारको निम्ति धेरै उपायहरूको खोजी गर । 14 तिमीहरूलाई सताउनेहरूलाई आशिष् देओ; श्राप नदेओ । 15 आनन्द गर्नेहरूसँग आनन्द मनाओ; रुनेहरूसँग रोओ । 16 एक अर्काप्रति एउटै मनका होओ । अभिमानी तरिकाले नसोच, तर नम्रहरूलाई स्वीकार गर । आफ्नै विचारमा बुद्धिमान् नहोओ । 17 खराबीको सट्टा खराबी नगर । सबै मानिसको नजरमा असल गर । 18 सम्भव भए, तपाईंको हकमा भएसम्म सबैसँग शान्तिमा बस । 19 प्रिय हो, आफैँले बदला नलेओ, तर परमेश्वरको क्रोधमा छोडिदेओ । किनकि लेखिएको छ, “बदला लिने काम मेरो हो; मैले बदला लिनेछु”, परमप्रभु भन्नुहुन्छ । 20 “तर तिम्रो शत्रु भोकाएको छ भने, उसलाई खान देऊ । ऊ तिर्खाएको छ भने, उसलाई पिउन देऊ । किनकि तिमीले यसो गर्यौ भने तिमीले उसको टाउकोमा आगोको भुङ्ग्रो खन्याउनेछौ ।” 21 खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले पद २० का शब्दहरूसँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएका हुन् ।
धेरै विद्वानहरू विश्वास गर्छन् कि पावलले १-११ का अध्यायहरूका सबैकुराहरूलाई जनाउनको लागि [रोमीहरू १२:१]
मोशाको व्यवस्थामुनि, मानिसहरूले मन्दिरमा पशुहरूको बलि वा अनाजको भेटी चढाउनुपर्थ्यो । अब ख्रीष्टिएनहरूले तिनीहरूको जीवन परमेश्वरको सामु एउटा बलिदानको रूपमा जिउनुपर्छ । भौतिक बलिदानहरूको अब कुनै आवश्यकता छैन ।
ख्रीष्टको शरीर मण्डलीलाई जनाउनको लागि धर्मशास्त्रमा प्रयोग गरिएको एउटा महत्त्वपूर्ण अलङ्कार वा चित्रण हो । हरेक मण्डली सदस्यले एक अद्वितीय र महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । ख्रीष्टिएनहरूलाई एकअर्काको खाँचो हुन्छ । अनि
एक विश्वासीको जीवन कस्तो हुनुपर्छ र विश्वासीहरूले कसरी सेवा गर्नुपर्छ भनेर पावलले बताउँछन् ।
यहाँ “भाइहरू”ले पुरुष र स्त्री दुवै गरेर सङ्गी विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “मेरा सङ्गी विश्वासीहरू हो, परमेश्वरले तिमीहरूलाई दिनुभएको महान् कृपाको कारण तिमीहरूले ... म निकै चाहन्छु”
यहाँ पावलले “शरीर” भन्ने शब्दलाई पूर्ण व्यक्तिलाई जनाउनको निम्ति प्रयोग गर्छन् । परमेश्वरको पूर्ण रूपमा आज्ञापालन गर्ने ख्रीष्टमा एक विश्वासीलाई पावलले यहूदीहरूले मारेर परमेश्वरलाई चढाएका कुनै पशुसँग तुलना गरिरहेका छन् । वैकल्पिक अनुवादः “तिमीहरू जीवित हुँदा नै आफैँलाई पूर्ण रूपमा परमेश्वरमा अर्पित गर्नु मानौँ तिमीहरू मन्दिरको वेदीमा चढाइएको मृत बलि हौ”
सम्भावित अर्थहरू हुन् १) “एउटा बलि जो तिमीहरूले केवल परमेश्वरलाई दिन्छौ र जसले उहाँलाई प्रसन्न बनाउँछ” वा २)” नैतिक रूपमा शुद्ध भएको कारणले परमेश्वरको निम्ति ग्रहणयोग्य”
“यो परमेश्वरलाई आराधना गर्ने सही तरिका हो”
सम्भावित अर्थहरू हुन् १) “त्यसरी व्यवहार नगर जसरी संसारले व्यवहार गर्छ” वा २) “त्यसरी नसोच जसरी संसारले सोच्छ”
सम्भावित अर्थहरू हुन् १) “तिमीहरूले के गर्नुपर्छ र सोच्नुपर्छ भनेर संसारलाई भन्न नदेओ” वा “तिमीहरूले आफैँलाई संसारले जसरी व्यवहार गर्न वा काम गर्न नदेओ ।”
यसले अविश्वासीहरूलाई जनाउँछ जो यस संसारमा बस्छन् ।
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तर तिमीहरूले सोच्ने र व्यवहार गर्ने तरिकालाई परमेश्वरलाई बदल्न देओ”
यहाँ “अनुग्रह”ले पावललाई परमेश्वरले एक प्रेरित र मण्डलीको अगुवा हुनलाई चुन्नुभएको कुरालाई जनाउँछ । तपाईंले यसलाई आफ्नो अनुवादमा स्पष्ट पार्न सक्नुहुन्छ । तपाईंले यसलाई कर्तृ वाच्यमा पनि अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “किनभने परमेश्वरले मलाई स्वतन्त्र रूपमा एक प्रेरित हुनको निम्ति चुन्नुभयो”
“कि तिमीहरूका माझमा भएको कसैले पनि तिनीहरू अरू मानिसहरूभन्दा उत्तम छन् भनेर नसोचोस्”
“तर तिमीहरू आफ्नै बारेमा कसरी विचार गर्छौ भन्ने कुरामा तिमीहरू बुद्धिमान् हुनुपर्छ”
पावलले यहाँ अर्थ लगाउँछन् कि विश्वासीहरूसँग विभिन्न क्षमताहरू हुन्छ जुन परमेश्वरमा तिनीहरूको विश्वासअनुसार हुन्छ । वैकल्पिक अनुवादः “किनकि तिमीहरूको परमेश्वरमा भएको विश्वासको कारण परमेश्वरले तिमीहरू हरेकलाई विभिन्न क्षमताहरू दिनुभएको छ”
केही ख्रीष्टिएनहरूले किन तिनीहरू अरूहरूभन्दा उत्तम छन् भनेर सोच्नुहुँदैन भनेर अब पावलले व्याख्या गर्नेछन् भनेर देखाउनलाई उनले यो शब्दलाई प्रयोग गर्छन् ।
पावलले ख्रीष्टमा भएका सारा विश्वासीहरूलाई तिनीहरू मानव शरीरको विभिन्न भागहरू भए झैँ गरेर जनाउँछन् । विश्वासीहरूले ख्रीष्टलाई विभिन्न तरिकाहरूमा सेवा गर्न सकेतापनि, हरेक व्यक्ति ख्रीष्टको हो र एउटा महत्त्वपूर्ण ढङ्गमा सेवा गर्छ भनेर प्रस्ट पार्नलाई उनले यसो गर्छन् ।
यी चाहिँ आँखा, पेट, र हात जस्ता कुरा हुन् ।
पावलले विश्वासीहरूको विषयमा यसरी बताउँछन् कि मानौँ तिनीहरूलाई मानव शरीरको भागहरूलाई झैँ गरेर परमेश्वरले शारीरिक रूपमा एकसाथ जोड्नुभएको थियो । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हरेक विश्वासीलाई अरू सारा विश्वासीहरूसँग एकसाथ जोड्नुभएको छ”
पावलले विश्वासीहरूका विभिन्न क्षमताहरू परमेश्वरबाटका सित्तैको वरदानहरू भए झैँ गरेर बताउँछन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामी हरेकलाई उहाँको निम्ति विभिन्न कार्य गर्नलाई सित्तैमा क्षमता दिनुभएको छ”
सम्भावित अर्थहरू हुन् १) “परमेश्वरले हामीलाई दिनुभएको विश्वासको परिमाणभन्दा बाहिर नजाने गरेर उसले अगमवाणीहरू बोलोस्” वा २) “हाम्रो विश्वासको शिक्षाहरूसँग मेल खाने गरेर उसले अगमवाणीहरू बोलोस् ।”
यहाँ “दिने कुरा”ले पैसा र अन्य थोकहरू मानिसहरूलाई दिने कुरालाई जनाउँछ । तपाईंले यस अर्थलाई आफ्नो अनुवादमा स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यदि एकजनासँग आवश्यकतामा परेका मानिसहरूलाई पैसा वा अन्य थोकहरू दिने वरदान छ भने”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले मानिसहरूलाई इमान्दार र सच्चा तरिकाले प्रेम गर्नुपर्छ”
यहाँ पावलले प्रयोग गरेका शब्दले त्यस किसिमको प्रेमलाई जनाउँछ जुन परमेश्वरबाट आउँछ र अरूहरूको भलाइमा केन्द्रीत हुन्छ, तब पनि जब त्यसले त्यो व्यक्ति आफैँलाई फाइदा गर्दैन ।
यो दाजुभाइ बीचको प्रेम वा साथी वा परिवारको सदस्यको निम्ति गरिने प्रेमको लागि अर्को शब्द हो । यो साथीहरू वा आफन्तहरू बीचमा भएको स्वाभाविक मानवीय प्रेम हो ।
पावलले नौवटा कुराको सूचीलाई सुरु गर्दै छन्, जसमा विश्वासीहरूलाई तिनीहरू कस्ता व्यक्ति हुनुपर्छ भनेर बताउन उनले सबै “ ... विषयमा ... होऊ” भन्ने ढाँचालाई प्रयोग गरेका छन् । तपार्इंले केहीलाई “ ... विषयमा ... गर” भनेर अनुवाद गर्नुपर्ने हुन सक्छ । त्यो सूची रोमीहरू १२:१३ सम्म लम्बिन्छ ।
“तिमीहरूले आफ्ना सङ्गी विश्वासीहरूलाई कसरी प्रेम गर्छौ भन्ने विषयमा”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “स्नेह देखाओ”
“एक अर्कालाई सम्मान र आदर गर” वा “तिमीहरूले आफ्ना सङ्गी विश्वासीहरूलाई आदर गरेर तिनीहरूलाई सम्मान गर”
“आफ्नो कर्तव्यमा अल्छी नहोऊ, तर आत्मालाई पछ्याउन र प्रभुको सेवा गर्न उत्साही होऊ”
“तिमीहरूलाई समस्या पर्दा धैर्य गरेर पर्ख”
यो रोमीहरू १२:९ मा सुरु भएको सूचीमा भएको अन्तिम कुरा हो । “जब सङ्गी ख्रीष्टिएनहरू कष्टमा हुन्छन्, तिनीहरूलाई आवश्यक परेको कुरामा सहायता गर”
“तिनीहरूलाई कतै बस्ने ठाउँको आवश्यकता हुँदा आफ्ना घरहरूमा सधैँ स्वागत गर”
यो एउटा वाक्पद्धति हो जसको अर्थ एकतामा जिउनु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “एक अर्कासँग सहमत होओ” वा “एक अर्कासँग एकतामा बस”
“तिमीहरू आफैँलाई अरूभन्दा बढी महत्त्वको छु भनेर नठान”
“महत्त्वपूर्ण नदेखिने मानिसहरूलाई स्वागत गर”
“अरू सबैभन्दा आफूलाई धेरै बुद्धि भएको व्यक्तिको रूपमा नसम्झ”
“यदि तिमीहरूको विरुद्धमा कसैले खराब काम गरेको छ भने, त्यसको विरुद्धमा खराबी नगर”
“सबैजनाले असल मान्ने कामहरू गर”
“सबैजनासँग मिलापमा बस्नको निम्ति तिमीहरूले सक्दो प्रयास गर”
यहाँ “क्रोध” भनेको परमेश्वरको दण्डलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिनीहरूलाई दण्ड दिन परमेश्वरलाई दिनु”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “किनकि कसैले लेखेको छ”
यी दुईवटा वाक्यांशले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् र परमेश्वरले उहाँका मानिसहरूको बदला लिनुहुनेछ भनेर जोड दिन्छन् । वैकल्पिक अनुवादः “म निश्चय नै तिमीहरूको साटोमा बदला लिनेछु”
यहाँ भएका सबै “तिमी” र “तिम्रो” शब्दहरी एक व्यक्तिको निम्ति भए झैँ गरेर प्रयोग भएका छन् ।
१२:२० मा पावलले धर्मशास्त्रको अर्को खण्डलाई उद्धरण गर्छन् । वैकल्पिक अनुवादः “तर धर्मशास्त्रले यसो पनि भन्छ, ‘यदि तिम्रो शत्रु भोको छ भने ... उसको टाउको’”
“उसलाई केही खाने कुरा देऊ”
ती शत्रुहरूले पाउने दण्डलाई पावलले तिनीहरूका टाउकोमा तातो कोइलाको भुङ्ग्रो खनाइएको रूपमा तुलना गरेका छन् । सम्भावित अर्थहरू हुन् १) “जुन मानिसले तिमीलाई चोट पुर्याएको छ, त्यसले तिमीलाई दुर्व्यवहार गरेकोमा उसलाई खराब महसुस गराऊ” वा २) तिम्रो शत्रुलाई झन् कडा रूपमा इन्साफ गर्नको निम्ति परमेश्वरलाई कारण देऊ ।”
पावलले “खराबी”लाई त्यो कुनै व्यक्ति भए झैँ गरेर वर्णन गर्छन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जो दुष्ट छन्, तिमीलाई पराजित गर्न तिनीहरूलाई नदेऊ, तर असल थोकहरू गरेर तिनीहरूलाई पराजित गर”
यी क्रियापदहरू एक व्यक्तिलाई झैँ गरेर सम्बोधन गरिएका छन् त्यसैले ती एकवचनमा छन् ।
1 हरेक व्यक्ति उच्च अख्तियारको अधीनतामा रहोस्, किनभने परमेश्वरबाट आउने अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन । जुन अधिकारीहरू छन्, तिनीहरू परमेश्वरद्वारा नियुक्त गरिएका हुन् । 2 यसकारण, जसले उक्त अधिकारीहरूको प्रतिरोध गर्छ, त्यसले परमेश्वरको विरोध गर्दछ; जसले यसलाई विरोध गर्छ, तिनीहरूले आफैँमाथि न्याय गर्छन् । 3 असल कामहरूका निम्ति होइन, तर दुष्ट कामहरूका निम्ति शासकहरूको डर मानिन्छ । के तिमी अधिकारीप्रति निर्भय हुने इच्छा गर्छौ ? जे असल छ त्यही गर, र तिमीले तिनीहरूबाट प्रशंसा पाउनेछौ । 4 किनकि भलाइको निम्ति तिनी तिम्रो लागि परमेश्वरका सेवक हुन् । तर यदि तिमीले खराबी गर्यौ भने भयभीत होऊ; किनकि तिनले विनाकारण तरवार भिर्दैनन् । किनकि तिनी परमेश्वरका एक सेवक हुन् अर्थात् खराबी गर्नेमाथि बदला लिने व्यक्ति हुन् । 5 यसकारण, क्रोधको कारणले मात्र होइन, तर विवेकको खातिर पनि तिमीले आज्ञा पालन गर्नुपर्छ । 6 तसर्थ, तिमी कर पनि तिर्छौ । अधिकारीहरू यिनै कुराहरूको निरन्तर रूपमा हेरचाह गर्ने परमेश्वरका सेवकहरू हुन् । 7 तिर्नु पर्नेलाई तिर; कर तिर्नुपर्नेलाई कर र महसुल दिनुपर्नेलाई महसुल देऊ; डर मान्नुपर्नेको डर मान; जसको इज्जत गर्नुपर्ने हो, उसको इज्जत गर । 8 एकले अर्कोलाई प्रेम गर्नुबाहेक कसैको ऋणी नहोऊ । जसले आफ्नो छिमेकीलाई प्रेम गर्दछ, त्यसले व्यवस्था पालना गरेको हुन्छ । 9 किनकि, “तिमीले व्यभिचार नगर, तिमीले हत्या नगर, तिमीले नचोर, तिमीले लालच नगर” र यदि अरू आज्ञाहरू पनि छन् भने यसलाई यही वाक्यमा सारांशमा ल्याउन सकिन्छ, “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर ।” 10 प्रेमले आफ्नो छिमेकीलाई हानि गर्दैन । त्यसकारण, प्रेममा नै व्यवस्था पुरा हुन्छ । 11 यसकारण, तिमीहरूले समय जान्दछौ, निन्द्राबाट ब्युँझने समय अघि नै भइसकेको छ । किनकि हामीले पहिले विश्वास गरेको भन्दा अहिले हाम्रो मुक्ति अझ नजिक छ । 12 रात बितिसकेको छ र दिन नजिकै आइपुगेको छ । त्यसकारण, अन्धकारका कामहरू त्यागौँ, र ज्योतिका हातहतियार धारण गरौँ । 13 उद्दण्ड उत्सवहरू वा मतवालीपनमा होइन, दिनमा जस्तै उचित तवरले हिडौँ । अनि यौन अनैतिकता वा अनियन्त्रित कामवासनामा नहिँडौँ, न त झगडा र ईर्ष्यामा नै हिँडौँ । 14 तर प्रभु येशू ख्रीष्टलाई धारण गर, र शरीर अर्थात् यसका अभिलाषाहरूका निम्ति कुनै स्थान नदेऊ ।
यस अध्यायको पहिलो भागमा, ख्रीष्टिएनहरूले तिनीहरूलाई शासन गर्ने शासकहरूको पालना गर्नुपर्छ भनेर पावलले तिनीहरूलाई सिकाउँछन् । त्यो समयमा, दुष्ट रोमी शासकहरूले त्यस भूभागमा शासन गर्थे ।
शासकहरूको पालना गर्नुपर्छ भनेर जब पावलले सिकाउँछन्, केही पाठकहरूले यसलाई बुझ्न कठिन भएको पाउनेछन्, विशेषगरी ती स्थानहरूमा जहाँ शासकहरूले मण्डलीलाई सतावट दिन्छन् । परमेश्वरले ख्रीष्टिएनहरूलाई गर्नलाई स्पष्टसँग आज्ञा गर्नुभएको केही कुरा गर्नलाई शासकहरूले बन्देज नलगाएसम्म ख्रीष्टिएनहरूले परमेश्वरको आज्ञापालनको साथसाथै तिनीहरूका शासकहरूको पनि पालना गर्नैपर्छ । त्यहाँ त्यस्ता समयहरू पनि हुन्छन् जब एक विश्वासी यी शासकहरूको अधीनमा पर्नुपर्छ र तिनीहरूबाट कष्ट पाउनुपर्छ । ख्रीष्टिएनहरूले बुझ्छन् कि यो संसार अस्थायी हो र आखिरमा तिनीहरू सदाको लागि परमेश्वरसँग हुनेछन् ।
यो एउटा जटिल विषय हो । “शरीर” चाहिँ सम्भाव्य रूपमा हाम्रो पापी स्वभावको लागि एउटा अलङ्कार हुन सक्छ । हाम्रा भौतिक शरीरहरू पापपूर्ण हुन्छन् भनेर पावलले सिकाइरहेका छैनन् । यस्तो देखिन्छ कि जबसम्म ख्रीष्टिएनहरू जीवित रहन्छन् अनि )
पावलले विश्वासीहरूलाई तिनीहरूका शासकहरूको मुनि रहेर कसरी जिउने भन्ने विषयमा बताउँछन् ।
यहाँ “प्राण” भनेको सम्पूर्ण व्यक्तिलाई जनाउने प्रतिस्थापकीय शब्द हो । “हरेक ख्रीष्टिएनले ... को आज्ञापालन गर्नुपर्छ” वा “सबैजनाले ... को आज्ञापालन गर्नुपर्छ”
“सरकारी अधिकारीहरू”
because
“सबै अधिकार परमेश्वरबाट आउँछ”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “अधिकारमा भएका व्यक्तिहरू त्यो पदमा छन् किनभने परमेश्वरले तिनीहरूलाई त्यहाँ राख्नुभएको हो”
“त्यो सरकारी अधिकार” वा “त्यो अधिकार जसलाई परमेश्वरले शक्तिमा राख्नुभयो”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूको इन्साफ गर्नुहुनेछ जो सरकारी अधिकारीहरूको विरुद्धमा चल्छन्”
पावलले रोमीहरू १३:२ को उनको व्याख्यालाई सुरु गर्न र सरकारले कोही एक व्यक्तिलाई दोष लगायो भने के परिणाम हुनेछ भनी भन्नलाई पावलले यो शब्द प्रयोग गर्छन् ।
शासकहरूले असल मानिसहरूलाई त्रसित गर्दैनन् ।
मानिसहरू तिनीहरूका “असल कामहरू” वा “खराब कामहरू”द्वारा चिनिन्छन् ।
शासकहरूसँग डराउनुपर्ने नहुनलाई तिनीहरूले के गर्न आवश्यक छ भनेर मानिसहरूलाई सोच्न लगाउनका निमित्त पावलले यस प्रश्नलाई प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरू कसरी शासकसँग नडराउने हुन सक्छौ भनेर मलाई बताउन देओ ।”
असल काम गर्ने मानिसहरूको बारेमा शासन गर्नेले पनि असल कुराहरू बताउनेछन् ।
तपाईंले यसलाई सकारात्मक रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिनले एउटा धेरै असल कारणको निम्ति तरवार भिर्छन्” वा “तिनीसँग मानिसहरूलाई दण्ड दिने अधिकार छ, र तिनले मानिसहरूलाई दण्ड दिनेछन्”
रोमी अधिकारीहरूले तिनीहरूको अधिकारको चिन्हस्वरूप एउटा छोटो तरवार भिर्थे ।
यहाँ “क्रोध”ले मानिसहरूले पाउने दण्डलाई प्रतिनिधित्व गर्छ जब तिनीहरूले खराब कामहरू गर्छन् । वैकल्पिक अनुवादः “खराब गर्ने मानिसहरूको विरुद्धमा शासकको क्रोध व्यक्त गर्नको निम्ति दण्ड दिने व्यक्ति”
“शासन गर्नेले तिमीहरूलाई दण्ड नदिऊन् भनेर मात्र होइन, तर परमेश्वरको अगाडि तिमीहरूको स्वच्छ विवेक होस् भनेर पनि”
“खराब काम गर्नेहरूलाई शासन गर्नेले दण्ड दिने कारणले”
पावलले यहाँ विश्वासीहरूलाई सम्बोधन गर्दैछन्, त्यसैले यो बहुवचनमा छ ।
“तिमीहरूले यसकारणले गर्दा कर तिर्नुपर्छः अधिकारीहरू”
“प्रदान गर्नु” वा “ ... मा काम गर्नु”
पावलले यहाँ विश्वासीहरूलाई सम्बोधन गर्दैछन्, त्यसैले यो बहुवचनमा छ ।
अघिल्लो वाक्यबाट “तिर” शब्दलाई बुझिएको छ । वैकल्पिक अनुवादः “कर तिर्नुपर्नेलाई कर तिर र महसूल तिर्नुपर्नेलाई महसूल तिर । डर मान्नुपर्नेसँग डर मान र सम्मान गर्नुपर्नेलाई सम्मान गर”
यहाँ डर मान्नु र सम्मान दिनु भनेको डर मानिनुपर्ने र सम्मान गरिनुपर्नेको डर मान्ने र सम्मान गर्ने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिनीहरूको डर मान जसको डर मानिनुपर्छ, र तिनीहरूलाई सम्मान गर जसलाई सम्मान गरिनुपर्छ” वा “तिमीहरूले आदर गर्नुपर्नेहरूलाई आदर गर, र तिमीहरूले सम्मान गर्नुपर्नेहरूलाई सम्मान गर”
यो एक प्रकारको कर हो ।
विश्वासीहरूले छिमेकीहरूसँग कसरी व्यवहार गर्नुपर्छ भनेर पावलले बताउँछन् ।
यो युगल अकरण हो । तपाईंले यसलाई सकारात्मक रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः“तिमीहरूले तिर्नुपर्ने जति सबैलाई तिर, र एक अर्कालाई प्रेम गर”
यो क्रियापद बहुवचन हो र यो सबै रोमी ख्रीष्टिएनहरूमा लागु हुन्छ ।
यो नै एउटा ऋृण हो जुन माथि भएको टिप्पणीमा देखाइए झैँ गरेर रहन सक्छ ।
यो त्यो प्रेम हो जुन परमेश्वरबाट आउँछ र आफ्नो निम्ति फाइदाजनक नभए तापनि अरूको हितको निम्ति केन्द्रित हुन्छ ।
अर्को व्यक्तिसँग भएका कुराहरू पाउन वा आफ्नो बनाउन इच्छा गर्नु ।
यस वाक्यांशले प्रेमलाई कुनै मानिसको रूपमा चित्रित गर्छ जो अरू मानिसप्रति दयालु हुन्छ । वैकल्पिक अनुवादः “आफ्नो छिमेकीलाई प्रेम गर्ने व्यक्तिले तिनीहरूलाई चोट पुर्याउँदैन”
पावलले रोमी विश्वासीहरूले तिनीहरूको व्यवहारलाई परिवर्तन गर्नुपर्ने आवश्यकतालाई तिनीहरू निद्राबाट बिउँझिनुपर्ने कुरा भए झैँ गरेर बताउँछन् ।
मानिसहरूले दुष्ट कामहरू गरेका समयलाई पावलले रातको रूपमा बताउँछन् । वैकल्पिक अनुवादः “पापमय समय समाप्त हुनै लागेको छ” वा “यो चाहिँ रात लगभग बितिसकेको जस्तै हो”
मानिसहरूले दुष्ट कामहरू गर्न रोक्ने समयलाई पावलले दिनको रूपमा बताउँछन् । वैकल्पिक अनुवादः “धार्मिकताको समय चाँडै सुरु हुनेछ” वा “यो चाहिँ दिन छिट्टै सुरु हुन लागेको जस्तै हो”
पावलले “अन्धकारका कामहरू”को विषयमा तिनीहरू कुनै वस्त्र भए झैँ गरेर बताउँछन् जसलाई कोही एक व्यक्तिले एकतिर राख्छ । यहाँ “एकतिर राख्नु” भनेको केही कुरा गर्न छोड्नु भन्ने हुन्छ । यहाँ “अन्धकार” भनेको दुष्टताको लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “त्यसकारण हामी ती दुष्ट कुराहरू गर्न छोडौँ जुन मानिसहरूले अन्धकारमा गर्छन्”
यहाँ “ज्योति” भनेको असल र ठीक कुरालाई जनाउने अलङ्कार हो । ठीक कुरा गर्ने काम चाहिँ कोही एक व्यक्तिले आफ्नो रक्षा गर्नलाई हातहतियार धारण गर्ने कुरा भए झैँ गरेर पावलले बताउँछन् । वैकल्पिक अनुवादः “जे ठीक छ सो गर्न हामी थालौँ । यसो गर्नाले एक सिपाहीलाई सुरक्षा कवचले जोगाए झैँ गरेर हामीलाई दुष्टताबाट बचाउनेछ”
पावलले आफैँसँग उनका पाठकहरू र अन्य विश्वासीहरूलाई समावेश गर्छन् ।
साँचा विश्वासीहरूको रूपमा जिउने कुरा चाहिँ कोही एक व्यक्ति दिनको समयमा हिँडिरहेको कुरा भए झैँ गरेर पावलले बताउँछन् । वैकल्पिक अनुवादः “सबैले हामीलाई देख्न सक्छन् भन्ने कुरा जानेर हामी देखिने तरिकामा हिँडौँ”
यी अवधारणाहरूको मूलभूत रूपमा एउटै अर्थ हुन्छ । तपाईंले तिनीहरूलाई आफ्नो अनुवादमा जोड्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यौन सम्बन्धीका अनैतिक कार्यहरू”
यसले अरू मानिसहरूको विरुद्धमा षड्यन्त्र गर्ने र तिनीहरूसँग बहस गर्ने कुरालाई जनाउँछ ।
यसले अर्को व्यक्तिको अरूहरूको भन्दा बढी सफलता वा फाइदाको विरुद्धमा भएका नकारात्मक विचारहरूलाई जनाउँछ ।
ख्रीष्टको नैतिक स्वभावलाई स्वीकार गर्ने कुराको विषयमा पावलले उहाँ हाम्रो बाहिरी वस्त्र हुनुभए झैँ गरेर बताउँछन् जुन वस्त्रलाई मानिसहरूले देख्न सक्छन् ।
यदि तपार्इंको भाषामा आदेशहरूको निम्ति बहुवचन छ भने, त्यसलाई यहाँ प्रयोग गर्नुहोस् ।
यहाँ “शरीर”ले परमेश्वरको विरोध गर्ने मानिसहरूका आत्म-केन्द्रित स्वभावलाई जनाउँछ । यो चाहिँ मानिसहरूको पापपूर्ण स्वभाव हो । वैकल्पिक अनुवादः “तिमीहरूको पुरानो दुष्ट हृदयलाई खराब कुराहरू गर्न कुनै पनि मौका नदेओ”
1 बहसहरूको बारेमा न्याय नगरीकनै विश्वासमा कमजोर हुनेलाई ग्रहण गर । 2 एक जनासँग कुनै पनि थोक खाने विश्वास हुन्छ, अर्को जो कमजोर छ, त्यसले सागसब्जी मात्र खान्छ । 3 सबै थोक खानेले सबै थोक नखानेलाई घृणा नगरोस् । अनि सबै थोक नखानेले सबै थोक खानेको न्याय नगरोस् । किनकि उसलाई परमेश्वरले ग्रहण गर्नुभएको छ । 4 अरूको नोकरको न्याय गर्ने तिमी को हौ ? यो त्यसको मालिकको सामु नै खडा हुन्छ वा पतन हुन्छ । तर त्यसलाई खडा गराइनेछ, किनकि प्रभु त्यसलाई खडा गराउन सक्षम हुनुहुन्छ । 5 एक जनाले कुनै दिनलाई अर्कोभन्दा मूल्यको मान्छ । अर्कोले हरेक दिनलाई समान रूपमा लिन्छ । हेरक आ-आफ्नै मनमा विश्वस्त होस् । 6 जसले कुनै दिन पालन गर्छ, त्यसले प्रभुकै निम्ति पालन गर्छ, र जसले खान्छ, त्यसले प्रभुकै निम्ति खान्छ, किनकि त्यसले परमप्रभुलाई धन्यवाद दिन्छ । जसले खाँदैन, त्यसले प्रभुकै निम्ति खानबाट आफूलाई रोक्छ । 7 किनकि हामी कोही पनि आफ्नै लागि जिउँदैनौँ र कोही पनि आफ्नै निम्ति मर्दैनौँ । 8 किनकि यदि हामी जिउँछौँ भने, प्रभुकै निम्ति जिउँछौँ र यदि हामी मर्छौं भने, हामी प्रभुकै निम्ति मर्छौं । त्यसैले, हामी चाहे जिऔँ वा मरौँ, हामी प्रभुकै हौँ । 9 यही उद्देश्यको निम्ति ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो, ताकि उहाँ मरेका र जीवितहरू दुवैका प्रभु हुन सक्नुभएको होस् । 10 तर तिमीहरू किन आफ्नो भाइको न्याय गर्छौ ? अनि तिमी किन आफ्नो भाइलाई तुच्छ ठान्छौ ? किनकि हामी सबै परमेश्वरको न्याय आसनको सामु खडा हुनेछौँ । 11 किनकि यस्तो लेखिएको छ, परमप्रभु भन्नुहुन्छ, “जस्तो म जीवित छु, मेरो निम्ति हरेक घुँडा टेक्नेछ र हरेक जिब्रोले परमप्रभुको प्रशंसा गर्नेछ ।” 12 यसैले, हामी हरेकले परमेश्वर स्वयम्लाई लेखा दिनुपर्नेछ । 13 यसकारण, एक-अर्काको न्याय नगरौँ, तर बरु, यो अठोट गरौँ, कि हामी कसैले आफ्नो भाइको निम्ति ठेस लाग्ने थोक वा पासो राख्नेछैनौँ । 14 म यो जान्दछु र म प्रभु येशूमा विश्वास गर्दछु, कि कुनै पनि थोक आफैँ अशुद्ध हुँदैन । जसले कुनै थोकलाई अशुद्ध भनी ठान्छ, त्यसको निम्ति मात्र यो अशुद्ध हुनेछ । 15 यदि खानाले गर्दा तिम्रो भाइलाई चोट पुग्छ भने, तिमी प्रेममा चलिरहेका छैनौ । जसको निम्ति ख्रीष्ट मर्नुभयो त्यसलाई तिम्रो खानाले नष्ट नपार । 16 यसैले, तिम्रा असल कार्यहरूले तिनीहरूलाई गिल्ला गर्ने नतुल्याओस् । 17 किनकि परमेश्वरको राज्य खाने र पिउनेबारे होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्दबारे हो । 18 किनकि यसरी ख्रीष्टको सेवा गर्ने व्यक्ति परमेश्वरको निम्ति ग्रहणयोग्य र मानिसहरूद्वारा समर्थन गरिएको हुन्छ । 19 यसैले, शान्तिका कुराहरूका र एक-अर्कालाई निर्माण गर्ने कुराहरूका पाछि लागौँ । 20 खानाको कारणले परमेश्वरको कामलाई नष्ट नगर । वास्तवमा सबै थोक शुद्ध छन्, तर जसले खान्छ र त्यसलाई ठेस खान लगाउँछ, त्यसको निम्ति यो दुष्टता हो । 21 मासु नखानु, मद्यपान नगर्नु, र आफ्नो भाइलाई चोट पुर्याउने कुनै पनि कुरा नगर्नु असल हो । 22 तिमीसँग यी विशेष विश्वासहरू छन्, तिनीहरूलाई आफू र परमेश्वरको बिचमा नै राख । आफैँ मञ्जुर भएको कुरामा आफैँलाई दोषी नतुल्याउने मानिस धन्यको हो । 23 जसले शङ्का गरेर खान्छ, यो विश्वासबाट नभएको हुनाले त्यो दोषी ठहरिन्छ । अनि जे विश्वासबाट आएको होइन, त्यो पाप हो ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यस अध्यायका पद ४ र १०-१८ का पदहरूसँग यूएलटीले यस अध्यायको पद ११ सँग यसै गर्छ, जुन पावलले पुरानो करारबाट लिन्छन् ।
पावलले सिकाउँछन् कि ख्रीष्टिएनहरूसँग साँचो विश्वास भएको हुन सक्छ र त्यही समयमा दिइएको कुनै परिस्थितिमा तिनीहरू “विश्वासमा कमजोर” पनि हुन सक्छन् । यसले ती ख्रीष्टिएनहरूलाई वर्णन गर्छ जो अपरिपक्व छन्, बलिया छैनन्, अथवा गलत बुझाइमा छन् ।
प्राचीन पूर्व नजिक क्षेत्रहरूमा भएका थुप्रै धर्महरूले खाइने कुरामाथि बन्देज लगाउँथे । ख्रीष्टिएनहरूसँग तिनीहरूलाई मन लागेको कुरा खान स्वतन्त्रता थियो । तर तिनीहरूले यो स्वतन्त्रतालाई बुद्धिमानीपूर्वक, र प्रभुलाई सम्मान गर्ने र अरूहरूलाई पाप गर्न नलगाउने तरिकामा प्रयोग गर्नुपर्छ ।
परमेश्वरको वा ख्रीष्टको न्याय आसनले त्यो समयको प्रतिनिधित्व गर्छ जब ख्रीष्टिएनहरू समेत गरेर सारा मानिसहरूलाई तिनीहरूले आफ्नो जीवन जिएको तरिकाको लागि जवाफदेही बनाइनेछ ।
विश्वासीहरू परमेश्वरप्रति उत्तरदायी हुन्छन् भनेर सम्झिनलाई पावलले तिनीहरूलाई प्रोत्साहन गर्छन् ।
यसले केही कुराहरू खाएको वा पिएको कारण ग्लानि महसुस गर्नेहरूलाई जनाउँछ ।
“अनि तिनीहरूको रायहरूको लागि तिनीहरूलाई दोष नलगाओ”
यहाँ “विश्वास”ले त्यो कुरा गर्नुलाई जनाउँछ जुन कोही व्यक्तिले उसलाई परमेश्वरले गर्नलाई भनिरहनुभएको छ भनेर विश्वास गर्छ ।
यसले त्यो व्यक्तिलाई वर्णन गर्छ जसले विश्वास गर्छ कि उसले मासु खाएको परमेश्वर चाहनुहुन्न ।
अरूहरूको इन्साफ गर्ने व्यक्तिहरूलाई हप्काउनको निम्ति पावलले एउटा प्रश्नको प्रयोग गरिरहेका छन् । तपाईंले यसलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू परमेश्वर होइनौ, र तिमीहरूलाई उहाँको सेवकहरूमध्ये कुनै एउटाको इन्साफ गर्ने अनुमति दिइएको छैन !”
यहाँ भएको “तिमी” एकवचनमा छ ।
पावलले परमेश्वरको विषयमा उहाँ चाहिँ नोकरहरू भएको कुनै एक मालिकको रूपमा बताउँछन् । वैकल्पिक अनुवादः “मालिकले मात्र नोकरलाई स्वीकार गर्ने वा नगर्ने भनेर निर्णय गर्न सक्छ”
पावलले परमेश्वरको लागि योग्य मानिएको नोकरको विषयमा उसलाई लड्नुको साटोमा खडा हुन लगाइएको थियो भने झैँ गरेर बताउँछन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तर प्रभुले उसलाई स्वीकार गर्नुहुनेछ किनभने उहाँ त्यस नोकरलाई ग्रहणयोग्य बनाउन सक्षम हुनुहुन्छ”
“एउटा मानिसले विचार गर्छ कि एउटा दिन अरू सबै दिनहरूभन्दा महत्त्वपूर्ण छ, तर अर्को मानिसले सबै दिन समान हुन् भनेर विचार गर्छ”
तपाईंले पूर्ण अर्थलाई स्पष्ट पार्न सक्नुहुन्छ । तपाईंले यसलाई कर्तृ वाच्यमा पनि अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “हरेक मानिस यो कुरामा विश्वस्त होस् कि उनीहरूले जे गर्दै छन् त्यो प्रभुलाई सम्मान गर्नलाई हो”
यहाँ “पालना” गर्नुले आराधना गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “कुनै एक दिनमा आराधना गर्ने व्यक्तिले सो कुरा प्रभुलाई सम्मान गर्नको निम्ति गर्छ”
“सबैकुरा” भन्ने शब्दलाई [रोमीहरू १४:३]
“प्रभुलाई सम्मा गर्नलाई खान्छ” वा “प्रभुलाई सम्मान गर्नलाई त्यसरी खान्छ”
“सबैकुरा” भन्ने शब्दलाई [रोमीहरू १४:३]
यहाँ “आफ्नै लागि जिउनु” भन्ने कुराको अर्थ आफैँलाई खुशी बनाउन मात्र जिउनु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “हामीमध्ये कोही पनि केवल आफूहरूलाई मात्र खुशी बनाउनलाई जिउनुहुँदैन”
पावलले उनका पाठकहरूलाई समावेश गर्दै छन्, त्यसैले यो समावेशी हुनुपर्छ ।
यसको अर्थ एउटाको मृत्युले अरू मानिसहरूलाई असर गर्छ भन्ने हुन्छ । वैकल्पिक अनुवादः “हामीमध्ये कसैले पनि यस्तो सोच्नुहुँदैन कि जब हामी मर्छौँ, त्यसले हामीलाई मात्र असर पार्छ”
पावलले उनको आफ्नै र उनका पाठकहरूको विषयमा बोल्दैछन्, त्यसैले “हामी” शब्दका सबै प्रयोहरू समावेशी छन् ।
यी प्रश्नहरूको प्रयोग गरेर, पावलले उनका पाठकहरूमध्ये केहीलाई उनले कसरी गाली गर्न आवश्यक पर्न सक्छ भनेर देखाइरहेका छन् । वैकल्पिक अनुवादः “तिमीले तिम्रो भाइको इन्साफ गर्नु गलत कुरा हो, अनि तिमीले तिम्रो भाइलाई तुच्छ ठान्नु गलत हो !” वा “तिम्रो भाइलाई इन्साफ गर्न र तुच्छ ठान्न बन्द गर !”
यहाँ यसको अर्थ सङ्गी ख्रीष्टिएन हुन्छ, चाहे पुरुष होस् वा स्त्री ।
“न्याय आसन”ले परमेश्वरको न्याय गर्ने अधिकारलाई जनाउँछ । वैकल्पिक अनुवादः “किनकि परमेश्वरले हामी सबैको इन्साफ गर्नुहुनेछ”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “किनकि कसैले धर्मशास्त्रमा लेखेको छः ‘जस्तो”
यो वाक्यांश एउटा शपथ वा गम्भीर प्रतिज्ञालाई प्रारम्भ गर्नको निम्ति प्रयोग गरिएको हो । वैकल्पिक अनुवादः “यो सत्य हो भनेर तिमी निश्चित हुन सक्छौ”
पावलले “घुँडा” र “जिब्रो” भन्ने शब्दहरूले सम्पूर्ण व्यक्तिलाई जनाउनलाई प्रयोग गर्छन् । साथै, प्रभुले आफैँलाई जनाउनलाई “परमेश्वर” शब्दलाई प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “सबै व्यक्तिले शिर झुकाउनेछन् र मलाई प्रशंसा दिनेछन्”
“हाम्रा कार्यहरू परमेश्वरलाई व्याख्या गर्नुपर्नेछ”
यहाँ “ठेस खाने ढुङ्गा” वा “पासो”ले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् । वैकल्पिक अनुवादः “तर बरु एक सङ्गी विश्वासीलाई पाप गर्न लगाउने कुनै किसिमको कुरा गर्ने वा भन्ने छैनौ भन्ने कुरालाई तिम्रो लक्ष्य बनाऊ”
यहाँ यसको अर्थ सङ्गी ख्रीष्टिएन भन्ने हुन्छ, चाहे पुरुष होस् वा स्त्री ।
यहाँ “जान्दछु” र “विश्वस्त छु” भन्ने शब्दहरूले मूलभूत रूपमा एउटै अर्थ दिन्छन्; पावलले उनको निश्चयतालाई जोड दिनको निम्ति तिनीहरूलाई प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “प्रभु येशूसँगको मेरो सम्बन्धको कारण म निश्चित छु”
तपाईंले यसलाई सकारात्मक रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “सबैकुरा आफैँमा शुद्ध नै हुन्छ”
“त्यसको स्वभावद्वारा” वा “यो जे हो त्यसको कारण”
पावलले यहाँ अर्थ लगाउँछन् कि एक व्यक्तिले त्यस्तो कुनै पनि कुराबाट अलग बस्नुपर्छ जसलाई उसले अशुद्ध ठान्छ । तपाईंले यसलाई आफ्नो अनुवादमा स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तर यदि कोही व्यक्तिले केही कुरा अशुद्ध मान्छ भने, उसको निम्ति त्यो अशुद्धै हुन्छ र ऊ त्यो कुराबाट अलग रहनुपर्छ”
“यदि तिमीले तिम्रो सङ्गी विश्वासीको विश्वासलाई खानाको विषयमा चोट पुर्यायौ भने ।” यहाँ “तिम्रो” भन्ने शब्दले तिनीहरूलाई जनाउँछ जो विश्वासमा बलिया छन् र “भाइ” भन्ने शब्दले विश्वासमा कमजोर रहेकाहरूलाई जनाउँछ ।
यहाँ यसको अर्थ सङ्गी ख्रीष्टिएन भन्ने हुन्छ, चाहे पुरुष होस् वा स्त्री ।
पावलले विश्वासीहरूको व्यवहारको विषयमा त्यो चाहिँ कुनै हिँडाइ भए झैँ गरेर बताउँछन् । वैकल्पिक अनुवादः “तब तिमीले प्रेम देखाइरहेका हुँदैनौ”
“यदि कसैले केही कुरा दुष्ट छ भनी सोच्छ भने, तिमीलाई त्यो कुरा असल लागे तापनि, त्यो नगर”
पावलले तर्क गर्छन् कि परमेश्वरले उहाँको राज्य स्थापित गर्नुभयो ताकि उहाँले हामीलाई उहाँसँग ठीक सम्बन्ध दिन सक्नुभएको होस्, र शान्ति र आनन्द प्रदान गर्नुभएको होस् । वैकल्पिक अनुवादः “हामीले खाने र पिउने कुरामाथि शासन गर्नको निम्ति परमेश्वरले आफ्नो राज्य स्थापना गर्नुभएको होइन । हामीले उहाँसँग असल सम्बन्ध राख्न सकौँ, र उहाँले हामीलाई शान्ति र आनन्द दिन सक्नुभएको होस् भनेर उहाँले आफ्नो राज्य स्थापना गर्नुभयो”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले उसलाई समर्थन गर्नेछन्” वा “मानिसहरूले उसलाई आदर गर्नेछन्”
यहाँ “एक अर्कालाई निर्माण गर्ने” भन्ने कुराले एक अर्कालाई विश्वासमा हुर्कनलाई सहायता गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “हामी एकसाथ शान्तिमा रहन र एक अर्कालाई विश्वासमा बलियो हुन सहायता गर्न खोजौँ”
तपाईंले यस वाक्यको पूर्ण अर्थलाई स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीलाई कुनै खानेकुरा खान मन लागेको कारणले गर्दा मात्रै परमेश्वरले एक सङ्गी विश्वासीको लागि गर्नुभएको कुरालाई नगरेको नबनाऊ”
यहाँ “उसलाई ठेस खान लगाउने” कुनै पनि कुराको अर्थ त्यसले कमजोर भाइलाई उसको विवेकको विरुद्धमा केही कुरा गर्न लगाउँछ भन्ने हो । वैकल्पिक अनुवादः “तर कसैले खानेकुरा खानु भनेको पाप हुनेछ, जुन खानु गलत हो भनेर अर्को भाइले सोच्छ, यदि त्यो खानुले कमजोर भाइलाई केही कुरा गर्न लगाउँछ जुन उसको विवेकको विरुद्धमा छ”
“मासु नखानु, वा मद्यपान नगर्नु वा तिम्रो भाइलाई पाप गर्न लगाउने कुनै काम नगर्नु असल हुन्छ”
यहाँ यसको अर्थ सङ्गी ख्रीष्टिएन भन्ने हुन्छ, चाहे पुरुष होस् वा स्त्री ।
यसले विश्वासमा बलियो भएकोलाई जनाउँछ र “भाइ”ले विश्वासमा कमजोर भएकोलाई जनाउँछ ।
यसले खाने र पिउने कुराको बारेमा अगाडि उल्लेख गरिएका मान्यताहरूलाई जनाउँछ ।
एकवचन । किनकि पावलले विश्वासीहरूलाई सम्बोधन गरिरहेका छन्, तपाईंले यसलाई बहुवचनलाई प्रयोग गरेर अनुवाद गर्नुपर्ने हुन सक्छ ।
“ती मानिसहरू धन्यका हुन् जसले आफूले निर्णय गरेका कुराहरूमा दोषी महसुस गर्दैनन्”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “कुनै व्यक्तिले कुनै खानेकुरा खान ठीक छ कि छैन भन्ने कुरामा निश्चित छैन, तर पनि उसले त्यो खान्छ भने त्यो व्यक्तिले गल्ती गरेको ठहर्छ भनेर परमेश्वरले भन्नुहुनेछ” वा “कुनै व्यक्ति जो कुनै खानेकुरा खान ठीक छ कि छैन भन्ने कुरामा निश्चित छैन, तर पछि उसले त्यो खान्छ भने उसको अन्तस्करणमा अशान्ति हुनेछ”
“विश्वासबाट नभएको” कुनै पनि कुरा केही त्यस्तो कुरा हो जुन तपाईंले गर्नुभएको परमेश्वर चाहनुहुन्न । तपाईंले यहाँ पूर्ण अर्थलाई स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले ऊ गलत छ भनेर भन्नुहुनेछ किनभने जुन कुरा उसले खाएको परमेश्वरले चाहनुहुन्न भनी उसले विश्वास गर्छ, उसले त्यही खाँदै छ”
“विश्वासबाट नभएको” कुनै पनि कुरा केही त्यस्तो कुरा हो जुन तपाईंले गर्नुभएको परमेश्वर चाहनुहुन्न । तपाईंले यहाँ पूर्ण अर्थलाई स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यदि तिमीले कुनै काम गर्दै छौ जुन काम परमेश्वरले तिमीले गरेको चाहनुहुन्छ भनेर तिमीले विश्वास गर्दैनौ भने तिमीले पाप गरिरहेका हुन्छौ”
1 अब हामी जो बलिया छौँ, हामीले दुर्बलहरूका कमजोरीलाई सहनुपर्छ, र आफैँलाई मात्र खुसी पार्नु हुँदैन । 2 जे असल छ त्यसको निम्ति त्यसलाई निर्माण गर्नको लागि हरेकले आफ्नो छिमेकीलाई खुसी पारोस् । 3 किनकि ख्रीष्टले पनि उहाँ आफैँलाई खुसी पार्नुभएन । बरु, यो लेखिएको जस्तै थियो, “तपाईंलाई अपमान गर्नेहरूको अपमान ममाथि पर्यो ।” 4 किनकि पहिले जे लेखिएका थिए, ती कुराहरू हाम्रै शिक्षाको निम्ति लेखिएका थिए, ताकि धर्मशास्त्रको धैर्य र उत्साहद्वारा हामीसँग भरोसा होस् । 5 अब धैर्य र उत्साहका परमेश्वरले ख्रीष्ट येशूअनुसार तिमीहरू एक-अर्कासँग एकै मनको हुन दिऊन् । 6 उहाँले यो गर्नुभएको होस्, ताकि तिमीहरूले एकै मनको भएर एकै मुखले परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टको पिताको प्रशंसा गर्न सक । 7 त्यसकारण, प्ररमेश्वरको प्रशंसाको निम्ति ख्रीष्टले तिमीहरूलाई ग्रहण गर्नुभए झैँ तिमीहरूले पनि एक-अर्कालाई ग्रहण गर । 8 म भन्छु, कि परमेश्वरको सत्यताको तर्फबाट ख्रीष्टलाई खतनाको एक सेवक बनाइएको छ । उहाँले यसो गर्नुभयो, ताकि उहाँले पुर्खाहरूलाई दिनुभएका प्रतिज्ञाहरूलाई पक्का गर्न, 9 अनि गैरयहूदीहरूका निम्ति परमेश्वरको दयाको निम्ति उहाँको महिमा गर्न सक्नुभएको होस् । यस्तो लेखिएको छ, “यसकारण म गैरयहूदीहरूका माझमा तपाईंको प्रशंसा गर्नेछु, अनि तपाईंको नाउँको स्तुति गाउनेछु ।” 10 यसले फेरि भन्छ, “हे गैरयहूदीहरू हो, उहाँका मानिसहरूसँग आनन्द मनाओ ।” 11 अनि फेरि पनि “हे सबै गैरयहूदी हो, सबै मानिसहरूले उहाँको प्रशंसा गरून् ।” 12 यशैया फेरि भन्छन्, “त्यहाँ यिशैको जरा हुनेछ र एक जना जसले गैरयहूदीहरूमाथि शासन गर्नुहुनेछ । गैरयहूदीहरूले उहाँमा भरोसा गर्नेछन् । 13 अब भरोसाका परमेश्वरले विश्वास गर्नको निम्ति तिमीहरूलाई आनन्द र शान्तिले भरून्, ताकि पवित्र आत्माको शक्तिद्वारा तिमीहरू भरोसामा प्रशस्त होऊन् । 14 मेरा भाइहरू हो, म आफैँ पनि तिमीहरूको बारेमा विश्वस्त छु । म विश्वस्त छु, कि तिमीहरू आफैँ पनि भलाइले पूर्ण र सबै ज्ञानले भरिएका छौ । म विश्वस्त छु, कि तिमीहरू एक-अर्कालाई अर्ती दिन पनि समर्थ छौ । 15 तर मलाई परमेश्वरद्वारा दिइएको वरदानको कारण म तिमीहरूलाई फेरि याद दिलाउनको लागि केही कुराहरूको बारेमा अझ साहससित लेखिरहेको छु । 16 यो वरदानचाहिँ पुजारीको रूपमा परमेश्वरको सुसमाचार दिन गैरयहूदीहरूकहाँ पठाइनलाई म ख्रीष्ट येशूको सेवक बन्नुपर्छ भन्ने थियो । मैले यो गर्नुपर्छ, ताकि पवित्र आत्माद्वारा परमेश्वरलाई अर्पण गरिएको गैरयहूदीहरूको भेटी ग्रहणयोग्य होस् । 17 त्यसैले, मेरो आनन्द ख्रीष्ट येशू र परमेश्वरका कुराहरूमा छ । 18 किनकि गैरयहूदीहरूका आज्ञाकारिताको निम्ति ख्रीष्टले मद्वारा पुरा गर्नुभएको कुराबाहेक अरू कुनै कुरामा पनि बोल्न म साहस गर्नेछैनँ । यिनीहरू वचन र कामद्वारा, 19 चिन्हहरू र चमत्कारहरूको शक्तिद्वारा अनि पवित्र आत्माको शक्तिद्वारा गरिएका हुन् । मैले यरूशलेम र वरिपरिको क्षेत्रदेखि इल्लुरिकनसम्म ख्रीष्टको सुसमाचार पूर्ण रूपमा प्रचार गर्न सकूँ भनेर यसो भएको हो । 20 यसरी सुसमाचार घोषणा गर्ने मेरो इच्छा भएको छ, तर ख्रीष्टको नाउँ चिनिएका ठाउँहरूमा होइन, ताकि अरू मानिसहरूले बसालेको जगमाथि मैले निर्माण नगरौँ । 21 जस्तो लेखिएको छ, “जसकहाँ उहाँको समाचार आएन तिनीहरूले उहाँलाई देख्नेछन्, अनि जसले उहाँको समाचार सुनेका छैनन्, तिनीहरूले बुझ्नेछन् ।” 22 यसकारण, तिमीहरूकहाँ आउन मलाई धेरै पल्ट रोकिएको छ । 23 तर अब यी क्षेत्रहरूमा मेरो निम्ति कुनै पनि ठाउँ छैन, र धेरै वर्षदेखि म तिमीहरूकहाँ आउने चाह गरिरहेको छु । 24 त्यसैले, जब म स्पेन जान्छु, त्यहाँ जाँदै गर्दा म तिमीहरूलाई भेट्ने र केही समयको निम्ति तिमीहरूसँग आनन्द मनाएपछि तिमीहरूद्वारा मलाई मेरो यात्रामा पठाइने आशा गर्छु । 25 तर अहिले म विश्वासीहरूको सेवा गर्न यरूशलेमतिर गइरहेको छु । 26 किनकि यरूशलेमका विश्वासीहरूमध्ये गरिबहरूलाई केही योगदान दिने माकेडोनिया र अखैयाको शुभेच्छा थियो । 27 हो, यो तिनीहरूको शुभेच्छा थियो, र वास्तवमै तिनीहरू तिनीहरूका ऋणी छन् । किनकि यदि गैरयहूदीहरू तिनीहरूका आत्मिक कुराहरूमा सहभागी भएका छन् भने तिनीहरूलाई भौतिक थोकहरूमा सेवा गर्न पनि तिनीहरू ऋणी छन् । 28 यसकारण, जब म यो काम पुरा गर्छु र तिनीहरूलाई यो फल आधिकारिक रूपमा दिन्छु, म तिमीहरूको बाटो हुँदै स्पेन जानेछु । 29 म जान्दछु, कि जब म तिमीहरूकहाँ आउँछु, म ख्रीष्टको आशिष्को पूर्णतामा आउनेछु । 30 भाइहरू हो, अब म तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा र पवित्र आत्माको प्रेमद्वारा बिन्ती गर्छु, कि मेरो निम्ति परमेश्वरसित तिमीहरूको प्रार्थनामा तिमीहरूले मसँग सङ्घर्ष गर । 31 यो प्रार्थना गर, कि म यहूदियामा भएका अनाज्ञाकारी मानिसहरूबाट जोगिन सकूँ, र यरूशलेमको निम्ति मेरो सेवा विश्वासीहरूलाई ग्रहणयोग्य हुन सकोस् । 32 प्रार्थना गर, कि म परमेश्वरको इच्छाद्वारा तिमीहरूकहाँ आनन्दसित आउन सकूँ र तिमीहरूसँगै विश्राम पाउन सकूँ । 33 शान्तिका परमेश्वर तिमीहरू सबैसँग रहून् । आमेन !
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले यस अध्यायका ९-११ का पदहरू र पद २१ सँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
केही अनुवादहरूले पढ्न सजिलो बनाउनलाई पुरानो करारका उद्धरणहरूलाई पृष्ठमा दायाँतिर केही पर सार्छन् । यूएलटीले पद १२ मा उद्धृत गरी ल्याइएका शब्दहरूसँग यसै गर्छ ।
रोमीहरू १५:१४ मा, पावलले अझ बढी व्यक्तिगत रीतिले कुरा गर्न सुरु गर्छन् । उनी शिक्षा दिनेबाट उनका व्यक्तिगत योजनाहरूको बारेमा बताउनतर्फ लाग्छन् ।
यी शब्दहरूलाई ती मानिसहरूलाई जनाउन प्रयोग गरिएको छ जो तिनीहरूका विश्वासमा परिपक्व र अपरिपक्व छन् । पावलले सिकाउँछन् कि विश्वासमा बलिया हुनेहरूले तिनीहरूलाई सहायता गर्नुपर्छ जो विश्वासमा कमजोर छन् ।
विश्वासीहरू अरूहरूको लागि कसरी जिउनुपर्छ भन्ने बारेमा भएको यस खण्डलाई पावलले ख्रीष्ट कसरी जिउनुभयो भन्ने कुरा तिनीहरूलाई सम्झाएर समापन गर्छन् ।
कुनै बहसमा नयाँ विचार राख्नको निम्ति तपार्इंको भाषाले प्रयोग गर्ने शब्दहरूको प्रयोग गरी अनुवाद गर्नुहोस् ।
यहाँ “बलिया”ले ती मानिसहरूलाई जनाउँछ जो तिनीहरूको विश्वासमा बलिया छन् । तिनीहरू विश्वास गर्छन् कि परमेश्वरले तिनीहरूलाई कुनै पनि किसिमको खानेकुरा खानलाई अनुमति दिनुहुन्छ । वैकल्पिक अनुवादः “हामी जो विश्वासमा बलिया छौँ”
यसले पावल, तिनका पाठकहरू र अन्य विश्वासीहरूलाई जनाउँछ ।
यहाँ “दर्बलहरू”ले ती मानिसहरूलाई जनाउँछ जो तिनीहरूको विश्वासमा कमजोर छन् । तिनीहरूले विश्वास गर्छन् कि परमेश्वरले तिनीहरूलाई केही प्रकारका खानेकुरा खान अनुमति दिनुहुँदैन । वैकल्पिक अनुवादः “विश्वासमा कमजोर भएकाहरू”
यसद्वारा, पावलले कसैको विश्वासलाई बलियो बनाउन भन्न खोजेका हुन् । वैकल्पिक अनुवादः “उसको विश्वासलाई बलियो बनाउनको निम्ति”
यहाँ पावलले धर्मशास्त्रलाई एउटा खण्डलाई जनाउँछन् जहाँ ख्रीष्ट
परमेश्वरको अपमान गर्नेहरूको अपमान ख्रीष्टमाथि पर्यो ।
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “किनकि विगतमा अगमवक्ताहरूले सबैकुरा हाम्रो शिक्षाको निम्ति धर्मशास्त्रमा लेखे”
पावलले यसमा आफ्ना पाठकहरू र अन्य विश्वासीहरूलाई पनि समावेश गरेका छन् ।
यहाँ “निश्चयता हुनु” भन्ने कुराको अर्थ परमेश्वरले उहाँका प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ भनेर विश्वासीहरूले जान्नेछन् भन्ने हुन्छ । तपाईंले पूर्ण अर्थलाई आफ्नो अनुवादमा स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यसरी परमेश्वरले प्रतिज्ञा गर्नुभएको सबैकुरा उहाँले हाम्रो लागि गर्नुहुनेछ भनेर अपेक्षा गर्नलाई धर्मशास्त्रले हामीलाई उत्साह दिनेछ”
विश्वास गर्ने अन्यजाति विश्वासीहरू र यहूदीहरू दुवै ख्रीष्टमा एउटै बनाइएका छन् भनेर सम्झनलाई पावलले विश्वासीहरूलाई प्रोत्साहन गर्छन् ।
“म प्रार्थना गर्दछु कि ... परमेश्वरले ... दिनुभएको होस्”
यहाँ “एउटै मन”को हुनुभनेको प्रतिस्थापन शब्द हो जसको अर्थ एक अर्कासँग सहमतिमा हुनु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “एक अर्कासँग सहमतिमा हुने” वा “एकीकृत हुन”
यसको अर्थ परमेश्वरलाई प्रशंसा गर्नमा एउटै हुने भन्ने हुन्छ । वैकल्पिक अनुवादः “एउटै मुखले मात्र बोले झैँ गरेर परमेश्वरलाई एकतामा प्रशंसा गर्नु”
“एक अर्कालाई स्वीकार गर्नु”
“म” शब्दले पावललाई जनाउँछ ।
यहाँ “खतना” भनेको प्रतिस्थापन शब्द हो जसले यहूदीहरूलाई जनाउँछ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “येशू ख्रीष्ट यहूदीहरूको एक सेवक हुनुभएको छ”
यो दुईवटा उद्देश्यहरूमध्ये एउटा हो जसको लागि ख्रीष्ट खतनाको सेवक हुनुभयो ।
यहाँ “पूर्खाहरू”ले यहूदी मानिसहरूका पूर्वजहरूलाई जनाउँछ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यहूदीहरूका पूर्वजहरूलाई परमेश्वरले दिनुभएका प्रतिज्ञाहरू”
यो दोस्रो कारण हो जसको लागि ख्रीष्ट खतनाको सेवक हुनुभयो । वैकल्पिक अनुवादः “अनि अन्यजातिहरूले परमेश्वरलाई उहाँको दयाको कारण महिमा गरून् भनेर”
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जसरी कसैले धर्मशास्त्रमा लेखेको छ”
यहाँ “तपाईंको नाउँ” भनेको प्रतिस्थापन शब्द हो जसले परमेश्वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “तपाईंलाई प्रशंसा गरून्”
“फेरि धर्मशास्त्रले भन्छ”
यसले परमेश्वरका मानिसहरूलाई जनाउँछ । तपाईंले यसलाई आफ्नो अनुवादमा स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरका मानिसहरूसँग”
“प्रभुलाई प्रशंसा गर्नु”
यिशै दाऊद राजाका शारीरिक पिता थिए । वैकल्पिक अनुवादः “यिशैको वंश”
यहाँ “उहाँ”ले यिशैको सन्तान, मसिहलाई जनाउँछ । उहाँका प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ भनेर जो यहूदीहरू होइनन् तिनीहरूले पनि उहाँलाई भरोसा गर्नेछन् । वैकल्पिक अनुवादः “उहाँले प्रतिज्ञा गर्नुभएका कुराहरू गर्नुहुन्छ भनेर ती मानिसहरू जो यहूदीहरू होइनन् तिनीहरूले उहाँलाई भरोस गर्न सक्छन्”
यहाँ पावलले उनको भनाइलाई जोड दिनका लागि अतिरञ्जन गर्छन् । वैकल्पिक अनुवादः “महान् आनन्द र शान्तिले तिमीहरूलाई भरून्”
अन्यजातिहरूकहाँ पुग्नलाई परमेश्वरले पावलललाई चुन्नुभयो भनेर उनले रोममा भएका विश्वासीहरूलाई सम्झना गराउँछन् ।
रोममा भएका विश्वासीहरूले एक अर्कालाई व्यवहार गर्नमा सम्मान गरिरहेका छन् भनेर पावल पूरा निश्चित छन् । वैकल्पिक अनुवादः “म आफैँ पूर्ण रूपमा निश्चित छु कि तिमीहरू आफैँले अरूहरूप्रति पूर्णतया असल तरिकाले व्यवहार गरेका छौ”
यहाँ यसको अर्थ पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरू भन्ने हुन्छ ।
यहाँ पावलले उनको भनाइलाई जोड दिनका लागि अतिरञ्जन गर्छन् । वैकल्पिक अनुवादः “परमेश्वरलाई पछ्याउनको निम्ति पर्याप्त ज्ञानले भरिएका”
यहाँ “अर्ती दिनु” भनेको सिकाउनु भनेको हो । वैकल्पिक अनुवादः “एक अर्कालाई सिकाउन पनि सक्षम छौ”
पावलले अनुग्रहको विषयमा त्यो कुनै भौतिक वरदान भए झैँ गरेर बताउँछन् जुन परमेश्वरले उनलाई दिनुभएको थियो । पावलले येशूलाई पछ्याउने निर्णय गर्नुभन्दा पहिले विश्वासीहरूलाई सतावट दिएको भएतापनि परमेश्वरले उनलाई एक प्रेरित नियुक्त गर्नुभएको थियो । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई दिनुभएको अनुग्रह”
पावलले उनको सुसमाचार प्रचार गर्नुलाई मानौँ उनले, एक पूजाहारीको रूपमा, परमेश्वरलाई भेटी चढाइरहेका थिए भने झैँ गरेर बताउँछन् । वैकल्पिक अनुवादः “अन्यजातिहरूले परमेश्वरलाई खुशी बनाउन सकून् जब तिनीहरूले उहाँको आज्ञापालन गर्छन्”
“ताकि अन्यजातिहरूले परमेश्वरलाई आज्ञापालन गर्नेछन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छः वैकल्पिक अनुवादः “यी ती कुराहरू हुन् जुन ख्रीष्टले मैले भनेका र गरेका कुराहरूद्वारा पूरा गर्नुभयो”
तपाईंले यस युगल अकरणलाई सकारात्मक रूपमा अनुवाद गर्न सक्नुहुन्छ । यहाँ “यी ... कुराहरू हुन्” भन्ने कुराले ख्रीष्टले पावलद्वारा पूरा गर्नुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “अन्यजातिहरूको आज्ञापालनको खातिर, ख्रीष्टले मद्वारा मेरा वचनहरू र कार्यहरूमा र पवित्र आत्माको शक्तिद्वारा चिन्हहरू र आश्चर्यकर्महरूको शक्तिद्वारा पूरा गर्नुभएका कुराहरूका विषयमा मात्र म बोल्दछु”
यी दुई शब्दहरूले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् र विभिन्न किसिमका आश्चर्यकर्महरूलाई जनाउँछन् ।
यो यरूशलेमको सहरदेखि इल्लुरिकनको प्रान्तसम्म हो, जुन इटाली नजिकैको क्षेत्र हो ।
पावलले ती मानिसहरूलाई मात्र प्रचार गर्न चाहन्छन् जसले कहिल्यै ख्रीष्टको बारेमा सुनेका छैनन् । वैकल्पिक अनुवादः “यस कारणले, म ती ठाउँहरूमा सुसमाचार सुनाउन चाहन्छु जहाँ मानिसहरूले ख्रीष्टको बारेमा कहिल्यै सुनेका छैनन्”
पावलले उनको सेवकाइको कामको विषयमा त्यो चाहिँ उनले कुनै जगमाथि घर निर्माण गर्ने कुरा भए झैँ गरेर बताउँछन् । वैकल्पिक अनुवादः “ताकि मैले सामान्य रूपमा अरू कसैले थालिसकेको कामलाई नै निरन्तरता दिइरहेको नहोऊँ । म त्यो मानिस हुन चाहन्न जसले अर्काको जगमाथि घर निर्माण गर्छ”
यहाँ पावलले यशैयाले धर्मशास्त्रमा लेखेका कुराहरूलाई जनाउँछन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ र अर्थलाई स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जे भइरहेको छ त्यो यशैयाले धर्मशास्त्रमा लेखेको अनुसार छ”
यहाँ पावलले “खबरहरू” वा ख्रीष्टको बारेमा भएको सन्देशको विषयमा त्यो जीवित थियो र आफैँ सर्न सक्थ्यो भने झैँ गरेर बताउँछन् । वैकल्पिक अनुवादः “तिनीहरू जसलाई कसैले उहाँको बारेमा भएको सन्देश सुनाएको थिएन”
पावलले रोममा भएका विश्वासीहरूलाई तिनीहरूलाई भेट्ने उनको व्यक्तिगत योजनाहरूको विषयमा बताउँछन् र विश्वासीहरूलाई प्रार्थना गर्नका लागि अनुरोध गर्छन् ।
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले पनि मलाई अवरोध गरे” वा “मानिसहरूले पनि मलाई अवरोध गरे”
पावलले यहाँ भन्ने खोजेको कुरा चाहिँ अब त्यहाँ यी क्षेत्रहरूमा कुनै त्यस्तो स्थान छैन जहाँ ती मानिसहरू बस्छन् जसले ख्रीष्टको बारेमा सुनेका छैनन् । वैकल्पिक अनुवादः “यी क्षेत्रहरूमा कुनै त्यस्ता स्थानहरू छैनन् जहाँ मानिसहरूले ख्रीष्टको बारेमा सुनेका छैनन्”
यो रोमको पश्चिमी प्रान्त हो जहाँ पावललाई जाने इच्छा थियो ।
“जसै म रोमबाट भएर जान्छु” वा “म मेरो बाटोमा हुँदा”
यहाँ पावलले भन्न खोजेका कुरा चाहिँ रोमी विश्वासीहरूले उनलाई उनको स्पेनतर्फको यात्रामा केही आर्थिक सहयोग जुटाएका उनले चाहन्छन् भन्ने हुन्छ । वैकल्पिक अनुवादः “कि तिमीहरूले मलाई मेरो यात्रामा सहायता गर्नेछौ”
“तिमीहरूसँग केही समय बिताउनलाई आनन्द मनाएको छु” वा “तिमीहरूलाई भेट गरेकोमा रमाएको छु”
यहाँ “माकेडोनिया” र “अखैया” जस्ता शब्दहरू ती क्षेत्रहरूमा बस्ने मानिसहरूलाई जनाउने प्रतिस्थापकीय शब्दहरू हुन् । वैकल्पिक अनुवादः “माकेडोनिया र अखैयाका प्रान्तमा भएका विश्वासीहरू हर्षित थिए”
“माकेडोनिया र अखैयाका विश्वासीहरू त्यो कार्य गर्न पाउँदा हर्षित थिए”
“साँच्चै, माकेडोनिया र अखैयाका मानिसहरू यरूशलेमका विश्वासीहरूका ऋृणी हुन्”
“अन्यजातिहरू यरूशलेमका विश्वासीहरूका आत्मिक कुराहरूमा सहभागी भएका कारण, अन्यजातिहरूले यरूशलेमका विश्वासीहरूलाई सेवा पुर्याउनुपर्छ”
पावलले यरूशलेममा लगिरहेको पैसा चाहिँ कुनै फल भए झैँ गरेर बताउँछन् जुन तिनीहरूको लागि सङ्कलन गरिएको थियो । वैकल्पिक अनुवादः “र यो भेटीलाई तिनीहरूकहाँ सुरक्षित तवरमा पुर्याएर”
यो वाक्यांशको अर्थ चाहिँ ख्रीष्टले पावल र रोमी विश्वासीहरूलाई आशिष् दिनुहुनेछ भन्ने हुन्छ । वैकल्पिक अनुवादः “अनि म जान्दछु कि जब म तिमीहरूलाई भेट्छु, ख्रीष्टले हामीलाई प्रशस्त गरी आशिष् दिनुहुनेछ”
यदि तपार्इंको भाषामा पावलले आफू विश्वस्त भएका असल कुराहरूका बारेमा (रोमीहरू १५:२९) भन्न रोकेर उनले सामना गर्नु परेका जोखिमहरूका बारेमा बताउन सुरु गरेको कुरालाई व्यक्त गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्नुहोस् ।
“म तिमीहरूलाई उत्साह दिन चाहन्छु”
यहाँ भाइहरू भन्नाले पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरू हुन् ।
“तिमीहरू कडा परिश्रम गर्छौ” वा “तिमीहरू सङ्घर्ष गर्छौ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई तिनीहरूबाट मुक्त गर्नुभएको होस् जो अनाज्ञाकारी छन्” वा “परमेश्वरले तिनीहरूलाई मलाई हानी गर्नबाट रोक्नुभएको होस् जो अनाज्ञाकारी छन्”
यहाँ यरूशलेममा भएका विश्वासीहरूले माकेडोनिया र अखैयामा भएका विश्वासीहरूबाटका पैसालाई खुशीसाथ स्वीकार गरून् भन्ने उनको चाहनालाई पावलले व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “प्रार्थना गर कि यरूशलेममा भएका विश्वासीहरू मैले तिनीहरूलाई ल्याइरहेको पैसा प्राप्त गर्नमा खुशी होऊन्”
“शान्तिका परमेश्वर”को अर्थ परमेश्वर जसले विश्वासीहरूमा भित्री शान्ति हुन लगाउनुहुन्छ भन्ने हुन्छ । वैकल्पिक अनुवादः “म प्रार्थना गर्छु कि परमेश्वर जसले हामी सबैसँग भित्री शान्ति हुने गराउनुहुन्छ”
1 किंक्रियामा भएको मण्डलीकी सेविका हाम्री बहिनी फिबीको म तिमीहरू समक्ष प्रशंसा गर्छु । 2 ताकि तिमीहरूले तिनलाई प्रभुमा ग्रहण गर । यो विश्वसीहरूलाई सुहाउँदो प्रकारले गर अनि तिनलाई जे कुरामा तिमीहरूको खाँचो पर्छ, तिनलाई सहायता गर । किनकि तिनी आफैँ नै धेरैको साथै मेरो आफ्नै पनि सहयोगी भएकी छन् । 3 ख्रीष्ट येशूमा मेरा सहकर्मी प्रिस्का र अकिलासलाई अभिवादन गर, 4 जसले मेरो जीवनको निम्ति तिनीहरूको जीवन जोखिममा पारेका थिए । म तिनीहरूलाई धन्यवाद दिन्छु, मैले मात्र होइन, तर गैरयहूदीहरूका सबै मण्डलीहरूले धन्यवाद दिन्छन् । 5 तिनीहरूका घरमा भएको मण्डलीलाई अभिवादन देओ । मेरा प्रिय इपेनितसलाई अभिवादन देओ, जो ख्रीष्टमा एसियाको पहिलो फल हुन् । 6 मरियमलाई अभिवादन देओ, जसले तिमीहरूका निम्ति कडा परिश्रम गरेकी थिइन् । 7 एन्ड्रोनिकस र युनियस, मेरा आफन्तहरू र मेरा सङ्गी कैदीहरूलाई अभिवादन भनिदेओ । तिनीहरू प्रेरितहरूमध्ये विशिष्ट छन्, जो मभन्दा पहिले नै ख्रीष्टमा थिए । 8 प्रभुमा मेरा प्रिय एम्प्लीआतसलाई मेरो अभिवादन भन । 9 उर्बानस, ख्रीष्टमा हाम्रा सहकर्मी र मेरा प्रिय स्ताखुसलाई अभिवादन देओ । 10 ख्रीष्टमा समर्थन गरिएका अपेल्लेसलाई अभिवादन देओ । अरिस्तोबुलसका घरानाकाहरूलाई अभिवादन देओ । 11 मेरा आफन्त हेरोदियनलाई अभिवादन देओ । प्रभुमा भएका नर्किससका घरानाकाहरूलाई अभिवादन भनिदेओ । 12 प्रभुमा कडा परिश्रम गर्ने त्रुफेना र त्रोफोसालाई अभिवादन देओ । परसीसलाई अभिवादन देओ, जसले प्रभुमा धेरै काम गरेका छन् । 13 प्रभुमा चुनिएका रूफस र तिनकी आमा जो मेरो पनि आमा भएकी थिइन्, तिनीहरूलाई अभिवादन देओ । 14 असिंक्रितस, फ्लेगन, हर्मेस, पत्रोबास, हर्मास र उनीहरूसित भएका भाइहरूलाई अभिवादन देओ । 15 फिलोलोगस र युलिया, नेरियस र तिनकी बहिनी, र ओलिम्पास र तिनीहरूसित भएका सबै विश्वासीहरूलाई अभिवादन देओ । 16 एक आपसमा पवित्र चुम्बनले अभिवादन गर । ख्रीष्टका सबै मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् । 17 अब भाइ हो, जसले विभाजन र बाधा खडा गर्छन् तिनीहरूको बारेमा विचार गर्न म तिमीहरूलाई आग्रह गर्छु । तिनीहरू तिमीहरूले सिकेका शिक्षाभन्दा बाहिर गइरहेका छन् । तिनीहरूदेखि टाढा बस । 18 किनकि यस्ता मानिसहरूले हाम्रा प्रभु ख्रीष्टको सेवा गर्दैनन्, तर तिनीहरूले आफ्नै पेटको सेवा गर्छन् । तिनीहरूका चिप्ला कुरा र चापलुसीले निर्दोषहरूको हृदयलाई छल्छ । 19 किनकि तिमीहरूका आज्ञाकारिताको उदाहरण सबैकहाँ पुग्छ । त्यसकारण, तिमीहरूमा म आनन्द मनाउँछु, तर जुन कुरो असल छ त्यसमा बुद्धिमानी होओ, र जुन कुरा खराब छ त्यसमा निर्दोष होओ भन्ने म चाहन्छु । 20 शान्तिका परमेश्वरले चाँडै नै शैतानलाई तिमीहरूको पैतालामुनि कुच्च्याउनुहुनेछ । हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसित रहोस् । 21 मेरा सहकर्मी तिमोथी र मेरा आफन्त लुकियस, यासोन र सोसिपात्रोसले तिमीहरूलाई अभिवादन पठाएका छन् । 22 यो पत्र लेख्ने म तर्तियसले प्रभुमा अभिवादन गर्दछु । 23 गायस जसले मलाई र सम्पूर्ण मण्डलीलाई उहाँको घरमा राखेका छन्, उनले तिमीहरूलाई अभिवादन भनेका छन् । सहरका कोषाध्यक्ष इरास्तस र भाइ क्वार्टसले तिमीहरूलाई अभिवादन गरेका छन् । 24 [नोटः उत्कृष्ट प्राचीन प्रतिलिपीहरूले यो पदलाई हटाएका छन् (रोमी १६∶२० हेर्नुहोस्) पद २४] । हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरू सबैसित रहेको होस् । 25 अब उहाँलाई जसले तिमीहरूलाई मेरो सुसमाचार र येशू ख्रीष्टको सन्देशअनुसार अर्थात् धेरै अगाडिदेखि गुप्त रहेको रहस्यको प्रकाशअनुसार जो तिमीहरूलाई खडा राख्न सक्षम हुनुहुन्छ, 26 तर अब सारा गैरयहूदीहरूका बिचमा विश्वासको आज्ञाकारिताको निम्ति अनन्त परमेश्वरको आज्ञाअनुसार अगमवाणीका धर्मशास्त्रहरूद्वारा त्यसलाई प्रकट गरिएको र जनाइएको छ, 27 एक मात्र बुद्धिमान् परमेश्वरलाई, येशू ख्रीष्टद्वारा सदासर्वदा महिमा होस् । आमेन !
यस अध्यायमा, पावलले रोममा भएका केही ख्रीष्टिएनहरूलाई व्यक्तिगत अभिवादनहरू दिन्छन् । यस किसिमको व्यक्तिगत अभिवादनको साथमा कुनै पत्रलाई अन्त्य गर्नु भनेको प्राचीन पूर्व नजिक क्षेत्रमा चलेको चलन थियो ।
यो अध्यायको व्यक्तिगत किसिमको ढाँचाको कारण, सन्दर्भको बारेमा धेरै जानकारी छैन । यसले अनुवादलाई कठिन बनाउनेछ ।
तब पावलले रोममा भएका धेरै विश्वासीहरूलाई नामै लिएर अभिवादन गर्छन् ।
“तिमीहरूले फिबीलाई आदर गरेको म चाहन्छु”
यो एउटी स्त्रीको नाम हो ।
“हाम्री” शब्दले पावल र सबै विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “ख्रीष्टमा हाम्री बहिनी”
यो ग्रीसको बन्दरगाह सहर थियो ।
पावलले फिबीलाई एक सङ्गी विश्वासीको रूपमा स्वागत गर्नलाई रोमी विश्वासीहरूलाई प्रोत्साहन गर्छन् । वैकल्पिक अनुवादः “तिनलाई स्वागत गर किनभने हामी सबै प्रभुका हौँ”
“एक विश्वासीले अरू विश्वासीहरूलाई स्वागत गर्ने तरिकामा”
पावलले फिबीलाई चाहिएको कुराहरू तिनलाई दिनलाई रोमी विश्वासीहरूलाई प्रोत्साहन गर्छन् । वैकल्पिक अनुवादः “तिनलाई चाहिएको कुनै पनि कुरा दिएर तिनलाई सहायता गर”
“धेरै मानिसहरूलाई सहायता गरेकी छिन्, र तिनले मलाई पनि सहायता गरेकी छिन्”
प्रिस्किला अकिलासकी पत्नी थिइन् ।
पावलका “सङ्गी सहकर्मीहरू” भनेका ती मानिसहरू हुन् जसले पनि अरूहरूलाई येशूको बारेमा बताउँछन् । वैकल्पिक अनुवादः “जसले मानिसहरूलाई ख्रीष्ट येशूको बारेमा बताउनको निम्ति मसँगै काम गर्छन्”
“तिनीहरूको घरमा आराधनाको निम्ति भेला हुने विश्वासीहरूलाई अभिवादन गर”
यो एक पुरुषको नाम हो ।
पावलले इपेनितसको विषयमा तिनी उनले कटनी गर्ने कुनै फल भए झैँ गरेर बताउँछन् । वैकल्पिक अनुवादः “एसियामा येशूलाई विश्वास गर्ने पहिलो व्यक्ति
यो एक स्त्रीको नाम हो ।
यो एक पुरुषको नाउँ हो ।
यो कि त १) युनिया भन्ने एक स्त्रीको नाम हुन सक्छ वा अझ कम सम्भाव्य रूपमा २) युनियस भन्ने एक पुरुषको नाम हुन सक्छ ।
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “प्रेरितहरूले तिनीहरूलाई धेरै राम्ररी जान्दछन्”
यो एक पुरुषको नाउँ हो ।
“मेरा प्रिय साथी र सङ्गी विश्वासी”
यी पुरुषहरूका नाउँहरू हुन् ।
यी पुरुषहरूका नाउँहरू हुन् ।
“समर्थन गरिएका” भन्ने शब्दले त्यो व्यक्तिलाई जनाउँछ जसको जाँच गरिएको छ र साँचो प्रमाणित भएको छ । वैकल्पिक अनुवादः “जसलाई ख्रीष्टले समर्थन गर्नुभएको छ”
यी पुरुषहरूका नाउँहरू हुन् ।
यसले येशूमा भरोसा गर्नेहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “जो विश्वासीहरू हुन्” वा “जो प्रभुका हुन्”
यी स्त्रीहरूका नाउँहरू हुन् ।
यो एक पुरुषको नाउँ हो ।
तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जसलाई प्रभुले चुन्नुभएको छ”
पावलले रूफसको आमालाई उनको आफ्नै आमा भए झैँ गरेर बताउँछन् । वैकल्पिक अनुवादः “तिनकी आमा, जसलाई म पनि मेरी आमा जस्तो मान्छु”
यी पुरुषहरूका नाउँहरू हुन् ।
यहाँ यसको अर्थ पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरू भन्ने हुन्छ ।
यी पुरुषहरूका नाउँहरू हुन् ।
यो एक स्त्रीको नाउँ हो । युलिया सम्भवतः फिलोलोगसकी पत्नी थिइन् ।
सङ्गी विश्वासीहरूको लागि प्रेम देखाउने अभिव्यक्ति
यहाँ पावलले ख्रीष्टका मण्डलीहरूका सम्बन्धमा सामान्य तवरमा कुरा गर्छन् । वैकल्पिक अनुवादः “यस क्षेत्रमा भएका सारा मण्डलीहरूका विश्वासीहरूले तिमीहरूलाई तिनीहरूका अभिवादनहरू पठाउँछन्”
पावलले विश्वासीहरूलाई एकता र परमेश्वरको लागि जिउने सम्बन्धमा एउटा अन्तिम चेतावनी दिन्छन् ।
यहाँ यसको अर्थ पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरू भन्ने हुन्छ ।
“ ... माथि नजर राख्न”
यसले तिनीहरूलाई जनाउँछ जसले वादविवाद गर्छन् र अरूहरूलाई येशूमा विश्वास गर्नलाई छोड्न लगाउँछन् । वैकल्पिक अनुवादः “जसले विश्वासीहरूलाई एक अर्कासँग बहस गर्न लगाउने र परमेश्वरमा विश्वास गर्नबाट रोक लगाइरहेका छन्”
“तिमीहरूले सिकिसकेका सत्यतासँग मेल नखाने कुराहरू तिनीहरू सिकाउँछन्”
यहाँ “फर्कनु” भनेको “सुन्नलाई इन्कार गर्ने” कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिनीहरूलाई नसुन”
“तिनीहरूले सेवा गर्छन्” भन्ने शब्दहरूलाई अगाडिको वाक्यांशबाट बुझिएको छ । यसलाई एउटा अलग वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बरु, तिनीहरूले तिनीहरूको आफ्नै पेटको सेवा गर्छन्”
यहाँ “पेट” भनेको प्रतिस्थापन शब्द हो जसले शारीरिक इच्छाहरूलाई जनाउँछ । तिनीहरूको पेटको सेवा गर्ने कुराले तिनीहरूका इच्छाहरूलाई सन्तुष्ट बनाउने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तर तिनीहरू केवल तिनीहरूका आफ्नै स्वार्थी इच्छाहरूलाई मात्र सन्तुष्ट पार्न चाहन्छन्”
यहाँ “चिप्ला” र “चाप्लुसी” भन्ने शब्दहरूले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् । पावलले यहाँ यी मानिसहरूले कसरी विश्वासीहरूलाई झुक्याइरहेका छन् भन्ने कुरालाई जोड दिइरहेका छन् । वैकल्पिक अनुवादः “असल र सत्य लाग्ने कुराहरू भनेर”
यहाँ “हृदय” भनेको व्यक्तिको दिमाग वा भित्री मनुष्यत्वलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिनीहरूले निर्दोष विश्वासीहरूलाई छल्छन्”
यसले तिनीहरूलाई जनाउँछ जो सरल, अनुभव नभएका र एकदमै नयाँ हुन्छन् । वैकल्पिक अनुवादः “जसले तिनीहरूलाई निर्दोष तवरमा विश्वास गर्छन्” वा “जसले यी शिक्षकहरूले झुक्याउँदै छन् भनेर जान्दैनन्”
यहाँ पावलले रोमी विश्वासीहरूको आज्ञाकारिता चाहिँ कुनै एक व्यक्ति भए झैँ गरेर कुरा गर्छन् जो मानिसहरूकहाँ जान सक्थ्यो । वैकल्पिक अनुवादः “किनकि तिमीहरूले कसरी येशूको आज्ञापालन गर्छौ भनेर सबैजनाले सुनेका छन्”
“दुष्ट कुराहरू गर्नमा संलग्न नभएको”
“तिमीहरूको पैतालामुनि कुच्च्याउनुहुनेछ” भन्ने वाक्यांशले शत्रुमाथिको पूर्ण विजयलाई जनाउँछ । यहाँ शैतानमाथिको विजय भनेको चाहिँ मानौँ रोमी विश्वासीहरूले कुनै शत्रुलाई तिनीहरूको पैतालामुनि कुल्चिरहेका थिए भने झैँ गरेर पावलले बताउँछन् । वैकल्पिक अनुवादः “चाँडै नै परमेश्वरले तिमीहरूलाई शान्ति दिनुहुनेछ र शैतानमाथि पूर्ण विजय दिनुहुनेछ”
पावलले तिनीसँग भएका विश्वासीहरूबाट अभिवादन दिन्छन् ।
यी पुरुषहरूका नाउँहरू हुन् ।
तर्तियस ती मानिस हुन् जसले पावलले बोलेका कुरा पत्रमा लेखे ।
“तिमीहरूलाई प्रभुमा एक सङ्गी विश्वासीको रूपमा अभिवादन गर्छु”
यी पुरुषहरूका नाउँहरू हुन् ।
यसले गायसलाई जनाउँछ, ती व्यक्ति जसको घरमा पावल र उनका सङ्गी विश्वासीहरू आराधनाको लागि भेला हुन्थे ।
यो त्यो व्यक्ति हो जसले समूहको रुपियाँ-पैसाको रेखदेख गर्छ ।
पावलले एउटा आशिष्को प्रार्थनाले समापन गर्छन् ।
यहाँ “अब” भन्ने शब्दले यस पत्रको अन्तिम भागलाई सङ्केत गर्छ । यदि तपाईंको भाषामा यसो गर्ने कुनै तरिका छ भने, तपाईंले त्यसलाई यहाँ प्रयोग गर्न सक्नुहुन्छ ।
यहाँ पावलले बलियो विश्वास राख्ने कुरालाई कुनै व्यक्ति लड्नुको साटोमा उभिरहने कुरा भए झैँ गरेर बताउँछन् ।वैकल्पिक अनुवादः “तिमीहरूको विश्वासलाई बलियो बनाउन”
“येशू ख्रीष्टको बारेमा मैले प्रचार गरेको सुसमाचारद्वारा”
पावलले भन्छन् कि अगाडि लुकाइएका सत्यताहरूलाई परमेश्वरले विश्वासीहरूको समक्ष प्रकट गर्नुभएको छ । उनले यी सत्यताहरूको विषयमा मानौँ तिनीहरू कुनै गोप्य कुरा भए झैँ गरेर बताउँछन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “किनभने परमेश्वरले धेरै अगाडिदेखि गुप्त राख्नुभएको कुरालाई हामी विश्वासीहरूलाई प्रकट गर्नुभएको छ”
“प्रकट गरिएको” र “थाहा गराइएको” भन्ने क्रियापदहरूले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् । पावलले तिनीहरू दुवैलाई उनको भनाइलाई जोड दिनका लागि प्रयोग गर्छन् । तपाईंले यी शब्दहरूलाई जोड्न सक्नुहुन्छ र यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तर अब अनन्तका परमेश्वरले त्यसलाई अगमवाणीका लेखहरूद्वारा सबै जातिहरूलाई थाहा गराउनुभएको छ”
यहाँ “आज्ञाकारिता” र “विश्वास” भनेका भाववाचक नामपद शब्दहरू हुन् । तपाईंले “आज्ञापालन गर्नु” र “भरोसा गर्नु” भन्ने क्रियापदहरूलाई तपाईंको अनुवादमा प्रयोग गर्न सक्नुहुन्छ । कसले आज्ञापालन गर्नेछन् र विश्वास गर्नेछन् भन्ने कुरालाई तपाईंले स्पष्ट पार्नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “ताकि सबै जातिहरूले परमेश्वरको आज्ञापालन गरून् किनभने तिनीहरूले उहाँमा भरोसा गर्छन्”
यहाँ “येशू ख्रीष्टद्वारा” भन्ने कुराले येशूले गर्नुभएको कुरालाई जनाउँछ । “महिमा” दिनुको अर्थ परमेश्वरलाई प्रशंसा गर्नु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “येशू ख्रीष्टले हाम्रो लागि गर्नुभएको कुराको कारण, हामी सदासर्वदा उहाँलाई प्रशंसा गर्नेछौँ जो मात्र परमेश्वर हुनुहुन्छ र जो मात्र बुद्धिमान् हुनुहुन्छ । आमेन”
पावलले १ कोरिन्थी लेखे । पावल तार्सस सहरका मानिस थिए । उनको सुरुको जीवनमा उनी साउल भनेर चिनिएका थिए । ख्रीष्टिएन हुनुअगि पावल फरिसी थिए । उनले ख्रीष्टिएनहरूलाई सताए । उनी ख्रिस्चियन बनेपछि, मानिसहरूलाई येशूको बारेमा बताउँदै उनले धेरैचोटी रोमी साम्राज्यभरि यात्रा गरे ।
कोरिन्थमा भेटघाट गर्ने मण्डलीको स्थापना पावल आफैँले गरेका थिए । उनले यो पत्र लेखेको समयमा उनी एफिसस सहरमा बसोबास गरिरहेका थिए ।
१ कोरिन्थीको पुस्तक कोरिन्थ सहरमा भएका विश्वासीहरूका लागि पावलले लेखेका पत्र हो । त्यहाँ भएका विश्वासीका बीचमा समस्याहरू उत्पन्न भएका थिए भनी पावलले सुनेका थिए । तिनीहरूले एक-आपसमा वादविवाद गरिरहेका थिए । कसैले कुनै-कुनै ख्रीष्टिएन शिक्षा बुझेका थिएनन् । अनि तिनीहरूमध्ये कसैले खराब व्यवहार गरेका थिए । यो पत्रमा, पवलले तिनीहरूका समस्याका समाधान दर्शाए र परमेश्वरलाई मनपर्दो जीवन बिताउन उत्साह दिए ।
अनुवादकहरूले यस पुस्तकलाई परम्परागत शीर्षक, “पहिलो कोरिन्थी” भन्न मन पराउँछन् । अन्यथा तिनीहरूले, “कोरिन्थमा भएको मण्डलीलाई पावलले लेखेका पहिलो पत्र”, भनेर अझ स्पष्ट हुने शीर्षक चयन गर्छन् ।
कोरिन्थचाहिँ प्राचीन ग्रीसमा अवस्थित एउटा प्रमुख सहर थियो । यो भूमध्यसागरको नजिक रहेको हुनाले धेरै जना यात्रु र व्यापारी समान किनबेच गर्न त्यहाँ त्यहाँ आउँथे । यसकारण, त्यो सहरमा धेरै र विभिन्न किसिमका संस्कृतिका मानिसहरू थिए । त्यो सहरका मानिसहरूले अनैतिक तरिकाले जीवन बिताउँछन् भनेर नाम कमाएको थियो । मानिसहरूले एफ्रोडाइट अर्थात् ग्रिकको प्रेमकी देवीको पूजा गर्थे । एफ्रोडाइटलाई आदर गर्ने उत्सवका रूपमा देवीका पूजा गर्नेहरूले त्यस मन्दिरका वेश्याहरूसित यौन सम्बन्ध राख्दथे ।
कोरिन्थमा भएका झुटा देवीदेवतालाई धेरै जनावर बलि चढाइन्थ्यो । पूजारीहरू र पूजा गर्नेहरूले मासुको केही भाग आफूसित राख्दथे । धेरै मासु बजारमा बेच्ने गरिन्थ्यो । त्यस्ता झुटा देवीदेवतालाई बलि चढाएका हुनाले त्यो मासु खानु ठीक हुन्छ कि हुँदैन भनेर धेरै जना ख्रीष्टिएनहरूले एक-आपसमा वादविवाद गरिरहेका थिए । पावलले यो समस्यको समाधान १ कोरिन्थीमा लेखेका छन् ।
धेरै किसिमका विचारमध्ये कुनै एकलाई जनाउन धर्मशास्त्रमा यस्ता शब्दहरूका प्रयोग भएका छन् । यसकारण, अनुवादकहरूलाई आआफ्ना अनुवादमा यी शब्दका अर्थ राम्रोसित लेख्न कठिन भएको पाइएको छ । युएलटि को १ कोरिन्थीको अङ्ग्रेजी अनुवादमा भने तल दिइएका सिद्धान्तहरू स्थापित गर्न खोजिएको पाइन्छ:
अनुवादकहरूले यस्ता विचारलाई आआफ्ना अनुवादमा कसरी लेख्ने होला भनेर सोचिरहेका बेलामा यूएसटिले प्राय: सहायता पुर्याउँछ ।
“शरीर”, वा शरीरका”, भन्ने शब्दहरूलाई पावलले पापपूर्ण कुराहरू गर्ने ख्रीष्टिएनहरूलाई जनाउन प्रयोग गर्छन् । तापनि, यो भौतिक संसार भने खराब होइन । धर्मी जीवन बिताउने ख्रीष्टिएनहरूलाई जनाउन पावलले, “आत्मिक” भन्ने शब्द प्रयोग गर्छन् । पवित्र आत्माले तिनीहरूलाई जे गर्न सिकाउनुभयो, तिनीहरूले त्यही गरेका हुनाले यो यसो भनियो । अनि अनि )
१ कोरिन्थी १:२, ३०, ३१; ३:१; ४:१०, १५, १७; ६:११, १९; ७:२२; ९:१, २; ११:११, २५; १२:३, ९, १३, १८, २५; १४:१६; १५:१८, १९, २२, ३१, ५८; १६:१९, २४ मा यसो भनिएको पाइन्छ । ख्रीष्ट तथा विश्वासीहरूसितको घनिष्ठ सम्बन्धका कुरा बुझाउनका लागि पावलले यी कुरा लेखे । साथसाथै, तिनले अरू अर्थ पनि जनाए । उदाहरणका लागि, हेर्नुहोस, “ख्रीष्ट येशूमा पवित्र जन हुनका लागि बोलाइएकाहरू”, (१:२), जहाँ ख्रीष्टिएन विश्वासीहरू ख्रीष्टमा समर्पित भएका कुरालाई पावलले विशेष रूपले अर्थ्याएका छन् ।
यस किसिमका विचारहरूका बारेमा विस्तृत रूपमा जानकारी लिनका लागि रोमीको पुस्तकको परिचय हेर्नुहोस् ।
तल दिइएका पदहरू भने, बाइबलको पुराना अनुवादहरूमा भन्दा आधुनिक अनुवादहरूमा फरक पाइन्छ । अनुवादकहरूले बाइबलका आधुनिक अनुवादहरू प्रयोग गरून् भन्ने हाम्रो सुझाव रहेको छ । तापनि, कुनै अनुवादकका क्षेत्रमा बाइबलका पुराना अनुवादहरू पढिन्छन् भने, अनुवादकहरूले तिनकै अनुसरण गर्न सक्छन् । यस्तो अवस्था भएमा शायद ती पद, १ कोरिन्थीको मौलिक अर्थ होइनन् कि भनी जनाउनका लागि तिनलाई ठूला कोष्ठकहरू ([]) भित्र राख्नुपर्छ ।
1 परमेश्वरको इच्छाद्वारा येशूका प्रेरित हुन बोलाइएका पावल र हाम्रा भाइ सोस्थेनसबाट । 2 कोरिन्थमा भएको परमेश्वरको मण्डलीलाई, ख्रीष्ट येशूमा समर्पित गरिएका र पवित्र जनहरू हुनको लागि बोलाइएकाहरूलाई । हामी हरेक ठाउँमा प्रभु येशू ख्रीष्टको नाउँ लिनेहरू सबैलाई पनि लेखिरहेका छौँ, जो तिनीहरू र हाम्रा प्रभु हुनुहुन्छ । 3 हाम्रा परमेश्वर पिता र ख्रीष्ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति । 4 ख्रीष्ट येशूले तिमीहरूलाई दिनुभएको परमेश्वरको अनुग्रहको निम्ति म परमेश्वरलाई सधैँ धन्यवाद दिन्छु । 5 उहाँले तिमीहरूलाई सारा बोली र ज्ञानमा हर प्रकारले धनी बनाउनुभएको छ । 6 ख्रीष्टको विषयमा भएको गवाही सत्य छ भनेर तिमीहरूका माझमा पुष्टि भएको छ, 7 ताकि तिमीहरूले उत्सुकतासाथ हाम्रा प्रभु येशू ख्रीष्ट प्रकट हुने कुराको प्रतीक्षा गर्दा तिमीहरूमा आत्मिक वरदानहरूको अभाव नहोस् । 8 तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्टको दिनमा निर्दोष हुन सक भन्ने हेतुले उहाँले तिमीहरूलाई अन्तिमसम्म नै सुदृढ राख्नुहुनेछ । 9 परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई उहाँका पुत्र येशू ख्रीष्ट हाम्रा प्रभुको सङ्गतिमा बोलाउनुभयो । 10 अब भाइहरू हो, हाम्रा प्रभु येशू ख्रीष्टको नाउँद्वारा म तिमीहरूलाई आग्रह गर्छु, कि तिमीहरू सबै सहमत होओ र तिमीहरूका माझमा फाटो नहोस् । म आग्रह गर्छु कि तिमीहरू एकै मनको र एउटै उद्देश्यका साथ एकजुट होओ । 11 किनकि तिमीहरूका माझमा गुटबन्दी छ भन्ने कुरा क्लोएका मानिसहरूले मलाई बताएका छन् । 12 मेरो भनाइको अर्थ यही हो कि तिमीहरूमध्ये कसैले “म पावलको हुँ”, कसैले “म अपोल्लोसको हुँ”, कसैले “म केफासको हुँ” र कसैले “म ख्रीष्टको हुँ” भन्छौ । 13 के ख्रीष्ट बाँडिनुभएको छ र ? के पावल तिमीहरूका निम्ति क्रुसमा टाँगिए र ? के तिमीहरूले पावलको नाउँमा बप्तिस्मा लियौ र ? 14 म परमेश्वरलाई धन्यवाद दिन्छु कि मैले क्रिस्पस र गायसबाहेक अरू कसैलाई पनि बप्तिस्मा दिइनँ । 15 तिमीहरूले मेरो नाउँमा बप्तिस्मा लियौ भनी कसैले भन्न सक्दैन । 16 (मैले स्तिफनसको परिवारलाई पनि बप्तिस्मा दिएँ । त्योभन्दा बढी अरू व्यक्तिलाई मैले बप्तिस्मा दिएको मलाई सम्झना छैन ।) 17 किनकि येशूले मलाई बप्तिस्मा दिनलाई होइन, तर प्रचार गर्नलाई पठाउनुभयो । ख्रीष्टको क्रुस शक्तिहीन नबनाइयोस् भनेर उहाँले मलाई मानवीय बुद्धिका वचनहरूद्वारा प्रचार गर्न पठाउनुभएन । 18 किनकि क्रुसको सन्देश मरिरहेकाहरूका निम्ति मूर्खता हो, तर परमेश्वरले बचाइरहनुभएका मानिसहरूका लागि शक्ति हो । 19 किनकि यस्तो लेखिएको छ, “म बुद्धिमान्हरूको बुद्धि नष्ट गर्नेछु । म चतुरहरूको समझलाई बेकम्मा तुल्याउनेछु ।” 20 बुद्धिमान् कहाँ छ ? शिक्षित कहाँ छ ? यो संसारको तर्क गर्ने कहाँ छ ? के परमेश्वरले संसारको ज्ञानलाई मूर्खतामा परिणत गर्नुभएको छैन र ? 21 संसारले आफ्नो बुद्धिले परमेश्वरलाई चिनेन । यसको ज्ञानले उहाँलाई चिन्न नसकेको हुनाले विश्वास गर्नेहरूलाई प्रचारको मूर्खताद्वारा बचाउन परमेश्वरलाई उचित लाग्यो । 22 किनकि यहूदीहरू चिन्ह माग्छन्, र ग्रिकहरू ज्ञानको खोजी गर्छन् । 23 तर हामीचाहिँ क्रुसमा मर्नुभएका येशूको प्रचार गर्छौ, जुन यहूदीहरूका निम्ति ठेस लाग्ने ढुङ्गो हो, र ग्रिकहरूका निम्ति मूर्खता हो । 24 तर तिनीहरू अर्थात् यहूदी र ग्रिक दुवै जसलाई परमेश्वरले बोलाउनुभएको छ, तिनीहरूका माझमा हामी ख्रीष्टलाई परमेश्वरको शक्ति र बुद्धिको रूपमा प्रचार गर्छौं । 25 किनकि परमेश्वरको मूर्खता मानिसभन्दा बुद्धिमानी छ, र परमेश्वरको दुर्बलता मानिसभन्दा शक्तिशाली छ । 26 भाइहरू हो, आफ्नो बोलावटलाई हेर । तिमीहरूमध्ये धेरै जना मानिसको स्तरको मापमा बुद्धिमान् थिएनौ । तिमीहरूमध्ये धेरै जना शक्तिशाली थिएनौ । तिमीहरूमध्ये धेरै जनाको जन्म महान् थिएन । 27 तर परमेश्वरले बुद्धिमान्हरूलाई शर्ममा पार्नको लागि संसारका मूर्ख कुराहरूलाई छान्नुभयो । संसारमा भएका बलियालाई शर्ममा पार्नको निम्ति परमेश्वरले दुर्बल कुरालाई छान्नुभयो । 28 परमेश्वरले संसारमा भएको नीच र तुच्छ ठहरिएको कुरालाई छान्नुभयो । उहाँले नगण्य कुराहरू मूल्यवान् ठहरिऊन् भनेर नगण्य कुराहरूलाई छान्नुभयो । 29 उहाँको अगि कसैले पनि घमण्ड नगरोस् भनेर नै उहाँले यसो गर्नुभयो । 30 परमेश्वरले जे गर्नुभयो, त्यसैको कारण तिमीहरू अहिले ख्रीष्टमा छौ, जो हाम्रा निम्ति परमेश्वरबाट आउनुभएका बुद्धि बन्नुभयो । उहाँ हाम्रो धार्मिकता, पवित्रता र छुटकारा बन्नुभयो । 31 यसैले धर्मशास्त्र भन्दछ, “गर्व गर्नेले परमेश्वरमा नै गर्व गरोस् ।”
सुरुका तीन पदमा अभिवादन छन् । प्राचीन पूर्वमा, चिट्ठी लेख्न सुरु गर्ने यो एउटा समान्य तरिका थियो ।
पढ्न सजिलो होस् भनेर कुनै अनुवादले कविताका हरफहरूलाई अरू हरफहरूभन्दा दायाँतिर सारेका हुन्छन् । युएलटिले पद १९ का शब्दहरूलाई यसो गर्दछ, जुन पुरानो करारबाट लिइएका हुन् ।
यो अध्यायमा, विभाजन भएको र भिन्नभिन्न प्रेरितको अनुसरण गरेका हुनाले पावलले मण्डलीलाई हप्काउँछन् ।
मण्डलीलाई सहायता पुर्याउनलाई आत्मिक वरदानहरू विशेष अलौकिक दक्षताहरू हुन् । येशूलाई विश्वास गरेर ख्रीष्टिएन भएपछि पवित्र आत्माले उनीहरूलाई यी वरदानहरू दिनुहुन्छ । अध्याय १२ मा पवलले आत्मिक वरदानहरूका सूचि बनाएका छन् । यी वरदानमध्ये कुनैचाहिँ पवित्र आत्माले विकसित हुँदै गरेको सुरुको मण्डलीलाई मात्र दिनुभयो भनी कोही विद्वानले विश्वास गर्छन् । पवित्र आत्माका सबै वरदान आज पनि सबै ख्रीष्टिएनका लागि इतिहासभरि नै उपलब्ध छन् भनी अरू विद्वानले विश्वास गर्छन् ।
यो अध्यायमा, ख्रीष्ट पर्केर आउने कुरालाई पावलले दुईवटा भिन्नभिन्न वाक्यांशमा उल्लेख गर्छन्ः “हाम्रा प्रभु येशू ख्रीष्टको प्रकाश” र “हाम्रा प्रभु येशू ख्रीष्टको दिन”
गुट-उपगुटमा विभाजित भएका र मानवीय बुद्धिमा भर परेका हुनाले पावलले कोरिन्थीहरूलाई हप्काउनका लागि आलङ्कारिका प्रश्नको प्रयोग गर्छन् ।
ठेस लाग्ने ढङ्गोचाहि चट्टानको एउटा टुक्रा हो, जसमा मानिसहरू ठेस खान्छन् । परमेश्वरले आफ्नो मसिह अर्थात् अभिषिक्त जनलाई क्रूसमा टाँगिन दिनुहुन्छ भन्ने कुरा विश्वास गर्न यहूदीहरूलाई कठिन भयो ।
तपाईंको भाषामा कुनै पत्रको लेखकको परिचय दिने कुनै खास तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “म, पावल”
यसले पावल र कोरिन्थीहरू दुवैले सोस्थेनेसलाई चिन्दथे भन्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरू र मैले चिनेका भाइ सोस्थेनेस”
तपाईंको भाषामा जसका लागि कुनै पत्र लेखियो ती मानिसहरूहरूको परिचय दिने कुनै खास तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “म पावलले तिमी कोरिन्थमा भएकाहरूलाई यो पत्र लेखेँ जसले परमेश्वरमा विश्वास गर्छन्”
यहाँ “शुद्ध पारिएका”ले ती मानिसहरूहरूलाई जनाउँछ जसलाई परमेश्वरले उहाँलाई आदर गर्नलाई साँच्नुभएको छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई जसलाई ख्रीष्ट येशूले परमेश्वरको लागि अलग राख्नुभएको छ” वा “तिनीहरूलाई जसलाई परमेश्वरले आफ्नै लागि अलग राख्नुभएको छ किनभने तिनीहरू ख्रीष्ट येशूका हुन्”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले पवित्र जनहरू हुनलाई बोलाउनुभयो”
यहाँ “नाउँ” शब्द येशू ख्रीष्ट व्यक्तिका लागि लक्षणार्थ अर्थात् मेटनिम हो । वैकल्पिक अनुवादः “जसले प्रभु येशू ख्रीष्टमा पुकारा गर्छन्”
“हाम्रा” शब्दले पावलका श्रोता/पाठकलाई समावेश गर्छ । येशू पावल र कोरिन्थीहरूको प्रभु हुनुहुन्छ र सारा मण्डलीहरूको उहि प्रभु हुनुहुन्छ ।
पावल र सोस्थेनेसले यो पत्र कोरिन्थमा भएको मण्डलीका ख्रीष्टिएनहरूलाई लेखे ।
अरू किसिमले नभनिएसम्म, “तिमी” र “तिम्रा” जस्ता शब्दहरूले पावलका श्रोताहरूलाई जनाउँछ र त्यसैले ती बहुवचन हुन् ।
पावलले विश्वासीहरूले उहाँको आगमनको प्रतीक्षा गर्दा उनीहरूको पद र ख्रीष्टमा भएको संगतिको बारेमा वर्णन गर्छन् ।
पावलले अनुग्रहलाई कुनै भौतिक वस्तुजस्तो भएको कुरा गर्छन् जुन येशूले ख्रीष्टिएनहरूलाई वरदानका रूपमा दिनुहुन्छ । वैकल्पिक अनुवादः “किनभने ख्रीष्ट येशूले परमेश्वरलाई तिमीहरूप्रति दयालु हुन सम्भव बनाउनुभएको छ”
सम्भावित अर्थहरू हुन् १) “ख्रीष्टले तिमीहरूलाई धनी बनाउनुभएको छ” वा २) “परमेश्वरले तिमीहरूलाई धनी बनाउनुभएको छ”
पावलले साधारण शब्दमा कुरा गरेका हुन् । वैकल्पिक अनुवादः “सबै प्रकारका आत्मिक आशिष्ले धनी बनाउनुभएको छ”
अरूलाई परमेश्वरको सन्देश विभिन्न तरिकाले बताउनको लागि परमेश्वरले तिमीहरूलाई सक्षम बनाउनुभएको छ ।
परमेश्वरको सन्देश विभिन्न तरिकाले बुझ्नको लागि परमेश्वरले तिमीहरूलाई सक्षम बनाउनुभएको छ ।
सम्भावित अर्थहरू हुन् १) “तिमीहरूले आफैँंमा देख्यौ कि ख्रीष्टका बारेमा हामी जे भनेका थियौं, त्यो साँचो थियो” अथवा २) “तिमीहरू अहिले कसरी जिउँछौ सो हेरेर अरू मानिसले थाहा पाए कि ख्रीष्टका बारेमा हामीहरू र तिमीहरूले जे भन्यौ सो सत्य हो”
“किनभने मैले अहिले भनेको कुरा सत्य हो”
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीसँग हरेक आत्मिक वरदान होस्”
सम्भावित अर्थहरू हुन् १) “परमेश्वरले प्रभु येशू ख्रीष्टलाई प्रकट गर्ने समय” वा २) “हाम्रा प्रभु येशू ख्रीष्टले आफैँलाई प्रकट गर्ने समय”
परमेश्वरले तिमीहरूलाई दोषी ठहराउने कुनै कारण हुने छैन ।
“परमेश्वरले जे गर्नेछु भन्नुभयो ती हरेक कुरा उहाँले गर्नुहुने छ”
यो येशू, परमेश्वरको पुत्रको निम्ति महत्त्वपूर्ण उपाधि हो ।
पावलले कोरिन्थी विश्वासीहरूलाई सम्झाउँछन् कि उनीहरू एक अर्कासँग शान्तिमा रहनुपर्छ अनि यो कि ख्रीष्टको क्रूसको सन्देशले, न कि मानिसहरूद्वाराको बप्तिस्माले, बचाउँछ ।
यहाँ यसले दुवै पुरुषहरू र महिलाहरूलाई समावेश गरी सँगी ख्रीष्टिएनहरूलाई जनाउँछ ।
यहाँ “नाउँ” शब्द येशू येशू ख्रीष्ट व्यक्तिका लागि लक्षणार्थ अर्थात् मेटनिम हो । वैकल्पिक अनुवादः “हाम्रा प्रभु येशू ख्रीष्टको माध्यमद्वारा”
“तिमीहरू एक अर्कासँग मिलापमा बस”
“तिमीहरू आपसमा विभिन्न समूहमा विभाजित नहोओ”
“एकतामा रहो”
यसले परिवारका सदस्यहरू, नोकरहरू, र अरूहरूलाई जनाउँछ जो त्यस घरानाका भागहरू हुन्, जसको क्लोए, एक स्त्री, शिर हुन् ।
“तिमीहरू एक अर्कासँग झगडा गर्ने समूहमा विभाजित भएका छौ”
पावलले यहाँ विभाजनको प्रवृत्तिलाई अङ्कित गर्दै छन् ।
पावल ख्रीष्ट विभाजित हुनुभएको छैन तर एक हुनुहुन्छ भन्ने सत्यतामा जोड दिन इच्छा गर्छन् । “तिमीहरूले गरिरहे जसरी ख्रीष्टलाई विभाजन गर्न सम्भव छैन !”
ख्रीष्ट क्रूसमा टाँगिनुभएको थियो, पावल वा अपोल्लोस होइन भन्ने कुरामा पावल जोड दिन्छन् । वैकल्पिक अनुवादः “तिमीहरूको मुक्तिको लागि उनीहरूले पावललाई क्रूसमा मारेका होइनन् !”
हामी सबै जनाले ख्रीष्टको नाउँमा बप्तिस्मा लिएको हो भन्ने कुरामा पावल जोड दिन्छन् । वैकल्पिक अनुवादः “मानिसहरूले तिमीहरूलाई पावलको नाउँमा बप्तिस्मा दिएका होइनन् !”
यहाँको “नाउँमा” शब्द “अधिकारद्वारा” का लागि लागि लक्षणार्थ अर्थात् मेटनिम हो । वैकल्पिक अनुवादः “पावलको अधिकारद्वारा”
“मात्रै”
उनी सभाघरका शासक थिए र पछि ख्रीष्टिएन भए ।
उसले प्रेरित पावलसँगै यात्रा गर्यो ।
यहाँ “नाउँ”ले “अधिकार”को प्रतिनिधित्व गर्छ । यसको अर्थ मानिसहरूले आफूलाई पावलका चेला भनी दाबी गर्लान् भनेर पावलले अरूलाई बप्तिस्मा दिएनन् । यसलाई कर्तृ वाच्यमा कथित गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूमध्ये कतिले तिमीहरूलाई मेरो चेला बनाउन मैले बप्तिस्मा दिएँ भनेर दाबी गर्न सक्छन्”
यसले स्तिफनास, अर्थात् एक जना मानिस मुखिया रहेका घरका परिवारका सदस्य तथा दासहरूलाई जनाउँछ ।
यसले पावलको सेवकाइको प्राथमिक लक्ष्य बप्तिस्मा थिएन भनेर जनाउँछ ।
पावलले “मानवीय बुद्धिका वचनहरू”लाई ती मानिसहरू भए जसरी, र क्रूसलाई भाँडोको रूपमा, अनि शक्तिचाहिँ उक्त भाँडोभित्र येशूले हालिदिन सक्ने कुनै त्यस्तै भौतिक थोक भएजस्तो गरी कुरा गरेका छन् । यसलाई कर्तृ वाच्यमा कथित गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानवीय बुद्धिका वचनहरू ... ती मानवीय बुद्धिका वचनहरूले ख्रीष्टको क्रूसलाई शक्तिहीन पार्नुहुँदैन” वा “मानवीय बुद्धिका वचनहरू... मानिसहरूले येशूको सन्देशका बारेमा विश्वास गर्न छोड्नु र येशूभन्दा म नै धेरै महत्त्वपूर्ण हुँ भनी विचार गर्नुहुँदैन”
पावलले मानिसको बुद्धिको साटोमा परमेश्वरको बुद्धिमा जोड दिन्छन् ।
“क्रूसमा झुण्डाएको बारेमा शिक्षा” वा “ख्रीष्ट क्रूसमा मर्नुभएको सन्देश”
“अर्थहीन हो” वा “बेवकुफी हो”
यहाँ “मरिरहेका” ले आत्मिक मृत्युको प्रक्रियालाई बुझाउँछ ।
“यो परमेश्वर हामीमा शक्तिशाली रूपमा काम गरिरहनुभएको हो”
“म बुद्धिमान्हरूलाई अन्योलमा पार्नेछु” वा “म बुद्धिमान् मानिसहरूले बनाउने योजनाहरूलाई पूर्ण रूपमा असफल बनाउनेछु”
साँचा बुद्धिमान् मानिसहरू कतै पनि पाइन्नन् भन्ने कुरामा पावल जोड दिन्छन् । वैकल्पिक अनुवादः वैकल्पिक अनुवादः “सुसमाचारको बुद्धिको तुलनामा, त्यहाँ कोही पनि बुद्धिमान्, शिक्षित वा तर्क गर्ने मानिसहरू छैनन् !”
धेरै अध्ययन गरेको व्यक्ति भनेर चिनिने मानिस
आफूले जानेको कुरामा तर्क गर्ने वा तर्क गर्ने खुबी भएको मानिस
यस संसारको बुद्धिलाई परमेश्वरले के गर्नुभएको छ भन्ने देखाउनको लागि पावल यो प्रश्न सोध्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले बुद्धि भनेका हरेक कुरा साँच्चै नै मूर्खतापूर्ण छन् भनी परमेश्वरले दर्शाउनुभएको छ”
सम्भावित अर्थहरू हुन् १) “सन्देश विश्वास गर्नेहरू सबै” वा २) “ख्रीष्टमाथि विश्वास गर्नेहरू सबै”
यहाँ “हामी” शब्दले पावल र बाइबलका अरू शिक्षकलाई जनाउँछ ।
“ख्रीष्टको बारेमा, जो क्रूसमा मर्नुभयो”
जसरी कुनै मानिस बाटोमा ठेस लागेर लड्न सक्छ, त्यसैगरी ख्रीष्टको क्रूसको मृत्युद्वारा हुने उद्धारको सन्देशले यहूदीहरूलाई येशूमा विश्वास गर्नदेखि रोक्छ । वैकल्पिक अनुवादः “स्वीकार गर्न नसकिने” वा “निकै अपमानजनक”
“परमेश्वरले बोलाउनुभएका मानिसहरू”
सम्भावित अर्थहरू हुन् १) “परमेश्वरले ख्रीष्टलाई हाम्रा निम्ति मृत्य भोग्न पठाउनुभएर शक्तिशाली र बुद्धिमानीपूर्वक काम गर्नुभयो” अथवा “परमेश्वरले आफू कति शक्तिशाली र बुद्धिमान् हुनुहुन्छ भनी ख्रीष्टद्वारा हामीलाई दर्शाउनुभएको छ”
अर्को सम्भावित अर्थ यो हो कि ख्रीष्ट शक्तिशाली हुनुहुन्छ र ख्रीष्टद्वारा नै परमेश्वरले हाम्रो उद्धार गर्नुभएको छ ।
अर्को सम्भावित यो अर्थ हो कि परमेश्वरले ख्रीष्टद्वारा नै उहाँको बुद्धिको विषय प्रकट गर्नुहुन्छ ।
सम्भावित अर्थहरू हुन् १) व्यङ्ग्यात्मक रूपमा पावलले परमेश्वरको मूर्खता र दुर्बलताको बारेमा कुरा गर्छन् । परमेश्वर मूर्ख वा दुर्बल हुनुहन्न भनी पावललाई थाहा छ । वैकल्पिक अनुवादः “जे परमेश्वरको मूर्खता झैँ लाग्छ, त्यो मानिसहरूका बुद्धिभन्दा बढी बुद्धिमान् हुन्छ र जे परमेश्वरको दुर्बलता झैँ लाग्छ, त्यो मानिसहरूका बलभन्दा शक्तिशाली हुन्छ” वा २) पावलले ग्रीक मानिसहरूका दृष्टिकोणबाट कुरा गरेका हुन् जसले परमेश्वर मूर्ख वा दुर्बल भनी विचार गर्छन् । वैकल्पिक अनुवादः “मानिसहरूले जे कुरालाई परमेश्वरको मूर्खता भन्छन् सो कुरा मानिसहरूले जे कुरालाई बुद्धि भन्छन् सोभन्दा साँच्चै बुद्धिमान् हुन्छ, अनि जे कुरालाई मानिसहरूले परमेश्वरको दुर्बलता भन्छन् सो कुरा मानिसहरूका बलभन्दा साँच्चै शक्तिशाली हुन्छन् ।
परमेश्वरको सामु विश्वासीहरूका स्थानलाई पावलले जोड दिन्छन् ।
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूमध्ये निकै थोरै”
“जे कुरालाई धेरैजसो मानिसले बुद्धि भन्छन्”
“तिमीहरूका परिवार उच्च भएका हुनाले विशेष”
परमेश्वरको काम गर्ने तरिका र परमेश्वरले ती कसरी गर्नुपर्छ भन्ने मानिसहरूका विचारका बीचमा भएको भिन्नतालाई जोड दिनका लागि दुई वाक्यमा उही शब्दहरूलाई पावलले धेरैपल्ट दोहोर्याउँछन्, जसको अर्थ करिब एउटै हो ।
“संसारले बुद्धिमान् ठानेका मानिसहरूलाई शर्ममा पार्नका लागि संसारले मूर्ख ठानेका मानिसहरूलाई परमेश्वरले छान्नुभयो”
“संसारले शक्तिशाली ठानेका मानिसहरूलाई शर्ममा पार्नका लागि संसारले दुर्बल ठानेका मानिसहरूलाई परमेश्वरले छान्नुभयो”
मानिसहरू जसलाई संसारले अस्वीकार गर्छ । वैकल्पिक अनुवादः “दीनहीन र इन्कार गरिएका मानिसहरू”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः वैकल्पिक अनुवादः “मानिसहरूले मूल्य बिनाको ठानेका कुराहरू”
“नगण्य । उहाँले यो कुरा यस हेतुले गर्नुभयो ताकि मूल्यवान मानिएका कुरा साँच्चै नै बेकारका हुन्छन् भनी उहाँले दर्शाउन सक्नुभएको होस्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धेरै रुपियाँ पर्ने कुरा भनी मानिसहरूले विचार गर्ने कुरा” वा “धेरै आदर पाउने कुरा भनी मानिसहरूले विचार गर्ने कुरा”
यसले ख्रीष्टले क्रूसमा गर्नुभएको कामलाई जनाउँछ ।
यी शब्दहरूले पावल, उनीसँग भएका, र कोरिन्थीहरूलाई जनाउँछन् ।
सम्भावित अर्थहरू हुन् १) “ख्रीष्ट येशू, जसले परमेश्वर कति बुद्धिमान् हुनुहुन्छ भनेर हामीलाई प्रस्ट पारिदिनुभयो” वा २) “ख्रीष्ट येशू, जसले हामीलाई परमेश्वरको बुद्धि दिनुभएको छ”
“यदि कोही मानिसले गर्व गर्छ भने उसले प्रभु कति महान् हुनुहुन्छ भन्ने कुरामा गर्व गर्नुपर्छ”
1 भाइहरू हो, गुप्तमा रहेका परमेश्वरका सत्यताहरूको घोषणा गर्न म तिमीहरूकहाँ आउँदा कुशल वक्ता र बुद्धिका साथमा आइनँ । 2 तिमीहरूका माझमा हुँदा येशू ख्रीष्ट र क्रुसमा टाँगिनुभएका येशूलाई बाहेक मैले कुनै पनि कुरा नजान्ने निर्णय गरे । 3 अनि कमजोरी, डर र धेरै कम्पसाथ म तिमीहरूसित थिएँ । 4 र मेरा सन्देश र घोषणा ज्ञानको आकर्षक वचनहरूमा थिएनन् । बरु, ती पवित्र आत्मा र शक्तिको प्रदर्शनमा थिए । 5 तिमीहरूको विश्वास मानिसहरूको बुद्धिमा होइन, तर परमेश्वरको शक्तिमा भएको होस् । 6 अब, परिपक्वहरूका बिचमा हामी बुद्धिका कुरा गर्दछौँ, तर यस संसारका वा यस युगका शासकहरूको बुद्धि होइन जो बितेर जाँदै छन् । 7 बरु, लुकाइएका सत्यतामा हामी परमेश्वरको बुद्धिको प्रचार गर्छौं, लुकेको बुद्धि जो परमेश्वरले हाम्रो महिमाको निम्ति युगको अगिबाटै नियुक्त गर्नुभयो । 8 यस युगका कुनै पनि शासकहरूले यो ज्ञानलाई जानेनन्, तर तिनीहरूले त्यस समयमा यो कुरा बुझेका भए, तिनीहरूले महिमाको प्रभुलाई क्रुसमा टाँग्ने थिएनन् । 9 तर यसो लेखिएको छ, “आँखाले नदेखेका, कानले नसुनेका, मनले विचारै नगरेका कुराहरू उहाँलाई प्रेम गर्नेहरूका निम्ति परमेश्वरले तयार पार्नुभएको छ ।” 10 परमेश्वरले पवित्र आत्माद्वारा हामीलाई यी कुराहरू प्रकट गर्नुभएको छ । किनकि आत्माले हरेक कुराको खोजी गर्नुहुन्छ, उहाँले परमेश्वरका गहिरा कुराहरूको पनि खोजी गर्नुहुन्छ । 11 मानिसमा भएको आत्माबाहेक कसले मानिसका विचारहरू बुझ्न सक्छ ? यसरी नै, परमेश्वरका आत्माबाहेक कसैले पनि परमेश्वरका गहिरा कुराहरू बुझ्दैन । 12 तर हामीले संसारको आत्मा पाएका छैनौँ, तर परमेश्वरका आत्मा पाएका छौँ, ताकि परमेश्वरले हामीलाई सित्तैँमा दिनुभएका कुराहरू हामीले जान्न सकौँ । 13 हामी यी कुराहरू मानिसको बुद्धिले सिकाउन नसक्ने वचनहरूमा बोल्छौँ, तर आत्माले हामीलाई सिकाउनुहुन्छ । आत्माले आत्मिक वचनहरूलाई आत्मिक बुद्धिले प्रकाश पार्नुहुन्छ । 14 परमेश्वरका आत्माका कुराहरू अनात्मिक व्यक्तिले ग्रहण गर्दैन, किनकि तिनीहरू त्यसका निम्ति मूर्खता हुन्छन् । उसले तिनीहरूलाई बुझ्न सक्दैन किनभने तिनीहरूलाई आत्मिक रूपले जाँच्न सकिन्छ । 15 आत्मिक व्यक्तिले सबै कुराहरू जाँच गर्दछ, तर ऊचाहिँ अरूद्वारा जाँचिदैन । 16 किनाकि “कसले परमेश्वरको मनलाई जान्दछ ? र कसले उहाँलाई अर्ती दिन सक्छ ?” तर हामीसँग ख्रीष्टको मन छ ।
पढ्न सजिलो होस् भनेर कुनै अनुवादले कविताका हरपहरूलाई अरू हरपहरूभन्दा दायाँतिर सारेका हुन्छन् । युएलटिले पद ९ र १६ का शब्दहरूलाई यसो गर्दछ, जुन पुरानो करारबाट लिइएका हुन् ।
पहिलो अध्यायको मनावीय बुद्धि र परमेश्वरको बुद्धिमा भएको परस्परको विरोधाभाषको कुराकानीलाई पावलले निरन्तरता दिन्छन् । पवलका लागि, बुद्धि साधारण हुन्छ र मानवीय विचार मूर्ख हुनछन् । उनी भन्छन्, पवित्र आत्माबाट आउने बुद्धिमात्र साँचो बुद्धि हो । पहिले थाहा नभएको सत्यता जनाउनका लागि पावलले “लुकाइएको बुद्धि” भनेका छन् । अनि )
पावलले मानवीय बुद्धि र परमेश्वरको बुद्धिको बीचमा भिन्नतालाई दर्शाउँछन् । उनले आत्मिक बुद्धिचाहिँ परमेश्वरबाट आउँछ भनी जोड दिन्छन् ।
यहाँ यसले पुरुष र स्त्री दुवै गरेर, सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ ।
जब पावलले आफूले “केही नजान्ने निर्णय गरेँ” भनी भनेँ, तिनले येशूबाहेकका कुरामा ध्यान लगाउने र सिकाउने छैनन् भनी जोड दिनलाई बढाइचढाइ गरे । वैकल्पिक अनुवादः “मैले ख्रीष्टबाहेक ... अरू केही कुरा नजान्ने निर्णय गरेँ” वा “मैले ख्रीष्टबाहेक ... कुनै कुरा पनि नसिकाउने निर्णय गरेँ”
“म तिमीहरूसँगै घुमफिर गरिरहेको थिएँ”
सम्भावित अर्थहरू हुन् १) “शारीरिक रूपमा कमजोर” वा २) “जे मैले गर्नुपर्थ्यो सो मैले गर्न सकिन भने झैँ महसुस हुनु”
बुद्धिमान् सुनिने वचनहरू र जसद्वारा वक्ताले मानिसहरूलाई केही कुरा गर्न लगाउने वा विश्वास गर्ने बनाउने
“बुद्धि” भनी पावलले जे भन्न खोजे र जसलाई तिनले भन्न खोजे सो व्याख्या गर्नका लागि तिनले आफ्नो मुख्य तर्कलाई पन्छाउने काम गर्छन् ।
यहाँ मुख्य शिक्षालाई पन्छाएको कुरालाई अङ्कित गर्नका लागि “अब” भन्ने शब्द प्रयोग भएको छ । परमेश्वरको बुद्धि नै साँचो बुद्धि हो भनी पावलले व्याख्या गर्न थाल्छन् ।
भाववचक नाम शब्द “बुद्धि”लाई विशेषण शब्द, “बुद्धिमान्”को रूपमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बुद्धिका वचनहरू बोल्ने” वा “बुद्धिको सन्देश बोल्ने”
“परिपक्व विश्वासीहरू”
“परमेश्वरले कुनै कुराको सृष्ट गर्नुअगि नै”
“हाम्रो भविष्यको महिमा सुनिश्चित गर्नको लागि”
“येशू, महिमामय प्रभु”
यो एउटा अपूर्ण वाक्य हो । कुनै अनुवादकले यसलाई पूर्ण वाक्य बनाउँछन्ः “आँखाले नदेखेका ... विचार नगरेका; यी नै कुराहरू हुन् ... उहाँलाई प्रेम गर्नेहरूका ... ।” अरुले यसलाई अधुरै छोड्छन् तर यहाँ यो अधुरै हो भनी जनाउने चिन्ह राख्छन् र यो पदको निरन्तरताको रूपमा अर्को पद सुरु गर्छन्ः “‘आँखाले नदेखेका ... कुराहरू ... उहाँलाई प्रेम गर्नेहरूका ... ’-”
व्यक्तिको सबै भागहरूलाई जनाउने यी तीवटा कुराहरू हुन् जसले परमेश्वरले तयार पार्नुभएका कुराहरूको बारेमा कोही मानिस जानकार भएको छैन भनेर जोड दिन्छ ।
उहाँलाई प्रेम गर्नेहरूका लागि प्रभुले स्वर्गमा अद्भुत आश्चर्यमयी कुराहरू सृजना गर्नुभएको छ ।
पावलले यो प्रश्नलाई विचार गर्ने मानिसबाहेक अरू कसैले पनि जान्दैन भनी जोड दिनका लागि प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “कुनै व्यक्तिले के सोचिरहेछ भनेर त्यो व्यक्तिको आत्माले बाहेक अरू कसैले जान्दैन”
यसले मानिसको अन्तस्करण वा उसको आत्मिक स्वभावलाई जनाउँछ ।
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरका गहिरा कुराहरू परमेश्वरका आत्माले मात्र जान्नुहुन्छ”
यहाँ “हामी” शब्दले पावल र उनले पत्र लेखेका मानिसहरू दुवैलाई समावेश गर्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जो परमेश्वरले हामीलाई सित्तैमा दिनुभयो” वा “जो परमेश्वरले हामीलाई सित्तैमा दिनुभएको छ”
पवित्र आत्माले आफ्नै शब्दहरूमा विश्वासीहरूलाई परमेश्वरको सत्यता बताउनुहुन्छ र उनीहरूलाई आफ्नो ज्ञान दिनुहुन्छ ।
“आत्माले आत्मिक वचनहरूलाई व्याख्या गर्नका लागि उहाँको आफ्नै आत्मिक बुद्धिलाई प्रयोग गर्नुहुन्छ”
यहाँ “हामी” शब्दले पावल र उनले पत्र लेखेका मानिसहरूलाई दुवैलाई समावेश गर्छ ।
ख्रीष्टमा विश्वास नगरेको मानिस जसले पवित्र आत्मा पाएको छैन
“किनकि यी कुराहरू बुझ्नको लागि आत्माको सहायता चाहिन्छ”
“आत्मा पाएको विश्वासी”
कसैले पनि परमेश्वरको मनलाई जान्न सक्दैन भन्ने जनाउनलाई पावलले यो प्रश्नलाई प्रयोग गर्छन् । कोही पनि प्रभु जत्तिकै बुद्धिमान् छैन । वैकल्पिक अनुवादः “कसैले पनि परमेश्वरको मन जान्न सक्दैन, त्यसैले कसैले पनि उहाँलाई केही कुरा सिकाउन सक्दैन जुन उहाँ पहिल्यै जान्नुहुन्न”
1 अनि भाइहरू हो, मैले तिमीहरूसँग आत्मिक मानिसहरूसित बोलेझैँ बोल्न सकिनँ, तर शारीरिक मानिसहरू अर्थात् ख्रीष्टमा बालकहरूसित बोलेझैँ बोलेँ । 2 मैले तिमीहरूलाई दूध खुवाएँ, मासु होइन, किनकि तिमीहरू मासु खानको लागि तयार थिएनौ । 3 किनभने तिमीहरू अझै सांसारिक नै छौ । यदि तिमीहरूका माझमा डाह र झगडा छँदै छ भने के तिमीहरू सांसारिक तवरले जिइरहेका छैनौ र ? वा के तिमीहरू मानवीय मापदण्डअनुसार जिइरहेका छैनौ र ? 4 किनकि जब एक जनाले “म पावललाई पछ्याउँछु” भन्छ र अर्कोले “म अपोल्लोसलाई पछ्याउँछु” भन्छ भने के तिमीहरू सांसारिक तरिकाले जिइरहेका हुँदैनौ र ? 5 त्यसो भए अपोल्लोस को हो ? अनि पावल को हो ? सबै परमेश्वरका सेवकहरू हुन्, जसले परमेश्वरले दिनुभएका कामहरूअनुसार गरे र त्यही माध्यमद्वारा तिमीहरूले विश्वास गर्यौ । 6 मैले रोपेँ, अनि अपोल्लोसले पानी हाले, तर परमेश्वरले नै बढाउनुभयो । 7 त्यसैले, रोप्ने र पानी हाल्ने केही होइन । तर परमेश्वर जसले बढाउनुहुन्छ, उहाँ नै महान् हुनुहुन्छ । 8 अब रोप्ने र पानी हाल्ने एकै हुन्, ती हरेकले आफ्नो कामको परिश्रमअनुसार ज्याला पाउनेछन् । 9 किनकि हामीहरू परमेश्वरका सहकर्मी हौँ । तिमीहरू परमेश्वरका बगैँचा र उहाँका भवनहरू हौ । 10 परमेश्वरको अनुग्रहअनुसार उहाँले मलाई दिनुभएको कारिगरको क्षमतालाई प्रयोग गरेर मैले जग बसालेँ, र अर्कोले त्यसमाथि घर बनाउँदै छ । तर हरेक व्यक्तिले कसरी बनाउँदै छ भन्ने बारेमा सावधान रहनुपर्छ । 11 किनकि जुन जग बसालिएको छ, त्यो बाहेक कसैले पनि अर्को जग बसाल्न सक्दैन, जुन जग ख्रीष्ट हुनुहुन्छ । 12 यदि त्यस जगमाथि कसैले सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, वा परालको प्रयोग गरेर निर्माण गर्छ भने 13 उसको काम दिनमा प्रकट गरिनेछ, किनकि दिनको उज्यालोले त्यो प्रकट गर्नेछ । किनकि त्यो आगोमा प्रकट हुनेछ । हरेकको कामको गुणस्तरलाई आगोद्वारा जाँचिनेछ । 14 यदि कसैले गरेको काम रहिरह्यो भने त्यसले इनाम प्राप्त गर्नेछ । 15 तर यदि कसैको काम जलेर नष्ट भयो भने त्यसले नोक्सानी भोग्नुपर्नेछ । तर ऊ आफैँचाहिँ आगोबाट फुत्केझैँ बचाइनेछ । 16 के तिमीहरूलाई थाहा छैन, कि तिमीहरू परमेश्वरका मन्दिर हौ, र पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ ? 17 यदि कसैले परमेश्वरको मन्दिरलाई नाश गर्छ भने उहाँले त्यसलाई पनि नाश गर्नुहुनेछ । किनकि परमेश्वरको मन्दिर पवित्र छ, र तिमीहरू पनि त्यस्तै छौ । 18 कसैले आफैँलाई धोका नदेओस् । यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगमा बुद्धिमान् सम्झन्छ भने त्यसले आफूलाई “मूर्ख” सम्झोस्, र त्यो बुद्धिमान् हुनेछ । 19 किनकि संसारको ज्ञान परमेश्वरको निम्ति मूर्खता हो । किनकि यस्तो लेखिएको छ, “उहाँले ज्ञानी मानिसहरूलाई तिनीहरूकै चलाखीमा पक्रनुहुन्छ ।” 20 धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ, “परमेश्वर जान्नुहुन्छ कि संसारमा भएका ज्ञानीहरूको तर्क व्यर्थ छ ।” 21 त्यसैले, तिमीहरू मानिसहरूका निम्ति घमण्ड नगर ! किनकि सबै कुरा तिमीहरूकै हुन्, 22 चाहे पावल वा अपोल्लोस वा केफास वा संसार वा जीवन वा मृत्यु वा वर्तमानका कुराहरू वा आउने कुराहरू सबै तिमीहरूकै हुन्, 23 अनि तिमीहरूचाहिँ ख्रीष्टका हौ, र ख्रीष्टचाहिँ परमेश्वरका हुनुहुन्छ ।
पढ्न सजिलो होस् भनेर कुनै अनुवादले कविताका हरपहरूलाई अरू हरपहरूभन्दा दायाँतिर सारेका हुन्छन् । युएलटिले पद १९ र २० का शब्दहरूलाई यसो गर्दछ, जुन पुरानो करारबाट लिइएका हुन् ।
आफ्ना अधार्मिक कार्यहरूले गर्दा ख्रीष्टिएन विश्वासीहरू अपरिपक्व थिए । पावलले तिनीहरूलाई “संसारिक मानिसहरू”, अर्थात् अविश्वासीहरूले झैँ काम गर्नेहरू भनेका छन् । यो संसारिक शब्दचाहिँ “आत्मिक” मानिसहरूका विपरितलाई जनाउने शब्द हो । “संसारिक” किसिमले कार्य गर्ने ख्रीष्टिएनहरू चाहिँ मूर्खहरू जस्ता हुन् । तिनीहरूले संसारिक बुद्धिको अनुसरण गर्छन् । , , अनि अनि )
यस अध्यायमा धेरैवटा रूपक अलङ्कारको प्रयोग भएको छ । आत्मिक अपरिपक्व जनाउनलाई पावलले “बालकहरू”, र “दुध” को प्रयोग गरेका छन् । कोरिन्थमा भएको मण्डलीलाई बढाउनका लागि पावल आफूले र अपोल्लोसले खेलेको भूमिकाको बयान गर्नका लागि तिनले बिउ रोप्ने र पानी हाल्ने रूपक अलङ्कारहरूको प्रयोग गरेका छन् । कोरिन्थका विश्वासीहरूलाई आत्मिक सत्यताहरू सिकाउन र तिनीहरूलाई आफ्नो शिक्षा बुझ्न सहायता पुर्याउनका लागि पावलले रूपक अलङ्कारहरूको प्रयोग गर्छन् ।
कोरिन्थका विश्वासीहरूले परमेश्वरको उपस्थितिमा आफ्नो स्थानअनुसारको व्यवहार गर्न छाडेर तिनीहरूले साँचो रूपमा कसरी जीवन बिताइरहेका थिए भनी पावलले अब तिनीहरूलाई याद गराउँछन् । त्यसपछि उनले याद गराउँछन् कि तिनीहरूलाई वृद्धि दिनुहुने परमेश्वर जत्तिकै तिनीहरूलाई सिकाउने व्यक्ति महत्त्वपूर्ण हुँदैन ।
यहाँ यसले पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ ।
आत्माको आज्ञापालन गर्ने मानिसहरू
आफ्नै इच्छा अनुसार जिउने मानिसहरू
कोरिन्थीहरूलाई उमेर र बुझाइमा धेरै साना बालकहरूसँग तुलना गरिएको छ । वैकल्पिक अनुवादः “ख्रीष्टमा भर्खरैका विश्वासीहरूजस्तै”
दूध मात्रै खान सक्ने बालकले झैँ कोरिन्थीहरूले पनि सजिला सत्यताहरू मात्रै लिन सक्छन् । उनीहरू ठोस खानेकुरा खान सक्ने अलि ठूला बालकहरूजस्तै अझ गहकिला सत्यताहरू बुझ्न परिपक्व भएका छैनन् ।
यसले तिनीहरू अझ बढी कठिन कुरा बुझ्नलाई तयार छैनन् भन्ने अर्थ जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरू अझै पनि ख्रीष्टलाई पछ्याउने जस्ता कठिन शिक्षाहरू बुझ्न तयार भएका छैनौ”
अझै पापपूर्ण र सांसारिक रीतिले व्यवहार गर्ने
पावलले उनीहरूलाई पापपूर्ण व्यवहारको लागि हप्काइरहेका छन् । यहाँ “हिँड्नु” भनेको “आफ्नो व्यवहारको जाँच गर्नु”को लागि एउटा अलङ्कार हो, जसले के असल र खराब भनेर छुट्ट्याउँछ । वैकल्पिक अनुवादः “तिमीहरू लज्जित हुनुपर्ने हो किनभने तिमीहरू पापपूर्ण इच्छाअनुसार व्यवहार गरिरहेका छौ र तिमीहरूको व्यवहार ठीक छ वा छैन भनी निर्णय गर्न मानवीय मापदण्ड चलाइरहेका छौ !”
पावल कोरिन्थीहरूलाई हप्काइरहेका छन् । वैकल्पिक अनुवादः “आत्मा नभएका मानिसहरूजस्तै जीवन जिएकाले तिमीहरूलाई शर्म हुनुपर्ने हो”
पावलले आफू र अपोल्लोस सुसमाचारको वास्तविक स्रोत नभएको कारण कोरिन्थीहरू उनीहरूको पछि लाग्ने होइन भन्ने कुरामा जोड दिन्छन् । वैकल्पिक अनुवादः “अपोल्लोस वा पावलको पछि लाग्ने समूह खडा गर्नु गलत हो !” वा
पावलले अरू कसैलाई भने झैँ गरी तिनले आफैँलाई भन्छन् । वैकल्पिक अनुवादः “म को हुँ?” वा “म महत्त्वपूर्ण छैन !”
पावलले आफू र अपोल्लोस परमेश्वरको सेवक भएको कुरा बताएर आफ्नो प्रश्नको उत्तर आफैँ दिन्छन् । वैकल्पिक अनुवादः “पावल र अपोल्लोस ख्रीष्टका सेवकहरू हुन् र तिमीहरूले ख्रीष्टमा विश्वास गर्यौ किनभने हामीले उहाँको सेवा गर्यौँ”
यसलाई बझिएको कुरासँगै उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी ती दासहरू हौँ जसद्वारा तिमीहरूले विश्वास गर्यौ । हामी केवल ती मानिसहरू हौँ जसलाई प्रभुले कामहरू दिनुभयो”
परमेश्वरको ज्ञानलाई बढ्नको लागि रोपिनुपर्ने बिउसँग तुलना गरिएको छ । वैकल्पिक अनुवादः “मैले तिमीहरूलाई परमेश्वरको वचन प्रचार गर्दा, म खेतबारीमा बिउहरू रोप्ने व्यक्तिजस्तै थिएँ”
जसरी बिउलाई बढ्न पानी चाहिन्छ, त्यसरी नै विश्वास बढ्नलाई अरू बढी शिक्षाको जरुरत पर्छ । वैकल्पिक अनुवादः “र अपोल्लोसले तिमीहरूलाई परमेश्वरको वचन सिकाउँदा, तिनी खेतबारीमा पानी हाल्ने जस्तै हुन्”
जसरी रूखहरू बढेर हुर्कन्छन्, त्यसै गरी परमेश्वरमाथिको विश्वास र ज्ञान पनि बढ्छ अनि गहिरो र बलियो बन्छ । वैकल्पिक अनुावदः “तर परमेश्वरले तिमीहरूलाई बढाउनुभयो” अथवा “जसरी परमेश्वरले बोटबिरुवालाई बढाउनुहुन्छ, त्यसरी नै उहाँले तिमीहरूलाई आत्मिक रूपमा बढाउनुहुन्छ”
पावल जोड दिन्छन् कि विश्वासीहरूको आत्मिक वृद्धिको लागि न उनी न अपोल्लोस जिम्मेवार छन्, तर यो परमेश्वरको काम हो ।
यहाँ वृद्धि दिनुहुन्छ भन्नुको अर्थ बढ्ने तुल्याउनु भन्ने हो । भाववाचक नाउँ “वृद्धि”लाई क्रियापद पदावलीसँग अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूलाई बढ्ने तुल्याउनुहुने चाहिँ परमेश्वर नै हुनुहुन्छ”
पावलले भन्छन्, मानिसहरूलाई सुसमाचार सुनाउने र सुसमाचार ग्रहण गरेकाहरूलाई शिक्षा दिने कार्य बोटबिरुवा रोप्ने र तिनलाई पानी हाल्ने कार्य जस्तै हो ।
सम्भावित अर्थहरू हुन् १) “उद्देश्यमा एक भएका” अथवा २) “बराबरी महत्त्व भएका” ।
एक जना कामदारले आफूले गरेको कामको लागि पाउने रुपियाँपैसाको जम्मा रकम
यसले पावल र अपोल्लोसलाई जनाउँछ तर कोरिन्थीको मण्डलीलाई होइन ।
पावलले आफूलाई र अपोल्लोसलाई सँगसँगै मिलेर काम गर्नेहरू भएको विचार गर्छन् ।
सम्भावित अर्थहरू हुन् १) परमेश्वरको बगैँचा हुने कुराले परमेश्वरको आफ्नो हुने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिमीहरू एउटा बगैँचा जस्तै हौ जुन परमेश्वरको हो” वा २) “परमेश्वरको बगैँचा हुने कुराले परमेश्वरले हामीलाई बढाउनुहुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरू त्यस्ता बगैँचा जस्तै हौ जसलाई परमेश्वरले बढ्ने बनाउनुहुन्छ”
सम्भावित अर्थहरू हुन् १) परमेश्वरको भवन हुने कुराले परमेश्वरको आफ्नो हुने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “र तिमीहरू एउटा भवन जस्तै हौ जुन परमेश्वरको हो” वा २) परमेश्वरको भवन हुने कुराले परमेश्वरले हामीलाई उहाँले चाहनुभए अनुसार बनाउने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “र तिमीहरू एउटा भवन जस्तै हौ जसलाई परमेश्वरले निर्माण गरिरहनुभएको छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई सितैँमा दिनुभएको काम अनुसार”
पावलले विश्वास र येशू ख्रीष्टमा उद्धारको बारेमा भएको उनको शिक्षालाई कुनै घरको जग हाल्ने कामसँग बराबर देखाउँछन् ।
त्यो समयमा कोरिन्थीहरूलाई शिक्षा दिँदै गरेका मानिसहरूका विषयमा तिनीहरू जगमाथि घर निर्माण गरिरहेका सिकर्मीहरू जस्तै हुन् भनी पावलले उल्लेख गर्छन् ।
यसले सामान्य तवरमा परमेश्वरका कामदारहरूलाई जनाउँदछ । वैकल्पिक अनुवादः “हरेक व्यक्ति जसले परमेश्वरको सेवा गर्दछ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म, पावलले बसालेको जगबाहेक अर्को जग फेरि कसैले पनि बसाल्न सक्दैन” वा “जो कसैले बसाल्न सक्ने एउटै मात्र जग मैले पहिले नै बसालिसकेको छु”
पावलले कोरिन्थका शिक्षकहरूले जे गरिरहेका थिए त्यो कुरालाई वर्णन गर्नलाई निर्माणकर्ताहरूले भवन निर्माण गर्दा तिनीहरूले समान्य रूपमा के गर्छन् भन्ने कुरा गर्छन् । निर्माणकर्ताहरूले सामान्य रूपमा सुन, चाँदी वा अन्य बहुमूल्य पत्थरहरूलाई भवनहरूमा सजावटको रूपमा प्रयोग गर्छन् ।
नयाँ घर बनाउनलाई निर्माण गर्नेहरूले प्रयोग गर्ने सामाग्रीहरूलाई व्यक्तिको जीवनभरिको व्यवहार र क्रियाकलापहरू निर्माण गर्नका लागि प्रयोग गरिने आत्मिक मूल्यमान्यताहरूसित तुलना गरिँदै छ । वैकल्पिक अनुवादः “कुनै व्यक्तिले लामो समय टिक्ने बहुमूल्य थोकहरूले बनाउँछ वा सजिलै जल्ने सस्ता थोकहरूले बनाउँछ”
“महँगो पत्थर”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “निर्माण गर्नेले के गरेको छ भनेर परमेश्वरले सबैलाई देखाउनुहुनेछ”
यहाँ “दिनको उज्यालो” भनेको परमेश्वरले हरेक व्यक्तिको न्याय गर्नुहुने समयलाई जनाउने अलङ्कार हो । यी शिक्षकले जे गरेका छन् ती कुरा परमेश्वरले हरेक व्यक्तिलाई प्रकट गर्नुहुँदा, रातमा जे घटना भएको थियो त्यो प्रकट गर्नका लागि सूर्यको उदय भएको जस्तै हुने छ ।
जसरी आगोले कुनै भवनको शक्तिलाई प्रकट गर्छ वा कमजोरीहरूलाई नष्ट गर्छ, परमेश्वरको आगोले मानिसहरूले गरेको प्रयास र क्रियाकलापलाई जाँच गर्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उसको कामको गुणस्तरलाई देखाउन आगो प्रयोग गर्नुहुनेछ”
“एउटा व्यक्ति” र “कसैको” र “ऊ” र “आफैँ” जस्ता शब्दहरूले विश्वासीहरूलाई जनाउँछ ।
“टिकिरहन्छ” वा “बाँचिरहन्छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि कसैको कामलाई आगोले नष्ट पार्छ भने” वा “यदि कसैको कामलाई आगोले सखाप पार्छ भने”
भाववाचक नाम शब्द “नोक्सानी”लाई क्रियापद शब्द “गुमाउनु”ले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उसले आफ्नो इनाम गुमाउनेछ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर परमेश्वरले उसलाई बचाउनुहुनेछ”
पावलले कोरिन्थीहरूलाई हप्काइरहेका छन् । वैकल्पिक अनुवादः “तिमीहरू परमेश्वरका मन्दिरहरू हौ र परमेश्वरका आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भन्ने कुरा थाहा नपाए झैँ गरी तिमीहरू व्यवहार गर्छौ !”
कसैले पनि यस संसारमा ऊ आँफै बुद्धिमान् छु भन्ने झूट विश्वास गर्नुहुँदैन ।
के बुद्धिमानी छ भनेर निर्णय नगर्ने मानिसहरूको चाल अनुसार
“त्यो व्यक्ति विश्वास नगर्ने मानिसहरूले उसलाई मूर्ख भनेर बोलाउने कुराको लागि तयार हुनुपर्छ”
परमेश्वरले आफैँलाई बुद्धिमान् सम्झने मानिसहरूलाई पासोमा पार्नुहुन्छ र उनीहरूकै योजनाहरूलाई प्रयोग गरेर उनीहरूलाई पासोमा पार्नुहुन्छ ।
“आफूलाई बुद्धिमान् सम्झने मानिसहरूको योजना व्यर्थ छ भनी प्रभु जान्नुहुन्छ”
काम नलाग्ने
“तिमीहरू ख्रीष्टको स्वामित्त्वमा छौ र ख्रीष्ट परमेश्वरको स्वामित्त्वमा हुनुहुन्छ”
1 यसरी कुनै व्यक्तिले हामीलाई ख्रीष्टका सेवकहरू र परमेश्वरको गोप्य सत्यताको भण्डारे ठान्नुपर्छ । 2 यस सम्बन्धमा, भण्डारेहरू विश्वासयोग्य हुन आवश्यक छ । 3 तर म तिमीहरूबाट र मानिसको अदालतबाट जाँचिनु मेरो निम्ति अति सानो कुरा हो । किनकि म आफैँ पनि मेरो जाँच गर्दिनँ । 4 मेरो विरुद्धमा कुनै अभियोग भएको मलाई थाहा छैन, तर यसको अर्थ म निर्दोष छु भन्ने चाहिँ होइन । परमेश्वरले नै मेरो न्याय गर्नुहुन्छ । 5 यसकारण समय आउनुभन्दा अगि वा येशू आउनुभन्दा अगि कुनै पनि कुराको बारेमा न्याय नगर । उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई ज्योतिमा ल्याउनुहुनेछ, र हृदयका उद्देश्यहरू प्रकट गर्नुहुनेछ । त्यसपछि हरेकले परमेश्वरबाट आफ्नो प्रशंसा पाउनेछ । 6 अब भाइहरू हो, तिमीहरूका खातिर मैले र अपोल्लोसले यी सिद्धान्तहरू प्रयोग गर्यौँ, ताकि तिमीहरूले “जे लेखिएको छ, त्योभन्दा बाहिर नजाऊ” भन्ने भनाइको अर्थ बुझ्न सकौला । तिमीहरू एउटाको पक्षमा लागेर अर्काको विरुद्धमा नलाग भनेर यो भएको हो । 7 किनकि कसले तिमीहरू र अरू मानिसहरूका बिचमा फरक देख्छ ? तिमीहरूसँग भएको कुन कुरा तिमीहरूले सितैँमा पाएका होइनौ र ? तिमीहरूले त्यो सितैँमा पाएका छौ भने तिमीहरूले त्यसरी नपाएको झैँ गरेर किन घमण्ड गर्छौ ? 8 तिमीहरूले चाहने कुराहरू तिमीहरूले अगाडि नै पाइसकेका छौ ! तिमीहरू अगिबाटै धनी भएका छौ ! तिमीहरूले हामीविना नै शासन गर्न सुरु गरेका छौ ! वास्तवमा, तिमीहरूले शासन गर भन्ने म चाहन्छु ताकि हामी पनि तिमीहरूसँगै शासन गर्न सकौँ । 9 किनकि मलाई यस्तो लाग्छ कि परमेश्वरले हामी प्रेरितहरूलाई मृत्युदण्ड पाउन लागेका मानिसहरूलाई जस्तै मारिनेको भिडको पछिल्लो लहरमा प्रदर्शनमा राख्नुभएको छ । हामी संसार, स्वर्गदूतहरू र मानिसहरूका बिचमा तमाशा भएका छौँ । 10 हामी ख्रीष्टको निम्ति मूर्ख छौँ, तर तिमीहरू ख्रीष्टमा बुद्धिमानी छौ । हामी दुर्बल छौँ, तर तिमीहरू बलिया छौ । तिमीहरूले आदर पाएका छौ, तर हामीले अनादर पाएका छौँ । 11 यो वर्तमान घडीमा हामी भोकाएका र तिर्खाएका छौँ; हाम्रा कपडाहरू फाटिएका छन्; हामी नराम्ररी कुटिएका छौँ; हामी घरवारविहीन भएका छौँ । 12 हामी आफ्नै हातले कडा परिश्रम गर्दछौँ । मानिसहरूले गिल्ला गर्दा हामी तिनीहरूलाई आशिष् दिन्छौँ । सतावटमा पर्दा हामी सहन्छौँ । 13 मानिसले हामीलाई निन्दा गर्दा हामी दयापूर्वक बोल्छौँ । हामी संसारले इन्कार गरेको फोहोर कुराहरू र सबैभन्दा घिनलाग्दा कुराहरूजस्ता भएका छौँ र अझ पनि हामीलाई यस्तै ठानिन्छ । 14 तिमीहरूलाई शर्ममा पार्न मैले यो कुरा लेखेको होइनँ, तर मेरा प्रिय बालकहरूको रूपमा तिमीहरूलाई सुधार गर्नको निम्ति लेख्छु । 15 किनकि ख्रीष्टमा तिमीहरूका दस हजार अभिभावक भए तापनि तिमीहरूका धेरै जना पिता छैनन् । किनकि सुसमाचारद्वारा म ख्रीष्टमा तिमीहरूका पिता बनेँ । 16 त्यसैले, मेरो अनुकरण गर्ने होओ भनी म तिमीहरूलाई आग्रह गर्छु । 17 यसकारण, मैले तिमीहरूकहाँ मेरा प्रिय र प्रभुमा विश्वासयोग्य बालक तिमोथीलाई पठाएँ । मैले हरेक स्थान र हरेक मण्डलीमा सिकाएबमोजिम ख्रीष्टमा मेरो जीवन कस्तो छ सो उनले तिमीहरूलाई सम्झना गराउनेछन् । 18 म फेरि तिमीहरूकहाँ आउँदिनँ भन्ने ठानेर तिमीहरूमध्ये कोही अहङ्कारी भएका छन् । 19 तर यदि परमेश्वरको इच्छा भयो भने म त्यहाँ चाँडै नै आउनेछु । त्यसपछि म ती अहङ्कारीहरूको कुरा मात्र होइन, तर तिनीहरूको शक्ति हेर्नेछु । 20 किनकि परमेश्वरको राज्य कुरामा होइन, तर शक्तिमा छ । 21 तिमीहरू के चाहन्छौ ? म तिमीहरूकहाँ कसरी आऊँ, छडी लिएर वा प्रेम र नम्रताको आत्मामा ?
कोरिन्थीहरू घमण्डी भएका र प्रेरितहरूचाहिँ विनम्र भएका कुराका बीचमा पावलले फरक देखाएका छन् । कोरिन्थका विश्वासीहरूले घमण्ड गर्नुपर्ने कुनै कारण नै थिएन । तिनीहरूसित जे थिए, अनि तिनीहरू जे थिए ती सबै थोक परमेश्वरको तर्फबाट वरादन रूपमा थिए ।
पावलले यस अध्यायमा धेरैवटा अलङ्कारहरू प्रयोग गर्छन् । प्रेरितहरू सेवकहरू हुन् भनी उनले वर्णन गर्छन् । पावलले विजय जुलुसको कुरा गर्छन्, जहाँ प्रेरितहरू चाहिँ मारिनका लागि राखिएका कैदीहरूझैँ छन् । दन्डका लागि उनले छडी शब्दको प्रयोग गर्छन् । उनी आफू तिनीहरूका आत्मिक पिता भएका हुनाले उनले आफूलाई तिनीहरूका पिता भन्छन्”
कोरिन्थीहरू घमण्डी भएका हुनाले तिनीहरूलाई शर्ममा पार्नका लागि उनले व्यङ्ग्यको प्रयोग गर्छन् । कोरिन्थका विश्वासीहरूले चाहिँ शासन गर्दै छन्, तर प्रेरितहरूले चाहिँ दु:ख भोग्दै छन् ।
यस अध्यायमा पावलले धेरैवटा अलङ्कारिक प्रश्नहरू प्रयोग गर्छन् । कोरिन्थीहरूलाई महत्त्वपूर्ण कुराहरूका बारेमा शिक्षा दिनका लागि उनले ती प्रयोग गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)
मानिसहरूलाई कसले तिनीहरूलाई सिकायो र कसले तिनीहरूलाई बप्तिस्मा दियो भनेर घमण्ड नगर्नलाई भर्खरै सम्झाइसेपछि, पावलले कोरिन्थका विश्वासीहरूलाई सबै विश्वासीहरू विनम्र सेवकहरू हुनुपर्छ भन्ने कुरा स्मरण गराउँछन् ।
पावलले अरू मानिसहरूका बारेमा कुरा गरे झैँ गरेर उनले आफ्नै बारेमा कुरा गरिरहेका छन् । वैकल्पिक अनुवादः “हामी हुनु आवश्यक छ”
पावलले मानिसको इन्साफ र परमेश्वरको इन्साफको बीचमा भएको भिन्नतालाई तुलना गरिरहेका छन् । परमेश्वरको मानिसमाथिको साँचो इन्साफको तुलनामा मानिसको इन्साफ महत्त्वपूर्ण छैन ।
“कसैले मैले गल्ती गरेको अभियोग लगाएको सुनेको छैन”
“मेरो विरुद्धमा कुनै अभियोग लागेको छैन भन्दैमा म निर्दोष ठहरिन्न । म निर्दोष वा दोषी के छु भन्ने कुरा प्रभुलाई थाहा छ”
“किनभने मैले अहिले भर्खरै जे भनेको छु त्यो सत्य हो”
यहाँ “अन्धकारमा गुप्त रहेका थोकहरूलाई उज्यालोमा ल्याउनुहुने” भन्ने कुरा गुप्तमा गरिएका कुराहरू सबैलाई थाहा गराउने कुराको लागि एउटा अलङ्कार हो । यहाँ “हृदय” शब्द मानिसहरूका विचाहरू र अभिप्रायहरू जनाउनलाई लाक्षणिक अर्थमा प्रयोग भएको छ । वैकल्पिक अनुवादः “अन्धकारमा भएका थोकहरूमाथि उज्यालो चम्के झैँ मानिसहरूले गुप्त रूपमा गरेका र योजना गरेका कुराहरू परमेश्वरले देखाउनुहुनेछ”
यहाँ यसले पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ ।
“तिमीहरूका भलाइको खातिर”
पावल कोरिन्थीहरूसँग तिनीहरू एक व्यक्ति भए झैँ गरेर बोल्दै छन्, त्यसैले यहाँ भएका “तिमी”का सबै प्रयोगहरू एकवचन हुन् ।
अरू कसैबाट सुसमाचार सुनेकोहरूभन्दा आफैँलाई बढी असल सम्झने कोरिन्थीहरूलाई पावल हप्काउँछन् । वैकल्पिक अनुवादः “किनकि तिमीहरू र अरूहरूमा कुनै फरक छैन” वा “तिमीहरू अरू मानिसहरूभन्दा उच्च छैनौ”
तिनीहरूसित भएका थोकहरू तिनीहरूले आफैँ आर्जन गरेका थिएनन् भनी जनाउनका लागि पावलले यो प्रश्न प्रयोग गरेका हुन् । वैकल्पिक अनुवादः “तिमीहरूसित भएका हरेक थोक तिमीहरूले सित्तैमा पाएका हौ ।” वा “सबैकुरा जे तिमीहरूसँग छ, त्यो परमेश्वरले तिमीहरूलाई सित्तैमा दिनुभएको हो !”
उनीहरूले पाएको कुरामा घमण्ड गरेको कारण पावलले उनीहरूलाई हप्काउँछन् । वैकल्पिक अनुवादः “तिमीहरूले त्यसरी नपाएको झैँ घमण्ड गर्नुहुँदैन” वा “तिमीहरूसित घमण्ड गर्ने अधिकार छैन !”
“झैँ गरेर” भन्ने वाक्यांशले तिनीहरूसित जे थियो सो सित्तैमा पाएको भनी जनाउँछ । वैकल्पिक अनुवादः “त्यो तिमीहरूले सित्तैमा नपाए झैँ गरेर” वा “त्यो तिमीहरूले कमाएको झैँ गरी”
कोरिन्थीहरूले आफू र आफ्ना शिक्षकहरूका बारेमा घमण्ड गर्दा तिनीहरूले पाप गरेका छन् भनी तिनीहरूलाई महसुस गराउन र शर्ममा पार्नका लागि पावलले यहाँ व्यङ्ग्यको प्रयोग गर्छन् ।
परमेश्वरले उहाँका प्रेरितहरूलाई संसारले देखोस् भनेर कसरी प्रदर्शनमा राख्नुभएको छ भनेर दुई तरिकाहरूलाई पावलले व्यक्त गर्छन् ।
परमेश्वरले प्रेरितहरूलाई रोमी सेनाहरूको परेडको अन्त्यमा राखिएको बन्दीहरूजस्तै प्रदर्शन गर्नुभएको छ जसलाई मृत्युदण्ड पाउन अगाडि अवहेलना गरिन्थ्यो ।
परमेश्वरले प्रेरितहरूलाई मृत्युदण्ड पाउन लागेका मानिसहरूलाई जस्तै प्रदर्शनमा राख्नुभएको छ ।
सम्भावित अर्थहरू हुन् १) “संसार” भन्नाले अलौकिक
कोरिन्थीहरूलाई शर्ममा पार्नका लागि पावलले व्यङ्ग्यको प्रयोग गर्छन् ताकि तिनले के भन्दै छन् भनी तिनीहरूले विचार गरून् ।
“तिमी कोरिन्थीहरूलाई मानिसहरूले महत्त्वपूर्ण मानिसहरूलाई झैँ व्यवहार गर्छन्”
“मानिसहरूले हामी प्रेरितहरूलाई खिसी गर्छन्”
“अहिलेसम्म” वा “अहिलेको समयसम्म”
यसले हातले प्रहार गर्ने कुरालाई जनाउँछ, कोर्रा वा डन्डाले होइन । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले हामीलाई पिट्छन्”
यसको अर्थ यही हो कि तिनीहरूसित बस्ने ठाउँहरू त थिए तर तिनीहरूले एक ठाउँदेखि अर्को ठाउँमा सरिरहनुपरेको थियो । तिनीहरूसित निश्चित घर थिएन ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब मानिसहरूले हाम्रो अपमान गर्छन्, हामी उनीहरूलाई आशीर्वाद दिन्छौँ” वा “जब मानिसहरूले हामीलाई खिसी गर्छन्, हामी उनीहरूलाई आशीर्वाद दिन्छौँ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब मानिसहरूले हामीलाई सताउँछन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब मानिसहरूले हाम्रो बदनाम गर्छन्”
“मानिसहरूले हामीलाई सोच्न थाले-र तिनीहरूले हामीलाई अझै पनि सोच्छन्-संसारको कसिङ्गर भनेर”
“तिमीहरूलाई शर्ममा पार्ने मेरो कुनै नियत होइन, तर तिमीहरूलाई सुधार्ने” वा “म तिमीहरूलाई शर्ममा पार्न खोजिरहेको छैन, तर म तिमीहरूलाई सच्याउन चाहन्छु”
तिनीहरूले जे गर्दै थिए त्यो कुरा खराब हो र त्यसले नराम्रो परिणाम ल्याउँछ भनी कसैलाई भन्न
पावलले कोरिन्थीहरूलाई ख्रीष्टमा ल्याएको कारण तिनीहरू उनका आत्मिक सन्तान समान हुन् ।
एक जना आत्मिक पिताको महत्त्वलाई जोड दिनलाई तिनीहरूलाई मार्ग-निर्देशन गरिरहेका मानिसहरूको सङ्ख्यालाई गरिएको बढाइचढाइ हो । वैकल्पिक अनुवादः “निकै धेरै अभिभावकहरू” वा “अभिभावकको एउटा ठूलो भीड”
पावलले जोड दिइरहेका छन् कि कोरिन्थीहरूसँगको उनको सम्बन्ध सबभन्दा महत्त्वपूर्ण रूपमा “ख्रीष्टमा” हो, दोस्रो त्यो भयो किनभने उनले तिनीहरूलाई सुसन्देश सुनाए, र तेस्रो चाहिँ उनी नै हुन् जो तिनीहरूका लागि पिता समान छन् । वैकल्पिक अनुवादः “मैले तिमीहरूलाई सुसमाचार सुनाउँदा परमेश्वरले तिमीहरूलाई ख्रीष्टमा जोड्नुभएको कारणले नै म तिमीहरूका पिता बनेँ”
पावलले कोरिन्थीहरूलाई ख्रीष्टमा ल्याएको कारण तिनी उनीहरूका लागि पिता समान हुन् ।
“जसलाई म प्रेम गर्छु र जसलाई म प्रभुको बारेमा शिक्षा दिन्छु, मानौँ ऊ मेरो आफ्नै सन्तान हो”
कोरिन्थमा भएका विश्वासीहरूका अहङ्कारको व्यवहारलाई हप्काउनका लागि पावलले आफ्नो विषय हेरफेर गरेका कुरालाई यसले सङ्केत गर्छ ।
“म तिमीहरूलाई भेट्नेछु”
पावल कोरिन्थीहरूलाई एउटा अन्तिम निवेदन गरेरहेका थिए, किनभने उनले तिनीहरूले गरेका त्रुटिहरूको लागि तिनीहरूलाई हप्काइरहेका छन् । वैकल्पिक अनुवादः “तिमीहरू अब के भएको चाहन्छौ मलाई भन”
उनीहरूकहाँ आउँदा कस्तो मनोवृत्तिमा आऊँ भनेर पावलले कोरिन्थीहरूलाई दुईवटा छनौट दिइरहेका छन् । वैकल्पिक अनुवादः “तिमीहरू इच्छा गर्छौ भने, म तिमीहरूलाई दण्ड दिनका लागि आउन सक्छु, अथवा तिमीहरूसित विनम्र बनेर म तिमीहरूलाई कति धेरै प्रेम गर्छु भनी देखाउनका लागि आउन सक्छु”
“दयाको” वा “कोमलताको”
1 तिमीहरूका बिचमा व्यभिचार छ भन्ने हामीले खबर पाएका छौँ । यस्तो खालको व्यभिचार त अन्यजातिहरूमा पनि स्वीकार्य हुँदैन । तिमीहरूमध्ये एक जना आफ्नै बुबाकी पत्नीसँग सुतिरहेको छ भन्ने खबर हामीले पाएका छौँ । 2 तिमीहरू यति अहङ्कारी छौ ! के तिमीहरूले शोक गर्नुपर्ने होइन र ? यस्तो काम गर्ने व्यक्तिलाई तिमीहरूका माझबाट हटाइनुपर्दछ । 3 किनभने शरीरमा म अनुपस्थित भए तापनि आत्मामा म तिमीहरूसँगै उपस्थित छु; त्यस्तो काम गर्नेलाई म त्यहीँ भएजस्तै गरेर मैले अगिबाटै न्याय गरिसकेको छु । 4 जब तिमीहरू येशू प्रभुको नाउँमा एक साथ भेला हुन्छौ, येशू प्रभुको शक्तिमा मेरो आत्मा त्यहाँ उपस्थित हुन्छ; त्यस मानिसलाई मैले अगि नै न्याय गरेको छु । 5 शरीरको विनाशको निम्ति त्यस मानिसलाई मैले शैतानको हातमा सुम्पेको छु, ताकि प्रभुको दिनमा त्यस मानिसको आत्माचाहिँ बाँचोस् । 6 तिमीहरूको घमण्ड ठिक होइन । के थोरै खमिरले पुरै रोटीलाई खमिरी बनाउँछ भन्ने तिमीहरू जान्दैनौ ? 7 पुराना खमिरबाट आफैलाई शुद्ध गर ताकि तिमीहरू नयाँ मुछेको पिठो बन्न सक; फलस्वरूप तिमीहरू अखमिरी रोटी बन्न सक । किनभने हाम्रा निस्तार-चाडको थुमा ख्रीष्टको बलिदान भइसकेको छ । 8 त्यसैकारण, पुरानो खमिर अर्थात् दुष्टता तथा खराब आचरणसाथ होइन, बरु इमानदार तथा सत्यताको अखमिरी रोटीका साथ चाड मनाऔँ । 9 मेरो पत्रमा मैले तिमीहरूलाई यौनसम्बन्धी अनैतिक मानिसहरूसँग घुलमिल नहुनु भनेर लेखेँ । 10 त्यसको अर्थ, संसारमा भएका अनैतिक मानिसहरू वा लोभीहरू वा ठगाहाहरू वा मूर्तिपूजकहरूसँग बिल्कुलै सङ्गत नगर्नू भनेको होइन, किनभने तिनीहरूबाट टाढा रहनको निम्ति तिमीहरू यस संसारबाट नै निस्केर जानुपर्ने हुन्छ । 11 तर अहिले आफैलाई प्रभुमा भाइ ठान्ने तर यौन अनैतिक वा लोभी वा मूर्तिपूजक वा गालीगलौज गर्ने वा पियक्कड वा ठगाहासँग सङ्गत नगर्नू भनेर लेखिरहेछु । यस्ता मानिसहरूसँग बसेर खानसमेत नखाओ । 12 किनभने म किन मण्डली बाहिरकाहरूको न्याय गर्ने काममा संलग्न हुनु ? बरु, के तिमीहरूले नै मण्डलीभित्र हुनेहरूको न्याय गर्नुपर्ने होइन र ? 13 तर बाहिरकाहरूको न्याय परमेश्वरले गर्नुहुन्छ । “तिमीहरूका माझबाट दुष्ट व्यक्तिलाई हटाओ ।”
पढ्न सजिलो होस् भनेर कुनै अनुवादले पुरानो करारका उद्धरणहरूलाई बढी दायाँतिर सारेका हुन्छन् । युएलटिले पद १३ का शब्दहरूलाई यसो गर्दछ, जुन पुरानो करारबाट लिइएका हुन् ।
संवेदनशील विषयहरूको वर्णन गर्नका लागि पावलले मृदुभाषाहरूको प्रयोग गर्छन् । मण्डलीको एक जना सदस्यको यौनको अनैतिकताको बारेमा यस अध्याय लेखिएको छ ।
अलङ्काहरू प्रयोग गर्दै पावलले बृहत्तर तुलनाको प्रयोग गर्छन् । खमिरले खराबलाई जनाउँछ । रोटीले सम्भवत: सरा विश्वासी समुदायलाई जनाउँछ । अखमिरी रोटीले शुद्ध जीवन बिताउने कुरालाई जनाउँछ । यसैले सम्पुर्ण खण्डको अर्थ: थोरै खराबीले सम्पूर्ण मण्डलीलाई असर गर्छ भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? यसर्थ खराबीबाट अगल बस ताकि तिमीहरूले शुद्ध जीवन बिताउन सक्छौ । हाम्रा लागि ख्रीष्टको बलिदान भएको छ । यसैले हामी सच्चा र सत्यवादी बनौँ, अनि दुष्ट र खराब किसिमले व्यवहार गर्नेहरू नबनौं । , अनि अनि )
पावलले यस अध्यायमा अलङ्कारका प्रश्नहरूको प्रयोग गर्छन् । तिनले कोरिन्थीहरूलाई शिक्षा दिँदा महत्त्वपूर्ण बुँदामा जोड दिन तिनले मृदुभाषा प्रयोग गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)
पावलले अब विशेष गरी आफूले तिनीहरूका जुन पापका बारेमा सुनेका छन् त्यो पाप र कोरिन्थी विश्वासीहरूले कसरी त्यो मानिस र उसका पाप स्वीकार गरेकोमा तिनीहरू गर्व गर्छन् भन्ने कुरालाई उल्लेख गर्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसलाई अन्यजातिहरूले पनि अनुमति दिँदैनन्”
“तिमीहरूमध्ये एक जनाले आफ्नै बाबुकी पत्नीसँग व्यभिचार गरिरहेको छ”
उसको बाबुकी श्रीमती, तर शायद आफ्नै आमा नहुन सक्छ
यो आलङ्कारिक प्रश्न कोरिन्थीहरूलाई गाली गर्नको लागि प्रयोग गरिएको हो । वैकल्पिक अनुवादः “बरु, तिमीहरूले यसमाथि शोक मनाउनुपर्ने थियो !”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यस्तो गर्ने मानिसलाई त तिमीहरूका माझबाट निकाल्नुपर्छ”
“म आत्मामा तिमीहरूसँगै छु ।” आत्मामा तिनीहरूसँग उपस्थित भएका कुराले तिनीहरूको वास्ता गरेको वा तिनीहरूसित भेटघाट गर्ने इच्छा गरेको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “म तिमीहरूको वास्ता गर्छु” वा “म तिमीहरूसँगै हुन चाहन्छु”
सम्भावित अर्थहरू हुन् १) “त्यो काम गर्ने व्यक्तिसित तिमीहरूले के गर्नुपर्छ भनी मैले निर्णय गरेको छु” वा २) “मैले यस्तो गर्ने मानिसलाई दोषी पाएको छु”
“जब तिमीहरूसँगै हुन्छौ” वा “जब तिमीहरू भेट्छौ”
सम्भावित अर्थहरू हुन् १) येशूको नाउँचाहिँ उहाँको अधिकार जनाउनका लागि लक्षणार्थ हो । वैकल्पिक अनुवादः “हाम्रा प्रभु येशू ख्रीष्टको अधिकारसहित” वा २) प्रभुको नाममा भेला हुने कुराले उहाँलाई आराधना गर्न एकसाथ भेट हुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “हाम्रा प्रभु येशूको आराधना गर्न”
त्यस मानिसलाई शैतानको हातमा सुम्पनुले त्यसलाई तिनीहरूको समूहको भाग हुन नदिने कुरालाई जनाउँछ ताकि शैतानले त्यसलाई हानि गर्न अनुमति पाओस् ।
सम्भावित अर्थहरू हुन् १) “शरीर”ले त्यसको भौतिक शरीरलाई जनाउँछ । वैकल्पिक अनुवादः “ताकि शैतानले त्यसको शरीरमा हानी गरोस्” वा २) “शरीर” चाहिँ पापपूर्ण स्वभाव जनाउने अलङ्कारको भाषा हो । वैकल्पिक अनुवादः “ताकि त्यसको पापपूर्ण स्वभाव नष्ट होस्” वा “ताकि त्यसले आफ्नो पापपूर्ण स्वभावअनुसार जिउन निरन्तरता नदेओस्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि प्रभुको दिनमा परमेश्वरले त्यसको आत्मालाई बचाउनुभएको होस्”
“तिमीहरूको घमण्ड खराब हो”
जसरी थोरै खमिर जम्मै रोटीमा फैलन्छ, त्यसै गरी थोरै पापले विश्वासीहरूको सम्पूर्ण सङ्गतिलाई नै असर पार्छ ।
जसरी निस्तारको थुमाले विश्वासद्वारा प्रत्येक वर्ष इस्राएलीहरूका पापलाई ढाक्ने गर्थ्यो, त्यसरी नै ख्रीष्टको मृत्युले ख्रीष्टमा विश्वास गर्नेहरूको पापलाई विश्वासद्वारा अनन्तताको लागि ढाक्यो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “प्रभुले ख्रीष्ट, हाम्रा निस्तारचाडको थुमाको बलिदान गरिसक्नुभएको छ”
यसले ख्रीष्टमा विश्वास गरेका छौं भनी दाबी गर्ने तर यस किसिमको व्यवहार गर्ने मानिसहरूलाई जनाउँछ ।
अनैतिक जीवन जिउन छनौट गरेका मानिसहरू, जो विश्वासीहरू होइनन्
“जो लोभी छन्” वा “अरूसित जे छ त्यो लिनका लागि बेइमान हुन तयार हुनेहरू”
यसले अरूको सम्पत्ति पाउन ठग्ने मानिसहरूलाई जनाउँछ ।
“तिमीहरूले सबै मानिसहरूलाई इन्कार गर्नुपर्ने हुन्छ”
यौनको अनैतिकता र अरूका सामु अन्य छर्लङ्ग देखिने पापमा तिनीहरूको संलग्नताबाट सुध्रिन इन्कार गर्ने मण्डलीका विश्वासीहरूसँग कसरी व्यवहार गर्ने भनी पावलले तिनीहरूलाई बताउँछन् ।
“आफूलाई ... बोलाउने कुनै पनि व्यक्ति”
यहाँ यसले एउटा सङ्गी ख्रीष्टिएनलाई जनाउँछ, जो एक पुरुष वा स्त्री हुन सक्छ ।
मण्डली बाहिरका मानिसहरूको न्याय गर्ने आफू होइन भन्ने कुरामा पावलले जोड दिइरहेका छन् । यसलाई कर्तृ वाच्यमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मण्डलीसँग सम्बन्धित नभएका मानिसहरूको म इन्साफ गर्ने म होइन”
पावलले कोरिन्थीहरूलाई हप्काइरहेका छन् । “तिमीहरूले जान्नुपर्छ कि मण्डली भित्र भएकाहरूको न्याय गर्ने तिमीहरूले नै हो”
1 तिमीहरूमध्ये एक जनाको अर्को भाइसँग झगडा छ भने के त्यसले न्यायको लागि विश्वासीहरूको अगाडि नगएर विश्वास नगर्ने न्यायाधीशको अगाडि जाने आँट गर्छ ? 2 के विश्वासीहरूले संसारको न्याय गर्छन् भन्ने तिमीहरूलाई थाहा छैन ? अनि तिमीहरूले संसारको न्याय गर्ने हो भने महत्त्वहीन कुराहरूलाई मिलाउन सक्दैनौ र ? 3 के हामीले स्वर्गदूतहरूको न्याय गर्नेछौँ भन्ने तिमीहरूलाई थाहा छैन ? त्यसो भए, यस जीवनका मामलाहरूलाई हामीले कति बढी न्याय गर्न सक्छौँ ? 4 त्यसो हो भने तिमीहरूले नै दैनिक जीवनसित सम्बन्धित कुराहरूको न्याय गर्नुपर्छ । त्यस्ता मुद्धाहरू किन ती मानिसहरूका अगाडि राख्छौ, जसको मण्डलीमा कुनै प्रतिष्ठा छैन । 5 तिमीहरूलाई शर्ममा पार्न म यसो भन्दछु । के तिमीहरूको माझमा दाजुभाइका बिचमा भएका झगडाहरू मिलाउन सक्ने बुद्धिमान् मानिस कोही छैन ? 6 तर यस्तो भएको छ, एक विश्वासी अर्को विश्वासीको विरुद्धमा अदालत जान्छ र अविश्वासी न्यायाधीशको अगि मुद्धा राख्दछ । 7 वास्तवमा ख्रीष्टियानहरूका बिचमा कुनै पनि झगडा हुनु नै तिमीहरूको हार हो । बरु, किन अन्याय नसहनु ? बरु, किन आफैँलाई ठगिन नदिनु ? 8 तर तिमीहरूले अरूको अन्याय गरेका र ठगेका छौ, अनि तिनीहरू तिमीहरूका आफ्नै दाजुभाइहरू हुन् ! 9 अधर्मीहरूले परमेश्वरको राज्यमा उत्तराधिकार पाउदैनन् भनेर के तिमीहरूलाई थाहा छैन ? झुटको विश्वास नगर । अनैतिक यौन-सम्बन्धहरू मूर्तिपूजकहरू, व्यभिचारीहरू, पुरुषगामीहरू, समलिङ्गीहरू, 10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, र ठगहरू कोही पनि परमेश्वरको राज्यको उत्तराधिकारी हुनेछैनन् । 11 अनि तिमीहरूमध्ये कोही यस्तै थियौ । तर तिमीहरू शुद्ध परिएका छौ, तर तिमीहरू परमेश्वरमा अर्पण गरिएका छौ, येशू ख्रीष्टको नाउँमा हाम्रा परमेश्वरको आत्माद्वारा तिमीहरू परमेश्वरमा धर्मी ठहराइएका छौ । 12 “सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन्”, तर सबै कुरा फाइदाजनक छैनन् । “सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन्”, तर म तिनीहरूमध्ये कुनै कुराको अधीनमा हुन्नँ । 13 “खाना पेटको निम्ति हो, र पेट खानको निम्ति हो”, तर परमेश्वरले ती दुवैलाई नाश गर्नुहुनेछ । शरीर अनैतिक यौन सम्बन्धको लागि होइन । यसको साटो शरीर प्रभुको लागि हो, र प्रभुले शरीरको लागि जुटाउनुहुन्छ । 14 परमेश्वरले प्रभुलाई जीवित पार्नुभयो र हामीलाई पनि उहाँको शक्तिद्वारा जीवित पार्नुहुनेछ । 15 तिमीहरूका शरीरहरू ख्रीष्टका अङ्गहरू हुन् भन्ने के तिमीहरूलाई थाहा छैन ? तब के मैले ख्रीष्टका अङ्गहरूलाई छुटाएर तिनीहरूलाई वेश्यासँग जोडौँ ? त्यसो नहोस् ! 16 वेश्यासँग जोडिने व्यक्ति त्यससँग एउटै शरीर हुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन ? धर्मशास्त्रले भन्छ, “दुई जना एउटै शरीर हुन्छन् ।” 17 प्रभुसित जोडिने व्यक्ति उहाँसँग आत्मामा एउटै हुन्छ । 18 यौन अनैतिकतादेखि भाग ! कुनै पनि व्यक्तिले गरेका अन्य सबै पापहरू शरीरदेखि बाहिर गर्दछ, तर यौन अनैतिकताको पाप गर्नेले उसको आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ । 19 तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो भन्ने कुरा के तिमीहरूलाई थाहा छैन, जो तिमीहरूभित्र रहनुहुन्छ, जसलाई तिमीहरूले परमेश्वरबाट पाएका छौ ? तिमीहरू आफ्नै होइनौ भन्ने के तिमीहरूलाई थाहा छैन ? 20 किनकि तिमीहरू मोल तिरेर किनिएका थियौ । त्यसकारण, तिमीहरूको शरीरमा परमेश्वरलाई महिमा देओ ! [टिपोटः केही पुराना प्रतिलिपिहरूमा यस्तो लेखिएको छ] यसकारण तिमीहरूको शरीर र आत्मामा परमेश्वरको महिमा गर, जुन परमेश्वरको हो । तर उत्तम प्रतिलिपिहरूमा यो छैन ।
अख्रीष्टिएन न्यायधीशका सामु एक जना ख्रीष्टिएनले अर्को ख्रीष्टिएनलाई अदालतका लैजानुहुँदैन । बरु, ठगिनु नै असल हो । ख्रीष्टिएनहरूले स्वर्गदूतहरूको न्याय गर्ने छन् । यसैले तिनीहरूले आफ्ना बीचमा भएका समस्याहरूको समाधान गर्न सक्नुपर्छ । अर्को विश्वासीलाई ठग्नका लागि अदालतको प्रयोग गर्नु विशेष रूपमा खराब कुरा हो ।
पवित्र आत्माको मन्दिर महत्त्वपूर्ण अलङ्कार हो । यसले पवित्र आत्माले वास गर्नुहुने र उहाँको आराधना हुने स्थानलाई जनाउँछ ।
पावलले यस अध्यायमा धेरैवटा अलङ्कारको प्रश्नको प्रयोग गर्छन् । कोरिन्थीहरूलाई तिनले शिक्षा दिँदा महत्त्वपूर्ण बुँदाहरूका बारेमा जोड दिनका लागि ती अलङ्कारको प्रश्नलाई तिनले प्रयोग गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)
अब पावलले विश्वासीहरूले अरू विश्वासीहरूसँगको विवादहरू कसरी समाधान गर्ने भनी व्याख्या गर्छन् ।
मतभेदहरू वा झगडाहरू
ख्रीष्टिएनहरूले एकअर्काका माझमा भएका विवादहरू समाधान गर्नैपर्छ भनेर पावलले जोड दिइरहेका छन् । वैकल्पिक अनुवादः “उसले सन्तहरू ... जाने आँट गर्नुहुँदैन !” वा “उसले परमेश्वरको भय मान्नुपर्छ र सन्तहरू ... जानुहुँदैन !”
कोरिन्थीहरूले आफूलाई जानकारी नभए झैँ गरी ढोङ्ग गरेका हुनाले पावलले तिनीहरूलाई शर्ममा पारिरहेका छन् ।
तिनीहरूलाई पछि गएर महान् जिम्मेवारी दिइने हुनाले, अहिले कम महत्त्व राख्ने कुराका लागि तिनीहरू जिम्मेवार हुनपर्छ । वैकल्पिक अनुवादः “भविष्यमा तिमीहरूले संसारको न्याय गर्नेछौ, यसैले यो विषयलाई अहिले तिमीहरूले समाधान गर्न सक्षम हुनुपर्छ ।”
“यस जीवनसित सरोकार राख्ने कुराहरूका बारेमा वादविवाद गर्न बन्द गर”
तिनीहरूलाई थाहा नभएको जस्तो देखिएकोमा पावल छक्क पर्छन् । वैकल्पिक अनुवादः “हामीहरूले स्वर्गदूतहरूको न्याय गर्नेछौँ भनी तिमीहरूलाई थाहा छ”
पावलले आफू र कोरिन्थीहरूलाई समावेश गर्छन् ।
पछि तिनीहरूलाई महान् जिम्मेवारी दिइने हुनाले, अहिलेका कम महत्त्व राख्ने कुरामा तिनीहरू जिम्मेवार हुनपर्छ । वैकल्पिक अनुवादः “किनभने हामीहरूले स्वर्गदूतहरूको न्याय गर्नेछौँ भनी जान्दछौँ, हामी निश्चित हुन सक्छौँ कि परमेश्वरले हामीलाई यस जीवनका विषयहरूको न्याय गर्न सक्षम बनाउनुहुनेछ ।”
सम्भावित अर्थहरू हुन् १) यो आलङ्कारीक प्रश्न हो वा २) यो एउटा कथन हो, “विगतमा यस जीवनसित महत्त्व राख्ने विवादहरू तिमीहरूले समाधान गरेको समयमा, अविश्वासीहरूद्वारा समाधान गरिनका लागि विवादहरूलाई तिमीहरूले तिनीहरूकहाँ लगेनौ” वा ३) यो एउटा आज्ञा हो, “जब तिमीहरूले यस जीवनसित महत्त्व राख्ने विवादहरू सुल्झाउँछौ, विवादहरू सुल्झाउनलाई मण्डलीसँग कुनै सम्बन्ध नभएका मानिसहरूका लागि पनि यो हो !”
“यदि तिमीहरूलाई दैनिक जीवनको निर्णय गर्न बोलाइएको हो भने” वा “यदि तिमीहरूले यस जीवनमा महत्त्वपूर्ण कुराहरूको निर्णय गर्नुपर्छ भने”
यस्ता मुद्दाहरूको कोरिन्थीहरूले हल गर्ने तरिकालाई देखेर पावल उनीहरूलाई हप्काइरहेका छन् । सम्भावित अर्थहरू हुन् १) “तिमीहरूले मण्डली बाहिरका मानिसहरूलाई यस्ता मुद्दाहरूको छिनोफानो गर्न दिन रोक्नुपर्छ” वा २) “ती मुद्धाहरू तिमीहरूले अरू विश्वासीहरूद्वारा राम्रो मान्यता नगरिएका मण्डलीकै सदस्यहरूलाई नै दिन सक्थ्यौ ।”
“तिमीहरूको अपमानको लागि” वा “यस विषयमा कसरी असफल भएका छौ भन्ने देखाउनलाई”
पावलले कोरिन्थीहरूलाई शर्ममा पारिरहेका छन् । वैकल्पिक अनुवादः “विश्वासीहरूका बीचमा हुने विवादहरू समाधान गर्नका लागि तिमीहरूले एक जना बुद्धिमान् विश्वासी समेत भेट्टाउन नसकेकोमा तिमीहरू शर्माउनुपर्ने हो”
यहाँ यसले पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ ।
बहस वा असहमति
“झगडा गर्ने विश्वासीहरूले अविश्वासी न्यायाधीशहरूसँग तिनीहरूको मुद्दाको छिनोफानो गरीदिन बिन्ती गर्छन्”
“पहिले नै एउटा विफलता हो”
पावलले कोरिन्थीहरूलाई शर्ममा पारिरहन्छन् । वैकल्पिक अनुवादः “उनीहरूलाई अदालतमा लैजानुभन्दा त तिनीहरूलाई तिमीहरूलाई अन्याय गर्न र ठग्न दिन नै बेस हुन्थ्यो ।”
ख्रीष्टमा विश्वास गर्ने सबै दाजुभाइ र दिदीबहिनीहरू हुन् । “तिमीहरूका आफ्नै सङ्गी विश्वासीहरू”
उनीहरूले यो सत्य पहिले नै जानेको हुनुपर्छ भन्ने कुरामा पावल जोड दिन्छन् । वैकल्पिक अनुवादः “तिमीहरूलाई पहिले नै त्यो थाहा छ”
परमेश्वरले विश्वासीहरूका लागि जे प्रतिज्ञा गर्नुभएको छ सो पाउने कुरालाई परिवारका सदस्यबाट पैतृक सम्पत्ति वा जायजेथा प्राप्त गर्ने झैँ गरेर बताइएको छ ।
परमेश्वरले न्याय गर्दा उनीहरूलाई धर्मी ठहराउनुहुन्न र उनीहरू अनन्त जीवनमा प्रवेश गर्नेछैनन् ।
सम्भावित अर्थहरू हुन् १) यसले सम्पूर्ण समलैँगिक क्रियाकलापलाई जनाउँछ वा २) पावलले दुई भिन्न क्रियाकलापहरूका नाम दिइरहेका छन् ।
सम्भावित अर्थहरू हुन् १) त्यस्ता पुरुषहरू जसले अरू पुरुषहरूलाई आफूसित सुत्ने अनुमति दिन्छन् वा २) त्यस्ता पुरुषहरू जसले तिनीहरूसित सुतेबापत तिनीहरूलाई ज्याला दिनेहरूलाई अनुमति दिन्छन् वा ३) त्यस्ता पुरुषहरू जसले धार्मिक क्रियाकलापको एउटा हिस्साको रूपमा अरू पुरुषहरूलाई आफूसित सुत्ने अनुमति दिन्छन् ।
अरू पुरुषहरूसँग सुत्ने पुरुष
अरू मानिसहरूबाट चोरी गर्ने व्यक्तिहरू
अरूका धनसम्पत्ति हत्याउनका लागि खराब उपायहरू अवलम्बन गर्न राजी हुने मानिसहरू
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई धुनुभएको छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई आफ्नै लागि अलग राख्नुभएको छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई उहाँसँग ठीक सम्बन्धमा ल्याउनुभएको छ”
यहाँ “नाउँ” येशू ख्रीष्टको शक्ति र अधिकारको लागि प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “हाम्रा प्रभु येशू ख्रीष्टको शक्ति र अधिकारद्वारा”
कोरिन्थका विश्वासीहरूलाई ख्रीष्टले आफ्नो मृत्युद्वारा किन्नुभएको हुनाले तिनीहरू शुद्ध होउन् भनी परमेश्वरले इच्छा गर्नुहुन्छ भन्ने कुरा पावलले तिनीहरूलाई स्मरण गराउँछन् । तिनीहरूका शरीरहरू अब परमेश्वरको मन्दिर हुन् । कोरिन्थीहरूले के भन्न सक्छन् सो भनेर र तिनीहरूलाई सच्याएर उनले त्यसो गर्छन् ।
सम्भावित अर्थहरू हुन् १) कोही कोरिन्थीहरूले जे सोचविचार गर्छन् सो कुराको जवाफ पावलले दिँदैछन्, “केहीले भन्छन्, ‘म जे पनि गर्न सक्छु’” वा २) पावलले आफूले जे साँचो हो भनी विचार गर्छन् वास्तवमा त्यही भनिरहेका छन्, “परमेश्वरले मलाई जे गर्न पनि अनुमति दिनुहुन्छ ।”
पावलले तिनीहरूलाई जवाफ दिइरहेका छन् जसले भन्छन्, “सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन्” वैकल्पिक अनुवादः “तर सबै कुरा मेरो लागि असल छैनन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ममाथि यी कुराहरूले मालिकले झैँ शासन गर्न अनुमति दिनेछैन”
सम्भावित अर्थहरू हुन् १) कोही कोरिन्थीहरूले जे सोचविचार गर्दै थिए, त्यसलाई पावलले सुधार्न खोज्दै थिए, “भोजन पेटको निम्ति हो र पेट भोजनको निम्ति हो”, भन्ने कुरालाई परमेश्वरले पेट र भोजन दुवैलाई नाश गर्नुहुन्छ भनेर जवाफ दिइरहेका छन् वा २) पावलल यस कुरामा सहमत हुन्छन्, “भोजन पेटको निम्ति हो र पेट भोजनको निम्ति हो, ” तर परमेश्वरले यी दुवैलाई नाश गर्नुहुन्छ भन्ने कुरा तिनले थपिरहेका छन् ।
एउटा सम्भावित अर्थ यो पनि हुनसक्छ, कि वक्ताले अप्रत्यक्ष रूपमा शरीर र यौनको कुरा गर्छन्, तर यसलाई तपाईंले शब्दिक रूपमा “पेट” र “भोजन” भनेर अनुवाद गर्नुपर्छ ।
“नष्ट पार्ने”
“येशूलाई पुनर्जीवित हुने पार्नुभयो”
“अङ्गहरू” भनेर अनुवादित शब्दले शरीरका भागहरूलाई जनाउँछ । हामी ख्रीष्टका हौं भन्ने कुरालाई हामी उहाँका शरीरका भागहरू हौँ जसरी बताइएको छ । हामीहरू यति धेरै उहाँका हौँ कि हाम्रा शरीरहरू पनि उहाँकै हुन् । मानिसहरूले पहिले नै जानेका हुनुपर्ने कुरालाई सम्झाउन पावलले यो प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूका शरीरहरू ख्रीष्टका अङ्गहरू हुन् भन्ने कुरा तिमीहरूलाई थाहा हुनुपर्छ”
कोही ख्रीष्टको मानिस वेश्यकहाँ जानु कति खराब कुरा हो भन्ने कुरा जोड दिनका लागि पावलले यो प्रश्न प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “म ख्रीष्टको हिस्सा हुँ । म आफ्नो शरीर लिएर आफैँलाई वेश्यासित जोड्ने छैन !” वा “हामी ख्रीष्टको शरीरका अङ्गहरू हौँ । हामीले आफ्ना शरीरहरू लिएर आफूहरूलाई वेश्यासित जोड्नुहुँदैन !”
“त्यस्तो कहिल्यै हुनुहुँदैन !” वा “हामीले त्यस्तो कहिल्यै गर्नुहुँदैन !”
उनीहरूले पहिले नै जानेको एउटा सत्यतालाई जोड दिएर पावल कोरिन्थीहरूलाई सिकाउन थाल्छन् । “म तिमीहरूलाई स्मरण गराउन चाहन्छु कि ... तिनी ... ।”
यसलाई कर्तृ वाच्यमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब कुनै मानिसले आफ्नो शरीरलाई वेश्यासित सहभागी गारउँछ, तब त्यो त तिनीहरूको शरीरहरू एउटै शरीर भएको जस्तै हो”
यसलाई कर्तृ वाच्यमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब प्रभुले उहाँको आत्मालाई कुनै व्यक्तिको आत्मासँग जोड्नुहुन्छ, तब त्यो तिनीहरूको आत्मा एउटै आत्मा भएको जस्तै हो”
पावलले कुनै व्यक्तिले यौन सम्बन्धिको पापलाई इन्कार गर्ने कुरालाई त्यो व्यक्ति खतराबाट भागिरहेको जसरी बताउँछन् । वैकल्पिक अनुवादः “ ... देखि टाढा होओ”
सम्भावित अर्थहरू हुन् १) यौन सम्बन्धिको पापचाहिँ खासगरी खराब हो किनभने यो अरूका विरुद्धमा मात्र होइन तर पाप गर्नेको आफ्नै शरीरको विरुद्धमा पनि हुन्छ भनी पावलले दर्शाइरहेका छन् वा २) केही कोरिन्थीहरूले विचार गरिरहेका कुरालाई पावलले उद्धरण गर्दै थिए । वैकल्पिक अनुवादः “अनैतिकता ! तिमीहरूमध्ये केहीले भनिरहेका छौ, ‘कुनै व्यक्तिले गर्ने हरेक पाप उसको शरीरभन्दा बाहिर हुन्छ’, तर म यो भन्छु”
“कोही व्यक्तिले गर्ने दुष्ट काम”
उनीहरूले पहिले नै जानेको कुरालाई जोड दिएर कोरिन्थीहरूलाई सिकाउन पावल निरन्तरता दिन्छन् । वैकल्पिक अनुवादः “म तिमीहरूलाई याद गराउन चाहन्छु ... परमेश्वर ... र यो कि तिमीहरू स्वयम् आफ्नै होइनौ ।”
प्रत्येक ख्रीष्टिएनको शरीर पवित्र आत्माका मन्दिर हो
मन्दिर देवी-देवताहरूको लागि समर्पित गरिएको हुन्छ र त्यहाँ उनीहरूको वास हुन्छ । त्यसै गरी, हेरक कोरिन्थी विश्वासीको शरीर मन्दिर जस्तै हो किनभने पवित्र आत्मा तीभित्र वास गर्नुहुन्छ ।
परमेश्वरले कोरिन्थीहरूको पापको दासत्वबाटको स्वतन्त्रताको लागि मोल तिर्नुभयो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूको स्वतन्त्रताको मोल तिर्नुभयो”
“मैले भर्खर भनेको कुरा सत्य भएको कारणले”
1 अब तिमीहरूले लेखेका यी कुराहरूका विषयमा भन्नुपर्दा पुरुषको लागि स्त्रीलाई नछुनु नै असल हो । 2 तर धेरै अनैतिक कामहरूका अनेक परीक्षाहरूको कारणले गर्दा हरेक मानिसको आफ्नै पत्नी होस् र हरेक स्त्रीको आफ्नै पति होस् । 3 पतिले पत्नीलाई उसको वैवाहिक हक देओस् र त्यसरी नै पत्नीले पनि आफ्नो पतिलाई । 4 आफ्नो शरीरमाथि पत्नीको अधिकार हुँदैन; उसको पतिको हुन्छ । र यसरी नै आफ्नो शरीरमाथि पतिको आफ्नो अधिकार हुँदैन, तर पत्नीको भने हुन्छ । 5 पारस्परिक सहमतिमा केही समयको निम्ति बाहेक एक अर्कालाई वञ्चित नगर, ताकि तिमीहरू प्रार्थनामा लागिरहन सक । त्यसपछि तिमीहरू फेरि एकसाथ हुनुपर्दछ, ताकि तिमीहरूका आत्मसंयमको अभावको कारणले शैतानले तिमीहरूलाई परीक्षामा पार्न नसकोस् । 6 म तिमीहरूलाई यी कुराहरू आज्ञाको रूपमा होइन, तर अनुमतिको रूपमा भन्दछु । 7 सबै जना मजस्तै भएको म इच्छा गर्दछु । तर हरेकले परमेश्वरबाट आ-आफ्नो वरदान पाएको छ । एक जनाले एक प्रकारको वरदान र अर्कोले अर्कै प्रकारको वरदान पाएको छ । 8 अविवाहित र विधवाहरूलाई म भन्दछु कि तिनीहरू मजस्तै अविवाहित रहन्छन् भने यो तिनीहरूका लागि असल हुन्छ । 9 तर यदि तिनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने तिनीहरूले विवाह गरून् । कामुकतामा जल्नुभन्दा तिनीहरूका निम्ति विवाह गर्नु असल हो । 10 अब विवाहितका निम्ति म यो आज्ञा दिन्छु । मैले होइन, तर प्रभुले दिनुहुन्छः 11 तर यदि तिनी आफ्नो पतिबाट अलग हुन्छिन भने, तिनी विवाह नगरी बसून् कि त उनीसँग मिलाप गर्नुपर्दछ । अनी “पतिले आफ्नी पत्नीसँग सम्बन्ध विच्छेद गर्नुहुदैन ।” 12 तर बाँकीलाई म भन्दछु (मैले होइन तर प्रभुले भन्नुहुन्छ) कि यदि कुनै भाइसँग अविश्वासी पत्नी छ र तिनी ऊसँग बस्नलाई सन्तुष्ट छिन् भने उसले तिनीसँग सम्बन्ध विच्छेद नगरोस् । 13 यदि पत्नीसँग अविश्वासी पति छ भने र ऊ तिनीसँग सन्तुष्ट छ भने, तिनले ऊसँग सम्बन्ध विच्छेद नगरुन् । 14 किनकि अविश्वासी पति पत्नीद्वारा पवित्र ठहरिन्छ र अविश्वासी पत्नी विश्वासी पतिको कारण पवित्र ठहरिन्छे, नत्रता तिमीहरूका छोरा छोरीहरू अपवित्र हुनेछन्, तर वास्तवमा तिनीहरू पवित्र छन् । 15 तर यदि अविश्वासी जीवन साथी छुट्टिन्छ भने, त्यसलाई जान देऊ । यस्तो अवस्थामा भाइ वा बहिनी तिनीहरूका प्रतिज्ञामा बाँधिनेछैन । परमेश्वरले हामीलाई शान्तिमा बस्न बोलाउनुभएको छ । 16 स्त्री हो, तिमीलाई के थाहा सायद तिमीले आफ्नो पतिलाई बचाउन सक्छ्यौ कि ? अथवा पुरुष हो, तिमीलाई के थाहा, सायद तिमीले आफ्नी पत्नीलाई बचाउन सक्छौ कि ? 17 प्रभुले खटाएबमोजिम र परमेश्वरले बोलाएबमोजिम हरेकले आफ्नो जीवन जिओस्, । सबै मण्डलीहरूका निम्ति मेरो नियम यही नै हो । 18 के विश्वासको लागि बोलावट हुनुअगि नै कसैको खतना भएको थियो ? उसले आफूलाई खतना नभएको जस्तो नदेखाओस् । विश्वासको निम्ति बोलावट हुँदा खतना नगर्ने कोही थियो ? उसले खतना नगरोस् । 19 न खतना केही हो न त बेखतना नै । प्रमुख कुरा परमेश्वरका आज्ञाहरू पालन गर्नु नै हो । 20 परमेश्वरले बोलाउनुहुँदा कुनै व्यक्ति जस्तो अवस्थामा थियो, हरेक त्यही बोलावटमा रहोस् । 21 के परमेश्वरले बोलाउनुहुँदा तिमीहरू कमारा थियौ ? यसको बारेमा तिमी फिक्री नगर । तर तिमीहरू स्वतन्त्र हुन सक्छौ भने यसको फाइदा उठाओ । 22 किनकि दासको रूपमा हुँदा प्रभुले कसैलाई बोलाउनुभएको छ भने ऊ प्रभुको स्वतन्त्र मानिस हो । यसरी नै कसैलाई बोलाउँदा कोही स्वतन्त्र थियो भने ऊ ख्रीष्टको दास हो । 23 तिमीहरू दाम तिरी किनिएका हौ, त्यसैले मानिसहरूको दास नबन । 24 भाइहरू हो, हामीलाई विश्वास गर्न बोलावट हुँदा हामी जस्तो अवस्थामा थियौँ, हामी त्यही अवस्थमा रहौँ । 25 अब कहिल्यै विवाह नगरेकाहरूको सम्बन्धमा मसँग प्रभुबाट केही पनि आज्ञा छैन । तर प्रभुको कृपाद्वारा विश्वासयोग्य ठहरिएको व्यक्तिको रूपमा म मेरो राय दिन्छु । 26 त्यसकारण, आउन लागेको सङ्कष्टको कारणले गर्दा जुन व्यक्ति जस्तो अवस्थामा छ, त्यही अवस्थामा बस्नु असल हुन्छ । 27 के तिमी कुनै स्त्रीसँग वैवाहिक बन्धनमा बाँधिएका छौ ? तिनीबाट स्वतन्त्र हुन नखोज । के तिमी अविवाहित छौ ? पत्नीको खोजी नगर । 28 तर तिमीले विवाह गर्यौ भने पनि तिमीले पाप गर्दैनौ । कुनै कन्या केटीले विवाह गर्छ भने तिनले पाप गरेकी हुँदिन । तापनि विवाह गर्नेहरूले जीवन जिउने क्रममा धेरै दुःखकष्ट भोग्नेछन् र म तिमीहरूलाई तीबाट बचाउन चाहन्छु । 29 तर भाइहरू हो, म यो भन्छु कि समय छोटो छ । अब उप्रान्त पत्नी हुनेहरू पत्नी नभएजस्तो गरी जिऊन् । 30 रुनेहरू नरोएको जस्तै गरी बसून्; खुसी हुनेहरू खुसी नभएझैँ गरी बसून र किनमेल गर्नेहरूले तिनीहरूसँग केही नभएझैँ गरून् । 31 अनि संसारसित व्यवहार गर्नेहरूले यससँग पूर्ण रूपमा नभएझैँ व्यवहार गरून्, किनकी यो संसारको प्रणालीको अन्त्य हुँदै छ र यो बितेर जाँदै छ । 32 तिमीहरू निस्फिक्री होओ भन्ने म चाहन्छु । अविवाहित पुरुषले प्रभुलाई कसरी खुसी पार्ने भनी उहाँका कुराहरूका बारेमा चिन्ता गर्दछ । 33 तर विवाहित पुरुषले आफ्नी पत्नीलाई कसरी प्रसन्न पार्ने भनी संसारका कुराहरूमा फिक्री गर्दछ । 34 ऊ दोहोरो मनको हुन्छ । अविवाहित स्त्री वा कन्याले शरीरमा र आत्मामा कसरी पवित्र हुन सक्छु भनी प्रभुका कुराहरूका फिक्री गर्दछ । तर विवाहित स्त्रीले आफ्नो पतिलाई कसरी प्रसन्न पार्न सकिन्छ भनी संसारका कुराहरूको चिन्ता गर्दछे । 35 म तिमीहरूको आफ्नै भलाइका निम्ति भन्दछु, तिमीहरूलाई प्रतिबन्ध लगाउन होइन । जे ठिक छ म त्यही भन्दछु ताकि तिमीहरू बाधाबिना एक चित्तका भई भक्तिका साथ प्रभुमा लागिरहन सक । 36 कसैले विचार गर्दछ कि उसले मगनी भएकी आफ्नी कन्यासँग राम्रो व्यवहार गरिरहेको छैन भन्ने ठान्छ र तिनको विवाह गर्ने उमेर बितिसकेको छ भने चाहेबमोजिम उसले गरोस् । 37 तर यदि ऊ हृदयमा पक्का छ, ऊ कुनै करकापमा परेको छैन भने र उसले आफ्नो इच्छा वशमा राख्न सक्छ, र उसले आफ्नो हृदयमा यसो गर्ने अर्थात् आफ्नी मगनी भएकी कन्यालाई कुमारी नै राख्ने निर्णय गरिसकेको छ भने उसले असल नै गर्दछ । 38 त्यसैले, जसले आफ्नी कन्यासँग विवाह गर्दछ उसले असल नै गर्दछ, र जसले विवाह नगर्ने इच्छा गर्दछ भने उसले अझ बढी राम्रो गर्दछ । 39 स्त्री तिनको पति बाँचुञ्जेलसम्म बन्धनमा बाँधिएकी हुन्छिन् । तर तिनको पतिको मृत्यु भयो भने तिनी जोसँग विवाह गर्न चाहन्छिन् त्यससँग विवाह गर्न स्वतन्त्र हुन्छिन्, तर त्यो व्यक्ति प्रभुमा हुनुपर्छ । 40 तापनि मेरो विचारमा यदि तिनी त्यस्तै अवस्थामा बस्छिन् भने तिनी अझ धेरै प्रसन्न रहन्छिन् । अनि मसँग पनि परमेश्वरको आत्मा छ भनी म विचार गर्दछु ।
पावलले प्रश्नहरूका शृङ्खला नै लिएर जवाफ दिन सुरु गर्छन्, जसलाई शायद कोरिन्थहरूले सोधेका हुनुपर्छ । पहिलो प्रश्न विवाहको बारेमा छ । दोस्रो प्रश्न स्वतन्त्र हुन खोज्ने दास, अन्यजाति यहूदी हुने, अथवा यहूदी अन्याजाति हुने कुराको बारेमा छ ।
पावल भन्छन्, एक जना विवाहित ख्रीष्टिएनले सम्बन्ध विच्छेद गर्नुहुँदैन । अविश्वासीसित विवाह गरेका ख्रीष्टिएनले आफ्ना पति वा पत्नीलाई छोड्नुहुँदैन । अविश्वासी पति वा पत्नीले छोड्छन् भने, त्यो पाप होइन । समयको कठनाइ र येशू फेरि आउनुहुने समय नजिक भएको हुनाले अविवाहित रहनु नै ग्रहणयोग्य हुन्छ भन्ने सुझाव पावलले दिन्छन् । अनि )
प्रत्यक्ष रूपमा यौन सम्बन्धलाई जनाउनका लागि पावलले धेरैवटा मृदुभाषाको प्रयोग गर्छन् । यो प्राय: संवेदनशील विषय हो । यी विषयहरूमा धेरैवटा संस्कृतिका मानिसले खुलेर बोल्न मन पराउँदैनन् ।
पावलले विश्वासीहरूलाई विवाहका बारेमा केही विशेष निर्देशनहरू दिन्छन् ।
पावल शिक्षा दिने क्रममा नयाँ विषयमा प्रवेश गर्छन् ।
कोरिन्थीहरूले केही प्रश्नहरूको जवाफ खोज्दै पावललाई पत्र लेखेका थिए ।
सम्भावित अर्थहरू हुन् १) कोरिन्थीहरूले लेखेका कुराको उद्धरण पावलले गर्दैछन्, “बारेमाः तिमीहरूले लेख्यौ, ‘पुरुषको लागि स्त्रीलाई नछुनु नै असल हो’ । त्यो सत्य हो, तर किनभने” वा २) पावलले जे विचार गर्छन्, सो भन्दैछन्, “बारेमाः मेरो जवाफ हो नै हो, पुरुषको लागि स्त्रीलाई नछुनु नै असल हो । तर किनभने”
“यो सबैभन्दा धेरै सहयोगी हुन्छ”
सम्भावित अर्थहरू हुन् १) “मानिस”ले विवाहित मानिसलाई जनाउँछ । वैकल्पिक अनुवादः “पति” वा २) “मानिस”ले जोसुकै मानिसलाई जनाउँछ ।
सम्भावित अर्थहरू हुन् १) “स्त्रीलाई छुनु”, भनेको यौन सम्बन्धलाई जनाउने मृदुभाषा हो । वैकल्पिक अनुवादः “केही समयका लागि आफ्नी पत्नीसित यौन सम्बन्ध नराख्नु” वा २) “स्त्रीलाई छुनु”, विवाहलाई जनाउनका लागि लाक्षणिक अर्थ हो । वैकल्पिक अनुवादः “विवाह नगर्न”
सम्भावित अर्थहरू हुन् १) कोरिन्थीहरूले जे लेखेका थिए सो कुराको जवाफ पावलले दिँदै छन् । वैकल्पिक अनुवादः “त्यो सत्य हो, तर किनभने” वा २) पावलले वास्तवमा जे विचार गर्छन्, सो भन्दै छन् ।
“तर शैतानले मानिसहरूलाई यौनको पापमा पर्न परीक्षित गर्ने कारण, हरेकले” वा “तर हाम्रो पापपूर्ण स्वभावको कारणले गर्दा हामीले यौनको पाप गर्न लालसा गर्ने कारण, हरेक”
पति र पत्नी दुवैले आफ्नै पत्नी र पतिसँग शारीरिक सम्बन्ध राख्नुपर्छ ।
“दिनुपर्छ” र “वैवाहिक हक” शब्दहरूलाई अघिल्लो वाक्यांशको आधारमा बुझिएको छ । वैकल्पिक अनुवादः “त्यसरी पत्नीले पनि आफ्नो पतिलाई उसको वैवाहिक हक दिनुपर्छ”
“इन्कार” शब्दको अर्थ कसैलाई कुनै कुरा दिनबाट वञ्चित गर्नु हो, जुन कुरा पाउने हक अर्को व्यक्तिलाई हुन्छ । “आफ्नो विवाह गरेको जोडिसँग वैवाहिक सम्बन्ध राख्न इन्कार नगर”
प्रार्थनामा गहिरो गरी लाग्नको लागि केही समय दिनको लागि
“आफूहरूलाई प्रतिबद्ध गर”
“फेरि सँगै सुत्नुपर्छ”
“किनकि केही दिनपछि तिमीहरूको यौन इच्छालाई नियन्त्रण गर्न कठिन हुनेछ”
सम्भावित अर्थहरू हुन् पावलले कोरिन्थीहरूलाई यसो भनेका हुन् कि तिनीहरूलाई उनले अनुमति दिँदैछन् तर आज्ञा गरिरहेका छैनन्, १) विवाह गर्न र सँगै सुत्न वा २) केही समयका लागि सँगै नसुत्न ।
पावलले कि त विवाह गरेका थिएनन् अथवा तिनकी पत्नीको मृत्यु भएको थियो । तिनले सम्बन्ध विच्छेद गरेका थिए होला भन्नु भरपर्दो तर्क हुँदैन ।
“परमेश्वरले मानिसहरूलाई विभिन्न कुराहरू गर्ने क्षमता दिनुहुन्छ । उहाँले एक व्यक्तिलाई एउटा कुरा गर्ने क्षमता दिनुभएको छ भने अर्कोलाई केही भिन्नै कुरा गर्ने क्षमता”
“यो जो अविवाहित छन्”
“पतिको मृत्यु भएकी स्त्रीहरूलाई”
तपाईंले यसलाई १ कोरिन्थीहरू ७:१ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
“कसैसँग शारीरिक संसर्ग गर्ने निरन्तर अभिलाषामा जिउनु”
पावलका पाठकहरूलाई अलग बस्नु र सम्बन्ध विच्छेदको फरक थाहा थिएन । कसैसँग बस्न छोड्नु भनेको विवाहको अन्त्य थियो । वैकल्पिक अनुवादः “सम्बन्ध विच्छेद गर्नुहुँदैन”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनले आफ्ना पतिसँग मेलमिलाप गर्नुपर्छ र उनीकहाँ फर्कनुपर्छ”
पावलका पाठकहरूलाई सामान्य अलग बस्नु र सम्बन्ध विच्छेदको फरक थाहा थिएन । तीमध्ये कुनै पनि गर्नु भनेको विवाहको अन्त्य गर्नु थियो । वैकल्पिक अनुवादः “बाट अलग बस्नु हुँदैन”
इच्छुक वा सन्तुष्ट
यो “मानिस”लाई जनाउने उही ग्रीक शब्द हो ।
सम्भावित अर्थहरू हुन् १) “किनकि परमेश्वरले विश्वास नगर्ने पतिलाई उसको विश्वास गर्ने पत्नीको कारण आफ्नो निम्ति अलग राख्नुभएको छ” वा २) “परमेश्वरले अविश्वासी पतिलाई उसको विश्वास गर्ने पत्नीको खातिर उहाँको छोरा जस्तै व्यवहार गर्नुहुन्छ”
यी “पुरुष” र “स्त्री” लाई जनाउने उही ग्रीक शब्दहरू हुन् ।
सम्भावित अर्थहरू हुन् १) “परमेश्वरले विश्वास नगर्ने पत्नीलाई उनको विश्वास गर्ने पतिको कारण आफ्नो निम्ति अलग राख्नुभएको छ” वा २) “परमेश्वरले अविश्वासी पत्नीलाई उनको विश्वास गर्ने पतिको खातिर उहाँको छोरी जस्तै व्यवहार गर्नुहुन्छ”
विश्वास गर्ने मानिस वा पति
सम्भावित अर्थहरू हुन् १) “परमेश्वरले तिनीहरूलाई पवित्र पार्नुभएको छ” वा २) “परमेश्वरले आफ्ना छोराछोरीलाई जस्तो व्यवहार गर्नुहुन्छ, त्यस्तै उहाँले तिनीहरूसित पनि गर्नुहुन्छ”
यहाँ भएको “भाइ” र “बहिनी” शब्दले ख्रीष्टिएन पति र पत्नीलाई जनाउँछ । यहाँ “कुनै बन्धनमा रहने छैन” अलङ्कार हो जसको अर्थ कुनै व्यक्ति आफूले गरेको भाकल पूरा गर्न बाध्यता हुँदैन भन्ने हुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यस्ता स्थितिहरूमा, विश्वासी पति वा पत्नीले वैवाहिक करार पालन गर्नै पर्छ भनी परमेश्वरले बाध्य तुल्याउनुहुन्न”
कोरिन्थीहरू एक जना व्यक्ति भए झैँ गरी पावलले तिनीहरूसित कुरा गर्छन्, त्यसैले यहाँ उल्लेखित सबै “तिमी” र “तिम्रा” एकवचन हुन् ।
पावलले जे भनिरहेका छन्, त्यस विषयमा स्त्रीहरूलाई सोच्ने तुल्याउनका लागि पावलले एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिमीले आफ्नो अविश्वासी पतिलाई बचाउन सक्नेछौ भन्ने कुरा तिमीले थाहा पाउन सक्दैनौ”
पावलले जे भनिरहेका छन्, त्यस विषयमा पुरुषहरूलाई सोच्ने तुल्याउनका लागि पावलले प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिमीले आफ्नो अविश्वासी पत्नीलाई बचाउन सक्नेछौ भन्ने कुरा तिमीले थाहा पाउन सक्दैनौ”
“हरेक विश्वासी”
पावलले सबै मण्डलीका विश्वासीहरूलाई यसअनुसार व्यवहार गर्न सिकाइरहेका थिए ।
पावलले खतना गरेकाहरूलाई
पावलले खतना नगरेकाहरूलाई सम्बोधन गरिरहेका छन् । वैकल्पिक अनुवादः “खतना नगरेकाहरूलाई, जब परमेश्वरले तिमीहरूलाई विश्वास गर्नको लागि बोलाउनुभयो, तिमीहरूको खतना भएको थिएन”
यहाँ “हामी” र “हाम्रा” शब्दले सबै ख्रीष्टिएनलाई जनाउँछ तर पावलका श्रोताहरूलाई समावेश गर्छ ।
यहाँ बोलावाटले कामलाई वा तपाईं संलग्न हुनुभएको सामाजिक पदलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूले जसरी काम गर्दै जिउँदै थियौ, त्यसरी नै गर”
कोरिन्थीहरू एक जना व्यक्ति भए झैँ गरी पावलले तिनीहरूसित कुरा गर्छन्, यसैले यहाँ उल्लेखित सबै “तिमी” र “हुन सक्छौ” भन्ने आज्ञार्थ शब्द एकवचन हुन् ।
यसलाई एउटा भनाइको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले बोलाउनुहुँदाको समयमा कमारा भएकाहरूलाई, म यो भन्छुः त्यसको वास्ता नगर”
यस स्वतन्त्र मानिसलाई परमेश्वरले क्षमा दिनुभएको छ र त्यसैले ऊ शैतान र पापबाट स्वतन्त्र भएको छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ख्रीष्टले तिमीहरूका लागि मरेर तिमीहरूलाई किन्नुभएको छ”
यहाँ यसले पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब परमेश्वरले हामीलाई उहाँमा विश्वास गर्नको लागि बोलाउनुभयो”
यसको बारेमा बताउने येशूको कुनै पनि शिक्षाको बारेमा पावललाई थाहा छैन । वैकल्पिक अनुवादः “कहिल्यै पनि विवाह नगरेकाहरूका लागि मसँग प्रभुबाट कुनै पनि आज्ञा छैन”
“म के सोच्छु भनेर म तिमीहरूलाई बताउँछु”
“किनभने, प्रभुको कृपाद्वारा, म भरोसायोग्य छु”
कोरिन्थीहरू एक जना व्यक्ति भए झैँ गरी पावलले तिनीहरूसित कुरा गर्छन्, यसैले यहाँ उल्लेखित सबै “तिमी” र “खोजी नगर” भन्ने आज्ञार्थ शब्दका प्रयोगहरू एकवचन हुन् ।
सम्भाव्य स्थितिको परिचय गराउनका लागि पावलले यो प्रश्नको प्रयोग गर्छन् । यो प्रश्नलाई “यदि”को साथमा एउटा वाक्यांशको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि तिमीहरू विवाहित छौ भने, ... ”
“तिनीसित सम्बन्ध विच्छेद गर्न नखोज” वा “तिनीबाट अलग हुन नखोज”
“विवाह गर्न नखोज”
“तीबाट” शब्दले विवाहित मानिसहरूलाई हुन सक्ने सांसारिक समस्याहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सांसारिक समस्याहरूमा नपर्न म तिमीहरूलाई मदत गर्न चाहन्छु”
“समय थोरै छ” वा “समय सकिनै लागेको छ”
रुनेहरू वा आँसु निकालेर शोक गर्नेहरू
“तिनीहरू जो अविश्वासीहरूसँग प्रत्येक दिन व्यवहार गर्छन्”
“आफ्नो कार्यद्वारा तिनीहरूले यो दर्शाउनुपर्छ कि तिनीहरूले आफ्नो आशा परमेश्वरमा राखेका छन्”
यहाँ “निस्फिक्री” शब्द एउटा उपमा हो, जसको अर्थ लगातार ... बारेमा सोचचिचार नगरेर नै जिउन सक्ने क्षमता हुन्छ । वैकल्पिक अनुवादः “फिक्री गर्न आवश्यक नभइ”
“ ... मा ध्यानकेन्द्रित”
“उसले एकै समयमा परमेश्वर र उसकी पत्नी दुवैलाई खुसी पार्न खोजिरहेको छ”
रोक
“ध्यान केन्द्रित गर्न सक्छ”
“ ... लाई दयालु नभइरहेको” वा “सम्मान नगरिरहेको”
सम्भावित अर्थहरू हन् १) “उसले विवाह गर्न प्रतिज्ञा गरेको स्त्री” वा २) “उसकी कन्या छोरी”
सम्भावित अर्थहरू हुन् १) “उसले आफूसँग मगनी भएकी कन्यासँग विवाह गर्नुपर्दछ” वा २) “उसले उसकी छोरीलाई विवाहको लागि दिनुपर्छ”
निश्चयका साथमा निर्णय गर्ने कुरा जनाउनका लागि यहाँ प्रयोग भएको “दह्रिलो रूपमा खडा” भन्ने वाक्यांश एउटा अलङ्कार हो । “हृदय” शब्दचाहिँ व्यक्तिको मन र विचार जनाउने लाक्षणिक शब्द हो । वैकल्पिक अनुवादः “उसले आफ्नो मनमा पक्का गरी निर्णय गरेको छ भने”
यहाँ प्रयोग भएको “बन्धन” भनेको मानिसहरू बीचमा रहेको घनिष्ठ सम्बन्धको लागि एउटा अलङ्कार हो जसमा तिनीहरूले एकअर्कालाई भावनात्मक, आत्मिक र शारीरिक रूपमा सहायता पुर्याउँछन् । यहाँ यसले विवाहको एकताको अर्थ दिन्छ । वैकल्पिक अनुवादः “एक स्त्री आफ्नो पतिसित विवाहित हुन्छे” वा “एक स्त्री आफ्नो पतिसित एक भएकी हुन्छे”
“ऊ नमरेसम्म”
“तिनले जसलाई चाहन्छिन्”
“यदि नयाँ पति विश्वासी हो भने”
“परमेश्वरको वचनको मेरो बुझाइ”
अझ सन्तुष्ट, अझ आनन्दित
“अविवाहितै रहन्छिन्”
1 मूर्तिलाई बलिदानको रूपमा चढाइएको खानेकुराको बारेमा भन्नुपर्दा हामीलाई थाहा छ कि “हामी सबैसँग ज्ञान छ ।” ज्ञानले घमण्ड ल्याउँदछ, तर प्रेमले उन्नति गराउँछ । 2 यदि कसैले केही जान्दछु र म कोही हुँ भनी विचार गर्छ भने त्यो व्यक्तिले जति जान्नुपर्ने हो त्यति जानेको हुँदैन । 3 तर यदि कसैले परमेश्वरलाई प्रेम गर्छ भने त्यो व्यक्ति उहाँद्वारा चिनिएको हुन्छ । 4 त्यसकारण, मूर्तिलाई बलिदानको रूपमा चढाइएको खानेकुराको बारेमा हामीलाई थाहा छ कि “यस संसारमा भएको मूर्ति केही पनि होइन” र एक मात्र परमेश्वर अस्तित्वमा हुनुहुन्छ । 5 धेरै देवताहरू र प्रभुहरू भएजस्तै आकाशमा वा पृथ्वीमा नाम मात्रका देवताहरू होलान् । 6 तर हाम्रा निम्ति “परमेश्वर पिता एक मात्र हुनुहुन्छ, जसबाट नै सबै कुरा हुन आए, र हामी उहाँकै निम्ति जिउँछौ; र एउटै प्रभु येशू ख्रीष्ट जसद्वारा सबै कुरा अस्तित्वमा आउँछन् र जसद्वारा नै हामी अस्तित्वमा छौँ ।” 7 तापनि यो ज्ञान सबैमा हुँदैन । कति जनाले पहिले मूर्तिपूजा गर्थे र तिनीहरूले यो खानेकुरा मूर्तिलाई नै चढाइएको मानेर खान्छन् । तिनीहरूको विवेक कमजोर भएको कारण भ्रष्ट भएको छ । 8 तर खानेकुराले हामीलाई परमेश्वरमा स्वीकारयोग्य बनाउँदैन । हामीले यो खाँदैमा बढी असल हुँदैनौँ र नखाँदैमा बढी खराब पनि हुँदैनौँ । 9 तर होसियार होओ । तिम्रो स्वतन्त्रता कमजोर विश्वास भएकाहरूलाई ठेसको कारण नबनोस् । 10 मानौँ, जो कोही ज्ञान भएको व्यक्तिले तिमीले मन्दिरमा बसेर खानेकुरा खाइरहेको देख्यो भने के उसको कमजोर विवेकले त्यो उसलाई मूर्तिलाई चढाइएको खानेकुरा खान आँट नदेला ? 11 मूर्तिहरूको वास्तविक प्रकृतिको बारेमा तिमीहरूको समझको कारणले गर्दा कमजोर भाइ नष्ट हुन्छ, जसको निम्ति ख्रीष्ट मर्नुभयो । 12 त्यसैले, जब तिमीले आफ्नो भाइको विरुद्धमा पाप गरेर उनीहरूको कमजोर विवेकलाई चोट पुर्याउँछौ, तिमीले ख्रीष्टको विरुद्धमा पाप गर्छौ । 13 त्यसकारण, यदि मैले खाएको खाना मेरो भाइलाई ठेसको कारण बन्छ भने, म फेरि कहिल्यै मासु खानेछैनँ, ताकि म मेरो भाइको पतनको कारण नबनूँ ।
अध्याय ८-१० मा, पावलले जवाफ दिने प्रश्न होः “के मूर्तिहरूलाई चढाएको मासु खानु ग्रहणयोग्य कुरा हुन्छ?”
यो प्रश्नको जवाफ पावलले यसरी दिन्छन्, मूर्तिहरू साँचो अर्थमा अस्तित्वमा नभएका देवीदेवता हुन् । यसकारण मासुमा केही खराब हुँदैन । ख्रीष्टिएनहरू त्यो खान स्वतन्त्र हुन्छन् । तापनि, ख्रीष्टिएनहरूले त्यो खाएको कुरा कोही एक जना नबुझ्ने व्यक्तिले देख्लान् । तब तिनीहरूले त्यो मासु मूर्तिलाई पूजा गर्ने एउटा कार्यको रूपमा खानलाई उत्साहित हुन सक्छन् ।
यो पत्र पावलले खासगरी कोरिन्थका विश्वासीहरूलाई लखेको भए तापनि “हामी” शब्दले तिनी र सबै विश्वासीलाई समावेश गर्छ ।
पावलले विश्वासीहरूलाई स्मरण गराउँदै भन्छन्, मूर्तिहरूमा शक्ति हुँदैन, तापनि विश्वासीहरूले कमजोर विश्वासीहरूमा असर नपुर्याउनलाई होसियार हुनुपर्छ, जसले तिनले मूर्तिहरूको फिक्री गर्दा रहेछन् भनी विचार गर्न सक्छन् । ख्रीष्टमा विश्वासीहरूले पाएका स्वतन्त्रताको बारेमा होसियार हुन तिनले विश्वसीहरूलाई भन्छन् ।
कोरिन्थीहरूले सोधेका अर्को प्रश्नमा अगि बढ्नका लागि पावलले यो शब्द प्रयोग गर्छन् ।
मूर्तिपूजकहरूले अन्न, माछा, पन्छी वा मासु उनीहरूको देवतालाई चढाउँथे । पूजाहारीले यसको केही भाग वेदीमा चढाउँथे । पावलले बाँकी रहेको भागको कुरा गरिरहेका छन्, जुनचाहिँ चढाउने मानिसलाई फिर्ता दिइन्थ्यो वा बजारमा बिक्री गरिन्थ्यो ।
“ज्ञानले मानिसहरूलाई घमण्डी बनाउँछ ।” यहाँ “घमण्डले फुल्छ” वाक्यांश कसैलाई घमण्डी बनाउने कुराको लागि अलङ्कार हो । भाववाचक शब्द “ज्ञान”लाई “थाहा हुनु” भन्ने क्रियामा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ज्ञानले मानिसहरूलाई घमण्डी बनाउँछ” वा “आफूलाई धेरै जानकारी छ भनी विचार गर्ने मानिसहरू घमण्डी हुन्छन्”
यो भाववाचक नाम “प्रेम”लाई क्रियापदको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर जब हामी मानिसहरूलाई प्रेम गर्छौँ, हामी उनीहरूको उन्नति गराउँछौँ”
मानिसहरूको उन्नति गरिदिनु भन्नाले तिनीहरूलाई उनीहरूको विश्वासमा परिपक्व र बलियो हुन सहायता पुर्याउनु हो । वैकल्पिक अनुवादः “प्रेमले मानसिहरूलाई बलियो तुल्याउँछ” वा “जब हामीले मानिसहरूलाई प्रेम गर्छौँ, तब उनीहरूलाई हामी बलियो बनाउँछौँ”
“आफूले केही कुराको बारेमा सबै कुरा जान्दछु भन्ने ठान्छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यस व्यक्तिलाई जान्नुहुन्छ”
यहाँ “हामी” र “हामीलाई” शब्दले सबै विश्वासीहरूलाई जनाउँछ र पावलका श्रोताहरूलाई समावेश गर्छ ।
पावलले सम्भवत केही कोरिन्थीहरूले प्रयोग गरेका शब्दहरूलाई प्रयोग गरिरहेका छन् । “केही पनि नहुनु” भन्नाले कुनै शक्ति नहुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “हामी सबैलाई थाहा छ, जसरी तिमीहरू नै चाहन्छौ, कि यस संसारमा मूर्तिको केही पनि शक्ति छैन र एकमात्र परमेश्वर बाहेक अरू कोही छैन”
“मानिसहरूले देवीदेवता भन्ने कुराहरू”
पावल धेरै देवताहरूमा विश्वास गर्दैनन्, तर मूर्तिपूजकहरूले यिनीहरूको पूजा गर्छन् भन्ने उनलाई थाहा छ ।
“तर हामी जान्दछौँ त्यहाँ एकमात्र परमेश्वर हुनुहुन्छ”
पावलले यहाँ त्यस्ता “कमजोर” भाइहरूका बारेमा कुरा गर्दैछन् जसले मूर्तिपूजालाई मूर्तिहरूलाई बलि चढाएका थोकहरूबाट छुट्ट्याएर हेर्न सक्दैनन् । ख्रीष्टिएनहरूले मूर्तिलाई चढाएको खानेकुरो खाए भने, परमेश्वरले आफूहरूलाई खानेकुरा खाएर मूर्तिपूजा गर्ने अनुमति दिनुहुने रहेछ भनी त्यो कमजोर भाइहरूले विचार गर्न सक्छन् । खानेकुरो खाने व्यक्तिले मूर्तिपूजा गरेको छैन र खानेकुरो मात्र खाएको छ भने पनि, त्यसले आफ्नो कमजोर भाइको विवेकलाई भ्रष्ट तुल्याएको हुन्छ ।
“सबै मानिसहरू ... कोही मानिसहरू जो अहिले ख्रीष्टिएनहरू हुन्”
नष्ट गरिएको वा नोक्सान भएको
पावलले खानेकुरा भनेको परमेश्वरले हामीलाई स्वागत गर्ने बनाउन सक्ने व्यक्ति भएको जसरी कुरा गर्छन् । वैकल्पिक अनुवादः “खानाले हामीलाई परमेश्वरको कृपा प्राप्त गर्ने योग्यको बनाउँदैन” वा “हामीले खाएको खानेकुराले परमेश्वरलाई हामीसँग खुसी पार्दैन”
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कोही मानिसहरूले विचार गर्छन् कि यदि हामीले कुनै थोकहरू खाएनौँ भने, परमेश्वरले हामीलाई कम्ती प्रेम गर्नुहुन्छ । तर उनीहरू गलत छन् । हामीले ती थोकहरू खायौँ भने, परमेश्वरले हामीलाई धेरै प्रेम गर्नुहुन्छ भनी विचार गर्नेहरू पनि गलत नै हुन्”
आफ्नो विश्वासमा बलियो नभएका विश्वासीहरू
कोरिन्थीहरू एक जना व्यक्ति हुन् झैँ गरी पावलले कुरा गर्छन्, त्यसैले यी शब्दहरू एकवचन हुन् ।
उसले जे कुरा ठीक र बेठीक हो भनी बुझ्छ
“खानलाई उत्साहित”
कोरिन्थीहरू एक जना व्यक्ति हुन् झैँ गरी पावलले तिनीहरूसँग कुरा गरिरहेका छन्, त्यसैले यहाँ “तिम्रो” शब्द एकवचन हो ।
आफ्नो विश्वासमा बलियो नभएका भाइबहिनीहरूले पाप गर्नेछन् वा आफ्नो विश्वास गुमाउनेछन् ।
“किनभने मैले अहिले भर्खर भनेको कुरा साँचो हो”
यहाँ “खानेकुरो” चाहिँ खानेकुरो खाँदै गरेको व्यक्तिलाई जनाउने लाक्षणार्थ शब्द हो । वैकल्पिक अनुवादः “यदि मैले खाएर ... भने” वा “यदि मैले, मैले खाएको कुराले, ... भने”
1 के म स्वतन्त्र छैनँ ? के म प्रेरित होइनँ ? के मैले येशू हाम्रा प्रभुलाई देखेको छैनँ ? के तिमीहरू परमप्रभुमा मेरा हातका सिप होइनौ र ? 2 म अरूको लागि प्रेरित नभए तापनि तिमीहरूको लागि त हुँ । तिमीहरू नै परमप्रभुमा मेरो प्रेरितको कामको प्रमाण हौ । 3 यो मलाई जाँच्न खोज्नेहरूलाई जवाफ होः 4 के हामीलाई खाने र पिउने अधिकार छैन ? 5 के अरू प्रेरितहरू, प्रभुका भाइहरू र केफासले गरेजस्तै हामीले पनि आफूसँग विश्वासी पत्नी लिएर हिँड्ने अधिकार छैन ? 6 अथवा के बारनाबास र मैले मात्र काम गर्नु पर्छ ? 7 कसले आफ्नै खर्चमा सिपाहीको रूपमा सेवा गर्छ ? कसले दाखबारी लगाएर त्यसको फल खाँदैन र ? कसले गाईवस्तु पालेर तिनीहरूबाट दूध पिउँदैन र ? 8 के मैले यी कुराहरू मानवीय अधिकारको आधारमा भनिरहेको छु ? के व्यवस्थाले पनि यसै गर भन्दैन र ? 9 मोशाको व्यवस्थामा यस्तो लेखिएको छ, “दाइँ गर्दा गोरुलाई मोहोला नलगाओ ।” के परमेश्वरले साँच्चै गोरुहरूको मात्र वास्ता गर्नुहुन्छ ? 10 के उहाँले हामीहरूका निम्ति नै यो बोलिरहनुभएको छैन र ? यो हाम्रो निम्ति लेखिएको हो । किनभने खेत जोत्नेले बालीको आशा राखेर नै जोत्नुपर्छ र बाली चुट्नेले पनि बाली भित्र्याउने आशले नै चुट्नुपर्छ । 11 यदि हामीले तिमीहरूका बीचमा आत्मिक कुराहरू छर्यौँ भने तिमीहरूबाट भौतिक कुराहरूको कटनी गर्ने काम अति भयो र ? 12 यदि तिमीहरूबाट अरूहरूले हकको दाबी गर्छन् भने के हामीलाई त्योभन्दा बढता हक छैन र ? तापनि हामीले यो हकको दाबी गरेनौँ । बरु, ख्रीष्टको सुसमाचारमा बाधा नबनौँ भनेर हामीले सबै सह्यौँ । 13 के मन्दिरमा सेवा गर्नेले मन्दिरबाट नै खानेकुरा पाउँछन् भन्ने तिमीहरूलाई थाहा छैन ? वेदीमा सेवा गर्नेले वेदीमा चढाइएको कुराको हिस्सा पाउँछ भन्ने तिमीहरूलाई थाहा छैन र ? 14 त्यसरी नै सुसमाचार प्रचार गर्नेले त्यसैबाट जीविका चलाओस् भनेर परमप्रभुले आज्ञा गर्नुभयो । 15 तर मैले यी कुनै पनि हकहरूको दाबी गरिनँ । र मेरो लागि केही गरियोस् भनेर म यो लेख्दिनँ । यो गर्व गर्ने कुरादेखि कसैले मलाई वञ्चित गर्छ भने म बरु मर्न तयार छु । 16 मैले सुसमाचार प्रचार गरेँ भनेर मैले घमण्ड गर्ने कारण नै छैन, किनभने मैले यो गर्नुपर्छ । यदि मैले सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्कार छ । 17 किनकि यदि मैले आफूखुसी यसो गरेको छु भने मैले इनाम पाउँछु । तर यो आफूखुसी होइन भने मलाई सुम्पिएको जिम्मेवारी अझ पनि मसँग बाँकी नै छ । 18 त्यसो भए मेरो इनाम के हो ? यही हो कि जब म प्रचार गर्छु, सित्तैँमा सुसमाचार प्रचार गरूँ र सुसमाचरमा मेरो हकको पूर्ण प्रयोग नगरूँ । 19 किनकि म सबै कुरामा स्वतन्त्र भए तापनि धेरैलाई जित्न सकौँ भनेर म सबैको दास भएँ । 20 यहूदीहरूलाई जित्नको लागि म यहूदीजस्तै बनेँ । व्यवस्थाको अधीनमा भएकाहरूलाई जित्नको निम्ति म व्यवस्थाको अधीनमा भएको जस्तै बनेँ । म आफैँ व्यवस्थाको अधीनमा नभए तापनि मैले यसो गरेँ । 21 म आफैँ परमेश्वरको व्यवस्थाबाट बाहिर नभएर ख्रीष्टको व्यवस्थामा भए तापनि व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्नको निम्ति म व्यवस्थाबाट बाहिर भएजस्तै बनेँ । व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्न सकूँ भनेर मैले यसो गरेँ । 22 कमजोरहरूलाई जित्न सकूँ भनेर कमजोरहरूको लागि म कमजोर बनेँ । सबै उपायहरूद्वारा केहीलाई बचाउन सकूँ भनेर म सबै मानिसहरूका लागि सबै कुरा बनेको छु । 23 सुसमाचारको खातिर म सबै कुराहरू गर्छु ताकि यसका आशिष्हरूमा म सहभागी हुन सकूँ । 24 दौडमा सबै मानिसहरू दौडिन्छन्, तर एक जनाले मात्र पुरस्कार पाउँछ भन्ने कुरा के तिमीहरूलाई थाहा छैन ? त्यसैले, पुरस्कार पाउने गरी दौड । 25 एउटा खेलाडी सबै तालिमहरूमा आत्मसंयमी हुन्छ । तिनीहरूले नाश हुने माला पाउनको लागि यसो गर्छन्, तर हामी नाश नहुने माला पाऔँ भनेर दौडन्छौँ । 26 त्यसैले, म बिनाउदेश्य वा हावामा दौडन्नँ । 27 तर म आफ्नो शरीरलाई वशमा राख्छु र यसलाई दासजस्तै बनाउँछु, ताकि प्रचार गरेपछि म आफैँचाहिँ अयोग्य नबनूँ ।
यो अध्यायमा पावलले आफ्नो बचाउ गर्छन् । तिनले मण्डलीबाट आर्थिक लाभ लिने कोसिस गर्दै थिए भनी केही मानिसको दाबी थियो ।
पावलले मण्डलीबाट पैसा पाउने इच्छा गर्दै थिए भनेर मानिसहरूले दोषारोपण गरे । पावलले आफूले मण्डलीबाट ठीक किसिमले नै पैसा लिन सक्थे भनी तिनले जवाफ दिए । काम गर्नेहरूले आफ्नो कामबाट नै आफ्नो खाँचो पूरा गर्नुपर्छ भन्ने शिक्षा पुरानो करारले दिएको छ । तिनले र बारनाबासले जानाजान रूपमा यो अधिकारको प्रयोग गरेनन् र आफ्नो जीविकाको लागि आफैँ कमाए ।
पावलले यस अध्यायमा धेरैवटा रूपक अलङ्कारको प्रयोग गर्छन् । यी रूपक अलङ्कारले जटिल सत्यताहरूका बारेमा शिक्षा दिन्छन् ।
पावलले विभिन्न श्रोताका समक्ष सुसमाचारको “सन्दर्भीकरण” गरेका हुनाले यो खण्ड महत्वपूर्ण छ । सुसमाचार ग्रहण गर्नका लागि पावलले आफ्ना क्रियाकलापले कुनै बाधा नपुर्याइकन तिनले आफैँलाई र सुसमाचारलाई बुझ्ने सक्ने बनाउँछन् । सम्भव हुन्छ भने, “सन्दर्भीकरण” का यस्ता पक्षलाई जोगाउन अनुवादकहरूले धेरै ख्याल पुर्याउनुपर्छ ।
पावलले यस अध्यायमा धेरैवटा अलङ्कारका प्रश्नको प्रयोग गर्छन् । तिनले कोरिन्थीहरूलाई सिकाउँदै गर्दा विभिन्न बुँदाहरूलाई जोड दिनका लागि तिनले तिनीहरूको प्रयोग गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)
पावलले ख्रीष्टमा आफूसित भएको स्वतन्त्रतालाई तिनले कसरी प्रयोग गर्छन् भनी व्याख्या गर्छन् ।
पावल कोरिन्थीहरूलाई यो आलङ्कारिक प्रश्नको प्रयोग उनीसँग भएको अधिकारको बारेमा सम्झना दिलाउनको लागि गर्दछन् । वैकल्पिक अनुवादः “म स्वतन्त्र व्यक्ति हुँ”
पावल कोरिन्थीहरूलाई यो आलङ्कारिक प्रश्नको प्रयोग उनी को हुन् र उनीसँग कस्तो अधिकार छ भनेर सम्झाउनको लागि गर्दछन् । वैकल्पिक अनुवादः “म एक प्रेरित हुँ”
पावल कोरिन्थीहरूलाई यो आलङ्कारिक प्रश्नको प्रयोग उनी को हुन् भनेर बुझाउनको लागि गर्दछन् । वैकल्पिक अनुवादः “मैले येशू हाम्रा प्रभुलाई देखेको छु”
पावलले कोरिन्थीहरूसँग उनको सम्बन्धबारे तिनीहरूलाई सम्झाउनको लागि यो आलङ्कारिक प्रश्नको प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “मैले जसरी काम गरुँ भन्ने प्रभु इच्छा गर्नुहुन्छ, मैले त्यसरी नै काम गरेको हुनाले तिमीहरूले ख्रीष्टमा विश्वास गर्यौ ।”
“प्रमाण” शब्द कुनै कुराको बारेमा प्रमाणित गर्न आवश्यक हुने सबुत जनाउने लाक्षणार्थ हो । वैकल्पिक अनुवादः “प्रभुले मलाई प्रेरित हुनका लागि छान्नुभएको हो भन्ने कुरा प्रमाणित गर्न मैले प्रयोग गर्न सक्ने सबुत तिमीहरू नै हौ”
सम्भावित अर्थहरू हुन् १) यसपछि आउने शब्दहरूले पावलको बचाउ गर्छन् वा २) १ कोरिन्थी ९:१-२ मा भएका शब्दहरू पावलका बचाउ हुन् । वैकल्पिक अनुवादः “मेरो ... मेरो जवाफ यही छ ।”
पावलले भनेका कुरामा कोरिन्थीहरू सहमत हुन्छन् भनी तिनले जानेका हुनाले जोड दिनका लागि तिनले एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामीसँग मण्डलीहरूबाट खाने र पिउने कुरा लिने पूर्ण अधिकार छ”
यहाँ “हामी”ले पावल र बारनाबासलाई जनाउँछ ।
पावलले भनेका कुरामा कोरिन्थीहरू सहमत हुन्छन् भनी तिनले जानेका हुनाले जोड दिनका लागि तिनले एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “यदि हामीसँग विश्वासी पत्नी छन् भने, अरू प्रेरितहरू र प्रभुका भाइ, र केफासलाई जस्तै हामीलाई पनि उनीहरूलाई लिएर हिँड्ने अधिकार छ”
पावलले कोरिन्थीहरूलाई शर्ममा पार्न खोज्दै छन् । वैकल्पिक अनुवादः “पैसा कमाउनका लागि काम गर्न जरुरी मानिसहरू बारनाबास र म मात्रै हौँ भनी तिमीहरूले सोच्छौ जस्तो छ”
पावलले भनेका कुरामा कोरिन्थीहरू सहमत हुन्छन् भनी तिनले जानेका हुनाले जोड दिनका लागि तिनले एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “कुनै सिपाहीले पनि आफ्नो लागि खाँचो पर्ने कुरा आफैँले किन्नुपर्दैन भनी हामी सबै जान्दछौँ ।” वा “हामी सबै जान्दछौँ कि हरेक सिपाहीले आफ्नो खाँचोहरू सरकारबाट पाउँछ ।”
पावलले भनेका कुरामा कोरिन्थीहरू सहमत हुन्छन् भनी तिनले जानेका हुनाले जोड दिनका लागि तिनले एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामी सबैलाई थाहा छ कि दाखबारी लाउनेले सधैँ त्यसको फल खान्छ ।” वा “हामी सबैलाई थाहा छ कि दाखबारी लगाउने कसैले त्यसको फल नखाला भनेर कसैले पनि सोच्दैन ।”
पावलले भनेका कुरामा कोरिन्थीहरू सहमत हुन्छन् भनी तिनले जानेका हुनाले जोड दिनका लागि तिनले एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामी सबै जान्दछौँ कि गाईवस्तु पाल्नेहरूले दूध ती नै गाईवस्तुबाट पाउँछन्”
पावलले कोरिन्थीहरूलाई शर्ममा पार्न खोज्दै छन् । वैकल्पिक अनुवादः “यी कुरा मैले मानवीय अधिकारको आधारमा मात्र भनिरहेको छु भनी तिमीहरूले विचार गरे झैँ लाग्छ ।”
पावलले कोरिन्थीहरूलाई शर्ममा पार्न खोज्दै छन् । वैकल्पिक अनुवादः “व्यवस्थामा यही कुरा लेखिएको छ भनी तिमीहरूले नजानेको झैँ गरी तिमीहरू व्यवहार गर्छौ ।”
इस्राएलीहरू एक जना व्यक्ति हुन् झैँ गरी मोशाले तिनीहरूसँग कुरा गर्दै छन्, यसैले यो आज्ञा एकवचनमा छ ।
पावलले एउटा प्रश्न सोध्छन् ताकि तिनले के भन्दै छन् भनी तिनले भन्नु नपरिकनै कोरिन्थीहरूले सो कुराबारे विचार गर्नेछन् । वैकल्पिक अनुवादः “मैले तिमीहरूलाई नभने पनि तिमीहरूले जान्नुपर्छ कि परमेश्वरले सबैभन्दा धेरै वास्ता गर्ने भनेको गोरु होइन ।”
पावलले आफूले बताउँदै गरेको भनाइलाई जोड दिनका लागि तिनले एउटा प्रश्न सोध्छन् । वैकल्पिक अनुवादः “बरु, परमेश्वरले हाम्रै बारेमा भन्दै हुनुहुन्थ्यो”
यहाँ “हामीलाई”ले पावल र बारनाबासलाई जनाउँछ ।
पावलले एउटा प्रश्न सोध्छन् ताकि तिनले के भन्दै छन् भनी तिनले भन्नु नपरिकनै कोरिन्थीहरूले सो कुराबारे विचार गर्नेछन् । वैकल्पिक अनुवादः “मैले तिमीहरूलाई नभने पनि तिमीहरूले जान्नुपर्छ कि तिमीहरूबाट हामीले भौतिक खाँचो प्राप्त गर्दा हामीले अति गरेको हुँदैन ।”
पावलले एउटा प्रश्न सोध्छन् ताकि तिनले के भन्दै छन् भनी तिनले भन्नु नपरिकनै कोरिन्थीहरूले सो कुराबारे विचार गर्नेछन् । यहाँ “हामी” ले पावल र बारनाबासलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूबाट अरूहरूले ... दाबी गर्छन्, त्यसैले मैले तिमीहरूलाई नभने पनि तिमीहरू जान्दछौ कि हामीसित झन् धेरै यो अधिकार छ ।”
पावल र कोरिन्थीहरू दुवै जान्दछन् कि अरूहरूले यो हकको दाबी गरे । “किनकि अरूहरूले यो हकको दाबी गरे”
सुसमाचारका अन्य कामदारहरूले
कोरिन्थमा भएका विश्वासीहरूले तिनीहरूलाई सुसमाचार सुनाउनेहरूको जीविकोपार्जनको खर्चहरू जुटाउन लगाउने हक
“ ... लाई बोझ हुन” वा “त्यसको फैलावटलाई रोक्न”
कोरिन्थीहरूले जे जानेका छन् सो पावलले तिनीहरूलाई स्मरण गराउँछन्, ताकि तिनले नयाँ जानकारी थप गर्न सकुन् । वैकल्पिक अनुवादः “मन्दिरमा सेवा गर्नेहरूले मन्दिरबाट नै तिनीहरूका खानेकुरा पाउँछन् भनी म तिमीहरूलाई स्मरण गराउन चाहन्छु ।”
कोरिन्थीहरूले जे जानेका छन् सो पावलले तिनीहरूलाई स्मरण गराउँछन्, ताकि तिनले नयाँ जानकारी थप गर्न सकुन् । वैकल्पिक अनुवादः “मानिसहरूले वेदीमा चढाएका खानेकुरा र मासुको केही हिस्सा वेदीमा सेवा गर्नेले प्राप्त गर्छन् भनी म तिमीहरूलाई स्मरण गराउँन चाहन्छु ।”
यहाँ “सुसमाचार” शब्द लक्षणार्थ हो १) तिनीहरूले सुसमाचार सुनाउने मानिसहरूलाई, “जसलाई तिनीहरूले सुसमाचार सिकाउँछन्, तिनीहरूबाट नै आफ्नो खानेकुरा र आफूहरूलाई आवश्यक पर्ने अरू थोकहरू प्राप्त गर्न” वा २) सुसमाचार सुनाउने कामको परिणामस्वरूप, “तिनीहरूलाई खाँचो पर्ने खानेकुरा र अरू थोकहरू प्राप्त गर्न किनभने सुसमाचार सुनाउनलाई तिनीहरूले काम गर्छन् ।”
“मैले पाउनुपर्ने यी कुराहरू”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि तिमीहरूले मेरो लागि केही गर्नेछौ”
“मैले गर्व गर्ने यो अवसरलाई हटाउनु”
“मैले सुसमाचार प्रचार गर्नुपर्छ”
“यदि ... भने मेरो दुर्गति होस्”
“मैले खुसीसाथ प्रचार गर्ने” वा “मैले इच्छा गरेको कारण म प्रचार गर्छु भने”
“म यो गर्छु” भन्ने शब्दहरू यसअघिका वाक्यांशबाट बुझिएको छ । वैकल्पिक अनुवादः “तर यदि म यो इच्छा नभइकन गर्छु भने” वा “तर यो गर्ने इच्छा मलाई नभए तापनि म यो गर्छु भने” वा “मलाई यो गर्न बाध्य पारेको हुनाले म यो गर्छु भने”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई पूरा गर्नको लागि विश्वास गरेर सुम्पिनुभएको यो काम मैले गर्नुपर्छ”
पावलले तिनीहरूलाई दिन गइरहेका नयाँ जानकारीको लागि तिनले तिनीहरूलाई तयार पार्दैछन् । वैकल्पिक अनुवादः “यो मेरो इनाम हो”
“प्रचार गर्नका लागि मेरो इनाम यही हो कि कुनै भुक्तानी नलिइकनै प्रचार गर्न सक्छु”
“सुसमाचार प्रचार गरूँ”
“जब म प्रचार गर्नको लागि यात्रा गर्छु, मानिसहरूलाई मलाई सहायता गर्नको लागि नभन्न”
यहाँ “सबैबाट स्वतन्त्र” भनेको एउटा उपमा हो जसको अर्थ कोही व्यक्तिले अरूहरूको लागि के गर्नुपर्छ भनेर नसोचिकनै जिउन सक्ने क्षमता हो । वैकल्पिक अनुवादः “म अरूहरूको सेवा नगरीकनै जिउन सक्छु”
“अरूलाई विश्वास गर्न मनाउन सकौँ” वा “अरूलाई ख्रीष्टमा भरोसा गर्न सहयोग गर्न सकौँ”
“मैले यहूदीले जस्तै गरेँ” वा “मैले यहूदी परम्परा पालना गरेँ”
“यहूदी धर्मशास्त्रको बुझाइलाई स्वीकार गरेर यहूदी नेतृत्वको मागअनुसार चल्न प्रतिबद्ध भएको कोही व्यक्ति जस्तै म भएँ”
“जसले मोशाको व्यवस्थालाई मान्दैनन्”
पावलले व्याख्या गर्छन् कि ख्रीष्टमा तिनले पाएको स्वतन्त्रतालाई तिनले आफैँलाई अनुशासित तुल्याउनका लागि प्रयोग गर्छन् ।
कोरिन्थीहरूले जे जानेका छन् सो पावलले तिनीहरूलाई स्मरण गराउँछन्, ताकि तिनले नयाँ जानकारी थप गर्न सकुन् । वैकल्पिक अनुवादः “म तिमीहरूलाई सम्झना दिलाऊँ कि सबै जना दौडे तापनि एक जनाले मात्र इनाम पाउँछ”
पावलले ख्रीष्टिएन जीवन जिउने र परमेश्वरको लागि काम गर्ने कुरालाई दौडमा भाग लिने र खेलाडी हुनेसँग तुलना गर्छन् । दौडमा जस्तै ख्रीष्टिएन जीवन र काममा पनि दौडनेलाई कडा अनुशासनको जरुरत पर्छ र दौडमा जस्तै ख्रीष्टिएनहरूको पनि विशेष लक्ष्य हुन्छ ।
परमेश्वरले आफ्ना विश्वासी जनहरूलाई दिनुहुने इनामचाहिँ त्यो खेलकुदको प्रतिस्पर्धाको लागि दिइने एउटा पुरस्कार भए जसरी पावलले बताइरहेका छन् ।
यहाँ उल्लेख भएको मुकुट पातहरू गाँसेर बनाइएको हो । खेल र दौड जित्ने खेलाडीहरूलाई पुरस्कारको रूपमा मुकुटहरू दिइथ्यो । पावलले अनन्त जीवनलाई कदापि नओइलाउने मुकुट भए जसरी बताउँछन् ।
यहाँ “दौडने” र “मुक्का हान्ने” दुवै कुरा ख्रीष्टिएन जीवन बिताउने र परमेश्वरको सेवा गर्ने कुराका लागि रूपक अलङ्कारहरू हुन् । यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म किन दौडदै छु भनी म राम्ररी जान्दछु र मैले मुक्का हान्दा म के गरिरहेको छु भनी म जान्दछु”
यो कर्म वाच्यको वाक्यलाई कर्तृ वाच्यमा हुने गरेर पुनः लेख्न सकिन्छ । दौड वा प्रतिस्पर्धाका निर्णायकचाहिँ परमेश्वरलाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “निर्णयकर्ताले मलाई अयोग्य नठहराउने छैनन्” वा “मैले आज्ञाहरू पालना गर्नमा चुकेको छु भनी परमेश्वरले मलाई भन्नुहुने छैन”
1 भाइहरू हो, तिमीहरूले यो जान भनी म चाहन्छु, कि हाम्रा पिता पुर्खाहरू सबै बादलमुनि थिए र सबै समुद्रको बिचबाट भएर गए । 2 सबैले बादल र समुद्रमा मोशामा बप्तिस्मा पाएका थिए, 3 र सबैले एउटै आत्मिक भोजन खाए । 4 सबैले उस्तै आत्मिक पानी पिए । किनकि तिनीहरूले आत्मिक चट्टानबाट पिए, अनि त्यो चट्टान ख्रीष्ट हुनुहुन्थ्यो । 5 तर तिनीहरूमध्ये धेरै जनासित परमेश्वर प्रसन्न हुनुभएन, र तिनीहरूका लासहरू उजाड-स्थानभरि छरिएका थिए । 6 तिनीहरूले जस्तै हामीले दुष्ट कुराहरूको इच्छा नगरौँ भनेर यी कुराहरू हाम्रा लागि उदाहरणहरू थिए । 7 तिनीहरूमध्ये धेरै झैँ तिमीहरू मूर्तिपूजक नहोओ । यस्तो लेखिएको छ, “मानिसहरू खान र पिउन बसे अनि खेल्नलाई उठे ।” 8 तिनीहरू धेरैले गरेझैँ हामीले यौन अनैतिक कार्य नगरौँ, जुन कारणले गर्दा एकै दिनमा तिनीहरूमध्ये तेइस हजार मरे । 9 हामीले ख्रीष्टको परीक्षा गर्नुहुँदैन जसरी तिनीहरूले गरे र सर्पहरूद्वारा नष्ट भए । 10 तिनीहरूमध्ये धेरै जसोले गनगन गरेझैँ हामीले नगरौँ, जसले गर्दा तिनीहरू मृत्युको दूतद्वारा नष्ट भएका थिए । 11 हाम्रो निम्ति उदाहरणको लागि तिनीहरूमाथि यी कुराहरू भए । यी हाम्रो शिक्षाको निम्ति लेखिएका हुन्– हाम्रो निम्ति जसमा युगको अन्त्य आएको छ । 12 यसैकारण, कसैले म खडा छु भनी सोच्छ भने होसियार रहोस् ताकि ऊ नलडोस् । 13 मानव-जातिमा आउने परीक्षाभन्दा तिमीहरू फरक परीक्षामा परेका छैनौँ । तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ । उहाँले तिमीहरूलाई तिमीहरूको शक्तिभन्दा बाहिरको परीक्षामा पर्न दिनुहुन्न । तिमीहरूले तिनलाई सहन सक भनेर उहाँले परीक्षाको साथमा त्यसबाट उम्किने उपाय पनि प्रदान गर्नुहुन्छ । 14 त्यसकारण, मेरा प्रियहरू हो, मूर्तिपूजाबाट अलग बस । 15 म समझदार मानिसहरूसित बोलेजस्तै तिमीहरूसित बोल्दछु, ताकि तिमीहरूले मैले भनेको कुरा जाँच गर्न सक । 16 हामीले आशिष् दिने आशिष्को कचौरा ख्रीष्टको रगतमा भएको सहभागिता होइन र ? हामीले भाँच्ने रोटी ख्रीष्टको शरीरमा भएको सहभागिता होइन र ? 17 रोटीको टुक्रा एउटै भएकोले हामी धेरै भए तापनि एउटै शरीर हौँ । हामी सबैले एकसाथ एउटै रोटीबाट खान्छौँ । 18 इस्राएलका मानिसहरूलाई हेरः के वेदीमा चढाइएको बलि खानेहरू वेदीका सहभागी होइनन् र ? 19 त्यसो भए, म के भन्दै छु ? के त्यो मूर्ति कुनै कुरा हो ? अथवा मूर्तिमा चढाइएको बलिदान केही कुरा हो ? 20 तर म अन्यजाति मूर्तिपूजकहरूको बलिदानको बारेमा भन्दछु, कि तिनीहरूले यी कुराहरू भूतहरूलाई चढाउँछन्, परमेश्वरलाई होइन ! तिमीहरू भूतहरूसँग सहभागी होओ भन्ने म चाहन्नँ । 21 तिमीहरूले प्रभुको कचौरा र भूतहरूको कचौरा दुवैबाट पिउन सक्दैनौ । तिमीहरूले प्रभुको टेबुलमा र भूतहरूको टेबुल दुवैमा सङ्गति गर्न सक्दैनौ । 22 अथवा के हामीले प्रभुलाई डाही बनाउने ? के हामी उहाँभन्दा बलिया छौँ ? 23 “हरेक कुरा न्यायसङ्गत छ”, तर सबै कुरा फाइदाजनक छैनन् । “सबै कुरा न्यायसङ्गत छन्”, तर सबै कुराले मानिसको निर्माण गर्दैनन् । 24 कसैले पनि आफ्नै भलाइ मात्र नखोजोस् । बरु, हरेकले आफ्नो छिमेकीको भलाइ खोजोस् । 25 तिमीहरूले बजारमा जे बेचिन्छ त्यसलाई विवेकका खातिर कुनै प्रश्न नगरी खान सक्छौ । 26 किनकि “पृथ्वी प्रभुको हो र त्यसमा भएका सबै कुरा उहाँकै हुन् ।” 27 तिमीहरूलाई विश्वास नगर्ने कुनै व्यक्तिले खानलाई निम्तो दिन्छ र तिमीहरू जान इच्छा गर्छौ भने तिमीहरूको अगाडि खानलाई राखिएको कुरा विवेकको खातिर पनि प्रश्न नसोधी खाओ । 28 तर कसैले तिमीहरूलाई “यो खाना मूर्तिपूजामा चढाइएको खाना हो” भन्यो भने त्यो नखाओ । योचाहिँ जसले तिमीहरूलाई जानकारी दियो उसको र तिमीहरूको विवेकको खातिर हो । 29 मैले तिमीहरूको आफ्नो विवेकको बारेमा भनेको होइनँ, तर अरू व्यक्तिको विवेकको बारेमा भनेको हुँ । किनकि अरूको विवेकलाई मेरो स्वतन्त्रताको न्याय हुन किन दिने र ? 30 म कृतज्ञतासाथ खानामा सहभागी हुन्छु भने मैले धन्यवाद दिएको कुरामा म किन निन्दित हुने ? 31 त्यसकारण, तिमीहरूले जे खान्छौ वा पिउँछौ, वा तिमीहरू जे गर्छौ, सबै परमेश्वरको महिमाको निम्ति गर । 32 तिमीहरूले यहूदीहरू वा ग्रिकहरूको अथवा परमेश्वरको मण्डलीको अपमान नगर । 33 म सबै मानिसहरूलाई सबै कुरामा खुसी पार्ने कोसिस गर्छु । म आफ्नो भलाइ खोज्दिनँ, तर धेरैको भलाइ खोज्छु । धेरैले उद्धार पाऊन् भनेर म यो गर्दछु ।
अध्यायहरू ८-१० ले एकसाथ यो प्रश्नको जवाफ दिन्छन्ः “के मूर्तिलाई चढाएको मासु खानु ग्रहणयोग्य कुरा हो?”
यस अध्यायमा, मानिसहरूले पाप नगरून् भनी चेतावनी दिनलाई पावलले प्रस्थानलाई प्रयोग गर्छन् । तब तिनी मूर्तिहरूलाई चढाएको मासुको बारेमा कुराकानी गर्छन् । तिनले प्रभुभोजलाई एउटा उदाहरणका रूपमा प्रयोग गर्छन् ।
पावलले विश्वासीहरूलाई चेतावनीका लागि इस्राएलीहरूले मिश्रदेश छाडेका र मरुभूमिमा घुम्दै हिँडेका अनुभवलाई प्रयोग गर्छन् । इस्राएलीहरू सबै मोसाका पछि लागेका भए तापनि ती सबै जना बाटोमै मरे । तीमध्ये कोही पनि प्रतिज्ञाको देशमा पुग्न सकेनन् । कसैले मूर्ति पूजे, कसैले परमेश्वरको परीक्षा गरे र कसैले गनगन गरे । पावलले ख्रीष्टिएनहरूलाई पाप नगर्नलाई चेतावनी दिन्छन् । परमेश्वरले बच्ने उपाय जुटाउनुहुने कारणले हामीले परीक्षाको विरोध गर्न सक्छौं ।
मूर्तिलाई चढाएको मासुका बारेमा पावलले छलफल गर्छन् । ख्रीष्टिएनहरूलाई त्यो खाने अनुमति छ, तर त्यस कुराले अरुलाई चित्त दुख्न सक्छ । यसैले मासु किन्दा वा साथीसित बसेर खाँदा, त्यो मूर्तिलाई चढाएको हो कि भनेर नसोध्नू । तर कसैले तिमीलाई त्यो त मूर्तिलाई चढाएको हो भन्छ भने, त्यो व्यक्तिका खातिर त्यो नखाऊ । कसैलाई पनि चित्त नदुखाओ । बरु तिनीहरूलाई बचाउन खोज ।
यस अध्यायमा पावलले धेरैवटा अलङ्कारका प्रश्नहरू प्रयोग गर्छन् । तिनले कोरिन्थीहरूलाई शिक्षा दिँदा महत्वपूर्ण बुँदाहरूमा जोड दिनका लागि तिनले ती प्रयोग गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)
तिनीहरूका प्राचीन यहूदी पूर्खाहरूका अनैतिकता र मूर्तिपूजाका अनुभवहरूका उदाहरणका बारेमा पावलले तिनीहरूलाई स्मरण गराउँछन् ।
पावलले प्रस्थानको पुस्तकमा भएको मोशाको समयलाई अङ्कित गरिरहेका छन् जुन बेला इस्राएलीहरूलाई मिश्रीहरूले पछ्याउँदा तिनीहरू लाल समुद्र तरेर गएका थिए । “हाम्रा” शब्दले उनी आफैँ र कोरिन्थीहरूलाई जनाउँछ र यो समावेशी छ ।
लाल समुद्र र नर्कटका समुद्र गरी, यो समुद्रका दुईवटा नाउँहरू छन् ।
“ ... बाट हिँडेर गए” वा “ ... बाट यात्रा गरे”
“सबैले मोशालाई पछ्याएका थिए र उनमा समर्पित थिए”
बादलले परमेश्वरको उपस्थिति र दिनको समयमा इस्राएलीहरूलाई डोहोर्याएको कुराको प्रतिनिधित्व गर्छ
“परमेश्वरले अलौकिक किसिमले चट्टानबाट निकालिदिनुभएको उही पानी पिए ... आत्मिक चट्टान”
“चट्टान” भन्नाले साँच्चैको, भौतिक चट्टानलाई नै जनाउने हुनाले यसलाई अक्षरशः अनुवाद गर्नु ठीक हुन्छ । चट्टान भनेको कोही व्यक्तिको नाउँ “थियो” भनेर यदि तपाईंको भाषाले बताउन सक्दैन भने, “चट्टान” शब्दलाई त्यस चट्टानद्वारा काम गर्ने ख्रीष्टको सामर्थ्यलाई जनाउन लाक्षणिक अर्थमा लिनुहोस् । वैकल्पिक अनुवादः “त्यो ख्रीष्ट नै हुनुहुन्थ्यो, जसले त्यस चट्टानद्वारा काम गर्नुभयो”
“अप्रसन्न” वा “रिसाएको”
इस्राएली पिता पूर्खाहरू
“तिनीहरूका लासहरूलाई परमेश्वरले वरिपरि छरपष्ट पार्नुभयो” अथवा “परमेश्वरले तिनीहरूलाई मार्नुभयो र तिनीहरूका लासहरूलाई छरपष्ट पार्नुभयो”
मिश्र र इस्राएल बीचको मरुभूमि जहाँ इस्राएलीहरू ४० वर्षसम्म यताउता भौँतारिए
“मूर्तिपूजा गर्ने मानिसहरू”
“खाना खान बसे”
पावलले यहूदी धर्मशास्त्रलाई उद्धृत गर्दैछन् । यो एउटै शब्दले तिनका पाठकहरूले बुझेका हुनुपर्छ कि गाउँदै र नाच्दै र यौनजन्य क्रियाकलापमा संलग्न भएर ती मानिसहरूले एउटा मूर्तिको पूजा गर्दै थिए, साधारण तरिकाले कुनै गल्ती बिनाको रमाइलो मात्र गरिरहेका थिएनन् ।
“एकै दिनमा परमेश्वरले तेइस हजार मानिसहरूलाई मार्नुभयो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “गरे । परिणामस्वरूप सर्पहरूले तिनीहरूलाई नाश पारे”
गुनासो पोख्दै
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “गरे । फलस्वरूप, मृत्युको स्वर्गदूतले तिनीहरूलाई नष्ट गरे”
“परमेश्वरले हाम्रा पूर्खाहरूलाई दण्ड दिनुभयो”
यहाँ “हामीलाई” शब्दले सबै विश्वासीहरूलाई जनाउँछ ।
“अन्तिम दिनहरू”
पाप गर्दैन वा परमेश्वरलाई इन्कार गर्दैन
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूमा आइपर्ने परीक्षाहरू सबै मानिसले अनुभव गर्छन्”
“तिमीहरूलाई त्यतिसम्म मात्र परिक्षामा पर्न दिनुहुन्छ, जति तिमीहरूले विरोध गर्न सक्छौ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूको परीक्षा गर्न कसैलाई पनि अनुमति दिनुहुने छैन”
ख्रीष्टको रगत र शरीरको प्रतिनिधित्व गर्ने प्रभुभोजको कुरा गरेर, पावलले तिनीहरू शुद्ध हुनुपर्छ र मूर्तिपूजा तथा अनैतिकताबाट टाढा रहनुपर्छ भनेर तिनले निरन्तर तिनीहरूलाई स्मरण गराउँछन् ।
पावलले मूर्तिपूजाको अभ्यास भनेको कुनै एउटा खतरनाक जनावर भएको जसरी बताइरहेका छन् । वैकल्पिक अनुवादः “मूर्तिपूजा गर्नबाट अलग बस्न जे गर्न सक्छौ सो गर”
पावलले परमेश्वरको आशिष्लाई प्रभु-भोजमा प्रयोग गरिने कचौरामा भएको मद्य जसरी बताइरहेका छन् ।
“जसका लागि हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ”
हामी सहभागी हुने दाखरसको कचौराले हामी ख्रीष्टको रगतमा सहभागी भएको कुरालाई प्रतिनिधित्व गर्छ भनेर कोरिन्थीहरूले जे पहिले नै जानेका छन्, पावलले तिनै कुरा स्मरण गराइरहेका छन् । वैकल्पिक अनुवादः “हामी ख्रीष्टको रगतमा सहभागी हुन्छौँ”
कोरिन्थीहरूले पहिले नै जानेका कुरालाई पावलले स्मरण गराइरहेका छन् । वैकल्पिक अनुवादः “जब हामी रोटी बाँड्छौँ, हामी ख्रीष्टको शरीरमा सहभागी हुन्छौँ”
“भाग लिने” वा “अरूसँग समान रूपमा सहभागी हुने”
एउटा सिङ्गो रोटी जसलाई खानु अगाडि स-साना टुक्रा पारिन्छ
कोरिन्थीहरूले पहिले नै जानेका कुरालाई पावलले तिनीहरूलाई सम्झना गराइरहेका छन् ताकि उनले तिनीहरूलाई नयाँ जानकारी दिन सकून् । वैकल्पिक अनुवादः “त्यस्ता बलिदानका खाना खानेहरूले वेदीका क्रियाकलापहरू र आशिष्हरूको सहभागी हुन्छन्”
कोरिन्थीहरूले पहिले नै जानेका कुरालाई पावलले तिनीहरूलाई सम्झना गराइरहेका छन् ताकि उनले तिनीहरूलाई नयाँ जानकारी दिन सकून् । वैकल्पिक अनुवादः “मैले भनिरहेको कुरालाई म दोहोर्याऊँ” वा “मैले यसो भन्न खोजेको हो”
कोरिन्थीहरूका मनमा भएका प्रश्नको जवाफ तिनीहरूले दिएको पावल चाहन्छन् ताकि उनले तिनीहरूलाई भन्न नपरोस् । वैकल्पिक अनुवादः “तिमीहरू जान्दछौ कि मैले मूर्ति कुनै वास्तविक कुरा हो भनिरहेको छैन”
कोरिन्थीहरूका मनमा भएका प्रश्नको जवाफ तिनीहरूले दिएको पावल चाहन्छन् ताकि उनले तिनीहरूलाई भन्न नपरोस् । वैकल्पिक अनुवादः “तिमीहरू जान्दछौ कि कुनै मूर्तिलाई चढाएको खानेकुरा महत्त्वपूर्ण हुँदैन भनेर मैले भनिरहेको छैन”
कुनै व्यक्तिले भूतको कचौराबाट पिउँछ भने, त्योचाहिँ त्यो व्यक्ति भूतको साथी हो भन्ने कुराको प्रमाणको रूपमा भएको पावलले बताउँछन् । वैकल्पिक अनुवादः “तिमीहरू प्रभु र भूतहरू दुवैको साँचो मित्रहरू हुन असम्भव छ”
“तिमीहरू प्रभुका मानिसहरू र साथै भूतहरूसँग साँचो रूपमा एउटै हुन असम्भव छ”
कोरिन्थीहरूका मनमा भएको यो प्रश्नको जवाफ तिनीहरूले दिएको पावल चाहन्छन् । वैकल्पिक अनुवादः “मैले तिमीहरूलाई नभने पनि तिमीहरूले जान्नुपर्छ कि प्रभुलाई डाही तुल्याउनु ठीक कुरा होइन ।”
रिस उठाउने वा झर्को लगाउने
कोरिन्थीहरूका मनमा भएको यो प्रश्नको जवाफ तिनीहरूले दिएको पावल चाहन्छन् । वैकल्पिक अनुवादः “मैले नभनिकनै तिमीहरूलाई थाहा हुनुपर्छ कि हामी परमेश्वरभन्दा बलिया छैनौँ”
पावलले तिनीहरूलाई स्वतन्त्रताको व्यवस्था र हरेक कुरा अरूहरूका भलाइका लागि गर्ने कुराको फेरि पनि स्मरण गराउँछन् ।
सम्भावित अर्थहरू हुन् १) केही कोरिन्थीहरूले जे कुरा विचार गर्दै थिए, त्यसप्रति पावलले जवाफ दिँदैछन्, “कसैले भन्छन्, ‘म जे पनि गर्न सक्छु’” वा २) पावलले उनले जे सत्य हो भनी सोच्छन्, वास्तवमा त्यही भनिरहेका छन्, “परमेश्वरले मलाई जे पनि गर्न अनुमति दिनुहुन्छ ।” यसलाई १ कोरिन्थीहरू ६:१२ मा जस्तै गरी अनुवाद गर्नुपर्छ ।
“कति कुराहरू फाइदाजनक हुँदैनन्”
मानिसहरूलाई वृद्धि गर्ने कुराले तिनीहरूलाई परिपक्व हुन र तिनीहरूको विश्वासमा बलियो हुनलाई सहयोग गर्ने कुरालाई प्रतिनिधित्व गर्छ । तपाईंले “वृद्धि गर्छ”लाई [१ कोरिन्थीहरू ८:१]
“तिमीहरू । शुद्ध विवेकको साथमा तिमीहरूले खानेकुरो खाएको परमेश्वरले इच्छा गर्नुहुन्छ”
केही अनुवादहरूले यो पदलाई यसपछिको पदको “र तिमीहरूको होइन” सम्म निरन्तर कोष्ठकमा राखेर लैजान्छन्, किनभने १) यहाँ प्रयोग भएको “तिमी” र “खाओ” जस्ता शब्द एकवचनको रूपमा छन्, तर यो वाक्यको अगाडि र पछाडि भने पावलले तुरुन्तै बहुवचनको रूपलाई प्रयोग गर्छन्, र २) अर्को पदमा भएको, “अर्काको विवेकबाट मेरो स्वतन्त्रताको न्याय हुन किन दिने ?” भन्ने शब्दहरू “अर्को मानिसको विवेकको खातिर” भन्ने कुराभन्दा “तिमीहरूका अगि जे राखिएको छ त्यसलाई विवेकसँग सम्बन्धित कुनै प्रश्नहरू नसोधिकन खाओ”
पावलले कोरिन्थीहरूसँग तिनीहरू एक जना व्यक्ति भए झैँ गरी कुरा गर्छन्, त्यसैले यहाँको “तिमी” र “नखाऊ” भन्ने आज्ञा एकवचन रूपमा छन् ।
केही अनुवादहरूले योभन्दा अघिको पदमा भएको शब्दहरूसमेत गरेर यी शब्दहरूलाई कोष्ठकभित्र राख्दछन्, किनभने १) यहाँ प्रयोग भएको “तिमी” शब्दहरू एकवचनको रूपमा छन्, तर यो वाक्यको अगाडि र पछाडि भने पावलले तुरुन्तै बहुवचनको रूपलाई प्रयोग गर्छन्, र २) यो पदमा भएको, “किनकि अर्काको विवेकबाट मेरो स्वतन्त्रताको न्याय हुन किन दिने ?” भन्ने शब्दहरू “अर्को मानिसको विवेकको खातिर” भन्ने कुराभन्दा “तिमीहरूका अगि जे राखिएको छ त्यसलाई विवेकसँग सम्बन्धित कुनै प्रश्नहरू नसोधिकन खाओ”
पावलले कोरिन्थीहरूसँग तिनीहरू एक जना व्यक्ति भए झैँ गरी कुरा गरिरहेका छन्, त्यसैले यहाँको “तिम्रो” शब्द एकवचन रूपमा छ ।
यो प्रश्न र साथै यसपछिको पदमा भएको प्रश्नको सम्भावित अर्थहरू हुन् १) “लागि” शब्दले यस अघिको [१कोरिन्थी १०:२७] (..१०/२७. md) लाई जनाउँछ । वैकल्पिक अनुवादः “मैले विवेकको प्रश्नहरू सोध्ने होइन, यसैले किन ... विवेक ... ?” वा २) केही कोरिन्थीहरूले जे विचार गर्दै थिए सो पावलले उद्धृत गर्दैछन् । वैकल्पिक अनुवादः “जसरी तिमीहरूमध्ये कसैले विचार गरिरहेका हुन सक्छौ, ‘किन विवेकको ... ?’”
श्रोताले उनको मनमा भएको प्रश्नको जवाफ देऊन् भनी वक्ताले चाहन्छन् । वैकल्पिक अनुवादः “मैले नभने पनि तिमीहरूले यो कुरा जान्नुपर्छ, कुनै व्यक्तिको ठीक र बेठीकको बारेमा मेरोभन्दा भिन्न विचारधारा छ भन्दैमा मैले गलत गरिरहेको छु भनेर त्यो व्यक्तिले भन्न मिल्दैन ।”
श्रोताले उनको मनमा भएको प्रश्नको जवाफ देऊन् भनी वक्ताले चाहन्छन् । वैकल्पिक अनुवादः “म कृतज्ञतासाथ भोजमा सहभागी हुन्छु, त्यसैले मैले धन्यवाद दिएको कुराको लागि कसैले पनि मलाई होच्याउनुहुँदैन ।”
यदि पावलले केही कोरिन्थीहरूले विचार गरिरहेका हुन सक्ने कुरालाई उद्धृत गरिरहेका होइनन् भने, “म”ले धन्यवाद दिएर मासु खानेहरूलाई जनाउँछ । “यदि कोही व्यक्ति सहभागी हुन्छ भने” वा “जब कोही व्यक्तिले खान्छ”
“त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनु” वा “र त्यो व्यक्तिलाई त्यसको लागि धन्यवाद दिनु जसले मलाई त्यो दियो”
“यहूदीहरू वा ग्रीकहरू कसैलाई पनि अप्रसन्न नतुल्याओ” वा “यहूदीहरू र ग्रीकहरू कसैलाई पनि रीस नउठाओ”
“सबैलाई खुशी राख”
“म आफ्नै लागि इच्छा लाग्ने कुराहरू गर्दिन”
सकेसम्म धेरै मानिसहरू
1 मेरो अनुकरण गर्नेहरू होओ, जसरी म ख्रीष्टको अनुकरण गर्दछु । 2 म तिमीहरूको प्रशंसा गर्दछु किनकि तिमीहरूले हरेक कुरामा मलाई सम्झन्छौ । म तिमीहरूको प्रशंसा गर्दछु, किनकि मैले सिकाएका शिक्षा तिमीहरूले कायम राख्छौ । 3 म तिमीहरूले यो बुझ भन्ने चाहन्छु कि येशू ख्रीष्ट प्रत्येक मानिसको शिर हुनुहुन्छ, मानिस स्त्रीको शिर हो, र परमेश्वरचाहिँ ख्रीष्टको शिर हुनुहुन्छ । 4 कुनै पुरुषले आफ्नो शिर ढाकेर प्रर्थना गर्छ अथवा अगमवाणी बोल्छ भने उसले परमेश्वरको अपमान गर्छ । 5 तर यदि कुनै स्त्रीले आफ्नो शिर नढाकी प्रार्थना गर्छे वा अगमवाणी बोल्छे भने उसले आफ्नो शिरको अपमान गर्छे । किनकि यसो गर्नु भनेको उसले आफ्नो केश खौरेको जस्तै हो । 6 यदि कुनै स्त्रीले आफ्नो शिर ढाक्दिन भने, उसले आफ्नो केश छोटो गरी काटोस् । यदि कपाल काट्नु उसको लागि शर्मको कुरा हो भने उसले आफ्नो शिर ढाकोस् । 7 पुरुषले आफ्नो शिर नढाकोस् किनकि ऊ परमेश्वरको प्रतिरूप र गौरव हो । तर स्त्रीचाहिँ पुरुषको गौरव हो । 8 किनकी पुरुष स्त्रीबाट बनिएको होइन, तर स्त्री पुरुषबाट बनिएकी हो । 9 न त पुरुष स्त्रीको निम्ति सृष्टि गरिएका हो, तर स्त्री पुरुषको निम्ति बनिएकी हो । 10 यसै कारणले स्वर्गदूतहरूका खातिर स्त्रीले आफ्नो शिरमा अधिकारको चिह्न लगाउनुपर्छ । 11 तापनि प्रभुमा स्त्री पुरुषबाट स्वतन्त्र हुन्न न त स्त्रीबाट पुरुष नै । 12 किनकि जसरी स्त्री पुरुषबाट आउँछे त्यसरी नै पुरुष पनि स्त्रीबाट आउँछ । र सबै कुरा परमेश्वरबाट आउँछन् । 13 तिमीहरू आफैँ विचार गरः के स्त्रीले आफ्नो शिर नढाकी परमेश्वरसँग प्रार्थना गर्नु उपयुक्त हो ? 14 कुनै पुरुषले लामो केश पाल्नु उसको निम्ति शर्मको कुरो हो भन्ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र ? 15 कुनै स्त्रीको लामो केश हुनु, उसको निम्ति गौरवको कुरो हो भन्ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र ? 16 तर यदि कोही यस विषयमा बहस गर्न चाहन्छ भने हामीसँग अर्को कुनै प्रथा छैन, न परमेश्वरको मण्डलीसँग छ । 17 यी निर्देशनहरू दिँदा म तिमीहरूको प्रशंसा गर्दिनँ । किनकि तिमीहरू असलको निम्ति होइन तर खराबको निम्ति भेला हुन्छौ । 18 पहिलो कुरा त तिमीहरू मण्डलीमा भेला हुँदा, तिमीहरूमा फाटो हुन्छ भन्ने म सुन्छु र म केही हदसम्म विश्वास पनि गर्छु । 19 तिमीहरूका माझमा स्वीकृत भएका व्यक्तिहरू चिनिनको लागि पनि तिमीहरूका माझमा गुटबन्दी हुनु आवश्यक छ । 20 तिमीहरू भेला भएर खाएको कुरा प्रभु-भोज होइन । 21 जब तिमीहरू खान्छौ, अरूले आफ्नो भोजन खानुअगि हरेकले आफ्नो खाना खान्छ । एक जना भोकै हुन्छ र अर्को मातेको हुन्छ । 22 के खान र पिउनको लागि तिम्रो आफ्नै घर छैन र ? के तिमीहरू केही नभएकाहरूलाई अपमान गर्छौ र परमेश्वरको मण्डलीलाई तुच्छ ठान्छौ ? म तिमीहरूलाई के भनूँ ? के तिमीहरूको प्रशंसा गरूँ ? यसको निम्ति म तिमीहरूको प्रशंसा गर्दिनँ । 23 मैले जे परमेश्वरबाट पाएँ त्यो मैले तिमीहरूलाई सुम्पिदिएँ, कि प्रभु येशू ख्रीष्टले धोका पाएको त्यो रात रोटी लिनुभयो । 24 धन्यवाद दिनुभएपछि उहाँले रोटी भाँच्नुभयो र भन्नु भयो, “यो मेरो शरीर हो; यो तिमीहरूको निम्ति हो । मेरो सम्झनाको निम्ति यो गर ।” 25 त्यसरी नै खाइसक्नुभएपछि कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो । जब तिमीहरू पिउँछौ, मेरो सम्झना गर्ने गर ।” 26 जब जब तिमीहरूले यो रोटी खान्छौ र कचौराबाट पिउँछौ, उहाँ नआउञ्जेलसम्म प्रभुको मृत्युको घोषणा गर्छौ । 27 यसकारण जसले अयोग्य रीतिले रोटी खान्छ र कचौराबाट पिउँछ, ऊ प्रभुको शरीर र रगतको दोषी हुनेछ । 28 कुनै व्यक्तिले पहिले आफैँलाई जाँचोस् र रोटी खाओस् र कचौरबाट पिओस् । 29 किनकि जसले शरीरको वास्ता नाराखीकन रोटी खान्छ र कचौराबाट पिउँछ, उसले खाएको र पिएको कारण आफूमाथि न्यायको दण्ड ल्याउँछ । 30 त्यसकारण, तिमीहरूमध्ये धेरै जना रोगी र बिमारी छन् र कोही त मरिसकेका छन् । 31 तर यदि हामीले आफैँलाई जाँच गर्यौँ भने हामी न्यायमा पर्नेछैनौँ । 32 तर जब हामी परमेश्वरबाट जाँचिन्छौँ हामी अनुशासित हुनेछौँ, र संसारसँगै दोषी ठहरिनेछैनौँ । 33 त्यसकारण, मेरा भाइहरू हो, जब तिमीहरू खानको लागि भेला हुन्छौ एकले अर्कालाई पर्ख । 34 यदि कोही भोकाएको छ भने त्यसले घरैमा खाओस्, ताकि तिमीहरू भेला हुँदा तिमीहरू न्यायमा पर्नेछैनौ । र तिमीहरूले लेखेका अन्य विषयहरूको बारेमा म आएपछि निर्देशनहरू दिनेछु ।
यहाँदेखि यो पत्रको नयाँ खण्ड सुरु हुन्छ (अध्याय ११-१४) । अब पावलले मण्डलीको आराधना सेवा व्यवस्थित हुनुपर्छ भनी कुरा गर्छन् । यो अध्यायमा तिनले दुईवटा भिन्नभिन्न समस्याः मण्डलीको सेवामा स्त्रीहरू (पद १-१६) र प्रभुभोज (पद १७-१४) का बारेमा लेख्छन् ।
यहाँ पावलले दिएका सुझावहरूलाई विद्वानहरूका बीचमा छलफल गरिएका छन् । त्यहाँ यस्ता किसिमका स्त्रीहरू भएका हुन सक्छन्, जसले स्थापित सांस्कृतिक प्रचलनका विरुद्धमा गएर ख्रीष्टिएन स्वतन्त्रताको दुरुपयोग गरिरहेका थिए र मण्डलीमा भद्रगोल ल्याइरहेका थिए । तिनीहरूका क्रियाकलापले सृजना गरेका भद्रगोलले तिनलाई चिन्तित तुल्याएको थियो ।
कोरिन्थीहरूले प्रभुभोजलाई कसरी चलाइरहेका थिए, त्यस कुरामा समस्या थियो । तिनीहरूले एकीकृत रूपमा काम गरेनन् । प्रभुभोजको साथमा गरिएका भोजको समयमा, तिनीहरूमध्ये कसैले आफ्ना खानेकुरा बाँडचुँड नगरी खाए । तिनीहरूमध्ये केही मद्यले मात्तिए भने गरिब मानिसहरू भोकै रहे । विश्वासीहरूले पाप गरिरहेका समयमा र एकआपसमा सम्बन्ध बिग्रिएका समयमा तिनीहरू प्रभुभोजमा सहभागी हुन्छन् भने तिनीहरूले ख्रीष्टको अनादर गरेका हुन्छन् भनी पावलले तिनीहरूलाई सिकाए । अनि )
पावलले मानिसहरूलाई सुझाव दिएअनुरूपको आराधनाको नियमहरूको अनुसरण गर्न तिनीहरू अनिच्छुक भएका हुनाले उनीहरूलाई हप्काउनका लागि तिनले अलङ्कारका प्रश्नहरू प्रयोग गर्छन् ।
पद ३ मा अधिकार जनाउनका लागि पावलले “शिर” शब्दलाई लाक्षणिक अर्थमा प्रयोग गर्छन् र पद ४ देखि तलचाहिँ व्यक्तिकै वास्तविक शिर जनाउनलाई पनि प्रयोग गर्छन् । ती एकसाथ अति मिल्दोजुल्दो हुनाले, पावलले “शिर” शब्दलाई जानीबुझीकन नै यस किसिमले प्रयोग गरेका हुन सक्छन् । यस कुराले यी पदमा उल्लेखित विचारहरू सम्बन्धित छन् भन्ने दर्शाउँछ ।
पावलले आफूले ख्रीष्टको अनुकरण गरे झैँ, उनीहरूले पनि तिनको अनुकरण गर्नुपर्छ भनेर उनीहरूलाई स्मरण गराएपछि, स्त्रीहरू र पुरुषहरूले विश्वासीहरूका रूपमा कसरी जीवन बिताउनुपर्छ भन्ने बारेमा तिनले विशेष सुझावहरू दिन्छन् ।
“सबै समयमा तिमीहरूले मेरो बारेमा विचार गर” अथवा “तिमीहरूले जस्तो व्यवहार गर भन्ने म इच्छा गर्छु, तिमीहरूले सधैँ त्यस्तै व्यवहार गर ।” पावल को थिए अथवा तिनले के-के कुरा सिकाएका थिए भन्ने कुरा कोरिन्थीहरूले बिर्सेका थिएनन् ।
सम्भावित अर्थहरूः (१) “यसकारण, म चाहन्छु” वा (२) “जे होस् म चाहन्छु”
... सँग ... माथि अधिकार छ
सम्भावित अर्थहरू हुन् १) “पुरुषहरूले स्त्रीहरूमाथि अधिकार गर्नुपर्छ” वा २) “पतिले आफ्नी पत्नीमाथि अधिकार गर्नुपर्छ”
“आफ्नो टाउकोलाई कपडा वा खास्टोले ढाकेपछि त्यसो गर्छ”
सम्भावित अर्थहरू हुन् १) “आफ्नै अपमान गर्छ” वा २) “ख्रीष्टको अपमान गर्छ जो उसको शिर हुनुहुन्छ”
सम्भावित अर्थहरू हुन् १) “कुनै स्त्रीले जसले ... प्रार्थना गर्छे ... आफ्नै अपमान गर्छे” वा २) “... नढाकी प्रार्थना गर्ने पत्नीले आफ्नो पतिको अपमान गर्छे”
अर्थात् शिरमाथि पहिरिने वस्त्रबिना जसले केश र कुमहरू ढाक्छ ।
उनले आफ्नो शिरमा भएको सबै कपाल काट्ने औजारले खौरेको जस्तै हो
कुनै स्त्रीले आफ्नो कपाल खौरनु वा छोटो पार्नु भनेको उनको लागि अपमान र बेइज्जतको कुरा थियो ।
तिनले शिरमाथि पहिरने वस्त्रलाई तिनको शिरमाथि राख्नु जसले केश र कुमहरू ढाक्थ्यो
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः सम्भावित अर्थहरू हुन् १) “उसले आफ्नो शिरलाई ढाक्नुहुँदैन” वा २) “उसको शिर ढाक्न जरूरी छैन”
जसरी मानिसले परमेश्वरको महानतालाई प्रकट गर्छ, त्यसरी नै स्त्रीले पुरुषको चरित्रलाई प्रकट गर्छे ।
परमेश्वरले मानिसबाट एउटा हाड लिनुभयो र त्यो हाडबाट स्त्री बनाउनुभयो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले स्त्रीबाट मानिसलाई बनाउनुभएन । बरु, उहाँले स्त्रीलाई मानिसबाट बनाउनुभयो”
यी शब्दहरू र १ कोरिन्थी ११:८ का सबैलाई कोष्ठकहरूमा राख्न सकिन्छ, ताकि “यसै कारणले ... स्वर्गदूतहरूका ... ” मा भएको “यसै” शब्दले १ कोरिन्थी ११:७ मा भएको “स्त्रीचाहिँ पुरुषको गौरव हो” भन्ने कुरालाई जनाउँछ भनेर पाठकले प्रष्ट रूपमा देख्न सक्छ ।
सम्भावित अर्थहरू हुन् १) “उनको शिरको रूपमा पुरुष छ भन्ने सङ्केत दिनको लागि” वा २) “उनीसँग प्राथना गर्ने वा अगमवाणी बोल्ने अधिकार छ भन्ने सङ्केत दिनको लागि ।”
“हुन त मैले भर्खर भनेका सबै कुरा साँचो हुन्, सबैभन्दा महत्वपूर्ण कुराचाहिँ यो होः प्रभुमा”
सम्भावित अर्थहरू हुन् १) “ख्रीष्टिएनहरूका माझमा, जो परमेश्वरका हुन्” वा २) “परमेश्वरले सृष्टि गर्नुभए अनुसारको संसारमा ।”
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “स्त्री पुरुषमाथि भर पर्छे, र पुरुष स्त्रीमाथि भर पर्छ”
“परमेश्वरले सबै कुरा सृष्टि गर्नुभयो”
“यी कुराहरूलाई स्थानीय चलन र मण्डलीको प्रथाअनुसार नै विचार गर”
कोरिन्थीहरू आफ्ना कुरामा सहमत हुन्छन् भनी पावलले आशा गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । “परमेश्वरको आदर गर्नलाई, स्त्रीले आफ्नो शिर ढाकेर परमेश्वरलाई प्रार्थना गर्नुपर्छ”
कोरिन्थीहरू आफ्ना कुरामा सहमत हुन्छन् भनी पावलले आशा गर्छन् । वैकल्पिक अनुवादः “ ... उसको लागि ... प्रकृतिले पनि तिमीहरूलाई सिकाउँछ ।”
समाजमा भएका मानिसहरूले सामान्य रूपमा गर्ने व्यवहारचाहिँ शिक्षा दिने कोही व्यक्ति भएको जसरी तिनले कुरा गर्छन् । वैकल्पिक अनुवादः “मानिसहरूले सामान्य रूपमा जसरी व्यवहार गर्छन् सो कुरालाई हेरेर पनि तिमीहरूले जान्न सक्छौ ... उसको लागि ... ।”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि परमेश्वरले स्त्रीलाई केशसहित सृष्टि गर्नुभयो”
जसै पावलले सहभागीपन, अर्थात् प्रभुभोजको कुरा गर्छन्, ठीक आचरण साथै एकता कायम राख्नलाई तिनले तिनीहरूलाई स्मरण गराउँछन् । तिनले उनीहरूलाई यो स्मरण गराउँछन् कि ती कुरामा उनीहरू असफल हुन्छन् भने, उनीहरू बिरामी पर्नेछन् र मर्नेछन्, जसरी तिनीहरूमध्ये कतिलाई पहिल्यै भइसकेको छ ।
अर्को सम्भाव्य अर्थ यो हो, “जसै म तिमीहरूलाई यी निर्देशनहरूहरू दिन्छु, त्यहाँ त्यस्तो केही कुरो छ जसका लगि म तिमीहरूको प्रशंसा गर्न सक्दिन । जब”
“मैले कुरा गर्न लागेको निर्देशनहरू”
“सँगै भेला हुनु” वा “भेट्नु”
“तिमीहरूले एकअर्कालाई सहायता गर्दैनौ; बरु, तिमीहरू एकअर्कालाई नोक्सानी पुर्याउँछौ”
“विश्वासीहरूका रूपमा ।” पावलले भवन भित्र हुने बारेमा कुरा गरिरहेका छैनन् ।
“तिमीहरू आफूहरूलाई एकअर्काको विरुद्धमा भएका समूहहरूमा विभाजन गर्छौ”
सम्भावित अर्थहरू हुन् १) “हुनुपर्छ” शब्दले यस्तो स्थिति हुने सम्भावना भएको देखिन्छ । वैकल्पिक अनुवादः “किनकि सम्भवतः तिमीहरूका माझमा गुटबन्दी हुनेछ” वा २) गुटबन्दी भएको हुनाले तिनीहरूलाई लज्जित तुल्याउनका लागि पावलले व्यङ्गको भाषा प्रयोग गरिरहेका थिए । वैकल्पिक अनुवादः “तिमीहरूले यस्तो विचार गरेको भान हुन्छ कि तिमीहरूका माझमा गुटबन्दी हुनु आवश्यक छ” वा “तिमीहरूले यस्तो विचार गरे झैँ लाग्छ कि तिमीहरूले आफूलाई विभाजित गर्नै पर्छ”
एकअर्काका परस्पर विरोध गर्ने समूहहरू
सम्भावित अर्थहरू हुन् १) “ताकि तिमीहरूका बीचमा भएका उच्च आदर पाएका विश्वासीहरूलाई मानिसहरूले चिन्नेछन् २) ताकि तिमीहरूका बीचमा भएका अरूका सामु यो स्वीकृतिलाई मानिहरूले देखाउन सकुन् ।” कोरिन्थीहरूले बुझून् भनी तिनले इच्छा गरिरहेका कुराको उल्टो कुरा बताएर तिनीहरूलाई शर्ममा पार्न पावलले व्यङ्ग्यको भाषा प्रयोग गरिरहेका हुन सक्छन् ।
सम्भावित अर्थहरू हुन् १) “जसलाई परमेश्वरले स्वीकृत गर्नुहुन्छ” वा २) “जसलाई तिमीहरू, मण्डलीले स्वीकृत गर्छौ”
“एकसाथ भेला हुनु”
“तिमीहरूले प्रभु-भोज खायौँ भन्ने ठान्छौ होला, तर तिमीहरू यसलाई आदरका साथ व्यवहार गर्दैनौ”
“जसमा खाना खानको लागि भेला हुन”
घृणा गर्नु वा अपमान र अनादरको साथमा व्यवहार गर्नु
शर्ममा पारिदिनु वा लाज लाग्ने बनाइदिनु
पावल कोरिन्थीहरूलाई हप्काइरहेका छन् । वैकल्पिक अनुवादः “म यसको बारेमा केही असल भन्न सक्दिन । म तिमीहरूको प्रशंसा गर्न सक्दिन”
“किनकि मैले तिमीहरूलाई भनेको कुराहरू मैले प्रभुबाट सुनेका कुराहरू थिए, र त्यो यही होः प्रभुले”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यहूदा इस्करियोतले उहाँलाई धोका दिएको रातमा”
“उहाँले त्यसबाट टुक्रा-टुक्रा निकाल्नुभयो”
“मैले अँठ्याइरहेको यो रोटी मेरो शरीर हो”
यसलाई अक्षरशः अनुवाद गर्नु उत्तम कुरा हुन्छ । उहाँले कुनचाहिँ कचौरा लिनभयो सो कुरा कोरिन्थीहरूलाई थाहा थियो, त्यसैले यो साधारण रूपमा “एउटा कचौरा” वा “कुनै कचौरा” वा “कुनै पनि कचौरा” होइन । सम्भावित अर्थहरू यी हुन् कि त्यो १) उहाँले प्रयोग गरून् भनी कोही व्यक्तिले आशा गर्ने कचौरा थियो वा २) निस्तारचाडको भोज खाँदा यहूदीहरूले पिउने दाखमद्यको चारवटा कचौराहरूमध्येको तेस्रो वा चौथो कचौरा थियो ।
“यो कचौराबाट पिओ, र जहिले-जहिले तिमीहरू यसबाट पिउँछौ”
क्रूसको मृत्यु र पुनरुत्थानको बारेमा सिकाउनु
येशू कहाँ आउनुहुन्छ भन्ने कुरा प्रष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “येशू पृथ्वीमा फर्केर नआउञ्जेलसम्म”
“प्रभुको रोटी खान्छ वा प्रभुको कचौराबाट पिउँछ”
परमेश्वरसितको आफ्नो सम्बन्धलाई र आफूले कसरी जीवन जिइराखेको छु भनी विचार गर्ने व्यक्ति चाहिँ मानौँ त्यो व्यक्तिले आफूले चाहेको केही कुरालाई किन्न खोजिरहेको जसरी पावलले बताउँछन् । “गुण जाँच्नु”लाई [१ कोरिन्थीहरू ३:१३]
सम्भावित अर्थहरू हुन् १) “र मण्डली प्रभुको शरीर हो भनेर चिन्दैन” वा २) “र उसले प्रभुको शरीरलाई लिइरहेको छ भनी विचार गर्दैन ।”
यी शब्दहरूको करिब उही अर्थ लाग्छ र यूएसटीमा जस्तै जोड्न सकिन्छ ।
यहाँ “सुत्नु” भनेको मृत्युलाई जनाउने मृदुभाषी शब्द हो । वैकल्पिक अनुवादः “र तिमीहरूमध्ये केही बितिसकेका छन्” .
यदि यो मृत्यु भइसकेकाहरूसँग पावलले कुरा गरिरहेका जस्तो सुनिन्छ भने, तपाईंले स्पष्ट पार्नुपर्ने हुन सक्छ कि तिनले त्यसो गरिरहेका छैनन् । वैकल्पिक अनुवादः “तिमीहरूका समूहका केही सदस्यहरू”
परमेश्वरसितको आफ्नो सम्बन्धलाई र आफूले कसरी जीवन जिइराखेको छु भनी विचार गर्ने व्यक्ति चाहिँ मानौँ त्यो व्यक्तिले आफूले चाहेको केही कुरालाई किन्न खोजिरहेको जसरी पावलले बताउँछन् । तपाईंले यसलाई [१ कोरिन्थीहरू ११:२८]
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हाम्रो न्याय गर्नुहुनेछैन”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “प्रभुले हाम्रो न्याय गर्नुहुन्छ, उहाँले हामीलाई अनुशासित गर्नुहुन्छ, ताकि उहाँले हामीलाई दोषी नठहराउनु भएको होस्”
प्रभु-भोज लिनुभन्दा अगाडि खाना खानलाई भेट हुन
“खाना खानुभन्दा अगाडि अरूलाई आउन देओ”
“त्यसले भेला हुनुभन्दा अगाडि खाओस्”
“यो परमेश्वरले तिमीहरूलाई अनुशासन गर्ने समय हुनेछैन”
1 भाइहरू हो, आत्मिक वरदानहरूको बारेमा तिमीहरू अनभिज्ञ रहेको म चाहन्नँ । 2 तिमीहरूलाई थाहै छ कि कुनै बेला तिमीहरू मूर्तिपूजक थियौ । तिमीहरू कुनै न कुनै प्रकारले बोल्न नसक्ने मूर्तितिर बहकाइएका थियौ । 3 त्यसकारण, तिमीहरूले यो जान भन्ने म चाहन्छु कि परमेश्वरका आत्माद्वारा बोल्ने कसैले पनि “येशू श्रापित होस् भन्दैन ।” पवित्र आत्माद्वारा बाहेक कसैले पनि “येशू नै प्रभु हुनुहुन्छ” भन्न सक्दैन । 4 वरदानहरू फरक फरक भए तापनि प्रभु त एउटै हुनुहुन्छ । 5 सेवाका कार्यहरू फरक फरक छन्, तर प्रभु एउटै हुनुहुन्छ । 6 कामहरू विभिन्न किसिमका छन्, तर तिनीहरूलाई हरेकको जीवनमा सम्भव तुल्याउनुहुने परमेश्वर एउटै हुनुहुन्छ । 7 सबैको भलाइको निम्ति हरेकलाई आत्माको बाहिर देखिने चिह्न दिइएको छ । 8 किनभने एउटालाई आत्माद्वारा बुद्धिको कुरा बोल्ने वरदान दिइएको छ भने उही आत्माद्वारा अर्कोलाई ज्ञानको कुरा गर्ने वरदान दिइएको छ । 9 त्यसरी नै कसैलाई एउटै पवित्र आत्माद्वारा विश्वासको वरदान दिइएको छ भने अझ अर्कोलाई उही आत्माद्वारा निको पर्ने वरदान दिइएको छ । 10 एउटालाई शक्तिको काम गर्ने वरदान दिइएको छ भने अर्कोलाई अगमवाणीको । एउटालाई आत्माहरू छुट्ट्याउने वरदान दिइएको छ भने अर्कोलाई भाषाहरूमा बोल्ने अनि कसैलाई भाषाहरूको अर्थ खोल्ने वरदान दिइएको छ । 11 तर यिनीहरू सबैमा एउटै आत्माले काम गर्नुहुन्छ । उहाँको इच्छाबमोजिम उहाँले हरेकलाई व्यक्तिगत रूपमा वरदानहरू दिनुहुन्छ । 12 जसरी शरीर एउटै हुन्छ र अङ्गहरू धेरै हुन्छन् अनि ती सबै अङ्ग एउटै शरीरको भएझैँ ख्रीष्टमा पनि त्यस्तै हुन्छ । 13 किनभने एउटै आत्माद्वारा हामीहरू सबैको एउटै शरीरमा बप्तिस्मा भएको थियो, यहूदी वा ग्रिक, कमारा वा स्वतन्त्र; सबैलाई एउटै आत्माबाट पिउन दिइएको छ । 14 किनकि शरीर एउटै अङ्गले मात्र होइन, तर धेरै अङ्गहरूले बनेको हुन्छ । 15 यदि खुट्टाले “म हात होइन, त्यसैले म शरीरको अङ्ग होइन” भन्छ भने पनि त्यो शरीरको कुनै पनि अङ्गभन्दा कम ठहरिँदैन । 16 र त्यसरी नै कानले “म शरीरको आँखा होइन, त्यसैले म शरीरको अङ्ग होइन” भन्छ भने पनि त्यो शरीरको कुनै पनि अङ्गभन्दा काम ठहरिँदैन । 17 यदि सम्पूर्ण शरीर नै आँखा हुँदो हो त सुन्ने कहाँबाट ? यदि सम्पूर्ण शरीर आँखा भइदिएको भए सुँघ्ने कहाँबाट ? 18 तर परमेश्वरले शरीरको स्वरूप निर्माण गर्दा नै यसका अङ्गहरू मिलाएर राख्नुभयो । 19 यदि सबै अङ्गहरू एउटै भइदिएको भए शरीर कहाँ हुन्थ्यो र ? 20 यसकारण अङ्गहरू धेरै भए तापनि शरीर एउटै छ । 21 आँखाले हातलाई, “मलाई तिम्रो खाँचो छैन” भन्न सक्दैन । न टाउकोले खुट्टालाई “मलाई तिम्रो खाँचो छैन” भन्छ । 22 बरु कमजोर ठानिएका शरीरका अङ्गहरू अत्यावश्यक हुन्छन् । 23 अनि हामीले कम आदरका ठान्ने शरीरका अङ्गहरूलाई हामी झन् बढी नै आदर गर्दछौँ र देखाउन नमिल्ने अङ्गहरूलाई झनै बढी भद्रतासाथ राख्छौँ । 24 देखाउन मिल्ने अङ्गहरूलाई इज्जत गरिरहनु आवश्यक छैन किनभने तिनीहरूले अगिबाट नै इज्जत पाएका छन् । तर परमेश्वरले सम्पूर्ण अङ्गहरूलाई सँगै जोड्नुभएको छ र कम आदर पाएकाहरूलाई झन् बढ्ता आदर दिनुभएको छ । 25 शरीरमा कुनै विभाजन नहोस्, बरु हरेक अङ्गले उही स्नेहसाथ एक अर्कोलाई वास्ता गरून् भनेर उहाँले यसो गर्नुभएको हो । 26 कुनै एउटा अङ्गले दुःख पाउँदा सबै अङ्गहरूले सँगै दुःख भोग्छन् । अथवा कुनै एउटा अङ्गको आदर हुँदा सबै अङ्गहरू सँगै आनन्दित हुन्छन् । 27 अब तिमीहरू ख्रीष्टका शरीर हौ अनि व्यक्तिगत रूपले यसका अङ्ग हौ । 28 अनि परमेश्वरले मण्डलीमा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, त्यसपछि शक्तिशाली कार्य गर्नेहरू, निको पार्ने वरदान पाएका व्यक्तिहरू, मदत गर्नेहरू, प्रशासन चलाउनेहरू र विभिन्न भाषाका वरदान पाएकाहरूलाई नियुक्त गर्नुभएको छ । 29 के तिनीहरू सबै प्रेरितहरू हुन् ? के सबै अगमवक्ताहरू हुन् ? के सबै शिक्षकहरू हुन् ? के हामी सबैले शक्तिशाली कार्यहरू गर्छौं ? 30 के तिनीहरू सबैसँग निको पार्ने वरदान छन् ? के तिनीहरू सबै अन्य भाषाहरूमा बोल्छन् ? के तिनीहरू सबैले अन्य भाषाहरूको अर्थ खोल्छन् ? 31 जोसिलो भई अझ ठुला वरदानहरूको खोजी गर । अनि म तिमीहरूलाई अझ उत्तम मार्ग देखाउनेछु ।
यस अध्यायमा नयाँ खण्ड सुरु हुन्छ । अध्याय १२-१४ ले मण्डलीभित्रका आत्मिक वरदानहरूका बारेमा छलफल गर्दछ ।
धर्मशास्त्रमा यो महत्वपूर्ण अलङ्कार हो । धर्मशास्त्रमा यो महत्वपूर्ण अलङ्कार हो । मण्डलीका धेरैवटा भिन्नभिन्न भाग छन् । प्रत्येक भागका अलगअलग कार्य छन् । ती सबै मिलेर एउटा मण्डली बन्छ । विभिन्न भागका सबै नै आवश्यक हुन्छन् । हरेको भाग अरू सबै भागहरूका बारेमा फिक्री गर्ने हुनुपर्छ जसमा कम महत्त्वका लाग्ने भागहरू पनि पर्छन् ।
पुरानो करारमा, यहूदीहरूले “यहवे” शब्दको साटोमा “परमप्रभु” शब्द लेख्थे । यो वाक्यको अर्थ शायद यस्तो हुन्छ, आफूमा वास गर्नुहुने पवित्र आत्माको प्रभावबिना कसैले पनि येशू नै यहवे, अर्थात् शरीरमा हुनुभएको परमेश्वर हुनुहुन्छ भनी यो सत्य स्वीकार गर्न सक्दैन । यो वाक्यलाई बेवास्ता गरेर अनुवाद गर्ने हो भने यसले नसोचेको ईश्वरशास्त्रीय परिणामहरू ल्याउन सक्छ ।
परमेश्वरले विश्वासीहरूलाई विशेष किसिमका वरदाहरू दिनुभएको छ भन्ने कुरा पावलले तिनीहरूलाई जानकारी गराउँछन् । यी वरदानहरूले विश्वासीहरूले बनेको शरीरलाई सहायता गर्नुपर्छ ।
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म तिमीहरूले जानेको चाहन्छु”
यहाँ “बहकिएका थियौ” भन्नाले केही गलत गर्नलाई मनाइएको कुरालाई जनाउने अलङ्कार हो । मूर्तिहरूतिर बहकिएको भन्ने कुराले मूर्तिहरू पूजा गर्न गलत तरिकाले मनाइएको भन्ने कुरालाई प्रतिनिधित्व गर्छ । “बहकिएका थियौ” र “तिमीहरू तिनीहरूद्वारा डोहोर्याइएका थियौ” भन्ने वाक्यांशहरूलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बोल्न नसक्ने मूर्तिहरूको पूजा गर्न कुनै किसिमले तिमीहरू मनाइएका थियौ” वा “कुनै तरिकाले तिमीहरूले झूटहरू विश्वास गर्यौ र त्यसरी तिमीहरूले बोल्न नसक्ने मूर्तिहरूको पूजा गर्यौ”
सम्भावित अर्थहरू हुन् १) “आफूमा परमेश्वरको आत्मा भएको कुनै पनि ख्रीष्टिएनले भन्न सक्दैन” वा २) परमेश्वरको आत्माको शक्तिमा अगमवाणी गर्ने कसैले पनि भन्न सक्दैन”
“परमेश्वरले येशूलाई दण्ड दिनुहुनेछ” वा “परमेश्वरले येशूलाई कष्ट सहन लाउनुहुनेछ”
“हरेक व्यक्तिलाई ती पाउने तुल्याउनुहुन्छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । दिने काम गर्नेचाहिँ परमेश्वर नै हुनुहुन्छ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आत्माको माध्यमद्वारा परमेश्वरले एक जना व्यक्तिलाई वचन दिनुहुन्छ”
“सन्देश”
आत्माको कामद्वारा परमेश्वरले वरदानहरू दिनुहुन्छ ।
यहाँ यी दुवै कुरा परमेश्वरले उही आत्माद्वारा दिनुहुने वास्तविकताको कारणले गर्दा यी दुई शब्दहरूको बीचको भिन्नता त्यति महत्वपूर्ण कुरा होइन ।
पावलले दुई शब्दहरूद्वारा एउटै विचारको संचार गर्दै छन् । वैकल्पिक अनुवादः “बुद्धिमान् वचनहरू”
पावलले दुई शब्दहरूद्वारा एउटै विचारको संचार गर्दै छन् । वैकल्पिक अनुवादः “ज्ञान देखाउने वचनहरू”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । यसलाई १ कोरिन्थीहरू १२:८ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “परमेश्वरले दिनुहुन्छ”
“दिइएका छन्” भन्ने शब्दहरूलाई यसअघिको वाक्यांशबाट बुझ्न सकिन्छ । वैकल्पिक अनुवादः “अर्कोलाई एउटै आत्माद्वारा निको पार्ने वरदाहरू दिइन्छन्”
“उही आत्माद्वारा दिइएका छन्” वाक्यांशलाई यसअघिको वाक्यांशहरूबाट बुझ्न सकिन्छ । वैकल्पिक अनुवादः “अर्कोलाई उही आत्माद्वारा अगमवाणी दिइन्छ”
“उही आत्माद्वारा दिइएका छन्” वाक्यांशलाई यसअघिको वाक्यांशहरूबाट बुझ्न सकिन्छ । वैकल्पिक अनुवादः “उही आत्माद्वारा अर्कोलाई विभिन्न प्रकारका भाषाहरूमा दिइएका छन्”
यहाँ “जिब्रोहरू”ले भाषाहरूलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “विभिन्न भाषाहरू बोल्ने क्षमता”
“उही आत्माद्वारा दिइएका छन्” वाक्यांशलाई यसअघिको वाक्यांशहरूबाट बुझ्न सकिन्छ । वैकल्पिक अनुवादः “उही आत्माद्वारा अर्कोलाई भाषाहरूको अर्थ खोल्ने कुरा दिइन्छ”
यो भनेको कसैले कुनै एउटा भाषामा जे भन्छ त्यो सुनेर त्यो व्यक्तिले जे भनेको हो सो कुरा मानिसहरूलाई भन्नलाई अर्को भाषाको प्रयोग गर्ने क्षमता हो । वैकल्पिक अनुवादः “अरू भाषाहरूमा भनेको कुराको अर्थ खोल्ने क्षमता”
एउटै र एकमात्रै पवित्र आत्माको कामद्वारा परमेश्वरले वरदानहरू दिनुहुन्छ । यसलाई १ कोरिन्थीहरू १२:८ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।
परमेश्वरले विश्वासीहरूलाई दिनुहुने विभिन्न किसिमका वरदानहरूको बारेमा पावलले कुरा गरिरहन्छन्, परमेश्वरले विभिन्न वरदानहरू विभिन्न विश्वासीहरूलाई दिनुहुन्छ, तर तिनीहरूले यो कुरा जानेको पावल इच्छा गर्छन् कि सबै विश्वासीहरूलाई एउटै शरीर बनाइएको हुन्छ, जसलाई ख्रीष्टको शरीर भनिन्छ । यही कारणले विश्वासीहरूसँग एकता हुनुपर्छ ।
सम्भावित अर्थहरू हुन् १) पवित्र आत्मा नै हुनुहुन्छ जसले हामीलाई बप्तिस्मा दिनुहुन्छ, “किनभने एउटै आत्माले हामीलाई बप्तिस्मा दिनुभयो” वा २) बप्तिस्माको पानी झैँ आत्मा माध्यम हुनुहुन्छ जसद्वारा हामी सबै जनाले शरीरमा बप्तिस्मा पाएका छौँ, “किनकि एउटै आत्मामा हामी सबैको बप्तिस्मा भयो”
यहाँ “बन्धनमा” शब्द “दासहरू”को लागि लाक्षणिक शब्द हो । वैकल्पिक अनुवादः “दासत्वका मानिसहरू वा स्वतन्त्र मानिसहरू”
वैकल्पिक अनुवादः “परमेश्वरले हामी सबैलाई एउटै आत्मा दिनुभएको छ, र जसरी मानिसहरूले पिउने कुरा बाँड्न सक्छन्, त्यसै गरी हामीले आत्मा बाँड्छौँ”
यसलाई एउटा कथन बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले केही कुरा सुन्न सक्दैनथ्यौ ... तिमीहरूले केही सुँघ्न सक्दैनथ्यौ”
शब्द “अङ्ग” शरीरका भागहरूका लागि मूलभूत शब्द हो, जस्तै टाउको, पाखुरा, वा घुँडा । वैकल्पिक अनुवादः “शरीरको उही भाग”
यसलाई एउटा कथन बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “त्यहाँ कुनै शरीर हुने थिएन”
“मलाई तिमी चाहिँदैन”
“कम महत्त्वपूर्ण”
यसले सम्भवतः शरीरका गोप्य अङ्गहरूलाई जनाउँछ, जसलाई मानिसहरूले ढाकेर राख्छन् ।
“शरीर एकीकृत होस्, र”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले एउटा सदस्यलाई आदर दिन्छ”
यहाँ “अब” शब्दलाई यसपछिको महत्वपूर्ण बुँदामा ध्यान लगाउनलाई प्रयोग गरिएको छ ।
सम्भावित अर्थहरू हुन् १) “मैले उल्लेख गर्ने पहिलो वरदान भनेको प्रेरितहरू हो” वा २) सबैभन्दा महत्त्वपूर्ण वरदान प्रेरितहरू हो ।”
“अरू विश्वासीहरूलाई सहयोग गर्नेहरू”
“मण्डलीका प्रशासकहरू”
एउटा व्यक्ति जसले एक वा एकभन्दा बढी अन्जान भाषाहरूमा उक्त भाषाको अध्ययन नगरीकनै बोल्न सक्छ
आफ्ना पाठकहरूले पहिले नै जानेका कुराहरूको पावलले तिनीहरूलाई स्मरण गराउँछन् । वैकल्पिक अनुवादः “तिनीहरूमध्ये कोही मात्रै प्रेरितहरू हुन् । तिनीहरूमध्ये कोही मात्रै अगमवक्ताहरू हुन् । तिनीहरूमध्ये कोही मात्रै शिक्षकहरू हुन् । तिनीहरूमध्ये कसै-कसैले मात्रै शक्तिशाली कार्यहरू गर्छन्”
यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरू सबैसँग निको पार्ने वरदान छैन”
यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरू सबै विभिन्न भाषामा बोल्दैनन्”
यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरू सबैले भाषाको अर्थ खोल्दैनन्”
यसको अर्थ कसैले कुनै भाषामा भनेका कुरा उक्त भाषा नबुझ्ने अरू मानिसहरूलाई भन्नु हो । यसलाई १ कोरिन्थीहरू २:१३ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।
सम्भावित अर्थहरू हुन् १) “मण्डलीलाई सबैभन्दा उत्तम तरिकाले सहायता गर्ने खालका वरदानहरू तिमीहरूले परमेश्वरबाट खोज्नुपर्छ” वा २) “तिमीहरू ती वरदानहरूको उत्सुकताका साथ खोजी गरिरहेका छौ जुन वरदानहरू तिमीहरूले ठूला सोच्छौ, किनकि तिमीहरू ती पाउन चाखलाग्दो हुन्छ भनी ठान्छौ”
1 मानौँ, म मानिसहरू र स्वर्गदूतहरूको भाषामा बोल्छु, तर मसँग प्रेम छैन भने म हल्ला मच्चाउने घण्टा र झ्याइँ-झ्याइँ गर्ने झ्याली मात्र हुन्छु । 2 मानौँ, मसँग अगमवाणी गर्ने वरदान छ र म लुकेका रहस्यहरू बुझ्न सक्छु र मसँग पहाडहरू हटाउन सक्ने सम्मको विश्वास छ, तर मसँग प्रेम छैन भने म केही पनि होइनँ । 3 र मानौँ, मसँग भएका सबै थोकहरू गरिबहरूलाई खुवाउनको लागि दिन्छु अनि मेरो शरीरलाई जलाउन दिन्छु, तर मसँग प्रेम छैन भने मलाई केही पनि फाइदा हुँदैन । 4 प्रेम सहनशील र दयालु हुन्छ । प्रेमले डाह वा घमण्ड गर्दैन । यो अहङ्कारी हुँदैन । 5 वा प्रेम रुखो हुँदैन । यसले आफ्नै स्वार्थ खोज्दैन । यो सजिलै रिसाउँदैन न त यसले खराबीको हिसाब राख्छ । 6 प्रेम अधार्मिकतामा खुसी हुँदैन । बरु, यो सत्यतामा रमाउँछ । 7 प्रेमले सबै कुरा सहन्छ; सबै कुरामा विश्वास गर्छ; सबै कुरामा आत्मविश्वासी हुन्छ अनि सबै कुरामा स्थिर रहन्छ । 8 प्रेमको कहिलै अन्त्य हुँदैन । अगमवाणीहरू बितेर जानेछन् । भाषाहरू बन्द हुनेछन् । अनि ज्ञान बितेर जानेछ । 9 किनकि हामी थोरै जान्दछौँ र थोरै अगमवाणी बोल्छौँ । 10 तर जब सिद्ध आउँछ अनि अपूर्ण कुरा बितेर जानेछ । 11 जब म बालक थिएँ बालकले जस्तै बोलेँ र बालकले जस्तै सोचेँ अनि बालकले जस्तै तर्कहरू गरेँ । जब वयस्क भएँ बालकका चालहरू छोडी दिएँ । 12 किनकि अहिले हामी ऐनामा अप्रत्यक्ष देख्छौँ, तर त्यस बेला आमने-सामने देख्नेछौँ । अहिले म थोरै जान्दछु, तर त्यस बेला म पूर्ण रूपमा जान्नेछु, जसरी म पूर्ण रूपमा जानिएको छु । 13 तर अब यी तिनवटा कुरा रहन्छन्: विश्वास, भविष्यको निश्चयता र प्रेम । तर यी सबैमा सर्वोत्तमचाहिँ प्रेम नै हो ।
पावलले आत्मिक वरदानहरूका बारेमा भएको आफ्नो शिक्षालाई बिचैमा रोकेको जस्तो लाग्छ । तापनि यस अध्यायले सायद तिनको शिक्षाको अझै विशाल कार्य क्षेत्रलाई समेटेको छ ।
प्रेमचाहिँ विश्वासीहरूका सबैभन्दा महत्वपूर्ण विशेषता हो । यस अध्यायले प्रेमको बारेमा पूर्ण बर्णन गर्छ । आत्माका वरदानहरूभन्दा प्रेम किन अझ धेरै महत्वपूर्ण हुन्छ भनेर पावल भन्छन् ।
पावलले यस अध्यायमा धेरैवटा विभिन्न अलङ्कार प्रयोग गर्छन् । कोरिन्थीहरूलाई विशेष गरी कठिन शीर्षकहरूमा शिक्षा दिनलाई तिनले अलङ्कारहरू प्रयोग गर्छन् । यी शिक्षा बुझ्नलाई पाठकसित आत्मिक कुरा छुट्याउन सक्ने क्षमता हुनुपर्छ ।
परमेश्वरले विश्वासीहरूलाई दिनुहुने वरदानहरूका बारेमा भर्खरै कुरा गरेपछि, पावलले कुन कुरा बढी महत्वपूर्ण हुन्छ भन्ने कुरामा जोड दिन्छन् ।
सम्भावित अर्थहरू हुन् १) पावलले प्रभाव दिनको लागि बढाइचढाइ गरेर भन्दै छन् र उनी मानिसहरूले स्वर्गदूतहरूको भाषा बोल्छन् भन्ने कुरामा विश्वास गर्दैनन् वा २) अन्यभाषामा बोल्ने कोही व्यक्तिहरूले वास्तवमा स्वर्गदूतहरूको भाषामा बोल्छन् भनेर पावल विचार गर्छन् ।
म ठूलो, रीसउठ्दो आवाज निकाल्ने बाजाहरू जस्तै भएको हुन्छु
एउटा ठूलो, पातलो, गोलो द्यातुको पाता जसलाई केही कुराले मोरेको एउटा डन्डाले हिर्काएर ठूलो आवाज निकालिन्छ
द्यातुका पातला दुईवटा पाताहरू जसलाई एकसाथ हिर्काएर ठूलो आवाज निकालिन्छ
“जलाउनलाई” भन्ने शब्दलाई कर्तृ वाच्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मलाई सताउनेहरूलाई मलाई जलाएर मार्ने अनुमति दिन्छु
यहाँ पावलले प्रेमको बारेमा त्यो कुनै व्यक्ति भए जसरी कुरा गर्छन् ।।
पावल प्रेमको बारेमा त्यो कुनै मानिस भए जसरी कुरा गर्न जारी राख्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले पनि यसलाई चाँडै नै रिसाउने बनाउन सक्ने छैन”
पावल प्रेमको बारेमा त्यो कुनै मानिस भए जसरी कुरा गर्न जारी राख्छन् ।
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसले धार्मिकता र सत्यतामा मात्रै आनन्द मनाउँछ”
पावल प्रेमको बारेमा त्यो कुनै मानिस भए जसरी कुरा गर्न जारी राख्छन् ।
पावलको समयमा ऐनाहरू सिसाको साटोमा टल्काएको धातुबाट बनिएको हुन्थ्यो जसले धमिलो, अस्पष्ट प्रतिबिम्ब दिन्थ्यो ।
सम्भावित अर्थहरू हुन् १) “अहिले हामी ... ख्रीष्टलाई देख्छौँ” वा २) “अहिले हामी ... परमेश्वरलाई देख्छौँ ।”
“तर त्यसपछि हामीले ख्रीष्टलाई आमने-सामने देख्नेछौँ ।” यसको अर्थ हामी ख्रीष्टसँगै शारीरिक रूपमा उपस्थित हुन्छौँ भन्ने हुन्छ ।
“ख्रीष्ट” भन्ने शब्दलाई बुझिएको छ । वैकल्पिक अनुवादः “म पूर्ण रूपमा ख्रीष्टलाई जान्ने छु”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसरी ख्रीष्टले मलाई पूर्ण रूपले चिन्नुभएको छ”
यी भाववाचक नामहरूलाई क्रियापदहरूसँग वाक्यांशहरूमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले प्रभुमा भरोसा गर्नुपर्छ, उहाँले जे प्रतिज्ञा गर्नुभएको छ सो उहाँले गर्नु नै हुने छ भनेर निश्चित हुनुपर्छ, र उहाँलाई र अरूहरूलाई प्रेम गर्नुपर्छ”
1 प्रेममा लागिरहो र आत्मिक वरदानहरूका लागि जोसिलो होओ, विशेष गरी अगमवाणी बोल्ने चाहना गर । 2 किनभने अन्य भाषामा बोल्नेले मानिसहरूसँग होइन, तर परमेश्वरसँग बोल्दछ । उसले गुप्त कुराहरूलाई आत्मामा बोल्दछ र उसको कुरा कसैले पनि बुझ्न सक्दैन । 3 तर अगमवाणी गर्नेले मानिसहरूसँग बोलेर तिनीहरूलाई निर्माण गर्ने, उत्साह प्रदान गर्ने र सान्त्वना दिने काम गर्दछ । 4 अन्य भाषामा बोल्नेले आफैँलाई निर्माण गर्छ तर अगमवाणी गर्नेले मण्डलीलाई निर्माण गर्दछ । 5 तिमीहरू सबै जना अन्य भाषा बोल भन्ने म चाहना गर्दछु । तर त्योभन्दा पनि अझ बढी अगमवाणी गर भन्ने म चाहना गर्दछु । (मण्डली वृद्धि होस् भनेर कसैले त्यसको अर्थ नखोलेसम्म) अन्य भाषा बोल्नेभन्दा पनि अगमवाणी गर्ने महान् हुन्छ । 6 तर भाइहरू हो, यदि म तिमीहरूकहाँ अन्य भाषामा बोल्दै आएँ भने मैले तिमीहरूलाई कसरी फाइदा पुर्याउँछु र ? जबसम्म मैले प्रकाश वा ज्ञानमा वा अगमवाणी वा शिक्षाको लागि मा तिमीहरूसँग बोल्दिनँ तबसम्म फाइदा पुर्याउँदिनँ । 7 यदि मुरली वा वीणाजस्ता निर्जीव साधनहरूले फरक खालका आवाजहरू निकाल्दैनन् भने कसैले कसरी कुनचाहिँ साधन बजाइएको हो भनेर जान्न सक्छ ? 8 यदि तुरहीलाई नचिनिने आवाजमा बजाउने हो भने कसरी कसैले लडाइँको लागि तयार हुने समय हो भनेर जान्ने ? 9 तिमीहरूका लागि पनि त्यस्तै हो । यदि तिमीहरूले नबुझिने तरिकाले बोल्यौ भने तिमीहरूले बोलेका कुरा कसरी बुझ्ने ? तिमीहरू बोलिरहन्छौ र कसैले पनि तिमीहरूको कुरा बुझ्नेछैन । 10 संसारमा धेरै भाषाहरू छन् भन्ने कुरामा कुनै शङ्का छैन र कुनै पनि अर्थ बिनाका छैनन् । 11 तर यदि मैले भाषाको अर्थ बुझिनँ भने म त्यस व्यक्तिको लागि र त्यो व्यक्ति मेरो लागि विदेशी हुनेछ । 12 तिमीहरूका निम्ति पनि यस्तै हो । तिमीहरू आत्माको प्रकटीकरणको लागि उत्सुक भएझैँ मण्डलीलाई निर्माण गर्ने कार्यमा जोसिलो बन । 13 यसरी नै अन्य भाषामा बोल्ने व्यक्तिले त्यसको अर्थ खोल्न सकोस् भनेर प्रार्थना गरोस् । 14 किनकि यदि मैले अन्य भाषामा प्राथना गर्छु भने मेरो आत्माले प्रार्थना गर्छ तर मेरो दिमागचाहिँ निष्फल हुन्छ । 15 मैले के गर्ने त ? म मेरो आत्माले प्रार्थना गर्नेछु, तर म मेरो दिमागले पनि प्रार्थना गर्नेछु । म मेरो आत्माले गाउनेछु र म मेरो दिमागले पनि गाउनेछु । 16 नत्रता यदि तिमीले आत्मामा धन्यवाद दिँदा यदि तिमीले भनेका कुरा बाहिरकाहरूले बुझेनन् भने कसरी तिनीहरूले आमेन भन्ने ? 17 किनकि तिमीले त निश्चय नै प्रशस्त मात्रामा धन्यवाद दिन्छौ, तर त्यसले अर्को व्यक्तिको वृद्धि गर्दैन । 18 म परमेश्वरलाई धन्यवाद दिन्छु कि म तिनीहरू सबैभन्दा बढी नै अन्य भाषाहरूमा बोल्दछु । 19 तर म मण्डलीमा अन्य भाषामा दस हजारवटा शब्द बोल्नुको साटो आफ्नै समझमा पाँचवटा शब्द बोल्न चाहन्छु । 20 भाइहरू हो, आफ्नो सोचाइमा बालक नबन । खराबीको निम्ति बालक बन । तर आफ्नो सोचाइमा परिपक्व बन । 21 व्यवस्थामा यस्तो लेखिएको छ “अनौठो भाषामा बोल्ने मानिसहरूद्वारा र विदेशीहरूका ओठद्वारा म यी मानिसहरूसँग बोल्नेछु, तर पनि तिनीहरूले मलाई सुन्नेछैनन्” परमप्रभु भन्नुहुन्छ । 22 त्यसकारण, अन्य भाषा विश्वास नगर्नेहरूको लागि चिह्न हो, विश्वासीहरूको लागि होइन । तर अगमवाणीचाहिँ विश्वासीहरूका लागि चिह्न हो, विश्वास नगर्नेहरूका लागि होइन । 23 त्यसकारण, यदि सम्पूर्ण मण्डली भेला हुँदा सबै जनाले अन्य भाषा बोल्दा बाहिरकाहरू तथा विश्वास नगर्नेहरू त्यहाँ आउँदा तिनीहरूले तिमीहरू पागल हौ भनेर भन्दैनन् र ? 24 तर तिनीहरू सबै जनाले नै अगमवाणी गर्छौ र कोही अविश्वासी वा बाहिरको व्यक्ति भित्र आयो भने उसले सुनेको कुराले उसलाई पापको बोध हुनेछ । भनिएका सबै कुराहरूद्वारा ऊ जाँचिनेछ । 25 उसको हृदयका गोप्य कुराहरू प्रकट हुन्छन् । परिणामस्वरूप, उसले परमेश्वरको सामु घोप्टो परी आराधना गर्नेछ । उसले परमेश्वर साँच्चै तिनीहरूका बिचमा हुनुहुन्छ भनेर घोषणा गर्नेछ । 26 भाइहरू हो, अब के त ? जब तिमीहरू भेला हुन्छौ, तब कसैसँग भजन, शिक्षा, प्रकाश, अन्य भाषा वा अर्थ खोल्ने काम हुन्छ । सबै कुरा मण्डलीको वृद्धिको लागि गर । 27 यदि कसैले अन्य भाषामा बोल्छ भने दुई वा तिनले पालैपालो बोलून् । र कसैले बोलिएको कुराको अर्थ खोलोस् । 28 तर यदि त्यहाँ अर्थ खोल्ने कोही पनि छैन भने मण्डलीमा रहेको हरेक व्यक्ति चुप बसोस् । ऊ आफैँ र परमेश्वरसँग एकलै बोलोस् । 29 दुई वा तिन जना अगमवक्ता बोलून् र अरूले त्यो भनिएको कुरालाई ध्यानसँग त्यसको जाँच गर्दै सुनून् । 30 तर यदि त्यो सेवामा बसिरहेको कसैलाई अन्तर्दृष्टि प्राप्त भयो भने बोलिरहेको व्यक्ति चुप लागोस् । 31 किनकि तिमीहरू एक-एक गरेर हरेक व्यक्तिले अगमवाणी गर्न सक्छौ ताकि हरेकले सिक्न सकोस् र सबै जना नै उत्साहित बनून् । 32 अगमवक्ताका आत्माहरू अगमवक्ताकै नियन्त्रणमा हुन्छन् । 33 किनकि परमेश्वर अन्योलका होइन तर शान्तिका परमेश्वर हुनुहुन्छ । विश्वासीहरूका अन्य मण्डलीहरूमा भएजस्तै 34 स्त्रीहरू मण्डलीहरूमा चुपचाप रहून् । किनकि तिनीहरूलाई बोल्नका लागि अनुमति दिइएको छैन । बरु, तिनीहरू व्यवस्थाले भनेअनुसार समर्पित हुनुपर्छ । 35 यदि तिनीहरूले केही सिक्ने चाहना गर्छन् भने तिनीहरूले आफ्ना घरमा तिनीहरूका पतिहरूलाई सोधून् । किनकि स्त्रीहरू मण्डलीमा बोल्नु शर्मको कुरो हो । 36 के परमेश्वरको वचन तिमीहरूबाट आएको थियो ? के यो तिमीहरूकहाँ मात्र आएको थियो ? 37 यदि कसैले आफैँलाई अगमवक्ता वा आत्मिक सम्झन्छ भने मैले तिमीलाई लेखेका कुराहरू परमप्रभुका आज्ञाहरू हुन् भनी उसले स्वीकार गर्नुपर्छ । 38 तर यदि कसैले यसलाई स्वीकार गर्दैन भने उसलाई पनि स्वीकार नगरियोस् । 39 यसैले भाइहरू हो, अगमवाणी गर्ने दृढ चाहना गर र कसैलाई पनि अन्य भाषा बोल्नदेखि नरोक । 40 तर सबै कामहरू उचित तरिकाले र व्यवस्थित रूपमा गर ।
यस अध्यायमा पावल आत्मिक वरदानहरूका बारेमा कुरा गर्नतिर फर्किन्छन् ।
केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई पृष्ठमा बाँकीको खण्डभन्दा अरू दायाँतिर सारेका हुन्छन् । युएलटिले पद २१ का शब्दहरूलाई यसो गर्दछ ।
अन्य भाषाका वरदानको ठीक अर्थका बारेमा विद्वानहरू सहमत हुँदैनन् । अन्य भाषाको वरदान अविश्वासीहरूका लागि चिन्ह हो भनेर पावलले वर्णन गर्छन् । बोलिएको कुरालाई कसैले अर्थ भनिदिएन भने त्यसले सम्पूर्ण मण्डलीलाई सेवा पुर्याउन सक्दैन । मण्डलीले यो वरदानलाई उचित ढङ्गले प्रयोग गर्नु ज्यादै महत्वपूर्ण हुन्छ ।
आत्मिक वरदानका रूपमा अगमवाणीको ठीक अर्थको बारेमा विद्वानहरू सहमत हुँदैनन् । पावल भन्छन्, अगमवक्ताहरूले सम्पूर्ण मण्डलीको निर्माण गर्न सक्छन् । अगमवाणीचाहिँ विश्वासीहरूका लागि वरदान हो भनेर तिनले वर्णन गर्छन् ।
शिक्षाले मानिसहरूलाई सुझावहरू दिने हुनाले यो महत्त्वपूर्ण कुरा भए तापनि, त्यो कुरा प्रेमसाथ गर्नुपर्छ भनेर तिनीहरूले जानेका पावल चाहन्छन् ।
प्रेम कोही व्यक्ति भए झैँ गरी पावलले कुरा गर्छन् । “प्रेमको पछि लाग” वा “मानिसहरूलाई प्रेम गर्न कडा मिहिनेत गर”
“र अगमवाणी बोल्नलाई सक्षम हुनलाई विशेष रूपले कठोर प्रयत्न गर”
मानिसहरूको वद्धि गर्ने भन्नाले तिनीहरूलाई तिनीहरूको विश्वासमा परिपक्व र बलियो हुन सहायता पुर्याउनु हो । तपाईंले “वृद्धि गर्नु”लाई [१ कोरिन्थीहरू ८:१]
मानिसहरूको वद्धि गर्ने भन्नाले तिनीहरूलाई तिनीहरूको विश्वासमा परिपक्व र बलियो हुन सहायता पुर्याउनु हो । तपाईंले “वृद्धि गर्नु”लाई [१ कोरिन्थीहरू ८:१]
अन्य भाषाहरूमा बोल्ने वरदानभन्दा अगमवाणीको वरदान ठूलो कुरा हो भनेर पावलले जोड दिइरहेका छन् । वैकल्पिक अनुवादः “अगमवाणी बोल्नेसँग श्रेष्ठतर वरदान हुन्छ”
यसको अर्थ कसैले कुनै भाषामा भनेका कुरा उक्त भाषा नबुझ्ने अरू मानिसहरूलाई भन्नु हो । यसलाई १ कोरिन्थीहरू २:१३ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।
यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “म तिमीहरूलाई फाइदा दिन सक्दिन” वा “मैले तिमीहरूलाई सहयोग पुर्याउने कुरा केही पनि गरेको हुने छैन”
यसले लय बनाउने भिन्नभिन्न ध्वनिलाई जनाउँछ, बाँसुरीको आवाज र वीणाको आवाजको बीचमा भएको भिन्नतालाई जनाउँदैन ।
यसको जवाफ कोरिन्थीहरू आफैँले देउन् भनी पावल इच्छा गर्छन् । वैकल्पिक अनुवादः “बाँसुरी वा वीणाले कुन धुन बजाइरहेको छ भनेर कसैले पनि जान्ने छैन”
यसको जवाफ कोरिन्थीहरू आफैँले देउन् भनी पावल इच्छा गर्छन् । वैकल्पिक अनुवादः “युद्ध गर्नलाई तयार हुने समय कतिखेर हो भनेर कसैले पनि जान्ने छैन ।”
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू सबैको अर्थ छ”
“आत्माको प्रभुत्व तिमीमाथि छ भनेर दर्शाउने कुराहरू गर्न सक्षम हुने”
मण्डली कसैले निर्माण गर्न सक्ने एउटा घर र मण्डली निर्माणको कामचाहिँ बाली कटनी गर्ने काम भए झैँ गरी पावलले कुरा गर्छन् । वैकल्पिक अनुवादः “परमेश्वरका मानिसहरूलाई परमेश्वरको सेवा गर्न अझै धेरै सक्षम बनाउन निकै सफल हुनु”
यसको अर्थ कसैले कुनै भाषामा भनेका कुरा उक्त भाषा नबुझ्ने अरूहरूलाई भन्नु हो । यसलाई १ कोरिन्थीहरू २:१३ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।
के प्रार्थना गरियो भनेर दिमागले बुझ्न सक्दैन, र यसकारण, बोलिएको प्रार्थनाले कुनै फाइदा नहुने कुरालाई “दिमागचाहिँ निष्फल हुन्छ” भनेर बताइएको छ । वैकल्पिक अनुवादः “म यो कुरा मेरो दिमागमा बुझ्दिन” वा “प्रार्थनाबाट मेरो दिमागले लाभ उठाउँदैन, किनभने मैले भनिरहेको शब्दहरू म बुझ्दिन”
पावलले उनको निष्कर्षको परिचय दिँदैछन् । वैकल्पिक अनुवादः “म यसो गर्नेछु ।”
प्रार्थनाहरू र भजनहरू यस्तो भाषामा हुनुपर्छ जसले गर्दा उपस्थित मानिसहरूले बुझ्न सकून् ।
“मैले बुझ्ने शब्दहरूमा”
यहाँ “तिमी” एकवचन भए पनि, पावलले आत्मामा मात्र भएर प्रार्थना गर्ने तर दिमागले नगर्ने हरेक व्यक्तिलाई सम्बोधन गर्दै छन् ।
यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “ ... भनिरहेको ... बाहिरकोले कदापि ‘आमेन्’ भन्न सक्नेछैन ।”
सम्भावित अर्थहरू हुन् १) “अर्को व्यक्ति” वा २) “तिमीहरूको समूहमा जो नयाँ मानिसहरू हुन्”
“सहमत हुन सक्न”
पावल कोरिन्थीहरूसँग तिनीहरू एउटा व्यक्ति भए झैँ गरी कुरा गर्छन्, त्यसैले यहाँ “तिमी” शब्द एकवचन छ ।
मानिसहरूको वृद्धि गर्ने कुराले तिनीहरूलाई तिनीहरूको विश्वासमा परिपक्व र बलियो हुन सहायता पुर्याउने कुरालाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । तपाईंले “वृद्धि गर्छ”लाई [१ कोरिन्थीहरू ८:१]
पावलले शब्दहरूको गन्ती गरिरहेका थिएनन्, तर मानिसहरूले नबुझ्ने भाषाका असङ्ख्य शब्दहरूभन्दा बुझ्न सक्ने थोरै शब्द नै धेरै मूल्यवान् हुन्छ भन्ने कुरामा जोड दिनलाई अतिशयोक्तिको प्रयोग गरे । वैकल्पिक अनुवादः “१०,००० ओटा शब्दहरू” वा “निकै धेरै शब्दहरू”
पावलले तिनीहरूलाई बताउँछन् कि ख्रीष्टको मण्डलीको सुरुवातमा अन्य भाषाहरूमा बोल्ने कुरा हुनुभन्दा धेरै वर्ष अगाडि नै विभिन्न भाषाहरूमा बोल्ने कुराको बारेमा यशैया अगमवक्ताद्वारा पहिले नै बताइएको थियो ।
यहाँ आत्मिक रूपमा अपरिपक्व हुने कुराका लागि “बालक” शब्द रूपक अलङ्कार हो । वैकल्पिक अनुवादः “बालकहरूले झैँ विचार नगर”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छः वैकल्पिक अनुवादः “अगमवक्ताहरूले यी शब्दहरू व्यवस्थामा लेखेः”
यी दुईवटा वाक्यांशले साधारणतया एउटै अर्थ दिन्छन् र जोड दिनको लागि एकसाथ प्रयोग गरिएका छन् ।
मण्डलीमा भएका वरदानहरूलाई व्यवस्थित किसिमले चलाउनलाई पावलले विशेष निर्देशनहरू दिन्छन् ।
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न र अरू सकारात्मक वाक्यसित जोड्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्वासीहरूका लागि मात्र”
यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरूले तिमीहरूलाई बौलाहा भन्नेछन्”
जोड दिनका लागि पावलले सामान्य रूपमा एउटै कुरालाई दुईपल्ट भन्छन् । वैकल्पिक अनुवादः “ऊ पापको दोषी छ भनेर उसले महसुस गर्ने छ किनभने तिमीले भनिरहेको कुरा उसले सुन्छ”
यहाँ “हृदय” भनेको व्यक्तिको सोचाइहरूको लागि प्रतिस्थापन हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उसको हृदयका गुप्त कुराहरू प्रकट गरिदिनुहुने थियो” वा “उसले आफूभित्र भएका उसका आफ्नै गुप्त भित्री विचारहरू जान्ने थियो”
यहाँ “घोप्टो पर्नु” भनेको एउटा उपमा हो, जसको अर्थ निहुरनु हुन्छ । वैकल्पिक अनुवादः “ऊ निहुरनेछ र परमेश्वरको आराधना गर्नेछ”
पावलले आफ्नो सन्देशको अर्को भागको परिचय दिनको लागि एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “किनकि मैले भर्खरै भनेका हरेक कुरा सत्य हुन्, मेरा मित्र विश्वासीगण, तिमीहरूले यसो नै गर्नुपर्छ ।”
यसको अर्थ कसैले कुनै भाषामा भनेका कुरा उक्त भाषा नबुझ्ने अरूहरूलाई भन्नु हो । “अर्थ खोल्नु”लाई १ कोरिन्थीहरू २:१३ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।
“र तिनीहरूले एकपछि अर्को गरी बोल्नुपर्छ” वा “र तिनीहरूले एकपल्टमा एक जना गरी बोल्नुपर्छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले बोलेका कुराहरूको अर्थ खोल”
यसको अर्थ कसैले कुनै भाषामा भनेका कुरा उक्त भाषा नबुझ्ने अरूहरूलाई भन्नु हो । “अर्थ खोल्नु”लाई १ कोरिन्थीहरू २:१३ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।
सम्भावित अर्थहरू हुन् १) एउटा सेवामा दुई वा तीन जना अगमवक्तालाई मात्र बोल्न देओ वा २) कुनै पनि बेला दुई वा तीन जना अगमवक्तालाई मात्र पालैपालो बोल्ने समय देओ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले बोलेका कुरालाई”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि परमेश्वरले कसैलाई अन्तर्दृष्टि दिनुभयो भने”
एक पटकमा एक जनाले मात्र अगमवाणी गर्नुपर्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीले सबैलाई उत्साह दिन सक”
परमेश्वरले सबै मानिसलाई एकै पटक बोल्न दिएर अस्तव्यस्तको अवस्था सृजना गर्नुहुन्न ।
सम्भावित अर्थहरू हुन् १) बोल्न छोडून् वा २) कसैले अगमवाणी गरेको बेलामा नबोलून् वा ३) मण्डलीको सेवामा बिल्कुलै चुपचाप होऊन् ।
ख्रीष्टिएनहरूले के गरेको परमेश्वरले चाहनुहुन्छ भन्ने कुरा जानेको कोरिन्थीहरू मात्र होइनन् भनेर पावल जोड दिन्छन् । वैकल्पिक अनुवादः “परमेश्वरको वचन कोरिन्थमा भएका तिमीहरूबाट सुरु भएको होइन, परमेश्वरको इच्छा बुझ्ने मानिसहरू तिमीहरू मात्र होइनौ ।”
यहाँ “परमेश्वरको वचन” परमेश्वरबाटको सन्देशको लागि प्रतिस्थापन हो । वैकल्पिक अनुवादः “परमेश्वरको सन्देश”
एउटा साँचो अगमवक्ता वा साँच्चै आत्मिक व्यक्तिले पावलको लेखाइहरू प्रभुबाट आएको हो भनेर स्वीकार गर्नेछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले उसलाई वास्ता गर्नुहुँदैन”
मण्डलीमा अन्य भाषा बोल्नु भनेको अनुमति दिन मिल्ने र स्वीकार्य छ भन्ने कुरालाई पावलले स्पष्ट पार्छन् ।
मण्डलीका सेवाहरू सुव्यवस्थित हुनुपर्छ भनेर पावलले जोड दिइरहेका छन् । वैकल्पिक अनुवादः “तर सबै कुरा ठीक किसिमले र सुव्यवस्थित तरिकाले गर” वा “तर सबै कुरा सुव्यवस्थित र सहि तरिकाले गर”
1 भाइहरू हो, तिमीहरूका माझमा मैले घोषणा गरेको सुसमाचार तिमीहरूलाई म स्मरण गराउँछु जुन तिमीहरूले पायौ र तिमीहरू त्यसैमा रहन्छौ । 2 मैले प्रचार गरेको वचनमा अटल रह्यौ भने यही सुसमाचारद्वारा तिमीहरू बचाइन्छौ । नत्रता तिमीहरूले व्यर्थमा विश्वास गर्यौ । 3 किनकि मैले जे पाएँ ती तिमीहरूलाई अति महत्त्वका साथ सुम्पिदिएः धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका लागि मर्नुभयो, 4 उहाँ गाडिनुभयो अनि धर्मशास्त्रअनुसार नै तेस्रो दिनमा जीवित पारिनुभयो । 5 त्यसपछि उहाँ केफास र बाह्र जना चेलाकहाँ देखा पर्नुभयो । 6 त्यसपछि उहाँ एकसाथ पाँचसय भाइहरूकहाँ देखा पर्नुभयो । तीमध्ये धेरै जना अहिलेसम्म जीवित छन्, तर कतिचाहिँ मरिसकेका छन् । 7 त्यसपछि उहाँ याकूब र बाँकी रहेका सबै प्रेरितहरूका माझमा देखा पर्नुभयो । 8 अन्त्यमा उहाँ असमयमा जन्मेको बालककहाँ जस्तै गरी मकहाँ देखा पर्नुभयो । 9 किनकि म प्रेरितहरूमध्ये सबैभन्दा तुच्छ हुँ । म प्रेरित कहलाइन योग्य छैनँ किनकि मैले परमेश्वरको मण्डलीलाई सताएँ । 10 तर म जे छु परमेश्वरको अनुग्रहमा छु र ममा भएको उहाँको अनुग्रह व्यर्थमा थिएन । बरु, मैले तिनीहरू सबैले भन्दा बढी परिश्रम गरेँ । तरै पनि त्यो मैले होइनँ तर ममा काम गर्नुहुने परमेश्वरको अनुग्रहले थियो । 11 यसैकारण, म वा तिनीहरू जसले भए पनि हामी प्रचार गर्छौं र तिमीहरूले विश्वास गर्यौ । 12 अब यदि ख्रीष्ट मृतकहरूबाट जीवित पारिनुभएको हो भनी घोषणा गरिन्छ भने कसरी तिमीहरूमध्ये कतिपयले मृतकहरूको पुनरुत्थान हुँदैन भन्न सक्छौ ? 13 तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भने ख्रीष्ट पनि जीवित पारिनुभएन । 14 र यदि ख्रीष्ट जीवित पारिनुभएको होइन भने हाम्रो प्रचार पनि व्यर्थ हुन्छ र तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छ । 15 अनि परमेश्वरले ख्रीष्टलाई जीवित नपारीकन उहाँले जीवित पार्नुभयो भनेर उहाँको विरुद्धमा झुटो गवाही दिएको कारण हामी झुटा गवाह हुन्छौँ । 16 यदि मरेकाहरू जीवित पारिँदैनन् भने ख्रीष्ट पनि जीवित पारिनुभएन । 17 तर यदि ख्रीष्ट जीवित पारिनुभएको होइन भने तिमीहरूको विश्वास व्यर्थ हुन्छ र तिमीहरू अझै पनि पापमा नै छौ । 18 तब ख्रीष्टमा मर्नेहरू पनि नष्ट भएका छन् । 19 यदि यस जीवनको लागि मात्र हामीले ख्रीष्टमा भविष्यको निश्चयता पाएका छौँ भने त हामी सबै मानिसहरूभन्दा बढी दयनीय हुन्छौँ । 20 तर अब ख्रीष्ट मृतकहरूबाट जीवित पारिनुभएको छ र यसरी मरेकाहरूबाट जीवित भई उठ्नेमा उहाँ पहिलो फल हुनुभएको छ । 21 किनकि मृत्यु एक जना मानिसबाट आयो र मृतकहरूको पुनरुत्थान पनि एक जना मानिसबाट नै आयो । 22 किनकि जसरी आदममा सबैको मृत्यु हुन्छ, त्यसरी नै ख्रीष्टमा सबै जीवित परिनेछन् । 23 तर प्रत्येक कुरा आफ्नै क्रमअनुसार हुनेछः ख्रीष्ट पहिलो फल हुनुहुन्छ र त्यसपछि ख्रीष्टमा भएकाहरू उहाँको आगमनमा जीवित पारिनेछन् । 24 त्यसपछि अन्त्य आउनेछ, जुन बेला ख्रीष्टले राज्यलाई परमेश्वर पिताको हातमा सुम्पिदिनुहुनेछ । त्यस बेला उहाँले सबै शासन, सारा अख्तियार र सबै सामर्थ्यलाई उन्मूलन गरिदिनुहुनेछ । 25 किनकि आफ्ना सबै शत्रुहरूलाई आफ्ना खुट्टामुनि नपारुञ्जेलसम्म उहाँले शासन गर्नुहुनेछ । 26 नष्ट गर्नुपर्ने अन्तिम शत्रु मृत्यु हो । 27 किनकि “उहाँले सबै कुरालाई उहाँको आफ्नो पाउमुनि ल्याउनुहुनेछ ।” तर “उहाँले सबै कुरा आफ्नो अधीनमा राख्नुभएको छ” भन्नाले यसको अर्थ हुन्छ कि सबै कुरा उहाँको अधीनमा राख्नेचाहिँ यसमा पर्नुहुन्न । 28 जब सबै कुरा उहाँको अधीनमा राखिन्छन्, तब पुत्रको अधीनमा सबै कुराहरू राखिदिनेको अधीनमा उहाँ आफैँ आउनुहुनेछ । परमेश्वर पिता सबै कुरामा सर्वोच्च ठहरिन सक्नुभएको होस् भनेर यसो हुनेछ । 29 नत्रता मरेकाहरूको निम्ति बप्तिस्मा लिनेहरूले के गर्ने त ? यदि मरेकाहरू जीवित नपारिने हो भने किन तिनीहरूका निम्ति उनीहरूले बप्तिस्मा लिए ? 30 र किन हामी हरपल खतरामा छौँ ? 31 म प्रतिदिन मर्दछु । भाइहरू हो, म तिमीहरूमा गर्व गर्दछु, जुन मैले येशू ख्रीष्ट हाम्रा प्रभुमा पाएको छु । 32 यदि मरेकाहरू जीवित भई उठ्दैनन् भने एफिससमा मैले मेरो ज्यानलाई नै जोखिममा पारेर जङ्गली जनावरसँग गरेको लडाइँले मानवीय दृष्टिबाट मलाई के लाभ हुन्छ र ? त्यसैले, “हामी खाऔँ र पिऔँ किनकि भोलि त हामी मरिहाल्छौँ ।” 33 भर्ममा नपर “खराब सङ्गतले असल चरित्रलाई बिगार्छ ।” 34 धोका नखाओ ! धार्मिकतामा जिओ ! पाप गरी नरहो । किनकि तिमीहरूमध्ये कतिलाई त परमेश्वरको कुनै ज्ञानै छैन । तिमीहरूलाई लज्जित पार्न म यो भन्दछु । 35 तर कसैले यसरी भन्नेछ, “मरेकाहरू कसरी जीवित पारिन्छन् ? अनि कस्तो शरीर लिएर तिनीहरू आउनेछन् ?” 36 तिमीहरू अति अन्जान छौ ! जे रोप्छौ सो नमरेसम्म उम्रन थाल्नेछैन, 37 अनि तिमीहरूले जे रोप्छौ त्यो पछि हुने शरीर होइन, तर बिउ मात्र हो । त्यो गहुँ या अन्य कुनै कुरा बन्न सक्छ । 38 तर परमेश्वरले चाहेअनुसारको शरीर त्यसलाई दिनुहुनेछ र प्रत्येक बिउलाई त्यसको आफ्नै शरीर दिनुहुनेछ । 39 सबै शरीर उस्तै हुँदैनन् । मानवीय शरीर एक किसिमको हुन्छ भने पशुको शरीर अर्को किसिमको र त्यसरी नै चराहरू वा माछाहरूको शरीर अर्कै किसिमको हुन्छ । 40 त्यसरी नै स्वर्गीय तथा पार्थिव शरीरहरू हुन्छन् । तर स्वर्गीय शरीरको महिमा एक किसिमको र पार्थिव शरीरको महिमा अर्कै हुन्छ । 41 सूर्यको महिमा एक किसिमको हुन्छ र चन्द्रमाको अर्कै र त्यसरी नै ताराहरूको महिमा फरक हुन्छ । किनकि एउटा ताराको महिमा अर्को ताराको भन्दा फरक हुन्छ । 42 मृतकहरूको पुनरुत्थान पनि त्यस्तै हो । रोपिएको कुरा नष्ट भएर जानेछ र उठाइएको कुरा नष्ट हुनेछैन । 43 त्यसलाई अनादरमा रोपिन्छ र महिमामा उठाइन्छ; त्यसलाई कमजोरीमा रोपिन्छ र शक्तिमा उठाइनेछ । 44 त्यसलाई प्राकृतिक शरीरमा रोपिन्छ र आत्मिक शरीरमा उठाइन्छ । यदि प्राकृतिक शरीर हुन्छ भने आत्मिक शरीर पनि हुन्छ । 45 त्यसैले, यस्तो पनि लेखिएको छ, “पहिलो मानिस आदम जीवित प्राण बन्यो ।” अन्तिम आदम जीवन दिने आत्मा बन्नुभयो । 46 तर पहिले आएकोचाहिँ आत्मिक होइन, तर प्राकृतिक थियो त्यसपछि आत्मिक आयो । 47 पहिलो मानिस भूमिको माटोबाट बनाइएको पृथ्वीको हो । दोस्रो मानिस स्वर्गबाट आएको हो । 48 माटोबाट बनेको मानिसजस्तो हो; माटोबाट बनिएकाहरू पनि त्यस्तै हुन् । र स्वर्गको मानिस जस्तो छ, स्वर्गकाहरू पनि त्यस्तै हुन्छन् । 49 जसरी हामी सबैले माटोबाट बनेको मानिसको रूप धारण गरेका छौँ, त्यसरी नै स्वर्गबाट आउनुभएका मानिसको रूपलाई धारण गरेका छौँ । 50 त्यसैले, अब भाइहरू हो म भन्छु कि मासु र रगत परमेश्वरको राज्यको हकदार हुन सक्नेछैन, न त विनाशी अविनाशिको हकदार हुन सक्छ । 51 हेर ! म तिमीहरूलाई गोप्य सत्य बताउँछुः हामी सबै मर्नेछैनौँ, तर हामी सबै परिवर्तन हुनेछौँ । 52 हामीहरू एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको अन्तिम आवाजमा परिवर्तन हुनेछौँ । किनकि तुरही बज्नेछ र मरेकाहरू अविनाशी शरीरमा जीवित पारिनेछन् र हामी परिवर्तन हुनेछौँ । 53 किनकि विनाशीले शरीरले अविनाशी शरीरलाई धारण गर्नुपर्छ र यो मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ । 54 यो विनाशी शरीरले अविनाशीलाई धारण गर्नेछ र यो मरणशील शरीरले अमरत्व धारण गरेपछि यसरी लेखिएको वचन पुरा हुन आउनेछः “मृत्यु विजयमा निलिएको छ ।” 55 “हे मृत्यु तेरो विजय कहाँ छ ? मृत्यु तेरो खिल कहाँ छ ?” 56 मृत्युको खिल पाप हो र पापको शक्ति व्यवस्था हो । 57 तर येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा हामीलाई विजय दिने परमेश्वरलाई धन्यवाद होस् ! 58 त्यसैकारण, मेरा प्रिय भाइहरू हो, स्थिर र अटल रहो । सधैँ परमेश्वरको काममा व्यस्त रहो, किनकि परमेश्वरमा तिमीहरूको काम व्यर्थ हुँदैन ।
यस अध्यायले येशूको पुनरुत्थानको बारेमा महत्वपूर्ण शिक्षालाई समावेश गर्छ । एक जना व्यक्तिको मृत्यु भएपछि ऊ फेरि जिवित हुन्छ भनेर ग्रीक मानिसहरूले विश्वास गर्दैनथे । पावलले येशूको पुनरुत्थानको बचाउ गर्छन् । सबै विश्वासीका लागि यो कुरा किन महत्वपूर्ण छ भनेर तिनले सिकाउँछन् । अनि )
येशू नै परमेश्वर हुनुहुन्छ भन्ने कुराका लागि सबैभन्दा ठूलो प्रमाण नै उहाँको पुनरुत्थान हो भनेर पावलले प्रस्तुत गर्छन् । परमेश्वरले जीवित तुल्याउनुहुने धेरै जनामध्ये ख्रीष्टचाहिँ प्रथम हुनुहुन्छ । पुनरुत्थान नै सुसमाचारको केन्द्रबिन्दु हो । यो जत्तिकै महत्वपूर्ण सिद्धान्त त थोरै मात्र होलान् । अनि )
पावलले यस अध्याय थुप्रै विभिन्न अलङ्कारको भाषा प्रयोग गर्छन् । कठिन ईश्वरशास्त्रीय शिक्षाहरूलाई मानिसहरूले बुझ्ने भाषामा व्यक्त गर्नका लागि तिनले तिनीहरूलाई प्रयोग गर्छन् ।
तिनीहरूलाई बचाउनेचाहिँ सुसमाचारले हो भनी पावलले तिनीहरूलाई स्मरण गराउँछन् र सुसमाचार के हो भनी तिनले फेरि पनि तिनीहरूलाई भन्छन् । त्यसपछि उनले तिनीहरूलाई इतिहासको छोटो शिक्षा दिन्छन्, जुन अझसम्म हुन बाँकी कुरामा अन्त्य हुन्छ ।
“तिमीहरूलाई याद गर्न सहयोग गर्नु”
पावलले कोरिन्थीहरूको बारेमा तिनीहरू एक घर भए झैँ गरी र सुसमाचारको बारेमा त्योचाहिँ एउटा जगको रूपमा जसमा उक्त घर खडा रहन्छ भने झैँ गरी बताउँछन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । “परमेश्वरले तिमीहरूलाई बचाउनुहुनेछ”
“मैले तिमीहरूलाई प्रचार गरेको सन्देश”
सम्भावित अर्थहरू हुन् १) धेरैमा सबैभन्दा महत्वपूर्ण कुराको रूपमा २) समयमा पहिलो कुराको रूपमा ।
“हाम्रा पापको मूल्य तिर्न” वा “ताकि परमेश्वरले हाम्रा पाप क्षमा गर्न सक्नुभएको होस्”
पावलले पुरानो करारको लेखहरूलाई सङ्केत गरिरहेका छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले उहाँलाई गाडे”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँलाई बिउँताउनुभयो”
“फेरि जीवित हुने तुल्याइनुभयो”
यदि तपाईंलाई पद ५ पूर्ण वाक्य भएको चाहिन्छ भने, [१ कोरिन्थी १५:४] (./03.md) लाई अल्पविराम चिन्हले अन्त्य गर्नुहोस्, ताकि [१ कोरिन्थी १५:३] मा सुरु भएको वाक्यलाई पद ५ ले पूर्ण गर्छ ।
“... आफैँलाई प्रकट गराउनुभयो”
५००
यहाँ “सुत्नु” भनेको मृत्युलाई जनाउने सामान्य मृदुभाषी शब्द हो । वैकल्पिक अनुवादः “केही मरिसकेका छन्”
“उहाँ अरूहरूकहाँ देखा परिसकेपछि अन्तिममा”
यो एउटा टुक्का हो जसद्वारा पावलले उनी अरू प्रेरितहरूभन्दा धेरै पछि ख्रीष्टिएन बने भन्न खोजेका हुन सक्छन् । अथवा उनले भन्न खोजेको यो हो कि, अरू प्रेरितहरूले जस्तो, उनले येशूको तीन वर्षे लामो सेवकाई देखेनन् । वैकल्पिक अनुवादः “अरूले गरेको अनुभवहरूलाई छुटाउने कोही व्यक्ति”
पावल अहिले जो छन्, त्यो परमेश्वरको अनुग्रह र दयाले बनाएको हो ।
पावलले साधारण वाक्यहरूद्वारा जोड दिइरहेका छन् कि परमेश्वरले पावलद्वारा काम गर्नुभयो । वैकल्पिक अनुवादः “उहाँ ममाथि कृपालु हुनुभएको हुनाले, मैले धेरै असल काम गर्न सकेँ”
परमेश्वर आफूमाथि कृपालु हुनुभएको हुनाले आफूले गर्न सकेको कामको बारेमा पावलले अनुग्रहले नै वास्तवमा काम गरिरहेको थियो जसरी बताउँछन् । वैकल्पिक अनुवादः सम्भावित अर्थहरू हुन् १) यो अक्षरशः साँचो हो, र परमेश्वरले वास्तवमै काम गर्नुभयो र दयापूर्वक पावललाई एउटा हतियारको रूपमा प्रयोग गर्नुभयो वा २) पावलले एउटा अलङ्कारको प्रयोग गरिरहेका छन् र भन्दै छन् कि पावललाई काम गर्न दिन र पावलको कामको असल परिणामहरू आउने बनाउन परमेश्वर कृपालु हुनुभयो ।
एउटा नयाँ विषयको थालनी गर्नको लागि पावलले यो प्रश्नको प्रयोग गर्दैछन् । वैकल्पिक अनुवादः “तिमीहरूले मृतकहरूको पुनरुत्थान छैन भनेर भन्नु हुँदैन !”
फेरि जीवित तुल्याइएको
मृतकहरूको पुनरुत्थान हुन्छ भनी तर्क गर्नका लागि पावलले परिकल्पित परिस्थितिको प्रयोग गरिरहेका छन् । तिनलाई थाहा छ कि ख्रीष्टको पुरुत्थान भएको छ र त्यसैले पुनरुत्थान हुन्छ भन्ने निष्कर्ष निकाल्दछन् । मृतकहरूको पुनरुत्थान हुँदैन भनेर भन्नु भनेको ख्रीष्ट पनि मृत्युबाट पुनर्जीवित पारिनुभएन भन्नु हो, तर यो गलत हो किनभने पावलले पुनर्जीवित ख्रीष्टलाई देखिसकेका छन्
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले ख्रीष्टलाई पनि पुनर्जीवित पार्नुभएको छैन”
ख्रीष्ट मृतकहरूबाट बौह्रिउठ्नुभएको हो भन्ने कुरामा तिनीहरू ढुक्क भएको पावल चाहन्छन् ।
यदि ख्रीष्ट पुनर्जीवित पारिनुभएको होइन भने त ख्रीष्ट फेरि जीवित हुनुभएको भन्ने बारेमा तिनीहरू झुटा साक्षीहरू हुनेछन् भनी पावल तर्क राख्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबैले जान्नेछन् कि हामी ... हौँ”
तिनीहरूको विश्वास ख्रीष्टको पुनरुत्थानमा आधारित छ, त्यसैले यदि त्यो भएको होइन भने, तिनीहरूको विश्वासले तिनीहरूलाई कुनै लाभ दिनैछैन ।
“हरेकमा, विश्वासीहरू र अविश्वासीहरू गरेर”
“मानिसहरूले अरू कसैको लागि भन्दा पनि बढी हाम्रो लागि अफसोस मान्नुपर्छ”
“जसरी यो हो, ख्रीष्ट” वा “यो नै सत्यता होः ख्रीष्ट”
यहाँ “पहिलो फल” एउटा अलङ्कार हो जसले ख्रीष्टलाई बालीको पहिलो फसलसित तुलना गर्छ, जसको पछि बाँकीको बाली आउँछ । मृत्युबाट जीवित पारिनेहरूमा ख्रीष्ट पहिलो हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “जो बालीको पहिलो हिस्सा झैँ हुनुहुन्छ”
यहाँ “बौह्रिउठाइएको” भनेको “फेरि जीवित हुने तुल्याउने” कुराको लागि उपमा हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले ख्रीष्टलाई जीवित पार्नुभएको छ, जो मरेकाहरूमध्येमा पहिलो फल हुनुहुन्छ”
भाववाचक नाम “मृत्यु”लाई “मर्नु” क्रियापदले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एउटा मानिसले गरेको कामले गर्दा मानिसहरू मर्छन्”
भाववाचक नाम “पुनरुत्थान”लाई “बौह्रिउठाउनु” क्रियापदले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अर्को मानिसको कारणले मानिसहरू मृतकहरूबाट जीवित पारिन्छन्” वा “एउटा मानिसले गरेको कामले गर्दा मानिसहरू फेरि जीवित हुनेछन्”
यहाँ “पहिलो फल” एउटा अलङ्कार हो जसले ख्रीष्टलाई बालीको पहिलो फसलसित तुलना गर्छ, जसको पछि बाँकीको बाली आउँछ । ख्रीष्ट मृतकबाट जीवित पारिनेमा पहिलो हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “जो बालीको पहिलो हिस्सा झैँ हुनुहुन्छ”
यहाँ “उहाँ” र “उहाँको” भन्ने शब्दहरूले ख्रीष्टलाई जनाउँछ ।
“उहाँले ती मानिसहरूलाई रोक्नुहुनेछ जसले शासन गर्छन्, जोसँग अधिकार छ, र जससँग तिनीहरूले गरिरहेका कुराहरूबाट शक्ति हुन्छ”
युद्धहरू जितेका राजाहरूले आफूले हराएका मानिसहरूका गलाहरूमा आफ्ना खुट्टाहरूले टेक्थे । वैकल्पिक अनुवादः “परमेश्वरले ख्रीष्टका सबै शत्रुहरूलाई पूर्ण रूपमा नष्ट नपारुञ्जेलसम्म”
पावलले मृत्युको बारेमा त्योचाहिँ एउटा व्यक्ति हो जसलाई परमेश्वरले मार्नुहुनेछ जस्तो गरी बताउँछन् । वैकल्पिक अनुवादः “परमेश्वरले नष्ट पार्नुहुने आखिरी शत्रुचाहिँ मृत्यु आफैँ हो”
युद्धहरू जितेका राजाहरूले आफूले हराएका मानिसहरूका गलाहरूमा आफ्ना खुट्टाहरूले टेक्थे । “ ... उहाँको पाउमुनि राख्नु”लाई [१ कोरिन्थीहरू १५:२५]
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले सबै थोकलाई ख्रीष्टको अधीनमा राख्नुभएको छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पुत्र आफैँ अधीनमा हुनुहुनेछ”
यसअघिका पदहरूमा उहाँलाई “ख्रीष्ट”को रूपमा जनाइएको थियो । वैकल्पिक अनुवादः “ख्रीष्ट, जो पुत्र आफैँ हुनुहुन्छ”
यो एउटा महत्त्वपूर्ण उपाधि हो जसले येशू र परमेश्वरको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छ ।
पावलले कोरिन्थीहरूलाई सिकाउन यो प्रश्नको प्रयोग गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “नत्रता मरेका मानिसहरूका निम्ति बप्तिस्मा लिनु ख्रीष्टिएनहरूका लागि व्यर्थ हुनेछ ।”
मरेकाहरू जीवित पारिन्छन् भनी तर्क गर्नका लागि पावलले परिकल्पित परिस्थितिलाई प्रयोग गर्छन् । मृतकहरू जीवित पारिने छैनन् भन्नुचाहिँ मानिसहरूले मृतकहरूका लागि बप्तिस्मा लिनुपर्दैन भन्नु हो । तर कोही मानिसहरू, शायद कोरिन्थमा भएको मण्डलीका कुनै सदस्यहरूले मृतकहरूका लागि बप्तिस्मा लिएका छन्, त्यसैले तिनले निष्कर्ष निकाल्दछन् कि मानिसहरूले मृतकहरूका लागि बप्तिस्मा लिन्छन् किनभने मृतकहरू जीवित पारिन्छन् भनी तिनीहरूले विश्वास गर्छन् ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मृतकहरूलाई बौह्राउनुहुन्न”
“फेरि जीवित हुने तुल्याइँदैनन्”
पावलले कोरिन्थीहरूलाई सिकाउन यो प्रश्नको प्रयोग गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मरेका मानिसहरूका साटोमा मानिसहरूले तिनीहरूलाई बप्तिस्मा दिनलाई त्यहाँ कुनै कारण हुने छैन ।”
पावलले कोरिन्थीहरूलाई सिकाउन यो प्रश्नको प्रयोग गर्छन् । येशूले मानिसहरूलाई मृतकबाट जीवित पार्नुहुनेछ भनेर शिक्षा दिएका कारणले कोही मानिसहरू रिसाएका हुनाले तिनी र अरूहरू खतरामा परेका थिए । वैकल्पिक अनुवादः वैकल्पिक अनुवादः “यदि मानिसहरू मृतकबाट जीवित हुनेछैनन् भने, मानिसहरू बौह्रिउठ्ने छन् भनी सिकाएर हरेक घन्टा आफूलाई खतरामा पारेर हामीलाई केही पनि फाइदा हुने छैन ।”
यो अतिशयोक्तिको अर्थ तिनी मर्ने खतरामा थिए भन्ने हुन्छ । केही मानिसहरूले तिनलाई मार्न चाहिरहेका थिए भनी तिनलाई थाहा थियो, किनभने तिनले सिकाइरहेका कुराहरूलाई तिनीहरूले मन पराएनन् । वैकल्पिक अनुवादः “हरेक दिन म मृत्युको खतरामा हुन्छु” वा “हरेक दिन म आफ्नो जीवनलाई जोखिममा पार्छु !”
पावलले हरेक दिन मृत्युको सामना गरेको सबुतको रूपमा तिनले यो वाक्य प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “यो कुरा साँचो हो भनी तिमीहरू जान्न सक्छौ, किनभने तिमीहरूमाथि मैले गरेको गर्वको बारेमा तिमीहरू जान्दछौ” वा “यो कुरा साँचो हो भनी तिमीहरू जान्न सक्छौ, किनभने तिमीहरूमाथि म कति गर्व गर्छु सो तिमीहरू जान्दछौ”
ख्रीष्ट येशूले तिनीहरूका लागि जे गर्नुभएको थियो सो कुराका कारणले पावलले तिनीहरूमाथि गर्व गरे । वैकल्पिक अनुवादः “तिमीहरूमाथिको मेरो गर्व, जुन ख्रीष्ट येशू, हाम्रा प्रभुले तिमीहरूका लागि गर्नुभएको कुराको कारण म गर्छु”
“तिमीहरू कति भला छौ भनी जसरी म अरू मानिसहरूलाई भन्दछु”
कोरिन्थीहरूलाई बताउनु नपरिकनै तिनीहरूले कुरा बुझेको पावल चाहन्छन् । यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “यदि ... उठ्दैनन् भने ... एफिससका जङ्गली जनावरहरूसँग लडेर .. मलाई केही लाभ भएन ।”
तिनले वास्तवमै गरेको केही कुरालाई पावलले जनाइरहेका छन् । सम्भावित अर्थहरू हुन् १) पावलले आलङ्कारिक रूपमा पढे लेखेका मूर्तिपूजकहरूसँग भएको वादविवाद वा उनलाई मार्न चाहने मानिसहरूसँग भएका अन्य झडपका बारेमा बताइरहेका थिए वा २) उनलाई साँच्चिकै भयङ्कर जनावरहरूसँग लडाइँ गर्नको लागि अखडामा राखिएको थियो ।
मृत्युपछि जीवन छैन भने त, यसै जीवनमा हामीले सकेजति आनन्द मनाउनु हाम्रो लागि बेस हुन्छ, किनकि भोलि त हाम्रो जीवन थप आशा बिना सकिनेछ भनेर पावलले निष्कर्ष निकाल्छन् ।
यदि तिमीहरू खराब मानिसहरूसित बस्छौ भने, तिमीहरूले तिनीहरूले झैँ व्यवहार गर्नेछौ । पावलले एउटा सामान्य भनाइलाई उद्धृत गर्दैछन् ।
“यस कुराको बारेमा तिमीहरूले गम्भीर भएर विचार गर्नुपर्छ”
विश्वासीहरूका शरीरहरूको पुनरुत्थान कसरी हुनेछ भनेर पावलले केही निर्दिष्ट जानकारीहरू दिन्छन् । तिनले प्राकृतिक र आत्मिक शरीरहरूको तस्विर दिन्छन् र पहिलो मानिस, आदमलाई आखिरी आदम, ख्रीष्टसित तुलना गर्छन् ।
सम्भावित अर्थहरू हुन् १) त्यो व्यक्तिले साँचो हृदयले सोध्दै छ वा २) पुनरुत्थानको विचारलाई गिल्ला गर्नका लागि त्यो व्यक्तिले यो प्रश्नको प्रयोग गर्दैछ । वैकल्पिक अनुवादः “तर केहीले भन्नेछन् कि परमेश्वरले मृतकहरूलाई कसरी जीवित पार्नुहुनेछ, र परमेश्वरले तिनीहरूलाई पुनरुत्थानमा कस्तो प्रकारको शरीर दिनुहुनेछ भनेर तिनीहरूले कल्पना गर्न सक्दैनन् ।”
“कसैले सोध्नेछ”
अर्थात, यो भौतिक शरीर वा आत्मिक शरीर हुनेछ ? त्यो शरीरको आकार कस्तो हुनेछ ? त्यो शरीर के कुराले बनेको हुनेछ ? यी प्रश्नहरूको जवाफ जान्न इच्छा गर्ने कोही व्यक्तिले सोध्न सक्ने सबैभन्दा मूलभूत प्रश्नहरूको प्रयोग गरेर अनुवाद गर्नुहोस् ।
पावल कोरिन्थीहरूसँग तिनीहरू एक व्यक्ति भए झैँ गरी कुरा गरिरहेका छन्, त्यसैले यहाँ भएका “तिमी”को दुवै प्रयोगहरू एकवचनमा छन् ।
“तिमीलाई यसको बारेमा केही नै थाहा छैन”
बिउ पहिले जमिनमा नपुरिएसम्म त्यो बढ्ने छैन । त्यसरी नै परमेश्वरले कुनै व्यक्तिलाई पुनरुत्थान गर्नुअगि, उसको मृत्यु हुनुपर्छ ।
परमेश्वरले विश्वासीको मरेको शरीरलाई पुनर्जीवित पार्नुहुनेछ, तर त्यो शरीर पहिलाको जस्तो देखिने छैन भनेर बताउन पावल फेरि बिउको उपमा प्रयोग गर्छन् ।
पावल कोरिन्थीहरूसँग तिनीहरू एक व्यक्ति भए झैँ गरी कुरा गरिरहेका छन्, त्यसैले यहाँ “तिमी” शब्द एकवचनमा छ ।
“त्यसले कस्तो किसिमको शरीर पाउनेछ भन्ने कुराको निर्णय परमेश्वरले गर्नुहुनेछ”
पशुहरूको सन्दर्भमा, “शरीर”लाई “जिउ”, “छाला” वा “मासु” भनेर अनुवाद गर्न सकिन्छ ।
सम्भावित अर्थहरू हुन् १) सूर्य, चन्द्रमा, ताराहरू र आकाशमा देखिने अन्य ज्योतिहरू वा २) स्वर्गीय प्राणीहरू, जस्तै स्वर्गदूतहरू र अन्य अलौकिक प्राणीहरू ।
यसले मानिसहरूलाई जनाउँछ ।
“स्वर्गीय शरीरमा भएको तेज मानव शरीरको तेज भन्दा फरक हुन्छ”
यहाँ “तेज”ले मानिसको आँखामा आकाशका वस्तुहरूको सापेक्षिक चमकतालाई जनाउँछ ।
कोही व्यक्तिको शरीर गाडिने कुरा भनेको जमिनमा रोपिने बिउ भएको जसरी लेखकले बताउँछन् । र उनले त्यो व्यक्तिको शरीर मृतकबाट बौह्रने कुराचाहिँ बिरुवा बिउबाट बढ्दै गरेको कुराको रूपमा बताउँछन् । कर्मवाच्यमा भएको क्रियापदहरूलाई कर्तृवाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे जमिनभित्र जान्छ ... जे जमिनबाट बाहिर आउँछ” वा “जे मानिसहरूले गाड्छन् ... जे परमेश्वरले बौह्राउनुहुन्छ”
“फेरि जीवित हुने तुल्याइन्छ”
“कुहिन सक्छ ... कुहिन सक्दैन”
लेखकले कोही व्यक्तिको शरीर गाडिने कुराको बारेमा त्यो जमिनमा रोपिएको कुनै एउटा बिउ भए झैँ गरी बताउँछन् । र उनले त्यो व्यक्तिको शरीर मृतकबाट बौह्रने कुराचाहिँ बिरुवा बिउबाट बढ्दै गरेको कुराको रूपमा बताउँछन् । कर्मवाच्यमा भएको क्रियापदहरूलाई कर्तृवाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः वैकल्पिक अनुवादः “त्यो जमिनभित्र जान्छ ... त्यो जमिनबाट बाहिर आउँछ” वा “मानिसहरूले त्यसलाई गाड्छन् ... परमेश्वरले त्यसलाई बौह्राउनुहुन्छ”
लेखकले कोही व्यक्तिको शरीर गाडिने कुराको बारेमा त्यो जमिनमा रोपिएको कुनै एउटा बिउ भए झैँ गरी बताउँछन् । र उनले त्यो व्यक्तिको शरीर मृतकबाट बौह्रने कुराचाहिँ बिरुवा बिउबाट बढ्दै गरेको कुराको रूपमा बताउँछन् । कर्मवाच्यमा भएको क्रियापदहरूलाई कर्तृवाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः वैकल्पिक अनुवादः “त्यो जमिनभित्र जान्छ ... त्यो जमिनबाट बाहिर आउँछ” वा “मानिसहरूले त्यसलाई गाड्छन् ... परमेश्वरले त्यसलाई बौह्राउनुहुन्छ”
“प्राकृतिक प्राणी पहिले आयो । आत्मिक प्राणी परमेश्वरबाटको हो र पछि आयो ।”
सांसारिक प्रक्रियाहरूले सृष्टि गरिएको, अझै परमेश्वरसँग नजोडिएको
परमेश्वरले पहिलो मानिस, आदमलाई, पृथ्वीको धूलोबाट बनाउनुभयो ।
माटो
येशू ख्रीष्ट
“जो परमेश्वरका हुन्”
“जस्तै भएका छौँ ... जस्तै पनि हुनेछौँ”
कोही विश्वासीहरू शारीरिक रूपले मर्ने छैनन्, तर पनि ख्रीष्टको विजयद्वारा तिनीहरूले पुनरुत्थान भएको शरीर प्राप्त गर्ने छन् भन्ने कुरा तिनीहरूले जानेको पावल चाहन्छन् ।
सम्भावित अर्थहरू हुन् १) दुईवटा वाक्यहरूका अर्थ एउटै हो । वैकल्पिक अनुवादः “मृत्यु भोग्न निश्चित भएका मानवजातिले परमेश्वरको सदा रहने राज्यलाई उत्तराधिकार गर्न सक्दैनन्” वा २) पहिलो वाक्यले सुरु गरेको विचारलाई दोस्रो वाक्यले पूरा गर्छ । वैकल्पिक अनुवादः “कमजोर मानवजातिले परमेश्वरको अनन्त राज्य उत्तराधिकार गर्न सक्दैनन् । न त मर्न पक्का भएकाहरूले सदासर्वदा रहने राज्य उत्तराधिकार गर्छन् ।”
मर्नलाई निश्चित भएका शरीरमा बसोबास गर्नेहरू ।
विश्वासीहरूका लागि परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको छ सो प्राप्त गर्ने कुरालाई परिवारका सदस्यबाट जायजेथा र धनसम्पत्ति प्राप्त गर्ने झैँ गरी बताइएको छ ।
“कुहिन सक्छ ... कुहिन सक्दैन ।” यी शब्दहरूलाई १ कोरिन्थीहरू १५:४२ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामी सबैलाई परिवर्तन गर्नुहुनेछ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई परिवर्तन गर्नुहुनेछ”
यो एउटा व्यक्तिले उसको वा उनको आँखा झिम्काए झैँ छिटो हुनेछ ।
“जब अन्तिम तुरही बज्नेछ”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मृतकहरूलाई बिउँताउनुहनेछ”
“फेरि जीवित हुने तुल्याइएको”
“कुहिन नसक्ने बनावटमा ।” समान किसिमको वाक्यांशलाई १ कोरिन्थीहरू १५:४२ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।
“यो शरीर कुहिन सक्छ ... कुहिन सक्दैन ।” समान किसिमका वाक्यांशहरूलाई १ कोरिन्थीहरू १५:४२ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।
परमेश्वरले हाम्रो शरीरहरूलाई फेरि कहिल्यै मर्न नसक्ने बनाउनुहुने कुरालाई परमेश्वरले हामीलाई नयाँ वस्त्रहरू पहिराइदिनुहुने कुराको रूपमा पावलले बताइरहेका छन् ।
यहाँ शरीरलाई व्यक्ति भए झैँ कुरा गरिएको छ, र अविनाशी हुने कुरालाई अविनाशी हुनु भनेको शरीरले पहिरने कुनै वस्त्र भए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “जब यो विनाशी शरीर अविनाशी हुन्छ” वा “जब यो कुहिने शरीर फेरि कुहिन नसक्ने हुन्छ”
यहाँ शरीरलाई व्यक्ति भए झैँ कुरा गरिएको छ, र अमर हुने कुरालाई अमर हुनु भनेको शरीरले पहिरने कुनै वस्त्र भए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “जब यो मरणशील शरीर अमर भएको हुन्छ” वा “जब यो मर्ने शरीर फेरि मर्न सक्दैन”
पावलले मृत्युलाई एकजना व्यक्ति भए जसरी कुरा गर्छन्, र यस प्रश्नलाई मृत्युको शक्तिलाई गिज्याउन प्रयोग गर्छन्, जसलाई ख्रीष्टले हराउनुभएको छ । वैकल्पिक अनुवादः “मृत्युको कुनै विजय छैन । मृत्युको कुनै खिल छैन”
यिनीहरू एकवचन हुन् ।
यो पापद्वारा हो कि हामीले मृत्युको सामना गर्नु निश्चित भएको हो, जुन भनेको मर्नु हो ।
मोशाद्वारा दिइएको परमेश्वरको व्यवस्थाले पापलाई परिभाषित गर्छ र हामीले कसरी परमेश्वरको अगाडि पाप गर्छौं भनेर हामीलाई देखाउँछ ।
“हाम्रो लागि मृत्युलाई हराउनुभएको छ”
विश्वासीहरूले प्रभुको लागि काम गर्दा, परमेश्वरले तिनीहरूलाई दिन गइरहनुभएको परिवर्तन भएका, पुनरुत्थान भएका शरीरहरूलाई तिनीहरूले याद गरेको पावल चाहन्छन् ।
आफ्नो निर्णयहरूमा चल्नलाई कुनै कुराले पनि आफूलाई रोक्न नदिने व्यक्ति भनेको मानौँ उसलाई भौतिक रूपले नै सार्न नसकिने भएको जसरी पावलले बताउँछन् । वैकल्पिक अनुवादः “दृढ बन”
प्रभुको निम्ति काम गर्न गरिएका प्रयत्नहरू चाहिँ मानौँ तिनीहरू कुनै व्यक्तिले आर्जन गर्न सक्ने वस्तुहरू भए झैँ गरी पावलले बताउँछन् । वैकल्पिक अनुवादः “प्रभुको निम्ति सधैँ विश्वासनीयताका साथ काम गर”
1 अब विश्वासीहरूका निम्ति भेटीको बारेमा गलातीका मण्डलीहरूलाई मैले निर्देशन दिएअनुसार तिमीहरूले गर्नू । 2 हप्ताको पहिलो दिन तिमीहरूको दक्षताअनुसार हरेकले केही जम्मा गरेर एक ठाउँमा भेला गर, ताकि म आउँदा भेटी उठाउन नपरोस् । 3 र जब म आइपुग्छु, तिमीहरूले समर्थन गरेका व्यक्तिको हातमा पत्र लेखेर तिमीहरूको भेटीलाई यरूशलेममा पठाइदिनेछु । 4 र म पनि जानको निम्ति उचित भयो भने, तिनीहरू मसँगै जानेछन् । 5 तर माकेडोनियाको यात्रा गरिसकेपछि म तिमीहरूकहाँ आउनेछु, किनकि म माकेडोनिया भएर जानेछु । 6 सायद म तिमीहरूसँगै बस्नेछु अथवा पुरै हिउँद बिताउनेछु, ताकि तिमीहरूले मेरो यात्रामा म जहाँ जान्छु त्यहाँ सहायता गर्न सक । 7 किनकि अब म छोटो समयको निम्ति मात्र तिमीहरूलाई भेट्न चाहन्नँ । यदि परमेश्वरले मलाई अनुमति दिनुभयो भने मैले तिमीहरूसँग केही समय बिताउने आशा राखेको छु । 8 तर म पेन्तिकोससम्म एफिससमा नै बस्नेछु । 9 किनकि मेरो निम्ति फराकिलो ढोका खोलिएको छ, तर त्यहाँ धेरै विरोधीहरू पनि छन् । 10 तिमोथी त्यहाँ आउँदा तिनलाई तिमीहरूसँग बिनाडर बस्न देओ, किनकि तिनी पनि मैले जस्तै परमेश्वरको सेवा गर्दछन् । 11 कसैले पनि तिनको अवहेलना नगरोस् । शान्तिसँग तिनको यात्रामा सहायता गर, ताकि तिनी मकहाँ आउन सकून् । किनकि तिनी अरू भाइहरूसँगै आउनेछन् भनी मैले आशा गरिरहेको छु । 12 अब हाम्रा भाइ अपोल्लोसको बारेमा भन्नुपर्दा मैले तिनलाई भाइहरूका साथ तिमीहरूकहाँ भेटघाटमा जानको निम्ति धेरै आग्रह गरेँ । तिनलाई तिमीहरूकहाँ आउन मन भएन । तापनि ठिक समयमा तिनी तिमीहरूकहाँ आउनेछन् । 13 सतर्क रहो; विश्वासमा दृढ बस; मानिसजस्तै बन र सामर्थी बन । 14 तिमीले जे गर्छौ, सबै प्रेममा गर । 15 स्तिफनासको घरानालाई तिमी जान्दछौ जो अखैयाका पहिलो विश्वासी हुन् । तिनीहरूले विश्वासीहरूको सेवाको निम्ति आफैँलाई समर्पित गरेका छन् । भाइहरू हो, म तिमीहरूलाई आग्रह गर्दछु कि 16 त्यस्ता मानिसहरू र हामीलाई काममा सहायता गर्ने अनि हामीसँग परिश्रम गर्नेहरूको अधीनमा रहो । 17 स्तिफनास, फोर्टुनाटस र अखाइकसको आगमनमा म आनन्दित हुन्छु । तिनीहरूले तिमीहरूको अनुपस्थितिलाई पुरा गरिदिए । 18 किनकि तिनीहरूले मेरो र तिमीहरूको आत्मालाई ताजा पारिदिएका छन् । त्यसैले गर्दा मानिसहरूको कदर गर । 19 एसियामा भएका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् । अकिलास र प्रिस्काले र तिनीहरूको घरमा भएको मण्डलीले पनि तिमीहरूलाई प्रभुमा अभिवादन पठाएका छन् । 20 सबै भाइहरूले अभिवादन पठाएका छन् । एकले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर । 21 म पावल, मेरो आफ्नै हातले यो पत्र लेख्छु । 22 यदि कसैले प्रभुलाई प्रेम गर्दैन भने ऊ श्रापित होस् । हाम्रा प्रभु, आउनुहोस् । 23 हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूसँग रहोस् । 24 ख्रीष्ट येशूमा तिमीहरू सबैलाई मेरो प्रेम छ ।
यस अध्यायमा पावलले संक्षिप्त रूपमा धेरैवटा शीर्षकलाई समेट्छन् । प्राचीन मध्यपूर्वमा पत्रहरूका आखिरी भागमा व्यक्तिगत अभिवादनहरू समावेश गरिनु सामान्य कुरा थियो ।
पावलले कोरिन्थको मण्डलीलाई आफूले गर्ने भ्रमणका लागि तयारी गर्नलाई सहायता गर्न व्यावहारिक सुझावहरू दिए । हरेक आराधना सेवाका दिनमा येरूशलेमका विश्वासीहरूका लागि पैसा सङ्कलन गर्न तिनले उनीहरूलाई भने । तिनले त्यहाँ जाने र जाडोको समय उनीहरूसित बिताउने आशा गरे । तिनले तिमोथी त्यहाँ जाँदा उनलाई सहायता गर्न उनीहरूलाई भने । अपोल्लोस उनीहरूकहाँ जाने छन् भनी तिनले आशा गरेका थिए, तर अपोल्लोसले त्यो समय ठीक थिएन भनी विचार गरे । स्तिफनासका कुरा मान्न पनि पावलले उनीहरूलाई भने । अन्त्यमा, तिनले हरेक व्यक्तिलाई उनको अभिवादन पठाए ।
पावलले आफ्नो पत्र टुङ्ग्याउँदै गर्दा, तिनले येरूशलेमका खाँचोमा परेका विश्वासीहरूका लागि पैसा जम्मा गर्न कोरिन्थीहरूलाई स्मरण गराए । तिमोथी पावलकहाँ जानुअगि तिनी उनीहरूकहाँ आउने छन् भनी तिनले उनीहरूलाई स्मरण गराए ।
पावल उनका मण्डलीहरूबाट यरूशलेम र यहूदियामा भएका गरिब यहूदी ख्रीष्टियानहरूका लागि पैसा सङ्कलन गर्दै थिए ।
“जसरी मैले विशेष निर्देशनहरू दिएँ”
सम्भावित अर्थहरू हुन्ः १) “त्यसलाई घरमा राख” वा २) “त्यसलाई मण्डलीमा छोड”
“ताकि म तिमीहरूसँग हुँदा थप पैसा सङ्कलन गर्नु नपरोस्”
पावलले तिनीहरूको भेटी यरूशलेममा ल्याउनको लागि तिनीहरूकै कोही एक जना मानिसलाई छान्नको लागि मण्डलीलाई बताइरहेका छन् । “तिमीहरूले जसलाई छान्छौ” वा “तिमीहरूले नियुक्त गरेको मानिसहरू”
सम्भावित अर्थहरू हुन् १) “मैले लेख्ने पत्रहरूको साथमा पठाउनेछु” वा २) “तिमीहरूले लेख्ने पत्रहरूको साथमा पठाउनेछु”
यसको अर्थ उनीहरूले पावललाई पैसा वा तिनलाई खाँचो पर्ने अरू थोकहरू देउन् भन्ने हो, ताकि तिनी र तिनको सेवकाइको टोली निरन्तर यात्रा गर्न सकून् ।
पावलले बताइरहेका छन् कि तिनी अहिले छोटो समयको लागि मात्र भेट्न चाहन्नन्, तर पछि लामो समयको लागि आउन चाहन्छन् ।
यो चाडको समयसम्म पावल एफिससमा नै बस्ने छन्, जुन निस्तारचाडको ५० दिनपछि मे वा जुनमा पर्थ्यो । त्यसपछि तिनी माकेडोनियाबाट यात्रा गर्नेछन्, र नोभेम्बर महिनामा जाडो सुरु हुनअगि कोरिन्थमा पुग्न कोसिस गर्नेछन् ।
परमेश्वरले उनलाई सुसमाचारमा मानिसहरूलाई जित्न दिनुभएको अवसरलाई पावलले परमेश्वरले खोलिदिनुभएको एउटा ढोका जसरी कुरा गर्छन् जसद्वारा भएर उनी हिँड्न सक्छन् ।।
“तिमीहरूसँग बस्दा तिनी डराउनुपर्ने कुनै कारण नहोस् भनेर ध्यान देओ”
किनकि तिमोथी पावलभन्दा धेरै जवान थिए, कहिलेकाहीँ सुसमाचारको सेवकको रूपमा तिनलाई आदर देखाइँदैनथ्यो ।
यहाँ “हाम्रा” शब्दले पावल र तिनका पाठकहरूलाई जनाउँछ, त्यसैले यो समावेशी छ ।
युद्धमा रहेका सिपाहीहरूलाई चार आज्ञा दिए झैँ गरी कोरिन्थीहरूले के गरेको उनले चाहन्छन् भनेर पावलले वर्णन गरिरहेका छन् । यी चार आज्ञाको अर्थ करिब उही नै हुन्छ र जोड दिनका लागि प्रयोग गरिएका छन् ।
के हुँदैछ भनेर सचेत हुने कुरालाई पावलले तिनीहरू कुनै सहर वा दाखबारीको पहरेदारी गरिरहेका पहरेदारहरू भएको जसरी बताउँछन् । यसलाई अझ स्पष्ट पारेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू कसमाथि भर पर्छौ भनेर होसियार होओ” वा “खतराको लागि चनाखो होओ”
मानिसहरूले तिनको शिक्षा अनुसार ख्रीष्टलाई विश्वास गर्न निरन्तरता दिइरहने कुरालाई तिनीहरू शत्रुहरूले आक्रमण गर्दा पछि हट्न इन्कार गरिरहेका सिपाहीहरू भए झैँ गरी पावलले बताउँछन् । सम्भावित अर्थहरू हुन् १) “हामीले तिमीहरूलाई जे सिकाएका छौं, त्यसलाई बलियोसँग विश्वास गरिराख” वा २) “ख्रीष्टमा बलियो गरी भरोसा गरिरहो”
Iपावल र तिनका श्रोताहरू बस्ने समाजमा, पुरुषहरूले कठोर मेहनतको काम गरेर र आक्रमणकारीहरू विरुद्ध लडेर आफ्ना परिवारहरूका खाँचोहरू जुटाउँथे । यसलाई अझ स्पष्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जिम्मेवार बन”
“तिमीले गर्ने हरेक कुराले तिमीले मानिसहरूलाई प्रेम गर्छौ भनेर तिनीहरूलाई देखाउनु पर्छ”
पावलले आफ्नो पत्रको अन्त्य गर्न सुरु गर्छन् र अरू मण्डलीहरू, प्रिस्का, अकिलास र पावल आफैँको अभिवादनहरू पठाउँछन् ।
स्तिफनास कोरिन्थमा भएको मण्डलीका अगिल्ला विश्वासीहरूमध्ये एक थिए ।
यो ग्रीसमा रहेको एक प्रान्तको नाम हो ।
यी व्यक्तिहरू कि त कोरिन्थका अगिल्ला विश्वासीहरू हुनुपर्छ कि त पावलसँगै काम गर्ने मण्डलीका एल्डरहरू थिए ।
यी मानिसहरूका नाउँहरू हुन् ।
“तिमीहरू यहाँ नभएको वास्तविकतालाई तिनीहरूले टालिदिए ।”
पावल भन्दै थिए कि उनी तिनीहरूसँगको भेटले उत्साहित भएका थिए ।
हुन त बाँकीको पत्र उनका सङ्गी-कर्मीहरूमध्ये एकजनाले पावलले भनिरहेका कुराहरूलाई लेखेको भएतापनि, पावलले स्पष्ट पार्दैछन् कि यो पत्रमा भएका सुझावहरू तिनी आफैँले दिएका हुन् । यो अन्तिम भागचाहिँ पावलले आफ्नै हातले लेखे ।
“परमेश्वरले त्यसलाई श्राप देउन् ।” “श्रापित”लाई १ कोरिन्थीहरू १२:३ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।
यसका लेखक पावल थिए । उनी टार्सस सहरका थिए । उनलाई उनको पहिलाको जीवनमा शाऊल नाउँले चिनिन्थ्यो । ख्रीष्टिएन हुनअगि उनी फरिसी थिए । उनले ख्रीष्टिएनहरूलाई सताए । उनी ख्रीष्टिएन भएपछि येशूको बारेमा मानिसहरूलाई बताउँदै रोमी साम्रज्यभरी थुप्रै पटक यात्रा गरे ।
कोरिन्थमा भएको मण्डलीलाई पावलले सुरु गरेका थिए । यो पत्र लेख्दा उनी एफिसस सहरमा बसिरहेका थिए ।
२ कोरिन्थीहरूमा पावलले कोरिन्थको सहरमा भएका ख्रीष्टिएनहरू माझमा रहेको कलहहरूका बारेमा लेख्नलाई निरन्तरता दिए । कोरिन्थीहरूले तिनीहरूलाई पहिले दिइएका निर्देशनहरू पालन गरेको कुरा यस पत्रमा प्रष्ट हुन्छ । २ कोरिन्थीहरूमा पावलले तिनीहरूलाई परमेश्वरलाई प्रशन्न तुल्याउने किसिमले जिउनलाई उत्साह दिन्छन् ।
येशू ख्रीष्टले नै सुसमाचार प्रचार गर्नलाई प्रेरितको रूपमा उनलाई पठाउनुभएको हो भनी तिनीहरूलाई निश्चय गराउन पनि पावलले लेखे । पावलले यो कुरा तिनीहरूले बुझेको चाहे किनभने यहूदी ख्रीष्टिएनहरूको एक समूहले उनले गरिरहेका कामको विरोध गरेका थिए । पावललाई परमेश्वरले पठाउनुभएको होइन र उनले झूटो सन्देश प्रचार गरिरहेका थिए भनी तिनीहरूले दाबी गरे । यहूदी ख्रीष्टिएनहरूको यस समूहले गैरयहूदी ख्रीष्टिएनहरूले मोशाको व्यवस्था पालन गरेको चाहे ।
अनुवादकहरूले यस पुस्तकलाई यसको परम्परागत नाउँ “२ कोरिन्थीहरू” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ स्पष्ट शीर्षकलाई छान्न सक्छन्, जस्तै, “कोरिन्थमा भएको मण्डलीलाई पावलको दोस्रो पत्र” ।
कोरिन्थ प्राचीन ग्रीसमा अवस्थित एउटा प्रमूख सहर थियो । यो भूमध्यसागरको नजिकै रहेको हुनाले धेरै यात्रुहरू र व्यापारीहरू त्यहाँ सामानहरू किन्न र बेच्न आउँथे । यसको परिणामस्वरूप यो धेरै विविध संस्कारहरूका मानिसहरू भएको सहर बन्यो । त्यो सहर अनैतिक रीतिले जीवन जिउने मानिसहरूको लागि प्रख्यात थियो । त्यहाँका मानिसहरूले अफ्रोडाइट अर्थात् प्रेमकी ग्रीक देवीलाई पुज्थे । अफ्रोडाइटलाई सम्मान गर्ने चाडपर्वहरूको रूपमा, त्यसका पूजा गर्नेहरूले मन्दिरका वेश्याहरूसँग शारीरिक सम्बन्धहरू राख्थे ।
यिनीहरू यहूदी ख्रीष्टिएनहरू थिए । गैरयहूदी ख्रीष्टिएनहरूले ख्रीष्टलाई अनुसरण गर्न तिनीहरूले मोशाको व्यवस्था पालन गर्नुपर्छ भनी तिनीहरूले सिकाउँथे । यस विषयमा ख्रीष्टिएन अगुवाहरू यरूशलेममा भेला भएर निर्णय गरेका थिए (हेर्नुहोस्ः प्रेरित १५) । तैपनि यरूशलेमका अगुवाहरूले निर्णय गरेको कुरासँग सहमत नभएका केही समूहहरू थिए भन्ने प्रष्ट छ ।
यस पुस्तकमा “म” शब्दले पावललाई जनाउँछ । साथै, “तिमीहरू” शब्द प्रायः सदैव नै बहुवचनमा नै छ र यसले कोरिन्थका विश्वासीहरूलाई जनाउँछ । त्यहाँ यसका दुई अपवादहरू छन्ः ६:२ र १२:९ ।
धर्मशास्त्रले विविध धारणाहरूमध्ये कुनै एउटालाई जनाउन यस्ता शब्दहरू प्रयोग गर्छ । यसैकारण, अनुवादकलाई कतिपटक यिनीहरूलाई तिनीहरूका संस्करणहरूमा राम्ररी प्रतिनिधित्व गर्न कठिन हुन जान्छ । अंग्रेजीमा अनुवाद गर्दा यूएलटीले निम्न सिद्धान्तहरू अनुसरण गर्छः
कहिलेकाहीँ कुनै खण्डमा भएको अर्थले नैतिक पवित्रताको अर्थ दिन्छ । सुसमाचारलाई बुझ्नको निम्ति महत्त्वपूर्ण तथ्यचाहिँ परमेश्वरले ख्रीष्टिएनहरूलाई पापरहित ठान्नुहुन्छ भन्ने हो किनभने तिनीहरू येशू ख्रीष्टसँग एक भएका हुन्छन् । अर्को सम्बन्धित तथ्यचाहिँ परमेश्वर सिद्ध र खोटरहित हुनुहुन्छ भन्ने हो । तेस्रो तथ्यचाहिँ ख्रीष्टिएनहरूले जीवनमा खोटरहीत र दोषरहित व्यवहार गर्नुपर्छ भन्ने हो । यी खण्डहरूमा, यूएलटीले “पवित्र”, “पवित्र परमेश्वर”, “पवित्र जनहरू”, वा “पवित्र मानिसहरू”लाई प्रयोग गर्छ ।
२ कोरिन्थीहरूमा भएका अधिकांश खण्डहरूको अर्थले ख्रीष्टिएनहरूले निभाएको कुनै खास भूमिकाको अर्थ नदिइकन विशेषगरी तिनीहरूको साधारण उल्लेखलाई सङ्केत गरेको हुन्छ । यस्ता खण्डहरूमा, यूएलटीले “विश्वासी” वा “विश्वासीहरू”को प्रयोग गर्छ । (हेर्नुहोस्ः १:१; ८:४; ९:१, १२; १३:१३)
कहिलेकाहीँ यी खण्डहरूमा भएको अर्थले कोही व्यक्ति वा केही कुरा परमेश्वरको निम्ति मात्रै अलग गरिएको अवधारणालाई अर्थ दिएको हुन्छ । यस्ता खण्डहरूमा, यूएलटीले “अलग गरिएको”, “... लाई अर्पण गरिएको”, “ ... को लागि आरक्षण गरिएको” वा “शुद्ध पारिएको” भनी उल्लेख गर्छ ।
यी विचारहरूलाई आफ्नो संस्करणहरूमा कसरी उल्लेख गर्ने भनी विचार गर्दा अनुवदाकहरूको निम्ति यूएसटी उपयोगी हुनेछ ।
यस्ता अभिव्यक्तिहरू १:१९, २०; २:१२, १७; ३:१४; ५:१७, १९, २१; १०:१७; १२:२ र १३:४ मा पाइन्छन् । पावलले यी अभिव्यक्तिहरूद्वारा ख्रीष्ट र विश्वासीहरू बीचको घनिष्ठ सम्बन्धको अवधारणालाई व्यक्त गर्न खोजे । त्यसै गरी, उनले अन्य अर्थहरूमा पनि प्रयोग गरे । उदाहरणको लागि, हेर्नुहोस्, “प्रभुमा मेरो निम्ति एउटा ढोका खुलेको थियो”, (२:१२) जहाँ पावलको निम्ति प्रभुद्वारा एउटा ढोका खोलिएको थियो भनेर पावलले निर्दिष्ट रूपले बताउन खोजे ।
कृपया यस किसिमका अभिव्यक्तिहरूको थप विस्तृत विवरणको निम्ति रोमीको पुस्तकको परिचयलाई हेर्नुहोस् ।
जब कुनै व्यक्तिले ख्रीष्टमा विश्वास गर्छ परमेश्वरले उसलाई “नयाँ संसार”को हिस्सा तुल्याउनुहुन्छ भन्ने पावलको सन्देश थियो । परमेश्वरले पवित्रता, शान्ति र आनन्दको एउटा नयाँ संसार दिनुहुन्छ । यो नयाँ संसारमा, विश्वासीहरूसँग पवित्र आत्माले तिनीहरूलाई दिनुभएको एउटा नयाँ स्वभाव हुन्छ । अनुवादकले यस विचारलाई व्यक्त गर्ने कोसिस गर्नुपर्छ ।
1 पावल, परमेश्वरको इच्छा अनुसार येशू ख्रीष्टका प्रेरित, र हाम्रा भाइ तिमोथीबाट, कोरिन्थमा भएका परमेश्वरको मण्डली र अखैया प्रान्तमा रहेका सम्पूर्ण विश्वासीहरूलाई । 2 हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति तिमीहरूमा रहेको होस् । 3 हाम्रा पिता परमेश्वर येशू ख्रीष्टलाई प्रशंसा भएको होस् । उहाँ दयाका पिता र सबै सान्त्वनाका परमेश्वर हुनुहुन्छ । 4 परमेश्वरले हाम्रा सारा दुःख कष्टमा हामीलाई सान्त्वना दिनुहुन्छ । त्यसैले, हामी पनि दुःखमा परेकाहरूलाई सान्त्वना दिन सक्छौँ । परमेश्वरले हामीलाई सान्त्वना दिनको निम्ति प्रयोग गर्नुभएको सान्त्वनाद्वारा नै हामी अरूलाई सान्त्वना दिन्छौँ । 5 जसरी हाम्रो निम्ति ख्रीष्टको कष्ट प्रशस्त छ, त्यसरी नै ख्रीष्टद्वारा हाम्रो सान्त्वना प्रशस्त हुन्छ । 6 तर यदि हामीले दुःख भोग्यौँ भने यो तिमीहरूका सान्त्वना र उद्धारको निम्ति हो । र यदि हामीले सान्त्वना पायौँ भने यो तिमीहरूको सान्त्वनाको निम्ति हो । तिमीहरू हाम्रो दुःखमा धैर्यसाथ सहभागी हुँदा तिमीहरूको सान्त्वनाले प्रभावकारी रूपले काम गरिरहेको हुन्छ । 7 तिमीहरूको निम्ति हाम्रो आशा दृढ छ । तिमीहरू दुःखमा सहभागी हुँदा सान्त्वनामा पनि सहभागी हुन्छौ भन्ने हामीलाई थाहा छ । 8 भाइहरू हो, हामीले एसियामा भोगेका दुःखको बारेमा तिमीहरू अजान रहो भन्ने हामी चाहन्नौँ । हामीले सहन नसक्ने किसिमले हामी मिचिएका थियौँ, यति साह्रो कि हामीले बाँच्ने आशा नै मारेका थियौँ । 9 वास्तवमा, हामीमाथि मृत्युदण्ड थियो । तर त्यो हामी आफैँमा होइन, मृतकहरूलाई जीवन दिनुहुने परमेश्वरमाथि भरोसा गर्न सकौँ भनेर भएको थियो । 10 उहाँले हामीलाई त्यस्तो घातक जोखिमबाट बचाउनुभयो र फेरि पनि उहाँले हामीलाई बचाउनुहुनेछ । उहाँले हामीलाई फेरि पनि छुटाउनुहुनेछ भन्ने हामीले उहाँमा आशा राखेका छौँ । 11 उहाँले यसो गर्नुहुनेछ जसरी तिमीहरूले पनि हामीलाई आफ्ना प्रार्थनाद्वारा मदत गर्छौ । त्यसपछि धेरैको प्रार्थनाद्वारा हामीलाई दिइएको अनुग्रही कृपाको लागि धेरैले हाम्रो तर्फबाट धन्यवाद दिनेछन् । 12 हाम्रो अन्तस्करणको गवाहीमा हामी गर्व गर्छौं । किनकि यो परमेश्वरबाट आउने शुद्ध प्रेरणा र इमानदारीमा छ जसअनुसार हामी यो संसारमा चलेका छौँ । विशेष गरी, हामीले यो तिमीहरूसँग अझ बढी गरेका छौँ, सांसारिक ज्ञानमा होइन, तर परमेश्वरको अनुग्रहमा । 13 हामी तिमीहरूले पढ्न र बुझ्न नसक्ने गरी केही पनि लेख्दैनौँ । म आशा गर्छु, कि तिमीहरूले पूर्ण रूपले बुझ्नेछौ । 14 जसरी अहिले तिमीहरूले हामीलाई केही मात्रमा बुझ्यौ । येशू ख्रीष्टको दिनमा हामी तिमीहरूका निम्ति गर्व गर्ने कारण बन्नेछौँ, जसरी तिमीहरू हाम्रा कारण बन्नेछौ । 15 यो कुरामा म निर्धक्क भएको कारण, तिमीहरूले दुईवटा भेटको लाभ उठाउन सक भनेर म तिमीहरूकहाँ अगाडि नै आउन चाहन्थेँ । 16 माकेडोनिया जाँदा तिमीहरूकहाँ आएर भेटघाट गर्ने मैले योजना बनाउँदै थिएँ । माकेडोनियाको यात्रापछि म फेरि तिमीहरूलाई भेट्न चाहन्थेँ, र तिमीहरूले मलाई यहूदियाको बाटो हुँदै पठाएको चाहन्थेँ । 17 जब मैले यस तरिकाले सोच्दै थिएँ, तब के म हिच्किचाएँ र ? के मैले मानवीय मापनअनुसार योजनाहरू बनाएँ कि मैले एकै समयमा “हो” र “होइन” भनेँ र ? 18 तर जसरी परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, हामी एकैसाथ “हो” र “होइन” भन्दैनौँ । 19 किनकि परमेश्वरका पुत्र येशू ख्रीष्ट जसलाई सिलास, तिमोथी र मैले तिमीहरूमाझ घोषणा गर्यौँ, जो चाहिँ “हो” र “होइन” हुनुहुन्न । बरु, उहाँ सदा “हो” हुनुहुन्छ । 20 किनकि परमेश्वरका सबै प्रतिज्ञा उहाँमा “हो” नै हुन्छन् । यसैले, उहाँद्वारा नै हामीले परमेश्वरको महिमालाई “आमेन” भनेका छौँ । 21 अब परमेश्वर जसले हामीलाई तिमीहरूसँग ख्रीष्टमा दरिला पार्नुहुन्छ, उहाँले हामीलाई नियुक्ति गर्नुभयो । 22 उहाँले आफ्नो छाप हामीमा लगाउनुभयो र हामीलाई पछि दिने कुराको बैनाको रूपमा हाम्रो हृदयमा पवित्र आत्मा दिनुभयो । 23 बरु, मैले परमेश्वरलाई मेरो गवाहीको लागि पुकारेँ । त्यसैले, तिमीहरूलाई बचाउन सकूँ भनेर म कोरिन्थमा आइनँ । 24 तिमीहरूको विश्वास कस्तो हुनुपर्छ भनेर हामीले नियन्त्रण गर्ने प्रयास गरेको कारण यसो भएको होइन । बरु, हामी तिमीहरूको आनन्दको निम्ति तिमीहरूसँग काम गरिरहेका छौँ जसरी तिमीहरू आफ्नो विश्वासमा अटल रहन्छौ ।
पहिलो हरफले प्राचीन पूर्वी नजिक क्षेत्रमा पत्र सुरु गर्ने शैलीलाई दर्शाउँछ ।
पावल इमानदार थिएनन् भनी मानिसहरूले उनको आलोचना गरिरहेका थिए । उनले गरिरहेका कुराहरूको आशयहरू उल्लेख गरेर उनले तिनीहरूको प्रतिवाद गरे ।
सान्त्वना यस अध्यायको मुख्य विषयवस्तु हो । पवित्र आत्माले ख्रीष्टिएनहरूलाई सान्त्वना दिनुहुन्छ । सम्भवतः कोरिन्थीहरू कष्टमा परेका थिए र तिनीहरूलाई सान्तवना जरुरत थियो ।
इमानदार नभएको दोषारोपणको प्रतिकार गर्नलाई पावलले दुई वटा आलङ्कारिक प्रश्नहरूको प्रयोग गर्छन् ।
पावलले “हामी” सर्वनाम प्रयोग गर्छन् । यस सम्भवतः तिमोथी र उनी आफैँलाई जनाउँछ । यसले अन्य मानिसहरूलाई पनि समेट्न सक्छ ।
पावलले पवित्र आत्मालाई बैना भन्छन्, जुनचाहिँ ख्रीष्टिएनको अनन्त जीवनको निम्ति प्रतिज्ञा वा किस्ता हो । ख्रीष्टिएनहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको छ । तर तिनीहरू नमेरसम्म तिनीहरूले परमेश्वरद्वारा दिइएका सबै प्रतिज्ञाहरू अनुभव गर्नेछैनन् । पवित्र आत्माचाहिँ यो हुनेछ भन्नको लागि व्यक्तिगत बैना हुनुहुन्छ । यो धारणा व्यापारिक शब्दावलीबाट लिइएको हो । कुनै व्यक्तिले रुपियाँपैसा पुनः तिर्नेछन् भनी कुनै मूल्यवान वस्तु अर्को व्यक्तिलाई “बैना”को रूपमा दिन्छन् । अनि )
पावलले कोरिन्थको मण्डलीलाई अभिवादन गरेपछि, उनले सतावट र येशू ख्रीष्टद्वाराको सान्त्वनाको बारेमा लेख्छन् । तिमोथी पनि उनीसित नै छन् । यस पत्रभरी “तिमी” शब्दले कोरिन्थको मण्डलीमा भएका मानिसहरू र त्यस क्षेत्रका बाँकी ख्रीष्टिएनहरूलाई जनाउँछ । सम्भवतः पावलले भनेका कुरा तिमोथीले चर्मपत्रमा लेख्छन् ।
तपाईंको भाषामा पत्रको लेखक र त्यसका लक्षित प्रापकहरूलाई सम्बोधन गर्ने कुनै खास तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “म, पावलले तिमीहरू, कोरिन्थमा भएको परमेश्वरको मण्डलीलाई, यो पत्र लेखेँ”
यसले सङ्केत गर्छ कि पावल र कोरिन्थीहरू दुवैले तिमोथीलाई चिन्थे र तिनीहरूले तिनलाई तिनीहरूको आत्मिक भाइ ठान्थे ।
यो वर्तमान समयको ग्रीसको पश्चिमी भागमा पर्ने रोमी प्रान्तको नाम हो ।
यो पावलले आफ्ना पत्रहरूमा प्रायः प्रयोग गर्ने अभिवादन हो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हाम्रो प्रभु येशू ख्रीष्टको परमेश्वर तथा पितालाई हामीले सदैव स्तुति गरौँ”
“परमेश्वर, जो पिता हुनुहुन्छ”
यी दुई वाक्यांशहरूले एउटै कुरालाई दुई फरक तरिकाले बताउँछ । दुवै वाक्यांशहरूले परमेश्वरलाई जनाउँछ
सम्भावित अर्थहरू हुन् १) “दया” र “सारा सान्त्वना” जस्ता शब्दहरूले “पिता” र “परमेश्वर”को चरित्रलाई वर्णन गर्छ वा २) “पिता” र “परमेश्वर” शब्दहरूले त्यो व्यक्तिलाई जनाउँछ जो “दया” र “सारा सान्त्वना”को स्रोत हुनुहुन्छ ।
यहाँ “हामीलाई” र “हाम्रो”ले कोरिन्थीहरूलाई समावेश गर्छ ।
पावलले ख्रीष्टका कष्टहरूलाई संख्यामा वृद्धि भइरहने वस्तुहरूको रूपमा उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “किनकि जसरी ख्रीष्टले हाम्रो निम्ति अत्यधिक कष्ट भोग्नुभयो”
सम्भावित अर्थहरू हुन् १) यसले पावल र तिमोथीले ख्रीष्टको बारेमा प्रचार गरेको कारण भोगेका कष्टलाई जनाउँछ वा २) यसले ख्रीष्टले तिनीहरूका निम्ति भोग्नुभएको कष्टलाई जनाउँछ ।
पावलले सान्त्वनाचाहिँ आकारमा वृद्धि हुने वस्तु भए झैँ गरी उल्लेख गर्छन् ।
यहाँ “हामी” शब्दले पावल र तिमोथीलाई जनाउँछ, कोरिन्थीहरूलाई होइन । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर यदि मानिसहरूले हामीलाई कष्ट दिन्छन् भने”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि परमेश्वरले हामीलाई सान्तवना दिनुहुन्छ भने”
“तिमीहरूले प्रभावकारी सान्तवना अनुभव गर्छौ”
यसलाई सकारात्मक भनाइहरूमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले थाहा गरेको हामी चाहन्छौँ”
पावल र तिमोथीले तिनीहरूको निराशाको संवेगलाई तिनीहरूले बोक्नुपर्ने गह्रौँ भारीजस्तै गरी उल्लेख गर्छन् ।
शब्द “मिचिएका” ले निराशाको भावलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले भोगेका कष्टहरूले हामीलाई पूर्ण रूपमा कुल्च्यो” वा “हामी पूर्ण निराशामा थियौँ”
पावल र तिमोथीले उनीहरूको निराशाको भावलाई मृत्युदण्डको दोष पाएको व्यक्तिसँग तुलना गर्दै छन् । वैकल्पिक अनुवादः “हामी मृत्युदण्डको दोष पाएको व्यक्ति झैँ निराशामा थियौँ”
“हाम्रो भरोसा राखौँ” भन्ने शब्दहरू यस वाक्यांशबाट छुटेको छ । वैकल्पिक अनुवादः “तर बरु, हाम्रो भरोसा परमेश्वरमा राख्न”
यहाँ उठाउनु भनेको मरिसकेको कोही व्यक्तिलाई फेरि जीवित तुल्याउने कुरालाई जनाउने एउटा उपमा हो । वैकल्पिक अनुवादः “जसले मरेकाहरूलाई फेरि जिउने तुल्याउनुहुन्छ”
पावलले उनीहरूले भोगेका कष्टहरूका कारण भएको उनको निराशाको भावलाई एउटा घातक जोखिम वा भयानक खतरासँग तुलना गर्छन्
“उहाँले हाम्रो उद्धार गरिरहनुहुनेछ”
“जसै तिमीहरू अर्थात् कोरिन्थको मण्डलीका मानिसहरूले पनि हामीलाई सहयोग गर्छौ, परमेश्वरले हामीलाई खतराबाट बचाउनुहुनेछ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अनुग्रही कृपा जुन परमेश्वरले हामीलाई दिनुभएको छ”
पावलले यी पदहरूमा “हामी”, “हाम्रो”, “हामी आफैँ”, र “हामीलाई” शब्दहरू आफैँ र तिमोथीलाई र सम्भवतः तिनीहरूसँगै सेवा गर्ने अरूहरूलाई जनाउन प्रयोग गर्छन् । यी शब्दहरूले उनले पत्र लेखिरहेका मानिसहरूलाई समेट्दैनन् ।
यहाँ “गर्वित” र “घमण्ड गर्ने” शब्दहरूलाई केही कुरामा ठूलो सन्तुष्टि र आनन्दको भावना अनुभव गर्ने सकारात्मक अर्थमा प्रयोग गरिएको छ ।
पावलले दोषी नभएको कुरालाई मानौँ उनको विवेक एउटा बोल्न सक्ने व्यक्ति भएको जसरी कुरा गर्छन् । वैकल्पिक अनुवादः “हामीले हाम्रो विवेकद्वारा जान्दछौँ”
यहाँ “शारीरिक” शब्दले मानिसलाई जनाउँछ । वैकल्पिक अनुवादः “हामी मानवीय बुद्धिमा होइन, तर परमेश्वरको अनुग्रहमा भर परेका छौँ”
यसलाई सकारात्मक भनाइहरूमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीहरूले लेखेका सबै कुरा तिमीहरूले पढ्न र बुझ्न सक्छौ”
यहाँ “गर्वित” र “घमण्ड गर्ने” शब्दहरूलाई केही कुरामा ठूलो सन्तुष्टि र आनन्दको भावना अनुभव गर्ने सकारात्मक अर्थमा प्रयोग गरिएको छ ।
पावलले कोरिन्थीहरूलाई कम्तीमा तीन वटा पत्रहरू लेखे । बाइबलमा कोरिन्थीहरूलाई लेखिएको दुई वटा पत्रहरू मात्र अभिलेख राखिएका छन् ।
पावलले उनको पहिलो पत्रपछि कोरिन्थमा भएका विश्वासीहरूलाई भेट्ने विशुद्ध उद्देश्यहरूसँग उनको सच्चा अपेक्षालाई व्याख्या गर्छन् ।
“यो” शब्दले कोरिन्थीहरूको बारेमा पावलका अघिल्ला टिप्पणीहरूलाई जनाउँछ ।
“मैले तिमीहरूलाई दुई पटक भेटेको कुराबाट तिमीहरूले लाभ लिन सक”
“यहूदियाको मेरो यात्रामा मलाई सहायता पुर्याउन”
पावल कोरिन्थीहरूलाई भेट्ने आफ्नो निर्णयमा निश्चित भएको कुरामा जोड दिनलाई उनले यो प्रश्न प्रयोग गरेका हुन् । प्रश्नको अपेक्षित जवाफ होइन हो । वैकल्पिक अनुवादः “म हिच्किचाउँदै थिइनँ ।” वा “म आफ्नो निर्णयमा निर्धक्क थिएँ ।”
पावलले कोरिन्थीहरूलाई भेट्ने उनको योजनाहरू सच्चा थिए भन्ने कुरालाई जोड दिन यो प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “म मानवीय मापदण्डअनुसार कुराहरूको योजना बनाउँदिन ... एउटै समयमा ... ”
यसको अर्थ हो कि पावलले एकै समयमा उनले भेटघाट गर्नेछन् र उनले भेटघाट गर्नेछैनन् भनेर भनेनन् । “हो” र “होइन” शब्दहरू जोड दिनको निम्ति दोहोर्याइएको छ । वैकल्पिक अनुवादः “म कुराहरूको योजनाहरू बनाउँदिन ... ताकि मैले 'हो, म निश्चय नै भेटघाट गर्नेछु' र 'होइन, म पक्कै पनि भेटघाट गर्नेछैन' भनी एकै बखतमा भनूँ !”
येशूले परमेश्वरको प्रतिज्ञाहरूको बारेमा “हो” भन्नुहुन्छ, जसको अर्थ हो कि तिनीहरू सत्य हुन् भनी उहाँले पक्का गर्नुहुन्छ । वैकल्पिक अनुवादः “किनभने परमेश्वरको पुत्र ... परमेश्वरका प्रतिज्ञाहरूको बारेमा ‘हो’ र ‘होइन’ भन्नुहुन्न । बरु उहाँले सदैव ‘हो’ भन्नुहुन्छ ।”
यो येशूको लागि एउटा महत्त्वपूर्ण उपमा हो जसले परमेश्वरसितको उहाँको सम्बन्धलाई वर्णन गर्छ ।
यसको अर्थ हो कि येशूले परमेश्वरका सबै प्रतिज्ञाहरूलाई पक्का गर्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरका सबै प्रतिज्ञाहरूलाई येशू ख्रीष्टमा पक्का गरिन्छन्”
“उहाँ” शब्दले येशू ख्रीष्टलाई जनाउँछ ।
सम्भावित अर्थहरू हुन् १) “परमेश्वर जसले हाम्रो सम्बन्धलाई एक आपसमा सुदृढ गर्नुहुन्छ किनभने हामी ख्रीष्टमा छौँ” वा २) “परमेश्वर जसले ख्रीष्टसँग दुवै हाम्रो र तिमीहरूको सम्बन्धलाई सुदृढ पार्नुहुन्छ ।”
सम्भावित अर्थहरू हुन् १) “उहाँले हामीलाई सुसमाचार प्रचार गर्नलाई पठाउनुभयो” वा २) “उहाँको हामीलाई उहाँका मानिसहरू हुनलाई चुन्नुभयो ।”
हामी परमेश्वरका हौँ भनेर परमेश्वरले देखाउनुहुने कुरालाई हामी उहाँका हौँ भन्ने चिन्ह परमेश्वरले हामीमा लगाउनुभए झैँ गरेर पावलले बताउँछन् । वैकल्पिक अनुवादः “उहाँले हामीमाथि उहाँको स्वमित्वको चिन्ह लगाउनुभएको छ” वा “हामी उहाँका हौँ भन्ने कुरा उहाँ देखाउनुभएको छ”
यहाँ “हृदयहरू” भन्ने शब्दले व्यक्तिको सबैभन्दा अन्तरभागलाई जनाउँछ । वैकल्पिक अनुवादः वैकल्पिक अनुवादः “हामी हरेक भित्र बस्नलाई आत्मा दिनुभयो”
आत्माको बारेमा यसरी बताइएको छ मानौँ उहाँ अनन्त जीवनको निम्ति आंशिक किस्ता हुनुहुन्छ ।
“साक्षी दिनको लागि” पदावलीले कुनै बहसलाई मिलाउनको निम्ति कुनै व्यक्तिले आफूले देखेको वा सुनेको कुरा बताउने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “मैले भनेको कुरा सत्य हो भनेर देखाइदिन म परमेश्वरलाई बिन्ती गर्छु”
“ताकि म तिमीहरूलाई थप कष्टमा नपारूँ”
“हामी तिमीहरूसँगै काम गरिरहेका छौँ ताकि तिमीहरूलाई आनन्द हुन सकोस्”
“खडा” शब्दले परिवर्तन नहुने केही कुरालाई जनाउन सक्छ । वैकल्पिक अनुवादः “तिमीहरूको विश्वासमा दृढ रहो”
1 तिमीहरूको दुःखपूर्ण अवस्थामा म फेरि तिमीहरूकहाँ नआउने निर्णय मैले गरेँ । 2 यदि मैले तिमीहरूलाई दुःखित तुल्याएँ भने, मैले जसलाई दुःखित तुल्याएँ उसले बाहेक अरू कसले मलाई खुसी तुल्याउन सक्छ र ? 3 मैले जे लेखेँ, त्यो यसकारण लेखेँ कि म तिमीहरूकहाँ आउँदा जुन व्यक्तिहरूद्वारा मैले आनन्द पाउनुपर्ने थियो तिनीहरूद्वारा म दुःखित नहोऊँ । मेरो आनन्द तिमीहरू सबैमा भएको जस्तै छ भन्ने कुरामा म निश्चित छु । 4 किनकि मैले ठुलो कष्ट, हृदयको पीडा र धेरै आँशुका साथमा तिमीहरूलाई लेखेँ । म तिमीहरूलाई कष्ट दिन चाहन्न थिएँ । बरु, तिमीहरूप्रति भएको मेरो प्रेमको गहिराइ तिमीहरूले थाहा पाओ भन्ने म चाहन्थेँ । 5 यदि कसैले दुःख दिएको छ भने, त्यसले मलाई मात्र छैन, तर केही हदसम्म (यसलाई कडा गरी नभन्ने हो भने) तिमीहरू सबैलाई पनि दुःखित तुल्याएको छ । 6 त्यो व्यक्तिलाई बहुमतद्वारा दिइएको सजाय पर्याप्त छ । 7 त्यसैले, अब सजायको साटो उसलाई क्षमा र सान्त्वना देओ । उसले धेरै दुःखबाट हरेस नखाओस् भनेर यसो गर । 8 उसको निम्ति गरेको तिमीहरूको प्रेम सार्वजनिक रूपमा प्रकट गर । 9 तिमीहरूलाई जाँच गर्न सकूँ र तिमीहरू सबै कुरामा आज्ञाकारी छौ कि छैनौ भनी मैले बुझ्न सकूँ भनेर मैले तिमीहरूलाई लेखेँ । 10 यदि तिमीहरूले कसैलाई क्षमा दियौ भने, म पनि त्यस व्यक्तिलाई क्षमा दिनेछु । यदि मैले केही क्षमा दिएको छु भने, यो येशूको उपस्थितिमा तिमीहरूका निम्ति हो । 11 यसैले, शैतानले हामीलाई छक्याउने छैन । किनकि हामी त्यसका योजनाहरूको विषयमा अजान छैनौँ । 12 जब म ख्रीष्टको सुसमाचार प्रचार गर्न त्रोआस सहर आएँ, त्यहाँ मेरो लागि प्रभुले ढोका खोलिदिनुभएको थियो । 13 तापनि, मलाई मनमा शान्ति मिलेन, किनकि मैले मेरा भाइ तीतसलाई त्यहाँ भेटिनँ । त्यसैले, उनीहरूलाई छोडेर म माकेडोनिया फर्कें । 14 तर परमेश्वरलाई धेरै धन्यवाद होस्, जसले हामीलाई सधैँ विजयमा अगुवाइ गर्नुहुन्छ । हामीद्वारा उहाँले सबैतिर ज्ञानको मिठो सुबास्ना छर्नुहुन्छ । 15 किनकि हामी परमेश्वरको निम्ति उद्धार पाएकाहरू र नष्ट भइरहेकाहरूका निम्ति ख्रीष्टका सुबास्ना हौँ । 16 नष्ट भइरहेका मानिसहरूका लागि यो मृत्युदेखि मृत्युसम्मको सुबास्ना हो । अनि बचाइएकाहरूको लागि हामी जीवनदेखि जीवनसम्मको सुबास्ना हो । यी कुराहरूका लागि को योग्यको छ ? 17 हामी नाफाको लागि परमेश्वरको वचन बेच्ने धेरै मानिसहरूजस्ता होइनौँ । बरु, हामी ख्रीष्टमा शुद्ध अभिप्रायले परमेश्वरको दृष्टिमा उहाँले पठाउनुभएको जस्तै गरी बोल्दछौँ ।
यस अध्यायमा, पावलले कोरिन्थीहरूलाई पहिले लेखेका पत्रबारे उल्लेख गर्छन् । त्यस पत्रमा रूखो र सच्याउने भाव थियो । पावलले सम्भवतः यो पत्र पहिलो पत्रभन्दा पछि र दोस्रो पत्रभन्दा अघि लेखेका थिए । गल्ती गर्ने व्यक्तिलाई मण्डलीले हप्काउनुपर्छ भनी उनले अर्थ लगाउँछन् । पावल अब त्यो व्यक्तिप्रति अनुग्रही हुन तिनीहरूलाई प्रोत्साहन गर्छन् । अनि
सुबास्नाचाहिँ मिठो लाग्ने बास्ना हो । धर्मशास्त्रले धेरैपटक परमेश्वरलाई प्रशन्न तुल्याउने कुराहरूलाई मिठो बास्ना भएको कुराको रूपमा वर्णन गर्छ ।
तिनीहरूप्रतिको तिनको महान् प्रेमले गर्दा उनको पहिलो पत्रको उनको हप्की (अनैतिकताको पापलाई तिनीहरूले स्वीकार गरेकामा हप्की) ले उनलाई साथै कोरिन्थका मण्डलीका मानिसहरू र अनैतिक मानिसलाई पनि पीडा दियो भनी पावलले प्रष्ट पार्छन् ।
“मैले निर्णय गरेँ”
“तिमीहरूलाई पीडा दिन सक्ने परिस्थितिहरूमा”
पावल तिनीहरूकहाँ आउने कुराले तिनीहरूलाई पीडा दिन्छ भने यसले न त उनलाई न तिनीहरूलाई नै लाभ हुन्छ भनी जोड दिन उनले यो आलङ्कारिक प्रश्न प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “यदि मैले तिमीहरूलाई पीडा दिएँ भने, मलाई खुशी तुल्याउने भनेको ती नै व्यक्तिहरू हुन् जसलाई मैले पीडा दिएको थिएँ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यही व्यक्ति जसलाई मैले चोट पुर्याएको थिएँ”
यसले अर्को पत्रलाई जनाउँछ जुन पावलले कोरिन्थीहरूलाई लेखेका थिए, जुन हराइसकेको छ । वैकल्पिक अनुवादः “मैले लेखेँ जसरी मैले मेरो अघिल्लो पत्रमा लेखेको थिएँ”
पावलले उनलाई संवेगात्मक पीडा दिने केही कोरिन्थी विश्वासीहरूको बारेमा कुरा गरिरहेका छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मलाई रमाहट गराउनुपर्नेहरूले मलाई चोट नलगाऊन्”
“तिमीहरूलाई जे कुराले आनन्द दिन्छ मलाई पनि त्यही कुराले आनन्द दिन्छ”
यहाँ “कष्ट” शब्दले भावनात्मक पीडालाई जनाउँछ ।
यहाँ “हृदय” शब्दले संवेगहरूको स्थानलाई जनाउँछ । वैकल्पिक अनुवादः “अत्यन्त कष्टसित”
“धेरै विलाप गरेर”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । “दण्ड” शब्दलाई क्रियापद शब्द प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः वैकल्पिक अनुवादः “जुन तरिकाले त्यो व्यक्तिलाई अधिकांशले दण्ड दिएको छ, सो पर्याप्त छ”
“पुग्दो छ”
यसको अर्थ अति धेरै कष्टको प्रबल संवेगात्मक प्रतिक्रिया हुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अत्यन्त कष्टले उसलाई विचलित नबनाओस्”
तिनीहरूले दण्ड दिएका व्यक्तिलाई प्रेम देखाउन र क्षमा दिनलाई पावलले कोरिन्थको मण्डलीलाई उत्साह दिन्छन् । उनले पनि त्यसलाई क्षमा गरेका छन् भनी उनले लेख्छन् ।
यसको आशय तिनीहरूले यस मानिसप्रति तिनीहरूको प्रेम सबै विश्वासीहरूको उपस्थितिमा पुष्टि गर्नुपर्छ भन्ने हो ।
सम्भावित अर्थहरू हुन् 1) “तिमीहरू सबै कुरामा परमेश्वरप्रति आज्ञाकारी छौ” वा २) “मैले तिमीहरूलाई सिकाएका सबै कुरामा तिमीहरू आज्ञाकारी छौ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूको खातिर मैले त्यसलाई माफ गरिदिएको छु
सम्भावित अर्थहरू हुन्ः १) “तिमीहरूका निम्ति मेरो प्रेमको कारण क्षमा गरिएको” (यूडीबी) वा (२) “तिमीहरूको भलाइको निम्ति क्षमा गरिएको ।”
पावलले ठीक विपरित कुरालाई जोड दिन नकारात्मक अभिव्यक्ति प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “किनकि हामीलाई त्यसका योजनाहरूको बारेमा राम्ररी थाहा छ”
पावलले त्रोआस र माकेडोनियामा सुसमाचार प्रचार गर्न पाएका अवसरहरूलाई उल्लेख गरेर कोरिन्थका विश्वासीहरूलाई उत्साह दिन्छन् ।
पावलले सुसमाचार प्रचार गर्ने आफ्नो अवसरलाई एउटा ढोकाको रूपमा कुरा गर्छन् जसद्वारा भएर जान उनलाई अनुमति मिलेको थियो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “प्रभुले मेरो निम्ति एउटा ढोका खोल्नुभयो... सुसमाचार प्रचार गर्न” वा “प्रभुले मलाई अवसर दिनुभयो... सुसमाचार प्रचार गर्न”
“मेरो मन विचलित थियो” वा “म चिन्तित थिएँ”
पावलले तीतसलाई उनको आत्मिक भाइको रूपमा बताउँछन् ।
“त्यसैले मैले त्रोआसका मानिसहरूलाई छाडेँ”
पावलले परमेश्वरको बारेमा उहाँ एक विजयी जुलुसलाई अगुवाइ गरिरहनुभएको एक विजयी सेनापति र उनी आफैँ र उनका सहकर्मीहरूचाहिँ त्यस जुलुसमा सहभागी हुने व्यक्तिहरू भए झैँ गरी बताउँछन् । सम्भावित अर्थहरू हुन् १) “परमेश्वर, जसले ख्रीष्टमा हामीलाई सदैव उहाँको विजयमा सहभागी हुन लगाउनुहुन्छ” वा २) “परमेश्वर, जसले ख्रीष्टमा हामीलाई ती व्यक्तिहरूमाथि सदैव विजयमा अगुवाइ गर्नुहुन्छ जसमाथि उहाँले विजय हासिल गर्नुभएको छ”
पावलले ख्रीष्टको ज्ञानलाई मिठो बास्ना भएको धूप झैँ गरी उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “जसरी बलिरहेको धूपको मिठो बास्ना त्यसको नजिक रहेका सबैजनातिर फैलिन्छ, त्यसै गरी उहाँले ख्रीष्टको ज्ञानलाई हाम्रो कुरा सुन्ने सबैकहाँ फैलन लगाउनुहुन्छ”
“उहाँले फैलाउनुहुन्छ ... हामी जहाँ पनि जान्छौँ”
पावलले उनको सेवकाइलाई कसैले परमेश्वरको निम्ति चढाएको होमबलि झैँ गरी उल्लेख गर्छन् ।
सम्भावित अर्थहरू हुन् १) “मिठो सुबास्ना जुन ख्रीष्टको ज्ञान हो” वा २) “मिठो सुबास्ना जुन ख्रीष्टले दिनुहुन्छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले बचाउनुभएको छ”
“ख्रीष्टको ज्ञान एउटा सुबास्ना हो ।” यसले [२ कोरिन्थीहरू २:१४]
सम्भावित अर्थहरू हुन् १) “मृत्यु” शब्दलाई जोड दिनलाई दोहोर्याइएको छ र यो वाक्यांशको अर्थ “मृत्यु गराउने सुबास्ना” भन्ने हुन्छ वा २) “मानिसहरूलाई मर्न लगाउने मृत्युको दुर्गन्ध”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जोहरूलाई परमेश्वरले बचाइरहनुभएको छ”
सम्भावित अर्थहरू हुन् १) “जीवन” शब्दलाई जोड दिनलाई दोहोर्याइएको छ र यो वाक्यांशको अर्थ “जीवन दिने सुबास्ना” भन्ने हुन्छ वा २) “मानिसहरूलाई जीवन दिने जीवनको सुगन्ध”
परमेश्वरले तिनीहरूलाई गर्नको निम्ति बोलाउनुभएको सेवकाइ गर्नलाई कोही पनि योग्यको छैन भन्ने कुरालाई जोड दिन पावलले यो प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “यी कुराहरूको लागि कोही पनि योग्य छैन”
यहाँ “वचन” “सन्देश”को लागि प्रतिस्थापन हो । वैकल्पिक अनुवादः “जसले परमेश्वरको सन्देश बेच्छन्”
“शुद्ध अभिप्रायहरू”
“हामी ख्रीष्टसँग जोडिएका मानिसहरू जसरी बोल्छौँ” वा “हामी ख्रीष्टको अधिकारसहित बोल्छौँ”
परमेश्वरले तिनीहरूलाई हेरिरहनुभएको छ भन्ने सजगतासँगै पावल र उनका सहकर्मीहरूले सुसमाचार प्रचार गर्छन् । वैकल्पिक अनुवादः “हामी परमेश्वरको उपस्थितिमा बोल्छौँ”
1 के हामी फेरि आफ्नो प्रशंसा आफैँ गर्न लागिरहेका छौँ ? केही मानिसहरूलाई जस्तै हामीलाई पनि तिमीहरू समक्ष वा तिमीहरूबाट सिफारिस पत्रको जरुरी छैन, छ र ? 2 तिमीहरू नै हाम्रो लागि हृदयमा लेखिएको सिफारिस पत्र हौ जसलाई सबै मानिसले पढेका र जानेका छन् । 3 र तिमीहरू हामीद्वारा वितरण गरिएका ख्रीष्टका पत्र हौ भन्ने तिमीहरूले नै देखाउँछौ । यो मसीले होइन, तर जीवित परमेश्वरको आत्माबाट लेखिएको थियो । यो ढुङ्गाको पाटीमा लेखिएको थिएन, तर मानिसहरूका हृदयका पाटीमा लेखिएको थियो । 4 र यो ख्रीष्ट येशूद्वारा परमेश्वरमा भएको हाम्रो आत्मविश्वास हो । 5 कुनै पनि कुरा हामीबाट आइरहेको छ भनेर दाबी गर्न हामी आफैँ योग्य छैनौँ । बरु, हाम्रो योग्यता परमेश्वरबाट आएको हो । 6 परमेश्वरले हामीलाई नयाँ करारका सेवकहरू हुन योग्य बनाउनुभएको छ । यो करार अक्षरबाट होइन, तर आत्माबाट हो । किनकि अक्षरले मार्दछ, तर आत्माले जीवन दिन्छ । 7 अब ढुङ्गामा कुँदिएको मृत्यु ल्याउने अक्षर यस्तो महिमासँग इस्राएलीहरूको बिचमा आयो कि इस्राएलीहरूले मोशाको अनुहार सिधै हेर्न सकेनन् । यो उनको अनुहारको महिमाको कारणले गर्दा हो, जुन महिमा मन्द हुँदै थियो । 8 पवित्र आत्माको काम झन् कति धेरै महिमित होला ? 9 यदि निन्दापूर्ण सेवाको महिमा थियो भने धार्मिकताको सेवा अझ कति धेरै महिमित हुन्छ ! 10 किनकि वास्तवमा जुन एक समय महिमित पारिएको थियो, यसलाई माथ गर्ने अर्को महिमाको कारण अहिले त्यो महिमित छैन । 11 यदि बितेर जानेको कुराको महिमा थियो भने सधैँको लागि रहने कुराको झन् कति धेरै महिमा हुनेछ ! 12 हामीसँग यस्तो आशा भएको कारण हामी साहसी छौँ । 13 हराउँदै गरेको महिमाको अन्त्य इस्राएलीहरूले सिधै देख्न नसकून् भनेर हामी आफ्नो अनुहारमा घुम्टो लगाउने मोशाजस्ता छैनौँ । 14 तर तिनीहरूका मन कठोर पारिएका थिए । पुरानो करार पढ्दा आजको दिनसम्म पनि त्यो घुम्टो रहिरहन्छ । त्यो खोलिएको छैन, किनकि ख्रीष्टमा मात्र यो खोलिन्छ । 15 तर आज पनि जब मोशाको बारेमा पढिन्छ, तिनीहरूको हृदयमा घुम्टो रहन्छ । 16 तर जब कोही व्यक्ति परमप्रभुमा फर्किन्छ, तब घुम्टो हटाइन्छ । 17 परमप्रभु आत्मा हुनुहुन्छ । जहाँ परमप्रभुको आत्मा छ, त्यहाँ स्वतन्त्रता हुन्छ । 18 अब हामी सबै घुम्टो हटाइएको अनुहारले परमप्रभुको महिमालाई हेर्छौं । हामी एक महिमादेखि अर्को महिमामा उक्लँदै त्यही महिमामा बद्लिँदै छौँ । यो परमप्रभुबाट आउँछ, जो आत्मा हुनुहुन्छ ।
पावलले आफ्नो प्रतिरक्षालाई निरन्तरता दिन्छन् । पावलले कोरिन्थी ख्रीष्टिएनहरूलाई उनको कामको प्रमाणको रूपमा हेर्छन् ।
परमेश्वरले ढुङ्गाको पाटीमा दश आज्ञाहरू दिनुभएको कुरालाई पावलले सङ्केत गर्छन् । यसले मोशाको व्यवस्थालाई दर्शाउँछ । व्यवस्था असल थियो किनभने यो परमेश्वरबाट आएको थियो । तर परमेश्वरले इस्राएलीहरूलाई दण्ड दिनुभयो किनभने तिनीहरूले त्यसको अवज्ञा गरे । यदि पुरानो करारलाई अझै अनुवाद गरिएको छैन भने यो अध्याय बुझ्न अनुवाकहरूका निम्ति कठिन हुन सक्छ । अनि अनि )
पावलले यस अध्यायमा प्रयोग गरिएका धेरै रूपकहरूलाई जटिल आत्मिक सत्यताहरू व्याख्या गर्नलाई प्रयोग गर्छन् । यसले पावलको शिक्षालाई बुझ्न अझ सहज वा अझ जटिल बनाउँछ भन्ने कुरा अपष्ट छ ।
पावलले पुरानो र नयाँ करार बीच फरक छुट्टाउँछन् । नयाँ करार नियमहरू र नितीहरूको पद्धति होइन । यहाँ “आत्मा”ले सम्भवतः पवित्र आत्मालाई जनाउँछ । यसले नयाँ करारलाई स्वभावमा “आत्मिक” भएको कुरालाई पनि जनाउन सक्छ ।
पावलले ख्रीष्टद्वारा गरेका कुराहरू तिनीहरूलाई बताइरहँदा उनले घमण्ड गरिरहेका छैनन् भनी तिनीहरूलाई याद दिलाउँछन् ।
उनीहरूले आफ्नै बारेमा घमण्ड गरिरहेका छैनन् भनी जोड दिनलाई पावलले यो प्रश्नलाई प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामीले फेरि आफूहरू स्वयम्कै प्रशंसा गर्न थालिरहेका छैनौँ”
कोरिन्थीहरूलाई पावल र तिमोथीको असल प्रतिष्ठाको बारेमा पहिले नै थाहा छ भनी व्यक्त गर्नलाई पावलले यो कुरा बताउँछन् । प्रश्नले अकरणमा भएको जवाफ दिन लगाउँछ । वैकल्पिक अनुवादः “केही मानिसहरूलाई चाहिए जस्तै हामीलाई तिमीहरूको निम्ति वा तिमीहरूबाट कुनै सिफारिस पत्रको आवश्यक पर्दैन”
यो कुनै व्यक्तिले अरू कसैको चिनारी दिनलाई र त्यस व्यक्तिलाई तिनीहरूको सहमति दिनलाई लेख्ने पत्र हो ।
कोरिन्थीहरू सिफारिस पत्र हुन् झैँ गरी पावलले कोरिन्थीहरूको बारेमा उल्लेख गर्छन् । तिनीहरू विश्वासी भएको कुराले नै अरूहरूप्रतिको पावलको सेवकाइलाई मान्य तुल्याउँछ । वैकल्पिक अनुवादः “तिमीहरू आफैँ नै हाम्रा सिफारिस पत्र जस्तै हौ”
यहाँ “हृदयहरू” शब्दले तिनीहरूको विचारहरू र संवेगहरूलाई जनाउँछ । सम्भावित अर्थहरू हुन् १) कोरिन्थीहरू तिनीहरूका सिफारिस पत्र हुन् भन्ने कुरामा पावल र तिनीहरूका सहकर्मीहरू पक्का छन् वा २) पावल र तिनका सहमकर्मीहरूले कोरिन्थीहरूको गहन रूपमा वास्ता गर्छन् ।
यसलाई “ख्रीष्ट”लाई कर्ताको रूपमा अर्थ दिने गरी कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन ख्रीष्टले हाम्रा हृदयहरूमा लेख्नुभएको छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन सबै मानिसहरूले जान्न र पढ्न सक्छन्”
पावलले प्रष्ट पार्छन् कि ख्रीष्ट नै त्यो व्यक्ति हुनुहुन्छ जसले पत्र लेख्नुभएको छ । वैकल्पिक अनुवादः “तिमीहरू ख्रीष्टले लेख्नुभएको एउटा पत्र हौ”
“हामीद्वारा ल्याइएको”
कोरिन्थीहरू एउटा आत्मिक पत्र जस्तै हुन, मानिसले भौतिक वस्तुहरूले लेखेका पत्र जस्ता होइनन् भनेर पावलले प्रष्ट पार्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो मानिसहरूले मसीले लेखेका पत्र होइन, तर जीवित परमेश्वरको आत्माले लेख्नुभएको पत्र हो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो मानिसहरूले ढुङ्गाका पाटीहरूमा खोपेर लेखेका पत्र होइन, तर जीवित परमेश्वरको आत्माले मानव हृदयका पाटीहरूमा लेख्नुभएको पत्र हो”
पावलले तिनीहरूका हृदयहरू ढुङ्गा वा माटोको कुनै सम्म परेका टुक्राहरू हुन् झैँ गरी उल्लेख गर्छन् जसमा मानिसहरूले अक्षरहरू खोप्छन् ।
यसले पावलले भर्खरै भनेका कुरालाई जनाउँछ । कोरिन्थीहरू परमेश्वरको सामु पावलको सेवकाइको प्रमाण हुन् भनेर जानेको कुराबाट उनको आत्मविश्वास आउँछ ।
“हामी आफैँमा योग्य” वा “हामी आफैँमा पर्याप्त”
यहाँ “कुनै पनि कुरा” शब्दहरूले पावलको प्रेरितीय सेवकाइसँग सम्बन्धित कुनै पनि कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “हामीले सेवकाइमा गरेका कुनै पनि कुरा हाम्रो आफ्नै प्रयासहरूबाट आएका हुन् भनी दाबी गर्न”
“परमेश्वरले हामीलाई हाम्रो पर्याप्तता दिनुहुन्छ”
यहाँ “अक्षर” शब्दको अर्थ वर्णमालाका अक्षरहरू हो र यसले मानिसहरूले लेख्ने शब्दहरूलाई जनाउँछ । यो वाक्यांशले पुरानो करारको व्यवस्थालाई सङ्केत गर्छ । वैकल्पिक अनुवादः “मानिसहरूले लेखेका आज्ञाहरूमा आधारित नभएको एउटा करार”
परमेश्वरको करारलाई मानिसहरूसित स्थापित गर्नुहुने पवित्र आत्मा नै हुनुहुन्छ । वैकल्पिक अनुवादः “तर आत्माले जे गर्नुहुन्छ सो कुरामा आधारित भएको एउटा करार”
पावलले पुराको करारको व्यवस्थालाई एउटा व्यक्तिको रूपमा उल्लेख गर्छन् जसले मार्छ । त्यो व्यवस्थाको पछि लाग्नाले आत्मिक मृत्युमा डोहोर्याउँछ । वैकल्पिक अनुवादः “लिखित व्यवस्थाले मृत्युमा डोहोर्याउँछ”
पावलले पुरानो करारको धिमा हुँदै गएको महिमा र नयाँ करारको श्रेष्ठता र स्वतन्त्रताको बीचमा भएको भिन्नतालाई देखाउँछन् । उनले मोशाको घुम्टो र वर्तमान प्रकाशको स्पष्टताको बीचमा भएको भिन्नतालाई देखाउँछन् । अहिले प्रकट गरिएको कुराभन्दा मोशाको समय कम स्पष्ट तस्वीर थियो ।
पावलले जोड दिन्छन् कि हुन त व्यवस्थाले मृत्युतिर लैजान्छ, तैपनि त्यो अझै निकै महिमामय थियो ।
“मृत्युको सेवकाइ ।” यसले परमेश्वरले मोशाद्वारा दिनुभएको पुरानो करारको व्यवस्थालाई जनाउँछ । वैकल्पिक अनुवादः “मृत्यु गराउने सेवकाइ किनभने त्यो व्यवस्थामा आधारित छ”
“ढुङ्गामा अक्षरहरूले खोपिएको ।” यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन परमेश्वरले ढुङ्गामा अक्षरहरूले खोप्नुभयो”
“अति धेरै महिमामा”
“तिनीहरूले हेर्न सकेनन् किनभने”
“ ... पैदा गर्ने सेवा” भन्दा “आत्माले गर्नुहुने सेवा” झनै धेरै महिमामय हुनुपर्छ किनभने यसले जीवनतिर डोर्याउँछ भनी जोड दिनलाई पावलले यो प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “त्यसैले आत्माले गर्नुहुने सेवा अझ बढी महिमामय हुनुपर्छ”
“आत्माको सेवकाइ ।” यसले नयाँ करारलाई जनाउँछ, जसको पावल एक सेवक हुन् । वैकल्पिक अनुवादः “जीवन दिने सेवकाइ किनभने त्यो आत्मामा आधारित छ”
“दोषी ठहराउने सेवकाइ ।” यसले पुरानो करारको व्यवस्थालाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसहरूलाई दोषी ठहराउने सेवकाइ किनभने त्यो व्यवस्थामा आधारित छ”
यहाँ “कति” शब्दले वाक्यांशलाई प्रश्नको रूपमा होइन, आश्चर्यको रूपमा उल्लेख गर्छ । वैकल्पिक अनुवादः “त्यसोभए धार्मिकताको सेवा अझ धेरै महिमामा प्रशस्त हुनुपर्छ !”
पावलले “धार्मिकताको सेवा”लाई अर्को वस्तु पैदा गर्न सक्ने वा वृद्धि गर्न सक्ने कुनै एउटा वस्तुको रूपमा उल्लेख गर्छन् । उनले भन्न खोजेको यो हो कि व्यवस्था, जसको पनि महिमा थियो, त्योभन्दा “धार्मिकताको सेवा” झन् बढी महिमामय हुन्छ ।
“धार्मिकताको सेवकाइ ।” यसले नयाँ करारलाई जनाउँछ, जसको पावल एक सेवक हुन् । वैकल्पिक अनुवादः “मानिसहरूलाई धर्मी बनाउने सेवकाइ किनभने त्यो आत्मामा आधारित छ”
निकै धेरै महिमामय रहेको नयाँ करारसँग तुलना गर्दा पुरानो करार अब महिमामय देखिँदैन ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “व्यवस्था जसलाई परमेश्वरले एकपटक महिमामय बनाउनुभएको थियो”
“यो तरिकाले”
यसले “दण्डाज्ञाको सेवा”लाई जनाउँछ, जसलाई पावलले लुप्त हुन सक्ने कुनै एउटा वस्तुको रूपमा उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “त्यो जुन अनुपयोगी भइरहेको थियो”
यसले पावलले भर्खरै भेनका कुरालाई जनाउँछ । उनको आशा नयाँ करारसँग एउटा अनन्त महिमा छ भनेर जान्ने कुराबाट आउँछ ।
“त्यस्तो आत्मविश्वास”
यसले मोशाको अनुहारमा चम्केको महिमालाई जनाउँछ । वैकल्पिक अनुवादः “मोशाको अनुहारमा भएको महिमा जसै त्यो पूर्ण रूपमा बिलाएर गयो”
“तर तिनीहरूको मन कठोर पारिएको थियो ।” पावलले इस्राएली मानिसहरूको मनलाई बन्द गर्न वा कठोर बनाउन सकिने वस्तुहरूको रूपमा उल्लेख गर्छन् । यो अभिव्यक्तिको आशय तिनीहरूले जे देखेका थिए सो बुझ्न असक्षम थिए भन्ने हो । वैकल्पिक अनुवादः “तर इस्राएलीहरूले जे देखे सो बुझ्न सकेनन्”
पावलले कोरिन्थीहरूलाई लेखिरहेको समयलाई
जसरी इस्राएलीहरूले मोशाको मुहारमा महिमा देख्न सकेनन् किनभने तिनले तिनको मुहार एउटा घुम्टोले छोपेका थिए, त्यहाँ एउटा आत्मिक घुम्टो छ जसले मानिसहरूलाई तिनीहरूले पुरानो करार पढ्दा बुझ्नबाट रोक्छ ।
“जब तिनीहरूले कसैले पुरानो करार पढेको सुन्छन्”
यहाँ “त्यसलाई” शब्दको दुईटै प्रयोगहरूले “उही पर्दा”लाई जनाउँछन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “घुम्टोलाई कसैले पनि हटाउँदैन किनभने ख्रीष्टमा मात्र परमेश्वरले त्यसलाई हटाउनुहुन्छ”
यो वाक्यांशले पावलले कोरिन्थीहरूलाई लेखिरहेको समयलाई जनाउँछ ।
यहाँ “मोशा” शब्दले पुरानो करारको व्यवस्थालाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब पनि कसैले मोशाको व्यवस्था पढ्छ”
यहाँ “हृदयहरू” शब्दले मानिसहरूले विचार गर्ने कुरालाई प्रतिनिधित्व गर्छ, र मानिसहरूले पुरानो करारलाई बुझ्न असक्षम भइरहेको कुरालाई तिनीहरूसँग एउटा घुम्टो भए झैँ गरी बताइएको छ जसले तिनीहरूको हृदयलाई ढाक्छ जसरी एउटा भौतिक घुम्टोले तिनीहरूको आँखालाई ढाक्छ । वैकल्पिक अनुवादः “तिनीहरूले सुनिरहेका कुराहरू बुझ्न तिनीहरू असक्षम हुन्छन्”
यहाँ “फर्कनु” भनेको एउटा अलङ्कार हो जसको अर्थ कसैप्रति बफादार हुनु हो । वैकल्पिक अनुवादः “जब कुनै व्यक्तिले प्रभुको आराधना गर्न सुरु गर्छ” वा “जब कुनै व्यक्तिले प्रभुमा भरोसा गर्न सुरु गर्छ”
परमेश्वरले तिनीहरूलाई बुझ्ने क्षमता दिनुहुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले घुम्टोलाई उठाएर हटाउनुहुन्छ” वा “परमेश्वरले तिनीहरूलाई बुझ्ने क्षमता दिनुहुन्छ”
यहाँ “हामीलाई” शब्दले सारा विश्वासीहरूलाई जनाउँछ, जसमा पावल र कोरिन्थीहरू पनि समेटिएका छन् ।
मोशाले तिनको मुहारलाई घुम्टोले ढाकेको कारण त्यसमा झल्किएको परमेश्वरको महिमालाई देख्न नसक्ने इस्राएलीहरूको विपरीतमा, विश्वासीहरूलाई परमेश्वरको महिमा देख्न र बुझ्नबाट रोक्ने त्यहाँ केही छैन ।
आत्माले विश्वासीहरूलाई उहाँजस्तै महिमामय हुनलाई परिवर्तन गरिरहनुभएको छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “प्रभुले हामीलाई उहाँको जस्तै महिमामय रूपमा परिवर्तन गर्दै हुनुहुन्छ”
“एउटा महिमाको परिमाणदेखि अर्को महिमाको परिमाणसम्म ।” यसको अर्थ हो कि आत्माले विश्वासीहरूको महिमालाई निरन्तर वृद्धि गरिरहनुभएको छ ।
“जसरी यो प्रभुबाट आउँछ”
1 त्यसकारण, हामीसँग यो सेवा-कार्य भएको र हामीले यो दया पाएको कारणले गर्दा हामी निराश हुँदैनौँ । 2 बरु, हामीले गोप्य र लाजमर्दा मार्गहरू त्यागेका छौँ । हामी धूर्ततामा जिउँदैनौँ र हामी परमेश्वरको वचनलाई गलत तरिकाले चलाउँदैनौँ । सत्यता प्रस्तुत गर्दै परमेश्वरको नजरमा प्रत्येकको विवेकप्रति हामी आफैँलाई सिफारिस गर्दछौँ । 3 यदि हाम्रो सुसमाचार घुम्टोले ढाकिएको छ भने, त्यो विनाश भइरहेकाहरूका निम्ति मात्र ढाकिएको छ । 4 तिनीहरूको विषयमा भन्ने हो भने, यस संसारको देवले तिनीहरूको अविश्वासी मनहरू अन्धो तुल्याइदिएको छ । फलस्वरूप, तिनीहरू ख्रीष्टको महिमाको सुसमाचारको प्रकाश देख्न सक्दैनन्, जो परमेश्वरको स्वरूप हुनुहुन्छ । 5 किनकि हामी आफैँलाई होइन, तर ख्रीष्टको खातिर तिमीहरूका सेवकको रूपमा रहेर ख्रीष्ट येशूलाई घोषणा गर्छौं जो प्रभु हुनुहुन्छ । 6 किनकि परमेश्वरले भन्नुभयो, “अन्धकारबाट ज्योति चम्कनेछ ।” येशू ख्रीष्टको उपस्थितिमा परमेश्वरको महिमाको ज्ञानको ज्योति दिन उहाँ हाम्रो हृदयमा चम्कनुभएको छ । 7 यो अति नै महान् शक्ति हामीसँग होइन, तर परमेश्वरसँग छ भन्ने स्पष्ट पार्नको निम्ति हामीसँग यो धन माटाका भाँडाहरूमा छ । 8 हामी सबैतिरबाट कष्टित भएका छौँ, तर निराश भएका छैनौँ । 9 हामी सताइएका छौँ, तर त्यागिएका छैनौँ । हामी हिर्काइएका छौँ, तर नाश पारिएका छैनौँ । 10 येशूको जीवन हाम्रा शरीरमा देखियोस् भनेर हामी हाम्रा शरीरमा सधैँ येशूको मृत्युलाई बोकिहिँड्छौँ । 11 हाम्रा मानवीय शरीरहरूमा येशूको जीवन देखा परोस् भनेर जीवित भएका हामीहरू येशूको खातिर सधैँ मृत्युमा सुम्पिइँदै छौँ । 12 यही कारणले, हामीमा मृत्युले काम गर्दछ, तर जीवनले तिमीहरूमा । 13 “मैले विश्वास गरेँ, यसैले मैले बोलेँ ।” भनेर लेखिएजस्तै हामीसँग विश्वासको उस्तै आत्मा छ । 14 हामीलाई थाहा छ, कि जसले प्रभु येशूलाई पुनः जीवित पार्नुभयो, उहाँले हामीलाई पनि उहाँसँगै पुनः जीवित पार्नुहुनेछ । हामीलाई थाहा छ, कि उहाँले हामीलाई तिमीहरूसँगै उहाँको उपस्थितिमा ल्याउनुहुनेछ । 15 हरेक कुरा तिमीहरूको निम्ति हो ताकि जसरी धेरै मानिसहरूमा अनुग्रह फैलिएको छ, त्यसरी नै परमेश्वरको महिमाको लागि धन्यवाद दिने काम पनि वृद्धि होस् । 16 त्यसकारण हामी निराश हुँदैनौँ । हामी बाहिरी रूपमा विनाश हुँदै गए तापनि, भित्री रूपमा हामी प्रतिदिन नयाँ भइरहेका छौँ । 17 किनकि यो क्षणिक छ, हलुका कष्टले हामीलाई सबै नापलाई माथ गर्ने वजनदार अनन्त महिमाको लागि तयार पारिरहेको छ । 18 किनकि हामीले देखिने कुराहरूको होइन, तर नदेखिने कुराहरूको प्रतीक्षा गरिरहेका छौँ । देखिने कुराहरू क्षणिक हुन्छन् र नदेखिने कुराहरू अनन्तसम्म रहन्छन् ।
यो अध्याय “यसकारण” शब्दबाट सुरु हुन्छ । यसले अघिल्लो अध्यायले सिकाएको कुरालाई जोड्छ । यी अध्यायहरूलाई कसरी विभाजान गरिएको छ भनी पाठकहरू अन्योलमा पर्न सक्छन् ।
पावलले मानिसहरूलाई ख्रीष्टको बारेमा बताएर तिनीहरूको सेवा गर्छन् । उनले मानिसहरूलाई विश्वास गर्नलाई छकाउने प्रयास गर्दैनन् । यदि तिनीहरूले सुसमाचारलाई बुझ्दैनन् भने त्यो समस्य नितान्त आत्मिक समस्या हो ।
बाइबलले धेरैपटक अधर्मी मानिसहरू अर्थात परमेश्वरलाई प्रशन्न तुल्याउने काम नगर्ने मानिसहरूलाई तिनीहरू अन्धकारमा हिँडिरहेको जस्तै गरी तिनीहरूको बारेमा उल्लेख गर्छ । यसले ज्योतिको बारेमा ती पापी मानिसहरूलाई धर्मी बन्न, तिनीहरूले गरिरहेका कामहरू गलत छन् भनी बुझ्न, र परमेश्वरको आज्ञापालन गर्न सुरु गर्नलाई सक्षम तुल्याउने कुराको रूपमा उल्लेख गर्छ ।
पावलले यहाँ शारीरिक जीवन र मृत्युलाई जनाउँदैनन् । जीवनले एउटा ख्रीष्टिएनले येशूमा पाउने नयाँ जीवनलाई दर्शाउँछ । मृत्युले येशूमा विश्वास गर्नु अघिको जीवन जिउने पुरानो शैलीलाई दर्शाउँछ । अनि अनि )
पावलले जानिजानि एउटा दोहोरिने संरचनाको प्रयोग गर्छन् । उनले एउटा कथन बनाउँछन् । त्यसपछि उनले विपरितजस्तो देखिने वा विरोधाभासपूर्ण भनाइलाई इन्कार गर्छन् वा एउटा अपवाद दिन्छन् । एकसाथमा, यिनीहरूले पाठकलाई कठिन परिस्थितिहरूमा आशा दिन्छन् ।
पावल लेख्छन् कि उनी उनको सेवकाइमा ख्रीष्टलाई प्रचार गरेर इमानदार छन् र आफ्नै प्रशंसा गरिरहेका छैनन् । उनले आफू जिउने तरिकामा येशूको मृत्यु र जीवन देखाउँछन् ताकि कोरिन्थी विश्वासीहरूमा जीवनले काम गर्न सकोस् ।
यहाँ “हामी” शब्दले पावल र उनको सहकर्मीलाई जनाउँछ, तर कोरिन्थीहरूलाई होइन ।
यो वाक्यांशले पावल र उनका सहकर्मीहरूसँग कसरी “यो सेवकाइ छ” भनेर व्याख्या गर्छ । यो परमेश्वरले तिनीहरूलाई उहाँको कृपाद्वारा दिनुभएको एउटा उपहार हो । वैकल्पिक अनुवादः “किनभने परमेश्वरले हामीलाई कृपा देखाउनुभएको छ”
यसको अर्थ हो कि पावल र उनका सहमकर्मीहरूले “गोप्य र शर्मलाग्दो” कुराहरू गर्न इन्कार गरे । यसको आशय तिनीहरूले विगतमा ती कुराहरू गरेका थिए भन्ने होइन ।
“गोप्य” शब्दले मानिसहरूले गोप्य रूपमा गर्ने कुरालाई वर्णन गर्छ । शर्मलाग्दो कुराहरूले ती कुराहरू गर्ने मानिसहरूलाई लज्जित भएको महसुस गराउनुपर्छ । वैकल्पिक अनुवादः “मानिसहरूले गोप्य रूपमा गर्ने कुराहरू, किनभने तिनीहरूले लज्जित बनाउँछ”
“छलकपटद्वारा जिउनु”
यहाँ “परमेश्वरको वचन” परमेश्वरबाटको सन्देशको लागि एउटा प्रतिस्थापन हो । यो वाक्यांशले एउटा सकारात्मक विचारलाई व्यक्त गर्न दुईवटा नकारात्मक विचारहरूको प्रयोग गर्छ । वैकल्पिक अनुवादः “हामी परमेश्वरको सन्देशलाई गलत तरिकाले चलाउँदैनौँ” वा “हामी परमेश्वरको वचनलाई सहि तरिकाले चलाउँछौँ”
यसको अर्थ हो कि तिनीहरू ठीक वा बेठीक हुन भनी निर्णय गर्न तिनीहरूको कुरा सुन्ने हरेक व्यक्तिलाई तिनीहरूले पर्याप्त प्रमाण दिन्छन् ।
यसले परमेश्वरको उपस्थितिलाई जनाउँछ । परमेश्वरको बुझाइ र पावलको सत्यताको स्वीकृतिलाई परमेश्वरले तिनीहरूलाई देख्न सकिरहनुभएको कुराको रूपमा जनाइएको छ । वैकल्पिक अनुवादः “परमेश्वरको सामु” वा “परमेश्वर साक्षीको रूपमा हुनुभएर”
यसले पावलले [२ कोरिन्थीहरू ३:१४-१६]
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि एउटा घुम्टोले हाम्रो सुसमाचारलाई ढाक्छ भने, त्यो घुम्टोले त्यसलाई ढाक्छ”
“हामीले प्रचार गर्ने सन्देश”
पावलले तिनीहरूको मनको आँखाहरू भए झैँ गरी र तिनीहरूको बुझ्न नसक्ने असमर्थतालाई तिनीहरूको मन देख्नलाई असमर्थ भएको जसरी उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “यस संसारको देवले अविश्वासीहरूलाई बुझ्नबाट रोक लगाएको छ”
“यस संसारलाई शासन गर्ने ईश्वर ।” यो पदावलीले शैतानलाई सङ्केत गर्दछ ।
जसरी इस्राएलीहरूले मोशाको मुहारमा चम्केको महिमा देख्न सकेका थिएनन् किनभने तिनले त्यसलाई घुम्टोले ढाकेका थिए (हेर्नुहोस्ः २ कोरिन्थीहरू ३:१३), अविश्वासीहरूले सुसमाचारमा चम्किने ख्रीष्टको महिमालाई देख्न सक्दैनन् । यसको अर्थ हो कि तिनीहरू “ख्रीष्टको महिमाको सुसमाचार”लाई बुझ्न असक्षम छन् ।
“ज्योति जुन सुसमाचारबाट आउँछ”
“ख्रीष्टको महिमाको बारेमा सुसमाचार”
तपाईंले यी वाक्यांशहरूको लागि क्रियापदहरू प्रदान गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तर हामीले ख्रीष्ट येशूलाई प्रभुको रूपमा घोषणा गर्छौं, र हामी आफैँलाई तिमीहरूका सेवकहरूको रूपमा घोषणा गर्छौं”
“येशूको कारण”
यस वाक्यसँगै, परमेश्वरले ज्योतिलाई सृष्टि गर्नुभएको कुरालाई पावलले जनाउँछन्, जसरी उत्पत्तिको पुस्तकमा वर्णन गरिएको छ ।
यहाँ “ज्योति” शब्दले बुझ्ने क्षमतालाई जनाउँछ । जसरी परमेश्वरले ज्योति सृष्टि गर्नुभयो, उहाँले विश्वासीहरूको लागि समझ पनि सृजनुहुन्छ । “उहाँ ... चम्किनुभएको छ... हामीलाई परमेश्वरको महिमा बुझ्नलाई सक्षम तुल्याउन”
यहाँ “हृदय” शब्दले मन र विचारहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “हाम्रा मनहरूमा”
“ज्योति, जुन परमेश्वरको महिमाको ज्ञान हो”
“येशू ख्रीष्टको मुहारमा परमेश्वरको महिमा ।” जसरी परमेश्वरको महिमा मोशाको मुहारमा चम्क्यो (हेर्नुहोस्ः २ कोरिन्थीहरू ३:७), त्यो येशूको मुहारमा पनि चम्किन्छ । यसको आशय हो कि जब पावलले सुसमाचार प्रचार गर्छन्, मानिसहरूले परमेश्वरको महिमाको बारेमा भएको सन्देशलाई देख्न र बुझ्न सक्छन् ।
यहाँ “हामी” शब्दले पावल र उनका सहकर्मीहरूलाई जनाउँछ, तर कोरिन्थीहरूलाई होइन ।
पावलले सुसमाचारलाई एउटा बहुमूल्य धन भए झैँ गरी र तिनीहरूको शरीरहरूलाई माटोबाट बनाइएको फुट्न सक्ने भाँडो भए झैँ गरी उल्लेख गर्छन् । तिनीहरूले प्रचार गर्ने सुसमाचारको मूल्यको तुलनामा तिनीहरू कम मूल्यका छन् भनी यसले जोड दिन्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले हामीलाई हर किसिमले सताउँछन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले हामीलाई सताउँछन्, तर परमेश्वरले हामीलाई त्याग्नुहुन्न”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले हामीलाई प्रहार गरेर लडाउँछन्, तर हामी नष्ट भएका छैनौँ”
“हामीलाई नराम्ररी चोट लगाइएको छ”
पावलले उनका कष्टहरूलाई तिनीहरू येशूको मृत्युको एउटा अनुभव भएको जसरी उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “हामी येशू मर्नुभए झैँ गरी धेरैपटक मृत्युको खतरामा छौँ” वा “हामी सधैँ यस्तो किसिमले कष्ट भोग्छौँ कि हामी येशूको मृत्युको अनुभव गर्छौं”
सम्भावित अर्थहरू हुन् १) “हाम्रो शरीरहरू फेरि जिउनेछन्, किनभने येशू जीवित हुनुहुन्छ” वा २) “येशूले दिनुहुने आत्मिक जिवन हाम्रा शरीरहरूमा पनि प्रकट होस् ।”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अरू मानिसहरूले हाम्रो शरीरहरूमा येशूको जीवन देखून्”
येशूको मृत्युलाई बोकिहिँड्नुले येशूप्रति बफदार भएकोले मर्न सकिने खतरालाई जनाउँछ । वैकल्पिक अनुवादः “किनकि हामी जो जीवित छौँ, परमेश्वरले हामीलाई सदैव मृत्युको सामना गर्नलाई डोहोर्याउनुहुन्छ किनभने हामी येशूसित जोडिएका छौँ” वा “मानिसहरूले हामी जीवित रहेकाहरूलाई सदैव मृत्युको जोखिममा पार्छन् किनभने हामी येशूसित जोडिएका छौँ”
येशूको जीवन हामीमा प्रकट भएको परमेश्वर चाहनुहुन्छ । सम्भावित अर्थहरू हुन् १) “हाम्रो शरीरहरू फेरि जिउनेछन्, किनभने येशू जीवित हुनुहुन्छ” वा २) “येशूले दिनुहुने आत्मिक जीवन हाम्रो शरीरहरूमा पनि प्रकट होस् ।” तपाईंले यो वाक्यांशलाई २ कोरिन्थीहरू ४:१० मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । तपाईंले यो वाक्यांशलाई [२ कोरिन्थीहरू ४:१०]
पावलले मृत्यु र जीवनलाई तिनीहरू काम गर्न सक्ने व्यक्तिहरू भए झैँ गरी उल्लेख गर्छन् । यसको आशय हो कि तिनीहरू सदैव शारीरिक मृत्युको जोखिममा छन् ताकि कोरिन्थीहरूले आत्मिक जीवन पाउन सकून् ।
“विश्वासको उही आचरण ।” यहाँ “आत्मा” शब्दले व्यक्तिको स्वभाव र प्रवृत्तिलाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यी वचनहरू लेख्ने व्यक्ति अनुसार”
यो भजनसङ्ग्रहबाटको एउटा उद्धरण हो ।
यहाँ बिउँताउनु भनेको मरिसकेको कोही व्यक्तिलाई पुनः जीवित तुल्याउनु हो । वैकल्पिक अनुवादः “ताकि उहाँ जसले प्रभु येशूलाई पुनः जीवित हुने तुल्याउनुभयो ... हुनेछ” वा “परमेश्वर, जसले प्रभु येशूलाई बिउभताउनुभयो, ... हुनेछ”
यहाँ “सबै कुरा” शब्दहरूले ती सबै कष्टहरूलाई जनाउँछ जुन पावलले अघिल्ला पदहरूमा वर्णन गरेका छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसै परमेश्वरले उहाँको अनुग्रहलाई धेरै मानिसहरूमा फैलाउनुहुन्छ”
पावलले धन्यवाद दिने कुरा कुनै एउटा वस्तु भएको जसरी उल्लेख गर्छन् जुन आफैँ वृद्धि हुन सक्छ । वैकल्पिक अनुवादः “धेरैभन्दा धेरै मानिसहरूले धन्यवाद दिन सकून्”
नदेखिने अनन्त थोकहरूको तुलनामा कोरिन्थीहरूका कठिनाइहरू साना छन् र लामो समयसम्म रहँदैनन् भनी पावलले उल्लेख गर्छन् ।
यसलाई सकारात्मक कथनको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि हामी निश्चित रहौँ”
यसले उनीहरूको भौतिक शरीर कुहिरहेको र मरिरहेकोलाई जनाउँछ । वैकल्पिक अनुवादः “हाम्रा भौतिक शरीरहरू कमजोर हुँदैछन् र मर्दैछन्”
यसले तिनीहरूको भित्री, आत्मिक जीवनहरू झन-झन बलियो हुँदैगएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “हाम्रा आत्मिक व्यक्तित्वहरू दिनदिनै बलिया पारिँदैछन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हाम्रो भित्री मनुष्यत्वलाई हरेक दिन झन् नयाँ बनाउँदै हुनुहुन्छ”
तिनका कष्टहरू र परमेश्वरले तिनलाई दिनुहुने महिमा चाहिँ तिनीहरू कुनै वस्तुहरू भएको जसरी पावलले उल्लेख गर्छन् जसलाई जोख्न सकिन्छ । महिमा कष्टभन्दा अत्याधिक मात्रामा वजनदार छ ।
जुन महिमा पावलले महसुस गर्नेछन् त्यो यति गह्रौँ छ कि कसैले पनि त्यसलाई जोख्न सक्दैन । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन कसैले पनि नाप्न सक्दैन”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले देख्न सक्ने कुराहरू ... हामीले देख्न नसक्ने कुराहरू”
तपाईंले यस वाक्यांशको लागि क्रियापद प्रदान गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तर हामी अदृश्य रहेका कुराहरूलाई हेरिरहेका छौँ”
1 हामी जान्दछौँ, कि हामीले बास गरेको यो यो पार्थिव शरीर नष्ट भयो भने पनि हामीसँग परमेश्वरले दिनुभएको भवन छ । यो मानिसको हातले बनाएको घर होइन, तर स्वर्गमा रहेको अनन्तसम्म रहने घर हो । 2 किनकि हाम्रो स्वर्गीय बासस्थानको पोशाक पहिरिने आशामा हामी यो पालमा पीडाले आर्तनाद गर्छौं । 3 हामी यसको इच्छा गर्छौं किनकि यसलाई पहिरिएपछि हामी नाङ्गा हुनेछैनौँ । 4 किनकि जबसम्म हामी यस पालमा छौँ, बोझले भरिएर हामी आर्तनाद गर्छौं । हामी निर्वस्त्र हुन चाहँदैनौँ । तर जे मरणशील छ , त्यो जीवनमा समावेश होस् भनेर हामी वस्त्र पहिरन चाहन्छौँ । 5 हामीलाई यसको निम्ति तयार गर्नुहुने परमेश्वर नै हुनुहुन्छ, जसले हाम्रो निम्ति पछि आउने कुराको बैनाको रूपमा पवित्र आत्मा दिनुभएको छ । 6 त्यसैले, सधैँ विश्वस्त रहो । यो जानी राख कि जब हामी हाम्रो शारीरिक घरमा रहन्छौँ, हामी परमेश्वरबाट टाढा रहन्छौँ । 7 हामी विश्वासद्वारा हिँड्छौँ, देखिने कुराको आधारमा होइन । 8 त्यसैले, हामी विश्वस्त छौँ । हामी शरीरबाट टाढा रहेर प्रभुसँग हुन रुचाउँछौँ । 9 त्यसैले, घरमा वा त्यसबाट टाढा जहाँ रहे पनि हाम्रो उद्देश्य उहाँलाई प्रसन्न पार्नु हो । 10 किनकि हामी सबै ख्रीष्टको न्याय आसनको अगाडि खडा हुनुपर्छ, ताकि हरेकले शरीरमा हुँदा गरेको असल वा खराब कार्यको निम्ति प्रतिफल पाओस् । 11 त्यसकारण, परमेश्वरको भय जानेर नै हामी मानिसहरूलाई मनाउँछौँ । हामी को हौँ भन्ने कुरा परमेश्वरलाई थाहा छ । म आशा गर्छु कि तिमीहरूको विवेकमा यो कुरा स्पष्ट छ । 12 हामीलाई तिमीहरूले इमानदार ठान भनेर हामीले तिमीहरूलाई मनाउन खोजिरहेका छैनौँ । बरु, हामी तिमीहरूलाई हामीमाथि गर्व गर्ने कारण दिँदै छौँ ताकि हृदयका भन्दा बाहिरी रूपको धाक लगाउनेहरूलाई जवाफ दिन सक । 13 किनकि यदि हाम्रो मन ठिक छैन भने पनि त्यो परमेश्वरको लागि हो । तर यदि हाम्रो मन ठिक छ भने त्यो तिमीहरूको खातिर हो । 14 किनकि ख्रीष्टको प्रेमले हामीलाई बाध्य पार्छ र हामीलाई यो निश्चय छ कि सबैको निम्ति एक जना मर्नुभएको हुनाले सबै मरेका छन् । 15 अनि ख्रीष्ट हामी सबैको निम्ति मर्नुभयो ताकि बाँच्नेहरू आफ्नो लागि नबाँचून् । बरु, तिनीहरू उहाँको निम्ति जिउनुपर्छ, जो मर्नुभयो र फेरि जीवित पारिनुभयो । 16 त्यसैले, हामीले एक चोटि ख्रीष्टलाई त्यसै गरेका भए तापनि अब उसो हामी कसैलाई मानिसको दृष्टिकोणअनुसार मूल्याङ्कन गर्दैनौँ । अब हामी कसैलाई कदापि त्यसरी हेर्दैनौँ । 17 किनभने कोही ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो । पुराना कुरा बितेर गएका छन् । हेर, ती नयाँ भएका छन् । 18 यी सबै कुरा परमेश्वरबाट भएका हुन् । उहाँले हामीलाई ख्रीष्टद्वारा उहाँसँगै मिलापमा ल्याउनुभयो र हामीलाई मिलापको सेवा दिनुभएको छ । 19 अर्थात् तिनीहरूका पापका लेखा नलिएर परमेश्वरले ख्रीष्टद्वारा संसारलाई आफूसित मिलापमा ल्याउँदै हुनुहुन्छ । उहाँले मिलापको सन्देशको जिम्मा हामीलाई सुम्पनुहुँदै छ । 20 त्यसैले, परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनुभए झैँ गरेर हामी ख्रीष्टका दूतको रूपमा नियुक्त गरिएका छौँ । “परमेश्वरमा मिलापमा आओ !” भनेर हामी तिमीहरूसित ख्रीष्टको खातिर अनुरोध गर्छौं । 21 उहाँले ख्रीष्टलाई हाम्रा पापको निम्ति बलि बन्न लगाउनुभयो । उहाँले कहिल्यै पाप गर्नुभएन । हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर उहाँले यसो गर्नुभयो ।
उनी मर्दा अझ राम्रो शरीर प्राप्त गर्नेछन् भनी पावल जान्दछन् । यसैकारणले उनी सुसमाचार प्रचार गर्दा मारिने कुरासित डराउँदैनन् । त्यसैले तिनले अरूहरूलाई बताउँछन् कि तिनीहरू पनि परमेश्वरसँग पुनर्मिलापमा आउन सक्छन् । ख्रीष्टले तिनीहरूका पापहरू लानुहुनेछ र तिनीहरूलाई उहाँको धार्मिकता दिनुहुनेछ । , अनि अनि )
पुरानो र नयाँ सृष्टिले सम्भवतः पावलले पुरानो र नयाँ मनुष्यत्वलाई कसरी चित्रण गर्छन् भन्ने कुरालाई जनाउँछ । यी धारणाहरू पुरानो र नयाँ मानिसको जस्तै हुन् । सम्भवतः “पुरानो” शब्दले मानिस जन्मेको पापपूर्ण स्वभावलाई जनाउँदैन । यसले जीवन जिउने पुरानो शैलीलाई वा पापमा बाँधिएको ख्रीष्टिएनको पहिलाको अवस्थालाई जनाउँछ । “नयाँ सृष्टि” नयाँ स्वभाव वा नयाँ जीवन हो जुन कोही व्यक्ति ख्रीष्टमा विश्वास गर्न आइसकेपछि परमेश्वरले उसलाई दिनुहुन्छ ।
ख्रीष्टिएनको घर अब यस संसारमा होइन । एक ख्रीष्टिएनको वास्तविक घर स्वर्गमा छ । यो अलङ्कारको प्रयोग गरेर, पावलले जोड दिन्छन् कि ख्रीष्टिएनका यस संसारमा भएका बाध्यताहरू अस्थायी हुन् । यसले कष्ट भोगिरहेकाहरूलाई आशा दिन्छ । अनि अनि )
यसले सुसमाचारलाई जनाउँछ । पावलले परमेश्वरसित शत्रुतामा रहेका मानिसहरूलाई पश्चाताप गर्न र उहाँसँग मिलापमा आउनलाई बोलाउँछन् । अनि )
पावलले विश्वासीहरूको पार्थिव शरीरहरू र परमेश्वरले दिनुहुने स्वर्गीय शरीरहरूको बीचमा भएको भिन्नतालाई देखाएर निरन्तरता दिन्छन् ।
यहाँ अस्थायी “पार्थिव वासस्थान” मानिसको भौतिक शरीरको लागि एउटा अलङ्कार हो । यहाँ “परमेश्वरबाटको भवन” चाहिँ विश्वासीहरू मरेपछि परमेश्वरले दिनुहुने नयाँ शरीरको निम्ति एउटा अलङ्कार हो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि मानिसहरूले हामी बसेको पार्थिव वासस्थानलाई नष्ट पार्छन् भने” वा “यदि मानिसहरूले हाम्रो शरीरहरूलाई मार्छन् भने”
यहाँ “घर” भनेको “परमेश्वरबाटको भवन” भनेको जस्तै हो । यहाँ “हातहरू” चाहिँ मानवलाई समग्र रूपमा प्रतिनिधित्व गर्ने उपलक्षक शब्द हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो एउटा घर हो जसलाई मानिसहरूले बनाएका होइनन्”
यहाँ “यो पाल”को अर्थ “हामी बसोबास गर्ने पार्थिव वासस्थान” जस्तै नै हो । चिन्ताले सुस्केरा हाल्नुको अर्थ चाहिँ कोही व्यक्तिले कुनै असल कुरा हासिल गर्न उत्कट इच्छा गर्दा निकाल्ने आवाज हो ।
“हाम्रो स्वर्गीय वासस्थान” शब्दहरूले “परमेश्वरबाट आउने भवन” भन्ने नै अर्थ दिन्छ । पावलले पुनरुत्थानको शरीरलाई त्यो दुवै भवन र कोही व्यक्तिले पहिरन सक्ने कपडा भए झैँ गरी उल्लेख गर्छन् ।
“हाम्रा स्वर्गीय वासस्थान धारण गरेर”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी नाङ्गा हुनेछैनौँ” वा “परमेश्वरले हामीलाई नाङ्गो पाउनुहुनेछैन”
पावलले भौतिक शरीरलाई त्यो एउटा “पाल” भए झैँ गरी उल्लेख गर्छन् ।
“पाल” शब्दले “हामी वास गर्ने पार्थिव वासस्थान”लाई जनाउँछ । चिन्ताले सुस्केरा हाल्नुको अर्थ चाहिँ कोही व्यक्तिले कुनै असल कुरा हासिल गर्न उत्कट इच्छा गर्दा निकाल्ने आवाज हो । तपाईंले यसलाई २ कोरिन्थीहरू ५:२ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
पावलले भौतिक शरीरले भोग्ने कठिनाइहरूलाई बोक्न कठिन हुने गह्रौँ वस्तुहरूलाई झैँ गरी उल्लेख गर्छन् ।
पावलले शरीरलाई वस्त्र भए झैँ गरी उल्लेख गर्छन् । यहाँ “वस्त्र फुकाल्नु”ले भौतिक शरीरको मृत्युलाई जनाउँछ; “वस्त्र पहिरिएको”ले परमेश्वरले दिनुहुने पुनरुत्थानको शरीर पाउनुलाई जनाउँछ।
“वस्त्र बिना हुनु” वा “नाङ्गो हुनु”
पावलले जीवनलाई एउटा जनावर भएको जसरी कुरा गर्छन् जसले “जे मरणशील छ” त्यसलाई खान्छ । मरेर जाने भौतिक शरीरलाई सदासर्वदा जिउने पुनरुत्थानको शरीरद्वारा प्रतिस्थापन गरिनेछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि जे मरणशील छ त्यसलाई जीवनले निलोस्”
आत्मालाई यसरी बताइएको छ मानौँ उहाँ अनन्त जीवनको निम्ति एक बैना हुनुहुन्छ । तपाईंले यसलाई [२ कोरिन्थीहरू १:२२]
विश्वासीहरूले नयाँ शरीर पाउने र पवित्र आत्मालाई बैनाको रूपमा पाउने हुनाले, पावलले तिनीहरूलाई प्रभुलाई प्रसन्न तुल्याउने गरी विश्वासद्वारा जिउनलाई याद दिलाउँछन् । उनले अरूहरूलाई मनाउन तिनीहरूलाई याद दिलाएर निरन्तरता दिन्छन् किनभने १) विश्वासीहरू ख्रीष्टको न्याय आसन अगाडि खडा हुनुपर्छ र २) विश्वासीहरूको निम्ति मर्नुहुने ख्रीष्टको लागि भएको प्रेमको कारण ।
पावलले भौतिक शरीरलाई कोही व्यक्ति बस्ने ठाउँको रूपमा उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “जब हामी यस पार्थिव शरीरमा बसिरहेका छौँ”
“हामी प्रभुसँग घरमा छैनौँ” वा “हामी प्रभुसँग स्वर्गमा छैनौँ”
यहाँ “हिँड्नु” भनेको “जिउनु” वा “आचरण देखाउनु”को निम्ति अलङकार हो । वैकल्पिक अनुवादः “हामी विश्वास अनुसार हिँड्छौँ, हामीले जे देख्छौँ त्यस अनुसार होइन”
यहाँ “शरीर”ले भौतिक शरीरलाई जनाउँछ ।
“प्रभुसँग स्वर्गमा घरमा”
“प्रभु” शब्दलाई अघिल्लो पदहरूबाट लिन सकिन्छ । वैकल्पिक अनुवादः “चाहे हामी प्रभुसँग घरमा होऔँ वा प्रभुबाट टाढा होऔँ”
“प्रभुलाई खुशी बनाउन”
“न्यायको निम्ति ख्रीष्टको अगाडि”
“हरेक व्यक्तिले उसले पाउनुपर्ने पाओस्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उसले भौतिक शरीरमा हुँदा गरेका कुराहरू”
“चाहे ती कुराहरू असल वा खराब होऊन्”
“प्रभुको भय मान्नु भनेको के हो सो जानेर”
सम्भावित अर्थहरू हुन् १) “हामीले मानिसहरूलाई सुसमाचारको सत्यतामा विश्वस्त बनाउँछौँ” वा २) “हामी सच्चा प्रेरितहरू हौँ भनी हामी मानिसहरूलाई विश्वस्त पार्छौँ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी कस्ता किसिमका मानिसहरू हौँ भनी परमेश्वरले प्रष्ट रूपमा देख्नुहुन्छ”
“कि तिमीहरू पनि यसमा विश्वस्त हौ”
“ताकि तिमीहरूसित ... लाई भन्न केही कुरा होस्”
यहाँ “बाहिरी रूप”ले क्षमता र स्तरजस्ता बाह्य अभिव्यक्तिहरूलाई जनाउँछ । “हृदय” शब्दले व्यक्तिको भित्री चरित्रलाई जनाउँछ । वैकल्पिक अनुवादः “जसले तिनीहरूका आफ्नै कार्यहरूको प्रशंसा गर्छन्, तर तिनीहरूका भित्री व्यक्तित्वमा वास्तवमा कस्ता छन् भन्ने कुराको मतलब गर्दैनन्”
पावलले उनी र उनका सहकर्मीहरूको बारेमा अरूहरूले विचार गर्ने कुराहरूको बारेमा बताइरहेका छन् । वैकल्पिक अनुवादः “यदि मानिसहरूले हामीलाई बौलाहा सम्झन्छन् भने ... यदि मानिसहरूले हामीलाई समझदार सम्झन्छन् भने”
सम्भावित अर्थहरू हुन् १) “ख्रीष्टको निम्ति हाम्रो प्रेम” वा “हाम्रो लागि ख्रीष्टको प्रेम ।”
“सबै मानिसहरूको निम्ति मर्नुभयो”
“उहाँ जो तिनीहरूको खातिर मर्नुभयो र जसलाई परमेश्वरले फेरि जीवित हुने तुल्याउनुभयो” वा “ख्रीष्ट, जो तिनीहरूका खातिर मर्नुभयो र जसलाई परमेश्वरले बिउँताउनुभयो”
सम्भावित अर्थहरू हुन् १) यी शब्दहरूले “मर्नुभयो”लाई मात्र जनाउँछ वा २) यी शब्दहरूले “मर्नुभयो” र “बिउँताइनुभएको थियो” दुवैलाई जनाउँछ ।
ख्रीष्टको प्रेम र मृत्युको कारण, हामीले मानवीय मापदण्डहरूद्वारा न्याय गर्नुहुँदैन । ख्रीष्टको मृत्युद्वारा परमेश्वरसँग कसरी एक हुने र शान्तिमा रहने र ख्रीष्टद्वारा परमेश्वरको धार्मिकता प्राप्त गर्ने भनी अरूहरूलाई सिकाउन हामीलाई नियुक्त गरिएको छ ।
यसले पावलले आफू स्वयमको निम्ति भन्दा ख्रीष्टको निम्ति जिउने कुराको बारेमा भर्खरै बताएको कुरालाई जनाउँछ ।
पावलले ख्रीष्टमा विश्वास गर्ने कोही व्यक्तिको बारेमा यसरी कुरा गर्छन् मानौँ परमेश्वरले एउटा नयाँ व्यक्ति सृष्टि गर्नुभएको हो । वैकल्पिक अनुवादः “ऊ एउटा नयाँ व्यक्ति हो”
यहाँ “पुराना कुराहरू”ले कोही व्यक्तिले ख्रीष्टमा विश्वास गर्नु अगाडि तिनीहरूको स्वभावलाई वर्णन गर्ने कुराहरूलाई जनाउँछ ।
यहाँ “हेर” शब्दले यसपछिको चकित बनाउने जानकारीप्रति ध्यान दिन हामीलाई सावधान गराउँछ ।
“परमेश्वरले यी सबै कुराहरू गर्नुभएको छ ।” यसले पुराना कुराहरूलाई नयाँ कुराहरूले प्रतिस्थापन गर्ने कुराको बारेमा अघिल्ला पदहरूमा पावलले भर्खरै बताएको कुरालाई जनाउँछ ।
यसलाई क्रियापद भएको वाक्यांशसँग अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूलाई उहाँसँग पुनर्मिलाप गराउने सेवकाइ”
“यसको अर्थ हो”
यहाँ “संसार” शब्दले संसारमा भएका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “ख्रीष्टमा, परमेश्वरले मानवजातिलाई आफूसँग पुनर्मिलाप गराइरहनुभएको छ”
परमेश्वरले मानिसहरूलाई आफूसित पुनर्मिलाप गराउँदै हुनुहुन्छ भन्ने सन्देश फैलाउने जिम्मेवारी परमेश्वरले पावललाई दिनुभएको छ ।
“पुनर्मिलापको बारेमा भएको सन्देश”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई ख्रीष्टका प्रतिनिधिहरूको रूपमा नियुक्ति गर्नुभएको छ”
“जसले ख्रीष्टको लागि बोल्छन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई उहाँसँग पुनर्मिलापमा ल्याउन देओ”
“परमेश्वरले ख्रीष्टलाई हाम्रो लागि पापको बलि बन्न लगाउनुभयो”
यहाँ “हाम्रो” र “हामी” शब्दहरू समावेशी छन् र सारा विश्वासीहरूलाई जनाउँछ ।
“ख्रीष्ट नै हुनुहुन्छ जसले कहिल्यै पाप गर्नुभएन”
“परमेश्वरले यो गर्नुभयो ... ख्रीष्टमा परमेश्वरको धार्मिकता”
“परमेश्वरको धार्मिकता” भन्ने वाक्यांशले परमेश्वरले चाहनुहुने धार्मिकतालाई बुझाउँछ र जुन परमेश्वरबाट आउँछ । वैकल्पिक अनुवादः “ताकि हामीसँग ख्रीष्टद्वारा परमेश्वरको धार्मिकता हामीमा होस्”
1 र यसकारण, उहाँको अनुग्रहमा सँगसँगै काम गर्दै हामी तिमीहरूलाई अनुरोध गर्दछौँ कि उहाँको अनुग्रहलाई व्यर्थमा नलेओ । 2 उहाँ यसरी भन्नुहुन्छ, “मैले उपयुक्त समयमा तिम्रो वास्ता गरेँ, र मुक्तिको दिनमा मैले तिम्रो सहायता गरेँ ।” हेर, यो मुक्तिको दिन यो । 3 हामी कसैको अगाडि ठेस लाग्ने कुराहरू राख्दैनौँ, कारण हामी हाम्रो सेवामा बेइमानी गर्न चाहन्नौँ । 4 बरु, हामी आफैँलाई परमेश्वरका सेवकहरू हौँ भनी हाम्रो कामबाट प्रमाणित गर्छौं । हामी धैर्य धारणमा, कष्टमा, विपत्तिमा, कठिनाइमा, 5 पिटाइमा, कैदी अवस्थामा, हुलदङ्गामा, कडा परिश्रममा, अनिदा रातमा, भोकमा 6 शुद्धतामा, ज्ञानमा, धैर्यमा, दयामा, पवित्र आत्मामा, असल प्रेममा उहाँका सेवकहरू हौँ । 7 हामीहरू परमेश्वरको शक्तिमा, वचनको सत्यतामा सेवकहरू हौँ । हामीसँग हाम्रो दायाँ र बायाँ हातमा धार्मिकताको हतियार छन् । 8 हामी मान र अपमान, निन्दा र प्रशंसामा काम गर्दछौँ । हामीलाई ठगाहा छौँ भन्ने आरोप लगाइन्छ, तथापि हामी साँचा छौँ । 9 हामी नचिनिएका व्यक्तिहरूले झैँ गर्छौं तापनि हामी चिनिएका छौँ । हामी मरे जस्तो काम गर्छौं, तर हामी अझै जीवितै छौँ । हामीहरू हाम्रा कार्यहरूको निम्ति दण्डित भए जस्तै गरी काम गर्छौं, तर मृत्युदण्ड पाए जस्तै गरी होइन । 10 हामी अफसोसी भएर काम गर्छौं, तर सधैँ आनन्दमा रमाइरहेका छौँ । हामी गरिब भएर काम गर्छौं, तर धेरैलाई धनी बनाउँछौँ । हामी केही नभए जस्तो गरी काम गर्छौं, तापनि सबै थोकहरू पाएका छौँ । 11 हे कोरिन्थका विश्वासीहरू हो, हामीले तिमीहरूलाई सबै साँचा कुराहरू बताएका छौँ र हाम्रा हृदयहरू खुला छन् । 12 तिमीहरूका हृदय हामीबाट नियन्त्रित छैनन्, तर तिमीहरूका आफ्नै भावनाद्वारा नियन्त्रित छन् । 13 अब यसको सट्टामा, म बालकहरूसँग झैँ बोल्दछु, कि आफ्नो हृदयलाई खुला राख । 14 अविश्वासीहरूसँगै ननारिओ । किनकि धार्मिकताको व्यवस्थाविहीनहरूसित के सहभागिता ? अनि ज्योतिको अन्धकारसित के सङ्गति ? 15 ख्रीष्टको झुटा बोल्नेहरूसित के सम्झौता ? अर्थात्, विश्वासीहरूको अविश्वासीहरूसँग के सहभागिता ? 16 र परमेश्वरको मन्दिर र मूर्तिहरूबिच के सम्झौता ? त्यसकारण, हामीहरू जीवित परमेश्वरका मन्दिर हौँ, जसरी उहाँले भन्नुभएको छः “म तिनीहरूका बिचमा हिँड्नेछु र बास गर्नेछु । म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।” 17 त्यसकारण, ‘तिनीहरूका माझबाट बाहिर निस्केर आओ र आफूलाई अलग गर,’ परमप्रभु भन्नुहुन्छ । अशुद्ध चिजहरूलाई नछोओ र म तिमीहरूलाई अपनाउनेछु । 18 म तिमीहरूका पिता हुनेछु र तिमीहरू मेरा छोराहरू र छोरीहरू हुनेछौ,” सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ ।
केही संस्कतणहरूले पढ्नलाई सजिलो होस् भनी कविताको हरेक हरफलाई बाँकी पाठ्यांशहरू भन्दा दुर लान्छन् । यूएलटीले पद २ र १६-१८ पदहरूलाई यसो गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
पावलले ख्रीष्टिएनहरूलाई परमेश्वरको सेवकहरूको रूपमा उल्लेख गर्छन् । परमेश्वरले ख्रीष्टिएनहरूलाई सबै परिस्थितिहरूमा उहाँको सेवा गर्नलाई आह्वान गर्नुहुन्छ । पावल र उनका सहकर्मीहरूले परमेश्वरको सेवा गरेका केही जटिल परिस्थितिहरूलाई उल्लेख गर्छन् ।
पावलले चार जोडी अन्तरहरूको प्रयोग गर्छन्ः धार्मिकता र व्यवस्थाहीनता, ज्योति र अन्धकार, ख्रीष्ट र शैतान, अनि परमेश्वरको मन्दिर र मूर्तिहरू । यी अन्तरहरूले ख्रीष्टिएनहरू र गैर-ख्रीष्टिएनहरूको बीचमा भएको भिन्नतालाई देखाउँछन् । अनि अनि )
बाइबलले प्रायः अधार्मिक मानिसहरू, परमेश्वरलाई प्रशन्न तुल्याउने काम नगर्ने मानिसहरूको बारेमा तिनीहरू अन्धकारको वरिपरि हिँडिरहेको झैँ गरी उल्लेख गर्छ । यसले ज्योतिलाई ती पापी मानिसहरूलाई धर्मी हुन, तिनीहरूले गरिरहेका कुरा गलत छ भनी बुझ्न र परमेश्वरको आज्ञापालन गर्न सक्षम बनाउने कुराको रूपमा उल्लेख गर्छ । )
पावलले उनका पाठकहरूलाई सिकाउनका निमित्त एक लहर आलङ्कारिक प्रश्नहरूको प्रयोग गर्छन् । यी सबै प्रश्नहरूले उही कुरा उल्लेख गर्छन्ः ख्रीष्टिएनहरूले पापमा जिउनेरूसित घनिष्ठ रूपमा संगति गर्नु हुँदैन । जोड दिनका लागि पावलले यी प्रश्नहरूलाई दोहोर्याउँछन् ।
पावलले सम्भवतः कम्तीमा पनि उनी र तिमोथीलाई दर्शाउन “हामी” सर्वनामको प्रयोग गर्छन् । यसले अरूहरूलाई पनि समेट्न सक्छ ।
पद २ मा, पावलले यशैया अगमवक्ताको पुस्तकबाट एउटा अंशलाई उद्धृत गर्छन् ।
परमेश्वरको लागि एकसाथ काम गर्ने कुरा कस्तो हुनुपर्छ भनेर पावलले सारांश निकाल्छन् ।
पावल बताउन खोज्दैछन् कि उनी र तिमोथी परमेश्वरसँगै काम गर्दै छन् । वैकल्पिक अनुवाद: “परमेश्वरसँगै काम गर्दै”
पावलले परमेश्वरको अनुग्रहलाई तिनीहरूको जीवनमा प्रभावकारी हुनलाई अनुमति दिन तिनीहरूसँग बिन्ती गर्छन् । यसलाई सकारात्मक भनाइहरूमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले परमेश्वरबाट प्राप्त गरेका अनुग्रहको प्रयोग गर्न हामी तिमीहरूलाई बिन्ती गर्दछौँ”
“किनभने परमेश्वरले भन्नुहुन्छ ।” यसले यशैया अगमवक्ताको पुस्तकबाटको एउटा उद्धरणलाई परिचय गराउँछ । वैकल्पिक अनुवादः “किनकि परमेश्वरले धर्मशास्त्रमा भन्नुहुन्छ”
यहाँ “हेर” शब्दले यसपछिको चकित पार्ने जानकारीप्रति ध्यान दिन हामीलाई सजग बनाउँछ ।
पावलले कोही व्यक्तिलाई ख्रीष्टमा विश्वास गर्नबाट बाधा दिने कुनै पनि कुरालाई उक्त व्यक्ति ठेस खाने र लड्ने कुनै भौतिक वस्तु भए झैँ गरी उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “मानिसहरूलाई हाम्रो सन्देशमा विश्वास गर्नबाट रोक्ने कुनै पनि कुरा हामी गर्न चाहँदैनौँ”
“बदनाम भएको” शब्दले मानिसहरूले पावलको सेवकाइको बारेमा नराम्रो रीतिले कुरा गरेको, र उनले प्रचार गरेको सन्देशको विरुद्धमा काम गरिरहेको कुरालाई दर्शाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले पनि हाम्रो सेवकाइको बारेमा नराम्ररी बोल्न सक्ने भएको हामी चाहन्नौँ”
यहाँ जब पावलले “हामी”को प्रयोग गर्छन्, उनले आफैँ र तिमोथीलाई जनाउँदै छन् ।
“हामीले गर्ने सबै कुराले हामी परमेश्वरका सेवकहरू हौँ भनेर प्रमाणित गर्छौं”
पावलले विभिन्न कठिन परिस्थितिहरूलाई उल्लेख गर्छन् जसमा तिनीहरू परमेश्वरका सेवकहरू हुन् भनेर तिनीहरूले प्रमाणित गरे ।
पावलले विभिन्न कठिन परिस्थितिहरूलाई उल्लेख गर्न निरन्तरता दिन्छन् जसमा तिनीहरू परमेश्वरका सेवकहरू हुन् भनेर तिनीहरूले प्रमाणित गरे ।
पावलले थुप्रै नैतिक सद्गुणहरूको सूची बनाउँछन् जुन तिनीहरूले कठिन परिस्थितिहरूमा कायम राखेका थिए जसले तिनीहरू परमेश्वरका सेवकहरू हुन् भनेर साबित गर्यो ।
परमेश्वरको शक्तिमा सुसमाचार प्रचार गर्ने तिनीहरूको समर्पणताले तिनीहरू परमेश्वरका सेवकहरू हुन् भनेर साबित गर्छ ।
“सत्यताको बारेमा परमेश्वरको सन्देश बताएर” वा “परमेश्वरको सत्य सन्देश बताएर”
“मानिसहरूलाई परमेश्वरको शक्ति देखाएर”
पावलले तिनीहरूको धार्मिकताको बारेमा तिनीहरूले आत्मिक लडाइँ लड्नलाई प्रयोग गर्ने हतियारहरू भए झैँ गरी उल्लेख गर्छन् ।
“हाम्रो शस्त्रको रूपमा धार्मिकता” वा “हाम्रो हतियारको रूपमा धार्मिकता”
सम्भावित अर्थहरू हुन् १) कि त्यहाँ एउटा हातमा हतियार छ र अर्को हातमा कवच छ २) कि तिनीहरू कुनै पनि दिशाबाट आइपर्ने आक्रमणलाई रोक्नलाई सक्षम भएर युद्धको निम्ति पूर्ण रूपमा सुसज्जित छन् ।
पावलले उनी र उनका सेवकाइको बारेमा मानिसहरूले कसरी विचार गर्छन् भन्ने कुराको थुप्रै चरम कुराहरूको सूची बनाउँछन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले हामीलाई छली भएको दोष लगाउँछन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानौँ मानिसहरूले हामीलाई चिनेका थिएनन् र तापनि मानिसहरूले हामीलाई राम्ररी जान्दछन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी मानिसहरूले हामीलाई हाम्रा कामहरूको निम्ति दण्ड दिएको झैँ गरी काम गर्छौं, तर तिनीहरूले हामीलाई मृत्युदण्ड दिए झैँ गरी होइन”
पावलले कोरिन्थका विश्वासीहरूलाई मूर्तिहरूबाट अलग भएर परमेश्वरको निम्ति शुद्ध जीवनहरू जिउनलाई उत्साह दिन्छन् ।
“इमानदारीसाथ तिमीहरूलाई भनेका छौँ”
पावलले कोरिन्थीहरूप्रतिको उनको महान् स्नेहलाई खुला हृदय भएको झैँ गरी उल्लेख गर्छन् । यहाँ “हृदय” कोही व्यक्तिको भावनाहरूको लागि एक प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “हामी तिमीहरूलाई अत्यन्तै प्रेम गर्छौँ”
पावलले तिनको निम्ति कोरिन्थीहरूको प्रेमको कमीलाई तिनीहरूको हृदय साँघुरो ठाउँ हुने गरी निचोरिएको झैँ गरी उल्लेख गर्छन् । यहाँ “हृदय” कोही व्यक्तिको भावनाहरूको लागि एक प्रतिस्थापन शब्द हो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले तिमीहरूको हृदयहरूलाई नियन्त्रण गरेका छैनौँ” वा “तिमीहरूले हामीलाई प्रेम गर्न रोक्नलाई हामीले कुनै कारण दिएका छैनौँ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूका आफ्नै हृदयहरूले तिमीहरूलाई नियन्त्रण गरिरहेका छन्” वा “तिमीहरूका आफ्नै कारणहरूले गर्दा तिमीहरूले हामीलाई प्रेम गर्न छाडेका छौ”
पावलले कोरिन्थीहरूलाई उनले तिनीहरूलाई प्रेम गरे जस्तै गरी उनलाई प्रेम गर्न आग्रह गर्छन् । वैकल्पिक अनुवादः “हामीलाई प्रेम फर्काओ” वा “हामीले तिमीहरूलाई प्रेम गरे जत्तिकै हामीलाई प्रेम गर”
पद १६ मा, पावलले पुरानो करारका थुप्रै अगमवक्तहरूबाटका अंशहरूलाई व्याख्या गर्छन्ः मोशा, जकरिया, आमोस र सम्भवतः अरूहरू ।
यसलाई सकारात्मक भनाइहरूमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्वासीहरूसँग मात्र एकसाथ बाँधिएका होओ”
पावलले एकै उद्देश्यको निम्ति सँगै काम गर्ने कुरालाई त्यो कुनै हलो वा गाडालाई तान्न सँगै नारिएका दुई वटा पशुहरू भए झैँ गरी उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “ ... सँग टोली बनाओ” वा “ ... सँग घनिष्ठ सम्बन्ध राख”
यो नकारात्मक जवाफको अपेक्षा गर्ने आलङ्कारिक प्रश्न हो । वैकल्पिक अनुवादः “किनकि धार्मिकताको व्यवस्थाहीनतासँग कुनै सरोकार हुन सक्दैन”
पावलले ज्योति र अन्धकारसँगै रहन सक्दैनन् भनेर जोड दिनलाई यो प्रश्न सोध्छन् किनभने ज्योतिले अन्धकारलाई हटाउँछ । “ज्योति” र “अन्धकार” शब्दहरूले विश्वासीहरू र अविश्वासीहरूको नैतिक र आत्मिक गुणहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “ज्योतिको अन्धकारसित कुनै संगति हुन सक्दैन”
यो नकारात्मक जवाफको अपेक्षा गर्ने आलङ्कारिक प्रश्न हो । वैकल्पिक अनुवादः “ख्रीष्ट र बेलिआलको बीचमा कुनै सहमति हुँदैन”
यो दुष्टको निम्ति अर्को नाम हो ।
यो नकारात्मक जवाफको अपेक्षा गर्ने आलङ्कारिक प्रश्न हो । वैकल्पिक अनुवादः “एकजना विश्वासीको कुनै अविश्वासीसँग केही साझा कुरा हुँदैन”
यो नकारात्मक जवाफको अपेक्षा गर्ने आलङ्कारिक प्रश्न हो । वैकल्पिक अनुवादः “परमेश्वरको मन्दिर र मूर्तिहरूको बीचमा कुनै सहमति हुँदैन”
पावलले सबै ख्रीष्टिएनहरूले परमेश्वर वास गर्ने मन्दिर निर्माण गरिरहेका झैँ गरी उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “हामी एउटा मन्दिर जस्तै छौँ जहाँ जीवित परमेश्वर बस्नुहुन्छ”
यो परमेश्वर मानिसहरूका माझमा हुने दुईवटा तरिकाहरूलाई जनाउने पुरानो करारको एउटा उद्धरण हो । “माझमा वास गर्नु” शब्दहरूले अरूहरू जहाँ बस्छन् त्यहिँ बस्नु र “माझमा हिँड्डुल गर्नु” शब्दहरूले तिनीहरू जहाँ जाँदा पनि तिनीहरूसँग हुने कुरालाई दर्शाउँछ । वैकल्पिक अनुवादः “म तिनीहरूसित हुनेछु र तिनीहरूलाई सहायता गर्नेछु”
पावलले पुरानो करारका अगनवक्ताहरू, यशैया र इजकिएकको पुस्तकका अंशहरू उद्धृत गर्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आफैँलाई अलग गर” वा “तिमीहरूलाई अलग गर्न मलाई अनुमति देओ”
यसलाई सकारात्मक भनाइहरूमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “शुद्ध थोकहरूलाई मात्र छोओ”
1 प्रियहरू, हामीसँग यी प्रतिज्ञाहरू भएका कारण हाम्रो शरीर र आत्मामा हामीलाई अशुद्ध पार्ने कुराहरूबाट आँफैलाई शुद्ध पारौँ । परमेश्वरको भयमा पवित्रतालाई पछ्याऔँ । 2 हाम्रा निम्ति ठाउँ बनाओ ! हामीले कसैको खराबी गरेका छैनौँ । हामीले कसैलाई हानि पुर्याएका छैनौँ, न त कसैको फाइदा नै लिएका छौँ । 3 मैले तिमीहरूलाई दोषी ठहर्याउन यो भनेको होइनँ । किनकि मैले अघि नै भनिसकेको छु कि तिमीहरू हाम्रा हृदयमा छौ, सँगै मर्न र बाँच्नको निम्ति । 4 तिमीहरूमाथि मेरो ठुलो भरोसा छ र म तिमीहरूमा गर्व गर्छु । म सान्त्वनाले भरिएको छु । हाम्रा सबै कष्टमा पनि म आनन्दले भरिएको छु । 5 हामी माकेडोनिया आउँदा हाम्रो शरीरले आराम पाएन । बरु, बाहिरका सङ्घर्षहरू र भित्रका भयहरूबाट हामी हरतरहले सताइएका थियौँ । 6 तर निरुत्साहितहरू लाई सान्त्वना दिनुहुने परमेश्वरले तीतसको आगमनबाट हामीलाई सान्त्वना दिनुभयो । 7 तिनको आगमनले मात्र हामीलाई परमेश्वरले सान्त्वना दिनुभएन । तर तीतसले तिमीहरूबाट प्राप्त गरेको सान्त्वनाबाट पनि हो । तिनले तिमीहरूको महान् प्रेम, दुःख र मेरो निम्ति तिमीहरूको गहिरो चिन्ताको बारेमा बताए । यसकारण, म अझ धेरै आनन्दित भएँ । 8 मेरो पत्रले तिमीहरूलाई दुःखित तुल्याएको भए तापनि म यसको लागि पछुताउँदिनँ । मेरो पत्रले तिमीहरूलाई दुःखित बनाएको मैले देख्दा म पछुताएँ । तर तिमीहरू केही समयको लागि मात्र दुःखित भयौ । 9 तिमीहरू सताइएको कारणले होइन, तर तिमीहरूको दुःखले तिमीहरूलाई पश्चात्तापसम्म डोर्याएको कारणले अब म खुसी छु । तिमीहरूले ईश्वरीय शोकको महसुस गर्यौ । हाम्रो कारण तिमीहरूले कुनै नोक्सानी भोगेनौ । 10 किनकि ईश्वरीय शोकले पश्चात्ताप ल्याउँछ जसले पछुतोविना नै मुक्तिको काम पुरा गर्छ । तर सांसारिक शोकले मृत्यु ल्याउँछ । 11 हेर, यस ईश्वरीय शोकले तिमीहरूमा कति ठुलो सङ्कल्प उत्पन्न गरायो । आफूलाई निर्दोष प्रमाणित गर्न तिमीहरूमा कति ठुलो सङ्कल्प थियो । तिमीहरूका क्रोध, डर, तृष्णा, जोस र न्याय भएको हेर्ने तिमीहरूको इच्छा कति ठुलो ! यी सबै कुरामा तिमीहरूले यो विषयमा आफैँलाई निर्दोष प्रमाणित गरेका छौ । 12 मैले तिमीहरूलाई लेखे तापनि त्यो खराबीग र्ने वा खराबी भोग्नेको खातिर मैले लेखिनँ । हामीप्रति भएको तिमीहरूको गम्भीरता परमेश्वरको सामु थाहा पाउन सकूँ भनेर मैले लेखेँ । 13 यही कारणले हामी उत्साहित हुन्छौँ । हाम्रा सान्त्वनासाथै हामी तीतसको आनन्दमा अझै रमायौँ किनकि तिमीहरूद्वारा तिनको प्राणलाई स्फूर्ति मिलेको छ । 14 किनकि तिनीसँग तिमीहरूको बारेमा गर्व गर्दा म शर्माइनँ । यसको विपरीत, जसरी तिमीहरूलाई हामीले भनेका सबै कुरा साँचा थिए, त्यसरी नै तिमीहरूको बारेमा हामीले तीतससँग गरेको गर्व पनि सत्य ठहरियो । 15 तिमीहरू सबैको आज्ञाकारिता र तिमीहरूले तिनलाई डर र कम्पसाथ गरेको स्वागत सम्झेर तिमीहरूप्रति तिनको स्नेह अझ बढ्छ । 16 म रमाउँछु, किनकि तिमीहरूमाथि मेरो पूर्ण भरोसा छ ।
२-४ का पदहरूमा, पावलले आफ्नो प्रतिरक्षालाई अन्त गर्छन् । तब उनले तीतस फर्केको र यसले उनलाई मिलेको सान्त्वनाको बारेमा उल्लेख गर्छन् ।
परमेश्वरले ख्रीष्टिएनहरूलाई तिनीहरूको पापबाट शुद्ध पार्नुभएको अर्थमा तिनीहरू “शुद्ध” छन् । तिनीहरूले मोशाको व्यवस्थाअनुसार शुद्ध हुने कुराको बारेमा चिन्ता गर्नुपर्दैन । तापनि ईश्वरहीन जीवनले कोही ख्रीष्टिएनलाई अशुद्ध पार्न सक्छ । अनि )
यस अध्यायमा “निराशापन” र “दुःख” शब्दहरूले कोरिन्थीहरू पश्चाताप नै गर्ने गरी निराशामा थिए भन्ने दर्शाउँछ ।
पावलले सम्भवतः कम्तीमा पनि उनी आफैँ र तिमोथीलाई बुझाउनलाई “हामी” सर्वनाम प्रयोग गर्छन् । यसले अरू मानिसहरूलाई पनि समेट्न सक्छ ।
यस अध्यायले पहिलेको अवस्थालाई विस्तृत रूपमा छलफल गर्छ । यस अध्यायमा भएका जानकारीबाट हामीले यस परिस्थितिको केही पक्षहरूलाई पहिचान गर्न सक्छौँ । तर यस किसिमको अपष्ट जनाकारीलाई अनुवाद नसमेट्न नै उत्तम हुन्छ ।
पावलले तिनीहरूलाई पापबाट अलग रहन र पवित्रतालाई उद्देश्यपूर्ण रूपले खोजी गर्न तिनीहरूलाई याद दिलाइरहन्छन् ।
“तिमीहरू जसलाई म प्रेम गर्छु” वा “प्रिय मित्रहरू”
यहाँ पावल परमेश्वरसँगको एक व्यक्तिको सम्बन्धलाई असर गर्ने कुनै पनि किसिमको पापबाट अलग रहन भनिरहेका छन् ।
“पवित्र रहन सङ्घर्ष गरौँ”
“परमेश्वरको लागि विशेष आदरमा”
कोरिन्थीहरूलाई पछ्यान लगाउन प्रयास गरिरहेका अरू अगुवाहरूको बारेमा कोरिन्थका मानिसहरूलाई अघिबाटै चेतावनी दिएर पावलले तिनीहरूको बारेमा उनलाई लाग्ने कुरा मानिसहरूलाई याद दिलाउँछन् ।
यसले पावलले तिनीहरूलाई [२ कोरिन्थीहरू ६:११-१३]
“म यो तिमीहरूले गल्ती गरेको दोष लाउन भन्दिन ।” “यो” शब्दले पावलले भर्खरै मात्र कसैलाई खराबी नगरेको बारेमा बताएको कुरालाई जनाउँछ ।
पावलले उनी र उनका सहकर्मीहरूको कोरिन्थीहरूप्रतिको प्रेमलाई तिनीहरूले ती तिनीहरूको हृदयमा राखेको झैँ गरी उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरू हाम्रो निम्ति अति प्रिय छौ”
यसको आशय यो हो कि जे भए पनि पावल र उनका सहकर्मीहरूले कोरिन्थीहरूलाई प्रेम गरिरहने छन् । वैकल्पिक अनुवादः “चाहे हामी बाँचौँ वा चाहे हामी मरौँ”
“हामीलाई”ले कोरिन्थी विश्वासीहरूलाई समावेश गर्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू मलाई सान्तवनाले भर्छौ”
पावलले आनन्दको बारेमा यसरी बताउँछन् मानौँ त्यो चाहिँ एउटा तरल पदार्थ हो जसले उनी पोखिएर नगएसम्म भर्छ । वैकल्पिक अनुवादः “म अत्यन्त आनन्दित छु”
“हाम्रा सबै कठिनाइहरूका बाबजुद पनि”
यहाँ “हामी” शब्दले पावल र तिमोथीलाई बुझाउँछ तर कोरिन्थीहरू वा तीतसलाई होइन ।
यहाँ “शरीरहरू”ले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “हामीले आराम पाएनौँ” वा “हामी धेरै थकित थियौँ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले हरेक तवरले कष्ट भोग्यौँ”
“बाहिर”को लागि सम्भावित अर्थहरू हुन् १) “हाम्रा शरीरहरूबाट बाहिर” वा २) “मण्डली बाहिर ।” “भित्री” शब्दले तिनीहरूको भित्री संवेगलाई जनाउँछ । वैकल्पिक अनुवादः “अन्य मानिसहरूसितको द्वन्द्वहरूद्वारा र हामी आफैँभित्रका डरहरूद्वारा”
कोरिन्थीहरूले तीतसलाई सात्वना दिए भनेर थाहा पाएको कुराबाट पावलले सान्त्वना पाए । वैकल्पिक अनुवादः “तीतसले तिमीहरूबाट पाएको सान्त्वनाको बारेमा जानेर”
यसले यी कोरिन्थी विश्वासीहरूलाई लेखिएको पावलको अघिल्लो पत्रलाई जनाउँछ जहाँ उनले तिनीहरूलाई एक विश्वासीको आफ्नो बाबुकी पत्नीसितको यौन अनैतिकतालाई तिनीहरूले स्वीकार गरेको कुराको लागि हप्काएका थिए ।
पावलले तिनीहरूको ईश्वरीय कष्ट, ठीक कुरा गर्ने तिनीहरूको जोश, र उनी र तीतसलाई त्यसले ल्याएको आनन्दको लागि तिनीहरूको प्रशंसा गर्छन् ।
“जब मैले थाहा पाएँ कि मेरो पत्र”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले मेरो पत्रमा तिमीहरूलाई भनेको कुराले तिमीहरूलाई चिन्तामा पारेको कारण होइन”
“हामीले तिमीहरूलाई हप्काएको कारण तिमीहरूले कुनै नोक्सानी भोगेनौँ ।” यसको अर्थ हो कि हुन त त्यो पत्रले तिनीहरूलाई दुःखित बनायो, आखिरमा तिनीहरूले त्यो पत्रबाट लाभ उठाए किनभने त्यसले तिनीहरूलाई पश्चात्तापमा डोहोर्यायो । वैकल्पिक अनुवादः “त्यसैले हामीले तिमीहरूलाई कुनै रीतिले हानि पुर्याएनौँ”
यसअघि आएको कुरालाई र यसपछि आउने कुरालाई प्रस्ट पार्नलाई “पश्चाताप” शब्दलाई दोहोर्याउन सकिन्छ । वैकल्पिक अनुवादः “किनभने ईश्वरीय कष्टले पश्चात्ताप उत्पन्न गर्छ र पश्चात्तापले मुक्तितिर डोहोर्याउँछ”
सम्भावित अर्थहरू हुन् १) तिनीहरूलाई दुःख पुर्याएकोमा पावललाई कुनै पश्चाताप छैन किनभने त्यो दुःखले तिनीहरूको पश्चाताप र मुक्तितिर डोहोर्यायो वा २) कोरिन्थीहरूले दुःख भोगेकोमा पश्चाताप गर्नेछैनन् किनभने त्यसले तिनीहरूको पश्चाताप र मुक्तितिर डोहोर्यायो ।
तर सांसारिक शोकले उद्धारको साटो मृत्युतर्फ डोहोर्याउँछ किनभने यसले पश्चात्ताप ल्याउँदैन । वैकल्पिक अनुवादः “सांसारिक शोकले भने आत्मिक मृत्युतर्फ डोहोर्याउँछ”
“हेर र आफ्नै लागि थाहा गर कि कति महान् सङ्कल्प”
यहाँ “कति” शब्दले यो भनाइलाई विस्मयादिबोधक कथन बनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरू निर्दोष थियौ भनी प्रमाणित गर्ने तिमीहरूको अठोट निकै महान् थियो !”
“तिमीहरूको रीस”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि कसैले न्याय गराउनुपर्छ”
“त्यो जसले गल्ती गर्यो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि तिमीहरूको हामीप्रतिको भलो चाहना सच्चा छ भनेर तिमीहरूलाई थाहा होस्”
यसले परमेश्वरको उपस्थितिलाई जनाउँछ । परमेश्वरको बुझाइ र पावलको सत्यताको स्वीकृति चाहिँ परमेश्वरले तिनीहरूलाई देख्न सक्ने कुराको रूपमा दर्शाइएको छ । तपाईंले यसलाई [२ कोरिन्थीहरू ४:२]
यहाँ “यस” शब्दले पावलले पहिले लेखेका पत्रप्रति कोरिन्थीहरूले दिएका प्रतिक्रियाको शैलीलाई बुझाउँछ, जसरी उनले अघिल्लो पदमा वर्णन गरे । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो नै हो जसले हामीलाई उत्साह दिन्छ”
यहाँ “आत्मा” शब्दले कोही व्यक्तिको स्वभाव र प्रवृत्तिलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू सबैले उसको आत्मालाई ताजा बनायौ” वा “तिमीहरू सबैले उसलाई चिन्ता गर्नबाट रोक्यौ”
“किनकि मैले तिनीसँग तिमीहरूको बारेमा गर्व गरे पनि”
“तिमीहरूले मलाई निराश पारेनौ”
“हामीले तिमीहरूको बारेमा तीतससित गरेको गर्वलाई तिमीहरूले सहि प्रमाणित गर्यौ”
यो नाउँ “आज्ञाकारिता”लाई “आज्ञापालन गर्नु” क्रियापदले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसरी तिमीहरू सबैले आज्ञापालन गर्यौ”
यहाँ “डर” र “कम्प”को समान अर्थ हुन्छ र डरको तीव्रतालाई जोड दिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले तिनलाई उच्च आदरसहित स्वागत गर्यौ”
सम्भावित अर्थहरू हुन् १) “परमेश्वरको निम्ति महान् आदरसाथ” वा २) “तीतसको निम्ति महान् आदरसाथ ।”
1 भाइहरू हो, माकेडोनियाका मण्डलीहरूलाई परमेश्वरले दिनुभएको अनुग्रहको बारेमा तिमीहरूले थाहा पाएको हामी चाहन्छौँ । 2 कष्टको भयङ्कर परीक्षाको समयमा पनि तिनीहरूको प्रशस्तताको शान्ति र घोर दरिद्रताले तिनीहरूमा उदारताको ठुलो धन उत्पन्न गरायो । 3 म साक्षी छु, कि तिनीहरूले जति सके दिए, र दिन सक्नेभन्दा पनि बढ्ता र आफ्नो स्वेच्छाले दिए । 4 तिनीहरूले विश्वासीहरूका बिचको सेवामा सहभागिताको अवसरको लागि हामीहरूसँग धेरै बिन्ती गरे । 5 यो हामीले आशा गरेबमोजिम भएन । बरु, तिनीहरूले पहिले आफैँलाई प्रभुमा सुम्पिदिए । त्यसपछि परमेश्वरको इच्छाअनुसार आफैँलाई हामीकहाँ सुम्पिदिए । 6 त्यसपछि तीतसले यो काम अघिबाटै सुरु गरेको हुनाले उदारताको यो काम तिमीहरूका माझमा पनि पुरा गरुन् भनेर हामीले तिनलाई अनुरोध गर्यौँ । 7 तर तिमीहरू सबै कुरामा बढेर गएका छौ, अर्थात् विश्वासमा, बोलीवचनमा, ज्ञानमा, सबै लगावमा र हामी प्रतिको प्रेममा । त्यसकारण, उदारको यो काममा पनि तिनीहरू बढेर जाने कुरामा ख्याल राख । 8 म यसलाई आज्ञाको रूपमा भन्दिनँ । बरु, अरू मानिसहरूको तत्परतासँग तिमीहरूको इमानदारी तुलना गरेर जाँच्नको निम्ति म यो भन्छु । 9 किनकि हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूलाई थाहा छ । उहाँ धनी हुनुभए तापनि तिमीहरूका खातिर गरिब हुनुभयो, ताकि उहाँको गरिबीबाट तिमीहरू धनी बन्न सक । 10 यस कुरामा म तिमीहरूलाई सल्लाह दिन्छु जसले तिमीहरूलाई सहयोग मिल्नेछ । एक वर्षअघि तिमीहरूले केही कुरा सुरु मात्र गरेनौ, तर त्यो गर्ने चाहना पनि गर्यौ । 11 अब यसलाई पुरा गर । जसरी त्यस बेला तिमीहरूमा केही गर्ने इच्छा र चाहना थियो, तिमीहरूले त्यसलाई पुरा गर्न पनि जति सक्दो प्रयास गर । 12 किनकि यदि तिमीहरू यो काम गर्न इच्छुक छौ भने, यो असल र ग्रहणयोग्य कुरा हो । यो कुनै व्यक्तिसँग भएको कुरामा त्यसमा भर पर्नुपर्छ, उसँग नभएको कुरामा होइन । 13 किनकि यो काम तिमीहरूलाई भार होस् र अरूलाई हलुका होस् भनेर होइन । बरु, निष्पक्षता हुनुपर्छ । 14 तिमीहरूमा अहिले भएको प्रशस्तताले तिनीहरूको आवश्यकता पुरा गर्नेछ । यो यसकारणले पनि हो कि तिनीहरूका प्रशस्तताबाट तिमीहरूका आवश्यकताहरू पुरा हुन सकोस् र समानता कायम होस् । 15 यसरी लेखिएको छः “धेरै हुनेसँग केही बाँकी रहेन, र थोरै हुनेसँग कुनै अभाव भएन ।” 16 तर परमेश्वरलाई धन्यवाद होस्, जसले तीतसको हृदयमा पनि मेरो जस्तै साँचो फिक्रीको मन हालिदिनुभयो । 17 किनकि तिनले हाम्रो अनुरोधलाई ग्रहण मात्र गरेनन्, तर उनी यसप्रति धेरै उत्साहित पनि भए । तिनी आफ्नै स्वतन्त्र इच्छाले तिमीहरूकहाँ आए । 18 सुसमाचार प्रचार गर्ने काममा सबैका माझमा प्रख्यात भएका एक भाइलाई पनि हामीले तिनको साथमा पठाएका छौँ । 19 त्यति मात्र होइन, तिनी हाम्रो यो उदारताको काममा हामीसँगै यात्रा गर्नको निम्ति मण्डलीहरूद्वारा छानिएका थिए । यो परमेश्वरको आफ्नै आदर र सहयोग गर्ने हाम्रो उत्कट इच्छाको निम्ति हो । 20 हामीले गरिरहेको यो उदारताको कामको विषयमा कसैले गर्ने उजुरीको सम्भावनालाई हामी पन्छाइरहेका छौँ । 21 हामी परमप्रभुको अगाडि मात्र होइन, तर मानिसहरूका अघि पनि आदरणीय भएको कुरा गर्ने कुरामा ख्याल राख्छौँ । 22 हामी अर्को भाइलाई पनि तिनीहरूसँग पठाउँदै छौँ । हामीले तिनको धेरै पल्ट जाँच गर्यौँ र हामीले तिनलाई धेरै काममा जोसिलो भएको भेट्टायौँ । तिमीहरूप्रति भएको भरोसाको कारण तिनी अहिले झन् मेहनती भएका छन् । 23 तीतसको सन्दर्भमा भन्नुपर्दा, तिमीहरूको निम्ति तिनी मेरा साझेदार र सहकर्मी हुन् । भाइहरूचाहिँ मण्डलीहरूबाट पठाइएका हुन् । तिनीहरू ख्रीष्टका महिमा हुन् । 24 त्यसैले, तिनीहरूलाई तिमीहरूको प्रेम देखाओ, र तिमीहरूका विषयमा गरिएको हाम्रो गर्वको कारण मण्डलीहरूलाई देखाओ ।
८ र ९ अध्यायले नयाँ खण्ड सुरु गर्छन् । पावलले ग्रीसका विश्वासीहरूले यरूशलेमका खाँचोमा परेका विश्वासीहरूलाई कसरी सहायता गरे भनी उल्लेख गर्छन् ।
केही अनुवादहरूले पुरानो करारबाट लिइएका उद्धरणहरूलाई पृष्ठमा बाँकीका खण्डहरूभन्दा दायाँतिर सार्छन् । यूएलटीले पद १५ को उद्धृत गरिएका शब्दहरूसित यसो गर्छ ।
कोरिन्थको मण्डलीले यरूशलेमका गरिब विश्वासीहरूलाई दिनको निम्ति पैसा तयार पार्न थाल्यो । माकेडोनियाका मण्डलीहरूले पनि उदार चित्तले दिएका थिए । पावलले कोरिन्थका विश्वासीहरूलाई उदार चित्तले दिनलाई उत्साह दिनलाई तीतस र अरू दुई जना विश्वासीहरूलाई पठाउँछन् । पावल र अरूहरूले चाहिँ रुपियाँपैसा यरूशलेममा लानेछन् । यो इमानदारपूर्वक भइरहेको छ भनी मानिसहरूले जानून् भनेर तिनीहरू चाहन्छन् ।
सम्भवतः पावलले कम्तीमा पनि आफू र तिमोथीलाई बुझाउन “हामी” सर्वनामको प्रयोग गर्छन् । यसले अरू मानिसहरूलाई पनि समेट्न सक्छ ।
“विरोधाभासी” कुनै असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिने एउटा सत्य कथन हो । पद २ का यी शब्दहरू विरोधाभासी हुन्ः “तिनीहरूको आनन्दको प्रचुरता र तिनीहरूको गरिबीको पराकाष्ठाले उदारताको धनहरू उत्पन्न गरेको छ ।” पावलले पद ३ मा तिनीहरूको दरिद्रताले कसरी धनहरू उत्पन्न गर्यो भनी उल्लेख गर्छन् । पावलले अरू विरोधाभासीहरूमा पनि धनहरू र गरिबीलाई प्रयोग गर्छन् । (२ कोरिन्थीहरू ८:२)
उनको बदलिएको योजनाहरू र सेवकाइको दिशाको बारेमा व्याख्या गरिसकेपछि, पावल दिने बारेमा कुरा गर्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अनुग्रह जुन माकेडोनियाका मण्डलीहरूलाई परमेश्वरले दिनुभएको छ”
पावलले “आनन्द” र “दरिद्रता”को बारेमा यसरी कुरा गर्छन् मानौँ ती जीवित प्राणीहरू हुन् जसले उदारतालाई उत्पन्न गर्न सक्छन् । वैकल्पिक अनुवादः “मानिसहरूको महान् आनन्द र चरम दरिद्रताको कारण तिनीहरू अत्यन्त उदार भएका छन्”
पावलले आनन्दको बारेमा यसरी कुरा गर्छन् मानौँ त्यो कुनै एउटा भौतिक वस्तु हो जुन नाप र परिमाणमा वृद्धि हुन सक्छ ।
माकेडोनियाका मण्डलीहरू कष्ट र गरिबीको परीक्षामा परेका भएतापनि, परमेश्वरको अनुग्रहद्वारा, तिनीहरू यरूशलेमका विश्वासीहरूका निम्ति पैसा संकलन गर्न सक्षम भएका छन् ।
“एउटा धेरै महान् उदारता ।” “ठूला धनहरू” शब्दहरूले तिनीहरूको उदारताको महान्तालाई जोड दिन्छ ।
यसले माकेडोनियाका मण्डलीहरूलाई जनाउँछ ।
“स्वेच्छाले”
पावलले यरूशलेममा भएका विश्वासीहरूलाई पैसा जुटाइदिने कुरालाई जनाइरहेका छन् । वैकल्पिक अनुवादः “यरूशलेममा भएका विश्वासीहरूको लागि जुटाइदिने यो सेवकाइ”
पावलले यरूशलेमका विश्वासीहरूका निम्ति कोरिन्थीहरूबाट पैसा सङ्कलन गर्ने कामलाई उल्लेख गर्दै छन् । वैकल्पिक अनुवादः “जसले पहिलो स्थानमा तिमीहरूको दिने कार्यलाई प्रोत्साहित गरेका थिए ।”
तीतसले कोरिन्थीहरूलाई पैसा संकलन गर्ने काम पूरा गर्न सहायता गर्नु पर्थ्यो । वैकल्पिक अनुवादः “तिमीहरूको उदार उपहारलाई सङ्कलन गरेर दिने कुरालाई सकाउन तिमीहरूलाई उत्साह दिन”
पावलले कोरिन्थी विश्वासीहरूका बारेमा यसरी कुरा गर्छन् मानौँ तिनीहरूले भौतिक वस्तुहरू उत्पादन गर्नुपर्छ । वैकल्पिक अनुवादः “यरूशलेमका विश्वासीहरूलाई दिनको निम्ति असल गर्न पक्का गर”
माकेडोनियाका मण्डलीहरूको उदारतासँग तुलना गरेर पावलले कोरिन्थीहरूलाई उदारतापूर्वक दिनलाई प्रोत्साहन गरिरहेका थिए ।
यस सन्दर्भमा, “अनुग्रह” शब्दले उदारतालाई जोड दिन्छ जससँग येशूले कोरिन्थीहरूलाई आशिष् दिनुभएको थियो ।
पावलले येशूको देहधारणको अगाडि धनी हुनुभएको रूपमा र मानव हुनुभए पछाडि गरिब हुनुभएको रूपमा बताउँछन् ।
पावलले येशू मानव हुनुभएको परीणामस्वरूप कोरिन्थीहरू आत्मिक रूपमा धनी भएको कुरा बताउँछन् ।
यसले यरूशलेमका विश्वासीहरूका निम्ति तिनीहरूको पैसा सङ्कलन गर्ने कामलाई जनाउँछ । वैकल्पिक अनुवादः “संकलनको सम्बन्धमा”
यसलाई क्रियापद भएको वाक्यांशमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू उत्सुक थियौ र त्यसो गर्न चाहन्थ्यौ”
“त्यसलाई पूरा गर्न” वा “त्यसलाई सिद्ध्याउन”
यहाँ “असल” र “स्वीकारयोग्य” शब्दहरूको उस्तै अर्थ हुन्छ र कुनै थोकको असलपनालाई जोड दिन्छ । वैकल्पिक अनुवादः “एउटा धेरै असल थोक”
“दिने कुरा कोही व्यक्तिसित भएको कुरामा आधारित हुनुपर्छ”
यसले यरूशलेममा भएका विश्वासीहरूका लागि पैसा संकलन गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “पैसा संकलन गर्ने यो कामको लागि
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि तिमीहरूले अरूहरूलाई मुक्त गरेर र आफैँमाथि बोझ लिन सक”
“समानता हुनुपर्छ”
किनकि कोरिन्थीहरू वर्तमान समयमा काम गरिरहेका छन्, यस्तो आशय दिन खोजिएको छ कि यरूशलेममा भएका विश्वासीहरूले पनि कुनै समय भविष्यमा तिनीहरूलाई सहायता गर्नेछन् । वैकल्पिक अनुवादः “यो यस कारणले पनि कि भविष्यमा तिनीहरूको प्रशस्तताले तिमीहरूको खाँचो पूरा गर्न सकोस्”
यहाँ पावलले प्रस्थानको पुस्तकबाट उद्धृत गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसरी मोशाले लेखे”
यसलाई सकारात्मक रीतिले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उसलाई चाहिएको सबैथोक थियो”
यहाँ “हृदय” शब्दले संवेगहरूलाई बुझाउँछ । यसको अर्थ हो कि परमेश्वरले तीतसलाई तिनीहरूलाई प्रेम गर्ने तुल्याउनुभयो । वैकल्पिक अनुवादः “जसले तीतसलाई मैले जत्तिकै तिमीहरूको वास्ता गर्ने बनाउनुभयो”
“उही उत्साह” र “उही गहिरो वास्ता”
पावलले तीतसलाई कोरिन्थमा फर्केर गएर संकलन गर्ने कामलाई पूरा गर्नलाई आग्रह गरेका कुरालाई जनाइरहेका छन् । वैकल्पिक अनुवादः “किनकि उनले संकलन गर्नमा तिमीहरूलाई सहायता गर्नलाई हाम्रो आग्रहमा सहमत मात्र भएनन्”
“तीतससँग”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती भाइ जसलाई सारा मण्डलीभरीका विश्वासीहरूले प्रशंसा गर्छन्”
“सारा मण्डलीभरीका विश्वासीहरूले उनको प्रशंसा मात्र गर्दैनन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मण्डलीहरूले उनलाई छाने पनि”
“यो उदारताको काम गर्न ।” यसले यरूशलेममा भेटी लैजाने कुरालाई जनाउँछ ।
“सहायता गर्ने हाम्रो उत्कट इच्छा प्रदर्शन गर्न”
यसले यरूशलेममा भेटी लैजाने कुरालाई जनाउँछ । भाववाचक संज्ञा “उदारता”लाई कुनै विशेषणसँग अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यस उदार उपहारलाई हामीले सम्हाल्ने तरिकाको बारेमा”
“यस उपहारलाई सम्माननीय तरिकाले सम्हाल्न हामी होशियार छौँ”
“प्रभुको रायमा ... मानिसहरूको रायमा”
“तिनीहरूलाई” शब्दले तीतस र पहिले उल्लेख गरिएको भाइलाई जनाउँछ ।
“तिनी मेरो साझेदार हुन् जो तिमीहरूलाई सहायता गर्न मसँग काम गर्छन्”
यसले तीतससँगै जाने दुई अरू मानिसहरूलाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मण्डलीहरूले तिनीहरूलाई पठाइएका छन्”
यसलाई क्रियापद भएको वाक्यांशसहित व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले मानिसहरूलाई ख्रीष्टलाई सम्मान गर्न लगाउनेछन्”
1 विश्वासीहरूको सेवा-कार्यको विषयमा तिमीहरूलाई लेखिरहन म आवश्यक ठान्दिनँ । 2 तिमीहरूमा भएको चाहना मलाई थाहा छ, जसको बारेमा माकेडोनियामा भएका मानिसहरूलाई मैले गर्वका साथ बताएँ । गएको वर्षदेखि अखैयामा तयार हुँदै आइरहेको छ भनेर मैले तिनीहरूलाई भनेँ । 3 तिमीहरूका निम्ति हामीले गरेको गर्व व्यर्थ नहोस्, र तिमीहरू पनि मैले भने जस्तै गरी तयार होओ भनेर मैले भाइहरूलाई तिमीहरूकहाँ पठाएको छु । 4 नत्रता, यदि माकेडोनियाका कोही मसँगै आउँदा तिमीहरू तयार नभएको पाए भने, हामी शर्ममा पर्नेछौँ । तिमीहरूमाथि धेरै भरोसा भएको हुनाले तिमीहरूको बारेमा म केही पनि भन्दिनँ । 5 त्यसैले, भाइहरूलाई तिमीहरूकहाँ पठाउनलाई आवश्यक ठानेर बिन्ती गरेको छु ताकि तिमीहरूले प्रतिज्ञा गरेको उपहारहरू अगाडि नै प्रबन्ध गर्न सक । यो भेटी करकापले होइन, तर आशिष्को रूपमा तयारी हुन सकोस् भनेर यसो गरिएको हो । 6 यसको अर्थ होः थोरैसँग छर्नेले थोरै बटुल्छ; आशिष् पाउने उद्देश्यले छर्नेले आशिष्कै कटनी गर्छ । 7 हरेकले आफ्नो हृदयमा सङ्कल्प गरेअनुसार देओस् । दुःखित भएर र करकापमा परेर कसैले पनि नदेओस् । खुसीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ । 8 र परमेश्वरले हरेक आशिष्लाई तिमीहरूको निम्ति वृद्धि गर्न सक्नुहुन्छ, ताकि तिमीहरूलाई चाहिने सबै कुरा तिमीहरूले सधैँ प्राप्त गर्न सक । तिमीहरूका असल कामहरू वृद्धि हुन् भनेर यसो हुनेछ । 9 यस्तो लेखिएको छः “उहाँले आफ्नो सम्पत्ति बाँडेर गरिबहरूलाई दिनुभएको छ । उहाँको धार्मिकता सधैँभरि रहन्छ ।” 10 छर्नेलाई बिउ र खानाको निम्ति रोटी उपलब्ध गराउनुहुनेले तिमीहरूको बिउ उपलब्ध गराएर वृद्धि पनि गराउनुहुनेछ । उहाँले तिमीहरूको धार्मिकताको फसल प्रशस्ततासँग वृद्धि गराउनुहुनेछ । 11 तिमीहरूले उदारसँग दिन सक भनेर तिमीहरू हर किसिमले धनी तुल्याइनेछौ । यसले हामीद्वारा परमेश्वरप्रति चढाउने धन्यवाद उत्पन्न गराउनेछ । 12 किनकि सेवाको काम गर्दा विश्वासीहरूको खाँचो मात्र पुरा हुँदैन । यसले परमेश्वरलाई धन्यवाद दिने काममा वृद्धि गराउँछ । 13 सेवाको कामले तिमीहरू जाँचिदा र प्रमाणित हुँदा येशू ख्रीष्टको सुसमाचारलाई स्वीकार गर्ने आज्ञाकारिताको कारण तिमीहरूले परमेश्वरलाई पनि महिमित तुल्याउनेछौ । तिमीहरूले तिनीहरूलाई र सबैलाई उदारसँग दिएको भेटीका कारण पनि परमेश्वरलाई महिमित तुल्याउनेछौ । 14 तिनीहरूले तिमीहरूको चाहना गरेका छन् र तिमीहरूको निम्ति प्रार्थना गरिरहेका छन् । परमेश्वरको महान् अनुग्रहको कारण तिनीहरू यसो गर्छन्, जुन अनुग्रह तिमीहरूमा पनि छ । 15 व्यक्त गर्न नसकिने वरदानको लागि परमेश्वरलाई महिमा भएको होस् ।
केही संस्करणहरूले कविताको हेरक पङ्तिलाई पढ्नलाई सहज बनाउन बाँकीको खण्डभन्दा दायाँतिर सार्छन् । युएलटीले पद ९ को निम्ति यसै गर्छ, जसलाई पुरानो करारबाट उद्धृत गरिएको हो ।
पावलले तीनवटा कृषिजन्य रूपकहरू प्रयोग गर्छन् । उनले तिनीहरूलाई आवश्यकतामा परेका विश्वासीहरूलाई दिने बारेमा सिकाउनलाई प्रयोग गर्छन् । उदार चित्तले दिनेलाई परमेश्वरले इनाम दिनुहुनेछ भनी व्याख्या गर्नलाई रूपकहरूले सहायता गर्छन् । परमेश्वरले तिनीहरूलाई कसरी वा कहिले इनाम दिनुहुनेछ भनी पावलले बताउँदैनन् ।
पावलले अखैयाको बारेमा बताउँदा, उनले दक्षिणी ग्रीसमा अवस्थित एक रोमी प्रान्तको बारेमा बताइरहेका छन् जहाँ कोरिन्थ पर्छ ।
पावलले दिने विषयलाई नै निरन्तरता दिन्छन् । उनले यरूशलेमका खाँचोमा परेका विश्वासीहरूका निम्ति संकलन गरिने सहायता उनी आउनभन्दा पहिले नै होस् भन्ने चाहन्छन् ताकि यसबाट उनले फाइदा उठाएको जस्तो नदेखिओस् । दिने कुराले दिनेलाई कसरी आशिष् दिन्छ र परमेश्वरलाई महिमा गर्छ भन्ने बारेमा उनले बताउँछन् ।
यसले यरूशलेमका विश्वासीहरूलाई दिनलाई गरिएको पैसाको संकलनलाई जनाउँछ । यो भनाइको पूर्ण अर्थलाई प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “यरूशलेममा भएका विश्वासीहरूका निम्ति सेवकाइ”
यहाँ “अखैया” शब्दले यस प्रान्तमा बस्ने मानिसहरूलाई बुझाउँछ, र विशेष गरी कोरिन्थको मण्डलीका मानिसहरूलाई बुझाउँछ । वैकल्पिक अनुवादः “अखैयाका मानिसहरूले तयारी गरिरहेका छन्”
यसले तीतस र उनीसँगै जाने दुई अरू मानिसहरूलाई जनाउँछ ।
पावलले कोरिन्थीहरूको बारेमा गर्व गरेका कुराहरू झूटा थिए भनी अरूहरूले सोचेका पावल चाहँदैनन् ।
“दिनलाई तिमीहरू तयारी नभएको पाउनु”
पावलको दृष्टिकोणमा भाइहरू जाँदैछन् । वैकल्पिक अनुवादः “भाइहरूलाई तिमीहरूकहाँ जान”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “दिनलाई हामीले तिमीहरूलाई कर लगाए जसरी होइन”
दिने कुराको परिणामहरूलाई वर्णन गर्न पावल एउटा किसानले बिउ छरेको कुराको चित्रणलाई प्रयोग गर्छन् । जसरी एउटा किसानको फसल उसले कति रोप्छ भन्ने कुरामा आधारित हुन्छ, त्यसै गरेर कोरिन्थीहरूले कति उदारताका साथ दिन्छन् भन्ने कुराको आधारमा परमेश्वरका आशिष्हरू थोरै वा धेरै हुनेछन् ।
यहाँ “हृदय” शब्दले विचारहरू र संवेगहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “उसले सङ्कल्प गरे अनुरूप दिनु”
यसलाई क्रियापद भएको वाक्यांशहरूका साथ अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उसले पछुतो मानेको कारण वा कसैले उसलाई दबाब दिइराखेको कारणले होइन”
परमेश्वरले मानिसहरूले सङ्गी विश्वासीहरूलाई जुटाउन सहायता गर्नको लागि खुशीसाथ दिएको चाहनुहुन्छ ।
अनुग्रहलाई कुनै मानिसले उपभोग गर्नेसक्नेभन्दा धेरै हासिल गर्न सक्ने कुनै भौतिक थोक भए झैँ गरी उल्लेख गरिएको छ । जब कसैले अरू विश्वासीलाई आर्थिक सहायता गर्छ, परमेश्वरले पनि त्यो दिने व्यक्तिलाई खाँचो पर्ने सबैकुरा दिनुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वर तिमीहरूलाई आवश्यक पर्नेभन्दा धेरै दिन सक्षम हुनुहुन्छ”
यसले यहाँ कोही ख्रीष्टिएनलाई आवश्यक पर्ने भौतिक थोकहरूलाई बुझाउँछ, परमेश्वरले उसलाई उसको पापहरूबाट बचाउनलाई पर्ने खाँचोलाई होइन ।
“ताकि तिमीहरू झन्-झन् धेरै अलस कामहरू गर्न सक्षम हुन सक”
“यो ठ्याक्कै लेखिएको अनुसार हो ।” यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो ठ्याक्कै लेखकले लेखेको अनुसार हो”
“परमेश्वर जसले जुटाउनुहुन्छ”
यहाँ “रोटी” शब्दले सामान्य रूपमा खानेकुरालाई बुझाउँछ । वैकल्पिक अनुवादः “खानलाई खानेकुरा”
पावलले कोरिन्थीहरूको धन-सम्पत्तिलाई बिउहरू भए झैँ गरी र अरूहरूलाई दिने कुरालाई बिउ छरेको झैँ गरी उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूको सम्पत्तिहरूलाई जुटाउनुभएर वृद्धि पनि गर्नुहुनेछ ताकि तिमीहरूले तिनीहरूलाई अरूहरूलाई दिएर छर्न सक”
कोरिन्थीहरूले तिनीहरूको उदारताबाट प्राप्त गर्ने लाभहरूलाई पावलले कटनीसँग तुलना गर्छन् । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूको धार्मिकताको निम्ति तिमीहरूलाई अझ धेरै आशिष् दिनुहुनेछ”
“तिमीहरूको धार्मिक कार्यहरूबाट आउने फसल ।” यहाँ “धार्मिकता” शब्दले यरूशलेमका विश्वासीहरूलाई कोरिन्थीहरूले तिनीहरूको स्रोतहरू दिने काममा भएको धार्मिक कार्यहरूलाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई धनी बनाउनुहुनेछ”
“यस” शब्दले कोरिन्थीहरूको उदारतालाई बुझाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूको उदारताले गर्दा, हामीले तिनीहरूकहाँ ल्याउने उपहारहरू प्राप्त गर्नेहरूले परमेश्वरलाई धन्यवाद दिनेछन्” वा “र जब हामीले आवश्यकतामा परेकाहरूलाई तिमीहरूका ती उपहारहरू दिन्छौँ, तिनीहरूले परमेश्वरलाई धन्यवाद दिनेछन्”
यहाँ “सेवा” शब्दले पावल र उनका सहयात्रीहरूले यरूशलेममा भएका विश्वासीहरूका लागि ल्याइरहेका सहयोगलाई जनाउँछ । वैकल्पिक अनुवादः “यरूशलेमका विश्वासीहरूको निम्ति हामीले यो सेवा गर्न”
पावलले कोरिन्थी विश्वासीहरूको सेवाको कार्यलाई कुनै तरल पदार्थ भए झैँ गरी उल्लेख गर्छन् जुन कुनै भाँडामा अटाउन सक्नेभन्दा ज्यादा छ । वैकल्पिक अनुवादः “यसले त्यस्ता थुप्रै कामहरू पनि ल्याउनेछ जसको लागि मानिसहरूले परमेश्वरलाई धन्यवाद दिनेछन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने यस सेवाले तिमीहरूलाई जाँचेको छ र प्रमाणित गरेको छ”
पावलले बताउँछन् कि कोरिन्थीहरूले येशूप्रति विश्वासयोग्य भएर र खाँचोमा परेका अरू विश्वासीहरूलाई उदारता साथ दिएर परमेश्वरलाई महिमा गर्नेछन् ।
“उहाँको वरदानको निम्ति, जसलाई शब्दहरूले वर्णन गर्न सक्दैन ।” सम्भावित अर्थहरू हुन् १) कि यो उपहारले “धेरै महान् अनुग्रह”लाई जनाउँछ जुन परमेश्वरले कोरिन्थीहरूलाई दिनुभएको छ, जसले तिनीहरूलाई त्यस्तो उदार हुन डोहोर्याएको छ वा २) कि यो उपहारले येशू ख्रीष्टलाई जनाउँछ जसलाई परमेश्वरले सबै विश्वासीहरूलाई दिनुभएको छ ।
1 म पावल आफैँ तिमीहरूलाई येशू ख्रीष्टको नम्रता र विनम्रतामा आग्रह गर्दछु । म तिमीहरूको उपस्थितिमा हुँदा नम्र हुन्छु, तर जब म टाढा हुन्छु, तब म तिमीहरूप्रति साहसी हुन्छु । 2 म तिमीहरूसँग बिन्ती गर्दछु, कि तिमीहरूसँग म उपस्थित हुँदा, मलाई आत्म-विश्वासका साथ साहसी हुन आवश्यक पर्नेछैन । तर मेरो विचारमा हामी शरीरअनुसार बाँचिरहेका छौँ भनी ठान्नेहरूको विरोध गर्दा म साहसी हुन आवश्यक पर्नेछ । 3 हामी शरीरमा हिँडे तापनि हामी शरीरअनुसार युद्ध लड्दैनौँ । 4 हामीले लडाइँ लड्ने हतियार शारीरिक होइन, बरु तिनीहरूसँग किल्लाहरू नष्ट गर्न सक्ने ईश्वरीय शक्ति छ । तिनीहरूले बहकाउने विवादहरूलाई बेकारको तुल्याउँछन् । 5 हामी पनि परमेश्वरको ज्ञानको विरुद्धमा खडा हरेक उच्च कुरालाई नष्ट गर्दछौँ । हामी हरेक विचारलाई ख्रीष्टको आज्ञाकारितामा कैद गर्छौं । 6 तिमीहरूको आज्ञाकारिता पुरा हुनासाथ हामी हरेक अनाज्ञाकारिताका कामहरूलाई दण्ड दिन तयार हुँदै छौँ । 7 जे कुरा तिमीहरूको अगाडि स्पष्ट छ, त्यसलाई हेर । यदि कसैले ऊ ख्रीष्टको हो भन्ने कुरामा विश्वस्त छ भने, ऊ ख्रीष्टको भए जस्तैहामी पनि ख्रीष्टका हौँ भन्ने कुरा आफैँलाई याद दिलाओस् । 8 किनकि जसले तिमीहरूलाई नाश गर्न नभई तिमीहरूलाई निर्माण गर्न हामीलाई प्रभुले दिनुभएको हाम्रो अधिकारको बारेमा मैले केही ज्यादा नै घमण्ड गरेँ भने पनि म लज्जित हुनेछैन । 9 मेरा पत्रहरूद्वारा म तिमीहरूलाई भयभीत तुल्याउँदै छु भन्ने देखाउन चाहन्नँ । 10 तर केही मानिसहरू भन्छन्, “त्यसका पत्रहरू गम्भीर र शक्तिशाली छन्, तर त्यो शारीरिक रूपमा कमजोर छ । त्यसका वचनहरू सुन्न योग्यका छैनन् ।” 11 त्यस्ता मानिसहरू यो कुरामा सचेत रहून्, कि हाम्रो अनुपस्थितिमा हाम्रा पत्रहरूका वचनमा हामी जस्ता छौँ हामी त्यहाँ हुँदा पनि हाम्रा कामद्वारा हामी त्यस्तै हुनेछौँ । 12 हामी आफ्नो प्रशंसा आफैँ गर्ने मानिसहरूको समूहमा रहन वा तिनीहरूसँग आफैँलाई तुलना गर्ने हदसम्म हामी जाँदैनौँ । तर जब तिनीहरूले आफैँलाई एक अर्कासँग नापेर हेर्छन्, र एक अर्कासँग तुलना गर्दछन्, तिनीहरूसँग अन्तर्दृष्टि हुँदैन । 13 तर हामी सीमाभन्दा बाहिर गएर घमण्ड गर्नेछैनौँ । बरु, परमेश्वरले नियुक्त गरिदिनुभएका सीमाहरूभित्र मात्र हामी त्यसो गर्दछौँ, जुन सीमा तिमीहरूसम्म पुग्दछ । 14 किनकि तिमीहरूकहाँ आउँदा हामीले आफैँलाई बढी ठानेनौँ । सुसमाचार लिएर तिमीहरूकहाँ पहिलो पटक आउने हामी नै थियौँ । 15 हामीले अरूको परिश्रमको बारेमा सीमाभन्दा बढी घमण्ड गरेका छैनौँ । बरु, हामी आशा गर्छौं, कि तिमीहरूको विश्वास बढ्दा हाम्रो कामको दायरा पनि बृहत् रूपमा फैलनेछ, तापनि यो उचित सीमाभित्र नै रहनेछ । 16 हामी यसको आशा गर्दछौँ, ताकि तिमीहरूभन्दा परका क्षेत्रहरूमा पनि हामी सुसामाचार प्रचार गर्न सकौँ । अरूको क्षेत्रमा भइरहेको कामको बारेमा हामी घमण्ड गर्दैनौँ । 17 “तर घमण्ड गर्नेले परमप्रभुमा घमण्ड गरोस् ।” 18 किनकि आफ्नो सिफारिस आफैँ गर्ने मानिसलाई स्वीकार गरिँदैन । बरु, परमप्रभुले सिफारिस गरेको मानिसलाई स्वीकार गरिन्छ ।
केही संस्करणहरूले पुरानो करारबाट उद्धृत गरिएका खण्डहरूलाई पृष्ठमा अरू बाँकी खण्डहरूभन्दा दायाँतिर सार्छन् । यूएलटीले पद १७ को उद्धृत गरिएका शब्दहरूसँग यसै गर्छ ।
यस अध्यायमा पावलले आफ्नो अधिकारको प्रतिरक्षा गर्नतर्फ फर्कन्छन् । उनले उनको बोल्ने शैली र लेख्ने शैलीको तुलना पनि गर्छन् ।
“घमण्ड गर्ने” कुरालाई प्रायः शेखी गर्ने ठानिन्छ, जुन ठीक होइन । तर यस पत्रमा “घमण्ड गर्ने”को अर्थ दृढताका साथ हर्षित हुनु वा आनन्दित हुनु हो ।
पद ३-६ मा, पावलले युद्धबाट धेरै रूपकहरू प्रयोग गर्छन् । उनले सम्भवतः ख्रीष्टिएनहरू आत्मिक रूपमा युद्धमा भएको कुराको बारेमा तिनीहरूलाई अझ ठूलो रूपकको एक हिस्साको रूपमा प्रयोग गर्छन् ।
“शरीर” सम्भवतः मानिसको पापपूर्ण स्वभावको निम्ति एक रूपक हो । पावलले हाम्रो भौतिक शरीरहरू पापपूर्ण छन् भनी सिकाइरहेका छैनन् । ख्रीष्टिएनहरू जीवित रहेसम्म
पावलले विषयलाई दिने कुराबाट उनले गरे झैँ गरी सिकाउने उनको अधिकारलाई पुष्टि गर्नतिर लान्छन् ।
“विनम्रता” र “कोमलता” शब्दहरू भाववाचक संज्ञाहरू हुन, र अर्कै किसिमले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म विनम्र र कोमल छु जसै म सो गर्छु, किनभने ख्रीष्टले मलाई त्यस प्रकारको बनाउनुभयो”
“जसले विचार गर्छन् कि”
“शरीर” शब्द पापपूर्ण मानव स्वभावको निम्ति एक प्रतिस्थापन शब्द हो । “हामी मानवीय मनसायहरूद्वारा काम गरिरहेका छौँ”
यहाँ “हिँड्नु” भनेको “जिउनु”को लागि एउटा रूपक हो र “शरीर” भनेको भौतिक जीवनको लागि एउटा रूपक हो । वैकल्पिक अनुवादः “हामी हाम्रो जीवन भौतिक शरीरहरूमा जिउँछौँ”
पावलले कोरिन्थीहरूलाई उनलाई विश्वास गर्न र झूटा शिक्षकहरूलाई नगर्नलाई मनाउने उनको प्रयासलाई उनले एउटा शारीरिक युद्ध लडिरहेको जसरी बताउँछन् । यी शब्दहरूलाई अक्षरशः अनुवाद गर्नुपर्छ ।
सम्भावित अर्थहरू हुन् १) “शरीर” शब्द भौतिक जीवनको निम्ति एक प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “भौतिक हतियारहरू प्रयोग गरेर हाम्रा शत्रुहरूको विरुद्धमा लड्नु” वा २) “शरीर” शब्द पापपूर्ण मानव स्वभावको निम्ति एक प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “पापपूर्ण शैलीहरूमा युद्ध गर्नु”
पावलले मानव बुद्धिलाई ईश्वरीय बुद्धिले गलत भएको देखाउने कुरालाई एउटा हतियार भएको जसरी कुरा गर्छन् जसद्वारा उनले कुनै शत्रुको किल्लालाई नाश गरिरहेका थिए । वैकल्पिक अनुवादः “हामीले लड्ने हतियाहरूले... हाम्रो शत्रुहरूले भनेका कुराहरू पूर्ण रूपमा गलत छन् भनेर मानिसहरूलाई देखाउँछन्”
सम्भावित अर्थहरू हुन् १) “शरीरिक” शब्द केवल भौतिक कुराको निम्ति एक प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “भौतिक होइनन्” वा २) “शारीरिक” शब्द पापपूर्ण मानव स्वभावको निम्ति एक प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “पापपूर्ण होइनन्” वा “हामीलाई गलत गर्नलाई सक्षम बनाउँदैनन्”
पावलले अझै पनि युद्धको रूपकलाई लिएर कुरा गरिरहेका छन्, मानौँ “परमेश्वरको ज्ञान” चाहिँ एउटा सेना हो र “हेरक उच्च थोक” चाहिँ त्यो सेनालाई बाहिर नै राख्नको निम्ति मानिसहरूले बनाएको पर्खाल हो । वैकल्पिक अनुवादः “आफूलाई सुरक्षित राख्न घमण्डी मानिसहरूले सोचेका हरेक झुटा तर्क”
“घमण्डी मानिसहरूले गर्ने हरेक कुरा”
पावलले तर्कहरूलाई कुनै सेनाको विरुद्धमा खडा भएको उच्च पर्खाल भए झैँ गरी उल्लेख गर्छन् । “खडा हुनु” शब्दहरूको अर्थ “अग्लो रूपमा खडा हुनु” हो, त्यो “उच्च थोक” हावामा तैरिरहेको छ भनेको चाहिँ होइन । वैकल्पिक अनुवादः “मानिसहरूले परमेश्वर को हुनुहुन्छ भनी चिन्नु नपरोस् भनी प्रयोग गर्छन्”
पावलले मानिसहरूको विचारहरूलाई युद्धमा उनले कब्जा गरेका शत्रुसेनाका सिपाहीहरू भए झैँ गरी उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “हामी देखाउँछौँ कि ती मानिसहरूसँग भएका सबै झूटा विचारहरू गलत छन् र मानिसहरूलाई ख्रीष्टको आज्ञा पालन गर्न सिकाउँछौँ”
“अनाज्ञाकारी कार्यहरू” शब्दहरू ती कामहरू गर्ने मानिसहरूका निम्ति एक प्रतिस्थापन शब्द हुन् । वैकल्पिक अनुवादः “तिमीहरूमध्ये हरेकलाई दण्ड दिन जसले हाम्रो अवज्ञा गर्छन्”
सम्भावित अर्थहरू हुन् १) यो एउटा आज्ञा हो वा २) यो एउटा कथन हो, “तिमीहरूले आफ्ना आँखाले देख्न सक्ने कुराहरूलाई मात्र हेरिरहेका छौ ।” केहीले यसलाई कथनको रूपमा उल्लेख गर्न सकिने एउटा आलङ्कारिक प्रश्न ठान्छन् । वैकल्पिक अनुवादः “के तिमीहरूले तिमीहरूको सामुन्ने जे स्पष्ट छ त्यसलाई हेरिरहेका छौ ?” वा “तिमीहरू आफ्नो सामु प्रस्ट भएको कुरालाई देख्न असक्षम भएको झैँ देखिन्छौ ।”
“उसले सम्झन जरूरी छ”
“जति ऊ ख्रीष्टको हो, हामी पनि त्यति नै ख्रीष्टका हौँ”
पावलले कोरिन्थीहरूलाई ख्रीष्टलाई अझ राम्ररी चिन्नलाई सहायता गर्ने कुरालाई भवन निर्माण गर्ने कुरा भए झैँ गरी उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूलाई ख्रीष्टको उत्तम अनुयायी बनाउनलाई सहायता गर्न र तिमीहरूलाई निरुत्साहित पार्न होइन ताकि तिमीहरू उहाँलाई पछ्याउन छोड”
“म तिमीहरूलाई डर देखाउने प्रयास गर्दै छु”
“दाबी गर्ने र सशक्त”
“म त्यस्ता मानिसहरू सचेत होऊन् भन्ने चाहन्छु”
“हामी ती नै कुराहरू गर्नेछौँ जब हामी तिमीहरूसँग हुनेछौँ जसको बारेमा हामीले हाम्रा पत्रहरूमा लेखेका छौँ जब हामी तिमीहरूबाट टाढा रहेका छौँ”
यी शब्दहरूका सबै प्रयोगहरूले कोरिन्थीहरूलाई होइन तर पावलको सेवकाइको टोलीलाई बुझाउँछन् ।
“हामी उति नै असल छौँ भनी भन्न”
पावलले उही कुरालाई दुई पटक भनिरहेका छन् ।
पावलले भलाइलाई यसरी बताइरहेका छन् मानौँ त्यो केही कुरा हो जसको लम्बाइलाई मानिसहरूले मापन गर्न सक्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले एक अर्कालाई हेर्छन् र को उत्तम छ भनी हेर्ने प्रयास गर्छन्”
“तिनीहरू केही पनि जान्दैनन् भनेर सबैलाई देखाउँछन्”
पावलले उनीसित भएको अधिकारलाई आफ्नो स्वामित्वमा रहेको जमिन भए झैँ गरी र ती कुराहरू जसमाथि उनको अधिकार छ तिनीहरूलाई उनको जमिनको सिमा वा “साँध”भित्र रहेको झैँ गरी उल्लेख गर्छन् र उनको अधिकार भित्र नरहेका कुराहरूलाई “साँध” बाहिर भए झैँ गरी उल्लेख गर्छन् ।
यो एउटा उपमा हो । वैकल्पिक अनुवादः “हाम्रो अधिकार नभएका कुराहरूको बारेमा घमण्ड गर्नेछैनौँ” वा “हाम्रो अधिकार भएका कुराहरूको बारेमा मात्र घमण्ड गर्नेछौँ”
“परमेश्वरले ... अधिकारमुनि रहेका चीजहरूका बारेमा”
पावलले उनीसित भएको अधिकारलाई आफ्नो स्वामित्वमा रहेको जमिन भए झैँ गरी उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “र तिमीहरू हाम्रो अधिकारको सीमाभित्र नै छौ”
“हाम्रो सीमाहरूभन्दा बाहिर गएनौँ”
यो एउटा उपमा हो । यस्तै समान शब्दहरू [२ कोरिन्थीहरू १०:१३]
“परमेश्वरले अरू कसैको जिम्मामा दिनुभएको क्षेत्र”
“प्रभुले जे गर्नुभएको छ त्यसको बारेमा घमण्ड गर”
यसको मतलब यो हो कि ऊ सही वा गलत छ कि भनेर निर्णय गर्नको लागि प्रत्येक व्यक्तिलाई पर्याप्त प्रमाण प्रदान गर्छ । “हामी आफैँलाई सिफारिस गर्ने”लाई २ कोरिन्थीहरू ४:२ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई प्रभुले स्वीकार गर्नुहुन्छ”
तपाईंले बुझिएको जानकारीलाई प्रस्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जसलाई प्रभुले सिफारिस गर्नुहुन्छ, ऊ त्यही व्यक्ति हो जसलाई प्रभुले पुष्टि पनि गर्नुहुन्छ”
1 मेरा केही मूर्खताहरू तिमीहरूले सहिदिए हुन्थ्यो भन्ने मेरो इच्छा छ । तर वास्तवमा तिमीहरूले सहिरहेका पनि छौ ! 2 किनकि म तिमीहरूप्रति डाही भएको छु । तिमीहरूलाई एउटै पतिसँग विवाह गरिदिने प्रतिज्ञा गरिदिएपछि म ईश्वरीय डाहले डाही भएको छु । मैले तिमीहरूलाई एक शुद्ध कन्याको रूपमा ख्रीष्टमा प्रस्तुत गर्ने प्रतिज्ञा गरेँ । 3 तर सर्पले हव्वालाई आफ्नो धूर्तताद्वारा झुक्याए जस्तै गरी ख्रीष्टप्रति भएको तिमीहरूको निष्कपट र शुद्ध आराधनाबाट तिमीहरूका विचार टाढा लगिन्छ कि भनेर मलाई डर लागेको छ । 4 किनकि मानौँ, यदि कोही आएर हामीले प्रचार गरेको येशूभन्दा अर्को येशू छ भनेर प्रचार गर्छ, अथवा मानौँ, तिमीहरूले प्राप्त गरेको आत्माभन्दा छुट्टै आत्मा प्राप्त गर्यौ, अथवा मानौँ, तिमीहरूले प्राप्त गरेको सुसमाचारभन्दा फरक सुसमाचार तिमीहरूले ग्रहण गर्यौ भने तिमीहरूले यी कुराहरूलाई राम्ररी सहने गर्यौ ! 5 किनकि म विचार गर्दछु, कि ती सर्वोच्च प्रेरितहरू भनाउदाहरूभन्दा म कुनै पनि हिसाबले कम छैनँ । 6 तर भाषण गर्नमा तालिम प्राप्त नभए पनि, म ज्ञानमा अनभिज्ञ छैनँ । हामीले सबै कुरामा हर किसिमले तिमीहरूलाई यो कुरा थाहा दिएका छौँ । 7 के मैले तिमीहरूलाई उच्च पार्नको निम्ति आफैँलाई नम्र पारेर पाप गरेँ ? किनकि मैले तिमीहरूलाई सित्तैँमा सुसमाचार प्रचार गरेँ । 8 तिमीहरूलाई सेवा दिन सकूँ भनेर मैले अरू मण्डलीबाट सहयोग स्वीकार गरेर तिनीहरूलाई लुटेँ । 9 तिमीहरूको साथमा हुँदा म खाँचोमा थिएँ, म कसैको बोझ भइनँ । किनकि माकेडोनियबाट आएका भाइहरूबाट मेरा खाँचोहरू पुरा भए । सबै कुरामा मैले आफैँलाई तिमीहरूको बोझ बन्नबाट टाढा राखेँ, र म यो कुरालाई निरन्तरता दिनेछु । 10 ख्रीष्टको सत्यता मभित्र भएको हुनाले अखैयामा मेरो गर्व रोकिनेछैन । 11 किन ? किनकि म तिमीहरूलाई प्रेम गर्दिनँ र ? परमेश्वर जान्नुहुन्छ । 12 तर म जे गरिरहेको छु, त्यो म गर्नेछु । म यो गर्नेछु किनकि हाम्रो स्थानमा आएर स्थापित हुन खोज्दै जे कुरामा तिनीहरू घमण्ड गरिरहेका छन्, तिनीहरूको त्यो मौकालाई म बन्द गर्न चाहन्छु । 13 किनकि त्यस्ता मानिसहरू झुटा प्रेरितहरू र छली काम गर्नेहरू हुन् । तिनीहरूले ख्रीष्टको प्रेरितको भेस धारण गर्छन् । 14 र यो कुनै अचम्मको कुरा होइन, किनकि शैतानले पनि ज्योतिर्मय स्वर्गदूतको भेस धारण गर्छ । 15 यदि त्यसका सेवकहरूले पनि धार्मिकताको सेवकको रूपमा भेस धारण गरे भने, यो अचम्मको कुरा होइन । तिनीहरूको अन्त्य तिनीहरूको कामअनुसार नै हुनेछ । 16 म फेरि भन्दछुः मलाई कसैले मूर्ख नसम्झोस् । तर यदि तिमीहरूले सम्झन्छौ भने पनि मलाई मूर्खकै रूपमा ग्रहण गर, ताकि म अलिकति भए पनि घमण्ड गर्न सकूँ । 17 मैले भनेको यो घमण्डको निश्चयतालाई परमप्रभुले स्वीकार गर्नुभएको छैन, तर म मूर्खझैँ बोल्दै छु । 18 धेरै मानिस शरीरअनुसार घमण्ड गर्दछन्, म पनि घमण्ड गर्नेछु । 19 किनकि तिमीहरू खुसीसाथ मूर्खहरूको सहन गर्छौं । तिमीहरू आफैँ बुद्धिमानी छौ ! 20 किनकि तिमीहरू त्यसलाई सहन्छौ जसले तिमीहरूलाई दास बनाउँछ; बर्बाद गर्छ; तिमीहरूबाट फाइदा उठाउँछ; आफूलाई तिमीहरूभन्दा असल ठान्छ र तिमीहरूलाई थप्पड पनि लाउँछ । 21 म हाम्रै शर्ममा यो भन्दछु, कि हामीहरू ती सब गर्न नसक्ने गरी दुर्बल थियौ । तर यदि कसैले घमण्ड गर्छ भने, म एक मूर्खजस्तो बोल्दै छु, म पनि घमण्ड गर्नेछु । 22 के तिनीहरू हिब्रूहरू हुन् ? म पनि हुँ । के तिनीहरू इस्राएली हुन् ? म पनि इस्राएली हुँ । के तिनीहरू अब्राहामका सन्तान हुन् ? म पनि हुँ । 23 के तिनीहरू ख्रीष्टका सेवकहरू हुन् ? (म पागल भएको जस्तै गरी बोल्छु ।) म अझै बढ्ता हुँ । मैले अझ धेरै परिश्रम गरेको छु; अझ धेरै झ्यालखानामा बसेको छु; मापन गर्न नै नसकिने गरी कुटाइ खाएको छु; मृत्युका धेरै खतराहरूको सामना गरेको छु । 24 यहूदीहरूबाट मैले पाँच पल्ट “एक कम चालिस कोर्रा खाएको छु ।” 25 मलाई तिन पल्ट लौराले पिटियो । एक पल्ट मलाई ढुङ्गाले हानियो । तिन पल्ट म पानी जहाज दुर्घटनामा परेँ । मैले एक दिन र एक रात खुला समुद्रमा बिताएको छु । 26 नदीहरूका खतरामा, डाँकुहरूका खतरामा, मेरा आफ्नै मानिसहरूका खतरामा, अन्यजातिहरूका खतरामा, सहर भित्रका खतरामा, उजाड-स्थानहरूका खतरामा, समुद्रका खतरामा, झुटा भाइहरूका खतरामा मैले बारम्बार यात्राहरू गरेको छु । 27 धेरै अनिदोका रातहरूमा, भोक र तिर्खामा, प्राय उपवासमा, नाङ्गोपन र जाडोमा म कडा परिश्रम र कठिनाइमा परेको छु । 28 यी कुराहरूबाहेक सबै मण्डलीको फिक्रीको बोझ पनि ममाथि छ । 29 को कमजोर छ, र म कमजोर छैनँ ? कसले ठक्कर खाएको छ र मचाहिँ थकित हुन्नँ ? 30 यदि मैले घमण्ड गर्नैपर्छ भने, मेरा कमजोरीहरू देखाउने कुरामा घमण्ड गर्छु । 31 प्रभु येशूका पिता र सदासर्वदा प्रशंसा गरिनुहुने परमेश्वरलाई थाहा छ कि मैले ढाँटेको छैन ! 32 दमस्कसका राजा अरितसको मातहतमा रहेका हाकिमले मलाई गिरफ्तार गर्नको निम्ति सहरलाई पहरा दिइरहेका थिए । 33 तर मलाई पर्खालको झ्यालबाट टोकरीमा हालेर तल झारियो र म तिनको हातबाट उम्केँ ।
यस अध्यायमा, पावलले आफ्नो अधिकारको प्रतिरक्षालाई निरन्तरता दिन्छन् ।
कोरिन्थीहरू झूटो शिक्षकहरूलाई स्वीकार गर्न छिटा थिए । तिनीहरूले येशू र सुसमाचारको बारेमा फरक र असत्य कुराहरू सिकाए । पावलले यी झूटा शिक्षकहरूको विपरितमा त्यागी रूपमा कोरिन्थीहरूको सेवा गरे ।
ज्योतिलाई नयाँ करारमा सामान्यतया रूपकको रूपमा प्रयोग गरिएको छ । पावलले यहाँ परमेश्वरको प्रकटिकरण र उहाँको धार्मिकतालाई दर्शाउन ज्योतिको प्रयोग गर्छन् । अन्धकारले पापलाई वर्णन गर्छ । पाप परमेश्वरबाट लुकेर रहन खोज्छ । , अनि अनि )
पावलले यस अध्यायलाई विस्तृत रूपकसँग सुरु गर्छन् । उनले आफूलाई दुलहीको बाबुसँग तुलना गर्छन् जसले उनको दुलहालाई एउटी शुद्ध, कुमारी दुलही दिइरहेका छन् । वैवाहिक अभ्यासहरू सांस्कृतिक पृष्ठभूमि अनुसार बदलिन्छन् । तर कसैलाई हुर्किसकेको र पवित्र बालकको रूपमा प्रस्तुत गर्न सहायता गर्ने अवधारणालाई यस खण्डमा स्पष्टसँग चित्रण गरिएको छ । अनि
यो अध्याय व्यङ्ग्यले भरिएको छ । पावल उनको व्यङ्ग्यद्वारा कोरिन्थी विश्वासीहरूलाई लज्जित पार्ने आशा गरिरहेका छन् ।
“तिमीहरू यी कुराहरू राम्रैसँग सहन्छौ !” पावल ठान्छन् कि जुन तरिकाले झूटा प्रेरितहरूले तिनीहरूलाई व्यवहार गरे, तिनीहरूले सहनुहुँदैन । तिनीहरू वास्तवमा प्रेरितहरू हुन् भनेर नै पावल ठान्दैनन् ।
“किनकि तिमीहरूले ती मूर्खहरूलाई खुशीसाथ सहन्छौ । तिमीहरू आफैँ बुद्धिमान् छौ !” भन्ने भनाइको अर्थ कोरिन्थीहरूले आफूलाई निकै बुद्धिमानी भएको मान्छन् तर पावल सहमत हुँदैनन् भन्ने हो ।
“म हाम्रो शर्मको लागि भन्छु कि हामी त्यसो गर्न साह्रै कमजोर थियौँ ।” पावलले उनलाई निकै गलत लागेको व्यवहारलाई त्याग्नको लागि त्यसको बारेमा बताइरहेका छन् । उनले यसरी बताइराखेका छन् कि मानौँ त्यो नगरेकोमा उनी गलत छन् भनी उनले सोच्छन् । उनले व्यङ्ग्यको रूपमा एउटा आलङ्कारिक प्रश्नलाई पनि प्रयोग गर्छन् । “के तिमीहरू उच्च हौ भनी आफैँलाई नम्र पार्दा मैले पाप गरेँ त ?” अनि
आफूलाई उच्च दाबी गरिरहेका झूटा प्रेरितहरूलाई गलत देखाइरहँदा, पावलले एक लहरै आलङ्कारिक प्रश्नहरूको प्रयोग गर्छन् । हरेक प्रश्नलाई जवाफसँगै राखिएको छः “के तिनीहरू हिब्रूहरू हुन् ? म पनि हुँ । के तिनीहरू इस्राएलीहरू हुन् ? म पनि हुँ । के तिनीहरू अब्राहामका सन्तानहरू हुन् ? म पनि हुँ । के तिनीहरू ख्रीष्टका सेवकहरू हुन् ? (म दिमाग गुमाए झैँ गरी कुरा गर्दै छु ।) म बढी हुँ ।”
उनले आफूले परिवर्तन गराएकाहरूलाई सहानुभूति देखाउन पनि एक लहरै आलङ्कारिक प्रश्नहरूको प्रयोग गर्छन्ः “को कमजोर छ, र मचाहिँ कमजोर छैन ? कसले अर्कोलाई पापमा फस्न लगाएको छ, र म भित्र-भित्रै जल्दिन ?”
यो गिल्ला गर्न वा अपमान गर्नलाई प्रयोग गरिने विशेष किसिमको व्यङ्ग्य हो । यी झूटा शिक्षकहरूले साँच्चै ख्रीष्टको सेवा गर्छन् भनेर पावल विश्वास गर्दैनन्, केवल यति कि तिनीहरूले ख्रीष्टको सेवा गरेको ढोङ्ग मात्र गर्छन् ।
“विरोधीभासी” भनेको एउटा साँचो कथन हो जसले केही असम्भव थोकलाई वर्णन गरेको जस्तो देखिन्छ । पद ३० मा भएको यो वाक्य विरोधाभासी होः “यदि मैले घमण्ड गर्नुपर्छ भने, म मेरा कमजोरीहरू देखाउने कुराहरूको बारेमा घमण्ड गर्नेछु ।” पावलले किन आफ्नो कमजोरीमा घमण्ड गर्ने थिए भनेर उनले २ कोरिन्थी १२:९ सम्म व्याख्या गर्दैनन् । (२ कोरिन्थीहरू ११:३०)
पावलले उनको प्रेरितीय सेवकाइलाई पुष्टि गर्ने कुरालाई निरन्तरता दिन्छन् ।
“मलाई मूर्खले झैँ व्यवहार गर्न देओ”
यी शब्दहरूले कोरिन्थीहरू ख्रीष्टप्रति विश्वासयोग्य होऊन्, र उहाँलाई त्याग्नलाई तिनीहरूलाई कसैले पनि नमनाओस् भन्ने असल, दृढ इच्छाको विषयमा बताउँछन् ।
पावलले कोरिन्थी विश्वासीहरूको वास्ताको बारेमा उनले आफ्नी छोरी कुनै मानिसलाई विवाह गराउनलाई तयार गर्न त्यस मानिससँग प्रतिज्ञा गरेको र उनी त्यस मानिसप्रति उनको प्रतिज्ञा पूरा गर्न सक्षम होऊन् भनी उनले ठूलो चिन्ता गरेको झैँ गरी उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “म एउटा बाबु झैँ थिएँ जसले आफ्नी छोरी एक पतिलाई प्रस्तुत गर्ने प्रतिज्ञा गरे । मैले तिमीहरूलाई शुद्ध कन्याको रूपमा राख्ने प्रतिज्ञा गरेँ ताकि मैले तिमीहरूलाई ख्रीष्टलाई दिन सकौँ”
“तर मलाई डर छ कि कुनै कारणले तिमीहरूका विचारहरू ख्रीष्टप्रतिको भक्तिपूर्ण र पवित्र आराधनाबाट बहकिएर जाला जसरी सर्पले आफ्नो चलाखीले हव्वालाई छल्यो”
पावलले विचारहरूलाई मानिसहरूले गलत मार्ग डोहोर्याउन सक्ने जनावरहरू भए झैँ गरी उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “कसैले तिमीहरूलाई झुटहरूमा विश्वास गर्न लगाउला”
“जब कोही आउँछ र”
“पवित्र आत्माभन्दा भिन्नै आत्मा ... , अथवा तिमीहरूले हामीबाट प्राप्त गरेकोभन्दा भिन्न सुसमाचार”
“यस्ता कुराहरूसँग व्यवहार गर्यौ ।” “यस्ता कुराहरूसँग व्यवहार गर्यौ ।” यी शब्दहरूलाई २ कोरिन्थीहरू ११:१ मा कसरी अनुवाद गरिएका थिए, सो हेर्नुहोस् ।
ती शिक्षकहरू मानिसहरूले भनेका भन्दा धेरै कम महत्त्वका छन् भनी देखाउन पावलले यहाँ व्यङ्ग्य प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “ती शिक्षकहरू जसलाई केहीले अन्य कोहीभन्दा पनि उत्तम ठान्छन्”
यो नकारात्मक वाक्यांशले उनी ज्ञानमा तालिम प्राप्त छन् भन्ने सकारात्मक सत्यतालाई जोड दिन्छ । भाववाचक नाउँ “ज्ञान”लाई क्रियापद भएको वाक्यांशसँग अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म निश्चय नै ज्ञानमा तालिम प्राप्त छु” वा “तिनीहरूले जानेको कुरालाई थाहा गर्न म तालिम प्राप्त छु”
उनले कोरिन्थीहरूलाई विशेष किसिमले व्यवहार गरेका थिए भनी दाबी गर्न पावलले सुरु गरिरहेका छन् । आवश्यक परेमा, यो आलङ्कारिक प्रश्नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मलाई लाग्छ तिमीहरू उच्च होऔ भनी मैले आफैँलाई नम्र पारेर मैले पाप गरिन भन्ने कुरामा हामी सहमत हुन्छौँ”
“बदलामा तिमीहरूबाट कुनै कुरा आशा नगरिकन तिमीहरूलाई परमेश्वरको सुसमाचार प्रचार गरेँ”
पावललाई दिन बध्य नभएका मण्डलीहरूबाट उनले खर्च लिए भन्ने कुरालाई जोड दिनलाई यो एउटा अतिरञ्जन हो । वैकल्पिक अनुवादः “मैले अरू मण्डलीहरूबाट पैसा लिन स्वीकार गरेँ”
यसको पूर्ण अर्थलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “मोल नतिरी मैले तिमीहरूको सेवा गर्न सकूँ”
“म तिमीहरूको निम्ति कहिल्यै कुनै किसिमले पनि आर्थिक भार बनेको छैन ।” कसैले खर्च गरिदिनुपर्ने कोही व्यक्तिको बारेमा पावलले यसरी कुरा गर्छन् कि मानौँ तिनीहरू मानिसहरूले बोक्नुपर्ने गह्रौँ थोकहरू हुन् । यसको पूर्ण अर्थलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले पैसा खर्च गर्नु नपरोस् ताकि तिमीहरू मसित रहन सक भन्ने निश्चय गर्नलाई मैले सक्ने सबै कुरा मैले गरेको छु”
यी “भाइहरू” सम्भवतः सबै पुरुषहरू थिए ।
“म तिमीहरूलाई कहिल्यै पनि भार हुनेछैन”
पावलले जोड दिइरहेका छन् किनभने उनका पाठकहरूले उनले ख्रीष्टको बारेमा साँचो कुरा भन्छन् भनी जान्दछन्, उनले यहाँ सत्य भनिरहेका छन् भन्ने तिनीहरूले जान्न सक्छन् । “जसरी पक्कासँगले तिमीहरू जान्दछौ कि म ख्रीष्टको बारेमा सत्यता जान्दछु र घोषणा गर्छु, मैले जे भन्न लागिरहेको छु सो सत्य हो भनेर तिमीहरूले जान्न सक्छौ । यो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले पनि मलाई कहिल्यै पनि घमण्ड गर्नबाट रोक्न र मलाई चुप पार्न सक्षम हुनेछैन”
यसले पावलले (२ कोरिन्थीहरू ११:७-९) देखि सुरु गरेर जसको बारेमा बताए, त्यसलाई जनाउँछ ।
“अखैयाका क्षेत्रहरू ।” “भागहरू” शब्दले राजनीतिक विभाजनहरू होइन, भूमिको क्षेत्रहरूलाई जनाउँछ ।
कोरिन्थीहरूको निम्ति प्रेमलाई जोड दिन पावलले आलङ्कारिक प्रश्न प्रयोग गर्छन् । यी प्रश्नहरूलाई एउटै बनाउन वा एउटै कथनमा मिलाउन सकिन्छ । वैकल्पिक अनुवादः “के मैले तिमीहरूलाई प्रेम नगरेकैले म तिमीहरूमाथि बोझ हुन नचाहेको हो त?” वा “तिमीहरूले मेरा आवश्यकताहरू पूर्ती गर्नबाट तिमीहरूलाई वञ्चित पार्छु किनभने यसले म तिमीहरूलाई प्रेम गर्छु भन्ने अरूहरूलाई देखाउँछ”
तपाईंले बुझिएको कुरालाई प्रस्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “म तिमीहरूलाई प्रेम गर्छु भनेर परमेश्वर जान्नुहुन्छ”
जसै पावलले आफ्नो प्रेरितीय सेवकाइलाई पुष्ट गर्ने कुरालाई निरन्तरता दिन्छन्, उनले झूटा प्रेरितहरूको बारेमा कुरा गर्छन् ।
पावलले उनका शत्रुहरूले बताउने झूटा दाबीलाई उनले बोकेर कतै लैजान सक्ने थोकहरू भए झैँ गरी उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “ताकि मैले यसलाई असम्भव बनाउन सकौँ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि तिनीहरू पनि हामी जस्तै हुन् भनी मानिसहरूले सोच्नेछन्”
“म जे गर्छु सो गर्छु किनभने मानिसहरू ती मन पराउँछन्”
“बेइमानीपूर्ण काम गर्नेहरू”
“प्रेरितहरू होइनन्, तर तिनीहरूले आफैँलाई प्रेरितहरूजस्तो देखाउने कोसिस गर्छन्”
पावलले यसलाई नकारात्मक स्वरूपमा उल्लेख गरेर कोरिन्थीहरूले धेरै “झुटा प्रेरितहरू” भेट्ने अपेक्षा गर्नुपर्छ भन्ने कुरालाई जोड दिइरहेका छन्
“शैतान ज्योतिर्मय स्वर्गदूत होइन, तर त्यसले आफैँलाई ज्योतिर्मय स्वर्गदूत जस्तो देखाउने कोसिस गर्छ”
यहाँ “ज्योति” धार्मिकताको निम्ति रूपक हो । वैकल्पिक अनुवादः “धार्मिकताको एक स्वर्गदूत”
पावलले यसलाई नकारात्मक स्वरूपमा उल्लेख गरेर कोरिन्थीहरूले धेरै “झुटा प्रेरितहरू” भेट्ने अपेक्षा गर्नुपर्छ भन्ने कुरालाई जोड दिइरहेका छन्
“उसका सेवकहरू धार्मिकताका सेवकहरू होइनन्, तर तिनीहरूले आफैँलाई धार्मिकताका सेवकहरू जस्तो बनाउने प्रयास गर्छन्”
“तिमीहरूले मलाई मूर्खलाई झैँ ग्रहण गरः मलाई भन्न देओ, र मेरा गर्वलाई मूर्खका शब्दहरू ठान”
यहाँ प्रतिस्थापन शब्द “शरीर”ले मानिसलाई उसको पापपूर्ण स्वभावमा र उसका उपलब्धिहरूमा भएको बुझाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूका आफ्नै मानवीय उपलब्धिहरूका बारेमा”
“मलाई स्वीकार जब म मूर्ख जस्तो व्यवहार गर्दछु ।” यस्तै समान वाक्यांश २ कोरिन्थीहरू ११:१ मा कसरी अनुवाद गरिएको थियो, सो हेर्नुहोस् ।
पावलले व्यङ्ग्यको प्रयोग गर्दै कोरिन्थीहरूलाई शर्ममा पारिरहेका छन् । वैकल्पिक अनुवादः “तिमीहरू आफैँलाई बुद्धिमानी छौँ भन्ने ठान्छौ, तर तिमीहरू छैनौ !”
पावलले कोही मानिसहरूले अरूहरूलाई नियम पालन गर्नलाई बलजफ्ति गर्ने कुरालाई तिनीहरूलाई दास बनाउनलाई कर लगाइरहेको झैँ गरी उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूलाई तिनीहरूले बनाएका नियमहरू पछ्याउने बनाउँछ”
पावलले उच्च प्रेरितहरूले मानिसहरूको भौतिक स्रोतहरू लिने कुरालाई मानिसहरूलाई नै खाइरहेको झैँ गरी उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “उसले तिमीहरूको सबै सम्पत्ति लिन्छ”
कोही व्यक्तिले अर्को व्यक्तिलाई थाहा नभएको जानकारीबाट र त्यही जानकारीलाई आफूलाई सहायता गरेर अरूहरूलाई नोक्सानी पुर्याउने गरी प्रयोग गरेर फाइदा लिन्छ ।
“हामीले तिमीहरूलाई त्यसरी नै व्यवहार गर्न साहसिला थिएनौँ भनेर म शर्मपूर्ण रूपमा स्वीकार गर्छु ।” पावल कमजोर भएको हुनाले कोरिन्थीहरूलाई राम्रो व्यवहार गरेका होइनन् भनेर तिनीहरूलाई बताउन उनले व्यङ्ग्यको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूलाई हानि गर्ने शक्ति हामीसित थियो भन्दा म लज्जित छैन, तर हामीले तिमीहरूलाई राम्रो व्यवहार गर्यौँ”
“कसैले जे बारेमा घमण्ड गर्छ ... म पनि त्यस बारेमा घमण्ड गर्ने आँट गर्छु”
जसै पावलले आफ्नो प्रेरितीय सेवकाइलाई पुष्टि गर्ने कुरालाई निरन्तरता दिन्छन्, उनी विश्वासी हुँदादेखि उनमाथि आइपरेका विशेष कुराहरू उल्लेख गर्छन् ।
पावलले कोरिन्थीहरूले सम्भवतः सोधिरहेका प्रश्नहरू नै सोधिरहेका छन् र उनी ती उच्च प्रेरितहरू झैँ यहूदी हुन् भनी जोड दिनलाई तिनीहरूको जवाफ दिइरहेका छन् । सम्भव भए प्रश्न र जवाफको ढाँचालाई राख्नु राम्रो हुन्छ । वैकल्पिक अनुवादः “तिनीहरू महत्त्वपुर्ण छन् भनी तिमीहरूले सोचेका र तिनीहरूले भनेको कुरा विश्वास गरेको तिनीहरू चाहन्छन् किनभने तिनीहरू हिब्रूहरू र इस्राएलीहरू र अब्राहामका सन्तानहरू हुन् । त्यसोभए, म पनि हुँ ।”
पावलले कोरिन्थीहरूले सम्भवतः सोधिरहेका प्रश्नहरू नै सोधिरहेका छन् र उनी ती उच्च प्रेरितहरू झैँ यहूदी हुन् भनी जोड दिनलाई तिनीहरूको जवाफ दिइरहेका छन् । सम्भव भए प्रश्न र जवाफको ढाँचालाई राख्नु राम्रो हुन्छ । वैकल्पिक अनुवादः “तिनीहरू भन्छन्, तिनीहरू ख्रीष्टका सेवकहरू हुन्- म पागल झैँ बोल्दछु- तर म बढी हुँ”
“म ठीक तरिकाले सोच्न नसक्ने जस्तै”
तपाईंले बुझिएको जानकारीलाई प्रस्ट बनाउन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “म तिनीहरू भन्दा बढी ख्रीष्टको सेवक हुँ”
“मैले बढि मेहनत गरेको छु”
“म धेरै पटक झ्यालखानामा परेको छु”
यो एउटा उपमा हो र उनलाई धेरै-धेरै पटक कुटिएको छ भनी जोड दिनलाई अतिरञ्जित गरिएको छ । वैकल्पिक अनुवादः “म साह्रै धेरै चोटि पिटिएको छु” वा “म गन्नै नसकिने गरी पिटिएको छु”
“र म धेरै पटक झण्डै मरेको छु”
यो ३९ पटक कोर्रा खाने कुरालाई व्यक्त गर्ने चलनचल्तीको अभिव्यक्ति थियो । यहूदी व्यवस्था अनुसार तिनीहरूले कुनै व्यक्तिलाई बढीमा चालिस कोर्रा लगाउन सक्थे, त्यसैले तिनीहरूले कसैलाई कोर्रा लगाउँदा उनन्चालिस कोर्रा मात्र लगाउँथे ताकि कारणवश गलत गनेमा कसैलाई बढी कोर्रा लगाएकोमा दोषी नठहरिऊन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले मलाई काठको लौरोहरूले कुटे”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म मरेँ भन्ने नठानेसम्म मानिसहरूले मलाई ढुङ्गाले हाने”
पावलले उनी चढेको डुङ्गा डुबेपछि आफू पानीमाथि भएको कुरालाई उल्लेख गरेका हुन् ।
यस कथनको पूरा अर्थलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “आफैँलाई ख्रीष्टमा भाइहरू भनेर दाबी गर्ने, तर पछि हामीलाई धोका दिने मानिसहरूको खतरामा”
यहाँ पावलले आफ्नो लुगाको आवश्यकतालाई देखाउन अतिरञ्जन गर्छन् । वैकल्पिक अनुवादः “मलाई न्यानो गर्ने पर्याप्त कपडा बिना”
मण्डलीहरूले कतिको परमेश्वरको आज्ञापालन गर्छन् भन्ने कुराको लागि परमेश्वरले उनलाई उत्तरदायी तुल्याउनुहुन्छ भनेर पावल जान्दछन् र ती जानकारीलाई उनलाई तल धकेल्ने थोकहरू भए झैँ गरी उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “सबै मण्डलीहरूको आत्मिक वृद्धिको निम्ति परमेश्वरले मलाई जिम्मेवार ठान्नुहुन्छ, र त्यसैले सदैव गह्रौँ वस्तुले मलाई थिचेको जस्तो मलाई महसुस हुन्छ”
यो आलङ्कारिक प्रश्नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब कोही दुर्बल हुन्छ, म आफैँ पनि त्यो दुर्बलता महसुस गर्छु ।”
सम्भवतः “कमजोर” शब्द आत्मिक अवस्थाको निम्ति रूपक हो, तर पावलले केको बारेमा उल्लेख गरिरहेका छन् भन्ने बारेमा कोही पनि निश्चित छैनन्, त्यसैले उही शब्द प्रयोग गर्न उत्तम हुन्छ । वैकल्पिक अनुवादः “जब कोही दुर्बल हुन्छ म पनि दुर्बल हुन्छु ।”
जब कुनै सङ्गी विश्वासीलाई पाप गर्न लगाइन्छ तब पावलले आफ्नो रीस व्यक्त गर्न यो प्रश्न प्रयोग गर्छन् । यहाँ उनको रीसलाई उनीभित्र दन्किरहेको रूपमा उल्लेख गरिएको छ । यो आलङ्कारिक प्रश्नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब कसैले अर्को भाइलाई पाप गर्न लगाउँछ, म रिसाउँछु ।”
पावलले पापलाई केही कुरामा ठेस लागेर लड्ने कुरा भए झैँ गरी उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “पापतिर डोहोर्याइएको छ” वा “अरू कसैले गरेको केही कुराको कारण परमेश्वरले उसलाई पाप गर्न दिनुहुन्छ भन्ने ठानेको छ”
पावलले रिसाउने कुरालाई आफ्नो शरीरभित्र आगो भए झैँ गरी उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “म यसको बारेमा रिसाएको छैन”
“जसले म कति कमजोर छु भनेर देखाउँछ”
पावलले भनिरहेका कुरा सत्य हो भन्ने जोड दिन उनले न्युनोक्तिको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “म पूर्ण सत्य भन्दै छु”
“राजा अरितसले नियुक्त गरेको हाकिमले मानिसहरूलाई सहरको पहरेदारी गर्न अह्राएका थिए”
“ताकि तिनीहरूले मलाई पक्रून् र गिरफ्तार गरून्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “केही मानिसहरूले मलाई एउटा डालोमा राखे र मलाई जमिनमा तल झारे”
पावलले बडाहाकिमको निम्ति प्रतिस्थापन शब्दको रूपमा बडाहाकिमको हातलाई प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “बडाहाकिमबाट”
1 मैले गर्व गर्नैपर्छ, तर यसबाट केही लाभ हुँदैन । तर प्रभुको दर्शन र प्रकाशहरूमा म लागिरहन्छु । 2 म ख्रीष्टमा एक जना मानिसलाई चिन्छु जो चौध वर्ष अगाडि तेस्रो स्वर्गसम्म उचाली लगियो, शरीरमा वा शरीरविनै मलाई थाहा छैन, तर परमेश्वरलाई थाहा छ । 3 र मलाई थाहा छ, त्यो मानिस शरीरमा वा शरीरविनै हो, मलाई थाहा छैन, तर परमेश्वरलाई थाहा छ । 4 कि ऊ स्वर्गमा उचालि लगियो र उसले कसैले उच्चारण नै गर्न नसक्ने अति पवित्र कुराहरू सुन्यो । 5 त्यस मानिसको तर्फबाट म गर्व गर्छु । तर म आफ्नै दुर्वलताबाहेक अरू कुरामा गर्व गर्नेछैन । 6 यदि मैले गर्व नै गर्न चाहेको भए तापनि म मूर्ख बन्नेछैन किनकि मैले सत्य बोलिरहेको छु । तर कसैले पनि मबाट देखेको वा सुनेका कुरा भन्दा बढि मलाई नसोचोस् भनेर म गर्व गर्नदेखि थामिन्छु । 7 आश्चर्यजनक प्रकाशहरूको कारण म गर्व गर्नदेखि थामिन्छु । त्यसकारण, म घमण्डले नफूलूँ भनेर एउटा काँढो मेरो शरीरमा दिइएको छ । म धेरै घमण्डी नहूँ भनेर शैतान तर्फको दूत मलाई दुःख दिनको निम्ति दिइएको छ । 8 मबाट यो काँढो निकालिदिनुभएको होस् भनेर मैले प्रभुसित तिन पटक बिन्ती गरेँ । 9 अनि उहाँले मलाई भन्नुभयो, “मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ, किनकि दुर्बलतामा नै शक्ति सिद्ध हुन्छ ।” यसैले, ख्रीष्टको शक्ति ममा बास गरोस् भनेर म मेरो दुर्बलतामा गर्व गर्नेछु । 10 त्यसकारण, म ख्रीष्टको खातिर दुर्बलताहरूमा, निन्दाहरूमा, समस्याहरूमा, सतावटहरूमा, कष्टपूर्ण अवस्थाहरूमा खुसी रहन्छु । 11 म मूर्ख भएको छु ! तिमीहरूले मलाई यसो गर्न कर लगायौ, किनकि तिमीहरूबाट त मेरो प्रशंसा हुनुपर्ने थियो । किनकि म केही नभए तापनि ती सर्वोच्च प्रेरितहरूभन्दा तुच्छ छैनँ । 12 सारा धैर्य, चिह्नहरू र शक्तिशाली कामहरूद्वारा साँचा प्रेरितहरूका लक्षणहरू तिमीहरूका माझमा प्रदर्शन गरिएका थिए । 13 म तिमीहरूको बोझ नभएको कुरा बाहेक कसरी तिमीहरू अरू मण्डलीहरूभन्दा कम महत्त्वका भयौ र ?” यो गल्तीको निम्ति मलाई क्षमा देओ । 14 हेर ! म तिमीहरूकहाँ तेस्रो पटक आउन इच्छुक छु । तिमीहरूका निम्ति म बोझ बन्न चाहन्नँ, किनकि म तिमीहरूसँग भएका कुराहरू चाहन्नँ । म तिमीहरूलाई चाहन्छु । किनकि छोराछोरीहरूले आमा बाबुको निम्ति बचत गर्दैनन् । बरु, आमा बाबुले छोराछोरीको निम्ति बचत गर्नुपर्छ । 15 म तिमीहरूका प्राणको निम्ति ज्यादै खुसीसाथ खर्च गर्नेछु र स्वयम् आफैँ पनि खर्चनेछु । यदि म तिमीहरूलाई बढी प्रेम गर्छु भने के मैलेचाहिँ कम माया पाउने र ? 16 यसो भए तापनि म तिमीहरूमाथि बोझ बनिनँ । तर म धूर्त भएको कारण मैले नै छलद्वारा तिमीहरूलाई फसाएँ । 17 के मैले पठाएका कोहीमार्फत मैले तिमीहरूको फाइदा उठाएँ र ? 18 मैले बिन्ती गरेर तीतससँग केही भाइहरूलाई तिमीहरूकहाँ पठाएँ । के तीतसले तिमीहरूबाट केही फाइदा लिए र ? के हामी पनि यसरी नै चलेनौँ र ? के हामीले पनि यसरी नै पाइला चालेनौँ र ? 19 के यतिञ्जेल हामी तिमीहरूका सामु हामी आफ्नो सफाइ दिइरहेका थियौँ भन्ने तिमीहरू सोच्छौ ? परमेश्वरको दृष्टिमा हामी तिमीहरूलाई बलियो बनाउनको निम्ति सबै कुरा ख्रीष्टमा बोलिरहेका छौँ । 20 किनकि म तिमीहरूकहाँ आउँदा तिमीहरूलाई मैले चाहेजस्तै पाउँदिनँ कि भनेर म डराउँछु । मलाई तिमीहरूले चाहेजस्तै नपाऔला भनेर म डराउँछु । त्यहाँ वादविवाद, ईर्ष्या, रिसहरू पोख्ने काम, व्यक्तिगत स्वार्थ, कुरा काट्ने, घमण्ड र गडबडी होला भनेर म डराउँछु । 21 म तिमीहरूकहाँ फेरि फर्केर आउँदा मेरा परमेश्वरले मलाई तिमीहरूका सामु विनम्र पार्नुहोला भनेर मलाई डर लाग्छ । त्यस्ता धेरै मानिसहरू जसले अपवित्रता र यौन अनैतिकता अनि कामवासनाको चाहनाबाट पश्चात्ताप गरेका छैनन्, तिनीहरूको कारण मैले शोक पर्नुपर्ला कि भनेर मलाई डर लाग्छ ।
यस अध्यायमा पावलले आफ्नो अधिकारको प्रतिरक्षालाई निरन्तरता दिन्छन् ।
जब पावल कोरिन्थीहरूसँग थिए, उनले आफ्ना शक्तिशाली कार्यहरूद्वारा आफैँलाई एक प्रेरित भएको कुरा प्रमाणित गरे । उनले तिनीहरूबाट कहिल्यै पनि केही कुरा लिएका थिएनन् । अब जहाँनिर उनी तेस्रो पटकको लागि आउँदैछन्, उनले अझै पनि केही कुरा लिनेछैनन् । उनले आशा गर्छन् कि जब उनी तिनीहरूलाई भेट्छन्, उनी तिनीहरूसँग रूखो हुनु पर्नेछैन ।
पावलले अब स्वर्गको एउटा अद्भूत दर्शनको बारेमा बताएर उनको अधिकारको प्रतिरक्षा गर्छन् । हुन त उनले पद २-५ सम्म तस्रो पुरुषमा उल्लेख गर्छन्, तैपनि पद ७ ले सङ्केत गर्छ कि त्यो दर्शन अनुभव गर्ने व्यक्ति उनी नै हुन् । यो यति ठूलो थियो कि उनलाई नम्र पार्नलाई परमेश्वरले उनलाई शारीरिक दुर्बलता दिनुभयो ।
धेरै विद्वानहरूले “तेस्रो” स्वर्ग परमेश्वरको वासस्थान हो भनेर विश्वास गर्छन् । यो किनभने धर्मशास्त्रले पनि स्वर्गलाई आकाश (पहिलो स्वर्ग) र ब्रह्माण्डलाई (दोस्रो स्वर्ग) जनाउन प्रयोग गर्छ ।
पावललाई दोष लगाउने उनका शत्रुहरूको विरुद्धमा आफ्नो प्रतिरक्षा गर्दा उनले धेरै आलङ्कारिक प्रश्नहरूको प्रयोग गर्छन्ः “म तिमीहरूको निम्ति बोझ नभएको कुरा बाहेक तिमीहरू कसरी बाँकीका मण्डलीहरूभन्दा कम महत्त्वका भयौ र ?” “”“के तीतसले तिमीहरूबाट फाइदा उठाए ? के हामी उही मार्गमा हिँडेनौँ र ? के हामी उही कदमहरूमा चलेनौँ र ?” र “के हामीले यो सब समय तिमीहरूकहाँ हाम्रो आफ्नै प्रतिरक्षा गरिरहेका छौँ भन्ने तिमीहरू सोच्छौ ?”
पावलले व्यङ्ग्योक्ति, एउटा विशेष प्रकारको व्यङ्ग्यको प्रयोग गर्छन्, जब उनले तिनीहरूलाई बिनामूल्य कसरी सहायता गरेका थिए भनी तिनीहरूलाई याद दिलाउँछन् । उनले भन्छन्, “यो गल्तीको निम्ति मलाई क्षमा देओ !” उनले नियमित व्यङ्ग्यको पनि प्रयोग गर्छन् जब उनले भन्छन्ः “तर, किनकि म यस्तो चलाख छु, म नै हुँ जसले तिमीहरूलाई छलले पक्रेँ ।” त्यो सत्य हुन कति असम्भव छ भन्ने देखाएर यस दोषको विरुद्धमा आफ्नो प्रतिरक्षाको परिचय गराउनलाई उनले यसलाई प्रयोग गर्छन् ।
“विरोधाभाषी” एउटा सत्य कथन हो जसले कुनै असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । पद ५ मा भएको यो वाक्य विरोधाभासी होः “म मेरा कमजोरीहरू बाहेक अरू कुराहरूमा घमण्ड गर्ने छैन ।” धेरै मानिसहरू कमजोर भएकोमा गर्व गर्दैनन् । पद १० मा भएको यो वाक्य पनि विरोधाभासी होः “किनकि जब पनि म कमजोर हुन्छु, तब म बलियो हुन्छु ।” पद ९ मा, यी दुवै भनाइहरू किन सत्य हुन् भनेर पावलले व्याख्या गर्छन् । (२ कोरिन्थीहरू १२:५)
परमेश्वरबाट आएको उनको प्रेरितीय सेवकाइको प्रतिरक्षा गर्ने क्रममा, पावल उनी विश्वासी भएदेखि उनको जीवनमा घटेका निर्दिष्ट कुराहरूको उल्लेख गर्नलाई निरन्तरता दिन्छन् ।
“म कुरा गरिरहनेछु, तर अब ... बारेमा”
सम्भावित अर्थहरू हुन् १) पावलले जोड दिनको निम्ति उही कुरालाई बुझाउन “दर्शनहरू” र “प्रकाशहरू” जस्ता नामपदहरू संयुक्त गरेर प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “यी कुराहरू जुन प्रभुले मलाई मात्र देख्न दिनुभएको छ” वा २) पावलले दुई भिन्न कुराहरूको बारेमा उल्लेख गरिरहेका छन् । वैकल्पिक अनुवादः “प्रभुले मेरा आँखाहरूले मलाई देख्न अनुमति दिनुभएको गुप्त थोकहरू र उहाँले मलाई भन्नुभएका अरू गुप्त कुराहरू”
पावलले अरू कसैको बारे बताए झैँ गरी वास्तवमा आफ्नै बारेमा बताइरहेका छन्, तर सम्भव भए यसलाई शाब्दिक रूपमा अनुवाद गर्नुपर्छ ।
पावल यो अरू कुनै मानिसलाई भएको झैँ गरी आफैँलाई वर्णन गर्न निरन्तरता दिन्छन् । “मलाई थाहा छैन कि यो मान्छे उसको भौतिक शरीरमा थियो वा आत्मिक शरीरमा”
यसले आकाश वा बाहिरी अन्तरिक्षलाई (ग्रहहरू, ताराहरू, र ब्रह्माण्ड) भन्दा परमेश्वरको वासस्थानलाई जनाउँछ ।
पावलले अरू कसैको बारेमा बताए झैँ गरी आफ्नै बारेमा बताउनलाई निरन्तरता दिन्छन् ।
यसले “यस मानिस”लाई के भयो भन्ने कुराको पावलको विवरणलाई निरन्तरता दिन्छ (पद ३) । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः सम्भावित अर्थहरू हुन् १) “परमेश्वरले यस मानिसलाई लानुभयो ... स्वर्गमा” वा २) “एउटा स्वर्गदूतले यस मानिसलाई लगे ... स्वर्गमा ।” सम्भव भएमा लाने मानिसलाई उल्लेख नगर्नु उत्तम हुन्छः “कसैले लग्यो ... स्वर्गमा” वा “तिनीहरूले लगे ... स्वर्गमा ।”
अचानक र बलपूर्वक पक्रिलगियो
सम्भावित अर्थहरू हुन् १) स्वर्ग वा २) तेस्रो स्वर्ग वा ३) स्वर्गमा एउटा विशेष ठाउँ ।
“त्यस व्यक्तिको”
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म मेरो कमजोरीहरूमा मात्र घमण्ड गर्नेछु”
जसै पावलले परमेश्वरबाट प्राप्त गरेका आफ्नो प्रेरितीय सेवकाइको प्रतिरक्षा गर्छन्, उनलाई नम्र पार्न परमेश्वरले उनलाई दिनुभएको कोमजोरीको बारेमा उनले बताउँछन् ।
“कसैले ममा देखेको र मबाट सुनेकोभन्दा बाहेक बढी श्रेय उसले मलाई दिने छैन”
यो पदले खुलाउँछ कि पावलले २ कोरिन्थीहरू १२:२ मा सुरु गरेर आफ्नै बारेमा कुरा गरिरहेका थिए ।
“किनभने ती प्रकाशहरू अरू कसैले देखेका कुनै पनि कुराभन्दा अत्यन्तै धेरै महान् थिए”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई शरीरमा एउटा काँडा दिनुभयो” वा “परमेश्वरले मेरो शरीरमा एउटा काँडा आउन दिनुभयो”
यहाँ पावलका शारीरिक समस्याहरूलाई उनको शरीरलाई घोच्ने एउटा काँडासँग तुलना गरिएको छ । वैकल्पिक अनुवादः “पीडा” वा “शारीरिक समस्या”
“शैतानको एउटा सेवक”
“अति घमण्डी”
पावलले उनको “काँडा”को निम्ति धेरै पटक प्रार्थना गरे भन्ने जोड दिनलाई उनले यी शब्दहरूलाई वाक्यको सुरुमा नै राख्छन् (२ कोरिन्थीहरू १२:७) ।
“प्रभुलाई मेरो शरीरमा यस काँडाको विषयमा”, वा “प्रभुलाई यस पीडाको विषयमा”
“म तिमीप्रति दयालु हुनेछु, र तिमीलाई चाहिने त्यति मात्रै हो”
“किनभने तिमी दुर्बल छँदा नै मेरो शक्तिले उत्कृष्ट रूपमा काम गर्छ”
पावलले ख्रीष्टको शक्तिलाई उनीमाथि निर्माण गरिएको पाल भए झैँ गरी उल्लेख गर्छन् । सम्भावित अर्थहरू १) “मसँग ख्रीष्टको शक्ति छ भनी मानिसहरू देख्न सकून्” वा २) “मसित साँच्चै ख्रीष्टको शक्ति हुन सकोस् ।”
सम्भावित अर्थहरू हुन् १) “म ख्रीष्टको भएको कारण यदि कमजोरीहरू, अपमानहरू, कष्टहरू, सतावटहरू, र कष्टकर परिस्थितिहरू आउँछन् भने म यी कुराहरूमा सन्तुष्ट छु” वा २) “म कमजोरी ... मा सन्तुष्ट छु ... यदि यी कुराहरूले धेरै मानिसहरूलाई ख्रीष्टलाई चिन्न लगाउँछ भने ।”
“जब म कमजोर हुन्छु”
“म खराब मानिस हुँ भनी जब मानिसहरूले मलाई रीस उठाउने प्रयास गर्छन्”
“जब म कष्ट भोगिरहेको हुन्छु”
“जब त्यहाँ कष्ट हुन्छ”
जब पावलले गर्न आवश्यक कुराहरू गर्न सक्दैनन्, तब पावलभन्दा शक्तिशाली ख्रीष्टले गरिनु पर्ने आवश्यक कुराहरू पावलद्वारा गर्नुहुनेछ भनी पावलले भनिरहेका छन् । तथापि, यदि तपाईंको भाषाले दिन्छ भने यसलाई शाब्दिक रूपमा अनुवाद गर्न उत्तम हुन्छ ।
पावलले कोरिन्थमा भएका विश्वासीहरूलाई बलियो बनाउन प्रेरितका साँचा चिन्हहरू र तिनीहरूको सामु उनको नम्रताको याद दिलाउँछन् ।
“म मूर्ख झैँ व्यवहार गरिरहेको छु”
“तिमीहरूले मलाई यसरी कुरा गर्नलाई बाध्य बनायौ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले मलाई प्रशंसा दिनुपर्ने थियो”
सम्भावित अर्थहरू हुन् १) “प्रशंसा गर्नु” (२ कोरिन्थीहरू ०३:०१) वा २) “सिफारिस गर्नु” (२ कोरिन्थीहरू ०४:०२) ।
नकारात्मक स्वरूपको प्रयोग गरेर, पावल तुच्छ हुन् भनी ठान्ने कोरिन्थीहरू गलत हुन् भनी उनले जोडसँग भनिरहेका छन् । वैकल्पिक अनुवादः “किनभने म उनीहरू जत्तिकै असल छु”
ती शिक्षकहरू मानिसहरूले जति महत्त्वपूर्ण छन् भनेका छन् सोभन्दा कम महत्त्वका छन् भनी देखाउन पावलले यहाँ व्यङ्ग्यको प्रयोग गर्छन् । यसलाई [१ कोरिन्थीहरू ११:०५]
यसलाई “चिन्हहरू”मा जोड दिएर कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले देखाएका चिन्हहरू एक प्रेरितका साँचा चिन्हहरू हुन्”
दुवै पटक उही शब्दलाई प्रयोग गर्नुहोस् ।
यिनीहरू नै “प्रेरितका साँचा चिन्हहरू” हुन् जसलाई पावलले “पूर्ण धैर्यसाथ” प्रकट गरे ।
पावलले कोरिन्थीहरूलाई हानि पुर्याउन चाहन्छन् भनी तिनीहरूले दोष लगाउँदा तिनीहरू गलत छन् भनी उनले जोड दिँदैछन् । यो आलङ्कारिक प्रश्नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ ... तिमीहरूलाई ... बाहेक मैले तिमीहरूलाई अरू सबै मण्डलीहरूलाई व्यवहार गरे झैँ उही व्यवहार गरेको छु ।”
“मैले तिमीहरूलाई पैसा वा मलाई खाँचो परेको अरू कुराहरू मागिन”
पावल कोरिन्थीहरूलाई शर्ममा पार्न व्यङ्गात्मक हुँदैछन् । उनी र तिनीहरू दुवै जान्दछन् कि उनले तिनीहरूलाई केही खराबी गरेका छैनन्, तर उनले तिनीहरूलाई खराबी गरेका झैँ गरेर तिनीहरूले उनलाई व्यवहार गरिरहेका थिए ।
पैसा र उनलाई खाँचो परेका अन्य कुराहरूको लागि नमाग्नु
यस कथनको पूर्ण अर्थलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “मैले चाहेका कुराहरू भनेको तिमीहरूले मलाई प्रेम र स्वीकार गर”
साना छोराछोरीहरूले आफ्ना स्वस्थ आमाबुबाहरूको निम्ति पैसा वा अरू थोकहरू बचाउन उत्तरदायी हुँदैनन् ।
पावलले आफ्नो काम र शारीरिक जीवनलाई उनी वा परमेश्वरले खर्च गर्न सक्ने पैसा भए झैँ गरी उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “म कुनै पनि काम खुशीसाथ गर्नेछु र मानिसहरूले मलाई मार्न दिन म परमेश्वरलाई खुशीसाथ अनुमति दिन्छु”
“प्राण” शब्द मानिसहरूको आफैँको निम्ति प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरूको लागि” वा “ताकि तिमीहरू राम्ररी जिउन सक”
यो आलङ्कारिक प्रश्नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि मैले तिमीहरूलाई यति धेरै प्रेम गर्छु भने, तिमीहरूले मलाई थोरै प्रेम गर्नुहुँदैन ।” वा “यदि ...धेरै ... , तिमीहरूले मलाई तिमीहरूले गरेभन्दा धेरै प्रेम गर्नुपर्छ ।”
पावलको प्रेम केभन्दा “बढी” हो भनेर प्रस्ट छैन । सम्भवतः वाक्यमा पछि “यति थोरै” सित तुलना गर्नको निम्ति “एकदम धेरै” वा “अति धेरै” प्रयोग गर्नु उत्तम हुन्छ ।
पावलले कोरिन्थीहरूसित पैसा नमागे पनि उनले तिनीहरूसँग झूट बोले भनी सोच्ने कोरिन्थीहरूलाई लज्जित पार्न उनले व्यङ्ग्य प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तर अरूहरूले म छली थिएँ र छलकपट प्रयोग गरेँ भनेर विचार गर्छन्”
पावल र कोरिन्थीहरू दुवै जान्दछन् कि उत्तर चाहिँ होइन हो । यो आलङ्कारिक प्रश्नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले तिमीहरूकहाँ पठाएको कसैले पनि तिमीहरूबाट फाइदा लिएको छैन !”
पावल र कोरिन्थीहरू दुवै जान्दछन् कि उत्तर चाहिँ होइन हो । यो आलङ्कारिक प्रश्नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तीतसले तिमीहरूको फाइदा लिएनन् ।”
पावलले जिउने कुरालाई सडकमा हिँडिरहेको झैँ गरी उल्लेख गर्छन् । पावल र कोरिन्थीहरू दुवै जान्दछन् कि उत्तर चाहिँ हो नै हुन्छ । यो आलङ्कारिक प्रश्नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीहरू सबैको एउटै स्वभाव छ र हामी एकै प्रकारले जिउँछौँ ।”
पावलले जिउने कुरालाई सडकमा हिँडिरहेको झैँ गरी उल्लेख गर्छन् । पावल र कोरिन्थीहरू दुवै जान्दछन् कि उत्तर चाहिँ हो नै हुन्छ । यो आलङ्कारिक प्रश्नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवाद: “हामी सबैले एउटै तरिकाले काम गर्छौं ।”
मानिसहरूले सोचिरहेका हुन सक्ने कुरालाई स्वीकार गर्न पावलले यो प्रश्न प्रयोग गर्छन् । यो सत्य होइन भनी तिनीहरूलाई ढुक्क पार्न उनले यसो गर्छन् । वैकल्पिक अनुवादः “शायद तिमीहरू सोच्छौ कि यति बेलासम्म हामीले तिमीहरूको सामु आफ्नो सफाइ दिइरहेका छौँ ।”
पावलले गरेका सबै थोक परमेश्वरले थाहा गर्नुभएको विषयमा पावल यसरी कुरा गर्छन् मानौँ परमेश्वर शारीरिक रूपमा उपस्थित हुनुहुन्थ्यो र पावलले भनेका र गरेका सबै थोकलाई अवलोकन गर्नुभयो । वैकल्पिक अनुवादः “परमेश्वरको सामु” वा “परमेश्वरलाई साक्षीको रूपमा” वा “परमेश्वरको उपस्थितिमा”
“तिमीहरूलाई बलियो बनाउन ।” पावलले परमेश्वरको आज्ञापालन कसरी गर्ने भनेर थाहा गर्ने र उहाँको आज्ञापालन गर्न इच्छा गर्ने कुरालाई त्यो कुनै शारीरिक वृद्धि भए झैँ गरी उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “ताकि तिमीहरूले परमेश्वरलाई चिन्न सक र उहाँको आज्ञापालन अझ राम्ररी गर्न सक”
“मैले पाएको कुरा मलाई मन नपर्न सक्छ” वा “मैले तिमीहरूले जे गरिरहेको देख्छु त्यो मलाई मन नपर्न सक्छ”
“तिमीहरूले ममा देखेको कुरा तिमीहरूलाई मन नपर्न सक्छ”
बहसहरू, ईर्ष्या, रीस दन्केको, स्वार्थी आकांक्षा, कुरौटेपन, घमण्ड र गोलमाल जस्ता भाववाचक संज्ञाहरूलाई क्रियापदहरू प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । सम्भावित अर्थहरू १) “तिमीहरूमध्ये केहीले हामीसित बहस गरिरहेका हुनेछौ, हामीसँग ईर्ष्यालु हुनेछौ, हामीसित अचानक रिसाउनेछौ, हाम्रो निजी जीवन बारेमा कुरा गरिरहेका हुन सक्छौ, घमण्डी हुनेछौ, हामीले तिमीहरूलाई डोहोर्याउँदा हाम्रो विरोध गर्नेछौ” वा २) “तिमीहरूमध्ये कसैले आपसमा बहस गरिरहनेछौ, आपसमा ईर्ष्या गरिरहनेछौ, आपसमा अचानक रिसाउनेछौ, एकले अर्काको निजी जीवन बारेमा कुरा गर्नेछौ, घमण्डी हुनेछौ र अगुवाइ गर्नलाई परमेश्वरले चुन्नुभएको व्यक्तिको विरुद्धमा लाग्नेछौ”
“म दुःखित हुनेछु किनभने धेरै जनाले तिनीहरूको पुराना पापहरू त्यागेका छैनन्”
सम्भावित अर्थहरू हुन् १) पावल जोड दिनलाई झण्डै उही कुरा तीन पटकसम्म भनिरहेका छन् । वैकल्पिक अनुवादः “तिनीहरूले गर्ने गरेका व्यभिचारमय पापहरू गर्न छोडेनन्” वा २) पावलले तीन भिन्न पापहरूको बारेमा बताइरहेका छन् ।
भाववाचक नामपद अशुद्धतालाई “परमेश्वरलाई प्रसन्न नतुल्याउने थोकहरू” भनेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरलाई प्रसन्न नतुल्याउने थोकहरूबारे गुप्त रूपमा विचार गरिरहने र इच्छा गरिरहने बारेमा”
भाववाचक नामपद “अनैतिकता”लाई “अनैतिक कार्यहरू”को रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अनैतिक यौन कार्यहरू गर्ने बारेमा”
भाववाचक नामपद “कामवासना”लाई क्रियापद शब्द प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अनैतिक यौन इच्छाहरू तृप्त पार्ने कार्यहरू गर्ने बारेमा”
1 म तेस्रो पटक तिमीहरूकहाँ आउँदै छु । “हरेक आरोपलाई दुई वा तिन जना साक्षीद्वारा प्रमाणित गरिनुपर्छ ।” 2 म दोस्रो पटक त्यहाँ हुँदा नै पाप गर्नेहरू र बाँकीलाई भनिसकेको छु र फेरि पनि भन्दछुः म फेरि आउँदा तिनीहरूलाई छोड्नेछैन । 3 तिमीहरूलाई म यो भन्छु, किनकि तिमीहरू मद्वारा ख्रीष्ट बोल्नुभएको कुराको प्रमाण खोज्छौ । उहाँ तिमीहरूप्रति कमजोर हुनुहुन्न । तर उहाँ तिमीहरूमा शक्तिशाली हुनुहुन्छ । 4 किनकि उहाँ दुर्बलतामा क्रुसमा टाँगिनुभयो, तर परमेश्वरको शक्तिद्वारा जीवित हुनुभयो । किनकि हामी पनि उहाँमा दुर्बल छौँ, तर तिमीहरूका बिचमा हामी परमेश्वरको शक्तिद्वारा उहाँमा जिउँछौँ । 5 तिमीहरू विश्वासमा छौ कि छैनौ भनी आफैँले जाँच । आफैँलाई जाँच । येशू ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ भन्ने तिमीहरूले महसुस गरेका छैनौ ? उहाँ हुनुहुन्छ, नत्रता तिमीहरू स्वीकृत हुँदैनौ । 6 र म निश्चित छु, कि तिमीहरूले हामी अस्वीकृत नभएका पाउनेछौ । 7 तिमीहरूले केही खराबी गर्नेछैनौ भनी हामी परमेश्वरसँग प्रार्थना गर्दछौँ । हामी जाँचमा सफल भएका छौँ भन्ने देखाउनको निम्ति म प्रार्थना गर्दिनँ । बरु, हामी जाँचमा असफल भएको जस्तो देखिए तापनि तिमीहरूले जे असल छ त्यही गर्न सक भनेर हामी प्रार्थना गर्छौं । 8 किनकि हामी सत्यको विरुद्ध केही पनि गर्न सक्दैनौ, केवल सत्यको निम्ति मात्र गर्न सक्छौँ । 9 किनकि हामी दुर्बल हुँदा र तिमीहरू सामर्थी हुँदा हामी रमाउँछौँ । तिमीहरू पूर्ण होओ भनी हामी प्रार्थना गर्छौं । 10 म टाढा हुँदा यी कुराहरू तिमीहरूलाई लेख्दै छु, ताकि म तिमीहरूमा रहँदा निर्दयतासाथ व्यवहार गर्नु नपरोस् । मैले प्रभुबाट पाएको अधिकार तिमीहरूको निर्माण गर्नको निम्ति प्रयोग गर्न सकूँ, भत्काउन होइन । 11 अन्तमा भाइ हो, आनन्द गर ! पुनर्निर्माणको निम्ति काम गर; उत्साहित होओ; एक अर्कासँग सहमत होओ; शान्तिमा बस । अनि प्रेम र शान्तिका परमेश्वर तिमीहरूसँग रहनुहुनेछ । 12 एउटाले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर । 13 सबै विश्वासीले तिमीहरूलाई अभिवादन पठाएका छन् । 14 प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम, अनि पवित्र आत्माको सङ्गति तिमीहरू सबैसँग रहून् ।
यस अध्यायमा, पावल आफ्नो अधिकारको प्रतिरक्षा गर्नलाई सकाउँछन् । तब उनले पत्रलाई अन्तिम अभिवादन र आशिष्द्वारा अन्त गर्छन् ।
पावल कोरिन्थीहरूलाई भेटघाट गर्न तयारी गर्दा उनले तिनीहरूलाई निर्देशन् दिन्छन् । उनले मण्डलीमा कसैलाई अनुशासन गर्न नपरोस् भन्ने आशा गरिरहेका छन् ताकि उनले आनन्द साथ भेटघाट गर्न सकून् ।
पावलले यस अध्यायमा विपरीत शब्दहरू “शक्ति” र “कमजोरी”लाई दोहोर्याइ-दोहोर्याइ प्रयोग गर्छन् । अनुवादकले आपसमा विपरीत छन् भनेर बुझिएका शब्दहरूलाई प्रयोग गर्नुपर्छ ।
यी वाक्यहरूको अर्थ के हुन् भन्ने कुरामा विद्वानहरूको मत विभाजित छ । केही विद्वानहरूले भन्छन् कि ख्रीष्टिएनहरूले तिनीहरूका कार्यहरू तिनीहरू ख्रीष्टिएन विश्वास अनुसार छ कि छैन भनी हेर्नलाई तिनीहरूले आफैँलाई जाँच्नुपर्छ । सन्दर्भले यस बुझाइलाई साथ दिन्छ । अरूहरूले भन्छन् कि यी वाक्यहरूको अर्थ ख्रीष्टिएनहरूले तिनीहरूका कार्यहरूलाई हेर्नुपर्छ र तिनीहरूले साँचो रूपमा उद्धार पाएका छन् कि छैनन् भनेर प्रश्न गर्नुपर्छ भन्ने हो । अनि )
पावलले स्थापित गर्छन् कि ख्रीष्ट पावलद्वारा बोल्दै हुनुहुन्छ र पावलले तिनीहरूलाई पुनर्स्थापना गर्न, उत्साह दिन र तिनीहरूलाई एकतामा ल्याउन चाहिरहेका छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “दुई वा तीन जना मानिसहरूले उही कुरा भने पछि मात्र कसैले कुनै गल्ती गरेको छ भन्ने कुरामा विश्वास गर”
“तिमीहरू सबै अरू मानिसहरू”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले उहाँलाई क्रूसमा टाँगे”
परमेश्वरले हामीलाई उहाँमा र उहाँसँग जीवन जिउने शक्ति र सामर्थ्य दिनुहुन्छ ।
सम्भावित अर्थहरू हुन् १) हरेक व्यक्तिभित्र बसेर वा २) “तिमीहरूको माझमा”, समूहको हिस्सा र सबैभन्दा महत्त्वपूर्ण सदस्य ।
“कि तिमीहरूले पाप गर्दै नगर” वा “कि हामीले तिमीहरूलाई सच्याउँदा तिमीहरूले हाम्रो कुरा सुन्न इन्कार नगर ।” पावलले उनको भनाइद्वारा विपरीत कुरालाई जोड दिँदैछन् । वैकल्पिक अनुवादः “कि तिमीहरूले सबै थोक ठीक गर्नेछौ”
“महान् शिक्षकहरू हुन र सत्यता अनुसार जिउन”
“हामी मानिसहरूलाई सत्यता जान्नबाट रोक्न समर्थ छैनौँ”
“सत्यता; हामीले गर्ने सबैथोकले मानिसहरूलाई सत्यता जान्न सक्षम तुल्याउनेछ”
“आत्मिक रूपमा परिपक्व बन्न सक”
पावलले ख्रीष्टलाई राम्ररी चिन्न कोरिन्थीहरूलाई सहायता गर्ने कुरालाई उनले भवन निर्माण गरिरहेका झैँ गरी उल्लेख गर्छन् । तपाईंले यस्तै समान वाक्यांशलाई [२ कोरिन्थीहरू १०:८]
पावलले कोरिन्थी विश्वासीहरूलाई लेखेको उनको पत्रलाई अन्त गर्छन् ।
“परिपक्वतातर्फ काम गर”
“एक अर्कासँग मिलापमा बस”
“ख्रीष्टिय प्रेमले”
“तिनीहरू जसलाई परमेश्वरले आफ्नै लागि अलग गर्नुभएको छ”
टार्सस सहरबाटका पावल लेखक थिए । उनलाई सुरुको जीवनमा शाऊल भनी चिनिएको थियो । ख्रीष्टिएन हुनुभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्टिएनहरूलाई सताए । उनले येशू ख्रीष्टमा विश्वास गर्न थालेपछि, उनी धेरैपटक रोमी साम्राज्यभरी मानिसहरूलाई येशूको बारेमा बताउँदै यात्रा गरे ।
पावलले यो पत्र कहिले लेखे र तिनले यो लेख्दा तिनी कहाँ थिए भन्ने कुरा जानकारी छैन । पावल एफिससमा थिए र तिनले येशूको सुसमाचार प्रचारको दोस्रो यात्रा पूरा गरेपछि यो पत्र लेखे भन्ने कोही विद्वानको विचार रहेको छ । पावल सिरियाको एन्टिओक सहरमा थिए र तिनले सुसमाचारको पहिलो यात्रा पूरा गर्नेबित्तिकै यो पत्र लेखे भन्ने अरु कोही विद्वानको विचार रहेको छ ।
पावलले यो पत्र गलातिया क्षेत्रमा भएका यहूदी र अन्यजाति दुवैका लागि लेखेका थिए । ख्रीष्टिएनहरूले मोशाको व्यवस्था पालन गर्नै पर्छ भन्ने झूटा शिक्षकहरूका विरुद्धमा चेतावनी दिनका लागि तिनले यो पत्र लेखे । येशूमा विश्वास गरेर कुनै पनि व्यक्तिले उद्धार पाउन सक्दछ भनेर पावलले सुसमाचारको प्रतिरक्षा गरे । मानिसहरूले असल काम गरेको परिणामस्वरूप उद्धार पाउने होइन, तर परमेश्वर दयालु हुनुभएको परिणामस्वरूप तिनीहरूले उद्धार पाउँछन् । कुनै पनि व्यक्तिले व्यवस्थालाई पूर्ण रूपले पालन गर्न सक्दैन । मोशाको व्यवस्था पालन गरेर परमेश्वरलाई खुसी पार्ने प्रयास गर्दा परमेश्वरले तिनीहरूलाई दण्डाज्ञाको घोषणा मात्र गर्नुहुन्छ । , , अनि अनि )
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “गलातीहरू” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ प्रस्ट हुने शीर्षकलाई छान्न सक्छन्, जस्तै कि, “गलातियामा भएको मण्डलीलाई पावलको पत्र ।”
“यहूदीले झैँ जिउनु” भन्नु अर्थ कसैले ख्रीष्टमाथि विश्वास गरेर पनि मोशाको व्यवस्था पालन गर्नु हो । यसो गर्नु अत्यावश्यक हुन्छ भनेर सुरुका ख्रीष्टिएनहरूलाई सिकाउने मानिसहरुलाई “यहूदीकरण गर्नेहरू” भनिन्थ्यो ।
गलातीहरूलाई लेखेको पत्रमा यी शब्द विशिष्ट किसिमले प्रयोग भएको छ । ख्रीष्टिएन जीवन बिताउने कुराका सम्बन्धमा गलातीहरूलाई लेखेको पत्रमा महत्त्वपूर्ण शिक्षा छ । मोशाको व्यवस्थाको अधीनमा धर्मी वा पवित्र जीवन बिताउने हो भने व्यक्तिले धेरैवटा नियमहरू पालन गर्नुपर्ने हुन्छ । अब ख्रीष्टिएनहरूलाई भने अनुग्रहले नै पवित्र जीवन बिताउन उत्प्रेरित गर्दछ । यसको अर्थ ख्रीष्टिएनहरूले ख्रीष्टमा स्वतन्त्रता प्राप्त गरेका छन् । यसैले तिनीहरूले विशेष नियमहरू पालन गर्नुपर्ने आवश्यकता हुँदैन । बरु, ख्रीष्टिएनहरूले पवित्र जीवन बिताउनुपर्छ, किनभने परमेश्वर तिनीहरूप्रति अत्यन्त दयालु हुनुभएको हुनाले तिनीहरू कृतज्ञ भएका छन् । यसलाई “ख्रीष्टको व्यवस्था” भनिन्छ । अनि )
यस प्रकारको अभिव्यक्ति १:२२; २:४, १७; ३:१४, २६, २८; ५:६, १० मा आउँछ । ख्रीष्ट र विश्वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई व्यक्त गर्नको लागि पावलले सामान्य अर्थमा भनेका हुन् । त्यही समयमा, उनले धेरैपटक अन्य प्रकारका सम्बन्धहरूको पनि सङ्केत दिन खोज्छन् । उदाहरणको लागि, हेर्नुहोस्, “जब हामी परमेश्वरले हामीलाई ख्रीष्टमा धर्म ठहराउनुहुने कुरालाई खोज्छौँ” (२:१७), जहाँ पावलले ख्रीष्टको माध्यमद्वारा धर्मी ठहराउने कुराको विषयमा बताउँछन् ।
कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।
1 म पावल एक प्रेरित हुँ । म कुनै मानिस वा व्यक्तिद्वारा प्रेरित भएको होइन, तर येशू ख्रीष्ट र परमेश्वर पिताद्वारा भएको हुँ जसले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो । 2 मसँग भएका सबै भाइहरूका साथ म यो पत्र गलातियाका सबै मण्डलीहरूलाई लेखिरहेको छु । 3 परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति होस्, 4 जसले हाम्रा परमेश्वर र पिताको इच्छाअनुसार यस वर्तमान दुष्ट संसारबाट हामीलाई मुक्त गराउन हाम्रा पापका निम्ति आफैँलाई अर्पण गर्नुभयो । 5 उहाँलाई नै सदासर्वदा महिमा होस् । 6 तिमीहरू यति छिटै फरक सन्देशतिर फर्किएको देख्दा म चकित परेको छु । ख्रीष्टको अनुग्रहद्वारा तिमीहरूलाई बोलाउनुहुनेबाट तिमीहरू टाढिएको देख्दा म चकित परेको छु । 7 अरू कुनै सुसमाचार छैन, तर केही यस्ता मानिसहरू छन् जसले तिमीहरूलाई समस्यामा पार्न र ख्रीष्ट येशूको सुसमाचारलाई विकृत गर्न चाहन्छन् । 8 तर हामीले तिमीहरूका माझमा जुन सुसमाचार घोषणा गर्यौँ, त्योभन्दा बाहेक अरू कुनै सन्देशलाई यदि हामी वा स्वर्गबाट आएका स्वर्गदूतले नै प्रचार गरे तापनि त्यो श्रापित होस् । 9 हामीले पहिले नै भनिसकेका छौँ र म अहिले फेरि पनि भन्दछु, “कसैले तिमीहरूले स्वीकार गरेको भन्दा बाहेक तिमीहरूका सामु अर्को सन्देशको घोषणा गर्दछ भने, त्यो श्रापित होस् ।” 10 के मैले अहिले मानिसहरू वा परमेश्वरको समर्थन खोजिरहेको छु र ? के मैले मानिसहरूलाई खुसी पार्न खोजिरहेको छु र ? यदि मैले अझै पनि मानिसहरूलाई खुसी पार्ने प्रयास गरिरहेको छु भने, म ख्रीष्टको दास होइनँ । 11 भाइहरू हो, तिमीहरूले यो कुरा जान भन्ने म चाहन्छु, कि मैले घोषणा गरेको सुसमाचार मानिसहरूबाट मात्र आएको होइन । 12 मैले यो कुनै मानिसबाट प्राप्त गरेको होइन, न त मलाई यो सिकाइएको थियो । बरु, मलाई यो येशू ख्रीष्टको प्रकाशद्वारा दिइएको थियो । 13 म यहूदी हुदाँ मेरो पहिलेको जीवनको बारेमा तिमीहरूले सुनेका छौ, कि कसरी मैले परमेश्वरको मण्डलीलाई हिंसात्मक रूपले अत्यधिक सताइरहेको थिएँ र त्यसलाई नष्ट गरिरहेको थिएँ । 14 म यहूदी धर्मकर्ममा मेरा आफ्नै मानिसहरूका कैयौँ सहकर्मीहरूभन्दा धेरै अगि बढिरहेको थिएँ । मेरा पुर्खाहरूका परम्पराहरूका निम्ति म अत्यन्तै उत्साहित थिएँ । 15 तर मेरी आमाको गर्वदेखि नै मलाई चुन्नको निम्ति परमेश्वर खुसी हुनुभयो । 16 मैले गैरयहूदीहरूका माझमा उहाँलाई घोषणा गर्न सकूँ भनेर उहाँका पुत्रलाई ममा प्रकट गर्नको निम्ति उहाँको अनुग्रहद्वारा उहाँले मलाई बोलाउनुभयो । मैले तुरुन्तै शरीर र रगतको सल्लाह लिइनँ, 17 र मभन्दा अगि प्रेरित भएकाहरूकहाँ म यरूशलेममा गइनँ । बरु, म अरबतिर गएँ र त्यसपछि दमस्कसमा फर्किएँ । 18 अनि तिन वर्षपछि केफासलाई भेट्न म यरूशलेम गएँ र त्यहाँ उनीसँग पन्ध्र दिनसम्म बसेँ । 19 तर मैले प्रभुका भाइ याकूबलाई बाहेक अरू कसैलाई भेटिनँ । 20 हेर, मैले जे लेखेको छु, परमेश्वरको अगि मैले तिमीहरूलाई ढाँटेको छैन । 21 त्यसपछि म सिरिया तथा किलिकियाका क्षेत्रहरूतिर गएँ । 22 ख्रीष्टमा भएका यहूदियाका मण्डलीहरूमा म अझैसम्म चिनिएको थिइनँ, 23 तर उनीहरूले सुनेका थिएँ, “एक पटक हामीलाई सताउने व्यक्तिले अहिले त्यही विश्वासको घोषणा गरिरहेका छन् जुन विश्वासलाई कुनै समय उनले नष्ट गरिरहेका थिए ।” 24 मेरो कारण तिनीहरूले परमेश्वरको महिमा गरिरहेका थिए ।
पावलले लेखेका अरु पत्रभन्दा यो पत्र बेग्लै किसिमले सुरु गरे । तिनले यसरी थपेका छन्, “मानिसबाट वा मानिसद्वारा प्रेरित भएको होइन, तर येशू ख्रीष्ट र परमेश्वर पिताद्वारा भएको हुँ, परमेश्वर पिता जसले येशू ख्रीष्टलाई मृतकहरूबाट जीवित पार्नुभयो ।” झूटा शिक्षकहरूले पावलको विरोध गरिरहेका र तिनको अधिकारलाई तुच्छ ठानेका हुनाले तिनले यी शब्द समावेश गरेका हुन सक्छन् ।
साँचो बाइबलीय सुसमाचारद्वारा मात्र परमेश्वरले मानिसहरूलाई अनन्तसम्म बचाउनुहुन्छ । अर्को कुनै सुसमाचार छ भने पनि परमेश्वरले त्यसलाई तिरस्कार गर्नुहुन्छ । झूटा सुसमाचार सिकाउने मानिसहरू स्रापित होउन् भनी पावलले परमेश्वरमा प्रार्थना चढाएका छन् । तिनीहरू बचाइने छैनन् । यसर्थ, तिनीहरू अख्रीष्टिएनजस्तै हुन् । , , अनि अनि )
अन्यजातिहरूले मोसाको व्यवस्था पालन गर्नुपर्छ भनेर सुरुको मण्डलीका कोही मानिसले सिकाइरहेका थिए । यो शिक्षालाई प्रतिवाद गर्नका लागि पद १३-१६ मा पावलले कसरी आफू पहिले पहिले जोसिलो यहूदी थिए भनेर स्पष्ट पार्दछन् । तर परमेश्वरले तिनको उद्धार गर्नुभयो र तिनलाई साँचो सुसमाचार देखाउनुभयो । एक जना यहूदी र अन्यजाति मानिसहरुका लागि प्रेरित भएका हुनाले यो समस्यालाई सम्बोधन गर्न पावलसँग विशिष्ट दक्षता थियो ।
पावलले सबभन्दा पहिले लेखेका पत्रहरूमध्ये गलातीहरूलाई लेखेको पत्र पनि एक हो । झूटा शिक्षाहरूले सुरुको मण्डलीमा पनि दु:ख दिएको कुरा यसले दर्शाउँछ ।
पावल, एक प्रेरितले यो पत्र गलातियाको क्षेत्रमा भएका मण्डलीहरूलाई लेख्छन् । अन्य किसिमले नबताइएसम्म, यस पत्रमा भएका “तिमीहरू” र “तिमीहरूका” शब्दले गलातीहरूलाई जनाउँछ, र बहुवचनका रूपमा प्रयोग भएको छ ।
“जसले उहाँलाई पुनः जीवित हुन लगाउनुभयो”
यहाँ यसको अर्थ ख्रीष्टिएन मित्रहरू, पुरुष र स्त्री दुवैलाई जनाउँछ, किनभने ख्रीष्टका सबै विश्वासी एउटै आत्मिक परिवारका सदस्यहरू हुन्, र परमेश्वर तिनीहरूका स्वर्गका पिता हुन्हुन्छ । वैकल्पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनी”
“पापहरू” भनेको पापको लागि हुने दण्डलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “हाम्रा पापको कारणले हामीले पाउनुपर्ने दण्ड लिनको निम्ति”
यहाँ “यस ... युग” ले यस युगमा कार्यरत शक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “कि उहाँले हामीलाई आजको संसारमा काम गर्ने दुष्ट शक्तिहरूबाट सुरक्षित ठाउँमा ल्याउनुभएको होस्”
यसले “परमेश्वर हाम्रा पिता”लाई जनाउँछ । उहाँ हाम्रा परमेश्वर र पिता हुनुहुन्छ ।
पावलले यो पत्र लेख्नुपर्ने तिनका कारण दिन्छन्ः सुसमाचारलाई निरन्तर रूपमा बुझ्न तिनीहरूलाई तिनले स्मरण गराउँछन् ।
“म चकित भएको छु” वा “मलाई आश्चर्य लागेको छ ।” पावल निराश छन् कि तिनीहरूले यसो गरिरहेका थिए ।
यहाँ “उहाँबाट ... तर्किँदैछौ” भनेको परमेश्वरलाई शंका गर्न थालेको वा अब विश्वास गर्न छोडेको भन्ने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिमीहरू कति चाँडै उहाँलाई शंका गर्न थालेका छौ”
“परमेश्वर, जसले तिमीहरूलाई बोलाउनुभयो”
यहाँ यसको अर्थ हुन्छ कि परमेश्वरले उहाँका छोराछोरी होउन् र उहाँको सेवा गरून् र येशूद्वारा उहाँको उद्धारको सन्देशको घोषणा गरून् भनेर मानिसहरूलाई नियुक्त गर्नुभयो अथवा चुन्नुभयो ।
“ख्रीष्टको अनुग्रहको कारण” वा “ख्रीष्टको अनुग्रहमय बलिदानको कारण”
यहाँ “फर्कँदैछौ” भनेको एउटा अलङ्कार हो जसको अर्थ केही कुरालाई विश्वास गर्न सुरु गर्नु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “त्यसको साटोमा तिमीहरू फरक सुसमाचारलाई विश्वास गर्न थालिरहेका छौ”
“केही मानिसहरू”
यसले नघटेको र घट्न नहुने कुराको व्याख्या गरिरहेको छ । वैकल्पिक अनुवादः “प्रचार गर्ने हो भने” वा “प्रचार गर्ने रहेछ भने”
“सुसमाचारबाट फरक” वा “सन्देशबाट फरक”
“परमेश्वरले त्यस व्यक्तिलाई सदाको लागि दण्ड दिनुपर्छ ।” यदि तपाईंको भाषामा कसैमाथि श्रापलाई बोलाउने कुनै चलिआएको तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्नुहोस् ।
यी आलङ्कारिक प्रश्नहरूले “होइन” भन्ने जवाफको आशा गर्छ । वैकल्पिक अनुवादः “म मानिसहरूबाट स्वीकृति खोज्दिन, तर त्यसको सट्टामा परमेश्वरबाट स्वीकृति खोज्दछु । मैले मानिसहरूलाई खुशी पार्न खोजिरहेको छैन ।”
“यदि” र “भने” भन्ने शब्दहरू दुवै तथ्यप्रति विपरीत हुन्छन् । “मैले अहिले पनि मानिसहरूलाई खुशी पार्न खोजिरहेको छैन; म ख्रीष्टको एक दास हुँ” वा “यदि मैले अझै पनि मानिसहरूलाई खुशी पार्न खोजिरहेको छु भने, म ख्रीष्टको दास हुनेछैन”
पावलले अरू कसैबाट सुसमाचार जानेका थिएनन् भनेर स्पष्ट पार्दछन्; यो तिनले येशू ख्रीष्टबाट जानेका थिए ।
तपाईंले यसलाई गलातीहरू १:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यो वाक्यांशको प्रयोग गरेर पावलले येशू ख्रीष्ट मानिस हुनुहुन्थ्यो भन्न खोजेका होइनन् । किनभने ख्रीष्ट मानिस र परमेश्वर दुवै हुनुभए तापनि, उहाँ पापपूर्ण मानिस हुनुहुन्न । सुसमाचार कहाँबाट आयो भनेर पावलले लेखिरहेका छन्; कि यो अरू पापी मानिसहरूबाट आएको थिएन, तर यो येशू ख्रीष्टबाट आयो ।
सम्भावित अर्थहरू हुन् १) “येशू ख्रीष्ट आफैँले मलाई सुसमाचार प्रकट गर्नुभयो” वा २) “परमेश्वरले मलाई येशू ख्रीष्ट को हुनुहुन्छ भनेर देखाउनुहुँदा यो सुसमाचार जान्न दिनुभयो ।”
“कुनै समयको बानी बेहोरा” वा “अगाडिको जीवन” वा “सुरुको जीवन”
यस अलङ्कारले पावललाई उनका सहकर्मी यहूदीहरूभन्दा तिनीहरूको सिद्ध यहूदीहरू हुने लक्ष्यमा पावल धेरै अगाडि भएको देखाउँछ ।
“यहूदी मानिसहरू जो मेरो जत्तिकै उमेरका थिए”
“मेरा पूर्खाहरू”
सम्भावित अर्थहरू हुन् १) “परमेश्वरले मलाई उहाँको सेवा गर्न बोलाउनुभयो किनभने उहाँ अनुग्रही हुनुहुन्छ” वा २) “उहाँले मलाई आफ्नो अनुग्रहको माध्यमद्वारा बोलाउनुभयो ।”
सम्भावित अर्थहरू हुन् १) “मलाई उहाँको पुत्रलाई चिन्ने अनुमति दिनको निम्ति” वा २) “येशू परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने कुरा मद्वारा संसारलाई देखाउनको निम्ति ।”
यो येशू, परमेश्वरका पुत्रको लागि महत्त्वपूर्ण नाउँ हो ।
“उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भनी घोषणा गर्न” वा “परमेश्वरको पुत्रको बारेमा सुसन्देश प्रचार गर्न”
अरू मानिसहरूसँग बातचित गर्ने कुरालाई यस भनाइले जनाउँछ । वैकल्पिक अनुवादः “यो सन्देश बुझ्न मलाई सहायता पुर्याउन मानिसहरूलाई अनुरोध गर्न”
“यरूशलेममा जानु ।” येरूशलेम अग्लो पहाडी क्षेत्र हो । त्यहाँ पुग्नलाई धेरैवटा पहाड चड्नु आवश्यक हुन्छ र यसैले यरूशलेमको यात्रा गर्ने कुरालाई “माथि यरूशलेम जाने” भनेर स्पष्ट पार्ने सामान्य चलन थियो ।
यो दोहोरो नकारात्मक वाक्यले पावलले भेटेको व्यक्ति चाहिँ याकूब मात्रै थिए भन्ने कुरामा जोड दिन्छ । वैकल्पिक अनुवादः “मैले देखेको एक मात्र अर्को प्रेरित भनेको याकूब थिए”
पावल गलातीहरूले यो बुझेका चाहन्छन् कि पावल सम्पूर्ण रूपमा गम्भीर छन् र उनी जान्दछन् कि उनले जे भन्दछन्, सो परमेश्वरले सुन्नुहुन्छ र यदि उनले सत्य भनेनन् भने परमेश्वरले उनको न्याय गर्नुहुनेछ ।
पावलले सत्य कुरा भनिरहेका छन् भनी जोड दिनका लागि तिनले सङ्कुचित व्यङ्ग्यर्थ प्रयोग गरेका छन् । वैकल्पिक अनुवादः “मैले तिमीहरूलाई लेखेका सन्देशहरूमा मैले तिमीहरूलाई ढाँटेको छैन” वा “मैले तिमीहरूलाई लेख्ने कुरामा मैले तिमीहरूलाई सत्य भनिरहेको छु”
“ भनिने संसारका भागहरू”
“ख्रीष्टमा भएका यहूदियाका मण्डलीहरूका मानिसहरू कसैले पनि मलाई कहिल्यै भेटेका छैनन्”
“तर अरूहरूले मेरो बारेमा भनिरहेका कुराहरू मात्र तिनीहरूले जानेका थिए”
1 अनि चौध वर्षपछि म बारनाबाससँग फेरि यरूशलेम गएँ । मैले तीतसलाई पनि साथमा लगेँ । 2 परमेश्वरले म जानुपर्छ भनी मलाई प्रकट गराउनुभएको कारण म त्यहाँ गएँ । मैले गैरयहूदीहरूका माझमा घोषणा गरेको सुसमाचार तिनीहरूका अगि राखेँ । (तर जो महत्त्वपूर्ण अगुवाहरू जस्तो देखिन्थे तिनीहरूसँग म व्यक्तिगत रूपमा बोलेँ) । म व्यर्थमा दौडिरहेको छैनँ, वा दौडिन भनेर सुनिश्चित गर्नको निम्ति मैले यो गरेँ । 3 तर तीतस, जो मसँगै थिए, जो एक ग्रिक थिए, तिनलाई समेत खतना गर्न कर लगाइएन । 4 ख्रीष्ट येशूमा हामीसँग भएको स्वतन्त्रताको जासुसी गर्न गुप्त रूपमा आएका झुटा दाजुभाइहरूका कारण यो विषय उठ्यो । तिनीहरूले हामीलाई व्यवस्थाका दासहरू बनाउन चाहे । 5 तिमीहरूका निम्ति सुसमाचारको सत्यता अपरिवर्तित रहिरहोस् भनेर हामी तिनीहरूका कुरामा एक घण्टा पनि झुकेनौँ । 6 तर महत्त्वपूर्ण देखिएकाहरूले मलाई केही पनि सहयोग गरेनन् । तिनीहरू जो भए तापनि मलाई केही फरक पर्दैन । मानिसले मन पराएकाहरूलाई परमेश्वरले स्वीकार गर्नुहुन्न । 7 त्यसको सट्टामा, तिनीहरूले यो देखे, कि खतना नभएकाहरूलाई सुसमाचार घोषणा गर्नको निम्ति मलाई जिम्मेवारी सुम्पिएको थियो । जसरी पत्रुसले खतना भएकाहरूका बिचमा सुसमाचार घोषणा गर्नुपर्ने थियो, यो पनि त्यस्तै हो । 8 किनकि खतना भएकाहरूलाई प्रचार गर्नको निम्ति पत्रुसमा काम गर्नुभएका परमेश्वरले नै गैरयहूदीहरूका बिचमा प्रचार गर्नलाई ममा काम गर्नुभयो । 9 जब मण्डली निर्माण गर्नेहरू भनेर चिनिएका याकूब, केफास र यूहन्नाले मलाई दिइएको अनुग्रहलाई बुझे, तिनीहरूले बारनाबास र मलाई सङ्गतिको अधिकार दिए । हामी गैरयहूदीहरूका माझमा जान सकौँ र उनीहरू खतना भएकाहरूका माझमा जान सकून् भनेर उनीहरूले यसो गरे । 10 हामीले गरिबहरूको सम्झना गरेको पनि उनीहरू चाहन्थे । म पनि त्यो कुरा गर्न इच्छुक थिएँ । 11 जब पत्रुस एन्टिओखियामा आए, मैले उनलाई आमने-सामने विरोध गरेँ किनकि उनी गलत थिए । 12 याकूबबाट केही मानिसहरू आउनुअगि पत्रुस गैरयहूदीहरूसँग बसेर खाँदै थिए । तर जब यी मानिसहरू आए, उनले यो रोके र उनी गैरयहूदीहरूबाट टाढिए । उनी यी खतना गर्नैपर्ने मानिसहरूसँग डराए । 13 बाँकी यहूदीहरूले पनि पत्रुसको यस कपटपूर्ण काममा साथ दिए । यसको परिणाम स्वरूप बारनाबास पनि उनीहरूको कपटपूर्ण कामको कारण भड्किए । 14 जब मैले तिनीहरूले सुसमाचारको सत्यता नपछ्याइरहेको देखेँ, मैले तिनीहरू सबैका सामुन्ने पत्रुसलाई भनेँ, “तिमी यहूदी भएर पनि यहूदी स्वभावको सट्टा गैरयहूदी स्वभावमा जिइरहेका छौ भने, तिमीले कसरी गैरयहूदीहरूलाई यहूदीहरू जस्तो गरी जिउनको निम्ति कर लगाउन सक्छौ ?” 15 हामी जो जन्मसिद्ध यहूदीहरू हौँ र “गैरयहूदी पापीहरू होइनौँ”, 16 व्यवस्थाद्वारा कोही पनि धर्मी हुन सक्दैन भन्ने कुरा हामी जान्दछौँ । त्यसको सट्टा, तिनीहरू येशू ख्रीष्टमा विश्वासद्वारा धर्मी ठहरिन्छन् । हामी ख्रीष्ट येशूमा विश्वासमा आयौँ ताकि हामी ख्रीष्टमा विश्वासद्वारा धर्मी ठहरिन सकौँ र व्यवस्थाअनुसारका कामहरूद्वारा होइन । किनकि व्यवस्थाअनुसारका कामहरूद्वारा कोही पनि धर्मी ठहरिन सक्दैन । 17 तर यदि हामी ख्रीष्टमा परमेश्वरद्वारा धर्मी हुन खोज्छौँ भने, हामीले आफैँलाई पापी भएको पनि पाउँछौ । के त्यसो भए ख्रीष्ट पापको दास हुनुभयो त ? त्यस्तो होइन ! 18 व्यवस्थालाई पुरा गर्नुपर्छ भन्ने कुरामा मैले मेरो विश्वासलाई पुनर्निर्माण गरेँ, त्यो विश्वास जुन मैले भङ्ग गरिसकेको थिएँ । म आफैँलाई व्यवस्था भङ्ग गर्ने मानिस तुल्याउँछु । 19 व्यवस्थाद्वारा व्यवस्थाको निम्ति म मरेँ, ताकि म परमेश्वरको निम्ति बाँच्न सकूँ । 20 म ख्रीष्टसँगै क्रुसमा टाँगिएको छु । अब उसो जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ । अब जुन जीवन म शरीरमा जिउँछु, म परमेश्वरका पुत्रको विश्वासमा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैँलाई मेरो निम्ति दिनुभयो । 21 म परमेश्वरको अनुग्रहलाई इन्कार गर्दिनँ, किनकि यदि व्यवस्थाद्वारा धार्मिकता आउने भए, ख्रीष्ट व्यर्थैमा मर्नुभयो ।
पावलले साँचो सुसमाचारको प्रतिरक्षा गर्ने कार्यलाई निरन्तरता दिन्छन् । यो गलाती १:११ मा सुरु भयो ।
यो पत्रभरि नै पावलले स्वतन्त्रता र दासत्वका बीचमा भिन्नता दर्शाउँछन् । धरैवटा विभिन्न थोकहरू गर्नका लागि ख्रीष्टिएन स्वतन्त्र भएको छ । मोसाको व्यवस्था पालन गर्न खोज्ने ख्रीष्टिएनले सम्पूर्ण व्यवस्था पालन गर्नुपर्ने आवश्यकता पर्दछ । व्यवस्थाको पालन गर्न खोज्ने कुरालाई पावलले एक किसिमको दासत्व हो भनी वर्णन गर्दछन् ।
यदि ख्रीष्टिएनले मोसाको व्यवस्था पालन गर्न खोज्दछ भने परमेश्वरले तिनीहरूमाथि दर्शाउनुभएको अनुग्रहलाई तिनीहरूले बुझ्दैनन् भनी पावलले सिकाउँछन् । यो आधारभूत त्रुटि हो । तर पावलले काल्पनिक परिस्थिति जस्तो गरी “म परमेश्वरको अनुग्रहलाई इन्कार गर्दिनँ” भनेर लेखेका छन् । यो वाक्यको उद्देश्यलाई यसरी व्यक्त गर्न सकिन्छ, “यदि तिमीहरूले व्यवस्था पालन गरेर उद्धार पाउने भए, त्यस कुराले परमेश्वरको अनुग्रहलाई इन्कार गर्दछ ।” अनि
पावलले प्रेरितहरूबाट होइन, तर परमेश्वरबाट सुसमाचार जाने भन्ने कुराको इतिहास बताउन निरन्तरता दिन्छन् ।
“यात्रा गरेँ ।” यरूशलेम पहाडी क्षेत्रमा अवस्थित छ । यहूदीहरूले यरूशलेमलाई पृथ्वीमा भएको यस्तो ठाउँको रूपमा पनि हेर्दथे जुन स्वर्गबाट सबैभन्दा नजिक छ, यसैले पावलले आलङ्कारिक तरिकाले भनेको हुन सक्छ, अथवा यस कुराले यरूशलेम जाने कठिनपूर्ण उकालो यात्रालाई सङ्केत गरेको हुन सक्छ ।
“विश्वासीहरूका माझमा महत्त्वपूर्ण अगुवाहरू”
पावलले दौडने कुरालाई कामलाई जनाउने अलङ्कारको रूपमा प्रयोग गर्छन्, र उनले गरेका काम लाभदायक थियो भनेर जोड दिनका लागि युगल अकरणको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “मैले गरेरहेको वा गरिसकेको काम लाभदायक हुन्”
“फाइदा नहुने गरी” वा “बेकारको कुराको लागि”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले उसलाई खतना गर्न”
“ख्रीष्टिएन भएका बहाना गर्ने मानिसहरू मण्डलीमा आए” वा “ख्रीष्टिएन भएका बहाना गर्ने हाम्रा माझमा आए”
मानिसहरू कसरी स्वतन्त्रतामा जिउँछन् भनेर गोप्य तवरमा तिनीहरूलाई अवलोकन गर्न
मुक्ति
“हामीलाई व्यवस्थाका दासहरू बनाउन ।” व्यवस्थाले आज्ञा गरेको यहूदी विधिहरू पालन गर्नलाई करमा परेको कुराको विषयमा पावलले कुरा गरिरहेका छन् । उनले यसको विषयमा त्यो कुनै दासत्व भए झैँ गरेर कुरा गरिरहेका छन् । सबैभन्दा महत्त्वपूर्ण विधि चाहिँ खतनाको कार्य थियो । वैकल्पिक अनुवादः “हामीलाई व्यवस्थाको पालना गर्नलाई कर लाउन”
“अर्पण गर्नु” वा “सुन्नु”
यहाँ “म” शब्दले पावलले सिकाइरहेका कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “जे मैले सिकाउँछु, त्यसमा केही थप भएन” वा “जे मैले सिकाउँछु, त्यसमा केही थप गर्न मलाई भनेनन्”
“साटोमा” वा “बरु”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई भरोसा गर्नुभयो”
तिनीहरू ती मानिसहरू थिए जसले मानिसहरूलाई येशूको बारेमा सिकाए र मानिसहरूलाई येशूमा विश्वास गर्नलाई मनाए ।
यहाँ प्रयोग भाववाचक नाउँ “अनुग्रह”लाई “दयालु हुनुभएको” भनी क्रियापद राखेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वर मसँग दयालु हुनुभएको कुरालाई बुझे”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई दिनुभएको अनुग्रह”
दाहिने हात समाउने वा मिलाउने कुरा सङ्गतिको सङ्केत थियो । वैकल्पिक अनुवादः “सहकर्मीहरूको रूपमा स्वागत गरे” वा “आदरसाथ स्वागत गरे”
“तिनीहरूका दाहिने हातहरू”
तिनले सम्झना गर्नुपर्ने गरिबहरूका बारेमा भएको कुरालाई तपाईंले स्पष्ट पार्न आवश्यक हुन सक्छ । वैकल्पिक अनुवादः “गरिबहरूका आवश्यकताहरूको ख्याल राख्न याद गर्नु”
“उनलाई आमने-सामने” भन्नाले “जहाँ तिनले मलाई हेर्न र सुन्न सक्थे” भन्ने अर्थ दिने लक्षणा शब्द हो । वैकल्पिक अनुवादः “मैले व्यक्तिगत रूपमा उनको सामना गरेँ” वा “मैले व्यक्तिगत रूपमा उनका क्रियाकलापहरूलाई चुनौती दिएँ”
समयसँग सम्बन्धित
“उनले तिनीहरूसँग खान छोडे”
केफास डराउनुको कारणलाई स्पष्ट हुने गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने उनलाई डर थियो, कि खतनाको खोजी गर्नेहरूले उनले केही गल्ती गरेका छन् भनेर न्याय गर्नेछन्” वा “किनभने उनलाई डर थियो, कि खतना खोज्ने मानिसहरूले उनले केही गल्ती गरेका छन् भनेर उनलाई दोष लगाउनेछन्”
ती यहूदीहरू जो ख्रीष्टिएनहरू भएका थिए, तर जसले माग गरे कि ख्रीष्टमा विश्वास गर्नेहरूले यहूदी चलनहरूअनुसार जिउनुपर्छ ।
“ ... बाट अलग रहे” वा “पन्साए”
“तिनीहरू सुसमाचारलाई विश्वास गर्ने मानिसहरूको रूपमा जिइरहेका थिएनन्” वा “तिनीहरू यसरी जिइरहेका थिए कि मानौँ तिनीहरूले सुसमाचारलाई विश्वास गर्दैनन्”
यो अलङ्कारको प्रश्न हप्की हो र यसलाई साधारण वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । यहाँ “तपाईं” शब्द एकवचन हो र यसले पत्रुसलाई जनाउँछ । वैकल्पिक अनुवादः “अन्यजातिहरूलाई यहूदीहरू जस्तै गरी जिउन कर लगाएकोमा तपाईं गलत हुनुहुन्छ ।”
सम्भावित अर्थहरू हुन् १) शब्दहरूको प्रयोग गरेर कर लाउनु वा २) मनाउनु ।
व्यवस्था जानेका यहूदीहरू र व्यवस्था नजानेका अन्यजातिहरू दुवैले ख्रीष्टमा विश्वास गरेर मात्र उद्धार पाएका हुन्छन् र व्यवस्था पालन गरेर होइन भनी पावलले बताएका छन् ।
“तिनीहरू होइनौँ जसलाई यहूदीहरूले अन्यजाति पापीहरू भनेर बोलाउँछन्”
“हामीले ख्रीष्ट येशूमा विश्वास गर्यौँ”
यसले शायद पावल र अरूहरूलाई जनाउँछ, तर गलातीहरूलाई होइन, जो मुख्य रूपमा अन्यजातिहरू हुन् ।
“शरीर” शब्द सम्पूर्ण व्यक्तिलाई जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “कुनै व्यक्ति होइन”
यहाँ “ख्रीष्टमा धर्मी हुन” भन्नुको अर्थ ख्रीष्टसँग हाम्रो मिलाप भएको कारणले धर्मी ठहरिएको र ख्रीष्टद्वारा धर्मी ठहरिएको भन्ने हुन्छ ।
यहाँ “भएको पाउँछौँ” लक्षण शब्द हो र यसले “हामी” निश्चय पनि पापी हौँ भन्ने कुरामा जोड दिन्छ । वैकल्पिक अनुवादः “हामी पनि निश्चय नै पापीहरू हौँ भनी हामीलाई थाहा हुन्छ”
“अवश्य पनि, त्यो सत्य होइन !” यस अभिव्यक्तिले यस अघिको आलङ्कारिक प्रश्नलाई सबैभन्दा बढी सम्भव भएको नकारात्मक जवाफ दिन्छ । “के ख्रीष्ट पापको एक कमारो बन्नुहुन्छ ?” तपाईंको भाषामा यस्तै समान अभिव्यक्ति हुन सक्छ जसलाई तपाईंले यहाँ प्रयोग गर्न सक्नुहुन्छ ।
यो येशूको लागि एउटा महत्त्वपूर्ण नाउँ हो ।
सकारात्मक अर्थमा जोड दिनका लागि पावलले नकारात्मक भनाइ राख्छन् । वैकल्पिक अनुवादः “म त्यसको महत्त्वलाई पक्का गर्छु”
कदापि अस्तित्वमा नहुने परिस्थितिको वर्णन पावलले गरेका छन् ।
“यदि मानिसहरू व्यवस्था पालना गरेर धर्मी ठहरिन्छन् भने”
“तब मर्नुभएर ख्रीष्टले केही पनि हासिल गर्नुभएको हुँदैन”
1 हे मूर्ख गलातीहरू ! कसको दुष्ट आँखाले तिमीहरूलाई नोक्सानी गर्यो ? के तिमीहरूका आँखाको अगाडि येशू ख्रीष्ट क्रुसमा टाँगिनुभएको कुरा दर्शाइएको थिएन र ? 2 म तिमीहरूबाट यो कुरा मात्र बुझ्न चाहन्छु । के तिमीहरूले पवित्र आत्मालाई व्यवस्था अनुसारका कामहरू गरेर पाएका हौ कि तिमीहरूले सुनेका कुरामा विश्वास गरेर पाएका हौ ? 3 के तिमीहरू यति धेरै मूर्ख भएका छौ ? के अब केवल शरीरमा अन्त हुन तिमीहरूले आत्मामा सुरु गरेका थियौ ? 4 यदि त्यो साँच्चै निरर्थक थियो भने के तिमीहरूले व्यर्थमा यति धेरै कुराहरूको अनुभव गर्यौ त ? 5 त्यसो भए, जसले तिमीहरूलाई पवित्र आत्मा दिनुहुन्छ र तिमीहरूका बिचमा शक्तिशाली कार्यहरूद्वारा काम गर्नुहुन्छ, के उहाँले यो व्यवस्था अनुसारका कामहरूका कारण गर्नुभएको हो कि विश्वास गरेर सुनेका कारणले ? 6 अब्राहामले “परमेश्वरलाई विश्वास गरे अनि यो उनको निम्ति धार्मिकता गनियो ।” 7 त्यसो भए, यसै गरी यो बुझ, कि विश्वास गर्नेहरू नै अब्राहामका सन्तान हुन् । 8 धर्मशास्त्रले पहिले नै यो देखेको थियो, कि परमेश्वरले गैरयहूदीहरूलाई विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ । अब्राहामलाई अगाडि नै सुसमाचार दिइएको थियो, “तँबाट नै पृथ्वीमा हुने सबै जातिहरू आशिषित हुनेछन् ।” 9 त्यसैकारण, जोसँग विश्वास छ, तिनीहरू अब्राहामसँगै आशिषित हुन्छन्, तिनै अब्राहाम जससँग पनि विश्वास थियो । 10 व्यवस्था अनुसारका कामहरूमा भर पर्नेहरू श्रापित हुन्छन् । किनकि यसरी लेखिएको छ “व्यवस्थामा लेखिएका सबै कुराहरू पालन नगर्ने सबै श्रापित हुन्छन् ।” 11 अब यो स्पष्ट छ, कि परमेश्वरले कसैलाई पनि व्यवस्थाद्वारा धर्मी ठहराउनुहुन्न, किनकि “धर्मी मानिस विश्वासद्वारा नै जिउनेछ ।” 12 व्यवस्था विश्वासबाट आएको होइन, तर त्यसको सट्टामा, “जसले व्यवस्थामा भएका कुराहरू गर्दछ त्यो व्यवस्थाअनुसार नै जिउनेछ ।” 13 हाम्रो निम्ति ख्रीष्ट श्रापित हुनुभएर उहाँले हामीलाई व्यवस्थाको श्रापबाट मुक्त गराउनुभयो । किनकि यसरी लेखिएको छ, “काठमा झुण्डिने हरेक श्रापित हुन्छ ।” 14 यसको उद्देश्य यही थियो, कि अब्राहाममा भएको आशिष् ख्रीष्ट येशूद्वारा गैरयहूदीहरूमाझ आउन सकोस्, ताकि हामीले विश्वासद्वारा पवित्र आत्माको प्रतिज्ञा प्राप्त गर्न सकौँ । 15 भाइहरू हो, म मानवीय शब्दहरूमा बोल्दछु । एक पटक पक्का भइसकेको मानिसले बनाएको इच्छा-पत्र त न कसैले रद्द गर्छ न त त्यसमा केही थपिन्छ । 16 अब यी प्रतिज्ञाहरू अब्राहाम र उनको सन्तानलाई दिइएको थियो । यसले धेरै मानिसहरूलाई जनाउने गरी “सन्तानहरूलाई” भन्दैन, तर यसको सट्टामा “तिम्रो सन्तानलाई” भनेर यसले एक जनालाई मात्र जनाउँछ, जो ख्रीष्ट हुनुहुन्छ । 17 अब म यो भन्दछु । परमेश्वरले पहिले नै स्थापना गर्नुभएको करारलाई ४३० वर्षपछि आएको व्यवस्थाले रद्द गर्दैन । 18 किनकि उत्तराधिकार व्यवस्थाद्वारा आएको हो भने, यो अहिले प्रतिज्ञाद्वारा आउने थिएन । तर परमेश्वरले प्रतिज्ञाद्वारा अब्राहामलाई यो सित्तैँमा दिनुभयो । 19 त्यसो भए व्यवस्था किन दिइयो त ? ती प्रतिज्ञा गरिएकाहरूकहाँ अब्राहामका सन्तान नआउन्जेलसम्म अपराधको कारणले व्यवस्था थपियो । यो व्यवस्था एउटा मध्यस्तकर्ताको हातद्वारा स्वर्गदूतहरूमार्फत लागु गरिएको थियो । 20 अहिले मध्यस्तकर्ताले एकभन्दा बढी व्यक्तिलाई बुझाउँछ, तापनि परमेश्वर एउटै हुनुहुन्छ । 21 त्यसो भए, के व्यवस्था परमेश्वरका प्रतिज्ञाहरूको विरुद्धमा छ त ? कदापि होइन ! किनकि यदि जीवन दिन सक्ने व्यवस्था दिइएको भए, निश्चय नै त्यही व्यवस्थाद्वारा धार्मिकता आउने थियो । 22 तर त्यसको सट्टामा, पापको अधीनमा रहेका सबै कुरालाई धर्मशास्त्रले कैदमा राख्यो । परमेश्वरले यो गर्नुभयो ताकि येशू ख्रीष्टमा विश्वासद्वारा हामीलाई बचाउने उहाँको प्रतिज्ञालाई विश्वास गर्नेहरूलाई दिन सकियोस् । 23 तर ख्रीष्टमा विश्वास आउनुभन्दा अगाडि विश्वासको प्रकाश नआउन्जेलसम्म हामी व्यवस्थाद्वारा कैदमा थियौँ र सीमित थियौँ । 24 त्यसकारण, हामी विश्वासद्वारा धर्मी ठहरिनको निम्ति ख्रीष्ट नआउन्जेलसम्मको लागि व्यवस्था हाम्रो संरक्षक बन्यो । 25 अब विश्वास आइसकेकोले हामी कुनै संरक्षकको अधीनमा छैनौँ । 26 किनकि ख्रीष्ट येशूमा विश्वासद्वारा तिमीहरू सबै परमेश्वरका पुत्रहरू हौ । 27 तिमीहरूमध्ये सबै जतिको ख्रीष्ट येशूमा बप्तिस्मा भयो, तिमीहरू आफैँले ख्रीष्टलाई पहिरिएका छौ । 28 अब न त यहूदी छ, न ग्रिक, न कमारा छ न फुक्का, न पुरुष छ न स्त्री, किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एक हौ । 29 यदि तिमीहरू ख्रीष्टका हौ भनेता तिमीहरू अब्राहामका सन्तानहरू हौ र प्रतिज्ञाबमोजिम उत्तराधिकारीहरू हौ ।
सबै ख्रीष्टिएनहरू समान रूपले ख्रीष्टमा एकताबद्ध हुन्छन् । पुर्ख्यौली, लिङ्ग र पहिचानले केही फरक पार्दैन । सबै जना एकआपसमा बराबर हुन् । परमेश्वरको आँखाको नजरमा सबै जना बराबर हुन्छन् ।
यस अध्यायमा पावलले धेरैवटा भिन्नभिन्न अलङ्कारका प्रश्नलाई प्रयोग गर्दछन् । गलातीहरूलाई तिनीहरूका पापका बारेमा विश्वास्त तुल्याउनका लागि तिनले यी प्रश्नको प्रयोग गर्दछन् ।
यो एउटा जटिल विषय हो । “शरीर” भनेको सम्भवतः हाम्रो पापी स्वभावलाई जनाउने अलङ्कार हो । मानिसको शारीरिक भाग पापपूर्ण हुन्छ भनेर पावलले सिकाइरहेका छैनन् । यस अध्यायमा “शरीर”लाई आत्मिक कुराबाट भिन्न रहेको कुराको रूपमा देखाउनलाई प्रयोग गरिएको छ ।
यसको अर्थ के हुन्छ भन्ने कुरालाई लिएर विद्वानहरूका एकमत छैनन् । कसैको विश्वासमा परमेश्वरले अब्राहामसँग गर्नुभएको प्रतिज्ञाहरू ख्रीष्टिएनहरूले पाउने छन् । यसरी इस्राएलका शारीरिक सन्तानको ठाउँ ख्रीष्टिएनहरूले लिने छन् । अरुको विश्वासमा ख्रीष्टिएनहरूले आत्मिक रूपले अब्राहामको अनुसरण गर्दछन्, तर परमेश्वरले अब्राहामसँग गर्नुभएको प्रतिज्ञाहरूमाथि तिनीहरूले अधिकार गर्ने छैनन् । पावलले अन्यत्र शिक्षा दिएका कुरा र यहाँको सन्दर्भका आधारमा, अब्राहामको विश्वासमा यहूदीहरू र ख्रीष्टिएनहरू दुवै सहभागी हुने कुरा पावलले यहाँ गरेका हुन सक्छन् । अनि
अलङ्कारको प्रश्न सोधेर पावलले गलातीहरूलाई हप्काउँछन् ।
गलातियाका विश्वासीहरूले विश्वासद्वारा सुसमाचारमा विश्वास गरेपछि परमेश्वरले तिनीहरूलाई पवित्र आत्मा अर्थात् परमेश्वरको आत्मा दिनुभयो, तर तिनीहरूले परमेश्वरको व्यवस्था पालन गरेको हुनाले दिनुभएको होइन भनेर पावलले तिनीहरूलाई स्मरण गराएका छन् ।
गलातियाका मानिसहरूले कसैले तिनीहरूमाथि जादु मन्त्र गरेजस्तै गरी व्यवहार गरिरहेका छन् भनेर पावलले व्यङ्ग्यात्मक र आलङ्कारिक प्रश्न गरिरहेका छन् । वास्तवमा कसैले तिनीहरूमाथि तन्त्र मन्त्र गरेका छन् भनेर उनी विश्वास गर्दैनन् । वैकल्पिक अनुवादः “कसैले तिमीहरूलाई मोहनी लगाएझैँ तिमीहरूले व्यवहार गर्दै छौ !”
“तिमीहरूमाथि जादु गरेको छ” वा “तिमीहरूमाथि टुनामुना गरेको छ”
येशू क्रूसमा टाँगिनुभएको कुराको शिक्षा पावलले स्पष्ट रूपमा दिएका थिए । यसरी शिक्षा दिएको कुरा येशू क्रूसमा टाँगिनुभएको दृश्यचित्रलाई तिनले सार्वजनिक रूपमा प्रदर्शनमा राखेको कुरा झैँ गरी भनेका छन् । अनि गलातीहरूले पावलका शिक्षा सुनेका कुरालाई तिनीहरूले एउटा दृश्यचित्र हेरको जस्तो हो भनेका छन् । वैकल्पिक अनुवादः “तिमीहरू आफैँले येशू ख्रीष्टलाई क्रूसमा झुण्ड्याएको बारेमा भएको स्पष्ट शिक्षा सुन्यौ”
यो पद १ को व्यङ्ग्यात्मक निरन्तरता हो । पावललाई उनले सोध्न लागेको आलङ्कारिक प्रश्नको उत्तर थाहा छ ।
तपाईंले सक्नुहुन्छ भने यस आलङ्कारिक प्रश्नलाई एउटा प्रश्नको रूपमा नै अनुवाद गर्नुहोस्, किनकि पाठकहरूले यहाँ प्रश्नको अपेक्षा गरिरहेका हुन्छन् । साथै, यस प्रश्नको उत्तर पाठकलाई थाहा होस् भनेर सुनिश्चित गर्नुहोस् जुन हो “तिमीहरूले सुनेका कुरामा विश्वास गरेर”, “व्यवस्थाले भनेको कुरा पालन गरेर” होइन । वैकल्पिक अनुवादः “व्यवस्थाले भनेको काम गरेको कारणले होइन, तर तिमीहरूले सुनेको सुसमाचारमा विश्वास गरेको कारणले तिमीहरूले पवित्र आत्मा पायौ ।”
यो आलङ्कारिक प्रश्नले देखाउँछ कि गलातियाका मानिसहरू यति मूर्ख छन् भन्ने कुरामा पावल आश्चर्यचकित भए र साथै रिसाए । वैकल्पिक अनुवादः “तिमीहरू धेरै मूर्ख छौ !”
यहाँ “शरीर” प्रयासलाई जनाउने लक्षणा शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरूका आफ्नै प्रयासद्वारा” वा “तिमीहरूका आफ्नै कामद्वारा”
गलातियाका मानिसहरूलाई तिनीहरूले भोगेका दुःख कष्ट सम्झाउनको लागि पावलले एउटा आलङ्कारिक प्रश्न सोधेका हुन् । वैकल्पिक अनुवादः “तिमीहरूले यति धेरै दु:ख व्यर्थ कुराका लागि भोग्यौ भन्ने विचार तिमीहरूमा निश्चय पनि हुँदैन होला ... !” वा “तिमीहरूले यति धेरै दु:ख भोग्नुमा केही असल उद्देश्य थियो भनी तिमीहरूले निश्चय पनि जानेका थियौ ... !”
तिनीहरूले ख्रीष्टमा विश्वास गरे । यसैले मानिसहरूले तिनीहरूको विरोध गरे । परिणामस्वरूप तिनीहरूले दु:ख भोगे भनेर स्पष्ट गरी लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले ख्रीष्टमा विश्वास गरेको हुनाले विरोधीहरूले तिमीहरूको विरोध गर्दा तिमीहरूले यति धेरै दु:ख व्यर्थैमा भोगेका हौ” वा “तिमीहरूले ख्रीष्टमा विश्वास गर्यौ र ख्रीष्टको विरोधीहरूले तिमीहरूको विरोध गर्दा तिमीहरूले यति धेरै दु:ख भोग्यौ । के तिमीहरूका विश्वास र दु:ख व्यर्थै भयो”
“काम नलाग्ने” वा “केही असल प्राप्त गर्ने आशारहित”
सम्भावित अर्थहरू हुन् १) तिनीहरूको अनुभवहरू व्यर्थमा हुन नदिनलाई चेतावनी दिनलाई पावलले यसलाई आलङ्कारिक प्रश्नको रूपमा प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “यसलाई व्यर्थको हुन नदेओ !” वा “येशू ख्रीष्टमा विश्वास गर्न नछोड र तिमीहरूका अनुभवहरूलाई व्यर्थका हुन नदओ ।” वा २) तिनीहरूको कष्ट व्यर्थको थिएन भनेर विश्वस्तता दिलाउनका लागि पावलले यो प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “त्यो निश्चय पनि व्यर्थमा थिएन !”
मानिसहरूले कसरी आत्मा पाए भन्ने कुरा गलातियाका विश्वासीहरूलाई सम्झना दिलाउन पावलले अर्को आलङ्कारिक प्रश्न सोधेका छन् । “उहाँले यो व्यवस्थाको कामद्वारा गर्नुहुन्न; उहाँले यो विश्वासको सुनुवाइद्वारा गर्नुहुन्छ ।”
यो कुराले व्यवस्थाले गर्नुपर्छ भनेका कामहरू गर्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “जब हामीले व्यवस्थाले गर्नुपर्छ भनेको काम गर्छौं”
मानिसहरूले के कुरा सुने र तिनीहरूले कसमाथि विश्वास गरे भन्ने कुरा तपाईंको भाषामा स्पष्ट रूपमा लेख्नुपर्न हुन सक्छ । वैकल्पिक अनुवादः “किनभने तिमीहरूले सन्देश सुन्यौ र येशूमा विश्वास गर्यौ” वा “किनभने तिमीहरूले सन्देश सुन्यौ र येशूमा भरोसा गर्यौ”
अब्राहामले पनि विश्वासद्वारा धार्मिकता प्राप्त गरे, व्यवस्थाद्वारा होइन भनेर पावलले गलातीका विश्वासीहरूलाई स्मरण गराउँछन् ।
परमेश्वरले अब्राहाममा उहाँमाथिको विश्वास देख्नुभयो । यसैकारण, परमेश्वरले अब्राहामलाई धर्मी ठहराउनुभयो ।
“विश्वास भएकाहरू ।” नाम शब्द “विश्वास” लाई क्रियापद “विश्वास गर्नु” लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्वास गर्ने मानिसहरू नै”
यसले परमेश्वरले अब्राहामलाई जसरी हेर्नुभयो, उहाँले त्यसै गरी हेर्नुहुने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “अब्राहामजस्तै गरी धर्मी ठहरिएकाहरू”
किनभने परमेश्वरले अब्राहामसँग प्रतिज्ञा गर्नुभयो र येशू खीष्टद्वारा यो प्रतिज्ञा आउनुभन्दा अगाडि नै तिनीहरूले यो लेखे । धर्मशास्त्र एउटा मानिसजस्तो हो, जसले भविष्यको कुरा त्यो हुनुभन्दा अगाडि नै जान्दछ । वैकल्पिक अनुवादः “भविष्यवाणी गरिएको” वा “यो हुन आउनुभन्दा पहिले नै देखेको”
“तैँले गरेको कामको कारणले” वा “मैले तँलाई आशिष् दिएको कारणले ।” यहाँ “तँ” शब्दले अब्राहामलाई जनाउँछ र यो एकवचन हो ।
“संसारमा भएका सबै जातिय समूहहरू ।” परमेश्वरले उहाँद्वारा चुनिएका जाति अर्थात् यहूदी जातिलाई मात्र मन पराउनुहुन्नथ्यो भन्ने कुरालाई उहाँले जोड दिइरहनुभएको थियो । उहाँको मुक्तिको योजना यहूदीहरू र गैरयहूदीहरू दुवैका लागि थियो ।
सरापको अधीनमा हुनु भनेको कुराले श्रापित भएको जनाउँछ । यहाँ यसले अनन्तसम्म दण्ड पाएको कुरालाई जनाउँछ । “व्यवस्था ... भर पर्नेहरू श्रापित छन्” वा “व्यवस्था अनुसारका कामहरूमा भर पर्नेहरूलाई परमेश्वरले अनन्तसम्मै दण्ड दिनुहुनेछ”
“जे हामीले गर्नुपर्छ भनेर व्यवस्थाले सिकाउँछ”
जे स्पष्ट छ त्यसलाई स्पष्ट रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्मशास्त्र प्रष्ट छ” वा “धर्मशास्त्रले प्रष्ट रूपमा सिकाउँछ”
यसलाई कर्तृ वाच्यमा प्रयोग गरिने क्रियापदको साथमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले कसैलाई पनि व्यवस्था पालन गरेर धर्मी ठहराउनुहुन्न”
यदि तिनीहरूले व्यवस्था पालन गरे भने, परमेश्वरले तिनीहरूलाई धर्मी ठहरानुहुन्छ भन्ने तिनीहरूका विश्वासलाई पावलले सच्याउँदै छन् । वैकल्पिक अनुवादः “व्यवस्था पालन गरेर परमेश्वरको सामु कोही पनि धर्मी ठहरिँदैन” वा “कुनै पनि व्यक्ति व्यवस्थाप्रति आज्ञाकारी हुँदैमा परमेश्वरले पनि धर्मी ठहराउनुहुन्न”
नामिक विशेषण शब्द “धर्मी” शब्दले धर्मी मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “धर्मी मानिसहरू विश्वासद्वारा जिउनेछन्”
सम्भावित अर्थहरू हुन् १) “ती सबै पालन गर्नैपर्छ” वा २) “व्यवस्थाले आदेश गरेअनुसार उसले गर्ने हुनाले ऊ त्यसरी नै जिउनेछ”
यहाँ पावलले फेरि पनि यो कुरा स्मरण गराएका छन्, कि व्यवस्था पालन गरेर कुनै पनि व्यक्तिको उद्धार हुँदैन । अनि अब्राहामले विश्वासद्वारा प्राप्त गरेका प्रतिज्ञामाथि व्यवस्थाले कुनै नयाँ शर्त थप गरेको पनि छैन ।
नाम शब्द “श्राप” लाई क्रियापद “सराप पाएको” भनी लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “व्यवस्थाको कारणले सराप पाएको” वा “व्यवस्था पालन नगरेको कारणले सराप पाएको”
यहाँ “श्राप” शब्द चाहिँ परमेश्वरले आफूले श्राप दिनुभएको व्यक्तिलाई दण्ड दिनुभएको कुरालाई जनाउने लक्षणा हो । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई दण्ड दिनहुनबाट किनभने हामीले व्यवस्था तोड्यौँ ... हाम्रो साटोमा परमेश्वरले उहाँलाई दण्ड दिनुभएर ... परमेश्वरले सबैलाई दण्ड दिनुहुन्छ”
पावलका पाठकहरूले येशू ख्रीष्ट क्रुसमा झुण्डिनुभएको कुरा बुझ्छन् भनी उनले आशा गरे ।
“किनभने ख्रीष्ट हाम्रो लागि एक श्राप बन्नुभयो, अब्राहामको आशिष् आउनेछ”
“किनभने ख्रीष्ट हाम्रो लागि श्राप बन्नुभयो, विश्वासद्वारा हामीले प्राप्त गर्नेछौँ”
यहाँ “हामीले” शब्दले यो पत्र पढ्ने मानिसहरूलाई समावेश गर्दछ ।
तपाईंले यसलाई गलातीहरू १:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“व्यक्ति जस्तै” वा “धेरै मानिसहरूलाई जनाउने गरी”
पावलले सामान्य सिद्धान्त बताएका छन् र विशेष परिस्थितिको परिचय दिइरहेका छन् ।
“धेरै सन्तानलाई जनाउने”
यहाँ “तिम्रो” शब्द एकवचन हो र यसले कुनै विशेष व्यक्तिलाई जनाउँछ । त्यो व्यक्ति अब्राहामका सन्तान हुन् ।
“चार सय तीस वर्ष”
प्रतिज्ञाद्वारा मात्र उत्तराधिकार आयो भनी जोड दिनका लागि पावलले अस्तित्वमा नभएको परिस्थितिको प्रयोग गरेका छन् । वैकल्पिक अनुवादः “प्रतिज्ञाद्वारा उत्तराधिकार हामीकहाँ आउँछ, किनभने हामीले परमेश्वरको व्यवस्थाका मागहरू पूरा गर्न सकेनौँ”
परमेश्वरले विश्वासीहरूका लागि जे प्रतिज्ञा गर्नुभएको छ, त्यो कुरा प्राप्त गर्नुलाई परिवारका सदस्यबाट जग्गाजमिन र धनसम्पत्ति पाउने कुरा जस्तो हो भनिएको छ र योचाहिँ अनन्तको आशिष् र उद्धार हो ।
परमेश्वरले व्यवस्था किन दिनुभयो भनी पावलले गलातियाका विश्वासीहरूलाई भन्दछन् ।
पावलले कुराकानी गर्न इच्छा गरेका अर्को शीर्षक सुरु गर्नका लागि तिनले अलङ्कारको प्रश्न प्रयोग गर्दछन् । यसलाई साधारण वाक्य बनाएर अनुवाद गर्न पनि सकिन्छ । वैकल्पिक अनुवादः “व्यवस्था दिनुको उद्देश्यका बारेमा म तिमीहरूलाई भन्नेछु ।” वा “परमेश्वरले किन व्यवस्था दिनुभयो भन्ने कुरा म तिमीहरूलाई बताउनेछ ।”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यो थप्नुभयो” वा “परमेश्वरले व्यवस्था थप्नुभयो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “स्वर्गदूतहरूले व्यवस्था दिए र मध्यस्तकर्ताले त्यो लागु गरे”
“प्रतिनिधि”
परमेश्वरले मध्यस्थकर्ताबिना नै अब्राहामलाई आफ्नो प्रतिज्ञा दिनुभयो, तर उहाँले एक जना मध्यस्थकर्ताद्वारा मोसालाई व्यवस्था दिनुभयो । परिणामस्वरूप, व्यवस्थाले प्रतिज्ञामा कुनै प्रभाव पारेन भन्ने विचार पावलका पाठकहरूले गरेका हुन सक्छन् । पावलले यहाँ तिनका पाठकहरूले के विचार गरेका छन् होला भनेर लेखिरहेका छन् । यसपछिका पदहरूमा तिनले उनीहरूलाई जवाफ दिन्छन् ।
यहाँ प्रयोग “हामी” शब्दले सबै ख्रीष्टिएनलाई जनाउँछ ।
“प्रतिज्ञाहरूको विरोधमा” वा “प्रतिज्ञाहरूसँग बेमेलमा”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ, र भाववाचक नाउँ “जीवन” लाई क्रियापद “जिउनु” लेखी अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि परमेश्वरले यस्तो व्यवस्था दिनुभएको थियो जुन व्यवस्थालाई पालन गरेर तिनीहरू बाँच्न सक्ने भए”
“हामी सबै त्यो व्यवस्था पालन गरेर धर्मी ठहरिने थियौँ”
यसको अर्थ यस्तो पनि हुन सक्छ १) “किनकि हामीले पाप गर्यौँ; तिनीहरूलाई कैदमा राख्नुभएझैँ गरी परमेश्वरले सबै कुरा व्यवस्थाको नियन्त्रणमा राख्नुभयो, ताकि जे उहाँले येशू ख्रीष्टमा भरोसा राख्नेहरूलाई प्रतिज्ञा गर्नुभएको थियो, उहाँले त्यो विश्वास गर्नेहरूलाई दिनसक्नुभएको होस्” वा २) “किनकि हामीले पाप गर्यौँ, तिनीहरूलाई कैदमा राख्नुभएझैँ परमेश्वरले सबै कुरा व्यवस्थाको नियन्त्रणमा राख्नुभयो । उहाँले यो गर्नुभयो किनकि उहाँले ख्रीष्ट येशूमा भरोसा राख्नेहरूलाई जे प्रतिज्ञा गर्नुभएको थियो, त्यो उहाँले विश्वास गर्नेहरूलाई दिन चाहनुहुन्छ ।”
पावलले धर्मशास्त्रलाई कुनै व्यक्ति भए झैँ गरेर बताउँछन् र परमेश्वरको बारेमा बताइरहेको छ, जसले धर्मशास्त्र लेख्नुभयो । वैकल्पिक अनुवादः “परमेश्वर”
पावलले गलातिया हुनेहरूलाई स्मरण गराउँछन्, कि ख्रीष्टका विश्वासीहरू परमेश्वरको परिवारमा स्वतन्त्र हुन्छ, र तिनीहरू व्यवस्थाका अधीनमा दासत्वमा हुँदैनन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “व्यवस्थाले हामीलाई कैदमा राख्यो र हामी झ्यालखानामा पर्यौँ” वा “व्यवस्थाले हामीलाई झ्यालखानामा राख्यो”
व्यवस्थाले हामीलाई अधीन गरेको कुरालाई व्यवस्थाचाहीं हामीलाई झ्यालखानाभित्र थुनेर राख्ने कारागारको सुरक्षागार्ड हो झैँ गरी भनिएको छ । वैकल्पिक अनुवादः “कैदखानाको सुरक्षाकर्मीले जस्तै व्यवस्थाले हामीलाई नियन्त्रणमा राखेको थियो”
यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ र कसमाथि यो विश्वास राख्ने हो, त्यो कुरा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ख्रीष्टमा भरोसा गर्नेहरूलाई परमेश्वरले धर्मी ठहराउनुहुनेछ भन्ने कुरालाई उहाँले प्रकट नगर्नुभएसम्म” वा “ख्रीष्टमा विश्वास गर्नेहरूलाई परमेश्वरले धर्मी ठहराउनुहुनेछ भन्ने कुरालाई उहाँले प्रकट नगर्नुभएसम्म”
यसको साधारण अर्थ “बालकको रेखदेख गर्ने व्यक्ति,” हो । बाबुआमाले दिएका नियम र व्यवहारलाई आधार मानेर यसरी बालकको रेखदेख गर्ने कार्य सामान्यतया एक जना दासले गर्दथ्यो । उक्त बालकका कार्यकलापका बारेमा त्यो दासले बाबुआमालाई जानकारी गराउँथ्यो ।
“ख्रीष्ट नआउन्जेलको समयका लागि”
ख्रीष्ट आउनुभन्दा अगाडि परमेश्वरले हामीलाई धर्मी ठहराउने योजना बनाउनुभयो; जब त्यो समय आयो, उहाँले हामीलाई धर्मी ठहराउने योजना पुरा गर्नुभयो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र यसरी परमेश्वरले हामीलाई धर्मी ठहराउनुभएको होस्”
“तिमीहरू सबैको निम्ति जसले ख्रीष्टमा बप्तिस्मा लिएका थिए”
सम्भावित अर्थहरू हुन् १) यो तिनीहरू ख्रीष्टसँग एक भएका छन् भनी जनाउने अलङ्कारको शब्द हो । वैकल्पिक अनुवादः “ख्रीष्टसँग एक भएका छन्” वा “ख्रीष्टका हुन्” वा २) यो तिनीहरू ख्रीष्टजस्तै भएका छन् भनी जनाउने अलङ्कारको शब्द हो । वैकल्पिक अनुवादः “ख्रीष्ट जस्तै भएका छन्”
“यहूदी र ग्रीक, कमारा र फुक्का, पुरुष र स्त्रीका बिचमा परमेश्वरले कुनै भिन्नता देख्नुहुन्न”
मानिसहरूलाई परमेश्वरले दिनुभएका प्रतिज्ञाहरू तिनीहरूले परिवारका सदस्यबाट जग्गाजमिन र धनसम्पत्तिको अंश प्राप्त गरेको जस्तै हो भनिएको छ ।
1 मैले यो भनिरहेको छु, कि उत्तराधिकारी बालकै भएसम्म ऊ सारा सम्पत्तिको मालिक भए तापनि ऊ कमारो भन्दा फरक हुँदैन । 2 बरु, उसको बुबाले निर्धारण गरेको समयसम्म ऊ अभिभावकहरू र संरक्षकहरूको मुनि हुन्छ । 3 यसरी नै, हामीहरू पनि जब बालक थियौँ, यस जगत्का आधारभूत सिद्धान्तहरूको बन्धनमा थियौँ । 4 तर जब ठिक समय आयो, तब परमेश्वरले व्यवस्थाअनुसार स्त्रीबाट जन्मनुभएका उहाँका पुत्रलाई पठाउनुभयो । 5 हामी धर्मपुत्रको रूपमा स्वीकारिऔँ भनेर उहाँले व्यवस्थामुनि भएकाहरूलाई छुटकारा दिनको निम्ति यसो गर्नुभयो । 6 तिमीहरू पुत्रहरू भएका हुनाले परमेश्वरले उहाँका पुत्रको आत्मालाई हाम्रा हृदयहरूमा पठाउनुभयो, त्यो आत्मा जसले, “अब्बा, पिता” भनेर पुकार्नुहुन्छ । 7 यसैकारणले गर्दा, अब तिमी दास होइनौ, तर पुत्र हौ । यदि तिमी पुत्र हौ भने, तिमी परमेश्वरको एक उत्तराधिकारी पनि हौ । 8 तर पहिले जब तिमीहरूले परमेश्वरलाई चिन्दैन थियौ, तिमीहरू तिनीहरूका दास थियौ जो स्वभावैले ईश्वरहरू होइनन् । 9 तर अहिले तिमीहरूले परमेश्वरलाई चिन्दछौ वा निश्चय नै तिमीहरू परमेश्वरद्वारा चिनिएका छौ भने, किन तिमीहरू फेरि कमजोर र मूल्यहीन आधारभूत सिद्धान्तहरूतर्फ फर्किरहेका छौ ? के तिमीहरू फेरि दास हुने चाहना गर्छौ ? 10 तिमीहरूले ध्यानपूर्वक विशेष दिनहरू, औँसी, ऋतुहरू र वर्षहरूलाई मान्दछौ । 11 म तिमीहरूका लागि चिन्ता गर्दछु । म यो चिन्ता गर्दछु, कि मैले तिमीहरूमाथि व्यर्थमा मेहनत गरेँ । 12 भाइहरू हो, म यो बिन्ती गर्दछु, कि म जस्तो छु तिमीहरू पनि त्यस्तै होओ, किनकि म पनि तिमीहरूजस्तै भएको छु । तिमीहरूले मप्रति कुनै खराबी गरेका छैनौ । 13 तर तिमीहरू यो कुरा जान्दछौ, कि मेरो शारीरिक बिमारीको कारण मैले तिमीहरूलाई पहिलो पटक सुसमाचार घोषणा गरेँ । 14 मेरो शारीरिक अवस्थाले तिमीहरूलाई परीक्षा ल्याए तापनि तिमीहरूले मेरो उपेक्षा गरेनौ वा मलाई इन्कार गरेनौ । त्यसको सट्टामा, तिमीहरूले म नै ख्रीष्ट येशू भएझैँ गरी मलाई परमेश्वरका स्वर्गदूतको रूपमा स्वीकार गर्यौ । 15 त्यसकारण, अब तिमीहरूको आनन्द कहाँ छ ? किनकि तिमीहरूको विषयमा म यो गवाही दिन्छु, कि सम्भव भए त तिमीहरूले मलाई आफ्नो आँखा निकालेर दिने थियौ । 16 मैले तिमीहरूलाई सत्यता बताएको कारण, के म अब तिमीहरूको शत्रु भएँ त ? 17 तिनीहरूले तिमीहरूलाई उत्कट इच्छाले खोज्दछन्, तर कुनै भलाइको लागि होइन । तिमीहरूले तिनीहरूलाई पछ्याउनेछौ भनेर तिनीहरूले मबाट तिमीहरूलाई अलग गर्न चाहन्छन् । 18 म तिमीहरूको उपस्थितिमा रहँदा मात्र नभएर सधैँ नै असल अभिप्रायको निम्ति उत्कट इच्छा राख्नु असल हुन्छ । 19 मेरा साना बालकहरू हो, तिमीहरूभित्र ख्रीष्ट नबनिनुभएसम्म मैले फेरि तिमीहरूका निम्ति प्रसव वेदनाको पीडा भोगिरहेको छु । 20 म अब तिमीहरूकहाँ उपस्थिति हुन चाहन्छु र मेरो बोलीलाई परिवर्तन गर्न चाहन्छु, किनकि म तिमीहरूको विषयमा अन्योलमा परेको छु । 21 तिमीहरू जो व्यवस्थाको अधीनमा रहने इच्छा गर्दछौ, मलाई यो बताओ, कि व्यवस्थाले के भन्दछ भन्ने कुरा के तिमीहरूले सुन्दैनौ ? 22 किनकि यस्तो लेखिएको छ, कि अब्राहामका दुई जना छोरा थिए, एक जना दासी स्त्रीबाट र अर्कोचाहिँ स्वतन्त्र स्त्रीबाट । 23 तथापि, दासीबाटको चाहिँ केवल शरीरद्वारा जन्मिएको थियो, तर स्वतन्त्र स्त्रीबाटको चाहिँ प्रतिज्ञाद्वारा जन्मिएको थियो । 24 यी कुराहरूलाई एउटा रूपक दृष्टान्तद्वारा वर्णन गर्न सकिन्छ, किनकि यी दुई स्त्री दुईवटा प्रतिज्ञाझैँ हुन् । तिनीहरूमध्ये एक जनाचाहिँ सीनै पर्वतबाट हो । तिनले यस्ता छोराछोरीहरू जन्माउँछिन्, जो दासहरू हुन् । तिनी हागार हुन् । 25 अहिले हागारचाहिँ अरबको सीनै पर्वत हो । तिनले वर्तमान यरूशलेमको सङ्केत गर्छिन्, किनकि तिनी तिनका छोराछोरीहरूसँगै दासत्वमा छिन् । 26 तर माथि रहेको यरूशलेम स्वतन्त्र छ, जोचाहिँ हाम्री आमा हुन् । 27 किनकि यस्तो लेखिएको छ, “ए बाँझी स्त्री, जसले जन्म दिन सक्दिनन्, आनन्द मनाओ । तिमी जसले बालक जन्माउने अनुभव पाएकी छैनौ, मन खोल र आनन्दले कराऊ । किनकि त्यस बाँझीका पति भएकाहरूका भन्दा पनि धेरै छोराछोरीहरू छन् ।” 28 भाइहरू हो, अब तिमीहरू पनि इसहाकजस्तै प्रतिज्ञाका छोराछोरीहरू हौ । 29 त्यो समयमा शरीरअनुसार जन्मेकोले आत्माअनुसार जन्मेकोलाई सतायो । अहिले पनि यस्तै नै छ । 30 धर्मशास्त्रले के भन्दछ ? “दासी स्त्री र तिनको पुत्रलाई निकालिदेओ । किनकि दासी स्त्रीको पुत्रले स्वतन्त्र स्त्रीको पुत्रसँगै समान उत्तराधिकार प्राप्त गर्नेछैन ।” 31 त्यसकारण, भाइहरू हो, हामी दासी स्त्रीका छोराछोरीहरू होइनौँ, तर स्वतन्त्र स्त्रीका छोराछोरीहरू हौँ ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले पद २७ सँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएको हो ।
पुत्रत्व भनेको जटिल विषय हो । इस्राएलको पुत्रत्वको बारेमा विद्वानहरूको धेरैवटा राय भएको पाइन्छ । व्यवस्थाको अधीनमा हुनुचाहिँ कसरी ख्रीष्टको अधीनमा हुनभन्दा फरक कुरा हो भनेर शिक्षा दिनका लागि पावलले पुत्रत्वलाई प्रयोग गर्दछन् । परमेश्वरले अब्राहामसँग गर्नुभएका प्रतिज्ञाहरू तिनका सबै सन्तानले प्राप्त गर्न सकेनन् । यो प्रतिज्ञा इसहाक र याकुबद्वारा उत्पन्न भएका अब्राहामका सन्तानले मात्रै प्राप्त गर्न सके । विश्वासद्वारा आत्मिक रूपले अब्राहामको पछि हिँड्ने मानिसहरूलाई मात्रै परमेश्वरले आफ्नो परिवारमा धर्मपुत्रहरूका रूपमा ग्रहण गर्नुहुन्छ । तिनीहरू उत्तराधिकारसहितका परमेश्वरका सन्तान हुन् । पावलले तिनीहरूलाई “प्रतिज्ञाका सन्तान” भनेका छन् । , , अनि अनि )
“अब्बा” आरमेइक शब्द हो । त्यहाँका प्राचीन मानिसहरूले आफ्ना बुबालाई जनाउनका लागि “अब्बा” शब्द प्रयोग गर्थे । पावलले ग्रीक अक्षरले यो शब्दलाई “लिप्यन्तरण” गरेका छन् ।
व्यवस्थाका अधीनमा भएका मानिसहरूलाई छुटकारा दिनका लागि ख्रीष्ट आउनुभयो, र उहाँले तिनीहरूलाई फेरि दासहरू होइन तर पुत्रहरू तुल्याउनुभयो भनी पावलले गलातीका विश्वासीहरूलाई निरन्तर स्मरण गराउँछन् ।
“ ... जस्तै”
बालबालिकाका निम्ति कानुनी जिम्मेवारी प्राप्त मानिसहरू
मूल्यवान थोकहरू सुरक्षित राख्नलाई अरुले भरोसा गरेका मानिसहरू
यहाँ प्रयोग “हामीहरू” शब्दले पावलका पाठकहरूलगायत सम्पूर्ण ख्रीष्टिएनलाई जनाउँछ ।
यहाँ “बालकहरू” भनेको आत्मिक रूपमा अपरिपक्व भएकाहरूलाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “जब हामी बालकहरू झैँ थियौँ”
यहाँ “दास हुनु” भन्ने कुराले आफैँलाई केही कुरा गर्नबाट रोक्न नसक्ने हुने कुरालाई जनाउने अलङ्कार हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “संसारका आधारभूत सिद्धान्तहरूले हामीलाई नियन्त्रण गरे” वा “हामी दास भए झैँ गरेर हामीले संसारका आधारभूत सिद्धान्तहरूका पालना गर्नुपर्थ्यो”
सम्भावित अर्थहरू हुन् १) यसले यस संसारको व्यवस्था र नैतिक सिद्धान्तहरूलाई जनाउँछ, अथवा २) यसले कोही मानिसले विचार गरेजस्तो पृथ्वीमा हुने घटनाहरूलाई नियन्त्रणमा राख्ने आत्मिक शक्तिलाई जनाउँछ ।
यो चाहिँ येशू, परमेश्वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण नाउँ हो ।
येशूले क्रूसमा मृत्यु भोग्नुभएको र यसरी उहाँले आफ्ना मानिसहरूका पापको मूल्य तिर्नुभएको कुरालाई जनाउनका लागि कुनै व्यक्तिले आफ्नो गुमेको जग्गाजमिन फेरि किनेर फिर्ता लिएको अथवा दासको मोल तिरेर उसलाई स्वतन्त्र गराएको कुरालाई पावलले एउटा दृश्यचित्रका रूपमा प्रयोग गर्दछन् ।
यहाँ उत्तराधिकार प्राप्त गर्ने विषयमा लेखेका हुनाले पावलले छोरो वा पुत्र शब्द प्रयोग गरेका छन् । पावलको र तिनका पाठकहरूका संस्कृतिमा उत्तराधिकारका कुरा साधारणतया छोरोले पाउँथ्यो । तापनि सधैँभरि भने यस्तो हुँदैनथ्यो । यहाँ तिनले छोरीहरूका सन्दर्भका कुरालाई कोट्याउने अथवा विशेष रूपले उल्लेख गर्ने कार्य गरेका छैनन् ।
पवित्र आत्माले “अब्बा, पिता” भनी पुकारा गरेर हामी परमेश्वरका सन्तान हौँ र उहाँले हामीलाई प्रेम गर्नुहुन्छ भन्ने निश्चयता दिनुहुन्छ ।
व्यक्तिले विचार गर्ने र महसुस गर्ने अङ्गलाई जनाउने लक्षणा शब्दका रूपमा हृदय शब्द प्रयोग भएको छ । वैकल्पिक अनुवादः “कसरी सोच्ने र क्रियाकलाप गर्ने भनेर हामीलाई देखाउन उहाँले आफ्ना पुत्रको आत्मा पठाउनुभयो”
यो चाहिँ येशू, परमेश्वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण नाउँ हो ।
पवित्र आत्मा उहाँ नै हुनुहुन्छ जसले बोलाउनुहुन्छ ।
पावलको गृहनगरमा बोल्ने भाषामा कुनै बालकले आफ्ना बुबालाई यसरी नै सम्बोधन गर्दथे । तर गलातियाका पाठकहरूमा भने यस्तो थिएन । नयाँ भाषाको महसुस गराउनका लागि तपाईंको भाषामा यस शब्दलाई “अब्बा” भनी अनुवाद गर्नुहोस् ।
यहाँ उत्तराधिकार प्राप्त गर्ने विषयमा लेखेका हुनाले पावलले छोरो वा पुत्र शब्द प्रयोग गरेका छन् । पावलको र तिनका पाठकहरूका संस्कृतिमा उत्तराधिकारका कुरा साधारणतया छोरोले पाउँथ्यो । तापनि सधैँभरि भने यस्तो हुँदैनथ्यो । यहाँ तिनले छोरीहरूका सन्दर्भका कुरालाई कोट्याउने अथवा विशेष रूपले उल्लेख गर्ने कार्य गरेका छैनन् ।
पावलले आफ्ना पाठकहरू एक जना व्यक्ति भएझैँ गरी सम्बोधन गरेका छन् । यसैले यहाँ प्रयोग “तिमी” शब्द एकवचन हो ।
परमेश्वरले प्रतिज्ञाहरू दिनुभएका मानिसहरूका बारेमा तिनीहरू परिवारका सदस्यबाट जग्गाजमिन र धनसम्पत्तिको अंश प्राप्त गर्नेहरू जस्तै हुन् भनिएको छ ।
अलङ्कारका प्रश्नहरू सोधेर पावलले गलातियाका विश्वासीहरूलाई निरन्तर हप्काएका छन् ।
गलातियाका विश्वासीहरू अझै पनि विश्वासद्वारा जिउनुको साटोमा परमेश्वरको व्यवस्थाको अधीनमा जिउन खोज्दै छन् भनेर पावलले तिनीहरूलाई स्मरण गराएका छन् ।
“ती कुराहरू जो” वा “ती आत्माहरू जो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई चिन्नुहुन्छ”
यहाँ “फर्कनु” भनेको केही कुरालाई पुनः ध्यान लगाउने कुरालाई जनाउने लक्षणा हो । दुईवटा अलङ्कारका प्रश्नमध्ये यो पहिलो प्रश्न हो । वैकल्पिक अनुवादः “तिमीहरूले कमजोर र व्यर्थका आधारभूत सिद्धान्तहरूतर्फ ध्यान दिन थाल्नुहुन्न ।” वा “तिमीहरू कमजोर र व्यर्थका आधारभूत सिद्धान्तहरूसँग सम्बन्धित हुनुहुन्न ।”
तपाईंले यस्तै समान वाक्यांशलाई गलातीहरू ४:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
पावलले मानिसहरूले आफूहरूलाई पुनः दास बनाउने गरी व्यवहार गरेकोमा तिनीहरूलाई हप्लाउनका लागि पावलले यस प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरू ... दासहरू हुन चाहनु हुँदैन” वा “यसले तिमीहरू दासहरू हुन चाहन्छौ भन्ने देखाँउछ ...”
यहाँ “दास हुनु” भनेको केही नियमहरू वा चलनहरूको पालना गर्नलाई करकापमा पर्ने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “के तिमीहरू दासले उसको मालिकको पालना गरे झैँ गरेर नियमहरूको पालना गर्न चाहन्छौ ?” वा “यस्तो देखिन्छ कि तिमीहरू पुनः नियन्त्रित हुन चाहन्छौ !”
गलातीहरूले कुनै विशेष समयहरूका उत्सव मनाउन सचेत भएका कुराले तिनीहरूलाई परमेश्वरको सामु धर्मी तुल्याउँछ भनी तिनीहरूले सोचेका कुरालाई पावलले यहाँ उल्लेख गरेका हुन् । वैकल्पिक अनुवादः “तिमीहरूले सचेत भएर दिनहरू र औंसीहरू र ऋतुहरू र वर्षहरूको पालना गर्दछौ”
“बेकार भएको हुन सक्छ” वा “कुनै असर नगरेको हुन सक्छ”
गलातियाका विश्वासीहरूका साथमा पावल रहेका समयमा उनीहरूले तिनीप्रति दयालु भएर व्यवहार गरेका कुरालाई तिनले स्मरण गराउँछन् । अनि तिनी उनीहरूका साथमा नभएको समयमा पनि तिनले भनेका कुरामाथि निरन्तर विश्वास गर्न तिनले उनीहरूलाई उत्साह दिएका छन् ।
यहाँ यसको अर्थ जोडसँग माग्नु वा बिन्ती गर्नु भन्ने हुन्छ । यो पैसा माग्नलाई वा खाना माग्नलाई वा कुनै भौतिक वस्तु माग्नलाई प्रयोग हुने शब्द होइन ।
तपाईंले यसलाई गलातीहरू १:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यसलाई सकारात्मक वाक्यमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू मसँग असल व्यवहार गर्यौ” वा “तिमीहरूले जस्तो व्यवहार गर्नुपर्थ्यो, त्यस्तै तिमीहरूले गर्यौ”
“मेरो शारीरिक अवस्थाले तिमीहरूलाई गाह्रो पारे तापनि”
“धेरै घृणा गर्नु”
“तिनीहरूसँग सामेल हुनलाई तिमीहरूलाई मनाउन”
“तिमीहरूलाई हामीबाट बाहिर राख्न” वा “तिमीहरूलाई हामीप्रति बफादार हुन रोक्न”
“तिनीहरूले तिमीहरूलाई गर्न भनेका कुरा गर्न जोसिलो”
पावलले विश्वासीहरूलाई भन्दछन्, अनुग्रह र व्यवस्थाले सँगसँगै काम गर्न सक्दैन ।
यो चेलाहरू वा अनुयायीहरूलाई जनाउने अलङ्कारको शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरू मेरो कारणले चेलाहरू भएका हौ”
पावले गलातीहरूप्रतिको उनको चिन्तनलाई जनाउनका लागि बालकको जन्मलाई एउटा अलङ्कारको रूपमा प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूलाई जन्म दिने स्त्रीलाई झैँ मलाई पीडा भएको छ, र ख्रीष्टले तिमीहरूलाई पूर्ण रूपले अधीन नगरुन्जेल म निरन्तर यो पीडामा रहनेछु”
“म एउटा प्रश्न सोध्न चाहन्छु” वा “म तिमीहरूलाई केही भन्न चाहन्छु”
पावलले अब के भन्नेछन् भन्ने कुरालाई परिचय गराइरहेका छन् । वैकल्पिक अनुवादः “तिमीहरूले व्यवस्थाले वास्तवमा भन्न खोजेको कुरा सिक्नुपर्छ ।” वा “व्यवस्थाले के भन्छ सो कुरा मलाई तिमीहरूलाई भन्न देओ ।”
अनुग्रह र व्यवस्था एकसाथ अस्तित्वमा रहन सक्दैन भन्ने कुराको उदाहरण दिनका लागि पावलले एउटा कथा भन्न सुरु गर्दछन् ।
“दुई छोराहरूको यो कथा मैले तिमीहरूलाई भन्न गइरहेको कुराको चित्रजस्तै हो”
“रूपक कथा” एउटा छोटो कथा हो । यसमा भएका मानिसहरू र थोकहरूले अन्य कुराको प्रतिनिधित्व गर्दछ । पावलको रूपक कथामा गलाती ४:२२ मा भएका दुई जना स्त्रीले दुईवटा करारको प्रतिनिधित्व गर्दछन् ।
“स्त्रीहरू ... का चित्रणहरू हुन्”
“सीनै पर्वत” मोशाले इस्राएलीहरूलाई व्यवस्था दिएका कुरा जनाउने उपलक्षणा शब्द हो । वैकल्पिक अनुवादः “सीनै पर्वत जहाँ मोशाले इस्राएललाई व्यवस्था दिएका थिए”
पावलले व्यवस्थालाई यो कुनै व्यक्ति भएको जस्तो गरी लेखेका छन् । वैकल्पिक अनुवादः “यो करारका अधीनमा भएका मानिसहरू दासहरू जस्तै हुन्, र तिनीहरूले व्यवस्थाको पालन गर्नुपर्दछ”
“तिनी एक ... का चित्रण हुन्”
हागार एक दासी हुन् र तिनका सन्तानहरू पनि तिनीसँगै दास बनेका छन् । वैकल्पिक अनुवादः “हागारजस्तै र तिनका सन्तानहरू तिनीसँगै दास भएजस्तै यरूशलेम पनि दास हो”
“बाँधिएको छैन” वा “दास होइन”
खुशी होओ
यहाँ “तिमी” शब्दले बाँझी स्त्रीलाई जनाउँछ र एकवचन हो ।
तपाईंले यसलाई गलातीहरू १:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
सम्भाव्य अर्थ हो, गलातीहरू परमेश्वरका छोराछोरी भएका छन् । १) परमेश्वरका प्रतिज्ञाकामा विश्वास गरेर अथवा २) परमेश्वरले अब्राहामसँग गर्नुभएको आफ्नो प्रतिज्ञा पूरा गर्नका लागि उहाँले आश्चर्यकर्म गर्नुभयो, र यसरी पहिले उहाँले अब्राहामलाई छोरो दिनुभयो, र त्यसपछि गलातीहरूलाई परमेश्वरका छोराछोरी बनाउनुभयो । यसरी तिनीहरू परमेश्वरका पुत्रहरू भएका छन् ।
यसले हागारलाई पत्नीको रूपमा लिएर अब्राहाम इश्माएलका पिता भएको कुरालाई देखाउँछ । वैकल्पिक अनुवादः “मानवीय क्रियाकलापको माध्यमले” वा “मानिसहरूले गरेको कारणले”
“आत्माले केही काम गरेको कारणले”
तपाईंले यसलाई गलातीहरू १:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“हामी ... सन्तानहरू हौँ” भन्ने शब्दहरूलाई यसअगिका वाक्यांशका आधारमा बुझ्नुपर्ने हुन्छ । यसलाई एउटा छुट्टै वाक्य बनाएर अनुवाद गर्नुपर्ने हुन्छ । वैकल्पिक अनुवादः “बरु, हामी स्वतन्त्र स्त्रीका छोराछोरी हौँ”
1 स्वतन्त्रताको निम्ति ख्रीष्टले हामीलाई मुक्त गराउनुभएको हो । यसैकारण, स्थिर होओ र फेरि बन्धनको जुवामुनि नपर । 2 हेर ! म पावल तिमीहरूलाई भन्दछु, कि तिमीहरूको खतना भए तापनि ख्रीष्टमा तिमीहरूलाई केही फाइदा हुनेछैन । 3 फेरि, खतना गरिएका सबै मानिसलाई म यो गवाही दिन्छु, कि सबै व्यवस्था पालन गर्न त्यो बाध्य हुन्छ । 4 जो व्यवस्थाबाट धर्मी ठहराइएका छौ, तिमीहरू ख्रीष्टबाट अलग गरिएका छौ । तिमीहरू अनुग्रहबाट टाढा गएका छौ । 5 किनकि आत्माद्वारा विश्वासबाट हामीले धार्मिकताको आशाको प्रतीक्षा गरिरहेका छौँ । 6 ख्रीष्ट येशूमा न खतना न बेखतना कुनै मूल्यको हुन्छ । केवल प्रेमद्वारा काम गर्ने विश्वासको मात्र मूल्य हुन्छ । 7 तिमीहरू असल रूपमा दौडिरहेका थियौ । सत्यताको पालन गर्न तिमीहरूलाई कसले रोक्यो ? 8 यो काम गर्नको निम्ति आएको प्रोत्साहन तिमीहरूलाई बोलाउनुहुने बाटको होइन । 9 थोरै खमिरले पुरै आटाको डल्लोलाई फुलाउँछ । 10 प्रभुमा म तिमीहरूमा भरोसा गर्दछु, कि तिमीहरूले अर्को तरिकाले विचार गर्दैनौ । तिमीहरूलाई अलमलमा पार्ने जोसुकै भए तापनि त्यसले आफ्नो दण्ड पाउनेछ । 11 मेरा भाइहरू हो, यदि म अझै पनि खतनाको प्रचार गर्दछु भने, अझै पनि म किन सताइएको छु ? त्यसो हो भनेता क्रुसको बाधा नष्ट हुने थियो । 12 तिमीहरूलाई बहकाउनेहरूले त आफैँलाई नपुङ्सक तुल्याओस् । 13 किनकि मेरा भाइहरू हो, परमेश्वरले तिमीहरूलाई स्वतन्त्रताको निम्ति बोलाउनुभएको छ । आफ्नो स्वतन्त्रतालाई शरीरको निम्ति अवसरको रूपमा मात्र प्रयोग नगर । बरु, प्रेमद्वारा एक अर्कालाई सेवा पुर्याओ । 14 किनकि सारा व्यवस्था एउटै आज्ञामा पुरा हुन्छ, “तिमीहरूले आफ्नो छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर्नुपर्छ ।” 15 तर यदि तिमीहरूले एक अर्कालाई टोक्ने र निल्ने गर्छौ भने, ध्यान देओ, तिमीहरू आफैँ एक अर्काबाट नष्ट हुन नपरोस् । 16 म भन्दछु, आत्माद्वारा हिँड, अनि तिमीहरूले शरीरका अभिलाषाहरूलाई पुरा गर्नेछैनौ । 17 किनकि शरीरका अभिलाषाहरू आत्माको विरुद्धमा हुन्छन्, र आत्माको इच्छा शरीरको विरुद्धमा हुन्छ । किनकि यी एक अर्काका विपरीत हुन्छन् । यसको परिणामचाहिँ यही हो, कि तिमीहरूले गर्न चाहेका कुराहरू तिमीहरूले गर्दैनौ । 18 तर यदि आत्माले तिमीहरूलाई अगुवाइ गर्नुहुन्छ भने तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ । 19 शरीरका कामहरू प्रत्यक्ष देख्न सकिने हुन्छन् । ती कामुक अनैतिकता, अपवित्रता, कामवासना, 20 मूर्तिपूजा, तन्त्रमन्त्र, दुश्मनी, झैँझगडा, ईर्ष्या, क्रोध, स्वार्थ, फुट, गुटबन्दी, 21 डाह, पियक्कडपन, मोजमज्जा र अरू यस्तै कुराहरू हुन् । मैले तिमीहरूलाई पहिले पनि चेतावनी दिएझैँ म फेरि चेतावनी दिन्छु, कि जसले यी कुराहरू गर्छन्, तिनीहरू परमेश्वरको राज्यका हकदार हुनेछैनन् । 22 तर पवित्र आत्माका फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वास, 23 नम्रता र संयम हुन् । यी कुराहरूका विरुद्धमा कुनै व्यवस्था छैन । 24 तिनीहरू जो ख्रीष्ट येशूका हुन् उनीहरूले आफ्ना शरीरलाई त्यसका लालसा र दुष्ट अभिलाषाहरूसहित क्रुसमा टाँगेका हुन्छन् । 25 यदि हामी आत्माद्वारा जिउँछौँ भने, हामी आत्माद्वारा नै हिँडौँ । 26 हामी अहङ्कारी नबनौँ; एक अर्कालाई रिस नउठाऔँ; वा एक अर्काको ईर्ष्या नगरौँ ।
पावलले मोशाको व्यवस्थाको विषयमा त्यो चाहिँ कुनै व्यक्तिलाई पासोमा पार्ने वा दास बनाउने केही कुरा भए झैँ गरेर लेख्नलाई निरन्तरता दिन्छन् ।
यहाँ “आत्माका फल” शब्दले धेरै कुराका सूची दिएको भए तापनि यो एकवचन शब्द हो । सम्भव हुन्छ भने अनुवाद गर्नेहरूले एकवचन लेख्नुपर्दछ ।
आफ्नो कुरालाई उदहरणसहित व्यख्या गर्न र जटिल विषयलाई स्पष्ट पार्न यस अध्यायमा पावलले धेरैवटा अलङ्कार प्रयोग गरेका छन् ।
कुनै व्यक्तिले खतना गर्यो भने उसले उद्धार नै गुमाउन पुग्दछ भनी पावलले सिकाएका हुन् भनेर कोही विद्वानले विचार गरेका छन् । अरू विद्वानको विचारमा पावलले सिकाएका कुरा यो हो, व्यवस्था पालन गरेर परमेश्वरमा धर्मी हुन खोज्नेले पनि अनुग्रहले मात्रै उद्धार प्राप्त गर्न सक्दछ ।
विश्वासीहरूलाई ख्रीष्टमा आफ्नो स्वतन्त्रताको प्रयोग गर्न स्मरण गराउनका लागि पावलले रूपक कथाको प्रयोग गर्दछन्, किनभने छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्ने कुराले सबै व्यवस्था पूरा हुन्छ ।
“ख्रीष्टले हामीलाई स्वतन्त्र गराउनुभएको हुनाले हामी स्वतन्त्र हुन सक्छौँ ।” ख्रीष्टले विश्वासीहरूलाई पुरानो करारबाट स्वतन्त्र गर्नुहुन्छ भनेर अर्थ दिइएको छ । यहाँ पुरानो करारबाट स्वतन्त्रता भनेको त्यसको पालना गर्नुपर्ने करकापमा नपर्नु भन्ने हो । वैकल्पिक अनुवादः “ख्रीष्टले हामीलाई पुरानो करारबाट मुक्त गर्नुभएको छ ताकि हामी स्वतन्त्र हुन सकौँ” वा “ख्रीष्टले हामीलाई पुरानो करारबाट मुक्त गर्नुभएको छ ताकि हामी स्वतन्त्र मानिसहरू झैँ जिउन सकौँ”
यहाँ “स्थिर होओ” भन्नुको अर्थ नबद्लिने निर्णय गर भन्ने हुन्छ । तिनीहरू कसरी नबद्लिने हो, त्यो कुरा स्पष्ट लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “यसबाहेकका कुरा सिकाउने मानिसहरूका तर्कहरू मान्नलाई तयार नहोओ” वा “स्वतन्त्र रहने निर्णय गर”
यहाँ दासत्वको जुवाको अधीनमुनि भन्ने कुराले व्यवस्थाको पालना गर्नलाई करकापमा पर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यस मानिस झैँ नजिओ जो व्यवस्थाको दासत्वको जुवाको अधीनमुनि छ”
यहूदी धर्म जनाउने लक्षणा शब्दका रूपमा पावलले खतनको प्रयोग गरेका छन् । वैकल्पिक अनुवादः “यदि तिमीहरू फेरि यहूदी धर्ममा फर्कियौ भने”
“म घोषणा गर्छु” वा “म साक्षी हुन्छु”
पावलले खतनालाई यहूदी धर्मलाई जनाउने लक्षणाको रूपमा प्रयोग गरेका छन् । वैकल्पिक अनुवाद: “यहूदी भएको हरेक मानिसलाई ।”
“उसले आज्ञापालन गर्नैपर्छ”
यहाँ “अलग गरिएका” भन्ने कुरा ख्रीष्टबाट अलग गरिएको कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिमीहरूले ख्रीष्टसँग आफ्नो सम्बन्धलाई अन्त गरेका छौ” वा “तिमीहरू ख्रीष्टसँग अब एकीकृत छैनौ”
यहाँ पावलले व्यङ्ग्यात्मक किसिमले भनिरहेका छन् । तिनले साच्चै सिकाउने कुराचाहिँ यो हो, कि व्यवस्थाका कामहरू सम्पूर्ण रूपले पालन गर्ने कोसिस गर्दैमा कोही पनि यहूदी धर्मी ठहरिन सक्दैन । वैकल्पिक अनुवादः “व्यवस्थाका कामहरू पूरा गरेर धर्मी ठहरिन सक्दछौँ भनी विचार गर्नेहरू सबै” वा “व्यवस्थाका कामहरू पूरा गरेर धर्मी ठहरिन इच्छा गर्नेहरू सबै”
त्यो अनुग्रह कसबाट आउँछ, सो कुरालाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वर तिमीहरूप्रति अनुग्रही हुनुहुने छैन”
यहाँ “हामीले” शब्दले पावल र खतनाका विरोधीहरूलाई जनाउँछ । तिनले सम्भवत: गलातीहरूलाई समावेश गरिरहेका छन् ।
“यो किनभने आत्माद्वारा ... ”
सम्भावित अर्थहरू हुन् १) “हामी धार्मिकताको आशाको निम्ति विश्वासद्वारा प्रतीक्षा गरिरहेका छौँ” वा २) “हामी विश्वासबाट आउने धार्मिकताको आशाको प्रतीक्षा गरिरहेका छौँ ।”
“हामी धैर्यका साथ र हामीलाई सदाको लागि परमेश्वरको सामु धर्मी बनाउनुहुने उत्सुकताका साथ प्रतीक्षा गरिरहेका छौँ, र उहाँले त्यसो गर्नुभएको हामी अपेक्षा गर्छौँ”
यी यहूदी हुने अथवा गैरयहूदी हुने कुरा जनाउने लक्षणा शब्द हो । वैकल्पिक अनुवादः “न एक यहूदी हुनु वा गैरयहूदी हुनु”
“तर त्यसको सट्टामा, हाम्रा परमेश्वरमा भएको विश्वासप्रति परमेश्वरले चासो राख्नुहुन्छ, जुन अरूहरूलाई गरेको प्रेमबाट प्रदर्शित हुन्छ”
मूल्यको हुन्छ
“येशूले जे सिकाउनुभयो, त्यो तिमीहरूले अभ्यास गरिरहेका थियौ”
“त्यो काम गर्नको निम्ति तिमीहरूलाई प्रोत्साहन गर्ने परमेश्वर हुनुहुन्न जसले तिमीहरूलाई उहाँका मानिसहरू हुनको निम्ति बोलाउनुभयो”
उहाँले उनीहरूलाई जे भन्दछन्, त्यस कुरालाई स्पष्ट रूपले लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूलाई आफ्नो मानिसहरू हुनलाई बोलाउनुहुने”
कसैलाई मनाउनु भनेको त्यस व्यक्तिले जे सत्य हो भनी विश्वास गर्छ, त्यसबाट उसलाई परिवर्तन गर्नु र फरक प्रकारले काम गर्ने बनाउनु हो ।
“मैले तिमीहरूलाई जे भनिरहेको छु, त्योबाहेक तिमीहरूले अरू केही सोच्ने छैनौ”
“तिमीहरूलाई जसले अलमलमा पारिरहेको छ, परमेश्वरले त्यस व्यक्तिलाई दण्ड दिनुहुनेछ”
सत्य केहो भन्ने बारेमा तिमीहरूलाई अनिश्चित बनाउने” वा “तिमीहरूका बीचमा सङ्कट उत्पन्न गराउने”
सम्भावित अर्थहरू हुन् १) पावललाई ती मानिसहरूको नाम थाहा छैन जसले गलातीहरूलाई तिनीहरूले मोशाको व्यवस्था पालन गर्नुपर्छ भनिरहेका छन् वा २) गलातीहरूलाई “अल्मलाउने” हरू धनी वा गरिब तथा ठूलो वा सानो तथा धर्मी वा अधर्मी जे भए तापनि त्यो कुराको वास्ता तिनीहरूले गरोस् भन्ने पावल चाहँदैनन् ।
मानिसहरू यहूदी हुनुपर्छ भनेर पावलले प्रचार नगरेकै कारणले मानिसहरूले तिनलाई सतावट गरेका हुन् भन्ने कुरामा जोड दिनका लागि तिनले हुँदै नभएको परिस्थिको वर्णन गर्दैछन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “दाजुभाइ हो, यहूदीहरूले मलाई सताइरहेका भए पनि मैले खतना गर्नुपर्छ भनेर घोषण गरेको छैन”
तपाईंले यसलाई गलातीहरू १:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
येशूले क्रूसमा गर्नुभएको कामको कारणले गर्दा परमेश्वरले मानिसहरूलाई क्षमा गर्नुहुन्छ भनी पावलले प्रचार गरेको कारणले मानिसहरूले तिनलाई सतावट गरेका हुन् भन्ने कुरामा जोड दिनका लागि तिनले यहाँ हुँदै नभएको परिस्थिको वर्णन गर्दैछन् ।
“मानिसहरू यहूदीहरू हुनुपर्छ भनेर मैले अझै पनि भनिरहेको थिएँ भने”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “क्रूसका बारेमा शिक्षा दिँदा ठेस लाग्ने बाधा हुने थिएन” वा “क्रूसका बारेमा भएको शिक्षामा यस्तो केही कुरा छैन जसले मानिसहरूलाई ठेस लाग्ने बाधा दिन्छ”
ठेस लाग्नु भन्नाले पापलाई र ठेस लाग्ने कुराले मानिसहरूलाई पाप गर्न लगाउने कुरालाई जनाउँछ । यहाँको सन्दर्भमा, मानिसहरू परमेश्वद्वारा धर्मी ठहरिनका लागि येशूले हाम्रा लागि क्रूसमा मृत्यु भोग्नुभयो भनी विश्वास गर्नुपर्छ भन्ने शिक्षालाई इन्कार गर्नु पाप हो । वैकल्पिक अनुवादः “मानिसहरूलाई सत्य इन्कार गर्न लगाउने क्रूसको शिक्षा हटाइएको छ” वा “येशू क्रूसमा मर्नुभएको शिक्षामा त्यस्तो केही कुरा छैन, जसले मानिसहरूलाई त्यो शिक्षा इन्कार गर्ने बनाउँछ”
सम्भावित अर्थहरू हुन् १) शारीरिक रूपमा तिनीहरूका पुरुषहरूको लिङ्ग कटान गरेर नपुङ्सक बनाउनु वा २) आत्मिक रूपमा आफैँलाई ख्रीष्टिएन समुदायबाट अलग गर्नु ।
पावलले Galatians 5:12 मा प्रयोग गरेका आफ्ना वचनहरूको निम्ति कारण दिइरहेका छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ख्रीष्टले तिमीहरूलाई स्वतन्त्रताका लागि बोलाउनुभएको छ”
यो अर्थ दिइएको छ कि ख्रीष्टले विश्वासीहरूलाई पुरानो करारबाट मुक्त पार्नुभएको छ । यहाँ पुरानो करारबाटको स्वतन्त्रता भनेको त्यसको पालना गर्नलाई करकापमा नपर्ने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिमीहरूलाई पुरानो करारबाटको स्वतन्त्रताको लागि बोलाइएको छ” वा “ख्रीष्टले तिमीहरूलाई पुरानो करारको पालना गर्नलाई करमा नपरेको हुनलाई चुन्नुभएको छ”
तपाईंले यसलाई गलातीहरू १:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
अवसर र पापमय स्वभावको बिचमा भएको सम्बन्धका बारेमा अझै स्पष्ट रूपले लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूका पापी स्वभावहरूलाई प्रसन्न पार्नको निम्ति अवसर”
सम्भावित अर्थहरू हुन् १) “सम्पूर्ण व्यवस्थालाई मात्र एउटा आज्ञामा राख्न सकिन्छ, जुन यो हो” वा २) “एउटा आज्ञा पालन गरेर तिमीहरूले सम्पूर्ण आज्ञा पालन गर्दछौ, र त्यो एउटा आज्ञा यो हो ।”
यहाँ “तैँले,” “आफ्नो” र “आफैँलाई” शब्द सबै एकवचन हो ।
पवित्र आत्माले कसरी पापमाथि नियन्त्रण गर्नुहुन्छ भनेर पावलले स्पष्ट पारेका छन् ।
हिँड्नु भनेको जिउनुको निम्ति एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “तिमीहरूको जीवन पवित्र आत्माको शक्तिमा बिताओ” वा “तिमीहरूको जीवन पवित्र आत्मामा निर्भर रहेर बिताओ”
“कसैका अभिलाषाहरू पूरा गर्नु” भनेको “कसैले जे इच्छा गर्दछ, त्यो गर्नु” भन्ने अर्थ दिने लक्षणा शब्द हो । वैकल्पिक अनुवादः “पाप गर्नको लागि तिमीहरूले आफ्ना मानवीय स्वभावको चाहनालाई पुरा गर्नेछैनौ”
पापमय स्वभावका बारेमा यो एक जना व्यक्ति हो र पाप गर्ने इच्छा गर्दछ भनेजस्तो गरी भनिएको छ । वैकल्पिक अनुवादः “तिमीहरूका पापमय स्वभावका कारणले तिमीहरूले जे कुरा गर्ने इच्छा गर्दछौ” वा “तिमीहरूका पापमय स्वभावका कारणले तिमीहरूले गर्ने इच्छा गरेका थोकहरू”
“मोशाका व्यवस्थाहरू पालन गर्न बाध्य हुँदैनौ”
यहाँ भएको भाववाचक नाउँ “कामहरू” लाई क्रियापद “काम गर्दछ” लेखेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे पापपूर्ण स्वभावले गर्छ”
पापमय स्वभावका बारेमा यो एक जना व्यक्ति हो जसले कुराहरू गर्दछ भने जस्तो गरी भनिएको छ । वैकल्पिक अनुवादः “मानिसहरूका पापमय स्वभावका कारणले तिनीहरूले जे गर्दछन्” वा “मानिसहरू पापमय स्वभावका भएका कारणले तिनीहरूले गर्ने थोकहरू”
परमेश्वरले विश्वासीहरूका लागि दिनुभएका प्रतिज्ञाहरू बारेमा ती परिवारका सदस्यबाट जग्गाजमिन र धनसम्पत्तिको अंश प्राप्त गर्नेहरू जस्तै हो भनिएको छ ।
यहाँ “फल” भनेको “नतिजा” वा “परिणाम”लाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “आत्माले निकाल्नुहुने कुरा प्रेम ... विश्वास हुन्” वा “आत्माले परमेश्वरका मानिसहरूमा प्रेम ... विश्वास निकाल्नुहुन्छ”
“प्रेम, आनन्द, शान्ति” भन्ने शब्दहरूका साथमा सुरु हुने “आत्माको फल”को सूची यहाँ अन्त हुन्छ । यहाँ “फल” भनेको “नतिजा” वा “परिणाम”लाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “आत्माले उत्पन्न गर्नुहुने कुरा भनेका प्रेम, आनन्द, शान्ति ... नम्रता ... आत्मसंयम हुन्” वा “”आत्माले परमेश्वरका मानिसहरूमा प्रेम, आनन्द, शान्ति ... नम्रता ... आत्मसंयम उत्पन्न गर्नुहुन्छ”
आफ्नो पापमय स्वभावअनुसार जीवन बिताउन इन्कार गर्ने ख्रीष्टिएनका बारेमा पावलले यी व्यक्ति पापमय स्वभावलाई क्रूसमा मारेका छन् भनेजस्तो गरी लेखेका छन् । वैकल्पिक अनुवादः “क्रूसमा टाँगेको झैँ गरी हामीहरूले हाम्रो पापपूर्ण प्रवृतिअनुसार त्यसका लालसा र दुष्ट अभिलाषाहरूसहित जिउनलाई इन्कार गरेका छौँ”
पापमय स्वभावका बारेमा यो एक जना व्यक्ति हो र त्यसका लालसा र अभिलाषा छन् भने जस्तो गरी भनिएको छ । वैकल्पिक अनुवादः “तिनीहरूका पापमय स्वभाव र त्यसका कारणले तिनीहरूले गर्नलाई ज्यादै इच्छा गरेका थोकहरू”
“किनकि परमेश्वरका आत्माले हामीलाई जीवित हुन लगाउनुभएको छ”
“हिडौँ” शब्द हरेक दिन जीवन बिताउने कुराका लागि अलङ्कारको शब्द हो । वैकल्पिक अनुवादः “पवित्र आत्मालाई हामीलाई मार्गदर्शन गर्न दिऊँ, र यसरी हामीले परमेश्वरलाई खुशी पार्ने र आदर हुने थोकहरू गर्न सक्दछौँ”
“हामीले ... गर्नुपर्छ”
1 भाइहरू हो, यदि कुनै मानिसले पाप गरेको फेला परेमा, तिमीहरूमध्येका आत्मिक व्यक्तिहरूले चाहिँ नम्रताको आत्मामा त्यस व्यक्तिलाई पुनर्स्थापित गर्नुपर्छ । तिमीहरू आफैँ परीक्षामा नपर्नको निम्ति आफ्नो ख्याल गर । 2 एक अर्काको भार उठाओ, र यसरी तिमीहरूले ख्रीष्टको व्यवस्थालाई पुरा गर्नेछौ । 3 किनकि यदि कसैले आफू कुनै महत्त्वको नहुँदा नहुँदै पनि केही हुँ भनी ठान्दछ भने, त्यसले आफैँलाई धोका दिन्छ । 4 हरेकले आफ्नो कामको जाँच गर्नुपर्छ । तब मात्रै अरू कसैसँग तुलना नगरिकन पनि ऊ आफैँसँग गर्व गर्ने केही कारण हुन्छ । 5 किनकि हरेकले आफ्नो भार आफैँ उठाउनेछ । 6 जसलाई वचन सिकाइएको छ, उसले शिक्षकसँग सबै असल कुराहरू बाँड्नुपर्छ । 7 धोकामा नपर । परमेश्वरको ठट्टा हुँदैन । मानिसले जे रोप्दछ, त्यसले त्यही नै कटनी गर्नेछ । 8 किनकि जसले आफ्नै पाप-स्वभावमा बिउ छर्दछ, त्यसले विनाशको कटनी गर्नेछ, तर जसले आत्मामा बिउ छर्दछ, त्यसले आत्माबाट अनन्त जीवनको कटनी गर्नेछ । 9 हामी असल काम गर्न थकित नहोऔँ, किनकि यदि हामीले हरेस खाएनौँ भने ठिक समयमा हामीले फसलको कटनी गर्नेछौँ । 10 त्यसकारण, हामीले मौका पाउन साथ, सबैको निम्ति भलाइ गरौँ । विशेष गरी विश्वासको परिवारको निम्ति हामीले भलाइ गरौँ । 11 हेर मैले आफ्नै हातले कति ठुला-ठुला अक्षरहरूमा तिमीहरूलाई लेखिरहेछु । 12 शारीरिक रूपमा प्रभाव पार्न चाहनेहरूले तिमीहरूलाई खतना गर्न बाध्य गराउँछन् । ख्रीष्टको क्रुसको खातिर सतावट भोग्नु नपरोस् भनेर मात्र तिनीहरूले यसो गर्छन् । 13 किनकि खतना भएकाहरूले नै व्यवस्थाको पालन गरेका हुँदैनन् । बरु, तिमीहरूका शरीरका विषयमा घमण्ड गर्न सकून् भनेर तिमीहरूको खतना भएको तिनीहरू चाहन्छन् । 14 हाम्रा प्रभु येशू ख्रीष्टको क्रुसबाहेक मैले अरू कुनै कुरामा कहिल्यै गर्व गर्न नपरोस् । उहाँद्वारा नै म संसारको लागि र संसार मेरो लागि क्रुसमा टाँगिएको छ । 15 किनकि न त खतना न बेखतना कुनै मूल्यको हो । बरु, नयाँ सृष्टि महत्त्वपूर्ण छ । 16 यही नियमअनुसार जिउने सबैमा अनि परमेश्वरको इस्राएलमा शान्ति र कृपा रहोस् । 17 अब उप्रान्त मलाई कसैले दु:ख नदेओस्, किनकि म आफ्नो शरीरमा येशूका चिन्हहरू धारण गर्दछु । 18 भाइहरू हो, तिमीहरूका आत्मामा हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह रहोस् । आमेन ।
यस अध्यायले पावलको पत्रलाई समाप्त गर्दछ । तिनले आखिरीमा लेखेका वचनहरू पत्रका अरू बाँकी भागसँग सम्बन्धित छ जस्तो लाग्दैन ।
यस अध्यायमा पावलले ख्रीष्टिएनहरूलाई वचनहरू लेखेका छन् । तिनले उनीहरूलाई “भाइहरू” भनेका छन् । यसले पावलका ख्रीष्टिएन दाजुभाइलाई जनाउँछ र यसले तिनका यहूदी दाजुभाइलाई जनाउँदैन ।
येशू ख्रीष्टमा नयाँ जन्म पाएका मानिसहरू ख्रीष्टमा भएका नयाँ सृष्टि हुन् । ख्रीष्टमा ख्रीष्टिएनहरूलाई नयाँ जीवन दिइएको छ । तिनीहरू ख्रीष्टको विश्वासमा आइसकेपछि तिनीहरू आफैमा एउटा नयाँ स्वभाव हुन्छ । पावलका लागि, कुनै व्यक्तिको पुर्ख्यौलीभन्दा पनि यो झन् धेरै महत्त्वपूर्ण कुरा हो । अनि )
यो एउटा जटिल विषय हो । “शरीर” चाहिँ “आत्माको” विरुद्धमा हुन्छ । यस अध्यायमा भौतिक शरीरलाई जनाउनका लागि पनि शरीर शब्दको भएको छ । अनि अनि )
विश्वासीहरूले अरु विश्वासीहरूसँग कसरी व्यवहार गर्नुपर्छ र परमेश्वरले कसरी इनाम दिनुहुन्छ भनी पावलले तिनीहरूलाई सिकाएका छन् ।
तपाईंले यसलाई गलातीहरू १:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“यदि तिमीहरूमध्ये कसैले”
सम्भावित अर्थहरू हुन् १) अरू नै व्यक्तिले त्यस व्यक्तिलाई त्यस काम गरिरहँदा नै भेट्टायो । वैकल्पिक अनुवादः “यदि कोही पापको काममा फेला पर्यो भने” वा २) त्यस व्यक्तिले खराबी गर्ने चाहना नगरिकन पाप गर्यो वैकल्पिक अनुवादः “यदि कसैले परीक्षामा परेर पाप गर्यो”
“तिमीहरूमध्ये पवित्र आत्माद्वारा अगुवाइ गरिएकाहरू” वा “तिमीहरू जो पवित्र आत्माको अगुवाइमा बाँचिरहेका छौ”
“पाप गरेको व्यक्तिलाई सुधार्नुपर्छ” वा “पाप गरेको व्यक्तिलाई परमेश्वरसँगको सही सम्बन्धमा फर्कन सल्लाह दिनुपर्छ”
सम्भावित अर्थहरू हुन् १) सुधार गराउने व्यक्तिलाई आत्माले निर्देशन गर्दै हुनुहुन्छ वा २) “नम्रताको स्वभावसहित” वा “कृपापूर्ण तरिकाले ।”
उनी तिनीहरू प्रत्येकसँग बोलिरहेका छन् भनेर जोड दिनको निम्ति यी वचनहरूले सबै गलातीहरू एउटै व्यक्ति भएजस्तै गरी व्यवहार गर्दछन् । वैकल्पिक अनुवादः “तिमीहरू आफ्नै बारेमा चिन्तित बन” वा “म तिमीहरू हरेकलाई भन्छु, ‘आफ्नै बारेमा विचार पुर्याओ’”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि कुनै पनि कुराले तिमीहरूलाई पनि पाप गर्ने परीक्षा दिनेछैन”
“किनभने यदि ।” अब यसपछि आउने वचनहरूले गलातीहरू के गर्नुपर्छ भन्ने कुरालाई जनाउँछ १) “एक अर्काको भार उठाउनुपर्छ” (गलातीहरू ६:२) वा २) तिनीहरू आफैँ परीक्षामा नपर्नको निम्ति ख्याल गर्नुपर्छ (गलातीहरू ६:१) वा ३) “घमण्डी बन्नु हुँदैन” (गलातीहरू ५:२६) ।
“कसैले आफू कोही महत्त्वपूर्ण हुँ” वा “ऊ अरूभन्दा असल छ”
“ऊ महत्त्वपूर्ण छैन” वा “ऊ अरूभन्दा उत्तम छैन”
“हरेक व्यक्तिले ... ”
“हरेक मानिसको इन्साफ उसको आफ्नो कामअनुसार मात्र हुनेछ” वा “हरेक व्यक्ति आफ्नो कामको लागि मात्र जिम्मेवार हुनेछ”
“हरेक व्यक्तिले ... ”
“सिकाउने व्यक्तिको साथमा”
“सन्देश”, परमेश्वरले भन्नुभएको वा आज्ञा गर्नुभएको सबैथोक
बिउ छर्ने कुराले कुनै किसिमको परिणाममा अन्त्य हुने कुराहरू गर्नुलाई जनाउँछ । अनि कटनी गर्ने कुराले कसैले गरेका कार्यका परिणामको अनुभव गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “किनभने किसानले जुन किसिमको बिउ छर्दछ, त्यही किसिमको फल उसले कटनी गर्दछ, र यसरी हरेक व्यक्तिले आफूले गरेका कामका परिणामहरूको अनुभव गर्दछ”
पावलले यहाँ यो शब्दले पुरुषलाई जनाउने गरी प्रयोग गरेका छैनन् । वैकल्पिक अनुवादः “व्यक्तिले जे रोप्दछ” वा “कसैले जे रोप्दछ”
बिउ रोप्ने कुराले पछि परिणाम ल्याउने कामहरू गर्ने कुरालाई जनाउँछ । यस सन्दर्भमा व्यक्तिले आफ्नो पापमय स्वभावको कारणले गर्दा उसले पापमय कार्य गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “उसको पापमय स्वभावको कारणले गर्दा उसले चाहेअनुसारको बिउ रोप्दछ” वा “उसको पापमय स्वभावको कारणले गर्दा उसले गर्न इच्छा गरेको कुराहरू गर्दछ”
परमेश्वरले व्यक्तिलाई दण्ड दिनुहुने कुरालाई त्यो व्यक्तिले बाली कटनी गरेको कुराजस्तो हो भनिएको छ । वैकल्पिक अनुवादः “उसले गरेको कार्यको लागि दण्ड पाउँदछ”
बिउ रोप्ने कुराले पछि परिणाम ल्याउने कामहरू गर्ने कुरालाई जनाउँछ । यस सन्दर्भमा, व्यक्तिले परमेश्वरको आत्माको आवाज सुनेको कारणले उसले असल कार्यहरू गरिरहेको हुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरको आत्मालाई मनपर्ने थोकहरू गर्दछ”
“परमेश्वरका आत्माबाट इनामस्वरूप अनन्त जीवन प्राप्त गर्नेछ”
“हामीले निरन्तर असल गरिरहनुपर्छ”
अरूको भलाइको निम्ति असल काम गर्न
“किनकि तोकिएको समयमा” वा “किनकि, परमेश्वरले चुन्नुभएको समयमा”
“यसको परिणामस्वरूप” वा “यसको कारण”
“बढीजसो तिनीहरूलाई” वा “विशेषतः तिनीहरूका लागि”
“जो ख्रीष्टमा विश्वासद्वारा परमेश्वरको परिवारका सदस्यहरू हुन्”
पावलले यो पत्रको समापन गरिरहँदा, व्यवस्थाले मानवजातिको उद्धार हुँदैन र तिनीहरूले क्रूसलाई स्मरण गर्नुपर्छ भनेर तिनले फेरि एकपल्ट याद गराएका छन् ।
यसको अर्थ यो हुन सक्छ कि पावलले १) यसपछि आउने वाक्यहरू २) यो पत्र उनीबाट आएको थियो भन्ने कुरालाई जोड दिन चाहन्छन् ।
सम्भावित अर्थहरू हुन् १) सम्भवतः पावलका एक जना सहयोगी थिए जसले यो पत्रको धेरैजसो भाग पावलले उनलाई जे लेख्न भने ती कुराहरू लेखे, तर यो पत्रको यस खण्ड भने पावल आफैँले नै लेखे वा २) पूरै पत्र पावल आफैँले लेखे ।
“अरूहरूलाई तिनीहरूका बारेमा राम्रो सोच्ने बनाउनु” वा “अरूहरूलाई तिनीहरू राम्रा मानिसहरू हुन् भनेर सोच्ने बनाउनु”
“देखिने प्रमाणका साथ” वा “तिनीहरूका आफ्नै प्रयत्नद्वारा”
“जबरजस्ती गर्न” वा “बलियो प्रभाव पार्न”
“ताकि ख्रीष्टको क्रूसद्वारा मात्रै उद्वार छ भन्ने कुराको दाबी गरेको कारण तिनीहरू यहूदीहरूद्वारा सतावटमा नपरून् भनेर”
यहाँ क्रूस शब्दले हाम्रा लागि ख्रीष्ट क्रूसमा मर्नुहुँदा उहाँले जे गर्नुभयो, त्यो कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “येशूले क्रूसमा गर्नुभएको काम” वा “येशूको मृत्यु र पुनरुत्थान”
“तिमीहरूलाई खतना गर्न बिन्ती गरिरहेका मानिसहरूले चाहन्छन्”
“ताकि तिनीहरूले गर्व गरून् कि तिनीहरूले तिमीहरूलाई व्यवस्थाको पालना गर्न कोसिस गर्ने मानिसहरूमा थपेका छन्”
“म क्रूसभन्दा बाहेक अरू केही कुरामा कहिल्यै घमण्ड गर्न चाहन्न” वा “सधैँ क्रूसको कारण मात्र मैले गर्व गरूँ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरो विचारमा संसार पहिल्यै मृत छ” वा “मैले संसारलाई परमेश्वरले क्रूसमा मार्नुभएको एउटा अपराधीजस्तै व्यवहार गर्छु”
यहाँ “क्रूसमा टाँगिएको छु” शब्दहरू यसअगिका वाक्यका आधारमा बुझ्नुपर्ने हुन्छ । वैकल्पिक अनुवादः “र म यस संसारका लागि क्रूसमा टाँगिएको छु”
सम्भावित अर्थहरू हुन् १) “संसारले मेरो विषयमा म पहिल्यै मृत छु भन्ने विचार गर्दछ” वा २) “संसारले मलाई परमेश्वरले क्रूसमा मार्नुभएको एउटा अपराधीजस्तै व्यवहार गर्छ”
सम्भावित अर्थहरू हुन् १) संसारका मानिसहरू, जसले परमेश्वरको केही वास्ता गर्दैनन् वा २) परमेश्वरको केही वास्ता नगर्ने मानिसहरूले महत्त्वपूर्ण ठान्ने चीजहरू ।
“परमेश्वरको लागि महत्त्वपूर्ण छ”
सम्भावित अर्थहरू हुन् १) येशू ख्रीष्टमा एउटा नयाँ विश्वासी वा २) एक विश्वासीको नयाँ जीवन ।
सम्भावित अर्थहरू हुन् १) साधारणतया विश्वासीहरू परमेश्वरको इस्राएल हुन् वा २) “गैरयहूदी विश्वासीहरूमाथि र परमेश्वरको इस्राएलमाथि शान्ति र कृपा रहोस्” वा ३) “नियम पालन गर्नेहरूमाथि शान्ति रहोस्, र इस्राएलमाथि परमेश्वरको कृपा रहोस् ।”
यसको अर्थ हुन सक्छ, “अन्त्यमा” वा “मैले यो पत्रको अन्त्य गर्न लाग्दा ।”
सम्भावित अर्थहरू हुन् १) आफूलाई दु:ख नदिनका लागि पावलले गलातीहरूलाई आज्ञा गरे, “तिमीहरूलाई म यो आदेश दिइरहेको छुः मलाई दु:ख नदेओ” वा २) पावलले गलातीहरूलाई यो कुरा भनिरहेका छन् कि तिनले सारा मानिसलाई आफूलाई दु:ख नदिने आदेश दिइरहेका छन्ः मलाई दु:ख नदेओ” वा ३) “पावलले इच्छा व्यक्त गरिरहेका छन्, “कसैले पनि मलाई दु:ख देओस् भन्ने मेरो इच्छा छैन ।”
सम्भावित अर्थहरू हुन् १) “मसँग यी कुरा गर्ने” वा २) “मलाई कठिनाइ पुर्याउने” वा “मलाई कठिन काम दिने ।”
पावलले येशूको बारेमा सिकाएका कुरा मानिसहरूलाई मन नपरेको हुनाले उनीहरूले तिनलाई पिटेका र कोर्रा हानेका दागहरूलाई यी डामले जनाउँछ । वैकल्पिक अनुवादः “किनकि मेरो शरीरमा भएका डामहरूले मैले येशूको सेवा गर्दछु भन्ने कुरा दर्शाउँछ”
“प्रभु येशू ख्रीष्ट तिमीहरूका आत्मामा दयालु हुनुभएको होस् भनी म प्रार्थना गर्दछु”
तपाईंले यसलाई गलातीहरू १:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
पावलले एफिसीहरू लेखे । पावल टार्सस सहरबाटका थिए । उनको पहिलाको जीवनमा उनलाई शाऊल भनेर चिनिन्थ्यो । ख्रीष्टिएन हुनुभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्टिएनहरूलाई सताए । उनी ख्रीष्टिएन भइसकेपछि, उनले रोमी साम्राज्यभर मानिसहरूलाई येशूको बारेमा बताउँदै धेरैपटक यात्रा गरे ।
उनका यिनै यात्राहरूमध्ये कुनै एउटामा प्रेरित पावलले एफिससको मण्डली सुरु गर्नलाई सहयोग गरेका थिए । साथै उनी एफिससमा साँढे एक वर्ष पनि बसे र त्यहाँ भएका विश्वासीहरूलाई सहायता गरे । पावलले यो पत्र सम्भवतः उनी रोममा झ्यालखानामा हुँदा लेखेका हुन् ।
पावलले यो पत्र एफिससमा भएका ख्रीष्टिएनहरूलाई तिनीहरूको लागि ख्रीष्ट येशूमा भएको परमेश्वरको प्रेमलाई व्याख्या गर्नका लागि लेखे । तिनीहरू अब ख्रीष्टसँग एक भएका कारण परमेश्वरले तिनीहरूलाई दिइरहनुभएको आशिष्लाई उनले वर्णन गरे । उनले व्याख्या गरे कि सबै विश्वाीहरू एकसाथ जोडिएका छन्, चाहे ती यहूदी होऊन् वा अन्यजाति । परमेश्वरलाई खुशी बनाउने तवरमा जीवन जिउनका लागि तिनीहरूलाई प्रोत्साहन दिन पनि पावल चाहन्थे ।
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “एफिसीहरू” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी प्रस्ट शीर्षक छान्न सक्छन् जस्तै, “एफिससमा भएको मण्डलीलाई पावलको पत्र” वा “एफिससमा भएका ख्रीष्टिएनहरूलाई एक पत्र” ।
यूएलटीमा “लुकेको सत्यता” वा “लुकेको” भनेर अनुवाद गरिएको अभिव्यक्तिलाई छ पटक प्रयोग गरिएको छ । यसद्वारा पावलले सधैँ अर्थ दिन खोजेका कुरा चाहिँ केही त्यस्तो कुरा हो जुन परमेश्वरले मानिसहरूलाई प्रकट गर्नुपर्थ्यो किनभने तिनीहरूले त्यो आफैँ जान्न सक्दैनथे । त्यसले सधैँ परमेश्वरले मानवजातिलाई कसरी बचाउन चाहनुभयो भन्ने कुरालाई जनाउँथ्यो । कहिलेकाहीँ त्यो कुरा उहाँ आफू र मानवजातिको बीचमा कसरी शान्ति स्थापना गर्ने भन्ने सम्बन्धमा भएको उहाँको योजनाको बारेमा हुन्थ्यो । कहिलेकाहीँ चाहिँ त्यो कुरा ख्रीष्टद्वारा यहूदीहरू र अन्यजातिहरूलाई एकीकृत गर्ने सम्बन्धमा भएको उहाँको योजनाको बारेमा हुन्थ्यो । अब अन्यजातिहरू पनि यहूदीहरूसँग बराबर रूपमा भएर ख्रीष्टका प्रतिज्ञाहरूबाट लाभ लिन सक्छन् ।
पावलले यस पत्रमा र उनका थुप्रै पत्रहरूमा उद्धार र धर्मी जीवनको विषयमा धेरै कुरा भने । उनले भने कि परमेश्वर धेरै दयालु हुनुभएको छ ख्रीष्टिएनहरूलाई बचाउनुभएको छ किनभने तिनीहरूले येशूमा विश्वास गर्छन् । त्यसैकारण, तिनीहरू ख्रीष्टिएन भएपश्चात, तिनीहरूले आफूहरूसँग ख्रीष्टमा विश्वास छ भनेर देखाउनका लागि धर्मी तवरले जिउनुपर्छ ।
यस पुस्तकमा, “म” शब्दले पावललाई जनाउँछ । साथै, “तिमी” शब्दले प्राय सधैँ बहुवचनमा छ र यस पत्रलाई पढ्न सक्ने विश्वासीहरूलाई जनाउँछ । यसका तीन अपवादहरू हुन्ः ५:१४, ६:२, र ६:३ ।
जब पावलले “नयाँ व्यक्ति” वा “नयाँ मानिस”को विषयमा कुरा गरे, उनले एक विश्वासीले पवित्र आत्माबाट प्राप्त गर्ने नयाँ स्वभाव भन्न खोजेका हुन् । यो नयाँ स्वभाव परमेश्वरको स्वरूपमा सृजिएको थियो (हेर्नुहोस्ः ४:२४) । “नयाँ मानिस” भन्ने वाक्यांशलाई परमेश्वरले यहूदीहरू र अन्यजातिहरूको बीचमा शान्ति ल्याउनुभएको कुरालाई जनाउन पनि प्रयोग गरिएको छ । परमेश्वरले तिनीहरूलाई एउटै मानिसहरूको रूपमा ल्याउनुभयो जो उहाँका हुन् (हेर्नुहोस्ः २:१५) ।
विभिन्न अवधारणाहरूमध्ये कुनै एकलाई सङ्केत गर्न धर्मशास्त्रले यस्ता शब्दहरूको प्रयोग गर्छ । यसैकारण, अनुवादकलाई कतिपटक यिनीहरूलाई तिनीहरूका संस्करणहरूमा राम्ररी प्रतिनिधित्व गर्न कठिन हुन जान्छ । अङ्ग्रेजीमा अनुवाद गर्दा, यूएलटीले निम्न सिद्धान्तहरूको प्रयोग गर्छः
जसै अनुवादकहरूले यी अवधारणाहरूलाई तिनीहरूका आफ्नै संस्करणहरूमा कसरी प्रतिनिधित्व गर्ने भनेर सोच्छन्, यूएसटीमा गरिएका छनोटहरूद्वारा तिनीहरूलाई धेरैपटक सहयोग हुन सक्छ ।
यस प्रकारको अभिव्यक्ति १:१, ३, ४, ६, ७, ९, १०, ११, १२, १३, १५, २०; २:६, ७, १०, १३, १५, १६, १८, २१, २२; ३:५, ६, ९, ११, १२, २१; ४:१, १७, २१, ३२; ५:८, १८, १९; ६:१, १०, १८, २१ मा आउँछ । पावलले ख्रीष्ट र विश्वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई व्यक्त गर्न खोजेका हुन् । कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।
1 पावल, परमेश्वरको इच्छाद्वारा येशू ख्रीष्टको एक प्रेरितबाट परमेश्वरका निम्ति अलग गरिएका एफिससमा भएकाहरू र ख्रीष्ट येशूमा विश्वासयोग्य भएकाहरूलाई, 2 हाम्रा पिता परमेश्वर र ख्रीष्ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति । 3 परमेश्वर हाम्रा प्रभु येशू ख्रीष्टका पिताको प्रशंसा होस् । जसले हामीलाई हर प्रकारको आत्मिक आशिषले ख्रीष्टमा स्वर्गीय स्थानहरूमा आशिषित पार्नुभयो । 4 यस संसारको सृष्टिभन्दा पहिले नै हामी ख्रीष्टमा विश्वास गर्नेहरूलाई परमेश्वरले चुन्नुभयो । उहाँको दृष्टिमा पवित्र र दोषरहित हुन सकौँ भनेर उहाँले हामीलाई चुन्नुभयो । 5 प्रेममा परमेश्वरले हामीलाई येशू ख्रीष्टद्वारा आफ्नै निज पुत्रहरूका रूपमा ग्रहण गर्नको निम्ति पूर्णनिर्धारण गर्नुभयो । उहाँले यसो गर्नुभयो किनकि उहाँले योजना गर्नुभएको कुरा गर्न उहाँ प्रसन्न हुनुभयो । 6 नतिजा यो हो, कि परमेश्वरको महिमामय अनुग्रहको कारण सबैले उहाँको प्रशंसा गर्छन् । यो अनुग्रह उहाँले आफ्नो प्रियद्वारा सित्तैमा हामीलाई दिनुभएको छ । 7 अपार अनुग्रहद्वारा उहाँको प्रिय पुत्रमा हामीले रगतबाट छुटकारा अनि पापको क्षमा पाउदछौँ । 8 पुरा बुद्धि र समझको पूर्णतामा उहाँले यस अनुग्रहचाहिँ प्रशस्त मात्रामा हामीलाई दिनुभएको थियो । 9 परमेश्वरले आफ्नो इच्छा अनुसार ख्रीष्टमा प्रकाशमा ल्याउनुभएको उहाँको योजनाको गुप्त सत्यतालाई हाम्रो निम्ति प्रकट गर्नुभयो । 10 उहाँको योजनाको पूर्णताको समय जब पूरा हुन्छ, तब ख्रीष्टमा परमेश्वरले स्वर्ग र पृथ्वीका सबै थोकलाई एक साथ ल्याउनुहुनेछ । 11 येशू ख्रीष्टमा हामी परमेश्वरका सन्तानको रूपमा चुनिएका थियौँ । सबै कुरा आफ्नो इच्छा अनुसार गर्नुहुनेको योजनामा हामी अगिबाटै चुनिएका थियौँ । 12 उहाँको महिमाको प्रशंसाको निम्ति अस्तित्वमा रहन सकौँ भनेर परमेश्वरले यो गर्नुभयो । हामी ख्रीष्टमा भरोसा राख्ने पहिलो व्यक्तिहरू थियौँ । 13 ख्रीष्टमा तिमीहरूले सत्य वचन, तिमीहरूको छुट्काराको सुसमाचार सुनिसकेपछि, उहाँमा नै तिमीहरूले विश्वास गरेका छौ र प्रतिज्ञा सहितको पवित्र आत्माको छाप लगाइएका थियौ । 14 हामीले हाम्रो उत्तराधिकार प्राप्त नगरून्जेल सम्म पवित्र आत्मा हाम्रो उत्तराधिकारको निश्चयताको प्रमाण हुनुहुन्छ । यो उहाँको महिमाको प्रशंसाको लागि हो । 15 यसकारण प्रभु येशू ख्रीष्टमा भएको तिमीहरूको विश्वासको बारेमा र उहाँको लागि छुट्टयाइएकाहरूका लागि तिमीहरूको प्रेमको सम्बन्धमा मैले सुनेको समय देखि, 16 मैले तिमीहरूको लागि परमेश्वरमा धन्यवाद दिन र मेरो प्रार्थनामा तिमीहरूलाई सम्झिन रोकेको छैन । 17 म यो प्रार्थना गर्दछु, कि हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर, महिमाका पिताले तिमीहरूलाई बुद्धिको आत्मा र उहाँको ज्ञानको प्रकाश दिऊन् । 18 म यो प्रार्थना गर्दछु, कि हाम्रो बोलावटको निश्चयता के हो भनेर जान्नको निम्ति तिमीहरूका हृदयका आँखाहरू प्रज्वलित होऊन्, र उहाँको निम्ति अलग गरिएकाहरूका बिचमा उहाँको उत्तराधिकारको महिमाको प्रशस्तता के हो सो तिमीहरूले जान्न सकोस् । 19 हामी विश्वास गर्नेहरूमा उहाँको शक्तिको अत्याधिक महानताको विषयमा तिमीहरूले जान्न सकोस् भनेर म प्रार्थना गर्दछु । यो महानता उहाँको शक्तिको तीव्रताको कार्य अनुसारको हो । 20 यो यही शक्ति हो जुन परमेश्वरले ख्रीष्ट येशूलाई मृत्युबाट जीवित पार्नुभएको र स्वर्गीय स्थानहरूमा उहाँको दाहिने बाहुलीमा येशूलाई बसाल्नुभएको समयमा येशू ख्रीष्टमा कार्य गर्दैथियो । 21 उहाँले येशूलाई सबै शासन, सबै अधिकार, शक्ति, प्रभुत्त्वहरू र हरेक नामभन्दा माथि राख्नुभयो । यस युगको लागि मात्र होइन, तर आउने युगको लागि पनि उहाँले ख्रीष्टलाई राख्नुभएको छ । 22 परमेश्वरले सबै कुराहरू येशू ख्रीष्टको पाउमा सुम्पनुभएको छ र उहाँलाई नै मण्डलीमा सबै कुराहरू माथि शिर बनाउनुभएको छ । 23 उहाँले सबै तरिकामा सबै कुरा पूरा गर्नुहुन्छ, र उहाँको पूर्णता उहाँको शरीर, मण्डली हो ।
पावलले यस अध्यायको केही भागलाई परमेश्वरलाई प्रशंसा गरेको प्रार्थनाको जस्तो संरचना दिन्छन् । तर पावल केवल परमेश्वरसँग मात्र कुरा गरिरहेका छैनन् । उनले एफिससमा भएको मण्डलीलाई सिकाइरहेका छन् । उनले एफिसीहरूको लागि कसरी प्रार्थना गरिरहेका छन् भनेर पनि उनले तिनीहरूलाई बताउँछन् ।
धेरै विद्वानहरूले विश्वास गर्छन् कि यस अध्यायले “पूर्वनिर्धारण” भन्ने विषयमा सिकाउँछ । यो “पूर्वनिर्धारण गर्ने” भन्ने बाइबलीय अवधारणासँग सम्बन्धित छ । परमेश्वरले केही मानिसहरूलाई अनन्त रूपमा बचाउनलाई संसारको उत्पत्तिभन्दा अगाडिबाटै चुन्नुभएको छ भनी यसले सङ्केत गर्छ भनेर केही विद्वानहरूले मान्छन् । यस विषयमा बाइबलले के सिकाउँछ भनेर ख्रीष्टिएनहरूसँग विभिन्न धारणाहरू छन् । त्यसैले यस अध्यायलाई अनुवाद गर्दा अनुवादकहरूले थप होसियारी पुर्याउनुपर्छ ।
एफिससको मण्डलीमा भएका विश्वासीहरूका निम्ति लेखिएको यस पत्रको लेखकको रूपमा पावलले आफैँलाई नाम दिन्छन् । छुट्टै गरी बताइएको ठाउँमा बाहेक, प्रयोग भएका सबै “तिमीहरू” र “तिमीहरूका” भन्ने शब्दहरूले एफिससका विश्वासीहरू र सबै विश्वासीहरूलाई जनाउँछन्, यसैकारण, यी बहुवचनको रूपमा प्रयोग भएका छन् ।
तपार्इंको भाषामा कुनै पत्रका लेखक र त्यस पत्रका लक्षित पाठकहरूलाई परिचित गर्ने कुनै विशेष तरिका हुन सक्छ । वैकल्पिक अनुवादः म पावल, एक प्रेरित, ... परमेश्वरका निम्ति अलग गरिएका एफिससमा भएकाहरूलाई यो पत्र लेख्दछु”
“ख्रीष्ट येशूमा” र यस्तै अरू वाक्यांशहरू नयाँ करारका पत्रहरूमा धेरै पटक दोहोरिने अलङ्कारहरू हुन् । यी वाक्यांशहरूले ख्रीष्ट र उहाँमा विश्वास गर्नेहरू बीचमा हुन सक्ने सबै भन्दा मजबुत सम्बन्धलाई जनाउँछन् ।
पावलले आफ्ना पत्रहरूमा प्रयोग गर्ने यी साधारण अभिवादन र आशिष्का वचनहरू हुन् ।
अन्य किसिमले व्यक्त नगरिएसम्म, यस पुस्तकमा शब्दहरू “हाम्रो” र “हामी” ले पावल, एफिससका विश्वासीहरू र सबै विश्वासीहरूलाई जनाउँछन् ।
पावलले उनको पत्रलाई परमेश्वरको सामु भएको विश्वासीहरूको स्थान र तिनीहरूको सुरक्षाको विषयमा कुरा गरेर थालनी गर्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पिताको प्रशंसा गरौँ”
“किनकि परमेश्वरले हामीलाई आशिष् दिनुभएको छ”
“परमेश्वरका आत्माबाट आउने हर किसिमका आशिष्”
“अलौकिक संसारमा ।” “स्वर्गीय” भन्ने शब्दले परमेश्वर रहनुहुने स्थानलाई जनाउँछ ।
सम्भावित अर्थहरू हुन् १) “ख्रीष्टमा” भन्ने वाक्यांशले ख्रीष्टले गर्नुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “ख्रीष्टद्वारा” वा “ख्रीष्टले गर्नुभएको कुराद्वारा” वा २) “ख्रीष्टमा” भनेको एउटा अलङ्कार हो जसले ख्रीष्टसँगको हाम्रो नजिकको सम्बन्धलाई जनाउँछ । वैकल्पिक अनुवादः “हामीलाई ख्रीष्टसँग एक गर्नुभएर” वा “किनभने हामी ख्रीष्टसँग एक भएका छौँ”
पावलले नैतिक भलाइलाई जोड दिनका निम्ति उस्तै किसिमका दुई शब्दहरूको प्रयोग गर्छन् ।
“उहाँको”, “उहाँ” र “उहाँ” भन्ने शब्दहरूले परमेश्वरलाई जनाउँछन् ।
“हामीलाई” शब्दले पावल, एफिसी मण्डली र ख्रीष्टमा भएका सबै विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले धेरै अगाडि नै हामीलाई ग्रहण गर्ने योजना बनाउनुभयो”
“परमेश्वरले हामीलाई अगाडिबाट नै चुन्नुभयो” वा “परमेश्वरले हामीलाई लामो समय अगाडि नै चुन्नुभयो”
यहाँ “ग्रहण गर्ने कुरा”ले परमेश्वरको परिवारको हिस्सा बन्ने कुरालाई जनाउँछ । यहाँ “छोराहरू” शब्दले पुरुषहरू र स्त्रीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँका सन्तानहरूको रूपमा ग्रहण गरिनलाई”
परमेश्वरले येशू ख्रीष्टको कार्यद्वारा विश्वासीहरूलाई आफ्नो परिवारमा ल्याउनुभयो ।
“उहाँले हामीलाई उहाँको माध्यमद्वारा दयालु हुनुभएर दिनुभएको छ जसलाई उहाँले प्रेम गर्नुहुन्छ”
“उहाँ जसलाई उहाँले प्रेम गर्नुहुन्छ, येशू ख्रीष्ट” वा “उहाँको पुत्र, जसलाई उहाँले प्रेम गर्नुहुन्छ”
पावलले परमेश्वरको अनुग्रहलाई भौतिक सम्पत्तिको रूपमा चित्रण गरेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरको अनुग्रहको महानता” वा “परमेश्वरको अनुग्रहको प्रशस्तता”
“उहाँले हामीलाई यति ठूलो अनुग्रह दिनुभयो” वा “उहाँ हामीप्रति असाध्यै दयालु हुनुहुन्थ्यो”
सम्भावित अर्थहरू हुन् १) “किनभने उहाँसँग सारा बुद्धि र समझदारी छ” वा २) “ताकि हामीसँग महान् बुद्धि र समझदारी हुन सकेको होस्”
सम्भावित अर्थहरू हुन् १) “किनभने यो हामीलाई थाहा गराउन उहाँ चाहनुहुन्थ्यो” वा २) “जुन उहाँले चाहनुभएको कुरा थियो ।”
“उहाँले यस उद्देश्यलाई ख्रीष्टमा प्रदर्शन गर्नुभयो”
“ख्रीष्टको माध्यमद्वारा”
यहाँ एउटा नयाँ वाक्य सुरू गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले एउटा योजनालाई विचार गर्दै यसो गर्नुभयो” वा “उहाँले यसो गर्नुभयो, एउटा योजनाको बारेमा सोच्दै”
“ठीक समय आउनको लागि” वा “उहाँले नियुक्त गर्नुभएको समयको लागि”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई उत्तराधिकारहरू हुनलाई चुन्नुभयो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई पहिल्यैबाट चुन्नुभयो” वा “परमेश्वरले हामीलाई लामो समय अगाडि चुन्नुभयो”
“हामी” सर्वनामको माध्यमद्वारा पावलले आफैँलाई र अन्य यहूदी ख्रीष्टिएनहरूलाई जनाउँछन्, तिनीहरू जसले एफिसी विश्वासीहरूले भन्दा अगाडि ख्रीष्टलाई विश्वास गरे ।
फेरि पनि “हामी” शब्दले सुरुमा सुसन्देश सुनेका यहूदी विश्वासीहरूलाई जनाउँछ, एफिससमा भएका विश्वासीहरूलाई होइन ।
“ताकि हामी उहाँको महिमाको लागि उहाँलाई प्रशंसा गर्नलाई जिउन सकौँ”
एकपटक फेरि, “हामी”ले पावल र अन्य यहूदी विश्वासीहरूलाई जनाउँछ, एफिसी विश्वासीहरूलाई होइन ।
अघिल्ला दुई पदहरूमा पावलले आफ्नै र अन्य यहूदी विश्वासीहरूको बारेमा बोलिरहेका थिए, तर अब उनी एफिसी विश्वासीहरूको बारेमा कुरा गर्न सुरु गर्छन् ।
सम्भावित अर्थहरू हुन् १) “सत्यताको बारेमा भएको सन्देश” वा “सत्य सन्देश ।”
पत्रमा मैन राखिन्थ्यो र त्यस पत्र लेख्ने व्यक्तिलाई जनाउने चिन्हले मोहोर लगाइन्थ्यो । पावलले यही शैलीलाई एउटा चित्रणको रूपमा प्रयोग गरी हामी परमेश्वरका हौँ भनेर हामीलाई निर्धक्क बनाउनका लागि कसरी परमेश्वरले पवित्र आत्मालाई प्रयोग गर्नुभएको छ भन्ने कुरालाई देखाएका छन् । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई उहाँले प्रतिज्ञा गर्नुभएको पवित्र आत्माले छाप लगाउनुभएको छ”
परमेश्वरले प्रतिज्ञा गर्नुभएका कुराहरूलाई प्राप्त गर्नु चाहिँ कोही व्यक्तिले परिवारको सदस्यबाट सम्पत्ति वा जायजेथाको अंश प्राप्त गरेको झैँ गरेर बताइएको छ । वैकल्पिक अनुवादः “परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरा हामीले प्राप्त गर्नेछौँ भनेर निश्चयता”
पावल एफिससका विश्वासीहरूका निम्ति प्रार्थना गर्छन् र ख्रीष्टद्वारा विश्वासीहरूले प्राप्त गरेका शक्तिको लागि परमेश्वरको प्रशंसा गर्छन् ।
पावलले “छाडेको छैन” भन्ने वाक्यांश उनले निरन्तर परमेश्वरलाई धन्यवाद दिइरहन्छन् भन्ने कुरालाई जोड दिनलाई प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “म निरन्तर परमेश्वरलाई धन्यवाद दिन्छु”
“उहाँको प्रकाशको बारेमा बुझ्नको निम्ति आत्मिक बुद्धि”
यहाँ “हृदय” भनेको व्यक्तिको दिमागको लागि प्रतिस्थापन शब्द हो । “तिमीहरूका हृदयका आँखा” भन्ने वाक्यांशले कोही व्यक्तिको समझशक्ति प्राप्त गर्ने क्षमतालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “कि तिमीहरूले समझशक्ति हासिल गर्न सक र प्रकाश पाएका होओ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि परमेश्वरले तिमीहरूको हृदयलाई प्रकाश दिनुभएको होस्” वा “कि परमेश्वरले तिमीहरूको समझशक्तिलाई प्रकाश दिनुभएको होस्”
“देख्ने बनाइएको”
परमेश्वरले विश्वासीहरूलाई प्रतिज्ञा गर्नुभएका कुराहरूलाई प्राप्त गर्नु चाहिँ कोही व्यक्तिले परिवारको सदस्यबाट सम्पत्ति वा जायजेथाको अंश प्राप्त गरेको झैँ गरेर बताइएको छ ।
“तिनीहरू सबै जसलाई उहाँले आफ्नै निम्ति अलग गर्नुभएको छ” वा “तिनीहरू सबै जो पूर्ण रूपमा उहाँकै हुन्”
परमेश्वरको शक्ति चाहिँ अरू सबै शक्तिहरूभन्दा धेरै बढी छ ।
“हाम्रो लागि जसले विश्वास गर्छौँ”
“उहाँको महान् शक्ति जुन हाम्रो निम्ति काममा छ”
“उहाँलाई पुनः जीवित बनाउनुभयो”
ती सबैको माझबाट जो मरिगएका छन् । यस अभिव्यक्तिले तल पातालको संसारमा भएका सबै मृतक मानिसहरूलाई एकसाथ व्यक्त गर्छ । तिनीहरूको माझबाट फर्की आउने कुराले पुनः जीवित बन्ने कुराको विषयमा बताउँछ ।
राजाको “दाहिने हातपट्टि” बस्ने व्यक्ति चाहिँ उनको दायाँतर्फ बस्छन् र राजाको सारा अधिकारको साथमा शासन गर्छन् जुन राजाको दाहिने हातपट्टि वा दायाँपट्टि तिनी बस्छन् । यो स्थानलाई जनाउने प्रतिस्थापन शब्द हो जसले त्यस स्थानमा भएको व्यक्तिसँग भएको अधिकारलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “स्वर्गबाट शासन गर्नलाई सारा अधिकार उहाँलाई दिनुभयो”
परमेश्वरको “दाहिने हातपट्टि” बस्नु भनेको परमेश्वरबाट महान् सम्मान र अधिकार प्राप्त गर्ने कुराको सङ्केतात्मक कार्य हो । वैकल्पिक अनुवादः “उहाँलाई आफ्नो छेउमा सम्मान र अधिकारको स्थानमा बसाल्नुभयो”
“अलौकिक संसारमा ।” “स्वर्गीय” भन्ने शब्दले परमेश्वर हुनुभएको स्थानलाई जनाउँछ । तपाईंले यसलाई एफिसीहरू १:३ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
यिनीहरू स्वर्गदूतहरू र दुष्टहरू दुवैको गरेर, अलौकिक प्राणीहरूको ओहदाहरूलाई जनाउने विभिन्न शब्दहरू हुन् । वैकल्पिक अनुवादः “सबै किसिमका अलौकिक प्राणीहरूभन्दा धेरै माथि”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः सम्भावित अर्थहरू हुन् १) “हरेक नाउँ जुन मानिसले दिन्छ” वा २) “हरेक नाउँ जुन परमेश्वरले दिनुहुन्छ”
सम्भावित अर्थहरू हुन् १) उपाधि वा २) अधिकारको स्थान ।
“यस समयमा”
“भविष्यमा”
यहाँ “पाउ”ले ख्रीष्टको प्रभुत्व, अधिकार, र शक्तिलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “सबै कुराहरूलाई ख्रीष्टको शक्तिमुनि”
यहाँ “शिर”ले अगुवा वा जिम्मा पाएको व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबैकुराहरूमाथिको शासक”
एक मानव शरीरको जस्तै गरेर, जहाँ शिरले
“ख्रीष्टले सबै कुराहरूलाई जीवन दिनुभए झैँ गरेर मण्डलीलाई उहाँको जीवन र शक्तिले भर्नुहुन्छ”
1 तिमीहरू त आफ्ना अपराधहरू र पापहरूमा मरेका थियौ । 2 यस संसारको रीतिअनुसार तिमीहरू यस्ता कुराहरूमा एकपल्ट हिँडेका थियौ । आकाशको शक्तिको शासक अनुसार तिमीहरू हिँडेका थियौ । यो त्यसको आत्मा हो, जो अनाज्ञाकारीताका सन्तानहरूमा काम गर्दछ । 3 हामी एकपल्ट यी सबै अविश्वासीहरू सँगै थियौँ । हाम्रो शरीरको खराब इच्छा अनुसार हामी चल्थ्यौँ र शरीर र मनका इच्छा अनुसार काम गर्ने गर्थ्यौँ । हामी अरू मानिसहरू जस्तै स्वभावले क्रोधका सन्तान थियौँ । 4 तर परमेश्वरले आफ्नो महान् प्रेमले हामीलाई प्रेम गर्नुभएको कारण उहाँ दयामा धनी हुनुहुन्छ । 5 जब हामी आफ्ना अपराधहरूमा मरेका थियौँ, उहाँले हामी सबैलाई सँगै ख्रीष्टमा नयाँ जीवनमा ल्याउनुभयो । उहाँको अनुग्रहद्वारा तिमीहरू बचाइएका छौ । 6 ख्रीष्ट येशूमा हामीलाई परमेश्वरले उठाउनुभएको छ र स्वर्गीय स्थानहरूमा उहाँसँगै बसाल्नुभएको छ । 7 आउँदा दिनहरूमा उहाँको अनुग्रहको प्रशस्तता हामीलाई प्रकट गराउने हेतुले उहाँले यसो गर्नुभयो । ख्रीष्ट येशूमा उहाँको दयाद्वारा उहाँले यो देखाउनुहुन्छ । 8 किनकि तिमीहरू अनुग्रहबाट विश्वासद्वारा बचाइएका छौ, र यो तिमीहरूबाट आएको होइन तर यो परमेश्वरको उपहार हो । 9 कामहरूबाट यो होइन, यसैकारण कसैले घमण्ड गर्न सक्दैन । 10 किनकि हामीहरू परमेश्वरले धेरै पहिले देखि नै योजना गर्नुभएको असल काम गर्नको निम्ति र हामीहरू ती बमोजिम हिडौँ भनेर ख्रीष्ट येशूमा सृजना गरिएका उहाँको हातका सिप हौँ । 11 त्यसकारण यो कुरा सम्झ, कि एक समय तिमीहरू शरीरमा गैरयहूदीहरू थियौ । मानिसहरूका हातहरूबाट शरीरमा खतना भएकाहरूले तिमीहरूलाई “बेखातनाको” भनेर बोलाउँथे । 12 किनकि त्यो समयमा तिमीहरू ख्रीष्टबाट अलगिएका थियौ । इस्राएलका मानिसहरूका निम्ति तिमीहरू परदेशी थियौ । तिमीहरू प्रतिज्ञाका करारबाट बिराना थियौ । तिमीहरूको भविष्यको कुनै निश्चयता थिएन । तिमीहरू परमेश्वर बिना यस संसारमा थियौ । 13 तिमीहरू एक समय परमेश्वरबाट टाढा भएकाहरू, अब येशू ख्रीष्टको रगतद्वारा ख्रीष्ट येशूमा परमेश्वरसँग नजिक ल्याइएका छौ । 14 किनकि उहाँ हाम्रो शान्ति हुनुहुन्छ । उहाँले दुईलाई एक बनाउनुभयो । हामीलाई एक अर्कामा विभाजन गर्ने शत्रुताका पर्खालहरू उहाँको शरीरद्वारा भत्काइएका छन् । 15 अर्थात्, उहाँमा नै एउटा नयाँ मानिस सृष्टि गर्न, उहाँले नियमहरू र आज्ञाहरूका कानुनलाई खारेज गरिदिनुभयो । उहाँले मिलाप गराउनुभयो । 16 उहाँको क्रूसद्वारा दुई मानिसलाई परमेश्वरमा शरीरमा एक बनाउनको निम्ति उहाँले यो गर्नुभयो । क्रुससँगै उहाँले शत्रुतालाई नाश गर्नुभयो । 17 येशू आउनुभयो र धेरै टाढा र नजिक भएकाहरूलाई उहाँले शान्तिको घोषणा गर्नुभयो । 18 किनकि येशूद्वारा हामी दुवै एउटै आत्मामा पिताकहाँ जान सक्छौँ । 19 त्यसकारण, तिमी यहूदीहरू कोहीपनि नौलो मानिस वा परदेशी छैनौ । तर सबै परमेश्वरको निम्ति अलग गरिएकाहरू सँगै उहाँको राज्यको सँगी नागरिकहरू हौ र परमेश्वरको परिवारका सदस्यहरू हौ । 20 तिमीहरू प्रेरित र अगमवक्ताहरूको जग माथि बसालेर निर्माण गरिएका हौ । ख्रीष्ट येशू आफैँ कुने-ढुङ्गो हुनुहुन्छ । 21 येशू ख्रीष्टमा उहाँको सारा निर्माण मिल्दै जान्छ र प्रभुमा एउटै मन्दिरको रूपमा बढ्दै जान्छ । 22 अनि उहाँमा नै तिमीहरू पनि पवित्र आत्मामा परमेश्वरको वासस्थानको रूपमा सँगै निर्माण भइरहेका छौ ।
यस अध्यायले येशूमा विश्वास गर्न आउनुभन्दा अगाडिको एक ख्रीष्टिएनको जीवनमा ध्यान लगाउँछ । त्यसपछि पावलले यस जानकारीलाई एक व्यक्तिको पुरानो जीवन शैली चाहिँ एक ख्रीष्टिएनको “ख्रीष्टमा” भएको नयाँ परिचयबाट बिछट्टै अलग हुन्छ भनेर व्याख्या गर्नलाई प्रयोग गर्छन् ।
पावलले यस अध्यायमा मण्डलीको बारेमा सिकाउँछन् । मण्डली दुई फरक समूहका मानिसहरूले (यहूदीहरू र अन्यजातिहरू) बनेको छ । तिनीहरू अब एक समूह वा “शरीर” हुन् । मण्डलीलाई येशूको शरीर पनि भनिन्छ । यहूदीहरू र अन्यजातिहरू ख्रीष्टमा एकीकृत गरिएका छन् ।
पावलले सिकाउँछन् कि ती मानिसहरू जो ख्रीष्टिएनहरू होइनन्, ती तिनीहरूका पापमा “मरेका” छन् । पापले तिनीहरूलाई बन्धनमा राख्छ वा दास बनाउँछ । यसले तिनीहरूलाई आत्मिक रूपमा “मृत” बनाउँछ । पावलले लेख्छन् कि परमेश्वरले ख्रीष्टिएनहरूलाई ख्रीष्टमा जीवित बनाउनुहुन्छ । , अनि अनि
पावलले गैर-ख्रीष्टिएनहरू कसरी काम गर्छन् भनेर वर्णन गर्नलाई थुप्रै विभिन्न अलङ्कारहरू प्रयोग गर्छन् । तिनीहरू हुनः “यस संसारको चालअनुसार चले”, “आकाशका अधिकारहरूको शासकअनुसार चले”, “हाम्रो पापपूर्ण स्वभावको दुष्ट अभिलाषाहरूलाई पूरा गर्दै” र “शरीर र मनको इच्छा पूरा गर्दै ।”
केही विद्वानहरूले विश्वास गर्छन् कि यहाँ “यो” शब्दले उद्धार गरिने कुरालाई जनाउँछ । अन्य विद्वानहरूले विश्वास गर्छन् कि यो विश्वास हो जुन परमेश्वरको वरदान हो । ग्रीक शब्दहरूका कालपक्षहरूको सङ्गति कसरी हुन्छ भन्ने कुराको कारण, “यो” शब्दले सबैजनालाई परमेश्वरको अनुग्रहद्वारा विश्वासबाट बचाइएको कुरालाई जनाउँछ ।
यो एउटा जटिल विषय हो । यो सम्भव छ कि “शरीर” चाहिँ कोही व्यक्तिको पापपूर्ण स्वभावको लागि एउटा अलङ्कार हो । “शरीरमा भएका अन्यजातिहरू” भन्ने वाक्यांशले सङ्केत गर्छ कि एफिसीहरू एक समयमा परमेश्वरको विषयमा केही वास्ता नराखिकन जिउँथे । “शरीर”लाई यस पदमा मानिसको भौतिक भागलाई जनाउन पनि प्रयोग गरिएको छ ।
पावलले विश्वासीहरूलाई तिनीहरूको बितेको समय र परमेश्वरको सामु तिनीहरूको वर्तमान अवस्थाबारे सम्झना गराएका छन् ।
यसले एउटा मृतकले शारीरिक रूपमा प्रतिक्रिया दिन नसके झैँ पापी मानिसहरूले पनि परमेश्वरको आज्ञापालन गर्न नसक्ने कुरालाई देखाउँछ ।
“अपराध” र “पापहरू” भन्ने शब्दहरूका अर्थ उस्तै-उस्तै हुन्छन् । मानिसहरूको पाप कति ठूलो छ भनेर देखाउनको निम्ति पावलले यी शब्दहरूलाई सँगै प्रयोग गरेका हुन् ।
प्रेरितहरूले पनि “संसार”शब्दलाई यस संसारमा जिउने मानिसहरूको स्वार्थी व्यवहार र भ्रष्ट मूल्य-मान्यताहरूलाई जनाउन प्रयोग गरे । वैकल्पिक अनुवादः “यस संसारमा जिउने मानिसहरूको मूल्य-मान्यताअनुसार” वा “यस वर्तमान संसारका सिद्धान्तहरू पछ्याउँदै”
यसले दुष्ट वा शैतानलाई जनाउँछ ।
“शैतानको आत्मा, जसले काम गर्दै छ”
“शरीर” र “मन”ले एउटा पूर्ण व्यक्तिलाई प्रतिनिधित्व गर्छन् ।
ती मानिसहरू जससँग परमेश्वर रिसाउनुभएको छ
“परमेश्वर दयामा प्रचुर हुनुहुन्छ” वा “परमेश्वर हामीप्रति धेरै दयालु हुनुहुन्छ”
“हाम्रो निम्ति उहाँको महान् प्रेमको कारण” वा “किनभने उहाँले हामीलाई धेरै प्रेम गर्नुभयो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीप्रतिको उहाँको महान् दयाको कारण हामीलाई बचाउनुभयो”
यहाँ बिउँताउनु भनेको मरिगएको कसैलाई पुनः जीवित बनाउने कुरालाई जनाउने वाक्पद्धति हो । सम्भावित अर्थहरू हुन् १) किनभने परमेश्वरले ख्रीष्टलाई फेरि जीवित भएर आउने तुल्याउनुभएको छ, परमेश्वरले पावल र एफिससमा भएका विश्वासीहरूलाई पहिल्यैबाट नयाँ आत्मिक जीवन दिइसक्नुभएको छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई नयाँ जीवन दिनुभएको छ किनभने हामी ख्रीष्टका हौँ” वा २) किनभने परमेश्वरले ख्रीष्टलाई फेरि जीवित भएर आउने तुल्याउनुभएको छ, एफिससमा भएका विश्वासीहरूले तिनीहरू मरिसकेपछि ख्रीष्टसँगै जिउनेछन् भनेर अब जान्न सक्छन्, र पावलले विश्वासीहरू पुनः जिउने विषयमा त्यो कुरा पहिल्यै नै भइसकेको छ भने झैँ गरेर बताउन सक्छन् । वैकल्पिक अनुवादः “हामी पक्का हुन सक्छौँ परमेश्वरले ख्रीष्टलाई पुनः जीवित भएर आउने तुल्याउनुभए झैँ गरेर हामीलाई जीवन दिनुहुनेछ”
“अलौकिक संसारमा ।” “स्वर्गीय” भन्ने शब्दले परमेश्वर रहनुहुने स्थानलाई जनाउँछ । यसलाई एफिसीहरू १:३ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।
“ख्रीष्ट येशूमा” र यस्तै खालका अभिव्यक्तिहरू त्यस्ता अलङ्कारहरू हुन्, जुन नयाँ करारमा धेरै पटक प्रयोग भएका छन् । यसले ख्रीष्ट र उहाँमा विश्वास गर्नेहरूका बीचमा हुन सक्ने सबैभन्दा मजबुत सम्बन्धलाई व्यक्त गर्छ ।
“भविष्यमा”
यदि हामीले येशूमा विश्वास मात्र गर्यौँ भने, हामीप्रति परमेश्वरको दया नै त्यो कारण हुन्छ जसद्वारा हामी न्यायदेखि बचाइन सक्छौँ । वैकल्पिक अनुवादः “तिमीहरूको उहाँमा भएको विश्वासको कारण परमेश्वरले तिमीहरूलाई अनुग्रहद्वारा बचाउनुभयो”
“यो” शब्दले “तिमीहरू अनुग्रहबाट विश्वासद्वारा बचाइएका छौ” भन्ने कुरालाई नै जनाउँछ ।
तपाईंले यहाँ नयाँ वाक्य सुरु गर्नलाई इच्छा गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “उद्धार कामहरूबाट आउँदैन, ताकि कसैले घमण्ड नगरोस्” वा “कुनै व्यक्तिले गरेको कामहरूअनुसार परमेश्वरले उसलाई बचाउनुहुन्न, त्यसैले कसैले पनि घमण्ड नगरोस् र त्यो उसले कमाएको हो भनेर नभनोस्”
“ख्रीष्ट येशूमा” र यस्तै खालका अभिव्यक्तिहरू त्यस्ता अलङ्कारहरू हुन्, जुन नयाँ करारमा धेरै पटक प्रयोग भएका छन् । यसले ख्रीष्ट र उहाँमा विश्वास गर्नेहरूका बीचमा हुन सक्ने सबैभन्दा मजबुत सम्बन्धलाई व्यक्त गर्छ ।
कुनै मार्गमा हिँड्नु भनेको चाहिँ कोही व्यक्तिले उसको जीवन कसरी जिउँछ भन्ने कुरालाई जनाउने अलङ्कार हो । यहाँ “तिनमा” भन्ने कुराले “असल कार्यहरू”लाई जनाउँछ । वैकल्पिक अनुवादः “हामी ती असल कार्यहरूलाई सधैँ र निरन्तर रूपमा गरौँ”
ख्रीष्ट र उहाँको क्रूसद्वारा परमेश्वरले अन्यजातिहरू र यहूदीहरूलाई एउटै शरीरमा ल्याउनुभएको कुरालाई पावलले सम्झना दिलाएका छन् ।
यसले यहूदी भएर नजन्मिएका मानिसहरूलाई जनाउँछ ।
अन्यजातिहरू बालक हुँदा तिनीहरूको खतना भएको हुँदैन र यसैकारण यहूदीहरूले तिनीहरूलाई परमेश्वरको व्यवस्था नमान्नेहरू भनेर सम्झन्थे । वैकल्पिक अनुवादः “खतना नभएका मूर्तिपूजकहरू”
यहूदीहरूका निम्ति प्रयोग हुने यो अर्को शब्द हो, किनकि आठौँ दिनमा सबै पुरूष शिशुहरूको खतना हुन्थ्यो । वैकल्पिक अनुवादः “खतना भएका मानिसहरू”
सम्भावित अर्थहरू हुन् १) “यहूदीहरू, जो मानिसहरूद्वारा खतना गरिएका हुन्” वा २) “भौतिक शरीरमा मात्र खतना गर्ने यहूदीहरू ।”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले भन्ने कुराद्वारा” वा “तीबाट जसलाई मानिसहरूले ... भन्छन्”
“विश्वास नगर्नेहरू”
पावलले अन्यजाति विश्वासीहरूसँग, तिनीहरू परमेश्वरको करार र प्रतिज्ञाको भूमिबाट अलग गरिएका परदेशीहरू झैँ थिए जस्तै गरी कुरा गर्छन् ।
ख्रीष्टमा विश्वास गर्नुभन्दा पहिले र विश्वास गरेपछि एफिसीहरूहरूमा भएको भिन्नतालाई पावलले दर्शाइरहेका छन् ।
पापको कारण परमेश्वरको नभएको हुने कुरालाई परमेश्वरबाट टाढा भएको झैँ गरी बताइएको छ । ख्रीष्टको रगतको कारण परमेश्वरको हुनु भन्ने कुरालाई परमेश्वरको नजिक ल्याइएको झैँ गरेर बताइएको छ । वैकल्पिक अनुवादः “तिमीहरू जो एक समय परमेश्वरका थिएनौ, ख्रीष्टको रगतको कारण अब परमेश्वरका भएका छौ”
ख्रीष्टको रगत चाहिँ उहाँको मृत्युलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “ख्रीष्टको मृत्युद्वारा” वा “जब ख्रीष्ट हाम्रो लागि मर्नुभयो”
“येशूले हामीलाई उहाँको शान्ति दिनुहुन्छ”
“हाम्रो” भन्ने शब्दले पावल र उनका पाठकहरूलाई बुझाउँदछ र यसैले समावेशी छ ।
“उहाँले यहूदीहरू र अन्यजातिहरूलाई एक बनाउनुभयो”
“उहाँको शरीर”, उहाँको भौतिक शरीर भन्ने शब्दहरू चाहिँ उहाँको शरीर मरेको कुरालाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “क्रूसमा उहाँको शरीरको मृत्युद्वारा”
“घृणाको पर्खाल” वा “कुविचारको पर्खाल”
यहूदीहरू र अन्यजातिहरू परमेश्वरमा शान्तिमा जिऊन् भनेर येशूको रगतले मोशाले दिएका व्यवस्थालाई पूरा गर्यो ।
एउटा नयाँ मानिसहरू, उद्धार पाएका मानिसहरू
यो ख्रीष्टसँगको एकता हो जसले यहूदीहरू र अन्यजातिहरू बीचमा पुनर्मिलापलाई सम्भव बनाउँछ ।
“ख्रीष्टले यहूदीहरू र अन्यजातिहरूलाई एकसाथ शान्तिमा ल्याउनुहुन्छ”
यहाँ क्रूसले क्रूसमा भएको ख्रीष्टको मृत्युलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवाद: “क्रूसमा भएको ख्रीष्टको मृत्युको माध्यमद्वारा”
तिनीहरूको शत्रुतालाई रोक्नु चाहिँ उहाँले तिनीहरूको शत्रुतालाई मार्नुभएको झैँ गरेर बताइएको छ । क्रूसमा मर्नुभएर येशूले यहूदीहरू र अन्यजातिहरू एक अर्कासँग शत्रु हुनुपर्ने कारणलाई हटाउनुभयो । नता अब तिनीहरूमध्ये कुनैलाई मोशाको व्यवस्थाअनुसार जिउन जरुरी छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई एक अर्कालाई हेला गर्न रोक्दै”
पावल एफिसी विश्वासीहरूलाई भन्छन् कि वर्तमान अन्यजाति विश्वासीहरूलाई अब यहूदी प्रेरितहरू र अगमवक्ताहरूसँग पनि एक बनाइएको छ; तिनीहरू अब आत्मामा परमेश्वरको लागि मन्दिर हुन् ।
“शान्तिको सुसमाचार सुनाउनुभयो” वा “शान्तिको सुसमाचार घोषणा गर्नुभयो”
यसले अन्यजातिहरू वा गैर-यहूदीहरूलाई जनाउँछ ।
यसले यहूदीहरूलाई जनाउँछ ।
यहाँ “हामी दुवै” शब्दहरूले पावल, विश्वासी यहूदीहरू र विश्वासी गैर-यहूदीहरूलाई जनाउँछन् ।
यहूदी र अन्यजाति दुवै गरेर, सबै विश्वासीहरूलाई एउटै पवित्र आत्माद्वारा परमेश्वर पिताकहाँ जाने अधिकार दिइएको छ ।
पावलले फेरि पनि अन्यजातिहरूको विश्वासी भइसकेपछिको आत्मिक अवस्थाको विषयमा परदेशीहरू अर्कै राष्ट्रको नागरिकहरू भएको जस्तै गरी बताउँछन् ।
पावलले परमेश्वरका मानिसहरूलाई एउटा भवनको रूपमा व्यक्त गरेका छन् । ख्रीष्ट त्यसको कुने-ढुङ्गो हुनुहुन्छ, प्रेरितहरू जग हुन्, र विश्वासीहरू संरचना हुन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई निर्माण गर्नुभएको छ”
पावलले ख्रीष्टको परिवारलाई एउटा भवनको रूपमा व्यक्त गरिरहेका छन् । जसरी भवन बनाउने व्यक्तिले निर्माण गर्ने क्रममा ढुङ्गाहरूलाई मिलाएर राख्छ, त्यसरी नै ख्रीष्टले हामीलाई मिलाएर एकसाथ जोड्दै हुनुहुन्छ ।
“ख्रीष्टमा ... प्रभु येशूमा ।” यी अलङ्कारहरूले ख्रीष्ट र उहाँमा विश्वास गर्नेहरूका बीचमा सम्भव हुने सबैभन्दा दृढ किसिमको सम्बन्धलाई व्यक्त गर्छन् ।
“ख्रीष्टमा ।” यस अलङ्कारले ख्रीष्ट र उहाँमा विश्वास गर्नेहरूका बीचमा सम्भव हुने सबैभन्दा दृढ किसिमको सम्बन्धलाई व्यक्त गर्छ ।
पवित्र आत्माको शक्तिद्वारा परमेश्वर सदाको लागि वास गर्नुहुने स्थान बन्नको निम्ति विश्वासीहरूलाई कसरी सँगै राखिँदैछ भन्ने कुरालाई यसले वर्णन गर्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई पनि एकसाथ निर्माण गरिरहनुभएको छ”
1 यसैकारण, म पावल, तिमी गैरयहूदीहरूका निम्ति येशू ख्रीष्टको एक कैदी हुँ । 2 तिमीहरूका निम्ति परमेश्वरले मलाई दिनुभएको उहाँको अनुग्रहको कार्यको विषयमा तिमीहरूले सुनेका छौ भनी म विचार गर्दछु । 3 मलाई दिइएको प्रकाश अनुसार म यी कुराहरू लेख्दै छु । मेरो अर्को पत्रमा मैले सम्क्षिप्त रूपमा लेखेको कुरा एउटा गुप्त सत्यता हो । 4 जब तिमीहरू यसको बारेमा पढ्छौ, तब ख्रीष्टको लुकिएको सत्यताको बारेमा मसँग भएको अन्तर्दृष्टिको बारेमा तिमीहरूले बुझ्न सक्ने छौ । 5 यो सत्यता अरू पुस्ताहरूको मानिसहरूलाई बताइएको थिएन । तर अहिले उहाँमा समर्पित प्रेरितहरू र अगमवक्ताहरूलाई आत्माद्वारा यो प्रकट गराइएको छ । 6 यो गुप्त सत्यता यही हो, कि गैरयहूदीहरू सँगी उत्तराधिकारीहरू र उहाँको शरीरका सँगी सदस्यहरू हुन् । यो सुसमाचारद्वारा ख्रीष्ट येशूमा भएको प्रतिज्ञाका तिनीहरू सँगी भागेदारहरू हुन् । 7 उहाँको शक्तिको कामद्वारा मलाई दिइएको परमेश्वरको अनुग्रहको वरदानद्वारा म यस सुसमाचारको सेवक भएको छु । 8 परमेश्वरका निम्ति अलग गरिएकाहरू मध्ये म सबै भन्दा सानो भएतापनि, उहाँले मलाई यो वरदान दिनुभयो । गैरयहूदीहरूलाई ख्रीष्ट येशूको अचिन्तनीय सम्पत्तिको विषयमा सुसमाचार घोषणा गर्नको निम्ति यो वरदान मलाई दिइयो । 9 सबै मानिसहरूलाई परमेश्वरको गुप्त योजनाको बारेमा मैले स्पष्ट गर्नुपर्छ । पहिले, यो योजना सबै कुरालाई सृष्टि गर्नुहुने परमेश्वरद्वारा पुस्तौँसम्म लुकाइएको थियो । 10 परिणाम स्वरूप, अब मण्डलीद्वारा स्वर्गीय स्थानहरूमा भएका शासकहरू र अधिकार गर्नेहरूले परमेश्वरको विवेकको बहुपक्षिय प्रवृत्तिबारे थाहा पाउनेछन् । 11 हाम्रा प्रभु, ख्रीष्ट येशूमा उहाँले पूरा गर्नुभएको अनन्त योजना अनुसार यो हुनेछ । 12 किनभने ख्रीष्टमा, उहाँमाथि हाम्रो विश्वासको कारण हामीले साहस र आत्मविश्वास पाएका छौँ । 13 यसकारण, तिमीहरूका निम्ति मैले गरेका दुःखहरूमा तिमीहरू निरुत्साहित नहुन म आग्रह गर्दछु । त्यो तिमीहरूका निम्ति महिमा हो । 14 यही कारण म पिताको सामु मेरा घुँडा टेक्दछु, 15 जसको पछाडि स्वर्ग र पृथ्वीमा भएका सबै परिवारको नाउँ राखिएको छ । 16 उहाँको महिमाको प्रशस्तता अनुसार तिमीहरूमा बास गर्नुहुने उहाँको आत्माको शक्तिद्वारा उहाँले तिमीहरूलाई मजबूत गराऊन् भनेर म प्रार्थना गर्दछु । 17 तिमीहरूको विश्वासद्वारा येशू ख्रीष्ट तिमीहरूका हृदयमा वास गरून् भनेर म प्रार्थना गर्दछु । उहाँको प्रेममा तिमीहरूले जरा गाडी जग बसाल्न सकोस् भनेर म प्रार्थना गर्दछु । 18 ताकि, उहाँको प्रेममा सबै विश्वासीहरू सँगै ख्रीष्टको प्रेमको चौडाई, लम्बाई, उचाई र गहिराई तिमीहरूले बुझ्न सकोस् । 19 तिमीहरूले ख्रीष्टको प्रेमको महानतालाई बुझ्न सकोस् भनेर म प्रार्थना गर्दछु, जुन ज्ञान भन्दा उत्तम छ । तिमीहरू परमेश्वरको समपूर्णताले भरिन सक भनेर यसो गर । 20 अब हामी भित्र काम गर्ने उहाँको शक्ति अनुसार, हामीले माग्ने वा विचार गर्ने सबै कुराभन्दा धेरै माथि सबै थोक गर्न सक्नुहुने उहाँलाई, 21 ख्रीष्ट येशूमा भएका सबै पुस्ताहरूद्वारा र मण्डलीमा उहाँलाई सदासर्वदा युग-युग सम्म महिमा होस् ! आमेन ।
यो अध्यायको संरचना थोरै प्रार्थनाको जस्तो छ, तर यो खासै प्रार्थना जस्तो छैन । यो एउटा अद्वितीय “प्रार्थना” हो जहाँ पावल केवल परमेश्वरसँग मात्र कुरा गरिरहेका छैनन् । उनले एफिससमा भएको मण्डलीलाई लिखित निर्देशनहरू पनि दिइरहेका छन् ।पावलले यस अध्यायको केही भागलाई परमेश्वरलाई गरिएको प्रार्थनाको रूपमा संरचना दिन्छन् । तर पावलले परमेश्वरसँग कुरा मात्र गरिरहेका छैनन् । उनले एफिससमा भएका मण्डलीको लागि प्रार्थना गर्ने र तिनीहरूलाई निर्देशन दिने काम दुवै गरिरहेका छन् ।
पावलले मण्डलीलाई एक “रहस्य”को रूपमा जनाउँछन् । परमेश्वरका योजनाहरूमा मण्डलीको भूमिकाको बारेमा एकसमयमा जानिएको थिएन । तर अब परमेश्वरले त्यसलाई प्रकट गर्नुभएको छ । यस रहस्यको एउटा भागले परमेश्वरका वर्तमान योजनाहरूमा अन्यजातिहरूको यहूदीहरूसँग भएको बरारबर उभ्याइलाई संलग्न गराउँछ ।
विश्वासीहरूलाई मण्डलीको गुप्त सत्यताको बारेमा स्पष्ट गराउनको निम्ति, पावल यहूदीहरू र अन।यजातिहरू बीचको एकता र मन्दिरको विषयलाई पुनः उल्लेख गर्छन्, जुन मन्दिरको विश्वासीहरू अब एक हिस्सा हुन् ।
“तिमीहरूका निम्ति परमेश्वरको अनुग्रहको कारण”
“त्यो व्यक्ति जसलाई ख्रीष्ट येशूले कैदमा राख्नुभएको छ”
“परमेश्वरको अनुग्रह तिमीहरूकहाँ ल्याउनको निम्ति उहाँले मलाई दिनुभएको जिम्मेवारी”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई प्रकट गर्नुभएको कुराअनुसार”
यी मानिसहरूलाई पावलले लेखेको अर्को पत्रलाई उनले जनाउँछन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले यी कुराहरू विगतमा भएका मानिसहरूलाई थाहा गराउनुभएन”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर अब आत्माले त्यो प्रकट गर्नुभएको छ” वा “तर अब आत्माले त्यो थाहा गराउनुभएको छ”
“प्रेरितहरू र अगमवक्ताहरू जसलाई यो काम गर्नलाई परमेश्वरले अलग गर्नुभएको छ”
अगिल्लो पदमा पावलले व्याख्या गर्न सुरुआत गरेको गुप्त सत्यता यही हो । ख्रीष्टलाई ग्रहण गर्ने अन्यजातिहरूले पनि यहूदी विश्वासीहरूले झैँ उही कुराहरू प्राप्त गर्छन् ।
मण्डलीलाई प्रायः ख्रीष्टको शरीरको रूपमा उल्लेख गरिन्छ ।
“ख्रीष्ट येशूमा” र यस्तै खालका अभिव्यक्तिहरू त्यस्ता अलङ्कारहरू हुन्, जुन नयाँ करारमा धेरै पटक प्रयोग भएका छन् । तिनीहरूले ख्रीष्ट र उहाँमा विश्वास गर्नेहरूका बीचमा हुन सक्ने सबैभन्दा मजबुत सम्बन्धलाई व्यक्त गर्छन् ।
सम्भावित अर्थहरू हुन् १) सुसमाचारको कारण अन्यजातिहरू यस प्रतिज्ञामा सङ्गी सहभागी भएका छन् वा २) सुसमाचारको कारण अन्यजातिहरू सङ्गी उत्तराधिकारीहरू र उहाँको शरीरका सदस्यहरू र प्रतिज्ञाका सङ्गी भागीदारहरू हुन् ।
पूर्ण रूपमा जान्न नसकिने
पावलले ख्रीष्टको बारेमा भएको सत्यता र उहाँले ल्याउनुहुने आशिष्हरूलाई भौतिक सम्पत्तिको रूपमा व्यक्त गर्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । “परमेश्वरले, जसले सबैकुराहरू बनाउनुभयो, यस योजनालाई विगतमा लामो समयका युगहरूदेखि गोप्य राख्नुभयो”
“परमेश्वरले स्वर्गीय स्थानहरूमा भएका शासकहरू र अधिकार गर्नेहरूलाई मण्डलीद्वारा उहाँको महान् बुद्धि थाहा गराउनुहुनेछ”
यी शब्दहरूले उस्तै अर्थ दिन्छन् । हरेक आत्मिक प्राणीले परमेश्वरको बुद्धिको बारेमा थाहा गर्नेछ भन्ने कुरालाई जोड दिएर बताउनको निम्ति पावलले यी शब्दहरूलाई सँगै प्रयोग गर्छन् ।
“अलौकिक संसारमा ।” “स्वर्गीय” भन्ने शब्दले परमेश्वर रहनुहुने स्थानलाई जनाउँछ । यसलाई एफिसीहरू १:३१:३ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।
परमेश्वरको जटिल बुद्धि
“अनन्तको योजनामुताबिक” वा “अनन्त योजनासँग समान”
पावल उनको दुःखभोगमा परमेश्वरको प्रशंसा गर्छन् र यी एफिससका विश्वासीहरूका निम्ति प्रार्थना गर्छन् ।
“हामी निडर छौँ” वा “हामीसँग आँट छ”
यो पहुँच परमेश्वरको उपस्थितिभित्रको हो भनेर स्पष्ट रूपमा व्यक्त गर्नु चाहिँ सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “निश्चयताको साथ परमेश्वरको उपस्थितिमा प्रवेश पाउनु” वा “निश्चयताको साथ परमेश्वरको उपस्थितिमा प्रवेश गर्न स्वतन्त्रता”
certainty" or "assurance
“तिमीहरूको महिमा” भन्ने वाक्यांशले भावी राज्यमा तिनीहरूले महसुस गर्नुपर्ने वा गर्ने गौरवलाई जनाउने प्रतिस्थापन शब्द हो । पावलले झ्यालखानामा दुःख भोगी रहँदा एफिससका ख्रीष्टिएनहरूले गौरव गर्नुपर्छ । यसलाई एउटा नयाँ वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ ... तिमीहरूका निम्ति ... । यो तिमीहरूको हितको निम्ति हो” वा “ ... तिमीहरूका निम्ति ... । तिमीहरू यसको निम्ति गौरवान्वित हुनुपर्छ”
तपाईंले कारण के हो भनेर स्पष्ट पार्नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “किनभने परमेश्वरले तिमीहरूका निम्ति यी सबै कुराहरू गर्नुभएको छ”
टेकिएका घुँडाले एउटा मानिस प्रार्थनामा रहेको कुराको चित्रण गर्छ । वैकल्पिक अनुवादः “म पिताको सामु प्रार्थनामा शिर झुकाउँछु” वा “म पितासँग विनम्रतासाथ प्रार्थना गर्छु”
यहाँ नाम दिने कार्यले सम्भवतः सृष्टिको कार्यलाई पनि प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “जसले स्वर्ग र पृथ्वीमा भएका सबै परिवारको सृष्टि गरी नाम दिनुभयो”
“परमेश्वरले, किनभने उहाँ त्यस्तो धेरै महान् र शक्तिशाली हुनुहुन्छ, उहाँको शक्तिद्वारा तिमीहरूलाई मजबुत बन्न दिऊन्”
“प्रदान गरून्”
पावलले एफिसीहरू ३:१४ मा सुरुआत गरेको प्रार्थनालाई निरन्तरता दिन्छन् ।
“परमेश्वरले आफ्नो महिमाको प्रशस्तताअनुसार” एफिसीहरूलाई “दिऊन्” भनेर पावलले प्रार्थना गरेको यो दोस्रो कुरा हो । पहिलो चाहिँ तिनीहरू “बलिया पारिऊन्” भन्ने हो (एफिसीहरू ३:१६) ।
यहाँ “हृदय” शब्दले मानिसको भित्री अन्तस्करणलाई जनाउँछ, र “द्वारा” शब्दले विश्वासीभित्र ख्रीष्ट बस्नुहुने माध्यमलाई जनाउँछ । अनुग्रही भएर परमेश्वरले विश्वासीहरूलाई विश्वास प्राप्त गर्न दिनुभएको कारण विश्वासीहरूका हृदयमा ख्रीष्ट बास गर्नुहुन्छ । वैकल्पिक अनुवादः “कि ख्रीष्ट तिमीहरूभित्र वास गर्नुभएको होस् किनभने तिमीहरू उहाँमा भरोसा गर्छौ”
पावलले तिनीहरूको विश्वास चाहिँ गहिरो गरी जरा हालेको कुनै रूख वा पक्का जगमाथि निर्माण गरिएको कुनै भवन भए झैँ गरी बताउँछन् । वैकल्पिक अनुवादः “कि तिमीहरू बलियोसँगले जरा हालेका रूख र चट्टानमा निर्माण गरिएका भवन जस्तै होओ”
यी शब्दहरूलाई पद १७ मा “कि तिमीहरूले उहाँको प्रेममा जरा गाडेका र जग बसालेका होओ” भन्ने शब्दहरूका साथ सुरु हुने शब्दहरूसँग दुई तरिकामा जोड्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) “उहाँको प्रेममा तिमीहरूले जरा गाडेका र जग बसालेका होओ ताकि तिमीहरूसँग सामर्थ्य भएको होस् र बुझ्न सकेका होओ भनेर म प्रार्थना गर्छु” वा २) “ताकि तिमीहरूले उहाँको प्रेममा जरा गाडेका र जग बसालेका होओ । तिमीहरूसँग सामर्थ्य भएको होस् ताकि तिमीहरूले बुझ्न सकेका होओ भनेर पनि म प्रार्थना गर्छु”
पावलले घुँडा टेकी प्रार्थना गरेको यो दोस्रो विषय हो; पहिलोचाहिँ, तिनीहरूलाई परमेश्वरले मजबुत गराऊन् (एफिसीहरू ३:१६) र विश्वासद्वारा ख्रीष्ट तिनीहरूका हृदयमा वास गरून् (एफिसीहरू ३:१७) भन्ने हो । अनि एफिसीहरू आफैँले गर्न सक्षम हुन सकेका होऊन् भनेर पावलले प्रार्थना गरेको पहिलो कुरा चाहिँ “बुझ्ने” हुनु हो ।
“ख्रीष्टमा सबै विश्वासीहरू” वा “सबै सन्तहरू”
सम्भावित अर्थहरू हुन् १) यी शब्दहरूले परमेश्वरको बुद्धिको महानतालाई वर्णन गर्छ, वैकल्पिक अुनवादः “कसरी परमेश्वर त्यति धेरै बुद्धिमान् हुनुहुन्छ” वा २) यी शब्दहरूले हामीप्रतिको ख्रीष्टले प्रेमको तीव्रतालाई वर्णन गर्छ । वैकल्पिक अनुवादः “ख्रीष्टले हामीलाई कति धेरै प्रेम गर्नुहुन्छ”
एफिसीहरूले गर्न सक्षम होऊन् भनेर पावलले प्रार्थना गरेको यो दोस्रो विषय हो; पहिलो चाहिँ तिनीहरूले “बुझून्” भन्ने हो । वैकल्पिक अनुवादः “कि तिमीहरूले हामीप्रतिको ख्रीष्टको प्रेम कति महान् छ भनेर जान्न सक”
पावलले घुँडा टेकी प्रार्थना गरेको यो तेस्रो विषय हो (एफिसीहरू ३:१४) । पहिलो चाहिँ, तिनीहरू “बलिया बनाइऊन्” भन्ने हो (एफिसीहरू ३:१६), र दोस्रो चाहिँ तिनीहरूले “बुझ्न सकून्” भन्ने हो (एफिसीहरू ३:१८) ।
यस पुस्तकमा भएका “हामी” र “हामीलाई” भन्ने शब्दहरूले पावल र सबै विश्वासीहरूलाई समावेश गर्न निरन्तरता दिन्छन् ।
पावल आशिष्सँगै आफ्नो प्रार्थनालाई टुङ्गोमा ल्याउँछन् ।
“अब परमेश्वरलाई जो”
“हामीले माग्ने वा सोच्ने सबैकुराभन्दा धेरै बढी गर्नलाई” वा “ती कुराहरू गर्न जुन हामीले उहाँलाई माग्ने सबैकुरा वा त्यसको बारेमा सोच्नेभन्दा धेरै महान् छन्”
1 यसकारण, प्रभुको निम्ति कैदी भएको नाताले तिमीहरूलाई जुन बोलावटमा बोलाइएको छ, त्यस बोलावटमा उचित ढंगले चल्नको निम्ति म तिमीहरूलाई आग्रह गर्दछु । 2 ज्यादै विनम्रता र कोमलता र धैर्यतामा जिओ । एकले अर्कालाई प्रेममा स्वीकार गर । 3 आत्माको एकतालाई शान्तिको बन्धनमा राख्नलाई उत्कृष्ट तरिकाले प्रयत्न गर । 4 शरीर एउटै छ र आत्मापनि एउटै हुनुहुन्छ, जसरी तिमीहरू पनि एउटै निश्चित आशामा बोलाइएका थियौ । 5 प्रभु एउटै हुनुहुन्छ, विश्वास एउटै हो, र बप्तिसमा पनि, 6 र सबैका पिता, परमेश्वर पनि एउटै हुनुहुन्छ । उहाँ सबै कुरामाथि, सबै कुराभित्र र सबै कुरामा हुनुहुन्छ । 7 हामी हरेकलाई ख्रीष्टको वरदानको नापअनुसार वरदान दिइएको छ । 8 जसरी धर्मशास्त्रले भन्दछः “जब उहाँ उच्च स्थानमा जानुभयो, उहाँले कैदीहरूलाई दासत्वमा राख्नुभयो । उहाँले मानिसहरूलाई वरदानहरू दिनुभयो ।” 9 “उहाँ उच्च स्थानमा जानुभयो” भन्ने भनाइको अर्थ के हो त, यस बाहेक उहाँ पृथ्वीका गहिराइहरूमा पनि ओर्लनुभयो ? 10 उहाँ जो तल ओर्लनुभयो, उहाँ नै सबै स्वर्गहरूभन्दा धेरै माथि उक्लनुभयो । उहाँले सबै कुराहरूलाई पूर्ण गर्नको निम्ति यो गर्नुभयो । 11 ख्रीष्टले यस्ता वरदानहरू दिनुभयोः प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू, पास्टरहरू र शिक्षकहरू । 12 ख्रीष्टको शरीरलाई निर्माण गर्ने सेवाको कार्यको निम्ति विश्वासीहरूलाई निपुण गर्नलाई उहाँले यो गर्नुभयो । 13 विश्वासको एकता र परमेश्वरका पुत्रको ज्ञानमा हामी नपुगेसम्म उहाँले यो गर्नुहुन्छ । ख्रीष्टको उचाइमा पूर्ण रूपमा पुगेकाहरू झैँ हामी परिपक्व नभएसम्म उहाँले यो गर्नुहुन्छ । 14 हामी अब बालकहरू जस्तै नहोऔँ भनेर यो जरूरी छ । हामी अब उसो यता-उता नबरालिऔँ भनेर यो जरूरी छ । सबै शिक्षाको बेगसँगै र मानिसहरूको धोखा दिने चलाखीपनको छलद्वारा हामी नबहकिऔँ भनेर यो जरूरी छ । 15 बरु हामी प्रेममा सत्य बोल्नेछौँ र हाम्रो शिर, ख्रीष्टमा हामी सबै क्षेत्रमा वृद्धि हुनेछौँ । 16 ख्रीष्टले विश्वासीहरूको शरीरलाई सँगै जोड्नुहुन्छ । प्रेममा सम्पूर्ण शरीरको विकास होस् र आफैँ वृद्धि होस् भनेर, त्यो हरेक सहयोगी तन्तुहरूद्वारा सँगै गाँसिएको हुन्छ । 17 त्यसैले म तिमीहरूलाई भन्दछु र प्रभुमा उत्साह दिन्छुः गैरयहूदीहरू आफ्ना विचारहरूको व्यर्थतामा हिँडे झैँ अबदेखि तिमीहरू चाहिँ हिँड्नु पर्दैन । 18 तिनीहरू विचारमा अन्धा भएका छन् । तिनीहरूका हृदयको कठोरताको कारण तिनीहरूमा भएको अज्ञानताले तिनीहरू परमेश्वरको जीवनबाट अलग गरिएका छन् । 19 तिनीहरूमा शर्म छैन । अशुद्ध कुराहरूमाथि कामुकता र हर किसिमका लालचमा तिनीहरूले आफैँलाई सुम्पिदिएका छन् । 20 तर तिमीहरूले यस्तो तरिकाले ख्रीष्टको बारेमा जानेका होइनौ । 21 तिमीहरूले येशूको बारेमा सुनेका छौ भनी म ठान्दछु । ख्रीष्टमा नै सत्यता भएको हुनाले तिमीहरू उहाँमा नै सिकाइएका छौ भनी म ठान्दछु । 22 तिमीहरूका पुराना आचरण, पुरानो मनुष्यताअनुसार गरिएका सबै कुराहरू तिमीहरूले त्याग्नुपर्छ । यही पुरानो मनुष्यताको कपटी अभिलाषाहरूका कारण तिमीहरू नष्ट भइरहेका छौ । 23 तिमीहरू आफ्नो विचारको आत्मामा पुनः नयाँ हुनको निम्ति आफ्नो पुरानो मनुष्यतालाई त्याग । 24 परमेश्वरले चाहनुभएअनुसार नयाँ मनुष्यता धारण गर्नको निम्ति यस्तो गर । यो नयाँ मनुष्यतालाई धार्मिकता र सत्यताको पवित्रतामा सृजना गरिएको हो । 25 त्यसैले असत्यतालाई त्याग । “सबैले आफ्नो छिमेकीसँग सत्य बोलोस्,” किनभने हामी एकअर्काका सदस्यहरू हौँ । 26 “रिस गर, तर पाप नगर ।” तिम्रो रिससँगै घामलाई अस्ताउन नदेओ । 27 दुष्टलाई मौका नदेओ । 28 चोर्नेले अब उसो नचोरोस् । बरु उसले परिश्रम गरोस् । आवश्यकतामा रहेका मानिसहरूलाई सहायता गर्नको निम्ति उसले आफ्ना हातहरूलाई उपयोगी काममा लगाओस् । 29 तिम्रो मुखबाट कुनै अपशब्द ननिस्कोस् । तर यसको सट्टामा, आवश्यताहरू पूरा गर्ने र सुन्ने मानिसहरूलाई लाभ हुने शब्दहरू तिम्रा मुखबाट निस्कून् । 30 र परमेश्वरको पवित्र आत्मालाई दुःखित नतुल्याओ । छुटकाराको दिनको निम्ति उहाँद्वारा नै तिमीहरूमा छाप लगाइएको छ । 31 सबै किसिमका तीतोपना, क्रोध, रिस, झगडा र अपमान सहित सम्पूर्ण दुष्टता तिमीहरूले त्याग्नुपर्छ । 32 एकअर्का प्रति दयालु होओ । कृपालु मनका होओ । जसरी ख्रीष्टमा परमेश्वरले तिमीहरूलाई क्षमा दिनुभयो त्यसरी नै तिमीहरूले पनि एकअर्कालाई क्षमा देओ ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले पद ८ सँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएको हो ।
आत्मिक वरदानहरू भनेका ख्रीष्टिएनहरू येशूमा विश्वास गर्न आइसकेपछि तिनीहरूलाई पवित्र आत्माले दिनुहुने निर्दिष्ट अलौकिक क्षमताहरू हुन् । मण्डली विकासको गर्नका लागि यी आत्मिक वरदानहरूको भूमिका मूलभूत थियो । पावलले यहाँ केही आत्मिक वरदानहरूलाई मात्र सूचीकृत गर्छन् ।
मण्डली एकीकृत छ भन्ने कुरा चाहिँ धैरै महत्त्वपूर्ण छ भनी पावलले मान्छन् । यो यस अध्यायको प्रमुख विषयवस्तु हो ।
“पुरानो मानिस” भन्ने शब्दले सम्भवतः त्यो पापपूर्ण स्वभावलाई जनाउँछ जससँग एक व्यक्ति जन्मिन्छ । “नयाँ मानिस” भनेको नयाँ स्वभाव वा नयाँ जीवन हो जुन एक व्यक्तिलाई ख्रीष्टमा विश्वासमा आइसकेपछि परमेश्वरले दिनुहुन्छ ।
पावलले एफिसीहरूलाई लेखिरहेका कुराहरूको कारण, तिनीहरू विश्वासीहरूको रूपमा कसरी जिउनुपर्छ भन्ने कुरा उनले तिनीहरूलाई बताउँछन् र विश्वासीहरू एक अर्कासँग सहमतिमा रहनुपर्छ भन्ने कुरालाई फेरि पनि जोड दिन्छन् ।
“प्रभुको सेवा गर्ने रोजाइको उसको कारण कैदमा भएको कोही व्यक्तिको रूपमा”
हिँड्नु भनेको कोही व्यक्तिले आफ्नो जीवनलाई जिउने तरिकालाई व्यक्त गर्नलाई प्रयोग गरिने एउटा सामान्य तरिका हो ।
“विनम्र, कोमल, र धैर्यवान् हुनलाई सिक्न”
यहाँ पावलले “शान्ति”को विषयमा त्यो चाहिँ मानिसहरूलाई एकसाथ बाँध्ने कुनै बन्धन भए झैँ गरी कुरा गर्छन् । यो चाहिँ अरू मानिसहरूसँग शान्तिपूर्ण तवरमा जिएर तिनीहरूसँग एउटै भएको कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “एक अर्कासँग शान्तिपूर्ण तवरमा जिउन र एक भएर रहन जसरी आत्माले सम्भव बनाउनुभयो”
मण्डलीलाई प्रायः ख्रीष्टको शरीरको रूपमा व्यक्त गरिन्छ ।
“एकमात्र पवित्र आत्मा”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूको बोलावटमा एउटा निश्चित आशा पाउनका निम्ति तिमीहरूलाई बोलाउनुभयो” वा “त्यहाँ एउटा कुरा छ जसमा तिमीहरू ढुक्क हुन र सो उहाँले गर्नुहुन्छ भनी अपेक्षा गर्नलाई परमेश्वरले तिमीहरू चुन्नुभयो”
यहाँ “सबै” शब्दले “सबै कुराहरू” भन्ने अर्थ दिन्छ ।
यहाँ प्रयोग भएको उद्धरण दाऊद राजाले लेखेको गीतबाट लिइएको हो ।
मण्डली, जुन विश्वासीहरूको पूर्ण शरीर हो, त्यसमा प्रयोग गर्नको निम्ति ख्रीष्टले विश्वासीहरूलाई दिनुभएका वरदानहरूको विषयमा पावलले तिनीहरूलाई सम्झना दिलाउँछन् ।
यसलाई कर्तृ वाच्यको प्रयोग गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामी हरेकलाई अनुग्रह दिनुभएको छ” वा “परमेश्वरले हरेक विश्वासीलाई अनुग्रह दिनुभयो”
“जब ख्रीष्ट स्वर्गमा माथि जानुभयो”
“ख्रीष्ट माथि जानुभयो”
“ख्रीष्ट तल ... मा पनि आउनुभयो”
सम्भावित अर्थहरू हुन्ः १) “तल्लो क्षेत्रहरू भनेका पृथ्वीका भाग हुन्” वा २) “तल्लो क्षेत्रहरू” भनेका पृथ्वीलाई जनाउने अर्को तरिका हो । वैकल्पिक अनुवादः “तल्लो क्षेत्रहरूमा, पृथ्वी”
“ताकि उहाँ सबै ठाउँमा उहाँको शक्तिमा उपस्थित हुनुभएको होस्”
“पूरा गर्नु” वा “सन्तुष्ट पार्नु”
“उहाँले अलग गर्नुभएका मानिसहरूलाई तयार गर्न” वा “विश्वासीहरूलाई खाँचो परेका कुराहरू तिनीहरूलाई प्रदान गर्न”
“ताकि तिनीहरूले अरूहरूलाई सेवा गर्न सकून्”
पावलले आत्मिक रूपमा बलियो हुँदै जाने मानिसहरूको विषयमा तिनीहरूले आफ्ना भौतिक शरीरहरूका बललाई बढाउन बनाउन व्यायाम गरिरहेका झैँ गरेर बताउँछन् ।
“सुधार”
“ख्रीष्टको शरीर”ले ख्रीष्टको मण्डलीको हरेक सदस्यलाई जनाउँछ ।
विश्वासीहरू विश्वासमा एक हुने र विश्वासीहरूको रूपमा परिपक्व हुने हो भने तिनीहरूले येशूलाई परमेश्वरको पुत्रको रूपमा चिन्न आवश्यक छ ।
“विश्वासमा बराबर रूपमा बलियो हुनु” वा “विश्वासमा एकसाथ जोडिएको हुनु”
यो येशूको निम्ति एउटा महत्त्वपूर्ण नाउँ हो ।
“परिपक्व विश्वासीहरूक हुनु”
“पूर्ण रूपमा विकसित” वा “हुर्केको” वा “पूर्ण”
आत्मिक रूपमा नबढेका विश्वासीहरू जीवनमा थोरै अनुभव बटुलेका बालकहरू झैँ हुन् भनेर पावलले बताइरहेका छन् । वैकल्पिक अनुवादः “बालकहरू जस्तै हुनु”
यस खण्डले परिपक्व नभएको र झूटो शिक्षालाई पछ्याउने विश्वासी चाहिँ हावाले पानीमाथि विभिन्न दिशामा ठेलिरहेको डुङ्गा भए झैँ गरेर बताउँछ ।
“विश्वासीहरूलाई चलाख झूटहरूद्वारा छल गर्ने धूर्त मानिसहरूद्वारा”
हाम्रो शरीर स्वस्थ होस् भनेर हाम्रो शिरले शरीरका अङ्गहरूलाई सँगै मिलेर काम गर्न लगाए झैँ ख्रीष्टले विश्वासीहरूलाई एक आपसमा मिलेर काम गर्न लगाउनुहुन्छ भनेर वर्णन गर्नको लागि पावलले मानव शरीरको उदाहरण दिन्छन् ।
“जसै सदस्यहरूले एक अर्कालाई प्रेम गर्छन्”
हाम्रो शरीर स्वस्थ होस् भनेर हाम्रो शिरले शरीरका अङ्गहरूलाई सँगै मिलेर काम गर्न लगाए झैँ ख्रीष्टले विश्वासीहरूलाई एक आपसमा मिलेर काम गर्न लगाउनुहुन्छ भनेर वर्णन गर्नको लागि पावलले मानव शरीरको उदाहरण दिन्छन् ।
हाम्रो शरीरमा हड्डीहरू र अङ्गहरूलाई जोड्ने बलियो फितालाई “तन्तु” भनिन्छ ।
तिनीहरू अब विश्वासीहरूका रूपमा परमेश्वरका पवित्र आत्माबाट मोहोर लगाइएका हुनाले तिनीहरूले अब के गर्नुहुन्न भन्ने कुरा पावल बताउँछन् ।
“मैले भर्खरै जे भनेको छु, त्यसको कारण मैले तिमीहरूलाई दृढतापूर्वक उत्साह दिन केही कुराहरू अझै बताउनेछु, किनकि हामी सबै प्रभुका हौँ”
“व्यर्थताका विचारहरू भएका अन्यजातिहरू झैँ जिउन छोड”
तिनीहरू अब स्पष्टसँग विचार गर्न र तर्क गर्न सक्दैनन् । वैकल्पिक अनुवादः “तिनीहरूले आफ्ना विचारहरूलाई अँध्यारा बनाएका छन्” वा “तिनीहरू बुझ्न सक्दैनन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले परमेश्वरलाई नचिनेका कारण, परमेश्वरले आफ्ना मानिसहरू जसरी जिएको चाहनुहुन्छ त्यसरी तिनीहरू जिउन सक्दैनन्” वा “तिनीहरूका अज्ञानताको कारण तिनीहरूले आफैँलाई परमेश्वरको जीवनबाट अलग गराएका छन्”
“छुट्ट्याइएका” वा “अलग गरिएका”
“ज्ञानको कमी” वा “जानकारीको कमी”
यहाँ “हृदयहरू” भनेको मानिसहरूको दिमागलाई जनाउने अलङ्कार हो । “तिनीहरूको हृदयको कठोरता” भन्ने वाक्यांश चाहिँ एउटा अलङ्कार हो जसको अर्थ “हठीपना” हुन्छ । वैकल्पिक अनुवादः “किनभने तिनीहरू हठी छन्” वा “किनभने तिनीहरू परमेश्वरलाई सुन्न इन्कार गर्छन्”
पावलले यी मानिसहरूको विषयमा तिनीहरू वस्तुहरू भए झैँ गरी कुरा गर्छन् जुन वस्तुहरूलाई तिनीहरू आफैँले अरू मानिसहरूलाई दिइरहेका थिए, र तिनीहरूले आफ्ना शारीरिक इच्छाहरूलाई सन्तुष्ट पार्ने तरिका चाहिँ कुनै एउटा व्यक्ति बए झैँ गरेर बताउँछन् जसको हातमा तिनीहरूले आफैँलाई सुम्पिन्छन् । वैकल्पिक अनुवादः “केवल आफ्ना शारीरिक अभिलाषाहरू मात्र पूरा गर्न चाहन्छन्”
“यसरी” भन्ने शब्दले एफिसीहरू ४:१७-१९ मा वर्णन गरिएअनुसार अन्यजातिहरूको जिउने शैलीलाई जनाउँछ । विश्वासीहरूले ख्रीष्टको बारेमा सिकेका कुराहरू त्यसको विपरीतमा थियो भनेर यसले जोड दिन्छ । वैकल्पिक अनुवादः “तर तिमीहरूले ख्रीष्टको बारेमा सिकेका कुराहरू त्यस्तो थिएन”
एफिसीहरूले सुनेका छन् र तिनीहरूलाई सिकाइएको छ भन्ने कुरा पावललाई थाहा छ ।
सम्भावित अर्थहरू हुन् १) “येशूका मानिसहरूले तिमीहरूलाई सिकाएका छन्” वा २) “तिमीहरू येशूका मानिसहरू भएका हुनाले कसैले तिमीहरूलाई सिकाएको छ ।”
“येशूको बारेमा भएका सबै कुराहरू सत्य भएअनुसार”
पावलले नैतिक गुणहरूका विषयमा तिनीहरू कपडाका टुक्राहरू भए झैँ गरी कुरा गरिरहेका छन् । वैकल्पिक अनुवादः “तिमीहरूको अगाडिको जीवन शैलीअनुसार जिउन छोड्नु”
पावलले नैतिक गुणहरूका विषयमा तिनीहरू कपडाका टुक्राहरू भए झैँ गरी कुरा गरिरहेका छन् । वैकल्पिक अनुवादः “तिमीहरूको पुरानो मनुष्यत्वले झैँ गरी जिउन छोड्नु”
पुरानो मानिस”ले “पुरानो आचरण” वा “अगाडिको मनुष्यत्व”लाई जनाउँछ ।
पावलले मानिसको पापिष्ठ स्वभावलाई चिहानमा सडिरहेको मृत शरीरसँग तुलना गरेर बताउँछन् ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूका आचरणहरू र सोचाइहरू परिवर्तन गर्न परमेश्वरलाई दिनु” वा “तिमीहरूलाई नयाँ आचरणहरू र सोचाइहरू दिन परमेश्वरलाई अनुमति दिनु”
“साँचो रूपमा धर्मी र पवित्र”
“झूट बोल्न छोड”
“हामी एक अर्काका हौँ” वा “हामी परमेश्वरको परिवारका सदस्यहरू हौँ”
“तिमीहरू रिसाउन सक्छौ, तर पाप नगर” वा “यदि तिमीहरू रिसाउँछौ भने, पाप नगर”
घाम डुब्दै जाने कुराले रात परेको, वा दिनको अन्त्यलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “रात पर्नुअगाडि तिमीहरू रिसाउन छोड्नुपर्छ” वा “दिनको अन्त्य हुनअघि नै तिमीहरूको रीसलाई मार”
“तिमीहरूलाई पापमा डोहोर्याउन दुष्टलाई मौका नदेओ”
यसले क्रूर वा रुखो बोलीलाई जनाउँछ ।
“अरूहरूलाई उत्साह दिन” वा “अरूहरूलाई बलिया बनाउन”
“तिनीहरूका खाँचोहरू ... । यस प्रकारले तिमीहरूलाई सुन्नेहरूलाई तिमीहरूले सहायता गर्नेछौ”
“कष्टमा नपार” वा “निराश नबनाओ”
परमेश्वरले विश्वासीहरूलाई उद्धार गर्नुहुनेछ भनेर पवित्र आत्माले भरोसा दिलाउनुहुन्छ । परमेश्वरले विश्वासीहरू उहाँका हुन् भनेर देखाउनलाई पवित्र आत्मा चाहिँ तिनीहरूमाथि उहाँले राख्नुहुने चिन्ह हुनुभए झैँ गरेर पावलले बताउँछन् । वैकल्पिक अनुवादः “किनकि उहाँ त्यो छाप हुनुहुन्छ जसले तिमीहरूलाई पक्का गराउँछ कि परमेश्वरले उद्धारको दिनमा तिमीहरूलाई छुटकारा दिनुहुनेछ” वा “कि उहाँ नै हुनुहुन्छ जसले तिमीहरूलाई पक्का गराउनुहुन्छ कि परमेश्वरले उद्धारको दिनमा तिमीहरूलाई छुटकारा दिनुहुनेछ”
विश्वासीहरूले के गर्नुहुन्न र के गर्नुपर्छ भन्ने वचनहरूद्वारा पावल आफ्ना निर्देशनहरूलाई टुङ्गोमा ल्याउँछन् ।
“टाढा राख” भनेको केही निश्चित आचरणहरू वा स्वभावहरूलाई निरन्तरता नदिने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिमीहरूले यी कुराहरूलाई आफ्नो जीवनको हिस्सा हुन दिनुहुँदैनः तीतोपना, क्रोध, रीस”
तीव्र आक्रोश
“बरु, दयालु होओ”
अरूहरूप्रति भद्र र सान्तवना दिने किसिमका हुनु
1 त्यसकारण परमेश्वरका प्रिय छोरा-छोरीहरू झैँ उहाँको अनुकरण गर्ने होओ । 2 र ख्रीष्टले हामीलाई प्रेम गर्नुभएर आफैँलाई हाम्रो निम्ति दिनुभए झैँ तिमीहरू प्रेममा हिँड । परमेश्वरको निम्ति सुगन्धित सुवास्ना हुनको निम्ति उहाँ एक भेटी र बलिदान हुनुहुन्थ्यो । 3 जस्तो विश्वासीहरूका लागि उपयुक्त हुन्छ, तिमीहरूको बिचमा कामुक अनैतिकता वा कुनै अशुद्धता वा कामवासनाको लालसाको बारेमा चर्चा नहोस् । 4 नकि अश्लिलता, मूर्ख बोली वा अपमानजनक ठट्यौलीहरू होस् जुनचाहिँ अनुचित छन् । बरु धन्यवाद दिने काम होस् । 5 तिमीहरूले यो निश्चय गर, कि कुनै कामुक रूपमा अनैतिक, अशुद्ध, वा लालसित व्यक्तिले ख्रीष्ट र परमेश्वरको राज्यमा कुनै उत्तराधिकार पाउँदैन, किनकि त्यो मूर्तिपूजक हो । 6 तिमीहरूलाई कसैले पनि फोस्रा कुराहरूले धोखा नदिओस् । यी कुराहरूको कारण अनाज्ञाकारिताका पुत्रहरूमा परमेश्वरको क्रोध आउनेछ । 7 यसैले गर्दा तिनीहरूसँग सहभागी नहोओ । 8 किनकि तिमीहरू एकचोटी अन्धकार थियौ, तर अब तिमीहरू परमप्रभुमा ज्योति भएका छौ । यसैले ज्योतिका सन्तान जस्तै गरी हिँड । 9 किनकि ज्योतिको फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ । 10 परमप्रभुलाई खुशी तुल्याउने कुराहरू पत्ता लगाऊ । 11 अन्धकारका फलहिन कार्यहरूमा सहभागी नहोओ । बरु, तिनीहरूलाई प्रकट गर । 12 किनकि तिनीहरूद्वारा गोप्यमा गरिएका कार्यहरू वर्णन गर्न पनि लाजमर्दो छ । 13 सबै थोक जब ज्योतिमा आउँछन्, तब ती प्रकट हुन्छन्, 14 किनकि प्रकट भएका सबै कुरा ज्योतिमा प्रकाशमान हुन्छन् । त्यसकारण यस्तो भनिएको छ कि, “सुताहा हो जाग, र मरेकाहरूबाट उठ, र ख्रीष्ट तिमीमा चम्कनुहुनेछ ।” 15 त्यसकारण तिमी कसरी हिँड्छौ भन्ने कुरामा होसियार होओ, मूर्ख जस्तो होइन तर बुद्धिमानजस्तो । 16 समयलाई बचाओ, किनकि दिनहरू खराब छन् । 17 मूर्ख नबन । बरु, प्रभुको इच्छा के हो, सो बुझ । 18 र दाखमद्यले नमात्तीओ, किनकि त्यसले विनाशतर्फ डोर्याउँछ । तर त्यसको सट्टामा, पवित्र आत्माले भरिओ । 19 एक-अर्कामा भजनहरूमा र आत्मिक गीतहरूमा बोल । परमप्रभुको निम्ति तिमीहरूका हृदयमा गीतहरू गाउँदै प्रशंसा गर । 20 येशू ख्रीष्टको नाउँमा, सधैँ सबै कुराहरूको निम्ति पिता परमेश्वरलाई धन्यवाद चढाओ । 21 ख्रीष्टको आदरको लागि एकअर्काको अधिनमा रहो । 22 पत्नीहरू हो, प्रभुको अधीनमा रहे जस्तो आफ्ना पतिहरूको अधीनमा बस । 23 किनकि पति पत्नीको शिर हो, जसरी ख्रीष्ट पनि मण्डलीको शिर हुनुहुन्छ । उहाँ शरीरको उद्धारकर्ता हुनुहुन्छ । 24 तर जसरी मण्डली ख्रीष्टप्रति समर्पित छ, त्यसरी नै पत्नीहरूलेपनि आफ्ना पतिहरूप्रति सबैथोकमा त्यसै गर्नुपर्दछ । 25 पतिहरू हो, जसरी ख्रीष्टले मण्डलीलाई प्रेम गर्नुभयो र आफैँलाई तिनको निम्ति समर्पित गर्नुभयो, त्यसरी नै आफ्ना पत्नीहरूलाई प्रेम गर । 26 उहाँले तिनलाई पवित्र गर्न यसो गर्नुभयो । उहाँले तिनलाई वचनमा पानीले धोएर शुद्ध पार्नुभयो । 27 दागरहित वा चाउरी नभएको वा अन्य यस्ता कुनै थोक नभएको, तर पवित्र र दोषरहित, महिमित मण्डली आफ्नै निम्ति प्रस्तुत गर्नको निम्ति उहाँले यस्तो गर्नुभयो । 28 यस्तै प्रकारले पतिहरूले तिनीहरूका आफ्ना पत्नीहरूलाई आफ्ना शरीरलाई जस्तै प्रेम गर्नुपर्छ । आफ्नो पत्नीलाई प्रेम गर्नेले आफैँलाई प्रेम गर्छ । 29 कहिल्यै पनि कसैले आफ्नो शरीरलाई घृणा गरेको छैन । बरु, उसले यसलाई पालन-पोषण गरेर प्रेम गर्दछ, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुहुन्छ । 30 किनकि हामी उहाँका शरीरका सदस्यहरू हौँ । 31 “यसैकारणले गर्दा एकजना मानिसले उसको बुबा र आमालाई छोड्नेछ र उसको पत्नीसँग मिल्नेछ, र ती दुई एउटै शरीर हुनेछन् ।” 32 यो एउटा महान् गुप्त सत्यता हो, तर मैले ख्रीष्ट र उहाँको मण्डलीको बारेमा बताइरहेको छु । 33 तथापि, तिमीहरू प्रत्येकले आफ्ना पत्नीलाई आफूलाई जस्तै प्रेम गर्नुपर्छ, र पत्नीले पतिलाई सम्मान गर्नुपर्छ ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले पद १४ का शब्दहरूसँग यसै गर्छ ।
यो बुझ्नलाई कठिन छ । केही विद्वानहरूले विश्वास गर्छन् कि यी कुराहरू अभ्यास गरिरहनेहरूले अनन्त जीवनको उत्तराधिकार पाउनेछैनन् । तर यस पदमा सूचीकृत भएका सबै पापहरूलाई परमेश्वरले माफी दिन सक्नुहुन्छ । त्यसैले अनैतिक, अशुद्ध, वा लोभी मानिसहरूले पश्चात्ताप गरे र येशूमा विश्वास गरे भने तिनीहरूले अझै पनि अनन्त जीवन प्राप्त गर्न सक्छन् । एउटा अझ बढी स्वभाविक भनाइ चाहिँ “कुनै पनि अनैतिक, अशुद्ध, वा लोभी व्यक्ति , अनि अनि )
विद्वानहरू यस खण्डको ऐतिहासिक र सांस्कृतिक सन्दर्भको प्रकाशमा यसलाई कसरी बुझ्ने भनेर विभाजित छन् । केही विद्वानहरू विश्वास गर्छन् कि पुरुष र स्त्री सबै कुरामा पूर्ण रूपले बराबर छन् । अरू विद्वानहरूले विश्वास गर्छन् कि पुरुष र स्त्रीलाई विवाह र मण्डलीमा प्रस्ट रूपमा रहेका फरक भूमिकाहरूमा सेवा गर्नलाई परमेश्वरले सृष्टि गर्नुभयो । अनुवादकहरूले यस खण्डलाई कसरी बुझ्छन् भन्ने कुराले तिनीहरूले यस खण्डलाई कसरी अनुवाद गर्छन् भन्ने कुरालाई असर गर्न नदिओस् भनेर तिनीहरू होसियार हुनुपर्छ ।
विश्वासीहरू परमेश्वरका सन्तानको रूपमाहरू तिनीहरू कसरी जिउनुपर्छ र कसरी जिउनुहुँदैन भनेर बताउनलाई पावलले निरन्तरता दिन्छन् ।
“यसैकारण, परमेश्वरले जे गर्नुहुन्छ तिमीहरूले पनि त्यसै गर्नुपर्छ ।” यसैकारण भन्ने शब्दले अगाडिको एफिसीहरू ४:३२ लाई जनाउँछ जसले विश्वासीहरूले किन परमेश्वरको देखासिकी गर्नुपर्छ भनेर बताउँछ, किनभने ख्रीष्टले विश्वासीहरूलाई माफी दिनुभयो ।
हामी परमेश्वरका छोराछोरीहरू भएका हुनाले हामीले उहाँको देखासिकी गरेको वा उहाँलाई पछ्याएको उहाँ चाहनुहुन्छ । वैकल्पिक अनुवादः “जसरी धेरै प्रेम गरिएका छोराछोरीहरूले तिनीहरूका बाबुहरूको देखासिकी गर्छन्” वा “किनभने तिमीहरू उहाँका छोराछोरीहरू हौ र उहाँले तिमीहरूलाई प्यारो मानेर प्रेम गर्नुहुन्छ”
हिँड्नु भनेको कसैले आफ्नो जीवन कसरी जिउँछ भन्ने कुरालाई व्यक्त गर्ने सामान्य तरिका हो । वैकल्पिक अनुवादः “प्रेमको जीवन जिओ” वा “एक अर्कालाई सधैँ प्रेम गर”
“परमेश्वरको निम्ति एक सुगन्धित भेटी र बलिदान जस्तै”
“कुनै पनि किसिमको कामुक अनैतिकता वा कुनै पनि किसिमको अशुद्धता वा लोभको दोषी छौ भनेर कसैलाई पनि सोच्न लगाउने कुनै पनि त्यस्तो काम नगर”
“कुनै नैतिक अशुद्धता”
“बरु तिमीहरूले परमेश्वरलाई धन्यवाद दिनुपर्छ”
विश्वासीहरूले परमेश्वरले प्रतिज्ञा गर्नुभएका कुराहरू प्राप्त गर्ने विषयलाई परिवारको सदस्यबाट धनसम्पत्ति वा जायजेथाको अंश प्राप्त गरे जस्तै गरी व्यक्त गरिएको छ ।
शब्दहरू जसमा कुनै सत्यता हुँदैन
जसरी कसैले अन्धकारमा देख्न सक्दैन, त्यसैगरी पाप गर्न मन पराउने मानिसहरूमा आत्मिक समझको अभाव हुन्छ ।
जसरी कोही व्यक्तिले ज्योतिमा देख्न सक्छ, त्यसैगरी परमेश्वरले बचाउनुभएका मानिसहरूले उहाँलाई कसरी खुशी तुल्याउने भन्ने कुरा बुझ्छन् ।
हिँड्नु भनेको कोही व्यक्तिले आफ्नो जीवन कसरी जिउँछ भन्ने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “ती मानिसहरू जस्तो गरी हिँड जसले तिनीहरूले के गरेको प्रभु चाहनुहुन्छ भन्ने कुरालाई बुझ्छन्”
यहाँ “फल” भनेको “नतिजा” वा “परिणाम”लाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “ज्योतिमा जिउनुको नतिजा चाहिँ असल काम, धर्मी जीवनयापन, र सत्यतापूर्ण व्यवहार हो”
अविश्वासीहरूले गर्ने व्यर्थका, पापपूर्ण कुराहरू चाहिँ मानिसहरूले कसैले पनि नदेखोस् भनेर अन्धकारमा गर्ने दुष्ट कामहरू भए झैँ गरेर पावलले बताउँछन् । गरेजस्तै अविश्वासीहरूले गर्ने व्यर्थका, पापिष्ठ कामहरूबारे पावलले व्यक्त गरेका छन् । वैकल्पिक अनुवादः “अविश्वासीहरूसँग व्यर्थका, पापपूर्ण कुराहरू नगर”
ती कामहरू जसले केही असल, उपयोगी वा लाभदायक कुरा गर्दैनन् । पावलले खराब कार्यहरूलाई अस्वस्थ रूखसँग दाँज्दैछन् जसले केही असल फलाउँदैन ।
अन्धकारको कामको विरूद्धमा बोल्नु भनेको चाहिँ मानिसहरूले तिनीहरूलाई देखून् भनेर तिनीहरूलाई उज्यालोमा ल्याउने कुरा हो जस्तो गरेर बताइएको छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई बाहिर प्रकाशमा ल्याओ” वा “तिनीहरूलाई ढाक्ने कुरा हटाइदेओ” वा “यी कार्यहरू कति गलत छन् भनेर मानिसहरूलाई देखाइदेओ र बताइदेओ”
यो उद्धरण यशैया अगमवक्ताबाट लिइएका उद्धरणहरूका सङ्ग्रह हुन् वा विश्वासीहरूद्वारा गाइएको भजनद्वारा लिइएको उद्धरण हो भनेर जानिएको छैन ।
“ज्योतिमा आउने हरेक कुराहरूलाई मानिसहरूले प्रस्टैसँग देख्न सक्छन् ।” परमेश्वरका वचनहरूले मानिसहरूका कार्यहरूलाई असल वा खराब भएको भनेर देखाउँछ भनेर अर्थ दिनलाई पावलले यो मूलभूत भनाइ राख्छन् । बाइबलले धेरैपटक परमेश्वरको सत्यतालाई त्यो कुनै ज्योति भए झैँ गरेर बताउँछ जसले केही कुराको चरित्रलाई प्रकट गर्न सक्थ्यो ।
सम्भावित अर्थहरू हुन् १) पावलले अविश्वासीहरूलाई सम्बोधन गरिरहेका छन् जो आत्मिक रूपमा मृत हुनबाट उठ्न जरुरी छ जसरी मरिगएको कोही व्यक्ति जवाफ दिनलाई पुनः जीवित भएर आउनुपर्छ, वा २) पावलले एफिसी विश्वासीहरूलाई सम्बोधन गरिरहेका छन् र तिनीहरूका आत्मिक कमजोरीलाई जनाउन मृत्युलाई एउटा अलङ्कारको रूपमा प्रयोग गरिरहेका छन् ।
तिनीहरू सबैको माझबाट जो मरिगएका छन् । यस अभिव्यक्तिले तल पातालको संसारमा भएका सबै मृतक मानिसहरूलाई एकसाथ वर्णन गर्छ । तिनीहरूको माझबाट बिउँतने कुराले पुनः जीवित बन्ने कुराको विषयमा बताउँछ ।
यहाँ प्रयोग भएका “तिमी” शब्दका यी प्रयोगहरूले “सुताहा”लाई जनाउँछन् र ती एकवचनमा छन् ।
जसरी अन्धकारले लुकाएका कुराहरूलाई त्यहाँ वास्तवमा के छ भनेर ज्योतिले देखाउँछ, त्यसरी नै एउटा अविश्वासीका कामहरू कति दुष्ट छन् र ख्रीष्टले उसलाई कसरी क्षमा दिएर नयाँ जीवन दिनुहुन्छ भन्ने कुरा बुझ्नलाई ख्रीष्टले त्यस अविश्वासीलाई सक्षम बनाउनुहुनेछ ।
मूर्ख मानिसहरूले आफैँलाई पापबाट बचाउ गर्दैनन् । तापनि, बुद्धिमान् मानिसले पापलाई चिन्न सक्छन् र त्यसबाट भाग्न सक्छन् । वैकल्पिक अनुवादः “त्यसैकारण, तिमीहरू बरु मूर्ख व्यक्ति जसरी नभएर एक बुद्धिमान व्यक्ति जसरी जिउनलाई होसियार हुनुपर्छ”
समयलाई बुद्धिमानीपूर्वक प्रयोग गर्नु चाहिँ समयलाई बचाउनु भए झैँ गरेर बताइएको छ । वैकल्पिक अनुवादः “तिमीहरूले आफ्नो समयमा गर्न सक्ने उत्तम कुराहरू गर” वा “समयलाई बुद्धिमानीपूर्वक प्रयोग गर” वा “समयलाई त्यसको सबैभन्दा उचित प्रयोगमा लगाओ”
“दिनहरू” शब्द चाहिँ मानिसहरूले ती दिनहरूमा गर्ने कुरालाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “किनभने तिमीहरूका वरिपरिका मानिसहरूले सबै किसिमका दुष्ट कुराहरू गरिरहेका छन्”
विश्वासीहरूले कसरी जिउनुपर्छ भन्ने विषयमा भएका आफ्ना निर्देशनहरूलाई पावल अन्त्य गर्छन् ।
“तिमीहरू दाखमद्य पिएर मात्तिनु हुँदैन”
“बरु, तिमीहरू पवित्र आत्माद्वारा नियन्त्रित हुनुपर्छ”
सम्भावित अर्थहरू हुन् कि १) “परमेश्वरको प्रशंसा गर्न गाइने सबै किसिमका गीतहरू”लाई बुझाउने शब्दहरूको रूपमा पावलले यी शब्दहरूलाई प्रयोग गरिरहेका छन् वा २) पावलले खास प्रकारका सङ्गीतहरूलाई सूचीकृत गरिरहेका छन् ।
यिनीहरू सम्भवतः पुरानो करारको भजनसङ्ग्रहको पुस्तकबाट लिइएका गीतहरू हुन् जुन ख्रीष्टिएनहरूले गाउँछन् ।
यी प्रशंसा र उपासनाका गीतहरू हुन् जुन ख्रीष्टिएनहरूले गाउनका लागि भनेर नै लेखिएका हुन सक्छन् ।
सम्भावित अर्थहरू हुन् १) यी पवित्र आत्माले कुनै एउटा समयमा उत्तिनै खेर गाउनलाई प्रेरणा दिनुभएका गीतहरू हुन् वा २) “आत्मिक गानहरू” र “भजनहरू” भनेका उस्तै अर्थ बोकेका दुई शब्दहरू हुन् ।
यहाँ “हृदय” भनेको व्यक्तिको सोचाइहरू वा भित्री मनुष्यत्वलाई जनाउने प्रतिस्थापन शब्द हो । “तिमीहरूका सारा हृदयले” भन्ने वाक्यांशको अर्थ केही कुरालाई उत्साहका साथ गर्ने भन्ने हुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूका सारा व्यक्तित्वले” वा “उत्साहपूर्वक”
“किनभने तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्टका हौ” वा “ती मानिसहरूको रूपमा जो हाम्रा प्रभु येशू ख्रीष्टका हुन्”
ख्रीष्टिएनहरूले आफैँलाई एक अर्कामा कसरी समर्पित गर्नुपर्छ भन्ने विषयमा व्याख्या गर्न पावलले आरम्भ गर्छन् (एफिसीहरू ५:२१) । पत्नीहरू र पतिहरूलाई कसरी एक अर्कासँग व्यवहार गर्नुपर्छ भन्ने विषयमा निर्देशनहरू दिँदै उनले सुरुवात गर्छन् ।
“शिर” शब्दले अगुवालाई प्रतिनिधित्व गर्छ ।
यहाँ “उहाँ आफैँ” वा “उहाँ” भन्ने शब्दले ख्रीष्टलाई जनाउँछन् । “त्यसलाई” भन्ने शब्दले मण्डलीलाई जनाउँछ ।
यहाँ “प्रेम” शब्दले निस्वार्थ सेवा वा पत्नीहरूलाई प्रेम दिने कुरालाई जनाउँछ ।
“मानिसहरूलाई उहाँलाई मार्न दिनुभयो”
पावलले विश्वासीहरूको समूहलाई ख्रीष्टले विवाह गर्नुहुने स्त्रीको रूपमा उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “हाम्रा निम्ति”
सम्भावित अर्थहरू हुन् १) परमेश्वरले ख्रीष्टका मानिसहरूलाई परमेश्वरको वचन र ख्रीष्टमा पानीको बप्तिस्माद्वारा शुद्ध गर्नुभएको कुरालाई पावलले जनाइरहेका छन् वा २) परमेश्वरले हामीलाई हाम्रा पापहरूबाट सन्देशद्वारा आत्मिक रूपमा सफा बनाउने कुरा चाहिँ परमेश्वरले हाम्रा शरीरहरूलाई पानीले धोएर सफा बनाइरहनुभएको झैँ गरेर पावलले बताउँछन् ।
पावलले विश्वासीहरूको समूहलाई ख्रीष्टले विवाह गर्नुहुने स्त्रीको रूपमा उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “हामीलाई पवित्र बनाउन ... हामीलाई शुद्ध बनाउनुभयो”
पावलले मण्डलीलाई सफा र राम्रो अवस्थामा रहेको कपडाको रूपमा उल्लेख गर्छन् । मण्डलीको शुद्धतालाई जोड दिनका लागि उनले एउटै अवधारणालाई दुई तरिकाहरूमा प्रयोग गर्छन् ।
“खोटरहित” भन्ने वाक्यांशले मूलभूत रूपमा “पवित्र” भनेको जस्तै अर्थ दिन्छ । पावलले मण्डलीको शुद्धतालाई जोड दिनका लागि यी दुई शब्दहरूलाई सँगै प्रयोग गर्छन् ।
मानिसहरूले आफ्ना शरीरहरूलाई प्रेम गर्छन् भन्ने कुरालाई स्पष्टसँग उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पतिहरूले आफ्ना शरीरहरूलाई प्रेम गरेजस्तै”
“तर खुवाउँछ”
यहाँ पावलले विश्वास गर्नेहरूको येशूसँगको घनिष्ठ सम्बन्धको विषयमा मानौँ तिनीहरू उहाँको शरीरका भागहरू भए झैँ गरेर बताउँछन्, जसको लागि तिनिहरूले स्वभाविक रूपमा हेरचाह गर्ने थिए ।
यो उद्धरण पुरानो करारको मोशाका लेखहरूबाट लिइएको हो ।
“आफ्नो” र “आफैँलाई” भन्ने शब्दहरूले पुरुष विश्वासीलाई जनाउँछन् जसले विवाह गर्छ ।
1 छोराछोरीहरू हो, प्रभुमा तिमीहरूका आमाबुबाको आज्ञा पालन गर, किनकि यो उचित छ । 2 “आफ्ना आमाबुबालाई आदर गर” (जुन प्रतिज्ञा सहितको पहिलो आज्ञा हो), । 3 “ताकि यसो गर्नाले तिमीहरूलाई राम्रो होस् र तिमीहरू यस पृथ्वीमा धेरै समय बाच्न सक ।” 4 र बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ । बरु, अनुशासनमा र प्रभुको शिक्षा अनुसार अगि बढाओ । 5 दासहरू हो, संसारका मालिकहरूसँग गहिरो आदर र डरका साथ तिमीहरूका हृदयको इमान्दारितामा आज्ञाकारी बन । ख्रीष्टसँग आज्ञाकारी भए झैँ तिनीहरूसँग आज्ञाकारी बन । 6 आफ्ना मालिकले देख्ने समयमा मात्रै तिनीहरूलाई खुशी तुल्याउन आज्ञाकारी नबन । बरु, ख्रीष्टका दासहरू झैँ आज्ञाकारी बन । तिमीहरूका हृदयबाट परमेश्वरको इच्छालाई पूरा गर । 7 मानिसहरूलाई सेवा पुर्याए झैँ होइन तर आफ्ना सारा हृदयले परमप्रभुको सेवा गरे झैँ सेवा गर । 8 तिमीहरूले यो जान, कि मानिसले गर्ने सबै असल कामको निम्ति उसले परमप्रभुबाट इनाम पाउनेछ, चाहे त्यो मानिस दास होस् वा मुक्त होस् । 9 र मालिकहरू हो, आफ्ना दासहरूका निम्ति त्यस्तै व्यवहार गर । तिनीहरूलाई धम्की नदेओ । यो जान कि तिमीहरू दुवैको मालिक स्वर्गमा हुनुहुन्छ । उहाँमा कुनै भेदभाव छैन भन्ने कुरा जान । 10 अन्त्यमा, प्रभुमा र उहाँको सामर्थ्यको शक्तिमा बलियो होओ । 11 परमेश्वरका सम्पूर्ण हात-हतियारहरू धारण गर, ताकि तिमीहरू शैतानको धूर्त युक्तिहरूको विरूद्धमा खडा हुन सक । 12 किनकि हाम्रो लडाइ शरीर र रगतको विरूद्धमा होइन । तर, यो त शासकहरू र आत्मिक अधिकारीहरू र अन्धकारको राज्यको शासकहरू र स्वर्गीय स्थानहरूमा भएका दुष्टात्माहरूको विरूद्धमा हो । 13 यसकारण परमेश्वरको सबै हातहतियार धारण गर, ताकि यस दुष्ट समयमा दुष्टको सामना गर्न तिमीहरू स्थिर भइ खडा हुन सक । यी सबै कुराहरू गरेपछि तिमीहरू स्थिर हुनेछौ । 14 यसकारण स्थिर भइ खडा होओ । सत्यताको कम्मरपेटी कसेर धार्मिकताको छातिपाता लगाए पछि यस्तो गर । 15 आफ्ना खुट्टाहरूमा शान्तिको सुसमाचार प्रचारको लागि तत्परता धारण गरेपछि यस्तो गर । 16 सबै परिस्थितिहरूमा विश्वासको ढाल बोक, जसद्वारा तिमीहरूले दुष्टका सबै अग्निवाणहरू निभाउन सक्नेछौ । 17 र मुक्तिको टोप लगाऊ र आत्माको तरवार बोक, जुन परमेश्वरको वचन हो । 18 सबै प्रार्थना र बिन्तीद्वारा, हरसमय पवित्र आत्मामा प्रार्थना गर । विश्वासीहरू सबैका लागि प्रार्थना र निरन्तर प्रयत्नसाथ यही मन सँगै सतर्क भइराख । 19 र मेरो निम्ति प्रार्थना गर, ताकि मैले आफ्नो मुख खोल्दा, मलाई सन्देश दिइयोस् । सुसमाचारको गुप्त सत्यतालाई मैले दृढतापूर्वक अरूलाई बताउन सकूँ भनेर प्रार्थना गरिदेऊ । 20 सुसमाचारको निम्ति साङ्ग्लाले बाँधिएको म एक राजदूत हुँ, र मैले बोल्नुपर्ने समयमा म आँटिलो भएर यस विषयमा बोल्न सकूँ । 21 तर तिमीहरूलाई पनि मेरो अवस्थाको बारेमा र मलाई कस्तो छ भनी थाहा होस् भन्नको निम्ति, प्रभुमा प्रिय भाइ र विश्वासीलो चेला तुखिकसले तिमीहरूलाई सबैकुरा बुझाउनेछन् । 22 मैले उनलाई तिमीहरूकहाँ यही उद्धेश्यसाथ पठाएको छु, ताकि तिमीहरूले हाम्रो बारेमा जान्न सक र उनले तिमीहरूका हृदयलाई सान्त्वना दिन सकून् । 23 परमेश्वर पिता र प्रभु येशू ख्रीष्टबाट भाइहरूलाई विश्वास सहितको प्रेम र शान्ति होस् । 24 कहिल्यै अन्त नहुने प्रेमद्वारा हाम्रा प्रभु येशू ख्रीष्टलाई प्रेम गर्नेहरू सबैमाथि अनुग्रह रहोस् ।
दासत्व भनेको असल हो वा खराब हो भनेर पावलले यस अध्यायमा लेख्दैनन् । चाहे दासको रूपमा होस् वा चाहे मालिकको रूपमा होस्, पावलले परमेश्वरलाई खुशी बनाउन काम गर्ने बारेमा सिकाउँछन् । पावलले यहाँ दासत्वको बारेमा सिकाएका कुराहरू चकित पार्ने हुन सक्छन् । उनको समयमा, मालिकहरूले आफ्ना दासहरूलाई आदरसहित व्यवहार गर्ने र धम्की नदिने भन्ने कुरा अपेक्षित थिएन ।
आत्मिक रूपमा आक्रमण गरिँदा ख्रीष्टिएनहरूले आफैँलाई कसरी सुरक्षा गर्न सक्छन् भनेर यस विस्तारित अलङ्कारले वर्णन गर्छ । अनि
सुरुको “तिमीहरूको” भन्ने शब्द बहुवचनमा छ । त्यसपछि पावल मोशाको भनाइलाई उद्धृत गर्छन् । मोशाले इस्राएलका मानिसहरूसँग बोल्दा तिनीहरू एउटै व्यक्ति भए झैँ गरी कुरा गरिरहेका थिए, त्यसैले “तिम्रो” र “तिमी” भन्ने शब्दहरू एकवचनमा छन् । तपार्इंले तिनीहरूलाई बहुवचनको रूपमा अनुवाद गर्नुपर्ने हुन सक्छ ।
ख्रीष्टिएनहरूले कसरी आफैँलाई एक अर्कामा सुम्पनुपर्छ भन्ने कुरा बताउन पावलले निरन्तरता दिन्छन् । उनले छोराछोरीहरू, बाबुहरू, कादारहरू, र मालिकहरूलाई निर्देशन दिन्छन् ।
पावलले छोराछोरीहरूलाई तिनीहरूका शारीरिक बाबुआमाको आज्ञापालन गर्नलाई सम्झना गराउँछन् ।
“तिमीहरूका छोराछोरीहरूलाई रिसाउने नबनाओ” वा “तिमीहरूका छोराछोरीहरूलाई रिसाउने नतुल्याओ”
“अनुशासन” र “निर्देशन” जस्ता भाववाचक नामपद शब्दहरूलाई क्रियापदहरूको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले के गरेको प्रभु चाहनुहुन्छ भन्ने कुरा तिनीहरू जान्दछन् भनी पक्का गरेर तिनीहरूलाई वयस्कहरू बन्नलाई सहायता गर”
“आज्ञापालन गर ।” यो एउटा आज्ञा हो ।
“गहिरो आदर र कम्प” भन्ने वाक्यांशले तिनीहरूका मालिकहरूलाई सम्मान गर्ने कुराको महत्त्वलाई जोड दिनका लागि दुईवटा उस्तै अवधारणाहरूलाई प्रयोग गर्छ ।
यहाँ “कम्प” भनेको अतिरञ्जन हो जुन दासहरूले तिनीहरूका मालिकहरूको आज्ञापालन गर्न कति महत्त्वपूर्ण छ भनी जोड दिनलाई प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “र डर” वा “मानौँ तिमीहरू डरले कामिरहेका थियौ”
यहाँ “हृदय” भनेको व्यक्तिको दिमाग वा अभिप्रायहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “इमान्दारीसाथ” वा “निष्कपटताको साथ”
तिमीहरूका पार्थिव मालिकहरू ख्रीष्ट नै भए झैँ गरी तिनीहरूको सेवा गर ।
यहाँ “हृदय” भनेको “सोचाइहरू” वा “अभिप्रायहरू”लाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “निष्कपटताको साथ” वा “उत्साहित भएर”
यहाँ “हृदय” भनेको “सोचाइहरू” वा “भित्री मनुष्यत्व”लाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरूका सारा प्राणले सेवा गर” वा “तिमीहरूले सेवा गर्दा पूर्ण रूपमा समर्पित होओ”
“तिमीहरूले पनि आफ्ना दासहरूलाई राम्रो व्यवहार गर्नुपर्छ” वा “जसरी दासहरूले तिनीहरूका मालिकहरूलाई असल गर्नुपर्छ, तिमीहरूले पनि आफ्ना दासहरूलाई राम्रो गर्नुपर्छ” (हेर्नुहोस्ः एफिसीहरू ६:५)
“ख्रीष्ट चाहिँ दासहरू र तिनीहरूका मालिकहरू दुवैका मालिक हुनुहुन्छ, र उहाँ स्वर्गमा हुनुहुन्छ भनेर तिमीहरू जान्दछौ”
“उहाँले सबैजनालाई एक समान तरिकाले इन्साफ गर्नुहुन्छ”
परमेश्वरको निम्ति हामी जिउने यस युद्धमा विश्वासीहरूलाई बलियो बनाउनको निम्ति पावलले निर्देशनहरू दिन्छन् ।
“उहाँको महान् शक्ति ।” “उहाँको शक्तिको सामर्थ्य”लाई एफिसीहरू १:२१ अन्ततिर कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।
एक सिपाहीले दुश्मनका आक्रमणहरूबाट आफैँलाई बचाउनको निम्ति हातहतियार धारण गरे झैँ गरी दुष्टको विरुद्धमा स्थिर भएर खडा हुनको निम्ति परमेश्वरले दिनुहुने सबै साधनहरूलाई ख्रीष्टिएनहरूले प्रयोग गर्नुपर्छ ।
“छलपूर्ण योजनाहरू”
यस अभिव्यक्तिले मानिसहरूलाई जनाउँछ, आत्माहरूलाई होइन जसको मानवीय शरीर हुँदैन ।
यहाँ “शक्तिहरू”ले शक्तिशाली आत्मिक प्राणीहरूलाई जनाउँछ भनेर अर्थ लगाइएको छ । यहाँ “अन्धकार” भनेको दुष्ट थोकहरूका निम्ति एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “शक्तिशाली आत्मिक प्राणीहरूको विरुद्धमा जसले यस वर्तमान दुष्ट समयमा मानिसहरूमाथि शासन गर्छन्”
एउटा सिपाहीले आफैँलाई शत्रुहरूबाट बचाउन हातहतियार धारण गरे जस्तै गरी ख्रीष्टिएनहरूले दुष्टसँग लड्नको निम्ति परमेश्वरले दिनुहुने सबै सुरक्षाका साधनहरूको प्रयोग गर्नुपर्छ ।
“स्थिर भएर खडा हुनु” भन्ने शब्दहरूले सफलतापूर्वक केही कुराको विरोध गर्ने वा त्यससँग लड्ने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “ताकि तिमीहरू दुष्टताको विरोध गर्न सक”
“खडा हुनु” भन्ने शब्दहरूले सफलतापूर्वक केही कुराको विरोध गर्ने वा त्यससँग लड्ने कुरालाई प्रतिनिधित्व गर्छ । तपाईंले यसलाई तपार्इंले [एफिसीहरू ६:१३]
एउटा सिपाहीको लुगालाई उसको पेटीले पक्रेर राखेको जस्तै गरी एउटा विश्वासीको निम्ति सत्यताले सबै कुरालाई एकसाथ थाम्छ ।
हामीले सत्यता जान्नुपर्छ र परमेश्वरलाई प्रसन्न तुल्याउने तरिकाहरूमा व्यवहार गर्नुपर्छ ।
सम्भावित अर्थहरू हुन् १) छाती-पाताले एउटा सिपाहीको छातीको सुरक्षा गरे झैँ गरी धार्मिकताको वरदानले विश्वासीको हृदयलाई छेक्छ वा २) परमेश्वरले चाहनुभएजस्तै गरी हामी जिउने कुराले हामीलाई सफा विवेक दिन्छ जसले हाम्रा हृदयहरूलाई छाती-पाताले सिपाहीको छातीलाई बचाएको जस्तै गरी सुरक्षा दिन्छ ।
जसरी राम्ररी टेक्नलाई एक सिपाहीले जुत्ताहरू लगाउँछ, शान्तिको सुसमाचारलाई घोषणा गर्नलाई तयार रहनका निम्ति विश्वासीसँग त्यसको राम्रो ज्ञान हुनुपर्छ ।
एउटा सिपाहीले शत्रुको आक्रमणहरूबाट बच्नको निम्ति ढाल प्रयोग गरे झैँ गरी दुष्टले आक्रमण गरेको समयमा सुरक्षा पाउनलाई परमेश्वरले दिनुहुने विश्वासलाई विश्वासीले प्रयोग गर्नुपर्छ ।
एक विश्वासीको विरुद्धमा भएका दुष्टका आक्रमणहरू चाहिँ शत्रुद्वारा एक सिपाहीलाई हानिएका अग्निवाणहरू जस्तै छन् ।
टोपले एउटा सिपाहीको शिरको सुरक्षा गरे झैँ गरी परमेश्वरद्वारा दिइएको मुक्तिले विश्वासीको मनको सुरक्षा गर्छ ।
लेखकले परमेश्वरका मानिसहरूका लागि भएका उहाँका निर्देशनहरूको विषयमा तिनीहरू कुनै शत्रुसँग लड्नलाई मानिसहरूले प्रयोग गर्न सक्ने कुनै तरवार भए झैँ गरेर बताउँछन् ।
“हर समय आत्मामा रही प्रार्थना गर जसै तिमीहरू प्रार्थना गर्छौ र खास अनुरोधहरू राख्छौ”
“यसै कारण” वा “यसलाई मनमा राख्दै ।” यसले परमेश्वरका हातहतियार धारण गर्ने आचरणलाई जनाउँछ ।
“सतर्क रहनमा सहनधील होओ, र परमेश्वरका सबै पवित्र मानिसहरूका लागि प्रार्थना गर” वा “सारा विश्वासीहरूका लागि निरन्तर सतर्कताका साथ प्रार्थना गर”
उनको समापनमा, झ्यालखानामा हुँदा सुसमाचार प्रचार गर्न साहस मिलोस् भनेर प्रार्थना गरिदिनको निम्ति पावलले अनुरोध गर्छन् र तिनीहरूलाई सान्त्वना दिनको निम्ति उनले तुखिकसलाई पठाइरहेका छन् भनी भन्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि परमेश्वरले मलाई वचन दिनुभएको होस्” वा “परमेश्वरले मलाई सन्देश दिनुभएको होस्”
“जब म बोल्छु । मैले निर्भयताका साथ व्याख्या गर्न सकूँ भनेर प्रार्थना गरिदेओ”
यो बोल्ने कुरालाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “बोल्नु”
“साङ्लाहरूमा” भन्ने शब्दहरू चाहिँ कैदमा भएको कुरालाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “म सुसमाचारको प्रतिनिधि भएको हुनाले अहिले म झ्यालखानामा छु”
पद १९ बाट “प्रार्थना” शब्दलाई बुझिएको छ । वैकल्पिक अनुवादः “त्यसैले प्रार्थना गर कि जब पनि म सुसमाचार सिकाउँछु, मैले जति साहसिलो भएर बोल्नुपर्छ त्यति नै साहसिलो भएर बोल्न सकूँ” वा “प्रार्थना गर कि मैले सुसमाचारलाई जति साहसिलो भएर भन्नुपर्छ त्यति नै साहसिलो भएर भन्न सकूँ”
पावलसँगै सेवा गर्ने धेरै मानिसहरूमध्ये तुखिकस एक थिए ।
यहाँ “हृदयहरू” भनेको मानिसहरूको भित्री मनुष्यत्वलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “ताकि उहाँले तिमीहरूलाई प्रोत्साहन गर्नुभएको होस्”
ख्रीष्टलाई प्रेम गर्ने सबै विश्वासीहरूमा शान्ति र अनुग्रहको आशिष् रहोस् भन्दै पावलले एफिसी विश्वासीहरूका निम्ति लेखेका उनको यस पत्रलाई अन्त्य गर्छन् ।
पावलले फिलिप्पीहरूको पुस्तक लेखे । पावल टार्सस सहरबाटका थिए । उनलाई उनको पहिलेको जीवनमा शाऊल भनेर चिनिएको थियो । ख्रीष्टिएन हुनभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्टिएनहरूलाई सताए । उनी ख्रीष्टिएन भइसकेपछि, उनी थुप्रै पटक रोमी साम्राज्यभरी मानिसहरूलाई येशूको बारेमा बताउँदै यात्रा गरे ।
पावलले यो पत्र उनी रोममा झ्यालखानामा हुँदा लेखे ।
पावलले यो पत्र फिलिप्पीमा भएका विश्वासीहरूलाई लेखे, जुन चाहिँ माकेडोनियामा भएको एक सहर हो । फिलिप्पीहरूले उनलाई पठाएका उपहारको लागि तिनीहरूलाई धन्यवाद दिनका निमित्त उनले यो पत्र लेखे । उनले झ्यालखानामा कसरी समय बिताइरहेका छन् भनेर बताउन र तिनीहरूले दुःख भोग गरिरहेका भएतापनि आनन्द मनाउनको लागि तिनीहरूलाई उत्साह दिन उनी चाहन्थे । उनले तिनीहरूलाई इपाफ्रोडिटस नाम गरेका एकजना व्यक्तिको बारेमा पनि लेखे । तिनी नै पावललाई उपहार ल्याइदिने व्यक्ति थिए । पावलसँग भेटघाट गरिरहेको बेलामा, इपाफ्रोडिटस बिरामी परे । त्यसैले, पावलले उनलाई फिलिप्पीहरूकहाँ फिर्ता पठाउने निर्णय गरे । पावलले इपाफ्रोडिटसलाई स्वागत गर्न र तिनी फर्किँदा तिनीप्रति दयालु बन्न फिलिप्पीमा भएका विश्वासीहरूलाई प्रोत्साहन गरे ।
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “फिलिप्पीहरू” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “फिलिप्पीमा भएको मण्डलीलाई पावलको पत्र” वा “फिलिप्पीमा भएका ख्रीष्टिएनहरूलाई एक पत्र” ।
फिलिप्पी माकेडोनियाको क्षेत्रमा फिलिपद्वारा स्थापित गरिएको थियो, जो अलेक्जेन्डर महान्का पिता थिए । यसको अर्थ हो कि फिलिप्पीका नागरिकहरूलाई रोमका नागरिकहरू भनेर पनि मानिन्थ्यो । फिलिप्पीका नागरिकहरू रोमका नागरिकहरू भएकामा गर्व गर्दथे । तर पावलले विश्वासीहरूलाई बताए कि तिनीहरू स्वर्गका नागरिकहरू हुन् (३:२०) ।
यस पुस्तकमा, “म” शब्दले पावललाई जनाउँछ । साथै, “तिमी” शब्दले प्राय सधैँ बहुवचनमा छ र फिलिप्पीमा भएका विश्वासीहरूलाई जनाउँछ । यसको अपवाद ४:३ हो ।
“ख्रीष्टको क्रूसका शत्रुहरू” भनेका सम्भवतः ती मानिसहरू थिए जसले आफैँलाई विश्वासीहरू भन्थे, तर परमेश्वरका आज्ञाहरूको पालना गर्दैनथे । तिनीहरू ठान्थे कि ख्रीष्टमा भएको स्वतन्त्रताको अर्थ विश्वासीहरूले तिनीहरूले जे चाहे सोही गर्न सक्थे र परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहने थिएन (३:१९) ।
पावलले यो पत्र लेख्दा उनी झ्यालखानामा थिए
यस प्रकारको अभिव्यक्ति १:१, ८, १३, १४, २६, २७; २:१, ५, १९, २४, २९; ३:१, ३, ९, १४; ४:१, २, ४, ७, १०, १३, १९, २१ मा आउँछ । पावलले ख्रीष्ट र विश्वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई व्यक्त गर्न खोजेका हुन् । कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।
1 ख्रीष्ट येशूका दासहरू पावल र तिमोथीबाट, फिलिप्पीमा भएका ख्रीष्ट येशूमा अलग गरिएकाहरू सबै, अनि बिशप र डिकनहरूलाई । 2 परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति । 3 हर समय तिमीहरूको सम्झना गर्दा, म मेरा परमेश्वरलाई धन्यवाद दिन्छु । 4 तिमीहरू सबैका निम्ति मेरो हरेक प्रार्थनामा म आनन्दसाथ प्रार्थना गर्दछु । 5 पहिलो दिनदेखि अहिलेसम्म सुसमाचारमा तिमीहरूको सहभागिताको लागि म धन्यवाद दिन्छु । 6 म यो कुरामा निश्चित छु, कि तिमीहरूमा यो असल कामलाई प्रारम्भ गर्नुहुनेले येशू ख्रीष्टको दिनसम्म यसलाई पुरा गर्न निरन्तरता दिनुहुनेछ । 7 तिमीहरू सबैका निम्ति मैले यस्तो प्रकारले विचार गर्नु मेरो निम्ति उचित छ, किनकि मैले तिमीहरू सबैलाई मेरो हृदयमा राखेको छु । मेरो कैदमा र सुसमाचारको समर्थन एवम् निश्चयता दुवैमा तिमीहरू सबै अनुग्रहमा मेरा साझेदारहरू भएका छौ । 8 किनकि ख्रीष्ट येशूको प्रेमको गहिराइमा म तिमीहरूका निम्ति कति तृष्णा गर्दछु भन्ने कुरामा परमेश्वर मेरो साक्षी हुनुहुन्छ । 9 र मैले यस्तो भन्दै प्रार्थना गरिरहेको छु, कि ज्ञान र सम्पूर्ण समझमा तिमीहरूको प्रेम झनझन प्रशस्त हुँदै जाओस् । 10 म यसको निम्ति प्रार्थना गर्छु, ताकि जे असल छ ती कुराहरू तिमीहरूले पारख गरेर छान्न सक । म यसको निम्ति प्रार्थना गर्छु, ताकि तिमीहरू ख्रीष्टको दिनमा इमानदार र दोषरहित रहन सक । 11 यो यसको निम्ति पनि हो, ताकि परमेश्वरको महिमा र प्रशंसाको निम्ति, येशू ख्रीष्टद्वारा आउने धार्मिकताको फलद्वारा तिमीहरू भरिन सक । 12 भाइ हो, अब तिमीहरूलाई यो थाहा होस् भन्ने म चाहन्छु, कि मलाई भएका यी सबै कुराहरूले सुसमाचारलाई धेरै अगाडि बढाउने काम भएको छ । 13 किनकि ख्रीष्टमा मेरा साङ्लाहरूका विषयमा महलभरिका सारा रक्षकदेखि अरू सबै मानिसलाई थाहा भएको छ । 14 र परमप्रभुमा भएका धेरै भाइहरू मेरा साङ्लाहरूका कारण निडर भएर वचन बोल्ने आँट गर्न झनै बढी उत्साहित भएका छन् । 15 कसै-कसैले त ईर्ष्या र बेमेलमा, र अरूहरूले सद्भावले पनि ख्रीष्टको प्रचार गरेका छन् । 16 प्रेमले ख्रीष्टको प्रचार गर्नेहरूले सुसमाचारको समर्थन गरेको कारण मलाई यहाँ राखिएको छ भन्ने कुरा जान्दछन् । 17 तर अरूहरूले ख्रीष्टको प्रचार स्वार्थ र निष्ठाहीन उद्देश्यले गर्दछन् । मेरा यी साङ्लाहरूका अवस्थामा तिनीहरूले मलाई अझै कष्ट दिइरहेका छन् भनी तिनीहरू विचार गर्छन् । 18 त्यसो भए के त ? चाहे बहानामा होस् वा सत्यतामा दुवै तरिकाले ख्रीष्टको प्रचार हुन्छ, र म यसैमा रमाउँदछु । हो, म रमाउनेछु । 19 किनकि मलाई थाहा छ, कि परिणामस्वरूप यसले मेरो निम्ति छुटकारा ल्याउनेछ । तिमीहरूको प्रार्थना र येशू ख्रीष्टको आत्माको सहायताको कारण यो हुनेछ । 20 मेरो विश्वस्त आशा र निश्चयताअनुसार, म शर्ममा पर्नेछैनँ । बरु, सारा साहससँगै सधैँ जस्तै र अहिले पनि, चाहे मेरो जीवनद्वारा वा मृत्युद्वारा, ख्रीष्ट मेरो शरीरमा उचालिनुहुनेछ भन्ने म आशा गर्दछु । 21 किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो, र मर्नु लाभ हो । 22 तर शरीरमा जिउनाले मेरो परिश्रमबाट प्रतिफल आउँछ भने, कुन कुरालाई चुन्ने भन्ने कुरा मलाई थाहा छैन । 23 किनकि मैले चयन गर्नुपर्ने यी दुवै कुराद्वारा म बिचमा परेको छु । म बिदा भएर ख्रीष्टसँग हुने इच्छा गर्दछु, जुनचाहिँ झनै असल कुरा हो । 24 तर तिमीहरूका निम्ति शरीरमा रहनुचाहिँ धेरै आवश्यक छ । 25 यस कुरामा म निश्चित भएको कारणले म जान्दछु, कि विश्वासमा तिमीहरूको प्रगति र आनन्दको निम्ति म तिमीहरू सँग-सँगै रहेर निरन्तरता दिनेछु । 26 परिणामस्वरूप, तिमीहरूकहाँ मेरो पुनः उपस्थितिको कारण तिमीहरूले ख्रीष्ट येशूलाई मेरो निम्ति महिमा दिने काम अझ धेरै प्रशस्त हुनेछ । 27 ख्रीष्टको सुसमाचारको निम्ति योग्य हुने किसिमले मात्र आफ्नो जीवनयापन गर । चाहे म तिमीहरूलाई भेट्न आऊँ वा म उपस्थित नहोऊँ, यो गर, ताकि तिमीहरू एउटै आत्मामा दृढ भएर खडा भएका छौ भनेर तिमीहरूका विषयमा मैले सुन्न पाऊँ । सुसमाचारको विश्वासको निम्ति तिमीहरू मिलेर एउटै प्राणको भएर कडा परिश्रम गरिरहेका छौ भनेर सुन्ने मेरो चाहना छ । 28 र तिमीहरूका शत्रुहरूले गरेका कुनै कुराहरूबाट भयभीत नहोओ । यो तिनीहरूका निम्ति तिनीहरूको विनाशको चिह्न हो । तर तिमीहरूका निम्ति यो तिमीहरूको मुक्तिको चिह्न हो, र यो परमेश्वरबाट आएको हो । 29 किनकि ख्रीष्टको निम्ति यो तिमीहरूलाई दिइएको छ, उहाँमाथि विश्वास गर्न मात्र होइन, तर उहाँको निम्ति कष्ट भोग्न पनि । 30 किनकि जे तिमीहरूले ममा देख्यौ र अहिले मसँग छ भनी सुन्दछौ, त्यही सङ्घर्ष तिमीहरूसँग छ ।
पावलले यस पत्रको सुरुवातमा एउटा प्रार्थनालाई समावेश गर्छन् । त्यस समयमा, धार्मिक अगुवाहरूले अनौपचारिक पत्रहरूलाई कहिलेकाहीँ प्रार्थनाका साथ सुरु गर्थे ।
यसले सम्भवतः ख्रीष्ट फर्कनुहुने दिनलाई जनाउँछ । पावलले धेरैपटक ख्रीष्टको पुनरागमनलाई ईश्वरीय जीवन जिउनको लागि प्रेरणा दिने कुरासँग जोड्थे ।
विरोधाभासी कथन भनेको एउटा सत्य भनाइ हो जसले केही असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । पद २१ मा भएको भनाइ एउटा विरोधाभासी कथन होः “मर्नु चाहिँ लाभ हो ।” यो किन सत्य हो भनेर पावलले पद २३ मा व्याख्या गर्छन् । (फिलिप्पीहरू १:२१)
पावल र तिमोथीले यो पत्र फिलिप्पीमा भएको मण्डलीलाई लेखेका थिए । किनकि पत्रको पछिल्लो भागमा पावलले “म” लेख्छन्, सामान्यतया उनी नै यस पत्रका लेखक हुन् र पावलसँगै रहेका तिमोथीले चाहिँ पावलले भन्दै गर्दा यो लेखेका हुन् भनेर अनुमान गरिन्छ । यहाँ प्रयोग भएका सबै “तिमीहरू” र “तिमीहरूका” भन्ने शब्दहरूले फिलिप्पीका मण्डलीका विश्वासीहरूलाई जनाउँछन् र यी बहुवचनमा प्रयोग भएका छन् । “हाम्रा” भन्ने शब्दले ख्रीष्टमा भएका सबै विश्वासीहरूलाई जनाउँछ जसमा पावल, तिमोथी र फिलिप्पीका विश्वासीहरू पनि पर्दछन् ।
यदि तपाईंको भाषामा पत्रको लेखकहरूको परिचय दिने कुनै विशेष तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्नुहोस् ।
“तिमोथी, जो ख्रीष्ट येशूका सेवकहरू हौँ”
यसले तिनीहरूलाई जनाउँछ जसलाई परमेश्वरले ख्रीष्टसँग एउटै भएर उहाँको हुनलाई चुन्नुभयो । वैकल्पिक अनुवादः “ख्रीष्ट येशूमा भएका परमेश्वरका सबै मानिसहरू” वा “तिनीहरू सबै जो परमेश्वरका हुन् किनभने तिनीहरू ख्रीष्टसँगै एक भएका छन्”
“मण्डलीका अगुवाहरू”
यहाँ “तिमीहरूलाई सम्झनु” भन्ने कुराको अर्थ त्यो समय हो जब पावलले प्रार्थना गर्दा उनले फिलिप्पीहरूका बारेमा सोच्छन् । वैकल्पिक अनुवादः “हेरक पल्ट जब म तिमीहरूको बारेमा सोच्छु”
फिलिप्पीहरूले पनि मानिसहरूलाई सुसमाचार प्रचार गर्ने कुरामा भाग लिएका हुनाले पावलले परमेश्वरलाई धन्यवाद व्यक्त गरिरहेका छन् । तिनीहरूले उनको लागि प्रार्थना गरिरहेका वा उनले यात्रा गरेर अरूहरूलाई बताउन सकून् भनेर पैसा पठाइरहेका कुरालाई उनले जनाइरहेका हुन सक्छन् । वैकल्पिक अनुवादः “किनकि तिमीहरूले मलाई सुसमाचारलाई घोषणा गर्नको लागि सहायता गरिरहेका छौ”
“मलाई पक्का छ”
“परमेश्वर, जसले प्रारम्भ गर्नुभयो”
“यो मेरो निम्ति ठीक छ” वा “यो मेरो निम्ति असल छ”
यहाँ “हृदय” भनेको व्यक्तिको संवेगहरूको लागि प्रतिस्थापन शब्द हो । यस वाक्पद्धतिले कडा स्नेहलाई व्यक्त गर्दछ । वैकल्पिक अनुवादः “म तिमीहरूलाई धेरै प्रेम गर्छु”
“मसँगै अनुग्रहको सहभागी भएका छौ” वा “मसँगै अनुग्रहको भाग पाएका छौ”
“परमेश्वर जान्नुहुन्छ” वा “परमेश्वरले बुझ्नुहुन्छ”
भाववाचक नामपद शब्द “अनुकम्पा”लाई “प्रेम गर्नु” भन्ने क्रियापदको साथमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र ख्रीष्ट येशूले हामी सबैलाई प्यारो गरेर प्रेम गर्नुभए झैँ म तिमीहरूलाई प्रेम गर्छु”
पावल फिलिप्पीका विश्वासीहरूका निम्ति प्रार्थना गर्छन् र प्रभुको निम्ति भएकोदुःखभोगमा रहेको आनन्दको विषयमा कुराकानी गर्छन् ।
पावलले प्रेमको विषयमा त्यो कुनै थोक भए झैँ गरेर बताउँछन् जसलाई मानिसहरूले थप परिमाणमा लिन सक्थे । वैकल्पिक अनुवादः “बढोस्”
यहाँ “समझ”को अर्थ परमेश्वरको बारेमा भएको बुझाइ हो । यसलाई स्पष्ट हुने गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरलाई के कुराले प्रसन्न तुल्याउँछ भन्ने विषयमा जब तिमीहरूले झन् धेरै सिक्छौ र बुझ्छौ”
यसले चीजहरूलाई जाँच्ने र राम्रो लाग्ने कुराहरूलाई मात्र लिने कुरालाई जनाउँछ । वैकल्पिक अनुवाद: “जाँच गर र छान”
“जुन परमेश्वरलाई सबैभन्दा धेरै प्रसन्न पार्ने खालको छ”
“सच्चा” र “दोषरहित” भन्ने शब्दहरूले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् । नैतिक शुद्धतालाई जोड दिनको निम्ति पावलले यी शब्दहरूलाई जोड्छन् । वैकल्पिक अनुवादः “पूर्ण रूपमा दोषरहित”
केही कुराले भरिनु भनेको एउटा अलङ्कार हो जसले त्यसद्वारा चिनिनु वा त्यसलाई बानीको रूपमा गर्ने कुरालाई प्रतिनिधित्व गर्छ । “धार्मिकताको फल”को सम्भावित अर्थहरू हुन् कि १) यो एउटा अलङ्कार हो जसले धर्मी आचरणलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “धर्मी कुरालाई बानीको रूपमा गर्नु किनभने येशू ख्रीष्टले तिमीहरूलाई सक्षम बनाउनुहुन्छ” वा २) यो एउटा अलङ्कार हो जसले असल कार्यहरूलाई धर्मी हुनुको प्रतिफलको रूपमा प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “बानीको रूपमा असल कार्यहरू गर्नु किनभने येशूले तिमीहरूलाई धर्मी बनाउनुहुन्छ”
सम्भावित अर्थहरू हुन् १) “तिमीहरूले कसरी परमेश्वरलाई सम्मान गर्छौ भनेर त्यसपछि अरू मानिसहरूले देख्नेछन्” वा २) “तब तिमीहरूले गर्ने असल कामहरू देखेर मानिसहरूले परमेश्वरलाई प्रशंसा गर्नेछन् र उहाँलाई सम्मान दिनेछन् ।” यी वैकल्पिक अनुवादहरूमा एउटा नयाँ वाक्यको आवश्यकता हुन सक्छ ।
“सुसमाचार प्रचार-प्रसार”को कारण दुई वटा कुरा भएका छन् भनेर पावल भन्छन्ः उनी झ्यालखानामा किन छन् भन्ने कुरा महलभित्र र बाहिरका धेरै मानिसहरूले थाहा पाएका छन्, र सुसमाचारको घोषणा गर्न अब अरू ख्रीष्टिएनहरू कुनै डर मान्दैनन् ।
यहाँ “अब” भन्ने शब्द चाहिँ पत्रको एउटा नयाँ भागलाई अङ्कित गर्नको लागि प्रयोग गरिएको छ ।
यहाँ यसको अर्थ सङ्गी-ख्रीष्टियानहरू हो, जसमा पुरूषहरू र स्त्रीहरू दुवै समावेश गरिएका छन्, किनभने ख्रीष्टमा सबै विश्वासीहरू एउटा आत्मिक परिवारका सदस्यहरू हुन्, जसमा परमेश्वर चाहिँ तिनीहरूका स्वर्गीय पिताको रूपमा हुनुहुन्छ ।
पावलले झ्यालखानामा हुँदाको आफ्नो समयको विषयमा बताउँदै छन् । वैकल्पिक अनुवादः “येशूको बारेमा प्रचार गरेकोले मलाई झ्यालखानामा राखिएको कारण मैले भोग्नु परेका कुराहरू”
“धेरै मानिसहरूलाई सुसमाचार सुन्न लगाएको छ”
“ख्रीष्टमा भएका साङ्लाहरू” भनेको ख्रीष्टको खातिर झ्यालखानामा हुनु भन्ने कुरालाई जनाउने प्रतिस्थापन शब्दहरू हुन् । “प्रकाशमा आयो” भनेको “थाहा हुन गयो” भन्ने कुराको लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “यो कुरा थाहा हुन गयो कि म ख्रीष्टको खातिर झ्यालखानामा छु”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “महलका रक्षकहरू र रोमका धेरै अरू मानिसहरूले म ख्रीष्टको खातिर साङ्लाहरूमा छु भन्ने कुरा जान्दछन्”
यहाँ पावलले “मा” भन्ने सम्बन्दसूचक शब्दलाई “ ... को खातिर” भन्ने कुराको अर्थ दिनलाई प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “ख्रीष्टको खातिर भएका मेरा साङ्लाहरू” वा “ ... मेरा साङ्लाहरू किनभने म मानिसहरूलाई ख्रीष्टको बारेमा सिकाउँछु”
यहाँ “साङ्लाहरू” शब्द भनेको कारावासको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “मेरो कारावास”
यो सिपाहीहरूको एउटा समूह हो जसले रोमी सम्राटलाई रक्षा गर्न सहयोग गर्दथ्यो ।
“नडराइकन परमेश्वरको सन्देश बोल्नु”
“केही मानिसहरूले ख्रीष्टको बारेमा भएको सुसमाचार प्रचार गर्छन्”
“किनकि मानिसहरूले मलाई सुनेका तिनीहरू चाहँदैनन्, र तिनीहरू समस्या उत्पन्न गर्न चाहन्छन्”
“तर अरू मानिसहरूले यसो गर्छन् किनकि तिनीहरू दयालु छन् र तिनीहरू सहायता गर्न चाहन्छन्”
“जसले सद्भावको कारण ख्रीष्टलाई प्रचार गर्छन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् वैकल्पिक अनुवादः १) “सुसमाचारको बचाउ गर्न परमेश्वरले मलाई चुन्नुभयो” वा २) “मैले सुसमाचारको समर्थन गरेको कारण म झ्यालखानामा छु किनभने म सुसमाचारको बचाउ गर्छु ।”
“येशूको सन्देश सत्य हो भनेर सबैलाई सिकाउनको निम्ति”
“तर अरूहरू” वा “तर ईर्ष्या र बेमेलमा ख्रीष्टलाई घोषणा गर्नेहरू”
यहाँ “साङ्लाहरू” भन्ने शब्द कारावासको निम्ति एउटा प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “जब म कारावासमा छु” वा “जब म झ्यालखानामा छु”
उनले [फिलिप्पीहरू १५-१७]
“जबसम्म मानिसहरूले ख्रीष्टको बारेमा प्रचार गर्छन्, तिनीहरूले त्यो असल आशय वा खराब आशयको लागि गर्छन् भन्ने कुराले फरक पार्दैन”
“म खुशी छु किनभने मानिसहरूले येशूको बारेमा प्रचार गरिरहेका छन्”
“म उत्सव मनाउनेछु” वा “म हर्क मान्नेछु”
“किनभने मानिसहरूले ख्रीष्टलाई घोषणा गर्छन्, परमेश्वरले मलाई छुटकारा दिनुहुनेछ”
यहाँ “छुटकारा” भनेको भाववाचक नामपद शब्द हो जसले कोही व्यक्तिले अर्को कुनै व्यक्तिलाई कतै सुरक्षित स्थानमा ल्याउने कुरालाई जनाउँछ । तपाईंले स्पष्ट पारेर बताउनुपर्ने हुन सक्छ कि यो परमेश्वर हुनुहुन्छ जसले उनलाई छुटकारा दिनुहुनेछ भनेर पावल अपेक्षा गर्छन् । वैकल्पिक अनुवादः “मलाई कतै सुरक्षित स्थानमा ल्याइने कुरामा” वा “परमेश्वरले मलाई कतै सुरक्षित स्थानमा ल्याउनुहुने कुरामा”
“किनकि तिमीहरूले प्रार्थना गरिरहेका छौ र येशू ख्रीष्टको आत्माले मलाई सहायता गरिरहनुभएको छ”
“पवित्र आत्मा”
यहाँ “उत्सुक अपेक्षा” र “निश्चित आशा” भन्ने वाक्यांशहरूले सामान्यतया एउटै कुराको अर्थ दिन्छन् । पावलले उनको अपेक्षा कति बलियो छ भन्ने कुरामा जोड दिनको निम्ति तिनीहरूलाई एकैसाथ प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “म उत्सुकताका साथ र निश्चित रूपमा आशा गर्छु”
यो पावलको अपेक्षा र आशाको भाग हो । वैकल्पिक अनुवादः “तर यो कि म धेरै साहसी हुनेछु”
“मेरो शरीर” भन्ने वाक्यांश चाहिँ पावलले उनको शरीरसँग गर्ने कामहरूका लागि प्रतिस्थापन शब्द हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) “मैले गर्ने कामहरूद्वारा म ख्रीष्टलाई सम्मान गर्नेछु” वा २) “मानिसहरूले मैले गर्ने कामहरूको कारण ख्रीष्टलाई प्रशंसा गर्नेछन्”
“चाहे म मरौँ वा बाचौँ” वा “चाहे म जीवित रहि रहौँ वा म मरौँ”
यी शब्दहरू जोडदार छन् । यो पावलको व्यक्तिगत अनुभव हो भनेर तिनीहरूले संकेत गर्छन् ।
यहाँ ख्रीष्टलाई खुशी पार्ने र सेवा गर्ने कुरा चाहिँ जिउनुको लागि भएको पावलको एकमात्र उद्देश्यको रूपमा बताइएको छ । वैकल्पिक अनुवादः “जिइरहनु भनेको ख्रीष्टलाई प्रसन्न पार्नलाई पाएको एउटा अवसर हो”
यहाँ मृत्युलाई “लाभ”को रूपमा बताइएको छ । “लाभ”को लागि सम्भावित अर्थहरू हुन् १) पावलको मृत्युले सुसमाचारको सन्देश फैलाउन मदत पुर्याउनेछ वा २) पावल अझ राम्रो अवस्थामा हुनेछन् ।
यहाँ “शरीर” शब्द चाहिँ जिउको लागि प्रतिस्थापन शब्द हो, र “शरीरमा जिउनु” भनेको चाहिँ जीवित रहनुलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तर यदि म शरीरमा जीवित रहनु हो भने” वा “तर यदि म ... जिउरहनु हो भने”
“तर मैले के कुरा छान्नुपर्छ ?”
यहाँ “फल” भन्ने शब्दले पावलका कामहरूका असल नतिजाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यसको अर्थ हो कि म काम गर्न सक्नेछु मेरा कामहरूले असल प्रतिफलहरू ल्याउनेछन्”
जिउनु वा मर्नुको बीचमा छनोट गर्नको लागि उनलाई कति कठिन छ भन्ने विषयमा पावलले यसरी बताउछन् कि मानौँ चट्टान वा काठका मुडाहरूजस्ता दुईवटा गह्रौँ वस्तुहरूले पावललाई दुईतिरबाट एकै समयमा थिचिरहेका थिए । तपाईंको भाषामा यी वस्तुहरूले थिचेका छन् भन्नु भन्दा पनि तानेका छन् भन्दा अर्थ आउन सक्छ । वैकल्पिक अनुवादः “म तनावमा छु । मलाई थाहा छैन मैले जिउने वा मर्नेमध्ये कुनलाई चुन्नुपर्छ”
यहाँ पावलले उनी मर्नको निम्ति भयभीत छैनन् भन्ने कुरालाई देखाउनको निम्ति एउटा शिष्टोक्तिको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “म मर्न चाहन्छु किनभने म ख्रीष्टसँगै हुनको निम्ति जानेछु”
“किनकि मलाई पक्का गरी थाहा छ कि म जीवित रहनु तिमीहरूका निम्ति उत्तम छ”
“म जान्दछु कि म जीवितै रहनेछु” वा “म जान्दछु कि म बाँचिरहनेछु”
“त्यसैले मेरो कारण” वा “त्यसैले मैले गर्ने कुराको कारण”
“एउटै आत्मामा दृढ भएर खडा हुनु” र “एउटै मनको भएर कडा सङ्घर्ष गर्नु” भन्ने वाक्यांशहरूको समान अर्थ हुन्छ र एकताको महत्त्वलाई जोड दिन्छन् ।
“कडा सङ्घर्ष गर्दै, एउटै मनको भएर ।” एक अर्कासँग सहमत हुने कुराको विषयमा यसरी बताइएको छ कि मानौँ त्यो भनेको एउटै मन हुनु हो । वैकल्पिक अनुवादः “एक अर्कासँग सहमत हुँदै र एकसाथ सङ्घर्ष गर्दै”
“एकसाथ कडा परिश्रम गर्दै”
सम्भावित अर्थहरू हुन् १) “सुसमाचारमा आधारित विश्वासलाई फैल्याउनको निम्ति” वा “सुसमाचारले हामीलाई सिकाए झैँ गरी विश्वास गर्न र जिउन”
यो फिलिप्पीका विश्वासीहरूको निम्ति एउटा आज्ञा हो । यदि तपाईंको भाषामा आज्ञा दिनलाई बहुवचनको रूप छ भने, त्यसलाई यहाँ प्रयोग गर्नुहोस् ।
“परमेश्वरले तिनीहरूलाई नष्ट गर्नुहुनेछ भन्ने कुरा तिमीहरूको साहसले तिनीहरूलाई देखाउनेछ । परमेश्वरले तिमीहरूलाई बचाउनुहुनेछ भन्ने कुरा पनि यसले तिमीहरूलाई देखाउनेछ”
“र यो परमेश्वरबाटको हो ।” सम्भावित अर्थहरू हुन् कि “यस” शब्दले १) विश्वासीहरूको साहस वा २) चिन्ह वा) विनाश र उद्धारलाई जनाउँछ ।
“मैले कष्ट भोगेको तिमीहरूले देखेको जस्तै, र तिमीहरू सुन्छौ कि मैले अझै पनि कष्ट भोगिरहेको छु, त्यसरी नै तिमीहरूले पनि कष्ट भोगिरहेका छौ”
1 यसकारण म मान्दछु, कि ख्रीष्टमा उत्साह छ । म मान्दछु, कि त्यहाँ आत्माको सङ्गति छ । म मान्दछु, कि उहाँको प्रेमबाट सान्त्वना मिल्दछ । म मान्दछु, कि त्यहाँ स्नेही करुणा र सहानुभूति छ । 2 तिमीहरू एउटै मनका भएर, एउटै प्रेम धारण गरेर, आत्मामा एक भएर, र एउटै उद्देश्य राखेर मेरो आनन्दलाई पुरा गर । 3 स्वार्थ र रित्तो अहङ्कारमा केही नगर । बरु नम्रतामा आफूलाईभन्दा अरूहरूलाई उच्च ठान । 4 आफ्ना आवश्यकताहरूमा मात्र ध्यान नदेओ, तर अरूहरूका आवश्यकताहरूमा पनि ध्यान लगाओ । 5 त्यही शैलीमा विचार गर, जुन ख्रीष्ट येशूमा पनि थियो । 6 उहाँ परमेश्वरको स्वरूपमा हुनुहुन्थ्यो, तर पनि परमेश्वरसँगको आफ्नो बराबरीलाई उहाँले पक्रिराख्ने वस्तुझैँ ठान्नुभएन । 7 बरु, उहाँले आफैँलाई रित्त्याउनुभयो । उहाँले कमराको रूप धारण गर्नुभयो । उहाँ मानिसको स्वरूपमा आउनुभयो । मानिसकै स्वरूपमा उहाँ रहनुभयो । 8 उहाँले आफूलाई नम्र तुल्याउनुभयो, र मृत्यु अर्थात् क्रुसको मृत्युसम्मै आज्ञाकारी हुनुभयो । 9 यसकारण, परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो । परमेश्वरले उहाँलाई सबै नाउँभन्दा उच्च नाउँ दिनुभयो । 10 उहाँले यसो गर्नुभयो, ताकि येशूको नाममा हरेक घुँडाहरू टेकिऊन्ः स्वर्ग, पृथ्वी र पृथ्वीमुनि भएका सबैका घुँडाहरू । 11 र उहाँले यो गर्नुभयो, ताकि परमेश्वर पिताको महिमाका लागि प्रत्येक जिब्रोले येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गरोस् । 12 यसकारण, मेरा प्रियहरू हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गर्ने गरेका छौ, अब मेरो उपस्थितिमा मात्र होइन तर मेरो अनुपस्थितीमा झन् बढी डर र कम्पसाथ आफ्ना मुक्तिको काम पुरा गर । 13 किनकि परमेश्वरको प्रसन्नताको निम्ति तिमीहरूलाई दुवै इच्छा र काम गर्न लगाउनलाई तिमीहरूमा काम गर्नुहुने उहाँ नै हुनुहुन्छ । 14 गनगन नगरी र तर्क वितर्कविना सबै कामहरू गर । 15 यस्तो प्रकारले व्यवहार गर, ताकि तिमीहरू कुनै कलङ्कविना परमेश्वरका निर्दोष र इमानदार छोराछोरी हुन सक । यस्तो प्रकारले व्यवहार गर, ताकि तिमीहरू धूर्त र बरालिएका पुस्ताकाबिच यस संसारमा ज्योतिझैँ चम्कन सक । 16 जीवनको वचनलाई बलियो गरी पक्र ताकि ख्रीष्टको दिनमा मसँग महिमा गर्ने कारण होस् । किनभने त्यस दिन म व्यर्थमा दौडिनँ र मेरो परिश्रम व्यर्थको भएन भन्ने म जान्नेछु । 17 तर तिमीहरूको विश्वासको त्याग र सेवामा म बलिदानको रूपमा अर्पित हुनुपरे तापनि, म आनन्द मनाउँछु, र म तिमीहरू सबैसँग आनन्दित हुन्छु । 18 त्यसै गरी, तिमीहरू पनि आनन्दित होओ, र मसँगै आनन्दित होओ । 19 तर तिमोथीलाई तिमीहरूकहाँ छिट्टै पठाउनको निम्ति मैले प्रभु येशूमा आशा राख्दछु, ताकि तिनीबाट तिमीहरूका विषयमा जान्दा म प्रोत्साहित हुन सकूँ । 20 किनकि तिनको जस्तै मन भएको, र तिनीजस्तै तिमीहरूका निम्ति साँचो रूपमा उत्सुक हुने मसँग अरू कोही पनि छैन । 21 किनकि तिनीहरू सबैले येशू ख्रीष्टका कुराहरूभन्दा आफ्नै इच्छाको खोजी गर्दछन् । 22 तर तिमीहरूलाई तिनको योग्यता थाहै छ, किनकि जसरी बालकले आफ्ना पिताको सेवा गर्दछ, त्यसरी नै सुसमाचारमा मलाई तिनले सेवा गरेका छन् । 23 यसकारण, मेरो निम्ति के हुनेछ भनेर मैले थाहा पाउनासाथ जति सक्दो चाँडो म तिमोथीलाई तिमीहरूकहाँ पठाउने आशा गर्दछु । 24 तर म आफैँ तिमीहरूका माझमा छिट्टै आउनेछु भन्ने कुरामा प्रभुमा निर्धक्क छु । 25 तर इपाफ्रोडिटसलाई तिमीहरूकहाँ फिर्ता पठाउन म आवश्यक ठान्दछु । तिनी मेरा भाइ र सहकर्मी र सङ्गी सिपाही, र तिमीहरूका सन्देशवाहक तथा मेरा आवश्यकताहरूका निम्ति सेवक हुन् । 26 किनकि तिनी बिरामी भएको कुरा तिमीहरूले थाहा पाएकाले तिनी धेरै व्याकुल भएका थिए, र तिमीहरूसँग हुनको निम्ति तिनले तृष्णा गरेका थिए । 27 किनकि तिनी साँच्चै यति बिरामी थिए, कि तिनी मरणासन्न अवस्थामा पुगेका थिए । तर परमेश्वरले तिनीमाथि कृपा गर्नुभयो, र उनमा मात्र नभएर शोकमाथि शोक नथपिओस् भनेर ममाथि पनि दया देखाउनुभयो । 28 यसकारण, अझै धेरै उत्सुकतासाथ म तिनलाई तिमीहरूकहाँ पठाउँदै छु, ताकि जब तिमीहरूलेतिनलाई फेरि देख्छौ, तिमीहरू आनन्दित हुन सक र म चिन्ताबाट मुक्त हुनेछु । 29 त्यसैले, सारा आनन्दसाथ प्रभुमा इपाफ्रोडिटसलाई स्वागत गर । तिनीजस्ता मानिसलाई आदर गर । 30 किनकि ख्रीष्टको कार्यको निम्ति तिनी मृत्युको नजिक पुगे । मलाई सेवा पुर्याउन र तिमीहरूले मेरो सेवामा गर्न नसकेका कामलाई पुरा गर्न तिनले आफ्नो जीवन जोखिममा पारे ।
केही अनुवादहरूले, जस्तै कि यूएलटीले, ६-११ पदहरूका पङ्क्तिहरूलाई अलग राख्छन् । यी पदहरूले ख्रीष्टको उदाहरणलाई वर्णन गर्छन् । तिनले येशूको व्यक्तित्वको बारेमा भएका महत्त्वपूर्ण सत्यताहरू सिकाउँछन् ।
यस अध्यायमा पावलले फिलिप्पीमा भएको मण्डलीलाई थुप्रै व्यवहारिक निर्देशनहरू दिन्छन् ।
यो एक प्रकारको परिकल्पित भनाइ जस्तो देखिन्छ । तापनि, यो परिकल्पित भनाइ भने होइन किनभने यसले केही सत्य कुरालाई नै व्यक्त गर्छ । अनुवादकले यस वाक्यांशलाई “किनकि त्यहाँ ... छ” भनेर पनि गर्न सक्छन् ।
पावल विश्वासीहरूलाई एकता र नम्रता धारण गर्नलाई सल्लाह दिन्छन् र तिनीहरूलाई ख्रीष्टको उदाहरणको सम्झना दिलाउँछन् ।
“यदि ख्रीष्टले तिमीहरूलाई उत्साह दिनुभएको छ भने” वा “यदि तिमीहरू ख्रीष्टको कारण उत्साहित भएका छौ भने”
“प्रमबाट” भन्ने वाक्यांशले सम्भवतः फिलिप्पीहरूको लागि भएको ख्रीष्टको प्रेमलाई जनाउँछ । वैकल्पिक अनुवादः “यदि उहाँको प्रेमले तिमीहरूलाई केही सान्त्वना दिएको छ भने” वा “यदि उहाँको प्रेमले तिमीहरूलाई कुनै पनि किसिमले सान्तवना दिएको छ भने”
“यदि आत्मासँग तिमीहरूको सङ्गति छ भने”
“यदि तिमीहरूले परमेश्वरका स्नेही करुणाहरू र सहानुभूतिहरूका थुप्रै कामहरूको अनुभव गरेका छौ भने”
पावल यहाँ आनन्दलाई भरिन सकिने भाँडोको रूपमा बताउँछन् । वैकल्पिक अनुवादः “मलाई प्रशस्त मात्रामा आनन्दित हुने तुल्याओ”
“तिमीहरूले आफैँलाई सेवा नगर वा तिमीहरूले आफैँलाई अरूहरूभन्दा श्रेष्ठ नठान”
“तिमीहरूलाई खाँचो भएका कुराहरूका बारेमा मात्र विचार नगर, तर अरूहरूलाई खाँचो भएका कुराहरूका बारेमा पनि विचार गर”
“त्यस्तो स्वभाव राख जुन ख्रीष्ट येशूसँग थियो” वा “ख्रीष्ट येशूले मानिसहरूको विषयमा सोच्नुहुने तरिकाले एक अर्काको बारेमा सोच”
“परमेश्वरको बारेमा सत्य रहेका कुराहरू उहाँको बारेमा पनि सत्य थियो”
यहाँ “बराबरी”ले “बराबर स्तर” वा “बराबर मान” भन्ने कुरालाई जनाउँछ । परमेश्वरसँगको बराबरीलाई पक्रने कुराले उहाँले परमेश्वरले झैँ सम्मान पाइरहनलाई माग गर्ने कुरालाई प्रतिनिधित्व गर्छ । ख्रीष्टले त्यसो गर्नुभएन । हुन त उहाँ परमेश्वर हुन रोकिनुभएन, उहाँले परमेश्वरले झैँ व्यवहार गर्नलाई रोक्नुभयो । वैकल्पिक अनुवादः “उहाँसँग परमेश्वरको झैँ स्तर हुनुपर्छ भनेर सोच्नुभएन”
यस पृथ्वीमा येशूको सेवा-कार्यको अवधिमा उहाँले आफ्ना स्वर्गीय शक्तिहरूद्वारा काम गर्न इन्कार गर्नुभएको कुरालाई बताउनको निम्ति पावल ख्रीष्टलाई एउटा भाँडोको रूपमा उल्लेख गर्छन् ।
“उहाँ मानव भएर जन्मनुभएको थियो” वा “उहाँ मानव हुनुभयो”
यहाँ पावलले मृत्युको बारेमा आलङ्कारिक रूपमा बताएका छन् । अनुवादकले यसलाई स्थानलाई बुझाउने अलङ्कारको रूपमा पनि बुझ्न सक्छन्
“क्रूसमा मर्नसम्म पनि”
यहाँ “नाउँ” भनेको एउटा प्रतिस्थापन शब्द हो जसले ओहदा वा मानलाई जनाउँछ । वैकल्पिक अनुवादः “अरू कुनै ओहदाभन्दा उच्च ओहदा” वा “अरू कुनै मानभन्दा उच्च मान”
यो नाम अरू कुनै नामभन्दा धेरै महत्त्वपूर्ण छ, र धेरै प्रशंसा गरिनुपर्छ ।
यहाँ “घुँडा”ले सिङ्गो व्यक्तिलाई नै जनाउँछ, र जमिनमा घुँडा टेक्नलाई घुँडा खुम्चाउनुको भनेको आराधनाको लागि प्रतिस्थापन शब्द हो । यहाँ “ ... को नाममा” भनेको व्यक्तिको लागि प्रतिस्थापन शब्द हो जसले बताउँछ कि तिनीहरूले कसलाई आराधना गर्नेछन् । वैकल्पिक अनुवादः “हरेक व्यक्तिले येशूको आराधना गर्नेछ”
सम्भावित अर्थहरू हुन् १) त्यो ठाउँ जहाँ मानिसहरू मरिसकेपछि जान्छन् वा २) भूतहरू बस्ने ठाउँ ।
यहाँ “जिब्रो”ले सिङ्गो व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “हरेक व्यक्ति” वा “हरेक प्राणी”
यहाँ “को” भन्ने शब्दले नतिजालाई जनाउँछः “तिनीहरूले परमेश्वर पिताको प्रशंसा गर्ने परिणामसहित”
पावल फिलिप्पीका विश्वासीहरूलाई प्रोत्साहन दिन्छन् र अरूहरूको अगाडि ख्रीष्टिएन जीवन कसरी जिउने भनेर देखाउँछन् र उहाँको उदाहरणको विषयमा सम्झना दिलाउँछन् ।
“मेरा प्रिय सङ्गी विश्वासीहरू”
“जब म तिमीहरूसँग त्यहाँ हुन्छु”
“जब म तिमीहरूसँग त्यहाँ हुँदिन”
भाववाचक नामपद शब्द “मुक्ति”लाई परमेश्वरले मानिसहरूलाई बचाइरहनुभएको कुरालाई जनाउने वाक्यांशसहित व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “डर र कम्पसाथ, ती कुराहरू गर्न कठोर परिश्रम गर जुन परमेश्वरले बचाउनुभएकाहरूको लागि उचित छ” वा “परमेश्वरको लागि डर र भक्तिसाथ, असल कुराहरू गर्न कठोर परिश्रम गर जसले देखाउँछ कि उहाँले तिमीहरूलाई बचाउनुभएको छ”
मानिसहरूसँग परमेश्वरको लागि हुनुपर्ने भक्तिको आचरणलाई देखाउनको लागि पावलले “डर” र “कम्प” भन्ने शब्दहरूलाई एकसाथ प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “डरले काम्दै” वा “गहिरो भक्तिकासाथ”
“ताकि तिमीहरूले उहाँलाई प्रसन्न तुल्याउने कुराहरू गर्न चाहनेछौ र उहाँलाई प्रसन्न पार्ने कुराहरू गर्न सक्षम हुनेछौ”
“दोषरहित” र “शुद्ध” भन्ने शब्दहरूको समान किसिमको अर्थ हुन्छ र अवधारणालाई बलियो बनाउन एकसाथ प्रयोग गरिएका छन् । वैकल्पिक अनुवादः “पूर्ण रूपमा निर्दोष”
ज्योतिले भलाइ र सत्यतालाई प्रतिनिधित्व गर्छ । संसारमा ज्योतिहरू झैँ भएर चम्कने कुराले असल र धर्मी तवरले जिउने कुरालाई प्रतिनिधित्व गर्छ ताकि संसारमा भएका मानिसहरूले परमेश्वर असल र सत्य हुनुहुन्छ भनी देख्न सकून् । वैकल्पिक अनुवादः “ताकि तिमीहरू संसारमा ज्योतिहरू झैँ हुन सक”
यहाँ “संसार” भन्ने शब्दले संसारका मानिसहरूलाई जनाउँछ । “दुष्ट” र “पतित” भन्ने शब्दहरूलाई मानिसहरू धेरै पापपूर्ण हुन्छन् भनी जोड दिनलाई एकसाथ प्रयोग गरिएका छन् । वैकल्पिक अनुावदः “संसारमा, ती मानिसहरूको माझमा जो धेरै पापपूर्ण छन्”
“पक्रिराख” भन्ने कुराले दह्रो गरी विश्वास गर्ने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “जीवनको वचनलाई बलियो गरी विश्वास गरी राख”
“जीवन ल्याउने सन्देश” वा “तिमीहरूले कसरी जिएको परमेश्वरले चाहनुहुन्छ भनी देखाउने सन्देश”
यसले येशू उहाँको राज्यलाई स्थापित गर्न र पृथ्वीमाथि शासन गर्नको लागि फर्कनुहुने समयलाई जनाउँछ । वैकल्पिक अनुवादः “जब ख्रीष्ट फर्कनुहुन्छ”
“व्यर्थमा दौडनु” र “व्यर्थमा परिश्रम गर्नु” भन्ने वाक्यांशहरूले एउटै कुराको अर्थ दिन्छन् । पावलले मानिसहरूलाई ख्रीष्टमा विश्वास गर्नलाई सहायता गर्नका निमित्त कति कठोर परिश्रम गरेका छन् भनी देखाउनलाई तिनलाई एकसाथ प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “मैले बेफ्वाँकमा त्यति मिहिनेतका साथ काम गरिन”
धर्मशास्त्रले धेरैपटक हिँड्नुको चित्रणलाई कुनै व्यक्तिले आफ्नो जीवनलाई चलाउने कुरालाई प्रतिनिधित्व गर्नलाई प्रयोग गर्छ । दौडनु भनेको चाहिँ जीवनलाई तीव्र रूपमा जिउनु हो ।
पावलले आफ्नो मृत्युको बारेमा यसरी बताउँछन् कि मानौँ उनी कुनै पेय पदार्थको भेटी थिए जुन परमेश्वरलाई सम्मान गर्न पशु बलिमाथि खनाइन्छ । पावलको अर्थ हो कि यदि उनको मृत्युले तिनीहरूलाई परमेश्वरको लागि ज्यादा मनपर्दो बनाउने थियो भने उनी फिलिप्पीहरूको लागि खुशीसाथ मर्ने थिए । वैकल्पिक अनुवादः “तर, यदि रोमीहरूले मलाई मारे भनेपनि, त्यो भनेको चाहिँ मेरो रगत कुनै बलिको रूपमा खन्याइएको जस्तै हो, यदि मेरो मृत्युले तिमीहरूको विश्वास र आज्ञापालनलाई परमेश्वरको लागि बढी मनपर्दो बनाउने थियो भने म खुशी हुनेछु र तिमीहरू सबैसँग रमाउनेछु”
पावलले तिमोथीलाई छिट्टै पठाउने उनको योजनाको बारेमा फिलिप्पीहरूलाई बताउँछन् र तिनीहरूले इपाफ्रोडिटसलाई विशेष रूपमा व्यवहार गर्नुपर्छ भनी तिनीहरूलाई बताउँछन् ।
“तर प्रभु येशूले मलाई ... स्वीकृति दिनुहुनेछ भनेर म पक्का गरी अपेक्षा गर्छु”
“तिनले जति प्रेम यहाँ अरू कसैले पनि तिमीहरूलाई गर्दैन”
यहाँ “तिनीहरू” भन्ने शब्दले ती मानिसहरूको समूहलाई जनाउँछ जसलाई पावलले फिलिप्पीमा पठाउनको निम्ति विश्वास गर्न सक्दैनन् । पावल त्यस समूहप्रतिको उनको अप्रसन्नतालाई पनि व्यक्त गर्छन्, किनकि तिनीहरू जानको निम्ति सक्षम हुनुपर्ने हो, तर तिनीहरूले आफ्नो कार्य पूरा गर्छन् भन्ने कुरामा पावल तिनीहरूमाथि भरोसा गर्दैनन् ।
बाबुहरू र छोराहरूले एक अर्कालाई प्रेम गर्छन् र एकसाथ काम गर्छन् । तिमोथी वास्तवमै पावलका छोरा थिएनन्, तर उनले पावलसँग त्यसरी काम गरे जसरी एक छोराले आफ्नो बाबुसँग काम गर्छ ।
यहाँ “सुसमाचार” भन्नाले येशूको बारेमा मानिसहरूलाई बताउने क्रियाकलाप हो । वैकल्पिक अनुवादः “मानिसहरूलाई सुसमाचारको विषयमा बताउनमा”
“म निर्धक्क छु, यदि यो प्रभुको इच्छा हो भने, म पनि छिट्टै आउनेछु”
यो फिलिप्पी मण्डलीले पावल झ्यालखानामा हुँदा उनको सेवा गर्नलाई पठाएका एकजना मानिसको नाम हो ।
यहाँ पावलले इपाफ्रोडिटसको विषयमा तिनी एक सिपाही भए झैँ गरी बताइरहेका छन् । उनले यो बताउन खोजेका हुन् कि इपाफ्रोडिटसले जतिसुकै जटिल कठिनाइ भोग्नु परे तापनि तिनी परमेश्वरको सेवा गर्न तालिम प्राप्त र समर्पित छन् । वैकल्पिक अनुवादः “सङ्गी विश्वासी जो हामीसँगै काम र सङ्घर्ष गर्छन्”
“जसले तिमीहरूको सन्देश मकहाँ ल्याउँछन् र म खाँचोमा पर्दा मलाई सहायता गर्छन्”
“तिनी धेरै चिन्तित थिए र तिमीहरू सबैसँग हुन चाहेका थिए”
यो शोकको कारणलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “म झ्यालखानामा भइरहेको अवस्थाको मेरो शोकमाथि तिनलाई गुमाउने शोक थपियो”
“म कम चिन्तित हुनेछु” वा “म जति चिन्तित भएको छु त्यति हुनेछैन”
“इपाफ्रोडिटसलाई खुसीसाथ ग्रहण गर”
“सङ्गी विश्वासीको रूपमा सारा आनन्दसाथ प्रभुमा” वा “प्रभु येशूले हामीलाई प्रेम गर्नुहुने हुनाले हामीसँग भएको महान् आनन्दसाथ”
यहाँ पावलले मृत्युलाई कुनै एक स्थानको रूपमा बताउँछन् जसको नजिक कोही जान सक्छ ।
पावलले आफ्ना आवश्यकताहरूलाई एउटा भाँडोको रूपमा बताउँछन् जसलाई इपाफ्रोडिटसले पावलको निम्ति असल कुराहरूले भरिदिए ।
1 अन्त्यमा मेरा भाइहरू हो, परमप्रभुमा आनन्द गर । तिमीहरूलाई बारम्बार एउटै कुरा लेखिरहनु मेरो निम्ति झर्कोलाग्दो कुरो होइन । यी कुराहरूहरूले तिमीहरूलाई सुरक्षित राख्नेछन् । 2 कुकुरहरूदेखि होसियार रहो । खराब काम गर्नेहरूदेखि होसियार रहो । अङ्ग कटाइ गर्नेहरूदेखि होसियार रहो । 3 किनकि खतना हामीहरू नै हौँ । हामीहरू नै परमेश्वरका आत्माद्वारा आराधना गर्दछौँ । हामीहरू नै ख्रीष्ट येशूमा गर्व गर्दछौँ, र शरीरमा कुनै भरोसा राख्दैनौँ । 4 यद्यपि, म आफैँले शरीरमा भरोसा राख्न सक्थे । यदि कसैले आफ्नो शरीरमा भरोसा राख्ने विचार गर्छ भने, त्योभन्दा बढी म गर्न सक्छु । 5 मेरो आठौँ दिनमा खतना गराइएको थियो, म इस्राएलका मानिसहरूमध्ये एक, बेन्यामीन कुलमा जन्मेको, हिब्रूहरूका हिब्रू हुँ; व्यवस्थाको विषयमा चाहिँ, एक फरिसी । 6 मैले जोसिलो रूपमा मण्डलीलाई सताएँ । व्यवस्थाको धार्मिकताको विषयमा चाहिँ म दोषरहित थिएँ । 7 तर मेरो निम्ति लाभदायक भएका सबै कुराहरू, ख्रीष्टको खातिर मैले हानि नै सम्झेको छु । 8 वास्तवमा, मेरा प्रभु ख्रीष्ट येशूको ज्ञानको श्रेष्ठताको कारण अब म सबै कुराहरूलाई हानि नै सम्झन्छु । उहाँको निम्ति मैले सबै कुराहरूलाई त्यागेको छु । मैले ती कुराहरूलाई काम नलाग्ने ठान्दछु ताकि मैले ख्रीष्टलाई हासिल गर्न सकूँ, 9 र उहाँमा स्थापित हुन सकूँ । व्यवस्थाबाट मैले आफैँले प्राप्त गरेको धार्मिकता मसँग छैन । बरु, ख्रीष्ट येशूमा विश्वासद्वारा प्राप्त गरेको धार्मिकता मसँग छ, जुन धार्मिकता विश्वासमा आधारित परमेश्वरबाट मैले प्राप्त गरेको हुँ । 10 यसैकारण, अब म उहाँ र उहाँको पुनरुत्थानको शक्तिलाई जान्न चाहन्छु र उहाँका कष्टहरूमा सहभागी हुन चाहन्छु । उहाँको मृत्युको समरूपतामा म बद्लिन चाहन्छु, 11 ताकि मैले मरेकाहरूबाटको पुनरुत्थानको कुनै किसिमले अनुभव गर्न सकूँ । 12 मैले यी सबै कुराहरू प्राप्त गरिसकेको छु, वा म पूर्ण भइसकेको छु भन्ने कुरा साँचो होइन । तर जे कुराको निम्ति म ख्रीष्टद्वारा चुनिएको थिएँ, ती मैले पक्रन सकूँ भनेर म जोड दिन्छु । 13 भाइहरू हो, मैले यी सबै कुराहरू पक्रिसकेको छु भनी म ठान्दिनँ । तर एउटा कुराचाहिँ मैले पक्रन सकेकेछुः म पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूका निम्ति परिश्रम गर्दछु । 14 म ख्रीष्ट येशूमा परमेश्वरको माथिल्लो बोलावटको इनाम जित्ने लक्ष्यतर्फ अगाडि बढ्नमा जोड दिन्छु । 15 यसकारण, हामी परिपक्व भएकाहरू सबैले यसरी विचार गरौँ । यदि तिमीहरूले कुनै कुरालाई भिन्न प्रकारले विचार गर्दछौ भने परमेश्वरले ती कुराहरूलाई पनि तिमीहरूका निम्ति प्रकट गर्नुहुनेछ । 16 तथापि, हामीले जे प्राप्त गरिसकेका छौँ, हामी त्यसमा अडिग रहौँ । 17 भाइहरू हो, मेरो अनुकरण गर्नेहरू होओ । हामीमा तिमीहरूले पाएका उदाहरणअनुसार हिँड्नेहरूलाई ध्यान दिएर हेर । 18 ती धेरै व्यक्तिहरू जसको विषयमा मैले तिमीहरूलाई बारम्बार बताएको थिएँ, र अहिले आँसुका साथ म बताउँदै छु, कि तिनीहरू ख्रीष्टको क्रुसका शत्रुहरूझैँ हिँडिरहेका छन् । 19 तिनीहरूको नतिजा विनाश हो । किनकि तिनीहरूको ईश्वर तिनीहरूको पेट हो, र तिनीहरूको शर्ममा तिनीहरूको घमण्ड छ । तिनीहरू सांसारिक कुराहरूका बारेमा विचार गर्दछन् । 20 तर हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट हामी मुक्तिदाता प्रभु येशू ख्रीष्टको प्रतीक्षा गर्दछौँ । 21 उहाँले हाम्रो क्षुद्र शरीरलाई उहाँको जस्तै महिमित शरीरमा परिवर्तन गर्नुहुनेछ, जुन शरीर सबै कुराहरू उहाँको अधीनमा ल्याउनको निम्ति उहाँको शक्तिद्वारा बनाइएको छ ।
पदहरू ४-८ मा पावलले आफू एक धर्मी यहूदी गनिनको निम्ति उनी कसरी योग्यका छन् भन्ने कुराहरूको सूची बनाउँछन् । हरेक तवरहरूमा, पावल एक उदाहरणीय यहूदी थिए । तर उनले यी कुराहरू र येशूलाई चिन्नुको महानताको बीचमा भएको अन्तरलाई देखाउँछन् ।
प्राचीन पूर्व नजिक क्षेत्रका मानिसहरूले अरू मानिसहरूलाई नकारात्मक तरिकामा जनाउनको लागि कुकुरहरूको चित्रणलाई प्रयोग गर्ने गर्थे । सबै संस्कृतिहरूले “कुकुरहरू” भन्ने शब्दलाई यसरी प्रयोग गर्दैनन् ।
मानिसहरू स्वर्गमा कस्ता हुनेछन् भनेर हामी धेरै कम मात्र जान्दछौँ । पावलले यहाँ सिकाउँछन् कि ख्रीष्टिएनहरूसँग कुनै किसिमको महिमामय शरीर हुनेछ र त्यो पापरहित हुनेछ । अनि )
पावलले ख्रीष्टिएन जीवनलाई वर्णन गर्न एउटा विस्तारित चित्रणको प्रयोग गर्छन् । ख्रीष्टिएन जीवनको लक्ष्य भनेको कोही व्यक्ति नमरेसम्म ख्रीष्ट जस्तै हुनलाई बढ्दै जान कोसिस गर्नु हो । हामीले यो लक्ष्यलाई कहिल्यै पनि पूर्ण रूपले प्राप्त गर्न सक्दैनौँ, तर हामीले यसको लागि सङ्घर्ष गर्नुपर्छ ।
आफ्ना सङ्गी विश्वासीहरूलाई पुराना व्यवस्थाहरू पालन गराउन खोज्ने यहूदीहरूका विषयमा सावधानी गराउनको निम्ति, पावल आफैँले विश्वासीहरूलाई सतावट गरेर हिँड्ने बेलाको विषयमा उनको गवाही दिन्छन् ।
“अब अगाडि बढ्दै, मेरा भाइहरू हो” वा “अरू विषयहरूका बारेमा, मेरा भाइहरू हो”
तपाईंले यसलाई फिलिप्पीहरू १:१२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“प्रभुले गर्नुभएका सबै कुराहरूका निम्ति खुशी होऊ”
“यी कुराहरू तिमीहरूलाई फेरि लेख्नु भनेको मेरो लागि कुनै दुःखको कुरा होइन”
यहाँ “यी कुराहरू”ले पावलका शिक्षाहरूलाई जनाउँछन् । तपाईंले अगिल्लो वाक्यको अन्तमा यो वैकल्पिक अनुवादलाई थप्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “किनकि यी शिक्षाहरूले तिमीहरूलाई तिनीहरूबाट बचाउनेछ जसले जे सत्य होइन सो सिकाउँछन्”
“ ... सँग सावधान रहो” वा “ ... सँग सतर्क रहो”
झूटा शिक्षकहरूको एउटै समूहलाई वर्णन गर्ने यी तीन विभिन्न तरिकाहरू हुन् । यी यहूदी ख्रीष्टिएन शिक्षकहरूका विषयमा पावललाई मनमा लाग्ने कुराहरूलाई व्यक्त गर्न उनले यी कडा अभिव्यक्तिहरू प्रयोग गरिरहेका छन् ।
“कुकुरहरू” भन्ने शब्द यहूदीहरूद्वारा तिनीहरूलाई जनाउन प्रयोग गरिन्थ्यो जो यहूदीहरू थिएनन् । तिनीहरूलाई अशुद्ध ठानिन्थ्यो । पावलले झूटा शिक्षकहरूलाई अपमान गर्नको निम्ति तिनीहरू कुकुरहरू भए झैँ गरेर बताउँछन् । यदि तपाईंको संस्कृतिमा कुनै भिन्नै जन्तु छ जसलाई अशुद्ध ठानिन्छ वा जसको नामलाई अपमानको रूपमा प्रयोग गरिन्छ भने, तपाईंले बरु त्यो जन्तुलाई प्रयोग गर्न सक्नुहुन्छ ।
पावलले झूटा शिक्षकहरूको अपमान गर्नको निम्ति खतनाको कार्यको बारेमा बढाइचढाइ गरेर भनिरहेका छन् । ती झूटा शिक्षकहरूले भने कि परमेश्वरले त्यो व्यक्तिलाई मात्र बचाउनुहुन्छ जसको खतना भएको छ, जसले खलडी काट्छ । यो कार्य मोशाको व्यवस्था अनुसार सबै पुरुष इस्राएलीहरूले गर्न आवश्यक थियो ।
पावलले “हामी” भन्ने शब्दलाई फिलिप्पी विश्वासीहरू समेत गरेर उनी आफैँलाई र ख्रीष्टमा भएका सबै साँचा विश्वासीहरूलाई जनाउनको निमित्त प्रयोग गर्छन् ।
पावलले यो शब्द शरीरमा खतना नभएका तर आत्मिक रूपमा खतना भएका ख्रीष्टमा विश्वास गर्नेहरूलाई जनाउनको निम्ति प्रयोग गर्छन् जसको अर्थ तिनीहरूले विश्वासद्वारा पवित्र आत्मालाई प्राप्त गरेका छन् भन्ने हो । वैकल्पिक अनुवादः “साँचो रूपमा खतना भएकाहरू” वा “साँचो रूपमा परमेश्वरका मानिसहरू”
“हाम्रो अङ्ग काट्नाले मात्र परमेश्वरलाई प्रसन्न तुल्याउँछ भनेर विश्वास नगर्ने”
“तरैपनि, यदि मैले चाहेको भए ।” पावलले एउटा परिकल्पित परिस्थितिलाई परिचय गराउँदैछन् जुन वास्तवमा हुन सम्भव छैन ।
यो एउटा काल्पनिक परिस्थिति हो जुन सम्भव छ भनेर पावल विश्वास गर्दैनन् । पावल भन्छन् कि यदि परमेश्वरले मानिसहरूलाई तिनीहरूले गरेका कामको आधारमा बचाउन सम्भव भए, परमेश्वरले निश्चय नै उनलाई बचाउनुहुने थियो । वैकल्पिक अनुवादः “कसैले पनि परमेश्वरलाई प्रसन्न तुल्याउनको निम्ति पर्याप्त कुराहरू गर्न सक्दैन, तर यदि कसैले परमेश्वरलाई प्रसन्न तुल्याउनको निम्ति पर्याप्त काम कुराहरू गर्न सक्छ भने, म अझ धेरै असल कामहरू गर्न सक्छु र परमेश्वरलाई अरू कसैले भन्दा धेरै प्रसन्न तुल्याउन सक्छु”
पावलले “आफैँ” भन्ने शब्दलाई जोड दिनको निम्ति प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “निश्चय नै म”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एउटा पूजाहारीले मेरो खतना गरिदिए”
“मेरो जन्म भएको सात दिनपछि”
सम्भावित अर्थहरू हुन् १) “हिब्रू आमाबुबा भएको एक हिब्रू छोरा” वा २) “सबैभन्दा शुद्ध हिब्रू ।”
फरिसीहरू सारा व्यवस्थाको पालना गर्ने कुराप्रति प्रतिबद्ध हुन्थे । तिनी एक फरिसी भएका कुराले देखायो कि पावल सारा व्यवस्थाको पालना गर्ने कुराप्रति प्रतिबद्ध थिए । वैकल्पिक अनुवादः “एक फरिसीको रूपमा म सारा व्यवस्थाको पालना गर्ने कुराप्रति प्रतिबद्ध थिएँ”
पावलको जोस चाहिँ परमेश्वरलाई सम्मान गर्नको लागि भएको उनको उत्साह थियो । उनले विश्वास गर्थे कि मण्डलीलाई सताउनाले उनी परमेश्वरको लागि कति जोसिला थिए भन्ने कुरालाई उनले प्रमाणित गरे । वैकल्पिक अनुवादः “मसँग परमेश्वरको लागि यति धेरै जोस थियो कि मैले मण्डलीलाई सताएँ” वा “किनभने म परमेश्वरलाई सम्मान गर्न यति धेरै चाहन्थेँ, मैले मण्डलीलाई सताएँ”
“मैले ख्रीष्टिएनहरूलाई आक्रमण गरेँ”
“व्यवस्था बमोजिमको धार्मिकता” भन्ने कुराले व्यवस्थालाई पालन गरेर धर्मी हुने कुरालाई जनाउँछ । पावलले व्यवस्थालाई यति ध्यानपूर्वक पालना गर्थे कि उनले विश्वास गर्थे कि उनले त्यसको कुनै पनि अंश पाउन सक्दैनथे जसको उनले अनाज्ञापालन गरे । वैकल्पिक अनुवादः “म व्यवस्था पालन गरेर यति धर्मी थिएँ कि म दोषरहित थिएँ”
एउटा तत्पर फरिसी भएका कारण पावलले पाएको प्रशंसालाई उनले यहाँ जनाइरहेका छन् । उनले यस प्रशंसाको विषयमा यसरी बताउँछन् कि मानौँ उनले यसलाई विगतमा एउटा व्यापारीले कमाएको नाफा झैँ गरी देखेका थिए । वैकल्पिक अनुवादः “ती जुनसुकै कुरा जसको लागि अरू यहूदीहरूले मेरो प्रशंसा गरे”
यी सामान्य व्यापारका भाषाहरू हुन् । यदि तपाईंको समाजका धेरै मानिसहरूले व्यापारका औपचारिक भाषाहरूलाई बुझ्दैनन् भने, तपाईंले यी शब्दहरूलाई “ती कुराहरू जसले मेरो जीवनलाई राम्रो बनाए” र “ती कुराहरू जसले मेरो जीवनलाई नराम्रो बनाए” भनेर अनुवाद गर्न सक्नुहुन्छ ।
पावलले त्यस प्रशंसाको विषयमा यसरी बताउँछन् कि मानौँ अब उनले त्यसलाई नाफाको साटोमा एउटा व्यवसायिक घाटाको रूपमा हेरिरहेका थिए । अन्य शब्दहरूमा भन्नुपर्दा, पावल बताउँछन् कि उनका सबै धार्मिकताका कार्यहरू ख्रीष्टको सामु बेकार छन् ।
“साँच्चै” वा “साँचो रूपमा”
“अब” भन्ने शब्दले पावल फरिसी हुन त्यागेर ख्रीष्टमा विश्वासी भइसकेपछि उनी कति परिवर्तन भए भन्ने कुरालाई जोड दिन्छ । वैकल्पिक अनुवादः “अब मैले ख्रीष्टमा विश्वास गरेको हुनाले, म ... सम्झन्छु”
ख्रीष्टभन्दा बाहेक अरू कुनै कुरामा विश्वास गर्नु व्यर्थ छ भन्दै पावलले [फिल्लिपी ३:७]
“किनकि ख्रीष्ट येशू मेरा प्रभुलाई जान्नु सबै कुराभन्दा कति बढी मूल्यवान् छ”
“ताकि मैले केवल ख्रीष्टलाई प्राप्त गर्न सकूँ”
“पाइन सकूँ” भन्ने वाक्यांश एउटा वाक्पद्धति हो जसले “हुनु” भन्ने अवधारणालाई जोड दिन्छ । वैकल्पिक अनुवादः “साँचो रूपमा ख्रीष्टसँग एउटै हुन सकूँ”
पावल जान्दछन् कि व्यवस्थाको पालना गरेर उनी धर्मी बन्न सक्दैनन् ।
“त्यो” शब्दले धार्मिकतालाई जनाउँछ । पावल जान्दछन् कि ख्रीष्टमा विश्वास गरेर मात्रै उनी धर्मी बन्न सक्दछन् । वैकल्पिक अनुवादः “तर ख्रीष्टमा विश्वास गरेर आउने धार्मिकता धारण गरेर”
“उहाँको शक्ति जसले हामीलाई जीवन दिन्छ”
“उहाँले कष्ट भोग्नु भएजस्तै कष्ट भोग्नु कस्तो हुन्छ भनेर” वा “उहाँसँगै दुःखभोगमा भाग लिनु कस्तो हुन्छ भनेर”
सम्भावित अर्थहरू हुन् १) पावल ख्रीष्टले उनलाई परिवर्तन गर्नुभएको चाहन्छन् ताकि उनी ख्रीष्ट मर्नुभए झैँ गरेर मर्न सकून् वा २) येशूको पुनरुत्थान हुनु अगाडि उहाँ मृत झैँ गरी पावलको पाप गर्ने इच्छा पनि मृत होस् भन्ने उनी चाहन्छन् ।
“कुनै किसिमले” भन्ने वाक्यांशले आफ्नो जीवनमा के हुन लागिरहेको छ भन्ने कुरा पावललाई थाहा छैन भन्ने अर्थ दिन्छ, तर जेसुकै भए तापनि, यसको नतिजा अनन्त जीवन हुनेछ । “ताकि, मलाई अहिले जे भए तापनि, म मरेपछि जीवनमा पुनः फर्कनेछु”
विश्वासीहरूलाई पर्खिरहेका स्वर्ग र नयाँ शरीरहरूका कारण पावल फिलिप्पीमा भएका विश्वासीहरूलाई उनको वर्तमान उदाहरणलाई पछ्याउन आग्रह गर्छन् । एउटा दौडमा भाग लिने व्यक्तिले अन्तिम रेखामा पुग्नको निम्ति प्रयास गरे झैँ गरी ख्रीष्टजस्तै हुनको निम्ति उनले कति कडा परिश्रम आफूले सक्ने जति गर्छन् भन्ने विषयमा उनले बताउँछन्, यो जान्दै कि परमेश्वरले उनलाई अनन्तको निम्ति स्वर्ग बस्न दिनुहुनेछ ।
यिनीहरूमा ख्रीष्टलाई चिन्ने, उहाँको पुनरुत्थानको शक्तिलाई जान्ने, ख्रीष्टको कष्टमा सहभागी हुने, र उहाँको मृत्यु र पुनरुत्थानमा ख्रीष्टसँगै एउटै हुने कुराहरू पर्दछन् (फिलिप्पी ३:८-११) ।
“त्यसैले म अझै पनि सिद्ध भएको छैन” वा “त्यसैले म अझै पनि परिपक्व भएको छैन”
“तर म कोसिस गरिरहन्छु”
ख्रीष्टबाट आत्मिक चीजहरू प्राप्त गर्ने कुराको विषयमा पावलले तिनलाई हातले पक्रन सक्थे भनेँ झैँ गरेर बताइएको छ । साथै, येशूले पावल उहाँको हुनलाई चुनाव गर्नुभएको कुराको विषयमा येशूले पावललाई हातले पक्रनुभयो भने झैँ गरेर बताइएको छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले यी कुराहरू प्राप्त गर्न सकूँ किनकि यसैको लागि येशूले मलाई उहाँको आफ्नै भनी दाबी गर्नुभयो”
तपाईंले यसलाई फिलिप्पी १:१२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
ख्रीष्टबाट आत्मिक चीजहरू प्राप्त गर्ने कुराको विषयमा पावलले तिनलाई हातले पक्रन सक्थे भनेँ झैँ गरेर बताइएको छ । वैकल्पिक अनुवादः “यी सबै कुराहरू मेरा भइसकेका छन्”
जसरी एउटा दौडमा भाग लिने व्यक्तिले पूरा गरिसकेको दौडको भागलाई ध्यान नदिएर दौडको अगाडिको भागमा मात्र ऊ केन्द्रित हुन्छ, त्यसरी नै उनका धार्मिकताका धार्मिक कामहरूलाई अलग्गै राखेर ख्रीष्टले उनलाई पूरा गर्नको निम्ति अगाडि राखिदिनुभएको जीवनको दौडमा मात्रै केन्द्रित हुने कुराको विषयमा पावल बताउँछन् । वैकल्पिक अनुवादः “मैले विगतमा के गरेको छु भन्ने कुरालाई म वास्ता गर्दिन; म अगाडि भएका कुराहरूको निम्ति मात्र मैले सक्ने जति कडा परिश्रम गर्दछु”
जसरी एउटा दौडमा भाग लिने व्यक्तिले त्यो दौड जित्नको निम्ति अगाडि जोड लगाउँछ, पावलले ख्रीष्टको सेवा गर्न र उहाँको आज्ञाकारितामा जिउनको निम्ति अगाडि बढ्छन् । वैकल्पिक अनुवादः “एउटा दौडमा भाग लिने व्यक्ति अन्तिम रेखातर्फ दौडिए झैँ, ख्रीष्टजस्तै हुनको निम्ति मैले सक्ने जति सबै म गर्दछु, ताकि म उहाँको हुन सकूँ, र म मरेपछि परमेश्वरले मलाई उहाँसँग हुनको निम्ति बोलाऊन्”
सम्भावित अर्थहरू हुन् कि पावलले परमेश्वरसँग सदाको लागि जिउने कुराको विषयमा यसरी बताउँछन् मानौँ परमेश्वरले पावललाई १) येशू झैँ स्वर्गमा चढिजान वा २) दौडका विजेताहरूले पुरस्कारहरू प्राप्त गर्ने मञ्चतर्फको खुड्किलाहरू चढ्नलाई बोलाउनुभएको हो, जुन चाहिँ परमेश्वरलाई आमने सामने भेट्नु र अनन्त जीवनलाई प्राप्त गर्ने कुराको एउटा अलङ्कार हो ।
पावलले फिलिप्पी ३:८-११ मा उल्लेख गरेका सोही इच्छाहरू उनका सबै सङ्गी विश्वासीहरूमा होऊन् भन्ने चाहन्छन् । वैकल्पिक अनुवादः “विश्वासमा बलिया भएका हामी सबै विश्वासीहरूलाई यही प्रकारले विचार गर्न म उत्साह दिन्छु”
“परमेश्वरले त्यो तिमीहरूका निम्ति पनि स्पष्ट पार्नुहुनेछ” वा “तिमीहरूले त्यो जानेको परमेश्वरले सुनिश्चित गर्नुहुनेछ”
फिलिप्पी विश्वासीहरूलाई समावेश गर्न पावलले “हामी”को प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामीले अघिबाटै प्राप्त गरिसकेको त्यही सत्यताको पालना हामी सबैले निरन्तर गरिरहौँ”
“म जे गर्छु त्यो गर” वा “म जसरी जिउँछु त्यसरी नै जिओ”
तपाईंले यसलाई फिलिप्पीहरू १:१२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“तिनीहरू जो अघिबाटै मैले जिएको जसरी जिइरहेका छन्” वा “तिनीहरू जसले मैले जे गर्छु सो अघिबाटै गरिरहेका छन्”
यी शब्दहरू यस पदमा पावलको मुख्य विचार हुन् ।
एक व्यक्तिको व्यवहारको विषयमा मानौँ त्यो व्यक्ति कुनै मार्गमा हिँडिरहेको झैँ गरेर बताइएको छ । वैकल्पिक अनुवादः “धेरै ... जिइरहेका छन्” वा “धेरै ... आफ्नो जीवन चलाइरहेका छन्”
पावल उनको मुख्य विचारमा यी शब्दहरूद्वारा बीचमा रोकावट ल्याउँछन् जुन शब्दहरूले “धेरै” भनेको को हुन् भनेर वर्णन गर्छन् । यदि तपाईंलाई आवश्यक हुन्छ भने, तपाईंले यी शब्दहरूलाई पदको सुरुवात वा अन्तमा राख्न सक्नुहुन्छ ।
“मैले तिमीहरूलाई थुप्रै चोटि बताएको छु”
“तिमीहरूलाई धेरै निराशाका साथ बताउँदै छु”
यहाँ “ख्रीष्टको क्रूस”ले ख्रीष्टको कष्ट र मृत्युलाई जनाउँछ । शत्रुहरू ती हुन् जसले भन्छन् कि तिनीहरूले येशूमा विश्वास गर्छन् तर येशूले झैँ कष्ट भोग्न वा मर्न इच्छुक हुँदैनन् । वैकल्पिक अनुवादः “एउटा तरिकामा जसले देखाउँछ कि तिनीहरू वास्तवमै येशूको विरुद्धमा छन् जो क्रूसमा कष्ट भोग्न र मर्न राजी हुनुहुन्थ्यो”
“कुनै दिन परमेश्वरले तिनीहरूलाई नष्ट गर्नुहुनेछ ।” तिनीहरूलाई हुने आखिरी कुरा भनेको परमेश्वरले तिनीहरूलाई नाश गर्नुहुने कुरा नै हो ।
यहाँ “पेट” भन्ने शब्दले शारीरिक आनन्दको निम्ति एउटा व्यक्तिको अभिलाषालाई जनाउँछ । त्यसलाई तिनीहरूको ईश्वर भनी बोलाउनुको अर्थ हुन्छ कि तिनीहरू परमेश्वरको आज्ञापालन गर्नभन्दा बढी तिनीहरू यी अभिलाषाहरूको चाह गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले परमेश्वरको आज्ञापालन गर्ने चाहना गर्नभन्दा बढी खानेकुरा र अन्य शारीरिक अभिलाषाहरूको इच्छा गर्दछन्”
यहाँ “शर्म” भन्ने शब्दले मानिसहरूका ती व्यवहारहरूलाई जनाउँछ जसमा तिनीहरू लज्जित हुनुपर्ने हो, तर तिनीहरू हुँदैनन् । वैकल्पिक अनुवादः “तिनीहरूलाई लाजमा पार्नुपर्ने कुराहरूमा तिनीहरू घमण्ड गर्दछन्”
यहाँ “सांसारिक” भन्ने शब्दले शारीरिक रूपमा आनन्द दिने र परमेश्वरको आदर नगर्ने सबै कुराहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले सोच्ने कुरा भनेको के कुराले परमेश्वरलाई प्रसन्न तुल्याउँछ भन्ने भन्दा पनि के कुराले तिनीहरू आफैँलाई प्रसन्न तुल्याउँछ भन्ने मात्र हो”
यहाँ पावलले प्रयोग गरेका “हाम्रो” र “हामी” भन्ने शब्दहरूद्वारा, उनले आफैँलाई र फिलिप्पीमा भएका विश्वासीहरूलाई समावेश गर्छन् ।
सम्भावित अर्थहरू हुन् १) “हामी स्वर्गका नागरिकहरू हौँ” वा २) “हाम्रो मातृभूमि स्वर्ग हो” वा ३) “हाम्रो साँचो घर स्वर्ग हो ।”
“उहाँले हाम्रा कमजोर, पार्थिव शरीरहरूलाई परिवर्तन गर्नुहुनेछ”
“उहाँको महिमित शरीरजस्तै शरीरहरूमा”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ ... शरीर ... । उहाँले हाम्रा शरीरहरूलाई त्यही शक्तिद्वारा परिवर्तन गर्नुहुनेछ जुन शक्ति उहाँले सबै कुराहरूलाई नियन्त्रण गर्न प्रयोग गर्नुहुन्छ”
1 यसकारण मेरा प्रिय भाइहरू हो, जसको म चाहना गर्दछु, मेरो आनन्द र मुकुट, मेरा प्रिय साथीहरू, यस्तै गरी प्रभुमा स्थिर रहो । 2 म इयोदिया र सुन्तुखेलाई प्रभुमा एउटै मनको हुन निवेदन गर्दछु । 3 वास्तवमा, एउटै जुवामा भएको मेरो साँचो सहकर्मी, म तिमीलाई यो पनि बिन्ती गर्छु, कि यी महिलाहरूलाई सहायता गर । किनभने तिनीहरूले म, क्लेमेन्ट र मेरा बाँकी सहकर्मीहरूसँग सुसमाचार प्रचार गर्न परिश्रम गरेका छन्, जसका नामहरू जीवनको पुस्तकमा छन् । 4 प्रभुमा सधैँ आनन्द गर । म फेरि पनि भन्दछु, आनन्द गर । 5 तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस् । प्रभु नजिकै हुनुहुन्छ । 6 कुनै कुरामा चिन्तित नहोओ । बरु, हरेक कुरामा प्रार्थना र नम्र निवेदनद्वारा, र धन्यवादसाथ तिमीहरूका निवेदन परमेश्वरमा जाहेर होऊन् । 7 र हाम्रा सबै समझभन्दा उच्च परमेश्वरको शान्तिले ख्रीष्ट येशूमा तिमीहरूका हृदय र विचारहरूलाई रक्षा गर्नेछ । 8 अन्तमा भाइहरू हो, जे कुराहरू सत्य छन्, जे कुराहरू आदरणीय छन्, जे कुराहरू न्यायसङ्गत छन्, जे कुराहरू शुद्ध छन्, जे कुराहरू प्रेमयोग्य छन्, जे कुराहरू असल नामका छन्, यदि केही श्रेष्ठता छ र प्रशंसा गरिनुपर्ने केही कुराहरू छन् भने, यी नै कुराहरूका बारेमा विचार गर । 9 जुन कुराहरू तिमीहरूले मबाट सिक्यौ र प्राप्त गर्यौ र मबाट सुन्यौ र ममा देख्यौ, ती कुराहरू गर । र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ । 10 म प्रभुमा अत्यन्तै आनन्दित छु किनकि अहिले अन्तमा तिमीहरूले म प्रतिको आफ्नो वास्तालाई नयाँ गरेका छौ । तिमीहरूले वास्तवमा पहिला पनि मेरो निम्ति वास्ता गरेका थियौ, तर त्यस समय तिमीहरूसँग मलाई सहायता गर्ने अवसर थिएन । 11 म अहिले आवश्यकतामा परेकोले मैले यो भनिरहेको होइनँ । मैले सबै परिस्थितिहरूमा सन्तुष्ट हुन सिकेको छु । 12 मलाई गरिबी के हो भन्ने कुरा थाहा छ, र मलाई प्रशस्त हुनु भनेको के हो पनि थाहा छ । सबै किसिमले र सबै कुराहरूमा कसरी परिपूर्ण हुनु वा भोकप्यासमा रहनु, र कसरी प्रशस्तता प्राप्त गर्नु वा आवश्यकतामा हुनु भन्ने कुरा मैले सिकेको छु । 13 जसले मलाई शक्ति दिनुहुन्छ, उहाँद्वारा नै म सबै कुराहरू गर्न सक्दछु । 14 तथापि, तिमीहरूले मेरा कठिन परिस्थितिहरूमा सहभागी भएर असल गर्यौ । 15 तिमी फिलिप्पीहरू यो जान्दछौ, कि सुसमाचारको सुरुआतमा जब म माकेडोनियाबाट निस्केँ, तिमीहरूबाहेक कुनै मण्डलीले दिने र लिने विषयमा मलाई सहायता गरेनन् । 16 म थेसलोनिकेमा हुँदा पनि मेरा आवश्यकताहरूका निम्ति तिमीहरूले एक पटकभन्दा धरै सहायता पठायौ । 17 मैले उपहार खोजेको भने होइनँ । बरु, म तिमीहरूको हिसाबमा बढ्दै जाने फल खोज्दछु । 18 मैले सबै कुराहरू प्राप्त गरेको छु, र मसँग ती प्रशस्त छन् । म पूर्ण रूपमा भरिएको छु । तिमीहरूले इपाफ्रोडिटससँग पठाएका सामानहरू मैले पाएँ । ती सुगन्धित वासना आउने ग्रहणयोग्य बलिदान हुन् जसले परमेश्वरलाई प्रसन्न पार्दछ । 19 र मेरा परमेश्वरले ख्रीष्ट येशूमा उहाँको महिमाको प्रशस्तताअनुसार तिमीहरूका सबै आवश्यकताहरू पुरा गरिदिनुहुनेछ । 20 अब हाम्रा परमेश्वर र पितालाई सदासर्वदा महिमा होस् । आमेन । 21 ख्रीष्ट येशूमा भएका हरेक विश्वासीलाई अभिवादन गर । मसँग भएका भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् । 22 यहाँ भएका सबै विश्वासीहरू, र विशेष गरेर कैसरका घरानाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् । 23 प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस् । आमेन ।
पावलले फिलिप्पीहरूलाई आत्मिक रूपमा परिपक्व हुनलाई सहयोग गरेका थिए । परिणामस्वरूप, पावलले आनन्द मनाए र परमेश्वरले उनलाई उनको कामलाई सम्मान गर्नुभयो । अरू ख्रीष्टिएनहरूलाई चेलापन गर्नु र तिनीहरूलाई आत्मिक रूपमा अगाडि बढ्नलाई उत्साह दिनु चाहिँ ख्रीष्टिएन जीवनको लागि उनले महत्त्वपूर्ण ठाने । अनि )
यस्तो देखिन्छ कि, यी दुई स्त्रीहरू एक अर्कासँग असहमत हुन्थे । पावलले तिनीहरूलाई एक अर्कासँग सहमत हुनलाई प्रोत्साहन गरिरहेका छन् ।
जब पावल “एउटै जुवामा भएको मेरो साँचो सहकर्मी” भनेर भन्दछन्, त्यहाँ “तिमी” भन्ने शब्द एकवचन हो । पावलले ती व्यक्तिको नामचाहिँ भन्दैनन् । सुसमाचार फैलाउनलाई ती व्यक्तिले पावलसँगै काम गरेका थिए भनेर देखाउनको निम्ति उनले तिनलाई त्यसरी बोलाउँछन् ।
पावलले फिलिप्पीमा भएका विश्वासीहरूलाई एकताको विषयमा केही निर्दिष्ट निर्देशनहरू दिन्छन् र त्यसपछि तिनीहरूलाई प्रभुको लागि जिउनको निम्ति सहायता गर्न निर्देशनहरू दिन्छन् ।
“मेरा सङ्गी विश्वासीहरू, म तिमीहरूलाई प्रेम गर्दछु र म तिमीहरूलाई भेट्ने उत्कट इच्छा गर्दछु”
तपाईंले यसलाई फिलिप्पीहरू १:१२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
फिलिप्पी मण्डली उनको खुशीको कारण हो भनेर बताउनलाई पावलले “आनन्द” भन्ने शब्दको प्रयोग गर्छन् । “मुकुट” चाहिँ पातहरूबाट बनेको हुन्थ्यो, र कुनै महत्त्वपूर्ण खेल जितेपछि मानको चिन्हस्वरूप कुनै मानिसले उसको शिरमा यसलाई लगाउँथ्यो । यहाँ “मुकुट” भन्ने शब्दले फिलिप्पी मण्डलीले परमेश्वरको अगाडि पावललाई सम्मान दिलाएको छ भन्ने अर्थ दिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले मलाई आनन्द दिन्छौ किनकि तिमीहरूले येशूमा विश्वास गरेका छौ, र तिमीहरू मेरो कामको निम्ति मेरो इनाम र सम्मान हौ”
“यसैकारण मैले तिमीहरूलाई सिकाएको तरिकामा प्रभुको निम्ति जिइराख, प्रिय मित्रहरू”
यिनीहरू स्त्रीहरू थिए जो विश्वासीहरू थिए र तिनीहरूले फिलिप्पीमा भएको मण्डलीमा पावललाई सहायता गरेका थिए । वैकल्पिक अनुवादः “म इयोदियालाई बिन्ती गर्दछु, र म सुन्तुखेलाई बिन्ती गर्दछु”
“एउटै मनको हुन” भन्ने वाक्यांशले एउटै स्वभाव र विचारको हुनु भन्ने अर्थ दिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू दुवै जनाले एउटै प्रभुमा विश्वास गर्ने हुनाले एक अर्कासँग सहमत होओ”
यहाँ “तिमी” भन्ने शब्दले “साँचो सङ्गी सहकर्मी”लाई जनाउँछ र यो एकवचनमा छ ।
यो अलङ्कार कृषिबाट आएको हो, जहाँ दुईवटा पशुहरूलाई एउटै जुवामा बाँधिन्छ र त्यसैले तिनीहरूले सँगै काम गर्छन् । वैकल्पिक अनुवादः “सङ्गी कामदार”
क्लेमेस एकजना मानिस थिए जो विश्वासी थिए र फिलिप्पीमा भएको मण्डलीमा काम गर्थे ।
“जसका नामहरू परमेश्वरले जीवनको पुस्तकमा लेख्नुभएको छ”
“प्रभुले गर्नुभएका सबैकुराहरूको कारण खुशी होओ ।” तपाईंले यसलाई फिलिप्पीहरू ३:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
सम्भावित अर्थहरू हुन् १) प्रभु येशू आत्मामा विश्वासीहरूको नजिक हुनुहुन्छ वा २) प्रभु येशू पृथ्वीमा फर्कनुहुने दिन नजिकै छ ।
“तिमीहरूलाई जे भए तापनि, तिमीहरूलाई चाहिने सबै कुराहरूका निम्ति प्रार्थना र धन्यवादसाथ परमेश्वरसँग माग”
“शान्ति जुन परमेश्वरले दिनुहुन्छ”
“जुन हामीले बुझ्न सक्नेभन्दा धेरै छ”
यसले परमेश्वरको शान्तिलाई एउटा सिपाहीको रूपमा प्रस्तुत गर्छ जसले हाम्रा भावनाहरू र विचारहरूलाई चिन्ता गर्नबाट रक्षा गर्दछ । यहाँ “हृदयहरू” भनेको कोही व्यक्तिको भावनाहरूको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “एक सैनिक झैँ हुनेछ र तिमीहरूका भावनाहरू र विचारहरूलाई ख्रीष्टमा रक्षा गर्नेछ” वा “ख्रीष्टमा तिमीहरूलाई रक्षा गर्नेछ र यस जीवनका दुःखहरूका बारेमा चिन्ता लिनबाट तिमीहरूलाई जोगाउनेछ”
जसै पावल यस पत्रलाई अन्त गर्छन्, उनले परमेश्वरसँग शान्तिमा रहन विश्वासीहरू कसरी जिउनुपर्छ भन्ने कुराको सारांश दिन्छन् ।
तपाईंले यसलाई फिलिप्पीहरू १:१२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“जे कुराहरू खुशी पार्ने खालका छन्”
“जे कुराहरूलाई मानिसहरूले प्रशंसा गर्छन्” वा “जे कुराहरूलाई मानिसहरूले आदर गर्छन्”
“यदि ती नैतिक रूपमा असल छन् भने”
“र यदि ती कुराहरू मानिसहरूले प्रशंसा गर्ने कुराहरू हुन् भने”
“जुन कुराहरू मैले तिमीहरूलाई सिकाएको र देखाएको छु”
फिलिप्पीहरूले पावललाई पठाएका एउटा उपहारको लागि उनले तिनीहरूलाई धन्यवाद दिन थाल्छन् । उनले पद ११ मा व्याख्या गर्न थाल्छन् कि उनी धन्यवादी भएका कारणले मात्रै उनले तिनीहरूलाई यो उपहारको लागि धन्यवाद दिइरहेका छन्, तिनीहरूले उनलाई अझै बढी दिन आवश्यक भएको कारणले गर्दा होइन ।
“सन्तुष्ट हुन” वा “खुशी हुन”
“मेरो अवस्था जस्तोसुकै भए तापनि”
धेरै कुराहरू हुँदा वा केही नहुँदा पनि पावल खुशीसँग कसरी जिउनुपर्छ भनी जान्दछन् ।
यी दुईवटै वाक्यांशले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् । जुनसुकै अवस्थामा पनि सन्तुष्ट हुन पावलले सिकेका छन् भनेर जोड दिनको निम्ति उनले तिनीहरूको प्रयोग गर्छन् ।
“म सबै कुराहरू गर्न सक्दछु किनकि ख्रीष्टले मलाई सामर्थ्य दिनुहुन्छ”
पावलले उनी धन्यवादी भएका कारणले मात्रै उनले फिलिप्पीहरूलाई यो उपहारको लागि धन्यवाद दिइरहेका छन्, तिनीहरूले उनलाई अझै बढी दिन आवश्यक भएको कारणले गर्दा होइन भनेर व्याख्या गर्नलाई निरन्तरता दिन्छन् (हेर्नुहोस् फिलिप्पीहरू ३:1११) ।
पावल आफ्ना कष्टहरूलाई उनी बसेका कुनै एउटा ठाउँ भएको जसरी बताउँछन् । वैकल्पिक अनुवादः “जब कुराहरू कष्टकर भए”
यहाँ पावलले सुसमाचार भनेर उनको सुसमाचार प्रचारको कार्यलाई जनाउँछन् ।
यसलाई सकारात्मक तरिकामा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मलाई रुपियाँ-पैसा पठाउने वा मलाई सहायता गर्ने मण्डली तिमीहरू मात्रै थियौ”
पावलले व्याख्या गरिरहेका छन् कि उपहारहरूको बारेमा लेख्नुमा उनको कारण चाहिँ यो होइन कि तिनीहरूले उनलाई अझै उपहारहरू दिनेछन् भनेर उनले आशा गर्छन् । वैकल्पिक अनुवादः “यो लेख्नुमा मेरो कारण यो होइन कि तिमीहरूले मलाई अझै दिएको म चाहन्छु”
पावलले उपहारहरूको बारेमा लेख्नुमा उनको कारणलाई व्याख्या गर्छन् । यहाँ “तिमीहरूको हिसाबमा बढ्दै जाने फल” भनेको निम्न सम्भावित कुराहरूको लागि अलङ्कार हो, १) थप असल कामहरू जुन फिलिप्पीहरूको लागि लेखिनेछ । वैकल्पिक अनुवादः “बरु तिमीहरूले बढ्दो मात्रामा गरिरहेका असल कामहरूलाई परमेश्वरले पहिचान गर्नुभएको म चाहन्छु” वा २) फिलिप्पीहरूले गर्ने असल कामहरूको लागि थप आशिष्हरू । वैकल्पिक अनुवादः “बरु तिमीहरूले गर्ने असल कामहरूको कारण परमेश्वरले तिमीहरूलाई अझै आशिष्हरू दिनुभएको म चाहन्छु”
पावलले फिलिप्पीहरूलाई तिनीहरूको उपहारको लागि धन्यवाद दिनलाई सकाउँछन् (हेर्नुहोस् फिलिप्पीहरू ३:११) र भरोसा दिलाउँछन् कि परमेश्वरले तिनीहरूको हेरविचार गर्नुहुनेछ ।
सम्भावित अर्थहरू हुन् १) फिलिप्पीहरूले पठाएका सबै कुराहरू पावलले प्राप्त गरेका छन् वा २) पत्रको यो भाग इपाफ्रोडिटसले पुर्याएका व्यावसायिक सामानहरूलाई प्राप्त गरेको रसिद हो भनेर बताउँदै, फिलिप्पी ३:८ मा भएको व्यवसायसम्बन्धी अलङ्कारलाई निरन्तरता दिन पावलले यस ठट्टाको प्रयोग गरेका हुन् ।
पावलले उनी आफैँलाई आवश्यक पर्ने कुराहरूको प्रशस्तता भन्न खोजेका हुन् ।
पावलले फिलिप्पी मण्डलीबाटको उपहारलाई वेदीमा परमेश्वरलाई अर्पण गरिएको बलिदानजस्तै गरी उल्लेख गर्छन् । पावलले यो अर्थ दिन खोजेका हुन् कि मण्डलीको उपहारले परमेश्वरलाई धेरै खुशी तुल्याउँछ, जसरी पूजाहारीहरूले जलाउने बलिदानहरूले खुशी तुल्याउँथ्यो, जसमा परमेश्वरलाई प्रसन्न बनाउने बास्ना हुन्थ्यो । वैकल्पिक अनुवादः “म तिमीहरूलाई यो भरोसा दिलाउँदछु कि यी उपहारहरू परमेश्वरलाई धेरै खुशी तुल्याउने खालका छन्, जसरी एउटा ग्रहणयोग्य बलिदान हुन्छ”
यो त्यही शब्द हो जसलाई पद १८ मा “राम्ररी जुटाइएको छ” भनेर अनुवाद गरिएको थियो । यो एउटा वाक्पद्धति हो जसको अर्थ “तिमीहरूलाई आवश्यक सबै कुराहरू दिनुहुनेछ” भन्ने हुन्छ ।
“उहाँको महिमामय सम्पत्तिबाट जुन उहाँले ख्रीष्ट येशूद्वारा दिनुहुन्छ”
यहाँ “अब” भन्ने शब्दले अन्तिम प्रार्थना र पत्रको यस भागको अन्त्यलाई अङ्कित गर्दछ ।
यसले पावललाई सेवा पुर्याइरहेका वा पावलसँगै सेवा गरिरहेका मानिसहरूलाई जनाउँछ ।
तपाईंले यसलाई फिलिप्पीहरू १:१२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
केही संस्करणहरूले यसलाई “हरेक पवित्र व्यक्ति” भनेर अनुवाद गर्दछन् ।
केही संस्करणहरूले यसलाई “सबै पवित्र मानिसहरू” भनेर अनुवाद गर्दछन् ।
यसले कैसरको दरबारमा काम गर्ने सेवकहरूलाई जनाउँछ । “विशेष गरेर ती सङ्गी विश्वासीहरू जो कैसरको दरबारमा काम गर्दछन्”
पावलले “आत्मा” भन्ने शब्द चलाएर विश्वासीहरूलाई जनाउँछन्, जुन नै त्यो कुरा हो जसले मानिसहरूलाई परमेश्वरसँग सम्बन्ध राख्न सक्षम बनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूसँग”
पावलले कलस्सीहरूको पुस्तक लेखे । पावल टार्सस सहरबाटका थिए । उनलाई उनको पहिलेको जीवनमा शाऊल भनेर चिनिएको थियो । ख्रीष्टिएन हुनभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्टिएनहरूलाई सताए । उनी ख्रीष्टिएन भइसकेपछि, उनी थुप्रै पटक रोमी साम्राज्यभरी मानिसहरूलाई येशूको बारेमा बताउँदै यात्रा गरे ।
पावलले यो पत्र उनी झ्यालखानामा हुँदा लेखे ।
पावलले यो पत्र एसियाको दक्षिण-पश्चिमी भागको कलस्से नामक सहरमा भएका विश्वासीहरूलाई लेखे । यो पत्र लेख्नुको मुख्य उद्देश्य चाहिँ झूटा शिक्षकहरूबाट सुसमाचारको बचाउ गर्नु थियो । परमेश्वरको प्रतिरूप, सारा थोकहरूको पालनकर्ता, र मण्डलीको शिरको रूपमा येशूलाई प्रशंसा गरेर उनले त्यसो गरे । परमेश्वरले तिनीहरूलाई स्वीकार गर्नुहुनको लागि केवल ख्रीष्टको मात्र खाँचो छ भनेर तिनीहरूले बुझेका पावल चाहन्थे ।
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “कलस्सीहरू” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “कलस्सेमा भएको मण्डलीलाई पावलको पत्र” वा “कलस्सेमा भएको ख्रीष्टिएनहरूलाई एक पत्र” ।
कलस्सेमा भएको मण्डलीमा, त्यहाँ झूटा शिक्षकहरू थिए । तिनीहरूको खास शिक्षा जानिएको छैन । तर तिनीहरूले तिनीहरूका अनुयायीहरूलाई शायद स्वर्गदूतहरूको आराधना गर्न र धार्मिक चाडपर्वहरूको विषयमा भएका कडा नियमहरूलाई पालना गर्नलाई सिकाए । तिनीहरूले शायद कोही व्यक्तिको खतना हुनैपर्छ र केही निश्चित प्रकारका खानेकुरा मात्रै खान हुन्छ भनेर पनि सिकाए । पावलले बताए कि यी झूटा शिक्षाहरू मानिसहरूका मनबाट आएका हुन् र परमेश्वरबाट होइन ।
यस पत्रमा, पावलले बारम्बार स्वर्गलाई “माथि” रहेको भनेर बताउँछन् । उनले यसलाई पृथ्वीबाट अलग देखाउँछन्, जसलाई धर्मशास्त्रले “तल” रहेको भनेर बताउँछ । यो चित्रणको उद्देश्य चाहिँ माथि स्वर्गमा बस्नुहुने परमेश्वरलाई सम्मान गर्ने तरिकाले जिउनलाई ख्रीष्टिएनहरूलाई सिकाउनु हो । पृथ्वी वा भौतिक संसार दुष्ट छ भनेर पावलले सिकाइरहेका छैनन् ।
विभिन्न अवधारणाहरूमध्ये कुनै एकलाई सङ्केत गर्न धर्मशास्त्रले यस्ता शब्दहरूको प्रयोग गर्छ । यसैकारण, अनुवादकलाई कतिपटक यिनीहरूलाई तिनीहरूका संस्करणहरूमा राम्ररी प्रतिनिधित्व गर्न कठिन हुन जान्छ । कलस्सीहरूमा, यी शब्दहरूले ख्रीष्टिएनहरूले निभाएका कुनै खास भूमिकाको अर्थ नदिइकन विशेषगरी तिनीहरूको साधारण उल्लेखलाई सङ्केत गर्छन् । त्यसैले यूएलटीमा भएको कलस्सीहरूको पुस्तकले “विश्वासीहरू” वा “तिनीहरू जसले उहाँमा विश्वास गर्छन्” भन्ने शब्दहरूलाई प्रयोग गर्छ । (हेर्नुहोस्ः १:२, १२, २६)
येशुको सृष्टि भएको थिएन तर उहाँ सधैँ परमेश्वरको रूपमा अस्तित्वमा रहनुभएको छ । येशू मानव प्राणी पनि हुनुभयो । कलस्सी १:१५ मा अलमल हुने सम्भाव्यता छ, जहाँ भनिएको छ कि “येशू सारा सृष्टिमाथि ज्येष्ठ हुनुहुन्छ” । यो भनाइको अर्थ हो कि येशू सारा सृष्टिमाथि प्रबल हुनुहुन्छ । यो भनाइको अर्थ यो होइन कि उहाँ परमेश्वरले सृष्टि गर्नुभएको पहिलो थोक हो । अनुवादकहरू होशियार हुनुपर्छ कि येशू सृष्टि गरिनुभएको प्राणी हुनुहुन्छ भनेर अर्थ नलागोस् ।
पावलले ख्रीष्ट र विश्वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई व्यक्त गर्न खोजेका हुन् । कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।
निम्न दिइएका पदहरूको लागि बाइबलका केही नयाँ संस्करणहरू पुराना संस्करणहरूसँग मेल खाँदैनन् । यूएलटीमा भएको खण्डमा नयाँ भनाइलाई राखिएको छ र पुरानो भनाइलाई पादटिप्पणीमा राखिएको छ । यदि सामान्य क्षेत्रमा बाइबलको कुनै अनुवाद पाइन्छ भने, अनुवादकहरूले ती संस्करणहरूमा पाइने भनाइलाई प्रयोग गर्ने बारेमा विचार गर्नुपर्छ । यदि पाइँदैन भने, अनुवादकहरूलाई नयाँ भनाइलाई प्रयोग गर्नलाई सुझाव दिइन्छ ।
1 पावल, परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूका एक प्रेरित र हाम्रा भाइ तिमोथीबाट 2 कलस्सेमा ख्रीष्टमा भएका विश्वासीहरू र विश्वसनीय भाइहरू, परमेश्वर हाम्रा पिताबाट तिमीहरूलाई अनुग्रह र शान्ति । 3 हामी परमेश्वर हाम्रा प्रभु येशू ख्रीष्टका पितालाई धन्यवाद दिन्छौँ र तिमीहरूका निम्ति सधैँ प्रार्थना गर्छौं । 4 येशू ख्रीष्टमा भएको तिमीहरूको विश्वास तथा परमेश्वरको निम्ति अलग गरिएकाहरू सबैका लागि तिमीहरूको प्रेमको बारेमा हामीले सुनेका छौँ । 5 स्वर्गमा तिमीहरूका लागि सुरक्षित रहेको निश्चित आशाको कारण तिमीहरूले यो प्रेम धारण गरेका हौ । सत्यको वचन, अर्थात् सुसमाचारमा तिमीहरूले पहिलो पटक यो निश्चित आशाबारे सुन्यौ, 6 जुन तिमीहरूकहाँ आयो । यस सुसमाचारले फल फलाउँदै छ र यो संसारभरि फैलिँदै छ । अनि तिमीहरूले यसलाई सुनेका तथा सत्यतामा परमेश्वरको अनुग्रहलाई जानेका दिन देखि नै तिमीहरूमा पनि यो बढिरहेको छ । 7 यो सुसमाचार तिमीहरूले इपाफ्रासबाट सिकेको जस्तै हो, जो हाम्रा प्रिय मित्र तथा हाम्रो निम्ति ख्रीष्टको विश्वसनीय सेवक हुन् । 8 इपाफ्रासले हामीलाई पवित्र आत्मामा तिमीहरूको प्रेमको विषयमा देखाए । 9 यस प्रेमको कारणले गर्दा, हामीले यो सुनेको दिनदेखि नै तिमीहरूका निम्ति प्रार्थना गर्न हामी रोकिएका छैनौँ । सबै ज्ञान र आत्मिक समझमा, तिमीहरू उहाँको इच्छाअनुसारको ज्ञानमा पूर्ण होओ भनेर हामीले बिन्ती गरिरहेका छौँ । 10 हामीले प्रार्थना गरिरहेका छौँ, कि तिमीहरू परमप्रभुलाई पूर्ण रूपले प्रसन्न पार्न योग्य चालमा चल्न सक । हरेक असल कार्यमा तिमीहरूले फल फलाउने छौ र परमेश्वरको ज्ञानमा तिमीहरू अगि बढ्नेछौ भनी हामीले प्रार्थना गरिरहेका छौँ । 11 सबै सहनशीलता र धैर्यमा, उहाँको महिमाको शक्तिले प्रत्येक दक्षतामा तिमीहरू बलिया होओ भनी हामी प्रार्थना गर्छौं । 12 हामी यो प्रार्थना गर्छौं, कि तिमीहरूले आनन्दसाथ पितालाई धन्यवाद दिनेछौ, जसले तिमीहरूलाई ज्योतिमा विश्वासीहरूको उत्तराधिकारमा सहभागी हुनको लागि योग्य बनाउनुभएको छ । 13 उहाँले हामीलाई अन्धकारको शक्तिबाट छुटकारा दिनुभएको छ र हामीलाई उहाँका प्रिय पुत्रको राज्यमा सार्नुभएको छ । 14 उहाँका पुत्रमा हामीले उद्धार अर्थात् पापको क्षमा पाएका छौँ । 15 पुत्र अदृश्य परमेश्वरका प्रतिरूप हुनुहुन्छ । उहाँ सबै सृष्टिमा जेष्ठ हुनुहुन्छ । 16 किनकि पृथ्वीमा तथा स्वर्गमा भएका सबै दृश्य र अदृश्य कुराहरू उहाँद्वारा सृष्टि गरिएका थिए । चाहे सिंहासनहरू वा प्रभुत्वहरू वा प्रधानताहरू वा अधिकारहरू, सबै थोक उहाँद्वारा उहाँकै लागि सृष्टि गरिएका थिए । 17 उहाँ सबैथोकहरूभन्दा अगि हुनुहुन्छ र उहाँमा सबै कुराहरू एकसाथ रहेका छन् । 18 र उहाँ शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ । उहाँ नै सुरुआत हुनुहुन्छ र मरेकाहरूबाट जीवित हुनेमा पहिलो हुनुहुन्छ, यसैले सबै कुराहरूमा उहाँको प्रथम स्थान रहेको छ । 19 किनकि आफ्ना सारा पूर्णता ख्रीष्टमा बास गरेकोमा, 20 अनि पुत्रद्वारा सबै कुराहरू उहाँमा पुनर्मिलापमा ल्याउनको निम्ति उहाँ प्रसन्न हुनुभयो । उहाँको क्रुसको रगतद्वारा परमेश्वरले शान्ति ल्याउनुभयो । चाहे स्वर्गका कुराहरू होऊन् वा पृथ्वीका कुराहरू, सबैलाई परमेश्वरले उहाँमा पुनर्मिलापमा ल्याउनुभयो । 21 अनि एकसमय तिमीहरू पनि परमेश्वरका निम्ति बिरानाहरू थियौ र मनमा र आफ्ना दुष्ट कामहरूमा तिमीहरू उहाँका शत्रुहरू थियौ । 22 तर अब परमेश्वरले तिमीहरूलाई ख्रीष्टको शरीरले मृत्युद्वारा मिलापमा ल्याउनुभएको छ । तिमीहरूलाई परमेश्वरले आफ्नो अगि पवित्र, दोषरहित तथा निर्दोष साबित गर्नको निम्ति यो गर्नुभयो, 23 तिमीहरू स्थापित र बलियो हुँदै, तिमीहरूले सुनेका सुसमाचारको निश्चित आशाबाट टाढा नगई विश्वासमा निरन्तर अगाडि बढ्नुपर्छ । यो त्यही सुसमाचार हो जुन स्वर्गमुनि सृष्टि गरिएका सबै व्यक्तिलाई घोषणा गरिएको थियो । यो त्यही सुसमाचार हो, जसको म पावल दास भएको छु । 24 तिमीहरूका लागि मेरो कष्टमा म अब आनन्द मनाउँछु । ख्रीष्टका कष्टहरूको कमीलाई उहाँको शरीर अर्थात् मण्डलीको खातिर म मेरो शरीरमा पुरा गर्दछु । 25 परमेश्वरको वचनलाई पुरा गर्नको लागि तिमीहरूका खातिर मलाई परमेश्वरबाट दिइएको जिम्मेवारीअनुसार म यसै मण्डलीको एक सेवक हुँ । 26 यो युगौँ र पुस्तौँसम्म लुकाइएको गुप्त सत्यता हो । तर अहिले उहाँमा विश्वास गर्नेहरूका लागि यो प्रकट गरिएको छ । 27 यो तिनीहरूका निम्ति हो जसलाई परमेश्वरले अन्यजातिहरूका बिचमा यस रहस्यको महिमाको सम्पत्ति के हो, सो थाहा गराउन चाहनुभयो । यो रहस्य त्यही हो, कि ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ, र यो भविष्यको महिमाको निश्चयता हो । 28 उहाँ त्यही व्यक्ति हुनुहुन्छ जसलाई हामी घोषणा गर्छौं । प्रत्येक व्यक्तिलाई ख्रीष्टमा पूर्ण प्रकारले प्रस्तुत गर्न सकियोस् भनी सम्पूर्ण बुद्धिसाथ हामी सबैलाई सल्लाह दिन्छौँ र सिकाउछौँ । 29 मेरो जीवनमा शक्तिशाली रूपमा काम गरिरहनुहुने उहाँको सामर्थ्यअनुसार म परिश्रम गर्छु र अगि बढ्छु ।
कुनै पत्रमा जस्तै, पावलले उनको पत्रलाई पदहरू १-२ मा कलस्सेमा भएका ख्रीष्टिएनहरूको सामु तिमोथी र आफैँलाई परिचय गराउँदै सुरु गर्छन् ।
पावलले यस अध्यायको धेरैजसो भाग दुई विषयहरूको वरिपरि रहेर लेख्छन्ः ख्रीष्ट को हुनुहुन्छ, र ख्रीष्टले एक ख्रीष्टिएनको लागि के गर्नुभएको छ ।
यस अध्यायमा पावलले एउटा “गोप्य सत्यता”लाई जनाउँछन् । परमेश्वरका योजनाहरूमा मण्डलीको भूमिकाको बारेमा एक समयमा जानिएको थिएन । तर अब परमेश्वरले त्यो प्रकट गर्नुभएको छ । परमेश्वरका योजनाहरूमा अन्यजातिहरूको यहूदीहरूसँगको बरारबर उभ्याइलाई यस सत्यताको एउटा हिस्साले समावेश गर्छ ।
ख्रीष्टिएन जीवनलाई वर्णन गर्नको लागि पावलले थुप्रै विभिन्न चित्रणहरूको प्रयोग गर्छन् । यस अध्यायमा, उनले “हिँड्नु” र “फल फलाउनु”को चित्रणहरूलाई प्रयोग गर्छन् ।
विरोधाभासी कथन चाहिँ एउटा सत्य भनाइ हो जसले केही असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । पद २४ एउटा विरोधाभासी कथन होः “अब म तिमीहरूको लागि भएको मेरो दुःखभोगमा आनन्द मनाउँछु ।” मानिसहरूले सामान्यतया तिनीहरूले दुःखभोग गर्दा आनन्द मनाउँदैनन् । तर पदहरू २५-२९ मा पावलले उनको दुःखभोग किन असल छ भनेर व्याख्या गर्छन् । (कलस्सीहरू १:२४)
हुन त यो पत्र पावल र तिमोथीबाट कलस्सी विश्वासीहरूलाई लेखिएको हो, पछि पत्रमा पावलले स्पष्ट पार्दछन् कि उनी चाहिँ लेखक हुन् । यो धेरै सम्भाव्य छ कि तिमोथी उनीसँगै थिए र पावलले बोल्दै गर्दा उनले ती शब्दहरूलाई लेखे । यो पत्रभर अरू किसिमले नबताइएसम्म “हामी”, “हाम्रो” र “हामीहरूका” जस्ता शब्दहरूले कलस्सीहरूलाई समावेश गर्छ । अरू किसिमले नबताइएसम्म “तिमी”, “तिम्रो” र “तिमीहरूका” जस्ता शब्दहरूले कलस्सी विश्वासीहरूलाई जनाउँछ र त्यसैले ती बहुवचन हुन् ।
“जसलाई परमेश्वरले ख्रीष्ट येशूको एक प्रेरित हुनलाई चुन्नुभयो”
यी शब्दहरूले कलस्सीहरूलाई समावेश गर्दैनन् ।
पावलले उनका पाठकगणलाई समेटिरहेका छैनन् ।
“ख्रीष्ट येशूमा तिमीहरूको विश्वास”
यहाँ “निश्चित आशा”को अर्थ विश्वासीले निश्चित भएर अपेक्षा गर्न सक्ने कुरा हुन्छ, त्यो भनेको ती कुराहरू हुन् जुन परमेश्वरले सारा विश्वासीहरूको लागि गर्ने प्रतिज्ञा गर्नुभएको छ । यी कुराहरूको विषयमा यसरी बताइएको छ कि मानौँ ती भौतिक वस्तुहरू थिए जसलाई विश्वासीहरूले पछि प्राप्त गर्नको लागि परमेश्वरले स्वर्गमा राखिरहनुभएको थियो । वैकल्पिक अनुवादः “किनकि तिमीहरू निश्चित छौ कि परमेश्वरले, जो स्वर्गमा हुनुहुन्छ, थुप्रै असल कुराहरू गर्नुहुनेछ जुन उहाँले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएको छ”
सम्भावित अर्थहरू हुन् १) “सत्यताको बारेमा भएको सन्देश, सुसमाचार” वा २) “साँचो सन्देश, सुसमाचार ।”
यहाँ “फल” भनेको “परिणाम” वा “उपज”को लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “सुसमाचारले धेरैभन्दा धेरै असल परिणामहरू ल्याउँदै छ” वा “सुसमाचारले बढ्दो परिणामहरू ल्याउँदै छ”
यो तिनीहरूलाई थाहा भएको संसारको भागलाई जनाउँदै गरिएको सामान्यकरण हो । वैकल्पिक अनुवादः “संसारभर”
“परमेश्वरको साँचो अनुग्रह”
“हाम्रा” शब्दले कलस्सीहरूलाई समावेश गर्दैन ।
“यो ठ्याक्कै त्यही हो जुन तिमीहरूले इपाफ्रासबाट सिक्यौ, जो हाम्रा प्रिय सङ्गी सेवक हुन् र जो” वा “यो हाम्रा प्रिय सङ्गी सेवक, इपाफ्रासले तिमीहरूलाई सिकाएको जस्तै ठ्याक्कै हो । उनी”
यहाँ “हाम्रा पक्षमा” भन्ने कुराको अर्थ यो हो कि इपाफ्रासले ख्रीष्टको लागि त्यो काम गरिरहेका थिए जुन पावल झ्यालखानामा नभएका भए उनी आफैँले गर्ने थिए ।
ती मानिस जसले कलस्सेमा भएका मानिसहरूलाई सुसमाचार प्रचार गरे
“हाम्रा” शब्दले कलस्सीहरूलाई समावेश गर्दैन ।
पावल पवित्र आत्माको विषयमा उहाँ कुनै स्थान हुनुभए झैँ गरी बताउँछन् जुन स्थानमा विश्वासीहरू रहेका थिए । वैकल्पिक अनुवादः “विश्वासीहरूलाई प्रेम गर्न पवित्र आत्माले कसरी तिमीहरूलाई सक्षम पार्नुभएको छ”
किनभने अरूहरूलाई प्रेम गर्न आत्माले तिनीहरूलाई सक्षम बनाउनुभएको छ, पावल तिनीहरूको लागि प्रार्थना गर्छन् र तिनीहरूको लागि उनले कसरी प्रार्थना गर्छन् भनेर यहाँ तिनीहरूलाई बताउँछन् ।
“किनभने पवित्र आत्माले अरू विश्वासीहरूलाई प्रेम गर्न तिमीहरूलाई सक्षम बनाउनुभएको छ”
“हामी” शब्दले कलस्सीहरूलाई समावेश गर्दैन ।
“इपाफ्रासले हामीहरूलाई यी कुराहरू भनेको दिनदेखि”
पावलले कलस्सी विश्वासीहरूको विषयमा तिनीहरू भाँडाहरू भए झैँ गरी बताउँछन् । वैकल्पिक अनुवादः “कि तिमीहरूले जान्नुपर्ने कुराहरूले परमेश्वरले तिमीहरूलाई भर्नुभएको होस् ताकि तिमीहरूले उहाँको इच्छा गर्न सक”
“ ... , ताकि पवित्र आत्माले तिमीहरूलाई बुद्धिमान् बनाउनुभएको होस् र तिमीहरूले के गरेको परमेश्वरले चाहनुहुन्छ भनेर बुझ्नलाई सक्षम बनाउनुभएको होस्”
“हामी” शब्दले कलस्सीहरूलाई समावेश गर्दैन ।
यहाँ “हिँडाइ”ले जीवनको आचरणलाई अङ्कित गर्छ । वैकल्पिक अनुवादः “कि तिमीहरू त्यसरी जिउन सक जसरी जिएको परमेश्वरले अपेक्षा गर्नुहुन्छ”
“प्रभुलाई खुशी बनाउने तरिकाहरूमा”
पावलले कलस्सी विश्वासीहरूको विषयमा तिनीहरू रूखहरू वा बिरुवाहरू भए झैँ गरेर बताइरहेका छन् । जसरी बिरुवा हुर्कन्छ र फल फलाउँछ, त्यसै गरेर विश्वासीहरूले पनि परमेश्वरलाई झन् धेरै मात्रामा परमेश्वरलाई चिन्दै गर्नुपर्छ र असल कामहरू गर्दै रहनुपर्छ ।
“हामी” शब्दले पावल र तिमोथीलाई जनाउँछ, तर कलस्सीहरूलाई होइन ।
पावलले कलस्सी विश्वासीहरूको विषयमा यसरी बताउँछन् कि मानौँ परमेश्वरले तिनीहरूलाई सहनशीलता र धैर्यताको स्थानमा सार्नुहुनेछ । वास्तवमा चाहिँ, उनले प्रार्थना गरिरहेका छन् कि तिनीहरूले परमेश्वरमा भरोसा गर्न कहिल्यै छोड्ने छैनन् र तिनीहरूले उहाँलाई सम्मान गर्दै गर्दा तिनीहरू पूर्ण रूपमा धीरजी हुनेछन् ।
“तिमीहरूलाई उत्तराधिकारी हुनलाई अनुमति दिनुभएको छ”
यहाँ पावलले उनका पाठकहरू परमेश्वरका आशिष्हरूका प्रापकहरू भएका कुरामा ध्यानकेन्द्रित गर्दैछन् । तर उनको अर्थ यो होइन कि ती आशिष्हरूमा उनको आफ्नै चाहिँ केही भाग छैन ।
परमेश्वरले विश्वासीहरूलाई प्रतिज्ञा गर्नुभएका कुराहरू प्राप्त गर्ने कुराको विषयमा यसरी बताइएको छ कि मानौँ त्यो चाहिँ परिवारको सदस्यबाट सम्पत्ति र जायेजेथाको अंश पाउनु हो ।
यो अवधारणा अर्को पदमा भएको अन्धकारको प्रभुत्वको अवधारणासँग विपरीतमा छ । वैकल्पिक अनुवादः “उहाँको उपस्थितिको महिमामा”
पावलले ख्रीष्ट उत्कृष्ट हुनुभएका कुराहरूको विषयमा कुरा गर्छन् ।
“परमेश्वर पिताले ... छुटकारा दिनुभएको छ”
यहाँ अन्धकार चाहिँ दुष्टताको लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “दुष्ट शक्तिहरू जसले हामीलाई नियन्त्रण गर्थे”
“पुत्र” चाहिँ येशू, परमेश्वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।
पावलले धेरैपटक विश्वासीहरू येशू ख्रीष्ट“मा” वा परमेश्वर“मा” भएका झैँ गरेर बताउँछन् । यसलाई एउटा नयाँ वाक्यको सुरुवातको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसको माध्यमद्वारा” वा “उहाँको पुत्रको माध्यमद्वारा” वा “उहाँको पुत्रको कारण”
नामपद शब्दहरू “उद्धार” र “क्षमा”लाई क्रियापदहरूको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले उद्धार पाएका छौँ; हाम्रा पापहरू क्षमा भएका छन्” वा “परमेश्वरले हाम्रो उद्धार गर्नुहुन्छ; उहाँले हाम्रा पापहरू क्षमा गर्नुहुन्छ”
“उहाँको पुत्र अदृश्य परमेश्वरको प्रतिरूप हुनुहुन्छ ।” यहाँ “प्रतिरूप”को अर्थ केही दृश्य कुराको प्रतिनिधित्व गर्ने कुरा होइन । बरु, “प्रतिरूप”को अर्थ यहाँ यो हो कि पुत्रलाई जानेर हामी पिता कस्तो हुनुहुन्छ भनेर थाहा गर्छौँ ।
“जेठो छोरा” भन्ने अभिव्यक्तिले येशूको कहिले जन्मनुभएको थियो भन्ने कुरालाई जनाउँदैन । बरु, यसले परमेश्वर पिताको अनन्त पुत्रको रूपमा भएको उहाँको ओहदालाई जनाउँछ । यस अर्थमा, “जेठो छोरा” भनेको एउटा अलङ्कार हो जसको अर्थ “सबैभन्दा महत्त्वपूर्ण” भन्ने हुन्छ । येशू चाहिँ परमेश्वरको सबैभन्दा महत्त्वपूर्ण र अद्वितीय पुत्र हुनुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरको पुत्र, सारा सृष्टिमा सबैभन्दा बढी महत्त्वपूर्ण व्यक्ति”
नामपद शब्द “सृष्टि”लाई क्रियापदको प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले सृजनुभएको सबैकुरा”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि उहाँद्वारा परमेश्वरले सबैकुरा सृष्टि गर्नुभयो” वा “परमेश्वरले पुत्रलाई सबैकुरा सृष्टि गर्न लगाउनुभयो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । परमेश्वरले पुत्रलाई सबैकुरा पुत्रकै महिमाको लागि बनाउन लगाउनुभयो । वैकल्पिक अनुवादः “किनकि उहाँद्वारा र उहाँकै निम्ति परमेश्वरले सबैकुरा सृष्टि गर्नुभयो” वा “परमेश्वरले उहाँलाई सबैकुरा उहाँकै निम्ति सृष्टि गर्न लगाउनुभयो”
“यो उहाँ नै हुनुहुन्छ जो सबै थोकहरूभन्दा अगाडिदेखि अस्तिवमा हुनुहुन्थ्यो”
पुत्रले सबै थोकहरूलाई नियन्त्रण गरिरहनुभएको विषयमा पावलले यहाँ यसरी बताउँछन् कि मानौँ उहाँले ती सबैलाई भौतिक रूपमा बाँधेर राखिरहनुभएको थियो । “उहाँले सबैकुरालाई एकसाथ बाँधेर राख्नुहुन्छ”
“येशू ख्रीष्ट, परमेश्वरको पुत्र, शिर हुनुहुन्छ”
पावलले मण्डलीमाथि येशूको ओहदाको विषयमा यसरी बताउँछन् कि मानौँ उहाँ मानव शरीरको शिर हुनुहुन्थ्यो । जसरी शिरले शरीरलाई चलाउँछ, त्यसै गरेर येशूले मण्डलीलाई शासन गर्नुहुन्छ ।
“सुरुवात गर्ने अधिकार ।” उहाँ प्रथम प्रमुख र स्थापक हुनुहुन्छ ।
मरिगएर पुनः जीवनमा फर्किने, र फेरि कहिल्यै नमर्ने हुनुमा येशू पहिलो व्यक्ति हुनुहुन्छ ।
“येशूले क्रूसमा बहाउनुभएको रगतको माध्यमद्वारा”
यहाँ “रगत”को अर्थ क्रूसमा भएको ख्रीष्टको मृत्यु हो ।
ख्रीष्टले अन्यजाति विश्वासीहरूको पापलाई उहाँको पवित्रताको लागि साटफेर गर्नुहुन्छ भनेर परमेश्वरले अब प्रकट गर्नुभएको छ भन्ने कुरालाई पावलले स्पष्ट पार्छन् ।
“त्यहाँ एउटा समय थियो जब तिमी कलस्सी विश्वासीहरू पनि”
“ती मानिसहरू जस्ता थियौ जसलाई परमेश्वरले चिन्नुहुँदैनथ्यो” वा “परमेश्वरलाई टाढा धकेलेका थियौ”
पावलले कलस्सीहरूलाई यसरी वर्णन गरिरहेका छन् कि मानौँ येशूले तिनीहरूलाई शारीरिक रूपमा सफा गर्नुभएको थियो, तिनीहरूलाई नयाँ वस्त्रहरू पहिराउनुभएको थियो, र तिनीहरूलाई परमेश्वर पिताको सामु उभिनलाई ल्याउनुभएको थियो ।
सिद्धताको विचारलाई जोड दिनको लागि लगभग एउटै कुराको अर्थ दिने दुईवटा शब्दहरूलाई पावलले प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “सिद्ध”
यो स्थानको अभिव्यक्तिको अर्थ “परमेश्वरको दृष्टिकोणमा” वा “परमेश्वरको मनमा” भन्ने हुन्छ ।
जुन विश्वासीहरूले घोषणा गरे
“संसारमा भएका हरेक व्यक्तिलाई”
पावल वास्तवमा परमेश्वरका सेवक थिए । वैकल्पिक अनुवादः “त्यो सुसमाचार जसलाई घोषणा गरेर म, पावल परमेश्वरको सेवा गर्छु”
पावल उनले निरन्तर भोगिरहेका कष्टहरूको बारेमा कुरा गर्छन् । उनले यहाँ स्वीकार गरिरहेका हुन सक्छन् कि ख्रीष्ट पुनः फर्कनुभन्दा अगाडि त्यहाँ थुप्रै दुःखभोगहरू छन् जुन उनी र अन्य ख्रीष्टिएनहरूले सहनुपर्छ, र एउटा आत्मिक बुझाइमा ख्रीष्टले पनि यी कठिनाइहरूमा तिनीहरूसँग भाग लिनुहुन्छ । पावलले निश्चय नै यो भनेका होइनन् कि केवल ख्रीष्टका दुःखभोगहरू विश्वासीहरूलाई उद्धार प्रदान गर्नका निमित्त पर्याप्त थिएनन् ।
पावलले उनको शरीरको विषयमा त्यो कुनै भाँडो भए झैँ गरेर बताउँछन् जसमा दुःखभोग राख्न सकिन्थ्यो ।
पावलले धेरैपटक मण्डली अर्थात सारा ख्रीष्टिएन विश्वासीहरूको समूह चाहिँ ख्रीष्टको देह भए झैँ गरेर बताउँछन् ।
यसको अर्थ परमेश्वरको सुसमाचारको उद्देश्यको पूरा हुन ल्याउनु हो, जुन चाहिँ यही हो कि त्यो प्रचार गरियोस् र विश्वास गरियोस् । यहाँ “परमेश्वरको वचन” चाहिँ परमेश्वरबाटको सन्देशको लागि एउटा प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “परमेश्वरले निर्देशन दिनुभएको कुराप्रति आज्ञाकारी हुन”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो गोप्य सत्यता हो जुन परमेश्वरले लुकाउनुभएको थियो”
“युगौँयुग” र “पुस्तौँपुस्ता” भन्ने शब्दहरूले संसारको सृष्टिको समयदेखि लिएर सुसमाचार प्रचार नगरिएको समयसम्मको समयावधिलाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अब परमेश्वरले त्यसलाई प्रकट गर्नुभएको छ”
पावलले परमेश्वरको बारेमा भएको यस गोप्य सत्यताको मूल्यको विषयमा त्यो भौतिक सम्पत्तिको धनराशी भए झैँ गरेर बताउँछन् । “धनहरू”
पावलले विश्वासीहरूको विषयमा तिनीहरू वास्तविक भाँडाहरू भए झैँ गरेर बताउँछन् जसभित्र ख्रीष्ट हुनुहुन्थ्यो । विश्वासीहरूको ख्रीष्टसँगको एकतालाई व्यक्त गर्ने उनका तरिकाहरूमध्येमा यो एउटा हो ।
“ताकि तिमीहरू परमेश्वरको महिमामा सहभागी हुनलाई ढुक्क भएर अपेक्षा गर्न सक”
यी शब्दहरूले कलस्सीहरूलाई समावेश गर्दैनन् ।
“हामी सबैजनालाई खबरदारी गर्छौँ”
तिनीहरूले कसको सामु हरेक व्यक्तिलाई प्रस्तुत गर्नेछन् भन्ने कुरालाई तपाईंले स्पष्ट पार्नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “ताकि हामी हरेक व्यक्तिलाई परमेश्वरको सामु प्रस्तुत गर्न सकौँ”
पूर्ण हुनु भनेको आत्मिक तवरमा परिपक्व हुनुको लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “आत्मिक रूपमा परिपक्व”
1 किनकि मैले तिमीहरू अर्थात् लाउडिकियामा भएकाहरू र शरीरमा मेरो अनुहार नदेखेकाहरू सबैका निम्ति गरेको धेरै ठुलो सङ्घर्षबारे तिमीहरूले जानेको म चाहन्छु । 2 प्रेम र समझको पूर्ण निश्चयताको प्रशस्ततामा र परमेश्वरको गुप्त सत्यताको ज्ञान अर्थात् ख्रीष्टमा तिनीहरूका हृदयहरू एक साथ ल्याइएर तिनीहरू उत्साहित होऊन् भनेर म काम गर्दछु । 3 ज्ञान र बुद्धिका सबै सम्पत्तिहरू उहाँमा लुकाइएका छन् । 4 म यो भन्छु, कि बहकाउने बोलीले कसैले पनि तिमीहरूलाई नछलोस् । 5 र म तिमीहरूसँग शरीरमा नभए तापनि, म तिमीहरूसँग आत्मामा छु । म तिमीहरूका सुव्यवस्था र ख्रीष्टमा तिमीहरूका विश्वासको शक्तिलाई देखेर आनन्दित हुन्छु । 6 तिमीहरूले येशू ख्रीष्टलाई जुन प्रकारले प्राप्त गर्यौ, सोही प्रकारले उहाँमा हिँड । 7 तिमीहरूलाई सिकाइएको जस्तै गरी उहाँमा बलियोसँग जरा गाड, उहाँमा निर्माण हुँदै जाओ, विश्वासमा स्थापित होओ, र प्रशस्तसँग धन्यवाद देओ । 8 तिमीहरूलाई कसैले पनि दर्शनद्वारा र ख्रीष्टअनुसार नभई यस संसारका तत्त्वहरूअनुसार मानिसहरूका परम्पराको रित्तोपनको धोकाबाट वशमा पार्न नदेओ । 9 किनकि उहाँमा परमेश्वरको पूर्णता शरीरमा बास गर्दछ । 10 र तिमीहरू उहाँमा पूर्ण रूपमा भरिएका छौ । उहाँ नै सबै शक्ति र अधिकारको शिर हुनुहुन्छ । 11 उहाँमा नै तिमीहरूको खतना भएको थियो, जुन खतना मानिसहरूद्वारा मासुको शरीरमा गरिएको थिएन, तर यो ख्रीष्टमा गरिएको थियो । 12 तिमीहरू उहाँसँगै बप्तिस्मामा गाडिएका थियौ । र उहाँलाई मृतकहरूबाट ब्युँताउनुहुने परमेश्वरको शक्तिमाथि विश्वासद्वारा तिमीहरू उहाँसँगै ब्युँताइएका थियौ । 13 र जब तिमीहरू आफ्ना पाप र शरीरको बेखतनामा मरेका थियौ, उहाँले तिमीहरूलाई उहाँसँग जीवित पार्नुभयो र हाम्रा सबै पापहरूलाई क्षमा गर्नुभयो । 14 उहाँले हाम्रो विरुद्धमा लगाइएका ऋणका लिखित अभियोगहरूलाई र त्यसका विनियमहरूलाई हटाइदिनुभयो । उहाँले यी सबैलाई हटाउनुभयो र क्रुसमा टाँगिदिनुभयो । 15 उहाँले शक्तिहरू र अधिकारवालाहरूलाई हटाउनुभयो । उहाँले तिनीहरूलाई खुल्ला रूपमा प्रकट गर्नुभयो र उहाँको क्रुसको माध्यमद्वारा तिनीहरूलाई विजय समारोहमा डोर्याउनुभयो । 16 यसैकारण, अब कसैले तिमीहरूलाई खानेकुरा वा पिउनेकुरा वा चाडको दिनको बारेमा वा औंसी वा शबाथ-दिनको विषयमा दोष लगाउन नदेओ । 17 यिनीहरू आउनेवाला थोकहरूका छायाँ मात्र हुन् तर वास्तविकता ख्रीष्ट हुनुहुन्छ । 18 नम्रताको चाहना र स्वर्गदूतहरूको आराधनाद्वारा कसैको इनाम नखोसिएको होस् । यस्तो व्यक्तिले उसले देखेका कुराहरूमा मन लगाउँछ र उसको शारीरिक विचारद्वारा घमण्डी बन्दछ । 19 उसले शिरलाई पक्री राख्दैन । शिरबाट नै जोर्नीहरू र ग्रन्थिहरू हुँदै सम्पूर्ण शरीरमा आवश्यक तत्त्वहरू फैलाइन्छ र तिनीहरूलाई एकसाथ राखिन्छ; र शरीर परमेश्वरले दिनुभएको वृद्धिअनुसार बढ्दछ । 20 यदि यस संसारका तत्त्वहरूप्रति तिमीहरू ख्रीष्टसँगै मरेका छौ भने, किन तिमीहरू यस संसारमा समर्पित भएर जिउँछौ ? 21 “नसमात, नचाख, नछोऊ ।” 22 मानिसहरूका निर्देशनहरू र शिक्षाहरूअनुसार, यी सबै कुराहरू प्रयोगसँगै नष्ट हुन्छन् । 23 यी नियमहरूमा मानिस आफैँले बनाएका धर्म र नम्रता र शरीरको कठोरताका ज्ञान छन् । तर शरीरको विलासिताको विरुद्धमा यिनीहरूको कुनै मोल छैन ।
पदहरू ११-१२ मा, ख्रीष्टिएनहरू ख्रीष्टसँग कसरी एक छन् र पापबाट मुक्त भएका छन् भनेर देखाउनको लागि पावलले पुरानो करारको खतनाको चिन्ह र नयाँ करारको बप्तिस्मा चिन्ह दुवैलाई प्रयोग गर्छन् ।
यो एउटा जटिल विषय हो । सम्भवतः “शरीर” भनेको हाम्रो पापपूर्ण स्वभावको लागि एउटा अलङ्कार हो । मानिसको शारीरिक भाग पापपूर्ण छ भनेर पावलले सिकाइरहेका छैनन् । पावलले यस्तो सिकाइरहेका जस्तो देखिन्छ कि, जबसम्म ख्रीष्टिएनहरू जीवित रहन्छन् (“शरीरमा”), हामी पाप गरिरहने छौँ । तर हाम्रो नयाँ स्वभाव हाम्रो पुरानो स्वभावको विरुद्धमा लडिरहेको हुनेछ । पावलले यस अध्यायमा “शरीर” शब्दलाई भौतिक देहलाई जनाउन पनि प्रयोग गर्छन् ।
पावलले यस अध्यायमा थुप्रै विषयहरूलाई उल्लेख गर्छन् जसले कलस्सेमा भएको मण्डलीको अवस्थाको बारेमा रहेको जानकारी दिन्छन् । वास्तविक विस्तृत विवरणहरूको विषयमा खण्डलाई अनिश्चित रहन दिन नै बेस हुन्छ ।
पावलले कलस्सी र लाउडिकियामा भएका विश्वासीहरूलाई ख्रीष्ट परमेश्वर हुनुहुन्छ र उहाँ विश्वासीहरूमा बस्नुहुन्छ भन्ने कुरा बुझ्नलाई प्रोत्साहन गरिरहेका छन्, यसैकारण तिनीहरूले त्यसरी नै जिउनुपर्छ जसरी तिनीहरूले उहाँलाई ग्रहण गरे ।
तिनीहरूको शुद्धता र सुसमाचारको बुझाइलाई विकास गर्न पावलले धेरै परिश्रम गरेका छन् ।
यो कलस्सेको धेरै नजिकैमा रहेको सहर थियो जहाँ एउटा मण्डली पनि थियो जसको लागि पावलले प्रार्थना गरिरहेका थिए ।
यहाँ “अनुहार”ले सम्पूर्ण व्यक्तिलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिनीहरू सबै जसले मलाई व्यक्तिगत रूपमा भेटेका छैनन्” वा “तिनीहरू सबै जसलाई मैले आमने सामने कहिल्यै भेटेको छैन”
पावलले बेग्लै सर्वनामको प्रयोग गरेका भएतापनि उनले गलातीहरूलाई समावेश गरे । वैकल्पिक अनुवादः “ताकि तिनीहरूका र तिमीहरूका हृदयहरू”
यसको अर्थ एकसाथ घनिष्ठ सम्बन्धमा ल्याइएको भन्ने हुन्छ ।
सुसन्देश सत्य छ भनी पूर्णतया पक्का भएको कोही व्यक्तिको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो व्यक्ति भौतिक थोकहरूमा धनी थियो ।
यो केवल परमेश्वरद्वारा मात्र प्रकट गर्न सकिने ज्ञान हो ।
येशू ख्रीष्ट परमेश्वरद्वारा प्रकट गरिनुभएको गोप्य सत्यता हुनुहुन्छ ।
केवल ख्रीष्टले मात्र परमेश्वरको सत्य बुद्धि र ज्ञान प्रकट गर्न सक्नुहुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले बुद्धि र ज्ञानका सबै सम्पत्तिहरूलाई ख्रीष्टमा लुकाउनुभएको छ”
पावलले परमेश्वरको बुद्धि र ज्ञानको विषयमा तिनीहरू भौतिक धनहरू भए झैँ गरी बताउँछन् । वैकल्पिक अनुवादः “धेरै बहुमूल्य बुद्धि र ज्ञान”
यहाँ यी शब्दहरूको आधारभूत रूपमा उस्तै अर्थ हुन्छ । सबै आत्मिक समझ ख्रीष्टबाट आउँछ भन्ने कुरालाई जोड दिनका लागि पावलले यहाँ तिनलाई एकसाथ प्रयोग गर्छन् ।
यसको अर्थ कसैलाई केही कुरामा विश्वास गर्न लगाउनु हो जुन सत्य होइन, ताकि त्यो व्यक्ति त्यो विश्वासमा चलोस्, र फलस्वरूप हानी भोगोस् ।
यस्तो बोली जसले कुनै व्यक्तिलाई फरक तरिकाले सोच्ने बनाउनेछ
व्यक्तिको शरीर, वा भौतिक शरीर भनेको त्यो व्यक्तिलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरूसँग शारीरिक रूपमा उपस्थित छैन”
कसैसँग आत्मामा हुनु भनेको त्यस व्यक्तिको बारेमा निरन्तर सोचिरहने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “म तिमीहरूको बारेमा निरन्तर सोचिरहन्छु”
उचित तरिकाले कुराहरू गर्ने
“कसरी कुनै पनि चीज र कसैले पनि तिमीहरूलाई विश्वास गर्नदेखि रोक्न सक्दैन”
कुनै बाटोमा हिँड्नु भनेको कोही व्यक्तिले आफ्नो जीवन कसरी जिउँछ भन्ने कुराको लागि अलङ्कार हो । “उहाँमा” भन्ने शब्दले ख्रीष्टसँग नजिकको सम्बन्धमा हुनु र उहाँलाई मनपर्दो कुराहरू गर्नुलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँले चाहनुभएअनुसार तिमीहरूको जीवन जिओ” वा “जिओ ताकि मानिसहरूले देखून् कि तिमीहरू उहाँका हौ”
यी शब्दहरूले “उहाँमा हिँड्नु” भनेको के हो भनेर व्याख्या गर्छन् ।
पावलले ख्रीष्टमा साँचो विश्वास भएको व्यक्तिको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो व्यक्ति पक्का जमिनमा गहिरो गरी जरा हालेर बढ्दै गरेको कुनै रूख हो ।
पावलले ख्रीष्टमा साँचो विश्वास भएको व्यक्तिको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो व्यक्ति कुनै भवन हो जसको बलियो जग छ ।
“सबै कुराको लागि येशूमा भरोसा गर”
यसलाई शिक्षकको नाम नदिइकन वा अन्य किसिमले तिनमा ध्यानाकर्षण नगराइकन उल्लेख गर्दा बेस हुन्छ, जो खासमा इपाफ्रास थिए (कलस्सीहरू १:७) । वैकल्पिक अनुवादः “ठीक जसरी तिमीहरूले सिक्यौ” वा “ठीक जसरी तिनीहरूले तिमीहरूलाई सिकाए” वा “ठीक जसरी उनले तिमीहरूलाई सिकाए”
पावलले धन्यवाद दिने कुराको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो वस्तुहरू हो जसलाई कोही व्यक्तिले थुप्रै परिमाणमा पाउन सक्छ । वैकल्पिक अनुवादः “परमेश्वरप्रति धेरै धन्यवादी होओ”
पावलले विश्वासीहरूलाई अरूहरूको वचनहरू र नियमहरूमा नलाग्नको लागि होशियार रहनलाई आग्रह गर्छन् किनभने विश्वासीहरूसँग ख्रीष्टमा भएको परमेश्वरको पूर्णतामा केही कुराले पनि थप्न सक्दैन ।
“यो पक्का गर कि”
कुनै व्यक्तिले झूटा शिक्षाहरूलाई विश्वास गर्न सक्ने
धार्मिक सिद्धान्तहरू र मानेका कुराहरू जुन परमेश्वरको वचनबाटका होइनन् तर परमेश्वर र जीवनको विषयमा भएका मानिसका विचारहरूमा आधारित छन्
केही पनि ननिकाल्ने र त्यसैले मूल्यहीन रहेका झूटा धारणाहरूको विषयमा ती केही पनि नभएका भाँडोहरू भए झैँ गरेर पावलले बताउँछन् ।
दुवै यहूदी परम्पराहरू र अन्यजातिहरूका (गैरयहूदी) आस्थाहरू बेकार छन् । “संसारका तत्त्वहरू”ले शायद ती दुष्टात्माहरूलाई जनाउँछ जसले यस संसारलाई राज गर्नलाई दाबी गरे र जो मानिसहरूद्वारा मन पराइएका छन् । तर केही अर्थ खोल्नेहरूले “संसारका तत्त्वहरू” भनेका संसारको बारेमा भएका मानिसहरूका सामान्य शिक्षाहरू हुन् भनेर हेर्छन् ।
“परमेश्वरको पूर्ण स्वभाव ख्रीष्टमा शारीरिक रूपमा वास गर्दछ”
पावलले मानिसहरूको विषयमा तिनीहरू भाँडाहरू भए झैँ गरेर बताउँछन् जसमा परमेश्वरले ख्रीष्टलाई राख्नुभयो । वैकल्पिक अनुवादः “तिमीहरू ख्रीष्टमा पूर्ण बनाइएका छौ”
ख्रीष्ट अरू हरेक शासकमाथि शासक हुनुहुन्छ
पावल ख्रीष्टका भएकाहरूको विषयमा तिनीहरू ख्रीष्टको शरीरभित्र भए झैँ गरेर बताइरहेका छन् । यसलाई कर्तृ वाच्यमा पनि बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “जब तिमीहरूले बप्तिस्मामा मण्डलीसँग जोडियौ, परमेश्वरले तिमीहरूको खतना गर्नुभयो”
यस अलङ्कारको साथमा, पावलले भन्छन् कि परमेश्वरले विश्वासीहरूलाई आफ्नो लागि त्यस किसिमले ग्रहणयोग्य बनाउनुभएको छ जसले उहाँलाई खतनाको सम्झना गरायो, एउटा समारोह जसद्वारा हिब्रू छोरा शिशुहरूलाई इस्राएलको समुदायमा सामेल गराइन्थ्यो ।
पावलले बप्तिस्मा लिने र विश्वासीहरूको सभामा सामेल हुने कुराको विषयमा त्यो चाहिँ ख्रीष्टसँगै गाडिने कुरा भए झैँ गरेर बताउँछन् । यसलाई कर्त वाच्य बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई ख्रीष्टसँगै गाड्नुभयो जब तिमीहरू बप्तिस्मामा मण्डलीमा सामेल भयौ”
यस अलङ्कारको साथमा, पावलले विश्वासीहरूको नयाँ आत्मिक जीवनको विषयमा कुरा गर्छन्, जुन सम्भव भयो किनभने परमेश्वरले ख्रीष्टलाई फेरि जीवित पार्नुभयो । यसलाई कर्त वाच्य बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “किनभने तिमीहरूले आफैँलाई ख्रीष्टमा सामेल गराएका छौ, परमेश्वरले तिमीहरूलाई बिउँताउनुभएको छ” वा “उहाँमा परमेश्वरले तिमीहरूलाई फेरि जिउने तुल्याउनुभयो”
यहाँ बिउँताउनु भनेको एउटा वाक्पद्धति हो जसको अर्थ कोही मरिसकेको व्यक्तिलाई पुनः जीवित बनाउनु भन्ने हुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई बिउँताउनुभयो” वा “परमेश्वरले तिमीहरूलाई फेरि जिउने तुल्याउनुभयो”
पावलले परमेश्वरलाई प्रतिक्रिया जनाउन नसक्ने अवस्थाको विषयमा त्यो मृत्यु नै भए झैँ गरेर बताउँछन् । वैकल्पिक अनुवादः “जब तिमी कलस्सी विश्वासीहरू परमेश्वरलाई जवाफ दिन असक्षम थियौ”
यस अलङ्कारको साथमा, पावलले नयाँ आत्मिक जीवनमा आउने कुराको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो चाहिँ पुनः शारीरिक रूपमा जीवनमा आउनु हो ।
तिमीहरू दुईवटा लेखाको लागि मरेका थियौः १) ख्रीष्टको विरुद्धमा पापको जीवन जिउँदै तिमीहरू आत्मिक रूपमा मरेका थियौ र २) तिमीहरू मोशाको व्यवस्था अनुसार खतना भएका थिएनौ ।
“उहाँले हामीलाई, हामी यहूदीहरू र तिमी अन्यजातिहरू दुवैलाई, हाम्रा सबै अपराधहरू क्षमा गर्नुभयो”
परमेश्वरले हाम्रा पापहरू माफ गरिदिनुभएको तरिकाको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो त्यस्तो तरिका हो जसअनुसार कोही व्यक्तिले, जसलाई धेरै मानिसहरूले पैसा र सामानहरू दिनुपर्ने थियो, ती ऋृणहरूको अभिलेखलाई नष्ट गर्छन् ताकि तिनीहरूले उनलाई फिर्ता तिर्न पर्दैन ।
रोमी समयहरूमा, रोमी सेनाले तिनीहरूले कब्जा गरेका सारा केदीहरू र तिनीहरूले प्राप्त गरेका सबै मालसामानहरूलाई प्रदर्शन गर्दै तिनीहरू घर फर्कँदा विजयको र्याली गर्नु भनेको तिनीहरूको लागि सामान्य प्रचलन थियो । परमेश्वर दुष्ट शक्तिहरू र अधिकारहरू उपर विजयी हुनुहुन्थ्यो ।
यहाँ “क्रूस”को अर्थ क्रूसमा भएको ख्रीष्टको मृत्यु हुन्छ ।
कसैले के-के खान र पिउन हुन्छ भन्ने कुराहरू मोशाको व्यवस्थामा समावेश थिए । “किनकि के तिमीहरूले खान्छौ र के तिमीहरूले पिउँछौ”
मोशाको व्यवस्थाले उत्सव मनाउने, आराधना गर्ने, र बलिदान चढाउने दिनहरू छुट्ट्याएको थियो । “तिमीहरूले भोजका दिनहरू वा पूर्णिमाका दिनहरू वा विश्रामको दिन मनाउने तरिकाको लागि”
एउटा छायाँले कुनै वस्तुको अस्पष्ट आकारलाई देखाउँछ, तर त्यो आफैँ चाहिँ वस्तु होइन । त्यसै गरी, चाडहरू, उत्सवहरू, र विश्रामको दिनले हामीलाई परमेश्वरले मानिसहरूलाई कसरी बचाउनुहुने थियो भनेर देखाउँछन्, तर ती कुराहरूले मानिसहरूलाई बचाउँदैनन् । उद्धारकर्ता चाहिँ ख्रीष्ट हुनुहुन्छ । वैकल्पिक अनुवादः “यिनीहरू के हुनेछ भन्ने कुराको छायाँ जस्तो हुन्, तर वास्तविकता चाहिँ ख्रीष्ट हुनुहुन्छ” वा “यिनीहरू आउनुहुने उद्धारकर्ताको छायाँ जस्तो हुन्, तर उद्धारकर्ता चाहिँ ख्रीष्ट हुनुहुन्छ”
यहाँ पावलले झूटा शिक्षकहरूलाई यसरी जनाउँछन् कि मानौँ तिनीहरू कुनै खेलकूदको प्रतिस्पर्धामा भएका भ्रष्ट न्यायाधीशहरू थिए जसले विश्वासीहरूलाई तिनीहरूले पाउनुपर्ने पुरस्कारहरू जित्नबाट अन्यायोचित रूपमा अयोग्य ठहराउँछन्, र ख्रीष्टले कोही व्यक्तिलाई उद्धार गर्नुभएको कुराको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो चाहिँ ख्रीष्टले त्यस किसिमको प्रतिस्पर्धाको विजेतालाई पुरस्कार दिनुभएको हो । वैकल्पिक अनुवादः “कसैले पनि तिमीहरूलाई ... इनाम जित्नबाट अयोग्य नठहराओस्”
“नम्रता” शब्द ती कार्यहरूको लागि प्रतिस्थापन शब्द हो जुन कार्यहरू कोही व्यक्तिले अरूहरूलाई आफू नम्र रहेको ठान्ने बनाउनको लागि गर्छ । वैकल्पिक अनुवादः “जसले तिमीहरूले ती कुराहरू गरेको चाहन्छ जसले देखाउँछ कि तिमीहरू नम्र छौ”
यहाँ पावलले ती मानिसहरूको बारेमा बताउँछन् जसले परमेश्वरबाट सपनाहरू र दर्शनहरू पाएको दाबी गर्छन् र जसले तिनीहरूको बारेमा घमण्डसँग कुरा गर्छन् ।
यहाँ पावल भन्छन् कि पापपूर्ण सोचाइहरूले एउटा व्यक्तिलाई घमण्डी बनाउँछ । वैकल्पिक अनुवादः “उसको अभिलाषी सोचाइको माध्यमद्वारा आफैँलाई घमण्डले फुलाउँछ”
यहाँ घमण्ड गर्ने कोही व्यक्तिको विषयमा ऊ कुनै वस्तु भए झैँ गरेर बताइएको छ जसलाई कसैले त्यो हुनुपर्नेभन्दा बढी ठूलो बनाउन त्यसभित्र हावा भरिदिएको छ ।
यहाँ अभिलाषाको अर्थ पापपूर्ण मानव स्वाभाव हुन्छ । “पापपूर्ण विचारहरू जुन उसले स्वाभाविक रूपमा सोच्छ”
ख्रीष्टमा भरोसा नगर्ने व्यक्तिको विषयमा यसरी बताइएको छ कि मानौँ उसले शिरलाई बलियो गरी पक्रँदैन । ख्रीष्टको विषयमा यसरी बताइएको छ कि मानौँ उहाँ कुनै शरीरको शिर हुनुहुन्छ । वैकल्पिक अनुवादः “उसले ख्रीष्टलाई बलियोसँग पक्रँदैन, जो कुनै शरीरको शिर जस्तै हुनुहुन्छ” वा “ऊ ख्रीष्टसँग टाँसिदैन, जो कुनै शरीरको शिर जस्तै हुनुहुन्छ”
पावलले मण्डलीको विषयमा कुरा गर्छन्, जुन ख्रीष्टद्वारा राह गरिएको र सामर्थ्य प्रदान गरिएको हुन्छ, मानौँ त्यो कुनै मानव शरीर हो । वैकल्पिक अनुवादः “यो शिरबाट नै हो कि परमेश्वरले सारा शरीरलाई त्यसको जोर्नीहरू र तन्तुहरूमा पोषण प्रदान गर्नुहुन्छ र एकसाथ गाँस्नुहुन्छ”
यस अलङ्कारको साथमा, पावल एक विश्वासीको विषयमा त्यस्तो एउटा व्यक्तिको रूपमा कुरा गर्छन् जो ख्रीष्टसँग आत्मिक रूपमा जोडिएको छः जसरी ख्रीष्ट मर्नुभयो, त्यसरी नै विश्वासी पनि आत्मिक रूपमा मरेको छ; जसरी ख्रीष्ट जीवनमा फर्किआउनुभयो, त्यसरी नै विश्वासी पनि आत्मिक जीवनमा, अर्थात्, परमेश्वरलाई प्रतिक्रिया जनाउन सक्ने अवस्थामा फर्किआएको छ ।
“संसारका चाहनाहरूलाई तिमीहरूले मान्नुपर्छ भनेर सोच्नु”
संसारका बहुसङ्ख्यक पापी मानिसहरूका सोचाइहरू, इच्छाहरू, र अनुमानहरू
पद २० मा भएको “किन तिमीहरू यस संसारप्रति समर्पित भए जस्तै गरेर जिउँछौ” भन्ने शब्दहरूका साथमा सुरु हुने आलङ्कारिक प्रश्नको यहाँ अन्त हुन्छ ।
अरू मानिसहरूले कलस्सीहरूलाई भनिरहेका कुराहरूलाई पावलले उद्धृत गरिरहेका छन् । “तिमीहरू तिनीहरूलाई किन विश्वास गर्छौ जब तिनीहरूले भन्छन्, ‘नचलाओ, नता चाख, नता छोओ’ ?” वा “तिमीहरूले तिनीहरूको आज्ञापालन गर्नुहुँदैन जब तिनीहरूले भन्छन्, ‘नचलाओ, नता चाख, नता छोओ’”
“यी नियमहरू अविश्वासी मानिसहरूलाई बुद्धिमान् लाग्छन् किनभने तिनीहरूलाई पछ्याउनेहरूलाई तिनीहरूले आफ्नै शरीरलाई चोट लाउन दिएर नम्र रहेको जस्तो देखिन दिन्छन्”
“तिमीहरूका मानवीय अभिलाषाहरूलाई पछ्याउनलाई रोक्न तिमीहरूलाई सहायता गर्दैनन्”
1 यदि परमेश्वरले तिमीहरूलाई ख्रीष्टसँगै उठाउनुभएको छ भने माथिका कुराहरूलाई खोज, जहाँ ख्रीष्ट परमेश्वरको दाहिने बाहुलीतर्फ बस्नुभएको छ । 2 माथिका कुराहरूमा विचार गर, तर पृथ्वीका कुरामा ध्यान नलगाओ । 3 किनकि तिमीहरू मरेका छौ, र तिमीहरूका जीवन परमेश्वरमा ख्रीष्टसँगै लुकाइएको छ । 4 जब ख्रीष्ट प्रकट हुनुहुनेछ जो तिमीहरूका जीवन हुनुहुन्छ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ । 5 त्यसकारण, संसारका स्वभावहरू अर्थात् कामुक अनैतिकता, अशुद्धता, कामवासना, खराब इच्छा र लोभको अन्त्य गर, जुन मूर्तिपूजा हो । 6 यी कुराहरू गर्ने अनाज्ञाकारीका छोराहरूमाथि परमेश्वरको क्रोध आउँछ । 7 तिमीहरू पनि यी कुराहरूमा जिउँदा एक समय यसरी नै हिँड्थ्यौ । 8 तर अब यी कुराहरू तिमीहरूले त्याग्नुपर्छ– रिस, क्रोध, खराब इच्छा, डाह र निन्दा, तिम्रो मुखबाट निस्कने फोहोर बोली । 9 एक अर्कालाई नढाँट; कारण तिमीहरूले पुरानो मनुष्यत्वलाई त्यसको व्यवहारसमेत त्यागेका छौ । 10 तिमीहरूले नयाँ मनुष्यत्व धारण गरेका छौ, जुन त्यसलाई सृष्टि गर्नुहुनेको प्रतिरूप अनुसारको ज्ञानमा नवीकरण गरिएको छ । 11 यस ज्ञानमा, कोही ग्रिक वा यहूदी, खतना वा बेखतनाका, अशिक्षित, असभ्य, कमारा, फुक्का हुँदैन, तर ख्रीष्ट नै सबै कुरा हुनुहुन्छ र सबै कुरामा हुनुहुन्छ । 12 त्यसकारण, परमेश्वरका चुनिएकाहरू, पवित्र र प्रियहरू, करुणामय हृदय, दया, नम्रता, दीनता, र धैर्य धारण गर । 13 एक अर्कालाई सहने गर । एक अर्कासँग कृपालु होओ । यदि कसैको विरुद्धमा कसैको उजुरी भएमा, परमप्रभुले तिमीहरूलाई क्षमा गर्नुभए जसरी क्षमा गर । 14 यी सबै कुराहरूभन्दा माथि प्रेम धारण गर, जुनचाहिँ पूर्णताको बन्धन हो । 15 तिमीहरूका हृदयमा ख्रीष्टको शान्तिले राज्य गरोस् । यही शान्तिको निम्ति तिमीहरू एक शरीरमा बोलाइएका थियौ, र धन्यवादी होओ । 16 ख्रीष्टको वचन तिमीहरूमा प्रशस्त मात्रामा रहोस् । सारा बुद्धिले एक अर्कालाई भजन, गीत र आत्मिक गानहरूले शिक्षा र अर्ती देओ । तिमीहरूका हृदयमा परमेश्वरका निम्ति धन्यवादका गीतहरू गाओ । 17 अनि जे तिमीहरूले वचन वा काममा गर्छौ, ती सबै प्रभु येशूको नाउँमा गर । परमेश्वर पितालाई उहाँद्वारा धन्यवाद देओ । 18 पत्नीहरू, पतिहरूका अधीनमा बस जुन कुरा प्रभुमा सुहाउँदो छ । 19 पतिहरू, आफ्ना पत्नीहरूलाई प्रेम गर र उनीहरूप्रति कठोर नहोओ । 20 छोराछोरीहरू, सबै कुरामा आफ्ना बाबुआमाप्रति आज्ञाकारी होओ, किनकि यो कुराले प्रभुलाई खुसी बनाउँछ । 21 बुबाहरू, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, कारण त्यसले गर्दा उनीहरू निराश बन्नेछन् । 22 दासहरू, शरीरअनुसार आफ्ना मालिकहरूप्रति सबै कुराहरूमा आज्ञाकारी होओ, मानिसहरूलाई खुसी तुल्याउनेहरूजस्तो गरी आँखाको अगाडि मात्र होइन, तर इमानदार हृदयसाथ गर । परमप्रभुको भय मान । 23 तिमीहरूले जे-जे गर्छौ, मानिसको निम्ति गरेजस्तो गरी होइन, तर प्रभुको निम्ति आत्मादेखि नै गर । 24 तिमीहरू जान्दछौ, कि तिमीहरूले परमप्रभुबाट उत्तराधिकारको इनाम पाउनेछौ । तिमीहरूले जसको सेवा गर्दछौ, उहाँ प्रभु ख्रीष्ट हुनुहुन्छ । 25 किनकि अधार्मिकता गर्नेले उसले गरेको अधार्मिकताको कारण दण्ड पाउनेछ, र त्यसमा कुनै पक्षपात हुनेछैन ।
यस पत्रको दोस्रो भाग एफिसीहरू ५ र ६ सँग मेल खान्छ ।
पुरानो र नयाँ व्यक्तिको अर्थ पुरानो र नयाँ मानिस भन्नु झैँ हो । “पुरानो मानिस” भन्ने कुराले सम्भवतः पापपूर्ण स्वभावलाई जनाउँछ जसमा कोही एक व्यक्ति जन्मेको हुन्छ । “नयाँ मानिस” भनेको चाहिँ नयाँ स्वभाव वा नयाँ जीवन हो जुन परमेश्वरले कोही व्यक्ति ख्रीष्टमा विश्वास गर्न आइसकेपछि उसलाई दिनुहुन्छ । अनि )
पावलले उनका पाठकहरूलाई पछ्याउन वा पन्छाउनलाई भनेका धेरैजसो कुराहरू क्रियाकलापहरू होइनन् तर चारित्रिक गुणहरू हुन् । यसकारंण, तिनीहरूलाई अनुवाद गर्न कठिन हुन सक्छ ।
परमेश्वर वास गर्नुहुने स्थानलाई धेरैपटक “माथि” अवस्थित रहेको भनेर चित्रण गरिएको छ । “माथिका कुराहरूलाई खोज्न” र “माथिका कुराहरूको बारेमा सोच्न”का लागि पावलले बताउँछन् । उनले बताउन खोजिरहेका छन् कि ख्रीष्टिएनहरूले स्वर्गीय र ईश्वरीय थोकहरूलाई खोज्नुपर्छ र तिनीहरूको बारेमा विचार गर्नुपर्छ ।
तिनीहरू ख्रीष्टसँग एक भएका कारण तिनीहरूले केही निश्चित कुराहरू गर्नुहुँदैन भनेर पावलले चेतावनी दिन्छन् ।
यो एउटा वाक्पद्धति हो जसको अर्थ “किनभने” भन्ने हुन्छ ।
यहाँ बिउँताउनु भनेको मरिसकेको कोही व्यक्तिलाई पुनः जीवित बनाउने कुरालाई जनाउने एउटा वाक्पद्धति हो । सम्भावित अर्थहरू हुन् १) किनभने परमेश्वरले ख्रीष्टलाई पुनः जीवित हुने तुल्याउनुभएको छ, परमेश्वरले कलस्सीमा भएका विश्वासीहरूलाई अघिबाट नै नयाँ आत्मिक जीवन दिनुभएको छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई नयाँ जीवन दिनुभएको छ किनभने तिमीहरू ख्रीष्टका हौ” वा २) किनभने परमेश्वरले ख्रीष्टलाई पुनः जीवित हुने तुल्याउनुभएको छ, कलस्सीमा भएका विश्वासीहरूले जान्न सक्छन् कि तिनीहरू मरिसकेपछि तिनीहरू ख्रीष्टसँगै जिउनेछन्, र विश्वासीहरू पुनः जीवित हुने कुराको विषयमा त्यो पहिले नै भइसकेको छ भने झैँ गरेर पावलले भन्न सक्छन् । वैकल्पिक अनुवादः “तिमीहरू पक्का हुन सक्छौ कि परमेश्वरले तिमीहरूलाई जीवन दिनुहुनेछ जसरी उहाँले उहाँले ख्रीष्टलाई पुनः जीवित हुने तुल्याउनुभएको छ”
“स्वर्गमा भएका थोकहरू”
किनकि ख्रीष्ट वास्तवमै मर्नुभयो, त्यसैले कलस्सी विश्वासीहरू पनि ख्रीष्टसँग मरेकाहरूको रूपमा परमेश्वरले तिनीहरूलाई गन्नुहुन्छ ।
पावलले मानिसहरूको जीवनको विषयमा यसरी बताउँछन् कि मानौँ ती वस्तुहरू हुन् जुन बाकसहरूमा राख्न सकिन्छ र परमेश्वरको विषयमा उहाँ कुनै बाकस हुनुभए झैँ गरेर बताउँछन् । वैकल्पिक अनुवादः सम्भावित अर्थहरू हुन् १) “यो यस्तो हो कि मानौँ परमेश्वरले तिमीहरूको जीवन लिनुभएको छ र त्यसलाई परमेश्वरको उपस्थितिमा ख्रीष्टमा लुकाउनुभयो” वा २) “तिमीहरूको साँचो जीवन के हो भनेर केवल परमेश्वरले मात्र जान्नुहुन्छ, र उहाँले त्यसलाई तब प्रकट गर्नुहुनेछ जब उहाँले ख्रीष्टलाई प्रकट गर्नुहुन्छ”
ख्रीष्ट नै त्यो व्यक्ति हुनुहुन्छ जसले विश्वासीलाई आत्मिक जीवन दिनुहुन्छ ।
अशुद्ध आचरण
बलियो, अभिलाषी चाहना
“लोभ, जुन चाहिँ मूर्तिपूजा जस्तै हो” वा “लोभी नहोओ किनभने त्यो मूर्तिपूजा गर्नु जस्तै हो”
दुष्ट काम गर्नेहरूलाई दण्ड दिन उहाँले गर्नुहुने कुराद्वारा देखाइएको तिनीहरूको विरुद्धमा भएको परमेश्वरको क्रोध ।
कोही व्यक्तिले गर्ने व्यवहारको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो कुनै सडक वा मार्ग हो जसमा एक व्यक्ति हिँड्छ । वैकल्पिक अनुवादः “यी ती कुराहरू हुन् जुन तिमीहरूले गर्ने गर्थ्यौ”
सम्भावित अर्थहरू हुन् १) “जब तिमीहरूले ती कुराहरूको अभ्यास गर्थ्यौ” वा २) “जब तिमीहरू परमेश्वरको अनाज्ञापालन गर्ने मानिसहरूको माझमा रहन्थ्यौ”
“दुष्ट कामहरू गर्ने इच्छा”
अरूहरूलाई चोट लाउन भनिएका कुराहरू
नम्र बोलचालमा नमिल्ने शब्दहरू
यहाँ “मुख” भनेको कुराकानीको लागि एक प्रतिस्थापन शब्द हो । “तिमीहरूको कुराकानीमा”
पावलले विश्वासीहरूलाई कसरी जिउने भनेर बताउनलाई निरन्तरता दिन्छन् र तिनीहरूलाई सम्झाउँछन् कि ख्रीष्टिएनहरूले सबैजनालाई एउटै मापदण्ड अनुसार व्यवहार गर्नुपर्छ ।
यहाँ पावलले एक ख्रीष्टिएनले आफ्नो पुरानो पापपूर्ण जीवनलाई त्याग्ने कुराको विषयमा यसरी बताउँदछन् कि मानौँ त्यो चाहिँ उसले नयाँ वस्त्र लगाउनलाई पुरानो वस्त्र फ्याँकेको जस्तो हो । इस्राएलीहरूले जस्तो कि पावलले नैतिक गुणहरूको विषयमा ती चाहिँ कपडाहरू भए झैँ गरी बताउनु भनेको निकै चलेको कुरा थियो ।
यहाँ पावलले एक ख्रीष्टिएनले आफ्नो पुरानो पापपूर्ण जीवनलाई त्याग्ने कुराको विषयमा यसरी बताउँदछन् कि मानौँ त्यो चाहिँ उसले नयाँ वस्त्र लगाउनलाई पुरानो वस्त्र फ्याँकेको
यसले येशू ख्रीष्टलाई जनाउँछ ।
यी नामावलीहरू मानिसहरूका वर्गहरूका उदाहरणहरू हुन् जुन परमेश्वरको लागि कुनै अर्थका हुँदैनन् भनी पावल बताउँछन् । परमेश्वरले हरेक व्यक्तिलाई एउटै दृष्टिले हेर्नुहुन्छ, र जात, धर्म, राष्ट्रियता, वा सामाजिक स्तर अनुसार हेर्नुहुँदैन । वैकल्पिक अनुवादः “जात, धर्म, संस्कृति, र सामाजिक स्तरको मतलब हुँदैन”
एक विदेशी जसलाई स्थानीय चलनचल्तीको बारेमा ज्ञान छैन
यो रोमी साम्राज्यभन्दा बाहिर रहेको सिथिया देशबाटको कोही व्यक्ति हो । ग्रीकहरू र रोमीहरूले यो शब्द कोही एउटा व्यक्तिको लागि प्रयोग गर्थे जो त्यस्तो एउटा ठाउँमा हुर्केको हुन्थ्यो जहाँ सबैजनाले सधैँ दुष्ट कुराहरू मात्रै गर्ने गर्थे ।
कुनै पनि कुरा ख्रीष्टको शासनबाट छुटको छैन वा त्यसभन्दा बाहिर छोडिएको छैन । वैकल्पिक अनुवादः “ख्रीष्ट अत्यन्तै महत्त्वपूर्ण हुनुहुन्छ र उहाँका सबै मानिसहरूमा रहनुहुन्छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूको रूपमा जसलाई परमेश्वरले आफ्नै लागि चुन्नुभएको छ, जसले केवल उहाँको लागि जिएको उहाँले देख्न चाहनुहुन्छ, र जसलाई उहाँले प्रेम गर्नुहुन्छ”
“हृदय” भनेको भावनाहरू र स्वभावहरूको लागि अलङ्कार हो । यहाँ यसको विषयमा यसरी बताइएको छ कि मानौँ यससँग केही निश्चित भावनाहरू र स्वभावहरू छ, र मानौँ यो कुनै पहिरने वस्त्र हो । वैकल्पिक अनुवादः “करुणामयी, दयालु, दीन, नम्र, र धीरजी हृदय राख” वा “करुणामयी, दयालु, दीन, नम्र, र धीरजी बन”
“एक अर्कासँग धीरजी होओ” वा “एक अर्कालाई स्वीकार गर जब तिमीहरूले एक अर्कालाई निराश पार्छौ”
“तिमीहरूले तिनीहरूलाई गर्नुपर्ने भन्दा बढी असल तरिकाले एक अर्कालाई व्यवहार गर”
भाववाचक नामपद शब्द “गुनासो”लाई “गुनासो गर्नु” भनेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ ... विरुद्धमा गुनासो गर्ने केही कारण छ भने”
यहाँ “सिद्धताको बन्धन” भनेको केही त्यस्तो कुराको लागि अलङ्कार हो जसले मानिसहरूको माझमा सिद्ध एकता ल्याउँछ । वैकल्पिक अनुवादः “एक अर्कालाई प्रेम गर किनभने यसले तिमीहरूलाई पूर्ण रूपले एकसाथ बाँध्नेछ”
ख्रीष्टले दिनुहुने शान्तिको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो कुनै शासक हो । सम्भावित अर्थहरू हुन् १) “सबैथोक गर ताकि तिमीहरूसँग एक अर्काको बीचमा शान्तिपूर्ण सम्बन्ध हुन सकोस्” वा २) “परमेश्वरलाई तिमीहरूको हृदयमा शान्ति दिन देओ”
यहाँ “हृदयहरू” भनेको मानिसहरूका मनहरू वा भित्री व्यक्तित्वको प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरूका मनहरूमा” वा “तिमीहरूभित्र”
पावल ख्रीष्टको वचनको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो कोही व्यक्ति हो जो अरू मानिसहरूभित्र वास गर्नलाई सक्षम थियो । यहाँ “ख्रीष्टको वचन” भनेको ख्रीष्टका शिक्षाहरूका लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “ख्रीष्टका निर्देशनहरूप्रति आज्ञाकारी होओ” वा “ख्रीष्टका प्रतिज्ञाहरूलाई सधैँ भरोसा गर”
“एक अर्कालाई होशियार गराओ र उत्साह देओ”
“परमेश्वरलाई प्रशंसा गर्ने सबै किसिमका गीतहरूको साथ”
यहाँ “हृदयहरू” भनेको मानिसहरूका मन वा भित्री व्यक्तित्वको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरूका मनहरूमा धन्यवादीपनको साथमा गाओ” वा “गाओ र धन्यवादी होओ”
“भनाइमा वा काम गर्नमा”
यहाँ कोही व्यक्तिको नाममा काम गर्नु भनेको त्यस व्यक्तिको विषयमा अरू मानिसहरूलाई असल कुराहरू सोच्नलाई सहयोग गर्नका निमित्त काम गर्ने कुरालाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “प्रभु येशूलाई सम्मान गर्न” वा “ताकि अरूहरूले जानून कि तिमीहरू प्रभु येशूका हौ र उहाँका बारेमा असल सोचून्” वा “मानौँ प्रभु येशू आफैँले त्यसो गरिरहनुभएको थियो”
सम्भावित अर्थहरू हुन् १) किनभने उहाँले महान् कामहरू गर्नुभएको छ वा २) किनभने मानिसहरूले परमेश्वरसँग कुरा गर्नलाई उहाँले सम्भव बनाउनुभएको छ र त्यसैले उहाँलाई धन्यवाद देओ ।
त्यसपछि पावलले पत्नीहरू, पतिहरू, छोराछोरीहरू, बुबाहरू, दासहरू, र मालिकहरूलाई केही विशेष निर्देशनहरू दिन्छन् ।
“पत्नीहरू हो, ... आज्ञापालन गर”
“यो उपयुक्त छ” वा “यो ठीक छ”
“ ... सँग कठोर नहोओ” वा “ ... सँग नरिसाओ”
“अनावश्यक रूपमा आफ्ना छोराछोरीहरूलाई रीस नउठाओ”
“तिमीहरूका मानव मालिकहरूको आज्ञापालन गर”
“तिमीहरूका मालिकहरूले हेरिरहेका बेलामा मात्रै आज्ञापालन नगर, मानौँ तिमीहरूले केवल मानिसहरूलाई मात्र खुशी बनाउन जरुरी छ”
यहाँ “हृदय” भनेको व्यक्तिको विचारहरू वा अभिप्रायहरूको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “सारा इमान्दार अभिप्रायहरूसाथ” वा “सच्चापनको साथ”
“जसरी तिमीहरूले प्रभुको लागि काम गर्ने थियौ”
“तिमीहरूका इनामको रूपमा उत्तराधिकार”
परमेश्वरले विश्वासीहरूलाई प्रतिज्ञा गर्नुभएका कुराहरू प्राप्त गर्ने विषयमा यसरी बताइएको छ कि मानौँ त्यो चाहिँ परिवारको सदस्यबाट सम्पत्ति वा जायजेथाको अंश पाउनु हो ।
“दण्ड पाउनु” भन्ने वाक्यांशको अर्थ सजाय पाउनु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “अधार्मिकता गर्नेले सजाय पाउनेछ” वा “अधार्मिकता गर्ने जो कोही पनि व्यक्तिलाई परमेश्वरले सजाय दिनुहुनेछ”
जसले सक्रिय रूपमा कुनै पनि किसिमको खराबी गर्छ
भाववाचक नामपद शब्द “कृपावाद”लाई “कृपा गर्नु” भन्ने क्रियापदको साथमा व्यक्त गर्न सकिन्छ । केही मानिसहरूलाई कृपा गर्नु भनेको तिनीहरूलाई फरक-फरक मापदण्डद्वारा इन्साफ गर्नु हो, त्यसैले यसको परिणाम त्यही नै कामहरू गर्ने अरूहरूभन्दा बढी असल तिनीहरूको लागि हुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले कसैलाई कृपा देखाउनुहुन्न” वा “परमेश्वरले सबैलाई एउटै मापदण्डद्वारा इन्साफ गर्नुहुन्छ”
1 मालिक हो, आफ्ना नोकरहरूलाई जे सही र उचित छ त्यही देओ । तिमीहरू यो जान्दछौ, कि तिमीहरूका पनि मालिक स्वर्गमा हुनुहुन्छ । 2 दृढतापूर्वक निरन्तर प्रार्थनामा लागिरहो, र धन्यवादसाथ प्रार्थनामा जागा रहो । 3 हाम्रो निम्ति पनि सँगसँगै प्रार्थना गर, ताकि ख्रीष्टको गुप्त सत्यताको वचन बोल्नको निम्ति परमेश्वरले ढोका खोलिदिनुभएको होस् । यही वचनको कारण, म बाँधिएको छु । 4 जसरी मैले बोल्नुपर्ने हो, त्यसरी नै मैले यसलाई स्पष्टपार्न सकूँ भनेर प्रार्थना गर । 5 बाहिरकाहरूसँग बुद्धिमानीपूर्वक व्यवहार गर्दै हिँड, अनि तिमीहरूको समयलाई बुद्धिमानीपूर्वक प्रयोग गर । 6 तिमीहरूका वचनहरू सधैँ अनुग्रहसहित होस् । तिनीहरू नुनले स्वादिलो पारिएको जस्तै होऊन्, र हरेक मानिसलाई तिमीहरूले कसरी जवाफ दिनुपर्छ, सो तिमीहरूले जान्न सक । 7 तुखिकसले मेरो बारेमा सबै कुराहरू तिमीहरूलाई बताउनेछन् । तिनीचाहिँ मेरा प्रिय भाइ, विश्वासयोग्य दास र प्रभुमा सङ्गी सेवक हुन् । 8 यही कार्यको निम्ति मैले तिनलाई तिमीहरूकहाँ पठाएँ, ताकि तिमीहरूले हामीहरूको विषयमा जान्न सक, र तिनले तिमीहरूका हृदयलाई प्रोत्साहित पार्न सकून् । 9 तिमीहरूमध्येका एक, विश्वासयोग्य र प्रिय भाइ ओनेसिमससँगै मैले तिनलाई तिमीहरूकहाँ पठाएँ । तिनीहरूले यहाँ भएका सबै कुराहरू तिमीहरूलाई बताउँनेछन् । 10 मेरा सङ्गी कैदी अरिस्तार्खसले तिमीहरूलाई आफ्नो अभिवादन पठाएका छन्, र बारनाबासका भानिज मर्कूसको पनि अभिवादन छ, जसको बारेमा तिमीहरूले आदेश पाइसकेका छौ, “यदि उनी तिमीहरूकहाँ आए भने उनलाई स्वागत गर,” 11 र युस्तस भनिने येशूले पनि अभिवादन पठाएका छन् । परमेश्वरको राज्यका निम्ति खतनाका मेरा सहकर्मीहरू यिनीहरू मात्रै हुन् । तिनीहरू मेरा निम्ति सान्त्वनाका पात्र भएका छन् । 12 इपाफ्रासले तिमीहरूलाई अभिवादन गरेका छन् । यिनी पनि तिमीहरूमध्येकै एक जना हुन् र ख्रीष्ट येशूका दास हुन् । यिनी तिमीहरूका निम्ति सधैँ प्रार्थनामा परिश्रमसाथ लागिरहन्छन्, ताकि परमेश्वरको इच्छाअनुसार तिमीहरू सम्पूर्ण रूपले निश्चित भई खडा हुन सक । 13 यो कुरामा म तिनको साक्षी भएको छु, कि उनी तिमीहरूका लागि र लाउडिकियामा भएकाहरू अनि हिरापोलिसमा भएकाहरूका खातिर कडा परिश्रम गर्छन् । 14 प्रिय चिकित्सक लूका र डेमासले तिमीहरूलाई अभिवादन पठाएका छन् । 15 लाउडिकियामा भएका भाइहरू, र नुम्फास, र तिनको घरमा भएको मण्डलीलाई पनि अभिवादन गर । 16 जब यो पत्र तिमीहरूका बिचमा पढिनेछ, त्यसपछि लाउडिकियाको मण्डलीमा पनि यो पढ्नू र लाउडिकियाबाट आउने पत्र पनि तिमीहरूले पढ्नू । 17 अर्खिप्पसलाई भन, “तिमीले प्रभुमा पाएको सेवा-कार्य र यसलाई पुरा गर्नुपर्ने कुरालाई ध्यान देऊ ।” 18 यो अभिवादनको पत्र म पावलको आफ्नै हातले लेखेको हुँ । मेरा साङ्लाहरूलाई याद गर । तिमीहरूमा अनुग्रह होस् ।
यस्तो देखिन्छ कि कलस्सी ४:१ चाहिँ अध्याय ४ को साटोमा अध्याय ३ मा भएको विषयहरूको हो ।
प्राचीन पूर्व नजिक क्षेत्रमा लेखकले भन्ने र कोही अरू व्यक्तिले ती शब्दहरू लेख्नु चाहिँ चलनचल्तीको कुरा थियो । नयाँ करारका थुप्रै पत्रहरू यसरी नै लेखिएका थिए । अन्तिम अभिवादन पावल आफैँले लेखे ।
पावलले यस अध्यायमा एउटा “गोप्य सत्यता”लाई जनाउँछन् । परमेश्वरका योजनाहरूमा मण्डलीको भूमिकाको बारेमा एकसमयमा जानकारी थिएन । तर अब परमेश्वरले त्यसलाई प्रकट गर्नुभएको छ । यसको एउटा भागले परमेश्वरका योजनाहरूमा अन्यजातिहरूको यहूदीहरूसँगको बराबर उभ्याइलाई समावेश गर्छ ।
मालिकहरूसँग कुरा गरिसकेपछि, पावलले कलस्सीको मण्डलीमा रहेका विभिन्न विश्वासीहरूको लागि भएको उनको विशेष निर्देशनहरूलाई अन्त गर्छन् ।
यी शब्दहरूको लगभग एउटै अर्थ हुन्छ र नैतिक रूपमा ठीक रहेका कुराहरूलाई जोड दिनका लागि प्रयोग गरिएका छन् ।
कोही पार्थिव मालिक र उसको दासको बीचको सम्बन्ध प्रेमपूर्ण भएको परमेश्वर चाहनुहुन्छ, जसरी परमेश्वर, स्वर्गीय मालिकले उहाँका पार्थिव दासहरूलाई प्रेम गर्नुहुन्छ, जसमा पार्थिव दासहरूका मालिकहरू पनि पर्छन् ।
यहाँ “हामीलाई” भन्ने शब्दले पावल र तिमोथीलाई जनाउँछ तर कलस्सीहरूलाई होइन ।
कसरी जिउने र बोल्ने भनेर पावलले विश्वासीहरूलाई निर्देशनहरू दिन निरन्तरता दिन्छन् ।
“विश्वासकासाथ प्रार्थना गरिरहो” वा “एकनासले प्रार्थना गरिरहो”
कसैको लागि ढोका खोल्नु भनेको त्यो व्यक्तिलाई केही गर्ने अवसर दिने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “परमेश्वरले अवसरहरू जुटाइदिनुभएको होस्”
“उहाँको सन्देश प्रचार गर्नको लागि हाम्रो लागि एउटा अवसर बनाउनु”
यसले येशू ख्रीष्टको सुसमाचारलाई जनाउँछ, जुन ख्रीष्ट आउनभन्दा अगाडि बुझिएको थिएन ।
यहाँ “साङ्लामा बाँधिनु” भनेको झ्यालखानामा हुनुको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “यो येशू ख्रीष्टको सन्देशको घोषणा गरेको कारणले हो कि म अहिले झ्यालखानामा छु”
“मैले येशू ख्रीष्टको सन्देश स्पष्ट प्रकारले बोल्न सकूँ भनेर प्रार्थना गर”
हिँड्नुको अवधारणालाई धेरैपटक कोही व्यक्तिले उसको जीवन चलाउने कुराको धारणाको लागि प्रयोग गरिन्छ । वैकल्पिक अनुवादः “यस्तो तरिकाले जिओ कि जो विश्वासीहरू होइनन् तिनीहरूले तिमीहरू बुद्धिमान् छौ भनी देखून्”
केही कुराको “उद्धार गर्नु”को अर्थ त्यसलाई त्यसको उचित मालिकलाई फिर्ता गर्नु भन्ने हुन्छ । यहाँ समयको विषयमा त्यो चाहिँ फिर्ता गर्न सकिने र परमेश्वरको सेवा गर्न प्रयोग गर्न सकिने कुनै थोक भए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “तिमीहरूले आफ्नो समयको साथमा गर्न सक्ने सर्वोत्तम थोकहरू गर” वा “समयलाई त्यसको सर्वोत्तम उपयोगितामा राख”
नून हालिएको खानेकुरा भनेको ती शब्दहरूको लागि अलङ्कार हो जसले अरूहरूलाई सिकाउँछन् र जुन सुनेर अरूहरू रमाउँछन् । वैकल्पिक अनुवादः “तिमीहरूका संवादहरू सधैँ कृपालु र आकर्षक होस्”
“ताकि येशू ख्रीष्टको बारेमा कसैले सोधेको प्रश्नहरूलाई कसरी जवाफ दिने भनेर तिमीहरूलाई थाहा होस्” वा “ताकि तिमीहरूले हरेक व्यक्तिलाई असल तरिकाले व्यवहार गर्न सक”
ओनेसिमस कलस्सीमा फिलेमोनका एक दास थिए । उनले फिलेमोनबाट पैसा चोरेका थिए र भागेर रोम पुगेका थिए जहाँ उनी पावलको सेवकाईमार्फत एक ख्रीष्टिएन बनेका थिए । अब तुखिकस र ओनेसिमसले नै पावलको पत्रलाई कलस्सीमा ल्याइरहेका थिए ।
केही निश्चित मानिसहरूको बारेमा भएको विशेष निर्देशनहरूको साथसाथै विश्वासीहरूलाई र विश्वासीहरूबाटका व्यक्तिगत अभिवादनहरूसँगै पावलले अन्त गर्छन् ।
“ती सबै कुराहरू जुन मलाई भइरहेका छन्”
“सङ्गी सेवक ।” हुन त पावल एक स्वतन्त्र मानिस हुन्, उनले आफँलाई ख्रीष्टको सेवकको रूपमा देख्छन् र तुखिकसलाई सङ्गी सेवकको रूपमा देख्छन् ।
यी शब्दहरूले कलस्सीहरूलाई समावेश गर्दैनन् ।
हृदयलाई थुप्रै भावनाहरूको केन्द्र भनेर मानिन्थ्यो । वैकल्पिक अनुवादः “तिमीहरूलाई प्रोत्साहित गर्न सकून्”
पावलले ओनेसिमसलाई एक सङ्गी ख्रीष्टिएन र ख्रीष्टको सेवक भनी भन्छन् ।
“तुखिकस र ओनेसिमसले ... बताउनेछन्”
तिनीहरूले कलस्सी विश्वासीहरूलाई पावल हालमा बसिरहेको ठाउँमा भइरहेका सबै कुराहरू बताउनेछन् । परम्पराले बताउँछ कि पावल त्यो समयमा रोममा घरभित्र बन्धनमा राखिएका थिए वा झ्यालखानामा हालिएका थिए ।
तिनी पावलसँगै एफिससमा झ्यालखानामा थिए जब पावलले यो पत्र कलस्सीहरूलाई लेखे ।
“यदि मर्कूस आउँछन् भने”
यिनी एक मानिस हुन् जसले पनि पावलसँगै काम गरेका थिए ।
यहाँ यहूदीहरूलाई जनाउन पावलले “खतना”लाई प्रयोग गर्छन् किनभने पुरानो करारको व्यवस्थामुनि सबै पुरुष यहूदीहरूको खतना हुनुपर्थ्यो । वैकल्पिक अनुवादः “यी तीन मानिसहरू मात्र ती यहूदी विश्वासीहरू हुन् जसले ख्रीष्ट येशूद्वारा परमेश्वरलाई राजाको रूपमा घोषणा गर्नको लागि मसँग काम गरिरहेका छन्”
“यी मानिसहरू-अरिस्ताखर्स, मर्कूस, र युस्तस-खतना भएकाहरूमा यी मात्रै”
लाउडिकिया र हिरापोलिस कलस्सीको नजिकै रहेका सहरहरू थिए ।
इपाफ्रास ती मानिस थिए जसले कलस्सेमा भएका मानिसहरूलाई सुसमाचार प्रचार गरेका थिए । (हेर्नुहोस्ः कलस्सीहरू १:७)
“तिमीहरूको सहरबाट” वा “तिमीहरूको सङ्गी सहरवासी”
“ख्रीष्ट येशूको एक प्रतिबद्ध चेला”
“तिमीहरूका लागि व्यग्रताका साथ प्रार्थना गर्छन्”
“तिमीहरू परिपक्व र ढुक्क भएर उभिन सक”
“मैले देखेको छु कि तिनले तिमीहरूको लागि धेरै कडा परिश्रम गरेका छन्”
यिनी पावलसँगै भएका अर्का सहकर्मी हुन् ।
यहाँ यसको अर्थ पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरू भन्ने हुन्छ ।
कलस्सेको धेरै नजिकमा रहेको सहर जहाँ एउटा मण्डली पनि थियो
नुम्फास नाम गरेकी एक स्त्रीले एक घरेलु मण्डली चलाउँथिन् । वैकल्पिक अनुवादः “नुम्फास र विश्वासीहरूको एक समूह जो तिनको घरमा भेला हुन्थे”
पावलले अर्खिप्पसलाई परमेश्वरले तिनलाई दिनुभएको कामको सम्झना गराउँछन् र तिनी, अर्खिप्पस, प्रभुको अगाडि त्यस कामलाई पूरा गर्ने दायित्वमुनि थिए । “हेर”, “तिमीले पाएका छौ” र “तिमीले पूरा गर्नुपर्छ” जस्ता शब्दहरू सबैले अर्खिप्पसलाई जनाउँछन् र ती एकवचनमा हुनुपर्छ ।
पावलले उनको आफ्नै हस्तलेखनमा लेखिएको एक अभिवादनसहित उनको पत्रलाई अन्त गर्छन् ।
पावलले उनको कारावासको विषयमा बताउन खोजेका समयमा साङ्लाहरूको विषयमा कुरा गर्छन् । वैकल्पिक अनुवादः “मलाई सम्झ र म झ्यालखानामा हुँदा मेरो लागि प्रार्थना गर”
यहाँ “अनुग्रह”ले परमेश्वरको अर्थ दिन्छ, जसले विश्वासीहरूलाई अनुग्रह देखाउनुहुन्छ वा तिनीहरूप्रति दयालु व्यवहार गर्नुहुन्छ । वैकल्पिक अुनवादः “म प्रार्थना गर्छु कि हाम्रा प्रभु येशू ख्रीष्टले तिमीहरू सबैप्रति अनुग्रही हुनुभएर व्यवहार गरिरहनुभएको होस्”
१ थेसलोनिकी पावलले लेखे । पावल तार्सस सहरका मानिस थिए । तिनको सुरुको जीवनमा तिनलाई साउल भन्थे । ख्रीष्टिएन बन्नुभन्दा पहिले पावल फरिसी थिए । त्यस बेला तिनले ख्रीष्टिएनहरूलाई सताए । तिनी ख्रीष्टिएन भएपछि, मानिसहरूलाई येशूको बारेमा प्रचार गर्दै रोमी साम्राज्यभरि तिनले धेरैपल्ट यात्रा गरे ।
पावल कोरिन्थ सहरमा बसेको समयमा तिनले यो पत्र लेखे । बाइबलमा भएका पावलका सबै पत्रमध्ये १ थेसलोनिकी नै तिनको पहिलो पत्र थियो भन्ने धेरै विद्वानहरूको विचार रहेको छ ।
पावलले यो पत्र थेसलोनिकी सहरका विश्वासीहरूलाई लेखे । सहरका यहूदीहरूले तिनलाई सहर छोड्न बाध्य पारेपछि तिनले तिनले यो पत्र लेखे । तिनलाई छोड्न बाध्य पारिएको भए तापनि तिनले थेसलोनिकीकहाँ गरेको भ्रमण सफल रह्यो भनी तिनले यो पत्रमा उल्लेख गरे ।
थेसलोनिकीका विश्वासीहरूका बारेमा तिमोथीले ल्याएको समाचार सुनेर पावलले जवाफ लेखे । त्यहाँका विश्वासीहरूले सतावटको सामना गरिरहेका थिए । यसर्थ, निरन्तर परमेश्वरलाई मनपर्दो जीवन बिताउन तिनले उनीहरूलाई उत्साह दिए । ख्रीष्टको दोस्रो आगमनभन्दा पहिले मर्ने विश्वासीहरूका बारेमा के हुन्छ भन्ने कुरा स्पष्ट पारेर तिनले उनीहरूलाई सान्त्वना दिए ।
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “१ थेसलोनिकीहरू” वा “पहिलो थेसलोनिकीहरू” भनेर बोलाउनलाई छान्न सक्छन् । तिनीहरूले त्यसको साटोमा अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “थेसलोनिकेमा भएको मण्डलीलाई पावलको पहिलो पत्र” वा “थेसलोनिकेमा भएका ख्रीष्टिएनहरूलाई पहिलो पत्र” ।
येशू फेरि यस पृथ्वीमा फर्केर आउनुहुने कुराका बारेमा पावलले धेरै कुरा लेखे । जब येशू फर्कनुहुन्छ, तब उहाँले सबै मानवजातिको न्याय गर्नुहुनेछ । उहाँले सृष्टिमाथि राज्य गर्नुहुन्छ र त्यस बेला सबैतिर शान्ति हुनेछ ।
ख्रीष्ट फेरि दोस्रोपटक आउनुभन्दा पहिले मर्नेहरूका जीवनमा फेरि फर्केर आउनेछन् र येशूको साथमा हुनेछन् भनेर पावलले स्पष्ट पारेका छन् । तिनीहरू सदासर्वदा मरिरहने छैनन् । थेसलोनिकीहरूलाई उत्साह दिनका लागि पावलले यो पत्र लेखे । किनभने मर्नेहरूले येशूको पुनरागमनको महान् दिनलाई देख्न पाउनेछैनन् भनेर तिनीहरूमध्ये कसैले चिन्ता गरेका थिए ।
ख्रीष्ट र विश्वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई पावलले व्यक्त गर्न खोजेका हुन् । कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।
तलका पदहरूका लागि, बाइबलका आधुनिक अनुवादहरू पुराना अनुवादहरूभन्दा अलि फरक छन् । यूएलटीमा आधुनिक अनुवादका पदहरू लिएको छ, र पुरानो अनुवादलाई पादटिप्पणीमा राखेको छ । यदि कुनै क्षेत्रमा बाइबलका पुराना अनुवाद छन् भने, अनुवादकहरूले ती अनुवादमा पाइने पाठलाई विचार गरून् । अन्यथा, अनुवादकहरूले बाइबलका आधुनिक अनुवादहरू प्रयोग गरून् भन्ने सुझाव रहेको छ ।
1 पावल, सिलास र तिमोथीबाट थेसलोनिकीहरूको मण्डलीलाई परमेश्वर पिता र प्रभु येशू ख्रीष्टमा अनुग्रह र शान्ति । 2 तिमीहरू सबैका लागि हामी परमेश्वर पितालाई धन्यवाद चढाउछौँ र हाम्रो प्रार्थनामा तिमीहरूलाई याद गर्दछौँ । 3 हामी निरन्तर रूपमा तिमीहरूको विश्वासको काम, प्रेमको परिश्रम र आत्मविश्वासको धैर्यलाई सम्झना गर्दछौँ जुन परमेश्वर पिताको सामु हाम्रा प्रभु येशू ख्रीष्टमा भएको भविष्यको कारणले गर्दा हो । 4 परमेश्वरबाट प्रेम पाएका भाइहरूलाई, तिमीहरूको बोलावट हामीलाई थाहा छ । 5 हाम्रो सुसमाचार तिमीहरूकहाँ कसरी आयो, वचनमा मात्र होइन, तर शक्तिमा, पवित्र आत्मामा, र धेरै निश्चयतामा । तिमीहरूका खातिर हामी कस्ता मानिसहरू हौँ, सो तिमीहरूलाई थाहा छ । 6 तिमीहरू हाम्रो र प्रभुको देखासिकी गर्नेहरू भयौ जसरी तिमीहरूले कष्टमा वचन पायौ र आनन्द र पवित्र आत्मामा ग्रहण गर्यौ । 7 त्यसैले, तिमीहरू सबै माकेडोनिया र अखैयामा विश्वास गर्नेहरू सबैका बिचमा उदाहरण भयौ । 8 तिमीहरूबाट परमेश्वरको वचन माकेडोनिया र अखैयामा मात्र प्रचार भएको होइन, तर तिमीहरूको विश्वास हरेक ठाउँमा फैलिएको छ । त्यसैले, हामीलाई केही भन्नु आवश्यक छैन । 9 हाम्रो विषयमा तिनीहरू आफैले भन्दछन्, कि हामीलाई तिमीहरूले कस्तो प्रकारले स्वीकार गरेका थियौ र कसरी तिमीहरू मूर्तिपूजा गर्न छोडेर जीवित र साँचो परमेश्वरको सेवा गर्न फर्क्यौ । 10 र उहाँका पुत्र आकाशमा आउने समयलाई पर्खिराखेका छौ, जसलाई उहाँले मृतकबाट जीवित पार्नुभयो । उहाँ येशू हुनुहुन्छ जसले हामीलाई आउने वाला क्रोधबाट छुटकारा दिनुहुन्छ ।
पद १ ले औपचारिक रूपमा यो पत्रको परिचय गराउँछ । प्राचीन मध्यपूर्वका पत्र लेखकहरूले सामान्य रूपमा यस्तै किसिमका परिचय लेख्ने गर्थे ।
थेसलोनिकीमा भएका ख्रीष्टिएनहरूलाई अरू मानिसहरूले सताए । तर त्यहाँ भएका ख्रीष्टिएनहरूले त्यसलाई राम्रोसँग सम्हाले ।
पावलले आफूलाई यो पत्रका लेखकका रूपमा परिचय गराउँछन्, र थेसलोनिकीमा भएको मण्डलीलाई अभिवादन गर्दछन् ।
यो पत्र लेख्ने पावल हुन् भनी युडीबीले स्पष्ट पार्छ ।
मानिसहरूसँग दयापूर्व र शान्तिपूर्ण किसिमले व्यवहार गर्ने व्यक्तिलाई जनाउने लक्षणाका रूपमा “अनुग्रह” र “शान्ति” शब्दहरूको प्रयोग भएको छ । वैकल्पिक अनुवादः “परमेश्वरको दया तिमीहरूमा रहोस् र तिमीहरूलाई शान्ति होस्”
यहाँ “तिमीहरू” भन्ने शब्दले थेसलोनिकेका विश्वासीहरूलाई जनाउँछ ।
यस पत्रमा अन्य किसिमले नबताइएसम्म, “हामी” र “हामीलाई” शब्दहरूले पावल, सिलास र तिमोथीलाई जनाउँछन् । साथै, “तिमीहरू” शब्द बहुवचन हो, र यसले थेसलोनिकीको मण्डलीमा भएका विश्वासीहरूलाई जनाउँछ ।
यहाँ “सधैँ” भन्नाले यो बुझिन्छ कि जब पावल परमेश्वरलाई प्रार्थना गर्छन्, उनले थेसलोनिकीहरूलाई उनको प्रार्थनाहरूमा निरन्तर परमेश्वरकहाँ प्रस्तुत गर्थे ।
“हामी निरन्तर तिमीहरूको निम्ति प्रार्थना गर्दछौँ”
परमेश्वरमा भरोसा भएको कारणले गरिएका कार्यहरू (युडीबी)
थेसलोनिकीमा भएका विश्वासीहरूलाई पावलले निरन्तर धन्यवाद दिन्छन् र परमेश्वरमा भएको तिनीहरूको विश्वासको लागि तिनीहरूको प्रशंसा गर्दछन् । परमेश्वरको वचन प्रचारको कार्यद्वारा मात्र होइन ।
यहाँ यसको अर्थ पुरुष र महिला दुवै गरेर सङ्गी विश्वासीहरू हुन्छ ।
“हामी” भन्ने शब्दले पावल, सिलास, र तिमोथीलाई जनाउँछ, तर थेसलोनिकेका विश्वासीहरूलाई होइन ।
“हामीले भनेका कुरामा मात्र होइन”
सम्भावित अर्थहरू हुन् १) पावल र उनका सहकर्मीहरूले पवित्र आत्माद्वारा सक्षम भएर शक्तिशाली रूपमा प्रचार गरे वा २) पवित्र आत्माले थेसलोनिकेका विश्वासीहरूको माझमा सुसमाचारको प्रचारको शक्तिशाली प्रभाव पर्न दिनुभयो वा ३) पवित्र आत्माले आश्चर्यकर्महरू, चिन्हहरू, र उदेकलाग्दा कार्यहरूको माध्यमद्वारा सुसमाचारको प्रचारको सत्यता प्रदर्शन गर्नुभयो ।
भाववाचक नामपद शब्द “निश्चयता”लाई क्रियापदको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो सत्य थियो भनी परमेश्वरले तिमीहरूलाई निश्चित बनाउनुभयो”
“हामी आफैँले कसरी व्यवहार गर्यौँ जब”
“देखासिकी” गर्नुको अर्थ त्यस्तै काम गर्नु वा अर्को व्यक्तिको व्यवहारको नक्कल गर्नु हो ।
“सन्देशलाई स्वागत गर्यौ” वा “हामीले जे बताउनुपर्ने थियो सो स्वीकार गर्यौ”
“ठुला-ठुला कष्टहरूको समयमा” वा “ज्यादै सतावटमा”
यो एउटा प्राचीन प्रान्त हो, जहाँ अहिलेको ग्रिस पर्छ ।
यहाँ “वचन” भनेको “सन्देश”को लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “प्रभुका शिक्षाहरू”
यहाँ थेसलोनिकीका विश्वासीहरूले उत्पन्न गरेका ख्रीष्टिएन साक्षी घण्टी बजाएको वा कुनै साङ्गीतिक बाजा बजाएको जस्तो गरी पावलले उल्लेख गरेका छन् ।
पावलले वरिपरिका क्षेत्रहरूमा पहिलेदेखि नै भएका मण्डलीहरूको उल्लेख गर्छन्, जसले थेसलोनिकीको विश्वासीहरूबारे सुनेका छन् ।
यहाँ “तिनीहरू आफैँले” भन्ने शब्दले थेसलोनिकीका विश्वासीहरूका बारेमा सुनेकाहरूलाई जोड दिन प्रयोग भएको हो ।
भाववाचक नाउँ “स्वीकार” लाई क्रियापद “ग्रहण गर्यौ” वा “स्वागत गर्यौ,” लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले हामीलाई कति न्यानो किसिमले ग्रहण गर्यौ” वा “तिमीहरूले कसरी हामीलाई न्यानो स्वागत गर्यौ”
यहाँ “छोडेर ... फर्क्यौ” शब्द अलङ्कार हो, र यसको अर्थ कुनै व्यक्तिसँग निष्ठावन् हुन सुरु गर्ने र कसैसँग निष्ठावन् हुन छोड्ने कुरा हो । वैकल्पिक अनुवादः “मूर्तिपूजा गर्न छोड्यौ, र जीवित र साँचो परमेश्वरको सेवा गर्न सुरु गर्यौ”
यो येशूको लागि एउटा महत्त्वपूर्ण नाउँ हो जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ ।
“जसलाई परमेश्वरले फेरि जिउने तुल्याउनुभयो”
“र यसरी उहाँ फेरि मरेको हुनुहुन्न ।” यो वाक्यले मरेर पातालमा भएका सबै मानिसलाई एकसाथ जनाउँछ । तिनीहरूका बीचबाट फर्केर आउने कुरालाई पावलले फेरि जीवित हुने भनेका छन् ।
यहाँ पावलले थेसलोनिकेका विश्वासीहरूलाई समेट्छन् ।
1 भाइहरू हो, तिमीहरू आफैलाई थाहा छ कि तिमीहरूमा हाम्रो आगमन बेकम्मा थिएन, 2 तर तिमीहरूलाई थाहा छ, हामीले पहिला नै कष्ट भोग्यौँ र फिलिप्पिमा हामीलाई निर्लज्जपूर्वक व्यवहार गरियो । हामी ठुलो विवादको बिचमा पनि तिमीहरूसँग परमेश्वरको सुसमाचार बताउन परमेश्वरमा साहसी भयौँ । 3 किनभने हाम्रो उत्साह गलत कुराबाट होइन न त अशुद्ध, न छलबाट नै आएको हो, 4 तर जसरी परमेश्वरले हामीहरूलाई सुसमाचार सुम्पिएको व्यक्तिको रूपमा स्वीकृति दिनुभएको छ, त्यसैले हामी मानिसलाई होइन तर हाम्रो हृदय जाँच्नुहुने परमेश्वरलाई खुसी पार्नलाई बोल्छौँ । 5 तिमीहरूलाई थाहा छ र परमेश्वर पनि साक्षी हुनुहुन्छ कि हामीले कुनै पनि बेला चाप्लुसी गरेनौँ, न त लोभको निम्ति बहाना नै बनायौँ, 6 न त हामीले मानिसहरूबाट महिमा खोज्यौँ, न त तिमीहरूबाट या अरूहरूबाट नै, जब कि हामीले ख्रीष्टको प्रेरितहरूको रूपमा विशेष सुविधाहरूको दाबी गर्न सक्थ्यौँ । s5 7 यसको सट्टा हामीहरू तिमीहरूका माझमा एउटा आमाले आफ्ना बाल बच्चालाई सान्त्वना दिएजस्तै भद्र भयौँ । 8 यसरी तिमीहरूप्रति हाम्रो गहिरो प्रेम थियो, हामी तिमीहरूसँग परमेश्वरको सुसमाचार बाँड्न मात्र होइन, तर हाम्रो जीवन बाँड्न पनि खुसी थियौँ किनभने तिमीहरू हाम्रो निम्ति अति प्रिय भएका छौ । 9 किनभने भाइहरू हो, तिमीहरूलाई हाम्रो परिश्रम र काम याद छ, कि हामीले तिमीहरूलाई परमेश्वरको सुसमाचार प्रचार गर्दै हामी तिमीहरू कसैलाई बोझ नबनौँ भनेर हामीले दिनरात काम गर्यौँ । 10 हामीले तिमीहरू विश्वास गर्नेहरूसित कति पवित्रता, धार्मिकता र कपटरहित व्यवहार गर्यौँ भन्ने कुराको साक्षी तिमीहरू छौ र परमेश्वर पनि हुनुहुन्छ, 11 तिमीहरूलाई पनि थाहा छ, कि हामीले तिमीहरू हरेकलाई कसरी एउटा बुबाले आफ्ना छोराछोरीलाई गरे झैँ तिमीहरूलाई उत्साह, सान्त्वना दियौँ र गवाही दियौँ, 12 कि तिमीहरू परमेश्वरको योग्यको भएर हिँड्न सक जसले तिमीहरूलाई उहाँको राज्य र महिमामा बोलाउनुहुन्छ । 13 यही कारणको निम्ति हामी परमेश्वरलाई निरन्तर धन्यवाद दिन्छौँ । किनभने तिमीहरूले जब हामीबाट परमेश्वरको वचन, सन्देशको वचन पायौ तिमीहरूले मानिसको वचनको रूपमा मात्र ग्रहण गरेनौ, तर साँच्चै परमेश्वरको वचनको रूपमा नै ग्रहण गर्यौ 14 किनभने भाइहरू हो, तिमीहरू ख्रीष्ट येशूमा भएका यहूदियाका मण्डलीबिच तिमीहरू परमेश्वरको मण्डलीको नक्कल गर्नेहरू भएका छौ किनभने तिनीहरूले यहूदीहरूबाट सतावट पाएजस्तै तिमीहरू पनि आफ्नै मानिसहरूबाट सताइएका छौ । 15 जसले प्रभु येशू र अगमवक्ताहरूलाई मारे र हामीलाई पनि धपाए, जसले परमेश्वरलाई खुसी पार्दैनन, तर सबै मानिसहरूप्रति शत्रुता राख्छन् । 16 तिनीहरू सदैव तिनीहरूका पापहरूबाट भरिन हामीहरूलाई गैरयहूदीहरूले उद्धार पाऊन् भनेर बोल्न दिँदैनन् । तिनीहरूमाथि क्रोध चरम रूपमा आएको छ । 17 भाइहरू हो, हामीहरू छोटो समयको निम्ति हृदयमा होइन, तर उपस्थितिमा छुट्ट्याइएका थियौँ र हामीले तिमीहरूलाई भेट गर्नलाई सक्दो तीव्र इच्छा गर्यौँ । 18 किनभने हामी तिमीहरूकहाँ आउन चाहन्थ्यौँ । म पावलले बारम्बार कोसिस गरेँ, तर शैतानले हामीलाई बाधा दियो । 19 किनभने हाम्रा प्रभु येशूको आगमनमा उहाँको सामु हाम्रो भविष्यको निम्ति दृढ आनन्द वा महिमाको मुकुट अरूहरू जति नै तिमीहरू नै होइनौ र ? 20 किनभने तिमीहरू हाम्रो महिमा र आनन्द हौ ।
पावलले उनको “ख्रीष्टिएन साक्षी”लाई सुसमाचारको सत्यताको प्रमाणको रूपमा महत्त्व दिन्छन् । पावल भन्दछन्, भक्त अर्थात् पवित्र हुनु भनेको गैर-ख्रीष्टिएनहरूलाई साक्षी दिनु पनि हो । पावलले आफ्नो चरित्रका बारेमा बचाउ गर्दछन्, र यसले तिनको साक्षीलाई प्रभाव पारेन । अनि अनि )
विश्वासीहरूका लागि सेवा र इनामको बारेमा पावलले स्पष्ट पार्दछन् ।
“तिमीहरू” र “तिमीहरू आफैँ” भन्ने शब्दहरूले थेसलोनिकेका विश्वासीहरूलाई जनाउँछ ।
यहाँ यसले पुरुष र महिला दुवै गरेर सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ ।
“हाम्रो” भन्ने शब्दले पावल, सिलास, र तिमोथीलाई जनाउँछ, तर थेसलोनिकेकी विश्वासीहरूलाई होइन ।
यसलाई सकारात्मक तवरमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवाद: “ज्यादै अर्थपूर्ण थियो”
“दुर्व्यवहार र बेइज्जत गरिएका थिए”
“कठोर खेदोनिन्दा बीचको सङ्घर्षमा”
“सत्य, शुद्ध, र ईमानदार थियो”
पावल परमेश्वरद्वारा जाँचिएका र भरोसायोग्य प्रमाणित गरिएका थिए ।
पावलले सुसमाचारको सन्देश प्रचार गर्ने कुराका बारेमा उल्लेख गर्दै छन् ।
यहाँ “हृदय” कुनै व्यक्तिको इच्छाहरू र विचारहरूलाई जनाउने अलङ्कार शब्द हो । वैकल्पिक अनुवादः “जसले हाम्रा इच्छाहरू र विचारहरू जान्नुहुन्छ”
आफ्नो व्यवहार चाप्लुसी, लोभ वा आफ्नै महिमा गर्ने कुरामा आधारित थिएन भनेर पावलले थेसलोनिकीका विश्वासीहरूलाई भन्दछन् ।
“हामीले कहिल्यै झुटो प्रशंसासाथ तिमीहरूसँग बोलेनौँ”
जसरी आमाले आफ्नो बालकलाई कोमलतापूर्वक सान्त्वना दिन्छिन्, त्यसैगरी पावल, सिलास र तिमोथीले थेसलोनिकेका विश्वासीहरूसँग कोमलतासाथ बोले ।
“तिमीहरूप्रतिको हाम्रो गहिरो प्रेमलाई हामीले यसरी दर्सायौँ”
“हामीले तिमीहरूलाई प्रेम गर्यौँ”
सुसमाचारको सन्देश र आफ्नो जीवन र तिनका साथमा भएका अरू मानिसहरूका जीवन कसैले अरूसँग बाँड्न मिल्ने भौतिक वस्तु हो झैँ गरी पावलले भनेका छन् । वैकल्पिक अनुवादः “तिमीहरूसँग परमेश्वरको सुसमाचार भन्न मात्र होइन तर तिमीहरूसँग समय बिताउन र तिमीहरूलाई मदत पुर्याउन पनि हामी आनन्दित थियौँ”
“हामीले तिमीहरूलाई गहिरोसँग वास्ता गर्यौँ”
यसले दुवै पुरुष र महिला गरेर सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ ।
सामान्यतया “परिश्रम” र “मेहनत” भन्ने शब्दहरूको अर्थ उस्तै हुन्छ । पावलले तिनीहरूको निम्ति कति धेरै कडा परिश्रम गरेका थिए भन्ने कुरालाई जोड दिनको निम्ति ती शब्दहरू प्रयोग गरेका थिए । वैकल्पिक अनुवादः “हामीले कति कडा परिश्रम गर्यौँ”
“आफ्नो जीविकाको निम्ति हामीले कडा परिश्रम गर्यौँ, ताकि तिमीहरूले हामीलाई सहायता गर्नु नपरोस्”
तिनीहरूले थेसलोनिकेकी विश्वासीहरूलाई ज्यादै असल तरिकाले व्यवहार गरेका थिए भन्ने कुरा वर्णन गर्नलाई पावल यी तीनवटा शब्दको प्रयोग गर्छन् ।
पावलले थेसलोनिकीहरूलाई कसरी उत्साह दिएका थिए भन्ने कुरालाई उनले पिताले आफ्ना सन्तानहरूलाई कसरी व्यवहार गर्ने भनेर सिकाएको कुरासँग तुलना गर्छन् ।
पावलले झुण्डले कसरी जोसका साथ थेसलोनिकेका विश्वासीहरूलाई उत्साह दिएका थिए भन्ने कुरालाई व्यक्त गर्न “अर्ती”, “उत्साह”, र “आग्रह” शब्दहरू सँगै प्रयोग गरिएका छन् । वैकल्पिक अनुवादः “हामीले तिमीहरूलाई जोडका साथ उत्साह दिइरहेका थियौँ”
“महिमा” भन्ने शब्दले “राज्य” भन्ने शब्दलाई वर्णन गर्दछ । वैकल्पिक अनुवादः “उहाँको आफ्नै महिमामय राज्यमा”
यहाँ “हिँड्नु” भनेको “जिउनु”लाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “जीवन बिताओ, र यसरी मानिसहरूले परमेश्वरको बारेमा असल कुरा भन्न सकून्”
आफू र आफूसँग भएका यात्रा सहकर्मीहरूलाई जनाउन “हामी” र थेसलोनिकीका विश्वासीहरूलाई जनाउन “तिमीहरू” शब्दहरूको प्रयोग पावलले निरन्तर रूपमा गरेका छन् ।
पावलले तिनीहरूसँग बाँडेको सुसमाचारको सन्देशलाई तिनीहरूले स्वीकार गरेका कारणले तिनले परमेश्वरलाई निरन्तर धन्यवाद दिन्छन् ।
“मानिस आफैँले प्रचार गरेको सन्देश” लाई जनाउन यहाँ “मानिसको वचन” उपलक्षणाको रूपमा प्रयोग भएको हो । वैकल्पिक अनुवादः “
यहाँ “वचन” शब्द “सन्देश”लाई जनाउने उपलक्षणा हो । वैकल्पिक अनुवादः “तिमीहरूले परमेश्वरवाट आएको सन्देशलाई जस्ताको तस्तै ग्रहण गर्यौ”
परमेश्वरको सुसमाचारको सन्देश काम गरिरहने कुनै व्यक्ति हो झैँ गरी पावलले भनेका छन् । “वचन” शब्द “सन्देश”लाई जनाउने उपलक्षणा हो । वैकल्पिक अनुवादः “तिमी विश्वास गर्नेहरूले सुन्छौ र आज्ञापालन गर्न सुरु गरेका छौ”
यहाँ यसको अर्थ पुरुष र महिला दुवै गरेर सङ्गी ख्रीष्टिएनहरू हुन्छ ।
थेसलोनिकी विश्वासीहरूले यहूदीयाका विश्वासीहरूको जस्तै सतावट भोगे । “मण्डलीहरू जस्तै भए”
“अरू थेसलोनिकीहरूबाट”
“तिनीहरूले हामीलाई बोल्नलाई रोक्न खोज्छन्”
कुनै मानिसले पानीले भाँडो भरे झैँ गरी उसका आफ्नै पापहरूले भाँडो भर्न सक्ने जस्तै गरी पावलले बताउँदछन् ।
मानिसहरूका पापका लागि परमेश्वरले आखिरीमा तिनीहरूको न्याय गर्नुहुने र दण्ड दिनुहुने कुरालाई यसले जनाउँछ ।
यसको अर्थ पुरुष र महिला दुवै गरेर सङ्गी ख्रीष्टिएनहरू हुन्छ ।
यहाँ “हृदय” शब्दले विचारहरू र भावनाहरूलाई जनाउँछ । पावल र तिनका यात्रा सहकर्मीहरू भौतिक रूपमा थेसलोनिकीमा थिएनन् । तापनि तिनीहरूले निरन्तर रूपमा त्यहाँका विश्वासीहरूको वास्ता र विचार गर्दछन् । वैकल्पिक अनुवादः “शरीरमा, तर हामीले तिमीहरूको बारेमा निरन्तर सोच्यौँ”
यहाँ “तिमीहरूको मुहार” शब्दले सम्पूर्ण व्यक्तिको अर्थ दिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूलाई भेट्न” वा “तिमीहरूसँग हुन”
पावलले थेसलोनिकीका विश्वासीहरूसँग भेट गर्न जाने कारणमा जोड दिनलाई प्रश्नको प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “किनकि तिमीहरू, अरू विश्वासीहरू जस्तै, प्रभु येशूको सामुन्ने उहाँको आगमनमा भविष्यको निम्ति हाम्रो निश्चयता, र आनन्द, र गौरवको मुकुट हौ”
परमेश्वरले आफ्नो कामको लागि इनाम दिनुहुन्छ भन्ने निश्चयता जनाउन पावलले “आशा” भनेका हुन् । तिनको आफ्नो आशाका लागि थेसलोनिकीका ख्रीष्टिएनहरू कारण हुन् ।
थेसलोनिकीहरू उनको आनन्दको कारण हुन् ।
यहाँ “मुकुट” शब्दले विजयी खेलाडीहरूलाई सम्मान स्वरूप प्रदान गर्ने पात गाँसेर बनाएको मुकुटलाई जनाउँछ । “महिमाको मुकुट” को अर्थ विजयी भएको वा उत्तम नतिजा ल्याएको लागि दिने इनाम हो ।
1 यसकारण जब हामीले अरू धेरै सहन सकेनौँ, तब एथेन्समा एकलै रहन उचित ठान्यौँ । 2 तिमीहरूको विश्वास दह्रिलो पार्न र तिमीहरूलाई सान्त्वना दिन हामीले हाम्रा भाइ तिमोथीलाई पठायौँ जो ख्रीष्टका सुसमाचार र परमेश्वरका सेवक हुन् । 3 यी कष्टहरूबाट कोही नखल्बलियोस्, किनकि यसैको खातिर हामी नियुक्त भएका छौँ । 4 साँच्चै हामीहरू तिमीहरूका बिचमा रहँदा पहिले नै भनेका थियौँ कि हामी कष्टका नजिक छौँ, तिमीहरूलाई थाहा नै छ यो हुन आयो । 5 यसैकारण, जब मैले सहनै सकिन तिमीहरूको विश्वासबारे जान्न र परीक्षा गर्नेवालाले तिमीहरूलाई परीक्षामा पारेर हाम्रो मेहनत व्यर्थमा जान्छ कि भनेर मैले उनलाई पठाएँ । 6 जब तिमोथी तिमीहरू कहाँबाट विश्वास र प्रेमको सुसमाचार लिएर आए कि तिमीहरूसँग सधैँ हामीसँगका असल क्षणहरूको सम्झना छ र जसरी हामी तिमीहरूलाई भेट्न उत्कट इच्छा गर्छौं त्यसै गरी तिमीहरू पनि हामीलाई हेर्न उत्कट इच्छा गर्छौ । 7 यसैले गर्दा, भाइहरू हो, हाम्रा सबै निराश र कष्टकर अवस्थामा तिमीहरूको विश्वासद्वारा हामीलाई सान्त्वना मिलेको छ । 8 यदि तिमीहरू प्रभुमा स्थिर रह्यौ भने, अब हामी साँच्चै जिउदछौँ । 9 तिमीहरूका कारण हामीमा भएको आनन्दको खातिर परमेश्वरको सामु हामी कसरी परमेश्वरलाई धन्यवाद चढाऔँ ? 10 तिमीहरूको मुहार हेर्न र तिमीहरूको विश्वासमा जुन कुराको कमी छ, सो दिन सकौँ भनेर दिनरात हामी कडा मेहनतसाथ प्रार्थना गर्दछौँ । 11 हाम्रा परमेश्वर, र पिता आफैले र हाम्रा प्रभु येशूले, तिमीहरूकहाँ आउने ढोका खोलिदिऊन्, 12 र प्रभुले तिमीहरूलाई एक अर्काप्रति र सबै मानिसहरूप्रति प्रेममा प्रशस्त गरी बढ्दै जान दिऊन् जसरी हामी तिमीहरूप्रति गर्दछौ । 13 हाम्रा प्रभु येशू उहाँका पवित्र जनहरूसँग आउनुहुँदा उहाँले हाम्रा पिताका सामु तिमीहरूलाई पवित्रतामा निष्कलङ्क बनाऊन् ।
यस अध्यायमा दह्रिलो हुने कुरालाई पावलले “स्थिर रहने” कुरा गर्दछन् । दह्रिलो हुने वा विश्वासयोग्य हुने कुरालाई स्पष्ट पार्ने यो सामान्य तरिका हो । दह्रिलो हुने कुराको विपरित अर्थ जनाउन पावलले “खलबलिने” शब्द प्रयोग गर्दछन् ।
पावलले विश्वासीहरूलाई बताउँछन् कि तिनीहरूको विश्वासलाई बलियो बनाउनका लागि उनले तिमोथीलाई पठाएका छन् ।
“हामी तिमीहरूको चिन्ता थप लिइरहन सकेनौँ”
“सिलास र मलाई एथेन्समा रहन असल लाग्यो”
“त्यो ठिक थियो” वा “त्यो सुहाउँदो थियो”
अखैया प्रान्तमा रहेको एउटा सहर हो, जुन अहिलेको आधुनिक ग्रीसमा पर्दछ ।
यी दुवै वाक्यले तिमोथीलाई जनाउँछन् ।
“डग्मगाउने” शब्द डराउने जनाउने लक्षणा हो । वैकल्पिक अनुवादः “ख्रीष्टलाई विश्वास गर्न कोही पनि डराउने छैन”
परमेश्वरले नै पावललाई नियुक्त गर्नुभयो भनेर हरेक ख्रीष्टिएनलाई थाहा छ भन्ने अनुमान पावलले गर्दछन् । यसलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई नियुक्त गर्नुभएको छ”
“अरूहरूबाट दुर्व्यवहार गरिन”
पावलले एउटा लक्षणाको प्रयोग गरी तिनको आफ्नै भावनाहरूको वर्णन गरेका छन् । वैकल्पिक अनुवादः “मैले धैर्य गरी पर्खन सकिनँ”
यसको अर्थ पावल आफैँले तिमोथीलाई पठाए । यसलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “मैले तिमोथीलाई पठाएँ”
“तिमीहरूका बीचमा हामीले गरेका कडा मेहनतको काम” वा “हामीले तिमीहरूका बीचमा सिकाएका कुराहरू”
“बेकम्मा”
तिमोथीले थेसलोनिकीसँग भेटघाट गरी फर्केर पावललाई खबर दिएपछि पावलले ती कुरा आफ्ना पाठकहरूलाई भनेका छन् ।
“हामी” भन्ने शब्दले पावल र सिलासलाई जनाउँछ ।
यस कुराले ख्रीष्टमा भएको विश्वासलाई जनाउँछ भन्ने बुझ्न सकिन्छ । यसलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूको विश्वासको असल प्रतिवेदन”
तिनीहरूले पावलका बारेमा विचार गर्दा तिनीहरूसँग सधैँ असल विचारहरू मात्र छन् ।
“तिमीहरू हामीलाई भेट्ने इच्छुक छौ”
यहाँ “भाइहरू”को अर्थ सङ्गी ख्रीष्टिएनहरू हुन्छ ।
यस कुराले ख्रीष्टमा भएको विश्वासलाई जनाउँछ । यसलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “ख्रीष्टमा तिमीहरूको विश्वासको कारण”
“कष्ट” भन्ने शब्दले तिनीहरू किन “हैरानीमा” छन् भन्ने कुरालाई व्याख्या गर्दछ । वैकल्पिक अनुवादः “हाम्रो कष्टहरूले दिएको हाम्रा सबै हैरानीहरूमा”
यो लक्षणा हो, र यसले सन्तुष्ट जीवन बिताउने कुराको बारेमा बताउँछ । वैकल्पिक अनुवादः “हामी ज्यादै उत्साहित भएका छौँ”
“स्थिरसँग खडा हुनु” एउटा उपमा हो जसको अर्थ निरन्तर विश्वासयोग्य रहनु हो । वैकल्पिक अनुवादः “यदि तिमीले प्रभुमा भरोसा गरिराख्यौ भने” (युडीबी)
यस आलङ्कारिक प्रश्नलाई एउटा कथनको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूका लागि जे गर्नुभएको छ, त्यसका लागि हामीले उहाँलाई दिनुपर्ने जति धन्यवाद दिन सक्दैनौँ ! हाम्रा परमेश्वरमा हामीले प्रार्थना चढाउँदा हामी धेरै आनन्दित हुन्छौँ !”
पावल र तिनका सहकर्मीहरू भौतिक रूपमा नै परमेश्वरको उपस्थितिमा भए झैँ तिनले कुरा गरेका छन् । तिनले शायद प्रार्थनाको कार्यकलापलाई जनाउन खोजेका हुन सक्छन् ।
“तीव्रताका साथ”
“मुहार” शब्दले तिनीहरूका सम्पूर्ण व्यक्तित्वलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीलाई भेट्न”
यी पदमा, “हाम्रा” शब्दले सधैँ एकै समूहका मानिसहरूलाई जनाउँदैन । कृपा गरी विशेष अर्थ बुझ्नलाई अनुवादका टिपोटहरूलाई हेर्नुहोस् ।
पावलले आफ्नो सेवाकार्यको समूहभित्र थेसलोनिकीका विश्वासीहरूलाई समावेश गर्दछन् ।
“हामी प्रार्थना गर्छौं कि हाम्रा परमेश्वरले”
थेसलोनिकीका ख्रीष्टिएनहरूसँग भेटघाट गर्न जान पावल र तिनका सहयात्री मित्रहरूलाई परमेश्वरले मार्गदर्शन गरून् भन्ने तिनको इच्छा रहेको छ । तिनले भन्न खोजेको कुराको अर्थ परमेश्वरले तिनीहरूलाई त्यसो गर्न सक्षम तुल्याउन् भन्ने हो ।
“हाम्रो” भन्ने शब्दले पावल, सिलास, र तिमोथीलाई जनाउँछ, तर थेसलोनिकेका विश्वासीहरूलाई होइन ।
यहाँ “आफैँ” भन्ने शब्द जोड दिनको लागि फिर्ता पितालाई नै जनाउँछ ।
प्रेम कुनै वस्तु हो र कसैले यसबाट धेरै प्राप्त गर्न सक्दछ भने झैँ गरी पावलले भनेका छन् ।
यहाँ “हृदय” चाहिँ कसैको विश्वास र कसैलाई बोध हुने कुराहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरूलाई बलिया ... , ताकि तिमीहरू ... हुन सक”
“जब येशू पृथ्वीमा फर्केर आउनुहुन्छ”
“जो उहाँका हुन् ती सबैसँग”
1 अन्तमा भाइहरू हो, येशू ख्रीष्टमा हामी तिमीहरूलाई उत्साह र अर्ती दिन्छौँ, जसरी तिमीहरूले हामीबाट कसरी चल्नुपर्ने र परमेश्वरलाई रिजाउनुपर्ने हो भन्ने अर्ती पायौ र त्यसरी नै तिमीहरू चलेका छौ र त्यसभन्दा बढी पनि गरेका छौ । 2 किनकि तिमीहरूलाई थाहा छ, हामीले प्रभु येशू ख्रीष्टद्वारा तिमीहरूलाई के अर्ती दियौँ । 3 यो परमेश्वरको इच्छा हो, तिमीहरू आफैलाई पवित्र पार, यौन क्रियाकलापको अनैतिकताबाट टाढै बस । 4 ताकि कसरी आदर र सम्मानसाथ आफ्नै पत्नीलाई लिनुपर्छ भनी तिमीहरू हरेकले जान्न सक । 5 (परमेश्वरलाई नचिन्ने अन्यजातिले जस्तै) कामवासनामा जलेर होइन । 6 यो कुरामा कुनै मानिसले पाप नगरोस् र आफ्नो भाइलाई गलत नसम्झोस् किनकि यी सबै कुराको बदला प्रभुले लिनुहुन्छ जसरी हामीले तिमीहरूलाई अगाडि नै चेतावनी र साक्षी दिइसकेका छौँ । 7 किनकि परमेश्वरले हामीलाई अशुद्धताको लागि बोलाउनुभएको होइन, तर पवित्रताको लागि हो । 8 त्यसकारण, जसले यो इन्कार गर्दछ त्यसले मानिसलाई होइन तर परमेश्वरलाई इन्कार गर्दछ, जसले तिमीहरूलाई आफ्ना पवित्र आत्मा दिनुहुन्छ । 9 भाइहरूप्रतिको प्रेमको विषयमा तिमीहरूलाई कसैले केही लेख्न जरुरी छैन । एक अर्कोलाई प्रेम गर्ने विषयमा तिमीहरू परमेश्वरबाट सिकाइएका छौ । 10 वास्तवमा तिमीहरूले माकेडोनियामा भएका सबै दाजुभाइहरूलाई गरेका छौ, तर हामी तिमीहरूलाई अर्ती दिन्छौँ कि भाइहरू हो, अझै बढी गर । 11 हामीले तिमीहरूलाई आज्ञा गरेझैँ शान्त रहने, आफ्नै धन्दामा मन लगाउने र आफ्नै हातले परिश्रम गर्ने अर्ती दिन्छौँ । 12 यसो गर ताकि विश्वासभन्दा बाहिर भएकाहरूका खातिर तिमीहरू ठिक प्रकारले जिउन सक कि तिमीहरूलाई कुनै कुराको अभाव नहोस् । 13 भाइहरू हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अन्जान बस भन्ने हामी चाहन्नौँ ताकि आशा नहुने मानिसहरूले जस्तो तिमीहरूले शोक गर्न नपरोस् । 14 येशू मर्नुभयो र जीवित हुनुभयो भनी हामी विश्वास गर्छौं भने परमेश्वरले पनि जो-जति येशूमा सुतेका छन् तिनीहरूलाई उहाँमा जीवित पार्नुहुनेछ । 15 परमेश्वरको वचनद्वारा हामी तिमीलाई यसो भन्छौँ कि हामी जो जीवित छौँ र प्रभुको आगमनसम्म बाँचिरहन्छौँ, हामीले कुनै हालतमा पनि मरिगएकाहरूलाई उछिन्नेछैनौँ । 16 प्रभु आफै स्वर्गबाट ठुलो प्रशंसा, प्रधान स्वर्गदूतको आवाज र तुरहीको गर्जनसहित आउनुहुनेछ र ख्रीष्टमा मरेकाहरू पहिले बिउँतनेछन् । 17 तब हामी जो जीवित छौँ उठाई लगिएकाहरूसँग एकसाथ बादलमा प्रभुलाई भेट्नेछौँ र हामी सदासर्वदा प्रभुसँगै हुनेछौँ । 18 त्यसकारण, यी वचनले एक अर्कालाई सान्त्वना देऊ ।
यौनको अनैतिकताका बारेमा भिन्नभिन्न संस्कृतिमा भिन्नभिन्न मानकहरू भएको पाइन्छ । यस्ता विभिन्न संस्कृतिक मानकले गर्दा यो खण्ड अनुवाद गर्न कठिनाइ पर्न सक्छ । संस्कृतिक रूपमा निषेधित कुराका बारेमा पनि अनुवादकहरू जानकार हुनुपर्दछ । यी शीर्षकमा छलफल गर्न समेत उचित मानिँदैन ।
सुरुको मन्डलीमा, ख्रीष्टको दोस्रो आगमनभन्दा पहिला नै विश्वासीहरू मरे भने के हुने होला भनेर विश्वासीहरू अलमलमा परेका थिए । ख्रीष्टको दोस्रो आगमनभन्दा पहिला मर्ने विश्वासीहरू परमेश्वरको राज्यका सहभागीहरू होलान् कि नहोलान् भनेर तिनीहरू चिन्तामा परेका थिए । त्यो चासोको विषयमा पावलले जवाफ दिएका छन् ।
यो खण्डले येशूले उहाँमाथि विश्वास गर्नेहरूलाई आफूकहाँ बोलाउनुहुने समयलाई जनाउँछ । यसले येशूको आखिरी महिमामय पुनरागमनलाई जनाउँछ वा जनाउँदैन भन्ने बारेमा भने विद्वानहरूका बिचमा मतभेद भएको पाइन्छ ।
यहाँ “भाइहरू”को अर्थ सङ्गी ख्रीष्टिएनहरू हुन्छ ।
पावलले तिनीहरूलाई अत्यन्तै उत्साह दिएका थिए भन्ने कुरालाई जोड दिनलाई “उत्साह” र “अर्ती” शब्दहरू प्रयोग गरेका हुन् । वैकल्पिक अनुवादः “हामी तिमीहरूलाई अत्यन्तै उत्साह दिन्छौँ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले तिमीहरूलाई सिकायौँ”
यहाँ “हिँड्नु” भन्ने शब्दले एउटा मानिसले जिउने तरिकालाई व्यक्त गर्दछ । वैकल्पिक अनुवादः “तिमीहरू जिउनुपर्छ”
पावल आफूले दिने सुझावहरू स्वयम् येशूले नै दिनुभए झैँ गरी पावलले भनेका छन् ।
“तिमीहरू यौन अनैतिक कार्यहरूबाट टाढा रहनू”
सम्भावित अर्थहरू हुन् १) “उसको आफ्नो श्रीमतीसँग कसरी जिउने थाहा पाउनु” वा २) “उसको आफ्नो शरिरलाई कसरी नियन्त्रण गर्ने थाहा पाउनु”
“गलत यौन क्रियाकलापको चाहनासँग”
यहाँ “मानिस” शब्दले पुरुष वा स्त्रीलाई जनाउँछ । “कोही होइन” वा “कुनै व्यक्ति होइन”
यो एउटै कुरालाई दुई तवरले भनेर अवधारणालाई जोड दिने तरिका हो । वैकल्पिक अनुवादः “गलत कुराहरू गर्नु”
यसलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “अपराध गर्नेलाई प्रभुले दण्ड दिनुहुनेछ र अन्याय हुनेलाई उहाँले जोगाउनुहुनेछ”
“तिमीहरूलाई पहिल्यै बतायौँ र कडासँग चेताउनी दियौँ”
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई शुद्धता र पवित्रताको लागि बोलाउनुभयो”
“हामीलाई” भन्ने शब्दले सबै विश्वासीहरूलाई जनाउँछ ।
“जसले यो शिक्षालाई महत्त्व दिँदैन” वा “जसले यो शिक्षालाई बेवास्ता गर्छ”
पावलले आफ्नो शिक्षा मानिसबाट होइन, तर परमेश्वरबाट नै आएको हो भन्ने कुरामा तिनले जोड दिएका छन् ।
“सङ्गी विश्वासीहरूको लागि प्रेम”
“तिमीहरूले माकेडोनियाभरी भएका सबै विश्वासीहरूलाई प्रेम देखाउँछौ”
यहाँ “भाइहरू”को अर्थ सङ्गी ख्रीष्टिएनहरू हुन्छ ।
“कोसिस गर्न”
कसैले आफ्नो समुदायसँग शान्तिपूर्ण किसिमले जिउने र झगडा उत्पन्न नगर्ने कुरालाई स्पष्ट पार्न पावलले “शान्त तवरमा” भन्ने शब्द प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “शान्त र व्यवस्थित किसिमले जिउने”
“तिमीहरूको आफ्नै काम गर” वा “तिमीहरू जिम्मेवार भएका कुराहरूको ख्याल गर ।” यसको अर्थ हामीले अरू मानिसको चासोमा निन्दा र हस्तक्षेप पनि गर्न हुँदैन ।
उत्पादनशील जीवन यापन गर्नका लागि यो एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “आफ्नो जीविकाको निम्ति खाँचो पर्ने थोकहरू कमाउनको निम्ति तिमीहरूको आफ्नै पेशा गर”
यहाँ “हिँड्नु” शब्द चाहिँ “जिउने” वा “व्यवहार गर्ने” कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “ठीकसँग व्यवहार गर”
अरूहरूलाई आदर देखाउने र तिनीहरूको आदर कमाउने तरिकामा
ख्रीष्टलाई विश्वास नगर्नेहरूका बारेमा तिनीहरू विश्वासीहरू बसेका ठाउँदेखि बाहिर र टाढा छन् भनेजस्तो गरी पावलले कुरा गरेका छन् । “तिनीहरूको नजरमा जसले ख्रीष्टमा विश्वास गर्दैनन्”
मृत्यु भइसकेका ख्रीष्टिएन विश्वासीहरू, अझै जिवित रहेका ख्रीष्टिएनहरू, र ख्रीष्टको पुनरागमनको समयमा जीवित रहेका ख्रीष्टिएनहरूको विषयमा पावलले कुरा गर्छन् ।
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी तिमीहरूले जानेको चाहन्छौँ” वा “हामी तिमीहरूले थाहा पाएको चाहन्छौँ”
यहाँ “भाइहरू”को अर्थ सङ्गी ख्रीष्टिएनहरू हुन्छ ।
यहाँ “सुत्नु” भनेको मृत रहेको कुरालाई जनाउने मृदुभाषी शब्द हो । वैकल्पिक अनुवादः “तिनीहरू जो मरेका छन्”
“किनभने हामी तिमीहरूले बाँकीले जस्तै शोक मनाएको चाहँदैनौँ”
शोक मनाउनु, केही कुराको लागि निरास हुनु
“भविष्यको प्रतिज्ञामा विश्वास नभएका मानिसहरूजस्ता ।” ती मानिसले जे कुरामा विश्वास गर्दैनन्, त्यो स्पष्ट रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “मृत्युबाट आफ्नो पुनरुत्थान हुन्छ भनेर दृढ भरोसा नभएका मानिसहरूजस्ता”
यहाँ “हामी”ले पावल र उनका श्रोतागणलाई जनाउँछ ।
“फेरि जिउनको लागि उठ्नुभयो”
यहाँ “निदाएका” भनेको मरेको कुरालाई जनाउने नरम शैली हो ।
“वचन” शब्द लक्षणा हो, र यसले सन्देशलाई जनाउँछ । वैकल्पिक अनुवादः “प्रभुका शिक्षाहरूलाई बुझ्ने माध्यमद्वारा”
“जब प्रभु फर्कनुहुन्छ”
“प्रभु स्वयम् तल आउनुहुनेछ”
“मुख्य स्वर्गदूत”
“ख्रीष्टमा मरेकाहरू” भन्नाले बितेर गएका विश्वासीहरू हुन् । वैकल्पिक अनुवादः “येशू ख्रीष्टमा विश्वास गर्नेहरू, जो पहिल्यै मरिसकेका छन्, तिनीहरू पहिले जिई उठ्नेछन्”
यहाँ “हामी”ले सबै विश्वासीहरूलाई जनाउँछ जो मरेका छैनन् ।
“तिनीहरू” शब्दले मरेका विश्वासीहरूलाई जनाउँछ, जो फेरि जीवित बनाइएका थिए ।
“प्रभु येशूलाई आकाशमा भेट्नु”
1 भाइहरू हो, तिमीहरूलाई समय र ऋतुहरूको बारेमा कुनै कुरा लेखिरहनु जरुरत छैन । 2 किनकि तिमीहरू आफैले राम्ररी जान्दछौ कि प्रभुको आगमनको समय राती आउने चोरको जस्तै हुनेछ । 3 तिनीहरूले “शान्ति र सुरक्षा” भन्दै गर्दा गर्भवती स्त्रीलाई प्रसव-वेदना भएझैँ तिनीहरूमाथि अचानक विनाश आइपर्छ र तिनीहरू कुनै पनि किसिमले उम्कनेछैनन् । 4 तर भाइहरू हो, त्यो दिन तिमीहरूमाथि चोरझैँ आइपर्नलाई तिमीहरू अन्धकारमा छैनौ । 5 किनभने तिमीहरू सबै प्रकाशका सन्तानहरू र दिनका सन्तानहरू हौ । हामी रातका सन्तान होइनौँ, न त अन्धकारका नै । 6 त्यसैले, हामी बाँकी अरूहरूझैँ नसुतौँ, तर जागा रहौँ र गम्भीर हौँ । 7 किनभने सुत्नेहरू रातमा नै सुत्छन् र पिएर मात्नेहरू रातमा नै मात्दछन् । 8 तर हामी दिनका सन्तानहरू हौँ । त्यसैले, गम्भीर हौँ, विश्वास र प्रेमको छाती-पाता लगाऔँ र भावी मुक्तिको टोप पनि लगाऔँ । 9 किनभने परमेश्वरले हामीलाई क्रोधको निम्ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्तिको निम्ति चुन्नुभयो । 10 उहाँ हाम्रो निम्ति मर्नुभयो ताकि हामी जागा हौँ वा निन्द्रामा हामी सबै उहाँसँग जिउन सकौँ । 11 यसकारण, तिमीहरूले अगिदेखि गरेजस्तै एक अर्कालाई सान्त्वना देऊ र निर्माण गर । 12 भाइहरू हो, हामीले तिमीहरूमाझ परिश्रम गर्नेहरूप्रति र तिमीहरूलाई उत्साह दिनेलाई प्रभुमा तिमीहरूभन्दा माथि भएकाहरूप्रति कृतज्ञ हुनलाई आग्रह गर्छौं । 13 हामीले तिनीहरूलाई तिनीहरूको कामको खातिर प्रेममा उच्च आदरको सम्झनलाई पनि आग्रह गर्छौं । तिमीहरू आपसमा शान्तिमा रहो । 14 भाइहरू हो, हामी तिमीहरूलाई गोलमाल गर्नेहरूलाई चेतावनी दिन, निरुत्साहित भएकाहरूलाई उत्साह दिन, कमजोरलाई समर्थन गर्न र सबैसँग धैर्यवान् हुनलाई उत्साह दिन्छौँ । 15 हेर, कसैले खराबीको बदला खराबी नगरोस्, तर सदैव एक अर्कामा र सबैलाई असल गर्न प्रयत्न गर । 16 सदैव आनन्द गर, 17 नरोकी प्रार्थना गरिरहो, 18 हरेक कुरामा धन्यवाद देओ किनभने यो तिमीहरूको निम्ति ख्रीष्ट येशूमा परमेश्वरको इच्छा हो । 19 पवित्र आत्मालाई ननिभाओ । 20 अगमवाणीलाई अवहेलना नगर । 21 सबै कुराको जाँच गर, जे असल छ त्यसमा लागिरहो । 22 सबै किसिमको खराबीलाई त्याग । 23 शान्तिका परमेश्वर आफैले तिमीहरूलाई पूर्ण रूपमा शुद्ध पारून्, र तिमीहरूका सम्पूर्ण आत्मा, प्राण, र शरीरलाई हाम्रा प्रभु येशू ख्रीष्टको आगमनमा दोषरहित राखून् । 24 तिमीहरूलाई बोलाउनुहुने इमानदार हुनुहुन्छ । उहाँले नै यो पनि गर्नुहुनेछ । 25 भाइहरू हो, हाम्रो निम्ति पनि प्रार्थना गर । 26 सबै भाइहरूलाई पवित्र चुम्बनले अभिवादन गर । 27 म प्रभुद्वारा तिमीहरूलाई बिन्ती गर्दछु, कि यो पत्र सबै भाइहरूका निम्ति पनि पढियोस् । 28 हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसँग रहोस् ।
विशेष गरी प्रचीन मध्यपूर्वमा चलेको चलनजस्तै गरी पावलले आफ्नो पत्रको समापन गरेका छन् ।
प्रभुको आगामी दिनको ठिक समय संसारका लागि अचानक हुनेछ । “राती चोर आए झैँ गरी” भन्ने उपमाको अर्थ यही हो । यसैकारणले ख्रीष्टिएनहरूले प्रभुको आगमनको लागि तयार जीवन जिउनुपर्छ । अनि
यसको अर्थ चाहिँ पवित्र आत्माको अगुवाइ र कामलाई बेवास्ता गर्नु वा त्यसको विरुद्धमा काम गर्नु भन्ने हुन्छ ।
अन्य किसिमले नबताइएसम्म, यस अध्यायमा प्रयोग भएका “हामी” र “हामीलाई” भन्ने शब्दहरूले पावल, सिलास र तिमोथीलाई जनाउँछन् । साथै, “तिमीहरू” शब्द बहुवचन हो, र यसले थेसलोनिकीको मण्डलीमा भएका विश्वासीहरूलाई जनाउँछ ।
पावलले निरन्तर रूपमा येशू आउनुहुने दिनको बारेमा कुरा गर्दछन् ।
यसले प्रभु येशूको दोस्रो आगमन हुनुअगिका घटनाहरूलाई सङ्केत गर्दछ ।
यहाँ “भाइहरू”ले सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ ।
“ज्यादै असल” वा “ठ्याक्कै मिल्ने गरेर”
जसरी कुन चाहिँ रातमा चोर आउँछ होला भनेर कसैले पनि जान्न सक्दैन, त्यसै गरी कुन दिनमा प्रभु आउनुहुन्छ भनेर हामीले जान्न सक्दैनौँ । वैकल्पिक अनुवादः “अपेक्षा नगरे झैँ”
“जब मानिसहरूले भन्दछन्”
“त्यसपछि नसोचिएको प्रकारले नाश हुन्छ”
जसरी गर्भवती महिलामा अचानक प्रसव-वेदना आउँछ र बच्चा नजन्मेसम्म त्यो रोकिँदैन, त्यसरी नै विनाश आउनेछ र मानिसहरू उम्कन पाउनेछैनन् ।
यहाँ “भाइहरू”को अर्थ सङ्गी ख्रीष्टिएनहरू हुन्छ ।
परमेश्वरको विरुद्धमा दुष्ट हुने वा अज्ञानी हुने कुरालाई पावलले अन्धकार भनेका छन् । वैकल्पिक अनुवादः “तिमीहरू अन्जान छैनौ, अन्धकारमा बस्ने मानिसहरू झैँ”
जुन दिन प्रभु आउनुहुन्छ त्यो दिन विश्वासीहरूको लागि कुनै अचम्मको कुरा हुनुहुँदैन ।
पावलले सत्य कुरालाई ज्योति र दिन भनेका छन् । वैकल्पिक अनुवादः “किनकि ज्योतिमा जिउने मानिस, दिनमा काम गर्ने मानिस झैँ तिमीहरू सत्य जान्दछौ
परमेश्वरको विरुद्धमा दुष्ट हुने वा अज्ञानी हुने कुरालाई पावलले अन्धकार भनेका छन् । वैकल्पिक अनुवादः “हामी अन्धकारमा जिउने मानिसहरू झैँ, रातमा काम गर्ने मानिसहरू झैँ अन्जान छैनौँ”
पावलले आत्मिक अचेतनालाई त्यो कुनै सुताइ जस्तो हो भनेर बताउँछन् । वैकल्पिक अनुवादः “हामी अरूहरू जस्तो नहोऔँ जो येशू फर्केर आउँदै हुनुहुन्छ भनेर सचेत छैनन्”
“हामी” भन्ने शब्दले सबै विश्वासीहरूलाई जनाउँछ ।
आत्मिक रूपमा जानकार हुने कुरालाई पावलले सुत्ने र मद्यपान गर्ने कुराको विपरीत अर्थमा स्पष्ट पार्ने काम गरेका छन् ।
जसरी मानिसहरू जब सुत्छन् र के भइरहेको छ भनी थाहा पाउँदैनन्, त्यसरी नै यो संसारका मानिसहरूले ख्रीष्ट आउनुहुनेछ भनी जान्दैनन् ।
पावल बताउँदैछन् कि त्यो रातमा हो जब मानिसहरू मद्य पिएर मात्छन्, त्यसैले जब मानिसहरू ख्रीष्टको पुनरागमनको बारेमा सचेत हुँदैनन् तिनीहरू आत्मसंयमी जीवन जिउँदैनन् ।
८-१० का पदहरूमा, “हामी” शब्दले सारा विश्वासीहरूलाई जनाउँछ ।
परमेश्वरको सत्यता जान्ने कुरा दिनको कुरा भए झैँ गरी पावलले बताएका छन् । वैकल्पिक अनुवादः “हामी सत्य जान्दछौँ” वा “हामीले सत्यताको ज्योति पाएका छौँ”
शान्त हुने कुरालाई पावलले आत्म-संयम् हुने कुरासँग तुलना गर्दछन् । वैकल्पिक अनुवादः “हामी आत्मसंयमलाई अभ्यास गरौँ”
सिपाहीले आफ्नो शरीरको सुरक्षा गर्न छाती-पाता धारण गरे झैँ, विश्वास र प्रेमद्वारा जिउने विश्वासी सुरक्षित हुनेछ । वैकल्पिक अनुवादः “विश्वास र प्रेमद्वारा हामीले आफैँलाई जोगाउने” वा “ख्रीष्टलाई भरोसा र प्रेम गरेर हामीले आफैँलाई जोगाउने”
टोपले सिपाहीको सुरक्षा गरे झैँ मुक्तिको विश्वस्तताले विश्वासीलाई सुरक्षा दिन्छ । वैकल्पिक अनुवादः “ख्रीष्टले हामीलाई बचाउनुहुनेछ भन्ने कुरामा ढुक्क भएर हामीले आफूलाई सुरक्षित राख्ने”
यी जीवित वा मृतलाई जनाउने नरम तरिकाहरू हुन् । वैकल्पिक अनुवादः “चाहे हामी जीवित होऔँ वा मृत होऔँ”
यहाँ “निर्माण” शब्द उत्साह दिनु भन्नका लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “एकले अर्कालाई उत्साह देओ”
पावलले थेसलोनिकीको मण्डलीलाई आफ्नो आखिरी सुझावहरू दिन सुरु गर्छन् ।
यहाँ “भाइहरू”को अर्थ सङ्गी विश्वासीहरू हुन्छ ।
“अगुवाइमा सहभागी हुनेहरूलाई सम्मान र कदर गर्नु”
यसले विश्वासीहरूको स्थानीय समूहको अगुवाहरूको रूपमा सेवा गर्न परमेश्वरले नियुक्त गर्नुभएको मानिसहरूलाई जनाउँछ ।
आफ्ना मण्डलीका अगुवाहरूप्रति प्रेम र आदर गर्न पावलले विश्वासीहरूलाई प्रोत्साहन दिन्छन् ।
सबै कुराहरूमा आनन्दित हुने आत्मिक स्वभावलाई कायम राख्न पावलले विश्वासीहरूलाई अर्ती दिँदै छन् ।
प्रार्थनाद्वारा सतर्क हुन पावलले विश्वासीहरूलाई अर्ती दिँदै छन् ।
सबै थोकप्रति धन्यवाद व्यक्त गर्न पावलले विश्वासीहरूलाई अर्ती दिँदै छन् ।
सबै परिस्थितिहरूमा
पावलले भर्खर उल्लेख गरेका व्यवहार नै विश्वासीहरूका लागि परमेश्वरको इच्छा हो भनेर जनाइरहेका छन् ।
“तिमीहरूका माझमा पवित्र आत्मालाई काम गर्नको निम्ति नरोक”
“अगमवाणीहरूको लागि तिरस्कार नराख” वा “कसैलाई पवित्र आत्माले भन्नुभएको कुरालाई घृणा नगर”
“परमेश्वरबाट आएको जस्तो देखिने सबै सन्देशहरू साँच्चै उहाँबाटै आएको हो भन्ने कुरामा पक्का गर”
पवित्र आत्माका सन्देशहरू कसैले हातले समात्न सक्ने वस्तुहरू भए झैँ गरी पावलले भनेका छन् ।
यसले परमेश्वरले कुनै व्यक्तिलाई आफ्नो दृष्टिमा पापरहित र सिद्ध बनाउनुहुने कुरालाई जनाउँछ ।
यहाँ “आत्मा, प्राण र शरीर” ले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । यदि तपाईंको भाषामा यी तीन भागका लागि शब्दहरू छैनन् भने, तपाईंले यसलाई “तिमीहरूका सम्पूर्ण जीवन” वा “तिमीहरू” भनेर लेख्न सक्नुहुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूका सम्पूर्ण जीवनलाई पापरहित बनाउनुभएको होस्” वा “परमेश्वरले तिमीहरूलाई पूर्ण रूपले दोषरहित राख्नुभएको होस्”
“उहाँ विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई बोलाउनुहुन्छ”
“उहाँले तिमीहरूलाई सहायता गर्नुहुनेछ”
पावलले उनको टुङ्ग्याउने भनाइहरू दिन्छन् ।
यहाँ “भाइहरू”ले सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म निवेदन गर्दछु, मानौँ प्रभु आफैँ तिमीहरूसँग बोलिरहनुभएको थियो झैँ गरी म निवेदन गर्दछु कि मानिसहरूलाई यो पत्र पढेर सुनाउन लगाओ” वा “प्रभुको अधिकारमा म तिमीहरूलाई यो पत्र पढ्न निर्देशन दिन्छु”
पावलले २ थेसलोनिकीहरूको पुस्तक लेखे । उनी टार्सस सहरबाटका थिए । उनको अगाडिको जीवनमा उनलाई शाऊल भनेर चिनिन्थ्यो । ख्रीष्टिएन हुनुभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्टिएनहरूलाई सताए । उनी ख्रीष्टिएन भएपश्चात, उनले मानिसहरूलाई येशूको बारेमा बताउँदै सारा रोमी साम्राज्यभर थुप्रै पटक यात्रा गरे ।
पावलले यो पत्र थेसलोनिकेको सहरमा भएका विश्वासीहरूलाई लेखे । उनले ती विश्वासीहरूलाई प्रोत्साहन गरे किनभने तिनीहरूलाई सतावट भइरहेको थियो । उनले तिनीहरूलाई परमेश्वरलाई प्रसन्न बनाउने गरेर जिइरहनलाई भने । साथै उनले तिनीहरूलाई ख्रीष्टको पुनरागमनको विषयमा फेरि पनि सिकाउन चाहे ।
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “२ थेसलोनिकीहरू” वा “दोस्रो थेसलोनिकीहरू” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा, तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “थेसलोनिकेमा भएको मण्डलीलाई पावलको दोस्रो पत्र” वा “थेसलोनिकेमा भएका ख्रीष्टिएनहरूलाई दोस्रो पत्र” ।
पावलले यस पत्रमा येशूको पृथ्वीमा अन्तिम समयमा हुने पुनरागमनको विषयमा धेरै लेखे । जब येशू फर्कनुहुन्छ, उहाँले सारा मानवजातिको न्याय गर्नुहुनेछ । उहाँले सृष्टिमाथि शासन पनि गर्नुहुनेछ । साथै, उहाँले सबैतिर शान्ति पनि कायम गर्नुहुनेछ । ख्रीष्टको पुनरागमनभन्दा अगाडि “पापको मानिस” आउनेछ भनेर पनि पावलले व्याख्या गरे । सम मानिसले शैतानको आज्ञापालन गर्नेछ र मानिसहरूलाई परमेश्वरको विरुद्धमा हुने बनाउनेछ । तर येशूले आफू फर्किनुहुँदा यस व्यक्तिलाई नष्ट गर्नुहुनेछ ।
ख्रीष्ट र विश्वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई पावलले व्यक्त गर्न खोजेका हुन् । कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।
निम्न दिइएका पदहरूको लागि बाइबलका नयाँ संस्करणहरू पुराना संस्करणहरूभन्दा भिन्न छन् । यूएलटीले नयाँ संस्करणलाई पछ्याउँछ र पुरानो भनाइलाई पादटिप्पणीमा राख्छ । यदि सामान्य क्षेत्रमा बाइबलको कुनै अनुवाद पाइन्छ भने, अनुवादकहरूले ती संस्करणहरूमा पाइने भनाइहरूलाई प्रयोग गर्ने बारेमा विचार गर्नुपर्छ । यदि पाइँदैन भने, अनुवादकहरूलाई नयाँ भनाइलाई पछ्याउनका लागि सुझाव दिइन्छ ।
1 पावल, सिलास र तिमोथीबाट परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टमा थेसलोनिकीहरूको मण्डलीलाई, 2 परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति । 3 भाइहरू हो, हामीले तिमीहरूका लागि परमेश्वरलाई सधैँ धन्यवाद दिनुपर्छ । किनभने यो उचित छ, किनभने तिमीहरूको विश्वास धेरै बढिरहेको छ र तिमीहरूमध्ये हरेकको प्रेम एक अर्काप्रति प्रशस्त छ । 4 त्यसैले, हामीहरू तिमीहरूको धैर्य र विश्वासको बारेमा परमेश्वरका मण्डलीहरूका बिचमा तिमीहरूले सहने तिमीहरूका सारा सतावटहरू र दुःख भोगाइहरूप्रति गर्व गर्दछौँ । 5 यो परमेश्वरको धार्मिक न्यायको प्रष्ट चिन्ह हो, जसको कारणले तिमीहरू परमेश्वरको राज्यको योग्य ठहरिन्छौ, जुन राज्यको निम्ति तिमीहरू दुःख पनि भोग्दछौ । 6 तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनु नै परमेश्वरको धार्मिकता हो, 7 र येशू ख्रीष्ट स्वर्गबाट स्वर्गदूतहरूका शक्तिसाथ उहाँको आगमनमा आउनुहुँदा, हामीसँग दुःख भोगेकाहरूलाई छुटकारा मिल्नेछ । 8 जसले परमेश्वरलाई चिन्दैनन् र तिनीहरू जसले हाम्रा प्रभु येशूको सुसमाचार पालन गर्दैनन्, उहाँले तिनीहरूलाई बलिरहेको आगोमा बदला लिनुहुनेछ । 9 तिनीहरूले प्रभु र उहाँको शक्तिको महिमाको उपस्थितिबाट टाढा रहेर अनन्त विनाशको दण्ड भोग्नेछन्, 10 तिमीहरूले हाम्रो गवाहीमा विश्वास गर्यौ । त्यसै गरी विश्वास गर्ने सबैद्वारा अचम्मित पार्नलाई र सबै सन्तहरूद्वारा महिमित हुनलाई उहाँ त्यो दिनमा आउनुहुन्छ । 11 यसको निम्ति हामी निरन्तर तिमीहरूका लागि प्रार्थना गर्दछौँ, कि हाम्रा परमेश्वरले तिमीहरूलाई तिमीहरूको बोलावटको योग्य ठानून्, र भलाइको निम्ति तिमीहरूको प्रत्येक चाहना र विश्वासको हरेक काम शक्तिद्वारा पुरा गरून् । 12 हाम्रा परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रहको कारणले हाम्रा प्रभु येशू ख्रीष्टको नाम तिमीहरूबाट महिमित पारियोस् र तिमीहरू उहाँद्वारा महिमित होओ ।
पदहरू १-२ ले यस पत्रलाई औपचारिक रूपमा परिचय गराउँछन् । प्राचीन मध्यपूर्व क्षेत्रमा लेखिने पत्रहरूमा यस प्रकारका परिचयहरू हुने गर्दथ्यो ।
विरोधाभासी कथन भनेको एक साँचो भनाइ हो जसले केही असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । पदहरू ४-५ मा एउटा त्यस्तै विरोधाभासी कथनको प्रयोग भएको छः “तिमीहरूका सबै सतावटहरूमा भएको तिमीहरूको धैर्य र विश्वासको विषयमा हामी कुरा गर्छौँ । तिमीहरूले सहन गर्ने कष्टहरूको विषयमा हामी कुरा गर्छौँ । यो परमेश्वरको धर्मी न्यायको एउटा चिन्ह हो ।” सतावट खेपिरहेको बेलामा परमेश्वरलाई विश्वास गर्नु चाहिँ परमेश्वरको धर्मी न्यायको एउटा चिन्ह हो भनेर मानिसहरूले सामान्यतया ठान्दैनन् । तर पदहरू ५-१० मा, उहाँलाई विश्वास गर्नेहरूलाई परमेश्वरले कसरी इनाम दिनुहुनेछ र तिनीहरूलाई कष्ट दिनेहरूलाई उहाँले कसरी इन्साफ गर्नुहुनेछ भनेर पावलले व्याख्या गर्छन् । (२ थेसलोनिकीहरू १:४-५)
यो पत्रका लेखक पावल आफैँ हुन्, तर उनले सिलास र तिमोथीलाई यो पत्र पठाउने व्यक्तिहरूको रूपमा समावेश गर्छन् । उनले थेसलोनिकेको मण्डलीलाई अभिवादन गरेर सुरु गर्छन् । अर्को किसिमले नबताइएसम्म, “हामी” र “हाम्रो” शब्दहरूले पावल, सिलास र तिमोथीलाई जनाउँछन् । साथै, “तिमीहरू” शब्द बहुवचनमा छ र थेसलोनिकेको मण्डलीमा भएका विश्वासीहरूलाई जनाउँछ ।
यो “सिलास”को ल्याटिन रूप हो । यिनी प्रेरितको पुस्तकमा पावलका सङ्गी यात्रुको रूपमा उल्लेखित गरिएका व्यक्ति नै हुन् ।
पावलले साधारणतया उनका पत्रहरूमा यो अभिवादन प्रयोग गर्छन् ।
पावल थेसलोनिकेमा भएका विश्वासीहरूको लागि धन्यवाद दिन्छन् ।
“धेरैपटक” वा “नियमित रूपमा”को अर्थ दिँदै पावलले “सधैँ” शब्दलाई सामान्यकरणको रूपमा प्रयोग गर्छन् । परमेश्वरले थेसलोनिकी विश्वासीहरूको जीवनमा गरिरहनुभएका कुराको महानतालाई यस वाक्यले जोड दिन्छ । वैकल्पिक अनुवादः “हामीले परमेश्वरलाई धेरैपटक धन्यवाद दिनुपर्छ”
यहाँ “भाइहरू”ले पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनीहरू”
“यो गर्न सही कुरा हो” वा “यो असल छ”
“तिमीहरूले एक अर्कालाई सच्चा रूपमा प्रेम गर्छौ”
यहाँ “एक अर्का”ले सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ ।
यहाँ “हामी आफैँ” शब्दहरू पावलको गर्वलाई जोड दिनको लागि प्रयोग गरिएको छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि परमेश्वरले तिमीहरूलाई उहाँको राज्यको हिस्सा हुन योग्यको ठान्नुहुनेछ”
जसै पावलले भनिरहन्छन्, उनले परमेश्वर धर्मी हुनुहुन्छ भन्ने बारेमा बताउँछन् ।
“परमेश्वर धर्मी हुनुहुन्छ” वा “परमेश्वर न्यायी हुनुहुन्छ”
यहाँ “फिर्ता गर्नु” भनेको एउटा अलङ्कार हो जसको अर्थ कसैलाई त्यही कुरा अनुभव गर्न लगाउनु हो जुन तिनीहरूले कोही अरूलाई गरे । वैकल्पिक अनुवादः “तिमीहरूलाई कष्ट दिनेहरूलाई परमेश्वरले कष्ट दिनहुन”
यी शब्दहरूले परमेश्वरले मानिसहरूलाई के “फिर्ता गर्नुभएकोमा” उहाँ धर्मी हुनुहुन्छ भन्ने कुराको विवरणलाई निरन्तरता दिन्छन्
आराम प्रदान गर्नुहुने व्यक्ति चाहिँ परमेश्वर नै हुनुहुन्छ भनेर तपाईंले स्पष्ट बनाउन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई आराम प्रदान गरिदिनहुन”
“उहाँका शक्तिशाली स्वर्गदूतहरू”
“परमेश्वरलाई नचिन्नेहरूलाई र ... लाई उहाँले बल्दो आगोमा दण्ड दिनुहुनेछ” वा “त्यसपछि उहाँले परमेश्वरलाई नचिन्नेहरूलाई र ... लाई बल्दो आगोमा दण्ड दिनुहुनेछ”
यहाँ “तिनीहरू”ले ती मानिसहरूलाई जनाउँछ जसले सुसमाचारको आज्ञापालन गर्दैनन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “प्रभुले तिनीहरूलाई सजाय दिनुहुनेछ”
यहाँ “त्यो दिन” भनेको त्यस दिन हो जब येशू संसारमा फर्केर आउनुहुनेछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब उहाँका मानिसहरूले उहाँलाई महिमा गर्नेछन् र उहाँमाथि विश्वास गर्नेहरू उहाँसँग अचम्मित हुनेछन्”
पावलले तिनीहरूका लागि कति धेरै पटक प्रार्थना गर्छन् भन्ने कुरालाई जोड दिइरहेका छन् । वैकल्पिक अनुवादः “हामी तिमीहरूको लागि नियमित रूपमा प्रार्थना पनि गर्दछौँ” वा “हामी तिमीहरूको लागि निरन्तर प्रार्थना गरिरहन्छौँ”
यहाँ “बोलावट” शब्दले परमेश्वरले मानिसहरूलाई उहाँका छोराछोरी र सेवकहरू हुन र येशूद्वाराको मुक्तिको विषयमा भएको उहाँको सन्देशलाई घोषणा गर्न छान्नुभएको कुरालाई जनाउँछ ।
“तिमीहरूले चाहना गर्ने हरतरहले असल गर्न तिमीहरू सक्षम हुन सक”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि तिमीहरूले हाम्रा प्रभु येशूको नाम महिमित पार्न सक”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले तिमीहरूलाई महिमित पार्नुहुनेछ”
“परमेश्वरको अनुग्रहको कारण”
1 अब भाइहरू हो, हाम्रा प्रभु येशूको आगमन र हाम्रो उहाँसँग एकसाथ भेट गर्ने सम्बन्धमा हामी अनुरोध गर्दछौँ, 2 कि प्रभुको दिन आइसकेको छ भनी तिमीहरूको मन सजिलै नधर्मराओस्, न त विचलित होस्, न आत्माद्वारा, न वचन न त हाम्रो पत्रद्वारा । प्रभुको आगमन पहिल्यै भइसकेको छ भनेर 3 तिमीहरूलाई कसैले कुनै प्रकारले छल्न नपाओस् । किनकि पतित, पापमय विनाशको छोरो, अधर्मी मानिस प्रकट नहोऊन्जेलसम्म यो हुन आउनेछैन । 4 यो त्यो हो जसले आफैलाई उचाल्दछ र परमेश्वरको विरोध गर्दछ र आफैलाई परमेश्वरको रूपमा प्रस्तुत गरेर महिमित हुन चाहन्छ र उहाँको मन्दिरमा बस्छ । 5 म तिमीहरूसँग हुँदा मैले तिमीहरूलाई ज भनेँ के तिमीहरू त्यो सम्झदैनौ ? 6 अब तिमीहरू जान्दछौ कि कुनै कुराले उसलाई रोक्दछ, ताकि ऊ ठिक समयमा मात्र प्रकट हुनेछ । 7 किनभने, पापको रहस्यले पहिले देखि नै काम गरिरहेको छ जबसम्म जसले उसलाई थामिराख्नुभएको छ उहाँले उसका मार्गबाट हटाउनुहुन्न । 8 त्यसपछि पापको मानिस प्रकट हुनेछ, जसलाई प्रभु येशूले उहाँको मुखको सासले मार्नुहुनेछ र उहाँका आगमनले उसको अन्त हुनेछ । 9 शैतानका सबै शक्तिशाली काम, चिन्हहरू र झुटा आश्चर्यकर्महरूको कारण पापको मानिसको आगमन हुनेछ । 10 त्यो अधार्मिकताका सबै छलका साथ आउनेछ । यी कुराहरू नाश हुनेहरूका निम्ति हुनेछन् जसले बचाइनको लागि परमेश्वरको प्रेमको सत्यतालाई ग्रहण गरेनन् । 11 यसकारण, तिनीहरूले झुटो विश्वास गरून् भनी परमेश्वरले भ्रमको काम पठाई रहनुभएको छ, 12 ताकि अधार्मिकतामा रमाउने तर सत्यतालाई विश्वास नगर्ने सबैको न्याय होस् । 13 प्रभुका प्रिय भाइहरू हो, हामीले प्रभुलाई तिमीहरूका लागि धन्यवाद दिनुपर्छ किनभने परमेश्वरले आत्माको शुद्धतामा र सत्यताको विश्वासमा उद्धारको पहिलो फलझैँ तिमीहरूलाई चुन्नुभयो, 14 हाम्रा सुसमाचारद्वारा प्रभु येशूको महिमा प्राप्त गर्न सक भनी उहाँले तिमीहरूलाई यसतर्फ बोलाउनुभयो । 15 यसैले अब भाइहरू हो, स्थिर रहो, वचन या हाम्रा पत्रद्वारा तिमीहरूलाई सिकाएका परम्पराहरूलाई पक्रिराख । 16 अब हामीलाई प्रेम गर्नुहुने अनुग्रहद्वारा अनन्तको सान्त्वना र उत्तम आशा दिनुहुने हाम्रा प्रभु येशू ख्रीष्ट आफैले तथा परमेश्वर हाम्रा पिताले, 17 हरेक असल काम र वचनमा तिमीहरूका हृदयलाई सान्त्वना र स्थिर गराऊन् ।
यस खण्डले त्यो एउटा समयलाई जनाउँछ जब येशूले उहाँमा विश्वास गरेकाहरूलाई आफूकहाँ बोलाउनुहुनेछ । यसले ख्रीष्टको अन्तिम महिमामय पुनरागमनलाई जनाउँछ वा जनाउँदैन भन्ने विषयमा विद्वानहरू फरक-फरक मत राख्छन् ।
यो र यस अध्यायमा “विनाशको पुत्र” र “व्यवस्थाहीन व्यक्ति” भनेर बताइएको कुरा एउटै हो । पावलले त्यसलाई संसारमा सक्रिय रूपमा काम गरिरहेको शैतानसँग सम्बन्धित भएको देखाउँछन् ।
पावलले यरूशलेमको मन्दिरलाई जनाइरहेका हुनसक्छन् जसलाई उनले यो पत्र लेखेका धेरै वर्षपछि रोमीहरूले तहसनहस पारे । अथवा उनले भविष्यको भौतिक मन्दिरलाई जनाइरहेका हुन सक्छन्, वा परमेश्वरको आत्मिक मन्दिरको रूपमा भएको मण्डलीलाई जनाइरहेका हुन सक्छन् ।
पावलले विश्वासीहरूलाई येशू फर्कनुहुने दिनको बारेमा धोकामा नपर्न सल्लाह दिए ।
“अब” शब्दले पावलको निर्देशनहरूको विषय परिवर्तनलाई अङ्कित गर्छ ।
यहाँ “भाइहरू”ले पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनीहरू”
“कि तिमीहरूले आफैँलाई सजिलै विचलित हुन नदेओ”
“बोलिएको शब्द वा लिखित अक्षरद्वारा, जसले हामीबाट आएको भान पार्छ”
“भन्दै कि”
यसले त्यो समयलाई जनाउँछ जब येशू पृथ्वीमा सबै विश्वासीहरूका लागि फर्केर आउनुहुनेछ ।
पावलले पापको मानिसको बारेमा सिकाउँछन् ।
“प्रभुको दिन आउनेछैन”
यसले भविष्यको त्यो समयलाई जनाउँछ जब धेरै मानिसहरू परमेश्वरबाट तर्केर जानेछन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले पापको मानिसलाई प्रकट गर्नुहुनेछ”
पावलले विनाश चाहिँ कुनै एक व्यक्ति भए जसरी कुरा गर्छन् जसले एउटा छोरा जन्मायो जुन छोराको लक्ष्य चाहिँ सबैथोकलाई पूर्णतया नाश पार्नु हो । वैकल्पिक अनुवादः “त्यो जसले आफूले सकेको सबैथोकलाई नाश पार्छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबैथोक जसलाई मानिसहरूले परमेश्वर ठान्छन् वा ती सबैथोक जसलाई मानिसहरूले आराधना गर्छन्”
“आफैँलाई परमेश्वरको रूपमा देखाउँछ”
पावलले आफू तिनीहरूसँग हुँदा उनले तिनीहरूलाई सिकाएका कुराहरूको स्मरण गराउन एउटा आलङ्कारिक प्रश्नको प्रयोग गर्छन् । यसलाई एउटा अभिव्यक्तिको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले ... यी कुराहरू ... सम्झन्छौ भनेर म निश्चित छु ।”
यसले येशूको पुनरागमन, प्रभुको दिन र पापको मानिसलाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले पापको मानिसलाई ठीक समयमा प्रकट गर्नुहुनेछ”
यसले परमेश्वरले मात्र जान्नुहुने पवित्र रहस्यलाई जनाउँछ ।
कसैलाई रोक्नु भनेको तिनीहरूलाई पछाडि नै थामेर राख्नु वा तिनीहरूले गर्न चाहेका कुरा गर्नदेखि रोक्नु भनेको हो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसपछि परमेश्वरले पापको मानिसलाई आफैँलाई प्रकट गर्न दिनुहुनेछ”
यहाँ “सास”ले परमेश्वरको शक्तिलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “उहाँको बोलिएको वचनको शक्तिले”
जब येशू पृथ्वीमा फर्कनुहुन्छ र आफैँलाई प्रकट गर्नुहुन्छ, उहाँले पापको मानिसलाई हराउनुहुनेछ ।
“सबै किसिमका शक्ति, चिन्हहरू र झूटा आश्चर्यकर्महरूले”
यस व्यक्तिले मानिसहरूलाई परमेश्वरको साटोमा आफूमाथि विश्वास गर्न लगाउनका निमित्त हर किसिमको छलको प्रयोग गर्नेछ ।
शैतानद्वारा शक्ति दिइएको यस मानिसले ती सबैलाई छल्नेछ जसले येशूमा विश्वास गरेनन् ।
यहाँ “नाश भइरहेका” भन्ने कुरामा सदाकालको वा अनन्त विनाशको अवधारणा रहेको छ ।
“किनभने मानिसहरूले सत्यलाई प्रेम गर्दैनन्”
परमेश्वरले तिनीहरूमाथि केही हुनलाई अनुमति दिइरहनुभएको कुराको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो भनेको उहाँले तिनीहरूकहाँ केही कुरा पठाइरहनुभएको जस्तो हो । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई छल्नको लागि पापको मानिसलाई अनुमति दिइरहनुभएको छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरू सबैको न्याय गर्नुहुनेछ”
“अधार्मिकतामा आनन्द लिनेहरू किनभने तिनीहरूले सत्यतालाई विश्वास गरेनन्”
पावलले सारा विश्वासीहरूको निम्ति परमेश्वरलाई धन्यवाद दिन्छन् र तिनीहरूलाई उत्साह दिन्छन् ।
पावलले अब विषयलाई बदल्छन् ।
पावलले यहाँ यो शब्दलाई विषयमा आएको परिवर्तनलाई अङ्कित गर्नको लागि प्रयोग गर्छन् ।
“सधैँ” शब्द सामान्यकरण गरिएको हो । वैकल्पिक अनुवादः “हामीले निरन्तर धन्यवाद दिनुपर्छ”
यहाँ “हामी”ले पावल, सिलास र तिमोथीलाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने प्रभुले तिमीहरूलाई प्रेम गर्नुहुन्छ, भाइहरू हो”
यहाँ “भाइहरू”को अर्थ पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरू भन्ने हुन्छ । वैकल्पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनीहरू”
मुक्ति पाउनेमा पहिला मानिसहरू हुने कुराको विषयमा यसरी बताइएको छ कि मानौँ थेसलोनिकी विश्वासीहरू चाहिँ “प्रथम फलहरू” हुन् । यसलाई “मुक्ति”, “शुद्धिकरण”, “विश्वास”, र “सत्यता” जस्ता भाववाचक नामपद शब्दहरूलाई हटाउने गरेर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती मानिसहरूमध्येमा पहिलो हुनु जसले सत्य कुरालाई विश्वास गर्छन्, र जसलाई परमेश्वरले उहाँको आत्माद्वारा बचाउनुभएको छ र आफ्नै लागि अलग गर्नुभएको छ”
पावलले विश्वासीहरूलाई येशूमा भएको तिनीहरूको विश्वासमा स्थिर रहनलाई अर्ती दिन्छन् ।
यहाँ “परम्पराहरू”ले पावल र अन्य प्रेरितहरूले सिकाएका ख्रीष्टको सत्यताहरूलाई जनाउँछ । पावलले ती कुराहरूको विषयमा यसरी बताउँछन् कि मानौँ उनका पाठकहरूले ती कुराहरूलाई तिनीहरूका हातले पक्रन सक्थे । वैकल्पिक अनुवादः “परम्पराहरूलाई सम्झ” वा “सत्यताहरूलाई विश्वास गर”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले तिमीहरूलाई सिकाएका छौँ”
यहाँ “वचनद्वारा” भनेको “निर्देशनहरूद्वारा” वा “शिक्षाहरूद्वारा”को लागि प्रतिस्थापकीय शब्द हो । तपाईंले अन्तर्निहित जानकारीलाई स्पष्ट बनाउन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “हामीले व्यक्तिगत रूपमा भेटेर तिमीहरूलाई सिकाएका कुराहरूद्वारा वा हाम्रा पत्रमा हामीले तिमीहरूलाई लेखेका कुराहरूद्वारा”
पावलले परमेश्वरबाटको आशिष्को साथ अन्त्य गर्छन् ।
यहाँ पावलले यो शब्दलाई विषयमा आएको परिवर्तनलाई अङ्कित गर्नको निम्ति प्रयोग गर्छन् ।
“हाम्रा” र “हामीलाई” शब्दहरूले सारा विश्वासीहरूलाई जनाउँछन् ।
यहाँ “आफैँ” भन्ने वाक्यांशले “प्रभु येशू ख्रीष्ट” भन्ने वाक्यांशमा थप जोड दिन्छ ।
“हृदयहरू”ले भावनाहरूको आसनलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “ ... को लागि तिमीहरूलाई सान्त्वना दिनुभएको होस् र बलिया बनाउनुभएको होस्”
“तिमीहरूले गर्ने र भन्ने हरेक असल कुरा”
1 अब भाइहरू हो, हाम्रो निम्ति प्रार्थना गर, ताकि हाम्रा प्रभुको वचन द्रुत गतिमा फैलियोस् र महिमित होस्, जसरी तिमीहरूका माझमा पनि भएको थियो । 2 र हामी दुष्ट र ईश्वरहीन मानिसहरूबाट छुटकारा हुन सकौँ, किनकि सबैसँग विश्वास छैन । 3 तर हाम्रा प्रभु विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई स्थापना गर्नुहुन्छ र दुष्टताबाट सुरक्षा प्रदान गर्नुहुन्छ । 4 हामी तिमीहरूप्रति प्रभुमा विश्वस्त छौँ कि तिमीहरू दुवैले हामीले आज्ञा गरेका कामहरू गर्नेछौ र निरन्तरता दिइरहनेछौ । 5 प्रभुले तिमीहरूका हृदयलाई परमेश्वरको प्रेम, ख्रीष्टको सहनशीलतातर्फ अगुवाइ गर्नुभएको होस् । 6 अब हाम्रा प्रभु येशूको नाउँमा भाइहरूलाई आज्ञा गर्दछौँ कि, तिमीहरूले अल्छे भाइहरूलाई अलग गर जसले हामीले सिकाएको परम्परालाई कार्यान्वयन गर्दैनन् जुन कुराहरू तिमीहरूले हामीबाट ग्रहण गरेका छौ । 7 तिमीहरू आफैलाई थाहा छ, कि कसरी तिमीहरूले हाम्रो अनुकरण गरेका छौ जसरी हामीले तिमीहरूका बिचमा अल्छीपना देखाएनौँ, 8 न त हामीले सित्तैँमा कसैको खाना नै खायौँ, तर त्यसको सट्टामा हामी कसैको भार बनेनौँ भनेर हामीले मेहनत गर्यौँ, रातदिन काम गर्यौँ । 9 यसको अर्थ हामीसँग अधिकार छैन भनेको होइन, तर हामी तिमीहरूको निम्ति उदाहरण भयौँ ताकि तिमीले हाम्रो अनुकरण गर्न सक । 10 हामी तिमीहरूसँग हुँदा आज्ञा गरेका थियौँ, “यदि कसैले काम गर्न चाहँदैन भने, उसले खाना पनि नखाओस्” । 11 किनकि हामीले सुन्यौँ कोही-कोही अल्छी भएर काम नगरीकन तिमीहरूको माझमा हिँड्दछन्, तिनीहरू काम गर्दैनन् तर अर्काको काममा हात लगाउनेहरू भएका छन् । 12 यस्ताहरूलाई हामी ख्रीष्ट येशूमा उत्साह र आज्ञा दिँदछौँ, ताकि तिनीहरू शान्तसँग काम गरून् र आफ्नै मेहनतद्वारा जीविकोपार्जन गरून् । 13 तर तिमी भाइहरू हो, हृदयलाई जे असल छ त्यो गर्नबाट वञ्चित नगर, 14 यदि कसैले यो पत्रमा लेखिएको आज्ञालाई पालना गर्दैन भने, उसको विषयमा ख्याल गर र उसलाई सहभागी नगराओ ताकि ऊ शर्ममा परोस् । 15 उसलाई शत्रुलाई झैँ व्यवहार नगर तर आफ्नो भाइ सम्झेर सुझाव देओ । 16 शान्तिका परमेश्वर आफैँले तिमीहरूलाई सदासर्वदाका लागि शान्ति प्रदान गरून् । 17 यो मेरो अभिवादन हो, म पावल आफ्नै हातले हरेक पत्रहरू लेखेको हो भन्ने चिन्ह हो । 18 हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरू सबैमा रहोस् ।
थेसलोनिकेमा, यस्तो देखिन्छ कि त्यहाँ काम गर्न सकेर पनि काम गर्नलाई इन्कार गर्ने मानिसहरूको कारण समस्या आएको थियो ।
यस अध्यायमा, ख्रीष्टिएनहरूले परमेश्वरलाई आदर गर्ने तरिकाले जीवन जिउनुपर्छ भनेर पावलले सिकाउँछन् । ख्रीष्टिएनहरूले एक अर्कालाई उत्साह पनि दिनुपर्छ र तिनीहरूले गरेका कुराको लागि एक अर्कालाई जिम्मेवार पनि ठहराउनुपर्छ । विश्वासीहरूले पाप गर्छन् भने तिनीहरूलाई पश्चात्ताप गर्नलाई हौसला दिनको निम्ति पनि मण्डली जिम्मेवार हुन्छ । अनि )
पावलले विश्वासीहरूलाई उनी र उनका सहकर्मीहरूको निम्ति प्रार्थना गर्नलाई अनुरोध गर्छन् ।
पावलले “अब” शब्दलाई विषयमा आएको परिवर्तनलाई अङ्कित गर्नको लागि प्रयोग गर्छन् ।
यहाँ “भाइहरू”ले पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनीहरू”
पावलले परमेश्वरको वचन फैलने कुरालाई त्यो कुनै एक ठाउँदेखि अर्को ठाउँसम्म दौडिरहेको झैँ गरी व्यक्त गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि धेरैभन्दा धेरै मानिसहरूले हाम्रा प्रभु येशूको बारेमा भएको सन्देश चाँडै सुन्नेछन् र त्यसलाई सम्मान गर्नेछन्, जसरी त्यो तिमीहरूलाई पनि भयो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि परमेश्वरले हामीलाई बचाउनुभएको होस्” वा “ताकि परमेश्वरले हामीलाई उद्धार गर्नुभएको होस्”
“किनकि धेरै मानिसहरूले येशूमा विश्वास गर्दैनन्”
“जसले तिमीहरूलाई बलियो बनाउनुहुनेछ”
“शैतान”
“हामीसँग विश्वास छ” वा “हामी भरोसा गर्छौँ”
यहाँ “हृदय” भनेको व्यक्तिका विचारहरू वा दिमागको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरूलाई बुझ्ने तुल्याउनु”
पावलले परमेश्वरको प्रेम र ख्रीष्टको सहनशीलताको विषयमा यसरी बताउँछन् कि मानौँ ती कुनै मार्गको गन्तव्य हुन् । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई कति धेरै प्रेम गर्नुहुन्छ र ख्रीष्टले तिमीहरूका लागि कति धेरै सहन गर्नुभएको छ”
पावलले विश्वासीहरूलाई काम गर्न र अल्छे नबन्नको लागि केही अन्तिम निर्देशनहरू दिन्छन् ।
पावलले विषयमा आएको परिवर्तनलाई अङ्कित गर्नको लागि यो शब्दलाई प्रयोग गर्छन् ।
यहाँ “भाइहरू”को अर्थ पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरू भन्ने हुन्छ । वैकल्पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनीहरू”
यहाँ “नाम” भनेको येशू ख्रीष्टको व्यक्तित्वको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “मानौँ हाम्रा प्रभु येशू ख्रीष्ट आफैँले नै बोलिरहनुभएको थियो”
यहाँ “हाम्रा”ले सारा विश्वासीहरूलाई जनाउँछ ।
“मेरा सङ्गी सहकर्मीहरू र मैले व्यवहार गर्ने तरिका अनुसार व्यवहार गर्न”
पावलले सकारात्मक भनाइलाई जोड दिनको लागि युगल अकरणको प्रयोग गर्छन् । यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी तिमीहरूको माझमा निकै अनुशासन भएकाहरू जसरी जियौँ”
“हामीले रातको अवधिमा र दिनको अवधिमा काम गर्यौँ ।” यहाँ “रात” र “दिन” भनेको कुनै चीजको सम्पूर्णतालाई जनाउने भाषाको एउटा अलङ्कार हो र तिनको अर्थ “हर समय” भन्ने हुन्छ । वैकल्पिक अनुवादः “हामीले हर समय काम गर्यौँ”
उनका परिस्थितिहरू कति कठिन थिए भनेर पावलले जोड दिन्छन् । कठिन परिश्रमले अत्यन्तै ज्यादा प्रयत्नको आवश्यक पर्ने कामको आशय दिन्छ । कठोर परिश्रमले आशय दिन्छ कि तिनीहरूले पीडा र कष्ट खपे । वैकल्पिक अनुवादः “धेरै अप्ठ्यारा परिस्थितिहरूमा”
पावलले सकारात्मक भनाइलाई जोड दिनको लागि युगल अकरणको प्रयोग गर्छन् । यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीसँग तिमीहरूबाट खाना पाउने अवश्य नै अधिकार छ, तर त्यसको साटोमा हामीले हाम्रो खानाको लागि काम गर्यौँ”
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि कोही व्यक्ति खान चाहन्छ भने, उसले काम गर्नु पर्छ”
यहाँ “हिँड्नु”को अर्थ जीवन जिउने आचरण हुन्छ । वैकल्पिक अनुवादः “केही अल्छे जीवन जिउँछन्” वा “केही अल्छे छन्”
अर्काको काममा हात हाल्नेहरू भनेको ती मानिसहरू हुन् जसले सहयोगको लागि अनुरोध नपाइकनै अरूहरूको मामिलाहरूमा हस्तक्षेप गर्छन् ।
“चूपचाप, शान्तिपूर्वक र हल्का तवरले ।” पावलले अर्काको काममा हात हाल्नेहरूलाई अरू मानिसहरूको मामिलामा सहभागी हुन छाड्नको लागि सल्लाह दिन्छन् ।
पावलले अल्छे विश्वासीहरू र कठोर परिश्रमी विश्वासीहरूको बीचमा भएको भिन्नतालाई देखाउनको निम्ति यो शब्दको प्रयोग गर्छन् ।
“तिमी” शब्दले सारा थेसलोनिकेकी विश्वासीहरूलाई जनाउँछ ।
यहाँ “भाइहरू”ले पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनीहरू”
“यदि कसैले हाम्रा निर्देशनहरूको पालना गर्दैन भने”
ऊ को हो भनी याद गर । वैकल्पिक अनुवादः “त्यस्तो व्यक्तिलाई सार्वजनिक रूपमा पहिचान गर”
पावलले अल्छे विश्वासीहरूलाई अनुशासनको कार्यको रूपमा टाढा राख्नका निमित्त विश्वासीहरूलाई निर्देशन दिन्छन् ।
पावलले थेसलोनिकेमा भएका विश्वासीहरूको सामु अन्तिम भनाइहरू राख्छन् ।
यो थेसलोनिकीहरूको लागि पावलको प्रार्थना हो भनेर तपाईले स्पष्ट बनाउन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “म प्रार्थना गर्छु कि शान्तिका प्रभु आफैँले तिमीहरूलाई ... दिनुभएको होस्”
यहाँ “आफैँ” शब्दले जोड दिन्छ कि प्रभुले विश्वासीहरूलाई व्यक्तिगत रूपमा शान्ति दिनुहुनेछ ।
“म, पावल, मेरो आफ्नै हातले यो अभिवादन लेख्दछु, जुन अभिवादन चाहिँ कुनै पत्र त्यो साँच्चै मबाट आएको हो भनेर देखाउने चिन्हस्वरूप, म लेख्छु”
पावलले स्पष्ट पार्दछन् कि यो पत्र उनीबाट आएको हो र कुनै जालसाजी होइन ।
पावलले १ तिमोथीको पुस्तक लेखे । पावल टार्सस सहरबाटका थिए । उनलाई उनको पहिलेको जीवनमा शाऊल भनेर चिनिन्थ्यो । ख्रीष्टिएन हुनुभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्टिएनहरूलाई सताए । आफू ख्रीष्टिएन भइसकेपछि उनी मानिसहरूलाई येशूको बारेमा बताउँदै थुप्रै पटक रोमी साम्राज्यभर यात्रा गरे ।
यो पुस्तक चाहिँ पावलले तिमोथीलाई लेखेको पहिलो पत्र हो । तिमोथी उनका चेला र घनिष्ठ मित्र थिए । पावलले सम्भवतः यो पत्र उनको जीवनको आखिरी समयतिर लेखे ।
पावलले एफिससको सहरमा भएका विश्वासीहरूलाई सहायता गर्नको लागि तिमोथीलाई त्यहाँ छोडेका थिए । पावलले यो पत्र तिमोथीलाई विभिन्न विषयहरूमा निर्देशनहरू दिनको लागि लेखे । उनले सम्बोधन गरेका विषयहरूमा मण्डली आराधना, मण्डलीका अगुवाहरूका योग्यताहरू, र झूटा शिक्षकहरूको विरुद्धमा चेतावनीहरू समावेश भएका छन् । पावलले तिमोथीलाई मण्डलीहरूका माझमा एक अगुवा हुनको निमित्त कसरी तालिम दिइरहेका थिए भनेर यो पत्रले देखाउँछ ।
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “१ तिमोथी” वा “पहिलो तिमोथी” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “तिमोथीलाई पावलको पहिलो पत्र ।”
चेलापन भनेको मानिसहरूलाई ख्रीष्टको चेलाहरू बनाउने कामको प्रक्रिया हो । चेलापनको लक्ष्य भनेको अरू ख्रीष्टिएनहरूलाई अझ बढी ख्रीष्ट जस्तै हुनलाई हौसला दिनु हो । एक अगुवाले कम परिपक्व ख्रीष्टिएनलाई कसरी तालिम दिनुपर्छ भन्ने बारेमा यस पत्रले थुप्रै निर्देशनहरू दिन्छ ।
यस पुस्तकमा, “म” शब्दले पावललाई जनाउँछ । साथै, “तिमी” शब्द लगभग सधैँ एकवचनमा छ र त्यसले तिमोथीलाई जनाउँछ । यसको अपवाद ६:२१ हो ।
ख्रीष्ट र विश्वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई पावलले व्यक्त गर्न खोजेका हुन् । कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।
निम्न दिइएको पदको लागि, बाइबलका नयाँ संस्करणहरू पुराना संस्करणहरूभन्दा भिन्न छन् । यूएलटीमा नयाँ भनाइ छ र पुरानो भनाइलाई पादटिप्पणीमा राख्दछ । यदि सामान्य क्षेत्रमा कुनै बाइबलको अनुवाद पाइन्छ भने अनुवादकले ती संस्करणहरूमा पाइने भनाइलाई प्रयोग गर्ने बारेमा विचार गर्नुपर्छ । यदि छैन भने, अनुवादकहरूलाई नयाँ भनाइलाई पछ्याउनलाई सुझाव दिइन्छ ।
1 हाम्रा मुक्तिदाता परमेश्वर र हाम्रो आशा ख्रीष्ट येशूको आज्ञा अनुसार येशू ख्रीष्टको प्रेरित पावल, 2 विश्वासमा साँचो पुत्र तिमोथीलाई, हाम्रो परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट अनुग्रह, कृपा र शान्ति । 3 मैले म्याकेडोनिया जाँदै गर्दा तिमीलाई अनुरोध गरेँ जस्तै एफिससमा नै बस ताकि तिमीले भिन्न सिद्धान्त सिकाउनेहरूलाई आज्ञा दिन सक्छौ । 4 नत तिनीहरूले कथाहरू र अनन्त वंशावलीहरूतिर ध्यान दिऊन, जसले विश्वासद्वारा आउने परमेश्वरको योजनालाई सहायता पुर्याउनु साटो विवाद उत्पन्न गर्छ । 5 तर आज्ञाको लक्ष्यचाहिँ विशुद्ध हृदय, असल विवेक र निष्कपट विश्वासबाट आउने प्रेम हो । 6 केही मानिसहरू यसबाट बरालिएर खोक्रा कुराहरूतिर फर्केका छन् । 7 तिनीहरू व्यवस्थाको शिक्षकहरू बन्न चाहन्छन्, तर तिनीहरूले जे भन्छन वा जे कुरामा जोड दिन्छन तिमीहरूले नै बुझ्दैनन् । 8 तर यदि कसैले न्यायसँगत तवरले प्रयोग गर्छ भने व्यवस्था असल छ भन्ने हामीलाई थाहा छ । 9 हामी यो पनि जान्दछौँ कि व्यवस्था धर्मी मानिसको निम्ति बनाइएको होइन, तर व्यावस्थाविहीन र विद्रोही मानिसहरूको निम्ति, अधर्मी र पापीहरूको निम्ति, ईश्वरहिन र अपवित्र हुनेहरूको निम्ति, आफ्ना बावुहरू र आमाहरूलाई मार्नेहरूको निम्ति, हत्याराहरूका निम्ति, 10 अनैतिक यौनसम्बन्ध राख्ने मानिसहरूका निम्ति, समलिंगीहरूका निम्ति, दास बनाउनको लागि अपहरण गर्नेहरूका निम्ति, झूट बोल्नेहरूका निम्ति, झूटो गवाही दिनेहरूका निम्ति, र विश्वासयोग्य शिक्षाको विरूद्धमा हुनेहरूको निम्ति हो । 11 यो मलाई सुम्पिएको धन्य परमेश्वरको महिमित सुसमाचार अनुसार छ । 12 र म ख्रीष्ट येशू हाम्रो प्रभुलाई धन्यवाद दिन्छु, जसले मलाई शक्ति दिनुभयो, किनभने उहाँले मलाई विश्वासयोग्य ठानेर सेवामा नियुक्त गर्नुभयो । 13 म पहिला ईश्वरनिन्दा गर्ने, सताउने र एउटा हिंस्रक मानिस थिएँ । तर ती मैले अन्जानमा र अविश्वासमा गरेको कारण मैले कृपा प्राप्त गरेँ । 14 तर हाम्रो प्रभुको अनुग्रह ख्रीष्ट येशूमा भएको विश्वास र प्रेमको साथ हाम्रा परमप्रभुको अनुग्रह प्रशस्तमात्रामा आयो । 15 यो सन्देश विश्वासयोग्य र सर्वस्वीकारयोग्य छ, कि ख्रीष्ट येशू पापीहरूलाई बचाउनलाई यस संसारमा आउनुभयो । म यी सबैभन्दा तुच्छ हुँ । 16 तर यही कारणको निम्ति मलाई पहिला दया गरियो ताकि अनन्त जीवनको लागि उहाँमाथि विश्वास गर्नेहरूको निम्ति एउटा उदाहरणस्वरूप म सबैभन्दा तुच्छ मानिसमा ख्रीष्ट येशूले आफ्नो सारा धैर्यता प्रकट गर्न सक्नु भएको होस् । 17 अब युगहरूका राजा, अविनाशी, अदृश्य, एकमात्र परमेश्वरलाई सदासर्वदा आदर र महिमा होस् । आमिन । 18 मेरो छोरो तिमोथी, तिम्रो बारेमा पाहिला गरिएको अगमवाणीसँग सहमत हुँदै तिमीलाई यो आज्ञा दिन्छु ताकि तिमी असल लडाइँ लड्न सक । 19 यसैले तिमीले विश्वास र असल विवेक कायम गर । केही मानिसहरूले यी कुराहरूलाई इन्कार गरेर विश्वासमा नष्ट भएका छन् । 20 हुमेनियस र अलेक्जेन्डर जस्ता मानिसहरुलाई मैले शैतानको हातमा सुम्पेकोछु ताकि तिनीहरूले निन्दा गर्नुहुँदैन भनेर सिकून् ।
पावलले पदहरू १-२ मा यस पत्रलाई औपचारिक रूपमा परिचय गराउँछन् । प्राचीन पूर्व नजिक क्षेत्रमा लेखकहरूले पत्रहरूलाई प्रायः यसरी नै सुरु गर्थे ।
यस अध्यायमा, पावलले तिमोथीलाई एक “छोरा” र उनको “बालक” भने । पावलले तिमोथीलाई एक ख्रीष्टिएन र मण्डलीको अगुवाको रूपमा चेलापन गरे । पावलले उनलाई ख्रीष्टमा विश्वास गर्नमा डोहोर्याएको पनि हुन सक्छ । त्यसैकारण, पावलले तिमोथीलाई “विश्वासमा उनको छोरा” भनी भने । , अनि अनि
वंशावलीहरू भनेको कोही व्यक्तिको पूर्खाहरू वा सन्तानहरूको अभिलेख राख्ने सूचीहरू हुन् । राजा हुनलाई ठीक मानिसको छनोट गर्नको निमित्त यहूदीहरूले वंशावलीहरूको प्रयोग गर्थे । सामान्यतया केवल राजाको छोरा मात्र राजा हुन मिल्ने भएकोले तिनीहरूले यसो गर्थे । तिनीहरू कुन कुल र घरानाबाट आएका हुन् भन्ने कुरा पनि तिनले देखाउँथे । उदाहरणको लागि, पूजाहारीहरू लेवीको कुल र हारूनको परिवारबाटबाट आउँथे । अधिकांश प्रमुख मानिसहरूको पनि तिनीहरूका वंशावलीहरूको अभिलेख हुने गर्थ्यो ।
“यदि कोही व्यक्तिले व्यवस्थालाई त्यसअनुसार चलाउँछ भने व्यवस्था असल छ” भन्ने पदावली एउटा शब्दखेल वा शब्दहरूमा गरिएको खेल हो । “यदि कोही व्यक्तिले व्यवस्थालाई त्यसअनुसार चलाउँछ भने व्यवस्था असल छ” भन्ने वाक्यांश शब्दहरूमा गरिएको खेल हो । “व्यवस्था” र “व्यवस्था अनुसार” भन्ने शब्दहरू मूल भाषामा उस्तै सुनिन्छन् ।
यस पुस्तकमा, अन्य किसिमले उल्लेख नगरिएसम्म, “हाम्रो” शब्दले पावल र तिमोथी
“म पावलले यो पत्र लेखेँ । म एक प्रेरित हुँ ।” तपाईंको भाषामा पत्रको लेखकको परिचय दिने कुनै खास शैली हुन सक्छ । पत्रको परिचय दिएको तुरुन्तै पछि, यूएसटीमा जस्तै, यो पत्र कसलाई लेखिएको थियो भन्ने कुरालाई सङ्केत गर्न पनि तपाईंलाई इच्छा लाग्न सक्छ ।
“ ... को आज्ञाद्वारा” वा “ ... को अधिकारद्वारा
“परमेश्वर जसले हामीलाई बचाउनुहुन्छ”
यहाँ “हाम्रो निश्चयता”ले त्यस व्यक्तिलाई जनाउँछ जसमा हामीले निश्चयता राखेका छौँ । वैकल्पिक अनुवादः “ख्रीष्ट येशू, जो नै त्यो व्यक्ति हुनुहुन्छ जसमा हामीले निश्चयता राखेका छौँ” वा “ख्रीष्ट येशू, जसलाई हामी भरोसा गर्छौँ”
पावलले तिमोथीसँगको उनको घनिष्ठ सम्बन्धको विषयमा यसरी बताउँछन् कि मानौँ तिनीहरू बाबुछोरा थिए । यसले तिमोथीको लागि पावलको साँचो प्रेम र अनुमोदनलाई देखाउँछ । यो सम्भाव्य छ कि तिमोथी पावलद्वारा नै ख्रीष्टमा ल्याइएका थिए, र त्यसैले गर्दा पावलले उनलाई आफ्नै सन्तान झैँ मान्थे । वैकल्पिक अनुवादः “जो मेरो लागि साँच्चै एक छोरा झैँ छन्”
“तिमीलाई अनुग्रह, कृपा र शान्ति होस्” वा “तिमीले दया, कृपा र शान्तिको अनुभव गर्न सकेका होऔ”
“परमेश्वर, जो हाम्रो पिता हुनुहुन्छ ।” यहाँ “पिता” भनेको परमेश्वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।
“ख्रीष्ट येशू, जो हाम्रा प्रभु हुनुहुन्छ”
यस पत्रमा प्रयोग गरिएको “तिमी” शब्द एकवचनमा छ र त्यसले तिमोथीलाई जनाउँछ ।
पावलले तिमोथीलाई व्यवस्थाको गलत प्रयोगलाई इन्कार गर्न र परमेश्वरबाटको असल शिक्षाको प्रयोग गर्नलाई उत्साह दिन्छन् ।
“मैले ... तिमीसँग बिन्ती गरेजस्तै” वा “मैले ... तिमीलाई असाध्यै आग्रह गरेजस्तै”
“एफिसीको सहरमा मेरो लागि पर्ख”
आशय दिन खोजिएको जानकारीलाई स्पष्ट रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले सिकाएकोभन्दा फरक सिद्धान्त”
बुझिएको जानकारीलाई प्रस्ट रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र तिनीहरूलाई ... ध्यान नदिनको लागि तिमीले आज्ञा गरेको पनि म चाहन्छु”
यी शायद तिनीहरूका पूर्खाहरूका बारेमा भएका कथाहरू हुनसक्छन् ।
पावलले वंशावलीहरू धेरै लामा छन् भन्ने कुरालाई जोड दिनको लागि “अन्त्यहीन” शब्दको प्रयोग गर्छन् ।
कोही व्यक्तिको बाबुआमा र पूर्खाहरूका बारेमा लिखित वा मौखिक रूपमा भएको अभिलेख
“तिनीहरूले मानिसहरूलाई रीसका साथ असहमत हुने बनाउँछन् ।” मानिसहरूले कथाहरू र वंशावलीहरूको बारेमा बहस गर्थे जसका बारेमा कसैले पनि पक्का गरेर सत्यता थाहा गर्न सक्दैनथ्यो ।
सम्भावित अर्थहरू हुन् १) “हामीलाई बचाउनको लागि परमेश्वरको योजना बुझ्न हामीलाई सहयोग गर्नको साटोमा, जसका बारेमा हामी विश्वासद्वारा सिक्छौँ” वा २) “हामीलाई परमेश्वरको काम गर्नलाई सहायता गर्नको साटोमा, जुन हामी विश्वासद्वारा गर्छौँ ।”
यहाँ यो शब्दलाई मुख्य शिक्षामा आएको छोटो रोकावटलाई अङ्कित गर्नको लागि प्रयोग गरिएको छ । यहाँ आफूले तिमोथीलाई आज्ञा दिइरहेका कुराको उद्देश्यलाई पावलले व्याख्या गर्छन् ।
यहाँ यसले पुरानो करार वा दश आज्ञाहरूको अर्थ दिँदैन, बरु पावलले १ तिमोथी १:३](./03.md) र [१ तिमोथी १:४ मा दिएका निर्देशनहरूलाई जनाउँछ ।
सम्भावित अर्थहरू हुन् १) “परमेश्वरलाई प्रेम गर्नु हो” वा २) “मानिसहरूलाई प्रेम गर्नु हो ।”
यहाँ “विशुद्ध” शब्दको अर्थ त्यस व्यक्तिसँग खराबी गर्नलाई लुकेको मनसाय छैन भन्ने हुन्छ । यहाँ “हृदय”ले व्यक्तिको मन र विचारहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यो मनबाट जुन इमान्दार छ”
“गलतको साटोमा ठीक कुराहरू छान्ने विवेक”
“सच्चा विश्वास” वा “कपटरहितको विश्वास”
पावलले ख्रीष्टमा गरिने विश्वासको विषयमा यसरी कुरा गर्छन् मानौँ त्यो कुनै लक्ष्य राख्नुपर्ने निशाना हो । पावलको अर्थ यो हो कि केही मानिसहरूले तिनीहरूको विश्वासको उद्देश्यलाई पूरा गरिरहेका छैनन्, जुन चाहिँ उनले १:५ मा व्याख्या गरेको जस्तै प्रेम गर्नु नै हो ।
यहाँ “तर्केका छन्” भनेको एउटा वाक्पद्धति हो जसको अर्थ तिनीहरूले परमेश्वरले आज्ञा गर्नुभएको कुरा गर्न छाडेका छन् भन्ने हुन्छ ।
यहाँ “व्यवस्था”ले मोशाको व्यवस्थालाई जनाउँछ ।
“तिनीहरूले नबुझे तापनि” वा “र अझै पनि तिनीहरूले बुझ्दैनन्”
“जुन तिनीहरूले त्यस्तो दृढताका साथ सत्य हो भनी भन्छन्”
“व्यवस्था उपयोगी छ भनी हामी बुझ्दछौँ” वा “व्यवस्था फाइदाजनक छ भनी हामी बुझ्दछौँ”
“यदि कोही व्यक्तिले यसलाई ठीक ढङ्गले प्रयोग गर्छ भने” वा “यदी कोही व्यक्तिले यसलाई परमेश्वरले चाहनुभएको अनुसार प्रयोग गर्छ भने”
“किनभने हामी यो चाल पाउँछौँ” वा “हामी यो पनि जान्दछौँ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि परमेश्वरले धर्मी मानिसको लागि व्यवस्था बनाउनुभएन”
यहाँ “मानिस” शब्दले पुरुष र स्त्री दुवैलाई समावेश गर्छ । वैकल्पिक अनुवादः “एक धर्मी व्यक्ति” वा “एक असल व्यक्ति”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले व्यवस्था बनाउनुभयो”
यसले त्यस्तो व्यक्तिलाई जनाउँछ जो आफूसँग विवाह नभएको कोही व्यक्तिसँग सुत्छ ।
अरू पुरुषहरूसँग सुत्ने पुरुषहरू
“तिनीहरू जसले मानिसहरूलाई दासहरूको रूपमा बेच्नको लागि अपहरण गर्छन्” वा “मानिसहरूलाई दासहरूको रूपमा बेच्नको लागि लिने मानिसहरू”
“साँचो ख्रीष्टिएन शिक्षाको विरुद्धमा भएको अन्य कुनै पनि काम गर्नेहरूको निम्ति”
“धन्यको परमेश्वरको महिमाको बारेमा भएको सुसमाचार” वा “महिमामय र धन्यको परमेश्वरको सुसमाचार”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन परमेश्वरले मलाई दिनुभएको छ र त्यसको निम्ति मलाई जिम्मेवार बनाउनुभएको छ”
पावलले विगतमा कसरी काम गरे भन्ने कुरा बताउँछन् र तिमोथीलाई परमेश्वरमा भर पर्न उत्साह दिन्छन् ।
“उहाँले मलाई भरोसायोग्य ठान्नुभयो” वा “उहाँले मलाई भरपर्दो ठान्नुभयो”
पावलले परमेश्वरको सेवा गर्ने काम चाहिँ कसैलाई राख्न सकिने स्थान भएजसरी कुरा गर्छन् । वैकल्पिक अनुवादः “उहाँले मलाई उहाँको सेवा गर्नलाई नियुक्त गर्नुभयो” वा “उहाँले मलाई उहाँको सेवकको रूपमा नियुक्त गर्नुभयो”
“म ख्रीष्टको विरुद्धमा दुष्ट कुराहरू बोल्ने व्यक्ति थिएँ ।” पावलले उनी ख्रीष्टिएन हुनुभन्दा अगाडिको समयमा भएको उनको चरित्रलाई जनाइरहेका छन् ।
“एक व्यक्ति जसले ख्रीष्टमा विश्वास गर्नेहरूलाई सतावट दिन्थ्यो”
“एक व्यक्ति जो अरू मानिसहरूप्रति निर्दयी थियो ।” यो एउटा यस्तो व्यक्ति हो जसले विश्वास गर्छ कि उससँग अरूहरूलाई चोट लाउने अधिकार छ ।
“तर किनभने म येशूमा विश्वास गर्दैनथै, र मैले के गरिरहेको थिएँ भनेर मलाई थाहा थिएन, मैले येशूबाट कृपा प्राप्त गरेँ”
“येशूले मलाई कृपा देखाउनुभयो” वा “येशूले ममाथि कृपा गर्नुभयो”
“र अनुग्रह”
पावलले परमेश्वरको अनुग्रहको विषयमा यसरी बताउँछन् मानौँ त्यो कुनै तरल पदार्थ हो जसले कुनै भाँडोलाई भर्न सक्थ्यो र भाँडो भरिएपछि भाँडोको मुखबाट पोखिन सक्थ्यो । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई धेरै अनुग्रह देखाउनुभयो”
यो परमेश्वरले पावललाई धेरै अनुग्रह देखाउनुभएको प्रतिफल हो । वैकल्पिक अनुवादः “जसले मलाई येशूमा भरोसा गर्ने र उहाँलाई प्रेम गर्ने तुल्यायो”
यसले येशूको विषयमा यसरी बताउँछ कि मानौँ उहाँ तरल पदार्थ राख्ने कुनै भाँडो हुनुहुन्छ । यहाँ “येशू ख्रीष्टमा” भन्ने कुराले येशूसँग सम्बन्ध भएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “जुन ख्रीष्ट येशूले परमेश्वरलाई दिनको लागि मलाई सक्षम बनाउनुहुन्छ किनकि म उहाँसँग एक भएको छु”
“यो भनाइ सत्य छ”
“हामीले यसलाई बिना कुनै शंका ग्रहण गर्नुपर्छ” वा “हामीले यसलाई पूर्ण निश्चयताका साथ ग्रहण गरेको सुहाउँछ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई दया देखाउनुभयो” वा “मैले परमेश्वरबाट दया प्राप्त गरेँ”
“ताकि मद्वारा, ... सबैभन्दा खराब पापी”
यहाँ “अब” शब्दलाई मुख्य शिक्षामा आएको छोटो रोकावटलाई अङ्कित गर्नको लागि प्रयोग गरिएको छ । यहाँ पावलले परमेश्वरलाई प्रशंसा गर्छन् ।
“अनन्तका राजा” वा “सदाको लागि मुख्य शासक”
“आदर” र “महिमा” जस्ता भाववाचक नामपद शब्दहरूलाई क्रियापदहरूको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अब मानिसहरूले युग-युगका राजालाई सदा आदर र महिमा गरून् जो अविनाशी, अदृश्य, र एकमात्र परमेश्वर हुनुहुन्छ”
पावलले उनका निर्देशनहरूको विषयमा यसरी बताउँछन् कि मानौँ उनले तिनलाई कुनै भौतिक वस्तु जसरी नै तिमोथीको अगाडि राख्न सक्थे । वैकल्पिक अनुवादः “म तिमीलाई यो आज्ञा भरोसाका साथ सुम्पदैछु” वा “म तिमीलाई यो आज्ञा दिइरहेको छु”
पावलले तिमोथीसँगको उनको नजिकको सम्बन्धको विषयमा यसरी बताउँछन् कि मानौँ पावल चाहिँ बाबु हुन् र तिमोथी बालक हुन् । यो पनि सम्भाव्य छ कि तिमोथीलाई पावलद्वारा नै ख्रीष्टमा ल्याइएको थियो, र त्यसैले गर्दा हो कि पावलले उनलाई आफ्नै सन्तान जस्तै ठाने । वैकल्पिक अनुवादः “जो साँच्चै मेरो सन्तान झैँ छन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अरू विश्वासीहरूले तिम्रो बारेमा अगमवाणी गरेको कुरा अनुसार”
तिमोथीले प्रभुको लागि काम गर्दै रहेको कुराको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ तिनी कुनै युद्ध लडिरहेको सिपाही हुन् । वैकल्पिक अनुवादः “प्रभुको लागि कडा मिहिनतका साथ काम गरिरहन सक”
“गलतको साटोमा असल कुरालाई छान्ने विवेक ।” तपाईंले यसलाई १ तिमोथी १:५ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
पावलले यी मानिसहरूको विश्वासको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो कुनै जहाज हो जसलाई समुद्रमा तहसनहस गर्न सकिन्थ्यो । उनको अर्थ हो कि तिनीहरूले तिनीहरूका विश्वासलाई नाश पारेका छन् र अब येशूमा विश्वास गर्दैनन् । यदि यो लक्षित भाषामा बुझिनेछ भने तपाईंले यसलाई वा यस्तै समान अलङ्कारलाई प्रयोग गर्नुपर्छ ।
यी पुरुषहरूका नाउँहरू हुन् ।
पावलले यी मानिसहरूलाई भौतिक रूपमा नै शैतानकहाँ जिम्मा लगाएको जसरी कुरा गर्छन् । यसको अर्थ सम्भवतः यो हो कि पावलले तिनीहरूलाई विश्वासीहरूको समुदायबाट इन्कार गरे । किनकि तिनीहरू अब समुदायको हिस्सा होइनन्, शैतानले तिनीहरूमाथि शक्ति चलाउन सक्छ र तिनीहरूलाई हानी गर्न सक्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि परमेश्वरले तिनीहरूलाई सिकाउनुभएको होस्”
1 यसकारण, सर्वप्रथम म आग्रह गर्दछु कि सबै मानिसहरूको निम्ति अनुरोधहरू, प्रार्थनाहरू, अन्तरबिन्तीहरू र धन्यवाद चढाइऊन्, 2 राजाहरूका लागि र अधिकारमा हुनेहरूका लागि पनि ताकि हामीले हरप्रकारले धार्मिक र मर्यादापूर्वक आदरणीय र शान्तिपूर्ण जीवन जिउन सकौँ । 3 यो परमेश्वर हाम्रा मुक्तिदाताको सामु असल र ग्रहणयोग्य छ । 4 उहाँले सबै मानिसहरू बाचून् र सत्यताको ज्ञानमा आऊन् भन्ने चाहनुहुन्छ । 5 किनभने परमेश्वर एकमात्र हुनुहुन्छ, मानिस र परमेश्वरको बीच केवल एकमात्र मध्यस्तकर्ता, मानिस ख्रीष्ट येशू हुनुहुन्छ । 6 जसले आफैँलाई सबैका छुटकाराको मोलको स्वरूप दिनुभयो, जुन ठीक समयमा दिइएको थियो । 7 यसै उद्देश्यसको लागी एक सन्देशवाहक बनाइएँ । म साँचो बोल्छु; म ढाँट्दिन । म विश्वास र सत्यतामा अन्यजातीहरूको शिक्षक हुँ । 8 यसकारण, म सबै ठाउँमा पुरुषहरूले विना क्रोध र शंका, पवित्र हात उचाल्दै प्रार्थना गरेको चाहन्छु । 9 यसै गरी म महिलाहरूले सरलता, भद्रता र आत्मसंयमताकासाथ वस्त्र पहिरुन्, कपालको सृंगारपटार वा सुन वा मोती वा बहुमूल्य वस्त्र पहिरेर होइन, 10 तर महिलालाई सुहाउने भक्ति देकखाउने असल कामहारूद्वारा सुसज्जित होऊन । 11 एउटा स्त्रीले सारा आज्ञापालन चुपचापसित सिकून् । 12 म स्त्रीलाई सिकाउन र पुरुषमाथि अधिकार गर्न अनुमति दिन्न तर तिनी चुपचाप रहून् । 13 किनभने आदम पहिले सृष्टि भएका थिए त्यसपछि हव्वा 14 र आदम छलिएका थिएन तर स्त्री पूर्ण रूपले अपराधमा छलिएकी थिइन् । 15 तरै पनि, यदि तिनीहरू भद्रतासाथ विश्वास, प्रेम र पवित्र आत्मामा लागि रहे भने बालक जन्माउदा तिनीहरू बचाइनेछन् ।
पावलले ख्रीष्टिएनहरूलाई सबैको लागि प्रार्थना गर्नलाई उत्साह दिन्छन् । तिनीहरूले शासकहरूको लागि प्रार्थना गर्नुपर्छ ताकि ख्रीष्टिएनहरूले शान्तिपूर्ण रूपमा, र धर्मी र आदरणीय तरिकाले जीवन जिउन सकून् ।
यो खण्डलाई त्यसको ऐतिहासिक र सांस्कृतिक सन्दर्भको आधारमा कसरी बुझ्ने भनेर विद्वानहरू फरक मत राख्छन् । केही विद्वानहरूले विश्वास गर्छन् कि पुरुष र स्त्री सबै कुराहरूमा पूर्ण रूपमा बराबर हुन्छन् । अरू विद्वानहरूले विश्वास गर्छन् कि परमेश्वरले पुरुष र स्त्रीलाई विवाहमा र मण्डलीमा फरक छुट्ट्याउन सकिने विभिन्न भूमिकाहरूमा सेवा गर्ने गरी सृजनुभयो । अनुवादकहरूले यो खण्डलाई कसरी अनुवाद गर्छन् भन्ने कुरामा आफूहरूले यो विषयलाई बुझ्ने तरिकाले असर पार्न नदिन तिनीहरू होशियार हुनुपर्छ ।
यी शब्दहरूको अर्थ मिल्दाजुल्दा छन् । यिनीहरूलाई पूर्णतया फरक वर्गहरूको रूपमा हेर्न आवश्यक छैन ।
सबै मानिसहरूको लागि प्रार्थना गर्नको लागि पावलले तिमोथीलाई उत्साह दिन्छन् ।
“सबैभन्दा बढी महत्वपूर्ण” वा “सबैकुरा भन्दा अगि”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म सबै विश्वासीहरूलाई परमेश्वरलाई अनुरोधहरू, प्रार्थनाहरू, अन्तरबिन्तीहरू, र धन्यवादज्ञापनहरू चढाउनको लागि आग्रह गर्दछु”
“म बिन्ती गर्छु” वा “म अनुरोध गर्छु”
यहाँ “शान्तिपूर्ण” र “शान्त”को अर्थ एउटै हुन्छ । सबै विश्वासीहरूले अधिकारीहरूबाट कुनै समस्या ननिम्त्याइकन शान्त जीवन जिउन सक्षम भएका पावल चाहन्छन् ।
“जसले परमेश्वरको महिमा गर्छ र जसलाई अरू मानिसहरूले सम्मान गर्नेछन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले सबै मानिसहरूलाई बचाउन र तिनीहरू सत्यताको ज्ञानमा आएका चाहनुहुन्छ”
पावलले परमेश्वरको बारेमा सत्यतालाई जान्ने विषयमा यसरी बताउँछन् मानौँ त्यो कुनै स्थान हो जहाँ मानिसहरूलाई ल्याउन सकिन्छ । वैकल्पिक अनुवादः “सत्य के हो भनेर जान्न र स्वीकार गर्न”
मध्यस्तकर्ता भनेको त्यस्तो व्यक्ति हो जसले विवादमा रहेका दुई पक्षहरूका बीचमा शान्तिपूर्ण निष्कर्ष ल्याउनका निमित्त बहस गर्नलाई सहयोग गर्छन् । यहाँ येशूले पापीहरूलाई परमेश्वरसँगको शान्तिपूर्ण सम्बन्धमा प्रवेश गर्नलाई सहायता गर्नुहुन्छ ।
“स्वेच्छाले मर्नुभयो”
“स्वतन्त्रताको निम्ति चुकाएको मूल्यस्वरूप” वा “स्वतन्त्रता पाउनलाई तिरेको भुक्तानीस्वरूप”
यो परमेश्वरले सबै मानिसहरूलाई बचाउन चाहनुहुन्छ भन्ने कुराको विषयमा भएको गवाही थियो भनेर स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले सबै मानिसहरूलाई बचाउन चाहनुहुन्छ भनी ठीक समयमा दिइएको प्रमाणस्वरूप”
यसको अर्थ हो कि यो परमेश्वरले चुन्नुभएको समय थियो ।
“यसैको लागि” वा “यही कारणले”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ख्रीष्टले म, पावललाई, एक शिक्षक र प्रेरित बनाउनुभयो”
“म अन्यजातिहरूलाई विश्वास र सत्यताको सन्देश सिकाउँछु ।” यहाँ पावलले एउटै विचारलाई व्यक्त गर्नको लागि “विश्वास” र “सत्यता” जस्ता शब्दहरूको प्रयोग गरिरहेका हुन सक्छन् । वैकल्पिक अनुवादः “म अन्याजातिहरूलाई सत्य विश्वासको बारेमा सिकाउँछु”
पावलले प्रार्थनाको बारेमा भएका उनका निर्देशनहरू दिन सकाउँछन् र त्यसपछि स्त्रीहरूको लागि केही खास निर्देशनहरू दिन्छन् ।
यहाँ “पवित्र हात”ले सम्पूर्ण व्यक्ति नै पवित्र छ भन्ने अर्थ दिन्छ । वैकल्पिक अनुवादः “सबै ठाउँमा भएका पवित्र पुरुषहरूले तिनीहरूका हातहरू उचालेका र प्रार्थना गरेका म चाहन्छु”
“सबै ठाउँमा भएका पुरुषहरू” वा “सबैतिरका पुरुषहरू ।” यहाँ “मानिसहरू” शब्दले खासगरी पुरुषहरूलाई जनाउँछ ।
प्रार्थना गर्दा मानिसहरूले तिनीहरूका हातहरू उचाल्नु भनेको सामान्य शारीरिक हाउभाउ थियो ।
यी दुवै शब्दहरूले सामान्य रूपमा एउटै अर्थ दिन्छन् । स्त्रीहरूले सुहाउँदो वस्त्रहरू पहिरनुपर्छ र पुरुषहरूबाट अनुचित ध्यानाकर्षण हुने ठाउँ दिनुहुँदैन भनेर पावलले जोड दिइरहेका छन् ।
पावलको समयमा, थुप्रै रोमी स्त्रीहरूले आफूलाई आकर्षक बनाउनको लागि तिनीहरूका कपालमा चुल्ठो बाट्ने गर्दथे । चुल्ठो बाट्नु भनेको कुनै स्त्रीले तिनको कपालमा अनावश्यक आकर्षण तान्ने एउटा तरिका हो । यदि कपालमा चुल्ठो बाट्ने भनेको नजानिएको कुरा हो भने, यसलाई अझ बढी सामान्य तरिकामा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले नक्कल-झक्कल शैलीको कपाल बनाउनुहुँदैन” वा “तिनीहरूले शानदार किसिमले कपाल सिङ्गार्नु हुँदैन जसले ध्यानाकर्षण गर्छ”
यी सुन्दर र मूल्यवान् सेता गुच्चाहरू हुन् जसलाई मानिसहरूले गहनाको रूपमा प्रयोग गर्छन् । ती समुद्रमा बस्ने कुनै खास किसिमको साना जीवहरूको खोलभित्र बन्छन् ।
“जसले आफूहरूले गर्ने असल कुराहरूद्वारा परमेश्वरलाई सम्मान गर्न चाहन्छन्”
“चुपचाप भएर”
“र सिकाइएका कुराहरूमा समर्पण गर्नु”
“म स्त्रीलाई स्वीकृति दिन्न”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आदम नै हुन् जसलाई परमेश्वरले पहिला बनाउनुभयो” वा “परमेश्वरले आदमलाई पहिला बनाउनुभयो”
बुझिएको जानकारीलाई स्पष्ट रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र त्यसपछि परमेश्वरले हव्वालाई बनाउनुभयो” वा “त्यसपछि परमेश्वरले हव्वाको सृष्टि गर्नुभयो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र ती आदम थिएनन् जसलाई सर्पले छल्यो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर त्यो एक स्त्री थिइन् जसले परमेश्वरको अनाज्ञापालन गरिन् जब सर्पले तिनलाई छल्यो”
यहाँ “तिनी”ले सामान्य अर्थमा स्त्रीहरूलाई जनाउँछ । सम्भावित अर्थहरू हुन् १) परमेश्वरले स्त्रीहरूलाई शारीरिक रूपमा सुरक्षित राख्नुहुनेछ जब तिनीहरूले सन्तानलाई जन्म दिन्छन्, वा २) परमेश्वरले स्त्रीहरूलाई तिनीहरूका पापहरूबाट तिनीहरूको सन्तान जन्माउने भूमिकाद्वारा बचाउनुहुनेछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनलाई बचाउनुहुनेछ” वा “परमेश्वरले स्त्रीहरूलाई बचाउनुहुनेछ”
“यदी तिनीहरू ... मा रहे भने” वा “यदी तिनीहरू ... जिइरहे भने ।” यहाँ “तिनीहरू”ले स्त्रीहरूलाई जनाउँछ ।
यहाँ भएका भाववाचक नामपदहरूलाई मौखिक वाक्यांशहरूसँग अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूलाई भरोसा गर्न र अरूहरूलाई प्रेम गर्न र एक पवित्र जीवन जिउनमा”
यस वाक्पद्धतिको लागि सम्भावित अर्थहरू हुन् १) “असल निर्णयका साथ”, २) “भद्रताका साथ”, ३) “आत्मसंयमका साथ ।”
यदि अनुवादमा यो वाक्पद्धति रहन्छ भने, भाववाचक नामपद “सुशीलता”लाई विशेषणको साथमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एक सुशील दिमाग”"
1 यो भनाइ भरोसायोग्य छ, यदि कसैले बिशप हुने इच्छा गर्छ भने उसले असल कामको इच्छा गर्दछ । 2 तसर्थ, बिशपचाहिँ दोषरहित होस् । र एउटा पत्नीको पति, संयमी, समझदार, व्यवस्थित, अथिति सत्कार गर्ने, सिकाउन सक्ने, 3 मतवाला र रिसाहा होइन तर भद्र, नम्र, शान्तिप्रिय, रूपैयाँपैसाको लोभ नगर्ने । 4 तिनले आफ्नो घरबार राम्रोसँग व्यवस्थापन गर्नुपर्छ । र उसका छोराछोरीले तिनको आज्ञापालन पुरा आदरका साथ गर्नु पर्छ । 5 तर यदि एउटा मानिसले आफ्नो घरलाई राम्रोसँग व्यवस्थापन गर्न जान्दैन भने उसले कसरी परमेश्वरको मण्डलीको वास्ता गर्न सक्दछ ? 6 तिनी नयाँ विश्वासी हुनुहुँदैन ताकि तिनी घमण्डी भएर शैतानझैँ दण्डमा नपरून् । 7 तिनी बाहिरको मानिसहरूको दृष्टिकोणमा पनि प्रतिष्ठित हुनुपर्दछ । ताकि तिनी शर्ममा र दुष्टको पासोमा नपरून् । 8 त्यसैगरी डिकनहरू पनि प्रतिष्ठित होऊन, दुई-जिब्रे, धेरै मद्य पिउने्, र लोभी नहून् । 9 तिनीहरूले प्रकट गरिइएको विश्वासको सत्यतालाई शुध्द विवकले कायम राख्नु पर्छ । 10 पहिले स्विकृत भएपछि तिनिहरूले सेवामा गर्नुपर्छ किनभने तिनीहरू कलंकित हुनुहुँदैन । 11 त्यसैगरी स्त्रीहरू पनि प्रतिष्ठित होऊन्, निन्दा नगर्ने, न्रम र सबै कुरामा विश्वासयोग्य हुनुपर्दछ । 12 डिकनहरू एउटा पत्नीको पति र आफ्नो छोराछोरीहरू र घरलाई राम्रोसँग व्यवस्थापान गर्ने हुनुपर्दछ । 13 किनभने तिनीहरू जसले असल सेवा गरेकाछन् तिनीहरूले आफ्नो निम्ति प्रतिष्ठा र ख्रीष्ट येशूमा भएको विश्वासद्वारा ठुलो भरोसा पाउँछन् । 14 म तिमीलाई यी कुराहरू लेख्छु र म तिमी कहाँ चाँडै आउने आशा गर्दछु । 15 तर यदि मैले ढिलो गरेँ भने परमेश्वरको घराना जुन जीवित परमेश्वरको मण्डली, सत्यताको खाँबो र आड हो, त्यो सही बाटोमा डोर्याइनु पर्छ तिमीले जान भन्ने हेतुले म तिमीलाई लेख्दैछु । 16 र सँगै हामी, सहमत हुन्छौँ, “कि धार्मिकताको प्रकटित सत्याता महान छः उहाँ शरीरमा प्रकट हुनुभयो, पवित्र-आत्माद्वारा धर्मी ठहरिनुभयो, “स्वर्गदूतहरूबाट देखिनुभयो, जाति-जातिहरूको माझमा घोषणा गरिनु भयो, संसारमा विश्वास गरिनुभयो”, र “महिमामा माथि लगिनु भयो ।”
१ तिमोथी ३:१६ शायद एउटा गीत, कविता, वा सबै विश्वासीहरूको लागि साझा रहेका महत्त्वपूर्ण शिक्षाहरूलाई सूचीकृत गर्न सुरुको मण्डलीले प्रयोग गर्ने सार थियो ।
मण्डली अगुवाहरूको लागि प्रयोग गरिएका विभिन्न शीर्षकहरूलाई लिएर त्यहाँ केही असहमति छ । त्यस्ता केही शीर्षकहरू हुन्ः निरीक्षक, एल्डर, पास्टर, र बिशप ।मण्डलीका अगुवाहरूका लागि मण्डलीले विभिन्न शीर्षकहरूको प्रयोग गरेको छ । ती केही शीर्षकहरूमा एल्डर, पास्टर, र बिशप पर्छन् । पदहरू १-२ मा “बिशप” शब्दले मूल भाषाको अर्थलाई झल्काउँछ । पदहरू ८ र १२ मा अर्कै किसिमको मण्डलीको अगुवाको रूपमा “डिकनहरू”को बारेमा पावलले लेख्छन् ।
यदि कोही मानिस मण्डलीमा निरीक्षक वा डिकन हुने हो भने त्यस मानिसमा हुनुपर्ने विभिन्न विशेषताहरूलाई यस अध्यायले सूचीकृत गर्छ ।
मण्डलीका बिशपहरूले कसरी व्यवहार गर्नुपर्छ र तिनीहरू कस्ता हुनुपर्छ भन्ने विषयमा पावलले केही विशेष निर्देशनहरू दिन्छन् ।
“एउटा सम्मानित कार्य”
बिशपको एउटा मात्रै श्रीमती हुनुपर्दछ । यसले विगतमा पत्नी मरेका वा पत्नीसँग सम्बन्धविच्छेद भएका, वा कहिल्यै विवाह नगरेका पुरुषहरूलाई हटाउँछ वा हटाउँदैन भनेर प्रस्ट छैन ।
“उसले कुनै पनि अत्याधिक हुने गरी गर्नुहुँदैन, विवेकशील भएर सोच्नुपर्छ र असल व्यवहार देखाउनुपर्छ, र आगन्तुकहरूप्रति मैत्रीपूर्ण हुनुपर्छ”
“तिनले कहिल्यै पनि असाध्यै मद्यपान गर्नुहुँदैन नता झगडा वा विवाद गर्न मन पराउने हुन हुन्छ, तर त्यसको साटोमा ऊ भलाद्मी र शान्तिपूर्ण हुनुपर्छ”
“पैसाको लागि लोभी”
“तिनले ... अगुवाइ गर्नुपर्छ” वा “तिनले ... को वास्ता गर्नुपर्छ”
सम्भावित अर्थहरू हुन् १) बिशपका छोराछोरीहरूले तिनीहरूका बाबुको आज्ञापालन गर्नुपर्छ र तिनलाई सम्मान देखाउनुपर्छ वा २) बिशपका छोराछोरीहरूले सबैलाई सम्मान देखाउनुपर्छ वा ३) बिशपले तिनको घरानामा भएकाहरूलाई सम्मान देखाउनुपर्छ जसै तिनले उनीहरूलाई अगुवाइ गर्छन् ।
“पूर्ण सम्मान” वा “सबै समयहरूमा आदरपूर्वक”
“किनकि जब कुनै मानिसले ... व्यवस्थापन गर्न सक्दैन”
पावलले तिमोथीलाई सिकाउनको लागि एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “उसले परमेश्वरको मण्डलीको हेरविचार गर्न सक्दैन” वा “ऊ परमेश्वरको मण्डलीलाई अगुवाइ गर्न सक्षम हुने छैन ।”
यहाँ “मण्डली”ले परमेश्वरका मानिसहरूको स्थानीय समूहलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरका मानिसहरूको समूह” वा “तिनले रेखदेख गरिरहेका विश्वासीहरू”
“ऊ नयाँ विश्वासी हुनुहुँदैन” वा “ऊ एक परिपक्व विश्वासी हुनैपर्छ”
गल्ती गरेकोमा दण्डको भागीदार हुने कुरालाई पावलले यसरी बताउँछन् कि मानौँ त्यो भनेको कुनै खाल्डो हो जसमा कोही व्यक्ति खस्न सक्छ । वैकल्पिक अनुवादः “परमेश्वरले शैतानलाई दण्डित गर्नुभए झैँ गरी उहाँले उसलाई पनि दण्डित गर्नु”
“मण्डली बाहिर भएकाहरू ।” पावलले मण्डलीलाई कुनै स्थानको रूपमा वर्णन गर्छन्, र अविश्वासीहरू चाहिँ त्यसभन्दा बाहिर भएका मानिसहरूको रूपमा वर्णन गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरू जो ख्रीष्टिएनहरू होइनन्”
पावलले निन्दाको विषयमा र शैतानले कसैलाई पाप गर्न लगाउने कुराको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो भनेको कुनै खाल्डो वा पासो हो जसमा कोही व्यक्ति खस्छ । यहाँ “ ... मा खस्नु” भनेको अनुभव गर्नु भनेको हो । वैकल्पिक अनुवादः “कुनै कुराले उसलाई अविश्वासीहरूको सामु लज्जामा पार्दैन ताकि शैतानले उसलाई पाप गर्न नलगाओस्”
मण्डलीका डिकनहरू र तिनीहरूका पत्नीहरूले कसरी व्यवहार गर्नुपर्छ र तिनीहरू कस्ता हुनुपर्छ भन्ने विषयमा पावलले केही विशेष निर्देशनहरू दिन्छन् ।
“बिशपहरू जस्तै, डिकनहरू”
पावलले यी मानिसहरूको विषयमा यसरी बताउँछन् कि मानौँ तिनीहरू “दुई जिब्रेहरू” थिए वा एकैपटकमा दुईवटा कुरा सक्थे । उनले भन्न खोजेको के हो भने तिनीहरूले एउटा कुरा भन्छन् तर अर्कै अर्थ दिएका हुन्छन् । वैकल्पिक अनुवादः “उचित तरिकाले व्यवहार गर्नुपर्छ र तिनीहरूले जे भन्छन् त्यसको अर्थ त्यही लाग्नुपर्छ”
“तिनीहरूले परमेश्वरको साँचो सन्देशलाई विश्वास गरिरहनुपर्छ जुन सन्देश परमेश्वरले हामीलाई प्रकट गर्नुभयो र जुन हामी विश्वास गर्छौँ ।” यसले त्यो सत्यतालाई जनाउँछ जुन केही समयदेखि त्यहाँ थियो तर अब परमेश्वरले त्यस क्षणमा तिनीहरूलाई देखाइरहनुभएको थियो । पावलले परमेश्वरको बारेमा भएको साँचो सन्देशको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो कुनै वस्तु हो जो कुनै व्यक्तिले आफैँसँग राख्न सक्थ्यो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सत्यता जुन परमेश्वरले प्रकट गर्नुभयो”
आफूले कुनै गल्ती गरेको छैन भनी कुनै व्यक्तिले थाहा गर्ने कुरालाई पावलले यसरी बताउँछन् कि मानौँ त्यो ज्ञान वा विवेक शुद्ध थियो । वैकल्पिक अनुवादः “विश्वास, ठीक कुरा गर्नलाई तिनीहरूले भरमग्दुर कोसिस गरेका छन् भनी जानेर”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अरू विश्वासीहरूले पहिले तिनीहरूको जाँच गर्नुपर्छ” वा “तिनीहरूले पहिले आफैँलाई प्रमाणित गर्नुपर्छ”
यसको अर्थ हो कि अरू विश्वासीहरूले तिनीहरूको मूल्याङ्कन गर्नुपर्छ जो डिकन हुन चाहन्छन् र तिनीहरू मण्डलीमा सेवा गर्नका लागि योग्यका छन् वा छैनन् भनेर निधो गर्नुपर्छ ।
सम्भावित अर्थहरू हुन् १) “स्त्रीहरू”ले डिकनहरूका पत्नीहरूलाई जनाउँछ वा २) “स्त्रीहरू”ले स्त्री डिकनहरूलाई जनाउँछ ।
“उचित व्यवहार गरून्” वा “सम्मानका योग्य होऊन्”
“तिनीहरूले अरू मानिसहरूको विरुद्धमा दुष्ट कुरा बोल्नु हुँदैन”
“कुनै पनि कुरा चाहिने भन्दा बढी नगर्ने ।” तपाईंले यसलाई १ तिमोथी ३:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
एउटा मानिसको एउटा मात्रै पत्नी हुनुपर्दछ । यसले विगतमा पत्नी मरेका वा पत्नीसँग सम्बन्धविच्छेद भएका, वा कहिल्यै विवाह नगरेका पुरुषहरूलाई हटाउँछ वा हटाउँदैन भनेर प्रस्ट छैन । तपाईंले यसलाई १ तिमोथी ३:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“तिनीहरूका छोराछोरीहरू र तिनीहरूका घरहरूमा बस्नेहरूका राम्रोसँग हेरविचार गर्ने र तिनीहरूलाई डोहोर्याउने”
“ती डिकनहरूका लागि” वा “ती मण्डलीका अगुवाहरूको लागि”
“तिनीहरूले आफूहरूका लागि प्राप्त गर्नु” वा “तिनीहरूले आफ्नै लागि पनि फाइदा गर्नु”
यसले भन्न खोजेको अर्थलाई स्पष्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अरू विश्वासीहरूको माझमा राम्रो इज्जत”
सम्भावित अर्थहरू हुन् १) तिनीहरूले अझ बढी निश्चयताका साथ येशूमा भरोसा गर्नेछन् वा २) तिनीहरूले येशूमा भएको आफ्नो विश्वासको बारेमा आत्मविश्वासका साथ अरू मानिसहरूलाई बताउनेछन् ।
पावलले तिमोथीलाई लेख्नुको कारण बताउँछन् र ख्रीष्टको ईश्वरत्वको बारेमा वर्णन गर्छन् ।
“तर कुनै कारणवश म त्यहाँ छिट्टै जान सकिन भने” वा “तर यदि केही कुराले मलाई त्यहाँ चाँडो गरी जानलाई रोक्छ भने”
पावलले विश्वासीहरूको समूह चाहिँ एक परिवार भए झैँ गरी कुरा गर्छन् । सम्भावित अर्थहरू हुन् १) पावलले मण्डलीमा तिमोथीको आचरणको विषयमा मात्र कुरा गरिरहेका छन् । वैकल्पिक अनुवादः “ताकि तिमीले परमेश्वरको परिवारको एक सदस्यको रूपमा आफैँलाई कसरी चलाउने भनेर जान्न सक” वा २) पावलले सामान्य अर्थमा विश्वासीहरूलाई जनाइरहेका छन् । वैकल्पिक अनुवादः “ताकि तिमीहरू सबैले परमेश्वरको परिवारका सदस्यहरूको रूपमा आफूहरूलाई कसरी चलाउने भनेर जान्न सक”
परमेश्वरको घराना, मण्डली र मण्डली भन्न नमिल्ने कुराको बीचमा भेद छुट्ट्याउनुको साटोमा यस वाक्यांशले हामीलाई “परमेश्वरको घराना”को बारेमा जानकारी दिन्छ । यसलाई एउटा नयाँ वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरको घराना । परमेश्वरको परिवारकाहरू जीवित परमेश्वरमा विश्वास गर्नेहरूका समुदाय हुन्”
विश्वासीहरूले ख्रीष्टको बारेमा भएको सत्यताको गवाही दिने कुरालाई पावलले यसरी कुरा गर्छन् कि मानौँ तिनीहरू कुनै भवनलाई आड दिइरहेका खम्बा र जग हुन् । यसलाई एउटा नयाँ वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन जीवित परमेश्वरको मण्डली हो । साथै, परमेश्वरको सत्यतालाई कायम राखेर र त्यसको बारेमा सिकाएर, मण्डलीका यी सदस्यहरूले सत्यतालाई आड दिन्छन् जसरी खाँबो र जगले कुनै भवनलाई आड दिन्छन्”
यहाँ यस अभिव्यक्तिले, यूएसटीमा जस्तै, परमेश्वरको विषयमा कुरा गरिरहेको हुन सक्छ जसले सबैलाई जीवन दिनुहुन्छ ।
“कसैले पनि इन्कार गर्न सक्दैन”
“ ... कि परमेश्वरले प्रकट गर्नु भएको सत्यता महान् छ”
पावलले कुनै गीत वा कवितालाई उद्धरण गरिरहेका हुन सक्ने प्रबल सम्भावना छ । यदि तपाईंको भाषामा यो कविता हो भनेर सङ्केत गर्ने कुनै तरिका छ भने तपाईंले त्यसलाई यहाँ प्रयोग गर्न सक्नुहुन्छ । यदि छैन भने, तपाईंले यसलाई कविताको शैलीको साटोमा साधारण गद्यको रूपमा अनुवाद गर्न सक्नुहुन्छ ।
यहाँ “उहाँ”ले कसलाई जनाएको भनेर अस्पष्ट छ । यसले “परमेश्वर” वा “ख्रीष्ट”लाई जनाउन सक्छ । यसलाई “उहाँ” नै भनेर अनुवाद गर्दा बेस हुन सक्छ । यदि तपाईंले अझ बढी निर्दिष्ट रूपमा जनाउनुपर्छ भने तपाईंले यसलाई “ख्रीष्ट जो परमेश्वर हुनुहुन्छ” वा “ख्रीष्ट” भनेर अनुवाद गर्न सक्नुहुन्छ ।
यहाँ पावलले “शरीर” शब्दको प्रयोग मानिसलाई जनाउनको लागि प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “साँचो मानवको रूपमा”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पवित्र आत्माले पुष्टि गर्नुभयो कि उहाँले आफू जो हुनुहुन्थ्यो भनेर भन्नुभयो, उहाँ सो हुनुहुन्थ्यो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “स्वर्गदूतहरूले उहाँलाई देखे”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धेरै जातिका मानिसहरूले उहाँको बारेमा अरूहरूलाई बताए”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “संसारका धेरै भागका मानिसहरूले उहाँमाथि विश्वास गरे”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वर पिताले उहाँलाई महिमामा माथि स्वर्गमा लैजानुभयो”
यसको अर्थ हो कि उहाँले परमेश्वर पिताबाट शक्ति प्राप्त गर्नुभयो र उहाँ आदरका योग्य हुनुहुन्छ ।
1 अहिले आत्माले प्रष्टसँग भन्नुहुन्छ कि पछि आउने समयमा केही मानिसहरूले विश्वासलाई त्याग्नेछन् र छली आत्माहरू र भूतप्रेतका शिक्षाहरू तिर ध्यान दिनेछन् । 2 झूटा कपटहरू ध्यान दिनेछन् । तिनीहरूको आफ्नै विवेक तातो फलामले दामिनेछ । 3 तिनीहरूले विवाह गर्न र खाना खान मनाही गर्नेछन् जून कुरा सत्यलाई जान्ने विश्वासीहरूको बीचमा धन्यवाद दिएर बाँडचुड गर्नलाई परमेश्वरले सृष्टि गर्नुभयो । 4 किनकि परमेश्वरले सृष्टि गर्नुभएको हरेक चिज असल छ । हामीले धन्यवाद दिएर लिएका कुनै कुराहरू इन्कार गरिनु हुन्न । 5 किनकि यो परमेश्वरको वचन र प्रार्थनाद्वारा त्यसलाई समर्पित गरिएको छ । 6 यदि तिमीले यी कुराहरू दाजुभाइहरूको अगाडि राखीदियौ भने, तिमी येशू ख्रीष्टको असल सेवक हुनेछौ । किनकि तिमी विश्वासको वचन र तिमीले पछ्याएको असल शिक्षाद्वारा पोषित हुनेछौ । 7 तर वृद्ध स्त्रीहरूबाट प्रेम गरे गरिएका संसारिक कथाहरू अस्वीकार । बरू आफैँलाई भक्तिमा तालिम देऊ । 8 किनकि शारीरिक तालिम केही उपयोगी हुन्छ तर भक्तिचाहिँ सबै कुराको लागि उपयोगी हुन्छ । यसमा यो अहिलेको जीवन र आउने जीवनको लागि प्रतिज्ञा रहेको हुन्छ । 9 यो सन्देश भरोसायोग्य र पुरा स्वीकारको योग्य छ । 10 किनकि हामी यसैको लागि हामी संघर्ष र कठिन परिश्रम गर्छौँ । किनभने हामीलाई जीवित परमेश्वरमा भरोसा छ, जो सबै मानिसहरू, विशेष गरी विश्वासीहरूका उद्धारकर्ता हुनुहुन्छ । 11 यी कुराहरू घोषणा गर र सिकाऊ । 12 कसैले पनि तिम्रो जवानीलाई तुच्छ नठानोस् बरू, तिमी विश्वास गर्नेहरूको लागि वचनमा, व्यवहारमा, प्रेममा, विश्वासमा, र पवित्रतामा उदाहरण होऊ । 13 म नआउदासम्म वचन पढाईमा, अर्ति दिने कुरामा, र शिक्षा दिने कुरामा ध्यान देऊ । 14 तिमीमा भएको वरदानलाई हेला नगर, जुन वरदान एल्डरहरूले हात राखेर अगमवाणीद्वारा तिमीलाई दिइएको थियो । 15 यी कुराहरूको ख्याल राख । तिनीहरूमा लागिबस, ताकि तिम्रो प्रगति सबै मानिसहरूको सामू प्रकट होस् । 16 आफैँलाई र आफ्नो शिक्षालाई होसियारीसाथ ध्यान देऊ । यी कुराहरूमा निरन्तर ध्यान देऊ किनकि यसो गर्नाले तिमीले आफुलाई र तिम्रो वचन सुन्नेहरूलाई बचाउने छौ ।
[१ तिमोथी ४:१]
यो अन्तिम दिनहरूलाई जनाउने अर्को एउटा तरिका हो ।
आत्माले भन्नुभएको कुरा हुनेछ भनेर पावलले तिमोथीलाई बताउँछन् र उनले सिकाउनुपर्ने कुराको विषयमा उत्साह दिन्छन् ।
यहाँ यो शब्दलाई प्रमुख शिक्षामा आएको छोटो रोकावटलाई अङ्कित गर्नको लागि प्रयोग गरिएको छ । यहाँ पावलले शिक्षाको एउटा नयाँ पाटोको विषयमा बताउन थाल्छन् ।
सम्भावित अर्थहरू हुन् १) यसले पावलको मृत्युपश्चातको समयलाई जनाउँछ वा २) यो पावलको आफ्नो जीवनमै भएको पछिको समय हो ।
मानिसहरूले ख्रीष्टमा विश्वास गर्न छोड्ने कुराको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ तिनीहरूले कुनै स्थान वा वस्तुलाई भौतिक रूपमा छोडिरहेका थिए । वैकल्पिक अनुवादः “येशूमा भरोसा गर्न छोड्नु”
“र ... ध्यान दिनु” वा “किनभने तिनीहरूले ... ध्यान दिँदैछन्”
“मानिसहरूलाई छल गर्ने आत्माहरू र भूतहरूले सिकाउने कुराहरू”
यसलाई एउटा नयाँ वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ ... भूतप्रेतहरू ... । यी मानिसहरू कपटीहरू हुनेछन् र झूटहरू बोल्नेछन्”
सम्भावित अर्थहरू हुन् १) आफूहरूले गल्ती गरिरहेका छौँ भनेर अब उप्रान्त भन्न नसक्ने मानिसहरूको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ कसैले तातो फलामले डामेको छाला जस्तै गरी तिनीहरूका दिमाग खराब भएका छन् वा २) पावलले यी मानिसहरूको विषयमा यसरी बताउँछन् कि मानौँ शैतानले यी मानिसहरू त्यसका हुन् भनेर सङ्केत दिनको लागि त्यसले तिनीहरूमा तातो फलामले चिन्ह बनाएको थियो ।
“यी मानिसहरूले”
तिनीहरूले विश्वासीहरूलाई विवाह गर्नलाई मनाही गर्नेछन् भनेर आशय दिइएको छ । वैकल्पिक अनुवादः “विश्वासीहरूलाई विवाह गर्न मनाही गर्नु”
तिनीहरूले केही निश्चित खानेकुराहरूलाई मात्र मनाही गर्नेछन् भनेर आशय दिइएको छ । वैकल्पिक अनुवादः “तिनीहरूले विश्वासीहरूलाई केही निश्चित खानेकुराबाट टाढा बस्न लगाउनेछन्” वा “तिनीहरूले मानिसहरूलाई केही निश्चित खानेकुराहरू खान अनुमति दिनेछैनन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले बनाउनुभएको सबै कुरा असल छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले कुनै पनि कुरालाई इन्कार गर्नुहुँदैन जसको लागि हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ” वा “हामीले धन्यवाद दिएर खाएका सबैकुरा ग्रहणयोग्य हुन्छ”
एउटै विचारधारालाई व्यक्त गर्नको लागि “परमेश्वरको वचन” र “प्रार्थना”लाई एकसाथ प्रयोग गरिएको छ । प्रार्थना चाहिँ परमेश्वरले प्रकट गर्नुभएको सत्यतासँग सहमतिमा छ । वैकल्पिक अनुवादः “उहाँको वचनसँगको सहमतिमा प्रार्थना गरेर यो परमेश्वरको प्रयोगको लागि समर्पित गरिएको छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी यसलाई शुद्ध पार्छौँ” वा “हामीले यसलाई अलग राखेका छौँ”
यहाँ “वचन”ले परमेश्वरको सन्देश वा उहाँले प्रकट गर्नुभएको कुरालाई जनाउँछ ।
पावलले उनका निर्देशनहरूको विषयमा यसरी बताउँछन् कि मानौँ तिनीहरू वस्तुहरू हुन् जसलाई विश्वासीहरूको सामु भौतिक रूपमा प्रस्तुत गर्न सकिन्छ । यहाँ, अगाडि राख्नु भनेको निर्देशन दिनु वा सम्झना गराउनु हो । वैकल्पिक अनुवादः “यदि तिमीले विश्वासीहरूलाई यी कुराहरू सम्झन सहायता गर्यौ भने”
यसले १ तिमोथी ३:१६ मा सुरु गरिएको शिक्षालाई जनाउँछ ।
यसले सारा विश्वासीहरूलाई जनाउँछ चाहे पुरुष होऊन् वा स्त्री होऊन् ।
पावलले परमेश्वरको वचन र त्यसको शिक्षाको विषयमा यसरी बताउँछन् कि मानौँ त्यसले तिमोथीलाई खुवाउन र तिनलाई बलियो बनाउन सक्थ्यो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्वासका वचनहरू र तिमीले पछ्याएका असल शिक्षाले तिमीलाई ख्रीष्टमा अझ बलियो गरी विश्वास गर्ने बनाइरहेका छन्”
“मानिसहरूलाई विश्वास गर्ने बनाउने वचनहरू”
“अपवित्र कथाहरू र वृद्धा श्रीमतीहरूका कथाहरू ।” “कथाहरू”को लागि प्रयोग गरिएको शब्द र “किंवदन्तीहरू”को लागि १ तिमोथी १:४ मा प्रयोग गरिएको शब्द एउटै हुन्, त्यसैले तपाईंले यहाँ त्यसरी नै अनुवाद गर्नुपर्छ ।
यो सम्भवतः एउटा अभिव्यक्ति हो जसको अर्थ “मूर्ख” वा “अनौठो” हुन्छ । पावलले “वृद्धा स्त्रीहरू”लाई उल्लेख गरेर उनले तिनीहरूलाई अभिप्रायका साथै अपमान गरिरहेका छैनन् । बरु, उनलाई र उनका पाठकहरूलाई थाहा थियो कि पुरुषहरू स्त्रीहरूभन्दा कम उमेरमै मर्छन्, त्यसैले त्यहाँ पुरुषहरूभन्दा बढी स्त्रीहरू थिए जसका दिमागहरू वृद्ध उमेरका कारण कमजोर भएका छन् ।
“परमेश्वरलाई आदर गर्न आफैँलाई तालिम देऊ” वा “परमेश्वरलाई खुशी पार्न सकिने तरिकाहरूले काम गर्नमा आफैँलाई तालिम देऊ”
“शारीरिक अभ्यास”
“यस जीवनका लागि लाभदायक हुन्छ”
“तिम्रो पूर्ण विश्वासको लागि योग्य” वा “तिम्रो पूर्ण भरोसाको लागि योग्य”
“यो नै कारण हो”
“सङ्घर्ष गर्नु” र “धेरै कठिन परिश्रम गर्नु” जस्ता शब्दहरूले सामान्य रूपमा एउटै अर्थ दिन्छन् । तिनीहरूले परमेश्वरको सेवा गर्ने तीव्रतालाई जोड दिनका लागि पावलले तिनलाई एकसाथ प्रयोग गर्छन् ।
यहाँ “जीवित परमेश्वर”को अर्थ सम्भवतः यसो हुन्छ, “परमेश्वर, जसले सबै मानिसहरूलाई जिउँदो बनाउनुहुन्छ ।”
बुझिएको जानकारीलाई स्पष्ट रुपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर उहाँ विशेष गरेर उहाँमाथि विश्वास गर्ने मानिसहरूको मुक्तिदाता हुनुहुन्छ”
“यी कुराहरूको आज्ञा देऊ र सिकाऊ” वा “मैले भर्खरै उल्लेख गरेका कुराहरूको आज्ञा देऊ र ती सिकाऊ”
“कसैलाई पनि तिमी जवान भएकोले तिमीलाई कम महत्त्वपूर्ण छौ भनेर ठान्न नदेऊ”
“पठन”, “अर्ती दिनु”, र “शिक्षा” जस्ता शब्दहरूलाई मौखिक वाक्यांशहरूसहित अनुवाद गर्न सकिन्छ । आशय दिन खोजिएको जानकारीलाई पनि अनुवादमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूलाई धर्मशास्त्र पढेर सुनाउन, मानिसहरूलाई अर्ती दिन, र मानिसहरूलाई सिकाउन निरन्तरता देऊ”
पावलले तिमोथी एक भाँडो भए जसरी कुरा गर्छन् जसमा परमेश्वरका वरदानहरू राख्न सकिन्थ्यो । यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिम्रो आत्मिक वरदानलाई बेवास्ता नगर”
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “प्रयोग गर्नलाई पक्का गर”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन तिमीले मण्डलीका अगुवाहरूले परमेश्वरको वचन बोल्दा प्राप्त गर्यौ”
यो एउटा खास समारोह थियो जसमा मण्डलीका अगुवाहरूले तिनीहरूका हातहरू तिमोथीमाथि राखे र परमेश्वरले तिनलाई आज्ञा गर्नुभएका काम गर्न तिनलाई उहाँले समर्थ बनाउनुभएको होस् भनेर प्रार्थना गरे ।
तिमोथीको लागि भएका परमेश्वरका वरदानहरूको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ तिनी भौतिक रूपमा नै तीभित्र हुन सक्थे । वैकल्पिक अनुवादः “यी सबै कुराहरू गर र तिनको अनुसार जिऊ”
परमेश्वरको सेवा गर्ने तिमोथीको बढ्दो क्षमताको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो कुनै भौतिक वस्तु हो जसलाई अरूहरूले देख्न सक्छन् । वैकल्पिक अनुवादः “ताकि अरू मानिसहरूले थाहा गर्नेछन् कि तिमीले परमेश्वरको सेवा झन् असल र झन् असल किसिमले गरिरहेका छौ”
“आफैँलाई सावधानीपूर्वक चलाऊ र शिक्षालाई ध्यान देऊ” वा “तिम्रो आफ्नै स्वभावहरूलाई नियन्त्रण गर र शिक्षालाई ध्यान देऊ”
“यी कुराहरू गर्नलाई निरन्तरता देऊ”
सम्भावित अर्थहरू हुन् १) तिमोथीले आफैँलाई र तिनका कुरा सुन्नेहरूलाई परमेश्वरको इन्साफबाट बचाउनेछन् वा २) तिमीले आफैँलाई र तिनका कुरा सुन्नेहरूलाई झूटा शिक्षकहरूको प्रभावबाट बचाउनेछन् ।
1 वृद्धमानिसलाई नहाप्काऊ । बरू आफ्नै बाबुलाई झैँ सम्झाऊ । जवानहरूलाई आफ्नै भाइझैँ सम्झाऊ । 2 वृद्ध स्त्रीहरूलाई आमालाई झैँ र जवान स्त्रीहरूलाई सारा शुद्धतामा दिदीबहिनीलाई झैँ सम्झाऊ । 3 जो साँचो विधवाहरू हुन् तिनीहरूको आदर गर । 4 तर यदि कुनै विधवाको छोराछोरी वा नातिनातिनीहरू छन् भने तिनीहरूको घरानामा नै पहिला आदर देखाउन सिकून । तिनीहरूले आफ्ना आमाबाबुहरूको ऋण चुकाऊन्, किनभने यो चाहिँ परमेश्वरलाई खुसी तुल्याउने कुरा हो । 5 तर वास्तविक विधवा एक्लै छोडिन्छन् । तिनको आत्मा भरोसा परमेश्वरमा नै हुन्छ । तिेनी रातदिन बिन्ती र प्रार्थनामा रहन्छिन् । 6 तैपनि मोजमस्तीको लागि जिउने स्त्री जीउदै मरेकी जस्तै हुन्छिन । 7 र यी कुराहरूको प्रचार गर ताकि तिनीहरू निन्दारहित होऊन् । 8 तर यदि कसैले आफ्ना नातेदारहरू विशेषगरी आफ्नै घरानाहरूको लागि जुटाउदैन भने उसले विश्वासलाई इन्कार गरेको हुन्छ र एउटा विश्वास नगर्ने भन्दा पनि खराब हुन्छ । 9 साठी वर्ष भन्दा कम उमेर नभएका एउटै पतिको पत्नी भएर बसेकी स्त्रीलाई मात्र विधवाको सूचीमा राख्नु । 10 तिनी असल कामहरूले चिनिएको हुनुपर्छ चाहे तिनले छोराछोरीहरूको वास्ता गरेकी हुन् वा परदेशीहरूको सत्कार गरेकी हुन्, वा विश्वासीहरूका खुट्टा धोएकी हुन् वा जुनसुकै काममा समर्पित भएकी हुन् । 11 तर जवान बिधवाहरुलाई सूचीमा लेख्न इन्कार गर । किनभने जब तिनीहरूलाई ख्रीष्ट विरूद्ध शारीरिक अभिलाषाको अघि हार खान्छन्, तिनीहरूले विवाह गर्ने इच्छा गर्छन् । 12 यसरी तिनीहरूले पहिलेको प्रतिबद्धता तोडेर दोषको वशमा पर्छन् । 13 तिनीहरू अल्छी गर्ने पनि हुन्छन् । तिनीहरू अल्छी गर्ने मात्र होइन तर कुरौटे र अर्काको काममा हस्तक्षेप गर्ने पनि बन्छन् । तिनीहरूल भन्न नहुने कुरा भन्छन् । 14 यसकारण म चाहन्छु जवान स्त्रीहरूले हाम्रा विरोधीहरूलाई हामीले खराबी गरेकोमा दोष लगाउने मौका नदिनको लागि विवाह गरून्, बालबच्चा जन्माउन, घरवार चलाऊन् । 15 किनभने कोही त अघि नै शैतानको पछि लागिसकेका छन् । 16 यदि कोही विश्वासी स्त्रीसँग बिधवाहरू छन् भने तिनले तिनीहरूलाई सहायता गरून्, ताकि मण्डलीलाई बोझ नहोस्, ताकि यसले वास्तविक बिधुवाहरूको सहायता गर्न सकोस् । 17 असल तरिकाले प्रशासन चलाउने एल्डरहरू दोब्बर आदरकायोग्य ठानिऊन् । 18 किनभने पवित्रशास्त्र भन्छ, “तिमीहरूले दाँइ गर्दै गरेको गोरुको मुखमा मोहोलो नलगाऔ” र “कामदार उसको ज्यालाको योग्य हुन्छ ।” 19 दुई वा तीन जना साक्षीहरू बिना एउटा एल्डरको विरूद्ध लगाइएको आरोप स्वीकार नगर । 20 पापीहरूलाई सबैको सामु सुधार गर ताकि बाकी रहेकाहरू पनि डराऊन् । 21 परमेश्वरको, ख्रीष्ट येशूको र चुनिएको स्वर्गदूतहरूको सामु म तिमीलाई निष्ठापूर्वक आज्ञा दिन्छु कि यी नियमहरू बिना भेदभाव पालना गर र तिमीले कुनै पनि कुरामा पक्षपात नगर । 22 कसैमाथि पनि हात राख्न हतार नगर । अरूको पापमा सहभागी नहोऊ । तिमीले आफैँलाई पवित्र राख्नु पर्छ । 23 तिमीले पानी मात्र नपिउनू बरू त्यसको सट्टा पेट र तिम्रो घरिघरि हुने बिमारको निम्ति थोरै दाखमद्य खाने गर । 24 केही मानिसहरूका पापहरू स्पष्ट देखिने हुन्छन् र ती पापहरू तिनीहरू अघि नै न्यायमा जान्छन् । तर केही पापहरू पछि मात्र जान्छन् । 25 त्यसैगरी केही असल कामहरू स्पष्ट हुन्छन्, तर अरूहरू पनि लुकाउन सकिन्नन् ।
पावलले वृद्ध उमेरका ख्रीष्टिएनहरूलाई सम्मान र आदर गर्नका लागि जवान ख्रीष्टिएनहरूलाई उत्साह दिन्छन् । विभिन्न संस्कारहरूमा वृद्ध उमेरका मानिसहरूलाई फरक-फरक तरिकाले सम्मान र आदर गरिन्छ ।
प्राचीन पूर्व नजिक क्षेत्रमा, विधवाहरूको ख्याल राख्न महत्त्वपूर्ण कुरा थियो, किनभने तिनीहरूले आफ्नै लागि जुटाउन सक्दैनन् ।
पावलले यी आज्ञाहरू एक व्यक्ति, तिमोथीलाई दिइरहेका थिए । “तिमी”को विभिन्न रूपहरू वा आज्ञाहरूका विभिन्न रूपहरू भएका भाषाहरूले यहाँ एकवचनलाई प्रयोग गर्नुपर्ने हुन्छ ।
तिमोथीलाई पुरुषहरू, स्त्रीहरू, विधवाहरू र जवान स्त्रीहरूसँग मण्डलीमा कसरी व्यवहार गर्ने भनेर बताउनलाई पावलले निरन्तरता दिन्छन् ।
“वृद्ध मानिससँग रुखो तरिकाले नबोल”
“बरु, तिनलाई उत्साह देऊ”
तिमोथीले सङ्गी विश्वासीहरूलाई सच्चा प्रेम र आदरले व्यवहार गर्नुपर्छ भनेर उनलाई बताउनको लागि पावलले यी उपमाहरूको प्रयोग गर्छन् ।
तिमोथीले सङ्गी विश्वासीहरूलाई सच्चा प्रेम र आदरले व्यवहार गर्नुपर्छ भनेर उनलाई बताउनको लागि पावलले यी उपमाहरूको प्रयोग गर्छन् ।
तपाईंले बुझिएको जानकारीलाई स्पष्टसँग व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जवान स्त्रीहरूलाई अर्ती देऊ” वा “जवान स्त्रीहरूलाई उत्साह देऊ”
“शुद्ध विचारहरू र कामहरूले” वा “पवित्र तरिकाले”
“विधवाहरूलाई सम्मान गर र तिनीहरूको लागि जुटाऊ”
“तिनीहरूको लागि जुटाउनलाई कोही पनि नभएका विधवाहरू”
“सर्वप्रथम तिनीहरूले ... सिक्नुपर्छ” वा “ ... सिक्नलाई तिनीहरूले प्राथमिकता बनाऊन्”
“तिनीहरूको आफ्नै परिवारलाई” वा “तिनीहरूका घरहरूमा बसिरहेकाहरूलाई”
“तिनीहरूका बाबुआमाले तिनीहरूलाई दिएका असल थोकहरूको बदलीमा तिनीहरूले आफ्ना बाबुआमालाई असल गरून्”
“तर एक साँचो विधवाको कुनै परिवार हुँदैन”
“तिनले बिन्ती र प्रार्थना गरिरहन्छिन्”
यी दुई शब्दहरूको सामान्य रूपमा एउटै अर्थ हुन्छ । यी विधवाहरूले कति धेरै प्रार्थना गर्छन् भन्ने कुरालाई जोड दिनको लागि पावलले तिनलाई एकसाथ प्रयोग गर्छन् ।
“हरेक समय”को अर्थ दिनको लागि “रात” र “दिन”लाई एकसाथ प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “हरेक समय”
परमेश्वरलाई प्रसन्न पार्न नखोज्ने मानिसहरू मरेसरह हुन् भनेर पावलले भन्छन् । वैकल्पिक अनुवादः “मरेको व्यक्ति झैँ छिन्, तिनले परमेश्वरलाई प्रतिक्रिया दिँदिनन्”
यसले शारीरिक जीवनलाई जनाउँछ ।
“यी कुराहरूको आज्ञा देऊ”
“ताकी कसैले पनि तिनीहरूमा गल्ती पत्ता लगाउन नसकोस् ।” “तिनीहरू”को सम्भावित अर्थहरू हुन् १) “ती विधवाहरू र तिनीहरूका परिवारहरू” वा २) “विश्वासीहरू ।” कर्तालाई “तिनीहरू” भनेर नै लेख्दा उत्तम हुन सक्छ ।
“उसका नातेदारहरूका खाँचोहरूमा सहायता गर्दैन, विशेषगरी परिवारका ती सदस्यहरूका लागि जो उसको घरमा बस्छन्”
“उसले हामीले विश्वास गरेको सत्यताको विरुद्धमा काम गरेको छ”
“येशूलाई विश्वास नगर्नेहरू भन्दा पनि अझ खराब हुन्छ ।” पावलले यो व्यक्ति एक अविश्वासीभन्दा पनि खराब हुन्छ भन्न खोजेका हुन् किनभने अविश्वासीहरूले पनि तिनीहरूका नातेदारहरूका हेरविचार गर्छन् । त्यसैकारण, एक विश्वासीले उसका नातेदारहरूलाई पक्कै पनि हेरविचार गर्नैपर्छ ।
त्यहाँ विधवाहरूको लागि एक सूची भएको जस्तो देखिन्छ, जुन लिखित हुन पनि सक्छ नहुन पनि सक्छ । मण्डलीका सदस्यहरूले यी स्त्रीहरूका वास, वस्त्रहरू, र खानेकुराको लागि भएका खाँचोहरू पूरा गरिदिन्थे, र यी स्त्रीहरूले तिनीहरूका जीवन ख्रीष्टिएन समुदायको सेवामा समर्पण गरेको अपेक्षा गरिन्थ्यो ।
पछि पावलले ५:११-१६ मा गरेको व्याख्या अनुसार, ६० वर्षभन्दा कम उमेरका विधवाहरूले पुनः विवाह गर्न सक्दथे । त्यसैले ख्रीष्टिएन समुदायले ६० वर्षभन्दा बढी उमेरका विधवाहरूलाई मात्र हेरविचार गर्नुपर्ने थियो ।
सम्भावित अर्थहरू हुन् १) तिनी आफ्नो पतिप्रति सधैँ विश्वासयोग्य थिइन् वा २) तिनले आफ्नो पतिसँग सम्बन्ध विच्छेद गरेर अर्को मानिससँग पछि विवाह गरेकी थिइनन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले तिनको असल कामको बारेमा प्रमाण दिनुपर्छ”
“परदेशीहरूलाई तिनको घरमा स्वागत गरेकी”
अरू मानिसहरूका खाँचोहरू पूरा गर्न र तिनीहरूको जीवनलाई बढी सुखमय बनाउनलाई एउटा तरिका चाहिँ धूलो र हिलोमा हिँडेका व्यक्तिहरूका मैला लागेका पाउहरू धुनु हो । यसको अर्थ सम्भवतः यो हो कि तिनले सामान्य रूपमा नम्रताको काम गरिन् । वैकल्पिक अनुवादः “अरू विश्वासीहरूलाई सहायता गर्नको लागि साधारण कामहरू गरेकी छिन्”
केही संस्करणहरूले यहाँ “विश्वासीहरू”लाई “सन्तहरू” वा “परमेश्वरका पवित्र मानिसहरू” भनेर अनुवाद गर्छन् । आवश्यक धारणा चाहिँ ख्रीष्टिएन विश्वासीहरूलाई जनाउनु हो ।
यहाँ “कष्टमा परेकाहरू” भनेको नामयोगी विशेषण हो जसलाई एउटा विशेषणको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “दुःख भोगिरहेकाहरूलाई सहयोग गरेकी”
“सबै प्रकारका असल कामहरू गर्न आफैँलाई सुम्पेकी”
“तर जवान विधवाहरूलाई सूचीमा समावेश नगर” । यो सूची चाहिँ ६० वर्षभन्दा माथिका विधवाहरूका लागि थियो जसलाई ख्रीष्टिएन समुदायले सहायता गर्ने थियो ।
“किनकि जब तिनीहरूले आफ्नो शारीरिक अभिलाषाहरू पूरा गर्ने इच्छा गर्छन् र विवाह गर्छन्, तिनीहरूले विधवाहरूको रूपमा ख्रीष्टको सेवा गर्ने तिनीहरूका प्रतिज्ञाको विरुद्धमा जान्छन्”
“तिनीहरूका अगाडिका प्रतिबद्धतालाई कायम राख्दैनन्” वा “त्यो गर्दैनन् जुन गर्नलाई तिनीहरूले अगाडि प्रतिज्ञा गरेका थिए”
प्रतिबद्धता चाहिँ समुदायले ती विधवाहरूका आवश्कताहरूलाई पूरा गरिदिएको खण्डमा तिनीहरूले ख्रीष्टिएन समुदायलाई तिनीहरूका बाँकी जीवनभर सेवा गर्ने सहमति थियो ।
“केही पनि नगरी बस्ने बानीमा पर्छन्”
एउटै क्रियाकलापको विषयमा कुरा गर्नका लागि यी तीन वाक्यांशहरू सम्भवतः तीन तरिकाहरू हुन् । यी मानिसहरूले अरू मानिसहरूका निजी जीवनलाई ध्यान दिन हुँदैन र त्यसका बारेमा अरूहरूलाई बताउनुहुँदैन, जुन अरू मानिसहरूले ती कुराहरू सुनेर कुनै गतिला काम गर्दैनन् ।
ती वचनहरू जसले ती सुन्नेहरूलाई केही सहायता गर्दैनन्
ती मानिसहरू जसले अरू मानिसहरूका निजी जीवनमा तिनीहरूका आफ्नै भलाइको लागि चासो लिन्छन् र अरू मानिसहरूको भलाइको लागि होइन
“तिनको घरमा भएका सबैको वास्ता गर्नु”
सम्भावित अर्थहरू हुन् १) यसले शैतानलाई जनाउँछ वा २) यसले अविश्वासीहरूलाई जनाउँछ जो ख्रीष्टिएनहरूको विरुद्धमा छन् ।
यहाँ “हामीलाई” शब्दले तिमोथी समेत गरेर सम्पूर्ण ख्रीष्टिएन समुदायलाई जनाउँछ ।
पावलले ख्रीष्टप्रतिको विश्वासयोग्यतामा जिउने कुरा चाहिँ कुनै पछ्याउनुपर्ने मार्ग भए झैँ गरी बताउँछन् । यसको अर्थ हो कि त्यस स्त्रीले येशूको आज्ञापालन गर्न छोडिन् र शैतानको आज्ञापालन गर्न थालिन् । वैकल्पिक अनुवादः “शैतानलाई पछ्याउनका निमित्त ख्रीष्टको मार्गलाई छोडे” वा “ख्रीष्टको साटोमा शैतानको आज्ञापालन गर्नलाई निर्णय गरे”
“कुनै पनि ख्रीष्टिएन स्त्री” वा “जो कोही पनि स्त्री जसले ख्रीष्टमा विश्वास गर्छिन्”
“तिनका नातेदारहरूको माझमा विधवाहरू छन्”
समूदायले तिनीहरूले सक्नेभन्दा बढी मानिसहरूलाई सहयोग गर्नुपर्ने अवस्थाको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो भनेको तिनीहरूले आफ्ना पिठिउँहरूमा असाध्यै धेरै वजनहरू बोकिरहेका थिए । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि मण्डलीसँग तिनीहरूले सक्नेभन्दा बढी काम नहोस्” वा “ताकि ख्रीष्टिएन समुदायले ती विधवाहरूलाई सहायता गर्न नपरोस् जसका परिवारहरूले तिनीहरूका लागि जुटाउन सक्छन्”
“ती स्त्रीहरू जससँग तिनीहरूका लागि जुटाउनलाई कोही पनि छैन”
पावलले फेरि पनि एल्डरहरूलाई (बिशपहरूलाई) कसरी व्यवहार गरिनुपर्छ भन्ने विषयमा कुरा गर्छन् र त्यसपछि तिमोथीलाई केही व्यक्तिगत निर्देशनहरू दिन्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबै विश्वासीहरूले असल अगुवाइ गर्ने एल्डरहरूलाई योग्यका ठान्नुपर्छ”
सम्भावित अर्थहरू हुन् १) “सम्मान र ज्याला” वा २) “अरूहरूले पाउनेभन्दा बढी सम्मान”
पावलले वचनको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो कुनै वस्तु हो जसलाई लिएर कोही व्यक्तिले काम गर्न सक्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसले परमेश्वरको वचन प्रचार गर्छन् र सिकाउँछन्”
यो मानवीकरण गरिएको हो, जसको अर्थ हुन्छ कि कसैले धर्मशास्त्रमा लेखेको कुरा यही नै हो । वैकल्पिक अनुवादः “किनकि हामी धर्मशास्त्रमा पढ्छौँ कि”
पावलले यस उद्धरणलाई एउटा अलङ्कारको रूपमा प्रयोग गरिरहेका छन् जसको अर्थ हुन्छ कि मण्डलीका अगुवाहरूले तिनीहरूका कामका लागि ख्रीष्टिएन समुदायबाट ज्याला पाउनुपर्छ ।
कुनै पशुले काम गरिरहेको बेलामा नखाओस् भनेर त्यसको थुतुनो वा मुखमा लगाइने एउटा जालो
एउटा गोरुले तब “अन्न दाइँ गर्छ” जब अन्नलाई डाँठबाट छुट्टाउन काटेर राखिएको अन्नका बालामाथि त्यो हिँड्छ वा कुनै भारी वस्तुलाई त्यसमाथि तान्छ । गोरुलाई त्यसले काम गर्दै गर्दा केही अन्न खान दिइन्थ्यो ।
“लायकको हुन्छ”
पावलले आरोपहरूको विषयमा यसरी कुरा गर्छन् कि मानौँ ती वस्तुहरू हुन् जसलाई मानिसहरूद्वारा भौतिक रूपमा स्वीकार गर्न सकिन्थ्यो । वैकल्पिक अनुवादः “कसैले लगाउने कुनै पनि आरोपलाई सत्य भनी स्वीकार गरी नहाल”
“कम्तीमा दुईजना” वा “दुई वा सोभन्दा बढी”
यसले परमेश्वरको अवाज्ञा गर्ने वा परमेश्वरलाई अप्रसन्न पार्ने कुनै पनि कुरा कुनै पनि व्यक्तिले गर्नुलाई जनाउँछ, जसमा ती कुराहरू पनि पर्छन् जसको बारेमा अरू मानिसहरूलाई जानकारी छैन ।
“जहाँ सबैले देख्न सक्छन्”
“ताकि अरूहरू पाप गर्नलाई डराऊन्”
यसको अर्थ ती स्वर्गदूतहरू हुन्छ जसलाई परमेश्वर र येशूले उहाँहरूको विशेष तरिकाले सेवा गर्नलाई छान्नुभएको छ ।
“भेदभाव” र “पक्षपात”ले सामान्य रूपमा एउटै अर्थ दिन्छन् । पावलले जोड दिइरहेका छन् कि तिमोथीले इमान्दारीताका साथ न्याय गर्नुपर्छ र सबैसँग असल व्यवहार गर्नुपर्छ । वैकल्पिक अनुवादः “ ... कि भेदभाव नगरीकन वा कसैलाई खास कृपा नदेखाइकन यी नियमहरूको पालना गर्न”
सम्भावित अर्थहरू हुन् १) यसले पावलले भर्खरै तिमोथीलाई भनेका नियमहरूलाई जनाउँछ वा २) यसले पावलले तिमोथीलाई बताउन लागेका नियमहरूलाई जनाउँछ ।
हात राख्नु भनेको एक खास चलन थियो जसमा एक वा बढी मण्डलीका अगुवाहरूले तिनीहरूका हातहरू मानिसहरूमाथि राख्छन् र प्रार्थना गर्छन् कि परमेश्वरले ती मानिसहरूलाई मण्डलीमा उहाँलाई मनपर्दो किसिमले सेवा गर्नलाई सक्षम बनाउनुभएको होस् । ख्रीष्टिएन समुदायलाई सेवा गर्नका निमित्त कुनै व्यक्तिलाई आधिकारिक रूपमा अलग गर्नभन्दा अगाडि त्यस व्यक्तिले लामो समयसम्म असल चरित्र नदेखाएसम्म तिमोथीले कुर्नुपर्थ्यो ।
पावलले कोही व्यक्तिको पापको विषयमा यसरी कुरा गर्छन् कि मानौँ त्यो कुनै वस्तु हो जुन अरूहरूसँग बाँड्न सकिन्छ । वैकल्पिक अनुवादः “अर्को व्यक्तिको पापमा नजोडिऊ” वा “अर्को व्यक्तिले पाप गर्दा त्यसमा भाग नलिऊ”
सम्भावित अर्थहरू हुन् १) यदि तिमोथीले पापको दोषी भएको कुनै व्यक्तिलाई मण्डलीमा काम गर्नलाई छाने भने परमेश्वरले त्यस व्यक्तिको पापको लागि तिमोथीलाई जिम्मेवार ठहराउनुहुने थियो २) तिमोथीले ती पापहरू गर्नुहुँदैन जुन उनले अरूहरूले गर्दै गरेको देखे ।
यो आशय दिइएको छ कि तिमोथीले केवल पानी मात्र पिउन हुँदैन भनेर पावलले भन्न खोजेका थिए । उनले दाखमद्यलाई औषधीको रूपमा प्रयोग गर्नको लागि तिमोथीलाई भनिरहेका छन् । धेरैपटक त्यस क्षेत्रमा भएको पानीले बिरामी ल्याउँथ्यो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “केही मानिसहरूका पापहरू निकै स्पष्ट हुन्छन्”
“तिनीहरूका पापहरू ती मानिसहरूको अगाडि इन्साफमा जान्छन् ।” पावलले पापहरूको विषयमा यसरी बताउँछन् कि मानौँ ती सरिरहेका थिए । सम्भावित अर्थहरू हुन् १) तिनीहरूका पापहरू यति स्पष्ट छन् कि तिनीहरूको विरुद्धमा कसैले साक्षी दिनभन्दा अगाडि नै तिनीहरू दोषी छन् भनेर सबैले जान्नेछन् वा २) तिनीहरूका पापहरू खुलस्त छन्, र परमेश्वरले तिनीहरूलाई अहिले नै न्याय गर्नुहुन्छ ।
“तर केही पापहरूले मानिसहरूलाई पछि पछ्याउँछन् ।” पावलले पापहरूको विषयमा यसरी बताउँछन् कि मानौँ ती सरिरहेका थिए । सम्भावित अर्थहरू हुन् १) तिमोथी र ख्रीष्टिएन समुदायलाई केही समय नभएसम्म केही पापहरूको बारेमा थाहा हुनेछैन वा २) अन्तिम इन्साफको बेला नभएसम्म परमेश्वरले केही पापहरूको इन्साफ गर्नुहुनेछैन ।
“केही असल कामहरू स्पष्ट हुन्छन्”
यी कामहरूलाई “असल” मानिन्छ किनभने ती परमेश्वरको चरित्र, उद्देश्यहरू, र इच्छासँग मेल खान्छ ।
पावलले पापहरूको विषयमा यसरी कुरा गर्छन् कि मानौँ ती वस्तुहरू थिए जसलाई कसैले लुकाउन सक्थ्यो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर प्रत्यक्ष नरहेका असल कामहरूको बारेमा पनि मानिसहरूले पछि पत्ता लगाउनेछन्”
1 दासत्वको जुवामूनि भएका सबैले आफ्ना मालिकहरूलाई पुरा सम्मानको योग्य सम्झून् । तिमीहरूले त्यसो गर्नुपर्छ ताकिे परमेश्वरको नाउँ र शिक्षा निन्दित नहोस् । 2 विश्वास गर्ने मालिक भएको नोकरले तिनीहरू दाजुभाइ हुन् भन्दैमा अवहेलना गर्नु हुँदैन । बरू तिनीहरूले अझ बढी सेवा गर्नुपर्छ । 3 मानौँ की कसैले फरक तरिकाले शिक्षा दिन्छ र वचन हाम्रो विश्वासयोग्य शिक्षा, अर्थात हाम्रो प्रभु येशू ख्रीष्टको वचनलाई स्वीकार गर्दैन । मानौँ कि तिमीलेहरूले भक्तितर्फ डोर्याउने शिक्षालाई स्वीकार गर्दैनन् । 4 त्यो व्याक्ति घमण्डी हो र केही पनि जान्दैन, बरु ऊ विवादहरू र शब्दहरूको बरेमा गरिने तर्कहरूले झगडा गर्छ,जेलिएको हुन्छ । ती शब्दहरूले डाह, कलह, बदनामी, खराब शंकाहरू र, 5 भ्रष्ट वुद्धि भएका मानिसहरूले बीचमा वादविवाद उत्पन्न गराउँछन् । तिनीहरू सत्यताबाट टाढा जान्छन् । तिनीहरू भक्तिलाई धनी हुने बाटो सम्झन्छन । 6 अब सन्तुष्टि सहितको भक्ति ठूलो लाभ हो । 7 किनभने हामीले संसारमा केही ल्याउनौँ । न त केही लान नै सक्ने छौँ । 8 बरू हामीसँग भएको खानेकुरा र कपडाहरूमा सन्तुष्ट होऔँ । 9 अब, धनी हुन चाहनेहरू परिक्षामा पर्छन, पासोमा फस्छन् । तिनीहरू धेरै मूर्ख र हानिकारक वासनाहरूमा फस्छन्, र मानिसलाई बरवादी र विनाशमा दुब्छन् । 10 रूपैयाँ पैसाको मोह नै सबै किसिमको खराबीहरूको जड हो । यसको चाह गर्ने केही मानिसबाट टाढा भडकाइएका छन् र धेरै पीडाले आफैलाइ घोचेको छन् । 11 तर तिमी, परमेश्वरका जन, यी कुराहरूबाट भाग । धार्मिकता, भक्ति, विश्वासयोग्यता, प्रेम, धैर्यता र नम्रताको पछि लाग । 12 विश्वासको उत्तम लडाई लड । अनन्त जीवनलाई पक्री राख जसका लागि तिमी बोलाइएका थियौ । यो धेरै गवाहाहरूको सामु जे असल छ त्यसको बारेमा तिमीले गवाहीको बारेमा थियो । 13 सबै कुराहरूलाई अस्तित्वमा ल्याउनु हुने परमेश्वर र पन्तियस पिलातसको अघि सत्य कुरा बोल्नुहुने ख्रीष्ट येशूको अगाडि म तिमिलाई यो आज्ञा गर्दछु । 14 यस आज्ञालाई हाम्रा प्रभु येशू ख्रीष्ट देखा नपरुन्जेल सिद्ध र दोषरहित राख । 15 अनि धन्य सर्वशक्तिमान, राज्य गर्ने राजा, शासन गर्ने परमप्रभु परमेश्वार उपयुक्त समयमा उहाँको आगमनलाई प्रकट गर्नु हुनेछ । 16 केवल उहाँ मात्र अमर हुनुहुन्छ र कोही पनि जान नसक्ने ज्योतिमा वास गर्नुहुन्छ । नत उहाँलाई कसैले देखेको छ नत देख्न सक्दछ । उहाँलाई नै आदर र अनन्त शक्ति होस् । आमिन । 17 यस संसारका धनीहरूलाई भन, यस संसारका धनमा गर्व नगर्न भन, र अनिश्चित सम्पत्तिमा आशा नगर्न भन । बरु तिनीहरूले परमेश्वरमा आशा राखून् । उहाँले हामीलाई सबै साँचो सम्पत्तिहरू हाम्रा आनन्दका लागि दिनुहुन्छ । 18 तिनीहरूलाई असल काम गर्न, तिनीहरू असल काममा धनी हुन, उदार हुन र बाडचुड गर्ने इच्छा गर्न भन । 19 यसरी तिनीहरूले आउने कुराको लागि असल जग भण्डार गर्नेछन्, यसैले तिनीहरूले साँचो जीवनलाई पक्रनेछन् । 20 तिमोथी, तिमीलाई दिइएको कुरा सुरक्षित राख । मूर्खतापूर्ण वातचित र विरोधाभाषपूर्ण वादविवाद जुन झुटो ज्ञान हो, तीबाट अलग बस । 21 कोही मानिसहरू यी कुराहरूको घोषणा गर्छन् र यसरी तिनीहरू विश्वासबाट चुकेका छन् । तिमीसँग अनुग्रह रहिरहोस् ।
दासत्व असल हो वा खराब हो भनेर पावलले यस अध्यायमा लेख्दैनन् । पावलले मालिकहरूलाई सम्मान गर्ने, आदर गर्ने, र दिलोज्यानले सेवा गर्ने विषयमा सिकाउँछन् । पावलले सारा विश्वासीहरूलाई धर्मी हुन र हरेक अवस्थामा सन्तुष्ट बन्नलाई सिकाउँछन् ।
पावलले दासहरू र मालिकहरूलाई केही विशेष निर्देशनहरू दिन्छन् र त्यसपछि धर्मी जीवन जिउने विषयमा निर्देशनहरू दिनलाई निरन्तरता दिन्छन् ।
पावलले दासको रूपमा काम गर्ने मानिसहरूको विषयमा यसरी बताउँछन् कि मानौँ तिनीहरू जुवा बोक्ने गोरूहरू हुन् । वैकल्पिक अनुवादः “दासहरूको रूपमा काम गर्ने सबैले”
पावलले विश्वासीहरूको बारेमा कुरा गर्दैछन् भनेर बुझिएको छ । वैकल्पिक अनुवादः “विश्वासीहरू सबैले”
यसलाई कर्तृ वाच्यमा र सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अविश्वासीहरूले परमेश्वरको नाउँ र शिक्षाको बारेमा सधैँ सम्मानपूर्वक रीतिले कुरा गरून्”
यहाँ “नाउँ”ले परमेश्वरको स्वभाव वा चरित्रलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरको चरित्र” वा “परमेश्वर”
“विश्वास” वा “सुसमाचार”
यहाँ “भाइहरू”को अर्थ “सङ्गी विश्वासीहरू” हुन्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि ती मालिकहरू जसलाई दासहरूले तिनीहरूका कामहरूमा सघाउँछन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) “र दासहरूले तिनीहरूलाई प्रेम गर्नु पर्छ” वा २) “जसलाई परमेश्वरले प्रेम गर्नुहुन्छ”
यहाँ “ऊ” शब्दले सामान्य रूपमा बेठीक शिक्षा सिकाउने जो कोही पनि व्यक्तिलाई जनाउँछ । यसलाई प्रस्ट बनाउनको लागि, तपाईंले यूएसटीमा जस्तै “ऊ” शब्दलाई “तिनीहरू” भनेर अनुवाद गर्न सक्नुहुन्छ ।
“परमेश्वरको सत्यताको बारेमा केही पनि बुझ्दैन”
पावलले अर्थहीन वादविवादमा भाग लिन हुन करमा परेको अनुभव गर्ने मानिसहरूलाई तिनीहरू बिरामी भए झैँ गरी बताउँछन् । त्यस्ता मानिसहरू वादविवाद गर्न असाध्यै रुचाउँछन् र तिनीहरू सहमत हुनलाई कुनै पनि बाटो पत्ता लगाउन चाहँदैनन् । वैकल्पिक अनुवादः “उसले वादविवाद मात्रै गर्न चाहन्छ” वा “उसले वादविवादहरूको लालसा गर्छ”
“विवादास्पद विषयहरू र शब्दहरूको बारेमा भएका तर्क वितर्कहरू, र यी विवादास्पद विषयहरू र तर्क वितर्कहरूको प्रतिफल ईर्ष्या हुन्छ”
“शब्दहरूको अर्थको बारेमा”
विवादहरू, लडाइँहरू
मानिसहरूले एक अर्काको बारेमा झूटो तरिकाले खराब कुराहरू भन्नु
“अरूहरूले तिनीहरूलाई हानी गर्न चाहन्छन् भनेर मानिसहरूलाई लाग्नु”
“दुष्ट दिमाग”
यहाँ “तिनीहरू” शब्दले येशूको शिक्षासँग सहमत नहुने कुनै पनि कुरा सिकाउने जो कोही पनि व्यक्तिलाई जनाउँछ । “सत्यता गुमाएका छन्” भन्ने वाक्यांशले त्यसलाई बेवास्ता गर्नु वा त्यसलाई बिर्सनु भन्ने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिनीहरूले सत्यतालाई बेवास्ता गरेका छन्” वा “तिनीहरूले सत्यतालाई बिर्सेका छन्”
यसले शिक्षामा आएको छोटो रोकावटलाई अङ्कित गर्छ । यहाँ पावलले ईश्वरीयताबाट अधर्मी मानिसहरूले खोज्ने किसिमको धन (१ तिमोथी ६:५) र मानिसहरूले ईश्वरीयताबाट प्राप्त गर्ने साँचो किसिमको लाभको बीचमा भएको अन्तरलाई देखाउन सुरु गर्छन् । वैकल्पिक अनुवादः “अवश्य पनि”
“ईश्वरीयता” र “सन्तुष्टि” शब्दहरू भाववाचक नामपदहरू हुन् । वैकल्पिक अनुवादः “कुनै व्यक्तिले धर्मी कुरा गरेर आफूसँग भएको कुराहरूमा सन्तुष्ट हुनु भनेको उसको लागि ठूलो लाभ हो”
“ठूलो लाभ पुर्याउँछ” वा “हाम्रो लागि धेरै असल कुराहरू गर्छ”
“हामी जन्मँदा यस संसारमा केही पनि ल्याएनौँ”
“र हामी मर्दा हामीले कुनै पनि कुरा संसारबाट लैजान सक्दैनौँ”
“हामी ... हुनुपर्छ”
यो शब्दले शिक्षामा आएको छोटो रोकावटलाई सङ्केत गर्छ । धर्मी हुनाले तिनीहरूलाई धनी बनाउँछ भनेर विचार गर्नेहरूको बारेमा भएको विषयतर्फ पावल फर्कन्छन् (१ तिमोथी ६:५) ।
पैसाको परीक्षालाई आफूहरूलाई पाप गर्न लगाउन दिनेहरूको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ तिनीहरू खाल्डोमा खसेका पशुहरू हुन् जुन खाल्डोलाई शिकारीले पासोको रूपमा प्रयोग गरेको थियो । वैकल्पिक अनुवादः “धनी हुन चाहनेहरू तिनीहरूले प्रतिरोध गर्न सक्नेभन्दा बढी परिक्षामा पर्नेछन्, र तिनीहरू पासोमा परेको जन्तु झैँ हुनेछन्”
यसले पासोको अलङ्कारलाई निरन्तरता दिन्छ । यसको अर्थ हो कि तिनीहरूका मूर्ख र हानीकारक वासनाहरूले तिनीहरूलाई हराउनेछ । वैकल्पिक अनुवादः “र जसरी एउटा पशु शिकारीको पासोमा पर्छ, तिनीहरू थुप्रै मूर्ख र हानीकारक वासनाहरूमा फस्छन्”
आफूहरूलाई नाश पार्न पापलाई अनुमति दिने मानिसहरूको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ तिनीहरू डुङ्गा हुन जुन पानीमुनि डुब्छ । वैकल्पिक अनुवादः “अरू किसिमका दुष्टताहरूमा जसले मानिसहरूलाई बर्बाद पार्छ र नाश गर्छ मानौँ तिनीहरू पानीमुनि डुब्दै गरेको डुङ्गा हुन्”
पावलले खराबीको कारक तत्व चाहिँ कुनै बिरुवाको जरा भए झैँ गरी बताउँछन् । वैकलाई अनुवादः “यस्तो हुन्छ किनभने पैसालाई प्रेम गर्नु नै सबै किसिमको दुष्टताको कारण हो”
“जसले पैसाको चाह गर्छन्”
पावलले गलत इच्छाहरूको विषयमा यसरी बताउँछन् कि मानौँ तिनीहरू दुष्ट मार्गदर्शकहरू हुन् जसले जानाजान मानिसहरूलाई गलत मार्गमा डोहोर्याउँछन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आफूहरूलाई सत्यताबाट टाढा डोहोर्याउनलाई तिनीहरूका इच्छाहरूलाई अनुमति दिएका छन्” वा “सत्यतालाई विश्वास गर्न छोडेका छन्”
पावलले पीडाको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो कुनै तरवार हो जुन कुनै व्यक्तिले आफैँलाई प्रहार गर्नलाई प्रयोग गर्छ । वैकल्पिक अनुवादः “आफैँलाई धेरै दुःखित हुने बनाएका छन्”
यहाँ “तिमी” एकवचनमा छ र त्यसले तिमोथीलाई जनाउँछ ।
“परमेश्वरको सेवक” वा “ती व्यक्ति जो परमेश्वरका हुन्”
पावलले यी परीक्षाहरू र पापहरूको विषयमा यसरी बताउँछन् कि मानौँ ती त्यस्ता कुराहरू हुन् जसबाट कोही व्यक्ति टाढा भाग्न सक्थ्यो । वैकल्पिक अनुवादः “यी कुराहरूलाई पूर्णतया इन्कार गर”
“यी कुराहरू”को सम्भावित अर्थहरू हुन् १) “रुपैँया-पैसाको मोह” वा २) विभिन्न शिक्षाहरू, घमण्ड, वादविवादहरू, र पैसाको प्रेम ।
“ ... को पछि दौड” वा “खेद ।” पावलले धार्मिकता र अन्य असल गुणहरूको विषयमा यसरी बताउँछन् कि मानौँ ती त्यस्ता कुराहरू हुन् जसको पछि-पछि कोही व्यक्ति दौडन सक्थ्यो । यो अलङ्कार “ ... बाट भाग” भन्ने कुराको विपरीत हो । यसको अर्थ हो कि केही कुरा पाउनलाई तपाईंले आफ्नो भरमग्दुर कोसिस गर्नुपर्छ । वैकल्पिक अनुवादः “पाउन खोज” वा “ ... मा व्यवहार गर्न तिमीले आफ्नो भरमग्दुर कोसिस गर”
यहाँ पावलले विश्वासमा अगाडि बढिरहेको व्यक्तिको विषयमा यसरी बताउँछन् कि मानौँ तिनीहरू कुनै खेलाडि हुन् जसले कुनै प्रतिस्पर्धालाई जित्न लडिरहेको थियो वा कुनै युद्ध लडिरहेको योद्धा थियो । वैकल्पिक अनुवादः “कुनै प्रतिस्पर्धामा खेलाडिले आफ्नो बल प्रयोग गरेजत्तिकै ख्रीष्टका शिक्षाहरूको पालना गर्न तिम्रो आफ्नो सबैबन्दा कठोर प्रयत्न गर”
यसले अलङ्कारलाई निरन्तरता दिन्छ । कुनै व्यक्तिले अनन्त जीवन प्राप्त गर्ने कुराको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ तिनीहरू आफ्ना उपहार लिइरहेका कुनै विजयी खेलाडि वा योद्धा हुन् । वैकल्पिक अनुवादः “विजयी खेलाडिले उसको उपहार लिएको झैँ गरी अनन्त जीवनलाई तिम्रो इनामको रूपमा लिऊ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसमा परमेश्वरले तिमीलाई बोलाउनुभएको छ”
“तिमीले असल कुराको साक्षी दियौ” वा “तिमीले सत्यताको साक्षी दियौ”
तिमोथीले बताइरहेका मानिसहरूलाई सङ्केत गर्नको लागि पावलले कुनै स्थानको धारणालाई व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “धेरै साक्षीहरूलाई”
पावलले ख्रीष्टको आगमनको बारेमा कुरा गर्छन्, धनीहरूलाई खास निर्देशनहरू दिन्छन्, र आखिरमा तिमोथीलाई एउटा विशेष सन्देश दिएर अन्त गर्छन् ।
“तिमीलाई म यही आज्ञा दिन्छु”
“परमेश्वरको उपस्थितिमा, जसले सबै थोकहरूलाई जिउने बनाउनुहुन्छ ।” यो आशय दिइएको छ कि पावलले परमेश्वरलाई उनको साक्षी हुनको निमित्त बिन्ती गरिरहेका थिए । वैकल्पिक अनुवादः “परमेश्वर मेरो साक्षीको रूपमा, जसले सबै थोकलाई जिउने तुल्याउनुहुन्छ”
“ख्रीष्ट येशूको उपस्थितिमा, जसले पिलातस ... गवाही दिनुभयो ।” यो आशय दिइएको छ कि पावलले येशूलाई उनको साक्षी हुनको लागि बिन्ती गरिरहेका थिए । वैकल्पिक अनुवादः “ख्रीष्ट येशूलाई साक्षीको रूपमा, जसले पिलातस ... गवाही दिनुभयो”
“दाग” शब्द नैतिक त्रुटिको लागि एउटा अलङ्कार हो । सम्भावित अर्थहरू हुन् १) येशूले तिमोथीमा कुनै भूल पाउनुहुनेछैन वा कुनै गल्ती गरेकोमा उसलाई दोष लगाउनु हुनेछैन वा २) अरू मानिसहरूले तिमोथीमा कुनै भूल पाउनेछैनन् वा कुनै गल्ती गरेकोमा उसलाई दोष लगाउने छैनन् ।
“जबसम्म हाम्रा प्रभु येशू ख्रीष्ट फेरि आउनुहुन्न”
परमेश्वरले येशूलाई प्रकट गर्नुहुनेछ भनेर आशय दिइएको छ । वैकल्पिक अनुवादः “परमेश्वरले येशूलाई प्रकट गर्नुहुनेछ”
“प्रशंसाको योग्यका व्यक्ति जसले संसारमाथि शासन गर्नुहुन्छ”
“उहाँसँग मात्र सदाकाल जिउने शक्ति छ”
“यति चम्किलो ज्योतिमा वास गर्नुहुन्छ कि कोही उहाँको नजिक जान सक्दैन”
यहाँ “धनी” नामबोधक विशेषण हो । यसलाई विशेषणको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जो धनीहरू छन् तिनीहरूलाई भन”
“आफूहरूसँग भएका धेरै कुराहरूमा जुन तिनीहरूले गुमाउन सक्छन् ।” यहाँ भौतिक वस्तुहरूलाई जनाउन खोजिएको छ ।
“त्यस्ता सबै कुराहरू जसले हामीलाई साँच्चै खुशी बनाउनेछन् ।” यहाँ जनाउन खोजिएको कुराहरूमा भौतिक वस्तुहरू पर्न सक्छ, तर यो बढी सम्भाव्य छ कि यसले प्रेम, आनन्द, र शान्तिको अवस्थाहरूलाई जनाउँछ जसलाई मानिसहरूले भौतिक वस्तुहरूको माध्यमद्वारा प्राप्त गर्न कोसिस गर्छन् ।
पावलले आत्मिक आशिषहरूको विषयमा यसरी बताउँछन् कि मानौँ तिनीहरू पार्थिव धन थिए । वैकल्पिक अनुवादः “अरूहरूलाई थुप्रै तरिकाहरूमा सेवा र सहयोग गर्न”
परमेश्वरले स्वर्गमा दिनुहुने आशिष्हरूको विषयमा यहाँ पावलले यसरी बताउँछन् कि मानौँ ती त्यस्ता धनहरू हुन् जुन कोही व्यक्तिले पछिको प्रयोगको लागि थुपारिरहेको छ । साथै, मानिसहरूले यी आशिष्हरू कहिल्यै गुमाउनेछैनन् भन्ने कुराको निश्चयताको विषयमा यसरी बताइएको छ कि मानौँ ती कुनै भवनका जग हुन् । वैकल्पिक अनुवादः “यो चाहिँ मानौँ तिनीहरूले आफूहरूका लागि धेरै कुराहरू थुपारिरहेका झैँ हुनेछ जुन परमेश्वरले तिनीहरूलाई दिनुहुनेछ”
यसले १ तिमोथी ६:१२ को खेलकुदको अलङ्कारलाई स्मरण गराउँछ, जहाँ उपहार भनेको केही त्यस्तो कुरा हो जुन विजेताले वास्तवमै आफ्नो हातमा लिन सक्छ । यहाँ “उपहार” चाहिँ “साँचो” जीवन हो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले तिमीलाई दिनुभएको सत्य सन्देशलाई विश्वासयोग्यताको साथ घोषणा गर”
“मूर्खतापूर्ण कुराहरूमा ध्यान नदेऊ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई केही मानिसहरूले झूटो रूपमा ज्ञान भन्छन्”
पावलले ख्रीष्टमा गरिने विश्वासको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो ताक्नुपर्ने कुनै निसाना हो । वैकल्पिक अनुवादः “तिनीहरूले साँचो विश्वासलाई बुझेका वा विश्वास गरेका छैनन्”
“परमेश्वरले तिमीहरू सबैलाई अनुग्रह दिनुभएको होस् ।” “तिमीहरू” बहुवचन हो र यसले सम्पूर्ण ख्रीष्टिएन समुदायलाई जनाउँछ ।
पावलले २ तिमोथीलाई लेखे । उनी टार्सस सहरबाटका थिए । उनलाई उनको पहिलेको जीवनमा शाऊल भनी चिनिएको थियो । ख्रीष्टिएन हुनुभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्टिएनहरूलाई सताए । उनी एक ख्रीष्टिएन भइसकेपछि, मानिसहरूलाई येशूको बारेमा बताउँदै उनले धेरैपटक रोमी साम्राज्यभरी यात्रा गरे ।
पावलले तिमोथीलाई लेखेको यो दोस्रो पत्र हो । तिमोथी उनको चेला र नजिकका मित्र थिए । पावलले यो पत्र उनी रोममा झ्यालाखानामा हुँदा लेखे । यो पत्र लेखेको छिट्टै पछि पावल मर्ने थिए ।
एफिससको सहरका विश्वासीहरूलाई सहायता पुर्याउनका लागि पावलले तिमोथीलाई त्यहीँ छोडेका थिए । तिमोथीलाई विभिन्न विषयमा शिक्षा दिनलाई पावलले यो पत्र लेखे । झूटा शिक्षकहरूका बारेमा चेतावनी र कठिन परिस्थितिहरूमा सहनशीलताजस्ता शीर्षकहरूमा तिनले लेखेका छन् । यो पत्रले मण्डलीहरूका बीचमा नेतृत्व लिनका लागि पावलले तिमोथीलाई तालिम दिइरहेका कुरा दर्शाउँछ ।
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “२ तिमोथी” वा “दोस्रो तिमोथी” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “तिमोथीलाई पावलको दोस्रो पत्र” वा “तिमोथीलाई दोस्रो पत्र ।”
पावलले झ्यालखानामा पर्खेर बस्दा, चाँडै नै तिनको मृत्यु हुने छ भनी थाहा पाएर तिनले आफ्नो बारेमा येशू ख्रीष्टको सिपाही भएको कुरा गरेका छन् । सिपाहीहरूले आफ्ना अगुवाका कुरा मान्दछन् । त्यसरी नै ख्रीष्टिएनहरूले येशूका कुरा मान्नुपर्दछ । ख्रीष्टको “सिपाही”को रूपमा विश्वासीहरूले उहाँका आज्ञापालन गर्नुपर्दछ, यद्यपि त्यसको परिणामस्वरूप तिनीहरूले मर्न किन नपरोस् ।
धर्मशास्त्रको साँचो लेखक परमेश्वर हुनुहुन्छ । पुस्तक लेख्ने मानवीय लेखकहरूलाई उहाँले प्रेरणा दिनुभयो । मानिसहरूले लेखिरहेका कुरा परमेश्वरले नै तिनीहरूलाई लेख्ने तुल्याउनुभयो । यसकारण, यसलाई परमेश्वरको वचन भनेको हो । यसले बाइबलको बारेमा धेरै अर्थ दिन्छ । पहिलो, बाइबल त्रुटिरहीत छ र यसलाई विश्वास गर्न सकिन्छ । दोस्रो, धर्मशास्त्रलाई बङ्ग्याउने र नष्ट पार्न खज्ने मानिसहरूबाट यसको सुरक्षाका लागि हामी परमेश्वरमा भर पर्न सक्छौँ । तेस्रो, परमेश्वरको वचनलाई सारा संसारको भाषामा अनुवाद गर्नुपर्छ ।
यस पुस्तकमा, “म” शब्दले पावललाई जनाउँछ । यहाँ “तिमी” शब्द लगभग सधैँ एकवचनमा छ र त्यसले तिमोथीलाई जनाउँछ । यसको अपवाद ४:२२ हो ।
ख्रीष्ट र विश्वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई पावलले व्यक्त गर्न खोजेका हुन् । कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।
तल दिइएका पदहरूको लागि, बाइबलका नयाँ अनुवादहरू पुरानो अनुवादहरूभन्दा फरक छन् । यूएलटीले आधुनिक पाठलाई समावेश गर्छ, र पुरानो पाठलाई पादटिप्पणीमा राख्छ । यदि कुनै क्षेत्रका भाषामा बाइबलको अनुवाद भइसकेको छ भने, अनुवादकहरूले ती अनुवादमा भएका पाठलाई प्रयोग गर्नुपर्छ । यदि छैन भने, अनुवादकहरूलाई आधुनिक पाठलाई अनुसरण गर्नु सुझाव दिइन्छ ।
1 ख्रीष्ट येशूमा भएको जीवनको प्रतिज्ञाअनुसार परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूका प्रेरित पावल, 2 मेरा प्रिय बालक तिमोथीलाईः पिता परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह, कृपा र शान्ति । 3 मैले दिन-रात तिमीलाई निरन्तर मेरो प्रार्थनामा सम्झिरहँदा म परमेश्वरलाई धन्यवाद चढाँउदछु, जसको सेवा मेरा पुर्खाहरूले गरेझैँ म शुद्ध विवेकले गर्दछु । 4 तिम्रो आँसुको सम्झना गर्दै म तिमीलाई भेट्न चाहन्छु, ताकि म आनन्दले भरिन सकूँ । 5 सुरुमा तिम्रा हजुरआमा लोइस र आमा युनिसमा भएको तिम्रो असल विश्वासको सम्झना गर्दै, त्यो विश्वास तिमीमा पनि छ भन्ने कुरामा म विश्वस्त छु । 6 यही कारणले गर्दा मैले तिमीमाथि हात राखेर तिमीले प्राप्त गरेको परमेश्वरको वरदानलाई फेरि प्रज्वलित पार । 7 परमेश्वरले हामीलाई डरको आत्मा होइन तर प्रेम, शक्ति र अनुशासनको आत्मा दिनुभएको छ । 8 तब हाम्रा प्रभुको बारेमा गवाही दिन नसर्माऊ, र मेरो बारेमा पनि । म पावल उहाँका एक कैदी हुँ, तर परमेश्वरको शक्तिद्वारा कष्टमा पनि सुसमाचार प्रचार गर, 9 जसले हामीलाई उहाँको पवित्र बोलावटमा बचाउनुभयो र बोलाउनुभयो, हाम्रो आफ्नै कामहरूद्वारा होइन, तर उहाँको आफ्नो योजना र अनुग्रहअनुसार जुन हामीलाई ख्रीष्ट येशूमा समयको सुरुवातभन्दा अगि नै प्रदान गर्नुभएको थियो । 10 तर अहिले परमेश्वरको मुक्ति ख्रीष्ट येशूको आगमनले प्रकट गरिदिएको छ, जसले मृत्युलाई नाश पार्नुभयो, सुसमाचारद्वारा कहिल्यै अन्त नहुने जीवन ल्याउनुभयो । 11 त्यसैको निम्ति म प्रचारक, प्रेरित र शिक्षक हुन नियुक्त भएको छु । 12 यसको निम्ति म सतावटमा परेको छु, तरै पनि म शर्माऊँदिनँ । किनकि म उहाँलाई जान्दछु र विश्वास गर्दछु, साथै म विश्वस्त छु कि उहाँले मैले सुम्पेका सबै कुराहरूलाई अन्तिम दिनसम्म सुरक्षित राख्नुहुनेछ । 13 ख्रीष्ट येशूको प्रेम र विश्वासमा मबाट सुनेको विश्वसनीय निर्देशनहरूको अनुसरण गर । 14 जुन-जुन असल कुराहरू परमेश्वरले तिमीलाई सुम्पनुभएको छ, त्यसलाई हामीभित्र बास गर्नुहुने पवित्र आत्माद्वारा सुरक्षित राख । 15 तिमीलाई यो थाहा छ, कि एसियामा हुनेहरू सबै मबाट तर्केर गएका छन्; यो समूहमा फुगेलस र हर्मोगेनस पर्छन् । 16 परमप्रभुले ओनेसिफरसको घरानालाई कृपा प्रदान गर्नुभएको होस्, किनकि तिनले मलाई उत्साह दिए, मेरा साङ्लाहरूको शर्म मानेनन् । 17 तर जब तिनी रोममा आए तिनले परिश्रमपूर्वक खोजेर मलाई भेट्टाए । 18 त्यस दिनमा परमप्रभुले तिनलाई कृपा प्रदान गर्नुभएको होस् र तिमीलाई राम्ररी थाहा छ, कि एफिससमा तिनले मलाई सबै किसिमको सहायता गरेका थिए ।
पावलले पदहरू १-२ मा यो पत्रलाई औपचारिक रूपमा परिचित गराउँछन् । प्राचीन मध्यपूर्वमा पत्र लेख्नेहरूले पत्रहरू लेख्न यसरी सुरु गर्दथे ।
पावलले तिमोथीलाई ख्रीष्टिएन र मण्डलीका अगुवाका रूपमा अनुशासित गरे । तिनले ख्रीष्टमा विश्वास गर्न पावलले नै डोहोर्याएका पनि हुन सक्छन् । यसकारण, पावलले तिमोथीलाई “प्रिय बालक” भन्दछन् । अनि )
पावलले यो पत्र लेख्दा तिनी झ्यालखानामा थिए । पावलले तिमोथीलाई सुसमाचारका लागि दुःख भोग्न उत्साह दिन्छन् ।
यस पुस्तकमा, अन्य किसिमले टिप्पणी नगरिएसम्म, “हाम्रो” भन्ने शब्दले पावल
तपाईंको भाषामा पत्रको लेखकको परिचय दिने कुनै खास तरिका हुन सक्छ । साथै यूएसटीमा जस्तै, लेखकको परिचय दिनासाथ यो पत्र कसलाई लेखिएको हो भनेर तपाईंले उल्लेख गर्नुपर्ने हुन सक्छ ।
“परमेश्वरको इच्छाको कारण” अथवा “ किनभने परमेश्वरले यसो भएको चाहनु भयो” । पावल एक प्रेरित बने किनभने परमेश्वरले उनी एक प्रेरित बनेको चाहनुभयो र कुनै मानिसले उनलाई छानेको कारणले होइन ।
सम्भावित अर्थहरू हुन् १) “उद्देश्यको निम्ति ।” यसको अर्थ परमेश्वरले पावललाई येशूमा जीवन दिने परमेश्वरको प्रतिज्ञाको बारेमा बताउनलाई नियुक्त गर्नुभयो भन्ने हुन्छ । वा २) “ ... लाई कायम राख्दै ।” यसको अर्थ हुन्छ कि जसरी परमेश्वरले येशूले जीवन दिनुहुन्छ भनेर प्रतिज्ञा गर्नुहुन्छ, त्यही इच्छाद्वारा परमेश्वरले पावललाई एक प्रेरित बनाउनुभएको छ ।
पावलले “जीवन”लाई येशू भित्र भएको कुनै वस्तुको रूपमा प्रस्तुत गर्छन् । यसले ख्रीष्ट येशूको भएको कारण मानिसहरूले प्राप्त गर्ने जीवनलाई जनाउँछ । वैकल्पिक अनुवादः “ख्रीष्ट येशूको भएको कारण हामीले प्राप्त गर्ने जीवनको”
तपाईंको भाषामा पत्रको लेखकको परिचय दिने कुनै खास तरिका हुन सक्छ । साथै यूएसटीमा जस्तै, लेखकको परिचय दिनासाथ यो पत्र कसलाई लेखिएको हो भनेर तपाईंले उल्लेख गर्नुपर्ने हुन सक्छ ।
“प्यारो बालक” वा “मैले प्रेम गरेको बालक ।” यहाँ “बालक” भनेको ठूलो प्रेम देखाउने र स्वीकार गरेको कुरालाई जनाउने शब्द हो । यो सम्भव छ कि पावलले नै तिमोथीलाई ख्रीष्टको परिचय गराए, र यसैकारण पावलले उनलाई आफ्नो बालक जस्तै मानेका थिए । वैकल्पिक अनुवादः जो मेरो प्रिय बालक झैँ छन्”
“ ... बाट तिमीले आफूभित्र दया, कृपा र शान्तिको अनुभव गरेका होऊ” वा “ ... बाट तिमीसँग अनुग्रह, दया, र शान्ति भएको होस् भनेर म प्रार्थना गर्छु”
“परमेश्वर, जो हाम्रो पिता हुनुहुन्छ र ।” यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । यहाँ पावलले परमेश्वरलाई १) ख्रीष्टको पिता, वा २) विश्वासीहरूका पिता भनेर जनाइरहेका हुन सक्छन् ।
“ख्रीष्ट येशू, जो हाम्रो प्रभु हुनुहुन्छ”
“जसको सेवा मेरा पूर्खाहरूले गरे झैँ गरी गर्छु”
पावलले उनको विवेकलाई भौतिक रूपमा नै सफा हुन सक्ने वस्तु भए झैँ गरी बताउँछन् । यसको अर्थ यो हो कि एक व्यक्तिले दोषी अनुभव गर्दैन किनकि उसले सधैँ जे ठीक छ त्यही मात्र गर्ने कोसिस गर्यो । वैकल्पिक अनुवादः “मैले जे ठीक छ त्यही गर्ने कठिन प्रयत्न गरेको छु भन्ने जानेर”
यहाँ “सम्झनु” भन्ने कुरालाई “उल्लेख गर्नु” वा “त्यसको बारेमा कुरा गर्नु” भन्ने अर्थमा प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “जब म तिमीलाई निरन्तर उल्लेख गर्छु” वा “मैले तिम्रो विषयमा हर समय कुरा गर्दा”
यहाँ “रात र दिन”लाई “सधैँ”को अर्थ दिनलाई एकसाथ प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “सधैँ” वा “सबै समयहरूमा”
यहाँ “आँसुहरू”ले रुने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिमी मेरो लागि कति रोएका थियौ भनेर म सम्झन्छु”
“म तिमीलाई देख्न धेरै इच्छा गर्छु”
पावलले आफ्नै विषयमा उनी एक भाँडो भए झैँ गरेर बताउँछन् जसलाई कसैले भर्न सक्थ्यो । साथै, यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म आनन्दित हुन सकूँ” वा “मसँग पूर्ण आनन्द हुन सकेको होस्” वा “म आनन्द मनाउन सकूँ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म तिम्रो ... पनि सम्झना गर्छु” वा “म तिम्रो ... लाई पनि याद गर्छु”
“तिम्रो विश्वास जुन वास्तविक छ” वा “तिम्रो विश्वास जुन सच्चा छ”
पावलले तिनीहरूको विश्वासलाई तिनीहरूभित्र वास गर्ने कुनै जीवित थोक भए झैँ गरी बताउँछन् । पावलले भन्न खोजेको कुरा यही हो कि तिनीहरूसँग एकै खालको विश्वास छ । यसलाई एउटा नयाँ वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्वास ... । तिम्री हजुरआमा लोइस, र तिम्री आमा युनिससँग परमेश्वरमाथिको यो साँचो विश्वास थियो, र म विश्वस्त छु कि तिमीसँग पनि त्यही साँचो विश्वास छ”
यी स्त्रीहरूका नामहरू हुन् ।
पावलले तिमोथीलाई शक्ति, प्रेम र अनुशासनमा जिउन र उनको (पावलको) ख्रीष्टमा भएको विश्वासको कारण पावल झ्यालखानामा भएको कुरामा शर्म नमान्नलाई उत्साह दिन्छन् ।
“यही कारणले गर्दा” वा “येशूमा तिम्रो सच्चा विश्वासको कारण”
तिमोथीले आफ्नो वरदानलाई पुनः प्रयोग गर्न सुरु गर्नुपर्ने उनको आवश्यकताचाहिँ उनले पुनः आगो बाल्ने कुरा भए झैँ गरेर पावलले बताउँछन् । वैकल्पिक अनुवादः “वरदानलाई पुनः प्रयोग गर्न थाल्नु”
“मेरा हातहरू तिमीमाथि राख्दा तिमीले प्राप्त गरेका परमेश्वरको वरदान ।” यसले त्यो एउटा समयलाई जनाउँछ जब पावलले तिनका हात तिमोथीमाथि राखे र प्रार्थना गरे कि परमेश्वरले तिमोथीलाई जुन काम गर्नलाई बोलाउनुभएको थियो सो गर्न सक्षम बनाउनलाई परमेश्वरले आफ्नो आत्माद्वारा शक्ति दिनुभएको होस् ।
सम्भावित अर्थहरू हुन् १) “आत्मा”ले “पवित्र आत्मा”लाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरको पवित्र आत्माले हामीलाई डराउने बनाउनुहुन्न । उहाँले हामीमा शक्ति र प्रेम र अनुशासन हुने तुल्याउनुहुन्छ ।” वा २) “आत्मा”ले मानिसको कुनै गुणलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई डराउने तुल्याउनुहुन्न तर शक्ति र प्रेम र अनुशासन हुने तुल्याउनुहुन्छ”
सम्भावित अर्थहरू हुन् १) हामी आफैँलाई नियन्त्रण गर्ने शक्ति वा २) अरू मानिसहरूलाई सच्याउने शक्ति जसले गलत गरिरहेका छन् ।
“गवाही दिने कुराको” वा “अरूहरूलाई बताउने कुराको”
“उहाँको खातिर एक कैदी” वा “मैले प्रभुको बारेमा गवाही दिने भएको कारण एक कैदी”
पावलले कष्टलाई मानिहरूका माझमा बाँड्न मिल्ने वा वितरण गर्न सकिने कुनै वस्तुको रूपमा बताउँछन् । वैकल्पिक अनुवादः “मसँगै सुसमाचारको खातिर कष्ट भोग्नु”
“तिमीलाई बलियो बनाउन परमेश्वलाई दिँदै सुसमाचार”
“एउटा बोलावटसँग जसले हामीलाई उहाँका मानिसहरूको रूपमा अलग गरायो” वा “उहाँका पवित्र मानिसहरू हुनलाई”
“हामीले त्यो प्राप्त गर्ने हैसियतको केही गरेको कारणले होइन”
“तर किनभने उहाँले हामीलाई दया देखाउने योजना गर्नुभयो”
“ख्रीष्ट येशूसँगको हाम्रो सम्बन्धद्वारा”
“संसार सुरू हुनभन्दा अगाडि” अथवा “समय सुरु हुनभन्दा अगाडि”
पावलले मुक्तिलाई कुनै एउटा वस्तु भए झैँ गरेर बताउँछन् जसलाई खोल्न मिल्थ्यो र मानिसहरूलाई देखाउन सकिन्थ्यो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हाम्रा मुक्तिदाता ख्रीष्ट येशूलाई पठाउनुभएर उहाँले हामीलाई कसरी बचाउनुहुनेछ भन्ने कुरा देखाउनुभएको छ”
पावलले मृत्युलाई मानिसहरू मर्ने क्षण नभई त्यो एउटा आत्मनिर्भर प्रक्रियाको रूपमा बताउँछन् । वैकल्पिक अनुवादः “जसले मृत्युलाई नष्ट गर्नुभयो” वा “जसले मानिसहरूको निम्ति सदाको लागि मृत नभई रहने कुरालाई सम्भव बनाउनुभयो”
पावलले अनन्त जीवनको बारेमा भएको शिक्षालाई त्यो कुनै एउटा वस्तु भए झैँ गरेर बताउँछन् जसलाई अन्धकारबाट ज्योतिमा ल्याउन सकिन्छ ताकि मानिसहरूले देख्न सकून् । वैकल्पिक अनुवादः “कहिले अन्त नहुने जीवन के हो भनेर सुसमाचार प्रचार गरेर सिकाउनु भयो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई एक प्रचारक हुनलाई चुन्नुभयो”
“किनभने म एक प्रेरित हुँ”
पावलले आफु कैदी भएको कुरालाई इङ्गित गर्दैछन् ।
“म ढुक्क छु”
कुनै व्यक्तिले कुनै कुरा सुरक्षित फिर्ता पाउने हिसाबले कसैकहाँ राख्ने कामलाई रूपकको रूपमा पावलले प्रयोग गरेका छन् । सम्भावित अर्थहरू हुन् १) येशूले उनलाई विश्वासयोग्य रहिरहन सहयोग गर्नुहुन्छ भन्ने कुरामा पावलले भरोसा गरेका छन् वा २) मानिसहरूले सुसमाचारको सन्देश सुनाउने काम जारी राख्ने कामलाई येशूले निश्चित गर्नुहुन्छ भन्ने कुरामा पावल विश्वस्त छन् ।
यसले परमेश्वरले सबै मानिसहरूलाई न्याय गर्नुहुने दिनलाई जनाउँछ ।
“मैले तिमीलाई सिकाएका सही विचारहरूलाई सिकाउने काम जारी राख” वा “तिमीले के र कसरी सिकाउनु पर्ने हो सो बारेमा मेरा शब्दहरू र मेरो शिक्षण विधिलाई नमूनाको रूपमा प्रयोग गर”
“जब तिमीले येशू ख्रीष्टमा भरोसा गर्छौ र उहाँलाई प्रेम गर्छौ”
यसले सुसमाचार सही तरिकाले घोषणा गर्ने कुरालाई जनाउँछ ।
तिमोथीका कामहरूको विरोध गर्ने, तिनलाई रोक्न खोज्ने र तिनले भनेको कुरालाई बङ्ग्याउने मानिसहरूसँग तिनी सतर्क रहनु पर्छ ।
“पवित्र आत्माको शक्तिद्वारा”
यो एउटा अलङ्कार हो जसको अर्थ तिनीहरूले पावललाई सहयोग गर्न छोडे भन्ने हुन्छ । तिनीहरूले पावललाई त्यागे किनकि अधिकारीहरूले पावललाई झ्यालखानामा हाले । वैकल्पिक अनुवादः “मलाई सहायता गर्न छोडे”
यी पुरुषका नाम हुन् ।
यो एउटा पुरुषको नाउँ हो ।
“परिवारलाई”
यहाँ “साङ्लाहरू” भनेको झ्यालखानामा भएको कुरा जनाउने प्रतिस्थापन शब्द हो । पावल झ्यालखानाको भएको कारण ओनिसिफरसले शर्म मानेनन् तर उनलाई घरिघरी भेट गर्न गए । वैकल्पिक अनुवादः “म झ्यालखानामा भएको कुरामा शर्म मानेनन्”
“ओनेसिफरसले प्रभुबाट कृपा पाउन सकून्” वा “प्रभुले तिनलाई कृपा देखाउनुभएको होस्”
पावलले दया भनेको भेट्टाउन सकिने कुनै वस्तु भए झैँ गरेर बताउँछन् ।
यसले त्यो दिनलाई जनाउँछ जब परमेश्वरले सबै मानिसहरूलाई न्याय गर्नुहुनेछ ।
1 त्यसैकारण, मेरा बालक, येशू ख्रीष्टमा भएको अनुग्रहमा बलियो होऊ । 2 र धेरै गवाहीको माझमा तिमीले जे कुरा मबाट सुनेका छौ, अरूलाई पनि सिकाउन सक्ने विश्वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ । 3 येशू ख्रीष्टको असल सिपाहीझैँ मसँग कष्ट भोग । 4 सेनामा भर्ना भएको कुनै पनि जवान आफ्नो जीवनको अन्य काममा लाग्दैन, ताकि उसले आफ्नो हाकिमलाई खुसी पार्न सकोस् । 5 कोही खेलमा भाग लिन्छ भने, उसले नियमअनुसार नखेली मुकुट जित्न सक्दैन । 6 परिश्रम गर्ने किसानले नै आफ्नो बालीको पहिले भाग प्राप्त गर्नुपर्छ । 7 मैले भनेका कुरामा विचार गर, किनकि परमेश्वरले तिमीलाई सबै कुरामा समझशक्ति दिनुहुनेछ । 8 मैले सुसमाचारको सन्देशमा भनेअनुसार दाऊदको वंशबाट आउनुभएका येशू ख्रीष्टको सम्झना गर । 9 जुन कुराको लागि मैले अपराधीझैँ बन्धनमा पर्ने अवस्थासम्म कष्ट भोगेँ । तर परमेश्वरको वचन बन्धनमा परेको छैन । 10 त्यसैकारण चुनिएकाहरूका लागि म सबै कुरा सहन्छु, ताकि तिनीहरूले अनन्तको महिमाका साथ येशू ख्रीष्टमा भएको मुक्ति प्राप्त गरून् । 11 यो भनाइ भरोसायोग्य छः “हामी उहाँसँगै मर्यौँ भने, हामी उहाँसँगै जीवित पनि हुनेछौँ । 12 हामीले सह्यौँ भने, हामीले उहाँसँगै राज्य गर्नेछौँ । हामीले उहाँलाई इन्कार गर्यौँ भने, उहाँले पनि हामीलाई इन्कार गर्नुहुन्छ । 13 हामी उहाँमा विश्वासयोग्य भएनौँ भने, उहाँ विश्वासयोग्य हुनुहुन्छ, किनकि उहाँले आफैलाई इन्कार गर्नुहुन्न । 14 तिनीहरूलाई यी कुराहरूको निरन्तर सम्झना दिलाऊ । शब्दहरूमा तर्क-वितर्क नगर भनी तिनीहरूलाई परमेश्वरको अगाडि चेतावनी देओ, किनभने तिनीहरूले केही फाइदा गर्दैनन् र यी कुराहरू सुन्नेहरूलाई नोक्सान मात्र पुग्छ । 15 सत्यको वचनलाई होसियारीसाथ प्रयोग गर्ने शर्माउन नपर्ने कामदारजस्तै परमेश्वरको उपस्थितिमा स्वीकारयोग्य हुन भरमग्दुर प्रयत्न गर । 16 भक्तिहीन कुरालाई त्याग, जसले तिमीहरूलाई अझ धेरै भक्तिहीनतातर्फ डोर्याउँछ । 17 तिनीहरूको वचन निको नहुने सइनको घाउजस्तै फैलिनेछ । तिनीहरूमध्ये हुमेनियस र फिलेतस हुन् । 18 ती मानिसहरू सत्यताबाट टाढा हराइरहेका छन् र तिनीहरूले येशूको पुनरुत्थान पहिले नै भइसकेको छ भनेर भन्दछन्, र तिनीहरूमध्ये कतिको विश्वासलाई खल्बल्याइरहेका छन् । 19 तथापि यस छाप सहितको परमेश्वरको दृढ जग स्थिर रहन्छ, “प्रभुले आफ्नाहरूलाई चिन्नुहुन्छ” र “जसले उहाँको नाउँ लिन्छ, त्यो सबै अधर्मबाट टाढा रहोस्” । 20 सम्पन्न घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुदैनन्, तर त्यहाँ माटा र काठका भाँडा पनि हुन्छन्, र कति आदर र कति अनादरको निम्ति प्रयोग हुन्छन् । 21 कसैले अनादरयोग्य प्रयोगबाट आफैलाई शुद्ध पार्दछ भने, ऊ अलग गरिएको, मालिकको लागि उपयोगी र हरेक असल कामको लागि तयार भएको आदरको भाँडो हुन्छ । 22 जवानीको अभिलाषाबाट अलग बस, र शुद्ध हृदयले परमेश्वरलाई पुकार्नेहरूसँगै धार्मिकता, विश्वास, प्रेम, शान्तिको खोजी गर । 23 तर मूर्ख र अज्ञानी प्रश्नहरूले वादविवाद ल्याउँछन् भन्ने जानेर तिनबाट अलग बस । 24 परमेश्वरका सेवकहरूले झगडा गर्नुहुँदैन, तर तिनीहरू सबैका लागि दयालु, सिकाउन सक्ने र धैर्यवान् हुनुपर्दछ । 25 उहाँका विरोधीहरूलाई विनम्रतामा सुधार्ने हुनुपर्छ । सायद परमेश्वरले तिनीहरूलाई सत्यताको ज्ञानको लागि पश्चात्ताप दिनुहुनेछ । 26 अनि दुष्टले आफ्नो इच्छा पुरा गर्नको लागि पारेको पासोबाट उम्किएर तिनीहरूको चेतना फर्किनेछ ।
केही अनुवादहरूले शब्दहरूलाई पृष्ठमा बाँकीको खण्डभन्दा केही दायाँतिर पर सार्छन् । यूएलटीले पदहरू ११-१३ सँग यसै गर्छ । पावलले यी पदहरूमा कुनै कविता वा भजनलाई उद्धरण गरिरहेका हुन सक्छन् ।
विश्वासयोग्य ख्रीष्टिएनहरूले भविष्यमा ख्रीष्टसँगै राज गर्नेछन् । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/faithful)
यस अध्यायमा, ख्रीष्टिएन भई जीवन बिताउने कुराका बारेमा शिक्षा दिनका लागि पावलले धेरैवटा तुलनात्कम उदाहरण दिए । तिनले सिपाही, खेलाडी र किसानका बारेमा तुलनात्कम उदाहरण प्रयोग गरे । अध्यायको आखिरीमा, तिनले घरमा भएका विभिन्न किसिमका भाँडाहरूका बारेमा तुलनात्कम उदाहरण प्रयोग गर्दछन् ।
पावलले तिमोथीको ख्रीष्टिएन जीवनलाई सिपाहीको जीवन,किसानको जीवन र दौडमा भाग लिने मानिसको जीवनको रूपमा चित्रित गर्छन् ।
यहाँ “बालक” भनेको महान् प्रेमलाई देखाउने र स्वीकार गरेको कुरालाई जनाउने शब्द हो । यो सम्भव छ कि तिमोथीलाई पावलद्वारा नै ख्रीष्टमा ल्याइएको थियो, र त्यसैले पावलले तिनलाई आफ्नो बाकल झैँ ठाने । वैकल्पिक अनुवादः “जो मेरो बालक जस्तै छन्”
परमेश्वरको अनुग्रहले विश्वासीहरूले प्राप्त गर्ने उत्प्रेरणा र निश्चयताको बारेमा पावल कुरा गर्छन् । वैकल्पिक अनुवादः “ख्रीष्ट येशूसँगको तिम्रो सम्बन्धद्वारा परमेश्वरले तिमीलाई दिनुभएको अनुग्रहको प्रयोग उहाँले गर्नुभएको होस् ।
“मैले भनेको कुरा सही हो भनेर सहमत हुने धेरै साक्षीहरूसँग”
पावलले तिमोथीलाई दिएका शिक्षाहरूलाई तिमोथीले अरू मानिसहरूलाई दिन सक्ने र तिनीहरूले सही तरिकाले प्रयोग गर्नेछन् भनी आशा राख्न सक्ने वस्तुको रूपमा व्यक्त गर्दछन् । वैकल्पिक अनुवादः “तिनीहरूलाई सुम्पिदेऊ” वा “तिनीहरूलाई सिकाऊ”
सम्भावित अर्थहरू हुन् १) “मैले जस्तै कष्ट भोग” वा २) “मेरो कष्टमा सहभागी होऊ”
पावलले ख्रीष्टले भोगेको कष्टलाई एउटा असल सिपाहीले भोगेको कष्टसँग तुलना गर्छन् ।
“दैनिक जीवनको काममा लाग्ने सिपाहीले सेवा गर्न सक्दैन” वा “जब सिपाहीहरूले सेवा गरिरहेका हुन्छन्, अरू मानिसहरूले गर्ने सामान्य कुराहरूले तिनीहरूको ध्यान भङ्ग गर्न सक्दैन ।” ख्रीष्टका सेवकहरूलाई तिनीहरूको दैनिक जीवनले ख्रीष्टको सेवा गर्नबाट वञ्चित गर्नु हुँदैन ।
यो अल्झाउने कुराका बारेमा मानिसहरू बाटोमा हिंड्दा तिनीहरूलाई अल्झाउने कुनै किसिसमको जाल भए झैँ गरी पावलले लेखेका छन् ।
“उसको अगुवा” वा “उसलाई आज्ञा दिने व्यक्ति”
पावलले ख्रीष्टका सेवकहरूलाई खेलाडीहरूको रूपमा व्यक्त गर्दछन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “नियम बमोजिम प्रतिष्पर्धा गरे मात्र तिनीहरुले उसलाई विजयी खेलाडीको रूपमा मुकुट दिन्छन्”
“उसले पुरस्कार जित्दैन ।” पावलको समयमा दौडमा जित्नेहरूलाई पातहरूले बनेको हार लगाएर सम्मान गरिन्थ्यो ।
“नियम अनुसार खेलेर” वा “नियमलाई कडारूपमा पालन गरेर”
तिमोथीलाई पावलले कामको बारेमा दिएको यो तेस्रो उपमा हो । पाठकले यो बुझ्नु पर्छ कि ख्रीष्टका सेवकहरूले कडा परिश्रम गर्नु पर्दछ ।
पावलले तिमोथीलाई शब्दका तस्विरहरू दिए, तर उनले तिनको अर्थ बताएनन् । ख्रीष्टका सेवकहरूका विषयमा पावलले के भनिरहेका थिए सो तिमोथी आफैँले पत्ता लगाउन् भन्ने आशा पावलले राखे ।
“सबैकुराको बारेमा”
पावलले तिमोथीलाई ख्रीष्टको लागि कसरी जिउने, कसरी कष्ट भोग्ने र अरुलाई ख्रीष्टको जिउन कसरी सिकाउने भन्ने शिक्षा दिन्छन् ।
यो एउटा अलङ्कार हो जसले येशू दाऊदको वंशबाट आउनुभयो भन्ने अर्थ दिन्छ । वैकल्पिक अनुवादः “जो दाऊदका सन्तति हुन्”
यहाँ उठाउनु भनेको मरिगएको कसैलाई पुनः जीवित हुने तुल्याउने कुरालाई जनाउने वाक्पद्धति हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले जीवित बनाउनुभयो” वा “जसलाई परमेश्वरले मृतकहरूबाट बौह्राउनुभयो”
पावलले सुसमाचारको सन्देश उनको आफ्नै हो भने झैँ गरेर व्यक्त गर्छन् । उनले भन्न खोजेको यही हो कि, उनले घोषणा गर्ने सुसमाचारको सन्देश यही हो । वैकल्पिक अनुवादः “यो मैले प्रचार गर्ने सुसमाचारको सन्देश अनुसार छ”
यहाँ “बन्धनमा पर्ने” कुराले कैदी हुने कुरालाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एक जना अपराधीले झैँ झ्यालखानामा साङ्लाले बाँधिने अवस्थासम्म”
यहाँ “बन्धनमा पर्ने” भन्नाले कैदीलाई हुने कुरालाई जनाउँछ, र त्यो वाक्यांश चाहिँ एउटा अलङ्कार हो जसको अर्थ कसैले पनि परमेश्वरको सन्देशलाई रोक्न सक्दैन भन्ने हुन्छ । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले पनि परमेश्वरको वचनलाईझ्यालखानामा राख्न सक्दैन” वा “कसैले पनि परमेश्वरको वचनलाई रोक्न सक्दैन”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले छान्नु भएका मानिसहरूका निम्ति”
पावलले मुक्तिलाई भौतिक रूपले समात्न सकिने वस्तुको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “ख्रीष्ट येशूबाट मुक्ति प्राप्त गर्नेछन्”
“र तिनीहरू उहाँ भएको महिमाको स्थानमा सदा उहाँ सँगै हुनेछन्”
“यी तिमीहरूले विश्वास गर्न सक्ने वचनहरू हुन्”
यो पावलले कुनै गीत वा कवितालाई उद्धृत गरेको हुनुपर्छ । यदि तपाईंको भाषामा यो कविता हो भन्ने देखाउने कुनै तरिका छ भने त्यो प्रयोग गर्न सक्नुहुन्छ । यदि छैन भने यसलाई गद्य नभई पद्य कै रूपमा व्यक्त गर्न सक्नुहुन्छ ।
मानिसहरूले जब ख्रीष्टमाथि विश्वास गर्छन् तिनीहरूले ख्रीष्टको मृत्युमा सहभागी हुन्छन्, तिनीहरूका इच्छाहरू इन्कार गर्छन् र उहाँको आज्ञा पालन गर्छन् भन्ने जनाउनको लागि पावलले यो अभिव्यक्तिको प्रयोग गर्छन् ।
यो पावलले कुनै गीत वा कवितालाई उद्धृत गरेको हुनुपर्छ । यदि तपाईंको भाषामा यो कविता हो भन्ने देखाउने कुनै तरिका छ भने त्यो प्रयोग गर्न सक्नुहुन्छ । यदि छैन भने यसलाई गद्य नभई पद्य कै रूपमा व्यक्त गर्न सक्नुहुन्छ ।
“यदि हामीले परमेश्वरलाई असफल बनायौँ भने पनि” वा “हामीले गरौँ भनेर परमेश्वरले चाहेको कुरा हामीले नगरे तापनि”
“उहाँको चरित्र अनुसार उहाँले सधैँ कार्य गर्नु पर्छ” अथवा “उहाँको वास्तविक चरित्र विपरित किसिमले उहाँले कार्य गर्न सक्नुहुन्न”
“तिनीहरू” भन्ने शब्दले “शिक्षकहरू” वा “मण्डलीका मानिसहरू”लाई जनाउँछ ।
पावलले आफ्नो बारेमा परमेश्वरको जानकारीलाई आफू परमेश्वरको उपस्थितिमा नै भए झैँ गरी व्यक्त गर्छन् । यसको अर्थ परमेश्वर तिमोथीको साक्षी हुनुहुनेछ भन्ने हुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरको उपस्थितिमा” अथवा “परमेश्वर तिम्रो साक्षीको रूपमा”
सम्भावित अर्थहरू हुन् १) “मानिसहरूले भन्ने मूर्ख कुराहरूको विषयमा झगडा नगर” वा २) “शब्दहरूको अर्थको विषयमा बहस नगर”
“यसले कसैलाई भलाई गर्दैन”
“योग्य प्रमाणित भएको र शर्माउन नपर्ने व्यक्तिको रूपमा आफूलाई परमेश्वरको अगाडि प्रस्तुत गर”
तिमोथीले परमेश्वरको वचनको ठीक व्याख्या गर्ने कामलाई तिनी कुनै एक कुशल कामदारको रूपमा पावलले व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “कामदारको रूपमा” अथवा “कामदार जस्तै”
सम्भावित अर्थहरू हुन् १) “सत्यताको वचनको बारेमा भएको ठीक तरिकाले व्याख्या गर्छ” वा २) “सत्य सन्देशलाई ठीक तरिकाले व्याख्या गर्छ ।”
पावलले यस्तो खालको कुरा एक ठाउँदेखि अर्को ठाउँमा भौतिक रूपले जाने कुराको रूपमा व्यक्त गर्छन् र भक्तिहीनतालाई कुनै नयाँ ठाउँको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “जसले मानिसहरूलाई अझ बढी नास्तिक बनाउँछ”
सइनको घाउ कुनै व्यक्तिको शरीरमा चाँडै फैलन्छ त्यसलाई नाश गर्छ । यो एउटा अलङ्कार हो जसको अर्थ ती मानिसहरूले भनिरहेका कुराहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ र ती सुन्नेहरूको विश्वासलाई हानी गर्छ । वैकल्पिक अनुवादः “तिनीहरूले भन्ने कुराहरू संक्रमणातमक रोग जस्तै फैलनैछ” वा “तिनीहरूका कुराहरू चाँडै फैलनेछ र सइनको घाउ जस्तै गरी नाश ल्याउनेछ”
यी पुरुषका नाम हुन् ।
यहाँ “सत्यताबाट टाढा गएका” भनेको सत्य कुरालाई अब अरू बढी विश्वास नगर्ने वा नसिकाउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “जसले ती कुराहरू भन्न सुरु गरेका छन् जुन सत्य छैनन्”
“परमेश्वरले मरेका विश्वासीहरूलाई अनन्त जीवनका लागि पहिले नै उठाइसक्नुभएको छ”
“तिनीहरूले केही मानिसहरूलाई विश्वास गर्नबाट रोकेका छन्”
जसरी धनीहरूको परिवारमा मूल्यवान् र सामान्य भाँडाहरूलाई सम्मानित कामको लागि प्रयोग गरिन्छ, त्यसरी नै परमेश्वरतिर फर्कने व्यक्तिहरूलाई असल कामको लागि परमेश्वरले सम्मानित तरिकाले प्रयोग गर्नुहुन्छ ।
सम्भावित अर्थहरू हुन् १) “परमेश्वरको सत्यता दृढ जग जस्तै छ” वा २) “परमेश्वरले आफ्ना मानिसहरूलाई बलियो जग भएको भवन जस्तै स्थापित गर्नुभएको छ” वा ३) “परमेश्वरको विश्वासयोग्यता दृढ जगजस्तै छ ।” कुरा जे सुकै भए तापनि पावलले यसलाई जमिनमा स्थापित गरेको भवनको जगको रूपमा व्यक्त गर्छन् ।
“जसले परमप्रभुको नाम पुकार्छ” यहाँ “परमप्रभुको नाम” ले परमप्रभु आफैँलाई जनाउँछ । वैकल्पिक अनुवादः “जसले परमप्रभुलाई पुकार्छ” वा “जसले आफूलाई ख्रीष्टमा विश्वासी भन्दछ”
पावलले अधर्मलाई कुनै ठाउँको रूपमा व्यक्त गर्छन् जहाँ देखि टाढा जान सकिन्छ । वैकल्पिक अनुवादः “दुष्ट हुनदेखि रोक” वा “गलत कार्य गर्न रोक”
यहाँ “भाँडा”ले मानिसहरूले खाना राख्न वा पिउन प्रयोग गर्ने बटुका, थालहरूलाई जनाउँछ । यदि तपाइंको भाषामा यदि तपाईको भाषामा यसको सामान्य शब्द छैनभने, “कचौरा” वा “भाँडा” शब्द प्रयोग गर्नुहोस् । यो विभिन्न किसिमका मानिसहरूलाई जनाउनको लागि प्रयोग भएको आलङ्कारिक शब्द हो ।
सम्भावित अर्थहरू हुन् १) “विशेष समारोह ... साधारण समय” वा २) “मानिसहरूले सार्वजनिक रूपमा गर्ने क्रियाकलापहरू ... मानिसहरूले गोप्य रूपमा गर्ने क्रियाकलापहरू ।”
सम्भावित अर्थहरू हुन् १) “अनादर योग्य मानिसहरूबाट आफैँलाई अलग राख्दछ” वा २) “आफैँलाई शुद्ध बनाउँछ ।” पावलले यो प्रक्रियालाई कुनै व्यक्तिले आफैँलाई धोएर सफा बनाउने कामको रूपमा व्यक्त गर्छन् ।
पावलले त्यस व्यक्तिलाई कुनै आदरको भाँडोको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “ऊ विशेष समारोहमा उपयोगी भाँडाजस्तै छ” वा “ऊ असल मानिसहरूले सार्वजनिक रूपमा गर्ने क्रियाकलापमा उपयोगी भाँडाजस्तै छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मालिकले तिनलाई अलग गर्छन् र मालिकले उसलाई हरेक असल कार्यमा प्रयोग गर्नका लागि ऊ तयार हुन्छ”
ऊ शारीरिक रुपले अलग गरिएको वा स्थानान्तरण गरिएको हैन तर उद्देश्य पुरा गर्नको लागि अलग गरिएको हो । केही संस्करणहरूले यसलाई “पवित्र गरिएको” भनेर अनुवाद गर्छन् तर यो खण्डले अलग गरिएको भन्ने कुरा नै बताउँछ ।
पावलले जवानीको अभिलाषाहरूलाई कुनै डरलाग्दो व्यक्ति वा जनावरको रूपमा व्यक्त गर्छन् जसदेखि तिमोथी टाढा भाग्नु पर्छ । वैकल्पिक अनुवादः “जवानीको अभिलाषालाई पूर्ण रूपले इन्कार गर” वा “जवान मानिसहरूले गर्न चाहने गलत कुराहरूलाई पूर्ण रूपले नकार”
“पछ्याऊ” भन्ने शब्द “भाग्नु” शब्दको विपरितार्थी हो । यहाँ पावलले धार्मिकतालाई तिमोथीको लागि भलाई गर्ने कुनै वस्तु हो जसतर्फ तिमोथी दौडनुपर्छ भन्ने तरिकाले व्यक्त गरेका छन् । वैकल्पिक अनुवादः “धार्मिकता प्राप्त गर्ने हरसम्भव प्रयास गर” वा “धार्मिकता खोजी गर”
सम्भावित अर्थहरू हुन् १) धार्मिकता, विश्वास, प्रेम र शान्तिको खोजी गर्ने कार्यमा अरू विश्वासीहरूसँग तिमोथी सामेल होउन् भन्ने पावलको इच्छा छ वा २) तिमोथी शान्तिसाथ बसून् र अरू विश्वासीसँग वादविवाद नगरून् भन्ने पावलको इच्छा छ ।
यहाँ “प्रभुलाई पुकार्ने” शब्द वाक्पद्धती हो जसको अर्थ प्रभुमा भरोसा गर्नु र उहाँको आराधना गर्नु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “परमप्रभुको आराधना गर्नेहरू”
यहाँ “सफा” भनेको कुनै शुद्ध वा सच्चा कुरालाई जनाउने अलङ्कार हो । अनि, “हृदय” भनेको “सोचाइहरू” वा “भावनाहरू”लाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “सच्चा मनको साथ” वा “सच्चापनको साथ”
“मूर्ख र बेसमझका सवालको जवाफ दिन इन्कार गर ।” पावलले भन्न खोजेको यही हो कि, त्यस्ता प्रश्न सोध्ने मानिसहरू मूर्ख र अज्ञानी हुन् । वैकल्पिक अनुवादः “सत्य जान्न नखोज्ने मुर्ख मानिसहरूले सोधेको प्रश्नहरूको जवाफ नदेऊ”
अज्ञानी प्रश्नहरूलाई पावलले जन्म दिँदै गरेका स्त्रीहरूको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले झगडा निम्त्याउँछन्”
“नम्रतासाथ” वा “भद्रतासाथ”
“तिनीहरूलाई सिकाऊ” अथवा “तिनीहरूलाई सच्याऊ”
पावलले पश्चातापलाई परमेश्वरले दिने कुनै वस्तुको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई आफ्ना पापबाट फर्कने मौका दिनुहुन्छ”
“ताकि तिनीहरूले सत्यताको ज्ञान जान्ने छन्”
पावलले पापीहरूले परमेश्वरको बारेमा सही तरिकाले विचार गर्न सिक्ने कुरालाई मातेको मानिस होशमा आएको कुराको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले फेरि सही तरिकाले सोच्लान्”
पावलले ख्रीष्टिएनहरूलाई शैतानले पाप गर्न राजी गराउने कुरालाई कुनै पासोको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “दुष्टले चाहेको कुरा गर्न बन्द गर”
पावलले ख्रीष्टिएनहरूलाई शैतानले पाप गर्न राजी गराउने कुरालाई दुष्टले भौतिक रूपमा तिनीहरूलाई बन्दी बनाएको र दास बनाएको छ भनेर व्यक्त गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई उसको इच्छा पालन गर्ने बनाएर छल गरेपछि”
1 तर यो जान कि अन्तिम दिनहरूमा खतरापूर्ण समय आउनेछ । 2 किनकि मानिसहरू आफैलाई प्रेम गर्नेहरू, धनका प्रेमी, घमण्डी, हठी, अरूको निन्दा गर्ने, आमा बुबाले भनेको नमान्ने, कृतघ्न, अपवित्र, 3 स्वाभाविक प्रेमरहित, कठोर, निन्दा गर्नेहरू, आत्म-नियन्त्रण गर्न नसक्ने, विद्रोही, असल नरुचाउने, 4 ठगाहा, जिद्धिवाल, घमण्डी, परमेश्वरको प्रेमको साटो सुखविलास रुचाउने हुनेछन् । 5 तिनीहरू भक्तिमय देखिनेछन्, तर यसको शक्तिलाई भने इन्कार गर्नेछन् । यस्ता मानिसहरूबाट अलग बस । 6 यी मानिसहरूमध्ये केही मानिसहरू घर-घरमा पसेर मूर्खताले भरिएका विभिन्न पाप-स्वभावले थिचिएका र धेरै अभिलाषाले प्रभावित स्त्रीहरूलाई अधीनमा पार्छन । 7 यी स्त्रीहरू सधैँ नयाँ कुरा सिक्न प्रयास गरिरहेका हुन्छन्, तर कहिल्यै सत्यको ज्ञानमा आउन सक्दैनन् । 8 जसरी यान्नेस र याम्ब्रेस मोशाको विरुद्धमा खडा भए, त्यसरी नै यी झुटा शिक्षकहरू सत्यको विरुद्धमा खडा हुन्छन् । तिनीहरूको मन भ्रष्ट भएको छ, र तिनीहरूले विश्वासलाई इन्कार गरेका छन् । 9 यी मानिसहरू धेरै अगाडि जान सक्दैनन्, किनकि तिनीहरूको मूर्खता यी दुई मानिसको जस्तै सबै मानिसहरूलाई थाहा हुनेछ । 10 तर तिमीहरूले मेरो शिक्षा, आचरण, उद्देश्य, विश्वास, धैर्य धारण, प्रेम, सहनशक्ति, 11 सतावट, दुःखभोग अनि एन्टिओखिया, आइकोनियन र लुस्त्रामा ममाथि आइपरेका कुराको अनुकरण गर्यौ । मैले त्यस्ता सतावटहरू सहेँ र प्रभुले मलाई ती सबैबाट छुटकारा दिनुभयो । 12 ख्रीष्ट येशूको भक्तिमा जिउन चाहने मान्छे सधैँ सतावटमा पर्छ । 13 दुष्ट मानिस र ठगाहाहरू अझ खराब हुनेछन्, तिनीहरूले अरूलाई पथभ्रष्ट बनाउँछन्, र आफू पनि अरूद्वारा पथभ्रष्ट पारिन्छन् । 14 तर तिमीचाहिँ सिकेका र बलियोसँग विश्वास गरेको कुरामा लागि राख, यो जानेर कि ती कुराहरू तिमीले कसबाट सिकेका हौ । 15 तिमीलाई थाहा छ, कि तिमीले सानैदेखि पवित्रशास्त्र जानेका छौ, जसले तिमीलाई ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिमा तिमीलाई बुद्धिमान् तुल्याउन सक्छ । 16 सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरबाट भएको हो र यो सिद्धान्तको लागि, दोष देखाउनको लागि, सच्याउनको लागि, धार्मिकतामा तालिम दिनको लागि लाभदायक छ, 17 ताकि परमेश्वरका मानिस सक्षम भएर हरेक असल काममा सुसज्जित हुन सकून् ।
“अन्तिम दिनहरू” शब्दले सायद भविष्यमा येशूको पुनरागमन हुनुभन्दा ठीक पहिलेको समयलाई जनाउँछ । यस्तो हो भने, पावलले पद १-९ र १३ मा तिनै दिनका बारेमा अगमवाणी गरेका हुन् । “अन्तिम दिनहरू” शब्दले पावलको समयसहितको ख्रीष्टिएन युगलाई पनि जनाउँछ । यस्तै हो भने, सतावट भोग्ने बारेमा पावलले सबै ख्रीष्टिएनहरूलाई शिक्षा दिन्छन् । अनि )
पावलले तिमोथीलाई यो थाहा दिन्छन् कि भविष्यमा मानिसहरू सत्यबाट तर्केर जानेछन्, तर सतावट आए तापनि उनी चाहिँ परमेश्वरको पवित्रशास्त्रमा भर पर्न सक्नेछन् ।
सम्भावित अर्थहरू हुन् १) यो पावलको भन्दा पछिको समय हो । वैकल्पिक अनुवादः “भविष्यमा येशू आउनुभन्दा केही अगाडि” वा २) यसले ख्रीष्टिएन युगलाई जनाउँछ, पावलको समयसहित । वैकल्पिक अनुवाद; “अन्त्यभन्दा अगाडिको यस समय अवधिमा”
यी ख्रीष्टिएनहरूले कष्ट र खतरा भोग्ने दिनहरू,महिनाहरू, र वर्षहरू हुनेछन् ।
यहाँ “प्रेम गर्ने”ले भातृप्रेमलाई वा मित्रलाई वा परिवारलाई गर्ने प्रेम, मित्रहरू वा आफन्तहरूलाई गर्ने स्वभाविक प्रेमलाई जनाउँछ । यो परमेश्वरबाट आउने प्रेम होइन । वैकल्पिक अनुवादः “आत्म-केन्द्रित”
“आफ्नै परिवारलाई प्रेम नगर्ने”
“कसैसँगपनि सहमत नहुने” अथवा “कसैसँग पनि शान्तिमा नरहने”
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवाद “असललाई घृणा गर्ने”
कि त के खराब हुन सक्छ भनेर नसोचिकन गर्ने वा खराब कुराहरू हुन सक्छ भनी जानेर पनि गर्ने
तिनीहरू अरू मानिसहरूभन्दा असल छन् भनी सोच्ने
पावलले भक्ति, परमेश्वरको आदर गर्ने बानीलाई कुनै आकार र भौतिक शक्ति भएको वस्तुको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरू परमेश्वरलाई सम्मान गर्ने देखिन्छन्, तर तिनीहरूको व्यवहार गर्ने तरिकाले देखाउँछ कि तिनीहरू परमेश्वरको शक्तिमा साँच्चै विश्वास गर्दैनन्”
“धार्मिक देखापर्ने” अथवा “परमेश्वरको आदर गर्ने झैँ देखिने”
यहाँ “तर्क” भनेको कसैलाई पन्साउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “यी मानिसहरूलाई पन्साऊ”
“घरभित्र पस्छन् र ठूलो प्रभावमा पार्छन्”
“आत्मिक रूपमा कमजोर स्त्रीहरू ।” यी स्त्रीहरू आत्मिक रूपमा कमजोर हुन सक्छन् किनभने तिनीहरू भक्तिपूर्ण हुने काम गर्नमा विफल हुन्छन् वा किनभने तिनीहरू अल्छे छन् र तिनीहरूसँग धेरै पापहरू छ ।
पावलले पापतर्फ झुकाव राख्ने कुरालाई ती स्त्रीहरूको ढाडमा पापको ठूलो भारी भएको तरिकाले व्यक्त गर्छन् । सम्भावित अर्थहरू हुन् १) “जो प्रायः पाप गर्दछन्” वा २) “तिनीहरूले निरन्तर पाप गरिरहेको कारण धेरै दोषी महसुस गर्छन् ।” यसको अर्थ यो हो कि, ती स्त्रीहरूले पाप गर्न नछोडेको हुनाले ती मानिसहरूले तिनीहरूलाई सजिलै प्रभाव पार्छन् ।
पावलले धेरै अभिलाषाहरूलाई कुनै व्यक्तिलाई डोहोर्याएर लैजान सक्ने कुराको रूपमा व्यक्त गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले ख्रीष्टको आज्ञा पालन गर्नुको साटो विभिन्न तरिकाले पाप गर्ने इच्छा गर्छन्”
पावलले मोशाको समयका दुई झूटा शिक्षकहरूको उदाहरण दिन्छन् र यसलाई मानिसहरू पछि कस्ता हुनेछन् भन्ने कुरासँग जोड्छन् । उनले तिमोथीलाई पावलको उदाहरण पछ्याउन र परमेश्वरको वचनमा अडिग रहनको लागि उत्साह दिन्छन् ।
यी पुरुषहरूका नाउँहरू हुन् ।
पावलले कसैको विरुद्धमा वादविवाद गर्नेहरूलाई तिनीहरूको विरुद्धमा उभिनेहरूको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “विरोध गरे”
“येशूको सुसमाचारको विरोध गर्छन्”
“तिनीहरूका दिमाग भ्रष्ट छन्” वा “तिनीहरू सही प्रकारले सोच्न सक्दैनन्”
तिनीहरूले ख्रीष्टमा कति विश्वास गर्छन् र उहाँको आज्ञा मान्छन् भन्ने कुराको जाँच भएको छ, र तिनीहरू जाँचमा अनुतीर्ण भएका छन् । वैकल्पिक अनुवादः “इमान्दार विश्वास बिना” वा “र तिनीहरूले प्रमाणित गरेका छन् कि तिनीहरूको विश्वास साँचो होइन”
यी झूटा शिक्षकहरू विश्वासीहरूको अगाडि विश्वासमा धेरै अगाडि बढ्न सक्दैनन् भन्ने जनाउनको लागि पावलले शारीरिक चाल जनाउने अभिव्यक्तिको प्रयोग गरेका छन् । वैकल्पिक अनुवादः “तिनीहरूले धेरै सफलता प्राप्त गर्ने छैनन्”
मानिसहरूले सजिलै देख्न सक्ने केही कुरा
“यान्नेस र याम्ब्रेसको”
पावलले यी कुराहरूमा नियालेर ध्यान दिने कुरा चाहिँ तिनीहरू सर्दै गर्दा कोही व्यक्तिले भौतिक रूपमा नै पछ्याइरहेको थियो भने झैँ गरेर व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूले मेरो शिक्षा पालना गरेका छौ” वा “तिमीहरूले मेरो शिक्षामा होसियारीसाथ ध्यान दिएका छौ”
“जे गर्न मैले तिमीहरूलाई सिकाएको छु”
कोही व्यक्तिले उसको जीवन जिउने तरिका
कोही व्यक्ति ती मानिसहरूसँग सहनशील हुने कुरा जुन मानिसहरूले उसले ठीक नमानेका कुराहरू गर्छन्
परमेश्वरले पावललाई ती कठिनाइहरू र खतराहरूबाट छुटकारा दिनुभएको कुरालाई उनलाई परमेश्वरले कुनै भौतिक स्थानबाट उठाएर लगेको कुराको रूपमा लिन्छन् ।
“येशूलाई पछ्याउने मानिसको रूपमा भक्तिपूर्ण जीवन जिउने”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “निश्चय नै पनि सतावट सहनु पर्नेछ”
ठग भनेको त्यो एउटा व्यक्ति हो जसले अरू मानिसहरूले उसलाई आफू जो हो त्यसभन्दा कोही अरू नै व्यक्ति, सामान्यतया बढी महत्त्वपूर्ण व्यक्ति हो भनेर विश्वास गरून् भन्ने चाहन्छ ।
“अझ दुष्ट हुनेछन्”
यहाँ, कसैलाई भड्काउनु भनेको एउटा अलङ्कार हो जसको अर्थ कसैलाई केही त्यस्तो कुरा विश्वास गर्नलाई मनाउनु हो जुन सत्य होइन । वैकल्पिक अनुवादः “आफैँलाई र अरूलाई छलमा पार्दै” वा “झूटा कुरामा विश्वास गर्ने र झूटा शिक्षा दिने”
पावलले बाइबलका निर्देशनहरूलाई कुनै ठाउँको रूपमा व्यक्त गर्छन् जहाँ तिमोथी बस्न सक्छन् । सम्भावित अर्थहरू हुन् १) “तिमीले सिकेका कुराहरूलाई नबिर्स” वा २) “तिमीले सिकेका कुराहरूलाई निरन्तर गर”
पवित्रशास्त्रलाई पावलले कसैलाई बुद्धिमान् तुल्याउन सक्ने व्यक्तिको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “जब तिमी परमेश्वरको वचन पढ्छौ, तिमीले विश्वासद्वारा ख्रीष्ट येशूबाट मुक्ति प्राप्त गर्नको लागि बुद्धिमान् हुनेछौ”
“सम्पूर्ण पवित्रशास्त्र परमेश्वरले श्वास फेरेको जस्तै हो” भनेर केही बाइबलका संस्करणहरूमा अनुवाद गरिएको छ । यसको अर्थ यो हो कि परमेश्वरले पवित्रशास्त्रलाई आत्माद्वारा मानिसहरूलाई लेख्न लगाउनु भएको हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबै पवित्रशास्त्र परमेश्वरले उहाँको आत्माबाट बोल्नुभएको हो”
“यो उपयोगी छ” वा “यो फाइदाजनक छ”
“गल्ती देखाउनको लागि”
“गल्तीहरूलाई मिलाउन”
“मानिसहरूलाई धर्मी बन्नको लागि तालिम दिन”
यसले परमेश्वरमा विश्वास गर्ने स्त्री र पुरुष दुवैलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबै विश्वासीहरू”
“पूर्ण रूपमा तयार हुन सकून्”
1 परमेश्वर र येशू ख्रीष्टको सामने जसले जिउँदा र मरेकाहरूको न्याय गर्न लाग्नुभएको छ, र उहाँको प्रकटीकरण र राज्यलाई ध्यानमा राखेर म तिमीहरूलाई कडा आज्ञा दिन्छुः 2 वचन प्रचार गर, सजिलो र असजिलो दुवै अवस्थामा तयार बस । सबै प्रकारका धैर्य र शिक्षाद्वारा सुधार गर, हप्काऊ र अर्ती देऊ । 3 त्यस्तो समय आउनेछ जब मानिसहरूले असल शिक्षा सहने छैनन् । तर तिनीहरू आफ्नो अभिलाषाअनुसारको शिक्षा दिने शिक्षकहरूबाट घेरिनेछन् । यसरी तिनीहरूले आफूलाई मन परेको कुरा मात्र सुन्दछन् । 4 तिनीहरूले सत्यताबाट आफ्नो कान फर्काउनेछन् र दन्त्य कथातिर लगाउनेछन् । 5 तर तिमी सबै कुरामा सचेत होऊ; कष्ट भोग; प्रचारकको काम गर; आफ्नो सेवा पुरा गर । 6 म अगिबाट नै बलिको रूपमा अर्पित भइरहेको छु, मेरो बिदाइको समय आएको छ । 7 मैले राम्रो प्रतिस्पर्धामा भाग लिएको छु; मैले दौड सिध्याएको छु; मैले विश्वासलाई जोगाइराखको छु । 8 मेरो लागि धर्मिकताको मुकुट राखिएको छ, जुन त्यस दिनमा धार्मिक न्यायाधीश प्रभुले मलाई त्यो मुकुट दिनुहुनेछ, मलाई मात्र होइन तर उहाँको आगमनलाई प्रिय ठान्ने सबैलाई । 9 जतिसक्दो छिटो मकहाँ आऊ । 10 किनकि डेमासले मलाई छोडिदिए । यस वर्तामान संसारलाई प्रेम गरेर तिनी थेसलोनिकेमा गएका छन् । क्रेसेन्स गलातियामा गएका छन् भने तीतसचाहिँ दलमातियामा । 11 लूका मात्र मसँग छन् । मर्कूसलाई तिमीसँगै लिएर मकहाँ आऊ, किनकि काममा तिनी मेरो लागि उपयोगी हुनेछन् । 12 तुखिकसलाई मैले एफिससमा पठाएको छु । 13 तिमी आउँदा मैले त्रोआसमा कार्पससित छाडेका कपडा र किताबहरू, विशेष गरी चर्मपत्रका मुट्ठाहरू लिएर आऊ । 14 तमौटे अलेक्जेन्डरले मप्रति खराब व्यवहार गरेको छ । प्रभुले त्यसलाई त्यसको कामअनुसारको इनाम दिनुहुनेछ । 15 तिमी पनि त्यससँग होसियार होऊ, किनकि त्यो हाम्रो वचनको विरुद्धमा जोडदारसँग खडा भयो । 16 मेरो पहिलो प्रतिरक्षामा कसैले मलाई साथ दिएन, तर सबैले मलाई छाडे । तिनीहरूको विरुद्धमा यसो नभएको होस् । 17 तर प्रभु मसँग उभिनुभयो र मलाई बल दिनुभयो, ताकि मद्वारा सुसमाचारको घोषणा पूर्ण रूपमा पुरा हुन सकोस् र सबै गैरयहूदीहरूले सुन्न पाऊन् । यसैले, मैले सिंहको मुखबाट छुटकारा पाएँ । 18 परमेश्वरले मलाई सबै दुष्ट कामबाट छुटकारा दिनुहुन्छ, र उहाँको स्वर्गीय राज्यको लागि बचाउनुहुनेछ । उहाँलाई सदासर्वदा महिमा होस् । आमेन 19 प्रिस्किला, अकिलास र ओनेसिफरसको घरानालाई अभिवादन सुनाइदेऊ । 20 इरास्तस कोरिन्थमा नै बसे, तर त्रोफिमसलाई मैले बिरामी अवस्थामा मिलेटसमा छोडेँ । 21 हिउँद लाग्नुभन्दा अगाडि नै मकहाँ आउने कोसिस गर । युबुलसले तिमीलाई अभिवादन पठाएका छन् र पुडेस, लिनस, क्लौडिया र सबै भाइहरूले पनि । 22 प्रभु तिम्रो आत्मामा हुनुभएको होस् । तिमीसँग अनुग्रह रहोस् । आमेन ।
पावल तिमोथीलाई व्यक्तिगत निर्देशनहरू दिन सुरु गर्छन् ।
विभिन्न प्रकारका मुकुट विभिन्न कुराहरूका दृश्यचित्रका रूपमा धर्मशास्त्रले प्रयोग गर्दछ । यो अध्यायले भन्दछ, विश्वासीहरूले उचित जीवन यापन गरे भने ख्रीष्टले तिनीहरूलाई मुकुट प्रदान गर्नुहुनेछ ।
पावलले तिमोथीलाई विश्वासयोग्य हुने कुरा र पावल मर्नको लागि तयार भएको कुराको सम्झना दिलाउँछन् ।
“परमेश्वर र ख्रीष्ट येशूको उपस्थितिमा यो कडा आज्ञा ।” यसले भन्न खोजेको कुरा यही हो कि परमेश्वर र येशू पावलको साक्षी हुनुहुनेछ । वैकल्पिक अनुवादः “परमेश्वर र ख्रीष्ट येशू मेरो साक्षीको रूपमा यो कडा आज्ञा”
“गम्भीर आज्ञा”
यहाँ “जिउँदा” र “मरेका” शब्दहरू सबै मानिसहरूलाई जनाउनको लागि एकैपटक प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “ती सबै मानिसहरू जसले जीवन जिएका छन्”
यहाँ “राज्य”ले ख्रीष्ट राजाको रूपमा राज्य गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “जब उहाँ राजाको रूपमा राज गर्न फर्कनुहुन्छ”
यहाँ “वचन” भनेको “सन्देश”लाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “ख्रीष्ट बारेको सन्देश”
यहाँ “सहज” शब्दलाई बुझिएको छ । वैकल्पिक अनुवादः “जब यो सहज हुँदैन”
कसैलाई ऊ गलत कुरा गरेकोमा दोषी छ भनेर बताउनु
“मानिसहरूलाई हप्काऊ र शिक्षा देऊ र तिनीहरूसँग सधैँ धैर्य होऊ”
“किनभने भविष्यको कुनै समयमा”
यस सन्दर्भले यी मानिसहरू विश्वासीहरूको समुदायको हुनेछन् भनेर सङ्केत गर्छ ।
“असल शिक्षालाई सुन्ने इच्छा गर्ने छैनन्”
यसको अर्थ परमेश्वरको वचन अनुसारको सत्य र ठीक शिक्षा भन्ने हुन्छ ।
पावलले मानिसहरूले धेरै शिक्षकहरू प्राप्त गर्ने कुरालाई तिनीहरूलाई थुप्रोमा राखेको कुराको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले धेरै शिक्षकहरूबाट सुन्ने छन् जसले तिनीहरूका पापपूर्ण इच्छाहरूमा केही खराबी छैन भन्ने छन्”
जोडदार रूपमा कुनै कुरा सुन्न इच्छा गर्ने मानिसहरूका बारेमा पावलले तिनीहरूका कान चिलाएको जस्तो हो भने । अनि तिनीहरूले सुन्ने उत्कट इच्छा गरेका कुरा नै शिक्षकहरूले सिकाइदिए भने मात्र तिनीहरू सन्तुष्ट हुन्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले सुन्ने उत्कट इच्छा गरेका कुरा मात्र भन्नेहरू”
मानिसहरूले ध्यान नदिएको कुरालाई पावलले शारीरिक रूपमा अर्को तिर फर्केर नसुन्ने भएका मानिसहरूको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले सत्यतातर्फ दिनेछैनन्”
पावलले दन्त्य कथातिर ध्यान दिने मानिसहरूलाई दन्त्य कथाहरू तिर शारीरिक रुपले फर्केको व्यक्तिहरूको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः तिनीहरूले असत्य शिक्षाहरूतिर ध्यान दिनेछन्”
पावल आफ्ना पाठकहरूले सबै कुराको बारेमा सही तरिकाले सोचून् भन्ने चाहन्छन्, र उनी तिनीहरू मद्यपान नगरेर सचेत होऊन् भन्ने तरिकाले कुरा गर्छन् । वैकल्पिक अनुवादः “स्पष्टसँग सोच”
यसको अर्थ मानिसहरूलाई येशू को हुनुहुन्छ, तिनीहरूका निम्ति उहाँले के गर्नु भयो, उहाँको निम्ति तिनीहरूले कसरी जिउनु पर्छ भनेर बताउने हुन्छ ।
पावलले मर्नको लागि आफ्नो तयारीलाई बलिदानको रूपमा चढाउन लागेको मद्यको रूपमा व्यक्त गर्छन् ।
यहाँ “बिदाइ” शब्द मृत्यु जनाउने नम्र शब्द हो । वैकल्पिक अनुवादः “म चाँडै मर्नेछु र यो संसार छोड्नेछु”
पावलले आफ्नो कठिन परिश्रमलाई दौडमा पुरस्कारको लागि भाग लिएको व्यक्तिको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “मैले सक्ने जति गरको छु”
पावलले परमेश्वरको सेवाको जीवनलाई दौडमा भाग लिएको कुराको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “मैले गर्नु पर्ने कुराहरू पूरा गरेको छु”
पावलले ख्रीष्टमा भएको उनको विश्वास र परमेश्वर प्रतिको आज्ञाकारितालाई बहुमुल्य वस्तुको रूपमा व्यक्त गर्छन् जसलाई उनले जोगाएर राखेका छन् । सम्भावित अर्थहरू हुन् १) “मेरो सेवाकार्यमा म विश्वासयोग्य रहँदै आएको छु” वा २) मैले हामीले के विश्वास गर्छौँ भन्ने शिक्षालाई कुनै गल्ती हुनबाट जोगाएर राखेको छु”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मेरो लागि धार्मिकताको मुकुट राख्नुभएको छ”
सम्भावित अर्थहरू हुन् १) मुकुट सही प्रकारले जीवन जिएका मानिसहरूलाई परमेश्वरले दिने उपहार हो वा २) मुकुट धार्मिकताकालागि प्रयोग हुने उपमा हो । जस्तो दौडका निर्णायकले विजेतालाई मुकुट दिन्छन्, त्यसरी नै जब पावलले आफ्नो जीवन समाप्त गर्दछन् तब परमेश्वरले उनलाई धर्मी घोषणा गर्नुहुनेछ ।
खेलकुदमा सहभागी भएर विजयी भएकाहरूलाई लरेल पातहरूद्वारा तुनेर बनाइएको मुकुट दिइन्थ्यो
“त्यो दिन जब प्रभु फेरि आउनु हुन्छ” अथवा “त्यो दिन जब परमेश्वरले मानिसहरूको न्याय गर्नुहुन्छ”
पावलले यो घटना पहिले नै भइसकेको छ जस्तै गरेर बताउँछन् । यसलाई भविष्यको घटनाको रूपमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर उहाँको आगमनलाई उत्सुकताको साथ पर्खिनेहरूलाई पनि यो दिनुहुनेछ”
पावलले केही मानिसहरूले परमेश्वरको काम र उनी प्रति गरेको व्यवहारको बारेमा तोकेर नै बताउँछन्, केही निश्चित मानिसहरूको लागि अभिवादन गरेर तथा अरू मानिसहरूको अभिवादन सुनाएर अन्त्य गर्छन् ।
“सम्भव भएसम्म छिटो आऊ”
यी पुरुषका नाम हुन् ।
यहाँ “संसार” ले संसारका कुराहरूलाई जनाउँछ जुन परमेश्वरका कुराहरूको विपरीत छन् । सम्भावित अर्थहरू हुन् १) उनले यस संसारका क्षणिक आरामहरूलाई प्रेम गर्छन् अथवा २) यदि उनी पावलसँग बसे भने उनी मर्नेछन् भनेर डराए ।
यी दुई जनाले पावललाई छोडेका थिए,तर तिनीहरूले पनि डेमासले झैँ “यस वर्तमान संसारलाई प्रेम गरे” भनेर पावलले भनिरहेका छैनन् ।
यो भूभागको नाम हो ।
सम्भावित अर्थहरू हुन् १) “उनले मलाई सेवामा सहायता गर्न सक्छन्” वा २) “उनले मेरो सेवा गरेर मलाई सहायता गर्न सक्छन् ।”
यो लुगामाथि लगाइने गह्रौँ कपडा थियो
यो पुरुषको नाम हो ।
यसले मुठ्ठाहरूलाई जनाउँछ । मुठ्ठा लामो पटर कागज वा छालाबाट बनाइएको पुस्तक थियो । मुठ्ठामा लेखिसकेपछि वा पढ़िसकेपछि मानिसहरूले दुवै छेउमा डण्डीको प्रयोग गरेर यसलाई बेर्ने गर्थे ।
यसले विशेष प्रकारका मुट्ठाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “विशेषगरी जनावरको छालाबाट बनेका मुट्ठाहरू”
“धातुको कार्य गर्ने अलेक्जेन्डरले ... देखायो”
यो पुरुषको नाम हो ।
पावलले खराब कामहरूलाई प्रदर्शनमा राखिएको भनेर बताउँछन् । वैकल्पिक अनुवादः “मलाई धेरै नराम्रा कुराहरू गर्यो”
पावलले दण्डका बारेमा त्यो भुक्तानी भए झैँ कुरा गर्छन् । वैकल्पिक अनुवादः “प्रभुले उसले गरेको कुराको लागि उसलाई दण्ड दिनुहुनेछ”
अलेक्जेन्डर
अलेक्जेन्डर ।
यहाँ “वचन”ले सन्देश वा शिक्षालाई जनाउँछ । वैकल्पिक अनुवादः “हामीले सिकाएको सन्देशको विरोध गर्यो”
“अदालतमा म पहिलो पटक उपस्थित भएर मेरो कामहरूको वर्णन गर्दा”
“कोही मसँग उभिएन र मेरो सहायता गरेन”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूको विरुद्धमा यसलाई नगन्नुभएको होस्” वा “म प्रार्थना गर्छु कि परमेश्वरले तिनीहरूलाई मलाई छोडेको कारण दण्ड नदिनुभएको होस्”
पावलले प्रभु शारीरिक रूपमा नै उनीसँग उभिनुभएको जस्तै गरेर बताउँछन् । वैकल्पिक अनुवादः “प्रभुले मलाई सहायता गर्नुभयो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसैको कारण मैले प्रभुको सबै सन्देशहरू बोल्न सक्षम भएँ”
पावलले खतरालाई सिँहद्वारा परेको खतराको रूपमा व्यक्त गर्छन् । यो खतरा शारीरिक, आत्मिक, अथवा दुवै हुन सक्छन् । वैकल्पिक अनुवादः “म ठुलो खतराबाट बचाइएँ”
यहाँ “घराना”ले त्यहाँ बस्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “ओनेसिफरसको परिवार”
यो एक पुरुषको नाम हो । तपाईंले यस नामलाई २ तिमोथी १:१६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यी सबै पुरुषका नामहरू हुन् ।
यो एफिससको दक्षिणमा रहेको एक सहरको नाम हो ।
यी सबै पुरुषका नामहरू हुन् ।
“आउने तरिका खोज”
“जाडो मौसमभन्दा अगाडि”
यसलाई एउटा नयाँ वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ तिमीलाफ अभिवादन पठाएका छन् । पुडेस, लिनस, क्लौडिया र सबै भाइहरूले पनि तिमीलाई अभिवादन गर्छन्”
यो एक स्त्रीको नाम हो ।
यहाँ “भाइहरू” शब्दले स्त्री र पुरुष सबै विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यहाँ भएका सबै विश्वासीहरू”
“प्रभुले तिम्रो आत्मालाई बलियो पारून् भनी म प्रार्थना गर्दछु ।” यहाँ “तिमी” एकवचन हो र यसले तिमोथीलाई जनाउँछ ।
“म प्रार्थना गर्छु कि प्रभुले त्यहाँ हुने तिमीहरू सबैलाई अनुग्रह देखाउनु भएको होस् ।” यहाँ प्रयोग भएको “तिमीहरू” शब्द बहुवचन हो र यसले तिमोथीसँग भएका सबै विश्वासीहरूलाई जनाउँछ ।
पावलले तीतसको पुस्तक लेखे । पावल टार्सस सहरबाटका थिए । उनलाई उनको पहिलेको जीवनमा शाऊल भनेर चिनिएको थियो । ख्रीष्टिएन हुनभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्टिएनहरूलाई सताए । उनी ख्रीष्टिएन भइसकेपछि, उनी थुप्रै पटक रोमी साम्राज्यभरी मानिसहरूलाई येशूको बारेमा बताउँदै यात्रा गरे ।
पावलले यो पत्र उनको सङ्गी सेवक, तीतसलाई लेखे, जसले क्रेटको टापूमा भएका मण्डलीहरूलाई अगुवाइ गरिरहेका थिए । पावलले उनलाई मण्डलीका अगुवाहरू छान्ने विषयमा निर्देशनहरू दिए । विश्वासीहरूले एक अर्कासँग कसरी व्यवहार गर्नुपर्छ भन्ने विषयमा पनि पावलले वर्णन गरे । उनले तिनीहरू सबैलाई परमेश्वरलाई प्रसन्न तुल्याउने किसिमले जीवन जिउनलाई पनि प्रोत्साहन गरे ।
अनुवादकहरूले यसलाई यसको पारम्परिक नाम, “तीतस” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ स्पष्ट शीर्षकलाई छान्न सक्छन्, जस्तै, “तीतसलाई पावलको पत्र” वा “तीतसको लागि एक पत्र” ।
कुनै स्त्री वा छोडपत्र गरेका पुरुषले मण्डलीभित्र अगुवापनको पदहरूमा सेवा गर्न सक्छन् कि सक्दैनन् भन्ने विषयमा तीतसको पुस्तकमा त्यहाँ केही शिक्षाहरू छन् । यी शिक्षाहरूको अर्थलाई लिएर विद्वानहरू फरक-फरक मत राख्छन् । यस पुस्तकको अनुवाद गर्न अगाडि यी विषयहरूमा थप अध्ययन गर्न आवश्यक हुन सक्छ ।
यस पुस्तकमा, “म” शब्दले पावललाई जनाउँछ । साथै, “तिमी” शब्द लगभग सधैँ एकवचन हो र त्यसले तीतसलाई जनाउँछ । यसको अपवाद ३:१५ हो ।
यो यस पत्रमा एउटा सामान्य वाक्यांश हो । परमेश्वरले कसरी उहाँको विरुद्धमा पाप गरेको कुराको लागि तिनीहरूलाई ख्रीष्टमा क्षमा गर्नुभयो, र उहाँले सबै मानिसहरूको न्याय गर्दा तिनीहरूलाई क्षमा दिएर उहाँले कसरी बचाउनुभयो भन्ने कुरा पाठकहरूलाई विचार गर्न लगाउन पावलले खोजेका हुन् । यस पत्रमा भएको त्यस्तै समान वाक्यांश चाहिँ “हाम्रा महान् परमेश्वर र उद्धारकर्ता येशू ख्रीष्ट” भन्ने हो ।
1 परमेश्वरका सेवक र येशू ख्रीष्टका प्रेरित पावल परमेश्वरद्वारा चुनिएका मानिसहरूको विश्वासलाई स्थापित गर्न र सत्यताको ज्ञानलाई स्थापित गर्न जुन भक्तिसित सहमत हुँदछ, 2 अनन्त जीवनको निश्चयतामा, झुटरहित परमेश्वरले समयका सबै युगभन्दा पहिले प्रतिज्ञा गर्नुभयो । 3 ठिक समयमा, हाम्रा मुक्तिदाता परमेश्वरको आदेशअनुसार मलाई प्रचार गर्न सुम्पिएको सन्देशद्वारा उहाँले आफ्नो वचन प्रस्ट पार्नुभयो । 4 हाम्रो साझा विश्वासमा साँचा छोरा तीतसलाई । पिता परमेश्वर र हाम्रा मुक्तिदाता येशू ख्रीष्टबाट अनुग्रह, कृपा र शान्ति । 5 अझै पुरा नभएका कुराहरूलाई तिमीले व्यवस्थित गर र मैले तिमीलाई निर्देशन गरेबमोजिम हरेक सहरमा एल्डरहरू नियुक्त गर भन्ने उद्देश्यले मैले तिमीलाई क्रेटमा छोडेँ । 6 एल्डर दोषरहित, एकै पत्नीका पति, दुष्ट वा अनुशासनहीनहरूको सूचीमा नपर्ने विश्वासयोग्य छोराछोरीहरू भएको हुनुपर्छ । 7 परमेश्वरको घरानाका व्यवस्थापकको रूपमा बिशप हुनका लागि दोषरहित, नझर्कने वा नियन्त्रित, क्रोधित नहुने, मद्यको लत नलागेको, झैझगडा नगर्ने र लोभ नगर्ने हुनु आवश्यक छ । 8 तर तिनी अतिथि सत्कार गर्ने, जे असल छ सोको मित्र, संवेदनशील, धर्मी, भक्त र आत्म-संयमी हुनुपर्छ । 9 तिनी भरोसा गर्न सक्ने वचनको सिद्धान्तमा दह्रोसँग लाग्नुपर्छ, ताकि तिनले जे उचित छ त्यस सिद्धान्तद्वारा उत्साह दिन सकून् र तिनको विरोध गर्नेहरूलाई हप्काउन सकून् । 10 किनकि त्यहाँ धेरै अनुसाशनहीन मानिसहरू छन्, विशेष गरी ती खतना गरेकाहरू । तिनीहरूका वचनहरू मूल्यहीन छन् । तिनीहरूले मानिसहरूलाई छल गर्दछन् र गलत मार्गमा डोर्याउँछन् । 11 तिनीहरूलाई रोक्न आवश्यक छ । तिनीहरूले निर्लज्ज लाभका निम्ति सिकाउनु नहुने कुरा सिकाउँछन् र सम्पूर्ण परिवारलाई बर्वाद पारि दिन्छन् । 12 तिनीहरूमध्येका बुद्धिमान मानिसले भनेका छन्, “क्रेटका मानिसहरू नरोकिकन झुटो बोल्नेहरू, खराब र खतरनाक जनावर अर्थात् अल्छी पेट भएकाहरू हुन् ।” 13 यो भनाई सत्य छ, तिनीहरूलाई कडाइका साथ सुधार, ताकि तिनीहरू विश्वासमा ठिक हुन सकून् । 14 यहूदीहरूका दन्त्य कथामा र सत्यताबाट तर्केर गएका मानिसहरूका आदेशहरूमा समय खेर नफाल । 15 शुद्ध हुनेहरूका निम्ति सबै थोक शुद्ध हुन्छन्, तर प्रदूषित र विश्वास नगर्नेहरूका निम्ति भने केही पनि शुद्ध हुदैन । बरु तिनीहरूका निम्ति मन र विवेक समेत प्रदूषित भएका हुन्छन् । 16 तिनीहरूले परमेश्वरलाई चिनेको छु त भन्छन्, तर तिनीहरूका कामले उहाँलाई इन्कार गर्दछ । तिनीहरू घृणित र अनाज्ञाकारी हुन्छन् अनि कुनै पनि असल कामका लागि योग्यका ठहरिदैनन् ।
पदहरू १-४ मा पावलले यस पत्रलाई औपचारिक रूपमा परिचय गराउँछन् । प्राचीन मध्यपूर्व क्षेत्रमा लेखकहरूले धेरैपटक यसरी नै तिनीहरूको पत्र सुरु गर्थे ।
पदहरू ६-९ मा, कुनै मानिस मण्डलीमा एक एल्डर हुने हो भने उसमा हुनुपर्ने विभिन्न गुणहरूको पावलले सूची बनाउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns) पावलले १ तिमोथी ३ मा त्यस्तै खालको सूची दिन्छन् ।
मण्डलीले मण्डलीका अगुवाहरूका लागि विभिन्न शीर्षकहरूको प्रयोग गरेको छ । ती केही शीर्षकहरूमा निरीक्षक, एल्डर, पास्टर, र बिशप पर्छन् ।
यूएलटीले विभिन्न शब्दहरूको प्रयोग गर्छ जसले आवश्यकताहरू वा दायित्वहरूलाई सङ्केत गर्छ । यी क्रियापदहरूमा फरक-फरक मात्राको जोड दिइएको हुन्छ । सूक्ष्म भिन्नताहरूलाई अनुवाद गर्न कठिन हुन सक्छ । यूएसटीले यी क्रियापदहरूलाई बढी सामान्य किसिमले अनुवाद गर्छ ।
... को विश्वासलाई दह्रिलो बनाउन
“सत्यता” र “ज्ञान” भनेका भाववाचक नाउँहरू हुन् । यिनीहरूलाई व्यक्त गर्ने फरक तरिकाहरूको लागि यूएसटीमा हेर्नुहोस् । पावल मानिसहरूले परमेश्वर र ख्रीष्टको बारेमा सत्य सन्देश जानेका चाहन्छन् ताकि तिनीहरू परमेश्वरलाई प्रसन्न बनाउने तवरले जिउन सकून् ।
“जुन परमेश्वरलाई सम्मान गर्नलाई सुहाउँदो छ”
“जसले हामीलाई अनन्त जीवनको निश्चित आशा दिनुहुन्छ” वा “अनन्त जीवनको लागि हाम्रो निश्चित आशाको आधारमा”
“समय सुरु हुनभन्दा अगाडि”
“उचित समयमा”
पावलले परमेश्वरको सन्देशको विषयमा यसरी कुरा गर्छन् मानौँ त्यो कुनै वस्तु हो जुन मानिसहरूले देख्ने किसिमले प्रदर्शित गराउन मिल्छ । वैकल्पिक अनुवादः “उहाँले मलाई उहाँको सन्देश बुझ्ने तुल्याउनुभयो”
“सन्देशको घोषणाद्वारा”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले मलाई सुम्पनुभयो” वा “उहाँले मलाई प्रचार गर्ने जिम्मेवारी दिनुभयो”
“परमेश्वरको, जसले हामीलाई बचाउनुहुन्छ”
यसले पावल, तीतस, र सारा ख्रीष्टिएनहरूलाई समावेश गर्छ ।
हुन त तीतस पावलका वास्तविक छोरा थिएनन्, ख्रीष्टमा तिनीहरूको साझा विश्वास छ । त्यसैले, ख्रीष्टमा पावलले तीतसलाई आफ्नै छोरा समान ठान्छन् । वास्तविक बाबुछोराको सम्बन्धभन्दा पावलले विश्वासद्वाराको ख्रीष्टसँगको सम्बन्धलाई बढी महत्त्वपूर्ण ठान्छन् । त्यसैले, तिनीहरूको उमेरको हिसाबले र ख्रीष्टमा भएको साझा विश्वासको खातिर, पावलले तीतसलाई उनको आफ्नै छोरा ठान्छन् । यसो पनि भएको हुन सक्छ कि पावलले तीतसलाई ख्रीष्टमा विश्वासमा डोहोर्याएका थिए, र त्यसैले यस आत्मिक बुझाइमा तीतस एक छोरा जस्तै हुन् । वैकल्पिक अनुवादः “तिमी मेरा निम्ति छोराजस्तै हौ”
पावल र तीतस दुवैसँग ख्रीष्टमा एउटै विश्वास छ । वैकल्पिक अनुवादः “किनभने हामी दुवैले ख्रीष्टमा विश्वास गर्छौँ”
यो पावलले प्रयोग गर्ने प्रचलित अभिवादन थियो । बुझिएको जानकारीलाई तपाईंले स्पष्टसँग उल्लेख गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले दया र भित्री शान्ति अनुभव गरेका होओ”
“ख्रीष्ट येशू जो हाम्रा मुक्तिदाता हुनुहुन्छ”
यसले पावल, तीतस, र सारा ख्रीष्टिएनहरूलाई समावेश गर्छ ।
संयोजक वाक्यांश “यस उद्देश्यको लागि” भन्ने कुराले पावलले तीतसलाई क्रेटमा छोड्दा उनले पूरा गर्न चाहेको लक्ष्यलाई
“मैले तिमीलाई क्रेटमा बस्नलाई भनेँ”
“ताकि गर्न आवश्यक परेका कुराहरू तिमीले प्रबन्ध गरेर सिद्ध्याऊ”
“एल्डरहरूलाई नियुक्त गर” वा “एल्डरहरू छान”
सुरुका मण्डलीहरूमा, ख्रीष्टिएन एल्डरहरूले विश्वासीहरूको सभालाई आत्मिक अगुवाइ प्रदान गर्थे ।
तीतसलाई क्रेटको टापूमा भएका प्रत्येक सहरमा एल्डरहरू अभिषेक गर्नलाई बताए पश्चात, पावलले एल्डरहरूमा हुनुपर्ने आवश्यकताहरू बताउँछन् ।
“दोषरहित” हुनु भनेको खराब काम नगर्ने व्यक्तिको रूपमा चिनिनु हो । वैकल्पिक अनुवादः “एक एल्डर दोष नभएको व्यक्ति हुनुपर्छ” वा “एक एल्डर खराब पहिचान भएको व्यक्ति हुनुहुँदैन”
यसको अर्थ हो कि उसको एउटै मात्र पत्नी छ, अर्थात, उसका अन्य पत्नीहरू वा उपपत्नीहरू छैनन् । यसको अर्थ यो पनि हुन्छ कि उसले व्यभिचार गर्दैन र यसो पनि अर्थ दिन सक्छ कि उसले पहिलेको पत्नीसँग विवाहविच्छेद गरेको छैन । वैकल्पिक अनुवादः “एक मानिस जसको एउटै मात्र स्त्री छ” वा “एक मानिस जो आफ्नी पत्नीप्रति विश्वासयोग्य छ”
सम्भावित अर्थहरू हुन् १) येशूमा विश्वास गर्ने छोराछोरीहरू वा २) भर पर्न मिल्ने छोराछोरीहरू ।
यो आत्मिक अगुवाइको त्यही ओहदाको लागि भएको अर्को नाम हो जुन पावलले १:६ मा उल्लेख गरे । यो नामले एल्डरको कार्यमा ध्यानकेन्द्रित गर्छः उनले मण्डलीका क्रियाकलापहरू र मानिसहरूको निरीक्षण गर्छन् ।
पावल मण्डलीको बारेमा यसरी कुरा गर्छन् मानौँ त्यो परमेश्वरको घराना हो र निरीक्षकको विषयमा यसरी बताउँछन् मानौँ त्यो व्यक्ति चाहिँ त्यस घरानाको प्रबन्ध मिलाउने जिम्मा पाएका सेवक हुन् ।
“जँडुवा होइन” वा “धेरै मद्य पिउने व्यक्ति हुनुहुँदैन”
“हिंस्रक व्यक्ति हुनुहुँदैन” वा “झगडा गर्न रुचाउने व्यक्ति हुनुहुँदैन”
संयोजक शब्द “बरु”ले एक एल्डर नहुन पर्ने कुराहरू
“असल कुरा गर्न मन पराउने व्यक्ति”
यी दुई शब्दहरूको एकदमै समान अर्थ हुन्छ र यदि लक्षित भाषामा दुई समान शब्दहरू छैन भने एउटै शब्दले पनि अनुवाद गर्न सकिन्छ ।
यी दुई शब्दहरूको एकदमै समान अर्थ हुन्छ र यदि लक्षित भाषामा दुई समान शब्दहरू छैन भने एउटै शब्दले पनि अनुवाद गर्न सकिन्छ ।
ख्रीष्टिएन विश्वासप्रतिको भक्तिको विषयमा पावलले यसरी बताउँछन् मानौँ त्यो भनेको कोही व्यक्तिले विश्वासलाई आफ्ना हातहरूले पक्रने कुरा जस्तै हो । वैकल्पिक अनुवादः “ऊ ... प्रति समर्पित हुनुपर्छ” वा “उसले राम्ररी जान्नुपर्छ”
“जुन हामीले उसलाई सिकाएको कुरासँग सहमत हुन्छ”
संयोजक शब्द “बरु”ले कारण-परिणामको सम्बन्धलाई परिचय गराउँछ । कारण चाहिँ एल्डरले विश्वासयोग्य सन्देशलाई बलियो गरी पक्रनु हो, र परिणाम चाहिँ एल्डर अरूहरूलाई उत्साहित गर्न र उनको विरोध गर्नेहरूलाई हप्काउन सक्षम हुँदैनन् ।
“असल”ला लागि ग्रीकमा भएको शब्दले सामान्यतया शारीरिक स्वास्थ्यलाई जनाउँछ । पावलले यो शिक्षाको विषयमा यसरी बताउँछन् मानौँ यसलाई विश्वास गर्नेहरूलाई यसले आत्मिक रूपमा बिरामी बनाउनुको साटोमा आत्मिक रूपमा स्वस्थ बनाउँछ ।
परमेश्वरको वचनको विरोध गर्नेहरूका कारण, पावलले तीतसलाई परमेश्वरको वचन प्रचार गर्नको लागि कारणहरू दिन्छन् र उनलाई झूटा शिक्षकहरूको बारेमा चेतावनी दिन्छन् ।
यिनीहरू विद्रोही मानिसहरू हुन् जसले सुसमाचारको सन्देशको पालना गर्दैनन् । यहाँ “खोक्रो” भनेको बेकारको कुराको लागि एउटा अलङ्कार हो, र “खोक्रा कुरा गर्नेहरू” भनेको ती मानिसहरूको लागि अलङ्कार हो जसले व्यर्थको र मूर्ख कुराहरू गर्छन् । वैकल्पिक अनुवादः “ती मानिसहरू जसले आज्ञापालन गर्न मान्दैनन् र जसले व्यर्थका कुराहरू भन्छन्”
यसले ती मानिसहरूको वर्णन गर्छ जसले पावलले प्रचार गर्ने साँचो सुसमाचारभन्दा बाहेकको केही फरक कुरामा मानिसहरूलाई विश्वास गर्नलाई मनाउन सक्रिय रूपमा कोसिस गरिरहेका छन् । वैकल्पिक अनुवादः “ती मानिसहरू जसले अरूहरूलाई असत्य कुराहरूमा विश्वास गर्नलाई मनाउँछन्”
“खोक्रा कुरा गर्नेहरू” र “छलीहरू” दुवैले एउटै मानिसहरूलाई जनाउँछ । तिनीहरूले झूटा, व्यर्थका कुराहरू सिकाए र मानिसहरूले ती विश्वास गरेको चाहे ।
यसले यहूदी ख्रीष्टियनहरूलाई जनाउँछ जसले ख्रीष्टलाई पछ्याउनलाई मानिसहरूले खतना गर्नु पर्छ भनेर सिकाउँथे । यो शिक्षा झूटो हो ।
“तिमीले तिनीहरूलाई तिनीहरूका शिक्षा फैलाउनबाट रोक्न नै पर्छ” वा “कसैले तिनीहरूका वचनहरूद्वारा अरूहरूलाई प्रभाव पार्नबाट तिनीहरूलाई रोक्न नै पर्छ”
“तिनीहरूले सम्पूर्ण परिवारहरूलाई बर्बाद गरिरहेका छन् ।” विषय यो थियो कि तिनीहरूले परिवारहरूलाई सत्यताबाट अन्यत्र भड्काइरहेका थिए र तिनीहरूको विश्वासलाई नष्ट पारिरहेका थिए ।
यी ती कुराहरू हुन् ख्रीष्ट र व्यवस्थाको विषयलाई लिएर सिकाउन हुँदैन किनभने ती सत्य होइनन् ।
यसले मानिसहरूले आदरणीय नहुने थोकहरू गरेर बनाएको लाभलाई जनाउँछ ।
“एक क्रेटवासीले आफैँलाई एक अगमवक्ताको रूपमा मानेको हुन सक्छ”
“क्रेटवासीहरू हर समय झूट बोलिरहन्छन् ।” यो एउटा अतिशयोक्ति हो जसको अर्थ क्रेटवासीहरू झूटाहरू हुन् भनी सुपरिचित थिए भन्ने हुन्छ ।
यो अलङ्कारले क्रेटवासीहरूलाई खतरनाक जङ्गली पशुहरूसँग तुलना गर्छ ।
जतिबेला पनि खाइरहने मानिसको प्रतिनिधित्व गर्नलाई खानेकुराको सञ्चय गर्ने शरीरको भागलाई प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “अल्छे घिचुवाहरू”
“त्यसैकारण, तिनीले कडा भाषाको प्रयोग गर्नुपर्छ ताकि तिमीले तिनीहरूलाई सच्याउँदा क्रेटवासीहरूले बुझून्”
संयोजक शब्दहरू “त्यसैकारण”ले कारण-परिणामको सम्बन्धलाई परिचय गराउँछ । कारण चाहिँ यो हो कि क्रेटका अगमवक्ताले उनका मानिसहरूको बारेमा भनेको कुरा सत्य हो
“असल”को बारेमा तीतस १:९ मा भएको टिप्पणीलाई हेर्नुहोस् । वैकल्पिक अनुवादः “ताकि तिनीहरूसँग स्वस्थ विश्वास हुन सकोस्” वा “ताकि तिनीहरूको विश्वास साँचो हुन सकोस्” वा “ताकि तिनीहरूले परमेश्वरको बारेमा सत्य रहेको कुरालाई मात्र विश्वास गरून्”
संयोजक शब्द “ताकि”ले कारण-परिणामको सम्बन्धलाई परिचय गराउँछ । कारण चाहिँ यो हो कि एल्डरले क्रेटवासीहरूलाई कडा तवरमा गाली गर्छन्, र परिणाम चाहिँ यो हो कि क्रेटवासीहरूसँग असल विश्वास हुनेछ ।
यहाँ भाववाचक नामपद शब्द “विश्वास”ले मानिसहरूले परमेश्वरको बारेमा विश्वास गर्ने कुराहरूलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिनीहरूले परमेश्वरको बारेमा विश्वास गर्ने कुरामा”
संयोजक शब्द “हुँदैन”ले अपवादको वाक्यांशलाई परिचय गराउँछ । तीतसले यहूदी दन्त्य कथाहरू वा सत्यतालाई नपछ्याउने मानिसहरूको आज्ञाहरूलाई ध्यान दिन हुँदैन ।
यसले यहूदीहरूका झूटा शिक्षाहरूलाई जनाउँछ ।
पावलले सत्यताको विषयमा यसरी कुरा गर्छन् मानौँ त्यो कुनै वस्तु हो जसबाट कोही व्यक्ति तर्किन सक्छ वा त्यसलाई छल्न सक्छ । वैकल्पिक अनुवादः “सत्यतालाई इन्कार गर्नु”
“यदि मानिसहरू भित्रबाट शुद्ध छन् भने, तिनीहरूले गर्ने सबै थोक शुद्ध नै हुन्छन्” वा “जब मानिसहरूसँग असल विचारहरू मात्रै हुन्छ, तिनीहरूले गर्ने कुनै पनि कुराले परमेश्वरलाई नराम्रो लाग्ने बनाउँदैन”
“तिनीहरूलाई जो परमेश्वरको निम्ति स्वीकारयोग्य छन्”
संयोजक शब्द “तर”ले शुद्ध मानिसहरू अनि भ्रष्ट र अविश्वासी मानिसहरूको बीचमा भएको अन्तरलाई परिचय गराउँछ ।
पावलले पापीहरूको विषयमा यसरी बताउँछन् मानौँ तिनीहरू शारीरिक रूपमा नै फोहोरी थिए । वैकल्पिक अनुवादः “यदि मानिसहरू नैतिक रूपमा दूषित भएका छन् र विश्वास गर्दैनन् भने, तिनीहरूले कुनै पनि शुद्ध कुरा गर्न सक्दैनन्” वा “जब मानिसहरू पाप र अविश्वासले भरिएका हुन्छन्, तिनीहरूले गर्ने कुनै पनि कुरा परमेश्वरलाई स्वीकारयोग्य हुँदैन”
संयोजक शब्द “तर”ले ती भ्रष्ट मानिसहरूले भन्ने कुरा
“तिनीहरूले जिउने तरिकाले प्रमाणित गर्छ कि तिनीहरूले परमेश्वरलाई चिन्दैनन्”
“तिनीहरू घिनलाग्दा छन्”
1 तर तिमीले उचित सिद्धान्तसँग मिल्ने कुरो मात्र भन्नू । 2 वृद्ध पुरुषहरू संयम्, प्रतिष्ठित, समझदार, विश्वासमा, प्रेममा र धैर्यमा पक्का हुनुपर्छ । 3 त्यसैगरी वृद्धा स्त्रीहरू कुरौटे होइन, सदैव आफैँलाई आदरणीय प्रस्तुत गर्नुपर्छ । तिनीहरूले मद्य पिइरहनु हुदैन । 4 तजवान स्त्रीहरूलाई तिनीहरूको सोचमा सन्तुलित हुन आह्वान गर्न, तिनीहरूका आफ्ना पतिहरू र बालबालिकाहरूलाई प्रेम गर्न उत्साह दिन, समझदार हुन, 5 शुद्ध, असल गृहिणी र तिनीहरूका पतिहरूका आज्ञा पालन गर्न तिनीहरूले जे असल छ त्यही सिकाउनुपर्छ, ताकि परमेश्वरको वचनको निन्दा नगरियोस् । 6 त्यसै गरी जवान पुरुषहरूलाई समझदार हुनलाई आह्वान गर । 7 सबै कुरामा आफैलाई असल कामहरूको एउटा नमुनाको रूपमा प्रस्तुत गर, तिमीले सिकाउँदा शुद्धता, प्रतिष्ठा र निन्दा गर्न नसक्ने बोली-वचन देखाऊ । 8 सच्याउनु नै नपर्ने शब्दहरू बोल, तर यदि उनले तिम्रो विरोध गर्न प्रयास गरे भने हामी बारे भन्ने कुनै पनि खराब कुरा नभएकोले त्यसले कसैमाथि शर्म ल्याओस् । 9 दासहरूले हरेक कुरामा तिनीहरूका मालिकहरूका आज्ञा पालन गरून् । तिनीहरूले उनीहरूलाई खुसी पार्न प्रयास गर्नुपर्छ, र तिनीहरूसँग विवाद नगरून्, 10 र कुनै पनि थोक नचोरून्, तर तिनीहरूले असल विश्वास प्रकट गरून्, ताकि तिनीहरूले हाम्रा मुक्तिदाता परमेश्वरबारेको हाम्रो शिक्षालाई हरतरहले आकर्षक बनाऊन् । 11 हेर, हामीले खुसीसाथ आशा गरिरहेका अर्थात् हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमा प्रकट हुने कुरालाई हामीले प्राप्त गर्न प्रतिक्षा गर्दा, हरेककहाँ मुक्ति ल्याउन सक्षम परमेश्वरको अनुग्रह देखा परेको छ, 12 र हामीलाई अधार्मिकता र संसारिक इच्छाहरूलाई इन्कार गर्न अनि यस युगमा समझदार, 13 धार्मिक र ईश्वरीय जीवन जिउन तालिम दिन्छ । 14 येशूले हामीलाई अधार्मिकताबाट स्वतन्त्र पार्न, र आफ्नै निम्ति जे असल छ त्यही गर्न इच्छुक मूल्यवान मानिसहरू अर्थात् शुद्ध बनाउन आफैँलाई हाम्रो निम्ति दिनुभयो । 15 यी कुराहरू भन, र उत्साह देऊ, र सारा अधिकारसहित सच्याऊ । तिमीलाई कसैले अनादर नगरोस् ।
यस खण्डलाई त्यसको ऐतिहासिक र सांस्कृतिक सन्दर्भको प्रकाशमा कसरी बुझ्ने भन्ने कुरामा विद्वानहरू विभाजित छन् । केही विद्वानहरूले विश्वास गर्छन् कि पुरुष र स्त्री हरेक कुरामा पूर्णतया बराबर हुन्छन् । अरू विद्वानहरूले मान्छन् परमेश्वरले पुरुष र स्त्रीलाई विवाह र मण्डलीमा भिन्न-भिन्न भूमिकामा सेवा गर्नको लागि बनाउनुभयो । अनुवादकहरू होशियार हुनुपर्छ कि तिनीहरूले यो विषयलाई बुझ्ने तरिकाले तिनीहरूले यो खण्डको अनुवाद गर्ने तरिकालाई असर नगरोस् ।
दासत्व असल हो वा खराब हो भनेर पावलले यस अध्यायमा लेख्दैनन् । पावलले सिकाउँछन् कि दासहरूले विश्वासयोग्यताका साथ तिनीहरूको मालिकको सेवा गर्नुपर्छ । उनले सबै विश्वासीहरूलाई हरेक अवस्थामा धर्मी हुन र ठीक तवरमा जिउनलाई सिकाउँछन् ।
पावलले तीतसलाई परमेश्वरको वचन प्रचार गर्ने कारणहरू दिइरहन्छन् र एल्डरहरू, वृद्ध तथा वृद्धा मानिसहरू, जवान मानिसहरू, दासहरू वा सेवकहरू विश्वासीहरूको रूपमा कसरी जिउनुपर्छ भनेर व्याख्या गर्छन् ।
क्यू
तीतस १:९ मा भएको टिप्पणीलाई हेर्नुहोस् । वैकल्पिक अनुवादः “उचित सिद्धान्तसँग” वा “ठीक शिक्षाहरूसँग”
ग्रीकमा “हुनुपर्छ” भन्ने शब्द छैन केवल “वृद्ध मानिसहरू ... ” मात्र छ । अघिल्लो पदमा भएको “भन्नु”को अवधारणाबाट लिएर हामीले यहाँ एउटा क्रियापद प्रदान गर्नुपर्ने हुन्छ, जस्तै “सिकाउनु” वा “अर्ती दिनु” । वैकल्पिक अनुवादः “वृद्ध मानिसहरूलाई ... हुन सिकाऊ”
यी तीन शब्दहरूको अर्थ धेरै मिल्दोजुल्दो छ र यदि लक्षित भाषामा तीन अलग शब्दहरू छैनन् भने एक वा दुई शब्दहरूमा जोडेर राख्न सकिन्छ ।
“शान्त विचार भएका” वा “आत्मसंयमी”
“तिनीहरूका चाहनाहरूलाई नियन्त्रण गर्न”
यहाँ “असल” शब्दको अर्थ दृढ वा नडगमगाउने हुनु हो । भाववाचक नामपद शब्दहरू “विश्वास”, “प्रेम”, र “सहनशीलता”लाई क्रियापदहरूको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र तिनीहरूले परमेश्वरको बारेमा भएका सत्य शिक्षाहरूलाई बलियो गरी विश्वास गर्नुपर्छ, साँचो रूपमा अरूहरूलाई प्रेम गर्नुपर्छ, र कठिन अवस्थाहरूमा पनि निरन्तर परमेश्वरको सेवा गर्नुपर्छ”
“विश्वासमा असल” को बारेमा तीतस १:१३ मा भएको टिप्पणीलाई हेर्नुहोस् ।
तीतस १:९ मा भएको टिप्पणीलाई हेर्नुहोस् ।
ग्रीकमा “हुनुपर्छ” भन्ने शब्द छैन केवल “त्यसैगरी वृद्ध स्त्रीहरू ... ” मात्र छ । अघिल्ला दुई पदहरूमा भएका क्रियापदको ढाँचालाई हामीले निरन्तरता दिनुपर्ने हुन्छ र त्यसलाई यहाँ पनि प्रयोग गर्नुपर्ने हुन्छ, जस्तै, “सिकाउनु” वा “अर्ती दिनु” । वैकल्पिक अनुवादः “त्यसैगरी, वृद्ध स्त्रीहरूलाई ... सिकाऊ” वा “साथै, वृद्ध स्त्रीहरूलाई सिकाऊ”
यो शब्दले ती मानिसहरूलाई जनाउँछ जसले अरू मानिसहरूको बारेमा खराब कुराहरू गर्छन् चाहे ती सत्य वा झूटा होऊन् ।
आफैँलाई नियन्त्रण गर्न नसक्ने र अति धेरै मद्य पिउने मानिसहरूको विषयमा यसरी बताइएको छ मानौँ तिनीहरू मद्यका दास हुन् । वैकल्पिक अनुवादः “र तिनीहरूका मद्य पिउने चाहनाहरूद्वारा नियन्त्रित होइन” वा “र मद्यको कुलतमा परेको होइन”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले धेरै मद्य पिउनु हुँदैन” वा “तिनीहरूलाई मद्यको कुलतमा परेको हुनुहुँदैन”
यहाँ प्रयोग गरिएको ग्रीक शब्दको अर्थ “असल कुराको शिक्षक” भन्ने हुन्छ । अघिका दुई खराब स्वभावहरू र यस असल स्वभावको बीचमा भएको अन्तरलाई देखाउनका निमित्त “तर ... हुनुपर्छ” भन्ने वाक्यांश अङ्ग्रेजीमा पछि थपिएको हो । असल र खराब स्वभावहरूको बीचमा भएको अन्तरलाई देखाउनको लागि यस्तै समान शब्द तपाईंले पनि प्रयोग गर्नुपर्छ कि भनेर विचार गर्नुहोस् ।
“तिनीहरूका आफ्नै पतिहरूका प्रेमीहरू”
“तिनीहरूका आफ्नै छोराछोरीहरूका प्रेमीहरू”
“र तिनीहरूका आफ्नै पतिहरूले भनेका कुराहरू मान्ने”
यहाँ “वचन” शब्द “सन्देश”को लागि प्रतिस्थापन शब्द हो, जुन फेरि परमेश्वर आफैँको लागि प्रतिस्थापन शब्द हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि कसैले पनि परमेश्वरको वचनलाई अपमान नगरोस्” वा “ताकि परमेश्वरको सन्देशको बारेमा खराब कुराहरू गरेर कसैले पनि परमेश्वरलाई अपमान नगरोस्”
तीतसले पाका उमेरका मानिसहरूलाई तालिम दिए जसरी नै जवान मानिसहरूलाई पनि तालिम दिनुपर्थ्यो ।
“आफैँलाई ... भएको देखाऊ” वा “तिमी आफैँ ... हुनैपर्छ”
“ठीक र उचित थोकहरू गर्ने व्यक्तिको एउटा उदाहरणको रूपमा”
यो शब्दको अर्थ २:७ मा भएको “भ्रष्ट नभएको” भने झैँ मूलभूत रूपमा उही अर्थ हुन्छ । २:७ मा, पावलले अर्थलाई नकारात्मक ढङ्गमा व्यक्त गर्छन्ः “भ्रष्ट नभएको”, जसको अर्थ “त्रुटि नभएको” हुन्छ, र २:८ मा, उनले त्यसको अर्थलाई सकारात्मक रूपमा व्यक्त गर्छन्ः “असल, पूर्ण”, जसको अर्थ “ठीक” हुन्छ । दुवै शब्दहरूले तीतसको शिक्षालाई जनाउँछन् । लक्षित भाषामा कि त सकारात्मक कि नकारात्मक शब्दहरूलाई प्रयोग गर्नुहोस्, वा यदि दुइटै शब्दहरूको प्रयोग गर्न कठिन छ भने एउटा मात्रै शब्द त्यसको अर्थसहित प्रयोग गर्नुहोस् ।
यसले एउटा काल्पनिक परिस्थितिलाई प्रस्तुत गर्छ जहाँ कसैले तीतसको विरोध गर्छ र त्यसपछि त्यसो गरेकामा लज्जित बन्छ । वैकल्पिक अनुवादः “ताकि यदि कसैले तिम्रो विरोध गर्छ भने, ऊ लज्जित होस्” वा “ताकि यदि मानिसहरूले तिम्रो विरोध गर्छन् भने, तिनीहरू लज्जित होऊन्”
यसले पावल, तीतस, र सारा ख्रीष्टिएनहरूलाई समावेश गर्छ ।
ग्रीकमा “हुनुपर्छ” शब्द छैन, केवल “दासहरू तिनीहरूका मालिकहरूका अधीनमा” मात्रै छ । हामीले पद ६ बाटको क्रियापदको रूपलाई प्रयोग गर्नुपर्ने हुन्छ, जुन “आग्रह गर्नु” वा “अर्ती दिनु” हो । वैकल्पिक अुवादः “दासहरूलाई तिनीहरूका मालिकहरूका अधीनमा हुनलाई अर्ती देऊ”
“तिनीहरूका आफ्नै मालिकहरू”
“पालन गर्नुपर्छ”
“हरेक अवस्थामा” वा “सधैँ”
“तिनीहरूका मालिकहरूलाई खुशी बनाउनु” वा “तिनीहरूका मालिकहरूलाई सन्तुष्ट बनाउनु”
“तिनीहरूका मालिकहरूबाट नचोर्न”
“तिनीहरू आफ्ना मालिकहरूको भरोसाको योग्य छन् भनी देखाउन”
“तिनीहरूले गर्ने हरेक कुरामा”
“तिनीहरूले परमेश्वर हाम्रा मुक्तिदाताको बारेमा भएको शिक्षालाई आकर्षक बनाऊन्” वा “तिनीहरूले मानिसहरूलाई परमेश्वर हाम्रा मुक्तिदाताको बारेमा भएको शिक्षा असल छ भनी बुझ्ने तुल्याऊन्”
“परमेश्वर जसले हामीलाई बचाउनुहुन्छ”
यहाँ “हाम्रो” शब्द पावल, तीतस, र सारा ख्रीष्टिएनहरूको लागि समावेशी छ ।
पावलले तीतसलाई येशूको आगमनको प्रतीक्षा गर्न र येशूद्वारा भएको उनको अधिकारलाई सम्झन प्रोत्साहन गर्छन् ।
पावलले परमेश्वरको अनुग्रहलाई कुनै एक व्यक्ति भए झैँ गरी बताउँछन् जो आइपुगेको छ । वैकल्पिक अनुवादः “परमेश्वरले अब आफ्नो अनुग्रह दिँदै हुनुहुन्छ”
पावलले परमेश्वरको अनुग्रहलाई
यसले पावल, तीतस, र सारा ख्रीष्टिएनहरूलाई समावेश गर्छ ।
“परमेश्वरलाई सम्मान नगर्ने कुराहरू”
“यस संसारका थोकहरूका निम्ति उत्कट इच्छाहरू” वा “पापपूर्ण आनन्दहरूका निम्ति उत्कट इच्छाहरू”
यी शब्दहरू प्रत्यक्ष विपरीत शब्दहरू हुन्, जसको अर्थ क्रमानुसार “परमेश्वरलाई अपमान गर्ने” र “परमेश्वरलाई मान गर्ने” भन्ने हुन्छ ।
“जब हामी यस संसारमा हुन्छौँ” वा “यस समय अवधिमा”
“स्वागत गर्नलाई पर्खिँदै”
यहाँ, “धन्यको” चाहिँ त्यो हो जसको लागि हामी आशा गर्छौँ, जुन येशू ख्रीष्टको पुनरागमन हो । वैकल्पिक अनुवादः “अद्भूत कुरा जसको लागि हामी आशा गर्छौँ”
यहाँ “महिमा”ले येशू आफैँलाई प्रतिनिधित्व गर्छ जो महिमामय तवरमा देखा पर्नुहुनेछ । वैकल्पिक अनुवादः “अर्थात, हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमामय आगमन”
“धन्येको आशा” र “महिमाको आगमन” दुवैले एउटै घटनालाई जनाउँछ । यसलाई प्रस्टसँग देखाउन गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसको प्रतीक्षामा हामी छौँ, धन्येको र महिमामय आगमन”
“हाम्रो महान् परमेश्वर” “मुक्तिदाता”ले एउटै व्यक्ति, येशू ख्रीष्टलाई जनाउँछ । वैकल्पिक अनुवादः “येशू ख्रीष्ट, हाम्रा महान् परमेश्वर र मुक्तिदाता”
यसले येशू राजीखुशीले मर्नुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “हाम्रा निम्ति मर्न आफैँलाई दिनुभयो”
यसले पावल, तीतस, र सारा ख्रीष्टिएनहरूलाई समावेश गर्छ ।
पावलले येशूको विषयमा यसरी बताउँछन् मानौँ उहाँले दासहरूलाई तिनीहरूका दुष्ट मालिकहरूबाट छुटकारा दिइरहनुभएको थियो ।
यसले पावल, तीतस, र सारा ख्रीष्टिएनहरूलाई समावेश गर्छ ।
“मानिसहरूको एउटा समूह जसलाई उहाँले मूल्यवान् ठान्नुहुन्छ”
“जो ... गर्न उत्सुक छन्”
“यी कुराहरू गर्न तिनीहरूलाई उत्साह देऊ”
यो कथनलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “यी कुराहरू नगर्ने मानिसहरूलाई सारा अधिकारसहित सच्याऊ”
“कसैलाई पनि तिम्रो बेवास्ता गर्न नदेऊ”
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छः “यो पक्का गर कि सबैले तिमीलाई ध्यान दिन्छ”
यो कथनलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “तिम्रा वचनहरू सुन्न इन्कार गर्न” वा “तिमीलाई आदर गर्न इन्कार गर्न”
1 शासकहरू र अधिकारीहरूका अधिनमा रहन, तिनीहरूका आज्ञा मान्न र हरेक असल कामका लागि तयार बस्न, 2 कसैको निन्दा गर्न, तर्कवितर्कबाट अलग रहन, अरू मानिसहरूलाई आ-आफ्ना मार्गमा चल्न दिन र सबै मानिसहरूप्रति नम्रता देखाउन याद दिलाऊ । 3 किनभने एक पटक हामीहरू पनि लापरवाह, अनाज्ञाकारी थियौँ । हामी बरालिएका र धेरै प्रकारका खराब इच्छाहरू र विलासिताको दासत्वमा थियौँ । हामी दुष्टता र ईर्ष्यामा जिउँथ्यौँ । हामी घृणित र एक अर्कालाई घृणा गर्ने मानिस थियौँ । 4 तर जब परमेश्वर हाम्रा उद्धारकको दया र मानवजातिप्रति उहाँको प्रेम देखा पर्यो, 5 हामीले धार्मिकतामा गरेका कामहरूद्वारा होइन, तर उहाँको कृपाअनुसार नयाँ जन्मको स्नान र पवित्र आत्माको नविकरणद्वारा उहाँले हामीलाई बचाउनुभयो । 6 परमेश्वरले हाम्रा उद्धारक येशू ख्रीष्टद्वारा हामीमाथि पवित्र आत्मा प्रशस्त मात्रामा खन्याउनुभयो । 7 ताकि उहाँको अनुग्रहद्वारा धर्मी ठहरिएर हामी अनन्त जीवनको पक्का उत्तराधिकारीहरू भयौँ । 8 यी वचनहरू विश्वासयोग्य छन् । तिमी यी कुराहरूबारे दृढतासाथ बलेको म चाहन्छु, ताकि परमेश्वरमा भरोसा गर्नेहरूले उहाँले तिनीहरूका सामु राख्नुभएको असल कामहरूतिर तिनीहरूका मन लगाऊन् । यी कुराहरू सबै मानिसहरूका लागि असल र फाइदाजनक छन् । 9 तर व्यवस्थाबारेको मूर्खतापूर्ण वादविवादहरू, वंशावलीहरू, झगडा र द्वन्दबाट अलग रहनू । ती कुराहरू मूल्यहीन र बेफाइदाका छन् । 10 एक या दुई पटकको चेतावनी पश्चात तिमीहरूका बिचमा विभाजन गराउने जो-कोहीलाई इन्कार गर, 11 र जान, कि यस्तो मनिस सही मार्गबाट भड्केको छ, पाप गर्दै छ र आफैँलाई दोष्याउँछ । 12 जब म अर्तिमास वा तुखिकसलाई तिमीकहाँ पठाउँछु, चाँडो गर, र निकोपोलिसमा आऊ, जहाँ मैले हिउँद बिताउने निर्णय गरेको छु । 13 चाँडो गर, र कानुनका ज्ञाता जेनास र अपोल्लोसलाई तिनीहरूलाई चाहिने सबै थोक दिएर पठाऊ । 14 हाम्रा मानिसहरू अत्यावश्यक खाँचाहरू पुरा गर्ने असल कामहरूमा आफैँ लाग्न सिक्नुपर्छ, ताकि तिनीहरू निष्फल नहोऊन् । 15 मसँग भएका सबैले तिमीलाई अभिवादन पठाएका छन् । विश्वासमा हामीलाई प्रेम गर्नेहरूलाई अभिवादन भनिदेऊ । तिमीहरू सबैसँग अनुग्रह रहोस् । आमेन् ।
पावलले तीतसलाई यस अध्यायमा व्यक्तिगत निर्देशनहरू दिन्छन् ।
पद १५ ले यस पत्रलाई औपचारिक रूपमा अन्त गर्छ । प्राचीन मध्यपूर्व क्षेत्रमा पत्रलाई अन्त गर्ने यो सामान्य तरिका हो ।
वंशावलीहरू (पद ९) भनेको सूचीहरू हुन् जसले कुनै व्यक्तिको पूर्खाहरू वा सन्तानहरूको अभिलेख राख्छ, र सो व्यक्ति कुन कुल वा परिवारबाट आएको हो भनेर देखाउँछ । उदाहरणको लागि, पूजाहारीहरू लेवीको कुलबाट र हारूनको परिवारबाट आउँथे । यी सूचीहरूमध्ये केहीले पूर्खाहरू र आत्मिक प्राणीहरूको कथाहरू पनि समावेश गरे । चीजहरू कहाँबाट आए र विभिन्न मानिसहरू कति महत्त्वपूर्ण थिए भनेर तर्क गर्नलाई यी सूचीहरू र कथाहरूलाई प्रयोग गरिन्थ्यो ।
पावलले क्रेटमा भएका एल्डरहरू र उनको हेरविचारमा रहेका मानिसहरूलाई कसरी सिकाउने भनेर तीतसलाई निर्देशनहरू दिन निरन्तरता दिन्छन् ।
“हाम्रा मानिसहरूलाई तिनीहरूले पहिले नै जानेका कुराहरू, ... वशमा रहन फेरि बताऊ” वा “तिनीहरूलाई ... वशमा रहनलाई याद दिलाइराख”
“तिनीहरूको आज्ञापालन गरेर राजनीतिक शासकहरू र सरकारी अधिकारीहरूले भनेअनुसार गर”
यी शब्दहरूको समान अर्थ हुन्छ र दुवैले सरकारमा अधिकार सम्हाल्ने व्यक्तिलाई जनाउँछ । यदि लक्षित भाषामा यसको लागि एउटै मात्र शब्द छ भने, त्यस्तो समयमा त्यही शब्दको प्रयोग गर्नुहोस् ।
यी शब्दहरूको समान अर्थ हुन्छ र दुवैले त्यो कुरा गर्नुलाई जनाउँछ जुन गर्न कसैले तपाईंलाई भन्छ । यदि लक्षित भाषामा यसको लागि एउटै मात्र शब्द छ भने, त्यस्तो समयमा त्यही शब्दको प्रयोग गर्नुहोस् ।
“अवसर पाएको हरेक समयमा असल गर्न तत्पर होओ”
“ ... को बारेमा खराब बोल्नु”
यसलाई सकारात्मक तरिकाले व्यक्त गर्न सकिन्छः “शान्तिपूर्ण हुन”
“यो किनभने हामी आफैँ पनि एकपटक”
“पहिले” वा “कुनै समयमा” वा “अगाडि”
“हामी पनि” वा “हामी आफैँ ।” यसले पावल, तीतस, र सारा ख्रीष्टिएनहरूलाई समावेश गर्छ र तिनीहरूले ख्रीष्टलाई विश्वास गर्नभन्दा अगाडिको समयलाई जनाउँछ ।
“विचारहीन थियौँ” वा “बुद्धिहीन थियौँ”
अभिलाषा र विलासिताको विषयमा यसरी बताइएको छ मानौँ तिनीहरू मानिसहरूमाथिको हाकिमहरू थिए र तिनीहरूलाई झूट बोलेर ती मानिसहरूलाई दासहरू बनाएका थिए । वैकल्पिक अनुवादः “विभिन्न अभिलाषा र विलासिताले हामीलाई खुशी बनाउन सक्छ भन्ने झूट विश्वास गर्नलाई हामीले आफैँलाई अनुमति दिएका थियौँ, र हामी हाम्रा भावनाहरूलाई नियन्त्रणमा राख्नलाई वा हामीलाई आनन्द दिन्छ भनी हामीले ठानेका कुराहरू गर्नलाई बन्द गर्न हामी असक्षम थियौँ”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विभिन्न अभिलाषाहरू र विलासिताहरूले हामीलाई ढाँटेका थिए र त्यसैले हामीलाई बहकाएका थिए”
“अभिलाषाहरू” वा “लालसाहरू”
यहाँ “दुष्टता” र “ईर्ष्या”ले पापलाई वर्णन गर्छ । “दुष्टता” भनेको सबैलाई समेट्ने शब्द हो भने “ईर्ष्या” भनेको कुनै खास पाप हो । वैकल्पिक अनुवादः “हामी सधैँ दुष्ट कामहरू गरिरहन्थ्यौँ र अरूहरूसँग भएका कुराहरूको चाहना गरिरहन्थ्यौँ”
“अरूहरूलाई हामीलाई घृणा गर्ने तुल्याउँदै”
मानिसहरू जुन किसिमले दुष्ट छन्
पावलले परमेश्वरको दया र प्रेमको बारेमा यसरी बताउँछन् मानौँ तिनीहरू मानिसहरू हुन् जो हाम्रो नजरमा देखिन आइपुगे । वैकल्पिक अनुवादः “जब परमेश्वर हाम्रा मुक्तिदाताले हामीलाई उहाँको दया र मानिसहरूको लागि भएको उहाँको प्रेम देखाउनुभयो”
भाववाचक नमापद शब्दहरू “दया” र “प्रेम”लाई विशेषणहरूको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब हामीलाई बचाउनुहुने परमेश्वरले उहाँ मानिसहरूप्रति कति दयालु र प्रेमी हुनुहुन्छ भनी देखाउनुभयो”
यसले पावल, तीतस, र सारा ख्रीष्टिएनहरूलाई समावेश गर्छ ।
“किनभने उहाँले हामीमाथि दया गर्नुभएको थियो”
पावलले यहाँ दुई अलङ्कारहरूलाई जोड्छन् । उनले पापीहरूको निमित्त भएको परमेश्वरको क्षमाको विषयमा यसरी बताइरहेका छन् मानौँ त्यो भनेको उहाँले तिनीहरूलाई शारीरिक रूपमा धुनुभएको हो । उनले परमेश्वरले बोलाउनुहुँदा जवाफ दिने पापीहरूको विषयमा पनि यसरी बताइरहेका छन् मानौँ तिनीहरूले नयाँ जन्म लिएका थिए ।
नयाँ करारको लेखकहरूले पवित्र आत्मालाई परमेश्वरले प्रशस्त परिमाणमा खन्याउन सक्नुहुने तरल पदार्थको रूपमा बताउनु सामान्य कुरा हो । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले हामीलाई उदारतापूर्वक दिनुभयो”
यसले पावल, तीतस, र सारा ख्रीष्टिएनहरूलाई समावेश गर्छ ।
“जब येशू ख्रीष्टले हामीलाई बचाउनुभयो”
यसले पावल, तीतस, र सारा ख्रीष्टिएनहरूलाई समावेश गर्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि परमेश्वरले हामीलाई पापरहितका भनेर घोषणा गर्नुभएको थियो”
परमेश्वरले जुन मानिसहरूसँग प्रतिज्ञाहरू गर्नुभएको छ, तिनीहरूको विषयमा यसरी बताइएको छ मानौँ तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू त्यसरी प्राप्त गर्नुपर्छ जसरी कुनै व्यक्तिले परिवारको सदस्यबाट जायजेथा वा सम्पत्तिहरूको अंश पाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई प्रतिज्ञा गर्नुभएको अनन्त जीवन प्राप्त गर्न हामीले अपेक्षा गर्न सकौँ”
यो सन्देश चाहिँ पदहरू ४-७ मा भर्खरै व्यक्त गरिएको सन्देश हो, कि परमेश्वरले येशूद्वारा विश्वासीहरू भएकाहरूलाई पवित्र आत्मा र अनन्त जीवन सित्तैमा दिनुहुन्छ ।
यसले ती शिक्षाहरूलाई जनाउँछ जसको बारेमा पावलले पदहरू १-७ मा कुरा गरेका थिए । वैकल्पिक अनुवादः “यी शिक्षाहरू जसको बारेमा मैले भर्खरै कुरा गरेको छु”
“असल कामहरू गर्न खोजून्”
तीतसले के कुरालाई हटाउनुपर्छ र विश्वासीहरूको माझमा वादविवाद पैदा गर्नेहरूसँग कसरी व्यवहार गर्नुपर्छ भन्ने विषयमा पावलले व्याख्या गर्छन् ।
“त्यसैले ... पन्साऊ” वा “त्यसैकारण, ... पन्साऊ”
“महत्त्वहीन कुराहरूसम्बन्धी भएका तर्कहरू”
यो रगतले नाता जोडिएका पारिवारिक सम्बन्धको अध्ययन हो । तीतसको परिचयलाई हेर्नुहोस् ।
विवादहरू वा लडाइँहरू
“मोशाको व्यवस्थाको बारेमा”
“विभाजन ल्याउने व्यक्तिबाट अलग बस”
“तिमीले त्यस व्यक्तिलाई एक वा दुई पटक चेतावनी दिएपछि”
“त्यस किसिमको व्यक्ति”
पावलले गलत कुराहरू गर्न छान्ने व्यक्तिको विषयमा यसरी बताउँछन् मानौँ उसले गलत दिशामा हिँड्नलाई ठीक मार्ग छोडिरहेको छ ।
“आफैँमाथि इन्साफ ल्याउँदै”
तीतसले क्रेटमा एल्डरहरू नियुक्त गरेपछि उनले के गर्ने भनेर बताएर अनि आफूसित भएकाहरूबाट अभिवादन पठाएर पावलले पत्रलाई अन्त गर्छन् ।
“मैले पठाएपछि”
यी पुरुषहरूका नामहरू हुन् ।
“छिटो आऊ”
यो क्रियापद एकवचनमा छ, जुन तीतसमा मात्रै लक्षित छ । अर्तिमास र तुखिकस सम्भवतः तीतसको स्थान लिन क्रेटमा नै बस्ने थिए ।
“हिउँदमा बस्न”
यी पुरुषहरूका नामहरू हुन् ।
“र अपोल्लोसलाई पनि”
“पठाउन ढिलाइ नगर”
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छः “ताकि तिनीहरूलाई आवश्यक पर्ने सबै थोक तिनीहरूसँग होस्”
पावलले खाँचोमा परेकाहरूलाई जुटाउन सारा विश्वासीहरूको लागि किन महत्त्वपूर्ण छ भनी व्याख्या गर्छन् ।
पावलले क्रेटमा भएका विश्वासीहरूलाई जनाइरहेका छन् । वैकल्पिक अनुवादः “हाम्रा आफ्नै मानिसहरू”
“हाम्रो” शब्दले पावल र तीतसलाई समावेश गर्छ । यसको रूप कि त युगल वा समावेशी हुनुपर्छ ।
“जसले आवश्यक परेका थोकहरूको अभाव भएका मानिसहरूलाई सहायता गर्न तिनीहरूलाई सक्षम बनाउँछ”
मानिसहरूले असल काम गर्ने कुरालाई पावलले यसरी बताउँछन् मानौँ त्यो भनेको रूखले असल फलाएको जस्तो हो । वैकल्पिक अनुवादः “ताकि तिनीहरूले व्यर्थका जीवन नजिऊन्”
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छः “यसरी तिनीहरू फलदायी हुन सक्ने छन्” वा “यसरी तिनीहरू उत्पादनशील हुनेछन्”
पावलले तीतसलाई लेखेको आफ्नो पत्रलाई अन्त गर्छन् ।
यहाँ “तिमी” एकवचनमा छ-यो तीतसलाई गरिएको व्यक्तिगत अभिवादन हो ।
“सबै मानिसहरू जो मसँग छन्” वा “सबै विश्वासीहरू जो यहाँ मसँग छन्”
सम्भावित अर्थहरू हुन् १) “हामीलाई प्रेम गर्ने विश्वासीहरू” वा २) “ती विश्वासीहरू जसले हामीलाई प्रेम गर्छन् किनभने हाम्रो विश्वास एउटै हो ।”
यहाँ “हामीलाई” सम्भवतः समावेशी छ र पावल र उनीसँग भएका विश्वासीहरूको समूहलाई जनाउँछ । पावलले यस समूहबाट क्रेटमा तीतससँग भएका ख्रीष्टिएनहरूको समूहलाई अभिवादन पठाइरहेका छन् ।
यो एउटा सामान्य ख्रीष्टिएन अभिवादन थियो । वैकल्पिक अनुवादः “परमेश्वरको अनुग्रह तिमीहरूसँग होस्” वा “म बिन्ती गर्छु कि परमेश्वर तिमीहरू सबैप्रति अनुग्रही हुनुभएको होस्”
यहाँ “तिमीहरू” बहुवचनमा छ । यो तीतस र त्यहाँ क्रेटमा भएका सारा विश्वासीहरूको लागि आशिष् हो ।
पावलले फिलेमोनको पुस्तक लेखे । पावल टार्सस सहरबाटका थिए । उनलाई उनको पहिलेको जीवनमा शाऊल भनेर चिनिन्थ्यो । ख्रीष्टिएन हुनुभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्टिएनहरूलाई सताए । आफू ख्रीष्टिएन भइसकेपछि उनी मानिसहरूलाई येशूको बारेमा बताउँदै थुप्रै पटक रोमी साम्राज्यभर यात्रा गरे ।
यो पत्र लेख्दा पावल झ्यालखानामा थिए ।
पावलले यो पत्र फिलेमोन नाम गरेका एकजना मानिसलाई लेखे । फिलेमोन एकजना ख्रीष्टिएन थिए जो कलस्सीको सहरमा बस्थे । उनको एकजना ओनेसिमस नाम गरेका दास थिए । ओनेसिमस उसको मालिकबाट भागेर गएका थियो र सम्भवतः तिनीबाट केही कुरा चोरेको पनि थियो । ओनेसिमस रोममा गए र पावललाई झ्यालखानामा भेटे ।
पावलले फिलेमोनलाई बताए कि उनले ओनेसिमसलाई उनीकहाँ फिर्ता पठाउँदैछन् । रोमी कानूनअनुसार फिलेमोनसँग ओनेसिमसलाई प्राणदण्ड दिने अधिकार थियो । तर पावलले भने कि फिलेमोनले ओनेसिमसलाई एक ख्रीष्टिएन भाइको रूपमा पुनः ग्रहण गर्नुपर्छ । फिलेमोनले ओनेसिमसलाई पावलकहाँ फर्केर आउन दिएर उनलाई झ्यालखानामा सहायता गर्न अनुमति दिनुपर्छ भनेर पनि उनले सुझाव दिए ।
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “फिलेमोन” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “फिलेमोनलाई पावलको पत्र” वा “पावलले फिलेमोनलाई लेखेको पत्र” ।
पावलले ओनेसिमसलाई पुनः उसको पुरानो मालिककहाँ फिर्ता पठाए । तर त्यसको अर्थ यो थिएन कि पावलले दासत्व एउटा स्वीकारयोग्य अभ्यास थियो भनेर ठान्थे । बरु, जुनसुकै परिस्थितिहरूको बाबदुदमा पनि मानिसहरूले परमेश्वरको सेवा गर्नुपर्छ भन्ने कुरामा पावल चासो बढी थियो ।
पावलले ख्रीष्ट र विश्वासीहरूसँगको एकदमै नजिकको एकताको विचारलाई व्यक्त गर्न खोजेका हुन् । कृपया यस्तो प्रकारको अभिव्यक्तिको विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।
यस पुस्तकमा, “म” शब्दले पावललाई जनाउँछ । साथै, “तिमी” शब्द लगभग सधैँ एकवचनमा छ र त्यसले फिलेमोनलाई जनाउँछ । यसको दुई अपवादहरू १:२२ र १:२५ हुन् । त्यहाँ “तिमीहरू”ले फिलेमोन र विश्वासीहरूलाई जनाउँछ जो उनको घरमा भेला भएर भेट गर्थे ।
1 ख्रीष्ट येशूको कैदी पावल र हाम्रा भाइ तिमोथीबाट हाम्रा प्रिय साथी तथा सङ्गी-सहकर्मी फिलेमोनलाई, 2 अनि हाम्री बहिनी अप्फिया र हाम्रा सङ्गी-सिपाही अर्खिप्पस र तिम्रो घरमा भएको मण्डलीलाई, 3 परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति ! 4 तिमीलाई प्रार्थनामा सम्झना गर्दा म सधैँ परमेश्वरलाई धन्यवाद दिन्छु । 5 प्रभु येशूमा भएको तिम्रो विश्वास र प्रेम र अरू विश्वासीहरूप्रति भएको तिम्रो प्रेमको बारेमा मैले सुनेको छु । 6 म प्रार्थना गर्छु, कि ख्रीष्टमा हामीमा भएको हरेक असल कुराको ज्ञानको निम्ति तिम्रो विश्वासको सहभागिता प्रभावकारी हुन सकोस् । 7 किनकि तिम्रो प्रेमले मलाई ज्यादै आनन्द र सान्त्वना दिएको छ, किनभने भाइ, तिमीले विश्वासीहरूका हृदयलाई ताजा बनाएका छौ । 8 यसकारण, तिमीले के गर्नुपर्छ, त्यो कुरा तिमीलाई आज्ञा दिनको निम्ति ख्रीष्टमा ममा साहस भए, तापनि 9 प्रेमको कारणले म वृद्ध पावल, येशूको निम्ति एउटा कैदी, म तिमीलाई बिन्ती गर्छु, 10 म मेरा छोरा ओनेसिमसको निम्ति बिन्ती गरिरहेछु, जसको म कारागारमा हुँदा बुबा बनेँ । 11 किनकि एक पटक ऊ तिम्रो निम्ति काम नलाग्ने व्यक्ति थियो, तर अहिले ऊ तिमी र म दुवैको निम्ति काम लाग्ने भएको छ । 12 म उसलाई, जो मेरो हृदय हो, तिमीकहाँ पठाउँदै छु । 13 म सुसमाचारको निम्ति कारागारमा हुँदा उसले तिम्रो सट्टामा मेरो सेवा गर्न सक्ने थियो भनेर मैले उसलाई मसँगै राख्न चाहन्थेँ । 14 तर म तिम्रो अनुमतिविना केही गर्न चाहन्नँ, किनभने म तिमीलाई मेरो निम्ति केही असल काम गर्न जबरजस्ती गर्दिनँ, तर तिमी आफैँले राजीखुसीले गरेको म चाहन्छु । 15 सायद अब तिमीले सदाको लागि उसलाई फिर्ता पाउन सकोस् भनेर नै ऊ केही समयको निम्ति तिमीबाट अलग भएको थियो । 16 अब एक दासको रूपमा होइन, तर दासभन्दा अधिक एउटा प्रिय भाइको रूपमा ग्रहण गर । म उसलाई माया गर्छु र तिमीले पनि उसलाई प्रेम गर । तिमीले उसलाई शरीरमा र प्रभुमा भाइको रूपमा प्रेम गर । 17 त्यसैले, यदि मलाई सहकर्मी मानेर स्वीकार गर्छौ भने उसलाई पनि मलाई जस्तै गरी स्वीकार गर । 18 तर यदि उसले कुनै भुल गरेको छ भने मलाई दोष लगाऊ र केही तिर्नुपर्ने छ भने मेरो हिसाबमा राखिदेऊ । 19 म पावल, आफ्नै हातले यो कुरा लेख्दै छु, कि त्यो म तिमीलाई तिरिदिनेछु । म यो उल्लेख गर्दिनँ, कि तिमी आफ्नो जीवनको निम्ति मप्रति कति ऋणी छौ । 20 हो, भाइ, मेरो आनन्दको निम्ति प्रभुमा केही गरिदेऊ; ख्रीष्टमा मेरो हृदयलाई ताजा पारिदेऊ । 21 तिमीले मेरो आज्ञा पालन गर्छौ भन्ने निश्चयतासाथ म तिमीलाई यो पत्र लेख्दै छु । मलाई विश्वास छ, कि तिमीले मैले भनेको भन्दा पनि बढी गर्नेछौ । 22 साथै, मेरो निम्ति एउटा कोठा तयार गर, किनकि म आशा गर्दछु, कि तिम्रो प्रार्थनाले गर्दा चाँडै नै म तिमीलाई भेट्न आउन सक्नेछु । 23 ख्रीष्टको निम्ति मसित कैदी भएका इपाफ्रासले पनि तिमीलाई अभिवादन पठाएका छन् । 24 साथै मेरा सहकर्मीहरू मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि अभिवादन पठाएका छन् । 25 हाम्रा येशू ख्रीष्टको अनुग्रह तिम्रो आत्मासित रहोस् । आमेन ।
पावलले तीनपटक आफैँलाई यस पत्रको लेखकको रूपमा परिचय गराउँछन् । यो प्रस्ट थियो कि तिमोथी उनीसँगै थिए र र पावलले भन्दै गर्दा सम्भवतः उनले नै पावलले बोलेका शब्दहरूले लेखे । पावलले अरूहरलाई पनि अभिवादन गर्छन् जो मण्डली सेवाको लागि फिलेमोनको घरमा भेला हुने गर्दथे । यहाँ प्रयोग भएका “म”, “मलाई”, “मेरो” भन्ने सबै शब्दहरूले पावललाई जनाउँछ । फिलेमोन मुख्य व्यक्ति हुन् जसका लागि यो पत्र लेखिएको थियो । अन्य किसिमले नबताइएसम्म यहाँ प्रयोग भएका “तिमी”, र “तिम्रो” शब्दहरूले उनलाई नै जनाउँछन् र एकवचनमा छन् ।
कुनै पत्रका लेखकहरूको परिचय दिनको निम्ति तपाईंको भाषामा निश्चित प्रकारको तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “म, पावल, ख्रीष्ट येशूको कैदी, र तिमोथी, हाम्रा भाइ, फिलेमोनलाई यो पत्र लेख्दै छौँ”
“ख्रीष्ट येशूको खातिर एक कैदी ।” पावलको प्रचारको विरोध गर्ने मानिसहरूले उनलाई कैदमा राखेर सजाय दिएका थिए ।
यहाँ यसको अर्थ सङ्गी ख्रीष्टिएन हुन्छ ।
यहाँ “हाम्रो” शब्दले पावल र उनीसँग भएकाहरूलाई जनाउँछ तर पाठकलाई जनाउँदैन ।
“जो, हामी जस्तै, सुसमाचार फैलाउनलाई काम गर्दछन्”
यहाँ “हाम्रो” शब्दले पावल र उनीसँग भएकाहरूलाई जनाउँछ तर पाठकलाई जनाउँदैन ।
यहाँ “बहिनी” भनेको तिनी एक विश्वासी थिइन् भन्ने हुन्छ, र एक नातेदार चाहिँ होइन । वैकल्पिक अनुवादः “हाम्री सङ्गी विश्वासी अप्फिया” वा “हाम्री आत्मिक बहिनी अप्फिया”
यो फिलेमोनको साथमा मण्डलीमा भएको एउटा व्यक्तिको नाम हो ।
पावलले यहाँ अर्खिप्पसको विषयमा यसरी बताउँछन् मानौँ तिनीहरू दुवै सेनाका सिपाहीहरू थिए । उनको अर्थ हो कि अर्खिप्पसले सुसमाचार फैलाउनका लागि कडा मिहिनेतका साथ काम गर्छन्, जसरी पावल आफैँले कडा मिहिनेतका साथ काम गर्छन् । वैकल्पिक अनुवादः “हाम्रा सङ्गी आत्मिक योद्धा” वा “जसले हामीसँगै आत्मिक लडाइँ पनि लड्छन्”
“परमेश्वर पिता र प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह र शान्ति दिनुभएको होस् ।” यो एउटा आशिष् हो ।
यहाँ “हाम्रो” शब्दले पावल, उनीसँग भएकाहरू, र पाठकलाई जनाउँछ ।
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।
“हामीलाई” शब्द बहुवचनमा छ र त्यसले पाठकहरूलाई समेत गरेर पावल, उनीसँग भएकाहरू, र सारा ख्रीष्टिएनहरूलाई जनाउँछ ।
“तिम्रो हामीसँगको काम गराइले”
“असल कुरा जान्ने परिणाम ल्याओस्”
“ख्रीष्टको कारणले गर्दा”
यहाँ “हृदयहरू” भनेको व्यक्तिको भावनाहरू वा भित्री व्यक्तित्वको लागि प्रतिस्थापन शब्द हो । यसलाई कर्तृ वाच्यमा बताउन सकिन्छ । वैकल्पिक अनुवादः “तिमीले विश्वासीहरूलाई उत्साहित बनाएका छौ” वा “तिमीले विश्वासीहरूलाई सहायता गरेका छौ”
“तिमी, प्रिय भाइ” वा “तिमी, प्रिय साथी ।” पावलले फिलेमोनलाई “भाइ” भनेर बोलाए किनभने तिनीहरू दुवै जना विश्वासी थिए र उनले आफूहरूको मित्रतालाई पनि जोड दिइरहेका थिए ।
पावलले उनको अनुरोध र उनको पत्र लेख्नुको कारण भन्नलाई सुरु गर्छन् ।
सम्भावित अर्थहरू हुन् १) “ख्रीष्टमा भएको अधिकार” वा २) “ख्रीष्टमा भएको साहस ।” वैकल्पिक अनुवादः “ ... साहस ... किनभने ख्रीष्टले मलाई अधिकार दिनुभएको छ”
सम्भावित अर्थहरूः १) “किनकि तिमीले परमेश्वरका मानिसहरूलाई प्रेम गर्दछौ भनी म जान्दछु” २) “किनकि तिमीले मलाई प्रेम गर्दछौ” ३) “किनकि म तिमीलाई प्रेम गर्दछु”
ओनेसिमस एक पुरुषको नाउँ हो । तिनी सम्भवतः फिलेमोनका दास थिए र त्यहाँबाट केही चोरेर भागेका थिए ।
“मेरो छोरा ओनेसिमस ।” पावलले ओनेसिमससँगको उनको मित्रताको सम्बन्ध चाहिँ बाबु छोराले एक अर्कालाई गर्ने प्रेम जस्तै हो भनेर बताउँछन् । ओनेसिमस पावलका वास्तविक छोरा थिएनन्, तर पावलले तिनलाई येशूको बारेमा बताउँदा तिनले आत्मिक जीवन प्राप्त गरे, र पावलले तिनलाई प्रेम गर्थे । वैकल्पिक अनुवादः “मेरो आत्मिक छोरा ओनेसिमस”
“ओनेसिमस” नामको अर्थ “फाइदाजनक” वा “उपयोगी” भन्ने हुन्छ ।
यहाँ “पिता बनेँ” भनेको एउटा अलङ्कार हो जसको अर्थ पावलले ओनेसिमसलाई ख्रीष्टमा ल्याए भन्ने हुन्छ । वैकल्पिक अनुवादः “म साङ्लामा हुँदा, जब मैले उसलाई ख्रीष्टको विषयमा सिकाएँ, उसले नयाँ जीवन प्राप्त गरेर मेरो आत्मिक छोरो बन्यो” वा “जो म साङ्लामा हुँदा मेरो लागि एउटा छोरा झैँ बन्यो”
कैदीहरू प्राय जसो साङ्लामा बाँधिएका हुन्थे । ओनेसिमसलाई सिकाउँदा पावल कैदमा थिए, र यो पत्र लेख्दा समेत उनी कैदमा नै थिए । वैकल्पिक अनुवादः “जब म झ्यालखानामा थिएँ ... जब म झ्यालखानामा छु”
पावलले सम्भवतः ओनेसिमसलाई अर्का विश्वासीसँग पठाइरहेका थिए जसले यो पत्र बोकेका थिए ।
यहाँ “मुटु” भनेको व्यक्तिको भावनाहरूको लागि प्रतिस्थापन शब्द हो । “जो मेरो मुटुको टुक्रा हो” भन्ने वाक्यांश कसैलाई प्रेम गरेको कुरालाई जनाउने अलङ्कार हो । पावलले ओनेसिमसको बारेमा यो भनिरहेका थिए । वैकल्पिक अनुवादः “जसलाई मैले धेरै प्रेम गर्दछु”
“त्यसकारण, तिमी यहाँ हुन नसक्ने भएकोले गर्दा, उसले मलाई सहायता गर्न सक्ने थियो” वा “तिम्रो साटोमा उसले मलाई सहायता गर्न सक्ने थियो”
कैदीहरू प्राय जसो साङ्लामा बाँधिएका हुन्थे । ओनेसिमसलाई सिकाउँदा पावल कैदमा थिए, र यो पत्र लेख्दा समेत उनी कैदमा नै थिए । वैकल्पिक अनुवादः “जब म झ्यालखानामा छु”
पावलले सार्वजनिक रूपमा सुसमाचार प्रचार गरेकाले उनी झ्यालखानामा थिए । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने म सुसमाचार प्रचार गर्दछु”
पावलले विपरीत कुराको अर्थ दिनलाई युगल अकरणको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तर यदी तिमीले स्वीकृति दियौ भने मात्र उसलाई म मेरो साथमा राख्न चाहन्थेँ”
“मैले तिमीलाई अह्राएको कारणले होइन, तर तिमी आफैँले यो गर्न चाहेको कारणले तिमीले यो असल काम गरेको म चाहन्थेँ”
“तर तिमीले ठीक कुरा गर्नलाई स्वेच्छाले छानेको हुनाले”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “शायद परमेश्वरले ओनेसिमसलाई तिमीबाट केही समयको लागि टाढा लानुभएको कारण यसकारणले थियो कि”
“यो समयभरी”
“दासभन्दा पनि बढी मूल्यवान्”
“एउटा प्यारो भाइ” वा “ख्रीष्टमा एउटा मूल्यवान भाइ”
“ऊ तिम्रो लागि अझ बढी महत्त्वको हुन्छ”
“एउटा मानिसको रूपमा ... दुवै गरी ।” पावलले ओनेसिमस एक विश्वासयोग्य सेवक बनेको कुरालाई जनाइरहेका छन् ।
“प्रभुमा एउटा भाइको रूपमा” वा “किनभने ऊ प्रभुको हो”
“यदि तिमीले मलाई ख्रीष्टको निम्ति एउटा सङ्गी सहकर्मी सम्झन्छौ भने”
“तिम्रो ऋृणी म नै हुँ भनेर भनिदेऊ”
“म पावल, आफैँले यो लेख्दै छु ।” पावलले यो भाग आफैँले लेखे ताकि फिलेमोनलाई थाहा होस् कि ती शब्दहरू साँच्चै पावलबाटै थिए । पावलले साँच्चै नै उसलाई तिर्ने थिए ।
“मैले तिमीलाई सम्झना गराउन आवश्यक छैन” वा “तिमीलाई अघि नै थाहा छ ।” फिलेमोनलाई यो बताउन जरुरी छैन भनेर पावलले भन्छन्, तरैपनि उनलाई बताउँछन् । यसले पावलले उनलाई भनिरहेका सत्यतालाई जोड दिन्छ ।
“तिम्रो आफ्नै जीवनको निम्ति म प्रति ऋृणी छौ ।” पावलले बताउन खोजिरहेका थिए फिलेमोनले ओनेसिमस वा पावल उनीप्रति ऋृणी थिए भनेर भन्नुहुँदैन किनभने फिलेमोन पावलका अझ बढी ऋृणी थिए । पावलको अगि फिलेमोन आफ्नै जीवनको निम्ति ऋृणी हुनुको कारणलाई स्पष्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले तिम्रो जीवन बचाएको कारणले गर्दा तिमी मप्रति झन् धेरै ऋृणी भएका छौ” वा “तिमी मप्रति आफ्नै जीवनको ऋृणी छौ किनकि मैले भनेको कुराले तिम्रो जीवन बचायो”
यहाँ “ताजा बनाउनु” भनेको सान्तवना दिनु वा हौसला दिनुको लागि एउटा अलङ्कार हो । यहाँ “हृदय” भनेको व्यक्तिको भावनाहरू, सोचहरू, वा भित्री व्यक्तित्वको लागि प्रतिस्थापन शब्द हो । फिलेमोनले उनको हृदय कसरी ताजा पारेको पावलले चाहन्छन् भन्ने कुरालाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “मलाई ख्रीष्टमा उत्साह देऊ” वा “मलाई ख्रीष्टमा सान्त्वना देऊ” वा “ओनेसिमसलाई दयापूर्वक रीतिले स्वीकार गरेर मेरो हृदयलाई ख्रीष्टमा ताजा बनाइदेऊ”
पावलले उनको पत्रलाई अन्त गर्छन् र फिलेमोन र उनको घरमा मण्डली सेवाको लागि भेला हुने विश्वासीहरूलाई आशिष् दिन्छन् ।
पावलले उनको पत्रलाई अन्त गर्छन् र फिलेमोन र उनको घरमा मण्डली सेवाको लागि भेला हुने विश्वासीहरूलाई आशिष् दिन्छन् ।
“मैले जे भन्छु त्यो कुरा तिमीले गर्नेछौ भनी म ढुक्क छु”
“साथै”
“तिम्रो घरमा मेरो निम्ति एउटा कोठा तयार पारिदेऊ ।” पावलले उनको निम्ति यो गर्न फिलेमोनलाई अनुरोध गरे ।
“तिमीकहाँ जान सकूँ भनेर मलाई कैदमा राख्नेहरूले मलाई स्वतन्त्र गर्नेछन् ।”
यिनी एक सङ्गी विश्वासी र पावलसँगै भएका एक कैदी हुन् ।
“जो मसँग झ्यालखानामा छन् किनभने उनले ख्रीष्ट येशूको सेवा गर्छन्”
“मेरा सङ्गी सहकर्मीहरू मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि तिमीहरूलाई अभिवादन पठाउँछन्”
यिनीहरू पुरुषहरूका नाउँहरू हुन् ।
“ती मानिसहरू जसले मसँगै काम गर्छन्” वा “जुनहरू सबैले मसँग काम गर्छन् ।”
यहाँ “तिमीहरूको” शब्दले फिलेमोन र उनको घरमा भेला हुनेहरू सबैलाई जनाउँछ । “तिमीहरूको आत्मा” भनेको प्रतिस्थापकीय शब्दहरू हुन् र मानिसहरू आफैँलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “हाम्रा प्रभु येशू ख्रीष्ट तिमीहरूप्रति दयालु हुनुभएको होस्”
हिब्रूहरूलाई कसले लेखे भनेर कसैले पनि जान्दैन । सम्भवतः यी नै मानिसहरूले लेखे होलान् भन्दै विद्वानहरूले धेरै जनाको नाउँ उल्लेख गरेका छन् । यस्ता सम्भावित लेखकहरूमध्ये पावल, लूका र बारनाबास हुन् । यो लेखेको मिति पनि अज्ञात छ । धेरै विद्वानहरूले यो सन् ७० भन्दा पहिले लेखिएको थियो भनी विचार गर्दछन् । सन् ७० मा यरूशलेमलाई नष्ट पारियो, तर यरूशलेमको नष्ट भएको थिएन झैँ गरी यस पत्रका लेखकले कुरा गरेका छन् ।
येशूले पुरानो करारका भविष्यवाणीहरू पूरा गर्नुभयो भनी हिब्रुको पुस्तकका लेखकले दर्शाउँछन् । यहूदी ख्रीष्टिएनहरूलाई उत्साह दिन र पुरानो करारले दिन सक्ने कुनै पनि कुराभन्दा येशू झन् असल हुनुहुन्छ भनी स्पष्ट पार्नका लागि लेखकले यसो गरे । येशूले सिद्ध प्रधान पूजाहारी हुनुहुन्छ । येशूले सिद्ध बलिदान पनि हुनुहुन्थ्यो । येशूको बलिदान एकचोटी र सधैँका लागि भएको हुनाले जनावरहरूका बलिदान व्यर्थ भए । यसकारण, परमेश्वरले मानिसहरू ग्रहण गर्नका लागि येशू नै एक मात्र बाटो हुनुहुन्छ ।
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “हिब्रूहरू” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “हिब्रूहरूलाई पत्र” वा “यहूदी ख्रीष्टिएनहरूलाई एक पत्र” ।
यी कुरा नबझिकन पाठकहरूलाई यो पुस्तक बुझ्न धेरै कठिन पर्नेछ । अनुवादकहरूले कतै टिप्पणीहरूमा वा यस पुस्तकको परिचयमा पुरानो करारका यस्ता केही विचारहरूका बारेमा स्पष्ट पार्नुपर्दछ ।
[हिब्रूहरू ९:७]
[हिब्रूहरू ९:१९]
धर्मशास्त्रले धेरै विचारहरूमध्ये कुनै एकलाई जनाउनका लागि यस्ता शब्दहरूको प्रयोग गर्दछ । यसकारण, अनुवादकहरूलाई आफ्नो अनुवादमा ती शब्दलाई राम्रोसँग बुझ्ने गरी लेख्न प्रायः कठिनाइ पर्न सक्छ । अङ्ग्रेजीमा अनुवाद गर्दा यूएलटीले निम्नलिखित सिद्धान्तहरूको उपयोग गर्दछः
अनुवादकहरूले यी विचारलाई आफ्नो भाषामा कसरी लेख्ने भनी विचार गरिरहँदा प्रायः यूएसटीले सहायता पुर्याउन सक्दछ
तल दिइएका पदहरूका लागि, बाइबलका नयाँ संस्करणहरू पुरानो संस्करणहरूभन्दा फरक छन् । यूएलटीले आधुनिक पाठलाई समावेश गर्दछ, र पुरानो पाठलाई पादटिप्पणीमा राख्दछ । यदि कुनै क्षेत्रका भाषामा बाइबलको अनुवाद भइसकेको छ भने, अनुवादकहरूले ती अनुवादहरूमा भएका पाठलाई प्रयोग गर्नुपर्दछ । यदि छैन भने, अनुवादकहरूले आधुनिक पाठको अनुसरण गर्नुपर्दछ ।
1 प्राचीन कालमा परमेश्वर विभिन्न समयमा विभिन्न प्रकारले हाम्रा पिता पुर्खाहरूसँग अगमवक्ताहरूद्वारा बोल्नुभयो । 2 तर यी अन्तिम दिनहरूमा उहाँ हामीहरूसँग पुत्रद्वारा बोल्नुभएको छ, जो सबै कुराका निम्ति उत्तराधिकारी नियुक्त गरिनुभएको छ । परमेश्वरले उहाँद्वारा नै सबै कुरा पनि बनाउनुभयो । 3 उहाँ नै परमेश्वरलको स्वभावको सार र महिमाको चमक हुनुहुन्छ । आफ्नो शक्तिको वचनद्वारा उहाँले सबै कुरा सँगै पक्रिराख्नुभएको छ । उहाँले पापको शुद्धेइँ गर्नुपछि उहाँ उच्च सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ । 4 उहाँ स्वर्गदूतहरूभन्दा महान् हुनुहुन्छ, किनभने जुन नाउँ उहाँले प्राप्त गर्नुभएको छ, त्यो तिनीहरूलाई दिइएको नाउँभन्दा उत्तम छ । 5 के परमेश्वरले स्वर्गदूतहरूमध्ये कसैलाई कहिल्यै यसो भन्नुभयो र ? “तिमी मेरा पुत्र हौ, आज म तिम्रा पिता भएको छु ?” र फेरि, “म उनका लागि पिता हुनेछु, र उनी मेरा लागि पुत्र हुनेछन् ?” 6 फेरि, जब परमेश्वरले पहिले जन्मेकालाई संसारमा ल्याउनुहुँदा उहाँ भन्नुहुन्छ, “परमेश्वरका सबै स्वर्गदूतले उहाँलाई आराधना गर्नैपर्छ ।” 7 स्वर्गदूतहरूका विषयमा उहाँ यसो भन्नुहुन्छ, “उहाँ जसले आफ्ना दासहरूलाई आगोको ज्वाला र उहाँका स्वर्गदूतहरूलाई आत्माहरू बनाउनुहुन्छ ।” 8 तर पुत्रको विषयमा उहाँ यसो भन्नुहुन्छ, “हे परमेश्वर, तपाईंको सिंहासन सधैँभरि रहिरहने छ । तपाईंको राजदण्ड नै तपाईंको राज्यको न्यायको राजदण्ड हुनेछ । 9 तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ र अधर्मलाई घृणा गर्नुहुन्छ । त्यसकारण, हे परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई आनन्दको तेलले अभिषेक गर्नुभएको छ र सहयोगी बनाउनुभएको छ ।” 10 “हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो । स्वर्गहरू तपाईंका हातका काम हुन् । 11 तिनीहरू नष्ट हुनेछन्, तर तपाईं रहिरहनुहुनेछ । तिनीहरू लगाइने कपडाका टुक्राझैँ झुत्रा हुनेछन् । 12 तपाईंले तिनीहरूलाई लबेदाजस्तै बेर्नुहुनेछ, र तिनीहरू कपडाको टुक्राझैँ परिवर्तन हुनेछन् । तर तपाईं सधैँ उस्तै हुनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुँदैन ।” 13 तर कुनचाहिँ स्वर्गदूतलाई परमेश्वरले कहिल्यै यस्तो भन्नुभएको छ, “मेरो दाहिने हातपट्टि बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ ?” 14 के सबै स्वर्गदूतहरू मुक्ति पाउनेहरूको वास्ता र सेवा गर्न पठाइएका आत्माहरू होइनन् र ?
येशू हाम्रो लागि स्वर्गदूतहरूभन्दा कसरी बढी महत्त्वपूर्ण हुनुहुन्छ भनेर यस अध्यायले वर्णन गर्दछ ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । १:५, ७-१३ मा भएका कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
लेखकले यो पत्र त्यस्ता ख्रीष्टिएनहरूलाई लेखे, जो यहूदी धर्म मानेर हुर्केका थिए । यसकारण, यो पत्रलाई “हिब्रुहरू” भनियो ।
येशू स्वर्गदूतहरूभन्दा महान् भनी प्रमाणित गर्न लेखकले अलङ्कारको प्रश्नहरू प्रयोग गर्दछन् । यी प्रश्नका जवाफ लेखक तथा पाठकहरू दुवैलाई थाहा छ, र पाठकहरूले यी प्रश्नका जवाफका बारेमा विचार गर्दा कुनै पनि स्वर्गदूतहरूभन्दा परमेश्वरका पुत्र महान् हुनुहुन्छ भनी तिनीहरूले विचार गर्न सक्ने छन् भन्ने महसुस लेखकलाई भएको छ ।
यहूदी शिक्षकहरू, जस्तै पुरानो करारका अगमवक्ताहरूले सबैभन्दा महत्त्वपूर्ण शिक्षालाई कविताको रूपमा लेख्ने गर्थे, र यसरी श्रोताहरूले ती सिक्न र सम्झन सक्दथे ।
यो पत्र कसलाई पठाइयो भनी यो प्राप्त गर्ने मानिसहरूका बारेमा यसले उल्लेख गर्दैन । तापनि, लेखकले विशेष गरेर हिब्रुहरू (यहूदीहरू)लाई लेखेका थिए, जसले पुरानो करारका धेरै खण्डहरू बुझ्न सक्दथे ।
यस भूमिकाले सम्पूर्ण पुस्तकका लागि पृष्ठभूमि प्रदान गर्दछः पुत्रभन्दा महान् कोही छैन - पुत्र नै सबैभन्दा महान् हुनुहुन्छ । पुत्र चाहिँ अगमवक्ताहरू र स्वर्गदूतहरूभन्दा महान् हुनुहुन्छ भन्ने कुरामा जोड दिँदै यो पुस्तक सुरु भएको छ ।
“यी आखिरी दिनहरूमा ।” यो वाक्यांशले येशूले उहाँको सेवाकार्य सुरु गर्नुभएको समयदेखि लिएर परमेश्वरले आफ्नो सृष्टिमाथि पूर्ण रूपमा उहाँको शासन स्थापित नगरुञ्जेलको समयलाई जनाउँछ ।
यहाँ “पुत्र” भनेको येशू, परमेश्वरको पुत्रको महत्त्वपूर्ण नाउँ हो ।
पुत्रले पिताबाट धनसम्पत्तिको अधिकार पाउनुहुन्छ भनेजस्तै गरी लेखकले कुरा गर्दछन् । वैकल्पिक अनुवादः “सबै थोकको अधिकार गर्न”
“पुत्रद्वारा नै परमेश्वरले सबै थोक बनाउनु पनि भयो”
“उहाँको महिमाको ज्योति ।” परमेश्वरको महिमालाई धेरै उज्यालो ज्योतिसँग सम्बन्धित गरेर हेरिन्छ । लेखक भन्दछन्, पुत्र त्यो ज्योतिको स्वरूप हुनुहुन्छ र परमेश्वरको महिमालाई पूर्ण रूपले प्रतिनिधित्व गर्नुहुन्छ ।
“महिमा ... , परमेश्वरको अस्तित्वको स्वरूप धारण ।” “उहाँको स्वभावकै विशेषता भएको” भन्नाले “परमेश्वरको महिमाको चमक” भन्ने कुरासँग मिल्दो अर्थ हो । पुत्रले परमेश्वरको स्वभाव र विशेषता धारण गर्नुहुन्छ र परमेश्वरका कुनै पनि कुराको पूर्ण रूपले प्रतिनिधित्व गर्नुहुन्छ । वैकल्पिक अनुवादः “महिमित र परमेश्वरजस्तै हुनुहुन्छ” वा “महिमा, र परमेश्वरको बारेमा जे सत्य हो, सो पुत्रका बारेमा पनि सत्य हो”
“उहाँको शक्तिशाली वचन ।” यहाँ “वचन”ले सन्देश वा आदेशलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँको शक्तिशाली आदेश”
भाववाचक नाम “शुद्धिकरण”लाई क्रियापदका रूपमा लेख्न सकिन्छः “शुद्ध पार्नु ।” वैकल्पिक अनुवादः “उहाँले हामीलाई पापबाट शुद्ध पार्ने कार्य समाप्त गर्नुभएपछि” वा “उहाँले हामीलाई हाम्रा पापबाट शुद्ध पार्न सिद्ध्याउनुभएपछि”
पापको क्षमा गर्ने कुरा कुनै मानिसलाई सफा पार्ने कुरा जस्तो हो भनी लेखकले लेखेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरले हाम्रा पाप क्षमा गर्न उहाँले सम्भव पार्नुभयो”
“परमेश्वरको दाहिने बाहुली”पट्टि विराजमान हुनु भनेको परमेश्वरबाट महान् सम्मान र अधिकार प्राप्त गर्ने कुरालाई जनाउने प्रतीकात्मक कार्य हो । वैकल्पिक अनुवादः “उहाँ सर्वोच्चको छेउमा सम्मान र अधिकारको स्थानमा बस्नुभयो”
यहाँ “सर्वोच्च”ले परमेश्वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “सर्वोच्च परमेश्वर”
पहिलो अगमवाणीको उद्धरण (तिमी मेरा पुत्र हौ) भजनसंग्रहबाट लिइएको हो । दोस्रो चाहिँ (म उनका पिता हुनेछु) शमूएल अगमवक्ताले लेखे । “उहाँ” शब्दका सबै प्रयोगहरूले पुत्र येशूलाई जनाउँछ । “तिमी” शब्दले येशूलाई जनाउँछ भने, “म” र “मलाई” शब्दहरूले परमेश्वर पितालाई जनाउँछ ।
“पुत्र ... हुनुभएको छ”
यहाँ “नाउँ” भन्नाले आदर र अधिकारलाई जनाउँछ । वैकल्पिक अनुवादः “जसरी उहाँले प्राप्त गर्नुभएको आदर र अधिकार तिनीहरूका आदर र अधिकारभन्दा श्रेष्ठ छ”
आदर र अधिकार प्राप्त गर्ने कुरालाई लेखकले बाबुबाट धनसम्पत्ति प्राप्त गर्ने कुरा जस्तो गरी लेखेका छन् । वैकल्पिक अनुवादः “उहाँले पाउनुभएको छ”
परमेश्वरले उहाँका स्वर्गदूतहरूमध्ये कुनैलाई पनि आफ्नो पुत्र भन्नुहुन्न भनी यो प्रश्नले जोड दिन्छ । वैकल्पिक अनुवादः “किनभने स्वर्गदूतहरूमध्ये कुनैलाई पनि परमेश्वरले कदापि ‘तिमी मेरा पुत्र हौ ... मेरा पुत्र हुने छन्’ भन्नुभएको छैन ।”
यी दुई खण्डका मूलभूत अर्थ एउटै हो ।
यस खण्डका पहिलो उद्धरण, “परमेश्वरका सबै स्वर्गदूतले उहाँको ...” मोशाले लेखेका पुस्तकहरूमध्ये एउटाबाट लिइएको हो । दोस्रो उद्धरण, “उहाँले आफ्ना ... आगोका ज्वालाहरू बनाउनुहुन्छ” भजनसंग्रहबाट लिइएको हो ।
यसको अर्थ येशू हो । हरेक व्यक्तिमाथि पुत्रको प्रतिष्ठा र अधिकार भएको कुरामा जोड दिनका लागि लेखकले उहाँलाई “पहिले जन्मेको” भनेर लेखेका छन् । येशूको अस्तित्वभन्दा अगाडि त्यहाँ कुनै समय थियो अथवा परमेश्वरको येशू जस्तै गरी अरू छोराहरू छन् भन्ने चाहिँ यसको अर्थ होइन ।पहिले पनि समय थिएन । अनि परमेश्वरका येशूजस्तै अरु पुत्र थिएनन् । “आदर पाउनुभएको उहाँको पुत्र, उहाँको एकमात्र पुत्र” वैकल्पिक अनुवादः “उहाँको सम्मानित पुत्र, उहाँको एकमात्र पुत्र”
“परमेश्वर भन्नुहुन्छ”
सम्भावित अर्थहरू हुन् १) “परमेश्वरले आफ्ना स्वर्गदूतहरूलाई आत्माहरू बनाउनुभएको छ जसले आगोका ज्वालाहरूको जस्तै शक्तिका साथ उहाँको सेवा गर्दछन्” वा २) हावा र आगोका ज्वालाहरूलाई परमेश्वरले आफ्ना दूतहरू र सेवकहरू बनाउनुहुन्छ । मौलिक भाषामा “स्वर्गदूत” र “दूत” एउटै अर्थ दिने शब्द हुन्, र “आत्माहरू” र “हावा” शब्दले पनि एउटै अर्थ दिन्छन् । सम्भावित जुन अर्थलाई लिँदा पनि, स्वर्गदूतहरूले पुत्रको सेवा गर्दछन् किनभने उहाँ श्रेष्ठ हुनुहुन्छ ।
धर्मशास्त्रको यो उद्धरण भजनसंग्रहबाट लिइएको हो ।
“पुत्रको बारेमा परमेश्वरले यसो भन्नुहुन्छ”
यो परमेश्वरका पुत्र येशूको महत्त्वपूर्ण नाउँ हो ।
पुत्रको सिंहासन भन्नाले उहाँको शासनलाई जनाउँछ । वैकल्पिक अनुवादः “तपाईं परमेश्वर हुनुहुन्छ, र तपाईंको शासन सदासर्वदा रहनेछ”
यहाँ “राजदण्ड” भन्नाले पुत्रको शासनलाई जनाउँछ । वैकल्पिक अनुवादः “र तपाईंले आफ्नो राज्यका मानिसहरूमाथि न्यायपूर्वक शासन गर्नुहुनेछ”
यहाँ “आनन्दको तेल” भन्नाले परमेश्वरले पुत्रको आदर गर्नुहुँदा पुत्रले महसुस गर्नुभएको आनन्दलाई जनाउँछ । वैकल्पिक अनुवादः “तपाईंको आदर गर्नुभएको छ र तपाईंलाई अरूभन्दा धेरै आनन्दित तुल्याउनुभएको छ”
यो उद्धरण भजनसंग्रहको अर्को खण्डबाट लिइएको हो ।
येशू स्वर्गदूतहरूभन्दा महान् हुनुहुन्छ भनेर लेखकले निरन्तर रूपमा स्पष्ट पार्दछन् ।
“कुनै थोक अस्तित्वमा हुनुअगि”
परमेश्वरले पृथ्वीको सृष्टि गर्नुभएको कुरालाई उहाँले कुनै भवनको जग बसाल्नुभएको कुरा जस्तै गरी लेखकले लेख्दछन् । वैकल्पिक अनुवादः “तपाईंले पृथ्वीको सृष्टि गर्नुभयो”
यहाँ “हात” शब्दले परमेश्वरको शक्ति र कार्यलाई जनाउँछ । वैकल्पिक अनुवादः “तपाईंले स्वर्गहरू बनाउनुभयो”
“स्वर्गहरू र पृथ्वी बितेर जानेछन्” वा “स्वर्गहरू र पृथ्वी फेरि अस्तित्वमा रहने छैनन्”
स्वर्गहरू र पृथ्वी चाहिँ पुरानो हुने र आखिरमा फाटेर जाने लुगा जस्तै हो भनेर लेखक भन्छन् ।
स्वर्गहरू र पृथ्वी चाहिँ बाहिरी वस्त्र वा अरु लुगाको बाहिर ढाक्ने पछ्यौराजस्तै हो भनेर लेखक भन्छन् ।
स्वर्गहरू र पृथ्वी चाहिँ अरू लुगासँग फेर्ने लुगाहरू जस्तै हो भनेर लेखक भन्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तपाईंले तिनीहरूलाई बदल्नुहुनेछ”
परमेश्वरको अनन्त अस्तित्व जनाउनलाई समय अवधिको प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “तपाईंको जीवन कदापि सकिने छैन”
यो उद्धरण भजनसंग्रहको अर्को खण्डबाट लिइएको हो ।
परमेश्वरले यो स्वर्गदूतहरूलाई कदापि भन्नुभएको छैन भन्ने कुरामा जोड दिनका लागि लेखकले प्रश्नको प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “परमेश्वरले कुनै बेला पनि स्वर्गदूतहरूलाई कदापि यसो भन्नुभएको छैन ... पाउदान ... ।’”
“परमेश्वरको दाहिने बाहुली”पट्टि बस्नु भनेको परमेश्वरबाट महान् सम्मान र अधिकार प्राप्त गर्ने कुरालाई जनाउने प्रतीकात्मक कार्य हो । वैकल्पिक अनुवादः “मेरो छेउमा आदरको स्थानमा बस”
ख्रीष्टका शत्रुहरू चाहिँ राजाले आराम गर्न आफ्ना खुट्टा अड्याउने वस्तु भए जस्तो गरी तिनीहरूका बारेमा लेखकले भनेका छन् । यो बिम्बले उहाँका शत्रुहरूका पराजय र अपमानलाई जनाउँछ ।
स्वर्गदूतहरू ख्रीष्टजस्तो शक्तिशाली छैनन्, तर तिनीहरूले खेल्नुपर्ने भूमिका चाहिँ बेग्लै हो भनी पाठकहरूलाई याद गराउनका लागि लेखकले यो प्रश्न प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “सबै स्वर्गदूतहरू आत्माहरू हुन् ... उद्धार प्राप्त गर्ने छन् ।”
परमेश्वरले विश्वासीहरूका लागि जे कुराको प्रतिज्ञा गर्नुभएको छ, सो कुरा प्राप्त गर्नु चाहिँ परिवारका सदस्यबाट जग्गाजमिन र धनसम्पत्तिको पैतृक हक प्राप्त गरेको जस्तै हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरले उद्धार गर्नुहुनेहरूका लागि”
1 त्यसकारण, हामीले जे सुनेका छौँ त्यसमा हामीले सबैभन्दा बढी ध्यान दिनुपर्छ । त्यसैले, यसबाट बहकिएर हामी टाढा जानुहुँदैन । 2 यदि स्वर्गदूतहरूद्वारा बोलिएको सन्देशको मान्यता भयो भने, र हरेक आज्ञा उल्लघङ्न गर्ने र अनाज्ञाकारीहरूले ठिक सजाय पाउँछन् भने र 3 हामीले यति ठुलो मुक्तिको बेवास्ता गर्यौँ भने, तब हामी कसरी उम्कन सक्छौँ र ? यो मुक्ति जुन पहिलो पल्ट प्रभुद्वारा नै घोषणा गरिएको थियो र जसले यो सुने हाम्रा निम्ति त्यो पक्का गरियो । 4 त्यही समयमा परमेश्वरले यसलाई चिह्नहरू, अचम्मका काम र विभिन्न शक्तिशाली कामहरूबाट अनि उहाँको आफ्नै इच्छाअनुसार पवित्र आत्माका वरदानहरूको वितरणद्वारा प्रमाणित गरिदिनुभयो । 5 हामीले कुरा गरिराखेको आउँदो संसारलाई परमेश्वरले स्वर्गदूतहरूको अधीनमा राख्नुभएन । 6 त्यसको सट्टामा, कसैले कुनै ठाउँमा यसरी गवाही दिएको छ, “मानिस के हो, तपाईं त्यसको ख्याल गर्नुहुन्छ ? वा मानिसको छोरो के हो जसका निम्ति तपाईं वास्ता गर्नुहुन्छ ? 7 तपाईंले मानिसलाई स्वर्गदूतभन्दा अलि कम बनाउनुभएको छ; तपाईंले उसलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ । (नोटः केही पुरानो संस्करणले थप्छ) र तपाईंले उसलाई तपाईंका हातका कामहरूमाथि राख्नुभएको छ । 8 तपाईंले हरेक कुरा उहाँको अधीनमा राख्नुभएको छ ।” किनभने परमेश्वरले सबै कुरा मानव-जातिको अधीनतामा राख्नुभएको थियो । उहाँले कुनै पनि थोक मानिसबाट बाहिर रहन दिनुभएन । तर आज हामी कुनै पनि चिज मानिसको अधीनमा रहेको देख्दैनौँ । 9 तर, उहाँलाई केही समयको निम्ति स्वर्गदूतभन्दा कम बनाइएको हामीले देखेका छौँ । उहाँ येशू हुनुहुन्छ । किनभने उहाँका दुःख र मृत्युको कारणले येशू ख्रीष्टलाई महिमा र आदरको मुकुट पहिराइएको छ । त्यसकारण, अहिले परमेश्वरको अनुग्रहबाट येशू ख्रीष्टले हरेक मानिसका निम्ति मृत्यु चाख्नुभयो । 10 यो परमेश्वरका निम्ति उपयुक्त थियो, किनभने हरेक थोक उहाँका निम्ति र उहाँद्वारा अस्तित्वमा आएको छ । धेरै छोराहरू महिमामा ल्याइँदा उहाँको दुःखद्वारा तिनीहरूको मुक्तिलाई पुरा गर्न उहाँ एक अगुवा बनाइनुभयो । 11 किनकि समर्पण गर्ने र समर्पण गरिएकाहरू दुवै एउटै स्रोतबाट आउँछन् । त्यसैकारण, उहाँ तिनीहरूलाई भाइहरू भनी बोलाउन शर्माउनुहुन्न । 12 उहाँ भन्नुहुन्छ, “म तपाईंको नाउँ मेरा दाजुभाइहरूलाई घोषणा गर्नेछु; म सभाको बिचबाट तपाईंको गीत गाउनेछु ।” 13 र फेरि, “म उहाँमा भरोसा गर्नेछु ।” र फेरि, “हेर, यहाँ म र मेरा छोराछोरीहरू जसलाई परमेश्वरले मलाई दिनुभएको छ ।” 14 त्यसकारण, पहिले नै परमेश्वरका छोराछोरीहरू मासु र रगतको एक भाग भएका हुनाले येशूले पनि त्यही कुराहरू तिनीहरूसँग बाँड्नुभयो । त्यसैले, येशूले मृत्यु सहेर मृत्युको शक्ति भएकोलाई अर्थात् शैतानलाई नष्ट पार्नुभयो । 15 मृत्युको डरद्वारा र सधैँ शैतानका दास भएर जिएकाहरूको लागि स्वतन्त्रता दिन उहाँले त्यसो गर्नुभयो । 16 किनकि वास्तवमा उहाँले स्वर्गदूतहरूको वास्ता गर्नुहुन्न; बरु, उहाँले वास्ता गर्ने त अब्राहामका सन्तानको हो । 17 त्यसैले, उहाँका भाइहरूजस्तै बन्न उहाँका निम्ति सबै क्षेत्रमा आवश्यक थियो । त्यसकारण, उहाँ परमेश्वरका कुराहरूसम्बन्धी दयापूर्ण र विश्वासयोग्य हुनुभई परमेश्वरका महान् पुजारी हुनुभयो । त्यसैले, उहाँले सबै मानिसका पापको क्षमा ल्याउन सक्नुभयो । 18 किनभने येशू आफैँले दुःख भोग्नुभयो, र परीक्षित हुनुभयो; उहाँले परीक्षामा पर्नेहरूलाई सहायता गर्न सक्नुहुन्छ ।
महान् इस्राएली मोशाभन्दा येशू महान् हुनुहुन्छ भनी यो अध्यायले दर्शाउँछ ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । २:६-८, १२-१३ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
यहूदीहरूका रूपमा हुर्केका ती ख्रीष्टिएनहरूलाई जनाउनका लागि शायद लेखकले “भाइहरू” शब्द प्रयोग गर्दछन् ।
लेखकले दिने जरुरी पाँच चेतावनीमध्ये यो पहिलो हो ।
यहाँ “हामी” शब्दले लेखक र उनका श्रोताहरूलाई समावेश गर्दछ ।
यो अलङ्कारको सम्भाव्य अर्थहरू हुन् १) परमेश्वरको वचनमा विश्वास गर्न छाडेका मानिसहरूका बारेमा तिनीहरू बहकिएर गएका हुन् भनी लेखकले भनेका छन्, जस्तो पानीमा भएको डुङ्गा आफ्नो स्थानबाट यताउता सर्दछ । वैकल्पिक अनुवादः “ताकि हामीले यस कुरामा विश्वास गर्न छोड्ने छैनौँ” वा २) परमेश्वरको वचनका आज्ञा पालन गर्न छाडेका मानिसहरूका बारेमा तिनीहरू बहकिएर गएका हुन् भनी लेखकले भनेका छन्, जस्तो पानीमा भएको डुङ्गा आफ्नो स्थानबाट यताउता सर्दछ । वैकल्पिक अनुवादः “ताकि हामी आज्ञापालन गर्न छोड्ने छैनौँ”
परमेश्वरले मोशालाई स्वर्गदूतहरूद्वारा उहाँको व्यवस्था दिनुभयो भनी यहूदीहरूले विश्वास गर्दथे । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने यदि परमेश्वरले स्वर्गदूतहरूद्वारा बोल्नुभएको सन्देश”
यी कुरा साँचो हुन् भन्ने कुरामा लेखकलाई निश्चयता छ । वैकल्पिक अनुवादः “किनभने ... सनदेश”
यहाँ “अपराध” र “अनज्ञाकारिता”ले यी पापका दोषी मानिसहरूलाई जनाउँछन् । वैकल्पिक अनुवादः “पाप गर्ने र अनाज्ञाकारी हरेक व्यक्तिले दण्ड पाउँछ”
यी दुई शब्दका मूलभूत अर्थ एउटै हो ।
ख्रीष्टद्वारा प्राप्त भएको मुक्तिलाई मानिसहरूले बेवास्ता गर्दछन् भने, तिनीहरूले निश्चय पनि दण्ड पाउनेछन् भनी जोड दिनका लागि लेखकले यो प्रश्नको प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई जसरी उद्धार गर्नुहुन्छ भन्ने उहाँको सन्देश छ, त्यसमा हामीले ध्यान दिँदैनौँ भने, परमेश्वरले हामीलाई निश्चय पनि दण्ड दिनुहुनेछ !”
“वास्ता नगर्नु” वा “तुच्छ ठान्नु”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । भाववाचक नाम “मुक्ति” लाई क्रियापदको वाक्यांशका रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई कसरी बचाउनुहुन्छ भनेर सबभन्दा पहिला प्रभु आफैँले घोषणा गर्नुभयो र त्यसपछि उक्त सन्देश सुन्नेहरूले हामीलाई त्यो पक्का गरी सुनाए”
“यो कार्य उहाँले जसरी गर्ने इच्छा गर्नुभयो त्यसरी नै”
यहाँको उद्धरण पुरानो करारको भजनको पुस्तकबाट लिइएको हो । यो अर्को खण्डसम्म नै निरन्तर जान्छ ।
पृथ्वी एक दिन प्रभु येशूको अधीनमा हुने छ भनी यी हिब्रू विश्वासीहरूलाई लेखकले स्मरण गराउँदछन् ।
“किनभने परमेश्वरले स्वर्गदूतहरूलाई शासक बनाउनुभएन”
यहाँ “संसार” शब्दले त्यहाँ बसोबास गर्ने मानिसहरूलाई जनाउँछ । अनि “आउँदो” को अर्थ यहाँ उल्लेख संसार चाहिँ ख्रीष्टको दोस्रो आगमनपछिको युग हो । वैकल्पिक अनुवादः “नयाँ संसारमा बसोबास गर्ने मानिसहरू”
यो अलङ्कारिक प्रश्नले मानवजातिको महत्त्वलाई जोड दिन्छ र परमेश्वरले उनीहरूप्रति ध्यान दिनुभएका कुरामा यसले आश्चर्य व्यक्त गर्दछ । वैकल्पिक अनुवादः “मानवजाति तुच्छ छन्, र पनि तपाईंले उनीहरूको ख्याल गर्नुहुन्छ !”
“मानिसको छोरो” भन्ने लक्षणाले मानवजातिलाई जनाउँछ । अलङ्कारिक प्रश्नको अर्थ मूलभूत रूपमा पहिलो प्रश्नको जस्तै हो । परमेश्वरले तुच्छ मानवजातिको वास्ता गर्नुभएको कुरामा यसले आश्चर्य व्यक्त गर्दछ । वैकल्पिक अनुवादः “मानवजातिको महत्त्व नगन्य छ, र पनि तपाईंले उनीहरूको वास्ता गर्नुहुन्छ !”
पहिलो प्रश्नबाट क्रियापद लिन सकिन्छ । वैकल्पिक अनुवादः “वा मानिसको छोरो के हो”
स्वर्गदूतहरूभन्दा मानिसहरू कम्ती महत्त्वको भएको कुरा लेखकले गर्दछन्, जस्तो कि स्वर्गदूतहरूका स्थानभन्दा तल्तो स्थानमा मानिसहरू खडा छन् । वैकल्पिक अनुवादः “स्वर्गदूतहरूभन्दा कम्ती महत्त्वको”
यहाँ यी वाक्यांशले कुनै विशेष व्यक्तिलाई होइन, तर सामान्य रूपले मानजातिलाई जनाउँछन्, जसमा पुरुष र स्त्री दुवै समावेश छन् । वैकल्पिक अनुवादः “ ... मानवजातिलाई बनाउनुभएको छ ... तिनीहरूलाई मुकुट पहिराउनुभएको छ”
महिमा र आदरको उपहारलाई विजयी खेलाडीका शिरमा पहिराइदिन गरेको पात गाँसेर बनाएको मुकुटजस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “तपाईंले उनीहरूलाई ठूलो महिमा र आदर दिनुभएको छ”
यहाँ यी वाक्यांशले कुनै विशेष व्यक्तिलाई होइन, तर सामान्य रूपले मानजातिलाई जनाउँछन्, जसमा पुरुष र स्त्री दुवै समावेश छन् । वैकल्पिक अनुवादः “तिनीहरूका चरणहरू ... तिनीहरूलाई”
मानवजातिले हरेक थोकमाथि अधीन गरेका छन्, जस्तो कि उनीहरूले हरेक थोकमाथि आफ्ना पाउले कुल्चेका छन् भनी लेखकले उल्लेख गर्दछन् । वैकल्पिक अनुवादः “तपाईंले उनीहरूलाई हरेक थोकमाथि अधीन गर्ने तुल्याउनुभएको छ”
दोहोरिएको नकारात्मक अर्थले सबै थोक ख्रीष्टको अधीनमा हुने जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले हरेक थोक उहाँको अधीनमा राख्नुभयो”
“हामीलाई थाहा छ कि मानवजातिले अझैसम्म हरेक थोकमाथि अधीनता जमाएका छैनन्”
पाप क्षमा गर्नको लागि मृत्यु भोग्न ख्रीष्ट यस पृथ्वीमा आउनुहुँदा, उहाँ स्वर्गदूतहरूभन्दा केही कम हुनुभयो र यसरी उहाँ विश्वासीहरूका लागि कृपालु प्रधान पूजाहारी बन्नुभयो भनेर लेखकले यी हिब्रू विश्वासीहरूलाई स्मरण गराउँछन् ।
“एकजना हुनुहुन्छ भनी हामी जान्दछौँ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले बनाउनुभयो”
तपाईंले यी शब्दहरूलाई हिब्रू २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
मृत्युको अनुभवलाई मानिसहरूले स्वाद लिने भोजन जस्तो गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “उहाँले मृत्युको अनुभव गर्नुभएको होस्” वा “उहाँको मर्नुभएको होस्”
मानिसहरूलाई कुनै ठाउँमा लैजाने कुरा झैँ गरी महिमाको उपहार बारेमा यहाँ कुरा गरिएको छ । वैकल्पिक अनुवादः “धेरै छोराहरूलाई बचाउन”
यहाँ पुरुष र स्त्रीसहित सबै ख्रीष्टिएन विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “धेरै विश्वासीहरू”
सम्भाव्य अर्थहरू हुन् १) यो अलङ्कार हो, जसमा मुक्तिलाई पुग्नुपर्ने ठाउँ र येशूलाई बाटोमा मानिसहरूका अगिअगि जाने र तिनीहरूलाई मुक्तिसम्म पुग्न बाटो देखाउने व्यक्ति हुनुहुन्छ, जस्तो गरी लेखकले भन्दछन् । वैकल्पिक अनुवादः “मानिसहरूलाई मुक्तिमा पुर्याउन नेतृत्व गर्नुहुने” वा २) यहाँ अनुवाद भएको “अगुवा” शब्दले “संस्थापक” भन्ने अर्थ दिन्छ र मुक्तिको स्थापना गर्नुहुने वा मानिसहरूलाई बचाउन परमेश्वरलाई सम्भव तुल्याइदिनुहुने व्यक्ति येशू हुनुहुन्छ भन्ने अर्थ हुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई मुक्तिको लागि सम्भव तुल्याउनुहुने”
यसले परिपक्व र पूर्ण रूपमा तालिम प्राप्त, जो कुनै व्यक्ति आफ्नो शरीरका अङ्गहरूमा सिद्ध पारिएको जस्तो हो भन्ने अर्थ दिन्छ ।
यो अगमवाणीको उद्धरण दाऊद राजाको भजनबाट लिइएको हो ।
“अरूलाई पवित्र पार्नुहुने” वा “अरूलाई पापबाट शुद्ध पार्नुहुने”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले पवित्र बनाउनुभएकाहरू” वा “उहाँले पापबाट शुद्ध पार्नुभएकाहरू”
त्यो स्रोत को हो भनेर प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “एउटै स्रोत, स्वयम् परमेश्वर हुनुहुन्छ” वा “एउटै पिता हुनुहुन्छ”
“येशू ... शर्माउनुहुन्न”
यो दोहोरिएको नकारात्मकको अर्थ उहाँले तिनीहरूलाई आफ्ना भाइहरू भनेर दाबी गर्नुहुनेछ । वैकल्पिक अनुवादः “तिनीहरूलाई उहाँका आफ्ना भाइहरू भन्न खुशी हुनुहुनेछ”
यहाँ येशूलाई विश्वास गर्ने पुरुष र स्त्री सबैलाई यो शब्दले जनाउँछ ।
यहाँ “नाउँ” शब्दले व्यक्तिको प्रतिष्ठा र उनीहरूले गरेका कार्यलाई जनाउँछ । वैकल्पिक अनुवादः “तपाईंले गर्नुभएका महान् कार्यहरू मेरा दाजुभाइलाई म घोषणा गर्नेछु”
“विश्वासीहरू आराधना गर्नका लागि एकसाथ भेला हुँदा”
यी उद्धरणहरू यशैया अगमवक्ताले लेखे ।
“र ख्रीष्टले परमेश्वरको बारेमा बोल्नुभएका कुरा अगमवक्ताले धर्मशास्त्रको अर्को खण्डमा लेखेः”
ख्रीष्टमा विश्वास गर्नेहरू छोराछोरी हुन् जस्तो गरेर यसले भन्दछ । वैकल्पिक अनुवादः “तिनीहरू जो मेरा छोराछोरी जस्ता हुन्”
यसले ख्रीष्टमा विश्वास गर्नेहरूको विषयमा तिनीहरू उहाँका छोराछोरीहरू भए झैँ गरी कुरा गर्छ । वैकल्पिक अनुवादः “तिनीहरू जो मेरा छोराछोरीहरू झैँ हुन्”
“मासु र रगत” भन्ने वाक्यांशले मानिसहरूका मानवीय स्वाभावलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबै मानवजाति हुन्”
“येशू त्यस्तै गरी शरीर र रगतमा सहभागी हुनुभयो” वा “येशू तिनीहरू जस्तै मानव बन्नुभयो”
यहाँ “मृत्यु”लाई क्रियापद बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “मरेर”
यहाँ “मृत्यु”लाई क्रियापद बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूलाई मार्ने शक्ति”
मृत्युको डर चाहिँ दासत्व भए झैँ गरी लेखकले भनेका छन् । अनि कसैको डर हटाउने कुरालाई उक्त व्यक्तिको दासत्वबाट उसलाई स्वतन्त्र गराउनुजस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “उहाँले सबै मानिसलाई स्वतन्त्र गराउनका लागि यसो गर्नुभयो । हामी मर्नबाट डराएका हुनाले हामीले दासहरूको जस्तो जीवन बितायौँ”
अब्राहामको सन्तानको बारेमा उनीहरू तिनका बिउ थिए भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “अब्राहामको वंश”
“येशूलाई ... आवश्यक थियो”
यहाँ “भाइहरू” शब्दले सामन्य रूपमा सबै मानिसलाई जनाउँछ । वैकल्पिक अनुवादः “मानवजाति जस्तै”
क्रूसमा ख्रीष्टको मृत्युको अर्थ नै यो हो कि परमेश्वरले पाप क्षमा गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “उहाँले परमेश्वरलाई मानिसहरूका पाप क्षमा गर्न सम्भव तुयाउनुहुन्छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “शैतानले उहाँको परीक्षा गर्यो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई शैतानले परीक्षा गरिरहेको छ”
1 त्यसकारण, पवित्र भाइहरू हो, तिमीहरू स्वर्गीय बोलावटमा साझेदार हुन बोलाइएका हाम्रा प्रधान पुजारी, प्रेरित र येशू ख्रीष्टलाई विचार गर । 2 जसले उहाँलाई नियुक्त गर्नुभयो, उहाँ परमेश्वरप्रति विश्वास योग्य हुनुहुन्थ्यो, जसरी मोशा पनि परमेश्वरको घरानामा विश्वासयोग्य थिए । 3 परमेश्वरले मोशालाई भन्दा येशूलाई योग्य र महान् महिमा दिनुभएको थियो । किनभने घर आफैँलाई भन्दा घर बनाउनेको बढी आदर हुन्छ । 4 हरेक घर कोही न कोहीद्वारा बनाइएको हुन्छ, तर हरेक थोक बनाउने परमेश्वर नै हुनुहुन्छ । 5 एकातिर, मोशा परमेश्वरका सारा घरानामा विश्वासयोग्य सेवकजस्तै भएर भविश्यमा बोलिने कुराहरूका बारेमा उनी एक गवाही थिए । 6 तर परमेश्वरको घरानाको जिम्मा पुत्र ख्रीष्टले लिनुभएको छ । यदि हामी निश्चयतासाथ उहाँलाई पक्री रहन्छौँ भने हामी गर्वसाथ भन्न सक्छौँ, कि हामी उहाँका घराना हौँ । 7 त्यसकारण, जसरी पवित्र आत्मा भन्नुहुन्छ, “आज, यदि तिमीले उहाँको सोर सुन्यौ भने, 8 उजाड-स्थानमा परीक्षाको समयमा विद्रोह गरेजस्तै तिमीहरूका हृदयलाई कठोर नपार । 9 चालिस वर्षसम्म मैले गरेको काम तिनीहरूले देखे र पनि तिम्रा पुर्खाहरूले विद्रोह गरेर मेरो परीक्षा गरे । 10 त्यसकारण म त्यस पुस्तासँग अप्रसन्न भए । मैले भनेँ, ‘तिनीहरू जहिले पनि आफ्ना हृदयबाट तर्किएर गएका छन् । अनि तिनीहरूलाई मेरो बाटो नै थाहा छैन ।’ 11 मेरो क्रोधमा मैले शपथ खाएः ‘तिनीहरू कहिल्यै पनि मेरो विश्राममा प्रवेश गर्न पाउनेछैनन्’ ।” 12 भाइहरू हो, होसियार बस । त्यसैले, तिमीहरूमध्ये कोही पनि दुष्ट हृदय र अविश्वासी नहोस्, जुन हृदयले जीवित परमेश्वरबाट तर्काएर टाढा नलैजाओस् । 13 बरु, जबसम्म “आजको दिन” भन्ने कुरा छ, दिनहुँ एकले अर्कोलाई उत्साह देओ । त्यसकारण, तिमीहरूमध्ये कसैले पनि छलकपटको पापद्वारा हृदय कठोर नपारोस् । 14 यदि हामीले सुरुदेखि अन्त्यसम्मै उहाँमा राखेको हाम्रो भरोसालाई निश्चयतासाथ बलियोसँग पक्री राख्यौँ भने, ख्रीष्टसँगै हामी साझेदार भएका हुन्छौँ । 15 यसको बारेमा यस्तो भनिएको थियो, “आज, यदि तिमीहरूले उहाँको सोर सुन्यौ भने, विद्रोहमा गरेजस्तै तिमीहरूले हृदय कठोर नपार ।” 16 ती को थिए जसले परमेश्वरको आवाज सुने र उहाँको विरोध गरे ? के ती सबै मोशाले मिश्र देशबाट निकालेर ल्याएकाहरू नै होइनन् र ? 17 जोसँग उहाँ चालिस वर्षसम्म रिसाउनुभएको होइन र ? के ती पाप गर्नेहरूसित होइन जसका मृत शरीरहरू उजाड-स्थानमा छरिएका थिएनन् र ? 18 तिनीहरू उहाँको विश्राममा पस्न पाउनेछैनन् भनी कोसँग उहाँले शपथ खानुभएको थियो, के ती उहाँका आज्ञा नमान्नेहरू होइनन् र ? 19 र अविश्वासको कारणले नै तिनीहरू उहाँको विश्राममा पस्न नसकेको हामी देख्दछौ ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । ३:७-११, १५ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
लेखकले शायद यहूदीहरू भइ हुर्केका ख्रीष्टिएनहरूलाई जनाउनका लागि “भाइहरू” शब्द प्रयोग गर्दछन् ।
आफ्नो हृदयलाई कठोर पार्ने व्यक्तिले परमेश्वरको आवाज सुन्दैन वा उहाँको आज्ञापालन गर्दैन ।
लेखकले आफ्ना पाठकहरूलाई चेतावनी दिने तरिकाका रूपमा अलङ्कारिक प्रश्नहरू प्रयोग गर्दछन् । यी प्रश्नहरूका जवाफ लेखक स्वयम् र पाठकहरू दुवै थाहा छ, र पाठकहरूले यी प्रश्नका बारेमा विचार गर्दा, तिनीहरूले परमेश्वरको आवाज सुन्नु र उहाँको आज्ञापालन गर्नु आवश्यक हुन्छ भनी महसुस गर्छन् भन्ने कुरा लेखकलाई थाहा छ ।
यो दोस्रो चेतावनी अझै लामो र वितृत छ, र यसले अध्याय ३ र ४ लाई समावेश गर्दछ । ख्रीष्टको सेवक मोशाभन्दा ख्रीष्ट स्वयम् महान् हुनुहुन्छ भन्ने कुरा दर्साएर लेखकले सुरु गर्दछन् ।
यहाँ “भाइहरू” शब्दले पुरुष र स्त्री दुवै ख्रीष्टिएनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “पवित्र भाइहरू र बहिनीहरू” वा “मेरा पवित्र विश्वासी प्रियजनहरू”
यहाँ “स्वर्गीय” शब्दले परमेश्वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई एकसाथ बोलाउनुभएको छ”
यहाँ “प्ररित” शब्दको अर्थ पठाइएको व्यक्ति हो । यस खण्डमा, यसले बाह्र प्रेरितमध्ये कसैलाई पनि जनाउँदैन । वैकल्पिक अनुवादः “परमेश्वरले पठाउनुभएको व्यक्ति र प्रधान पूजाहारी”
यसका शब्दहरूलाई पुनः लेखेर भाववाचक नाम “स्वीकार”लाई क्रियापद “स्वीकार गरेको” लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “जसमा हामी स्वीकार गर्दछौँ” वा “जसमा हामी विश्वास गर्दछौँ”
परमेश्वरले आफैँलाई प्रकट गर्नुभएको हिब्रू मानिसहरूलाई साँच्चिकै घराना हुन् भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरका मानिस सबैलाई”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले येशूलाई ठहराउनुभएको छ”
संसारको सृष्टि गर्ने परमेश्वरको कार्यलाई उहाँले घर बनाउनुभएको कुरा जस्तै हो भनी लेखकले भनेका छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हरेक घर बनाउने कुनै व्यक्ति हुन्छ”
परमेश्वरले आफैँलाई प्रकट गर्नुभएको हिब्रू मानिसहरूलाई साँच्चिकै घराना हुन् भनी लेखकले भनेका छन् । यसलाई तपाईंले [हिब्रू ३:२]
यो वाक्यांशले सम्भवतः मोशाको कामलाई जनाउँछ । वैकल्पिक अनुवादः “मोशाको जीवन र कामले कुराहरूका बारेमा दर्साए”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले भविष्यमा भन्नुहुन्छ”
यो परमेश्वरका पुत्र येशूको महत्त्वपूर्ण नाउँ हो ।
यसले परमेश्वरका मानिसहरूका बारेमा तिनीहरू साँच्चिकै घराना हुन् भन्दछ । वैकल्पिक अनुवादः “जसले परमेश्वरका मानिसहरूमाथि शासन गर्नुहुन्छ”
यसले परमेश्वरका मानिसहरूका बारेमा तिनीहरू साँच्चिकै घराना हुन् भन्दछ । वैकल्पिक अनुवादः “हामी परमेश्वरका मानिसहरू हौँ”
यहाँ “आत्मविश्वास” र “आशाको गौरव” भाववाचक नाम हुन् र जसलाई क्रियापद बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “यदि परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको छ, त्यो उहाँले गर्नुहुने आशा गरेर हामी निरन्तर रूपमा उत्साही र आनन्दित हुन्छौँ भने”
यो उद्धरण पुरानो करारको भजनसंग्रहको पुस्तकबाट लिइएको हो ।
यहाँको चेतावनी स्मरण गराउनका लागि हो, जहाँ इस्राएलीहरूका अविश्वासका कारणले तिनीहरूमध्ये धेरै जनालाई परमेश्वरले प्रतिज्ञा गर्नुभएको मुलुकमा प्रवेश गर्नबाट वञ्चित गरायो ।
परमेश्वरको “सोर”ले उहाँ बोल्नुहुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “जब तिमीहरूले परमेश्वर बोल्नुभएको सुन्दछौ”
यहाँ “हृदयहरू” भनेको व्यक्तिको दिमागको लागि प्रतिस्थापन शब्द हो । “तिमीहरूका हृदयहरू कठोर पार्नु” भनेको हठी हुने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “हठी नहोओ” वा “सुन्नलाई इन्कार नगर”
यहाँ “विद्रोह” र “परीक्षा”लाई क्रियापदका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “जस्तो तिमीहरूका पूर्खाहरूले परमेश्वरको विरुद्ध विद्रोह गरे र उजाडस्थानमा उहाँको परीक्षा गरे”
यो उद्धरण भजनसंग्रहबाट लिइएको हो ।
यहाँ “तिमीहरू” बहुवचनमा छ र इस्राएलका मानिसहरूलाई जनाउँछ ।
यहाँ “मेरो” शब्दले परमेश्वरलाई जनाउँछ ।
“४० वर्ष”
“म रिसाएँ” वा “म धेरै बेखुशी भएँ”
यहाँ “तिनीहरूको हृदय बरालिन्छन्” भनेको परमेश्वरप्रति बफादार नभएको कुरालाई जनाउने अलङ्कार हो । यहाँ “हृदय” भनेको दिमाग वा इच्छालाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिनीहरूले सधैँ मलाई इन्कार गरेका छन्” वा “तिनीहरूले मेरो आज्ञापालन गर्न सधैँ इन्कार गरेका छन्”
यसले कसैले आफ्नो जीवनमा गर्नुपर्ने व्यवहारलाई एउटा मार्ग वा बाटो भन्दछ । वैकल्पिक अनुवादः “तिनीहरूले आफ्नो जीवनमा कसरी व्यवहार गर्नुपर्दछ भनेर तिनीहरूले बुझेकै छैनन्”
परमेश्वरले दिनुहुने शान्ति र सुरक्षालाई उहाँले मानिसहरूलाई दिनुहुने विश्राम र तिनीहरू जान सक्ने ठाउँ जस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “तिनीहरू कदापि विश्रामको ठाउँमा प्रवेश गर्ने छैनन्” वा “मेरो विश्रामको आशिष्को अनुभव गर्न म तिनीहरूलाई कदापि दिनेछैन”
यहाँ “भाइहरू” शब्दले पुरुष र स्त्री दुवै ख्रीष्टिएननहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “भाइहरू र बहिनीहरू” वा “विश्वासी प्रियजनहरू”
यहाँ “हृदय” शब्द व्यक्तिको मन वा इच्छा जनाउने लक्षणा हो । परमेश्वरमा विश्वास गर्न र उहाँको आज्ञापालन गर्न इन्कार गर्नुलाई हृदयले विश्वास नगर्नु र शारीरिक रूपमा परमेश्वरबाट तर्किएर जानु जस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “सत्यलाई विश्वास गर्न इन्कार गर्ने र जीवित परमेश्वरको आज्ञापालन गर्न छोड्ने तिमीहरूमध्ये कोही पनि हुनेछैन”
“साँचो रूपमा जीवित सत्य परमेश्वर”
“जबकि अझै पनि मौका छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पापको छलकपटले तिमीहरूमध्ये कसैलाई पनि कठोर नपारोस्”
हठीपनलाई कडा पत्थरजस्तो वा कठोर हृदय भएको जस्तो हो भनी लेखकले भनेका छन् । पापद्वारा छलकपटमा पर्नुको परिणाम चाहिँ कठोरता हो । यसलाई शब्दहरूमा पुनः संरचना गर्न सकिन्छ, र यसरी भाववाचक नाम “छलकपट”लाई “छलमा पर्नु” भनेर क्रियापदमा लेख्न सकियोस् । वैकल्पिक अनुवादः “पापद्वारा तिमीहरूमध्ये कोही पनि छलमा पर्ने र हठी हुनेछैनौ” वा “तिमीहरू आफू छलकपटमा परेर पाप नगर, र यसरी तिमीहरू हठी नहोओ”
यसले हिब्रू ३:७ मा उद्धृत गरेको भजनको पुस्तकबाट लगातार उद्धृत गर्दछ ।
यहाँ “हामी” शब्दले लेखक र पाठकहरू दुवैलाई जनाउँछ ।
“यदि हामीले दृढतापूर्वक उहाँमा भरोसा गर्यौँ भने”
“हामीले सर्वप्रथम उहाँमा विश्वास गर्न सुरु गरेदेखि”
यो मृदुभाषी भइ कसैको मृत्युलाई जनाउने कुरा हो । वैकल्पिक अनुवादः “हाम्रो मृत्यु नहुञ्जेल”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “लेखकले यस्तो लेखे”
परमेश्वरको सोरले उहाँ बोल्नुहुने कुरालाई जनाउँछ । यसलाई तपाईंले [हिब्रू ३:७]
यहाँ “विद्रोह” लाई क्रियापदको रूपमा लेख्न सकिन्छ । तपाईंले [हिब्रू ३:८]
“तिनीहरू” शब्दले अनाज्ञाकारी इस्राएलीहरू र “हामी” शब्दले लेखक र पाठकहरूलाई जनाउँछ ।
लेखकले आफ्ना पाठकहरूलाई सिकाउनका लागि प्रश्नहरूको प्रयोग गर्दछन् । आवश्यक हुन्छ भने, यी दुई प्रश्नलाई एउटै वाक्यका रूपमा संयुक्त बनाएर लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “मोशासँगै मिश्रबाट बाहिर निस्केर आएका सबैले परमेश्वरको सोर सुने, तापनि तिनीहरूले अझै पनि विद्रोह गरे ।”
लेखकले आफ्ना पाठकहरूलाई सिकाउनका लागि प्रश्नहरूको प्रयोग गर्दछन् । आवश्यक हुन्छ भने, यी दुई प्रश्नलाई एउटै वाक्यका रूपमा संयुक्त बनाएर लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “ती पाप गर्नेहरूसँग परमेश्वर चालिस वर्षसम्म रिसाउनुभयो, र उहाँले तिनीहरूलाई उजाडस्थानमा मर्न दिनुभयो ।”
“४० वर्ष”
लेखकले आफ्ना पाठकहरूलाई सिकाउनका लागि यो प्रश्नको प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “र तिनीहरू उहाँको विश्राममा पस्न पाउने छैनन् भनी उहाँले शपथ खानुभएको चाहिँ ती नै अनाज्ञाकारीसँग थियो ।”
परमेश्वरले दिनुहुने शान्ति र सुरक्षालाई उहाँले मानिसहरूलाई दिनुहुने विश्राम र तिनीहरू जान सक्ने ठाउँ जस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “तिनीहरू विश्रामको ठाउँमा पस्ने छैनन्” वा “तिनीहरूले उहाँको विश्रामको आशिष्को अनुभव गर्नै छैनन्”
भाववाचक नाम “अविश्वास”लाई क्रियापदको वाक्यांशका रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने तिनीहरूले उहाँमा विश्वास गरेनन्”
1 यसकारण, हामी निकै होसियार होऔँ ताकि हामीमध्ये कोही पनि परमेश्वरको विश्राममा प्रवेश गर्ने प्रतिज्ञा हुँदा हुँदै विश्राम गर्नदेखि वञ्चित हुन नपरोस् । 2 किनभने तिनीहरूलाई जस्तै हामीलाई पनि सुसमाचार सुनाइएको थियो । तर सुनेको वचनले तिनीहरूलाई कुनै पनि फाइदा भएन । किनकि सुन्नेहरूले विश्वाससाथ स्वीकार गरेनन् । (नोटः अरू संस्करणमा पढ्छौँ) तर त्यो सन्देश सुन्नेहरू जसले विश्वासविना नै सहभागी भए तिनीहरूलाई फाइदा भएन । 3 किनकि हामी जसले विश्वास गरेका छौँ त्यस विश्राममा हामी प्रवेश गर्नेछौँ, जसरी उहाँले भन्नुभयो, “जसरी मैले मेरो क्रोधमा शपथ खाएँ, ‘तिनीहरू कहिल्यै मेरो विश्राममा प्रवेश गर्नेछैनन्’ ।” उहाँले यसो भन्नुभयो, यद्यपि संसारको उत्पत्तिमा नै उहाँका सृष्टिका कामहरू पुरा भइसकेका थिए । 4 किनकि सातौँ दिनको विषयमा उहाँले केही भन्नुभएको छ, “परमेश्वरले सातौँ दिनमा आफ्ना सबै कामबाट विश्राम लिनुभयो ।” 5 फेरि उहाँले भन्नुभएको छ, “तिनीहरू मेरो विश्राममा कहिल्यै प्रवेश गर्नेछैनन् ।” 6 त्यसकारण, उहाँको विश्राममा प्रवेश गर्न अझै कसैका लागि बाँकी नै छ, र धेरै इस्राएलीहरूले सुसमाचार सुने, तर तिनीहरूले आज्ञापालन नगरेको कारण यस विश्राममा प्रवेश गर्न सकेनन् । 7 “आज” भनेर परमेश्वरले फेरि एउटा निश्चित दिन ठहराउनुभएको छ । धेरै दिनपछि उहाँ दाऊदद्वारा बोल्नुभयो, जसरी यो अगिबाटै भनिएको थियो, “आज तिमीहरूले उहाँको आवाजलाई सुन्यौ भने, तिमीहरूका हृदय कठोर नपार ।” 8 किनकि यदि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए, परमेश्वरले अर्को दिनको विषयमा बोल्नुहुने थिएन । 9 यसकारण, परमेश्वरका मानिसहरूका निम्ति एउटा विश्राम दिनको विश्राम अझै बाँकी छ । 10 किनकि जसले परमेश्वरको विश्राममा प्रवेश गर्दछ, त्यो आफैँले पनि आफ्ना कामहरूबाट विश्राम लिन्छ, जसरी परमेश्वरले उहाँका कामहरूबाट विश्राम लिनुभयो । 11 त्यसकारण, हामी त्यस विश्राममा प्रवेश गर्नका निम्ति प्रयत्न गरौँ, ताकि कोही पनि त्यस प्रकारको अनाज्ञाकारितामा नपरोस् जसरी तिनीहरू परे । 12 किनभने परमेश्वरको वचन जीवित र क्रियाशील अनि दुईधारे तरवारभन्दा पनि धारिलो छ । यसले आत्मा, प्राण र मासीलाई अलग गर्दछ र छेड्दछ अनि यो हृदयका भावना र विचारहरूको जाँच गर्न सक्षम छ । 13 सृष्टिको कुनै पनि थोक परमेश्वरको दृष्टिमा लुकेको छैन । बरु, उहाँको दृष्टिमा हरेक कुरा छर्लङ्गै छ जसलाई हामीले लेखा दिनुपर्छ । 14 त्यसकारण, हामीसँग महान् प्रधान पुजारी हुनुहुन्छ जो स्वर्ग भएर जानुभएको छ । उहाँ परमेश्वरका पुत्र येशू हुनुहुन्छ । तसर्थ, हामी हाम्रो विश्वासलाई दृढतासाथ थामिराखौँ । 15 किनकि हामीसँग हाम्रा कमजोरीहरूमा हामीलाई सान्त्वना दिन नसक्ने एक जना प्रधान पुजारी हुनुहुन्न । त्यसको सट्टामा, हामीसँग एक जना हुनुहुन्छ जो हामीजस्तै परीक्षामा भएर जानुभयो, तरै पनि उहाँ पापरहित हुनुहुन्छ । 16 तब हामी परमेश्वरको अनुग्रहको सिंहासनमा साहसपूर्वक जाऔँ, ताकि खाँचोको समयमा हामीले कृपा र अनुग्रह पाउन सकौँ ।
येशू किन महान् प्रधान पूजाहारी हुनुहुन्छ भनेर यो अध्यायले भन्दछ ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । ४:३-४, ७ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
यस अध्यायमा “विश्राम” शब्दले कम्तीमा पनि दुईवटा कुरालाई बुझाउन खोजेको देखिन्छ । यसले स्थान वा समयलाई जनाउँछ, जति बेला परमेश्वरले आफ्ना मानिसलाई तिनीहरूका कामबाट विश्राम गर्ने अनुमति दिनुहुन्छ (हिब्रू ४:३) र यसले सतौं दिनमा परमेश्वरले विश्राम गर्नुभएको कुरालाई जनाउँछ (हिब्रू ४:४) ।
अध्याय ४ ले विश्वासीहरूलाई हिब्रू ३:७ मा चेतावनी दिन सुरु गरेको कुरालाई निरन्तरता दिन्छ । परमेश्वरले सृष्टि गरेपछि विश्राम गर्नुभएको बिम्ब लेखकले प्रस्तुत गर्दछन् र विश्वासीहरूलाई त्यस्तै विश्रामको निश्चयता दिन्छन् ।
“किनभने मैले भर्खरै भनेका कुराहरू सत्य हुन्” वा “आज्ञापालन नगर्नेहरूलाई परमेश्वरले निश्चय पनि दण्ड दिनुहुन्छ”
परमेश्वरको प्रतिज्ञा चाहिँ उहाँले मानिसहरूलाई भेटेर छोडिदिनुभएको उपहारजस्तै हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “हामीसँग परमेश्वरले गर्नुभएको प्रतिज्ञाको विश्राममा प्रवेश गर्न तिमीहरूमध्ये कोही पनि वञ्चित हुन नपरोस्” वा “हामीसँग परमेश्वरले गर्नुभएको प्रतिज्ञाको विश्राममा प्रवेश गर्न उहाँले तिमीहरू सबैलाई अनुमति दिनुहुन्छ”
परमेश्वरले दिनुहुने शान्ति र सुरक्षालाई उहाँले मानिसहरूलाई दिनुहुने विश्राम र तिनीहरू जान सक्ने ठाउँ जस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “विश्रामको ठाउँमा प्रवेश गर्न” वा “परमेश्वरको विश्रामको आशिषको अनुभव गर्न”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने तिनीहरूले सुनेको जस्तै सुसमाचार हामीले पनि सुन्यौँ”
यहाँ “तिनीहरू” शब्दले मोशाको समयमा जीवित रहेका हिब्रूहरूका पूर्खाहरूलाई जनाउँछ ।
“तर सुनेको वचनले तिनीहरूलाई कुनै पनि फाइदा भएन, जसले विश्वास गर्ने र आज्ञाकारी हुने मानिसहरूसँग सहभागिता जनाएनन् ।” लेखकले ती मानिसका समूहका बारेमा कुरा गर्दै छन्, जसले परमेश्वरको विश्वासको करार पाए र त्यसका बारेमा सुने, तर त्यसमा विश्वास गरेनन् । यसलाई सकारात्मक रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्वास गरेका र आज्ञाकारी भएका मानिसहरूका लागि मात्र सुनेको वचले फाइदा भयो”
यहाँ पहिलो उद्धरण, “मैले मेरो क्रोधमा ... विश्राममा प्रवेश गर्ने छैनन्,” एउटा भजनसंग्रहबाट लिइएको हो । दोस्रो उद्धरण, “परमेश्वरले सातौँ दिनमा ... विश्राम लिनुभयो,” चाहिँ मोशाले लेखेको पुस्तकबाट लिइएको हो । तेस्रो उद्धरण, “तिनीहरू ... विश्रममा कहिल्यै प्रवेश गर्ने छैनन्,” चाहिँ फेरि पनि त्यही भजनसंग्रहबाट लिइएको हो ।
“हामी जसले विश्वास गर्दछौँ”
परमेश्वरले दिनुहुने शान्ति र सुरक्षालाई उहाँले मानिसहरूलाई दिनुहुने विश्राम र तिनीहरू जान सक्ने ठाउँ जस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “हामी विश्वास गरेकाहरू विश्रामको ठाउँमा प्रवेश गर्नेछौँ” वा “तिनीहरू परमेश्वरको विश्रामको आशिषको अनुभव गर्ने छन्”
“जसरी परमेश्वरले भन्नुभएको छ”
“म धेरै रिसाएको बेला मैले यसरी शपथ खाएँ”
परमेश्वरले दिनुहुने शान्ति र सुरक्षालाई उहाँले मानिसहरूलाई दिनुहुने विश्राम र तिनीहरू जान सक्ने ठाउँ जस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “तिनीहरू विश्रामको ठाउँमा कदापि प्रवेश गर्ने छैनन्” वा “तिनीहरूले मेरो विश्रामको आशिषको अनुभव कहिल्यै गर्ने छैनन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले सृष्टि गरेर सिध्याउनुभयो” वा “उहाँको सृष्टिको काम उहाँले सिध्याउनुभयो”
लेखकले सांसरलाई एउटा जगमा बसालेको भवनजस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “संसारको सुरुमा”
यो सङ्ख्या “सात” को लागि क्रमागत नम्बर हो ।
परमेश्वरले दिनुहुने शान्ति र सुरक्षालाई उहाँले मानिसहरूलाई दिनुहुने विश्राम र तिनीहरू जान सक्ने ठाउँ जस्तो हो भनी लेखकले भनेका छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले अझै पनि कोही मानिसलाई उहाँको विश्रामको ठाउँमा प्रवेश गर्ने अनुमति दिनुहुने छ” वा “परमेश्वरले अझै पनि कोही मानिसलाई उहाँको विश्रामको आशिष अनुभव गर्न दिनुहुने छ”
यहाँ दिइएको भजनसंग्रहको उद्धरण दाउदले लेखेको हामी पाउँदछौँ (हिब्रूहरू ३:७-८) ।
इस्राएलका लागि परमेश्वरले दिनुभएका आज्ञाहरू उहाँले सुन्न सकिने आवाजमा दिनुभएको जस्तो हो भनी लेखकले भनेका छन् । तपाईंले यसलाई [हिब्रू ३:७-८]
यहाँ “हृदय” भनेको व्यक्तिको दिमागको लागि प्रतिस्थापन शब्द हो । “तिमीहरूका हृदय कठोर पार्नु” भनेको हठी हुने कुरालाई जनाउने वाक्यांश हो । तपाईंले यसलाई [हिब्रूहरू ३:८]
यहाँ अनाज्ञाकारी नहुन, तर परमेश्वरले दिनुहुने विश्राममा प्रवेश गर्न लेखकले विश्वासीहरूलाई चेतावनी दिन्छन् । परमेश्वरको वचनले तिनीहरूलाई विश्वस्त पार्नेछ, र परमेश्वरले तिनीहरूलाई सहायता पुर्याउनुहुनेछ भन्ने दृढताका साथमा तिनीहरू प्रार्थना गर्न सक्दछन् ।
परमेश्वरले दिनुहुने शान्ति र सुरक्षालाई यहोशूले दिन सक्ने विश्राम हो जस्तो गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “यदि परमेश्वरले इस्राएलीलाई दिनुहुने विश्राममा यहोशूले तिनीहरूलाई लान सकेको भए” वा यदि परमेश्वरले दिनुहुने विश्रामको आशिष् इस्राएलीले यहोशूको समयमा पाएका भए”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले आफ्ना मानिसहरूका लागि सबाथको विश्राम अझै बाँकी राख्नुभएको छ”
अनन्तको शान्ति र सुरक्षालाई ती सबाथ वा विश्रामको दिन, अर्थात् यहूदीहरूका आराधना र कामबाट विश्रामको दिन हो जस्तो गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “अनन्तको विश्राम”
परमेश्वरले दिनुहुने शान्ति र सुरक्षालाई उहाँले मानिसहरूलाई दिनुहुने विश्राम र तिनीहरू जान सक्ने ठाउँ जस्तो हो जस्तो गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरको विश्रामको शान्तिमा प्रवेश गर्ने व्यक्ति” वा “परमेश्वरको विश्रामको आशिष् अनुभव गर्ने व्यक्ति”
परमेश्वरले दिनुहुने शान्ति र सुरक्षालाई उहाँले मानिसहरूलाई दिनुहुने विश्राम र तिनीहरू जान सक्ने ठाउँ जस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरले वास गर्नुहुने ठाउँमा उहाँको साथमा विश्राम गर्न हामीले सक्नेजति हरेक कुरा गर्नुपर्छ”
अनाज्ञाकारिताको कुनै खाडल हो, र दुर्घटना परेर कुनै व्यक्ति उक्त खाडलमा खस्न सक्छ जस्तो गरी लेखकले भनेका छन् । यो खण्डलाई शब्द अगिपछि गर्न सकिन्छ, र यसरी भाववाचक नाम “अनाज्ञाकारिता”लाई क्रियापद “अनाज्ञाकारी हुनु” लेख्न सकियोस् । वैकल्पिक अनुवादः “तिनीहरूले गरे झैँ अनाज्ञाकारी हुन सक्छौँ”
यहाँ “परमेश्वरको वचन” ले परमेश्वरले बोलेको वा लेखेको सन्देश, जेसुकैद्वारा भए पनि उहाँले मानवजातिसँग सञ्चार गर्नुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरका वचनहरू जीवित छन्”
यसले परमेश्वरको वचन जीवित छजस्तो गरी भन्दछ । यसको अर्थ नै हो कि जब परमेश्वर बोल्नुहुन्छ, तब त्यो शक्तिशाली र प्रभावकारी हुन्छ ।
दुईधारे तरवरले सजिलैसित कुनै मानिसको ज्यान काट्न सक्छ । व्यक्तिको हृदय र विचारमा प्रकट गर्न परमेश्वरको वचन धेरै प्रभावकारी हुन्छ ।
एउटा धारिलो पत्तिजस्तो हतियार जसको दुवैतिर धारहरू हुन्छ
यसले परमेश्वरको वचनलाई एउटा तरबार भए झैँ गरी निरन्तर कुरा गर्दछ । यहाँ तरबार भनेको यति धेरै धारिलो हतियार हो, जसले कट्नै नसक्ने र असम्भव झैँ लाग्ने मानव शरीरलाई टुक्राटुक्रा गरी काट्न सक्दछ । यसको अर्थ हो, हामीले परमेश्वरको वचनबाट लुकाउन सक्ने त्यस्तो केही कुरा पनि हामीभित्र छैन ।
यी दुई कुरा एकअर्कामा फरक तापनि नजिकबाट सम्बन्धित मानवजातिको गैरशारीरिक भाग हुन् । “प्राण”ले व्यक्तिलाई जीवित रहन सहायता पुर्याउँछ । “आत्मा” व्यक्तिको त्यो भाग हो, जसले परमेश्वरको बारेमा जान्न र विश्वास गर्न सहायता पुर्याउँछ ।
“जोर्नी”ले दुई हाडलाई जोडेको हुन्छ । “हाडको गुदी” भनेको हाडको बीचमा हुने भाग हो ।
यसले परमेश्वरको वचन कुनै कुरा थाहा पाउने व्यक्तिजस्तो भएको कुरा गर्दछ । वैकल्पिक अनुवादः “प्रकट गर्दछ”
यसले “हृदय” भनेको “भित्रओ मनुष्यत्व”को लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “कुनै व्यक्तिले विचार गर्छ र कार्य गर्ने मनसाय राख्दछ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले सृष्टि गर्नुभएको कुनै पनि कुरालाई उहाँबाट लकाउन सकिँदैन”
यसले सबै थोकका बारेमा ती कुनै व्यक्ति नग्न खडा भएको वा एउटा बाकस पूरा खुला गरिएको जस्तो गरी भनेको छ । वैकल्पिक अनुवादः “हरेक थोक पूर्ण रूपमा प्रकट भएको छ”
यी दुई शब्दका अर्थ मूलभूत रूपमा एउटै हो र परमेश्वरबाट कुनै थोक पनि लुकेको हुँदैन भन्ने कुरामा जोड दिन्छ ।
परमेश्वरको आँखा छ जस्तो गरी उहाँको बारेमा कुरा गरिएको छ । वैकल्पिक अनुवादः “परमेश्वरलाई जसले हामीले जसरी जीवन बिताउँदछौँ, त्यसको न्याय गर्नुहुन्छ”
“जो परमेश्वरको उपस्थितिमा प्रवेश गर्नुभएको छ”
यो येशूको महत्त्वपूर्ण नाउँ हो ।
विश्वास र भरोसालाई यस्ता वस्तुहरू हुन्, जसलाई कुनै व्यक्तिले बलियोसँग समातेर राख्न सक्छ जस्तो गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “हामी उहाँमा निरन्तर दृढतापूर्वक विश्वास गरौँ”
यहाँ दोहोरो नकारात्मक शब्दको अर्थ, येशूले साँच्चै नै, मानिसहरूसँगै सहानुभूतिको अनुभव गर्न सक्नुहुन्छ, भन्ने हुन्छ । वैकल्पिक अनुवादः “हाम्रा एक जना प्रधान पूजाहारी हुनुहुन्छ, जसले सहानुभूतिको अनुभव गर्नुहुन्छ ... तर हामीसँग ... हुनुहुन्छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले हामीले गर्नपर्ने हरेक किसिमले परीक्षाको सामना गर्नुभएको छ” वा “जसलाई दुष्टले हामीलाई गर्न सक्ने हरेक किसिमका परीक्षाद्वारा परीक्षित तुल्याएको छ”
“उहाँले पाप गर्नुभएन”
“परमेश्वरको सिंहासन, जहाँ अनुग्रह छ ।” यहाँ “सिंहासन” शब्दले परमेश्वरले राजाको रूपमा शासन गर्नुहुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “जहाँ हाम्रा अनुग्रही परमेश्वर सिंहासनमा विराजमान हुनुहुन्छ”
यहाँ “कृपा” र “अनुग्रह” का बारेमा ती कुरा दिन वा भेट्टउन सकिने वस्तुहरू भएजस्तो गरी लेखकले भनेका छन् । “परमेश्वर कृपालु र अनुग्रही हुनुभएको होस् र खाँचोको समयमा हामीलाई सहायता गर्नुभएको होस्”
1 किनकि प्रत्येक प्रधान पुजारी मानिसहरूकै बिचबाट छानिएको हुन्छ । परमेश्वरका थोकहरूसम्बन्धी काम गर्न मानिसहरूका सट्टामा तिनलाई नियुक्त गरिएको हो । त्यसकारण, तिनले पापहरूका निम्ति बलि र उपहारहरू दुवै बलिदानका काम गर्न सक्छन् । 2 तिनले अजान र कमजोरहरूसँग नम्रतापूर्वक व्यवहार गर्नुपर्दछ, किनकि तिनी आफैँ पनि कमजोरीबाट घेरिएका छन् । 3 यसकारणले गर्दा, जसरी तिनले मानिसहरूका पापको निम्ति बलि चढाउँछन्, त्यसरी नै तिनलाई पनि आफ्नो पापका निम्ति बलिदान चढाउन माग गरिएको छ । 4 र कुनै पनि मानिस आफैँले आफ्नो आदर लिन सक्दैन । त्यसको सट्टामा, हारूनलाई जस्तै उसलाई परमेश्वरद्वारा बोलाइएको हुन्छ । 5 त्यसै गरी, ख्रीष्टलाई प्रधान पुजारी बनाइएको कारणले न त उहाँले आफैँलाई उचाल्नुभयो । बरु, उहाँसँग बोलिरहनुहुनेले भन्नुभयो, “तिमी मेरा पुत्र हौ, आज म तिम्रा पिता भएको छु ।” 6 अर्को ठाउँमा पनि उहाँले यसरी भन्नुभएको छ, “तिमी सधैँका निम्ति मल्कीसेदेकको दर्जाअनुसारको पुजारी हौ ।” 7 उहाँ शरीरमा हुनुहुँदा उहाँलाई मृत्युबाट बचाउन सक्नुहुने परमेश्वरसँग उहाँले ठुलो सोरमा क्रन्दन र आँशुकासाथ प्रार्थना र निवेदन गर्नुभयो । उहाँको आदरको कारणले गर्दा उहाँले सुन्नुभयो । 8 उहाँ एक पुत्र हुनुभएर पनि आफूले भोगेको कष्टबाट उहाँले आज्ञापालन गर्न सिक्नुभयो । 9 उहाँ सिद्ध बनाइनुभएपछि उहाँमा आज्ञाकारी हुने हरेकका निम्ति उहाँ अनन्त मुक्तिको कारण बन्नुभयो । 10 मल्कीसेदेकको दर्जाबमोजिम प्रधान पुजारी हुनलाई परमेश्वरले उहाँलाई नियुक्त गर्नुभयो । 11 हामीसँग येशूको बारेमा भन्नुपर्ने धेरै कुरा छन्, तर तिमीहरू सुन्नमा मन्द भएकाले यसलाई व्याख्या गर्न गाह्रो छ । 12 किनकि यस बेलासम्म त तिमीहरू शिक्षकहरू भइसक्नुपर्ने थियो, तर तिमीहरूलाई अझै पनि कसैले परमेश्वरको वचनका साधारण सिद्धान्तहरू सिकाउनुपरेको छ । तिमीहरूलाई खँदिलो भोजन होइन, दूधको आवश्यक छ । 13 किनकि दूध मात्र पिएर जिउने कसैले पनि धार्मिकताको वचनसँग अनुभव गर्न सक्दैन, किनकि ऊ अझसम्म बालकै हुन्छ । 14 तर खँदिलो भोजन परिपक्वहरूका लागि हो । किनकि तिनीहरूको परिपक्वताको बुझाइको तालिमले तिनीहरू दुष्टबाट असल छुट्ट्याउन सक्ने भएका हुन्छन् ।
यो अध्याय यसअगिको अध्यायमा सिकाइएको शिक्षाको निरन्तरता हो ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । ५:५-६ मा भएको कवितासँग यूएलटीले यसै गर्छ ।
प्रधान पूजाहारीले मात्र बलि चढाउन सक्छन्, र यसरी परमेश्वरले पाप क्षमा गर्नुहुन्छ । यसैले येशू एक जना प्रधान पूजाहारी हुनुपर्यो । प्रधान पूजाहारी चाहिँ लेवीको कुलबाट हुनुपर्छ भनेर मोशाको व्यवस्थाले आज्ञा दियो, तर येशू त यहूदाको कुलबाटको हुनुहुन्थ्यो । परमेश्वरले उहाँलाई मल्किसेदेकजस्तो पूजाहारी बनाउनुभयो, जो अब्राहामको समयमा बाँचेका थिए । त्यो समयमा लेवीको कुल नै थिएन ।
लेखक भन्छन, यी ख्रीष्टिएन दूध मात्र पिउने र ठोस भोजन खान नसक्ने बालकहरू जस्ता छन्, जसले येशूको बारेमा साधारण कुरा मात्र बुझ्न सक्छन् ।
लेखकले पुरानो करारका पूजाहारीहरूका पापमय स्वभावका बारेमा स्पष्ट पार्छन्, अनि ख्रीष्टको पूजाहारीपन झन् उत्तम छ भनी दर्शाउँछन्, जुन हारुनको पूजाहारीपनमा आधारित छैन, तर मल्किसेदेकको पूजाहारीपनमा आधारित छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले मानिसहरूका बीचबाट छान्नुहुन्छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः "God appoints"
“मानिसहरूको प्रतिनिधित्व गर्न”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू ... जसलाई अरूहरूले छलेका छन्” वा “तिनीहरू ... जसले झूटा कुरालाई विश्वास गर्छन्”
“जसले झूटा कुराहरूलाई विश्वास गर्छन् र नराम्रो तवरले व्यवहार गर्छन्”
प्रधान पूजाहारीका कमजोरीका बारेमा त्यो तिनलाई घेरा हाल्ने शक्ति हो जस्तो गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “आत्मिक रूपमा कमजोर” वा “पापका विरुद्धमा कमजोर”
पाप गर्ने इच्छा
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीबाट आवश्यक ठान्नुहुन्छ”
यो उद्धरण पुरानो करारको भजनसंग्रहबाट लिइएको हो ।
सम्मानलाई कुनै व्यक्तिको हातले समातेर लिने वा पाउने वस्तु भएजस्तो गरी लेखकले भनेका छन् ।
“सम्मान” वा प्रशंसा र आदर जुन मानिसहरूले प्रधान पूजाहारीलाई तिनको कामको लागि दिए ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनलाई बोलाउनुभयो, जसरी उहाँले हारूनलाई बोलाउनुभयो”
“परमेश्वरले उहाँलाई बन्नुभयो”
यी दुई वाक्यांशका अर्था मूलभूत रूपमा एउटै हो । यसलाई तपाईंले [हिब्रू १:५]
यी महत्त्वपूर्ण नाउँ हुन्, जसले येशू र पिता परमेश्वरको बीचको सम्बन्धलाई स्पष्ट पार्दछ ।
यो भविष्यवाणी दाऊदको भजनबाट लिइएको हो ।
परमेश्वरले कोसँग बोल्नुभयो, सो कुरा स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले ख्रीष्टलाई यसो पनि भन्नुभयो”
“धर्मशात्रको अर्को ठाउँमा”
यसको अर्थ पूजाहारीको रूपमा ख्रीष्टका कति कुरा मल्किसेदेकसँग मिल्दोजुल्दो छन् । वैकल्पिक अनुवादः “जसरी मल्किसेदेक पूजाहारी थिए”
यहाँ “समयमा” शब्दले कुनै समय अवधिलाई जनाउँछ । “शरीर” शब्दले येशूको यस संसारको जीवनलाई जनाउँछ । वैकल्पिक अनुवादः “जब उहाँले यस संसारमा जीवन बिताउनुभयो”
यी दुवै शब्दका मूलभूत अर्थ एकै हो ।
सम्भावित अर्थहरू हुन् १) परमेश्वर ख्रीष्टलाई बचाउन सक्षम हुनुहुन्थ्यो ताकि उहाँ नमर्नुभएको होस् । वैकल्पिक अनुवादः “उहाँलाई मर्नबाट बचाउन” वा २) परमेश्वरले ख्रीष्टलाई पुनः जीवित बनाउनुभएर उहाँको मृत्युपश्चात उहाँलाई बनाउन सक्षम हुनुहुन्थ्यो । यदि सम्भव हुन्छ भने, यी दुवै उल्थाहरूलाई आऊन दिने गरेर यसलाई अनुवाद गर्नुहोस् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँलाई सुन्नुभयो”
यो परमेश्वरका पुत्र येशूको महत्त्वपूर्ण नाउँ हो ।
पद ११ मा लेखकले तेस्रो चेतावनी सुरु गर्दछन् । यी विश्वासी अझैसम्म पनि परिपक्व भएका छैनन् भनी लेखकले तिनीहरूलाई चेतावनी दिन्छन्, अनि तिनीहरूलाई परमेश्वरको वचन पढ्ने उत्साह दिन्छन्, र यसरी तिनीहरूले ठीक र बेठीक कुरा बुझ्न सक्दछन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँलाई सिद्ध बनाउनुभयो”
यहाँ यसको अर्थ, परिपक्व बन्दै गरेको, अनि जीवनको सबै कुराले परमेश्वरको आदर गर्न सक्षम हुँदै गरेको भन्ने हुन्छ ।
यहाँ भाववाचक नाम “मुक्ति”लाई क्रियापद बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “अब उहाँको आज्ञापालन गर्ने सबैलाई उहाँले बचाउनुहुन्छ र तिनीहरूलाई अनन्तसम्म जीवित हुन दिनुहुन्छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँलाई चुनाव गर्नुभयो” वा “परमेश्वरले उहाँलाई नियुक्त गर्नुभयो”
यसको अर्थ पूजाहारीको रूपमा ख्रीष्टका कति कुरा मल्किसेदेकसँग मिल्दोजुल्दो छन् । वैकल्पिक अनुवादः “मल्किसेदेकजस्तो महान् पूजाहारी हुन”
यहाँ लेखकले बहुवचन जनाउने शब्द “हामी” प्रयोग गरेका छन् । तापनि उनले सायद यो शब्द आफैँलाई मात्र जनाउन प्रयोग गरेका हुन सक्छन् । वैकल्पिक अनुवादः “मसँग ... भन्नुपर्ने धेरै कुरा छन्”
बुझ्ने र आज्ञापालन गर्ने कुरालाई सुन्ने क्षमता भएको जस्तो गरी लेखकले भनेका छन् । अनि सुन्ने क्षमताका बारेमा भने, यो धातुको कुनै सामान प्रयोग गरेपछि प्रयोगविहीन भएजस्तो गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “यो कुरा बुझ्न तिमीहरूलाई समस्या भएको छ”
यहाँ “सिद्धान्तहरू” शब्दको अर्थ निर्णय गर्नका लागि मार्गदर्शन वा मानक हो । वैकल्पिक अनुवादः “आधारभूत सत्यताहरू”
परमेश्वरको बारेमा बुझ्न सजिलो शिक्षालाई ससाना शिशुहरूले खाने दूधजस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “तिमीहरू बालकहरूजस्ता भएका छौ र दूध मात्र पउँछौ”
परमेश्वरको बारेमा बुझ्न कठिन शिक्षालाई परिपक्व मानिसहरूका लागि उपयुक्त खँदिलो भोजनजस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “परिपक्व मानिसहरूले खाने खँदिलो भोजनको साटोमा दूध”
यहाँ “पिएर” भन्नाले “पिउने” कुरा हो । वैकल्पिक अनुवादः “दूध पिउँछ”
हुर्केको बालकले खाने किसिमको भोजनसँग आत्मिक परिपक्वताको तुलना गरिएको छ । खँदिलो भोजन एउटा सानो शिशुले खान सक्दैन, र यो भर्खरको ख्रीष्टिएनलाई जनाउने अलङ्कार हो । उसले सामान्य सत्यताहरू मात्र सिक्न सक्दछ । तर पछि, सानो बालकलाई अलि खँदिलो भोजन दिन सुरु गरिन्छ । त्यसै गरी कुनै ख्रीष्टिएन अझ परिपक्व हुँदै जाँदा उसले धेरै कठिन कुरा सिक्न सक्दछ ।
कुनै कुरा बुझ्न तालिम पाएका मानिसहरूलाई बुझ्ने दक्षताको तालिम प्राप्त हो जस्तो गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “तिनीहरू परिपक्व हुन्छन् र असल र खराबका बीचमा भिन्नता छुट्याउन सक्छन्”
1 त्यसकारण, सुरुमा सिकेको ख्रीष्टको वचनलाई छोडेर हामी परिपक्वतातिर अगाडि बढौँ । परमेश्वरमा विश्वास र मरेका कामहरूबाट पश्चात्तापको जग बसाल्ने काम फेरि नगरौँ, 2 न त बप्तिस्माबारे शिक्षाको जग, हात राख्ने काम, मरेका मानिसहरूको पुनरुत्थान, र अनन्त न्यायको जग बसालौँ । 3 यदि परमेश्वरले अनुमति दिनुभयो भने हामीले पनि यो गर्नेछौँ । 4 किनकि जसले एक चोटि ज्योति पाएर स्वर्गको वरदान चाखेका थिए, जो पवित्र आत्मामा सहभागी भएका थिए, तिनीहरूका लागि यो असम्भव कुरा हो । 5 र जसले परमेश्वरको असल वचन र आउने युगको शक्तिको स्वाद चाखेका थिए, तिनीहरूका लागि यो असम्भव कुरा हो । 6 तर जो पतित भएको छ, तिनीहरूलाई फेरि पश्चात्तापमा ल्याउन असम्भव छ । किनकि तिनीहरूले फेरि आफ्नै निम्ति परमेश्वरका पुत्रलाई क्रुसमा टाँग्दछन्, र उहाँलाई खुल्लमखुल्ला शर्ममा पार्दछन् । 7 किनकि जमिनले आफूमाथि बर्सिने जुन पानी पिउँछ, जसमा बारम्बार पानी पर्छ र त्यसले जमिनमा काम गर्नेहरूका लागि उपयुक्त अन्न उत्पादन गर्दछ, त्यस जमिनले परमेश्वरबाट आशिष् प्राप्त गर्दछ । 8 तर यदि त्यसले काँडा र सिउँडीहरू फलाउँछ भने, त्यो मूल्यहीन हुन्छ र यो श्रापको नजिक पुग्दछ, र अन्त्यमा त्यसलाई जलाइन्छ । 9 हामीले यस प्रकारले बोले, तापनि प्रिय हो, हामीलाई तिमीहरूका असल थोकहरूले प्रभावित परेका छन्, र त्यो कुरा उद्धारको विषयमा हो । 10 किनकि तिमीहरूले उहाँको नाउँका खातिर देखाएको काम र प्रेमलाई बिर्सेने परमेश्वर अधर्मी हुनुहुन्न, किनभने तिमीहरूले विश्वासीहरूको सेवा गरेका थियौ र अझै पनि तिनीहरूको सेवा गर्दै छौ । 11 अनि हामी उत्कट इच्छा गर्दछौँ, कि तिमीहरू हरेकले अन्त्यसम्मै आफ्नो भरोसाका निम्ति त्यही पूर्ण निश्चयता देखाओ । 12 त्यसैले, तिमीहरू अल्छे नहोओ, तर विश्वास र धैर्यद्वारा प्रतिज्ञाहरूको हकदार हुनेहरूका देखासेखी गर्नेहरू होओ । 13 किनकि परमेश्वरले अब्राहामलाई आफ्नो प्रतिज्ञा गर्नुहुँदा उहाँभन्दा ठुलो अरू कोही नभएकाले गर्दा उहाँ आफैँले शपथ खानुभयो । 14 उहाँले भन्नुभयो, “निश्चय नै म तँलाई आशिष् दिनेछु, र तँलाई ज्यादै वृद्धि गराउनेछु ।” 15 यसरी, अब्राहामले धैर्यसाथ पर्खे र जे प्रतिज्ञा गरिएको थियो, सो प्राप्त गरे । 16 किनकि मानिसहरूले आफूभन्दा ठुलाहरूद्वारा शपथ खान्छन्, र शपथले अन्त्यमा तिनीहरूको वादविवाद मिलाउन निश्चयता दिन्छ । 17 परमेश्वरले उहाँको प्रतिज्ञाको अपरिवर्तनशील स्वभावको प्रतिज्ञाका हकदारहरूलाई स्पष्ट रूपले देखाउन निर्णय गर्नुहुँदा उहाँले शपथद्वारा नै पक्का गर्नुभयो । 18 त्यसैले, यी दुईवटा अपरिवर्तनशील कुराद्वारा उहाँले यसो गर्नुभयो जसद्वारा परमेश्वरलाई झुट बोल्न असम्भव छ, ताकि हामी, जो शरणको लागि भाग्नेहरूले, हाम्रो अगाडि राखिदिएको निश्चयतालाई बलियो गरी समात्नलाई दह्रो उत्साह पाउन सकौँ । 19 हामीसित हाम्रो आत्मा सुरक्षित र भरपर्दो निश्चयतामा गाडिएको छ, यस्तो निश्चयता जुन भित्रको पर्दाभित्र पनि पस्दछ । 20 मल्कीसेदेकको दर्जाअनुसार उहाँ सधैँका निम्ति प्रधान पुजारी हुनुभएकाले हाम्रा अग्रदूतको रूपमा येशू हामीभन्दा पहिले त्यस ठाउँमा गएर बसिसक्नुभएको छ ।
परमेश्वरले अब्राहामसँग बाँध्नुभएको करारमा, अब्राहामका सन्तानलाई एउटा ठूलो जाति बनाउने प्रतिज्ञा परमेश्वरले दिनुभयो । अब्राहामका सन्तानको सुरक्षा गर्ने र तिनीहरू आफ्नै मुलुक तिनीहरूलाई दिने प्रतिज्ञा पनि उहाँले दिनुभयो ।
अपरिपक्व हिब्रू ख्रीष्टिएनहरू परिपक्व हुनुपर्ने आवश्यक छ भन्ने कुरालाई लेखकले निरन्तरता दिएका छन् । तिनले उनीहरूलाई आधारभूत शिक्षाहरूका बारेमा स्मरण गराउँदछन् ।
यसले आधारभूत शिक्षाहरू यात्राको सुरुको अवस्थ हो र परिपक्व शिक्षाहरू चाहिँ उक्त यात्राको आखिरी अवस्था हो जस्तो गरी भन्दछ । वैकल्पिक अनुवादः “हामीले सुरुमा जे सिकेका थियौँ, सो कुरा मात्र छलफल गर्न छाडौँ र अझ परिपक्व शिक्षा पनि बुझ्ने प्रयत्न गरौँ”
सुरुका आधारभूत शिक्षाहरू चाहिं भवन निर्माण सुरु गर्दा जग राखेको जस्तै हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरमाथिको विश्वासका आधारभूत शिक्षाहरूलाई हामी अब फेरि दोहोर्याउने कार्य नगरौँ”
पापमय कार्यहरूका बारेमा ती मृत्युको संसारअन्तर्गत पर्दछन् भनी लेखकले भनेका छन् ।
सुरुका आधारभूत शिक्षाहरू चाहिं भवन निर्माण सुरु गर्दा जग राखेको जस्तै हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “न त ... अनन्त न्याय जस्ता आधारभूत शिक्षाका जग फेरि बसालौँ”
कसैलाई विशेष सेवा वा दर्जामा अर्पण गर्नुपर्दा यो अभ्यास प्रचलनमा थियो ।
बुझ्ने कुरालाई ज्योति पाएको जस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “जसले एकपल्ट ख्रीष्टको बारेमा भएको सन्देशलाई बुझे”
उद्धारको अनुभव गर्ने कुरालाई भोजनको स्वाद लिएको जस्तो गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “जसले परमेश्वरको उद्धार गर्ने शक्तिको अनुभव गरे”
विश्वासीहरूमा आउनुहुने पवित्र आत्माको बारेमा उहाँ मानिसहरूले बाँडेर लिन सक्ने कुनै वस्तुजस्तो हुनुहुन्छ भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “जसले पवित्र आत्मा पाएका छन्”
परमेश्वरको वचन सिक्ने कुरालाई भोजनको स्वाद लिएको जस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “जसले परमेश्वरको असल सन्देश सिकेका छन्”
यसको अर्थ यो सारा संसारमा परमेश्वरको राज्य पूर्ण रूपमा हुने बेलाको परमेश्वरको शक्ति हो । यस अर्थमा “शक्ति” शब्दले सबै शक्ति आफैँमा लिनहुने परमेश्वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “भविष्यमा कसरी परमेश्वरले शक्तिशाली तरिकाले कार्य गर्नुहुने छ भनेर जानेका छन्”
“तिनीहरूलाई फेरि फर्काएर पश्चाताप गर्न लगाउनु असम्भव छ”
जब विश्वासीहरू विश्वासबाट फर्केर जान्छन्, तब त्यो कुराले तिनीहरूले येशूलाई फेरि पनि क्रूसमा टाँगेको हुन् भन्ने जनाउँछ । वैकल्पिक अनुवादः “यो तिनीहरूले आफ्ना निम्ति परमेश्वरको आफ्नो पुत्रलाई फेरि पनि क्रूसमा टाँगेको जस्तै हो”
यो येशूको लागि महत्त्वपूर्ण नाउँ हो, जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई स्पष्ट पार्दछ ।
झरी परेपछि फाइदा दिने कृषि जमिनका बारेमा त्यो झरीको पानी पिएर बस्ने कुनै व्यक्तिजस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “झरीको पानी सोसेर लिने जमिन”
खाद्यान्न उत्पादन गर्ने कृषि जमिनका बारेमा त्यसले ती कुरा जन्माएको जस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “जसले बोटबरुवा उत्पन्न गराउँछ”
वर्षा र अनाजलाई परमेश्वरले जमिनलाई सहायता पुर्याउनुभएको प्रमाणका रूपमा हेरिएको छ । कृषि जमिन चाहिँ परमेश्वरको आशिष् पाउने व्यक्ति भएको जस्तो हो भनी लेखकले भनेका छन् ।
यहाँ “आशिष्” शब्दको अर्थ परमेश्वरले बोल्नुभएको वचन होइन, तर उहाँको सहायता हो ।
यसले “सराप” का बारेमा यो एउटा ठाउँ हो, जहाँ कुनै व्यक्ति त्यसको जान सक्दछ जस्तो गरी भन्दछ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यसलाई सराप दिने खतरामा छ”
खेतबारीका अनावश्यक झारपात सबै किसानले जलाइदिन्छन् ।
यहाँ लेखकले बहुवचन जनाउने शब्द “हामी” प्रयोग गरेका छन् । तापनि उनले शायद यो शब्द आफैँलाई मात्र जनाउन प्रयोग गरेका हुन सक्छन् । वैकल्पिक अनुवादः “म विश्वस्त भएको छु” वा “म निश्चित छु”
यसको अर्थ हो, परमेश्वरलाई इन्कार गरेकाहरू, उहाँका अनाज्ञाकारी भएकाहरू र अब फेरि पश्चाताप गर्न नसक्नेहरूभन्दा यिनीहरूले धेरै राम्रो गर्दै छन्, र यसरी परमेश्वरले यिनीहरूलाई क्षमा गर्नुहुन्छ (हिब्रूहरू ६:४-६) । वैकल्पिक अनुवादः “मैले उल्लेख गरेकाहरूभन्दा तिमीहरूले असले गर्दैछौ”
भाववाचक नाम “उद्धार” लाई क्रियापदको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरू उद्धार गर्नुहुने विषयका कुराहरू”
यहाँ भएको दोहोरो नकारात्मकको अर्थ हुन्छ, परमेश्वरले आफ्नो न्यायपूर्ण व्यवहारमा उहाँका मानिसहरूले गरेका असल कार्यहरूका स्मरण गर्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वर न्यायपूर्ण हुनुहुन्छ, र यसकारण उहाँले निश्चय पनि स्मरण गर्नुहुन्छ”
परमेश्वरको “नाउँ” स्वयम् परमेश्वरलाई नै जनाउने लक्षणा हो । वैकल्पिक अनुवादः “उहाँका लागि”
यहाँ लेखकले बहुवचन जनाउने शब्द “हामी” प्रयोग गरेका छन् । तापनि उनले शायद यो शब्द आफैँलाई मात्र जनाउन प्रयोग गरेका हुन सक्छन् । वैकल्पिक अनुवादः “म धेरै इच्छा गर्दछु”
सचेत, कडा मेहनत
अस्पष्ट अर्थलाई स्पष्टसँग लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूका जीवनको अन्त्यसम्मै”
“परमेश्वरले प्रतिज्ञा गर्नुभएका कुरा तिमीहरूले प्राप्त गर्ने छौ भन्ने पूर्ण रूपले निश्चय हुनका लागि
“देखासिकी गर्ने” व्यक्ति त्यो हो, जसले अरू कसैको व्यवहारको नक्कल गर्दछ ।
परमेश्वरले विश्वासीहरूका लागि जे कुराको प्रतिज्ञा गर्नुभएको छ, सो कुरा प्राप्त गर्नु चाहिँ परिवारका सदस्यबाट जग्गाजमिन र धनसम्पत्तिको पैतृक हक प्राप्त गरेको जस्तै हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको छ, सो प्राप्त गर्नु”
परमेश्वरले भन्नुभयो
यहाँ “वृद्धि” भन्नाले सन्तान दिने कुरा जनाउँछ । वैकल्पिक अनुवादः “म तँलाई धेरै सन्तान दिनेछु”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीसँग जे प्रतिज्ञा गर्नुभयो”
परमेश्वरले प्रतिज्ञाहरू दिनुभएका मानिसहरू चाहिँ परिवारका सदस्यबाट जग्गाजमिन र धनसम्पत्तिको पैतृक हक प्राप्त गरेको जस्तै हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको छ, सो प्राप्त गर्ने मानिसहरूलाई”
“उहाँको उद्देश्य कदापि फेरिँदैन” वा “उहाँले जे गर्छु भन्नुभएको छ, सो उहाँले सधैँ गर्नुहुन्छ”
विश्वासीहरू, जसले परमेश्वरले तिनीहरूलाई सुरक्षा दिनुहुनेको लागि उहाँमा भरोसा गर्छन्, तिनीहरू चाहिँ कतै सुरक्षित स्थानतर्फ दौडिरहेका झैँ गरेर बताइएको छ । वैकल्पिक अनुवादः “हामी, जसले उहाँलाई भरोसा गरेका छौँ”
विश्वास कुनै व्यक्तिलाई उपहारझैँ दिन सक्ने वस्तु हो र त्यो व्यक्तिले यसलाई समातेर लिन सक्दछन् भनेजस्तो गरी परमेश्वरमा भरोसा गर्ने कुराका बारेमा लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई उत्साह दिनुभए झैँ हामीले उहाँमा निरन्तर भरोसा गरौँ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन परमेश्वरले हाम्रो सामु राखिदिनुभएको छ”
हिब्रूको पत्रका लेखकले विश्वासीहरूलाई आफ्नो तेस्रो चेतावनी र उत्साह प्रस्तुत गरिसकेपछि, तिनले पूजाहारीका रूपमा येशूको तुलना पूजाहारीका रूपमा मल्किसेदेकसँग गर्ने कार्यलाई निरन्तरता दिन्छन् ।
पानीमाथि भएको डुङ्गालाई हावाले जता हान्यो, त्यतैतिर जानबाट जसरी एउटा लङ्गरले रोक्ने कार्य गर्दछ, त्यसरी नै येशूले हामीलाई परमेश्वरको उपस्थितिमा सुरक्षित राख्नुहुन्छ । वैकल्पिक अनुवादः “जसले हामीलाई परमेश्वरको उपस्थितिमा सुरक्षित बस्न सहायता गर्दछ”
यहाँ “भरपर्दो” र “सुरक्षित” शब्दहरूका मूलभूत अर्थ एकै कुरा हो, र यसले लङ्गरमाथिको पूर्ण विश्वासनीयतामा जोड दिन्छ । वैकल्पिक अनुवादः “पूर्ण रूपमा विश्वासनीय लङ्गर”
यहाँ भरोसाका बारेमा यो मन्दिरभित्र महापवित्र स्थानमा जान सक्ने कुनै व्यक्ति भए झैँ गरी लेखकले भनेका छन् ।
यो मन्दिरभित्र भएको महापवित्र स्थानमा थियो । परमेश्वर आफ्ना मानिसहरूका बीचमा साक्षात् रूपमा उपस्थित हुनुहुँदा उहाँ यही ठाउँमा उपस्थित हुनुहुन्थ्यो । यस खण्डमा, यो ठाउँले स्वर्ग र परमेश्वरको सिंहासन भएको कोठालाई जनाउँछ ।
यसको अर्थ पूजाहारीको रूपमा ख्रीष्टका कति कुरा मल्किसेदेकसँग मिल्दोजुल्दो छन् । वैकल्पिक अनुवादः “मल्किसेदेक पूजाहारी भए जस्तै गरी”
1 यिनै मल्कीसेदेक शालेमका राजा, सर्वोच्च परमेश्वरका पुजारी थिए । अब्राहाम लडाइँ जितेर फर्की रहेको बेलामा मल्कीसेदेकले तिनलाई भेटेर आशीर्वाद दिए । 2 अब्राहामले मल्कीसेदेकलाई सबै कुराको दशांश दिए । मल्कीसेदेक नाउँको अर्थ हुन्छ, “धार्मिकताका राजा ।” तिनको अर्को पद “शालेमका राजा” हो, अर्थात् “शान्तिका राजा ।” 3 उनी विनापिता, विनामाता, विनापिता-पुर्खाहरू र जीवनको सुरु वा अन्त्य नभएका व्यक्ति हुन् । बरु, उनी परमेश्वरका पुत्रजस्तै सदाकालका पुजारी हुनुहुन्छ । 4 हेर, यिनी कस्ता महान् व्यक्ति थिए । हाम्रा पुर्खा अब्राहामले तिनलाई लडाइँमा जितेर ल्याएका सबै कुराको दशांश दिए । 5 एकातिर, लेवीका छोराहरू जसले पुजारी पदलाई प्राप्त गरेका छन्, तिनीहरूलाई मानिसहरू अर्थात् आफ्नै भाइहरूबाट दशांश लिने आज्ञा व्यवस्थाले दिएको छ, यद्यपि तिनीहरू पनि अब्राहामकै सन्तानबाट आएका हुन् । 6 तर अर्कोतिर, मल्कीसेदेक जसका वंशावली तिनीहरूबाटका थिएनन्, जसले अब्राहामबाट सबै दशांश प्राप्त गरे, र तिनले जसलाई प्रतिज्ञाहरू गरिएको थियो उनलाई आशिष् दिए । 7 ठुला मानिसले दिएको आशीर्वादलाई साना मानिसले इन्कार गर्ने कुनै कारण छैन । 8 यस अवस्थामा मरणशील मानिसहरूले दशांश प्राप्त गर्दछन् भने, अर्कोतिर त्यस सन्दर्भमा उनी जीवित रहन्छन् भनी यसले प्रमाणित गर्दछ । 9 र यस सन्दर्भमा भन्नुपर्दा, अब्राहामद्वारा दशांश पाउने लेवीले पनि दशांश दिए, 10 किनभने मल्कीसेदेकले अब्राहामलाई भेट्दा लेवी पनि आफ्ना पुर्खाकै शरीरमा थिए । 11 अब यदि लेवीको पुजारी पदद्वारा पूर्णताको सम्भव भएको भए (किनकि जसबाट मानिसहरूले व्यवस्था प्राप्त गर्दछन्), हारूनको दर्जाबमोजिम नभएर मल्कीसेदेकको दर्जाअनुसार अर्को पुजारी स्थापित गर्न किन आवश्यक पर्थ्यो ? 12 किनकि जब पुजारी पद परिवर्तन हुन्छ, तब व्यवस्था पनि परिवर्तन हुनुपर्दछ । 13 किनकि एक जना जसको बारेमा यी कुराहरू भनिएका छन्, उहाँ अर्कै कुलका हुनुहुन्छ, जसबाट कहिल्यै कसैले वेदीमा सेवा गरेका छैनन् । 14 अब यो स्पष्ट छ, कि यहूदाको कुलबाट हाम्रा प्रभु जन्मनुभएको थियो, तर मोशाले पुजारीहरूका बारेमा कहिल्यै उल्लेख गरेका छैनन् । 15 यदि मल्कीसेदेकजस्तै अर्को स्वरूपमा पुजारी खडा हुन्छ भने, हामीले जे भनिरहेका छौँ, त्यो स्पष्ट छ । 16 उहाँ शारीरिक पुर्खाहरूका नियमका आधारमा पुजारी हुनुभएको होइन, तर बरु उहाँ अविनाशी जीवनको शक्तिमा पुजारी हुनुभयो । 17 किनकि उहाँको बिषयमा धर्मशास्त्रले यसरी गवाही दिन्छः “मल्कीसेदेकको दर्जाजस्तै तिमी सधैँका निम्ति पुजारी हौ ।” 18 किनभने पहिलेको आज्ञा रद्द भएको छ, कारण त्यो कमजोर र काम नलाग्ने थियो । 19 किनकि व्यवस्थाले कुनै पनि कुरालाई सिद्ध बनाएन । तथापि, भविष्यको निम्ति उत्तम निश्चयता छ, जसद्वारा हामी परमेश्वरको नजिक पुग्न सक्छौँ । 20 अनि यो शपथविना भएको होइन । एकातिर, ती अरूहरू शपथविना नै पुजारीहरू भएका थिए । 21 तर अर्कोतिर भने, यी येशू शपथविना नै पुजारी हुनुभयो, जसको बारेमा परमेश्वर यसो भन्नुहुन्छ, “परमप्रभुले प्रतिज्ञा गर्नुभएको छ, र उहाँले आफ्नो मन परिवर्तन गर्नुहुन्न, ‘तिमी सदाकाल पुजारी हुनेछौ’ ।” 22 जसद्वारा येशूलाई उत्तम करारको निश्चयता दिइएको छ । 23 एकातिर, धेरै पुजाहारीहरू भएका छन्, तर मृत्युको कारणले गर्दा तिनीहरूलाई निरन्तर पुजारीको कार्यमा लागि रहन दिएन । 24 तर अर्कोतिर भने, येशू सदासर्वदा रहिरहनुहुन्छ, उहाँसँग एउटा स्थायी पुजारी पद छ । 25 यसकारण, येशूद्वारा परमेश्वरको नजिक आउने मानिसहरूलाई बचाउनका निम्ति उहाँ पूर्ण रूपमा सामर्थी हुनुहुन्छ, किनभने उहाँ तिनीहरूका निम्ति अन्तर-बिन्ती गर्नलाई सधैँ जीवित हुनुहुन्छ । 26 किनकि यस्तै प्रकारको प्रधान पुजारी हाम्रा निम्ति सुहाउँदो छ । उहाँ पापरहित हुनुहुन्छ; उहाँ दोषरहित, शुद्ध, पापीहरूबाट अलग गरिनुभएका र आकाशभन्दा उच्च हुनुभएको छ । 27 प्रधान पुजारीले जस्तै पहिले आफ्नै पापका निम्ति र त्यसपछि मानिसहरूका पापका निम्ति उहाँले दिनहुँ बलिदान चढाई रहनुपर्दैन । जब उहाँले आफैँलाई अर्पण गर्नुभयो, तब उहाँले यो एकै पटक सधैँका निम्ति गर्नुभयो । 28 किनकि व्यवस्थाले मानिसहरूलाई प्रधान पुजारीको रूपमा नियुक्त गर्यो, जससँग कमजोरी हुन्थे । तर उहाँ व्यवस्थापछि आएको शपथको वचनले नियुक्त हुनुभएका पुत्र हुनुहुन्छ जो सदाकालका निम्ति सिद्ध बनाइनुभएको छ ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । ७:१७, २१ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
प्रधान पूजाहारीले मात्र बलि चढाउन सक्छन्, र यसरी परमेश्वरले पाप क्षमा गर्नुहुन्छ । यसैले येशू एक जना प्रधान पूजाहारी हुनुपर्यो । प्रधान पूजाहारी चाहिँ लेवीको कुलबाट हुनुपर्छ भनेर मोशाको व्यवस्थाले आज्ञा दियो, तर येशू त यहूदाको कुलबाट हुनुहुन्थ्यो । परमेश्वरले उहाँलाई मल्किसेदेकजस्तो पूजाहारी बनाउनुभयो, जो अब्राहामको समयमा बाँचेका थिए । त्यो समयमा लेवीको कुल नै थिएन ।
पूजाहारीका रूपमा येशूको तुलना पूजाहारीका रूपमा मल्किसेदेकसँग गर्ने कार्यलाई हिब्रूका लेखकले निरन्तरता दिन्छन् ।
यो एउटा सहरको नाउँ हो ।
अब्राहामका भतिजा लोत र तिनका परिवारलाई बचाउनका लागि अब्राहाम र उनका मानिसहरू गएर चार राजा र तिनीहरूका फौजलाई पराजित गरेका कुरालाई यसले जनाउँछ ।
“त्यो मल्किसेदेकलाई थियो”
“धर्मी राजा ... शान्तिपूर्ण राजा”
मल्किसेदेकको जन्म भएको थिएन, र उनको मृत्यु पनि भएको थिएन भनेर यो खण्डबाट हामी विचार गर्न सक्दछौँ । तापनि, लेखकको भनाइको अर्थ, मल्किसेदेकका पुर्ख्यौली, जन्म वा मृत्युको बारेमा धर्मशास्त्रले कुनै जानकारी दिँदैन भन्ने हो ।
मल्किसेदेकको पूजाहारीपन हारुनको पूजाहारीपनभन्दा झन् उत्तम छ भनी लेखकले उल्लेख गर्दछन्, र त्यसपछि हारुनको पूजाहारीपनले कुनै पनि थोकलाई सिद्ध पार्दैनथ्यो भनी स्मरण गराउँदछन् ।
“मल्किसेदेक ... थिए”
लेखकले यसो भने किनभने लेवीका सबै छोरा पूजाहारी भएनन् । वैकल्पिक अनुवादः “लेवीका सन्तानहरू जो पूजाहारीहरू भए”
“इस्राएली मानिसहरूबाट”
यहाँ “भाइहरू” शब्दले तिनीहरू अब्राहामद्वारा एकआपसमा सम्बन्धित थिए भन्ने अर्थ हुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूका आफन्तहरूबाट”
यो तिनीहरू अब्राहामका सन्तान थिए भन्ने एउटा तरिका हो । वैकल्पिक अनुवादः “तिनीहरू पनि अब्राहामका सन्तान हुन्”
“जो लेवीको सन्तान थिएनन्”
परमेश्वरले अब्राहामका लागि गरिदिने प्रतिज्ञा गर्नुभएका थोकहरूका बारेमा ती प्राप्त गर्न सकिने वस्तुहरू भए झैँ कुरा गरिएको छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले आफ्ना प्रतिज्ञाहरू दिनुभएकोछ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धेरै प्रतिष्ठित व्यक्तिले थोरै प्रतिष्ठित व्यक्तिलाई आशीर्वाद दिन्छन्”
लेवीहरूको पूजाहारीपनलाई मल्किसेदेक पूजाहारीपनसँग तुलना गर्न यी वाक्यांशको प्रयोग गरिएको छ । लेखकले गरेको तुलनालाई जोड दिनका लागि तपाईंको भाषामा कुनै तरिका होला ।
मल्किसेदेकको मृत्यु हुन्छ भन्ने बारेमा धर्मशास्त्रमा कदापि स्पष्ट रूपमा लेखिएको छैन । धर्मशास्त्रमा मल्किसेदेकको मृत्युको कुरा नलेखिएको कुरालाई हिब्रूका लेखकले यहाँ यो उनी अझै जीवित भएको झैँ गरी सकारात्मक वाक्य लेखेका छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्मशास्त्रले उनी सदा जीवित रहन्छन् भनी दर्शाउँछ”
यति बेलासम्म लेवीको जन्म नभएको हुनाले लेखकले तिनी अझै अब्राहामकै शरीरभित्र थिए भनी कुरा गरेका हुन् । लेखक भन्छन्, यसरी लेवीले अब्राहामद्वारा मल्किसेदेकलाई दशांश दिए ।
यति बेलासम्म लेवीको जन्म नभएको हुनाले लेखकले तिनी अझै अब्राहामकै शरीरभित्र थिए भनी कुरा गरेका हुन् । लेखक भन्छन्, यसरी लेवीले अब्राहामद्वारा मल्किसेदेकलाई दशांश दिए ।
“यो बेला” भन्ने अर्थमा होइन, तर यसपछि आउन लागेको महत्त्वपूर्ण बुँदामा ध्यान एकाग्र गराउनका लागि यसको प्रयोग भएको हो ।
मल्किसेदेकको दर्जाबमोजिम अर्को पूजाहारी आउने कुरा आशा गरिएको थिएन भन्ने कुरामा यो प्रश्नले जोड दिन्छ । वैकल्पिक अनुवादः “हारून जस्तो होइन तर मल्किसेदेकजस्तो अर्को पूजाहारीको उदय भएको हेर्ने आशा कसैले गरेका थिएनन् ।”
“आउन” वा “देखा पर्न”
यसको अर्थ पूजाहारीको रूपमा ख्रीष्टका कति कुरा मल्किसेदेकसँग मिल्दोजुल्दो छन् । वैकल्पिक अनुवादः “जसरी मल्किसेदेक पूजाहारी थिए, त्यसरी नै”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हारूनको दर्जाबमोजिम पूजाहारी नभएर” वा “हारूनजस्तो पूजाहारी नभएर”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने जब परमेश्वरले पूजाहारीपनमा परिवर्तन गर्नुभयो, तब उहाँले व्यवस्था पनि परिवर्तन गर्नुभयो”
यसले येशूलाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसको बारेमा म यी कुरा भन्दैछु”
“यो बेला” भन्ने अर्थमा होइन, तर यसपछि आउन लागेको महत्त्वपूर्ण बुँदामा ध्यान एकाग्र गराउनका लागि यसको प्रयोग भएको हो ।
यहाँ “हाम्रा प्रभु” शब्दले येशूलाई जनाउँछ ।
“यहूदाको कुलबाट”
यो उद्धरण दाउदको भजनबाट लिएको हो ।
“हामी यसलाई झन् धेरै स्पष्ट रूपमा बुझ्न सक्दछौँ ।” यहाँ “हामी” शब्दले लेखक र उनका पाठकहरूलाई जनाउँछ ।
“यदि अर्को पूजाहारी आउँछन् भने”
यसको अर्थ पूजाहारीको रूपमा ख्रीष्टका कति कुरा मल्किसेदेकसँग मिल्दोजुल्दो छन् । वैकल्पिक अनुवादः “जसरी मल्किसेदेक पूजाहारी थिए, त्यसरी नै”
“उहाँ पूजाहारी हुनुभएको कुरा व्यवस्थामा आधारित थिएन”
मानवीय वंशमा जन्मने कुरालाई कसैको शरीरसँग मात्र सम्बन्धित भएको जस्तो गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “मानव वंशको व्यवस्था” वा “पूजाहारीको सन्तान पूजाहारी हुने व्यवस्था”
यसले कुनै कुराको गवाही दिने व्यक्ति जस्तो रूपमा धर्मशास्त्र भएको कुरा गर्दछ । वैकल्पिक अनुवादः “किनभने परमेश्वरले धर्मशास्त्रद्वारा उहाँको बारेमा गवाही दिनुहुन्छ” वा “किनभने उहाँको बारेमा धर्मशास्त्रमा यसरी लेखेको छ”
त्यहाँ दुई समूहका पूजाहारीहरू थिए । एउटा लेवीको सन्तानले बनेको थियो । अर्को चाहिँ मल्किसेदेक र येशू ख्रीष्टको थियो । वैकल्पिक अनुवादः “मल्किसेदेकको पङ्क्तिअनुसार” वा “जसरी मल्किसेदेक पूजाहारी थिए, त्यसरी नै”
यहाँ “रद्द भएको छ,” भन्नाले अलङ्कारको रूपमा अमान्य भएको जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यो आज्ञालाई अमान्य तुल्याउनुभएको छ”
व्यवस्था काम गर्न सक्ने व्यक्ति हो झैँ गरी यसको बारेमा लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “व्यवस्था पालन गरेर कुनै व्यक्ति पनि सिद्ध हुन सकेन”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले अझ उत्तम आशा दिनुभएको छ” वा “परमेश्वरले हामीलाई झन् बढी विश्वस्त तुल्याउने आशा दिनुभएको छ”
परमेश्वरको आराधना गर्ने र उहाँबाट कृपा पाउने कुरालाई उहाँको नजिक जाने जस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “र यो आशाको कारणले हामी परमेश्वरको नजिक जान सक्छौँ” वा “र यो आशाको कारणले हामी परमेश्वरको आराधना गर्न सक्छौँ”
यो उद्धरण हिब्रूहरू ७:१७) को झैँ दाउदको उही भजनबाट लिइएको हो ।
यहाँ “यो” शब्दले येशू अनन्तको पूजाहारी हुनुभएको कुरालाई जनाउँछ । कसले शपथ खाएको भनेर यसलाई अझै स्पष्ट रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “अनि परमेश्वरले शपथ नखाईकन यो जनाँ पूजाहारी चुन्नुभएन !” वा “अनि परमेश्वरले शपथ खानुभएको हुनाले हाम्रा प्रभु नयाँ पूजाहारी हुनुभयो !”
ख्रीष्टको पूजाहारीपन झन् उत्तम छ भनेर लेखकले यी यहूदी विश्वासीलाई विश्वस्त तुल्याउँछन्, किनभने उहाँ सदासर्वदा जिउनुहुन्छ, तर हारूनका सन्तानबाट आएका पूजाहारीहरू सबैको मृत्यु भयो ।
“त्यहाँ अझ उत्तम करार हुनेछ भनेर हामी ढुक्क हुन सक्छौँ भनेर हामीलाई भन्नुभएको छ”
पूजाहारीको कामलाई येशूले आफ्नो अधिकारमा लिन सक्ने कुनै वस्तुजस्तो हो भनी लेखकले भनेका छन् । भाववाचक नाम हटाउन यसलाई यसरी लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँ स्थायी रूपले पूजाहारी हुनुहुन्छ”
यहाँ “यसकारण” शब्दले जनाउने अर्थलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने ख्रीष्ट हाम्रा प्रधान पूजाहारी हुनुहुन्छ, जो सधैंभरि जिउनुहुन्छ”
“येशूले गर्नुभएको कामको कारणले परमेश्वरमा आउनेहरू”
“परमेश्वरले उहाँलाई उच्च स्वर्गभन्दा माथि उचाल्नुभएको छ ।” अरू कोहीभन्दा बढी आदर र शक्ति प्राप्त गर्नुलाई सबै थोकभन्दा उच्च पद भएको जस्तो गरी लेखकले लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँलाई अरू कसैलाई भन्दा धेरै आदर र शक्ति दिनुभएको छ”
यहाँ “उहाँ”, “उहाँको” र “उहाँ आफैँलाई” भन्ने शब्दहरूले ख्रीष्टलाई जनाउँछन् ।
मोशाको व्यवस्थाअनुसार प्रधान पूजाहारी नियुक्त गर्ने मानिसहरूका समूहलाई जनाउने लक्षणा अर्थ दिएर यहाँ “व्यवस्था” शब्द प्रयोग भएको छ । यो कार्य गर्ने मानिसहरूमा होइन, तर त्यो काम तिनीहरूले व्यवस्थाअनुसार गरेको कुरामा ध्यान केन्द्रित गरेको छ । वैकल्पिक अनुवादः “आफूमा कमजोरी मानिसहरूले व्यवस्थाअनुसार प्रधान पूजाहारीहरूको नियुक्त गर्दछन्” वा “किनभने आफूमा कमजोरी मानिसहरूलाई व्यवस्थाअनुसार प्रधान पूजाहारीहरू नियुक्त गरिन्छ”
“आत्मिक रूपमा कमजोर मानिसहरू” वा “पापको विरुद्धमा कमजोर मानिसहरू”
यहाँ “शपथको वचन”ले परमेश्वरलाई जनाउँछ जसले शपथ खानुभयो । वैकल्पिक अनुवादः “परमेश्वरले व्यवस्था दिनुभएपछि खानुभएको उहाँको शपथको वचनद्वारा, परमेश्वरले पुत्रलाई नियुक्त गर्नुभयो” वा “परमेश्वरले व्यवस्था दिनुभएपछि, उहाँले शपथ खानुभयो र आफ्नो पुत्रलाई नियुक्त गर्नुभयो”
यो परमेश्वरका पुत्र येशूको महत्त्वपूर्ण नाउँ हो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले परमेश्वरको आज्ञालाई पूर्ण रूपले पालन गर्नुभएको र परिपक्व हुनुभएको छ”
1 अब हामीले भनिरहेको कुरा यही होः हामीसँग एक जना प्रधान पुजारी हुनुहुन्छ जो स्वर्गको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ । 2 मानिसले बनाएको होइन, तर परमेश्वरले बनाउनुभएको साँचो पवित्र बासस्थानमा उहाँ एक सेवक हुनुहुन्छ । 3 किनकि हरेक प्रधान पुजारी भेटीहरू र बलिदानहरू दुवै चढाउन नियुक्त गरिएको हुन्छ । त्यसकारण, केही कुरा चढाउन आवश्यक छ । 4 अब यदि ख्रीष्ट पृथ्वीमा हुनुभएको भए, उहाँ सबैका पुजारी हुनुहुने थिएन किनकि त्यहाँ व्यवस्थाअनुसार भेटी चढाउनेहरू छँदै छन् । 5 तिनीहरूले स्वर्गीय कुराहरूको नक्कल र छायाँको मात्र सेवा गर्दछन् । जसरी मोशाले बासस्थान बनाउन लाग्दा परमेश्वरद्वारा मोशालाई चेतावनी दिइयो, परमेश्वरले भन्नुभयो, “हेर, तिमीलाई पहाडमा देखाइएको नमुनाबमोजिम तिमीले हरेक थोक बनाउनू ।” 6 तर अहिले ख्रीष्टले प्राप्त गर्नुभएको सेवा-कार्य अझ धेरै उत्तम छ । किनभने उहाँले मध्यस्थता गर्नुभएको करार धेरै उत्तम छ, जुनचाहिँ उत्तम प्रतिज्ञाहरूमा स्थापना गरिएको छ । 7 किनकि यदि पहिलो करार दोषरहित भएको भए, दोस्रो करारको आवश्यकता नै पर्दैन थियो । 8 किनकि जब परमेश्वरले मानिसको दोष भेट्टाउनुभयो, तब उहाँले भन्नुभयो, “हेर, परमप्रभु भन्नुहुन्छ, ती दिन आउँदै छन्, जब म यहूदा र इस्राएलका घरानासँग नयाँ करार स्थापना गर्नेछु । 9 यो करार तिनीहरूका पिता-पुर्खाहरूसँग मैले बाँधेको जस्तो हुनेछैन, एक दिन मैले तिनीहरूको हात समातेर तिनीहरूलाई मिश्र देशबाट डोर्याएर ल्याएँ । किनकि तिनीहरूले मेरो करारलाई अटुट रूपमा पछ्याएनन्, र परमप्रभु भन्नुहुन्छ, मैले तिनीहरूको बेवास्ता गरे । 10 परमप्रभु भन्नुहुन्छ, ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्नेछु । म मेरो व्यवस्था तिनीहरूको मनमा राखिदिनेछु, र म तिनीहरूका हृदयमा पनि ती लेखिदिनेछु । म तिनीहरूका परमेश्वर हुनेछु, अनि तिनीहरू मेरा मानिसहरू हुनेछन् । 11 तिनीहरूले हरेक आफ्नो छिमेकीलाई सिकाउनेछैनन्,र आफ्नो हरेक भाइलाई परमप्रभुलाई चिन भन्नुपर्दैन । किनकि तिनीहरूमध्येका सानादेखि लिएर ठुलासम्म सबैले मलाई चिन्नेछन् । 12 किनकि तिनीहरूले गरेका अपराधहरूप्रति म अनुग्रह देखाउनेछु, र तिनीहरूले गरेका पापहरूको सम्झना म कहिल्यै गर्नेछैनँ ।” 13 “नयाँ” भन्नुहुँदा उहाँले पहिलो करारलाई पुरानो बनाउनुभयो । र जुन काम नलाग्ने र पुरानो भएको छ, त्यो हराएर जानै लागेको छ ।
येशू कसरी र किन सबभन्दा महत्त्वपूर्ण प्रधान पूजाहारी हुनुहुन्छ भनेर स्पष्ट पार्ने कार्य लेखकले सिध्याउँछन् । त्यसपछि परमेश्वरले मोशासँग गर्नुभएको करारभन्दा नयाँ करार झन् उत्तम कसरी छ भनेर तिनले बोल्न सुरु गर्दछन् ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । ८:८-१२ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
येशूले कसरी नयाँ करारको स्थापना गर्नुभयो, जुन चाहिँ परमेश्वरले इस्राएलीहरूसँग स्थापित गर्नुभएको करारभन्दा झन् उत्तम छ भनेर लेखकले भन्दछन् ।
लेखकले सांसारिक पूजाहारीपनभन्दा ख्रीष्टको पूजाहारीपन झन् उत्तम हो भनेर दर्साएपछि, संसारिक पूजाहारीपन त स्वर्गीय थोकहरूका नमुना हो भनी दर्शाउँछन् । ख्रीष्टको सेवा झन् उत्तम र उहाँको करार अति उत्तम हो ।
“यो बेला” भन्ने अर्थमा होइन, तर यसपछि आउन लागेको महत्त्वपूर्ण बुँदामा ध्यान एकाग्र गराउनका लागि यहाँ “अब” शब्दको प्रयोग भएको हो ।
यहाँ लेखकले बहुवचन जनाउने शब्द “हामी” प्रयोग गरेका छन्, तापनि उनले शायद यो शब्द आफैँलाई मात्र जनाउन प्रयोग गरेका हुन सक्छन् । किनकि लेखकले उनका पाठकहरूलाई यहाँ समावेश गर्दैनन्, “हामी” शब्द असमावेशी छ । वैकल्पिक अनुवादः “म भन्दै छु” वा “म लेख्दै छु”
लेखकले यहाँ पाठकहरूलाई समावेश गर्दैछन्, त्यसैले “हामी” शब्द समावेशी छ ।
यहाँ “दाहिनेपट्टि बस्नु” भन्ने कुरा चाहिँ परमेश्वरबाट महान् सम्मान र अधिकारलाई प्राप्त गर्ने कुरालाई जनाउने प्रतीकात्मक कार्य हो । तपाईंले यस्तै समान वाक्यांशलाई [हिब्रूहरू १:३]
काठको नाल दलिनमा जनावरका छाला टाँगेर मानिसहरूले सांसारिक पवित्र वासस्थान बनाउँछन्, र त्यसलाई पाल टाँगे झैँ गरी खडा गर्दछन् । यहाँ “साँचो पवित्रस्थान”को अर्थ परमेश्वरले सृष्टि गर्नुभएको स्वर्गीय पवित्रस्थान हो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि हरेक पूजाहारीलाई परमेश्वरले नियुक्त गर्नुहुन्छ”
“यो बेला” भन्ने अर्थमा होइन, तर यसपछि आउन लागेको महत्त्वपूर्ण बुँदामा ध्यान एकाग्र गराउनका लागि यहाँ “अब” शब्दको प्रयोग भएको हो ।
“व्यवस्थामा परमेश्वरले आवश्यक ठान्नुभएअनुसार”
“नक्कल” र “छायाँ” भन्ने शब्दहरूको समान अर्थ हुन्छ र केही कुरा वास्तविक होइन तर वास्तविक कुरासँग समान किसिमको छ भनेर अर्थ दिने अलङ्कारहरू हुन् । यी शब्दहरूले जोड दिन्छन् कि पूजाहारीगिरी, र पार्थिव मन्दिर चाहिँ ख्रीष्ट, साँचो पूजाहारी, र स्वर्गीय मन्दिरका चित्रणहरू हुन् । वैकल्पिक अनुवादः “तिनीहरूले स्वर्गीय कुराहरूको धमिलो चित्रण दिने काम गर्छन्” वा “तिनीहरूले स्वर्गीय थोकहरूसँग मात्रै समान बन्ने काम गर्छन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो चाहिँ परमेश्वरले मोशालाई चेतावनी दिनुभएको जस्तै ठ्याक्कै हो जब मोशाले ... थिए”
मोशा आफैँले पवित्र वासस्थान बनाएका थिएनन् । मानिसहरूलाई त्यसको निर्माण गर्ने आदेश तिनले दिएका थिए । वैकल्पिक अनुवादः “पवित्र वासस्थान बनाउन मानिसहरूलाई आदेश दिन लाग्दा”
“यो पक्का गर् कि”
“बनोटको नक्साजस्तै”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन मैले तँलाई देखाएँ”
यहाँ “पहाड” भन्नाले सीनै पहाड हो भनेर तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “सीनै पहाडमा”
इस्राएल र यहूदासँगको पुरानो करारभन्दा नयाँ करार झन् उत्तम हो भन्ने कुरा यो खण्डले सुरु गरेको छ ।
“परमेश्वरले ख्रीष्टलाई ... दिनुभएको छ”"God has given Christ
यसको अर्थ परमेश्वर र मानवजातिका बीचमा ख्रीष्टले झन् उत्तम करारको स्थापना गर्नुभएको छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “करार ... । परमेश्वरले उत्तम प्रतिज्ञाहरूमा यो करारको स्थापना गर्नुभयो” वा “करार ... । परमेश्वरले करारको स्थापना गर्नुहुँदा उहाँले झन् उत्तम कुराहरूका प्रतिज्ञा दिनुभयो”
“पहिलो” र “दोस्रो” शब्दहरू क्रमागत सङ्ख्या हुन् । वैकल्पिक अनुवादः “पुरानो करार ... नयाँ करार”
“सिद्ध भएको”
यस उद्धरणमा परमेश्वरले स्थापना गर्नुहुने नयाँ करारका बारेमा यर्मिया अगमवक्ताले अगमवाणी गरे ।
“इस्राएलका मानिसहरूसँग”
“हेर” वा “सुन” वा “मैले भन्न लागेका कुरामा ध्यान देओ”
इस्राएल र यहूदाका मानिसहरूलाई तिनीहरूका घराना हो जस्तो गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “इस्राएलका मानिसहरू र यहूदाका मानिसहरू”
यो अलङ्कारले परमेश्वरको महान् प्रेम र वास्तालाई दर्शाउँछ । वैकल्पिक अनुवादः “बाबुले आफ्नो सानो बालकलाई डोहोर्याए झैँ गरी मैले तिनीहरूलाई मिश्रबाट डोहोर्याएर बाहिर ल्याएँ”
यो यर्मिया अगमवक्ताको पुस्तकबाट लिएको उद्धरण हो ।
इस्राएलका मानिसहरूलाई तिनीहरूका घराना हो जस्तो गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “इस्राएलका मानिसहरू”
“त्यो समयपछि”
परमेश्वरका मार्गदर्शनहरूका बारेमा ती कतै राख्न मिल्ने वस्तुहरू भएको जस्तो गरी लेखकले भनेका छन् । मानिसहरूका सोच्न सक्ने क्षमताका बारेमा त्यो एउटा ठाउँ भए झैँ गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “म तिनीहरूलाई मेरो व्यवस्था बुझ्न सक्षम बनाउनेछु”
यहाँ “हृदय” भनेको व्यक्तिको भित्री मानिसको लागि प्रतिस्थापन शब्द हो । “तिनीहरूका हृदयमा लेख्ने” भन्ने वाक्यांश चाहिँ मानिसहरूलाई व्यवस्थाको पालना गर्नलाई सक्षम बनाउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “म ती कुराहरूलाई तिनीहरूको हृदयमा पनि राखिदिनेछु” वा “म तिनीहरूलाई मेरो व्यवस्थाको पालना गर्नलाई सक्षम तुल्याउनेछु”
“म तिनीहरूले आराधना गर्ने परमेश्वर हुनेछु”
“तिनीहरू मैले वास्ता गर्ने मानिसहरू हुनेछन्”
यो यर्मिया अगमवक्ताको पुस्तकबाट लिएको उद्धरणको निरन्तरता हो ।
यो प्रत्यक्ष उद्धरणलाई अप्रत्यक्ष उद्धरणका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “आफ्ना छिमेकी र दाजुभाइलाई मलाई चिनाउन तिनीहरूले सिकाउनुपर्ने छैन”
यी दुवैले सङ्गी इस्राएलीहरूलाई जनाउँछ ।
यहाँ “चिन्ने” शब्दले स्वीकार गर्ने कुरालाई जनाउँछ ।
यसले यी अधार्मिक कामहरू गरेका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “अधार्मिक कार्य गरेका मानिसहरूलाई”
यहाँ “सम्झना” शब्दले “ केही कुराको बारेमा विचार गर्ने कुरा”लाई जनाउँछ ।
1 अब पहिलेको करारमा आराधनाका निम्ति नियमहरू र सांसारिक बासस्थान थिए । 2 किनकि एउटा बासस्थान तयार गरिएको थियो जसको पहिलो कोठाभित्र सामदान, टेबुल, र उपस्थितिको रोटी थिए, त्यसलाई पवित्रस्थान भनिन्थ्यो । 3 पर्दाको पछाडितिर अर्को दोस्रो कोठा थियो, जसलाई महा-पवित्रस्थान भनिन्थ्यो । 4 यसमा धूपको निम्ति एउटा सुनको वेदी थियो । यसमा करारको सन्दुक पनि थियो, जुन पूर्ण रूपले सुनले मोहोरिएको थियो । यसको भित्रपट्टि रहेको सुनको भाँडोमा मन्न राखिएको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिलालेखहरू थिए । 5 करारको सन्दुकको माथि ईश्वरीय महिमाका करूबहरूले प्रायश्चित्तको ढकनीलाई ढाकेका थिए, जसको बारेमा हामी अहिले पूर्ण रूपले वर्णन गर्न सक्दैनौँ । 6 यी थोकहरूलाई तयार गरिसकेपछि पुजारीहरू नियमित रूपमा बासस्थानको बाहिरी कोठामा सधैँ आफ्ना सेवाको काम गर्न प्रवेश गर्दथे । 7 तर प्रधान पुजारी मात्रै हरेक वर्षको एक पल्ट दोश्रो कोठामा प्रवेश गर्दथे । उनले रगत लिएर आफ्नै निम्ति र मानिसहरूले अजानमा गरेका अपराधहरूका निम्ति बलि चढाउँछन् । 8 पवित्र आत्माले देखाउनुभयो, कि पहिलो पवित्रस्थान रहुञ्जेलसम्म महा-पवित्रस्थानमा जाने मार्ग प्रकट गरिएको थिएन । 9 वर्तमान समयका लागि यो एक उदाहरण थियो । चढाइएका भेटी र बलिदानहरू दुवैले आराधकको विवेकलाई सिद्ध गर्न सकेनन् । 10 ती विभिन्न किसिमका उत्सवका शुद्धिकरणहरू खाने र पिउने कुरासँग मात्रै सम्बन्धित छन् । ती सबै शरीरका निम्ति नियमहरू मात्रै थिए, जसलाई नयाँ प्रकारले सृजना नगरेसम्म क्रमिक रूपमा राखिएको थियो । 11 ख्रीष्ट आउनेवाला असल थोकहरूका प्रधान पुजारीको रूपमा आउनुभयो । उहाँ अझ बढी महान् र सिद्ध पवित्रस्थानमा प्रवेश गर्नुभयो, जुन मानवीय हातद्वारा बनाइएको होइन, जुन यस सृजित संसारको होइन । (नोटः अन्य संस्करणहरूमा लेखिएको छ) ख्रीष्ट आउनेवाला असल थोकहरूका प्रधान पुजारीजस्तै भएर आउनुभयो । 12 बोका र बाछाहरूको रगतले नभई उहाँ आफ्नै रगतद्वारा सबैका निम्ति एकै चोटि त्यस महा-पवित्रस्थानभित्र प्रवेश गर्नुभयो र हाम्रो अनन्तको छुटकारलाई सुरक्षित गर्नुभयो । 13 किनकि यदि बोका र साँढेहरूको रगत अनि कोरेलीको खरानीले छर्किंदा तिनीहरू अशुद्ध हुन्छन् र तिनीहरूका शरीरलाई शुद्ध पार्न तिनीहरू परमेश्वरमा समर्पित हुनुपर्छ भने, 14 झन् कति धेरै ख्रीष्टको रगतले हाम्रा विवेकलाई मृत कामहरूबाट शुद्ध पार्दछ र जीवित परमेश्वरको सेवा गर्न जसले अनन्त आत्माद्वारा दोषरहित प्रकारले आफैँलाई अर्पण गर्नुभयो ? 15 यसै कारणले गर्दा, उहाँ नयाँ करारको मध्यस्तकर्ता हुनुहुन्छ । यो मृत्युको कारणले गर्दा स्वतन्त्र गराइएकाहरू तिनीहरूका पापको सजायबाट पहिलो करारमा रहन्छन् ताकि परमेश्वरद्वारा बोलाइएकाहरूले प्रतिज्ञा गरिएको अनन्त उत्तराधिकारलाई प्राप्त गर्न सकून् । 16 किनकि जहाँ इच्छा हुन्छ, त्यहाँ त्यो बनाउने व्यक्तिको मृत्युलाई प्रमाणित गर्नुपर्ने हुन्छ । 17 किनकि एउटा इच्छा तब मात्र लागु हुन्छ, जब त्यहाँ मृत्यु भएको हुन्छ, किनभने जबसम्म यसलाई बनाउने जीवित हुन्छ, तबसम्म यसको कुनै जोड हुँदैन । 18 त्यसैले, पहिलो करार पनि रगतविना स्थापित भएको थिएन । 19 किनकि जब मोशाले मानिसहरूलाई व्यवस्थामा भएका हरेक आज्ञा दिए, उनले बाछा र बोकाहरूको रगत, पानी, रातो उन र हिसप लिएर त्यस मुट्ठा र सबै मानिस दुवैलाई छर्के । 20 तब उनले भने, “यो करारको रगत हो, जुन परमेश्वरले तिमीहरूका निम्ति आज्ञा गर्नुभएको थियो ।” 21 यसरी नै, उनले पवित्रस्थान र सेवामा प्रयोग हुने सबै भाँडामा रगत छर्के । 22 अनि व्यवस्थाअनुसार रगतले हरेक थोकलाई शुद्ध पार्दछ । रगत नबगाइकन क्षमा हुँदैन । 23 त्यसकारण, स्वर्गमा भएका थोकहरूका नक्कलहरूलाई जनावरहरूको बलिदानद्वारा शुद्ध पारिनुपर्थ्यो भने स्वर्गमा भएका थोकहरू आफैँलाई झन् कति धेरै उत्तम बलिदानद्वारा शुद्ध पार्न आवश्यक पर्यो । 24 किनकि ख्रीष्ट हातद्वारा बनाइएको महा-पवित्रस्थानमा प्रवेश गर्नुभएन, जुनचाहिँ सत्यताको एक नक्कल मात्र हो । बरु, उहाँ आफैँ स्वर्गमा प्रवेश गर्नुभयो, अनि हाम्रा निम्ति अहिले उहाँ परमेश्वरको सामु उपस्थित हुनुहुन्छ । 25 उहाँ आफ्नै निम्ति घरिघरि बलि चढाउनका निम्ति त्यहाँ जानुभएको होइन, जसरी प्रधान पुजारीले हरेक वर्ष अर्काको रगत लिएर महा-पवित्रस्थानभित्र प्रवेश गर्दछन् । 26 त्यसो भएको भए, संसारको उत्पत्तिदेखि नै उहाँले धेरै पल्ट दुःख भोग्नुपर्ने हुन्थ्यो । तर यस युगको अन्त्यमा एक पल्ट उहाँको आफ्नै बलिद्वारा पापलाई हटाउन उहाँ सधैँका निम्ति एकै पल्ट प्रकट हुनुभएको हो । 27 हरेक व्यक्ति एक पटक मर्न निश्चित छ, र त्यसपछि न्याय आउँदछ । 28 त्यसरी नै, ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नलाई सधैँका निम्ति एकै पल्ट बलि हुनुभयो । पापसँग सामना गर्नलाई दोस्रो पल्ट उहाँ देखा पर्नुहुने होइन, तर मुक्तिका लागि धैर्यसाथ उहाँका निम्ति पर्खिरहनेहरूका लागि हो ।
मन्दिर र त्यसका सबै विधिविधानभन्दा कसरी येशू झन् उत्तम हुनुहुन्छ भनेर यस अध्यायले स्पष्ट पार्दछ । पुरानो करारको सुरुका पाँच पुस्तकका अनुवाद भएका छैनन् भने यो अध्याय बुझ्न कठिन हुन्छ ।
इच्छापत्र भनेको कानुनी दस्तावेज हो जसले कुनै व्यक्तिको मृत्यु भएपछि उसको जग्गाजमिनको के हुनेछ भनेर वर्णन गर्छ ।
पुरानो करारमा परमेश्वरले इस्राएलीहरूलाई बलिहरू चढाउने आदेश दिनुभएको थियो, र यसरी उहाँले तिनीहरूका पाप क्षमा गर्न सक्नुहुन्थ्यो । तिनीहरूले यी बलिहरू चढाउनुभन्दा पहिले तिनीहरूले जनावरहरू मार्नुपर्थ्यो र ती मारिएका जनावरहरूका मासु र रगत दुवै चढाउनुपर्थ्यो । रगत छर्कने भनेको जनावर वा व्यक्तिलाई मार्ने कुरा जनाउने अलङ्कार हो । येशूले आफैँलाई मार्ने अनुमति मानिसहरूलाई दिनुभयो, र यसरी उहाँले आफ्नो जीवन र रगत बलि चढाउनुभयो । येशूको बलिदान पुरानो करारको बलिदानभन्दा अझ उत्तम बलिदान हो भनेर हिब्रूका लेखकले भन्दछन् ।
येशू मर्नुहुँदा उहाँले सुरु गर्नुभएको काम पूरा गर्न उहाँ फेरि फर्किनुहुने छ, र यसरी परमेश्वरले आफ्ना मानिसहरूका पाप क्षमा गर्नुहुनेछ । उहाँको प्रतिक्षा गरेर बस्ने मानिसहरूलाई बचाउने कार्यलाई उहाँले सिध्याउनुहुनेछ ।
यसले परमेश्वरले मोशासँग स्थापित गर्नुभएको करारलाई जनाउँछ । तापनि परमेश्वरले यो करार गर्नुअघि, उहाँले अब्राहामसँग करार गर्नुभयो । तर यो करार परमेश्वरले इस्राएलका मानिसहरूसँग गर्नुभएको पहिलो करार थियो । यसलाई तपाईंले “पहिलो करार” वा “सुरुको करार” भनी अनुवाद गर्न सक्नुहुन्छ ।
पुरानो करारको नियम र पवित्र वासस्थान चाहिँ झन् उत्तम नयाँ करारको तस्बिरहरू मात्र थिए भनेर लेखकले यहूदी विश्वासीहरूलाई स्पष्ट पार्दछन् ।
यो शब्दले शिक्षाको नयाँ भाग सुरु गरेको सङ्केत गर्दछ ।
तपाईंले यसलाई तपाईले हिब्रू ८:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“विस्तृत मार्गदर्शनहरू थिए” वा “नियमहरू थिए”
लेखकले हिब्रू ८:७ बाट निरन्तर व्याख्या गर्दै छन् ।
पवित्र वासस्थान निर्माण गरे र प्रयोगका लागि तयार पारे । यो विचारलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “इस्राएलीहरूले पवित्र वासस्थान तयार पारे”
यी सबै वस्तुहरू विशेष महत्त्वका हुनाले लेखकले उल्लेख गरे र आफ्ना हिब्रू पाठकहरूले यी कुरा बुझ्नेछन् भनी अनुमान गरे ।
यसलाई फेरि लेख्न सकिन्छ र यसरी भाववाचक नाम “उपस्थिति” लाई क्रियापदका रूपमा “देखाउने” वा “चढाउने” लेख्न सकियोस् । वैकल्पिक अनुवादः “परमेश्वरको सामु देखाउने रोटी” वा “पूजाहारीले परमेश्वरलाई चढाउने रोटी”
पहिलो पर्दा पवित्र वासस्थानको बाहिरी पर्खाल थियो भने “दोस्रो पर्दा” चाहिँ “पवित्रस्थान” र “महापवित्र स्थान” बीचको पर्दा थियो ।
यो सङ्ख्या दुईको क्रमागत शब्द हो ।
“करारको सन्दुकको भित्रपट्टि”
यो हारूनको लौरो हो । परमेश्वरले हारूनलाई आफ्नो पूजाहारी हुन चुन्नुभयो, र यो लौरोमा परमेश्वरले कपिला लाग्न दिनुभयो । परमेश्वरले हारूनलाई पूजाहारी चुन्नुभएको कुरा इस्राएलका मानिसहरूमा उहाँले यो लौरोको कोपिलाद्वारा प्रमाणित गर्नुभयो ।
“जसबाट पातहरू र फूलहरू पलायो”
यहाँ “शिलापटीहरू” भन्नाले ढुङ्गाको पातलो पाटीमा लेखेका कुराहरू त्यसमा थिए । यसले दश आज्ञा लेखिएका ढुङ्गाका पाटीहरूलाई जनाउँछ ।
इस्राएलीहरूले करारको सन्दुल बनाउँदा परमेश्वरले सामनेसामने फर्केका दुईवटा करूब बनाउन आदेश दिनुभयो । तिनीहरूका पखेटाहरूले छोएर करारको सन्दुकमाथि बिछ्याएको कृपा आसनलाई ढाकेका हुन्थे । यहाँ तिनीहरूले करारको सन्दुकमा छायाँ पारेका थिए भनेको छ । वैकल्पिक अनुवादः “महिमित करूबहरूले कृपा आसनलाई आफ्ना पखेटाहरूले ढाके”
यहाँ “करूबिम”को अर्थ भन्नाले करूबका दुई आकारहरू भन्ने हुन्छ ।
यहाँ लेखकले बहुवचन जनाउने शब्द “हामी” प्रयोग गरेका भएतापनि उनले शायद यो शब्द आफैँलाई मात्र जनाउन प्रयोग गरेका हुन सक्छन् । वैकल्पिक अनुवादः “जुन म सक्दिन”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पूजाहारीहरूले यी थोकहरू तयार पारेपछि”
यसलाई सकारात्मक रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनले सधैँ रगत ल्याउँथे”
यो प्रधान पूजाहारीले प्रायश्चितको दिनमा बलि चढाउने साँढे र पाठोको रगत हो ।
सम्भावित अर्थहरू हुन् १) पृथ्वीमा भएको पवित्र वासस्थानको भित्री कोठा वा २) स्वर्गमा भएको परमेश्वरको उपस्थिति ।
सम्भावित अर्थहरू हुन् १) “पवित्र वासस्थानको बाहिरी कोठा यति बेलासम्म खडा नै थियो” वा “पृथ्वीको पवित्र वासस्थान र बलिदान प्रथा यति बेलासम्म चलिरहेको थियो ।”
“यो एक तस्बिर थियो” वा “यो एक सङ्केत थियो”
“अहिलेका लागि”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन पूजाहारीहरूले अहिले चढाउँछन्”
व्यक्तिको विवेक कुनै दोष नभएको झन् झन् उत्तम हुन सक्ने वस्तु जस्तो भएको जस्तो गरी लेखकले भनेका छन् । व्यक्तिको विवेक भन्नाले उसमा भएको ठीक र बेठीकको ज्ञान हो । उसले खराब काम गरेको छ कि छैन भनेर यो उसमा हुने ज्ञान पनि हो । यदि उसले खराब गरेको छ भनेर थाहा पायो भने, हामी भन्दछौँ, उसले दोषी महसुस गरेको छ । वैकल्पिक अनुवादः “आराधकहरूलाई दोषमुक्त गराउन सक्षम भएन”
यहाँ लेखकले एक जना मात्र आराधक भनेका छन्, तर उनले भन्ने खोजेको चाहिँ पवित्र वासस्थानमा आराधना गर्न आउने सबै मानिसका बारेमा हो ।
“परमेश्वरले नयाँ प्रणालीको सृष्टि नगर्नुभएसम्म”
“नयाँ करार”
परमेश्वरको व्यवस्थाको अधीनमा भएको पवित्र वासस्थानको आराधना सेवाका बारेमा स्पष्ट पारेपछि, लेखकले नयाँ करारको ख्रीष्टको आराधना सेवा झन् उत्तम हो भनेर स्पष्ट पार्दछन्, किनभने यसलाई ख्रीष्टको रगतले प्रमाणित गरेको छ । असिद्ध नक्कलको रूपमा रहेको सांसारिक पवित्र वासस्थानमा अरू प्रधान पूजाहारीहरूले गरे जस्तो नभएर ख्रीष्टले त साँचो पवित्र वासस्थान अर्थात् स्वर्गको परमेश्वरको उपस्थितिमा प्रवेश गर्नुभएको कारणले पनि यो झन् उत्तम हो ।
यसले भौतिक थोकहरूलाई जनाउँदैन । यसको अर्थ परमेश्वरले उहाँको नयाँ करारमा प्रतिज्ञा गर्नुभएका असल थोकहरू हुन् ।
यसले स्वर्गीय पवित्र वासस्थानलाई जनाउँछ, जुन पृथ्वीको पवित्र वासस्थानभन्दा झन् महत्त्वपूर्ण र सिद्ध छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन मानवीय यसलाई बनाएको होइन”
यहाँ “हात” शब्दले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “मानवजाति”
स्वर्गमा भएको परमेश्वरको उस्थितिलाई महापवित्र स्थान, अर्थात् पवित्र वासस्थानमा भएको भित्री कोठा भए झैँ गरी लेखकले भनेका छन् ।
अशुद्ध मानिसहरूमाथि पूजाहारीले थोरै खरानी छरिदिन्थे ।
यहाँ “शरीर” शब्दले सम्पूर्ण देहलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूका देहहरूका शुद्धताका लागि”
ख्रीष्टको बलिदान सबैभन्दा धेरै शक्तिशाली भयो भनेर जोड दिनका लागि लेखकले यो प्रश्न प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “त्यसो हो भने, जीवित परमेश्वरको सेवा गर्नलाई ख्रीष्टको रगतले हाम्रो विवेकलाई मृत कामहरूबाट निश्चय पनि झन् धेरै शुद्ध पार्दछ ! किनभने अनन्त आत्माद्वारा उहाँले खोटरहित किसिमले परमेश्वरमा आफैँलाई चढाउनुभयो ।”
ख्रीष्टको “रगत” ले उहाँको मृत्युलाई जनाउँछ ।
यो सानो पाप वा नैतिक पतन हो जुन ख्रीष्टको शरीरमा भएको कुनै सानो, असामान्य दाग वा त्रुटीको रूपमा बताइएको छ ।
यहाँ “विवेक” शब्दले व्यक्तिको दोष महसुस हुने कुरा जनाउँछ । विश्वासीहरूले गरेका पापहरूका लागि तिनीहरूले अब फेरि दोषी महसुस गर्नुपर्दैन, किनभने येशूले आफैँलाई बलिदान चढाउनुभयो र तिनीहरूलाई क्षमा गर्नुभयो ।
यहाँ “शुद्ध पार्नु” शब्दले हामीले गरेको पापको दोषबाट हाम्रो विवेकलाई छुटकारा दिने कार्य जनाउँछ ।
पापपूर्ण कामहरू चाहिँ मृकहरूको संसारको भए झैँ गरी बताइएको छ ।
“परिणामस्वरूप” वा “यसले गर्दा”
यसको अर्थ ख्रीष्टले परमेश्वर र मानवजातिका बीचमा नयाँ करारलाई स्थापना गर्नुभयो ।
तपाईंले यसलाई हिब्रू ८:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“पहिलो करारमुनि भएकाहरूको पापहरू लैजानलाई ।” सम्भावित अर्थहरू हुन् १) यहाँ “तिनीहरूका पापहरू” भनेको तिनीहरूका पापहरूको दोषलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “पहिलो करारमुनि भएकाहरूको पापहरूको दोषलाई लैजान” वा २) यहाँ “तिनीहरूका पापहरू” भनेको तिनीहरूका पापहरूको सजायलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “पहिलो करारमुनि भएकाहरूको पापहरूको दण्ड लैजानलाई”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसलाई परमेश्वरले उहाँका छोराछोरीहरू हुनलाई छान्नुभएको छ”
परमेश्वरले विश्वासीहरूका लागि जे कुराको प्रतिज्ञा गर्नुभएको छ, सो कुरा प्राप्त गर्नुचाहिँ परिवारका सदस्यबाट जग्गाजमिन र धनसम्पत्तिको पैतृक हक प्राप्त गरेको जस्तै हो भनी लेखकले भनेका छन् ।
एउटा कानुनी दस्तावेज जसमा कुनै व्यक्तिको मृत्यु भएपछि उसको जग्गाजमिन कसले प्राप्त गर्नेछ भनेर उसले उल्लेख गरेको हुन्छ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “इच्छपत्र गरेको व्यक्तिको मृत्यु भएको छ भनेर कसैले प्रमाणित गर्नुपर्दछ”
यसलाई कर्तृवाच्य र सकारात्मक स्वरूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “यसैले परमेश्वरले पहिलो करार पनि रगतले नै स्थापित गर्नुभयो”
तपाईंले यसलाई हिब्रू ८:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
परमेश्वरमा बलिदान चढाइएका जनावरहरूका मृत्यु चाहिँ अरू केही होइन तर रगत हो भनेर बताइएको छ । वैकल्पिक अनुवादः “परमेश्वरमा बलिदान चढाएका जनावरहरूका मृत्यु”
पूजाहारीले हिसपलाई रगत र पानीमा चोपे, र हिसपलाई हल्लाए, र यसरी रगत र पानी व्यवस्थाको पुस्तकमाथि र मानिसहरूमाथि पर्यो । छर्कने काम पूजाहारीले गरेका साङ्केतिक काम थिए, जसद्वारा तिनीहरूले करारका फाइदाहरूलाई मानिसहरू र थोकहरूमाथि प्रयोग गरे । यहाँ चर्मपत्र र मानिसहरूको परमेश्वरप्रतिको स्वीकारयोग्यतालाई नवीकरण गरिएको छ ।
गर्मीयाममा फूल फुल्ने काठ हुने वनस्पति, जसको सांस्कारिक रूपमा छर्किने कार्यमा प्रयोग हुन्थ्यो
करारको आवश्यकता पूरा गर्न बलिदान चढाइएका जनावरहरूका मृत्युलाई “रगत”ले जनाँछ । वैकल्पिक अनुवादः “करारलाई प्रभावकारी बनाउने रगत”
“मोशाले छर्के”
छर्कने काम पूजाहारीले गरेका साङ्केतिक काम थिए, जसद्वारा तिनीहरूले करारका फाइदाहरूलाई मानिसहरू र थोकहरूमाथि प्रयोग गरे । यसलाई तपाईंले [हिब्रू ९:१९]
भाँडा भन्नाले कुनै थोक हाल्ने सामान हो । यहाँ कुनै पनि किसिमका भाँडाकुँडा वा औजारलाई जनाउँछ । वैकल्पिक अनुवादः “आराधनामा प्रयोग हुने सबै भाँडाकुँडाहरू”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पूजाहारीले आफ्ना काममा प्रयोग गरे”
यहाँ पशुको “रगत”ले पशुको मृत्युको बारेमा कुरा गरिरहेको छ ।
कुनै थोक परमेश्वरलाई ग्रहणयोग्य तुल्याउने कुरालाई त्यो कुरालाई शुद्ध पार्ने कुरा जस्तो हो भनी लेखकले भनेका छन् । यो विचारलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “करिब हरेक थोक शुद्ध पार्नका लागि पूजाहारीले रगतको प्रयोग गरे”
यहाँ “रगत बगाउने” भन्नाले परमेश्वरमा बलिदानका रूपमा कुनै कुरा मर्नुपर्छ भन्ने हो । दोहोरो नकारात्मकको अर्थ रगत बगाएपछि सम्पूर्ण क्षमा हुन्छ । वैकल्पिक अनुवादः “बलिदान रूपमा कुनै थोक मर्यो भने मात्र क्षमा हुन्छ” वा “बलिदान रूपमा कुनै थोक मर्यो भने मात्र परमेश्वरले क्षमा गर्नुहुन्छ”
अस्पष्ट अर्थलाई तपाईंले स्पष्ट पारेर लेख्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “मानिसहरूका पापको क्षमा”
ख्रीष्टले (यति बेला हाम्रा लागि स्वर्गमा मध्यस्थबिन्ती चढाउँदै हुनुहुन्छ) पापका लागि एकपल्ट मात्र मर्नुपर्यो, र उहाँ फेरि दोस्रोपल्ट यस पृथ्वीमा फर्केर आउनुहुन्छ भनेर लेखकले जोड दिन्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “स्वर्गमा भएका थोकहरूको नक्कलहरूलाई शुद्ध पार्नका लागि पूजाहारीहरूले यी जनावरका बलिदानको प्रयोग गर्नुपर्दछ”
यसको अर्थ पृथ्वीका नक्कलहरूलाई शुद्ध पार्नका लागि प्रयोग भएको भन्दा झन् उत्तम हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “स्वर्गका थोकहरू आफ्नै लागि, परमेश्वरले झन् उत्तम बलिदानहरूले शुद्ध पार्नु आवश्यक थियो”
यहाँ “हातद्वारा” को अर्थ “मानिसहरूद्वारा” हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले बनाएका महापवित्र स्थान”
“साँचो महापवित्रस्थानको”
“तिनी स्वर्गमा प्रवेश गर्नुभएन”
“प्रत्येक वर्ष” वा “वर्षैपिच्छे”
बलि चढाएको जनावरको रगत लिएर, तिनको आफ्नै रगत होइन
“यदि उहाँले बारम्बार आफैँलाई चढाउनुपरेको भए”
पापलाई हटाउने कुराले परमेश्वरले त्यसलाई माफ गरिदिनुभएको कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “आफैँलाई बलिदान दिनुभएर परमेश्वरलाई पापहरू माफ गर्नुहुने तुल्याउन” वा “आफैँलाई बलिदान गर्न ताकि परमेश्वरले पापलाई क्षमा गर्न सक्नुभएको होस्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ख्रीष्टले एकचोटिको लागि आफैँलाई बलिदान चढाउनुभयो”
हाम्रा पापको दोषी महसुस गर्नुको साटोमा हामीलाई निर्दोष बनाउने काममा हाम्रा पाप कुनै भौतिक वस्तु हो, जसलाई ख्रीष्टले बोकेर हामीबाट हटाइदिनुहुन्छ । वैकल्पिक अनुवादः “यसरी परमेश्वरले पाप क्षमा गर्न सक्नुभएको होस्”
यहाँ “पाप” भन्नाले मानिसहरूले पाप गरेको हुनाले तिनीहरूले परमेश्वरको सामु दोषी महसुस गरेको कुरा हो ।
1 किनकि व्यवस्था हुन आउने असल कुराहरूको एक छायाँ मात्र हो, ती आफैँमा सत्य थोकहरू भने होइनन् । पुजारीहरूले वर्षैपिच्छे लगातार रूपमा चढाउने यस्ता बलिहरूले परमेश्वरको नजिक जान कहिल्यै पूर्ण बनाउन सकेन् । 2 नत्रता के बलि चढाउने काम बन्द हुने थिएन र ? त्यसो हुँदो हो त, आराधकहरू एकै पल्टमा सधैँका लागि शुद्ध हुने थिए, तिनीहरूलाई थप पापको चेतना हुने थिएन । 3 तर ती बलिदानहरूले वर्षैपिच्छे पापहरूको सम्झना गराउँछन् । 4 किनभने साँढे र बोकाहरूको रगतले पाप हटाउन असम्भव छ । 5 जब ख्रीष्ट संसारमा आउनुभयो, उहाँले भन्नुभयो, “तपाईंले भेटीहरू र बलिदानहरू चाहनुभएन, बरु तपाईंले मेरो लागि एउटा शरीर तयार पारिदिनुभएको छ । 6 पापका लागि न त पुरै होमबलि न बलिदानहरूमा तपाईं प्रसन्न हुनुभयो ।” 7 तब मैले भनेँ, “हेर्नुहोस्, पुस्तकको मुट्ठोमा मेरो बिषयमा लेखिएजस्तै तपाईंको इच्छा पुरा गर्न म यहाँ छु ।” 8 उहाँले पहिला भन्नुभयो, “पापका निम्ति न त बलिदानहरू, न भेटीहरू र होमबलिहरू नै तपाईंले चाहनुभयो, न त ती कुराहरूमा तपाईं प्रसन्न हुनुभयो ।” (यी त व्यवस्थाअनुसार चढाइन्छन् ) । 9 तब उहाँले भन्नुभयो, “हेर्नुहोस्, म तपाईंकै इच्छा पुरा गर्न आएको छु ।” दोस्रो अभ्यासलाई स्थापित गर्न उहाँले पहिलो अभ्यासलाई रद्द गर्नुहुन्छ । 10 दोस्रो अभ्यासमा हामी उहाँको इच्छाबाट सधैँका निम्ति येशू ख्रीष्टको शरीरको बलिदानद्वारा परमेश्वरमा समर्पित भएका छौँ । 11 अर्कोतिर, हरेक पुजारी दिनहुँ परमेश्वरको सेवा गर्न खडा भइरहन्छ । उसले सधैँ उस्तै भेटीहरू चढाइरहेको हुन्छ, त्यसले कहिल्यै पनि पापलाई उठाई लान सक्दैन । 12 अर्कोतिर, ख्रीष्टले पापका निम्ति सधैँको लागि एउटै बलिदान चढाएर उहाँ परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको छ । 13 उहाँका शत्रुहरूलाई आफ्नो पाउदानमा नपारेसम्म उहाँ पर्खिरहनुहुन्छ । 14 किनकि उहाँले एउटै बलिद्वारा परमेश्वरमा समर्पित भएकाहरूलाई सदाका निम्ति सिद्ध पार्नुभएको छ । 15 र पवित्र आत्माले पनि हामीलाई गवाही दिनुहुन्छ, किनभने पहिला उहाँले भन्नुभयो, 16 “मैले तिनीहरूसँग बाँध्ने करार यही हो, ती दिनहरूपछि, परमप्रभु भन्नुहुन्छ । तिनीहरूका हृदयमा म मेरो व्यवस्था रखिदिनेछु, र तिनीहरूको मनमा पनि लेखिदिनेछु ।” 17 म कहिल्यै पनि तिनीहरूका पाप र दुष्कर्महरू सम्झनेछैनँ ।” 18 अब जहाँ यी कुराहरूको क्षमा हुन्छ, त्यहाँ पापका निम्ति कुनै बलिदानको खाँचो पर्दैन । 19 यसकारण, भाइहरू हो, हामीसँग येशूको रगतद्वारा महा-पवित्रस्थानभित्र प्रवेश गर्ने साहस छ । 20 पर्दा अर्थात् उहाँको आफ्नो शरीरद्वारा उहाँले हाम्रा लागि नयाँ र जीवित बाटो खोलिदिनुभएको छ । 21 र परमेश्वरको घरमा हामीसँग महान् पुजारी हुनुभएकोले 22 हाम्रो हृदयका अशुद्ध विवेकलाई छिट्काउद्वारा हाम्रो शरीरलाई शुद्ध पानीले धोएर विश्वासको सम्पूर्ण निश्चयतासाथ हामी साँचो हृदय लिएर नजिक जाऔँ । 23 हामीले स्वीकार गरेको आशालाई दृढतासाथ बलियोसँग थामी राखौँ, किनकि प्रतिज्ञा गर्नुहुने परमेश्वर विश्वासयोग्य हुनुहुन्छ । 24 हामीले एक अर्कालाई प्रेम र असल कामहरूले कसरी उत्साह दिने भन्ने कुरालाई विचार गरौँ । 25 हामी एक-अर्कामा सँगसँगै भेला हुन नछोडौँ, जसरी कतिले छोडेका छन् । बरु, दिन नजिकै आएको हुनाले जतिसक्दो एकले अर्कालाई झन् बढी उत्साह देओ । 26 किनकि यदि सत्यताको ज्ञान पाएर पनि हामी जानिबुझिकन पाप गरिरहन्छौँ भने, पापका लागि कुनै बलिदान बाँकी रहँदैन । 27 त्यसको सट्टामा, न्यायको डरलाग्दो प्रतीक्षा र परमेश्वरका शत्रुहरूलाई भस्म पार्ने क्रोधको डरलाग्दो आगो मात्र रहनेछ । 28 मोशाको व्यवस्थालाई उल्लङ्घन गर्ने जो कोही पनि दुई वा तिन जना साक्षीको गवाहीमा दयाविना नै मर्दछ । 29 परमेश्वरका पुत्रलाई खुट्टाले कुल्चने, परमेश्वरमा समर्पित गरिएको करारको रगतलाई अपवित्र तुल्याउने र अनुग्रहको आत्मालाई अपमान ठान्ने जो कोहीले झन् कति बढी सजाय पाउँछ होला । 30 किनकि यसो भन्नुहुनेलाई हामी जान्दछौँ, “बदला लिने काम मेरो हो; म बदला लिनेछु ।” र फेरि, “परमप्रभुले उहाँका मानिसहरूको न्याय गर्नुहुनेछ ।” 31 जीवित परमेश्वरको हातमा पर्नु डरलाग्दो कुरा हो । 32 तर तिमीहरूले ज्योति पाएपछि पनि दुःखको कठिन घडीमा कसरी सह्यौ, ती अघिका दिनहरूको सम्झना गर । 33 तिमीहरू सबैका सामु अपमानित र तिरस्कृत भएका थियौ, र त्यस्तै समस्यामा परेकाहरूसँगै तिमीहरू सहभागी भयौ । 34 किनकि कैदमा हुनेहरूलाई तिमीहरूले दया देखायौ; आफ्नो सम्पत्ति खोसिँदा पनि त्यसलाई सहर्ष स्वीकार गर्यौ; यो जानेर कि तिमीहरूसँग अझ उत्तम र रहिरने आफ्नै सम्पत्ति छ । 35 त्यसकारण, आफ्नो निश्चयतालाई नगुमाओ, जसको ठुलो इनाम छ । 36 तिमीहरूलाई धैर्यको खाँचो छ । त्यसकारण, परमेश्वरले तिमीहरूलाई जे प्रतिज्ञा गर्नुभएको थियो, उहाँको इच्छालाई पुरा गरेपछि, सो प्राप्त गर्नेछौ । 37 “किनकि केही बेरमा जो आउँदै हुनुहुन्छ, उहाँ अवश्य आउनुहुनेछ र ढिलाउनु हुनेछैन । 38 मेरा धर्मी जन विश्वासद्वारा जिउनेछ, यदि ऊ पछि फर्कन्छ भने, म उसँग प्रसन्न हुनेछैन ।” 39 तर हामी नाश हुनेहरूमध्येका होइनौँ, जो विनाशतिर फर्कन्छ । बरु, ती मध्येका हौँ जसले हाम्रो आत्मालाई बचाइराख्ने विश्वास छ ।
यो अध्यायमा, लेखकले मन्दिरमा चढाउने गरेको बलिदानभन्दा येशूको बलिदान झन् उत्तम कसरी हो भन्ने कुरालाई स्पष्ट पारेर सिध्याउँछन् ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । १०:५-७, १५-१७, ३७-३८ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
ख्रीष्टिएनहरूका लागि पवित्र जीवन बिताउने कुरा महत्त्वपूर्ण हुन्छ । मानिसहरूले आफ्नो ख्रीष्टिएन जीवन जसरी बिताउने गर्दछन्, त्यसका लागि परमेश्वरले तिनीहरूबाट हिसाब लिनुहुन्छ । ख्रीष्टिएनहरूका लागि अनन्त दण्डाज्ञा नभए तापनि, अधार्मिक कार्यहरूका लागि दुष्परिणाम भने अवश्य भोग्नुपर्ने छ । साथै, विश्वासयोग्य जीवन बिताउनेहरूले इनाइ पाउने छन् । , अनि अनि )
बलिदान आफैँमा बचाउने शक्ति हुँदैन । ती विश्वासका प्रदर्शन भएको हुनाले प्रभावकारी हुन्थे, जुन बलिदान चढाउने व्यक्तिका लागि फाइदा हुन्थ्यो । आखिरमा यी बलिदानलाई “पाप हटाउन” सक्षम बनाउने कार्य येशूको बलिदानले गर्यो । अनि )
लेखकले लेख्दै गर्दा यो अगमवाणी पूरा भएको थियो कि यो पछि पूरा हुन आउने कुरा थियो भन्ने चाहिँ स्पष्ट छैन । अनुवादकले यो करार सुरु हुने समय स्पष्ट पार्न आवश्यक हुँदैन । अनि )
लेखले व्यवस्था र त्यसका बलिदानहरू कमजोरी दर्शाउँछन्, परमेश्वरले किन व्यवस्था दिनुभयो, अनि नयाँ पूजाहारीपन र ख्रीष्टको बलिदानको सिद्धतालाई स्पष्ट तुल्याउने कार्य गर्दछन् ।
यसले व्यवस्थालाई छायाँ हो भनेको छ । लेखकले भन्न खोजेको कुरा व्यवस्था परमेश्वरले प्रतिज्ञा गर्नुभएको असल कुरा होइन । यसले परमेश्वरले गर्न लाग्नुभएको असल कुराको सङ्केत मात्र दिन्छ ।
“आफैँमा वास्तविक थोकहरू होइन”
“हरेक वर्ष”
ती बलिदानका शक्ति सिमित थियो भन्ने कुरामा जोड दिनका लागि लेखकले एउटा प्रश्न प्रयोग गर्दछन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले ती बलिदान चढाउन छोडेको हुनुपर्थ्यो ।”
“हुन रोकिएको”"stopped being
यहाँ शुद्ध हुने थिए भन्नाले पापका लागि फेरि दोषी महसुस गर्ने थिएनन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बलिदानले तिनीहरूका पाप हटाउने थियो” वा “परमेश्वरले तिनीहरूलाई फेरि पापको दोषी तुल्याउनुहुने थिएन”
“आफू पापका लागि दोषी भएको विचार तिनीहरूले फेरि कदापि गर्ने थिएनन्” वा “तिनीहरू अब पापका लागि दोषी छैनन् भनी जान्ने थिए”
पाप भन्ने कुरा जनावरका रगतले त्यो बहँदै गर्दा बगाएर लैजाने वस्तु भए झैँ गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “किनभने साँढे र बोकाहरूका रगतले परमेश्वरलाई पाप क्षमा गर्ने तुल्याउन असम्भव छ”
यहाँ “रगत” ले परमेश्वरमा बलि चढाउँदा यी जनावर मर्ने कुरा जनाउँछ ।
उहाँ यस पृथ्वीमा हुनुहुँदा ख्रीष्टले बोल्नुभएका वचनहरूका बारेमा दाऊदको भजनबाटको यस उद्धरणमा भविष्यवाणी भएको थियो ।
यहाँ “तपाईं” शब्द एकवचन हो र यसले परमेश्वरलाई जनाउँछ ।
“तपाईंले एउटा देह तयार राख्नुभएको छ”
यहाँ “मैले” शब्दले ख्रीष्टलाई जनाउँछ ।
शब्दहरूमा अलकति बद्लेर लेखकले जोड दिनका लागि दाऊदको भजनबाट यी उद्धरण दोहोर्याएका छन् ।
तपाईंले यी शब्दहरूलाई हिब्रू १०:५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
तपाईंले यस्तै समान शब्दहरूलाई हिब्रू १०:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई पूजाहारीहरूले चढाउँछन्”
“हेर” वा “सुन” वा “मैले तिमीलाई भन्न लागेको कुरामा ध्यान देऊ”“हेर” वा “सुन” वा “मैले तिमीलाई भन्न लागेको कुरामा ध्यान देऊ”
यहाँ भएको भाववाचक नाम “अभ्यास”ले पापको प्रायश्चित गर्ने तरिकालाई जनाउँछ । यो प्रचलन रोक्ने कुरालाई हटाउन सक्ने कुनै वस्तु भएको जस्तो गरी लेखकले भनेका छन् । पापको प्रायश्चितको दोस्रो तरिका सुरु गर्ने कुरालाई त्यो कुरा स्थापित गर्ने जस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “दोस्रो तरिकाले पापको प्रायश्चित गर्नका उहाँले पहिलो तरिकाले पापको प्रायश्चित गर्न रोकिदिनुहुन्छ”
यी शब्द “पहिलो” र “दोस्रो” क्रमागत नम्बर हुन् । वैकल्पिक अनुवादः “पुरानो प्रचलन ... नयाँ प्रचलन”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई शुद्ध पार्नुभएको छ” वा “परमेश्वरले हामीलाई उहाँमा अर्पित गर्नुभएको छ”
भाववाचक नाम “बलिदान” लाई “बलि चढाउने” वा “बलि गर्ने” भनेर क्रियापदका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “येशू ख्रीष्टले आफ्नो शरीरलाई बलिदानका रूपमा चढाउनुभएको हुनाले” वा “किनभने येशू ख्रीष्टले उहाँको शरीर बलि चढाउनुभयो”
“दिनैपिच्छे” वा “हरेक दिन”
“पाप” कुनै व्यक्तिले ठाउँ सार्न सक्ने वस्तु भएको जस्तो गरी यसले भन्दछ । वैकल्पिक अनुवादः “परमेश्वरलाई पाप क्षमा गर्ने कदापि तुल्याउन सक्दैन”
यहाँ “दाहिने बाहुलीपट्टि” बस्नु भनेको परमेश्वरबाट महान् सम्मान र अधिकार प्राप्त गर्ने कुराको सङ्केतात्मक कार्य हो । यस्तै समान वाक्यांशलाई तपाईंले [हिब्रू १:३]
ख्रीष्टका शत्रुहरूका अपमानका बारेमा तिनीहरू उहाँका खुट्टा अड्याउने वस्तु भए जस्तो गरी तिनीहरूका बारेमा लेखकले भनेका छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले ख्रीष्टका शत्रुहरूलाई अपमानित नतुल्याउन्जेल र तिनीहरू उहाँका पाउदान जस्ता नहोउन्जेल”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसलाई परमेश्वरले शुद्ध पार्दै हुनुहुन्छ ।” वा “तिनीहरू जसलाई परमेश्वरले आफ्नै निम्ति अर्पित गर्नुभएको छ”
यो पुरानो करारका यर्मिया अगमवक्ताको पुस्तकबाट लिएको उद्धरण हो ।
“मेरा मानिसहरूसँग”
“मेरा मानिसहरूसँगको पहिलो करारको समय सकिएपछि”
यहाँ “हृदय” भनेको व्यक्ति भित्री मानिसको लागि प्रतिस्थापन शब्द हो । “तिनीहरूको हृदयमा राखिदिनेछु” भन्ने वाक्यांश चाहिँ मानिसहरूलाई व्यवस्थाको पालना गर्नलाई सक्षम तुल्याउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “म तिनीहरूलाई मेरो व्यवस्थाको पालना गर्नलाई सक्षम तुल्याउनेछु”
यो पुरानो करारका यर्मिया अगमवक्ताको पुस्तकबाट लिएको उद्धरणको निरन्तरता हो ।
“म तिनीहरूका पापहरू र दुष्कर्महरू फेरि कहिल्यै याद गर्नेछैन ।” वा “म तिनीहरूका पापहरू र दुष्कर्महरूका बारेमा फेरि कहिल्यै विचार गर्नेछैन ।” यो पवित्र आत्माको गवाहीको दोस्रो भाग हो
“पापहरू” र “दुष्कर्महरू” शब्दका मूलभूत अर्थ एउटै हो । पाप कति खराब छ भन्ने कुरालाई ती दुवै मिलेर जोड दिँदछन् । वैकल्पिक अनुवादः “तिनीहरूले गरेका निषेधित कुराहरू र कसरी तिनीहरूले व्यवस्थालाई तोडे”
“यो बेला” भन्ने अर्थमा होइन, तर यसपछि आउन लागेको महत्त्वपूर्ण बुँदामा ध्यान एकाग्र गराउनका लागि यसलाई प्रयोग गरिएको छ । यसको अर्थ “यो बेला” भन्ने होइन ।
यसका शब्दहरू मिलाएर लेख्न सकिन्छ, र यसरी भाववाचक नाम “क्षमा” लाई क्रियापदका रूपमा “क्षमा गर्ने” भनी लेख्न सकियोस् । वैकल्पिक अनुवादः “जब परमेश्वरले यी कुरालाई क्षमा गर्नुभएको हुन्छ”
यसका शब्दहरू मिलाएर लेख्न सकिन्छ, र यसरी भाववाचक नाम “बलिदान” लाई क्रियापदका रूपमा “बलिदान चढाउने” भनी लेख्न सकियोस् । वैकल्पिक अनुवादः “मानिसहरूले पापका लागि फेरि बलिदान चढाउन पर्नेछैन”
पापका एउटै मात्र बलिदान छ भनेर स्पष्ट पारेपछि, लेखकले मन्दिरको महापवित्र स्थानमा भएका थोकहरूका बारेमा निरन्तर कुरा गर्छन् जुन स्थानमा पापका लागि चढाएको बलिदानको रगत लिएर प्रधान पूजाहारी मात्र त्यहाँभित्र वर्षमा एकचोटी प्रवेश गर्न सक्दछन् । अब विश्वासीहरू आफैँ महापवित्र स्थानमा खडा भए झै गरी तिनीहरूले परमेश्वरको आराधना गर्न सक्दछन् भनी लेखकले तिनीहरूलाई स्मरण गराउँदछन् ।
यहाँ “भाइहरू” शब्दले पुरुष र स्त्री दुवै ख्रीष्टिएनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “भाइहरू र बहिनीहरू” वा “विश्वासी प्रियजनहरू”
यहाँ यसको अर्थ परमेश्वरको उपस्थिति हो, यसले पुरानो करारको पवित्र वासस्थानमा भएको महापवित्र स्थानलाई जनाउँदैन ।
यहाँ “येशूको रगत” ले येशूको मृत्युलाई जनाउँछ ।
सम्भावित अर्थहरू हुन् १) यो येशूले उपलब्ध गराउनुभएको परमेश्वरकहाँ जाने नयाँ मार्ग हो, जसको परिणामस्वरूप विश्वासीहरू सदासर्वदा जिउने छन् वा २) येशू जीवित हुनुहुन्छ र उहाँको बाट भएर विश्वासीहरू परमेश्वरको उपस्थितिमा प्रवेश गर्दछन् ।
पार्थिव मन्दिरमा भएको पर्दाले मानिसहरू र परमेश्वरको साँचो उपस्थितिलाई अलग गरिएको कुरालाई जनाउँछ ।
यहाँ “शरीर” शब्दले येशूको शरीरलाई जनाउँछ र उहाँको शरीरले उहाँले गर्नुभएको बलिदानीपूर्ण मृत्युलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँको मृत्युद्वारा”
यस अनुवाद यस्तो किसिमले होस्, ताकि यो “महान् पूजाहारी” येशू नै हुनुहुन्छ भनी स्पष्ट होस् ।
“घरको रेखदेखमा”
यसले परमेश्वरका मानिसहरू साँच्चैका घर हुन जस्तो गरी भन्दछ । वैकल्पिक अनुवादः “परमेश्वरका सबै मानिसहरू”
यहाँ “नजिक जाने” भन्नाले परमेश्वरको आराधना गर्ने कुरा जनाउँछ, जस्तो पूजाहारी परमेश्वरको वेदीमा पशु बलि चढाउन उहाँकहाँ जान्छन् ।
“विस्वासयोग्य हृदयले” वा “इमानदार हृदयले ।” यहाँ “हृदय” शब्दले विश्वासीहरूमा हुने साँचो इच्छा र प्रेरणालाई जनाउँछ । वैकल्पिक अनुवादः “सच्चा हृदयले” वा “इमानदार तवरले”
“विश्वासको दृढतासाथ” वा “पूर्ण रूपमा येशूमा भर परेर”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले आफ्नो रगतले हाम्रो हृदय शुद्ध पार्नुभएको जस्तो”
यहाँ “हृदय” ले विवेक अर्थात् असल र खराबको सचेतनालाई जनाउँछ । शुद्ध हुने कुराले क्षमा भएको कुरा र धार्मिकताको अवस्था प्रदान गरिएको कुरालाई जनाउँछ ।
छर्कने काम पूजाहारीले गरेका साङ्केतिक काम थियो, जसद्वारा तिनीहरूले करारका फाइदाहरूलाई मानिसहरू र थोकहरूमाथि प्रयोग गरे । यसलाई तपाईंले [हिब्रू ९:१९]
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले हाम्रा शरीरलाई शुद्ध पानीले धोइदिनुभएको थियो जस्तो”
यदि यो वाक्यले ख्रीष्टिएन बप्तिस्मालाई जनाएको हो भनेर अनुवादकले बुझेका छन् भने “पानी” साँच्चिकै पानी हो र यसको साङ्केतिक छैन । तर यदि यो पानीलाई साँच्चिकै पानीको रूपमा लिने हो भने, “शुद्ध” शब्दले यहाँ उल्लेखित बप्तिस्माले ल्याउने आत्मिक शुद्धतालाई जनाउने साङ्केतिक अर्थ दिन्छ । “धुने” कुराले विश्वासीहरूलाई परमेश्वरमा ग्रहणयोग्य तुल्याउने कुरा जनाउँछ ।
यहाँ “बलियोसँग” शब्द कुनै व्यक्तिले केही कुरा गर्ने वा नगर्ने भनी दृढतासाथ निर्णय गर्ने कुरा जनाउने अलङ्कार हो । यहाँ प्रयोग भाववाचक नामहरू “स्वीकार” र “आशा” लाई क्रियापदका रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले परमेश्वरबाट दृढतापूर्वक आशा गरेको कुराहरूलाई हामी निरन्तर स्वीकार गर्ने निर्णय गरौँ”
केही कुराको बारेमा अनिश्चित हुने कुरा चाहिँ कोही व्यक्ति यताउता धर्मराइरहेको भए झैँ गरेर बताइएको छ । वैकल्पिक अनुवादः “अनिश्चित नभइकन” वा “शङ्का नगरिकन”
आराधना गर्न भेला हुने मानिसहरूका बारेमा तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “हामी आराधनामा एकसाथ भेला हुन नछोडौँ”
भविष्यको समय कुनै वस्तु हो र त्यो वक्ताको नजिक आउँदै छ जस्तो गरी लेखकले भनेका छन् । यहाँ “दिन” शब्दले येशू फेरि दोस्रोपल्ट आउने दिनलाई जनाउँछ । वैकल्पिक अनुवादः “ख्रीष्ट फेरि दोस्रोपल्ट चाँडै नै आउने कुराका बारेमा तिमीहरू जान्दछौ”
लेखकले अब उनको चौथो चेतावनी दिन्छन् ।
“हामी जान्दछौँ कि हामी पाप गर्दैछौँ तर पनि हामी अझै अनि अझै गर्छौँ”
सत्यताको ज्ञानको बारेमा यो कुनै एक व्यक्तिले अर्को व्यक्तिलाई दिन सक्ने एउटा वस्तु भए झैँ गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “हामीले सत्यताको बारेमा सिकेपछि”
परमेश्वरको बारेमा सत्यता ।
कसैले पनि नयाँ बलिदान दिन सक्षम हुँदैन, किनभने यो कार्य गर्न ख्रीष्टको बलिदान मात्र पर्याप्त छ । वैकल्पिक अनुवादः “परमेश्वरले हाम्रा पाप क्षमा गर्नका लागि कसैले पनि बलिदान चढाउन सक्दैन”
यहाँ “पापका लागि बलिदान” भन्नाले “पाप हटाउनका लागि जनावर बलिदान चढाउने प्रभावकारी तरिकालाई जनाउँछ ।”
परमेश्वरको न्यायको, यसको अर्थ परमेश्वरले न्याय गर्नुहुनेछ ।
परमेश्वरको क्रोधको बारेमा त्यो उहाँका शत्रहरूलाई भष्म पार्ने आगो हो जस्तो गरी लेखकले भनेका छन् ।
यसको अर्थ हुन्छ, “कम्तीमा दुई वा तीन साक्षीहरूको ।”
ख्रीष्टलाई इन्कार गर्नेहरू लागि भएको दण्डको कठोरता बारेमा लेखकले जोड दिन्छन् । वैकल्पिक अनुवादः “यो गम्भीर दण्ड थियो । तर ... दण्ड झन् बढी कठोर होला !”
ख्रीष्टलाई बेवास्ता गर्ने र उहाँलाई गिल्ला गर्न कुरालाई उहाँलाई खुट्टाले कुल्चने कुराजस्तो लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरको पुत्रलाई इन्कार गरेको छ”
यो येशूको लागि महत्त्वपूर्ण नाउँ हो ।
यसले कुनै व्यक्तिले परमेश्वरको पुत्रलाई कुल्चेको दर्शाउँछ । वैकल्पिक अनुवादः “करारको रगतलाई अपवित्र झैँ व्यवहार गरेर”
यहाँ “रगत” शब्दले ख्रीष्टको मृत्युलाई जनाउँछ, जसद्वारा परमेश्वरले नयाँ करार स्थापित गर्नुभयो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पमेश्वरले उसलाई पवित्र तुल्याउनुभएको रगत”
“अनुग्रह गर्नुहुने परमेश्वरको आत्मा”
यहाँ भएको “हामी” शब्दले लेखक र विश्वासीहरूलाई जनाउँछ । यी दुई उद्धरण पुरानो करारको मोशाको व्यवस्थाबाट लिइएको हो ।
बदला भन्ने कुरा परमेश्वरसँग भएको कुनै थोक हो जस्तो गरी लेखकले भनेका छन् । परमेश्वरलाई उहाँसँग भएका थोकका बारेमा जेसुकै गर्ने अधिकार छ । परमेश्वरलाई उहाँका शत्रुहरूसँग बदला लिने अधिकार छ ।
कसैले अरूका विरुद्धमा गरेका हानि पुर्याउने कामका बदला लिएको जस्तो गरी परमेश्वरले लिनुहुने बदलाको कुरा गरेका छन् ।
परमेश्वले दिनुहुने दण्ड पूरा रूपले पाउने कुरालाई परमेश्वरको हातमा पर्ने भनेको हो । यहाँ “हात” शब्दले न्याय गर्ने परमेश्वरको शक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले दिनुहुने दण्ड पूरा रूपले प्राप्त गर्नु”
“विगतको समय”
सत्यता सिकेका कुरालाई परमेश्वरले त्यस व्यक्तिमा ज्योति चम्काइदिनुभएको जस्तो हो भनी लेखकले भनेका छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले ख्रीष्टका बारेमा सत्यता सिकेपछि”
“तिमीहरूले कति धेरै दुःख सहनुपर्यो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले तिमीहरूलाई सार्वजनिक ठाउँमा अपमान गरे र सताए”
“तिमीहरू तिनीहरूसँग सम्मिलित भयौ”
परमेश्वरले दिनुहुने अनन्तको आशिषलाई “सम्पत्ति” हो भने झैँ गरी लेखकले भनेका छन् ।
हिब्रू १०:३७ मा पुरानो करारका यशैया अगमवक्ताको पुस्तकबाट लिएको उद्धरण छ ।
आत्मविश्वास नभएको व्यक्तिका बारेमा कसैले काम नलाग्ने फोहर फाले झैँ उक्त व्यक्तिले आत्मविश्वासलाई टाढा फालिदिएको जस्तो हो गरी लेखकले भनेका छन् । भाववाचक नाम “आत्मविश्वास” लाई विशेषण “आत्मविश्वासी” वा क्रिया विशेषण “निश्चित तरिकाले” भनी अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आत्मविश्वासी हुन नछोड, किनभने आत्मविश्वासी हुनाले तिमीहरूले ठूलो इनाम पाउने छौ” वा “आत्मविश्वासी भएर परमेश्वरमा भर पर्न नछोड, जसले तिमीहरूलाई ठूलो इनाम दिनुहुनेछ”
तपाईंले यसलाई स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जस्तो परमेश्वरले धर्मशास्त्रमा भन्नुभएको छ, ‘किनभने एकदमै कम क्षणमा’
“धेरै चाँडो”
हिब्रू १०:३८ मा लेखकले हबकुक अगमवक्ताको पुस्तकबाट उद्धरण लिएका छन्, जुन १०:३७ मा यशैया अगमवक्ताको पुस्तकबाट लिएको उद्धरणपछि तुरुन्तै सुरु हुन्छ ।
यी कुराले सामान्यतया परमेश्वरका कुनै पनि मानिसलाई जनाउँछन् । वैकल्पिक अनुवादः “मेरा विश्वासयोग्य मानिसहरू ... यदि तिनीहरूमध्ये कोही पनि फर्कन्छ भने ... त्यस व्यक्तिसँग” वा “मेरा विश्वासयोग्य मानिसहरू ... यदि तिनीहरू फर्कन्छन् भने ... तिनीहरूसँग”
यहाँ “मेरो” र “म” शब्दहरूले परमेश्वरलाई जनाउँछन् ।
उसले गरिरहेको असल थोक गर्न छोड्छ भने
साहस र विश्वास गुमाउने व्यक्ति चाहिँ केही थोकसँग डराएर पछाडि हटेको जस्तै गरी बताइएको छ । अनि “विनाश” भनेको चाहिँ पुग्न सक्ने कुनै ठाउँ भएजस्तो गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “जसले परमेश्वरमा भरोसा गर्न छोड्दछ, जुन कुराले उहाँले हामीलाई नाश गर्ने तुल्याउनेछ”
अनन्तसम्म परमेश्वरसँग बस्ने कुरालाई लेखकले कसैको आत्मालाई बचाइराख्ने कुरा भनेका छन् । यहाँ “प्राण” भन्नाले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “जुन कुराले हामीलाई सदासर्वदा परमेश्वरको साथमा बस्न योग्य तुल्याउँछ”
1 अब विश्वासचाहिँ आशा गरिएका कुराहरूको बारेमा भएको निश्चयता हो; अहिलेसम्म नदेखेका घटनाहरूको बारेमा भएको प्रमाण हो । 2 किनकि हाम्रा पुर्खाहरू तिनीहरूको विश्वासका निम्ति यसरी नै प्रमाणित भएका थिए । 3 विश्वासद्वारा हामी बुझ्न सक्छौँ, कि सारा विश्व परमेश्वरको आज्ञाद्वारा सृष्टि भएको थियो । त्यसकारण, जे देखिन्छन् ती देखिने कुराहरूबाट बनाइएका होइनन् । 4 विश्वासद्वारा नै हाबिलले कयिनले भन्दा उत्तम बलिदान चढाए । यसकारण, तिनी धर्मी हुन पुगे । यसरी, परमेश्वरप्रति तिनको भेटीको कारणले गर्दा तिनले सर्मथन पाए । त्यसैकारण, हाबिल मरे तापनि तिनी अझ बोलिरहेका छन् । 5 विश्वासद्वारा नै हनोक माथि उठाई लगिए र तिनले मृत्यु देखेनन् । “तिनी भेटिएनन्, किनकि परमेश्वरले तिनलाई उठाउनुभयो ।” कारण तिनी उठाइनुभन्दाअघि तिनले परमेश्वरलाई प्रसन्न पारेको प्रमाणित भएको थियो । 6 विनाविश्वास परमेश्वरलाई प्रसन्न पार्न असम्भव छ । किनकि जो परमेश्वरकहाँ आउँछ उसले परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने कुरामा विश्वास गर्नैपर्छ र उहाँलाई जसले खोज्छ त्यसले इनाम पाउनेछ भनी विश्वास गर्नुपर्छ । 7 विश्वासद्वारा नै नोआलाई अहिलेसम्म नदेखेका कुराहरूका बारेमा ईश्वरीय सन्देश दिइएको थियो । तिनले भक्तिमय सम्मानसाथ एउटा पानी जहाज बनाए र आफ्नो घरानालाई बचाए । यसो गरेर तिनले संसारलाई दोषी ठहराए र विश्वासअनुसार तिनी धार्मिकताका उत्तराधिकारी भए । 8 अब्राहामलाई बोलाइँदा विश्वासद्वारा नै तिनले आज्ञापालन गरे र तिनी उत्तराधिकारको रूपमा पाउनुपर्ने ठाउँतिर गए । आफू कहाँ जाँदै छु भन्ने कुरा थाहै नपाए तापनि तिनी गए । 9 तिनी विश्वासद्वारा नै प्रतिज्ञाको देशमा एक परदेशीको रूपमा बसे । तिनी पालहरूमा इसहाक र याकूबसँगै उही प्रतिज्ञाको सङ्गी उत्तराधिकारीको रूपमा बसे । 10 किनकि तिनले जगहरू भएको सहरलाई हेरिरहेका थिए, जुन सहरको रचनाकार र निर्माणकर्ता परमेश्वर स्वयम् हुनुहुन्छ । 11 सारा बाँझी भए तापनि अब्राहामले गर्भधारण गराउने शक्ति विश्वासद्वारा नै प्राप्त गरे । तिनी एकदमै वृद्ध भइसक्दा यसो भएको थियो । तिनीहरूलाई प्रतिज्ञा दिनुहुनेप्रति तिनीहरू विश्वासयोग्य भइरहे । 12 त्यसैकारण, मरेतुल्य यिनै एक जना मानिसबाट आकाशका असङ्ख्य तारा र समुद्री किनारका असङ्ख्य बालुवासरह सन्तानहरू जन्मिए, जसलाई गन्नै सकिँदैन । 13 यी सबै प्रतिज्ञालाई प्राप्त नगरिकनै यिनीहरू सबैले टाढैबाट स्वागत गरे । पृथ्वीमा परदेशी र निर्वासितहरू मात्र हौँ भन्ने कुरा स्वीकार गर्दै तिनीहरू विश्वासमा नै मरे । 14 किनकि जसले यस्ता कुराहरू भन्दछन् तिनीहरूले एउटा स्वदेश खोजिरहेका छन् भन्ने कुरा स्पष्ट हुन्छ । 15 साँच्चै नै तिनीहरूले आफू निस्केर गएको देशका लागि सोचिरहेका भए, तिनीहरूले फर्केर जाने मौका पाउने थिए । 16 तर तिनीहरू अझ उत्तम देश अर्थात् स्वर्गीय देशको चाहना गर्दछन् । त्यसकारण, परमेश्वर तिनीहरूका परमेश्वर हुन लजाउनुहुन्न, किनकि उहाँले तिनीहरूका लागि एउटा सहर तयार पार्नुभएको छ । 17 आफ्नो जाँच हुँदा विश्वासद्वारा नै अब्राहामले इसहाकलाई बलि चढाए, जो उनको एक मात्र छोरा थिए जसलाई उनले बलिदान चढाए । उनले नै प्रतिज्ञाहरू प्राप्त गरेका थिए । 18 यिनी तिनै अब्राहाम थिए जसलाई यसो भनिएको थियो, “इसहाकद्वारा नै तेरो सन्तानको नाउँ रहनेछ ।” 19 परमेश्वरले इसहाकलाई मृत्युबाट जीवित पार्न सक्नुहुने थियो भन्ने कुरा अब्राहामलाई थाहा थियो, र साङ्केतिक अर्थमा भन्नुपर्दा उनले तिनिहरूबाट आफ्ना छोरालाई फिर्ता पाएका थिए । 20 आउन लागेका थोकहरूको बारेमा इसहाकले विश्वासद्वारा नै याकूब र एसावलाई आशिष् दिए । 21 याकूब मर्नै लागेका बेलामा विश्वासद्वारा नै उनले योसेफका हरेक छोरालाई आशिष् दिए । लौरोको टुप्पोमा अडेस लागेर याकूबले आराधना गरे । 22 योसेफको अन्त्य नजिकिँदा विश्वासद्वारा नै तिनले मिश्रबाट इस्राएलीहरू प्रस्थान हुने विषयमा बोलेका थिए र तिनका अस्थिहरूको बारेमा तिनीहरूलाई आदेश दिएका थिए । 23 मोशा जन्मँदा तिनी सुन्दर भएको कारणले गर्दा उनका आमाबुबाले विश्वासद्वारा नै तिनलाई तिन महिनासम्म लुकाएर राखे र तिनीहरू राजाको आदेशसित डराएनन् । 24 मोशा हुर्केपछि विश्वासद्वारा नै तिनले फारोकी छोरीको छोरा कहलाइनलाई इन्कार गरे । 25 त्यसको सट्टामा, तिनले पापको क्षणिक सुख भोग्नुभन्दा बरु परमेश्वरका मानिसहरूसँगै दुःख भोग्ने कुरालाई छाने । 26 मिश्रको सम्पत्तिमा भन्दा ख्रीष्टलाई पछ्याउँदा सहनुपर्ने अपमानलाई नै उनले बहुमूल्यको ठाने । कारण उनले आफ्ना आँखालाई इनाममाथि केन्द्रित गराएका थिए । 27 विश्वासद्वारा नै मोशाले मिश्रदेश छोडे । उनी राजाको क्रोधदेखि डराएनन्, किनकि एक जो अदृश्यलाई देखेजस्तै गरी उनले सही रहे । 28 त्यसकारण, नाश गर्नेले इस्राएलीहरूका पहिले जन्मिएका जेठा छोराहरूलाई छुन नसकोस् भनी विश्वासद्वारा नै उनले निस्तार-चाड र रगतको छिट्काउको पालन गरे । 29 विश्वासद्वारा नै उनले सुख्खा जमिनमा हिँडेजस्तै गरी लाल समुद्र पार गरे । जब मिश्रीहरूले पनि यसै गर्न खोजे, तब तिनीहरू डुबे । 30 तिनीहरूले सात दिनसम्म यरीहो पर्खालको वरिपरि घुमेपछि विश्वासद्वारा नै यो ढल्यो । 31 राहाब वेश्याले विश्वासद्वारा नै जासुसहरूलाई शान्तिसाथ सत्कार गरेकीले हुनाले तिनी अनाज्ञाकारीहरूसँगै नष्ट भइनन् । 32 अनि योभन्दा बढी म के भनौँ ? यदि मैले गिदोन, बाराक, शिमशोन, यिप्ता, दाऊद, शमूएल र अगमवक्ताहरूको बारेमा भनेँ भने, मलाई समय नै पुग्दैन । 33 विश्वासद्वारा नै तिनीहरूले राज्यहरूलाई जिते; न्यायपूर्ण काम गरे; र प्रतिज्ञाहरू प्राप्त गरे । तिनीहरूले सिंहहरूको मुखलाई बन्द गरिदिए । 34 तिनीहरूले आगोको ज्वालालाई निभाए; तरवारको धारबाट भागे; रोगहरूबाट निको पारिए; युद्धमा शक्तिशाली भए; र विदेशी सेनाहरूलाई भगाए । 35 स्त्रीहरूले आफ्ना मरेकाहरूलाई पुनरुत्थानद्वारा प्राप्त गरे । अरूले अझ उत्तम पुनरुत्थान प्राप्त गर्नलाई तिनीहरूले छुटकारालाई स्वीकार गरेनन् । त्यसैले, तिनीहरूले दण्ड भोगे । 36 अरूहरूले निन्दा, कोर्रा, साङ्ला र कैदजस्ता आदि कुराहरू सहे । 37 तिनीहरूलाई ढुङ्गाले हानियो । तिनीहरूलाई दुई भाग हुने गरी चिरियो । तिनीहरूलाई तरवारले मारियो । तिनीहरूले भेडा र बाख्राको छाला लगाएर हिँड्डुल गर्नुपर्यो र विभिन्न किसिमका दुःख, निर्दयता र अमानवीय कुराहरू सहनुपर्यो । 38 यो संसार तिनीहरूका लागि योग्य थिएन । तिनीहरू मरुभूमि, पहाड, गुफा र जमिनका ओडारहरूतिर तितर-बितर हुनुपर्यो । 39 यहाँसम्म यी सबै मानिसहरू तिनीहरूका विश्वासको कारण परमेश्वरद्वारा प्रमाणित भए, तापनि तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू प्राप्त गर्न सकेनन् । 40 हामीविना तिनीहरू सिद्ध नहोऊन् भनी परमेश्वरले हाम्रा लागि अझ उत्तम कुरा अघिबाटै योजना गरिदिनुभएको थियो ।
विश्वास के हो, सो कुरा भनेर लेखकले यो अध्याय सुरु गर्दछन् । अनि विश्वास गरेका धेरै मानिस र उनीहरूले कसरी जीवन बिताए भन्ने कुराको उदारण लेखकले दिन्छन् ।
पुरानो र नयाँ दुवै करारमा परमेश्वरले विश्वास आवश्यक ठान्नुहुन्छ । विश्वास भएका केही मानिसहरूले आश्चर्यकर्महरू गरे र धेरै शक्तिशाली थिए । विश्वास भएका अन्य मानिसहरूले ठूलाठूला दुःख भोगे ।
यो छोटो परिचयमा लेखकले विश्वासका बारेमा तीन कुरा भन्दछन् ।
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ लेखकले “विश्वास”को अर्थ स्पष्ट पार्न सुरु गर्दछन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब हामीसँग विश्वास हुन्छ, हामीले आशा गरेको थोकहरूका बारेमा हामी निश्चित हुन्छौँ” वा “विश्वास नै हो जसले कुनै व्यक्तिलाई केही निश्चित थोकहरूलाई निश्चयतासँग अपेक्षा गर्न दिन्छ”
यहाँ यसले परमेश्वरको पक्का प्रतिज्ञालाई, अर्थात् विशेष रूपले येशूमा भएका सबै विश्वासी सदासर्वदा परमेश्वरसँग स्वर्गमा वास गर्नेछन् भन्ने कुराको निश्चयतालाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले अझैसम्म नदेखेका कुराहरू” वा “अझैसम्म देखा नभएका कुराहरू”
“किनभने अझैसम्म हुन नआएका कुरा हुने छन् भन्ने कुराका बारेमा तिनीहरू पक्का थिए”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हाम्रा पूर्खाहरूले विश्वास गरेका हुनाले परमेश्वरले तिनीहरूलाई ग्रहण गर्नुभयो”
लेखकले हिब्रूहरूका पूर्खाहरूका बारेमा हिब्रूहरूसँग कुरा गरिरहेका छन् । वैकल्पिक अनुवादः “हाम्रा पूर्खाहरू”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले ब्रह्माण्डलाई अस्तित्वमा आउने हुकुम गर्नुभइ त्यो सृष्टि गर्नुभयो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हाम्रा आँखाले जे देख्न सक्दछौँ, ती कुराको सृष्टि परमेश्वरले दृश्य थोकहरूबाट गर्नुभएन”
अब लेखकले धेरै मानिसका (धेरैजसो पुरानो करारको लेखहरूबाट) उदाहरण दिन्छन्, जो विश्वासले जिएका थिए, यद्यपि तिनीहरू यस पृथ्वीमा बाँचेको समयमा परमेश्वरले प्रतिज्ञा गर्नुभएका कुराहरू तिनीहरूले प्राप्त गरेनन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनलाई धर्मी घोषणा गर्नुभयो” वा “हाबिल धर्मी हुन् भनी परमेश्वरले घोषणा गर्नुभयो”
धर्मशास्त्र र हाबिलका विश्वासका बारेमा सिक्न सक्ने कुरालाई अझ पनि हाबिल आफैँ बोलेका हुन् भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “हाबिलले जे गरे सो कुराबाट हामीले अझै पनि सक्न सक्दछौँ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्वासले गर्दा हनोकको मृत्यु भएन किनभने परमेश्वरले तिनलाई लानुभयो”
मृत्यु कुनै वस्तु हो, जसलाई मानिसहरूले देख्न सक्छन् भने जस्तो गरी लेखकले भनेका छन् । यसको अर्थ मृत्युको अनुभव गर्नु हो । वैकल्पिक अनुवादः “मृत्यु हुनु”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनलाई लानुभन्दा अगि”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) “हनोकले परमेश्वरलाई खुशी पारेका कुरा परमेश्वरले भन्नुभयो” वा २) “हनोकले परमेश्वरलाई खुशी पारेका कुरा मानिसहरूले भने ।”
यहाँ “अब” शब्दलाई “यो बेला” भन्ने अर्थमा होइन, तर यसपछि आउन लागेको महत्त्वपूर्ण बुँदामा ध्यान एकाग्र गराउनका लागि यहाँ “अब” शब्दको प्रयोग भएको हो ।
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कुनै व्यक्तिले परमेश्वरमा विश्वास गर्यो भने मात्र उसले परमेश्वरलाई प्रसन्न पार्न सक्छ”
परमेश्वरको आराधना गर्ने इच्छा गर्नु र उहाँको प्रिय हुने त्यो व्यक्ति साँच्चै नै परमेश्वरकहाँ गएको जस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “कुनै पनि व्यक्ति जो परमेश्वरको हुन चाहन्छ”
“उहाँले तिनीहरूलाई इनाम दिनुहुन्छ”
परमेश्वरको बारेमा सिक्ने र उहाँका आज्ञापालनको प्रयत्न गर्नेहरूका बारेमा तिनीहरूले उहाँलाई भेट्न खोजेका हुन् भने जस्तो गरी लेखकले भनेका छन् ।
यसलाई कर्तृ वाच्यमा र अन्य शब्दहरूमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनलाई भन्नुभएको हुनाले”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसभन्दा पहिले कसैले कदापि नेदेखेका कुराहरूका बारेमा” वा “अझैसम्म हुन नआएका घटनाका बारेमा”
यहाँ “संसार” शब्दले संसारको मानव जनसङ्ख्यालाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यस बेला संसारमा बाँचेका मानिसहरूलाई”
नोआले परिवारका सदस्यबाट जग्गाजमिन र धनसम्पत्तिको उत्तराधिकार पाएको जस्तो गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरबाट धार्मिकता पाए”
“परमेश्वरमा विश्वास गर्नेहरूलाई उहाँले दिनुहुन्छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब परमेश्वरले तिनलाई बोलाउनुभयो”
“त्यो ठाउँमा जान आफ्नो घर छाडे”
परमेश्वरले अब्राहामका सन्तानलाई दिने प्रतिज्ञा गर्नुभएको मुलुकका बारेमा त्यो अब्राहामले उत्तराधिकारका रूपमा पाउने कुराजस्तो हो भनी लेखकले भन्दछन् । वैकल्पिक अनुवादः “कि परमेश्वरले तिनलाई दिनुहुने थियो”
“तिनले आफ्नो घर छाडे”
यसलाई शब्दहरू अगिपछि गर्न सकिन्छ, र यसरी भाववाचक नाम “प्रतिज्ञा”लाई क्रियापदका रूपमा “प्रतिज्ञा भएको” भनेर लेख्न सकियोस् । वैकल्पिक अनुवादः “परमेश्वरले तिनका लागि प्रतिज्ञा गर्नुभएको मुलुकमा तिनी परदेशी झैँ बसोबास गरे”
“सँगैका उत्तराधिकारीहरू ।” यसले अब्राहाम, इसहाक र याकूबका बारेमा तिनीहरू आफ्ना पिताबाट आफ्नो उत्तराधिकार प्राप्त गर्ने उत्तराधिकारी हुन् भने झैँ गरी लेखकले भन्दछन् ।
“त्यो सहर जसमा जगहरू छन् ।” जगहरू भएको भन्नाले त्यो सहर चिरस्थायी हो भन्ने कुराको सङ्केत गर्दछ । वैकल्पिक अनुवादः “अनन्त सहर”
“जसको रचना र निर्माण परमेश्वरबाट भएको हो” वा “जसको रचना र निर्माण परमेश्वरले गर्नुहुन्छ”
भवनहरू र सहरहरूको नक्सा बनाउने व्यक्ति
धेरै संस्करणहरूले यस पदले सारालाई जनाएको छ भनेर अर्थ लगाउँछन्, र अरूहरूले चाहिँ यसले अब्राहामलाई जनाएको भनेर अर्थ लगाउँछन् ।
केही संस्करणहरूले यस पदले सारालाई जनाएको छ भनेर अर्थ लगाउँछन् । “विश्वासद्वारा, तिनी आफैँ बाँझी भएतापनि, उमेर नाघिसकेपछी पनि सन्तानहरू जन्माउने शक्ति प्राप्त गरिन्, किनकि तिनले ठानिन्”
भाववाचक नाम “विश्वास”लाई क्रियापद “विश्वास गर्नु” भनेर लेख्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) यो अब्राहामको विश्वासद्वारा थियो । वैकल्पिक अनुवादः “अब्राहामले परमेश्वरमा विश्वास गरेको हुनाले” वा २) यो साराको विश्वासद्वारा थियो । वैकल्पिक अनुवादः “साराले परमेश्वरमा विश्वास गरेकी हुनाले”
“पिता हुन सक्षम भए” वा “बालक हुने क्षमता पाउन सके”
“तिनले प्रतिज्ञा दिनुहुने परमेश्वर विश्वासयोग्य हुनुहुन्छ भनी विश्वास गरेको हुनाले”
यो उपमा शब्दले अब्राहामका सन्तानका सङ्ख्या ज्यादै धेरै भएको जनाउँछ ।
यसको अर्थ समुद्रको किनारमा कसैले गन्न नसक्ने गरी धेरै सङ्ख्यामा बालुवाका कण भए झैँ अब्राहामका पनि कसैले गन्न नसक्ने गरी धेरै सन्तान थिए भन्ने हुन्छ ।
यसले प्रतिज्ञाहरूका बारेमा ती कसैले प्राप्त गर्न सक्ने वस्तुहरू भए झैँ गरी भन्दछ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई जे प्रतिज्ञा दिनुभयो, सो प्राप्त नगरीकन नै”
भविष्यका बारेमा प्रतिज्ञा भएका कुराहरू यात्रीहरू भए झैँ र तिनीहरू आउँदै गरेको टाढाबाट देखिए झैँ गरी लेखकले भन्दछन् । वैकल्पिक अनुवादः “परमेश्वरले भविष्यमा के गर्नुहुनेछ भनी जानेपछि”
“तिनीहरूले स्वीकार गरे” वा “तिनीहरूले ग्रहण गरे”
यहाँ “परदेशीहरू” र “निर्वासितहरू” दुवै शब्दका मूलभूत अर्थ एउटै हो । यो पृथ्वी तिनीहरूका साँचो घर थिएन भन्ने कुरामा यसले जोड दिन्छ । परमेश्वरले तिनीहरूका लागि बनाउनुहुने तिनीहरूका भविष्यका घरतिर तिनीहरूले आफ्ना दृष्टि लगाइराखेका थिए ।
“तिनीहरूका मुलुक होस् भनी एउटा मुलुक”
“स्वर्गीय मुलुक” वा “स्वर्गमा भएको मुलुक”
यसलाई कर्तृवाच्य र सकारात्मक अर्थमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरलाई तिनीहरूले आफ्ना परमेश्वर भन्दा उहाँ खुशी हुनुहुन्छ” वा “तिनीहरूले परमेश्वरलाई आफ्ना परमेश्वर भन्दा उहाँले गर्व गर्नुहुन्छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब परमेश्वरले तिनको जाँज गर्नुभयो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले भन्नुभयो”
यहाँ “नाउँ रहने” को अर्थ नाउँ दिने वा नाउँले अलग गर्ने हो । यो वाक्यलाई कर्तृ वाच्यमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “म तिम्रो सन्तानको नाउँ राख्नेछु”
“परमेश्वरले इसहाकलाई फेरि जीवित तुल्याउन सक्नुहुन्थ्यो”
यस पदमा, “बिउँताउनु” भनेको पुनः जीवित बनाउनु हो । “मृतकहरूबाट” भन्ने कुराले तल पातालको संसारमा भएका सारा मृतक मानिसहरूलाई एकसाथ जनाउँछ ।
“एक किसिमले भन्नुपर्दा ।” यसको अर्थ लेखकले भन्न लागेको कुरा शब्दिक अर्थमा बुझ्ने कुरा हुँदैन । परमेश्वरले साँच्चिकै रूपले इसहाकलाई मरेकोबाट जीवित बनाउनुभएको थिएन । तर किनभने परमेश्वरले अब्राहामलाई रोक्नुहुँदा तिनले इसहाकको बलि गर्न लागिसकेको हुनाले, यो कुरोलाई परमेश्वरले इसहाकलाई मरेकोबाट फेरि जीवित तुल्याउनुभयो भनेको हो ।
“त्यो मृतकहरूबाट थियो”
“अब्राहामले इसहाकलाई फिर्ता पाए”
“याकूबले परमेश्वरलाई आराधना गरे”
यहाँ “तिनको अन्त्य” भनेको मृत्युलाई जनाउने नम्र शैली हो । वैकल्पिक अनुवादः “जब तिनी मर्नै लागेका थिए”
“इस्राएलका सन्तानले कहिले मिश्र छाडेर जानेछन् भनी बोले”
“इस्राएलीहरू” वा इस्राएलका सन्तानहरू”
योसेफ मिश्रमा हुँदा मरे । तिनका आफ्ना मानिसले मिश्र छाडेर जाने बेला उनीहरूले तिनका हाडहरू लिएर जाउन् भन्ने तिनको इच्छा थियो, र यसरी उनीहरूले तिनका हाडहरूलाई परमेश्वरले प्रतिज्ञा गर्नुभएको मुलुकमा लगेर गाडिदेउन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मोशाको जन्म भएपछि तिनका आमाबुबाले तिनलाई तीन महिनासम्म लुकाए”
“वयस्क उमेरका भएका थिए”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले तिनलाई ... भनी बोलाउने कुरालाई इन्कार गरे”
यसका शब्दहरू मिलाएर लेख्न सकिन्छ, र यसरी भाववाचक नाम “अपमान”लाई क्रियापदका रूपमा “अनादर गर्ने” भनी लेख्न सकियोस् । वैकल्पिक अनुवादः “ख्रीष्टले जे इच्छा गर्नुभयो त्यही कुरा तिनले गरेका हुनाले उनले सहनुपरेको मानिसहरूका अनादरको अनुभव”
ख्रीष्टको आज्ञापालन गर्ने कुरालाई लेखकले बाटोमा उहाँको पछि लाग्ने कुरा भए झैँ भनेका छन् ।
लक्ष्य हासिल गर्ने कुरामा पूर्ण रूपमा ध्यान लगाउने कुरालाई व्यक्तिले कुनै वस्तुलाई एकाग्र भई हेरेको र दायाँबायाँ हेर्न नमानेको झैँ गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “त्यसको लागि तिनले स्वर्गमा इनाम कमाउँथे भनी जानेको कुरा गर्दै”
मोशाले अदृश्य परमेश्वरलाई देखेको जस्तो गरी लेखकले भनेका छन् ।
“जसलाई कसैले देख्न सक्दैन”
यो नै पहिलो निस्तारचाड थियो । मोशाले निस्तारचाडका बारेमा परेमश्वरबाट भएको हुकुम पालन गरे र मानिसहरूलाई हरेक वर्ष ती पालन गर्ने आदेश दिए । वैकल्पिक अनुवादः “निस्तारचाडका बारेमा परेमश्वरबाट भएको हुकुम पालन गर्न र आफ्ना ढोकाका चौकोसहरूमा रगत छर्कन तिनले मानिसहरूलाई आदेश दिए” वा “तिनले निस्तारचाड र रगतको छिट्काउको स्थापना गरे”
यो कुराले इस्राएलीहरूले भेडाको एउटा पाठो मारुन् र आफू बस्ने हरेक घरका चौकोसहरूमा त्यो रगत लगाउन् भनी परमेश्वरले दिनुभएको आज्ञालाई जनाउँछ । यसरी नाश गर्नेले तिनीहरूका जेठा छोराहरूलाई हानि नगरोस् । यो निस्तारचाडको आज्ञाहरूमध्ये एउटा हो ।
यहाँ “छुने” भन्ने कुराले कसैको हानि गर्ने वा मार्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “हानि नगरोस्” वा “नमारोस्”
यहाँ पहिले “उनले” भन्नाले इस्राएलीहरूलाई र त्यसपछि फेरि “तिनीहरू” शब्दले मिश्रीहरूलाई जनाउँछ, तेस्रो “तिनीहरू” भन्नाले यरीहोको पर्खालहरूलाई जनाउँछ ।
“इस्राएलीहरूले लाल समुद्र पार गरे”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पानीले मिश्रीहरूलाई निल्यो”
यहाँ तिनीहरूलाई पानीले निलिदिएको कुरा गरेर लेखकले पानी जनावर भए झैँ भनेका छन् । वैकल्पिक अनुवादः “मिश्रीहरू पानीमा डुबे”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “इस्राएलीहरूले तिनीहरूको वरिपरि सात दिनसम्म घुमेका थिए”
“७ दिन”
“जासुसहरूलाई शान्तिपूर्वक ग्रहण गरेकी थिइ”
परमेश्वरले इस्राएलका मानिसहरूका पूर्खाहरूका लागि के-के गर्नुभयो भन्ने बारेमा लेखकले निरन्तर कुरा गर्दछन् ।
लेखकले उद्धृत गर्न सक्ने अरू धेरै उदाहरण छन् भन्ने कुरामा जोड दिनका लागि तिनले एउटा प्रश्न प्रयोग गर्दछन् । यसलाई एउटा वाक्यको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “र अरू धेरै उदाहरणहरू पनि छन् ।”
“मसँग पर्याप्त समय हुनेछैन”
यो एक पुरुषको नाउँ हो ।
यहाँ “तिनीहरू” शब्दले यसपछि लेखकले उल्लेख गर्न लागेका सबै कुरा ११:३२ मा नाउँ लेखिएका प्रत्येक व्यक्तिले गरे भन्ने अर्थ लाग्दैन । विश्वास भएकाहरूले सामान्यतया यस्ता कुराहरू गर्न सक्दछन् भनी लेखकले भन्न खोजेका हुन् । वैकल्पिक अनुवादः “यो विश्वासद्वारा थियो कि यी जस्ता मानिसहरूले”
यहाँ “राज्यहरू” शब्दले त्यहाँ बसोबास गर्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले विदेशी राज्यहरूका मानिसहरूलाई जिते”
परमेश्वरले मानिसहरूलाई मृत्युबाट बचाउनुभएको तरिकाहरूमध्ये यी केही हुन् । वैकल्पिक अनुवादः “सिंहहरूले तिनीहरूलाई खाएनन्”
परमेश्वरले मानिसहरूलाई मृत्युबाट बचाउनुभएको तरिकाहरूमध्ये यी केही हुन् । वैकल्पिक अनुवादः “आगोले तिनीहरूलाई जलाएन, तिनीहरूका शत्रुहरूले तिनीहरूलाई मारेनन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरबाट चङ्गाइ प्राप्त गरे”
“र तिनीहरू युद्धमा शक्तिशाली भए र पराजित गरे”
भाववाचक नाम “पुनरुत्थान”लाई हटाएर लेख्न सकिन्छ । “मरेका” शब्द नामिक विशेषण हो । यसलाई क्रियापदका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “मरेकाहरूलाई स्त्रीहरूले फेरि प्राप्त गरे”
यसको अर्थ तिनीहरूका शत्रुहरूले तिनीहरूलाई निश्चित शर्तहरू राखेर छुटकारा गरिदिन सक्थे भन्ने अर्थ लाग्दछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अरूले झ्यालखानाबाट छुटकारा पाउने कुराको साटोमा सतावट स्वीकार गरे” वा “अरूले छुटकारा पाउनलाई आफ्ना शत्रुहरूका माग पूरा गर्नुको साटोमा आफ्ना शत्रुहरूबाट आफू अत्याचारमा गर्ने अनुमति दिए”
ठूलो शारीरिक र मानिसक पीडा भोगे
सम्भावित अर्थहरू हुन् १) यी मानिसहरूले यस संसारमा अनुभव गरेको भन्दा उत्तम जीवनको अनुभव स्वर्गमा गर्नेछन् वा २) विश्वास नगर्ने मानिसहरूले भन्दा उत्तम पुनरुत्थान यी मानिसहरूले प्राप्त गर्नेछन् । विश्वास गर्नेहरू परमेश्वरको साथमा सदासर्वदा जिउनेछन् । विश्वास नगर्नेहरू सदासर्वदा परमेश्वरबाट अलग भएर जिउनेछन् ।
यिनीहरूलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले अरूको गिल्ला गरे र कोर्रा लगाए”
यसका शब्दहरू मिलाएर लेख्न सकिन्छ, र यसरी भाववाचक नामलाई क्रियापदका रूपमा लेख्न सकियोस् । वैकल्पिक अनुवादः “अरूहरूलाई तिनीहरूका शत्रुहरूद्वारा गिल्ला गर्न र कोर्रा लगाउन र तिनीहरूला साङ्लामा पर्न दिएर र कैदमा पारेर परमेश्वरले तिनीहरूको जाँच गर्नुभयो”
यिनीहरूलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले अरूहरूलाई गिल्ला गरे र कोर्रा लगाए ... मानिसहरूले अरूहरूमाथि ढुङ्गा वर्षाए । मानिसहरूले अरूहरूलाई करौँतीले दुई भाग गरेर चिरे । मानिसहरूले अरूहरूलाई तरवारले मारे”
“एक ठाउँदेखि अर्को ठाउँ गए” वा “सबै समय ... जिए”
“भेडा र बाख्राको छाला मात्रै लगाएर”
“तिनीहरूसँग केही थिएन” वा “तिनीहरू धेरै गरिब थिए”
यहाँ “संसार” शब्दले मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यस संसारका मानिसहरू योग्यका थिएनन्”
यस्तो चाहिँ तिनीहरूको कतै बस्ने ठाउँ नभएर हो ।
“ ... गुफाहरू ... , र केही चाहिँ जमिनमा भएका ओडारहरूमा बसे”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले यी सबै मानिसहरूलाई तिनीहरूको विश्वासको कारण आदर गर्नुभयो, तर परमेश्वरले प्रतिज्ञा गर्नुभएका कुराहरू तिनीहरू आफैँले चाहिँ प्राप्त गरेनन्”
यो वाक्यांशको अर्थ हो, “परमेश्वरले तिनीहरूसँग जे कुराको प्रतिज्ञा गर्नुभएको थियो ।”
यसलाई सकारात्मक रूपमा र कर्तृवाच्यमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई र तिनीहरूलाई सँगसँगै सिद्ध तुल्याउनका लागि”
1 यसकारण, हामी यतिका धेरै साक्षीहरूका बादलले घेरिएका हुनाले हर प्रकारका बोझ र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्छाऔँ । हाम्रा अघि राखिदिएको दौडलाई धैर्यसाथ दोडौँ । 2 विश्वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूमा हामीले हाम्रा आँखा केन्द्रित गरौँ, जसले आफ्नो सामुन्ने राखिएको आनन्दको लागि अपमान सहनुभयो र क्रुसको दुःख भोग्नुभयो, अनि उहाँ परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ । 3 त्यसैले, पापीहरूबाट उहाँको विरुद्धमा भएका वादविवाद सहनुहुनेलाई विचार गर । त्यसकारण, तिमीहरू आफ्ना हृदयमा शिथिल नहोओ र हरेस नखाओ । 4 तिमीहरूले पापको विरुद्धमा अझसम्म रगत बगाउनुपर्ने अवस्था आएको छैन वा यसको लागि सङ्घर्ष गर्नुपरेको छैन । 5 अनि तिमीहरूलाई छोराहरूसरह उत्साह दिने अर्तीलाई तिमीहरूले भुलेका छौः “हे मेरो छोरा, परमेश्वरको अनुशासनलाई हलुका नसम्झ । जब उहाँद्वारा तिमी सुधारिन्छौ, तब हरेस नखाऊ । 6 किनकि परमप्रभुले जसलाई प्रेम गर्नुहुन्छ ती हरेकलाई अनुशासनमा राख्नुहुन्छ । अनि उहाँले ग्रहण गर्ने हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्छ ।” 7 कष्टलाई अनुशासनझैँ सहो । परमेश्वरले तिमीहरूसित छोराहरूलाई जस्तै व्यवहार गर्नुहुन्छ । किनकि बाबुले अनुशासन नगरेको कुन छोरा हुन्छ र ? 8 तर यदि तिमीहरू अनुशसानविनाका छौ भने तिमीहरू अवैध भयौ, उहाँका छोराहरू भएनौ । 9 यो भन्दा बढी, हामीलाई अनुशासन गर्ने हाम्रा संसारिक बुबाहरू अनुशासनकर्ताका रूपमा थिए, जसलाई हामीले आदर गर्यौँ । यसकारण, के हामीले हाम्रा आत्माका पिताको झन् बढी आज्ञा पालन गर्नुपर्दैन र ? 10 किनकि एकातिर, हाम्रा बाबुहरूले केही दिनसम्म हामीलाई अनुशसानमा राखे जुन त्यसो गर्न तिनीहरूलाई उचित लाग्यो । तर अर्कोतिर, हामीले उहाँको पवित्रतालाई बाँड्न सकौँ भनेर परमेश्वरले हाम्रै भलाइका लागि त्यसो गर्नुहुन्छ । 11 यस समयमा कुनै पनि अनुशासन आनन्दको हुँदैन, तर दुःखदायी नै हुन्छ । तथापि जे भए तापनि यसद्वारा तालिम प्राप्त गरेकाहरूका निम्ति भने अन्त्यमा गएर यसले धार्मिकताको शान्तिपूर्ण फल फलाउँदछ । 12 त्यसकारण, लत्रेका हातहरू र र्दुबल घुँडाहरू बलियो बनाओ । 13 आफ्ना खुट्टाका लागि बाटो सिधा बनाओ । त्यसैले, जे लङ्गडो छ, त्यो नखुस्कियोस्, बरु निको होस् । 14 हरेकसित शान्तिमा बस्ने प्रयत्न गर, र पवित्रताविना कसैले पनि परमप्रभुलाई देख्न सक्दैन । 15 होसियार रहो, ताकि परमेश्वरको अनुग्रहबाट कोही पनि वञ्चित हुन नपरोस्, र तिक्तताको जरा उम्रिएर कसैलाई पनि दुःख नदियोस्, र यसले धेरैलाई दोषी नबनाओस् । 16 होसियार रहो । कोही पनि एक छाक खानाको लागि आफ्नो जन्माधिकार बेच्ने एसावजस्तो अधर्मी नहोस् वा यौन अनैतिक नहोस् । 17 किनकि तिमीहरूलाई थाहै छ, कि पछि गएर उनले त्यो आशिष्को उत्तराधिकार प्राप्त गर्ने इच्छा गर्दा उनलाई अस्वीकार गरियो, किनभने उनले विलाप गर्दा आँशुका साथ पश्चात्ताप गर्ने मौकासमेत पाएन, यद्यपि उनले यसलाई चाहेका थिए । 18 किनकि तिमीहरू जलिरहेको पहाड, अन्धकार, बादल र छुन नसक्ने पहाडमा आएका छैनौ । 19 तिमीहरू तुरही फुकिएको चर्को आवाज भएको ठाउँमा पनि आएका छैनौ, न त त्यस्तो आवाज सुन्ने ठाउँमा आएका छौ जसलाई सुनेर तिनीहरूले अर्को शब्द सुन्नु नपरोस् भनी बिन्ती गरेका थिए । 20 किनकि “यदि कुनै जनावरले त्यस पहाडलाई छोयो भने त्यसलाई ढुङ्गाले हान्नैपर्छ” भन्ने आज्ञालाई तिनीहरूले सहन सकेनन् । (नोटः केही पुरानो संस्करणमा लेखिएको छः एउटा जनावरले त्यस पहाडलाई छोयो भने, तापनि त्यसलाई ढुङ्गा वा तीरले हान्नैपर्छ) ।” 21 मोशाले भने कि त्यो दृश्य एकदमै डरलाग्दो थियो, “म डराएँ र म डरले काम्दै छु ।” 22 त्यसको सट्टामा, तिमीहरू सियोन पहाड र जीवित परमेश्वरको सहर स्वर्गीय यरूशलेम अनि दसौँ हजार स्वर्गदूतको उत्सवमा आएका छौ । 23 तिमीहरू स्वर्गमा नाउँ दर्ता गरिएका पहिले जन्मेकाहरूको सभामा, सबैका न्यायकर्ता परमेश्वरकहाँ, अनि सिद्ध पारिएका धर्मी जनका आत्माहरूकहाँ आएका छौँ । 24 अनि नयाँ करारका मध्यस्तकर्ता येशूकहाँ र हाबिलको रगतभन्दा अझ उत्तमसित बोल्ने रगतको छिट्काउमा आएका छौ । 25 हेर, तिमीहरूसित बोल्दै गर्नुहुनेलाई इन्कार नगर । किनकि यदि पृथ्वीमा तिनीहरूलाई चेतावनी दिनेलाई इन्कार गर्नेहरू त उम्केनन् भने, स्वर्गबाट चेतावनी दिनुहुनेदेखि हामी तर्कीनेहरू झन् कसरी उम्कन सक्छौँ र ? 26 कुनै समय उहाँको आवाजले पृथ्वी हल्लायो । तर अहिले उहाँले प्रतिज्ञा गर्नुभयो र भन्नुभयो, “अझ एक पटक म पृथ्वी मात्र होइन, तर स्वर्गहरूलाई पनि हल्लाउनेछु ।” 27 “अझ एक पटक” भन्ने यी शब्दहरूको अर्थ हुन्छ कि हल्लाउन सकिने थोकहरू जो सृष्टि गरिएका छन्, सबै निकालिनेछन् र हल्लाउन नसकिने थोकहरू स्थिर रहनेछन् । 28 त्यसकारण, एउटा हल्लाउन नसकिने राज्य प्राप्त गरेकोमा हामी कृतज्ञ होऔँ र यस प्रकारले आदर र श्रद्धासाथ परमेश्वरलाई आराधना गरौँ । 29 किनकि हाम्रा परमेश्वर भस्म पार्ने आगो हुनुहुन्छ ।
अनुशासनका कुरा गरेपछि लेखकले प्रोत्साहनका शृङ्खला नै प्रस्तुत गर्दछन् ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । १२:५-६ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
परमेश्वरका मानिसहरूले जे उचित छ त्यो गरून् भन्ने उहाँको इच्छा छ । जब तिनीहरूले खराब काम गर्दछन्, तब उहाँले तिनीहरूलाई सुधार्नुहुन्छ वा दण्ड दिनुहुन्छ । सांसारिक बुबाले आफूले प्रेम गरेका छोराछोरीलाई सुधार्ने र दण्ड दिने गरे झैँ उहाँले पनि त्यसो गर्नुहुन्छ ।
“हामी” र “हामीलाई” शब्दहरूले लेखक र उनका पाठकहरूलाई जनाउँछ । “तिमीहरू” शब्द बहुवचन हो र यसले पाठकहरूलाई जनाउँछ ।
पुरानो करारका धेरै सङ्ख्याका विश्वासीहरूको कारणले गर्दा विश्वासीहरूले येशूलाई आफ्नो उदाहरण मानेर जिउनुपर्ने विश्वासको जीवनको विषयमा लेखकले कुरा गर्छन् ।
पुरानो करारका विश्वासीहरू त्यस्ता बादल हुन् जसले वर्तमान् समयका विश्वासीहरूलाई घेर्दछन् भनेर लेखकले भन्दछन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “साक्षीहरूका यति ठूलो बादलले हामीलाई घेर्दछ” वा “धर्मशास्त्रमा हामीले पढ्न सक्ने विश्वासयोग्य मानिसहरूका उदाहरण अति धेरै छन्”
यहाँ “साक्षीहरू” शब्दले अध्याय ११ मा उल्लेख भएका पुरानो करारका विश्वासीहरूलाई जनाउँछ जो विश्वासीहरू अहिले दौडने विश्वासको दौड भन्दा अगाडिको समयमा जिउँथे ।
यहाँ “बोझ” र “सजिलैसित अल्झाउने पाप” चाहिँ तिनीहरूलाई बोकेर हटाउने र तल राख्न सक्ने कुनै व्यक्ति भए झैँ गरी लेखकले भन्दछन् ।
विश्वासीहरूलाई परमेश्वरमा भरोसा गर्न र उहाँको आज्ञापालन गर्न नदिने विचारहरू र बानीहरूलाई लेखकले यस्ता बोझहरू भनेका छन् जसले कुनै व्यक्ति दौडँदा बोकिरहन कठिन बनाउँछ ।
लेखक भन्दछन्, पाप चाहिँ मानिसहरूलाई अल्झाउने र तिनीहरूलाई लडाउने जाल वा त्यस्तै कुनै कुरा हो । वैकल्पिक अनुवादः “परमेश्वरको आज्ञापालन गर्न कठिन तुल्याउने पाप”
लेखकले येशूको पछि लाग्ने कुरालाई दौडने कुरा भनेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई दिनुभएका आज्ञा हामी निरन्तर पालना गरौँ, जसरी दौड नसकिएसम्म धावक दौडिरहन्छ”
येशूले नै हामीलाई विश्वास दिनुहुन्छ र हामीलाई हाम्रो लक्ष्यसम्म पुर्याएर हाम्रो विश्वासलाई सिद्ध तुल्याउनुहुन्छ । वैकल्पिक अनुवादः “हाम्रा विश्वासका सृष्टिकर्ता र त्यो पूरा गर्नुहुने” वा “हामीलाई सुरुदेखि अन्त्यसम्मै विश्वास गर्न सक्षम तुल्याउनुहुने”
येशूले अनुभव गर्नुहुने आनन्दको बारेमा लेखक भन्छन्, त्यो उहाँ पुग्नुपर्ने लक्ष्यका रूपमा परमेश्वर पिताले उहाँको सामु राखिदिनुभएको कुरा हो ।
यसको अर्थ आफू क्रूसमा मर्नुपर्ने अपमानको कुरालाई पनि उहाँले ध्यान दिनुभएन ।
“परमेश्वरको दाहिने बाहुली”पट्टि बस्नु भनेको परमेश्वरबाट महान् सम्मान र अधिकार प्राप्त गर्ने कुराको सङ्केतात्मक कार्य हो । यस्तै समान वाक्यांशलाई तपाईंले [हिब्रू १:३]
यहाँ “हृदय” ले व्यक्तिका विचार र भावनाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “निरुत्साहित”
हिब्रूका लेखकले ख्रीष्टिएन जीवनलाई दौडसँग तुलना गरेका छन् ।
यहाँ “पाप” बारेमा यो कसैले लडाइँमा युद्ध लड्ने कोही व्यक्ति भए झैँ गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “तिमीहरूले अझैसम्म पापीहरूका आक्रमणको सामना गर्न परेको छैन”
धेरै विरोधको सामना गर्ने, र यसरी मर्ने कुरालाई लेखकले ऊ मर्नुपर्ने ठाउँमा पुगेको भनेका छन् ।
यहाँ “रगत” भन्नाले मृत्युलाई जनाउँछ । वैकल्पिक अनुवादः “मृत्युको”
पुरानो करारको धर्मशास्त्रका बारेमा यो अरूलाई उत्साह दिने व्यक्ति भए झैँ गरी लेखकले भन्दछन् । वैकल्पिक अनुवादः “तिमीहरूलाई उत्साह दिनका लागि धर्मशास्त्रमा परमेश्वरले तिमीहरूलाई जे निर्दशन दिनुभएको छ”
“छोराहरू” र “छोरा”को लागि अनुवाद भएको शब्द चाहिँ खासगरी नर शिशुको लागि प्रयोग गरिने शब्द हो । त्यस संस्कृतिमा परिवारको वंश चाहिँ छोराहरूबाट निरन्तरता दिइन्थ्यो, र सामान्यतया छोरीहरूबाट दिइँदैनथ्यो । तापनि, जसरी यूएसटी र केही अङ्ग्रेजी अनुवादहरूद्वारा उल्लेख गरिएको अनुसार, लेखकले उनका शब्दहरू दुवै पुरुष र स्त्रीलाई लक्षित गरिरहेका छन् ।
यहाँ लेखकले पुरानो करारको हितोपदेशको पुस्तकबाट उद्धृत गरेका हुन्, जुन सोलोमनले उनका छोरा सन्तानहरूका लागि भनेका शब्दहरू हुन् ।
यसलाई सकारात्मक रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “परमप्रभुले तिमीलाई अनुशासन गर्नुहुँदा गम्भीर होऊ र हरेस नखाऊ”
“र निरुत्साहित नहोऊ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले तिमीलाई सुधार्नुहुन्छ”
“छोराहरू” र “छोरा”को लागि अनुवाद भएको शब्द चाहिँ खासगरी नर शिशुको लागि प्रयोग गरिने शब्द हो । त्यस संस्कृतिमा परिवारको वंश चाहिँ छोराहरूबाट निरन्तरता दिइन्थ्यो, र सामान्यतया छोरीहरूबाट दिइँदैनथ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)
“दुःखभोगको समयमा परमेश्वरले हामीलाई अनुशासन सिकाउनुहुन्छ भनेर बुझ्नु”
परमेश्वरले आफ्ना मानिसहरूलाई अनुशासन गर्नुहुने कुरा बुबाले छोराछोरीलाई अनुशासन गर्नेजस्तै हो भनेर यसले तुलना गर्दछ । बुझेका जानकारीलाई तपाईंले स्पष्ट पारेर लेख्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “बुबाले जसरी आफ्ना छोराहरूसँग व्यवहार गर्दछन्, त्यसरी नै परमेश्वरले तिमीहरूसँग व्यवहार गर्नुहुन्छ”
यी शब्द जतिपटक दोहोरिएको भए पनि पुरुष र स्त्री दुवैलाई जनाउने गरी लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “छोराछोरी ... बालक”
हरेक असल बुबाले आफ्ना छोराछोरीलाई अनुशासित गर्दछन् भन्ने कुरालाई लेखकले यो प्रश्नद्वारा स्पष्ट पार्दछन् । यसलाई एउटा सामान्य वाक्यका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “हरेक बुबाले आफ्ना छोराछोरीलाई अनुशासन गर्दछन् !”
भाववाचक नाम “अनुशासन” लाई तपाईंले “अनुशासित गर्ने” भनी क्रियापदका रूपमा लेख्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले आफ्ना सबै छोराछोरीलाई अनुशासित तुल्याउनुभए झैँ, यदि तपाईंले उहाँको अनुशासनको अनुभव गर्नुभएको छैन भने”
परमेश्वरले अनुशासित नतुल्याउनुभएका विश्वासीहरू पुरुष र स्त्रीबाट एकआपसमा विवाह नगरी जन्मिएका छोराहरू जस्तै हुन् ।
हामीले पिता परमेश्वरको आज्ञापालन गर्नुपर्छ भन्ने कुरामा जोड दिनका लागि लेखकले यहाँ प्रश्नको प्रयोग गर्दछन् । यसलाई वाक्यका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “यसकारण त्यसै गरेर, हामीले आत्माको पिताको आज्ञापालन गर्नु र जिउनुपर्दछ ।”
यो लक्षणा अर्थमा प्रयोग शब्द हो र “शरीरका पिता” भन्ने विचारसँग परस्पर विरुद्धमा हुन्छ । वैकल्पिक अनुवादः “हाम्रा आत्मिक पिता” वा “स्वर्गमा हुनुहुने हाम्रा पिता”
“ताकि हामी जिउन सकौँ”
यो अलङ्कारले “पवित्रता”का बारेमा यो एउटा वस्तु हो र यसलाई मानिसहरूका बीचमा बाँड्न सकिन्छ जस्तो गरेर लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “ताकि हामी पवित्र बनौँ जसरी परमेश्वर पवित्र हुनुहुन्छ”
यहाँ “फल” शब्द “परिणाम” वा “प्रतिफल”को लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “यसले धार्मिकताको शान्तिपूर्ण परिणाम ल्याउँछ” वा “यसले धार्मिकता उत्पन्न गर्छ, जसले शान्तिको परिणाम ल्याउँछ”
“अनुशासनद्वारा तालिम प्राप्त गरेकाहरू ।” प्रभुद्वारा हुने अनुशासन वा सुधारका बारेमा लेखकले यो प्रभु आफैँले गर्नुभएको भनेका छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले अनुशासित तुल्याएर तालिम दिनुभएको छ”
शायद यसले [हिब्रू १२:१]
शायद यसले [हिब्रू १२:१]
परमेश्वरको आदर गर्ने र उहाँलाई खुशी तुल्याउने कुराका बारेमा लेखकले यो कुरालाई हिँड्नुपर्ने सिधा बाटो भन्दछन् ।
दौड दौडने यो अलङ्कारमा, “लङ्गडो” भन्नाले दौडमा भएको अर्को व्यक्तिले चोट लागेर दौडन छोड्न खोजेको कुरालाई जनाउँछ । यसले ख्रीष्टिएनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “कमजोर भएको र दौडन छोड्न खोजेको व्यक्तिको खुट्टामा चोट नलागोस्”
परमेश्वरको आज्ञापालन गर्न छाडेका मानिसहरू बाटोमा हिँड्दा खुट्टामा चोट लागेका मानिसहरूजस्तै हुन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उसको खुट्टामा चोट नलागोस्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसको साटोमा बलियो होस” वा “बरु परमेश्वरले उसलाई निको पारून्”
मोशाले लेखेका पुस्तकमा नाउँ उल्लेख भएका एसाव इसहाकका जेठा छोरा र याकूबका दाजु थिए ।
यहाँ भाववाचक नाम “शान्ति” को बारेमा कुनै व्यक्तिले यसलाई लखेट्न सक्दछ जस्तो गरी लेखकले भन्दछन् र क्रिया विशेषण बनाएर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हरेक व्यक्तिसँग शान्तिपूर्वक जिउने कोसिस गर”
यसलाई सकारात्मक उत्साहका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “साथै पवित्र हुनलाई कडा मेहनत गर, किनभने पवित्र मानिसहरूले मात्रै प्रभुलाई देख्नेछन्”
बुझेको जानकारीलाई तपाईंले स्पष्ट रूपले लेख्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “साथै पवित्रताको पछि लाग”
“परमेश्वरको अनुग्रह ग्रहण गरेर कसैले पनि त्यसलाई फुत्किन नदेओस्” वा “परमेश्वरमाथि भरोसा गरेर कसैले पनि उहाँको अनुग्रहलाई इन्कार नगरोस्”
घृणाको वा क्रोधको विचारलाई मुखमा तितो स्वाद हुने बोटबिरुवा भएको जस्तो गरी लेखकले भन्दछन् । वैकल्पिक अनुवादः “कोही पनि तितो जराजस्तो नहोस्, जुन बढेर गयो भने दुःख दिन्छ र धेरै जनालाई हानि पुर्याउँदछ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उनको बुबा इसहाकले उनलाई आशिष् दिन इन्कार गरे”
भाववाचक नाम “पश्चाताप”लाई क्रियापद भएको वाक्यांशका रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने उनका लागि पश्चाताप गर्न सम्भव भएन” वा “किनभने उनका लागि उनको निर्णय बदल्न सम्भव भएन”
यहाँ “उनले” भन्नाले एसावलाई जनाउँछ ।
“तिमीहरू” शब्दले लेखकका पाठकहरू अर्थात् हिब्रू विश्वासीहरुलाई जनाउँछ । “तिनीहरू” शब्दले मोशाले मिश्रको मुलुकबाट बाहिर डोहोर्याएर ल्याएका मानिसहरूलाई जनाउँछ । पहिलो उद्धरण मोशाको लेखबाट लिइएको छ । हिब्रूको पत्रको यस खण्डमा सीनै पहाडमा परमेश्वरले आफूलाई प्रकट गर्नुभएको मोशाले देखेर तिनी थरथरी कामेका थिए भनेर लेखेका छन् ।
लेखकले मोशाको व्यवस्था अधीनमा जिएका विश्वासीहरू र येशू ख्रीष्ट आउनुभएपछि वर्तमान् समयमा नयाँ करारको अधीनमा जिएका विश्वासीहरूका बीचमा भिन्नता प्रस्तुत गर्दछन् । इस्राएलीहरूका सामु सीनै पहाडमा परमेश्वर कस्तो स्वरूपमा देखा पर्नुभयो, सो कुराको उदाहरण दिएर तिनले उनीहरूका अनुभवका बारेमा स्पष्ट पार्दछन् ।
अस्पष्ट जानकारीलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने इस्राएलका मानिसहरू आए झैँ तिमीहरू छुन सकिने पहाडमा आएका छैनौ”
यसको अर्थ हो, ख्रीष्टमा भएका विश्वासीहरू यस संसारको साँच्चिकैको सीनै पहाडमा अर्थात् व्यक्तिले छुन वा हेर्न सक्ने पहाडमा आएका छैनन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कुनै व्यक्तिले छुन सक्ने” वा “मानिसहरूले आफ्ना इन्द्रियहरूले थाहा पाउन सक्ने”
“तुरहीको ठूलो आवाज भएको ठाउँमा तिमीहरू आएका छैनौ”
यहाँ “आवाज” शब्दले कोही व्यक्तिले बोलेको कुरालाई जनाउँछ । “सुन्न नपरोस्” वाक्यलाई कर्तृवाच्य लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “वा परमेश्वरले त्यस्तो किसिमले बोल्नुभएको ठाउँमा आएका छैनौ, जहाँ उहाँको आवाज सुन्नेहरूले तिनीहरूका लागि उहाँले अर्को शब्द नबोल्नुभएको होस् भनी उहाँसँग बिन्ती गरे”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे परमेश्वरले आज्ञा गर्नुभयो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले त्यसलाई ढुङ्गाले हान्नुपर्छ”
हाबिल नाउँ गरेका मानिस प्रथम पुरुष र स्त्री, अर्थात् आदम र हव्वाका छोरा थिए । तिनीहरूका अर्को छोरा कयिनले हाबिललाई मार्यो ।
लेखकले सियोन पर्वत, अर्थात् येरूशलेमको मन्दिर भएको पहाडका बारेमा त्यो स्वर्ग अर्थात् परमेश्वरको वासस्थान भएको झैँ गरी भनेका छन् ।
“स्वर्गदूतहरूका गन्ने नसक्ने सङ्ख्या”
यसले ख्रीष्टका विश्वासीहरूका बारेमा तिनीहरू पहिले जन्मेकाहरू भए झैँ भन्दछ । यसले परमेश्वरका मानिसहरूका रूपमा तिनीहरूले प्राप्त गरेका विशेष स्थान र सुअवसरलाई जनाउँछ ।
“जसका नाउँहरू स्वर्गमा लेखिएका छन् ।” यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसका नाउँ परमेश्वरले स्वर्गमा लेख्नुभएको छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले सिद्ध पार्नुभएको छ”
यसको अर्थ येशूले परमेश्वर र मानवजातिका बीचमा नयाँ करार स्थापना गर्नुभयो । तपाईंले यो वाक्यलाई हिब्रू ९:१५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
येशूको रगत र हाबिलको रगतका बारेमा तिनीहरू बोलाउने मानिसहरू भएको झैँ गरी लेखकले लेखेका छन् । वैकल्पिक अनुवादः “हाबिलको रगतले भन्दा झन् उत्तम कुराहरू बोल्ने येशूको छर्किएको रगत”
यहाँ “रगत” शब्दले येशूको मृत्युलाई जनाउँछ, किनकि हाबिलको रगतले तिनको मृत्युलाई जनाउँछ ।
यो उद्धरण पुरानो करारको हाग्गै अगमवक्ताको पुस्तकबाट लिएको हो । यहाँ “तिमीहरू” शब्दले विश्वासीहरूलाई जनाउँछ । “हामी” शब्दले लेखक र पाठकहरूलाई जनाउँछ जो विश्वासीहरू नै हुन् ।
सीनै पर्वतमा इस्राएलीहरूले अनुभव गरेका कुरासित ख्रीष्टको मृत्यु भएपछि विश्वासीहरूले गरेका अनुभवको तुलना गरेर विश्वासीहरूसँग उही परमेश्वर हुनुहुन्छ र उहाँले आज तिनीहरूलाई चेतावनी दिनुहुन्छ भनेर लेखकले विश्वासीहरूलाई स्मरण गराउँछन् । यो विश्वासीहरूलाई दिइएको पाँचौँ मुख्य चेतावनी हो ।
यसलाई सकारात्मक रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “बोल्नुहुनेलाई तिमीहरूले ध्यान देओ”
अस्पष्ट जानकारीलाई स्पष्ट रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि इस्राएलका मानिसहरू न्यायबाट उम्केनन् भने”
सम्भावित अर्थहरू हुन् १) “तिनीहरूलाई यस पृथ्वीमा चेतावनी दिने मोशा” वा २) “तिनीहरूलाई सीनै पहाडमा चेतावनी दिने परमेश्वर”
परमेश्वरको आज्ञापालन नगर्ने कुरालाई लेखकले कुनै व्यक्ति परमेश्वरदेखि फर्केको र टाढा गएको भनेका छन् । वैकल्पिक अनुवादः “हामीलाई चेतावनी दिनेको आज्ञा हामीले पालना गरेनौँ भने”
“परमेश्वरले बोल्नुहुँदा उहाँको आवाजको सोरले पृथ्वी हल्लायो”
भूकम्प जाँदा जमिन हलचल गर्दा जनाउने शब्द प्रयोग गर्नुहोस् । यसले हिब्रू १२:१८-२१ अनि मोशाले परमेश्वरबाट व्यवस्था प्राप्त गर्दा पहाडमा के भएको थियो, सो कुरालाई जनाउँछ ।
यहाँ अगमवक्ता हाग्गैको पुस्तकबाट लिएको यसअगिको पदको उद्धरण दोहोरिएको छ ।
यहाँ भाववाचक नामपद शब्द “हटाउने काम”लाई “हटाउनु” क्रियापद लेखेर अनुवाद गर्न सकिन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसको अर्थ परमेश्वरले हल्लाउन सक्नुहुने थोकहरूलाई उहाँले हटाउनुहुनेछ”
भूकम्प जाँदा जमिन हलचल गर्दा जनाउने शब्द प्रयोग गर्नुहोस् । यसले हिब्रू १२:१८-२१](./18.md) अनि मोशाले परमेश्वरबाट व्यवस्था प्राप्त गर्दा पहाडमा के भएको थियो, सो कुरालाई जनाउँछ । तपाईंले “हल्लायो” र “हल्लाउनु” शब्दहरलाई [हिब्रूहरू १२:२६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन परमेश्वरले सृष्टि गर्नुभएको छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “नहल्लने थोकहरू” वा “हल्लाउन नसक्ने थोकहरू”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन हल्लिँदैन”
यो वाक्य र यसपछिको वाक्यको बीचमा भएको तार्किक सम्बन्धलाई स्पष्ट पार्नका लागि तपाईंले “किनभने हामीले” शब्दहरू थप्न सक्नुहुन्छ । “किनभने हामीले राज्य प्राप्त गरेका छौं” वा “किनभने परमेश्वरले हामीलाई आफ्नो राज्यका सदस्यहरू बनाउनुभएको छ” वैकल्पिक अनुवादः “किनभने हामीले राज्य प्राप्त गर्दैछौँ” वा “किनभने परमेश्वरले हामीलाई उहाँको राज्यको सदस्यहरू बनाउँदै हुनुहुन्छ”
“हामी धन्यवाद दिऔँ”
“भक्ति” र “भय” शब्दहरूका एकै अर्थ हुन्छन् र परमेश्वरलाई दिनुपर्ने महान् आदरलाई जोड दिन्छन् । वैकल्पिक अनुवादः “ठूलो आदर र भयका साथ”
परमेश्वर आगोजस्तै हुनुहुन्छ र उहाँले कुनै पनि थोकलाई जलाएर नाश गरिदिनुहुन्छ भने झैँ गरी यहाँ लेखकले भन्दछन् ।
1 भ्रातृ-प्रेम बनिरहोस् । 2 अपरिचितहरूलाई अतिथि सत्कार गर्न नबिर्स । किनकि थाहा नै नपाइकन कति जनाले स्वर्गदूतहरूको अतिथि सत्कार गरेका थिए । 3 तिमी आफैँ पनि कारागारमा तिनीहरूसँगै बाँधिएजस्तै सम्झना गर । जसले तिनीहरूलाई दुर्व्यवहार गरे तिमी पनि तिनीहरूको शरीरमा भएजस्तै तिनीहरूको सम्झना गर । 4 हरेकले विवाहलाई आदर गरोस् । विवाहको ओछ्यान नबिटुलियोस्, किनकि यौन दुराचारी मानिस र व्यभिचारीहरूलाई परमेश्वरले न्याय गर्नुहुनेछ । 5 तिमीहरूका चालचलनलाई रुपियाँ-पैसाको प्रेमबाट अलग राख । तिमीहरूसँग भएका थोकहरूमा सन्तुष्ट होओ । किनकि परमेश्वर आफैँले यसो भन्नुभएको छ, “म तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ, न त म तिमीहरूलाई त्याग्नेछु ।” 6 हामी सन्तुष्ट होऔँ । त्यसकारण, हामी साहससाथ भन्न सक्छौँ, “परमप्रभु मेरा सहायक हुनुहुन्छ म डराउनेछैनँ । मानिसले मलाई के गर्न सक्छ र ?” 7 तिमीहरूलाई परमेश्वरको वचन सुनाउने तिम्रा अगुवाहरूलाई विचार गर, र तिनीहरूका रहनसहनको परिणामलाई विचार गर र तिनीहरूका विश्वासको देखासिखी गर । 8 येशू ख्रीष्ट हिजो, आज र सधैँभरि एक समान हुनुहुन्छ । 9 विभिन्न प्रकारका र अनौठा शिक्षाहरूले तिमीहरूलाई टाढा नलैजाओस् । तर भोजनसम्बन्धी विधिद्वारा जिउनेहरूलाई यसले केही सहायता गर्दैन, किनकि अनुग्रहद्वारा निर्माण भएको ह्रदय असल हुन्छ । 10 हामीसँग एउटा वेदी छ, जसबाट पवित्रस्थानमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन । 11 किनकि पाप क्षमाका निम्ति प्रधान पुजारीद्वारा पशुहरूको रगत पवित्रस्थानमा ल्याइन्थ्यो । तर तिनीहरूको शरीरलाई भने छाउनीबाहिर जलाइन्थ्यो । 12 त्यसकारण, येशूले पनि आफ्नै रगतद्वारा मानिसहरूलाई समर्पण गर्नका खातिर सहरको ढोकाबाहिर दुःख भोग्नुभयो । 13 त्यसैले, हामी पनि उहाँसँगै छाउनीबाहिर जाऔँ, र उहाँको निन्दामा सहभागी होऔँ । 14 किनकि हामीसँग यहाँ कुनै स्थायी सहर छैन । बरु, हामी आउनेवाला सहरको प्रतीक्षामा छौँ । 15 त्यसैले, उहाँद्वारा परमेश्वरलाई महिमा दिन हामी सधैँ बलिदान चढाऔँ, उहाँको नाउँलाई थाहा गर्दै महिमा दिनु हाम्रो ओठको फल हो । 16 अनि हामीले एक अर्कालाई भलाइ गर्न र सहायता गर्न नबिर्सौं । किनकि यस्तै बलिदानहरूसँग परमेश्वर अति प्रसन्न हुनुहुन्छ । 17 तिमीहरूका अगुवाहरूको अधीनमा बस र आज्ञा मान, किनभने जसले हिसाब दिनुपर्नेले जस्तै गरी तिनीहरूले तिमीहरूका आत्माको रेखदेख गर्दछन् । आज्ञा मान ताकि तिम्रा अगुवाहरूले आनन्दसाथ तिमीहरूको वास्ता गरून्, दुःखसँग होइन, जुन तिमीहरूका लागि प्रयोगयोग्य छैन । 18 हाम्रा लागि प्रार्थना गर, किनकि हामीमा सफा विवेक छ भनी निश्चित हुन सकौँ र सबै कुरामा ठिक प्रकारले जिउन सकौँ । 19 अझ धेरै काम गर भनेर म तिमीहरूलाई उत्साह दिन्छु । त्यसकारण, म तिमीहरूकहाँ चाँडै फर्केर आउनेछु । 20 अब भेडाका महान् गोठाला हाम्रा प्रभु येशूको अनन्त करारको रगतद्वारा मृत्युबाट जीवनमा ल्याउनुहुने शान्तिका परमेश्वरले, 21 उहाँको इच्छा पुरा गर्न तिमीहरू हरेकलाई सुसज्जित पारून् । परमेश्वरको दृष्टिमा जे कुरा ग्रहणयोग्य छ ख्रीष्ट येशूद्वारा त्यही गर । उहाँलाई नै सधैँभरि महिमा भइरहोस् । आमेन । 22 अब भाइहरू हो, म तिमीहरूलाई उत्साह दिन्छु, कि यी उत्साहका वचनहरूलाई पालन गर, जुन मैले छोटकरीमा तिमीहरूलाई लेखेको छु । 23 तिमीहरूलाई यो थाहा होस्, कि हाम्रा भाइ तिमोथी स्वतन्त्र पारिएका छन् । यदि उनी छिट्टै आए भने, म तिमीहरूलाई उनीसँगै देख्नेछु । 24 तिम्रा सबै विश्वासी र अगुवाहरूलाई अभिवादन गर । इटालियाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् । 25 तिमीहरू सबैसँग अनुग्रह रहोस् ।
अध्याय १२ मा उल्लेखित प्रोत्साहनका सूचिलाई लेखकले सिध्याउँछन् । अनि लेखकले आफ्नो लागि प्रर्थना गर्न अनुरोध गर्दछन् र पत्रको अन्त्य गर्दछन् ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । १३:६ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
परमेश्वरका मानिसहरूले अरू मानिसहरूलाई भोजन गर्न र रातमा वास बस्नसमेत निम्तो देउन् भन्ने उहाँको इच्छा छ । परमेश्वरका मानिसहरूले आफूले निम्तो दिएका मानिसहरूलाई राम्रोसँग चिन्दैनन् भने पनि तिनीहरूले त्यसै गर्नुपर्छ । पुरानो करारमा, अब्राहाम र तिनका भतिजा लोत दुवैले तिनीहरूले नचिनेका मानिसहरूको अतिथि सत्कार गरे । अब्राहामले तिनीहरूका लागि महङ्गो भोजनको प्रबन्ध गरे, र लोतले चाहिँ तिनीहरूलाई आफ्नो घरमा राती सुत्नका लागि निम्तो दिए । ती मानिस वास्तव स्वर्गदूतहरू रहेछन् भनेर तिनीहरूले पछि थाहा पाए ।
यो निष्कर्षको खण्डमा, विश्वासीहरूले कसरी जीवन बिताउनुपर्दछ भनेर तिनीहरूलाई लेखकले विशेष सुझावहरू दिन्छन् ।
“अरू विश्वसीलाई आफ्नो प्रेम निरन्तर दर्साइरहो जसरी तिमीहरूले आफ्नो परिवारको सदस्यलाई दर्शाउँछौ”
यसलाई सकारात्मक रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “निश्चय पनि स्मरण गर”
“परदेशीहरू स्वागत गर्न र दया देखाउन”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू उनीहरूका साथमा बाँधिएको जस्तै” वा “तिमीहरू उनीहरूका साथमा कैदमा भएको जस्तै”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई अरूहरूले अत्याचार गरिरहेका छन्” वा “जसले दुःख भोगिरहेका छन्”
यो वाक्यांशले विश्वासीहरूले आफ्नै दुःखको बारेमा विचार गरे झैँ अरू मानिसहरूका दुःखको बारेमा विचार गर्न उत्साह दिन्छ । वैकल्पिक अनुवादः “दुःख भोग्नेहरू तिमीहरू आफैँ भए झैँ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एकआपसमा विवाह गरेका पुरुष र स्त्रीले एकअर्काको आदर गर्नुपर्छ”
यसले यौन एकताको कार्य चाहिँ विवाहित जोडिको ओछ्यान मात्र भए झैँ गरी बताउँछ । वैकल्पिक अनुवादः “पति र पत्नीले आफ्नो विवाह सम्बन्धलाई आदर गरून् र अरू मानिसहरूसँग नसुतून्”
यहाँ “चालचलन” शब्दले व्यक्तिको चरित्र अथवा उसले जीवन जिउने तरिकालाई जनाउँछ, र “रुपियाँ पैसाको प्रेमबाट अलग” भन्ने कुराले धेरै पैसाको लागि असाध्यै चाहना नगर्ने कुरालाई जनाउँछ । पैसालाई प्रेम गर्ने मानिस आफूसँग भएको पैसासँग सन्तुष्ट हुँदैन । वैकल्पिक अनुवादः “तिम्रो चालचलनलाई पैसाको लोभले असर नपारोस्” वा “धेरै पैसा कमाउनका लागि असाध्यै रहर नगर”
“सन्तोष मान”
यो उद्धरण पुरानो करारको भजनको पुस्तकबाट लिएको हो ।
परमेश्वरले तिनलाई सहायता गर्नुभएको कारणले तिनलाई कुनै किसिमको डर छैन भनेर जोड दिनका लागि लेखकले यो प्रश्न प्रयोग गर्दछन् । यहाँ “मानिस” शब्दले सामान्य अर्थमा कुनै पनि व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “कुनै व्यक्तिले जेसुकै नराम्रो गरे तापनि म डराउने छैन !”
“जे परमेश्वरले भन्नुभएको छ”
“तिनीहरूले गर्ने व्यवहारको परिणाम”
यहाँ परमेश्वरमा र यी अगुवाहरूद्वारा डोहोर्याइएका जीवनको शैलीमा गरिने भरोसालाई लेखकले “तिनीहरूका विश्वास” भनेका छन् । वैकल्पिक अनुवादः “तिनीहरूले गरे झैँ परमेश्वरमा भरोसा र आज्ञापालन गर”
यहाँ “हिजो” को अर्थ विगतका सारा समय हो । वैकल्पिक अनुवादः “विगतमा, वर्तमान्मा र भविष्यमा एकसमान हुनुहुन्छ”
यो खण्डले पुरानो करारको समयका विश्वासीहरूले चढाउने जनावरको बलिका बारेमा उल्लेख गर्दछ । त्यो बलिले ख्रीष्टको मृत्युको समय नहुञ्जेलसम्म केही समयका लागि तिनीहरूका पाप ढाकेको थियो ।
विभिन्न प्रकारका र अनौठा शिक्षाहरूद्वारा विश्वस्त हुने कुरालाई कुनै शक्तिले त्यस व्यक्तिलाई बोकेर टाढा पुर्याएको झैं गरी लेखकले भन्दछन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अरूहरूलाई विभिन्न प्रकारका अनौठा शिक्षाहरूमा तिमीहरूलाई विश्वास गर्ने तुल्याउन नदेओ”
“धेरै विभिन्न शिक्षाहरू, जुन हामीले तिमीहरूलाई प्रचार गरेको सुसमाचार होइन”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वर कसरी हामीप्रति दयालु हुनुभयो भनी विचार गर्दा हामी झन् सुदृढ हुन्छौँ, तर भोजनसम्बन्धी नियमहरू पालन गरेर हामी सुदृढ हुँदैनौँ”
यहाँ “हृदय” भनेको “भित्री मानिस”को लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “हामी भित्री रूपमा बलिया पारिएका हुनुपर्छ”
यहाँ “भोजन” शब्दले भोजनका बारेमा भएका नियमहरूलाई जनाउँछ ।
जीवन बिताउने कुरालाई लेखकले हिँडाइ भनेका छन् । वैकल्पिक अनुवादः “तीद्वारा जिउनेहरूलाई” वा “तीद्वारा आफ्नो जीवन सञ्चालन गर्नेहरूलाई”
यहाँ “वेदी” शब्दले “आराधना स्थल”लाई जनाउँछ । यसले पुरानो करारका पूजाहारीहरूले बलि चढाउने जनावरहरूलाई पनि जनाउँछ, जसबाट तिनीहरूले आफू र आफ्नो परिवारका लागि मासु लिन्थे ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पूजाहारीहरूले पापका लागि मारेका पशुहरूका रगतलाई प्रधान पूजाहारीले पवित्रस्थानमा लैजान्छन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जबकि पूजाहारीहरूले उक्त जनावरको शरीरलाई भने जलाउँछन्”
“मानिसहरू बसोबास गर्ने ठाउँदेखि टाढा”
यहाँ लेखकले येशूको बलिदान र पुरानो करारको पवित्र वासस्थानको बलिदानको बीचमा तुलना गरेका छन् ।
“त्यस्तै किसिमले” वा “बलिदानहरूका शरीरहरू छाउनीबाहिर जलाउने हुनाले” (हिब्रूहरू १३:११)
यसले “सहरबाहिर” भन्ने अर्थ दिन्छ ।
येशूको आज्ञापालन गर्ने कुरालाई लेखकले छाउनी छाडेर बाहिर येशू हुनुभएको ठाउँमा जाने भन्दछन् ।
कसैको हातमा वा पछाडि बोकेर हिँड्न मिल्ने कुनै वस्तु भए झैँ गरी लेखकले अपमानको बारेमा कुरा गरेका छन् । वैकल्पिक अनुवादः “मानिसहरूले उहाँको अपमान गरे झैँ हामीलाई पनि अपमान गर्ने अनुमति अरूहरूलाई दिँदै”
“पर्खिरहेका छौं”
कुनै जनावरको बलिदान वा धूप भए झैँ गरी लेखकले प्रशंसाको बारेमा भनेका छन् ।
प्रशंसा चाहिँ मानिसहरूको ओठले फलाउने फल भए झैँ गरी लेखकले भन्दछन् । वैकल्पिक अनुवादः “उहाँको नाउँ स्वीकार गर्नेहरूको ओठले निकाल्ने प्रशंसा”
यहाँ “ओठ”ले बोल्ने मानिसहरूलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “उहाँको नाउँलाई स्वीकार गर्ने मानिसहरूको ओठहरू” वा “तिनीहरू जसले उहाँको नाउँलाई स्वीकार गर्छन्”
कुनै व्यक्तिको नाउँले त्यो व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँ”
यसलाई सकारात्मक रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “अरूको भलाइ र सहायता गर्ने कुरालाई हामी सधैँ स्मरण गरौँ”
अरूको भलाइ गर्ने र सहायता गर्नु ती कुरा वेदीमाथिको बलिदान हुन् भने झैँ गरी लेखकले भन्दछन् ।
विश्वासीहरूका आत्मा अर्थात् विश्वासीहरूका आत्मिक स्वास्थ्यका बारेमा ती कुनै वस्तुहरू वा जनावरहरू हुन्, अनि रक्षकले तिनीहरूका रेखदेख गर्दछन् झैँ गरी लेखकले भन्दछन् ।
यहाँ “दुःख” शब्दले निराशा वा शोकलाई जनाउँछ ।
लेखकले आशीर्वाद र अभिवादन लेखेर अन्त्य गर्दछन् ।
यहाँ “हाम्रा” शब्दले लेखक र उनका सहकर्मीहरूलाई जनाउँछ, तर पाठकहरूलाई होइन ।
यहाँ “सफ” शब्दले दोषबाट मुक्त भएर भन्ने अर्थ दिन्छ । वैकल्पिक अनुवादः “हामी दोषी छैनौँ भन्ने कुरामा हामी निश्चित छौँ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मलाई तिमीहरूकहाँ आउनदेखि रोक्ने कुरालाई परमेश्वरले चाँडै नै हटाइदिनुभएको होस्”
यसले पत्रको नयाँ खण्डलाई सङ्केत गर्छ । यहाँ लेखकले परमेश्वरको प्रशंसा गर्दछन् र आफ्ना पाठकहरूका लागि आखिरी प्रार्थना गर्दछन् ।
“भेडाहरूका महान् गोठाला हाम्रा प्रभु येशूलाई फेरि जीवित तुल्याउनुभयो”
तिनीहरू सबैबाट जो मरेका छन् । यस अभिव्यक्तिले तल पातालको संसारमा भएका सबै मृत मानिसहरूलाई एकसाथ वर्णन गर्छ । कसैलाई तिनीहरूको माझबाट बिउँताउने कुराले त्यस व्यक्तिलाई पुनः जीवित तुल्याउने कुरालाई जनाउँछ ।
ख्रीष्टमाथि विश्वास गर्ने विश्वासीहरूका अगुवा र रक्षक उहाँ आफैँ हुनुहुन्छ भन्ने कुरालाई लेखकले उहाँलाई भेडाका महान् गोठाला भनेका हुन् ।
यहाँ “रगत” शब्दले येशूको मृत्युलाई जनाउँछ जुन चाहिँ परमेश्वर र ख्रीष्टमा भएका सबै विश्वासीहरूका बीचमा सदासर्वदा रहिरहने करारको मूल आधार हो ।
“उहाँको इच्छा पूरा गर्न तिमीहरूलाई खाँचो पर्ने हरेक असल थोक तिमीहरूलाई देऊन्” वा “उहाँको इच्छाअनुसार हरेक असल थोक गर्न तिमीहरूलाई सक्षम बनाऊन्”
“हामी” शब्दले लेखक र पाठकहरूलाई जनाउँछ ।
“जसलाई सबै मानिसले सदासर्वदा प्रशंसा गर्नेछन्”
यसले पत्रको नयाँ खण्डलाई सङ्केत गर्दछ । यहाँ लेखकले आफ्ना पाठकहरूलाई आफ्नो आखिरी टिप्पणीहरू दिन्छन् ।
यहाँ “भाइहरू” शब्दले उनले पत्र लेखिरहेका पुरुष र स्त्री गरेर सबै विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “विश्वासी प्रियजनहरू”
“तिमीहरूका उत्साहका लागि मैले भर्खर लेखेका कुरालाई धैर्यसाथ विचार गर”
यहाँ “वचन” शब्दले सन्देशलाई जनाउँछ । वैकल्पिक अनुवादः “उत्साह दिने सन्देश”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अब कैदमा छैनन्”
सम्भावित अर्थहरू हुन् १) लेखक इटालियामा छैनन्, तर तिनीसँग इटालियाबाट आएका विश्वासीहरूका एउटा समूह छ वा २) यो पत्र लेख्दै गर्दा लेखक इटालियामा छन् ।
त्यो समयमा यो एउटा क्षेत्रको नाम थियो । त्यस बेला रोम चाहिँ इटालीको त्यसबेलाको राजधानी सहर थियो ।
लेखकले आफैँलाई याकूबको रूपमा परिचय गराउँछन् । यिनी सम्भवतः येशूका सौतेनी भाइ याकूब थिए । याकूब प्राचीन मण्डलीमा एक अगुवा थिए र यरूशलेमको परिषदको एक हिस्सा थिए । प्रेरित पावलले पनि उनलाई मण्डलीको “एक खाँबो” भनी बोलाए ।
यिनी प्रेरित याकूब चाहिँ होइनन् । प्रेरित याकूब यो पत्र लेखिनुभन्दा अगाडि मारिएका थिए ।
यस पत्रमा, याकूबले दुःखभोग गरिरहेका विश्वासीहरूलाई उत्साह दिए । तिनीहरूलाई अझ बढी परिपक्व ख्रीष्टिएनहरू हुन सहायता गर्नलाई परमेश्वरले तिनीहरूको कष्टलाई प्रयोग गर्नुहुन्छ भनेर उनले तिनीहरूलाई भने । विश्वासीहरूले असल कामहरू गर्नुपर्ने आवश्यकताको विषयमा पनि याकूबले तिनीहरूलाई बताए । विश्वासीहरू कसरी जिउनुपर्छ र एक अर्कालाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने विषयमा उनले यस पत्रमा धेरै लेखे । उदाहरणको लागि, एक अर्कालाई उचित ढङ्गले व्यवहार गर्न, र एक अर्कासँग नलड्न, र आफ्ना धनहरूलाई बुद्धमानीपूर्वक रीतिले प्रयोग गर्नलाई उनले तिनीहरूलाई आज्ञा गरे ।
१:६, ११ र ३:१-१२ मा जस्तै गरी प्रकृतिबाटका धेरै उदाहरणहरू प्रयोग गरेर याकूबले उनका पाठकहरूलाई सिकाए । साथै, यस पत्रका थुप्रै अंशहरू येशूले डाँडाको उपदेशमा भन्नुभएका कुराहरूसँग समान छ (मत्ती ५-७) ।
याकूबले भने कि उनले “छरिएका बाह्र कुलहरू”लाई लेखिरहेका थिए (१:१) । केही विद्वानहरूले विचार गर्छन् कि याकूबले यहूदी ख्रीष्टिएनहरूलाई लेखिरहेका थिए । अन्य विद्वानहरूले विचार गर्छन् कि याकूबले सामान्य रूपमा सारा ख्रीष्टिएनहरूलाई लेखिरहेका थिए । “सामान्य पत्रहरू”मध्येमा भएको एक पत्रको रूपमा यस पत्रलाई चिनिन्छ किनकि यो पत्र कुनै खास मण्डली वा व्यक्तिलाई लेखिएको थिएन ।
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “याकूब” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “याकूबबाटको एउटा पत्र” वा “याकूबले लेखेको पत्र” ।
पावलले रोमीहरूमा सिकाउँछन् कि ख्रीष्टिएनहरू विश्वासद्वारा धर्मी ठहरिन्छन् र कामहरूद्वारा होइन, जबकि याकूबले ख्रीष्टिएन कामहरूद्वारा धर्मी ठहिरिन्छन् भनी सिकाएको जस्तो देखिन्छ । त्यहाँ कुनै विरोध छैन । यस विषयको एउटा समाधान भनेको “धर्मी ठहरिनु” भन्ने कुरालाई दुई फरक तरिकमा प्रयोग गरिएको छ भनेर बुझ्ने कुरा पर्छ । पावलले सिकाउँछन् कि ख्रीष्टिएनहरू परमेश्वरको सम्मुखमा धर्मी ठहरिन्छन् जबकि याकूबले सिकाउँछन् कि कोही मानिस अरू मानिसहरूको सम्मुखमा उसका कामहरूद्वारा धर्मी ठहरिन्छ ।पावलले रोमीहरूमा सिकाए कि ख्रीष्टिएनहरू विश्वासद्वारा धर्मी ठहरिन्छन् र कामहरूद्वारा होइन । ख्रीष्टिएनहरू कामहरूद्वारा धर्मी ठहरिन्छन् भनेर याकूबले सिकाएको जस्तो देखिन्छ । यो अल्मल्याउने हुन सक्छ । तर पावल र याकूबले सिकाएका कुराहरूको अझ राम्रो बुझाइले देखाउँछ कि तिनीहरू एक आपसमा सहमत हुन्छन् । तिनीहरू दुवैले सिकाए कि धर्मी ठहरिनलाई एक व्यक्तिसँग विश्वास हुन जरुरी छ । साथै तिनीहरू दुवैले सिकाए कि सच्चा विश्वासले एक व्यक्तिलाई असल कामहरू गर्न लगाउँछ । यी कुराहरूको विषयमा पावल र याकूबले फरक तरिकाहरूमा सिकाए किनभने तिनीहरूका फरक पाठकहरू थिए जसलाई धर्मी ठहरिने कुराको विषयमा विभिन्न कुराहरू जान्न खाँचो थियो । अनि अनि )
पत्र छिटो-छिटो गरेर एक विषयदेखि अर्को विषयमा सर्छ । कहिलेकाहीँ याकूबले पाठकहरूलाई बताउँदैनन् कि उनले विषय बदल्न लागेका छन् । पदहरूलाई एक अर्कासँग सम्बन्धित नभइ आउन दिनु स्वीकार्य छ । नयाँ पङ्क्तिबाट सुरु गरेर वा विषयहरूको बीचमा ठाउँ छोडेर खण्डहरूलाई अलग राख्दा अर्थ ल्याउन सक्छ ।
1 परमेश्वर र प्रभु येशू ख्रीष्टका सेवक याकूबबाट, छरपष्ट भएका बाह्र कुललाई अभिवादन । 2 मेरा भाइहरू हो, तिमीहरूले अनेकौँ किसिमका समस्याहरूको अनुभव गर्दा त्यसलाई पूर्ण रूपमा आनन्द सम्झ, 3 तिमीहरू जान्दछौ, कि तिमीहरूको विश्वासको जाँचले धैर्य उत्पन्न गराउँदछ । 4 धैर्यलाई पूर्ण रूपमा काम गर्न देओ, ताकि तिमीहरू सम्पूर्ण रूपमा सुधारिएको र पूर्ण हुन सक र तिमीहरूमा कुनै कुराको कमी नहोस् । 5 तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने, माग्ने जति सबैलाई उदारतासँग र नहप्काइकन दिनुहुने परमेश्वरसँग उसले मागोस् र उहाँले उसलाई त्यो दिनुहुनेछ । 6 तर उसले शङ्का नगरी विश्वाससाथ मागोस् । किनभने शङ्का गर्नेचाहिँ बतासले हुत्त्याउने र यताउता पल्टाउने समुद्रको छालजस्तो हुन्छ । 7 त्यस्तो व्यक्तिले परमप्रभुबाट कुनै पनि कुरा पाउनेछु भनी नसोचोस् । 8 त्यस्तो व्यक्ति दोहोरो मनको हुन्छ, र आफ्ना सबै चालमा ऊ अस्थिर हुन्छ । 9 दीन भाइले आफ्नो उच्च अवस्थामा गर्व गरोस्, 10 तर धनी मानिसले आफ्नो दीनतामा गर्व गरोस्, किनभने ऊ घाँसमा फलेको जङ्गली फुलझैँ ओइलाएर बितिजानेछ । 11 किनकि प्रचण्ड तापसहित सूर्य उदाउँछ र घाँसलाई सुकाइदिन्छ । फुल झर्छ, र त्यसको सौन्दर्य नष्ट हुन्छ । त्यसै गरी, धनी मानिस आफ्नो यात्राको बिचमा नै बिलाएर जानेछ । 12 त्यो मानिस धन्यको हो जो परीक्षामा स्थिर रहन्छ । किनभने परीक्षामा सफलता प्राप्त गरिसकेपछि उसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति प्रतिज्ञा गरिएको छ । 13 परीक्षामा पर्दा “यो परीक्षा परमेश्वरबाट आएको हो” भनी कसैले पनि नभनोस् किनभने दुष्टबाट परमेश्वरको परीक्षा हुँदैन र उहाँ आफैँले पनि कसैको परीक्षा गर्नुहुन्न । 14 तर हरेक व्यक्ति आफ्नै अभिलाषाद्वारा परीक्षामा पर्दछ, जसले उसलाई बहकाउँछ र प्रलोभनमा पार्दछ । 15 अभिलाषाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ । अनि पाप पूर्ण रूपमा बढेपछि त्यसले मृत्यु ल्याउँछ । 16 मेरा प्रिय भाइहरू हो, धोकामा नपर । 17 हरेक असल वरदान र हरेक सिद्ध वरदान माथिबाटको हो । ज्योतिका पिताबाट त्यो तल आउँछ । उहाँ बद्लिरहने छायाजस्तो बद्लिनुहुन्न । 18 उहाँले सृष्टि गर्नुभएका सबै कुरामध्ये हामी पहिलो फलझैँ हुन सकौँ भनेर परमेश्वरले सत्यको वचनद्वारा हामीलाई जीवन दिनलाई चुन्नुभयो । 19 मेरो प्रिय भाइहरू हो, तिमीहरू यो जान्दछौः हरेक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा होस् । 20 किनभने मानिसको रिसले परमेश्वरको धार्मिकताको काम गर्दैन । 21 यसकारण, सबै पापमय घिनलाग्दा कुरा र दुष्टताको प्रचुरतालाई मिल्काइदेओ । रोपिएको वचनलाई विनम्रतामा धारण गर जसले तिमीहरूका प्राणलाई बचाउन सक्छ । 22 आफैँलाई धोका दिने गरी वचन सुन्ने मात्र होइन, तर पालन पनि गर । 23 किनकि यदि कोही वचन सुन्ने मात्र व्यक्ति हो, तर पालन गर्ने व्यक्ति होइन भने ऊ ऐनामा आफ्नो स्वाभाविक अनुहार जाँच्ने मानिसजस्तै हो । 24 उसले आफैँलाई जाँच्छ र गइहाल्छ र ऊ कस्तो थियो भन्ने कुरा तुरुन्तै बिर्सिहाल्छ । 25 तर सुनेर बिर्सने व्यक्ति मात्र नभई स्वतन्त्रताको सिद्ध व्यवस्थालाई होसियारीपूर्वक ध्यान दिने र निरन्तर त्यस्तै गरिरहने व्यक्तिचाहिँ उसले गर्ने कामहरूमा आशिषित हुनेछ । 26 यदि कसैले आफैँलाई धार्मिक ठान्दछ, तर उसले आफ्नो जिब्रोलाई नियन्त्रण गर्दैन भने उसले आफ्नो हृदयलाई धोका दिन्छ र उसको धर्म व्यर्थको हुन्छ । 27 हाम्रा परमेश्वर र पिताको सामु पवित्र र निष्कलङ्क धर्म यही होः अनाथ र विधवाहरूको कष्टमा तिनीहरूलाई सहायता गर्नु, अनि आफैँलाई संसारबाट दोषरहित राख्नु ।
याकूबले पद १ मा यस पत्रलाई औपचारिक रूपमा परिचय गराउँछन् । प्राचीन मध्यपूर्व क्षेत्रमा लेखकहरूले पत्रहरूलाई यसरी नै सुरु गर्थे ।
यी शब्दहरूको अर्थ धेरै मिल्दोजुल्दो छ । अनुवादक यो कुरामा सचेत हुनुपर्छ कि यहाँ “परीक्षा”को (याकूब १:१३) अर्थ र परमेश्वरले मानिसको “जाँच” गर्नुहुने कुराको (हिब्रूहरू ११:१७) अर्थमा केही महत्त्वपूर्ण भिन्नताहरू छन् ।यी दुई शब्दहरू मा एकसाथ आउँछन् । दुवै शब्दहरूले कोही एउटा व्यक्तिको विषयमा कुरा गर्छन् जसले केही असल गर्ने र केही खराब गर्ने बीचमा छान्न सक्छन् । तिनीहरूको बीचमा भएको भिन्नता महत्त्वपूर्ण छ । परमेश्वरले त्यस व्यक्तिको जाँच गरिरहनुभएको छ र जे असल छ सो गरेको चाहनुहुन्छ । शैतानले त्यस व्यक्तिलाई परीक्षा गरिरहेको छ र जे दुष्ट छ सो गरेको त्यसले चाहन्छ ।
जाँच उतीर्ण हुने मानिसले प्राप्त गर्ने मुकुट चाहिँ एक इनाम हो, केही त्यस्तो कुरा जुन खास रूपमा केही असल गर्ने मानिसहरूले प्राप्त गर्छन् ।
याकूबले यस अध्यायमा थुप्रै अलङ्कारहरूको प्रयोग गर्छन्, तपाईंले तिनीहरूलाई राम्ररी अनुवाद गर्नसक्नुभन्दा अगाडि अलङ्कारको विषयमा भएको पृष्ठमा रहेको सामग्रीलाई तपाईंले बुझ्न जरुरी छ ।
याकूबले यस पत्र कसलाई लेखे भनेर प्रस्ट छैन । उनले आफैँलाई प्रभु येशू ख्रीष्टको एक सेवक भनी भन्छन्, त्यसैले सम्भवतः उनले ख्रीष्टिएनहरूलाई लेखिरहेका थिए । तर उनले आफ्ना पाठकहरूलाई “छरपष्ट भएर रहेका बाह्र कुलहरू” भनी भन्छन्, ती शब्दहरू जसले सामान्यतया यहूदीहरूलाई जनाउँछन् । यो सम्भव छ कि उनले यी शब्दहरूलाई “परमेश्वरले चुन्नुभएका सारा मानिसहरू”को लागि एक अलङ्कारको रूपमा प्रयोग गरिरहेका छन् अथवा उनले यो पत्र तब लेखे जब अधिकांश ख्रीष्टिएनहरू यहूदीहरूको रूपमा हुर्किएका थिए ।
प्रेरित याकूबले यो पत्र सारा विश्वाीहरूलाई लेख्छन् । तिनीहरूमध्ये धेरैजना यहूदीहरू थिए, र तिनीहरू विभिन्न ठाउँहरूमा बस्थे ।
“यो पत्र ... बाट हो” भन्ने वाक्यांश स्वतः बुझिएको छ । वैकल्पिक अनुवादः “यो पत्र याकूब, परमेश्वरको र प्रभु येशू ख्रीष्टको सेवकबाट हो”
सम्भावित अर्थहरू हुन् १) यो यहूदी ख्रीष्टिएनहरूको लागि प्रतिस्थापकीय शब्द हो, वा २) यो सबै ख्रीष्टिएनहरूको लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “परमेश्वरका विश्वासयोग्य मानिसहरूलाई”
“छरपष्ट भएर रहेका” शब्दहरूले सामान्यतया ती यहूदीहरूलाई जनाउँथ्यो जो आफ्नो स्वदेश इस्राएलबाट अन्य देशहरूमा छरिएका थिए । यो भाववाचक नामपद शब्दलाई “छरिएका” क्रियापद प्रयोग गरेको एउटा वाक्यांशसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जो संसारभर छरिएका छन्” वा “जो अन्य देशहरूमा बस्छन्”
एउटा सामान्य अभिवादन, जस्तै “जय मसिह !” अथवा “शुभ दिन !”
“मेरा सङ्गी विश्वासीहरू हो, तिमीहरूका विभिन्न किसिमका दुःख-कष्टहरूलाई उत्सव मनाउने विषय झैँ सम्झ”
“जाँच”, “तिमीहरूको विश्वास”, र “धैर्यता” जस्ता अभिव्यक्तिहरू भनेका नामपद शब्दहरू हुन् जसले अर्थ कामहरू हुन्छ । परमेश्वरले जाँच गर्नुहुन्छ, अर्थात, विश्वासीहरूले उहाँलाई कति भरोसा गर्छन् र उहाँको आज्ञापालन गर्छन् भनेर उहाँले निधो गर्नुहुन्छ । विश्वासीहरूले
यहाँ धैर्यको विषयमा यसरी बताइएको छ मानौँ त्यो कुनै काममा लागेको व्यक्ति हो । वैकल्पिक अनुवादः “कुनै पनि कठिनाइलाई सहन सिक”
सबै परिस्थितिहरूमा ख्रीष्टमा विश्वास गर्न र उहाँको आज्ञापालन गर्न सक्षम
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूलाई चाहिने सबैकुराहरू भएर” वा “तिमीहरू हुनुपर्ने सबै कुरा भएर”
“परमेश्वरसँग त्यसको लागि मागोस् । उहाँ नै हुनुहुन्छ जसले दिनुहुन्छ”
“उदारतासँग दिनुहुन्छ र कसैलाई हप्काउनुहुन्न”
“परमेश्वरले त्यो गर्नुहुनेछ” वा “परमेश्वरले तिमीहरूको प्रार्थनाको उत्तर दिनुहुनेछ”
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उत्तर दिनुहुन्छ भन्ने कुराको पूर्ण निश्चयतासाथ”
परमेश्वरले उसलाई सहायता गर्नुहुनेछ भन्ने कुरामा शङ्का गर्ने कुनै पनि व्यक्ति चाहिँ समुद्र वा ठूलो तालमा भएको पानी जस्तो हो जुन विभिन्न दिशामा यताउता गरिरहन्छ ।
“दोहोरो मनको” भन्ने वाक्यांशले कुनै व्यक्तिको विचारहरूलाई जनाउँछ जब ऊ निर्णय लिन असक्षमा हुन्छ । वैकल्पिक अनुवादः “येशूलाई पछ्याउने हो वा होइन भनेर निर्णय लिन सक्दैन”
यहाँ यस व्यक्तिको विषयमा यसरी बताइएको छ कि मानौँ ऊ कुनै एउटा बाटोमा बस्न सक्दैन तर त्यसको साटोमा एउटा बाटोदेखि अर्कोमा गइरहन्छ ।
“त्यस्तो विश्वासी जोसँग प्रशस्त रुपियाँ-पैसा छैन”
परमेश्वरले सम्मान गर्नुभएको कोही व्यक्ति चाहिँ उच्च स्थानमा उभिरहेको भए झैँ गरी बताइएको छ ।
“गर्व गरोस्” शब्दहरूलाई अघिल्लो वाक्यांशबाट बुझिएको छ । वैकल्पिक अनुवादः “तर धनी मानिसले आफ्नो दीन अवस्थामा गर्व गरोस्”
“तर त्यो मानिस जससँग धेरै पैसा छ ।” सम्भावित अर्थहरू हुन् १) धनी मानिस एक विश्वासी हो वा २) धनी मानिस एक अविश्वासी हो ।
यदि परमेश्वरले कुनै धनी विश्वासीलाई दुःख भोग गर्न लगाउनुहुन्छ भने ऊ खुशी हुनुपर्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उसलाई कठिनाइहरू दिनुभएकोमा खुशी हुनुपर्छ”
धनी मानिसहरू जङ्गली फुलहरूसँग समान छन् भनेर बताइएको छ, जुन केवल छोटो समयको लागि मात्र जीवित हुन्छन् ।
कुनै फुल सुन्दर हुन छोड्ने कुराको विषयमा यसरी बताइएको छ मानौँ त्यो भनेको त्यसको सौन्दर्य मरेको हो । वैकल्पिक अनुवादः “र त्यो अब अरू बढी सुन्दर छैन”
यहाँ फुलको उपमालाई नै सम्भवतः निरन्तरता दिइएको छ । जसरी फुलहरू अचानक मर्दैनन् तर त्यसको साटोमा छोटो समय अवधि लगाएर बिलाउँदै जान्छन्, त्यसरी नै धनी मानिसहरू पनि अचानक नमर्न सक्छन् तर त्यसको साटोमा तिनीहरू हराउनलाई छोटो समय लिन्छन् ।
धनी मानिसको दैनिकी क्रियाकलापहरूको विषयमा यसरी बताइएको छ मानौँ ती भनेका उसले गरिरहेको एक यात्रा हो । यस अलङ्कारले भन्न खोजेको छ कि उसले आफ्नो आउँदै गरेको मृत्युलाई कुनै विचार दिइरहेको छैन, र त्यसले उसलाई अचानक आएर लैजानेछ ।
याकूबले भागेर गएका विश्वासीहरूलाई सम्झाउँछन् कि परमेश्वरले परीक्षा ल्याउनुहुन्न; उनले तिनीहरूलाई परीक्षाबाट कसरी जोगिने भनेर बताउँछन् ।
“परीक्षा स्थिर हुने मानिस भाग्यशाली हो” वा “परीक्षमा स्थिर हुने मानिस ठीक हो”
कठिनाइहरूको समयमा परमेश्वरप्रति विश्वासयोग्य भइरहन्छ
“ऊ परमेश्वरद्वारा अनुमोदित भएको छ”
अनन्त जीवनको विषयमा यसरी बताइएको छ मानौँ त्यो पातहरूले बनेको हार हो जुन विजयी खेलाडिको शिरमा पहिराइन्छ । वैकल्पिक अनुवादः “अनन्त जीवनलाई उसको इनामको रूपमा पाउनु” वैकल्पिक अनुवादः “अनन्त जीवनलाई उसको इनामको रूपमा प्राप्त गर्नु”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई प्रतिज्ञा गर्नुभएको छ”
“जब उसलाई केही दुष्ट काम गर्ने अभिलाषा हुन्छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई कुनै दुष्ट काम गर्न लगाउन प्रयास गर्दै हुनुहुन्छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले परमेश्वरलाई दुष्ट काम गर्न इच्छा गर्ने बनाउन सक्दैन”
“र परमेश्वर आफैँले कसैलाई कुनै दुष्ट काम गर्न मनाउने प्रयास गर्नुहुन्न”
कुनै व्यक्तिको चाहनालाई यसरी बताइएको छ मानौँ त्यो कुनै फाल्टो मानिस हो जसले उसलाई पाप गर्न परीक्षा दिइरहेको थियो ।
खराब चाहनाको विषयमा त्यो कसैलाई बहकाउन सक्ने कुनै व्यक्ति भएको जसरी बताउनलाई निरन्तरता दिइएको छ ।
आकर्षित गर्दछ, खराब गर्न कसैलाई मनाउँछ
अभिलाषाको विषयमा त्यो कुनै व्यक्ति भएको जसरी बताउनलाई निरन्तरता दिइएको छ, यसपटक चाहिँ प्रस्ट रूपमा एक स्त्रीको जो एल बालक जन्माउ गर्भवती हुन्छिन् । त्यो बालक चाहिँ पाप हो भनेर चिनिएको छ । पाप फेरि अर्को बालिका हो जो बढ्छिन्, गर्भवती हुन्छिन्, र मृत्युलाई जन्म दिन्छिन् । यो अलङ्कारहरूको साङ्लाले कोही व्यक्तिको चित्रण दिन्छ जो आफ्नो दुष्ट अभिलाषाहरू र आफ्नो पापको कारण शारीरिक र आत्मिक दुवै रूपमा मर्न पुग्छ ।
“कसैले तिमीलाई धोका दिन नदेओ” अथवा “आफैँलाई धोका दिन छोड”
यी दुई वाक्यांशहरूको साधारणतया उस्तै अर्थ हुन्छ । कोही व्यक्तिसँग भएको कुनै पनि असल थोक परमेश्वरबाट आउँछ भनी जोड दिनलाई याकूबले तिनको प्रयोग गर्छन् ।
परमेश्वर, आकाशमा भएका सबै प्रकाशहरूका
यो अभिव्यक्तिले सूर्य, चन्द्रमा, ग्रहहरू, र आकाशमा भएका ताराहरू जस्तै, एक अपरिवर्तनीय प्रकाशको रूपमा परमेश्वरलाई चित्रण गर्दछ । यो यहाँ पृथ्वीमा पर्ने छायाँसँग विपरीतमा छ, किनकि यो छायाँ परिवर्तन भइरहन्छ । वैकल्पिक अनुवादः “परमेश्वर बद्लनुहुन्न । पृथ्वीमा देखा पर्दै हराउने छायाँ जस्तो नभएर उहाँ आकाशमा भएका सूर्य, चन्द्रमा, र ताराहरू झैँ अटल हुनुहुन्छ”
परमेश्वर, जसले हामीमा अनन्त जीवन ल्याउनुभएको छ, उहाँको विषयमा यसरी बताइएको छ मानौँ उहाँले हामीलाई जन्म नै दिनुभएको हो ।
सम्भावित अर्थहरू हुन् १) “सत्यताको बारेमा भएको सन्देश” वा २) “सत्य सन्देश ।”
परमेश्वरको लागि विश्वासीहरूको महत्त्वलाई वर्णन गर्ने एउटा तरिकाको रूपमा पहिलो फलको पारम्परिक हिब्रू अवधारणालाई याकूबले प्रयोग गरिरहेका छन् । उनले आशय दिन्छन् कि भविष्यमा त्यहाँ अरू धेरै विश्वासीहरू हुनेछन् । वैकल्पिक अनुवादः “ताकि हामी पहिलो फलका सन्तानहरू झैँ हुन सकौँ”
सम्भावित अर्थहरू हुन् १) “यो थाहा गर” भन्ने कुरालाई एउटा आज्ञाको रूपमा, मैले लेख्न खोजेको कुरामा ध्यान दिनको निम्ति वा २) “यो तिमीलाई थाहा छ” भन्ने कुरालाई एउटा कथनको रूपमा, कि तिमीहरूलाई पहिले नै थाहा भएको कुरा म तिमीहरूलाई सम्झना दिलाउन खोज्दै छु ।
यी भनाइहरू वाक्पद्धतिहरू हुन् जसले मानिसहरूले पहिला ध्यान दिएर सुन्नुपर्दछ, र त्यसपछि तिनीहरूले भनेका कुराहरूलाई विचार गर्नुपर्दछ भनेर अर्थ दिन्छन् । यहाँ “बोल्नमा ढिलो” भनेको बिस्तारै बोल्नु भनेको होइन ।
“धेरै छिटो नरिसाउने”
जब कुनै व्यक्ति सधैँ रिसाउँछ उसले परमेश्वरको काम गर्न सक्दैन, जुन धार्मिक हुन्छ ।
पाप र दुष्टताको बारेमा यहाँ यसरी बताइएको छ मानौँ ती वस्त्रहरू थिए जसलाई फुकाल्न सकिन्थ्यो । वैकल्पिक अनुवादः “सबै पापपूर्ण घिनलाग्दा कुराहरू गर्न छोड र थुप्रै पापहरू गर्न छोड”
यहाँ “पापमय घिनलाग्दा कुरा” र “दुष्टता” जस्ता अभिव्यक्तिहरूले समान अर्थ बोकेका छन् । पाप कति खराब छ भन्ने कुरालाई जोड दिनको निम्ति याकूबले तिनको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “सबै किसिमका पापमय व्यवहार गर्न छोड”
यहाँ “घिनलाग्दो कुरा”, अर्थात् फोहोरको अर्थ पाप र दुष्टता हुन्छ ।
“बिना घमण्ड” वा “बिना अहंकार”
“रोप्नु” शब्दको अर्थ कुनै एउटा चीजलाई अर्कोभित्र राख्नु हो । यहाँ परमेश्वरको वचनको बारेमा यसरी बताइएको छ मानौँ त्यो कुनै एउटा बिरुवा हो जसलाई विश्वासीहरूभित्र हुर्कन लगाइन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई भन्नुभएको सन्देशको पालना गर”
कुनै व्यक्तिले केबाट उद्धार पाएको हो भन्ने कुरालाई स्पष्टसँग बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरको इन्साफबाट तिमीहरूलाई बचाउन”
यहाँ “प्राणहरू” शब्दले व्यक्तिहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरू आफैँ”
“परमेश्वरका निर्देशनहरू पछ्याउने मानिसहरू होओ”
“आफैँलाई मूर्ख तुल्याउँदै”
“किनकि यदि कसैले धर्मशास्त्रमा भएको परमेश्वरको सन्देश सुन्ने मात्र गर्छ भने”
“हो” र “वचनको” जस्ता शब्दहरूलाई अघिल्लो वाक्यांशबाट स्वतः बुझिएको छ । नामपद शब्द “गर्ने व्यक्ति”लाई “गर्नु” वा “पालना गर्नु” जस्ता क्रियापदहरूसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर वचनको काम गर्ने व्यक्ति होइन” वा “तर वचनको पालना गर्दैन”
परमेश्वरको वचन सुन्ने मात्रै व्यक्ति चाहिँ ऐनामा हेर्ने कोही व्यक्ति जस्तै हो ।
“स्वभाविक” शब्दले स्पष्ट पार्दछ कि याकूबले “अनुहार” शब्दको सामान्य अर्थलाई प्रयोग गरिरहेका छन् । वैकल्पिक अनुवादः “उसको अनुहार”
हुन त आफूले मुख धुने र कपाल मिलाउने जस्ता कुराहरू गर्न जरुरी परेको उसले देख्न सक्छ, ऊ जान्छ र त्यसो गर्न बिर्सिन्छ भन्ने अर्थ दिइएको छ । परमेश्वरको वचनको पालना नगर्ने व्यक्ति यस्तै किसिमको हुन्छ । वैकल्पिक अनुवादः “तब जान्छ र आफूले के गर्न आवश्यक देखेको थियो भनेर देखेको कुरालाई तुरुन्तै बिर्सिहाल्छ”
यो अभिव्यक्तिले व्यवस्थालाई एउटा ऐनाको रूपमा हेर्ने चित्रणलाई निरन्तरता दिँदछ ।
व्यवस्था र स्वतन्त्रताको बीचमा भएको सम्बन्धलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । यहाँ “स्वतन्त्रता”ले सम्भवतः पापबाटको स्वतन्त्रतालाई जनाउँछ । वैकल्पिक अनुवादः “सिद्ध व्यवस्था जसले स्वतन्त्रता दिन्छ” वा “सिद्ध व्यवस्था जसले त्यसलाई पछ्याउनेहरूलाई स्वतन्त्र बनाउँछ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः वैकल्पिक अनुवादः “परमेश्वरले यस मानिसलाई आशिष् दिनुहुनेछ जसै उसले व्यवस्थाको पालना गर्दछ”
“उसले परमेश्वरलाई ठीक प्रकारले आराधना गर्छ भनी सम्झन्छ”
आफ्नो जिब्रोलाई नियन्त्रण गर्नु भनेको आफ्नो बोलीलाई नियन्त्रण गर्नु भनेको हो । वैकल्पिक अनुवादः “जे उसले भन्छ”
कसैलाई असत्य कुरामा विश्वास गर्ने बनाउँछ
यहाँ “हृदय”ले उसको विश्वास र विचारहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “ऊ आफैँ”
“उसले परमेश्वरलाई व्यर्थमा आराधना गर्दछ”
याकूबले धर्म, अर्थात् कोही व्यक्तिले परमेश्वरको आराधना गर्ने तरिकाको विषयमा यसरी बताउँछन् मानौँ त्यो भौतिक रूपमा शुद्ध वा निष्कलङ्क हुन सक्थ्यो । यहूदीहरूको लागि यो भनेको केही कुरा परमेश्वरलाई स्वीकार्य छ भनी बताउने परम्परागत तरिका थियो । वैकल्पिक अनुवादः “पूर्ण रूपमा ग्रहणयोग्य”
परमेश्वरलाई लक्षित
“अनाथहरू”
टुहुरा र विधवाहरूले दुःख भोग गरिरहेका छन् किनकि तिनीहरूका बाबुहरू वा पतिहरू मरेका छन् ।
संसारमा भएको पापलाई केही यस्तो कुराको रूपमा बताइएको छ जसले कुनै व्यक्तिलाई दाग लगाउन सक्छ । वैकल्पिक अनुवादः “संसारमा भएको दुष्टतालाई आफैँलाई पाप गर्न लगाउन नदिनु”
1 मेरा भाइहरू हो, केही मानिसहरूप्रति पक्षपात गर्दै महिमाका प्रभु हाम्रा प्रभु येशू ख्रीष्टमा तिमीहरूले विश्वास नगर । 2 विचार गर कि कोही मानिस तिमीहरूको सभामा सुनका औँठीहरू र राम्रा-राम्रा लुगाहरू लगाएर प्रवेश गर्यो र त्यहाँ एउटा गरिब मानिस पनि फोहोर पहिरनमा आयो । 3 यदि तिमीहरूले त्यस राम्रा-राम्रा लुगा लगाएको मानिसतर्फ हेर्छौ र “कृपया यहाँ यस राम्रो स्थानमा बस्नुहोस्” भनेर भन्छौ, तर तिमीहरूले त्यस गरिब मानिसलाई “तँ यहीँ उभी” वा “मेरो पाउनेर बस्” भनेर भन्छौ भने, 4 के तिमीहरूले आफैँबिच न्याय गरिरहेका छैनौ र ? के तिमीहरू दुष्ट विचारहरू भएका न्यायकर्ताहरू बनेनौ र ? 5 मेरा प्रिय भाइहरू हो, सुन, के परमेश्वरले संसारका गरिबहरूलाई विश्वासमा धनी हुनको निम्ति र उहाँलाई प्रेम गर्नेहरूका निम्ति उहाँले प्रतिज्ञा गर्नुभएको राज्यको उत्तराधिकारीहरू हुनलाई चुन्नुभएन र ? 6 तर तिमीहरूले गरिबहरूलाई अनादर गरेका छौ । के तिमीहरूमाथि दमन गर्ने धनीहरू नै होइनन् र ? र तिमीहरूलाई अदालतमा तानेर लैजाने तिनीहरू नै होइनन् र ? 7 तिमीहरू जसका हौ, उहाँको सुनामलाई तिनीहरूले नै अपमान गर्दैनन् र ? 8 तथापि, यदि तिमीहरूले “आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्ने धर्मशास्त्रको राजकीय व्यवस्थालाई पुरा गर्दछौ भने, तिमीहरूले असलै गर्दछौ । 9 तर यदि तिमीहरूले कोही मानिसहरूप्रति भेदभाव देखायौ भने, तिमीहरूले पाप गरेका हुन्छौ, र तिमीहरू व्यवस्थाद्वारा व्यवस्थाको उल्लङ्घन गर्नेहरू भनी दोषी ठहरिन्छौ । 10 किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्दछ, तर एउटै कुरामा मात्र ठक्कर खान्छ भने, त्यो सम्पूर्ण व्यवस्थाको उल्लङ्घन गरेकोमा दोषी ठहरिन्छ । 11 किनभने जसले “व्यभिचार नगर” भनेर भन्नुभयो उहाँले “हत्या नगर” पनि भन्नुभयो । यदि तिमीहरूले व्यभिचार गर्दैनौ, तर हत्या गर्छौ भने तिमीहरूले व्यवस्थाको उल्लङ्घन गर्छौ । 12 यसकारण, स्वतन्त्रताको व्यवस्थाद्वारा न्याय हुनेहरूझैँ गरी बोल र व्यवहार गर । 13 किनकि कृपा नदेखाउनेहरूमाथि कृपाविना नै न्याय आउँदछ । कृपा न्यायमाथि विजयी हुन्छ । 14 मेरा भाइहरू हो, यदि कोही मानिसले उसित विश्वास छ भनी भन्दछ तर उसले कुनै काम गर्दैन भने, त्यसबाट के लाभ ? के त्यस विश्वासले उसलाई बचाउन सक्छ र ? 15 विचार गर, कि कोही भाइ वा बहिनीको पहिरन राम्रो छैन र उसको निम्ति दैनिक भोजनको अभाव छ । 16 विचार गर, कि तिमीहरूमध्ये कसैले उसलाई “शान्तिसँग जाऊ, न्यानो गरी बस र पेटभरि खाऊ” भनेर भन्छौ । यदि तिमीहरूले शरीरलाई आवश्यक पर्ने कुराहरूचाहिँ तिनीहरूलाई दिँदैनौ भने, त्यसबाट के लाभ भयो र ? 17 यसै गरी, विश्वासले पनि काम गर्दैन भने त्यो मरेतुल्य हुन्छ । 18 तर पनि कसैले यसो भन्ला, “तिमीहरूसँग विश्वास छ, र मसँग कामहरू छन् ।” कामविना तिमीहरूको विश्वास मलाई देखाऊ र मैले मेरा कामहरूद्वारा आफ्नो विश्वास तिमीहरूलाई देखाउनेछु । 19 परमेश्वर एउटै हुनुहुन्छ भनेर तिमीहरू विश्वास गर्दछौ; तिमीहरूले त्यो असल गर्दछौ । तर भूतात्माहरूले पनि विश्वास गर्दछन्, र तिनीहरू थरथर काम्छन् । 20 मूर्ख मानिस हो, के तिमी यो जान्न चाहन्छौ, कि कामविनाको विश्वास व्यर्थ हुन्छ ? 21 जब हाम्रा पुर्खा अब्राहामले वेदीमा आफ्ना पुत्र इसहाकलाई अर्पण गरे, के उनी कामद्वारा नै धर्मी ठहरिएका थिएनन् र ? 22 तिमीहरू देख्दछौ, कि उनका कामहरूसँगै विश्वासले कार्य गर्यो, र कामहरूद्वारा नै उनको विश्वास पूर्ण भयो । 23 धर्मशास्त्रको यस्तो भन्ने वचन पुरा भयो, “अब्राहामले परमेश्वरमा विश्वास गरे, र त्यो उनको निम्ति धार्मिकता गनियो ।” र उनि परमेश्वरको मित्र कहलिए । 24 तिमीहरू देख्दछौ, कि कामद्वारा मानिस धर्मी ठहरिन्छ, विश्वासद्वारा मात्र होइन । 25 त्यसै गरी, राहाब वेश्याले पनि गुप्तचरहरूलाई स्वागत गरेर अर्कै बाटोबाट पठाइदिँदा, के तिनी कामद्वारा नै धर्मी ठहरिएकी होइनन् र ? 26 जसरी आत्मादेखि अलग हुँदा शरीर मर्दछ, त्यसै गरी कामबाट अलग हुँदा विश्वास पनि मर्दछ ।
याकूबका केही पाठकहरूले धनी र शक्तिशाली मानिसहरूलाई असल व्यवहार गर्थे र गरिब मानिसहरूलाई नराम्रो तरिकाले व्यवहार गर्थे । यसैलाई कृपावाद भनिन्छ, र याकूबले त्यो गलत हो भनेर तिनीहरूलाई बताइरहेका छन् । उहाँका मानिसहरूले धनी र गरिब मानिसहरू दुवैलाई राम्रो व्यवहार गरेको परमेश्वर चाहनुहुन्छ ।
धर्मी ठहराउने कार्य तब हुन्छ जब परमेश्वरले कुनै मानिसलाई धर्मी बनाउनुहुन्छ । याकूबले यहाँ भन्छन् कि परमेश्वरले ती मानिसहरूलाई धर्मी बनाउनुहुन्छ वा धर्मी ठहराउनुहुन्छ जसले विश्वास गर्नुको साथै असल कामहरू पनि गर्छन् । अनि अनि )
“कामहरू बिनाको तिम्रो विश्वास मलाई देखाऊ, र म तिमीलाई मेरा कामहरूद्वारा मेरो विश्वास देखाउनेछु” भन्ने शब्दहरू बुझ्नलाई कठिन छन् । केही मानिसहरू सोच्छन् कि उद्धरणका चिन्हहरू भित्र भएका शब्दहरू जस्तै ती त्यस्ता कुराहरू हुन् जुन “कसैले भन्न सक्छ” । अधिकांश संस्करणहरूले तिनलाई याकूबले “कोही व्यक्ति”लाई जवाफको रूपमा भनिरहेका शब्दहरूको रूपमा अनुवाद गर्छन् ।
केही मानिसहरू सोच्छन् कि “तिमी” र “म” शब्दहरू भनेका “केही मानिसहरू” र “अरू मानिसहरू”को लागि प्रतिस्थापन शब्दहरू हुन् । यदि ती ठीक हुन् भने, पद १८ लाई यसरी अनुवाद गर्न सकिन्छ, “कसैले भन्ला, ‘केही मानिसहरूसँग विश्वास छ र अरू मानिसहरूसँग कामहरू छ । सबैसँग दुइटै कुरा हुँदैन ।’”यदि पछिबाटको वाक्य पनि “कसैले भन्न सक्ने” कुरा हो भने, त्यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “केही मानिसहरूले कामहरू बिना तिनीहरूको विश्वास देखाउँछन्, र अरू मानिसहरूले तिनीहरूका विश्वास कामहरूद्वारा देखाउँछन् । दुवैसँग विश्वास छ ।” दुवै खण्डमा, तपाईंले अतिरिक्त वाक्य थप्नुभयो भने मात्र पाठकले बुझ्नेछ । सम्भवतः यूएसटीले गरेको झैँ गरी अनुवाद गर्दा बेस हुन्छ ।
याकूबले तितरबितर भएका यहूदी विश्वासीहरूलाई एक अर्कालाई प्रेम गर्दै कसरी जिउने भन्ने विषयमा र धनी मानिसहरूलाई गरिब भाइहरू उपर कृपा नदेखाउने विषयमा कुरा गरिरहन्छन् ।
याकूबले आफ्ना पाठकहरू यहूदी विश्वासीहरू हुन् भनी विचार गर्छन् । वैकल्पिक अनुवादः “मेरा सङ्गी विश्वासीहरू हो” वा “ख्रीष्टमा मेरा भाइहरू र बहिनीहरू हो”
येशू ख्रीष्टमा विश्वास गर्ने कुरालाई यसरी बताइएको छ मानौँ त्यो कुनै वस्तु हो जसलाई कसैले पक्रेर बस्न सक्छ ।
“हाम्रा” शब्दले याकूब र उनका सङ्गी विश्वासीहरूलाई समेट्दछ ।
केही मानिसहरूलाई अरूहरूलाई भन्दा बढी मदत गर्ने इच्छा
याकूबले एउटा यस्तो अवस्थाको वर्णन गर्न थाल्छन् जहाँ विश्वासीहरूले एउटा गरिब मानिसलाई भन्दा एउटा धनी मानिसलाई धेरै सम्मान दिन्छन् ।
“धनी मानिसले जस्तो पहिरन गरेर”
“यस सम्मानको स्थानमा बस्नुहोस्”
कम सम्मानको स्थानमा सर्
तुच्छ स्थानमा सर्
याकूबले उनका पाठकहरूलाई सिकाउन र सम्भवतः हप्काउनलाई आलङ्कारिक प्रश्नहरूको प्रयोग गर्दैछन् । वैकल्पिक अनुवादः “तिमीहरूले आफ्नै बीचमा भेदभाव गरिरहेका छौ र दुष्ट विचारहरू भएका भेदभाव गर्नेहरू भइरहेका छौ ।”
याकूबले आफ्ना पाठकहरूलाई परिवार जस्तो गरी अर्ती दिइरहेका थिए । “ध्यान देओ, मेरा प्रिय सङ्गी विश्वासीहरू हो”
यहाँ याकूबले आफ्ना पाठकहरूलाई पक्षपात नदेखाउने विषयमा सिकाउनलाई एउटा आलङ्कारिक प्रश्नको प्रयोग गर्छन् । यसलाई एउटा कथन बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले ... चुन्नुभएको छ ... उहाँलाई प्रेम गर्नेहरू ... ”
यसले सामान्य अर्थमा गरिब मानिसहरुलाई जनाउँछ । वैकल्पिक अनुवादः “गरिब मानिसहरू”
प्रशस्त विश्वास गर्ने कुरालाई विश्वासमा सम्पन्न हुने वा धनी हुने कुरा भए झैँ गरी बताइएको छ । कसमा विश्वास गरेको हो भन्ने कुरालाई स्पष्ट बनाउनुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “ख्रीष्टमा बलियो विश्वास राख्नु”
परमेश्वरले प्रतिज्ञा गर्नुभएका मानिसहरूको विषयमा यसरी बताइएको छ मानौँ तिनीहरूले परिवारको कुनै सदस्यबाट जायजेथा वा सम्पत्तिको अंश प्राप्त गर्नेछन् ।
याकूब आफ्ना सबै पाठकहरूसँग बोल्दैछन् ।
“तिमीहरूले गरिब मानिसहरूलाई शर्ममा पारेका छौ”
यहाँ याकूबले आफ्ना पाठकगणलाई सच्याउनको निम्ति आलङ्कारिक प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “ती धनी मानिसहरू नै हुन् जसले तिमीहरूलाई सताउँछन्”
यसले सामान्य अर्थमा धनी मानिसलाई जनाउँछ । वैकल्पिक अनुवादः “धनी मानिसहरू”
“जसले तिमीहरूलाई नराम्रो व्यवहार गर्छन्”
यहाँ याकूबले आफ्ना पाठकहरूलाई सच्याउन एउटा आलङ्कारिक प्रश्नको प्रयोग गर्छन् । यसलाई एउटा भनाइ बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “धनी मानिसहरू नै हुन् ... अदालतमा ... ।”
“तिमीहरूलाई न्यायाधीशहरूका सामु दोष लगाउन बलपूर्वक अदालतमा लैजाने”
यहाँ याकूबले आफ्ना पाठकहरूलाई सच्याउन र सिकाउन एउटा आलङ्कारिक प्रश्नको प्रयोग गर्छन् । यसलाई एउटा भनाइ बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “धनी मानिसहरूले ... अपमान गर्छन् ... बोलाइएको छ ।”
यसले ख्रीष्टको नामलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूलाई बोलाउनुहुने ख्रीष्टको नाम”
“तिमीहरू” शब्दले यहूदी विश्वासीहरूलाई जनाउँछ ।
“परमेश्वरको व्यवस्थाको पालना गर्दछौ ।” परमेश्वरले सुरुमा मोशालाई व्यवस्था दिनुभयो, जुन पुरानो करारका पुस्तकहरूमा अभिलिखित गरिएको छ ।
याकूबले लेवीको पुस्तकबाट उद्धृत गर्दैछन् ।
“सबै मानिसहरू” वा “सबै जना”
“तिमीहरूले असल गरिरहेका हुन्छौ” वा “तिमीहरूले जे सही छ त्यही गरिराखेका हुन्छौ”
“ ... लाई विशेष व्यवहार गर्यौ भने” वा “ ... लाई आदर दियौ भने”
“पाप गर्दै ।” त्यो भनेको व्यवस्था उल्लङ्घन गर्नु हो ।
यहाँ व्यवस्थालाई कुनै मानव न्यायाधीश भए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “परमेश्वरको व्यवस्थाको उल्लङ्घन गरेकोमा दोषी भएको”
“किनकि प्रत्येक जसले पालन गर्दछ”
ठक्कर खानु भनेको कोही मानिस हिँड्न खोज्दा लड्नु हो । व्यवस्थाको एउटा बुँदाको अनाज्ञापालन गर्ने कुरा भनेको हिँड्ने बेलामा ठेस लाग्नु जस्तै हो भनेर बताइएको छ ।
व्यवस्थाको केवल एउटा मात्र आवश्यकताको अनाज्ञाकारिताको कारण
यसले मोशालाई व्यवस्था दिनुहुने परमेश्वरलाई जनाउँछ ।
“गर्नु” भनेको व्यवहारमा ल्याउनु हो ।
यहाँ “तिमी”को अर्थ “तिमीहरू हरेक” भन्ने हुन्छ । हुन त याकूबले धेरै यहूदी विश्वासीहरूलाई लेखिरहेका थिए, यहाँ चाहिँ उनले हरेक व्यक्तिलाई छुट्टाछुट्टै गरेर लेखेको झैँ गरी एकवचनको रूपको प्रयोग गरे ।
“त्यसकारण, तिमीहरूले बोल्नुपर्छ र आज्ञापालन गर्नुपर्छ ।” याकूबले यसो गर्नको निम्ति मानिसहरूलाई आज्ञा गरे ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले जान्दछन् कि परमेश्वरले तिनीहरूलाई स्वतन्त्रताको व्यवस्थाको माध्यमद्वारा इन्साफ गर्नुहुनेछ”
यस खण्डले आशय दिन्छ कि यो परमेश्वर नै हुनुहुन्छ जसले उहाँको व्यवस्थाको आधारमा इन्साफ गर्नुहुनेछ ।
“व्यवस्था जसले साँचो स्वतन्त्रता दिन्छ”
“कृपा ... भन्दा असल हुन्छ” वा “कृपाले ... लाई हराउँदछ ।” यहाँ दया र इन्साफ चाहिँ व्यक्तिहरू भएको झैँ गरी बताइएको छ ।
याकूबले तितरबितर भएका विश्वासीहरूलाई अरूहरूको सामु आफ्नो विश्वास देखाउनलाई हौसला दिन्छन्, जसरी अब्राहामले आफ्नो कामहरूद्वारा अरूहरूलाई उनको विश्वास देखाए ।
याकूबले उनको पाठकहरूलाई सिकाउन एउटा आलङ्कारिक प्रश्नको प्रयोग गर्दैछन् । वैकल्पिक अनुवादः “सङ्गी विश्वासीहरू हो, यदि कसैले उससँग विश्वास छ भनी भन्दछ तर उससँग कुनै कामहरू छैन भने, त्यसबाट कुनै लाभ हुँदैन ।”
“विश्वास” र “कामहरू” जस्ता भाववाचक नाउँहरूलाई हटाउनको लागि यसलाई फरक तरिकाले पुनः व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि कसैले आफूले परमेश्वरमा विश्वास गर्छु भनी भन्छ तर परमेश्वरले अह्राउनुभएको कुराहरू गर्दैन भने”
याकूबले आफ्ना पाठकहरूलाई शिक्षा दिनको निम्ति एउटा आलङ्कारिक प्रश्नको प्रयोग गरिरहेका छन् । नामपद शब्द “विश्वास”लाई हटाउनको लागि यसलाई पुनः फरक तरिकाले उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो विश्वासले उसलाई बचाउन सक्दैन ।” वा “यदि कोही व्यक्तिले परमेश्वरले आज्ञा गर्नुभएको कुराहरू गर्दैन भने, तब आफूले परमेश्वरमा विश्वास गर्छु भनेर मात्र ऊ बचाइनेछैन ।”
“परमेश्वरको इन्साफबाट उसलाई बचाउन”
ख्रीष्टमा सङ्गी विश्वासी, चाहे पुरुष होस् वा स्त्री
यसको अर्थ कि त “पहिरनलाई प्रशस्त लुगाहरू हुनु” वा “सुत्ने ठाउँ हुनु” भन्ने हुन्छ ।
तिनीहरूलाई भर्ने कुरा भनेको खानेकुरा हो । यसलाई स्पष्ट रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “खानेकुराले भरिनु” वा “खानलाई प्रशस्त हुनु”
खान, लगाउन, र आरामसँग बस्न
याकूबले आफ्ना पाठकहरूलाई सिकाउनको निम्ति एउटा आलङ्कारिक प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “त्यसबाट लाभ हुँदैन ।”
याकूबले विश्वासको विषयमा यसरी बताउँछन् मानौँ कसैले असल कामहरू गर्यो भने त्यो जीवित छ, र यदि कसैले असल कामहरू गर्दैन भने त्यो मृत छ । “विश्वास” र “कामहरू” जस्ता भाववाचक शब्दहरूलाई हटाउनको लागि यसलाई फरक तरिकाले पुनः उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कोही व्यक्ति जसले परमेश्वरमा विश्वास गर्छु भनी भन्छ, तर परमेश्वरले अह्राउनुभएको कुराहरू गर्दैन भने, उसले परमेश्वरलाई साँच्चै विश्वास गरेको हुँदैन”
याकूबले एउटा परिकल्पित अवस्थालाई वर्णन गर्छन् जहाँ कसैले उनको शिक्षाको विरोध गर्छ । विश्वास र कामहरूको विषयमा याकूबले उनको पाठकहरूको बुझाइलाई सच्याउन खोज्छन् ।
कसैले उनको शिक्षाको कसरी अवरोध गर्न सक्थ्यो र उनले त्यसको जवाफ कसरी दिने थिए भनेर याकूबले वर्णन गर्दैछन् । “विश्वास” र “कामहरू” जस्ता भाववाचक नाउँहरूलाई हटाउनको लागि यसलाई फरक तरिकाले पुनः व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “‘यो स्वीकारयोग्य छ कि तिमीले परमेश्वरलाई विश्वास गर्छौ र म चाहिँ परमेश्वरले अह्राउनुभएको कुरा गर्छु ।’ मलाई प्रमाणित गर कि तिमी परमेश्वरलाई विश्वास गर्छौ तर उहाँले आज्ञा गर्नुभएको कुराहरू गर्दैनौ, र म तिमीलाई प्रमाणित गर्नेछु कि परमेश्वरले मलाई आज्ञा गर्नुभएको कुराहरू गरेर म परमेश्वरलाई विश्वास गर्छु”
“भूतहरूले पनि विश्वास गर्छन्, तर तिनीहरू डरले काम्छन् ।” याकूबले भूतहरू र विश्वास गर्छौँ भँनेर दाबी गर्ने तर असल कामहरू नगर्नेहरूको बीचमा भएको अन्तरलाई देखाउँछन् । याकूबले बताउँछन् कि भूतहरू बढी बुद्धमान् छन् किनभने तिनीहरूले परमेश्वरको भय मान्छन् तर अरूहरूले मान्दैनन् ।
याकूबले उनको शिक्षाको अर्को पाटोको परिचय गराउनलाई यो प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “मूर्ख मानिस हो, मेरो कुरा सुन, कामबिनाको विश्वास व्यर्थ हुन्छ ।”
“विश्वास” र “कामहरू” जस्ता भाववाचक नाउँहरूलाई हटाउनको लागि यसलाई फरक तरिकाले पुनः व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यही कि यदि तिमी परमेश्वरले आज्ञा गर्नुभएको कुराहरू गर्दैनौ भने तिमीले परमेश्वरमा विश्वास गर्छु भन्नु तिम्रो लागि व्यर्थ छ”"
किनकि यिनीहरू यहूदी विश्वासीहरू हुन्, तिनीहरूलाई अब्राहामको कथा थाहा छ, जसको बारेमा परमेश्वरले तिनीहरूलाई उहाँको वचनमा लामो समय अगाडि बताउनुभएको थियो ।
विश्वास र काम सँगसँगै जान्छन् भन्ने कुरामा विश्वास गर्न इन्कार गर्ने मूर्ख मानिसका [याकूब २:१८]
याकूबले कामहरूको विषयमा यसरी बताउँछन् मानौँ ती वस्तुहरू हुन् जुन कसैले आफ्नो बनाउन सक्छ । वैकल्पिक अनुवादः “असल कार्यहरू गरेर धर्मी ठहरिएको”
यहाँ “पिता” शब्दलाई “पूर्वज”को अर्थमा प्रयोग गरिएको छ ।
“तिमी” शब्द एकवचनमा छ, जसले परिकल्पित मानिसलाई जनाउँछ । याकूबले उनका सारा पाठकहरूलाई तिनीहरू एउटै व्यक्ति भए झैँ गरेर सम्बोधन गरिरहेका छन् ।
“देख्नु” भनेको एउटा प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिमी बुझ्न सक्छौ”
याकूबले “विश्वास” र “कामहरू”को विषयमा यसरी बताउँछन् मानौँ ती त्यस्ता कुराहरू हुन् जसले एकसाथ काम गर्न र एक अर्कालाई सहायता गर्न सक्छन् । वैकल्पिक अनुवादः “किनकि अब्राहामले परमेश्वरलाई विश्वास गरे, उनले त्यही गरे जुन परमेश्वरले उनलाई अह्राउनुभयो । र किनकि परमेश्वरले अह्राउनुभएको कुरा अब्राहामले गरे, उनले परमेश्वरलाई पूर्ण रूपमा विश्वास गरे”
“तिमी”को बहुवचन रूपको प्रयोग गरेर याकूबले फेरि पनि उनका पाठकहरूलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसले धर्मशास्त्रलाई पूरा गर्यो”
“परमेश्वरले उनको विश्वासलाई धार्मिकताको रूपमा मान्नुभयो ।” अब्राहामको विश्वास र धार्मिकतालाई यसरी लिइएको छ कि मानौँ तिनीहरूलाई मूल्यवान् थोकहरू भए झैँ गरी गन्न सकिन्थ्यो ।
“कार्यहरू र विश्वासले नै कोही व्यक्तिलाई धर्मी ठहराउँछन्, र विश्वासले मात्र होइन ।” याकूबले कामहरूको विषयमा यसरी बताउँछन् मानौँ ती प्राप्त गर्नुपर्ने वस्तुहरू हुन् ।
याकूब भन्छन् कि जे अब्राहामको लागि सत्य थियो सोही कुरा राहाबको लागि पनि सत्य थियो । दुवै कामहरूद्वारा धर्मी ठहराइएका थिए ।
याकूबले उनका पाठकहरूलाई निर्देशन दिन यो आलङ्कारिक प्रश्नको प्रयोग गर्दैछन् । वैकल्पिक अनुवादः “त्यो राहाब वेश्याले गरेको कुरा थियो जसले तिनलाई धर्मी ठहर्यायो ... अर्कै बाटो ... ।”
राहाबको बारेमा भएको पुरानो करारको कथाको बारेमा उनका पाठकहरूलाई थाहा छ भनी याकूबले अपेक्षा गरे ।
याकूबले कामहरू भनेको आफूले राख्नुपर्ने केही कुरा भए झैँ गरी बताउँछन् ।
अर्को ठाँउबाट सन्देश लिएर आउने मानिसहरू
“र तिनीहरूलाई त्यस सहरबाट भागेर जान मदत गरिन्”
याकूबले विश्वासको विषयमा यसरी बताइरहेका छन् मानौँ त्यो आत्मा बिनाको मृत शरीर हो ।
1 मेरा भाइहरू हो, धेरै जना शिक्षक बन्नु हुँदैन । हामीले यो जान्नुपर्छ, कि हामीहरूको अझ धेरै कडा इन्साफ हुनेछ । 2 किनकि हामी धेरै किसिमले ठेस खान्छौँ । यदि कोही वचनमा ठक्कर खाँदैन भने, ऊ पूर्ण रूपमा परिपक्व मानिस हो, जसले उसको सारा शरीरलाई नै नियन्त्रण गर्न सक्छ । 3 आज्ञा पालन गराउनको निम्ति अब यदि हामीले घोडाको मुखमा लगाम लगायौँ भने, हामीले त्यसको सारा शरीरलाई नै नियन्त्रण गर्न सक्छौँ । 4 पानी जहाजहरूलाई ख्याल गर, तिनीहरू धेरै ठुला हुन्छन् र तिनीहरू तेज बतासले चलाइँदा पनि धेरै सानो पतवारद्वारा चालकले जहाँ लैजान चाहन्छ त्यो त्यहीँ लगिन्छ । 5 त्यसै गरी, जिब्रो पनि शरीरको एउटा सानो अङ्ग हो, तरै पनि त्यसले ठुला कुराहरूको शेखी गर्दछ । हेर, एउटा सानो आगोको झिल्कोले कसरी ठुलो जङ्गलमा डढेलो लगाउँछ । 6 जिब्रो पनि आगो नै हो, हाम्रा शरीरका अङ्गहरूमध्ये यो अधर्मको दुनियाँ नै हो । यसले सम्पूर्ण शरीरलाई अशुद्ध तुल्याउँछ र जीवनको मार्गमा आगो लगाउँछ । नरकद्वारा यो आफैँ आगोले सल्किएको छ । 7 किनकि सबै किसिमका जङ्गली जनावरहरू, चराचुरुङ्गीहरू, घस्रने जन्तुहरू, र समुद्रमा भएका प्राणीहरूलाई वशमा राखिएको छ र ती मानव-जातीद्वारा नै वशमा राखिएको छ । 8 तर मानिसमध्ये कसैले पनि जिब्रोलाई वशमा राख्न सकेको छैन । यो घातक विषले भरिएको र नियन्त्रण गर्न नसकिने दुष्ट हो । 9 यही जिब्रोले हामी परमप्रभु र पिताको प्रशंसा गर्छौ, र यसैले हामी परमेश्वरको स्वरूपमा बनाइएका मानिसहरूलाई सराप्छौँ । 10 एउटै मुखबाट आशिष् र अपशब्द निक्लन्छन् । मेरा भाइहरू हो, यस्ता कुराहरू हुनुहुँदैन । 11 के एउटा छहराको मुखबाट त्यसले मिठो र तितो पानी दुवै निकाल्दछ र ? 12 मेरा भाइहरू हो, के अन्जीरको बोटले जैतून फलाउँदछ र ? वा दाखको बोटले अन्जीर फलाउँदछ ? न त नुनिलो पानीले मिठो पानी निकाल्न सक्छ । 13 तिमीहरूका माझमा बुद्धिमान् र समझदार को छ ? त्यस व्यक्तिले बुद्धिको नम्रतामा आफ्ना कामहरूद्वारा एउटा असल जीवन जिएर देखाओस् । 14 तर यदि तिमीहरूको हृदयमा तितो ईर्ष्या र अभिलाषा छ भने, सत्यको विरुद्धमा शेखी नगर र झुटो नबोल । 15 यो माथिबाट तल आउने विवेक होइन । बरु, यो त सांसारिक, अनात्मिक र शैतानिक हो । 16 किनकि जहाँ ईर्ष्या र अभिलाषा हुन्छ, त्यहाँ भ्रम र हरेक किसिमको दुष्ट काम हुन्छ । 17 तर स्वर्गबाट आउने विवेकचाहिँ सर्वप्रथम शुद्ध हुन्छ, त्यसपछि शान्तिप्रिय, कोमल, प्रतिक्रियाशील, कृपा र असल फलले पूर्ण, कमजोर नबनाउने र निष्कपट हुन्छ । 18 अनि धार्मिकताको फलचाहिँ शान्ति कायम गर्नेहरूका माझमा शान्तिमा छरिएको छ ।
याकूबले उनका पाठकहरूलाई तिनीहरूले दैनिक जीवनबाट पहिले नै जानेका कुराहरूको सम्झना गराएर सिकाउँछन् कि तिनीहरू परमेश्वरलाई प्रसन्न बनाउन जिउनुपर्छ ।
याकूबले सामान्यकरण गरिएको भनाइ राख्न खोज्दैछन् ।
“मेरा सङ्गी विश्वासीहरू हो”
उहाँको बारेमा सिकाउनेहरूमाथि परमेश्वरबाट आउने अझ बढी कडा इन्साफको विषयमा यो खण्डले कुरा गर्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामी सिकाउनेहरूलाई अझ कडा तवरमा इन्साफ गर्नुहुनेछ किनकि हामीले सिकाएका केही मानिसहरूभन्दा बढी राम्ररी हामी उहाँको वचन जान्दछौँ”
याकूबले आफैँलाई र अरू शिक्षकहरूलाई सामेल गर्दछन्, तर पाठकहरूलाई होइन, त्यसैले “हामी” शब्द असमावेशी छ ।
याकूब आफ्नै बारेमा, अरू शिक्षकहरू, र पाठकहरूको बारेमा बताउँछन्, त्यसैले “हामी” शब्द समावेशी छ ।
पाप गर्ने कुरालाई हिँड्दा खेरी ठेस खाइने कुरा जसरी बताइएको छ । वैकल्पिक अनुवादः “विफल हुनु” वा “पाप गर्नु”
“गलत कुराहरू भनेर पाप गर्दैन”
“ऊ आत्मिक रूपमा परिपक्व हो”
याकूबले कुनै व्यक्तिको हृदय, भावना, र कामहरूलाई जनाइरहेका छन् । वैकल्पिक अनुवादः “उसको व्यवहारलाई नियन्त्रण गर्नु” वा “उसको कामहरूलाई नियन्त्रण गर्नु”
साना कुराहरूले ठूला कुराहरूलाई नियन्त्रण गर्न सक्छन् भन्ने एउटा तर्कको याकूबले विकास गर्दैछन् ।
याकूबले घोडाको लगामको बारेमा कुरा गर्छन् । लगाम एउटा सानो धातुको टुक्रा हो जसलाई घोडाको चाललाई नियन्त्रण गर्नको निम्ति त्यसको मुखमा लगाइन्छ ।
“यदि” वा “जब”
घोडा सामानहरू वा मानिसहरू बोक्नको निम्ति प्रयोग हुने एउटा ठूलो जनावर हो ।
पानीजहाज भनेको पानीमाथि तैरिने एक मालवाहक सवारी जस्तो हो । पतवार चाहिँ पानी जहाज कता जान्छ भन्ने कुरा नियन्त्रण गर्नको निम्ति त्यसको पछाडिपट्टि राखिने एउटा काठ वा धातुको टुक्रा हो । “पतवार” भन्ने शब्दलाई “साधन” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तेज बतासले तिनीहरूलाई धकेल्छ, तिनीहरू”
“एउटा सानो साधन हुन्छ जसको सहायताले एउटा व्यक्तिले जहाजलाई जता लैजान चाहन्छ त्यतै लैजान सक्छ”
यसले अगिल्ला पदहरूमा भनिएका घोडाको लगाम वा जहाजको पतवारसँग जिब्रोको तुलनालाई सङ्केत गर्छ । वैकल्पिक अनुवादः “यस्तै प्रकारले”
यहाँ “कुराहरू” भनेको ती सबै थोकहरूको लागि मूलभूत शब्द हो जसको बारेमा यी मानिसहरू घमण्ड गर्दछन् ।
“ ... को बारेमा विचार गर”
जिब्रोले पुर्याउन सक्ने हानीको बारेमा मानिसहरूलाई बुझ्न सहायता गर्नको लागि याकूबले आगोको सानो झिल्काले पुर्याउन सक्ने नोक्सानीको बारेमा बताउँछन् । वैकल्पिक अनुवादः “कसरी सानो झिल्कोले धेरै रूखहरूलाई जलाउने आगो बाल्न सक्छ”
जिब्रो भनेको मानिसहरूले बोल्ने कुराको लागि प्रतिस्थापन शब्द हो । यसले पुर्याउन सक्ने ठूलो हानीको कारण याकूबले यसलाई आगो भन्छन् । वैकल्पिक अनुवादः “जिब्रो आगो जस्तै हो”
पापी बोलीको भयङ्करको असरहरूको विषयमा यसरी बताइएको छ मानौँ ती आफैँमा एउटा संसार नै हुन् ।
पापी बोलीले कसैको शरीरलाई दाग नै लगाउने भएको झैँ गरी त्यसको विषयमा आलङ्कारिक रूपमा बताइएको छ । And becoming unacceptable to God is spoken of as if it were dirt on the body.
“जीवनको क्रमहरू” भन्ने वाक्यांशले कोही व्यक्तिको सम्पूर्ण जीवनलाई जनाउँछ । वैकल्पिक अनुवादः “यसले व्यक्तिको सम्पूर्ण जीवनलाई बर्बाद पार्छ”
“आफैँमा” शब्दले जिब्रोलाई जनाउँछ । साथै, यहाँ “नरक”ले दुष्टको शक्ति वा शैतानलाई जनाउँछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ ... जीवन ... किनभने शैतानले त्यसलाई दुष्ट कामको निम्ति प्रयोग गर्दछ”
“सबै प्रकार” भन्ने वाक्यांश एउटा मूलभूत कथन हो जसले सबै वा थुप्रै प्रकारहरूका जङ्गली पशुहरूलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले थुप्रै प्रकारका जङ्गली जनावरहरू, चराचुरूङ्गीहरू, घस्रने जन्तुहरू, र समुद्री प्राणीहरूलाई नियन्त्रण गर्न सिकेका छन्”
यो एउटा यस्तो जनावर हो जो जमिनमा घस्रन्छ ।
पानीमा बस्ने जनावर
याकूबले जिब्रोलाई कुनै एउटा जङ्गली पशु भएको झैँ गरी बताउँछन् । यहाँ “जिब्रो”ले कोही व्यक्तिको दुष्ट विचारहरू बोल्ने चाहनालाई प्रतिनिधित्व गर्छ ।
मानिसहरूले आफूहरूले बोलेका कुराहरूबाट पुर्याउन सक्ने हानीको विषयमा याकूबले यसरी बताउँछन् मानौँ जिब्रो भनेको एउटा दुष्ट र विषालु प्राणी हो जसले मानिसहरूलाई मार्न सक्छ । वैकल्पिक अनुवादः “यो एउटा बेचैन र दुष्ट जीव जस्तै हो, जुन घातक विषले भरिएको हुन्छ” वा “यो एउटा बेचैन र दुष्ट जीव जस्तै हो जसले मानिसहरूलाई त्यसको विषले मार्न सक्छ”
“हामीले ती शब्दहरू बोल्न हाम्रो जिब्रोको प्रयोग गर्दछौँ जसले”
“हामी मानिसहरूलाई खराबी गर्नको निम्ति परमेश्वरसँग बिन्ती गर्छौं”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले उहाँको स्वरूपमा बनाउनुभयो”
“आशिष्” र “श्राप” भन्ने नामपद शब्दहरूलाई क्रियापद भएको वाक्यांशसँग अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एउटै मुखले, एउटा व्यक्तिले मानिसहरूलाई आशिष् दिन्छ र मानिसहरूलाई सराप दिन्छ”
“सङ्गी ख्रीष्टिएनहरू”
“यी कुराहरू गलत हुन्”
विश्वासीहरूको वचनले आशिष् र श्राप दुवै दिनुहुँदैन भनेर याकूबले जोड दिएपछि, परमेश्वरको प्रशंसा गरेर उहाँलाई सम्मान गर्ने मानिसहरूले ठीक तरिकामा जिउनु पनि पर्दछ भनेर उनका पाठकहरूलाई सिकाउनको निमित्त उनले प्रकृतिबाट उदाहरणहरू दिन्छन् ।
प्रकृतिमा के हुन्छ भन्ने कुरा विश्वासीहरूलाई सम्झाउनको लागि याकूबले एउटा आलङ्कारिक प्रश्नको प्रयोग गर्छन् । यसलाई एउटा वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू जान्दछौ कि एउटा छहराले मिठो र तीतो पानी दुवै निकाल्दैन ।”
प्रकृतिमा के हुन्छ भन्ने कुरा विश्वासीहरूलाई सम्झाउनको लागि याकूबले अर्को आलङ्कारिक प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “भाइहरू हो, तिमीहरू जान्दछौ कि अञ्जीरको बोटले जैतून फलाउन सक्दैन ।”
“मेरा सङ्गी विश्वासीहरू”
“फलाउँदछ” भन्ने शब्दलाई अघिल्लो वाक्यांशबाट स्वतः बुझिएको छ । प्रकृतिमा के हुन्छ भन्ने कुरा विश्वासीहरूलाई सम्झाउनको लागि याकूबले अर्को आलङ्कारिक प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “अथवा के दाखको बोटले अञ्जीर फलाउँदछ र ?” वा “अनि एउटा दाखको बोटले अञ्जीर फलाउन सक्दैन ।”
याकूबले उचित व्यवहारको बारेमा आफ्ना पाठकहरूलाई सिकाउनको निमित्त यस प्रश्नको प्रयोग गर्छन् । “बुद्धिमान्” र “समझदार” भन्ने शब्दहरू समान हुन् । वैकल्पिक अनुवादः “एक बुद्धिमान् र समझदार व्यक्तिले कसरी व्यवहार गर्नुपर्छ भनेर म तिमीहरूलाई भन्नेछु ।”
“नम्रता” र “बुद्धि” जस्ता भाववाचक नामपदहरूलाई हटाउनको लागि यसलाई फरक तरिकामा पुनः उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यस व्यक्तिले नम्र र बुद्धिमान् भएर गर्ने कामहरू गरेर असल जीवन जिउनुपर्छ”
“हृदय” शब्दले भावनाहरू वा विचारहरूलाई जनाउँछ । “ईर्ष्या” र “अभिलाषा” जस्ता भाववाचक नामपदहरूलाई हटाउनको लागि यसलाई फरक तरिकामा पुनः उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि तिमीहरू ईर्ष्यालु र स्वार्थी छौ भने” वा “यदि तिमीहरू अरूहरूसँग भएका थोकहरूको चाह गर्छौ भने र अरूहरूलाई हानी पुर्याउँदै भएपनि तिमीहरू सफल हुन चाहन्छौ भने”
भाववाचक नामपद शब्द “सत्यता”लाई “सत्य” भनेर उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमी बुद्धिमान् छौ भनेर शेखी नगर, किनभने त्यो सत्य होइन”
यहाँ “यो” शब्दले अघिल्ला पदहरूमा वर्णन गरिएका “तीतो ईर्ष्या र कलह”लाई जनाउँछ । “माथिबाट” भन्ने वाक्यांश एउटा प्रतिस्थापन शब्द हो जसले “स्वर्ग”लाई प्रतिनिधित्व गर्दछ र जसले परमेश्वर आफैँलाई प्रतिनिधित्व गर्दछ । वैकल्पिक अनुवादः “यो त्यो किसिमको बुद्धि होइन जुन परमेश्वरले हामीलाई स्वर्गबाट सिकाउनुहुन्छ”
भाववाचक नामपद “बुद्धि”लाई “बुद्धिमान्” भनेर व्यक्त गर्न सकिन्छ । - वैकल्पिक अनुवादः “जो कोही जसले स्वर्गमा हुनुभएको परमेश्वरले हामीलाई सिकाउनुभएको अनुसार बुद्धिमान् भएर व्यवहार गर्दैन । बरु यो व्यक्ति पार्थिव, अनात्मिक, र शैतानिक हुन्छ”
“पार्थिव” शब्दले मानिसहरूका सबै मूल्यमान्यता र व्यवहारहरूलाई जनाउँछ जसले परमेश्वरको आदर गर्दैनन् । वैकल्पिक अनुवादः “परमेश्वरलाई आदर नगर्ने”
“पवित्र आत्माबाट होइन” वा “आत्मिक होइन”
“भूतहरूबाटको”
“ईर्ष्या” र “अभिलाषा”, “भाँडभैलो” जस्ता भाववाचक नामपदहरूलाई हटाउनको लागि यसलाई फरक तरिकामा पुनः उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि जब मानिसहरू ईर्ष्यालु र स्वार्थी हुन्छन्, त्यसले तिनीहरूलाई अव्यवस्थित रूपमा र दुष्ट चालहरूमा चल्न लगाउँछ”
“त्यहाँ अव्यवस्था हुन्छ” वा “त्यहाँ भद्रगोल हुन्छ”
“हरेक किसिमका पापमय व्यवहार” वा “हरेक प्रकारको दुष्ट काम”
यहाँ “माथिबाट” भनेको एउटा प्रतिस्थापन शब्द हो जसले “स्वर्ग”लाई प्रतिनिधित्व गर्दछ र जसले परमेश्वर आफैँलाई प्रतिनिधित्व गर्दछ । भाववाचक नामपद शब्द “बुद्धि”लाई “बुद्धिमान्” भनेर उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर जब कोही व्यक्ति स्वर्गमा हुनुभएको परमेश्वरले सिकाउनुभएको अनुसार बुद्धिमान् हुन्छ, ऊ प्रथमतः शुद्ध चालहरूमा चल्छ”
“सर्वप्रथम पवित्र हुन्छ”
यहाँ “असल फलहरू”ले ती कुराहरूलाई जनाउँछ जुन मानिसहरूले आफूहरूसँग परमेश्वरबाटको बुद्धि हुनाको कारणले अरूहरूको लागि गर्छन् । वैकल्पिक अनुवादः “दया र असल कामहरूले परिपूर्ण”
“र इमानदार” वा “र सत्यवान्”
मानिसहरूले शान्ति कायम गर्ने कुराको विषयमा यसरी बताइएको छ मानौँ त्यो भनेको तिनीहरूले बिउ छरेको हो, र धार्मिकताको विषयमा यसरी बताइएको छ मानौँ त्यो भनेको फल हो जुन शान्ति कायम गरेको परिणामस्वरूप फल्छ । वैकल्पिक अनुवादः “शान्ति कायम गर्नुको परिणाम भनेको धार्मिकता हो” वा “मानिसहरूलाई शान्तिमा रहनलाई सहायता गर्नेहरूले धार्मिकता फलाउँछन्”
“शान्तिमा रहने ।” भाववाचक नामपद शब्द “शान्ति”लाई “शान्तिपूर्ण रूपमा” भनेर उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूलाई शान्तिपूर्ण रूपमा जिउन लगाउने” वा “मानिसहरूलाई एक अर्कासँग रिसाउने नबनाउन सहायता गर्ने”
1 तिमीहरूका माझमा झगडा र विवाद कहाँबाट आउँछ ? के त्यो तिमीहरूका सदस्यहरूका बिचमा सङ्घर्ष ल्याउने तिमीहरूका अभिलाषाहरूबाट आउँदैन र ? 2 तिमीहरू इच्छा गर्दछौ, र तिमीहरूसँग हुँदैन । तिमीहरू हत्या गर्दछौ र लालच गर्दर्छौ, र तिमीहरू प्राप्त गर्न सक्षम हुँदैनौ । तिमीहरू लड्दछौ र झगडा गर्दछौ । तिमीहरूसँग छैन किनभने तिमीहरू माग्दैनौ । 3 तिमीहरू माग्दछौ र पाउँदैनौ किनभने तिमीहरूले आफ्ना अभिलाषाको निम्ति प्रयोग गर्न सकियोस् भनेर खराब नियतले माग्दछौ । 4 तिमी व्यभिचारीहरू हो ! संसारसितको मित्रता परमेश्वरको विरुद्धमा भएको शत्रुता हो भनी के तिमीहरूलाई थाहा छैन ? त्यसकारण, जसले संसारको मित्र हुने इच्छा गर्दछ, उसले आफैँलाई परमेश्वरको शत्रु बनाउँछ । 5 वा धर्मशास्त्रले, “उहाँले हामीमा बास गर्न लगाउनुभएका आत्मा अत्यन्तै डाही हुनुभएको छ” भनेर व्यर्थमा भन्दछ भनी के तिमीहरू ठान्दछौ ? 6 तर परमेश्वरले अझ बढी अनुग्रह दिनुहुन्छ, यसैकारण धर्मशास्त्रले भन्दछ, “परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ ।” 7 त्यसकारण, परमेश्वरमा आफैँलाई समर्पण गर । शैतानको विरोध गर, र त्यो तिमीहरूबाट भाग्नेछ । 8 परमेश्वरको नजिक आओ, र उहाँ तिमीहरूको नजिक आउनुहुनेछ । ए पापीहरू हो, तिमीहरूका हात सफा पार, र ए दोमनकाहरू हो, तिमीहरूका हृदय शुद्ध पार । 9 दुःखी होओ; विलाप गर; र रोओ ! तिमीहरूका हाँसो दुःखमा र तिमीहरूको आनन्द निराशामा परिणत होस् । 10 प्रभुको सामु तिमीहरू आफैँलाई विनम्र तुल्याओ, र उहाँले तिमीहरूलाई माथि उठाउनुहुनेछ । 11 भाइहरू हो, एक अर्काको विरुद्धमा नबोल । कुनै एक जना भाइको विरुद्धमा बोल्ने वा आफ्नो भाइको न्याय गर्ने व्यक्तिले व्यवस्थाको विरुद्धमा बोल्दछ र व्यवस्थाको न्याय गर्दछ । यदि तिमीहरू व्यवस्थाको न्याय गर्दछौ भने, तिमीहरू व्यवस्थालाई पालन गर्नेहरू हुँदैनौ, तर न्यायकर्ता पो हुन्छौ । 12 व्यवस्था दिने र न्यायकर्ता एक जना मात्र हुनुहुन्छ । बचाउन र नाश गर्न सक्नुहुने उहाँ मात्र एक हुनुहुन्छ । आफ्नो छिमेकीको इन्साफ गर्ने तिमीहरू को हौ ? 13 अब सुन, तिमीहरू जसले, “आज वा भोलि हामी सहरभित्र प्रवेश गर्नेछौँ, र त्यहाँ एक वर्ष बिताउनेछौँ र व्यापार गरेर पैसा कमाउनेछौँ” भनेर भन्छौ । 14 भोलि के हुनेछ, र तिम्रो जीवन कस्तो हुनेछ भन्ने कुरा कसलाई थाहा छ ? किनकि तिमीहरू त तुवाँलो हौ जुन केही समय देखा पर्छ र त्यसपछि हराइहाल्छ । 15 यसको साटो तिमीहरूले यस्तो भन्नुपर्ने हो, “यदि परमेश्वरले इच्छा गर्नुभयो भने, हामी जिउनेछौँ र यो वा त्यो गर्नेछौँ ।” 16 तर अहिले तिमीहरू आफ्ना अभिमानी योजनाहरूका विषयमा शेखी गरिरहेका छौ । यस्ता सबै शेखी खराब हुन् । 17 त्यसकारण, जसले भलाइ गर्न जानेर पनि भलाइ गर्दैन भने त्यो त्यसको निम्ति पाप हुन्छ ।
बाइबलका लेखकहरूले व्यभिचारलाई धेरैपटक परमेश्वरलाई प्रेम गर्छु भन्ने तर परमेश्वरलाई घृणा लाग्ने कुराहरू गर्ने मानिहरूको लागि भएको अलङ्कारको रूपमा बताउँछन् ।
याकूबले सम्भवतः यो शब्दलाई याकूब ४:११ मा “राजकीय व्यवस्था”लाई (याकूब २:८) जनाउन यो शब्दको प्रयोग गर्छन् ।
याकूबले धेरै प्रश्नहरू सोध्छन् किनभने उनका पाठकहरूले आफूहरू कसरी जिइराखेका छौँ भन्ने बारेमा सोचेका उनी चाहन्छन् । उनी तिनीहरूलाई सच्याउन र सिकाउन चाहन्छन् ।
यो शब्दले साधारणतया ती मानिसहरूलाई सम्भवतः जनाउँछ जो घमण्डी छैनन् । याकूबले यो शब्द यहाँ ती मानिसहरूलाई जनाउन प्रयोग गर्छन् जो घमण्डी छैनन् र जसले येशूमा विश्वास पनि गर्छन् र उहाँको आज्ञापलान गर्छन् ।
यस खण्डमा, “तिमीहरू आफैँ”, र “तिमीहरूको”, र “तिमीहरू” शब्दहरू बहुवचन हुन् र तिनले याकूबले लेखिरहेका विश्वासीहरूलाई जनाउँछन् ।
याकूबले यी विश्वासीहरूलाई तिनीहरूका सांसारिकपन र तिनीहरूका नम्रताको अभावको लागि हप्काउँछन् । तिनीहरूले एक अर्कासँग र एक अर्काको बारेमा कसरी कुरा गर्छन् भन्ने कुरालाई ख्याल गर्नलाई उनले फेरि पनि तिनीहरूलाई आग्रह गर्छन् ।
“झगडाहरू” र “विवादहरू” जस्ता भाववाचक नामपद शब्दहरूले सामान्य रूपमा एउटै अर्थ दिन्छ र तिनलाई क्रियापदहरूको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू किन आपसमा झगडा र विवाद गर्छौ ?” वा “तिमीहरू किन आपसमा लडाईँ गर्छौ ?”
याकूबले उनका पाठकहरूलाई हप्काउनका निमित्त यो प्रश्नको प्रयोग गर्छन् । यसलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती विभिन्न कुराहरूका लागि तिमीहरूका खराब अभिलाषाहरूबाट आउँदछन्, अभिलाषाहरू जुन तिमीहरूका सदस्यहरूका बीचमा लड्छन् ।” वा “ती खराब कुराहरूका लागि भएका तिमीहरूका अभिलाषाहरूबाट आउँदछन्, अभिलाषाहरू जुन तिमीहरूका सदस्यहरूका बीचमा लड्छन् ।”
याकूबले अभिलाषाहरूको विषयमा यसरी बताउँछन् मानौँ तिनीहरू शत्रुहरू हुन् जसले विश्वासीहरूको विरुद्धमा युद्ध गरिरहे । वास्तवमा, अवश्य नै, यो ती मानिसहरू हुन् जससँग यी इच्छाहरू हुन्छन् जुन आपसमा लडन्त गर्दछन् । वैकल्पिक अनुवादः “ती दुष्ट कुराहरूको निम्ति भएका तिमीहरूका इच्छाहरूबाट आउँछन्, जसद्वारा तिमीहरू एक अर्कालाई हानी गर्न पुग्छौ”
सम्भावित अर्थहरू हुन् १) त्यहाँ स्थानीय विश्वासीहरूका बीचमा झगडा छ, वा २) झगडा, अर्थात् द्वन्द्व भनेको प्रत्येक विश्वासी भित्र हुन्छ ।
“तिमीहरू हत्या गर्दछौ” भन्ने वाक्यांशले मानिसहरूले चाहेको कुरा प्राप्त गर्नको निम्ति तिनीहरूले कति खराब व्यवहार गर्छन् भनी व्यक्त गर्दछ । यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “तिमीहरूले प्राप्त गर्न नसक्ने कुराहरू हासिल गर्न तिमीहरू सबै किसिमका दुष्ट कुराहरू गर्दछौ”
“लड्नु” र “झगडा गर्नु” भन्ने शब्दहरूले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् । मानिसहरू तिनीहरूका बीचमा कति बहस गर्छन् भनेर जोड दिनको निम्ति याकूबले यी शब्दहरू प्रयोग गरेका हुन् । वैकल्पिक अनुवादः “तिमीहरू निरन्तर लड्दछौ”
सम्भावित अर्थहरू हुन् १) “तिमीहरू गलत उद्देश्यले माग्छौ” वा “तिमीहरू खराब आचरणले माग्छौ” २) “तिमीहरूले गलत कुराहरूका निम्ति मागिरहेका छौ” वा “तिमीहरूले खराब कुराहरूका निम्ति मागिरहेका छौ”
याकूबले विश्वासीहरू ती पत्नीहरू भए झैँ गरी कुरा गर्छन् जो आफ्ना पतिहरूभन्दा बाहेकका अन्य पुरुषहरूसँग सुत्छन् । वैकल्पिक अनुवादः “तिमीहरू परमेश्वरप्रति विश्वासयोग्य भइरहेका छैनौ !”
याकूबले आफ्ना पाठकहरूलाई सिकाउनको निम्ति यो प्रश्नको प्रयोग गर्छन् । यसलाई एउटा कथनको रूपमा व्यक्त गर्न सकिनछ । वैकल्पिक अनुवादः “तिमीहरू जान्दछौ ... परमेश्वर ... !”
यो वाक्यांशले संसारको मूल्यमान्यताको व्यवस्थासँग र चलनसँग चिनाजानी गर्ने वा त्यसमा सहभागी हुने कुरालाई जनाउँछ ।
यहाँ संसारको मूल्यमान्यताको व्यवस्थालाई एउटा व्यक्ति भए झैँ गरी बताइएको छ जससँग अरूहरू मित्रहरू बन्न सक्छन् ।
संसारसँग मित्र भएको व्यक्ति परमेश्वरको शत्रु हो । यहाँ “संसारसँगको मित्रता”को अर्थ संसारको मित्र हुने हुन्छ र “परमेश्वरको विरुद्धमा शत्रुता”को अर्थ परमेश्वरको शत्रु हुने भन्ने हुन्छ । वैकल्पिक अनुवादः “संसारका मित्रहरू परमेश्वरका शत्रुहरू हुन्”
यो एउटा आलङ्कारिक प्रश्न हो जुन याकूबले उनका पाठकहरूलाई अर्ती दिनलाई प्रयोग गर्छन् । व्यर्थमा भन्नु भनेको बेकारमा बोल्नु हो । वैकल्पिक अनुवादः “त्यहाँ एउटा कारण छ जसको लागि धर्मशास्त्रले भन्दछ”
यूएलटी र यूएसटी समेत गरेर, केही संस्करणहरूले यसलाई पवित्र आत्मालाई गरिएको उल्लेख हो भनेर बुझ्छन् । अन्य संस्करणहरूले यसलाई “आत्मा” भनेर उल्था गर्छन् र त्यसद्वारा मानव आत्माको अर्थ दिन्छन् जुन हुने गरेर हरेक व्यक्तिको सृष्टि भएको छ । तपाईंका पाठकहरूले प्रयोग गर्ने अन्य संस्करणहरूमा प्रस्तुत गरिएका अर्थलाई तपाईंले प्रयोग गर्नलाई हामी सुझाव दिन्छौँ ।
यो वाक्यांश अघिल्लो पदसँग कसरी सम्बन्धित छ भन्ने कुरालाई स्पष्ट बनाउन सकिन्छः “तर, हामीले प्राप्त गर्न नसक्ने कुरालाई हाम्रो आत्माले इच्छा गरे तापनि हामीले आफैँलाई नम्र तुल्यायौँ भनेँ, परमेश्वरले हामीलाई अझ बढी अनुग्रह दिनुहुन्छ”
“किनभने परमेश्वरले बढी अनुग्रह दिनुहुन्छ, धर्मशास्त्र”
यसले सामान्य रूपमा अहंकारी मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “घमण्डी मानिसहरू”
यसले सामान्य रूपमा नम्र मानिसहरूलाई जनाउँछ। वैकल्पिक अनुवादः “नम्र मानिसहरू”
“किनभने परमेश्वरले नम्रहरूलाई अनुग्रह दिनुहुन्छ, ... समर्पण गर”
“परमेश्वरको आज्ञापालन गर”
“शैतानको प्रतिरोध गर” वा “शैतानले जे चाहन्छ सो नगर”
“त्यो टाढा भाग्नेछ”
यहाँ यो सर्वनाम बहुवचनमा छ र यसले याकूबका पाठकहरूलाई जनाउँछ ।
“तिमीहरू” शब्द बहुवचनमा छ यसले छरिएर रहेका विश्वासीहरूलाई जनाउँछ जसलाई याकूबले पत्र लेख्छन् ।
यहाँ नजिक आउने कुराको धारणाले परमेश्वरसँग इमान्दार हुने र उहाँको सामुन्ने खुला रहने कुरालाई बुझाउँछ ।
यिनीहरू समान संरचना भएका दुई वाक्यांशहरू हुन् ।
यो अभिव्यक्ति भनेको मानिसहरूलाई अधार्मिक कामहरू गर्नको साटोमा धार्मिक कामहरू गर्नको लागि एउटा आज्ञा हो । वैकल्पिक अनुवादः “परमेश्वरलाई सम्मान गर्ने तरिकाले व्यवहार गर”
यहाँ “हृदयहरू”ले कोही व्यक्तिको विचारहरू र भावनाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूका विचारहरू र औचित्यहरूलाई ठीक बनाओ”
“दोहोरो मनका” शब्दले त्यस्तो एउटा व्यक्तिलाई जनाउँछ जसले केही कुराको विषयमा बलियो निर्णय लिन सक्दैन । वैकल्पिक अनुवादः “दोहोरो मनका मानिसहरू” वा “ती मानिसहरू जसले परमेश्वरको आज्ञापालन गर्ने कि नगर्ने भनेर निर्णय लिन सक्दैनन्”
यी तीन शब्दहरूको समान अर्थ हुन्छ । परमेश्वरको आज्ञापालन नगरेकोमा साँच्चिकै क्षमाप्रार्थी हुनुपर्छ भनेर जोड दिनका लागि याकूबले तिनलाई एकसाथ प्रयोग गर्छन् ।
यो जोड दिनको लागि एउटै कुरालाई फरक तरिकाहरूमा भनेको कुरा हो । भाववाचक नामपद शब्दहरू “हाँसो”, “उदासीनता”, “आनन्द” र “खिन्नता”लाई क्रियापदहरू वा विशेषणहरूको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हाँस्न छोड र उदास बन । आनन्दित हुन छोड र खिन्न बन”
“परमेश्वरप्रति विनम्र बन ।” परमेश्वरलाई मनमा सोचेर गरिएका कुराहरूलाई उहाँको भौतिक उपस्थितिमा गरेको झैँ गरेर धेरैपटक बताइएको छ ।
कुनै व्यक्तिले जमिनमा आफैँलाई नम्रतामा लम्पसार बनाएको ठाउँबाट परमेश्वरले त्यस व्यक्तिलाई शारीरिक रूपमा माथि उठाउनुहुनेछ भनी बताएर याकूबले सङ्केत दिन्छन् कि परमेश्वरले नम्र व्यक्तिलाई सम्मान दिनुहुनेछ । वैकल्पिक अनुवादः “उहाँले तिमीहरूलाई आदर दिनुहुनेछ”
यस भागमा “तिमीहरू” र “तिमीहरूको” शब्दहरूले याकूबले पत्र लेखिरहेका विश्वासीहरूलाई जनाउँछ ।
“ ... को विषयमा खराब तरिकाले बोल्नु” वा “विरोध गर्नु”
याकूबले विश्वासीहरूको विषयमा तिनीहरू एउटै कोखबाट जन्म लिएका दाजुभाइहरू भए झैँ गरी बताउँछन् । यो शब्दले पुरुषहरूको साथसाथै स्त्रीहरूलाई पनि समावेश गर्दछ । वैकल्पिक अनुवादः “सङ्गी विश्वासीहरू”
“तर तिमीहरू व्यवस्था दिने व्यक्तिजस्तै व्यवहार गर्दैछौ”
यसले परमेश्वरलाई जनाउँछ । “परमेश्वर मात्र एक हुनुहुन्छ जसले व्यवस्था दिनुहुन्छ र मानिसहरूको न्याय गर्नुहुन्छ”
यो एउटा आलङ्कारिक प्रश्न हो जसलाई याकूबले आफ्ना पाठकहरूलाई हप्काउनको निम्ति प्रयोग गर्छन् । यसलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू केवल मानिस मात्र हौ र अर्को मानिसको न्याय गर्न सक्दैनौ ।”
याकूबले समय बिताउने कुरालाई पैसा खर्च गर्ने कुरा भए झैँ गरी बताउँछन् । “त्यहाँ एक वर्ष बसौँला”
याकूबले उनका पाठकहरूलाई सच्याउन र शारीरिक जीवन त्यति धेरै महत्त्वपूर्ण छैन भनी यी विश्वासीहरूलाई सिकाउनका निमित्त याकूबले यी प्रश्नहरूको प्रयोग गर्छन् । तिनीहरूलाई कथनहरूको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “भोलि के हुनेछ भनी कसैले पनि जान्दैन, र तिम्रो जीवन धेरै लामो समय रहँदैन !”
याकूबले मानिसहरूको विषयमा यसरी बताउँछन् मानौँ तिनीहरू तुवाँलो हुन् जुन देखा पर्छ र त्यसपछि गइहाल्छ । वैकल्पिक अनुवादः “तिमीहरू छोटो समयको लागि मात्र बाँच्छौ, र त्यसपछि तिमीहरू मर्छौ”
“बरु, तिमीहरूको स्वभाव यस्तो हुनुपर्ने”
“हामीले गरेका योजनाहरू पूरा गर्नलाई हामी पर्याप्त रूपमा लामो समय जिउनेछौँ ।” “हामी” शब्दले प्रत्यक्ष रूपमा याकूब वा उनका पाठकहरूलाई जनाउँदैन तर त्यो त याकूबका पाठकहरूले भविष्यलाई कसरी विचार गर्नुपर्छ भन्ने विषयमा भएको उदाहरणको एउटा भाग हो ।
आफूले गर्नुपर्छ भनी जानेको भलाइ गर्नलाई चुक्ने जो कोही पनि व्यक्ति चाहिँ पापको दोषी हुन्छ ।
1 अब आओ, तिमीहरू जो धनी छौ, तिमीहरूमा आउन लागेका कष्टहरूको कारण रोओ र विलाप गर । 2 तिमीहरूका धनहरू सडेका छन् र तिमीहरूका पोसाकहरू किराले खाएका छन् । 3 तिमीहरूका सुन र चाँदीहरूमा कस लागेको छ । तिनीहरूमा लागेको कस तिमीहरूको विरुद्ध साक्षी हुनेछ । त्यसले तिमीहरूका शरीरलाई आगोले झैँ नाश पार्नेछ । तिमीहरूले आफ्ना धन सम्पत्तिलाई अन्तिम दिनका निम्ति थुपारिराखेका छौ । 4 हेर, ती खेतालाहरूको ज्याला उच्च सोरमा कराइरहेको छ– त्यो ज्याला जुन तिमीहरूका खेतहरूमा कटनी गर्नेहरूलाई दिन तिमीहरूले रोक लगाएका छौ, र ती खेतालाहरूको चित्कार सेनाहरूका परमप्रभुका कानसम्म पुगेको छ । 5 तिमीहरू पृथ्वीमा सुख विलासमा बसेका छौ र आफैँलाई तृप्त पारेका छौ । तिमीहरूले आफ्ना हृदयलाई बलिको दिनको निम्ति हृष्टपुष्ट पारेका छौ । 6 तिमीहरूले धर्मी जनलाई दोष लगाएका छौ र हत्या गरेका छौ । त्यसले तिमीहरूको विरोध गर्दैन । 7 त्यसकारण, भाइहरू हो, प्रभुको आगमनसम्म धैर्य धारण गर । किसानले जमिनबाट मूल्यवान् फसल पाउनलाई प्रतीक्षा गरेको हेर । त्यसले अगिल्लो र पछिल्लो वर्षा नपाएसम्म उसले त्यो धैर्यसँग प्रतीक्षा गरिरहन्छ । 8 तिमीहरू पनि धैर्य धारण गर । तिमीहरूको हृदयलाई बलियो बनाओ, किनभने प्रभुको आगमन नजिकै छ । 9 भाइहरू हो, तिमीहरूको इन्साफ नहोस् भनेर एक अर्काको विरुद्धमा गनगन नगर । हेर, न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ । 10 भाइहरू हो, प्रभुको नाममा बोल्ने अगमवक्ताहरूको कष्ट र धैर्यबाट एउटा उदाहरण लेओ । 11 हेर, जसले धैर्य धारण गरे हामी तिनीहरूलाई आशिषित मान्छौँ । तिमीहरूले अय्यूबको धैर्यको बारेमा सुनेका छौ, र प्रभु कति धेरै दयालु र कृपालु हुनुहुन्छ भन्ने विषयमा प्रभुको उद्देश्य तिमीहरूलाई थाहा छ । 12 यी सबै कुराभन्दा माथि, मेरा भाइहरू हो, स्वर्गद्वारा वा पृथ्वीद्वारा वा कुनै पनि कुराद्वारा शपथ नखाओ । बरु, तिमीहरू इन्साफमा नपर्नको निम्ति तिमीहरूको “हो” को अर्थ चाहिँ “हो” र “होइन” को अर्थ चाहिँ “होइन” नै होस् । 13 के तिमीहरूका माझमा कसैले कष्ट भोगिरहेको छ ? उसले प्रार्थना गरोस् । के कोही आनन्दित छ ? उसले प्रशंसाको गीत गाओस् । 14 के तिमीहरूका माझमा कोही बिरामी छ ? उसले मण्डलीका एल्डरहरूलाई बोलाओस्, अनि उनीहरूले त्यसलाई प्रार्थना गरून् । प्रभुको नाममा उनीहरूले उसलाई तेलले अभिषेक गरून् । 15 विश्वासको प्रार्थनाले त्यस बिरामी मानिसलाई निको पार्नेछ, र प्रभुले उसलाई माथि उठाउनुहुनेछ । यदि उसले पाप गरेको छ भने, परमेश्वरले उसलाई क्षमा गर्नुहुनेछ । 16 त्यसकारण, एक अर्कामा आफ्ना पापहरू मानिलेओ, र एक अर्काका निम्ति प्रार्थना गर, ताकि तिमीहरू निको हुन सक । धर्मी मानिसको प्रार्थना आफ्नो काममा धेरै शक्तिशाली हुन्छ । 17 एलिया पनि हामीजस्तै मानिस थिए । पानी नपरोस् भनी उनले नम्रतापूर्वक प्रार्थना गरे, र देशमा तिन वर्ष र छ महिनासम्म पानी परेन । 18 अनि एलियाले फेरि प्रार्थना गरे । आकाशले पानी दियो र पृथ्वीले त्यसको फल उब्जायो । 19 मेरा भाइहरू हो, यदि तिमीहरूमध्ये कोही सत्यबाट तर्किएर जान्छ, र कसैले उसलाई फर्काएर ल्याउँछ भने, 20 त्यस व्यक्तिले यो थाहा गरोस्, कि जसले कुनै पापीलाई त्यसको भड्किएको मार्गबाट फर्काउँछ, उसले त्यसलाई मृत्युबाट बचाउनेछ, र असङ्ख्य पापलाई ढाक्नेछ ।
यस अध्यायले यस संसारको बितेर जाने थोकहरूको निमित्त जिउने कुरा र अनन्तताको लागि रहने थोकहरूको लागि जिउने कुराको बीचमा भएको भिन्नतालाई देखाउँछ । येशू छिटै फर्कनुहुनेछ भन्ने कुराको अपेक्षामा जिउनु पनि महत्त्वपूर्ण छ ।
सबै शपथहरू गलत हुन् भनेर यो खण्डले सिकाउँछ वा सिकाउँदैन भन्ने कुरामा विद्वानहरू विभाजित छन् । अधिकांश विद्वानहरूले विश्वास गर्छन् कि केही शपथहरू स्वीकृति गर्न मिल्ने छन् र याकूबले बरु ख्रीष्टिएनहरूलाई इमान्दारिता अपनाउन सिकाइरहेका छन् ।
१ र २ राजा अनि १ र २ इतिहासको पुस्तकहरूको अनुवाद अझै भएको छैन भने यो कथा बुझ्न कठिन हुनेछ ।
यसले सम्भवतः सिकाउँछ कि कोही व्यक्तिले आफ्नो पापपूर्ण जीवनशैलीलाई त्याग्छ भने उसको पापको परिणामस्वरूप हुने शारीरिक मृत्युद्वारा दण्डित हुनेछैन । अर्कोतर्फ, केही विद्वानहरूले विश्वास गर्छन् कि यो खण्डले अनन्त उद्धारको बारेमा सिकाउँछ । अनि अनि )
याकूबले धनी मानिसहरूलाई विलासिता र सम्पत्तिमा भएको तिनीहरूको ध्यानको बारेमा चेतावनी दिन्छन् ।
सम्भावित अर्थहरू हुन् १) याकूबले धनी विश्वासीहरूलाई कडा चेतावनी दिइरहेका छन् वा २) याकूबले धनी अविश्वासीहरूको बारेमा कुरा गर्दैछन् । वैकल्पिक अनुवादः “तिमीहरू जो धनी छौ र परमेश्वरलाई आदर गर्छु भनी भन्दछौ”
याकूबले भन्छन् कि यी व्यक्तिहरूले भविष्यमा डरलाग्दो पीडा भोग्नेछन् र उनीहरूको कष्टहरू चाहिँ तिनीहरूतर्फ आउँदै गरेको वस्तुहरू भए जैँ गरी लेख्छन् । भाववाचक नामपद शब्द “कष्टहरू”लाई एउटा क्रियापदको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुावादः “किनकि तिमीहरूले भविष्यमा भयानक ढङ्गले कष्ट काट्नेछौ”
पार्थिव धन सधैँ रहिरहँदैन नता तिनीहरूको अनन्त महत्त्व हुन्छ । याकूबले यी घटनाहरूको विषयमा यसरी बताउँछन् कि मानौँ ती पहिला नै घटिसकेका थिए । वैकल्पिक अनुवादः “तिमीहरूका धनहरू सड्नेछन्, र तिमीहरूका पोशाकहरूलाई किराले खानेछन् ।”
यी कुराहरूलाई धनी मानिसहरूका लागि मूल्यवान् रहेका थोकहरूको उदाहरणका रूपमा उल्लेख गरिएको छ ।
पार्थिव धन सधैँ रहिरहँदैन नता तिनीहरूको अनन्त महत्त्व हुन्छ । याकूबले यी घटनाहरूको विषयमा यसरी बताउँछन् कि मानौँ ती पहिला नै घटिसकेका थिए । वैकल्पिक अनुवादः “तिमीहरूका धनहरू सड्नेछन्, र तिमीहरूका पोशाकहरूलाई किराले खानेछन् । तिमीहरूका सुन र चाँदीहरूमा कस लागेको हुनेछ”
यी कुराहरूलाई धनी मानिसहरूका लागि मूल्यवान् रहेका थोकहरूको उदाहरणका रूपमा उल्लेख गरिएको छ ।
सुन र चाँदी कसरी खराब भएका छन् भन्ने कुरालाई वर्णन गर्नका लागि यी वाक्यांशहरूलाई यहाँ प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “ ... खराब भएका छन् ... तिनीहरूको खराब भएको अवस्था” वा “सडेका छन् ... तिनीहरूको सडेको अवस्था”
याकूबले तिनीहरूका मूल्यावान् थोकहरू खराब भएको कुराको विषयमा यसरी लेखे मानौँ त्यो भनेको अदालतमा भएको कुनै व्यक्ति हो जसले दुष्टलाई त्यसका अपराधहरूको आरोप लगाइरहेको छ । वैकल्पिक अनुवादः “र जब परमेश्वरले तिमीहरूको इन्साफ गर्नुहुनेछ, तिमीहरूका सडेका धनहरू कोही व्यक्ति झैँ हुनेछन् जसले तिमीहरूलाई अदालतमा दोष लाउनेछ । तिनीहरूको सडेको अवस्था” (हेर्नुहोस्ः अनि )
यहाँ खराब हुनुलाई कुनै आगोसँग तुलना गरिएको छ जसले तिनीहरूका मालिकहरूलाई जलाउँछ ।
यहाँ “देह”को अर्थ भौतिक शरीर भन्ने हुन्छ ।
आगोले प्रायः सबै दुष्टहरूमाथि आउने परमेश्वरको दण्डको अर्थ दिन्छ भनी यहाँ भएको आगोको अवधारणाबाट मानिसहरूलाई सम्झना गराउन खोजिएको छ ।
यसले परमेश्वर सबै मानिसहरूको इन्साफ गर्न आउनुहुने समयभन्दा ठीक अगाडिको समयलाई जनाउँछ । दुष्टहरूले सोच्दछन् कि तिनीहरू भविष्यको लागि धन-सम्पत्ति थुपारिरहेका छन्, तर तिनीहरूले गरिरहेका कुराहरूले इन्साफ थुपारिरहेको छ । वैकल्पिक अनुवादः “किनकि जब परमेश्वरले तिमीहरूको न्याय गर्नै लाग्नुभएको हुन्छ”
याकूबले धनी मानिसहरूलाई विलासिता र धनहरूमाथि भएको तिनीहरूको ध्यानको विषयमा चेतावनी दिनलाई निरन्तरता दिन्छन् ।
तिर्नु पर्ने पैसाको विषयमा यसरी बताइएको छ मानौँ त्यो कुनै व्यक्ति हो जसले उसमाथि गरिएको अन्यायको कारण कराइरहेको छ । वैकल्पिक अनुवादः “तिमीहरूले आफ्ना खेतहरूमा काम गर्न ल्याएका मानिसहरूलाई पैसा नतिरेको वास्तविकताले देखाउँछ कि तिमीहरूले गलत गरेका छौ”
बाली काट्नेहरूको चित्कारहरूको विषयमा यसरी बताइएको छ मानौँ तिनीहरूलाई स्वर्गमा सुन्न सकिन्थ्यो । वैकल्पिक अनुवादः “सेनाहरूका परमप्रभुले बाली काट्नेहरूका चित्कार सुन्नुभएको छ”
परमेश्वरको पनि मानिसको झैँ कान हुन्छ जस्तो गरेर बताइएको छ ।
यहाँ मानिसहरूलाई तिनीहरू वस्तुभाउ भए झैँ गरी हेरिएको छ जसलाई दाना भरपुर खुवाइएको छ ताकि त्यो कुनै भोजको समयमा मार्ने बेलामा मोटाइराखेको होस् । तापनि, इन्साफको समयमा कसैले पनि भोज गर्ने छैन । वैकल्पिक अनुवादः “तिमीहरूको लोभले तिमीहरूलाई कठोर अनन्त इन्साफको लागि केवल तयार पारेको छ”
“हृदय”लाई मानवको इच्छाको केन्द्रको रूपमा मानिएको थियो, र त्यसले यहाँ सम्पूर्ण व्यक्तिलाई जनाउँछ ।
यो चाहिँ सम्भवतः एक न्यायधीशले कुनै अपराधीलाई मृत्युदण्डको सजाय तोकेको कानूनी बुझाइमा “दोषी ठहराएको” भनेको होइन । बरु, यसले सम्भवतः दुष्ट र शक्तिशाली मानिसहरूलाई जनाउँछ जसले गरिबहरूलाई तिनीहरू नमरुञ्जेलसम्म नराम्रो व्यवहार गर्नलाई निर्णय गर्छन् ।
“ती मानिसहरू जसले जे ठीक छ सो गर्छन् । तिनीहरूले ... गर्दैनन् ।” यहाँ “धर्मी व्यक्ति”ले सामान्य अर्थमा धर्मी मानिसहरूलाई जनाउँछ र कुनै व्यक्ति विशेषलाई जनाउँदैन । वैकल्पिक अनुवादः “धर्मी मानिसहरू ... । तिनीहरूले ... गर्दैनन्”
“तिमीहरूको विरुद्धमा चल्ने”
अन्तमा, याकूबले विश्वासीहरूलाई प्रभुको आगमनको बारेमा सम्झना गराउँदछन् र प्रभुको लागि कसरी जिउने भनेर थुप्रै छोटा पाठहरू दिन्छन् ।
याकूबले धनी मानिसहरूलाई हप्काउनेबाट विश्वासीहरूलाई अर्ती दिने कुरातर्फ विषय बदल्छन् ।
“यसैकारण, पर्ख र शान्त रहो”
यो वाक्यांशले येशूको पुनरागमनलाई जनाउँछ, जब उहाँले यस पृथ्वीमा उहाँको राज्यको थालनी गर्नुहुनेछ र सारा मानिसहरूको इन्साफ गर्नुहुनेछ । वैकल्पिक अनुवादः “ख्रीष्टको पुनरागमन नभएसम्म”
धैर्य धारण गर्नु भनेको के हो भनेर सिकाउनको निम्ति किसानहरू र विश्वासीहरूलाई प्रयोग गर्दै याकूबले एउटा तुलनाको निर्माण गर्छन् ।
याकूबले विश्वास गर्नेहरूको हृदयलाई प्रतिबद्ध रहने तिनीहरूको इच्छासँग बराबर भएको देखाउँदैछन् । वैकल्पिक अनुवादः “प्रतिबद्ध भइ बस” वा “तिमीहरूको विश्वासलाई बलियो राख”
“प्रभु छिट्टै फर्कनुहुनेछ”
याकूबले तितरबितर भएका सबै यहूदी विश्वासीहरूलाई लेख्दैछन् ।
“एक अर्काको बारेमा”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ख्रीष्टले तिमीहरूको न्याय गर्नुहुनेछैन”
“ध्यान दओ, किनभने मैले अब बताउन लागेको कुराहरू दुवै सत्य र महत्त्वपूर्ण छन्ः न्यायकर्ता”
येशू कति छिटै संसारको न्याय गर्नलाई आउनुहुनेछ भनेर जोड दिनका लागि याकूबले येशू, न्यायकर्तालाई ढोकाबाट पस्नै लागेको व्यक्तिसँग तुलना गर्छन् । वैकल्पिक अनुवादः “न्यायकर्ता चाँडै आउँदै हुनुहुन्छ”
“कसरी परमप्रभुको नाउँमा बोल्ने अगमवक्ताहरूले धैर्यसँग कष्ट भोगे”
यहाँ “नाउँ” भनेको परमप्रभुको व्यक्तित्त्वको लागि भएको प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “परमप्रभुको अधिकारद्वारा” वा “परमप्रभुको लागि मानिसहरूसँग बोले”
“ध्यान दओ, किनभने मैले अब बताउन लागेको कुराहरू दुवै सत्य र महत्त्वपूर्ण छन्ः हामी मान्छौँ”
“जसले कठिनाइको बाबजुद पनि परमेश्वरको आज्ञापालन गर्न निरन्तरता दिए”
“यो महत्त्वपूर्ण छ, मेरा भाइहरू होः” वा “विशेष रूपमा, मेरा भाइहरू हो”
यसले स्त्रीहरू समेत गरेर सारा विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “मेरा सङ्गी विश्वासीहरू”
“शपथ” खानु भनेको तपाईंले केही काम गर्नुहुनेछ वा केही कुरा सत्य छ वा उच्च अधिकारको सामु त्यस कुराको लागि जवाफदेही हुनु हो । वैकल्पिक अनुवादः “शपथ नलेओ” वा “भाकल नगर”
“स्वर्ग” र “पृथ्वी” शब्दहरूले स्वर्ग र पृथ्वीमा भएका आत्मिक र मानवीय अधिकारहरूलाई जनाउँछन् ।
“कुनै शपथ नखाइकन तिमीहरूले जे गर्नेछु भनी भन्दछौ, त्यही गर वा केही कुरा सत्य छ भनी भन”
दोषी ठहरिने कुरालाई कोही व्यक्ति केही गह्रौँ कुराको वजनले गर्दा पेलिएर खसेको जस्तै गरी बताइएको छ । वैकल्पिक अनुवादः “ताकि परमेश्वरले तिमीहरूको इन्साफ नगर्नुभएको होस्”
याकूबले उनका पाठकहरूलाई तिनीहरूका खाँचोहरूको विषयमा विचार गर्न लगाउनलाई यस प्रश्नको प्रयोग गर्छन् । यसलाई एउटा कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि कसैले कष्ट भोगिरहेको छ भने, उसले प्रार्थना गर्नुपर्छ”
याकूबले उनका पाठकहरूलाई तिनीहरूका आशिष्हरूको विषयमा विचार गर्न लगाउनलाई यस प्रश्नको प्रयोग गर्छन् । यसलाई एउटा कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि कोही खुसी छ भने, उसले प्रशंसाको गीत गाउनुपर्छ”
याकूबले उनका पाठकहरूलाई तिनीहरूका खाँचोहरूको विषयमा विचार गर्न लगाउनलाई यस प्रश्नको प्रयोग गर्छन् । यसलाई एउटा कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि कोही बिमारी छ भने, उसले ... बोलाउनुपर्छ”
यहाँ “नाउँ” भनेको येशू ख्रीष्टको व्यक्तित्त्वको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “प्रभुको अधिकारद्वारा” वा “प्रभुले तिनीहरूलाई दिनुभएको अधिकारद्वारा”
विश्वासीहरूले बिरामी मानिसहरूको लागि प्रार्थना गरेको परमेश्वरले सुन्नुभएको र उहाँले ती मानिसहरूलाई निको पार्नुभएको कुराको विषयमा लेखकले यसरी बताउँछन् कि मानौँ प्रार्थनाहरू आफैँले मानिसहरूलाई निको पार्यो । वैकल्पिक अनुवादः “प्रभुले विश्वासको प्रार्थना सुन्नुहुनेछ र त्यस बिरामी मानिसलाई निको पार्नुहुनेछ”
“विश्वासीहरूद्वारा गरिएको प्रार्थना” वा “तिनीहरूले मागेको अनुसार परमेश्वरले दिनुहुनेछ भनेर विश्वास गर्दै मानिसहरूले गरेको प्रार्थना”
“प्रभुले उसलाई सद्दे बनाउनुहुनेछ” वा “प्रभुले उसलाई उसको सामान्य जीवनलाई पुनः सुरु गर्न सक्षम बनाउनुहुनेछ”
किनकि यिनीहरू यहूदी विश्वासीहरू थिए, याकूबले पुरानो समयका एकजना अगमवक्ता र त्यस अगमवक्ताका व्यवहारिक प्रार्थनाहरूको सम्झना गराएर तिनीहरूलाई प्रार्थना गर्नलाई याद दिलाउँछन् ।
तिमीहरूले गल्ती गरेका कुराहरू अरू विश्वासीहरूको सामु स्वीकार गर ताकि तिमीहरूले क्षमा पाउन सक ।
“एक अर्कालाई”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि परमेश्वरले तिमीहरूलाई निको पार्नुभएको होस्”
प्रार्थनालाई कुनै एउटा वस्तु भए झैँ गरी प्रस्तुत गरिएको छ जुन बलियो र शक्तिशाली थियो । वैकल्पिक अनुवादः “परमेश्वरको आज्ञा पालन गर्ने मानिसले जब प्रार्थना गर्दछ, परमेश्वरले महान् कामहरू गर्नुहुनेछ”
“उत्सुकताकासाथ प्रार्थना गरे” वा “दिलोज्यानले प्रार्थना गरे”
“३ ... ६”
“स्वर्ग”ले सम्भवतः आकाशलाई जनाउँछ, जसलाई पानीको स्रोतको रूपमा प्रस्तुत गरिएको छ । वैकल्पिक अनुवादः “आकाशबाट पानी पर्यो”
यहाँ पृथ्वीलाई बालीहरूको स्रोतको रूपमा प्रस्तुत गरिएको छ ।
यहाँ “फल”ले किसानहरूको सारा बालीहरूलाई जनाउँछ ।
यहाँ यो शब्दले सम्भवतः पुरुषहरू र स्त्रीहरूलाई दुवैलाई जनाउँछ । वैकल्पिक अनुवादः “सङ्गी विश्वासहरू”
परमेश्वरलाई विश्वास गर्न र उहाँको आज्ञापालन गर्न छोड्ने व्यक्तिलाई बगालबाट बरालिएर अन्त लागेको कुनै भेडासँग तुलना गरिएको छ । त्यसलाई पुनः परमेश्वरमा भरोसा गर्न मनाउने व्यक्तिलाई चाहिँ हराएको भेडाको खोजमा भएको गोठालोसँग तुलना गरिएको छ । वैकल्पिक अनुवादः “जब पनि कसैले परमेश्वरको आज्ञापालन गर्न छोड्छ, र अर्को व्यक्तिले उसलाई पुनः आज्ञापालन गर्न सुरु गर्नलाई सहायता गर्छ”
याकूबले भन्न खोजेको यो हो कि त्यस पापीलाई पश्चात्ताप गर्न र मुक्ति पाउनलाई मनाउनको लागि परमेश्वरले यस व्यक्तिको कामहरूलाई प्रयोग गर्नुहुनेछ । तर याकूबले यसरी भन्छन् कि मानौँ यो त्यो अर्को व्यक्ति हो जसले पापीको प्राणलाई मृत्युबाट बचायो ।
यहाँ “मृत्यु”ले आत्मिक मृत्यु, परमेश्वरबाट अनन्तसम्मै अलग हुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “उसलाई आत्मिक मृत्युबाट बचाउनुहुनेछ, र परमेश्वरले त्यस पापीलाई उसका सबै पापहरूको लागि माफ गरिदिनुहुनेछ”
सम्भावित अर्थहरू हुन् १) अनाज्ञाकारी भाइलाई फिर्ता ल्याउने व्यक्तिको पापहरू क्षमा हुनेछन् वा २) अनाज्ञाकारी भाइ, जब ऊ प्रभुतिर फर्कन्छ, उसका पापहरू क्षमा हुनेछन् । पापहरूको विषयमा यसरी बताइएको छ मानौँ ती वस्तुहरू हुन् जसलाई परमेश्वरले ढाक्न सक्नुहुन्छ ताकि उहाँले त्यो देख्न नसक्नुभएको होस्, ताकि उहाँले तिनीहरूलाई क्षमा गर्नुभएको होस् ।
१ पत्रुसको पुस्तक प्रेरित पत्रुसद्वारा लेखिएको थियो । एसियाको दक्षिणी प्रायद्वीपभरि छरपष्ट भएका अन्यजाति ख्रीष्टिएनहरूका लागि उनले यो पत्र लेखे ।
पत्रुसले यो पत्र लेख्नुको उद्देश्य तिनले यसरी उल्लेख गरेका छन्, “यो परमेश्वरको साँचो अनुग्रह हो भनेर तिमीहरूलाई उत्साह र साक्षी दिने” (५:१२) । ख्रीष्टिएनहरूले दुःखकष्टको सामना गर्नुपर्दा पनि तिनीहरूले निरन्तर रूपमा परमेश्वरको आज्ञा पालन गर्नुपर्छ भनी तिनले उत्साह दिए । येशूको दोस्रो आगमन चाँडै नै हुने छ भनेर तिनले तिनीहरूलाई यसो गर्न भने । अधिकारको स्थानमा रहेका व्यक्तिहरूप्रति ख्रीष्टिएनहरू समर्पित हुनुपर्छ भनेर उत्साह दिने कार्यसमेत तिनले गरे ।
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “१ पत्रुस” वा “पहिलो पत्रुस” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “पत्रुसबाटको पहिलो पत्र” वा “पत्रुसले लेखेको पहिलो पत्र” ।
पत्रुसले यो पत्र लेख्दा शायद तिनी रोममा थिए । तिनले रोमलाई “बेबिलोन” भनेर साङ्केतिक नाउँ दिए (५:१३) । पत्रुसले यो पत्र लेखेको समयमा रोमीहरूले ख्रीष्टिएनहरूलाई नराम्रो ढङ्गले सतावट गरिरहेको जस्तो लाग्छ ।
यस पुस्तकमा दुई ठाउँहरूमा बाहेक, जुन हुन्ः [१ पत्रुस १:१६]
अनुवादकहरू भएका ठाउँमा बाइबलको अनुवाद छँदै छ भने, तिनीहरूले तिनै अनुवादहरूका पाठलाई प्रयोग गर्ने कुरालाई विचार गर्न सक्छन् । यदि छैन भने, आधुनिक अनुवादका पाठलाई प्रयोग गर्ने सुझाव अनुवादकहरूलाई दिइन्छ ।
1 पोन्टस, गलातिया, कापाडोकिया, एसिया र बिथिनियाभरि छरिएर रहेका परदेशीहरूलाई येशू ख्रीष्टका प्रेरित पत्रुसबाट । 2 येशू ख्रीष्टप्रतिको आज्ञाकारिता र उहाँको रगतको छिट्काइको निम्ति परमेश्वर पिताको पूर्वज्ञानअनुसार पवित्र आत्माको शुद्धिकरणद्वारा चुनिएकाहरू । तिमीहरूमा अनुग्रह होस् र तिमीहरूको शान्तिको वृद्धि होस् । 3 परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पिता धन्यको हुनुभएको होस् । उहाँको महान् दयामा मृतकहरूबाट येशू ख्रीष्टको पुनरुत्थानद्वारा ईश्वरीय उत्तराधिकारको निश्चयतको लागि हामीलाई नयाँ जन्म दिनुभयो । 4 किनकि कहिल्यै नष्ट नहुने ईश्वरीय उत्तराधिकारमा कहिल्यै दाग लाग्दैन र यो कहिल्यै बिलाएर पनि जाँदैन । यो तिमीहरूका निम्ति स्वर्गमा संरक्षित छ । 5 अन्तिम समयमा प्रकट हुने उद्धारको निम्ति तिमीहरू विश्वासद्वारा परमेश्वरको शक्तिले सुरक्षित राखिएका छौ । 6 अहिले तिमीहरूले विभिन्न किसिमका धेरै कष्टको अनुभव गर्न जरुरी भए तापनि तिमीहरू यसमा रमाउँछौ । 7 तिमीहरूको विश्वास जाँचियोस् भनेर यो भएको हो, जुन विश्वास आगोमा नष्ट भएर जाने सुनभन्दा धेरै बहुमूल्य छ । येशू ख्रीष्ट प्रकट हुनुहुँदा तिमीहरूको विश्वास स्थापित भएर यसले प्रशंसा, महिमा र आदर उत्पन्न गरोस् भनेर यसो भएको हो । 8 तिमीहरूले उहाँलाई देखेका छैनौ, तर तिमीहरू उहाँलाई प्रेम गर्छौ । तिमीहरू अहिले उहाँलाई देख्दैनौ, तर तिमीहरू उहाँमा विश्वास गर्छौ र व्यक्त गर्न नसकिने महिमाले भरिपूर्ण आनन्दमा तिमीहरू धेरै खुसी छौ । 9 अहिले तिमीहरूले आफ्नै निम्ति तिमीहरूको विश्वासको प्रतिफल पाइरहेका छौ, जुनचाहिँ तिमीहरूका प्राणको मुक्ति हो । 10 अगमवक्ताहरूले तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा यही मुक्तिको विषयमा ध्यानसित खोजतलास गरेका थिए । 11 तिनीहरूले कस्तो प्रकारको मुक्ति आउँदै छ भनी खोजी गरे । तिनीहरूमा हुनुभएका ख्रीष्टका आत्माले कुन समयको विषयमा बोलिरहनुभएको छ भन्ने कुराको पनि तिनीहरूले खोजी गरे । यो कार्य त्यति बेला भइरहेको थियो जति बेला उहाँले अगाडिबाट नै तिनीहरूलाई येशू ख्रीष्टका कष्टहरू र त्यसपछि आउने महिमाको बारेमा बताउँदै हुनुहुन्थ्यो । 12 यो अगमवक्तालाई प्रकट गरिएको थियो जुन तिनीहरूले यी कुराहरूको सेवा गरिरहेका थिए, तिनीहरू आफ्नै लागि होइन तर तिमीहरूका लागि । यी कुरा स्वर्गबाट पठाइनुभएका पवित्र आत्माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार ल्याउनेहरूद्वारा तिमीहरूलाई सुनाइएको छ । यी कुराहरू प्रकट होऊन् भनेर स्वर्गदूतहरू पनि इच्छा गर्छन् । 13 त्यसकारण, तिमीहरूका मनलाई बाँध । आफ्नो सोचाइमा संयमी होओ । येशू ख्रीष्ट तिमीहरूकहाँ प्रकट हुनुहुँदा तिमीहरूकहाँ ल्याइने अनुग्रहमा पूर्ण आशा राख । 14 आज्ञाकारी छोराछोरीहरू भएकाले तिमीहरूसँग अन्जान हुँदा तिमीहरूले पछ्याएका इच्छाहरूमा नचल । 15 तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू पनि आ-आफ्ना जीवनका सबै व्यवहारमा पवित्र होओ । 16 किनकि यस्तो लेखिएको छ, “तिमीहरू पवित्र होओ किनकि म पवित्र छु ।” 17 जसले प्रत्येक व्यक्तिलाई उसको कामअनुसार भेदभाव नगरी न्याय गर्नुहुनेलाई तिमीहरू “पिता” भन्छौ भने, आफ्नो यात्राको समय आदरमा बिताओ । 18 तिमीहरूलाई थाहा छ, कि तिमीहरूले तिमीहरूका सांसारिक पिताहरूबाट सिकेका मूर्ख बानीहरूबाट नष्ट भएर जाने चाँदी वा सुनबाट छुटकारा पाएका होइनौ । 19 तर तिमीहरूले येशू ख्रीष्टको आदरयोग्य रगतद्वारा छुटकारा पाएका छौ, जो दोषरहित र दागरहित थुमा हुनुहुन्छ । 20 येशू संसारको जग बसालिनुभन्दा पहिले नै छानिनुभएको थियो, तर यी अन्तिम समयहरूमा उहाँ तिमीहरूका निम्ति प्रकट हुनुभएको छ । 21 तिमीहरू उहाँद्वारा परमेश्वरमा विश्वास गर्छौ, जसलाई तिमीहरूका विश्वास र आशा परमेश्वरमा रहून् भनेर परमेश्वरले मृतकहरूबाट पुनर्जीवित पार्नुभयो र उहाँलाई महिमा दिनुभयो । 22 सत्यताको आज्ञाकारिताद्वारा निष्कपट भातृ-प्रेमको निम्ति तिमीहरूले आफ्नो प्राण शुद्ध बनायौ । त्यसैले, आफ्नो हृदयबाट एक-अर्कालाई प्रेम गर । 23 तिमीहरू नयाँ गरी जन्मेका छौ, त्यो नाशवान् वीर्यबाट होइन, तर जीवित र रहिरहने परमेश्वरको वचनको अविनाशी वीर्यबाट । 24 किनकि “सबै देह घाँसजस्तै हुन् र तिनका सबै महिमा घाँसका फुलजस्तै हुन् । घाँस सुक्छ र फुल ओइलाउँछ ।” 25 तर परमेश्वरको वचन सदासर्वदा रहिरहन्छ । सुसमाचारको रूपमा यही सन्देशलाई तिमीहरूकहाँ घोषणा गरिएको थियो ।
पत्रुसले पद १-२ मा यो पत्रलाई औपचारिक रूपमा परिचित गराउँछन् । प्राचीन मध्यपूर्वमा पत्र लेख्नेहरूले पत्रहरू लेख्न यसरी सुरु गर्दथे ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले १:२४-२५ मा पुरानो करारबाट उद्धृत गरेर ल्याइएको कवितासँग यसै गर्छ ।
जब येशू दोस्रोपल्ट आउनुहुन्छ, तब परमेश्वरका मानिसहरूले येशूमाथि विश्वास राख्नू कति असल कुरा रहेछ भनी हरेक व्यक्तिले थाहा पाउने छन् । अनि परमेश्वरका मानिसहरूप्रति उहाँ कति धेरै अनुग्रही हुनुभएको छ भनेर तिनीहरूले थाहा पाउने छन् र सबै मानिसहरूले परमेश्वर र उहाँका मानिसहरूको प्रशंसा गर्ने छन् ।
परमेश्वरले उहाँका मानिसहरू पवित्र होउन् भन्ने इच्छा गर्नुहुन्छ किनभने परमेश्वर पवित्र हुनुहुन्छ ।
अनन्त रहने थोकहरूका लागि जिउन र अन्त्य हुने यस संसारका थोकहरूका लागि नजिउन पत्रुसले ख्रीष्टिएनहरूलाई आग्रह गर्छन् ।
विरोधाभासको वाक्य एउटा साँचो वाक्य हो, जसले कुनै असम्भव कुरालाई स्पष्ट पार्दछ । पत्रुसले आफ्ना पाठकहरू एकै समयमा खुशी र दुःखी भएका कुरा लेख्दछन् (१ पत्रुस १:६) । तिनीहरूले कष्ट भोगिरहेका हुनाले तिनीहरू दुःखी भएका छन्, तर “अन्तिम समयमा” परमेश्वरले तिनीहरूलाई बचाउनुहुनेछ भन्ने कुरा तिनीहरूले थाहा भएको हुनाले तिनीहरू खुशी छन् (१ पत्रुस १:५) ।
पत्रुसले आफैँलाई लेखकको रूपमा परिचित गराउँछन् र उनले लेख्दै गरेका विश्वासीहरूको परिचय दिँदै उनीहरूलाई अभिवादन गर्छन् ।
पत्रुसका पाठकहरू आफ्नो मुलुकदेखि बाहिर धेरै मुलुकमा छरपष्ट भएर बसेका कुरा तिनले गर्दछन् ।
पत्रुसले उल्लेख गरेका अन्य ठाउँहरूसँगै, कापाडोकिया र बिथिनिया अहिलेको टर्की रहेको ठाउँमा रहेका रोमी प्रान्तहरू थिए ।
“परमेश्वर पिताले चुन्नुभएकाहरू ।” परमेश्वरले तिनीहरूलाई उहाँको आफ्नो पूर्वज्ञान अनुसार चुन्नुभएको छ ।
“उहाँको आफ्नै पूर्वज्ञान अनुसार”
भाववाचक नाउँ “पूर्वज्ञान” शब्दलाई क्रियापदको रूपमा अनुवाद गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) के हुने छ भनेर परमेश्वरले अगिदेखि नै निर्धारण गर्नुभयो । वैकल्पिक अनुवादः “पिता परमेश्वरले पहिलेदेखि नै जे निर्णय गर्नुभयो” वा २) के हुने छ भनेर परमेश्वरलाई समयभन्दा अगि नै थाहा थियो । वैकल्पिक अनुवादः “जे परमेश्वर पितालाई पहिलेबाट नै थाहा थियो”
यहाँ “रगत”ले येशूको मृत्युलाई जनाउँछ । जसरी मोशाले परमेश्वरसँग इस्राएलको मानिसहरूको करारको चिन्हस्वरूप तिनीहरूमाथि रगत छर्के, त्यसरी नै विश्वासीहरू पनि येशूको मृत्युद्वारा परमेश्वरसँगको करारमा छन् ।
यो खण्डले अनुग्रहलाई विश्वासीहरूले प्राप्त गर्न सक्ने कुनै वस्तुको रूपमा र शान्तिलाई परिमाणमा बढ्न सक्ने केही कुराको रूपमा व्यक्त गर्दछ । अवश्य पनि,अनुग्रह भनेको वास्तवमा विश्वासीहरूप्रति परमेश्वरले गर्ने नरम व्यवहार हो, र शान्ति चाहिँ विश्वासीहरू परमेश्वरसँग सुरक्षा र आनन्दमा कसरी बस्छन् भन्ने कुरा हो ।
पत्रुस विश्वासीहरूको उद्धार र विश्वासको बारेमा कुरा गर्न सुरु गर्छन् । यहाँ उनले एउटा अलङ्कारको व्याख्या गर्छन् जसमा परमेश्वरले सारा विश्वासीहरूको निम्ति जे गर्ने प्रतिज्ञा गर्नुभएको छ, सो कुरालाई उहाँलाई तिनीहरूलाई दिने एउटा उत्तराधिकार भएको जसरी व्यक्त गरिएको छ ।
“हाम्रा” र “हामी” शब्दहरूले पत्रुस र उनले लेखिरहेका व्यक्तिहरूलाई जनाउँछन् ।
“उहाँले हामीलाई पुनर्जन्म लिने तुल्याउनुभएको छ”
यसलाई तपाईंले क्रियापद प्रयोग गरेर अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “हामी उत्तराधिकार प्राप्त गर्न दृढ भएर आशा गर्छौँ”
परमेश्वरले विश्वासीहरूका निम्ति गर्नुभएको प्रतिज्ञा प्राप्त गर्ने कुरा परिवारको सदस्यबाट उत्तराधिकारको रूपमा पाइने जायजेथा र धनको रूपमा व्यक्त गरिएको छ ।
पत्रुसले उत्तराधिकारलाई सिद्ध र अनन्तसम्म हुने केही कुराको रूपमा गर्नको निम्ति तीनवटा उस्तै किसिमका वाक्यांशको प्रयोग गर्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूका लागि परमेश्वरले स्वर्गमा सँचेर राख्नुभएको छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई सुरक्षा दिइरहनुभएको छ”
यहाँ “शक्ति” भनेको परमेश्वर शक्तिशाली हुनुहुन्छ र विश्वासीहरूलाई बचाउन सक्षम हुनुहुन्छ भन्ने कुरालाई बताउने एउटा तरिका हो ।
यहाँ “विश्वास”ले विश्वासीहरूले ख्रीष्टमाथि भरोसा गर्छन् भन्ने तथ्यलाई जनाउँछ । वैकल्पिक अनुवाद: “तिमीहरूको विश्वासको कारणले”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन परमेश्वरले प्रकट गर्न लाग्नुभएको छ”
“यस” शब्दले पत्रुसले अगिल्ला पदहरूमा उल्लेख गरेका सबै आशिष्हरूलाई जनाउँछ ।
आगोले जसरी सुनलाई खार्ने काम गर्दछ, त्यसरी नै कठिनाइहरूले विश्वासीहरूले ख्रीष्टमा राख्ने भरोसालाई जाँच्दछन् ।
विश्वासीहरूले कति राम्रोसँग ख्रीष्टमा विश्वास गर्छन् भनी परमेश्वरले जाँच गर्ने इच्छा गर्नुहुन्छ ।
विश्वास सुनभन्दा बहुमूल्य हुन्छ, किनकि सुनलाई आगोमा खारे तापनि यो सधैँ रहँदैन ।
सम्भावित अर्थहरू हुन् १) तिमीहरूको विश्वासको कारण “परमेश्वरले तिमीहरूको धेरै आदर गर्नुहुनेछ” वा २) परमेश्वरलाई “तिमीहरूको विश्वासले प्रशंसा, महिमा र आदर ल्याउनेछ” ।
“जब येशू ख्रीष्ट प्रकट हुनुहुन्छ ।” यसले येशू ख्रीष्टको पुनरागमनलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब येशू ख्रीष्ट सबै मानिसको सामु प्रकट हुनुहुन्छ”
“शब्दहरूले व्यक्त गर्न नसकिने अद्भूत आनन्द”
यहाँ “प्राण” शब्दले सिङ्गो व्यक्तिलाई जनाउँछ । अमूर्त नाम “मुक्ति”लाई क्रियापदको प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूको मुक्ति” वा “परमेश्वरले तिमीहरूलाई बचाउने काम”
यो शब्दले अवधारणालाई कुनै एउटा वस्तु भए झैँ गरी प्रस्तुत गर्छ । वास्तवमा, “मुक्ति”ले परमेश्वरले हामीलाई बचाउने काम वा यसको परिणामलाई जनाउँछ ।
यी शब्दहरूले दुईवटा विचारलाई तिनीहरू कुनै थोकहरू वा वस्तुहरू भए झैँ गरी प्रस्तुत गर्छन् । वास्तवमा, “मुक्ति”ले परमेश्वरले हामीलाई बचाउने काम वा यसको परिणामलाई जनाउँछ । यसै गरी, “अनुग्रह”ले परमेश्वरले विश्वासीहरूसँग गर्ने कोमल व्यवहारलाई जनाउँछ ।
“ध्यासित खोजतलास गरेका” भन्नुको अर्थ मूलभूत रूपमा “खोजेका” भन्ने अर्थ हुन्छ । यी शब्दहरूको सँगै प्रयोगले ती अगमवक्ताहरूले यो मुक्तिलाई बुझ्नको निम्ति कति धेरै परिश्रम गरेका थिए भन्ने कुरालाई जोड दिन्छ । वैकल्पिक अनुवादः “धेरै ध्यान दिएर जाँच गरे”
पत्रुसले अगमवक्ताहरूको मुक्तिको खोजको बारेमा भएको कुरालाई निरन्तरता दिन्छन् ।
“तिनीहरूले निश्चय गर्न कोसिस गरे”
यसले पवित्र आत्मालाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले अगमवक्ताहरूलाई प्रकट गर्नुभयो”
“स्वर्गदूतहरूले यो कुरा बुझ्ने इच्छा गर्दछन्”
“यसैले गर्दा, मन बाँध ।” पत्रुसले अहिलेसम्म मुक्तिको, तिनीहरूको विश्वासको र ख्रीष्टका आत्माले अगमवक्ताहरूलाई दिनुभएका प्रकाशहरूको बारेमा आफूले भनेका सबै कुरालाई अङ्कित गर्न “त्यसैले” शब्द प्रयोग गर्छन् ।
कम्मर कस्ने कुराले कडा मेहनत गर्नलाई तयर गर्ने कुरालाई जनाउँछ । यो कुरा सजिलोसँग हिँड्नको लागि कुनै व्यक्तिको वस्त्रको अन्तिम फेरलाई पेटिले कम्मरको वरिपरि बाँध्ने चलनबाट आएको हो । वैकल्पिक अनुवादः “तिमीहरूका मनलाई तयार गर”
यहाँ “संयमी” शब्दले मानसिक स्पष्टता र सतर्कतालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूका विचारहरूलाई काबुमा राख” वा “तिमीहरूले सोच्ने कुरामा होसियार होओ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूकहाँ ल्याउनुहुने अनुग्रह”
यहाँ विश्वासीहरूसँग दयापूर्वक व्यवहार गर्ने परमेश्वरको तरिकालाई यो उहाँले तिनीहरूकहाँ ल्याउनुहुने कुनै वस्तु भए झैँ गरी लेखिएको छ ।
यसले ख्रीष्टको दोस्रो आगमनलाई जनाउँछ । यसलाई कर्तृवाच्यको स्वरूपमा पनि लेख्न सकिन्छ । तपाईंले यसलाई १ पत्रुस १:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “जब येशू ख्रीष्ट सबै मानिसहरूकहाँ देखा पर्नुहुन्छ”
“तिनै कुराहरूको इच्छा नगर ।” वैकल्पिक अनुवादः “ती इच्छाहरूलाई सन्तुष्ट गर्नको निम्ति नजिओ”
यसले धर्मशास्त्रमा भएको परमेश्वरको सन्देशलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने जस्तो परमेश्वरले भन्नुभयो”
यहाँ “म” शब्दले परमेश्वरलाई जनाउँछ ।
पत्रुसले आफ्ना पाठकहरूको बारेमा तिनीहरू आफ्नो देशभन्दा टाढा विदेशी भूमिमा बस्ने व्यक्तिहरूको रूपमा बताउँछन् । वैकल्पिक अनुवादः “तिमीहरूको साँचो घरबाट टाढा बस्दाखेरीको समयलाई प्रयोग गर”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई छुटकारा दिनुभएको छ”
यहाँ “रगत”ले क्रुसमा भएको ख्रीष्टको मृत्युलाई जनाउँछ ।
परमेश्वरले मानिसहरूका पाप क्षमा गर्नुभएको होस् भनेर येशू बलिदानको रूपमा मर्नुभयो । वैकल्पिक अनुवादः “यहूदी पूजाहारीहरूले चढाउने खोट वा दागरहित थुमा जस्तै”
पत्रुसले ख्रीष्टको शुद्धतालाई जोड दिनको निम्ति एउटै कुरालाई दुईवटा फरक तरिकाले व्यक्त गर्दछन् । वैकल्पिक अनुवादः “असिद्ध कुराहरूले होइन”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले ख्रीष्टलाई चुन्नुभयो”
तपाईंले यसलाई क्रियापद भएको वाक्यांशसहित अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले संसारलाई सृष्टि गर्नुभन्दा अगाडि”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँलाई तिमीहरूकहाँ प्रकट गर्नुभएको छ”
पत्रुसले भन्ने खोजेको उनका पाठकहरूले वास्तवमै ख्रीष्टलाई देखे भन्ने होइन, तर तिनीहरूले उहाँको बारेमा भएको सत्यता सिके भन्ने हो ।
यहाँ कसैलाई बिउँताउनु भनेको मरिगएको कसैलाई पुनः जीवित हुने तुल्याउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “जसले उहाँलाई पुनः जीवित हुने तुल्याउनुभयो ताकि उहाँ अरू बढी मृतकहरूको माझमा हुनुभएको नहोस्”
“र उहाँलाई महिमित पार्नुभयो” वा “र उहाँ महिमित हुनुहुन्छ भनी दर्साउनुभयो”
यहाँ “प्राण” शब्दले सिङ्गो व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूले आफैँलाई शुद्ध बनायौ”
यहाँ शुद्ध हुने कुराले परमेश्वरको अगि स्वीकारयोग्य हुने कुरालाई जनाउँछ ।
तपाईंले यसलाई क्रियापद भएको वाक्यांशसहित अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “सत्यताको आज्ञापालन गरेर”
यसले सङ्गी-विश्वासीहरू माझमा भएको प्रेमलाई जनाउँछ ।
यहाँ “हृदय” भनेको व्यक्तिको सोचाइहरू वा भावनाहरूको लागि प्रतिस्थापन शब्द हो । कसैलाई “हृदयबाट” प्रेम गर्नु भनेको चाहिँ कसैलाई पूर्ण प्रतिबद्धताका साथ पूर्णतया प्रेम गर्नु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “एक अर्कालाई गहिरो र पूर्ण तरिकाले प्रेम गर”
पत्रुसले परमेश्वरको वचनलाई निम्न सम्भावित अर्थहरूमा कुरा गरेका हुन सक्छन् १) बिरुवाको बिउ झैँ जुन विश्वासीहरूमा हुर्कन्छ र नयाँ जीवन उत्पादन गर्छ वा २) पुरुष वा स्त्रीभित्र भएका स-साना कोषिकाहरू जस्तै जुन आपसमा जोडिएर स्त्रीभित्र एउटा बालकको विकास गराउँछ ।
बिउ जुन कुहिनेछैन वा सुक्नेछैन वा मर्नेछैन
पत्रुसले परमेश्वरको वचनलाई सधैँ जीवित रहेको कुराको रूपमा बताउँछन् । वास्तवमा, सधैँ रहने परमेश्वर हुनुहुन्छ, र उहाँका आज्ञाहरू र प्रतिज्ञाहरू अनन्तसम्म रहन्छन् ।
तिनीहरू अविनाशी वीर्यबाट जन्मेका हुन् भनेर उनले भर्खरै गरेका कुरासँग जोड्नलाई यी पदहरूमा पत्रुसले यशैया अगमवक्ताको पुस्तकबाट एउटा खण्ड उद्धृत गर्छन् ।
“देह” शब्दले मानवजातिलाई जनाउँछ । यशैया अगमवक्ताले मानिसहरूलाई बढेर तुरुन्तै मरिहाल्ने घाँससँग तुलना गर्छन् । वैकल्पिक अनुवादः “सबै मानिसहरू घाँस मरेजस्तै मर्छन्, र तिनीहरूका सबै”
यहाँ “महिमा” शब्दले सुन्दरता वा असल कुरोलाई जनाउँछ । यशैयाले मानिसहरूले मानवताको बारेमा असल र सुन्दर ठान्ने कुराहरूलाई चाँडै मर्ने फुलहरूसँग तुलना गर्छन् । वैकल्पिक अनुवादः “फुलहरू चाँडै मरेजस्तै भलाइ पनि चाँडै बन्द हुन्छ”
“प्रभुबाट आउने सन्देश”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले घोषणा गरेको सुसमाचार”
1 त्यसकारण सबै दुष्ट्याइँ, छल, पाखण्डीपन, डाहा र बदख्वाइँलाई टाढै राख । 2 नवजात शिशुहरूले जस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर ताकि तिमीहरू त्यसबाट मुक्तिमा बढ्न सक, 3 यदि प्रभु भला हुनुहुन्छ भनी तिमीहरूले चाखेका छौ भने, 4 उहाँमा आओ, जो मानिसहरूद्वारा इन्कार गरिनुभएका जीवित पत्थर हुनुहुन्छ, तर त्यही पत्थर नै परमेश्वरबाट चुनिएको छ र उहाँका निम्ति बहुमूल्य पत्थर हुनुभएको छ । 5 तिमीहरू पनि येशू ख्रीष्टद्वारा परमेश्वरको निम्ति ग्रहणयोग्य आत्मिक बलिदानहरू चढाउने पवित्र पुजारीहरू हुनको निम्ति आत्मिक भवन निर्माण गर्ने जीवित पत्थरहरूजस्तै हौ । 6 धर्मशास्त्रले भन्दछ, “हेर म सियोनमा एउटा कुने-ढुङ्गो बसाल्नेछु, जुन मुख्य, चुनिएको र बहुमूल्य हुनेछ । जसले उहाँमाथि विश्वास गर्छ, त्यो शर्ममा पर्नेछैन ।” 7 त्यसैले, तिमीहरू जसले विश्वास गर्छौ तिमीहरूको निम्ति आदर छ । तर, “त्यो ढुङ्गो जसलाई निर्माणकर्ताहरूले इन्कार गरे त्यो नै कुनाको शिर-ढुङ्गा भयो ।” 8 र “एउटा ठक्कर लाग्ने ढुङ्गा र एउटा ठक्कर लाग्ने चट्टान ।” वचन उल्लङ्घन गरेको कारण तिनीहरू ठक्कर खान्छन् जसको निम्ति तिनीहरू नियुक्त गरिएका थिए । 9 तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारीहरू, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ । त्यसैले, तिमीहरूलाई अन्धकारबाट बोलाई उहाँको उदेकको ज्योतिमा ल्याउनुहुनेका आश्चर्यकर्महरूको घोषणा गर्न सक । 10 तिमीहरू एक समय परमेश्वरका थिएनौ, तर अब परमेश्वरका प्रजाहरू हौ । तिमीहरूले कृपा पाएका थिएनौ, अहिले परमेश्वरको कृपा पाएका छौ । 11 हेर, तिमीहरूका आत्माको विरुद्धमा लडाइँ गर्ने पापमय इच्छाबाट टाढा रहनको निम्ति परदेशीहरू र प्रवासीहरूलाई झैँ म तिमीहरूलाई बोलाउँछु । 12 अरू जातिहरूका बिचमा तिमीहरूको व्यवहार असल होस् ताकि तिमीहरूले दुष्ट काम गरेका छौ भनेर तिनीहरूले भने तापनि तिमीहरूका राम्रा कामहरू देखेर तिनीहरूले उहाँको आगमनमा परमेश्वरको प्रशंसा गरून् । 13 प्रभुको खातिर सबै मानवीय अधिकारलाई स्वीकार गर चाहे ती सर्वोच्च राजा हुन्, 14 या शासकहरू जो नराम्रो काम गर्नेहरूलाई सजाय दिन र असल काम गर्नेहरूको प्रशंसा गर्न उत्साह दिन पठाइएका हुन् । 15 किनकि परमेश्वरको इच्छा यही हो कि असल काम गरेर तिमीहरूले मूर्ख मानिसहरूका अज्ञानतालाई चुप लगाउनुपर्छ । 16 स्वतन्त्र मानिसहरूझैँ तिमीहरूको स्वतन्त्रता दुष्टतालाई ढाक्नको निम्ति प्रयोग नगर, तर परमेश्वरका दासहरूजस्तै बन । 17 सबै मानिसको आदर गर । भातृत्वलाई प्रेम गर । परमेश्वरको भय मान । राजाको आदर गर । 18 कमारा हो, सम्पूर्ण आदरसाथ आफ्नो मालिकको अधीनमा बस; असल र भला मालिकहरूसँग मात्र होइन, तर दुष्टहरूसँग पनि । 19 किनकि कोही व्यक्तिको विवेक परमेश्वरप्रति भएको कारण उसले असल काम गरे पनि कष्ट सहन्छ भने त्यो परमेश्वरमा प्रशंसनीय कुरो हो । 20 यदि तिमीले पाप गरेर सहन्छौ भने त्यो कुन ठुलो कुरा भयो र ? तर यदि तिमीले असल गरेर पनि सहन्छौ भने त्यो परमेश्वरमा प्रशंसनीय हुनेछ । 21 यसैको निम्ति तिमीहरू बोलाइएका थियौ, किनकि तिमीहरूले उहाँका पाइला पछ्याओ भनेर ख्रीष्टले पनि दुःख भोग्नुभयो र तिमीहरूका निम्ति उदाहरण छोड्नुभयो । 22 उहाँले कुनै पाप गर्नुभएन, न उहाँका मुखमा कुनै छलको कुरो पाइयो । 23 उहाँको अपमान हुँदा उहाँले त्यसको बदला लिनुभएन । उहाँले दुःख भोग्नुहुँदा पनि आफैँलाई उचित न्याय गर्नुहुनेकहाँ सुम्पिनुभयो । 24 हामी पापको भागीदार नबनौँ र धार्मिकताको खातिर जिऔँ भनेर उहाँले हाम्रा सबै पाप आफ्नो शरीरमा बोकी क्रुसमा चढ्नुभयो । उहाँका चोटले तिमीहरू निको भएका छौ । 25 तिमीहरू सबै हराएका भेडाझैँ भौतारिँदै थियौ, तर अब तिमीहरू आत्माका गोठालो र संरक्षककहाँ फर्किएका छौ ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले २:६, ७, ८, र २२ मा पुरानो करारबाट लिइएको कवितासँग यसै गर्छ ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले २:१० मा भएको कवितासँग यसै गर्छ ।
ठूलाठूला ढुङ्गाहरू वा पत्थरहरू प्रयोग गरेर बनाएको कुनै भवनलाई बाइबलले मण्डली जनाउने उपमाको रूपमा प्रयोग गर्दछ । येशू कुने ढङ्गो हुनुहुन्छ । यो नै सबैभन्दा महत्त्वपूर्ण ढुङ्गो हो । प्रेरितहरू र अगमवक्ताहरू चाहिँ जग हो, अर्थात् उक्त भवनका एक भाग हो, जसमाथि अरु सबै पत्थरहरू राखिएका हुन्छन् । यस अध्यायमा, ख्रीष्टिएनहरू पत्थरहरू हुन् । तिनीहरूले नै उक्त भवनको भित्ताहरू बन्दछ । अनि )
पत्रुसले आफ्ना विश्वासीहरूलाई “शुद्ध आत्मिक दुधको तृष्णा गर” भन्छन् । यो कुनै बालकले आफ्नो आमाको दुध खाने इच्छा उपमा हो । कुनै बालकले आमाको दुधको इच्छा गरेँ ख्रीष्टिएनहरूले पनि परमेश्वरको वचनप्रति इच्छा राखून् भन्ने पत्रुसको चाहना हो ।
पत्रुसले आफ्ना पाठकहरूलाई पवित्रता र आज्ञाकारिताको बारेमा शिक्षा दिने कामलाई निरन्तरता दिन्छन् ।
यी पापपूर्ण कार्यहरूलाई मानिसहरूले फ्याँक्न सक्ने वस्तुहरूको रूपमा बताइएको छ । यहाँ “त्यसकारण” भन्ने शब्दले पत्रुसले पवित्र र आज्ञाकारी हुने सम्बन्धमा अगाडि भनेका सबैकुराहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यसैले, सबै दुष्ट कुराहरू, र पाखण्डीपन, र ईर्ष्या, र सबै निन्दालाई हटाओ” वा “त्यसैले, दुष्ट, वा छली, वा पाखण्डी, वा डाह गर्ने, वा र निन्दा गर्ने हुन छोड”
पत्रुसले आफ्ना पाठकहरू शिशुहरू भए झैँ गरी बताउँछन् । शिशुहरूलाई शुद्ध खानेकुराको आवश्यक हुन्छ, जसलाई तिनीहरूले सजिलैसँग पचाउन सक्छन् । त्यसैगरी, विश्वासीहरूलाई परमेश्वरको वचनबाट शुद्ध आत्मिक शिक्षा चाहिन्छ । वैकल्पिक अनुवादः “जसरी शिशुहरूले तिनीहरूका आमाहरूको दूधको तिर्सना गर्छन्, त्यसैगरी तिमीहरूले पनि शुद्ध आत्मिक दूधको तिर्सना गर्नुपर्छ”
“असाध्यै चाहनु” वा “तीव्र चाहना गर्नु”
पत्रुसले परमेश्वरको वचन चाहिँ बालकहरूलाई हुर्काउने आत्मिक दूध भए झैँ गरेर बताउँछन् ।
यहाँ “मुक्ति” शब्दले येशूको आगमनमा परमेश्वरले उहाँका जनहरूको मुक्तिलाई पूर्णतामा ल्याउने कामलाई जनाउँछ
विश्वासीहरू परमेश्वरको ज्ञान र उहाँको विश्वासयोग्यतामा बढ्ने कामलाई पत्रुसले बढ्दै गरेका बालकहरूको रूपमा व्यक्त गर्छन् ।
चाख्नु भन्ने शब्दले व्यक्तिगत रूपमा कुनै कुराको अनुभव गर्नु भन्ने जनाउँछ । वैकल्पिक अनुवादः “यदि तिमीहरूले तिमीहरूप्रति भएको प्रभुको दयाको अनुभव गरेका छौ भने”
पत्रुसले येशू र विश्वासीहरूलाई जीवित ढुङ्गाहरूको रूपमा बताउने एउटा अलङ्कार भन्न सुरु गर्छन् ।
पत्रुसले येशूलाई भवनमा प्रयोग गरिने पत्थरको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “उहाँकहाँ आओ, जो भवनका पत्थर हुनुहुन्छ; मृत होइन, तर जीवित”
सम्भावित अर्थहरू हुन् १) “जो जिउँदो पत्थर हुनुहुन्छ” वा २) “जो जीवन दिने पत्थर हुनुहुन्छ ।”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई मानिसहरूले इन्कार गरेका छन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर जसलाई परमेश्वरले चुन्नुभएको छ”
जसरी पुरानो करारमा मानिसहरूले भवन निर्माण गर्नको निम्ति ढुङ्गाको प्रयोग गर्थे, त्यसरी नै परमेश्वरले विश्वासीहरूद्वारा आफू बस्ने भवनको निर्माण गर्नुहुनेछ ।
पत्रुसले आफ्ना पाठकहरूलाई जीवित पत्थरहरूसँग तुलना गर्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले आत्मिक भवनमा निर्माण गर्दै हुनुहुन्छ”
यहाँ पूजाहारीगिरीको पदले आफ्नो कर्तव्य पूरा गर्ने पूजाहारीहरूलाई जनाउँछ ।
धर्मशास्त्रको बारेमा यो कुनै कुरा राख्ने भाँडो भएजस्तो गरी भनिएको छ । यस खण्डले कोही व्यक्तिले धर्मशास्त्रमा पढ्ने शबदहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “धेरै वर्षअगि एक अगमवक्ताले धर्मशास्त्रमा यसरी लेखे”
“हेर” शब्दले हामीलाई यसपछि आउने आश्चर्यजनक जानकारीप्रति ध्यान दिनलाई सचेत गराउँछ ।
त्यस ढुङ्गोलाई चुन्ने परमेश्वर नै हुनुहुन्छ । वैकल्पिक अनुवादः “अति महत्त्वपूर्ण कुने-ढुङ्गो, जसलाई मैले छानेको छु”
अगमवक्ताले मसिहलाई भवनको सबैभन्दा महत्त्वपूर्ण ढुङ्गोको रूपमा व्यक्त गर्छन् ।
पत्रुसले धर्मशास्त्रबाट उद्धृत गर्ने कामलाई जारी राख्छन् ।
यो एउटा अलङ्कार हो जसको अर्थ हुन्छ कि मानिसहरूले, निर्माणकर्ताहरूले जस्तै गरेर येशूलाई इन्कार गरे, तर परमेश्वरले उहाँलाई भवनको सबैभन्दा महत्त्वपूर्ण ढुङ्गा बनाउनुभएको छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “निर्माणकर्ताहरूले इन्कार गरेको ढुङ्गो”
यसले भवनको सबैभन्दा मूख्य ढुङ्गोलाई जनाउँछ र यसले १ पत्रुस २:६ मा लेखिएको कुने-ढुङ्गोको जस्तै अर्थ दिन्छ ।
यी दुई वाक्यांशले एउटै अर्थ दिन्छन् । एकसाथमा भएर तिनीहरूले जोड दिन्छन् कि मानिसहरूले यस ढुङ्गासँग रिसाउनेछन्, जुन ढुङ्गाले येशूलाई जनाउँछ । वैकल्पिक अनुवादः “एउटा ढुङ्गा वा चट्टान जसमा मानिसहरूले ठक्कर खानेछन्”
यहाँ “वचन” शब्दले सुसमाचारको सन्देशलाई जनाउँछ । उल्लङ्घन गर्नुले तिनीहरूले विश्वास गरेनन् भन्ने अर्थ दिन्छ । “ठक्कर खान्छन् किनकि तिनीहरूले येशूको बारेमा भएको सन्देशलाई विश्वास गर्दैनन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसको निम्ति परमेश्वरले तिनीहरूलाई नियुक्त गर्नुभयो”
पद १० मा पत्रुसले अगमवक्ता होशेको पदलाई उद्धृत गर्छन् । केही आधुनिक संस्करणहरूले यसलाई उद्धरणको रूपमा लेखेका छैनन् र त्यो पनि स्वीकारयोग्य छ ।
तिनीहरूलाई परमेश्वरले तिनीहरूलाई चुन्नुभएको हो भनेर पनि स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले चुन्नुभएका मानिसहरू”
सम्भावित अर्थहरू हुन् १) “राजाहरू र पूजाहारीहरूको समूह” वा २) “राजाको सेवा गर्ने पूजाहारीहरूको समूह ।”
“मानिसहरू जो परमेश्वरका हुन्”
“जसले तिमीहरूलाई बाहिर बोलाउनुभयो”
यहाँ “अन्धकार” शब्दले परमेश्वरलाई नचिन्ने मानिसहरूको अवस्थालाई जनाउँछ, र “ज्योति” शब्दले परमेश्वरलाई चिन्ने र धार्मिकताको अभ्यास गर्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “पाप र परमेश्वरलाई नचिन्ने जीवनबाट उहाँलाई चिन्ने र खुशी पार्ने जीवनतर्फ”
पत्रुसले ख्रीष्टिएन जीवन कसरी जिउने भन्ने सन्दर्भमा कुरा गर्न थाल्छन् ।
यी दुईवटा शब्दले एउटै अर्थ दिन्छन् । पत्रुस आफ्ना पाठकहरूलाई विदेशी भूमिमा बस्ने मानिसहरूको रूपमा लिन्छन् । तपाईंले यसलाई [१ पत्रुस १:१]
शरीरको सम्बन्धमा भएको विचारले पतन भएको संसारका मानवजातिको पापमय स्वभावलाई जनाउँछ । वैकल्पिक अनुवादः “पापमय इच्छाहरूलाई स्थान नदिन”
“आत्मा” शब्दले कुनै व्यक्तिको आत्मिक जीवनलाई जनाउँछ । पत्रुसले पापमय इच्छाहरूलाई विश्वासीहरूको आत्मिक जीवनलाई नष्ट गर्न खोज्ने सिपाहीहरूको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूका आत्मिक जीवन नष्ट गर्न खोज्ने”
भाववाचक नाउँ “व्यवहार”लाई क्रियापदको साथमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले असल व्यवहार गर्नुपर्छ” वा “तिमीहरूले असल किसिमले व्यवहार गर्नुपर्छ”
“यदि तिनीहरूले तिमीहरूलाई दोष लगाए भने”
भाववाचक नाउँ “कामहरू”लाई क्रियापदको साथमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले तिमीहरूले गर्ने असल कुराहरू देख्न सकून्”
“त्यो दिन जब उहाँ आउनुहुन्छ ।” यसले परमेश्वरले सबै मानिसहरूलाई न्याय गर्ने दिनलाई जनाउँछ । वैकल्पिक अनुवादः “जब उहाँ सबैको न्याय गर्नको निम्ति आउनुहुन्छ”
सम्भावित अर्थहरू हुन् १) मानवीय अधिकारको पालना गरेर तिनीहरूले ती अधिकारहरू स्थापित गर्नुहुने परमेश्वरको अधिकारको पालना गर्छन् वा २) मानवीय अधिकारको पालना गरेर तिनीहरूले ती अधिकारहरूको पालन गर्नुहुने येशूको आदर गर्छन् ।
“सर्वोच्च मानवीय अधिकारको रूपमा राजा”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई राजाले सजाय दिनको निम्ति पठाउनुभएको हो”
“असल काम गरेर तिनीहरूले नजानेका कुरा गर्ने मूर्ख मानिसहरूलाई चुप लगाउनुपर्छ”
स्वतन्त्र मानिसहरूको रूपमा भएको तिनीहरूको अवस्थालाई पापपूर्ण व्यवहारलाई लुकाउने कुनै कुराको रूपमा तिनीहरूले प्रयोग गर्नुहुँदैन भनेर पत्रुसले भन्छन् । वैकल्पिक अनुवादः “दुष्ट कुराहरू गर्ने बहानाको रूपमा”
यसले सबै ख्रीष्टिएन विश्वासीहरूलाई जनाउँछ ।
पत्रुस मानिसहरूका घरमा कमारा बसेका व्यक्तिहरूसँग कुराकानी गर्न सुरु गर्छन् ।
यहाँ “असल” र “भला” शब्दहरूले एउटै अर्थ दिन्छन् र ती मालिकहरूले आफ्ना कमाराहरूलाई दयापूर्ण व्यवहार गर्दछन् भन्ने कुरालाई जोड दिन्छन् । वैकल्पिक अनुवादः “निकै दयालु मालिकहरू”
“निर्दयीहरू”, “तुच्छहरू”
“यो प्रशंसाको लायक छ” वा “यो परमेश्वरलाई मनपर्ने कुरो हो”
सम्भावित अर्थहरू हुन् १) त्यस व्यक्तिले परमेश्वरको आज्ञापालन गरेको कारण कष्टलाई स्वीकार गर्छ भने वा २) त्यस व्यक्तिले उसले भोगेको कष्ट परमेश्वरलाई थाहा छ भन्ने जानेर अनुचित सजाय भोग्न सक्षम हुन्छ ।
गल्ती गरेको कारण कष्ट भोग्नुमा प्रशंसनीय कुरा केही पनि छैन भनेर जोड दिनका लागि पावलले यो प्रश्न सोध्छन् । वैकल्पिक अनुवादः “किनकि ... सजाय पाउँदा ... त्यहाँ कुनै इनाम छैन ।”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब कसैले तिमीहरूलाई दण्ड दिन्छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले तिमीहरूलाई दण्ड दिँदा तिमीहरूले कष्ट भोग्छौ”
पत्रुसले मानिसहरूका घरमा कमारा बसेका मानिसहरूसँगको आफ्नो कुराकानीलाई जारी राख्छन्
यहाँ “यसै” शब्दले असल गरेर कष्ट भोग्ने विश्वासीहरूलाई जनाउँछ, जसरी पत्रुसले भर्खर वर्णन गरेका छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई यसो गर्नको निम्ति बोलाउनुभएको छ”
“तिमीहरूले उहाँका पाइलाहरूलाई पछ्याओ भनेर ।” पत्रुसले मानिसहरूले कष्ट भोगेर येशूको उदाहरणलाई पछ्याएको कुरालाई तिनीहरूले येशूको मार्गलाई पछ्याएको कुराको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “ताकि तिमीहरूले उहाँको व्यवहारलाई देखासिकी गर”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “नता कसैले उहाँको मुखमा कुनै छल कुरा नै पायो”
यहाँ शब्द “छल”ले मानिसहरूलाई छल गर्ने मनसायले कुनै व्यक्तिले बोलेको शब्दलाई जनाउँछ । वैकल्पिक अनुवादः “नता उहाँले कुनै झूट बोल्नुभयो”
“गाली” शब्दले अरू व्यक्तिको बारेमा नराम्ररी बोल्ने कामलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब मानिसहरूले उहाँको अपमान गरे, उहाँले तिनीहरूसँग साटो फेर्नुभएन”
“उहाँले आफैँलाई उचित न्याय गर्नुहुनेकहाँ दिनुभयो ।” यसको अर्थ यही हो, कि उहाँले आफ्नो शर्मलाई लैजानको निम्ति परमेश्वरसँग भरोसा गर्नुभयो, जुन उहाँलाई नराम्रो व्यवहार गर्नेहरूले उहाँलाई दिएका थिए ।
पत्रुस येशू ख्रीष्टको बारेमा कुरा गर्दै रहन्छन् । उनी अझ पनि कमाराहरूसँगको आफ्नो कुराकानीलाई निरन्तरता दिन्छन् ।
यसले जोड दिएर येशूलाई जनाउँछ ।
यहाँ “हाम्रा पापहरू बोक्नुभयो” भन्ने कुराको अर्थ उहाँले हाम्रा पापहरूको निम्ति दण्ड भोग्नुभयो भन्ने हुन्छ । वैकल्पिक अनुवादः “हाम्रा पापहरूको निम्ति उहाँको शरीरमा रूखमा दण्ड भोग्नुभयो”
यसले येशूलाई मर्नुभएको क्रूसलाई जनाउँछ, जुन काठले बनेको थियो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वले तिमीहरूलाई निको पार्नुभएको छ किनकि मानिसहरूले उहाँलाई चोट दिए”
पत्रुसले उनका पाठकहरू तिनीहरूले ख्रीष्टलाई विश्वास गर्नुभन्दा पहिला गन्तव्य बिना यताउता भौँतारदै हिँडेका हराएका भेडाहरू भए झैँ गरेर बताउँछन् ।
पत्रुसले येशूलाई उहाँ एक गोठालो हुनुभए झैँ गरेर बताउँछन् । जसरी गोठालोले भेडाहरूको रक्षा गर्दछ, येशूले पनि उहाँमाथि भरोसा गर्नेहरूको रक्षा गर्नुहुन्छ ।
1 यसरी नै पत्नीहरू हो, तिमीहरूका आ-आफ्ना पतिको अधीनमा रहो, ताकि यदि कोही वचनमा आज्ञाकारी छैन भने तापनि तिनीहरूका पत्नीहरूको आचरणको कारण तिनीहरूलाई वचनैविना जित्न सकिन्छ । 2 किनकि तिनीहरूले तिमीहरूका शुद्ध आचरणलाई आफ्नो सम्मानको रूपमा देख्नेछन् । 3 यसको लागि केशको शृङ्गार, सुनका गरगहनाहरू, शृङ्गारका वस्त्रहरूजस्ता बाहिरी सजावट नगर । 4 तर तिमीहरूका भित्री हृदयबाट र सदैव रहने भलो र शान्त आत्माद्वारा परमेश्वरको दृष्टिमा अनमोल हुने किसिमले यसो गर । 5 किनकि पहिलेका पवित्र स्त्रीहरूले यसरी नै आफ्नो शृङ्गार गर्थे । तिनीहरूले परमेश्वरमा आशा राख्थे र आफ्ना पतिहरूका अधीनमा बस्दथे । 6 यसरी नै सारा अब्राहामप्रति आज्ञाकारी हुन्थिन् र तिनलाई “स्वामी” भनेर बोलाउँथिन् । अब यदि तिमीहरूले जे असल छ त्यही गर्यौ र समस्याहरूसँग डराएनौ भने तिमीहरू तिनकै छोरीहरू ठहरिन्छौ । 7 त्यसरी नै पतिहरू हो, आफ्ना पत्नीहरूलाई अबला र जीवनका वरदानहरू प्राप्त गर्ने साझेदार सम्झी तिनीहरूसँग बस । तिमीहरूका प्रार्थनामा अवरोध नहोस् भनेर यसो गर । 8 अन्त्यमा तिमीहरू सबै एकै मनका, दयावान्, भातृत्वलाई प्रेम गर्ने, कोमल हृदयका र नम्र होओ । 9 खराबीको बदला खराबी र अपमानको बदला अपमान नगर । तर त्यसको विपरीत निरन्तर आशीर्वाद देओ किनकि आशिष्मा सहभागी हुन सक भनेर तिमीहरू यसैको निम्ति बोलाइएका हौ । 10 “जसले आफ्नो जीवनलाई प्रेम गर्न चाहन्छ र असल दिनहरू देख्ने इच्छा गर्दछ उसले आफ्नो जिब्रोलाई खराबबाट र उसको ओठलाई छल कुरा गर्नबाट रोकोस् । 11 ऊ खराब कुराहरूबाट फर्की जे असल छ त्यही गरोस् । उसले शान्तिको खोजी गरोस् र त्यसैमा लागिरहोस् । 12 परमेश्वरका आँखाले धर्मी जनलाई देख्छन्; उहाँका कानले तिनीहरूका निवेदनहरू सुन्छन् । तर परमेश्वरको मुहार खराबी गर्नेहरूको विरुद्धमा हुन्छ ।” 13 तिमीहरूले असल गर्ने चाहना गर्दा तिमीहरूलाई कसले खराबी गर्छ ? 14 तर यदि तिमीहरू धार्मिकताको लागि सताइन्छौ भने तिमी आशिषित् हुनेछौ । तिनीहरू डराउने कुरादेखि तिमीहरू नडराओ । हतास नहोओ । 15 बरु, प्रभु येशूलाई पवित्र मानेर तिमीहरूका हृदयमा राख । तिमीहरू किन परमेश्वरमा आशा राख्छौ भनेर कसैले सोधेमा त्यसको जवाफ दिन सधैँ तयार बस ? यो काम नम्रता र आदरपूर्वक गर । 16 असल विवेक कायम राख ताकि ख्रीष्टमा तिमीहरूका असल जीवनको निन्दा गर्न खोज्नेहरू लाजमा परून्, किनकि तिनीहरूले दुष्ट मानिसहरूको रूपमा तिमीहरूको विरुद्धमा कुरा गरिरहेका छन् । 17 परमेश्वरले इच्छा गर्नुभयो भने तिमीहरूले खराब काम गरेर दुःख भोग्नुभन्दा असल काम गरेर दुःख भोग्नु असल हुन्छ । 18 ख्रीष्टले पनि पापका निम्ति एक पटक दुःख भोग्नुभयो । धर्मी भएर पनि उहाँले हामीलाई परमेश्वरमा ल्याउनको निम्ति हामी अधर्मीहरूका लागि दुःख भोग्नुभयो । उहाँले शारीरिक रूपमा मृत्यु वरण गर्नुभयो, तर उहाँ आत्मामा जीवित पारिनुभयो । 19 उहाँ आत्मामा जानुभयो र कैदमा परेका आत्माहरूलाई प्रचार गर्नुभयो । 20 नोआको समयमा जहाज बनाइँदा परमेश्वरले धैर्य गरेर पर्खिरहेको बेला तिनीहरू आज्ञाकारी भएनन्, र परमेश्वरले पानीबाट आठ जना आत्मा बचाउनुभयो । 21 यो अहिले तिमीहरूलाई बचाउने बप्तिस्माको एउटा सङ्केत हो जुनचाहिँ शरीरको फोहोर सफा गरेजस्तो नभई येशू ख्रीष्टको पुनरुत्थानद्वारा परमेश्वरमा असल विवेकको निवेदनको रूपमा हो । 22 उहाँ परमेश्वरको दाहिने हातपट्टि हुनुहुन्छ । उहाँ स्वर्गमा जानुभयो । स्वर्गदूतहरू, अधिकारहरू र शक्तिहरू सबै उहाँमा झुक्नुपर्छ ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले ३:१०-१२ मा पुरानो करारबाट लिइएको कवितासँग यसै गर्छ ।
अरू मानिसले आफूलाई मन पराउन् र आफूलाई राम्रा मानिस भनी विचार गरुन् भन्ने धेरै मानिसको इच्छा हुन्छ । राम्रा लुगा र गहना लगाउन स्त्रीहरू विशेष रूपले सचेत हुन्छन् । पत्रुस भन्छन्,परमेश्वरको लागि स्त्रीहरू कस्ता देखिन्छन् भन्ने कुराभन्दा तिनीहरूले विचार गर्ने, बोल्ने र व्यवहार गर्ने कुरा बढी महत्त्वपूर्ण हुन्छन् ।
पत्रुसका पाठकहरू एकआपसमा सहमत होऊन् भन्ने इच्छा तिनले गरे । अझ महत्त्वपूर्ण कुरा त तिनीहरूले एकअर्कालाई प्रेम गरून् र एकअर्काप्रति धैर्यवान् होऊन् भन्ने तिनको चाहान थियो ।
परमेश्वर आँखा, कान र अनुहार भएको कुनै व्यक्ति हुनुभए जस्तो गरी उहाँको बारेमा वर्णन गर्ने भजनबाट पत्रुसले उद्धरण लिएका छन् । तापनि, परमेश्वर आत्मा हुनुहुन्छ । उहाँका शरीरिक आँखा, कान र अनुहार हुँदैनन् । तर मानिसहरूले गर्ने कुरा उहाँलाई थाहा हुन्छ र उहाँले दुष्ट मनसिको विरुद्धमा काम गर्नुहुन्छ ।
पत्रुस खासगरी ती स्त्रीहरूसँग कुरा गर्न सुरु गर्छन् जो पत्नीहरू हुन् ।
जसरी विश्वासीहरूले “सबै मानवीय अधिकारलाई मान्नुपर्छ” (१ पत्रुस २:१३) र कमाराहरू “तिनीहरूका मालिकको अधीनमा बस्नुपर्छ” (१ पत्रुस २:१८), त्यसरी नै पत्नीहरू पनि तिनीहरूका पतिहरूको अधीनमा बस्नुपर्छ । “आज्ञा पालन गर्नु”, “अधीनमा रहनु” वा “सुम्पिनु” शब्दहरूले एउटै अर्थ दिन्छन् ।
यहाँ “ वचन” शब्दले सुसमाचारको सन्देशलाई जनाउँछ । आज्ञाकारी नहुनु भन्नाले विश्वास नगर्नु भन्ने बुझिन्छ । तपाईंले यसलाई [१ पत्रुस २:८]
“तिनीहरूलाई ख्रीष्टमा विश्वास गर्ने बनाउन सकिन्छ ।” यसको अर्थ हुन्छ, कि विश्वास नगर्ने पतिहरू विश्वासी हुनेछन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू विश्वासी बनून्”
“पत्नीले केही नबोलिकनै ।” यहाँ, “वचन”ले पत्नीले येशूको बारेमा भन्न सक्ने कुनै पनि कुरालाई जनाउँछ ।
यहाँ भाववाचक नाउँ “आचरण”लाई क्रियापदले अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले इमानदारिता र आदरसाथ व्यवहार गरेको तिनीहरूले देखेका हुनेछन्”
सम्भावित अर्थहरू हुन् १) “तिनीहरूप्रतिको तिमीहरूको शुद्ध व्यवहार र तिमीहरूले तिनीहरूलाई गरेको सम्मान” वा २) “तिनीहरूप्रतिको तिमीहरूको शुद्ध व्यवहार र तिमीहरूले परमेश्वरलाई गरेको आदर ।”
पत्रुस ती स्त्रीहरूसँग कुरा गर्नलाई निरन्तरता दिन्छन् जो पत्नीहरू हुन् ।
“यसो” शब्दले आफ्ना पतिहरूप्रति पत्नीहरूको समर्पणलाई र व्यवहारलाई जनाउँछ ।
यहाँ “भित्री व्यक्ति” र “हृदय” शब्दहरूले व्यक्तिको भित्री स्वभाव र व्यक्तित्वलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरू भित्री रूपमा जस्ता छौ”
“भलो र शान्त प्रवृत्ति ।” यहाँ “शान्त” शब्दको अर्थ “शान्तमय” वा अविचलित” हुन्छ । यहाँ “आत्मा” शब्दले कुनै व्यक्तिको व्यवहार वा मिजासलाई जनाउँछ ।
कुनै व्यक्तिका बारेमा परमेश्वरको विचारलाई पत्रुसले त्यो व्यक्ति प्रत्यक्ष रूपले उहाँको सामु खडा भएको जस्तो भनेका छन् । वैकल्पिक अनुवादः “जुन कुरालाई परमेश्वरले मूल्यवान् ठान्नुहुन्छ”
तिनलाई आफ्नो स्वामी अर्थात् मालिक भन्थिन्
पत्रुसले साराले जस्तै व्यवहार गर्ने विश्वासी स्त्रीहरू तिनकै आफ्ना छोरीहरूसरह हुनेछन् भन्छन् ।
पत्रुसले खासगरी ती मानिसहरूसँग कुरा गर्छन् जो पतिहरू हुन् ।
यसले १ पत्रुस ३:५](./05.md) र [1 Peter 3:6 मा सारा र अरू ईश्वरभक्त महिलाहरूले कसरी आफ्ना पतिहरूको आज्ञा पालन गरे भन्ने कुरालाई बताउँदछ ।
पत्रुसले स्त्रीहरूलाई भाँडाहरूको रूपमा वर्णन गरेका छन्, जसरी कहिलेकाहीं पुरुषहरूका बारेमा पनि भनिन्छ । भाववाचक नाउँ “बुझाइ”लाई क्रियापदका रूपमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पत्नीहरूलाई कमजोर साझेदार हुन् भनी बुझेर”
तपाईंले यसलाई क्रियापद भएका वाक्यांशहरूसहित अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई आदर गर किनभने तिनीहरूले पनि अनुग्रहद्वारा परमेश्वरले दिनुहुने अनन्त जीवन प्राप्त गर्नेछन्”
अनन्त जीवन मानिसहरूले अधिकार गर्न सक्ने उत्तराधिकार हो जस्तो गरी भनिएको छ ।
यहाँ “यसो” शब्दले पतिले पत्नीलाई गर्ने व्यवहारलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूका पत्नीहरूसँग यसरी बस”
“अवरोध” गर्नुले कुनै कुरा हुनबाट रोक्नु भन्ने बुझाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि तिमीहरूको प्रार्थनालाई केही कुराले पनि बाधा नदेओस्” वा “ताकि तिमीहरूले जसरी प्रार्थना गर्नुपर्ने हो, सो गर्नलाई केहीले पनि नरोकोस्”
पत्रुस फेरि पनि सबै विश्वासीहरूसँग कुरा गर्न सुरु गर्छन् ।
“एउटै विचारका होओ” वा “एकै प्रवृत्ति भएका होओ”
अरूहरूप्रति कोमल र दयालु हुने
पत्रुसले अन्य व्यक्तिले गरेका क्रियाकलापहरूप्रति गरिने प्रतिक्रियालाई ती क्रियाकलापहरूको बदला तिरेको कुराको रूपमा व्यक्त गर्दछन् । वैकल्पिक अनुवादः “तिमीहरूलाई खराबी गर्नेहरूको बदला नलेओ वा तिमीहरूको अपमान गर्नेको अपमान नगर”
तपाईंले आशिष्को वस्तुलाई स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूको खराबी गर्नेलाई वा अपमान गर्नेलाई निरन्तर आशिष् देओ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई यसैको निम्ति बोलाउनुभयो”
परमेश्वरको आशिष् ग्रहण गर्ने कामलाई पत्रुसले उत्तराधिकार ग्रहण गर्ने कुराको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “ताकि तिमीहरूले स्थायी सम्पत्तिको रूपमा परमेश्वरको आशिष् प्राप्त गर”
यी पदहरू पत्रुसले भजनसंग्रहबाट उद्धृत गरेका हुन् ।
यी दुईवटै वाक्यांशले एउटै अर्थ दिन्छन् र असल जीवन पाउने चाहना व्यक्त गर्दछन् ।
यहाँ असल कुराहरू अनुभव गर्ने कुरालाई असल थोकहरू देख्ने कुरा भए झैँ गरी बताइएको छ । “दिनहरू” शब्दले कुनै व्यक्तिको जीवनकाललाई जनाउँछ । वैकल्पिक अनुवादः “जीवनकालमा असल कुराहरूको अनुभव गर्नु”
“जिब्रो” र “ओठ”ले बोल्ने व्यक्तिलाई जनाउँछ । यी दुईवटै वाक्यांशले एउटै अर्थ दिन्छन् र झूट नबोल्ने आज्ञालाई जोड दिन्छन् । वैकल्पिक अनुवादः “खराब र छल कुराहरू बोल्न छोड”
यहाँ “फर्कनु” भनेको एउटा अलङ्कार हो जसको अर्थ केही कुरा गर्न छोड्नु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “उसले खराब काम गर्न छोडोस्”
यहाँ “आँखा” शब्दले कुराहरू थाहा पाउने प्रभुको क्षमतालाई जनाउँछ । धर्मीहरूप्रति प्रभुको मन्जुरीलाई तिनीहरूलाई उहाँले देखेको कुराको रूपमा व्यक्त गरिएको छ । वैकल्पिक अनुवादः “प्रभुले धर्मी जनहरूलाई देख्नुहुन्छ” वा “प्रभुले धर्मी जनलाई मन्जुर गर्नुहुन्छ”
“कानहरू” शब्दले मानिसहरूले भनेका कुराहरू प्रभुलाई थाहा छ भन्ने कुरालाई जनाउँछ । प्रभुले तिनीहरूका निवेदनहरू सुन्नुहुन्छ भन्ने कुराले उहाँले तिनीहरूलाई जवाफ पनि दिनुहुन्छ भन्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँले तिनीहरूको निवेदन सुन्नुहुन्छ” वा “उहाँले तिनीहरूको निवेदन स्वीकार गर्नुहुन्छ”
“मुहार” शब्दले आफ्ना शत्रुहरूको विरोध गर्ने प्रभुको इच्छालाई जनाउँछ । कसैको विरोध गर्ने कुरालाई त्यस व्यक्तिको विरुद्ध मुहार देखाउने भनेर जनाइएको छ । वैकल्पिक अनुवादः “प्रभुले विरोध गर्नुहुन्छ”
विश्वासीहरूले ख्रीष्टिएन जीवन कसरी जिउनुपर्छ भन्ने शिक्षालाई पत्रुसले जारी राख्छन् ।
तिनीहरूले असल कुराहरू गर्दै छन् भने तिनीहरूलाई कसैले हानि गर्ने कुरा सम्भाव्य छैन भनेर जोड दिनका निम्ति पत्रुसले यो प्रश्न सोध्छन् । वैकल्पिक अनुवादः “यदि तिमीहरूले असल कुराहरू गर्दै छौ भने कसैले पनि तिमीहरूको हानि गर्नेछैन ।”
तपाईंले यसलाई क्रियापद भएको वाक्यांशसहित अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “सहन्छौ किनभने तिमीहरू जे असल छ सो गर्छौ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ”
यी दुईवटै वाक्यांशले एउटै अर्थ दिन्छन् र विश्वासीहरू तिनीहरूलाई सताउनेहरूदेखि डराउनुहुन्न भन्ने कुरामा जोड दिन्छन् । वैकल्पिक अनुवादः “मानिसहरूले तिमीहरूलाई गर्ने कुरादेखि नडराओ”
यहाँ “तिनीहरू” शब्दले पत्रुसले पत्र लेखिरहेका मानिसहरूलाई हानि गर्न कोसिस गर्ने मानिसहरूलाई जनाउँछ ।
“विचलित हुनुको साटोमा, अलग राख”
“प्रभु ख्रीष्ट पवित्र मानेर ... ” भन्ने वाक्यांशले ख्रीष्टको पवित्रताको स्वीकारोक्तिलाई जनाउँछ । यहाँ “हृदय” भनेको “भित्री व्यक्ति”को लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “प्रभु ख्रीष्ट पवित्र हुनुहुन्छ भनेर तिमीहरू आफैँभित्र स्वीकार गर” वा “प्रभु ख्रीष्टलाई तिमीहरू आफैँभित्र पवित्र भनी सम्मान गर”
पत्रुसले ख्रीष्टले कसरी कष्ट भोग्नुभयो र उक्त कष्टबाट ख्रीष्टले के कुरा प्राप्त गर्नुभयो भन्ने कुरालाई व्याख्या गर्छन् ।
पत्रुसले यहाँ परमेश्वर र हाम्रा बीचमा घनिष्ठ सम्बन्ध निर्माणको निम्ति ख्रीष्ट हाम्रा लागि मर्नुभयो भन्ने जनाउन खोजेका हुन सक्छन् ।
यहाँ शब्द “शरीर”ले ख्रीष्टको शरीरलाई जनाउँछ; ख्रीष्टलाई शारीरिक रूपमा क्रूसमा चढाइएको थियो । यसलाई कर्तृ वाक्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले ख्रीष्टलाई शारीरिक रूपमा मारे”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आत्माले उहाँलाई जीवित पार्नुभयो”
सम्भावित अर्थहरू हुन् १) पवित्र आत्माको शक्तिद्वारा वा २) आत्मिक अस्तित्वमा ।
सम्भावित अर्थहरू हुन् १) “पवित्र आत्माको शक्तिद्वारा, उहाँ जानुभयो” वा २) “उहाँको आत्मिक अस्तित्वमा, उहाँ जानुभयो ।”
“आत्माहरू” शब्दका सम्भावित अर्थहरू हुन् १) “दुष्ट आत्माहरू” वा २) “मरेका मानिसहरूका आत्माहरू ।”
“धैर्य” शब्दले परमेश्वर स्वयंलाई नै जनाउने प्रतिस्थापन शब्द हो । पत्रुसले परमेश्वरको धैर्यलाई कुनै व्यक्तिको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “जब परमेश्वरले धैर्य गरेर पर्खिरहनुभएको थियो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “नोआको समयमा जब तिनले जहाज बनाउँदै थिए”
“येशू ख्रीष्टको पुनरुत्थानको कारण ।” यो वाक्यांशले “यो अहिले तिमीहरूलाई बचाउने बप्तिस्माको एउटा सङ्केत हो” भन्ने विचारलाई पूरा गर्छ ।
“परमेश्वरको दाहिने हात”पट्टि हुनु भनेको परमेश्वरले येशूलाई अरूहरू सबैमाथि सबैभन्दा महान् सम्मान र अधिकार दिनुभएको छ भन्ने सङ्केत हो । वैकल्पिक अनुवादः “ख्रीष्ट चाहिँ परमेश्वरको छेउमा सम्मान र अधिकारको स्थानमा हुनुहुन्छ”
“येशू ख्रीष्टलाई सुम्प”
1 यसैकारण, जसरी ख्रीष्टले शरीरमा कष्ट भोग्नुभयो, तिमीहरूले पनि त्यस्तै उद्देश्य धारण गर । जसले शरीरमा कष्ट भोगेको छ उसले पाप गर्न छोडेको हुन्छ । 2 यो व्यक्तिले अब उसो मानवीय अभिलाषामा होइन, तर आफ्नो बाँकी जीवन परमेश्वरको इच्छाको निम्ति जिउँछ । 3 किनकि अन्यजातिले इच्छा गरेजस्तो कामुकता, कुवासना, मद्यपान, मोजमज्जा, पियक्कडपन, असभ्य भोजहरू अनि घृणित मूर्तिपूजाहरूमा धेरै समय खर्च भइसकेको छ । 4 तिमीहरू यी कुरामा तिनीहरूसँग सहमत नभएको कारण तिनीहरू अचम्म मान्छन् । त्यसैले, तिनीहरूले तिमीहरूको बारेमा खराब कुरा गर्छन् । 5 तिनीहरूले जीवित र मरेकाहरूको न्याय गर्न तयार हुनुहुनेलाई लेखा दिनेछन् । 6 त्यसैले, मरिसकेकाहरूलाई यो वचन प्रचारिएको थियो । शरीरमा मानिसको रूपमा तिनीहरूको न्याय गरिएको भए तापनि आत्मामा तिनीहरू परमेश्वरअनुसार जिऊन् । 7 सबै कुराको अन्त्य आउँदै छ । त्यसैले, आफ्नो मन ठिक ठाउँमा लगाओ र तिमीहरूका प्रार्थनाको खातिर आफ्नो विचारमा सचेत रहो । 8 सबै कुराभन्दा बढी एक-अर्कालाई उत्कट प्रेम गर, किनकि प्रेमले एक-अर्काको दोष पत्ता लगाउँदैन । 9 गनगन नगरी एक-अर्काको अतिथि सत्कार गर, 10 जसरी तिमीहरू हरेकले वरदान पाएका छौ । परमेश्वरले दिनुभएका सित्तैँका वरदानहरू उहाँको असल भण्डारेजस्तै एक-अर्काको सेवाको लागि प्रयोग गर । 11 यदि कोही बोल्छ भने उसले परमेश्वरको मुखबाट निस्केको कुरा बोलोस्; यदि कसैले सेवा गर्छ भने उसले परमेश्वरले दिनुहुने शक्तिमा गरोस्, ताकि सबै कुरामा ख्रीष्टद्वारा परमेश्वर महिमित हुनुभएको होस् । महिमा र शक्ति सदासर्वदा उहाँकै हुन् । आमेन । 12 प्रिय हो, तिमीहरूलाई जाँच गर्नको निम्ति कुनै अग्निमय परीक्षा आइपरेमा त्यसलाई अनौठो नसम्झ । 13 तर जति तिमीहरू ख्रीष्टको दुःख भोग्छौ, त्यति रमाओ ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्द मनाउन सक्नेछौँ । 14 तिमीहरू ख्रीष्टको नाउँको कारण अपमानित भयौ भने तिमीहरू धन्यका हौ, किनकि महिमाका आत्मा र परमेश्वरका आत्मा तिमीहरूमाथि रहनुहुन्छ । 15 तर तिमीहरू कसैले पनि हत्यारा, चोर, खराबी गर्ने अथवा अर्काको कुरामा हात हाल्ने व्यक्तिको रूपमा दुःख भोग्नु नपरोस् । 16 तरै पनि ख्रीष्टियान भएको कारणले कसैले पीडा भोग्छ भने उसले लाज नमानोस्, तर त्यही नाममा परमेश्वरको महिमा गरोस् । 17 किनकि यो परमेश्वरको परिवारबाट न्याय सुरु हुने समय हो । अनि यदि न्याय हामीबाट सुरु हुन्छ भने, परमेश्वरको वचन नमान्नेको अवस्था कस्तो होला ? 18 अनि “धर्मी जनको उद्धारचाहिँ उसको कठिनाइले हुन्छ भने, अधर्मी र पापीको अवस्था के होला ?” 19 त्यसैले परमेश्वरको इच्छामा दुःख भोग्नेहरूले असल काम गर्दै आफ्नो आत्मा सृष्टिकर्तालाई सुम्पून् ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले ४:१८ मा पुरानो करारबाट उद्धृत गरेर ल्याइएको कवितासँग यसै गर्छ ।
सबै अधार्मिक मानिसलाई सङ्केत गर्नका लागि यो खण्डले “अन्यजाति” शब्द प्रयोग गरेको छ । तिनीहरू यहूदीहरू होइनन् । यसले ख्रीष्टिएन भएका अन्यजातिलाई जनाउँदैन । अधार्मिक अन्यजातिहरूका कार्यहरूलाई, “कामुकता, कुवासना, मद्यपान, मोजमज्जा, असभ्य भोजहरू अनि घृणित मूर्तिपूजाहरू” जस्ता विशेषताले चित्रण गरिएको छ ।
आफ्नो विश्वासको खातिर ठूलो सतावटको अनुभव गरिरहेका र मृत्युको सामना गरिरहेका धेरै ख्रीष्टिएनहरूसँग पत्रुसले कुरा गर्दै छन् ।
आफ्ना पाठकहरूले के गरून् भन्ने पत्रुसको इच्छा छ, त्यो कुरा भन्नका लागि तिनले यी वाक्यांशहरूको प्रयोग गरेका छन् । ती आज्ञाहरू जस्तै छन्, किनभने तिनका पाठकहरूले ती पालन गरून् भन्ने तिनको इच्छा छ । तर अरू सबै मानिसले जे गरून् भन्ने तिनको इच्छा छ, त्यो कुरा तिनले कुनै एक व्यक्तिलाई भने झैँ गरी लेखेका छन् ।
पत्रुसले विश्वासीहरूलाई ख्रीष्टिएन जीवनको बारेमा निरन्तर शिक्षा दिन्छन् । उनले ख्रीष्टको कष्टको बारेमा अगिल्लो अध्यायको विचारलाई निष्कर्ष दिएर यसको सुरुवात गर्छन् ।
“उहाँको शरीरमा”
“धारण गर” भन्ने वाक्यांशले लडाइँको लागि आफ्ना हतियारहरू तयार गर्ने सिपाहीहरूको विषयमा पाठकहरूलाई सोच्ने बनाउँछ । यसले “त्यस्तै उद्देश्य” लाई हतियारको रूपमा वा शायद कुनै किसिमको शस्त्रको रूपमा पनि प्रस्तुत गर्दछ । यहाँ यो रूपकले विश्वासीहरू पनि येशूले जस्तै दुःख भोग्नको निम्ति तयार हुनुपर्छ भनेर जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूले पनि आफैँलाई ख्रीष्टसँग भएको जस्तै विचारहरूको साथमा तयार गर”
यहाँ “शरीर”को अर्थ देह हुन्छ । वैकल्पिक अनुवादः “उहाँको शरीरमा” वा “यहाँ पृथ्वीमा हुँदा”
“पाप गर्न छाडेको छ”
पापमय मानिसहरूले सामान्यतया इच्छा गर्ने कुराहरूको लागि
यसले मानिसहरू भेला भएर धेरै मात्रामा रक्सी खाएर असभ्य व्यवहार गर्ने कामलाई जनाउँछ ।
जङ्गली र असीमित पापका बारेमा यी उदाहरणहरूलाई ती मानिसहरूलाई बगाएर लैजाने पानीको ठूलो बाढी भए झैँ गरी भनिएको छ ।
तिनीहरूका शरीरहरूका चाहनाहरूलाई तृप्त बनाउन तिनीहरूले सक्ने सबैकुरा गर्दै
सम्भावित अर्थहरू हुन् १) “न्याय गर्नलाई तयार हुनुभएका परमेश्वर” वा २) “न्याय गर्नलाई तयार हुनुभएका ख्रीष्ट”
यसले मृतक र जीवित सबै मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “हरेक व्यक्ति”
सम्भावित अर्थहरू हुन् १) “सुसमाचार पहिल्यै मरेकाहरूलाई पनि सुनाइएको थियो” वा २) “सुसमाचार पहिले जीवित भएका र अहिले मरिसकेकाहरूलाई पनि सुनाइएको थियो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) ख्रीष्टले प्रचार गर्नुभयो । वैकल्पिक अनुवादः “ख्रीष्टले सुसमाचार प्रचार गर्नुभयो” वा २) मानिसहरूले प्रचार गरे । वैकल्पिक अनुवादः “मानिसहरूले सुसमाचार प्रचार गरे”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) परमेश्वरले तिनीहरूलाई यही पृथ्वीमा यसै जीवनमा न्याय गर्नुभयो । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूको शरीरमा मानिसहरूको रूपमा न्याय गर्नुभयो” वा २) मानिसहरूले तिनीहरूलाई मानवीय मापनअनुसार न्याय गरे । वैकल्पिक अनुवादः “मानिसहरूले तिनीहरूको शरीरमा मानिसहरूको रूपमा न्याय गरे”
यसले मृत्युलाई अन्तिम न्यायको रूपमा जनाउँछ ।
सम्भावित अर्थहरू हुन् १) “परमेश्वर जसरी नै आत्मिक तवरले जिउनु किनकि पवित्र आत्माले तिनीहरूलाई यसो गर्नको निम्ति सक्षम तुल्याउनुहुनेछ” वा २) “पवित्र आत्माको शक्तिद्वारा परमेश्वरको स्तरअनुसार जिउनु”
यसले ख्रीष्टको दोस्रो आगमनमा हुने संसारको अन्त्यलाई जनाउँछ ।
चाँडै नै हुन आउने अन्यको समयका बारेमा यो भौतिक रूपले नजिकको दूरीमा आए झैँ गरी भनिएको छ । वैकल्पिक अनुवादः “चाँडै हुनेछ”
यी दुईवटै वाक्यांशले एउटै अर्थ दिन्छन् । पत्रुसले यस संसारको अन्त्य आइरहेको हुनाले जीवनको बारेमा स्पष्ट रूपले सोच्नुपर्ने तिनीहरूको आवश्यकतालाई जोड दिनका लागि तिनीहरूको प्रयोग गर्छन् ।
यहाँ “ठीक ठाउँमा” भन्नाले दिमागको स्पष्टता र सचेततालाई सङ्केत गर्दछ । तपाईंले यसलाई [१ पत्रुस १:१३]
“सबैभन्दा महत्त्वपूर्ण”
“प्रेम” कुनै व्यक्ति हो र उसले अरू व्यक्तिका पापमाथि ढक्कन राखेर ढाकिदिन्छ भने झैँ गरी पत्रुसले स्पष्ट पार्दछन् । सम्भावित अर्थहरू हुन् १) “किनकि प्रेम गर्ने मानिसले अरू मानिसले गरेको पापलाई पत्ता लगाउन कोसिस गर्दैन” वा २) “किनकि प्रेम गर्ने मानिसले अरू मानिसका पाप धेरै भए तापनि उसलाई क्षमा दिन्छ”
पाहुना र बटुवाहरूलाई दया देखाओ र स्वागत गर
यसले विश्वासीहरूलाई परमेश्वरले दिनुभएका विशेष आत्मिक क्षमताहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “किनभने तिमीहरू हरेकले विशेष किसिमका आत्मिक क्षमताहरू परमेश्वरबाट वरदानको रूपमा पाएका छौ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि सबै कुराद्वारा तिमीहरूले परमेश्वरको महिमा गर”
प्रशंसित, सम्मान गरिएको
जसरी आगोले सुनलाई खार्छ, त्यसरी नै कष्टहरूले मानिसहरूको विश्वासलाई जाँच्ने र खार्ने काम गर्छ ।
यी दुईवटै वाक्यांशहरूले एउटै अर्थ दिन्छन् र आनन्दको तीव्रतालाई जोड दिन्छन् । वैकल्पिक अनुवादः “अझ बढी आनन्द मनाओ” वा “धेरै खुशी होओ”
“जब परमेश्वरले ख्रीष्टको महिमा प्रकट गर्नुहुन्छ”
यहाँ “नाउँ” शब्दले ख्रीष्ट स्वयंलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि तिमीहरूले ख्रीष्टमा विश्वास गरेको कारण मानिसहरूले तिमीहरूको अपमान गरे भने”
यी दुवैले पवित्र आत्मालाई जनाउँछन् । वैकल्पिक अनुवादः “महिमाका आत्मा जो परमेश्वरका आत्मा हुनुहुन्छ” वा “परमेश्वरको महिमामयआत्मा”
तिमीहरूसँग बस्दै हुनुहुन्छ
यसले बिना अधिकार अरू कसैको काममा हात हाल्ने व्यक्तिलाई जनाउँछ ।
“किनकि उसले ख्रीष्टको नाम धारण गर्छ” वा “किनकि मानिसहरूले उसलाई ख्रीष्टिएनको रूपमा चिनेका छन् ।” “त्यही नाम” भन्ने शब्दहरूले “ख्रीष्टिएन” शब्दलाई जनाउँछ ।
यसले विश्वासीहरूलाई जनाउँछ, जसलाई पत्रुसले परमेश्वरको परिवारको रूपमा उल्लेख गर्छन् ।
पत्रुसले यो प्रश्न सुसमाचारलाई इन्कार गर्ने मानिसहरूको न्याय विश्वास गर्नेहरूको भन्दा कडा हुनेछ भन्ने कुरामा जोड दिनका लागि प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “यदि त्यो हामीबाट सुरु हुन्छ भने, परमेश्वरको सुसमाचार नमान्नेहरूको परिणाम अझ खराब हुनेछ ।”
“तिनीहरूलाई के हुनेछ”
“परमेश्वरको सुसमाचारलाई विश्वास नगर्नेहरू ।” यहाँ “मान्ने” शब्दको अर्थ विश्वास गर्ने भन्ने हुन्छ ।
पत्रुसले यो प्रश्न सुसमाचारलाई इन्कार गर्ने मानिसहरूको न्याय विश्वास गर्नेहरूको भन्दा कडा हुन्छ भन्ने कुरालाई जोड दिनका निम्ति प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “धर्मी मानिस ... अधर्मी र पापीको परिणाम झन् खराब हुनेछ ।”
“अधर्मी र पापीलाई के हुनेछ”
यहाँ “उद्धार” शब्दले ख्रीष्टको आगमनको बेला हुने अन्तिम उद्धारलाई जनाउँछ । यसलाई कर्तृ वाक्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि परमेश्वरले धर्मी मानिसको उद्धार गर्नुअगि उसले धेरै कष्ट भोग्छ भने”
“अधर्मी” र “पापी” दुवैले एउटै अर्थ दिन्छन् र मानिसहरूको दुष्टतालाई जोड दिन्छन् । वैकल्पिक अनुवादः “अधर्मी पापीहरू”
“आत्मा” शब्दले एउटा सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरू आफैँलाई सुम्पनु” वा “तिनीहरूको जीवनलाई सुम्पनु”
भाववाचक नाउँ “असल काम” लाई क्रियापद भएको वाक्यांश राखेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब तिनीहरूले असल गर्छन्” वा “जब तिनीहरू ठीक तरिकाले जिउँछन्”
1 सङ्गी-एल्डर र ख्रीष्टका कष्ट अनि प्रकट हुने महिमामा सहभागी भएको व्यक्तिको हैसियतले म तिमीहरूका माझमा भएका एल्डरहरूलाई आग्रह गर्दछु । 2 त्यसकारण, म एल्डरहरूलाई आग्रह गर्दछु, तिमीहरूका माझमा भएका परमेश्वरको बगालको हेरचाह गर, करले होइन तर तिमीहरूका आफ्नै र परमेश्वरको इच्छाअनुसार । बेइमानीपूर्वक कमाइने पैसाको लागि होइन, तर स्वेच्छाले । 3 तिमीहरूको हेरचाहमा रहेका मानिसहरूमाथि मालिकजस्तो व्यवहार नगर, तर बगालको लागि उदाहरण बन । 4 मुख्य गोठालो प्रकट हुनुहुँदा तिमीहरूले कहिल्यै नाश नहुने महिमित मुकुट पाउनेछौ । 5 त्यसै गरी, तिमी युवकहरू वृद्धहरूको अधीनमा बस । तिमीहरू सबैले विनम्रताको वस्त्र धारण गर र एक-अर्काको सेवा गर किनकि परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ । 6 त्यसकारण, आफैँलाई उहाँको शक्तिशाली बाहुलीमुनि नम्र तुल्याओ, ताकि उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुभएको होस् । 7 तिम्रा सबै चिन्ता-फिक्री उहाँमा सुम्पिदेओ किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ । 8 सचेत र जागा रहो । तिमीहरूको शत्रु दियाबलस कसैलाई भेटेर निल्नको निम्ति गर्जने सिंहझैँ खोजिरहेको छ । 9 त्यसको विरुद्धमा खडा होओ । तिमीहरूको विश्वासमा दह्रिलो बन । यो जान कि संसारमा भएका तिमीहरूका भाइहरूले पनि यस्तै कष्टहरू भोगिरहेका छन् । 10 तिमीहरूको केही समयको कष्टपछि तिमीहरूलाई ख्रीष्टमा उहाँको महिमामा बोलाउनुहुने सबै अनुग्रहका परमेश्वरले तिमीहरूलाई सिद्ध, स्थापित र बलियो बनाउनुहुनेछ । 11 सबै शक्ति सदा सर्वदा उहाँकै होस् । आमेन । 12 म सिलासलाई विश्वासयोग्य भाइको रूपमा लिन्छु र तिनीबाट मैले तिमीहरूलाई केही कुरा छोटकरीमा लेखेको छु । म तिमीहरूलाई आग्रह गर्छु र तिमीहरूलाई साक्षी दिन्छु कि मैले लेखेको कुरा परमेश्वरको साँचो अनुग्रह हो । त्यसमा खडा होओ । 13 तिमीहरूसँगै चुनिएकी बेबिलोनमा भएकीले र मेरो छोरो मर्कूसले तिमीहरूलाई अभिवादन पठाएका छन् । 14 प्रेमको पवित्र चुम्बनले एक-अर्कालाई अभिवादन गर । ख्रीष्ट येशूमा हुने तिमीहरू सबैलाई शान्ति होस् ।
प्राचीन मध्यपूर्वका धेरै मानिसले पत्रहरूलाई पत्रुसले यस पत्रको अन्त्य गरे झैँ गरी अन्त्य गर्दथे ।
मुख्य गोठालोले दिनहुने मुकुट एउटा इनाम अर्थात् यस्तो केही कुरा हो, र यो विशेष रूपले असल कार्य गर्ने मानिसहरूले यो प्राप्त गर्दछन् ।
सिंहहरू एकदम छिटो हिंड्ने र बलिया हुन्छन्, र तिनीहरूले प्रायः अन्य हरेक जनावरलाई खाइदिन्छन् । यसकारण, अरू सबै जनावर सिंहहरूदेखि डराउँछन् । तिनीहरूले मानिसहरूलाई पनि खान्छन् । यसरी नै सैतानले परमेश्वरका मानिसहरूलाई तर्साउँछ । यसैले सैतानले विश्वासीहरूका शरीरमा हानि पुर्याउन सक्छ, तर तिनीहरूले परमेश्वरमा भरोसा गर्दछन् र उहाँको आज्ञापालन गर्दछन् भने, तिनीहरू सधैँ परमेश्वरका मानिस भएर रहने छन् र परमेश्वरले तिनीहरूको हेरविचार गर्नुहुन्छ भनी आफ्ना पाठकहरूलाई शिक्षा दिनका लागि पत्रुसले सिंहको उपमा प्रयोग गरेका हुन् ।
बेबिलोन दुष्ट राज्य थियो, जसले पुरानो करारको समयमा यरूशलेमलाई नाश पारेको, यहूदीहरूलाई तिनीहरूका घरहरूबाट जबरजस्ती लिएर गएको र तिनीहरूमाथि शासन गरेको थियो । आफूले पत्र लेख्दे गरेका ख्रीष्टिएनहरूलाई सतावट गर्ने राज्यलाई सङ्केत गर्नका लागि पत्रुसले बेबिलोनलाई एउटा उपमाका रूपमा प्रयोग गरेका छन् । यहूदीहरूले ख्रीष्टिएनहरूलाई सतावट गरिरहेका हुनाले तिनले यरूशलेमलाई सङ्केत गरेका पनि हुन सक्छन् । अथवा रोमीहरूले ख्रीष्टिएनहरूलाई सतावट गरिरहेका हुनाले तिनले रोमलाई सङ्केत गरेका पनि हुन सक्छन् । अनि
पत्रुस विशेष गरी एल्डर भएका मानिसहरूसँग कुरा गर्छन् ।
यसले ख्रीष्टको दोस्रो आगमनलाई अङ्कित गर्दछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ख्रीष्टको महिमा जुन परमेश्वरले प्रकट गर्नुहुनेछ”
त्रुसले विश्वासीहरूलाई भेडाहरूको बगाल र एल्डरहरूलाई तिनीहरूको वास्ता गर्ने व्यक्तिहरूको रूपमा व्यक्त गर्छन् ।
एल्डरहरूले उदाहरण दिएर नेतृत्व गर्नुपर्छ, आफ्ना नोकरहरूप्रति कठोर व्यवहार गर्ने मालिकले गरे झैँ मानिसहरूप्रति व्यवहार गर्न हुँदैन ।
तपाईंले यसलाई क्रियापद भएको वाक्यांशसहित अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले तिमीहरूको हेरचाहमा राख्नुभएको छ”
पत्रुसले येशूलाई सबै गोठालाहरूमाथि अधिकार हुनुभएका गोठालाको रूपमा व्यक्त गरेका छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब मुख्य गोठालो येशू प्रकट हुनुहुन्छ” वा “जब परमेश्वरले मुख्य गोठालो येशूलाई प्रकट गर्नुहुन्छ”
यहाँ “मुकुट” शब्दले विजयको प्रतीकको रूपमा कसैले प्राप्त गर्ने इनामलाई जनाउँछ । पदावली “नाश नहुने” शब्दले यो अनन्त छ भन्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “सदा रहने महिमामय इनाम”
महिमामय
पत्रुसले जवान पुरुषहरूलाई निर्देशन दिँदै सारा विश्वासीहरूलाई पनि निर्देशन दिन्छन् ।
यसले पत्रुसले १ पत्रुस ५:१ देखि लिएर १ पत्रुस ५:४ मा वर्णन गरे झैँ गरी एल्डरहरू मुख्य गोठालोको अधीनमा हुनुपर्ने कुराको तरिकालाई जनाउँछ ।
यसले सबै विश्वासीलाई जनाउँछ, जवान मानिसहरूलाई मात्र होइन ।
पत्रुसले विनम्रताको नैतिक गुण प्राप्त गर्ने कामलाई कपडा पहिरिने कामको रूपमा व्यक्त गर्दछन् । वैकल्पिक अनुवादः “एक अर्काप्रति विनम्रता देखाओ” वा “नम्रताको साथमा व्यवहार गर”
यहाँ “बाहुली” शब्दले विनम्रहरूलाई बचाउने र घमण्डीहरूलाई दण्ड दिने परमेश्वरको शक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरको महान् शक्तिमुनि, त्यसैले” वा “परमेश्वरको अगाडि, उहाँसँग महान् शक्ति छ भनी जान्दै, त्यसैले”
चिन्ता भनेको कोही व्यक्तिले आफैँमाथि बोक्नको साटोमा परमेश्वरमाथि राखिदिने गह्रौँ भारी भए झैँ गरी बताउँछन् । वैकल्पिक अनुवादः “तिमीहरूलाई चिन्तित तुल्याउने हरेक कुरामा उहाँमाथि भरोसा गर” वा “तिमीहरूलाई समस्यामा पार्ने सबै थोकको हेरविचार गर्न उहाँलाई देओ”
यहाँ “सचेत” भन्नाले दिमागको स्पष्टता र सचेततालाई जनाउँछ । तपाईंले यसलाई [१ पत्रुस १:१३]
पत्रुसले दुष्टलाई गर्जने सिंहसँग तुलना गरेका छन् । जसरी भोको सिंहले आफ्नो सिकारलाई पूर्ण रूपले निल्छ, त्यसरी नै दुष्टले पनि विश्वासीहरूको विश्वासलाई पूर्ण रूपले नष्ट गर्ने मौका खोज्छ ।
“यताउता हिँड्दै” वा “यताउता हिँड्दै र सिकार गर्दै”
खडा हुनु भनेको लड्नुको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “त्यसको विरुद्धमा लड”
सङ्गी विश्वासीहरू एउटै समुदायका सदस्यहरू भए झैँ गरी पत्रुसले भनेका छन् । वैकल्पिक अनुवादः “तिमीहरूका सङ्गी विश्वासीहरू”
“संसारभर विभिन्न स्थानहरूमा”
यो पत्रुसको पत्रको अन्त्य हो । यहाँ उनले आफ्नो पत्रको बारेमा अन्तिम भनाइ र अन्तिम अभिवादन दिन्छन् ।
“छोटो समयको लागि”
यहाँ “अनुग्रह” शब्दले परमेश्वरले दिनुहुने कुराहरू वा परमेश्वरका गुणहरूलाई जनाउँछ । सम्भावित अर्थहरू हुन् १) “हामीलाई चाहिने सबै कुरा सधैँ दिनुहुने परमेश्वर” वा २) “सधैँ अनुग्रही हुनुहुने परमेश्वर ।”
“जसले तिमीहरू ख्रीष्टसँग जोडिएका कारण स्वर्गमा भएको उहाँको अनन्त महिमा बाँड्नको निम्ति तिमीहरूलाई छान्नुभयो”
“तिमीहरूलाई सिद्ध बनाउनु” वा “तिमीहरूलाई पुनर्स्थापित गर्नु” वा “तिमीहरूलाई पुनः ठीक बनाउनु”
यी दुईवटै अभिव्यक्तिले एउटै अर्थ दिन्छन्, जसको अर्थ हुन्छ, परमेश्वरले विश्वासीहरूलाई उहाँमा विश्वास गर्न र तिनीहरूले अनुभव गर्न सक्ने जस्तोसुकै कष्टका बाबजुद पनि उहाँको आज्ञापालन गर्न सक्षम तुल्याउनुहुनेछ ।
यस पत्रमा पत्रुसले लेख्न लगाएको कुरा सिलासले लेखे ।
“मैले परमेश्वरको साँचो अनुग्रहको बारेमा लेखेको छु ।” यहाँ “अनुग्रह” शब्दले सुसमाचारको सन्देशलाई जनाउँछ, जसले परमेश्वरले विश्वासीहरूका निम्ति गर्नुभएको दयालु कुराहरूलाई जनाउँछ ।
“त्यस” शब्दले “परमेश्वरको साँचो अनुग्रह” लाई जनाउँछ । यो अनुग्रहमा बलियो तरिकाले खडा हुने कुरालाई कुनै एक ठाउँमा खडा हुने र हट्नलाई इन्कार गर्ने अर्थमा बताइएको छ । वैकल्पिक अनुवादः “यसमा बलियो तरिकाले प्रतिबद्ध भएर रहो”
यसले शायद “बेबिलोन”मा भएका विश्वासीहरूको समूहलाई जनाउँछ । “बेबिलोन”को लागि सम्भावित अर्थहरू हुन् १) यो रोमको सहरलाई जनाउने सङ्केत हो, वा २) यो सताइएका ख्रीष्टिएनहरूलाई जनाउने सङ्केत हो, वा ३) यसले साँच्चै बेबिलोनको सहरलाई नै जनाउँछ । यसले रोमको सहरलाई जनाउने कुराको सम्भावना बढी छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले तिमीहरूलाई चुने जसरी नै चुन्नुभएको छ”
पत्रुस मर्कूसलाई आफ्नो आत्मिक छोरोको रूपमा लिन्छन् । वैकल्पिक अनुवादः “मेरो आत्मिक छोरो” वा “जो मेरो लागि एक छोरा जस्तै हुन्”
“प्रेमिलो चुम्बन” वा “एक अर्काप्रतिको प्रेम देखाउने चुम्बन”
लेखकले आफैँलाई सिमोन पत्रुसको रूपमा परिचय गराए । सिमोन पत्रुस एक जना प्रेरित थिए । तिनले १ पत्रुस पनि लेखे । पत्रुसले आफ्नो मृत्यु हुनअगि रोमको झ्यालखानाबाट यो पत्र लेखेको हुन सक्छ । पत्रुसले यो पत्रलाई दोस्रो पत्र भनेका छन्, यसैले यो लेखिएको मिति १ पत्रुस भन्दा पछि हो भन्न सक्छौँ । पहिलो पत्र तिनले जुन पाठकहरूलाई लेखे, उनीहरूलाई तिनले यो पत्र पनि लेखे । ती पाठकहरू शायद एसियाको पश्चिमी प्रायद्वीपभरी छरपष्ट भएका ख्रीष्टिएनहरू थिए ।
विश्वासीहरूले असल जीवन बिताउन सकून् भनेर तिनीहरूलाई उत्साह दिनका लागि पत्रुसले यो पत्र लेखे । येशू दोस्रोपल्ट आउन ढिला गरिरहनुभएको छ भनेर सिकाइरहेका झूटा शिक्षकहरूका विरुद्धमा तिनले चेतावनी दिए । येशू फेरि आउन ढिला गर्नुहुन्न भनेर तिनले उनीहरूलाई बताए । बरु, परमेश्वरले मानिसहरूलाई पश्चाताप गर्ने मौका दिँदै हुनुहुन्थ्यो, र यसरी तिनीहरू बाँच्न सक्ने छन् ।
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “२ पत्रुस” वा “दोस्रो पत्रुस” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “पत्रुसबाटको दोस्रो पत्र” वा “पत्रुसले लेखेको दोस्रो पत्र ।”
पत्रुसले विरोध गरेर बोलेका झूटा शिक्षकहरू ज्ञानवादीहरू भनेर चिनिएकाहरू हुन सक्ने सम्भावना छ । यी शिक्षकले आफ्नै फाइदाका लागि धर्मशास्त्रका शिक्षालाई बङ्ग्याए । तिनीहरूले अनैतिक प्रकारले जिवन बिताउँथे र अरू मानिसलाई त्यसै गर्न सिकाउँथे ।
धर्मशास्त्रको सिद्धान्त अति नै महत्त्वपूर्ण कुरा हो । २ पत्रुसले पाठकहरूलाई यो कुरा बुझ्न सहायता पुर्याउँदछ, कि धर्मशास्त्रका प्रत्येक लेखकका लेख्ने तरिका आफ्नै विशिष्ट प्रकारका भए तापनि परमेश्वर नै धर्मशास्त्रका साँचो लेखक हुनुहुन्छ (१:२०-२१) ।
यस पुस्तकमा, “म” शब्दले पत्रुसलाई जनाउँछ । साथै, “तिमीहरू” शब्द सधैँ बहुवचनमा छ र त्यसले पत्रुसका श्रोताहरूलाई जनाउँछ ।
तल दिइएका पदहरूका लागि, बाइबलका कुनै आधुनिक अनुवादमा पुरानो अनुवादभन्दा फरक भएको पाइन्छ । यूएलटीले आधुनिक पाठको प्रयोग गरेको छ र पुरानो पाठलाई पादटिप्पणीमा राखेको छ । अनुवादकहरू भएका ठाउँमा बाइबलको अनुवाद छँदै छ भने, तिनीहरूले तिनै अनुवादहरूका पाठलाई प्रयोग गर्ने कुरालाई विचार गर्न सक्छन् । यदि छैन भने, आधुनिक अनुवादका पाठलाई प्रयोग गर्ने सुझाव अनुवादकहरूलाई दिइन्छ ।
1 येशू ख्रीष्टका दास र प्रेरित सिमोन पत्रुसबाट, हाम्रा परमेश्वरको धार्मिकता र मुक्तिदाता येशू ख्रीष्टमा हाम्रो जस्तै मूल्यवान् विश्वास प्राप्त गरेकाहरूलाई । 2 तिमीहरूलाई अनुग्रह होस्; हाम्रा परमेश्वर र येशू ख्रीष्टको ज्ञानद्वारा तिमीहरूमा शान्ति प्रशस्त हुँदै जाओस् । 3 आफ्नै महिमा र सद्गुणद्वारा हामीलाई बोलाउनुहुने परमेश्वरको ज्ञानद्वारा हामीलाई ईश्वरीय शक्तिको जीवन र धार्मिकताको निम्ति आवश्यक पर्ने सबै कुरा दिइएको छ । 4 यी कुराहरूद्वारा उहाँले हामीलाई बहुमूल्य र महान् प्रतिज्ञाहरू दिनुभएको छ । तिमीहरू संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर ईश्वरीय स्वभावमा सहभागी हुन सक भनेर उहाँले यस्तो गर्नुभयो । 5 यसैकारण, तिमीहरूको विश्वासद्वारा सद्गुण, सद्गुणद्वारा ज्ञान थप्न सक्दो प्रयत्न गर । 6 तिमीहरूको ज्ञानद्वारा आत्मसंयम र आत्मसंयमद्वारा सहनशीलता अनि सहनशीलताद्वारा ईश्वरभक्ति । 7 तिमीहरूको ईश्वरभक्तिद्वारा भातृ-स्नेह, र भातृ-स्नेहद्वारा प्रेम । 8 यदि यी कुरा तिमीहरूमा छन्, र तिमीहरूमा प्रशस्त हुँदै जान्छन् भने प्रभु येशू ख्रीष्टको ज्ञानमा तिमीहरू बाँझो वा निष्फल हुनेछैनौ । 9 तर जोसँग यी कुराको घटी छ र नजिकको वस्तु मात्र देख्छ भने, ऊ अन्धो हो । उसले पुरानो पापबाट धोइएको कुरालाई बिर्सेको हुन्छ । 10 त्यसकारण भाइ हो, आफ्नो बोलावट र चुनाउ निश्चित गर्नको लागि सक्दो प्रयास गर । तिमीहरूले त्यो गर्यौ भने, तिमीहरू लोट्नेछैनौ । 11 त्यसकारण, हाम्रा प्रभु येशू ख्रीष्टको अनन्त राज्यमा प्रवेशको निम्ति तिमीहरूले प्रशस्त अनुमति पाउनेछौ । 12 यसैले, तिमीहरूलाई यी कुराहरू थाहा भएर अहिले तिमीहरू यो सत्यतामा बलियो भए तापनि म तिमीहरूलाई यी कुराहरू सम्झाउन सधैँ तयार छु । 13 जबसम्म म यो शरीररूपी पालमा छु तिमीहरूलाई जागा राख्नु र यी कुराहरूको बारेमा तिमीहरूलाई सम्झाउनु मेरो निम्ति असल हुन्छ भन्ने मलाई लाग्छ । 14 किनकि मैले यो पाललाई चाँडै त्याग्दै छु भन्ने मलाई थाहा छ जुन कुरा हाम्रा प्रभु येशू ख्रीष्टले यो मलाई देखाउनुभएको छ । 15 मेरो प्रस्थानपछि पनि तिमीहरूले यी कुराहरू सधैँ सम्झन सक भनेर म सक्दो प्रयास गर्नेछु । 16 किनकि हामीले येशू ख्रीष्टको शक्ति र आगमनको बारेमा तिमीहरूलाई बताउँदा धूर्ततासँग रचिएका दन्त्यकथाहरूलाई पछ्याएनौँ, तर हामी उहाँको वैभवको प्रत्यक्ष साक्षी थियौँ । 17 उहाँले परमेश्वर पिताबाट आदर र महिमा प्राप्त गर्नुभयो, जब वैभवपूर्ण महिमाबाट यो स्वर आएको थियोः “यिनी मेरा प्रिय पुत्र हुन्, जोसित म धेरै खुसी छु ।” 18 हामी उहाँसित पवित्र डाँडामा हुँदा हामीले स्वर्गबाट आएको त्यो आवाज सुन्यौँ । 19 हामीसँग भएको अगमवाणीको वचन अझ निश्चित भएको छ, जसलाई तिमीहरू पालना गर्न उत्तम प्रयास गर्छौ । यो उज्यालो नहुञ्जेल र तिमीहरूका हृदयमा बिहानको तारा नआउञ्जेल अन्धकारमा चम्कने बत्तीजस्तै छ । 20 तिमीहरूले पहिले यो जान कि लेखिएको भविष्यवाणी अगमवक्ताको आफ्नै तर्कबाट आउँदैन । 21 किनकि कुनै पनि अगमवाणी मानिसहरूको इच्छाबाट आएन, तर परमेश्वरको तर्फबाट बोल्ने पवित्र आत्माद्वारा डोर्याइएका मानिसहरूबाट आयो ।
पत्रुसले पद १-२ मा औपचारिक रूपले यो पत्रको परिचय दिन्छन् । प्राचीन मध्यपूर्वमा पत्र लेख्नेहरूले पत्रहरू लेख्न यसरी सुरु गर्दथे ।
परमेश्वरको ज्ञान हुनुको अर्थ उहाँको आफ्नो हुनु हो वा उहाँसँग सम्बन्ध राख्नु हो । यहाँ “ज्ञान” भन्नाले दिमागले परमेश्वरलाई चिन्नेभन्दा अझ धेरै कुरा हो । यो ज्ञानले गर्दा परमेश्वरले त्यो व्यक्तिलाई बचाउनुहुन्छ र उसलाई अनुग्रह र शान्ति दिनुहुन्छ ।
विश्वासीहरूलाई भक्तिको जीवन बिताउन आवश्यक पर्ने सबै कुरा उहाँले तिनीहरूलाई दिनुभएको छ भनेर पत्रुसले सिकाएका छन् । यसकारण, विश्वासीहरूले परमेश्वरको आज्ञापालन गर्नका लागि आफूले सक्ने हरेक कुरा गर्न तिनीहरूले भरसक प्रयास गर्नुपर्दछ । यदि विश्वासीहरूले निरन्तर रूपले यी कुरा गर्दछन् भने, येशूसँगको तिनीहरूको आफ्नो सम्बन्धद्वारा तिनीहरू प्रभावकारी र उत्पादनशील हुन सक्दछन् । तापनि, यदि विश्वासीहरूले निरन्तर रूपमा भक्तिको जीवन बिताउँदैनन् भने, परमेश्वरले तिनीहरूलाई बचाउनका लागि ख्रीष्टद्वारा जे गर्नुभयो, त्यो कुरालाई तिनीहरूले बिर्सेको जस्तै हो । अनि )
धर्मशास्त्रमा भएका अगमवाणीहरू मानिसहरूले आफैँले बनाएका कुरा होइनन् भनी पत्रुसले सिकाएका छन् । परमेश्वरको सन्देश बोलेका र तिनलाई लेखेका मानिसहरूलाई पवित्र आत्मा आफैँले त्यो सन्देश प्रकट गरिदिनुभयो । साथै, पत्रुस र अरु प्रेरितहरूले प्रचार गरेको येशूको सन्देश तिनीहरू आफैँले कल्पना गरेका कथाहरू थिएनन् । येशूले गर्नुभएका कुराहरूको साक्षी तिनीहरूले दिए र परमेश्वरले येशूलाई उहाँको पुत्र भन्नुभएको सुने ।
पत्रुसले लेखकको रूपमा आफ्नो परिचय दिन्छन् र आफूले लेखिरहेका विश्वासीहरूलाई पहिचान गर्छन् र अभिवादन गर्छन् ।
पत्रुसले येशू ख्रीष्टको दास हुने कुराको विषयमा बताउँछन् । उनलाई ख्रीष्टको प्रेरितको पद र अधिकार पनि दिइएको थियो ।
ती मानिसहरूले विश्वास पाइसकेका छन् भन्ने कुराको तात्पर्य यो हो कि परमेश्वरले उनीहरूलाई त्यो विश्वास दिनुभयो । वैकल्पिक अनुवादः “परमेश्वरले उस्तै बहुमूल्य विश्वास दिनुभएका मानिसहरूलाई”
“तिमीहरू जसले प्राप्त गरेका छौ ।” पत्रुसले यो पत्र प्राप्त गर्नेहरू सबैलाई सम्बोधन गर्छन् ।
यहाँ शब्द “हामी” शब्दले पत्रुस र अन्य प्रेरितहरूलाई जनाउँछ, तर उनले पत्र लेखिरहेका मानिसहरूलाई जनाउँदैन । वैकल्पिक अनुवादः “हामी प्रेरितहरूले प्राप्त गरेका छौँ”
परमेश्वरले विश्वासीहरूलाई अनुग्रह र शान्ति दिनुहुनेछ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई अनुग्रह र तिमीहरूको शान्तिको वृद्धि गर्नुभएको होस्”
पत्रुसले शान्तिलाई आकारमा वा सङ्ख्यामा वृद्धि हुने कुनै वस्तुको रूपमा व्यक्त गर्छन् ।
तपाईंले “ज्ञान”लाई क्रियापद भएको वाक्यांश प्रयोग गरेर अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वर र येशू हाम्रा प्रभुलाई तिमीहरूले चिनेको कुराद्वारा”
पत्रुसले विश्वासीहरूलाई ईश्वरीय जीवन जिउने सम्बन्धमा शिक्षा दिन सुरु गर्छन् ।
यहाँ “धार्मिकता”ले “जीवन”लाई वर्णन गर्छ । वैकल्पिक अनुवादः “धार्मिक जीवनको निम्ति”
यहाँ “हामीलाई” शब्दले पत्रुस र उनका पाठकहरूलाई जनाउँछ ।
यहाँ “यी कुराहरू” भन्ने कुराले “उहाँको आफ्नै महिमा र सद्गुण”लाई जनाउँछ ।
“तिमीहरू भाग लिन सक”
परमेश्वर जस्तो हुनुहुन्छ
पत्रुस भन्छन्, पापमय अभिलाषाहरूले गर्दा हुने भ्रष्टताबाट आउने दुःख नभोग्ने मानिसहरू उक्त भ्रष्टताबाट उम्केर बाँचेका मानिसहरू हुन् । “भ्रष्टता” शब्द भाववाचक नाउँ हो, र यसलाई क्रियापदको वाक्यांशको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र यसरी यस संसारको पापमय अभिलाषाहरूले तिमीहरूलाई फेरि भ्रष्ट पार्ने छैन”
यो शब्दले पत्रुसले यो भन्दा अगाडिका पदहरूमा भनेको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले गर्नुभएका कुराहरूको कारणले”
यसले मित्र वा परिवारका सदस्यहरूलाई गरिने प्रेमलाई जनाउँछ र तिनीहरूले तिनीहरूका आत्मिक पारिवारलाई प्रेम गर्नुपर्छ भन्ने अर्थ दिन सक्छ ।
यसले विश्वास, सद्गुण, ज्ञान, आत्मसंयम, सहनशीलता, ईश्वरभक्ति, भातृ स्नेह र प्रेमलाई जनाउँछ, जसलाई पत्रुसले अगाडिका पदहरूमा उल्लेख गरेका छन् ।
पत्रुसले यस्ता गुण नभएको व्यक्तिलाई अन्न नउब्जाउने खेतसँग तुलना गरेका छन् । यसलाई सकारात्मक तरिकाले पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले उत्पादन गर्नेछौ र फलवन्त हुनेछौ” वा “तिमीहरू प्रभावकारी हुनेछौ”
यी शब्दहरूले एउटै अर्थ दिन्छन् र त्यस्तो व्यक्ति फलवन्त हुँदैन वा येशूलाई चिनेर पनि केही फाइदा पाउन सक्दैन भन्ने कुरालाई जोड दिन्छ । वैकल्पिक अनुवादः “फलविहीन”
तपाईंले “ज्ञान”लाई क्रियापद भएको वाक्यांशसहित अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले परमेश्वर र येशू हाम्रा प्रभुलाई चिनेको कुराद्वारा”
कुनै पनि व्यक्ति जससँग यी कुराहरू छैन
यी कुराहरू नभएको व्यक्तिलाई पत्रुसले टाढाको नदेख्ने वा अन्धो व्यक्तिसँग तुलना गरेका छन् किनकि त्यसले ती कुराहरूको महत्त्व देख्दैन । वैकल्पिक अनुवादः “तिनीहरूको मूल्य नबुझ्ने टाढाको वस्तु नदेख्ने व्यक्ति जस्तै हुन्छ”
यसलाई अनुवाद गर्न तपाईंले क्रियापद प्रयोग गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यसका पुराना पापहरू धुनुभएको छ”
“बोलावट” र चुनाउ” शब्दहरूले एउटै अर्थ दिन्छन् र यसले परमेश्वरले तिनीहरूलाई आफ्नो बनाउनको निम्ति छान्नुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई आफ्नो बनाउनको निम्ति छान्नुभएको हो भन्ने कुरामा निश्चित होओ”
यहाँ “लोट्नु” भन्ने शब्दले १) पाप गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूले पापपूर्ण स्वभावको अभ्यास गर्नेछैनौ” वा २) ख्रीष्टप्रति विश्वासयोग्य नहुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरू ख्रीष्टप्रति विश्वासघाति हुनेछैनौ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई अनन्त राज्यमा प्रशस्त गरी प्रवेश दिनुहुनेछ”
पस्ने अवसर
पत्रुस विश्वासीहरूलाई निरन्तर सम्झना दिलाउने वा सिकाउने दायित्व आफ्नो भएको कुरा तिनीहरूलाई बताउँछन् ।
“तिमीहरूले यी कुराहरूको सत्यतालाई बलियो गरी विश्वास गर्छौ”
यहाँ “जगाउनु” भन्ने शब्दले कसैलाई निद्राबाट बिउँझाउनु भन्ने अर्थ दिन्छ । पत्रुसले आफ्ना पाठकहरूलाई यी कुराहरूको बारेमा सोच्ने कुरालाई तिनीहरूलाई निद्राबाट बिउँझाउने कामसँग तुलना गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूलाई यी कुराहरूको बारेमा सम्झना दिलाउन ताकि तिमीहरूले यस बारेमा सोच”
पत्रुसले आफ्नो शरीरलाई कुनै एउटा पालको रूपमा व्यक्त गर्छन् जुन उनले लगाइरहेका छन् र पछि त्याग्नेछन् । उनको शरीरमा हुने कुराले जीवित हुने कुरालाई प्रतिनिधित्व गर्छ, र त्यसलाई त्याग्ने कुराले मर्ने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “जबसम्म म यस शरीरमा छु” वा “जबसम्म म जीवित छु”
पत्रुसले आफ्नो शरीरलाई कुनै एउटा पालको रूपमा व्यक्त गर्छन् जुन उनले लगाइरहेका छन् र पछि त्याग्नेछन् । उनको शरीरमा हुने कुराले जीवित हुने कुरालाई प्रतिनिधित्व गर्छ, र त्यसलाई त्याग्ने कुराले मर्ने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “म यस शरीरलाई चाँडै त्याग्नेछु” वा “म चाँडै मर्नेछु”
यहाँ “यी कुराहरू” भन्ने शब्दहरूले पत्रुसले अघिल्ला पदहरूमा भनेका सबै कुराहरूलाई जनाउँछ ।
पत्रुसले आफ्नो मृत्युलाई एउटा ठाउँ छोडेर कुनै अर्को ठाउँमा जाने कुराको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “मेरो मृत्युपछि” वा “म मरेपछि”
पत्रुसले विश्वासीहरूलाई आफ्नो शिक्षाको बारेमा बताउने कामलाई निरन्तरता दिन्छन् र ती किन विश्वासयोग्य छन् भनेर बताउँछन् ।
यहाँ “हामी” शब्दले पत्रुस र अन्य प्रेरितहरूलाई जनाउँछ, तर उनका पाठकहरूलाई जनाउँदैन । वैकल्पिक अनुवादः “किनकि हामी प्रेरितहरूले बनावटी कथाहरूलाई पछ्याएनौँ”
यी दुई वाक्यांशहरूले एउटै कुरालाई बुझाउँछन् र एकल वाक्यांशको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “शक्तिशाली आगमन”
सम्भावित अर्थहरू हुन् १) प्रभु येशूको भविष्यको दोस्रो आगमन वा २) प्रभु येशूको प्रथम आगमन ।
यहाँ “हाम्रा” शब्दले सारा विश्वासीहरूलाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब उहाँले वैभवपूर्ण महिमाबाट आएको आवाज सुन्नुभयो” वा “जब उहाँले वैभवपूर्ण महिमाको आवाजले उहाँसँग बोलेको उहाँले सुन्नुभयो” वा “जब वैभवपूर्ण महिमाले उहाँसँग बोल्नुभयो”
पत्रुसले परमेश्वरको महिमाको बारेमा कुरा गर्छन् । यो परमेश्वरप्रति गरिएको आदरको कारण उहाँको नाम नलिईकनै उहाँलाई जनाउने एउटा तरिका हो । वैकल्पिक अनुवादः “परमेश्वर, सर्वोच्च महिमाले भनिरहनुभएको”
“हामी” शब्दबाट पत्रुसले आफैँलाई र चेलाहरू याकूब र यूहन्नालाई जनाउँछन् जसले परमेश्वरको आवाज सुने । वैकल्पिक अनुवादः “हामी आफैँले यो स्वर सुन्यौँ जुन स्वर्गबाट आयो”
“उहाँको आवाज सुन्यौँ जसले स्वर्गबाट बोल्नुभयो”
“हामी येशूसँग थियौँ”
पत्रुसले विश्वासीहरूलाई झूटा शिक्षकहरूको बारेमा चेतावनी दिन सुरु गर्छन् ।
पत्रुस र अन्य प्रेरितहरूले देखेको कुराहरूले, जुन उनले अघिल्ला पदहरूमा वर्णन गरे, अगमवक्ताहरूले बोलेको कुरालाई स्पष्ट पार्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि हामीले देखेका कुराहरूले अगमवाणीको वचनलाई अझ निश्चित बनाएको छ”
यहाँ “हामी” शब्दले सारा विश्वासीहरूलाई जनाउँछ, जसमा पत्रुस र उनका पाठकहरू पनि पर्छन् ।
यसले पुरानो करारलाई जनाउँछ । वैकल्पिक अनुवादः “अगमवक्ताहरूले बोलेको धर्मशास्त्रका वचनहरू”
पत्रुसले विश्वासीहरूलाई अगमवाणीका वचनहरूलाई ध्यान दिनको निम्ति निर्देशन दिन्छन् ।
पत्रुसले अगमवाणीका वचनहरूलाई बिहान उज्यालो नहोउञ्जेलसम्म अन्धकारमा ज्योति दिने बत्तीसँग तुलना गर्छन् । आउनेवाला बिहानले ख्रीष्टको आगमनलाई जनाउँछ ।
पत्रुसले ख्रीष्टलाई “बिहानको तारा”को रूपमा बताउँछन्, जसले सङ्केत गर्छ कि दिनको सुरुवात र अन्धकारको अन्त्य नजिकै छ । ख्रीष्टले सबै आशङ्का हटाएर उहाँ को हुनुहुन्छ भन्ने कुराको पूर्ण समझ ल्याएर विश्वासीहरूको हृदयमा उज्यालो ल्याउनुहुनेछ । यहाँ “हृदयहरू” भन्ने शब्द मानिसहरूका दिमागलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “ख्रीष्टले तिमीहरूको हृदयमा उहाँको ज्योति चम्काउनुहुन्छ जसरी बिहानको ताराले त्यसको ज्योति संसारमा चम्काउँछ”
“बिहानको तारा” ले शुक्र ग्रहलाई जनाउँछ, जुन कहिलेकाहीँ सूर्य उदाउनुभन्दा अगाडि उदाउँछ र दिनको सुरुवातलाई सङ्केत गर्छ ।
“सबैभन्दा महत्त्वपूर्ण रूपमा, तिमीहरूले यो बुझ्नुपर्छ”
सम्भावित अर्थहरू हुन् १) अगमवक्ताहरूले आफ्नै तरिकाले अगमवाणी बोलेका होइनन् वा २) अगमवाणीहरूलाई बुझ्नको निम्ति मानिसहरूले पवित्र आत्मामा भर पर्नुपर्छ वा ३) मानिसहरूले अगमवाणीहरूलाई सम्पूर्ण विश्वासीको समुदायको सहयोगमा व्याख्या गर्नुपर्छ ।
परमेश्वरले चाहनुभएको कुरा लेख्न अगमवक्ताहरूलाई पवित्र आत्माले सहायता गर्नुभएको कुरा चाहिँ पवित्र आत्माले तिनीहरूलाई एक ठाउँदेखि अर्को ठाउँसम्म बोक्नुभएको भए झैँ गरेर पत्रुसले बताउँछन् । वैकल्पिक अनुवादः “मानिसहरूले पवित्र आत्माको अगुवाइमा परमेश्वरबाट आएको वचन बोले”
1 इस्राएलीहरूकहाँ झुटा अगमवक्ताहरू आए, अनि तिमीहरूकहाँ पनि झुटा शिक्षकहरू आउनेछन् । तिनीहरूले आफूसँग गोप्य रूपमा विनाशसकारी झुटा शिक्षाहरू ल्याउनेछन् र तिनीहरूलाई उद्धार गर्नुहुने गुरुलाई पनि इन्कार गर्नेछन् । तिनीहरूले आफूमाथि चाँडै विनाश ल्याउनेछन् । 2 धेरैले तिनीहरूको विलासी आचरणको अनुसरण गर्नेछन् र तिनीहरूद्वारा सत्यताको मार्ग निन्दित हुनेछ । 3 लोभको कारण तिनीहरूले छलपूर्ण कुरा गरेर तिमीहरूबाट फाइदा उठाउनेछन् । तिनीहरूको विरुद्धमा श्राप आउन लामो समय लाग्दैन । तिनीहरूको विनाश निष्क्रिय छैन । 4 किनकि परमेश्वरले पाप गर्ने स्वर्गदूतहरूलाई त छोड्नुभएन । बरु, तिनीहरूलाई तल पातालमा सुम्पिदिनुभयो र इन्साफ नहुन्जेलसम्म साङ्लाले बाँधेर घोर अन्धकारमा राखिदिनुभयो । 5 अनि उहाँले प्राचीन संसारलाई पनि बाँकी राख्नुभएन । बरु, धार्मिकताका दूत नोआ र अरू सात जनालाई बचाउनुभयो र जल प्रलयद्वारा अधर्मी संसारको विनाश गर्नुभयो । 6 अनि अधर्मीहरूमाथि के आइपर्नेछ भन्ने कुराको उदाहरणको निम्ति परमेश्वरले सदोम र गमोरा सहरहरूलाई खरानीमा परिणत गरिदिनुभयो र तिनीहरूलाई विनाशको निम्ति दोषी ठहराउनुभयो । 7 तर उहाँले त्यसो गर्दा धर्मी लोतलाई बचाउनुभयो, जो अराजक र घिनलाग्दा मानिसहरूको व्यवहारको कारण निकै दुःखी थिए । 8 किनकि तिनीहरूसँग दिनदिनै बस्दा, तिनीहरूका बिचमा देखेका र सुनेका कुराहरूको कारण ती धर्मी मानिस आत्मामा व्याकुल भएका थिए । 9 त्यसैले, धर्मीहरूलाई परीक्षाबाट कसरी बचाउनुपर्छ र अधर्मीहरूलाई न्यायको दिनमा सजायको निम्ति कसरी तयारी राख्नुपर्छ भन्ने उहाँ जान्नुहुन्छ । 10 यो विशेष गरी शरीरका भ्रष्ट इच्छाहरूमा जिउने र अधिकारलाई तुच्छ ठान्नेहरूको निम्ति हो । तिनीहरू हठी र स्वेच्छाचारी थिए । तिनीहरू महिमितहरूको निन्दा गर्न डराउँदैनन् । 11 स्वर्गदूतहरूसँग मानिसहरूसित भन्दा धेरै शक्ति र दक्षता छ, तर उनीहरूले प्रभुको अगाडि तिनीहरूको विरुद्धमा निन्दापूर्ण न्याय ल्याउँदैनन् । 12 तर यी अज्ञानी पशुहरू स्वाभाविक रूपमा नाश र नियन्त्रणको निम्ति बनाइएका हुन् । तिनीहरूले जे कुराको निन्दा गर्छन् त्यो जान्दैनन् । तिनीहरू नष्ट पारिनेछन् । 13 आफैँले गरेका गलत कामहरूका परिणामले तिनीहरूलाई क्षति पुर्याउनेछ । तिनीहरू दिनमा आनन्दित रहन्छन् । तिनीहरू धब्बा र दागहरू हुन् । तिमीहरूसँग भोजमा बस्दा तिनीहरू आफ्ना छलमा आनन्द मनाउँछन् । 14 तिनीहरूका आँखा व्यभिचारले भरिएका हुन्छन्; तिनीहरू पाप गरेर कहिल्यै अघाउँदैनन् । तिनीहरूले अस्थिर मनलाई नराम्रो काममा लोभ्याउँछन्; तिनीहरूका मनले लोभमा तालिम पाएका हुन्छन् र तिनीहरू श्रापित सन्तान हुन् । 15 तिनीहरूले सही मार्गलाई त्यागेका छन् । तिनीहरू बरालिएर अधार्मिक कामको ज्याला लिन मन पराउने बोअरको छोरा बालामको पछि लाग्छन् । 16 तर त्यसले आफ्नै अपराधको निम्ति हप्की पायो । एउटा नबोल्ने गधाले मानिसको आवाजमा बोलेर अगमवक्ताको पागलपनलाई रोकिदियो । 17 यी मानिसहरू मूलविनाको पानीजस्ता छन् । तिनीहरू आँधीले उडाई लैजाने बादलजस्ता छन् । तिनीहरूको निम्ति घोर अन्धकार साँचिएको छ । 18 तिनीहरू खोक्रो अहङ्कारसाथ बोल्छन् । तिनीहरू शारीरिक वासनाद्वारा मानिसहरूलाई प्रलोभनमा पार्छन् । खराबी गर्नेहरूदेखि भाग्न खोज्नेहरूलाई तिनीहरू प्रलोभनमा पार्छन् । 19 उनीहरूले तिनीहरूलाई छुटकारा दिने प्रतिज्ञा गर्छन्, तर तिनीहरू आफैँ भ्रष्टताका दास हुन् । किनकि मान्छेलाई जुन कुराले जित्छ, ऊ त्यसैको दास बन्छ । 20 यदि कसैले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टलाई चिनेर यस संसारका दूषित गराउने कुराबाट उम्किसकेपछि पनि फेरि त्यहीँ फर्कन्छ भने त्यसको अवस्था पहिलेको भन्दा खराब हुन्छ । 21 धार्मिकताको मार्गलाई जानेर तिनीहरूलाई दिइएको पवित्र आज्ञाहरूबाट फर्कनुभन्दा त तिनीहरूले धार्मिकताको मार्ग नै नजानेको भए असल हुने थियो । 22 तिनीहरूका निम्ति यो उखान सत्य छः “कुकुर आफ्नै बान्तामा फर्किन्छ । नुहाइदिएको सुँगुर हिलैमा फर्किन्छ ।”
“शरीर” शब्द व्यक्तिको पापमय स्वभाव जनाउने अलङ्कारको हो । मानवजातिको शारीरिक अङ्ग पापमय हुँदैन । भक्तिमय कुराहरू सबैलाई तिरस्कार गर्ने र पापमय कुराहरूको चाहना गर्ने मानवजातिको स्वभावलाई “शरीर” शब्दले प्रतिनिधित्व गर्दछ । मानवजातिले येशूमा विश्वास गरेर पवित्र आत्मा पाउनुअगि सबै मानवको अवस्था यही हो ।
यदि अहिलेसम्म पुरानो करारको अनुवाद भएको छैन भने २:४-८ मा भएका थुप्रै तुलनात्मक खण्डहरू बुझ्न कठिन हुन्छ । यसका लागि अरू स्पष्ट पार्नुपर्ने हुन सक्छ ।
पत्रुसले विश्वासीहरूलाई झूटा शिक्षकहरूको बारेमा चेतावनी दिन सुरु गर्छन् ।
इस्राएलीहरूलाई छल गर्दै जसरी झूटा अगमवक्ताहरू आए, त्यसरी नै ख्रीष्टको बारेमा झूट बोल्दै झूटा शिक्षकहरू पनि आउनेछन् ।
“झूटा शिक्षाहरू” ले ख्रीष्ट र प्रेरितहरूको शिक्षाभन्दा फरक विचारलाई जनाउँछ । यी झूटा शिक्षाहरूले तिनमा विश्वास गर्नेहरूको विश्वासलाई नष्ट गर्ने काम गर्छन् ।
यहाँ “मालिक” शब्दले दासहरू राखेको व्यक्तिलाई जनाउँछ । पत्रुस भन्छन्, येशू मानिसहरूका मालिक हुनुहुन्छ, र उहाँले आफ्नो मृत्युको मोल तिरेर तिनीहरूलाई किन्नुभएको छ ।
अनैतिक यौन व्यवहार
“सत्यताको मार्ग” भन्ने वाक्यांशले ख्रीष्टिएन विश्वास परमेश्वरकहाँ पुग्ने सत्य बाटो हो भन्ने कुरालाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्वास नगर्नेहरूले सत्यताको मार्गलाई निन्दा गर्नेछन्”
“झूट बोलेर तिनीहरूलाई पैसा दिनलाई तिमीहरूलाई मनाउनेछन्”
पत्रुसले “दण्डाज्ञा” र “विनाश”लाई काम गर्ने कुनै मानिसको रूपमा व्यक्त गर्छन् । यी दुईवटै वाक्यांशले एउटै अर्थ दिन्छन् र झूटा शिक्षकहरूको विनाश कति चाँडै हुनेछ भन्ने कुरालाई जोड दिन्छन् ।
तपाईंले यी वाक्यांशहरूलाई सकारात्मक तरिकाले अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई चाँडै दोष लगाउनुहुनेछ; उहाँ तिनीहरूको विनाश गर्नको निम्ति तयार हुनुहुन्छ”
पत्रुसले परमेश्वरको विरुद्धमा काम गर्ने मानिसहरूको उदाहरण दिन्छन्, जसलाई तिनीहरूको कामको कारण परमेश्वरले सजाय दिनुभयो ।
“सजाय दिनबाट पछि हट्नुभएन” वा “सजाय दिनुभयो”
“टार्टारस” शब्द चाहिँ ग्रीक धर्मबाट लिइएको हो जसले त्यो स्थानलाई जनाउँछ जहाँ दुष्ट आत्माहरू र मरिगएका खराब मानिसहरूलाई दण्ड दिइन्छ । वैकल्पिक अनुवादः “उहाँले तिनीहरूलाई नरकमा हालिदिनुभयो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जहाँ उहाँले तिनीहरूलाई घोर अन्धकारको साङ्लाले बाँधेर राख्नुहुनेछ”
सम्भावित अर्थहरू हुन् १) “निस्पट्ट अन्धकार ठाउँमा साङ्लाले बाँधेर वा २) “तिनीहरूलाई साङ्लाले जस्तै थुनेर राख्ने घोर अन्धकारमा ।”
यसले परमेश्वरले सबैजनालाई इन्साफ गर्ने दिनलाई जनाउँछ ।
“संसार” शब्दले त्यसमा बस्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँले प्राचीन संसारमा बस्ने मानिसहरूलाई पनि बाँकी राख्नुभएन”
प्राचीन संसारमा बस्ने मानिसहरूलाई नष्ट गर्नुहुँदा उहाँले नोआ र अरू सात जनालाई नष्ट गर्नुभएन ।
“सदोम र गमोराका सहरहरूलाई खरानी नहोउञ्जेलसम्म जलाउनुभयो”
यहाँ “तिनीहरू” शब्दले सदोम र गमोरा अनि ती सहरहरूमा बस्ने मानिसहरूलाई जनाउँछ ।
सदोम र गमोराले परमेश्वरको आज्ञा नमान्नेहरूलाई के हुन्छ भन्ने कुराको उदाहरण र चेतावनीलाई जनाउँछ ।
पत्रुसले लोतको उदाहरण दिन्छन्, जसलाई परमेश्वरले दण्ड पाउन योग्य मानिसहरूका बीचबाट उद्धार गरेर निकाल्नुभयो ।
“परमेश्वरको व्यवस्था उल्लङ्घन गर्ने मानिसहरूको अनैतिक व्यवहार”
यसले लोतलाई जनाउँछ ।
यहाँ “आत्मा” शब्दले लोतको विचार र भावनाहरूलाई जनाउँछ । सदोम र गमोराका मानिसहरूको अनैतिक आचरणले उनलाई भावनात्मक रूपमा विचलित बनायो । वैकल्पिक अनुवादः “निकै विचलित भए”
पत्रुसले अधर्मी मानिसका गुणहरूको बारेमा वर्णन गर्दै यो खण्डको सुरु गर्छन् ।
“यो” शब्दले २ पत्रुस २:०९ मा परमेश्वरले अधर्मी मानिसहरूलाई न्यायको दिनसम्म थुनामा राख्ने कामलाई जनाउँछ ।
यहाँ “शरीरका इच्छाहरू” भन्ने वाक्यांशले पापमय स्वभावका इच्छाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “आफ्ना भ्रष्ट, पापमय इच्छाहरूमा लागिरहनेहरू ”
“परमेश्वरको अधिकारको अधीनमा हुन नमान्नु ।” यहाँ “अधिकार” शब्दले शायद परमेश्वरको अधिकारलाई जनाउँछ ।
यहाँ “अधिकार”ले परमेश्वरलाई जनाउँछ, जससँग आज्ञाहरू दिने र अनाज्ञाकारीहरूलाई दण्ड दिने अधिकार छ ।
“तिनीहरूलाई मन लागेको कुरा जे पनि गर्ने”
यस वाक्यांशले स्वर्गदूतहरू वा भूतहरूजस्ता आत्मिक प्राणीहरूलाई जनाउँछ ।
“झूटा शिक्षकहरूको भन्दा बढी सामर्थ्य र शक्ति”
“तिनीहरू” शब्दले स्वर्गदूतहरूलाई जनाउँछ । “तिनीहरू” शब्दको सम्भावित अर्थहरू हुन् १) महिमितहरू वा २) झूटा शिक्षकहरू ।
तिनीहरूलाई स्वर्गदूतहरूले दोष लगाउन सक्छन् भन्ने कुरालाई तिनीहरूले दोषारोपणको हतियार प्रयोग गरेर आक्रमण गर्न सक्ने भए झैँ गरेर बताइएको छ ।
जसरी पशुहरूले तर्क गर्न सक्दैनन्, यी मानिसहरूसँग पनि तर्क गर्न सकिँदैन । वैकल्पिक अनुवादः “यी झूटा अगमवक्ताहरू अज्ञानी पशुहरूजस्तै छन् जो पक्रेर मारिनलाई बनाइएका हुन्”
तिनीहरूले नजानेका र नबुझेका कुराहरूको बारेमा तिनीहरू दुष्ट कुराहरू गर्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई नष्ट पार्नुहुनेछ”
झूटा शिक्षकहरूले पाउने दण्डलाई पत्रुसले इनामको रूपमा व्यक्त गरेका छन् । वैकल्पिक अनुवादः “तिनीहरूका गलत कामहरूलाई मिल्ने किसिमका दण्डहरू तिनीहरूले प्राप्त गर्नेछन्”
यहाँ “आनन्द” शब्दले खन्चुवापन, पियक्कडपन र यौन गतिविधिजस्ता अनैतिक कुराहरूलाई जनाउँछ । यी कामहरू दिनमा गर्ने कुराले ती मानिसहरू यस्ता कामहरू गर्दा लाज मान्दैनन् भन्ने जनाउँछ ।
“धब्बा” र “दागहरू” शब्दहरूले एउटै अर्थ दिन्छन् । पत्रुसले झूटा शिक्षकहरूलाई कपडामा लागेका दागहरूको रूपमा व्यक्त गरेका छन्, जसलाई लगाउनेले लाजको बोध गर्दछन् । वैकल्पिक अनुवादः “तिनीहरू कपडामा लागेका धब्बा र दागहरू हुन, जसले अपमान ल्याउँछ”
यहाँ “आँखा”ले तिनीहरूका इच्छाहरूलाई प्रतिनिधित्व गर्छ र “भरिएका आँखा” भन्ने कुराले तिनीहरूले निरन्तर केही कुरा चाहन्छन् भन्ने अर्थ दिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू निरन्तर व्यभिचार गर्न चाहन्छन्”
तिनीहरू आफ्नो कुवासनालाई सन्तुष्ट पार्नको निम्ति नै पाप गर्छन्, तिनीहरूले गरेका पापहरूले कहिल्यै पनि तिनीहरूलाई सन्तुष्टि दिँदैनन् ।
यहाँ “मनहरू” शब्दले व्यक्तिहरूलाई जनाउँछ । वैकल्पिक अनवुादः “तिनीहरूले अस्थिर मानिसहरूलाई लोभ्याउँछन्”
यहाँ “मन” शब्दले व्यक्तिका विचार र भावनाहरूलाई जनाउँछ । तिनीहरूको बानीको कारणले तिनीहरूले आफैँलाई लोभी भएर सोच्न र काम गर्न तालिम दिएका छन् ।
“झूटा शिक्षकहरूले सही मार्गलाई त्यागेका छन् ... लाई पछ्याउनलाई बरालिएर गएका छन् ।” झूटा शिक्षकहरूले सही कुरालाई इन्कार गरेर परमेश्वरको आज्ञापालन गर्न मानेनन् ।
परमेश्वरको आदर गर्ने सही व्यवहारलाई पछ्याउन मिल्ने सही मार्गको रूपमा व्यक्त गरिएको छ ।
परमेश्वरले बालामलाई हप्काउनुभयो भनेर तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनवुादः “परमेश्वरले त्यसलाई हप्काउनुभयो”
स्वाभाविक रूपमा बोल्न नसक्ने गधाले मानिसजस्तै गरी बोल्यो ।
परमेश्वरले अगमवक्ताको मूर्खतापूर्ण कामलाई रोक्नको निम्ति एउटा गधालाई प्रयोग गर्नुभयो ।
मूलको पानीले तिर्खाएका मानिसहरूलाई ताजगी दिन्छ, तर “पानी बिनाको मूल”ले तिर्खाएको मानिसलाई दुःखित तुल्याउँछ । त्यसरी नै, झूटा शिक्षकहरूले धेरै कुराका प्रतिज्ञाहरू गर्दछन्, तर तिनीहरूले प्रतिज्ञा गरेका कुराहरू गर्न तिनीहरू असक्षम हुन्छन् ।
जब मानिसहरूले आँधीको बादल देख्छन्, तिनीहरूले पानी पर्ने आशा गर्छन् । तर जब पानी पर्नु अगाडि नै हावाले त्यो बादललाई उडायो भने मानिसहरू निराश हुन्छन् । त्यसरी नै, झूटा अगमवक्ताहरूले धेरै कुराको प्रतिज्ञा गर्दछन्, तर तिनीहरूले प्रतिज्ञा गरेका कुराहरू गर्न तिनीहरू असक्षम हुन्छन् ।
“तिनीहरू” शब्दले झूटा शिक्षकहरूलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूको निम्ति घोर अन्धकार साँचेर राख्नुभएको छ”
तिनीहरूले प्रभावशाली तर अर्थहीन शब्दहरू बोल्छन् ।
तिनीहरूले मानिसहरूलाई अनैतिक र पापमय कार्यहरूमा लगाउनलाई पापमय स्वभावलाई ध्यान दिन्छन् ।
यस वाक्यांशले हालैमा विश्वासीहरू बनेका मानिसहरूलाई जनाउँछ । “गलत कुरा गरेर जिउनेहरू” भन्ने वाक्यांशले ती अविश्वासीहरूलाई जनाउँछ जो अझै पनि पापमा जिउँछन् । वैकल्पिक अुनवादः “आफूहरूले पहिले गरेको झैँ गरेर र अरू मानिसहरूले झैँ गरेर पापपूर्ण तरिकाले जिउनुको साटोमा सही तरकाले जिउने कोसिस गर्ने मानिसहरू”
पापमय तरिकाले जिउने मानिसहरूलाई पत्रुसले पापको दासहरूको रूपमा चित्रित गर्छन् जसलाई तिनीहरूको कैदबाट स्वतन्त्र पारिनुपर्छ ।
यहाँ “स्वतन्त्रता” भनेको कोही व्यक्तिले चाहेअनुसार नै जिउन सक्ने क्षमतालाई जनाउने वाक्पद्धति हो । वैकल्पिक अनुवादः “तिनीहरूले उनीहरूलाई उनीहरूले चाहेअनुसार ठ्याक्कै त्यही तरिकाले जिउनलाई क्षमता दिने प्रतिज्ञा गर्छन्, तर तिनीहरू आफैँ नै आफ्ना पापपूर्ण इच्छाहरूबाट उम्कन सक्दैनन्”
पापमय तरिकाले जिउने मानिसहरूलाई पत्रुसले पापको दासहरूको रूपमा चित्रित गर्छन् जसलाई तिनीहरूको कैदबाट स्वतन्त्र पारिनुपर्छ ।
पत्रुसले कुनै मानिसलाई जे कुराले नियन्त्रणमा राख्छ, ऊ त्यसैको दास बन्ने र त्यो कुराचाहिँ मानिसको मालिक बन्ने कुरा गर्छन् । वैकल्पिक अनुवादः “किनकि यदि कुनै कुराले मानिसलाई नियन्त्रणमा राख्छ भने त्यो व्यक्ति त्यस कुराको दास जस्तै बन्छ ।
“तिनीहरू” र “तिनीहरूलाई” भन्ने शब्दहरूले झूटा शिक्षकहरूलाई जनाउँछ जसको बारेमा पत्रुसले १२-१९ का पदहरूमा कुरा गर्छन् ।
यो वाक्य अवस्थाअनुसारको भनाइको विवरण हो जुन भनाइ सत्य छ । झूटा शिक्षकहरू एकपटक “उम्केका” थिए, तर यदि तिनीहरू फेरि पनि अल्झिन्छन् ... र जित्छ भने, तब तिनीहरूको अन्तिम अवस्था पहिलेको भन्दा खराब भएको हुन्छ ।
“दूषित बनाउने कुरा” ले पापमय व्यवहारलाई जनाउँछ जसले मानिसलाई नैतिक रूपले अशुद्ध बनाउँछ । “संसार”ले मानिसको समाजलाई जनाउँछ । वैकल्पिक अनुवादः “पापपूर्ण मानव समाजका दूषित बनाउने क्रियाकलापहरू”
तपाईंले “ज्ञान”लाई क्रियापद भएको वाक्यांश प्रयोग गरेर अनुवाद गर्न सक्नुहुन्छ । तपाईंले [२ पत्रुस १:२]
“तिनीहरूको अवस्था पहिलेको भन्दा पनि अझ खराब हुन्छ”
पत्रुसले जीवनलाई “मार्ग” वा “बाटो”को रूपमा व्यक्त गर्छन् । यस वाक्यांशले परमेश्वरको इच्छाअनुसारको जीवन जिउने कुरालाई जनाउँछ ।
यहाँ “फर्कनु” भनेको एउटा अलङ्कार हो जसको अर्थ केही कुरा गर्न छोड्नु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “पवित्र आज्ञाको पालना गर्न छोड्नु”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई दिनुभएका पवित्र आज्ञा” वा “पवित्र आज्ञा जुन तिनीहरूले प्राप्त गरे भनेर परमेश्वरले पक्का गर्नुभयो”"
“यो उखान तिनीहरूमा लागु हुन्छ” वा “यो उखानले तिनीहरूको वर्णन गर्छ”
पत्रुसले झूटा शिक्षकहरू “धार्मिकताको मार्ग” थाहा हुँदाहुँदै पनि कसरी तिनीहरूलाई नैतिक र आत्मिक रूपले अशुद्ध पार्ने कुराहरूतर्फ फर्केका छन् भन्ने कुरा बुझाउनलाई यी दुईवटा उखानको प्रयोग गरेका छन् ।
1 प्रिय हो, तिमीहरूका निष्कपट मनलाई उत्साहित तुल्याउन म यो दोस्रो पत्र लेख्दै छु, 2 ताकि तिमीहरूले पवित्र अगमवक्ताहरूले बोलेका वचनहरू र तिमीहरूका प्रेरितहरूद्वारा हाम्रा प्रभु र मुक्तिदाताका आज्ञाहरूको याद गर्न सक । 3 पहिले यो कुरा जान कि अन्तिम दिनहरूमा गिल्ला गर्नेहरू तिमीहरूलाई गिल्ला गर्दै र आफ्नै इच्छामा हिँड्दै आउनेछन् । 4 अनि यसो भन्दै आउनेछन्, “उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो ? हाम्रा पुर्खाहरू बितेर गए, तर सृष्टिको सुरुदेखि नै सबै चिज उस्तै छन् ।” s5 5 धेरै वर्षअगि वचनद्वारा नै स्वर्ग र पृथ्वी पानीबाट बनाइएका थिए भन्ने कुरा तिनीहरू स्वेच्छाले बिर्सन्छन् । 6 अनि त्यस बेलाको पृथ्वी उहाँको वचन र जल प्रलयद्वारा नष्ट भयो 7 अनि स्वर्ग र पृथ्वी आगोको न्यायको निम्ति र दुष्टहरूको विनाशको लागि त्यही वचनद्वारा सुरक्षित राखिएको छ । 8 प्रिय हो, यो कुरा नभुल कि प्रभुको लागि एक दिन एक हजार वर्ष र एक हजार वर्ष एक दिनझैँ हुन्छ । 9 अरूले सोचेजस्तै परमेश्वर आफ्नो प्रतिज्ञाको बारेमा ढिलो गर्नुहुन्न, तर तिमीहरूको निम्ति उहाँ धैर्यवान् हुनुहुन्छ । उहाँ तिमीहरूमध्ये कोही पनि नाश होस् भन्ने चाहनुहुन्न, तर उहाँले सबैलाई पश्चात्ताप गर्ने समय दिने चाहना गर्नुहुन्छ । 10 तर परमेश्वरको समय चोरजस्तै गरी आउनेछ । ठुलो आवाजसहित आकाश बितेर जानेछ । आगोले तत्त्वहरू पगाल्नेछ र पृथ्वी अनि यसमा भएका कामहरू प्रकट हुनेछन् । 11 सबै कुरा यसरी नै नाश गरिनेछन् भने तिमीहरू कस्ता मानिसहरू हुनुपर्ने हो ? तिमीहरूले पवित्र र धर्मी जीवन जिउनुपर्छ । 12 तिमीहरूले व्यग्रतासाथ परमेश्वरको आगमनको लागि आशा गर्नुपर्छ । त्यस दिन आकाशहरू आगोद्वारा नष्ट गरिनेछ र तत्त्वहरूलाई प्रचण्ड तापले पगाल्नेछन् । 13 तर उहाँको प्रतिज्ञाअनुसार हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको पर्खाइमा छौँ, जहाँ धार्मिकताले बास गर्छ । 14 त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू गरेका हुनाले दागरहित र खोटरहित अनि उहाँको शान्तिमा हुनको निम्ति सक्दो प्रयास गर । 15 र हाम्रा प्रभुको धैर्यलाई मुक्ति ठान, जसरी हाम्रा प्रिय भाइ पावलले उनलाई दिइएको ज्ञानद्वारा तिमीहरूलाई लेखेका छन् । 16 पावलले उनका सबै पत्रहरूमा यी कुराहरूको बारेमा उल्लेख गरेका छन्, जहाँ बुझ्न कठिन हुने कुराहरू पनि छन् । अनुशासनहीन र अस्थिर मानिसहरूले यी कुराहरूलाई बङ्ग्याउँछन् जसरी तिनीहरूले धर्मशास्त्रका अरू वचनहरूलाई बङ्ग्याउँदै आफ्नो विनाश निम्त्याउँछन् । 17 त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू जानेको हुनाले आफैँलाई सुरक्षित राख ताकि व्यवस्थाहीन मानिसहरूको छलले तिमीहरूलाई टाढा नलैजाओस्, र तिमीहरूले आफ्नो विश्वासयोग्यतालाई नगुमाओ । 18 तर हाम्रा प्रभु र मुक्तिदाता येशूको अनुग्रह र ज्ञानमा बढेर जाओ । उहाँलाई अहिले र सदासर्वदा महिमा होस् ! आमेन ।
कुनै थोकहरूलाई नष्ट गर्न वा फोहर र काम नलाग्ने थोकहरू जलाएर नष्ट पारी कुनै कुरालाई शुद्ध पार्न मानिसहरूले आगोको प्रयोग गर्ने गर्दछन् । यसकारण, जब परमेश्वरले दुष्टहरूलाई दण्ड दिनुहुन्छ अथवा आफ्ना मानिसहरूको शुद्धिकरण गर्नुहुन्छ, तब यो कुरालाई प्रायः आगोसँग सम्बन्ध जोडेर गरेको हुन्छ ।
प्रभुको आगमनको ठीक समय मानिसहरूलाई छक्क पार्ने गरी आउने छ । “रातमा चोर आए झैँ” भन्ने उपमाको अर्थ यही हो । यसकारणले, प्रभुको आगमनका लागि ख्रीष्टिएनहरू तयार रहनुपर्छ । अनि
पत्रुस अन्तिम दिनको बारेमा कुरा गर्न सुरु गर्छन् ।
पत्रुसले आफ्ना पाठकहरूलाई यी कुराहरूको बारेमा सोच्न लगाउने कुरालाई तिनीहरूलाई निद्राबाट उठाउने कुरासँग तुलना गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूलाई शुद्ध कुराहरू सोच्ने बनाउन”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विगतमा पवित्र अगमवक्ताहरूले बोलेका वचनहरू”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हाम्रा प्रभु र मुक्तिदाताको आज्ञा, जसलाई तिमीहरूका प्रेरितहरूले तिमीहरूलाई दिए”
Know this as the most important thing." See how you translated this in 2 Peter 1:20.
यहाँ “इच्छा” शब्दले परमेश्वरको इच्छाको विपरीतमा भएका पापमय इच्छाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूका आफ्नै पापमय इच्छाअनुसार जिउँदै”
काम गर्नु, व्यवहार गर्नु
गिल्ला गर्नेहरूले येशू फर्केर आउनुहुनेछ भन्ने कुरा तिनीहरूले विश्वास गर्दैनन् भन्ने कुरालाई जोड दिनको निम्ति यो आलङ्कारिक प्रश्न सोध्छन् । “प्रतिज्ञा” शब्दले येशू फर्केर आउनुहुनेछ भन्ने प्रतिज्ञाको पूर्णतालाई जनाउँछ । वैकल्पिक अनुवादः “येशू फर्केर आउनुहुनेछ भन्ने प्रतिज्ञा सत्य छैन ! उहाँ फर्केर आउनुहुन्न !”
यहाँ शब्द “पूर्खाहरू”ले धेरै अगाडिका पूर्वजहरूलाई जनाउँछ । निदाए भनेको मरे भनेर बनाउने नम्र शैली हो । वैकल्पिक अनुवादः “हाम्रा पूर्खाहरू मरे”
गिल्ला गर्नेहरूले “सबै” शब्द चलाएर बढाइचढाइ गर्छन्, र संसारमा भएका केही कुराहरू पनि परिवर्तन भएका छैनन्, येशू फर्कनुहुन्छ भन्ने कुरा पनि सत्य होइन भन्ने तर्क गर्छन् ।
यसलाई क्रियापद भएको वाक्यांशको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले संसारको सृष्टि गर्नुभएको समयदेखि”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धेरै अगाडि परमेश्वरले स्वर्गहरू र पृथ्वी उहाँको वचनद्वारा स्थापित गर्नुभयो”
यसको अर्थ हो कि परमेश्वरले पानीलाई एक ठाउँमा जम्मा गरेर पानीबाट जमिनलाई बाहिर निकाल्नुभयो ।
यहाँ “यी कुराहरूद्वारा” भन्नाले परमेश्वरको वचन र पानीलाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यस समयको संसारलाई पानीद्वारा डुबाउनुभयो र त्यसलाई नष्ट गर्नुभयो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यही वचनद्वारा स्वर्गहरू र पृथ्वीलाई आगोको निम्ति जोगाएर राख्नुभएको छ”
यहाँ “आदेश”ले परमेश्वरलाई जनाउँछ, जसले आदेश दिनुहुनेछ । वैकल्पिक अनुवादः “परमेश्वर जसले त्यस्तै आदेश दिनुहुनेछ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ र नयाँ वाक्यको रूपमा सुरु गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले ती कुराहरू न्यायको दिनको निम्ति सुरक्षित राख्नुभएको छ”
यसलाई क्रियापद भएका वाक्यांशहरूको साथमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यस दिनको लागि जब उहाँले अधर्मी मानिसहरूको इन्साफ गर्नुहुन्छ र तिनीहरूलाई नष्ट गर्नुहुन्छ”
“यो कुरा बुझ्नबाट नचुक” वा “यसलाई बेवास्ता नगर”
“कि प्रभुको नजरमा, एक दिन एक हजार वर्ष झैँ हुन्छ”
“प्रभु आफ्नो प्रतिज्ञा पूरा गर्ने काममा ढिलो गर्नुहुन्न”
केही मानिसहरूले सोच्छन् कि प्रभु आफ्नो प्रतिज्ञाहरू पूरा गर्नलाई ढिलो हुनुहुन्छ किनभने समयको बारेमा तिनीहरूको सोचाइ परमेश्वरको भन्दा फरक छ ।
प्रभुले धैर्य गर्दै हुनुहुन्छ र मानिसहरूले पश्चात्ताप गरून् भन्ने चाहनुहुन्छ तरैपनि उहाँ फर्कनुहुनेछ र न्याय ल्याउनुहुनेछ ।
प्रभुले सबैलाई न्याय गर्नुहुने दिन अचानक आएर मानिसहरूलाई चकित पार्ने चोर जस्तै हुन्छ भनेर पत्रुसले व्यक्त गर्छन् ।
“स्वर्गहरू बिलाउनेछन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनवुादः “परमेश्वरले तत्त्वहरूलाई आगोले जलाउनुहुनेछ”
सम्भावित अर्थहरू हुन् १) आकाशमा भएका कुराहरू, जस्तै सूर्य, चन्द्रमा र ताराहरू वा २) स्वर्ग र पृथ्वी बनाउने कुराहरू जस्तै माटो, हावा र पानी ।
परमेश्वरले सारा पृथ्वीलाई र सबैका कामहरू हेर्नुहुनेछ र तब उहाँले सबै कुराको न्याय गर्नुहुनेछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले पृथ्वीलाई र मानिसहरूले त्यसमा गरेका सबै कुराहरूलाई प्रकट गरिदिनुहुनेछ”
पत्रुसले प्रभुको दिनको प्रतीक्षा गर्ने क्रममा कसरी जिउने भन्ने कुरा विश्वासीहरूलाई भन्न सुरु गर्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि परमेश्वरले सबैकुरालाई यसरी नै नष्ट गर्नुहुनेछ”
पत्रुसले तिनीहरूलाई पछि भन्ने कुरालाई जोड दिनको लागि यो आलङ्कारिक प्रश्नको प्रयोग गर्छन्, कि तिनीहरूले “पवित्र र धार्मिक जीवन जिउनुपर्छ ।” वैकल्पिक अनुवादः “तिमीहरू कस्ता मानिसहरू बन्नुपर्छ भन्ने तिमीहरूलाई थाहै छ ।”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले आकाशहरूलाई आगोले नष्ट गर्नुहुनेछ र उहाँले तत्त्वहरूलाई प्रचण्ड तापमा पगाल्नुहुनेछ”
सम्भावित अर्थहरू हुन् १) स्वर्गीय शरीरहरू जस्तै सूर्य, चन्द्रमा र ताराहरू वा २) स्वर्ग र पृथ्वी बनाउने चीजहरू जस्तै माटो, हावा, आगो र पानी । तपाईंले यसलाई २ पत्रुस ३:१०३:१० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
पत्रुसले “धार्मिकता”लाई मानिसको रूपमा व्यक्त गर्छन् । यो धार्मिक मानिसहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनवुादः “जहाँ धार्मिक मानिसहरू बस्नेछन्” वा “जहाँ मानिसहरू धर्मी तवरमा जिउनेछन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसरी जिउने भरमग्दुर प्रयास गर कि तिमीहरूलाई परमेश्वरले दागरहित र खोटरहित अनि उहाँमा र एक अर्कामा शान्तिमा रहेको पाउन सक्नुभएको होस्”
“दागरहित” र “खोटरहित” शब्दहरूले एउटै अर्थ दिन्छन् र नैतिक शुद्धतालाई जोड दिन्छन् । वैकल्पिक अनुवादः “पूर्ण रूपले शुद्ध”
यहाँ यसले “दोषरहित” भन्ने अर्थ दिन्छ ।
हाम्रा प्रभु धैर्यवान् हुनुभएको कारणले न्यायको दिन अझसम्म पनि आएको छैन । यसले मानिसहरूलाई [२ पत्रुस ३:९]
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उनलाई दिनुभएको बुद्धिअनुसार”
“पावलले मुक्तिमा डोहोर्याउने परमेश्वरको धैर्यको बारेमा आफ्ना सबै पत्रहरूमा कुरा गर्छन्”
पावलका पत्रहरूमा बुझ्न कठिन हुने कुराहरू पनि छन् ।
अशिक्षित र अस्थिर मानिसहरूले पावलका पत्रहरूमा भएका बुझ्न कठिन कुराहरूको गलत अर्थ लगाउँछन् ।
“अनपढ र स्थिर नभएका ।” धर्मशास्त्रलाई कसरी ठीक तरिकाले अर्थ लगाउने भनेर यी मानिसहरूलाई सिकाइएको छैन र तिनीहरू सुसमाचारको सत्यतामा राम्ररी स्थापित भएका छैनन् ।
“तिनीहरूको आफ्नै विनाशको परिणाम ल्याउँदै”
पत्रुसले विश्वासीहरूलाई शिक्षा दिने काम सक्छन् र पत्रको अन्त्य पनि गर्छन् ।
“यी कुराहरू”ले परमेश्वरको धैर्य र झूटा शिक्षकहरूको शिक्षाको बारेमा भएका सत्यताहरूलाई जनाउँछ ।
“आफ्नो रक्षा गर”
यहाँ “टाढा लैजानु” भनेको केही गलत गर्नलाई मनाइनु भन्ने कुरालाई जनाउने अलङ्कार हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि व्यवस्थाहीन मानिसहरूले तिमीहरूलाई नछलून् र तिमीहरूलाई केही गलत गर्न नलगाऊन्”
विश्वासयोग्यतालाई विश्वासीहरूले गुमाउन सक्ने किसिमको कुनै सम्पत्तिको रूपमा व्यक्त गरिएको छ । वैकल्पिक अनुवादः “तिमीहरू विश्वासयोग्य हुन छोड्नु”
यहाँ प्रभुको अनुग्रह र ज्ञानमा बढ्दै जाने भनेको उहाँको अनुग्रहको बारेमा अरू धेरै अनुभव गर्ने र उहाँलाई अरू धेरै जान्ने कुरा हो । भाववाचक नामपद शब्द “अनुग्रह” लाई “दयापूर्वक व्यवहार गर्नु” भन्ने वाक्यांशको साथमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह अरू धेरै प्राप्त गर र उहाँलाई अझ धेरै जान” वा “हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टले तिमीहरूसँग कसरी दयापूर्वक व्यवहार गर्नुभएको छ, त्यो कुरालाई अझ बढी जान र उहाँलाई झन् राम्ररी चिन”
यस पुस्तकले लेखकको नाम दिँदैन । तापनि, सुरुका ख्रीष्टिएन समयहरूदेखि नै, अधिकांश ख्रीष्टिएनहरूले प्रेरित यूहन्ना नै लेखक हुन् भनी ठानेका छन् । उनले यूहन्नाको सुसमाचार पनि लेखे ।
यूहन्नाले यो पत्र ख्रीष्टिएनहरूलाई त्यो समयमा लेखे जब झूटा शिक्षकहरूले तिनीहरूलाई सताइरहेका थिए । यूहन्नाले यो पत्र लेख्नुको उद्देश्य चाहिँ विश्वासीहरूलाई पाप गर्नबाट जोगाउनु थियो । उनले विश्वासीहरूलाई झूटा शिक्षाहरूबाट जोगाउन चाहन्थे । साथै तिनीहरूले उद्धार पाएका छन् भनेर पनि उनी विश्वासीहरूलाई भरोसा दिलाउन चाहन्थे ।
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “१ यूहन्ना” वा “पहिलो यूहन्ना” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “यूहन्नाबाटको पहिलो पत्र” वा “यूहन्नाले लेखेको पहिलो पत्र” ।
यूहन्नाले जुन मानिसहरूको विरुद्धमा बोले तिनीहरू सम्भवतः ती थिए जसलाई “नोस्टिकहरू” भनेर चिनिने थियो । भौतिक संसार दुष्ट छ भनी यी मानिसहरूले विश्वास गर्थे । किनकि तिनीहरूले विश्वास गर्थे कि येशू चाहिँ ईश्वरीय हुनुहुन्थ्यो, तिनीहरूले उहाँ साँचो रूपमा मानिस पनि हुनुहुन्थ्यो भन्ने कुरालाई इन्कार गरे । यसको कारण चाहिँ भौतिक शरीर दुष्ट भएको कारण परमेश्वर मानव बन्नुहुने थिएन भनेर तिनीहरूले ठान्थे ।
यूहन्नाले धेरैपटक “हुनु”, “रहनु” र “बस्नु” जस्ता शब्दहरूलाई अलङ्कारहरूको रूपमा प्रयोग गरे । यूहन्नाले कोही विश्वासी येशूप्रति अझ बढी विश्वासयोग्य हुने र येशूलाई अझ असल तरिकाले चिन्ने कुरालाई यसरी बताए मानौँ त्यो भनेको येशूको वचन त्यस विश्वासीमा “रहेको” हो । साथै, कोही व्यक्ति कसैसँग आत्मिक रूपले जोडिने कुरालाई यूहन्नाले यसरी बताए मानौँ त्यो भनेको त्यो व्यक्ति अर्को व्यक्तिमा “बसेको” हो । ख्रीष्टिएनहरू ख्रीष्टमा र परमेश्वरमा “रहन्छन्” भनी भनिन्छ । पिता पुत्रमा “रहनुहुन्छ” भनी भनिन्छ, र पुत्र पितामा “रहनुहुन्छ” भनी भनिन्छ । पुत्र विश्वासीहरूमा “रहनुहुन्छ” भनी भनिन्छ । पवित्र आत्मा पनि विश्वासीहरूमा “रहनुहुन्छ” भनी भनिन्छ ।
धेरै अनुवादकहरूले तिनीहरूका भाषाहरूमा यी अवधारणाहरूलाई जस्ताको तस्तै प्रतिनिधित्व गर्न असम्भव भएको पाउनेछन् । उदाहरणको लागि, यूहन्नाले “जसले आफू परमेश्वरमा रहन्छु भनी भन्छ” (१ यूहन्ना २:६) भन्दा उनले ख्रीष्टिएन परमेश्वरसँग आत्मिक रूपमा एकसाथ भएको अवधारणालाई व्यक्त गर्न खोजे । यूएसटीले भन्छ, “यदि हामी भन्छौँ कि हामी परमेश्वरसँग एकतामा छौँ”, तर अनुवादकहरूले कतिपटक यी अवधारणाहरूलाई राम्ररी सञ्चार गर्न अन्य अभिव्यक्तिहरू खोज्नुपर्ने हुन सक्छ ।
“परमेश्वरको वचन तिमीहरूमा रहन्छ” (१ यूहन्ना २:१३) भन्ने खण्डमा, यूएसटीले यो अवधारणालाई यसरी व्यक्त गर्छ, “तिमीहरूले परमेश्वरले आज्ञा गर्नुभएको कुरा पालन गर्न निरन्तरता दिन्छौ” । धेरै अनुवादकहरूले यो अनुवादलाई एउटा नमुनाको रूपमा प्रयोग गर्न सम्भव भएको पाउनेछन् ।
निम्न दिइएका पदहरूको लागि बाइबलका केही नयाँ संस्करणहरू पुराना संस्करणहरूबाट फरक छन् । यूएलटीमा भएका खण्डहरूमा नयाँ भनाइ छ र पुरानो भनाइलाई पादटिप्पणीमा राखिएको छ । यदि सामान्य क्षेत्रमा बाइबलको कुनै अनुवाद पाइन्छ भने, अनुवादकहरूले ती संस्करणहरूमा पाइने भनाइलाई प्रयोग गर्ने बारेमा विचार गर्नुपर्छ । यदि पाइँदैन भने, अनुवादकहरूलाई नयाँ भनाइलाई पछ्याउन सल्लाह दिइन्छ ।
निम्न दिइएको खण्डको लागि अनुवादकहरूलाई यसको अनुवाद यूएलटीले गरेको झैँ गरी गर्न सुझाव दिइन्छ । तापनि, यदि अनुवादकको क्षेत्रमा यो खण्ड पाइने बाइबलका पुराना संस्करणहरू पाइन्छन् भने, अनुवादकहरूले यसलाई समावेश गर्न सक्छन् । यदि यसलाई समावेश गरिन्छ भने, त्यो सम्भवतः १ यूहन्नाको मूल संस्करणमा नभएको कुरा हो भनेर सङ्केत गर्नको लागि त्यसलाई ठूला कोष्ठकहरूभित्र ([]) राख्नुपर्छ ।
1 सुरुदेखि नै हुनुभएको जीवनको वचनको बारेमा, जुन हामीले सुनेका छौँ, हाम्रा आफ्नै आँखाले देखेका छौँ, हामीले विचार गरेका छौँ र हाम्रा आफ्नै हातहरूले छोएका छन् 2 (अनि जीवन प्रकट गरियो र हामीले देखेका छौँ, गवाही दिन्छौँ, अनि तिमीहरूलाई अनन्त जीवन घोषणा गर्छौं जुन पितासँग थियो, र हामीलाई प्रकट गरिएको थियो); 3 जुन हामीले देखेका र सुनेका छौँ, हामी तिमीहरूलाई पनि घोषणा गर्छौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस् । हाम्रो सङ्गति पिता र उहाँको पुत्र येशू ख्रीष्टसँग हुन्छ । 4 र तिमीहरूको आनन्द पुरा होस् भनेर हामी यी कुराहरू तिमीहरूलाई लेख्छौँ । 5 हामीले उहाँबाट सुनेको वचन यही हो र हामी तिमीहरूलाई घोषणा गर्छौं, कि परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कुनै अन्धकार छैन । 6 हामीले उहाँसँग सगङ्ति गर्छौं भनी भन्छौँ र अन्धकारमा हिँड्छौँ भने, हामी झुट बोल्छौँ र सत्य व्यवहार गर्दैनौँ । 7 तर उहाँ ज्योतिमा हुनुभएझैँ हामी ज्योतिमा हिँड्छौँ भने, हामी एक अर्कासँग सङ्गति गर्छौं, र उहाँका पुत्र येशू ख्रीष्टको रगतले हामीलाई हाम्रा सबै पापबाट शुद्ध पार्छ । 8 यदि हामीले हामीसँग पाप छैन भन्छौँ भने, हामीले आफैँलाई धोका दिन्छौँ, र हामीसँग सत्य हुँदैन । 9 तर यदि हामीले आफ्ना पापहरू स्वीकार गर्छौं भने उहाँ हामीलाई हाम्रा पापहरू क्षमा गर्न र सबै अधर्मबाट हामीलाई शुद्ध पार्न विश्वासयोग्य र धर्मी हुनुहुन्छ । 10 यदि हामीले पाप गरेका छैनौँ भन्छौँ भने हामीले उहाँलाई झुटा तुल्याउँछौँ, र उहाँको वचन हामीमा हुँदैन ।
यो एक पत्र हो जुन यूहन्नाले ख्रीष्टिएनहरूलाई लेखे ।
यस अध्यायमा यूहन्नाले सिकाउँछन् कि सबै ख्रीष्टिएनहरू अझै पनि पापी नै हुन् । तर परमेश्वरले कोही ख्रीष्टिएनको पापहरूलाई क्षमा दिइरहनुहुन्छ । अनि अनि )
यस अध्यायमा यूहन्नाले परमेश्वर ज्योति हुनुहुन्छ भनेर लेख्छन् । ज्योति भनेको समझदारी र धार्मिकताको लागि एउटा अलङ्कार हो ।
यूहन्नाले मानिसहरू ज्योति वा अन्धकारमा हिँडिरहेका विषयमा पनि लेख्छन् । हिँड्नु भनेको आचरण देखाउनु वा जिउनुको लागि एउटा अलङ्कार हो । ज्योतिमा हिँड्ने मानिसहरूले के धर्मी हो भनेर बुझ्छन् र त्यो गर्छन् । अन्धकारमा हिँड्ने मानिसहरूले के धर्मी हो भनेर बुझ्दैनन्, र तिनीहरूले पापपूर्ण कुराहरू गर्छन् ।
प्रेरित यूहन्नाले यो पत्र विश्वासीहरूलाई लेखे । यहाँ भएका “तिमीहरू”, “तिमीहरूको”, र “तिमीहरूकै” शब्दका सबै प्रयोगहरूले सारा विश्वासीहरूलाई समावेश गर्छन् र ती बहुवचनमा छन् । यहाँ भएका “हामी” र “हामीलाई” शब्दहरूले यूहन्ना र येशूसँग भएकाहरूलाई जनाउँछ । पदहरू १-२ मा “त्यो”, “जुन”, र “त्यस” जस्ता सर्वनामहरू प्रयोग भएका छन् । तिनीहरूले “जीवनको वचन” र “अनन्त जीवन”लाई जनाउँछन् । तर, किनकि यी येशूका लागि भएका नाउँहरू हुन्, तपाईंले “जो”, “जसलाई”, र “उहाँ” जस्ता व्यक्तिलाई जनाउने सर्वनामहरूको प्रयोग गर्न सक्नुहुन्छ ।
“उहाँले सिकाउनुभएको हामीले सुनेका छौँ”
यसलाई जोड दिनको लागि दोहोर्याइएको छ । वैकल्पिक अनुवादः “जसलाई हामी आफैँले देखेका छौँ”
“येशू जसले मानिसहरूलाई सदासर्वदा जिउने तुल्याउनुहुन्छ ।”
यस पत्रभर प्रयोग भएका “जीवन” शब्दले शारीरिक जीवनभन्दा बढी जनाउँछ । यहाँ “जीवन”ले आत्मिक रूपमा जीवित हुने कुरालाई जनाउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई अनन्त जीवन प्रकट गराउनुभयो” वा “परमेश्वरले हामीलाई उहाँलाई चिन्न सक्षम बनाउनुभयो, जो अनन्त जीवन हुनुहुन्छ”
“हामीले उहाँलाई देखेका छौँ”
“हामी उहाँको बारेमा अरूहरूलाई गम्भीरताका साथ भन्छौँ”
यहाँ “अनन्त जीवन”ले त्यो जीवन दिनुहुने, येशूलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँ जसले हामीलाई सदासर्वदा जिउन सक्षम तुल्याउनुहुन्छ”
“जो परमेश्वर पितासँग हुनुहुन्थ्यो”
यो तब हो जब उहाँ पृथ्वीमा हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “उहाँ हाम्रा बीचमा बस्न आउनुभयो”
यहाँ “हामी”, “हामीलाई” र “हाम्रो” जस्ता शब्दहरूले यूहन्ना र येशूसँगै भएकाहरूलाई जनाउँछन् ।
“हामीले देखेका र सुनेका कुराहरू पनि हामी तिमीहरूलाई भन्छौँ”
“हाम्रा घनिष्ठ मित्रहरू बन । हामी परमेश्वर पिताका मित्रहरू हौँ”
यूहन्नाले उनका पाठकहरूलाई समावेश गरिरहेका छन् वा छैनन् भनेर स्पष्ट छैन । तपार्इं यसलाई दुवै तरिकाले नै अनुवाद गर्न सक्नुहुन्छ ।
यी महत्त्वपूर्ण उपाधिहरू हुन् जसले परमेश्वर र येशूको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छन् ।
“हाम्रो आनन्द पूर्ण बनाउन” वा “हामी आफैँलाई पूर्ण रूपमा खुशी बनाउन”
यहाँ “हामी” र “हामीलाई” शब्दहरूले सबै विश्वासीहरूलाई जनाउँछन्, जसमा यूहन्नाले पत्र लेखिरहेका मानिसहरू पनि समावेश गरिएका छन् । अन्य किसिमले उल्लेख नगरिएसम्म, यस पुस्तकको बाँकीको सबै भागमा तिनको अर्थ त्यही नै हो ।
यहाँदेखि अर्को अध्यायसम्मै, यूहन्नाले सङ्गति-परमेश्वर र अन्य विश्वासीहरूसँगको घनिष्ठ सम्बन्धको विषयमा लेख्छन् ।
यसको तात्पर्य परमेश्वर पूर्ण रूपमा शुद्ध र पवित्र हुनुहुन्छ भन्ने हुन्छ । ती समाजहरू जसले भलाइलाई ज्योतिसँग सम्बन्धित बनाउँछन्, तिनीहरूले चाहिँ अलङ्कारको व्याख्या नगरिकनै ज्योतिको अवधारणालाई लिन सक्छन् । वैकल्पिक अनुवादः “परमेश्वर शुद्ध ज्योतिजस्तो शुद्ध रूपमा धर्मी हुनुहुन्छ”
यसको तात्पर्य परमेश्वरले कहिल्यै पाप गर्नुहुन्न र उहाँ कुनै पनि तवरमा दुष्ट हुनुहुन्न भन्ने हुन्छ । ती समाजहरू जसले दुष्टतालाई अन्धकारसँग सम्बन्धित बनाउँछन्, तिनीहरूले चाहिँ अलङ्कारको व्याख्या नगरिकनै अन्धकारको अवधारणालाई लिन सक्छन् । वैकल्पिक अनुवादः “उहाँमा कुनै दुष्ट कुरा छैन”
यहाँ “हिँड्नु” भनेको कोही व्यक्ति कसरी जिउँछ वा स्वभाव देखाउँछ भन्ने कुराको लागि एउटा अलङ्कार हो । यहाँ “अन्धकार” भनेको “दुष्टता”को लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “जे दुष्ट छ सो गर्नु”
यहाँ “हिँड्नु” भनेको कोही व्यक्ति कसरी जिउँछ वा स्वभाव देखाउँछ भन्ने कुराको लागि एउटा अलङ्कार हो । यहाँ “ज्योति” भनेको “भलाइ” वा “ठीक कुरा”को लागि भएको एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “जे असल छ सो गर किनकि परमेश्वर सिद्ध रूपमा असल हुनुहुन्छ” वा “जे ठीक छ सो गर किनकि परमेश्वर सिद्ध रूपमा ठीक हुनुहुन्छ”
यसले येशूको मृत्युलाई जनाउँछ ।
यो येशू, परमेश्वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।
यहाँ “उहाँ”, “उहाँलाई”, र “उहाँको” शब्दहरूले परमेश्वरलाई जनाउँछन् । (हेर्नुहोस्ः १ यूहन्ना १:५)
“कहिल्यै पाप नगर्नु”
“छल गर्दैछन्” वा “ ... लाई झूट बोलिरहेका छन्”
सत्यताको विषयमा यसरी बताइएको छ मानौँ ती कुनै वस्तु हुन् जुन विश्वासीहरूभित्र हुन सक्छन् । वैकल्पिक अनुवादः “परमेश्वरले सत्य भन्नुभएको कुरालाई हामी विश्वास गर्दैनौँ”
आधारभूत रूपमा यी दुवै वाक्यांशहरूको एउटै अर्थ हुन्छ । परमेश्वरले हाम्रो पाप अवश्य क्षमा गर्नुहुन्छ भनी जोड दिन यूहन्नाले ती प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “र हामीले गरेका गल्तीको निमित्त हामीलाई पूर्ण रूपमा क्षमा गर्नुहुनेछ”
यो आशय दिइएको छ कि जुन व्यक्तिले आफू पापरहित भएको दाबी गर्छ त्यसले परमेश्वरलाई झूटा भनिरहेको हुन्छ किनभने उहाँले भन्नुभयो कि सबैजना पापी छन् । वैकल्पिक अनुवादः “यो उहाँलाई झूटा भनिरहेको जस्तै हो, किनभने उहाँले भन्नुभयो कि हामी सबैले पाप गरेका छौँ”
यहाँ “वचन” भनेको “सन्देश”को लागि एउटा प्रतिस्थापन शब्द हो । परमेश्वरको वचनलाई पालना गर्ने र सम्मान गर्ने कुरालाई यसरी बताइएको छ मानौँ त्यो भनेको उहाँको वचन विश्वासीहरूभित्र रहेको जस्तो हो । वैकल्पिक अनुवादः “हामी परमेश्वरको वचनलाई बुझ्दैनौँ नता उहाँले भन्नुभएको कुराको पालना गर्छौँ”
1 मेरा प्रिय बालकहरू हो, तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्छु । तर यदि कसैले पाप गर्छ भने हाम्रो निम्ति पितासँग वकालत गर्ने एक जना अर्थात् धर्मी येशू ख्रीष्ट हुनुहुन्छ । 2 उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्चित्त हुनुहुन्छ, र हाम्रो लागि मात्र होइन, तर सारा संसारको लागि पनि हो । 3 यदि हामीले उहाँको आज्ञा पालन गर्छौं भने यसैद्वारा हामी जान्दछौँ कि हामी उहाँलाई चिन्छौँ । 4 जसले “म परमेश्वरलाई चिन्छु “ भन्छ, तर उहाँको आज्ञा पालन गर्दैन भने त्यो झुटो हो, र त्यसमा सत्य हुँदैन । 5 तर जसले उहाँको वचन पालन गर्छ, साँच्चै त्यो व्यक्ति परमेश्वरको प्रेमले सिद्ध भएको हुन्छ । हामी उहाँमा छौँ भन्ने हामी यसैद्वारा थाहा पाउनेछौँ । 6 परमेश्वरमा रहन्छु भन्ने व्यक्ति आफैँ पनि येशू ख्रीष्ट जिउनु भएझैँ जिउनुपर्छ । 7 प्रिय हो, मैले तिमीहरूलाई नयाँ आज्ञा लेखिरहेको छैनँ, तर तिमीहरूसँग सुरुदेखि भएको पुरानो आज्ञा नै हो । तिमीहरूले सुनेको वचन पुरानो आज्ञा नै हो । 8 तापनि म तिमीहरूलाई नयाँ आज्ञा लेखिरहेको छु, जुन ख्रीष्टमा र तिमीहरूमा सत्य छ, किनभने अन्धकार बितिरहेको छ, र साँचो ज्योति अगिदेखि नै चम्किरहेको छ । 9 जसले ज्योतिमा छु भन्छ र आफ्नो भाइलाई घृणा गर्छ, त्यो अझ पनि अन्धकारमा नै छ । 10 जसले आफ्नो भाइलाई प्रेम गर्छ त्यो ज्योतिमा रहन्छ, र त्यसलाई ठेस लाग्ने कुनै अवसर हुँदैन । 11 तर जसले आफ्नो भाइलाई घृणा गर्छ, त्यो अझै अन्धकारमा नै हुन्छ र अन्धकारमा हिँड्छ । त्यो कहाँ गइरहेको छ भनी त्यसलाई थाहा पाउँदैन, किनभने अन्धकारले त्यसको आँखा अन्धो तुल्याएको छ । 12 मेरा प्रिय बालकहरू, म तिमीहरूलाई लेख्छु, किनभने तिमीहरूका पाप ख्रीष्टको नाउँको खातिर क्षमा गरिएका छन् । 13 बुबाहरू हो, म तपाईंहरूलाई लेख्छु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तपाईंहरू चिन्नुहुन्छ । जवानहरू हो, म तिमीहरूलाई लेख्छु, किनभने तिमीहरूले दुष्टलाई जितेका छौ । साना बालकहरू हो, मैले तिमीहरूलाई लेखेको छु, किनभने तिमीहरू पितालाई चिन्छौ । 14 बुबाहरू, मैले तपाईंहरूलाई लेखेको छु, किनभने तपाईंहरूले सुरुदेखि हुनुहुनेलाई चिन्नुहुन्छ । जवानहरू, मैले तिमीहरूलाई लेखेको छु, किनकि तिमीहरू बलिया छौ, र परमेश्वरको वचन तिमीहरूमा रहन्छ, र तिमीहरू दुष्टमाथि विजय भएका छौ । 15 संसारलाई प्रेम नगर, न त संसारमा भएका थोकहरूलाई नै । कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्यसमा हुँदैन । 16 किनभने संसारमा भएका सबै थोकहरू अर्थात् शरिरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन् । 17 संसार र यसका इच्छाहरू बितेर जाँदै छन् । तर जसले परमेश्वरको इच्छाअनुसार गर्छ, त्यो सदासर्वदा रहिरहन्छ । 18 साना बालकहरू हो, यो आखिरी घडी हो । तिमीहरूले ख्रीष्ट विरोधी आइरहेको छ भनी सुन्दै छौ, अहिले पनि धेरै ख्रीष्ट विरोधीहरू आइसकेका छन् । यसद्वारा नै यो आखिरी घडी हो भन्ने हामी जान्दछौँ । 19 तिनीहरू हामीबाट बाहिर गए, तर तिनीहरू हाम्रा थिएनन् । यदि तिनीहरू हाम्रा भएका भए तिनीहरू हामीहरूसँगै रहिरहने थिए, तर तिनीहरू हाम्रा होइनन् भन्ने देखाउन तिनीहरू गए । 20 तर तिमीहरूसँग पवित्र हुनुहुनेबाटको अभिषेक छ, र तिमीहरू सबैले सत्य जान्दछौ । 21 तिमीहरूले सत्य जानेका छैनौ भनेर मैले लेखेको होइनँ, तर तिमीहरूले यो जानेका हुनाले र कुनै पनि झुट सत्य नहुने हुनाले हो । 22 येशू नै ख्रीष्ट हुनुहुन्छ भनी इन्कार गर्नेबाहेक अर्को झुट को हुन्छ ? यो व्यक्ति नै ख्रीष्ट विरोधी हो, किनभने त्यसले पिता र पुत्रलाई इन्कार गर्छ । 23 पुत्रलाई इन्कार गर्ने कोहीसँग पनि पिता हुनुहुन्न; पुत्रलाई स्वीकार गर्नेसँग पिता पनि हुनुहुन्छ । 24 तिमीहरूका हकमा, तिमीहरूले सुरुदेखि सुनेका कुरा तिमीहरूमा रहोस् । तिमीहरूले सुरुदेखि सुनेका कुरा तिमीहरूमा रहन्छ भने तिमीहरू पनि पिता र पुत्रमा रहन्छौ । 25 उहाँले हामीलाई प्रतिज्ञा गर्नुभएको कुरा अर्थात् अनन्त जीवन यही हो । 26 तिमीहरूलाई बहकाउनेहरूको बारेमा मैले यी कुराहरू तिमीहरूलाई लेखिसकेको छु । 27 तिमीहरूका हकमा, तिमीहरूले उहाँबाट पाएका अभिषेक तिमीहरूमा रहन्छ र तिमीहरूलाई सिकाउन कसैको आवश्यक पर्दैन । तर उहाँको अभिषेकले नै तिमीहरूलाई सबै थोकहरूबारे सिकाउनुहुन्छ, अनि त्यो सत्य हो, झुटो होइन । उहाँले तिमीहरूलाई सिकाउनुभएअनुसार, उहाँमा रहो । 28 अब मेरा प्रिय बालकहरू हो, उहाँमा रहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा साहस होस् र उहाँको आगमनमा उहाँको सामु लज्जित हुनु नपरोस् । 29 यदि उहाँ धर्मी हुनुहुन्छ भनी तिमीहरूले जान्दछौ भने धार्मिक व्यवहार गर्ने हरेक उहाँबाट जन्मेको हो भन्ने तिमीहरूले जान्दछौ ।
यस अध्यायमा यूहन्नाले कुनै खास ख्रीष्टविरोधी र थुप्रै ख्रीष्टविरोधीहरू दुवैको विषयमा लेख्छन् । “ख्रीष्टविरोधी” शब्दले “ख्रीष्टको विरुद्धमा भएको” भन्ने अर्थ दिन्छ । ख्रीष्टविरोधी एउटा व्यक्ति हो जो अन्तिम दिनहरूमा आउनेछ र येशूको कामको नक्कल गर्नेछ, तर त्यसले त्यो दुष्टताको लागि गर्नेछ । यो व्यक्ति आउनभन्दा अगाडि, त्यहाँ धेरै मानिसहरू हुनेछन् जो ख्रीष्टको विरुद्धमा काम गर्छन्; तिनीहरूलाई पनि “ख्रीष्टविरोधीहरू” भनिन्छ । अनि अनि )
त्यहाँ थुप्रै त्यस्ता समान किसिमका अलङ्कार समूहहरू छन् जुन यस अध्यायभर प्रयोग भएका छन् ।
परमेश्वरमा हुनु भनेको परमेश्वरसँग सङ्गति गर्ने कुराको लागि एउटा अलङ्कार हो, र मानिसहरूमा परमेश्वरको वचन र सत्यता हुने कुरा भनेको मानिसहरूले परमेश्वरको वचन जान्ने र आज्ञापालन गर्ने कुराको लागि अलङ्कार हो ।
हिँड्नु भनेको स्वभाव देखाउने कुराको लागि अलङ्कार हो, कोही व्यक्ति आफू कहाँ जाँदैछु भनेर नजान्नु भनेको कसरी व्यवहार देखाउने भनेर नजान्नुको लागि अलङ्कार हो, र ठेस खानु भनेको पाप गर्नुको लागि अलङ्कार हो ।
ज्योति चाहिँ कुनै विषयलाई थाहा गर्ने र ठीक कुरा गर्ने कुराको लागि अलङ्कार हो, र अन्धकार र अन्धोपन चाहिँ के ठीक छ भनी नजान्ने र जे गलत छ सो गर्ने कुराको लागि अलङ्कार हो ।
मानिसहरूलाई भड्काउने भनेको मानिसहरूलाई असत्य कुराहरू सिकाउने कुराको लागि अलङ्कार हो ।
यहाँ “हामी” र “हामीलाई” शब्दहरूले यूहन्ना र सारा विश्वासीहरूलाई जनाउँछन् । “उहाँलाई” र “उहाँको” शब्दहरूले परमेश्वर पिता वा येशूलाई जनाएको हुनसक्छ ।
यूहन्नाले सङ्गतिको विषयमा लेख्नलाई निरन्तरता दिन्छन् र येशू विश्वासीहरू र पिताको बीचमा जानुहुने कारणले त्यो सम्भव छ भनी देखाउँछन् ।
यूहन्ना पाका मानिस र उनीहरूका अगुवा थिए । उनले यो अभिव्यक्ति उनीहरूका लागि उनको प्रेम देखाउन प्रयोग गरे । वैकल्पिक अनुवादः “ख्रीष्टमा मेरा प्रिय बालकहरू” वा “तिमीहरू मेरा आफ्नै सन्तानजस्तै प्रिय छौ”
“म यो पत्र लेखिरहेको छु”
“तर जब कसैले पाप गर्छ ।” यो केही कुरा हो जुन हुन सम्भव छ ।
यहाँ “अधिवक्ता” शब्दले येशूलाई जनाउँछ । वैकल्पिक अनुवादः “हामीसँग येशू ख्रीष्ट हुनुहुन्छ, जो धर्मी हुनुहुन्छ, जसले पितासँग कुरा गर्नुहुन्छ र हामीलाई क्षमा गर्न उहाँसँग बिन्ती गर्नुहुन्छ”
“परमेश्वर अब हामीसँग रिसाउनुभएको छैन किनभने येशूले हाम्रो पापहरूको लागि आफ्नै जीवन त्याग्नुभयो” वा “येशू नै त्यो व्यक्ति हुनुहुन्छ जसले आफ्नो जीवन हाम्रा पापहरूको लागि बलिदान गर्नुभयो, त्यसैले परमेश्वर अब हाम्रा पापहरूको कारण हामीसँग रिसाउनुभएको छैन”
“हामी जान्दछौँ कि हामी उहाँलाई चिन्छौँ” वा “हामी जान्दछौँ हाम्रो उहाँसँग असल सम्बन्ध छ”
“यदि हामीले उहाँले अह्राउनुभएको कुराको पालना गर्छौँ भने”
“कोही जसले भन्छ” वा “ती व्यक्ति जसले भन्छ”
“मेरो परमेश्वरसँग राम्रो सम्बन्ध छ”
“आज्ञापालन गर्दैन” वा “अनाज्ञापालन गर्छ”
“परमेश्वरले उसलाई अह्राउनुभएका कुराहरू”
सत्यताको विषयमा यसरी बताइएको छ मानौँ त्यो कुनै वस्तु हो जुन विश्वासीहरूभित्र हुन सक्छ । वैकल्पिक अनुवादः “उसले परमेश्वरले सत्य भनी भन्नुभएको कुरालाई विश्वास गर्दैन”
यहाँ कसैको वचनको पालना गर्नु भनेको आज्ञापालन गर्नको निमित्त भएको वाक्पद्धति हो । वैकल्पिक अनुवादः “परमेश्वरले उसलाई अह्राउनुभएका कुराहरू गर्छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) “परमेश्वरको प्रेम”ले कुनै व्यक्तिले परमेश्वरलाई प्रेम गरेको कुरालाई जनाउँछ, साथै “सिद्ध पारिएको”ले सम्पूर्ण रूपमा वा पूर्णतया भएको कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “यो त्यही व्यक्ति हो जसले परमेश्वरलाई सम्पूर्ण रूपले प्रेम गर्छ” वा २) “परमेश्वरको प्रेम”ले परमेश्वरले मानिसहरूलाई प्रेम गर्नुभएको कुरालाई जनाउँछ, र “सिद्ध पारिएको”ले त्यसको उद्देश्यलाई पूरा गरेको कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “परमेश्वरको प्रेमले त्यस व्यक्तिको जीवनमा त्यसको उद्देश्य प्राप्त गरेको छ”
“हामी उहाँमा छौँ” भन्ने वाक्यांशको अर्थ विश्वासीको परमेश्वरसँग सङ्गति छ भन्ने हुन्छ । वैकल्पिक अनुवादः “जब हामी परमेश्वरले भन्नुभएको कुराको पालना गर्छौँ, हामी निश्चित हुन सक्छौँ कि हाम्रो उहाँसँग सङ्गति छ” वा “यसैद्वारा हामी जान्दछौँ कि हामी परमेश्वरसँग जोडिएका छौँ”
परमेश्वरमा रहनु भनेको परमेश्वरसँग सङ्गति गर्न निरन्तरता दिनु हो । वैकल्पिक अनुवादः “परमेश्वरसँग सङ्गति गर्न निरन्तरता दिन्छ” वा “परमेश्वरसँग जोडिएर रहन्छ”
कोही व्यक्तिले आफ्नो जीवन चलाउने कुरालाई त्यो कुनै हिँडाइ भएको जसरी बताइएको छ । वैकल्पिक अनुवादः “उहाँ जिउनुभएको जसरी नै जिउनुपर्छ” वा “ ... पनि परमेश्वरको आज्ञापालन गर्नुपर्छ जसरी येशू ख्रीष्टले गर्नुभयो”
यूहन्नाले विश्वासीहरूलाई सङ्गतिको मूलभूत सिद्धान्तहरू दिन्छन्-आज्ञापालन र प्रेम ।
“तिमी मानिसहरू जसलाई म प्रेम गर्छु, म ... छु” वा “प्रिय साथीहरू, म लेख्दै छु”
“एक अर्कालाई प्रेम गर भनी म तिमीहरूलाई लेख्छु, जुन गर्नलाई कुनै नयाँ कुरा होइन तर तिमीहरूले सुनेको पुरानै आज्ञा हो ।” यूहन्नाले एक अर्कालाई प्रेम गर्नको निमित्त येशूले गर्नुभएको आज्ञालाई जनाउँछन् ।
यहाँ, “सुरुवात”ले तिनीहरूले ख्रीष्टलाई पछ्याउनलाई निर्णय गरेको समयलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूले ख्रीष्टमा पहिलो पल्ट विश्वास गरेको बेलादेखि”
“पुरानो आज्ञा तिमीहरूले सुनेको सन्देश नै हो”
“तर एक किसिमले मैले तिमीहरूलाई लेखेको आज्ञा नयाँ पनि हो”
“जुन सत्य हो, ख्रीष्टले गर्नुभएको कामहरूमा र तिमीहरूले गरेका कामहरूमा देखाइएको अनुसार”
यहाँ “अन्धकार”ले खराबलाई र “ज्योति”ले भलाइलाई जनाउँछ । वैकल्पिक अनुवादः “किनभने तिमीहरूले खराब गर्न छोड्दैछौ र तिमीहरूले झन्-झन् असल गर्दैछौ”
यहाँ “भाइ” शब्दले कुनै सङ्गी ख्रीष्टिएनलाई जनाउँछ ।
“कोही जसले भन्छ” वा “कोही जसले दाबी गर्छ ।” यसले कुनै व्यक्ति विशेषलाई जनाउँदैन ।
यहाँ “ज्योतिमा हुनु” भनेको ठीक कुरा गर्नेलाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “उसले जे उचित छ त्यही गर्छ”
यहाँ “अन्धकारमा हुनु” भनेको दुष्ट कुरा गर्नेलाई जनाउने लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “जे खराब छ त्यहि गर्छ”
“उसलाई केही कुराले पनि ठेस लगाउन सक्नेछैन ।” “ठेस लाग्नु” भन्ने शब्द एउटा अलङ्कार हो जसको अर्थ आत्मिक रूपमा वा नैतिक रूपमा चुक्नु हुन्छ । वैकल्पिक अनुवादः “केही कुराले पनि उसलाई पाप गर्न लगाउन सक्दैन” वा “परमेश्वरलाई प्रसन्न पार्ने कुरा गर्न ऊ चुक्नेछैन”
यहाँ “हिँड्नु” भनेको कोही व्यक्तिले कसरी जिउँछ वा स्वभाव देखाउँछ भन्ने कुराको लागि अलङ्कार हो । यहाँ “अन्धकारमा छ” र “अन्धकारमा हिँड्छ” भन्ने कुराहरूले एउटै कुराको अर्थ दिन्छ । सङ्गी विश्वासीलाई घृणा गर्नु कति खराब कुरा हो भन्नेमा यसले ध्यानाकर्षण गराउँछ । वैकल्पिक अनुवादः “जे खराब छ त्यहि गर्छ”
यो एक ख्रीष्टिएनले जिउनुपर्ने तरिकाले नजिइरहेको विश्वासीको चित्रण हो । वैकल्पिक अनुवादः “उसले के गर्नुपर्छ भनी ऊ जान्दैन”
“अन्धकारले उसलाई देख्न असक्षम बनाएको छ ।” अन्धकार भनेको पाप वा दुष्टताको लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “पापले उसलाई सत्यतालाई बुझ्न असम्भव बनाएको छ”
यूहन्नाले कि त फरक-फरक उमेर समूहका मानिसहरूलाई वा परिपक्वतामा भिन्नता भएका विश्वासीहरूलाई उनको पत्र किन लेखिरहेका छन् भनेर उनले व्याख्या गर्छन् । यी वाक्यहरूको लागि समान किसिमको शब्दहरूलाई प्रयोग गर्ने कोसिस गर्नुहोस्, किनकि तिनीहरू कविताको शैलीमा लेखिएका छन् ।
यूहन्ना पाका मानिस र उनीहरूका अगुवा थिए । उनले यो अभिव्यक्ति उनीहरूका लागि उनको प्रेम देखाउन प्रयोग गरे । तपाईंले यसलाई [१ यूहन्ना २:१]
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूका पापहरूलाई क्षमा गर्नुहुन्छ”
“उहाँको नाउँ”ले ख्रीष्ट र उहाँ को हुनुहुन्छ भन्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “ख्रीष्टले तिमीहरूको लागि गर्नुभएको कुराको कारण”
यहाँ भएको “पिताहरू” शब्द सम्भवतः एउटा अलङ्कार हो जसले परिपक्व विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “परिपक्व विश्वासीहरू, म तिमीहरूलाई लेखिरहेको छु”
“ ... सँग तिमीहरूको सम्बन्ध छ”
“उहाँ जो सदैव जिउनुभएको छ” वा “उहाँ जो सदैव अस्तित्वमा रहनुभएको छ ।” यसले कि त “येशू” वा “परमेश्वर पिता”लाई जनाउँछ ।
यसले सम्भवतः तिनीहरूलाई जनाउँछ जो अब नयाँ विश्वासीहरू होइनन् तर आत्मिक परिपक्वतर्फ हुर्कँदै छन् । वैकल्पिक अनुवादः “जवान विश्वासीहरू”
विश्वासीहरूले शैतानलाई पछ्याउने कुरालाई इन्कार गर्ने र उसका योजनाहरूलाई तिनीहरूले नष्ट गर्ने विषयमा लेखकले यसरी बताइरहेका छन् मानौँ त्यो भनेको उसलाई पराजित गर्ने विषय हो ।
यहाँ “बलिया”ले विश्वासीहरूको शारीरिक शक्तिलाई होइन तर ख्रीष्टप्रतिको तिनीहरूको विश्वासयोग्यतालाई जनाउँछ ।
यहाँ “परमेश्वरको वचन” भनेको परमेश्वरबाटको सन्देशको लागि प्रतिस्थापन शब्द हो । लेखकले ख्रीष्टप्रतिको विश्वासीहरूको वृद्धि भएको विश्वासयोग्यता र उहाँमा भएको ज्ञानलाई यसरी जनाउँछन् मानौँ उनले परमेश्वरको वचन तिनीहरूमा रहिरहेको विषयमा कुरा गरिरहेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरको वचनले तिमीहरूलाई सिकाइरहन्छ” वा “तिमीहरूले परमेश्वरको वचन जान्दछौ”
पदहरू २:१५-१७ मा “संसार” शब्दले मानिसहरूले गर्न चाहने ती सबै कुराहरूलाई जनाउँछ जसले परमेश्वरको आदर गर्दैन । वैकल्पिक अनुवादः “परमेश्वरलाई आदर र प्रेम नगर्ने संसारका मानिसजस्तो व्यवहार नगर”
“परमेश्वरका आदर नगर्नेहरूले चाह गर्ने थोकहरू”
एउटा व्यक्तिले यस संसारलाई र परमेश्वरलाई अनादर गर्ने सबै थोकहरूलाई अनि पितालाई एकै समयमा प्रेम गर्न सक्दैन ।
“उसले पितालाई प्रेम गर्दैन”
“पापपूर्ण शारीरिक आनन्द भोग गर्ने उत्कट इच्छा”
“हामीले देखेका कुराहरू प्राप्त गर्ने उत्कट इच्छा”
“पिताबाट आउँदैन” वा “पिताले हामीलाई जिउन सिकाउनुभए अनुसारको होइन”
“बितेर जान्छ” वा “एक दिन यहाँ हुनेछैन”
यूहन्नाले ती मानिसहरूको विषयमा चेतावनी दिन्छन् जो ख्रीष्टको विरुद्धमा छन् ।
“अपरिपक्व ख्रीष्टिएनहरू ।” तपाईले यसलाई १ यूहन्ना २:१ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।
“अन्तिम घडी” भन्ने वाक्यांशले येशू फर्कनभन्दा ठीक अगाडिको समयलाई जनाउँछ । वैकल्पिक अनुवादः “येशू चाँडै फर्कनुहुनेछ”
“त्यहाँ धेरै मानिसहरू छन् जो ख्रीष्टको विरुद्धमा छन्”
“आएका छन्, र यसैकारण हामी जान्दछौँ” वा “आएका छन्, र किनभने धेरै ख्रीष्टविरोधीहरू आएका छन्, हामी जान्दछौँ”
“तिनीहरूले हामीलाई छोडे”
“तर तिनीहरू हाम्रा छँदा पनि थिएनन्” वा “तर प्रथमतः तिनीहरू हाम्रा समूहका हिस्सा छँदा पनि थिएनन् ।” तिनीहरू समूहका हिस्सा नहुनुको कारण यो हो कि तिनीहरू येशूमा विश्वासीहरू थिएनन् ।
“हामी यो जान्दछौँ किनभने यदि तिनीहरू साँच्चै विश्वासीहरू भएका भए तिनीहरूले हामीलाई छोड्ने थिएनन्”
पुरानो करारमा “अभिषेक” शब्दले कुनै व्यक्तिलाई परमेश्वरको सेवा गर्नको निमित्त अलग गर्नलाई त्यसमाथि तेल खनाउने कुरालाई जनाउँथ्यो ।
यूहन्नाले पवित्र आत्माको विषयमा यसरी बताउँछन् मानौँ उहाँ कुनै “अभिषेक” हुनुहुन्छ जुन मानिसहरूले येशूबाट प्राप्त गरे । भाववाचक शब्द “अभिषेक”लाई क्रियापद भएको वाक्यांशसहित अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर तिमीहरूलाई पवित्र हुनुहुनेले तिमीहरूलाई अभिषेक गर्नुभएको छ” वा “तर पवित्र हुनुहुने येशू ख्रीष्टले तिमीहरूलाई उहाँको आत्मा दिनुभएको छ”
यसले येशूलाई जनाउँछ । वैकल्पिक अनुवादः “पवित्र जन, येशू”
भाववाचक नामपद शब्द “सत्यता”लाई एउटा विशेषणको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे सत्य छ ... जे सत्य छ त्यसबाट कुनै पनि झूट आउँदैन”
“झूटा को हो ? येशू नै ख्रीष्ट हुनुहुन्छ भनी इन्कार गर्ने जो कोही पनि हो ।” झूटाहरू को-को हुन् भनी जोड दिनलाई यूहन्नाले एउटा प्रश्न प्रयोग गरे ।
“येशू नै ख्रीष्ट हुनुहुन्छ भन्न अस्वीकार गर्छ” वा “येशू मसिह हुनुहुन्न भनी भन्छ”
“पिता र पुत्रको विषयमा सत्यता भन्नलाई इन्कार गर्छ” वा “पिता र पुत्रलाई इन्कार गर्छ ।”
यी महत्त्वपूर्ण उपाधिहरू हुन् जसले परमेश्वर र येशूको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छ ।
“पुत्रको बारेमा सत्य बोल्छ”
“पिताको हो”
यहाँ “तिमीहरू” शब्द बहुवचनमा छ र यसले यूहन्नाले पत्र लेखेको मानिसहरू र साथै सारा विश्वासीहरूलाई जनाउँछ । “उहाँ” शब्दमा जोड छ र त्यसले ख्रीष्टलाई जनाउँछ ।
यूहन्नाले विश्वासीहरूलाई तिनीहरूले पहिले सुनेका कुराहरूमा निरन्तरता दिनलाई याद दिलाउँछन् ।
तिनीहरूले ख्रीष्टको विरुद्धमा भएका मानिसहरूको विपरीतमा येशूका अनुयायीहरूको रूपमा कसरी जिउनुपर्छ भनेर यूहन्नाले बताएका कुरालाई यसले अङ्कित गर्छ ।
“तिमीहरूले सुरुदेखि सुनेका कुरा सम्झ र विश्वास गर ।” उनीहरूले कसरी सुने, उनीहरूले के सुने, र “सुरु” को अर्थ के हो भन्ने कुरालाई स्पष्ट पार्न सकिन्छः वैकल्पिक अनुवादः “तिमीहरू पहिले विश्वासी भएदेखि हामीले तिमीहरूलाई येशूको बारेमा सिकाएका कुराहरूमा तिमीहरूले जसरी भरोसा गरेका थियौ, त्यसरी नै भरोसा गरिरहो”
“तिमीहरू पहिले विश्वासी हुँदा हामीले तिमीहरूलाई येशूको बारेमा जे सिकायौँ”
“रहन्छ” शब्दले सम्बन्धको बारेमा कुरा गरिरहेको छ, उद्धारको बारेमा होइन । वैकल्पिक अनुवादः “हामीले तिमीहरूलाई पहिले सिकाएका कुराहरू यदि तिमीहरूले भरोसा गरिरहन्छौ भने”
“रहनु” भन्ने कुराको अर्थ कसैसँग सङ्गति गर्ने भन्ने हुन्छ । तपाईंले यस्तै समान वाक्यांशलाई [१ यूहन्ना २:६]
“अनि उहाँले हामीलाई दिने प्रतिज्ञा गर्नुभएको यही हो- अनन्त जीवन” वा “अनि उहाँले हामीलाई सदासर्वदा जिउने तुल्याउने प्रतिज्ञा गर्नुभएको छ”
यस पत्रभर प्रयोग भएको “जीवन” शब्दले शारीरिक जीवनभन्दा बढीको कुरालाई जनाउँछ । यहाँ “जीवन”ले आत्मिक रूपमा जीवित रहने कुरालाई जनाउँछ । तपाईंले यसलाई [१ यूहन्ना १:१]
यहाँ “अन्यत्र बहाकाउनु” भनेको कसैलाई असत्य कुरालाई विश्वास गर्न मनाउने कुराको लागि भएको अलङ्कार हो । वैकल्पिक अनुवादः “तिनीहरू जसले तिमीहरूलाई छल गर्न चाहन्छन्” वा “तिनीहरू जसले तिमीहरूलाई येशू ख्रीष्टको बारेमा झूटा कुराहरू विश्वास गर्ने बनाउन चाहन्छन्”
पद २९ देखि सुरु गरेर, यूहन्नाले परमेश्वरको राज्यमा जन्मने विषयमा भएको धारणलाई परिचय गराउँछन् । अघिल्लो पदले देखाउँछ कि विश्वासीहरूले पाप गरिरहन्छन्; यो भागले देखाउँछ कि विश्वासीहरूसँग नयाँ स्वभाव पनि हुन्छ, जसले पाप गर्न सक्दैन । विश्वासीहरूले एकले अर्कालाई कसरी पहिचान गर्न सक्छन् भनेर देखाउनलाई यसले निरन्तरता दिन्छ ।
ख्रीष्टको विरुद्धमा भएका मानिसहरूको साटोमा तिनीहरू येशूका अनुयायीहरूको रूपमा कसरी जिउनुपर्छ भन्ने बारेमा यूहन्नाले तिनीहरूलाई अरू नै केही कुरा बताइरहेको कुरालाई यसले अङ्कित गर्छ ।
यसले “परमेश्वरको आत्मा” लाई जनाउँछ । “अभिषेक”को बारेमा १ यूहन्ना २:२० मा भएको टिप्पणीलाई हेर्नुहोस् ।
यहाँ “सबैकुरा” शब्द सामान्यकरण हो । वैकल्पिक अनुवादः “किनभने उहाँको अभिषेकले तिमीहरूलाई थाहा हुनुपर्ने सबैकुरा सिकाउँछ”
कसैमा रहने कुराले त्यस व्यक्तिसँग निरन्तर सङ्गतिमा रहने कुराको अर्थ दिन्छ । तपाईंले “परमेश्वरमा रहन्छ” भन्ने कुरालाई [१ यूहन्ना २:६]
यहाँ यो शब्द पत्रको नयाँ भागलाई दर्शाउन प्रयोग गरिएको छ ।
यूहन्ना पाका मानिस र उनीहरूका अगुवा थिए । उनले यो अभिव्यक्ति उनीहरूका लागि उनको प्रेम देखाउन प्रयोग गरे । तपाईंले यसलाई [१ यूहन्ना २:१]
“हामी उहाँलाई देख्छौँ”
कुनै डर नभएको
“उहाँको उपस्थितिमा लज्जित नहुन”
“जब उहाँ फेरि आउनुहुन्छ”
“ ... परमेश्वरबाट जन्मेको हो” वा “परमेश्वरको बालक हो”
1 हेर, पिताले हामीलाई कस्तो किसिमको प्रेम दिनुभएको छ, कि हामीलाई परमेश्वरको सन्तान भनियोस् र हामी यही हौँ । यसैकारण, संसारले हामीलाई चिन्दैन, किनकि संसारले उहाँलाई चिनेन । 2 प्रिय हो, अब हामी परमेश्वरका सन्तानहरू हौँ, र हामी के हुनेछौँ भन्ने अझ पनि प्रकट गरिएको छैन । हामी जान्दछौँ, कि जब येशू देखा पर्नुहुनेछ, हामी उहाँजस्तै हुनेछौँ, किनकि उहाँजस्तो हुनुहुन्छ त्यस्तै हामी उहाँलाई देख्नेछौँ । 3 उहाँमा यो दृढता हुने हरेकले आफूलाई उहाँ जस्तो शुद्ध हुनुहुन्छ त्यस्तै शुद्ध पार्छ । 4 पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्छ, पाप व्यवस्था भङ्ग हो । 5 पापहरू हटाई लानलाई नै ख्रीष्ट प्रकट हुनुभयो भन्ने तिमीहरू जान्दछौ, र उहाँमा कुनै पाप छैन । 6 उहाँमा रहनेले पाप गर्दैन । पाप गर्नेले न उहाँलाई देखेको छ न चिनेको नै हुन्छ । 7 प्रिय बालकहरू हो, तिमीहरूलाई कसैले नबहकाओस् । जस्तो ख्रीष्ट धर्मिक हुनुहुन्छ त्यस्तै धार्मिकता गर्ने नै धर्मी हो । 8 जसले पाप गर्छ, त्यो शैतानको हो, किनभने शैतानले सुरुदेखि नै पाप गरेको छ । यसैकारण, परमेश्वरको पुत्र प्रकट हुनुभयो, ताकि उहाँले शैतानका कामहरू नष्ट गर्नुभएको होस् । 9 जो परमेश्वरबाट जन्मेको छ त्यसले पाप गर्दैन, किनकि परमेश्वरको स्वभाव त्यसमा रहन्छ, र उसले पाप गर्न सक्दैन, किनकि त्यो परमेश्वरबाट जन्मेको हो । 10 यसैमा परमेश्वरका सन्तानहरू र शैतानका सन्तानहरू प्रकट गरिन्छन् । जसले धार्मिकता गर्दैन त्यो परमेश्वरको होइन, न आफ्नो भाइलाई प्रेम नगर्ने नै हो । 11 तिमीले सुरुदेखि सुनेको सन्देश यही नै हो, हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ । 12 कयिनजस्तो होइन जो दुष्टको थियो र त्यसले आफ्नो भाइलाई मार्यो । अनि उसले आफ्नो भाइको हत्या किन गर्यो ? किनकि उसका कामहरू दुष्ट थिए र उसको भाइका काम धार्मिक थिए । 13 मेरा भाइहरू, यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने तिमीहरू अचम्म नमान । 14 हामी जान्दछौँ, कि हामी मृत्यु पार गरेर जीवनमा सरेका छौँ, किनकि हामी दाजुभाइहरूलाई प्रेम गर्छौं । जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहन्छ । 15 जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो हत्यारा हो । अनि तिमीहरू जान्दछौ, कि कुनै पनि हत्यारासँग अनन्त जीवन हुँदैन । 16 यसैद्वारा हामी प्रेम थाहा पाउँछौँ, किनकि ख्रीष्टले हाम्रो निम्ति आफ्नो जीवन दिनुभयो । हामीले पनि हाम्रा दाजुभाइहरूका निम्ति हाम्रो जीवन दिनुपर्छ । 17 तर जससँग संसारका थोकहरू छन्, जसले आफनो भाइ खाँचोमा परेको देखेर पनि दयाको हृदय त्यसबाट बन्द गर्छ भने कसरी परमेश्वरको प्रेम त्यसमा रहन्छ ? 18 मेरा प्रिय बालकहरूल हो, हामी वचन र मुखले मात्र प्रेम नगरौँ, तर सत्यता र कामले प्रेम गरौँ । 19 यसैद्वारा हामी सत्यका हौँ भन्ने जान्दछौँ र हाम्रो हृदयलाई उहाँको सामुन्ने निश्चय गर्छौं । 20 किनकि यदि हाम्रो हृदयले हामीलाई दोष दिन्छ भने परमेश्वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सबै थोक जान्नुहुन्छ । 21 प्रिय हो, यदि हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने हामी परमेश्वरप्रति दृढ छौँ । 22 अनि हामीले जे माग्छौँ त्यो हामी उहाँबाट पाउँछौँ, किनकि हामीले उहाँका आज्ञाहरू पालन गर्छौं र उहाँको दृष्टिमा असल हुने थोकहरू गर्छौं । 23 अनि यो उहाँको आज्ञा हो, जस्तो उहाँले हामीलाई यो आज्ञा दिनुभयो, हामीले उहाँका पुत्र येशू ख्रीष्टको नाउँमा विश्वास गर्नुपर्छ र एक अर्कोलाई प्रेम गर्नुपर्छ । 24 जसले परमेश्वरका आज्ञाहरू पालन गर्छ, त्यो उहाँमा रहन्छ र परमेश्वर त्यसमा रहनुहुन्छ । अनि यसैद्वारा हामी जान्दछौ, कि हामीलाई दिनुभएको पवित्र आत्माद्वारा उहाँ हामीमा रहनुहुन्छ ।
परमेश्वरले सबै मानिसहरूलाई सृजना गर्नुभयो, तर मानिसहरू येशूमा विश्वास गरेर मात्र परमेश्वरका सन्तान हुन सक्छन् ।
कयिन पहिलो मानिस, आदम र पहिलो स्त्री, हव्वाका छोरा थिए । उनी आफ्नो भाइको डाही थिए र तिनको हत्या गरे । पाठकहरूले उत्पत्तिको पुस्तक पढेका छैनन् भने तिनीहरूलाई कयिन को थिए भनी थाहा नहुन सक्छ । तपाईंले यो कुरा तिनीहरूलाई व्याख्या गरिदिनुभयो भने त्यसले तिनीहरूलाई सहयोग गर्न सक्छ ।
“जान्नु” क्रियापदलाई यस अध्यायमा दुई फरक किसिमले प्रयोग गरिएको छ । ३:२, ३:५, र ३:१९ मा जस्तै कहिलेकाहीँ यसलाई कुनै तथ्यको बारेमा थाहा गर्ने बारेमा प्रयोग गरिएको छ । ३:१, ३:६, ३:१६, र ३:२० मा जस्तै कहिलेकाहीँ यसको अर्थ कसैलाई वा केही कुरालाई अनुभव गर्नु र बुझ्नु भन्ने हुन्छ । केही भाषाहरूमा यी फरक अर्थहरूको लागि फरक शब्दहरू हुन्छन् ।
धेरै विद्वानहरूले विश्वास गर्छन् कि यो भनेको परमेश्वरको इच्छामा रहने बारेमा हो र उद्धार पाउने विषयमा होइन । अनि )
यस भागमा यूहन्नाले विश्वासीहरूलाई तिनीहरूको नयाँ स्वभावको विषयमा बताउँछन्, जसले पाप गर्न सक्दैन ।
“हाम्रा पिताले हामीलाई कति धेरै प्रेम गर्नुहुन्छ भन्ने बारेमा विचार गर”
“पिताले हामीलाई उहाँको सन्तान भनी बोलाउनुभयो”
यहाँ यसको अर्थ ती मानिसहरू हुन् जो येशूमा विश्वासद्वारा परमेश्वरका भएका छन् ।
सम्भावित अर्थहरू हुन् १) “किनकि हामी परमेश्वरका सन्तानहरू हौँ र किनभने संसारले परमेश्वरलाई चिनेन, त्यसले हामीलाई चिन्दैन” वा २) “किनभने संसारले परमेश्वरलाई चिनेन, त्यसले हामीलाई चिन्दैन ।”
यहाँ “संसार” शब्दले परमेश्वरलाई सम्मान नगर्ने मानिसहरूलाई जनाउँछ । संसारले के कुरालाई चिनेन भन्ने कुरालाई स्पष्ट बनाउन सकिन्छः वैकल्पिक अनुवादः “हामी परमेश्वरका हौँ भनेर परमेश्वरलाई सम्मान नगर्नेहरूले जान्दैनन्, किनभने तिनीहरूले परमेश्वरलाई चिनेनन्”
“तिमी मानिसहरू जसलाई म प्रेम गर्छु, हामी ... हौँ” वा “प्रिय मित्रहरू, हामी ... हौँ ।” तपाईंले यसलाई १ यूहन्ना २:७ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले अहिलेसम्म प्रकट गर्नुभएको छैन”
यहाँ यसको अर्थ कि त “बताइएको”, “प्रदर्शन गरिएको” वा “देखाइएको” भन्ने हुन सक्छ ।
“हेरक जसले ख्रीष्ट जस्तो हुनुहुन्छ त्यस्तै देख्ने दृढताका साथ अपेक्षा गर्छ उसले आफैँलाई ख्रीष्ट शुद्ध हुनुभए झैँ गरी शुद्ध राख्नेछ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ख्रीष्ट देखा पर्नुभयो” वा “पिताले ख्रीष्टलाई प्रकट गर्नुभयो”
कसैमा रहनु भनेको त्यो व्यक्तिसँग सङ्गति गर्न निरन्तरता दिनु हो । तपाईंले “परमेश्वरमा रहन्छ” भन्ने कुरालाई [१ यूहन्ना २:६]
पाप गर्ने व्यक्तिले ख्रीष्टलाईआत्मिक बुझाइमा कहिल्यै भेटेको छैन भनेर भन्नलाई यूहन्नाले “देखेको” र “चिनेको” शब्दहरूको प्रयोग गर्छन् । आफ्नो पापी स्वभावअनुसार व्यवहार गर्ने व्यक्तिले ख्रीष्टलाई चिन्न सक्दैन । वैकल्पिक अनुवादः “कसैले पनि ... उहाँमा साँचो रूपमा कहिल्यै विश्वास गरेको छैन”
यूहन्ना पाका मानिस र उनीहरूका अगुवा थिए । उनले यो अभिव्यक्ति उनीहरूका लागि उनको प्रेम देखाउन प्रयोग गरे । तपाईंले यसलाई [१ यूहन्ना २:१]
यहाँ “तिमीहरूलाई बहकाउन” भनेको कसैलाई असत्य कुरामा विश्वास गर्नलाई मनाउने कुराको लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “कसैलाई पनि तिमीहरूलाई मूर्ख बनाउन नदेओ” वा “कसैलाई पनि तिमीहरूलाई छल्न नदेओ”
“जे ठीक छ त्यही गर्ने ख्रीष्ट येशूले जस्तै परमेश्वरलाई प्रसन्न पार्ने व्यक्ति हो ।”
“शैतानको हुन्छ” वा “शैतानजस्तै हो”
यसले पहिलो मानिसहरूले पाप गर्नभन्दा अगाडिको सृष्टिको अति प्राचीन समयलाई जनाउँछ । वैकल्पिक अनुवादः “सृष्टिको सबैभन्दा प्राचीन समयदेखि”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले आफ्ना पुत्र प्रकट गर्नुभयो”
यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ ।
हालको लागि यूहन्नाले नयाँ जन्म र पाप गर्न नसक्ने नयाँ स्वभावको विषयमा भएको यो खण्डलाई अन्त गर्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले आफ्नो सन्तान बनाउनुभएको जो पनि”
यसले पवित्र आत्माको विषयमा कुरा गर्छ, जसलाई परमेश्वरले विश्वासीहरूलाई दिनुहुन्छ र जसले तिनीहरूलाई पापलाई इन्कार गर्न र परमेश्वरलाई प्रसन्न बनाउने कुराहरू गर्न सक्षम बनाउनुहुन्छ, मानौँ उहाँ कुनै भौतिक बिउ हुनुहुन्छ जसलाई जमिनमा रोपिन्छ र जुन बढ्छ । यसलाई कहिलेकाहीँ नयाँ स्वभावको रूपमा जनाइन्छ । वैकल्पिक अनुवादः “पवित्र आत्मा”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यसलाई नयाँ आत्मिक जीवन दिनुभएको छ” वा “त्यो परमेश्वरको बालक हो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसरी हामी परमेश्वरका सन्तान र शैतानको सन्तानलाई चिन्दछौँ”
“परमेश्वरबाटको” शब्दलाई वाक्यको दोस्रो भागमा बुझिएको छ । यसलाई सकारात्मक रूपमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जो कोही जसले जे धर्मी छ सो गर्दैन त्यो परमेश्वरबाटको होइन; जो कोही जसले आफ्नो भाइलाई प्रेम गर्दैन त्यो पनि परमेश्वरबाटको होइन” वा “तिनीहरू जसले जे धर्मी छ सो गर्छन्, तिनीहरू परमेश्वरबाटका हुन्, र तिनीहरू जसले तिनीहरूका भाइहरूलाई प्रेम गर्छन्, तिनीहरू परमेश्वरबाटका हुन्”
यहाँ “भाइ”को अर्थ सङ्गी ख्रीष्टिएनहरू हुन्छ ।
कयिन र हाबिल आदम र हव्वाका पहिला छोराहरू थिए, जो पहिलो मानिस र स्त्री थिए ।
यहाँ विश्वासीहरूले तिनीहरूले जीवन जिउने तरिकाले कसरी एक अर्कालाई चिन्न सक्छन् भनेर यूहन्नाले सिकाउँछन्; उनले आफ्ना पाठकहरूलाई एक अर्कालाई प्रेम गर्न सिकाउँछन् ।
“हामीले कयिनले गरेको जस्तो गर्नुहुँदैन”
यसले कयिनको कान्छा भाइ हाबिललाई जनाउँछ ।
यूहन्नाले आफ्ना श्रोतागणलाई सिकाउन एउटा प्रश्नको प्रयोग गर्छन् । यसलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उनले तिनलाई मारे किनभने”
“कामहरू ... थिए” शब्दहरूलाई दोस्रो वाक्यांशमा पनि बुझिएको छ । वैकल्पिक अनुवादः “कयिनका कामहरू दुष्ट थिए र उनका भाइका कामहरू धर्मी थिए” वा “कयिनले दुष्ट कुराहरू गरे र उनको भाइले जे ठीक थियो सो गरे”
“मेरा सङ्गी विश्वासीहरू ।” यूहन्नाका पाठकहरू पुरुष र महिला दुवै थिए ।
यहाँ “संसार” शब्दले परमेश्वरलाई आदर नगर्ने मानिसलाई जनाउँछ । वैकल्पिक अनुवादः “यदि परमेश्वरलाई आदर नगर्नेहरूले तिमीहरू परमेश्वरलाई आदर गर्नेहरूलाई घृणा गर्छन् भने”
जीवित र मृतको अवस्थाको बारेमा यसरी भनिएको छ मानौं त्यो भनेको तिनीहरू कुनै भौतिक स्थलहरू हुन् जहाँबाट कोही व्यक्ति हिँड्न वा त्यहाँ जान सक्छ । भाववाचक नाउँहरू “जीवन” र “मृत्यु”लाई क्रियापद भएको वाक्यांशहरूसँग अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी अब आत्मिक रूपमा मृत छैनौँ, तर आत्मिक रूपमा जीवित छौँ”
यो पत्र भर प्रयोग भएको “जीवन” शब्दले शारीरिक जीवन भन्दा बढी रहेको कुरालाई जनाउँछ । यहाँ “जीवन”को अर्थ आत्मिक रूपमा जीवित हुने हुन्छ । तपाईंले यसलाई [१ यूहन्ना १:१]
“अझ पनि आत्मिक रूपमा मृत छ”
यूहन्नाले अर्को विश्वासीलाई घृणा गर्ने व्यक्तिको विषयमा यसरी बताउँछन् मानौँ त्यो व्यक्ति कुनै हत्यारा हो । किनकि मानिसहरूले अरू मानिसहरूलाई घृणाको कारण हत्या गर्छन्, परमेश्वरले घृणा गर्ने जो कोही पनि मानिसलाई अरूलाई मार्ने व्यक्ति जत्तिकै दोषी सम्झनुहुन्छ । वैकल्पिक अनुवादः “जसले अरू विश्वासीलाई घृणा गर्छ त्यो कुनै मानिसलाई हत्या गर्ने जत्तिकै दोषी हुन्छ”
“अनन्त जीवन” भनेको विश्वासीहरूलाई मृत्युपछि परमेश्वरले दिनुहुने कुरा हो, तर यो यसै जीवनमा तिनीहरूलाई पाप गर्न छोड्न र उहाँलाई प्रसन्न पार्ने कुरा गर्न सहायता गर्नलाई परमेश्वरले दिनुहुने शक्ति पनि हो । यहाँ अनन्त जीवनको विषयमा यसरी बताइएको छ मानौँ त्यो कुनै व्यक्ति हो जो कसैभित्र वास गर्न सक्छ । वैकल्पिक अनुवादः “एक हत्यारासँग अनन्त जीवनको शक्ति हुँदैन”
यस अभिव्यक्तिको अर्थ “ख्रीष्टले हाम्रा निम्ति उहाँको जीवन स्वेच्छाले दिनुभयो” वा “ख्रीष्ट हाम्रा निम्ति स्वेच्छाले मर्नुभयो” भन्ने हुन्छ ।
पैसा, खानेकुरा, वा कपडाजस्ता वस्तुगत सम्पत्तिहरू
“सङ्गी विश्वासीलाई सहायताको आवश्यक परेको महसुस गर्छ”
यहाँ “हृदय” भनेको “सोचहरू” वा “भावनाहरू”को लागि प्रतिस्थापन शब्द हो । यहाँ “उसको दयाको हृदय बन्द गर्नु” भन्ने वाक्यांश कसैलाई अब दया नदेखाउने कुराको लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “उसलाई दया देखाउँदैन” वा “स्वेच्छाले उसलाई सहायता गर्दैन”
यूहन्नाले आफ्ना श्रोतागणलाई सिकाउन एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “परमेश्वरको प्रेम उसमा हुँदैन”
यूहन्ना पाका मानिस र उनीहरूका अगुवा थिए । उनले यो अभिव्यक्ति उनीहरूका लागि उनको प्रेम देखाउन प्रयोग गरे । तपाईंले यसलाई [१ यूहन्ना २:१]
“वचनमा” र “मुखमा” भन्ने वाक्यांशहरू दुवैले कोही व्यक्तिले भनेको कुरालाई जनाउँछ । वाक्यको दोस्रो भागमा “प्रेम” शब्दलाई बुझिएको छ । वैकल्पिक अनुवादः “मानिसहरूलाई प्रेम गर्छु मात्र नभन, तर मानिसहरूलाई सहायता गरेर तिमीहरूले उनीहरूलाई साँच्चै प्रेम गर्छौ भन्ने देखाओ”
यहाँ यूहन्नाले बताउन खोजेका कुरा सम्भवतः यो हो कि विश्वासीहरूको परमेश्वरलाई र एक अर्कालाई साँचो रूपमा प्रेम गर्ने क्षमता (हेर्नुहोस्ः १ यूहन्ना ३:१८) वास्तवमा ख्रीष्टको बारेमा भएको सत्यताबाट उत्पत्ति भएको हो ।
“हामी सत्यका हौँ” वा वैकल्पिक अनुवादः “हामी येशूले हामीलाई सिकाउनुभए बमोजिम जिइरहेका छौँ”
यहाँ “हृदय” शब्दले भावनाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “हामी दोषी महसुस गर्दैनौँ”
यहाँ “हृदयहरू” भनेको मानिसहरूको सोच वा विवेकको लागि भएको प्रतिस्थापन शब्द हो । यहाँ “हृदयले हामीलाई दोष लगाउँछ” भनेको दोषी महसुस गर्ने कुराको लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “यदि हामीले पाप गरेका छौँ भनी जान्दछौँ र फलस्वरूप दोषी महसुस गर्छौँ भने”
यहाँ “हृदयहरू” भनेको मानिसहरूको सोच वा विवेकको लागि भएको प्रतिस्थापन शब्द हो । परमेश्वर “हाम्रा हृदयहरू भन्दा बढी महान्” हुनुहुन्छ भन्नुको अर्थ परमेश्वरले कुनै व्यक्तिले भन्दा बढी जान्नुहुन्छ भन्ने हो । यसैकारण उहाँले कुनै व्यक्तिले भन्दा बढी उत्तम तरिकाले मामिलाहरूको इन्साफ गर्न सक्नुहुन्छ । यो सत्यताको प्रभाव सम्भवतः यो हो कि परमेश्वर हाम्रो विवेकले कल्पना गर्नेभन्दा बढी दयालु हुनुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीले जानेको भन्दा बढी जान्नुहुन्छ”
“तिमी मानिसहरू, जसलाई म प्रेम गर्छु, यदि” वा “प्रिय मित्रहरू, यदि ।” तपाईंले यसलाई १ यूहन्ना २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
परमेश्वरको रायको विषयमा यसरी बताइएको छ मानौँ त्यो उहाँले आफ्नो अगाडि जे भएको देख्नुहुन्छ त्यसमा भर पर्छ । वैकल्पिक अनुवादः “हामी उहाँलाई प्रसन्न बनाउने कुराहरू गर्छौँ”
भाववाचक नामपद शब्द “आज्ञा”लाई “अह्राउनु” भनेर उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई यही गर्न आज्ञा गर्नुहुन्छः विश्वास गर ... जसरी उहाँले हामीलाई त्यो गर्नलाई अह्राउनुभयो”
यो येशू, परमेश्वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।
कसैमा रहनु भनेको त्यस व्यक्तिसँग सङ्गति गर्नलाई निरन्तर दिनु हो । तपाईंले “परमेश्वरमा रहन्छ” भन्ने वाक्यांशलाई [१ यूहन्ना २:६]
1 प्रिय हो, हरेक आत्मालाई विश्वास नगर, तर ती आत्माहरू परमेश्वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर, किनभने धेरै झुटा अगमवक्ताहरू संसारमा आइसकेका छन् । 2 यसैद्वारा तिमीहरूले परमेश्वरको आत्मालाई चिन्नेछौः येशू ख्रीष्ट शरीरमा आउनुभयो भनी स्वीकार गर्ने हरेक आत्मा परमेश्वरको हो । 3 अनि येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरको होइन । यो ख्रीष्ट विरोधी आत्मा हो, जुन तिमीहरूले संसारमा आउँदै छ भनी सुनेका छौ, र त्यो संसारमा अगिदेखि नै छ । 4 मेरा प्रिय बालकहरू हो, तिमीहरू परमेश्वरका हौ, र तिमीहरूले ती आत्माहरूलाई जितेका छौ, किनभने तिमीहरूमा जो हुनुहुन्छ उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ । 5 ती आत्माहरू संसारका हुन्, यसकारण, तिनीहरूले भनेका कुराहरू संसारकै हुन्, र संसारले तिनीहरूको कुरा सुन्छ । 6 हामी परमेश्वरका हौँ । जसले परमेश्वरलाई चिन्छ, त्यसले हाम्रो कुरा सुन्छ । जो परमेश्वरका होइनन्, त्यसले हाम्रो कुरा सुन्दैन । यसैद्वारा हामी सत्यको आत्मा र झुटको आत्मालाई चिन्छौँ । 7 प्रिय हो, एक अर्कालाई प्रेम गरौँ, किनकि प्रेम परमेश्वरको हो, र हरेक जसले प्रेम गर्छ, त्यो परमेश्वरबाट जन्मेको हो र त्यसले परमेश्वरलाई चिन्छ । 8 जसले प्रेम गर्दैन, त्यसले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ । 9 यसैमा परमेश्वरको प्रेम हामीहरूमाझ प्रकट भएको छ, कि जसद्वारा हामी जिउन सकौँ भनेर परमेश्वरले संसारमा उहाँका एक मात्र पुत्र पठाउनुभएको छ । 10 यसैमा उहाँको प्रेम छ, हामीले परमेश्वरलाई प्रेम गरेकाले होइन, तर उहाँले हामीलाई प्रेम गर्नुभएको छ, अनि हाम्रा पापहरूका लागि प्रायश्चित्त हुन उहाँका पुत्र पठाउनुभयो । 11 प्रिय हो, परमेश्वरले हामीलाई यति धेरै प्रेम गर्नुभयो भने हामीले पनि एक अर्कालाई प्रेम गर्नुपर्छ । 12 परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन । यदि हामी एक अर्कालाई प्रेम गर्छौं भने परमेश्वर हामीमा रहनुहुन्छ, र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ । 13 यसैद्वारा हामी जान्दछौँ, कि हामी उहाँमा रहन्छौँ र उहाँ हामीमा रहनुहुन्छ, किनभने उहाँले हामीलाई उहाँका आत्मा दिनुभएको छ । 14 अनि हामीले देखेका छौँ र गवाही दिएका छौँ, कि पिताले संसारको मुक्तिदाता हुन पुत्रलाई पठाउनुभएको छ । 15 जसले येशू परमेश्वरको पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ, परमेश्वर त्यसमा रहनुहुन्छ र त्यो परमेश्वरमा रहन्छ । 16 अनि हामीप्रति परमेश्वरले गर्नुभएको प्रेमलाई हामीले जानेका छौँ र विश्वास गरेका छौँ । परमेश्वर प्रेम हुनुहुन्छ र जो प्रेममा रहन्छ, त्यो परमेश्वरमा रहन्छ, र परमेश्वर त्यसमा रहनुहुन्छ । 17 न्यायको दिनमा हामीमा दृढता होस् भनेर यसैमा प्रेम हामीमाझ सिद्ध बनाइएको छ, किनभने उहाँ जस्तो हुनुहुन्छ, हामी यस संसारमा त्यस्तै छौँ । 18 प्रेममा कुनै डर हुँदैन । तर सिद्ध प्रेमले डरलाई हटाउँछ, किनभने डरले दण्डसँग सरोकार राख्छ । तर जो डराउँछ, त्यो प्रेममा सिद्ध बनाइएको हुँदैन । 19 हामी प्रेम गर्दछौँ, किनभने परमेश्वरले हामीलाई पहिले प्रेम गर्नुभयो । 20 कसैले “म परमेश्वरलाई प्रेम गर्छु” भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने, त्यो झुटो हो, किनकि त्यसले देखेको आफ्नो भाइलाई प्रेम गर्दैन भने त्यसले नदेखेको परमेश्वरलाई प्रेम गर्न सक्दैन । 21 अनि उहाँबाटको यो आज्ञा हामीसँग छ, कि जसले परमेश्वरलाई प्रेम गर्छ, त्यसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ ।
यो “आत्मा” शब्दलाई यस अध्यायमा विभिन्न किसिमले प्रयोग गरिएको छ । कहिलेकाहीँ “आत्मा” शब्दले आत्मिक प्राणीहरूलाई जनाउँछ । कहिलेकाहीँ यसले केही कुराको स्वभावलाई जनाउँछ । उदाहरणको लागि, “ख्रीष्टविरोधीको आत्मा”, “सत्यताको आत्मा”, र “भूलको आत्मा” जस्ता कुराहरूले ख्रीष्टविरोधी, सत्यता, र भूलको गुणबोधक कुराहरूलाई जनाउँछन् । “आत्मा”
यदि मानिसहरूले परमेश्वरलाई प्रेम गर्छन् भने, तिनीहरूले जीवन जिउने तरिकामा र तिनीहरूले अरू मानिसहरूलाई व्यवहार गर्ने तरिकामा त्यो कुरा देखाउनुपर्छ । यसो गर्नाले परमेश्वरले हामीलाई बचाउनुभएको छ र हामी उहाँका हौँ भनेर हामीलाई भरोसा दिलाउन सक्छ, तर अरूहरूलाई प्रेम गर्नाले हामीले मुक्ति पाउने भने होइन ।
यूहन्नाले झूटा शिक्षकहरूको विुरुद्धमा चेतावनी दिन्छन् जसले ख्रीष्टसँग मानव शरीर थियो भन्ने कुराको विरुद्धमा सिकाउँछन् र ती शिक्षकहरूको विरुद्धमा पनि चेतावनी दिन्छन् जसले संसारलाई प्रेम गर्नेहरूले जसरी कुरा गर्छन् ।
“तिमी मानिसहरू, जसलाई म प्रेम गर्छु, विश्वास नगर” वा “प्रिय मित्रहरू, विश्वास नगर ।” तपाईंले यसलाई १ यूहन्ना २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यहाँ “आत्मा” शब्दले कुनै आत्मिक शक्ति वा व्यक्तित्त्वलाई जनाउँछ जसले कुनै व्यक्तिलाई कुनै सन्देश वा अगमवाणी दिन्छ । वैकल्पिक अनुवादः “त्यो हरेक अगमवक्तालाई विश्वास नगर जसले आत्माबाट सन्देश पाएको दाबी गर्छ”
यहाँ “आत्माहरू” शब्दले कुनै आत्मिक शक्ति वा व्यक्तित्त्वलाई जनाउँछ जसले कुनै व्यक्तिलाई कुनै सन्देश वा अगमवाणी दिन्छ । वैकल्पिक अनुवादः “अगमवक्ताले भन्ने कुरालाई होशियारीपूर्वक विचार गर”
यहाँ “शरीर”ले मानव देहको प्रतिनिधित्व गर्दछ । वैकल्पिक अनुवादः “मानव प्राणीको रूपमा आउनुभएको छ” वा “भौतिक शरीरमा आउनुभएको छ”
“यिनीहरू ख्रीष्टको विपरीतमा भएका अगमवक्ताहरू हुन्, जो तिमीहरूले आउँदै छन् भनी सुनेका छौ, र अहिले अगिदेखि नै संसारमा छन्”
यूहन्ना पाका मानिस र उनीहरूका अगुवा थिए । उनले यो अभिव्यक्ति उनीहरूका लागि उनको प्रेम देखाउन प्रयोग गरे । तपाईंले यसलाई [१ यूहन्ना २:१]
“झूटा शिक्षकहरूलाई विश्वास गरेका छैनौ”
“परमेश्वर जो तिमीहरूमा हुनुहुन्छ”
दुई सम्भावित अर्थहरू हुन् १) यसले शैतानलाई जनाउँछ । वैकल्पिक अनुवादः “शैतान, जो संसारमा छ” वा “शैतान, जसले परमेश्वरको आज्ञापालन नगर्नेहरू मार्फत काम गर्दछ” वा २) यसले सांसारिक शिक्षकहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सांसारिक शिक्षकहरू”
“ ... बाटका हुन्” शब्दहरू “तिनीहरूको शक्ति र अधिकार ग्रहण” गर्ने कुराको लागि अलङ्कार हो । “संसार” भनेको हुन त खुशीसाथ तिनीहरूको कुरा सुन्ने र र तिनीहरूलाई अधिकार पनि दिने पापी मानिसहरूको लागि भएको प्रतिस्थापन शब्द हो, यो अन्ततः शैतान, “त्यो जो संसारमा छ”, त्यसलाई जनाउने प्रतिस्थापन शब्द हो ।
यहाँ “संसार” भनेको हुन त खुशीसाथ तिनीहरूको कुरा सुन्ने र र तिनीहरूलाई अधिकार पनि दिने पापी मानिसहरूको लागि भएको प्रतिस्थापन शब्द हो, यो अन्ततः शैतान, “त्यो जो संसारमा छ”, त्यसलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “त्यसकारण तिनीहरू ती कुराहरू सिकाउँछन् जुन तिनीहरूले पापी मानिसहरूबाट सिकेका छन्”
“संसार” शब्द परमेश्वरको आज्ञापालन नगर्ने मानिसहरूको लागि भएको प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “त्यसैले, परमेश्वरका आज्ञा पालन नगर्ने मानिसहरूले तिनीहरूका कुरा सुन्छन्”
यूहन्नाले नयाँ स्वभावको बारेमा सिकाइरहन्छन् । उनले आफ्ना पाठकहरूलाई परमेश्वरको प्रेम र एकले अर्कालाई प्रेम गर्नुपर्ने विषयमा सिकाउँछन् ।
“तिमी मानिसहरू, जसलाई म प्रेम गर्छु, हामी प्रेम गरौँ” वा “प्रिय मित्रहरू, हामी प्रेम गरौँ ।” तपाईंले “प्रियहरू”लाई १ यूहन्ना २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“विश्वासीहरूले अरू विश्वासीहरूलाई प्रेम गर्नुपर्छ”
“र किनभने आफ्ना सङ्गी विश्वासीहरूलाई प्रेम गर्नेहरू परमेश्वरका सन्तानहरू भएका छन् र तिनीहरूले उहाँलाई चिन्छन्”
“किनभने परमेश्वरले हामीलाई एक-अर्कालाई प्रेम गर्ने तुल्याउनुहुन्छ”
यो एउटा अलङ्कार हो, जसको अर्थ कोही व्यक्तिसँग छोराको आफ्नो बाबुसँग भएको जस्तो परमेश्वरसँग सम्बन्ध छ भन्ने हुन्छ ।
“परमेश्वर प्रेम हुनुहुन्छ” भन्ने वाक्यांश एउटा अलङ्कार हो जसको अर्थ “परमेश्वरको चरित्र प्रेम हो” भन्ने हुन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसले आफ्ना सङ्गी विश्वासीहरूलाई प्रेम गर्दैनन्, तिनीहरूले परमेश्वरलाई चिन्दैनन् किनभने परमेश्वरको चरित्र चरित्र चाहिँ मानिसहरूलाई प्रेम गर्नु हो”
“यसको कारण ... हामीहरूको माझमाः परमेश्वरले आफ्नो एकमात्र पुत्र पठाउनुभएको छ” “यसको कारण” भन्ने वाक्यांशले “कि परमेश्वरले आफ्नो एकमात्र पुत्र पठाउनुभएको छ” भन्ने वाक्यांशलाई जनाउँछ ।
नामपद शब्द “प्रेम”लाई एउटा क्रियापदको रूपमा अनुवाद गर्न सकिन्छ । यस क्रियापदलाई कर्तृ वाच्यमा ल्याउन सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई प्रेम गर्नु हुन्छ भनेर देखाउनुभयो”
“येशूले जे गर्नुभयो, त्यसको कारण हामीलाई अनन्तसम्म जिउन सक्षम तुल्याउन”
“साँचो प्रेम के हो भनेर परमेश्वरले हामीलाई देखाउनुभयो”
यहाँ “प्रायश्चित” भन्ने कुराले पापको विरूद्धमा भएको परमेश्वरको क्रोधलाई शान्त पार्ने क्रूसमा येशूको मृत्युलाई जनाउँछ । यो शब्दलाई क्रियापद भएको वाक्यांशसहित अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले आफ्नो पुत्रलाई बलिदान हुनलाई पठाउनुभयो जसले हाम्रा पापहरूको विरुद्धमा भएको उहाँको क्रोधलाई शान्त बनायो”
तिमी मानिसहरू, जसलाई म प्रेम गर्छु, यदि” वा “प्रिय मित्रहरू, यदि ।” तपाईंले यसलाई १ यूहन्ना २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“किनकि परमेश्वरले हामीलाई यस्तो किसिमले प्रेम गर्नुभयो”
“विश्वासीहरूले अरू विश्वासीहरूलाई प्रेम गर्नुपर्छ”
कसैमा रहनु भनेको त्यो व्यक्तिसँग सङ्गति गर्नलाई निरन्तरता दिनु हो । तपाईंले “परमेश्वरमा रहन्छ” भन्ने कुरालाई [१ यूहन्ना २:६]
“परमेश्वरको प्रेम हामीमा पूर्ण भएको छ”
कसैमा रहनु भनेको त्यो व्यक्तिसँग सङ्गति गर्नलाई निरन्तरता दिनु हो । तपाईंले “परमेश्वरमा रहन्छ” भन्ने कुरालाई [१ यूहन्ना २:६]
“रहनुहुन्छ” भन्ने शब्दलाई अघिल्लो वाक्यांशबाट बुझिएको छ । वैकल्पिक अनुवादः “र उहाँ हामीमा रहनुहुन्छ”
तपाईंले कि त “यसैद्वारा” वा “किनकि” शब्दलाई हटाउनुभयो भने तपाईंको अनुवाद बढी स्पष्ट हुन सक्छ । वैकल्पिक अनुवादः “हामी जान्दछौँ ... हामीमा ... किनभने उहाँले ... दिनुभयो” वा “यसैद्वारा हामी जान्दछौँ ... हामीमा ... : उहाँले ... दिनुभयो”
“किनभने उहाँले हामीलाई उहाँको आत्मा दिनुभयो” वा “किनभने उहाँले आफ्नो पवित्र आत्मा हामीभित्र राखिदिनुभएको छ ।” यद्यपि, यस वाक्यांशले यो भन्न खोजेको होइन कि परमेश्वरले हामीलाई उहाँको आत्माको केही भाग दिनुभएपछि उहाँसँग आफ्नो आत्माको मात्रा कम भएको छ ।
“अनि हामी प्रेरितहरूले परमेश्वरका पुत्रलाई देखेका छौँ र सबैलाई बताउँछौँ कि परमेश्वर पिताले उहाँको पुत्रलाई पृथ्वीका मानिसहरूलाई बचाउन पठाउनुभएको छ”
यी महत्त्वपूर्ण उपाधिहरू हुन् जसले परमेश्वर र येशूको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छन् ।
“जसले उहाँ नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी येशूको बारेमा सत्य बोल्छ”
यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ ।
कसैमा रहनु भनेको त्यो व्यक्तिसँग सङ्गति गर्नलाई निरन्तरता दिनु हो । तपाईंले “परमेश्वरमा रहन्छ” भन्ने कुरालाई [१ यूहन्ना २:५-६]
“रहन्छ” भन्ने शब्दलाई अघिल्लो वाक्यांशबाट बुझिएको छ । वैकल्पिक अनुवादः “र त्यो परमेश्वरमा रहन्छ” (हेर्नुहोस्ः शब्दहरूलाई समावेश नगर्ने ढाँचा)
यो एउटा अलङ्कार हो जसको अर्थ “परमेश्वरको विशेषता प्रेम हो” भन्ने हुन्छ । तपाईंले यसलाई [१ यूहन्ना ४:८]
“तिनीहरू जसले अरूहरूलाई प्रेम गरिरहन्छन्”
कसैमा रहनु भनेको त्यो व्यक्तिसँग सङ्गति गर्नलाई निरन्तरता दिनु हो । तपाईंले “परमेश्वरमा रहन्छ” भन्ने कुरालाई [१ यूहन्ना २:५-६]
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) “यसैकारण” शब्दले [१ यूहन्ना ४:१६]
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हाम्रो लागि भएको उहाँको प्रेमलाई पूर्ण बनाउनुभएको छ”
“किनभने येशूको परमेश्वरसँग जे सम्बन्ध छ, यस संसारमा परमेश्वरसँगको हाम्रो सम्बन्ध पनि त्यही नै हो”
यहाँ “प्रेम”लाई डर हटाउने शक्ति भएको व्यक्तिलाई झैँ गरी वर्णन गरिएको छ । परमेश्वरको प्रेम सिद्ध छ । वैकल्पिक अनुवादः “तर जब हाम्रो प्रेम पूर्ण हुन्छ, हामी त्यस उप्रान्त डराउँदैनौँ”
“किनभने परमेश्वरले हामीलाई दण्ड दिनुहुनेछ कि भनेर सोच्यौँ भने मात्र हामी डराउने थियौँ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर जब कुनै व्यक्ति परमेश्वरले दण्ड दिनुहुनेछ भनी डराउँछ, उहाँको प्रेम पूर्ण भएको छैन”
“सङ्गी विश्वासीलाई घृणा गर्छ”
यदि एकैफेरमा दुई नकारात्मक भनाइहरू राख्नाले गर्दा अलमलाउने हुन्छ भने, यसलाई फरक किसिमले अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः“जसले आफ्ना भाइलाई घृणा गर्दछ, जसलाई उसले देखेको छ, उसले परमेश्वरलाई प्रेम गर्न सक्दैन, जसलाई उसले देखेको छैन”
1 जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्छ, त्यो परमेश्वरबाट जन्मेको हुन्छ । र जसले पितालाई प्रेम गर्छ, त्यसले उहाँबाट जन्मनुहुनेलाई पनि प्रेम गर्छ । 2 जब हामी परमेश्वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं, यसैद्वारा हामी परमेश्वरका सन्तानहरूलाई प्रेम गर्छौं भनी जान्दछौँ । 3 किनकि उहाँका आज्ञाहरू पालन गर्नु नै परमेश्वरको निम्ति प्रेम हो । अनि उहाँका आज्ञाहरू बोझिला छैनन् । 4 किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारलाई जित्छ । अनि संसारलाई जित्ने विजय हाम्रो विश्वास हो । 5 येशू नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्नेबाहेक संसारमाथि विजय हासिल गर्ने को हो ? 6 उहाँ यही हुनुहुन्छ जो पानी र रगतद्वारा आउनुभयो । येशू ख्रीष्ट पनि पानीद्वारा मात्र होइन, तर पानी र रगतद्वारा आउनुभयो । 7 किनकि गवाही दिनेहरू तिन छन्, 8 आत्मा, पानी र रगत अनि यी तिनै सहमत हुन्छन् । 9 हामीले मानिसहरूको गवाही स्वीकार गर्छौं भने परमेश्वरको गवाही त झनै महान् हुन्छ । किनकि परमेश्वरको गवाही यही हो, कि उहाँले आफ्ना पुत्रको बारेमा गवाही दिनुभएको छ । 10 जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ त्यो आफैँसँग गवाही हुन्छ । जसले परमेश्वरलाई विश्वास गर्दैन, त्यसले उहाँलाई झुटो बनाएको छ, किनभने परमेश्वरले उहाँका पुत्रको विषयमा दिनुभएको गवाहीलाई त्यसले विश्वास गरेको छैन । 11 अनि गवाही यही हो, कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ । 12 जससँग पुत्र छ, त्यससँग जीवन छ; जससँग परमेश्वरका पुत्र हुनुहुन्न, त्यससँग जीवन हुँदैन । 13 मैले यी कुराहरू परमेश्वरका पुत्रको नाउँमा विश्वास गर्ने अर्थात् तिमीहरूलाई लेखेको छु, ताकि तिमीहरूसित अनन्त जीवन छ भन्ने तिमीहरूले जान्न सक । 14 अनि यदि हामीले उहाँको इच्छाअनुसार कुनै पनि कुरा माग्यौँ भने, उहाँले हाम्रो बिन्ती सुन्नुहुन्छ । उहाँको सामुन्ने हामीसँग भएको दृढता यही हो । 15 अनि यदि हामीले उहाँसँग जे मागे पनि उहाँले हाम्रो बिन्ती सुनुहुन्छ भनी हामी जान्दछौँ भने हामीले उहाँसँग मागेका नम्र-निवेदनहरू हामीसँग छन् भनेर पनि हामी जान्दछौँ । 16 यदि कसैले त्यसको भाइले मृत्युमा नपुर्याउने पाप गरिरहेको देख्छ भने त्यसले प्रार्थना गर्नुपर्छ, र मृत्युमा नपुर्याउने पाप गर्ने त्यसलाई परमेश्वरले क्षमा दिनुहुनेछ । मृत्युमा पुर्याउने पाप छ । त्यसले त्यसबारे बिन्ती चढाउनुपर्छ भनी म भन्दिनँ । 17 सबै अधार्मिकता पाप हो, तर मृत्युमा नपुर्याउने पाप पनि छ । 18 हामी जान्दछौँ, कि जो परमेश्वरबाट जन्मेको छ त्यसले पाप गर्दैन; तर जो परमेश्वरबाट जन्मेको छ, परमेश्वरले त्यसलाई सुरक्षित राख्नुहुन्छ, र दुष्टले त्यसलाई छुँदैन । 19 हामी जान्दछौँ, कि हामी परमेश्वरका हौँ, र सारा संसार दुष्टको नियन्त्रणमा परेको छ । 20 तर हामी जान्दछौँ, कि परमेश्वरका पुत्र आउनुभएको छ र हामीलाई समझशक्ति दिनुभएको छ, कि जो सत्य हुनुहुन्छ हामी उहाँलाई चिनौँ, र जो सत्य हुनुहुन्छ हामी उहाँमा र उहाँका पुत्र येशू ख्रीष्टमा पनि छौँ । उहाँ साँचो परमेश्वर र अनन्त जीवन हुनुहन्छ । 21 प्रिय बालकहरू हो, तिमीहरू आफैँलाई मूर्तिहरूबाट अलग राख ।
जब मानिसहरूले येशूमा विश्वास गर्छन्, परमेश्वरले तिनीहरूलाई उहाँका छोराछोरीहरू बनाउनुहुन्छ र तिनीहरूलाई अनन्त जीवन दिनुहुन्छ ।
येशूमा विश्वास गर्ने मानिसहरूले परमेश्वरका आज्ञाहरूको पालना गर्नुपर्छ र उहाँका सन्तानालाई प्रेम गर्नुपर्छ ।
यस अध्यायमा जब यूहन्नाले मृत्युको विषयमा लेख्छन्, उनले शारीरिक मृत्युलाई जनाएका हुन् ।
“दुष्ट” भन्ने वाक्यांशले शैतानलाई जनाउँछ । परमेश्वरले त्यसलाई संसारमाथि शासन गर्न स्वीकृति दिनुभएको छ, तर परमेश्वरले नै अन्ततः सबैकुराहरूमाथि नियन्त्रण गर्नुहुन्छ । परमेश्वरले उहाँका सन्तानलाई दुष्टबाट सुरक्षित राख्नुहुन्छ ।
यूहन्नाले आफ्ना पाठकहरूलाई परमेश्वरको प्रेम र विश्वासीहरूमा हुनुपर्ने प्रेमको बारेमा सिकाउनलाई निरन्तरता दिन्छन् किनकि तिनीहरूसँग परमेश्वरबाटको यो नयाँ स्वभाव छ ।
“परमेश्वरको बालक हो”
“जब हामी परमेश्वरलाई प्रेम गर्छौं र उहाँले आज्ञा गर्नुभएअनुसार गर्छौं, तब हामी जान्दछौँ कि हामी उहाँका सन्तानलाई प्रेम गर्छौं”
“किनभने जब हामी उहाँले जे आज्ञा गर्हुन्छ त्यही गर्छौं, त्यो नै परमेश्वरको निम्ति साँचो प्रेम हो”
“उहाँले अह्राउनुभएको कुरा कठिन छैन”
“गह्रौँ” वा “लदाउने” वा “अप्ठेरो”
“परमेश्वरका सबै छोराछोरीहरूले जित्छन्”
“संसारमाथि विजय प्राप्त गर्छ”, वा “संसारको विरूद्धमा सफल हुन्छ”, वा “अविश्वासीहरूले गर्ने दुष्ट कुराहरू गर्न अस्वीकार गर्छ”
यो खण्डले संसारमा भएका सबै पापी मानिसहरू र दुष्ट व्यवस्थाहरूलाई जनाउनको लागि “संसार”को प्रयोग गर्छ । वैकल्पिक अनुवादः “संसारमा भएका सबैकुराहरू जुन परमेश्वरको विरूद्धमा छन्”
“र हामीलाई परमेश्वरको विरुद्धमा पाप गर्नलाई डोहोर्याउने कुराको प्रतिकार गर्ने शक्ति दिने कुरा यही नै होः हाम्रो विश्वास” वा “र यो हाम्रो विश्वास नै हो जसले हामीलाई परमेश्वरको विरुद्धमा पाप गर्न लगाउने कुनै पनि कुराको प्रतिकार गर्ने शक्ति दिन्छ”
आफूले सिकाउन चाहेको केही कुराको परिचय गराउनलाई यूहन्नाले यो प्रश्नको प्रयोग गरे हो । वैकल्पिक अनुवादः “संसारलाई कसले जित्छ भनेर म तिमीहरूलाई भन्नेछुः”
यसले कुनै व्यक्ति विशेषलाई जनाउँदैन तर यसलाई विश्वास गर्ने जो कोही पनि व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “जो कोही पनि जसले येशू परमेश्वरको पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ”
यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ ।
यूहन्नाले येशू ख्रीष्टको बारेमा र परमेश्वरले उहाँको बारेमा भन्नुभएको कुराको बारेमा सिकाउँछन् ।
“पानी र रगतद्वारा आउनुहुने येशू ख्रीष्ट नै हुनुहुन्छ ।” यहाँ “पानी” भनेको सम्भवतः येशूको बप्तिस्माको लागि प्रतिस्थापन शब्द हो, र “रगत”ले क्रूसमा भएको येशूको मृत्युलाई जनाउँछ । वैकल्पिक अनुवादः “येशूको बप्तिस्मामा र उहाँको क्रूसको मृत्युमा परमेश्वरले येशू ख्रीष्ट उहाँको पुत्र हुनुहुन्छ भनी देखाउनुभयो”
यहाँ “पानी” भनेको सम्भवतः येशूको बप्तिस्माको लागि प्रतिस्थापन शब्द हो, र “रगत”ले क्रूसमा भएको येशूको मृत्युलाई जनाउँछ । वैकल्पिक अनुवादः “येशू उहाँका पुत्र हुनुहुन्थ्यो भनेर परमेश्वरले उहाँको बप्तिस्माद्वारा मात्र देखाउनुभएन, तर उहाँको बप्तिस्मा र क्रूसमा भएको उहाँको मृत्युद्वारा”
परमेश्वरको भन्नुहुने कुरामा हामीले किन विश्वास गर्नुपर्दछ भन्ने बारेमा अन्तर्निहित कारणलाई अनुवादकले अझ स्पष्टसँग बताउन सक्छन्ः वैकल्पिक अनुवादः “यदि हामी मानिसहरूले भनेको कुरा विश्वास गर्छौं भने, तब परमेश्वरले भन्नुहुने कुरामा हामीले विश्वास गर्नुपर्छ, किनभने उहाँले सदैव सत्य बोल्नुहुन्छ”
“गवाही ग्रहण गर्नु” भन्ने वाक्पद्धतिको अर्थ अर्को व्यक्तिले उसले देखेको केही कुराको विषयमा दिएको साक्षीलाई विश्वास गर्नु भन्ने हुन्छ । भाववाचक नामपद शब्द “गवाही”लाई क्रियापद भएको वाक्यांशसँग अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले साक्षी दिएको कुरामा विश्वास गर्नु” वा “आफूहरूले देखेका कुराको विषयमा मानिसहरूले बताएको कुरालाई विश्वास गर्नु”
परमेश्वरको गवाही अझ बढी महत्त्वपूर्ण र बढी भरपर्दो हुन्छ
यो येशू, परमेश्वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।
“जो कोही जसले येशूमा विश्वास गर्दछ, उसले येशू परमेश्वरको पुत्र हुनुहुन्छ भनी निश्चित रूपमा जान्दछ”
“परमेश्वरलाई झूटा भनेको छ”
“किनभने परमेश्वरले उहाँको पुत्रको बारेमा सत्यता बताउनुभएको छ भनेर उसले विश्वास गरेको छैन”
“परमेश्वरले यसो भन्नुहुन्छ”
यस पत्रभर प्रयोग भएको “जीवन” शब्दले शारीरिक जीवनभन्दा बढी रहेको कुरालाई जनाउँछ । यहाँ “जीवन”ले आत्मिक रूपमा जीवित हुने कुरालाई जनाउँछ । तपाईंले यसलाई [१ यूहन्ना १:१]
“यो जीवन चाहिँ उहाँको पुत्र मार्फत हो” वा “यदि हामी उहाँको पुत्रमा सहभागी भयौँ भने हामी सदासर्वदा जिउँनेछौँ” वा “यदि हामी उहाँको पुत्रसँग एकीकृत भयौँ भने हामी सदासर्वदा जिउँनेछौँ”
यो येशू, परमेश्वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।
पुत्रसँग नजिकको सम्बन्धमा हुने कुरालाई पुत्र त्यस व्यक्तिसँग हुनुभएको जसरी बताइएको छ । वैकल्पिक अनुवादः “जसले परमेश्वरको पुत्रमा विश्वास गर्छ, त्यससँग अनन्त जीवन हुन्छ । जसले परमेश्वरको पुत्रमा विश्वास गर्दैन, त्यससँग अनन्त जीवन हुँदैन”
यसले यूहन्नाको पत्रको अन्त्यलाई सुरू गर्छ । उनले आफ्ना पाठकहरूलाई उनको पत्रको अन्तिम उद्देश्य बताउँछन् र तिनीहरूलाई केही आखिरी शिक्षाहरू दिन्छन् ।
“यो पत्र”
यहाँ “नाउँ” भनेको परमेश्वरका पुत्रको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरूलाई जसले परमेश्वरको पुत्रमा विश्वास गर्छौ”
यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ ।
भाववाचक नाउँ “दृढता”लाई “ढुक्क” भनेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी परमेश्वरको उपस्थितिमा ढुक्क छौँ किनभने हामी जान्दछौँ कि”
“यदि हामी परमेश्वरले इच्छा गर्नुहुने थोकहरूको लागि माग्छौँ भने”
“हामी जान्दछौँ कि हामीले त्यो कुरा प्राप्त गर्नेछौँ जसको लागि हामीले परमेश्वरसँग मागेका छौँ”
“सङ्गी विश्वासी”
यस पत्रभर प्रयोग भएको “जीवन” शब्दले शारीरिक जीवनभन्दा बढी रहेको कुरालाई जनाउँछ । यहाँ “जीवन”ले आत्मिक रूपमा जीवित हुने कुरालाई जनाउँछ । तपाईंले यसलाई [१ यूहन्ना १:१]
यसले परमेश्वरको उपस्थितिबाट अलग भएर बिताउनुपर्ने अनन्तता, अर्थात अनन्त मृत्युलाई जनाउँछ ।
विश्वासीहरूको पाप गर्न नसक्ने नयाँ स्वभावको बारेमा आफूले भनेका कुराहरूलाई समीक्षा गर्दै यूहन्नाले आफ्नो पत्रलाई समापन गर्छन् र तिनीहरूलाई मूर्तिहरूबाट आफूहरूलाई अलग राख्नलाई याद दिलाउँछन् ।
“दुष्ट” शब्दले शैतान, दियाबलसलाई जनाउँछ ।
कसैको शक्तिको अन्तर्गतमा पर्ने कुराले त्यसद्वारा नियन्त्रित हुने वा शासित हुने कुराको प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “सारा संसार त्यस दुष्टद्वारा नियन्त्रित छ”
यहाँ “संसार” भनेको एउटा तरिका हो जसमा केही बाइबलका लेखकहरूले परमेश्वरसँग विद्रोहमा रहेर संसारमा जिइरहेका मानिसहरूलाई र जनाउँछन् र पापको भ्रष्ट बनाउने शक्तिद्वारा हर किसिमले प्रभावित बनेको संसारको व्यवस्थालाई पनि जनाउँछन् ।
यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ ।
“हामीलाई सत्यतालाई बुझ्नका निमित्त सक्षम तुल्याउनुभएको छ”
“कसैमा” हुने कुराले त्यस व्यक्तिसँग घनिष्ठ सम्बन्ध राख्ने कुराको प्रतिनिधित्व गर्दछ, जुन भनेको उससँग एकीकृत हुनु वा उसको हुनु हो । “उहाँ जो सत्य हुनुहुन्छ” भन्ने वाक्यांशले साँचो परमेश्वरलाई जनाउँछ, र “उहाँको पुत्र येशू ख्रीष्टमा” भन्ने वाक्यांशले हामी कसरी जो सत्य हुनुहुन्छ उहाँमा छौँ भन्ने कुरालाई व्याख्या गर्छ । वैकल्पिक अनुवादः “हामी उहाँको पुत्र येशू ख्रीष्टसँग एकीकृत भएर उहाँ जो सत्य हुनुहुन्छ उहाँसँग एकीकृत भएका छौँ”
“सत्य जन” वा “साँचो परमेश्वर”
सम्भावित अर्थहरू हुन् १) “उहाँ चाहिँ”ले येशू ख्रीष्टलाई जनाउँछ, वा २) “उहाँ चाहिँ” एक साँचो परमेश्वरलाई जनाउँछ ।
उहाँलाई “अनन्त जीवन” भनिन्छ किनभने उहाँले हामिलाई अनन्त जीवन दिनुहुन्छ । वैकल्पिक अनुवादः “र उहाँ जसले अनन्त जीवन दिनुहुन्छ”
यूहन्ना पाका मानिस र उनीहरूका अगुवा थिए । उनले यो अभिव्यक्ति उनीहरूका लागि उनको प्रेम देखाउन प्रयोग गरे । तपाईंले यसलाई [१ यूहन्ना २:१]
“मूर्तिहरूबाट टाढै रहो” वा “मूर्तिहरूको पूजा नगर”
पत्रले लेखकको नाम दिँदैन । लेखकले आफैँलाई केवल एक “एल्डर”को रूपमा चिनाएका छन् । सम्भवतः यो पत्र प्रेरित यूहन्नाद्वारा उनको जीवनको आखिरी समयतिर लेखिएको थियो । २ यूहन्नामा भएका कुराहरू यूहन्नाको सुसमाचारमा भएका कुराहरूजस्तै छन् ।
यूहन्नाले यो पत्र “चुनिएकी महिला” भन्ने कोहि र “उनका छोराछोरीहरू”लाई लेखे
अनुवादकहरूले यस पुस्तकको पहिल्यैदेखि चलिआएको नाम “२ यूहन्ना” वा “दोस्रो यूहन्ना” भनेर बोलाउन छान्न सक्छन् । अथवा उनीहरूले अझ स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तो कि “यूहन्नाबाट दोस्रो पत्र” वा “यूहन्नाले लेखेको दोस्रो पत्र” ।
प्राचीन पूर्व नजिक क्षेत्रमा अतिथि-सत्कार एउटा महत्त्वपूर्ण अवधारणा थियो । विदेशीहरू वा परदेशीहरूतर्फ मैत्रीपूर्ण हुन र उनीहरूलाई खाँचो परेको खण्डमा सहयोग जुटाउन महत्त्वपूर्ण थियो । यूहन्नाले आगन्तुकहरूलाई अतिथि-सत्कार देखाएको चाहे । तर, विश्वासीहरूले झूटा शिक्षकहरूलाई अतिथि-सत्कार देखाएको उनले चाहेनन् ।
जसका विरुद्ध यूहन्नाले बोले तिनीहरू सम्भवत पछि नोस्टिक भनि चिनिने मानिसहरू थिए । यी मानिसहरू भौतिक संसार दुष्ट छ भनि विश्वास गर्थे । किनकि तिनीहरूले येशू दिव्य हुनुहुन्छ भनि विश्वास गर्थे, उहाँ वास्तवमै मानिस हुनुहुन्थ्यो भन्ने कुरा इन्कार गरे । यो उनीहरूले भौतिक शरीर दुष्ट भएका कारण परमेश्वर मानिस बन्न सक्नुहुँदैनथ्यो भनि सोचेका कारणले थियो ।
1 एल्डरबाट चुनिएकी महिला र तिनका छोराछोरीहरूलाई, जसलाई म सत्यतामा प्रेम गर्दछु- र मैले मात्र होइन तिनीहरू सबैले पनि प्रेम गर्छन् जसले सत्यता जानेका छन्- 2 हामीभित्र जुन सत्यता छ र हामीसँग सदासर्वदा रहनेछ त्यही सत्यताले गर्दा प्रेम गर्छौं । 3 परमेश्वर पिता र येशू ख्रीष्ट अर्थात् पिताको पुत्रबाट हामीमा अनुग्रह, दया र शान्ति सत्यता र प्रेममा रहोस् । 4 जसरी हामीले यो आज्ञा पिताबाट प्राप्त गर्यौँ त्यसरी नै तिम्रा केही छोराछोरीहरू सत्यतामा हिडेको मैँले भेट्टाएर म अति आनन्दित छु । 5 अब हे महिला, म तिमीलाई बिन्ती गर्दछु- मैले तिमीलाई नयाँ आज्ञा लेखिरहेको जस्तो होइन, तर हामीसँग सुरुदेखि भएको नै हो- कि हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ । 6 र प्रेम यो हो, कि हामी उहाँको आज्ञाहरूअनुसार हिड्नुपर्छ । तिमीले सुरुदेखि नै सुनेजस्तै आज्ञा यही हो कि तिमी यसमा हिड्नुपर्छ । 7 किनकि धेरै छलीहरू संसारमा गएका छन्, जसले येशू शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दैनन् । यो नै छली र ख्रीष्ट विरोधी हो । 8 आफैँलाई हेर, कि तिमीले ती कुराहरू नगुमाऊ जसको लागि हामी सबैले परिश्रम गरेका छौँ, तर तिमीले पूरा इनाम पाउन सक । 9 जो अगाडि बढिरहन्छ र ख्रीष्टको शिक्षामा रहँदैन त्यससँग परमेश्वर हुनुहुन्न । जो शिक्षामा रहन्छ योसँग पिता र पुत्र दुवै हुनुहुन्छ । 10 यदि कोही तिमीकहाँ आउँछ र यो शिक्षा ल्याउँदैन भने त्यसलाई तिम्रो घरमा स्वागत नगर र त्यसलाई अभिवादन पनि नगर । 11 किनकि जसले त्यसलाई अभिवादन गर्छ त्यो त्यसको दुष्ट कामहरूमा सहभागी हुन्छ । 12 मैले तिमीलाई धेरै कुराहरू लेख्नु छ, तर मैले ती कुराहरू कागज र मसीले लेख्ने इच्छा गरिन । तर पनि म तिमीकहाँ आउने आशा गर्छु, ताकि हाम्रो आनन्द पूर्ण होस् । 13 तिम्री चुनिएकी बहिनीका छोराछोरीहरूले तिमीलाई अभिवादन गर्छन् ।
परम्पराले प्रेरित यूहन्नालाई नै यस पत्रको लेखकको रूपमा पहिचान गर्छ । तिनी सम्भवतः कुनै महिलालाई सम्बोधन गरेर लेख्छन्, तर पनि तिनीहरूले एकले अर्कालाई प्रेम गर्नुपर्छ भनी लेखेकाले यो सम्भवतः कुनै मण्डलीलाई भनिएको हो । यस पत्रमा “तिमीहरू” र “तिमीहरूको” अर्को प्रकारले उल्लेख नगरिएसम्म सबै बहुवचनमा छन् । यस पत्रमा यूहन्नाले आफैँलाई र तिनका पाठकहरूलाई समावेश गरेर “हामीलाई” र “हाम्रो” शब्द प्रयोग गर्छन् ।
पत्रहरू यसरी सुरु गरिन्थ्यो । लेखकको नाउँ स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “म एल्डर यूहन्नाले यो पत्र चुनिएकी महिला र तिनकी सन्तानहरूलाई लेखिरहेको छु ।”
यसले प्रेरित र येशूका चेला यूहन्नालाई जनाउँछ । तिनको वृद्ध उमेरले गर्दा वा तिनी मण्डलीका अगुवा भएका हुनाले तिनी आफैँलाई पनि “एल्डर” को रूपमा जनाउँछन् ।
सम्भवतः यसले यसमा भएका विश्वासीहरूको समूह र विश्वासीहरूलाई जनाउँछ ।
यी परमेश्वर र येशू बिचको सम्बन्धलाई वर्णन गर्ने महत्त्वपूर्ण उपाधीहरू हुन् ।
“सत्य” शब्दले “प्रेम”लाई वर्णन गर्छ । सम्भवतः यसको अर्थ “साँचो प्रेममा” हुन्छ ।
यहाँ “तिम्रो” शब्द एक वचन हो ।
“जसरी परमेश्वर पिताले हामीलाई आज्ञा गर्नुभयो”
यहाँ प्रयोग भएका “तिमी” शब्दहरू एक वचन हुन् ।
“मैले तिमीलाई कुनै नयाँ कुरा गर्नलाई आज्ञा गरिरहेको जस्तो होइन”
यहाँ “सुरु” ले “हामीले पहिले विश्वास गर्दाको” समयलाई जनाउँछ । यहाँ “सुरु” ले “हामीले पहिले विश्वास गर्दाको” समयलाई जनाउँछ । वैकल्पिक अनुवादः “तर हामीले पहिले विश्वास गर्दा ख्रीष्टले हामीलाई आज्ञा गर्नुभएको कुरा नै मैले तिमीलाई लेखिरहेको छु ।”
यसलाई नयाँ वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । “र उहाँले आज्ञा गर्नुभयो, कि हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ ।”
हाम्रो जीवनलाई परमेश्वरको आज्ञाअनुसार चलाउनुलाई हामी तिनीहरूमा हिँडिरहेको जसरी नै उल्लेख गरिएको छ । “यसमा”ले प्रेमलाई जनाउँछ । वैकल्पिक अनुवादः “र उहाँले तिमीलाई आज्ञा गर्नुभएको छ, किनकि एक अर्कालाई प्रेम गर्न तिमीले पहिला विश्वास गर्यौ ।”
यूहन्नाले तिनीहरूलाई छलीहरूको बारेमा चेतावनी दिन्छन्, ख्रीष्टको शिक्षामा रहन याद दिलाउँछन्, र ख्रीष्टको शिक्षामा नरहनेहरूबाट अलग रहन तिनीहरूलाई चेतावनी दिन्छन् ।
“धेरै झुटा शिक्षकहरूले विश्वासीहरूलाई छोडेका छन्” वा “संसारमा धैरै छलीहरू छन्”
“धेरै झुटा शिक्षकहरू” वा “धेरै धोकेबाजहरू”
शरीरमा आउनु भनेको वास्तविक व्यक्ति हुनुको निम्ति प्रतिस्थापकिय भनाइ हो । वैकल्पिक अनुवादः “येशू ख्रीष्ट वास्तविक मानवको रूपमा आउनुभयो”
“अरूहरूलाई छल्ने र ख्रीष्ट स्वयम्को विरोध गर्ने तिनीहरू नै हुन्”
“होसियार रहो” वा “ध्यान देओ”
“स्वर्गमा तिम्रो भविष्यको इनाम नगुमाऊ”
“स्वर्गमा पुरा इनाम”
यसले परमेश्वर र सत्यताबारे अरू सबैभन्दा बढी जानेको दाबी गर्ने व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “जसले परमेश्वरको बारेमा धेरै जानेको दाबी गर्छ” वा “जसले सत्यताको अवाज्ञा गर्छ”
“परमेश्वरको होइन”
“ख्रीष्टको शिक्षामा रहने पिता र पुत्र दुवैको हो”
यी परमेश्वर र येशू बिचको सम्बन्धलाई वर्णन गर्ने महत्त्वपूर्ण उपाधीहरू हुन् ।
यसको अर्थ त्यसँग सम्बन्ध निर्माण गर्न त्यसलाई सम्मानका साथ स्वागत गर्नु र राम्रो व्यवहार गर्नु भन्ने हुन्छ ।
“त्यसको दुष्ट कामहरूमा सरिक हुन्छ” वा “त्यसको दुष्ट कामहरूमा सहायता गर्छ”
पद १२ मा भएका “तिमी” शब्दहरू एकवचन हुन् । पद १३ मा भएको “तिम्रो” शब्द बहुवचन हो ।
यूहन्नाको पत्र तिनीहरूलाई भेट्ने तिनको इच्छासँगै टुङ्गिन्छ र अर्को मण्डलीबाट अभिवादन पठाउँछन् ।
यूहन्ना अरू कुराहरू लेख्ने इच्छा गर्दैनन्, तर आएर तिनीहरूलाई वचन भन्न रुचाउँछन् । तिनले तिनीहरूलाई कागज र मसीबाहेक अरू कुनै कुराले लेख्न चाहन्छन् भनिरहेका छैनन् ।
यहाँ “आमने-सामने” एउटा भनाइ हो जसको अर्थ तिनीहरूको उपस्थितिमा कुरा गर्नु । वैकल्पिक अनुवादः “तिमीहरूको उपस्थितिमा कुरा गर्नु” वा “तिमीहरूसँग व्यक्तिगत रूपमा कुरा गर्नु”
यहाँ यूहन्नाले अर्को मण्डली पाठकहरूको मण्डलीको बहिनी थिएझैँ गरी र त्यस मण्डलीको हिस्साको रूपमा रहेका विश्वासीहरूचाहिँ मण्डलीका छोराछोरीहरू थिएझैँ गरी भन्छन् । यसले सबै विश्वासीहरू आत्मिक परिवार हौँ भन्ने कुरालाई जोड दिन्छ ।
पत्रले लेककको नाम दिँदैन । लेखकले आफैँलाई केवल “एल्डर”को रूपमा मात्र चिनाएका छन् (१:१)। यो पत्र सम्भवत प्रेरित यूहन्नाद्वारा उनको जीवनको अन्त्यको नजिकतिर लेखिएको हुन सक्छ ।
यूहन्नाले यो पत्र गाएस नाम भएका एक विश्वासीलाई लेखे । उनले गाएसलाई उनको क्षेत्रबाट यात्रा गरिरहेका सङ्गी विश्वासीहरूतर्फ अतिथि-सत्कारपूर्ण हुन निर्देशन दिए ।
अनुवादकहरूले यस पुस्तकको पहिल्यैदेखि चलिआएको नाम “३ यूहन्ना” वा “तेस्रो यूहन्ना” भनेर बोलाउन छान्न सक्छन् । अथवा उनीहरूले अझ स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तो कि “यूहन्नाबाट तेस्रो पत्र” वा “यूहन्नाले लेखेको तेस्रो पत्र” ।
प्राचीन पूर्व नजिक क्षेत्रमा अतिथि-सत्कार एउटा महत्त्वपूर्ण अवधारणा थियो । विदेशीहरू वा परदेशीहरूतर्फ मैत्रीपूर्ण हुन र उनीहरूलाई खाँचो परेको खण्डमा सहयोग जुटाउन महत्त्वपूर्ण थियो । २ यूहन्नामा, यूहन्नाले झुटा शिक्षकहरूलाई अतिथि-सत्कार देखाउन निरुत्साहित गरे । ३ यूहन्नामा, यूहन्नाले ख्रीष्टिएनहरूलाई विश्वासीलो शिक्षकहरूलाई अतिथि-सत्कार देखाउन उत्साहित गरे ।
लेखकले “भाइ” र “बालकहरू” जस्ता शब्दहरू यस्तो किसिमले चलाएका छन् जुन अलमल्याउने हुनसक्छ । धर्मशास्त्रले धेरैपटक “भाइहरू” भन्ने शब्द यहूदीहरूलाइ जनाउन प्रयोग गरेको छ । तर यस पत्रमा, यूहन्नाले यो शब्द ख्रीष्टिएनहरूलाई जनाउन प्रयोग गरेका छन् । साथै, यूहन्नाले केहि विश्वासीहरूलाई उनका “बालकहरू” भनेका छन् । यी ती विश्वासीहरू हुन् जसलाई उनले ख्रीष्टको आज्ञापालन गर्न सिकाए ।
यूहन्नाले “अन्यजाति” भन्ने शब्द पनि यस्तो किसिमले प्रयोग गरेका छन् जुन अलमल्याउने हुन सक्छ । धर्मशास्त्रले धेरैपटक “अन्यजाति” भन्ने शब्द ती मानिसहरूलाई जनाउन प्रयोग गरेको छ जो यहूदी होइनन् । तर यस पत्रमा, यूहन्नाले यो शब्द तिनीहरूलाई जनाउन प्रयोग गरेका छन् जसले येशूमा विश्वास गर्दैनन् ।
1 प्रिय एल्डर गायसलाई, जसलाई म सत्यतामा प्रेम गर्छु । 2 प्रिय, म प्रार्थना गर्छु, कि जसरी तिम्रो प्राणको उन्नति हुन्छ त्यसरी नै तिमीले सबै कुराहरूमा उन्नति गर र स्वस्थ्य होओ । 3 किनकी जसरी तिमी सत्यमा हिँड्छौ त्यस्तै जब भाइहरू आएर तिम्रो सत्यताप्रति गवाही दिए म अति आनन्दित भएँ । 4 योभन्दा अर्थात् मेरा छोराछोरीहरू सत्यतामा हिँड्छन् भनी सुन्नुभन्दा अरू कुनै ठूलो आनन्द मसँग हुँदैन । 5 प्रिय, भाइहरू र परदेशीहरूको निम्ति काम गर्दा तिमी विश्वासयोग्यताको अभ्यास गर्छौ, 6 जसले मण्डलीको सामु तिम्रो प्रेमको गवाही दिन्छन् । तिमीहरूले तिनीहरूलाई तिनीहरूका यात्रामा परमेश्वरको योग्य हुने तरिकाले पठाउन असल गर्छौ, 7 किनकि अन्यजातिहरूबाट केही नलिइ नाउँको खातिर तिनीहरू गए । 8 त्यसकारण यस्ताहरूलाई हामीले स्वागत गर्नुपर्छ, ताकि हामी सत्यताको लागि सहकर्मीहरू बन्न सकौँ । 9 मैले मण्डलीको निम्ति केही लेखेँ, तर डियोत्रिफस जसले तिनीहरूमा पहिलो हुन रुचाउछन् तिनले हामीलाई स्वीकार गर्दैन । 10 यसकारण यदि म आएँ भने त्यसले गर्ने कामहरू अर्थात् त्यसले कुवाक्यहरूसहित हाम्रो विरुद्ध कसरी हाँस्यास्पद कुराहरू भन्छ म सम्झनेछु । यी कुराहरूले मात्र सन्तुष्ट नभएर, त्यो आफैँले भाइहरूलाई स्वीकार गर्दैन । यसो गर्न इच्छा गर्नेहरूलाई पनि त्यसले निषेध गर्छ र तिनीहरूलाई मण्डलीबाट निकाली दिन्छ । 11 प्रिय, जे खराब छ त्यसको अनुकरण नगर, तर जे असल छ त्यसको अनुरण गर । जसले असल गर्दछ त्यो परमेश्वरको हो; जसले दुष्ट कर्म गर्छ त्यसले परमेश्वरलाई देखेको छैन । 12 डेमेत्रियसको बारेमा सबैद्वारा र सत्यता आफैँद्वारा पनि गवाही दिइन्छ । हामी पनि गवाही दिन्छौँ, र तिमी जान्दछौ, कि हाम्रो गवाही सत्य छ । 13 मैले तिमीलाई लेख्नु धेरै कुराहरू छन्, तर मैले तिनीहरूलाई कागज र मसीले लेख्ने इच्छा गर्दिनँ । 14 तर तिमीलाई छिट्टै भेट्ने आशा गर्छु, र हामी आमने सामने कुरा गर्नेछौँ । 15 तिमीलाई शान्ति होस् । मित्रहरूले तिमीलाई अभिवादन गर्छन् । मित्रहरूलाई नाउँद्वारा अभिवादन गर ।
यो यूहन्नाले गायसलाई लेखेको व्यक्तिगत पत्र हो । सबै “तिमी” र “तिम्रो” ले गायसलाई जनाउँछ र यी एकवचन हुन् ।
यसले प्रेरित र येशूका चेला यूहन्नालाई जनाउँछ । तिनको उमेरको कारणले वा तिनी मण्डलीका अगुवा भएका कारणले आफैँलाई एल्डर भनी तिनले उल्लेख गर्छन् । लेखकको नाउँलाई स्पष्ट पार्न सकिन्छः “म, एल्डर यूहन्नाले लेखिरहेको छु”
यूहन्नाले यी नै सङ्गी विश्वासीलाई यो पत्र लेख्दै छन् ।
“जसलाई म साँचो रूपमा प्रेम गर्छु” (युडीबी)
“तिमीले सबै कुरामा असल गर र स्वस्थ रहो”
“जसरी तिमीले आत्मिक रूपमा राम्रो गरिरहेका छौ”
“सङ्गी विश्वासीहरू आए ।” यी मानिसहरू सम्भवतः सबै पुरुषहरू थिए ।
कुनै मार्गमा हिँड्नु भनेको कुनै व्यक्तिले आफ्नो जीवन कसरी जिउँछ भनि जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिमी परमेश्वरको सत्यताअनुसार जिइरहेका छौ”
यूहन्नाले येशूमा विश्वास गर्न सिकाएकाहरूलाई तिनका आफ्नै छोराछोरीहरू हुन् जस्तो गरी बताउँछन् । यसले तिनीहरूप्रति तिनको प्रेम र चासो भएको कुरालाई जोड दिन्छ । तिनी आफैँले नै तिनीहरूलाई प्रभुमा डोर्याएको पनि हुन सक्छ । वैकल्पिक अनुवादः “मेरा आत्मिक छोराछोरीहरू”
यहाँ “हामी” शब्दले यूहन्ना आफैँलाई र तिनीसँग भएका र सम्भवतः सबै विश्वासीहरूलाई जनाउँछ ।
यूहन्नाले यो पत्र लेख्नुको उद्देश्य यात्रा गरिरहेका बाइबलका शिक्षकहरूको वास्ता गरेकोमा गायसको प्रशंसा गर्नु हो; त्यसपछि तिनी अरू दुई जना मानिस अर्थात् एउटा असल र अर्को खराब मानिसको बारेमा कुरा गर्छन् ।
यहाँ यसलाई सङ्गी विश्वासीको निम्ति प्यारको शब्दको रूपमा प्रयोग गरिएको छ ।
“परमेश्वरप्रति जे विश्वासयोग्य छ तिमीले त्यही गरिरहेका छौ” वा “तिमी परमेश्वरप्रति बफादार भइरहेका छौ”
“सङ्गी विश्वासीहरू र तिमीले नचिनेकाहरूलाई सहायता गर”
यी शब्दहरूले “अपरिचित व्यक्तिहरू”को वर्णन गर्छ (पद ५) । “परदेशीहरू, जसले तिमीले तिनीहरूलाई कसरी प्रेम गर्यौ भनी मण्डलीमा विश्वासीहरूलाई बताए”
यूहन्नाले गाएसलाई उनको यि विश्वासीहरूलाई सहयोग गर्ने चलनको निम्ति धन्यवाद दिइरहेका छन् ।
यहाँ “नाउँ” ले येशूलाई जनाउँछ । वैकल्पिक अनुवादः “किनकि तिनीहरू येशूको बारेमा बताउन निस्केका छन्”
कुनै उपहार वा सहायता नलिईकन नै
यहाँ “अन्यजाति” ले गैरयहूदीहरूलाई मात्र जनाउँदैन । यसले येशूमा भरोसा नगर्ने मानिसहरूलाई पनि जनाउँछ ।
“ताकि हामी पनि मानिसहरूलाई परमेश्वरको सत्यता घोषणा गर्नमा तिनीहरूसँगै सहकार्य गर्न सकौँ ।”
यहाँ “हामीलाई” शब्दले यूहन्ना र तिनीसँग भएकाहरूलाई जनाउँछ, र गायस त्यसमा पर्दैनन् ।
यसले गायस र परमेश्वरको आराधना गर्न भेला हुने विश्वासीहरूको समूहलाई जनाउँछ ।
तिनी मण्डलीका एक जना सदस्य थिए ।
“जसले तिनीहरूमा सबैभन्दा बढी महत्त्वपूर्ण हुन रुचाउँछ” वा “जसले त्यो तिनीहरूका अगुवा भएजस्तै गर्न रुचाउँछ”
“र कसरी त्यसले हाम्रो बारेमा खराब कुराहरू भन्छ, जुन नि:सन्देह सत्य छैन ।”
“सङ्गी विश्वासीहरूलाई स्वागत गर्दैन”
“त्यसले विश्वासीहरूलाई स्वागत गर्न चाहनेहरूलाई पनि रोक्छ”
“र त्यसले तिनीहरूलाई बलजफ्ती मण्डली छोड्न लगाउँछ”
यहाँ यो सङ्गी विश्वासीहरूलाई मायाले बोलाउने शब्दको रूपमा प्रयोग भएको छ । तपाईंले १:५(../01/05.md)मा यसलाई कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
“मानिसहरूले गर्ने खराब कुराहरूको नक्कल नगर”
त्यहाँ केही छोडिएका शब्दहरू छन्, तरै पनि बुझिन्छ । वैकल्पिक अनुवादः “तर मानिसहरूले गर्ने असल कुराको नक्कल गर”
“परमेश्वरको स्वामित्वमा हुन्छ”
“परमेश्वरको होइन” वा “परमेश्वरमा भरोसा गर्दैन”
यहाँ “हामी” ले यूहन्ना र तिनीसँग भएकाहरूलाई जनाउँछ र गायस यसमा पर्दैनन् ।
यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “डेमेत्रियसलाई चिन्ने सबैले तिनको बारेमा गवाही दिन्छन्” वा “डेमेत्रियसलाई चिन्ने हरेक विश्वासीले तिनको बारेमा राम्रो कुरा गर्छ”
सम्भवतः यूहन्नाले गायस र मण्डलीले स्वागत गरून् भनी चाहेका मानिस यिनी नै हुन सक्छन् ।
“र सत्यता आफैँले पनि तिनको बारेमा राम्रो बोल्छ” । यहाँ सत्यता व्यक्तिको रूपमा बोलिरहेको छ । वैकल्पिक अनुवादः “र सत्यता जान्ने हरेकले तिनी असल मानिस हुन् भनी जान्दछ”
यूहन्नाले कसलाई जनाइरहेका छन् भन्ने आशय दिइएको छ र यहाँ स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी पनि डेमेत्रियसको बारेमा राम्रो बोल्छौँ”
यो यूहन्नाले गायसलाई लेखेको पत्रको अन्तिम खण्ड हो । तिनी केही अन्तिम भनाइहरू र समापनका अभिवादन दिन्छन् ।
यूहन्नाले अरू कुराहरू लेख्न चाहेका होइनन् । तिनले कलम र मसीबाहेक अरूले केही लेख्थे भनेका पनि होइनन् ।
यहाँ “आमनेसामने” एउटा उखान हो जसको अर्थ “व्यक्तिमा” भन्ने हुन्छ । वैकल्पिक अनुवादः “व्यक्तिमा”
“परमेश्वरले तिमीलाई शान्ति दिऊन्”
“यहाँ मित्रहरूले तिमीलाई अभिवादन गरेका छन्”
“त्यहाँका विश्वासीहरू हरेकलाई मेरो तर्फबाट व्यक्तिगत रूपमा अभिवादन गर”
लेखकले आफैँलाई याकूबका भाइ यहूदाको रूपमा परिचय गराए । यहूदा र याकूब दुवै येशूका अर्ध-भाइहरू थिए । यो कुनै खास मण्डलीको लागि थियो वा के थियो भनेर जानिएको छैन ।
यस पत्रको उद्देश्य भनेको विश्वासीहरूलाई झूटा शिक्षकहरूको विरुद्धमा चेतावनी दिनु हो । यहूदाले उनका तर्कहरूलाई समर्थन प्रदान गर्नलाई पुरानो करारका विवरणहरूलाई उल्लेख गर्छन् । यसकारण, लेखकले यहूदी ख्रीष्टिएन श्रोताहरूलाई लेखिरहेका हुन सक्छन् । यस पत्रमा स्वर्गदूतहरू, दुष्टताको चिन्हस्वरूप सदोम र गमोरा, झूटा शिक्षकहरूको विरुद्धमा चेतावनीहरू जस्ता अवधारणाहरू २ पत्रुसमा भएको जस्तै छ । यहूदाले यो पत्र झूटा शिक्षकहरूको विषयमा विश्वासीहरूलाई चेतावनी दिनलाई लेखे । यहूदाले धेरैपटक पुरानो करारलाई उल्लेख गरे । यसले सुझाव दिन सक्छ कि यहूदाले यो पत्र यहूदी ख्रीष्टिएन पाठकहरूलाई लेखिरहेका थिए । यो पत्र र २ पत्रुसमा भएका खण्डहरू समान तवरका छन् । तिनीहरू दुवैले स्वर्गदूतहरू, सदोम र गमोरा, र झूटा शिक्षकहरूको विषयमा कुरा गर्छन् ।
अनुवादकहरूले यसलाई यसको पारम्परिक नाम, “यहूदा” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “यहूदाबाटको पत्र” वा “यहूदाले लेखेको पत्र” ।
यो सम्भव छ कि यहूदाले ती मानिसहरूको विरुद्धमा बोलेका थिए जसलाई पछि गएर “नोस्टिकहरू” भनेर चिनिने थियो । यी शिक्षकहरूले तिनीहरूको आफ्नै फाइदाको निमित्त धर्मशास्त्रको शिक्षाहरूलाई बङ्गाए । तिनीहरू अनैतिक तवरले जिउँथे र अरूहरूलाई पनि त्यसै गर्न सिकाउँथे ।
1 येशू ख्रीष्टका एक सेवक र याकूबका भाइ यहूदाबाट, बोलाइएकाहरू र परमेश्वर पितामा प्रिय अनि येशू ख्रीष्टको निम्ति राखिएकाहरूलाई, 2 अनुग्रह, शान्ति र प्रेम तिमीहरूका निम्ति प्रशस्त हुँदै जाओस् । 3 प्रियहरू, हाम्रो साझा मुक्तिको विषयमा मैले तिमीहरूलाई लेख्न प्रयत्न गर्दा, विश्वासीहरूलाई सधैँको निम्ति दिइएको विश्वासको लागि साँचो रूपमा सङ्घर्ष गर्न उपदेश दिनलाई मैले तिमीहरूलाई यो लेख्न आवश्यक भयो । 4 किनकि तिमीहरूका माझमा कोही मानिसहरू गुप्त रूपमा घुसेका छन् । यी ती मानिसहरू हुन् जो दण्डको निम्ति चुनिएका थिए । यी परमेश्वरको भय नमान्ने मानिसहरू हुन् जसले परमेश्वरको अनुग्रहलाई कामुकताको निम्ति भ्रष्ट पार्दछन्, र हाम्रा एक मात्र मालिक र प्रभु येशू ख्रीष्टलाई इन्कार गर्दछन् । 5 तिमीहरूले एक पटक यसलाई पूर्ण रूपमा जानेका भए, तापनि अब म तिमीहरूलाई यो सम्झना दिलाउन चाहन्छु, कि परमेश्वरले मिश्र देशबाट मानिसहरूलाई बचाउनुभयो, तर पछि विश्वास नगर्नेहरूलाई उहाँले नष्ट गर्नुभयो । 6 आफ्नो अधिकारको प्रतिष्ठालाई कायम नगरेका तर आफ्नो उचित बासस्थानलाई त्यागेका स्वर्गदूतहरूलाई परमेश्वरले अनन्तका साङ्लाहरूमा त्यस महान् दिनमा इन्साफको निम्ति पूर्ण अन्धकारमा राख्नुभएको छ । 7 यो त सदोम र गमोरा र वरपरका सहरहरूजस्तै हो, जसले आफैँलाई कामुक अनैतिकतामा संलग्न गराए र तिनीहरू अस्वाभाविक अभिलाषाहरूको निम्ति लागिपरे । अनन्तको आगोमा दण्ड भोग्नेहरूको उदाहरणको रूपमा तिनीहरू प्रकट गरिए । 8 तर यस्तै प्रकारले, यी सपना देख्नेहरूले पनि आ-आफ्ना शरीरहरूलाई दूषित गर्दछन् । तिनीहरूले अधिकारलाई इन्कार गर्दछन्, र महिमितहरूको विरुद्धमा निन्दा गर्ने कुराहरू भन्दछन् । 9 तर प्रधान दूत मिखाएलले पनि दुष्टसँग बहस गर्दा र मोशाको शरीरको विषयमा त्यससँग विवाद गर्दा, त्यसको विरुद्धमा निन्दा गर्ने इन्साफ ल्याउने साहस गरेनन् । बरु तिनले भने, “परमप्रभुले तँलाई हप्काऊन् !” 10 तर यी मानिसहरूले आफूले नबुझ्ने कुराहरूको विरुद्धमा निन्दा गर्दछन् । र यिनीहरूले बुझ्ने कुराहरू जुन विवेकहीन पशुहरूले स्वाभाविक रूपमा जान्दछन् यी कुराहरूले नै यिनीहरूलाई नष्ट गरेका छन् । 11 धिक्कार तिनीहरूलाई ! किनकि तिनीहरू कयिनको मार्गमा हिँडेका छन्, र लाभको निम्ति बालामले गरेको भुलमा सामेल भएका छन् । तिनीहरू कोरहको विद्रोहमा नष्ट भएका छन् । 12 तिमीहरूका प्रेम भोजहरूमा लुकेका कलङ्कहरू यिनीहरू नै हुन् । तिनीहरू केवल आफ्नै निम्ति मात्र निर्लज्ज रूपमा भोज खान्छन् । तिनीहरू पानी नभएका बादलहरू हुन्, जसलाई हुरीले उडाएर लैजान्छन् । तिनीहरू शरद ऋतुका निष्फल रुखहरू हुन्, जो दुई पटक मरिसकेका छन्, र जराहरूसितै उखेलिएका छन् । 13 तिनीहरू समुद्रका भयङ्कर छालहरू हुन्, जसले आफ्ना निर्लज्जताको फिँज निकाल्दछन् । तिनीहरू बत्तिएका ताराहरू हुन्, जसको निम्ति अनन्त अँध्यारोको घोर अन्धकार साँचेर राखिएको छ । 14 आदमदेखि सातौँ पुस्ताका हनोकले तिनीहरूको विषयमा यसो भनी अगमवाणी गरेका थिए, “हेर ! परमप्रभु उहाँका हजारौँ पवित्र जनसँग आउँदै हुनुहुन्छ । 15 उहाँ सबैको इन्साफ गर्न आउँदै हुनुहुन्छ । परमेश्वरको भय नमान्नेहरूले ईश्वरहीन रूपमा गरेका सबै काम, र परमेश्वरको भय नमान्ने पापीहरूले उहाँको विरुद्धमा बोलेका कठोर बोलीको दोष लगाउन उहाँ आउँदै हुनुहुन्छ ।” 16 यिनीहरू असन्तोषीहरू, गनगन गर्नेहरू हुन् जसले आफ्ना दुष्ट अभिलाषाहरूलाई पछ्याउँछन् । यिनीहरू ठुला-ठुला शेखी गर्नेहरू हुन् जसले आफ्नै फाइदाको निम्ति अरूहरूको चापलुसी गर्दछन् । 17 तर प्रिय हो, तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्टका प्रेरितहरूले पहिले बोलेका वचनहरूलाई स्मरण गर । 18 उनीहरूले तिमीहरूलाई यसो भने, “अन्त्यको समयमा गिल्ला गर्नेहरू हुनेछन् जसले आफ्नै ईश्वरहीन अभिलाषाहरूलाई पछ्याउँछन् ।” 19 यी फुट ल्याउने मानिसहरू हुन् । तिनीहरू सांसारिक हुन् र तिनीहरूसँग पवित्र आत्मा छैन । 20 तर मेरा प्रियहरू, तिमीहरू आफैँलाई सबैभन्दा पवित्र विश्वासमा निर्माण गर, र पवित्र आत्मामा प्रार्थना गर । 21 तिमीहरू आफैँलाई परमेश्वरको प्रेममा राख, हाम्रा प्रभु येशू ख्रीष्टको कृपाको निम्ति प्रतिक्षा गर जसले तिमीहरूकहाँ अनन्त जीवन ल्याउँदछ । 22 शङ्का गर्नेहरूसँग दयालु होओ । 23 अरूहरूलाई आगोबाट बाहिर निकालेर बचाओ । अरूहरूसँग होसियारीसाथ दयालु होओ । शरीरद्वारा कलङ्कित भएको वस्त्रलाई समेत घृणा गर । 24 अब तिमीहरूलाई लडखडाउनदेखि जोगाउन सक्नुहुने र उहाँको महिमामय उपस्थितिको सामु निष्कलङ्क बडो रमाहटसँग तिमीहरूलाई खडा हुन सक्षम बनाउनुहुने, 25 हाम्रा उद्धारक एक मात्र परमेश्वरलाई सारा समयभन्दा पहिलेदेखि, अहिले र अनन्तसम्म हाम्रा प्रभु येशू ख्रीष्टबाट महिमा, गरिमा, प्रभुत्व र शक्ति रहिहोस् । आमेन ।
यहूदाले आफैँलाई यस पुस्तकका लेखकको रूपमा चिनाउँछन् र आफ्ना पाठकहरूलाई अभिवादन गर्दछन् । सम्भवतः उनी येशूका सौतेनी भाइ थिए । नयाँ करारमा अन्य दुई जना यहूदा पनि उल्लेख गरिएका छन् । यहाँ शब्द “तिमीहरू” ले ती ख्रीष्टियानहरूलाई जनाउँछ जसलाई यहूदाले यो पत्र लेखेका थिए र यो शब्द सधैँ बहुवचन हुनुपर्छ ।
यहूदा याकूबका भाइ हुन् । वैकल्पिक अनुवादः “म ... को सेवक, यहूदा हुँ”
याकूब र यहूदा येशूका सौतेनी भाइहरू हुन् ।
“कृपा, शान्ति, र प्रेम तिमीहरूका निम्ति प्रशस्त मात्रामा बढ्दै जाओस् ।” आकार र सङ्ख्यामा बढ्न सक्ने वस्तुहरूका रूपमा यी विचारहरूलाई उल्लेख गरिएको छ । भाववाचक नामपद शब्दहरू जस्तै “दया”, “शान्ति”, र “प्रेम”लाई हटाउनको लागि यसलाई फरक भनाइमा पुनः बताउन सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वर तिमीहरूप्रति दयालु भइरहनुभएको होस् ताकि तिमीहरू शान्तिपूर्ण ढङ्गले जिउन सक र एक अर्कालाई अझै बढी र अझै बढी प्रेम गर्न सक”
यस पत्रमा प्रयोग भएको शब्द “हामी” ले यहूदा र विश्वासी दुवैलाई जनाउँछ ।
यहूदाले यस पत्र लेख्नुका कारणहरू विश्वासीहरूलाई बताउँछन् ।
“हामी सबैको एउटै मुक्ति”
“मैले यो लेख्नुको ठूलो आवश्यकता महसुस गरेँ” वा “मैले यो लेख्नु अत्यावश्यक भएको महसुस गरेँ”
“साँचो शिक्षाको सुरक्षा गर्नको निम्ति तिमीहरूलाई उत्साह दिनलाई”
“अन्ततः र पूर्णरूपमा”
“किनकि केही मानिसहरूले आफूपहरूप्रति ध्यानाकर्षण नगराईकन नै तिनीहरू विश्वासीहरूका माझमा आएका छन्”
यसलाई कर्तृवाच्यमा पनि उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती मानिसहरू जसलाई परमेश्वरले दण्ड दिनको निम्ति चुन्नुभयो”
परमेश्वरको अनुग्रहलाई यस्तो वस्तुको रूपमा उल्लेख गरिएको छ जसलाई कुनै खराब कुरामा परिणत गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले परमेश्वरको अनुग्रहले मानिसलाई व्यभिचारमा लागिरहन अनुमति दिन्छ भनेर सिकाउँछन्”
सम्भावित अर्थहरू हुन् १) उहाँ परमेश्वर हुनुहुन्न भनेर तिनीहरूले सिकाउँछन् वा २) यी मानिसहरूले येशू ख्रीष्टको आज्ञा मान्दैनन् ।
प्रभुलाई नपछ्याएकाहरूको बारेमा यहूदाले पुराना घटनाहरूबाट उदाहरण दिन्छन् ।
“प्रभुले इस्राएलीहरूलाई धेरै समय अगि नै मिश्र देशबाट बचाउनुभयो”
“परमेश्वरले तिनीहरूलाई दिनुभएका जिम्मेवारीहरू”
“परमेश्वरले यी स्वर्गदूतहरूलाई यस्तो अन्धकारमय कैदखानामा राख्नुभएको छ जहाँबाट तिनीहरू कहिल्यै पनि निस्कनेछैनन्”
यहाँ “अन्धकार” भनेको एउटा प्रतिस्थापन शब्द हो जसले मृतकहरूको स्थान वा नरकलाई प्रतिनिधित्व गर्दछ । वैकल्पिक अनुवादः “नरकमा घोर अन्धकारमा”
परमेश्वरले सबै जनाको इन्साफ गर्नुहुने त्यो अन्तिम दिन
यहाँ शब्द “सहरहरू”ले त्यहाँ बस्ने मानिसहरूलाई जनाउँछ ।
सदोम र गमोराका कामुक पापहरू ती स्वर्गदूतहरूका दुष्ट मार्गहरू जस्तै उहि प्रकारको विद्रोहको परिणाम हो ।
सदोम र गमोराका मानिसहरूको विनाशचाहिँ परमेश्वरलाई इन्कार गर्नेहरू सबैको अन्तिम नतिजाको निम्ति एउटा उदाहरण बन्यो ।
ती मानिसहरू जसले परमेश्वरको आज्ञालाई पालन गर्दैनन्, किनभने तिनीहरूले यस्ता दर्शनहरू देखे भनेर दाबी गरे जुन दर्शनहरूले तिनीहरूलाई त्यसो गर्ने अधिकार दिए
यस अलङ्कारले भन्छ, कि तिनीहरूका पापहरूले तिनीहरूका शरीरहरू अर्थात् तिनीहरूका व्यवहारहरूलाई अस्वीकार्य बनाउँदछ्न् जसरी खोलामा मिसाइएको फोहोरले त्यहाँको पानी पिउनको निम्ति अयोग्य बनाउँछ ।
“अपमानजनक कुराहरू बोल्नु”
यसले आत्मिक प्राणीहरूलाई जनाउँछ, जस्तै स्वर्गदूतहरू ।
बालाम एक अगमवक्ता थियो जसले एक शत्रुको निम्ति इस्राएललाई सराप्न इन्कार गर्यो, तर पछि मानिसहरूलाई, विश्वास नगर्नेहरूसँग विवाह गर्न लगाउन र मूर्तिपूजकहरू बनाउन त्यस शत्रुलाई सिकायो । कोरह त्यो व्यक्ति थियो जसले मोशाको अगुवापन र हारूनको पूजाहारीगिरीको विरुद्धमा विद्रोह गर्यो ।
“आफैँलाई नियन्त्रण गरे । तिनले ल्याएनन्” वा “ल्याउने इच्छा गरेनन्”
“खराब बोलीको इन्साफ” वा “खराब इन्साफ”
“ ... बारेमा दुष्ट, असत्य कुराहरू भन्नु”
ईश्वरहीन मानिसहरू
“ती सबै कुराहरू जसको अर्थ तिनीहरूलाई थाहै छैन ।” सम्भावित अर्थहरू हुन् १) “ती सबै असल कुराहरू जुन तिनीहरूले बुझ्दैनन्” वा २) “ती महिमितहरू, जसलाई तिनीहरूले बुझ्दैनन्” (यहूदा १:८ ।
यहाँ “मार्गमा हिँडे” भनेको “उही तरिकाले जिए” भन्ने कुराको लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “कयिनको जिएकै तरिकाले जिए”
ईश्वरहीन मानिसहरूका विषयमा बयान गर्न यहूदाले लगातार केही अलङ्कारहरूलाई प्रयोग गर्दछन् । विश्वासीहरूले आफ्ना माझमा यस्ता मानिसहरूलाई कसरी चिन्न सक्छन् भनी उनले तिनीहरूलाई भन्छन् ।
यहाँ “यिनीहरू” शब्दले यहूदा १:४ मा उल्लिखित “ईश्वरहीन मानिसहरूलाई” जनाउँछ ।
यसले समुद्रको पानीको सतहको नजिक रहेका ठूला चट्टानहरूलाई जनाउँछ । डुङ्गा चलाउनेहरूले ती चट्टानहरूलाई देख्न सक्दैनन्, यसैकारणले ती धेरै खतरनाक हुन्छन् । डुङ्गाहरू यस चट्टानमा ठोक्किए भने, ती सजिलैसोत ध्वस्त हुन सक्छन् ।
कसैले जराहरूसितै उखेलेको रूख मृत्युको निम्ति एउटा अलङ्कार हो ।
जसरी रूखहरूलाई तिनीहरूका जराहरूसँगै जमिनबाट बाहिर उखेलिन्छ, त्यसरी नै ईश्वरहीन मानिसहरू परमेश्वरबाट अलग गरिएका छन्, जो जीवनको स्रोत हुनुहुन्छ ।
जसरी समुद्रका छालहरूलाई शक्तिशाली आँधीले चलाउँछ, त्यसरी नै ईश्वरहीन मानिसहरू सजिलैसित विभिन्न दिशाहरूमा बहकाइन्छन् ।
जसरी अनियन्त्रित छालहरूमा आँधीले फोहोर फिँज निकाल्दछ, त्यसरी नै यी मानिसहरूले तिनीहरूका झुटा शिक्षा र व्यवहारहरूले आफैँलाई लाजमा पार्दछन् । वैकल्पिक अनुवादः “जसरी छालहरूले फिँज र फोहोर निकाल्छन्, यी मानिसहरूले आफ्ना लाजपूर्ण कुराहरूद्वारा अरूहरूलाई पनि दूषित पार्दछन्”
प्राचीन समयमा ताराहरूलाई अध्ययन गर्ने मानिसहरूले यस्तो विचार गर्थे, कि आज हामीले जे कुरालाई ग्रहहरू भनेर भन्छौँ, ती ग्रहहरूचाहिँ ताराहरूजस्तै गरी हिँड्दैनथे । वैकल्पिक अनुवादः “तिनीहरू हिँडिरहने ताराहरू जस्तै हुन्”
यहाँ “अन्धकार” भनेको एउटा प्रतिस्थापन शब्द हो जसले मृतकहरूको स्थान वा नरकलाई प्रतिनिधित्व गर्दछ । यहाँ “घोर अन्धकार” भनेको एउटा वाक्पद्धति हो जसको अर्थ “धेरै अँध्यारो” भन्ने हुन्छ । “साँचिएको छ” भन्ने वाक्यांशलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र परमेश्वरले तिनीहरूलाई नरकको नैराश्यता र अन्धकारमा सदाको लागि राख्नुहुनेछ”
यदि आदमलाई मानिव-जातिको पहिलो पुस्ता भनेर मानियो भने, हनोकचाहिँ सातौँ पुस्ताका हुन् । यदि आदमको छोरालाई पहिलो मानियो भने, हनोकचाहिँ छैटौँ हुन्छन् ।
“सुन” वा “मैले अब भन्न गइरहेको यस महत्त्वपूर्ण कुरामाथि ध्यान लगाओ”
“... माथि न्याय गर्न” वा “न्याय गर्न”
ती मानिसहरू जसले आज्ञाको पालना गर्न चाहँदैनन् र ईश्वरीय अधिकारको विरुद्धमा बोल्दछन् । ती मानिसहरू जसले आज्ञाको पालना गर्न चाहँदैनन् र ईश्वरीय अधिकारको विरुद्धमा बोल्दछन् । “गनगन गर्नेहरू” मन्द रूपमा बोल्दछन्, तर “गुनासो गर्नेहरू” खुला रूपमा बोल्दछन् ।
अरू मानिसहरूले सुनून् भनेर आफ्नै प्रशंसा गर्ने मानिसहरू ।
“अरूहरूको झुटो प्रशंसा गर्दछन्”
यी मानिसहरूका विषयमा यसरी बोलिएको छ, कि तिनीहरूका इच्छाहरू राजाहरू झैँ हुन् जसले तिनीहरूमाथि शासन गर्दछन् । वैकल्पिक अनुवादः “तिनीहरूले अभिलाषा गरेका दुष्ट कुराहरूलाई तिनीहरूले निरन्तर रूपमा गरेर परमेश्वरको अनादर गर्ने कामलाई कहिल्यै पनि अन्त गर्न सक्दैनन्”
ईश्वरहीन अभिलाषाहरूलाई कुनै व्यक्तिले पछ्याउने बाटो भए झैँ गरी बोलिएको छ ।
“यो यिनै गिल्ला गर्नेहरू हुन्” वा “यी गिल्ला गर्नेहरू ती व्यक्तिहरू हुन्”
अरू ईश्वरहीन मानिसहरूले विचार गरेजस्तै गरी विचार गर्दछन्, विश्वास नगर्ने मानिसहरूले मूल्यवान् ठान्ने कुराहरूलाई तिनीहरू पनि मूल्यवान् ठान्दछन्
पवित्र आत्माको विषयमा यसरी बोलिएको छ, कि उहाँ कुनै यस्तो वस्तु हुनुहुन्छ जसलाई मानिसहरूले प्राप्त गर्न सक्छन् । वैकल्पिक अनुवादः “आत्मा तिनीहरूभित्र हुनुहुन्न”
विश्वासीहरू कसरी जिउनुपर्छ र विश्वासीहरूले अरूहरूलाई कसरी व्यवहार गर्नुपर्छ भनेर यहूदाले तिनीहरूलाई बताउँछन् ।
“प्रियहरू हो, तिनीहरूजस्ता नहोओ । बरु”
परमेश्वरलाई बढ्दो रूपमा भरोसा गर्न सक्नु र उहाँको आज्ञा पालन गर्ने कुरालाई त्यो कुनै भवन निर्माण गर्ने प्रक्रिया भए झैँ गरी बोलिएको छ ।
परमेश्वरको प्रेमलाई स्वीकार्नको निम्ति सक्षम रहनु भन्ने कुरालाई कोही एक जनाले आफैँलाई कुनै ठाउँमा राखेको झैँ गरी बोलिएको छ ।
“ ... को निम्ति उत्सुक भएर प्रतिक्षा गर”
यहाँ “कृपा” शब्दले येशू ख्रीष्ट आफैँलाई जनाउँछ, जसले विश्वासीहरूलाई अनन्तको लागि उहाँसँगै बस्ने बनाउनुभएर आफ्नो कृपा तिनीहरूलाई देखाउनुहुन्छ ।
“जसले येशू परमेश्वर हुनुहुन्छ भनेर अझै विश्वास गर्दैनन्”
यो मानिसहरूलाई आगोबाट जल्नुभन्दा अगाडि बाहिर तानेर निकाल्दै गरेको चित्रण हो । वैकल्पिक अनुवादः “ख्रीष्टबाट अलग भएर मर्नबाट तिनीहरूलाई बचाउनलाई तिनीहरूका निम्ति जे गर्न आवश्यक छ त्यो गर्नु । यो तिनीहरूलाई आगोबाट तानेर निकालेको जस्तै हो”
“अरूहरूप्रति दयालु होओ, तर तिनीहरूले गरेजस्तो गरी पाप गर्न डराओ”
तिनीहरू पनि ती पापीहरू जस्तै हुन सक्छन् भनेर यहूदाले उनका पाठकहरूलाई चेतावनी दिनको निमित्त अतिरञ्जित गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूले तिनीहरूका वस्त्रहरू छोयौ मात्र भने पनि तिमीहरू पापको दोषी हुन्छौ भने जस्तो गरी तिनीहरूसँग व्यवहार गर”
यहूदाले आशिष्द्वारा अन्त्य गर्दछन् ।
उहाँको महिमा तेजस्वी प्रकाश हो जसले उहाँको महानताको प्रतिनिधित्व गर्दछ । वैकल्पिक अनुवादः “र तिमीहरूलाई उहाँको महिमाको आनन्द लिन र आराधना गर्न अनुमति दिन”
यहाँ पापलाई कुनै व्यक्तिको शरीरमा भएको फोहोर वा त्रुटी भए झैँ गरी बोलिएको छ । वैकल्पिक अनुवादः “महिमामय उपस्थिति, जहाँ तिमीहरू पापरहित हुनेछौ र ... ”
“केवल एक मात्र परमेश्वरलाई, जसले येशू ख्रीष्टले हाम्रा निम्ति गर्नुभएका कुराहरूद्वारा हामीलाई बचाउनुभयो ।” यसले यो कुरालाई जोड दिन्छ कि परमेश्वर पिता र पुत्र, दुवै नै मुक्तिदाता हुनुहुन्छ ।
सबै कुराहरूमा परमेश्वरको महिमा, पूर्ण प्रभुत्व र नियन्त्रण पहिलेदेखि थियो, अहिले छ, र सधैँ रहिरहनेछ ।
लेखकले आफैँलाई यूहन्नाको रूपमा परिचय गराए । यिनी सम्भवतः प्रेरित यूहन्ना थिए । उनले प्रकाशको पुस्तक पत्मोसको टापूमा हुँदाखेरी लेखे । मानिसहरूलाई येशूको बारेमा सिकाएका कारण रोमीहरूले यूहन्नालाई निर्वासनमा पठाएका थिए ।
विश्वासीहरूलाई कष्ट भोगिरहेका समयमा पनि विश्वासयोग्य रहनलाई प्रोत्साहन गर्नका लागि यूहन्नाले प्रकाशको पुस्तक लेखे । शैतान र त्यसका अनुयायीहरूले विश्वासीहरूको विरुद्धमा लडिरहेको र तिनीहरूलाई मारेको विषयमा उनले देखेका दर्शनहरूलाई यूहन्नाले वर्णन गरे । दर्शनहरूमा, परमेश्वरले दुष्ट मानिसहरूलाई सजाय दिनका लागि पृथ्वीमा धेरै भयानक कुराहरू हुन दिनुहुन्छ । आखिरमा, येशूले शैतान र त्यसका पक्षधरहरूलाई हराउनुहुन्छ । त्यसपछि येशूले विश्वासयोग्य रहेकाहरूलाई सान्तवना दिनुहुन्छ । साथै विश्वासीहरू सदाको लागि परमेश्वरसँग नयाँ स्वर्ग र पृथ्वीमा बस्नेछन् ।
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “प्रकाश” वा “येशू ख्रीष्टको प्रकाश” वा “सन्त यूहन्नालाई भएको प्रकाश” वा “यूहन्नाले बताएको संसारको अन्तिम सर्वनाश” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले भन्न सम्भव भएको अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “येशू ख्रीष्टले यूहन्नालाई देखाउनुभएका कुराहरू ।”
यूहन्नाले उनका दर्शनहरूलाई वर्णन गर्नको लागि एउटा विशेष किसिमको लेखनको प्रयोग गर्छन् । यूहन्नाले आफूले देखेका कुराहरूलाई थुप्रै प्रतीकहरूको प्रयोग गरेर वर्णन गरे । यस प्रकारको लेखन शैलीलाई प्रतीकात्मक अगमवाणी वा संसारको विनाशसँग सम्बन्धीत साहित्य भनिन्छ ।
सुरुको ख्रीष्टिएन कालखण्डदेखि, विद्वानहरूले प्रकाशलाई फरक-फरक तरिकाले उल्था गरेका छन् । केही विद्वानहरूले सोच्छन् कि यूहन्नाले उनको समयमा घटेका घटनाहरूलाई वर्णन गरे । केही विद्वानहरूले सोच्छन् कि यूहन्नाले उनको समयदेखि लिएर येशूको पुनरागमनसम्मको घटनाहरूलाई वर्णन गरे । अन्य विद्वानहरूले सोच्छन् कि ख्रीष्ट आउनुभन्दा ठीक अगाडिको छोटो समय अवधिमा हुने घटनाहरूलाई यूहन्नाले वर्णन गरे ।
अनुवादकहरूलाई यस पुस्तकको अनुवाद गर्नुभन्दा अगाडि त्यसको कसरी अर्थ लगाउने भनेर निर्णय गर्न जरुरी छैन । अनुवादकहरूले अगमवाणीहरूलाई यूएलटीमा प्रयोग गरिएका कालहरूमै छोड्नुपर्छ ।
बाइबलको अन्य कुनै पनि पुस्तक प्रकाशको पुस्तक झैँ छैन । तर, इजकिएल, जकरिया, विशेषगरी दानिएलमा भएका खण्डहरू प्रकाशमा भएको सामग्री र शैलीसँग एकसमान छन् । प्रकाशको पुस्तकलाई दानिएलको पुस्तक अनुवाद गरेकै समयमा अनुवाद गर्दा लाभदायी हुनसक्छ किनकि तिनीहरूमा भएका केही चित्रणहरू र शैली एकसमान किसिमका छन् ।
प्रकाशको पुस्तकलाई ठीकसँग अनुवाद गर्नका निमित्त कोही व्यक्तिले प्रकाशको पुस्तकमा प्रयोग गरिएका सबै चिन्हहरूलाई बुझ्न आवश्यक पर्दैन । अनुवादकहरूले तिनीहरूको अनुवादमा चिन्हहरू वा सङ्ख्याहरूको लागि सम्भाव्य अर्थहरू दिनुहुँदैन ।
धर्मशास्त्रले विभिन्न अवधारणाहरूमध्ये कुनै एकलाई सङ्केत गर्न यस्ता शब्दहरूको प्रयोग गर्छ । यसैकारण, अनुवादकलाई कतिपटक ती कुराहरूलाई तिनीहरूका संस्करणहरूमा राम्ररी प्रतिनिधित्व गर्न कठिन हुन जान्छ । अङ्ग्रेजीमा अनुवाद गर्दा, प्रकाशको पुस्तकको यूएलटीले निम्न सिद्धान्तहरूको प्रयोग गर्छः * दुईवटा खण्डहरूमा भएका अर्थले नैतिक पवित्रतालाई सङ्केत गर्छ । यहाँ, यूएलबीले “पवित्र” शब्दलाई प्रयोग गर्छ । (हेर्नुहोस्ः १४:१२; २२:११) * सामान्यतया प्रकाशमा दिइएको सन्दर्भले ख्रीष्टिएनहरूले निभाएका कुनै खास भूमिकाको अर्थ नदिइकन विशेषगरी तिनीहरूको साधारण उल्लेखलाई सङ्केत गरेको हुन्छ । यस्ता खण्डहरूमा, प्रकाशको पुस्तकको यूएलटीले “विश्वासी” वा “विश्वासीहरू” जस्ता शब्दहरूको प्रयोग गर्छ । (हेर्नुहोस्ः ५:८; ८:३, ४; ११:१८; १३:७; १६:६; १७:६; १८:२०, २४; १९:८; २०:९) * कहिलेकाहीँ दिइएको अर्थले कोही व्यक्ति वा केही कुरालाई परमेश्वरको लागि मात्र अलग गरिएको कुराको आशय दिन्छ । यस्ता खण्डहरूमा, यूएलटीले “शुद्ध पार्नु”, “अलग गरिएको”, “ ... लाई समर्पित गरिएको”, र “ ... को लागि संरक्षित गरिएको” जस्ता शब्दहरूको प्रयोग गर्छ ।
जसै अनुवादकहरूले यी अवधारणाहरूलाई तिनीहरूका आफ्नै संस्करणहरूमा कसरी प्रतिनिधित्व गर्ने भनेर विचार गरिरहँदा यूएसटी धेरैपटक सहयोगी हुन सक्छ ।
प्रकाशमा थुप्रै विभिन्न समयका अवधिहरूलाई उल्लेख गरिएको छ । उदाहरणको लागि, त्यहाँ बयालीस महिना, सात वर्ष, र साँढे तीन दिनको थुप्रै उल्लेख छ । यी समयका अवधिहरू प्रतीकात्मक हुन् वा होइनन् भन्ने कुरामा विद्वानहरू विभाजित छन् । अनुवादकले यी समयका अवधिहरूलाई वास्तविक समयका अवधिहरूलाई जनाएको जसरी लिनुपर्छ । यो पनि सम्भाव्य छ कि यी समयावधिहरूले प्रकाशको पुस्तकलाई केही समग्र संरचना प्रदान गर्छन्, तर यी घटनाहरूको ठ्याक्कै मिल्ने कालक्रमलाई निर्धारण गर्न धेरै कठिन छ ।यूहन्नाले प्रकाशको पुस्तकमा विभिन्न समय अवधिहरूलाई उल्लेख गरे । उदाहरणको लागि, बयालीस महिना, सात वर्ष, र साँढे तीन दिन । केही विद्वानहरूले यी समयावधिहरू प्रतीकात्मक छन् भनी ठान्छन् । अन्य विद्वानहरूले ती वास्तविक समयावधिहरू हुन् भनी ठान्छन् । अनुवादकले ती समयावधिहरूलाई तिनीहरूले वास्तविक समयावधिहरूलाई उल्लेख गरिरहेको झैँ गरेर लिनुपर्छ । त्यसपछि तिनको महत्त्व वा तिनीहरूले के कुरालाई प्रतिनिधित्व गर्छन् भन्ने कुरा निर्धारण गर्ने भाग उल्था गर्ने व्यक्तिमा जान्छ ।
निम्न दिइएका पदहरूको लागि, बाइबलका केही नयाँ संस्करणहरू पुराना संस्करणहरूभन्दा भिन्न छन् । यूएलटीले नयाँ भनाइलाई प्रयोग गर्छ र पुरानो भनाइलाई पादटिप्पणीमा राख्छ । यदि बाइबलको कुनै अनुवाद सामान्य क्षेत्रमा पाइन्छ भने, अनुवादकहरूले ती संस्करणहरूमा पाइने भनाइलाई प्रयोग गर्ने बारेमा विचार गर्नुपर्छ । यदि छैन भने नयाँ भनाइलाई पछ्याउनको लागि अनुवादकहरूलाई सुझाव दिइन्छ ।
1 परमेश्वरले आफ्ना सेवकहरूलाई अब चाँडै हुन आउने कुराहरू प्रकट गर्नुभएको यो येशू ख्रीष्टको प्रकाश हो । उहाँले यो कुरा आफ्ना स्वर्गदूत पठाउनुभई उहाँका सेवक यूहन्नालाई प्रकट गराउनुभयो । 2 परमेश्वरको वचनको सम्बन्धमा आफूले देखेका सबै कुरा र येशू ख्रीष्टको बारेमा यूहन्नाले गवाही दिएका छन् । 3 अगमवाणीको यो वचन जसले चर्को स्वरमा पढ्छ र जसले सुन्छ र यसमा लेखिएका कुराहरू पालन गर्छ, त्यो मानिस धन्यको हो, किनकि समय नजिक छ । 4 यूहन्नाबाट एसियामा भएका सातवटा मण्डलीलाईः जो हुनुहुन्छ, हुनुहुन्थ्यो अनि हुन आउनुहुनेछ उहाँबाट अनुग्रह र शान्ति, र उहाँको सिंहासनका सामु भएका सातवटा आत्मा, 5 अनि येशू ख्रीष्टबाट, जो विश्वासयोग्य गवाही हुनुहुन्छ, मृतकहरूमध्येबाट जीवित पारिनुभएका पहिलो र पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ; उहाँ जसले हामीलाई प्रेम गर्नुहुन्छ र उहाँको रगतद्वारा हामीलाई हाम्रा पापबाट स्वतन्त्र पार्नुभयो । 6 उहाँले हामीलाई एउटा राज्य बनाउनुभएको छ, अनि उहाँका पिता र परमेश्वरका निम्ति पुजारीहरू, जसलाई सदासर्वदा महिमा र शक्ति होस् । आमेन । 7 हेर, उहाँ बादलमा आउँदै हुनुहुन्छ । हरेक आँखाले उहाँलाई देख्नेछ, उहाँलाई घोच्नेहरूले पनि । अनि उहाँको कारण पृथ्वीका सबै कुलले बिलौना गर्नेछन् । यसै होस्, आमेन । 8 सर्वशक्तिमान् परमप्रभु परमेश्वर भन्नुहुन्छ, “अल्फा र ओमेगा म नै हुँ”, “उहाँ जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, र जो हुन आउनुहुनेछ ।” [टिपोटः केही संस्करणमा लेखिएको छ] “अल्फा र ओमेगा, सुरु र अन्त म नै हुँ”, परमप्रभु परमेश्वर भन्नुहुन्छ । 9 म तिमीहरूका दाजु यूहन्ना र जसले राज्य र कष्टहरूमा धैर्यसाथै सहनशीलता जुन येशूमा थिए, तिमीहरूसँगै परमेश्वरको वचन र येशू ख्रीष्टको गवाहीका निम्ति पत्मोस भनिने टापुमा थिएँ । 10 प्रभुको दिनमा म आत्मामा थिएँ । मैले मेरो पछाडि चर्को स्वरमा तुरहीको जस्तै एउटा आवाज सुने । 11 “त्यसले भन्यो, ‘तिमीले जे देख्छौ, सो एउटा पुस्तकमा लेख र सातवटा मण्डली अर्थात् एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियालाई पठाऊ’ ।” 12 कसको आवाज मसँग बोलिरहेको थियो भनी म फर्किएँ र मैले हेर्दा सातवटा सुनका सामदान देखेँ । 13 सामदानहरूका माझमा पाउसम्मै पुग्ने लामो पोशाक पहिरिनुभएका र छातीको वरिपरि सुनको पेटी बाँध्नुभएका मानिसका पुत्रजस्तै त्यहाँ एक जना हुनुहुन्थ्यो । 14 उहाँको शिर र कपाल ऊन अनि हिउँजस्तै सेता र उहाँका आँखा आगोको ज्वालाजस्तै थिए । 15 उहाँका पाउहरू भट्टीमा चम्किएका काँसाजस्ता थिए र उहाँको सोर उर्लंदो पानीको आवाजजस्तै थियो । 16 उहाँको दाहिने हातमा सातवटा तारा थिए, अनि उहाँको मुखबाट एउटा दुई-धारे धारिलो तरवार निस्किरहेको थियो । उहाँको अनुहार सुर्यको तेजझैँ चम्किरहेको थियो । 17 जब मैले उहाँलाई देखेँ, म मरेतुल्य मानिसजस्तै भएर उहाँको पाउँमा परेँ । उहाँले आफ्नो दाहिने हात ममाथि राख्नुभयो र भन्नुभयो, “नडराऊ ।” पहिलो र अन्तिम म नै हुँ । 18 म जीवित छु । म मरेको थिएँ, तर हेर, म सदाका निम्ति जीवित रहन्छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन् । 19 त्यसकारण, जे अहिले छ, र यसपछि जे हुन आउनेछ तिमीले जे देखेका छौ, सो लेख । 20 मेरो दाहिने हाततिर तिमीले देखेका सातवटा तारा र सातवटा सामदानको बारेमा लुकेको रहस्यको अर्थ सातवटा तारा सातवटा मण्डलीका दुतहरू र सातवटा सामदान सातवटा मण्डली हुन् ।”
यूहन्नाले पत्मोसको टापूमा हुँदा पाएका दर्शनको अभिलेख प्रकाशको पुस्तकले कसरी राख्छ भन्ने कुरालाई यस अध्यायले व्याख्या गर्छ ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि पुरानो करारका उद्धरणहरूलाई पृष्ठमा दायाँतिर पर सार्छन् । यूएलटीले पद ७ मा भएका उद्धरण गरिएका शब्दहरूसँग यसै गर्छ ।
यूहन्नाले यो पुस्तक सात वास्तविक मण्डलीहरूलाई लेखेका थिए, जुन मण्डलीहरू एसियाको पश्चिमी प्रायद्वीपमा अवस्थित थिए, जुन स्थान हालको टर्की देशमा पर्छ ।
बाइबलले धेरैपटक कोही व्यक्तिको स्वामित्वमा एउटा चीजलाई “सेतो” भनेर बताउँछ । यो एउटा अलङ्कार हो र त्यस व्यक्तिले धर्मी तरिकाले र परमेश्वरलाई प्रसन्न तुल्याउने गरेर जिइरहेको कुरालाई जनाउने प्रतिस्थापन शब्द हो ।
परमेश्वर अहिले हुनुहुन्छ । उहाँ सधैँ अस्तित्वमा हुनुभएको छ । उहाँ सधैँ अस्तित्वमा हुनुहुनेछ । यो कुरा बताउनलाई तपाईंको भाषामा फरक तरिका हुन सक्छ ।
रगत भनेको मृत्युको लागि प्रतिस्थापन शब्द हो । येशले “हामीलाई हाम्रा पापहरूबाट उहाँको रगतद्वारा मुक्त पार्नुभएको छ” । यूहन्नाले भन्न खोजेका कुरा यो हो कि येशूले हाम्रो लागि मर्नुभएर हामीलाई हाम्रा पापहरूबाट बचाउनुभएको छ ।
परमेश्वरले येशूलाई मृतकहरूबाट बिउँताउनुभएपछि उहाँ स्वर्गमा चढिजानुहुने बेलामा उहाँ बादलहरूभित्र जानुभयो । जब येशू फर्कनुहुन्छ, उहाँ त्यस समयमा पनि “बादलहरूमा हुनुहुनेछ” । उहाँ बादलहरूमा बसिरहनुभएको हुनेछ वा तिनमा सवार भइरहनुभएको हुनेछ अथवा कुनै अन्य तरिकाले बादलहरूमा वा “बादलहरूसँगै” आउँदै गर्नुभएको हुनेछ भन्ने कुरा अस्पष्ट छ । तपाईंको अनुवादले यसलाई त्यस किसिमले व्यक्त गर्नुपर्छ जुन तपाईंको भाषामा स्वभाविक छ ।
यसले येशूलाई जनाउँछ । येशूले आफैँलाई सुसमाचारहरूमा “मानिसको पुत्र” भन्नुहुँदा प्रयोग गरिएका शब्दहरूलाई नै प्रयोग गरेर तपाईंले “मानिसको पुत्र”लाई अनुवाद गर्नुपर्छ ।
यहाँ भएको “स्वर्गदूतहरू” शब्दको अर्थ “सन्देशवाहकहरू” पनि हुन सक्छ । यसले स्वर्गीय प्राणीहरू, वा यी सात मण्डलीहरूका सन्देशवाहकहरू वा अगुवाहरूलाई पनि जनाउन सक्छ । यूहन्नाले त्यही शब्द “स्वर्गदूत”लाई (एकवचनमा) पद १ मा र यस पुस्तकभर अन्य थुप्रै स्थानहरूमा पनि प्रयोग गर्छन् । तपाईंको अनुवादले पनि त्यही एउटै शब्दलाई प्रयोग गर्नुपर्छ ।
यो प्रकाशको पुस्तकको परिचय हो । यसले व्याख्या गर्छ कि यो येशू ख्रीष्टबाटको प्रकाश हो र यसलाई पढ्नेहरूलाई यसले एउटा आशिष् दिन्छ ।
यसले ती मानिसहरूलाई जनाउँछ जसले ख्रीष्टमा विश्वास गर्छन् ।
“ती घटनाहरू जुन छिटै हुनुपर्छ”
“त्यसलाई सञ्चार गर्नुभयो”
यूहन्नाले यो पुस्तक लेखे र यहाँ उनले आफैँलाई जनाइरहेका थिए । वैकल्पिक अनुवादः “म, यूहन्ना, उहाँको दासलाई”
“परमेश्वरले बोल्नुभएको सन्देश”
सम्भावित अर्थहरू हुन् १) यसले त्यो गवाहीलाई जनाउँछ जुन यूहन्नाले येशू ख्रीष्टको बारेमा दिएका छन् । वैकल्पिक अनुवादः “उहाँले येशू ख्रीष्टको बारेमा गवाही पनि दिनुभएको छ” वा २) “त्यो गवाही जुन येशू ख्रीष्टले आफ्नै बारेमा दिनुभएको छ”
यसले कुनै खास व्यक्तिलाई जनाउँदैन । यसले ठूलो स्वरले पाठ गर्ने जो कोहीलाई पनि जनाउँछ । वैकल्पिक अनुवादः “जो कोही पनि जसले ठूलो स्वरले पाठ गर्छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यूहन्नाले यसमा लेखेका कुराहरू पालन गर्नु” वा “तिनीहरूले यसमा पढ्ने कुराहरूको पालना गर्नु”
“हुनैपर्ने कुराहरू चाँडै हुनेछन्”
यो यूहन्नाको पत्रको सुरुवात हो । यहाँ उनले आफैँलाई लेखकको रूपमा नाम दिन्छन् र ती मानिसहरूलाई अभिवादन गर्छन् जसलाई उनले लेखिरहेका छन् ।
यो एउटा इच्छा वा आशिष् हो । हुन त ती कुराहरू वास्तवमा त्यस्ता तरिकाहरू हुन् जसअनुसार परमेश्वरले उहाँका मानिसहरूको लागि काम गर्नुभएको होस् भनी उनी चाहन्छन्, यूहन्नाले तिनको विषयमा यसरी बताउँछन् मानौँ ती परमेश्वरले दिन सक्नुहुने कुराहरू हुन् । वैकल्पिक अनुवादः “उहाँ जो ... र सात आत्माहरू ... र येशू ख्रीष्टले तिमीहरूलाई दयापूर्वक रीतिले व्यवहार गर्नुभएको होस् र तिमीहरूलाई शान्तिपूर्वक तरिकाले र सुरक्षामा जिउन सक्षम तुल्याउनुभएको होस्”
“परमेश्वरबाट, जो ... ”
भविष्यमा हुने कुरालाई आउँदै गरेको भनेर बताइएको छ ।
सङ्ख्या सात चाहिँ पूर्णता र सिद्धताको प्रतीक हो । “सात आत्माहरू”ले कि त परमेश्वरको आत्मालाई वा परमेश्वरको सेवा गर्ने सात आत्माहरूलाई जनाउँछ ।
यसले [प्रकाश १:४] (./04.md) बाटको आशिष्लाई निरन्तरता दिन्छ । “तिमीहरूलाई येशू ख्रीष्टबाट अनुग्रह र शान्ति पनि भएको होस्” वा “र येशू ख्रीष्टले तिमीहरूलाई दयापूर्वक व्यवहार गर्नुभएको होस् र तिमीहरूलाई शान्तिपूर्ण रूपमा र सुरक्षित तवरले जिउनलाई सक्षम तुल्याउनुभएको भएको होस्”
“मृत्युबाट बिउँताइनमा पहिलो व्यक्ति”
ती सबैको माझबाट जो मरेर गएका छन् । यो अभिव्यक्तिले तलको संसारमा (पातालमा) भएका सबै मृत मानिसहरूलाई एकैसाथ वर्णन गर्छ । तिनीहरूको माझबाट फर्केर आउनुले पुनः जीवित हुने कुराको विषयमा बताउँछ ।
“हामीलाई स्वतन्त्र पार्नुभएको छ”
“हामीलाई अलग गर्नुभएको छ र हामीमाथि राज गर्न थाल्नुभएको छ र उहाँले हामीलाई पूजाहारीहरू बनाउनुभएको छ”
यो एउटै व्यक्ति हुनुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वर, उहाँको पिता”
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्वर र येशूको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छ ।
यो एउटा इच्छा वा प्रार्थना हो । सम्भावित अर्थहरू हुन् १) “मानिसहरूले उहाँको महिमा र शक्तिलाई आदर गरून्” वा २) “उहाँसँग महिमा र शक्ति भएको होस् ।” यूहन्नाले प्रार्थना गर्छन् कि येशू ख्रीष्ट सम्मानित हुनुभएको होस् र सबैजना र सबैथोकमाथि राज गर्न सक्षम हुनुभएको होस् ।
यसले सम्भवतः राजाको रूपमा शासन गर्ने उहाँको अधिकारलाई जनाउँछ ।
पद ७ मा, यूहन्नाले दानिएल र जकरियाको पुस्तकबाट उद्धरण गरिरहेका छन् ।
किनकि मानिसहरूले तिनीहरूका आँखाहरूद्वारा देख्छन्, “आँखा” शब्द मानिसहरूलाई जनाउन प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “हरेक व्यक्ति” वा “सबैजना”
“उहाँलाई घोच्नेहरूले पनि उहाँलाई देख्नेछन्”
येशूलाई क्रूसमा काँटी ठोकिँदा उहाँका हातहरू र पाउहरूलाई घोचिएको थियो । यहाँ मानिसहरूले उहाँलाई मारेको कुरालाई यसले जनाउँछ । वैकल्पिक अनुवादः “उहाँलाई मारे”
... मा प्वाल पारे
यी ग्रीक वर्णमालाको पहिलो र अन्तिम अक्षरहरू हुन् । सम्भावित अर्थहरू हुन् १) “उहाँ जसले सबैकुराहरूलाई थालनी गर्नुभयो र जसले सबै कुराहरूको अन्त गर्नुहुन्छ” वा २) “उहाँ जो सधैँ जीवित रहनुभएको छ र जो सधैँ जीवित रहनुहुनेछ” । यदि पाठकहरूलाई प्रस्ट हुँदैन भने तपाईंले तपाईंको वर्णमालाको पहिलो र अन्तिम अक्षरहरूलाई प्रयोग गर्ने विषयमा विचार गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “क र ज्ञ” वा “पहिलो र अन्तिम”
भविष्यमा हुने कुरालाई आउँदै गरेको भनेर बताइएको छ ।
केही भाषाहरूले सम्पूर्ण वाक्यको सुरु वा अन्तमा “परमप्रभु परमेश्वर भन्नुहुन्छ” भनेर राख्नेछन् ।
यूहन्नाले उनको दर्शन कसरी सुरू भयो भनेर व्याख्या गर्छन् र आत्माले उनलाई दिनुभएका निर्देशनहरूलाई पनि व्याख्या गर्छन् ।
यसले सात मण्डलीहरूमा भएका विश्वासीहरूलाई जनाउँछ ।
यसलाई एउटा अलग वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म, यूहन्ना, तिमीहरूको भाइ हुँ जो तिमीहरूसँग परमेश्वरको राज्यमा सहभागी हुन्छ र साथै तिमीहरूसँगै कष्ट भोग्छ र जाँचहरूलाई धीरजसँग सहन गर्छ किनकि हामी येशूका हौँ । म ... थिएँ”
“किनभने मैले अरूहरूलाई परमेश्वरको वचन भनेँ”
“परमेश्वरले बोल्नुभएको सन्देश ।” प्रकाश १:२ मा जस्तै गरेर अनुवाद गर्नुहोस् ।
“परमेश्वरले येशूको बारेमा दिनुभएको गवाही ।” प्रकाश १:२ मा जस्तै गरेर अनुवाद गर्नुहोस् ।
यूहन्नाले परमेश्वरको आत्माद्वारा प्रभावित हुने कुरालाई यसरी बताउँछन् मानौँ उनी आत्मामा थिए । वैकल्पिक अनुवादः “म आत्माद्वारा प्रभावित थिएँ” वा “आत्माले मलाई प्रभावित गर्नुभयो”
ख्रीष्टमा भएका विश्वासीहरूको लागि आराधनाको दिन
त्यो स्वर यति ठूलो थियो कि त्यो तुरहीको आवाज झैँ सुनियो ।
यसले संगीत निकाल्ने बाजा वा कुनै घोषणा अथवा बैठकको निमित्त मानिसहरूलाई भेला हुन बोलाउने बाजालाई जनाउँछ ।
यिनीहरू पश्चिमी एसियाको क्षेत्रमा भएका सहरहरूका नाउँहरू हुन् जुन आज हालको टर्की हो ।
यूहन्नाले उनको दर्शनमा देखेका कुराहरूलाई व्याख्या गर्न थाल्छन् ।
यसले बोलिरहेको व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “को”
यो अभिव्यक्तिले कुनै मानव आकृतिलाई वर्णन गर्छ, कोही एकजना जो मानिस झैँ देखिन्छ ।
छातीमा लगाइने कपडाको टुक्रा । यसमा सुनौला धागोहरू भएको हुन सक्छ ।
ऊन र हिउँ ती कुराहरूका उदाहरणहरू हुन् जुन धेरै सेता हुन्छन् । “झैँ सेतो” भन्ने कुरालाई दोहोर्याउनाले तिनीहरू धेरै सेता थिए भनेर जोड दिन्छ ।
यो भेडा वा बाख्राको रौँ हो । यो धेरै सेतो हुन्छ भनेर जानिएको थियो ।
उहाँका आँखाहरू आगोको ज्वाला झैँ ज्योतिले परिपूर्ण थियो भनेर वर्णन गरिएको छ । वैकल्पिक अनुवादः “उहाँका आँखाहरू आगोको ज्वाला झैँ बलिरहेका थिए”
काँसालाई चम्किने र प्रकाशलाई परावर्तन गर्ने बनाउनको लागि टल्काइन्छ । वैकल्पिक अनुवादः “उहाँका पाउहरू टल्काइएका काँसा झैँ धेरै चम्किला थिए”
काँसालाई पहिला खारिने गरिन्थ्यो र त्यसपछि टल्काइने गरिन्थ्यो । वैकल्पिक अनुवादः “तातो भट्टीमा शुद्ध बनाएर टल्काइएको काँसा झैँ”
धेरै तातो आगोलाई राख्नलाई बनाइएको एउटा बलियो भाँडो । मानिसहरूले त्यसमा द्यातुलाई राख्थे, र तातो आगोले द्यातुमा भएका कुनै पनि अशुद्धताहरूलाई जलाउँथ्यो ।
छिटो बगिरहेको ठूलो नदीको, ठूलो झरनाको, वा समुद्रमा भएका ठूलो आवाज निकाल्ने छालहरूको आवाज जस्तो, यो धेरै ठूलो आवाज हो ।
तरवारको धार उहाँको मुखबाट बाहिर आइरहेको थियो । तरवार आफैँ चाहिँ चलायमान थिएन ।
यसले दुईधारे तरवारलाई जनाउँछ जुन दुवै दिशामा काट्नलाई दुवैपट्टि तीखो बनाइएको हुन्छ ।
यूहन्ना भुइँतिर फर्किँदै तल झुके । उनी सम्भवतः धेरै डराएका थिए र येशूलाई महान् आदर देखाइरहेका थिए ।
“उहाँले मलाई उहाँको दाहिने हातले छुनुभयो”
यसले येशूको अनन्त स्वभावलाई जनाउँछ ।
केही कुरामाथि शक्ति हुने कुरालाई त्यस चीजको साँचो भएको जसरी बताइएको छ । यसमा बुझिएको जानकारी यो हो कि उहाँले तिनीहरूलाई जीवन दिन सक्नुहुन्छ र पातालबाट बाहिर निकाल्न सक्नुहुन्छ जो मरेका छन् । वैकल्पिक अनुवादः “मसँग मृत्यु र पातालमाथि शक्ति छ” वा “मसँग मरिगएका मानिसहरूलाई जीवन दिने र तिनीहरूलाई पातालबाट बाहिर निकाल्ने शक्ति छ”
मानिसको पुत्र बोलिरहनुहुन्छ ।
यी ताराहरू प्रतीकहरू हुन् जसले सात मण्डलीहरूका सात दूतहरूलाई प्रतिनिधित्व गर्छन् ।
यी सामदानहरू प्रतीकहरू हुन् जसले सात मण्डलीहरूलाई प्रतिनिधित्व गर्छन् । तपाईंले यसलाई प्रकाश १:१२ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
यी “दूतहरू”का सम्भावित अर्थहरू हुन् १) स्वर्गीय दूतहरू जसले सात मण्डलीहरूलाई सुरक्षा दिन्छन् वा २) सात मण्डलीहरूलाई मानव सन्देशवाहकहरू, जुन कि त यूहन्नाबाट मण्डलीहरूकहाँ पठाइएका सन्देशवाहकहरू हुन् वा ती मण्डलीहरूका अगुवाहरू हुन् ।
यसले सात मण्डलीहरूलाई जनाउँछ जुन एसियाको दक्षिण-पश्चिमी भूभागमा त्यो समयमा वास्तवमै अवस्थित थिए । तपाईंले यसलाई प्रकाश १:११ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
1 “एफिससको मण्डलीका दूतलाई लेखः ‘जसले आफ्नो दाहिने हातमा सातवटा तारा लिनुहुने र जो सातवटा सुनका सामदानहरूका माझमा हिँड्नुहुनेका वचनहरू यिनै हुन् । 2 तिमीले गरेका काम, तिम्रो कडा परिश्रम, तिम्रो धैर्य र सहनशिलता मलाई थाहा छ । तिमीले दुष्ट मानिसहरूलाई सहन सक्दैनौ । आफैँलाई प्रेरितहरू भनी दाबी गर्नेहरूलाई तिमीले जाँचिसकेका छौ, तर ती होइनन्, र तिमीले तिनीहरूलाई झुटा भेट्टाएका छौ । 3 मलाई थाहा छ, कि तिमीमा धैर्य सहनशिलता छ, अनि मेरो नाउँको खातिर तिमीले धेरै दुःख भोगेका छौ र पनि थकित भएका छैनौ । 4 तर तिम्रो विरुद्धमा मसँग वास्तविक कुरा छः तिमीले आफ्नो पहिलो प्रेमलाई त्यागेका छौ । 5 यसकारण, तिमी कहाँबाट पतन भयौ सो सम्झ । तिमीले पहिले गरेका कामहरू गर र पश्चात्ताप गर । म तिमीकहाँ आउनेछु र तिमीले पश्चात्ताप नगरेसम्म म तिम्रो सामदानलाई त्यसको ठाउँबाट हटाइदिनेछु । 6 तर तिमीमा यो छ । निकोलाइटसहरूले गरेका कामलाई तिमीले घृणा गरेका छौ, जसलाई म पनि घृणा गर्छु । 7 मण्डलीहरूलाई आत्माले के भन्नुहुन्छ, जसको कान छ त्यसले सुनोस् । जसले जित्छ, त्यसलाई म जीवनको रुखबाट खाने अनुमति दिनेछु जुनचाहिँ परमेश्वरको स्वर्गलोक हो’ ।” 8 “स्मुर्नाको मण्डलीका दूतलाई लेखः ‘जो सुरु र अन्त्य हुनुहुन्छ यी वचनहरू उहाँका हुन्, जो मर्नुभएको थियो र जो फेरि जीवित हुनुभयो । 9 मलाई तिम्रा कष्टहरू र गरिबी थाहा छ, तर तिमी धनी छौ । अनि तिम्रो निन्दा गर्नेहरू जसले आफैलाई यहूदी हुँ भनी दाबी गर्छन्, तर तिनीहरू होइनन्, तिनीहरू त शैतानका सभाघर हुन् । 10 तिमीले भोग्नै लागेको कष्टको बारेमा नडराऊ । हेर ! शैतानले तिमीहरूमध्ये केहीलाई जाँच्नको लागि झ्यालखानामा हाल्न आँटेको छ र दस दिनका निम्ति तिमीले कष्ट भोग्नेछौ । मृत्युसम्मै विश्वासयोग्य होऊ र म तिमीलाई जीवनको मुकुट दिनेछु । 11 आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ, जसको कान छ त्यसले सुनोस् । विजय प्राप्त गर्नेलाई दोस्रो मृत्युद्वारा चोट पुर्याइनेछैन’ ।” 12 “पर्गाममको मण्डलीका दूतलाई लेखः ‘यो वचन दुई-धारे धारिलो तरवार साथमा हुनुहुनेको हो । 13 मलाई थाहा छ तिमी कहाँ बस्छौ, त्यहाँ शैतानको सिंहासन छ । तरै पनि तिमीले मेरो नाउँलाई दह्रो गरी पक्रिरखेका छौ । अनि शैतान बस्ने ठाउँमा मारिएका मेरा विश्वासयोग्य साक्षी एन्टिपासको समयमा पनि तिमीले ममाथि भएको विश्वासलाई इन्कार गरेनौ । 14 तर तिम्रो विरुद्धमा मसित केही कुरा छन्ः तिमीमध्ये कोही-कोहीले इस्राएलका छोराछोरीहरूले मूर्तिलाई बलिदान गरेको खानेकुरा खाऊन् र अनैतिक यौनमा लागून् भन्ने हेतुले ठेस लाग्ने ढुङ्गा ती छोराछोरीहरूको अगि फ्याँक्न लगाउने बालकलाई सिकाउने बालामको शिक्षालाई दह्रो गरी पक्रेका छन् । 15 त्यसै गरी, तिमीहरूमध्ये कोही-कोही निकोलाइटसका शिक्षाहरूलाई दह्रो गरी पक्रनेहरू पनि छन् । 16 त्यसैकारण, पश्चात्ताप गर ! यदि पश्चात्ताप गरेनौ भने, म तिमीकहाँ चाँडै आउनेछु र तिम्रो विरुद्धमा मेरो मुखको तरवारले युद्ध गर्नेछु । 17 जसको कान छ, त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ । जसले जित्छ, उसलाई म लुकाइएको केही मन्न दिनेछु, र पत्थरमा एउटा नयाँ नाउँ लेखिएको सेतो पत्थर म उसलाई दिनेछु, तर त्यो नाउँ पाउनेले बाहेक अरू कसैले पनि जान्दैन’ ।” 18 “थिआटीराको मण्डलीका दूतलाई लेखः ‘यी वचनहरू परमेश्वरका पुत्रका हुन्, जसका आँखा आगोको ज्वालाजस्ता र पाउ भट्टीमा टल्कने काँसाजस्ता छन् । 19 तिम्रो प्रेम, विश्वास, सेवा, तिम्रो धैर्यवान् सहनशिलता र तिमीले गरेका कामहरू मलाई थाहा छ । तिमीले अहिले जे गरेका छौ, त्यो पहिले गरेका कामहरूभन्दा बढी महत्त्वका छन् । 20 तर मसँग तिम्रो विरुद्धमा यो कुरा छः जसले आफैँलाई अगमवादिनी भन्ने स्त्री ईजेबेललाई तिमीले सहेका छौ । त्यसका शिक्षाद्वारा मेरा सेवकहरूलाई अनैतिक पाप गर्न र मूर्तिहरूलाई चढाएका खानेकुरा खान लगाउँछे । 21 मैले त्यसलाई पश्चात्ताप गर्ने समय दिएँ, तर त्यसले आफ्नो अनैतिक पापको पश्चात्ताप गर्ने इच्छा गरिन । 22 हेर ! म त्यसलाई रोगी-ओछ्यानमा फालिदिनेछु, र त्यससँग व्यभिचार गर्नेहरूलाई त्यसले गरेको कामको निम्ति पश्चात्ताप नगरेसम्म ठुलो कष्टमा पार्नेछु । 23 म त्यसका छोराछोरीहरूलाई रुढीले मारिदिनेछु, अनि म नै हुँ जसले विचार र हृदयहरूको खोजी गर्दछु भनी सबै मण्डलीले जान्नेछन् । म प्रत्येकलाई त्यसको कामअनुसारको प्रतिफल दिनेछु । 24 तर तिमीहरू थिआटीरामा बाँकी रहेकाहरू हरेक जसले यस शिक्षालाई पक्रदैन, र कतिपयले शैतानका गहिरा कुराहरू जान्दैन, तिमीहरूलाई म भन्दछु, कि तिमीहरूमाथि अरू कुनै भार बोकाउनेछैनँ । 25 जस्तोसुकै समयमा पनि म नआउन्जेलसम्म तिमीले यसलाई दरिलोसँग पक्री राख । 26 जसले जित्छ र अन्त्यसम्म मैले गरेका काम जसले गर्छ, उसलाई म जाति-जातिहरूमाथि अधिकार दिनेछु । 27 कुमालेका माटाका भाँडाहरूलाई उसले टुक्रा-टुक्रा पारेजस्तै उसले फलामको छडीले तिनीहरूमाथि शासन गर्नेछ । 28 मैले मेरा पिताबाट प्राप्त गरेजस्तै उसलाई म बिहानको तारा दिनेछु । 29 जसको कान छ उसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ’ ।”
अध्याय २ र ३ लाई सामान्यतया “सात मण्डलीहरूलाई सात पत्रहरू” भनिन्छ । तपाईंले हरेक पत्रलाई अलग-अलग गर्न सक्नुहुन्छ । तिनीहरू अलग-अलग पत्रहरू हुन् भनेर पाठकले सजिलैसँग देख्न सक्छ ।
केही अनुवादहरूले सामान्यतया पुरानो करारबाटका उद्धरणहरूलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले पद २७ मा उद्धृत गरेर ल्याइएका शब्दहरूसँग यसै गर्छ ।
स्मुर्नामा भएका ख्रीष्टिएनहरू गरिब थिए किनभने तिनीहरूसँग धेरै पैसा थिएन । तर तिनीहरू आत्मिक रूपमा धनी थिए किनभने परमेश्वरले तिनीहरूलाई तिनीहरूको कष्टभोगको निम्ति इनाम दिनुहुने थियो ।
मानिसहरूले स्मुर्नामा भएका केही ख्रीष्टिएनहरूलाई लगेर झ्यालखानामा हाल्न र तिनीहरूमध्ये केहीलाई त मार्न पनि आँटेका थिए
बालाम, बालाक, र ईजेबेल चाहिँ येशू जन्मिनुभन्दा धैरै समय अगाडिका मानिसहरू थिए । तिनीहरू सबैले इस्राएलीहरूलाई श्राप दिएर वा तिनीहरूलाई परमेश्वरको आज्ञापालन गर्नलाई छोड्ने मन गराएर तिनीहरूलाई हानी गर्ने कोसिस गरे ।
लेखकले जान्दथे कि प्राय उनका सबै पाठकहरूसँग भौतिक कान थियो । यहाँ कान शब्द चाहिँ परमेश्वरले भन्नुहुने कुरा सुन्ने अनि उहाँको आज्ञापालन गर्न चाहना गर्ने कुरालाई जनाउने प्रतिस्थापन शब्द हो ।
यहाँ “स्वर्गदूत” शब्दको अर्थ “सन्देशवाहक” पनि हुन सक्छ । यसले मण्डलीको सन्देशवाहक वा अगुवालाई पनि जनाउन सक्छ । तपाईंले “स्वर्गदूत”लाई प्रकाश १:२० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यी शब्दहरू भएका पदहरूको अनुवाद गर्न कठिन हुन सक्छ । तिनीहरूले पूर्ण वाक्यहरू बनाउँदैनन् । तपाईंले यी पदहरूमा “यिनीहरू ... हुन्” भन्ने शब्दहरूलाई थप्नुपर्ने हुन सक्छ । साथै, येशूले उहाँले अरू नै कोही व्यक्तिको विषयमा कुरा गरिरहनुभएको झैँ गरेर आफ्नै बारेमा बताउनलाई पनि यी शब्दहरूको प्रयोग गर्नुभयो । तपाईंको भाषाले मानिसहरूलाई तिनीहरूको आफ्नै बारेमा अरू मानिसहरूको विषयमा कुरा गरिरहेको झैँ गरेर बोल्न नदिन सक्छ । येशूले प्रकाश १:१७ मा बोल्न सुरु गर्नुभयो । उहाँले अध्याय ३ को अन्तसम्मै बोलिरहनुहुन्छ ।
यो एफिससमा रहेको मण्डलीको दूतको लागि मानिसको पुत्रको सन्देशको सुरुवात हो ।
यी “दूत”को सम्भावित अर्थहरू हुन् १) एक स्वर्गीय दूत जसले मण्डलीको रक्षा गर्छन् वा २) मण्डलीहरूलाई एक मानव सन्देशवाहक, जुन कि त यूहन्नाबाट त्यस मण्डलीकहाँ पठाइएका सन्देशवाहक हुन् वा मण्डलीहरूका अगुवा हुन् । तपाईंले “दूत”लाई प्रकाश १:२० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यी ताराहरू प्रतीकहरू हुन् । तिनीहरूले सात मण्डलीहरूका सात दूतहरूलाई प्रतिनिधित्व गर्छन् । तपाईंले [प्रकाश १:१६]
सामदानहरू ती प्रतीकहरू हुन् जसले सात मण्डलीहरूलाई प्रतिनिधित्व गर्छन् । तपाईंले [प्रकाश १:१२]
“परिश्रम” र “सहनशीलता”हरू भाववाचक नाउँहरू हुन् र तिनीहरूलाई “काम गर्नु” र “सहनु” जस्ता क्रियापदहरूसँग अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि तिमी धेरै मिहिनेत गर्छौ र तिमी धीरजी भएर सहन्छौ भनेर म जान्दछु”
“तर प्रेरितहरू होइनन्”
“तिमीले थाहा गरेका छौ कि ती मानिसहरू झूटा प्रेरितहरू हुन्”
यहाँ “नाम” भनेको येशू ख्रीष्टको व्यक्तित्वको लागि एउटा प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “मेरो कारण” वा “किनभने तिमीले मेरो नाममा विश्वास गर्छौ” वा “किनभने तिमीले ममा विश्वास गर्छौ”
निरुत्साहित हुने कुरालाई थाकेको जसरी बताइएको छ । वैकल्पिक अनुवादः “तिमी निरुत्साहित भएका छैनौ” वा “तिमीले छोडेका छैनौ”
“म तिमीलाई समर्थन गर्दिन किनभने” वा “म तिमीसँग रिसाएको छु किनभने”
केही कुरा गर्न छोड्नुलाई पछाडि छोडेको झैँ गरी बताइएको छ । प्रेमलाई कुनै वस्तु भए झैँ गरी बताइएको छ जसलाई पछाडि छोड्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीले मलाई त्यसरी प्रेम गर्न छोडेका छौ जसरी तिमीले सुरु-सुरुमा गर्थ्यौ”
तिनीहरूले पहिले गरेजस्तै गरी प्रेम नगर्नुलाई खस्न पुगेको झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “तिमी कति धेरै परिवर्तन भएका छौ” वा “तिमीले मलाई कति प्रेम गर्थ्यौ”
“यदि तिमीले पश्चात्ताप गरेनौ भने”
सामदानहरू ती प्रतीकहरू हुन् जसले सात मण्डलीहरूलाई प्रतिनिधित्व गर्छन् । तपाईंले “सामदान”लाई [प्रकाश १:१२]
निकोलाउस नाम गरेका मानिसको शिक्षाहरूलाई अनुशरण गर्ने मानिसहरू
येशूले जोड दिइरहनुभएको छ कि उहाँले भर्खर मात्र भन्नुभएको कुरा महत्त्वपूर्ण छ र त्यसलाई बुझ्न र अभ्यासमा उतार्न केही प्रयत्नको खाँचो पर्न सक्छ । यहाँ “ ... सँग कान छ” भन्ने वाक्यांश चाहिँ बुझ्न र आज्ञापालन गर्नको लागि भएको तत्परताको निमित्त प्रतिस्थापन शब्दहरू हुन् । वैकल्पिक अनुवादः “जसले सुन्न इच्छा गरिरहेको छ, सुनोस्” वा “सुन्न इच्छा गरिरहेको व्यक्तिले बुझोस् र आज्ञापालन गरोस्”
किनकि येशूले प्रत्यक्ष रूपमा उहाँका श्रोतागणलाई भनिरहनुभएको छ, तपाईंले यहाँ द्वितीय पुरुषलाई प्रयोग गर्न रुचाउन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यदि तिमीले सुन्न इच्छा गरिरहेका छौ भने, ... लाई सुन” वा “यदि तिमीले बुझ्न इच्छा गरिरहेका छौ भने, तब बुझ र आज्ञापालन गर”
यसले जित्ने जो कोहीलाई पनि जनाउँछ । वैकल्पिक अनुवादः “जो कोही पनि जसले दुष्टताको प्रतिरोध गर्छ” वा “जो दुष्ट कुराहरू गर्न सहमत हुँदैनन्”
“परमेश्वरको बगैँचा ।” यो स्वर्गको लागि एउटा प्रतीक हो ।
यो स्मुर्नामा रहेको मण्डलीको दूतको लागि मानिसको पुत्रको सन्देशको सुरुवात हो ।
यी “दूत”को सम्भावित अर्थहरू हुन् १) एक स्वर्गीय दूत जसले मण्डलीको रक्षा गर्छन् वा २) मण्डलीहरूलाई एक मानव सन्देशवाहक, जुन कि त यूहन्नाबाट त्यस मण्डलीकहाँ पठाइएका सन्देशवाहक हुन् वा मण्डलीहरूका अगुवा हुन् । तपाईंले “दूत”लाई प्रकाश १:२० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यो पश्चिमी एसियाको एक भागमा भएको सहरको नाउँ हो जुन आज हालको टर्की हो । तपाईंले यसलाई [प्रकाश १:११]
यसले येशूको अनन्त स्वभावलाई जनाउँछ । तपाईंले यसलाई [प्रकाश १:१७]
“दुःख भोग” र “दरिद्रता”लाई क्रियापदहरूको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म जान्दछु कि तिमीले दुःख भोगेका छौ र तिमी कति गरिब छौ”
“निन्दा”लाई क्रियापदको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले कसरी तिम्रो निन्दा गरेका छन् भनेर मलाई थाहा छ-तिनीहरू जसले आफूहरूलाई यहूदीहरू भन्छन्” वा “मानिसहरूले तिम्रो बारेमा कसरी कठोर कुराहरू भनेका छन् भनेर मलाई थाहा छ-तिनीहरू जसले आफूहरूलाई यहूदीहरू भन्छन्”
“तर तिनीहरू वास्तविक यहूदीहरू होइनन्”
शैतानको आज्ञापालन गर्न वा सम्मान गर्न भेला भएका मानिसहरूलाई यसरी बताइएको छ कि मानौँ तिनीहरू कुनै सभाघर हुन्, जुन यहूदीहरूको लागि आराधना गर्ने र शिक्षा दिने ठाउँ हो ।
यहाँ “दुष्ट” शब्द भनेको दुष्टको आज्ञापालन गर्ने मानिसहरूको लागि भएको प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “दुष्टले चाँडै तिमीहरूमध्ये केहीलाई झ्यालखानामा हाल्न अरूहरूलाई लगाउनेछ”
“तिनीहरूले तिमीलाई मारे तापनि मप्रति विश्वासयोग्य होऊ ।” “सम्मै” शब्दको प्रयोगले दिन खोजेको अर्थ यो होइन कि तपाईंले मृत्युमा चाहिँ विश्वासयोग्य हुन छोड्नुपर्छ ।
“विजेताको मुकुट ।” यो खासगरी जैतूनका हाँगाहरू वा लौरेलको रूखको पातहरूले बनेको एउटा हार थियो जुन विजयी खेलाडिको शिरमा पहिराइन्थ्यो ।
सम्भावित अर्थहरू हुन् १) “एउटा मुकुट जसले देखाउँछ कि मैले तिमीलाई अनन्त जीवन दिएको छु” वा २) “विजेताको मुकुट झैँ पुरस्कारको रूपमा साँचो जीवन”
येशूले जोड दिइरहनुभएको छ कि उहाँले भर्खर मात्र भन्नुभएको कुरा महत्त्वपूर्ण छ र त्यसलाई बुझ्न र अभ्यासमा उतार्न केही प्रयत्नको खाँचो पर्न सक्छ । यहाँ “ ... सँग कान छ” भन्ने वाक्यांश चाहिँ बुझ्न र आज्ञापालन गर्नको लागि भएको तत्परताको निमित्त प्रतिस्थापन शब्दहरू हुन् । तपाईंले यस वाक्यांशलाई [प्रकाश २:७]
किनकि येशूले प्रत्यक्ष रूपमा उहाँका श्रोतागणलाई भनिरहनुभएको छ, तपाईंले यहाँ द्वितीय पुरुषलाई प्रयोग गर्न रुचाउन सक्नुहुन्छ । तपाईंले यस वाक्यांशलाई [प्रकाश २:७]
यसले जित्ने जो कोहीलाई पनि जनाउँछ । तपाईंले यसलाई [प्रकाश २:७]
“दोस्रो मृत्युको अनुभव गर्नेछैन” वा “दोस्रो पटक मर्नेछैन”
यो पर्गामममा रहेको मण्डलीको दूतको लागि मानिसको पुत्रको सन्देशको सुरुवात हो ।
यी “दूत”को सम्भावित अर्थहरू हुन् १) एक स्वर्गीय दूत जसले मण्डलीको रक्षा गर्छन् वा २) मण्डलीहरूलाई एक मानव सन्देशवाहक, जुन कि त यूहन्नाबाट त्यस मण्डलीकहाँ पठाइएका सन्देशवाहक हुन् वा मण्डलीहरूका अगुवा हुन् । तपाईंले “दूत”लाई प्रकाश १:२० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यो पश्चिमी एसियाको एउटा भागमा भएको एउटा सहरको नाउँ हो जुन आज हालको टर्की हो । तपाईंले यसलाई [प्रकाश १:११]
यसले दुईधारे तरवारलाई जनाउँछ, जुन दुवै दिशामा काट्ने बनाउन दुवैतिर तीखो बनाइएको हुन्छ । तपाईंले यसलाई प्रकाश १:१६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
सम्भावित अर्थहरू हुन् १) मानिसहरूमा शैतानको शक्ति र प्रभाव, वा २) शैतानले शासन गर्ने स्थान ।
यहाँ “नाम” भनेको व्यक्तिको लागि प्रतिस्थापन शब्द हो । बलियो गरी विश्वास गर्ने कुरा चाहिँ बलियो गरी पक्रने कुरा भए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “तिमीले ममा बलियो गरी विश्वास गर्छौ”
“विश्वास”लाई “विश्वास गर्नु” भनेर क्रियापदको रूपमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमी ममा विश्वास गर्छौ भनेर तिमीले मानिसहरूलाई बताइरह्यौ”
यो एउटा मानिसको नाउँ हो ।
“तिमीहरूले गरेको केही कुराहरूले गर्दा म तिमीहरूलाई समर्थन गर्दिन” वा “तिमीहरूले गरेको केही कुराहरूले गर्दा म तिमीहरूसँग रिसाएको छु ।” तपाईंले यसलाई प्रकाश २:४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
सम्भावित अर्थहरू हुन् १) “जसले बालामले सिकाएको कुरा सिकाउँछन्; उसले” वा २) “जसले बालामले सिकाएको कुरा गर्छन्; उसले”
यो एउटा राजाको नाउँ हो ।
मानिसहरूलाई पाप गर्न डोहोर्याउने कुरालाई यसरी बताइएको छ मानौँ त्यो बाटोमा भएको कुनै ढुङ्गा हो जसमा मानिसहरूले ठेस खान्छन् । वैकल्पिक अनुवादः “जसले इस्राएलका मानिसहरूलाई कसरी पाप गर्न लगाउने भनेर बालाकलाई सिकाए”
“यौन सम्बन्धीको पाप गर्न” वा “यौन सम्बन्धीको पापमा लाग्न”
यो निकोलाउस नाम गरेका मानिसको शिक्षाहरूलाई अनुशरण गर्ने मानिसहरूको समूहलाई दिइएको नाम थियो । तपाईंले यसलाई [प्रकाश २:६]
“यसैकारण पश्चात्ताप गर”
क्रियापदलाई अघिल्लो वाक्यांशबाट थप्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि तिमीले पश्चात्ताप गरेनौ भने, म”
“तिनीहरूको विरुद्धमा लड्नु”
यसले [प्रकाश १:१६]
येशूले जोड दिइरहनुभएको छ कि उहाँले भर्खर मात्र भन्नुभएको कुरा महत्त्वपूर्ण छ र त्यसलाई बुझ्न र अभ्यासमा उतार्न केही प्रयत्नको खाँचो पर्न सक्छ । यहाँ “ ... सँग कान छ” भन्ने वाक्यांश चाहिँ बुझ्न र आज्ञापालन गर्नको लागि भएको तत्परताको निमित्त प्रतिस्थापन शब्दहरू हुन् । तपाईंले यस वाक्यांशलाई [प्रकाश २:७]
किनकि येशूले प्रत्यक्ष रूपमा उहाँका श्रोतागणलाई भनिरहनुभएको छ, तपाईंले यहाँ द्वितीय पुरुषलाई प्रयोग गर्न रुचाउन सक्नुहुन्छ । तपाईंले यस वाक्यांशलाई [प्रकाश २:७]
यसले जित्ने जो कोहीलाई पनि जनाउँछ । तपाईंले यसलाई [प्रकाश २:७]
यो थिआटीरामा रहेको मण्डलीको दूतको लागि मानिसको पुत्रको सन्देशको सुरुवात हो ।
यी “दूत”को सम्भावित अर्थहरू हुन् १) एक स्वर्गीय दूत जसले मण्डलीको रक्षा गर्छन् वा २) मण्डलीहरूलाई एक मानव सन्देशवाहक, जुन कि त यूहन्नाबाट त्यस मण्डलीकहाँ पठाइएका सन्देशवाहक हुन् वा मण्डलीहरूका अगुवा हुन् । तपाईंले “दूत”लाई प्रकाश १:२० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यो पश्चिमी एसियाको एउटा भागमा भएको सहरको नाउँ हो जुन आज हालको टर्की हो । तपाईंले यसलाई [प्रकाश १:११]
यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो ।
उहाँका आँखाहरू आगोको ज्वाला झैँ ज्योतिले परिपूर्ण थियो भनेर वर्णन गरिएको छ । तपाईंले यसलाई [प्रकाश १:१४]
काँसालाई चम्किने बनाउन र प्रकाशको परावर्तन गराउन टल्काइन्छ । तपाईंले यसलाई [प्रकाश १:१५]
“प्रेम”, “विश्वास”, “सेवा”, र “सहनशीलता” जस्ता भाववाचक नाउँहरूलाई क्रियापदहरूसँग अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीले कसरी प्रेम गरेका छौ, भरोसा गरेका छौ, सेवा गरेका छौ, धीरजी भएर सहेका छौ”
यी क्रियापदहरूबाट बुझिएको वस्तुहरूलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसरी तिमीले मलाई र अरूहरूलाई प्रेम गरेका छौ, मलाई भरोसा गरेका छौ, मलाई र अरूहरूलाई सेवा गरेका छौ, सङ्कष्टहरूलाई धीरजी भएर सहेका छौ”
“तिमीले गरिरहेका केही कुराहरूलाई म समर्थन गर्दिन” वा “तिमीले गरिरहेको केही कुराहरूको कारण म तिमीसँग रिसाएको छु ।” तपाईंले यस्तै समान वाक्यांशलाई प्रकाश २:४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
येशूले तिनीहरूको मण्डलीमा भएको कोही एउटी स्त्रीको विषयमा यसरी बताउनुभयो मानौँ त्यो रानी ईजेबेल थिइन्, किनकि त्यसले तिनै प्रकारका पापपूर्ण कुराहरू गरी जुन रानी ईजेबेलले त्यो समयभन्दा धेरै अगाडि गरेकी थिइन् । वैकल्पिक अनुवादः “त्यो स्त्री जो बिलकुल ईजेबेल झैँ छे र”
“मैले त्यसलाई पश्चात्ताप गर्ने मौका दिएँ” वा “त्यसले पश्चात्ताप गरोस् भनेर मैले कुरेँ”
त्यो ओछ्यानमा सुत्नुपर्ने भनेको येशूले त्यसलाई धेरै बिरामी बनाउनुभएको परिणाम हुन सक्छ । वैकल्पिक अनुवादः “म त्यसलाई ओछ्यानमा बिरामी भएर सुत्नुपर्ने बनाउनेछु ... म त्यसलाई धेरै कष्ट भोग्ने बनाउनेछु” वा “म त्यसलाई धेरै बिरामी बनाउनेछु ... म त्यसलाई धेरै कष्ट भोग्ने बनाउनेछु”
मानिसहरूलाई दुःख भोग्न लगाउने कुरालाई येशूले यसरी बताउनुहुन्छ कि मानौँ तिनीहरूलाई दुःख भोगमा फ्याँकिएको हो । वैकल्पिक अनुवादः “त्यससँग व्यभिचार गर्नेहरूलाई म धेरै कष्ट भोग्न लगाउनेछु”
“व्यभिचारको अभ्यास गर्नु”
यसको आशय हुन्छ कि तिनीहरूले त्यससँग त्यसको दुष्ट आचरणमा सहभागीता जनाएका छन् । त्यसको कामहरूबाट पश्चात्ताप गरेर, तिनीहरूले त्यसको आचरणमा सहभागीता जनाएकोमा पनि पश्चात्ताप गर्छन् । वैकल्पिक अनुवादः “त्यसले गर्ने दुष्टताबाट यदि तिनीहरूले पश्चात्ताप गरेनन् भने” वा “त्यसका कामहरूमा सहभागीता जनाएकोमा यदि तिनीहरूले पश्चात्ताप गरेनन् भने”
“म त्यसका छोराछोरीहरूलाई मार्नेछु”
येशूले त्यसका पक्षधरहरूको विषयमा यसरी कुरा गर्नुभयो मानौँ तिनीहरू त्यसका छोराछोरीहरू थिए । वैकल्पिक अनुवादः “त्यसका पक्षधरहरू” वा “ती मानिसहरू जसले त्यसले सिकाउने कुराहरू गर्छन्”
“हृदय” शब्द एउटा प्रतिस्थापन शब्द हो जसले भावनाहरू र चाहनाहरूलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “जे मानिसहरूले सोच्छन् र चाहन्छन्”
यो सजाय र इनामको बारेमा भएको एउटा अभिव्यक्ति हो । वैकल्पिक अनुवादः “म तिमीहरू हरेकलाई दण्ड वा इनाम दिनेछु”
कुनै शिक्षालाई विश्वास गर्ने कुरालाई यसरी बताइएको छ मानौँ त्यो भनेको त्यो शिक्षालाई लिनु हो । वैकल्पिक अनुवादः “ती हरेक जसले यो शिक्षालाई विश्वास गर्दैनन्”
नामपद शब्द “शिक्षा”लाई एउटा क्रियापदको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसले सिकाएको कुराहरूलाई लिँदैनन्” वा “त्यसले सिकाएको कुराहरूलाई विश्वास गर्दैनन्”
गोप्य कुराहरूको विषयमा यसरी बताइएको छ कि मानौँ तिनीहरू गहिरा थिए । वैकल्पिक अनुवादः “गोप्य कुराहरू”
यसले जित्ने जो कोहीलाई पनि जनाउँछ । तपाईंले यसलाई [प्रकाश २:७]
यो इस्राएलको एउटा राजाको विषयमा पुरानो करारबाटको एउटा अगमवाणी हो, तर येशूले यहाँ त्यसलाई तिनीहरूमाथि लागु गर्नुभयो जसलाई उहाँले जातिहरूमाथि अधिकार दिनुहुन्छ ।
कठोर तवरले शासन गर्ने कुरालाई फलामको डन्डाले शासन गरेको झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “फलामको डन्डाले हिर्काएको झैँ गरी त्यसले तिनीहरूलाई कठोर तवरले शासन गर्नेछ”
तिनीहरूलाई टुक्रा-टुक्रा पारेर फोड्नु भनेको एउटा चित्रण हो जसले १) दुष्ट काम गर्नेहरूलाई नष्ट गर्ने कुरालाई वा २) शत्रुहरूलाई पराजित गर्ने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “माटाका भाँडाहरूलाई टुक्रा-टुक्रा पारेर फोडे झैँ गरी त्यसले आफ्ना शत्रुहरूलाई पूर्ण रूपले हराउनेछ”
के कुरा हासिल गरिएको थियो भनेर केही भाषाहरूले बताउनुपर्ने हुन सक्छ । सम्भावित अर्थहरू हुन् १) “जसरी मैले पनि मेरो पिताबाट अधिकार प्राप्त गरेको छु” वा २) “जसरी मैले पनि मेरो पिताबाट बिहानको तारा प्राप्त गरेको छु”
यो परमेश्वरको निम्ति एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्वर र येशूको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छ ।
यहाँ “त्यसलाई”ले त्यो व्यक्तिलाई जनाउँछ जसले जित्छ ।
यो एउटा चम्किलो तारा हो जुन कहिलेकाहीँ झिसमिसेभन्दा ठीक अगाडि बिहान सबेरै देखा पर्छ । यो एउटा विजयको प्रतीक थियो ।
येशूले जोड दिइरहनुभएको छ कि उहाँले भर्खर मात्र भन्नुभएको कुरा महत्त्वपूर्ण छ र त्यसलाई बुझ्न र अभ्यासमा उतार्न केही प्रयत्नको खाँचो पर्न सक्छ । यहाँ “ ... सँग कान छ” भन्ने वाक्यांश चाहिँ बुझ्न र आज्ञापालन गर्नको लागि भएको तत्परताको निमित्त प्रतिस्थापन शब्दहरू हुन् । तपाईंले यस वाक्यांशलाई [प्रकाश २:७]
किनकि येशूले प्रत्यक्ष रूपमा उहाँका श्रोतागणलाई भनिरहनुभएको छ, तपाईंले यहाँ द्वितीय पुरुषलाई प्रयोग गर्न रुचाउन सक्नुहुन्छ । तपाईंले यस वाक्यांशलाई [प्रकाश २:७]
1 “सार्डिसको मण्डलीमा भएका दूतलाई लेखः ‘सातवटा तारा र परमेश्वरका सात आत्मा पक्रिनुहुनेका वचनहरू यिनै हुन् । तिमीले गरेका कामहरू मलाई थाहा छ । तिमी जीवित भएको ख्याति भए तापनि तिमी मरेका छौ । 2 उठ र जाग अनि मर्नै लागेका बाँकी रहेका कुराहरूलाई बलियो बनाऊ, तर यो मर्नै लागेको छ, किनकि मैले मेरा परमेश्वरको दृष्टिमा तिम्रा कामहरू पुरा भएको पाएको छैनँ । 3 त्यसकारण, जुन कुरा तिमीले प्राप्त गर्यौ र सुन्यौ, सो सम्झ । यसलाई पालन गर अनि पश्चात्ताप गर । तर यदि तिमी जागा रहेनौ भने, म तिम्रो विरुद्धमा चोरजस्तै गरी कुन घडी आउनेछु र कुन समयमा आउनेछु भनी तिमीले जान्नेछैनौ । 4 तर सार्डिसका मानिसहरूमा केही नाउँहरू छन्, जसले आफ्नो वस्त्र फोहोर परेका छैनन् । तिनीहरू सेतो वस्त्रमा मसँग हिँड्नेछन्, कारण तिनीहरू योग्यका छन् । 5 जसले जित्छ, उसलाई सेतो वस्त्र पहिराइनेछ, र जीवनको पुस्तकबाट म उसको नाउँ कहिल्यै मेटाउनेछैन, अनि म मेरा पिता र उहाँका स्वर्गदूतहरूका सामु उसको नाउँ घोषणा गर्नेछु । 6 आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ, जसको कान छ, उसले सुनोस्’ ।” 7 “फिलाडेल्फियामा भएको मण्डलीका दूतलाई लेखः ‘जो सत्य र पवित्र हुनुहुन्छ, यी वचनहरू उहाँका हुन्, उहाँले दाऊदको साँचोलाई पक्रनुभएको छ, उहाँले खोल्नुहुन्छ र कसैले पनि बन्द गर्न सक्दैन, उहाँले बन्द गर्नुहुन्छ र कसैले पनि खोल्न सक्दैन । 8 तिमीले गरेका काम मलाई थाहा छ । हेर, तिम्रो अगि मैले खुला ढोका राखिदिएको छु र त्यसलाई कसैले पनि बन्द गर्न सक्दैन । मलाई थाहा छ, कि तिमीसँग थोरै शक्ति छ, तापनि तिमीले मेरा वचन पालन गरेका छौ र मेरो नाउँलाई इन्कार गरेका छैनौ । 9 हेर, जसले आफैँलाई यहूदीहरू हुँ भनी भन्छन् तर तिनीहरू होइनन्, तिनीहरू शैतानको सभाघरकाहरू हुन्, बरु तिनीहरूले झुट बोलिरहेका छन् । म तिनीहरूलाई तिम्रो पाउको अगि आई निहुरेर दण्डवत् गर्न लगाउनेछु, अनि मैले तिमीलाई प्रेम गरेको कुरा तिनीहरूले जान्नेछन् । 10 तिमीले मेरो वचन धैर्यसाथ पालन गरेका हुनाले पृथ्वीमा जिउनेहरूको जाँच आउँदा सारा संसारमा आइपर्ने विपत्तिको घडीमा पर्नबाट म पनि तिमीलाई जोगाउनेछु । 11 म चाँडै आउँदै छु । तिमीसँग जे छ त्यसलाई बलियो गरी पक्रिराख ताकि तिम्रो मुकुटलाई कसैले लिएर जान नसकोस् । 12 जसले जित्छ त्यसलाई म मेरा परमेश्वरको मन्दिरमा एउटा खाँबो बनाउनेछु र ऊ यसबाट कहिल्यै बाहिर जानेछैन । उसमाथि मेरा परमेश्वरको सहरको नाउँ, मेरा परमेश्वरको नाउँ (नयाँ यरूशलेम, जुन मेरा परमेश्वरबाट स्वर्गदेखि तल ओर्लेर आउँछ), अनि मेरो नयाँ नाउँ म लेखिदिनेछु । 13 मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ, जसको कान छ उसले सुनोस्’ ।” 14 “लाउडिकियामा भएको मण्डलीको दूतलाई लेखः परमेश्वरका सृष्टिमाथिको शासनकर्ता जो भरपर्दो र सत्य साक्षी, ‘यी वचनहरू आमेनका हुन् । 15 मलाई तिम्रा कामहरू थाहा छ, कि तिमी न तातो न चिसो छौ । तिमी कि त तातो वा चिसो भएको म चाहन्थेँ । 16 त्यसैले, तिमी मनतातो, न तातो न चिसो छौ । यसैकारण, मैले तिमीलाई मेरो मुखबाट उकेलिदिन आँटेको छु । 17 किनकि तिमी भन्छौ, ‘म धनी छु र मसित धेरै भौतिक सम्पत्ति छन् र मलाई कुनै थोकको आवश्यक छैन ।’ तर तिमी दुःखित, दयनीय, गरिब, अन्धा र नाङ्गै छौ भनी तिमीलाई थाहा नै छैन । 18 मेरो सल्लाहलाई ध्यान देऊः आगोद्वारा शुद्ध पारिएको सुन मबाट किन ताकि तिमी धनी हुन सक, र तिम्रो नाङ्गोपनको लाज ढाक्नलाई चम्किलो सेतो वस्त्र लगाऊ र तिम्रो नाङ्गोपनको लाज नदेखियोस्, र आफ्ना आँखामा मलहम लगाऊ ताकि तिमीले देख्न सक । 19 मैले प्रेम गर्ने प्रत्येकलाई म तालिम दिन्छु, र तिनीहरू कसरी जिउनुपर्छ सो म तिनीहरूलाई सिकाउँछु । त्यसकारण, पश्चात्ताप गर र इमानदार होऊ । 20 हेर, म ढोकामा उभिरहन्छु र ढकढक्याइरहन्छु । यदि कसैले मेरो स्वर सुनेर ढोका खोल्छ भने, म उसको घरभित्र आउनेछु र उसँग खानेछु अनि उसले मसँग खानेछ । 21 जसले जित्छ, उसलाई मेरो सिंहासनमा मसँग बस्नलाई अधिकार दिनेछु, जसरी मैले पनि जितेँ र त्यसरी नै म पनि मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु । 22 मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ, जसको कान छ उसले सुनोस् ।”
अध्याय २ र ३ लाई सामान्यतया “सात मण्डलीहरूलाई सात पत्रहरू” भनिन्छ । तपाईंले हरेक पत्रलाई अलग-अलग गर्न सक्नुहुन्छ । तिनीहरू अलग-अलग पत्रहरू हुन् भनेर पाठकले सजिलैसँग देख्न सक्छन् ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले पद ७ सँग यसै गर्छ ।
यी आत्माहरू प्रकाश १:४ मा उल्लेख गरिएका सात आत्माहरू हुन् ।
यी ताराहरू प्रकाश १:२० मा उल्लेख गरिएका सात ताराहरू हुन् ।
येशूले लाउडिकियामा भएका ख्रीष्टिएनहरूले उहाँको आज्ञापालन गरून् भन्ने उहाँको चाहनाको विषयमा यसरी बताउनुहुन्छ कि मानौँ उहाँ त्यस्तो एउटा मानिस हुनुहुन्छ जसले कुनै घरमा भएका मानिसहरूसँग आफूलाई भित्र प्रवेश गर्न तिनीहरूसँग भोजन गर्नलाई अनुमति दिनलाई अनुरोध गरिरहेका थिए
वक्तालाई थाहा थियो कि लगभग उनका सबै पाठकहरूसँग भौतिक कान थियो । यहाँ कान शब्द चाहिँ परमेश्वरले भन्नुहुने कुरा सुन्ने अनि उहाँको आज्ञापालन गर्न चाहना गर्ने कुरालाई जनाउने प्रतिस्थापन शब्द हो ।
यहाँ “स्वर्गदूत” शब्दको अर्थ “सन्देशवाहक” पनि हुन सक्छ । यसले मण्डलीको सन्देशवाहक वा अगुवालाई पनि जनाउन सक्छ । तपाईंले “स्वर्गदूत”लाई प्रकाश १:२० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यी शब्दहरू भएका पदहरूको अनुवाद गर्न कठिन हुन सक्छ । तिनीहरूले पूर्ण वाक्यहरू बनाउँदैनन् । तपाईंले यी पदहरूमा “यिनीहरू ... हुन्” भन्ने शब्दहरूलाई थप्नुपर्ने हुन सक्छ । साथै, येशूले उहाँले अरू नै कोही व्यक्तिको विषयमा कुरा गरिरहनुभएको झैँ गरेर आफ्नै बारेमा बताउनलाई पनि यी शब्दहरूको प्रयोग गर्नुभयो । तपाईंको भाषाले मानिसहरूलाई तिनीहरूको आफ्नै बारेमा अरू मानिसहरूको विषयमा कुरा गरिरहेको झैँ गरेर बोल्न नदिन सक्छ । येशूले प्रकाश १:१७ मा बोल्न सुरु गर्नुभयो । उहाँले अध्याय ३ को अन्तसम्मै बोलिरहनुहुन्छ ।
यो सार्डिसमा रहेको मण्डलीको दूतको लागि मानिसको पुत्रको सन्देशको सुरुवात हो ।
यी “दूत”को सम्भावित अर्थहरू हुन् १) एक स्वर्गीय दूत जसले मण्डलीको रक्षा गर्छन् वा २) मण्डलीहरूलाई एक मानव सन्देशवाहक, जुन कि त यूहन्नाबाट त्यस मण्डलीकहाँ पठाइएका सन्देशवाहक हुन् वा मण्डलीहरूका अगुवा हुन् । तपाईंले “दूत”लाई प्रकाश १:२० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यो पश्चिमी एसियाको एउटा भागमा भएको सहरको नाउँ हो जुन आज हालको टर्की हो । तपाईंले यसलाई [प्रकाश १:११]
सङ्ख्या सात चाहिँ पूर्णता र सिद्धताको प्रतीक थियो । “सात आत्माहरू”ले कि त परमेश्वरको आत्मालाई वा परमेश्वरको सेवा गर्ने सात आत्माहरूलाई जनाउँछ । तपाईंले यसलाई [प्रकाश १:४]
यी ताराहरू ती प्रतीकहरू हुन् जसले सात मण्डलीहरूका सात दूतहरूलाई प्रतिनिधित्व गर्छन् । तपाईंले यसलाई [प्रकाश १:१६]
परमेश्वरको आज्ञापालन गर्ने र सम्मान गर्ने कुरालाई जीवित हुनुको रूपमा बताइएको छ; उहाँको अनाज्ञापालन गर्ने र अपमान गर्ने कुरालाई मृत हुनुको रूपमा बताइएको छ ।
सार्डिसमा भएका विश्वासीहरूद्वारा गरिएका असल कार्यहरूलाई यसरी बताइएको छ कि मानौँ तिनीहरू जीवितै थिए तर मर्ने खतरामा थिए । वैकल्पिक अनुवादः “जाग र बाँकी रहेका कामलाई पूरा गर, अन्यथा जे तिमीले गरेका छौ सो बेकारको हुनेछ” वा “जाग । यदि तिमीले आफूले सुरु गरेको कुरालाई सकाएनौ भने, तिम्रो अगाडिको काम व्यर्थ हुनेछ”
खतराप्रति सचेत हुने कुरालाई जागा रहने कुरा भए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “सचेत होऊ” वा “होशियार होऊ”
यसले परमेश्वरको वचनलाई जनाउँछ, जुन तिनीहरूले विश्वास गरे । वैकल्पिक अनुवादः “परमेश्वरको वचन जुन तिमीहरूले सुन्यौ र सत्यता जुन तिमीहरूले विश्वास गर्यौ”
खतराप्रति सचेत हुने कुरालाई जागा रहने कुरा भए झैँ गरी बताइएको छ । तपाईंले “जाग” भन्ने कुरालाई [प्रकाश ३:२]
येशू त्यो समयमा आउनुहुनेछ जब मानिसहरूले उहाँलाई अपेक्षा गर्दैनन्, ठीक जसरी चोर त्यो समयमा आउँछ जब अपेक्षा गरिएको हुँदैन ।
“नामहरू” शब्द चाहिँ मानिसहरू आफैँलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “थोरै मानिसहरू”
येशूले कोही व्यक्तिको जीवनमा भएका पापको विषयमा यसरी बताउनुहुन्छ मानौँ तिनीहरू मैला कपडाहरू हुन् । वैकल्पिक अनुवादः “मैला वस्त्रहरू झैँ तिनीहरूका जीवनलाई पापपूर्ण बनाएका छैनन्”
मानिसहरूले साधारणतया जिउने कुरालाई “हिँडाइ”को रूपमा बताउँथे । वैकल्पिक अनुवादः “मसँगै जिउनेछ”
सेता वस्त्रहरूले पापरहितको शुद्ध जीवनलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “र तिनीहरूलाई सेता वस्त्रहरूमा पहिराइनेछ, जसले देखाउँछ कि तिनीहरू शुद्ध छन्”
यसले जित्ने जो कोहीलाई पनि जनाउँछ । तपाईंले यसलाई [प्रकाश २:७]
यसलाई कर्तृ वाच्यमा प्रयोग हुने क्रियापदसँग अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सेता वस्त्रहरू पहिरनेछन्” वा “म सेता वस्त्रहरू दिनेछु”
उहाँले सामान्य रूपमा त्यस व्यक्तिको नाममात्र भन्नुहुनेछैन, तर घोषणा गर्नुहुनेछ कि त्यो व्यक्ति उहाँको हो । वैकल्पिक अनुवादः “म घोषणा गर्नेछु कि ऊ मेरो हो”
“मेरो पिताको उपस्थितिमा”
यो परमेश्वरको निम्ति एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्वर र येशूको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छ ।
येशूले जोड दिइरहनुभएको छ कि उहाँले भर्खर मात्र भन्नुभएको कुरा महत्त्वपूर्ण छ र त्यसलाई बुझ्न र अभ्यासमा उतार्न केही प्रयत्नको खाँचो पर्न सक्छ । यहाँ “ ... सँग कान छ” भन्ने वाक्यांश चाहिँ बुझ्न र आज्ञापालन गर्नको लागि भएको तत्परताको निमित्त प्रतिस्थापन शब्दहरू हुन् । तपाईंले यस वाक्यांशलाई [प्रकाश २:७]
किनकि येशूले प्रत्यक्ष रूपमा उहाँका श्रोतागणलाई भनिरहनुभएको छ, तपाईंले यहाँ द्वितीय पुरुषलाई प्रयोग गर्न रुचाउन सक्नुहुन्छ । तपाईंले यस वाक्यांशलाई [प्रकाश २:७]
यो फिलाडेल्फियामा रहेको मण्डलीको दूतको लागि मानिसको पुत्रको सन्देशको सुरुवात हो ।
यी “दूत”को सम्भावित अर्थहरू हुन् १) एक स्वर्गीय दूत जसले मण्डलीको रक्षा गर्छन् वा २) मण्डलीहरूलाई एक मानव सन्देशवाहक, जुन कि त यूहन्नाबाट त्यस मण्डलीकहाँ पठाइएका सन्देशवाहक हुन् वा मण्डलीहरूका अगुवा हुन् । तपाईंले “दूत”लाई प्रकाश १:२० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यो पश्चिमी एसियाको एउटा भागमा भएको सहरको नाउँ हो जुन आज हालको टर्की हो । तपाईंले यसलाई [प्रकाश १:११]
उहाँको राज्यमा को जान सक्नेछ भनेर निर्णय गर्ने उहाँको अधिकारको विषयमा येशूले यसरी बताउनुहुन्छ कि मानौँ त्यो राजा दाऊदको साँचो थियो ।
“उहाँले राज्यको ढोका खोल्नुहुन्छ र कसैले त्यसलाई बन्द गर्न सक्दैन”
“उहाँले ढोका बन्द गर्नुहुन्छ र कसैले त्यसलाई खोल्न सक्दैन”
“मैले तिम्रो लागि एउटा ढोका खोलिदिएको छु”
सम्भावित अर्थहरू हुन् १) “तिमीले शिक्षाहरूलाई अनुसरण गरेका छौ” वा २) “तिमीले मेरा आज्ञाहरूको पालना गरेका छौ”
यहाँ “नाम” शब्द त्यो नाम भएको व्यक्तिलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “मलाई”
शैतानको आज्ञापालन गर्न वा सम्मान गर्न भेला भएका मानिसहरूलाई यसरी बताइएको छ कि मानौँ तिनीहरू कुनै सभाघर हुन्, जुन यहूदीहरूको लागि आराधना गर्ने र शिक्षा दिने ठाउँ हो । तपाईंले यसलाई [प्रकाश २:९]
यो समर्पणको चिन्ह हो, आराधनाको होइन । वैकल्पिक अनुवादः “समर्पणमा तल झुक्नु”
यहाँ “पाउहरू” शब्दले त्यो व्यक्तिलाई प्रतिनिधित्व गर्छ जसको सामु यी मानिसहरू झुक्छन् । वैकल्पिक अनुवादः “तिम्रो अगाडि” वा “तिमीलाई”
“तिनीहरूले जान्नेछन्” वा “तिनीहरूले स्वीकार्नेछन्”
“तिमीमाथि परीक्षाको घडी आइपर्नबाट रोक्नेछु” वा “तिम्रो रक्षा गर्नेछु ताकि तिमी परीक्षाको घडीमा प्रवेश नगर”
“जाँचको समय ।” यसको अर्थ सम्भवतः “मानिसहरूले तिमीलाई मेरो अनाज्ञापालन गर्न लगाउन कोसिस गर्ने समय” भन्ने हुन्छ ।
भविष्यमा हुने कुरालाई आउँदै गरेको भनेर बताइएको छ ।
यो कुरा बुझिएको छ कि उहाँ इन्साफ गर्नलाई आउँदै हुनुहुन्छ । वैकल्पिक अनुवादः “म छिट्टै न्याय गर्न आउँदैछु”
ख्रीष्टलाई बलियो गरी विश्वास गरी राख्ने कुरालाई यसरी बताइएको छ मानौँ त्यो भनेको केही कुरालाई बलियो गरी पक्रनु हो । वैकल्पिक अनुवादः “बलियो गरी विश्वास गरिरह”
यो एउटा हार हो, जुन खासमा जैतूनका हाँगाहरू वा लौरेलको रूखको पातहरूले बनेको हुन्थ्यो, जुन विजयी खेलाडिको शिरमा पहिराइन्थ्यो । यहाँ “मुकुट”ले कुनै इनामलाई जनाउँछ । तपाईंले “मुकुट”लाई प्रकाश २:१० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यहाँ “जसले जित्छ” भन्ने कुराले जित्ने जो कोहीलाई पनि जनाउँछ । तपाईंले यसलाई [प्रकाश २:७]
येशूले जोड दिइरहनुभएको छ कि उहाँले भर्खर मात्र भन्नुभएको कुरा महत्त्वपूर्ण छ र त्यसलाई बुझ्न र अभ्यासमा उतार्न केही प्रयत्नको खाँचो पर्न सक्छ । यहाँ “ ... सँग कान छ” भन्ने वाक्यांश चाहिँ बुझ्न र आज्ञापालन गर्नको लागि भएको तत्परताको निमित्त प्रतिस्थापन शब्दहरू हुन् । तपाईंले यस वाक्यांशलाई [प्रकाश २:७]
किनकि येशूले प्रत्यक्ष रूपमा उहाँका श्रोतागणलाई भनिरहनुभएको छ, तपाईंले यहाँ द्वितीय पुरुषलाई प्रयोग गर्न रुचाउन सक्नुहुन्छ । तपाईंले यस वाक्यांशलाई [प्रकाश २:७]
यो लाउडिकियामा रहेको मण्डलीको दूतको लागि मानिसको पुत्रको सन्देशको सुरुवात हो ।
यी “दूत”को सम्भावित अर्थहरू हुन् १) एक स्वर्गीय दूत जसले मण्डलीको रक्षा गर्छन् वा २) मण्डलीहरूलाई एक मानव सन्देशवाहक, जुन कि त यूहन्नाबाट त्यस मण्डलीकहाँ पठाइएका सन्देशवाहक हुन् वा मण्डलीहरूका अगुवा हुन् । तपाईंले “दूत”लाई प्रकाश १:२० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यो पश्चिमी एसियाको एउटा भागमा भएको सहरको नाउँ हो जुन आज हालको टर्की हो । तपाईंले यसलाई [प्रकाश १:११]
यहाँ “आमेन” चाहिँ येशू ख्रीष्टको लागि एउटा नाउँ हो । उहाँले परमेश्वरका प्रतिज्ञाहरूलाई आमेन भन्नुभएर तिनीहरूलाई सुनिश्चित गर्नुहुन्छ ।
सम्भावित अर्थहरू हुन् १) “उहाँ जसले परमेश्वरले सृष्टि गर्नुभएको सबैथोकमाथि शासन गर्नुहुन्छ” वा २) “उहाँ जसद्वारा परमेश्वरले सबैथोकलाई सृजनुभयो ।”
लेखकले लाउडिकियाका मानिसहरूको विषयमा यसरी बताउँछन् कि मानौँ तिनीहरू पानी हुन् । सम्भावित अर्थहरू हुन् १) “चिसो” र “तातो”ले आत्मिक चासो वा परमेश्वरको लागि भएको प्रेमको दुई चरम विन्दुहरूलाई प्रतिनिधित्व गर्छ, जहाँ “चिसो” हुनु भनेको पूर्णतया परमेश्वरको विरुद्धमा हुनु हो, र “तातो” हुनु भनेको उहाँको सेवा गर्नलाई जोसिलो हुनु हो, वा २) “चिसो” र “तातो” दुवैले त्यो पानीलाई जनाउँछ जसमा चिसो पानी पिउनको लागि उपयोगी छ र तातो पानी खाना पकाउन वा चङ्गाइको काममा प्रयोग गर्नलाई उपयोगी छ । वैकल्पिक अनुवादः “तिमी त्यो पानी झैँ छौ जुन न चिसो न तातो छ”
तिनीहरूलाई इन्कार गर्ने कुरा चाहिँ मुखबाट उल्टि गरेर फाल्ने कुरा भए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “म तिमीलाई इन्कार गर्नेछु जसरी म मनतातो पानीलाई बाहिर थुक्ने थिएँ”
येशूले तिनीहरूको आत्मिक अवस्थाको विषयमा यसरी बताउनुहुन्छ मानौँ उहाँले तिनीहरूको शारीरिक अवस्थाको बारेमा बताइरहनुभएको छ । वैकल्पिक अनुवादः “तिमी ती मानिसहरू झैँ छौ जो सबैभन्दा बढी कष्टमा, दयनीय, गरिब, अन्धा, र नाङ्गा छन्”
यहाँ “किन्नु”ले येशूबाट साँचो आत्मिक मूल्य भएका कुराहरू प्राप्त गर्नुलाई प्रतिनिधित्व गर्छ । “आगोले खारिएको सुन”ले आत्मिक सम्पत्तिलाई प्रतिनिधित्व गर्छ । “उज्जवल सेता वस्त्रहरू”ले धार्मिकतालाई प्रतिनिधित्व गर्छ । साथै “तिम्रो आँखालाई अभिषेक गर्न मलहम”ले आत्मिक कुराहरूलाई बुझ्ने क्षमतालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “मकहाँ आऊ र आत्मिक सम्पत्ति प्राप्त गर, जु आगोले खारिएको सुनभन्दा बढी मूल्यवान् छ । मबाट धार्मिकता प्राप्त गर, जुन उज्जवल सेता वस्त्रहरू झैँ छन्, ताकी तिमी शर्ममा पर्न नपरोस् । साथै मबाट बुद्धि प्राप्त गर, जुन आँखाको लागि मलहम जस्तै छ, ताकि तिमीले आत्मिक कुराहरूलाई बुझ्न सक” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)
“गम्भीर होऊ र पश्चात्ताप गर”
मानिसहरूले उहाँसँग सम्बन्ध बनाएको कुरा चाहनुलाई येशूले यसरी बताउनुहुन्छ कि मानौँ तिनीहरूले उहाँलाई तिनीहरूका घरमा स्वागत गरेको उहाँले चाहनुहुन्थ्यो । वैकल्पिक अनुवादः “म ढोकामा उभिएर ढकढक्याइरहेको कोही व्यक्ति समान छु”
जब मानिसहरूले कसैले तिनीहरूलाई उनीहरूको घरमा स्वागत गरेको चाहन्छन्, तिनीहरूले ढोकामा ढकढक्याउँछन् । वैकल्पिक अनुवादः “तिमीले मलाई भित्र आउन दिएको म चाहन्छु”
“मेरो स्वर” भन्ने वाक्यांशले ख्रीष्टले बोलिरहनुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “मैले बोलेको सुन्छ” वा “मैले बोलाएको सुन्छ”
केही भाषाहरूले यहाँ “जानु” क्रियापदको प्रयोगलाई रुचाउन सक्छन् । वैकल्पिक अनुवादः “म उसको घरमा जानेछु”
यसले मित्रहरूको रूपमा एकसाथ हुने कुरालाई प्रतिनिधित्व गर्छ ।
यो सात मण्डलीहरूको दूतहरूको लागि भएका मानिसको पुत्रको सन्देशहरूको अन्त्य हो ।
यसले जित्ने जो कोहीलाई जनाउँछ । तपाईंले यसलाई [प्रकाश २:७]
कुनै सिंहासनमा बस्नुको अर्थ शासन गर्नु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “मसँगै राज गर्नु” वा “मेरो सिंहासनमा बस्नु र मसँगै राज गर्नु”
यो परमेश्वरको निम्ति एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्वर र येशूको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छ ।
येशूले जोड दिइरहनुभएको छ कि उहाँले भर्खर मात्र भन्नुभएको कुरा महत्त्वपूर्ण छ र त्यसलाई बुझ्न र अभ्यासमा उतार्न केही प्रयत्नको खाँचो पर्न सक्छ । यहाँ “ ... सँग कान छ” भन्ने वाक्यांश चाहिँ बुझ्न र आज्ञापालन गर्नको लागि भएको तत्परताको निमित्त प्रतिस्थापन शब्दहरू हुन् । तपाईंले यस वाक्यांशलाई [प्रकाश २:७]
किनकि येशूले प्रत्यक्ष रूपमा उहाँका श्रोतागणलाई भनिरहनुभएको छ, तपाईंले यहाँ द्वितीय पुरुषलाई प्रयोग गर्न रुचाउन सक्नुहुन्छ । तपाईंले यस वाक्यांशलाई [प्रकाश २:७]
1 यी कुराहरूपछि मैले हेरेँ र स्वर्गमा एउटा ढोका उघ्रिएको मैले देखेँ । मैले सुनेको तुरहीको जस्तो पहिलो आवाजले मलाई भन्यो, “यहाँ माथि आऊ, र यी कुराहरूपछि के हुन आउनेछ म तिमीलाई देखाउनेछु ।” 2 एकै छिनमा म आत्मामा थिएँ, र स्वर्गमा एउटा सिंहासन भएको मैले देखेँ, जसमाथि कोही बसिरहनुभएको थियो । 3 त्यसमाथि बस्नुहुने स्फटिक र लालमणिजस्तै देखिनुहुन्थ्यो । सिंहासनको वरिपरि इन्द्रेणी थियो । त्यो इन्द्रेणी मोती जस्तो चम्किलो देखिन्थ्यो । 4 त्यस सिंहासनको वरिपरि चौबिसवटा सिंहासन थिए, र चौबिस जना एल्डर तिनीहरूका शिरमा सुनका मुकुटहरू लगाएका र सेतो वस्त्र पहिरिएर बसेका थिए । 5 सिंहासनबाट बिजुलीको चमक र गर्जनहरू आए, र चट्याङसँगै नष्ट भए । सिंहासनको अगाडि सातवटा बत्ती बलिरहेका थिए । ती बत्तीहरूचाहिँ परमेश्वरका सात आत्मा थिए । 6 सिंहासनको अगि स्फटिकजस्तै देखिने काँचको समुद्र थियो । सिंहासनको बिचमा र सिंहासनवरिपरि, अगाडि र पछाडि आँखैआँखाले भरिएका चार जीवित प्राणी थिए । 7 पहिलो जीवित प्राणी सिंहजस्तो थियो, दोस्रो जीवित प्राणी बाछोजस्तो थियो, तेस्रो जीवित प्राणीको अनुहार मानिसको जस्तो थियो र चौथो जीवित प्राणी उडिरहेको चिलजस्तो थियो । 8 चारै जीवित प्राणीमध्ये हरेकका ६-६ वटा पखेटा थिए; तल र माथि आँखैआँखाले भरिएका थिए । दिनरात तिनीहरूले “पवित्र, पवित्र, पवित्र, सर्वशक्तिमान् परमप्रभु परमेश्वर जो हुनुहुन्थ्यो, र हुनुहुन्छ, र हुन आउनुहुनेछ” भनी रहन्थे । 9 जब ती जीवित प्राणीहरूले सिंहासनमाथि विराजमान हुनुहुने र सदासर्वदा जीवित रहनुहुनेलाई महिमा, आदर र धन्यवाद दिए, 10 चौबिस जना एल्डरले निहुरेर सिंहासनमा विराजमान हुनुहुनेका अगाडि दण्डवत् गरे । तिनीहरूले सदासर्वदा जीवित हुनुहुनेलाई दण्डवत् गरे, र सिंहासनको अगाडि आ-आफ्ना मुकुट राख्दै यसो भने, 11 “हाम्रा परमप्रभु र परमेश्वर, तपाईं महिमा, आदर र शक्ति ग्रहण गर्न योग्यका हुनुहुन्छ । किनकि तपाईंले सबै थोक सृष्टि गर्नुभयो, र तपाईंकै इच्छाद्वारा तिनीहरू अस्तित्वमा आए र सृष्टि भए ।”
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले पद ८ र ११ सँग यसै गर्छ ।
यूहन्नाले मण्डलीहरूलाई पत्रहरूको वर्णन गर्नलाई सकाइसकेका छन् । उनले अब परमेश्वरले उनलाई देखाउनुभएको दर्शनलाई वर्णन गर्न सुरु गर्छन् ।
यी शब्दहरूले त्यस किसिमका ढुङ्गाहरूलाई जनाउँछन् जुन यूहन्नाको समयका मानिसहरूले मूल्यवान् सम्झन्थे । यदि तपाईंको समाजका मानिसहरूले विशेष किसिमका ढुङ्गाहरूलाई मूल्यका ठान्दैनन् भने यी शब्दहरूलाई अनुवाद गर्न तपाईंलाई कठिन हुन सक्छ ।
धर्म-गुरूहरू मण्डलीका अगुवाहरू हुन् । चौबीस धर्म-गुरूहरू सारा युगका मण्डलीहरूका प्रतीकहरू हुन सक्छन् । पुरानो करारमा त्यहाँ बाह्र कुलहरू थिए र नयाँ करारको मण्डलीमा बाह्र प्रेरितहरू थिए ।
यी आत्माहरू प्रकाश १:४ मा उल्लेख गरिएका सात आत्माहरू हुन् ।
परमेश्वरको महिमा उहाँ परमेश्वर हुनुभएको कारण उहाँसँग भएको महान् सुन्दरता र तेजस्वी वैभव हो । अन्य बाइबलका लेखकहरूले यसलाई त्यस्तो एउटा चहकिलो ज्योतिको रूपमा वर्णन गर्छन् जसलाई कसैले हेर्नै सक्दैन । कसैले पनि परमेश्वरलाई यस किसिमको महिमा दिन सक्दैन, किनभने यो पहिल्यैबाट उहाँकै हो । जब मानिसहरूले परमेश्वरलाई महिमा दिन्छन् वा जब परमेश्वरले महिमा ग्रहण गर्नुहुन्छ, परमेश्वरको महिमा उहाँसँग छ भनी मानिसहरूले भन्छन्, र त्यो महिमा परमेश्वरसँग हुनु ठीक कुरा हो, र परमेश्वरसँग त्यो महिमा भएको कारण मानिसहरूले उहाँको महिमा गर्नुपर्छ भनी मानिसहरूले भन्छन् । अनि अनि )
सिंहासनबाट बिजुलीका चम्केका, बत्तीहरू जुन आत्माहरू हुन्, र सिंहासनको अगाडि भएको एउटा समुद्र जस्ता कुराहरूको कल्पना गर्न कठिन हुन सक्छ, र त्यसैले तिनीहरूको लागि भएका शब्दहरूलाई अनुवाद गर्न कठिन हुन सक्छ ।
यूहन्नाले परमेश्वरको सिंहासनको विषयमा भएको उनको दर्शनलाई वर्णन गर्न सुरु गर्छन् ।
“मैले यी कुराहरू भर्खरै देखिसकेपछि” (प्रकाश २:१-३:२२)
यो अभिव्यक्तिले त्यो क्षमताको अर्थ दिन्छ जुन परमेश्वरले यूहन्नालाई, कम्तीमा दर्शनको माध्यमद्वारा भए पनि, स्वर्गभित्र हेर्नलाई दिनुभयो ।
आवाज कसरी तुरहीको झैँ थियो भन्ने कुरालाई प्रस्टसँग उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मसँग तुरहीको आवाज झैँ चर्को गरी बोल्दै”
यसले संगीत निकाल्ने बाजा वा कुनै घोषणा अथवा बैठकको निमित्त मानिसहरूलाई भेला हुन बोलाउने बाजालाई जनाउँछ । तपाईंले यसलाई प्रकाश १:१० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यूहन्नाले परमेश्वरको आत्माद्वारा प्रभावित हुने कुरालाई यसरी बताउँछन् मानौँ उनी आत्मामा थिए । तपाईंले यसलाई [प्रकाश १:१०]
यी बहुमूल्य ढुङ्गाहरू हुन् । बिल्लौर काँच वा स्फटिक झैँ छर्लङ्ग भएको हुन सक्छ, र लालमणि चाहिँ रातो रङ्गको भएको हुन सक्छ ।
एउटा हरियो, बहुमूल्य ढुङ्गा
“२४ धर्म-गुरूहरू”
यिनीहरू जैतूनका हाँगाहरू वा लौरेलको रूखको पातहरूबाट बनेका हारहरूका आकृतिहरू हुन् जुन सुन पिटेर बनाइन्छ । पातहरूबाट बनाइएका मुकुटहरू चाहिँ विजयी खेलाडिहरूलाई तिनीहरूको शिरमा लगाउन दिइन्थ्यो ।
हरेक पटक बिजुली देखापर्दा त्यो कस्तो देखिन्छ भन्ने कुरालाई वर्णन गर्ने तपाईंको भाषाको शैलीलाई प्रयोग गर्नुहोस् ।
यिनीहरू गड्याङगुडुङले निकाल्ने ठूला आवाजहरू हुन् । गर्जनको आवाजलाई वर्णन गर्ने तपाईंको भाषाको शैलीलाई प्रयोग गर्नुहोस् ।
सङ्ख्या सात चाहिँ पूर्णता र सिद्धताको प्रतीक हो । “सात आत्माहरू”ले कि त परमेश्वरको आत्मालाई वा परमेश्वरको सेवा गर्ने सात आत्माहरूलाई जनाउँछ । तपाईंले यसलाई [प्रकाश १:४]
त्यो कसरी काँच वा समुद्र जस्तो थियो भन्ने कुरालाई प्रस्टसँग उल्लेख गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) समुद्रलाई यसरी बताइएको छ मानौँ त्यो कुनै काँच हो । वैकल्पिक अनुवादः “एक समुद्र जुन काँच झैँ खस्रोपन रहितको थियो” वा २) काँचलाई यसरी बताइएको छ मानौँ त्यो कुनै समुद्र हो । वैकल्पिक अनुवादः “काँच जुन समुद्र झैँ फैलिएको थियो”
त्यो कसरी स्फटिक झैँ थियो भन्ने कुरालाई प्रस्टसँग उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “स्फटिक झैँ छर्लङ्ग”
“तुरुन्तै सिंहासनको वरिपरि” वा “सिंहासनको नजिकै र त्यसको वरिपरि”
“चार जीवित जीवहरू” वा “चार जीवित जीवातहरू”
हरेक जीवित जीवातको शिर यूहन्नाको अगाडि कस्तो देखियो भन्ने कुरालाई बढी परिचित भएको केही कुरासँग तुलना गरेर उल्लेख गरिएको छ ।
“जीवित प्राणी” वा “जीवित जीव ।” तपाईंले यसलाई प्रकाश ४:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
हरेक पखेटाको माथि र तल आँखै-आँखाले पुरेको थियो ।
भविष्यमा हुने कुरालाई आउँदै गरेको भनेर बताइएको छ ।
यो एक व्यक्ति हुनुहुन्छ । सिंहासनमा विराजमान हुनुहुने सदासर्वदा जिउनुहुन्छ ।
यी दुई शब्दहरूले एउटै कुराको अर्थ दिन्छ र जोड दिनको लागि दोहोर्याइएको छ । वैकल्पिक अनुवादः “सारा अनन्तताको लागि”
“२४ धर्म-गुरूहरू ।” तपाईंले यसलाई [प्रकाश ४:४]
तिनीहरूले आराधना गरिरहेका छन् भनेर देखाउने विचार गर्दै तिनीहरू भुइँतिर मुख फर्काउँदै लम्पसार पर्छन् ।
यिनीहरू जैतूनका हाँगाहरू वा लौरेलको रूखका पातहरूबाट बनेका हारहरूका आकृतिहरू थिए, जुन सुन पिटेर बनाइन्छ । धर्म-गुरूहरूले परमेश्वरको शासन गर्ने अधिकारको अगाडि तिनीहरूले आफैँलाई समर्पण गरिरहेका थिए भनेर देखाउनलाई तिनीहरूले आदरपूर्वक रीतिले मुकुटहरू जमिनमा राखिरहेका थिए । वैकल्पिक अनुवादः “तिनीहरूले आफैँलाई उहाँकहाँ समर्पण गरिरहेका थिए भनेर देखाउनलाई तिनीहरूले सिंहासनको अगाडि तिनीहरूका मुकुटहरू राखे”
सम्भावित अर्थहरू हुन् १) कतै राख्नु वा २) केही व्यर्थको कुरा झैँ ठानेर झट्कालेर तल फ्याँक्नु (“फ्याँक्नु” प्रकाश २:२२ ) । धर्म-गुरूहरूले आदरपूर्वक रीतिले व्यवहार गरिरहेका छन् भनेर पाठकले बुझ्नुपर्छ ।
“हाम्रा प्रभु र परमेश्वर ।” यो एक व्यक्ति हुनुहुन्छ, उहाँ जो सिंहासनमा बसिरहनुभएको थियो ।
यी ती कुराहरू हुन् जुन परमेश्वरसँग सधैँ हुन्छ । ती भएकोमा प्रशंसित हुने कुरालाई ती कुराहरू प्राप्त गरेको झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “तपाईंको महिमा, सम्मान, र शक्तिको लागि प्रशंसा पाउन” वा “सबैले तपाईंलाई प्रशंसा गर्न किनभने तपाईं महिमामय, सम्माननीय, र शक्तिशाली हुनुहुन्छ”
1 तब सिंहासनमा विराजमान हुनुहुनेको दाहिने हाततिर सातवटा छाप लगाएर यसलाई बन्द गरिएको अगाडि र पछाडि लेखिएको एउटा चर्मपत्रको मुट्ठो मैले देखेँ । 2 “यस मुट्ठोलाई खोल्न र यसका छापहरूलाई तोड्न को योग्यको छ ?” भनी एक जना शक्तिशाली स्वर्गदूतले चर्को सोरमा घोषणा गरेको मैले देखेँ । 3 स्वर्गमा वा यस पृथ्वीमा वा यस पृथ्वीमुनि भएका कसैले पनि यस मुट्ठोलाई खोल्न वा यसलाई पढ्न सकेन । 4 म दुःखित भएर रोएँ, किनकि यस मुट्ठोलाई खोल्न र पढ्न योग्यको कोही पनि भेट्टाइएन । 5 तर ती एल्डरहरूमध्येका एक जनाले मलाई भने, “नरोऊ । हेर ! यहूदाको कुलको सिँह, दाऊदको मुलले विजय प्राप्त गर्नुभएको छ । त्यो मुट्ठो र त्यसका सातवटा छाप खोल्न उहाँ योग्यका हुनुहुन्छ ।” 6 मैले सिंहासन र चारवटा जीवित प्राणी र एल्डरहरूका बिचमा मारिएको जस्तो देखिनुहुने एउटा थुमालाई उभिरहेको देखेँ । उहाँका सातवटा सिङ र सातवटा आँखा थिए । यी सारा संसारभरि पठाइएका परमेश्वरका सात आत्मा हुन् । 7 उहाँ जानुभयो र सिंहासनमा बसिरहनुहुनेको दाहिने हातबाट त्यस मुट्ठोलाई समात्नुभयो । 8 जब उहाँले त्यो मुट्ठोलाई लिनुभयो, ती चारवटा जीवित प्राणी र चौबिस जना एल्डर उहाँको अगाडि घोप्टो परे । तिनीहरू हरेकसँग वीणा र धूपले भरिएका सुनका धुपौराहरू थियो, जुन विश्वासीहरूका प्रार्थना हुन् । 9 तिनीहरूले एउटा नयाँ गीत गाएः “तपाईं त्यो मुट्ठोलाई लिन र त्यसका छापहरूलाई खोल्न योग्यका हुनुहुन्छ । किनकि तपाईं मारिनुभयो, र तपाईंको रगतले हरेक जाति, भाषा, मानिस र राष्ट्रलाई तपाईंले परमेश्वरका निम्ति किन्नुभयो । 10 परमेश्वरको सेवा गर्न तपाईंले तिनीहरूलाई राज्य र पुजारीहरू बनाउनुभयो, र तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन् ।” 11 तब मैले हेरेँ र सिंहासन, जीवित प्राणीहरू र एल्डरहरूका वरिपरि धेरै स्वर्गदूतका आवाजलाई सुनेँ । तिनीहरूको पुरा सङ्ख्या दसौँ हजार र हजारै हजार थियो । 12 तिनीहरूले चर्को सोरमा यसो भने, “शक्ति, धन, बुद्धि, बल, आदर, महिमा र प्रशंसा प्राप्त गर्न मारिनुभएका थुमा योग्यका हुनुहुन्छ ।” 13 स्वर्गमा, पृथ्वीमा, पृथ्वीमुनि र समुद्रमुनि सृष्टि गरिएका हरेक थोकले यसो भनेको मैले सुनेँ, “उहाँ जो सिंहासनमा विराजमान हुनुहुने र थुमालाई, प्रशंसा, आदर, महिमा र राज्य गर्ने शक्ति सदासर्वदा होस् ।” 14 ती चारैवटा जीवित प्राणीले भने, “आमेन ।” र एल्डरहरू आफैँ घोप्टो परेर आराधना गरे । [टिपोटः पुरानो संस्करणमा यसरी लेखिएको छ] चौबिस एल्डर आफैँ घोप्टो परेर सदासर्वदा रहिरहनुहुनेलाई आराधना गरे ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले ९-१३ का पदहरूसँग यसै गर्छ ।
यूहन्नाको समयका राजाहरू र महत्त्वपूर्ण मानिसहरूका महत्त्वपूर्ण कागजातहरू कागज वा जनावरका छालाका ठूला टुक्राहरूमा लेखिएका हुन्थे । त्यसपछि तिनीहरूले तिनलाई बेर्थे र ती बन्द रहून भनेर तिनलाई महिनले मोहोर लगाउँथे । त्यो कागजात जुन व्यक्तिको लागि लेखिएको हो उससँग मात्रै त्यो मोहोर तोडेर त्यसलाई खोल्ने अधिकार हुन्थ्यो । यस अध्यायमा, “सिंहासनमा विराजमान हुनुहुने”ले चर्मपत्रको मुट्ठोमा लेख्नुभएको थियो । “यहूदाको कुलको सिंह, दाऊदको जरा” भनिनुहुने व्यक्तिसँग मात्रै त्यो खोल्ने अधिकार थियो । अनि )
धर्म-गुरूहरू मण्डलीका अगुवाहरू हुन् । चौबीस धर्म-गुरूहरू सारा युगका मण्डलीहरूका प्रतीकहरू हुन सक्छन् । पुरानो करारमा त्यहाँ बाह्र कुलहरू थिए र नयाँ करारको मण्डलीमा बाह्र प्रेरितहरू थिए ।
ख्रीष्टिएनहरूका प्रार्थनाहरूलाई धूपको रूपमा वर्णन गरिएको छ । ख्रीष्टिएन प्रार्थनाहरूमा परमेश्वरको लागि असल बास्ना हुन्छ । ख्रीष्टिएनहरूले प्रार्थना गर्दा उहाँ प्रसन्न बन्नुहुन्छ ।
यी आत्माहरू प्रकाश १:४ मा उल्लेख गरिएका सात आत्माहरू हुन् ।
“यहूदाको कुलको सिंह” र “दाऊदको जरा” भनेका अलङ्कारहरू हुन् जसले येशूलाई जनाउँछन् । येशू यहूदाको कुलबाट र दाऊदको घरानाबाट आउनुभयो । सिंहहरू भयानक किसिमका हुन्छन, र सबै जनावरहरू र मानिसहरू तिनीहरूसँग डराउँछन्, त्यसैले तिनीहरू त्यस राजाको लागि एउटा अलङ्कार हुन् जुन राजालाई सबैले आज्ञापालन गर्छन् । “दाऊदको जरा” भन्ने शब्दहरूले इस्राएलको राजा दाऊदको विषयमा यसरी बताउँछन् कि मानौँ उनी परमेश्वरले रोप्नुभएको कुनै बिउ हुन् र येशूको विषयमा यसरी बताउँछन् कि मानौँ उहाँ त्यस बिउबाट उम्रिनुभएको जरा हुनुहुन्छ ।
यूहन्नाले परमेश्वरको सिंहासनको विषयमा भएको उनको दर्शनमा आफूले देखेका कुराहरूलाई वर्णन गर्न निरन्तरता दिन्छन् ।
“मैले ती कुराहरू देखेपछि, मैले ... देखेँ”
“उहाँ” उही नै हुनुहुन्छ जसको बारेमा प्रकाश ४:२-३ मा बताइएको थियो ।
“भित्र र बाहिरपट्टि लेखोट भएको एउटा चर्मपत्र”
“र त्यसलाई सात मोहोरहरूले बन्द गरेर राखेको थियो”
चर्मपत्र खोल्नलाई कुनै व्यक्तिले त्यसको मोहोरहरू तोड्न जरुरी थियो । वैकल्पिक अनुवादः “मोहोरहरू तोडेर चर्मपत्र खोल्नलाई को योग्यको छ ?”
यसलाई एउटा आज्ञाको रूपमा अनुवाद गर्न सकिन्छः “यो गर्न योग्यको व्यक्तिले मोहोरहरू तोड्न र चर्मपत्र खोल्न आउनुपर्छ !”
यसको अर्थ सबैतिर हुन्छः परमेश्वर र स्वर्गदूतहरू बस्ने ठाउँ, मानिसहरू र पशुहरू बस्ने ठाउँ, र मरिगएकाहरू भएको ठाउँ । वैकल्पिक अनुवादः “स्वर्गमा वा पृथ्वीमा वा पृथ्वीमुनि भएका कुनै पनि ठाउँमा”
“सुन” वा “मैले तिमीलाई भन्न लागेको कुरामा ध्यान देऊ”
यो यहूदाको कुलबाटको मानिसको लागि एउटा शीर्षक हो, जो महान् राजा हुनेछन् भनेर परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो । वैकल्पिक अनुवादः “एकजना जसलाई यहूदाको कुलको सिंह भनिन्छ” वा “ती राजा जसलाई यहूदाको कुलको सिंह भनिन्छ”
राजालाई एक सिंहको रूपमा बताइएको छ किनभने सिंह धेरै बलियो हुन्छ ।
यो दाऊदको सन्तानको लागि भएको एउटा शीर्षक हो, जो एक महान् राजा हुनेछन् भनेर परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो । वैकल्पिक अनुवादः “एकजना जसलाई दाऊदको जरा भनिन्छ”
दाऊदको सन्तानको विषयमा यसरी बताइएको छ कि मानौँ दाऊदको परिवार चाहिँ एउटा रूख थियो र उहाँ चाहिँ त्यस रूखको जरा हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “दाऊदको सन्तान”
थुमा सिंहासन भएको कक्षमा देखा पर्नुहुन्छ ।
“थुमा” भनेको एउटा कलिलो भेडा हो । यहाँ ख्रीष्टलाई जनाउन यसलाई सङ्केतात्मक रूपमा प्रयोग गरिएको छ ।
सङ्ख्या सात चाहिँ पूर्णता र सिद्धताको लागि एउटा प्रतीक हो । “सात आत्माहरू”ले कि त परमेश्वरको आत्मालाई जनाउँछ वा परमेश्वरको सेवा गर्ने सात आत्माहरूलाई जनाउँछ । तपाईंले यसलाई प्रकाश १:४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यसलाई एउटा क्रियापद राखेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले सारा पृथ्वीभर पठाउनुभयो”
उहाँ सिंहासनको नजिक जानुभयो । केही भाषाहरूले “आउनुभयो” भन्ने क्रियापदलाई प्रयोग गर्नेछन् । वैकल्पिक अनुवादः “उहाँ आउनुभयो”
यो एउटा कलिलो नर भेडा हो । यहाँ ख्रीष्टलाई जनाउन यसलाई सङ्केतात्मक रूपमा प्रयोग गरिएको छ । तपाईंले यसलाई [प्रकाश ५:६]
“२४ धर्म-गुरूहरू ।” तपाईंले यसलाई [प्रकाश ४:४]
“तिनीहरू भुइँमा लम्पसार परे ।” तिनीहरूले थुमालाई आराधना गरिरहेका थिए भनेर देखाउनको लागि तिनीहरूका मुखहरू भुइँतिर फर्काइएका थिए । तिनीहरू यो जानाजान नै गरेका थिए; तिनीहरूले संयोगवश लडेका होइनन् ।
सम्भावित अर्थहरू हुन् १) “धर्म-गुरूहरू र जीवित प्राणीहरूमध्ये हरेक” वा २) “धर्म-गुरूहरूमध्ये हरेक ।”
यहाँ धूप चाहिँ विश्वासीहरूले परमेश्वरलाई गरेका प्रार्थनाहरूको लागि एउटा प्रतीक हो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि तिनीहरूले तपाईंलाई मारे” वा “किनकि मानिसहरूले तपाईंलाई मारे”
यदि तपाईंको भाषामा कुनै पशुलाई बलि चढाउनलाई मार्ने कुराको लागि प्रयोग गर्ने कुनै शब्द छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा विचार गर्नुहोस् ।
किनकि रगतले व्यक्तिको जीवनलाई प्रतिनिधित्व गर्छ, रगत बगाउनुले मर्नुलाई प्रतिनिधित्व गर्छ । यसको अर्थ सम्भवतः “तपाईंको मृत्युद्वारा” वा “मर्नुभएर” भन्ने हुन्छ ।
“तपाईंले मानिसहरूलाई किन्नुभयो ताकि तिनीहरू परमेश्वरका हुन सकून्” वा “तपाईंले मूल्य चुकाउनुभयो ताकि मानिसहरू परमेश्वरका हुन सकून्”
यसको अर्थ हो कि हरेक जातीय समूहबाटका मानिसहरू समावेश गरिएका छन् ।
तपाईंको भाषामा भएको कुनै एउटा अभिव्यक्तिलाई प्रयोग गर्नुहोस् जसले देखाउँछ कि यो एउटा ठूलो सङ्ख्या हो । वैकल्पिक अनुवादः “दशौँ लाख” वा “गनेर नसकिने हजारौँको सङ्ख्या”
“मारिनुभएका थुमा योग्यका हुनुहुन्छ”
यी सबै कुराहरू थुमासँग भएका कुराहरू हुन् । ती भएकोमा प्रशंसा गरिनुलाई ती प्राप्त गरेको झैँ गरी बताइएको छ । यसलाई भाववाचक नामपद शब्दहरू हट्ने गरेर पुनः व्यक्त गर्न सकिन्छ । तपाईंले यस्तै समान वाक्यलाई [प्रकाश ४:११]
यसको अर्थ सबैतिर हुन्छः परमेश्वर र स्वर्गदूतहरू बस्ने ठाउँ, मानिसहरू र पशुहरू बस्ने ठाउँ, र मरिगएकाहरू भएको ठाउँ । वैकल्पिक अनुवादः “स्वर्गमा वा पृथ्वीमा वा पृथ्वीमुनि भएका कुनै पनि ठाउँमा” तपाईंले यसलाई [प्रकाश ५:३]
“सिंहासनमा विराजमान हुनुहने र थुमासँग ... होस्”
1 जब थुमाले सातवटा छापमध्ये एउटालाई खोल्नुभएको मैले देखेँ, अनि ती चार जीवित प्राणीमध्ये एक जनाले गर्जनको आवज जस्तोमा “आऊ” भनेको मैले सुनेँ । 2 मैले हेरेँ र त्यहाँ एउटा सेतो घोडा थियो । त्यसमाथि चढ्नेले एउटा वाण समातेका थिए र उनलाई एउटा मुकुट दिइयो । अनि जित्नेले जस्तै गरी उनी विजयी गर्नलाई आए । 3 जब थुमाले दोस्रो छापलाई खोल्नुभयो, तब मैले त्यो दोस्रो जीवित प्राणीले “आऊ” भनिरहेको सुनेँ । 4 तब अर्को अग्निमय रातो घोडा निस्केर आयो । त्यसमा सवार गर्नेलाई पृथ्वीबाट शान्ति लिएर जानलाई अनुमति दिइएको थियो । त्यसकारण, ती मानिसहरूले एक-अर्कालाई मार्नेछन् । यी घोडसवारलाई एउटा ठुलो तरवार दिइएको थियो । 5 जब थुमाले तेस्रो छापलाई खोल्नुभयो, तब तेस्रो जीवित प्राणीले “आऊ” भनेको मैले सुनेँ । मैले एउटा कालो घोडालाई देखेँ, र यसका घोडसवारले उनको हातमा एकजोर तराजुलाई समाइरहेका थिए । 6 मैले चार जीवित प्राणीका बिचमा एउटा आवाज जस्तो देखिनेले भनेको कुरा सुने, “एक दिनको ज्यालामा एक किलो गहूँ र एक दिनको ज्यालामा तिन किलो जौ । तर तेल र दाखमद्यलाई नष्ट नगर्नू ।” 7 जब थुमाले चौथो छापलाई खोल्नुभयो, तब मैले चौथो जीवित प्राणीले “आऊ” भनेको सोरलाई सुनेँ । 8 तब मैले पहेँलो घोडालाई देखेँ । यसको घोडसवारको नाउँ मृत्यु थियो, र पातालले त्यसलाई पछ्याइरहेको थियो । अनि तिनीहरूलाई पृथ्वीको एक-चौथाइ भागमाथि तरवारले मार्न, अनिकाल र रोगहरूमाथि, र पृथ्वीका जङ्गली जनावरलाई मार्न अधिकार दिइएको थियो । 9 जब थुमाले पाँचौ छापलाई खोल्नुभयो, तब वेदीको मुनि परमेश्वरको वचन र तिनीहरूको गवाहीका खातिर मारिएका आत्माहरूलाई मैले देखेँ । 10 तिनीहरूले चर्को सोरमा कराए, “सबैमाथिका शासक, पवित्र र साँचो, कहिलेसम्म तपाईंले हाम्रो रगतको बदला लिनुहुन्न र पृथ्वीमा बाँचिरहेकाहरूको न्याय गर्नुहुन्न ?” 11 तब तिनीहरू हरेकलाई एउटा सेतो वस्त्र दिइयो, अनि तिनीहरूका सहकर्मी सेवकहरू र तिनीहरूका दाजुभाइहरू र दिदी-बहिनीहरू तिनीहरूजस्तै जो मारिएर सङ्ख्यामा पूर्ण नभएसम्म तिनीहरूलाई पर्खनू भनियो । 12 जब थुमाले छैटौँ छापलाई खोल्नुभयो, तब त्यहाँ एउटा ठुलो भूकम्प गएको मैले देखेँ । सूर्य भाङग्राको कपडाजस्तै कालो र चन्द्रमा पुरा रगतजस्तै बन्यो । 13 जसरी अञ्जीरको रुखलाई आँधीबेहरीले हल्लाउँदा नपाकेका फलहरू झरेजस्तै स्वर्गमा भएका ताराहरू पृथ्वीमा खसे । 14 आकाश चर्मपत्रको मुट्ठोजस्तै बेरिएर लोप भयो, जुनचाहिँ बटारिएको थियो । हरेक पहाड र टापु त्यसको ठाउँदेखि हटेर गए । 15 तब पृथ्वीका राजाहरू र महत्त्वपूर्ण मानिसहरू अनि जनसाधारणहरू, धनी, शक्तिशाली, अनि दास र स्वतन्त्र हरेक व्यक्ति पहाडका चट्टानहरूका बिचमा र गुफाहरूमा लुके । 16 तिनीहरूले पर्वत र चट्टानहरूलाई भने, “हामीमा खस ! सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट र थुमाको क्रोधबाट हामीलाई लुकाऊ । 17 किनकि तिनीहरूको क्रोधको महान् दिन आएको छ र त्यहाँ को उभिन सक्छ र ? ।”
थुमाले प्रत्येक पहिलो छवटा मोहोरहरूलाई खोल्नुभएपछि के भयो भन्ने कुरालाई लेखकले वर्णन गर्छन् । थुमाले अध्याय ८ नआइसम्म सातौँ मोहोरलाई खोल्नुहुन्न ।
यूहन्नाको समयका राजाहरू र महत्त्वपूर्ण मानिसहरूका महत्त्वपूर्ण कागजातहरू कागज वा जनावरका छालाका ठूला टुक्राहरूमा लेखिएका हुन्थे । त्यसपछि तिनीहरूले तिनलाई बेर्थे र ती बन्द रहून भनेर तिनलाई महिनले मोहोर लगाउँथे । त्यो कागजात जुन व्यक्तिको लागि लेखिएको हो उससँग मात्रै त्यो मोहोर तोडेर त्यसलाई खोल्ने अधिकार हुन्थ्यो । यस अध्यायमा, थुमाले मोहोरहरू खोल्नुहुन्छ ।
जसै थुमाले प्रत्येक पहिलो चार मोहोरहरू खोल्नुहुन्छ, लेखकले फरक-फरक रङ्गका घोडाहरू चढेका घोडसवारहरूलाई वर्णन गर्छन् । ती घोडामा सवार हुनेहरूले पृथ्वीलाई कसरी असर गर्नेछन् भन्ने कुराको लागि घोडाका रङ्गहरू प्रतीकात्मक भएको जस्तै देखिन्छ ।
यसले येशूलाई जनाउँछ । यस अध्यायमा, यो येशूको लागि एउटा नाम पनि हो । अनि
१२-१४ का पदहरूमा, लेखकले दर्शनमा देखेका चित्रणहरूलाई वर्णन गर्नका निमित्त उनले थुप्रै उपमाहरूको प्रयोग गर्छन् । उनले ती चित्रणहरूलाई दैनिक देखिने थोकहरूसँग तुलना गर्छन् ।
परमेश्वरको सिंहासन अगाडि भएका घटनाहरूलाई वर्णन गर्न यूहन्नाले निरन्तरता दिन्छन् । थुमाले चर्मपत्रमा भएका मोहोरहरू खोल्न थाल्नुहुन्छ ।
यो एक व्यक्तिलाई दिइएको आज्ञा हो, जो चाहिँ सेतो घोडामा सवार व्यक्ति हुन् जस्तो देखिन्छ जसको बारेमा पद २ मा कुरा गरिएको छ ।
यस किसिमको मुकुट चाहिँ जैतूनका हाँगाहरू वा लौरेलको रूखको पातहरूबाट बनेका हारहरूका आकृतिहरू हुन् जुन सम्भवतः सुन पिटेर बनाइन्थ्यो । वास्तवमै पातहरूबाट बनाइएका नमुनाहरू चाहिँ विजयी खेलाडिहरूलाई तिनीहरूको शिरमा लगाउन दिइन्थ्यो । यसलाई कर्तृ वाच्यमा प्रयोग हुने क्रियापद राखेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले एउटा मुकुट प्राप्त गर्नुभयो” वा “परमेश्वरले उहाँलाई एउटा मुकुट दिनुभयो”
यो जैतूनका हाँगाहरू वा लौरेलको रूखको पातहरूले बनेको एउटा हार थियो जुन यूहन्नाको समयमा विजयी खेलाडिहरूले प्रतिस्पर्धाहरूमा पाउने गर्थे ।
“अर्को मोहोर” वा “मोहोर सङ्ख्या दुई”
“अर्को जीवित प्राणी” वा “जीवित प्राणी सङ्ख्या दुई”
यसलाई एउटा दोस्रो वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बाहिर आयो । यो आगो झैँ रातो थियो” वा “बाहिर आयो । यो उज्ज्वल रातो थियो”
यसलाई कर्तृ वाच्यमा प्रयोग हुने क्रियापद राखेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसमा सवार हुनेलाई परमेश्वरले अनुमति दिनुभयो” वा “त्यसमा सवार हुनेले अनुमति पायो”
यसलाई कर्तृ वाच्यमा प्रयोग हुने क्रियापद राखेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यस घोडसवारले एउटा ठूलो तरवार प्राप्त गर्यो” वा “परमेश्वरले यस घोडसवारलाई एउटा ठूलो तरवार दिनुभयो”
“असाध्यै बडेमानको तरवार” वा “भयङ्कर तरवार”
“अर्को मोहोर” वा “मोहोर सङ्ख्या तीन”
“अर्को जीवित प्राणी” वा “जीवित प्राणी सङ्ख्या तीन”
विभिन्न चीजहरूको वजन नाप्नलाई प्रयोग गरिने साधन
केही भाषाहरूले वाक्यमा “दाम पर्नु” वा “किन्नु” जस्ता क्रियापदको प्रयोग गर्नलाई रुचाउन सक्छन् । सबै मानिसहरूको लागि त्यहाँ निकै कम मात्र गहूँ थियो, जसले गर्दा त्यसको दाम धेरै महँगो थियो । वैकल्पिक अनुवादः “एक चोनिक्स गहूँको दाम अब एक दिनारीअस भएको छ” वा “एक दिनारीअसले एक चोनिक्स गहूँ किन्नु”
एक “चोनिक्स” भनेको एउटा खास नाप थियो जुन लगभग एक लिटर बराबर हुन्थ्यो । “चोनिक्स”को बहुवचन रूप “चोनिसेस” हो । वैकल्पिक अनुवादः “एक लिटर गहूँ ... तीक लिटर जौ” वा “एक कचौरा गहूँ ... तीन कचौरा जौ”
यो सिक्का चाहिँ एक दिनको ज्याला बराबरको थियो । वैकल्पिक अनुवादः “चाँदीको एक सिक्का” वा “एक दिनको काम बराबर पाइने ज्याला”
यदि तेल र दाखमद्यलाई हानी गरिएको भए, मानिसहरूले किन्नको लागि ती कम मात्र हुने थिए, र तिनीहरूको मूल्य बढ्ने थियो ।
यी अभिव्यक्तिहरूको अर्थ सम्भवतः जैतूनको तेलको कटनी र दाखको कटनी हुन्छ ।
“अर्को मोहोर” वा “मोहोर सङ्ख्या चार”
“अर्को जीवित प्राणी” वा “जीवित प्राणी सङ्ख्या चार”
“खरानी रङ्गको घोडा ।” यो चाहिँ मृत शरीरको रङ्ग हो, त्यसैले यसको रङ्ग चाहिँ मृत्युको प्रतीक हो ।
यहाँ “पृथ्वी”ले पृथ्वीका मानिसहरूलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “पृथ्वीमा भएका मानिसहरूको एक चौथाइ”
तरवार एउटा हतियार हो, र यहाँ त्यसले युद्धलाई प्रतिनिधित्व गर्छ ।
यसको अर्थ हो कि मृत्यु र पातालले जङ्गली पशुहरूलाई मानिसहरूलाई आक्रमण गर्ने र मार्ने तुल्याउने थिए ।
“अर्को मोहोर” वा “मोहोर सङ्ख्या पाँच”
यो “वेदीको जगनिर” भएको हुन सक्छ ।
यसलाई कर्तृ वाच्यमा प्रयोग हुने क्रियापद राखेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसलाई अरूहरूले मारेका थिए”
यहाँ “परमेश्वरको वचन” चाहिँ परमेश्वरबाटको सन्देशको लागि प्रतिस्थापन शब्द हो र “बोके” भनेको चाहिँ अलङ्कारको रूपमा भनिएको हो । सम्भावित अर्थहरू हुन् १) साक्षी बोक्ने कुराले परमेश्वरको वचन र गवाहीलाई विश्वास गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “धर्मशास्त्रको शिक्षाहरू र तिनीहरूले येशू ख्रीष्टको बारेमा सिकाएका कुराहरूको खातिर” वा “किनभने तिनीहरूले परमेश्वरको वचनलाई विश्वास गरे, जुन उहाँको गवाही हो” वा २) साक्षी बोक्ने कुराले परमेश्वरको वचनको बारेमा गवाही दिने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “किनभने तिनीहरूले परमेश्वरको वचनको बारेमा गवाही दिए”
यहाँ रगत शब्दले तिनीहरूको मृत्युहरूलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “हामीलाई मार्नेहरूलाई दण्ड दिनुहोस्”
यसको अर्थ हुन्छ कि परमेश्वरले तिनीहरूका शत्रुहरूद्वारा कुनै निश्चित सङ्ख्यामा मानिसहरू मारिनुपर्छ भनेर निर्णय गर्नुभएको थियो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले तिनीहरूका सङ्गी सेवकहरू ... दिदीबहिनीहरूको पूर्ण सङ्ख्यालाई नमारेसम्म, जसलाई मानिसहरूले मार्नेछन् भनेर परमेश्वरले निर्णय गर्नुभएको थियो, जसरी मानिसहरूले तिनीहरूका सङ्गी सेवकहरू ... दिदीबहिनीहरूलाई मारेका थिए”
यो एउटै समूहका मानिसहरू हुन् जुन दुई फरक तरिकामा वर्णन गरिएको छः सेवकहरूको रूपमा र भाइहरू र बहिनीहरूको रूपमा । वैकल्पिक अनुवादः “तिनीहरूका भाइहरू जसले तिनीहरूसँगै परमेश्वरको सेवा गर्छन्” वा “तिनीहरूका सङ्गी विश्वासीहरू जसले तिनीहरूसँगै परमेश्वरको सेवा गर्छन्”
ख्रीष्टिएनहरूलाई धेरैपटक एक अर्काका दाजुभाइहरू हुन् भनी भनिन्छ । यहाँ बताइएकाहरूका माझमा महिलाहरू पनि पर्छन् । वैकल्पिक अनुवादः “सङ्गी ख्रीष्टिएनहरू” वा “सङ्गी विश्वासीहरू”
“अर्को मोहोर” वा “मोहोर सङ्ख्या छ”
कहिलेकाहीँ भाङ्ग्राहरू कालो केशले बनाइएको हुन्थ्यो । मानिसहरूले शोक गर्दा भाङ्ग्रा लाउने गर्थे । भाङ्ग्राको चित्रणद्वारा मानिसहरूलाई मृत्यु र शोक गर्ने कुराको विषयमा विचार गर्ने बनाउन खोजिएको छ । वैकल्पिक अनुवादः “शोक गर्दा लगाउने कपडाहरू झैँ कालो”
रगतको चित्रणद्वारा मानिसहरूलाई मृत्युको विषयमा विचार गर्ने बनाउन खोजिएको छ । त्यो कसरी रगत झैँ थियो भन्ने कुरालाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “रगत झैँ रातो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसरी बतासले अञ्जीरको रूखलाई हल्लाउँछ र त्यसको नपाकेको फल झार्ने बनाउँछ”
आकाशलाई सामान्यतया धातुको पाता झैँ बलियो भएको मानिन्थ्यो, तर अब त्यो कागजको पाना झैँ कमजोर भएको थियो र सजिलै च्यात्न र बेर्न सकिन्थ्यो ।
यो शब्दले युद्धमा आदेश दिने योद्धाहरूलाई जनाउँछ ।
पहाडहरूका छेउमा हुने ठूला प्वालहरू
यहाँ “अनुहार”ले “उपस्थिति”लाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “उहाँको उपस्थिति” वा “उहाँ”
उहाँहरूको क्रोधको दिनले त्यो समयलाई जनाउँछ जब उहाँहरूले दुष्ट मानिसहरूलाई दण्ड दिनुहुने थियो । वैकल्पिक अनुवादः “यो एउटा भयावह समय हुनेछ जब उहाँहरूले मानिसहरूलाई दण्ड दिनुहुनेछ”
वर्तमानमा भइरहेको कुरालाई आइपुगेको भनेर बताइएको छ ।.
“उहाँहरूको” शब्दले सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई जनाउँछ ।
बाँच्नु वा जीवित रहनुलाई उभिनु भनेर बताइएको छ । परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुँदा कोही पनि बाँच्न सक्ने छैन भनेर तिनीहरूलाई लागेको निराशा र डरलाई व्यक्त गर्नका निमित्त यो प्रश्नलाई प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “कोही पनि बाँच्न सक्दैन”
1 त्यसपछि पृथ्वीका चारै कुनामा चार जना स्वर्गदूत उभिइरहेका मैले देखेँ जसले पृथ्वीको चारैतिर भएका बतासलाई बलियोसँग पक्रिरहेका थिए । त्यसैले, पृथ्वी, समुद्र वा कुनै पनि रुखको विरुद्धमा कुनै पनि बतास नचलोस् । 2 जीवित परमेश्वरको छाप लिएर अर्को स्वर्गदूत पूर्वबाट माथि आउँदै गरेको मैले देखेँ, जसले पृथ्वी र समुद्रलाई हानि गर्ने अनुमति पाएका चार स्वर्गदूतलाई ठुलो सोरले चिच्च्याउँदै यसो भने, 3 “हाम्रा परमेश्वरका सेवकहरूका निधारमा हामीले मोहोर नलगाउञ्जेलसम्म पृथ्वी, समुद्र वा रुखहरूलाई हानि नगर ।” 4 मैले छाप लगाइएका एक लाख चवालिस हजारको सङ्ख्या सुनेँ, जो इस्राएलका मानिसको हरेक कुलबाट छाप लगाइएका थिएः 5 यहूदाको कुलबाट बाह्र हजारलाई, रूबेनको कुलबट बाह्र हजारलाई, गादको कुलबाट बाह्र हजारलाई छाप लगाइएको थियो, 6 आशेरको कुलबाट बाह्र हजारलाई, नप्तालीको कुलबाट बाह्र हजारलाई र मनश्शेको कुलबाट बाह्र हजारलाई छाप लगाइएको थियो । 7 शिमियोनको कुलबाट बाह्र हजारलाई, लेवीको कुलबाट बाह्र हजारलाई, इस्साखारको कुलबाट बाह्र हजारलाई, 8 जबूलूनको कुलबाट बाह्र हजारलाई, योसेफको कुलबाट बाह्र हजारलाई र बेन्यामीनको कुलबाट बाह्र हजारलाई छाप लगाइएको थियो । 9 यी कुराहरूपछि मैले हेरेँ, र हरेक जाति, कुल, मानिस र भाषाका कसैले पनि गन्न नसक्ने एउटा ठुलो भिड सेतो पोशाक लगाएर र आ-आफ्ना हातमा खजुरका हाँगा लिई सिंहासन अगाडि र थुमाका सामु उभिरहेका थिए । 10 अनि तिनीहरूले ठुलो सोरमा बोलाइराखेका थिएः “मुक्त्ति सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्वर र थुमाको हो ।” 11 अनि सबै स्वर्गदूत चार जीवित प्राणी, एल्डरहरूका वरिपरि र सिंहासनका वरिपरि उभिए र तिनीहरू आफैँ लम्पसार परेर सिंहासनको अगि आफ्नो अनुहार झुकाए । तिनीहरूले यसो भन्दै परमेश्वरको आराधना गरे, 12 “आमेन । हाम्रा परमेश्वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, आदर, शक्ति र बल सदासर्वदा भइरहोस् । आमेन ।” 13 त्यसपछि एल्डरहरूमध्ये एक जनाले मलाई सोधे, “यी सेता वस्त्रहरू पहिरनेहरू को हुन्, र तिनीहरू कहाँबाट आएका हुन् ?” 14 अनि मैले उहाँलाई भनेँ, “हजुर, तपाईंलाई नै थाहा छ,” र उहाँले मलाई भन्नुभयो, “यिनीहरू नै हुन् जो महासङ्कष्टबाट आएका हुन् । तिनीहरूले आफ्ना वस्त्रहरू थुमाका रगतमा धोएर सेता बनाएका छन् । 15 यसैकारणले गर्दा, तिनीहरू परमेश्वरको सिंहासनको अगाडि छन्, अनि उहाँको मन्दिरमा तिनीहरूले दिनरात उहाँको आराधना गर्दछन् । सिंहासनमा विराजमान हुनुहुनेले तिनीहरूमाथि आफ्नो पाल फैलाउनुहुनेछ । 16 तिनीहरू फेरि भोकउनेछैनन्, न त तिनीहरू फेरि तिर्खाउनेछन् । सूर्यको ताप तिनीहरूमाथि पर्नेछैन, न त कुनै तापले तिनीहरूलाई जलाउनेछ । 17 किनकि सिंहासनका माझमा हुनुहुने थुमा तिनीहरूका गोठालो हुनुहुनेछ, अनि उहाँले तिनीहरूलाई जिउँदो पानीको मुहानतिर डोर्याउनुहुनेछ, र परमेश्वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ ।”
विद्वानहरूले यस अध्यायका भागहरूलाई थुप्रै विभिन्न तरिकाहरूले अर्थ लगाएका छन् । यसमा भएका कुराहरूलाई ठीकसँगले अनुवाद गर्नका लागि अनुवादकहरूले यस अध्यायको अर्थ के हो भनेर पूर्णतया बुझ्नलाई आवश्यक छैन ।
यस अध्यायमा भएका ठूला सङ्ख्याहरूलाई ठीकसँगले अनुवाद गर्नलाई महत्त्वपूर्ण छ । सङ्ख्या १,४४,००० भनेको बाह्र गुणा बाह्र हजार हो ।
यस अध्यायमा इस्राएलका मानिसहरूको बाह्र कुलहरूलाई पुरानो करारमा सामान्यतया सूचीकृत गरिने तरिका अनुसार यहाँ सूचीकृत गरिएको छैन भनेर अनुवादकहरू जानकार हुनुपर्छ ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले ५-८ र १५-१७ का पदहरूसँग यसै गर्छ ।
परमेश्वरले उहाँका मानिसहरूलाई समस्याको घडीमा बचाउनुहुन्छ र तिनीहरूको रक्षा गर्नुहुन्छ । उहाँका मानिसहरूले उहाँलाई आराधना गरेर प्रतिक्रिया जनाउँछन् ।
यसले येशूलाई जनाउँछ । यस अध्यायमा, यो येशूको लागि एउटा नाम पनि हो ।
यूहन्नाले परमेश्वरका १,४४,००० सेवकहरूको बारेमा भएको एउटा दर्शनलाई वर्णन गर्न थाल्छन् जसलाई मोहोरहरूले चिन्ह लगाइन्छ । तिनीहरूलाई चिन्ह लगाउने काम थुमाले छैटौँ मोहोर खोल्नुभए पश्चात र उहाँले सातौँ मोहोर खोल्नुभन्दा अगाडि हुन्छ ।
पृथ्वीलाई कागजको पाना जस्तै फराकिलो र वर्गाकार भएको जसरी बताइएको छ । “चारै कुना” भन्ने वाक्यांशले उत्तर, दक्षिण, पूर्व, र पश्चिमलाई जनाउँछ ।
यहाँ “मोहोर” शब्दले त्यो एउटा साधनलाई जनाउँछ जसलाई मैनको मोहोरमा कुनै चिन्ह खोप्नलाई प्रयोग गरिन्छ । यहाँ चाहिँ त्यो साधन परमेश्वरका मानिसहरूमा चिन्ह लगाउनको लागि प्रयोग गरिने थियो । वैकल्पिक अनुवादः “चिन्ह लगाउने साधन” वा “छाप”
यहाँ “मोहोर” शब्दले कुनै एउटा चिन्हलाई जनाउँछ । यो चिन्हले ती मानिसहरू परमेश्वरका हुन् र उहाँले तिनीहरूलाई रक्षा गर्नुहुनेछ भनेर देखाउँछ । वैकल्पिक अनुवादः “निधारहरूमा चिन्ह लगाउनु”
निधार भनेको आँखाहरूभन्दा माथिको अनुहारको माथिल्लो भाग हो ।
यसलाई कर्तृ वाच्यमा प्रयोग हुने क्रियापद राखेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसलाई परमेश्वरका स्वर्गदूतले चिन्ह लगाए”
“एक लाख चवालीस हजार मानिसहरू”
“१२,००० ... कुलबाट”
यसले इस्राएलका मोहोर लगाइएका मानिसहरूको सूचीलाई निरन्तरता दिन्छ ।
एउटा भीडले परमेश्वरको प्रशंसा गरिरहेको सम्बन्धमा रहेको एउटा दोस्रो दर्शनलाई यूहन्नाले वर्णन गर्न सुरु गर्छन् । यो मोहोर लगाइएका १,४४,००० मानिसहरूभन्दा भिन्नै मानिसहरूको एउटा समूह हो । यो दर्शन पनि थुमाले छैटौँ मोहोर खोल्नुभए पश्चात र उहाँले सातौँ मोहोर खोल्नुभन्दा अगाडि भएको हो ।
“एउटा ठूलो भीड” वा “धेरै सङ्ख्यामा भएका मानिसहरू”
यहाँ “सेतो” रङ्गले शुद्धतालाई प्रतिनिधित्व गर्छ ।
“उद्धार ... बाट आउँछ”
तिनीहरूले परमेश्वर र थुमाको प्रशंसा गरिरहेका थिए । नामपद शब्द “उद्धार”लाई “बचाउनु” क्रियापदको प्रयोग गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सिंहासनमा बस्नुहुने हाम्रा परमेश्वर र थुमाले हामीलाई बचाउनुभएको छ !”
यिनीहरू प्रकाश ४:६-८ मा उल्लेखित गरिएका चार प्राणीहरू हुन् ।
यहाँ “घोप्टो परे” भनेको एउटा वाक्पद्धति हो जसको अर्थ तिनीहरूले भुइँतिर अनुहार फर्काउँदै लम्पसार परे भन्ने हुन्छ । तपाईंले “तिनीहरूले आफैँलाई लम्पसार बनाए” भन्ने भनाइलाई [प्रकाश ४:१०]
“हाम्रा परमेश्वर सारा प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, सम्मान, शक्ति र सामर्थ्यको योग्य हुनुहुन्छ”
प्रशंसा, महिमा, र सम्मान चाहिँ परमेश्वर“लाई” कसरी भएको हुन सक्छ भनेर देखाउनका निमित्त “दिनु” क्रियापदलाई प्रयोग गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले हाम्रा परमेश्वरलाई प्रशंसा, महिमा, धन्यवाद, र सम्मान दिनुपर्छ”
यी दुई शब्दहरूले एउटै कुराको अर्थ दिन्छन् र प्रशंसाको कहिल्यै अन्त हुनेछैन भनेर जोड दिन्छन् ।
यी सेता वस्त्रहरूले तिनीहरू धर्मी थिए भनेर देखाउँथ्यो ।
“महासङ्कष्टबाट बाँचेर आएका छन्” वा “महासङ्कष्टबाट गुज्रेर आएका छन्”
“भयङ्कर कष्टभोगको समय” वा “त्यो समय जब मानिसहरूले भयानक रीतिले यातना भोग्नेछन्”
थुमाको रगतद्वारा धर्मी बनाइने कुरालाई तिनीहरूका वस्त्रहरू उहाँको रगतमा धोएको भए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “तिनीहरूका वस्त्रहरू थुमाको रगतमा धोएर सेता बनाएर तिनीहरूलाई धर्मी बनाइएको छ”
“रगत” शब्द थुमाको मृत्युलाई जनाउनको लागि प्रयोग गरिएको छ ।
एल्डर यूहन्नासँग बोलिरहन्छन् ।
यी शब्दहरूले ती मानिसहरूलाई जनाउँछन् जो महासङ्कष्टबाट आएका छन् ।
दिनका यी दुई भागहरूलाई “सारा समय” वा “नरोकिकन”को अर्थ दिनको लागि एकसाथ प्रयोग गरिएको छ ।
“तिनीहरूमाथि उहाँको पाल राख्नुहुनेछ ।” तिनीहरूको रक्षा गर्ने कुराको विषयमा यसरी बताइएको छ कि मानौँ त्यो चाहिँ उहाँले तिनीहरूलाई भित्र बस्नलाई वास दिइरहनुभएको जस्तो हो । वैकल्पिक अनुवादः “तिनीहरूलाई वास दिनुहुनेछ” वा “तिनीहरूलाई रक्षा गर्नुहुनेछ”
यी शब्दहरूले ती मानिसहरूलाई जनाउँछन् जो महासङ्कष्टबाट आएका छन् ।
सूर्यको तापलाई कुनै सजायसँग तुलना गरिएको छ जसले मानिसहरूलाई कष्ट भोग्न लगाउँछ । वैकल्पिक अनुवादः “सूर्यको तापले तिनीहरूलाई जलाउनेछैन” वा “सूर्यले तिनीहरूलाई कमजोर तुल्याउनेछैन”
यी शब्दहरूले ती मानिसहरूलाई जनाउँछन् जो महासङ्कष्टबाट आएका छन् ।
“थुमा, जो सिंहासन वरिपरिको क्षेत्रको बीचमा उभिरहनुभएको छ”
थुमाले उहाँका मानिसहरूलाई गर्नुहुने हेरविचारको विषयमा एल्डरले यसरी बताउँछन् कि मानौँ त्यो चाहिँ गोठालोले उसका भेडाहरूलाई गर्ने हेरविचार जस्तै हो । वैकल्पिक अनुवादः “किनकि ... थुमा तिनीहरूका लागि एक गोठालो झैँ हुनुहुनेछ” वा “किनकि ... थुमाले तिनीहरूलाई गोठालोले उसका भेडाहरूलाई हेरविचार गरेको जस्तै गरेर हेरविचार गर्नुहुनेछ”
एल्डरले जीवन दिने कुराको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो चाहिँ ताजा पानीको स्रोत हो । वैकल्पिक अनुवादः “गोठालोले उसका भेडाहरूलाई ताजा पानीतर्फ डोहोर्याएको जसरी उहाँले तिनीहरूलाई डोहोर्याउनुहुनेछ” वा “गोठालोले उसका भेडाहरूलाई जीवित पानीतर्फ डोहोर्याएको जसरी उहाँले तिनीहरूलाई जीवनतर्फ डोहोर्याउनुहुनेछ”
यहाँ आँसुले निराशालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “आँसु पुछेको जसरी नै परमेश्वरले तिनीहरूका निराशालाई पुछिदिनुहुनेछ” वा “परमेश्वरले तिनीहरूलाई अब उप्रान्त निराश नहुने बनाउनुहुनेछ”
1 जब थुमाले सातौँ मोहोर खोल्नुभयो, स्वर्गमा लगभग आधा घण्टा जति सन्नाटा छायो । 2 त्यसपछि मैले परमेश्वरको अगाडि उभिरहेका सात जना स्वर्गदूतलाई देखेँ, र तिनीहरूलाई सातवटा तुरही दिइयो । 3 अर्को स्वर्गदूत आए र सुनको धुपौरो लिएर वेदीको छेउमा उभिए । सिंहासन अगाडि सबै विश्वासीका प्रार्थनासँग चढाउनका लागि ती स्वर्गदूतलाई धेरै धूप दिइयो । 4 विश्वासीहरूका प्रार्थनासँगै धूपको धुवाँ स्वर्गदूतको हातबाट परमेश्वरको अगाडि पुग्यो । 5 स्वर्गदूतले धुपौरो लिए र वेदीबाट आगो भरे । तब तिनले त्यसलाई पृथ्वीमा फ्याँकिदिए, अनि चट्याङ, गडगडाहट, बिजुलीका चमकहरू उत्पन भए र भूकम्प गयो । 6 तब सातवटा तुरही भएका सात स्वर्गदूतहरू ती फुक्नलाई तयार भए । 7 पहिलो स्वर्गदूतले आफ्नो तुरही फुके र त्यहाँ असिना र रगत मिसिएको आगो आयो । यसलाई तल पृथ्वीमा फालियो । यसले पृथ्वीको तिन भागको एक-तिहाइ भागलाई डढायो; तिन भागको एक-तिहाइ रुखहरूलाई डढायो र सबै हरिया घाँसलाई पनि डढायो । [टिपोटः केही पुराना संस्करणहरूमा यसलाई छोडिएको छ] । त्यसैले, यसको तिन भागको एक-तिहाइ डढेको थियो । 8 दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, अनि आगोले जलिरहेको एउटा ठुलो पहाडजस्तो केही समुद्रमा फालियो । समुद्रको एक-तिहाइ भाग रगत बन्यो । 9 त्यसपछि समुद्रमा भएका जीवित प्राणीहरूमध्ये एक-तिहाइ भाग मरे, र जहाजहरूका एक-तिहाइ भाग नष्ट भए । 10 तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, अनि आकाशबाट बलिरहेको राँकोजस्तो एउटा ठुलो तारा नदीहरूका एक-तिहाइ भाग र पानीको मुहानमा खस्यो । 11 त्यो ताराको नाउँ “ऐरेलु” हो । एक-तिहाइ भागको पानी तितो भयो, र त्यो तितो भएको पानीबाट धेरै मानिस मरे । 12 चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, त्यसैले, सूर्यको एक-तिहाइ भाग साथसाथै चन्द्रमाको एक-तिहाइ र ताराहरूको एक-तिहाइ भागमा प्रहार गरियो । एक-तिहाइ भाग अन्धकारमा परिणत भयो, अनि दिनको एक-तिहाइ र रातको एक-तिहाइ भागमा ज्योति भएन । 13 अनि मैले हेरेँ, र आकाशको बिचमा उडिरहेको एउटा गरुड ठुलो सोरमा यसो भन्दै कराइरहेको सुनेँ, “बाँकी रहेका तिन स्वर्गदूतले फुक्नै आँटेका तुरहीको आवाजको कारण पृथ्वीमा बस्ने मानिसहरूलाई धिक्कार, धिक्कार, धिक्कार ।”
थुमाले सातौँ मोहोर खोल्नुहुँदा के हुन्छ भन्ने कुरालाई यस अध्यायले देखाउन सुरु गर्छ । पृथ्वीमा नाटकीय कुराहरू हुन लाउनलाई परमेश्वरले सारा विश्वासीहरूका प्रार्थनाहरूको प्रयोग गर्नुहुन्छ । त्यसपछि स्वर्गदूतहरूले सात तुरहीहरूमा पहिला चार तुरहीहरूलाई फुक्दा के हुन्छ भन्ने कुरालाई यूहन्नाले वर्णन गर्छन् ।
यूहन्नाले यस अध्यायमा थुप्रै पटक कर्म वाच्यको प्रयोग गर्छन् । यसले काम गर्ने कर्तालाई लुकाउँछ । यदि अनुवादकको भाषामा कर्म वाच्यमा लेख्ने शैली छैन भने यसलाई व्यक्त गर्न कठिन हुनेछ ।
पदहरू ८ र १० मा, यूहन्नाले दर्शनमा देखेका चित्रणहरूलाई वर्णन गर्नका निमित्त उनले थुप्रै उपमाहरूको प्रयोग गर्छन् । उनले ती चित्रणहरूलाई दैनिक देखिने थोकहरूसँग तुलना गर्छन् ।
थुमाले सातौँ मोहोरलाई खोल्नुहुन्छ ।
यो चर्मपत्रमा भएका सात मोहोरहरूमध्येमा अन्तिम मोहोर हो । वैकल्पिक अनुवादः “अर्को मोहोर” वा “अन्तिम मोहोर” वा “मोहोर सङ्ख्या सात”
तिनीहरू हरेकलाई एउटा तुरही तुरही दिइयो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) “परमेश्वरले तिनीहरूलाई सातवटा तुरहीहरू दिनुभयो” वा २) “थुमाले तिनीहरूलाई साटवटा तुरहीहरू दिनुभयो”
“तिनले त्यो धूप जलाएर त्यसलाई परमेश्वरकहाँ चढाउने थिए”
यसले स्वर्गदूतको हातमा भएको कचौरालाई जनाउँछ । वैकल्पिक अनुवादः “स्वर्गदूतको हातमा भएक कचौरा”
यहाँ “आगो” शब्दले सम्भवतः बलिरहेका भुङ्ग्रोहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यसलाई बलिरहेका भुङ्ग्रोहरूले भरिदिए” वा “त्यसलाई आगोका भुङ्ग्रोहरूले भरिदिए”
एक समयमा एउटा गरेर सात स्वर्गदूतहरूले सातवटा तुरहीहरूलाई बजाउँछन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “स्वर्गदूतले रगत मिसिएको असिना र आगो तल पृथ्वीमाथि फ्याँके”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसले पृथ्वीको एक तिहाइ भाग, रूखहरूको एक तिहाइ भाग, र सारा हरिया घाँसलाई जलायो”
“अर्का स्वर्गदूत” वा “स्वर्गदूत सङ्ख्या दुई”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “स्वर्गदूतले आगोले बलिरहेको ठूलो पहाडजस्तो केही कुरालाई फ्याँके”
“एक तिहाइ”को अंशलाई अनुवादमा व्याख्या गर्न सकिन्छ । वैकल्पिक अनुवादः “समुद्र चाहिँ तीन भागहरूमा बाँडिएको जस्तो थियो, ती भागहरूमध्येमा एउटा चाहिँ रगतमा परिणत भयो”
सम्भावित अर्थहरू हुन् १) “रगत झैँ रातो बन्यो” वा २) साँच्चै रगत बन्यो ।
“समुद्रमा भएका जीवित जिवातहरू” वा “माछा र अन्य पशुहरू जुन समुद्रमा बस्छन्”
“राँको झैँ बलिरहेको एउटा ठूलो तारा आकाशबाट खस्यो ।” ठूलो ताराको आगो चाहिँ राँकोको आगो जस्तै देखियो ।
उज्यालो प्रदान गर्नको लागि एकतिर आगो जलाइएको लट्ठी
ऐरेलु भनेको एउटा झार हो जसको स्वाद तीतो हुन्छ । मानिसहरूले त्यसबाट औषधी बनाउँथे, तर त्यो विषालु हुन्छ भनेर पनि मानिसहरूले विश्वास गर्थे । वैकल्पिक अनुवादः “त्यो ताराको नाम तीतोपना हो” वा “त्यो ताराको नाम तीतो औषधी हो”
पानीको तीतो स्वादको विषयमा यसरी बताइएको छ कि मानौँ त्यो नै ऐरेलु थियो । वैकल्पिक अनुवादः “ऐरेलु झैँ तीतो बन्यो” वा “तीतो बन्यो”
“तिनीहरूले त्यो तीतो पानी खाँदा मरे”
सूर्यलाई केही नराम्रो हुन लगाउनु चाहिँ त्यसलाई प्रहार गर्नु वा हिर्काउनु भए झैँ गरेर बताइएको छ । यसलाई कर्तृ वाच्यमा प्रयोग हुने क्रियापद राखेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सूर्यको एक तिहाइ भाग परिवर्तन भयो” वा “परमेश्वरले सूर्यको एक तिहाइ भागलाई परिवर्तन गर्नुभयो”
सम्भावित अर्थहरू हुन् १) “समयको एक तिहाइ भागसम्म ती अँध्यारा थिए” वा २) “सूर्यको एक तिहाइ भाग, चन्द्रमाको एक तिहाइ भाग, र ताराहरूको एक तिहाइ भाग अँध्यारो भयो”
“दिनको एक तिहाइ भाग र रातको एक तिहाइ भागको अवधिभर त्यहाँ कुनै उज्यालो थिएन” वा “दिनको एक तिहाइ भाग र रातको एक तिहाइ भागको अवधिभर तिनीहरू चम्केनन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने अझैसम्म तिनीहरूका तुरही नफुकेका तीन स्वर्गदूतहरूले ती अब फुक्न लागेका छन्”
1 त्यसपछि पाँचौ स्वर्गदूतले आफ्नो तुरही फुके । अनि मैले स्वर्गबाट पृथ्वीमा एउटा तारा खशिरहेको देखेँ । त्यो तारालाई अतल कुण्डको साँचो दिइयो । 2 त्यसले अतल कुण्ड खोल्यो, अनि त्यस कुण्डबाट धुवाँको मुस्लोजस्तो माथि गइरहेको थियो । त्यसले सूर्य र वायुलाई अँध्यारो बनाइदियो । 3 धुवाँबाट पृथ्वीमा सलहहरू निस्केर आए । अनि पृथ्वीमा बिच्छीहरूको जस्तो शक्ति तिनीहरूलाई दिइयो । 4 पृथ्वीमा भएका घाँस वा कुनै पनि हरियो बोट बिरुवा वा रुखलाई हानि नगर्नू भनी तिनीहरूलाई भनियो । तर तिनीहरूलाई निधारमा परमेश्वरको मोहर नभएका मानिसहरूलाई मात्र हानि गर्नू भनियो । 5 तिनीहरूलाई पाँच महिना मात्र यातना दिनू, तर ती मानिसहरूलाई नमार्नू भन्ने अनुमति दिइयो । अनि तिनीहरूको पीडा एक जना व्यक्तिलाई बिच्छीले डसेको जस्तो हुनेछ । 6 ती दिनहरूमा मानिसहरूले मृत्यु खोज्नेछन्, तर यसलाई भेट्टाउनेछैनन् । तिनीहरूले मर्न ठुलो इच्छा गर्नेछन्, तर मृत्यु तिनीहरूबाट भाग्नेछ । 7 सलहहरू लडाइँका निम्ति तयार गरिएका घोडाहरूजस्ता देखिन्थे । तिनीहरूका शिरमा सुनको जस्ता मुकुट र तिनीहरूका अनुहार मानवको अनुहारहरूजस्ता देखिन्थे । 8 तिनीहरूका कपाल स्त्रीहरूका कपालजस्तै र तिनीहरूका दाँत सिंहका दाँतजस्ता थिए । 9 तिनीहरूका छाती-पाता, फलामका छाती-पाताजस्तै अनि तिनीहरूका पखेटाहरूको आवाज युद्धमा दगुर्ने धेरै रथ र घोडाहरूका जस्तै थिए । 10 तिनीहरूका पुच्छर र खिल बिच्छीका जस्तै थिए, र तिनीहरूका पुच्छरमा पाँच महिनासम्म मनिसहरूलाई हानि गर्ने शक्ति थियो । 11 गहिरो अतल कुण्डका स्वर्गदूत तिनीहरूका राजाजस्तै थिए । हिब्रू भाषामा त्यसको नाउँ एबाड्डोन थियो र ग्रिक भाषामा त्यसको नाउँ अपोल्लियोन थियो । 12 पहिलो विपत्ति बितिहाल्यो । हेर, यसपछि दुईवटा विपत्ति आउन बाँकी नै छन् । 13 छैटौँ स्वर्गदूतले आफ्नो तुरही फुके । मैले परमेश्वरको अगाडि भएको सुनको वेदीका सिङहरूबाट एउटा आवाज आइरहेको सुने । 14 तुरही बोक्ने छैठौँ स्वर्गदूतलाई आवाजले यसो भन्यो, “ठुलो नदी यूफ्रेटिसमा बाँधिराखेका चार जना स्वर्गदूतलाई छोडिदेऊ ।” 15 मानव-जातिको एक-तिहाइ भागलाई मार्न त्यस घडी, त्यस दिन, त्यस महिना, त्यस वर्षका निम्ति तयार पारिराखेका चार स्वर्गदूत छाडिए । 16 घोडामा सवार भएका सिपाहीहरूको सङ्ख्या बिस करोड थियो । मैले तिनाहरूको सङ्ख्या सुनेँ । 17 यसरी मैले दर्शनमा घोडाहरू र ती घोडाहरूमाथि सवार हुनेहरूलाई देखेँ । तिनीहरूका छाती-पाता आगोजस्तै रातो, गाडा निलो र गन्धकजस्तो पहेँलो थियो । घोडाहरूका टाउका सिंहहरूका टाउकाजस्तै थिए, अनि तिनीहरूका मुखबाट आगो, धुवाँ र गन्धक निस्कन्थे । 18 तिनीहरूका मुखबाट निस्केका आगो, धुवाँ र गन्धकको यी विपत्तिहरूद्वारा मानिसको एक-तिहाइ भागलाई मारियो । 19 किनभने घोडाहरूको शक्ति तिनीहरूका मुख र पुच्छरमा थियो, किनकि तिनीहरूका पुच्छर सर्पको जस्तै थियो; तिनीहरूका टाउकोले हानेर मानिसहरूलाई चोट पुर्याएका थिए । 20 बाँकी रहेका मानव-जाति जो यी विपत्तिहरूद्वारा मारिएका थिएनन्, तिनीहरूले आफूले गरेका कामहरूबाट पश्चात्ताप गरेनन् । तिनीहरूको सुन, चाँदी, काँसा, ढुङ्गा र काठहरू अनि देख्न, सुन्न वा हिँड्न नसक्ने थोकहरूका मूर्तिहरू र भूतहरूलाई पुज्न छोडेनन्; 21 न त तिनीहरूले गरेको हत्या, जादुगरी, अनैतिक यौन वा चोरीजस्ता कामदेखि पश्चात्ताप गरे ।
यस अध्यायमा, स्वर्गदूतहरूले सात तुरहीहरूलाई फुक्दा के हुन्छ भन्ने कुरालाई यूहन्नाले वर्णन गरिरहन्छन् ।
प्रकाशको पुस्तकमा त्यहाँ थुप्रै खास धिक्कारहरू उल्लेख गरिएका छन् । यस अध्यायमा यी धिक्कारहरूमध्ये पहिलो धिक्कार छ । यो सम्भव छ कि प्रकाशका घटनाहरूका कालक्रमको लागि यिनीहरूको केही संरचनात्मक विशेषता वा महत्त्व छ ।यूहन्नाले प्रकाशको पुस्तकमा थुप्रै “धिक्कारहरू”को प्रयोग गर्छन् । यस अध्यायले चाहिँ अध्याय ८ को अन्तमा घोषणा गरिएका तीन “धिक्कारहरू”लाई वर्णन गर्न सुरु गर्छ ।
यस अध्यायले थुप्रै जनावरहरूलाई समावेश गर्छः सलहहरू, बिच्छीहरू, घोडाहरू, सिंहहरू, र सर्पहरू । जनावरहरूले विभिन्न गुणहरू र स्वभावहरूलाई व्यक्त गर्छन् । उदाहरणको लागि, सिंह शक्तिशाली र खतरनाक हुन्छ । अनुवादकहरूले सम्भव भएमा तिनीहरूको अनुवादमा एउटै जनावरहरूलाई प्रयोग गर्नुपर्छ । यदि कुनै थाहा नभएको जनावर छ भने, त्यसको जस्तै गुणहरू वा स्वभावहरू भएको जनावरलाई प्रयोग गर्नुपर्छ ।
प्रकाशको पुस्तकमा यस चित्रणलाई थुप्रै पटक देखिन्छ । यसले उम्कनै नसकिने ठाउँ र स्वर्गको विपरीत दिशामा भएको स्थानको रूपमा नरकलाई चित्रण गर्छ ।
“एब्बाडोन” एउटा हिब्रू शब्द हो । “अपोल्लियोन” चाहिँ एउटा ग्रीक शब्द हो । दुवै शब्दहरूको अर्थ “विनाशक” भन्ने हुन्छ । यूहन्नाले हिब्रू उच्चारणलाई प्रयोग गरे र तिनलाई ग्रीक अक्षरहरूमा लेखे । यूएलटी र यूएसटीले दुवै शब्दहरूका उच्चारणहरूलाई अङ्ग्रेजी अक्षरहरूमा लेख्छन् । अनुवादकहरूलाई लक्षित भाषाको अक्षरहरूलाई प्रयोग गरेर यी शब्दका उच्चारणहरूलाई लेख्नको लागि प्रोत्साहन दिइन्छ । मूल ग्रीक पाठकहरूले “अपोल्लियोन”को अर्थ “विनाशक” हुन्छ भनेर बुझ्ने थिए । त्यसैले अनुवादकहरूले त्यसको अर्थ के हुन्छ भनेर कुनै खण्डमा वा पादटिप्पणीमा लेख्न सक्छन् ।
महान् चिन्हहरूको बाबजुद पनि, मानिसहरूले पश्चात्ताप नगरेका र त्यसकारण तिनीहरूका पापमै रहिरहेका भनेर वर्णन गरिएको छ । मानिसहरूले पश्चात्ताप गर्न नमानेका कुरालाई अध्याय १६ मा पनि उल्लेख गरिएको छ । अनि )
यूहन्नाले यस अध्यायमा धेरै उपमाहरूको प्रयोग गर्छन् । उनले दर्शनमा देखेका चित्रणहरूलाई वर्णन गर्न तिनले सहायता गर्छन् ।
सात स्वर्गदूतहरूमध्येमा भएका पाँचौँ स्वर्गदूतले उनको तुरही फुक्न सुरु गर्छन् ।
यूहन्नाले तारालाई खसिसकेपछि देखे । उनले त्यसलाई खस्दै गरेको देखेनन् ।
“त्यो साँचो जसले अतल कुण्डको सुरुङको ताला खोल्छ”
सम्भावित अर्थहरू हुन् १) “सुरुङ” चाहिँ कुण्डलाई जनाउने अर्को एउटा तरिका हो र त्यसलाई लामो र साँघुरो आकारमा भएको भनेर वर्णन गर्छ वा २) “सुरुङ”ले कुण्डको प्रवेशद्वारलाइ जनाउँछ ।
यो असाध्यै गहिरो र साँघुरो खाडल हो । सम्भावित अर्थहरू हुन् १) खाडलको कुनै पिँध नै छैन; त्यो सधैँ तल गइरहन्छ वा २) खाडल यति गहिरो छ कि त्यसको पिँध नै नभएको जस्तो लाग्छ ।
एउटा ठूलो भट्टीले असाध्यै धेरै बाक्लो, कालो धूँवा निकाल्छ । वैकल्पिक अनुवादः “विशाल भट्टीबाट असाध्यै धेरै गरेर आउने धूँवा जस्तै”
“अँध्यारो भयो”
विशाल समूहहरूमा एकसाथ उड्ने कीराहरू । मानिसहरू तिनीहरूसँग डराउँछन् किनभने तिनीहरूले बगैँचाहरू र रूखहरूमा भएका सबै पातहरू खाइदिन्छन् ।
बिच्छीहरूसँग अरू पशुहरू र मानिसहरूलाई डस्ने र विष लगाउने क्षमता हुन्छ । वैकल्पिक अनुवादः “बिच्छीहरू जस्तै मानिसहरूलाई डस्ने क्षमता”
पुच्छरमा विषालु खिलहरू भएका साना फट्याङ्ग्राहरू । तिनीहरूको खिल असाध्यै पीडादायी हुन्छ र त्यो पीडा लामो समयसम्म भइरहन्छ ।
साधारण सलहहरू मानिसहरूको लागि भयङ्कर खतरा हुन् किनभने जब तिनीहरू हुल बाँधेर आउँछन्, तिनीहरूले सबै घाँस र बिरुवाहरू र रूखहरूमा भएका सबै पातहरूलाई खाइदिन सक्छन् । यी सलहहरूलाई त्यसो नगर्न भनियो ।
“हानी गर्नु” वा “क्षति पुर्याउनु” जस्ता वाक्यांशहरूलाई स्वतः बुझिएको छ । वैकल्पिक अनुवादः “तर केवल मानिसहरूलाई मात्र हानी गर्न”
यहाँ “मोहोर” शब्दले त्यो एउटा साधनलाई जनाउँछ जसलाई मैनको मोहोरमा कुनै चिन्ह खोप्नलाई प्रयोग गरिन्छ । यहाँ चाहिँ त्यो साधन परमेश्वरका मानिसहरूमा चिन्ह लगाउनको लागि प्रयोग गरिने थियो । तपाईंले “मोहोर”लाई [प्रकाश ७:३]
निधार भनेको अनुहारको माथिल्लो भाग हो, जुन आँखाभन्दा माथि हुन्छ ।
“तिनीहरू”ले सलहहरूलाई जनाउँछ । (प्रकाश ९:०३)
ती मानिसहरू जसलाई सलहहरूले टोकिरहेका थिए
यहाँ “अनुमति दिइयो” शब्दहरूलाई स्वतः बुझिएको छ । वैकल्पिक अनुवादः “तर तिनीहरूलाई केवल यातना मात्र दिनलाई अनुमति दिइयो”
सलहहरूलाई यसो गर्नलाई पाँच महिनासम्म स्वीकृति दिइने थियो ।
“तिनीहरूलाई भयङ्कर पीडाको भोग्ने बनाउन”
बिच्छी भनेको एउटा सानो फट्याङ्ग्रो हो जसको लामो पुच्छरको आखिरी भागमा विषालु खिल हुन्छ । खिलले भयङ्कर पिडा दिन वा मृत्युसमेत गराउन सक्छ ।
भाववाचक नामपद शब्द “मृत्यु”लाई हटाउने गरेर यसलाई फरक तरिकाले पुनः व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले मर्नलाई कुनै तरिका खोज्न कोसिस गर्नेछन्, तर त्यो पाउनेछैनन्” वा “मानिसहरूले आफैँलाई मार्न कोसिस गर्नेछन्, तर मर्ने कुनै उपाय पाउनेछैनन्”
“मर्नलाई औधी चाहनेछन्” वा “आफूहरू मर्नसके हुन्थ्यो भनेर कामना गर्नेछन्”
यूहन्नाले मृत्युको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो कुनै व्यक्ति वा पशु हो जो भाग्न सक्थ्यो । वैकल्पिक अनुवादः “तिनीहरू मर्न सक्षम हुनेछैनन्” वा “तिनीहरू मर्नेछैनन्”
यी सलहहरू साधारण सलहहरू जस्ता देखिँदैनथे । तिनीहरूका केही भागहरू कसरी अन्य चीजहरू जस्तै देखिन्थे भनेर बताउँदै यूहन्नाले तिनको वर्णन गर्छन् ।
यिनीहरू जैतूनका हाँगाहरू वा लौरेलको रूखको पातहरूबाट बनेका हारहरूका आकृतिहरू हुन् जुन सुन पिटेर बनाइन्छ । पातहरूबाट नै बनाइएका मुकुटहरू चाहिँ विजयी खेलाडिहरूलाई तिनीहरूको शिरमा लगाउन दिइन्थ्यो ।
“तिनीहरू” शब्दले सलहहरूलाई जनाउँछ ।
बिच्छी भनेको एउटा सानो फट्याङ्ग्रो हो जसको लामो पुच्छरको आखिरी भागमा विषालु खिल हुन्छ । खिलले भयङ्कर पिडा दिन वा मृत्युसमेत गराउन सक्छ । तपाईंले यस्तै समान वाक्यांशलाई [प्रकाश ९:६]
सम्भावित अर्थहरू हुन् १) तिनीहरूसँग मानिसहरूलाई पाँच महिनासम्म कष्ट दिने शक्ति थियो वा २) तिनीहरूले मानिसहरूलाई डस्न सक्थे र मानिसहरू त्यसबाट पाँच महिनासम्मको लागि पिडामा हुन्थे ।
यो असाध्यै गहिरो र साँघुरो खाडल हो । सम्भावित अर्थहरू हुन् १) खाडलको कुनै पिँध नै छैन; त्यो सधैँ तल गइरहन्छ वा २) खाडल यति गहिरो छ कि त्यसको पिँध नै नभएको जस्तो लाग्छ । तपाईंले यसलाई प्रकाश ९:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
दुवै नामहरूको अर्थ “विनाशक” हुन्छ ।
भविष्यमा हुने कुरालाई आउँदै गरेको भनेर बताइएको छ ।
सात स्वर्गदूतहरूमध्येमा भएका छैटौँ स्वर्गदूतले उनको तुरही फुक्न सुरु गर्छन् ।
आवाजले बोलिरहेको व्यक्तिलाई जनाउँछ । वक्ता को थिए भनेर यूहन्नाले बताउँदैनन्, तर त्यो परमेश्वर हुन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “मैले कसैले बोल्दै गरेको सुनेँ”
यी सीङ आकारका आकृतिहरू हुन् जुन वेदीको माथिल्लो भागका प्रत्येक चार कुनाहरूसँग बाहिरपट्टीबाट जोडिएको हुन्छ ।
आवाजले वक्तालाई जनाउँछ । वैकल्पिक अनुवादः “वक्ताले भने”
खण्डले ती दूतहरूलाई कसले बाँध्यो भनेर बताउँदैन, तर यसले आशय दिन्छ कि तिनीहरूलाई बाँध्नको लागि परमेश्वरले कसैलाई भन्नुभयो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “चार दूतहरू जसलाई बाँध्नको लागि परमेश्वरले तिनीहरूलाई आज्ञा गर्नुभएको छ” वा “चार दूतहरू जसलाई बाँध्न परमेश्वरले कसैलाई आज्ञा गर्नुभएको छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ ... त्यस वर्षको लागि तयार पारिएका ती चार दूतहरूलाई स्वर्गदूतले छाडिदिए”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती चार दूतहरू जसलाई परमेश्वरले तयार पार्नुभएको थियो”
जुन कुनै पनि समय होइन, तर त्यहाँ खास छानिएको समय छ भनेर देखाउनका लागि यी शब्दहरूको प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “ठ्याक्कै त्यही समयको लागि”
यूहन्नाको दर्शनमा अचानक घोडामा सवार भएका २०,००,००,००० सिपाहीहरू देखा पर्छन् । यूहन्नाले अब अघिल्लो पदमा उल्लेख गरिएका चार दूतहरूको बारेमा कुरा गरिरहेका छैनन् ।
यसलाई व्यक्त गर्ने केही तरिकाहरू हुन्ः “बीस करोड” वा “दुई हजार लाख” वा “बीस हजार गुणा दश हजार ।” यसको लागि तपाईंको भाषामा कुनै खास सङ्ख्या छैन भने, तपाईंले यस्तै समान किसिमको ठूलो सङ्ख्यालाई [प्रकाश ५:११]
“आगो झैँ रातो” वा “चहकिलो रातो ।” तपाईंले यसलाई प्रकाश ६:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“गन्धक जस्तै पहेँलो” वा “गन्धक जस्तै चहकिलो उज्यालो”
“आगो, धूँवा, र गन्धक तिनीहरूका मुखहरूबाट निस्कन्थे”
यूहन्नाले घोडाहरू र मानवजातिमाथि ओइराइएका विपत्तिहरूलाई वर्णन गर्न निरन्तरता दिन्छन् ।
“मानिसहरूको एक तिहाइ ।” तपाईंले “एक तिहाइ”लाई [प्रकाश ८:७]
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसलाई विपत्तिहरूले मारेका थिएनन्”
यो वाक्यांशले हामीलाई याद गराउँछ कि मूर्तिहरू जीवित हुँदैनन् र ती पूजा गरिनका लायक हुँदैनन् । तर मानिसहरूले तिनको पूजा गर्न छोडेनन् । वैकल्पिक अनुवादः “मूर्तिहरूले देख्न, सुन्न, वा हिँड्न नसकेतापनि”
1 त्यसपछि मैले स्वर्गबाट अर्को शक्तिशाली स्वर्गदूत आइरहेको देखेँ । तिनलाई बादलले घेरेको थियो, र तिनको शिरमाथि इन्द्रेणी थियो । तिनको अनुहार सूर्यजस्तै अनि तिनका खुट्टा आगोका खाँबाहरूजस्तै थिए । 2 तिनको हातमा खोलिएको एउटा सानो चर्मपत्रको मुट्ठो थियो, र तिनले आफ्नो दाहिने खुट्टा समुद्रमा र आफ्नो देब्रे खुट्टा पृथ्वीमा राखेका थिए । 3 त्यसपछि तिनी सिंह गर्जेजस्तै ठुलो सोरमा कराए । जब तिनी कराए, तब सातवटा गर्जनले आफ्नो आवाज निकाले । 4 जब ती सातवटा गर्जनले आवाज निकाले, तब मैले लेख्नै लागेको थिएँ । तर मैले स्वर्गबाट यसो भनेको आवाज सुनेँ, “ ती सातवटा गर्जनले भनेका कुरा गुप्त राख । यसलाई नलेख ।” 5 तब मैले स्वर्गतिर आफ्नो दाहिने हात उचालेर समुद्र र पृथ्वीमा उभिरहेको स्वर्गदूतलाई देखेँ । 6 त्यसपछि सदासर्वदा जीवित रहनुहुने, जसले स्वर्ग र त्यसमा भएका सबै थोक, पृथ्वी र त्यसमा भएका सबै थोक, समुद्र र त्यसमा भएका थोक सृष्टि गर्नुहुनेको नाउँमा शपथ खाएर स्वर्गदूतले भने, “अब त्यहाँ ढिलो हुनेछैन । 7 तर त्यस दिन सातौँ स्वर्गदूतले आफ्नो तुरही फुक्नै लाग्दा त्यस दिनमा उहाँका सेवक अगमवक्ताहरूलाई घोषणा गर्नुभएजस्तै त्यो रहस्य परमेश्वरले पुरा गर्नुहुनेछ ।” 8 तब स्वर्गबाट मैले सुनेको आवाजले फेरि मलाई भन्यो, “जाऊ, समुद्र र जमिनमा उभिरहेका स्वर्गदूतको हातमा भएको खुल्ला चर्मपत्रको मुट्ठो लेऊ ।” 9 जब म स्वर्गदूतकहाँ गएँ र त्यो सानो चर्मपत्रको मुट्ठो मागे, तब तिनले मलाई भने, “चर्मपत्रको मुट्ठो लाऊ र खाऊ । यसले तिम्रो पेटलाई तितो बनाउनेछ, तर तिम्रो मुखमा यो महजस्तै गुलियो हुनेछ ।” 10 मैले स्वर्गदूतको हातबाट त्यो सानो चर्मपत्रको मुट्ठो लिएँ र त्यसलाई खाएँ । मेरो मुखमा त्यो महजस्तै गुलियो भयो, तर मैले यसलाई खाइसकेपछि मेरो पेट तितो भयो । 11 अनि मलाई कसैले भन्यो, “धेरै मनिसहरू, जातिहरू, भाषाहरू र राजाहरूको बारेमा तिमीले फेरि अगमवाणी गर्नुपर्छ ।”
यहाँ यूहन्नाले सात मेघ गर्जनहरूले उनले शब्दहरूको रूपमा बुझ्न सक्ने आवाजहरू निकालिरहेका थिए भनेर वर्णन गर्छन् । तापनि, यी पदहरूको अनुवाद गर्दा अनुवादकहरूले “मेघ गर्जन”को लागि भएको तिनीहरूको सामान्य शब्दलाई नै प्रयोग गर्नुपर्छ ।
यसले परमेश्वरको गोप्य योजनाको केही पक्षहरूलाई जनाउँछ । यसलाई अनुवाद गर्नको लागि यो रहस्य के हो भनेर जान्न आवश्यक छैन ।
शक्तिशाली स्वर्गदूतको अनुहार, पाउहरू, र स्वरलाई वर्णन गर्नको लागि उनलाई सहायता गर्न यूहन्नाले उपमाहरूको प्रयोग गर्छन् । यस अध्यायमा भएका इन्द्रेणी र बादल जस्ता अन्य थोकहरूलाई अनुवादकहरूले तिनीहरूका सामान्य अर्थहरूमा बुझ्नुपर्छ ।
यूहन्नाले चर्मपत्र समातिरहेका एकजना शक्तिशाली स्वर्गदूतको दर्शनलाई वर्णन गर्न सुरु गर्छन् । यूहन्नाको दर्शनमा तिनले घटिरहेका घटनाहरूलाई पृथ्वीबाट हेरिरहेका छन् । यो कुरा छैटौँ र सातौँ तुरही फुक्ने समयको बीचमा हुन्छ ।
यूहन्नाले ती स्वर्गदूतको विषयमा यसरी कुरा गर्छन् कि मानौँ तिनले बादललाई तिनको वस्त्रको रूपमा पहिरिरहेका थिए । यस अभिव्यक्तिलाई एउटा अलङ्कारको रूपमा बुझ्न सकिन्छ । तापनि, किनभने दर्शनहरूमा धेरैपटक निकै असामान्य कुराहरू देखिन्थे, त्यसलाई यस सन्दर्भमा अक्षरशः सत्य भनाइको रूपमा बुझ्न सकिन्छ ।
यूहन्नाले तिनको मुहारको चहकिलोपनलाई सूर्यको चहकिलोपनसँग तुलना गर्छन् । वैकल्पिक अनुवादः “तिनको मुहार सूर्य झैँ चहकिलो थियो”
“पाउहरू” शब्दले खुट्टाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनका खुट्टाहरू आगोका खाँबाहरू जस्तै थिए”
“तिनको दाहिने खुट्टा समुद्रमा र तिनको देब्रे खुट्टा जमिनमा राखेर तिनी उभिए”
“त्यसपछि ती स्वर्गदूत कराए”
मेघ गर्जनलाई एक व्यक्तिको रूपमा बताइएको छ जसले बोल्न सक्थ्यो । वैकल्पिक अनुवादः “सात मेघ गर्जनहरूले ठूलो आवाज गरे” वा “मेघ गर्जनले सात पल्ट निकै ठूलो गरी आवाज निकाल्यो”
सात पल्ट मेघ गर्जन हुने कुरालाई यसरी बताइएको छ कि मानौँ ती सातवटा फरक-फरक “मेघ गर्जनहरू” थिए ।
“आवाज” शब्दले स्वर्गदूतभन्दा बाहेक अरू कोहीबाट बोलिएका शब्दहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तर मैले स्वर्गबाट कसैले बोलिरहेको सुनेँ”
तिनले परमेश्वरको नाउँ लिएर शपथ खाँदै थिए भनेर देखाउनको लागि तिनले यसो गरे ।
“तिनले भन्न लागिरहेको कुरालाई सदासर्वदा जिउनुहुनेद्वारा पक्का गरियोस् भनेर तिनले बिन्ती गरे”
यहाँ “उहाँ”ले परमेश्वरलाई जनाउँछ ।
“अब उप्रान्त पर्खिनुपर्ने कुरा हुनेछैन” वा “परमेश्वरले ढिलाइ गर्नुहुनेछैन”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँको रहस्यलाई पूरा गर्नुहुनेछ” वा “परमेश्वरले उहाँको गोप्य योजनालाई पूर्ण गर्नुहुनेछ”
यूहन्नाले स्वर्गबाट एउटा आवाजले उनीसँग कुरा गरेको सुन्छन्, जुन आवाज उनले प्रकाश १०:४ मा सुनेका थिए ।
“आवाज” शब्दले वक्तालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनी जसलाई मैले स्वर्गबाट बोलेको सुनेँ” वा “तिनी जसले मसँग स्वर्गबाट बोलेका थिए”
यूहन्नाले सुने
“स्वर्गदूतले मलाई भने”
“ ... अमिलो बनाउनेछ” वा “ ... अम्ल बनाउनेछ ।” यसले केही खराब कुरा खाएपछि पेटबाट आउने खराब स्वादलाई जनाउँछ ।
यसले ती भाषाहरू बोल्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “धेरै भाषा समुदायहरू” वा “थुप्रै समूहका मानिसहरू जसले तिनीहरूका आफ्नै भाषा बोल्छन्”
1 मलाई नाप्ने निगालोको एउटा टाँगो दिइयो । “उठ र परमेश्वरको मन्दिर र वेदी, र जसले त्यसमा आराधना गर्दछन् तिनीहरूको नाप लेऊ भनी मलाई भनियो । 2 तर मन्दिरदेखि बाहिर चोकको भागलाई ननाप, किनभने त्यो गैरयहूदीहरूलाई दिइएको छ । तिनीहरूले बयालिस महिनासम्म पवित्र सहरलाई कुल्चनेछन् । 3 मेरा दुई साक्षीलाई म १,२६० दिनका निम्ति भाङ्ग्राको लुगा लगाएर अगमवाणी गर्न अधिकार दिनेछु ।” 4 यी साक्षीहरू दुईवटा जैतुनका रुखहरू र दुईवटा सामदानहरू हुन्, जो पृथ्वीमा परमेश्वरको अगि उभिएका थिए । 5 यदि कसैले तिनीहरूलाई हानि गर्न चाहन्छ भने, तिनीहरूका मुखबाट निस्केर आउने आगोले तिनीहरूका शत्रुहरूलाई नाश पार्नेछ । कसैले तिनीहरूलाई हानि गर्न चाहन्छ भने, त्यसलाई पनि यसरी नै मारिनुपर्छ । 6 यी साक्षीहरूसँग अगमवाणी गरेको समयमा पानी नपरोस् भनी आकाश बन्द गर्ने अधिकार थियो । यी साक्षीहरूले पानी पार्न सक्ने सम्मको अधिकार उनीहरूको अगमवाणीको समयमा पाएका थिए । पानीलाई रगतमा परिवर्तन गर्न सक्ने र पृथ्वीलाई विभिन्न प्रकारका विपत्तिहरूबाट तिनीहरूलाई इच्छा लागेको बेलामा प्रहार गर्ने शक्ति तिनीहरूसित थियो । 7 जब तिनीहरूले आफ्ना गवाही सिद्ध्याउनेछन्, तब अतल कुण्डबाट निस्केर आउने पशुले तिनीहरूको विरुद्धमा युद्ध गर्नेछ । त्यसले तिनीहरूलाई जित्नेछ र तिनीहरूलाई मार्नेछ । 8 तिनीहरूका मृत शरीरहरू ठुलो सहरको बाहिर गल्लितिर पस्रिरहनेछन् (जसलाई साङ्केतिक रूपमा सदोम र मिश्र भनिन्छ) जहाँ तिनीहरूका प्रभु क्रुसमा टाँगिनुभएको थियो । 9 किनकि साँढे तिन दिनसम्म हरेक राष्ट्र, जाति, भाषा र मानिसहरूले तिनीहरूका मृत शरीरलाई हेर्नेछन् । तिनीहरूले तिनीहरूलाई चिहानमा गाड्न अनुमति दिनेछैनन् । 10 पृथ्वीमा जिउनेहरू तिनीहरूको मृत्युमा आनन्दित हुनेछन् र उत्सव मनाउनेछन् । तिनीहरूले एक-अर्कालाई उपहारहरू पनि पठाउनेछन् किनभने ती दुई अगमवक्ताले पृथ्वीमा जिउनेहरूलाई सताएका थिए । 11 तर साँढे तिन दिनपछि परमेश्वरबाट आएको जीवनको सास तिनीहरूभित्र पस्नेछ र तिनीहरू आफ्ना खुट्टामा उभिनेछन् । तिनीहरूलाई देख्नेहरू ठुलो डरले भरिनेछ । 12 तब तिनीहरूलाई स्वर्गबाट एउटा ठुलो आवाजले “यतामाथि आओ” भनेको तिनीहरूले सुन्नेछन् । अनि तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै तिनीहरू बादलमाथि स्वर्गसम्मै जानेछन् । 13 त्यसै घडीमा त्यहाँ ठुलो भूकम्प जानेछ, र सहरको दसौँ भाग पूर्ण रूपमा विनाश हुनेछ । त्यस भूकम्पमा सात हजार मानिस मारिनेछन् र बाँचेकाहरूले डराउँदै स्वर्गका परमेश्वरलाई महिमा दिनेछन् । 14 दोस्रो विपत्ति बितिगयो । हेर, तेस्रो विपत्ति चाँडै आउँदै छ । 15 तब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, र स्वर्गमा ठुलो स्वरमा यसो भनियो, “संसारको राज्य हाम्रा प्रभु र उहाँका ख्रीष्टको राज्य भएको छ । उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ ।” 16 त्यसपछि चौबिस जना धर्म-गुरु जो तिनीहरूको सिंहासनअगि आ-आफ्ना आसनमा परमेश्वरको उपस्थितिमा घोप्टो परेर अनुहार निहुराएर बसिरहेका थिए, तिनीहरूले परमेश्वरको आराधना गरे । 17 तिनीहरूले भने, “सर्वशक्तिमान् परमप्रभु परमेश्वर हामी तपाईंलाई धन्यवाद दिन्छौँ, जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो, किनकि तपाईंले महान् शक्ति लिनुभएको छ र राज्य गर्न थाल्नुभएको छ । 18 संसारका राष्ट्रहरू क्रोधित भएका थिए, तर तपाईंको क्रोध आएको छ । मृतकहरूको न्याय गर्ने समय आएको छ, र तपाईंका दास अगमवक्ताहरू सन्तहरू, जो विश्वासीहरू हुन्, र जो तपाईंको नाउँमा डराउँछन्, महत्त्वहीन र शक्तिशाली दुवैलाई इनाम दिने समय र पृथ्वीलाई नाश गर्नेहरूलाई नाश गर्ने समय आएको छ ।” 19 तब स्वर्गमा परमेश्वरको मन्दिर खोलियो र मन्दिरभित्रै उहाँको करारको सन्दुक देखियो । त्यहाँ ज्योतिका चमकहरू, गर्जनहरू, चट्याङको आवाजसाथै भूकम्प गयो, र ठुला-ठुला असिना परेका थिए ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले १५ र १७-१८ का पदहरूसँग यसै गर्छ ।
यूहन्नाले प्रकाशको पुस्तकमा थुप्रै “धिक्कारहरू”को प्रयोग गर्छन् । यस अध्यायले अध्याय ८ को अन्तमा घोषणा गरिएका दोस्रो र तेस्रो “धिक्कार”लाई वर्णन गर्छ ।
यहाँ “अन्यजातिहरू” शब्दले अधर्मी मानिसहरूका समूहहरूलाई जनाउँछ र अन्यजाति ख्रीष्टिएनहरूलाई होइन ।
यी दुई साक्षीहरूको बारेमा विद्वानहरूले थुप्रै विभिन्न धारणाहरूको सुझाव दिएका छन् । अनुवादकहरूले यस खण्डलाई अनुवाद गर्नको लागि यसलाई बुझ्न आवश्यक पर्दैन ।
यस चित्रणलाई प्रकाशको पुस्तकमा थुप्रै पटक देखिन्छ । यसले उम्कनै नसकिने ठाउँ र स्वर्गको विपरीत दिशामा रहेको स्थानको रूपमा नरकलाई चित्रण गर्छ ।
यूहन्नाले एउटा नाप्ने टाँगो पाएको बारेमा र परमेश्वरले नियुक्त गर्नुभएका दुई साक्षीहरूको बारेमा भएको दर्शनलाई वर्णन गर्न सुरु गर्छन् । यो दर्शन पनि छैटौँ र सातौँ तुरही फुक्ने समयको बीचमा भएको हो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले मलाई एउटा निगालो दियो”
“मलाई” र “म” शब्दहरूले यूहन्नालाई जनाउँछन् ।
“मन्दिरमा आराधना गर्नेहरूलाई गन”
केही कुरालाई त्यसमाथि हिँडेर व्यर्थको भएको जसरी व्यवहार गर्नु
“४२ महिना”
परमेश्वर यूहन्नासँग बोलिरहनुहुन्छ ।
“एक हजार दुई सय साठी दिनसम्म” वा “बाह्र सय साठी दिनसम्म”
तिनीहरूले किन भाङ्ग्राको वस्त्र पहिरनेछन् भन्ने कुरालाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “दिनसम्म, शोक गर्दा लगाउने खस्रा वस्त्रहरू पहिरेर” वा “दिनसम्मः तिनीहरू धेरै उदास छन् भनी देखाउनलाई तिनीहरूले कोतर्ने खालका लुगाहरू लगाउनेछन्”
जैतूनका दुई रूखहरू र दुई सामदानहरूले यी मानिसहरूलाई सङ्केत गर्छन्, तर तिनीहरू साँच्चैका मानिसहरू होइनन् । वैकल्पिक अनुवादः “पृथ्वीका प्रभुका सामुन्ने खडा रहेका जैतूनका दुई रूखहरू र दुई सामदानहरूले यी साक्षीहरूलाई प्रतिनिधित्व गर्छन्”
यूहन्नाले उनका पाठकहरूले तिनीहरूको बारेमा जान्दछन् भनेर अपेक्षा गर्छन् किनभने धेरै वर्ष अगाडि अर्का अगमवक्ताले तिनीहरूको बारेमा लेखेका थिए । वैकल्पिक अनुवादः “धर्मशास्त्रमा बताइएका, जैतूनका दुई रूखहरू र दुई सामदानहरू, जसले”
किनभने यो चाहिँ भविष्यका घटनाहरूको बारेमा हो, यसलाई भविष्यत् कालमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आगो तिनीहरूका मुखबाट निस्कनेछ र तिनीहरूका शत्रुहरूलाई नाश पार्नेछ”
आगो बल्ने र मानिसहरूलाई मार्ने कुराको विषयमा यसरी बताइएको छ कि मानौँ त्यो कुनै पशु हो जसले तिनीहरूलाई खान सक्थ्यो । वैकल्पिक अनुवादः “आगो ... तिनीहरूका शत्रुहरूलाई नष्ट पार्नेछ” वा “आगो ... तिनीहरूका शत्रुहरूलाई पूर्णतया जलाउनेछ”
यूहन्नाले आकाशको विषयमा यसरी बताउँछन् कि मानौँ त्यसमा कुनै ढोका थियो जसलाई पानी पर्न दिनको लागि खोल्न सकिन्थ्यो र पानी रोक्नलाई बन्द गर्न सकिन्थ्यो । वैकल्पिक अनुवादः “आकाशबाट पानी पर्न दिनलाई रोक्न”
“बदल्न”
यूहन्नाले विपत्तिहरूको विषयमा यसरी बताउँछन् कि मानौँ ती कुनै लट्ठी हुन् जसको प्रयोग गरेर कसैले पृथ्वीलाई हिर्काउन सक्थ्यो । वैकल्पिक अनुवादः “पृथ्वीमा हर किसिमको समस्या उत्पन्न गराउन”
यो असाध्यै गहिरो र साँघुरो खाडल हो । सम्भावित अर्थहरू हुन् १) खाडलको कुनै पिँध नै छैन; त्यो सधैँ तल गइरहन्छ वा २) खाडल यति गहिरो छ कि त्यसको पिँध नै नभएको जस्तो लाग्छ । तपाईंले यसलाई प्रकाश ९:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यसले दुई साक्षीहरूका लाशहरूलाई जनाउँछ ।
सहरमा एउटाभन्दा बढी सडकहरू थिए । यो एउटा सार्वजनिक स्थान थियो जहाँ मानिसहरूले तिनीहरूलाई देख्न सक्थे । वैकल्पिक अनुवादः “महान् सहरका सडकहरूमध्ये कुनै एउटामा” वा “महान् सहरको मुख्य सडकमा”
तिनीहरूले प्रभुको सेवा गरे, र उहाँ जस्तै त्यही सहरमा मर्नेथिए ।
“पूरा ३ दिन र आधी दिन” वा “३.५ दिन” वा “३ १/२ दिन”
यो एउटा अनादरको चिन्ह हुनेछ ।
“ती दुई साक्षीहरू मरेकामा खुशी मनाउनेछन्”
मानिसहरू कति खुशी थिए भन्ने कुरालाई यो क्रियाकलापले देखाउँछ ।
यो नै कारण हो जसका लागि यी दुई साक्षीहरू मरेकामा मानिसहरू त्यति धेरै खुशी हुनेछन् ।
“पूरा ३ दिन र आधी दिन” वा “३.५ दिन” वा “३ १/२ दिन ।” तपाईंले यसलाई [प्रकाश ११:९]
श्वास फेर्नसक्ने क्षमतालाई यसरी बताइएको छ कि मानौँ त्यो केही त्यस्तो कुरा हो जुन मानिसहरूभित्र प्रवेश गर्न सक्छ । वैकल्पिक अनुवादः “परमेश्वरले ती दुई साक्षीहरूलाई फेरि श्वास फेर्ने र जिउने तुल्याउनुहुनेछ”
त्रासको विषयमा यसरी बताइएको छ कि मानौँ त्यो कुनै वस्तु हो जुन मानिसहरूमाथि आइपर्न सक्छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई देख्नेहरू असाध्यै डराउनेछन्”
सम्भावित अर्थहरू हुन् १) ती दुई साक्षीहरूले सुन्नेछन् वा २) मानिसहरूले ती दुई साक्षीहरूलाई भनिएको कुरा सुन्नेछन् ।
“आवाज” शब्दले बोल्ने व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “स्वर्गबाट कसैले तिनीहरूसँग ठूलो स्वरले बोलेको र”
“ती दुई साक्षीहरूलाई भनेको”
“७,००० मानसिहरू”
“तिनीहरू जो मर्दैनन्” वा “तिनीहरू जो अझै जीवितै छन्”
“स्वर्गका परमेश्वर महिमामय हुनुहुन्छ भनी भन्नु”
“दोस्रो भयानक घडी समाप्त भएको छ ।” तपाईंले “पहिलो विपत्ति बितेको छ” भन्ने कुरालाई प्रकाश ९:१२ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
भविष्यमा हुने कुरालाई आउँदै गरेको भनेर बताइएको छ । वैकल्पिक अनुवादः “तेस्रो विपत्ति छिट्टै हुनेछ”
सात स्वर्गदूतहरूमा सबैभन्दा अन्तिम स्वर्गदूतले तिनको तुरही फुक्न सुरु गर्छन् ।
यिनी सात स्वर्गदूतहरूमा अन्तिम हुन् । तपाईंले “सातौँ”लाई [प्रकाश ८:१]
“ठूला आवाजहरू” भन्ने वाक्यांशले ठूलो स्वरमा कुरा गर्ने वक्ताहरूलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “स्वर्गमा भएका वक्ताहरूले ठूलो स्वरमा बोले र भने”
यहाँ “राज्य”ले संसारलाई शासन गर्ने अधिकारलाई जनाउँछ । वैकल्पिक अनुवादः “संसारलाई शासन गर्ने अधिकार ... हाम्रा प्रभु र उहाँको ख्रीष्टको अधिकार भएको छ”
यसले संसारमा भएका सबैजनालाई जनाउँछ । वैकल्पिक अनुवादः “संसारमा भएका सबैजना”
“हाम्रा प्रभु र उहाँको ख्रीष्ट अब संसारका शासकहरू हुनुहुन्छ”
“२४ धर्म-गुरूहरू ।” तपाईंले यसलाई [प्रकाश ४:४]
यो एउटा वाक्पद्धति हो जसको अर्थ तिनीहरूले भुइँतिर अनुहार फर्काउँदै लम्पसार परे भन्ने हुन्छ । तपाईंले “आफैँलाई लम्पसार बनाए” भन्ने कुरालाई [प्रकाश ४:१०]
यी वाक्यांशहरूलाई वाक्यहरूको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तपाईं, हे परमप्रभु परमेश्वर, सबैथोकमाथिको शासक । तपाईं नै हुनुहुन्छ जो हुनुहुन्छ, र तपाईं नै हुनुहुन्छ जो हुनुहुन्थ्यो”
“उहाँ जो अस्तित्वमा हुनुहुन्छ” वा “उहाँ जो जिउनुहुन्छ”
“जो सधैँ अस्तित्वमा हुनुभएको छ” वा “जो सधैँ जिउनुभएको छ”
परमेश्वरले यो महान् शक्तिसँग के गर्नुभयो भन्ने कुरालाई प्रस्ट हुने गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तपाईंको विरुद्धमा विद्रोह गर्नहरू सबैलाई तपाईंले आफ्नो शक्तिले हराउनुभएको छ”
“तपाईं” र “तपाईंको” शब्दहरूले परमेश्वरलाई जनाउँछन् ।
चौबीस धर्म-गुरूहरूले परमेश्वरको प्रशंसा गरिरहन्छन् ।
“अत्यन्तै रिसाए”
वर्तमानमा भइरहेको कुरालाई आइपुगेको कुरा भए झैँ गरेर बताइएको छ । वैकल्पिक अनुवादः “तपाईं आफ्नो रीस देखाउन तयार हुनुहुन्छ”
वर्तमानमा भइरहेको कुरालाई आइपुगेको कुरा भए झैँ गरेर बताइएको छ । वैकल्पिक अनुवादः “यो ठीक समय हो” वा “समय अब नै हो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मृतकहरूलाई इन्साफ गर्न”
यस नामबोधक विशेषणलाई कुनै क्रियापद वा विशेषणको रूपमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जो मरेका छन्” वा “मृत मानिसहरू”
“तपाईंका सेवकहरू”को अर्थ के हुन्छ भन्ने कुरालाई यो सूचीले व्याख्या गर्छ । यिनीहरू तीन पूर्णतया फरक समूहका मानिसहरू थिएनन् । अगमवक्ताहरू पनि विश्वासीहरू थिए र परमेश्वरको नाउँको भय मान्थे । यहाँ “नाम” भनेको येशू ख्रीष्टको व्यक्तित्वको लागि भएको प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “अगमवक्ताहरू, तिनीहरू जो विश्वासीहरू हुन्, र तिनीहरू जसले तपाईंको भय मान्छन्” वा “अगमवक्ताहरू र अरूहरू जो विश्वासीहरू हुन् र जसले तपाईंको नाउँको भय मान्छन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसपछि कसैले स्वर्गमा भएको परमेश्वरको मन्दिरलाई खोल्यो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले उहाँको करारको सन्दूक उहाँको मन्दिरभित्र देखेँ”
प्रत्येक पल्ट बिजुली देखा पर्दा त्यो कस्तो देखिन्छ भनेर वर्णन गर्ने तपाईंको भाषाको शैलीलाई प्रयोग गर्नुहोस् । तपाईंले यसलाई प्रकाश ४:५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यी गड्याङगुडुङले निकाल्ने ठूला आवाजहरू हुन् । गड्याङगुडुङको आवाजलाई वर्णन गर्ने तपाईंको भाषाको शैलीलाई प्रयोग गर्नुहोस् । तपाईंले यसलाई प्रकाश ४:५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
1 स्वर्गमा एउटा ठुलो चिह्न देखियोः सूर्य पहिरेकी तथा चन्द्रमालाई आफ्नो पैतलामुनि कुल्चेकी स्त्रीले बाह्रवटा तारा भएको मुकुटलाई पहिरेकी थिई । 2 त्यो गर्भवती थिई, र बालक जन्माउने प्रसव-वेदनामा चिच्च्याइरहेकी थिई । 3 त्यसपछि स्वर्गमा अर्को चिह्न देखियोः हेर ! त्यहाँ ठुलो रातो सातवटा टाउका र दसवटा सिङ र त्यसको टाउकोमा सातवटा मुकुट लगाएको एउटा ठुलो रातो पशु थियो । 4 त्यसको पुच्छरले स्वर्गमा भएको एक-तिहाइ तारालाई सोहोरेर तिनीहरूलाई पृथ्वीमा खसाल्यो । बालक जन्माउन लागेकी त्यस स्त्रीको अगि त्यो डरलाग्दो पशु उभियो ताकि त्यसले त्यसको बालकलाई जन्माउने बित्तिकै निल्न सकोस् । 5 त्यसले एउटा बालकलाई जन्माई, जसले फलामको लौरोसँगै सबै जातिमाथि शासन गर्नेछ । त्यसको बालकलाई खोसेर परमेश्वर र उहाँको सिंहासनतिर लगियो । 6 अनि त्यो स्त्री उजाड-स्थानभित्र भागी, जहाँ परमेश्वरले त्यसको निम्ति ठाउँ तयार पार्नुभएको थियो, ताकि बाह्र सय साठी दिनसम्म त्यसलाई हेरचाह गर्न सकियोस् । 7 अब स्वर्गमा युद्ध भयो । मिखाएल र तिनका दूतहरूले त्यस पशुको विरुद्धमा लडाइँ गरे, अनि अजिङ्गर र त्यसका दूतहरूले पनि लडाइँ गरे । 8 तर जित्नका निम्ति त्यो अजिङ्गरसँग पर्याप्त बल थिएन । त्यसकारण, स्वर्गमा त्यसको र त्यसका दूतहरूका निम्ति कुनै ठाउँ भएन । 9 त्यो ठुलो अजिङ्गर अर्थात् प्राचीन सर्प जसलाई दुष्ट वा शैतान भनिन्थ्यो, जसले सारा संसारलाई छल गर्छ, त्यसलाई पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरूलाई पनि त्यससँगै पृथ्वीमा फ्याँकियो । 10 तब मैले स्वर्गमा एउटा ठुलो आवाज सुनेँः “अब मुक्ति, शक्ति, हाम्रा परमेश्वरको राज्य, ख्रीष्टको अधिकार आएका छन् । किनभने हाम्रा भाइहरूलाई दोष लगाउने फ्याँकिएको छ, जसले परमेश्वरको सामु तिनीहरूलाई दिनरात दोष लगाउँथ्यो । 11 तिनीहरूले त्यसलाई थुमाको रगतद्वारा र वचनको साक्षीद्वारा जिते, किनकि तिनीहरूले मृत्युसम्मै पनि आफ्नो जीवनलाई प्रेम गरेनन् । 12 त्यसकारण, हे स्वर्ग र त्यसमा रहनेहरू तिमीहरू सबै रमाओ । तर पृथ्वी र समुद्रलाई धिक्कार ! किनकि शैतान तिमीहरूकहाँ तल गएको छ । त्यो डरलाग्दो रिसले भरिएको छ, किनभने त्योसँग थोरै मात्र समय छ भनेर त्यसलाई थाहा छ । 13 आफू पृथ्वीमा फ्याँकिएको कुरा जब अजिङ्गरले महसुस गर्यो, तब त्यसले बालक जन्माउने स्त्रीलाई सतायो । 14 अनि सर्पको उपस्थितिबाहिर तयार पारेको ठाउँ उजाड-स्थानमा उडेर जानका निम्ति त्यस स्त्रीलाई एउटा ठुलो गरुडको दुइवटा पखेटा दिइयो । यो त्यही ठाउँ थियो जहाँ त्यसलाई एक समय, समयहरू र आधा समयका निम्ति वास्ता गर्न सकिन्थ्यो । 15 त्यस स्त्रीलाई बाढीले बगाएर टाढा लैजाओस् भनेर त्यस सर्पले आफ्नो मुखबाट पानीको नदिजस्तै निकाल्यो । 16 तर पृथ्वीले स्त्रीलाई सहायता गर्यो । अजिङ्गरले आफ्नो मुखबाट निकालेको नदी पृथ्वीले आफ्नो मुख उघारेर निल्यो । 17 त्यसपछि त्यो अजिङ्गर स्त्रीप्रति क्रोधित भयो अनि परमेश्वरको आज्ञा पालन गर्ने र येशूको बारेमा गवाही दिने त्यसका बाँकी रहेका सन्तानहरूसँग युद्ध गर्न गयो । 18 तब त्यो अजिङ्गर समुद्र किनारको बालुवामाथि उभियो ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले १०-१२ का पदहरूसँग यसै गर्छ ।
प्रकाशको पुस्तकले पुरानो करारबाटका चित्रणहरूलाई प्रयोग गर्छ । उदाहरणको लागि, यूहन्नाले शैतानलाई सर्पोको रूपमा जनाउँछन् । यो चित्रण अदनको बगैँचाको विवरणबाट आउँछ जब शैतानले हव्वाको परीक्षा गर्यो ।
यहाँ कर्म वाच्यको प्रयोग गरेर, स्वर्गमा भएको यो महान् चिन्हलाई कसले देखे भनेर यूहन्नाले बताउँदैनन् । यदि तपाईंको भाषामा कर्म वाच्यको संरचना छैन भने, कर्ता अस्पष्ट हुँदा अनुवाद गर्न कठिन हुन सक्छ । धेरै अङ्ग्रेजी अनुवादहरूले यहाँ भूतकालको प्रयोग गर्छन् र “स्वर्गमा एउटा महान् चिन्ह देखापर्यो” भनी भन्छन् ।
यूहन्नाले उनको दर्शनमा देखापरेकी एउटी स्त्रीलाई वर्णन गर्न सुरु गर्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “स्वर्गमा एउटा महान् चिन्ह देखा पर्यो” वा “म, यूहन्नाले, स्वर्गमा एउटा महान् चिन्ह देखेँ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एउटी स्त्री जसले सूर्य पहिरिरहेकी थिई र तिनको पाउमुनि चन्द्रमा थियो”
यस्तो देखिन्छ कि यो चाहिँ लौरेलको रूखका पातहरू वा जैतूनका हाँगाहरूबाट बनेको हारको आकृति हो, तर यसमा चाहिँ बाह्रवटा ताराहरू थियो ।
“१२ वटा ताराहरू”
यूहन्नाले उनको दर्शनमा देखापरेको एउटा अजिङ्गरलाई वर्णन गर्छन् ।
यो चाहिँ एउटा विशाल, हिंस्रक, छेपारो जस्तै घस्रिदैँ हिँड्ने जीव हो । यहूदी मानिसहरूको लागि, त्यो दुष्टता र बर्बादीको प्रतीक थियो ।
“आफ्नो पुच्छरले त्यसले ताराहरूको एक तिहाइ भागलाई सोहोर्यो”
“एक तिहाइ भाग ।” तपाईंले यसलाई [प्रकाश ८:७]
खस्रो तवरले शासन गर्ने कुरालाई फलामको डन्डाले शासन गर्ने भनेर बताइएक छ । तपाईंले यस्तै समान वाक्यांशलाई [प्रकाश २:२७]
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनको बालकलाई तुरुन्तै आफूकहाँ लानुभयो”
“एक हजार दुई सय साठी दिनको लागि” वा “बाह्र सय साठी दिनको लागि”
उनको दर्शनमा भइरहेको केही अरू नै कुरालाई परिचय गराउनको लागि उनको विवरणमा आएको बदलावलाई अङ्कित गर्नको लागि यूहन्नाले यो शब्दको प्रयोग गर्छन् ।
यो चाहिँ एउटा विशाल, हिंस्रक, छेपारो जस्तै घस्रिदैँ हिँड्ने जीव हो । यहूदी मानिसहरूको लागि, त्यो दुष्टता र बर्बादीको प्रतीक थियो । अजिङ्गरलाई पद ९ मा “दियाबलस वा शैतान”को रूपमा पनि परिचय गराइएको छ । तपाईंले यसलाई [प्रकाश १२:३]
“त्यसैले अजिङ्गर र त्यसका दूतहरू अब अरू बढी स्वर्गमा बस्न सकेनन्”
अजिङ्गरको बारेमा भएको जानकारीलाई त्यसलाई तल पृथ्वीमा फ्याँकियो भन्ने कथन पछाडि अलग्गै वाक्यमा दिन सकिन्छ । वैकल्पिक अनुवादः “अजिङ्गरलाई तल पृथ्वीमा फ्याँकियो, र त्यसका दूतहरूलाई त्यससँगै तल फ्याँकियो । त्यो प्राचीन सर्प हो जसले संसारलाई छल्छ र जसलाई दियाबलस वा शैतान भनिन्छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले ... त्यस भयङ्कर अजिङ्गर र त्यसका दूतहरूलाई स्वर्गबाट फ्याँक्नुभयो र तिनीहरूलाई पृथ्वीमा पठाउनुभयो”
“म” शब्दले यूहन्नालाई जनाउँछ ।
“आवाज” शब्दले बोल्ने व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “मैले स्वर्गबाट कसैले ठूलो स्वरले भनिरहेको सुनेँ”
परमेश्वरले मानिसहरूलाई उहाँको शक्तिले बचाइरहनुभएको कुरालाई यसरी बताइएको छ कि मानौँ उहाँको उद्धार र शक्ति सामानहरू हुन् जुन आइपुगेका छन् । परमेश्वरको शासन र ख्रीष्टको अधिकारलाई पनि यसरी बताइएको छ कि मानौँ तिनीहरू आइपुगिसकेका छन् । वैकल्पिक अनुवादः “अब परमेश्वरले उहाँका मानिसहरूलाई उहाँको शक्तिले बचाउनुभएको छ, परमेश्वरले राजाको रूपमा शासन गर्नुहुन्छ, र उहाँको ख्रीष्टसँग सारा अधिकार छ”
“साँच्चै अस्तित्वमा हुन सुरु गरेको छ” वा “देखापरेको छ” वा “वास्तविक भएको छ ।” परमेश्वरले ती कुराहरूलाई प्रकट गरिरहनुभएको छ किनभने ती कुराहरू हुने समय “आइसकेको” छ ।" तिनीहरू पहिला अस्तित्वमा नभएका चाहिँ होइन ।
यो त्यही अजिङ्गर हो जसलाई प्रकाश १२:९ मा तल फ्याँकिएको थियो ।
सङ्गी विश्वासीहरूलाई तिनीहरू दाजुभाइहरू भए झैँ गरेर बताइएको छ । वैकल्पिक अनुवादः “हाम्रा सङ्गी विश्वासीहरू”
दिनका यी दुई भागहरूलाई “सारा समय” वा “नरोकिकन”को अर्थ दिनलाई एकसाथ प्रयोग गरिएको छ ।
स्वर्गबाट आएको ठूलो आवाजले बोलिरहन्छ ।
“तिनीहरूले दोष लगाउनेलाई जिते”
रगतले उहाँको मृत्युलाई जनाउँछ । वैकल्पिक अनुवादः “किनभने थुमाले उहाँको रगत बहाउनुभएको थियो र तिनीहरूको लागि मर्नुभएको थियो”
“गवाही” शब्दलाई “गवाही दिनु” भनेर क्रियापदको साथमा व्यक्त गर्न सकिन्छ । साथै तिनीहरूले कसको बारेमा गवाही दिए भन्ने कुरालाई पनि प्रस्ट हुने गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले अरूहरूलाई येशूको बारेमा गवाही दिँदा भनेका कुराहरूद्वारा”
विश्वासीहरूले येशूको बारेमा सत्यता बताए, जबकि तिनीहरू जान्दथे कि त्यसो गरेकामा तिनीहरूका शत्रुहरूले तिनीहरूलाई मार्न कोसिस गर्न सक्छन् । वैकल्पिक अनुवादः “तिनीहरू त्यसको लागि मर्न सक्छन् भनेर जान्दाजान्दै पनि तिनीहरूले साक्षी दिइरहे”
दुष्टलाई कुनै भाँडो भए जसरी बताइएको छ, र रीसलाई चाहिँ त्यसभित्र हुनसक्ने कुनै तरल पदार्थको रूपमा बताइएको छ । वैकल्पिक अनुवादः “त्यो भयङ्करसँगले रिसाएको छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यसलाई स्वर्गबाट फ्याँक्नुभएर पृथ्वीमा पठाउनुभएको थियो भनेर अजिङ्गरले थाहा गर्यो”
“त्यसले स्त्रीलाई खेद्यो”
यो चाहिँ एउटा विशाल, हिंस्रक, छेपारो जस्तै घस्रिदैँ हिँड्ने जीव हो । यहूदी मानिसहरूको लागि, त्यो दुष्टता र बर्बादीको प्रतीक थियो । अजिङ्गरलाई पद ९ मा “दियाबलस वा शैतान” भनेर पनि परिचय गराइएको छ । तपाईंले यसलाई [प्रकाश १२:३]
यो अजिङ्गरलाई जनाउने अर्को तरिका हो ।
यो त्यही प्राणी हो जसलाई अगाडि प्रकाश १२:९ मा अजिङ्गर भनेर उल्लेख गरिएको थियो ।
त्यसको मुखबाट नदी झैँ गरेर पानी बहन थाल्यो । वैकल्पिक अनुवादः “ठूलो परिमाणमा”
“तिनलाई पानीले भेलले बगाइ लैजान”
पृथ्वीलाई त्यो कुनै जीवित थोक भए झैँ गरेर बताइएको छ, पृथ्वीमा परेको प्वाललाई चाहिँ कुनै मुख भए झैँ गरेर बताइएको छ जसले पानी पिउन सक्थ्यो । वैकल्पिक अनुवादः “जमिनमा एउटा प्वाल पर्यो र पानी त्यस प्वालभित्र तल गयो”
यो चाहिँ एउटा विशाल, हिंस्रक, छेपारो जस्तै घस्रिदैँ हिँड्ने जीव हो । यहूदी मानिसहरूको लागि, त्यो दुष्टता र बर्बादीको प्रतीक थियो । अजिङ्गरलाई पद ९ मा “दियाबलस वा शैतान” भनेर पनि परिचय गराइएको छ । तपाईंले यसलाई [प्रकाश १२:३]
“साक्षी” शब्दलाई क्रियापदको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूको बारेमा गवाही दिइरहनु”
1 त्यसपछि मैले समुद्रबाट एउटा पशु आइरहेको देखेँ । त्यसको दसवटा सिङ र सातवटा टाउका थिए । त्यसका सिङहरूमाथि दसवटा मुकुट थिए, र हरेक टाउकामाथि ईश्वर-निन्दाका नाउँहरू थिए । 2 मैले देखेको त्यो पशु चितुवाजस्तै थियो । त्यसका खुट्टाहरू भालुका जस्ता थिए, र त्यसको मुख सिंहको जस्तो थियो । त्यसलाई शासन गर्नको निम्ति एउटा अजिङ्गरले आफ्नो शक्ति, आफ्नो सिंहासन र आफ्नो महान् अधिकार दियो । 3 त्यो पशुको टाउकामा गहिरो चोट थियो, जसले मृत्युसम्म लैजान सक्थ्यो, तर त्यो घाउ निको भयो । र सारा पृथ्वी अचम्मित भयो र तिनीहरूले त्यस पशुलाई पछ्याए । 4 तिनीहरूले अजिङ्गरको पनि आराधना गर्दथे, किनकि त्यसले आफ्नो अधिकार त्यस पशुलाई दिएको थियो । “यो पशुजस्तो अरू को छ र ?” र “यसको विरुद्धमा कसले लडाइँ गर्न सक्छ र ?” भन्दै तिनीहरूले त्यस पशुलाई आराधना गरे । 5 त्यसको मुखमा घमण्डका वचनहरू बोल्न र ईश्वर-निन्दा गर्ने वचनहरू बोल्न दिइयो । त्यसलाई बयालिस महिनाको निम्ति अधिकार गर्न अनुमति दिइएको थियो । 6 त्यसैले, परमेश्वरको विरुद्ध ईश्वर-निन्दा गर्न, उहाँको नाउँ, उहाँको वासस्थान र स्वर्गमा बस्नेहरूका विरुद्धमा निन्दा गर्न त्यस पशुले आफ्नो मुख खोल्यो । 7 विश्वासीहरूसँग युद्ध गर्न र तिनीहरूलाई जित्न त्यो पशुलाई अनुमति दिइएको थियो । अनि हरेक जाति, मानिस, भाषा, र राष्ट्रमाथि पनि अधिकार दिइएको थियो । 8 पृथ्वीमा बस्ने सबै मानिसले त्यो पशुको पुजा गर्नेछन्, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाको जीवनको पुस्तकमा लेखिएका छैनन् । 9 कसैको कान छ भने, त्यसले सुनोस् । 10 कसैलाई कैदमा लैजानुछ भने, त्यो कैदमा जानेछ । यदि कोही तरवारसँगै मारिनुछ भने, त्यो तरवारले नै मारिनेछ । धैर्य, सहनशिलता, र विश्वासका निम्ति जो पवित्र छन् यसैका निम्ति यहाँ बोलावट छ । 11 तब मैले पृथ्वीबाट आइरहेको अर्को पशु देखेँ । त्यसका थुमाका जस्ता दुईवटा सिङ थिए, र त्यसले अजिङ्गरले जस्तै गरी बोल्यो । 12 त्यसले पहिले पशुको उपस्थितिमा सबै शक्तिको अभ्यास गर्यो, अनि पृथ्वी र त्यहाँ बस्ने मानिसहरूलाई त्यसले पहिले पशुलाई पुजा गर्न लगाउँथ्यो, जसको घातक घाउ निको भएको थियो । 13 त्यसले शक्तिशाली आश्चर्यकर्म पनि देखायो । त्यसले मानिसहरूका अगाडि स्वर्गबाट पृथ्वीमा आगो झार्ने कामसमेत गर्यो । 14 शक्तिशाली चिह्नहरूद्वारा यसलाई त्यसो गर्ने अनुमति दिइयो । दोस्रो पशुले पृथ्वीमा भएका मानिसहरूलाई छल गर्यो । त्यसले पहिलो पशुलाई आदर गर्नका निम्ति तिनीहरूलाई त्यसको एउटा मूर्ति बनाउन लगायो । त्यस पशुलाई तरवारको चोट लागेको थियो, तरै पनि त्यो जीवित भयो । 15 त्यसलाई त्यो पशुको मूर्तिलाई जीवित पार्ने अनुमति दिइयो, जसले गर्दा त्यो मूर्तिले बोल्न सकोस् र त्यस पशुको मूर्तिलाई पुजा गर्न इन्कार गर्नेहरू मारिन सकून् । 16 अनि त्यसले शक्तिशाली र महत्त्वहीन, धनी र गरिब, स्वतन्त्र र कमारा हरेकलाई दाहिने हात वा निधारमा चिह्न लगाउन दबाब दियो । 17 त्यो पशुको चिह्न नभएकाहरूका निम्ति किन्न वा बेच्न असम्भव हुन्थ्यो । त्यो पशुको चिह्नले त्यसको नाउँको सङ्ख्यालाई प्रतिनिधित्व गर्दछ । 18 यसले बुद्धिको आव्हान गर्छ । कसैसँग अन्तर्दृष्टि छ भने, त्यसले पशुको सङ्ख्या हिसाब गरोस् । किनकि त्यो सङ्ख्या मानव-जातिको निम्ति हो । यो सङ्ख्या ६६६ हो ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले पद १० का शब्दहरूसँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएका हुन् ।
यूहन्नाले यस अध्यायमा थुप्रै उपमाहरूको प्रयोग गर्छन् । उनले आफ्नो दर्शनमा देखेका चित्रणहरूलाई वर्णन गर्न तिनले सहायता गर्छन् ।
यूहन्नाले आफूले देखेका कुराहरूलाई वर्णन गर्नलाई कोसिस गर्नको लागि विभिन्न पशुहरूको प्रयोग गर्छन् । यीमध्ये केही पशुहरूको बारेमा लक्षित भाषामा जानकारी नहुन सक्छ ।
यूहन्नाले उनको दर्शनमा देखापरेको पशुलाई वर्णन गर्न सुरु गर्छन् । “म” शब्दले यूहन्नालाई जनाउँछ ।
यो चाहिँ एउटा विशाल, हिंस्रक, छेपारो जस्तै घस्रिदैँ हिँड्ने जीव हो । यहूदी मानिसहरूको लागि, त्यो दुष्टता र बर्बादीको प्रतीक थियो । अजिङ्गरलाई “दियाबलस वा शैतान” भनेर पनि परिचय गराइएको छ । तपाईंले यसलाई [प्रकाश १२:३]
अजिङ्गरले त्यस पशुलाई आफूजत्तिकै शक्तिशाली बनायो । तापनि, त्यसले आफ्नो शक्ति त्यस पशुलाई दिएको कारण शक्ति गुमाएको चाहिँ होइन ।
यी त्यसको अधिकारलाई जनाउने तीन तरिकाहरू हुन्, र एकसाथमा जोड दिन्छन् कि त्यो अधिकार चाहिँ महान् थियो ।
यहाँ “सिंहासन” शब्दले अजिङ्गरको राजाको रूपमा शासन गर्ने अधिकारलाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यसको राजकीय अधिकार” वा “राजाको रूपमा शासन गर्ने त्यसको अधिकार”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर त्यसको घातक चोट निको भयो”
“प्राणघातक चोट ।” यो कुनै व्यक्तिलाई मार्नैसम्म गम्भीर रूपमा रहेको चोट हो ।
“पृथ्वी” शब्दले त्यसमा भएका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “पृथ्वीमा भएका सारा मानिसहरू”
“पशुको आज्ञापालन गरे”
यो चाहिँ एउटा विशाल, हिंस्रक, छेपारो जस्तै घस्रिदैँ हिँड्ने जीव हो । यहूदी मानिसहरूको लागि, त्यो दुष्टता र बर्बादीको प्रतीक थियो । अजिङ्गरलाई “दियाबलस वा शैतान” भनेर पनि परिचय गराइएको छ । तपाईंले यसलाई [प्रकाश १२:३]
“त्यसले त्यस पशुसँग आफ्नो जत्तिकै अधिकार हुने तुल्याएको थियो”
त्यस पशुको बारेमा तिनीहरू कति अचम्मित थिए भनेर यस प्रश्नले देखाउँछ । वैकल्पिक अनुवादः “पशु जत्तिकै कोही पनि शक्तिशाली छैन !”
त्यस पशुको शक्तिसँग मानिसहरू कति धेरै डराएका थिए भनेर यो प्रश्नले देखाउँछ । वैकल्पिक अनुवादः “कसैले पनि पशुको विरुद्धमा लडेर कहिल्यै जित्न सक्दैनथ्यो !”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले पशुलाई ... दिनुभयो ... परमेश्वरले पशुलाई ... अनुमति दिनुभयो”
मुख दिइएको कुराले बोल्नलाई अनुमति दिइएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “पशुलाई बोल्न स्वीकृति दिइयो”
“४२ महिना”
“परमेश्वरको बारेमा अपमानजनक कुराहरू भन्न”
त्यस पशुले परमेश्वरको विरुद्धमा ईश्वरनिन्दाको कुराहरू कसरी बोल्यो भनेर यी वाक्यांशहरूले बताउँछ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यस पशुलाई अधिकार दिनुभयो”
यसको अर्थ हो कि हरेक जातीय समूहबाटका मानिसहरू समावेश गरिएका थिए । तपाईंले यस्तै समान सूचीलाई प्रकाश ५:९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“त्यस पशुलाई पूजा गर्नेछन्”
पृथ्वीमा भएको क-कसले त्यस पशुको पूजा गर्नेछन् भनेर यस वाक्यांशले स्पष्ट पार्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसका नाउँहरूलाई थुमाले जीवनको पुस्तकमा लेख्नुभएन” वा “तिनीहरू जसका नाउँहरू ... जीवनको पुस्तकमा लेखिएको थिएन”
“जब परमेश्वरले संसारलाई सृष्टि गर्नुभयो”
“थुमा” भनेको कलिलो भेडा हो । यहाँ ख्रीष्टलाई जनाउनको लागि यसलाई प्रतीकात्मक रूपमा प्रयोग गरिएको छ । तपाईंले यसलाई [प्रकाश ५:६]
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई मानिसहरूले मारे”
यी पदहरू आफ्नो दर्शनको बारेमा यूहन्नाले दिएको विवरणमा आएका रोकावट हुन् । यहाँ उनको विवरण पढिरहेका मानिसहरूलाई उनले एउटा चेतावनी दिन्छन् ।
येशूले जोड दिइरहनुभएको छ कि उहाँले भर्खर मात्र भन्नुभएको कुरा महत्त्वपूर्ण छ र त्यसलाई बुझ्न र अभ्यासमा उतार्न केही प्रयत्नको खाँचो पर्न सक्छ । यहाँ “ ... सँग कान छ” भन्ने वाक्यांश चाहिँ बुझ्न र आज्ञापालन गर्नको लागि भएको तत्परताको निमित्त प्रतिस्थापन शब्दहरू हुन् । तपाईंले यस वाक्यांशलाई [प्रकाश २:७]
किनकि येशूले प्रत्यक्ष रूपमा उहाँका श्रोतागणलाई भनिरहनुभएको छ, तपाईंले यहाँ द्वितीय पुरुषलाई प्रयोग गर्न रुचाउन सक्नुहुन्छ । तपाईंले यस वाक्यांशलाई [प्रकाश २:७]
यस अभिव्यक्तिले अर्थ दिन्छ कि क-कसलाई लगिनुपर्छ भनेर कोही व्यक्तिले निर्णय गरिसकेको छ । यदि आवश्यकता पर्छ भने, कसले निर्णय गरेको हो भनेर अनुवादकहरूले प्रस्ट हुने गरेर व्यक्त गर्न सक्छन् । वैकल्पिक अनुवादः “यदि कोही व्यक्ति ... लगिनुपर्छ भनेर परमेश्वरले निर्णय गरिसक्नुभएको छ भने” वा “कोही व्यक्ति ... लगिनु परमेश्वरको इच्छा हो भने”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । भाववाचक नामपद शब्द “कैद”लाई “कैद गर्नु” भन्ने क्रियापदको साथमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कुनै निश्चित व्यक्तिलाई शत्रुले पक्राउ पर्नु परमेश्वरको इच्छा हो भने”
नामपद शब्द “कैद”लाई “पक्राउ गर्नु” भन्ने क्रियापदको साथमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उसलाई पक्राउ गरिनेछ” वा “शत्रुले उसलाई पक्राउ गर्नेछ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि कुनै निश्चित व्यक्तिलाई शत्रुले तरवारले मार्नु परमेश्वरको इच्छा हो भने”
तरवारले युद्धलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “युद्धमा”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “शत्रुले उसलाई मार्नेछ”
“परमेश्वरका पवित्र मानिसहरूले धैर्यतासँग सहनुपर्छ र विश्वासयोग्य हुनुपर्छ”
यूहन्नाले उनको दर्शनमा देखापरेको अर्को पशुलाई वर्णन गर्न सुरु गर्छन् ।
खस्रो बोलीलाई अजिङ्गरको गर्जन भए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “त्यसले अजिङ्गरले झैँ गरी खस्रो गरी बोल्यो”
यो चाहिँ एउटा विशाल, हिंस्रक, छेपारो जस्तै घस्रिदैँ हिँड्ने जीव हो । यहूदी मानिसहरूको लागि, त्यो दुष्टता र बर्बादीको प्रतीक थियो । अजिङ्गरलाई “दियाबलस वा शैतान” भनेर पनि परिचय गराइएको छ । तपाईंले यसलाई [प्रकाश १२:३]
“पृथ्वीमा भएका सबैजना”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो जसलाई घातक चोट लागेको थियो जुन निको भयो”
“प्राणघातक चोट ।” यो एउटा पर्याप्त मात्रामा गम्भीर प्रवृत्तिको चोट हो जसले त्यसलाई मर्ने बनाउन सक्थ्यो ।
“पृथ्वीबाटको पशुले ... गर्यो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले पृथ्वीबाटको पशुलाई ... अनुमति दिनुभयो”
यहाँ “सास”ले जीवनलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “पशुको आकृतिलाई जीवन दिन”
यो अगाडि उल्लेख गरिएको पहिलो पशुको आकृति हो ।
“पहिलो पशुलाई पुज्न इन्कार गर्ने जो कोही पनि व्यक्तिलाई मृत्युदण्ड दिन”
“पृथ्वीबाटको पशुले सबैलाई ... पनि कर लगायो”
“मानिसहरूसँग पशुको छाप भएमा मात्रै तिनीहरूले चीजहरू किन्न वा बेच्न सक्थे ।” पृथ्वीबाटको पशुले त्यस कुराको आज्ञा गरेको थियो भन्ने अन्तर्निहित जानकारीलाई प्रस्ट हुने गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसले आज्ञा गर्यो कि मानिसहरूसँग पशुको छाप भएमा मात्रै तिनीहरूले चीजहरू किन्न वा बेच्न सक्थे”
यो एउटा पहिचान गराउने छाप थियो जसले सङ्केत दिन्थ्यो कि त्यसलाई ग्रहण गर्ने व्यक्तिले त्यस पशुलाई पूजा गर्दथ्यो ।
यो पद यूहन्नाले उनको दर्शनको बारेमा दिइरहेका विवरणमा आएको रोकावट हो । यहाँ उनको विवरण पढिरहेका मानिसहरूलाई उनले अर्को चेतावनी दिन्छन् ।
“बुद्धिको खाँचो छ” वा “यसको बारेमा तिमीहरू बुद्धिमान् हुनुपर्छ”
“अन्तर्दृष्टि” शब्दलाई “बुझ्नु” क्रियापदको प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि कसैले यी कुराहरू बुझ्न सक्छ भने”
“पशुको सङ्ख्याको अर्थ के हुन्छ भनेर उसले थाहा गर्नुपर्छ” वा “पशुको सङ्ख्याको अर्थ के हुन्छ भनेर उसले पत्ता लगाउनुपर्छ”
सम्भावित अर्थहरू हुन् १) यो सङ्ख्याले एउटा व्यक्तिलाई प्रतिनिधित्व गर्छ वा २) यो सङ्ख्याले सारा मानवजातिलाई प्रतिनिधित्व गर्छ ।
1 मैले सियोन पर्वतमा थुमा उभिरहनुभएको हेरेँ र देखेँ । उहाँसँग १,४४, ००० थिए, जोसँग उहाँको नाउँ र उहाँका पिताको नाउँ तिनीहरूका निधारमा लेखिएका थिए । 2 मैले धेरै पानीको आवाजजस्तै र ठुलो गर्जनको आवाजजस्तो स्वर्गबाट आएको एउटा सोर सुनेँ । मैले सुनेको त्यो आवाज वीणा बजाउनेहरूले आफ्ना वीणाहरू बजाइरहेका सोरजस्तो थियो । 3 धर्म-गुरुहरू, चार जीवित प्राणीहरू र सिंहासनका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाए । पृथ्वीबाट ल्याइएका १,४४, ००० बाहेक अरू कसैले पनि त्यो गीत सिक्न सक्दैनथ्यो । 4 यिनीहरू जसले आफैलाई स्त्रीहरूसित लसपस गरेका थिएनन्, किनकि तिनीहरूले अनैतिकतादेखि आफूलाई शुद्ध राखेका थिए । यी तिनीहरू हुन्, जो थुमा जहाँ-जहाँ जानुहुन्छ तिनीहरूले उहाँलाई त्यता-त्यता पछ्याउँछन् । परमेश्वर र थुमाका निम्ति यिनीहरू पहिलो फलको रूपमा मानव-जातिबाट ल्याइएकाहरू हुन् । 5 तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू दोषरहित थिए । 6 तब मैले अर्को स्वर्गदूतलाई आकाशको बिचमा उडिरहेको देखेँ; पृथ्वीमा बस्ने हरेक जाति, कुल, भाषा, र मानिसलाई सुसमाचार घोषणा गर्न तिनीसँग अनन्त सन्देश थियो । 7 तिनले चर्को सोरसँग कराएर भने, “परमेश्वरसँग डराओ र उहाँलाई महिमा देऊ । किनकि उहाँको इन्साफको घडी आएको छ । उहाँलाई आराधना गर, जसले स्वर्ग, पृथ्वी, समुद्र र पानीका मुलहरू बनाउनुभयो ।” 8 अर्को दोस्रो स्वर्गदूतले यसो भन्दै पछ्याए, “पतन, महान् बेबिलोनको पतन भएको छ, जसले त्यसको अनैतिक कुवासनाको मद्य सबै जातिलाई पिउन लगाई ।” 9 अनि अर्को तेस्रो स्वर्गदूतले चर्को सोरमा यसो भन्दै तिनीहरूलाई पछ्याए, “यदि कसैले त्यस पशु र उसको मूर्तिलाई पुजा गर्दछ, र निधारमा वा उसको हातमा छाप लगाँउछ भने, 10 उसले पनि परमेश्वरको क्रोधबाट केही मद्य पिउनेछ, जुन उहाँको क्रोधको कचौरामा खन्याइएको छ । जसले यो पिउँछ त्यसलाई परमेश्वरका पवित्र स्वर्गदूतहरू र थुमाको अगाडि आगो र गन्धकमा यातना दिइनेछ । 11 तिनीहरूको वेदनाबाट धुवाँ सदासर्वदाका निम्त माथितिर जान्छ; पशु र त्यसको मूर्ति पूज्नेहरू र त्यसको नाउँको छाप लिनेहरूले दिन वा रातमा कहिल्यै विश्राम पाउनेछैनन् । 12 पवित्रहरूको धैर्यका निम्ति यहाँ एउटा बोलावट छ, जसले परमेश्वरको आज्ञा पालन गर्दछन् र येशूमा विश्वास राख्छन् ।” 13 मैले स्वर्गबाट यसो भनेको एउटा सोर सुनेँ, “यो लेखः प्रभुमा मर्नेहरू धन्यका हुन् ।” “हो,” आत्मा भन्नुहुन्छ, “ताकि तिनीहरूले आफ्नो परिश्रमबाट विश्राम पाउन सकून्, किनकि तिनीहरूका कामले तिनीहरूलाई पछ्याउनेछन् ।” 14 मैले हेरेँ र त्यहाँ एउटा सेतो बादल थियो, बादलमाथि बस्नुभएको एक जना मानिसका पुत्रजस्तैलाई देखेँ । उहाँको शिरमा एउटा सुनको मुकुट र उहाँको हातमा धारिलो हँसिया थियो । 15 त्यसपछि अर्को स्वर्गदूत मन्दिरबाट बाहिर आए र बादलमाथि बस्नुहुनेलाई चर्के सोरसँग बोलाएः “तपाईंको हँसिया लिनुहोस् र कटनी गर्न सुरु गर्नुहोस् । किनभने कटनीको समय आएको छ, किनकि पृथ्वीको बाली पाकिसकेको छ ।” 16 तब बादलमाथि बस्नुहुनेले आफ्नो हँसिया पृथ्वीमाथि चलाउनुभयो, र पृथ्वीमा कटनी भयो । 17 स्वर्गमा भएको मन्दिरबाट अर्को स्वर्गदूत बाहिर आए; तिनीसँग पनि एउटा धारिलो हँसिया थियो । 18 अझ अर्को स्वर्गदूत धूप वेदीबाट आए, जोसँग आगोमाथि अधिकार थियो । जोसित धारिलो हँसिया थियो, उनलाई उहाँले चर्को सोरले बोलाउनुभयो, “तिम्रो धारिलो हँसिया चलाऊ र पृथ्वीका अङ्गुरहरूको झुप्पालाई जम्मा गर, किनभने तिनीहरूका अङ्गुरहरू पाकिसकेका छन् ।” 19 ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमा चलाए र पृथ्वीका अङ्गुरको फसल जम्मा गरे । परमेश्वरको क्रोधको ठुलो दाख कोलभित्र फालिदिए । 20 सहर बाहिरबाट दाखको कोल भरियो र घोडाको लगामको उच्चाइसम्म रगत पोखियो, किनकि यो १,६०० किलोमिटरसम्म फैलिएको थियो ।
कटनी भनेको त्यो समय हो जब मानिसहरू बालीहरूबाट पाकेका अन्नहरूलाई जम्मा गर्न जान्छन् । अरू मानिसहरू परमेश्वरको राज्यको हिस्सा हुन सकून् भनेर तिनीहरू जानुपर्छ र अरू मानिसहरूलाई उहाँको बारेमा बताउनुपर्छ भनेर उहाँका अनुयायीहरूलाई सिकाउनको लागि येशूले यसलाई अलङ्कारको रूपमा प्रयोग गर्नुभयो । यस अध्यायले दुईवटा कटनीहरूको अलङ्कारलाई प्रयोग गर्छ । येशूले उहाँका मानिसहरूलाई सम्पूर्ण पृथ्वीबाट भेला गर्नुहुन्छ । त्यसपछि एकजना स्वर्गदूतले दुष्ट मानिसहरूलाई भेला गर्छन् जसलाई परमेश्वरले दण्ड दिनुहुनेछ ।
“म” शब्दले यूहन्नालाई जनाउँछ ।
यूहन्नाले उनको दर्शनको अर्को भागलाई वर्णन गर्न सुरु गर्छन् । थुमाको अगाडि १,४४,००० विश्वासीहरू उभिरहेका छन् ।
“थुमा” भनेको कलिलो भेडा हो । यहाँ ख्रीष्टलाई जनाउनको लागि यसलाई प्रतीकात्मक रूपमा प्रयोग गरिएको छ । तपाईंले यसलाई [प्रकाश ५:६]
“एक लाख चवालीस हजार ।” तपाईंले यसलाई [प्रकाश ७:४]
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसका निधारहरूमा थुमा र उहाँका पिताले आफूहरूको नाउँहरू लेख्नुभएको थियो”
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्वर र येशूको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छ ।
“स्वर्गबाट आएको एउटा आवाज”
“१,४४,००० मानिसहरूले एउटा नयाँ गीत गाए ।” यूहन्नाले सुनेको आवाज के थियो भनेर यसले व्याख्या गर्छ । वैकल्पिक अनुवादः “त्यो आवाज तिनीहरूले गाएको एउटा नयाँ गीत थियो”
“जीवित प्राणी” वा “जीवित जीवात ।” तपाईंले “जीवित प्राणी”लाई प्रकाश ४:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यसले सिंहासनको वरिपरि रहेका चौबीस धर्म-गुरूहरूलाई जनाउँछ । तपाईंले “धर्म-गुरूहरू”लाई प्रकाश ४:४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“एक लाख चवालीस हजार ।” तपाईंले यसलाई [प्रकाश ७:४]
सम्भावित अर्थहरू हुन् १) “कुनै पनि स्त्रीसँग कहिल्यै पनि अनैतिक यौन सम्बन्ध राखेका छैनन्” वा २) “कुनै पनि स्त्रीसँग कहिल्यै पनि यौन सम्बन्ध राखेका छैनन् ।” आफैँलाई स्त्रीहरूसँग बिटुलो पार्नु भनेको मूर्तिपूजाको प्रतीक हुन सक्छ ।
सम्भावित अर्थहरू हुन् १) “तिनीहरूले त्यस्तो कुनै पनि त्यस्तो स्त्रीसँग सहवास गरेनन् जो तिनीहरूको पत्नी थिएन” वा २) “तिनीहरू कुमारहरू हुन् ।”
थुमाले गर्नुभएको कुरा गर्नुलाई उहाँलाई पछ्याउनु भनेर बताइएको छ । वैकल्पिक अनुवादः “तिनीहरूले थुमाले जे गर्नुहुन्छ सोही गर्छन्” वा “तिनीहरूले थुमाको आज्ञापालन गर्छन्”
यहाँ “पहिलो फलहरू” भनेको कटनीको उत्सवमा परमेश्वरलाई चढाइने प्रथम बलिदानको लागि भएको अलङ्कार हो । वैकल्पिक अनुवादः “उद्धारको विशेष उत्सवको रूपमा बाँकीका मानवजातिका माझबाट किनिएका”
तिनीहरूको “मुख”ले तिनीहरूले भनेका कुराहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले बोल्दाखेरी कहिल्यै पनि झूट बोलेनन्”
यूहन्नाले उनको दर्शनको अर्को भागलाई वर्णन गर्न सुरु गर्छन् । यिनी ती स्वर्गदूतहरूमध्येमा पहिला हुन् जसले पृथ्वीमा इन्साफको घोषणा गर्छन् ।
यसको अर्थ हो कि हरेक जातीय समूहबाटका मानिसहरूलाई समावेश गरिएको छ । तपाईंले यस्तै समान सूचीलाई प्रकाश ५:९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यहाँ “घडी”ले त्यो समयलाई प्रतिनिधित्व गर्छ जुन केही कुराको लागि छानिएको छ, र त्यो घडी “आएको” छ भनेको चाहिँ त्यो छानिएको समय अहिले हो भन्नको लागि एउटा अलङ्कार हो । “इन्साफ”को अवधारणालाई क्रियापदको प्रयोग गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अहिले नै त्यो समय हो जसलाई परमेश्वरले इन्साफको लागि छान्नुभएको छ” वा “अब परमेश्वरले मानिसहरूलाई इन्साफ गर्नुहुने समय हो”
स्वर्गदूतले बेबिलोनलाई नष्ट गरिएको कुरालाई यसरी बताउँछन् कि मानौँ त्यसको पतन भएको हो । वैकल्पिक अनुवादः “महान् बेबिलोनलाई नष्ट पारिएको छ”
“ठूलो सहर बेबिलोन” वा “बेबिलोनको महत्त्वपूर्ण सहर ।” यो सम्भवतः रोमको सहरको लागि एउटा प्रतीक थियो, जुन सहर ठूलो, सम्पन्न, र पापपूर्ण थियो ।
बेबिलोनलाई मानिसहरूले भरिएको सहर भन्नुको साटोमा त्यो कोही व्यक्ति भए झैँ गरेर बताइएको छ ।
यो त्यसको अनैतिक यौन अभिलाषामा सहभागी हुने कुराको लागि एउटा प्रतीक हो । वैकल्पिक अनुवादः “यौन सम्बन्धीका कुराहरूमा त्यो जस्तै अनैतिक बन्न” वा “यौन पापमा त्यो जस्तै उन्मत्त हुन”
बेबिलोनलाई एउटा वेश्याको रूपमा बताइएको छ जसले अरू मानिसहरूलाई त्यससँगै पाप गर्ने बनाएको छ । यसको दोहोरो अर्थ पनि हुन सक्छः वास्तविक यौन अनैतिकता र साथै झूटा देवताहरूको पूजा ।
“चर्को रूपमा”
परमेश्वरको क्रोधको मद्य पिउनु भनेको परमेश्वरद्वारा दण्डित हुनुको प्रतीक हो । वैकल्पिक अनुवादः “केही मद्य पनि पिउनेछ जसले परमेश्वरको क्रोधलाई प्रतिनिधित्व गर्दछ”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले पूर्ण कडापनमा खन्याउनुभएको छ”
यसको अर्थ हो कि मद्यमा केही पनि पानी मिसाइएको छैन । यो कडा हुन्छ, र यसलाई धेरै पिउने व्यक्ति ज्यादै मात्तिनेछ । एउटा प्रतीकको रूपमा, यसको अर्थ हो कि परमेश्वर अलिकति मात्रै रिसाउनुहुने होइन तर असाध्यै धेरै रिसाउनुहुनेछ ।
यो प्रतीकात्मक कचौरामा त्यो मद्य छ जसले परमेश्वरको रीसलाई प्रतिनिधित्व गर्छ ।
तेस्रो स्वर्गदूतले बोलिरहन्छन् ।
“तिनीहरूको यातना” भन्ने वाक्यांशले तिनीहरूलाई यातना दिने आगोलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूलाई यातना दिने आगोबाटको धूँवा”
“तिनीहरूलाई कुनै राहत छैन” वा “यातना रोकिँदैन”
“परमेश्वरका पवित्र मानिसहरूले धैर्यतासँग सहनुपर्छ र विश्वासयोग्य हुनुपर्छ ।” तपाईंले यस्तै समान वाक्यांशलाई प्रकाश १३:१० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“तिनीहरू जो ... मर्छन्”
“जो प्रभुसँग एकीकृत भएर मर्छन् ।” यसले ती मानिसहरूलाई जनाउन सक्छ जो तिनीहरूका शत्रुहरूद्वारा मारिन्छन् । वैकल्पिक अनुवादः “जो मर्छन् किनभने तिनीहरू प्रभुसँग एक भएका छन्”
कठिनाइहरू र कष्टभोगहरू
यी कामहरूको विषयमा यसरी बताइएको छ कि मानौँ ती जीवित थिए र ती काम गर्नेहरूलाई पछ्याउनलाई सक्षम थिए । सम्भावित अर्थहरू हुन् १) “अरूहरूले यी मानिसहरूले गरेका असल कार्यहरूलाई चिन्नेछन्” वा २) “परमेश्वरले तिनीहरूलाई तिनीहरूका कामहरूको लागि इनाम दिनुहुनेछ”
यूहन्नाले उनको दर्शनको अर्को भागलाई वर्णन गर्न सुरु गर्छन् । यो भागचाहिँ मानिसको पुत्रले पृथ्वीको कटनी गर्नुहुने विषयमा हो । अनाजको कटनी गर्नु भनेको परमेश्वरले मानिसहरूलाई इन्साफ गर्नुहुने कुराको प्रतीक हो ।
यो अभिव्यक्तिले कुनै मानव आकृति, मानव झैँ देखिने कोही व्यक्तिलाई वर्णन गर्छ । तपाईंले यसलाई [प्रकाश १:१३]
यो जैतूनका हाँगाहरू वा लौरेलको रूखका पातहरूबाट बनेको हारको आकृति थियो, जुन सुन पिटेर बनाइन्छ । पातहरूबाट बनाइएका मुकुटहरू चाहिँ विजयी खेलाडिहरूलाई तिनीहरूको शिरमा लगाउन दिइन्थ्यो ।
घाँस, अनाज, र दाखको लहराहरू काट्नलाई प्रयोग गरिने घुमौरो धार भएको औजार
“स्वर्गीय मन्दिरबाट बाहिर आयो”
वर्तमानमा भइरहेको कुरालाई आइपुगिसकेको भनेर बताइएको छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले पृथ्वीको कटनी गर्नुभयो”
यूहन्नाले पृथ्वीको कटनीको बारेमा भएको उनको दर्शनलाई वर्णन गर्न निरन्तरता दिन्छन् ।
यहाँ “ ... माथि अधिकार हुनु” भन्ने कुराले आगोलाई बालिराख्नको लागि भएको जिम्मेवारीलाई जनाउँछ ।
“विशाल दाख-कुण्ड जहाँ परमेश्वरले उहाँको क्रोधलाई देखाउनुहुनेछ”
यो [प्रकाश १४:१९] (./19.md) को “ठूलो दाख-कुण्ड” हो ।
“घोडाको मुखमा हुने लगाम जत्तिको”
छालाको फित्ताहरूले बनेको एक साधन जुन घोडाको टाउकोको वरिपरि भएर जान्छ र घोडालाई निर्देशित गर्नको लागि त्यसलाई प्रयोग गरिन्छ
“एक हजार छ सय स्टेडिया” वा “सोह्र सय स्टेडिया ।” एउटा “स्टेडियम” १८५ मिटर बराबरको हुन्छ । यो चाहिँ आद्युनिक नापहरूको अनुसार लगभग “३०० किलोमिटर” वा “२०० माइल” जतिको हुने थियो ।
1 तब मैले अर्को अचम्म र शक्तिशाली चिह्न स्वर्गमा देखेः त्यहाँ सात जना स्वर्गदूतले सातवटा विपत्ति लिएका थिए जुनचाहिँ अन्तिम विपत्तिहरू थिए, किनकि तिनीहरूमा परमेश्वरको क्रोध पुरा भएको थियो । 2 मैले आगोसँग मिसिएको काँचको समुद्रजस्तो केही देखा परेको देखेँ । त्यहाँ समुद्रको छेउमा पशु, त्यसको मूर्ति र नाउँको सङ्ख्यामाथि प्रतिनिधित्व गर्दै विजय पाउनेहरू उभिएका थिए । परमेश्वरले दिनुभएको वीणा तिनीहरूले पक्रिरहेका थिए । 3 तिनीहरूले परमेश्वरका दास मोशा र थुमाको गीत गाइरहेका थिएः “हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंका कामहरू महान् र आश्चर्यपूर्ण छन् । हे जातिहरूका राजा, तपाईंका मार्गहरू न्यायी र सत्य छन् । 4 हे प्रभु, तपाईंको नाउँको महिमा कसले गर्दैन र ? तपाईंसँग को डराउँदैन ? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ । सबै जाति आएर तपाईंको अगाडि आराधना गर्छन् किनभने तपाईंका धार्मिक कार्यहरू प्रकट गरिएका छन् । 5 यी कुरापछि मैले हेरँ, र स्वर्गमा गवाहीको पालको मन्दिर उघारियो । 6 सुतीको चम्किलो पोशाक लगाएर र सुनको फित्ता छातीको वरिपरि लगाएर सात जना स्वर्गदूत सातवटा विपत्ति लिएर महा-पवित्रस्थानबाट बाहिर आए । 7 चार जीवित प्राणीमध्ये एउटाले सदाकाल जिउनुहुने परमेश्वरको क्रोधले भरिएको सुनका सातवटा कचौरा ती स्वर्गदूतहरूलाई दिए । 8 परमेश्वरको महिमा र उहाँको शक्तिले मन्दिर धुवाँले भरिएको थियो । ती सात स्वर्गदूतका सातवटा विपत्ति पुरा नहुञ्जेलसम्म कोही पनि त्यसभित्र पस्न सकेन ।
यस अध्यायमा, यूहन्नाले स्वर्गमा घट्ने घटनाहरू र चित्रणहरूलाई वर्णन गर्छन् ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले ३-४ का पदहरूसँग यसै गर्छ ।
यी मानिसहरू आत्मिक रूपमा विजयी छन् । जबकि अधिकांश आत्मिक युद्धहरूलाई देख्न सकिँदैन, प्रकाशको पुस्तकले आत्मिक युद्धहरूलाई खुला रूपमा भइरहेको झैँ गरेर चित्रण गर्छ । अनि
धर्मशास्त्रले अन्य स्थानहरूमा सङ्केत गर्छ कि पार्थिव मन्दिरले स्वर्गमा भएको परमेश्वरको सिद्ध वासस्थानलाई नक्कल गर्छ । यहाँ यूहन्नाले परमेश्वरको स्वर्गीय वासस्थान वा मन्दिरलाई जनाएको जस्तो देखिन्छ । अनि
प्रकाशको पुस्तकले धेरैपटक स्वर्गलाई त्यो एउटा स्थानको रूपमा वर्णन गर्छ जहाँ मानिसहरूले गाउँछन् । तिनीहरूले गीतहरू गाएर परमेश्वरलाई आराधना गर्छन् । यसले प्रस्ट पारेर देखाउँछ कि स्वर्ग त्यस्तो स्थान हो जहाँ परमेश्वरलाई निरन्तर आराधना गरिन्छ ।
यो पद चाहिँ १५:६-१६:२१ मा हुने कुराको सारांश हो ।
यी शब्दहरूको समान अर्थ हुन्छ र जोड दिनको लागि प्रयोग गरिएका छन् । वैकल्पिक अनुवादः “केही कुरा जसले मलाई ज्यादै अचम्मित बनायो”
“सात स्वर्गदूतहरू जससँग पृथ्वीमाथि सात विपत्तिहरू पठाउने अधिकार थियो”
“र तिनीहरूपछि, त्यहाँ अरू बढी विपत्तिहरू हुनेछैनन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि यी विपत्तिहरूले परमेश्वरको क्रोधलाई पूर्ण गर्नेछन्”
सम्भावित अर्थहरू हुन् १) यी विपत्तिहरूले परमेश्वरको सारा रीसलाई देखाउनेछन् वा २) यी विपत्तिहरूपछि, परमेश्वर अरू बढी रिसाउनुहुनेछैन ।
यहाँ यूहन्नाले पशुमाथि विजयी भएका र परमेश्वरको प्रशंसा गरिरहेका मानिसहरूको विषयमा भएको उनको दर्शनलाई वर्णन गर्न सुरु गर्छन् ।
त्यो कसरी काँच वा समुद्र जस्तै थियो भन्ने कुरालाई प्रस्ट हुने गरेर व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) समुद्रलाई त्यो काँच भए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “एउटा समुद्र जुन काँच झैँ खस्रोपनरहित भएर एकनासको थियो” वा २) काँचलाई कुनै समुद्र भए झैँ गरेर बताइएको छ । तपाईंले यसलाई [प्रकाश ४:६]
तिनीहरू कसरी विजयी थिए भन्ने कुरालाई प्रस्ट हुने गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जो पशु र त्यसको आकृतिलाई पूजा नगरेर तिनीहरूमाथि विजयी भएका थिए”
तिनीहरू सङ्ख्यामाथि कसरी विजयी थिए भन्ने कुरालाई प्रस्ट हुने गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसको नामलाई प्रतिनिधित्व गर्ने सङ्ख्याको छाप नलगाएर त्यस सङ्ख्यामाथि”
यसले प्रकाश १३:१८ मा वर्णन गरिएको सङ्ख्यालाई जनाउँछ ।
“पशुमाथि विजयी भएकाहरूले ... गाइरहेका थिए”
परमप्रभु कति महान् र महिमामय हुनुहुन्छ भन्ने कुरामा तिनीहरूलाई लागेको आश्चर्यलाई दखाउनको लागि यो प्रश्नको प्रयोग गरिएको छ । यसलाई एउटा विस्मयादिबोधक भनाइको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमप्रभु, सबैजनाले तपाईंको भय मान्नेछन् र तपाईंको नाउँलाई महिमा गर्नेछन् !”
“तपाईंको नाउँ” भन्ने वाक्यांशले परमेश्वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “तपाईंलाई महिमा गर्नु”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तपाईंले सबैजनालाई तपाईंको धार्मिक कार्यहरूको बारेमा थाहा गर्ने बनाउनुभएको छ”
सात विपत्तिहरू बोकेका सात स्वर्गदूतहरू महापवित्रस्थानबाट बाहिर आउँछन । तिनीहरूको बारेमा यहाँभन्दा अगाडि प्रकाश १५:१ मा बताइएको थियो ।
“मानिसहरूले गाउन छोडेपछि”
यी स्वर्गदूतहरू सात विपत्तिहरू बोकिरहेका झैँ गरी देखिएका छन् किनभने प्रकाश १७:७ मा तिनीहरूलाई परमेश्वरको क्रोधले भरिएका सात कचौराहरू दिइन्छन् ।
एक असल, महँगो कपडा जुन एक किसिमको बिरुवाको रेसाबाट बनाइएको हुन्छ
फित्ता भनेको कपडाको सजावटी टुक्रा हो जुन शरीरको माथिल्लो भागमा लगाइन्छ ।
“जीवित जीव” वा “जीवित थोक ।” तपाईंले “जीवित प्राणीहरू”लाई प्रकाश ४:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
कचौराहरूमा दाखमद्य हुनुको चित्रणलाई प्रस्ट हुने गरेर व्यक्त गर्न सकिन्छ । यहाँ “क्रोध” शब्दले सजायलाई जनाउँछ । दाखमद्य भनेको सजायको लागि एउटा प्रतीक हो । वैकल्पिक अनुवादः “परमेश्वरको क्रोधलाई प्रतिनिधित्व गर्ने दाखमद्यले भरिएका सात सुनका कचौराहरू”
“सात स्वर्गदूतहरूले पृथ्वीमा सात विपत्तिहरू पठाउन नसकाएसम्म”
1 मन्दिरदेखि आएको एउटा चर्को सोरले सात जना स्वर्गदूतलाई यसो भनेर बोलाएको मैले सुनेँ, “जाऊ र परमेश्वरको क्रोधका सातवटा कचौरा पृथ्वीमा खन्याओ ।” 2 पहिलो स्वर्गदूत गए र आफ्नो कचौरा पृथ्वीमा खन्याए । त्यस पशुको छाप हुने र त्यसको मूर्तिलाई पुजा गर्ने मानिसहरूलाई घिनलाग्दा र पीडादायी घाउहरू आए । 3 दोस्रो स्वर्गदूतले आफ्नो कचौरा समुद्रमा खनाए । अनि यो मरेको मानिसको रगतजस्तो भयो, र समुद्रमा भएका हरेक जीवित प्राणीहरू मरे । 4 तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदी र पानीका मूलहरूभित्र खन्याए, र ती रगत भए । 5 पानीको स्वर्गदूतले यसो भनेको मैले सुनेँ, “तपाईं धर्मी हुनुहुन्छ, जो हुनुहुन्छ, हुनुहुन्थ्यो, र पवित्र जन हुनुहुन्छ, किनकि यी कुराहरूलाई तपाईंले न्याय गर्नुभयो । 6 किनभने तिनीहरूले विश्वासी र अगमवक्ताहरूको रगत बगाएका छन्, तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभयो, तिनीहरू यसैको योग्य छन् ।” 7 वेदीले जवाफ दिएको मैले सुनेँ, “हो, सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंका न्याय सत्य र धार्मिक छन् ।” 8 चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमा खन्याए, र त्यसलाई मानिसहरूलाई आगोले डढाउने अनुमति दिइएको थियो । 9 तिनीहरू प्रचण्ड तापद्वारा डढे, र तिनीहरूले यस विपत्तिहरूमाथि शक्ति भएका परमेश्वरको नाउँको निन्दा गरे । तिनीहरूले पश्चात्ताप गरेनन् वा उहाँलाई महिमा दिएनन् । 10 पाँचौँ स्वर्गदूतले आफ्नो कचौरा त्यस पशुको सिंहासनमा खन्याए, र त्यसको राज्यलाई अन्धकारले ढाक्यो । तिनीहरूले कष्टमा आ-आफ्नो जिब्रो चपाए । 11 तिनीहरूका पीडा र घाउहरूका कारण स्वर्गका तिनीहरूले परमेश्वरको नाउँको निन्दा गरे, र अझै पनि तिनीहरूले गरेका कामबाट पश्चात्ताप गर्न तिनीहरूले इन्कार गरे । 12 छैटौँ स्वर्गदूतले आफ्नो कचौरा महानदी यूफ्रेटिसमा खन्याए । पूर्वबाट आउनुहुने राजाहरूका निम्ति बाटो तयार गर्न त्यो नदीको पानी सुक्यो । 13 मैले अजिङ्गर, पशु र झुटो अगमवक्ताका मुखहरूबाट भ्यागुताजस्ता तिनवटा अशुद्ध आत्मा बाहिर निस्किरहेको देखेँ । 14 किनकि तिनीहरू दुष्टका आत्माहरू थिए जसले आश्चर्यपूर्ण चिह्नको प्रदर्शन गर्दछन् । तिनीहरू सारा संसारका राजाहरूकहाँ गएर सर्वशक्तिमान् परमेश्वरको महान् दिनको युद्धका लागि तिनीहरूलाई सँगसँगै भेला गर्छन् । 15 “हेर, म एउटा चोरजस्तै गरेर आउनेछु; धन्य हो त्यो मानिस जो जागा रहन्छ, जसले आफ्ना वस्त्रहरू राख्तछ, ताकि ऊ नाङ्गै बाहिर जान नपरोस् र तिनीहरूले उसको लाजमर्दो अवस्था देख्न नपरोस् ।” 16 तिनीहरूले उनीहरूलाई एकै ठाउँमा ल्याए जसलाई हिब्रू भाषामा आर-मागेड्डोन भनिन्छ । 17 तब सातौँ स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए । त्यसपछि सिंहासन र मन्दिरबाट यसो भन्दै एउटा चर्को सोर आयो, “सिद्धिएको छ ।” 18 त्यहाँ बिजुलीहरू चम्किए, गर्जन र आवाजहरू र डरलाग्दो भूकम्प गयोः यति डरलाग्दो भूकम्प गयो कि पृथ्वीमा मानिसहरू सृष्टि भएदेखि यति ठुलो भूकम्प कहिल्यै गएको थिएन । 19 त्यो ठुलो नगर तिन भागमा विभाजन भयो, र जातिहरूका सहरहरू नष्ट भए । अनि परमेश्वरले त्यो महान् बेबिलोन भनेर मनमा बोलाउनुभयो, र उहाँको आफ्नो डरलाग्दो क्रोधको मद्यले भरिएको कचौरा त्यस सहरलाई दिनुभयो । 20 हरेक टापु हराएर गयो, र पर्वतहरू फेरि भेट्टाइएनन् । 21 आकाशबाट ठुला-ठुला असिनाहरू मानिसहरूमाथि बर्सेन लागे । असिनाको विपत्तिका कारण तिनीहरूले परमेश्वरलाई सरापे, किनकि त्यो विपत्ति अति नै डरलाग्दो थियो ।
यस अध्यायले अध्याय १५ को दर्शनलाई निरन्तरता दिन्छ । एकसाथमा तिनीहरूले सात विपत्तिहरू दिन्छन् जसले परमेश्वरको क्रोधलाई पूरा गर्छन् ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले ५-७ का पदहरूसँग यसै गर्छ ।
यो त्यही मन्दिर हो जसलाई अध्याय १५ मा उल्लेख गरिएको थियो ।
यस अध्यायले कठोर इन्साफहरूलाई प्रकट गर्छ । स्वर्गदूतहरूले परमेश्वरको क्रोधका सात कचौराहरू खन्याइरहेको रूपमा तिनीहरूलाई चित्रण गरिएको छ ।
यस अध्यायको लवजबाट पाठकलाई छक्क पार्न खोजिएको छ । यस अध्यायमा व्यक्त गरिएको जीवन्त भाषालाई अनुवादहरूमा कम गरिनु हुँदैन ।
यो एउटा हिब्रू शब्द हो । यो एउटा ठाउँको नाम हो । यूहन्नाले हिब्रू शब्दको उच्चारणलाई प्रयोग गरे र त्यसलाई ग्रीक अक्षरहरूमा लेखे । अनुवादकहरूलाई लक्षित भाषाको अक्षरहरूको प्रयोग गरेर त्यसको उच्चारणलाई लेख्नलाई प्रोत्साहन दिइन्छ ।
यूहन्नाले सात विपत्तिहरू बोकेका सात स्वर्गदूतहरूको बारेमा भएको दर्शनको भागलाई वर्णन गर्नलाई निरन्तरता दिन्छन् । यी सात विपत्तिहरू परमेश्वरको क्रोधको सात कचौराहरू हुन् ।
“म” शब्दले यूहन्नालाई जनाउँछ ।
कचौराहरूमा दाखमद्य हुनुको चित्रणलाई प्रस्ट हुने गरेर व्यक्त गर्न सकिन्छ । यहाँ “क्रोध” शब्दले सजायलाई जनाउँछ । दाखमद्य चाहिँ सजायको लागि एउटा प्रतीक हो । तपाईंले यस्तै समान वाक्यांशलाई [प्रकाश १५:७]
“कचौरा” शब्दले त्यसमा भएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनको कचौराबाट दाखमद्य खन्याए” वा “तिनको कचौराबाट परमेश्वरको क्रोध खन्याए”
“पीडापूर्ण चोटहरू ।” यी चाहिँ निको नभएका रोगहरू वा चोटपटकहरूबाट भएका संक्रमणहरू हुन सक्छन् ।
यो एउटा पहिचान गराउने छाप थियो जसले सङ्केत गर्थ्यो कि त्यसलाई ग्रहण गर्ने व्यक्तिले पशुको पूजा गर्दथ्यो । तपाईंले यसलाई प्रकाश १३:१७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“कचौरा” शब्दले त्यसमा भएको कुरालाई जनाउँछ । तपाईंले यसलाई [प्रकाश १६:२]
यसले नूनिलो पानी भएको सबै तालहरू र महासमुद्रहरूलाई जनाउँछ ।
“कचौरा” शब्दले त्यसमा भएको कुरालाई जनाउँछ । तपाईंले यसलाई [प्रकाश १६:२]
यसले स्वच्छ पानीका सबै जलाशयहरूलाई जनाउँछ ।
सम्भावित अर्थहरू हुन् १) यसले तेस्रो स्वर्गदूतलाई जनाउँछ जसले नदीहरू र पानीका मूलहरूमा परमेश्वरको क्रोधलाई खनाउने जिम्मा लिएका थिए वा २) यिनी अर्का स्वर्गदूत थिए जसले सबै पानीहरूको जिम्मा लिएका थिए ।
“तपाईं”ले परमेश्वरलाई जनाउँछ ।
“परमेश्वर जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो ।” तपाईंले यस्तै समान वाक्यांशलाई प्रकाश १:४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यहाँ “रगत खन्याए” भन्ने कुराको अर्थ मारिए भन्ने हुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले परमेश्वरका पवित्र मानिसहरू र अगमवक्ताहरूको हत्या गरे”
परमेश्वरले दुष्ट मानिसहरूलाई उहाँले रगतमा बदल्नुभएको पानी पिउने बानउनुहुनेछ ।
यहाँ “वेदी” शब्दले सम्भवतः वेदीमा भएको कोही व्यक्तिलाई जनाउँछ । “मैले वेदीमा भएको कसैले जवाफ दिएको सुनेँ”
“कचौरा” शब्दले त्यसमा भएको कुरालाई जनाउँछ । तपाईंले यसलाई [प्रकाश १६:२]
यूहन्नाले सूर्य चाहिँ कुनै व्यक्ति नै भए झैँ गरी त्यसको बारेमा बताउँछन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र सूर्यलाई मानिसहरूलाई गम्भीर रूपमा डढाउने तुल्याए”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “प्रचण्ड तापले तिनीहरूलाई नराम्ररी डढायो”
यहाँ परमेश्वरको नाउँले परमेश्वरलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिनीहरूले परमेश्वरको ईश्वरनिन्दा गरे”
यस वाक्यांशले पाठकहरूलाई परमेश्वरको बारेमा पहिले नै थाहा भएको केही कुराको सम्झना गराउँछ । मानिसहरूले किन परमेश्वरको ईश्वरनिन्दा गरिरहेका थिए भन्ने कुरालाई व्याख्या गर्न यसले सहायता गर्छ । वैकल्पिक अनुवादः “परमेश्वरलाई ... किनभने उहाँसँग यी विपत्तिहरूमाथि शक्ति छ”
यसले मानिसहरूमाथि यी विपत्तिहरूको कष्ट ल्याउन, वा यी विपत्तिहरूलाई रोक्नको लागि भएको शक्तिलाई जनाउँछ ।
“कचौरा” शब्दले त्यसमा भएको कुरालाई जनाउँछ । तपाईंले यसलाई [प्रकाश १६:२]
यहाँबाट नै पशुले शासन गर्छ । यसले त्यसको राज्यको राजधानी सहरलाई जनाउन सक्छ ।
यहाँ अन्धकारको विषयमा त्यो चाहिँ कम्बल जस्तै केही कुरा भए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “त्यसको सारा राज्यमा अँध्यारो भयो” वा “त्यसको पूरा राज्यभर अँध्यारो भयो”
पशुको राज्यमा भएका मानिसहरूले ... टोके ।
पशुको राज्यमा भएका मानिसहरूले ईश्वरनिन्दा गरे ।
“कचौरा” शब्दले त्यसमा भएको कुरालाई जनाउँछ । तपाईंले यसलाई [प्रकाश १६:२]
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ ... यूफ्रेटिस ... । त्यसको पानी सुकेर गयो” वा “ ... यूफ्रेटिस ... , र त्यसको पानीलाई सुकेर जाने तुल्याए”
भ्यागुता भनेको एउटा सानो जनावर हो जुन पानीको नजिकै बस्छ । यहूदीहरूले तिनीहरूलाई अशुद्ध जन्तुहरू ठान्थे ।
यो चाहिँ एउटा विशाल, हिंस्रक, छेपारो जस्तै घस्रिदैँ हिँड्ने जीव हो । यहूदी मानिसहरूको लागि, त्यो दुष्टता र बर्बादीको प्रतीक थियो । अजिङ्गरलाई पद ९ मा “दियाबलस वा शैतान” भनेर पनि परिचय गराइएको छ । तपाईंले यसलाई [प्रकाश १२:३]
पद १५ चाहिँ यूहन्नाको दर्शनको प्रमुख कथावर्णनमा आएको छोटो रोकावट हो । यिनीहरू येशूले बोल्नुभएका वचनहरू हुन् । कथावर्णनले पद १६ देखि निरन्तरता पाउँछ ।
यो दर्शनमा भएको कथावर्णनको भाग होइन भनेर देखाउनको लागि यसलाई कोष्ठकहरूभित्र राखिएको छ । बरु, यो त प्रभु येशूले भन्नुभएको केही कुरा हो । यो प्रभु येशूले भन्नुभएको थियो भनेर यसलाई यूएसटीमा जस्तै प्रस्ट हुने गरेर व्यक्त गर्न सकिन्छ ।
येशू चाहिँ मानिसहरूले नचिताइरहेको बेलामा आउनुहुनेछ, ठीक जसरी चोर पनि नचिताएको बेलामा आउँछ । तपाईंले यस्तै समान वाक्यांशलाई [प्रकाश ३:३]
धर्मी तवरले जिउनुलाई कसैले आफ्नो लुगा लगाइरहने कुरा भए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “जे ठीक छ सो गर्दै, आफ्नो लुगाहरू लगाइरहे झैँ”
केही संस्करणहरूले यसरी अनुवाद गर्छन्, “त्यसका पोशाकहरूलाई आफूसँग राखिरहन्छ ।”
यहाँ “तिनीहरू” शब्दले अरू मानिसहरूलाई जनाउँछ ।
“भूतहरूका आत्माहरूले राजाहरू र तिनीहरूका सेनाहरूलाई एकसाथ भेला गरे”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो ठाउँ जसलाई मानिसहरूले ... भन्छन्”
यो एउटा ठाउँको नाउँ हो ।
सातौँ स्वर्गदूतले परमेश्वरको क्रोधको सातौँ कचौरालाई खन्याउँछन् ।
“कचौरा” शब्दले त्यसमा भएको कुरालाई जनाउँछ । तपाईंले यसलाई [प्रकाश १६:२]
यसको अर्थ हो कि सिंहासनमा बसिरहेको वा सिंहासनको नजिकै उभिरहेको कोही व्यक्तिले ठूलो स्वर गरी करायो भन्ने हुन्छ । कसले बोलिरहेको छ भन्ने कुरा अस्पष्ट छ ।
हरेक पटक बिजुली देखापर्दा त्यो कस्तो देखिन्छ भन्ने कुरालाई वर्णन गर्ने तपाईंको भाषाको शैलीलाई प्रयोग गर्नुहोस् । तपाईंले यसलाई प्रकाश ४:५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यिनीहरू गड्याङगुडुङले निकाल्ने ठूला आवाजहरू हुन् । गर्जनको आवाजलाई वर्णन गर्ने तपाईंको भाषाको शैलीलाई प्रयोग गर्नुहोस् । तपाईंले यसलाई प्रकाश ४:५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “भूकम्पले त्यस महान् सहरलाई भाग-भाग गर्यो”
“त्यसपछि परमेश्वरले सम्झनुभयो” वा “त्यसपछि परमेश्वरले ... को बारेमा विचार गर्नुभयो” वा “त्यसपछि परमेश्वरले ... लाई ध्यान दिन थाल्नुभयो ।” यसको अर्थ यो होइन कि आफूले बिर्सनुभएको केही कुरालाई परमेश्वरले याद गर्नुभएको थियो ।
दाखमद्य भनेको उहाँको क्रोधको प्रतीक हो । मानिसहरूलाई त्यो पिउने बनाउनु भनेको तिनीहरूलाई दण्ड दिनुको प्रतीक हो । वैकल्पिक अनुवादः “उहाँले त्यस सहरका मानिसहरूलाई उहाँको क्रोधलाई प्रतिनिधित्व गर्ने दाखमद्य पिउने बनाउनुभयो”
यो परमेश्वरको क्रोधको सातौँ कचौराको हिस्सा हो ।
पहाडहरूलाई देख्नलाई भएको असक्षमता चाहिँ प्रतिस्थापन शब्द हो जसले पहाडहरू अब अस्तित्वमा थिएनन् भन्ने अवधारणालाई व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “त्यहाँ अब कुनै पहाडहरू थिएनन्”
तपाईंले यसलाई आद्युनिक नापमा बदल्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “३३ किलोग्राम”
1 सातवटा कचौरा लिएका सात जना स्वर्गदूतमध्ये एक जनाले मकहाँ आएर भने, “आऊ, म तिमीलाई धेरै पानीमाथि बसेकी त्यस महावेश्यालाई दिएको दण्डलाई देखाउनेछु । 2 त्यससँग पृथ्वीका राजाहरूले यौन अनैतिकता गरेका छन् । पृथ्वीका बासिन्दाहरू त्यसको यौन अनैतिकताको मद्यले मातेका छन् ।” 3 त्यसपछि स्वर्गदूतले मलाई आत्मामा बोकेर उजाड-स्थानतिर लगे, र निन्दा गर्ने पुरै नाउँहरूले भरिएकी रातो रङको पशुमाथि बसेकी एउटी स्त्रीलाई मैले देखेँ । त्यस जनावरको सातवटा टाउका र दसवटा सिङ थिए । 4 त्यस स्त्रीले बैजनी र रातो चहकिलो पोशाक लगाएकी र सुन, बहुमूल्य मणि र मोतीहरूले सिँगारिएकी थिई । घिनलाग्दा कुराहरू र यौन अनैतिकताका अशुद्ध थोकहरूले भरिएको एउटा सुनको कचौरा त्यसले हातमा समातिरहेकी थिई । 5 एउटा रहस्यको अर्थ भएको नाउँ त्यसको निधारमा लेखिएको थियोः “पृथ्वीमा भएका घिनलाग्दा कुराहरू र वेश्याहरूकी आमा महान् बेबिलोन ।” 6 मैले त्यस स्त्रीले विश्वासीहरूको रगत र येशूको निम्ति सहिद भएकाहरूको रगत पिएर मातेकी देखेँ । जब मैले त्यसलाई देखेँ, तब म सार्है नै चकित भएँ । 7 तर स्वर्गदूतले मलाई भने, “तिमी किन चकित हुन्छौँ ? म तिमीलाई त्यो स्त्री र त्यसलाई बोक्ने सातवटा टाउका र दसवटा सिङ भएको पशुको रहस्यको अर्थ बताउनेछु । 8 तिमीले देखेको त्यो पशु अस्तित्वमा थियो र अहिले अस्तित्वमा छैन, तर अगाध खाँदबाट माथि निस्कन लागेको छ । तब यो विनाशतिर जानेछ । पृथ्वीमा जिउनेहरू जसका नाउँ संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्, तिनीहरू त्यो पशुलाई देखेर चकित पर्नेछन्, किनभने त्यो अस्तित्वमा थियो, अहिले अस्तित्वमा छैन, तर आउनै लागेको छ । 9 यसले बुद्धि भएको मनलाई आव्हान गर्छ । सातवटा टाउका सातवटा डाँडा हुन् जसमाथि त्यो स्त्री बसेकी छे । 10 तिनीहरू सात राजाहरू पनि हुन् । पाँच जना राजा पतन भइसकेका छन्, एक जना अस्तित्वमा छ, र एक जना अहिलेसम्म आएको छैन । जब त्यो आउँछ, तब केही समयका लागि रहन्छ । 11 त्यो पशु अस्तित्वमा थियो, तर अहिले अस्तित्वमा छैन । त्यो आफैँ पनि आठौँ राजा हो, तर ती सात राजामध्ये त्यो एक हो, तर त्यो नष्ट हुन गइरहेको छ । 12 तिमीले देखेका दसवटा सिङ दस जना राजा हुन्, जसले अहिलेसम्म राज्य प्राप्त गरेका छैनन्, तर त्यो पशुसँगै तिनीहरूले एक घण्टाका निम्ति राजाकै अधिकार प्राप्त गर्नेछन् । 13 यिनीहरूको एउटै विचार छ, र तिनीहरूले आफ्नो शक्ति र अधिकार त्यो पशुलाई दिन्छन् । 14 तिनीहरूले थुमाको विरुद्धमा लडाइँ गर्नेछन् । तर थुमाले तिनीहरूलाई जित्नुहुनेछ, किनभने उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ, र उहाँसँग हुनेहरू बोलाइएका, छानिएका र विश्वासयोग्यहरू हुन् ।” 15 ती स्वर्गदूतले मलाई भने, “तिमीले देखेको पानीमाथि जहाँ त्यो वेश्या बसेकी छे, त्यो पानी मानिसहरू, भिड, जाति र भाषाहरू हुन् ।” 16 तिमीले देखेका दसवटा सिङ र त्यो पशुले त्यो वेश्यालाई घृणा गर्नेछन् । तिनीहरूले त्यसलाई एकलो र नाङगै पारेर त्यसको शरीरलाई सिद्ध्याउनेछन्, र त्यसलाई तिनीहरूले आगोले पूर्ण रूपमा डढाउनेछन् । 17 किनभने परमेश्वरको वचन पुरा नहोउञ्जेलसम्म एउटै मनको भई तिनीहरूले आफ्नो अधिकार त्यो पशुलाई राज्य गर्न दिन उहाँको उद्देश्य पुरा हुनलाई परमेश्वरले यस्तो विचार हलिदिनुभयो । 18 तिमीले देखेको त्यो स्त्री पृथ्वीका राजाहरूमाथि शासन गर्ने महानगरी हो ।”
यस अध्यायले परमेश्वरले बेबिलोनलाई कसरी नाश पार्नुहुनेछ भनेर वर्णन गर्नलाई सुरु गर्छ ।
धर्मशास्त्रले धेरैपटक मूर्तिपूजक यहूदीहरूलाई व्यभिचारी मानिसहरूको रूपमा र कहिलेकाहीँ वेश्याहरूको रूपमा चित्रण गर्छ । यहाँ चाहिँ यसले त्यही कुरालाई जनाएको होइन । अनुवादकले यस चित्रणलाई अस्पष्ट हुन दिनुपर्छ ।
यो सम्भवतः रोमको सहरलाई जनाउन भनिएको हो, जुन सातवटा पहाडहरूमाथि बसेको छ भनी भनिन्थ्यो । तापनि, अनुवादकले अनुवादमा यी सातवटा पहाडहरूलाई पहिचान गर्ने कोसिस गर्नुहुँदैन ।यसले सम्भवतः रोमको सहरलाई जनाउँछ, जसलाई सात पहाडहरूमाथि भएको सहर भनेर जानिएको थियो । तापनि, अनुवादकले चाहिँ अनुवादमा रोमको पहिचान दिन खोज्नुहुँदैन ।
यूहन्नाले यस अध्यायमा थुप्रै विभिन्न अलङ्कारहरूको प्रयोग गर्छन् । उनले तीमध्ये केहीको अर्थलाई व्याख्या गर्छन्, तर तिनीहरूलाई तुलनात्मक रूपमा अस्पष्ट रहन दिन्छन् । अनुवादकले पनि त्यसै गर्न खोज्नुपर्छ ।
यो र यस अध्यायमा भएका समान किसिमका वाक्यांशहरूले त्यस पशु र येशूको बीचमा भएको अन्तरलाई देखाउँछन् । प्रकाशको पुस्तकको अन्यत्र स्थानमा येशूलाई “उहाँ जो हुनुहुन्छ, र जो हुनुहुन्थ्यो, र जो हुन आउनुहुनेछ” भनेर भनिएको छ ।
विरोधाभासी कथन भनेको एउटा सत्य भनाइ हो जसले केही असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । १७:११ मा भएको वाक्य एउटा विरोधाभासी कथन होः “त्यो पशु ... आफैँ एउटा आठौँ राजा पनि हो; तर ती सात राजाहरूमध्येको एक पनि हो ।” अनुवादकले यस विरोधाभासी कथनलाई सुल्झाउने कोसिस गर्नुहुँदैन । यो एउटा रहस्यको रूपमा नै रहनुपर्छ । (प्रकाश १७:११)
यूहन्नाले महा वेश्याको बारेमा भएको उनको दर्शनको भागलाई वर्णन गर्न सुरु गर्छन् ।
नामपद शब्द “इन्साफ”लाई “दण्ड दिनु” जस्तो क्रियापदको प्रयोग गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसरी परमेश्वरले त्यस महा वेश्यालाई दण्ड दिनुहुनेछ”
“त्यस वेश्या जसको बारेमा सबैजनालाई थाहा छ ।” त्यसले कुनै पापपूर्ण सहरलाई प्रतिनिधित्व गर्छे ।
यदि तपाईंलाई आवश्यकता हुन्छ भने, तपाईंले पानीको प्रकारको लागि अझ बढी खास शब्दलाई प्रयोग गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “धेरै नदीहरूमा”
मद्यले यौन अनैतिकतालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “पृथ्वीका मानिसहरूले त्यसको मद्य पिएर माते, जसको अर्थ हो कि तिनीहरू अनैतिक यौन आचरणहरूमा लागे”
यसको दोहोरो अर्थ पनि हुन सक्छः मानिसहरूको माझमा भएको यौन अनैतिकता र साथै झूटा देवताहरूको पूजा ।
परिवेश चाहिँ यूहन्ना स्वर्गमा भइरहेको कुराबाट उजाडस्थानमा भइरहेको कुरामा बदलिन्छ ।
सुन्दर र मूल्यवान् मालाका दानाहरू । तिनीहरू महासमुद्रमा बस्ने कुनै एक खास किसिमको सानो जनावरको खोलभित्र बन्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले त्यसको निधारमा एउटा नाउँ लेखेको थियो”
यदि त्यो नाउँले कुनै स्त्रीलाई जनाउँछ भन्ने कुरालाई स्पष्ट बनाउन जरुरी हुन्छ भने, त्यसलाई कुनै वाक्यमा राख्न सकिन्छ । वैकल्पिक अनुवादः “म शक्तिशाली बेबिलोन हुँ”
स्वर्गदूतले यूहन्नालाई त्यस वेश्या र रातो पशुको अर्थलाई व्याख्या गर्न सुरु गर्छन् । स्वर्गदूतले यी कुराहरूलाई पद १८ मा व्याख्या गर्छन् ।
“मातेकी थिई किनभने त्यसले ... को रगत पिएकी थिई र ... को रगत पिएकी थिई”
“विश्वासीहरू जो मरेर गएका छन् किनभने तिनीहरूले अरूहरूलाई येशूको बारेमा बताए”
छक्क, चकित
यूहन्नालाई हल्का तवरले हप्काउनको लागि स्वर्गदूतले यो प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिनी अचम्मित हुनुहुँदैन !”
यो असाध्यै गहिरो र साँघुरो खाडल हो । सम्भावित अर्थहरू हुन् १) खाडलको कुनै पिँध नै छैन; त्यो सधैँ तल गइरहन्छ वा २) खाडल यति गहिरो छ कि त्यसको पिँध नै नभएको जस्तो लाग्छ । तपाईंले यसलाई प्रकाश ९:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
नामपद शब्द “सर्वनाश”लाई क्रियापदको प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसपछि त्यसलाई नाश गरिनेछ” वा “त्यसपछि परमेश्वरले त्यसलाई नाश गर्नुहुनेछ”
भविष्यमा के हुनेछ भन्ने कुराको निश्चयतालाई यसरी बताइएको छ कि मानौँ त्यो पशु त्यसतर्फ गइरहेको थियो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसका नाउँहरू परमेश्वरले लेख्नुभएन”
स्वर्गदूतले बताउनलाई निरन्तरता दिन्छन् । यहाँ तिनले त्यस स्त्रीले चढिरहेको पशुका सात शिरहरूको अर्थलाई व्याख्या गर्छन् ।
भाववाचक नामपद शब्दहरू “समझ” र “बुद्धि”लाई “सोच्नु” र “बुद्धिमान्” वा “बुद्धमानीपूर्वक” जस्ता शब्दहरूसँग व्यक्त गर्न सकिन्छ । बुद्धिमान् समझको किन आवश्यकता हुन्छ भन्ने कुरालाई प्रस्ट हुने गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो कुरालाई बुझ्न बुद्धिमान् समझको खाँचो पर्छ” वा “यसलाई बुझ्न तिमीले बुद्धमानीपूर्वक सोच्नुपर्ने हुन सक्छ”
यहाँ “हुन्”को अर्थ “ ... को मतलब ... हुन्छ” वा “प्रतिनिधित्व गर्छ” भन्ने हुन्छ ।
स्वर्गदूतले मर्नुलाई पतन हुनुको रूपमा बताउँछन् । वैकल्पिक अनुवादः “पाँच राजाहरू मरिसकेका छन्”
“एउटा राजा अहिले छ” वा “एउटा राजा हाल जीवित छ”
अझै अस्तित्वमा नभएको कुरालाई अझै नआएको भनेर बताइएको छ । वैकल्पिक अनुवादः “अर्को अझै राजा भएको छैन; जब त्यो राजा हुन्छ”
कोही व्यक्ति राजा भइराख्नुलाई स्वर्गदूतले यसरी बताउँछन् कि मानौँ त्यो भनेको ऊ कुनै स्थानमा बसिरहेको जस्तो हो । वैकल्पिक अनुवादः “त्यो केवल छोटो समयको लागि मात्र राजा हुन सक्छ”
सम्भावित अर्थहरू हुन् १) पशुले दुई पल्ट शासन गर्छः पहिला सात राजाहरूमध्येमा एउटा राजाको रूपमा, र त्यसपछि आठौँ राजाको रूपमा वा २) त्यो पशु सात राजाहरूको समूहको हो किनभने त्यो तिनीहरू जस्तै छ ।
भविष्यमा के हुनेछ भन्ने कुराको निश्चयतालाई यसरी बताइएको छ कि मानौँ त्यो पशु त्यसतर्फ गइरहेको थियो । वैकल्पिक अनुवादः “त्यसलाई अवश्य नाश गरिनेछ” वा “परमेश्वरले त्यसलाई अवश्यै नाश गर्नुहुनेछ”
स्वर्गदूतले यूहन्नासँग कुरा गरिरहन्छन् । यहाँ तिनले पशुको दश सीङहरूको अर्थलाई व्याख्या गर्छन् ।
यदि तपाईंको भाषाले दिनलाई २४ घण्टामा बाँड्दैन भने, तपाईंले अझ बढी सामान्य अभिव्यक्तिलाई प्रयोग गर्नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “धेरै छोटो समयको लागि” वा “दिनको असाध्यै छोटो अंशको लागि”
“यिनीहरू सबैले एउटै कुरा सोच्छन्” वा “यिनीहरू सबै एउटै कुरा गर्नलाई सहमत हुन्छन्”
“थुमा” भनेको कलिलो भेडा हो । यहाँ ख्रीष्टलाई जनाउनको लागि यसलाई प्रतीकात्मक रूपमा प्रयोग गरिएको छ । तपाईंले यसलाई [प्रकाश ५:६]
यसले एउटै समूहका मानिसहरूलाई जनाउँछ । “बोलाइएका” वा “चुनिएका” शब्दहरूलाई कर्तृ वाच्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बोलाइएका, चुनिएका, र विश्वासयोग्य मानिसहरू” वा “तिनीहरू जसलाई परमेश्वरले बोलाउनुभएको छ र चुन्नुभएको छ, जो उहाँप्रति विश्वासयोग्य छन्”
यहाँ “हुन्”को अर्थ “प्रतिनिधित्व गर्छ” भन्ने हुन्छ ।
यदि तपाईंलाई आवश्यकता हुन्छ भने, तपाईंले पानीको प्रकारको लागि अझ बढी खास शब्दलाई प्रयोग गर्न सक्नुहुन्छ । तपाईंले “धेरै पानीहरू”लाई [प्रकाश १७:१]
मानिसहरूका ठूला समूहहरू
यसले ती भाषाहरू बोल्ने मानिसहरूलाई जनाउँछ । तपाईंले यसलाई [प्रकाश १०:११]
“त्यससँग भएका सबैथोक चोर्नु र त्यसलाई रित्तो छोड्नु”
त्यसलाई पूर्णतया नाश पार्ने कुरालाई त्यसको सबै मासु खाने भनेर बताइएको छ । “तिनीहरूले त्यसलाई पूर्णतया नाश पार्नेछन्”
तिनीहरूको शक्ति पशुलाई दिन तिनीहरू सहमत हुने थिए, तर तिनीहरूलाई परमेश्वरको आज्ञापालन गर्न चाहना भएको कारण चाहिँ होइन । वैकल्पिक अनुवादः “किनकि परमेश्वरको वचन पूरा नहोउञ्जेलसम्म परमेश्वरले तिनीहरूको मनमा ... दिनलाई सहमत हुने विचार हालिदिनुभयो, र त्यसो गरेर, तिनीहरूले परमेश्वरको उद्देश्यलाई पूरा गर्ने थिए”
यहाँ “हृदय” भनेको चाहनाहरूको लागि प्रतिस्थापन शब्द हो । तिनीहरूलाई केही कुरा गर्नलाई चाहना गर्ने बनाउनुको विषयमा यसरी बताइएको छ कि मानौँ त्यो चाहिँ त्यसो गर्नलाई तिनीहरूका हृदयहरूमा त्यो कुरा हालेको हो । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई ... चाहना गर्ने बनाउनुभएको छ”
“अधिकार” वा “राजकीय अधिकार”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले पछि हुनेछ भनेर भन्नुभएको कुरालाई उहाँले पूरा नगर्नुभएसम्म”
स्वर्गदूतले यूहन्नालाई त्यस वेश्या र पशुको बारेमा भन्नलाई सकाउँछन् ।
यहाँ “हो”को अर्थ “प्रतिनिधित्व गर्छ” भन्ने हुन्छ ।
जब सहरले शासन गर्छ भनेर भनिन्छ, त्यसको अर्थ त्यस सहरको अगुवाले शासन गर्छ भन्ने हुन्छ । वैकल्पिक अनुवादः “महान् सहर जसको अगुवाले शासन गर्छ”
1 यी कुराहरूपछि मैले अर्को स्वर्गदूत स्वर्गबाट तल झरिरहेको देखेँ । उनीसँग ठुलो शक्ति थियो, र उनको महिमाद्वारा पृथ्वी उज्यालो भएको थियो । 2 उनी शक्तिशाली चर्को सोरले यसो भन्दै कराए, “पतन, महान् बेबिलोनको पतन भएको छ, त्यो दुष्ट आत्माहरूका निम्ति एक वासस्थान, हरेक अशुद्ध आत्माका लागि वासस्थान र हरेक अशुद्ध र घृणित चराको एक वासस्थान भएकी छे । 3 किनभने सबै जातिले त्यसको अनैतिक कामवासनाको मद्य पिएका छन् । पृथ्वीका राजाहरूले त्यससँग अनैतिक काम गरेका छन् । त्यसको विलासिताको शक्तिको जीवन यापनबाट पृथ्वीका व्यापारीहरू धेरै धनी भएका छन् ।” 4 त्यसपछि मैले स्वर्गबाट यसो भनेको अर्को आवाज सुनेँ, “मेरा मानिसहरू हो, त्यसबाट बाहिर आओ, ताकि तिमीहरू त्यसका पापहरूमा सहभागी बन्नु नपरोस्, र त्यसका कुनै पनि विपत्ति तिमीहरूले भोग्नु नपरोस् । 5 त्यसका पापहरूको थुप्रो स्वर्गजस्तै अग्लो भएको छ, र परमेश्वरले त्यसका दुष्ट कामहरूको सम्झना गर्नुभएको छ । 6 जसरी त्यसले अरूलाई दिएकी थिई, त्यसरी नै त्यसलाई फर्काइदेओ र त्यसले जे गरेकी छे फिर्ता गरिदेओ । त्यसले कचौरामा जे मिसाएकी थिई, त्यसको दोब्बर हुने गरी त्यसलाई देओ । 7 जसरी त्यसले आफैँलाई महिमित तुल्याई र सुखविलासमा जीवन बिताएकी थिई, त्यसरी नै त्यसलाई यातना र शोक देओ । किनभने त्यसले आफ्नो ह्रदयमा भनेकी छे, ‘म रानीजस्तै भएर बसेकी छु , म एक विधवा होइनँ, र मैले कहिल्यै शोक हेर्नुपर्नेछैन ।’ 8 त्यसकारण, त्यसमाथि एकै दिनमा मृत्यु, शोक र अनिकालका विपत्ति आइपर्नेछन् । त्यसलाई आगोद्वारा भस्म पारिनेछ, किनभने परमप्रभु परमेश्वर शक्तिशाली हुनुहुन्छ, र उहाँ त्यसको न्यायकर्ता हुनुहुन्छ ।” 9 पृथ्वीका राजाहरूले त्यससँग अनैतिक यौन काम गरे र त्यसले नियन्त्रणदेखि बाहिर गएर बलेको धुवाँ देखेर त्यससँगै रुने र विलाप गर्नेछ । 10 तिनीहरूले त्यसको यातनाको डरलाई देखेर टाढै उभिएर यसो भन्नेछन्, “धिकार, धिकार त्यस महान् सहरलाई, शक्तिशाली सहर बेबिलोन ! किनकि एकै घडीमा तेरो न्याय आएको छ ।” 11 पृथ्वीका व्यापारीहरूले त्यसको लागि रुने र विलाप गर्नेछन्, किनकि त्यस समयदेखि कसैले पनि त्यसका सामानहरू किन्नेछैन । 12 सुन, चाँदी, बहुमूल्य पत्थर, मोती, मिहिन सुती कपडा, बैजनी, रेसम, चहकिलो रङ सबै किसिमका सुगन्धित काठ, हरेक प्रकारका हस्तिहाडका भाँडाहरू, हरेक बहुमूल्य काठबाट बनेको भाँडा, काँसा, फलाम, सिङ्गमरमर, 13 तेजपात, मसला, धूप, मूर्र, सुगन्धित धूप, दाखमद्य, तेल, मसिनो पिठो, गहुँ, गाई, भेडा, घोडाहरू र रथहरू, र दासहरू र मानव आत्माहरू । 14 तेरो सबै शक्तिले तैंले चाहेको फल तँबाट गइसकेको छ । तेरा सबै सुखविलास र वैभवहरू गुमेका छन्, ती फेरि कहिल्यै भेटिनेछैनन् । 15 यी सामानका व्यापारीहरू जसले व्यापारद्वारा धन कमाएका थिए, तिनीहरूले त्यसमा परिआउने यातनाको डरले टाढै उभिएर रुने र चर्को गरी विलाप गर्नेछन् । 16 तिनीहरूले भन्नेछन्, “धिकार महान् सहर, तँलाई धिकार, त्यो जसले मलमल, बैजनी र रातो रङको कपडा लगाएर सुन, मोती र बहुमूल्य गहनाहरूले सिँगारिएकी थिइस् । 17 एकै घडीमा सबै सम्पत्ति नष्ट भएका छन् ।” हरेक जहाजको कप्तान, हरेक यात्रा गर्ने मानिस, नाविकहरू र समुद्रमा व्यापार गर्नेहरू टाढै उभिए । 18 त्यो जलेको धुवाँ देखेर तिनीहरू कराए । तिनीहरूले भने, “योजस्तो महान् सहर अरू कुन छ र ?” 19 तिनीहरूले आफ्ना टाउकामा धुलो फ्याँकेर रुँदै र कराउँदै विलाप गरे, “धिक्कार, महान् सहरलाई धिक्कार, जहाँ समुद्रमा तिनीहरूका जहाज हुनेहरू त्यसको सम्पत्तिबाट धनी भएका थिए । किनकि एकै क्षणमा त्यो नष्ट पारिएकी छे ।” 20 स्वर्ग, त्यसमाथि आनन्द गर, विश्वासीहरू, प्रेरितहरू र अगमवक्ताहरू, किनकि परमेश्वरले तिमीहरूमाथिको न्याय त्यसमाथि ल्याउनुभएको छ ।” 21 एक जना शक्तिशाली स्वर्गदूतले जाँतोजस्तो एउटा ढुङ्गा उठाए र यसो भन्दै समुद्रमा फाले, “यस प्रकारले बेबिलोन, महान् सहर हिंसात्मक तरिकाले तल खसालिनेछ र त्यसलाई फेरि कहिल्यै देखिनेछैन । 22 वीणाको स्वर, सङ्गीतकारहरू, बाँसुरी बजाउनेहरू र तुरही फुक्नेहरूको धुन तँमा फेरि कहिल्यै सुनिनेछैन । कुनै पनि कारिगर तँमाथि भेटाइनेछैन । कुनै पनि जाँतोको आवाज तँमा कहिल्यै सुनिनेछैन । 23 बत्तीको ज्योति तँमा कहिल्यै चम्कनेछैन । दुलहा र दुलहीको आवाज तँमा कहिल्यै सुनिनेछैन, किनभने तेरा व्यापारीहरू पृथ्वीका राजकुमारहरू थिए, र जातिहरू तेरा टुनामुनाद्वारा छानिएका थिए । 24 त्यसैमा अगमवक्ताहरू र विश्वासीहरूको रगत र पृथ्वीमा मारिएकाहरू सबैको रगत भेटिएको थियो ।”
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले १-८ का पदहरूसँग यसै गर्छ ।
स्वर्गदूतले बेबिलोनको पतनको बारेमा गमवाणी गर्छन्, जसको अर्थ यहाँ नाश पारिनु हुन्छ । यसलाई पहिल्यै घटिसकेको कुराको रूपमा बताइएको छ । यो अगमवाणीमा हुने सामान्य कुरा हो । यसले आउँदै गरेको इन्साफ अवश्यै हुन्छ भन्ने कुरालाई जोड दिन्छ । मानिसहरूले बेबिलोनको पतन उपर विलाप गर्नेछन् भनेर पनि स्वर्गदूतले अगमवाणी गर्छन् । अनि अनि
अगमवाणीले धेरैपटक अलङ्कारहरूको प्रयोग गर्छ । यस अध्यायमा प्रकाशको पुस्तकको विनाशको बारेमा बताउने समग्रमा भएको शैलीभन्दा थोरै फरक शैली छ ।
“त्यसले” र “त्यसलाई” सर्वनामहरूले बेबिलोनको सहरलाई जनाउँछन्, जसलाई त्यो एक वेश्या भए झैँ गरेर बताइएको छ ।
अर्का स्वर्गदूत स्वर्गबाट तल आउँछन् र बोल्छन् । यिनी अघिल्लो अध्यायमा वेश्या र पशुको बारेमा बताउने स्वर्गदूतभन्दा फरक स्वर्गदूत हुन् ।
स्वर्गदूतले बेबिलोनलाई नष्ट गरिएको कुरालाई यसरी बताउँछन् कि मानौँ त्यसको पतन भएको हो । तपाईंले यसलाई [प्रकाश १४:८]
“घिनलाग्दो चरा” वा “मन नपर्ने चरा”
जातिहरू भनेको ती जातिका मानिसहरूको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “सबै जातिका मानिसहरू”
यो त्यसको अनैतिक यौन अभिलाषामा सहभागी हुने कुरालाई जनाउने प्रतीक हो । वैकल्पिक अनुवादः “त्यसले जस्तै अनैतिक यौन आचरण धारण गरेका छन्” वा “यौन पापमा त्यो जस्तै मातेका छन्”
बेबिलोनलाई एउटा वेश्याको रूपमा बताइएको छ जसले अरू मानिसहरूलाई त्यससँगै पाप गर्ने बनाएको छ । यसको दोहोरो अर्थ पनि हुन सक्छः वास्तविक यौन अनैतिकता र साथै झूटा देवताहरूको पूजा ।
व्यापारी भनेको त्यो व्यक्ति हो जसले सामानहरू बेच्छ ।
“किनभने त्यसले यौन अनैतिकतामा असाध्यै धेरै पैसा खर्च गरी”
“त्यसले” र “त्यसलाई” सर्वनामहरूले बेबिलोनको सहरलाई जनाउँछन्, जसलाई त्यो एक वेश्या भए झैँ गरेर बताइएको छ ।
स्वर्गबाट अर्को आवाजले बोल्न सुरु गर्छ ।
“आवाज” शब्दले वक्तालाई जनाउँछ, जो शायद कि त येशू वा पिता हुनुहुन्छ । वैकल्पिक अनुवादः “अरू नै कोही”
आवाजले बेबिलोनका पापहरूको विषयमा यसरी बताउँछ कि मानौँ ती वस्तुहरू थिए जसलाई थुप्रो लाग्ने गरी जम्मा गर्न सकिन्थ्यो । वैकल्पिक अनुवादः “त्यसका पापहरू यति धेरै छन् कि तिनीहरू एउटा थाक झैँ छन् जुन स्वर्गैसम्म पुग्छ”
“ ... को बारेमा विचार गर्नुभएको छ” वा “ ... लाई ध्यान दिन थाल्नुभएको छ ।” यसले उहाँले भुल्नुभएको केही कुरालाई परमेश्वरले सम्झनुभयो भन्ने अर्थ चाहिँ दिँदैन । तपाईंले “मनमा याद गर्नुभयो”लाई प्रकाश १६:१९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
आवाजले दण्डको विषयमा त्यो कुनै भुक्तानी भए झैँ गरेर बताउँछ । वैकल्पिक अनुवादः “त्यसलाई दण्ड देओ जसरी त्यसले अरूहरूलाई दण्ड दिएकी छे”
आवाजले दण्डको विषयमा त्यो कुनै भुक्तानी भए झैँ गरेर बताउँछ । वैकल्पिक अनुवादः “त्यसलाई दोबर दण्ड देओ”
आवाजले अरूहरूलाई कष्ट भोग्न लाउनुको विषयमा यसरी बताउँछ मानौँ त्यो भनेको तिनीहरूले पिउनको लागि कडा मद्य तयार पार्नु हो । वैकल्पिक अनुवादः “त्यसले अरूहरूको लागि बनाएकोभन्दा दोबर मात्रामा कडा रहेको कष्टको मद्य त्यसको लागि तयार गर” वा “त्यसले अरूहरूलाई कष्ट भोग्न लगाएकोभन्दा दोबर बढी कष्ट त्यसलाई भोग्न लगाओ”
सम्भावित अर्थहरू हुन् १) “दोबर परिमाण तयार गर” वा २) “त्यसलाई दोबर मात्रामा कडा बनाओ”
स्वर्गबाट त्यही आवाजले बेबिलोनको बारेमा त्यो कुनै स्त्री भए झैँ गरेर बताउनलाई निरन्तरता दिन्छ ।
“बेबिलोनका मानिसहरूले आफैँलाई महिमा गरे”
यहाँ “हृदय” भनेको व्यक्तिको समझ वा विचारहरूको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “किनकि त्यसले आफैँलाई भन्छे”
त्यसले एक शासक भएकी दाबी गर्छे, जसको आफ्नै अधिकार छ ।
त्यसले आशय दिन्छे कि त्यो अरू मानिसहरूमा भर पर्ने छैन ।
शोक अनुभव गर्नुलाई शोक देख्नु भनेर बताइएको छ । वैकल्पिक अनुवादः “म कहिल्यै शोक गर्नेछैन”
भविष्यमा हुने कुरालाई आउँदै गरेको भनेर बताइएको छ ।
आगोद्वारा भस्म गराइने कुरालाई आगोद्वारा खाइने भनेर बताइएको छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आगोले त्यसलाई पूर्ण रूपमा जलाउनेछ”
यी पदहरूमा “त्यसलाई” शब्दले बेबिलोनको सहरलाई जनाउँछ ।
मानिसहरूले बेबिलोनको बारेमा भन्ने कुरालाई यूहन्नाले बताउँछन् ।
“बेबिलोनका मानिसहरूले झैँ व्यभिचारका पाप गरे र तिनीहरूलाई मन लागेको जे पनि कुरा गरे”
भाववाचक नामपद शब्द “यातना”लाई क्रियापदको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बेबिलोनलाई झैँ तिनीहरूलाई पनि यातना दिइनेछ भनेर डराएका” वा “परमेश्वरले बेबिलोनलाई यातना दिनुभएको झैँ गरेर उहाँले तिनीहरूलाई पनि यातना दिनुहुनेछ भनेर डराएका”
यसलाई जोड दिनका लागि दोहोर्याइएको छ ।
वर्तमानमा भइरहेको कुरालाई आइसकेको भनेर बताइएको छ ।
“बेबिलोनका मानिसहरूका लागि शोक गर्नु”
“थुप्रै किसिमका महँगा ढुङ्गाहरू ।” तपाईंले यिनीहरूलाई प्रकाश १७:४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
महँगो कपडा जुन एक किसिमको बिरुवाको रेसाबाट बनाइएको हुन्छ । तपाईंले “मलमल”लाई प्रकाश १५:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
बैजनी भनेको धेरै गाढा रातो रङ्गको कपडा हो जुन धेरै महँगो हुन्छ । रेशम कपडा भनेको एउटा नरम र बलियो कपडा हो जुन रेशमकीराहरूले तिनीहरूको कोया बनाउँदाखेरी बनाउने मसिना धागोहरूबाट बनाइएको हुन्छ । गाढा रातो रङ्गको कपडा महँगो रातो कपडा हो ।
“हस्त-हाडले बनाइएका सबै खालका भाँडाहरू”
एउटा सुन्दर, सेतो वस्तु जुन मानिसहरूले हात्ती वा वालरस (बाहिर लामा दाँतहरू भएका समुद्रमा बस्ने जन्तु) जस्ता विशाल जन्तुका दाह्राहरू वा दाँतहरूबाट पाउँछन् । वैकल्पिक अनुवादः “दाह्राहरू” वा “पशुका मूल्यवान् दाँतहरू”
भवन निर्माण गर्नलाई प्रयोग हुने एउटा मूल्यवान् ढुङ्गा
मिठो बासना आउने एउटा मसाला जुन कुनै एक खास किसिमको रूखको बोक्राबाट आउँछ
खानामा स्वाद थप्न वा तेलमा मिठो बासना थप्नको लागि प्रयोग हुने एउटा चीज
यहाँ “फल” भनेको “प्रतिफल” वा “परिणाम”को लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “प्रतिफल”
“धेरै चाहना गरेको”
नपाइने भन्ने कुराको अर्थ अस्तित्वमा नभएको भन्ने हुन्छ । भाषाको यो अलङ्कारलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “गायब भयो; तँसँग ती कुराहरू फेरि कहिल्यै हुनेछैनन्”
यी पदहरूमा, “त्यसलाई” शब्दले बेबिलोनको सहरलाई जनाउँछ ।
“डर” र “यातना” जस्ता भाववाचक नामपद शब्दहरूलाई हटाउने गरेर यसलाई फरक तरिकाले पुनः व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यसलाई यातना दिनुभएको झैँ गरेर उहाँले तिनीहरूलाई पनि यातना दिनुहुनेछ भनेर तिनीहरू डराउने कारण” वा “त्यसले कष्ट भोगिरहेको झैँ गरेर तिनीहरूले पनि कष्ट भोग्नेछन् भनेर तिनीहरू डराउने कारण”
व्यापारीहरूले यही नै गरिरहेका हुनेछन् । वैकल्पिक अनुवादः “र तिनीहरूले ठूलो स्वरले रुनेछन् र विलाप गर्नेछन्”
यस अध्यायभर, बेबिलोनलाई एक स्त्रीको रूपमा बताइएको छ । व्यापारीहरूले बेबिलोनलाई असल मलमलको वस्त्रमा सजिएकी थिई भनेर भन्छन् किनभने त्यसका मानिसहरू असल मलमलको वस्त्रहरूमा सजिएका थिए । वैकल्पिक अनुवादः “त्यो महान् सहर, जो एक असल मलमलको वस्त्रमा सजिएकी स्त्री झैँ थिइन्” वा “त्यो महान् सहर, जसका स्त्रीहरू असल मलमलको वस्त्रहरूमा सजिएका थिए”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले असल मलमलको वस्त्र लगाउँथिन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसले आफैँलाई सुनले सिङ्गारी” वा “तिनीहरूले आफैँलाई सुनले सिङ्गारे” वा “सुन लगाई”
“मूल्यवान् रत्नहरू” वा “बहुमूल्य ठानिएका रत्नहरू”
सुन्दर र मूल्यवान् सेता मालाका दानाहरू । तिनीहरू महासमुद्रमा बस्ने कुनै एक खास किसिमको सानो जनावरको खोलभित्र बन्छन् । तपाईंले यसलाई [प्रकाश १७:४]
“समुद्रबाट” भन्ने वाक्यांशले तिनीहरूले समुद्रमा गर्ने कुराहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “जो तिनीहरूको जीविकोपार्जनको लागि समुद्रमा यात्रा गर्छन्” वा “जो विभिन्न चीजहरूको व्यापार गर्नको लागि विभिन्न स्थानहरूमा समुद्रबाट यात्रा गर्छन्”
यी पदहरूमा “तिनीहरू” शब्दले नाविकहरू र जहाजमा यात्रा गर्नेहरूलाई जनाउँछ, र “त्यसलाई” शब्दले बेबिलोनको सहरलाई जनाउँछ ।
यस प्रश्नले मानिसहरूलाई बेबिलोनको सहरको महत्त्व देखाउँछ । वैकल्पिक अनुवादः “कुनै पनि सहर महान् सहर, बेबिलोन झैँ छैन !”
नामपद शब्द “इन्साफ”लाई “इन्साफ गर्नु” भन्ने क्रियापदको साथमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूको लागि त्यसलाई इन्साफ गर्नुभएको छ” वा “त्यसले तिमीहरूमाथि गरेको खराब कुराहरूको कारण परमेश्वरले त्यसको इन्साफ गर्नुभएको छ”
अर्का स्वर्गदूतले बेबिलोनको बारेमा बताउन थाल्छन् । यिनी यसभन्दा अगाडि बोल्ने स्वर्गदूतहरूभन्दा भिन्नै हुन् ।
एउटा ठूलो गोलाकार ढुङ्गा जुन अनाज पिस्नलाई प्रयोग गरिन्छ
परमेश्वरले त्यस सहरलाई पूर्ण रूपमा नष्ट पार्नुहुनेछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यस महान् सहर, बेबिलोनलाई झट्कालेर तल फ्याँक्नुहुनेछ, र त्यो अरू बढी अस्तित्वमा हुनेछैन”
“कसैले पनि त्यसलाई फेरि कहिल्यै देख्नेछैन ।” यहाँ नदेखिनु भन्ने कुराको अर्थ त्यो अस्तित्वमा हुनेछैन भन्ने हुन्छ । वैकल्पिक अनुवादः “त्यो अरू बढी अस्तित्वमा हुनेछैन”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तेरो सहरमा भएका कसैले पनि फेरि कहिल्यै वीणा बजाउेनहरू, सङ्गीतकारहरू, बाँसुरी बजाउनेहरू, र तुरही फुक्नेहरूका आवाज सुन्नेछैनन्”
स्वर्गदूतले यसरी बताउँछन् कि मानौँ बेबिलोनले तिनलाई सुनिरहेको थियो । वैकल्पिक अनुवादः “बेबिलोनमा”
“कसैले पनि तँमा फेरि कहिल्यै ती कुराहरू सुन्नेछैनन् ।” यहाँ नसुनिनुको अर्थ तिनीहरू त्यहाँ हुनेछैनन् भन्ने हुन्छ । वैकल्पिक अनुवादः “तिनीहरू फेरि कहिल्यै तेरो सहरमा हुनेछैनन्”
त्यहाँ नपाइनुको अर्थ तिनीहरू त्यहाँ हुनेछैनन् भन्ने हुन्छ । वैकल्पिक अनुवादः “कुनै पनि किसिमको कारीगर तेरो सहरमा हुनेछैन”
केही कुराको आवाज नसुनिनुको अर्थ कसैले पनि त्यो आवाज निकाल्नेछैन भन्ने हुन्छ । वैकल्पिक अनुवादः “कसैले पनि तेरो सहरमा जाँतोको प्रयोग गर्नेछैन”
“तँ”, “तेरो”, र “त्यसलाई” शब्दहरूले बेबिलोनलाई जनाउँछन् ।
जाँतो फ्याँक्ने स्वर्गदूतले कुरा गर्न सकाउँछन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले पनि बेबिलोनमा फेरि कहिल्यै दुलहा र दुलहीको खुशीले बोलिएका स्वरहरू सुन्नेछैन”
यहाँ नसुनिनुको अर्थ तिनीहरू त्यहाँ हुनेछैनन् भन्ने हुन्छ । वैकल्पिक अनुवादः “तिनीहरू फेरि कहिल्यै तेरो सहरमा हुनेछैनन्”
स्वर्गदूतले महत्त्वपूर्ण र शक्तिशाली मानिसहरूको विषयमा तिनीहरू राजकुमारहरू नै भए झैँ गरेर बताउँछन् । वैकल्पिक अनुवादः “तेरा व्यापारीहरू पृथ्वीका राजकुमारहरू जस्तै थिए” वा “तेरा व्यापारीहरू संसारमा सबैभन्दा महत्त्वपूर्ण मानिसहरू थिए”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तैँले जाति-जातिका मानिसहरूलाई तेरा मन्त्रतन्त्रको शब्दहरूले छल गरिस्”
त्यहाँ रगत पाइने कुराको अर्थ यो हुन्छ कि त्यहाँ भएका मानिसहरू अरू मानिसहरूलाई मारेकोमा दोषी थिए । वैकल्पिक अनुवादः “अगमवक्ताहरू र विश्वासीहरूलाई मारेकोमा र संसारमा मारिएका अरू सबै मानिसहरूलाई मारेकोमा बेबिलोन दोषी छ”
1 यी कुरापछि मैले ठुलो सङ्ख्यामा भएका मानिसहरूले चर्को सोरले स्वर्गमा यस भनिरहेको जस्तो सुनेँ, “हल्लेलूयाह ! मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्वरका हुन् । 2 उहाँको इन्साफ सत्य र न्यायपूर्ण छन् । किनभने उहाँले महान् व्यभिचारीणीलाई इन्साफ गर्नुभएको छ, जसले पृथ्वीलाई त्यसको अनैतिक यौनले भ्रष्ट पारेकी छे । उहाँले आफ्ना दासहरूका रगतको निम्ति बदला लिनुभएको छ, जुन त्यो आफैँले बगाएकी थिई ।” 3 तिनीहरूले दोस्रो चोटि भने, “हल्लेलूयाह ! त्यसबाटै सदाकालका निम्ति धुवाँ निस्किरहन्छ ।” 4 चौबिस जना एल्डर र चार जीवित प्राणीहरू आफैँले भुइँसम्मै घोप्टो परेर सिंहासनमा विराजमान हुनुभएका परमेश्वरलाई दण्डवत् गर्दै आराधना गरे । तिनीहरूले “आमेन । हल्लेलूयाह !” भनिरहेका थिए । 5 त्यसपछि सिंहासनबाट यसो भन्ने एउटा आवाज आयो, “तिमीहरू सबै उहाँका दासहरू हौ जसले उहाँको भय मान्दछन्, हाम्रा परमेश्वरको प्रशंसा गर ।” 6 अनि एउटा ठुलो भिडको आवाज जस्तो सोर, धेरै पानीको आवाज र गर्जनजस्तोले “हल्लेलूयाह” भनिरहेको मैले सुनेँ किनभने हाम्रा परमप्रभु सर्वशक्तिमान् परमेश्वरले राज्य गर्नुहुन्छ । 7 हामी आनन्दित होऔँ र खुसी मनाऔँ, र उहाँलाई महिमा दिऔँ किनभने थुमाका विवाहको उत्सव मनाउने दिन आएको छ, उहाँकी दुलहीले आफैँलाई तयार बनाएकी छन् ।” 8 तिनलाई मलमलको वस्त्र लगाउन अनुमति दिइयो, (किनकि मलमलको वस्त्र उहाँका पवित्र मानिसहरूका धार्मिक कार्यहरू हुन् ) । 9 स्वर्गदूतले मलाई भने, “यो लेखः ‘थुमाको विवाहको भोजमा निमन्त्रणा गरिएकाहरू धन्यका हुन् ।’ उनले मलाई यो पनि भने, ‘यी परमेश्वरका सत्य वचन हुन् ।’ 10 उनलाई आराधना गर्न म उनको खुट्टा अगाडि घोप्टो परेँ, तर उनले मलाई “यसो नगर भन्नुभयो, किनभने म येशूको बारेमा गवाही राख्ने तिम्रा भाइहरू र एक सङ्गी दास मात्र हुँ । परमेश्वरको आराधना गर, किनभने येशूको बारेमा भएको गवाही अगमवाणीका आत्मा हुनुहुन्छ ।” 11 तब मैले स्वर्ग खोलिएको देखेँ, र मैले हेरेँ त्यहाँ एउटा सेतो घोडा थियो । त्यसमाथि सवार हुनुहुनेलाई सत्य र विश्वासयोग्य भनिन्थ्यो । उहाँले न्यायपूर्ण रूपमा इन्साफ र युद्ध गर्नुहुन्छ । 12 उहाँका आँखा आगोको ज्वालाजस्ता र उहाँका शिरमा धेरै मुकुट थिए । उहाँमाथि लेखिएको नाउँ उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन । 13 उहाँले रगतमा चोबलिएको वस्त्र पहिरिनुभएको थियो, र उहाँको नाउँलाई परमेश्वरको वचन भनेर बोलाइन्थ्यो ।” 14 मलमलका सफा कपडा पहिरिएर स्वर्गका सेनाहरू सेतो घोडामा उहाँलाई पछ्याइरहे । 15 जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ, र उहाँले तिनीहरूमाथि फलामको डन्डाले शासन गर्नुहुनेछ । सर्वशक्तिमान् परमेश्वरको क्रोधले दाखको कोललाई कुल्चन्छ । 16 उहाँको पोशाक र तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” भनी एउटा नाउँ लेखिएको छ । 17 मैले एउटा स्वर्गदूतलाई सूर्यमा उभिरहेको देखेँ । तिनले माथि उडिरहेका चराहरू सबैलाई ठुलो सोरले बोलाए, “आओ, सबै परमेश्वरको ठुलो भोजका निम्ति भेला होओ । 18 तिमीहरूले राजाहरू, कप्तानहरू, शक्तिशाली मानिसहरू, घोडाहरू र त्यसमाथि सवार हुनेहरू, सबै मानिसहरू, दास र स्वतन्त्र दुवै, कमजोर र शक्तिशाली सबैका मासु खानेछौ ।” 19 मैले पशु र पृथ्वीका राजाहरूलाई तिनीहरूका सेनाहरूका साथमा देखेँ । तिनीहरू घोडामाथि सवार हुनुहुने र उहाँका सेनाहरूसँग युद्ध गर्न भेला भएका थिए । 20 उहाँको उपस्थितिमा आश्चर्य कामहरू प्रदर्शन गर्ने झुटा अगमवक्तासँगै त्यो पशु पक्राउ पर्यो । यी चिह्नद्वारा त्यो झुटा अगमवक्ताले त्यस पशुको छाप लगाउने र त्यसको प्रतिरूपको आराधना गर्नेहरूलाई छल गर्यो । तिनीहरूमध्ये दुई जनालाई बलिरहेको गन्धकको अग्नि-कुण्डमा जिउँदै फालियो । 21 तिनीहरूमध्ये बाँकी रहेकाहरूलाई घोडा सवारको मुखबाट निस्केको तरवारद्वारा मारियो । तिनीहरूको मृत शरीरलाई सबै चराले खाए ।
अध्याय १९ को सुरुवातले बेबिलोनको पतनको विषयलाई टुङ्ग्याउँछ ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले १-८ का पदहरूसँग यसै गर्छ ।
प्रकाशको पुस्तकले स्वर्गलाई त्यस्तो एउटा स्थानको रूपमा वर्णन गर्छ जहाँ मानिसहरू गाउँछन् । तिनीहरूले गीत गाएर परमेश्वरको आराधना गर्छन् । यसले प्रस्ट हुने गरेर देखाउँछ कि स्वर्ग एउटा त्यस्तो स्थान हो जहाँ परमेश्वरलाई निरन्तर आराधना गरिन्छ ।
विवाह उत्सव वा भोज चाहिँ धर्मशास्त्रमा भएको एउटा महत्त्वपूर्ण चित्रण हो । यहूदी संस्कृतिले धेरैपटक परमधाम, वा मृत्युपछि परमेश्वरसँगको जीवनलाई एउटा भोजको रूपमा चित्रण गर्थ्यो । यहाँ, विवाह भोज चाहिँ थुमा र उहाँकी दुलहीको लागि हो, जसमा थुमा चाहिँ येशू हुनुहुन्छ र उहाँकी दुलही चाहिँ उहाँका सारा मानिसहरू हुन् ।
यो यूहन्नाको दर्शनको अर्को भाग हो । यहाँ उनले त्यस महा वेश्या, जुन बेबिलोनको सहर हो, त्यसको पतनउपर स्वर्गमा भएको रमाहटलाई वर्णन गर्छन् ।
यहाँ “म” शब्दले यूहन्नालाई जनाउँछ ।
यो शब्दको अर्थ “परमेश्वरको प्रशंसा गर” वा “हामी परमेश्वरको प्रशंसा गरौँ” भन्ने हुन्छ ।
यहाँ यूहन्नाले बेबिलोनको सहरलाई जनाउँछन् जसका दुष्ट मानिसहरूले पृथ्वीका सबै मानिसहरूमाथि शासन गर्छन् र तिनीहरूलाई झूटा देवताहरूलाई पूजा गर्नतर्फ डोहोर्याउँछन् । उनले बेबिलोनका दुष्ट मानिसहरूको विषयमा तिनीहरू महा वेश्या भए झैँ गरेर बताउँछन् ।
यहाँ “पृथ्वी” भनेको त्यसका वासिन्दाहरूको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “जसले पृथ्वीका मानिसहरूलाई भ्रष्ट बनायो”
यहाँ “रगत” भनेको एउटा प्रतिस्थापन शब्द हो जसले हत्यालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “उहाँका दासहरूलाई हत्या गर्दै”
यसले बेबिलोनलाई जनाउँछ । निजवाचक सर्वनाम “आफैँ”लाई जोड थप्नका लागि प्रयोग गरिएको छ ।
यहाँ “तिनीहरू”ले स्वर्गमा भएका मानिसहरूको भीडलाई जनाउँछ ।
यो शब्दको अर्थ “परमेश्वरको प्रशंसा गर” वा “हामी परमेश्वरको प्रशंसा गरौँ” भन्ने हुन्छ । तपाईंले यसलाई प्रकाश १९:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“त्यसलाई” शब्दले बेबिलोनको सहरलाई जनाउँछ, जसको विषयमा त्यो एक वेश्या भए झैँ गरी बताइएको छ । धूँवा चाहिँ त्यस सहरलाई नाश पार्ने आगोबाट निस्केको हो । वैकल्पिक अनुवादः “त्यस सहरबाट निस्केको धूँवा”
“२४ धर्म-गुरूहरू ।” तपाईंले यसलाई [प्रकाश ४:४]
“चार जीवित जीवहरू” वा “चार जीवित थोकहरू ।” तपाईंले यसलाई प्रकाश ४:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जो सिंहासनमा बस्नुभयो”
यहाँ यूहन्नाले “आवाज”को विषयमा त्यो कुनै व्यक्ति भए झैँ गरेर बताउँछन् । वैकल्पिक अनुवादः “कसैले सिंहासनबाट बोल्यो”
यहाँ “हाम्रा” शब्दले वक्तालाई र परमेश्वरका सारा सेवकहरूलाई जनाउँछ ।
यहाँ “भय मान्नु”को अर्थ परमेश्वरसँग डराउनु हुँदैन, तर उहाँलाई सम्मान गर्नु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू सबै जसले उहाँलाई सम्मान गर्छौ”
परमेश्वरका सारा मानिसहरूलाई जनाउनको लागि वक्ताले यी शब्दहरूलाई एकसाथ प्रयोग गर्छन् ।
यूहन्नाले उनले सुनिरहेका कुराहरूको विषयमा त्यो मानिसहरूको ठूलो भीड, तेज गतिमा बगिरहेको पानीको भेल, र निकै ठूलो गर्जनले निकालेको आवाज जस्तै भए झैँ गरी बताउँछन् ।
यो शब्दको अर्थ “परमेश्वरको प्रशंसा गर” वा “हामी परमेश्वरको प्रशंसा गरौँ” भन्ने हुन्छ । तपाईंले यसलाई प्रकाश १९:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“किनभने प्रभु”
अघिल्लो पदमा उल्लेख गरिएको भीडको आवाजले बोलिरहन्छ ।
यहाँ “हामी” शब्दले परमेश्वरका सारा सेवकहरूलाई जनाउँछ ।
“परमेश्वरलाई महिमा दिऔँ” वा “परमेश्वरलाई सम्मान गरौँ”
यहाँ यूहन्नाले येशू र उहाँका मानिसहरूको बीचमा सदाको लागि हुने मिलनको विषयमा त्यो कुनै विवाहको उत्सव भए झैँ गरेर बताउँछन् ।
यो एउटा कलिलो भेडा हो । यहाँ ख्रीष्टलाई जनाउनको लागि यसलाई प्रतीकात्मक रूपमा प्रयोग गरिएको छ । तपाईंले यसलाई [प्रकाश ५:६]
वर्तमानमा भइरहेको कुरालाई आइसकेको भनेर बताइएको छ ।
यूहन्नाले परमेश्वरका मानिसहरूको विषयमा तिनीहरू विवाहको निम्ति आफैँलाई तयार पारेकी कुनै दुलही भए झैँ गरेर बताउँछन् ।
यहाँ “तिनलाई” शब्दले परमेश्वरका मानिसहरूलाई जनाउँछ । यूहन्नाले परमेश्वरका धार्मिक कार्यहरूको विषयमा ती चहकिला र सफा वस्त्र भए झैँ गरेर बताउँछन् जुन वस्त्र दुलहीले तिनको विवाहको दिनमा पहिरिन्छिन् । तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनलाई चहकिलो र सफा खालको असल मलमलको वस्त्र पहिरनलाई दिनुभयो”
एकजना स्वर्गदूत यूहन्नासँग कुरा गर्न थाल्छन् । यिनी सम्भवतः त्यही स्वर्गदूत हुन् जसले यूहन्नासँग प्रकाश १७:१ मा कुरा गर्न सुरु गरेका थिए ।
तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “ती मानिसहरू जसलाई परमेश्वरले निमन्त्रणा दिनुहुन्छ”
यहाँ यूहन्नाले येशू र उहाँका मानिसहरूको बीचमा सदाको लागि हुने मिलनको विषयमा त्यो कुनै विवाहको उत्सव भए झैँ गरेर बताउँछन् ।
यसको अर्थ हो कि यूहन्नाले सम्मान र सपर्मण देखाउने उद्देश्यले नै सीधा भएर भुइँमा सुते । यो कार्य आदर र सेवा गर्ने तत्परतालाई देखाउनका निमित्त आराधनाको एउटा महत्त्वपूर्ण भाग थियो । प्रकाश १९:३ मा भइको टिपोटलाई हेर्नुहोस ।
यहाँ “भाइहरू” शब्दले पुरुष र स्त्री दुवै गरेर सारा विश्वासीहरूलाई जनाउँछ ।
यहाँ बोक्नुको अर्थ विश्वास गर्नु वा घोषणा गर्नु भन्ने हुन्छ वैकल्पिक अनुवादः “जसले येशूको बारेमा सत्यता बताउँछन्”
यहाँ “अगमवाणीको आत्मा”ले परमेश्वरको पवित्र आत्मालाई जनाउँछ । वैकल्पिक अनुवादः “किनकि यो परमेश्वरको आत्मा नै हुनुहुन्छ जसले मानिसहरूलाई येशूको बारेमा सत्यता बताउनलाई सामर्थ्य दिनुहुन्छ”
यो एउटा नयाँ दर्शनको सुरुवात हो । यूहन्नाले एउटा सेतो घोडामा सवार भएका व्यक्तिलाई वर्णन गर्न सुरु गर्छन् ।
यो चित्रण चाहिँ एउटा नयाँ दर्शनको सुरुवातलाई अङ्कित गर्नको लागि प्रयोग गरिन्छ । तपाईंले यस अवधारणालाई प्रकाश ४:१ र प्रकाश ११:१९ र प्रकाश १५:५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
त्यसमाथि सवार हुनुहुने व्यक्ति चाहिँ येशू नै हुनुहुन्छ ।
यहाँ “न्याय”ले ठीक कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँले ठीक तरिका अनुसार सारा मानिसहरूको इन्साफ गर्नुहुन्छ र युद्ध गर्नुहुन्छ”
यूहन्नाले घोडामा सवार हुने व्यक्तिको आँखाहरूको विषयमा ती आगोका ज्वाला झैँ गरेर बले भनेर भन्छन् ।
तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “कसैले उहाँमा एउटा नाम लेखेको छ”
“उहाँमा ... र जुन नामको अर्थ उहाँलाई मात्र थाहा छ”
तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “रगतले उहाँको वस्त्रलाई ढाकेको थियो”
तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । यहाँ “परमेश्वरको वचन” भनेको येशू ख्रीष्टको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “उहाँको नाउँलाई परमेश्वरको सन्देश पनि भनिन्छ” वा “उहाँको नाउँलाई परमेश्वरको वचन पनि भनिन्छ”
तरवारको धार उहाँको मुखबाट बाहिर निक्किरहेको थियो । तरवार आफैँ चाहिँ चलायमान थिएन । तपाईंले यस्तै समान वाक्यांशलाई प्रकाश १:१६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“जातिहरूलाई नष्ट गर्न” वा “जातिहरूलाई उहाँको नियन्त्रणमा ल्याउन”
यूहन्नाले घोडामा सवार हुने व्यक्तिको शक्तिको विषयमा उहाँले कुनै फलामको डन्डाले शासन गरिरहनुभएको झैँ गरेर बताउँछन् । तपाईंले यसलाई [प्रकाश १२:५]
यूहन्नाले घोडामा सवार हुने व्यक्तिले आफ्ना शत्रुहरूलाई पराजित गरिरहनुभएको कुराको विषयमा यसरी बताउँछन् मानौँ ती शत्रुहरू चाहिँ कोही व्यक्तिले दाख-कुण्डमा कुल्चने अङ्गुरहरू थिए । यहाँ “क्रोध”ले दुष्ट व्यक्तिहरूको लागि भएको परमेश्वरको दण्डलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँले आफ्ना शत्रुहरूलाई सर्वशक्तिमान् परमेश्वरको इन्साफ अनुसार धूलो हुने गरेर पेल्नुहुन्छ, जसरी कोही व्यक्तिले दाख-कुण्डमा अङ्गुरहरूलाई पेल्छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले उहाँको पोशाक र तिग्रामा एउटा नाउँ लेखेको छः”
यहाँ “सूर्य” भनेको सूर्यको प्रकाशको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “त्यसपछि मैले एउटा स्वर्गदूतलाई सूर्यको प्रकाशमा उभिरहेको देखेँ”
स्वर्गदूतले विपरीत अर्थ बोकेका यी दुई शब्द जोडिहरूलाई सारा मानिसहरूको अर्थ दिनलाई प्रयोग गर्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सेतो घोडामा सवार हुनुहुनेले पशु र झूटो अगमवक्तालाई पक्राउ गर्नुभयो”
यो एउटा पहिचान गराउने छाप थियो जसले सङ्केत दिन्थ्यो कि त्यसलाई ग्रहण गर्ने व्यक्तिले त्यस पशुलाई पूजा गर्दथ्यो । तपाईंले यसलाई प्रकाश १३:१७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यस पशु र झूटो अगमवक्तालाई जिउँदै फाल्नुभयो”
“गन्धकले बल्ने आगोको ताल” वा “आगोले भरिपूर्ण स्थान जुन गन्धकले बल्छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “घोडामा सवार हुनुहुनेले पशुको बाँकीका सेनाहरूलाई उहाँको मुखबाट निस्केको तरवारले मार्नुभयो”
उहाँको मुखबाट तरवारको धार निस्किरहेको थियो । तरवार आफैँ चाहिँ चलायमान थिएन । तपाईंले यस्तै समान वाक्यांशलाई प्रकाश १:१६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
1 तब मैले स्वर्गबाट तल झरिरहेको एउटा स्वर्गदूतलाई देखेँ । उनीसँग अगाध खाँदको साँचो र एउटा ठुलो साङ्लो उनको हातमा थियो । 2 उनले अजिङ्गर अर्थात् त्यो प्राचीन सर्पलाई पक्रे, जो दुष्ट वा शैतान हो । उनले त्यसलाई एक हजार वर्षका निम्ति बाँधे । 3 उनले त्यसलाई अगाद खाँदमा फालिदिए र यसलाई बन्द गरे र त्यसमाथि मोहोर लगाइदिए । एक हजार वर्ष पुरा नभएसम्म त्यसले जाति-जातिहरूलाई छल गर्न नपाओस् भनी यसो गरिएको थियो । त्यसपछि त्यसलाई केही समयका निम्ति स्वतन्त्र गरिनुपर्छ । 4 अनि मैले सिंहासनहरू देखेँ । त्यसमाथि बस्नुहुनेलाई न्याय गर्ने अधिकार दिइएको थियो । मैले परमेश्वरको वचन र येशूको गवाहीका निम्ति शिर काटिएका आत्माहरूलाई पनि देखेँ । तिनीहरूले पशु वा मूर्तिहरूलाई आराधना गरेनन्, र तिनीहरूले आफ्नो निधारमा वा हातमा छाप लगाउनलाई इन्कार गरे । तिनीहरू जीवित भए, र येशूसँगै एक हजार वर्षसम्म राज्य गरे । 5 बाँकी रहेका मृतकहरू हजार वर्षको अन्त्य नभएसम्म जीवित भएनन् । यो पहिलो पुनरुत्थान हो । 6 पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू जो कोही पनि पवित्र र धन्यका हुन् । यिनीहरूमाथि दोस्रो मृत्युको कुनै शक्ति हुँदैन । तिनीहरूले परमेश्वर र ख्रीष्टका पुजारीहरू भएर एक हजार वर्षसम्म उहाँसँगै राज्य गर्नेछन् । 7 जब एक हजार वर्षको अन्त्य हुन्छ, तब शैतानलाई त्यसको कैदबाट छोडिनेछ । 8 पृथ्वीको चारै कुनामा भएका जातिहरूलाई छल गर्न त्यो बहिर जानेछ, गोग र मागोगले तिनीहरूलाई युद्धका निम्ति सँगै ल्याउनेछन् । तिनीहरू समुद्रको बालुवासरह अनगिन्ती हुनेछन् । 9 तिनीहरू पृथ्वीको चारैतिर गएर विश्वासीहरूको छाउनीवरिपरि र प्रिय सहरलाई घेरे । तर स्वर्गबाट आगो तल झरेर तिनीहरूलाई नष्ट पार्यो । 10 तिनीहरूलाई छल गर्ने त्यस दुष्टलाई गन्धकको जलिरहेको कुण्डमा फालियो, जहाँ पशु र झुटा अगमवक्ता फ्याँकिएका थिए । तिनीहरूले दिनरात सदाकाल यातना भोग्नेछन् । 11 त्यसपछि मैले एउटा महान् सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ । उहाँको उपस्थितिबाट स्वर्ग र पृथ्वी भागेर टाढा गए, तर तिनीहरूका लागि जान त्यहाँ कुनै ठाउँ थिएन । 12 मैले शक्तिशाली र कमजोर मृतकहरूलाई सिंहासनको अगाडि उभिरहेको देखेँ र पुस्तकहरू खोलिए । तब अर्को पुस्तक अर्थात् जीवनको पुस्तक पनि खोलिएको थियो । ती पुस्तकहरूमा लेखिएका विवरणअनुसार तिनीहरूका कामहरूका आधारमा मृतकहरूको न्याय भयो । 13 समुद्रमा भएका मृतकहरूलाई त्यसले फिर्ता गरिदियो । मृत्यु र पातालले तिनीहरूमा भएका मृतकहरूलाई दिए, र तिनीहरूले गरेका कामअनुसार मृतकहरूको न्याय भयो । 14 मृत्यु र पाताल अग्नि-कुण्डमा फालिए । यो अग्नि-कुण्ड दोस्रो मृत्यु हो । 15 जीवनको पुस्तकमा कसैको नाउँ लेखिएको नभेट्टाइएमा त्यसलाई अग्नि-कुण्डमा फालियो ।
यस अध्यायमा, येशूले हजार वर्ष राज गर्नुहुनेछ भनेर बताइएको छ, र त्यही समयमा शैतानलाई बन्दी बनाइन्छ । यसले भविष्यको समय अवधिलाई जनाउँछ वा स्वर्गबाट येशूले हाल राज गरिरहनुभएको कुरालाई जनाउँछ भन्ने कुरामा विद्वानहरू विभाजित छन् । यस खण्डलाई ठीकसँगले अनुवाद गर्नको लागि यसलाई बुझ्न आवश्यक छैन ।
यस अध्यायले हजार वर्षको समाप्तिपछि के हुन्छ भन्ने कुरालाई पनि वर्णन गर्छ । यो समय अवधिमा, शैतान र धेरै मानिसहरूले येशूको विरुद्धमा विद्रोह गर्ने कोसिस गर्नेछन् । यसले पाप र दुष्टतामाथिको परमेश्वरको आखिरी र अन्तिम विजयलाई परिणाम दिनेछ । अनि अनि )
परमेश्वरले सबै युगका सारा मानिसहरूलाई इन्साफ गर्नुभएको कुरासँगै यो अध्याय सकिन्छ । परमेश्वरले येशूमा विश्वास गर्ने मानिसहरूलाई उहाँलाई विश्वास नगर्ने मानिसहरूबाट अलग गर्नुहुन्छ । अनि अनि )
यो अनन्त जीवनको लागि एउटा अलङ्कार हो । अनन्त जीवन प्राप्त गर्नेहरूका नामहरू यस जीवनको पुस्तकमा लेखिएका हुन्छन् भनेर बताइएको छ ।
यिनीहरू दुई फरक स्थानहरू भएको जस्तो देखिन्छ । अनुवादकले यी दुई स्थानहरूलाई फरक-फरक तरिकाले कसरी अनुवाद गर्ने भनेर निधो गर्नका निमित्त थप अनुसन्धान गर्नलाई विचार गर्न सक्छन् । तिनीहरूलाई अनुवादमा एउटै स्थान भएको जस्तो बनाउनुहुँदैन ।
एकजना स्वर्गदूतले शैतानलाई अतल-कुण्डमा फालिरहेको विषयमा भएको दर्शनलाई यूहन्नाले वर्णन गर्न सुरु गर्छन् ।
यहाँ “म” शब्दले यूहन्नालाई जनाउँछ ।
यो असाध्यै गहिरो र साँघुरो खाडल हो । सम्भावित अर्थहरू हुन् १) खाडलको कुनै पिँध नै छैन; त्यो सधैँ तल गइरहन्छ वा २) खाडल यति गहिरो छ कि त्यसको पिँध नै नभएको जस्तो लाग्छ । तपाईंले यसलाई प्रकाश ९:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यो चाहिँ एउटा विशाल, हिंस्रक, छेपारो जस्तै घस्रिदैँ हिँड्ने जीव हो । यहूदी मानिसहरूको लागि, त्यो दुष्टता र बर्बादीको प्रतीक थियो ।
कसैलाई पनि त्यो खाडल खोल्नबाट रोक्नको लागि स्वर्गदूतले त्यसलाई मोहोर लगाएर थुनिदिए वैकल्पिक अनुवादः “कसैलाई पनि त्यो खोल्नबाट वञ्चित गर्नको लागि मोहोर लगाएर थुनिदिए”
यहाँ “जातिहरू” भनेको पृथ्वीका मानिसहरूको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “मानव-समूहहरूलाई छल्न”
“१,००० वर्ष”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यसलाई छोड्नको लागि ती स्वर्गदूतलाई आज्ञा गर्नुहुनेछ”
यो यूहन्नाको दर्शनको अर्को भाग हो । उनले अचानक सिंहासनहरू र विश्वासीहरूका प्राणहरूलाई देखेको कुरालाई वर्णन गर्छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले इन्साफ गर्ने अधिकार दिनुभएको थियो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसका शिरहरूलाई अरूहरूले काटेका थिए”
“किनभने तिनीहरूले येशूको बारेमा र परमेश्वरको वचनको बारेमा सत्यता बोलेका थिए”
यी वचनहरू परमेश्वरबाटको सन्देशको लागि प्रतिस्थापन शब्द हुन् । वैकल्पिक अनुवादः “तिनीहरूले धर्मशास्त्रको बारेमा सिकाएको कुराको कारण”
“तिनीहरू पुनः जीवनमा फर्किआए” वा “तिनीहरू फेरि जीवित भए”
“अरू सबै मृत मानिसहरू”
“१,००० वर्षको अन्त्य”
यहाँ यूहन्नाले “मृत्यु”लाई शक्ति भएको कोही व्यक्तिको रूपमा वर्णन गर्छन् । वैकल्पिक अनुवादः “यी मानिसहरूले दोस्रो मृत्युको अनुभव गर्नेछैनन्”
“दोस्रो पटक मर्नु ।” यसलाई [प्रकाश २०:१४]
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले शैतानलाई त्यसको कैदबाट फुक्का गराउनुहुनेछ”
यसले शैतानको सेनामा असाध्यै धेरै सङ्ख्यामा भएका सिपाहीहरूलाई जोड दिन्छ ।
“शैतानका सेना ... गए”
यसले येरूशलेमलाई जनाउँछ ।
यहाँ यूहन्नाले आगोको विषयमा त्यो जीवित भए झैँ गरेर बताउँछन् । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई भस्म पार्न स्वर्गबाट आगो पठाउनुभयो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई छल्ने शैतानलाई ... मा फाल्नुभयो” वा “परमेश्वरका स्वर्गदूतले तिनीहरूलाई छल्ने शैतानलाई ... मा फाले”
“गन्धकले बल्ने आगोको ताल” वा “आगोले भरिपूर्ण स्थान जुन गन्धकले बल्छ” तपाईंले यसलाई प्रकाश १९:२० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जहाँ उहाँले पशु र झूटो अगमवक्तालाई पनि फाल्नुभएको थियो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई यातना दिनुहुनेछ”
यो यूहन्नाको दर्शनको अर्को भाग हो । उनले अचानक एउटा ठूलो सिंहासन र मृतकहरूको इन्साफ भइरहेको देखेको कुरालाई वर्णन गर्छन् ।
यूहन्नाले स्वर्ग र पृथ्वीको विषयमा तिनीहरू परमेश्वरको इन्साफबाट भाग्न कोसिस गरिरहेका मानिसहरू भए झैँ गरी बताउँछन् । यसको अर्थ हो कि परमेश्वरले पुरानो स्वर्ग र पृथ्वीलाई पूर्णतया नाश पार्नुभयो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले पुस्तकहरू खोल्यो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले अगाडि मरेका र अहिले फेरि जीवित भएका मानिसहरूको इन्साफ गर्नुभयो”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले लेख्नुभएको कुरामुताबिक”
यहाँ यूहन्नाले समुद्र, मृत्यु, र पातालको विषयमा तिनीहरू जीवित व्यक्तिहरू भए झैँ गरेर बताउँछन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मृत मानिसहरूको इन्साफ गर्नुभयो”
यहाँ “पाताल” भनेको प्रतिस्थापन शब्द हो जसले अविश्वासीहरू तिनीहरू मर्दाखेरी परमेश्वरको इन्साफलाई पर्खिनको लागि जाने स्थानलाई प्रतिनिधित्व गर्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मृत्यु र पाताललाई फ्याँक्नुभयो” वा “परमेश्वरका स्वर्गदूतले मृत्यु र पाताललाई फ्याँके”
“दोस्रो पटक मर्नु ।” यसलाई [प्रकाश २०:१४]
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि परमेश्वरका स्वर्गदूतले कुनै व्यक्तिको नाउँ ... पाएनन् भने”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “स्वर्गदूतले त्यसलाई अग्नि-कुण्डमा फालिदिए” वा “स्वर्गदूतले त्यसलाई सदासर्वदा आगो बलिरहने ठाउँमा फालिदिए”
1 अनि मैले नयाँ स्वर्ग र नयाँ पृथ्वी देखेँ, किनभने पहिलो स्वर्ग र पहिलो पृथ्वी बितिगए, र समुद्र त छँदै थिएन । 2 तब परमेश्वरबाट दुलहाका लागि दुलहीझैँ सिङ्गारिएर तयार पारिएकी पवित्र सहर, नयाँ यरूशलेम स्वर्गबाट तल झरिरहेको मैले देखेँ । 3 मैले सिंहासनबाट चर्को सोरमा यसो भनेको सुनेँ, “हेर, परमेश्वरको वासस्थान मानव-जातिसँग छ, र उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ । तिनीहरू उहाँका मानिसहरू हुनेछन्, अनि परमेश्वर आफैँ तिनीहरूसँग हुनुहुनेछ र उहाँ तिनीहरूका परमेश्वर हुनुहुनेछ । 4 उहाँले तिनीहरूका आँखाबाट आँशुका हरेक थोपा पुछिदिनुहुनेछ, र त्यहाँ कुनै मृत्यु हुनेछैन, वा शोक वा विलौना वा कष्ट पनि हुनेछैन । पहिलेका थोकहरू बितेर गएका छन् । 5 सिंहासनमा विराजमान हुनुहुनेले भन्नुभयो, “हेर, म सबै कुरा नयाँ बनाउनेछु ।” उहाँले भन्नुभयो, “यो लेख किनभने यी वचनहरू भरोसायोग्य र सत्य छन् ।” 6 उहाँले मलाई भन्नुभयो, “यी कुराहरू सिद्धिएका छन् । म नै अल्फा र ओमेगा, सुरु र अन्त्य हुँ । जो तिर्खाउँछ उसलाई म सित्तैँमा जीवनको पानी मुहानबाट पिउन दिनेछु । 7 जसले विजय प्राप्त गर्छ, त्यसले यी कुराहरूमाथि उत्तराधिकार गर्नेछ, र म त्यसको परमेश्वर हुनेछ, र ऊ मेरो छोरा हुनेछ । 8 तर डराउनेहरू, अविश्वासीहरू, घिनलाग्दाहरू, हत्याराहरू, यौन-अनैतिकहरू, जादुगरहरू, मूर्तिपूजकहरू र झुट बोल्नेहरूको भाग बलिरहेको आगो र गन्धकको कुण्डमा हुनेछ । त्यो दोस्रो मृत्यु हो ।” 9 अन्तिम सात विपत्तिका कचौराले भरिएका स्वर्गदूतहरूमध्ये एक जना स्वर्गदूत मकहाँ आए, र तिनले भने, “यहाँ आऊ । म तिमीलाई थुमाकी पत्नी दुलही देखाउनेछु ।” 10 अनि तिनले मलाई आत्मामा बोकेर एउटा ठुलो अग्लो पर्वतमा लगे र परमेश्वरबाट स्वर्गदेखि तल झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए । 11 यरूशलेममा परमेश्वरको महिमा थियो, र त्यसको चमक बहुमूल्य रत्नहरूजस्तो, मणिक स्फटिक पत्थरको जस्तो थियो । 12 त्यसका बाह्रवटा ढोकासँगै एउटा ठुलो अग्लो पर्खाल थियो, ढोकाहरूमा बाह्र जना स्वर्गदूत थिए । ढोकाहरूमा इस्राएलको सन्तानका बाह्रै कुलका नाउँहरू लेखिएका थिए । 13 पूर्वमा तिनवटा ढोका, उत्तरमा तिनवटा ढोका, दक्षिणमा तिनवटा ढोका र पश्चिममा तिनवटा ढोका थिए । 14 सहरका पर्खालका बाह्रवटा जग थिए, र तीमाथि थुमाका बाह्रै प्रेरितका बाह्रवटा नाउँ थिए । 15 मसँग बोल्नुहुनेसँग सहर र त्यसका पर्खालहरू नाप्नलाई एउटा सुनको नाप्ने लौरो थियो । 16 त्यो सहर वर्गाकार थियो; त्यसको लम्बाइ र चौडाइ उस्तै थिए । त्यस लौरोले सहर नाप्दा त्यो लगभग बाह्र हजार लम्बाइको थियो (त्यसको लम्बाइ, चौडाइ र उचाइ उस्तै थिए ) । 17 तिनले त्यसको पर्खाल पनि नापे, मानिसहरूद्वारा नाप्दा त्यो पैँसट्ठी मिटरको थियो । (जुन स्वर्गदूतहरूले पनि नापेको हो ) । 18 पर्खाल बिल्लौर र सहर शुद्ध सुनले सफा काँचजस्तै बनाइएको थियो । 19 पर्खालका जगहरू हर प्रकारका बहुमूल्य पत्थरद्वारा बनाइएका थिए । पहिलो बिल्लौर थियो, दोस्रो निलमणि थियो, तेस्रो हरित थियो, चौथो पन्ना थियो । 20 पाँचौँ आनिक्स थियो, छैटौँ लालमणि थियो, सातौँ पीतमणि थियो, आठौँ बेरूज थियो, नवौँ पुष्पराज थियो, दसौँ लसुने रत्न थियो । एघारौँ नीलमणि थियो, र बाह्रौँ कटेला थियो । 21 बाह्रवटा ढोका बाह्र मोतीका थिए । प्रत्येक ढोका मोतीबाट बनेको थियो । सहरका गल्लीहरू निखुर सुनका थिए, काँचजस्तै छर्लङ्ग देखिन्थे । 22 मैले सहरमा कुनै मन्दिर देखिनँ, किनभने सर्वशक्तिमान् परमप्रभु परमेश्वर र थुमा नै यसको मन्दिर हुनुहुन्छ । 23 सहरलाई उज्यालो पार्न सूर्य वा चन्द्रमाको कुनै आवश्यक थिएन । किनकि परमेश्वरको महिमा नै त्यसमाथि चमक थियो, र त्यसको बत्ती थुमा हुनुहुन्छ । 24 त्यस सहरमा जाति-जातिहरू ज्योतिद्वारा हिँड्नेछन् । पृथ्वीका राजाहरूले आफ्ना वैभव त्यसमा ल्याउनेछन् । 25 यसका ढोकाहरू दिनको समयमा बन्द गरिनेछैनन्, र त्यहाँ रात हुनेछैन । 26 जाति-जातिहरूले आफ्ना गौरव र आदर त्यसभित्र ल्याउनेछन् । 27 र कुनै अशुद्ध थोक कहिल्यै त्यसभित्र पस्न पाउनेछैन, न त लाजमर्दो वा छलपूर्ण काम गर्नहरू त्यहाँ जान पाउनेछन्, तर थुमाको जीवनको पुस्तकमा नाउँ लेखिएकाहरू मात्र त्यहाँ पस्न पाउनेछन् ।
यस अध्यायले नयाँ येरूशलेमको विस्तृत रूपमा बताइएको चित्रण दिन्छ ।
मृत्यु एक प्रकारको विछोड हो । पहिलो मृत्यु शारीरिक मृत्यु हो, जब प्राणलाई शरीरबाट अलग गरिन्छ । दोस्रो मृत्यु चाहिँ परमेश्वरबाटको अनन्तताको लागि अलग गरिनु हो । अनि अनि )
यो अनन्त जीवनको लागि एउटा अलङ्कार हो । अनन्त जीवनका भागीदार बनेकाहरूको नामहरू यस जीवनको पुस्तकमा लेखिएका हुन्छन् भनेर बताइएको छ ।
यो पूर्णतया नयाँ स्वर्ग र पृथ्वी हो वा वर्तमान स्वर्ग र पृथ्वीबाट पुनः बनाइएको हो भन्ने कुरा अस्पष्ट छ । नयाँ येरूशलेमको लागि पनि यही कुरा सत्य हो । यो सम्भव छ कि यसले केही भाषाहरूमा अनुवादलाई असर गर्नेछ । मूल भाषामा “नयाँ” भन्ने शब्दको अर्थ पुरानोभन्दा भिन्न र त्यसभन्दा बढी उत्तम भन्ने हुन्छ । त्यसको अर्थ समयमा नै नयाँ भन्ने हुँदैन ।
यूहन्नाले नयाँ येरूशलेमको विषयमा भएको उनको दर्शनलाई वर्णन गर्न सुरु गर्छन् ।
यहाँ “म” शब्दले यूहन्नालाई जनाउँछ ।
यसले नयाँ येरूशलेमलाई एउटी दुलहीसँग तुलना गर्छ जसले आफैँलाई तिनको दुलहाको निम्ति राम्री बनाएकी छिन् ।
“स्वर” शब्दले बोल्ने व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “कसैले सिंहासनबाट ठूलो स्वरले यसो भनिरहेको”
यहाँ “हेर” शब्दले यसपछि बताउन लागिएको चकित पार्ने जानकारीतर्फ ध्यान दिनका निमित्त हामीलाई सचेत गराउँछ ।
यी दुई वाक्यांशहरूले एउटै कुराको अर्थ दिन्छन् र परमेश्वर साँच्चै नै मानिसहरूको माझमा रहनुहुनेछ भनेर जोड दिन्छ ।
यहाँ आँसुहरूले निराशापनलाई प्रतिनिधित्व गर्छ । तपाईंले यसलाई [प्रकाश ७:१७]
यहाँ “वचनहरू”ले तिनीहरूले निर्माण गरेको सन्देशलाई जनाउँछ । वैकल्पिक अनुवादः “यो सन्देश भरपर्दो र सत्य छ”
यी दुई वाक्यांशहरूको सामान्यतया एउटै अर्थ हुन्छ र त्यसको परमेश्वरको अनन्त स्वभावलाई जोड दिन्छ ।
यिनीहरू ग्रीक वर्णमालाको पहिलो र अन्तिम अक्षरहरू हुन् । सम्भावित अर्थहरू हुन् १) “उहाँ जसले सबैथोकको सुरुवात गर्नुभयो र जसले सबैथोकको अन्त गर्नुहुन्छ” वा २) “उहाँ जो सधैँ जीवित रहनुभएको छ र जो सधैँ जीवित रहनुहुनेछ ।” यदि पाठकहरूलाई अस्पष्ट हुन्छ भने तपाईंले आफ्नो वर्णमालाको पहिलो र अन्तिम अक्षरहरूलाई प्रयोग गर्ने बारेमा विचार गर्न सक्नुहुन्छ । तपाईंले यसलाई [प्रकाश १:८]
सम्भावित अर्थहरू हुन् १) “उहाँ जसले सबैथोकको सुरुवात गर्नुभयो र उहाँ जसले सबैथोकलाई अन्त हुन लाउनुहुनेछ” वा २) “उहाँ जो सबैथोकभन्दा अगाडिदेखि अस्तित्वमा हुनुहुन्थ्यो र जो सबैथोक पछाडि पनि अस्तित्वमा हुनुहुनेछ ।”
कोही व्यक्तिको अनन्त जीवनको लागि हुने चाहनाको विषयमा त्यो कुनै तिर्खा भए जसरी र त्यस व्यक्तिले अनन्त जीवन प्राप्त गर्नु चाहिँ उसले जीवन दिने पानी पिइरहेको जस्तै गरेर परमेश्वरले बताउनुहुन्छ ।
सिंहासनमा विराजमान हुनुहुनेले यूहन्नासँग कुरा गरिरहनुहुन्छ ।
“तिनीहरू जो ठीक कुरा गर्नलाई धेरै काँतर छन्”
“भयानक कुराहरू गर्नेहरू”
“गन्धकले बल्ने आगोको ताल” वा “आगोले भरिपूर्ण स्थान जुन गन्धकले बल्छ ।” तपाईंले यसलाई प्रकाश १९:२० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“दोस्रो पटक मर्नु ।” यसलाई [प्रकाश २०:१४]
स्वर्गदूतले येरूशलेमको विषयमा त्यो आफ्नो दुलहा, थुमासँग विवाह गर्न लागेकी कुनै स्त्री भए झैँ गरी बताउँछन् । येरूशलेम ती विश्वासीहरूको लागि प्रतिस्थापन शब्द हो जो पछि त्यसका वासिन्दाहरू हुनेछन् ।
यो एउटा कलिलो भेडा हो । यहाँ ख्रीष्टलाई जनाउनको लागि यसलाई प्रतीकात्मक रूपमा प्रयोग गरिएको छ । तपाईंले यसलाई [प्रकाश ५:६]
यूहन्नालाई उच्च पहाडमा लगिए लगत्तै परिवेश बदलिन्छ र यहाँबाट उनले येरूशलेमको सहरलाई देख्न सक्छन् । तपाईंले यस वाक्यांशलाई [प्रकाश १७:३]
यसले भौतिक येरूशलेमलाई होइन तर “स्वर्गबाट तल आइरहेको, येरूशलेम”लाई जनाउँछ जसलाई उनले अघिल्लो पदमा वर्णन गरेका थिए ।
यी दुई वाक्यांशहरूको सामान्यतया एउटै अर्थ हुन्छ । दोस्रोले एक खास गहनाको नाम दिएर येरूशलेमको चहकिलोपनलाई जोड दिन्छ ।
“असाध्यै छर्लङ्ग”
यो एउटा बहुमूल्य रत्न हो । बिल्लौर चाहिँ काँच वा स्फटिक झैँ छर्लङ्गै देखिने किसिमको भएको हुन सक्छ । तपाईंले यसलाई [प्रकाश ४:३]
“१२ ढोकाहरू”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले ... लेखेको थियो”
यसले येशूलाई जनाउँछ । तपाईंले यसलाई प्रकाश ५:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“१२,००० स्टेडिया ।” तपाईंले यसलाई आद्युनिक नापहरूमा बदल्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “२,२०० किलोमिटर”
“एक सय चवालीस क्युबिट ।” तपाईंले यसलाई आद्युनिक नापहरूमा बदल्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “६६ मिटर”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले पर्खाललाई बिल्लौरले बनाएको थियो र सहरलाई चाहिँ निखुर सुनले”
सुन यति सफा थियो कि त्यो काँच नै भए झैँ गरी बताइएको छ ।
यो एउटा बहुमूल्य रत्न हो । बिल्लौर चाहिँ काँच वा स्फटिक झैँ छर्लङ्गै देखिने किसिमको भएको हुन सक्छ । तपाईंले यसलाई [प्रकाश ४:३]
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले पर्खालका जगहरूलाई सजायो”
यी बहुमूल्य ढुङ्गाहरू हुन् । बिल्लौर चाहिँ काँच वा स्फटिक झैँ छर्लङ्ग भएको हुनसक्छ । तपाईंले यिनीहरूलाई [प्रकाश ४:३]
यिनीहरू सबै बहुमूल्य रत्नहरू हुन् ।
सुन्दर र मूल्यवान् मालाका दानाहरू । तिनीहरू महासमुद्रमा बस्ने कुनै एक खास किसिमको सानो जनावरको खोलभित्र बन्छन् । तपाईंले यसलाई [प्रकाश १७:४]
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले प्रत्येक ढोकालाई एउटै मोतीबाट बनाएको थियो”
सुन यति सफा थियो कि त्यो काँच नै भए झैँ गरी बताइएको छ । तपाईंले यस्तै समान वाक्यांशलाई [प्रकाश २१:१८]
मन्दिरले परमेश्वरको उपस्थितिलाई प्रतिनिधित्व गर्दथ्यो । यसको अर्थ हो कि नयाँ येरूशलेमलाई मन्दिरको खाँचो पर्दैन किनभने परमेश्वर र थुमा नै त्यहाँ रहनुहुनेछ ।
यहाँ येशू, थुमाको महिमाको विषयमा त्यो चाहिँ सहरलाई ज्योति दिने कुनै बत्ती भए झैँ गरेर बताइएको छ ।
“जातिहरू” शब्द चाहिँ त्यस जातिमा भएका मानिसहरूको लागि प्रतिस्थापन शब्द हो । यहाँ “हिँड्नु” भनेको “जिउनु”को लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “सबै विभिन्न जातिबाटका मानिसहरू ... जिउनेछन्”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले पनि ढोकाहरूलाई बन्द गर्नेछैन”
“पृथ्वीका राजाहरूले ... ल्याउनेछन्”
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सधैँ शुद्ध कुरा मात्र प्रवेश गर्नेछ, र कहिल्यै पनि कोही”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर तिनीहरू मात्र जसका नाउँहरूलाई थुमाले उहाँको जीवनको पुस्तकमा लेख्नुभएको छ”
यो एउटा कलिलो भेडा हो । यहाँ ख्रीष्टलाई जनाउनको लागि यसलाई प्रतीकात्मक रूपमा प्रयोग गरिएको छ । तपाईंले यसलाई [प्रकाश ५:६]
1 त्यसपछि स्वर्गदूतले मलाई स्फटिकजस्तो सफा जीवनको पानीको नदी देखाए । यो परमेश्वर र थुमाको सिंहासनबाट बगिरहेको थियो । 2 यो सहरको बिचभागको बाटो भएर बगेको थियो । नदीको हरेक छेउमा जीवनको रुख थियो, बाह्रै प्रकारका फल फलाउने र यसले प्रत्येक महिना आफ्नो फल फलाउँछ । रुखका पातहरू जाति-जातिहरूका निम्ति निको पार्नलाई हुन् । 3 त्यहाँ कुनै श्राप हुनेछैन । परमेश्वर र थुमाको सिंहासन सहरमा हुनुहुनेछ, र उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछ्न् । 4 तिनीहरूले उहाँको अनुहार देख्नेछन्, र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ । 5 त्यहाँ कुनै रात हुनेछैन, तिनीहरूलाई ज्योतिका निम्ति बत्तीको आवश्यकता पर्दैन, न त सूर्यको प्रकाश नै आवश्यकता पर्नेछ किनकि परमप्रभु परमेश्वर नै तिनीहरूका ज्योति हुनुहुनेछ । तिनीहरूले सदासर्वदा राज्य गर्नेछन् । 6 स्वर्गदूतले मलाई भने, “यी वचनहरू विश्वासयोग्य र सत्य छन् । अगमवक्ताहरूका आत्माका परमप्रभु परमेश्वर छिट्टै के हुनुपर्छ भनी उहाँका सेवकहरूलाई देखाउन उहाँले आफ्नो स्वर्गदूतलाई पठाउनुभयो ।” 7 “हेर, म चाँडै आउँदै छु । यस पुस्तकको अगमवाणीको वचन जसले पालन गर्छ, त्यो धन्यको हो ।” 8 म यूहन्ना हुँ, जसले यी कुराहरू सुनेँ र देखेँ । जब मैले सुनेँ र तिनलाई देखेँ, तब स्वर्गदूत जसले मलाई यी कुराहरू देखाए, म तिनको अगि दण्डवत् गर्न स्वर्गदूतको पाउमा घोप्टो परेँ । 9 तिनले मलाई भने, “त्यसो नगर । तिम्रा दाजुभाइ अगमवक्ताहरू र यस पुस्तकको वचन पालना गर्नेहरूका म सङ्गी दास मात्र हुँ । परमेश्वरको आराधना गर ।” 10 तिनले मलाई भने, “यस पुस्तकको अगमवाणीका वचनहरूमा मोहर नलगाओ, किनभने समय नजिकै छ । 11 जो अधर्मी छ, त्यसले निरन्तर अधर्म गरिरहोस् । जो अनैतिक छ, त्यसले अनैतिक घृणित काम गरिरहोस् । जो धार्मिक छ, त्यसले धार्मिक काम गरिरहोस् । जो पवित्र छ, त्यो निरन्तर पवित्र रहिरहोस् ।” 12 “हेर, म चाँडै आउँदै छु । हरेकले गरेको काम अनुसारको इनाम मसँग छ । 13 अल्फा र ओमेगा, पहिलो र पछिल्लो, सुरु र अन्त म नै हुँ । 14 आफ्ना वस्त्र धुनेहरू धन्यका हुन् ताकि तिनीहरूले जीवनको रुखबाट खान र ढोकाहरूबाट सहरमा पस्ने अधिकार पाउन सकून् । 15 कुकुरहरू, मन्त्रतन्त्र गर्नेहरू, अश्लील काम गर्नेहरू, हत्याराहरू, मूर्तिपूजकहरू, र झुटा कुरा अभ्यास गर्ने र प्रेम गर्न मन पराउने हरेक बाहिर हुन्छन् । 16 म येशूले मेरा स्वर्गदूतलाई मण्डलीहरूका यी कुराहरूबारे गवाहीको निम्ति पठाएको छु । म दाऊदको वंश र मुल, बिहानको चम्किलो तारा हुँ ।” 17 पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आओ ।” जसले सुन्छ त्यसले यसो भनोस्, “आओ ।” जो तिर्खाएको छ, त्यसलाई आउन देऊ, र जसले यसको इच्छा गर्छ, त्यसले जीवनको पानी सित्तैँमा पिओस् । 18 यस पुस्तकको अगमवाणीका वचनहरू सुन्ने हरेकलाई म चेताउनी दिन्छु । यदि कसैले तिनमा थप्छ भने, यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्वरले त्यसमाथि थपिदिनुहुनेछ । 19 यदि कसैले यस अगमवाणीको पुस्तकका वचनहरूबाट केही निकाल्यो भने, परमेश्वरले यस पुस्तकमा लेखिएका जीवनको रुख र पवित्र सहरको भागदेखि त्यसलाई निकालिदिनुहुनेछ । 20 यी कुराका गवाही दिने जसले भन्नुहुन्छ, “हो, म चाँडै आउँदै छु ।” आमेन ! आउनुहोस्, हे प्रभु येशू । 21 प्रभु येशूको अनुग्रह हरेकसँग रहोस् । आमेन ।
यस अध्यायले जोड दिन्छ कि येशू चाँडै आउँदै हुनुहुन्छ ।
अदनको बगैँचामा भएको जीवनको रूख र यहाँ उल्लेख गरिएको जीवनको रूखको बीचमा त्यहाँ सम्भवतः कुनै अभिप्राय राखिएको सम्बन्ध छ । अदनमा भएको श्राप यो समयमा अन्त हुनेछ ।
यिनीहरू ग्रीक वर्णमालामा भएका पहिलो र अन्तिम अक्षरहरू हुन् । यूएलटीले तिनीहरूका नामहरूलाई अङ्ग्रेजीमा उतारेर लेख्छ । यो पद्धतिले अनुवादकहरूको लागि नमुनाको रूपमा काम गर्न सक्छ । केही अनुवादकहरूले, तापनि, तिनीहरूको आफ्नै वर्णमालाको पहिलो र अन्तिम अक्षरहरू प्रयोग गर्ने निर्णय गर्न सक्छन् । नेपालीमा चाहिँ त्यो भनेको “क र ज्ञ” हुने थियो ।
यूहन्नाले नयाँ येरूशलेमलाई वर्णन गर्नलाई निरन्तरता दिन्छन् जसै स्वर्गदूतले त्यो उनलाई देखाउँछन् ।
यहाँ “मलाई” शब्दले यूहन्नालाई जनाउँछ ।
“जीवन दिने पानीसहित बगिरहेको नदी”
अनन्त जीवनको विषयमा त्यो चाहिँ जीवन दिने पानीद्वारा प्रदान गरिने केही चीज भए झैँ गरेर बताइएको छ । तपाईंले यसलाई [प्रकाश २१:६]
यो एउटा कलिलो भेडा हो । यहाँ ख्रीष्टलाई जनाउनको लागि यसलाई प्रतीकात्मक रूपमा प्रयोग गरिएको छ । तपाईंले यसलाई [प्रकाश ५:६]
यहाँ “जातिहरू”ले सबै जातिहरूमा बस्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबै जातिहरूका मानिसहरू”
सम्भावित अर्थहरू हुन् १) “त्यहाँ त्यस्तो व्यक्ति फेरि कहिल्यै हुनेछैन जसलाई परमेश्वरले श्राप दिनुहुनेछ” वा २) “त्यहाँ त्यस्तो कोही पनि हुनेछैन जो परमेश्वरको श्रापमुनि हुन्छ”
“उहाँका” र “उहाँलाई” शब्दहरूका सम्भावित अर्थहरू हुन् १) दुवै शब्दहरूले परमेश्वर पितालाई जनाउँछन् वा २) दुवै शब्दहरूले परमेश्वर र थुमा दुवैलाई जनाउँछन्, जसले एउटै भएर एकसाथ शासन गर्नुहुन्छ ।
यो एउटा वाक्पद्धति हो जसको अर्थ परमेश्वरको उपस्थितिमा हुनु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “तिनीहरू परमेश्वरको उपस्थितिमा हुनेछन्”
यो यूहन्नाको दर्शनको अन्त्यको सुरुवात हो । पद ६ मा स्वर्गदूत यूहन्नासँग कुरा गरिरहेका छन् । पद ७ मा, येशू बोलिरहनुभएको छ । यसलाई यूएसटीमा भएको जस्तै गरेर स्पष्टसँग देखाउन सकिन्छ ।
यहाँ “वचनहरू”ले तिनीहरूले निर्माण गरेका सन्देशलाई जनाउँछ । तपाईंले यसलाई [प्रकाश २१:५]
सम्भावित अर्थहरू हुन् १) “आत्माहरू” शब्दले अगमवक्ताहरूका भित्री स्वभाव-आचरणलाई जनाउँछ र परमेश्वरले तिनीहरूलाई प्रेरणा दिनुहुन्छ भनेर सङ्केत गर्छ । वैकल्पिक अनुवादः “परमेश्वर जसले अगमवक्ताहरूलाई प्रेरणा दिनुहुन्छ” वा २) “आत्माहरू” शब्दले अगमवक्ताहरूलाई प्रेरणा दिनुहुने पवित्र आत्मालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले अगमवक्ताहरूलाई उहाँका आत्मा दिनुहुन्छ”
यहाँ येशू बोल्न थाल्नुहुन्छ । “हेर” शब्दले त्यसपछि आएको कुरामा जोड थप्छ ।
उहाँ इन्साफ गर्नलाई आउनुहुनेछ भनेर बुझिएको छ । तपाईंले यसलाई [प्रकाश ३:११]
यूहन्नाले स्वर्गदूतलाई कसरी जवाफ दिए भनेर उनका पाठकहरूलाई बताउँछन् ।
यसको अर्थ हो कि यूहन्नाले सम्मान र सपर्मण देखाउने उद्देश्यसहित नै सीधा भएर भुइँमा सुते । यो कार्य आदर र सेवा गर्ने तत्परतालाई देखाउनका निमित्त आराधनाको एउटा महत्त्वपूर्ण भाग थियो । तपाईंले यस्तै समान शब्दहरूलाई प्रकाश १९:१० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
स्वर्गदूतले यूहन्नासँग कुरा गर्न सकाउँछन् ।
कुनै पुस्तकलाई मोहोर लगाउनु भनेको जो कोही पनि व्यक्तिको लागि त्यो मोहोर नतोडिकन त्यसभित्र भएको कुरा पढ्नलाई असम्भव बनाउनका निमित्त त्यसलाई केही कुराले बन्द राख्नु थियो । स्वर्गदूतले यूहन्नालाई त्यो सन्देशलाई गोप्य नराख्नको लागि बताइरहेका छन् । वैकल्पिक अनुवादः “यस पुस्तक ... लाई गोप्य नराख”
यहाँ “वचनहरू”ले तिनीहरूले निर्माण गरेका सन्देशलाई जनाउँछ । तपाईंले यसलाई [प्रकाश २२:७]
किनकि प्रकाशको पुस्तकको अन्त्य हुन लाग्दैछ, येशूले आखिरी अभिवादन दिनुहुन्छ ।
यी तीन वाक्यांशहरूको समान किसिमको अर्थ हुन्छ र येशू पहिलेदेखि नै हुनुहुन्थ्यो र सदा रहनुहुनेछ भन्ने कुरालाई जोड दिन्छन् ।
यिनीहरू ग्रीक वर्णमालाको पहिलो र अन्तिम अक्षरहरू हुन् । सम्भावित अर्थहरू हुन् १) “उहाँ जसले सबैथोकको सुरुवात गर्नुभयो र जसले सबैथोकको अन्त गर्नुहुन्छ” वा २) “उहाँ जो सधैँ जीवित रहनुभएको छ र जो सधैँ जीवित रहनुहुनेछ ।” यदि पाठकहरूलाई अस्पष्ट हुन्छ भने तपाईंले आफ्नो वर्णमालाको पहिलो र अन्तिम अक्षरहरूलाई प्रयोग गर्ने बारेमा विचार गर्न सक्नुहुन्छ । तपाईंले यसलाई [प्रकाश १:८]
यसले येशूको अनन्त स्वभावलाई जनाउँछ । तपाईंले यसलाई [प्रकाश १:१७]
सम्भावित अर्थहरू हुन् १) “उहाँ जसले सबैथोकको सुरुवात गर्नुभयो र उहाँ जसले सबैथोकलाई अन्त हुन लाउनुहुनेछ” वा २) “उहाँ जो सबैथोकभन्दा अगाडिदेखि अस्तित्वमा हुनुहुन्थ्यो र जो सबैथोक पछाडि पनि अस्तित्वमा हुनुहुनेछ ।” तपाईंले यसलाई प्रकाश २१:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
येशूले उहाँको आखिरी अभिवादन दिइरहनुहुन्छ ।
धर्मी हुने कुराको विषयमा त्यो चाहिँ कसैले आफ्नो लुगाहरू धोएको जस्तै हो भनेर बताइएको छ । तपाईंले यस्तै समान वाक्यांशलाई [प्रकाश ७:१४]
यसको अर्थ हो कि तिनीहरू सहरबाट बाहिर छन् र भित्र प्रवेश गर्नलाई अनुमति दिइएको छैन ।
त्यो समाजमा कुकुर भनेको अशुद्ध, घृणित पशु मानिन्थ्यो । यहाँ “कुकुरहरू” शब्द अपमानजनक भनाइ हो र त्यसले दुष्ट मानिसहरूलाई जनाउँछ ।
यहाँ “तिमीहरू” शब्द बहुवचनमा छ ।
“जरा” र “सन्तान” शब्दहरूले सामान्य रूपमा एउटै अर्थ दिन्छन् । येशूले “सन्तान” हुने विषयमा यसरी बताउनुहुन्छ कि मानौँ उहाँ कुनै “जरा” हुनुहुन्थ्यो जुन दाऊदबाट बढेर आयो । एकसाथमा यी शब्दहरूले जोड दिन्छन् कि येशू दाऊदको परिवारको हुनुहुन्छ ।
येशूले आफ्नो विषयमा उहाँ कुनै चहकिलो तारा हुनुभए झैँ गरेर बताउनुहुन्छ जुन तारा कहिलेकाहीँ एकाबिहानै देखापर्छ र नयाँ दिन सुरु हुन लागेको छ भनेर सङ्केत गर्छ । तपाईंले “बिहानको तारा”लाई [प्रकाश २:२८]
यो पद चाहिँ येशूले भन्नुभएको कुराको लागि प्रतिक्रिया हो ।
विश्वासीहरूको विषयमा तिनीहरू कुनै दुलही भए झैँ गरेर बताइएको छ जसले तिनको दुलहा, येशूसँग विवाह गर्न लागेकी छिन् ।
सम्भावित अर्थहरू हुन् १) कि यो चाहिँ मानिसहरूलाई आउन र जीवनको पानी पिउनका निमित्त गरिएको निमन्त्रणा हो । वैकल्पिक अनुवादः “आओ र पिओ !” वा २) कि यो चाहिँ येशू पुनः फर्किनुहुनको लागि भएको नम्र अनुरोध हो । वैकल्पिक अनुवादः “कृपया आउनुहोस् !”
कोही व्यक्तिको अनन्त जीवनको लागि हुने चाहनाको विषयमा त्यो कुनै तिर्खा भए जसरी र त्यस व्यक्तिले अनन्त जीवन प्राप्त गर्नु चाहिँ उसले जीवन दिने पानी पिइरहेको जस्तै गरेर बताइएको छ ।
अनन्त जीवनको विषयमा त्यो चाहिँ जीवन दिने पानीद्वारा प्रदान गरिने केही चीज भए झैँ गरेर बताइएको छ । तपाईंले यसलाई प्रकाश २१:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यूहन्नाले प्रकाशको पुस्तकको विषयमा उनका आखिरी टिप्पनीहरू दिन्छन् ।
यहाँ “म” शब्दले यूहन्नालाई जनाउँछ ।
यहाँ “वचनहरू”ले तिनीहरूले निर्माण गरेका सन्देशलाई जनाउँछ । तपाईंले यसलाई [प्रकाश २२:७]
यस अगमवाणीको बारेमा केही पनि नबदल्नका निमित्त यो एउटा कडा चेतावनी हो ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसको बारेमा मैले यस पुस्तकमा लेखेको छु”
यस अगमवाणीको बारेमा केही पनि नबदल्नका निमित्त यो एउटा कडा चेतावनी हो ।
यी पदहरूमा यूहन्नाले उनका र येशूका आखिरी अभिवादनहरू दिन्छन् ।
“येशू, जसले गवाही दिनुहुन्छ”
“तिमीहरू सबैजनासँग”